article
stringlengths
55
1.8k
title
stringlengths
10
141
article_length
int64
55
1.8k
नयाँ शक्ति पार्टी , नेपालले विचार , लक्ष्य र नीति मिल्नेसँग मात्रै एकता र ध्रुवीकरण गर्ने पार्टी नीति रहेको स्पष्ट पारेको छ । नयाँ शक्तिले पार्टी एकताका लागि विभिन्न राजनीतिक शक्तिसँग संवाद थालेको समाचार बाहिर आइरहेका बेला नयाँ शक्तिले एकताबारे धारणा सार्वजनिक गरेको हो । नयाँ शक्तिले राजनीतिक दल र नेतृत्वबीच छलफल भए पनि त्यसको उद्देश्य राष्ट्रिय राजनीतिको भावी कार्यदिशालाई निर्धारण गर्न मद्दत गर्नु रहेको जनाएको छ ।
विचार र नीति मिल्नेसँग मात्रै पार्टी एकताः नयाँ शक्ति
418
बारामा रहेकी प्रेमिका भेट्न आएका रौतहटका एक युवकको हत्या भएको छ । रौतहटको सन्तपुर दोतिस्या गाविस # का ## वर्षीय पुण्यदेवप्रसाद यादवको हत्या भएको हो । बाराको भोडहा गाविस # धोदामा रहेकी आफ्नी प्रेमीकालाई भेट्न आएका बेला यादवको हत्या भएको हो ।
प्रेमिका भेटन गएका प्रेमीको हत्या
240
पर्यटक आकर्षणका लागि झापाका थुप्रै सामुदायिक वनले मिनी चिडियाघरका नाममा पालेका वन्यजन्तु असुरक्षित भएका छन् । मेचीनगर–## मा रहेको बाँसबारी सामुदायिक वनमा तारजालीको कडा घेराभित्र पालिएका चार वयस्क हरिणलाई एक महीनाअघि कुकुरले चिथोरेर मारेपछि चिडियाघरका वन्यजन्तुको सुरक्षामा प्रश्न उठन थालेको छ । एकैखेपमा यति धेरै दुर्लभ वन्यजन्तु मारिएपछि सर्वसाधारण , वन्यजन्तु संरक्षणमा लागेका संस्था , सञ्चार माध्यम र सरकार सबैको ध्यान यसतर्फ तानिएको छ ।
मिनी चिडियाघरमै वन्यजन्तु असुरक्षित
440
रोजगारीको सिलसिलामा साउदी अरबको रियादमा रहेका एक रुकुमेलीको मृत्यु भएको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–# बटालागाउँका ## वर्षीय मनिराज परियारको सोमबार राति सुतेकै ठाउँमा मृत्यु भएको आफन्तले जनाएका छन् । रोजगारीको सिलसिलामा तीन वर्षअघि साउदी अरब जानुभएका उनी रियादस्थित तुर्की कम्पनीमा कार्यरत थिए ।
साउदीमा एक रुकुमेलीको मृत्यु
304
कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले भारतलगायत तेस्रो मुलुकबाट नेपाल आयात गरिने फलफूल तथा तरकारीको एकीकृत विषादी परीक्षणको काम सुरू गर्न कम्तीमा # वर्ष लाग्ने बताएका छन् । तेस्रो मुलुकबाट आयात हुने फलफूल र तरकारीमा # महिनाका लागि विषादी परीक्षण नगर्ने सरकारको निर्णयको चौतर्फी विरोध भइरहेका बेला कृषि मन्त्री खनालले एकीकृत विषादी परीक्षणको सुरूआत गर्न कम्तीमा # वर्ष लाग्ने बताएका हुन् । राष्ट्रियसभाको आइतबार बसेको बैठकमा विनियोजन विधेयक #### अन्तर्गत कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा विनियोजित बजेटमाथि बैठकमा उठेका प्रश्नको सम्बोधन गर्ने क्रममा उनले सो कुरा बताएका हुन् ।
विषादी परीक्षणबारे कृषि मन्त्रीले भने : काम सुरू गर्न कम्तीमा # वर्ष लाग्छ
