article
stringlengths
55
1.8k
title
stringlengths
10
141
article_length
int64
55
1.8k
काठमाडौँ : काठमाडौंको टोखा नगरपालिका–## गणेशस्थान नजिकै सोमबार राति बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार राति सवा ## बजे ना##प #### नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर सडक किनारमा रहेको बिजुलीको पोलमा ठोक्किएको थियो । उक्त दुर्घटनामा मोटरसाइकल चालक नुवाकोटको पञ्चकन्या गाउँपालिका–# घर भइ मनमैजु बस्ने ## वर्षीय हितबहादुर तामाङको मृत्यु भएको हो ।
टोखास्थित बिजुलीको पोलमा ठोक्कियो मोटरसाइकल , चालकको मृत्यु
406
नयाँ शक्ति पार्टीका संयोजक डा . बाबुराम भट्टराई बिहीबार बेलायत जाँदैछन् । अन्तर्राष्ट्रिय नेपाली समाज , बेलायतको निमन्त्रणामा पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराई बेलायत जान लागेका हुन् । बेलायतमा रहँदा उनले नेपाली समुदायसँग छलफल , अन्तरक्रिया गर्नुका साथै बेलायतको संसद् हाउस अफ कमन , लण्डन स्कुल अफ इकोनोमिक्स र अक्सफोर्ड विश्वविद्यालयमा भेटघाट र नेपालको आर्थिक विकास लगायतका बारेमा प्रवचन दिनेछन् ।
पूर्वप्रधानमन्त्री बाबुराम बेलायततर्फ लागे
402
माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यामिन चढेको डुंगामा विस्फोट भएको छ । विस्फोटमा राष्ट्रपति यामिन मुस्किलले बचेका छन् भने उनकी पत्नी र केही अधिकारी घाइते भएका छन् । हजबाट फर्किएका यामिन नजिकैको एक द्वीपमा रहेको अन्तराष्ट्रिय विमानस्थलबाट ' स्पीडबोट ' मा माले जाँदै थिए ।
विस्फोटमा मुस्किलले बचे माल्दिभ्सका राष्ट्रपति
269
तीन सय भन्दा धेरै नेपालीभाषी बर्मेलीले फिल्म हलमा पुगेर पहिलोपटक नेपाली भाषाको चलचित्र हेरेका छन् । यांगुनस्थित जेसिजीभी हलमा शुक्रबार राति नेपाली फिल्म ' शत्रु गते ' प्रदर्शन गरिएको थियो । चार सय सिट क्षमताको हलमा तीन सय ## भन्दा बढीले फिल्म हेरेको बर्मामा ' शत्रु गते ' प्रदर्शन गरेको त्रिशुल इभेन्टस् इन्टरनेशनलले जानकारी दिएको छ ।
दुई दशकपछि बर्मेली फिल्महलमा नेपाली फिल्म
334
भारतमा ' अर्जुन पतियाला ' फिल्म रिलिज भएयता त्यसको असर एक नागरिकलाई परेको छ । जुलाई ## तारिखमा सो फिल्म रिलिज भएको थियो । त्यसपछि सनी लियोनीलाई खोज्दै भारतका ## वर्षीय पुनित अग्रवाललाई फोन आउन थालेको हो ।
सनी लियोनीलाई खोज्दै फोन आएपछि . . .
204
सरकारले परीक्षण गरेर मात्रै मासु खरिद गर्न सर्वसाधारणलाई आह्वान गरेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले दसैं , तिहार जस्ता चाडपर्वमा परीक्षण गरेर मात्रै माशु खरिद गर्न सर्वसाधारणलाई आह्वान गरेका हुन् । बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले कालिमाटी फलफूल तथा तरकारी बजार कालिमाटीबाट हटाउने घोषणा पनि गरे ।
परीक्षण गरेर मासु खरिद गर्न सर्वसाधारणलाई आह्वान
330
राष्ट्रिय मानवअधिकार आयोगको सदस्यमा प्रस्तावित पूर्व न्यायाधीश प्रकाश वस्तीले सर्वोच्चमा रहँदा आफूलाई अर्बपति हुने प्रस्ताव आए पनि त्यसलाई अस्वीकार गरेको बताएका छन् । संसदीय सुनुवाइ विशेष समितिको बिहीबारको बैठकमा वस्तीले भने - न्यायाधीश भएर गएपछि आफर आयो र मलाई भनियो दाईलाई खर्बपति र तलाई अर्बपति बनाइदिन्छु । ' आफूले यो कुरा सर्वोच्चका ## जना न्यायाधीशको अगाडि भनेको भन्दै उनले भने - ' मैले एक पैसा घुस खानु भनेको आमाको रगत खानु बराबर हो ।
सर्वोच्चमा रहँदा अर्बपति हुने प्रस्ताव आएको थियो : वस्ती
441
कञ्चनपुरको पुनर्बास नगरपालिका–# मा मंगलबार घरमा आगलागी हुँदा एकै परिवारका तीन बालबालिकाको जलेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पुनर्बास–# शिवमन्दिर टोलमा स्थानीय सरिता खड्काको घरमा आगलागी हुँदा सरिताका ## वर्षीय छोरा अर्जुन , # वर्षीय छोरा किरण र # वर्षीया छोरी प्रिया खड्काको घरभित्रै जलेर मृत्यु भएको हो । आमा सरिता र अर्को छोरा रोहित भने सकुशल रहेको प्रहरीले जनाएको छ ।
कञ्चनपुरको पुनर्बासमा आगलागी , एकै परिवारका # को मृत्यु
397
काठमाडौंको उत्तरपूर्वी भेगका गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिका जोड्ने पक्की पुल निर्माण नहुँदा स्थानीयवासी वर्षामा आवतजावतको समस्यामा पर्न थालेका छन् । गोकर्णेश्वर–# , नयाँपाटीबाट कागेश्वरी मनोहरा–# भद्रवास जोड्ने पुल निर्माण नभएको र अस्थायी पुल वर्षाको भेलले बगाएपछि स्थानीय पारि जान लामो बाटो घुम्नुपर्ने समस्यामा परेका हुन् । वाग्मती नदी हिउँदमा सजिलै तर्न सकिने भए पनि वर्षामा सकिँदैन ।
चार पटकको म्यादमा पनि पुल नबन्दा …
397
रिलायन्स लाइफ इन्स्योरेन्सले आम नागरिकमा जीवन बीमाको बारेमा जनचेतना अभिवृद्धि गर्ने हेतुले तथा ग्राहक वर्ग र रिलायन्स साथी ( अभिकर्ता ) मा थप सेवा ##सै घण्टा ### दिन प्रदान गर्नका लागि सम्पर्क केन्द्र संचालनमा ल्याएको छ । यस सम्पर्क केन्द्रबाट आम नागरिकले जीवन बीमा , कम्पनी तथा कम्पनीको योजनाहरुको बारेमा परामर्श लिनुका साथै ग्राहक र रिलायन्स साथी ( अभिकर्ता ) ले सल्लाह , सुझाव र गुनासा आदि ####### मा फोन वा कम्पनीको अधिकारिक फेसबुक , ट्वीटर , वेबसाइट , इमेल वा मोबाइल एप मार्फत आफूलाई पायक पर्ने माध्यमबाट प्रेसित वा प्राप्त गर्न सक्नेछन् । नेपालको जीवन बीमा इतिहासमा पहिलो पटक प्रदान गरिएको यो सेवाले समस्त बीमा क्षेत्रको सेवा गुणस्तर वृद्धिमा एक उल्लेखनिय योगदान प्रदान गर्ने कम्पनीले बिश्वास लिएको छ ।
रिलायन्स लाइफ इन्स्योरेन्सको ## सै घण्टा खुला रहने सम्पर्क केन्द्र संचालन
708
नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले एकताबद्ध भएर लाग्न पार्टी नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । कञ्चनपुरको बेलौरीमा आज नेपाली काङ्ग्रेस कञ्चनपुर क्षेत्र नं # को क्षेत्रीय सम्मेलन उद्घाटन गर्दै महामन्त्री कोइरालाले पार्टीलाई एकताबद्ध बनाउन वडास्तरसम्मका कार्यकर्ता लाग्नुपर्नेमा जोड दिए । पार्टीभित्र एकता नभएकै कारण काङ्ग्रेसले निर्वाचनमा हार व्यहोरेकाले पार्टीभित्र मित्रता र सहकार्य भए आगामी निर्वाचनमा काङ्ग्रेस पहिलो पार्टी हुने दाबी गरे ।
