text
stringlengths 1
75.3k
|
---|
शेर्पा सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला पासाङ ल्हामु शेर्पाका देवर हुन् । दुर्घटनामा परेको डाइनेस्टी हेलिकोप्टरमा पनि आङछिरिङको लगानी छ ।
|
युवराज दाहाल–प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव
|
युवराज दाहाल प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिवको रुपमा कार्यरत थिए । हक्की र निडर स्वभावका दाहाल जनसम्पर्क बढाउने कार्यमा माहिर थिए । हिँडडुल र घुमघाम मन पराउने दाहाल अन्तर्राष्ट्रिय समसामयिक राजनीतिको विषयमा चासो राख्थे । यसमा उनको राम्रै हेक्का थियो ।
|
उनले लामो समय प्रशासनमा बसेर काम गरेका थिए । दाहाल प्रधानमन्त्री ओलीको स्वकीय सचिव हुनुपूर्व करिब साढे ३ वर्ष दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतका पदमा कार्यत थिए । २०६५ साल माघमा इलाम नगरपालिकाको कार्यकारी अधिकृत भएका दाहालले इलामका लागि ठूलो योगदान दिएका छन् । इलामलाई मुलुककै पहिलो हरित नगरी बनाउने श्रेय उनैलाई जान्छ ।
|
दाहाल २०२९ सालमा जन्मिएका हुन् । उनका तीनजना दाजुभाइ छन् । झापाको गौरीगञ्जकी बन्दना पौडेलसँग वैवाहिक बन्धनमा बाँधिएका दाहालका एक छोरा र एक छोरी छन् ।
|
वीरेन्द्रप्रसाद श्रेष्ठ–उपमहानिर्देशक नेपाल नागरिक उड्डयन प्राधिकरण
|
वीरेन्द्रप्रसाद श्रेष्ठ नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक तथा प्रवक्ता पनि थिए । श्रेष्ठले प्राधिकरणका इलेक्ट्रोनिक एन्ड कम्युनिकेसन इन्जिनियरको रुपमा काम गरिसकेका छन् । त्यस्तै उनले एकवर्ष महाप्रबन्धकको रुपमा समेत प्राधिकरणमा काम गरेका छन् ।
|
सञ्चार उड्डयन नेभिगेसन र सर्वेलेन्ट विज्ञका रुपमा रहेका श्रेष्ठ अत्यन्त सरल मृदुभाषी र सबैसँग नम्र रहने व्यक्ति रहेका थिए । कर्पोरेट निर्देशनालयको निर्देशकसमेत रहेका श्रेष्ठको जिम्मेवारीमा प्राधिकरणको बजेट मानव संशाधन रहेको थियो । श्रेष्ठका एक छोरा र एक छोरी छन् ।
|
ध्रुव भोछिभया– एरोड्रम इन्जिनियरिङ प्रमुख नेपाल नागरिक उड्डयन प्राधिकरण
|
ध्रुव भोछीभया नेपाल नागरिक उड्डयन प्राधिकरणका एरोड्रम इन्जिनियरिङ प्रमुख हुन् । उनी सधैं आफ्नो कामलाई तदारुकतााका साथ गर्ने कुनै पनि निरीक्षणको काम आफैं गर्न तत्पर रहने व्यक्तित्व हुन् । उनी आफ्नो काम आफैं र समयमै गरौं भन्ने सोच राख्दथे । बनेपा घर भएका भोछिभया बागबजारमा बस्दै आएका थिए । उनका ३ जना छोरी र एक छोरा छन् ।
|
अर्जुन घिमिरे– जमदार नेपाली सेना
|
ताप्लेजुङ दुर्घटनामा ज्यान गुमाउनेमध्ये अर्का हुन् मन्त्री अधिकारीका पर्सनल सेक्युरिटी अफिसर पीएसओ अर्जुन घिमिरे । २०५८ सालमा नेपाली सेनाको सेवामा प्रवेश गरेका घिमिरे सेनाको जमदार पदमा कार्यरत थिए । उनी १० भदौदेखि मन्त्री अधिकारीको गार्ड कमान्डर भएर खटिएका हुन् ।