590
गृहमन्त्री रामबहादुर थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको विमानका यात्रुको उद्धारमा लाग्न निर्देशन दिएका छन् । गृहमन्त्री थापा दिउँसो # बजे दुर्घटनास्थल पुगेर घाइतेको शीघ्र उपचार गर्न निर्देशन दिएका हुन् । उनले घटना दुःखद् भएको भन्दै सबैलाई धैर्यधारण गर्न आग्रह गरेका छन् ।
जहाज दुर्घटना : गृहमन्त्री विमानस्थलमा , उद्धारमा लाग्न निर्देशन
309
आफूले संसदमा कोरोना भाइरसतर्फ संकेत गर्दै धक्काको कुरा उठाएको प्रधानमन्त्री केपी शर्मा ओलीले प्रष्ट पारेका छन् । मंगलबार संसदमा सभामुख अग्निप्रसाद सापकोटालाई बधाई दिने क्रममा प्रधानमन्त्री ओलीले भ्रमण वर्ष #### को सुरूमा प्राकृतिक धक्का लागेको बताएका थिए । तर प्रधानमन्त्रीपछि बोलेका प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीले धक्काको कुरा गरेकोले त्यो धक्का के हो भन्ने प्रश्न गरेका थिए ।
देउवालाई प्रधानमन्त्रीको जवाफ - धक्का कोरोना भाइरसलाई भनेको हो
423
म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनसँग लज्जास्पद हार व्यहोरेको छ । आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड एभर्टनसँग #–# ले पराजित भएको हो । एभर्टनको जितमा रिचार्लिसन , सिगुडसन , लुकास र थियो वालकोटले गोल गरे ।
एभर्टनसँग म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार
237
विगत सात बर्षदेखि आयोजना हुँदै आएको ' एलजी डी सिने अवार्ड ' का लागि मनोनयन सार्वजनिक गरिएको छ । मंसिरमा एक भव्य कार्यक्रमको आयोजना गर्दै अवार्ड आयोजना गरिने छायाँछवि क्रियशनका अध्यक्ष शान्तिपि्रयले बताएका छन् । ### सालभरी प्रदर्शनमा आएका चलचित्रहरु प्रतिस्पर्धा गर्न पाइने यो अवार्डमा प्रतक्ष्य तथा अप्रतक्ष्यगरि करीव ## विधामा अवार्ड प्रदान गरिनेछ ।
प्रियंका खलपात्रसँगै उत्कृष्ट नायिकामा छनोट , आर्यन पनि # चलचित्रबाट नायकको मनोनयनमा
350
बलिउडमा रिमेक चलचित्रको होडबाजी छ । रिमेक गरिएका चलचित्रहरु केही हदसम्म सफल पनि भएका छन् । त्यसैले होला , अहिले रिमेक चलचित्रको ट्रेण्ड नै छ ।
बलिउड ####ः रिमेकको लर्को
142
प्राणघातक एड्स रोग लगाउने एचआईभी–# भाइरसबाट पीडित अर्का एक व्यक्ति रोगमुक्त भएका छन् । अनुसन्धाताहरुले उनीमाथिको उपचार रोकिएको र सम्भवतः निको भएको जनाएका छन् । पेरिसमा आयोजित एक चिकित्सा सम्मेलनमा मङ्गलबार यस अद्भूत कार्यका बारेमा घोषणा गरिएकाे छ ।
एचआईभी संक्रमित व्यक्ति रोगमुक्त
248
सगरमाथा आरोहण गर्न ## हजार अमेरिकी डलर ( करिब ## लाख ) लिने आरोहण कम्पनीले आरोहीको मृत्यु हुँदा भने करिब एक करोड रुपैयाँसम्म असुल गर्न थालेका छन् । आरोहीको मृत्युपछि आधार शिविरसम्म शव ल्याउँदा हुने ठूलो आम्दानीले आरोहणप्रति नकारात्मक धारणा बढ्ने आशंका यस क्षेत्रका व्यवसायीले गर्न थालेका छन् । आरोहणमा गुणस्तरीय सेवा दिने र दुर्घटना कम गराउन सुरक्षाका उपाय अवलम्बन गर्नसमेत यसमा संलग्न कम्पनीहरू चुक्न थालेका छन् ।
