text
stringlengths 1
75.3k
|
---|
उहाँले भन्नुभयो सरकारले ल्याएको अरु बजेट त खासै गतिलो छैन तर जुन सामाजिक सुरक्षा भत्ता बढायो त्यो चै सारै राम्रो छ र फलदायी हुनेछ । सरकारले जेठ १५ गते आव २०७६÷७७ को बजेटमार्फत तीन हजार वृद्धभत्ता र एकल महिलाको मासिक रु दुई हजार पु¥याएको छ । आर्थिक वर्ष २०७६÷७७ मा सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत कूल रु ६४ अर्ब ५० करोड विनियोजन गरिएको छ । यसबाट राज्यको संरक्षण आवश्यकपर्ने करीब नौ लाख व्यक्तिको जीवनयापनमा सहजता आउने अपेक्षा गरिएको छ ।
|
विपत्बाट बचाउन सेतीमा अभ्यास
|
जिल्लामा प्राकृतिक विपद्मा बच्न र बचाउन घटना अभ्यास गरिएको छ । सेती नदीमा अभ्यास भइरहँदा नदी छेउ भएर हिँड्नेयात्री भने एकछिन् अचम्ममा परे साँच्चै हो की रु तर त्यो घटना अभ्यास मात्रै थियो । प्राकृतिक विपद्का विभिन्न घटनाबाट कसरी बच्न र बचाउन सकिन्छ भन्ने बारेमा जानकारी दिन नेपाल रेडक्रस सोसाइटी डोटीले विपद् प्रतिकार्यका लागि सामुदायिक पहल कार्यक्रमअन्र्तगत गरिएको कृतिम घटना अभ्यास थियो । नेपाल प्रहरी नेपाली सेना र स्थानीयवासीको सहभागितामा गरिएका विभिन्न अभ्यासले धेरै कुरा जान्ने अवसर पाएको दिपायल सिलगढी नगरपालिका–३ का स्थानीयवासीले बताउनुभयो । सेती नदीमा एक जना मान्छे बचाउँ बचाउँ भन्दै बगिरहेको थियो प्रहरी र सेनाको उपस्थितिमा तालीम प्राप्त उद्धारकर्ताले उनलाई बचाइरहेको देख्दा कसलाई के भयो भनेर हतारमा दौडेर आए तर त्यो वास्तविक रहेनछ हामी त चकित प¥यौ स्थानीयवासी शङ्करले भन्नुभयो ।
|
डोटीका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले बर्खाको समय शुरु भएकाले प्राकृतिक विपद्का घटना जति बेला पनि घट्न सक्छन् त्यसैले हामीले यो पूर्व अभ्यास गरेको बताउनुभयो ।
|
असिनाले लाखौको तरकारीमा क्षति
|
जिल्लामा शुक्रबार र शनिबार राति परेको असिना पानीले लाखौँको तरकारी तथा फलफूलमा नोक्सानी गरेको छ । शुक्रबार र शनिबार राति करीब दुई घण्टा परेको असिनापानीले यहाँका किसानले लगाएका तरकारी मकैबाली फलफूल नष्ट गरेको बडिकेदार गाउँपालिका–१ विपीनगरका स्थानीयवासी रोजबहादुर कलेलले बताउनुभयो । उहाँले भन्नुभयो असिनाले उम्रिएका मकैका बोट काँक्रालगायतका तरकारी नष्ट गरेको छ किसानलाई निकै समस्या भएको छ ।
|
असिनाले यहाँका गाउँघरमा रोपाइँ गर्न तयारी अवस्थामा रहेको धानको बीउमा समेत क्षति पु¥याएको केआइसिंह गाउँपालिका– २ का स्थानीयवासी दीपक खवासले जानकारी दिनुभयो । कृषि ज्ञानकेन्द्र सिलगढीले दिएको जानकारी अनुसार जिल्लामा असिनापानीले करीब दुई सय हेक्टर खेतमा लगाइएको तरकारी तथा फलफूलमा नोक्सानी भएको छ ।
|
विद्यार्थीलाई शैक्षिक सामग्री र पोशाक
|
जिल्लामा रहेका विपन्न तथा असहाय बालबालिकाहरुलाई एक संस्थाले शैक्षिक सामाग्री तथा विद्यालय पोशाक वितरण गरेको छ । सामुदायिक विकास केन्द्र डोटीले दिपालय सिलगढी नगपालिका–८ लडागडा र पूर्वीचौकी गाउँपालिका–७ पोखरीमा रहेका एक हजार ४०० विपन्न वर्गका बालबालिकालाई आज विद्यालय पोशाक तथा शैक्षिक सामग्री वितरण गरेको सो संस्थाका अध्यक्ष हेमराज जोशीले जानकारी दिनुभयो । उक्त संस्थाले वितरण गरेका सामग्रीमा कापी कलम झोला डड्पेन इरेजर सापनर औजार लगायतका छन् ।
|
कूल एक हजार ६२१ जना विपन्न वर्गका बालबालिकालाई विद्यालय पोशाक तथा शैक्षिक सामग्री वितरण गर्ने योजना रहेकोमा अहिलेसम्म एक हजार ४०० बालबालिकालाई सामग्री वितरण गरिसकिएको सो संस्थाका शिक्षा विकास अधिकृत एकराज बडूले बताउनुभयो ।
|