|
उनकी श्रीमती शैलु घिमिरे र छोरा असिम घिमिरे कीर्तिपुरमा बस्दै आएका छन् । घिमिरेका एक भाइ र तीन बहिनी छन् ।
|
प्रभाकर केसी– पाइलट डाइनेस्टी एयर
|
ताप्लेजुङमा दुर्घटना भएको हेलिकप्टरका पाइलट प्रभाकर केसी सन् २०१२ देखि पाइलट बनेका हुन् । उनी फिलिपिन्सबाट ६ महिनाको प्रशिक्षण लिई पाइलट बनेका थिए ।
|
काठमाडौंको ताहाचलमा स्थायी घर भएका केसीले ताहाचलको साइरिस स्कुलबाट एसएलसी दिएका थिए भने बल्खुको बर्नहार्ट कलेजमा प्लस टु पढेका थिए । पाइलट कोर्स सकेपछि श्री एअरलाइन्समा ८ महिना काम गरेर एअर डाइनेस्टीमा आवद्ध भएको दुई वर्ष भएको थियो ।
|
उनी निकै मिजासिला थिए भने सबैको उत्तिकै प्रिय व्यक्तित्व थिए ।
|
विद्या भट्टराई भन्छिन्– त्यसदिन मैले उहाँ रवीन्द्र लाई शुभयात्रा पनि भन्न पाइनँ
|
पोखरा । मर्नेहरुले केही पनि लाँदैनन् भनिन्थ्यो तर रवीन्द्रले विद्याको सिन्दुर लिएर गए । उनको सिन्दुरसँगै पखालिए रवीन्द्रका सपना र योजनाहरु अनि चंगाको धागो चुँडियो चुँडियो विद्याका माया । भविष्यप्रतिको सुन्दर कल्पनाहरु एकाएक विलिन भए। विद्याले पति गुमाइन् । स्वराज र विराजले पिता ।
|
मर्नेहरु त बस रित्तो हात एकै थोपा आँसु नझारी गए बरु तारा बनेर आकाशमा मुस्कुराईरहे बाँच्नेहरु पो जानेहरुको यादमा रोईरोई बाँचिरहेछन् काँपेको धर्तीमा उभिएर आफैँ काँपिरहेछन् ।
|
अहिले यस्तै हालमा छन् नागरिक उडड्यन पर्यटन तथा संस्कृति मन्त्री स्व रवीन्द्र अधिकारी पत्नी विद्या भट्टराई । फागुन १५ गते ताप्लेजुङमा भएको विमान दुर्घटनामा ज्यान गुमाएपछि स्व अधिकारीको मालेपाटनस्थित घर मौन छ । सोमबार उनको पुण्यतिथीको १३ औँ दिन पुगेको छ । उनको काजक्रिया भने ७ दिनमै सकिएको छ । आइतबार घरमा पुग्दा शुभचिन्तकको भीड उत्तिकै थियो । तर त्यो भिडका सबैको अनुहारको औंशीको रातझैं निभेको मैनबत्तीजस्तो थिए।
|
मनमा पीडा राखेर अनुहारमा कृतिम हाँसो छर्दै विद्या शुभचिन्तकको सम्मानमा जुटिरहेकी थिइन् । निधारमा पहेँलो टिका लगाएकी विद्याको जीवनको रंग पनि पहेँलै भइसक्यो। तै पनि सम्हालिनुको विकल्प थिएन। एकैछिन कुरा गर्न आग्रह गरेपछि सहजै समय दिइन् ।
|
पतिभन्दा धेरै अभिभावक र त्योभन्दा धेरै जीवनका हरेक आरोहअवरोहका सहयात्री गुमाएकी विद्याको त्यो सहजपनाले उनको साहस झल्काउँथ्यो जुन आम मानिसको लागि एक अपवाद नै हो । रवीन्द्र रवीन्द्र बन्नुपछि उनले गरेको योगदान राजनीतिक त्याग खुलाउँदै उनले भनिन् म फ्रेस देखिए पनि म अझै 'ट्रमा' मा छु । रवीन्द्रसँगको भेटघाटदेखि २१ वर्षे वैवाहिक सम्बन्ध र राजनीतिक जीवनाका पाना उनले यसरी खोलिन् ।
