text
stringlengths
1
75.3k
साँवा अक्षर कखरामा बाह्रखरी मात्रा मिल्नाले भाषा समृद्ध र अर्थपूर्ण बनेजस्तै देशको समाजिक राजनीतिक आर्थिक र अन्य क्षेत्रको स्थूल स्वरूपलाई विवेचनात्मक दृष्टिबाट अथ्र्याइएमा मात्र जनताले देशको गति र शासनको नियत बुझ्ने विश्वास लिएर त्यसको भित्री एवं समग्र स्वरूप जनता समक्ष प्रस्तुत गर्ने जमर्कोमा यो अनलाइन खबर पत्रिका बाह्रखरी उपस्थित भएको छ । हामी आफूलाई उदार लोकतन्त्र र उदार आर्थिक प्रणालीका पक्षधर हौँ भन्न हिचकिचाउँदैनौ भने गरिब र पिछडिएका जनताका पक्षमा सरकारको सशक्त उपस्थिती र लोकोपकारी कार्यकारीको महत्वलाई पनि अस्वीकार गर्दैनौ । जनताका नैसर्गिक अधिकार रक्षाका लागि सत्य र तथ्यमा आधारित पत्रकारिताका क्रममा कसैसँग पनि सम्झौता गर्ने छैनौ । नेपालको वर्तमान राजनीतिक परिवृत्तमा सबैले आफूलाई लोकतान्त्रिक शक्तिका रूपमा परिचित गराउने तर विचार व्यवहार र कार्यशैलीमा बहुलता स्विकार गर्न नसक्ने विडम्बना देखिएको छ । कतिपय अवस्थामा लोकतान्त्रिक राजनीतिका पक्षधर भन्नेबित्तिकै निश्चित राजनीतिक दलसँग आबद्ध भनेर ठान्ने सोच कायमै छ । तर सबै राजनीतिक दल हरेक व्यक्ति र समाजका हरेक पक्षलाई गुण र दोषका आधारमा समर्थन वा आलोचना वा दुवै समानान्तररूपमा अघि बढाउनु बाह्रखरी खबर पत्रिकाको विशेषता हुनेछ । जनताको जीवनको अधिकार सम्पत्तिको अधिकार विचार र अभिव्यक्ति स्वतन्त्रताकोअधिकार रक्षाका मूल्यमा कुनै पनि शक्तिसँग कहिल्यै सम्झौता नगर्ने प्रतिबद्धताका साथ जनसञ्चारको आधुनिक माध्यम अनलाइन पत्रकारितामार्फत् बाह्रखरी यहाँहरू समक्ष उपस्थित भएको छ । जनजीवनका दैनिक समस्या हाम्रा प्राथमिक चासोका विषय हुन् । खानेपानी बिजुली इन्धन यातायातजस्ता जनताका आधारभूत समस्याभन्दा अरू राष्ट्रिय आवश्यकता ठूला वा महत्वपूर्ण हुँदैनन् र मानिनु हुँदैन भन्ने हाम्रो मान्यता हो । शिक्षा स्वास्थ्य खानेपानी बाटोघाटो र सञ्चारको सुविधाबाट जनसाधारण विमुख हुनुहुँदैन । बाह्रखरीले कुनै पनि सरकारको मूल्यांकन जनताले पाएको सेवाका आधारमा गर्नेछ । भ्रष्टाचार कालोबजारी करछली र जनतालाई आर्थिक सामाजिक तथा शारीरिक शोषण गर्ने कुनै पनि समूह व्यक्ति वा प्रवृत्तिविरूद्ध समाजलाई जागरुक बनाउने एउटा अभियानकै रूपमा बाह्रखरीलाई यसका शुभचिन्तकले मान्ने र माया गर्ने विश्वास हामीले लिएका छौँ नेपालको सिमानाभित्र बसोबास गर्ने र संसारभर आफूलाई नेपाली भनेर चिनाउने नेपाली मन र नेपालीपनको सुवासको सुरक्षा गर्नुलाई हामी आफ्नो महत्वपूर्ण कर्तव्य ठान्नेछौँ । देश र विदेशमा रहेका नेपाली र नेपालका शुभचिन्तकलाई नेपाल र विश्वमा भएका घटनाक्रमको ताजा जानकारी दिलाउनु र समाजमा सकारात्मक परिवर्तनका लागि विचार र विवेचनाको संवाहक हुनुमा बाह्रखरीको दैनिक क्रियाकलाप हुनेछ । हामी कस्तो र कुन प्रकारको पत्रकारितामा विश्वास गर्छ भन्ने हाम्रा मूल्य र मान्यता पारदर्शी बनाउने उद्देश्यले हामीले बाह्रखरीको आचार संहिता पनि सार्वजनिक गरेका छौँ । हामी पत्रकार र पत्रकारिताका मूल्य र मान्यतासँग कुनैपनि अवस्थामा सम्झौता नगर्ने र स्वस्थ समाचार मनोरञ्जन साहित्य कला खेलकुद र जीवनका विविध आयामका विभिन्न रंग समेट्दै पाठकका इलेक्ट्रोनिक काँचका पर्दामा इन्द्रधनुष उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्छौँ ।
विद्या भट्टराई भन्छिन्– त्यसदिन मैले उहाँ रवीन्द्र लाई शुभयात्रा पनि भन्‍न पाइनँ
पोखरा । मर्नेहरुले केही पनि लाँदैनन् भनिन्थ्यो तर रवीन्द्रले विद्याको सिन्दुर लिएर गए । उनको सिन्दुरसँगै पखालिए रवीन्द्रका सपना र योजनाहरु अनि चंगाको धागो चुँडियो चुँडियो विद्याका माया । भविष्यप्रतिको सुन्दर कल्पनाहरु एकाएक विलिन भए। विद्याले पति गुमाइन् । स्वराज र विराजले पिता ।
मर्नेहरु त बस रित्तो हात एकै थोपा आँसु नझारी गए बरु तारा बनेर आकाशमा मुस्कुराईरहे बाँच्नेहरु पो जानेहरुको यादमा रोईरोई बाँचिरहेछन् काँपेको धर्तीमा उभिएर आफैँ काँपिरहेछन् ।
अहिले यस्तै हालमा छन् नागरिक उडड्यन पर्यटन तथा संस्कृति मन्त्री स्व रवीन्द्र अधिकारी पत्नी विद्या भट्टराई । फागुन १५ गते ताप्लेजुङमा भएको विमान दुर्घटनामा ज्यान गुमाएपछि स्व अधिकारीको मालेपाटनस्थित घर मौन छ । सोमबार उनको पुण्यतिथीको १३ औँ दिन पुगेको छ । उनको काजक्रिया भने ७ दिनमै सकिएको छ । आइतबार घरमा पुग्दा शुभचिन्तकको भीड उत्तिकै थियो । तर त्यो भिडका सबैको अनुहारको औंशीको रातझैं निभेको मैनबत्तीजस्तो थिए।
