news stringlengths 40 51.2k | title stringlengths 1 144 |
|---|---|
नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधिका लागि कञ्चनपुरबाट चार जना मनोनित भएका छन्। कञ्चनपुरका सांसद इन्दु कडरिया, संविधानसभा सदस्य कृपाराम राना, हिरा सार्की र गोबिन्द प्रसाद कलौनी प्रतिनिधिमा मनोनित भएका हुन। 'निर्णयको सूची आएको छैन,' प्रतिनिधि मनोनितमा परेका कृपाराम रानाले भने, 'तर, म सहित चार जना मनोनित भए... | कञ्चनपुरबाट ४ जना एमाले महाधिवेशन प्रतिनिधि मनोनित |
कात्तिक, १४ । दक्षिणी जापानको ओकिनावामा रहेको विश्व सम्पदा सूचीमा सूचीकृत सुरी महल आगलागीबाट ध्वस्त भएको छ । पाँच सय बर्ष पुरानो महलको मुख्य भाग जलेर नष्ट भएको छ । बिहीबार विहानै भएको आगो नियन्त्रण गर्न ठूलो संख्यामा अग्नी नियन्त्रक खटाइएको छ । आगलागीबाट अहिलेसम्म कुनै मानवीय क्षति नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले ... | जापानमा विश्वसम्पदा सूचीको सुरी महल यसरी भयो ध्वस्त |
काठमाडौं : जनता समाजवादी पार्टी नेपालले अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिको उम्मेदवारी दिने भएको छ। जसपाले सांसद राजकिशोर यादवलाई अन्तर्राष्ट्रिय सम्बन्ध समितिको उम्मेदवार बनाउने निर्णय गरेको हो । प्रतिनिधिसभाका १० वटा विषयगत समितिको सभापतिको भागबण्डामा जसपाले एउटा समितिको नेतृत्व पाउन सहमति भएको छ। दलीय ... | जसपाले अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा उम्मेदवारी दिने |
काठमाडौँ । गायक रामकृष्ण ढकालको स्वर रहेको नयाँ गीत 'भिझाएर आँशु' सार्वजनिक भएको छ । कुमार सिवाकोटीको शब्द रहेको गीतमा दीपक शर्माले सङ्गीत दिएका छन् । फणीन्द्र राईको सङ्गीत संयोजन रहेको गीतको भिडियोमा नेपाली समाजका दुई पुस्ताबीचको द्वन्द्वको कथा समेटिएको छ । भिडियोमा सुधीर श्रेष्ठ, उषा उप्रेती, सुरवीर पण्डित र हिउँवाला... | रामकृष्ण ढकालको 'भिझाएर आँशु' मा सुरवीर र हिउँवाला |
जनकपुरधाम : मधेस प्रदेशमा महिलाहरू असुरक्षित गर्भपतन गराउन बाध्य छन् भने कतिपय अवस्थामा ज्यान नै जोखिममा पर्ने गरेको छ। सूचीकृत स्वास्थ्य संस्थाको अभाव र दक्ष जनशक्ति नहुँदा यस्ता समस्या आउने गरेको हो। महिला स्वास्थ्यका दृष्टिकोणले मधेस प्रदेश निकै पछाडि छ। मातृ मृत्युदर अन्य प्रदेशका तुलनामा यहाँका नागरिक अशिक्षा, गरि... | असुरक्षित गर्भपतनको जोखिममा मधेसका महिला |
माघ ३ गते शनिबार अपरान्ह निकै डरलाग्दो मानिने र केटूको बोटलनेक भनेर चिनिने घाँटीमा नेपाली टोली पुग्यो। विश्वको दोस्रो सबैभन्दा अग्लो चुचुरो केटूको त्यो त्यहि अप्ठेरो मोड हो जुन अहिलेसम्म संसारका कसैले पनि हिउँदको समयमा पार गर्न सकेका थिएनन्। आकाश खुलेको थियो। हावा पनि ठिकै थियो। र, यो अन्तिम तथा सबैभन्दा जोखिमपूर्ण ठाउ... | नेपाली आरोहीले कसरी बनाए केटू हिमालमा कीर्तिमान? |