|
राम्रो चिनजान भएको २०५० पछि हो । चिन्न त म त्यो भन्दा अगाडि नै विद्यार्थी साथित्वको हिसाबले चिन्थेँ । २०५० को हेटौँडामा सम्पन्न अनेरास्ववियुको १२ औँ राष्ट्रिय सम्मेलनमा उहाँ कोषाध्यक्षमा निर्वाचित हुनुभयो । म महिला विभाग प्रमुख थिएँ । पछि अर्को अधिवेशनमा उहाँ महासचिव बन्नुभयो । म महिला विभाग प्रमुख नै बनेँ । त्यतिबेला ११ जनाको सचिवालय सदस्य बन्यो । त्यो अधिवेशनदेखि नै संगठनभित्र दुईवटा धार देखिएका थिए । बामदेव गौतम नेतृत्वमा माले गठन हुँदा सचिवालय भित्र ५५ जनाको मत विभाजन भयो । म त्यतिबेला निर्णायक थिएँ । हामी पार्टी विभाजन पछि पनि सँगै भयौँ ।
|
हाम्रो सम्बन्ध निकै अगाडि बढिसकेको थियो । त्यतिबेला संगठनभित्र नै सम्बन्धलाई लिएर विवाद बनाउन खोजिन्थ्यो । मेरो खुट्टामा समस्या थियो । त्यही कारण देखाएर रवीन्द्रले विद्यालाई विवाह गर्दैन् प्रेमको भ्रम मात्र छरेको हो भन्ने एउटा जमात थियो । अर्कोचाहिँ हामीलाई समर्थन गर्ने समूह पनि थियो । यो प्रसंग किन जोड्न खोजेको भन्दा महिलाको स्वतन्त्र विचार लिने गरिन्नथ्यो । अहिलेपनि यो कायमै छ ।
|
२०५६ मा हाम्रो विवाह भयो । म भने पछि अनेमसंघतर्फ लागेँ । कार्यालय सचिव भएर काम गर्थेँ । त्यसपछिदेखि नै म राजनीतिमा त्यति सक्रिय हुन छाडेकी थिएँ । मैले आफ्नो पढाइलाई निरन्तरता दिएँ। उहाँ रवीन्द्र ले मलाई कहिल्यै यो त्यो गर्न भन्नुभएन । मैले राजनीतिमा विस्तारै निष्क्रिय हुँदा उहाँले कहिल्यै किन भनेर सोध्नुभएन आफ्नो रुची अनुसार नै अगाडि बढ्न भन्नुहुन्थ्यो । हात हालेका कुरामा अब्बल हुनुपर्छ भन्ने उहाँको मान्यता थियो ।
|
हामी अनुहार हेरेरै कुरा बुझ्थ्यौँ । म बिहानको समयमा प्राय खाली हुन्थेँ । खाली समय सदुपयोग गर्न एउटा कलेजमा प्राध्यापन गर्ने भन्ने सोच्दैँथे । एउटा कलेजमा कुरा पनि भईसक्याथ्यो । एक दिन मैले उहाँलाई सुनाए । उहाँले केही दिन पर्खिन भन्नुभयो । त्यसको केही दिनपछि उहाँ मन्त्री बन्नुभयो । म कलेज पढाउन आउन भ्याउँदिन भने । रवीन्द्र मन्त्री बनेपछिको पछिल्लो एक वर्ष धेरै समयसँगै रह्यौँ । विवाहपछि नै धेरै समयसँगै बिताएको उहाँ मन्त्री बनेपछि नै हो । हामीबीच समझदारी धेरै थियो । दुबैले एक अर्काको अनुहार हेरेर कुरा बुझ्थ्यौँ । विवाहको निम्ता मान्न जाँदा होस् वा कुनै सामाजिक कार्यमा ।
|
उहाँले भन्नुहुन्थ्यो समय के छ मिल्छ भने जाँदा हुन्छ नि । उहाँले मलाई कहिल्यै कर गर्नुभएन । मेरो अनुहार हेरेरै कुरा बुझ्नुहुन्थ्यो । मेरा साथीहरुले पनि एकदुई कुराहरु भन्न भन्थेँ सहयोग गर्न भन्थे । मैले पनि उहाँको अनुहार हेरेर कुरा गर्थेँ । कहिलेकाहिँ त ३४ दिनपछि पनि । मैले साथीहरुलाई भन्थे म तपाईहरुको कुरा भन्छु तर आजको आजै चाहिँ नहुन सक्छ है । साथीहरुले पनि कुरा बुझ्थेँ ।
