Dataset Viewer
Auto-converted to Parquet Duplicate
id
stringlengths
13
13
text
stringlengths
30
1.27k
char_length
int64
30
1.27k
word_count
int64
5
205
devanagari_ratio
float64
0.8
0.93
source
stringclasses
1 value
train_0000001
घरेलु मैदानमा भएको च्याम्पियन्स लिगको दोस्रो लेगमा एथ्लेटिको मड्रिडले आर्सनललाई एक शून्यले हराउँदै समग्रमा दुई एकको अग्रताका साथ फाइनलमा प्रवेश गरेको हो ।
154
23
0.8571
cc100-ne
train_0000002
सन् २०१६ को च्याम्पियन्स लिगको फाइनलमा रियल मड्रिडसँग पराजित भएपछि एथ्लेटिको पहिलो पटक युरोपियन फुटबल प्रतियोगिताको फाइनलमा पुगेको हो ।
135
20
0.8593
cc100-ne
train_0000003
प्रशिक्षक विङगरले युरोपियन खेलमा सफलता हात पार्न सकेनन् । प्रिमियर लिगमा राम्रो प्रदर्शन निकाल्न नसकेपछि प्रशिक्षकका रुपमा उनको ठूलो आलोचना भएको थियो । जसका कारण उनले इमिरेट्स छोड्ने निर्णयमा पुगेका थिए ।
204
32
0.848
cc100-ne
train_0000004
आर्सनलको प्रशिक्षकका रुपमा उनले तीन वटा प्रिमियर र सात वटा एफ ए कपको उपाधि जिते पनि युरोपियन प्रतियोगितामा भने २१ सिजनमा दुई पटक मात्र फाइनल प्रवेश गरेका छन् ।
159
29
0.8239
cc100-ne
train_0000005
प्रधानमन्त्री ओलीले भोली गण्डकी प्रदेशसभामा सम्बोधन गर्ने
57
7
0.8947
cc100-ne
train_0000006
प्लास्टिक प्रयोग गरेर पोखरामा सडक पिच
37
6
0.8649
cc100-ne
train_0000007
नेपाल इन्जिनियर दिवस भव्यताका साथ मनाउने तयारी
46
7
0.8696
cc100-ne
train_0000010
भोलि आकस्मिक बाहेक सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा
74
11
0.8649
cc100-ne
train_0000012
नेपाल र चीनबीच निर्माण भएको क्रसबोर्डर अप्टिकल फाइबर लिंकको औपचारिक उद्घाटन आगामी शुक्रबार हुँदै छ । त्यसपछि नेपालले चीन हुँदै विश्वबजारको दूरसञ्चार नेटवर्कमा आबद्धता जनाउनेछ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
215
33
0.8512
cc100-ne
train_0000016
नले हिमालय क्षेत्रमा बिछ्याएको अप्टिकल फाइबरबाट नेपाल र नेपाल हुँदै दक्षिण एसियाली मुलुकसँग आबद्धता हुन चाहेको जनाएको छ । यसका लागि चीनले नेपालसँगको अर्को कुनै एक नाकाबाट समेत इन्टरनेटमा आबद्धता हुन चाहेको टेलिकमका एक अधिकारीले बताए ।
234
37
0.8462
cc100-ne
train_0000019
भारतले ०७२ मा लगाएको नाकाबन्दीपछि नेपालले इन्टरनेट व्यान्डविथका लागि समेत वैकल्पिक मार्ग खोज्नुपर्ने बहस सुरु भएको थियो । त्यसपछि संसदीय समिति र सरकारले टेलिकमलाई चीनतर्फबाट पनि दूरसञ्चारको अन्तर्राष्ट्रिय स्थल आबद्धतामा जोडिन निर्देशन दिएको थियो ।
248
35
0.8629
cc100-ne
train_0000025
प्रदेश नं २ को राजधानी वीरगञ्जलाई नबनाइएको भन्दै चर्कियो आन्दोलन
64
10
0.8594
cc100-ne
train_0000038
यो अजीब कश्मीर हो त्यसैले समाचारहरू केहि नबोल्ने बन्द गर्नुहोस्
63
10
0.8571