मित्रता र सहकार्यका साथ एकतामा लाग्नुस् : महामन्त्री डा . कोइराला
464
राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्या भण्डारीले तिमिल्सिनालाई पद तथा गोपनीयताको सपथ गराइन् । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन , प्रधानमन्त्री केपी शर्मा ओली , सभामुख कृष्ण बहादुर महरा लगायतको उपस्थिति थियो ।
राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले सपथ लिए
317
हाँस्य कलाकार कुमार कट्टेल ' जीग्री ' र अर्जुन घिमिरे ' पाँडे ' ले सामाजिक सेवाका लागि आफूले कमाएको # प्रतिशत र बाषिर्क ## वटा कार्यक्रम गर्ने घोषणा गरेका छन् । आफ्नो कमाइका अलवा जीग्री पाँडे प्रतिष्ठानले बाषिर्क ## वटा कार्यक्रम गरेर सामाजिक कामका लागि सहयोग संकलन गर्ने उद्देश्य राखेको प्रतिष्ठानले बताएको छ । सामाजिक कामका लागि स्थापना गरिएको जीग्री पाँडे प्रतिष्ठानले अहिले सप्तरीको गम्हरिया # , प्रवाहका दृष्टिविहिन # परिवारका लागि घर बनाउने घोषणा गरेको छ ।
दृष्टिविहिनका लागि ' जीग्री - पाँडे ' ले घर बनाउने
462
डेविड वार्नरले उत्कृष्ट अर्धशतक बनाएपछि सनराइज हैदरावादले शुक्रबार राति इन्डियन प्रिमियर लिग #### मा राजस्थान रोयल्सलाई # विकेटले हराएको छ । राजीव गान्धी रंगशालामा भएको खेलमा सन्जु सिमसनले सिजनको पहिलो शतक बनाए , तर उनको राजस्थानले # सय ## रनको स्कोरलाई रक्षा भने गर्न सकेन् । सिमसनले # सय # रन बनाएर नटआउट रहे र उनलाई कप्तान अजिन्के रहानले ## रन बनाएर बलियो साथ दिए ।
हैदरावादले हरायो राजस्थानलाई
368
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले जनकपुरको रेल्वे स्टेशन प्रहरी चौकीमा तोडफोड गरेका छन् । बन्दकर्ताहरुले प्रहरी चौकीसँगै भन्सार कार्यालयमा तोडफोडको प्रहार गरेपछि झडप भएको थियो । स्थिति नियन्त्रणमा लिने प्रयासमा प्रहरीले दुई राउण्ड हवाइ फायर र ## सेल अश्रुग्यास प्रहार गरेको छ ।
जनकपुरमा बन्दकर्ताद्वारा प्रहरी चौकी तोडफोड
292
बिजुलीबजारका बन्दकर्तालाई सम्वोधन गर्दै डा . भट्टराई# माघ , काठमाडौं । एकीकृत नेकपा माओवादी वरिष्ठ नेता डा . बाबुराम भट्टराईले ## सालमा आर्यघाटमा सेलाएका भूतहरु फेरि जाग्न थालेको बताएका छन् । ति भूतहरुलाई मन्साउन संविधानसभाबाट जनविद्रोह सुरु गरेको उनले दाबी समेत गरे ।
आर्यघाटमा सेलाएका ### साले भूत जागे : बाबुराम ( भिडियो सहित )
268
श्रीलंकाका पूर्वकप्तान अर्जुना रणतुंगाले सन् #### को विश्वकप क्रिकेटको फाइनलमा खेलमिलेमतो भएको भन्दै छानबिन गर्न माग गरेका छन् । वाङ्खडे स्टेडियममा सम्पन्न उक्त खेलमा श्रीलंका भारतसँग # विकेटले पराजित भएको थियो । ## वर्षे रणतुंगाले फेसबुकमा एक भिडियो सन्देश पोस्ट गर्दै श्रीलंकाले # विकेटले फाइनल खेल गुमाउँदा आफू अचम्मित भएको बताएका छन् ।
विश्वकप #### फाइनलमा मिलेमतोको आशंका
339
दार्चुलामा यार्सा टिप्न गएका ## वर्षका बालकको हिउँमा चिप्लेर मृत्यु भएको छ । जिल्लाको व्याँस गाउँपालिका # दुम्लिङ गोठानका अनिष विष्टको यार्सा टिप्न गएका बेला हिउँमा चिप्लेर मृत्यु भएको स्थानीय नरेन्द्र बुढोथोकीले बताए । व्याँसको दुधिवन क्षेत्रमा यार्सा टिप्न गएका बालकको पाटनबाट फर्किने क्रममा हुमदुम्ती भन्ने ठाउँमा हिउँमा चिप्लिएर # सय मिटर तल खस्दा घटनास्थलमै मृत्यु भएको हो ।
यार्सा पाटनमा हिउँमा चिप्लेर बालकको मृत्यु
379
स्पेन सुरुको दुई खेल जितेर अन्तिम ## मा पुगिसकेको थियो । अघि बढ्न क्रोएसियालाई भने कम्तीमा बराबरी गर्नुपर्ने थियो । केही मिनेटमै गोल गरेपछि स्पेन खेलमा हाबी पनि भयो ।
रणनीतिमा क्रोयसियाको सफलता
166
गत फागुन # गते भारत शासित जम्मु कास्मिरमा भारतीय सुरक्षाकर्मीलाई लक्षित गरेर भएको आत्मघाती विष्फोटमा परी ## जनाको मृत्यु भयो भने दर्जनौँ घाइते भए । चीन लगायत अन्तरराष्ट्रिय शक्तिले जघन्य आतंककारी आक्रमणको कडा निन्दा गरे । रीसको झोंकमा भारतबाट प्रसारण हुने केही सञ्चार माध्यमहरूले आक्रमणको जिम्मा लिएको जैस–ए–मोहम्मद समूहलाई बेइजिङले आश्रय दिइरहेको समेत बताए ।
ग्लोबल टाइम्सको सम्पादकीय : भारतीय मिडियाले उग्र राष्ट्रवाद छोडोस्
359
पत्रकार डेकेन्द्रराज थापाको हत्याका मुख्य आरोपितमध्येका एक जनालाई जिल्ला अदालत दैलेखले पुर्पक्षका लागि कारागार चलान गरेको छ । पत्रकार थापाको हत्यामा मुख्य आरोपित # जनामध्ये दुल्लु नगरपालिका–# छिउडीपुसाकोटका अरुण भन्ने बमबहादुर खड्कालाई जिल्ला प्रहरी कार्यालय दैलेखले मंगलबार जिल्ला अदालतमा उपस्थित गराएपछि जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । उनी फरार रहेका थिए ।
पत्रकार डेकेन्द्र हत्याका मुख्य आरोपी प्रकाउ , पुर्पक्षका लागि कारागार चलान
417
गोरखाको मकैसिङ वडा नम्बर # बाट वडा नम्बर # तर्फ घाटमा मलामी र दाउरा लिएर जाँदै गरेको ट्रक बिहीबार दुर्घटना हुँदा चारजना गम्भीर घाईते भएका छन् । क्षमताभन्दा धेरै करिब ## जना यात्रु बोकेर घाटतर्फ जाँदै गरेको ट्रक सडकबाट करिब ## मिटर तल पल्टिएको हो । बा # ख #### नम्बरको ट्रक पल्टिँदा मकैसिङ # कि रिता श्रेष्ठ , रमिता श्रेष्ठ , वडा नम्बर # का सानकान्छा गुरुङ , र मिरा गुरुङ घाईते भएका हुन् ।
## जना यात्रु चढेको ट्रक दुर्घटना
388
युरोप र एसियाका ## मुलुकले अमेरिकी जहाज निर्माता कम्पनी बोइङको ### म्याक्स # मोडलका जहाजको उडान रोकेका छन् । आइतबार इथियोपियन एयरलायन्सको सोही मोडलको जहाज दुर्घटनामा परेपछि वायुसेवा कम्पनीहरूले पछिल्लो समयमा विश्वभरि सफलता पाइरहेको उक्त मोडलका जहाजलाई ' ग्राउन्डेड ' गरेका हुन् । मंगलबार बिहानसम्म अष्ट्रेलियासहित युरोप र एसियाका अधिकांश मुलुकले बोइङ ### म्याक्स # को उडानमा रोक लगाएका छन् ।
## मुलुकले रोके बोइङ ### म्याक्सको उडान
391
प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिका सभापतिमा जयपुरी घर्ती निर्विरोध निर्वाचित भएकी छन् । समितिको आजको बैठकले उनलाई सर्वसम्मतरुपमा सभापतिमा निर्विरोध चयन गरेको हो । घर्तीको उम्मेदवारीको प्रस्तावकमा योगेशकुमार भट्टराई र समर्थकमा अन्जना बिशङ्खे रहेकी थिइन् ।