|
नेवानि डुबाउन खोजिँदैछ
|
पहिलोपटक एभिन्युज टिभीमा हेरेकी थिएँ । उहाँले सबैलाई समान व्यवहार गर्न खोजेर भाइको सम्बन्धले कुरा गर्नुभएको थियो । पछि उहाँले भन्नुभएको थियो मैले सबैलाई समान व्यवहार गरेको हुँ । कलेज पढाउने साथीहरुले पनि रवीन्द्रलाई फसाउन खोजिँदैछ भन्थे । मैले एकदिन एकान्तमा नै सोधेँ यो विषय के हो
|
उहाँले भन्नुभएको थियो मैले केही गलत गरेकै छैन । सबै प्रक्रिया अगाडि नै सुरु भएको हो । न मैले कहीँ हस्ताक्षर गरेको छु न कहीँ निर्देशन दिएको छु । यत्ति हो कि अन्तिम किस्ता नबुझाएको भए जहाज आउने थिएन भन्नुहुन्थ्यो । पटकपटक सोध्नु राम्रो हुँदैन । म आफैँ विश्वस्त थिएँ यो सबै आरोप मात्र हो आक्षेप मात्र हो । केही निजी कम्पनीहरुले नेपाल वायुसेवा निगम डुबाउन खोजेको उहाँले भन्नुहुन्थ्यो ।
|
मैले शुभयात्रा भन्न पाइनँ
|
हरेक दिन क्वार्टरबाट निस्कने बेलाँ मैले शुभयात्रा भन्ने गर्थेँ । म बिहानै उठेर अर्को कोठामा व्यायाम गर्दै थिएँ । उहाँ सुत्नुभएको थियो । उठाइन । पछि उहाँ उठ्नुभएछ । मलाई व्यायाम गरेको देखेर बोलाउनुभएनछ । पछि भन्नुभएको थियो । मैले हो र भनेँ ।
|
स्वास्थ्यमा उहाँले खासै ख्याल गर्नुहुन्थेन । बरु सोध्नुहुन्थ्यो म कस्तो देखिएको छु के खाँदा ठिक होला । त्यो दिन बिहान पनि उहाँले मलाई एकदम निद्रा पर्यो नि विद्या भन्नुभयो । म आज फ्रेस छु नि । मैले पनि अँ आज फ्रेस देखिनुभएको छ भनेँ । पछि चियाँसँगै खायौँ । एक छिनमा निस्किन्छु भन्नुभयो । म पनि साढे ९ मा निस्किनुपर्ने ।
|
सँधै म त्यस्तो बेला तल आएर शुभयात्रा भन्थेँ । अरु बेला बिहान खाली हुन्थेँ भन्न भ्याउँथे । अहिले रिसर्च सेन्टरमा काम सुरु गरेको छु । म नि साढे ९ मा पुग्नैपर्ने । म पनि हतारमा भएँ । म तल झरिनँ । पछि तल आउँदा उहाँ गइसक्नुभएको रहेछ मैले सर जानुभयो भनेको त जानुभयो भने । मैले शुभयात्रा भनिनँ भन्ने लाग्यो ।
|
त्यो चाहिँ मेरो लागि एउटा त्यस्तो दिन भयो एकाएक बादलले संसारको उज्यालो दिन घामलाई छेकेजस्तै । त्यो दिनको क्षण रमाइलोबाट नरमाइलो बन्यो ।

२०७५ फागुन १५ गते वास्तवमा मुलुक अत्यन्त शोकमा परेको दिन हो । त्यो दिन मुलुकले सातजना होनहार व्यक्ति गुमाउन पुगेको छ । विशेषगरी मैले भन्दा तीनवटा क्षेत्रका तीनजना व्यक्ति गुमाउँदा मुुलुककै लागि अपूरणीय क्षति पुगेको छ । पर्यटनमन्त्री रवीन्द्र अधिकारी पर्यटन व्यवसायी आङछिरिङ शेर्पा र प्रशासक युवराज दाहालको हेलिकोप्टर दुर्घटनाले वास्तवमा तीन क्षेत्रका खम्बा गुमाएको महसुस मैले गरेको छु ।
