text
stringlengths
1
75.3k
तर सचिवालयको निर्णयविपरीत अध्यक्ष र प्रधानमन्त्रीबाट टिप्पणी आउनु प्रचण्डको शब्द स्लिप भएको नभई ओली चिप्लन थालेको प्रतिक्रिया दिन थालेका छन् ।
युद्धको घोषणा होइन भेनेजुएला प्रकरणमा नेपालले युद्धको घोषणा नगरेको र केही लाइनको वक्तव्यमात्रै जारी गरेको बताउँदै अमेरिका जस्तो देश यस कुरामा अल्झन नहुने तर्क ओलीको छ । अमेरिका ठूलो देश हो । विशाल र सबल देश हो । संसारमा सानो चिजले छुँदा पनि प्राणै जानेजस्ता जीव हुन्छन् । विशाल जनावरको टाउकामा केही बस्यो भने त्यसले थाहा पनि पाउँदैन अमेरिका त्यस्तै देश हो प्रधानमन्त्री ओली सुझाव दिन्छन् अमेरिकाजस्तो देशले यस्ता साना कुरामा अल्झिइराख्नु वाञ्छनीय पनि हुँदैन ।
आफ्नो नाम लिएर बोलेको प्रसंगमा अमेरिकालाई चित्त दुखेको होला नेपाल अर्को देशको अंग होइन र भन्दा हाम्रोचाहिँ चित्त दुख्दैन सानो र कमजोर भयो भने चित्त दुखाउन नपाउने ठूलो भयो भने बढी चित्त दुखाउनुपर्ने हो र उनले प्रश्न गरे ।
उलने आफू नेपालमा भएको भए यस्तो विज्ञप्ति नआउने बताउँदै प्रचण्डको विज्ञप्तिलाई स्लिपको रूपमा बुझ्न बारबार आग्रह गरे ।
सरकार सचिवालयको वक्तव्य आइसक्यो व्यक्तिको बोलीको अर्थ छैन पार्टी अध्यक्षको वक्तव्यलाई प्रधानमन्त्री ओलीले भाषिक स्लिपको संज्ञा दिए पनि प्रचण्ड आफ्नो वक्तव्यप्रति अडिग छन् । कार्यक्रमको सिलसिलामा बिहीबार भरतपुर पुगेका प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै भने भेनेजुएलाको राजनीतिक संकटका बारेमा सचिवालय र सरकारको वक्तव्य आइसकेको छ व्यक्तिको प्रतिक्रियाको कुनै अर्थ छैन ।
हिजो प्रधानमन्त्रीजीले कहाँ कुन सन्दर्भमा के भन्नुभयो मैले आफैँले मिडिया हेरेको छैन उनले अध्यक्ष ओलीलाई जवाफ दिँदै भने त्यो एउटा राजनीतिक वक्तव्य थियो । स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न राष्ट्रको राजनीतिक घटनाक्रममा बाहिर कतैबाट हस्तक्षेप नहोस् भने उद्देश्यबाट दिइएको थियो । पछि परराष्ट्र मन्त्रालयबाट पनि त्यही स्पिरिटमै वक्तव्य जारी भएको छ । अस्ति प्रधानमन्त्रीजी समेत उपस्थित पार्टी सचिवालयको बैठक बसेर अमेरिकी हस्तक्षेपको विरोधमा वक्तव्य जारी भएकाले अब अरू कुराको केही अर्थ राख्दैन । उनले स्वतन्त्र मुलुकले राजनीतिक निर्णय लिन पाउने अधिकारकै प्रयोग गरेको संयुक्त राष्ट्र संघको बडापत्रले पनि त्यो अधिकार सुनिश्चित गरेकाले वक्तव्यबाट पछि नहट्ने अडान दोहोर्‍याएका थिए ।
यस प्रकरणलाई कतिपयले १२ देशका राजदूतको संयुक्त वक्तव्यसँग पनि जोडेका छन् । प्रचण्डले पनि नेपालमा शान्ति प्रक्रियालाई लिएर कुनै समस्या नै नरहेको जिकिर गर्दै विज्ञप्तिलाई आन्तरिक मामिलामाथिको हस्तक्षेपका रूपमा अथ्र्याए ।
प्रधानमन्त्री परराष्ट्रमन्त्रीसमेत नभएका बेलामा विभिन्न देशका राजदूत जुटेर वक्तव्य दिनु कूटनीतिक मर्यादाको दृष्टिले उपयुक्त होइन । अहिले नेपालमा कुनै पनि समस्या छैन संक्रमणकालीन न्यायिक प्रक्रियालाई टुंग्याउन दबाब दिने उद्देश्यले गत माघ १० गते १२ देशका राजदूतले जारी गरेको वक्तव्यलाई जवाफ दिँदै अध्यक्ष प्रचण्डले भने शान्ति प्रक्रियाका बाँकी काम अघि बढाउन सम्पूर्ण राजनीतिक दलको सहमति छ । शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउने ऐन संशोधनको तयारी छ । अमेरिका युरोप छिमेकी देशसँग पनि कुरा भएको छ । सबैको सहमति छ ।
देवघाट । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले आफ्नो पार्टी हिन्दूराष्ट्रको पक्षमा उभिने बताएका छन् । महेश सन्यास आश्रम देवघाटद्वारा आयोजित विराट् ज्ञानमहायज्ञको ज्ञानसभामा उनले नेपाली कांग्रेस जनमत संग्रहमार्फत नेपाललालाई पुनः हिन्दूराष्ट्र बनाउने पक्षमा उभिने दनबी गरे ।
