text
stringlengths
1
75.3k
अटोमोबाइल हेभि इक्युपमेन्ट व्यापारी तथा आङछिरिङ शेर्पाका सबैभन्दा नजिकका साथी । कन्टिनेन्टल समूहका अध्यक्ष सहृत घिमिरेसँग बाह्रखरीले गरेको कुराकानीका आधारमा
मैले उहाँलाई सानै उमेरदेखि चिनेको हुँ । सानैदेखि उहाँ जेजति काम गर्ने हो त्यसमा फोकस्ड रहेर सफलता हात पर्ने सोच राख्नुहुन्थ्यो । उहाँको आत्मसंकल्पले उहाँलाई कुनै काम अधुरै राख्ने मान्छे बनाए । पर्यटन ट्रेकिङबाट उहाँको व्यवसायीक जीवन सुरु भएको हो । ट्रेकिङमा हात पारेको सफलताका कारण अन्य क्षेत्रमा हात हाल्न सहयोग मिल्यो ।
सोलुखुम्बुको पागुँममा हुनेखाने परिवारमा हुर्किनुभएका छिरिङ दाइ काठमाडौंमा आएर ट्रेकिङ व्यवसायमा लाग्नु भएको हो । चर्चामा आएझैं अतिविपन्न परिवारमा हुर्केका मान्छे उहाँ होइन । विद्यालय टाढा भएका कारण उहाँले शिक्षादीक्षा लिन पाउनु भएन । उहाँको दिदी भिनाजु सायद नेपालको पहिलो ट्रेकिङ कम्पनी चलाउने मध्ये पर्नुहुन्छ । कम्पनीको नाम शेर्पा सोसाइटी थियो ।
उहाँहरुका कारण छिरिङ दाइ पर्यटन क्षेत्रमा लाग्नुभएको हो । कुनै एजेन्डा लिएपछि त्यसमा ध्यानकेन्द्रित गर्ने उहाँको प्रकृति थियो । उहाँको एजेन्डा आफ्नो फाइदा कहिल्यै थिएन । त्यसैले उहाँलाई सफल राष्ट्रिय पर्यटन उद्योगीको रुपमा लिन सकिन्छ । पर्यटनको एउटा मात्र नभएर समग्र क्षेत्रमा काम गरेको व्यक्ति हुनुहुन्थ्यो आङछिरिङ ।
उहाँको देहान्तले व्यवसाय क्षेत्रको हस्ती गुमाएको मैले महसुस गरेको छु । व्यवसाय गर्ने धेरै किसिमका हुन्छन् तर सबै आफ्नै परिधिमा बाँधिएका हुन्छन् । तर अरु व्यवसायलाई पनि सहयोग गर्ने तथा नीतिगत सुधारमा इन्पुट दिने व्यक्ति हुनुहुन्थ्यो छिरिङ । राजनीतमा पनि राम्रो पहँच भएका कारण उहाँको साथ राम्रो थियो ।
हाम्रो सम्बन्ध दाजुभाइको जस्तो थियो । मलाई भाइ भन्नुहुन्थ्यो । म छिरिङ दाइसँग एउटा व्यवसायमा संलग्न छैन । तर उहाँको निधनले एउटा अद्भुद व्यक्ति गुमाएको हो । हाम्रो हरेक भेटमा पर्यटनको विकासमा चिन्तन मनन गर्न खोज्ने व्यक्ति हुनुहुन्थ्यो । पर्यटनको विषयमा बढी कुरा हुने गर्थ्यो ।
गल्फमा पनि उहाँको योगदान ठूलो छ । उहाँको व्यक्तित्वले आफूलाई ठूलो मान्छे सोच्दैन थियो । कर्मचारीदेखि मन्त्रीसम्म हम्बल गुण प्रस्तुत गर्ने हुनुहुन्थ्यो एकदमै फ्र्यांक पनि । मलाई थाह भएसम्म उहाँ खेलप्रेमी हो । स्वीमिङ स्नुकरसँग सानैदेखि प्रेम थियो । पछिल्लो समय उहाँ गल्फको राम्रो खेलाडी हो ।
छिरिङ दाइजस्तो व्यक्तित्व गुमाउनु पर्यटन क्षेत्रले अतुलनीय क्षति बेहोरेको छ । राजनीतिमा उहाँको विशेष सम्बन्ध थियो । उहाँ हाम्रो अभिभावक झैं हुनुहुन्थ्यो । मान्छेहरु उहाँबाट धेरै कुरा सिक्न चाहन्थे । ट्राभल ट्रेडमा मात्र नभएर सबैक्षेत्रमा उहाँका फलोअर थिए । उहाँप्रतिको सम्मान र सद्भावका कारण उहाँका शवयात्रामा हजारौं मान्छे आएका हुन् । उहाँको शवयात्रामा कसैलाई ह्वीप जारी गरिएको थिएन । यी मान्छे उहाँले कमाएका एसेट हुन् ।
उहाँको सबैभन्दा महानता भनेको उहाँले नेपालमा कमाएर कहिल्यै विदेशमा थुपार्नुभएन । सोही कारण उहाँ राष्ट्रपैमी व्यापारी हो ।
अल्टिच्युड एयरका प्रबन्ध निर्देशक निमा नोरु शेर्पासँग गरिएको कुराकानीमा आधारित
विराटनगर । कर्मवीर रामलाल गोल्छाले जुटबाट सुरु गरेको कारोबार फस्टाउँदै आजको गोल्छा अर्गनाइजेसन बनाउन उनका सन्तानले झन् मेहनत गर्नुपर्‍यो । व्यवसायिक घरानाको रुप दिन रामलालका दुई छोरा हंसराज र हुलासचन्दले थपेको इटालाई थप मजबुत पिलर बनाउने काम हंसराजका माइला छोरा दिवाकरले गरे । पारिवारिक मिलन र दिवाकरको औद्योगिक योजनाको जगमा आजको गोल्छा अर्गनाइजेसन उभिएको छ ।
गोल्छा अर्गनाइजेसनका वरिष्ठ उपाध्यक्ष दिवाकर गोल्छाको उपचारको क्रममा भारतको चेन्नईमा ६६ वर्षको उमेरमा मंगलबार राति साढे ११ बजे असामयिक निधन भएको छ । उनी ३० जुलाई १९५३ मा जन्मिएका थिए । उनकी श्रीमती जयश्री गोल्छा र छोराहरु हितेष तथा हिमांशु छन् । परिवारका माइला छोरा दिवाकरले आफ्ना हजुरबुवा स्व रामलालको कर्मवीरताको पदचिन्ह पच्छ्याउँदै आफ्नो परिवारको औद्योगिक विरासतलाई झन् मजबुत बनाउने काम गरे । विराटनगरको रानीबाट सुरु भएको गोल्छा परिवारको औद्योगिक यात्रा अहिले अन्तर्राष्ट्रियस्तरसम्म पुग्न सफल भएको छ । यसको धेरै श्रेय उनलाई पनि जान्छ ।
दिवाकरले पिता हंसराज र काका हुलासचन्दले स्थापना गरेको गोल्छा अर्गनाइजेसनको सम्वर्द्धन र औद्योगिकरणमा महत्वपूर्ण योगदान दिएका थिए । २०३४ सालमा रानीको हनुमान जुट इण्डष्ट्रिज र हंस राइस मिल आगलागी भयो । सम्पूर्ण रुपमा जलेको उद्योगको क्षति निकै डरलाग्दो थियो । तर २५ वर्षको उमेरमा कर्मक्षेत्रमा हामफालेका गोल्छाले फेरि आफ्नौ औद्योगिक सोच र योजनालाई अघि बढाउँदै लगे त्यसपछि पछाडि फर्केर हेरेनन् । दिवाकरले दर्जनौँ उद्योग स्थापना गरे । उनका कान्छा भाई राजकुमार गोल्छाको भनाइमा नेपालमा उद्योग विकास र कृषिमा आधारित उद्योग स्थापनासँगै रोजगारी सिर्जना गराउन दिवाकरको ठूलो योगदान रहन गयो । राजकुमारले भनेदाजुको दूरदृष्टि र योजनागत प्रयासकै कारण हो आज गोल्छा अर्गनाइजेसन यो अवस्थामा आइपुगेको छ ।
