text
stringlengths
1
75.3k
सृष्टिकालमा पहिला ब्र≈माले कश्य प्रजापति र अदितिलाई जन्माए केवल दुई लिङ्ग जन्माए तर हामी उनीहरूकै सन्तानलाई ब्रा≈मण क्षत्री वैश्य शूद्र भनिरहेका छौं सब बकवास हो प्रतिगमनको यात्रा मात्र हो पण्डित रिजाल भन्नुहुन्छ। नेपालमा आज २ करोड ९० लाख जनता रहेको मान्दा सरकारी तथ्यांकअनुसार ४० लाख दतिल छन्। तर सरकारको १३।८ प्रतिशत मात्र दलित जनसंख्या रहेको दलित समुदायका अगुवाहरू मान्दैनन् उनीहरू भन्छन्– हामी २० प्रतिशत छौं।
दीपक रिजाल काठमाडौं सामाजिक सञ्जालको माध्यमबाट खास गरी युवतीलाई सम्पर्क गरी युरोप अमेरिका पठाउने भन्दै लाखांै रुपियाँ संकलन गरेर सिन्धुपाल्चोकका एक युवा स्पेन पलायन भएका छन्।
विभिन्न नाममा नक्कली विद्युतीय ठेगाना आईडी खोलेर युवतीहरूलाई विदेशमा राम्रो अवसर छ भन्दै शृंखलाबद्धरूपमा ठगी गर्दै आएका सिन्धुपाल्चोक पटाप घर भई केही समयअघिसम्म जोरपाटी बस्दै आएका ती व्यक्तिको नाम हो कृष्ण दंगाल। उनी हाल स्पेनको पाइसभास्को राज्यको प्रोभेन्सियाको बिलवाउमा बस्दै आएको बुझिएको छ। विशेष गरी अविवाहित युवती र श्रीमान् नेपाल नभएका महिलाहरूसंँग सामाजिक सञ्जालमार्फत साथी बनाउने तथा आफू स्पेनमा बस्दै आएको र स्पेनमा रोजगारीका लागि कुनै समस्या नभएको भन्दै ठगी गरेको तथ्य फेला परेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबी ले जनाएको छ।
यसभन्दा अघि पनि यस्तै ठगी मुद्दामा जेल परेका दंगाल जेलबाट बाहिरिएपछि आफ्नो ठगी धन्दालाई निरन्तरता दिँदै आफ्नै दाइको सालीदेखि श्रीमतीको फुपूको छोरीलाई समेत ठगी गरेको उजुरी परेको सीआईबीका एक अनुसन्धान अधिकारीले नेपाल समाचारपत्रलाई जानकारी दिए।
कतिपय युवतीलाई नेपालमा विभिन्न नामको कम्पनी खोल्न लगाएको र त्यही कम्पनीमार्फत भिजिट भिसामा स्पेन ल्याउन सजिलो हुने भन्दै कम्पनी दर्ता गर्न लगाएको पीडितहरूले बताएका छन्। दंगालको ठगीमा परेकी सविना गौतमले कारबाहीका लागि आफूले सीआईबीलाई गुहारेको बताउनुभएको छ।
कृष्ण दंगाल मेरो भिनाजुको भतिज हो उसले मलाई स्पेन लैजान्छु भन्दै कम्पनी पनि दर्ता गराउन लगायो। कम्पनी पनि दर्ता गरें ६ लाख रुपियाँ पठाउनु भनेपछि पटक–पटक गरेर ६ लाख रकम पाएपछि ऊ मसँगको सम्पर्कबाट बाहिरियो। –अमृताले दुखेसो पोख्दै ठगिएको कथा सुनाउनुभयो।
यसअघि सिंगापुर तथा अन्य आकर्षक देशमा पठाउने भन्दै ठगी गरेको आरोपमा जेल परेका दंगालले नेपाल प्रहरीको चालचलन शाखाबाट पुलिस रिर्पोट लिएर नेपालस्थित जर्मन दूतावासबाट सेन्जेन भिसा लिएर स्पेन पुगेको पीडितहरू बताउँछन्।
प्रहरीका उच्च तहका अधिकृतलाई समेत प्रभाव पार्नसक्ने खुबी रहेको दंगालले प्रहरी प्रधानकार्यालयले प्रदान गर्ने पुलिस रिपोर्टमा ठगीको अभियोगमा जेल परेको भन्ने कुरालाई उल्लेख नै नगरी चालचलन राम्रो भएको रिर्पोट कसरी लियो भन्ने विषयमा सीआईबीले अनुसन्धान गरिरहेको छ।
अबैध रूपमा स्पेनमा बस्दै आएका दंगालले अहिले त्यहाँ बैध रूपमा बस्नका लागि कागजात बनाउने कामलाई अगाडि बढाएको समेत पीडितहरूले बताएका छन्। पछिल्लोपटक दंगालले एक दर्जनभन्दा बढी युवायुवतीबाट ३० लाखभन्दा बढी ठगी गरेको उजुरी प्रहरीकहाँ पुगेको छ।
यसअघि २०७२ पुस ६ गते जिल्ला अदालत काठमाडौंले ठगी गरेको अभियोगमा दंगालविरुद्ध बिगोबराबरको रकम जरिवाना र जेल सँजाय तोकेको थियो।
C एनसेल कर प्रकरणः २५ अर्बको जालझेल आज सर्वोच्चले के गर्ला N S K S M T M +
एनसेल कर प्रकरणः २५ अर्बको जालझेल आज सर्वोच्चले के गर्ला
नेपाल समाचारपत्र काठमाडौं निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेल प्रालिको पुँजीगत लाभकरसम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दा प्रभावित पार्न चलखेल शुरू भएको छ। ठूला करदाता कार्यालयले निर्धारण गरेको पुँजीगत लाभकर नतिर्न केही कानुन व्यवसायीलाई बिचौलियाका रूपमा प्रयोग गरी चलखेल शुरू भएको हो।
कर कार्यालयले निर्धारण गरेको करप्रति चित्त नबुझेमा आन्तरिक राजस्व विभागका महानिर्देशकसमक्ष पुनरावेदन गर्न सकिन्छ। त्यहाँबाट भएको निर्णयमा पनि चित्त नबुझे राजस्व न्यायाधीकरणबाट कानुनी उपचार गर्न सकिने व्यवस्था हुँदाहुँदै एनसेलले दुई तह न्यायिक निरूपणको प्रक्रिया नाघेर सर्वोच्च अदालत पुग्नु पनि कर नतिर्ने चलखेलको एउटा प्रयास हो। –एक कानुन व्यवसायीले नेपाल समाचारपत्रसँग भने।
सर्वोच्च अदालतको आदेशबमोजिम ठूला करदाता कार्यालयले एनसेललाई निर्धारण गरेको पुँजीगत लाभकर नतिराउन बिचौलियामार्फत न्यायालयलाई प्रभावित पार्न अनेकौं हथकन्डा प्रयोग भएको स्रोतले नेपाल समाचारपत्रलाई जानकारी दियो। एनसेल आफैंले अब १४ अर्ब रुपियाँं पुँजीगत लाभकर तिर्छु भनेर स्वीकार गरिसकेको सन्दर्भमा सोही अंकको वरिपरि रहेर अदालतबाट आदेश गराउने प्रपञ्चमा केही कानुन व्यवसायीले बिचौलियाको भूमिका निर्वाह गरेको स्रोतको दाबी छ।
