article
stringlengths
55
1.8k
title
stringlengths
10
141
article_length
int64
55
1.8k
होटल , रेष्टुरेन्ट तथा अथिति सेवाजन्य संस्थाहरुमा उठाउँदै आएको सेवा शुल्कबाट मजदुर युनियनहरुले पनि पाउने भएका छन् । होटल तथा रेष्टुरेन्ट क्षेत्रमा कार्यरत मजुदुर युनियन तथा व्यवसायीबीच भएको सम्झौता अनुसार सेवा शुल्कबापत उठ्ने ## प्रतिशतबाट युनियनहरुले पनि पाउने भएका हुन् । आज भएको सम्झौता अनुसार ग्राहकहरुबाठ उठेको सेवा शुल्कलाई ### प्रतिशत मानेर त्यसको ## प्रतिशत मजदुरलाई , ## प्रतिशत सम्बन्धित होटल तथा रेष्टुरेन्टले पाउने छन् ।
होटल रेष्टुरेन्टको सेवा शुल्कबाट युनियनले # प्रतिशत पाउने
432
हिन्दूहरुको पवित्र धार्मिक ग्रन्थ श्रीमद्भागवत महापुराणमा उल्लेख गरिएका विश्वका ## वटा पवित्र तीर्थस्थलमध्येको एकवटा तीर्थस्थल म्याग्दीमा रहेको छ । म्याग्दीको बेनी नगरपालिका वडा नं ## मा रहेको पुलस्त्य पुलहाश्रमलाई विश्वकै पवित्र तीर्थस्थलका रुपमा श्रीमद्भागवत महापुराणमा उल्लेख गरिएपनि सो तीर्थस्थल प्रचारप्रसार , भौतिक पूर्वाधार र संरक्षणको अभावमा ओझेलमा परेको छ । श्रीमद्भागवत महापुराणको सप्तम स्कन्दको अध्याय चौधको दण्डकका अनुसार पुलस्त्य पुलहाश्रम क्षेत्र विश्वका अति पवित्र ## वटा तीर्थस्थलमध्ये एक मानिन्छ ।
विश्वका पन्ध्र तीर्थस्थलमध्येको एक म्याग्दीमा
514
भारतको पुणेमा सोमबारदेखि हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास ( बिमस्टेक ) राष्ट्रको संयुक्त सैन्य अभ्यासमा नेपाली सेना सहभागी नहुने भएको छ । यसअघि पाँच जना अधिकृतसहित ## जनाको टोली पुणे जाने तय भएको थियो । ' हामीले पहिला रक्षा मन्त्रालयबाट स्वीकृति लिएरै जान लागेका थियौं ।
बिमस्टेक सैन्य अभ्यासमा नेपाली सेना नजाने , असोज # देखि चीनसँग अभ्यास गर्ने
308
इङ्ल्यान्डले एसेज शृंखलाअन्तर्गत बिहीबारबाट अस्ट्रेलियाविरुद्धको पाँचौं तथा अन्तिम टेस्टमा सामान्य सुरुआत गरेको छ । पहिलो दिनको खेल समाप्तिमा इङ्ल्यान्ड ###–# मा खेलिरहेको छ । डेभिड मालन ## रनमा खेलिरहेका छन् ।
इङ्ल्यान्डको सामान्य सुरुआत
210
मुलुकमा सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै साइबर अपराधको घटनामा समेत वृद्धि भएको छ । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक , ट्विटर , भाइबर र गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर मानिसले पैसा लुट्ने अर्को व्यक्तिको हैसियत सिध्याउने घटना बढेर गएको हो । महानगरीय अपराध महाशाखामा चालू आर्थिक वर्षमा साइबर अपराधसम्बन्धी एक हजार ### उजुरी दर्ता भएका छन् ।
साइबर अपराधमा ## देखि ## वर्षका युवा बढी
360
कल्पना गर्नुस् त , यदि भाँडोले नै तपाइँले खान थालेको खाना खानका लागि सुरक्षित छ , छैन भन्ने कुरा बताइदिन थाल्यो भने के होला ? यो कुरा कोरा कल्पना मात्रै लाग्नसक्छ । तर चीनको एक कम्पनीले भने यसलाई यथार्थ सावित गरिदिएको छ । चिनिया कम्पनी बैडुले यस्तो इलेक्ट्रोनिक चपस्टिक निर्माण गरेको छ जसलाई खानेकुरामा डुबाउने बित्तिकै त्यसले उक्त खानेकुरामा प्रयोग भएको पदार्थहरु कुन गुणस्तरको हो भन्ने कुरा बताइदिन्छ ।
अब ' स्मार्ट चम्चा ' ले नै बताइदिनेछ खानाको गुणस्तर
404
सरकारले सरकारी दुई संस्थानमा प्रमुख संस्थानमा नयाँ नियुक्ति गरेको छ । मन्त्रिपरिषदको सोमवारको बैठकले चलचित्र विकास बोर्डको अध्यक्ष र गोरखापत्र संस्थानको महाप्रवन्धकमा नियुक्ति गरेको हो । विकास बोर्डको अध्यक्षमा निकिता पौडेल र संस्थानको महाप्रबन्धकमा बसन्तप्रकाश उपाध्यायलाई सरकारले नियुक्त गरेको हो ।
गोरखापत्र संस्थानको महाप्रवन्धकमा बसन्तप्रकाश
300
बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका वडा नं # चौकीडाँडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पूर्वबाट काठमाडौँतर्फ आउँदै गरेको बा ##प #### नम्बरको मोटरसाइकल दुर्घटनामा मोटरसाइकल चालक सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका वडा नं # का ## वर्षीय प्रकाश दाहालको मृत्यु भएको हो । शुक्रबार दिउँसो आफैँ अनियन्त्रित भई दुर्घटनामा परेका दाहालको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बीपी राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
433
नवौं चरणको खेलसम्म अपराजित यात्रालाई निरन्तरता दिएको साबिक च्याम्पियन मनाङ मर्स्याङ्दीले बुधबार सहिद स्मारक ' ए ' डिभिजन लिगमा संकटा क्लबमाथि सानदार जित निकालको छ । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ ( एन्फा ) मुख्यालयमा भएको खेलमा मनाङले संकटालाई #–# ले पराजित गरेको हो । बुधबारको जितसँगै मनाङले नवौ खेलसम्म पनि अपराजित यात्रालाई निरन्तरता दिएको हो ।
साबिक विजेताको सानदार जित
350
थाइल्याण्डमा जारी आइसीसी महिला टी–## र एकदिवसीय विश्वकपको एशिया क्षेत्रीय छनोटको आफ्नो तेस्रो खेलमा नेपालले युएईलाई ## रनमा समेटेको छ । बैंककमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले ## . # ओभरमा सबै विकेट गुमाउँदै ## रन मात्र बनायो । उसका लागि चामानी सेनेभिरातानाले सर्वाधिक ## रन बनाइन् ।
युएईविरूद्ध नेपालको उत्कृष्ट फिल्डिङ , युएई ## रनमा समेटियो
287
नेपालगन्ज— कोहलपुर सडक खण्डमा मंगलबार राती मोटरसाइकलको ठक्करबाट एक भारतीय नागरिकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मंगलबार राती ## बजे जानकी गाउँपालिकास्थित गनापुरमा नेपालगन्जबाट काहलपुर जाँदै गरेको भे # प ### नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री भारत बहराईचका अहमद बाचपैयाको मृत्यु भएको हो । भारत बहराईचका कुलदिप मिश्र गम्भीर घाईते रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ ।
मोटरसाइकलकाे ठक्करले एक भारतीयको मृत्यु
404
गृहमन्त्री राम बहादुर थापा ' बादल ' ले प्रहरीले गर्ने सानो गल्तीले ठूलो रूप लिने भएकाले सतर्क हुनुपर्ने बताएका छन् । शुक्रबार ### औं ब्याचबाट पास आउट भएका ## जना प्रहरी निरिक्षकको दिक्षान्त समारोहमा बोल्दै मन्त्री थापाले यस्तो धारणा राखेका हुन् । उनले प्रहरी जिम्मेवार भएर काम गर्नुपर्ने बताए ।
प्रहरीको सानो गल्तीले ठूलो रूप लिन सक्छ - गृहमन्त्री
294
वाणिज्य बैंकहरुको निक्षेपमा सुधार हुन सकेको छैन् । गत फागुन ## गते ## वाणिज्य बैंकसँग ## अर्ब ## अर्ब रुपैयाँ निक्षेप रहेकोमा गत बैशाख ## गतेपनि बैंकहरु यही ' पोजिशन ' मा छन् । यसबीच निक्षेपमा वृद्धि भएर ## खर्ब ## अर्ब रुपैयाँसम्म पुगेको भएपनि निक्षेप पुनः घटेर ## खर्ब ## अर्बमा सिमित भएको हो ।