कार्यक्रममा सम्बोधन गर्दै हरिद्वारस्थित पतञ्जली योगपीठका पीठाधीश आचार्य श्री बालकृष्ण महाराजले आफू नेपालको विकासमा हरेक कुरा गर्न सक्ने र गर्नका लागि महेश सन्यास आश्रमसँग १०० जना दक्ष जनशक्ति माग गरे । उनले सभामा भने नेपाल हिन्दूराष्ट्र हुनुपर्छ त्यसमा सबै नेपालीहरूले आआफ्नो ठाउँबाट योगदान पुर्याउनुपर्छ ।
प्रधानमन्त्री केपी ओलीलाई असन्तुष्ट पक्षले चारैतिरबाट घेर्न सुरु गरेको समाचार नेपाली मिडियामा केही समय पहिले नै आएको हो । करिब एक वर्षअघि मन्त्रिपरिषद् गठनको समयमा नै मन्त्रालय बाँडफाँटमा असन्तुष्टि व्यक्त भएको थियो । तर त्यसलाई कुनै तरिकाले नेकपा नेकपाका दुई अध्यक्षले सामसुम पारेका थिए । यसबीच सरकार र पार्टी सञ्चालनमा असन्तुष्ट पक्षको गुनासो भने रहिरह्यो । पुरानो एमाले तथा पुरानो माओवादी दलको एकताको लागि बनाइएको चौथो कार्यदल पनि असफल भयो । समायोजन कार्यमा भएको ढिलाइ र दुवै नेताको आआफ्नो प्रभाव बढाउने स्वार्थका कारण अहिले नेकपाका दुई अध्यक्षको वैमनस्य छताछुल्ल भएको छ ।
दुई साताअघि प्रधानमन्त्री केपी शर्मा ओली स्विटजरल्यान्डको डाभोस सम्मेलनबाट स्वदेश फर्कने क्रममा उनी बाटामा छँदै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकाको भेनेजुएला नीतिलाई गलत र साम्राज्यवादी कदम भन्दै औपचारिक विज्ञप्ति जारी गरे । उनको यस कथनले सरकारलाई अप्ठेरो पर्ने देखेर परराष्ट्र मन्त्रालयले थोरै सुधारेर अर्को वक्तव्य निकाल्यो जसलाई अमेरिकी कूटनीतिक अधिकारीले प्रचण्डकै वक्तव्यको राम्रो सम्पादनमात्र भएको ठहर गरे । त्यही बेला एक दिनका लागि प्रचण्डका नजिकका व्यक्तिको भनाइ राख्दै अन्नपूर्ण पोस्टले प्रचण्डले आफूलाई झुक्याएर वक्तव्य बाहिर आएको समाचार प्रकाशित गर्‍यो । तर प्रचण्डले त्यसको खण्डन गर्दै आफूले बोलेको कुरामा अडान दोहोर्‍याए । त्यतिमात्र होइन नेकपाको सचिवालयले समेत प्रचण्डकै अभिव्यक्तिको समर्थनमा विज्ञप्ति निकाल्यो ।
गएको साता प्रचण्ड र ओली भेनेजुएलाको बहानाबाट सिधै एक अर्काको विरोधमा ओर्लिए । एक अर्काप्रति लक्षित घोचपेच सोमवार अमेरिकी राजदूत र्‍यान्डी बेरीले प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्रीलाई भेटेपछि फेरि सुरु भयो । बुधबार अन्नपूर्ण पोस्टले यो समाचारलाई महत्त्वकासाथ प्रकाशित गर्‍यो । कान्तिपुरले बिहीवार यही विषयमा अर्को समाचार प्रकाशित गर्‍यो । कान्तिपुरसँग बोल्दै प्रधानमन्त्री ओलीले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको जस्तै प्रचण्डको पनि टङ्ग स्लिप भएको बताए । पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाजस्तै प्रचण्ड पनि राष्ट्रिय महत्त्वको कुनै विषयमा बोल्दा गृह जिल्ला चितवनमा गएर बोल्न थालेका छन् । उनले बिहीवार चितवनमा गएर पत्रकारलाई आफूले बोलेको कुरामा अडान राख्दै सरकार र पार्टीले वक्तव्य जारी गरिसकेपछि को व्यक्तिले के भन्छ त्यसको अर्थ राख्दैन भनेर प्रधानमन्त्री ओलीको भनाइ व्यक्तिगत भएको बताए । त्यतिमात्र होइन प्रचण्डले शुक्रवार एक पुस्तकको विमोचन कार्यक्रममा सरकारप्रति अत्यन्त आक्रामक वक्तव्य दिए । शनिबारको कान्तिपुरले ६ कोलममा सरकारप्रति दाहाल आक्रामक भएको भन्दै प्रकाशित गरेको समाचारमा दाहालले शान्ति प्रक्रिया र संविधानलाई हलुकारुपमा लिइए मुलुकमा पुनः अर्को माओवादी जन्मिने ठूलो खतरा भएको बताएका थिए । यही समाचारलाई नागरिकले पनि शुक्रवार तथा शनिवार महत्त्वका साथ प्रकाशित गरेको छ ।
सर्वोच्चले एनसेललाई कर तिरायो दैनिकले दिए महत्त्व