एनसेलको पुँजीगत लाभकरसम्बन्धी मुद्दा आज मंगलबार सर्वोच्च अदालतको पूर्ण इजलासमा पेस हुँदै छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना मल्ल प्रधान र प्रकाशकुमार ढुंगानाको गत वैशाख २४ गतेको संयुक्त इजलासले एनसेलको पुँजीगत लाभकरसम्बन्धी विवाद समाधान गर्न जेठ २१ गतेको पूर्ण इजलासमा पेस गर्ने अल्पकालीन आदेश दिएको थियो।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहितको इजलासले माघ २३ गते एनसेल कम्पनी खरिद बिक्रीको लाभकर विक्रेता एनसेल र खरिदकर्ता आजियाटालाई निर्धारण गरी असुल गर्न आदेश दिएको थियो। सो आदेशको पूर्णपाठ आएपछि ठूला करदाता कार्यालयले गत वैशाख ३ गते ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार ५६६ रुपियाँ ७१ पैसा कर निर्धारण गरी सात दिनभित्र कर तिर्न एनसेललाई पत्राचार गरेको थियो। तर एनसेल ठूला करदाता कार्यालयले तोकेको समयसीमा सकिनु एक दिनअघि सर्वोच्च अदालत पुगेको हो।
ठूला करदाता कार्यालयले निर्धारण गर्नुअघि अग्रिम करका रूपमा एनसेलले दुईपटक गरी २१ अर्ब ५४ करोड ८० लाख ५५ हजार ९ सय रुपियाँ कर र २ अर्ब २ करोड ६२ लाख ३४ हजार ८ सय ५१ रुपियाँ बिलम्ब शुल्क बुझाएको छ। अब बुझाउन ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८ सय १५ रुपियाँ ७१ पैसा बाँकी छ। तर एनसेलले अब करिब १४ अर्ब रुपियाँ मात्रै तिर्नुपर्ने दाबी गर्दै आएको छ। उसले ठूला करदाता कार्यालयले बढी कर निर्धारण गरेको जिकिर गर्दै आएको छ।
एनसेलको कर विवादमा उसका केही पुराना लगानीकर्ता पनि मुछिन सक्ने त्रासमा न्यायालयलाई प्रभावित पार्ने प्रयास उनीहरूको सम्पर्क सूत्रबाट हुँदै आएको स्रोतले बताएको छ। राजनीतिक पहुँच व्यक्तिगत सम्बन्धका साथै द्रव्य भोजन गराएर भए पनि एनसेललाई पुँजीगत लाभकर कम गराउने धन्दामा गिरोह नै सक्रिय रहेको बताइएको छ। एनसेलको कर विवाद अजियाटाले खरिद गरेपछि मात्रै उत्पन्न भएको भने होइन यसअघि भएका पटक–पटकको खरिद–बिक्रीमा पनि कर छली हुँदै आएको छ। राजनीतिक पहुँच र सेटिङ मिलाएर एनसेलमा धेरैपटक कर छली हुँदै आएको छ।
यसपटक एनसेललाई कर तिराउने विषयमा सर्वोच्च अदालतले यसअघि नै बोलिसकेकाले कर तिर्नुपर्ने त निश्चित प्रायः देखिन्छ। तर ठूला करदाता कार्यालयले निर्धारण गरेको कर रकम र एनसेल स्वयंले स्वीकार गरेको कर रकम बीचको फरक करिब २५ अर्ब रुपियाँ रहेको छ।
त्यही २५ अर्ब रुपियाँ नतिर्न अहिलेसम्म विभिन्न हथकन्डा हुँदै आएका छन्। यहाँ बुढी मरी भन्ने पीरभन्दा पनि काल पल्कियो भन्ने चिन्ता एक थरीमा रहेको स्रोतको भनाइ छ। यसअघि कयौंपटक भएका एनसेल खरिद बिक्रीमा छली भएको करको फाइल फेरि खुल्ने डर डा।उपेन्द्र महतोलगायत एनसेलका पूर्वसञ्चालकलाई रहेको स्रोतले बतायो। एकतिर नेपालकै न्यायालयमा मुद्दा दायर गरी सरकारी निकायलाई अल्मल्याउने र संगसंगै अन्तर्राष्ट्रिय समुदायबाट पनि दबाब सिर्जना गराउने दाउमा एनसेल लागेको देखिन्छ।
कुनै पनि देशमा सञ्चालनमा रहेको बहुराष्ट्रिय कम्पनीले करका बारेमा अन्तर्राष्ट्रिय मध्यस्थताका निम्ति अर्विटेसनमा जान नपाउने प्रावधान हुँदाहुँदै एनसेलले इन्टरनेसनल सेन्टर फर द सेटलमेन्ट अफ इन्भेस्टमेन्ट डिस्प्युट ९आईसीएसआईडी० मा गत वैशाख १३ गते नेपालविरुद्ध उजुरी दिएको छ। अन्तर्राष्ट्रिय समुदायसंग वैदेशिक लगानीको सुरक्षा भन्दै दबाब सिर्जना गराउने ध्येय स्पष्ट रहेको अन्तर्राष्ट्रिय कानुनका ज्ञाताहरू बताउँछन्।
जनतासंग सेवा प्रयोग गरेबापत चर्को महशुल असुली गर्ने तर कर तिर्ने विषयमा सधैं विवाद गर्न थालेपछि नागरिक स्तरबाट एनसेल वहिष्कार अभियानसमेत सञ्चालन भएको छ।
उता कर विवाद एवम् कर्मचारीसंगको समन्वय नभएका कारण एनसेल प्रालिका प्रमुख कार्यकारी अधिकृत सुरेन जे अमरसेकेराले समेत पदबाट राजीनामा दिएको बताइएको छ। तीन साताअघि नै उनले एनसेलबाट राजीनामा दिएका हुन्। उनीअघि एनसेलका चार उच्च अधिकारीले पनि आफ्नो पदबाट राजीनामा दिइसकेका छन्।
पाँचथर नेस गत वैशाख २९ गते पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं।– ४ की शीतल योङहाङका हत्याकण्डका मुख्य अभियुक्त पाँचथर फाल्गुनन्द गाउँपालिका–४ पदम तामाङलाई प्रहरीले पक्राउ गरेको छ।
बालिका योङहाङको हत्यापछि फरार रहेका तामाङलाई दमक बजारबाट आइतबार पक्राउ गरिएको पाँचथरका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुवँरले बताउनुभयो। आरोपी तामाङलाई पक्राउ गर्नका लागि सीआईबी केन्द्रीय अनुसन्धान ब्युरो र संघीय प्रहरी इकाई जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दकमको टोलीले पक्राउ गरेको कुवँरले बताउनुभयो।
योङहाङको हत्यामा संंलग्न अर्का व्यक्ति सोही ठाउँ बस्ने भगिरथ बास्तोला भने यसअघि नै पक्राउ परेका थिए। १५ वर्षीया योङहाङ सोही वडाको सिद्ध माध्यामिक विद्यालय कक्षा १० मा अध्ययन गरिरहेकी थिइन्। योङहाङ र तामाङबीच प्रेम सम्बन्ध रहेको र उनीहरूको प्रेम सम्बन्धमा आशंका पैदा भएपछि तामाङको योजनाअनुसार बास्तोलासंग मिलेर बालिका योङहाङको हत्या गरिएकोे प्रनाउ कुवँरले बताउनुभयो। घटनाका आरोपी तामाङलाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। यो हत्यामा संलग्न व्यक्तिलाई पक्राउ नभएको भन्दै पाँचथर क्याम्पसका विद्यार्थीको अगुवाइमा एक हप्ताअघि फिदिम बजारमा नारा जुलुस प्रर्दशन गरिएको थियो।