मनमा पीडा राखेर अनुहारमा कृतिम हाँसो छर्दै विद्या शुभचिन्तकको सम्मानमा जुटिरहेकी थिइन् । निधारमा पहेँलो टिका लगाएकी विद्याको जीवनको रंग पनि पहेँलै भइसक्यो। तै पनि सम्हालिनुको विकल्प थिएन। एकैछिन कुरा गर्न आग्रह गरेपछि सहजै समय दिइन् ।
पतिभन्दा धेरै अभिभावक र त्योभन्दा धेरै जीवनका हरेक आरोहअवरोहका सहयात्री गुमाएकी विद्‍याको त्यो सहजपनाले उनको साहस झल्काउँथ्यो जुन आम मानिसको लागि एक अपवाद नै हो । रवीन्द्र रवीन्द्र बन्नुपछि उनले गरेको योगदान राजनीतिक त्याग खुलाउँदै उनले भनिन् म फ्रेस देखिए पनि म अझै 'ट्रमा' मा छु । रवीन्द्रसँगको भेटघाटदेखि २१ वर्षे वैवाहिक सम्बन्ध र राजनीतिक जीवनाका पाना उनले यसरी खोलिन् ।
राम्रो चिनजान भएको २०५० पछि हो । चिन्न त म त्यो भन्दा अगाडि नै विद्यार्थी साथित्वको हिसाबले चिन्थेँ । २०५० को हेटौँडामा सम्पन्न अनेरास्ववियुको १२ औँ राष्ट्रिय सम्मेलनमा उहाँ कोषाध्यक्षमा निर्वाचित हुनुभयो । म महिला विभाग प्रमुख थिएँ । पछि अर्को अधिवेशनमा उहाँ महासचिव बन्नुभयो । म महिला विभाग प्रमुख नै बनेँ । त्यतिबेला ११ जनाको सचिवालय सदस्य बन्यो । त्यो अधिवेशनदेखि नै संगठनभित्र दुईवटा धार देखिएका थिए । बामदेव गौतम नेतृत्वमा माले गठन हुँदा सचिवालय भित्र ५५ जनाको मत विभाजन भयो । म त्यतिबेला निर्णायक थिएँ । हामी पार्टी विभाजन पछि पनि सँगै भयौँ ।
हाम्रो सम्बन्ध निकै अगाडि बढिसकेको थियो । त्यतिबेला संगठनभित्र नै सम्बन्धलाई लिएर विवाद बनाउन खोजिन्थ्यो । मेरो खुट्टामा समस्या थियो । त्यही कारण देखाएर रवीन्द्रले विद्यालाई विवाह गर्दैन् प्रेमको भ्रम मात्र छरेको हो भन्ने एउटा जमात थियो । अर्कोचाहिँ हामीलाई समर्थन गर्ने समूह पनि थियो । यो प्रसंग किन जोड्न खोजेको भन्दा महिलाको स्वतन्त्र विचार लिने गरिन्नथ्यो । अहिलेपनि यो कायमै छ ।
२०५६ मा हाम्रो विवाह भयो । म भने पछि अनेमसंघतर्फ लागेँ । कार्यालय सचिव भएर काम गर्थेँ । त्यसपछिदेखि नै म राजनीतिमा त्यति सक्रिय हुन छाडेकी थिएँ । मैले आफ्नो पढाइलाई निरन्तरता दिएँ। उहाँ रवीन्द्र ले मलाई कहिल्यै यो त्यो गर्न भन्नुभएन । मैले राजनीतिमा विस्तारै निष्क्रिय हुँदा उहाँले कहिल्यै किन भनेर सोध्नुभएन आफ्नो रुची अनुसार नै अगाडि बढ्न भन्नुहुन्थ्यो । हात हालेका कुरामा अब्बल हुनुपर्छ भन्ने उहाँको मान्यता थियो ।
हामी अनुहार हेरेरै कुरा बुझ्थ्यौँ । म बिहानको समयमा प्राय खाली हुन्थेँ । खाली समय सदुपयोग गर्न एउटा कलेजमा प्राध्यापन गर्ने भन्ने सोच्दैँथे । एउटा कलेजमा कुरा पनि भईसक्याथ्यो । एक दिन मैले उहाँलाई सुनाए । उहाँले केही दिन पर्खिन भन्नुभयो । त्यसको केही दिनपछि उहाँ मन्त्री बन्नुभयो । म कलेज पढाउन आउन भ्याउँदिन भने । रवीन्द्र मन्त्री बनेपछिको पछिल्लो एक वर्ष धेरै समयसँगै रह्यौँ । विवाहपछि नै धेरै समयसँगै बिताएको उहाँ मन्त्री बनेपछि नै हो । हामीबीच समझदारी धेरै थियो । दुबैले एक अर्काको अनुहार हेरेर कुरा बुझ्थ्यौँ । विवाहको निम्ता मान्न जाँदा होस् वा कुनै सामाजिक कार्यमा ।
उहाँले भन्नुहुन्थ्यो समय के छ मिल्छ भने जाँदा हुन्छ नि । उहाँले मलाई कहिल्यै कर गर्नुभएन । मेरो अनुहार हेरेरै कुरा बुझ्नुहुन्थ्यो । मेरा साथीहरुले पनि एकदुई कुराहरु भन्न भन्थेँ सहयोग गर्न भन्थे । मैले पनि उहाँको अनुहार हेरेर कुरा गर्थेँ । कहिलेकाहिँ त ३४ दिनपछि पनि । मैले साथीहरुलाई भन्थे म तपाईहरुको कुरा भन्छु तर आजको आजै चाहिँ नहुन सक्छ है । साथीहरुले पनि कुरा बुझ्थेँ ।
नेवानि डुबाउन खोजिँदैछ
पहिलोपटक एभिन्युज टिभीमा हेरेकी थिएँ । उहाँले सबैलाई समान व्यवहार गर्न खोजेर भाइको सम्बन्धले कुरा गर्नुभएको थियो । पछि उहाँले भन्नुभएको थियो मैले सबैलाई समान व्यवहार गरेको हुँ । कलेज पढाउने साथीहरुले पनि रवीन्द्रलाई फसाउन खोजिँदैछ भन्थे । मैले एकदिन एकान्तमा नै सोधेँ यो विषय के हो
उहाँले भन्नुभएको थियो मैले केही गलत गरेकै छैन । सबै प्रक्रिया अगाडि नै सुरु भएको हो । न मैले कहीँ हस्ताक्षर गरेको छु न कहीँ निर्देशन दिएको छु । यत्ति हो कि अन्तिम किस्ता नबुझाएको भए जहाज आउने थिएन भन्नुहुन्थ्यो । पटकपटक सोध्नु राम्रो हुँदैन । म आफैँ विश्वस्त थिएँ यो सबै आरोप मात्र हो आक्षेप मात्र हो । केही निजी कम्पनीहरुले नेपाल वायुसेवा निगम डुबाउन खोजेको उहाँले भन्नुहुन्थ्यो ।
मैले शुभयात्रा भन्न पाइनँ
हरेक दिन क्वार्टरबाट निस्कने बेलाँ मैले शुभयात्रा भन्ने गर्थेँ । म बिहानै उठेर अर्को कोठामा व्यायाम गर्दै थिएँ । उहाँ सुत्नुभएको थियो । उठाइन । पछि उहाँ उठ्नुभएछ । मलाई व्यायाम गरेको देखेर बोलाउनुभएनछ । पछि भन्नुभएको थियो । मैले हो र भनेँ ।