बुधवार सर्वोच्च अदालतले एक अत्यन्त महत्त्वपूर्ण मुद्दामा अन्तिम फैसला दिएको छ । तीन वर्षअघि २०७२ पुस ७ गते एनसेल कम्पनीको ८० प्रतिशत सेयर स्विडेनको टेलियासोनेराबाट मलेसियाको आक्जियाटाले १४० अर्ब रुपैयाँमा किनेको खबर आएसँगै पुँजीगत लाभकर कसले तिर्ने भन्ने विषयमा ठूलो विवाद भएको थियो । गत बुधबार माघ २३ गते सर्वोच्च अदालतको पूर्ण इजलासले एनसेल कम्पनी विक्रीको पुँजीगत लाभकर एनसेल र आक्जियाटाले नै तिर्नुपर्ने फैसला गरेको छ । प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा तथा न्यायाधीशहरू मीरा खड्का विश्वम्भरप्रसाद श्रेष्ठ आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको बृहत् र पूर्ण इजलासले यो निर्णय दिएको हो ।
बिहीवार बिहान यस समाचारलाई नागरिक राजधानी गोरखापत्र अन्नपूर्ण पोस्ट तथा कान्तिपुरले महत्त्वका साथ प्रकाशित गरे । नागरिक तथा राजधानीले सात कोलममा ब्यानर समाचार बनाए भने गोरखापत्र र पोस्टले चार कोलमको मुख्य समाचार बनाए । कान्तिपुरले मुख्य तस्बिरको मुनि ६ कोलमको समाचार बनायो तर नयाँ पत्रिकाले यो समाचारलाई आर्थिक पृष्ठको पनि सानो समाचार बनायो ।
नागरिक तथा कान्तिपुरले एनसेल प्रकरणमा कहिले के भयो भन्ने विवरणको तालिकासहित प्रकाशित गरे । तर अब एनसेल र आक्जियाटाले कति कर तिर्नुपर्छ भन्ने विषयमा भने पत्रिकाहरूको तथ्यांक अलि फरक परेको छ । नागरिक तथा राजधानीले ६१ अर्ब तिर्नुपर्ने भनेर लेखे भने अन्नपूर्ण पोस्टले ४० अर्ब असुल्न परमादेश भनेर ठोकुवा गर्‍यो ।
खस्किँदो आर्थिक अवस्थाबारे नयाँ पत्रिकाको निरन्तर रिपोर्टिङ
गएको साता प्रधानमन्त्री ओली तथा नेकपा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालबीच जुहारी चलिरहँदा नयाँ पत्रिका भने नेपालको अर्थतन्त्र धराशायी भएको शब्दचित्र बनाउन तल्लिन देखियो । नयाँ पत्रिकाले निकै मेहनत र खोजी गर्दै ओली सरकारको अर्थतन्त्र अत्यन्त कमजोर भएको विभिन्न प्रमाणबाट पुष्टि गरेको छ ।
आइतवार देशको अर्थतन्त्र सोचनीय अवस्थामा शीर्षकमा व्यापार घाटा दोब्बर बढेको विदेशी अनुदानमा १६ प्रतिशतले कमी आएको विदेशी लगानी प्रतिबद्धता घटेको विदेशी विनिमय सञ्चिति खुम्चँदै गएको उद्योगमा लगानी न्यून भएको तथा चालु खाता घाटा सवा खर्ब पुगेको तथ्यांक दियो ।
सोमवार नयाँ पत्रिकाको सात कोलमको मुख्य समाचारको शीर्षक थियो बैंकमा सधैँ न्यून नगद उच्च ब्याज । यस शीर्षकमा वाणिज्य बैंकहरूले गरेको ब्याज वृद्धिले व्यवसायी सडकमा आइसकेको तर बैंक भने नाफामा गएको समाचार प्रकाशित गरेको छ । मंगलवार नयाँ पत्रिकाले मोबाइलदेखि अटोमोबाइल्ससम्मको बिक्रिी घट्यो शीर्षकमा अर्को सात कोलमको समाचार प्रकाशित गर्दै मोबाइल मोटर मदिरा फलाम दैनिक उपभोग्य सामान आदिमा कति कति प्रतिशत विक्री घट्यो भन्ने समाचार बनायो ।
बुधवार नयाँ पत्रिकाको ब्यानर समाचारको शीर्षक रह्यो अर्थतन्त्रमा समस्या अर्थ मन्त्रालयमा बैठक । बिहीवारको ब्यानर शीर्षक थियो सरकारी ढुकुटीमा दुई खर्ब २२ अर्ब । सो समाचारअनुसार यस आर्थिक वर्षको ६ महिनामा १८ प्रतिशतमात्र विकास खर्च भएको र नगद प्रवाह नहुँदा बजारमा तरलताको अभाव देखिएको छ ।
शुक्रवार सो पत्रिकाले तरकारीको विषयमा समाचार बनायो । नेपालजस्तो कृषि प्रधान देशमा ७०० करोडको आयात र ११ करोडको निर्यात भएको समाचार ब्यानर समाचार बन्यो । त्यस्तै शनिबार सुशासनमा आक्रामक शीर्षकको समाचार आठै कोलममा प्रकाशित छ । यस अंकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठूला मुद्दामा सक्रियता देखाएको विषयलाई महत्त्व दिइएको छ ।
नयाँ पत्रिकाले ध्यान दिएका विषय महत्त्वपूर्ण छन् र खोजीपूर्णसमेत छन् । तर नेपालमा गत साता मुख्यरूपमा ओली–प्रचण्ड विवाद एनसेल कर प्रकरण नेपालको क्रिकेट विजयजस्ता विषयलाई वास्ता नगरी किन आर्थिक विषयमा नयाँ पत्रिका यस्तरी तल्लिन भयो भन्ने प्रश्न पाठकको मनमा पर्नसक्छ ।
कांग्रेसद्वारा संसदीय सुनुवाइ समिति बैठक बहिष्कार