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयमा तालाबन्दी नगर्न प्राध्यापकलाई आग्रह गर्नुभएको छ । मङ्गलबार सिंहदरबारमा प्राध्यापक सङ्घका पदाधिकारीसँगको छलफलमा विश्वविद्यालय सुधारका लागि प्रध्यापकको भूमिका महत्त्वपूर्ण रहेको बताउनुहुँदै विश्वविद्यालयमा तालाबन्दी नगर्न आग्रह गर्नुभएको हो । मन्त्री पौ... | विश्वविद्यालयमा तालाबन्दी नगर्न प्रध्यापकलाई शिक्षामन्त्री पौडेलकाे आग्रह |
पर्वत - जिल्ला प्रशासन कार्यालय पर्वतले झन्डै २० दिनको समयावधि तोकेर इजाजत प्राप्त हतियार बुझाउन आग्रह गरे पनि एक जनाले मात्रै तोकिएको समयमा हतियार प्रहरीमा बुझाएका छन्। आसन्न पालिका चुनावलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय पर्वतले गएकाे चैत ७ गते सूचना जारी गर्दै चैत २५ गतेसम्म बुझाउन अनुरोध गरे पनि पर्वतमा एक जन... | पर्वतमा प्रशासनले तोकेकाे मितिभित्र एक जनाले मात्रै बुझाए हतियार |
बाजुरा : बाजुराको बुढिगंगा नगरपालिका-४ जाडेपानीमा ट्याक्टरले किचेर एक पुरुषको घटनास्थलमानै मृत्यु भएको छ। बाजुराकै बुढिगंगा नगरपालिका-४ का ३१ वर्षीय खम्म रावतको मृत्यु भएको हो। सुदुरपश्चिम प्रदेश ०१ ००२ त ४९ ७२ नम्बरको ट्याक्टरमा चढ्ने क्रममा ट्याक्टरको टायरले किचेको थियो। ट्याक्टरसहित चालकलाई नियन्त्रणमा लिएको प्रहरी ... | ट्याक्टरले किचेर एक जनाको मृत्यु |
पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ भने उडानमा सँगै रहेकी युवती घाइते भएकी छन्। वडा प्रहरी कार्यालय वैदामले जनाएअनुसार मृृत्यु हुनेमा फिस्टेल प्याराग्लाइडिङ कम्पनीका पाइलट राजु गैरे हुन्। पोखरा–२८, कालिका घर भएका २८ वर्षीय पाइलट गैरेले पोखराकै सराङकोटबाट उडाएको ग्लाइडर सोमबार दिउसो १ बजेतिर दुर्... | पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु, एक युवती घाइते |
काठमाडौं । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा समेत विद्युतीय मतदान उपकरण (इलेक्ट्रोनिक भोटिङ मेसिन 'इभीएम')को प्रयोग नहुने भएको छ। राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा थोरै सङ्ख्यामा मतदाता रहने हुँदा इभीएमको प्रयोग गर्न सकिने सम्भावना थियो। राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन २०७९ मा इभीएमको प्रयोगबारे रा... | राष्ट्रपति निर्वाचनमा विद्युतीय मेसिन प्रयोग नहुने |