अभिनेता निर्माता तथा निर्देशक भुवन केसी लामो सयमपछि पुनः पर्दामा देखिने भएका छन्। उनी पहिलोपटक खल चरित्रमा समेत देखिने भएका छन्। निर्माणाधीन फिल्म मिस्टर नेपालीमा भुवन खल भूमिकामा देखिने भएका हुन्। उनी यो एउटै फिल्ममा दुई चरित्रमा देखिनेछन्। एक भूमिकामा उनी भिलेनका रूपमा देखिनेछन् भने अर्को भूमिकामा नाचगानसमेत गर्ने अभिनेताका रूपमा प्रस्तुत हुनेछन्। यसमा मेरो डबल रोल हुनेछ। एउटा ओल्ड प्याटेनमा गाउँको जमिनदारका रूपमा भिलेन भएर देखिनेछु। अर्को भूमिकाचाहिँ पोजेटिभ रोल हुनेछ। जो योङरूपमा देखिनेछ। मैले यो भूमिकामा डान्ससमेत गर्नेछुु भुवनले भने– मलाई सधैं फरक भूमिका गरौं भन्ने लाग्थ्यो। त्यसैले खलपात्रको भूमिकामा देखिँदै छु। त्यसैले नै यसमा काम गर्न लागेको हुँ।
देवचुली फिल्म्स्को ब्यानरमा निर्माण हुने मिस्टर नेपालीको मंगलबार निर्माण घोषणासहित सुटिङ आरम्भसमेत गरिएको छ। देवनारायण भुसालको लेखन तथा निर्देशन तथा प्रेमराज दाहालको निर्माणमा निर्माणाधीन फिल्मको नवलपरासीमा सुटिङ हुनेछ। फिल्ममा अभिनेता भुवन केसीको जोडीका रूपमा नायिका रीमा विश्वकर्मालाई देखिनेछ। नायिका विश्वकर्माले भुवन केसीसँग स्क्रिन शेयर गर्न पाउँदा खुसी लागेको बताइन्। फिल्ममा विष्णु सापकोटा सुरेन्द्र केसी कमलमणि नेपाल राजेन्द्र गिरी अर्जुन खत्री सन्तोष लामा नन्दु श्रीवास्तवलगायतले प्रमुख भूमिकामा अभिनय गर्नेछन् भने साहिल श्रेष्ठ र कुसुम राउत नवकलाकारका रूपमा देखिनेछन्। फिल्ममा सुभास भुसाल र दीपक शर्माको संगीत कविराज गहतराजको कोरियोग्राफी र हिमाल केसीको एक्सन रहनेछ। निर्देशक भुसालका अनुसार फिल्मले राष्ट्रियताको कथालाई रमाइलो तरिकाले उठान गर्नेछ। यसले विशेष गरी विदेशमा रहेका नेपालीहरूमा नेपालप्रतिको माया झल्काउने उनले बताए।
लामो समयदेखि अमेरिका बस्दै आएकी अभिनेतृ सारंगा श्रेष्ठ अमेरिकामै सम्मानित भएकी छिन्। अमेरिका बस्दै आएका नेपाली समुदायका साथै अमेरिकी नागरीकलाई समेत १६ वर्षदेखि नृत्य प्रशिक्षण दिँदै आएकी सारंगाको योगदानको कदर गर्दै बाल्टिमोर कम्युनिटीले उनलाई सम्मान गरेको हो। आफूलाई यो सम्मानले आगामी दिनमा नेपाली समुदायका लागि अझ राम्रो काम गर्न उत्प्रेरणा दिएकोमा खुसी व्यक्त गर्दै सारंगाले यो खुसी आफ्नो परिवार र देशप्रति समर्पण गर्न चाहेको बताएकी छिन्। यस सम्मानका लागि ≈यारी भण्डारीलाई धन्यवाद। यस बेला म मेरो गुरु वसन्त श्रेष्ठ र लक्ष्मी श्रेष्ठलाई सम्झन चाहन्छुु। –सारंगाले भनेकी छिन्।
आगामी असार १३ गते अल नेपाल रिलिज हुने फिल्म आप्पाको ट्रेलर सार्वजनिक गरिएको छ। बाबु र छोराको सम्बन्धको कथा बुनिएको फिल्मको ट्रेलरमा बाबुछोराबीचको सम्बन्धका साथमा पारिवारिक प्रेम र प्रेमी–प्रेमिकाबीचको प्रेमका झलक प्रस्तुत गरिएको छ। जसमा यसका मुख्य कलाकारहरूलाई देखाइएको छ। ट्रेलरमा दयाहाङ राई सिद्धार्थराज तामाङ एलोना काबो लेप्चा तुलसी घिमिरे अरुणा कार्कीलगायतका कलाकारलाई देखाइएको छ। फिल्ममा दयाहाङ राई मुख्य भूमिकामा छन्। उनले यसमा आप्पाको भूमिका निर्वाह गरेका छन्।
अनमोल गुरुङद्वारा निर्देशित फिल्म सिक्किम दार्जलिङलगायतका स्थानमा खिचिएको छ। रुदेन रुदेन सादा लेप्चाको निर्माणमा बनेको फिल्ममा लेखन निर्देशक गुरुङ पटकथा अनमोल गुरुङ र उमेश उपमा निर्देशन शैलेन्द्रध्वज कार्की र सम्पादन नेमेष श्रेष्ठको रहेको छ।
नेपालका दुई बाल प्रतिभा आयुष केसी र प्रितम आचार्य भारतीय बालगायन रियालिटी शो सारेगमप लिटल च्याम्पको उत्कृष्ट ६ मा पुग्न सफल भएका छन्। जी टिभीबाट प्रसारण हुँदै आएको प्रतियोगितामा गत साता उत्कृष्ट ९ मा परेका अन्य सहभागीलाई उछिन्दै शोका निर्णायक र दर्शकको मतका आधारमा उनीहरू फाइनलमा पुग्न सफल भएका हुन्। १२ वर्षका आयुष र ११ वर्षका प्रितम भारतभरिका २ हजारभन्दा बढी बाल प्रतिभालाई उछिन्दै फाइनलका लागि छनोट भएका हुन्। यस साता सेमिफाइनल पर्फपमेन्समा प्रितमले तडप तडप इस दिलमे बोलको गीत गाएका थिए भने आयुषले तुम मिले दिल खिले भन्ने गीत गाएर सबैको मन जितेका थिए। गायकद्वय सान र अमाल मलिक तथा गायिका ऋचा शर्मा एवं अतिथि गायक संगीतकार आनन्द राजलगायत १२ जनाको निर्णायक मण्डलले उनीहरूको गायकीको खुलेर तारिफ गरेका थिए। यस साताको शोमा सहभागी सलमान खान र कट्रिना कैफले प्रितम र आयुषको प्रशंसा गर्दै यी दुई नेपालकै गौरव भएको बताएका थिए। आयुष र प्रितमसँगै मोहम्मद फैज अनुष्का पात्र आस्था दास र सुगन्धा दतेले फाइनलमा स्थान पक्का गरेका छन्।
२ वर्ष अगाडि कान्तिपुर टेलिभिजनबाट प्रशारण भएको पहिलो राष्ट्रव्यापी बाल गायन रियालिटी शो सुरशाला जुनियर आइडल पहिलो संस्करणका फाइनलिस्टमध्येका एक आयुष केसी सिन्धुपाल्चोक घर भई हाल भक्तपुरस्थित मोर्डन बोर्डि«ङ स्कुलमा अध्ययनरत छन्। आयुषलाई गायक तथा संगीतकार अमृत क्षत्रीले संगीत सिकाएका हुन्। सुरशाला जुनियर आइडल पहिलो संस्करणका अर्का फाइनलिस्ट सुनसरी इटहरीका प्रितम आचार्य इटहरीस्थित विश्व आदर्श स्कुलमा अध्ययनरत छन्। सारेगमप लिटल च्याम्प जी टिभीमा हरेक शनिबार र आइतबार बेलुका प्रशारण हुँदै आएको छ। प्रतिस्पर्धामा १६ वर्षभन्दा कम उमेरका बालबालिकाले सहभागिता जनाउन पाउनेछन्। यस वर्ष नेपालका ८ प्रतिस्पर्धीले सहभागी जनाएका थिए। यी दुईलाई जिताउन जी फाइभ एप्समार्फत भोट गर्न सकिनेछ।