सगरमाथामा मृत्युको व्यापार
414
एक र दुई रुपैयाँ दरका सिक्का छाप्न आठ कम्पनी इच्छुक देखिएका छन् । बजारमा सिक्काको अभाव हुन थालेपछि नेपाल राष्ट्र बैंकले छपाउन ग्लोबल टेन्डर आह्वान गरेको थियो । केन्द्रीय बैंकले सिक्का छाप्न साउन ## गतेसम्म टेन्डर हालिसक्नुपर्ने सूचना जारी गरेको थियो ।
एक र दुईका सिक्का छाप्न आठ कम्पनी इच्छुक
251
सोमबार करिब # अंकले ओरालो लागेको सेयर बजारमा मंगलबार # दशमलव ## अंकको गिरावट देखिएको छ । मंगलबार बैंकिङ , फाइनान्स र उत्पादनमुलक समूहमात्रै हरियो देखिएका छन् भने बाँकी सबै समूह राताम्मे देखिएका छन् । दिनभर भएको कारोबारमा निर्जिवन बीमा कम्पनीमा लगानी गर्ने लगानीकर्ताहरुले धेरै गुमाएका छन् ।
सेयर बजारमा रोकिएन गिरावट
290
' म यस्तो गीत गाउँछु # ' बाट पूजा शर्मा र पल शाहको जोडी सिनेमाको पर्दामा पुनः आउने भएको छ । मंगलबार मनकामना मन्दिरमा सिनेमाको शुभ - मुहूर्त गर्दै सिनेमामा यो जोडी दोहोरिन लागेको सार्वजनिक भएको हो । # वर्ष अगाडी आफ्नो जन्मदिनमा निर्देशक सुदर्शन थापाले यो सिनेमाको सिक्वल बनाउने घोषणा गरेका थिए ।
' म यस्तो गीत गाउँछु # ' मा पक्का भयो पल र पूजाको जोडी
294
मोतीहारी– अमलेखगञ्ज पाइपलाइनबाट एक महिनाकाे अवधिमा करिब साढे चार करोड लिटर बराबरकाे डिजेल आयात भएको छ । नेपाल तथा भारतका प्रधानमन्त्रीले पाइपलाइन भदौ ## गते स‍युक्त रुपमा उद्घाटन गरेका थिए । त्यसयता असोज ## गतेसम्म # करोड ## लाख ## हजार लिटर डिजेल आयात भएको नेपाल आयल निगम लिमिटेडले जानकारी दिएको छ ।
पाइपलाइनबाट # महिनामा करिब साढे चार करोड लिटर डिजेल आयात
300
प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रदेश नं # को प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै छन् । यसअघि उनले प्रदेश नम्बर # र # मा सम्बोधन गरिसकेका छन् । प्रदेश सरकार अहिले नीति तथा कार्यक्रमसँगै बजेटको तयारीमा व्यस्त छन् ।
प्रदेश # को सभा बैठकमा प्रधानमन्त्रीको सम्बोधन
212
संखुवासभाको उत्तरी क्षेत्रमा चिसो बढेपछि विद्यालय बन्द गरिएको छ । जिल्लाको उच्च हिमाली क्षेत्रमा पर्ने भोटखोला गाउँपालिकाका विद्यालय बन्द भएका हुन् । अत्यधिक चिसो बढेकाले विद्यार्थीहरु विद्यालय आउन छाडेकाले एक महिनाको लागि विद्यालय बन्द गरिएको अरुणोदय मावि लिङ्गमका शिक्षक फूर्वा भोटेले बताए ।
चिसोले विद्यालय बन्द
293