काठमाडौँ — अभिनेता नाजिर हुसेनले यो वर्ष पोखरामा रहेकी दिदी फ्लोरेन्स कार्कीसँग मात्रै भाइटीका मनाए । अघिल्लो वर्ष काठमाडौंमा फ्लोरेन्ससँगै सरु, सोनी, सुनिता राई दिदीको हातबाट उनले टीका थापेका थिए । यसपालि पनि काठमाडौंमा गत साल जसरी नै सबै दिदीसँग तिहार मनाउने योजना थियो उनको । तर, गाउँमा भाइहरुको निधार खाली होला भनेर ... | यस्तो रह्यो कलाकारहरुको भाइटीका |
काठमाडौं । चिनियाँ फोन निर्माता मेइजुले चाँडै नै ह्वावे जस्तै आफ्ना पसलहरूमा गाडीहरू बेच्न सक्छ। गीलीका अध्यक्षको उद्यमले कब्जा गरेपछि कम्पनीले स्टोरहरुबाट गाडी बेच्ने सीएनइभीपोप्टले उल्लेख गरेको छ। मेइजुका एक सहायक उपाध्यक्ष, वान झिक्विङ्गले वेइबोमा फोन निर्माताको नयाँ फ्ल्यागशिप स्टोरको लागी दुई डिजाइन प्रस्तावहरु सा... | फोन निर्माता मेइजुले आफ्ना स्टोरहरूबाट कार बेच्ने तयारी गर्दै |
काठमाडौं : सन् २०१९ मा हुने एसियाली फुटबल महासंघ (एएफसी) एसिया कप छनोट प्रतियोगितामा नेपालले मंगलबार यमनसँग प्रतिस्पर्धा गर्दैछ । हल्चोकस्थित एपीएफ क्लबको मैदानमा हुने खेलमा नेपालले यमनसँग उत्कृष्ट प्रदर्शन गर्ने टोलीका प्रशिक्षक ग्योतुकी कोजीले बताए । 'यमन राम्रो टोली हो । तर हामीले घरेलु मैदानको सदुपयोग गर्नेछौं,' को... | नेपाल आज यमनसँग भिड्दै |
काठमाडौं – सर्वोच्च अदालतले गैरकानूनी रुपमा मदिराजन्य पदार्थको बिक्रीवितरण गर्ने कार्यलाई रोक्न सरकारको नाममा आदेश जारी गरेको छ । न्यायाधीशद्वय ओमप्रकाश मिश्र र तेजबहादुर केसीको संयुक्त इजलासले साेमबार गैरकानूनी रुपमा मदिराजन्य पदार्थको उत्पादन तथा बिक्रीवितरण रोक्न सरकारका नाममा आदेश जारी गरेको हो । मदिरा ऐनअनुसार निश... | मदिराजन्य पदार्थ बिक्रीवितरण रोक्न सर्वाेच्चकाे आदेश |
यस अनुसार अब सडकमा मोबाइल चलाइरहेको भेटे महिला अविवाहित हुन् भने १० हजार रुपियाँ जरिवाना तिर्नुपर्नेछ। विवाहित हो भने २ हजार तिरे पुग्नेछ। अविवाहित महिलाहरु केटाहरुसँग भाग्ने, विवाहित महिलाहरु अर्कै पुरुषसँग लाग्ने जस्ता नैतिक रुपमा भ्रष्ट हुने कामको दोष गाउँ पञ्चायतले मोबाइललाई दिएको छ। अधिकारकर्मीहरुले भने यसलाई वाहि... | मोबाइल चलाए अविवाहित महिलालाई १० हजार, विवाहितलाई २ हजार जरिवाना |
काठमाडौँ — साउनको सुरुवाती ६ दिनमै वाणिज्य बैंकहरुबाट ६३ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ । नेपाल बैंकर्स एसोसिएसनको तथ्यांकअनुसार ६ दिनमै वाणिज्य बैंकहरुबाट सो निक्षेप घटेको हो । एसोसिएसनका अनुसार असार मसान्तसम्म कुल ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा साउन ६ गतेसम्म आउँदा ४४ खर्ब ७८ अर्ब रुपैयाँमा झरेको छ । ... | छ दिनमै बैंकहरुबाट ६३ अर्ब निक्षेप बाहिरियो |
