text
stringlengths
1
75.3k
नेपाल भारत व्यापार सन्धीबाट नेपाल धेरैभन्दा धेरै लाभान्वित होस् भन्ने उहाँ चाहनुहुन्थ्यो । यसबाट नेपाल ठूलो मात्रामा फाइदा लिन सक्थ्यो । सन्धीमाधि एक्स्प्लोइटेसन हुँदा सन्धीमा उल्लेख वस्तुलाई राम्रो नजरले हेरिएन । त्यो दुःखद् छ । उहाँ यसबारे सँधै सोचिरहनुहुन्थ्यो । पछिल्लो समय उहाँलाई नभेटेको धेरै भएको थियो । उहाँ बिरामी हुनुहुन्छ भन्ने थाहा पाएर पनि व्यस्तताका कारण भेट्न जान पाइनँ । यस्तो समाचार सुन्छुजस्तो लागेको थिएन । उहाँको देहवसानले असल मार्गदर्शन गर्ने व्यक्ति गुमाएको महसुस मैले गरेको छु । मृगौला प्रत्यारोपण गर्दा उहाँका देहवसान भयो । तर नेपालमा नै मृगौला प्रत्यारोपण हुने गरेपनि उहाँ किन भारत जानुभयो भन्ने प्रश्न मेरो छ ।
मैले असल मित्र गुमाएको छु । राज्यले कुशल व्यवसायी र असल राजनेता र स्रोत गुमाएको छ ।
रामलाल गोल्छाका जेठा पुत्र हंशराज गोल्छाको पाँच भाइ छोरामध्ये म जेठो र दिवाकर माइलो छोरा हौं । सानोदेखि नै केही नयाँ परिधिबाट सोच्ने र हरक्षण उत्सुक हुने उसको बानी थियो । मलाई सानो छँदाको याद अझै ताजा छ । हजुरबुबाले उखु पेल्ने मेसिन ल्याउनुभएको थियो घरमा । उसले त्यसले कसरी काम गर्दो रहेछ भने हातै हालेर जाँच्यो ।
उसको हातमा सोबेला क्षति पुगेको थियो । व्यवसायमा प्रवेश गरेपछि पनि नयाँ सोच्ने गर्दथ्यो । नयाँ प्रकारको उद्योग स्थापना गर्ने उसको सोच रहन्थ्यो । यहीकारण आज गोल्छा अर्गनाइजेनस जेजस्तो अवस्थामा छ दिवाकरको ठूलो भूमिका छ ।
काका हंशराजको स्वास्थ्यमा समस्या आएपछि दिवाकर नेपाल उद्योग वाणिज्य महासंघमा प्रवेश गर्यो । महासंघमा उपाध्यक्षसम्म रहेर काम गर्यो । विविध कारणवश अध्यक्ष हुन पाएन । तर महासंघको प्रथम उपाध्यक्ष रहेको बेला नेपाल–भारत व्यापार सन्धी तथा नेपालमा मूल्य अभिवृद्धि कर भ्याट कार्यान्वयनमा उसको ठूलो भूमिका छ । सरकारलाई सुझाव दिनेदेखि भारतीय समकक्षीसँग कुरा गर्ने व्यवयायीहरुसँग संयोजन गर्नेमा उसको भूमिका थियो ।
सांसद भएपछि राजनीतिका माध्यमबाट देशको सेवा उसले गर्यो । परिवारमा उसको राम्रो प्रभाव थियो । आपसमा बसेर सल्लाह नगरी कुनै काम थालनी गर्दैनथ्यौं । विराटनगरमा सँगै पढेका हौं हामी । सानोमा चकचके उच्छृंखल र बदमास थियो । घोडा सवारी गर्न रुचाउँथ्यो । चोटपटक लागे मैकहाँ आइपुग्थ्यो । आमाबुबालाई थाहा हुन दिँदैनथ्यो ।
उसको आँट नै सबैभन्दा ठूलो क्षमता हो । ऊ व्यवसायमा बढी समय दिन्थ्यो । सोहीकारण जुटमिल सुगर मिल पेपर मिल स्टिल मिलमा उसले लगानी गर्यो । खरको छानोलाई कर्कटपाताले विस्थापित गर्ने श्रेय दिवाकरलाई नै जान्छ । हामीले कर्कटपाता उत्पादन गर्नुपूर्व हामी आयात गरेर बिक्री गर्ने गरेका थियौं । यही उत्पादन गरौं भन्ने सोच आउँदै थियो । केन्यामा जस्तापाता बनाउन कम्पनीसँग सहकार्य गर्न पायौं ।
ठूला चुनौतिमाझ हामीले उद्योग स्थापना गर्न सक्षम भयौं । दिवाकरको अनपेक्षित निधनले उसले परिवारमा निभाउँदै आएको जिम्मेवारीको भूमिकाको कमी भएको महसुस परिवारलाई परेको छ । निको नै भइसकेको थियो । केही दिनमा अस्पतालबाट डिस्चार्ज हुनै लाग्दा रक्तचापमा गिरावट आयो र संसारबाट बिदा लियो । उसको कमी हामीलाई महसुस हुने छ ।
यो क्षति परिवारले बेहोरेको छ । हामी उसले गरेका महान् कार्यलाई सदा निरन्तर दिनेछौं ।
गोल्छा अर्गनाइजेसनका परिवारसँग हाम्रो परिवारको सम्बन्ध भनेको आजको होइन । धेरै पहिलेदेखिकै सम्बन्ध थियो । मेरो बुबा स्व इन्द्रभक्त श्रेष्ठको गोल्छा अर्गनाइजेसनका रामलाल गोल्छासँग घनिष्ट सम्बन्ध थियो । पछि त्यो सम्बन्ध कायमै रह्यो । मेरो सम्बन्ध पनि त्यो परिवारसँग उत्तिकै महत्वपूर्ण रह्यो । दिवाकर गोल्छासँग पनि मेरो सम्बन्ध अत्यन्तै राम्रो थियो ।