द्वन्द्वपीडित राष्ट्रिय समाजले सरकारले द्वन्द्वपीडितका समस्या समाधानमा पक्षपात गरेको आरोप लगाएको छ । समाजले आज नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई उनकै निवासमा ज्ञापनपत्र बुझाउँदै सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिनसम्बन्धी आयोग राजनीतिक हस्तक्षेपको मारमा परेको जनाएको हो । समाजका अध्यक्ष कुलबहादुर गुरुङले सत्य निरुपण आयोगमा प्रजातान्त्रिक विचारका सदस्यको मत अल्पमतमा पारिँदै आएबाट आयोग पीडितमुखी नभइ पीडकमुखी बन्दै गइरहेको गुनासो गरे ।
सरकारले नै द्वन्द्वपीडितलार्इ पक्षपात गरेको गुनासो
467
नेपालमा व्यावसायिक पत्रकारिताका धरोहर हेमराज ज्ञवालीको ## वर्षको उमेरमा शनिबार साँझ निधन भएको छ । छातीमा असजिलो भएपछि बाँसबारीस्थित गंगालाल हृदय केन्द्रमा लगिएका ज्ञवालीको उपचारका क्रममा निधन भएको हो । चिकित्सकहरूले ज्ञवालीको माइल्ड अट्याकबाट निधन भएको जनाएका छन् ।
रहेनन् व्यावसायिक पत्रकारिताका धरोहर
265
अस्पतालहरुमा सरुवा रोगका बिरामीहरु बढेको राजधानीका अस्पतालहरुले जनाएका छन् । टाइफाइड , स्क्रवटाइफस , जन्डिस , ज्वरो , खोकी , झाडापखालाका बिरामी बढेको अस्पतालले जनाएका छन् । राजधानीका केन्द्रीय अस्पालहरुमा ती बिरामी आइरहेको चिकित्सकहरुले जनाएका छन् ।
बढ्यो सरुवा रोगको प्रकोप
249
नेकपा माओवादीका केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिका ( अत्तरिया ) लाई जोडेर महानगरपालिका बनाउन सकिने बताएका छन् । तर , यसका लागि दृष्टिकोण भएको नेतृत्व आवश्यक रहेको बताउँदै उनले भने , ' केही समय मेहनत गरे धनगढी–अत्तरियालाई जोडेर सुदूरपश्चिमकै नमुना महानगरपालिका बनाउन सकिने सपना मैले देखेको छु । ' धनगढी उपमहानगरपालिकाको फूलबारीमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आफू प्रधानमन्त्री भएका बेला सुदूरपश्चिम विश्वविद्यालय स्थापना गरेको र अहिले प्रधानमन्त्री हुँदा पनि पञ्चेश्वर परियोजना , महाकालीमा पक्की पुल , सुख्खा बन्दगाह , पश्चिम सेती , हुलाकी मार्गजस्ता ठूला परियोजनाको निर्माण प्रक्रिया अगाडि बढाएको बताए ।
धनगढी - अत्तरिया जोडेर नमुना महानगरपालिका बनाउन सकिन्छः पुष्पकमल दाहाल
669
लोक सेवा आयोगद्वारा वीरेन्द्रनगरमा सञ्चालित नेपाल प्रहरीको लिखित परीक्षामा सहभागी ## नक्कली परीक्षार्थी रहेको खुलेको छ । विभिन्न परीक्षा केन्द्रमा आज प्रवेशपत्र जाँचका क्रममा फेला परेका ती परीक्षार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिल्लीराज पन्तले नक्कली परीक्षार्थीमाथि अनुसन्धान शुरु गरिएको जानकारी दिए ।
लोकसेवा आयोगको परीक्षामा ## नक्कली परीक्षार्थी पक्राउ
352
दशैंको समयमा नयाँ नोटको प्रचलन बढी हुने गर्छ । यही क्रममा तपाईले एक हजार रुपैयाँका नयाँ नोटहरु बोक्नुभएको छ भने होस गर्नुहोला , त्यो नोट नक्कली पनि पर्न सक्छ । एक हजार रुपैयाँका साथै एक सय रुपैयाँको पनि नक्कली नोट बजारमा पुगेको हुन सक्ने प्रहरीले संकेत गरेको छ ।
हजारको नोट बोक्नुभएको छ ? नक्कली पर्ला नि !