मुख्य विपक्षी दल नेपाली कांग्रेसले संसदीय सुनुवाइ समितिको आइतवारको बैठक बहिष्कार गरेको छ । संवैधानिक परिषद्ले नियुक्त गरेका वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल समावेशी आयोगका अध्यक्ष शान्तराज सुवेदी मधेसी आयोगका अध्यक्ष विजयकुमार दत्त थारु आयोगका अध्यक्ष विष्णुकुमार चौधरी र मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीलाई संसदीय सुनुवाइ गर्नुपर्ने बैठक विपक्षी दलले बहिष्कार गरेको हो । संवैधानिक परिषद्को बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित थिए ।
विपक्षी दलको नेता पहिलो बैठकमा अनुपस्थित भएको अवस्थामा दोस्रो बैठकबाट मात्र नियुक्तिको निर्णय गर्नुपर्नेमा पहिलो बैठकबाटै बहुमतको आधारमा सो निर्णय सुनाइएको थियो । हिमालय टाइम्सले सोमवारको अंकमा नेपाली कांग्रेसको समाचारलाई सबैभन्दा ठूलो स्थान दिएको छ । यो समाचारलाई कान्तिपुरले पनि मुख्य तस्किरको तल तीन कोलममा ठूलै स्थान दिएको छ । अन्य कुनै पनि पत्रिकाले यो समाचारलाई प्रथम पृष्ठमा स्थान दिन जरुरी सम्झेनन् ।
क्रिकेटमा अर्को सफलता
नेपाली क्रिकेट टोलीले पहिलोपल्ट एक दिवसीय शृंखला जितेसँगै टी–२० खेलको शृंखलामा पनि युएईलाई पराजित गर्दै देशको लागि रेकर्ड बनाएको छ । यो समाचारलाई नयाँ पत्रिकाबाहेक सबै समीक्षित पत्रिकाले ठूलो महत्त्वका साथ मुख्य समाचार बनाए ।
विज्ञापन विधेयकबाट अभिव्यक्तिमा अंकुश
विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक नेपाली सञ्चार जगतका लागि अर्को तरबार साबित भएको समाचार नागरिकले मंगलवारको अंकमा मुख्य बनाएको छ । सरकारले चाहेमा जनुसुकै सञ्चार माध्यमले सहुलियत वा सित्तैमा विज्ञापन गरिदिनुपर्ने प्रावधानसहित विधेयकले विज्ञापनमा गल्ती भएको अवस्थामा ५ वर्षसम्म कैद र ५ लाख रुपैयाँसम्म जरिवाना गर्ने प्रावधान उक्त विधेयकमा रहेको छ । यस विधेयक ऐन बनेको अवस्थामा विज्ञापन व्यवसाय र सञ्चार जगतलाई मात्र नभएर अभिव्यक्ति स्वतन्त्रतालाई पनि कुण्ठित गर्ने नेकाका राष्ट्रिय सभा सदस्य राधेश्याम अधिकारीले नागरिकलाई बताएका छन् । यो समाचारलाई कान्तिपुर तथा नागकिरले मात्र त्यसदिन महत्त्वका साथ प्रथम पृष्ठमा प्रकाशित गरे ।
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसी जनताको हक अधिकारको पक्षमा संविधान संशोधनको लागि पहल गरिरहेको बताएका छन् । सिरहाको अर्नमा गाउँपालिका वडा नम्बर–१ महनौरमा निर्मित स्वास्थ्य चौकीको सोमबार उद्घाटन गर्दै प्रचण्डले भने संविधानलाई मधेसी जनताको आवश्यकता अनुसार संशोधन गर्दै जाने भनेर प्रधानमन्त्री केपी ओली मैले र उपेन्द्र यादवले हस्ताक्षर गरेका छौं ।
उनले मधेसको विकास निर्माणमा सरकारको ध्यान कम हुनेछ कि भनेर शंका नगर्न आग्रह गर्दै मधेसको विकास गरेर मात्रै मधेसी जनताको आकांक्षालाई सम्बोधन गर्न सकिने बताए । नेकपाले मधेसमा पूर्वाधार निर्माणका प्याकेज अगाडि सारेको छ उनले भने तराई मधेसको निम्ति झण्डै तीन अर्ब रुपैयाँको विशेष व्यवस्था भइसकेको छ ।
सिँचाई र खानेपानीको दीर्घकालीन ढंगले समस्या समाधानका लागि सम्बन्धित मन्त्रालयमा कुरा राखेको उनको भनाइ थियो । अहिले भर्खरै उद्घाटन भएको स्वास्थ्यचौकीमा एमबीबीएस डाक्टरको व्यवस्था होस् भन्ने तपाईंहरुको मागमा म सकारात्मक छु अध्यक्ष प्रचण्डले भने डाक्टरसहितको आवश्यक जनशक्तिका लागि मेरोतर्फबाट तपाईंहरुलाई सहयोग रहने छ । सिराहा जिल्ला आँप उत्पादनमा नेपालकै अग्रणी जिल्ला हो । यहाँको आँपको माग विश्वभरि नै छ । सिरहालाई आँपको जोनको रुपमा विकास गर्न पहल गर्नेछु ।
धानखेतीमा पनि सिरहा उर्वर जिल्ला रहेको बताउँदै उनले यसलाई धानको सुपरजोनको रुपमा विकास गर्न आफ्नोतर्फबाट सहयोग रहने प्रतिवद्धता जनाए । अहिलेको संविधानले जनतालाई शिक्षा स्वास्थ्य रोजगारीलाई मौलिक अधिकारका रुपमा राखेको छ उनले भने अहिले सरकारले मौलिक अधिकार कार्यान्वयनको प्रकृया सुरु गरेको छ । उपचार नपाएर गरिबीको कारण अब कोही मर्नु पर्ने छैन । गरिबको उपचार सरकारले गर्नेछ । नगरे अदालतमा मुद्दा दिन पाइन्छ ।