जब म उद्योग वाणिज्य महासंघको अध्यक्ष भएको थिएँ त्यो बेला उहाँ उपाध्यक्ष हुनुहुन्थ्यो । त्यसबेलादेखि नै निजी क्षेत्र र राजनीतिक क्षेत्रबीचको सम्बन्ध बलियो बनाउने काममा लागेका थियौं । त्यो बेलामा उहाँले मलाई निकै सहयोग गर्नुभयो । उहाँलगायत सबै पदाधिकारीको सहयोग थियो ।
उहाँले त्यसबेला नेपाल र भारतबीचको ट्रेड एण्ड ट्रिटिको समयमा जुन भूमिका निर्वाह गर्नुभयो । त्यो कहिल्यै पनि भुल्न सकिँदैन । उहाँले त्यसबेला त्यो सम्झौता हुने बेलामा उहाँले गरेको योगदानले हामीलाई सहयोग पुगेको थियो । उहाँसँग म विभिन्न मुलुकको भ्रमणमा गएको थिएँ ।
उहाँसँग मेरो व्यापार व्यवसायमा सम्बन्ध थिएन । उहाँसँग जति सम्बन्ध भयो त्यो उद्योग वाणिज्य संघमा रहेकै बेला भयो । उहाँको स्वभाव कस्तो थियो भने कुनै पनि कामको जिम्मा लिइसकेपछि उहाँले पूरा गरेरै छाड्नुहुन्थ्यो । मलगायत धेरै साथीहरु उहाँको घरमा गएरै गर्थ्यौं । उहाँले कहिले पनि यस्ता काम गर्न अप्ठेरो मान्नुभएन ।
निजी क्षेत्रको विकासका विषयमा धेरै कुराकानी हुन्थ्यो । औद्योगिक विकासका लागि उहाँले खेलेको भूमिका कहिल्यै भुल्न सकिँदैन । उहाँले व्यापार मात्रै होइन उद्योगमा नै हात हाल्नुपर्छ भन्नुहुन्थ्यो । उहाँ उद्योगमै बढी फोकस हुनुहुन्थ्यो । उद्योग चलाउन सजिलो काम होइन । उद्योग चलाउन कति समस्या र च्यालेन्ज थियो होला । त्यस्तो बेलामा पनि उहाँ कहिल्यै पनि पछि हट्नुभएन ।
व्यापार र एकाध उद्योगमा सीमित थियो गोल्छा अर्गनाइजेसन । गोल्छा अर्गनाइजेसनलाई अहिलेको अवस्था अथवा उद्योग विविधीकरणमा प्रवेश गराउनुमा दिवाकर गोल्छाको महत्वपूर्ण भूमिका छ । खरको छानाबाट टिनको छानामा नेपाललाई रुपान्तरण गर्न उनको ठूलो भूमिका छ । भलै उनले जस्तापाता पैसा लिएर बेचेका किन नहुन् । गत हप्ता दिवाकर गोल्छाको मृत्यु भयो । नेपालको औद्योगिक क्षेत्रले ठूलो क्षत्री वेहो¥यो । उनै दिवाकरका विषयमा हामीले उद्योगी तथा नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रदीपजङ्ग पाण्डेसँग कुरा गरेका छौं ।
प्रदीपजङ्गका अनुसार खरो स्वाभावका उद्योगी थिए दिवाकर । आफ्नो मनमा लागेको कुरा स्पष्ट राख्ने उनको स्वाभाव थियो । चाहे त्यो आफ्ना प्रतिस्पर्धी साथी सर्कल हुन् अथवा सरकारसँग । झुक्दै नझुक्ने उनको बानी थियो ।
जति खरो स्वाभाव थियो दिवाकरको त्यति नै मिलनसार र भावनात्मक पनि थिए । साथीभाइसँग भेटघाट गरिरहन मन पराउँथे । भेटघाटका लागि अवसर जुटाइरहन्थे । प्रदीपजङ्ग सम्झिन्छन् ऊ दिवाकर गोल्छा हरेक दिपावलीको लक्ष्मीपूजाको अघिल्लो दिन साथीभाइ उद्योगी तथा बैंकरहरुलाई बोलाउँथे र गेट टुगेदर गर्थे ।
नेपाल उद्योग वाणिज्य महासंघमा दिवाकर वरिष्ठ उपाध्यक्षसम्म भए । तर संघभित्रको आन्तरिक राजनीतिका कारण अध्यक्ष हुन सकेनन् । प्रदीपजङ्ग भन्छन् महासंघले एक पटक दिवाकरको नेतृत्व पाउनु पथ्र्यो । भिजन भएको दिवाकर जत्तिको मान्छे त्यति सजिलै पाइँदैन ।
मृत्युपश्चात् उद्योगीलाई सम्झिने आधार भनेको उसले सञ्चालन गरेका उद्योगधन्दाले राष्ट्रको आर्थिक उन्नति समृद्धि र रोजगार सिर्जना गर्न पु¥याएको सहयोग हो । दिवारकरले यी क्षेत्रमा सम्झना लायक काम मात्रै गरेनन् करको क्षेत्रमा पनि प्रशंसनीय काम गरे जुन राज्यको हितमा थियो । त्यसैले राज्यले सम्झनाको दस्तावेजमा दिवाकरको नाम अग्रपंक्तिमा राखिनुपर्नेमा प्रदीपजङ्ग पाण्डे जोड दिन्छन् ।
प्रदीपजङ्ग पाण्डे आफैं उद्योगी । उद्योग चलाउन कति कठिन हुन्छ त्यो थाहा छ उनलाई । तर दिवाकर यसमा खारिएका व्यक्ति थिए । दिवाकरको पालासम्म कमैले प्रत्यक्ष कृषि र कृषकसँग जोडिने उद्योगमा लगानी गरेका थिए । तर दिवाकरले गरे । सफल पनि भए ।
बजार अनुगमन गरेर काम सुरु गर्थे । मरेको जुट उद्योग ब्युँत्याउन उनको ठूलो योगदान छ । कृषि उद्योगमा जानुपर्छ भन्ने दिवाकरको सोच थियोे । आधुनिक कृषि प्रणालीमा जानुपर्छ भन्ने त्यो सोच थियो । जुन हामी सबैमा हुनुपर्छ दिवाकरलाई सम्झिँदै उनको नयाँ सोचको कदर गर्छन् प्रदीपजङ्ग ।