दिवाकरले कृषिजन्य उद्योगलाई बढावा दिएर २५ सय मानिसलाई रोजगारी दिलाएका थिए । उनको नेतृत्वमा २४ वटा उद्योग स्थापित भए । हुलास स्टिल हुलास वायर अरिहन्त मल्टिफाइवर्स श्रीराम सुगर मिल्स इस्टर्न सुगर मिल्स भुदेव खाद्य उद्योग धिरज चामल उद्योग हितेष तेल उद्योग आदि सबैमा उनले नेतृत्वदायी भूमिका निर्वाह गरे ।
छोरी स्वेता गोल्छाको २०५५ सालमा असामयिक निधन भएपछि केही समय दिवाकरको सामान्य दिनचर्यामा निकै असर गर्‍यो । उनलाई सम्हालिन समय लाग्यो तर हिम्मत हारेनन् । छोरी गुमाउनुको पीडाबाट तङ्ग्रिएपछि उनले आफ्नो पुस्तौनी उद्योग धन्दालाई अझ उचाईमा पुर्‍याउन खटिरहे । उनी पहिलो संविधान सभा सदस्य पनि बनेका थिए । सदनमा समेत उद्योगी तथा व्यवसायीको हितका लागि लविङ गरिरहे । नेपाल उद्योग वाणिज्य महासंघको २०५६–०५८ र २०६०–०६२ दुई कार्यकाल उपाध्यक्ष र २०६२–६४ मा प्रथम उपाध्यक्षको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरे । उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेका शब्दमा गोल्छा विराटनगरका औद्योगिक क्षेत्रमा समेत उनलाई निकै सम्मान दिइन्छ । उहाँको कर्मशीलता नै पहिचान थियो घिमिरेले भनेविराटनगरले होनहार र एक कर्मयोद्धा गुमाएको छ । मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले गोल्छाको निधनले औद्योगिक क्षेत्रलाई निकै ठूलो क्षति भएको बताए ।
किड्नी ट्रान्सप्लान्ट भएको दुई सातामै उनको निधन हुन पुग्यो । चैत २८ गते बिहीबार पशुपति आर्यघाटमा अन्तिम संस्कार हुने पारिवारिक स्रोतले जनाएको छ ।
काठमाडौं । नेपाली कांग्रेस गुल्मीका पूर्वसभापति एवम् पूर्व सांसद रुद्रमणि भण्डारीको सडक दुर्घटनामा निधन भयो । कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका ७२ वर्षीय पूर्वसांसद भण्डारीको बिहीबार बिहान सडक दुर्घटनामा परी निधन भएको हो । गुल्मीको दर्लिनबाट बुटवलतर्फ जाँदै गरेको लु १ ज १९५७ नम्बरको जीप मुसिकोट नगरपालिका१ च्यानडाँडामा बिहीबार बिहान झण्डै साढे ७ बजे जीप दुर्घटना हुँदा कांग्रेस नेता भण्डारीसँगै अन्य दुई जनाको पनि ज्यान गएको हो ।
दुर्घटनामा परी भण्डारीसँगै आठ वर्षीय बालक ओश्कर विक र प्रहरी हवलदार देवीप्रसाद पौडेलको मृत्यु भएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । दुर्घटनामा परी अन्य आठ जना घाइते भएका छन् । गुल्मीको धुर्कोट गाउँपालिका अर्न्तगत पर्ने वस्तु निवासी नेता भण्डारी २०४८ सालको आमनिर्वाचनमा कांग्रेसका तर्फबाट गुल्मी निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रीय भूमिका निर्वाह गरेका भण्डारीका दुई श्रीमती एक छोरा र एक छोरी छन् । पूर्व सांसद भण्डारी २०४८ पछि नेपालमा भएका आमनिर्वाचनमा पार्टीका तर्फबाट टिकट पाएर पनि चुनाव नलड्ने व्यक्तिमा गनिन्छन् । कांग्रेस केन्द्रीय सदस्य डा चन्द्र भण्डारी उनलाई प्रतिनिधिसभा सदस्य भइसकेपछिका हरेक निर्वाचनमा पार्टीले दिएको टिकटमा आफू निर्वाचन नलडेर आफ्ना साथीलाई चुनावी प्रतिष्पर्धामा उतारेर नेतृत्व गर्दै आएका व्यक्तिका रुपमा सम्झिन्छन् ।
उहाँमा अहिलेको मान्छेमा नभएका तीनचार वटा फरक गुण थिए । उहाँ अत्यन्तै प्रजातान्त्रिक मूल्य र मान्यतामा चल्ने अत्यन्त सरल राजनीतिक जीवन जतिबेला पनि अत्यन्तै हसिलो र आफूले पाएका टिकटहरु पनि साथीहरुलाई दिएर नेतृत्व गर्ने अत्यन्त धेरै विकास प्रेमी तथा सबै राजनीतिक पक्षहरुले सम्मान गर्ने व्यक्तित्व हुनुहुन्थ्यो नेता भण्डारीलाई स्मरण गर्दै कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले बाह्रखरीसँगको कुराकानीमा भने । कांग्रेस केन्द्रीय सदस्य भण्डारीले स्वर्गीय भण्डारीको स्मरणमा फेसबुकमा लेखेका छन् नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा कर्मठ सरल स्वभावका धनी प्रजातान्त्रिक मूल्य र मान्यतामा अविचलित नैतिकवान व्यक्तित्व । निरन्तरताको प्रतीक
कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसांसद भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा गुल्मीका पूर्वसभापति एवं पूर्वसांसद तथा मेरा अनन्य मित्र रूद्रमणि शर्मा भण्डारीको असामयिक निधनको खबरले मलाई स्तब्ध र मर्माहत बनाएको छ । उहाँको निधनबाट पार्टीले एक कुशल नेतृत्वलाई गुमाएको छ र पार्टीलाई अपूरणीय क्षति पुगेको छ देउवाले भनेका छन् ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि सामाजिक सञ्जालमा पूर्व सांसद भण्डारीलाई स्मरण गर्दै आफू अत्यन्तै मर्माहत भएको उल्लेख गरेका छन् । उनले फेसबुकमा लेखेका छन् नेपाली कांग्रेस गुल्मीका पूर्वसभापति तथा पूर्वसांसद रूद्रमणि शर्मा भण्डारीको आज नेटामा भएको जीप दुर्घटनामा परी निधन भएको खबरले मलाई मर्माहत बनाएको छ । उहाँको निधनले नेपाली कांग्रेस र मुलुकको लोकतन्त्रलाई अपूरणीय क्षति पुगेको छ । यो दुखको घडीमा मृतात्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दछु । तस्बिर सामाजिक सञ्जालबाट