शिक्षा तथा स्वास्थ्य समितिको सभापतिमा घर्ती
261
चलचित्र ' आफ्नो मान्छे ' मा समावेश ' चट्ट रुमाल क्या मालुम ' बोलको गीतले त्यो समयमा हंगामा नै मच्चायो । अहिले पनि यो गीत दर्शक तथा श्रोताको मुखबाट हटेको छैन । केशव भट्टराइको निर्माण तथा शिव रेग्मीको निर्देशनमा तयार भएको यो चलचित्रको व्यापारमा यो गीतले ठूलो फरक पार्‍यो ।
अब सलिनमानले गाउनेछन् - ' चट्ट रुमाल क्या मालुम कोटैको खल्तीमा '
270
कम्प्युटर प्रोगामिङका विद्यार्थीहरुलाई लक्षित गरी यो वर्ष पनि कोड फर चेन्ज कार्यक्रम आयोजना हुनेभएको छ । युथ इन सोसियल चेन्जको आयोजनाका हुन लागेको विज्ञान तथा प्रविधि क्षेत्रमा अध्ययन गरेको विद्यार्थीलाई सहभागी गराइने छ । सम्बन्धित विषयको अध्यापन हुने उपत्यकाका ## कलोटमा फागुन #्र# गतेदेखि कार्यक्रम शुरु हुने कार्यक्रम संयोजक निराजन क्षेत्रीले जानकारी दिए ।
उपत्यकाका ## कलेजमा ' कोड फर चेन्ज ' कार्यक्रम हुने
359
काठमाडौं— समानुपातिक निर्वाचन तर्फ पनि छुट्टै मतपत्र छाप्नु पर्ने मागसहित दायर भएको रिटमा सर्वोच्च अदालतले आज अन्तरिम आदेश दिन नपर्ने ठहर गरेको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले उक्त आदेश दिएको हो । प्रत्यक्ष तर्फ मात्र नभएर समानुपातिकको लागि समेत छुट्टै मतपत्रको लागि आदेश माग गर्दै अधिवक्ता सुनिल कुमार पटेल र अधिवक्ता सिताराम अग्रवालले गत आइतवार छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए ।
समानुपातिकलाई छुट्टै मतपत्र पर्दैनः सर्वोच्च
401
भारतमा जारी ## औं एसियन यु–## स्कुल च्याम्पियनसिपमा नेपालले अफगानिस्तानलाई भारी गोल अन्तरले पराजित गरेको छ । भारतको आग्रामा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई ##–# गोल अन्तरले पराजित गरेको हो । नेपालको जितमा दिनेश हेन्जनले चार गोल गरे ।
स्कुल च्याम्पियन्सिपमा अफगानिस्तानविरुद्ध नेपालको ## गोल
256
रेस्ट्रोलोजी नामक एक संस्थाले नेपाल र अस्ट्रेलियाबाट एकैसाथ डिजिटल मार्केटिङ सुरु गरेको छ । सूचना तथा प्रविधिको अधिकतम प्रयोग गरेर देशलाई समृद्ध बनाउन सकिन्छ भन्नेमा जोड दिदै डिजिटल मिडियाको प्रयोग बढाउन लागि परेर संस्था स्थापना गरेको संस्थापक तथा प्रबन्ध निर्देशक सरोज रिजालले बताए । धादिङ नौविसे घर भएका रिजाल अस्ट्रेलियामा गा्रफिक्स डिजायनर का साथसाथै रेस्टुरेन्ट समेत सञ्चालन गर्दै आएका छन् ।
अस्ट्रेलियाको सिकाई नेपाली डिजिटल मार्केटिङमा
396
संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति डा . बाबुराम भट्टराईले संविधानको मस्यौदामा हस्ताक्षर गर्ने कि नगर्ने भन्नेमा आफू दोधारमा रहेको बताएका छन् । नेृपाल पत्रका्र महासंघले बुझाएको ज्ञापन पत्र बुझ्दै भट्टराईले अहिलेको मस्यौदालाई सुधार नगरी जोन हो भने उत्पीडितको माग सम्बोधन नहुने बताए । ' महिला , दलित , जनजाति सबैले आफ्नो अधिकार संविधानमा परेन भन्नु भएको छ ' उनले भने - ' उनीहरुको संविधान नबने मृत्यु पत्रमा हस्ताक्षर गरे जस्तो हून्छ ।
मस्यौदामा हस्ताक्षर गर्ने कि नगर्ने दोधारमा छु : बाबुराम
447
फिल्म खेल्दाखेल्दै अर्गानिक खेतीमा लागेकी अभिनेत्री बिनिता बराललाई कृषिले यति आकर्षित गरिन् कि उनले कृषिकै पृष्ठभूमि रहेको प्रेमकथालाई उपन्यासका रुपमा उतारेकी छन् । उनको पहिलो उपन्यास ' जुइनो ' को बिहीबार काठमाडौंमा विमोचन गरियो । अभिनेत्री ऋचा शर्मा र उनी स्वयंले उक्त कृति सार्वजनिक गरेका हुन् ।
' चपली गर्ल ' को उपन्यास ' जुइनो ' सार्वजनिक
297
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संसदमा दर्ता गरेको गुठीसम्बन्धी विधेयकबारे छलफल तीव्र पारेका छन् । आइतबार आठ दिने युरोप भ्रमणबाट फर्किएका प्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै विधेयकमा गल्ती भए सरकारले सच्याउने प्रतिवद्धता व्यक्त गरेका थिए । सोही अनुसार उनले सोमबार दिउँसो काठमाडौं उपत्यकाका नेकपा सांसद , प्रदेश सभा सदस्य , मेयर , उपमेयर र वडाध्यक्षसँग छलफल गरेका छन् ।
गुठी विधेयकबारे प्रधानमन्त्रीले गरे सांसद , मेयर र वडाध्यक्षसँग छलफल
397
उनको अफिसमा ह्विल चियरको स्टोर नै छ । तर , उनी ह्विल चियरका व्यापारी भने होइनन् । उनको अस्पताल पनि छैन ।
' मनकारी ' उद्योगी
104
सरकारी नियम–कानुन मिचेर रौतहटमा दर्जनौं संस्थागत विद्यालय सञ्चालनमा रहेका छन् । सम्बन्धित निकायबाट अनुमति नै नलिई विद्यालय सञ्चालन गर्नेदेखि एकैचोटि कक्षा अनुमति लिएको पनि पाइएको छ । जिल्लाका सबै स्थानीय तहमा सम्बन्धित निकायबाट अनुमति नै नलिई संस्थागत विद्यालयहरू सञ्चालनमा रहेका छन् भने प्राप्त अनुमतिभन्दा माथिल्लो कक्षा सञ्चालन गर्ने विद्यालय पनि दर्जनभन्दा बढी संख्यामा रहेका छन् ।
नियम मिचेर दर्जनौं संस्थागत विद्यालय
385
स्क्रव टाइफसको संक्रमणले सेती अञ्चल अस्पतालमा # जनाको मृत्यु भएको छ । मुसाबाट किर्नाले टोकेर मान्छेमा सार्ने स्क्रव टाइफसको संक्रमण कैलालीमा यो वर्ष अत्याधिक देखिएको छ । सेती अञ्चल अस्पताल मेडिकल वार्ड इन्चार्ज एशोदा ढकालका अनुसार स्क्रव टाइफसबाट ## जना प्रभावित भएका छन भने # जनाको मृत्यु भइसकेको छ ।
मुसाबाट सर्ने टाइफसले कैलालीमा # जनाको मृत्यु
301
प्रहरीले # लाख रुपैयाँ चोरी गर्दै गरेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर घर भई हाल टोखा बस्ने वर्ष ## को वसन्त परियार रहेका छन् । पाँचथर घर भएका नगेन्द्र माखिमले झोलामा बोकी हिँडेको # लाख रुपैयाँ चोरी गर्दैगर्दा महानगरीय प्रहरी वृत्त बालाजुको विशेष टोलीले परियारलाई माछापोखरीबाट पक्राउ गरेको हो ।
माछापोखरीबाट # लाख रुपैयाँ चोरी गर्दागर्दै एकजना पक्राउ
321
बुधबार राति # बजे लम्किचुहा नगरपालिका # प्रतापपुरमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ । स्थानीय ## वर्षका इन्द्र चौधरीले कुटपीट गर्दा श्रीमती ## वर्षकी गर्भा चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु भएपछि इन्द्र चौधरीले छिमेकीहरुलाई आफ्नी श्रीमती रक्सी सेवन गरेर घर छेउको सडकमा लड्दा मृत्यु भएको जानकारी दिएका थिए ।