कामप्रति लगनशीलता र दृढता थियो । काम सफल नभएम्म लागिरहनु हुन्थ्यो । त्यस्तो दृढता सायद कमै व्यक्तिमा हुन्छ प्रदीपजङ्ग नोष्टाल्जिक हुन्छन् दूरदर्शी र भिजन भएको व्यक्ति भएकै कारण उहाँ सफल पनि हुनुभयो । गोल्छा अर्गनाइजेसन जस्तो ठूलो अर्गनाइजेसनको उपाध्यक्षसम्म हुनुभयो ।
दिवाकर कुनै एउटा उद्योग र व्यवसायीका पक्षमा बोल्दैन थिए । समग्र व्यवसायीका पक्षमा बोल्नु र अरुका विषयमा पनि चिन्ता गर्नु अनि जिम्मेवारी उठाउनु उनको विशेषता हो । त्यसैले गोल्छा अर्गनाइजेसन आजको अवस्थामा आइपुग्नु र आजको सम्मान तथा इज्जत पाउनुमा दिवाकरको ठूलो हात रहेको प्रदीपजङ्ग बताउँछन् ।
उनले जसरी आफ्नो कार्य र क्षेत्रमा सफलता हात पारे त्यसबाट उनी त सफल भए नै उनको कार्यशैली र सफलता आम व्यवसायीका लागि प्रेरणाको स्रोत भएको प्रदीपजङ्गको अनुभव छ । समग्र देश र व्यवसायीको उत्थानका लागि दिवाकरजीको ठूलो योगदान छ । यसबाट हामीले पनि धेरै सिक्नुपर्छ ।
आफ्नो मात्रै होइन । राष्ट्रको पनि हित चिताउने मान्छेबारे राज्यले दस्तावेज राख्छ भने त्यसमा दिवाकरको पनि नाम हुनुपर्छ प्रदीपजङ्ग अन्तिममाा भन्छन् म होइन हामी मेरो होइन देशबारे सोच्नुपर्छ भनेर काम गर्ने व्यक्तिको राज्यले दस्तावेज राख्नुपर्छ ।
दिवाकार गोल्छासँग शशीकान्त अग्रवालका केही शोख र स्वाभाव मिल्थ्यो । सायद कारण त्यही थियो आत्मियता बढ्दै गयो । कहिले कहाँ भेट भयो पहिलोपटक शशीकान्त र दिवाकरको त्यो त शशीकान्त झट्ट भन्न सक्तैनन् तर उनीहरुको जब भेट भयो सम्बन्ध झाँगिदै गयो । र एक दिन–अभिन्न मित्रतामा परिणत भयो । शशीकान्त र दिवाकरको मित्रता उनीहरु दुईमा मात्रै सीमित रहेन । पारिवारसम्मै पुग्यो । पाविारिक मित्रता पनि भयो ।
शशीकान्तले जब दिवाकरको मृत्युको खवर सुने उनलाई विश्वास नै लागेन । तर निठुर कालले दिवाकरलाई उठाएकै थियो । शशीकान्तले मृत्युको त्यो खवरलाई आत्मसात् गर्नै पथ्र्यो गरे । अभिन्न मित्रहरुको छोटो सूची थप छोटियो । मलाई लाग्छ ६० वर्षको उमेर भनेको त्यति धेरै होइन शशीकान्त दिवाकरको मृत्युसँग असन्तुष्टि जनाउँछन् ।
नेपालमा जुन बेला ठूला उद्योग नै थिएनन् । भर्खर औद्योगिक वातावरणको सुरुआत हुँदैथियो । त्यो बेला नै उहाँले ठूलाठूला उद्योग खोल्नुभयो जुन जनताका लागि आवश्यक थियो । हुलास स्टिल चिनी कारखाना पेपर बोर्ड कागज कारखानालाई उहाँले सरकारीबाट निजीकरण गर्नुभयो शशीकान्तले दिवाकरको योगदान सम्झिए मुलुकका लागि आवश्यक ठूलठूला उद्योगमा उहाँले लगानी गर्नुभएको थियो । यी उद्योग सुचारु पनि भए । जुन उहाँको सफलता पनि हो ।
दिवाकर फगत व्यापारी मात्रै थिएनन् । उनको आँखाले नाफा र पैसा मात्रै देख्दैन थियो । देशको हित र समृद्धिबारे पनि सोच्थे । त्यसैले राज्यले पनि उनलाई विश्वास गथ्र्यो भने व्यवसायीको पनि भरोसा थिए उनी । फलतः कैयौं पटक अफ्ठ्यारो र विवादमा उनले सरकार र व्यवसायीबीच पुलको काम गरे । मध्यस्तकर्ताको भूमिका निभाए ।
आफू र गोल्छा अर्गनाइजेसनका बारेमा जति सोचे होलान् दिवाकरले त्यति नै देशका खातिर पनि काम गरेको शशीकान्तलाई सम्झना छ । भन्छन् राज्यलाई अफ्ठ्यारो परेका बेला दिवाकरलाई राज्यले सम्झिन्थ्यो । समस्या सुल्झाउन उहाँ आफ्नै खर्चमा वकिलसँग सल्लाह लिनुहुन्थ्यो । विज्ञ राखेर परामर्श लिनुहुन्थ्यो । र डकुमेन्ट तयार पारेर राज्यलाई सुझाव दिनुहुन्थ्यो ।
सरकारसमेत समस्यामा उनलाई गुहाथ्र्यो । कारण परिपक्व निर्णय गर्ने उनमा क्षमता थियो । जति परिपक्व निर्णय गर्थे दिवाकार त्यति नै तत्काल पनि । नेपालमा मजदुर आन्दोलन चलिरहन्छ । मजदुर आन्दोदनलाई सुल्झाउन नसक्दा कति व्यवसायीले व्यवसायबाटै हात झिके त कति विदेश पलायन भए । तर दिवाकरले मजदुर समस्या र आन्दोलनलाई सधैँ सुझबुझपूर्ण निर्णयबाटै समाधान गरेको शशीकान्त सम्झिन्छन् ।