cc100-ne
train_0000041
अब हामी सरकार ह्याई पैसा तिर्न सहयोग गर्न चाहन्छौं जुन हामी तिर्न सक्छौं
72
13
0.8333
cc100-ne
train_0000048
त्यो हिटियनहरू हाम्रो इलाकामा प्रवेश गरेर समाप्त गर्न स्क्रिन हुन सक्छ
70
11
0.8571
cc100-ne
train_0000051
तपाईंको ईमेल ठेगाना प्रकाशित हुनेछैन।
37
5
0.8919
cc100-ne
train_0000055
यो पृष्ठले कुकीज र अन्य प्रविधिहरू प्रयोग गर्दछ ताकि हामी हाम्रो साइटहरूमा तपाइँको अनुभव सुधार गर्न सक्दछौं। अधिक जानकारी
121
19
0.8512
cc100-ne
train_0000065
झापा । झापाका दुई युवा भारतको नयाँ दिल्लीमा आगामी नोभेम्बर १२ देखि १४ तारिकसम्म हुने अन्तर्राष्ट्रिय युवा सम्मेलनमा सम्मानित हुने भएका छन् ।
140
23
0.8429
cc100-ne
train_0000069
नयाँ दिल्लीको विज्ञान भवनमा हुने कार्यक्रममा विश्वभरिका १ सय ९७ देशका सक्रिय १५ सय युवा अभियान्ता सहभागी हुँदैछन् ।
115
19
0.8435
cc100-ne
train_0000072
सोमबार संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले उत्तर कोरियाका विरुद्धमा नाकाबन्दीको कानुन पारित गरेको थियो । उत्तर कोरियालाई उसको अर्थतन्त्रमा असर पार्नेगरी भन्दै मङ्गलबार लगाइएको सो नाकाबन्दीको विरोधमा उसले यस्तो प्रतिक्रिया दिएको हो ।
234
32
0.8675
cc100-ne
train_0000074
सोमबार चीन र रुसको पनि सहमति र उक्त परिषद् वैठकको सर्वसम्मतिमा सो कानुन पारित गरिएको हो। उत्तर कोरियाले बारम्बार यस्ता क्षेप्यास्त्र परीक्षण गर्दै आएकाले उसका विरुद्धमा यो कानुन ल्याइएको अमेरिकाले जनाएको छ।
206
32
0.8495
cc100-ne
train_0000075
उत्तरले गत हप्तामात्र एक शक्तिशाली हाइड्रोजन बम नै परीक्षण गरेको थियो । त्यसका विरुद्धमा यो पछिल्लो नाकाबन्दी आएको हो । यस कार्यलाई उत्तर कोरियाले निन्दा गर्दै आणविक परीक्षणको कार्य नरोकिने बरु थप बढाउदै लाने जनाएको हो।
219
36
0.8402
cc100-ne
train_0000076
विश्व समुदाय एवम् संयुक्त राष्ट्रसंघले व्यापक मात्रामा विरोध गर्दागर्दै पनि उत्तर कोरियाले आणविक क्षेप्यास्त्र हान्ने गरेको छ । उसले सन् २००६ देखि नै निरन्तररुपमा यस्तो परीक्षण गर्दै आएको छ।
190
29
0.8526
cc100-ne
train_0000083
उहाँले मलाई विदेश जाने भए सीप सिकेर मात्रै जान सल्लाह दिनुभयो । उहाँकै सल्लाहमा मैले सिसिएस अन्र्तगत सामी परियोजनाको धनगढीमा रहेको सूचना तथा परामर्श केन्द्रले मलाई प्लम्बरको तालिमका लागि काठमाडौ पठायो ।
202
32
0.8465
cc100-ne
train_0000084
एफ स्किलले खाने र बस्ने पैसा नलिई मैले तालिम लिएँ । एफ स्किलले नै मलाई भक्तपुरमा रहेको निखिल मल्टिसर्भिसेज प्रालिमा पठायो । मैले ४५ दिन त्यहाँ प्लम्बरको तालिम दियो । तालिम लिइसकेपछि म आइसिसीले दिएको सूचनाको आधारमा सन् २०१४ को अन्तिमतिर दुवई पुगें । अरु विदेश पुगेदेखि नै दुःख पाएका कुरा सुनेको थिएँ । तर मैले दुवईमा कुनै...