दीपक खनाल मिडिया बजारमा फेरि पुरानै माल बिकाऊ बनेको छ । बासी विषय साजी बनेर छ्यालब्याल भइरहेको छ । हुन त कला जानेको र पैसा मात्र कमाउने उद्देश्य बोकेको व्यापारीले बासी भात वा सामानका पनि अनेक परिकार बनाएर बेच्न सक्दछ । नगनाइसकेको बासी भात घ्यू हालेर भुट्दा एकछिन भोक मार्नका लागि दामी हुन्छ अर्थात् त्यसलाई फ्राइ राइस बनाउँदा नयाँ परिकार बन्न सक्छ ।
|
त्यसरी नै सामग्री पुरानै तर नयाँ बनेको नेपाल कम्युनिष्ट पार्टीनेकपा भित्रको मूल शीर्ष नेतृत्वबीचको पुरानो सम्झौता अहिले मिडिया बजारमा नयाँ परिकार वा माल बनेर आइरहेको छ । त्यसलाई सबैजसो मिडियाले हकर बनेर लौ नयाँ माल आयो नयाँ माल आयो भनिरहेको अवस्था छ यतिबेला । यो हुन स्वाभाविक नै हो किनभने सधैँ मनी र मसल को वरिपरि घुमिरहने अथवा त्यसैलाई स्कूप न्युज ठान्ने मिडियाले त्यत्तिको हाइट का नेताको अभिव्यक्तिलाई समाचार नबनाउने कुरै भएन ।
|
सिद्धान्त मन शरीर भन्दा टाउको मात्र मिलेको नेकपाको अन्तरसम्बन्धमा बेला–बेलामा दरार पैदा हुनु अस्वाभाविक हैन । पछिल्लोचरणमा भने सोही पार्टीका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै विगत कोट्याइदिएपछि यो माल अथवा दुई अध्यक्षबीचको लिखित भद्र सहमतिले बजारी चर्चा र मोल पाएको हो ।
|
यो कुरा बाहिर आएपछि पक्षविपक्षका मिडियाले आ–आफ्नै शैली दृष्टिकोण सिद्धान्त स्वार्थअनुसार त्यसलाई उछालिरहेका छन् । तर अभिव्यक्ति दिएको तेस्रो दिनमै अध्यक्ष प्रचण्डले नै आफ्नो भनाइ केही सच्याउनुभएको छ । उहाँले पूर्वेली प्रधानमन्त्री एवम् आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीकै प्रदेश पुगेर पाँचै वर्ष ओलीले नै सरकार चलाउन सक्ने बताउनुभएको छ । शान्ति प्रक्रियामा आएको १३ वर्षमा मिडियाका समेत अन्तर्य बुझिसकेका प्रचण्डले कुटनीतिक पारामा यो पनि भन्नुभएको छ कि मिडियाले पुरानै कुरालाई नयाँ बनाएर अनावश्यक प्रचार ग¥यो ।
|
प्रचण्डले भनेजस्तै सहमतिको यो विषय नयाँ त होइन तर प्रधानमन्त्री ओली मोदीको शपथमै गएका बेला किन पुरानो सहमति कोट्याउनुभयो भन्ने सन्दर्भ बढी चोटिलो छ । यो कुरा संयोग मात्र नहुन सक्छ । राजनीतिक तरङ्ग ल्याउनकै लागि प्रचण्डले समय पारेर उक्त भनाइ कोट्याएको हुनुपर्छ । किनकि प्रचण्ड नेपाली मात्र नभै विश्व राजनीतिको तलाऊमा बेला–बेलामा ढुंगा हानेर तरङ्ग ल्याउन माहिर हुनुहुन्छ । केहीअघिको उदाहरण हेरौँ न समकालीन विश्वको महाशक्ति राष्ट्र अमेरिकालाई समेत छक्याउने गरी प्रचण्डले नै भेनेजुयलाको पक्षमा दिनुभएको प्रेस वक्तव्य ।
|
पुरानै तर नयाँ बनेको नेपाल कम्युनिष्ट पार्टीनेकपा भित्रको मूल शीर्ष नेतृत्वबीचको पुरानो सम्झौता अहिले मिडिया बजारमा नयाँ परिकार वा माल बनेर आइरहेको छ । त्यसलाई सबैजसो मिडियाले हकर बनेर लौ नयाँ माल आयो नयाँ माल आयो भनिरहेको अवस्था छ यतिबेला । यो हुन स्वाभाविक नै हो किनभने सधैँ मनी र मसल को वरिपरि घुमिरहने अथवा त्यसैलाई स्कूप न्युज ठान्ने मिडियाले त्यत्तिको हाइट का नेताको अभिव्यक्तिलाई समाचार नबनाउने कुरै भएन ।
|
प्रचण्डलाई बनाउन सक्ने र उतिखेरै भत्काउन पनि सक्ने नेता मानिने गरेको छ । १० वर्षे जनयुद्धका सर्वाेच्च कमाण्डर प्रचण्ड १३ वर्षको संसदीय मनयुद्धका पनि राम्रै राजनीतक खेलाडी बनिसक्नुभएछ । पछिल्लो अभिव्यक्तिसँगै फेरि उहाँले भनेजस्तै निरन्तरतामा क्रमभङ्गता भएको छ । यसको प्रभाव खासगरी नेकपाभित्रै पर्ने देखिन्छ । तर यो अभिव्यक्तिकै कारण उक्त पार्टी अहिले नै फुटको संघारमा पुग्छ भन्ने मलाई लाग्दैन । त्यसो भयो भने नेकपा भन्ने पार्टी रहँदै रहँदैन अब ।