स्वास्थ्यमा उहाँले खासै ख्याल गर्नुहुन्थेन । बरु सोध्नुहुन्थ्यो म कस्तो देखिएको छु के खाँदा ठिक होला । त्यो दिन बिहान पनि उहाँले मलाई एकदम निद्रा पर्‍यो नि विद्या भन्नुभयो । म आज फ्रेस छु नि । मैले पनि अँ आज फ्रेस देखिनुभएको छ भनेँ । पछि चियाँसँगै खायौँ । एक छिनमा निस्किन्छु भन्नुभयो । म पनि साढे ९ मा निस्किनुपर्ने ।
सँधै म त्यस्तो बेला तल आएर शुभयात्रा भन्थेँ । अरु बेला बिहान खाली हुन्थेँ भन्न भ्याउँथे । अहिले रिसर्च सेन्टरमा काम सुरु गरेको छु । म नि साढे ९ मा पुग्नैपर्ने । म पनि हतारमा भएँ । म तल झरिनँ । पछि तल आउँदा उहाँ गइसक्नुभएको रहेछ मैले सर जानुभयो भनेको त जानुभयो भने । मैले शुभयात्रा भनिनँ भन्ने लाग्यो ।
त्यो चाहिँ मेरो लागि एउटा त्यस्तो दिन भयो एकाएक बादलले संसारको उज्यालो दिन घामलाई छेकेजस्तै । त्यो दिनको क्षण रमाइलोबाट नरमाइलो बन्यो ।
आङछिरिङसँग मेरो चिनजान आजभन्दा करिब २७ वर्ष पहिले भएको हो । मैले गल्फ खेल्ने सिलसिलामा रोयल नेपाल गल्फ क्लबमा हाम्रो पहिलो भेट भएको हो । दुईचार पटकको भेटमै हामीबीच धेरै कुरा मिल्ने पायौं र हामी साथी भयौं । प्रायः जसो हामी सँगै खेल्थ्यौं । कहिलेकाहीँ मात्र ग्राहकसँग खेल्न आउँदा उसको अन्तै खेल्न जाने बाध्यता हुन्थ्यो । नत्र हामी सँगै खेल्थ्यौं । म आफ्नो गाडी लिएर उसको घरनजिक पुग्थें ऊ बाहिर निस्किन्थ्यो । मेरै गाडीमा सधैं सँगै जान्थ्यौं।
हामी हप्ताको पाँच दिन खेल्थ्यौं । चार दिन रोयल नेपाल गल्फ क्लबमा । अरु दिन दैनिक २ घन्टा खेल्थ्यौं । शनिबार बिदाको दिनचाहिँ हामी गोकर्ण जान्थ्यौं दिनैभर खेल्थ्यौं । त्यसरी सुरु भएको हो हाम्रो गल्फ यात्रा । छिरिङ ताप्लेजुङ जाने एक दिन अगाडिसम्म पनि हामी गल्फ खेलिरहेका थियौं । दुर्घटना भएको दिन हामी नखेल्ने उसले मलाई जानकारी दिएको थियो । हाम्रो अन्तिम भेट नै त्यही रहेछ ।
छिरिङ एकदमै 'एम्बिसियस' र निडर व्यक्ति थियो । आँटेको कुरा पुर्‍याउने साहस उसमा थियो । यो एउटा गजबको स्वभाव हो । यसका लागि ऊ कसरी प्लान गर्थ्यो मलाई खासै थाहा थिएन । उ निकै 'फोकस्ड' व्यक्ति थियो । हामी गल्फ खेल्नेबेला उसको कयौं फोन आउँथे । गल्फमा शतप्रतिशत कन्सन्ट्रेट हुनुपर्छ तर उसलाई ती फोनले प्रभाव पार्दैन थिए । फोनमा कुरा सक्थ्यो अनि गेममा फर्किन्थ्यो ।
त्यत्रो ठूलो एम्पायर खडा गरेको मान्छे ऊ कयौं प्रेसर हुन्थे होला । तर ऊ त्यो देखाउँदैन थियो । आफ्नो प्रयास जारी गरिरहेको हुन्थ्यो काम गरिरहेको हुन्थ्यो । उसको अर्को गजबको भनेको उसको फोनमा मोबाइल नम्बर सेभ हुँदैन थिए । फोन गर्नलाई कन्टयाक्टमा गएर नाम खोज्दैन थियो । नम्बरै डायल गर्दथ्यो । त्यस्तो अद्वितीय स्मरण शक्ति उसबाहेक मैले कसैमा देखेको छैन । एउटा हिसाब नमिलेको विषयमा हामी साथीहरुबीचमा बाजी पर्थ्यो। तर ऊ सामान्य हिसाबमा करेक्सन गर्दिन्थ्यो ।
ऊ अरुभन्दा रमाइलो तरिकाले खेल्न रुचाउँथ्यो । र हाम्रो ग्रुपमा उत्कृष्टमध्ये एक खेलाडी थियो ऊ । ६ ह्यान्डिक्यापसम्म ऊ पुगेको थियो । म उसलाई एउटा साथीको रुपमा सम्झिन्छु एकदमै ठूलो हृदय भएको साथी । साथीहरुलाई एकदमै सहयोग गर्न रुचाउने । भोलि के हुन्छ भन्ने उसले चिन्ता देखाउँदैनथ्यो । उसको आफ्नो समस्यालाई कहिल्यै अरुको अगाडि ल्याउँदैनथ्यो ।
उसलाई नयाँ ठाउँ जान मन लाग्थ्यो । पूर्वपश्चिमका सबै हिमाली भेग उ पुग्‍यो। 'मलाई डुल्न मन लाग्यो मात्र भन्थ्यो । उसको एउटा तस्बिर एकदमै प्रसिद्ध छ । ब्याकग्राउन्डमा सगरमाथा भएको तस्बिरमा उसले गल्फ प्रहार गरेको देखिन्छ ।
हो त्यो स्थानलाई उसले लिने योजना बनाएको रहेछ । मलाई देखाउन लगेको थियो । कोङ्दे भन्ने ठाउँ लुक्लाबाट हिँडेर २ दिन र हेलिकप्टरबाट ७ ८ मिनेटको फ्लाइटमा पुगिन्छ । त्यो स्थानबाट सगरमाथामाथि डाँडा मुन्तिर देखिन्छ । ५६ वटा ८ हजारभन्दा बढी उचाइका हिमाल पनि देख्न सकिन्छ ।
त्यो बेला उसले गल्फ हान्ने भन्यो । विश्वको सबैभन्दा उत्कृष्ट खेलाडी टाइगर उड्स थिए । छिरिङको टाइगरलाई नेपाल ल्याउन इच्छा रहेछ । उसले सँगै लगेको १ नम्बरको उड ड्राइभर निकाल्यो । र त्यहाँबाट ५६ वटा सट प्रहार गर्‍यो। मैले त्यो नियालेर बसिरहेको थिएँ । त्यो बेला म रोयटर्सका लागि काम गर्थें । मैले एउटा तस्बिर खिचें तस्बिर गज्जबको थियो । छिरिङले बल हानेको र पछाडि एभरेस्ट । त्यस्तो दृष्य त एकदमै विरलै पाइन्छ ।