उनले आफू सिरहामा आउँदा माइती आए जस्तो लागेको समेत सो अवसरमा बताएका थिए । उनले मधेसी जनताको आवश्यकता अनुसार नै नागरिकता सम्बन्धी विधेयकबारे छलफल भइरहेको र अब नागरिकताको विषय मधेसको समश्या नरहनेसमेत उक्त अवसरमा बताए ।
काठमाडौं । मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकोप्टरलाई काठमाडौंबाट बाहिरिन र भित्रिन नयाँ हेली लेन कार्यान्वयनमा ल्याएको छ ।
हेली लेन भनेको काठमाडौं प्रवेश गर्दा र बाहिरिँदा हेलिकोप्टरलाई सुरक्षा संवेदनशील मानिएका क्षेत्रमा नपर्ने गरी तोकिएको उचाइ प्रयोग गरी उडान–अवतरण गर्न बनाइएको क्षेत्र हो । उड्डयन प्राधिकरणले काठमाडौं उपत्यकाका सुरक्षा संवेदनशील मानिएका प्रमुख दुई स्थान राजधानीको राष्ट्रपति भवन र भक्तपुर गठ्ठाघरस्थित नेपाली सेनाको हातहतियार भण्डारण स्थलमाथिबाट हेलिकोप्टर उडान बाहिरिँदा र भित्रिँदा दुवै बेला नपर्ने गरी हेली लेन कार्यान्वयनमा ल्याएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडान–अवतरण रुटलाई बाधा नपर्ने गरी हवाई ट्राफिक चाप कम गर्न र उडान सुरक्षामा थप योगदान पुर्याउने उद्देश्यले हेली लेन कार्यान्वयनमा ल्याएका हौं प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले सोमबार बाह्रखरीसँग भने यसबाट हेलिकोप्टर र विमानस्थलस्थित एयर ट्राफिक कन्ट्रोल एटीसी टावरबीच भेरी हाई फ्रिक्वेन्सी भीएचएफ कुराकानी पनि कम हुन्छ ।
प्राधिकरणको एयर ट्राफिक व्यवस्थापन विभागका प्रबन्धक मुकेश दाहालका अनुसार त्रिभुवन विमानस्थलबाट उडेको हेलिकोप्टरलाई काठमाडौंबाट बाहिरिन पूर्वतर्फ साँगा र नालामाथिको आकाश प्रयोग गर्नुपर्ने छ । हेली लेनमा अहिलेलाई यी दुई स्थान थपिएका हुन् । त्यसबाहेक अन्य स्थान यथावत राखिएका छन् ।
नयाँ हेली लेन एक महिनासम्म परीक्षणका रूपमा लागू गरिएको छ । यस अवधिमा थप सुधार गर्नुपर्ने गरिने छ भने एटीसी हेलिकोप्टर कम्पनी र चालकदलबाट व्यावहारिक सुधार गर्न सुझाव आए सुधार गर्ने छौं दाहालले भने केही सुझाव वा परिमार्जनको प्रस्ताव नआए एक महिनापछि यही हेली लेन पूर्णरूपमा कार्यान्वयनमा आउने छ ।
उपमहानिर्देशक पोखरेलका अनुसार सुरक्षा संवेदनशील मानिएको क्षेत्र राष्ट्रपति भवनमा जमिनबाट १ हजार फिट उचाइसम्म हवाईजहाज उडानमा प्रतिबन्ध लगाइएको छ भने हेलिकोप्टरका हकमा भवनमाथि जुनसुकै उचाइमा भए पनि उडान गर्नै पाइँदैन ।
त्यसैगरी गठ्ठाघरस्थित सेनाको हातहतियार भण्डारण स्थलमाथि भने जमिनबाट ५ सय मिटर १ हजार ६ सय फिट उचाइभित्र जहाज उडाउन पाइँदैन भने हेलिकोप्टर त्यस क्षेत्रमाथि उडाउन प्रतिबन्ध लगाइएको उनले जानकारी दिए ।
ती दुवै सुरक्षा संवेदनशील क्षेत्रलाई नयाँ हेली लेनभित्र पारिएको छैन उनले भने यसबाट उड्डयन सुरक्षामा केही योगदान पुग्ने विश्वास छ । मुलुकमा गणतन्त्र आउनुअघि नारायणहिटी दरबारमाथि जहाज तथा हेलिकोप्टर उडानमा प्रतिबन्ध लगाइएको थियो । गणतन्त्र स्थापनापछि नारायणहिटी छाडेर राष्ट्रपति भवनमाथि उड्न प्रतिबन्ध लगाइएको हो ।
प्रबन्धक दाहालका अनुसार पुरानो हेली लेनमा काठमाडौंबाट पूर्व हुँदै हेलिकोप्टर बाहिरिँदा भक्तपुरस्थित चाँगुनारायणको डाँडा सुन्दरीजल साँखु हुँदै जानुपथ्र्यो । पश्चिमतर्फ जाँदा भने सीतापाइला मैजु मनमैजु टोखा थानकोटलगायत स्थान यथावत राखिएका छन् ।
नयाँ हेली लेन कार्यान्वयनमा आएपछि हेलीकोप्टर उडान–अवतरण अझै सहज हुनेछ उनले भने अब ६ हजार फिटभन्दा कम उचाइमा हेलिकोप्टरलाई काठमाडौं बाहिर लान र भित्र आउन मिल्छ जसले गर्दा त्रिभुवन विमानस्थलको हवाई ट्राफिक चापमा बाधा पनि पुग्दैन । पुरानो हेली लेनको उचाइ ४ हजार ८ सय फिट थियो ।

काठमाडौं । ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर आज ४६ रिक्टर स्केलको भूकम्प गएको छ ।
