text
stringlengths
1
75.3k
मंगलबार देशैभरि आंशिकदेखि सामान्य वदली रही पश्चिमी भु–भागका थोरै स्थानहरुमा र मध्य तथा पुर्वी भु–भागका केही स्थानहरुमा हावाहुरी मेघ गर्जनसहित पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौं उपत्यकासहित देशका मध्य र पश्चिम क्षेत्रका केही स्थानमा दिउँसोदेखि साँझपख मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको हो ।
त्यस्तै बेलुकीदेखि रातिको समयमा देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य वदली रही मध्य तथा पुर्वी भु–भागका केही स्थानहरुमा र पश्चिमका थोरै स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ।
प्रि मनसुको समय भएकाले मनसुन पूर्वको समयमा हावाहुरी चट्याङ र केहि नदिहरुमा बाढि समेत जानसक्के मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस वर्ष नेपालमा मनसुन भने विगत भन्दा ढिलोगरी सुरु हुने अनुमान रहेको छ ।
कुटेर १४ जना विद्यर्थी घाइने बनाएकी शिक्षिकालाई अभद्र व्यवहार मुद्दा
नेपाल समाचारपत्र दाङ । पाँच जना विद्यार्थीको हात भाँचिदिएकी रोल्पाको रुम्टीगढी गाउँपालिका ८ भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनलाई प्रहरीले अभद्र व्यवहार सम्बन्धी मुद्दा चलाएको छ।
सोमबार विद्यालय छुट्टी भएपछि शिक्षिका पुनलाई ईलाका प्रहरी कार्यालय होलेरीबाट प्रहरी निरीक्षक मेघनाथ चौलागाईंको नेतृत्वमा गएको टोलीले पक्राउ गरेको थियो।
शिक्षिका पुनले विद्यार्थीलाई कुटपिट गरी हात नै भाँचिदिएको खबर सार्वजनिक भएलगत्तै जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डिएसपी दीपक खड्काले शिक्षिका पुनलाई पक्राउ गर्न निर्देशन दिएका थिए।
प्रहरीका अनुसार सोमबार पक्राउ गरेर ईप्रका होलेरीमा राखिएकी शिक्षिका पुनलाई आज जिल्ला प्रहरी कार्यालय रोल्पामा ल्याइँदैछ। आजै जिल्ला प्रशासनमार्फत् अनुसन्धानका लागि म्याद थप हुन सक्छ ।
इलाका प्रहरी कार्यालय होलेरीका प्रमुख प्रहरी निरीक्षक मेघनाथ चौलागाईंले विद्यार्थी कुटपिट गर्ने शिक्षिकालाई म्याद थपका लागि जिल्ला प्रहरी कार्यालय रोल्पामा पठाइएको बताएका छन् ।
सरोज यादव विराटनगर । प्रजातान्त्रिक आन्दोलनको केन्द्र मानिएको विराटनगरको कोइराला निवास को सुरक्षार्थ खटिएका सुरक्षाकर्मी हटेपछि निवासको सुरक्षार्थ विराटनगर महानगरपालिकाले आफनै नगर प्रहरी खटाएको छ । महानगरले तत्काल तीन जना नगर रक्षक खटाएको जनाएको छ ।
सरकारले कोइराला निवासबाट सुरक्षाकर्मी हटाए संगै विराटनगर महानगरले आफ्ना नगररक्षक खटाएको छ विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले भन्नुभयो आज मंगलबारदेखि लागू हुनेगरी नगर रक्षक खटाउने निर्णय भएको छ । अर्काे सुचना नभएसम्मका लागि ३ जना नगर रक्षक खटाइएको उहाँले बताउनुभयो ।
