text
stringlengths
1
75.3k
कवि गोपालप्रसाद रिमालका यी गीति हरफ पञ्चायतकालभरि खेत–खलियान पाखा–पखेरामा गुञ्जियो । पञ्चायतको सेपमा टाक्सिएका निमुखा–निम्छराको ओठमा झुन्डियो । जनताका हक अधिकार न्याय स्वतन्त्रतालाई ठिँगुरामा ठोक्ने पञ्चायतविरुद्ध आन्दोलनको डँढेलो सल्काउन र क्रान्तिको चिराग जगाउन यो गीतले पनि खुब सघायो ।
बहुदलीय व्यवस्थाप्रतिको अगाध आस्था निर्दलीय पञ्चायती व्यवस्थाविरुद्ध चुलिँदो आक्रोश र बढ्दो रोषका कारण पञ्चायती व्यवस्थाले ०४६ सालको जनआन्दोलनसामु घुँडा टेक्यो । बहुदलीय प्रजातन्त्रको पुनस्र्थापना भयो । नारायणहिटीमा बन्धक बनेको शासकीय अधिकार आफ्नै हातमा फिर्ता ल्याए ।
तर ०४७ सालको संविधान जारी गर्दा राजा कानुनभन्दा माथि हुन पुगे । जनताले भरेको मानामाथि उनलाई पाच्य भएन ।
र त ०४८ सालको आम निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ र ५ बाट उमेदवार बनेका मदनले चावहिल गणेशस्थानको चौरबाट राजसंस्थाविरुद्ध चोर औंलो ठड्याए राजा यदि तिमी जनताको आधिकारमा गिद्धेदृष्टि लाउँछौ भने श्रीपेच खोल र चुनावमा आऊ हामी तिमीलाई जनताको बलमा हराइदिन्छौं । नत्र टाट्नामा घाँस हालेको बाख्राजस्तो गरेर जनताले छुट्याएको ४ लाख खाऊ तर जनताको आधिकारमा गिद्धेदृष्टि नलगाऊ ।
कुञ्ज थिएटरमा माघ १२ गतेसम्म मञ्चन हुने नाटकको मुख्य दृश्य नै यसैसँग सम्बन्धित छ । एमालेका तत्कालीन समयका जल्दाबल्दा र पूर्वमन्त्री भइसकेका नेता प्रदीप नेपालले मदन भण्डारीकै जीवन कथामा आधारित भएर लेखेको उपन्यास बर्बरिक नै बर्बरिक नाटकको गर्भगृह हो जसलाई नाट्यरूपान्तरण गरेका छन् भरत गुरागाईंले । र निर्देशकीय भूमिका निर्वाह गरेका छन्– जीवन बरालले ।
आम मनमस्तिष्कमा रहस्यमय दासढुंगा र मदन भण्डारीको मृत्युबारे अनेकन आशंका छन् । बर्बरिकको दृश्यस्वादनका लागि कुञ्ज थिएटरमा ओइरिएका दर्शकलाई मदनको झझल्को नमेटिएको र नियास्रो लागिरहेको अनुमान गर्न सकिन्छ । तर मञ्चित बर्बरिकले हत्याकाण्डको पहेली फुकाउँदैन । न यसले बर्बरिकको राजनीतिक फड्को र उनको विचार–संघर्षको चुरो नै पहिल्याउँछ । महासचिव चुनिएदेखि दासढुंगासम्मको अल्पसमयको कथामात्रै बोलेको छ– नाटकले ।
नाटक बर्बरिकले दासढुंगा प्रकरणलाई दरबारतिरै शंकाको सुइँ तेस्र्याएको प्रष्ट हुन्छ । तत्कालीन जर्नेल र रानीको भूमिकामार्फत मुखरित भएको छ । उपन्यासकार पार्टीका जल्दाबल्दा र हत्याकाण्डबारे मिहिन अध्ययनसमेत गरेकाले सत्यका निकट होलान् भनेर अनुमान गर्न पनि गाह्रो भएन । तर इतिहासका खलनायक भनिएकाहरूको पनि वंश नामेट भएकाले बर्बरिकको मृत्यु झनै रहस्यमयी प्रतीत हुन्छ ।
० ० ०
एउटा मान्छे हुन्छ एउटा योद्धा हुन्छ मान्छे मर्छ– स्वास्नी विधवा हुन्छे छोरोछोरीले बरखी बार्छन् योद्धा मर्छ– देश विधवा हुन्छ इतिहासले बरखी बार्छ ।
साविकको एमाले र अहिलेको नेकपाले बरखी बारेको २५ वर्ष बित्यो । नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गरेपछि भण्डारी प्रतिपादित जनताको बहुदलीय जनवाद पनि लगभग टुहुरो बनेको छ । २५ वर्षयता एमाले दर्जनपटक सरकारमा पुगेर रजगज गर्‍यो । पाँच पटक सरकारको नेतृत्व सम्हाल्यो । प्रतिपक्षमा हुँदा बर्बरिकको ऐंठन पनि भयो उसलाई । सडकका रेलिङ सरकारी सवारी र भवनका आङले पाउनु दुःख पाए । तर सरकारमा पुगेपछि इतिहासको गर्तमा विलीन भइसकेको रहस्यमय दासढुंगा एकपटक पनि उधिन्ने चेष्टा गरेन । न आफैंले तयार पारेको छानबिन प्रतिवेदनको धुलाम्य पोको फुकाउने जमर्को नै गर्‍यो ।