बलिउड अभिनेता साहरुख खानले पछिल्लो फिल्म जिरो असफल भएपछि नयाँ फिल्ममा काम गरेका छैनन्। तर फिल्म जिरोबाट आफूले गरेको अपेक्षा पूरा नभएपछि निरास बनेका उनी फिल्म धुम–४ मा काम गर्न लागेको खबर बाहिरिएको छ।
उनलाई यशराज ब्यानरले उक्त हिट फिल्मको सिरिजमा भिलेनको भूमिकामा अभिनयका लागि अफर गरेको भारतीय अनलाइन वेव दुनियाँको खबर छ। तर शाहरुखले अहिलेसम्म उक्त फिल्ममा काम गर्ने वा नगर्ने विषयमा जवाफ भने दिएका छैनन्। साहरुखले धुम–४ मा काम गरेको खण्डमा उनको कमब्याक बलियो हुने अपेक्षा गरिएको समाचारमा चर्चा गरिएको छ।
विनोद सिंह विष्ट बैतडी तरकारीले बजार नपाउँदा बैतडीको दुर्गम शिवनाथका किसानहरूलाई समस्या भएको छ। शिवनाथ गाउँपालिका–५ राजीखोलाका स्थानीय किसानहरूले उत्पादन गरेको तरकारीले बजार नपाएको हो।
तरकारीले बजार नपाउँदा उत्पादन बिक्री गर्न समस्या हुने भएकोे शिवनाथ गाउँपालिका–५ का परमल सिंह साउदले बताउनुभयो। मेहनत गरेर उत्पादन गरेको तरकारीले बजार नपाउँदा समस्या हुने गरेको उहाँको भनाइ रहेको छ। तरकारी बिक्रीका लागि स्थानीय बजार सुल्लेखान र मेलौलीसम्म लैजाने गरेको भए पनि बिक्री नहुँने गरेको सेतु साउँदको भनाइ रहेको छ।
तराईबाट आउने तरकारी यहाँको भन्दा सस्तो हुने गरेकाले स्थानीयस्तरमा उत्पादन गरेको तरकारी बिक्री नहुँने गरेको हरिसिंह साउँदले बताउनुभयो। ३ घण्टा बोकेर बजारसम्म पु¥याउने गरेको भए पनि सस्तो मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो।
केही वर्षसम्म राजुखोलाका स्थानीय बासिन्दालाई खानेपानीका लागि समेत समस्या हुने गरेको भए पनि सामाजिक चेतना तथा विकास संघ ९साडा० नेपालद्वारा सञ्चालित कृषि स्वास्थ्य तथा वैकल्पिक जीविकोपार्जन प्रवद्र्धन कार्यक्रम ९पहल० कार्यक्रमले ८ लाखमा बहुउद्देश्यीय पानी प्रणालीमार्फत खानेपानीको योजना सम्पन्न भएपछि त्यस क्षेत्रका बासिन्दा वर्षौंदेखिको खानेपानीको अभावबाट मुक्त भएका हुन्। यसका साथै उनीहरूले योजना सम्पन्न भएपछि तरकारीसमेत उत्पादन गर्न थालेका हुन्।
पहल कार्यक्रमको ४ लाख २७ हजार ७ सय ४८ र स्थानीयको ३ लाख ७३ हजार ३ सय ६१ रुपियाँको लागतमा राजीखोला बहुउपयोगी पानी प्रणाली योजना सम्पन्न भएको पहलका कार्यक्रमका जिल्ला संयोजक लालबहादुर महराले जानकारी दिनुभयो।
भक्तपुरनेस प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकलाई पत्रकारिता जगतले नस्वीकारे कागजको खोस्टो मात्र हुने बताउनुभएको छ।। प्रेस काउन्सिलको सहयोगमा नेपाल पत्रकार महासंघ भक्तपुरले अयोजना गरेको कार्यक्रममा उहाँले स्वतन्त्र प्रेसको घाँटी निमोठ्ने गरी सरकारले संसदमा प्रस्तुत गरेको विधेयकले सञ्चार क्षेत्रको सुधार गर्न थुप्रै पहल गरे पनि प्रेसलाई नियन्त्रण गर्न खोजिएको बताउनुभयो।
सञ्चार क्षेत्रमा आएको विकृति न्यूनीकरण गर्न नयाँ ऐन जरुरी रहे पनि त्यसका लागि काउन्सिलले ड्राफ्ट बुझाएको अहिलेको विधेयक फिर्ता लिएर काउन्सिलले प्रस्ताव गरेको विधेयक अघि बढाउन उहाँले सरकारलाई आग्रह गर्नुभयो। नेपालमा मिडिया हाउस खुल्ने क्रम बढे पनि वर्षौं प्रकाशन प्रसारणमा नआएका सञ्चार माध्यम दर्ता खारेजी गर्ने कानुनी व्यवस्था नहुँदा केही समस्या देखा परेको उहाँको भनाइ थियो।
नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा वरिष्ठ पत्रकार डा। सुरेश आचार्यले देशमा केन्द्रदेखि स्थानीय तहसम्म ७ सय ६१ सरकार बनेका र सबै सरकार प्रेसलाई कुण्ठित गर्न केन्द्रित भएको बताउनुभयो। उहाँले सरकार व्यवस्थापक र पत्रकार तीनै पक्षको कमजोरीका कारण श्रमजीवी पत्रकार ऐन कार्यान्वयन हुन नसकेको उल्लेख गर्नुभयो। न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले बजेटमार्फत सरकारले कर्मचारीको तलब बढाए पनि पत्रकारको पारिश्रमिक नबढाएकामा आपत्ति जनाउँदै समितिले सिफारिस गरेको पारिश्रमिकसमेत लागू नगर्नु दुःख भएको बताउनुभयो।
नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेलले सरकारले ल्याएको प्रेसलाई नियन्त्रण गर्ने कानुन कुनै हालतमा मान्य नहुने बताउनुभयो। महासचिव रमेश विष्टले सरकारले तानाशाही प्रवृत्ति देखाएर लोकतन्त्रको मापकको रूपमा रहेको प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्न खोजको भन्दै आक्रोश पोख्नुभयो। उहाँले सरकारले नेपाल पत्रकार महासंघलाई एउटा सामान्य क्लबको हैसियतमा खुम्च्याउन खोजेको गुनासो गर्नुभयो।