|
दुर्घटनाको दिनमा समेत १० बजेर ५३ मिनेट जाँदा म दाहाल सरसँग कुराकानीमै थिएँ ।
|
उहाँले म कार्यक्रममा छु केहीबेरपछि कुरा गरौंला भन्नुभएको थियो । त्यसपछि उहाँसँग कुरा गर्न पाइएन । केहीबेरपछि अनलाइनहरुमा एकाएक समाचार देखिए । पहिले त मैले हेलिकोप्टर कतै आकस्मिक अवतरण गरेको हो कि जस्तो मानेको थिएँ । केहीबेरपछि अन्त्यन्त दुखद् खबर सुन्नुपर्यो । जुन मुलुकको लागि अपूरणीय क्षति हो ।
|
रवीन्द्र अधिकारीलाई मैले विद्यार्थी नेता हुँदादेखि नै चिनेको हो । उहाँलाई मैले अझ राम्रोसँग चिन्ने मौका सांसद भइसकेपछि पाएँ । उहाँ सांसद भएपछि विकास समितिको सभापति पनि हुनुभयो । त्यो बेला उहाँको भिजन काम गर्ने जाँगरलाई मैले नजिकबाट हेर्ने र बुझ्ने मौका पाएँ ।
|
विकास समितिमा रहँदा नेपालको समृद्धिको लागि उहाँले जुन भूमिका निर्वाह गर्नुभएको थियो त्यो सायदै कसैले गर्न सक्ला । उहाँसँग नजिकमा हुँदा उहाँले गर्न खोजेका विषयमा म जानकार थिएँ । मन्त्री भइसकेपछि पनि उहाँसँग धेरै बस्ने र घुम्ने मौका पाएको थिएँ ।
|
पछिल्लो समयमा उहाँसँग झापामा रात्रिकालीन उडान सुरु गर्ने बेला पनि सँगै गएको थिएँ । त्यो तयारीका क्रममा उहाँ जानुभएको थियो । त्यही फ्लाइटमा म पनि सँगै थिएँ । तयारीका क्रममा त्यहाँ सानो कार्यक्रम पनि भएको थियो । त्यही फ्लाइटमा युवराज दाहाल सर पनि हुनुहुन्थ्यो । भैरहवा विमानस्थलको निरीक्षणका क्रममा पनि सँगै गएको थिएँ ।
|
व्यक्तिगत हिसाबमा भन्दा उहाँ अत्यन्त काम गर्न सक्ने युवा नेता हुनुहुन्थ्यो । मुलुकको लागि केही गरौं भन्ने व्यक्ति हुुनुहुन्थ्यो । उहाँको निधनले भावी नेतृत्व गुमाएको मैले महसुस गरेको छु । उहाँको निधन हुनुभन्दा करिब एक साताअघि पनि उहाँसँग भेट भएको थियो । उहाँले तपाईंलाई भारी बोकाउनुपर्नेछ भनेर भन्नुभएको थियो । तर त्यसपछि उहाँसँग भेट हुन पाएन ।
|
उहाँले आफ्नो मन्त्रालयमा रहँदा छोटो समयमा देखिने परिवर्तन गर्नुभएको थियो । नेपालको पर्यटन क्षेत्रको मात्रै नभएर आर्थिक हिसाबले पनि राज्यको लागि ठूलो क्षति हो उहाँको निधन ।
|
उक्त दुर्घटनामा निधन भएका आङछिरिङ शेर्पा नेपालको पर्यटन व्यवसायीका हस्ती नै हुनुहुन्थ्यो । उहाँमा काम गर्ने जोश जाँगर अरुको भन्दा निकै फरक थियो । उहाँको निधनले निजी क्षेत्रलाई वास्तवमा ठूलो क्षति पुगेको छ । हस्पिटालिटी क्षेत्रमा नेपालमा उहाँले जत्तिको अहिले कसैले काम गरेको पाइँदैन ।
|
पर्यटनमा उहाँले गरेको योगदान निकै ठूलो हो । उहाँको काम गर्ने क्षमता कस्तो थियो भने लो प्रोफाइलमा रहने तर निकै महत्वपूर्ण काम गर्नुहुन्थ्यो ।
|