पारदर्शीता दिवाकरको विशेषता थियो । कर छलीमा उनको नाम संस्था कहिल्यै मुछिएन । यो पनि उहाँबाट सबैले सिक्नुपर्छ शशीकान्त दिवाकरका विशेषता केलाउँछन् विश्वका ठूला मल्टिनेसनल ग्रुपसँग पार्टनरसीप नेपालमा भित्र्याउनु र निरन्तर ती कम्पनीहरुसँग काम गर्न सक्नु उहाँमा हरेको पारदर्शिता नै मुख्य कारण हो ।
अहिले आयातभन्दा निर्यात बढी छ । राज्यको असफलता र टाउको दुखाइ नै यही विषय बनेको छ । तर दिवाकर त्यस्ता उद्योगी हुन् अढाई दशक अगाडि नै उनी दीर्घकालीन उद्योगमा जानुपर्छ भन्थे । कृषिमा आधारित उद्योग स्थापना गर्नुपर्छ जसको प्रत्यक्ष फाइदा उद्योगीसँगै लाखौं कृषकले पनि लिनसक्छन् भन्नुहुन्थ्यो । मात्रै नाफा कमाउँ । रातारात तेस्रो मुलुकबाट समाना ल्याएर बेचौं भन्ने भावना उहाँमा मैले कहिल्यै पनि देखिन । स्थानीय उद्योगलाई नै प्रोमोशन गरौं भन्नुहुन्थ्यो दिवाकरको दूरदर्शीता सुनाउँछन् शशीकान्त ।
ड्युटी फ्री एक्सेसमा ठूलो भूमिका खेलेका दिवाकर राष्ट्रवादी छविका व्यक्ति भएको शशीकान्त बताउँछन् फाइदाका लागि मात्रै कहिल्यै नसोच्ने र आयातभन्दा निर्यातमुखी उद्योगमा लगानी गर्नुले नै उहाँको राष्ट्रवादी छवि मुखरित हुन्छ शशीकान्त नोष्टाल्जिक हुन्छन् ।
म उहाँको कार्यालयमा ३८ वर्षदेखि अहिलेसम्म कार्यरत छु । उहाँले म हुन्जेल छोड्न पाउँदैनौ भन्नुभएकोले त्यहाँ कार्यरत रहँदै आएको हुँ । म ३८ वर्षअघि उहाँको साहिँलो भाइ महेन्द्र गोल्छाको माध्यमबाट उहाँको सम्पर्कमा पुगेको हुँ । महेन्द्रले मलाई बोलाउनुभएको हो । दिवाकर भने माहिलो हुनुहुन्थ्यो । त्यो भन्दा अघि झण्डै ६ वर्ष म अन्यत्र काम गरेको थिएँ ।
मैले उहाँलाई धेरै कर्तव्यनिष्ठ र कर्तव्यप्रति कठोर तर सहनशील पाएँ । उहाँ व्यापारिक समुदायको मान्छे भएरपनि व्यापारमा कहिलेपनि रुची राख्नुभएन । उहाँ उत्पादनमूलक र धेरैभन्दा धेरै रोजगारी दिने कुरातर्फ नै अग्रसर हुनुभयो ।
उहाँ ठूला उद्योग खोल्ने दिशामा लाग्नुभयो । उहाँ नेपालको औधोगिक क्षेत्रमा तेस्रो देशबाट लगानी ल्याउने सायद पहिलो व्यक्ति हुनुहुन्छ । त्यसभन्दा अघि भारतबाट मात्रै त्यसप्रकारको लगानी आएको थियो । हामीले हुलास स्टिलमा तेस्रो देशबाट लगानी भित्र्याएका थियौं । उहाँ प्राविधिक मानिस होइन तर कुनैपनि प्राविधिक विज्ञ भन्दा उहाँ कम हुनुहुन्नथ्यो ।
दोस्रो जनआन्दोलनपछि नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँग उद्योग व्यवसायका बारेमा अनौपचारिक रुपमा उहाँ नियमित छलफल गर्नुहुन्थ्यो । उहाँ सानो लगानी गरेर धेरै मुनाफा गर्ने सोचमा भन्दापनि देशलाई दीर्घकालीन रुपमा लाभ पुग्ने उद्योग खोल्नेतर्फ लाग्नुभएको थियो ।
उहाँ अत्यन्तै खट्न सक्ने र मेहनती हुनुहुन्थ्यो । विदेश भ्रमण गएका बेला अन्य कर्मचारी विमान चढेर टाढा जाँदा पनि गएपछि काममा व्यस्त हुने उहाँको क्षमता भएको बताउँछन् । देशले उहाँलाई निजी क्षेत्रको ठूलो हिमायतीका रुपमा सम्झन सक्छ । उहाँको हजुरबाले विराटनगर जुटमिल स्थापनाको क्रममा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । उहाँले भारतीय प्रमोटरहरुलाई पनि आकर्षित गर्नुएभएको थियो ।
उहाँले सोनापुरमा पनि जुटमिल खोल्नुभयो । त्यो उद्योग चौबीसै घण्टा खुल्ने महिलाहरुले पनि अनुकूल समयमा काम गर्न सक्ने व्यवस्था गर्नुभएको थियो । भृकुटी कागज कारखाना घाटामा गयो । त्यसो हुनुको कारण राज्यले स्वदेशी उद्योगलाई प्रमोट नगरेका कारणले हो ।
जस्तो कि उद्योगका कच्चा पदार्थ ल्याउँदा बढी कर लाग्ने अवस्था थियो । प्रिन्टिङ्ग पेपर ल्याउँदा सहुलियत दिइने व्यवस्था छ । यसो गर्दा पत्रिका चलाउनेले मात्रै पेपर ल्याएनन् अरुले पनि त्यो सहुलियत प्रयोग गरी पेपर ल्याए । त्यसले गर्दा भृकुटी कागज कारखानालाई नोक्सानी भयो । सरकारको स्वदेशी उद्योगलाई प्रमोट नगर्ने नीतिका कारण नै यस्तो भएको हो ।