यसअघि सरकारले विशिष्ट व्यक्तिको निवासमा खटिएका सुरक्षाकर्मी फिर्ता बोलाउने निर्णय गरेपछि कोइराला निवासका सुरक्षाकर्मी फिर्ता बोलाइएको थियो । एकै परिवारका तीनजना भाइहरु विश्वेश्वर प्रसाद कोइराला गिरिजाप्रसाद कोइराला र मातृकाप्रसाद कोइराला पूर्वप्रधानमन्त्री भएको निवास प्रजातन्त्रको उदगम स्थल रहेको निवासबाट सुरक्षाकर्मी हटाइएको भन्दै कांग्रेसले विरोध गरेको थियो ।
विराटनगरको कोइराला निवासमा खटिएका सुरक्षाकर्मी हटाइएको विषयमा नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएको थियो । प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले सोमबार एक विज्ञप्ति प्रकासित गरी कोइराला निवास व्यक्तिको मात्र नभएर प्रजातान्त्रिक आन्दोलनमा विश्वास राख्ने सबैको साझा भएको स्पष्ट गरेका छ्न ।
उहाँले निवासमा पुनः सुरक्षाकर्मीको युनिट राखिनुपर्ने कांग्रेसको धारणा भएको पनि बताउनुभएको थियो । कार्कीले प्रजातन्त्रिक आन्दोलनको सुरुवात गर्ने निवासबाट हठात निर्णय गरेर सरकारले सुरक्षाकर्मी फिर्ता गर्नु उचित नभएको जनाएको छ ।
कोइराला निवासमा २०५४ सालमा माओवादीले परिसरको पछाडिको भागबाट बम प्रहार गरेपछि त्यहाँ सुरक्षा सशस्त्र प्रहरीको युनिट स्थापना गरिएको थियो । तर गृहमन्त्रालयले पत्राचार गरी पूर्वविशिष्टका निवासबाट सुरक्षाकर्मी फिर्ता बोलाउन निर्देशन दिएसँगै बिहीबारदेखि नै सुरक्षाकर्मी हटेका थिए ।
पिताजी कृष्णप्रसाद कोइरालाको नासोको रुपमा रहेको विराटनगरको कोइराला निवास भने सन्तानहरुमा अंशबन्डा भएपछि भने केही खुम्चिएको छ । दक्षिणपट्टीको आफ्नो भागमा परेको ८ कठ्ठा जमिन बीपी पुत्रहरु प्रकाश डा शशांक श्रीहर्ष र छोरी चेतनाले बिक्री गरेपछि त्यहाँ नयाँ व्यापारिक भवन निर्माण भएका छन् ।उत्तरपट्टीको जग्गा तारिणीप्रसाद कोइरालाको भागमा परेको थियो ।
जसमध्ये केही जग्गा छोरा ज्योतिले बिक्री गरिसकेका छन् । पूर्वपट्टिको जमिन गिरिजाप्रसाद कोइरालाकी सुपुत्री सुजाताको भागमा परेको छ । यसको चार कठ्ठा जग्गा जीपी फाउन्डेसनलाई दिएर त्यहीं भवन निर्माण गरिएको छ ।
पर्वतमा सडक बिस्तार धमाधम धुलो र हिलोको मारमा यात्रुहरु
नेपाल समाचारत्र पर्वत । मध्यपहाडी लोकमार्गको रुपमा विस्तार भइरहेको पोखरा–बागलुङ सडक खण्डमा यात्रा गर्ने यात्रीहरु पानी पर्दा हिलो त घाम लाग्दा धुलो खेप्न बाध्य भएका छन्।
कास्कीको पोखराबाट पर्वतको मालढुंगासम्म एकै पट्क निर्माण कार्य चलिरहेको छ। दैनिक सयौँको सङ्ख्यामा लामो तथा छोटो दुरीका सवारी साधनहरु यो सडकमा हिँड्छन्। तर सुखले यात्रा गरेको कसैले पनि बताउँदैनन्।
