text
stringlengths
1
75.3k
प्रतिवेदनका अनुसार यही कारण चालकदलले जहाजलाई उड्डयन नियमअनुसार विमानस्थलसम्म ल्याउन नसकेको र त्यसबाट जहाजले तोकिएको उचाइ कायम गर्न नसकेको मात्र नभई त्रिभुवन विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर एटीसी ले धावनमार्गको जिरो टु दक्षिणपट्टि बाट अवतरण अनुमति दिए पनि चालकजलले टूजिरो उत्तरपट्टि बाट अवतरण प्रयास गरेको थियो । जसका कारण जहाज धावनमार्गको बीच भागमा बज्रिँदै उछिट्टिएर काँडेतार सोहोर्दे पूर्वपट्टि घाँसेचौरमा धस्सिएर आगलागी भई भयानक दुर्घटनामा परेको थियो । जहाजको उडान नम्बर एसजी२११ थियो ।
प्रतिवेदनका अनुसार बंगलादेशको उड्डयन नियमबमोजम उक्त जहाजको उडानयोग्य प्रमाणपत्र अद्यावधिक रहेको थियो । काठमाडौं आउँदा पनि दुर्घटनै हुने खालका कुनै प्राविधिक गडबडी जहाजमा थिएन । भुइँमा बजारिएर सामान्य क्षति पुगे पनि लगत्तै आगलागी भएपछि जहाज जलेर पूर्णरूपमा ध्वस्त भएको थियो ।
त्यसैगरी चालकदल पनि उड्डयन नियमअनुसार लाइसेन्स प्राप्त र उडान गर्न दक्ष थिए । उनीहरूले जहिले पनि तोकिएको समयमै उडान गर्ने गरेका थिए । सीभीआरको रेकर्डमा भने क्याप्टेनले उडान गर्ने अघिल्लो राति पर्याप्त निद्रा नपुर्‍याएको देखिएको छ । क्याप्टेनले त्यसअघि धेरैपल्ट काठमाडौंका लागि उडान गरे पनि को–पाइलट भने घटना भएको दिन पहिलो पटक जहाज लिएर काठमाडौं आएकी थिइन् । सीभीआर तथा प्रत्यक्षदर्शी जीवित यात्रुका अनुसार क्याप्टेनले उडिरहेको जहाजको ककपिट मा चुरोट पिइरहेका थिए ।
क्याप्टेनले काठमाडौं धावनमार्गको टूजिरोतर्फबाट अवतरण गर्न कहिल्यै पनि सिमुलेटर तालिम लिएका थिएनन प्रतिवेदनमा उल्लेख छ त्यसमाथि जहाजको उडान गम्भीर अवस्थामा पुगिसक्दा पनि क्याप्टेन अनावश्यक अव्यावसायिक र लामो कुराकानीमा व्यस्त थिए जसका कारण ककपिटमा पालना गर्नैपर्ने सबै नियम उनले उल्लंघन गरेका थिए ।
क्याप्टेनले आफ्नो पछिल्लो चिकित्कीय फारममा पनि धुमपान बानी तथा तनावबारे केही पनि उल्लेख नगरेको प्रतिवेदनमा छ । उडान क्रममा को–पाइलटसँग नरम र व्यावसायिक व्यवहार गरेका क्याप्टेनले अन्य विषयबारे कुरा गर्दा भने भावनात्मक रूपमा तनावमा रहेको व्यवहार गरेको पनि प्रतिवेदनको निष्कर्ष छ ।
काठमाडौं । सरकारले विज्ञान तथा प्रविधि क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको उत्कृष्ट शैक्षिक केन्द्रका रुपमा विकास गर्न मदन भण्डारी विज्ञान तथा प्रविधि प्रतिष्ठान स्थापनासम्बन्धी विधेयकको मस्यौदा तयार गरेको छ ।