महासंघका कोषाध्यक्ष राजेश मिश्र प्रेस काउन्सिलका सदस्यहरू ईश्वरी ओझा र चेतनाथ धमला पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी काउन्सिलका मुख्य अधिकृत झवीन्द्र भुषाल समय समाजका सम्पादक सोम बजगाई महासंघका जिल्ला उपाध्यक्ष रोशन शिल्पकार सचिव कृष्ण नेपाललगायतले नयाँ मिडिया काउन्सिल विधेयक पत्रकार आचारसंहिता र श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका विविध पक्षबारे चर्चा गर्नुभयो।
दीपेन्द्र शर्मा सुर्खेत आफूलाई भ्रष्टाचारविरोधी अभियान्ता बताउने जुम्लाका ज्ञानेन्द्र शाहीलाई हिरासतमा नराखेको प्रहरी जनाएको छ। शाहीलाई पक्राउ पुर्जीबिनै पक्राउ गरेर हिरासतमा चरम यातना दिइएको भन्दै विरोध भइरहेका बेला कर्णाली प्रदेश प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरेर घटनाका बारेमा जानकारी दिँदै शाहीलाई हिरासतमा नराखेको बताएको हो।
पक्राउ परेलगत्तै शाहीलाई हिरासतमा नराखेर काठमाडौं पठाइएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी महेश विक्रम शाहले जानकारी दिनुभयो। गत वैशाख १८ गते सुर्खेतमा आयोजित आफ्नो पत्रकार सम्मेलनमा नआएको भन्दै कर्णालीका पत्रकारलाई गालीगलौज गरेको भिडियो पोस्ट भएको थियो। नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समिति र सुर्खेत शाखाका तर्फबाट प्रहरीमा जाहेरी दिइएको थियो। पत्रकारहरूलाई दलाल र कुकुर भन्दै अनलाइनमा अन्तर्वार्ता दिएका शाहीलाई जेठ १५ गते सुर्खेतको वीरेन्द्रनगरको खुलामञ्चबाट प्रहरीले पक्राउ गरेको थियो। खुलामञ्चमा भइरहेको कार्यक्रम सम्पन्न भएलगत्तै पक्राउ पुर्जी दिएर शाहीलाई पक्राउ गरिएको र सो क्रममा उनका समर्थकहरूले प्रहरीमाथि ढुंगामुडा गरेको डीआईजी शाहले बताउनुभयो।
शाहीका समर्थकहरूले प्रहार गरेको ढुंगा लागेर ६ जना प्रहरीसहित शाही पनि घाइते भएका हुन् –शाहले भन्नुभयो। शाहीलाई खुलामञ्चबाट पक्राउ गरेर ल्याएपछि प्रहरी निरीक्षकको कक्षमा राखेर सोधपुछ गरिएको तर कुनै किसीमको यातना नदिइएको उहाँले बताउनुभयो। पक्राउलगत्तै शाहीलाई मेडिकल चेकजाँचपछि सीधै काठमाडौंको नाइट बसमा राखेर आवश्यक कारबाहीका लागि पठाएको शाहले जानकारी दिनुभयो। शाहीलाई पक्राउ गर्ने क्रममा प्रहरी निरीक्षक निरञ्जन घिमिरे प्रहरी हबल्दार प्रकाश बुढा र जवानहरू रामसागर बर्मा जितबहादुर बोहरा पवन सुवेदी र हस्त सिंह घाइते भएका थिए प्रहरीले जनाएको छ।। शाहीसँगै प्रहरीले वीरेन्द्रनगर–६ सुर्खेतका प्रेम विक दीपक शाही सिंजा जुम्लाका हिक्मत खत्री मदन शाही कोहलपुर बाँकेकी मेनुका भुसाल र रजिना परियारलाई पक्राउ गरेको थियो। शाहीसँगै पक्राउ परेकाहरूलाई सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाइएको प्रहरीले जनाएको छ।
धनवीर दाहाल रुकुम कुम पूर्वको भूमे गाउँपालिका–८ की अन्जु खड्का उमेरले २१ वर्षकी हुनुभयो। तर उहाँ दुई सन्तानकी आमा भइसक्नुभएको छ। १७ वर्षको उमेरमा विवाह बन्धनमा बाँधिनुभएकी खड्कालाई दुई छोरी हुर्काउन समस्या छ। १७ वर्षको उमेरमा विवाह गरें अञ्जुले भन्नुभयो– १८ वर्षको हुँदा पहिलो नानी जन्मीयो अनि २० वर्षको हुँदा अर्को नानी जन्मियो। अन्जुका श्रीमान् वैदेशिक रोजगारीका लागि कतारमा हुनुहुन्छ। अञ्जु मात्र होइन भूमे–८ कै वीरमाया खड्काले पनि १७ वर्षको उमेरमा विवाह गर्नुभयो। १८ वर्षको उमेरमा छोरा जन्मियो। हाल उहाँको उमेर २२ बर्षको भयो तर उहाँको ३ पटक गर्भ तुहिसक्यो। पहिलो बच्चा राम्रो भए पनि त्यसपछि स्वास्थ्यमा समस्या भएको वीरमायाले बताउनुभयो। अञ्जु र वीरमाया त एक प्रतिनिधि पात्र मात्र हुन्। रुकुमका अधिकांश ठाउँमा अझै पनि व्याप्त रहेको बालविवाहका कारण आमा र बच्चाको स्वास्थ्यमा दिनप्रतिदिन असर पर्दै गएको छ। सुत्केरी अवस्थामा पोषिलो खानपान र स्याहारसुसार नपाएका कारण उनीहरूको स्वास्थ्यमा समस्या सिर्जना हुँदै गएको स्वास्थ्यकर्मीको भनाइ छ।
यता रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–८ की धना जैसीको पनि महिनावारी नहुँदै १३ वर्षको उमेरमा विवाह भएको थियो। धना १३ वर्षकी हुँदा उहाँका श्रीमान् वीरभान १५ वर्षका हुनुहुन्थ्यो। धनाका अनुसार विवाह गरेको एक वर्षपछि एउटा बच्चा र त्यसपछि दुई वर्षको अन्तरालमा लगातार ७ वटा बच्चा जन्मिए तर तीन वटा बच्चाको स्याहार र उपचार पाउन नसकेपछि बचाउन सकिएन। धनाको श्रीमान् भारतमा गएर पैसा कमाउने गर्नहुन्छ। उहाँले भन्न्ुभयो– श्रीमान्को कमाइले घर चलाउनै धौ–धौ भयो। कसरी छोराछोरी विद्यालय पठाउनु रु वरिपरिका हुनेखाने परिवारका बच्चाहरू त पढ्न जान्थे।
मेरा केटाकेटीले त पेटभरि खान पनि पाएनन्। कलिलै उमेरमा विवाह गरेका कारण रुकुमका यस्ता थुप्रै महिलाको जीवन दुःखदायी भएको छ। बालविवाहका कारण पुरुषलाई आिर्थक भार बढ्न पुग्छ भने महिलाको शारीरिक मानसिक विकास अवरुद्ध हुन जान्छ। अझ महिलाको स्वास्थ्यमा गम्भीर समस्या सिर्जना हुने गरेको छ। बालविवाहका कारण किशोरी र बच्चाको अकालमा ज्यान समेत जाने गरेको छ। अधिकारकर्मी दुर्गा बजगाई बालविवाहले महिलामाथि हिंसा बढाइरहेको बताउनुहुन्छ। दुर्गा भन्नुहुन्छ– सचेतनाको कमीले गर्दा वालविवाह रोकिएको छैन। अझै पनि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक छ। बालविवाहका कारण महिलाथि विभिन्न हिंसा भइरहेका छन्। मानसिक हिंसा घरेलु हिंसा यौन हिंसालगायतका हिंसा हुने गरेको अधिकारकर्मी बजगाईंको भनाइ छ। कानुनले तोकेअनुसार २० वर्ष उमेर पुगेपछि मात्र किशोरकिशोरी शारीरिक र मानसिकरुपमा परिपक्व हुन्छन्।
