text
stringlengths
1
75.3k
काठमाडौं । पर्यटनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर ताप्लेजुङमा दुर्घटनामा परेको छ । दुर्घटनामा हेलिकोप्टरमा रहेकामध्ये ६ जना यात्रु र एकजना चालकको शव फेला परेको प्रहरीले जनाएको छ । दुर्घटनास्थलमा रहेका प्रहरी बेद अर्यालका अनुसार ७ वटै शव फेला परेको छ ।
७ जनाकै शव डढेको अवस्थामा फेला परेको छ । प्रहरीका अनुसार मन्त्रीको शव चिनिएको छ भने नेपाली सेनाका अर्जुनकुमार घिमिरेको शव पहिचान भएको छ भने बाँकीको पहिचान हुन सकेको छैन । उनका अनुसार अरु हेलिकोप्टर ल्यान्ड गर्न सक्ने अवस्था छैन । उडेको पाँच मिनेटमै हेलिकोप्टर सम्पर्कविहीन भएको थियो ।
पाथीभरा मन्दिरबाट डेढ किमी टाढा दुर्घटनामा परेको बताइए पनि कुनै हेलिकोप्टर ल्यान्ड हुन सकेको छैन । शवलाई बोकेर हेलिकोप्टर ल्यान्ड गर्न सक्ने ठाउँमा लैजाने तयारी भएको प्रहरी बेद अर्यालले जानकारी दिए । पाइलट प्रभाकर केसीसहित ७ जना सवार एयर डाइनेष्टिको हेलिकोप्टर सवा १ बजेदेखि सम्पर्कविहीन भएको थियो ।
प्रहरीका अनुसार पाथीभराबाट १ बजेर १० मिनेटमा उडेको हेलिकोप्टर पाँच मिनेटमै सम्पर्कविहीन भएको थियो । हेलिकोप्टरमा मन्त्री अधिकारी पर्यटन व्यवसायी आङछिरिङ शेर्पा वीरेन्द्रप्रसाद श्रेष्ठ युवराज दाहाल ध्रुवदास भोछिभया र अर्जुनकुमार घिमिरे सवार थिए ।
ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनाः पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित सात जनाको मृत्यु
शव संकलनमा कठिनाइ ४ वटा शव घटनास्थलबाट सुकेटार विमानस्थल ल्याइयो
काठमाडौं । एयर डाइनेष्टिको हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना हुँदा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित सातजनाको मृत्यु भएको छ । बुधबार दिउँसो पाथीभरा दर्शन गरेर फर्किने क्रममा नजिकैको तारेभीरमा हेलिकोप्टर दुर्घटनामा परेको थियो । तेह्रथुमको चुहानडाँडामा बनाउन लागिएको प्रस्तावित विमानस्थलको सम्भाव्यता अध्ययन गर्न बुधबार बिहान पर्यटनमन्त्री अधिकारीसहित सातजना त्यसतर्फ प्रस्थान गरेका थिए ।
दिउसो सवा १ बजे पाथीभरा दर्शन गरेर फर्किने क्रममा हेलिकोप्टर दुर्घटनामा परेको गृहप्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए ।
दुर्घटनामा परी संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी प्रधानमन्त्रीका स्वकिय सचिव युवराज दाहाल यती एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा एयर डाइनेस्टिका क्याप्टेन प्रभाकर केसी नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ मन्त्री अधिकारीका पीएसओ अर्जुन घिमिरे नेपाल नागरिक उड्ययन प्राधिकरणका इञ्जिनियर ध्रुबदास भोछिभयाको मृत्यु भएको छ ।
त्रिभुवन विमानस्थलका प्रवक्ता प्रतावबाबु तिवारीका अनुसार हेलिकोप्टर पौने १२ बजे तेह्रथुमबाट पाथीभरा गएको थियो । पाथीभर पुगेपछि क्याप्टेन केसीले सुकेटार टावरलाई अहिले हेभी स्नोफल भएको बताउँदै उडन् नसक्ने जानकारी गराएका थिए ।
