text
stringlengths
1
75.3k
अनुशिक्षणपछि यसको कार्यान्वनलाई जोड दिनुपर्नेमा सरोकारवालाको धारणा छ । प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले स्थानीय संचीतकोष व्यवस्थापन प्रणालीले पार्दशितालाई जोड दिने बिश्वास व्यक्त गनुभयो ।
जिल्लामा पहिलो पटक थालिएको यो स्थानीय संचीतकोष व्यवस्थापन प्रणाली कार्यान्वनका लागी इन्टरनेटको व्यवस्था हुन भने जरुरी छ ।
काठमाडौं देशमा ठूलो भूकम्प आउँछ भन्दै सर्वसाधारणमा आतंक फैलाउने ३६ वर्षीय ज्योतिषी अर्जुन क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनले युट्युबमा भिडियोमार्फत जेठ २९ भित्र विनाशकारी भूकम्प आउने भन्दै आतंक फैलाएका थिए ।
प्रहरीले उनलाई मंगलवार गौशालाबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।
मुलुकी अपराध संहिताको विपद् सम्बन्धी अफवाह फैलाएको कसूरमा उनलाई पक्राउ गरिएको उनले बताए ।
नानीराम नेपाल सिन्धुपाल्चोक । कृषि र पशुपालनको अनुदान पहुँचवालाकै गोजीमा पुग्नेगरेको चर्चा चलिरहँदा सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकाले अनुदानलाई सरलकर्जाका रुपमा परिचालन गर्न लागेको छ ।
चालु आथिक वर्षको कृषि तथा पशुपालनको अनुदानको बजेटलाई सरल कर्जामा रुपान्तरण गरि त्यसलाई प्रभावकारी परिचालन गर्न लागिएको लिसंखुपाखर गाउँपालिकाले जानकारी दिएको छ ।
कृषि र पशुपालनका नाममा अनुदान रकम लिने र उदेस्य अनुसारका कामै नगरी पचाउने क्रम देशैभर छ । अनुदानले जनतालाई अल्छी र आसामुखीमात्रै बनाएको भन्दै सरल कर्जाको अवधारण अघि सारीएको लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष कमल नेपालले बताउनुभयो ।
अनुदान भनेपछि राज्यको बजेट ब्यक्तिका गोजीमै बस्नथाल्यो पैसा जान्छ तर लक्षित समुदायका जीवनस्तर उठ्दैन अध्यक्ष नेपालले भन्नुभयो अनुदान रकमको सहि परिचालनका लागि हामीले सरलकर्जाको अवधारण ल्याएका हौं ।
लिसंखुपाखर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालका अनुसार अनुदानको रकमबाट सरल कर्जाका लागि कोष नै स्थापना गरिनेछ । त्यही कोषबाट कृषकहरुले समुहगत रुपमा सरल कर्जा लिन सक्नेछन् ।
पाँचवर्षसम्म न्युनतम ब्याजदरमा सो कोषको रकम चलाएपछि उनीहरुले फिर्ता गर्नुपर्नेछ । सरल कर्जाको कोष हुन्छ पाँचवर्षसम्म पैसा चलाएर उनीहरुले कोषमै फिर्ता गर्नुपर्दछ प्रशासकीय अधिकृत दुलालले भन्नुभयो यसो हुँदा पालैपालो कृषकहरुले कोषको रकम सरलकर्जाका रुपमा प्रयोग गर्न पाउँनेछन् ।
नेपाल समाचारपत्र काठमाडौं । महानगरिय ट्राफिक प्रहरी महाशाखाले चक्रपथस्थित नयाँ कलंकी– कोटेश्वर सडकमा चल्ने सम्पूर्ण सवारी साधनको गति सिमा निर्धारण गर्ने भएको छ ।
मंगलबार ट्राफिक महाशाखाले सूचना जारी गर्दै यही जेष्ठ २० गतेबाट लागु गरिने बताएको छ ।
ट्रफिक महाशाखाको जानकारी अनुसार सडकको मूख्य लेनमा ५० किमि प्रति घण्टा सर्भिस लेनमा २० किमि प्रति घण्टा हुनुपर्ने बताएको छ ।
यदी यही तोकिएको गति सिमा पार भएमा कानुन बमोजीम कारवाही गरीने ट्राफिक प्रहरीले जनाएको छ ।