वैज्ञानिक अनुसन्धान तथा प्रविधिको विकास गरी आधुनिक नेपालको निर्माण कार्य अघि बढाउन चालू आर्थिक वर्षको बजेट वक्तव्यमा उल्लेखित सो प्रतिष्ठान स्थापनाका लागि कानूनको मस्यौदा तयार गरिएको हो । जननेता भण्डारीको नाममा स्थापना हुने यो प्रतिष्ठान विश्वविद्यालयस्तरको हुनेछ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालका अनुसार कानून र अर्थ मन्त्रालयको परामर्शपछि विधेयक मन्त्रिपरिषद्मा पेस हुनेछ । हाल केन्द्रीय र क्षेत्रीय गरी विभिन्न १४ विश्वविद्यालय तथा अध्ययन प्रतिष्ठान छन् । मन्त्रालयले विदुषी योगमाया आयुर्वेदिक विश्वविद्यालय स्थापनाका लागि पनि कानूनको मस्यौदा तयार गरेको छ ।
तत्कालीन नेकपा एमाले का महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा भएको सवारी दुर्घटनामा परी निधन भएको थियो । रासस
काठमाडौं । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । सोमबार दिउँसो उनको मुटुको भल्बमा समस्या भइ हृदयघात भएको नर्भिक अस्पतालले जानकारी दिएको छ । छातीमा असह्य पीडाको महसुस भएपश्चात् पूर्वयुवराज पारस विक्रम शाहलाई आज अपरान्ह ४ः१५ बजे नर्भिकको आकस्मिक कक्षमा ल्याइएको थियो नर्भिक अस्पतालका कर्पोरेट कम्युनिकेशन आरपी मैनालीले जारी गरेको विज्ञप्तिमा भनिएको छ थोरै समय नर्भिकको अन्तर्राष्टिय आकस्मिक कक्षमा राखी जाँचपश्चात् उहाँलाई तत्कालै क्याथल्यावमा सारेर कोरोनरी एन्जियोग्राम गर्दा उहाँको मुटुको धमनी पूर्णरुपमा बन्द रहेको पाइएको थियो । उपरोक्त बन्द अवरोध खुलाउन कोरोनरी एन्जियोप्लाष्टी तथा स्टेन्ट प्रत्यारोपण कार्य सफलतापूर्वक सम्पन्न भई उहाँलाई सीसीयुमा सारिएको छ ।
उनको उपचारमा प्राडा यादवदेव भट्ट लगायत डा जेपी जैसवाल डा नग्मा श्रेष्ठ डा सन्तोष श्रेष्ठ र एनेस्थेसियोलोजिष्ट डा प्रज्वल श्रेष्ठको टोली संलग्न रहेको थियो । उनको स्वास्थ्य हाल स्थिर रहेता पनि उनी खतरामुक्त भने नरहेको अस्पतालले जनाएको छ । उनी केहीदिन अस्पतालमै रहनेछन् ।
काठमाडौं । तेस्रोपटक हृदयाघातका कारण नर्भिक अस्पतालमा उपचारार्थ भर्ना गरिएका पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार आएको छ । उनी आज अस्पतालबाट डिस्चार्ज हुन सक्ने बताइएको छ ।
उनी बिरामी भएपछि स्थलमार्ग हुँदै सिमराबाट काठमाडौं आएकी पूर्वरानी कोमल पारसको स्वास्थ्यमासुधार भएपछि फर्किसकेको पारिवारिक स्रोतले बताएको छ । तर पूर्वराजा ज्ञानेन्द्र शाह र पारसकी पत्नी पूर्वयुवराज्ञी हिमानी शाह भने पारसलाई भेटन् नआएको स्रोतले जानकारी दियो ।
पारस निकट शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतले बाह्रखरीसँगको कुराकानीमा भनेपूर्वयुवराजको स्वास्थ्यमा सुधार आएकाले आज डिस्चार्जको सम्भावना रहेको छ । चिकित्सकहरुको टोलीले आज बिहान ११ बजेतिर चेक गरेपछि उहाँलाई अस्पतालमै राख्ने कि डिस्चार्ज गर्ने भन्ने बारेमा निर्णय हुनेछ ।
उनका अनुसार स्वास्थ्यमा उल्लेख्य सुधार भएकै कारण पूर्वरानी कोमल सिमरा फर्केकी हुन् । पूर्वयुवराज नर्मल अवस्थामा आइसक्नु भएको छ । खानापनि खाइरहनुभएको छ । तर अस्पतालले अन्तिम निष्कर्ष दिएपछि उहाँ बस्ने वा डिस्चार्ज हुने भन्ने कुरा टुंगो लाग्ने होबस्नेतले भने ।