341
62
0.8211
cc100-ne
train_0000086
अरुको दुःख देख्दा काम सिकेर आएको ठीकै भयो भन्ने लाग्थ्यो । यो देख्दा विदेशको साथी सीप र क्षमता पो रहेछ जस्तो लाग्थ्यो । म दुई वर्षको भिसाको म्याद सकिएपछि यो वर्षमा घर फर्किएको छु । त्यहाँ कमाएको पैसा घरमा काम लाग्यो ।
217
42
0.8111
cc100-ne
train_0000087
विदेश जाने मनसाय बनाएका साथीहरुलाई म सीप सिकेर जान सल्लाह दिन्छु । किनकी सीप बिना त्यहाँ हरेक कुरामा जोखिम हुने रहेछ । हातमा सीप छ भने मालिक र कम्पनीले पनि राम्रो व्यवहार गर्छ । सीप र क्षमतालाई नै अरुले सम्मान दिन्छन् ।
219
42
0.8128
cc100-ne
train_0000090
प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समयमा बोल्दै सांसद बडुले हुम्लामा बिहान भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै बारम्बार भइरहने दुर्घटना अन्त्य नभए कम गर्नका लागि सरकारको ध्यान जानु पर्ने बताएका हुन् ।
209
31
0.8565
cc100-ne
train_0000091
यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको दुर्घटनामा ज्यान गुमाएका विदेशी नागरिकका परिवारले क्षतिपूर्ति पाएको तर नेपालीका परिवारले नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
176
22
0.8807
cc100-ne
train_0000092
युएस बंगला विमान दुर्घटनामा २३ नेपाली तथा २८ विदेशीको ज्यान गएको थियो ।
71
13
0.831
cc100-ne
train_0000093
विदेशी नागरिकका परिवारले २० हजार अमेरिकी डलरको दरले क्षतिपूर्ति पाएका छन् । तर नेपाली पीडितका परिवारले पाएका छैनन् ।
116
19
0.8448
cc100-ne
train_0000094
दुर्घटनाबारे छानबिन गर्न गठित समितिलाई क्षतिपूर्ति सम्बन्धी निर्णय गर्ने अधिकार नरहेकाले यस्तो भएको भन्दै सांसद बढुले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
151
21
0.8675
cc100-ne
train_0000095
एक अमेरिकी लगानी कम्पनीले नेपालमा १ खर्ब ५ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । अमेरिकाको सिआइएम ग्रुपअन्तर्गतको स्काई पावर ग्लोबल कम्पनीले सौर्य ऊर्जामा सो लगानी गर्ने प्रस्ताव गरेको ऊर्जामन्त्री वर्षमान पुनले जानकारी दिए ।
221
35
0.8462
cc100-ne
train_0000100
कम्पनीको सञ्चालक समितिका अध्यक्ष एवं सूचना तथा सञ्चार मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले कम्पनीले विगत वर्षमा जस्तै यसवर्ष पनि नेपालको दूरसञ्चार क्षेत्रको समग्र विकास र विस्तारमा उल्लेख्य योगदान पुर्याउँदै ग्राहक आधारमा उत्साहप्रद विस्तार तथा मुनाफा आर्जन गर्न सफल भएको बताए ।
280
40
0.8607
cc100-ne
train_0000102
मन्त्री अधिकारीले सेवा विस्तारको कार्यलाई नाफामूलक क्षेत्रहरूमा मात्र सीमित नराखी तुलनात्मकरुपमा लगानी बढी हुने मुलुकको अतिविकट तथा ग्रामीण क्षेत्रमा समेत सूचना तथा सञ्चार प्रविधि उपलब्ध गराई मुलुकमा व्याप्त डिजिटल डिभाइड न्यूनीकरण गर्ने र डिजिटल इन्क्लुजनको अवधारणालाई साकार पार्ने कार्यमा कम्पनी लागेको बताए ।
311
43
0.865
cc100-ne
train_0000104
जापानमा १० औं नेपाल फेष्टिवल शुरु
33
6
0.8485
cc100-ne
train_0000106