विराटनगर । कर्मवीर रामलाल गोल्छाले जुटबाट सुरु गरेको कारोबार फस्टाउँदै आजको गोल्छा अर्गनाइजेसन बनाउन उनका सन्तानले झन् मेहनत गर्नुपर्‍यो । व्यवसायिक घरानाको रुप दिन रामलालका दुई छोरा हंसराज र हुलासचन्दले थपेको इटालाई थप मजबुत पिलर बनाउने काम हंसराजका माइला छोरा दिवाकरले गरे । पारिवारिक मिलन र दिवाकरको औद्योगिक योजनाको जगमा आजको गोल्छा अर्गनाइजेसन उभिएको छ ।
गोल्छा अर्गनाइजेसनका वरिष्ठ उपाध्यक्ष दिवाकर गोल्छाको उपचारको क्रममा भारतको चेन्नईमा ६६ वर्षको उमेरमा मंगलबार राति साढे ११ बजे असामयिक निधन भएको छ । उनी ३० जुलाई १९५३ मा जन्मिएका थिए । उनकी श्रीमती जयश्री गोल्छा र छोराहरु हितेष तथा हिमांशु छन् । परिवारका माइला छोरा दिवाकरले आफ्ना हजुरबुवा स्व रामलालको कर्मवीरताको पदचिन्ह पच्छ्याउँदै आफ्नो परिवारको औद्योगिक विरासतलाई झन् मजबुत बनाउने काम गरे । विराटनगरको रानीबाट सुरु भएको गोल्छा परिवारको औद्योगिक यात्रा अहिले अन्तर्राष्ट्रियस्तरसम्म पुग्न सफल भएको छ । यसको धेरै श्रेय उनलाई पनि जान्छ ।
दिवाकरले पिता हंसराज र काका हुलासचन्दले स्थापना गरेको गोल्छा अर्गनाइजेसनको सम्वर्द्धन र औद्योगिकरणमा महत्वपूर्ण योगदान दिएका थिए । २०३४ सालमा रानीको हनुमान जुट इण्डष्ट्रिज र हंस राइस मिल आगलागी भयो । सम्पूर्ण रुपमा जलेको उद्योगको क्षति निकै डरलाग्दो थियो । तर २५ वर्षको उमेरमा कर्मक्षेत्रमा हामफालेका गोल्छाले फेरि आफ्नौ औद्योगिक सोच र योजनालाई अघि बढाउँदै लगे त्यसपछि पछाडि फर्केर हेरेनन् । दिवाकरले दर्जनौँ उद्योग स्थापना गरे । उनका कान्छा भाई राजकुमार गोल्छाको भनाइमा नेपालमा उद्योग विकास र कृषिमा आधारित उद्योग स्थापनासँगै रोजगारी सिर्जना गराउन दिवाकरको ठूलो योगदान रहन गयो । राजकुमारले भनेदाजुको दूरदृष्टि र योजनागत प्रयासकै कारण हो आज गोल्छा अर्गनाइजेसन यो अवस्थामा आइपुगेको छ ।
दिवाकरले कृषिजन्य उद्योगलाई बढावा दिएर २५ सय मानिसलाई रोजगारी दिलाएका थिए । उनको नेतृत्वमा २४ वटा उद्योग स्थापित भए । हुलास स्टिल हुलास वायर अरिहन्त मल्टिफाइवर्स श्रीराम सुगर मिल्स इस्टर्न सुगर मिल्स भुदेव खाद्य उद्योग धिरज चामल उद्योग हितेष तेल उद्योग आदि सबैमा उनले नेतृत्वदायी भूमिका निर्वाह गरे ।
छोरी स्वेता गोल्छाको २०५५ सालमा असामयिक निधन भएपछि केही समय दिवाकरको सामान्य दिनचर्यामा निकै असर गर्‍यो । उनलाई सम्हालिन समय लाग्यो तर हिम्मत हारेनन् । छोरी गुमाउनुको पीडाबाट तङ्ग्रिएपछि उनले आफ्नो पुस्तौनी उद्योग धन्दालाई अझ उचाईमा पुर्‍याउन खटिरहे । उनी पहिलो संविधान सभा सदस्य पनि बनेका थिए । सदनमा समेत उद्योगी तथा व्यवसायीको हितका लागि लविङ गरिरहे । नेपाल उद्योग वाणिज्य महासंघको २०५६–०५८ र २०६०–०६२ दुई कार्यकाल उपाध्यक्ष र २०६२–६४ मा प्रथम उपाध्यक्षको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरे । उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेका शब्दमा गोल्छा विराटनगरका औद्योगिक क्षेत्रमा समेत उनलाई निकै सम्मान दिइन्छ । उहाँको कर्मशीलता नै पहिचान थियो घिमिरेले भनेविराटनगरले होनहार र एक कर्मयोद्धा गुमाएको छ । मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले गोल्छाको निधनले औद्योगिक क्षेत्रलाई निकै ठूलो क्षति भएको बताए ।
किड्नी ट्रान्सप्लान्ट भएको दुई सातामै उनको निधन हुन पुग्यो । चैत २८ गते बिहीबार पशुपति आर्यघाटमा अन्तिम संस्कार हुने पारिवारिक स्रोतले जनाएको छ ।
हामी हुर्कँदै गर्दा दिवाकर दाइ सबैको हिरो हुनुहुन्थ्यो । ठूलो भएपछि उहाँजस्तै हुने हामी सपना देख्थ्यौं । उहाँको व्यक्तिसँगै औद्योगिक र सामाजिक क्षेत्रमा गरेका काम र राजनीतिमा समेत रहेको उहाँको प्रभाव हामीमा पर्नु स्वभाविक थियो । कयौं उद्योग स्थापनासँगै हजारौं रोजगारी सिर्जनाका कारण उहाँको योगदान नेपालको लागि धेरै नै छ । उत्पादनमा भ्यालु एडिसन कसरी गर्ने भन्ने नै उहाँको सोच रहन्थ्यो ।
सानो उमेदेखि नै आफ्नो अन्तिम दिनसम्म देशकै लागि काम गरेर उहाँ हामीलाई छोडेर बिदा लिनुभयो ।
दाइका लागि हरेक व्यापार वा उद्योग मन्दिरसमान हुन्थ्यो र हामीलाई पनि त्यही कुरा सिकाउनु हुन्थ्यो । अनुशासन उहाँको सबैभन्दा ठूलो धर्म थियो फजुुल खर्च उहाँलाई मन पर्थेन । लवाइखवाइमा उहाँको शोख थिएन । कम खर्च गर्ने उहाँको बानी जीवनभर जम्मा दुईवटा मात्र घडी बाँध्नुले प्रमाणित गर्दछ ।
उहाँले हामीलाई दिने प्रेरणा नै यही थियो कि अनुशासनमा नबसे व्यवसाय चौपट हुन्छ ।
उहाँबाट सिक्नुपर्ने सबैभन्दा ठूलो कुरा भनेको हिम्मत नै हो । हामीभन्दा अलग्गै स्तरको थियो त्यो उहाँमा । त्यो समयमा नेपाली अर्थतन्त्रको कोशेढुंगा साबित हुने उद्योग लगाउने आँट चानेचुने होइन । स्टिल वायर जुटमिल चिनी मिललगायत सहज थिएनन् । उहाँले स्थापना गरेका उद्योगले नेपाली अर्थतन्त्रलाई विस्तारै उकासेकोमा कुनै प्रश्न छैन ।