शुक्रबार नेकपाका प्रभावशाली नेता पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई मञ्चमा आसीन गराएर झोराहाटका कलाकारले बर्बरिक मञ्चन गरे । नाटकको अन्तिम दृश्य पटाक्षेप भइसकेपछि मञ्चबाहिर ल्याएर खोर्‍याए पनि मदनका हत्यारा कहिले पत्ता लाग्छन्
तीनपटक पार्टी प्रमुख र एकपटक प्रधानमन्त्री भइसकेका झलनाथ खनालसँग मूर्त जवाफ थिएन । केहीबेर घोसेमुन्टो लगाएर विषयान्तर गर्दै भने नाटकको अन्तिम दृश्य निकै निराशाजन भयो । अहिले नेकपामा पूर्व बर्बरिक मात्रै छैनन् पश्चिम उत्तर दक्षिण सबै बर्बरिक जन्मिइसकेका छन् । र देशै बर्बरिक भएको छ ।
तर बर्बरिकमय बनेको देशबाट बर्बरिक नै विलुप्त भइसकेको सुषुप्त नेतृत्वलाई शायद थाहा छैन । झोराहाटले एकपटक पुनः झक्झक्याइदिएको छ ।
कलाकारहरूः
१ सुदीपजंग कार्की २ विमल सम्बाहाम्फे ३ अनु श्रेष्ठ ४ निराशा ढुंगेल ५ दीक्षा चौधरी ६ दीपा पोखरेल ७ दिव्या रेग्मी ८ प्रदीप नेपाल ९ विजय थारू १० सुरज माझी ११ लकेश राई १२ सुलभ पाण्डे १३ विजय नेपाल १४ नमस्ते दिवाकर घिमिरे १५ सुनिता कट्टेल १६ प्रयाग न्यौपाने १७ भरत गुरागाईं
बर्बरिक महाभारतका मिथकीय पात्र हुन् । अभेद्य सस्त्रअस्त्र र युद्धकौशल हुँदाहुँदै पनि कुटिल कृष्णको फन्दामा परेर शिर कटाउन पर्‍यो । तीनै लोक जित्ने वीर्यवान् भीमका नाति घटोत्कच र नागकन्यापुत्र बर्बरिक पूरा आयु बाँच्न पाएनन् नै सशस्त्र ज्ञाता हुँदाहुँदै पनि महाभारत युद्धको रणनीतिक दाउपेचको शिकार भए । युद्ध शुरू नै नभई रणचण्डीको पाउमा चढाइए ।
नेपाली राजनीतिका वाचाल र वाकपटू मदन भण्डारीको नियति तिनै मिथकीय पात्र बर्बरिकको जस्तै छ । अहिलेको नेपाल कम्युनिस्ट पार्टी नेकपाको शैशवकालीन पार्टी मालेको भूमिगत राजनीतिमा सक्रिय हुँदा बर्बरिक नै उपनामबाट चिनिन्थे । तत्कालीन प्रशासनको आँखाको तारो भएकाले र अनेकौं गाउँबस्तीमा सेल्टर लिनु परेकाले पनि होला उनी भीष्मका नामले पनि चिनिन्थे । यद्यपि उनी बर्बरिक नामले नै विख्यात थिए ।
नेपाली राजनीतिका बर्बरिक महाभारतकै जस्तै बर्बरिक बन्न पुगे । नेपालको वाम आन्दोलनको स्पप्नद्रष्टा र भविष्यद्रष्टा हुँदाहुँदै पनि अनेक षड्यन्त्र र दाउपेचका कारण अल्पायुमै ज्यान गुमाउन पर्‍यो ।
३० को दशकसम्म बर्बरिक उर्फ मदन भण्डारी नेपाली राजनीतिक वृत्तमा सुनिएको र चर्चा गरिराख्नुपर्ने नाम थिएन । तर २०३५ सालमा को–अर्डिनेसन केन्द्र मुक्ति मोर्चा रातो झन्डा सन्देश समूह एकता भई नेकपा माले गठन भएपछि कम्युनिस्ट आन्दोलनको नभमा बर्बरिक नामको चम्किलो ध्रुवतारा देखापर्‍यो । र त्यो अँध्यारोतिर अभिमुख भइरहेको नेपालको वाम र प्रगतिशील आन्दोलनको गन्तव्यद्रष्टा बन्यो ।
नेपाल राजनीतिको गोरेटोमा बर्बरिकले छोटो समयमै लामो दूरी तय गरे । सोभियत युनियन खण्डीकरणपछि विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक बनिरहेको थियो । पूर्वी युरोप ल्याटिन अमेरिकालगायत विश्वका कैयन् भूखण्डमा कम्युनिस्ट सत्ता गल्र्यामगुर्लुम ढल्दै थिए । तर बर्बरिक नेपालको कम्युनिस्ट आन्दोलनको दिशा र दशा दुवै बदल्न सक्षम भए कम्युनिस्ट आन्दोलनको सैद्धान्तिक जडता चिर्दै माक्र्सवादको सिर्जनात्मक प्रयोग गरेर । तिनै बर्बरिकले कार्यक्रमका रूपमा अघि सारेको जनताको बहुदलीय जनवाद जबजको ह्रश्व र दीर्घसमेत नबदली पानामात्रै पल्टाएर नेपाल कम्युनिस्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादीले आफ्नो वजन र आयातन दुवै बढायो । सत्ताको स्वाद चाख्यो ।