साँझ ५ बजेर ११ मिनेटको समयमा कञ्चनजङ्घा र भारतको सिक्किम सिमानामा भूकम्प गएको खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।
उनका अनुसार यो परकम्प नभई भूकम्प हो । गोरखा भूकम्पछि निरन्तर परकम्प गइरहेका छन् । सानातिना भूकम्प पनि आइरहेका छन् । पछिल्लो समय परकम्प पातलिँदै गएको छ ।
यसअघि गत माघ ८ गते काठमाडौँको थापाथली केन्द्रबिन्दु भई ३३ रिक्टरको परकम्प गएको थियो । विसं २०७२ वैशाख १२ को ७६ रिक्टर स्केलको गोरखा भूकम्पपछि हालसम्म ५१० परकम्प गएको केन्द्रले जनाएको छ । रासस
संसद्मा दुई तिहाई बहुमत भएको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रवार आफ्नो कार्यकालको एक वर्ष पूरा गरेको छ । यो एक वर्ष सरकारले गरेको कामको मूल्यांकन गर्दै अधिकांश दैनिक पत्रिकाले शुक्रवार सम्पादकीय लेखेका छन् तर राजधानी तथा कान्तिपुरले भने सम्पादकीय लेखेका छैनन् । कान्तिपुरले बिहीबार एक समाचार समीक्षा प्रकाशित गरेको छ र सोही समाचारलाई कान्तिपुरको धारणा मान्न सकिन्छ । समग्रमा दैनिक पत्रिका सरकारको काम कारबाहीको सन्दर्भमा विभाजित देखिएका छन् ।
सरकारको काममा असन्तुष्टि जनाउनेमा अन्नपूर्ण पोस्ट सबैभन्दा स्पष्ट देखिन्छ । जनताले दिएको मतअनुसार सरकारले जनतालाई महसुस हुने गरी काम गर्न नसकेको पोस्टले सम्पादकीयमा जनाएको छ । मुलुकको निराशाजनक आर्थिक परिसूचकले नै सरकारले काम गर्न नसकेको स्पष्ट बनाउँछ भन्दै बढ्दो व्यापार घाटा र घट्दो वैदेशिक लगानीलाई पोस्टले यसको प्रमुख सूचक मानेको छ । त्यस्तै सुशासनको मामिलामा पनि सरकार चुकेको सो दैनिकले जनाएको छ । बूढीगण्डकी जलविद्युत् आयोजना विवादास्पद चिनियाँ कम्पनीलाई दिने वाइडबडी जहाज खरिदको भ्रष्टाचारमा उन्मुक्ति ३३ किलो सुन प्रकरण निर्मला पन्त हत्याकाण्ड आदिमा सरकारले सम्झौता गरेको पोस्टको ठहर छ । मेलम्ची आयोजनालाई एउटा सचिवले बन्धक बनाएर राख्दा समेत सरकार टुलुटुलु हेरेर बसेको पोस्टको भनाइ छ । तर पोस्टले संघीयता कार्यान्वयनका लागि ऐन बनाउने अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुआत प्रधानमन्त्री रोजगार कार्यक्रम श्रमिकको ज्याला वृद्धि मजदुरका लागि सामाजिक सुरक्षा कोष साना किसानको ऋण मिनाहा आदिलाई भने सरकारको उल्लेखनीय कार्य भनेको छ ।
कम्युनिस्ट सरकारको पहिलो बहुमतसहितका प्रधानमन्त्रीलाई विभिन्न समस्या र चुनौती थियो भन्दै तिनको समीक्षासहित नयाँ पत्रिकाले यो सरकारको एक वर्षको कार्यकाललाई औसत भनेर मूल्यांकन गरेको छ । ओलीको कार्यकालमा जनताले अपेक्षा गरेअनुरूप काम नभएता पनि निराशै हुनुपर्ने पनि भएको टिप्पणी नयाँ पत्रिकाले गरेको छ । अन्य कुरामा राम्रो काम भए पनि विकास बजेट खर्च गर्ने क्षमतामा पटक्कै सुधार नहुनु यसबीचको सबैभन्दा पीर लाग्दो अवस्था हो भन्ने नयाँ पत्रिकाको धारणा रहेको छ । निर्मला हत्याकाण्ड तथा नेपाल प्रहरीको कमजोर प्रदर्शनले सरकारको साख गिराएको भन्दै नयाँ पत्रिका लेख्छ यस समयमा कुनै प्रभावकारी नयाँ परियोजना थालनी भएका छैनन् लोकतान्त्रिक संस्थालाई सरकारले फितलो बनाएको छ र शैक्षिक क्षेत्रको सुधारमा कुनै आशालाग्दो प्रगति देखिएको छैन । समग्रमा यो एक वर्ष प्रधानमन्त्रीको कार्यकाल भूलभूलैया र अलमलमा परेको यात्रुको जस्तो देखिएको नयाँ पत्रिकाले टिप्पणी गरेको छ ।
अन्नपूर्ण र नयाँ पत्रिकाले जुन सम्पादकीय अडान राखे अन्य पत्रिकाले त्यति अडान राखेको देखिएन । बरु गोरखापत्रले सरकारको समर्थनमा राखेको अडान स्पष्ट छ ।