स्तरबृद्धिको क्रममा रहेको पोखरा बागलुङ राजमार्गको अधिकांश भागमा घाम लाग्दा साथ अत्यधिक धुलो उडेर यात्री नै चिन्न नसक्ने अवस्थामा पुग्छन्। पानी परेको बेलामा सडक हिलाम्मे भएर सवारी नै जाममा पर्ने गरेका छन्।
घण्टौँसम्म पनि दलदले हिलोमा सवारी फस्दा २ घण्टामा आउजाउ गर्न सकिने पोखरा कुस्मा सडकको यात्रा पार गर्न १० घण्टासम्म लाग्ने गरेको छ।
सडक धुलाम्मे बन्दा दुर्घटनाको जोखिम पनि उत्तिकै मात्रामा बढेको छ। अगाडि पछाडिका सवारी साधनहरु नै नदेखिने गरी उड्ने धुलोका कारण दिनहुँ जसो सामान्य खालका दुर्घट्नाहरु भइरहेका हुन्छन्।
निर्माण कम्पनीहरुले सडकमा पानी छर्कनु परे सम्झौता छ सोही अनुसार बिहानमा पानी छ्याप्ने गरेको भए पनि चर्को घामका कारण केहीबेरमै पानी सुकिहाल्छ धुलो उडाई उही पुरानै लयमा फर्किहाल्छ।
मध्य पहाडी लोक मार्ग मात्र होइन सदरमुकाम कुस्मा बजारको कुस्मा नगरपालिकाभित्रको सडकको अवस्था पनि उस्तै छ। बजारभित्रको सडक अहिले स्तरोन्नतिको क्रममा रहेको छ। केही मात्रामा रहेका कालोपत्रे भत्काएर काम भइरहेको छ। यही कारण बजारभित्रै पनि यात्रा कष्टकर बनेको छ।
स्तरोन्नतिका लागि सडक भत्काउँदा सडकभरी खाल्डाखुल्डी छन ठाउँमा ठाउँमा निर्माण सामग्री थुपारिएका छन्। नगरपालिका बन्न न्यूनतम पूर्वाधारभित्र पर्ने सडक सञ्जाल नै वर्षा नलाग्दै अवरुद्ध भएपछि कुस्मा नगरपालिका मात्र होइन फलेवास नगरपालिका भित्रका सडकको हालत पनि उस्तै छ।
फलेवासको शंकरपोखरी कार्की नेटा थापाठाना खानीगाउँ पाङराङ कुर्घा लगायतका ठाउँको सडक पनि बिग्रिएका छन्।
चैत वैशाख महिनामै अत्यधिक वर्षा हुँदा अघिल्लो वर्षको तुलनामा यस वर्ष जिल्लाका सबैजसो ठाउँका सड्क बिग्रिएका छन्। ट्रयाक मात्रै खुलेका सडकको दुईतर्फ नाली र ग्राभेल नहुँदा वर्षाको पानी जमेर ठूल्ठूला खाल्टाखुल्टी परेका छन्।
यातायात व्यवसायीहरुले पनि धुलो र हिलो सडकका कारण यातायात सञ्चालनमा निकै कष्ट खेप्न परेको बताउँछन्।
C ६ घण्टामै सगरमाथाको चुचुरोमाः आरोही मिङ्माले बनाए विश्व कीर्तिमानी N S K S M T M +
६ घण्टामै सगरमाथाको चुचुरोमाः आरोही मिङ्माले बनाए विश्व कीर्तिमानी
नेपाल समाचारपत्र काठमाडौं ।
हिमाल आरोही मिङ्मा दोर्ची शेर्पाले सगरमाथा र लोत्से हिमाल ६ घण्टा एक मिनेटमै आरोहण गर्दै नयाँ विश्व कीर्तिमान कायम गरेका छन्।
मंगलबार राजधानी काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा शेर्पाले आफ्नो कीर्तिमानबारे जानकारी गराएका हुन्।
उनले यहीँ सिजनमा विश्वको पाँचौं अग्लो मकालु शिखरको समेत आरोहण गरेका छन्।