विडम्बना मुर्झाउँदै गएको नेपालको कम्युनिस्ट आन्दोलनलाई प्राण दिने र आफ्नै राग र विचारले खुम्चँदै गएको वाम–प्रगतिशील आन्दोलनलाई सैद्धान्तिक प्राण दिने बर्बरिक रहस्यमय जिप दुर्घटनामा परी दिवंगत भए २०५० जेठ ३ गते ।
उनको निधनलगत्तै तत्कालीन नेकपा एमालेले देशव्यापी विरोध प्रदर्शन ग¥यो । सरकारी जाँचबुझ समितिलाई अविश्वास गर्दै केपी शर्मा ओलीको नेतृत्वमा छानबिन समितिसमेत गठन गर्‍यो । तर हत्याराको छेउसम्म पनि पुग्न सकेन ।
त्यसको एक वर्षमै अल्पमतको नेतृत्व गर्दै एमाले सत्तामा पुग्यो । दूरगामी महत्त्वका लोकप्रिय कामसमेत गर्‍यो । तर त्यो लोकप्रिय कामभित्र मदन भण्डारीको निधनले मर्माहत बन्न पुगेका नागरिकलाई चोटको मल्हमपट्टी भने थिएन ।
०५१ पछि पनि एमाले चारपटक सत्तासीन भइसक्यो । मदनकी अर्धांगिनी विद्यादेवी भण्डारी दोस्रोपटक राष्ट्रपति पदमा बहाल छिन् । तर वाम आन्दोलनका जाज्वल्यमान् उदीयमान छवि बर्बरिकका हत्यारा खोज्नेतिर उनको ध्यान गएको छैन ।
यतिबेला इतिहासको गर्तमा विलय भइसकेको रहस्यम दासढुंगाको खाटा बसिकसकेको घाउ बोकेर झोराहाटका कलाकार राजधानीको कुञ्ज थिएटरमा आइपुगेका छन् । नेपाल कम्युनिस्ट आन्दोलनका तिनै बलशाली नायक बर्बरिकलाई रंगमञ्चमा पस्कँदै हत्यारा खोज्न झक्झक्याइरहेका छन् मदनकै रगत–पसिनामा फस्टाएको दुईतिहाइको कम्युनिस्ट सरकारलाई ।
० ० ०
एक जुगमा एक दिन एक पटक आउँछ उलटपुलट उथलपुथल हेरफेर ल्याउँछ ।
कवि गोपालप्रसाद रिमालका यी गीति हरफ पञ्चायतकालभरि खेत–खलियान पाखा–पखेरामा गुञ्जियो । पञ्चायतको सेपमा टाक्सिएका निमुखा–निम्छराको ओठमा झुन्डियो । जनताका हक अधिकार न्याय स्वतन्त्रतालाई ठिँगुरामा ठोक्ने पञ्चायतविरुद्ध आन्दोलनको डँढेलो सल्काउन र क्रान्तिको चिराग जगाउन यो गीतले पनि खुब सघायो ।
बहुदलीय व्यवस्थाप्रतिको अगाध आस्था निर्दलीय पञ्चायती व्यवस्थाविरुद्ध चुलिँदो आक्रोश र बढ्दो रोषका कारण पञ्चायती व्यवस्थाले ०४६ सालको जनआन्दोलनसामु घुँडा टेक्यो । बहुदलीय प्रजातन्त्रको पुनस्र्थापना भयो । नारायणहिटीमा बन्धक बनेको शासकीय अधिकार आफ्नै हातमा फिर्ता ल्याए ।
तर ०४७ सालको संविधान जारी गर्दा राजा कानुनभन्दा माथि हुन पुगे । जनताले भरेको मानामाथि उनलाई पाच्य भएन ।
र त ०४८ सालको आम निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ र ५ बाट उमेदवार बनेका मदनले चावहिल गणेशस्थानको चौरबाट राजसंस्थाविरुद्ध चोर औंलो ठड्याए राजा यदि तिमी जनताको आधिकारमा गिद्धेदृष्टि लाउँछौ भने श्रीपेच खोल र चुनावमा आऊ हामी तिमीलाई जनताको बलमा हराइदिन्छौं । नत्र टाट्नामा घाँस हालेको बाख्राजस्तो गरेर जनताले छुट्याएको ४ लाख खाऊ तर जनताको आधिकारमा गिद्धेदृष्टि नलगाऊ ।
कुञ्ज थिएटरमा माघ १२ गतेसम्म मञ्चन हुने नाटकको मुख्य दृश्य नै यसैसँग सम्बन्धित छ । एमालेका तत्कालीन समयका जल्दाबल्दा र पूर्वमन्त्री भइसकेका नेता प्रदीप नेपालले मदन भण्डारीकै जीवन कथामा आधारित भएर लेखेको उपन्यास बर्बरिक नै बर्बरिक नाटकको गर्भगृह हो जसलाई नाट्यरूपान्तरण गरेका छन् भरत गुरागाईंले । र निर्देशकीय भूमिका निर्वाह गरेका छन्– जीवन बरालले ।