C ३ बर्षमा निर्माण गर्ने पुल ६ बर्षसम्म पनि सकिएन N S K S M T M +
धनवीर दाहालरुकुम । मध्यपहाडी लोकमार्ग अन्र्तगत रुकुम पुर्वको सिस्ने गाँउपालिकाको धौलापैरामा रहेको मोटरेल पुल निर्माण कार्य अलपत्र परेको छ ।
निर्माण कम्पनीले समयमै पुल निर्माण गर्न नसक्दा ठुलो बर्षातको बेला खोलामा बाढी आएपछि गाडी वारपार गर्न कठिन बन्दै गएको छ । निर्माण सुरु गरेको ६ बर्ष भइसकेको भएपनि हाल सम्म निर्माणको ५० प्रतिशत काम नभएको स्थानीयले बताएका छन् ।
निर्माणको जिम्मा लिएको याक्थुहाङ कम्पनीले ३ बर्षभित्रै काम सम्पन्न गर्ने जिम्मा पाएको थियो । तर २ पटक म्याद थप्दा पनि निर्माण नभएपछि यस बर्षको बर्षातमा पनि जोखिम मोल्नुपर्ने बाध्यता कायमै हुने भएपनि स्थानीय चिन्तीत भएका छन् ।
रुकुम पुर्वको सिस्ने गाँउपालिका भुमे गाँउपालिका पुथाउत्तरगंगा गाँउपालिका तथा रुकुम पश्चिमको मुसिकोट नगरपालिका लगाएतका बासिन्दाको दैनिक वारपार गर्ने सो क्षेत्रमा समयमा पुल निर्माण नहुँदा समस्या भएको हो । मध्यपहाडी लोकमार्ग पनि भएकोले समयमै पुल निर्माण गर्न स्थानीयले निर्माण कम्पनीसँग माग गरेका छन् ।
उता निर्माण कम्पनीका प्रतिनिधि टिका मोक्तानले भौगोलिक बिकटताका कारण सामान समयमै ल्याउन नसकिएकोले ढिला भएको भएपनि बर्षात अघि नै काम सम्पन्न गर्ने बताउनुभयो । ३ करोड ५० लाख रकममा सो पुल निर्माण भइरहेको छ ।
मोक्तानले भन्नुभयो सकेसम्म हामी बर्षात अघि नै सक्छौं । सामान सबै आइसकेको छ तर लगातार पानी परिरहेकोले प्रकृतिसँग केही गर्न सकिँदैन ।
C एनसेल कर प्रकरणः सर्वोच्चमा पूर्ण इजलासमा सुनुवाई सुरु अर्को पेशी असार १० गते N S K S M T M +
एनसेल कर प्रकरणः सर्वोच्चमा पूर्ण इजलासमा सुनुवाई सुरु अर्को पेशी असार १० गते
नेपाल समाचारपत्र काठमाडौं ।
टेलिकम्युनीकेसन कम्पनी ऐनसेलको कर निर्धारणको विषयमा सर्वोच्च अदालतको बृहत पूर्ण इजलासमा सुनुवाई सुरु भएको छ ।
न्यायाधीशहरु तेजबहादुर केसी पुरुषोत्तम भण्डारी डम्बरबहादुर शाही सुष्मालता माथेमा र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासमा एनसेलको कर विवादमाथिको सुनुवाई सुरु भएको हो । मंगलबार एनसेलका तर्फबाट कानून व्यवसायीहरुले धारणा राखेका छन् । तर यो क्रम नसकिएपछि अर्को पेशी असार १० गतेका लागि तोकिएको छ ।
सर्वोच्च अदालतका अनुसार न्यायाधीशहरु विभिन्न जिल्लामा अदालत निरीक्षणमा जानुपर्ने भएकाले अर्को पेशी असोज १० गतेका लागि मात्र तोकिएको हो । गत वैशाख ३ गते ठूला करदाता कार्यालयले ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८ सय १५ रुपैयाँ कर निर्धारण गरेपछि त्यसविरुद्ध एनसेल वैशाख ९ गते सर्वोच्च गएको थियो ।
उक्त रीटमाथि सुनुवाई गर्दै न्यायाधीशहरु सपना मल्ल प्रधान र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले यो विषयलाई जेठ २१ गते बृहत पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो । सोही अनुसार मंगलबार वृहत पूर्ण इजलासमा सुनुवाई सुरु भएको हो ।