त्यो फोटो हिट भयो । संसारभरबाट राम्रा प्रतिक्रिया आए । यस्तो ठाउँमा यो मान्छेले कसरी गल्फ हान्यो भनेर सबै छक्क परे । अधिकांश दैनिकको हेडलाइन बनेको रहेछ त्यो तस्बिर । भारतको टाइम्स अफ इन्डियाको फ्रन्ट पेजमा त म आफैंले देखें । त्यो अपूर्व थियो किनभने नेपाली राजा रानीको कलर फोटो त त्यो फेजमा छापेको मलाई याद छैन । एउटा सामान्य नेपालीले गल्फ हानेको फोटो फ्रन्ट पेजमा छापियो ।
घुम्ने योजना थियो । तर तस्बिर योजनाबमोजिम खिचिएको थिएन । त्यो स्थानमा होटल बनाउने सपना बुनेर मलाई त्यहाँ लिएर गएको रहेछ उसले । मलाई त्यो मान्छेले किन लग्यो भन्ने लाग्यो । यहाँ कहिँ होटल बन्छ कसरी सामान ल्याउने के गर्ने
त्यो बेला मैले भनेको थिएँ नचाहिने कुरा नगर । कहाँ होटल बन्छ त्यसको ३४ वर्षपछि हामी गएका थियौं होटल बनिसको थियो । ऊ पाइलापाइलामा विजनेस पनि देख्ने मान्छे । ऊ भन्थ्यो यहाँ गल्फ कोर्स त बन्न दिउँ न त्यसपछि नेपालमा टुरिस्ट कति आउँछन् कति हो हाइइन्ड टुरिज्म नेपालमा प्रबर्द्धन गर्ने उसको सबैभन्दा ठूलो इच्छा थियो । छिरिङको त्यो सपना सफल भएको भए नेपालमा पर्यटन क्षेत्रमा एक प्रकारको अचम्मको अध्याय थपिन्थ्यो । तर त्यो सम्भव हुन सकेन । टाइगर उड्सबाट त्यो तस्बिरपछि राम्रो प्रतिक्रिया आएपनि टाइगरको प्रेम स्कयान्डलका कारण टाइगर नेपाल आएका थिएनन् ।
उसको बारेमा कुरा गर्दा उसको ट्राभल एजेन्सी कम्पनी सम्झिन्छु । त्यतिबेला सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने र सबैभन्दा बढी कर तिर्ने कम्पनी उसको थियो । होटलहरुलाई पछि पारेको थियो उसले ।
त्यसको केही समयपछि उसले मलाई नयाँ अफिस देखाउन लग्यो । मैले के गर्न लागेको भनी सोध्दा जवाफ आयो एयरलाइन्स खोल्ने हो । मलाई ऊ फेरि पागल लाग्यो । फेरि नचाहिने काम गर्न लागेकोमा मैले सुझाव दिएँ ऊ चुप बसेन । भन्यो म नेपालको सबैभन्दा ठूलो एयरलाइन्सको मालिक बन्छु । नभन्दै आज उसको कम्पनी नेपालमा सबैभन्दा धेरै उडान भर्दछ ।
यही सम्झिन्छु । उसले एयरलाइन्सको आँट नदेखेको असम्भव सपना नदेखेको भए आज छिरिङ हाम्रै माझ रहन्थ्यो । ऊ एउटा अचम्मको शक्ति भएको मान्छे थियो । आज बिहान उठ्नेबित्तिकै के गरौं कसो गरौं हुन्छ । गल्फ कोर्स कति दिनदेखि शून्य छ । समय धेरै बलवान चिज हो । धेरै मिस गरेका छौं हामीले ।
राष्ट्र प्रेमी व्यवसायी हो छिरिङ । उसले कुनै पनि काममा नेपालीको पैसा विदेश पठाउने वा नेपालको पैसा विदेश पठाउने कुनै पनि काम गरेन । उसले जति पनि काम गर्‍यो नेपाल र नेपालीलाई फाइदा हुने गर्‍यो।
उसले सबै क्षेत्रमा काम गर्‍यो। एयरलायन्स खोल्यो होटल बनायो । पर्यटकलाई नेपाल एयरलाइन्सलाई हात जोड्नुपर्ने अवस्था अन्त्य गर्‍यो । सेवा दिनका लागि उल्टै आफैं हात जोड्यो । पर्यटकको उद्धार गर्न घाइतेको उपचार गर्न पर्यटकलाई राम्रो सुविधा नदिएर विदेशमा नेपालको नराम्रो छाप पर्न नदिन अनुनय विनय गर्थ्यो । जहाँ–जहाँ मान्छेले छोडेको छ त्यहाँ उसले होटल खोलेको छ । गोकर्ण डूब्न लागेको बेला एक्वायर गरेको हो । मुस्ताङमा होटल खोल्ने उसको प्लान थियो ।
उसको एयरलाइन्सले पैसा मात्र कमाइरहेको छैन । दुर्गमका लागि यतिधेरै अन्न ओसारिरहेको छ । विकटका लागि खाद्यान्न ढुवानी गरिरहेको छ । उसमा त्यो क्षमता छ उसले त्यो पनि गरिररहेको छ । उसले जति पनि काम गरेको छ भविष्यले त्यसको मूल्यांकन गर्ने छ । मलाई त्यो विश्वास छ । हाइइन्ड टुरिज्म उसको अल्टिमेट लक्ष्य हो । एक रातको १ हजार १२ सय डलरको टिकट बेच्ने योजना उसको थियो । उच्चस्तरको सेवा दिने र सोहीअनुसार लाभ लिने उ सोच्दथ्यो।
पछिल्लो समय भारतको कुम्भमेलालाई नियालेको थियो । १०१२ करोड पर्यटक कसरी होल्ड गर्ने उसले नियाल्यो । उसले पत्ता लगायो कि फाइभ स्टार होटलजस्तो टेन्ट पाइने रहेछ त्योबाट सुविधा दिन सके मान्छेले जति पनि पैसा तिर्दो रहेछ ।
अचम्मका कुरा सोच्थ्यो । एकपटक लुम्बिनी जाँदा होटल किन्न मन गरेको थियो । अहिले पछिल्लो समय चाहिँ जलविद्युत्तर्फ सोच्न थालेको थियो । त्यसमा पनि सबैको फाइदा हुने खालको उसले गर्न खोज्थ्यो । एक्लैले गर्ने खालको होइन । त्योचाहीँ उसको एउटा हिन्दीमा बडप्पन भन्छ नि त्यो थियो उसमा ।
गल्फमा उसको प्यासन थियो । उसैको लागि पनि हामीले गल्फ खेल्न निरन्तरता दिनुपर्छ । यसैका लागि आउने शुक्रबार कार्समा एउटा पूजा गर्ने योजना बनाएका छौं ।
गोपाल चित्रकारसँग बाह्रखरीले गरेको कुराकानीका आधारमा
२०७५ फागुन १५ गते वास्तवमा मुलुक अत्यन्त शोकमा परेको दिन हो । त्यो दिन मुलुकले सातजना होनहार व्यक्ति गुमाउन पुगेको छ । विशेषगरी मैले भन्दा तीनवटा क्षेत्रका तीनजना व्यक्ति गुमाउँदा मुुलुककै लागि अपूरणीय क्षति पुगेको छ । पर्यटनमन्त्री रवीन्द्र अधिकारी पर्यटन व्यवसायी आङछिरिङ शेर्पा र प्रशासक युवराज दाहालको हेलिकोप्टर दुर्घटनाले वास्तवमा तीन क्षेत्रका खम्बा गुमाएको महसुस मैले गरेको छु ।