प्रधानमन्त्रीको भ्रमणका बेला विदेश जाँदा हामी सँगै गएका थियौं । उहाँ कहिले पनि आफूलाई ठूलो व्यक्ति र व्यवसायी हुँ भन्ने घमण्ड थिएन । उहाँको निधनले यो क्षेत्रमा धेरै नै ठूलो क्षति पुगेको छ । परिवारको हिसाबमा त तुलना गर्न नसक्ने दुखद् अवस्था रह्यो ।
|
आङछिरिङ दाइलाई धेरै पहिले त होइन मैले चिनेको २० वर्षजति भयो । किनकि पर्यटन क्षेत्रमा म पनि पछि लागेको हुँ । उहाँ मिडियामा पनि नआउने र लो प्रोफाइलमा बसेर काम गर्ने व्यक्ति हुनुहुन्थ्यो । कुनै काम सुरु गरेर त्यो सक्नुपर्छ भनेर लाग्नुहुन्थ्यो ।
|
म पछि पर्यटन क्षेत्रमा लागेको भए पनि उहाँसँगै व्यापारिक साझेदार भएर काम गर्ने मौका भने मिलेन । हामी वित्तीय क्षेत्रतिर बढी थियौं र उहाँ पर्यटन क्षेत्रमा । हामी पर्यटन क्षेत्रमा प्रवेश गरेको पनि पछि नै हो । पर्यटन क्षेत्रमा जुन खालको उहाँको योगदान छ । त्यो उहाँले गरे बराबरको कसैको पनि छैन । भविष्यमा आउन सक्ला । तर साधारण तरिकाले उहाँले गरेको काम अतुलनीय नै देखिन्छ ।
|
त्यसैले म भन्छु ताप्लेजुङ दुर्घटनाले तीन क्षेत्रका खम्बा गुमाएको छ । यो मुलुकको लागि अपूरणीय क्षति हो ।
|
आइएमइ अध्यक्ष चन्द्र प्रसाद ढकालले बाह्रखरीसँग गरेको कुराकानीमा आधारित
|
पोखरा । आइतबारमात्रै बाह्रखरीसँगको कुराकानीमा स्व रवीन्द्र अधिकारी पत्नी विद्या भट्टराईले तत्कालै उम्मेदवार बन्नेतर्फ नसोचेको बताएकी थिइन् । त्यसको भोलिपल्टै अर्थात् आज सोमबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पोखरा आए ।
|
पोखरा आएका प्रचण्डले रवीन्द्रको निर्वाचित क्षेत्र कास्की–२ मा रवीन्द्रपत्नी विद्यालाई नै उम्मेदवार बनाउने संकेत दिएका छन् । सोमबार बिहान पोखरा विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले रवीन्द्रको परिवार पनि राजनीतिक भएकोले त्यही भित्रबाट उमेदवार बन्न सक्ने बताएका हुन् ।
|
जिल्लाका साथीहरुले सिफारिस गर्नुहोला । परिवारको सदस्यभित्रबाट नै जाँदा उपयुक्त हुन सक्छ उनले भने वहाँको परिवार पनि राजनीतिक परिवार हो । नेतृत्व गर्न सक्ने वहाँकै जीवन संगिनी पनि हुुनुहुन्छ विद्याजी । यो सबै कुराको विचार गरेर पार्टीले उपयुक्त निर्णय गर्छ ।
|
प्रचण्डले नेत्रविक्रम चन्द नेतृत्वको विप्लव माओवादीलाई समेत राष्ट्रिय राजनीतिमा आउन आग्रह गरे । पछिल्लो समय जनयुद्धको बेला माओवादीले प्रयोग गर्ने बाटोबाट हतियार ल्याएर देशमा पड्काउने गरेको समाचार आएपछि प्रचण्डले त्यस्तो सुझाव दिएका हुन् । गलत बाटोमा हिँडिरहे राज्य चुप लागेर नबस्ने चेतावनी पनि प्रचण्डको छ ।