उनीहरूमा हरेक किसिमको निर्णय लिन सक्ने क्षमताको विकास त्यसपछि मात्र हुने गर्छ। उमेर नपुग्दै विवाह गर्दा महिलामा मानसिक शारीरिक आर्थिक सबैखाले समस्या हुने गरेको स्वास्थ्यकर्मीको भनाइ छ। बालविवाह अन्त्यका लागि थुप्रै कानुनी तथा नीतिगत प्रावधान बनेका छन्। संविधानले कानुनविपरीत कार्य गर्नेलाई सजाय गरी पीडितलाई क्षतिपूर्तिको व्यवस्था पनि गरेको छ। बालविवाह न्यूनीकरणका लागि थुप्रै संघ संस्था लागिपरेका भए पनि बालविवाह हुने क्रम नरोकिएको बालअधिकार अधिकृत मानवीर ओलीको भनाइ छ। बालअधिकार अधिकृत ओलीले जनचेतनामूलक कार्यक्रमलाई अझै तिब्र बनाउनुपर्नेमा जोड दिनुभयो। मुसिकोट नगरपालिकाका १६ स्थानमा करिब १ हजार ५ सय किशोरकिशोरीसँग बालविवाह न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रम भइसकेको बालअधिकार अधिकृत ओलीले जानकारी दिनुभयो।
उमेर नपुगी भएको विवाहलाई गैरकानुनी र दण्डनीय कार्यका रुपमा परिभाषित गरिएको छ तर समाजमा अझै पनि बालविवाहको अभ्यास हँुदै आएपछि बालविवाह न्यूनीकरणका लागि काम गर्ने सरकारी तथा गैरसरकारी निकायलाई चुनौती थपिएको छ।
C राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा N S K S M T M +
राजधानीमा बुधबारदेखि आयोजना हुन लागेको राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा उत्कृष्ट लघु घरेलु तथा साना उद्यमी पुरस्कार–२०७६ को तयारी पूरा भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय उद्योग विभागको आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग महासंघको सहआयोजनामा यही जेठ २२ देखि २६ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने सोमबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी उक्त जानकारी दिइएको थियो।
आर्थिक समृद्धिका लागि उद्योग खोलौं औद्योगीकरणका लागि सबै जुटौं भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंहले जानकारी दिनुभयो। २०४२ सालमा १६ वटा जिल्लाका १६ जना उद्यमीहरूलाई भृकुटीमण्डपमा भेला पारी घरेलु तथा साना उद्योग विकास समितिले सरकारी तबरबाट केन्द्रीयस्तरमा शुरू गरेको सानो औद्योगिक प्रदर्शनी विभिन्न आरोह अवरोह पार गर्दै ३०औं श्रृंखलामा आइपुगेको उहाँले बताउनुभयो।
विगतमा घरेलु तथा साना उद्योग विकास समितिले राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा उत्कृष्ट लघु घरेलु तथा साना उद्यमी पुरस्कार कार्यक्रमका नामबाट मुलुकभर छरिएर रहेका लघु घरेलु तथा साना उद्योगका उत्पादनलाई राष्ट्रिय बजारमा मूल प्रवाहीकरण गर्ने र उद्यमीलाई सम्मान तथा पुरस्कृत गरी हौसला प्रदान गर्दै आएकोे छ। २०४६ सालदेखि कार्यक्रममा उत्कृष्ट उद्यमी पुरस्कारसमेत समावेश गरी सञ्चालन हुँदै आएको कार्यक्रमले अहिलेसम्म आइपुग्दा सयौं लघु घरेलु तथा साना उद्यमीलाई पुरस्कृत भइसकेका छन। महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले हालसम्म ४ लाख १८ हजार ५२ घरेलु र साना उद्योग दर्ता भएको भए तापनि आर्थिक वर्ष २०७४०७५ सम्मको तथ्यांक हेर्दा मुलुकभर दर्ता कायम रहेका घरेलु तथा साना उद्योगहरूको संख्या ३ लाख २१ हजार १३ देखिएको बताउँदै तीमध्ये घरेलु उद्योगको संख्या १७ हजार २ हजार ८९ रहेको जानकारी दिनुभयो।
विभिन्न तथ्यहरू हेर्दा लघु घरेलु तथा साना उद्योगको उत्पादनको विविधिकरण र प्रवद्र्धनबिना स्वतन्त्र र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सम्भव नदेखिएको भन्दै अध्यक्ष गिरीले स्वदेशी वस्तुको उत्पादन बढाई रोजगारका अवसरसमेत सिर्जना गरी आर्थिक समृद्धि हासिल गर्न टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।
महासंघले लघु घरेलु तथा साना उद्योगका उत्पादनलाई प्रदर्शनीको माध्यमबाट क्रेता विक्रेताबीच सम्पर्क बढाई बजार प्रवद्र्धनमा सहयोग गर्ने राष्ट्रियस्तरमा मागअनुरुपका वस्तु उत्पादन गर्न उद्यमीलाई प्रोत्साहन गर्ने र मुलुकभरका उद्यमीहरूको सीप प्रविधि र उद्यमशीलताको कदर गरी राष्ट्रियस्तरमा सम्मान र पुरस्कृत गर्ने उद्देश्यका साथ यो प्रदर्शनीको आयोजना गरिँदै आएको बताउनुभयो।
प्रदर्शनीमा २ सय लघु घरेलु तथा साना उद्योगका उत्पादनहरूको स्टल रहनेछन् जसमध्ये ७७ जिल्लाबाट कम्तीमा एक उद्यमीको सहभागिता सुनिश्चिता गरिएको छ। प्रदर्शनी अवधिभर १ लाख ५० हजारले अवलोकन गर्ने र ५ करोडभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ।
अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पसंग बेलायत भ्रमणमा पुगेका राष्ट्रपति ट्रम्पले बेलायती महारानी एलिजावेथ द्वितीयासंग भेटघाट गरेका छन्। ट्रम्प दम्पतीले बकिंघम प्यालेस निजी लन्च र स्वागत कार्यक्रममा सहभागी भएका छन्।