|
अन्यथा नमान्ने हो भने ५२ सालदेखि अहिलेसम्मको नेपालको राजनीति तत्कालीन नेकपा माओवादी र शान्ति प्रक्रियापछि प्रचण्डकै वरिपरि घुमिरहेको छ । ५२ देखि सर्वाेच्च शक्ति खेलाउँदै आउनुभएका प्रचण्ड एमाले–माओवादीको एकतापछि एक वर्षयता पहिलेको जस्तै निर्णायक भूमिकामा रहेर एक्लैले राज्यसत्ता र पार्टीसत्ता चलाउन पाउनुभएको छैन । राज्यसत्तामा त देखिने गरी रहनै सक्नुभएको छैन भने पार्टीसत्तामा दोस्रो दर्जामा हुनुहुन्छ प्रमुख भूमिकाविहीन अवस्थामा । उहाँ एक्लैले खासै कुनै निर्णय गर्न नसक्ने भएकाले नै एक वर्षसम्म पार्टी एकताले टुङ्गो लाग्न नसकेको हो भन्छन् जानिफकारहरू ।
|
यद्यपि एउटै पार्टीमा दुई अध्यक्ष भएकाले सहमतिमा नै निर्णय गर्नुपर्ने हुँदा एकता लम्बिनुलाई अन्यथा मान्न हुँदैन । तर राजनीतिक शक्तिका राष्ट्रियअन्तर्राष्ट्रिय खेलाडी प्रचण्डलाई भूमिकाबिहीन भएर बस्दा सकसक सकसक लागेकाले कि प्रधानमन्त्री कि पूरा अध्यक्ष चाहेको हुनसक्छ । उहाँलाई बढी रहर अभल ठूलो पार्टीको एक्लो अध्यक्ष बन्ने नै हुनुपर्छ । किनकि पार्टीसत्ता राज्यसत्ताको तुलनामा दिगो र दीर्घायु हुन्छ । त्यसैको लागि यो कार्ड फालेको हुनसक्छ । दुई भीमकाय पार्टी मिलेर एउटै अजङ्ग पार्टी बनेको अवस्थामा पावर सेयरिङ का कुरा गर्नुलाई नाजायज मान्न नसकिने तर्कहरू पनि आएकै छन् । अर्काे आँखाले हेर्दा नेकपाको एकता अझै मजवूत बनाउन यस्तो अभिव्यक्ति दिएको पनि हुनसक्छ जसले पार्टीलाई छिटो तार्किक एकतामा लैजान दबाब देओस् ।
|
तर प्रचण्डको अभिव्यक्तिले प्रधानमन्त्री ओलीलाई धर्मसंकट परेको छ । दवाब बढेको छ । लिखितै सहमति भएकाले उहाँले कुनै दिन प्रधानमन्त्री या अध्यक्षमध्ये एक त छाड्नु नै पर्ने हुन्छ होला पार्टी एकता जोगाउनका लागि पनि । यदि समझदारी भएन भने त्यो अवस्था जबर्जस्त आउन पनि सक्छ किनकि नेकपाभित्रै उहाँलाई साथ दिने सबै छैनन् । शीर्ष नेताहरू माधवकुमार नेपाल झलनाथ खनाल वामदेव गौतम नारायणकाजी श्रेष्ठहरू समेत प्वाइन्ट–प्वाइन्टमा गौँडा कुरेर बसिरहनुभएको छ ।
|
उहाँलाई पार्टीभन्दा एउटा गुट चलाएको भन्ने आरोप पनि लाग्ने गरेको छ । तर यही पदीय विवादलाई लिएर पार्टी फुटाउने अवस्थामा जानैहुन्न नेकपा । यो उसका लागि मात्र हैन देश र जनताका लागि पछिसम्म घातक हुनेछ । जनता राणाशासनविरुद्धको लडाईमा समाहित भए पञ्चायत फाल्न जुर्मुराए झापा विद्रोह जनयुद्धमा लामवद्ध भए अनि दोस्रो जनआन्दोलनमा समेत साथ र हात दिए । संविधानसभाको निर्वाचन गणतन्त्र घोषणा र ५८ वर्षपछि नेकपालाई दुई तिहाइ मत दिन निःशर्त तयार भए । यदि यो जनचाहनाप्रति वेवास्ता गर्दै पदकै कारण नेकपा टुट्ने–फुट्ने स्थिति आयो भने क्रिटिकल–मास जनताले यसलाई गम्भीर धोका सम्झेर नयाँ विकल्प खोज्नेछन् । त्यसैले यो विषयलाई हो–हल्ला गरेर हैन भित्रै सहमति गरेर सल्ट्याउनुपर्छ नेकपाले । खनाल स्वतन्त्र पत्रकार हुन्
|
C एक हजार २ सय रोपनीको अवैध गाँजा खेती नष्ट N S K S M T M +
|
काठमाडौं । गोकर्णेश्वर नगरपालिका१ सुन्दरीजलस्थित करिब १ हजार २ सय रोपनीमा अवैध रुपमा लगाएको गाँजा खेती सोमबार प्रहरीले नष्ट गरेको छ । उक्त नगरपालिकाका अन्तर्गतका क्षेत्रमा लागूऔषध गाँजाको खेती भइरहेको प्राप्त सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्त कुमार लामाको नेतृत्वमा खटिएको प्रहरीले उक्त गाँजा खेती नष्ट गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
|
C ल्यापटपसहित मोबाइल चोरी गर्ने चार जना पक्राउ N S K S M T M +