नेपाल समाचारपत्र काठमाडौं । कालिकोटका एक विद्यालयका प्रधानाध्यापकले लाखौं रकम हिनामिना गरेको पाइएको छ ।
कालिकोटको जनता माध्यमिक विद्यथालय रामाकोट खार्दुमा कार्यरत प्रधानाध्यापक जयलाल न्यौपानेले विद्यालयका हरेक कामकार्यमा रकम हिनामिना गरेको खुलेको हो । मिति २०७० देखि ०७२ सम्म आफ्नो दुई वर्षे कार्यकालमा उनले १७ लाख ६ हजार ७ सय ३१ रुपैँया अनियमितता गरेको पाईएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले गरेको अनुसन्धानमा उनले शिक्षकको तलब विद्यार्थीको छात्रवृत्ति दिवा खाजा तथा भवन निर्माणको ज्यामीको ज्याला लगायतका कामकार्यमा लेखापालको किर्ते हस्ताक्षर गरी ठगी गरेको पाइएको हो ।
उनले विद्यालयको खातामा रहेको १७ लाख १७ लाख ६ हजार ७ सय ३१ रुपैँया कुल रकममा उनले ८ लाख भन्दा बढि रकम बदनियतसाथ हिनामिना गरेको र बाँकि हुन आउने ९ लाख रुपैँया विद्यालयकै खातामा देखिएको अख्तियारको अनुसन्धानबाट बाहिरिएको छ ।
यसरी विद्यायलय र विद्यालयका विद्यर्थीहरुको सुविधामा खर्चिने रकम अनियमितता गर्ने प्रधानध्यापकलाई कारवाहीको माग गर्दै विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको छ ।
C प्राधिकरण र स्थानीय सरकारको समझदारीः ६ महिना पुग्दा पनि भएन कार्यान्वयन N S K S M T M +
प्राधिकरण र स्थानीय सरकारको समझदारीः ६ महिना पुग्दा पनि भएन कार्यान्वयन
मोतीराम तिमल्सिना काभ्रे । भुकम्प पीडितहरुले इन्जिनियर र राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको नीतिका कारण संकट निम्तिदै गएको बताएका छन् । स्थानीय तहका जनप्रतिनिधि र पीडितहरुले प्राधिकरणकै गलत नीतिले वर्षाैसम्म पुर्ननिर्माणको कार्य नसकिएको बताएका छन् ।
राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई काभ्रेको सहयोगमा नेपाल पत्रकार महासंघ काभ्रे शाखाले जिल्लाको चौरी देउराली गाउँपालिका र खानिखोला गाउँपालिकामा सार्वजनिक सुनुवाई तथा बेथान्चोक गाउँपालिका र नमोबुद्ध नगरपालिकामा अन्र्तक्रिया कार्यक्रममा सहभागि पीडितहरुले वास्तविक पीडितहरु अझै लाभग्राहि सूचीबाट छुटेको बताएका हुन् । स्थानीय तहलाई अधिकार दिने सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने अनि जनप्रतिनिधि र कर्मचारीले काम गरेनन भन्ने अरोप मिथ्या हो–नमोबुद्ध नगरपालिका प्रमुख प्रशासकिय अधिकृत भोलाप्रसाद चापागाईले बताउनु भयो ।
राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण र स्थानीय सकार बीत भएको पुर्ननिर्माण सम्वन्धी समझदारी पत्रमा २०७५ मसिंर १० गते सम्झौता भएको थियो । समझदारी पत्रमा उल्लेख भएको आवश्वकता अनुसार वडामा नगरपालिका÷गाउँपालिकाले जनशक्तिलाईलाई खटनपटन गर्नेछ भनिए पनि त्यस्तो नभएको उहाँले बताउनु भयो ।