उहाँ हाम्रो हजुरबुवाको सबैभन्दा प्रिय नाति हुनुहुन्थ्यो । हजुरबुवाले उहाँलाई जेजस्तो काम गर्न पनि आँट्न प्रेरणा दिनुहुन्थ्यो साथ दिनुहुन्थ्यो । गोल्छा अर्गनाइजेनसन आजको दिनसम्म आइपुग्न पनि उहाँको ठूलो देन छ । एउटा पारम्परिक संस्थाबाट आधुनिक तथा व्यवसायिक रुपमा व्यवस्थित संस्था बनाउन उहाँको भूमिकाबारे बोलेर सक्ने विषय होइन । १७ हजार जनालाई रोजगारी दिने एउटा औद्योगिक घराना बनाउने एकमात्र नायक दिवाकर दाइ नै हो ।
उहाँसँग काम गर्न त्यति सहज थिएन । किनकी उहाँसँग काम गर्दा हरेक कुरा उहाँले चाहेको जस्तो हुनुपर्थ्यो । उद्योग र व्यापारमा पर्फेक्सनिस्ट को पर्याय उहाँ हुनुहुन्थ्यो । अनुशासनमा नबस्दा उहाँ गाली पनि गर्नुहुन्थ्यो । हाम्रो लागि सिक्ने मौका त्यही पनि थियो । बेलुकासम्म काम गरिसक्ने योजना बनाइएको थियो भने ६ बजे उहाँको कल आउँथ्यो र कामको प्रगति सोध्नुहुन्थ्यो । उहाँका यस्ता धेरै कुराले हामीलाई प्रतिवद्धताको अर्थ सिकायो ।
उहाँले हाम्रो परिवारलाई मात्र होइन देशलाई पनि ठूलो गुन गरेर जानु भएको छ ।
भारतसँग गरिएको सन्धीले नेपाली उत्पादन शून्य भन्सारमा भारत निर्यात गर्ने व्यवस्था गर्यो । यसमा उहाँको ठूलो देन रहेको छ । उहाँ महिनौंसम्म भारतमा बसेर यसबारे समझदारी खोज्नुभयो । त्यसबेला उहाँ नेपाल उद्योग वाणिज्य महासंघको प्रथम उपाध्यक्ष हुनुहुन्थ्यो । त्यसैले गर्दा आज अर्कों रुपैयाँको उत्पादन भारत निर्यात गर्न सकेका छौं ।
मूल्य अभिवृद्धि कर कार्यान्वयनमा आउँदा देशलाई उहाँले ठूलो गुन लगाउनुभयो । नेपालका धेरै व्यवसायी भ्याटको विपक्षमा हुँदा उहाँले महासंघलाई मनाउनुभयो व्यवसायीहरुलाई भ्याटको महत्व बुझाउनुभयो । र पछि महासंघले भ्याट कार्यान्वयनमा सहयोग गर्यो ।
सरकारको यो व्यवस्थाका विरुद्ध सडकमा धेरै उद्योगी व्यवसायी उत्रिएका थिए । दिवाकर दाइले सम्पूर्ण उद्योगी व्यवसायीलाई भ्याट देशका लागि जरुरी रहेको बुझाउनु भयो । उहाँकै कारण व्यवसायीले स्वच्छ व्यापारमा भ्याट अत्यावश्यक रहेको र यसले देशमा व्यापारको राम्रो भविष्य हुने बुझे ।
सरकारको यो काम स्वीकार्ने पहिलो संस्था महासंघ नै थियो । त्यसमा उहाँको ठूलो भूमकिा छन् । मलाई लाग्छ उहाँको राष्ट्रप्रेम एकदमै ठूलो थियो । हरेक कुरा गर्दा देशले के पाउँछ भनी उहाँ सोच्नुहुन्थ्यो ।
उहाँको प्यासन उद्योग नै थियो । उद्योगकै कारण मात्र देश आर्थिक समृद्धिमा जान सक्छ भन्ने उहाँले बुझ्नु भएको थियो ।
उहाँ न्युट्रल व्यवसायी हुनुहुन्थ्यो । सोहीकारण पहिलो संविधानसभामा सभासद बनेर जाँदा उहाँलाई नेपाली कांग्रेसले समानुपातिकमा राखेपनि कुनै राजनीतक दलको नभइ व्यवसायीको प्रतिनिधि बनेर जानुभएको थियो । उहाँको पृष्ठभूमि राजनीति नभएका कारण सदा व्यवसायीबारे मात्र कुरा उठाउनुहुन्थ्यो ।
विभिन्न पार्टीका नेताहरुले पनि उहाँसँग सुझाव माग्थे ।
सादा जीवन उच्च बिचार जीउने व्यक्ति हुनुहुन्थ्यो उहाँ । उहाँसँग धेरै समय सँगै हिँड्ने मौका पाएँ मैले । धेरै खर्च उहाँलाई मन पर्दैनथ्यो भौतिकवादी दुनियाँमा उहाँको शोख थिएन । फजुल रकम रोजगारी सिर्जना सदुपयोग गर्न चाहुहुन्थ्यो उहाँ । मृगौलाको समस्याका कारण पछिल्लो समय स्वस्थ्यमा गडबडी देखिन थालेको थियो । यो समस्याले उहाँलाई काम गर्न गाह्रो हुँदै गएको थियो । मृगौलाकै समस्याले उहाँलाई संसारबाट टाढा बनायो ।
तर म सम्झिन्छु । अन्तिम अवस्थासम्म पनि म उहाँसँगै थिएँ । उपचारको दिनमा पनि फोनमा कुरा गर्न सक्ने हुनुहुन्थ्यो । उहाँको देहवसानका कारण मैले मेरो दाजुमात्र होइन प्रेरणाको स्रोत गुमाएँ । नायक गुमाएँ । देशले एकदमै सफल उद्यमी गुमायो ।
बुबा वर्कहलिकको उत्कृष्ट उदाहरण हुनुहुन्थ्यो । दिनमा १८–२० घन्टासम्म काम गर्नसक्नुहुन्थ्यो त्यो पनि अनुशासनमा बसेर । हामीलाई पनि अनुशासन सिकाउनुहुन्थ्यो । अहिले पनि सँगै बसेर मात्र लन्च वा डिनर गर्ने बानी हाम्रो छ । हाम्रो बिदा फ्याक्ट्रिमै हुन्थ्यो बुबाले काम गरेको माहौलमा बाल्यकाल बित्यो । हामीले सानैमा कसरी र किन उद्योग सञ्चालन गरेको बुझेका थियौं ।
मलाई सम्झना छ । कलकत्तामा हुँदा अपार्टमेन्टमा बसेको बेला एकजना शिक्षकलाई जिस्काउँदा मैले मेरो जीन्दगीको पहिलो गाली खाएको थिएँ बुबाबाट । किनकि मैले गुरुको आदर गरेको थिइनँ । उहाँले भन्नुहुन्थ्यो गुरुको आदर गर्न नसक्ने व्यक्तिले जीन्दगीमा केही गर्न सक्दैन ।
एउटा समय थियो ६ वटा उद्योग एकैचोटि सञ्चालन गर्नुहुन्थ्यो । फ्याक्ट्रि अवलोकन नेपाल भ्रमणको सर्किट झैं हुन्थ्यो । ८० औं दशकको कुरा हो यो ।
हामीलाई विशेष सुविधा हुन्थ्यो तर बुबाको जीउने तरिका देखेर आफैंलाई अचम्म लाग्थ्यो । सादा जीवन जिउनुहुन्थ्यो । खाना एकदमै सिम्पल पहिरनमा ध्यान दिनुहुन्नथ्यो । जीवनभर दुईवटामात्र घडी बाँध्नुभयो । जहिलेपनि घडी बाँध्नैपथ्र्यो । नयाँ घडी किनिदिन्छु भन्दा पनि मान्नुभएन ।
अस्पतालमा हुँदा पनि घडी कलम र चस्मा खोजिरहनुहुन्थ्यो । ड्रेसअपको सेन्स पनि थियो उहाँसँग । आफ्ना सामग्रीको उत्तिकै जतन गर्नुहुन्थ्यो । व्यवसायबारे उहाँ एउटै कुरा भन्नुहुन्थ्यो यस्तो व्यवसाय गर्नु जसमा भ्यालु एड होस् र देशलाई फाइदा पुगोस् । आवश्यकता भएको सामग्री उत्पादन गर्नुपर्ने उहाँको सोच थियो । यो कुरा उहाँका नशा नशामा थियो र त चिनी जुट स्टिललगायत उद्योग स्थापना गर्नुभयो । यी सबै उत्पादनमा ८० देखि ९० प्रतिशत स्थानीय रुपमा भ्यालु एड हुने गरेको छ ।