हिमालय टाइम्सले सरकारलाई औसतमाथिको हैसियत प्रदान गरेको छ । नागरिक दैनिक सरकारको समर्थन वा विरोध केही गर्न नसकेर अलमलिएको देखिन्छ । नागरिकले सरकारको काम कारबाहीका विषयमा टिप्पणी नगरी प्रधानमन्त्री केपी ओलीको राष्ट्रको नाममा सम्बोधनमाथि हलुका टिप्पणी गरेर जिम्मेवारी पूरा गर्न खोजेको देखिन्छ । कान्तिपुरले बिहीबार सरकारको १ वर्षको अवसरमा दुईवटा समाचारलाई मुख्ये स्थान दियो । पहिलो समाचारको शीर्षकमा नै शक्ति दुई तिहाई काम औसत भनेर सरकारलाई औसत हैसियत दियो । त्यस्तै अर्थतन्त्रका सूचक पनि नकारात्मक देखिएको भन्दै पहिलो वर्षभन्दा मूल्य वृद्धि बढेको शोधनान्तर घाटा बढेको विदेशी लगानी धेरै घटेको विदेशी विनिमय सञ्चिति घटेको व्यापार घाटा बढेको देखिएको उल्लेख गरेको छ । यसबीच रेमिट्यान्स बढेको छ ।
गोरखापत्र आफ्नो सम्पादकीयमा कुनै प्रकारले अलमलमा परेको देखिदैन । तत्कालीन नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले २०७४ साल फागुन ३ गते प्रधानमन्त्रीको कार्यभार सम्हालेपछि नेपाली जनताको चाहना र अपेक्षाअनुरूप काम गर्ने कानुनी राज्य स्थापना गर्ने पारदर्शिता र स्वच्छता कायम गर्ने भ्रष्टाचार नियन्त्रण गर्ने आदिमा महत्वपूर्ण उपलब्धि भएको भन्ने प्रधानमन्त्री ओलीको भनाइलाई गोरखापत्रले समर्थन जनाएको छ ।
नयाँ पत्रिकाको सेना अपरेशन
नयाँ पत्रिकाले गत साता सोमवारदेखि शुक्रवारसम्म लगातार पाँच दिन नेपाली सेनामा देखिएका अनियमितताको विषयमा मुख्य समाचार लेखेको छ । सोमवारको अंकमा नयाँ पत्रिकाले राज्यका अन्य सबै निकायले एक वर्षमा रु ६ अर्ब ६१ करोड ३८ लाखको सवारी साधन खरिद गरेकोमा नेपाली सेनाले एक्लैले रु ६ अर्ब ६१ करोड ४५ लाखको सवारी साधन खरिद गरेको समाचार प्रकाशित गरेको छ । त्यस्तै मंगलवारको दिन सेनाले डेढ अर्बको हेलिकप्टर र तीन अर्बको जहाज विनाप्रतिस्पर्धा खरिद गरेको समाचार पनि नयाँ पत्रिकाले प्रकाशित गर्‍यो । जग्गा प्लटिङ कारोबारमा सक्रिय सेना शीर्षकमा मंगलवार नयाँ पत्रिकाले सात कोलमको समाचार बनायो । त्यस समाचारका अनुसार चितवनमा सेनाले जग्गा किनेर विक्री वितरण गरेको थियो । त्यस्तै सेना पार्टी प्यालेस पेट्रोलपम्प सडक ठेक्का र अब सपिङ कम्प्लेक्स बनाएर भाडा दिन तयार रहेको समाचार नयाँ पत्रिकामा आयो । बुधबार फास्ट ट्रयाक निर्माणमा सेनाको भूमिका मूल ठेकेदारको मात्र भएको समाचार प्रकाशित ग¥यो । शुक्रवार नेपाली सेना जनसंख्याको अनुपातमा चीनमा भन्दा दोब्बर र भारतमा भन्दा तेब्बर भएको समाचार नयाँ पत्रिकाले प्रकाशित गर्‍यो । नयाँ पत्रिकाका सम्वाददाता सरोजराज अधिकारी दिपेश शाही पुष्प ढुंगाना सुवास भट्ट टेकराज थामी र विनोद विष्टले यी सबै समाचारमा योगदान गरेका छन् ।
एनसेल गेटमा विस्फोट गराउने विप्लवकै आफन्त हुन् चारवटै सुरक्षा निकाय हाई अलर्टमा
काठमाडौं । विष्फोट र विभिन्न गैरकानुनी गतिविधिमा संलग्न नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसहित शीर्ष नेतालाई खोज्न गोप्य सुरक्षा अपरेसन सुरू गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
स्रोतका सरकारले विप्लव नेतृत्वको पार्टीमाथी निगरानी बढाउन विशेष निर्देशन दिएको छ । सरकारकै निर्देशनअनुसार नेपाली सेना नेपाल प्रहरी राष्ट्रिय अनुसन्धान विभाग र सशस्त्र प्रहरी बलको एक कार्यदलले नेकपाविरुद्ध प्रस्तुत हुने रणनीतिका बारेमा गृहकार्य गरिरहेका छन् ।
गृह मन्त्रालयले मातहतका निकायलाई विप्लवसँगै शीर्ष नेताहरुको खोजी गर्न र देख्नेबित्तिकै पक्राउ गर्न निर्देशन दिएको छ । ललितपुरको नख्खुस्थित एनसेल प्रालिको गेटमा विष्फोट हुँदा एक जनाको मृत्यु र दुईजना घाइते भएपछि सरकार विप्लवविरुद्ध आक्रामक बन्न लागेको हो । मागेजति चन्दा नदिएकै कारण विस्फोट गराएको बताइएको छ ।
उच्च स्रोतका अनुसार ललितपुरमा गराइएको विष्फोटमा विप्लवकै आफन्तको संलग्नता रहेको हुनसक्ने निष्कर्ष प्रहरीले निकालेको छ । विष्फोटमा विप्लवकै नजिकका नातेदारको संलग्नता भएको जानकारी प्राप्त गरेका छौं । उनको खोजी कार्य जारी छ । ललितपुरमा बम बोकेर विप्लवकै नातेदार आएको सूचना हामीलाई छ एक प्रहरी अधिकारीले भने ।