श्रीमानको कुटपीटबाट श्रीमतीको मृत्यु
330
गैरआवासीय नेपाली संघले गोर्खाको दुर्गम हिमाली क्षेत्र लाप्राकमा निर्माण थालेको ' लाप्राक नमुना वस्ती ' बनाउन नेपाली सेनाले पनि सहकार्य गर्ने भएको छ । गैरआवासीय नेपाली संघको आह्वानमा नेपाली सेनाले शनिवार नै क्याप्टेनको कमाण्डमा ## जना दक्ष जनशक्ति लाप्राक पठाएको छ । जसमा इन्जिनियर , ओभरसियर र दक्ष निर्माण जनशक्तिसमेत रहेका छन् ।
लाप्राक पुननिर्माणमा एनआरएनलाई नेपाली सेनाले सघाउने
329
काठमाडौ–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चाड पर्वको अवसरमा आयोजना गर्न लागेको चियापानका लागि # लाख जनालाई निम्तो पठाएको जनाएको छ । कांग्रेसले विजया दशमी , दिपावली , नेपाल संवत , छठलगायत पर्वका अवसरमा शुक्रबार पार्टी केन्द्रिय कार्यालय सानेपामा चियापान कार्यक्रमको आयोजना गर्दैछ । चियापान कार्यक्रममा विभिन्न क्षेत्रका करीब एक लाख व्यक्तित्वलाई निमन्त्रण गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् ।
कांग्रेसको चियापानमा एक लाखलाई निम्तो
415
पोखरा–बागलुङ सडकलाई फराकिलो र सुधार गर्नका लागि दैनिक साढे छ घण्टा बन्द गर्न थालिएको छ । सडक फराकिलो बनाउने क्रममा कास्की जिल्ला , अन्नपूर्ण गाउँपालिकामा पर्ने गिरिचोकदेखि नयाँपुल बजार खण्डमा शनिबारदेखि दैनिक छ घण्टा सडक बन्द गर्न थालिएको हो । आयोजनाको घट्टेखोलादेखि नयाँपुल खण्डमा सडक फराकिलो पार्ने काम गरिरहेको एपेक्स कन्स्ट्रक्सन कम्पनी प्रालिले बिहान # देखि #ः## बजेसम्म डेढ घण्टा तथा बिहान #ः## देखि ##ः## सम्म एक घण्टा बन्द गर्न थालिएको छ ।
मर्मतका लागि पोखरा - बागलुङ सडक छ घण्टा बन्द
447
संघीय संसद् ( प्रतिनिधिसभा र राष्ट्रियसभा ) को सोमबारदेखि शुरु हुने चौथो अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् भवन नयाँबानेश्वरमा यही वैशाख ## गते अपराह्न # बजेका लागि दुवै सदनको अधिवेशन आह्वान गरेकी छिन् । नेपालको संविधानमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट सङ्घीय संसद्को अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था छ ।
संसद्को चौथो अधिवेशनको तयारी पूरा , वार्षिक नीति तथा कार्यक्रम र बजेट आउने
353
' नाजी होस् या आर्थिक मन्दी वा लगातारको स्वामित्व परिवर्तन नै किन नहोस् , केहीले पनि जिपलाई अहिलेसम्म रोक्न सकेको छैन । भविष्यमा जिप ब्रान्ड जस्कोसुकै हातमा गए पनि यो निरन्तर दौडिरहनेछ । ' अमेरिकी अटो ब्रान्ड जिपबारे चर्चित भनाइ हो यो ।
जिपको नालिबेलीः रेकर्डमाथि रेकर्ड , एसयूभीमा सबैभन्दा ठूलो विरासत
236
सरकारले घोषणा गरेको पर्यटन वर्ष – #### लाई सफल पारौं भन्दै पैदल यात्रामा निस्किएको टोली सोमबार हेटौंडा आइपुगेको छ । मुलुकको समृद्धिको लागि पर्यटन वर्ष महत्वपूर्ण रहेको भन्दै कञ्चनपुरको डड्डा चौकीबाट यात्रा थालेको दुई सदस्य टोली राजमार्गमा पर्ने ठूला शहरको यात्रा गर्दै हेटौंडा आइपुगेको हो । सरकारको महाअभियानलाई सफल बनाउन नागरिकको जिम्मेवारी भएकाले मंसिर ## गतेबाट महाकाली–मेची यात्रा थालेको टोलीका सुरेश उप्रेतीले बताए ।
पर्यटन वर्ष #### को नारा बोकेको टोली हेटौंडामा
421
काठमाडौं - नेपाल भ्रमणमा रहेका मलेसियाका मानव संसाधनमन्त्री एम कुलाशेगरानले आज बिहान पशुपतिनाथको दर्शन गरेका छन् । करीब दुई घण्टा पाशुपत क्षेत्रमा रहेका उनले पशुपति नाथको मूल मन्दिर , ## शिवालय , गोरखनाथलगायत विभिन्न मठमन्दिरको अवलोकन गरे । मन्त्री कुलाशेगरानलाई पशुपति विकास क्षेत्र कोषका कार्यकारी निर्देशक रमेश उप्रेती र सदस्यसचिव प्रदीप ढकालले अवलोकन गराएका थिए ।
मलेसियाका मानव संसाधनमन्त्री पशुपतिमा
367
साउनको महिना , आउँदै गरेको तीज काठमाडौंको इन्द्रचोकको पोते बजार निकै व्यस्त छ । सतुंगलबाट आएकी दुर्गा ज्ञवाली पोते बजारमा नौगेडी बनाउँदै गरेकी भेटिइन् । साउन महिनादेखि तीज र दसैँसम्म लगाउनका लागि नौगेडी किन्न लागेको उनी बताउँछिन् ।
साउन : पोते र मेहन्दी ( भिडियो )
231
च्याम्पियन्स लिग अन्तर्गत प्रिक्वाटरफाइनलको पहिलो लेगमा इङ्लिस क्लब टोटेनह्यामले जर्मन क्लब बोरुसिया डर्टमुन्डलाई #–# ले स्तब्ध पार्दै अघिल्लो चरणको यात्रा बलियो बनाएको छ । बिहीबार राति घरेलु मैदानमा भएको खेलमा टोटेनह्यामका लागि सन ह्युङ मिन , भर्टोन्घन र फर्नान्डो लोरेन्टेले गोल गरे । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि ## औं मिनेटमा जान भर्टोन्घनको क्रसमा दक्षिण कोरियाली खेलाडी ह्युङ मिनले गोल गर्दै टोटेनह्यामलाई सुरुवाती अग्रता दिलाए ।
बोरुसिया डर्टमुन्डविरुद्ध टोटेनह्यामको शानदार जित
469
स्वास्थ्य अवस्थाको कारण शो नै बन्द गरेर उपचार गराएका भारतीय कमेडियन कपिल घर फर्किएका छन् । ## दिनको आयुर्वेदिक उपचारपछि मुम्बई फर्किएका हुन् । ## दिनको लागि बेंगलुरुमा भर्ना भएका उनी केही दिनपछि नै फर्किएपछि अब उनले आफ्नो फिल्म ' फिरंगी ' को शुटिङ पुरा गर्ने जनाइएको छ ।
उपचारबाट फर्के कपिल , अब शो को शुटिङ सुरु गर्ने
270
गत शुक्रबार प्रतिनिधिसभा बैठकमा जुम्लाका नेकपा सांसद गजेन्द्रबहादुर महतले कर्णालीका विभिन्न जिल्लामा सरकारले छाउगोठ भत्काएकामा आपत्ति जनाए । संसद्को शून्य समयमा बोल्दै उनले भनेका थिए , ' हिजो गोर्खाली सेनाका नाममा र आज छाउगोठका नाममा हाम्रा घर भत्काइएको छ । के हेरेर बसेको छ गृह मन्त्रालय ? ' मानिसहरूको गाँस , बास र कपासको न्यूनतम आवश्यकता पूरा नगरी छाउगोठ भत्काएर मात्रै प्रथा अन्त्य नहुने उनको भनाइको अर्थ थियो ।
छाउगोठ भत्काउने अभियानमा सांसद विभाजित
415
चितवनमा डेङ्गुका कारण एक जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनकाअनुसार चितवन मेडिकल कलेजमा उपचाररत ## वर्षीया एक महिलाको मृत्यु भएको हो । कार्यालयका प्रमुख दिपक तिवारीका अनुसार लमजुङ दूधपोखरी–# विचौर स्थायी घर भई नवलपुरको गैँडाकोट निवासी सरस्वती न्यौपानेको कात्तिक # गते बिहान उपचारको क्रममा मृत्यु भएको हो ।