262
सर्वोच्च अदालतले लोकमानसिंह कार्कीलाई कालोमोसो दल्नेलाई ' अदालतको अवहेलना ' गरेको ठहर गर्दै एक महिनाको कैद सजाय सुनाएको छ । कार्कीलाई मोसो दल्ने प्रबल भन्ने प्रकाश शाही र चन्द्रबहादुर बुढालाई ' अदालतको अवहेलना ' ठहरसहित न्याय सम्पादनमा अवरोध पुर्‍याएको भन्दै सर्वोच्च अदालतले सोमबार एक महिना कैद हुने आदेश गरेको हो । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संयुक्त इजलासले थुनामा रहेका शाही र बुढालाई जिल्ला कारागार चलान गर्न आदेश दिएको छ ।
लोकमानलाई कालोमोसो दल्नेलाई एक महिना कैद
453
नेपाल प्रहरीले रौतहटमा सडक सुरक्षासम्बन्धी पहिलो कार्यक्रम सम्पन्न गरेको छ । जिल्लामा हुने अस्वाभाविक मृत्यु तथा अंगभंग र घाइतेसम्बन्धी घटनाको मुख्य कारण सडकमा हुने सवारीसाधन दुर्घटना रहेको सन्दर्भमा इलाका प्रहरी कार्यालय गरुडाले सडक सुरक्षा सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै रौतहटका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले सडकमा हुने दुर्घटना न्युनीकरण गर्न हरेक किसिमको उपाय अवलम्बन गर्नु आजको आवश्यकता भएको बताउँदै सडकले जीवन बचाउने र समाप्त पार्ने हुनाले यात्रालाई सुरक्षित बनाउन सबैलाई आग्रह गरे ।
रौतहटमा पहिलो सडक सुरक्षा कार्यक्रम सम्पन्न
538
उपत्यकामा एकपछि अर्को गर्दै प्रहरी अधिकारीहरु घुसकाण्डमा पक्राउ पर्न थालेपछि गृहमन्त्री रामबहादुर थापा ' बादल ' रुष्ट बनेका छन् । शनिबार राति कार्यकक्षबाटै महानगरीय प्रहरी वृत्त , बौद्धका प्रमुख डिएसपी श्यामकुमार राई # लाख ## हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेपछि बादल उपत्यकाका प्रहरी अधिकारीहरुप्रति रुष्ट बनेका हुन् । राई अख्तियारको फन्दामा परेलगत्तै थापाले आइतबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त लामा , ललितपुर प्रहरी प्रमुख रविन्द्र धानुक र भक्तपुर प्रहरी प्रमुख एसपी हिमालय श्रेष्ठलाई कार्यकक्षमै बोलाएर प्रहरीभित्र भइरहेको गतिविधिबारे सोधपुछ गरेका छन् ।
गृहमन्त्री कड्किएपछि प्रहरी इञ्चार्ज फेरबदल
607
नेपालमा गर्भासय क्यान्सर रोगबाट ग्रसित महिलाहरूको सहयोगका लागी अमेरिकाको डालसमा हालै स्थापना भएको ' कमला शाक्य फाउन्डेसन ' ले आज सम्पन्न गरेको ' फण्ड रेजिंग डिनर ' मा करिब ## हजार अमेरिकी डलर सङ्कलन भएको छ । स्थानीय समाजसेवी स्वर्गीय कमला शाक्यको नाममा स्थापित सो फाउन्डेसन ' ले पहिलो चरणमा नेपाल स्थित धुलिखेल अस्पताल सँग सहकार्य गरी गर्भासय क्यान्सर सँग सम्बन्धित स्वास्थ्य जाँच उपकरण ( कोल्पस्कोपी ) खरिद गर्ने योजना अनुसार ' फण्ड रेजिंग डिनरको आयोजना गरेको थियो । उल्लेख्य मात्रामा सहभागी भएका स्वर्गीय शाक्यका पारिवारिक सदस्य तथा पारिवारिक मित्रहरू , स्थानीय सामाजिक संस्थाका प्रतिनिधिहरू र स्थानीय ब्याबसायीहरुले सयुंक्तरुपमा ## हजार डलर सङ्कलन गर्दै आवश्यक परे भविष्यमा पनि सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपालमा गर्भासय क्यान्सर रोगबाट ग्रसित महिलाहरूका लागी अमेरिकामा ## हजार डलर सङ्कलन
719
नेपाली कांग्रेस बैठकमा महामन्त्री कृष्ण सिटौलाले गाउँ , क्षेत्र र जिल्लाको अधिवेशन मिति सार्ने प्रस्ताव गरेपछि देउवा पक्षले बबाल गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा पालमुनी बसेको संसदीय दल र केन्द्रीय समितिको बैठकमा संविधान प्रारम्भीक मस्यौदाबारे छलफल भइरहेको थियो । महामन्त्री सिटौलाले गाउँ , क्षेत्र र जिल्लाको अधिवेशन मिति सार्ने प्रस्ताव गरे ।
सुशीलमाथि देउवा पक्षको आशंका - फेरि महाधिवेशन सार्न खोजेको त होइन ?
353
संघीय सरकारले आगामी आर्थिक वर्षमा विराटनगर , जनकपुर , धनगढी विमानस्थललाई स्तरोन्नति गर्ने भनी ## अर्ब ## करोड छुट्टाएको छ । प्रदेश # सरकारले पनि विराटनगर विमानस्थलको सम्भाव्यता अध्यययनका लागि भनेर ## लाख रुपैया विनियोजन गरेको छ । प्रदेश सरकारले पाँच वर्षभित्र ## लाख पर्यटक भित्र्याउने राष्ट्रिय कार्यक्रमको लक्ष्य पूरा गर्न प्रदेश लागि विराटनगर विमानस्थलको स्तरोन्नति र विस्तार गरेर यसलाई अन्तर्राष्ट्रियस्तरको बनाउन संघीय सरकारसंग आग्रह गरेको हो ।
विराटनगरमा बन्ला त अन्तर्राष्ट्रिय विमानस्थल ?