प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदी राज्यको नियम कानुन विपरित चल्ने जोकोहीलाई पनि कानुनी दायरामा ल्याइने बताउँछन् ।

काठमाडौं । ललितपुरको नख्खुमा रहेको एनसेल कार्यालयलाई लक्षित गरी बम विस्फोट गराएको आरोपमा नेत्रविक्रम चन्दकै पूर्वअंगरक्षक पक्राउ परेका छन् । उनी विप्लव नेतृत्वको नेकपाका नेता समेत हुन् । प्रहरीको विशेष ब्यूरो र महानगरीय अपराध महाशाखालको टोलीले कंलकीबाट सूर्य भुजेललाई मंगलबार बेलुका पक्राउ गरेको हो । प्रहरीका अनुसार भुजेल नै नख्खु बमकाण्डका मुख्य योजनाकार हुन् ।
बम विस्फोटमा भुजेलले फिल्ड कमाण्डर भएर काम गरेको अनुसन्धानबाट खुलेको छ । विस्फोटको समयमा भुजेल सोही क्षेत्रमा देखिएका थिए । उनलाई सीसीटीभी क्यामेराले कैद गरेको प्रहरी स्रोतले जानकारी दिएको छ । भुजेल मुख्य कमाण्डर भएर गराइएको विस्फोटमा अन्य संलग्नहरुको पनि खोजी कार्य जारी रहेको महानगरीय अपराध महाशाखाका एक अधिकारीले बताए ।
शुक्रबार साँझ बम विस्फोट हुँदा सिंहबहादुर गुरुङ्गको मृत्यु भएको थियो भने विस्फोटमा प्रतिक्षा खड्का र उरुषा मानन्धर घाइते भएका छन् ।
विप्लवको भित्रि कनेक्सन
प्रहरीले पक्राउ गरेका भुजेल २०६० सालबाट माओवादीमा आबद्ध भएका थिए । नुवाकोट स्थानीय ठेगाना भएका भुजेल तत्कालीन समयदेखि नै विप्लवसँग नजिक भएका थिए । त्यसपछि उनी नुवाकोटको तत्कालीन माओेवादीको युवा संगठन योङ कम्युनिष्ट लिग वाईसीएल को अध्यक्ष समेत भए ।
प्रचण्डसँगको टकराव बढ्दै गएपछि मोहन वैद्य विप्लव रामबहादुर थापा लगायतले प्रचण्ड नेतृत्वको पार्टी परित्याग गर्दै नयाँ पार्टी बनाएका थिए । पछि वैद्य नेतृत्वमा रहेको पार्टी फुटाउँदै विप्लवले नयाँ पार्टी बनाएका थिए । २०६६ देखि नै काठमाडौंको ठमेलमा पोखरा दोहरी साँझ सञ्चालन गरेका भुजेल विप्लवले नयाँ पार्टी गठन गरेपछि उनकै सहयोगी भएर काम गरेका थिए ।
केही समय अंगरक्षक भएपछि उनलाई विप्लवकै विशेष योजनामा उपत्यकामा खटाइएको थियो । उनले प्रहरीसँगको बयानमा आफू हाल विप्लवकै विशेष फोर्सको नेता भएको र पार्टीको केन्द्रीय नीतिअनुसार नै विस्फोट गराएको बताएका छन् । भुजेल पछिल्लो समय ठेक्कापट्टामा पनि संलग्न रहँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
विश्वासपात्र भएकै कारण भुजेल विप्लवकै विशेष व्यक्तिका रुपमा काठमाडौंमा कार्यरत थिए । एक प्रहरी अधिकारीले भनेभुजेल र विप्लवको भित्रि गोप्य सम्बन्ध देखिएको छ । उनले उपत्यकाका विभिन्न व्यापारीबाट चन्दा उठाउने र विप्लवसम्म पु¥याउने गरेको पाइयो ।

काठमाडौं । पर्यटनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर ताप्लेजुङमा दुर्घटनामा परेको छ । दुर्घटनामा हेलिकोप्टरमा रहेकामध्ये ६ जना यात्रु र एकजना चालकको शव फेला परेको प्रहरीले जनाएको छ । दुर्घटनास्थलमा रहेका प्रहरी बेद अर्यालका अनुसार ७ वटै शव फेला परेको छ ।
७ जनाकै शव डढेको अवस्थामा फेला परेको छ । प्रहरीका अनुसार मन्त्रीको शव चिनिएको छ भने नेपाली सेनाका अर्जुनकुमार घिमिरेको शव पहिचान भएको छ भने बाँकीको पहिचान हुन सकेको छैन । उनका अनुसार अरु हेलिकोप्टर ल्यान्ड गर्न सक्ने अवस्था छैन । उडेको पाँच मिनेटमै हेलिकोप्टर सम्पर्कविहीन भएको थियो ।
पाथीभरा मन्दिरबाट डेढ किमी टाढा दुर्घटनामा परेको बताइए पनि कुनै हेलिकोप्टर ल्यान्ड हुन सकेको छैन । शवलाई बोकेर हेलिकोप्टर ल्यान्ड गर्न सक्ने ठाउँमा लैजाने तयारी भएको प्रहरी बेद अर्यालले जानकारी दिए । पाइलट प्रभाकर केसीसहित ७ जना सवार एयर डाइनेष्टिको हेलिकोप्टर सवा १ बजेदेखि सम्पर्कविहीन भएको थियो ।
प्रहरीका अनुसार पाथीभराबाट १ बजेर १० मिनेटमा उडेको हेलिकोप्टर पाँच मिनेटमै सम्पर्कविहीन भएको थियो । हेलिकोप्टरमा मन्त्री अधिकारी पर्यटन व्यवसायी आङछिरिङ शेर्पा वीरेन्द्रप्रसाद श्रेष्ठ युवराज दाहाल ध्रुवदास भोछिभया र अर्जुनकुमार घिमिरे सवार थिए ।