निक्षेपमा सुधार हुन सकेन , फागुन कै अवस्थामा वाणिज्य बैंकहरु
296
संघीय सरकारका उद्योग वाणिज्य तथा आपुर्तीमन्त्री मात्रिका प्रसाद यादवले लगानीमैत्री वातावरण बनाउनको लागि सरकार लागिपरको दाबी गर्दै लगानीको सुरक्षा गर्न सरकार तयार रहेको बताएका छन् । रुपन्देही उद्योग संघको ## औं बार्षिक साधाणसभालाई बुटवलमा आज सम्बोधन गर्दै मन्त्री यादवले व्यवासयीहरुले गरेको लगानी उद्योगमा जहिले पनि सुरक्षित रहेको बताउँदै लगानीमैत्री र उद्योगमा भएको लगानी सुरक्षित गर्ने जिम्मा सरकारले लिने बताएका हुन् । उनले भने , ' तपाईंहरु लगानी गर्नुहोस् , हामी पुर्ण सुरक्षा दिन तयार छौं , कतै केही हुँदैन् ढुक्क हुनुहोस् ।
तपाईं लगानी गर्नुहोस् हामी सुरक्षा गर्न तयार छौं : मन्त्री यादव
528
## वर्षीय वेदप्रसाद रेग्मीको दिन सरकारी निकाय धाएरै बित्ने गरेको छ । अदालतको फैसला कार्यान्वयन गराउन जिल्लादेखि केन्द्रसम्मका कार्यालय , मन्त्रालयमा उनले निवेदन दिएका छन् । अदालतसम्म पुगेर ल्याएको अधिकार पाउन नसक्दा उनी निरास बन्न पुगेका छन् ।
फैसला कार्यान्वयन गराउन धाउँदै द्वन्द्वपीडित
243
सरकारले तत्कालीन राजा वीरेन्द्रसहित उनको परिवारका सदस्यहरुको नाममा रहेको ## रोपनी जग्गा नेपाल ट्रष्टको नाममा ल्याएको छ । मन्त्रिपरिषद् बैठकले तत्कालीन राजा वीरेन्द्र र उनको परिवारको नाममा देशका विभिन्न ठाउँमा रहेको करिब ## रोपनी जग्गा नेपाल ट्रष्ट मातहतमा ल्याएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । राजा वीरेन्द्रको नाममा रहेको काठमाडौं महानगरपालिका ## कमलादीस्थित ## आना घर / जग्गा , गोकर्णराज निकुञ्ज वन कम्पाउण्डभन्दा बाहिर रहेको ## रोपनी # आना जग्गा र भक्तपुर जिल्ला मध्यपुर ठीमी ( साविकको निलबराही , बोडे वडा नम्बर # ) मा रहेको # आना जग्गा नेपाल ट्रष्टको नाममा कायम गरिएको उनले जानकारी दिए ।
नेपाल ट्रष्टको नाममा ## रोपनी जग्गा थपियो
627
चितवन—शुक्रबार राति # बजेदेखि अवरुद्ध भएको भरतपुर महानगरपालिकाको मतगणना शनिबार बिहानसम्म पनि सुरु हुन सकेको छैन । वडा नं . # को मतगणनाको विषयलाई लिएर काँग्रेस माओवादीले विवाद झिकेपछि मतगणना स्थगित भएको हो । मेयरमा काँग्रेसले माओवादीकी रेणु दाहाललाई समर्थन गरे पनि रुख चिन्हमा भोट खसेको गणनास्थलमा बसेकाहरु बताउँछन् ।
भरतपुरमा अझै सुचारु हुन सकेन मतगणना , रुखमा खसेको मत गणना गर्ने तयारी
316
जेठाजुले हानेको ढुङ्गा प्रहारबाट बुहारीको मृत्यु भएको छ । बर्दिया पाताभार गाविस–# बस्ने अन्दाजी ## वर्षीय जवालसिंह ढकालले हानेको ढुङ्गाबाट बुहारी मनसरा ढकालको मृत्यु भएको प्रहरीले जनाएको छ । गएराति अंशबन्डा तथा घरायसी झै–झगडा हुँदा मादकपदार्थ सेवन गरेका ढकालले गरेको ढुङ्गा प्रहारबाट आफ्नै बुहारीको टाउकामा गरी गम्भीर चोट लागेको थियो ।
जेठाजुले हानेको ढुङ्गा प्रहारबाट बुहारीको मृत्यु
335
सर्लाहीमा प्रहरीले पाँच किलो गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । हरिवन नगरपालिका–## , बालगंगाका ## वर्षीय मोहमद फरुणलाई गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार उत्तरी चुरेक्षेत्रबाट लखन्देही खोला हुँदै गाँजा लिएर आउँदै गर्दा शुक्रबार राति लखन्देही पुल नजिकबाट फरुणलाई पक्राउ गरिएको हो ।
गाँजासहित युवक पक्राउ
324
गोल्डेनगेट इन्टरनेसनल कलेज र साइपाल एकेडेमीले मोर्गन कप यु–## बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । गोल्डेनगेट ब्वाइज तथा साइपाल गल्र्समा पहिलो भए । वसुन्धारास्थित मोर्गन इन्टरनेसनल कलेजको कोर्टमा भएको ब्वाइज फाइनलमा गोल्डेनगेटले सिसिआरसीलाई ##–## ले पराजित ग¥यो ।
गोल्डेनगेट र साइपाललाई उपाधि
276
रातो मछिन्द्रनाथको कात्तिक # गते पुनः दोस्रोपटक भोटो देखाइने भएको छ । हरेक वर्ष जावलाखेलमा भोटो देखाएपछि रथ जात्रा समापन हुने भए पनि यस वर्ष देवताको ## वर्षे रथ जात्रा परेकाले जावलाखेल र बुङमती गरी दुई स्थानमा भोटो देखाउने प्रचलन छ । जसअनुसार आगामी # गते पुनः भोटो देखाउने तयारी रहेको गुठी संस्थान ललितपुरका प्रमुख रुद्रनाथ अधिकारीले जानकारी दिए ।
कात्तिक # गते पुनः भोटो देखाइने
347
आरपी सुवेदी## पुस , नेपालगन्ज । पछिल्लो समयमा ग्रामीण क्षेत्रका भन्दा शहरी क्षेत्रका महिला तथा बालिका बेचबिखनको उच्च जोखिममा रहेको देखिएको छ । नेपालगन्जस्थित माईती नेपालको शाखाले सन् #### मा बेचविखनको अवस्थाबारे गरेको अध्ययनले यस्तो देखिएको हो ।
शहरकै महिला बेचबिखनको जोखिममा !
245
काठमाडौं उपत्यकामा सवारी दुर्घटनामा परी एक ट्राफिक प्रहरीको मृत्यु भएको छ । गएराति ## बजे ललितपुरको एकान्तकुनामा बा ## प #### नम्बरको स्कुटर दुर्घटना हुँदा महानगरीय ट्राफिक प्रहरी वृत्त कालीमाटीमा कार्यरत प्रहरी जवान सुमनप्रसाद कँडेलको मृत्यु भएको हो । कँडेल आफैले स्कुटर चलाउँदा दुर्घटना हुन गएको थियो ।
दुर्घटनामा ट्राफिक प्रहरीको मृत्यु
304
महागढीमाई नगरपालिका बरियारपुरका प्रमुख उपेन्द्रप्रसाद यादवले प्रदेश # का मुख्यमन्त्री लालबाबु राउत गद्दीलाई पदको गरिमालाई ध्यानमा राखेर बोल्न सुझाव दिएका छन् । मुख्यमन्त्री र प्रदेशका मन्त्री जितेन्द्र सोनलले केही दिन पहिला महागढीमाई नगरपालिका # बरियारमा रहेको गढीमाई मेलाको व्यवस्थापन तथा रेखदेख गर्ने अधिकार महागढीमाई नगरपालिकालाई नभएको र मेला हेर्ने अधिकार गढीमाई सञ्चालन तथा विकास समितिलाई मात्रै भएको भन्दै दिएको अभिव्यक्तिको विरोधमा बुधबार पत्रकार सम्मेलन गरी नगर प्रमुख यादवले मुख्यमन्त्री र प्रदेशमन्त्रीलाई स्थानीय तहको काम , कर्तव्य र अधिकारबारेमा पढेर बोल्न सुझाव दिएका हुन् । स्थानीय स्वायत शासन नियवमाली #### मा स्थानीय तहअन्तर्गत रहेको मठ , मन्दिर , धर्म , जात्रा , पर्व र संस्कृतिको संरक्षण तथा नियन्त्रण गर्ने अधिकार स्थानीय तहलाई दिए पनि प्रदेशका मुख्यमन्त्री रावत र मन्त्री सोनलले सार्वजनिक कार्यक्रममा स्थानीय तहले गर्ने कार्यको विरोध गरी पदीय मर्यादा गिराउने काम गरेको आरोप यादवको छ ।
मुख्यमन्त्रीलाई पदीय गरिमा राखेर बोल्न सुझाव
904
सरकारले उत्कृष्ट वनको रुपमा सम्मान गरेको बुटवल सामुदायिक वन विगत # बर्षदेखि अस्तब्यस्त बनेको छ । वन समूहमा दुई समानान्तर समिति हुँदा कार्यालयमा ताला लाग्ने र खोल्ने प्रतिस्पर्धा जस्तो चलिरहेको छ । बुटवल उपमहानगरपालिका वडा नं # र # रहेको वनमा बिगत # बर्षदेखिको विवाद बढेको हो ।