449
श्रम , रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले योगदानमा आधारित सामाजिक सुरक्षा योजनाले श्रमिक र रोजगारदाता दुवैको सुरक्षित भविष्य सुनिश्चित गरेको बताएका छन । सामाजिक सुरक्षा योजनाको घोषणा कार्यक्रममा बोल्दै मन्त्री बिष्टले यो योजनाले श्रमिकलाई मर्यादित तथा सम्माजनक जीवन यापनको अवसर दिएको भनाइ राखे । योजनाले कामको गुणस्तर बढ्ने र मुलुकलाई समृद्ध बनाउन योगदान दिने उनको भनाइ छ ।
सामाजिक सुरक्षा योजनाले श्रमिक र रोजगारदाता दुवैको भविष्य सुरक्षित हुन्छ –मन्त्री बिष्ट
387
संघीय समाजवादी फोरम , नेपालले संविधान दिवसलाई कालो दिवसको रुपमा मनाउने कुनै निर्णय नगरेको स्पष्ट पारेको छ । पार्टीका उपमहासचिव तथा केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले विज्ञप्ति प्रकाशित गरी कालो दिवसका रुपम मनाइने कुनै कार्यक्रमहरुमा समेत सहभागी हुने निर्णय नै नभएको प्रष्ट पारेका हुन् । संशोधनमार्फत संविधानका कमजोरीहरु सच्याउने , प्रापत अधिकारहरुलाई संरक्षण गर्दै थप संविधान संशोधन गर्न सरकार र पार्टीबीच समझदारी भएको भन्दै फोरमले संविधानविरुद्ध हुने कार्यक्रममा सहभागी नहुने बताएको हो ।
संविधान दिवसलाई कालो दिवस मनाउने निर्णय भएको छैनः फोरम
496
पोखरा फाइनान्स लिमिटेडको नवनिर्वाचित अध्यक्ष भुवनसिं गुरुङले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंक पोखराका कामु निर्देशक अमर अधिकारीसमक्ष गुरुङले बिहीबार शपथ ग्रहण गरेका हुन् । वित्तीय संस्थाको ## औं वार्षिक साधारण सभाले संस्थापक समूहबाट सञ्चालक समितिमा भुवनसिं गुरुङ , दीर्घमान गुरुङ , शोभा गुरुङ र रेसमलाल पौडेललाई निर्विरोध निर्वाचित गरेको कम्पनीले जनाएको छ ।
पोखरा फाइनान्सका अध्यक्ष गुरुङद्वारा शपथ ग्रहण
383
#### को राष्ट्रपति निर्वाचनमा रसियाको हस्तक्षेत र त्यसमा ट्रंपको चुनावी अभियानको संलग्नताको छानबिन गर्न स्पेसल काउन्सिल गठन भएको स्पेसल काउन्सलले आफ्नो रिपोर्ट केही दिन भित्र सरकारलाई बुझाउने अनुमान गरिएको छ । सीएनएनले गरेको रिपोर्ट अनुसार मे ## , #### मा रोबर्ट मुलरको नेतृत्वमा गठन भएको स्पेसल काउन्सिल न्याय मन्त्रालयमा अटोर्नि जेनेरल बिल बारलाइ रिपोर्ट बुझाउने तयारी भइरहेको छ । स्पेसल काउन्सिल न्याय मन्त्रालय मातहत गठन हुन्छ र न्याय मन्त्रीले नै त्यस्ता रिपोर्ट बुझ्ने प्रचलन छ ।
रोबर्ट मुलरले छिट्टै रिपोर्ट बुझाउने अनुमान
485
नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले वर्तमान सरकार काम गर्नभन्दा प्रचारमा रमाएको बताएका छन् । हरेक क्षेत्रमा हात हाल्ने तर नतिजा आउने गरी काम गर्न नसकेकोले नेकपा अध्यक्ष केपी शर्मा ओली सरकार असफल हुने बाटोमा गएको पनि उनले बताए । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा नेता सिंहले भने , ' साना बच्चा खेलौना पसलमा गएपछि जे देख्यो त्यही चाहिएजस्तै , वर्तमान ओली सरकार कस्तो छ भने पपुलारिटी कमाउन हरेक क्षेत्रमा हात हाल्ने काम गर्छ ।