दुर्घटनाको दिनमा समेत १० बजेर ५३ मिनेट जाँदा म दाहाल सरसँग कुराकानीमै थिएँ ।
उहाँले म कार्यक्रममा छु केहीबेरपछि कुरा गरौंला भन्नुभएको थियो । त्यसपछि उहाँसँग कुरा गर्न पाइएन । केहीबेरपछि अनलाइनहरुमा एकाएक समाचार देखिए । पहिले त मैले हेलिकोप्टर कतै आकस्मिक अवतरण गरेको हो कि जस्तो मानेको थिएँ । केहीबेरपछि अन्त्यन्त दुखद् खबर सुन्नुपर्यो । जुन मुलुकको लागि अपूरणीय क्षति हो ।
रवीन्द्र अधिकारीलाई मैले विद्यार्थी नेता हुँदादेखि नै चिनेको हो । उहाँलाई मैले अझ राम्रोसँग चिन्ने मौका सांसद भइसकेपछि पाएँ । उहाँ सांसद भएपछि विकास समितिको सभापति पनि हुनुभयो । त्यो बेला उहाँको भिजन काम गर्ने जाँगरलाई मैले नजिकबाट हेर्ने र बुझ्ने मौका पाएँ ।
विकास समितिमा रहँदा नेपालको समृद्धिको लागि उहाँले जुन भूमिका निर्वाह गर्नुभएको थियो त्यो सायदै कसैले गर्न सक्ला । उहाँसँग नजिकमा हुँदा उहाँले गर्न खोजेका विषयमा म जानकार थिएँ । मन्त्री भइसकेपछि पनि उहाँसँग धेरै बस्ने र घुम्ने मौका पाएको थिएँ ।
पछिल्लो समयमा उहाँसँग झापामा रात्रिकालीन उडान सुरु गर्ने बेला पनि सँगै गएको थिएँ । त्यो तयारीका क्रममा उहाँ जानुभएको थियो । त्यही फ्लाइटमा म पनि सँगै थिएँ । तयारीका क्रममा त्यहाँ सानो कार्यक्रम पनि भएको थियो । त्यही फ्लाइटमा युवराज दाहाल सर पनि हुनुहुन्थ्यो । भैरहवा विमानस्थलको निरीक्षणका क्रममा पनि सँगै गएको थिएँ ।
व्यक्तिगत हिसाबमा भन्दा उहाँ अत्यन्त काम गर्न सक्ने युवा नेता हुनुहुन्थ्यो । मुलुकको लागि केही गरौं भन्ने व्यक्ति हुुनुहुन्थ्यो । उहाँको निधनले भावी नेतृत्व गुमाएको मैले महसुस गरेको छु । उहाँको निधन हुनुभन्दा करिब एक साताअघि पनि उहाँसँग भेट भएको थियो । उहाँले तपाईंलाई भारी बोकाउनुपर्नेछ भनेर भन्नुभएको थियो । तर त्यसपछि उहाँसँग भेट हुन पाएन ।
उहाँले आफ्नो मन्त्रालयमा रहँदा छोटो समयमा देखिने परिवर्तन गर्नुभएको थियो । नेपालको पर्यटन क्षेत्रको मात्रै नभएर आर्थिक हिसाबले पनि राज्यको लागि ठूलो क्षति हो उहाँको निधन ।
उक्त दुर्घटनामा निधन भएका आङछिरिङ शेर्पा नेपालको पर्यटन व्यवसायीका हस्ती नै हुनुहुन्थ्यो । उहाँमा काम गर्ने जोश जाँगर अरुको भन्दा निकै फरक थियो । उहाँको निधनले निजी क्षेत्रलाई वास्तवमा ठूलो क्षति पुगेको छ । हस्पिटालिटी क्षेत्रमा नेपालमा उहाँले जत्तिको अहिले कसैले काम गरेको पाइँदैन ।
पर्यटनमा उहाँले गरेको योगदान निकै ठूलो हो । उहाँको काम गर्ने क्षमता कस्तो थियो भने लो प्रोफाइलमा रहने तर निकै महत्वपूर्ण काम गर्नुहुन्थ्यो ।
प्रधानमन्त्रीको भ्रमणका बेला विदेश जाँदा हामी सँगै गएका थियौं । उहाँ कहिले पनि आफूलाई ठूलो व्यक्ति र व्यवसायी हुँ भन्ने घमण्ड थिएन । उहाँको निधनले यो क्षेत्रमा धेरै नै ठूलो क्षति पुगेको छ । परिवारको हिसाबमा त तुलना गर्न नसक्ने दुखद् अवस्था रह्यो ।
आङछिरिङ दाइलाई धेरै पहिले त होइन मैले चिनेको २० वर्षजति भयो । किनकि पर्यटन क्षेत्रमा म पनि पछि लागेको हुँ । उहाँ मिडियामा पनि नआउने र लो प्रोफाइलमा बसेर काम गर्ने व्यक्ति हुनुहुन्थ्यो । कुनै काम सुरु गरेर त्यो सक्नुपर्छ भनेर लाग्नुहुन्थ्यो ।
म पछि पर्यटन क्षेत्रमा लागेको भए पनि उहाँसँगै व्यापारिक साझेदार भएर काम गर्ने मौका भने मिलेन । हामी वित्तीय क्षेत्रतिर बढी थियौं र उहाँ पर्यटन क्षेत्रमा । हामी पर्यटन क्षेत्रमा प्रवेश गरेको पनि पछि नै हो । पर्यटन क्षेत्रमा जुन खालको उहाँको योगदान छ । त्यो उहाँले गरे बराबरको कसैको पनि छैन । भविष्यमा आउन सक्ला । तर साधारण तरिकाले उहाँले गरेको काम अतुलनीय नै देखिन्छ ।
त्यसैले म भन्छु ताप्लेजुङ दुर्घटनाले तीन क्षेत्रका खम्बा गुमाएको छ । यो मुलुकको लागि अपूरणीय क्षति हो ।
आइएमइ अध्यक्ष चन्द्र प्रसाद ढकालले बाह्रखरीसँग गरेको कुराकानीमा आधारित
मैले १९९२ मा आङछरिङ सरलाई चिनेको हुँ । म रोयल नेपाल गल्फ क्लबमा खेल्थें । उहाँले सोही समय गल्फ खेल्न सुरु गर्नु भएको हो । उहाँले मलाई सानो भाइको रुपमा माया गर्नुहुन्थ्यो । पछि गोकर्ण रिसोर्टको स्वामित्व उहाँले लिनुभएपछि उहाँ मेरो बोसको रुपमा हुनुहुन्थ्यो । उहाँ मेरो बोस भएपनि दाजुभाइको सम्बन्ध थियो हाम्रो ।
कामको कुरामा हामी प्रोफेसनल थियौं भने बाहिर हामी दाजुभाइझैं थियौं ।