राजनीतिक स्वार्थले थलियो बुटवल सामुदायिक वन
276
जिल्लाका दुई हजार ### जना भूकम्प पीडितले पहिलो किस्ताबापतको रकम बुझेका छन् । पहिलो किस्ताबापत प्रतिपरिवार ## हजार रुपैयाँ भूकम्प प्रभावितलाई राहत रकम वितरण गरिएको जिल्ला समन्वय समितिले जनाएको छ । जिल्लामा भूकम्पका कारण सात हजार ### घर पूर्ण रुपमा र आंशिक रुपमा ### घर क्षति भएका थिए ।
चितवनका भूकम्प पीडितले बल्ल पाए पहिलो किस्ताबापतको रकम
284
सर्लाही प्रहरीले नलकटुवा पेस्तोलसहित शनिबार दुईजनालाई नियन्त्रणमा लिएको छ । लालबन्दी नगरपालिका–# मेजरगन्जनिवासी ## वर्षीय राजेश महतो र ## वर्षीय सोनालाल ठाकुरलाई एक थान नलकटुवा पेस्तोल बोकेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुईवटा फरक–फरक मोटरसाइकल चलाएर जब्दीबाट लालबन्दीतर्फ जाँदै गरेको अवस्थामा प्रहरीको टोलीले चेकजाँचका क्रममा पेस्तोल फेला पारेको हो ।
पेस्तोलसहित दुईजना नियन्त्रणमा
380
महाराजगञ्जमा जुवाको खालबाट पक्राउ परेका # जना जुवाडेलाई नछाड्न अदालतले आदेश दिएको छ । सर्वोच्चमा बुधबार थप # जुवाडेले बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर गरेपछि सबै मुद्दालाई एकसाथ राखेर सुनुवाई गर्ने आदेश सर्वोच्चले गरेपछि उनीहरु बस्नु पर्ने भएको हो । ' बन्दीप्रत्यक्षीकरणका निवेदनहरु साथै राखि एकैपटक हेर्नुपर्ने देखिएकाले ' उनीहरु बुधबार नै छुट्न नपाएका हुन् ।
जुवाडेलाई नछाड्न सर्वोच्चको आदेश
361
कर्णाली प्रदेश सरकारको तीनमहिने नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुँदैछ । दिउँसो एक बजे बस्ने प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने र त्यसलाई पारित गर्ने कार्यसूची छ । सरकारका प्रवक्ता भूमिव्यवस्था तथा कृषि सहकारी मन्त्री विमला केसीका अनुसार पर्यटन , कृषि , ऊर्जा र भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम तयार पारिएको छ ।
कर्णाली सरकारको नीति तथा कार्यक्रम आज , पर्यटन र पूर्वाधार प्राथमिकतामा
361
नेपाल टेलिकमले राजधानीमा सञ्चालित साझा बसहरुमा वाईफाई हटस्पट स्थापना गरी आइतबारदेखि वाईफाई सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले साझा बसहरुमा वाईफाई सेवा सञ्चालन गर्नको लागि वाइम्याक्स प्रविधिको उपकरणहरु जडान गरेको छ । बसमा यात्रा गर्ने यात्रुहरुले वाईफाईमार्फत इन्टरनेट चलाउन सक्नेछन् ।
साझा बसमा टेलिकमको वाईफाई सेवा
285
बैंकबाट ऋण लिएर निर्माण भइरहेका जलविद्युत् आयोजनाको निर्माण अवधिको ब्याज पुँजीकरण गर्न विद्युत् नियमन आयोगले नेपाल राष्ट्र बैंकमा पत्र पठाएको छ । आयोगको पुस ## गते बसेको बैठकले यस्तो निर्णय गरेको आयोग अध्यक्ष दिल्ली सिंहले जानकारी दिए । हाल बैंकबाट ऋण लिएर आयोजना निर्माण गरिरहेका प्रवर्द्धकहरूले ग्रस अवधि वा परीक्षण उत्पादनलगत्तै बैंकहरूलाई ऋणको ब्याज तिर्नुपर्छ ।
जलविद्युत्‌मा ब्याज पुँजीकरण गर्न गृहकार्य
366
हरेक व्यक्तिले जन्मसिद्ध रुपमा क्यामरा लिएर आएको हुन्छ । जसको मद्दतले ऊ यस संसारमा रहेका हरेको चीजवस्तुको एकप्रकारको छवी आफ्नो दिमागमा बनाउने गर्दछ । मानव आँखा हरेक व्यक्तिको लागि आँखीझ्याल हो , जहाँबाट ऊ संसार चिहाउने गर्दछ ।
एउटा तस्बिरले हजारौं शब्दको व्याख्या
226
नवनियुक्त युवा तथा खेलकुदमन्त्री जगत बहादुर विश्वकर्माले खेलकुद क्षेत्रमा देखिएका सबैखाले विकृति तथा विसंगतिलाई अन्त्य र विवादलाई हल गर्नेगरी आफूले पहलकदमी लिने बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले खेलकुद क्षेत्रमा देखिएका विकृति , विसंगति र फोहोरलाई आफूले हटाउनेगरी पहलकदमी लिने स्पष्ट पारे । उनले क्यान , एन्फा र ओलम्पिक कमिटी लगायतका खेलकुद संघमा देखिएका विवाद तथा समस्याहरुलाई छिट्टै समाधान गर्नेपनि विश्वास दिलाए ।
क्यानको विवाद चाँडै समाधान हुन्छ : मन्त्री विश्वकर्मा
465
नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) चितवनको दोस्रो बैठकले जिल्लाका # स्थानीय तहका ## वडा कमिटीको नेतृत्वमा भागबन्डा गरेको छ । साविक नेकपा एमालेले र माओवादी केन्द्रवीच वडाको नेतृत्वमा भागबन्डा गरिएको हो । जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह भरतपुर महानगरपालिकाका ## वडामध्ये ## वटा वडामा पूर्वएमाले र ## वटामा पूर्वमाओवादीले नेतृत्व लिने सहमति गरेका छन् ।
प्रचण्डको गृहजिल्लामा वडा कमिटीसम्म भागबन्डा , ओली पक्षको ' नोट अफ डिसेन्ट '
350
प्रशिक्षक आर्सेन वेंगरले म्यानचेस्टर युनाइटेडका पूर्वप्रशिक्षक सर एलेक्स फर्गुसनको इङ्लिस प्रिमियर लिगमा सर्वाधिक खेलको कीर्तिमान उछिने पनि आइतबार आर्सनल वेस्ट ब्रोमसँग #–# को बराबरीमा रोकिएपछि उनको उपलब्धि सुखद बन्न सकेन । वेंगरको प्रशिक्षण आर्सनलले प्रिमियर लिगमा खेलेको यो # सयौं ## खेल हो । सन् #### मा आर्सनलको प्रशिक्षण सम्हालेका वेंगरले फर्गुसनको # सय ## खेलको कीर्तिमान तोडेका हुन् ।
बराबरीले बेंगरको उपलब्धि फिका
391
वीरगञ्ज– जनचेतनाको अभाव , वैदेशिक रोजगार र श्रीमान्श्रीमतीबीच अविश्वास जस्ता कारणले गर्दा प्रदेश नं # मा बहुविवाह तथा सम्बन्ध विच्छेदका घटना बढ्दै गएको छ । वैदेशिक रोजगारमा पुरुषहरू खाडी मुलुक गएपछि महिलाहरू स्वतन्त्र हुन खोज्नु , गरिबी तथा अशिक्षाको कारण सानैमा छोरीको विवाह गरिनु , पतिपत्नीले एकअर्कालाई बुझ्न नसक्नु बहुविवाह तथा सम्बन्ध विच्छेदका कारण भएको सरोकारवालाहरूको ठम्याइ रहेको छ । पछिल्लो समयमा बारा जिल्लामा बहुविवाह तथा सम्बन्ध विच्छेदका घटनाहरू बढ्दै जानुले सामाजिक विकृति एकपछि अर्को उजागर हुँदै गएको छ ।
प्रदेश नं # मा बहुविवाह तथा सम्बन्ध विच्छेदको घटना बढ्दो
520
फाइल फोटो## वैशाख , काठमाडौं । नेपाल राष्ट्र बैंकले सिन्डिकेट पक्षधर ### वटा यातायात समितिको नाममा रहेको बैंक खाता रोक्का गरेको छ । गृह मन्त्रालयको निर्णयअनुसार यातायात व्यवस्था विभागले शुक्रबार यातायात नचलाउने समितिहरुको बैंक खाता रोक्का गर्न सिफारिस गरेको थियो ।
राष्ट्र बैंकद्वारा ### यातायात समितिका बैंक खाता रोक्का
264
इन्जिनियरिङका विद्यार्थीहरुले भूकम्पले भत्किएका घरहरुको सामाग्रीलाई नै पुनः प्रयोग गरेर छोटो समयमा नै नयाँ घर बनाउने प्रयास थालेका छन् । पुल्चोकसहितका इन्जिनियरिङका विद्यार्थीहरुले अहिले ललितपुरको बुङ्मतीमा परीक्षणका रुपमा काम गरिरहेका छन् । यो सफल भयो भने भूकम्पले घर भत्किएका तथा क्षति पुगेका नेपालीहरुलाई ठूलो राहत हुनेछ ।
भूकम्प पीडितलाई ## हजारमै नयाँ घर !