आम मनमस्तिष्कमा रहस्यमय दासढुंगा र मदन भण्डारीको मृत्युबारे अनेकन आशंका छन् । बर्बरिकको दृश्यस्वादनका लागि कुञ्ज थिएटरमा ओइरिएका दर्शकलाई मदनको झझल्को नमेटिएको र नियास्रो लागिरहेको अनुमान गर्न सकिन्छ । तर मञ्चित बर्बरिकले हत्याकाण्डको पहेली फुकाउँदैन । न यसले बर्बरिकको राजनीतिक फड्को र उनको विचार–संघर्षको चुरो नै पहिल्याउँछ । महासचिव चुनिएदेखि दासढुंगासम्मको अल्पसमयको कथामात्रै बोलेको छ– नाटकले ।
नाटक बर्बरिकले दासढुंगा प्रकरणलाई दरबारतिरै शंकाको सुइँ तेस्र्याएको प्रष्ट हुन्छ । तत्कालीन जर्नेल र रानीको भूमिकामार्फत मुखरित भएको छ । उपन्यासकार पार्टीका जल्दाबल्दा र हत्याकाण्डबारे मिहिन अध्ययनसमेत गरेकाले सत्यका निकट होलान् भनेर अनुमान गर्न पनि गाह्रो भएन । तर इतिहासका खलनायक भनिएकाहरूको पनि वंश नामेट भएकाले बर्बरिकको मृत्यु झनै रहस्यमयी प्रतीत हुन्छ ।
० ० ०
एउटा मान्छे हुन्छ एउटा योद्धा हुन्छ मान्छे मर्छ– स्वास्नी विधवा हुन्छे छोरोछोरीले बरखी बार्छन् योद्धा मर्छ– देश विधवा हुन्छ इतिहासले बरखी बार्छ ।
साविकको एमाले र अहिलेको नेकपाले बरखी बारेको २५ वर्ष बित्यो । नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गरेपछि भण्डारी प्रतिपादित जनताको बहुदलीय जनवाद पनि लगभग टुहुरो बनेको छ । २५ वर्षयता एमाले दर्जनपटक सरकारमा पुगेर रजगज गर्‍यो । पाँच पटक सरकारको नेतृत्व सम्हाल्यो । प्रतिपक्षमा हुँदा बर्बरिकको ऐंठन पनि भयो उसलाई । सडकका रेलिङ सरकारी सवारी र भवनका आङले पाउनु दुःख पाए । तर सरकारमा पुगेपछि इतिहासको गर्तमा विलीन भइसकेको रहस्यमय दासढुंगा एकपटक पनि उधिन्ने चेष्टा गरेन । न आफैंले तयार पारेको छानबिन प्रतिवेदनको धुलाम्य पोको फुकाउने जमर्को नै गर्‍यो ।
शुक्रबार नेकपाका प्रभावशाली नेता पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई मञ्चमा आसीन गराएर झोराहाटका कलाकारले बर्बरिक मञ्चन गरे । नाटकको अन्तिम दृश्य पटाक्षेप भइसकेपछि मञ्चबाहिर ल्याएर खोर्‍याए पनि मदनका हत्यारा कहिले पत्ता लाग्छन्
तीनपटक पार्टी प्रमुख र एकपटक प्रधानमन्त्री भइसकेका झलनाथ खनालसँग मूर्त जवाफ थिएन । केहीबेर घोसेमुन्टो लगाएर विषयान्तर गर्दै भने नाटकको अन्तिम दृश्य निकै निराशाजन भयो । अहिले नेकपामा पूर्व बर्बरिक मात्रै छैनन् पश्चिम उत्तर दक्षिण सबै बर्बरिक जन्मिइसकेका छन् । र देशै बर्बरिक भएको छ ।
तर बर्बरिकमय बनेको देशबाट बर्बरिक नै विलुप्त भइसकेको सुषुप्त नेतृत्वलाई शायद थाहा छैन । झोराहाटले एकपटक पुनः झक्झक्याइदिएको छ ।
कलाकारहरूः
१ सुदीपजंग कार्की २ विमल सम्बाहाम्फे ३ अनु श्रेष्ठ ४ निराशा ढुंगेल ५ दीक्षा चौधरी ६ दीपा पोखरेल ७ दिव्या रेग्मी ८ प्रदीप नेपाल ९ विजय थारू १० सुरज माझी ११ लकेश राई १२ सुलभ पाण्डे १३ विजय नेपाल १४ नमस्ते दिवाकर घिमिरे १५ सुनिता कट्टेल १६ प्रयाग न्यौपाने १७ भरत गुरागाईं
दुई दिनअघि पाकिस्तानको पञ्जाब सहरको साहिवालनजिक हाईवेमा गाडीमा सवार ७ मध्ये ४ जना माता पिता छोरी र चालक मित्र लाई चरमपन्थीको आशङ्कामा प्रहरीले गिरफ्तार नगरी हत्या नै गरिदियो । सरकारले परम्परामुताबिक एउटा जाँच कमिटी बनायो । अब एउटा रिपार्ट आउनेछ । केही प्रहरी सस्पेन्ड हुनेछन् र केही दिनमा विगतका घटनाजस्तै यो घटना पनि यताउता हुनेछ ।
यही र यस्तै घटनाका बारेमा मिडिया खोज गर्ने भन्दै जुन प्रकारको होडबाजीमा लाग्छ त्यो एकखाले इन्काउन्टरभन्दा कम हुँदैन । माथि उल्लेख गरिएको घटनामा १० वर्षको एक बच्चा र दुई साना बालिका बाँच्न सफल भएका छन् । मिडिया यिनै जिउँदा लासजसरी बाँचेका बालबालिकालाई सिकार बनाइरहेको छ ।