उहाँ कसैले नगरेको वा गर्न नसकेको काम गर्न रुचाउनुहुन्थ्यो । पायोनियरिङ जब मात्र गर्ने उहाँको सोच थियो । अर्काको सिको गरेर काम नगर्न हामीलाई सिकाउनुहुन्थ्यो । यति नाफा हुन्छ भनेर उद्योग सञ्चालन गर्नुुहुन्थेन । कुन उद्योग लगाउने वा नलगाउने विषयमा दुईवटामात्र पारामिटर थिए उहाँका कति भ्यालु एड हुन्छ र देशले कति फाइदा लिन सक्छ
म व्यवसायमा प्रवेश गरेपछि २० वर्ष उहाँसँग काम गर्ने मौका पाएँ । त्यसमध्ये अधिकांश समय उहाँले नेपाल उद्योग वाणिज्य महासंघमा बिताउनुभयो । त्यो समय करिब १० देखि १२ वर्ष थियो । तर अध्यक्ष हुनु भएन । पछि संविधान सभामा सभासद बनेर प्रवेश गर्नुभयो र नेपाली व्यवसायीको आवाज उठाउनुभयो ।
महासंघको राजनीतिमा लागेर व्यवसायमा प्रभाव परेको गुनासो हामीले गर्दा उहाँ भन्नुहुन्थ्यो देश उकालो लागेमात्र हामीले एदम गर्न सक्छौं । उहाँ नेपालमा नीतिगत व्यवस्था कार्यान्वयनमा राज्यलाई सघाउने व्यक्तित्व हुनुहुन्छ । नेपालमा भ्याट कार्यान्वयन गर्न उहाँको ठूलो भूमिका छ । उहाँले नेपाली कांग्रेसका नेताहरुसँग भेटघाट गर्ने गरेको मलाई अहिले पनि याद छ । उहाँहरुसँग दैनिक कुरा हुन्थ्यो । आफ्नो व्यवसाय बढिरहन्छ तर देशको उन्नती हुनुपर्छ भन्ने उहाँको धारणा थियो ।
उहाँ अंकको पछि लाग्नुहुन्थेन । परीक्षामा स्थान महत्वपूर्ण नहुनेमा उहाँ विश्वास दिलाउनुहुन्थ्यो भन्नुहुन्थ्यो अंकभन्दा ठूलो सिकाइ हो । परीक्षाबाट प्राप्त हुने पोजिसनले ज्ञानको स्तर तय गर्दैन । व्यवसायमा नाफा घाटा भइरहन्छ तर ठीक किसिमको व्यवसाय गरिएको छ भने नाफाघाटाले फरक नपार्नेमा उहाँ विश्वस्त हुनुहुन्थ्यो ।
हामीले बुबाबाट सिक्नेपर्ने सबैभन्दा मुख्य कुरा भने उद्योगमा उहाँको समर्पण नै हो । कुनै काम गर्दा दृढ भइ शतप्रतिशत सामथ्र्य परिचालन गर्ने व्यक्तित्व हुनुहुन्थ्यो उहाँ । काम सम्पन्न नहुन्जेलसम्म अनेकौं फोन गर्नुहुन्थ्यो । हामीले एउटा काम अह्राउनुहुन्थ्यो उहाँ सयवटा काम गर्नुहुन्थ्यो । त्यहीपनि हामीलाई कार्यप्रगति सोध्न भ्याउनुहुन्थ्यो ।
हामी बुबालाई कामभन्दा अन्य क्षेत्रमा रुची राख्न आग्रह गर्थ्यौं उहाँ आफ्नो रुची नै उद्योग रहेको बताउनुहुन्थ्यो । इन्टरनेट र टेलिफोन नभएको जमानामा नेपालको पहिलो प्रत्यक्ष वैदेशिक लगानीसहितको उद्योग स्थापना गर्नुभएको हो बुवाले १९८२ मा ।
खरका छानालाई जस्ताको छाना बनाउने व्यक्ति हो उहाँ । उहाँले व्यापार सुरु गर्दाताका जुटमिलमा आगो लागेको थियो । त्योबेला २०–२२ गाउँमा त्यो आगो फैलिएको थियो रे । भारतबाटसमेत दमकल ल्याएर आगो नियन्त्रणमा ल्याइएको थियो रे ।
सो बेला उहाँले आगो यत्ति चाँडो फैलनुको कारण खरको छानो रहेको बुझ्नुभयो रे । त्यहीखेरै उहाँले खरको छानो विस्थापित गर्ने प्रण उहाँले लिनुभएको थियो रे हामीलाई सुनाउहुनुहुन्थ्यो ।
बुबाले जापानी प्रतिनिधिसँग कुरा गरेर केन्यामा लगानी गर्ने कम्पनीलाई नेपाल भित्र्याउनुभएछ । जापानी प्रविधिसहितको उद्योग नेपालमा स्थापना गर्नुभएको हो । विदेशमा सिकेको ज्ञानलाई नेपालमा कार्यान्वयन गर्न उहाँ माहिर हुनुहुन्थ्यो ।
हुलास स्टिलमा प्रयोग भएको कलर कोटिङ सिट दक्षिण एसियामै पहिलोपल्ट थियो । गुणस्तरमा कहिले सम्झौता गर्नुभएन । नाफाभन्दा दीर्घकालमा पेब्याक गर्न सक्ने गुणस्तरमा उहाँको जोड थियो । हाम्रो विशेषता नै उहाँले कायम गरेको उच्चकोटीको प्रविधि र गुणस्तर नै हो ।
उहाँ राम्रो काम गरे नाफा आफैं आउनेमा ढुक्क हुनुहुन्थ्यो । उहाँको दुरदर्शीपना निकै सम्झनयोग्य छ । म सानै हुँदा आफूले स्थापना गर्न चाहेको उद्योगको सूची हामीलाई सुनाउनुहुन्थ्यो । र ती सबै उद्योग उहाँले स्थापना पनि गर्नुभयो ।
उहाँको संलग्नता उद्यममा मात्र थिएन । राजनीतिलाई नजिकबाट हेर्नुभएको थियो उहाँले । गिरिजाबाबुले बुबासँग हरेक कुरामा सल्लाह माग्नुहुन्थ्यो । नेपाल–भारत वाणिज्य सन्धीमा बुबाको ठूलो भूमिका थियो । भारतमा बनेको सामान नेपालमा कर लागेर भित्रिने र नेपाली उत्पादन भारत बिना कर ट्यारिफ निर्यात हुने कसैले सोचेका थिएनन् ।
यस्ता कुरामा उहाँ इन्ट्रुमेन्टल हुनुहुन्थ्यो । उहाँकै कारण आज नेपालका सयौं उद्योगले सुविधा पाइरहेका छन् । यसमा प्रश्नै उठ्दैन । भ्याट कार्यान्वयन गर्दा पनि बुवाको ठूलो भूमिका छ । नेपालका व्यवसायी भ्याटका कारण आफूहरु फस्ने र कर तर्नुपर्ने भएकाले डराइरहेका बेला उहाँ एकजनामात्र भ्याट देशका लागि विशेष गरी आर्थिक समृद्धिका लागि उचीत औजार भएकोमा उहाँ स्पष्ट हुनुहुन्थ्यो । यो कुरा उहाँले आफ्ना समकक्षी व्यवसायीहरुलाई पनि सम्झाउनुभयो ।
संविधानसभामा सदस्य हुँदा उहाँले धेरै नेताहरुलाई परामर्श दिनुहुन्थ्यो । मलाई याद छ उपेन्द्र यादवसँग उहाँको पुरानो सम्बन्ध छँदै थियो र दीर्घकालको लागि सोच्न आग्रह गर्नुहुन्थ्यो । पहिले पनि सम्झाउनुहुन्थ्यो । तराईको आन्दोलन चर्किरहेको बेलामा गिरिजाबाबुले बाबालाई बोलाएर ७ दिनसम्म समस्या सुल्झाउन लाग्नुभएको थियो । सबै छलफलको संयोजन गर्नुहुन्थ्यो किनकि उहाँ एकमात्र तटस्थ व्यक्तित्व हुनुहुन्थ्यो ।