325
दशैं बोनस माग गर्दै कामदार आन्दोलनमा उत्रिएपछि विराटनगर महानगरपालिकामा फोहोर व्यवस्थापन रोकिएको छ । फोहोर व्यवस्थापनको जिम्मा पाएको ठेकेदार कम्पनी वेष्ट म्यानेजमेन्ट गु्रपका कामदार काम छाडेर आन्दोलनमा उत्रिएका छन् । ### मजदुर आन्दोलनमा उत्रिएपछि आइतबारदेखि फोहोर नउठेको वेष्ट म्यानेजमेन्ट ग्रुपका सञ्चालक देवी आचार्य बताउँछन् ।
दशैं बोनस माग्दै कामदार आन्दोलनमा , विराटनगरमा फोहोर उठेन
327
अखण्ड # नम्बर प्रदेशको लागि दवाव समितिले पदेश नम्बर # मा परेका जिल्लाहरुलाई कुनै हालतमा टुक्र्याउन नहुने भन्दै बुटवलमा बिरोध प्रदर्शन गरेको छ । कालो झण्डासहित प्रदर्शनमा उत्रिएका सहभागीहरुले बिरोधसभामा # नम्बर प्रदेश अखण्ड राख्नका लागि ज्यानको आहुती दिन पछि नपर्ने बताए । उनीहरुले राजनैतिक दलहरुको स्वार्थका लागि # नम्बरलाइ चलाउने प्रयास भए राजनैतिक दलहरुलाइ नै बहिष्कार गर्ने उद्घोष गरे ।
संविधान संशोधनको बिरोधः बुटबलमा कालोझण्डा , प्युठानमा ' सटर डाउन '
389
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको माग गर्दै अनेरास्ववियुले नमूना निर्वाचन गरेको छ । अनेरास्ववियु सरस्वती बहुमुखी क्याम्पस ठमेलले आयोजना नमूना स्ववियू निर्वाचन गरेको हो । नमूना मतदानबाट प्राप्त नतिजा त्रिभुवन विश्वविद्यालयका उपकुलपति समक्ष बुझाउने अनेरास्ववियुका केन्द्रीय सचिव सुदेश पराजुलीले जानकारी दिए ।
स्ववियु निर्वाचनको माग गर्दै नमूना मतदान
313
' भुकम्पसुरक्षाप्रदर्शनी #### ' मा जगदम्बा सिमेन्टले सहकार्य गरेको छ । सनिबारसम्म राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा जगदम्बा सिमेन्टले सहकार्य गरेको हो । भूकम्प प्रतिरोधात्मक सुरक्षित निर्माणमा साथ छ जगदम्बा सिमेन्टको भन्ने नारा रहेको प्रदर्शनीमा कसरी सुरक्षित निर्माण गर्नेबारे जानकारी प्रदान गरिएको थियो ।
' भुकम्प सुरक्षाप्रदर्शनी #### ' मा जगदम्बा सिमेन्टको सहकार्य
311
संविधानसभामा दलहरु आफैंले बनाएको एक वर्षे कार्यतालिका अनुसार आज माघ # गते संघीय गणतन्त्र नेपालको नयाँसंविधान जारी हुनुपर्ने थियो । तर , राजनीतिक दलहरु आफ्नो घोषणापत्र , आफैले गरेको प्रतिबद्धता र संविधानसभामा सबैले मिलेर बनाएको कार्यतालिका पालना गर्न असफल भएपछि संविधान फेरि एकपटक कुहिरोको काग बनेको छ । यसवीचमा नेपाली जनताले तिरेको करबाट झण्डै # अर्बको हाराहारीमा सभासदले तलब भत्ता बुझेका छन् ।
संविधान नदिने सभासदले एक वर्षमा कति खाए ?
394
भुटानी शरणार्थीका डाक्टर भम्पा राईले आफ्नी श्रीमती उर्मिला राईको जीवनरक्षा गरिदिन अपील गरेका छन् । आर्थिक समस्याका कारण उपचारमा समस्या भएपछि उनले सहयोग निम्ति आग्रह गरेका हुन् । विगत ## वर्षदेखि झापा , दमकमा बस्दै आएका डा . राईकी श्रीमती उर्मिलाका दुवै मृगौलाले काम गर्दैनन् ।
भुटानी शरणार्थी डा . भम्पा राई र उनकी श्रीमतीको जीवनरक्षा निम्ति अपील
276
दैनिक उपभोग्य वस्तु अनुगमनको अभाव , बढी उत्पादन गर्ने र धेरै पैसा कमाउने मोहमा कृषकले तरकारी तथा फलफूलमा जथाभावी प्रयोग गर्ने विषादी तथा अनियन्त्रित बजारका कारण मानव स्थास्थ्यमा गम्भीर असर परेको छ । बजारमा उपभोग गर्नका लागि सम्बन्धित कम्पनीले निर्धारण गरेको उपभोग्य म्याद नाघेका खाद्य पदार्थ , कृषकले विषादी प्रयोग गरी उत्पादन गरेका तरकारी तथा फलफूललगायत विना मापदण्ड खुलारुपमा बजारमा बिक्री भइरहेका मासुजन्य पदार्थका कारण उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर परेको सरोकारवालाले बताएका छन् । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले आयोजना गरेको ' नसर्ने रोग र यी रोगबाट बच्ने उफाय ' विषयक अन्तरक्रिया कार्यत्रममा सहभागी सरोकारवालाले अनियन्त्रित बजारका कारण मानव स्वास्थ्यमा गम्भीर असर परेको बताएका हुन् ।
अनियन्त्रित बजारका कारण मानव स्वास्थ्यमा गम्भीर असर
698
साइक्लिङको डाउनहिल तर्फ नेपालले # स्वर्ण जितेको छ । पहिलोपटक सागमा समावेश गरेको साइक्लिङको डाउनहिलमा पुरुषतरुफ राजेश मगर र महिलातर्फ निस्मा श्रेष्ठले स्वर्ण जितेका हुन् । डाउनहिलमा # किलोमिटर दुरी पार गर्नुपर्छ ।
साइक्लिङमा नेपाललाई ऐतिहासिक # स्वर्ण , डाउनहिलमा राजेश मगर र निस्मा श्रेष्ठ विजयी
212
प्रदेश प्रमुख नै आइनपुगेपछि प्रदेश # का सदस्यहरुको सपथ केही ढिलो हुने भएको छ । प्रदेशसभा सदस्यहरुको सपथ विहान ## बजे जिल्ला समन्वय समितिको हलमा गर्ने तय भएको छ । तर , अझैसम्म प्रदेश प्रमुख नै पुगेका छैनन् ।
प्रदेश प्रमुख अझै धनगढी आइ पुगेनन् , सपथमा बिलम्ब
206
नुवाकोट– माघे संक्रान्तिको गोरु जुधाइ भन्नासाथ धेरैले सम्झने ठाउँ नुवाकोटको तारुका हो तर , तारुका मात्र नभई जिल्लामा गोरु जुधाइको क्षेत्र फैलँदै गएको छ । तारुकामा व्यवस्थित रुपमा गोरु जुधाउन थालेको पाँच वर्षपछि नुवाकोट र रसुवाको सीमा बेत्रावती ( नुवाकोट पट्टिको भू–भाग ) मा गोरु जुधाउन शुरु भएको थियो । तर , अहिले जिल्लामा पञ्चकन्या गाउँपालिकाको पञ्चकन्या , लिखु गाउँपालिकाको कट्टिछाप र शिवपुरी गाउँपालिकाको शेराबगरमा समेत गोरु जुधाउन थालिएकोे छ ।
तारुकाबाट फैलँदै गोरु जुधाइ परम्परा
447
श्रीमतिको योजनामा श्रीमानमाथी गोली प्रहार भएको घट्ना वीरगन्जमा खुलासा भएको छ । श्रीमान विदेश गएको बेला श्रीमतिले अर्कै पुरुषसँग सम्बन्ध गाँसेपछि आफ्नो प्रेमीसंग मिलेर हत्या गराउने तानाबाना बुनेको घट्नाको प्रहरीले बिहीवार खुलासा गरेको हो । होलीको पूर्वसन्ध्यामा बुधबार राति साढे # बजे वीरगन्जको श्रीपुरस्थित भारतीय महावाणिज्य कार्यालय पछाडीको गल्लीमा ## वर्षीय उमेशप्रसाद चौरसिया उपर गोली प्रहार भयो ।
आफ्नै श्रीमान् मार्न ## हजारमा ' सुपारी '
400
मङ्गलसेन नगरपालिका–# कुन्तिबण्डाली ढुङ्गानीमा गए राति # बजेको समयमा दुई जनाको हत्या भएको छ । स्थानीय पिरमकुमार साउदले आफ्नै ठूलोबुबा ## वर्षीय देउसिंह साउद र ससुरा ## वर्षीय वीरभान थापालाई चिर्पटले शरीरको विभिन्न ठाउँमा प्रहार गरी हत्या गरेका हुन् । उनले राति ## बजेपछि एक्कासी उठेर आफ्नै घरमा सुतिरहेका ससुरा र ठूलोबुबालाई एकाएक प्रहार गरेका थिए ।
चिर्पट प्रहार आफ्नै ठूलो बुवा र ससुराको हत्या
348
विश्व सिमसार क्षेत्रमा सुचीकृत जगदीशपुर तालमा आइताबार ( माघ ## ) सिमसार दिवसका अवसरमा चरा महोत्सव हुने भएको छ । जलवायु , सिमसार केसन्द्रत भएर सातौ चरा महोत्सव हुने भएको हो । ## औं विश्व सिमसार दिवसको अवसरमा जगदिशपुर जलाशयमा सातौं चरा महोत्सव समेत मनाउने भएको छ ।