डेङ्गुका कारण चितवनमा एकको मृत्यु
317
सर्वोच्च अदालतको फैसलापछि विकसित नयाँ राजनीतिक परिस्थितिमा प्रमुख प्रतिपक्षी एमालेले ' पर्ख र हेर ' को रणनीति लिएको छ । अदालतको फैसलापछि विकसित राजनीतिक परिस्थितिबारे समीक्षा गर्न मंगलबार बसेको एमाले स्थायी कमिटीको बैठकले आन्दोलनरत नौ दल , संसद्मा प्रतिनिधित्व गर्ने अन्य दलसँग परामर्शपछि आगामी कदम निर्धारण गर्ने निर्णय लिएको छ । ' संविधान कार्यान्वयनका लागि प्रमुख दल मिल्नुको विकल्छ छैन ।
' पर्ख र हेर ' रणनीतिमा एमाले
391
चितवन जिल्लामा थप चारजनामा स्वाइन फ्लु लागेको पुष्टि भएको छ । पछिल्लो परीक्षण प्रतिवदेनमा थप चारजनालाई स्वाइन फ्लु भनेर चिनिने इन्फ्लुएन्जा ए एचवान एनवान सङ्क्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । यसअघि जिल्लामा # जनामा स्वाइन फ्लु लागेको पुष्टि भएको थियो ।
चितवनमा थप चारमा स्वाइन फ्लु , संक्रमितको संख्या ## पुग्यो
269
ललितपुर , महालक्ष्मीका उत्तम थापा ( नाम परिवर्तन ) को बाल्यकालीन सपना थियो - प्रहरीमा जागिर खाएर देशको सेवा गर्ने । #### सालमा उनको रहर पूरा भयो । उनी नेपाल प्रहरीमा ' असई ' पदबाट जागिरे भए ।
सेना–प्रहरीमा सेवा अवधि नपुग्दै जागिर छाड्ने प्रवृत्ति बढ्दो
191
कोरियन एम्बासडर राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिताको नवौं संस्करण आइतबारदेखि सुरु भएको छ । प्रतियोगितामा ##औं दक्षिण एसियाली खेलकुदका लागि राष्ट्रिय टोलीको क्याम्पमा रहेका खेलाडीहरू पनि सहभागी छन् । पहिलो दिन जुनियर विधाको पुम्सेमा राष्ट्रिय टोलीका खेलाडीले सफलता हासिल गरे ।
कोरियन एम्बासडर तेक्वान्दो सुरु
278
## साउन , काठमाडौं । कानूनमन्त्रीबाट राजीनामा दिएका शेरबहादुर तामाङ्ले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । ' म जम्मा ### दिन मन्त्री भएँ ' , तामाङ्ले सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै भने , ' मन्त्री पद सम्हादा र अहिले सम्पत्ति विवरणमा खासै फरक छैन् ।
पूर्वमन्त्री तामाङ्ले सार्वजनिक गरे सम्पत्ति , तलवभत्ता ऋण तिर्नै ठिक्क
257
मोहन बैद्य नेतृत्वको नेकपा ( क्रान्तिकारी माओवादी ) ले आगामी मंसीर ## गते हुने उपनिर्वाचिन बहिष्कार गर्ने भएको छ । नेकपा ( क्रान्तिकारी माओवादी ) ले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो उपनिर्वाचन सक्रिय रुपमा बहिष्कार गर्ने निर्णय गरिएको जानकारी गराएको हो । निर्वाचन आयोगले तीन वटै तहको विभिन्न ## वटा स्थानमा हुने उपनिर्वाचनका लागि कार्यतालिका समेत सार्वजनिक गरेपछि बैद्य नेतृत्वको नेकपा ( क्रान्तिकारी माओवादी ) ले सो उपनिर्वाचन सशक्त रुपमा बहिष्कार गर्ने घोषणा गरेको हो ।
बैद्य माओवादीले उपनिर्वाचिन बहिष्कार गर्ने
479
नेपाली कांग्रेसका सहमहामन्त्री डा . प्रकाशशरण महतले उद्योग व्यवसाय बढेर युवाहरुले रोजगारी पाए मात्र देशमा समृद्धि भित्रने बताएका छन् । प्रेस युनियन नुवाकोटले शुक्रबार विदुरमा आयोजना गरेको पत्रकार भेटभाटमा सहमहामन्त्री महतले सरकारले लिएको सुखी नेपाली समृद्ध नेपालको नारालाई कार्यान्वयन गर्न सरकारी पक्षबाट कुनै पहल नभएको आरोप लगाएका छन् । गफ मात्र गर्ने सरकार भएकोले जनताले वलीको सरकारबाट मुक्ति खोज्न थालेको भन्दै डा . महतले भने , ' देशमा जनता महङ्गी , कर , व्याजदरले आक्रान्त छन् ।
युवाहरुले रोजगारी पाए मात्र समृद्ध नेपाल बन्छ : नेता महत
482
महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकलको लुकिङ ग्लास तोडमोड गर्ने या परिवर्तन गरेर राख्ने चालकलाई कारवाही थालेको छ । लुकिङ ग्लासको जथाभावी प्रयोग गर्ने , हटाउने तथा स्वरूप परिवर्तन गरेका कारण चालकले पछाडिको सवारी नदेख्दा दुर्घटना बढेको भन्दै महाशाखाले उक्त अभियान थालेको आज एक सूचना जारी गरी जनाएको छ । लुकिङ ग्लास फोल्ड गर्ने , नराख्ने तथा नदेखिने गरी राख्ने चालकमाथि शुरु भएको अभियानअन्तरगत शनिबार पहिलो दिन ### चालकलाई कारवाही गरिएको महाशाखाले जनाएको छ ।
मोटरसाइकलको लुकिङ ग्लास परिवर्तन गरे कारवाही
462
इलाम– राधा दर्जीले चियाको बोट सुम्सुम्याउनु भएको ## वर्ष भयो । सूर्योदय नगरपालिकाकी दर्जी कन्याम चिया बगानमा कार्यरत रहेकी छिन् । मेची राजमार्ग छेउमा पर्ने कन्याम चिया बगानमा चिया हेर्न , फोटो खिच्न , घुम्न अनी रमाइलो गर्न दैनिक सयौँ पर्यटक आउँछन् तर दर्जीलाई कोही कसैले भुल्याउन सक्दैनन् ।
इलामको चियाः न लाग्छ शनिबार , न छुन्छ सार्वजनिक बिदाले
290
पोखरा सभागृह प्रेक्षालयमा बसेका दर्शक तथा स्रोता सबैको मञ्चमा केन्द्रित थियो । हल यसरी मौन बसको थियो कि चाँडै केही हुँदैछ । स्टेजको डिजिटल स्त्रिmनमा क्रमशः काउनडाउन सुरु भयो – ' ## , # , # , …… . # , # , # ।
पोखरामा प्रमोद खरेलको हाइहाई
208
विदेशी साइबर आक्रमणबाट अमेरिकी कम्प्युटरलाई जोगाउन भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय संकटकाल घोषणा गरेका छन् । ट्रम्पले एक कार्यकारी आदेश जारी गरेर राष्ट्रिय संकट घोषणा गरेको बीबीसीले जनाएको छ । ट्रम्पको यस घोषणासँगै अमेरिकी कम्पनीहरुलाई विदेशी टेलिकम सेवा उपयोग गर्न प्रतिवन्ध लगाइएको छ ।
अमेरिकामा साइबर हमलाको खतरा , राष्ट्रिय संकटकाल घोषणा
299
नेत्रविक्रम चन्द ' विप्लव ' ( फाइल तस्वीर ) ## मंसिर , काठमाडौं । नेपाली भूमिमा प्रवेश गरी नेपालीलाई गोली हानेको घटनामा पश्चाताप गर्दै भारतले सार्बजनिकरुपमा माफी माग्नुपर्ने नेत्रविक्रम चन्द ( विप्लव ) नेतृत्वको नेकपा माओवादीले बताएको छ । विप्लव र केन्द्रीय जनपरिषद नेपालले बिहीबार छुट्टा छुट्टै विज्ञप्ति निकालेर उक्त घटनाले स्वाभिमानी नेपालीलाई आक्रोशित तुल्याएको भन्दै माफी माग्न भनेका हुन् ।
विप्लव भन्छन् - सुनसरी घटनामा भारतले सार्बजनिक माफी मागोस्
395
तुमेवा गाँउपालिकाको प्रमुख पदमा नेपाली काग्रेसका होम थापा विजयी भएका छन् । उनले नेकपा ( माओवादि ) केन्द्रका देवेन्द्र खत्रीलाई ### ले हराउँदै थापा विजयी भएका छन् । थापाले माओवादि–नेकपा ( एमाले ) को तालमेललाई हराएको हो ।