|
पर्सा । काठमाडौं उपत्यकाका विभिन्न होस्टेलबाट मोबाइल तथा ल्यापटप चोरी गरेको अभियोगमा ४ जनालाई महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले आइतबार पक्राउ गरेको छ ।
|
पक्राउ पर्नेहरुमा काठमाडौं बानेश्वर बस्ने कैलाली टिकापुर नगरपालिका९ बनगाँउ घर भएका २३ वर्षीय बालकृष्ण चौधरी काठमाडौं कालोपुल बस्ने सोही ठाउँ घर भएका २३ वर्षीय राजन थापा काठमाडौं काडाँघारी बस्ने काभ्रेपलान्चोक चौरी देउराली गाउँपालिका५ घर भएका २३ वर्षीय शिखर गौतम र काठमाडौं रामहिटी बस्ने उदयपुर रौतामाई गाउँपालिका१ घर भएका २४ वर्षीय डेबिट भन्ने बिष्णु बहादुर तामाङ रहेका छन् ।
|
उनीहरुको साथबाट प्रहरीले विभिन्न कम्पनीका ल्यापटप ९ थान र मोबाइल ५ थान समेत बरामद गरेको छ । पक्राउ परेकामध्ये बालकृष्ण र राजन चोरी गर्ने कार्यमा संलग्न रहेको तथा शिखर र बिष्णुबहादुर चोरीको सामान खरिद गर्ने कार्यमा संलग्न रहेको खुल्न आएको छ । पक्राउ उनीहरुलाई थप आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।
|
C नेपाल प्रहरी श्रीमती संघको अग्रसरतामा जनचेतनामूलक कार्यक्रम सम्पन्न N S K S M T M +
|
नेपाल प्रहरी श्रीमती संघको अग्रसरतामा जनचेतनामूलक कार्यक्रम सम्पन्न
|
बर्दिया । गुलरिया नगरपालिकाका उपमेयर सुशिला गिरीको प्रमुख आतिथ्य तथा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष प्रमिला खनालको अध्यक्षतामा समुदायप्रहरी साझेदारी अवधारणा अन्तर्गत बर्दियास्थित कृष्णसार रिसोर्टमा सोमबार जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
|
नेपाल प्रहरी श्रीमती संघ र आसरा सुधार केन्द्र रानीबारीको संयुक्त आयोजना र अग्रसरतामा बर्दियास्थित ध्रुव मावि बंगलामुखि मावि कोटही मावि र मकदेव माविमा अध्ययनरत विद्यार्थीहरुलाई उक्त जनचेतनामूलक कार्यक्रम संचालन गरिएको हो ।
|
कार्यक्रममा गुलरिया नगरपालिकाका उपमेयर सुशिला गिरी जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ तथा आसरा सुधार केन्द्रकी सचिव महिमा शाह समेतले समुदायप्रहरी साझेदारी कार्यक्रमको महत्वबारे प्रकाश पार्नुभएको थियो । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेश नाथ बास्तोलाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी निरीक्षक पुर्णिमा चन्दले लागूऔषध दुर्व्यसन घरेलु हिंसा र यौन हिंसा लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
|
सो अवसरमा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु प्रहरी अधिकृतहरु विद्यार्थीहरु लगायत स्थानीयबासीको उपस्थिति रहेको थियो ।
|
बैतडी । बैतडीको देहीमाण्डौंमा जारी दोश्रो संस्करणको मेयर कप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाईनल समीकरण पुरा भएको छ । सोमवार लिग चरणका खेल सम्पन्न भएसंगै सेमिफाइनल समिकरण पुरा भएको हो ।
|
निंगलाशैनी खेल मैदान देहिमाडौंमा सम्पन्न लिग चरणको अन्तिम खेलमा दशरथचन्द नगरपालिका वडा नं १ गुरुखोलालाई ६ विकेटले स्तब्ध पार्दै दशरथचन्द नगरपालिका वडा नं २ देहिमाडौं सेमिफाइनल पुग्ने अन्तिम टोली बनेको हो । पहिला ब्याटिंग गरेको गुरुखोलाले जय बहादुर टेरको २४ रनको मद्दतमा १५७ रन बनायो ।
|
देहिमाडौंका गजेन्द्र बोहराले २ विकेट हात पारे । १५८ रनको लक्ष्य देहिमाडौंले ४ विकेटको क्षतीमा पुरा गर्यो । गुरुखोलाका विजय भट्टले ३ विकेट लिएपनि हार टार्न सकेन् । देहिमाडौंका लागी व्यक्तिगत ६९ रन र १ विकेट झार्ने दिपक बोहरा म्यान अफ द म्याच घोषित भएका स्कोरर दिपेन्द्र बोहराले जानकारी दिनुभयो ।