सिमसार दिवसमा जगदीशपुर तालमा चरा महोत्सव हुँदै
262
एक साता अगाडि विभिन्न खोला तथा नदीमा आएको बाढीबाट प्रभावित सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका– ## रमपुरा मल्हनीयाको डलबास्थित कोशी पलारमा पशु चौपाया धमाधम मर्न थालेका छन् । दूध र दहीका लागि प्रख्यात सो क्षेत्रमा बाढीसँगै पशु चौपायामा विभिन्न रोगका प्रकोप देखा परेपछि त्यहाँका सयाँैं पशु चौपाया मरेको स्थानीयवासी चन्दन यादवले जनाकारी दिनुभयो । लगातारको वर्षापछि आएको बाढीले कोशी नदीको छेउमै रहेका बासिन्दा डुबानमा परेपछि पशु चौपाया लिएर एक सातादेखि सो कोशी बाँधमा बस्दै आएका छन् ।
बाढीबाट प्रभावित क्षेत्रमा पशु चौपाया धमाधम मर्दै
482
तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने दुई वटा बाटा अवलम्बन गर्न खोजेको थिएँ । पहिलो उनीहरूलाई ' सशस्त्र द्वन्द्व ' को बाटो छोडाउन प्रयास गर्ने । जुन बाटोबाट माओवादी हिँडिरहेको छ त्यसलाई थेग्न पनि सकिँदैन र पार पनि लाग्दैन भनेर सम्झाउने ।
शान्ति प्रक्रियाको घुमाउरो बाटो
255
नयाँ शक्ति पार्टी नेपालका संयोजक डा . बाबुराम भट्टराईले सत्ता र कुर्सी टिकाउन प्रधानमन्त्री पुष्पकमल दाहालले भारतसँग राष्ट्रघाती सम्झौता गरेको आरोप लगाएका छन् । नयाँ शक्ति पार्टी नेपाल जिल्ला परिषद् भक्तपुरद्वारा शनिबार यहाँ आयोजित शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रममा उनले भने — ' भारतसँग भएको ## बुँदे सम्झौता देशको हितविपरित रहेको छ । ' संयोजक डा . भट्टराईले भारतसँग सम्झौता भएको दिन आफूलाई निन्द्रा नलागेको चर्चा गर्दै भने ' प्रधानमन्त्रीले भारत भ्रमणमा ## बुँदे सहमति गरी सार्वजनिक गर्दा मलाई रातभर निन्द्रा लागेन , प्रधानमन्त्रीले भारतसँग गरेको राष्ट्रघाती सम्झौताले मलाई पिरोलिरहेको छ ।
दाहालले भारतमा राष्ट्रघाती सम्झौता गरेको दिन म निदाउन सकिन–बाबुराम भट्टराई
601
जिल्लाको धुनीबेसीस्थित इँट्टा उद्योगमा काम गरिरहेका महोत्तरीका पाल्दिङ तामाङले तीन छोराछोरीलाई विद्यालय भर्ना गरिदिएका छन् । विद्यालय भर्ना अभियानअन्र्तगत उनले आफ्ना दुई छोरी र एक छोरालाई नजिकै रहेको महेशधर्म उच्च माध्यमिक विद्यालयमा भर्ना गराएका हुन् । आफूले पढ्न नपाए पनि आफ्ना सन्तानलाई उच्च शिक्षा दिलाउने तामाङको सपना छ ।
इँट्टा मजदुरलाई समेत छोयो भर्ना अभियानले
326
भरतपुर – चितवनको प्रमुख पर्यटकीय क्षेत्र सौराहामा नयाँ वर्ष #### मा पर्यटक भरिभराउ छन् । यहाँ रहेका ### पर्यटकीय होटल आन्तरिक पर्यटकले भरिएका क्षेत्रीय होटल सङ्घ चितवन , सौराहाका अध्यक्ष सुमन घिमिरेले जानकारी दिए । " करीब करीब ##÷## प्रतिशत बाह्य पर्यटक छन् " , घिमिरेले भने , " अरु सबै आन्तरिक पर्यटकले होटल भरिभराउ भएका छन् ।
नयाँ वर्षमा पर्यटकले भरिभराउ सौराहा
327
उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले सम्मेलनका लागि सुरक्षाको सम्पूर्ण तयारी पूरा भएको बताएका छन् । सम्मेलनको व्यवस्थापन , आर्थिक , सुरक्षालगायत तयारीका विषयमा सम्मेलनको मूल तयारी समितिमा समीक्षा भएको छ । मूल समितिका संयोजक तथा प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकमा तयारीका लागि अधिकांश कार्य पूरा भएको विवरण दिइएको र बाँकी कार्य यही मसान्तभित्र सम्पन्न गर्ने प्रतिबद्धता सम्बन्धित मन्त्रालयले गरेका छन् ।
सार्कको सुरक्षा तयारी पूराः गृहमन्त्री
435
जाजरकोट– धन कमाएर परिवारलाई खुशी बनाउने र छोराछोरीका समस्या टार्ने भन्दै डोल्पाका पाटनमा गएका आठ यार्सा सङ्कलकको मृत्यु भएको छ । मृत्यु भएकामध्ये अधिकांशको लेक लागेर ज्यान गएको छ भने केहीको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा जाजरकोट , रुकुम , जुम्ला र डोल्पाका व्यक्ति छन् ।
दुई सातामा आठ यार्चागुम्बा सङ्कलकको मृत्यु
274
महिला सहकर्मीमाथि यौन दुव्र्यवहार गरेको आरोप दुई रंगकर्मीले स्वीकारेका छन् । साथै उनीहरुले माफी पनि मागेका छन् । सुनील पोखरेल , राजन खतिवडा र राजकुमार पुडासैनीले रंगमञ्चमा सक्रिय महिला रंगकर्मीमाथि यौन दुर्व्यवहार गरेको भनी शुक्रबार साप्ताहिकले समाचार प्रकाशित गरेको थियो ।
रंगकर्मीद्वारा आत्मालोचनासहित आरोप स्वीकार
273
कीर्तिमानहरू तोडिनका लागि बनिन्छन् । नयाँ प्रतिभाको आगमनसँगै कयैन पुराना पुस्ताको इतिहास तोडिएको छ । तर , नेपाली खेलक्षेत्रमा एउटा पुराण पात्र जसले ## वर्ष अगाडि बनाएको किर्तिमान अझैसम्म कसैले पनि तोड्न सकेको छैन ।
किर्तिमानी बैकुण्ठ मानन्धरको सिड्नी यात्रा
214
फुटबल खेलमा खेलाडीहरुले एक अर्कामाथि लात्ता तथा मुक्का बजारेको त देखिएकै हो । तर फ्रान्समा चाहिँ एकजना खेलाडीले आफ्नो विपक्षी टिमको अर्को एकजना खेलाडिको लिंग नै टोकिदिए । खेलका क्रममा विपक्षी टिमका खेलाडिको यौनाङ्ग टोकिदिने कार्य ती फुटबल खेलाडीका लागि निकै महंगो साबित भयो ।
लिङ्ग टोकिदिने फुटबल खेलाडीलाई पाँच वर्षको प्रतिबन्ध
275
नेपाल आयल निगमले पेट्रोल र डिजेलको बिक्रीमा कोटा तोकेको छ । निगमका सहप्रवक्ता विनित उपाध्ययाका अनुसार पम्पमा अनावाश्यक भीडाभाड भएको र कसैले पाउने कसैले नपाउने हुन नदिन यस्तो व्यवस्था गरेको बताए । उनले अब प्रति मोटरसाइकलले # लिटर र चारपांग्रेले ## लिटर पेट्रोल पाउने पनि बताए ।
निगम भन्छ , ' भीडभाड घटाउन पेट्रोलमा कोटा ' , दुई पाङ्ग्रेलाई # , चार पाङ्ग्रेलाई ## लिटर
276
आरपी सुवेदी## माघ , नेपालगञ्ज । बाँकेको कोहलपुर # झण्डहवाका सात वर्षीय बालकको घाँटी रेटेर हत्या भएको अबस्थामा शव फेला परेको छ । राजशंकर थारुका छोरा आकाश थारुको शव भेटिएको हो ।
बाँकेमा # वर्षीय बालकको घाँटी रेटेर हत्या
175
चिरञ्जीवी पाैडेलयी हुन् अर्जुन घिमिरे । चिन्नु भएन ? पाँडे क्या ! भद्रगोलमा पाँडेको बुढो चरित्रबाट हिट भएका उनलाई वास्तविक नाम र गेटअपमा कमैले चिन्छन् । गाईजात्राको पूर्वसन्ध्यामा सातदोबाटोमा भेटिएका पाँडेसित गरिएको गाईजात्रे संवाद : तपाईंले सुनेको सबैभन्दा फाल्तु चुट्किला ? ' एउटा बुढो थियो , त्यो बच्चैमा मरेछ ' भन्ने चुट्किला सयौंचोटि सुनेको छु ।
गाईजात्रे गफ : ' अमेरिकी राष्ट्रपतिले मलाई देखिसहँदैनन् '
350