यी बच्चाका कोही समझदार आफन्तको खोजी गरेर तिनीहरुसँग प्रश्न नगरी मिडिया तिनै बच्चाहरुसँग गिद्धले लास खोतलेजसरी प्रश्न गरिरहेको छः
तिम्रो माता–पिता कसरी मरे यतिखेर तिमी के सोचिरहेका छौ माता पिता र दिदीमध्ये कसको बढी याद आउँछ
टीआरपीको दौड चार–पाँच वर्षका दुई बालिका अस्पतालको इमरजेन्सीमा चुपचाप बसिरहेका थिए तीमध्ये एकको हातमा गोली लाग्नाले ठूलो घाउ भएको थियो । एक रिपोर्टरले ती बच्चीको पट्टी बाँधिएको हातमा छुँदै भन्यो डराउनुपर्ने कुनै कारण छैन नानी सबै ठीक हुन्छ
स्ट्रेचरमा रहेको तिनै बच्चीको १०–१० वर्षको घाइते दाजु पीडाले बेस्सरी रोइरहेको थियो । पत्रकारको आवरणमा रहेको एउटा रोबोटले सोध्यो बाबु के भयो तिम्रो माता–पितालाई मार्ने कुनै प्रहरी थियो वा अन्य कोही
अनि त्यो निश्छल बालक रुँदै पत्रकारलाई बताउँदै थियो हत्या कसरी भयो भनेर
रिपोर्टरको काम त भयो । उनीसँग अरुको भन्दा पृथक फुटेज पनि भयो अब त्यो बच्चा बाँचून् कि मरुन् पत्रकारलाई के मतलब ती पत्रकार काम गर्ने टीभी च्यानललाई राम्रै टीआरपी पनि प्राप्त भइगयो । ती पत्रकारको माइक बच्चाको नजिकबाट हट्यो अनि अर्को माइकवाला अघिल्तिर आयो ।
सबै एकैसाथ प्रश्न गरिरहेछन् बच्चालाई । जसरी थुप्रै गिद्ध एउटा लासमाथि आफ्ना तिखा चुच्चाले एकैसाथ लुछ्न थाल्छ त्यसैगरी पत्रकारहरु प्रश्नरुपी वाणले पीडितलाई लुछिरहन्छन् । यी कुनै माइक्रोफोन होइनन् यी त मिडियाका गिद्धहरुको तिखा पञ्जा हुन् । यिनलाई कसैले रोक्न सक्दैन ।
कमनसेन्सको अभाव अस्पतालमा डाक्टर नर्स वा त्यहाँका कुनै गार्डले पत्रकारलाई भित्र जानबाट रोक लगायो भने समाचार बन्छ– अस्पतालको गलत रवैया मिडियालाई आफ्नो काम गर्न दिइएन आदिआदि यिनलाई कसैले सोध्न सक्दैन– ए पत्रकार तिमी आफ्नो काम गरिरहेका छौ कि आफ्नो पेसासँग बेइमानी गरिरहेका छौ मिडिया त छँदैछ हाम्रा नेताहरु पनि पीडितसँग कसरी दुःखमा समवेदना प्रकट गर्ने भन्ने जान्दैनन् । नेतालाई दुःख महसुस गर्न पनि तिनले जानेका छैनन् ।
मलाई एकजना भूतपूर्व प्रधानमन्त्रीको सम्झना भइरहेको छ यतिखेर । बलात्कारको सिकार बनेकी एक महिलालाई सान्त्वना दिन उनी दर्जनौँ गाडी र क्यामेरासहित महिलाको गाउँ पुगेका थिए । गाउँ पुगेर महिलाको शीरमा हात राख्दै भावुक मुद्रामा उनले भने नानी तिमी यतिखेर कस्तो महसुस गरिरहेकी छौ
यी पङ्क्ति लेखिरहँदा म कस्तो महसुस गरिरहेको हुँला म त्यो बताउन सक्दिनँ । यस्ता मान्छेहरुका विरुद्ध म गाली र जथाभावी शब्द लेखूँ जुन मेरो मनभित्र जमेर रहेको छ वास्तवमै यो समय संसारमा कुनै पनि चिज सबैभन्दा महँगो यदि केही छ भने त्यो यो कमनसेन्स नै हो सुन–चाँदी–हीरा होइन । बीबीसी
काठमाडौँ । सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक फिर्ता हुने सम्भावना नरहेकाले संसदीय प्रक्रियाअनुसार पारित हुने बताएका छन् ।
सो विधेयकको विरोधमा डा गोविन्द केसीको १६औँ अनशन र प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसको सदनमा अवरोध कायम रहेको स्थितिमा सरकारले विधेयकलाई अघि बढाउने स्पष्ट गरेको हो । सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले पर्याप्त छलफल र सम्बन्धित समिति हुँदै अघि बढेको विधेयकमा रहेका प्रावधान पर्याप्त अध्ययन नगरी विरोध गरिएको दाबी गरे । प्रतिनिधिसभाको बैठक शुक्रबार बस्दैछ ।