काठमाडौं । जनकपुरधामसहित मधेशमा साेमबार हर्षोल्लाका साथ चैते छठ पर्व मनाइँदै छ । ४ दिनसम्म विधिपूर्वक मनाइने चैते छठको मुख्य दिन साेमबार अस्ताउँदो सूर्यलाई अर्घ दिने प्रचलन रहेकाे हाे । मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ सम्पन्न गर्ने प्रचलन रहेकाे छ । चैते छठमा पनि कात्तिको छठमा झैं सबै विधि पूरा गर्नुपर्ने व... | जनकपुरधामसहित मधेशमा आज चैते छठ पर्व मनाइँदै |
काठमाडौं : नेपाल आइडल–४ को शुक्रबारीय प्रस्तुति विशेष रह्यो। उत्कृष्ट ११ मध्ये ६ जनाले प्रस्तुति दिएका थिए। कार्यक्रममा अतिथि कलाकारको रूपमा संगीतकार आलोकश्री र आनन्द कार्की उपस्थित थिए। उनीहरूको आगमनसँगै कार्यक्रम अझ रोमाञ्चक बन्यो। शुक्रबार प्रतियोगीहरूमा बेग्लै उत्साह र जिम्मेवारी देखिन्थो। बादलुको घुम्टोले इलाम बजा... | प्रतिस्पर्धामा नेपाल आइडल (भिडियोसहित) |
काठमाडौं । उद्योग तथा व्यापार स्थापना लागि निजी क्षेत्रसँग मिलेर काम गर्न इच्छुक रहेको उद्योगमन्त्री डिलेन्द्रप्रसाद बडुले जनाएका छन्। उद्योगमन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा ललितपुरमा आयोजित "उद्योग, व्यापारको शुरुवाती अभियान" कार्यक्रममा उनले उद्योग, व्यापारका लागि आवश्यक सहज नीतिसँगै सबै क्ष... | निजी क्षेत्रसँग मिलेरै काम गर्न इच्छुक: उद्योगमन्त्री बडु |
काठमाडौँ — साता कारोबारको अन्तिम दिन सेयर बजारमा ८८ कम्पनीको मूल्य बढ्दा १२३ को घटेको छ । ६ कम्पनीको मूल्य भने स्थिर रहृयो । बजारको परिसूचक नेप्से जम्मा १.३ अंक घट्यो । नेप्से २१६३ अंकमा कायम भएको छ । ३ अर्ब ५ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भएको छ । बैंकिङ १, विकास बैंक ११, जलविद्युत् २२, उत्पादन ८२ र व्यापार १७... | ८८ कम्पनीको सेयर मूल्य बढ्दा १२३ को घट्यो |
पेरिस — विश्व फुटबलका दुई ठूला हस्तीले संन्यास घोषणा गरेका छन् । त्यसमध्ये गारेथ बेलले सबै खाले फुटबलबाटै संन्यास लिएका हुन् । हुगो लोरिसको संन्यास भने अन्तर्राष्ट्रिय फुटबलबाट मात्रै रह्यो । बेलले ३३ वर्षको उमेरमा फुटबलबाट बिदा लिएका हुन् । उनी बेलायती फुटबल इतिहासकै सबैभन्दा सफल खेलाडी हुन् । त्यसमा उनले ५ युरोपेली च... | बेल र लोरिसको संन्यास |
गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले गोरखा अस्पतालको सघन उपचार कक्ष (आइसियू) को आज उद्घाटन गरेका छन् । अस्पताल स्थापनाको ५० वर्ष पुगेको अवसरमा आजदेखि सञ्चालनमा ल्याइएको आइसियू सेवाको उनले उद्घाटन गरेका हुन् । प्रधानमन्त्री दाहाल अस्पतालको स्वर्णजयन्ती समारोहका सहभागी हुन दिउँसो यहाँ आइपुगेका हुन् । स्वर्ण ज... | प्रधानमन्त्री प्रचण्डद्वारा गोरखा अस्पतालमा आइसियूको उद्घाटन |