प्राधिकरणले मसलन्द खर्चका लागि आवश्यक पर्ने बजेट शर्त सहित एकमुष्ट निकाशा पठाउने भनिए पनि हालसम्म नआएको रोशी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत डम्मरु दाहालले बताउनु भयो ।प्राधिकरणले स्थानीय तहको खाता नम्वर विर्सियो कि रकम त अझै आएको छैन–ब्यङ्ग गर्दै प्रमुख प्रशासकिय अधिकृत चापागाईले भन्नुभयो । गुम्बा एकीकृत बस्ति स्थानीय पूर्वाधारका आयोजनाका लागि तोकिए बमोजिमका बजेट शर्त सहित निकासा उपलब्ध गराउने ब्यवस्था गर्ने भनिए पनि हुन सकेको छैन । त्यस्तै गाउँपालिका तथा नगरपालिकामा खटिएका कर्मचारीले पदीय आचरण विपरित कार्य गरिएको भेटिएमा कारवाही हुने भनिए पनि त्यस्तो नभएको उहाँले बताउनु भयो । आवश्यक प्रविधि जनशक्ति र उपकरणका सहयोग प्राधिकरणले गर्ने भनिए पनि हालसम्म त्यस्तो भएको छैन ।
भुकम्प पीडित बढेको बढ्यै
भुकम्प गएको चार वर्ष लाग्दा समेत नीजि आवास निर्माण सम्पन्न नभए पछि राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले अन्तिम पटक सर्भेक्षण शुरु गरे पछि भुकम्प पीडितहरुले परिवारका सदस्यहरु सबैको नाम दर्ता गराउन थालेका छन् ।
चौरीदेउराली गाउँपालिका वडा नम्वर ६ कात्तिकेदउरालीमा आयोजित सार्वजनिक सुनुवाईमा सहभागि भुकम्प पीडितहरुले सर्भेक्षण गर्दा पुर्वाग्रहि हिसावले नाम छुटाएको बताउनु भयो । तेश्रो पटक गुनासो सुनुवाईको फाराम भर्दा समेत लाभग्राहि सूचीमा नाम नपरेको भन्दै अन्तिम पटकको गुनासो भर्दा लाभग्राहि सूचीमा नछुटाउन साविक कात्तिकेदउराली गाउँ विकास समितिका पुर्व अध्यक्ष समेत रहेको नन्दिकेशर गौतमले बताउनु भयो ।
उहाँका तीनवटा घर नै भुकम्पका कारण बस्न अयोग्य छन् । नन्दिकेशर जस्तै बास्तविक भुकम्प पीडितहरु प्रत्येक वडामा २५÷३० जना रहेको भए पनि गुनासो फाराम भर्दा २ सय भन्दा धेरै भएको चौरीदेउराली गाउँपालिका उपाध्यक्ष तारादेवी चौलागाईले बताउनु भयो । वडा नम्वर ६ का अध्यक्ष रेशम चौलागाईले वडा कार्यालयमा नयाँ नागरिकता बनाएरै भए पनि एकाघरकै ५ जना भन्दा धेरैले भुकम्पको अनुदान लिएको बताउनु भयो ।
अहिले ४ सय भन्दा धेरैले फाराम भर्न अनुरोध गरिरहेका छन्–वडा अध्यक्ष चौलागाईले भन्नु भयो –फाराम भर्न समस्या छ नभरिदिँदा जनप्रतिनिधि माथी जनताको भरोसा टुट्दैछ । मापदण्ड भित्र नपरेका ब्यक्तिहरुले अनुदान लिएका कारण बास्तविक पीडित छुटेको उपाध्यक्ष तारादेवी चौलागाईले बताउनु भयो । सार्वजनिक सुनुवाई कार्यक्रममा वडा अध्यक्ष राजकुमार गौतम विरबल लामा लगायतले भुकम्प पीडितहरुका गुनासालाई सम्बोधन गर्ने गरी राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले काम गर्न सुझाव दिनु भयो । स्थानीयहरुले नागरिकका गुनासा सम्बोधन गर्न र पीडितहरुलाई झनै पीडित नबनाउन आग्रह गरेका थिए । अनुदानको किस्ता रकम ढिलाई भएकाले त्यसका बारेमा बुझिदिन किस्ताका लागि बुझाईएका फाईल नहराउन र कागजातकै कारण रकम निकासा ढिलाई नगर्न अनुरोध गरेका थिए ।
भूमिहिनको सम्वन्धमा अलग्गै निर्णय