काठमाडौं । पछिल्ला दस दिनदेखि निरन्तर बढिरहेको बहुमूल्य पहेँलो धातु सुनको भाउ थप उचाइमा पुगेको छ । लगभग ६ वर्षयताकै उच्च भएको भाउ अझै बढेर तोलाको ६५ हजार रुपैयाँसम्म पुग्ने व्यवसायीको अनुमान छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार छापावाल सुनको भाउ तोलाको ६२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो भाउ हिजो सोमबारको दाँजोमा १ सय रुपैयाँले बढी हो । पछिल्ला १० दिनदेखि बढेको गति हेर्दा सुनको भाउले आकास छुने व्यवसायीको भनाइ छ ।
अन्तर्राष्ट्रिय बजार विश्लेषकहरूले सुनको भाउ चाँडै नै जुन तहसम्म पुग्ने अनुमान गरेका छन् त्यसलाई हिसाब गर्दा हाम्रो बजारमा सुन तोलाको ६५ हजार रुपैयाँसम्म पुग्ने छ महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले मंगलबार बाह्रखरीसँग भने ठ्याक्कै यहि दिन भन्न नसकिए पनि तोलाको ६५ हजार पुग्दा अचम्म नमाने हुन्छ ।
बज्राचार्यका अनुसार अमेरिकाको अर्थतन्त्र पछिल्लो पटक ओरालो लाग्नुका साथै अन्तर्राष्ट्रिय बजारमा डलरको भाउ खस्किँदै गएका कारण अमेरिकीले सुनमा लगानी बढाउँदै लगेपछि यसको भाउ उच्च हुँदै गएको हो । त्यसबाहेक अमेरिका र चीनबीच चलिरहेको व्यापार युद्धदेखि चीन र उत्तर कोरियाबीचका पछिल्ला समझदारीका कारण सुनको भाउ बढ्दै गएको हो । छापावाल सुनको भाउ मंगलबार तोलाको ६२ हजार ६ सय रुपैयाँ पुगेको छ । यो भाउ लगभग ६ वर्षयताकै उच्च हो । यसअघि २०७० भदौ पहिलो साता सुनको भाउ स्थानीय बजारमा इतिहासकै सबैभन्दा बढी तोलाको ६३ हजार ३ सय रुपैयाँमा कारोबार भएको आधिकारिक रेकर्ड छ ।
उनका अनुसार विश्लेषकहरूले अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस १ हजार ५ सय अमेरिकी डलर पुग्ने अनुमान गरेका छन् । यो भनेको आज मंगलबारको विनिमयदरअनुसार १ लाख ७२ हजार ९ सय ३ रुपैयाँबराबर हो । एक औंसबराबर ३१ ग्राम हुन्छ । ३१ ग्राम भनेको २६६७ तोला हो । ११६६४ ग्रामबराबर एक तोला हुन्छ ।
भाउ उच्च हुँदै गए पनि कारोबार भने लगभग ठप्प जस्तै छ । भाउ बढ्न थालेदेखि बजार उठ्न सकेको छैन महासचिव बज्राचार्यले भने अब तोलामा ७ देखि ८ हजार रुपैयाँसम्म घट्यो भने सुन किन्नेहरू ह्वात्तै बढ्नेछन् । होइन भने बजार माथि आउन गाह्रो छ । विगतमा तोलाको ५५ हजारसम्म पुगेपछि भाउ घटेर ४७ हजारसम्म आउँदा सुन किन्ने व्यापक बढेको हाम्रो अनुभव छ ।
उनका अनुसार छिमेकी भारतको अर्थतन्त्र ओरालो लागेका कारण भारतीय रुपैयाँ भारु पनि डलरको दाँजोमा कमजोर हुँदै गएको छ । यसबाट सुनको भाउ बढ्न बल पुगेको हो तर स्थानीय बजारमा डलरको भाउ बढेको देखिए पनि अन्तर्राष्ट्रिय बजारमा खस्किएको छ जसको प्रभाव सुनको भाउ बढाउनमा परेको छ ।