तनहुँ : धेरै वर्ष पहिला दमौलीमा हाटबजार सञ्चालन हुन्थ्यो, जहाँ उपभोक्ताले गाउँबाट ल्याइएका कृषि सामग्री खरिद गर्न पाउँथे। यसले गर्दा किसान तथा उपभोक्ताको सिधा सम्पर्क हुन्थ्यो र किसानले उचित मूल्य पाउँथे। पछि हाटबजार लगाउने प्रचलन हरायो। लोप भइसकेको हाटबजारलाई व्यास नगरपालिकाले पुनः सञ्चालन गरेको छ। संविधान दिवसको अवसर... | लोप भएको हाटबजार पुनः सञ्चालन |
काठमाण्डाै – नेकपा माओवादी केन्द्रले चुनावी प्रचार सामग्रीमा राखिएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटो हटाएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फेसबुक पेजमा राखिएको डिटिजल पोस्टरमा कुलमान घिसिङको पनि फोटो राखिएको थियो । यसको चर्को आलोचना भएपछि माओवादीले कुलमानको फोटो हटाएको हो... | चर्को आलोचनापछि माओवादीले चुनावी पोस्टरबाट कुलमानको फोटो हटायो |
नेकपा माओवादी केन्द्रले एकल रुपमा रोल्पाका १० स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ। सत्ता गठबन्धनभित्रै चुनावी तालमेलमा भागबण्डा नमिलेपछि माओवादीले एकल रुपमा उम्मेदवारी घोषणा गरेको हो। माओवादीले भोलि मात्रै उम्मेदवारी दर्ता गर्ने रोल्पा जिल्ला इन्चार्ज दीपेन्द्र पुनले बताए। रोल्पा नगरपालिकाको मेयरमा सुरेन्द्र थापा घ... | माओवादीले रोल्पाका १० स्थानीय तहमा उम्मेदवार टुंगो लगायो, गठबन्धन भएन |
युवाहरुको पहलमा पोखरामा 'फुड बैंक'को सुरुवात गरिएको छ। बुधबार पोखराको पृथ्वीचोकस्थित गणतान्त्रिक चोकनजिकै रहेको सुकुम्वासी बस्तीका बासिन्दालाई लक्षित गरी पोखरामा फुड बैंकको स्थापना गरिएको हो। कोरोना भाइरसको महामारी रोकथामका लागि जारी निषेधाज्ञाको अवधिमा दैनिक ज्यालादारी मजदुरी गरेर हातमुख जोर्ने वर्ग निकै प्रभावित भएपछ... | पोखरामा पनि सुरु भयो 'फुड बैंक', हुनेले दिने र नहुनेले निःशुल्क लैजान पाउने |
यामाहाका मोटरसाइकल तथा स्कुटरको मूल्य बढेको छ। यामाहा ब्रान्डको आधिकरिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले आफ्ना मोटरसाइकल तथा स्कुटरको मूल्य बढाएको हो। कम्पनीले रे जेट स्कुटरको मूल्यमा ६ हजार रुपैयाँ बढाएको छ। गत चैतमा रे जेटको मूल्य २ लाख रुपैयाँ मात्रै रहेको थियो। फेसिनो १२५ एफआईको मूल्य ८ हजार रुपैयाँ बढेको छ। चैतमा... | यामाहाका मोटरसाइकल तथा स्कुटरको मूल्य बढ्यो, कुन मोडलमा कति? |
काठमाडौं : प्रकाश सुवेदीले 'मैले त खोजेको यस्तै घर हो' बोलको तीज विशेष गीत सार्वजनिक गरेका छन् । गीतमा पिपल र वरलाई प्रतिकात्मक रूपमा प्रस्तुत गरिएको छ । गीतमा सुवेदीको शब्द, संगी अधिकारीको स्वर, राजकुमार बगरको लय र राजु कार्कीको सङ्गीत रहेको छ । गीत पूर्वीय संस्कार, संस्कृति हस्तान्तरण गर्ने नवीन शैली र सकारात्मक भावस... | 'मैले त खोजेको यस्तै घर हो' तीज गीत सार्वजनिक (भिडियो) |