तुमेवामा काग्रेसका होम थापा विजयी
219
स्थानीय तहको निर्वाचनमा तेस्रो लिंगी , यौनिक तथा अल्पसंख्यकबाट एक जनाले मात्रै वडा सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् । पहिलो चरणमा हुने स्थानीय तह निर्वाचनका लागि तीन प्रदेशका ## जिल्लाका दुई सय ## स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिका वडा नं ## को वडा सदस्यमा संघइय समाजवादी फोरम तथा नयाँशक्तिका तर्फबाट दीपेश भण्डारीले मात्रै उम्मेदवारी दर्ता गरेको नीलहीरा समाजले जनाएको छ । समाजका अनुसार तेस्रो लिंगीका तर्फबाट नागरिकता लिएकामध्ये एक सय ## जनाको मात्रै मतदाता नामावलीमा नाम छ ।
तेस्रो लिंगी मतदाता ### , उम्मेदवार एक
487
काठमाडौंवासी मस्त निदाइरहँदा सडक सफा गर्न निस्किन्छिन् , पूर्णमाया देउला । ## वर्षीया देउलाको दिनचर्या बिहान साढे चार बजेबाटै सुरु हुन्छ । काठमाडौं महानगरपालिकाकी सफाइ कर्मचारी उनी साँखुदेखि धाएर सडक सफा गर्न एकाबिहानै आइपुग्छिन् ।
जसको आधा जीवन सडक बढार्दै बित्यो
231
प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरीका चाङ लागेका छन् । संसदीय सुनुवाइ समितिले उजुरीकर्तासँग शुक्रबार छलफल गरेको छ । उजुरीका विषयलाई लिएर समितिले गोप्य रुपमा छलफल गरेको थियो ।
प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उजुरीको चाङ
221
भक्तपुरमा अपराधका घटनामा कमी आएको तथ्यांकले देखाएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष #### । ### साउनदेखि चालू आर्थिक वर्ष #### ।
भक्तपुरमा घट्यो अपराधका घटना
181
खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा सञ्चालित होलेसुङ–जनकराज राई मार्ग गोल्डकपको चौथो संस्करणको उपाधि खामाखा खार्चुङ समाज दुर्छिमले जितेको छ । शुक्रबार हलेसी तुवाचुङ नगरपालिका–# दुर्छिमको बोहेम्मास्थित कृष्णराम–मोतिप्रसाद राई खेलमैदानमा भएको फाइनल खेलमा खारम्बु स्पोर्टस् क्लव खार्मीलाई पछि पार्दै खामाखा खार्चुङ समाजले पहिलो उपाधि हात पारेको हो । प्रतियोगितामा खामाखा खार्चुङ समाजले जितका लागि # गोल गर्दा खारम्बु स्पोर्टस् क्लवले # गोल गरेको साकेला सिली फुटबल क्लबका अध्यक्ष कमल राईले बताए ।
होलेसुङ–जनकराज मार्ग गोल्डकपको उपाधि खामाखालाई
490
बुधबार सेयर बजार स्थिर देखिएको छ । नेप्से परिसूचक बुधबार # . ## प्रतिशत अर्थात # दशमलव ## अंकले मात्रै बढेको छ । कारोबार भने मंगलबारको तुलनामा ओरालो लागेको छ ।
सेयर बजार स्थिर , कारोबार संख्या घट्यो
159
देशमा यतिबेला माग्नेहरुको भीड छ । कोही एक करोड रुपैयाँ उपचार खर्च माग्दैछन् , कोही चाँहि जनयुद्धका बेला करङमा अड्किएका गोलीका छर्रा निकाली पाउँ भन्दै राज्यसँग हारगुहार गर्दैछन् । आलिशान महलमा बस्नेदेखि कमिलाकुटीसम्म सबैको नजर सरकारी ढिकुटीतिरै छ ।
सुजाताले एक करोड माग्दा पूर्वलडाकू भन्छन् - महिनामा एक बोरा चामल चाहियो !
247
मानिस बिरामी हुँदा औषधोपचार गर्छ र उपचार गर्दा पनि निको नभएपछि भगवान पुकार्न थाल्छ । भगवानले रोग निको पारिदिन्छन् भन्ने आशाले मान्छे अध्यात्मतिर लागेको त देखिएकै हो । तर यदि मानिसको रोग हरण गरिदिने विश्वासमा पुजिने भगवान नै बिरामी परे भने के होला ? सायद आफु त महादेव उत्तानो पर , कसले दला वर ? भन्ने उखान चरितार्थ होला ।
मन्दिरका भगवान नै बिरामी भएपछि…
320
काठमाडौं - ललितपुरस्थित महालक्ष्मी नगरपालिकाले शिक्षकको तलब आफैँ वितरण गर्न थालेको छ । संविधानको अनुसूची # बमोजिम स्थानीय तहको शिक्षाको अधिकार कार्यान्वयन गर्दै नगरपालिकाले आफ्ना नगरक्षेत्रका शिक्षकको तलब वितरण गर्न थालेको नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले जानकारी दिए । उनका अनुसार नगरपालिकामा शिक्षा विभाग गठन गरेसँगै मंसिरदेखि नै नगरभित्रका सबै सामुदायिक विद्यालयका शिक्षकको तलब वितरण गर्न थालिएको हो ।
नगरपालिकाले शिक्षकलाई तलब बाँड्ने
409
दाङको बबई नदीमा आएको बाढीले तुलसीपुर उपमहानगरपालिकाका केही बस्ती डुबानमा परेका छन् । साथै जिल्ला सदरमुकाम घोराहीसँग तुलसीपुरको यातायात सम्पर्क बिच्छेद भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ## को बखरिया , गोल्टाकुरीको कलम खोला , मोतिपुर , बाँकी गाउँ लगायतका स्थानमा बबई नदीको बाढी पसेको छ ।
बबईको बाढीले तुलसीपुर डुबानमा , घोराहीसँग यातायात सम्पर्क बिच्छेद
294
यसवर्षको गोतामे पत्रकारिता पुरस्कार , सप्तरीको कञ्चनपुरका पत्रकार भोलाप्रसाद पासवानलाई प्रदान गरिएको छ । गोपालचन्ऽ गौतम स्मृति प्रतिष्ठानले प्रत्येक वर्ष प्रदान गर्दै आएको पुरस्कार पासवानलाई प्रदान गरिएको हो । प्रतिष्ठानका अध्यक्ष जगदिशप्रसाद शर्माको अध्यक्षतामा , नेपाल पत्रकार महासंघमा बुधबार आयोजित पुरस्कार वितरण समारोहमा पासवानलाई पुरस्कार प्रदान गरिएको हो ।
भोलालाई गोतामे पत्रकारिता पुरस्कार , सुनको सिक्का र सम्मानपत्र प्रदान
363
आँधी र हावाहुरीका कारण जनधनको क्षति भएको बारा र पर्सामा सर्वसाधारणको उपचारका लागि नेपाल प्रहरी अस्पतालबाट चिकित्सकको टोली गएको छ । प्रहरी अस्पतालबाट प्रहरी नायब उपरीक्षक डा . सुरेन्द्र साहको नेतृत्वमा # जना चिकित्सकसहित # जना स्वास्थ्यकर्मीको टोली बारा पुगिसकेको छ । त्यस्तै प्रहरी नायब उपरीक्षक डा . अमिनकुमार श्रेष्ठको नेतृत्वमा चिकित्सक र स्वास्थ्यकर्मीको थप टोली सोमबार बिहान ## : ## बजे प्रभावित क्षेत्रतर्फ प्रस्थान गरिसकेको नेपाल प्रहरी अस्पतालले जनाएको छ ।
आँधी र हावाहुरी प्रभावित क्षेत्रमा नेपाल प्रहरी अस्पतालका दुई टोली
464
विश्व शान्ति महिला संघ ( कोरिया ) ले धनुषाको गणेशमान चारनाथ नगरपालिका , वीरेन्द्रबजारस्थित राष्ट्रिय माविलाई ## कोठे भवन हस्तान्तरण गरेको छ । एक करोड ## लाख ## हजार रुपैयाँ लागतमा निर्माण गरिएको उक्त भवनको साँचो संघकी अध्यक्ष योङ सुन चोईले बुधबार एक समारोहका बीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमबहादुर थापा तथा प्रधानाध्यापक हिरालाल साहलाई हस्तान्तरण गरेकी हुन् । शिक्षामा सबैको पहुँच र स्तरीय शिक्षाका लागि आवश्यक भौतिक पूर्वाधारमा सहयोगस्वरूप उक्त भवन निर्माण गरिदिएको चोईले बताइन् ।