नेपालमा विवाहको सिजन माघ–फागुन चलिरहेका बेला सुनको भाउ बढे पनि कारोबार भने कम मात्रामा भइरहेको उनले बताए । नेपाली बजारमा सुनको भाउ घटबढमा विवाह वा चाडबाडको कुनै भूमिका नहुने उनको अनुभव छ तर भारतीय बजारमा हुने उतारचढावका कारण नेपाली बजारमा सुनको भाउ तलमाथि हुने उनको भनाइ छ । भारतमा दिनकै हजारौं किलो सुन बिक्री हुने गर्छ उनले भने त्यही भएर भारतीय सुन बजारको उतारचढाव हाम्रो बजारमा पर्नु स्वाभाविक हो ।
महासंघका अनुसार हाल नेपालमा दैनिक २० किलोबराबर सुन बिक्री हुने गरेको छ । सुनचाँदी व्यवसायीले नेपाल राष्ट्र बैंक वा उसले तोकेका अन्य क वर्गका वाणिज्य बैंकबाट दैनिक २० किलोसम्म सुन खरिद गर्न पाउँछन् । अमेरिका र चीनको व्यापार विवाद सकारात्मक टुंगोमा पुग्यो भने अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ केही सस्तो हुने अनुमान छ उनले भने ।
महासंघका अनुसार हिजो सोमबार छापावाल सुनको भाउ तोलाको ६२ हजार ५ सय आइतबार र गएको साता शुक्रबार ६२ हजार ३ सय बिहीबार र बुधबार ६२ हजार २ सय मंगलबार ६१ हजार ५ सय सोमबार ६१ हजार ४ सय र आइतबार ६१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । माघ १ देखि ४ गतेसम्म तोलाको ६१ हजारमा कारोबार भएको थियो । गत मंसिर २५ मा तोलाको ६० हजार रुपैयाँ पुगेको सुनको भाउ त्यसअघि कात्तिक २० गते पनि तोलाको ६० हजार र कात्तिक ८ गते ६० हजार ४ सय रुपैयाँसम्म पुगेको थियो ।
त्यसैगरी तेजाबी सुनको भाउ पनि आज मंगलबार १ सयले बढेर तोलाको ६२ हजार ३ सयमा कारोबार भइरहेको छ । हिजो सोमबार ६२ हजार २ सय आइतबार र गएको साता शुक्रबार ६२ हजार तथा त्यसअघिका दुई दिन तोलाको ६१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । माघ १ देखि ४ सम्म तेजाबी सुन तोलाको ६० हजार ७ सयमा कारोबार भएको थियो । चाँदीको भाउ भने पाँच दिन स्थिर रहेर आज ५ रुपैयाँ वृद्धि भई तोलाको ७ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । माघ १६ देखि २१ सम्म चाँदीको भाउ तोलाको ७ सय ८५ रुपैयाँ थियो । माघ ८ गते ७ सय ५० मा कारोबार भएको थियो ।
महासंघका अनुसार माघ २२ आज सम्मको मूल्यसूची हेर्दा छापावाल सुनको भाउ माघ १५ मा ६१ हजार ५ सय १६ र १७ मा ६२ हजार २ सय १८ र २० मा ६२ हजार ३ सय र माघ २१ मा ६२ हजार ५ सय रुपैयाँ थियो ।

काठमाडौं । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनाको प्रक्रिया अघि बढ्ने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले मदन भण्डारी विश्वविद्यालयको प्रक्रिया अगाडि बढाउने जानकारी दिएको हो । मन्त्रालयले मन्त्रीपरिषद्को बैठकले उक्त विश्वविद्यालयको स्थापना प्रक्रिया अगाडि बढाउने निर्णय गरेकोले अब चाँडै प्रक्रिया अगाडि बढाइने बताएको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अब यो प्रक्रिया अघि बढेको बताउँदै १८ महिनाभित्र विश्वविद्यालयले पूर्णता पाउने आफूहरुले अपेक्षा गरेको बताए ।