भोली देखी सुरु हुने माघी मिलन एबम घोडाघोडी सास्कृतीक महोत्सबको तयारी पुरा भएकोे छ । पुष २८ देखी माघ ५ सम्म चल्ने उक्त सास्कसतीक महोत्सवको शुक्रबार एक भव्य कार्यक्रका बिच कैलाली क्षेत्र नम्मर ३ प्रतिनिधि सभा सदस्य गौरी शंकर थारुले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
263
46
0.8289
cc100-ne
train_0000109
पर्सा मंसिर २० गते । मधेशी जनअधिकार फोरम नेपालबाट जेपे गुप्तासँगै अलग हुनुभएको आत्माराम साह पुनः सोही पार्टीमा फर्किनु भएको छ ।
127
22
0.8346
cc100-ne
train_0000110
जेपी गुप्तासँगै अलग भएर मधेशी जनअधिकार फोरम गणतान्त्रिक पार्टी खोल्नु भएको थियो । पछि सो पार्टी राजकिशोर यादवले कब्जा गरेपछि गुप्तासँगै तराई मधेश राष्ट्रिय अभियानमा हुनुहुन्थ्यो ।
179
27
0.8547
cc100-ne
train_0000111
त्यसबेला आत्मराम साहबाट निकै सहयोग भएको थियो तर पछि उपेन्द्र यादवलाई छाडेर जेपीको साथ लाग्नु भएको थियो । अन्ततः पुनः फोरम नेपालमा फर्किनु भएकोमा उपेन्द्र यादवले खुशी व्यक्त गर्नुभएको छ
184
30
0.8424
cc100-ne
train_0000113
भारतको दार्जिलिङ आसपासका क्षेत्रमा शान्तिको कामना गर्दै शनिबार यहाँ दीप प्रज्वलन गरिएको छ ।
91
14
0.8571
cc100-ne
train_0000117
रोकायाले दैनिक रु ८०० भन्दा बढी आम्दानी गर्छन् । नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा कक्षा ५ मा पढ्दै गरेकी रोकाया आवश्यक कापीकलम र नयाँ लुगा किन्न पढाइ छोडेर आँप र केरा बेचछन् ।
177
32
0.8249
cc100-ne
train_0000118
आर्थिक अवस्था कमजोर भएकाले कापीकलम किन्न र विद्यालयको पोशाकको जोहो गर्न उनी आँप र केरा बिक्री गर्दैआएका छन् ।
109
19
0.8349
cc100-ne
train_0000121
अधिकांश विद्यार्थी गाउँमा उत्पादित विभिन्न कृषि वस्तु बजारमा लगेर बिक्री गरी पढाइ खर्च जुटाउँदै आएका छन् । अहिले आँपको मूल्य प्रतिदाना रु १० देखि रु २० पर्छ । उनीहरुले प्रतिमकै रु १० देखि रु २० सम्ममा बिक्री गर्दैआएका छन् ।
223
40
0.8251
cc100-ne
train_0000123
पथरिया माविको खेल मैदानमा आज भएको फाईनल खेलमा बनियानिले प्रस्तुत गरेको ७३ रनको लक्ष्य बगानले १७ ओभर ५ बलमा ७ विकेट गुमाएर भेटाएको हो । यसअघि १८ ओभरमा सबै विकेट गुमाउदै बनियानिले ७२ रनको मध्यम स्कोर बनाएको थियो ।
211
39
0.8199
cc100-ne
train_0000124
प्रतियोगिता भरि उत्कृस्ट प्रदर्शन गरेका बनियानिका अनिल लामिछाने प्रतियोगिताको उत्कृष्ट खेलाडी हुनुभयो ।
103
13
0.8835
cc100-ne
train_0000125
आदर्श क्रीकेट क्लबको आयोजनमा गत असोज २३ गतेबाट संचालित प्रतियोगितामा झापा जिल्ला भरिका १५ टिमको सहभगिता रहेको थियो ।
116
19
0.8448
cc100-ne
train_0000127
नेपालीहरुको दोस्रो महान चाड भाई टिका जुन सामान्य व्यक्ति देखि लिएर कलाकारहरुले पनि धुमधाम संग मनाउने गर्दछन ।
109
18
0.844
cc100-ne
train_0000129
शेयर बजारको परिसुचक नेप्से ४ अंकले बढेको छ। यस दिन १६५ कम्पनीको ४४ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भयो।
107
20
0.8224
cc100-ne
train_0000131
यस दिन कारोबारको आधारमा नबिल बैंक प्रमोटर शेयर अग्र स्थानमा रह्यो। यसको २ करोड ४६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो। त्यस्तै ओम विकास बैंकको १ करोड ९७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो।