भूमिहिन लाभग्राहिका विषयमा नेपाल सरकारले गरेको निर्णय अनुसार लाभग्राहिको सूचीमा परेका भूमिहिन भुकम्प पीडितहरुले स्थानान्तरण हुन नचाहेमा परम्परादेखी भोग गर्दै आएको साविकको घडेरी जग्गामा नै नीजि आवास पुर्ननिर्माण गर्न चाहेको अवसरमा राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको काम कारवाहीमा समन्वय गर्न गठित जिल्ला समन्वय समितिको बैठकले ६४ जना भूमिहिन लाभग्राहिहरुलाई साविककै स्थानमा पुर्ननिर्माण गर्न दिने निर्णय भएको छ ।
समितिले २०७६ आषाढ मसान्तसम्म लिईसक्न पहिलो किस्ता लिन अनुरोध गर्ने र नलिएमा लाभग्राहि सूचीबाट हटाउने निर्णय गरेको छ । २०७५ कार्तिक मसान्तसम्म प्रथम किस्ता लिई दोश्रो किस्ता २०७६ कार्तिक मसान्त भित्र सम्म लिईसक्न स्थानीय तहलाई जानकारु िगराउने र उक्त समयावधी भित्र नलिएमा लाभग्राहि सूचीबाट हटाउने निर्णय गरेको छ ।
२०७६ फागुन मसान्त भित्र घर निर्माण सम्पन्न गरी तेश्रो किस्ता लिई सक्नु पर्ने गरी स्थानीय तहलाई जानकारी गराउने र त्यो समयावधी भित्र घर निर्माण सम्पन्न नभएमा लाभग्राहि सूचीबाट हटाउन राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणलाई सिफारिस गर्ने निर्णय गरेको छ । बैठकले भुकम्पबाट तत्कालिन जिल्ला विकास समितिको भवन तथा जिल्ला प्राविधिक कार्यालयको भवन निर्माणका लागि पूवार्धार विकास कार्यालयलाई अनुरोध गर्ने निर्णय भएको छ । राष्ट्रिय राजमार्गको मापदण्डको हकमा डिभिजन सडक कार्यालयलाई तथा स्थानीय सडकको हकमा स्थानीय तहहरु सोहि सिफारिस गर्ने निर्णय भएको छ ।
अन्तिम पटक पुर्नजाँच गर्नु अघि पुर्नसर्भे गर्ने नामावली सिपारिस वडा नपा गापाबाट सिफारिस भए पछि मात्र पुर्न सर्भे गर्नु पर्ने भए पनि त्यस्तो नभएकाले बास्तविक भुकम्प पीडितहरुको मात्रै सर्भे गर्न ईन्जिनियरहरुलाई निर्देशन दिने निर्णय भएको छ ।
आरटिबी बाट आरसिबी र आरसिवीबाट आरटिबीमा परिवर्तन गर्न चाहनेहरुलाई असौज मसान्तसम्मको समयावधी दिएको छ । पूर्ण क्षतिमा लाभग्राहि भई घर निर्माण गरेको तर पुरानो घरमै बसिरहेकाहरुले जोखिमयुक्त घर तत्काल भत्काउन लगाउन स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
ग्ल्याम वल्र्ड इन्टरटेनमेन्ट आयोजक रहेको मिष्टर एण्ड मिस एसईई ग्ल्याम २०१९का प्रतियोगीले प्रतिभा देखाएका छन् । प्रतियोगीले ट्यालेन्ट उपाधिका लागि नृत्य गायन वक्तित्वकला नाटक र चित्रकला लगायत बिषयमा आफुमा रहेको प्रतिभा देखाएका हुन् ।
जोरपाटी स्थित नामी कलेजमा मंगलबार आयोजित ट्यालेन्ट राउण्डमा शिक्षक तथा पत्रकार सरोज प्याकुरेल मिसेस नेपाल ग्ल्याम २०१८ एलिजा महर्जन मिसेस नेपाल टुरिजम २०१ छिरिङ डोल्मा शेर्पा र दिवस धिताल मोडल अभिनेता लगायत निर्णायक रहेका थिए ।
प्रतियोगिताको मिस एसईई ग्ल्यामतर्फ सिमृति अमात्य स्वस्तिका खड्का कृपा ढकाल अन्जाना रावल स्मृति पौडेल रचना श्रेष्ठ शर्मिला कार्की रेनि गुरुङ ऐश्वर्या तान्डुकार वर्षा बोहोरा दिलाशा मगर मेंखु शेपा श्रृस्टी कला राई सुष्मिता रानाभाट शुभेक्ष्या वाग्ले नामका १५ र मिस्टर एसईई ग्ल्याममा प्रतिक केसी साईमन तमाङ शिल्भा भट्टराई अनित राई कमल श्रेष्ठ सिमोन तामाङ नामका ५ प्रतियोगी छन् ।