दिवाकार गोल्छालाई मैले सम्झदा उ मेरो बाल्यकालदेखिकै मित्र हो । विद्यालय भिन्नै भएपनि ट्युसन र अन्य गतिविधि सँगैसँगै हुन्थ्यो । २०२२ सालदेखि सँगै हो । मैले २०२५ सालमा एसएलसी गरेको हो । दिवाकरले एक वर्ष ड्रप गरेर २०२६ सालमा विराटनगरको आदर्श विद्यालयबाट गरे । हाम्रो बाल्यकालका सम्झनादेखि हसी ठट्यौली धेरै हुन्थ्यो । उमेर हुँदा हामी निकै रामाइलो गर्दथ्यौं तर उमेर बढ्दै गएपछि भने हामी उद्योग व्यवसायमा बढी केन्द्रीत भइयो । उनी पनि व्यस्त बने । गोल्छाहरुले चलाएको हनुमान जुट भन्ने थियो । रानी विराटनगरमा निकै ठूलो आगलागी भयो । निकै ठूलो कारोबार हुन्थ्यो जुटको । जुटको निर्यात हुन्थ्यो । त्यत्रो भवितव्य हुँदासमेत बीमा गराउने चलन थिएन ।
ठूलो परिमाणमा जुट नष्ट भयो । आर्थिक हिसाबले गोल्छा हाउस समस्याग्रस्त हुने अवस्था देखियो । घरका सदस्य निरास हुँदासमेत दिवाकर निरास भएनन् । उनीसँग विशिष्ट किसिमको क्षमता थियो । उनको उत्साहमा कमी आएन । जस्तो समस्या आएपनि त्यसलाई सामना गर्न सक्ने र त्यसबाट बाहिर आउन सक्ने इनबिल्ट क्षमता दिवाकरमा थियो । त्यो सामान्य मानिसहरुमा हुँदैन ।
मैले गरेको अनुभव पनि हो । आगलागीपछि गोल्छा हाउस आर्थिक हिसाबले कमजोर भएको बेला पनि बिग्रिएकै कामलाई सेपअप गर्न उनी लागि परिरहे । आँट छाडेनन् । २०३९ तिर परम्परागत कृषिको व्यापारले मात्र अर्गनाइजेसन अघि बढ्दैन भन्ने सोच दिवाकरमा थियो । उनले सिमरामा हुलास स्टिल खोल्ने योजना बनाएका थिए ।
म पनि वीरगञ्ज पुगेको थिएँ । पटक पटक जाने आउने काम मेरो पनि चलिरहन्थ्यो । सँगै पनि गइन्थ्यो । उनको उद्योग स्थापना गर्नका लागि गइरहन्थे । एउटा कुरा सम्झन्छु । त्यतिबेला करोडको कारोबार गर्नु ठूलो कुरा हुन्थ्यो । म अर्गनाइजेसनको व्यापारलाई अर्बमा पुर्‍याउने योजना दिवाकरको थियो । उनले मलाई भन्थेम मेरो व्यापारलाई अर्बमा पुर्‍याउँछु । आखिर पुर्‍याए पनि । हुलास स्टिलको कारण व्यापार बढेको थियो । त्यस लगत्तै उनले पछाडि हेर्दै हेरेनन् अनि २५ देखि ३० वटा उद्योग स्थापना गराए । एउटा औद्योगिक नायकको रुपमा दिवाकर उभिएका छन् ।
सामाजिक रुपमा भन्दा पनि उनी औद्योगिक गतिविधिमा बढी सक्रिय थिए । म मोरङ व्यापार संघको अध्यक्ष हुँदा उनी उपाध्यक्ष थिए । नेपाल उद्योग वाणिज्य महासंघमा पनि उपाध्यक्ष भएका थिए । तर बढी राजनीतिक गतिविधि भएकोले त्यहाँ सक्रिय भएनन् । पछि छाडे । उनको फोकस उद्योगमै हुन्थ्यो । विराटनगरबासीले दिवाकरलाई देशको औद्योगिक रुपमा अघि बढाउन गोल्छा अर्गनाइजेसन र दिवाकर गोल्छाको ठूलो योगदान ।
औद्योगिक धरातल खडा गर्ने काम अविष्मरणीय पनि छ । त्यही रुपमा दिवाकरलाई पनि सम्झनु पर्छ । यो हिसाबले पनि उनी बहुआयामिक व्यक्तित्व हुन । उनले त्यतिबेला साधनस्रोत कम भएको अवस्थामा पनि उद्योग क्षेत्रको विकासका लागि दिएको योगदान साँच्चै नै सम्झन लायक छ । म उसलाई साहस भएको सज्जन र एउटा भिजनरी व्यक्तिको रुपमा सम्झन्छु । मैले व्यक्तिगत रुपमा मित्र गुमाए पनि देशले एउटा ठूलो इन्टरप्रेनर गुमाएको छ ।
विसं २०७१ मा माधव नेपाललाई हराएर ओली एमालेको अध्यक्ष बने । निरन्तर ४६ वर्षको राजनीतिक यात्रापछि दलको सर्वेसर्वा हुन पुगे । देशको राजनीतिमा नेपाली कांग्रेसको दबदबा खस्कँदै गएको अवस्थामा यिनि एमालेका प्रमुख बने । कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको निधनपछि देउवा सभापति बने । देउवा कांग्रेसको सभापति बन्दा ओलीका लागि परिस्थिति झनै अनुकूल बन्न पुग्यो भने तत्कालीन मा
नेपालमण्डल नामाकरण गर्दा जाति क्षेत्र र समुदायको प्रभुत्वको गुनासो पनि आउनेछैन
प्रदेश ३ का सांसदहरू पार्टीका नेताको निर्देशनमा हैन विवेक प्रयोग गरेर नेपालमण्डललाई विश्वसामु चिनाउने र अमर बनाउने गरी प्रदेशको नामाकरण गर्न सफल होऊन्