|
चार समूहमा विभाजन गरिएको प्रतियोगितामा देहिमाडौं समूह ए वाट सेमिफाईनल प्रवेश गरेको हो । यसअघि समूह बी वाट दशरथचन्द नगरपालिका ४ खलंगा समूह सी वाट दशरथचन्द नगरपालिका वडा नं १० बाराकोट र समूह डी बाट दशरथचन्द नगरपालिका वडा नं ५ दशरथचन्द सेमिफाइनल पुगिसकेका छन् ।
|
सेमिफाइनलका खेलहरु मंगलवार हुनेछन् । दशरथचन्द नगरपालिकाको आयोजना र बैतडी जिल्ला क्रिकेट संघको प्राविधिक सहयोग तथा नगर क्रिकेट समितिको व्यस्थापनमा प्रतियोगिता सञ्चालन भईरहेको हो । २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नगरपालिकाका ११ टोलीको सहभागीता रहेको छ । प्रतियोगिताको प्रथम पुरस्कार ५० हजार द्वितीय पुरस्कार ३० हजार नगद ट्रफी र प्रमाणपत्र रहेको छ । यस्तै म्यान अफ द सिरीजलाई ५ हजार नगद ट्रफी पुरस्कार रहेको नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले जानकारी दिनुभयो ।
|
नटिङ्घम । इङ्ल्यान्डमा जारी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार ट्रेन्टब्रिज मैदानमा इङ्ल्यान्ड र पाकिस्तानबीचको खेल शुरु भएको छ ।
|
इङ्ल्यान्डका कप्तान इओन मोर्गनले टस जिती पहिले क्षेत्ररक्षण रोजेका छन् । इङ्ल्यान्डको टिममा तीव्र गतिका बलर मार्क उडलाई समावेश गरिएको छ ।
|
इङ्ल्यान्डले पहिलो उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई १०४ रनले पराजित गरेको थियो भने पाकिस्तान वेस्ट इन्डिजसँग सात विकेटले पराजित भएको थियो ।
|
इङ्ल्यान्डको टिममा जेसन रोय जोन्नी बेयरस्ट जो रुट इओन मोर्गन ९कप्तान० जस बट्लर बेन स्टोक मोइन अली क्रिस वोक्स आदिल रसिद जोफ्रा आर्चर र मार्क उड रहेका छन् ।
|
पाकिस्तानी टिममा फखार जमान इमाम–उल–हक बाबर आजम मोहम्मद हाफीज सरफराज अहमद शोएब मलिक आसिफ अली शादाब खान हसन अली वाहाब रियाज र मोहम्मद आमिर रहेका छन् । रासस
|
काठमाडौँ । नेपाललाई हिमालयन प्रवेशद्वारको रुपमा स्थापित गराउने उद्देश्यका साथ हिमालयन ट्राभल मार्टको तेस्रो संस्करण यही जेठ २३ देखि २६ जुन ६–९ २०१९ सम्म काठमाडौँमा आयोजना हुने भएको छ ।
|
स्वदेशी तथा विदेशी पर्यटन व्यवसायी विज्ञहरुको जमघट रहने मेलाको सम्पूर्ण तयारी पूरा भएको आयोजक प्यासिफिक एशिया ट्राभल एशोसिएशन पाटा नेपाल च्याप्टरले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
|
सोल्टी क्राउन प्लाजामा आयोजना हुने मेलामा नेपालसहित ४३ देशका करीब ७०० जनाको सहभागिता रहनेछ । यस पटकको व्यवसायीसँग व्यवसाय बिटुबी मार्टमा ३० मुलुकबाट विश्वव्यापी क्रेता कम्पनीहरु र छ वटा मुलुक ९नेपाल भारत पाकिस्तान चीन भुटान र थाइल्याण्ड० बाट ५४ बिक्रेता कम्पनी तथा संस्थाहरुले सहभागिता जनाउने भएका छन् । मेलामा ३८ जना अन्तर्राष्ट्रिय ट्राभल ब्लर्गस तथा मिडिया प्रतिनिधिले समेत सहभागिता जनाउनेछन् ।
|
सन् २०१७ देखि वार्षिक कार्यक्रमको रुपमा आयोजना गरिँदै आएका मार्ट नेपाललाई अन्तर्राष्ट्रिय रुपमा चिनाउने सशक्त ब्राण्डको रुपमा विकसित हुँदै गएको बताइन्छ ।
|
नेपाललाई हिमालय प्रवेशद्वार तथा साहसिक पर्यटकीय गन्तव्यको रुपमा विश्वसामु स्थापित गर्ने लक्ष्यका साथ सम्मेलन आयोजना गर्न लागिएको पाटा नेपालका अध्यक्ष सुनील शाक्यले बताउनुभयो । क्रमशः ब्राण्डिङ्ग हुँदै आइरहेको यो मेलाले नेपाली पर्यटन क्षेत्रकै शिर उच्च पार्नुका साथै विश्व बजारमा नेपालको सशक्त उपस्थिति जनाउन सहयोग पुगेको उहाँको भनाइ छ ।
|