191
34
0.8272
cc100-ne
train_0000136
एम्बुलेन्सबाट उठेको रकमले त्यसलाई सञ्चालन गर्न नसकिएको अस्पतालका निमित्त कार्यक्रम निर्देशक गणेशराज श्रेष्ठले बताए । पहिले गैरसरकारी संस्थाले अस्पताल सञ्चालनमा सहयोग गर्दै आएको थियो । जिल्ला अस्पताल यहाँ सार्ने सरकारको निर्णयपछि अरु निकायको सहयोग बन्द छ ।
255
37
0.8588
cc100-ne
train_0000139
एम्बुलेन्स नचल्दा अन्य रोगका बिरामीसँगै प्रसूति सेवा लिने बिरामीको चाप कम भएको छ ।
82
14
0.8415
cc100-ne
train_0000140
चापागाउँमा नै रहेको अर्को एम्बुलेन्स झण्डै नौ महिना पहिलेदेखि बन्द भएपछि यहाँ एउटा पनि एम्बुलेन्स छैन ।
103
17
0.8447
cc100-ne
train_0000142
चितवनमा विभिन्न कारणले हराएका ३१ जनाको अवस्था अझै थाहा हुन सकेको छैन ।
70
13
0.8286
cc100-ne
train_0000143
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जिल्लामा हराएको भनी निवेदन परेका ३१ जना फेला नपरेकाको खोजी जारी रहेको जानकारी दिनुभयो ।
146
23
0.8493
cc100-ne
train_0000144
उहाँका अनुसार चितवन जिल्लामा गएको एक वर्षमा ३४५ जना हराएको भनी निवेदन परेको थियो । तीमध्ये ३१४ जना फेला परेपनि ३१ जनाको अवस्था थाहा हुन सकेको छैन ।
147
28
0.8163
cc100-ne
train_0000145
प्रहरीको महिला बालबालिका तथा सेवा केन्द्रमा परेको निवेदनअनुसार कतिपय घरबाटै हराएका छन् भने कतिपय भने कुनै स्थानमा जान्छु भनेर फर्की नआएको भनी निवेदन परेको छ ।
158
26
0.8418
cc100-ne
train_0000146
उहाँका अनुसार कतिपय महिलाले श्रीमान्ले कमाएको पैसासमेत लिएर गएको पाइएको छ । उक्त केन्द्रले दिएको तथ्याँकअनुसार गएको एक वर्षमा घरेलु हिंसातर्फको ठाडो उजुरीअन्तर्गत ३२० निवेदन परेकोमा २०० वटा घटनामा मिलापत्र गरिएको र अन्यको अनुसन्धान जारी रहेको छ ।
246
38
0.8496
cc100-ne
train_0000147
अन्य निवेदनअन्तर्गत १९० वटा उजुरी परेकोमा १०० वटाको समाधान भएको प्रहरी उपरीक्षक थापाले जानकारी दिनुभयो । गएको एक वर्षमा उजुरी तथा छानबिन शाखामा भने कुल एक हजार २१४ वटा निवेदन परेकोमा ९१० वटा मुद्दा मिलापत्र भएको थापाले जानकारी दिनुभयो । रासस
241
41
0.834
cc100-ne
train_0000148
श्रीलङ्कामा मुसलमानविरुद्ध शुरु भएको दङ्गामा परी दुई व्यक्तिको मृत्यु भएपछि मङ्गलबार राष्ट्रव्यापी रूपमा सङ्कटकालको घोषणा गरिएको छ ।
132
18
0.8712
cc100-ne
train_0000149
पर्यटकका लागि प्रख्यात पहाडी इलाकामा रहेको घरहरूमा भएको आगजनीका कारण दुई व्यक्तिको मृत्यु भएको थियो । बौद्ध धर्मावलम्बीहरूको बलियो प्रभाव रहेको शहर कान्डीका मुसलमानहरूविरुद्ध दङ्गा शुरु भएपछि प्रहरीलेसमेत नियन्त्रण गर्न नसकेको बताइएको छ ।
238
34
0.8613
cc100-ne
train_0000150
कान्डी शहरमा ठूलो संख्यामा सशस्त्र प्रहरी कमाण्डोहरू तैनाथ गरिएको र रातभरीका लागि क्फ्यु आदेश जारी गरिएको छ । जलाइएको भवनबाट २४ वर्षीया मुसलमान युवकको शव निकालेपछि मङ्गलबार प्रहरीले दुई दर्जनभन्दा बढी व्यक्तिलाई पक्राउ गरेको जनाइएको छ ।
236
37
0.8475
cc100-ne
train_0000151
मुसलमानहरू बौद्ध धर्मावलम्बी समुदायबीच भएको एक विवादका क्रममा भएको झडपमा बौद्ध धर्मावलम्बी पुरुष सख्त घाइते भएका थिए । उपचारका क्रममा उनको मृत्यु भएको थियो । सोही समयदेखि नै दुई समूहबीच तनाव शुरु भएको थियो ।