संविधानसभाको समितिहरुमा पनि हुनुहुन्थ्यो । जातीय राज्यको विरोधमा उहाँ हुनुहुन्थ्यो । राज्य विभाजन हुने कुनै बाटो खोल्न नहुनेमा उहाँको जोड थियो ।
गोल्छा परिवारभित्र आफ्नै परिवारिक कन्स्टिच्युसन छ । हामी सबैको तलब हुन्छ । नाफा भयो भने निकालेर प्रयोग गर्ने चलन छैन । आफ्नो ९ जना दाजुभाइका लागि कम्तिमा ९ वटै व्यवसाय सुरु गरिदिने सोच्नुहुन्थ्यो । सबैलाई स्थिर बनाउन उहाँको पहल थियो । गोल्छा अर्गनाइजेनसको पिलर हुनुहुन्थ्यो उहाँ । अर्गनाइजेसनमा सबैभन्दा बढी व्यवसाय सञ्चालन गर्ने व्यक्ति उहाँ ने हो ।
उहाँ टास्कमास्टर पनि हो । मैले पनि बुबासँग काम गर्दा धेरुै गालि पनि खाएको छु । बिजनेसको मिटिङमा दाजुभाइ बाबु छोरा हुँदैनथ्यो । मैले गल्ती गरेको छु भने म सजायको भागिदार हुने निश्चित हो । गालीभन्दा पनि मैले सुधार गर्नुपथ्र्यो । बिजनेसमा गल्ती हुँदा उहाँलाई स्वीकार्य थिएन ।
तर मिटिङ सकेपछि खाना खान हात समातेर लानुहुन्थ्यो । यसरी हाम्रो ग्रुम गर्नुभएको थियो । यो मैले स्वीकारें । आज बुबाको निर्णय सत्य लाग्छ । बुबाको उपस्थिति धेरै मिस गरिरहेको छु । उहाँ हुँदा छुट्टै आँट हुन्थ्यो प्रेरणा हुन्थ्यो । सबै बाटो बन्द भएपछि बुबाको शरणमा पुग्थ्यौं ५ मिनेटमा समाधान हुन्थ्यो ।
एकचोटि भेटेको मान्छेलाई साथी मान्नुहुन्थ्यो । उहाँलाई कसैले नाइँ भन्नै सक्दैनथ्यो । किनकि मान्छेलाई ऊ सही हो भन्ने थाह थियो । घन्टौंसम्म अध्ययन गर्नुहुन्थ्यो । त्यहीकारण आत्मविश्वासी हुनुहुन्थ्यो । परिपक्व नभएसम्म कुनै कुरा राख्नुपर्दैनथ्यो ।
मैले एउटा प्रोजेक्टको रिपोर्ट लिएर गएको थिएँ । उहाँले चारवटा प्रश्न सोध्नुभयो दोस्रोपछि मैले जवाफ दिन सकिनँ । उहाले भन्नुभयो मकहाँ आउँदा काँचो रोटी लिएर नआउनू । पुरै तयारीबिना मेरो अगाडि नआउनू । आफू बिना तयारी केही नगर्ने भएकाले होला सायद । समस्या भए उहाँले समाधान गर्दिनुहुन्थ्यो । जवाफदेही नबने उहाँलाई मनपर्थेन । बुबाको लागि मायाभन्दा पहिले सम्मान थियो मेरो । काम गर्दा मेरो गुरु हुनुहुन्थ्यो । मुभि हेर्न मन पराउनुहुन्थ्यो । गाडी चलाउन सोख थियो । शनिबार घुम्न जान्थ्छौं । धेरैजसो छलफल बिजनेस सम्बन्धी हुन्थ्यो ।
कर्मचारीहरुसँगको सम्बन्ध विशेष थियो । तीनवटा पुस्ताका कर्मचारी हामीसँग कार्यरत छन् । सबैजना बुबाका लागि ज्यान दिन सक्ने थिए । यो क्षमता बुबामा थियो । गालीसँगै माया र प्रोत्साहन पनि दिनुहुन्थ्यो । बुबासँग चालिस वर्ष सँगै काम गर्नुभएको एकजना व्यक्तित्व हुनुहुन्छ । विश्वास नै सबैभन्दा ठूलो हतियार थियो उहाँको । विश्वासिला मान्छे चिनिहाल्नुहुन्थ्यो ।
ठाडो जवाफ दिनुहुन्थ्यो । डिप्लोमेटिक बनेर कुरा गर्न उहाँलाई कहिल्यै आएन । केही समस्या आए आफूले दायित्वबोध गर्नुहुन्थ्यो । उहाँ दयाको खानी हुनुहुथ्यो । कसैलाई नाइँ भन्न सक्नुहुन्थेन । मर्का परेका जोकोही आएपनि दुवै हात खोलेर सहयोग गरेर पठाउनुहुन्थ्यो । तर अहिले नै बुबाको निधन होला भन्ने हामीले सोचेका पनि थिएनौं । स्वस्थ नै हुनुहुन्थ्यो यति चाँडो जाने कुरा कल्पनामा पनि थिएन । उपचार भएपछि अझै धेरै उद्योग स्थापना गर्ने योजना थियो । डाक्टरले धेरै कोशिस गर्दा पनि सकेनन् । बुबाको मृतात्मालाई खुसी राख्नका लागि मैले उहाँले खडा गरेको संस्थालाई नयाँ उचाईमा लैजानुपर्छ । गुणस्तरमा सम्झौता नगर्ने उहाँको सिद्धान्तमा म पनि कायम रहनुपर्छ ।
बुबाले छाडेर गएपछि एउटा भ्याक्युम सिर्जना भएको छ । कसैले भर्न सक्दैन । हाम्रो सर्बस्व बुवा हुनुहुन्थ्यो उहाँको सपना थियो । आई होप आई क्यान मेक हिम प्राउड वान डे
बुबाले हाम्रो ख्याल राख्नुहुन्थ्यो र हिम्मत दिनुहुन्थ्यो । भन्नुहुन्थ्यो अगाडि बढ्नुपर्छ काम गर्नुपर्छ मिहिनेत गर्नुपर्छ । हामीलाई ठीक छ कि छैन सोधिरहनुहुन्थ्यो । अफिसमा हुँदा पनि खाएको–नखाएको सोध्नुहुन्थ्यो । हामी बिरामी पर्दा आफैं अस्पताल लैजानुहुन्थ्यो । उहाँको व्यक्तित्व प्रभावशाली थियो फ्रेन्डली हुनुहुन्थ्यो । सकारात्मक कुरा गर्नुहुन्थ्यो । आफ्नो सपना स्पष्टसँग हामीसँग राख्नुहुन्थ्यो । उहाँलाई आफैंमा केही गर्न सक्छु भन्ने आत्मविश्वास थियो ।
परिवारसँग बसेको बेलामा हामीलाई आफ्ना कुथा सुनाउनुहुन्थ्यो । उहाँले सामना गर्नुपरेको चुनौतिका कथा सुनाउनुहुन्थ्यो । यसका माध्यमबाट हामीलाई उत्प्रेरणा मिलोस् भन्ने उहाँको चाहना हुने गर्दथ्यो । कलिलो उमेरमा समस्या भोगेर सफल हुनुभएको व्यक्ति हुनुहुन्थ्यो उहाँ ।
उहाँले मलाई सुनाउनुभएको एउटा प्रसंग याद छ । कलेज सक्दा उहाँ १९–२० वर्षको मात्र हुनुहुन्थ्यो । गोल्छा परिवारले सो बेला १०००–१५०० टनको कटन भारतमा किनेर नेपाल ल्याउने क्रममा पानीमा भिजेको थियो अरे । त्योबेला हजुरबुवा रामलाल गोल्छाले उहाँलाई एकदमै विश्वास गर्नुहुन्थ्यो अरे ।