गत जेठ १३ गते सोमबार बिहान १२४४ मा समरमाथाको आरोहण सुरू गरेका मिङमा सोही दिनको बिहान ६४५ मा लोत्से शिखर चुचुरोमा पुग्दै किर्तिमानी कायम गरेका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै उनले नेपालमा विदेशी पर्यटक भित्र्याउन आ–आफ्नो क्षेत्रबाट सबैले भूमिका खेल्नुपर्नेमा जोड दिए।
विगतभन्दा हिमाल आरोहण गर्ने विदेशीहरूको बढ्दै गएको भन्दै यसलाई अझैं व्यवस्थित र विकसित गर्दै लैजान राजनितिकर्मी र पर्यटन व्यवसायीहरू मिलेर अघि बढ्नुपर्ने उनले बताए।
पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले मालपोतका लेखापढी ब्यवसायीहरुलाई झपारेपछि लेखापढी ब्यवसायीहरु आन्दोलित भएका छन् ।
जिल्ला मालपोत कार्यालय पर्साको लेखापढीको काम गर्दै आएका लेखनदासहरु आन्दोलित भएका हुन् ।
नेपाल लेखापढी कानून व्यावसायी संघ पर्साका अध्यक्ष रामाधार कलवारले मालपोत कार्यालयमा पुग्ने सेवाग्राहीको समस्याका बारेमा डेलिगेशन जाँदा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले उल्टै गाली गरेकोले विरोधमा उत्रिएको दाबी गर्नुभयो ।
मालपोत कार्यालयको समस्या समाधान गर्नुको साटो लेखनदासहरुलाई गुण्डा दलाल भ्रष्ट्राचारी भनेकोले प्रमुख जिल्ला अधिकारीको विरोध गर्नुपरेको उहाँको दाबी छ । आफुहरु काम नै बन्द गरेर आन्दोलनमा उत्रिएको उहाँले जानकारी दिनुभयो ।
मालपोतमा कर्मचारीको अभावले सेवाग्राहीको काम भइरहेको छैन भनेर प्रमुख जिल्ला अधिकारीसमक्ष डेलिगेशन लिएर गएको तर उल्टै प्रजिअले लेखापढी कानून व्यवसायीले गुण्डागर्दी शैली अपनाएको तपाईंहरुको कारणले कर्मचारीहरुले दुःख पाएको जस्ता कुराहरु गरेर आफूहरुलाई नै गाली गरेको उहाँको दाबी छ । मालपोत कार्यालयमा १ अधिकृतसहित ५४ जनाको दरबन्दी छ तर हाल १८ जना कर्मचारीबाट कार्यालय संचालन भइरहेको छ ।
सेवाग्राहीलाई एउटा काम गराउन एकसातासम्म लाग्ने गरेको भन्दै सोमबारदेखि लेखनदासहरु आन्दोलनमा छन् ।
पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले भने आफूले लेखनदासहरुलाई आचरण सुधार्न आग्रह गरेको बताउनुभयो । उहाँले कार्यशैलीमा सुधार्न भन्दा उनीहरुले नकारात्मक रुपमा लिएको प्रतिक्रिया दिनुभयो ।
लेखनदासहरुले मालपोतका कर्मचारीको काममा अवरोध मात्रै सृजन ागर्ने गरेको आफूले पाएको बताउनुभयो । लेखनदासहरुले अटेरी गरेर कार्यालयको काममा अवरोध पुर्याए संस्था खारेजीको प्रक्रिया अघि बढाउन सकिने चेतावनी उहाँले दिनुभयो ।
C नेपालको पहिचानका लागि विश्व ह्वील चियर यात्री कालिकोटमा N S K S M T M +
नेपालको पहिचानका लागि विश्व ह्वील चियर यात्री कालिकोटमा
कालीवहादुर मल्ल कालिकोट ।
विश्व शान्ति र नेपाल राष्ट्रको पहिचानका लागि विश्व ह्वील चियर यात्री ओखलढुंगा मुलुङ् गाउँपालिका– ४ का ५८ वर्षीय तेजबहादुर कार्की मंगलबार कालिकोटमा सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को पुग्नुभएको छ । विश्व शान्तिको सन्देश छर्न कालिकोट आइपुग्नु भएको हो ।