उहाँ गल्फलाई एकदमै माया गर्ने व्यक्ति हुनुहुन्थ्यो । नेपालमै गल्फको विकास गरौं भनेर उहाँले गल्फकोर्स सहितको होटल सञ्चालन गर्नुभयो । गल्फ खेलाडीलाई पनि निकै प्रोत्साहन तथा माया गर्नुहुन्थ्यो । आफ्नो वरिपरि गल्फका प्रतीभा देख्नुभयो भने आफूले कसरी मद्दत गर्न सक्छु भने सोच्नुहुन्थ्यो । र आफ्नो स्तरबाट सहयोग गर्न सदा तायार हुनुहुन्थ्यो ।
गल्फलाई नेपालमा स्थापित गर्न तथा विदेशी खेलाडी नेपाल ल्याउने कुरामा उहाँको स्पष्ट भिजन थियो । नेपाललाई गल्फ टुरिज्मको डेस्टिनेसन बनाउने क्रममा उहाँले गोकर्णलाई आफ्नो स्वामित्वमा ल्याउनुसँगै कोङ्देमा एउटा अस्थायी होल बनाएर टाइगर उड्सलाई खेलाउने सपना थियो । उहाँको त्यो सपना पूरा हुन सकेन । तर कालान्तरमा त्यो सम्भव हुनेवाला थियो यसलाई पूरा गर्नुपर्ने अभिभारा अबको नेतृत्वमा छ ।
हामी खेल्दा जिस्किन्थ्यौं । कामको कुरामा सिरियस पनि हुन्थ्यौं । उहाँ कर्पोरेट खेलाडी हामी व्यावसायिक तर कहिलेकाहीँ उहाँ हामीभन्दा राम्रो खेल्नुहुन्थ्यो । अनि दिउँसोतिर मेसेज पठाएर प्रतिक्रिया माग्नुहुन्थ्यो । सेन्स अफ ह्युमर भएको सबैजनासँग राम्रो मित्रता गाँस्ने मान्छे हो उहाँ ।
एकदमै कोमल मन काममा दूरदर्शी निर्णयमा बोल्ड क्विक डिसिजन दिन सक्ने क्षमता उहाँमा थियो । हरेक मान्छेलाई कुनै न कुनै हिसाबमा सहयोग गर्नुपर्छ भन्ने सोच उहाँमा थियो ।
उहाँसँग राजादेखि रैतीसँग समान व्यवहार थियो । क्याडि गल्फ ब्याग बोक्नेदेखि आफूभन्दा अग्रजलाई दाइ वा भाइको सम्बन्ध राख्नुहुन्थ्यो । यो गुण धेरै कम मान्छेमा हुन्छ । यो अभूतपूर्व क्षमता उहाँमा थियो ।
मैले नजिकबाट चिनेअनुसार हाँस्नुपर्ने खेल्नुपर्ने व्यक्तित्व उहाँ हुनुहुन्थ्यो ।
उहाँको निधनले हामीलाई ठूलो क्षति पुगेको छ । उहाँ हुनु र नहुनुमा ठूलो भिन्नता महसुस हुनेछ । उहाँकै कम्पनीभित्र कार्यरत कर्मचारी भएका कारण संस्थालाई ठूलो क्षति पुगेको छ । र गल्फलाई केही गरौं भनेर लागेका हामीहरु उहाँ देहान्तबाट शोकाकुल छौं । व्यक्तिगत रुपमा मैले अभिभावक गुमाएँ ।
देशका लागि एकदमै सोच्ने मान्छे हो उहाँ । देशमै रोजगारी सिर्जना गर्नुपर्छ भन्नेमा उहाँ सोचमग्न हुनुहुन्थो । पछिल्लो समय विशेष गरी हस्पिटालिटि क्षेत्रमा लगानी गर्न थाल्नुभएको थियो । होटलहरुमा लगानी गर्ने उहाँको सोच थियो । यसकारण देशलाई ठूलो नोक्सान भएको छ ।
यो अल्पायुको देहान्तले बिग ड्रिम गर्ने व्यक्ति समाजले गुमायो । जीवनमा ठूलो उतारचढावका बाबजुद एउटा अल्पसंख्यिक समुदायबाट आएको व्यक्तिले ठूलो साम्राज्य बनाउनु भएको हो । सपना बुनेर त्यसैलाई पछ्याउनु भएको हो उहाँले । उहाँसँग भिजन थियो सपना थियो र त्यो पूरा गर्न उहाँ लागि पर्नुभएको थियो ।
उहाँ राष्ट्रप्रेमी मान्छे हो । माओवादी द्वन्द्वकालमा पनि उहाँलाई हतास र निराश देखिँन । यस्तो हुँदै गर्छ हामी सकारात्मक भएर अघि बढ्नुपर्ने सोच्नुहुन्थ्यो । राजनीतिक समस्या आफ्नो ठाउँमा हुँदै गर्छ सबै देश यस्तै कालखण्डबाट माथि उठ्छन् हामी काम गर्दै गर्नुपर्छ भन्ने सकारात्मक माइन्डसेट बोकेर हिँड्नुहुन्थ्यो । साँच्चै भन्नुपर्दा व्यावसायिक क्षेत्रमा उहाँभन्दा बढी सकारात्मक मान्छे कहिल्यै देखिनँ ।
छिरिङ सर खाली ठाउँ देख्नुभयो भने भन्नुहुन्थ्यो यो त कमर्सियल ठाउँ हो यहाँ त बिजनेस गर्न सकिन्छ । यसको प्रयोगबाट राज्यले कर उठाउँछ ।
साँच्चै करको मामलामा उहाँ एमदमै सकारात्मक हुनुहुन्थ्यो । कर नउठाई राज्यले विकास गर्नै सक्दैन भन्ने उहाँको सोच थियो । राज्यको ढुकुटीमा नागरिकले तिरेको कर नभएसम्म राम्रो पूर्वाधार बन्ने नसक्ने उहाँको बुझाई थियो । स्पेसलाई अपरच्युनिटी देख्नुहुन्थ्यो उहाँ । उहाँको भिजन योजनामा चल्नसके हामी सफल हुन सक्छौं जस्तो लाग्छ ।
उहाँलाई कोही मान्छे मन परोस् वा नपरोस् फरक थिएन । हामी गोकर्णमा गल्फ खेल्दै गर्दा एकजना कर्मचारीलाई हृदयघात भएको थियो । उहाँ उक्त घटनाप्रति चिन्तित हुनुभयो उसको उपचार खर्च परिवार एकैचोटि सम्झनुभयो उहाँले । हरेक व्यक्तिमा व्यक्तिगत सम्बन्ध बनाउनुहुन्थ्यो उहाँ ।
उहाँ सक्नेभन्दा नसक्ने तथा असहायलाई मद्दत गर्नुहुन्थ्यो । शवयात्रामा उर्लेको मावसागर उहाँको यही गुणको नतिजा हो । तितामिठा जस्तो भएपनि यो उद्योगको लागि आङछिरिङ एकदम खत्तम मान्छे हो कसैले भन्न सक्दैन ।
मैले छिरिङलाई चिनेको २० वर्ष भयो उसको कुनै पनि क्रियाकलाप सामान्य व्यक्तिको जस्तो थिएन । अत्यन्त असाधारण विषम परिस्थितिलाई ह्यान्डल गर्न सक्ने व्यक्तित्व हो आङछिरिङ । हामी उसलाई छिरिङ भन्थ्यौं ।