काठमाडौं । बुद्ध एयरले कोलकाता उडान जेठ १३ देखि मात्रै गर्ने भएको छ । बैशाख २ गतेदेखि हुने भनिएको कोलकाता उडान भारतमा लोकसभा निर्वाचन हुने भएपछि धकेलिएको हो । लोकसभा निर्वाचन भारतमा यही अप्रिल ११ देखि मे १९ सात चरणमा सञ्चालन हुनेछ । बुद्धका अनुसार कोलकोता उडान एटीआर ७२–५०० जहाजले साताको नियमित ३ उडान भर्नेछ । निर्वाचनले उडान मिति परिवर्तन भएपनि उडान समय तालिका भने परिवर्तन नभएको कम्पनीले जनाएको छ । उडान हरेक साताको सोमबार बुधबार र शुक्रबार हुने जनाएको छ । भारतीय यात्रुहरुको लागि बुद्ध एयरको भगीनी संस्था बुद्ध होलिडेजले विभिन्न धार्मिक तथा पर्यटकीय प्याकेजहरु पनि सञ्चालन गर्नेछ । यसका लागि भारतमा डिजिटलका साथै अन्य माध्यमबाट पनि प्रचार प्रसार गरिरहेको छ । यसैगरि नेपाली यात्रुहरुका लागि पनि कोलकाता टुर प्याकेज गंगासागर तथा जग्गनाथपुरी दर्शन प्याकेज ल्याएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति रौनियारलाई कारबाहीको सिफारिस
|
काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा डा राजकुमार रौनियारलाई कारबाहीका लागि सिफारिस गरिएको छ।
|
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रौनियारले गर्दै आएका अनियमिततासम्बन्धमा विस्तृत छानबिन गरी कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरेको मन्त्रालयले जनाएको छ।
|
मन्त्रालयले अनियमितताका विषयमा छानविन गर्न दुई समिति गठन गरेको थियो। समितिले उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई मंगलबार प्रतिवेदन बुझाएको थियो।
|
सोही प्रतिवेदनका आधारमा मन्त्री यादवले मन्त्रीस्तरीय निर्ण गदै बुधबार डा रौनियारलाई कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिफारिस गरेका हुन्।
|
सिफारिसमा समितिले मन्त्रालयमा पठाएको प्रतिष्ठानका उपकुलपति डा रौनियारले सम्पादन गरेका अनियमित कार्यहरुको छानबिन प्रतिवेदन समेत पेस गरिएको छ।
|
पोखरा । दर्ता नभएका नवीकरण नगरेका र कर नतिरेका प्याराग्लाइडिङ कम्पनीलाई पोखरा महानगरपालिकाले फेरि म्याद थप्ने तयारी गरेको छ। गत फागुन २१ गते महानगरपालिकाले एक हप्ताभित्र दर्ता नवीकरण गर्न नआए तथा कर नतिरे उडान नै बन्द गर्ने चेतावनी दिएको थियो।
|
तर एक हप्ते म्यादको अन्तिम दिन मंगलबारसम्म जम्मा १६ वटा कम्पनी मात्र महानगरपालिकाको सम्पर्कमा आएका थिए। महानगरले मंगलबार पुनःबुधबारसम्मको लागि म्याद थपेको थियो। बुधबार भने जम्मा चारवटा कम्पनी करको दायरमा आएका छन्। अझै ४१ वटा कम्पनी महानगरको सम्पर्क बाहिर छन्। उनीहरुलाई करको दायरामा ल्याउन फेरि महानगरले म्याद थप गर्न लागेको हो।
|