काठमाडौः नेपाल र चीनबीच हस्ताक्षरित पारवहन सम्झौताअनुसार तयार हुनुपर्ने 'प्रोटोकल' को प्रारम्भिक मस्यौदामा शुक्रबार सहमति जुटेको छ । चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासामा शुक्रबार सकिएको नेपाल-चीन सहसचिवस्तरीय बैठकमा पारवहन सम्झौताअनुसार तयार हुनुपर्ने 'प्रोटोकल' को प्रारम्भिक मस्यौदामा सहमति जुटेको ल्हासाका लागि ने... | पारवहन 'प्रोटोकल' मस्यौदामा सहमति |
काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले आज हुन गइरहेको नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनले देश, जनता र नेपाली कांग्रेसको भविष्य दिशानिर्देश गर्ने बताएका छन् । संसदीय दलको निर्वाचन हुनुअघि सामाजिक सन्जालमार्फत् उनले भर्खरै सम्पन्न आमनिर्वाचनमार्फत नेपाली जनताले दिएको अभिमतलाई इमान्दारितापूर्वक ... | कांग्रेस संसदीय दलको निर्वाचनले देश, जनता र पार्टीको भविष्य दिशानिर्देश गर्नेछ : गगन थापा |
'अन्डरडग' अर्थात् त्यस्तो प्रतिस्पर्धी जसले कुनै प्रतिस्पर्धामा जित्ने मौका कमै पाउँछ। मलाई एउटा 'अन्डरडग' सधैँ केही त लाग्छ। एउटा यस्तो भद्र दाबेदार जसले बजारका नेतृत्वकर्तालाई चुनौती पेस गर्छ। यो परम्पराले मैले किनमेल गर्ने स्टोरको आकार निर्धारण गर्छ। एउटा यस्तो खेल टोली जसका लागि म फिट हुन्छु र त्यस्तो प्रविधि जसलाई... | एलजी फोनको विदाइ : एउटा प्रविधि आइकनको अवसान |
सर्लाही, माघ २६ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अहिलेको शिक्षाले बेरोजगारी मात्र बढाएको बताएका छन् । आइतबार सर्लाहीको हरिपुर नगरपालिका–२, सानो जगतपुरमा रहेको आधारभूत विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण गर्दै उनले वर्तमान शैक्षिक प्रणालीले मुलुकमा बेरोजगारी मात्रै बढाएको बताएका हुन । शिक्षामन्त्री पोखरेलले परिवर्त... | अहिलेको शिक्षाले बेरोजगारी मात्र बढाएको छ : शिक्षामन्त्री पोखरेल |
नयाँ दिल्ली : अमेरिकामा एक १२ वर्षीया बालिकाले आमाबाट ऋण काढेर व्यापार सुरु गरेकी छन्। उनले व्यापारबाट मनग्गे आम्दानी गरिरहेकी छिन्। रोचक कुरा के छ भने ती बालिकाले आफ्नै दाजुभाइलाई समेत रोजगारी दिएकी छन्। 'द सन' का अनुसार ती बालिकाको नाम एलेक्सिया कैपा हो। उनले यसै वर्ष (२०२१) को सुरुमा साबुन बनाउने व्यवसाय सुरु गरेकी ... | आमाबाट ऋण काढेर व्यापार, १२ वर्षीया बालिकाले दिइन् आफ्नै दाजुभाइलाई जागिर |