काठमाडौं । मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु चाप कति धेरै छ भन्ने थाहा पाउन गएको एक वर्षको तथ्यांक हेर्दा सबै प्रष्ट हुन्छ । गएको एक वर्षमा त्रिभुवन विमानस्थलले करिब ७२ लाख यात्रु व्यवस्थापन गरेको छ ।
तीन किलोमिटर लम्बाइको एकमात्र धावनमार्ग ठूला जहाज अटाउने ९ वटा पार्किङ बे र आन्तरिकतर्फ डेढ दर्जनहाराहारी जहाज अटाउने क्षमताको त्रिभुवन विमानस्थलमा पछिल्ला केही वर्षदेखि जहाज र यात्रु चाप थेगिनसक्नु भएको छ ।
यतिविधि सास्ती खेप्दाखेप्दै त्रिभुवन विमानस्थलले गत वर्ष सन् २०१८ मा आन्तरिक र अन्तर्राष्ट्रिय गरी कूल ७१ लाख ९० हजार ९ सय १९ यात्रु व्यवस्थापन गरेको थियो । त्यतिमात्र होइन त्यही अवधिभित्र विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय गरी १ लाख २९ हजार ५ सय १२ उडान–अवतरण भएका थिए ।
यात्रु र जहाजको चाप वर्षैपिच्छे उल्लेख्य दरमा बढिरहेको छ त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बुधबार बाह्रखरीसँग भने हामी बुताले भ्याएसम्म यात्रुलाई सहज आवागमन गराइरहेका छौं भने स्वदेशी तथा विदेशी जहाजलाई पनि सकेसम्म तोकिएको समयमै उडान–अवतरण गराइरहेका छौं । यसमा सम्बद्ध सबैको सहयोगले काम गरेको छ ।
मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार २०१८ मा यात्रु र जहाज आवागमन वृद्धिसँगै कार्गो ढुवानी पनि उल्लेख्य दरमा बढेको छ । त्रिभुवन विमानस्थलमा गत वर्ष आन्तरिक र अन्तर्राष्ट्रिय कार्गो ढुवानी परिमाण २४ हजार २ सय ४२ टनबराबर भएको थियो ।
उड्डयन प्राधिकरण त्रिभुवन अन्तराष्ट्रियसहित देशभरका विमानस्थल सञ्चालन गर्ने प्रमुख निकाय पनि हो । प्राधिकरणका अनुसार गएको वर्ष आन्तरिक र अन्तर्राष्ट्रिय उडानबाट ३५ लाख ५० हजार २ सय ४६ यात्रु भित्रिएका थिए । यसमा २१ लाख ७४ हजार ५ सय ५२ यात्रु अन्तर्राष्ट्रिय उडान र १३ लाख ७५ हजार ६ सय ९४ जना आन्तरिक उडानबाट आएका थिए ।
त्यसैगरी आन्तरिक र वाह्य उडानबाट ३६ लाख ४० हजार ६ सय ७३ यात्रु बाहिरिएका थिए । यसमा २१ लाख ६८ हजार ६ सय १५ यात्रु अन्तर्राष्ट्रिय उडान तथा १४ लाख ७२ हजार ५८ यात्रु आन्तरिक उडानबाट मुलुकका विभिन्न गन्तव्य गएका थिए ।
जहाज आवागमनतर्फ हेर्दा आन्तरिक र अन्तर्राष्ट्रिय जहाज कूल ६४ हजार ७ सय ५० जहाज आगमन भएको थियो । यसमा १६ हजार ९ सय ६३ अन्तर्राष्ट्रिय आगमन र ४७ हजार ७ सय ८७ आन्तरिक आगमन थियो ।
त्यस्तै त्रिभुवन विमानस्थलबाट गएको वर्ष १६ हजार ९ सय ६९ अन्तर्राष्ट्रिय बहिर्गमन र ४७ हजार ७ सय ९३ आन्तरिक गरी कूल ६४ हजार ७ सय ६२ बहिर्गमन भएको थियो ।
कार्गो ढुवानीतर्फ १४ हजार ९ सय ७० टन अन्तर्राष्ट्रिय र ५ सय ६५ टन आन्तरिक गरी कूल १५ हजार ५ सय ३५ टन कार्गो त्रिभुवन विमानस्थल भित्रिएको थियो । त्यसैगरी ५ हजार ५ सय ७९ टन अन्तर्राष्ट्रिय र ३ हजार १ सय २७ टन आन्तरिक गरी कूल ८ हजार ७ सय ६ टन कार्गो बाहिरिएको थियो ।