देशमा दिगो विकास र विश्वमा स्थायी शान्तिको सन्देश दिन २०६१ सालमा यात्रा सुरु गरेका कार्कीले हालसम्म विश्वका ३४ देशमा ह्वील चियरबाट भ्रमण गरि सक्नुभएको छ ।
शरिरका तल्लो भाग ढाडदेखि तल नभएका यात्री कार्की देशमा दिगो विकास स्थायी शान्ति र मानवअधिकाको प्रत्याभुत हुनुपर्ने बताउनु हुन्छ । शान्ति भएन भने मान्छेले अमनचयन बाँच्न पाउदैँनन् । वहाले भन्नुभयो मानव अधिकार र शान्तिका पहिलो आधार हो ।
देशमा अहिले पनि अशान्ति कुप्रथा फैलिदै गएकाले यस्तो यात्रा गर्न थालिएको कार्कीका सहयोगी लक्ष्मी श्रेष्ठ बताउनु हुन्छ् । नेपालका धेरै प्रकार बिकृति रहेको छन् । वहाँले भन्नुभयोनेपालमा पनि शान्ति आवश्यक भएकाले देश भ्रमणमा निस्केका हौं ।
C पर्वतको लुंखुहुवास सडक कालोपत्रेका लागि प्रकृया अघि बढ्यो N S K S M T M +
पर्वतको लुंखुहुवास सडक कालोपत्रेका लागि प्रकृया अघि बढ्यो
पर्वतनेस । पर्वतको सदरमुकाम देखि सदरमुकाम कुस्माबजारलाई मध्य भाग भएर जोड्ने लुंखुहुवास सडक कालोपत्रे गर्ने प्रकृया अगाडी बढेको छ ।
पर्वतको मध्य क्षेत्रका लागि लाइफलाइन मानिने लुखुं हुवास सडक कालोपत्रे गर्नका लागि ग्रामिण सडक सञ्जाल सुधार आयोजनाआरसिआइपी पर्वतले टेण्डर आब्हान गरेको हो । टेण्डर आब्हान संगै कालोपत्रेका लागि प्रकृया शुरु भएको छ ।
आरसिआइपीले लुंखु हुवास सडकको १५ किलोमिटर खण्डका ठेक्का आब्हान गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बहुबर्षिय ठेक्का प्रकृया शुरु गर्न सहमति दिएपछि आयोजनाले ठेक्काका लागि सुचना आब्हान गरेको हो ।
उक्त सडक कालोपत्रे गर्नको लागि गएको मंसिरमा बिस्तृत आयोजना प्रतिबेदनडिपीआर तयार भएको थियो । डिपीआर तयार भएपनि ठेक्का सम्झौता गर्न स्विकृति नदिदा अन्यौल कायम थियो । ठेक्का आब्हानपछि निर्माण प्रकृया अघि बढेको आयोजनाका कार्यक्रम ब्यबस्थापक बिजय रानामगरले बताउनुभो ।
महाशिला र पैयूँ गाँउपालिका जोड्ने २० किमि जोड्ने यो कालोपत्रे भएपछि पैंयु गाउँपालिकाका बासिन्दा स्याङ्गजा पोखरा भएर बर्षा याममा कुस्मा आउनुपर्ने बाध्यता हट्नेछ ।
कुश्मा देखि फलेवास सम्मको ६ दशमलब ७ किमी सडक कालोपत्रे भईसकेको ने लमायखोला देखि लुंखु सम्मको १३ किलोमिटर सडक कालोपत्रे गर्न काम भैरहेको छ । अब लुंखु देउराली देखि हुवास सडक खण्ड पनि कालोपत्रे हुने भएपछि कुश्मा देखि सुदुर दक्षिण पर्वतको हुवास लाई कालोपत्रे सडकले जोड्ने छ ।
सडक कालोपत्रेको काम अबको दुई बर्षभित्र पुरा भएपछि कुस्मा देखि हुवास सम्म कालोपत्रे सडकमा यात्रा गर्न सकिनेछ । यो सडकमा पर्ने शेराबेसी र गेडीखोलामा पक्की पुलको पनि डिपीआर बनाउने काम अन्तिम चरणमा छ । यी पुल पनि यसैबर्ष ठेक्का प्रकृयामा जानेछन ।