नेपाल सरकार मन्त्रिपरिषद्बाट भएका पछिल्ला निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले भने सम्बन्धित समितिमा मतदानका आधारमा निर्णय भई संसद्मा गइसकेकोले विधेयक अब संसद्को सम्पत्ति र क्षेत्राधिकारमा परेको छ । त्यो प्रक्रियाबाट पारित हुन्छ । फिर्ता हुने सम्भावना छैन ।
उनले १० वर्षसम्म काठमाडौँ उपत्यकामा नयाँ मेडिकल कलेज खोल्न नपाउने मेडिकल कजेल गैरनाफामुखी हुनुपर्ने विद्यार्थीको कोटा निर्धारण विशेष छात्रवृत्ति विपन्न विद्यार्थीलाई सहुलियतमा ऋणजस्ता जनमुखी प्रावधान राखिएको विधेयकलाई माफियामुखी भएको भनिनु आफूले बुझ्न नसकेको भनी टिप्पणी गरेको राससल जनाएको छ । कानून बनाउने थलो अस्पताल वा अन्यत्र हो कि संसद् हो के मा सहमति र असहमति हो संसदीय समितिले डा केसीलाई औपचारिक रुपमा निमन्त्रणा गरिएकामा उहाँ किन आउनुभएन कसैकसैले गुमराहमा राखेर विधेयकका वास्तविक व्यवस्थाबारे उहाँलाई अर्कै कागज पढ्न दिएको छ कि मन्त्री बाँस्कोटाले विधेयकमा भएका राम्रा व्यवस्थाबारे जनतालाई गुमराहमा राख्ने कोसिस भएको बताए । छलफल गर्ने थलो संसद् नै भएको उल्लेख गर्दै उनले भने छलफलमा रातोपिरो भइएला तर लोकतन्त्र र संसदीय विधि भनेको मतदान वा प्रक्रिया हो । त्यो हुन्छ । यसलाई सरकारको दम्भ नठानिदिनुहोला । अधिनायकवाद भने भन्नुस् ।
संसद्मा विधेयक प्रस्तुत गर्न नदिने मन्त्रीलाई कुइना तेस्र्याउने र सभामुखलाई बाटो छेक्ने शैली लोकतान्त्रिक नहुने उल्लेख गर्दै उनले आफूहरु संसद्मा छलफलका लागि हमेशा तयार रहेको तर संविधान पनि संशोधन गर्न सक्ने संसद्ले कानून पारित गर्न सक्ने स्पष्ट गरे । विधेयकको विरोधको तीर चिकित्सा शिक्षा मात्रै हो कि अन्यत्र पनि तेस्र्याइएको छ भन्ने प्रश्न गर्दै मन्त्री बाँस्कोटाले डा केसीले अनशन बस्नु विधेयक र आफ्नै विरुद्ध हुने उल्लेख गर्नुभयो ।
काठमाडौं । नेपाली बजारमा बहुमूल्य धातु सुनको भाउ पाँच साढ पाँच वर्षयताकै उच्च भएको छ । आज आइतबार छापावाल सुनको भाउ तोलाको ६१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । खस्किँदै गएको अमेरिकी अर्थतन्त्र अन्तर्राष्ट्रिय बजारमा शक्तिशाली मुद्रा अमेरिकी डलर कमजोर हुँदै जानजस्ता कारण सुनको भाउ उच्च हुँदै गएको व्यवसायीको भनाइ छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ आइतबार तोलाको ६१ हजार २ सय रुपैयाँ पुगेको हो । एकै दिन तोलामा ६ सय रुपैयाँ बढेर छापावाल सुनको भाउ साढे पाँच वर्षयताकै उच्च भएको हो । यसअघि २०७० भदौ १२ गते सुनको भाउ स्थानीय बजारमा इतिहासकै सबैभन्दा बढी तोलाको ६३ हजार ३ सय रुपैयाँसम्म पुगेको आधिकारिक रेकर्ड छ ।
सुनको भाउ तोलाको ६१ हजार २ सय रुपैयाँ पुगेको छ यति उच्च भएको यो भाउ करिब साढे पाँच वर्षपछि हो महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले आइतबार बाह्रखरीसँग भने ठ्याक्कै यति नै भन्न नसकिए पनि स्थानीय बजारमा सुनको भाउ अझै बढ्ने अनुमान छ ।
बज्राचार्यका अनुसार अमेरिकाको अर्थतन्त्र पछिल्लो पटक ओरालो लाग्नुका साथै अन्तर्राष्ट्रिय बजारमा डलरको भाउ खस्किँदै गएका कारण अमेरिकीले सुनमा लगानी बढाउँदै लगेपछि यसको भाउ उच्च हुँदै गएको हो । त्यसबाहेक अमेरिका र चीनबीच चलिरहेको व्यापार युद्धदेखि चीन र उत्तर कोरियाबीचका पछिल्ला समझदारीका कारण सुनको भाउ बढ्दै गएको हो ।