प्रशिक्षका क्रममा प्रतियोगिले मोटिवेशनल सञ्चार कला विकास मोटिभेसन लिडरसिप ड्रेङ सेन्स पब्लिक स्पिकिङ करियर काउन्सिल लगायतका प्रशिक्षण लिइरहेका छन् । आश्विनी झा कोरियोग्राफर रहेको प्रतियोगिताको इभेन्ट म्यानेजर आकास गिरी हुन् । एसईई दिएर बसेका छात्र तथा छात्राहरुको प्रतिभा निखार्ने उदेश्यले प्रतियोगीता आयोजना गरिएको ग्ल्याम वल्र्डकी सिइयो प्रिती कार्कीले जानकारी दिइन् ।
प्रतियोगिताको अन्तिम स्पर्धा यही ३० गते जमलस्थित राट्रिय नाचघरमा आयोजना हुदैछ । प्रतियोगितामा शिर्ष सहित बिभिन्न आधा दर्जन बढी बिधामा बिजेता छानिने छन् ।
C पाँच पेट्रोल पम्प तथा उद्योगलाई मुद्दा दायर N S K S M T M +
काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल कार्यालयले पाँच पेट्रोल पम्प तथा उद्योगविरुद्ध मुद्दा दर्ता गरेको छ। कार्यालयले चालू आर्थिक वर्षमा नेपाल गुणस्तर तथा नापतौलको मापदण्ड विपरीत सञ्चालित पेट्रोल पम्प तथा उद्योगलाई मुद्दा दर्ता गरेको हो।
कार्यालयले मैतीदेवी पेट्रोलियम सप्लायर्स मैतीदेवी चुच्चेपाटी फ्युल सेन्टर चाबहिल भद्रकाली आयल स्टोर गोठाटार न्यू बङ्गलामुखी आयल स्टोर्स सानोभयाङ र माः पलाञ्चोक धन्द्रे भीमसेन बेकरी उद्योग काभ्रेपलाञ्चोकविरुद्ध मुद्दा चलाएको हो। कार्यालयका प्रमुख एवं उपसचिव राकेशकुमार झाले नापतौलको मापदण्ड विपरीत सञ्चालन भएकाले कारवाहीका लागि मुद्दा दायर गरेको जानकारी दिए।
कार्यालयले अनुगमनका क्रममा मापदण्ड विपरीत पेट्रोल पम्प तथा उद्योग सञ्चालन गरेकाले जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेका हौँ उनले भने मैतीदेवी र चुच्चेपाटी आयल स्टोर्सले नापतौल कार्यालयले लगाएको सिल तोडेर नक्कली सिल लगाएको भद्रकाली आयल स्टोर्सले मापदण्डभन्दा घटी परिणाममा पेट्रोल तथा डिजेल बिक्री वितरण गरेकाले मुद्दा चलाइएको हो।
यस्तै बङ्गलामुखी आयल स्टोर्सले पेट्रोल पम्पलाई जाली बनाएको र बेकरी उद्योगले नाप्ने तथा तौलने यन्त्र दर्ता नगर्नाका साथै उत्पादित वस्तुमा परिणाम उल्लेख नगरेकाले कारवाहीका लागि मुद्दा दर्ता गरिएको कार्यालयले जनाएको छ। मुद्दा दर्ता भएका पेट्रोल पम्प तथा उद्योग दोषी ठहरिएमा मैतीदेवी चुच्चेपाटी र बङ्गलामुखी पेट्रोल पम्पले रु ३० हजार जरिवाना र तीन वर्ष कैदका साथै भद्रकाली आयल स्टोर्स र बेकरी उद्योगले रु दश हजार जरिवाना र एक वर्ष कैद सजाय भोग्नुपर्नेछ। रासस
बारा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारा गढिमाइ नगरपालिका ६ का वडाअध्यक्ष रामजीप्रसाद बराई ७५ हजार रुपैयाँ घूससहित पक्राउ गरेको छ । आयोगको हेटौंडाको टोलीले उनलाई मंगलबार घूस रकमसहित पक्राउ गरेको हो ।
विकास निर्माणको काममा सहज बनाइदिने भन्दै उनले घूस रकम लिएका थिए ।
पोखरा । दुल्ला ब्राण्डको नयाँ अफिसियल आउटलेट पोखरामा खुलेको छ । यस ब्राण्डको मंगलबार नायक अनुपविक्रम शाहीले रिवन काट्दै पोखराको चिप्लेढुङ्गामा ओपनिङ गरेका हुन् ।
नेपालमा पहिलोपटक सोसियल मिडिया अनलाइन विजनेस शुरु गरेको यो ब्राण्ड २०१५ सालबाट खुला विजनेसमा उत्रिएको थियो । यो नेपाली लेदर फेशन इन्डष्ट्रिमा स्थापित हुन सफल भएको छ ।