पोखरा महानगरपालिका राजस्व विभाग प्रमुख रोमनाथ उपाध्यायले बुधबारसम्म कुल २० वटा कम्पनी मात्र सम्पर्कमा आएको जानकारी दिए। वडामा कतिपए वडाध्यक्षसँग सम्पर्क हुन सकेन महानगरपालिकामा मंगलबार र बुधबार गरी २० वटा कम्पनी सम्पर्कमाआएका छन् उनले भने चार वर्षदेखि कर नतिरेका कम्पनीहरु दर्ता गर्न आउँछन् भने १२ दिन म्याद थप गर्न सकिन्छ।
|
यता प्याराग्लाइडिङ नै बन्द गर्दा चाँही अन्तर्राष्ट्रियस्तरमा नकारात्मक सन्देश जानेभन्दै महानगर प्याराग्लाइडिङ व्यवसायी उदार नै देखिएको छ। तर केहीदिन अघि लगातार तीन दिन दुर्घटना हुँदा दुईजनाको निधन र दुईजना घाइते भएका थिए।
|
उपाध्यायकाअनुसार कम्पनीहरु विस्तारै महानगरको सम्पर्कमा आएको र कर बुझाएकाकारण म्याद थप गर्न सकिने बताए। तर अहिले चाँही महानगरको सम्पर्कमा आएनआएका सबै प्याराग्लाइडिङ कम्पनीहरुले निर्वाध रुपमा उडान भरिरहेका छन्।
|
उडान नै बन्द गर्दा नकारात्मक सन्देश जान्छ अझै १२ दिनसम्म हेर्न सकिन्छ अन्यथा कर तिर्ने कम्पनीहरु मात्र सञ्चालन हुनेछन् उपाध्यायले भने।
|
उनकाअनुसार पछिल्ला चार आर्थिक वर्षमा प्याराग्लाइडिङ कम्पनीले प्रति कम्पनी ८६ हजार रुपैयाँका दरले महानगरलाई राजस्व बुझाउन बाँकी छ। ६१ वटा प्याराग्लाइडिङ कम्पनीमध्ये ५६ वटा सञ्चालनमा छन भने ४० वटा जति नियमित सञ्चालनमा छन्। दुई कम्पनीले पहिले नै दर्ता नवीकरण गरिसकेका थिए।
|
यस्तो छ कर
|
कास्कीमा सराङकोट तोरीपानी मान्द्रेढुंगा र डिकीडाँडाबाट प्याराग्लाइडिङ उडाउन अनुमति छ। तीन ठाउँबाट उडान अनुमति भए पनि मुख्यरुपमा सराङकोटबाट नै प्याराग्लाइडिङको उडान हुँदै आएको छ।
|
हाल पोखरा महानगर १८ मा पर्ने सराङकोट तत्कालिन सराङकोट गाविस थियो। तत्कालिन सराङकोट गाविस हुँदा वार्षिक १ लाख २५ हजार रुपैयाँ पर्यटन कर तोकिएको थियो। त्यतिबेला कम्पनी थोरै थिए। पछि कम्पनी बढी भएपछि वार्षिक ५५ हजार रुपैयाँसम्म गाविसले कर तोकेको थियो।
|
सराङकोट पोखरा उपमहागनरमा गाभिएपछि उपमहानगरले वार्षिक ५ हजार ५ सय रुपैयाँ कर लिने निर्णय गर्यो। पछि महानगरपालिका भएपछि अघिल्लो आर्थिक वर्ष २०७४०७५ मा प्रति कम्पनी वार्षिक ५० हजार रुपैयाँ तथा चालु आव २०७५०७६ मा २५ हजार रुपैयाँ लिने निर्णय भएको छ। प्याराग्लाइडिङ कम्पनीलाई महानगर मातहतमाल्याई दर्ता गर्ने र राजस्व उठाउने निर्णय भए पनि कम्पनीहरु भने अटेरी गर्दै आईरहेका छन्।
|
उनीहरुले आर्थिक वर्ष २०७२०७३ यता कर नै नतिरेको पोखरा महानगरपालिका१८ का वडाध्यक्ष रणबहादुर थापाको भनाइ छ। यो वर्षदेखि प्रदेश सरकारले पनिप्याराग्लाइडिङमा कर लिने भएकोले केही शुल्क घटाइएको महानगरले जनाएको छ।
|
प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७५०७६ मा पर्यटन शुल्क वापत वार्षिक एक लाख पर्यटन कर उठाउने नियम बनाएको छ। कर संकलनको अधिकार भने महानगरले वडालाई दिएको छ।