सोमबार बिहान सबेरै ट्रम्प र मेलानिया अमेरिकी वायु सेनाको विशेष विमानबाट बेलायत आइपुग्नासाथ तिनीहरुलाई राजधानी लन्डनको मध्य भागस्थित अमेरिकी राजदूतको निवासमा लगिएको थियो।
भ्रमणको अवधिभरि ट्रम्प दम्पती त्यहीँ बस्ने बताइएको छ। बेलायतको भूमि टेक्नु केही मिनेटअघि मात्र ट्रम्पले लन्डनका मेयर सादिक खानको आलोचना गरेका थिए। खानसंग उनको विगतमा पनि मनमुटाव रहेको थियो। ट्रम्पले ट्विटरमार्फत भनेका छन् खान पराजित मानसिकताका व्यक्ति हुन्। तैपनि मैले उनीसंग भेट्ने अपेक्षा गरेको छु। खानले ट्रम्पका लागि बेलायतले रातो कार्पेट बिछ्याउनु नपर्ने प्रतिक्रिया दिएका थिए। ट्रम्पको तीनदिने औपचारिक भ्रमणको क्रममा लन्डन म्यानचेस्टर वेलफास्ट र बकिंघममा उनीविरुद्ध प्रदर्शन गरिने कार्यक्रम छन्।
सत्ताबाट बाहिरिन लागेकी बेलायती प्रधानमन्त्री टेरेजा मे र ट्रम्पबीच मंगलबार भेटवार्ता शुरु हुने भएको छ। तिनीहरु बीचको वार्ता जलवायु परिवर्तन तथा चिनियाँ प्राविधिक कम्पनी हुबावे बारे केन्द्रित रहने अनुमान गरिएको छ।
सिंगापुर सिटी सिंगापुरतर्फ आउँदै गरेको एउटा यात्रुवाहक विमानमा आइतबार बम रहेको सूचना प्राप्त भएपछि वायुसेनाको दुईवटा लडाकू जेट विमानलाई त्यसको एस्कर्टिङका लागि खटाइएको छ। तर अधिकारीले पछि सो सूचना झुठो सावित भएको बताएका छन्।
फिलिपिन्सको सेवुबाट कल साइन टीआर ३८५ बोकेर उडेको तथा १ सय ४४ जना यात्रु सवार सो विमानमा बम रहेको सूचना प्रहरीलाई प्राप्त भएको थियो। स्थानीय सञ्चार माध्यमले सोही विमानमा रहेका १३ वर्षीय किशोरमाथि उक्त अफवाह फैलाएको आरोप लगाएको जनाइएको छ।
अहिले ती किशोरले अनुसन्धानरत प्रहरीलाई आवश्यक सहयोग गरिरहेका छन्। सिंगापुर क्यारियर स्कुटका प्रवक्ताले न्युज आउटलेट दि स्ट्रेट्स टाइम्सलाई दिएको जानकारीअनुसार १ सय ४४ यात्रु र ६ जना चालक दलका सदस्यसहितको सो विमान स्थानीय समयअनुसार आइतबार ४ बजेर ४९ मिनेट जाँदा चान्गी विमानस्थलमा सकुशल अवतरण भएको थियो।
सिंगापुरका रक्षामन्त्री एनजी इन्ग हेनले सिंगापुरले कुनै पनि खतरा सूचना झुठो प्रमाणित नहुन्जेल त्यसलाई वास्तविक नै ठान्ने प्रतिक्रिया दिएका छन्।
नेपाल समाचारपत्र काठमाडौं बाराको सिमरास्थित विशेष आर्थिक क्षेत्रअन्तर्गत सञ्चालनको तयारीमा रहेको गार्मेन्ट प्रोसेसिङ् जोन ९जीपीजेड० मा थप पूर्वाधारको व्यवस्था भए मात्र उद्योग स्थापना गर्न सकिने सरोकारवाला उद्योगीले बताएका छन्। अहिलेकै अवस्थामा तयारी पोसाक उद्योग स्थापना गर्न बढी लगानी पर्ने भएकाले पूर्वाधार सुविधा बढाउनुपर्ने उनीहरूले माग गरेका छन्।
नेपाल आर्थिक पत्रकार समाज ९सेजन० इकोनोमिक पोलिसी इन्कुबेटर ९ईपीआई० र यूके एडले सोमबार राजधानीमा संयुक्तरूपमा आयोजना गरेको एक्सिलेरेटिङ इन्डस्ट्रियलाइजेसन इन सिमरा जीपीजेड नामक अन्तरक्रिया कार्यक्रमका सहभागीले प्रोसेसिङ जोनबाट लाभ लिन यसको संरचनात्मक प्रशासनिक र पूर्वाधार सुधारमा जोड दिएका हुन्। कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवं ईपीआइका टिम लिडर डा। शङ्कर शर्माले बङ्गलादेशको अनुभवबाट सिकेर तयारी पोशाकलाई नेपालको औद्योगीकरणको आधारको रूपमा उपयोग गर्न सकिने बताउनुभयो।
विदेशमा नेपाली तयारी पोसाकको आफ्नो छुट्टै पहिचान रहेकाले यसको बजार मूल्यलाई प्रतिस्पर्धी बनाई विगतमा जस्तै निर्यात बढाउन सकिने उहाँको भनाइ थियो। गार्मेन्ट एसोसिएसन नेपालका अध्यक्ष चन्डीप्रसाद अर्यालले सेजमा उद्योग स्थापनाका लागि कायम गरिएको प्रतिवर्गफुट २० रुपियाँबाट घटाएर ३ देखि ५ रुपियाँ कायम गर्नुपर्ने बताउनुभयो। त्यस्तै उहाँले अहिले सञ्चालनमा रहेका उद्योगले जस्तो किसिमको सुविधा पाइरहेका छन् त्यस्तै सुविधा सेजमा पनि पाएमा मात्र उद्योग स्थानान्तरण गर्न सकिने स्पष्ट पार्नुभयो। घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले सिमरामा उद्योग स्थापना गर्दा दिने सुविधा मुल्यांकन गरेर मात्रै भैरहवा काठमाडौं अथवा अन्य ठाउँका उद्योग त्यहाँ जान सक्ने बताउनुभयो। त्यस्तै उहाँले कोटा प्रणालीमा निर्भर रहेर भन्दा पनि नेपाली तयारी पोसाकलाई सधैं प्रतिस्पर्धी बनाउने गरी सरकारी सहयोग आवश्यक रहेको भनाइ राख्नुभयो।
पूर्ववाणिज्य सचिव पुरुषोत्तम ओझाले सेजको भाडादर ऐनमा उल्लेख नगरेर यसमा लचक हुनुपर्ने धारणा राख्नुभयो। त्यस्तै सेजमा उद्योग स्थापना गर्दा र बाहिर स्थापना गर्दा हुने लाभको मूल्यांकन गरेर सेजतर्फ आकर्षित गराउने रणनीति तयार गर्नुपर्ने उहाँको सुझाव थियो। पूर्वसचिव विमल वाग्लेले सेजमा व्यवसायमैत्री वातावरण बनाउन सरकारले ध्यान दिनुपर्ने बताउनुभयो। उद्योगलाई स्थानान्तरण गर्दा उद्योगीले थप फाइदा खोज्ने भएकाले सेजमा त्यस्तो सुविधा उपलब्ध गराउनुपर्ने उहाँको सुझाव थियो। पस्मिाना उद्योग संघका अध्यक्ष दुर्गाविक्रम थापाले सेजमा उद्योग स्थापना गर्दा बैंक ब्याजदर बढ्दैन भन्ने प्रत्याभूति आवश्यक रहेको बताउनुभयो।