काठमाडौंपछि दुल्लाले चितवन र धरान शहरमा आफुलाई प्रस्तुत गरिसक्दा पाएको सफलताले पोखरामा आउटलेट राख्न सफल रह्यो । दुल्लाले देशभरका मुख्य मानिने सबै शहरका ग्राहकहरुमाझ आफ्नो ब्राण्डलाई उपलब्ध गराउने लक्ष्य लिएको छ ।
२०१५ मा जुत्ताचप्पलबाट सुरु गरेको विजनेस यतिबेला महिला र पुरुष दुबैको लागी बेल्ट वालेट र ब्यागसम्म आइपुगेको छ ।
नायक अनुपविक्रमले यस ब्राण्डको ओपनिङ गर्दै नेपालीहरुले नेपाली ब्राण्डलाई नै माया दिनुपर्छ देशमै उद्धमशिलता बढाउनुपर्ने बताए । उनले भने अब नेपाली ब्राण्डहरु नै भरपर्दो र टिकाउ आउन थालेका छन् यसले ग्राहकहरुको सन्तुष्टि र युवाहरुलाई रोजगार दुवै दिएको छ ।
धनुषा । बुधवार प्रदेश नम्बर २ मा सार्वजनिक विदा हुने भएको छ । सरकारले मुस्लिम धर्मावलम्बीहरुको पर्व ईद उल फित्रको अवसरमा सार्वजनिक बिदा दिने घोषणा गरेको हो ।
हेटौंडा । दुर्गन्धको पर्याय फोहोर । नाक खुम्च्याउने नाकमुख दुवै थुन्न बाध्य पार्ने पनि फोहोर । तर त्यही फोहोर उहाँका लागि अवसरको माध्यम बनेको छ । विहान ४ बज्न नपाउँदै धोक्रो ठीक पार्न थाल्नुहुन्छ उहाँ । अनि सोच्नुहुन्छ हेटौंडा बजारको कुन चाहिं ठाउँमा जाने भनेर । उहाँ हेटौंडा–१० राप्तिरोडका डम्बरबहादुर लामा । विहान ४ बजे घरबाट निस्किनु हुने करिब ३५ वर्षीय उहाँ बेलुकीमात्र घर पुग्नुहुन्छ । लामा घरबाहिर निस्किएपछि कवाडी खाते र फोहोर उपनामले चिनिनुहुन्छ । घरअगाडि फोहर संकलन गर्न गाडी अथवा मानिस आउँछन् । दैनिकरुपमा घरबाट निस्किएका प्लाष्टिकका फोहोर तिनै कवाडी भनिनेले लगेर घरलाई सफा बनाउने कार्यमा सघाउँछन् ।
सामान्य पढलेख गर्नुभएका उहाँलाई काम त अरु नै गर्न मन थियो रे । तर हाल उहाँको मन फोहोरमा आएर बास बसेको छ । १० वर्षदेखि हेटौंडामा बोतल कापी कार्टुन भन्दै घरघर हिँड्ने कवाडी को सेवा दिनुहुन्छ उहाँ ।
फोहोर जसलाई पनि पर धकेल्ने चिज । तर लामालाई भने यही फोहोरले नजिक तान्छ । फोहोरकै व्यबसाय यसैमा अवसर अनि वातावरणमा सकारात्मक प्रभाव पर्ने देखेर लाग्नुभएका उहाँमा फोहोरको डंगुर देखेपछि चासो बढ्छ ।
कतै हिँड्दा फोहोरको गन्ध आए अरुले नाक थुन्छन् सकेसम्म त्यता हेर्नु नपरोस् भन्ने जस्तो गर्छन् । उहाँले भन्नुभयो–म पनि नाक त थुन्छु तर आँखा भने त्यतै जान्छ । त्यहाँ हेर्छु कस्तो खालको फोहोर हो भनेर । अनि फोहरधनी सँग सम्पर्कको प्रयास गर्छु । मलाई त फोहोरले पर लैजाने होइन नजिक पो तान्छ त ।
घर तथा पसलपसल चहारेर कतिको भनाइसमेत खानुपर्ने दुःखेसो उहाँले गर्नुभयो । धोक्रोभरि पानीका रित्ता बोतल कार्टुन कापीलगायत उहाँले स्क्र्याब कारखानामा लगेर बुझाउनुहुन्छ । त्यसबापत् उहाँले महिनाको १५ हजार तलब पाउनुहुन्छ । उहाँले घरकी आमालाई तलब बुझाउनुहुन्छ ।