207
35
0.8357
cc100-ne
train_0000155
निर्वाचनका बिषयमा आम मतदातालाई सचेत र निर्वाचन शिक्षा दिने उद्दश्यले कार्यक्र सुरु गरीएको र कार्यक्रम जील्लाका १३ वटै स्थानीय तहमा गर्ने गरी तयारी भईरहेको कार्यक्रम संयोजक ज्ञानेन्द्र कार्कीले जानकारी दिनु भएको छ ।
214
33
0.8505
cc100-ne
train_0000167
साथमा आएकी आमालाई वाहिर राखेर किशोरीलाई क्लिनिक भित्र लगि डाक्टरले बलात्कार प्रयास गरेको प्रहरीले जनाएको छ । गत पुष २७ गते भएको यो घटना मिलापत्र गराउने प्रयास हुँदा ढिलो गरी सार्वजनिक भएको हो ।
193
34
0.829
cc100-ne
train_0000171
प्रतिद्धन्द्धी लिलाबहादुर रिमाललाई ५६ मतले पराजित गरि ४ सय ७६ मत ल्याएर अधिकारी विजयी भएका हुन् । रिमालले ४ सय २० मत ल्याएका थिए । अध्यक्षका अर्का प्रत्यासी भुपालबहादुर दनाइँले १ सय २५ मत ल्याए ।
195
36
0.8205
cc100-ne
train_0000182
नेपालले श्रीलंकाका बाढीपीडितलाई ५० हजार अमेरिकी डलर सहयोग गर्ने भएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले श्रीलंका सरकारलाई ५० हजार डलर सहयोग दिने निर्णय गरेको महिला बालबालिका तथा समाज कल्याण मन्त्री कुमार खडकाले सेतोपाटीलाई जानकारी दिए।
237
35
0.8565
cc100-ne
train_0000183
श्रीलंकामा गत शनिबार देखि भएको भारी वर्षापछि बाढी आउँदा करिब २०० भन्दा बढी व्यक्तिको ज्यान गएको छ भने लाखौं विस्थापित भएका छन्। श्रीलंका सरकारले औपचारिक रुपमै विदेशी सहायताका लागि आह्वान गरेको थियो।
198
32
0.8434
cc100-ne
train_0000187
बर्दियाका आठ स्थानिय तहका लागि सरकारले हस्तान्तरण गरेको सशर्त अनुदान रकम हेर्ने हो भने सबैभन्दा धेरै बाह्रबर्दिया नगरपालिकामा परेको छ भने सबैभन्दा कम रकम ठाकुरबाबा नगरपालिकाका लागि छुट्ट्याईएको छ ।
197
30
0.8528
cc100-ne
train_0000198
ठाकुरबाबा नगरपालिकामा अपांगता भएका व्यक्तिलाई आर्थिक सहयोग
58
7
0.8966
cc100-ne
train_0000202
गायक बस्याल सँग कुराकानी गर्दै हुनुहुन्छ सहदेव पौडेल
52
8
0.8654
cc100-ne
train_0000204
क्याफे चियाका सञ्चालक प्रेम थोकर र पुनम थिङ्ग सँग कफी कुराकानी सुन्नुहोस
72
12
0.8472
cc100-ne
train_0000205
म्युजिक नेपालको प्रस्तुति आदिकवी भानुभक्त रचित रामायण
53
7
0.8868
cc100-ne
train_0000207
अन्तिम ओभरमा पुनेलाई जितका लागि ११ रन आवश्यक थियो। तर उसले ९ रन मात्रै जोड्न सक्यो र १२८ रनमै सीमित भयो। कप्तान स्टीव स्मिथले ५१ र अजिङ्क्य रहानेले ४४ रन बनाए पनि हार टार्न सकेनन्। मुम्बईका लागि जसप्रीत बुमराहले दुई विकेट लिए।
226
42
0.8186
cc100-ne
train_0000208
टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले कुनाल पाण्डेको ४७ रन मद्दतमा १२९ रन बनाएको थियो।
86
15
0.8372
cc100-ne
train_0000209
अर्घाखाँची कोरिया सम्पर्क मंचको अत्यान्तै जरुरी सुचना
53
7
0.8868
cc100-ne
train_0000210
प्रवासी नेपाली युवा संघको आग्रह
31
5
0.871
cc100-ne
train_0000212
बढी भाडा लिने विरुद्ध तुरुन्त उजुरी गर्न सरकारको आग्रह
54
9
0.8519
cc100-ne
train_0000214