बेलकोटगढी नगरपालिकाका नेपाली काँग्रेसबाट प्रमुखसहित विभिन्न उम्मेदवारले स्थानीय तहको वैशाख ## गतेको निर्वाचनमा अन्तरघात गरेको आरोप लगाई जिल्ला सभापतिसहितलाई कारवाहीको माग गर्दै केन्द्रीय कार्यालयमा पत्र बुझाएका छन् । बेलकोटगढीमा प्रमुखमा पराजित यादव नेपाल , उपप्रमुखका प्रत्याशी हिरा तिवारी शर्मासहितले जिल्ला सभापति तथा सांसद जगदीश्वरनरसिंह केसीलगायतले अन्तरघात गरेको जनाउँदै कारवाही गर्न केन्द्रीय कार्यालयमा सूची बुझाएका हुन् । केसीसहित जिल्ला सदस्य हिरा पाण्डे लामा , क्षेत्रीय सदस्य कृष्णप्रसाद पाण्डे , साबिक बेलकोट गाविसका पार्टी सभापति वैकुण्ठ पाण्डे र साबिक जिलिङ गाविसका पार्टी सभापति गोकुलप्रसाद दाहालले अन्तरघात गरेको आरोप लगाइएको छ ।
अन्तरघात गरेको भन्दै सभापति केसीलाई कारवाहीको माग
646
कर्णाली र सुदूरपश्चिम क्षेत्रका छाउगोठ भत्काउन गृह मन्त्रालयले अभियान सुरु गरेको छ । मन्त्रालयले आधुनिक कालमा पनि गहिरो अन्धविश्वास बनेर गढेकोे छाउपडीले महिलाहरुको ज्यान जोखिममा पारेको भन्दै यस्तो अभियानमा लागेको हो । मन्त्रालयले जिल्ला प्रशासन कार्यालय तथा मातहतका प्रहरी कार्यालयलाई परिचालन गरेर छाउगोठ भत्काउन लागेको छ ।
## सय छाउगोठ भत्काइए : गृह
323
असहिष्णुताको विषयमा टिप्पणी गरेर विवादमा आएका बलिउड नायक आमिर खानले आफुले कहिल्यै देश छोड्ने कुरा नगरेको बताएका छन् । आफुले बोलेका कुराहरुलाई मिडियाले बङ्ग्याएको भन्दै उनले भने - ' म यहि देशमा जन्मेको हुँ र यहि देशमा मर्छु अन्त कतै जान्न । ' आफु प्रखर राष्ट्रवादी भएको बताउँदै आमिरले ## दिन बाहिर जाँदा घरको यादले सताउने गरेको बताए ।
' म राष्ट्रवादी हुँ , कहिल्यै देश छाड्दिन ' : आमिर खान
333
त्रिकोणीय सिरिजअन्तर्गत नेपालले जिम्बावेलाई ### रनको लक्ष्य दिएको छ । सिंगापुरको इन्डियन एसोसिएसन मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले # विकेटको क्षतिमा ### रन जोड्यो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ## रनको योगदान दिए ।
नेपालले जिम्बावेलाई दियो ### रनको लक्ष्य
230
मुलुकको प्रचलित कानुनअनुसार जमिन जसको नाममा छ , उसैले जोतभोग गर्न पाउँछ । जग्गाधनीले इच्छाअनुसार खेतीपाती होस् वा अन्य कुनै तरिकाले , जमिनको उपभोग गर्छन् । तर सर्लाहीमा भने एउटा सरकारी कार्यालयको जमिनमा तीनथरीको जोतभोग चलिरहेको छ ।
एउटै जमिनमा तीनथरीको जोतभोग
231
भारतीय भूमी किसनगंजको सिङ्गगीमारीमा एक नेपालीको शव फेला परेको छ । प्रहरीका अनुसार शुक्रबार बिहान माईखोला बगरको काँसघारीमा नेपालीको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गौरीगंज गाउँपालिका वार्ड नं # कोरोवारी बस्ने ## वर्षीय अलकचन राजवंशीको हत्या भएको अवस्थामा शव फेला परेको हो ।
भारतीय भूमिमा नेपालीको हत्या
296
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन ( एमसीसी ) खारेजीको माग गर्दै नेपाल मजदुर किसान पार्टीले विरोध प्रदर्शन गरेको छ । राष्ट्रघाती एमसीसी सम्झौता खारेजी गर्न नेपाल सरकार र अमेरिकी सरकारको ध्यानाकर्षण गराउन प्रदर्शन गरिएको नेमकिपाले जनाएको छ । नेमकिपाका सांसद प्रेम सुवालले रत्नपार्कबाट निकालिएको जुलुस अमेरिकी दूतावाससम्म पुगेको थियो ।
एमसीसी खारेजीको माग गर्दै नेमकिपाको विरोध प्रदर्शन
350
नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेगस्पिनर सन्दीप लामिछानेले यस सिजनको टी–## लिग कर्नाटका टर्स्कर्सबाट खेल्ने भएका छन् । बुधबार राति अबुधावीमा भएको ड्राफ्टमा सन्दीपलाई कर्नाटकाले पहिलो चरणमै आफ्नो टिममा आबद्ध गरेको हो । सन्दीपले गत सिजनको टी–## लिग केरला किङ्सबाट खेलेका थिए ।
सन्दीप टी–## लिगमा कर्नाटकामा आबद्ध , ## हजार डलर पारिश्रमिक
279
ललितपुर—ललितपुर जावलाखेल प्रहरी परिसरले पेस्तोल बोकेर आतंक मच्याउने एक व्यक्तिलाई पक्राउ गरेको छ । लामो समयदेखि पेस्तोल र अन्य हात हतियार देखाएर स्थानीयबाट रकम असुल्दै आएको आरोपमा ललितपुर पुल्चोक घर भएका विकास मर्हजनलाई प्रहरीले प्रक्राउ गरेको हो । टोलमा हात हतियार देखाएर पैसा असुल्दै आएका महर्जनलाई प्रहरीले थुनामा राखेको जावलाखेल प्रहरी परिसर प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक पिताम्बर अधिकारीले जानकारी दिए ।
जाउलाखेलमा पेस्तोल देखाएर आतंक मच्चाउने पक्राउ
408
जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले वातावरण प्रदूषण गर्ने अब जो कोहीलाई कारबाही गरिने बताएका छन् । भक्तपुर मध्यपुरथिमि नगरपालिका - # कौशल्टार र सूर्यविनायक नगरपालिका–# बालकोटको सिमानामा पर्ने हनुमन्ते खोला सरसफाइ अभियानको आज उद्घाटन गर्दै उनले वातावरण प्रदूषण गर्नेलाई कारबाही गर्ने दृढता व्यक्त गरे । मन्त्री पण्डितले आगामी वैशाख # गतेदेखि महानगर तथा उपमहानगरमा हरियो स्टिकर नहुने सवारी साधनलाई प्रतिबन्द लगाउने बताउँदै उनले भने " वैशाख # गतेदेखि हरियो स्टिकर नभएका सवारी साधन चल्न दिइने छैन , ## प्रतिशत हरियो स्टिकर भएका साधनले कालो धुवाँ फाल्छ , अब त्यस्तालाई कारबाही हुन्छ ।
प्रदूषण गर्ने जो कोहीलाई अब कारबाही : मन्त्री पण्डित
588
खोटाङको जन्तेढुंगा गाउँपालिकाको एक मतदान केन्द्र । ## असार , काठमाडौं । तीन प्रदेशका ### स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि मतदान भइरहेको छ ।
वर्षाले बिजोग ! तैपनि कम छैन मतदातामा उत्साह
142
गोरखा— गोरखाको भिमसेन गाउँपालिका धावामा मंगलवार भेटिएको पेस्तोलधारीलाई पक्राउ गरी कानुनी कारवाही गर्न गोरखाका लोकतान्त्रिक गठबन्धनमा आवद्ध दलहरुले माग गरेका छन् । मूख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी गर्दै उनीहरुले निर्वाचन बिथोल्न उमेद्धवार नै हतियार सहित हिडेको भेटिनु निर्वाचन आचारसंहित बिपरित भएको बताएका छन् । उनीहरुले मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेललाई भेटेर लिखित उजुरी दर्ता गराएका हुन् ।
पेस्तोलधारीलाई पक्राउ गर्न लोकतान्त्रिक गठबन्धनको माग
405
बहुप्रतिक्षित आयोजनाको रुपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगन्जसम्म ## किलोमिटर लम्बाइमा पाइपलाइन बिछ्याउने काममध्ये ## किलोमिटरसम्म पेट्रोलियम पाइपलाइन जमिनमुनि बिछ्याउने काम सम्पन्न भएको छ । गत चैतको अन्तिम साता भारत भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली तथा समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीको हैदरावाद हाउसबाट मोतिहारी—अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको संयुक्तरुपमा शिलान्यास गरेपछि यसको निर्माण कार्यले गति लिएको थियो । भारतको मोतिहारीदेखि बारा जिल्लाको अमलेखगन्जसम्म ## किलोमिटर लम्बाईको पाइपलाइन निर्माणको लागि ### करोडको लागतमा सो काम द्रुतगतिमा भइरहेको छ ।