तर त्यसलगत्तै उडेको अनुमान गरिएको छ । विमानस्थलका प्रवक्ता तिवारीले भनेपौने १ बजेतिर हेलिकोप्टरले सुकेटार टावरलाई हेभि स्नोफल भएको छ र उड्न सक्दिनँ भन्दै जानकारी गराएको पाइएको छ । त्यसलगत्तै जहाज उडेको हुनुपर्छ । जहाज उडेको एक मिनेटमै दुर्घटनामा परेको अनुमान गरिएको छ ।
यसैबीच समाचार तयार पार्दासम्म दुर्घटनामा मृत्यु भएकाको शव संकलनमा कठिनाइ भएको छ । राति भएको र पानी परेकाले शव संकलनमा कठिनाइ भएको घटनास्थलमा रहेका प्रहरी हवल्दार बेद अर्यालले जानकारी दिए । उनका अनुसार अहिलेसम्म नेपाली सेनाको हेलिकोप्टरमार्फत ४ वटा शव घटनास्थलबाट सुकेटार विमानस्थल पठाइएको छ ।
गृह प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार दुर्घटनामा परी मृत्यु भएकामध्ये मन्त्री अधिकारीको शव पहिचान भएको छ भने उनको सुरक्षाका लागि खटिएका नेपाली सेनाका अर्जुन घिमिरेको पनि शव पहिचान भएको छ । घटनास्थलमा अहिले पनि बाँकी शवलाई सुकेटार विमानस्थल ल्याउने प्रयास जारी रहेको त्यहाँ रहेका प्रहरी हवल्दार अर्यालले जानकारी दिए ।

काठमाडौं । ताप्लेजुङको पाथीभरा नजिकै हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले अन्तिम सम्बोधनमा वर्तमान सरकार बनेपछि समृद्धिको यात्रामा अघि जान नदिनेहरु अत्तालिएको बताएका थिए । तेह्रथुमको चुहानडाँडामा बनाउन लागिएको प्रस्तावित विमानस्थलको सम्भाव्यता अध्ययन गर्न बुधबार बिहान पर्यटनमन्त्री अधिकारीसहित सातजना त्यसतर्फ प्रस्थान गरेका थिए ।
पर्यटनमन्त्री अधिकारीले सम्बोधनका क्रममा आफूलाई प्रधानमन्त्रीले पठाएरै विमानस्थलका बारेमा बुझ्न आएको धारणा राखेका थिए ।
यहाँ विमानस्थल बनाउने विषयमा बुझ्न आएका छौं । मेरो साथमा नक्सा इस्टिमेट सबै छ । अहिले ८७ करोड खर्च हुने अवस्था छ सम्बोधका क्रममा मन्त्री अधिकारीले भनेका थिए दुईवटा सन्दर्भमा मात्रै बताउन चाहन्छु । वर्तमान सरकार बनिसकेपछि समृद्धिको यात्रालाई केपी शर्मा ओलीले नेतृत्व गरिरहनुभएको छ । यो ठाउँ उहाँको जन्मस्थल भएर मात्रै होइन । उपयुक्त भएर नै यो ठाउँमा विमानस्थल बनाउन लागिएको हो । प्रधानमन्त्रीले हामीलाई भन्नुभयो के कस्तो लाग्छ डिटेल अध्ययन गर्नुस् । हामीले फेरि अध्ययन गर्यौं । आज हामी डिटेल अध्ययन गरेर आएका छौं । प्रधानमन्त्रीले अरु होइन पर्यटनमन्त्री आफैं गएर चुहानडाँडा हेरेर आउनुस् भन्नुभएकाले आज आएका छौं । विमानस्थल बनाउन उपयुक्त ठाउँ छ । पानी परेको छ । मौसम खराब छ हामी फर्किनुपर्ने छ ।
उनले सधैं अस्थिरताबाट फाइदा लिएकाहरु र विकासको यात्रामा अघि जान नदिनेहरु यो सरकार बनेपछि आत्तिएको बताएका थिए ।
पोखरा । ताप्लेजुङमा मंगलबार भएको हेलिकोप्टर दुर्घटनामा परी संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीसहित सातजनाको मृत्यु भएको छ । अधिकारीको मृत्युले उनको गृहजिल्ला शोकमा डुबेको छ । अधिकारीका बुबाआमा भने बुधबार नै काठमाडौं गएका छन् ।