आफू भौतिकवादमा विश्वास गर्ने व्यक्ति भएको भन्दै उनले अध्यात्मिक चेतनाले पनि सकारात्मक चिन्तनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए। महराले राजनीतिज्ञहरुले आफूले प्राप्त गरेको ज्ञान राष्ट्र सेवामा लगाउनुपर्नेमा जोड दिए
226
30
0.8717
cc100-ne
train_0000217
राणाले सरकारले आफनो लाभका निम्ति ज्ञवालीलाई प्राधिकरणको नेतृत्वबाट हटाउने निर्णय गरेको बताए। उनले भूकम्प पीडितलाई राहत दिन सरकार प्रतिवद्ध नदेखिएको आरोप लगाए।
158
22
0.8671
cc100-ne
train_0000218
भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा राष्ट्रिय अध्यक्ष राणाले भूकम्प पीडितलाई आवास निर्माणका लागि तत्काल थप रकम उपलब्ध गराउन सरकारसँग माग गरे। अध्यक्ष राणाले राष्ट्रियता बलियो बनाउन राप्रपा नेपाल र राप्रपाबीच पार्टी एकीकरण भएको बताए। मुलुकको राष्ट्रियता बलियो बनाउने शक्ति आवश्यक भएकाले दुई पार्टी एकीकरण गर्नु परेको...
331
47
0.861
cc100-ne
train_0000219
सत्ता साझेदार राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्तावका केही बुँदा राष्ट्रहितमा समेत नरहेको निष्कर्ष निकालिसकेको छ। राप्रपाले यथास्थितिमा संविधान संशोधन विधेयकलाई समर्थन गर्न नसकिने अडान राख्दै आएको छ।
241
32
0.8714
cc100-ne
train_0000221
निति कार्यक्रम तथा बजेट पुस्तिका २०७५।७६
40
6
0.875
cc100-ne
train_0000229
मुख्यमन्त्री राउतको सम्बोधन गलत भए केन्द्र सरकारका परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले पनि राजिनामा दिनुपर्ने यादवको तर्क छ ।
124
18
0.8629
cc100-ne
train_0000242
मलेसियाको किनरारा ओभल मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भुटानले सुरुवातमा नै विकेट गुमाएको छ । भुटानको स्कोर चार रन हुदा जीवन घले मात्र एक रनमा पेभेलियन फर्किए । उनलाई नन्दन यादवले एलबीडब्लु आउट गरेका हुन । आज नेपाली टिममा एक खेलाडी परिवर्तन गरिएको छ । त्यसपछि भुटानको स्कोर १५ रन हुदा नेपालले दोस्रो विकेट...
451
78
0.8293
cc100-ne
train_0000248
उनले बिहान भारबहन क्षमताभन्दा बढी यात्रु लिएर हिँडिरहेको डुङ्गा समुद्रमा दुर्घटना हुँदा चारजनाको मृत्यु भएको र ३२ जनालाई सकुशल उद्धार गरिएको बताए।
146
22
0.8562
cc100-ne
train_0000249
प्रारम्भिक अनुसन्धानबाट डुङ्गाले भारबहन क्षमताभन्दा बढी यात्रु बोकेर यात्रा गरिरहेको अवस्थामा उक्त दुःखद घटना भएको अनुमान लगाइए पनि घटनाबारे विस्तृत अनुसन्धान हुन बाँकी रहेको उनले बताए।
185
26
0.8649
cc100-ne
train_0000250
अझै केही विद्यार्थी समुद्रमा फसेको आशङ्कामा उद्धार जारी रहेको सामुद्रिक सुरक्षा गार्डले बताएका छन्। दाहनु भारतीय र मुम्बई शहरबाट ११० किलोमिटरको दूरीमा अवस्थित छ।
161
24
0.8571
cc100-ne
train_0000255
अमेरिकामा रहेको नेपाल टिएलएलसी सन् २०१६ मा स्थापित सस्था हो । उक्त संस्थाले नेपालका उच्च गुणस्तरका अर्गानिक अर्थाेडक्स चिया बिक्रि तथा प्रवर्धन गर्दै आइरहेको छ ।
161
26
0.8447
cc100-ne
train_0000262
बिहीबार साँझ ७ बजेसम्म २ हजार २४३ मत गणना भएको हो।
50
11
0.8
cc100-ne
train_0000263
बाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभा उम्मेदवार बनेका एमाले सचिव योगेश भट्टराईले १ हजार ३ सय १४ मत पाएका छन्। उनका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका केशवप्रसाद दाहालले ६९३ मत पाएका छन्।
188
30
0.8457
cc100-ne
train_0000265
स्याङ्जाको पुतलीबजारमा एक व्यक्तिले ढुंगाले हानेर एकजनाको हत्या गरेका छन् ।
75
11
0.8667
cc100-ne
train_0000273
युएईको शेख जायद रंगशालामा आज साँझ सम्पन्न खेलमा नेपालले दिएको २२२ रनको लक्ष्य घरेलु टोली युएईले ४५ ओभर ५ वलमा तीन विकेटको क्षतिमा पार गर्यो । युएईको जितमा गुलाम सविरले दोस्रो विकेटका लागि क्याप्टेन रोहन मुस्तफासँग ८१ र तेस्रो विकेटका लागि रमिज सहजादसँग ६७ रनको साझेदारी गर्दै युएईको जित सुनिश्चित बनाए ।
303
52
0.8317
cc100-ne
train_0000274
मुस्तफा ६२ र सहजाद ३७ रनमा आउट भए भने सबिर ८१ रनमा नटआउट रहे । नेपालको हारसँगै शरद भेषावकर र ज्ञानेन्द्र मल्लको अर्धसतक ओझेलमा परेको छ ।
136
27
0.8088
cc100-ne
train_0000275
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले उपकप्तान ज्ञानेन्द्र मल्ल र शरद भेषावकरको अर्धशतकीय पारीको सहयोगमा छ विकेट गुमाएर २२१ रनको योगफल बनाएको थियो ।
147
24
0.8435
cc100-ne
train_0000278
१३ खेलको समाप्तिमा ९ अंक जोडेको नेपाल तालिकाको छैटौ र समान खेलबाट युएईको आठ अंक छ ।
83
17
0.8072
cc100-ne
train_0000279
नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष चारमा रहेर डिभिजन वान मै रहिराख्ने र विश्वकप छनोट खेल्ने सम्भावना यसअघि नै गुमाइसकेको छ । नेपाल र युएईबीचको दोस्रो खेल शुक्रबार हुनेछ । रासस
188
31
0.8404
cc100-ne
train_0000285
मुख्य सडकमा सडक बत्तीको व्यवस्था गर्ने र सडकमा सडक संकेतको व्यवस्थासमेत गरिँदैछ ।
81
13
0.8519
cc100-ne
train_0000286
ढल निकास विभागलाई पानीका कारण समस्या भएका क्षेत्रको पहिचान गरी आवश्यक व्यवस्था मिलाउन पनि भनिएको छ । पानी जम्न नदिने तथा धुलो नउड्ने अवस्था सिर्जना गर्न निर्देशन दिइएको छ ।
172
30
0.8314
cc100-ne
train_0000288
हुन त विदेशी पाहुना आउँदा सडकलाई चिरिच्याट्ट पार्ने प्रचलन नेपालमा नौलो होइन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा चाबहिलबाट हायत होटल अगाडिसम्म कालोपत्र रहेको सरकारले त्यसअघि र पछि सडकको दुरावस्था देखेन । अहिले पनि ठूलो पानी पर्नासाथ त्यो बाटो हिँडिनसक्नु हुन्छ ।
283
44
0.8481
cc100-ne
End of preview. Expand in Data Studio

YAML Metadata Warning:empty or missing yaml metadata in repo card

Check out the documentation for more information.

CC-100 Nepali — Cleaned(Devanagari Only)

Pipeline

  1. Unicode normalisation (NFC + ftfy)
  2. Rule-based filters (length, Devanagari ratio ≥ 0.5, boilerplate)
  3. Language ID — fastText lid.176.bin, confidence ≥ 0.7
  4. Exact deduplication (MD5)
  5. Near-deduplication (char 13-gram bloom filter)
  6. 98/1/1 train/val/test split, seed 42

Usage

from datasets import load_dataset
ds = load_dataset("Basanta55/cc100-nepali-strictly-cleaned-devanagari-only")
Downloads last month
53