हजुरबुवाले त्यो भिजेको कटन बुवालाई दिनुभयो अरे । उहाँले दिल्ली नजिक भएका सबै फ्याक्ट्रिमा आफ्नो कटनको बारे भन्नुभयो अरे । र सानै उमेरमा पनि नाफा घाटा र प्रतिफलको कुरा गर्दा फ्याक्ट्रि सञ्चालनकहरु अचम्मित भए अरे । सानो उमेरमा प्रतिफलको कुरा गरेर आफूले उनीहरुलाई अचम्मित पारेको कथा सुनाउनु हुन्थ्यो बाबा ।
सोबेला उहाँले ४०–५० हजारको नाफा पनि गर्नुभएको थियो रे जुन ठूलै रकम हो । यस्तै कामले आफू हजुरबुवाको प्यारो बनेको उहाँ बताउनुहुन्थ्यो । बुवाको सबैभन्दा ठूलो गुण चिन्तन गर्ने थियो । एकचोटि सोचेको कुरा जसरी पनि पूरा गर्नुहुन्थ्यो उहाँ । त्यसका लागि जेजति बाधा अड्चन आउँथे सबै पर सार्न उहाँ माहिर हुनुहुन्थ्यो ।
एउटा कुरा सोच्नुहुन्थ्यो कसैको सुन्नुहुन्न थियो । जसरी पनि पूरा गर्नुहुन्थ्यो । यो प्रतिवद्धता कमै मान्छेसँग हुन्छ । केही कुराबाट बिचलित हुनुहुन्न थियो । मानव संशाधन विकास गर्न उहाँ उत्तिकै सक्षम हुनुहुन्थ्यो । आफूसँग काम गर्नेलाई उहाँ माया गर्नुहुन्थ्यो र काम गर्न प्रेरित पनि गर्नुहुन्थ्यो । यहीकारण पनि समकक्षीहरु समयमा काम गर्दथे । उहाँलाई कुशल व्यवस्थापक भन्दा फरक पर्दैन ।
उहाँको निर्णय लिने क्षमता एमदमै तीक्ष्ण थियो । कुनै समय हामीलाई उहाँको निर्णय ठीक नलाग्न सक्थ्यो तर दीर्घकालमा उहाँको निर्णय सधै ठीक हुन्थ्यो । यी सबै गुणभन्दा माथि उहाँ महान व्यक्तित्व हुनुहुन्थ्यो । कसैको दुःख देख्न सक्नुहुन्थेन उहाँ । क्षमताभित्रको सहयोग गर्न उहाँ सदैव तयार हुनुहुन्थ्यो ।
बुवाको सपना नेपालमा औद्योगिकरण गर्ने नै थियो । नेपालमा विश्वस्तरीय प्रविधि भित्र्याएर धेरैभन्दा धेरै उद्योग स्थापना गर्ने उहाँ सोच्नुहुन्थ्यो । तर फेब्रुअरीमा उहाँलाई ढाड दुख्ने समस्या देखियो । उहाँले सामान्य दुखाइ भनेर हाडजोर्नी विशेषज्ञलाई देखाउनुभयो । तर डाक्टरले समस्या हड्डीको नभएको बताउनुभयो ।
शरीरमा पानी जमेको थाहा भएपछि मृगौलामा समस्या रहेको पत्ता लाग्यो । मृगौलाको रोग पत्ता लागेपछि डायलोेसिस गर्ने कि प्रत्यारोपण गर्नेमध्ये हामीकहाँ दुइटा विकल्प थिए । ९५ प्रतिशत सफलतासहित प्रत्यारोपण सहज उपचार भएको थाहा भएपछि हामीले प्रत्यारोपण गर्ने निर्णय लियौं । तर त्यो सफल हुन सकेन ।
त्यो क्षण मैले शब्दमा व्यक्त गर्न सक्दिनँ । संसारमा आएपछि छाडेर त जानुपर्छ नै तर आफ्नो बुवा बित्दाको पीडा कसैले भोग्नु नपरोस् । बुवाको देहान्तपछि पनि उद्योगमा नयाँ प्रविधि भित्र्याएर थप गुणस्तरीय र प्रतिस्पर्धी उत्पादन गर्न सक्नेछौं । यो उद्योगलाई थप परिस्कृत बनाउने बुवाको वर्षौं लामो देनलाई कायम राख्ने छौं ।
हामी औद्योगिक विस्तारमात्र होइन बुवाले झैं नेपालमा रोजगारी सिर्जना गरी आर्थिक समृद्धिमा योगदान दिने छौं । मैले सम्झिनै पर्ने कुरा उहाँको व्यक्तित्व शालिन थियो । आत्तिनु हुन्नथ्यो । मैले भर्खरै बिजनेस सुरु गरेको थिएँ । डलरको मूल्य बढ्दा मलाई ठूलो घाटा हुने देखिएको थियो ।
सोबेला बुवाले मलाई दिनुभएको टिप्स अझै पनि ताजा छ चिन्ता नगर हिमांशु । बिजनेस जुवा होइन । कहिलेकाही तलमाथि भइहाल्छ । व्यवसाय गर्छु भन्ने तिम्रो सोच नै सबैभन्दा राम्रो हो । यो सिक्ने क्रम हो । अर्को मौका तत्काल आइहाल्छ । हिम्मत नहार्नु । हो आशावादी बनेर चुनौतिसँग लड्न बुवाले मलाई सिकाउनुभएको छ ।
दिवाकर साँच्चै नै आँटिला व्यक्ति थिए । उनी एउटा व्यापारी मात्र थिएनन् मेरो अभिन्न मित्र र शुभचन्तिक पनि हुन् । १९९९ मा म नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष हुँदा दिवाकर उपाध्यक्ष थिए । उद्यमीको रुपमा नेपालको अर्थतन्त्रमा उनको योगदान अद्वितीय छ । केही बोल्दा वा सुरु गर्दा ऊ पर्याप्त गृहकार्य गर्दथे । राष्ट्रले एकदमै ठूलो र प्रतिभावान व्यवसायी गुमाएको हो ।
महासंघको अध्यक्ष हुनुपूर्व कुनै न कुनै अर्थमा चिनजान थियो उनीसँग । उमेरले मभन्दा सिनियर हुन् । आफ्नो व्यवसायमा ऊ यति ध्यानकेन्द्रित थियो कि महासंघमा धेरै समय दिन नसकेपनि ठोस सुझाव दिन्थे । थोरै रिसालु भएपनि निडर थिए । मन्त्री वा सरकारी कर्मचारीका अगाडि मुख चपाएर बोल्दैनथे ।
एकदमै ट्राभल गर्नुपर्ने व्यक्ति हुन् । आवश्यक परेको बेला जस्तुसकै अवस्थामा पनि समय निकाल्न सक्थे । उनी व्यापारी होइन उद्यमी थिए । केही काम गर्दा केही तयारी गर्दथे । गोल्छा अर्गनाइजेसको मुख्य खम्बा नै उनी थिए । आफू उपाध्यक्ष भएका कारण नितान्त महासंघको मात्र नभएर आफ्नो कुरा राख्ने क्षमता राख्दथे । हामी मोखिक बोल्दथ्यौं उनी आधारसहित आफ्ना धारणा राख्थे ।
उनी एकदमै प्रेजेन्टेबल मान्छे हुन् । वेल ड्रेस्ड र स्मार्ट व्यक्ति । भाषामा राम्रो कमान्ड थियो । निकै राम्रो नेपाली र उत्तिकै राम्रो अंग्रजी बोल्थे । गोल्छा अर्गनाइजेसनको इन्स्ट्रुमेन्टल व्यक्तित्व नै हुन् । उनैका कारण हाम्रो बिचार हामी दमदार तरिकाले राख्न सक्थ्यौं ।
हामी प्रतिस्पर्धी थिएनौं । संस्थाको कुर्सिमा बस्दा उद्यमीका लागि लड्थ्यौं । उनले मलाई धेरै साथ दिए । म अध्यक्ष हुँदा उनको साथ ठूलो छ । तर केही कारणले गर्दा उनलाई अध्यक्ष बनाउन सकिएन । हाम्रो सोच एउटै थियो । त्यहीकारण हामी एक थियौं । आफ्नै व्यस्तताका कारण उनले केही समय दिन पाएनन् । हामी ठाउँठाउँ जान्थ्यौं । उनलाई रवाफ देखाउन आउँदैन थियो ।