प्राधिकरणका अनुसार हाल त्रिभुवन विमानस्थलमा नेपालका तीन तथा अन्य १३ देशका २६ गरी २९ अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले २३ गन्तव्यबाट नेपालका लागि उडान गरिरहेका छन् । आन्तरिकतर्फ भने आधा दर्जनहाराहारी वायुसेवा कम्पनीले उडान गरिरहेका छन् । फाइल तस्बिर

काठमाडौं । कूटनीतिक मामलामा सत्तारूढ दल पुनः अपरिपक्व देखिएको छ । सरकारले छिमेक तथा विदेश नीतिमा आफू परिपक्व छु भनेर जति तथ्य पेश गरे पनि त्यो गलत सावित भएको छ । कूटनीतिक मामिलामा सरकार परिपक्व होइन झनै बचकना देखिएको छ ।
प्रधानमन्त्री केपी ओली स्विट्रजरल्याण्ड गएका बेला भेनेजुएलाको दोस्रोपल्ट सत्ता सम्हालेको समाजवादी सरकार अप्ठ्यारोमा पर्‍यो । दक्षिण अमेरिकी देश भेनेजुएलाका निर्वाचित राष्ट्रपति निकोलस मादुरो विरुद्ध विपक्षी नेता हुँदा गुएइदोले सडकबाटै राष्ट्रपति घोषणा गरेपछि विश्व जगत पक्ष र विपक्षमा खडा भयो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विट गर्दै अमेरिका गुएइदोकै पक्षमा उभिने घोषणा गरे । यसमा नेपालको सत्तारूढ पार्टीको ध्यानाकर्षण हुने नै भयो । साना मुलुकको आन्तरिक मामिलामा विरलै बोल्ने नेपालको परराष्ट्र र सत्तारूढ दलको विगतको परम्परालाई उछिनेर सत्तारूढ पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विज्ञप्ति जारी गर्दै अमेरिकाको कदमलाई भेनेजुएली नागरिकमाथि ग्रान्ड डिजाइनको संज्ञा दिए ।
प्रचण्डको विज्ञप्तिपछि नेपालको परराष्ट्र सम्बन्ध र कूटनीतिक मामिलामा नयाँ तरङ्ग पैदा हुन पुग्यो । कतिपयले १५०२१ किलोमिटर टाढाको देशको आन्तरिक मामिलामा नेपाल बोल्न आवश्यक नै नरहेको बताउँदै उत्ताउलो टिप्पणी को संज्ञा दिएका छन् । पूर्वसभामुख दमननाथ ढुंगाना भन्छन् नेपालजस्तो सानो मुलुकले कतिवटा देशको आन्तरिक मामिलामा चिन्ता व्यक्त गर्न सक्छ
परराष्ट्रविद् र कूटनीतिक जानिफकारहरूले सरकार र नेकपाको वक्तव्यलाई लिएर नेपाल–अमेरिका सम्बन्धप्रति नै चिन्ता व्यक्त गर्न थालेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले त संसदबाटै सरकार साम्यवादी ध्रुवको नेतृत्व गर्दै शक्तिशाली राष्ट्रलाई समेत ललकार्न थालेको टिप्पणी गर्‍यो । योसँगै कांग्रेसले आफू अमेरिकाकै पक्षमा उभिने संकेत दिइसकेको छ । भेनेजुएलाको घटनाले सरकारमा मात्रै सत्तापक्ष र प्रतिपक्ष होइन कूटनीति र परराष्ट्र सम्बन्धमा पनि सत्तापक्ष र प्रतिपक्ष खडा गरेको छ । यो नेपालजस्तो मुलुकका लागि निकै घातक रहेको टिप्पणी अहिले कूटनीतिक वृत्तमा भइरहेको छ ।
नेकपाभित्रै दुईधार प्रचण्डको विज्ञप्तिपछि अमेरिकाले नेपाल सरकारसँग असन्तुष्टि जनाउँदै धारणा माग गर्‍यो ।
