text
stringlengths
1
75.3k
उहाँहरुले नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन पक्षमा ध्यान दिनुपर्ने सुझाव दिनुभयो । प्रतिपक्षी सदस्यहरुले गृहकार्य नगरी हतार हतारमा ल्याइएको नीति तथा कार्यक्रम परम्परागत र लक्ष्यहीन भएको टिप्पणी गर्नुभयो । उहाँहरुले गत वर्षको सरकारको नीति तथा कार्यक्रम र आगामी आवको नीति तथा कार्यक्रम अध्ययन गर्दा कतिपय विषयमा सरकार नै अस्पष्ट र अन्यौलमा परेको देखिएको बताउनुभयो ।
छलफलमा सत्ता पक्ष नेकपाका प्रदेशसभा सदस्यहरु दीर्घबहादुर सोडारी महेशदत्त जोशी बलदेव रेग्मी लीलाधर भट्ट कुन्ती जोशी देवकी मल्ल मानबहादुर सुनार नन्दबहादुर साउँद लालबहादुर खड्का र मानबहादुर धामीले भाग लिनुभएको थियो । यस्तै प्रतिपक्ष नेपाली काङ्ग्रेसका गोविन्दराज बोहरा डिल्लीराज पन्त दिव्यश्वरी शाह र कर्णबहादुर मल्लले भाग लिनुभएको थियो । यसअघि मुख्यमन्त्री त्रिलोचन भट्टले सरकारको आगामी आवको नीति तथा कार्यक्रम माथि प्रदेशसभामा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । रासस
क्यानवेरा । अष्टे«लियाको उत्तरी क्षेत्रमा एक समूहमाथि अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा चार जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
स्थानीय समय अनुसार मङ्गलबार साँझ भएको बन्दूक आक्रमणमा परी कम्तिमा चार जनाको मृत्यु भएको छ भने केही अन्य व्यक्ति घाइते भएका छन् अष्ट्रेलियाको दैनिक पत्रिका द अष्ट्रेलियनले प्रहरीलाई उद्धृत गरी समाचार लेखेको छ ।
नर्दन टेरिटरीको राजधानी डार्विनमा भएको सुटिङको तत्काल कसैले जिम्मेवारी लिएको छैन । प्रहरीले घटनामा आतङ्कवादी समूहको हात रहेको वा नरहेकोबारे अनुसन्धान गरिरहेको छ ।
प्रहरीले घटनामा सम्लग्न रहेको आरोपमा ४५ बर्षीय एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ भने शहरका विभिन्नस्थानहरूलाई घेरावन्दी गरी अनुसन्धान अघि बढाएको छ ।
प्रहरीले बताए अनुसार साँझ ६ बजे केही राउण्ड गोली चलेको र उक्त आक्रमणमा चार जनाको मृत्यु भएको छ । तर एक प्रत्यक्षदर्शीका अनुसार स्थानीय एक सानो होटेलमा करिब २० राउण्ड गोली चलेको थियो । रासस