नेपाल उद्योग वाणिज्य महासंघको उद्योग समितिका सभापति अन्जन श्रेष्ठले सेजमा पुराना उद्योग जान पाउने वा नपाउने विषयमा अहिले नै स्पष्टता आवश्यक रहेको बताउनुभयो। त्यस्तै उद्योग स्थापनाअघि नै सेजसँग सम्बन्धित समस्या समाधान गर्नुपर्ने उहाँको सुझाव थियो। नेपाल उद्योग परिसंघका बैंकिङ समितिका सभापति अनलराज भट्टराईले सेजमा उद्योगीलाई सुविधा दिनैपर्ने जोड दिनुभयो। महिला उद्यमी महासंघ नेपालका द्वितीय उपाध्यक्ष निरु रायमाझी खत्रीले सेजमा स्थापना हुने उद्योगले स्थानीयस्तरमै उपलब्ध हुने कच्चा पदार्थको प्रयोगमा बढी जोड दिनुपर्ने बताउनुभयो।
कार्यक्रममा सेज प्राधिकरणका कार्यकारी निर्देशक डा। चन्डिका भट्टले गार्मेन्ट प्रोसेसिङ जोनको संरचना निर्माणको अधिकतम काम पूरा भए पनि उद्योग सञ्चालनका लागि आवेदन प्राप्त नभएको बताउनुभयो। विद्युत् ढल पानी आपूर्ति प्रशासनिक भवन निर्माणजस्ता कामहरू अगाडि बढिरहे पनि उद्योगीले चासो नदेखाएको जानकारी दिनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामचन्द्र ढकालले सेजमा उद्योग स्थापना गर्न उद्योगीलाई आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताउनुभयो।
नेपाल समाचारपत्र काठमाडौं तेस्रो हिमालयन ट्राभल मार्टको बिहीबारबाट राजधानीमा शुरू हुने भएको छ। नेपाललाई हिमालयन प्रवेशद्वारका रूपमा परिचित गराउँदै नेपालको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यका साथ सन् २०१७ देखि वार्षिक कार्यक्रमका रूपमा आयोजना गरिँदै आएको छ। हिमालयन ट्राभल मार्टको तेस्रो संस्करणको तयारी पूरा भएको पाटा नेपाल च्याप्टरले सोमबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको छ। नेपाललाई हिमालय प्रवेशद्वार तथा साहसिक पर्यटकीय गन्तव्यका रूपमा विश्वसामु स्थापित गर्ने हेतुले हिमालयन ट्राभल मार्ट जेठ २३ देखि २६ गतेसम्म काठमाडौंमा हुने भएको छ। मार्टको यसअघि सम्पन्न भएका दुई संस्करणको सफल आयोजनाले नेपाली पर्यटन क्षेत्रको प्रचार–प्रसार तथा प्रवद्र्धनमा नयाँ आयाम थपेको पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायले बतानुभयो।
उहाँले हिमालयन ट्राभल मार्ट नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सशक्त माध्यम भएको बताउनुभयो। नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा आयोजना गर्न लागिएको मार्टले भ्रमण वर्षलाई सफल बनाउन पनि थप सहयोग मिल्नेछ। उक्त मार्टको आयोजनाले नेपाललाई अन्तर्राष्ट्रियरूपमा चिनाउने सशक्त ब्रान्डका रूपमा विकसित हँुदै गएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० दीपकराज जोशीले बताउनुभयो।
उहाँले हिमालयन ट्राभल मार्टले छोटो समयमै विश्व पर्यटन बजारमा राम्रो ख्याति प्राप्त गरिरहेको र धरै पर्यटन स्रोत बजारहरूबाट मार्टमा सहभागिताका लागि चाहना बढ्दै जानुले यसको लोकप्रियता पनि बढ्दै गएको जोशीको भनाइ छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय नेपाल पर्यटन बोर्ड नेपाल वायुसेवा निगम तथा पाटा अन्तर्राष्ट्रिय एवं पर्यटन क्षेत्रका विभिन्न संघ–संस्थाहरूको सहयोग समन्वय तथा सहकार्यमा प्यासिफिक एसिया ट्राभल एसोसियसन ९पाटा० नेपाल च्याप्टरले मार्टको आयोजना गर्न लागेको हो।
हिमालयन ट्राभल मार्टले छोटो समयमै विश्व पर्यटन बजारमा राम्रो ख्याति प्राप्त गरिरहेको र धरै पर्यटन स्रोत बजारहरूवाट मार्टमा सहभागिताका लागि चाहना बढ्दै जानुले यसको लोकप्रियता पनि बढ्दै गएको पाटा नेपाल च्याप्टरका अध्यक्ष सुनील शाक्यले बताउनुभयो। हिमालयन ट्राभल मार्ट देशकै प्रमुख अन्तर्राष्ट्रिय ट्राभल ट्रेड मेलाको रूपमा स्थापित हुँदै गइरहेको छ।
नेपालमा आयोजना गरिने बी–टु–बी कार्यक्रमले पर्यटन प्रवद्र्धन तथा व्यवसायीहरूका बीच सञ्जाल विस्तार गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। हिमालयन राष्ट्रहरूबाट बिक्रेताहरू तथा विश्वव्यापी क्रेताहरूलाई एउटै मञ्चमा भेला गराई उनीहरूबीच व्यापार आदान–प्रदान तथा सम्बन्ध सञ्जाल विस्तारको उद्देश्यले पाटा नेपाल च्याप्टरद्वारा यस विजनेस–टु–विजनेस मार्टको परिकल्पना गरेको हो।
यस पटकको बी–टु–बी मार्टमा ३० मुलुकबाट विश्वव्यापी क्रेता कम्पनीहरू र ६ वटा मुलुक ९नेपाल भारत पाकिस्तान चीन भुटान र थाइल्यान्ड० बाट ५४ विक्रेता कम्पनी तथा संस्थाले सहभागिता जनाउने भएका छन्। मार्टमा ३८ जना अन्तर्राष्ट्रिय ट्राभल ब्लर्गस तथा मिडिया प्रतिनिधिले सहभागिता जनाउने भएका छन्। समग्रमा नेपालसहित ४३ देशका करिब ७ सय जनाले मार्टमा सहभागिता जनाउने च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालले बताउनुभयो। तेस्रो हिमालयन ट्राभल मार्टमा आयोजना गरिने कार्यक्रमहरू नेपाल भ्रमण वर्ष २०२० को पूर्वतयारी एवं निर्धारित लक्ष्य प्राप्तिमा समेत केन्द्रित रहने आशा आयोजकले गरेको छ।
भ्रमण वर्षलाई सफल बनाउन मार्टको तेस्रो दिन जेठ २५ गते राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्लगर्स तथा मिडियालाई नेपालका पर्यटकीय गन्तब्यबारे ब्रिफिङ गरिने कार्यक्रम रहेको छ। मार्टमा नेपाल पर्यटन बोर्डबाट विनियोजित २ करोडसहित विभिन्न निजी क्षेत्रको सहयोग तथा सौजन्य गरी कुल ६ करोड खर्च लाग्ने पाटा नेपाल च्याप्टरले जनाएको छ।