पुष्पकमल दाहाल प्रचण्डले विज्ञप्ति जारी गर्दा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली दुवै देश बाहिर थिए । पार्टीभित्र पनि प्रचण्डको विज्ञप्तिमा विद्रोही पार्टीको भाषा भएको र सत्तारूढ पार्टीले प्रयोग गर्ने भाषा नभएको भन्दै आलोचना भइरहेको थियो । प्रधानमन्त्रीसहितको टोली स्वीट्जरल्याण्डबाट भोलिपल्टै स्वदेश त फर्कियो । तर सरकारले चार दिनपछि मात्रै धारणा सार्वजनिक गर्‍यो । चारदिन मौन रहनुले सरकार प्रचण्डको विज्ञप्तिप्रति सन्तुष्ट छैन भन्ने लख त काट्न सकिन्थ्यो । तर परराष्ट्र मन्त्रालयले पनि प्रचण्डकै वक्तव्यको भाषा राम्रो सम्पादनमात्रै गरेपछि अनुमान गलत सावित भयो ।
सोमबार नेकपाको सचिवालय बैठक बस्यो । सचिवालयको बैठकले पनि प्रचण्डकै वक्तव्य सदर गरेपछि भेनेजुएला प्रकरण लगभग साम्य भएको र सरकार र पार्टीको धारणा समान रहेको निष्कर्ष निकालियो ।
तर बुधबार जनतासँग प्रधानमन्त्री कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भेनेजुएला प्रकरणमा प्रचण्ड स्लिप भएको बताएपछि यो प्रकरण कचल्टिएको छ । र प्रधानमन्त्री र प्रचण्डको दृष्टिकोण आपसमा बाझिएको छ ।
भाषा स्लिप भएकै हो जनतासँग प्रधानमन्त्री टेलिभिजन बहसको पुछारतिर आइपुगेपछि सञ्चारकर्मीले भेनेजुएला प्रकरणबारे जिज्ञासा राख्दा प्रधानमन्त्री ओलीले भने वक्तव्यको प्रसंगबाट यतिधेरै तरङ्ग आएको छ वा ल्याइएको छ त्यस्तो जरुरी छैन । त्यो अलिकति स्लिप भएको हो म भोलिपल्ट आउँदै थिएँ अघिल्लै दिन वक्तव्य नदिई नहुने कारण परेको थिएन । यस्तो जरुरी विषय पनि होइन ।
अध्यक्ष ओलीले वक्तव्यमा प्रयुक्त भाषामा असहमति जनाएका छन् । वक्तव्यमा जुन भाषा प्रयुक्त भयो त्यो उपयुक्त भाषा पनि अलि भएन । त्यसले तरङ्ग ल्यायो उनको विज्ञप्तिमा प्रयुक्त शब्दप्रति विमति छ ।
नेकपाका अध्यक्षसमेत रहेका ओलीले प्रचण्डलाई साथी भनेर सम्बोधन गरे । तर प्रचण्डले अध्यक्षकै हैसियतमा वक्तव्य जारी गरेका थिए । कोही एकजना साथीले वक्तव्य दिनुभयो देश–देश राष्ट्र–राष्ट्रबीचमा सम्बन्ध हुन्छन् । सम्बन्ध एउटा विज्ञप्तिमा अडिएका हुँदैनन् । वक्तव्यबाट शुरू भएको पनि होइन त्यसैबाट अन्त्य हुने पनि होइन उनले सामान्यीकरण गरे । तर यसो भनिरहँदा उनले आफ्नो कूटनीति अपरिपक्वतालाई लुकाउन भने सकेनन् स–साना घटनाले पनि सम्बन्धमा उतार–चढाव ल्याउँछ । गर्दैजाँदा जानेर नजानेर यस्तो हुन सक्छ ।
प्रधानमन्त्री आफैँ उपस्थित भएको पार्टी सचिवालयको बैठकले अमेरिकी हस्तक्षेप मान्य नहुने बताउँदै प्रचण्डकै वक्तव्यलाई सदर गरेको थियो ।
तर सचिवालयको निर्णयविपरीत अध्यक्ष र प्रधानमन्त्रीबाट टिप्पणी आउनु प्रचण्डको शब्द स्लिप भएको नभई ओली चिप्लन थालेको प्रतिक्रिया दिन थालेका छन् ।
युद्धको घोषणा होइन भेनेजुएला प्रकरणमा नेपालले युद्धको घोषणा नगरेको र केही लाइनको वक्तव्यमात्रै जारी गरेको बताउँदै अमेरिका जस्तो देश यस कुरामा अल्झन नहुने तर्क ओलीको छ । अमेरिका ठूलो देश हो । विशाल र सबल देश हो । संसारमा सानो चिजले छुँदा पनि प्राणै जानेजस्ता जीव हुन्छन् । विशाल जनावरको टाउकामा केही बस्यो भने त्यसले थाहा पनि पाउँदैन अमेरिका त्यस्तै देश हो प्रधानमन्त्री ओली सुझाव दिन्छन् अमेरिकाजस्तो देशले यस्ता साना कुरामा अल्झिइराख्नु वाञ्छनीय पनि हुँदैन ।