विराटनगर । विराटनगरको कोइराला निवासमा खटिएका सुरक्षाकर्मी हटाइएको विषयमा नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएको छ । प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले सोमबार एक विज्ञप्ति प्रकासित गरी कोइराला निवास व्यक्तिको
काठमाडौं । नोपल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले एक्सटेन्सन काउन्टर खोल्नेसम्बन्धि नयाँ व्यवस्था गरेको छ । राष्ट्र बैंकले क ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको
एजेन्सी । कप्तान अहमदसहित तीन खेलाडीको अर्धशतकमा यस संस्करणकै सर्वाधिक रन बनाएको पाकिस्तानले आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आयोजक इङ्ल्याण्डमाथि रोमाञ्‍चक जित निकालेको छ । पहिलो खेलमा वेष्ट इन्डिजविरुद्ध १ सय ५ रनमा
काठमाडौं । भारतीय विमान कम्पनी एयर इण्डियाको आइतबार भारतको नयाँ दिल्लीबाट काठमाडौंमा आएको विमान ओभरसुट गरेर बाराको निजगढमाथिको आकाशमा पुगेको पाइएको छ । भारतीय सञ्चारमाध्यमले आज समाचार एजेन्सी एएनआइलाई उद्धृत
– नरेश फुयाँल कखरा चिन्दै देवप्रकाश त्रिपाठी चित्र पनि कोर्थे । लाइन कपीमा डटपेनको सहाराले चित्र बनाउँथे । साथीभाइ तथा ठूलाबडाले आहा भन्दिन्थे उनी दंग पर्थे । झन् जोसिन्थे चित्र
अक्षर काका तपाईं कहाँ हुनुहुन्छ तपाईंलाई तुरुन्तै भेट्नु थियो । २०५९ जेठ ६ गते त्यस्तै १२ बजेतिर हुनुपर्छ संगीता खड्काको पेजरमा म्यासेज आयो । काठमाडौं संकटकालको चर्को सन्नाटामा थियो ।
कुमार शर्मा धच गोतामेको घामका पाइलाहरूबारे धेरैको मुखबाट सुनेको थिएँ । पढेको भने थिइनँ । लेखक सुबिन भट्टराई हरेकजसो अन्तर्वार्तामा भन्छन् कि उनलाई नेपाली साहित्यमा मन पर्ने कृतिमध्ये घामका पाइलाहरू
– विकास मरासिनी विसं २०६७ सालको एकदिन । लक्ष्मण श्रेष्ठ नेपालगन्जको कुनै क्याफेमा साथीसँग बसिरहेका थिए । ती साथीले एउटा राष्ट्रिय पत्रिकामा प्रकाशित तस्बिर देखाए हेर् त क्या दामी फोटो लक्ष्मणलाई
– नरेश फुयाँल पूर्वी पहाडबाट बच्चैमा काठमाडौं छिरेर आफ्नै बलबुताले अध्ययन गरे पुरुषोत्तम दाहालले । प्रमाणपत्र तहबाटै पञ्चायतविरोधी आन्दनेलनमा सक्रिय भए । एकातिर भोको पेट पाल्नुपर्ने अवस्था अर्कोतर्फ निरंकुशताविरुद्धको आन्दोलनमा होमिने
नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मन्त्रिमण्डलमा गैरराजनीतिक अनुहारको रुपमा आएका विदेशमन्त्री डा एस जय शंकरले आफ्नो पहिलो ट्विटमा आफ्ना पूर्ववर्ती सुष्मा स्वराजकै पदचाप
नयाँ दिल्ली । नवनिर्वाचित सरकारले कुल ग्राहस्थ्य उत्पादन जीडीपी मा आइरहेको गिरावटको कारण पत्ता लगाउने विषयलाई पहिलो प्राथमिकता दिन जरुरी देखिन्छ । अप्रिल २०१९ मा
प्रधानमन्त्री केपी शर्मा ओली भारतमा हुँदा देशभित्र उनका विरुद्ध सधैँजसो कुनै प्रकारको षड्यन्त्रको खिचडी पाक्नेगरेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको शपथ ग्रहणका
सुरुङ्गा झापा । झापाका वरिष्ठ पत्रकार एवम् पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक मदन ढकालको ६५ वर्षको उमेरमा बिहीबार राति निधन भएको छ ।
मधुमेह र मिर्गौला रोगबाट पीडित ढकालको बिर्तामोडस्थित पूर्ण–टुङ्ग बिर्तासिटी अस्पतालमा उपचारकै क्रममा निधन भएको हो । एक वर्षअघिदेखि मधुमेह र मिर्गौला रोगबाट पीडित बन्नुभएका ढकाललाई गत बुधबार श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पताल लगिएको थियो । २००९ जेठ १९ गते आइतबार अनारमनी–१ मा जन्मनुभएका ढकाल झापाका सफल साहित्यकार एवम् उपन्यासकारका रुपमा समेत परिचित थिए ।
स्व तुलसादेवी ढकाल र परशुराम ढकालका जेठा सुपुत्रका रुपमा जन्मेका ढकालले २०२४ सालदेखि पत्रिकाको सम्पादन गर्ने काम गर्दै आएको र २०२८ सालदेखि शैक्षिक क्षेत्रमा प्रवेश गरेका उनले १९ वर्षसम्म अध्यापन समेत गराएका थिए ।
नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका उनी नेपाल पत्रकार महासङ्घको केन्द्रीय पार्षद् हुन् । स्व ढकालका बुबा परशुराम श्रीमती सावित्रा ढकाल एक छोरा र चार छोरी छन् । रासस
काठमाडौँ । इंग्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले चौथो अभ्यास खेलमा पनि जित हासिल गरेको छ । अभ्यास खेलमा लगातार चौथो जित निकाल्ने क्रममा आइतबार राति नेपाली टोलीले स्थानीय क्रिकेट क्लब इस्टबर्नलाई १ सय ८१ रनले पराजित गरेको छ ।
अब नेपालले अन्तिम खेलमा मंगलबार लर्ड्स मैदानमा विश्वकै पुरानो मेरिलिबोन क्रिकेट क्लब एमसिसीसँग खेल्नेछ । नेपाल र ब्रिटेनबीचको कुटनीतिक सम्बन्ध स्थापना भएको २ सय वर्ष पुगेको अवसरमा नेपालको क्रिकेटको मक्का मानिने लर्ड्समा खेल्न लागेको हो ।
इस्टबर्नको घरेलु मैदानमा भएको खेलमा नेपालले दिएको ३ सय १ रनको लक्ष्य पछ्याएको इस्टबर्नले ३४ ओभर ३ बलमा अलआउट हुदै १ सय १९ रनमा समेटियो । इस्टबर्नका लागि रावलिनले ४४ तथा पुन्जाले २३ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यान सस्तैमा पेभेलियन फर्किएका थिए । इस्टबर्नलाई सस्तैमा रोक्ने क्रममा सोमपाल कामीले ३ तथा बसन्त रेग्मी र सागर पुनले समान दुई दुई विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा मात्र तीन विकेट गुमाएर ३ सय रनको उच्च योगफल तयार गरेको थियो । इस्टबर्न्विरुद्ध नेपालका चार ब्याट्सम्यानले अर्धशतक बनाए । नेपालका लागि विनोद भन्डारी र राजु रिजालले अविजित अर्धशतकीय पारी खेले । विनोदले ७७ रन बनाए भने राजु रिजालले ६० रन जोडे । त्यस्तै ओपनर अनिल मण्डलले ७३ रन बनाउदा सरद भेषवाकरले ६० रन जोडे ।
यस्तै इंग्ल्यान्ड भ्रमणलाई नेपाली टोलीको विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेदरल्याण्डसँगको खेलको तयारीका रुपमा समेत हेरिएको छ । नेपालले नेदरल्याण्डसँग आगामी साउन २९ र ३१ गते उसैको मैदानमा खेल्नेछ । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा तेस्रो चरणको खेल सकिँदा नेपाल नेपाल छैटौं स्थानमा छ ।
काठमाडौँ । इंग्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले चौथो अभ्यास खेलमा पनि जित हासिल गरेको छ । अभ्यास खेलमा लगातार चौथो जित निकाल्ने क्रममा आइतबार राति नेपाली टोलीले स्थानीय क्रिकेट क्लब इस्टबर्नलाई १ सय ८१ रनले पराजित गरेको छ ।
अब नेपालले अन्तिम खेलमा मंगलबार लर्ड्स मैदानमा विश्वकै पुरानो मेरिलिबोन क्रिकेट क्लब एमसिसीसँग खेल्नेछ । नेपाल र ब्रिटेनबीचको कुटनीतिक सम्बन्ध स्थापना भएको २ सय वर्ष पुगेको अवसरमा नेपालको क्रिकेटको मक्का मानिने लर्ड्समा खेल्न लागेको हो ।
इस्टबर्नको घरेलु मैदानमा भएको खेलमा नेपालले दिएको ३ सय १ रनको लक्ष्य पछ्याएको इस्टबर्नले ३४ ओभर ३ बलमा अलआउट हुदै १ सय १९ रनमा समेटियो । इस्टबर्नका लागि रावलिनले ४४ तथा पुन्जाले २३ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यान सस्तैमा पेभेलियन फर्किएका थिए । इस्टबर्नलाई सस्तैमा रोक्ने क्रममा सोमपाल कामीले ३ तथा बसन्त रेग्मी र सागर पुनले समान दुई दुई विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा मात्र तीन विकेट गुमाएर ३ सय रनको उच्च योगफल तयार गरेको थियो । इस्टबर्न्विरुद्ध नेपालका चार ब्याट्सम्यानले अर्धशतक बनाए । नेपालका लागि विनोद भन्डारी र राजु रिजालले अविजित अर्धशतकीय पारी खेले । विनोदले ७७ रन बनाए भने राजु रिजालले ६० रन जोडे । त्यस्तै ओपनर अनिल मण्डलले ७३ रन बनाउदा सरद भेषवाकरले ६० रन जोडे ।
यस्तै इंग्ल्यान्ड भ्रमणलाई नेपाली टोलीको विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेदरल्याण्डसँगको खेलको तयारीका रुपमा समेत हेरिएको छ । नेपालले नेदरल्याण्डसँग आगामी साउन २९ र ३१ गते उसैको मैदानमा खेल्नेछ । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा तेस्रो चरणको खेल सकिँदा नेपाल नेपाल छैटौं स्थानमा छ ।