विसं २०२६ वैशाख २२ गते कास्कीको भरतपोखरी गाविसमा जन्मिएका अधिकारी विद्यार्थी अवस्थादेखि नै राजनीतिमा प्रवेश गरेका थिए । प्रवेशिका उतीर्ण गर्नेबित्तिकै वनविज्ञान अध्ययन संस्थानमा भर्ना भएतापनि त्यसको केहि समयमै २०४२ सालमा पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययन गर्न थाले ।
पृथ्वीनारायण क्याम्पसबाटै अधिकारीको राजनीतिक जीवन सुरुवात भएको थियो । २०४४ सालमा अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्ष २०४५ सालमा स्ववियु पृथ्वीनारायण क्याम्पस सदस्य २०४५ सालमा नै अनेरास्ववियु कास्की जिल्ला कमिटी अध्यक्ष २०४७ सालमा गण्डकी अन्चल अध्यक्ष तथा अनेरास्ववियु केन्द्रीय सदस्य र २०४९ सालमा पृथ्वीनारायण क्याम्पस पोखरा र २०५३ सालमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस किर्तीपुरमा स्ववियु सभापतिमा निर्वाचित भएका थिए ।
त्यसको ३ वर्षपछि २०५६ मा अनेरास्ववियु केन्द्रीय अध्यक्ष र सोही वर्ष नै स्ववियु काउन्सिल नेपालका संयोजक बन्नु उनको विद्यार्थीकालीन राजनीतिको उचाई थियो । आजको आवश्यकता संयुक्त संघर्ष प्रजातन्त्रका लागी पञ्चायतको अन्त्य भन्ने नाराका साथ ०४६ को जनआन्दोलनमा क्रियाशील रविन्द्र पञ्चायतकालमा पटक–पटक गरी छ महिना जेल र हिरासतमा समेत बिताए ।
०४६ सालको आन्दोलनको केन्द्र पोखरा थियो । त्यतिबेला उनी क्याम्पस जिल्ला र संयुक्त आन्दोलन परिचालन कमिटीका हैसियतले नेतृत्व गरेका थिए । ०४६ को परिवर्तनपछि विद्यार्थी आन्दोलन रचनात्मक र बढ्ता शैक्षिक मुद्दामा केन्द्रित हुनुपर्छ भन्ने उनको विचार पृथ्वीनारायण क्याम्पसबाट सुरुवात भएको थियो । कलेज भवन निर्माण क्याम्पसगेट बाटो निर्माण शैक्षिक बाताबरण पुस्तकालय रचनात्मक क्रियाकलाप शैक्षिक गुणस्तर सुधारक् याम्पसमा विद्यार्थीको पोशाक आदि कुराहरुमा सुधार र परिवर्तनको जस उनैलाई जान्छ ।
शिक्षामा भएको निजीकरण र व्यापारीकरण प्राविधिक शिक्षाको विस्तार र गुणस्तरीयता सबैका लागि गुणस्तरीय शिक्षा जस्ता आन्दोलन र राष्ट्रियताको पहरेदारी कालापानी मार्च सीमा सुरक्षा अभियान नेपाली भू–भाग डुबाउने लक्ष्मणपुर बाँधको विरोध तथा शाहज्यादा पारस शाहको ज्यादतीविरुद्द आन्दोलन हत्यारा बस्ने दरबारमा हैन जेलखानामा हो भन्दै पाँच लाख २३ हजार हस्ताक्षर दरबारमा बुझाउने यातायात लगायत सार्वजनिक क्षेत्रमा ३३ प्रतिशत विद्यार्थी सहुलियतको आन्दोलनको प्रमुख अगुवाइ गरेका कारण रविन्द्र राजनीतिक क्षेत्रमा एक उदियमान राजनीतिज्ञको रुपमा चिनिएका थिए ।
पार्टी राजनीतिमा
विद्यार्थीकालीन राजनीतिसँगै उनले पार्टीको राजनीतिको पनि थालनी गरेका थिए । २०४५ सालमा पार्टीको संगठित सदस्यता २०३९ पार्टीको रेडगार्ड अर्गनाइजेसनमा संगठित २०४० मा इलाका पार्टी कमिटी २०४६–४७ मा पोखरा नगर कमिटी २०४८ मा पार्टी जिल्ला कमिटी र त्यसपछि लगातार जिल्ला कमिटीमा उनी सक्रिय थिए । २०६० र २०६३ मा उनी पार्टी सचिवमा निर्वाचित भए ।