आफ्नो नाम लिएर बोलेको प्रसंगमा अमेरिकालाई चित्त दुखेको होला नेपाल अर्को देशको अंग होइन र भन्दा हाम्रोचाहिँ चित्त दुख्दैन सानो र कमजोर भयो भने चित्त दुखाउन नपाउने ठूलो भयो भने बढी चित्त दुखाउनुपर्ने हो र उनले प्रश्न गरे ।
उलने आफू नेपालमा भएको भए यस्तो विज्ञप्ति नआउने बताउँदै प्रचण्डको विज्ञप्तिलाई स्लिपको रूपमा बुझ्न बारबार आग्रह गरे ।
सरकार सचिवालयको वक्तव्य आइसक्यो व्यक्तिको बोलीको अर्थ छैन पार्टी अध्यक्षको वक्तव्यलाई प्रधानमन्त्री ओलीले भाषिक स्लिपको संज्ञा दिए पनि प्रचण्ड आफ्नो वक्तव्यप्रति अडिग छन् । कार्यक्रमको सिलसिलामा बिहीबार भरतपुर पुगेका प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै भने भेनेजुएलाको राजनीतिक संकटका बारेमा सचिवालय र सरकारको वक्तव्य आइसकेको छ व्यक्तिको प्रतिक्रियाको कुनै अर्थ छैन ।
हिजो प्रधानमन्त्रीजीले कहाँ कुन सन्दर्भमा के भन्नुभयो मैले आफैँले मिडिया हेरेको छैन उनले अध्यक्ष ओलीलाई जवाफ दिँदै भने त्यो एउटा राजनीतिक वक्तव्य थियो । स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न राष्ट्रको राजनीतिक घटनाक्रममा बाहिर कतैबाट हस्तक्षेप नहोस् भने उद्देश्यबाट दिइएको थियो । पछि परराष्ट्र मन्त्रालयबाट पनि त्यही स्पिरिटमै वक्तव्य जारी भएको छ । अस्ति प्रधानमन्त्रीजी समेत उपस्थित पार्टी सचिवालयको बैठक बसेर अमेरिकी हस्तक्षेपको विरोधमा वक्तव्य जारी भएकाले अब अरू कुराको केही अर्थ राख्दैन । उनले स्वतन्त्र मुलुकले राजनीतिक निर्णय लिन पाउने अधिकारकै प्रयोग गरेको संयुक्त राष्ट्र संघको बडापत्रले पनि त्यो अधिकार सुनिश्चित गरेकाले वक्तव्यबाट पछि नहट्ने अडान दोहोर्‍याएका थिए ।
यस प्रकरणलाई कतिपयले १२ देशका राजदूतको संयुक्त वक्तव्यसँग पनि जोडेका छन् । प्रचण्डले पनि नेपालमा शान्ति प्रक्रियालाई लिएर कुनै समस्या नै नरहेको जिकिर गर्दै विज्ञप्तिलाई आन्तरिक मामिलामाथिको हस्तक्षेपका रूपमा अथ्र्याए ।
प्रधानमन्त्री परराष्ट्रमन्त्रीसमेत नभएका बेलामा विभिन्न देशका राजदूत जुटेर वक्तव्य दिनु कूटनीतिक मर्यादाको दृष्टिले उपयुक्त होइन । अहिले नेपालमा कुनै पनि समस्या छैन संक्रमणकालीन न्यायिक प्रक्रियालाई टुंग्याउन दबाब दिने उद्देश्यले गत माघ १० गते १२ देशका राजदूतले जारी गरेको वक्तव्यलाई जवाफ दिँदै अध्यक्ष प्रचण्डले भने शान्ति प्रक्रियाका बाँकी काम अघि बढाउन सम्पूर्ण राजनीतिक दलको सहमति छ । शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउने ऐन संशोधनको तयारी छ । अमेरिका युरोप छिमेकी देशसँग पनि कुरा भएको छ । सबैको सहमति छ ।