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय नेपाल पर्यटन बोर्ड नेपाल वायुसेवा निगम तथा पाटा अन्तर्राष्ट्रिय एवं पर्यटन क्षेत्रका विभिन्न संघ–संस्थाहरुको सहयोग समन्वय तथा सहकार्यमा पाटा नेपालले मेलाको आयोजना गर्न लागेको हो । मेलाले छोटो समयमै विश्व पर्यटन बजारमा राम्रो ख्याति प्राप्त गरिरहेको र धरै पर्यटन स्रोत बजारबाट मेलामा सहभागिताका लागि चाहना बढ्दै जानुले यसको लोक प्रियता पनि बढ्दै गएको आयोजकको भनाइ छ ।
|
देशको पर्यटन क्षेत्रको सबैभन्दा ठूलो इभेन्टका रुपमा स्थापित भएको यस मेला प्रमुख अन्तर्राष्ट्रिय पर्यटन व्यापार मेलाको रुपमा स्थापित हुँदै गएको बोर्डका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० दीपकराज जोशीले बताउनुभयो । उहाँले विश्वका प्रख्यात वक्ताहरुको जमघट हुने मार्टले नेपालको पर्यटनलाई विश्व बजारमा प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
|
पत्रकार सम्मेलनमा पर्यटन मन्त्रालयका सहसचिव एवं प्रवक्ता घनश्याम उपाध्यायले नेपाल सुरक्षित र आकर्षित गन्तव्य हो भन्ने सन्देश विश्वलाई प्रवाह गर्न मेला उपयोगी हुने बताउनुभयो । उहाँले भ्रमण वर्षलाई लक्षित गर्दै आगामी दिनमा विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रमहरु आयोजना गर्ने मन्त्रालयको योजना रहेको जानकारी दिनुभयो ।
|
हिमालयन राष्ट्रहरुबाट बिक्रेताहरु तथा विश्वव्यापी क्रेताहरुलाई एउटै मञ्चमा भेला गराई उनीहरु बीच व्यापार आदानप्रदान तथा सम्बन्ध सञ्जाल विस्तारको उद्देश्यले पाटा नेपालले विजनेस–टु–विजनेस मार्टको परिकल्पना गरेको पाटाका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालले जानकारी दिनुभयो । मेलामा आयोजना गरिने कार्यक्रमहरु नेपाल भ्रमण वर्षको निर्धारित लक्ष्य प्राप्तिमा समेत केन्द्रित रहने उहाँको भनाइ छ ।
|
मेलाको तेस्रो दिन जेठ २५ गते राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्लगर्स तथा मिडियाहरुलाई नेपालका पर्यटकीय गन्तव्यबारे जानकारी गरिने कार्यक्रम रहेको छ । करीब खर्च हुने करीब रु छ करोडमध्ये बोर्डले रु दुई करोड उपलब्ध गराउने बताइएको छ । रासस
|
सुभेन्द्र दास लहान लहान । चारपाँग्रे भारतीय नम्बरको गाडिको भन्सार राजस्व भन्दा बढी लिने गरेको खुलासा भएको छ । नेपाल प्रवेश गर्ने भारतीय नम्बर प्लेटका ४ पांग्रे गाडीलाई अस्थायी पास छुट पुर्जी को नाममा ठाडी भन्सारका कर्मचारीले मनपरी रकम उठाउने गरेको छ ।
|
एक दिनका लागि लहानसम्म आउने भारतीय गाडीलाई निःशुल्क अस्थायी पास उपलब्ध गराउने व्यवस्था छ । तर ठाडी भन्सारका कर्मचारीले प्रतिगाडी ५० रुपैयाँ र प्रतिमोटरसाइकल १० रुपैयाँ उठाउने गरेको छ । भारतीय गाडीको भन्सार जेठ १५ गतेदेखि ५ सय रुपैयाँ गरेको छ । तर ठाडी भन्सारका कर्मचारीहरुले ५ सय ५० रुपैयाँ लिने गरेको छ । भारतीय गाडीले एक सत्ताको पुर्जी कटाउँदा भन्सार कर्मचारीले ३५ सय रुपैयाँको ठाउँमा साढे ३७ सय रुपैयाँ जबरजस्ती लिने गरेको लहान १९ का सँदीप यादवले बताए ।
|
नेपाल प्रवेश गर्ने भारतीय नम्बर प्लेटका ४ पांग्रे गाडीसँग भन्सार कर्मचारीले मनपरी गरेको उनले सुनाए । सिरहाको ठाडी र माडर नाकाबाट भारतीय गाडीसँग प्रहरीकै मिलोमतोमा उक्त रकम उठाउने गरेको बताइएको छ । नेपाल प्रवेश गरेकै दिन फर्किने भारतीय गाडीलाई पास उपलब्ध गराउँदा जबर्जस्ती रकम लिने गरेको मधुबनीका अर्का चालक श्याम यादवले बताए ।
|
ती भन्सार कर्मचारीले तोकिएको शुल्क भन्दा बढी लिएर र छुटपुर्जीको नाममा प्रतिमहिना तीन चार लाख रकम उठाउने गरेको भगवानपुर ईनरुवाका रामकुमार यादवले बताए । त्यसरी उठाएको रकम कर्मचारीले दामासाहीमा बाँडफाँड गर्ने गरेको स्रोतको दाबी छ । ठाडी भन्सार कार्यालयका प्रमुख उमेश बरालले यसबारे प्रतिक्रिया दिन अस्वीकार गरे ।