उसको कुनै प्रकृति साधारण मानिससँग मिल्दैन थियो । उसले हरेक व्यवसायी व्यक्ति समाज र देशलाई हेर्ने प्रकृति एकदमै भिन्न थियो । कुनै निर्णय लिन काममा सोच्ने प्रक्रियामा उसको राष्ट्र राष्ट्रलाई हुने फाइदा खेलकुदको विकास पर्यटन पहिलो प्राथमिकतामा पर्थ्यो । ऊ नेपालमा हुने सबै काम नेपालीले नै गर्नुपर्छ भन्ने सोच राख्थ्यो । तसर्थ उसलाई एक दुईवटा घटनाबाट सम्झिन सकिँदैन ।
मेरो २० वर्षे मित्रतामा उसलाई कदापि तनावमा पाइनँ । बिसौं तिसौं कम्पनी चलाइरहेको र अरु सोही संख्यामा व्यवसाय पाइपलाइनमा रहेको मान्छेले कहिले तनावमा काम गरेको देखिनँ । यो साधारणपन हो र
यही लयमा आफ्नो संस्थाको पनि राम्रो व्यवसाय हुनुपर्छ भनेर सोच्ने व्यक्ति हो छिरिङ ।
मैले गल्फ खेल्न सुरु गरेपछि गल्फ कोर्समै छिरिङलाई चिनेको हुँ । गल्फमा ऊ अत्यन्त सफल र मिहिनेती खेलाडी हो । छिरिङ एक वर्षमै सिंगल ह्यान्डिक्याप भएको हो । साधारण व्यक्ति त्यस्तो हुनै सक्दैन ।
गल्फका कारण हाम्रो चिनजान भयो ऊ मलाई दाजु भन्थ्यो भने उसलाई म भाइ भन्थें नामले पनि बोलाउँदैनथ्यौंं हामी एकअर्कालाई ।
कतिपय प्रतियोगिता हामी सँगै खेलेका छौं । एउटा सानो कलले मान्छेले खेल बिगार्छ तर ऊ यसको अपवाद थियो । सुरुदेखि अन्त्यसम्म फोनमा कुरा गरेर खेल्न सक्थ्यो । एउटा सट बिग्रिए रिकभरि गर्न सबैलाई गाह्रो हुन्थ्यो तर ऊ प्रोफेसनल झैं खेल्थ्यो । ऊसलाई फरक पर्दैनथ्यो । ऊ हुनसक्ने बेस्ट सट निकाल्न सक्थ्यो ।
तसर्थ उसलाई एउटा वाक्यमा सम्झिन सक्दिनँ । २० वर्षको सम्बन्धमा उसका केही कुरा नेगेटिभ देखिनँ । कुनै कुरालाई सहज रुपमा समाधान समाधान गर्न सक्ने व्यक्ति थियो ऊ । उसको व्यवसाय ट्राभल ट्रेड र पर्यटनबाट सुरु भएको हो । नेपालमा माओवादी द्वन्द्वकाल उत्कर्षमा पुगेको अवस्थामा पनि उसले हिम्मत हारेको थिएन । उसले उल्टै मसँग गोकर्ण गल्फ कोर्स किन्ने कुरा गर्यो । डामाडोल भइसकेको गल्फ व्यवसाय ऊ एक्वायर गर्न चाहन्थ्यो । र उसले त्यो लिएर चलायो । यो उसको व्यवसायको नजरले मात्र सम्भव थिएन । खेलसँगको प्रमेकै कारण उसले यसो गरेको हो ।
गोकर्ण नेपालको एकमात्र १८ होल भएको गल्फकोर्स भएका कारण यसलाई मर्न दिन नहुने उसको सोच थियो । देशलाई चिनाउन सकिने भेन्यू भएका कारण र यसबाट व्यवसाय पनि गर्न सकिने भएका कारण ऊ यो कोर्स किन्न चाहन्थ्यो । जतिसुकै विषम परिस्थिति ह्यान्डल गर्न सकिने ऊ सोच राख्दथ्यो । यो सोच नै असामान्य हो ।
मैले ऊसँग स्नुकर खेल्न पाइनँ । तर अन्नपूर्ण होटलमा बिहानदेखि बेलुकासम्म स्नुकर खेल्न सक्थ्यो ऊ खेल्नेमात्र होइन सबैभन्दा उत्कृष्ट थियो ऊ । विषम परिस्थितिमा पूर्ण ध्यान केन्द्रित गरी उच्चतम प्रतिफल निकाल्ने क्षमता उसमा थियो । मैले भाइजस्तो मित्र गुमाएँ आज राष्ट्रले आकलन गर्न नसकिने अपुरणीय क्षति बेहोरेको छ ।
लो प्रोफाइलमा बस्न चाहने
उसको ट्रेकिङ व्यवसायमा प्रोफाइल हाइ गर्न जरुरत थिएन । साधारणपना उसको सामथ्र्य बन्यो । सोच्ने प्रक्रिया निर्णय लिने क्षमता र सिचुएसन ह्यान्डल गर्ने क्षमता उच्च थियो उसमा बाहिरी आवरण र भेषभुषामा ध्यान थिएन उसमा ।
तर उसको पब्क्लिक रिलेसन प्रोफाइन नेपालमा एक नम्बरमा थियो यसमा शंका थिएन । म मित्र भएपनि त्यहाँ भित्र छिर्ने प्रयास गरिनँ । ठूलो पीआर भएको पुष्टि उसको शवयात्रामा देखिएको जनलहरले प्रमाणित गर्दछ । म ऊ दिवंगत भएको दिनदेखि उसको घर नियमित गएको छु । त्यहाँ आउने मान्छे छिरिङलाई नजिकबाट चिन्नेदेखि कहिल्यै नचिनेका पनि छन् । सरकारी कर्मचारी कूटनीतिज्ञ नेतासम्म उसको घर आएको देख्दा छिरिङप्रति समाजको प्रेम मलाई छर्लंगै हुने गरेको छ ।
ती मान्छे उसले भेटेका मात्र छैनन् भित्रबाट आदर गरेका मान्छेमात्र थिएनन् । ४ वर्षअघि भेटेको र व्यक्तिव्य कदर आउनेको संख्या सयौं थियो । त्यति मान्छे कमाउनका कारण उसको सकारात्मक सोचमात्रै हो ।
गल्फ कोर्सभित्र आङछिरिङको सपना
एभरेस्ट बेसक्याम्प नजिक कोङ्दे भन्ने एउटा होटल छ । त्यहाँ उसले बल र गल्फको १ नम्बर उड ड्राइभर लिएर गएको रहेछ । ५ हजार मिटरको उचाइमा उसलाई गल्फ खेल्न मन लागेछ । त्यसबेला रोयटर्सका गोपाल चित्रकार सँगै गएका रहेछन् । बिनायोजना चित्रकारले छिरिङले सट हानेको फोटो खिचेछन् त्यो फोटो एमदम हिट भएछ । संसारका अधिकांश ठूला दैनिकको हेडलाइन बनेछ सो फाटो । यो फोटोमा टाइगर उड्सको इनक्वाइरी आएछ । सो बेला उड्स उच्च फर्ममा थिए । यही फोटोका कारण उड्स र छिरिङबीच सम्बन्ध स्थापित भयो । यसपछि हामीले टाइगर उड्सलाई एउटा प्रस्ताव पठायौं । हाम्रो प्रस्तावअनुसार उड्स नेपाल आउन तयार देखिए । योजना बमोजिम एउटा प्रतियोगिता खेल्ने जसमा १७ होल गोकर्णमा खेल्ने र अठारौं होल कोङ्देमा अस्थायी होल बनाएर खेल्न कुरा भयो ।