पार्टीको राष्ट्रिय परिषद् सदस्य अञ्चल कमिटी सदस्य हुँदै राष्ट्रिय प्रतिनिधि परिषदको सदस्य केन्द्रीय पार्टी स्कुल विभाग र संसदीय विभागको सदस्य समेत थिए । त्रिविबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका अधिकारीले संविधानसभा लोकतन्त्र र पुनर्संरचना पुस्तक समेत लेखेका थिए ।
संसद र संविधान सभा अहिले पर्यटनमन्त्री बन्नूपर्व संविधानसभाको दोश्रो निर्वाचनमा उनी विकास समितिका सभापति बनेका थिए । पहिलो संविधानसभा निर्वाचन २०६४ र दोस्रो निर्वाचन २०७० मा संविधानसभा सदस्यमा प्रत्यक्षतर्फ कास्की क्षेत्र नं ३ बाट निर्वाचित भएका थिए । संसद्को विकास समितिमा रहँदा नेपालमा विकासको बहसलाई नयाँ उचाई दिन सफल अधिकारीले राष्ट्रिय गौरवका योजनाहरु र अन्य विकास निर्माणका योजनालाई सफल बनाएको चर्चा हुने गर्छ ।
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा भने उनी कास्की क्षेत्र नं २ बाट निवार्चित भएका थिए । मन्त्री भइसकेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सुचारु १०० पर्यटकीय स्थलको सूचीकृत सहित सुधारका कार्यको संकेत देखाएका अधिकारीलाई वाइडबडी विमान काण्डमा भने विवादमा ल्याइएको थियो ।

काठमाडौं । बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनाप्रति नेपाल उद्योग परिसंघले दुःख प्रकट गरेको छ । परिसंघले बिहीबार एक विज्ञप्ति जारी गर्दै दुर्घटनाका कारण देशले अकल्पनीय र अप्रत्याशित अपुरणीय क्षति व्यहोर्नु परेको जनाएको छ । नेपालले मुलुक र जनताका लागि सदैव समर्पित विकास प्रेमी युवा राजनीतिज्ञ नेपालको पर्यटन एवं उड्डयन क्षेत्रको विकासमा समर्पित एक सफल उद्यमी तथा कर्तव्यनिष्ठ राष्ट्र सेवकहरु गुमाएको परिसंघको ठहर छ । विज्ञप्तिमा भनिएको छ देशनै शोकाकुल भएको यस दुःखद घडिमा नेपाल उद्योग परिसंघ निधन हुनुभएका सम्पूर्णमा भावपूर्ण श्रद्धाञ्जली एवं शोक प्रकट गर्दछ । बुधबार दिउँसो ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित उद्यमी आङछिरिङ शेर्पा नागरिक उड्डयन प्राधिकरणका उप–महानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ प्रधानमन्त्री कार्यालयकका उपसचिव युवराज दाहाल प्राधिकरणकै इन्जिनियर ध्रुवदाश भोछिभोय मन्त्री अधिकारीका अंगरक्षक जमदार अर्जुन घिमिरे तथा हलिकोप्टर चालक प्रभाकर केसीको निधन भएको थियो ।

काठमाडौं । बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनाप्रति होटल संघ नेपाल हान ले शोक प्रकट गरेको छ । संघले बिहीबार एक विज्ञप्ति जारी गर्दै दुर्घटनामा मृतकको आत्माको चिरशान्ति कामना गरेको हो । संघले बिहीबार केन्द्रीय कार्यालय काठमाडौंमा शोकसभा आयोजना गरेको थियो । सभामा राष्ट्रले सुम्पेको पदीय दायित्व निर्वाह गर्ने क्रममा दिवंगत भएका सातै जनाले मातृभूमिलाई पुर्याएको सेवाको उच्च सम्मान गर्दै मृत आत्माको सम्झनामा पुष्पहार अर्पण एवं दीप प्रज्वलन गरी एक मिनेट मौन धारण गरिएको थियो । नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा सो अभियानका प्रवर्तक संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको हवाई दुर्घटनाबाट भएको निधनले देशमा बारम्बार भइरहेको हवाई दुर्घटनाको रोकथाम तथा न्यूनीकरणका लागि सम्बद्ध सबै पक्ष अत्यन्तै गम्भीर भएर नेपाली आकासलाई सुरक्षित बनाउन आ–आफ्नो उत्तरदायित्व गहनरुपमा वहन गर्न हालको शोकलाई शक्तिमा रुपान्तरण गर्नु अपरिहार्य रहेको संघले जोड दिएको छ । बिहीबार राष्ट्रिय शोक मनाउन नेपाल सरकारबाट घोषणा भएको सार्वजनिक बिदामा सदस्य होटलले पनि सञ्चालन नियमित राख्ने होटलले जनाएको छ । सदस्य होटलले आजको बिदाको सट्टा कर्मचारीलाई एकदिन थप बिदा उपलब्ध गराउनेछ । बुधबार दिउँसो ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित उद्यमी आङछिरिङ शेर्पा नागरिक उड्डयन प्राधिकरणका उप–महानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ प्रधानमन्त्री कार्यालयकका उपसचिव युवराज दाहाल प्राधिकरणकै इन्जिनियर ध्रुवदाश भोछिभोय मन्त्री अधिकारीका अंगरक्षक जमदार अर्जुन घिमिरे तथा हलिकोप्टर चालक प्रभाकर केसीको निधन भएको थियो ।

पोखरा। स्व रविन्द्र अधिकारी। वर्ष ४९। जन्म २०२६ निधन २०७५। भरतपोखरीमा जन्मिएका रविन्द्र अधिकारीको अन्त्य रामघाटमा गरिने भएको छ। भरतपोखरी पोखरा महानगरपालिका ३३ मा छ भने रामघाट ११ मा।
यी दुई वडाको भौगोलिक दूरी खासै लामो छैन्। तर यो भूगोलले एउटा ऐतिहासिक नेता जन्मायो र यही भूगोलले त्यही नेताको अन्त्येष्टि पनि गर्दैछ। विद्यार्थीका आईकोनिक नेता विकासप्रेमी छवि र सहज नेताको पहिचान रामघाटले मेटाउँदैछ।
कास्की शोकमा छ। गण्डकी प्रदेशले एउटा सम्भावना बोकेका नेता गुमाएको छ। बुधबारको अपत्यारिलो खबरबाट सिंगो कास्कीसहित गण्डकी प्रदेश नै विक्षिप्त बनेको छ। नागरिक उड्डयन संस्कृति तथा पर्यटनमन्त्री रविन्द्र अधिकारीको गृहजिल्ला गण्डकी प्रदेशको राजधानी पोखरामा शुक्रबार गरिने भएको छ।
भरतपोखरीमा जन्मिएका ४९ वर्षीय स्व अधिकारीको अन्त्येष्टि भने पोखरास्थित रामघाटमा गरिने भएको छ। पारिवारिक श्रोतले दिएको जानकारी अनुसार उनको अन्त्यष्टि शुक्रबार पोखरामै गर्न लागिएको हो। उनको शव काठमाण्डौं आएपछि त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरिएको छ।
त्यसपछि नेकपाको केन्द्रीय कार्यालयमा पार्टीको झण्डा ओढाउने कार्यक्रम छ। गृहमन्त्रालयले निर्णय गरेपछि काठमाण्डौंमा श्रद्धाञ्जलीका लागि राखिनेछ। सरकारले अधिकारीलाई राजकीय सम्मानका साथ अन्त्यष्टि गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ।
शुक्रबार बिहान अधिकारीको शव पोखरा ल्याउने तयारी भइरहेको छ। पोखरामा शव ल्याएपछि अन्तिम श्रद्धाञ्जलीका लागि राखिने छ। गण्डकी प्रदेश सरकारको समन्वयमा नेकपा कास्कीले अन्त्येष्टि कार्यक्रम गर्नेछ। कार्यतालिका अनुसार पोखरा प्रदर्शनी केन्द्रमा अन्तिम सम्मान दिईने नयाँ बजारमहेन्द्रपुलरानीपौवाहस्पिटल चोक हुँदै रामाघाटमा लगिने र त्यहाँ राजकीय सम्माका साथ अन्त्येष्टि गरिनेछ।