कोरियाली महिलाको सहयोगमा विद्यालय भवन
492
तीनकुनेनजिक गए राति भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । कोटेश्वरबाट गौशाला जाँदै गरेको बा##प नम्बरको मोटरसाइकल राति करिब # बजे पल्टिँदा चालक ललितपुर इमाडोलका ## वर्षीय राजु तामाङका साथै पछाडि सवार काभ्रेपलाञ्चोकका ## वर्षीय विशाल लामाको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका तामाङ र लामालाई उपचारको क्रममा मीनभवनस्थित निजामती अस्पतालमा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
तीनकुनेनजिक मोटरसाइकल दुर्घटनामा , दुईको मृत्यु
414
मन्त्री वा कुनै ठूलो नेता आउने हल्ला चल्यो कि दाङ जिविस कार्यालयमा चिन्ता छाउन थाल्छ । चिन्ताको कारण हो - भिआइपीलाई गाडी उपलब्ध गराउनुपर्ने बाध्यता र त्यसले कामकाजमा पार्ने असर । ' मन्त्रीको पाइला पर्‍यो कि उनको पार्टीका नेता–कार्यकर्ताले अघिपछि हिँड्न सरकारी गाडी नै ताक्छन् , ' जिविसका एक कर्मचारीले भने , ' गाडीका लागि कतिपय नेता कार्यालयमै ताकेता गर्न आउँछन् ।
' भिआइपी ' ले आजित सरकारी कार्यालय
364
प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणको काममा आवश्यकभन्दा बढी मुआब्जा माग्ने प्रचलनप्रति गुनासो व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले भने , ' आफ्नो जग्गा वा सम्पत्ति बिक्री गर्दा राज्यलाई कम राजश्व तिर्न परोस् भन्ने मान्यता राख्ने , तर सरकारसँग लिन परे भने असाध्यै धेरै माग्ने प्रवृत्ति हावी भयो । यस्तो प्रवृत्तिले विकास निर्माणको काममा ढिलाइ हुने गरेको छ ।
विकास निर्माणका काममा अनावश्यक मुआब्जा माग्ने प्रवृत्ति बढ्यो : प्रधानमन्त्री
366
पूर्वमन्त्री तथा नेपाली कांग्रेस नेता कुलबहादुर ( केबी ) गुरुङले इलामको बालमन्दिर विद्यालय मतदान केन्द्रबाट मतदान गरेका छन् । मतदानपछि गुरुङले लामो समयपछि संसदीय निर्वाचन हुनु नै लोकतन्त्रका लागि ' शुभसंकेत ' भएको बताए । ' हुँदैन , हुँदैन भन्दाभन्दै शान्तिपूर्ण रूपमा चुनाव भयो , यो नै खुसीको कुरा हो , ' मतदानपछि नागरिकसँग कुरा गर्दै गुरुङले भने , ' राम्रा मान्छेले जितुन् , मेरो यही शुभकामना र बधाई ।
राम्रा मान्छेले जितुन् : केबी गुरुङ
402
आउँदो ## असोजमा राजधानीमा हुने ' जम्बोरी नाइट ' ' फेसन शो तथा म्युजिकल नाइट ' का लागि मोडल छनौट भएका छन् । प्यासिफिक इभेन्ट एण्ड मेनेजमेन्टको आयोजनामा हुन लागेको कार्यक्रममा विभिन्न डिजाइनरको सिर्जनात्मक पहिरनमा मोडलहरु र्याम्पमा प्रस्तुत हुँदैछन् । फेसन नाइटका लागि आइतबार राजधानीमा मोडलहरुको अडिशन लिइएको थियो ।
' जम्बोरी नाइट ' लागि छानिए मोडल
313
अर्थसचिव डा . राजन खनालले पुँजी बजारका नियामकलाई प्रभावकारी रुपमा आफ्नो भूमिका निर्वाह गर्न निर्देशन दिएका छन् । नियामकले पुँजी बजारको विकासका लागि तदारुकता नदेखाएको भन्दै लगानीकर्ताले गुनासो गरेका बेला अर्थसचिवले यस्तो निर्देशन दिएका हुन् । सम्बद्ध पक्षसँग बारम्बार भेट गर्दै लगानीकर्ताले अनलाइन ट्रेडिङको विकास , नेप्से निजीकरण , मार्केट डिलरको संचालन , गैरआवासीय नेपालीलाई लगानीको वातावरण बनाउन आग्रह गर्दै आएका छन् ।
पुँजी बजारका नियामकलाई प्रभावकारी काम गर्न अर्थसचिवको निर्देशन
420
हुण्डाईले आफ्नो लोकप्रिय ह्याचब्याक स्यान्ट्रोलाई फेरि बजारमा ल्याउने भएको छ । तर , स्यान्ट्रो अब विल्कुलै नयाँ डिजाइन र फिचर्ससहित उपलब्ध हुनेछ । #### बाट उत्पादन बन्द भएको स्यान्ट्रो # वर्षपछि सन् ####मा नयाँ अवतारमा बजारमा उतार्ने तयारी हुण्डाईले गरिरहेको छ ।
नयाँ अवतारमा आउँदै हुण्डाईको ' स्यान्ट्रो ' , के - के हुनेछन् फिचर्स ?
262
नरहरीनाथ गाउँपालिकामा नेकपा एमालेका धिरबहादुर बिष्ट विजयी भएका छन् । उनी निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मिनबहादुर बोगटीलाई ### मतले पछि पार्दै बिष्ट प्रमुखमा विजयी भएका हुन् । उनले उनी #### मत प्राप्त गरे भने बोगटीले #### मत प्राप्त गरेका छन् ।
कालिकोटको नरहरीनाथमा एमालेका धिरबहादुर बिष्ट विजयी
253
न्यूजिल्याण्डलाई हराउँदै अष्ट्रेलिया टी - ट्वान्टी महिला विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति समूहको आफ्नो तेस्रो खेलमा न्यूजिल्याण्डलाई ## रनले हराउँलै समूहमा बीमा लगातारा तेस्रो जित निकाल्दै अष्ट्रेलिया एक खेल अगाडि अन्तिम चारमा प्रवेश गरेको हो । अष्ट्रेलियाको जितमा एलीसा हेलीले सर्वाधिक ## रनको अर्धसतकीय पारी खेल्दा मेगन शटले # ओभर बलिङ गर्दै ## रन खर्चिएर # विकेट लिइन् ।
लगातार तेस्रो जितसँगै अष्ट्रेलिया महिला टी - ## विश्वकपको सेमिफाइनलमा
391
भारतको उत्तरी राज्य कश्मिरमा मोदी सरकारले फोन र इन्टरनेट बन्द गरिदिएको छ भने राज्यका दुई पूर्व मुख्यमन्त्रीहरुलाई घरमै नजरबन्दमा राखेको छ । पुर्व मुख्यमन्त्रीहरु ओमार अब्दुल्लाह र मेहबुबा मुफ्तीलाई उनीहरुको घरमै गए रातिदेखि नजरबन्दमा राखिएको छ । प्रमुख प्रतिपक्षी दल कंग्रेस आई र कम्युनिष्ट पार्टीका केहि नेतालाई पनि गिरफ्तार गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
कश्मिरमा फोन - इन्टरनेट बन्द , पूर्व मुख्यमन्त्री अबदुल्लाह र मुफ्ती नजरबन्दमा
368
अज्ञात समूहले घरमा आगजनी गरेपछि खोटाङमा एक परिवार विचल्लीमा परेको छ । कोही नभएकोबेला रातका समयमा भएको आगजनीमा घर जलेपछि रावाबेँसी गाउँपालिका–# हौंचुर गिद्धेका डाकमान बिकको परिवार बिस्थापित भएको हो । डाकमान रोजगारीका लागि सिन्धुपाल्चोक पुगेको र श्रीमती माईती गएको बेलामा शनिबार घरमा आगजनी भएको बिक परिवारले बताएका छन् ।
घरमा आगजनी गरेपछि विक परिवार विचल्लीमा
318
हामी अहिले बौद्धिकताको ' स्वर्णयुग ' मा छौं । अर्थात् , हाम्रो बौद्धिक क्षमता उच्च विन्दुमा छ । बौद्धिकता के हो ? कसको कति हुन्छ ? यसको परीक्षण विधि सय वर्षअघि नै लागू भइसकेको थियो , जसलाई ' इन्टेलिजेन्स कोसन्ट ' भनिन्छ ।
के हाम्रो नयाँ पुस्ता बोधो हुँदैछ ?