भाउ उच्च हुँदै गएका कारण कारोबार भने कम परिमाणमा भइरहेको छ उनले भने अब तोलामा ७ देखि ८ हजार रुपैयाँसम्म घट्यो भने सुन किन्नेहरू ह्वात्तै बढ्नेछन् । विगतमा तोलाको ५५ हजारसम्म पुगेपछि भाउ घटेर ४७ हजारसम्म आउँदा सुन किन्ने व्यापक बढेका थिए ।
उनका अनुसार छिमेकी भारतको अर्थतन्त्र ओरालो लागेका कारण भारतीय रुपैयाँ भारु पनि डलरको दाँजोमा कमजोर हुँदै गएको छ । यसबाट सुनको भाउ बढ्न बल पुगेको हो तर स्थानीय बजारमा डलरको भाउ बढेको देखिए पनि अन्तर्राष्ट्रिय बजारमा खस्किएको छ जसको प्रभाव सुनको भाउ बढाउनमा परेको छ ।
नेपालमा विवाहको सिजन माघ–फागुन चलिरहेका बेला सुनको भाउ बढे पनि कारोबार भने कम मात्रामा भइरहेको महासचिव बज्राचार्यले बताए । नेपाली बजारमा सुनको भाउ घटबढमा विवाह वा चाडबाडको कुनै भूमिका नहुने उनको अनुभव छ तर भारतीय बजारमा हुने उतारचढावका कारण नेपाली बजारमा सुनको भाउ तलमाथि हुने उनले बताए ।
भारतमा दिनकै हजारौं किलो सुन बिक्री हुने गर्छ उनले भने त्यही भएर भारतीय सुन बजारको उतारचढाव हाम्रो बजारमा पर्नु स्वाभाविक हो ।
महासंघका अनुसार हाल नेपालमा दैनिक २० किलोबराबर सुन बिक्री हुने गरेको छ । सुनचाँदी व्यवसायीले नेपाल राष्ट्र बैंक वा उसले तोकेका अन्य क वर्गका वाणिज्य बैंकबाट दैनिक २० किलोसम्म सुन खरिद गर्न पाउँछन् ।
महासंघका अनुसार गत साता शुक्रबार छापावाल सुन तोलाको ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबार र बुधबार ३ सय रुपैयाँले बढी तोलाको ६० हजार ९ सय पुगेको थियो । माघ १ देखि ४ गतेसम्म तोलाको ६१ हजारमा कारोबार भएको थियो । ८ गते भने ३ सयले घटेर ६० हजार ८ सयमा झरेको थियो ।
गत मंसिर २५ मा तोलाको ६० हजार रुपैयाँ पुगेको सुनको भाउ त्यसअघि कात्तिक २० गते पनि तोलाको ६० हजार र कात्तिक ८ गते ६० हजार ४ सय रुपैयाँसम्म पुगेको थियो ।
त्यसैगरी तेजाबी सुनको भाउ पनि आइतबार ६ सयले बढेर तोलाको ६० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार ६० हजार ३ सय बिहीबार र बुधबार ६० हजार ६ सय तथा मंगलबार ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । माघ १ देखि ४ सम्म तेजाबी सुन तोलाको ६० हजार ७ सयमा कारोबार भएको थियो ।
चाँदीको भाउ पनि आज १० रुपैयाँले बढेर तोलाको ७ सय ६५ पुगेको छ । यसअघि पछिल्ला तीन दिन तोलाको ७ सय ५५ रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार माद्द १३ आज सम्मको मूल्यसूची हेर्दा छापावाल सुनको भाउ माघ ६ मा ६० हजार ८ सय ७ मा ६० हजार ९ सय ८ मा ६० हजार ७ सय ९ र १० मा ६० हजार ९ सय र माघ ११ मा ६० हजार ६ सय रुपैयाँ थियो ।

क्याप्टेनको मानसिक–शारीरिक कारण उत्पन्न मानवीय त्रुटिले युएस बांग्ला जहाज दुर्घटना
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गत वर्ष बंगलादेशको एउटा जहाज दुर्घटनाको प्रमुख कारण पाइलट क्याप्टेन को मनोवैज्ञानिक तथा शारीरिक कारण उत्पन्न मानवीय त्रुटि भन्ने निष्कर्ष निस्किएको छ । उक्त दुर्घटनाबारे सत्यतथ्य पत्ता लगाइ प्रतिवेदन पेस गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले तयार गरेको अन्तिम प्रतिवेदनले क्याप्टेन अविद सुल्तान र को–पाइलट पृथुला रसिदको मानवीय त्रुटिका कारण दुर्घटना भएको निष्कर्ष निकालेको हो ।