बाह्र किलोमिटरमा पेट्रोलियम पाइपलाइन बिछ्याइयो
600
काठमाडौँ– सरकारले मलेसिया जाने नेपाली कामदारबाट लिने गरेको विभिन्न शीर्षकका अतिरिक्त शुल्क खारेजीका लागि पहल शुरु गरेको छ । श्रम , वैदेशिक , रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित मुलुकमा कूटनीतिक पहल गर्ने गरी एकपक्षीय र अवाञ्छितरुपमा लिइएका शुल्क अन्त्य गर्ने भएको हो । श्रममन्त्री गोकर्णराज विष्टले आज पत्रकार सम्मेलन गरी नेपाल र मलेसियाको श्रम सम्झौतामा समेत नभएका ## वटा स्वास्थ्य संस्थामा मात्र स्वास्थ्य परीक्षणको व्यवस्था हटाई नेपालमा कानूनबमोजिम सञ्चालित सबै संस्थामा परीक्षण गराउन , परीक्षणमा अनलाइन माइग्रामका नाममा प्रतिकामदार रु ### , मलेसियन दूतावासमा एकीकृत सेवा #ओएसस#का नाममा लिइने दुई हजार ### र भ्याट , माइग्रेसन सेक्युरिटी बापत तीन हजार ### सय , भीसा शुल्क अनलाइनबाट प्रक्रिया गर्न रु तीन हजार ### लिने काम अवैध , अवाञ्छित र गैरकानूनी भएकाले खारेज गराइने जानकारी दिए ।
मलेसिया जाने कामदारको अतिरिक्त शुल्क खारेज गर्ने निर्णय
824
देशको अर्थतन्त्र टिकाउन महत्वपूर्ण योगदान पुर्याएका खाडीमा कार्यरत कामदारमध्ये करिब ## प्रतिशतले न्यूनतम पारिश्रमिक नपाउने गरेको तथ्य सार्वजनिक भएको छ । दिन प्रतिदिन वैदेशिक रोजगारीमा समस्या सिर्जना भइरहेका बेला सार्वजनिक भएको उक्त तथ्यले मध्यपूर्वको रोजगारीलाई कसरी सुधार गर्ने भन्ने समस्या देखिएको छ । गैरआवासीय नेपाली संघ ( एनआरएनए ) को आठौं महाधिवेशनमा भाग लिन काठमाडौं आएका मध्यपूर्वका अगुवा नेपालीले न्यूनतम पारिश्रमिकको मारमा ठूलो संख्याका कामदार परे पनि सरकारले ध्यान नदिएको गुनासो गरे ।
मध्यपूर्वमा ## प्रतिशत कामदार न्यूनतम पारिश्रमिकबाट वञ्चित
495
म कहिलेकाहीँ सोच्दछु यदि मेरो चोर औंलामा सुदर्शन चक्र हुने हो भने संसारमा भइरहेको हरेक अराजकता र असत्यमाथि सजिलै विजय पाउँथेँ होला । यदि मेरो हातमा दुर्गा माताले बोक्नुभएको जस्तो त्रिशूल हुने हो भने संसारका हरेक बलात्कारीहरू त्यही त्रिशूलले चिराचिरा पारिदिन्थेँ होला अनि कैयौं निर्मलाहरूलाई न्याय दिन्थेँ होला । यदि मसँग भगवान शिवको जस्तै तेस्रो नेत्र हुन्थ्यो भने देशद्रोही , भ्रष्टाचारी , शोषक र सामन्तीहरूलाई भष्म गरिदिन्थेँ होला ।
न भगवान , न दानव , हामी मानव
434
डोपिङ परिक्षणमा असफल भएपछि दक्षिणी अमेरिकी देश पेरूका फुटबल कप्तान पाओलो गुइरेरोले आगामी महिनाबाट सुरू हुने विश्वकप गुमाएका छन् । उनले प्रदुषित चियाका कारण डोपिङमा असफल भएको बताउँदै आएका थिए । सोमबार खेल अदालतले ' एन्टी डोपिङ एजेन्सी ' को # महिने प्रतिबन्ध सजायलाई बढाउन गरेको आग्रहलाई समर्थन गरेपछि उनी विश्वकपमा प्रतिबन्धित हुन पुगेका हुन् ।
डोपिङका कारण पेरूका कप्तान आगामी विश्वकपमा प्रतिबन्धित
343
शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्र ( लाइसेन्स ) परीक्षाका लागि आवेदन खुला गरेको छ । आयोगले सूचना निकालेर प्राथमिक , निम्नमाध्यमिक र माध्यमिक तहका लागि लाइसेन्स परीक्षामा सहभागी हुन आवेदन खुलाएको हो । प्राथमिक तहका लागि पाँच सय , निम्नमाध्यमिक तहका लागि सात सय र माध्यमिक तहका लागि एक हजार दस्तुर बुझाएर योग्यता पुगेकाहरुले आवेदन दिन सक्ने आयोगले जनाएको छ ।
खुल्यो शिक्षक लाइसेन्सको आवेदन
360
विश्वकप क्रिकेट उपाधि जितेपछि इङ्ल्याण्डका कप्तान इयोन मोर्गनले अलराउण्डर बेन स्टोक्सलाई ' सुपर ह्यूमन ' को संज्ञा दिए । उनले दिएको यो संज्ञा बनावटी वा भन्नका लागि मात्र भनिएको थिएन । विश्वकप क्रिकेटको फाइनलमा साँच्चै उनले उत्कृष्ट खेल खेले ।
बेन स्टोक्स कसरी बने ' भिलेन ' बाट राष्ट्रिय ' हिरो ' ? : इयान मोर्गान यस्तो भन्छन्
242
कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टले शनिबार सक्रिय खेल जीवनबाट सन्यास लिएका छन् । सन्यास घोषणासँगै उनले अब ' तेक्वान्दोमा आफूभन्दा राम्रा खेलाडीहरु जन्माउन प्रशिक्षणमा लाग्ने बताए । शनिबार राजधानीमा आयोजित कार्यक्रममा झण्डै दुई दशक लामो खेलाडी जीवनबाट विश्राम लिएको घोषणा गरे ।
कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टले लिए सन्यास
282
जिल्लाको माइपोखरीछेउमा कुकुरले आक्रमण गरी लोपोन्मुख वन्यजन्तु रेडपान्डा मारेको छ । कुकुरले आक्रमण गर्दै गरेको भेट्टाएपछि स्थानीय गाडी चालकले कुकुरबाट खोसेर बचाउन खोजेपनि तत्कालै रेडपान्डा मरेको थियो । स्थानीय युवराज पौडेलका अनुसार मृत रेडपान्डा प्रहरीलाई जिम्मा लगाइएको छ ।
कुकुरले मार्‍यो दुर्लभ रेडपान्डा
273
तनहुँको पर्यटकीय केन्द्र बन्दीपूरको दक्षिण तर्फ बन्दीपूर सामुदायिक होमस्टेको एउटा गेट देख्न सकिन्छ । त्यस गेटभन्दा भित्र रहेका परम्परागत घरहरुमा स्थानीय महिलाहरुको सक्रियतामा ### सालदेखि सामुदायिक होमस्टे सञ्चालनमा ल्याइएको छ । ## वटा घरमा नम्वर लगाइएको छ ।
जीविकोपार्जनमा सहज बनाउँदै बन्दिपुरका होमस्टे
257
प्रदर्शन मिति तय नभैसकेको चलचित्र ' हाउ फन्नी ' को ' यो के हो ' बोलको गीत सार्वजनिक गरिएको छ । पूर्व मिस नेपाल माल्भिका सुब्बा कार्यकारी निर्माता रहेको यो चलचित्रलाई निलु डोल्मा शेर्पाले निर्देशन गरेकी हुन् । चलचित्रमा केकी अधिकारी , प्रियंका कार्की , दयाहाङ राई , अनुपविक्रम शाही , निशा अधिकारीको मुख्य भूमिका छ ।
माल्भिकाको ' हाउ फन्नी ' मा केकी र अनुपको प्रेम ( भिडियो )
314
चिकित्सा शास्त्र अध्ययन गर्ने विद्यार्थीले शान्तिपूर्ण आन्दोलनमा उत्रिएका वीरगञ्जको नेशनल मेडिकल कलेजका विद्यार्थीमाथि सञ्चालकले दुव्र्यवहार र हातपात गरेको आरोप लगाएको छ । शुक्रबार रिपोर्टस क्लबमा आयोजित पत्रकार सममेलनमा संघर्ष समितिले मेडिकल कलेजका सञ्चालक बसरुद्दिन अन्सारीकै उपस्थिति र निर्देशनमा विद्यार्थीमाथि हातपात , कुटपिट , गालीगलौज र विद्यार्थीको गाडी तोडफोड गरिएको भन्दै आपत्ति जनाएको हो । चिकित्सा शिक्षा संघर्ष समिति तथा चितवन मेडिकल कलेज विद्यार्थी परिवारको तर्फबाट संयोजक प्रकाश चन्द र चिकित्सा शिक्षा संघर्ष समितिका प्रवक्ता नरेश भट्टको संयुक्त नाममा जारी गरेको विज्ञप्तिमा बिहीबार राति मेडिकल कलेजको होस्टल परिसरभित्रै केही स्थानीय गुण्डा र सञ्चालक नजिकका सिनियर विद्यार्थीले प्रदर्शमा उत्रिएका विद्यार्थीमाथि कुटपिट गरेको जनाइएको छ ।