221
सरकारी तथ्यांकअनुसार जिल्लाका ## . # प्रतिशत उपभोक्ताले खानेपानी तथा सरसरफाइको सुविधा पाएका छन् । सदरमुकामसहित गाउँगाउँको अवस्था हेर्ने हो भने यो तथ्यांक सही लाग्दैन । सदरमुकाममा बाह्रैमास खानेपानी अभाव चुलिँदो छ ।
एडिबीले हात झिकेपछि खानेपानी अायाेजना अन्याेलमा
214
दक्षिण एसियाली खेलकुद सागमा सफल आठौं संस्करणको ## स्वर्णको कीर्तिमान बिहीबार बराबरी भएको छ । नेपालमा जारी ## औ सागमा नेपालले बिहीबार दुई स्वर्ण थप्दै तालिकामा ## औं स्वर्ण पुर्‍याउँदा नेपालको कीर्तिमानी साग इतिहासमा बराबरी भएको हो । यस अघि #### मा स्वर्ण पदक जितेकी उसुकी निमा घर्ती मगर र साइक्लिङका लक्ष्मी मगरले स्वर्ण जितेपछि ## औं सागमा नेपालको स्वर्ण संख्या ## पुगेको छ ।
## औं साग : ## स्वर्णको कीर्तिमान बराबरी
376
शुक्रबार बिहानै एसिड प्रहारबाट घाइते भएकी ## वर्षीया किशोरी मुस्कान खातुनलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ । एसिड प्रहार भइसकेपछि नारायणी अस्पतालमा लगिए पनि अवस्था गम्भीर भएकोले थप उपचारको लागि उनलाई काठमाडौं रिफर गरिएको हो । संघीय सांसद प्रदिप यादवको सहयोगमा काठमाडौं रिफर गरिएको हो ।
एसिड प्रहार गरिएकी किशोरीलाई काठमाडौं रिफर
294
चिरञ्जीवी पौडेल## माघ , काठमाडौं । गत शुक्रबार राति भुकम्प आउँदा नायक आर्यन सिग्देल आफ्नी पत्नी सपनाको हात समाएर राइजिङ मलमा सिनेमा हेरिरहेका थिए । उनको अर्को हातमा थियो आइफोन - # एस ।
ईश्वरले फिर्ता गरे आर्यनको आइफोन
184
नेपालका लागि संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषले महिला र किशोरीहरूका स्वास्थ्य र अधिकारलाई रक्षाका लागि आफ्ना प्रयास दोब्बर बनाउन आग्रह गरेको छ । विश्व जनसंख्यादिवसमा नेपालका लागि राष्ट्रसंघीय जनसंख्या कोष प्रतिनिधि जुलिया भलिसीले प्राकृतिक विपत्तीको तयारी र आपत्कालीन सहायताहरूमा प्रजनन् स्वास्थ्यलाई पनि समेटेर लैजानु पर्नेमा जोड दिएकी छन् । उनले भनेकी छन् - ' निकट भविश्यमाअझ स्थायित्वपूर्ण नेपालको परिदृश्यलाई सवलिकृत गर्न स्वास्थ्य , अधिकारहरू र महिलाको पूर्ण सहभागिता , वयस्ककिशोरीहरू र युवाकाआवश्यकताहरूलाई अहिलेको पुनर्निमाणको चरणमा प्राथमिकतादिनु आवश्यक छ ।
महिला र किशोरीको अधिकार रक्षामा जोड
566
फाइल फोटो## असोज , काठमाडौं । एसियन खेलकुद अन्तर्गत दक्षिण कोरियामा जारी पुरुष क्रिकेट तर्फको तेस्रो क्वाटरफाइनल खेलमा नेपाल # रनले पराजित भएको छ । दक्षिण कोरियाको इन्छनमा बुधबार भएको खेलमा अफगानिस्तानले नेपाललाई # रनले पराजित गरेको हो ।
नेपाल अफगानिस्तानसँग # रनले पराजित
237
प्रधानमन्त्री केपी शर्मा ओलीले यही महिना भारत भ्रमण गर्ने तयारी भइरहेको छ । चैत चौथो साता भ्रमण हुनसक्ने परराष्ट्र मन्त्रालयका अधिकारीहरु बताउँछन् । भारत भ्रमणको तयारी भइरहेको पुष्टि गर्दै प्रधानमन्त्री निकट स्रोतले भन्यो , ' अहिले मिति तय भइसकेको छैन ।
भारत जाने प्रधानमन्त्री ओलीको तयारी
253
एनआइसी एसिया बैंकले दोस्रो म्युचुअल फण्ड ' एनआइसी एसिया ब्यालेन्सड फन्ड ' निश्कासन गर्ने भएको छ । बन्दमुखी यस योजनामा भोलि बुधबारदेखि आवेदन दिन सकिनेछ । साउन ## गतेसम्म र पर्याप्त आवेदन नपरेमा भदौ # गतेसम्म बिक्री खुला रहनेछ ।
एनआइसी एसियाले दोस्रो म्युचुअल फण्ड निश्कासन गर्ने
226
तीन महिने डिन नियुक्त गरेर त्रिभुवन विश्वविद्यालयको गुणस्तर खस्काएको आरोप लागिरहेका बेला उपकुलपति तीर्थ खनियाले फेरि शुक्रबारदेखि लागू हुनेगरी दुईजनालाई निमित्त डिन बनाएका छन् । वनविज्ञान अध्ययन संस्थान र मानविकी संकायमा तीनमहिने नियुक्ति पाएका डिन प्राडा कृष्णराज तिवारी र चिन्तामणि पोखरेलको म्याद सकिएपछि उपकुलपति खनियाले उनीहरूलाई नै निमित्त डिनको जिम्मेवारी दिएका हुन् । वनविज्ञान अध्ययन संस्थानका डिन चिरञ्जीवी उपाध्याय र मानविकी संकायका डिन पोखरेलको चारवर्षे अवधि असोज # मा सकिएको थियो ।
भागबन्डा स्वार्थले खस्किँदै त्रिवि
493
आगामी मंसिर ## गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको माहौल पर्वतमा दिन प्रतिदिन बढ्दै गएको छ । निर्वाचनका लागि सबै पक्षले आआफ्नो तयारीसमेत तीव्र पारेका छन् । आगामी निर्वाचनको परिणाम आफ्नो पोल्टामा पार्नका लागि जिल्लामा क्रियाशील दल सक्रिय त बनेका छन् नै समग्र निर्वाचनको तयारीमा जिल्ला निर्वाचन कार्यालय पनि जुटेको छ ।
पर्वतमा आगामी निर्वाचनको तयारी तीव्र पारिँदै
325
सिंहदरबार बाहिरका सरकार - ##एक ' दलित ' परिवारमा आमाछोराको झगडा परेछ । गैरदलित छिमेकीले रिसको झोँकमा भनिछन् , ' ए डुमेनी , धेरै नबोल । ' छिमेकीले एक्कासि जातको कुरा उठाएपछि उनीहरूको घरझगडा सल्टियो , सामाजिक झगडा सुरु भयो ।
कानुन नपढेका न्यायाधीश
222
अविरल वर्षाका कारण आएको बाढीले पर्सामा # जनाको बगेर मृत्यु भएको छ भने # जना वेपत्ता भएका छन् । यहाँका पचास बढी गाउँमा बाढी पसेको छ । पकहाँ मैनपुर–# खेसराहाँमा आफन्त भेँट्न आएका भारतीय नागरिक , बिहारको बेँतिया घर घएका रामस्वरुप माझीको बाढीमा बगेर आइतवार बिहान मृत्यु भएको छ ।
पर्सामा बाढीले # को मृत्यु # बेपत्ता
274
काठमाडौँको बागबजार क्षेत्रमा नक्कली नोटलाई सक्कली भनेर ठगी गर्दै आएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसरको कार्यालयको टोलीले खोजतलास गर्दा बागबजारस्थित एक होटलबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा म्याग्दी बखरबोट बस्ने वर्ष ## का भीमबहादुर मल्ल र ओखलढुङ्गा दियालो घर भई हाल भक्तपुर बस्ने मानबहादुर सुवेदी रहेको परिसरले जानकारी दिएको छ ।
नक्कली नोट बनाएर ठगी गर्ने दुई जना पक्राउ
395