फागुन १९ गते सबै जिल्लाले शोकसभा गर्ने तीन दिनसम्म सबै पार्टी कार्यालयको झन्डा आधा झुकाउने भएको छ। मौसम खराब भएको अवस्थामा कार्यतालिका हेरफेर हुनसक्ने नेकपा कास्कीले जनाएको छ।
प्रदेशका मुख्यमन्त्री तथा संसदीय दल नेकपाका नेता पृथ्वीसुब्बा गुरुङले बिहिबार शोक वक्तव्य जारी गर्दै हेलिकप्टर दुर्घटनामा निधन भएकोमा मर्माहित भएको जनाएका छन्।
विज्ञप्तीमा लेखिएको छ माननीय अधिकारीको निधनले हामीलाई अतुलनीय क्षति भएको छ। गण्डकी प्रदेशले मात्र होईन् राष्ट्रले नै एक जुझारु र सिर्जनशील युवा नेता विकासप्रेमी जनप्रतिनिधी गुमाएको छ।
मुख्यमन्त्री गुरुङले अधिकारीले राष्ट्र र पार्टीका खातिर निर्वाह गरेको भूमिका स्मरणीय र सम्मानयोग्य रहेको बताएका छन्।
यता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि स्व अधिकारीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ। संसदीय दल कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश र राष्ट्रले एक सिर्जनशिल युवा नेता गुमाएको टिप्पणी गरे। साथै उनले दुर्घटनामा निधन हुने सम्पूर्णमा श्रद्धाञ्जली प्रकट गर्दै मृतकका परिवारप्रति सहानुभूति प्रकट गरेका छन्।

ताप्लेजुङमा बुधबार हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीलगायतको शव त्रिवि शिक्षण अस्पतालमा ल्याइएपछि निकाल्ने प्रयास गरिँदै । तस्बिरः सौरभ रानाभाट

काठमाडौं । ताप्लेजुङको सिस्नेभीरमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीलगायत सातै जनाको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिएको छ । बिहान ८ बजेदेखि पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिएको हो ।
मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्न राष्ट्रपति प्रधानमन्त्री मन्त्रीहरु सभामुखलगायत उच्चपदस्थ व्यक्तिहरु विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता परिवारका सदस्य तथा आफन्त एवं सर्वसाधारणको टुँडीखेलमा लाइन लागेको थियो ।
काठमाडौं । कृषिमा यति धेरै जोखिम छ । यतिधेरै जोखिम भएकै कारण कृषिलाई राज्यले संरक्षण गर्नु परेको हो । भूमिको जोखिम छ एक त भौतिक रुपमा हेर्दा पहाडी क्षेत्रमा पहिरोको जोखिम छ माटो भू–क्षय हुने कृषि सामग्री रासायनीक मल भूमिको गुणस्तरमा क्षयीकरण हुँदै जाने पानीको मुहान सुक्ने भएका पनि व्यवस्थित नहुने जलवायु परिवर्तनले मौसमी बदलीमा समस्या हुँदा पानीको जोखिम बढेको छ । अन्य पनि जोखिम हुने गरेका छन् ।
बाली लगाउनेदेखि भित्र्याउने बेलासम्म पनि जोखिम धेरै छन् । सुरक्षित भण्डारणका अभावमा उपभोक्तासम्म पुग्दा गुणस्तर खस्कने गरेको छ । अब जहाँ–जहाँ जोखिम व्यवस्थापन गर्न सकिन्छ त्यहाँ–त्यहाँ काम गर्ने हो भनेर हामीले अभियान सुरु गरेका छौं । मौसम त हामीले परिवर्तन गर्न सक्दैनौं ।