यसमा टाइगर उड्स सकारात्मक देखिए । त्यो रेस्पोन्स टाइगर उड्सको प्रेमसम्बन्धी स्क्यान्डलले अवरोध पुर्यायो । उड्स अन्डरग्राउन्ड भएपछि छिरिङको योजना स्क्राप भएको थियो । एउटा हातबाट फुस्किसकेको प्रतियोगितामा कमब्याक गर्न सफल बनेको थियो ऊ । मैले सोचेको थिइनँ । ६ ओभर खेलेको मान्छे ब्याकनाइनमा ३ अन्डर खेलेर प्रतियोगिता जितेको अहिलेसम्म देखेको छैन मैले । अन्तिम अवस्थामा पनि गेम छोड्न नहुने कुरा ऊ सिकाउँथ्यो ।
गल्फ टुरिज्मलाई हाइटमा पुर्याउने सपना
गल्फ पर्यटनाई हाइटमा पुर्याउने सपनामा हामीले काम गर्न पाएनौं । अरु विभिन्न व्यवसायका समस्या समाधान गर्दागर्दै यसलाई साकार बनाउनै सकेन । नेपालको गल्फ प्रोमोट गर्नुपर्ने थाइल्यान्ड कोरिया जापान चीन र सिंगापुरमा हो । यी देशमा गल्फ खेल एकदमै प्राथमिकतामा छ । कोरिया र जापानमा त तीन–पाँच महिना गल्फ खेल्नै सकिँदैन ।
तर यहाँ १२ महिना नै खेल्ने मौसम छ । मैले उसलाई यही सुझाव दिन्थें । ऊ पनि भन्थ्यो दाइ हामीले गर्नुपर्ने नै यही हो । तर यो सम्भव हुन सकेन । यही विषयमा उसको एउटा सपना थियो । हाई–इन्ड टुरिजम विकास गर्नुपर्नेमा उसको जोड थियो । ठमेल आउने १–२ लाख खर्च गर्ने पर्यटन विकासमा ऊ धेरै बल दिँदैनथ्यो । ऊ चाहन्थ्यो पर्यटक नेपाल आउन् र ठूलो धनरासी खर्च गरेर जाउन् । हुन पनि उसको कम्पनीबाट आउने पर्यटकको स्तर माथिल्लो हुन्थ्यो ।
बिडम्बना के छ भने २–४ वटा पर्यटन गन्तव्य भएका सिंगापुर थाइल्यान्डमा लाखौं पर्यटक जान्छन् । थोरै सपिङ खाना हस्पिटालिटी इन्टरटेनमेन्ट ट्रेड दिँदा ती साना टापुमा लाखौं पर्यटक जान्छन् । तर यहाँ टोलटोलमा पर्यटन गन्तव्य छन् । एउटा पोखरीलाई बेरबार पारेर पर्यटकीय गन्तव्य सिर्जना गर्न सकिन्छ ऊ भन्थ्यो । पशुपति बौद्ध सगरमाथा रारा गर्दै जोड्दै जानुस् कैयौं भन्छन् । अरु देशमा त्यस्ता साइट औंलामा गनेर भ्याउनेमात्रै छन् ।
नभन्दै एकदिन उसले मलाई एउटा सपना सुनायो । गल्फको कुरा जोड्दै ऊ मलाई भन्थ्यो दाइ कोर्स नै बनाउनु नपर्ने ठाउँ नेपालमा रहेछ खप्तड । हो छिमेकी देश भारतमा जहाँ गल्फ कोर्सको अभाव छ । जहाँ सप्ताहन्तमा बुकिङ खुलेको २ मिनेटमा कोर्स प्याक हुन्थे ती अवसरलाई ऊ क्यापिटलाइज गर्न चाहन्थ्यो । खप्तड सोही अवसरको उत्कृष्ट विकल्प थियो । अलिकति हरियाली मिलाए प्राकृतिक गल्फ कोर्स बन्न सक्छ ऊ यही अवसर ग्र्याब गर्न चाहन्थ्यो । यस्तो युनिक किसिमको गल्फ कोर्स बनाउन ऊ आफैं त्यहाँको सरकारसँग कुरा गर्न तम्सिएको थियो उनीहरु सकारात्मक छन् त्यो गरौं ऊ भन्थ्यो ।
असाधारण क्षमताको धनी
उसको भिजन असाधारण थियो । यसो केही भट्टायो कि बिजनेस गरौं सोचिहाल्थ्यो । केहीले अवरोध गर्ला कि भन्नेमा ऊ सोच्दैनथ्यो । ऊ भन्थ्यो उचित वातावरण आफैं मिलाउने हो ।
सम्झँदै जाँदा उसका राम्रो धेरै कुरा खोतल्न सकिन्छ । तर उसको सोच नै यो देशलाई उचित पर्यटकीय गन्तव्य कसरी बनाउन सकिन्छ भन्ने थियो । हामी रमाइलो कुरा गथ्र्यौं सकारात्मक सोचको ऊर्जा उसबाट लिन्थ्यौं । उसको स्किल सिक्थ्यौं । किनकी स–साना अवरोधलाई ऊ समस्या मान्दैनथ्यो । एउटा दुर्घटनामा परेर उसको खुट्टामा समस्या आउँथ्यो । तर ऊ खुट्टा केही भएको छैन जसरी खेल्थ्यो । हरेक खेलपछि थेरापी गर्नुपर्ने बाध्यताबाट माथि उठेर ऊ आफूलाई सबैको सामु अब्बल प्रस्तुत गथ्र्यो ।
आफ्नो समस्यालाई एकदिन पनि हाइलाइट गरेन । कुनै कमजोरी एक्स्प्रेस गरेन जस्तोसुकै अफ्ठेरो पनि उसलाई सामान्य हुन्थ्यो । उसको असाधारण क्षमतामा इँटा थपिने अर्को गुण हो फोन नम्बर सम्झिन सक्ने असाधारण क्षमता । ऊ कसैको फोन नम्बर सेभ गर्दैनथ्यो । जसको फोन पनि ऊ बटन थिचेरै डायल गथ्र्यो । उसलाई हजारौं नम्बर कण्ठस्थ हुन्थ्यो । उसलाई हरेक ठाउँका मान्छे आफ्ना कर्मचारीको नाम पोस्ट र टेलिफोन नम्बर कण्ठ थियो ।
एउटा दिमागका त्यति धेरै कुरा अकुमुलेट गर्न सक्ने भएकाले मलाई लाग्दथ्यो उसको दिमागको गुणस्तर नै अर्को थियो । उसको एकेडेमिक क्वालिफिकेसन मलाई ज्ञान छैन । विकट स्थानमा बसेको विषम परिस्थितिमा हुर्केकाले उसले औपचारिक शिक्षा लिन पाएन ।
तर उसको कम्युनिकेसन क्वालिटी एकदमै उच्चकोटीको थियो । नेपाली वा अंग्रजी दुवै भाषामा उसको राम्रो कमान्ड थियो । शब्द चयन फ्रेज चयन उसको अतुलनीय थियो ऊ उत्तिकै ह्युमरस थियो । यो उसले कहाँ सिक्यो मलाई थाहा छैन । बौद्धिक स्तरमा एकदमै अब्बल थियो ऊ ।
README.md exists but content is empty. Use the Edit dataset card button to edit it.
Downloads last month
9
Edit dataset card