वीरगञ्जमा आन्दोलनरत मेडिकल विद्यार्थीमाथिको आक्रमणको विरोध
751
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संसदीय दलको नेतामा निर्वाचित भएकोमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले बधाई दिएकी छन् । बुधबार नै संसदीय दलको नेतामा निर्वाचित भएका देउवालाई विदेशमन्त्री स्वराजले टेलिफोनमार्फत बधाई दिएकी हुन् । उनले सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्नुभएको सभापति देउवाका सहयोगी भानु देउवाले जानकारी दिए ।
देउवालाई भारतीय विदेशमन्त्री स्वराजको बधाई
339
काठमाडौँ उपत्यका तथा धुलिखेलका विभिन्न ## स्थानमा वायु प्रदूषणमापन यन्त्र राखिने भएको छ । अहिलेसम्म वायु प्रदूषणको आधिकारिक तथ्याङ्क प्राप्त गर्ने कुनै निकाय नभएकाले वातावरण विभागले विभिन्न सरोकारवाला निकायसँग सहकार्य गरी उक्त यन्त्र राख्न लागेको हो । विभागका सिनियर डिभिजन केमिस्ट शङ्करप्रसाद पौडेलका अनुसार काठमाडौँ उपत्यकामा मच्छेगाउँ , पुल्चोक क्याम्पस , रत्नपार्क , भक्तपुर , खुमलटार , चन्द्रागिरी , कपन , टेकु , धुलिखेललगायतका स्थानमा मापन यन्त्र राख्न लागिएको हो ।
उपत्यकाका ## स्थानमा वायु प्रदूषण मापन यन्त्र राखिने
471
एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रिया , सरकार विस्तार मधेस केन्द्रीत दलसँग भइरहेको छलफलबारे एमाले सचिव प्रदीप ज्ञवालीसँग सेतोपाटीका अमित ढकाल र मनोज सत्यालले गरेको कुराकानीको सम्पादित अंश : एमाले र माओवादीबीच सोमबार राति पार्टी एकता गर्ने सात बुदेँ सहमतिमा हस्ताक्षर भयो । चर्चामा रहेको पार्टी र सरकारको नेतृत्वको विषय परेको देखिएन , किन ? पार्टी नेतृत्व दुई अध्यक्षात्मक प्रणालीबाट सञ्चालन हुन्छ अर्थात् केपी शर्मा ओली र प्रचण्ड दुई अध्यक्ष रहनुहुन्छ । यसअघि नै सहमति भएर निर्णय सार्वजनिक भइसकेकाले त्यसलाई नदोहोर्‍याएको मात्र हो ।
महाधिवेशनले सहमतिमै नेतृत्व छान्छ : प्रदीप ज्ञवाली
538
एथ्लेटिको मड्रिडले इन्टरनेसनल च्याम्पियन्स कपमा युभेन्टसलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा एथ्लेटिको मड्रिडले युभेन्टसलाई #–# गोल अन्तरले पराजित गरेको हो । एथ्लेटिको मड्रिडको जितमा जोओ फेलिक्स र थोमस लेमारले समान #–# गोल गरे ।
एथ्लेटिको मड्रिडसँग युभेन्टस पराजित
235
दूधमा आत्मनिर्भर बन्ने घोषणा गरेको सरकारले दूध उत्पादन बढाउन नसकेपछि विदेशबाट उन्नत नस्लका गाई ल्याउन पहल सुरु गरेको छ । भारतबाट उन्नत जातका गाई ल्याउने प्रयास असफल भएपछि चीनबाट उन्नत गाई ल्याउने प्रक्रिया अघि बढाएको हो । राष्ट्रिय दुग्ध विकास बोर्डले चीनको कृषि यान्त्रीकरण विज्ञान प्रतिष्ठानको सहयोगमा उन्नत नस्लका गाईसहित नयाँ परियोजना ल्याउन पहल सुरु गरेको छ ।
दूध उत्पादन बढाउन चीनबाट गाई ल्याउन पहल
364
निर्माण सुरु भएको ## वर्षपछि कुलेखानी तेस्रो जलविद्युत् आयोजनाले परीक्षण उत्पादन थालेको छ । योसँगै प्राधिकरणले आफू अन्तरगत बनिरहेका सबै रुग्ण जलविद्युत आयोजनालाई पार लगाएको छ । कुलेखानी तेस्रो प्राधिकरण आफैंले बनाइरहेको अन्तिम आयोजना हो ।
कुलेखानी तेस्रोको परीक्षण उत्पादन सुरु , प्राधिकरण अब रुग्ण आयोजना मुक्त
238
प्रहरीले भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा ## वटा गोरुसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय , विर्तामोड र प्रहरी चौकी , सुरुङ्गाबाट खटिएको टोलीले कनकाई नगरपालिका–# , तुलसीबारीबाट वीरबहादुर थिङ र नवलपरासीका विजय चौधरीलाई मंगलबार पक्राउ गरेको हो । विर्तामोडका डीएसपी मोहनकुमार थापाका अनुसार पक्राउ परेका दुवै जना ना . #ख #### र ना # ख #### नम्बरको ट्रकका चालक हुन् ।
झापाबाट ## वटा गोरु भारततर्फ तस्करी गर्दैगर्दा दुई पक्राउ
390
प्रधानमन्त्री प्रचण्डले बागमती सफाइ अभियानजस्तै अब मनभित्रको विसंगति सफाइ गर्नुपर्ने बताएका छन् । साथै अब हुने स्थानीय चुनावले राजनीतिलाई पनि सफा पार्ने प्रधानमन्त्रीको भनाइ छ । ' यो बागमती सफाइ मेरो विचारमा नयाँ संस्कृति र राष्ट्रिय एकताको अभियान हो ' प्रधानमन्त्री प्रचण्डले शनिबार बागमती सफाइको # सय हप्तामा आयोजित समारोहलाई सम्बोधन गर्दै भने , ' हाम्रो मनमा भएको विसंगतिको सफाइ , सामाजिक र सांस्कृतिक सफाइको अभियान पनि हो ।
प्रधानमन्त्रीले भने - अब सामाजिक राजनीतिक सफाइ गर्नुपर्छ ( भिडियोसहित )
427
सरकारले इजरायल र दक्षिण अफ्रिकाका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ । ## गते बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । इजरायलका लागि नेपाली राजदूत निरन्जन थापालाई सरकारले # साताभित्र फर्कन समय दिएको छ ।
इजरायल र दक्षिण अफ्रिकाका राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णय
220
इस्लामावाद –आर्थिक सहयोग रोक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणापछि चीनले आफू पाकिस्तानको साथमा रहेको बताएको छ । पाकिस्तानमा रहेको चिनियाँ राजदूतावासका प्रवक्ता लिजिएन जिआओले ट्वीटमार्फत चीन सधै पाकिस्तानको साथमा रहेको र सहयोग जारी राख्ने बताए । उनले भनेका छन् - ' पाकिस्तानले चरमपन्थीको सामना गर्न कैयौं प्रयास र योगदान गरेको छ ।
हामी पाकिस्तानको साथमा छौं : चीन
339
गुल्मी , पाल्पा र स्याङ्जाको संगमस्थल गुल्मीको रिडीमा माघे संक्रान्ती मेला लागेको छ । मेलामा श्रद्धालु भक्तजनको घुइँचो छ । माघे संक्रान्तिदेखि तीन दिनसम्म रिडीस्थित कालीगण्डकी नदीमा नुहाएर ऋषिकेश मन्दिरको दर्शन गरेमा मोक्ष प्राप्त हुने धार्मिक विश्वास छ ।
रिडीमा माघे संक्रान्ति मेला , श्रद्धालुलाई निःशुल्क खानपीनको व्यवस्था
255
शनिबारदेखि सुरू हुने झापा गोल्डकपको उद्घाटन खेलमा झापा ## एफसी र पोखराको सहारा क्लबले जित दर्ता गर्ने दाबी गरेका छन् । आयोजकका तर्फबाट प्रि–म्याच कन्फरेन्समा दुवै टिम क्याप्टेन र कोचले त्यस्तो दाबी गरेक हुन् । झापा ## का कोच प्रवेश कटुवालले पूर्ण अपेक्षाका साथ तयारी गरेकाले मग मग झापा गोल्डकपको पहिलो खेल सहारा क्लब पोखराविरूद्ध जित निकाल्ने दाबी गरे ।
झापा गोल्डकप : झापा ## एफसी र पोखराको सहारा क्लबबीच उद्घाटन खेल , कसले मार्ला बाजी ?
353