तर अहिले बिमा गर्न थालिएको छ । माटोको गुणस्तर सुधार्ने काम भएका छन् । खाद्यान्न उत्पादनमा मूल्य तोक्ने विषयमा अगाडि काम गरेका छौं । केही खाद्यवस्तुमा मूल्य तोक्ने काम हुँदैछ । अहिले उत्पादनमा लागत बढेको छ । उत्पादनमा अनुदानका प्रकृया अघि बढेको छ ।
कृषि मन्त्रालयका कार्यक्रमहरुमा अनुदानको सबैभन्दा बढी हिस्सा छ । कृषकले अनुदान नपाएको गुनासो त्यो भन्दा बढी छ । बारम्बार हाम्रो अनुदान कहाँ जान्छ भन्ने प्रश्न उठ्ने गरेको छ । किसानको घरदैलोमा अझै पुगेका छैनन् यो निकै चिन्ताको विषय बनेको छ ।
अहिले संघीय सरकारको कार्यक्रम सबै किसानको घरमा पुग्न सकेन भनेर स्थानीय सरकार छ । अब स्थानीय तहले धेरै कार्यक्रमहरु गर्ने भनेर धेरै काम तोकेका छौं । मेरो अनुरोध छ स्थानीय सरकारका जनप्रतिनिधिलाई के हो भने तपाईंहरुले सडक मात्र नहेर्नु । भौतिक पूर्वाधार चाहिन्छ । त्यही कृषि उपजलाई बजारिकरण गर्न बाटो चाहिन्छ । तर सन्तुलित ढंगको चाहिन्छ ।
कृषकले राम्रो सामान उत्पादन नगर्ने हो भने त्यो सडकले पनि प्रतिफल दिँदैन । त्यसो हुनाले स्वास्थ्य सेवा कृषि भौतिक पूर्वाधारको क्षेत्रलाई सन्तुलित ढंगले बजेट बिनियोजन गर्नु भन्ने हाम्रो आग्रह हो ।
संघीय सरकारको बजेटको ठूलो अंश स्थानीय र प्रदेश तहबाटै खर्च गर्ने व्यवस्था छ । संघले गर्ने बजेटको खर्चमा कति अनुपात बजेट खर्च भयो भनेर ठूलो बहस हुने गरेको छ । संघीय संरचनाको लाभ जनप्रतिनिधि र जनप्रतिनिधि छान्ने किसान पनि लाभ लिन सक्नुपर्छ ।
अहिले उत्पादन भएको वस्तु महँगो भएको छ । उत्पादन भएको वस्तुको लागत बढी भएर किसान मर्कामा परिरहेका छन् । योबीचमा के समस्या भएको हो समस्या उत्पादकत्वका हो वा हामीले प्रयोग गर्ने सामग्री वा प्रविधि केको हो प्रति लिटर ७०–८० रुपैयाँसम्म पनि दूध बेच्दा कृषहरुले नाफा छैन भनी रहनु भएको छ । यहाँ त्यही दूध किनेर खाने स्थिति हुँदैन ।
किनेर खान सक्ने जमात पनि चाहिन्छ । कृषिभन्दा बाहिर रहेका वा त्यही उत्पादन किनेर खान सक्ने स्थिति कसरी सृजना गर्न सक्ने ज्यालामा वा न्यून आय गर्ने कर्मचारी छ । उसले कसरी दैनिक आधा लिटर दूध किनेर खान सक्ने हैसियत राख्दैन भने उसको क्रय शक्ति पनि बढाउन आवश्यक छ ।
यसका लागि हामीले दुईवटा काम गर्दैछौं । एउटा मूल्य वृद्धिलाई एउटा सीमामा राख्ने र अर्को न्यूनतम ज्याला बढाउने योजना रहेको छ । ज्याला बढाएपछि उसले उत्पादन भएको वस्तुमा केही तिर्न सक्छ । हामीले अब क्रयशक्ति बढाउनै पर्छ । किनेर खानेको क्षमता बढाउनु पनि आवश्यक छ । हामीले निकासी गर्ने कृषि सामग्रीमा अनुदान दिने भनेको छौं ।
अहिले कृषि उत्पादन किन महँगो भएको हो रासायनीक मल महँगो भएको हो अन्तर्राष्ट्रिय बजारमा ४७–४८ रुपैयाँ प्रतिकेजी पर्ने रासायनीक मल हामीले १६ रुपैयाँमा अहिले बेचेको छौं । तीन गुणा बढी महँगो छ । अहिले सरकारले न्यून मूल्यमा किसानलाई दिइरहेको छ । यो कहाँ प्रयोग भएको छ भन्ने महत्वपूर्ण देखिएको छ । दुग्ध पदार्थ उत्पादन गर्ने कृषकलाई पनि अनुदान दिएका छौं । स्थानीय तहले त गाईवस्तुलाई सुत्केरी भत्ता समेत दिन थालेका छन् ।