लामा भन्नुहुन्छ–म यो काममा एकदम सन्तुष्ट छु । तर उहाँलाई कहिलेकाँही चित्त दुख्छ । बजारमा हिँड्नेले कुनै बेला गर्ने व्यवहारले साह्रै मन दुख्छ । कसैले कवाडी भन्छन् त कसैले खाते भनेर बोलाउँछन् उहाँले दुःखेसो गर्दै भन्नुभयो । म त खासमा सफा गर्न हिँडेको मान्छे तर मलाई उल्टै फोहोरी र खाते भनेर बोलाउँछन् । यसबाट जीवन गुजारा गरिरहनुभएका उहाँले बाँकी समय पनि फोहोरमै बिताउने बताउनुभयो ।
C सुरक्षित तथा भयमुक्त सिरहा बनाउने एसपी चतुर्देवीको प्रतिवद्धता N S K S M T M +
सुरक्षित तथा भयमुक्त सिरहा बनाउने एसपी चतुर्देवीको प्रतिवद्धता
सुभेन्द्र दास लहान । जिल्ला प्रहरी कार्यालय सिरहामा हालै हाजिर हुनुभएका प्रहरी उपरीक्षक उमा प्रसाद चतुर्वेदीले सुरक्षित सिराहा भयमुक्त सिराहा नारालाई सार्थकता दिने उदेश्यका साथ आफुले काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । चार दिन अघि मात्र सरुवा भएर सिरहा आएका उनले कार्यालयमाा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन्
आफूले पाएको जिम्मेवारी वहन गर्न कुनै कसर बाँकी नराखने तथा मातहतका निकाय तथा प्रहरीसमेत चुस्त दुरुस्त रुपमा जनताको सुरक्षाका लागि परिचालित रहने बताउँदै एसपी चतुर्वेदीले भने सुरक्षित सिरहा भयमुक्त सिरहा नारालाई सार्थकता दिने उद्देश्यका साथ काम गर्ने मेरो प्रतिवद्धता छ यसमा आम जिल्लावासीको सहयोग र सहकार्य आवश्यक छ ।
जिल्लामा शान्ति सुरक्षा तथा अमनचयन कायम राखन एवम् अपराध नियन्त्रण गर्न र स्थानिय तहहरुबाट गरिने विकासको काममा बाधक बन्ने तत्वलाई कुनै पनि हालतमा छुट नदिने बताए । शान्ति सुरक्षा र अपराध नियन्त्रणको विषय सम्झौताहिन विषय भएकोले यसमा गलत मनसायले कसैसँग सम्झौता गर्न नसक्ने भन्दै त्यस्ता तत्वहरुलाई सचेत रहन चेतावनी दिए ।
प्रहरीलाई प्रभावकारी रुपमा परिचालन गरी जिल्लामा घटित अपराधको निश्पक्ष न्यायिक एवम् वैज्ञानिक अनुसन्धान गर्ने सीमा अपराधलाई न्युनिकरण गर्दै साना तथा अवैध हातहतियारको कारोबार नियन्त्रण गर्ने भारतीय नम्बर प्लेटका सवारी साधन कानुन उल्लंघन गरी प्रयोगमा ल्याइएको पाइए कानुनी दायरामा ल्याउने भुमिगत समुहको नाममा हुने अपराध तस्करी लागु औषध विरुद्ध सशक्त कारवाही गर्ने तथा सामुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई सघन रुपमा अघि बढाइने लगायतका योजनाहरु समेत एसपी चतुर्वेदीले सार्वजनिक गरे ।
प्रहरी कार्यालयलाई चाहिने जनशक्ति भौतिक पुर्वाधार र साधन श्रोतको कमी भएको चर्चा गर्दै त्यसका बाबजुद पनि प्रहरीले भ्याएसम्म शान्ति सुरक्षाका लागि अहोरात्र खट्ने उनले प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा पत्रकारहरुले नव आगन्तुक एसपी शुभकामना दिँदै सफल कार्यकालको कामना गरेका थिए ।
C नीति तथा कार्यक्रममाथि छलफल शुरु N S K S M T M +
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम माथिको छलफल प्रदेशसभामा आजदेखि शुरु भएको छ । छलफलमा भाग लिने सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का सदस्यहरुले नीति तथा कार्यक्रम समग्रमा सकारात्मक भए पनि समेट्नुपर्ने कतिपय विषय छुट्न गएका बताउनुभयो ।