सिन्धुपाल्चोक फुल्पिङकोटको कल्लेरी डाँडोमा एक तमासको सिरेटो चल्थ्यो । आङ होइन मुटु नै डगडगी काँप्थ्यो । तर बाल्यावस्थामा अहिलेजस्तो जिउ ढाक्ने न्यानो कपडा कहाँ पाउनु
पिता हिरालाल न्यौपाने भारतीय सेनाका तर्फबाट द्वितीय विश्वयुद्ध लडेका थिए । तर युद्ध समाप्त भएपछि उनी जागिरमा फर्किएनन् । त्यसैले अन्नपात प्रशस्त भए पनि घरपरिवारले आर्थिक विपन्नतासँग पौँठेजोरी खेलि नै रहनुपर्‍यो ।
खान त पुग्थ्यो । तर रुपैयाँ÷पैसा नभएकाले नयाँ लुगा लगाउने रहरै भयो ।
सानो छँदा उनी बाबुलाई भन्थे जाडो भयो फलानाले लगाएकै जस्तो लुगा ल्याइदिनुस् न
सन्ततिलाई शरीर ढाक्ने लुगा किन्ने हैसियत नभएपछि पिता भन्दा रहेछन् केटाकेटीको जाडो त बाख्राले खाइहाल्छ नि जाओ कुद्दै एक लग काम गरेर आओ जाडो आफैँ भाग्छ
के को जाडो भाग्नु झन् निमोनियाले सिकिस्त बनाउँथ्यो
गाउँका बालबच्चाहरू कति मृत्युवरण गर्थे । सानो छँदा चिसो जोगाउन नसकेकै कारण प्रायः दीर्घरोगी बन्थे । अल्पायुका पनि
फाँटभरि सेताम्य पोखिएको तुसारोले भक्तपुरमा चिसो बढेको प्रतीत हुन्छ । टम्म ढाकेको तुँवालोभित्र हराएको घाम बिहान १० बज्दा पनि निम्छरै छ तात्न भ्याएको छैन । बाहिर फलैँचामा बसेर ४७ वर्षीया कवि उतिबेलाको चिसो अनुभव बाँड्दै थिए ।
उनले अर्को प्रसंग पनि उधिने–
उनी स्वस्थानी व्रतकथा भन्न सानैदेखि रुची राख्थे । ०३३ सालतिर कक्षा दुईमा पढ्दा नै स्वास्थानी भाका हालेर वाचन गर्न सक्थे ।
त्यतिबेलाको एउटा रमाइलो अनुभव रहेछ । स्वस्थानी व्रतकथाको पहिलो या दोस्रो अध्याय हुनुपर्छ त्यहाँ ब्रह्माण्ड शब्द उल्लेख थियो । तर उनले त्यसलाई उच्चारण बिगारेर कथा वाचन गरे । यहाँ किन बिगारिस् भन्दै बुबाले थप्पड लगाएको घटना उनको दिमागमा ताजै रहेछ ।
त्यस्तै अर्को प्रसंग पनि छ–
२०३७ सालको कुरा हो तिनताक नेपालमा भर्खर रारा चाउचाउ आएको थियो । यस्तै स्वस्थानी व्रतकथा भन्ने बेला थियो । बजारबाट चाउचाउ किने । घरमा लगेर पकाएर खाए ।
तीन गाउँ हल्ला फिँजियो फलानाको छोराले चाउचाउ घरमै ल्याएर खायो अचम्म
भाका हालेर कथा वाचन गर्ने र उत्कृष्ट वाचन शैलीका कारण उनको चर्चा गाउँभरि हुन्थ्यो । अरुका घरमा पुगेर पनि स्वस्थानी पढेर सुनाउँथे उनी ।
स्वस्थानी भन्न गाउँमा पुगेका उनलाई एकजना बूढीआमैले स्वस्थानी वाचन नै गर्न दिइनछन् । भनिछन् त्यत्रो ज्योतिषको छोरा भएर च्याच्याउ खाने तिमी आजबाट अशुद्ध भयौ । तिमीले पढेको स्वस्थानी हामी सुन्दैनौँ । जाऊ तिमी
बूढी आमैले हप्काएर पठाइछन् ।
उतिबेलाको सामाजिक चेत यस्तो पो थियो उनको अनुहारमा बाल्यकालका बाछिटा देखा परे फिस्स मुस्कुराए उनी ।
० ० ०
सबैको घरमा रेडियो थिएन । गीत संगीत सुनेर बस्ने फुर्सद पनि हुँदैनथ्यो । सुसेली हाल्दै मेलापात जाने सुस्केरा हाल्दै उकालो चढ्ने । वरपीपल चौतारीमा बसेर थकाइ मार्दै सुख–दुःखका कुरा सुन्नेसुनाउनेबाहेक मनोरञ्जनका अरु साधन थिएनन् । त्यसैले गाउँका पाकाहरू मेलापातबाट फर्किएपछि अबेर रातिसम्म भजन भट्याउँथे । श्लोक भन्थे ।
पाकाहरूले आँखाबाट तरक्क आँसु झार्ने गरी सत्यवादी राजा हरिशचन्द्रका कथा सुनाउँदा उनी भावविह्वल हुन्थे । बाहुलाको फेरले आँसु पुछ्दै मनमनै अठोट गर्थे– म पनि यस्तै कविता लेख्छु र अरुलाई सुनाउँछु । विस्तारै उनीमा पद्य साहित्यको चेत अंकुरण हुन थाल्यो र कविता लेखनमार्फत् पोखिन थाल्यो ।
राति खाना खाने बेलामा रामायण महाभारतका कथा मिसाएर काकाबाहरूले भजन गाएको देख्दा उनी कल्पिन्थे– यस्तै राम्रा–राम्रा कविताहरू लेख्न पाए त पछि–पछि मान्छेहरूले पढ्थे होला नि मनमा भाव आएन मात्रै उनी छन्दबद्ध कविता कोर्न पनि थाले ।
० ० ०
उनी पढाइमा अब्बल थिए । फुल्पिङकोटबाट जलबिरे आउन तीन–चार घन्टाको ओरालो झर्नुपथ्र्यो । त्यसैले पढाइ छुट्ला भन्ने भयले उनी भोकै विद्यालय झर्थे । विद्यालय अवधिभर शिक्षकले भनेका कुरा ध्यानपूर्वक सुन्थे ।