तर चाँडै रिसाउने र नसोचि बोलिदिने उसको बानी थियो । उसले सञ्चालन गरेका उद्योग स्थानीय कच्चा पदार्थ उपयोग गर्ने किसिमका थिए । निर्यात गर्ने किसिमका उत्पादन उनी गर्दथे । हामी सानो उत्पादन गर्दथ्यौं भने ऊ ठूलो मात्रामा उत्पादन गर्न डराउँदैन थिए ।
अरुमा निर्भरता हुन नहुने कुरा उनीबाट सिक्न सकिन्छ । व्यवसायमा मैले दिवाकर जति एग्रेसिभ मान्छे मारवाडी समुदायमा देखेको छैन । यो कुरा सबैले सिक्नुुपर्छ । गोल्छा अर्गनाइजेसनले १७ हजारभन्दा बढीले रोजगारी दिँदै आएको दाबी गर्ने गरेको छ । आयातलाई प्रतिस्थापन गर्ने किसिमको उत्पादनमा उसको जोड थियो । हुलास स्टिलको भाँडा नेपालको निर्यातयोग्य सबैभन्दा उत्तम वस्तु थियो ।
देशमा रोजगारी सिर्जनाबारे नै सोच्थे । यो चानचुने व्यवसायीले गर्न सक्दैन । दौडने मान्छे लड्छ । तर फेरि उठेर हिँड्न मुस्किल हुन्छ । उनी उठेर पनि फेरि दौडन सक्ने मान्छे थिए । न झुक्ने न भुक्ने मान्छे थियो । परेको अवस्थामा दायाँवायाँ नसोचि बोलिदिन्थे।
कुनै कुरा राख्दा लजिकल रुपमा राख्थे । उनी गोल्छा अर्गनाइजेनसको मुख्य आर्किटेक्ट हुन् । नेपाल भारतबीचको व्यापार सन्धीमा उनको ठूलो योगदान छ । नेपालमा भ्याट कार्यान्वयन गर्न पनि राम्रो भूमिका छ । साथीमात्र होइन दाइ भन्थेँ मैले । मसँग आँशु झारेर बोलेको याद छ मलाई । म महासंघको अध्यक्ष हुँदा उनले आफू युरोपमा मरेर बाँचेको कुरा सेयर गरेका थिए ।
चुनावमा प्रतिस्पर्धा गर्नुपर्ने भएपछि अध्यक्ष बन्नुभएन म अध्यक्ष बन्नुको श्रेय उहाँलाई नै जान्छ
दिवाकरजीलाई मैले नेपाल उद्योग वाणिज्य महासंघ प्रवेशपछि चिनेको हुँ । मैले उहाँलाई व्यापारभन्दा उद्योगमा लगानी गर्न रुचाउने उद्यमी भनेर चिन्छु । पढाइ सकेपछि उहाँलाई बुबाले उद्योग हेर्ने काम दिनुभयो । सोबेला उहाँले युरोप भ्रमण गरे उद्योगहरु हेर्नुभयो अरे । नेपाल फर्केपछि उद्योगमा लगानी गर्न बढी जोड दिने इच्छा प्रकट गर्नुभएको कुरा मलाई सुनाउनुहुन्थ्यो । उद्योगबिना राज्य समृद्ध बन्न नसक्ने बुझेर उहाँ उद्योग स्थापनामा लाग्नुभएको हो । उद्योग स्थापनामा लाग्दा नेपालमा स्टिल मिल वायर मिल स्थापना गर्न उहाँ लाग्नुभयो । नेपाल उद्योग वाणिज्य महासंघमा पनि उहाँले उद्योग क्षेत्र नै हेर्नुभयो । उद्योगका नीतिनियम निर्माण परिमार्जनमा उहाँको ठूलो भूमिका छ । नेपाल भारत व्यापार सन्धीमा उहाँ कडी नै हुनुहुन्थ्यो । सहुलियत भन्सार दरमा भारत प्रवेश गर्ने नेपाली सामग्रीको सूची तयार पार्न उहाँको ठूलो भूमिका छ । महासंघले भारत प्रवेशका लागि सर्टिफिकेट अफ ओरिजिन इस्यु गर्ने अधिकार पनि सोही पालामा हो ।
एकमुष्ट रुपमा उहाँ उद्योगमा विश्वास गर्ने व्यवसायी हो । उहाँको परिवारमा समेत मेरो राम्रो सम्बन्ध छ । महासंघमा म छिरेपछि मित्रताका लागि आवश्यक पर्ने गुण उहाँसँग भएको पाएँ । परिवार साँच्चै नै उत्कृष्ट परिवार हो । महासंघमा उहाँ धेरै पहिले आएपनि अध्यक्ष बन्न पाउनु भएन । हाम्रो चाहना उहाँ अध्यक्ष बन्नुपर्ने थियो । तर चुनावी मैदानमा होमिन उहाँ चाहनुभएन । महासंघमा लामो समय सेवा गरेका कारण उहाँ निर्विरोध अध्यक्ष बन्नुपर्ने हामी सबैको धारणा थियो । तर उहाँले प्रतिस्पर्धा चाहनुभएन ।
जिल्ला–जिल्लामा गएर आफ्नो चर्चा गर्न उहाँको इच्छा थिएन । यसकारण जिल्लाको संघका प्रतिनिधिलाई उहाँ चिन्नुहुँदैन थियो । चण्डी ढकालपछि उहाँ नै अध्यक्ष हुने पालो थियो । तर निर्वाचनबाट अध्यक्ष हुन असहज भएपछि उहाँले त्यो बाटो लिन चाहनुभएन ।
सोबेला दिवाकरजीलाई नै निर्विरोध अध्यक्ष बनाउने चर्चा चलिरहेकै थियो तर चण्डीजीले फेरि उठ्ने इच्छा जनाउनुभयो । सोहीकारण उहाँ अध्यक्ष बन्नुभएन । उल्टै मलाई अध्यक्षमा चुनाव लड्न सुझाव दिनुभयो । त्यो आँट भरोसा ममा देख्नुभयो । साथ पनि दिनुभयो । त्यसकारण पनि मैले अध्यक्षको निर्वाचनमा विजयी भएँ । मेरो जितको श्रेय उहाँलाई नै जान्छ ।
म अध्यक्ष बन्नुको पछि उहाँकै हात छ । सायद उहाँपछि म अध्यक्ष हुन्थेँ होला तर उहाँले मलाई ब्याकअप दिनुभयो । म अध्यक्ष बनेपछि पनि उहाँले मलाई समय–समयमा सल्लाह सुझाव दिनुहुन्थ्यो । हामी साथी बन्नुको परिवेश उद्योग नै हो । म पनि उद्योगकै कारण मात्र देशको दीर्घकालीन विकास हुन्छ भन्ने सोच राख्ने मान्छे हुँ ।
महासंघमा दिवाकरजी र मेरो काम उद्योग हेर्ने नै थियो । औद्योगिकरणको उच्चतम बिन्दुमा हामी आइपुगेका छैनौं । तर एउटा व्यक्ति र परिवारले उद्योग विकासमा जेजति गर्नुपर्ने हो उहाँ र गोल्छा परिवारले गरेको छ । दिवाकरजी धेरै समयसम्म काम गर्न सक्ने मान्छे हुनुहुन्थ्यो । मलाई अचम्म लाग्थ्यो । जता जाँदा पनि उद्योगकै कुरा गर्नुहुन्थ्यो । देश विदेश घुमेर पाएको सिकेको अनुभव उहाँ नेपालमा उद्योग स्थापना गर्न परिचालन गर्नुहुन्थ्यो । उपादकत्व विकास गर्ने र राज्यको पहिचान बनाउने काममा उहाँ तल्लीन हुनुहुन्थ्यो । उहाँबाट लिने प्रेरणा यही हो ।