बंगलादेशको राजधानी ढाकाबाट २०७४ फागुन २८ गते काठमाडौं आएको यूएस–बांगला एयरवेजको बम्बार्डियर ड्यास ८ क्यु४०० सिरिजको ७४ सिट क्षमतायुक्त १७ वर्ष पुरानो जहाज दिउँसो २ः१८ बजे त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त भएको थियो । जहाजमा चालकदलका ४ र ६७ यात्रु थिए । दुर्घटनामा परेका ३३ नेपाली ३२ बंगलादेशी एक चिनियाँ र एकजना माल्दिभ्सका मध्ये परी २२ नेपाली २१ बंगलादेशी एक चिनियाँ र माल्दिभ्सका एकजना तथा चालकदलका सबै चारजना बंगलादेशीको मृत्यु भएको थियो भने २२ जना उपचारपछि सकुशल घर फर्किएका थिए ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पूर्वसचिव तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक यज्ञप्रसाद गौतमको अध्यक्षतामा गठित दुर्घटना जाँच आयोगले विभिन्न स्रोत यूएस–बांग्ला एयरवेजका अधिकारी ती पाइलटका सहकर्मीदेखि ककपिट भ्वासइ रेकर्डर सीभीआर मार्फत प्राप्त सूचना–जानकारी विश्लेषण गरी क्याप्टेनको मानवीय त्रुटिका कारण दुर्घटना भएको निष्कर्ष निकालेको हो ।
आयोगले आइतबार पर्यटन मन्त्री रविन्द्र अधिकारीलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनअनुसार जहाज कमान्ड गरेर आएका क्याप्टेन ढाकामा हुँदै एक महिला सहकर्मीले एउटा राम्रो प्रशिक्षक पाइलटको प्रतिष्ठा कायम गर्न नसकेको भन्दै प्रश्न गरेपछि थप मनोवैज्ञानिक दबाब तथा भावनात्मक समस्याका बीच जहाज लिएर काठमाडौं आएका थिए उल्लेख छ ।
प्रतिवेदनका अनुसार यही कारण चालकदलले जहाजलाई उड्डयन नियमअनुसार विमानस्थलसम्म ल्याउन नसकेको र त्यसबाट जहाजले तोकिएको उचाइ कायम गर्न नसकेको मात्र नभई त्रिभुवन विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर एटीसी ले धावनमार्गको जिरो टु दक्षिणपट्टि बाट अवतरण अनुमति दिए पनि चालकजलले टूजिरो उत्तरपट्टि बाट अवतरण प्रयास गरेको थियो । जसका कारण जहाज धावनमार्गको बीच भागमा बज्रिँदै उछिट्टिएर काँडेतार सोहोर्दे पूर्वपट्टि घाँसेचौरमा धस्सिएर आगलागी भई भयानक दुर्घटनामा परेको थियो । जहाजको उडान नम्बर एसजी२११ थियो ।
प्रतिवेदनका अनुसार बंगलादेशको उड्डयन नियमबमोजम उक्त जहाजको उडानयोग्य प्रमाणपत्र अद्यावधिक रहेको थियो । काठमाडौं आउँदा पनि दुर्घटनै हुने खालका कुनै प्राविधिक गडबडी जहाजमा थिएन । भुइँमा बजारिएर सामान्य क्षति पुगे पनि लगत्तै आगलागी भएपछि जहाज जलेर पूर्णरूपमा ध्वस्त भएको थियो ।
त्यसैगरी चालकदल पनि उड्डयन नियमअनुसार लाइसेन्स प्राप्त र उडान गर्न दक्ष थिए । उनीहरूले जहिले पनि तोकिएको समयमै उडान गर्ने गरेका थिए । सीभीआरको रेकर्डमा भने क्याप्टेनले उडान गर्ने अघिल्लो राति पर्याप्त निद्रा नपुर्‍याएको देखिएको छ । क्याप्टेनले त्यसअघि धेरैपल्ट काठमाडौंका लागि उडान गरे पनि को–पाइलट भने घटना भएको दिन पहिलो पटक जहाज लिएर काठमाडौं आएकी थिइन् । सीभीआर तथा प्रत्यक्षदर्शी जीवित यात्रुका अनुसार क्याप्टेनले उडिरहेको जहाजको ककपिट मा चुरोट पिइरहेका थिए ।
क्याप्टेनले काठमाडौं धावनमार्गको टूजिरोतर्फबाट अवतरण गर्न कहिल्यै पनि सिमुलेटर तालिम लिएका थिएनन प्रतिवेदनमा उल्लेख छ त्यसमाथि जहाजको उडान गम्भीर अवस्थामा पुगिसक्दा पनि क्याप्टेन अनावश्यक अव्यावसायिक र लामो कुराकानीमा व्यस्त थिए जसका कारण ककपिटमा पालना गर्नैपर्ने सबै नियम उनले उल्लंघन गरेका थिए ।
क्याप्टेनले आफ्नो पछिल्लो चिकित्कीय फारममा पनि धुमपान बानी तथा तनावबारे केही पनि उल्लेख नगरेको प्रतिवेदनमा छ । उडान क्रममा को–पाइलटसँग नरम र व्यावसायिक व्यवहार गरेका क्याप्टेनले अन्य विषयबारे कुरा गर्दा भने भावनात्मक रूपमा तनावमा रहेको व्यवहार गरेको पनि प्रतिवेदनको निष्कर्ष छ ।