C उत्पादन र रोजगारमुखी नीति कार्यक्रम ल्याउन सुझाव N S K S M T M +
कर्णालीवाट प्रतिनिधित्व गर्ने संघीय संसदहरुले १० वर्षभित्रै समृद्ध प्रदेश निर्माण गर्ने गरि आगामी नीति तथा कार्यक्रम ल्याउन कर्णाली प्रदेश सरकारलाई सुझाव दिएका छन ।
मंगलवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आयोजित सुझाव संकलन कार्यक्रममा वोल्दै प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका साँसदहरुले उत्पादन र रोजगारमुखी कार्यक्रम ल्याउन सुझाव दिएका हुन ।
कार्यक्रममा वोल्दै प्रतिनिधि सभा सदस्य तथा पुर्वगृहमन्त्री जनार्दन शर्मा प्रभाकरले जनताको जीवनमा परिवर्तन देखिने गरि सरकारले काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । पुर्वमन्त्री प्रभाकरले तथ्याँकमा वजेट खर्च देखाएर मात्र नहुने भन्दै वजेट खर्चको प्रभाव जनताको जीवनस्तरमा देखिनुपर्ने वताउनुभयो ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको कर्णाली प्रदेश ईन्चार्ज समेत रहनुभएका नेता प्रभाकरले भौतिक पुर्वाधार विकास प्राधिकरण आयुर्वेदिक विकास आयोग जस्ता संरचना निर्माणको नीति लिन प्रदेश सरकारलाई सुझाव दिनुभयो । नेता प्रभाकरले सरकारको कार्यसम्पादनलाई प्रभावकारी वनाउन कर्मचारी प्रशासनलाई उत्साहीत गर्नुपर्ने वताउनुभयो ।
कर्मचारीलाई निश्चित लक्ष्य तोकेर आकर्षक सेवा सुविधा सहित काम गराउने नीति लिन पनि नेता प्रभाकरले प्रदेश सरकारलाई सुझाव दिनुभयो । उहाँले धेरै कर्मचारी र धेरै संरचना निर्माणमा भन्दा पनि थोरै कर्मचारी र नतिजामुखी कार्यसम्पादनमा जोड दिन आग्रह गर्नुभयो ।
यसैगरि कार्यक्रममा वोल्दै राष्ट्रियसभाका साँसद जीवन वुढाले कर्मचारी कानुन र संरचना अभावका वावजुद पनि प्रदेश सरकारको १ वर्षे कार्यकाल सन्तोषजनक रहेको वताउनुभयो । साँसद वुढाले १ वर्षे अनुभवका आधारमा सरकारको कार्यसम्पादन आगामी वर्षदेखि नतिजामुखी र प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो ।
यसैगरि प्रतिनिधि सभा सदस्य राजवहादुर वुढाले आगामी आर्थिक वर्षको नीति कार्यक्रममा उत्पादनमुलक आयोजना समावेश गर्न जोड गर्नुभयो । आर्थिक विकासका क्षेत्रमा सरकारले काम गर्नुपर्ने वताउदै उहाँले एउटा मात्रै भएपनि प्रदेशको दिर्घकालीन आयश्रोत वन्ने खालको योजना अघि सार्न आग्रह गर्नुभयो ।
राष्ट्रिय योजना आयोगका सदस्य मिनवहादुर शाहीले कर्णालीको वहुआयामिक गरिवि हटाउन रोजगारमुलक कार्यक्रममा जोड गर्नुपर्ने वताउनुभयो । कर्णालीको विकासका लागि प्रदेश योजना आयोगसंग सहकार्य गर्न राष्ट्रिय योजना आयोग तयार रहेको वताउदै योजना निर्माण र कार्यान्वयनका लागि प्रदेश योजना आयोगको कार्यक्षमता अभिवृद्धिका लागि सरकारले ध्यान दिनुपर्ने वताउनुभयो ।