|
अहिले दैनिक ठाडी नाकाबाट ५० जति चारपांग्रे र १०० जति मोटरसाइकल भित्रिने गरेको जनाइएको छ । यसबारे जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख रुद्रप्रसाद पण्डितले भने यस्तो घुसखोरीलाई कारवाही गर्नुपर्छ । आवश्यक अनुसन्धान गरी चाडै यस्ता कर्मचारीलाई कारवाहीको प्रक्रियामा लैजाने बताए ।
|
बेलायत पुगे डोनाल्ड ट्रम्प हुवावेबारे पनि प्रष्ट पार्ने
|
एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेलायत आइपुगेका छन्। ट्रम्प तीन दिने राजकीय भ्रमणका लागि पत्नी मेलानियासँगै सोमबार बेलायत आएका हुन्।
|
बेलायत भ्रमणका क्रममा ट्रम्पले महारानी एलिजावेथसहित राजपरिवारका अन्य सदस्यहरूसँग भेटवार्ता गर्नेछन्। राष्ट्रिय सुरक्षामा खतरा पुर्याउन सक्ने भन्दै ट्रम्प प्रशासनले हुवावेलाई अमेरिकामा प्रतिबन्ध लगाएको छ। फाइभजी नेटवर्क विस्तारमा लागेको हुवावेसँग सम्झौता नगर्न अमेरिकाले आफ्ना सहयोगी देशहरूसँग अनुरोध गरिरहेको छ।
|
बेलायतले यसअघि हुवावेलाई फाइभजी विस्तारको जिम्मा दिने तयारी गरेको थियो। अमेरिकाले हुवावेलाई कालोसूचीमा राखेपछि बेलायतले फाइभजी विस्तारको प्रस्तावमा पुनरावलोकन गरिरहेको छ।
|
राजीनामा घोषणा गरिसकेकी प्रधानमन्त्री थेरेसा मेसँगको भेटवार्तामा ट्रम्पले जलवायु परिवर्तन र चिनियाँ टेलिकम्युनिकेशन कम्पनी हुवावेबारे छलफल गर्ने बीबीसीले उल्लेख गरेको छ।
|
C शेयर बजारः तीन सय पुगेको बिन्दु दुई सयमा झर्याे N S K S M T M +
|
काठमाडौँ । शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १२८४ बिन्दुले घटेर एक हजार २९२८४ अङ्कमा झरेको छ ।
|
एक हजार तीन सय बिन्दु माथि पुगेको बजार घटेर एक हजार दुई सयको बिन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २६४ बिन्दुले घटेर २७५४८ अङ्कमा झरेको छ । स्टकका अनुसार कूल १७१ कम्पनीको २१ लाख ७६ हजार ३७० कित्ता शेयर रु ६९ करोड ८७ लाख ३९ हजार ७०६ मूल्यमा खरीद बिक्री भए । स्टकका अनुसार आज कारोवार भएका १२ उपसमूहकै शेयर ओरालो लागेको छ ।
|
बैंकिङ ११०७ व्यापार २६२ होटल २३६३ विकास बैंक १३५८ जलविद्युत् १९०४ वित्त ५२६ निर्जीवन बीमा ६७६४ उत्पादन ५४७८ अन्य ४०१ लघुवित्त १२५१ जीवन बीमा ५४७३ र सामूहिक लगानी कोष ०१४ बिन्दुले घटेको छ ।
|
स्टकका अनुसार आज एनआइसि एशिया बैंकको रु नौ करोड छ लाख तीन हजार ७५३ मा कारोवार भई शीर्ष स्थानमा रहे । यस्तै शिवम् सिमेन्ट रु छ करोड सात लाख २६ हजार १८५ प्रभु बैंक रु पाँच करोड पाँच लाख ७४ हजार ५१० नेपाल बैंक लिमिटेड रु तीन करोड ५७ लाख २४ हजार ७७ र प्रिमियर इन्स्योरेन्स कम्पनी रु तीन करोड ३० लाख ७६ हजार २१६ मा कारोवार भई शीर्ष स्थानमा रहे ।
|
यस्तै तारागाँउ रिजेन्सी होटलका शेयरधनीले ७५० गुराँस लघुवित्त वित्तीय संस्था ४६६ कन्काई विकास बैंक ४४९ रिलायन्स फाइनान्स ३७० र मल्टीपर्पोज फाइनान्स कम्पनीका शेयरधनीले ३६० प्रतिशतले कमाए । स्टकका अनुसार पाँचथर पावर कम्पनी ९५२ कर्पोरेट डेभलपमेन्ट बैंक ५५५ वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स ५४९ माउण्टेन हाइड्रो ५४५ स्पर्श लघुवित्त वित्तीय संस्था ५२८ र कालिका पावर कम्पनीका शेयरधनीले ५०५ प्रतिशतले गुमाए । रासस
|
कृष्णउदास खनाल वीरगन्ज । वीरगन्जमा सञ्चालित एक होटलमा आइतवार राति आगलागी भएको छ । महानगरपालिकाको वडा नम्बर २१ मा भारत उत्तर प्रदेश घर भएका गुड्डु पराजुलीले संचालन गरेको होटेलमा आगलागी भएको हो । आगलागीबाट २ लाख ११ हजार मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