तर दाना महँगो छ । यसले मासु दूध महँगोे हुने गरेको छ । हामी खाद्यान्न धेरै प्रयोग गरिरहेका छौं । कयिपयले आयातीत खाद्यान्न प्रयोग गरिरहेका छौं । अब हामीले घाँसपातमा आधारित दाना पानीको विकास गर्न आवश्यक छ । मुलुकभित्रै खाद्यान्न उत्पादन बढाउने हो भने हामी पनि आत्मनिर्भर हुँदै जाने छौं ।
उत्पादन लागत बढाउने विषय हेर्न जरुरी छ । त्यसमा नश्लको विषय महत्वपूर्ण हुने गरेको छ । नश्ल उन्नत जातको भएन भने कृषिमा बीउ उन्नत जातको भएन भने त्यो धेरै उत्पादन हुँदैन । प्रविधि पनि आवश्यक छ । यसमा सहकारीको भूमिका पनि आवश्यक छ । कृषि उत्पादन बढाउन हामीले यान्त्रीकरणमा जानैपर्छ ।
यो साना किसानले एक्लै गरेर सम्भव हुँदैन । समूहमा हुनु आवश्यक छ । अनुदान एक्लै–एक्लै दिँदा दुरुपयोग भयो । अब हामीले सहकारीबाट जानैपर्छ । प्रविधि दिँदा पनि समूहमा पुग्न सजिलो हुन्छ । यसले लागत कम हुन्छ । त्यसैले सहकारीले प्रविधि हस्तान्तरण गर्ने प्रशोधन गर्ने बजारीकण गर्ने अन्तर्राष्ट्रियकरण गर्ने काममा सहयोग गर्नसक्छ । लघु बिमा सहकारीबाट अघि बढाइने छ । जोखिम व्यवस्थापनमा बीमाको भूमिका महत्वपूर्ण हुने छ ।
कृषिमा लगानी गर्न सुरु सुरुमा बैंकमा अनिश्चय भएका थिए । बीमा राम्रो रुपमा हुने बजार मूल्य राम्रो हुने भएपछि हामीले बैंकलाई ऋण दिनैपर्छ भनेर भन्यौं । कृषिमा राम्रो सहयोग नगर्ने हो भने बैंकिङ क्षेत्रको विकास आफैंमा पनि छिटो अघि बढ्दैन । यो कुरा बैंकहरुले बुझ्दै गएका छन् । आगामी दिनमा सहज हुँदै जानेछ ।
छलफलबाट जति धारणाहरु आउँछन् ती धारणालाई सरकारले पनि आत्मसात् गरी अगाडि बढ्दै जाने छ । ती सुझावले कृषिको क्षेत्रमा आगामी दिनमा थप रणनीति बनाउन सरकारलाई सहयोग मिल्ने छ ।
हामी तपाईहरुलाई सधै साना किसान देख्न चाहँदैनौं । सानो हुनेबित्तिकै सानै काम गर्नुपर्छ भन्ने होइन । इजरायली राजदूतले भन्नुभयो नेपाल इजरायलभन्दा सात गुणा ठूलो छ । तर उहाँहरुले त ठूलठूला काम गर्नुभएको छ नि । अन्तर्राष्ट्रियस्तरमा इजरायललाई नचिन्ने को छ सानो सुन्दर हुन्छ तर सानो सुन्दरलाई कहिलेकाहीँ ठूलो आकारमा सृजना गर्नुपर्ने हुन्छ । सानोलाई ठूलो आकार दिने भनेको साना किसान र व्यवसायी मिलेर ठूलो कृषिको विकास गर्न सक्ने वातावरणमा जाने हो । त्यसो भयो भने उत्पादकत्व पनि बढ्छ ।
हाम्रो समाजमा हाम्रो आवाज सुन्ने संयन्त्र पनि बलियो हुन्छ । हामी प्रशोधन र बजारीकरण गर्ने तहसम्मको लागत प्रभावकारीता पनि हुन्छ । त्यसैले साना किसानहरु संगठित भएर सहकारी र सामूहिक खेतीको प्रणालीको बाटोमा जानै पर्छ हामीसँग यसको विकल्प छैन ।
कृषिको रुपान्तरण गर्नु जरुरी छ । भेलाले निकालेको निचोड आगामी बजेट निर्माणमा पनि सहयोगी हुन सकोस् । प्राप्त सुझाव कार्यान्वयनमा जानेमा विश्वास दिलाउन चाहन्छु ।
अर्थमन्त्री डा युवराज खतिवडाले शुक्रबार साना किसान सम्मेलनमा दिएको मन्तव्य