कार्यक्रममा सहभागि साँसदहरुले कर्णालीमा रहेको जलविद्युत पर्यटन कृषि खनिज र जडिवुटीको उचित परिचालनले प्रदेशको आर्थिक समृद्धि सम्भव भएको वताउदै कार्यान्वयनमुखी नीति तथा कार्यक्रम ल्याउन सुझाव दिए । उनीहरुले केन्द्र सरकारसंग कर्णालीको भौगोलिक विकटता गरिवि र अविकासको स्थितिलाई ध्यान दिएर संवोधन गर्न पनि माग गरिरहेको वताउदै कर्णालीको विकासको लागि आफुहरुपनि चिन्तित रहेको वताएका छन् ।
समृद्धिको खाका सहितको नीति कार्यक्रम ल्याउछौं मुख्यमन्त्री शाही
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले सवै क्षेत्रको राय सुझाव लिएर प्रदेश सरकारले कर्णालीको समृद्धिको खाका सहितको नीति कार्यक्रम ल्याउन लागेको वताउनुभयो ।
उहाँले कानुन संरचना र कर्मचारी अभावका कारण जनताको अपेक्षा वमोजिम चालु आर्थिक वर्षमा विकास वजेट खर्च गर्न नसकेको वताउदै आगामी वर्ष ठुला र परिणाममुखी योजना ल्याईने धारणा राख्नुभयो ।
काठमाडौं । आफूलाई ज्योतिषी बताउने अर्जुन क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता दिँदै विपदसम्बन्धी अफवाह फैलाएको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई काठमाडौंको गौशालाबाट पक्राउ गरेको हो । उनीमाथि विपदसम्बन्धी अफवाह फैलाएको अभियोगमा अनुसन्धान सुरु गरिएको परिसरका प्रवक्ता होविन्द्र वोगटीले जानकारी दिए ।
क्षेत्रीले विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता दिँदै भूकम्पसम्बन्धी अफवाह फैलाएको प्रहरीले बताएको छ ।
C रुकुममा स्थानीय संचीतकोष व्यवस्थापन प्रणाली सुरु N S K S M T M +
धनवीर दाहालरुकुम । कोष तथा लेखा नियन्त्रक कार्यालय रुकुम पश्चिमले स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकिय अधिकृत लेखाका कर्मचारी र आइटी अफिसर लाई अनुशिक्षण संचालन गरेको छ ।
रुकुम पश्चिमका ६ वटै स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृत लेखा अधिकृत एवं लेखापाल र आइटी अफिसर हरुलाई स्थानीय सञ्चीत कोष व्यवस्थापन प्रणाली सम्बन्धी अनुशिक्षण संचालन गरिएको हो ।
स्थानीय तहमा जाने बिभिन्न बजेटलाई व्यवस्थीत गर्न र सफ्टवेयर मार्फत लेखा प्रणालीको विकास गर्नका लागी अनुशिक्षण फलदायी हुने कोष नियन्त्रक इश्वरीप्रसाद ढकालको भनाई छ । स्थानीय संचीतकोष व्यवस्थापन प्रणाली देशैभर लागु हुने भएकोले लेखाको लागी महत्वपुर्ण मानिएको छ ।
मन्त्रीपरिषदको गत बैसाख १७ गतेको निर्णयको आधारमा यो प्रणाली लागुभएको महालेखा नियन्त्रक कार्यालयका लेखा अधिकृत राजेन्द्र भटराईले बताउनुभयो ।