सरकारले नेपाललाई विदेशी चलचित्र छायाँकनको आकर्षक गन्तव्य बनाउने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नेपाललाई विदेशी चलचित्र छायाँकनको गन्तव्य बनाउने घोषणा गरेकी हुन् । उनले चलचित्रमार्फत अन्तर्राष्ट्रिय स्तरमा नेपालका कला, संस्कृती, भौगोलिक विविधता र सुन्दरताको... | नेपाललाई विदेशी चलचित्र छायाँकनको गन्तव्य बनाउने घोषणा |
-सरोज अधिकारी/ईमेज काठमाडौं । प्रतिबन्धित नेक्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग वार्ताको चर्चा गरे पनि ठोस पहल भने कतैबाट भएको छैन । बरु सत्तारुढ दल नेकपाभित्रै चन्द समूहलाई हेर्ने र उसँगको वार्ताको सर्तका विषयमा मत बाझिएको छ । सरकारले गत फागुन अन्तिम साता चन्द समूहमाथि प्रतिबन्ध लगाएको थियो । प... | सरकार-विप्लव समूहबीच बार्ताः चर्चा भयो, ठोस पहल भएन (भिडियो) |
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा 'प्रभाकर' ले वैदेशिक रोजगारमा गएर फर्किएका व्यक्तिहरुले मोबाइललगायतका डिभाइसहरु व्यक्तिगत प्रयोगका लागि ल्याउनका लागि सहज बनाउने बताएका छन्। उनले आज अर्थ सम्वन्धी अध्यादेशहरुलाई प्रतिस्थापन गर्ने बिधेकहरु बारे आर्थिक पत्रकारसँग छलफलको क्रममा वैदेशिक रोजगारमा जानपनि समस्या र दुख भोगि... | वैदेशिक रोजगारबाट फर्किएकालाई मोबाइल ल्याउन दिन सहजीकरण गरिँदै -अर्थमन्त्री शर्मा |
भारतीय योगा गुरु रामदेव सोमबार हात्तीमा सवार हुँदै योग गर्दा खसेका छन्। भारत उत्तरप्रदेशको मथुरामा एउटा हात्तीमा चढेर योग गर्दा सन्तुलन गुमेर भुईंमा खसेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ। उनी भुईंमा खसेपछि उठेर धुलो टक्टक्याउँदै हिँडेको भिडियोमा देखिन्छ। मथुरा महावनस्थित रामनरेती आश्रममा भएको सो घट्नामा उनी ... | हात्तीमाथि चढेर योग गरिरहेका बाबा रामदेव खसेपछि... (भिडियो) |
नेपालसहित संयुक्त राष्ट्रसंघका १४१ राष्ट्रहरूले युद्ध अन्त्य गरेर रूसले तत्काल युक्रेनी भूमि छोड्नु पर्ने पक्षमा मतदान गरेका छन्। बिहीबार भएको संयुक्त राष्ट्रसंघको ११ औं आपतकालीन विशेष सेसनमा भएको मतदानमा १४१ मुलुकले युद्ध अन्त्य गरी रूसी सेनाले युक्रेनी भूमि छोड्नु पर्ने पक्षमा मतदान गरेका हुन्। नेपाल पनि रुसले युक्रे... | नेपालसहित १४१ देश रूसले युक्रेनी भूमि छोड्नु पर्ने पक्षमा उभिए, भारत र चीन अनुपस्थित |
काठमाडौं । चिनियाँ चिप फाउण्ड्री कम्पनी एसएमआईसीले चीनको तियानजिनमा ७.५ अर्ब डलर लगानी गर्ने भएको छ। चिनियाँ चिप फाउण्ड्री सेमीकन्डक्टर म्यानुफ्याक्चरिङ इन्टरनेशनल कर्प (एसएमआईसी) ले तियानजिनमा १२ इन्चको फाउण्ड्री उत्पादन लाइनको लागि ५ अर्ब डलरको दर्ता पूँजी र ७.५ अर्ब डलरको योजनाबद्ध लगानीको फ्रेमवर्क सम्झौतामा हस्ताक... | चिनियाँ चिप निर्माता एसएमआईसीले तियानजिनमा ७.५ अर्ब डलर लगानी गर्ने |