|
आगालीबाट १० फिट लम्बाई १५ फिट चौडाई जस्ताको छाना बाँस खरको टाटी भएको घर आंशिक रूपमा जलेको छ । त्यसैगरी आगलागीबाट ना१प ५९५२ नम्बरको मोटरसाइकल फ्रिज काठको घुम्ती भाडावर्तन र किराना सामानसमेत नष्ट भएको छ ।
|
यसैबीच पर्साको जगरनाथपुर गाउँपालिकाका विद्यालय निरीक्षक राजेश्वर चौरसियालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौडा कार्यालयले पक्राउ गरेको छ । अनाधिकृत रुपमा शिक्षक नियुक्त गरेको आरोपमा अख्तियारले चौरसियालाई आइतवार बेलुका पक्राउ गरेको हो । ३५ जनाभन्दा बढी नक्कली शिक्षकलाई राहत अस्थायी र करारमा नियुक्त गरेको घटनाका सम्बन्धमा छानविन गरिरहेको अख्तियारले विद्यालय निरीक्षक चौरसियालाई थप अनुसन्धान र कारबाहीका लागि आइतवार नियन्त्रणमा लिएको हो ।
|
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाका प्रवक्ता देवकुमार राईले अनाधिकृत रुपमा शिक्षक नियुक्त गरेको आरोप विद्यालय निरीक्षक चौरसियालाई लागेको हुनाले पक्राउ गरिएको जानकारी दिनुभयो ।
|
चौरसियालाई अख्तियारको केन्द्रीय कार्यालयमा पठाइने र केन्द्रले नै आवश्यक अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाउने प्रवक्ता राईको भनाइ छ ।पर्सा जिल्लाका विभिन्न विद्यालयमा फर्जी तरिकाबाट शिक्षक नियुक्त गरी जगरनाथपुर गाउँपालिकामा सरुवा गरेर चौरसियाको सञ्जालले लाखौं रुपैयाँ कुम्ल्याएको आरोप लाग्दै आएको छ । यसअघि अख्तियारले जगरनाथपुर गाउँपालिकाका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग पनि बयान लिएको थियो ।
|
C भारतीय वायुसेनाको विमान चीनको सीमा नजिकैबाट बेपत्ता N S K S M T M +
|
भारतीय वायुसेनाको विमान चीनको सीमा नजिकैबाट बेपत्ता
|
भारत । भारतीय वायुसेनाको विमान चीनको सीमा नजिकैबाट बेपत्ता भएको छ । चीनसँग सीमा जोडीएको अरुणाञ्चल प्रदेशबाट विमान बेपत्ता भएको हो ।
|
स्रोतका अनुसार विमानमा आठ चालक दलका सदस्य र ५ यात्रु थिए। आसामको जोरहाटबाट अरुणाञ्चलका लागि वायुसेनाको एएल ३२ को विमान १२ बजेर २५ मिनेटमा उडेको र दिउँसो १ बजे उक्त स्थानबाट बेपत्ता भएको स्रोतले जनाएको छ ।
|
विमानको खोजिका लागि सबै संयन्त्र प्रयोग गरिएपनि अहिलेसम्म कुनै खबर भने आएको छैन ।
|
सोलुखुम्बुको प्रहरी चौकी आक्रमणको प्रचारवाजी झुट्टाः विप्लव माओवादी
|
नेपाल समाचारपत्र काठमाडौँ । सोलुखुम्बुको महाकुलुङमा नेत्रविक्रम चन्द विप्लव समूहद्धारा प्रहरी चौकीमा आक्रमण गरिएको समाचार गलत भएको विप्लवले जनाएको छ । विप्लव समूहले सोमबार एक विज्ञप्ति निकाल्दै नेपाल कम्यूनिष्ट पार्टी नेकपा को सरकारले आफू माथि षड्यन्त्र गरेको बताएको छ ।
|
रुकुमपूर्व । विद्युत् सेवा अवरुद्ध हुँदा छ दिनयता जिल्ला सदरमुकाम रुकुमकोटलगायत अन्य केही क्षेत्र अन्धकार भएका छन् । बाफीकोट गाउँपालिका–१ रुकुम ९पश्चिम०मा रहेको नवभिजन जलविद्युत् आयोजनाको पावर हाउसमा रहेको पेनस्टिक पाइप धरापमा पर्दा विद्युत् सेवा अवरुद्ध भएको हो ।
|
विद्युत् सेवा अवरुद्ध हुँदा जिल्लास्थित सञ्चार माध्यम बन्द हुनाका साथै सरकारी कामकाजमा पनि समस्या सिर्जना भएको सञ्चारकर्मी सञ्जयनाथ योगीले बताउनुभयो । विद्युत् सेवा नभएका कारणले बैंक तथा सरकारी कार्यालयमा इन्टरनेट नहुँदा सेवा सञ्चालनमा समस्या भएको छ । पेनस्टिक पाइप अड्याउने मेशिनरी वाल लगाउने काम जारी रहेको र काम अन्तिम चरणमा पुगेको आयोजनाका अध्यक्ष दीपेन्द्र मल्लले बताउनुभयो । रासस
|