लन्डन : बेलायतका रक्षामन्त्री बेन वालेसले युक्रेनमा भएको आक्रमणका कारण रुस कमजोर भएको आरोप लगाएका छन्। स्काई न्यूजसँग कुरा गर्दै उनले भने, 'राष्ट्रपति पुटिन पहिले जत्तिकै शक्तिशाली छैनन् । अहिले उनीहरु आफ्नै पिंजरामा थुनिएका छन् ।' पुटिनका सेना युक्रेनमा हमलापश्चात धेरै कष्ट भोगेकाले हाल थकित भएको उनले बताए। उनले भने, ... | पुटिन पहिलेजस्तो शक्तिशाली छैनन्, आफैंले बनाएको पिंजरामा थुनिए : बेलायत |
जापानको समुद्र तटमा भेटिएको एउटा ठुलो धातुको बल हटाइएको छ । यसलाई क्रेनको सहायताले निकालिएको हो । स्थानीय सञ्चारमाध्यमका अनुसार जापानको तटमा फेला परेको यो धातुको बललाई लिएर स्थानीयवासी चिन्तित थिए र यसबारे विभिन्न अड्कलबाजी पनि गरिएको थियो । जापानी सहर हामामात्सुका स्थानीय अधिकारीहरूले यसलाई 'निश्चित अवधिको लागि' सङ्गृ... | जापानको तटमा भेटिएको ठुलो धातुको बल हटाइयो, तर यो के थियो कसैलाई थाहा छैन |
लास भेगास । फ्लोयड मेवेदरले कनर म्याकग्रगरलाई हराउँदै बहुप्रतिक्षिति भिडन्तमा पराजित गरेका छन् । खेलको १० औँ राउण्डमा रोक्दै जीत हासिल गरेका हुन् । व्यवसायिक बक्सिङमा डेब्यु गरिरहेका युएफसी लाइटवेट च्याम्पियन म्याकग्रेगरविरुद्ध ४० वर्षीय मेवेदरले खेलमा सावधानीपूर्वक शुरुवात गरेका थिए । जीतसँगै ५ पटककका विश्व च्याम्प्यि... | ५०–० : म्याकग्रेगरलाई हराउँदै मेवेदरको अर्धशतक पूरा |
काठमाडौं, मंसिर ६ । वर्षको अन्तिम टेनिस प्रतियोगिता एटीपी विश्व टुर फाईनल्सको उपाधि एण्डी मरेले जितेका छन् । बेलायतको राजधानी लण्डनमा आइतबार सम्पन्न प्रतियोगिताको फाईनलमा सर्वीयन खेलाडी नोभाक जोकोभिचलाई हराँउदै मरेले विश्व वरियताको शिर्ष स्थान समेत जोगाएका छन् । यो खेल गुमाएको खण्डमा मरे विश्व वरियताको शिर्ष वरियताबाट ... | जोकोभिचलाई हराँउदै मरेले जिते वर्षको अन्तिम टेनिसको उपाधि |
भारतीय नायिका, मोडल तथा गायिका दिव्या चौकसेको आइतबार निधन भएको छ । उनी विगत साढे एक वर्षदेखि क्यान्सरसँग जुधिरहेकी थिइन् । दिव्याकी दिदी सौम्या अमिश वर्माले फेसबुक पोस्टमार्फत् यसबारे जानकारी दिएकी हुन् । यसअघि दिव्याले पनि १८ घण्टा अघि आफ्नो इन्स्टाग्राममा एउटा मेसेज लेखेकी थिइन् । दिव्याका अन्तिम शब्दः दिव्याले आफ्नो... | क्यान्सरसँग जुधिरहेकी नायिका–मोडल दिव्याको निधन, अन्तिम शब्द – म मृत्युशय्यामा छु, कृपया कुनै प्रश्न नसोध्नुहोस् |
End of preview. Expand in Data Studio
README.md exists but content is empty.
- Downloads last month
- 9