ओली सरकार प्रचारमात्रै गर्छ , काम गर्दैन : सिंह
444
रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयरले आफ्नो कार्यकालभरी पारिश्रमिक नलिने घोषणा गरेका छन् । नगर प्रमुख बासुदेव घिमिरेले जनप्रतिनिधिको रुपमा पाँच वर्षमा प्राप्त हुने सम्पूर्ण पारिश्रमिक रकम सामुदायिक विद्यालयमा अध्ययनरत गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेका हुन् । नगर प्रमुख घिमिरेले आफूलाई प्राप्त हुने सम्पूर्ण पारिश्रमिक रकम नगरका सबै सामुदायिक विद्यालयका एक / एक जना गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रबृत्तिको रुपमा उपलब्ध गराउने बताए ।
पाँच वर्षको पारिश्रमिक नलिने तिलोत्तमाका मेयरको घोषणा
478
अष्ट्रेलियाका उपकप्तान डेभिड वार्नरले दक्षिण अफ्रिकाका विकेट किपर क्विन्टन डी ककमाथि पहिलो टेस्टको दौरान आक्रमण गर्न खोजेपछि दुई देशबीच जारी टेस्ट श्रृंखला तनावपूर्ण भएको छ । धेरैले वार्नरले अर्को टोलीका खेलाडीलाई आक्रमण नै गर्न जानुलाई गलत भएको बताएका छन् । मार्च # देखि दक्षिण अफ्रिकाको डर्बनमा भएको पहिलो टेस्टको चौथो दिन चिया विश्रामका लागि ड्रेसिङ रुम जाने क्रममा वार्नरले भर्याङमा डी ककमाथि आक्रमणको प्रयास गरेको भिडियो पाँचौ दिनमा दक्षिण अफ्रिकाले खेल हारेपछि स्थानीय मिडियाले सार्वजनिक गरेका थिए ।
जब डी ककमाथि वार्नर झम्टिन खोजे . . . ( भिडियोसहित )
505
नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) का अध्यक्ष पुष्पकमल दाहाल चार दिने भ्रमणका लागि विहीवार अपराह्न नयाँ दिल्ली प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भएका सहमति र समझदारीको सुदृढ कार्यान्वयनको वातावरण निर्माण गर्नु आफ्नो भ्रमणको मुख्य उद्देश्य भएको बताए । पूर्वप्रधानमन्त्री दाहालले भने , " भ्रमणको कुनै राजनीतिक एजेण्डा छैन , विकासको एजेण्डा तथा नेपाल र भारतबीच द्विपक्षीय सहमति , समझदारी र विगतमा भारत सरकारले गरेका थुप्रै प्रतिबद्धताको स्मरण गराउने छु ।
अध्यक्ष दाहाल भारत प्रस्थान , माेदीलार्इ भेट्ने
625
गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक ( एसएसपी ) सौरभ राणामाथि आवश्यक अनुसन्धान गरी कारबाही अगाडि बढाउन प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ । गृह स्रोतका अनुसार संघीय प्रहरी इकाइ धरानमा कार्यरत एएसपी राणामाथि यौन शोषणको आरोपमा अनुसन्धान गरी कारबाही गर्न मंगलबार प्रधान कार्यालयलाई पत्राचार गरिएको हो । स्रोतका अनुसार राणामाथि धरानकी एक महिलाले उजुरी दिएकी छिन् ।
यौन शोषणको आरोपमा एसएसपी राणामाथि छानबिन गर्न प्रहरी प्रधान कार्यालयलाई गृहको पत्र
370
सन् #### को डाइभर्सिटी भिसा ( डि . भी . ) कार्यक्रमको लागि आवेदन दर्ता आजदेखि खुलेको छ । नेपालस्थित अमेरिकी दूतावासले दिएको जानकारी अनुसार आवेदन दर्ता नोभेम्बर 7 , ##1# ( #### कात्तिक ## ) मा बन्द हुनेछ । डिभीको लागि आवेदन दिँदा कुनै पनि शुल्क तिर्न नपर्ने दूतावासले जानकारी गराएको छ ।
आजदेखि डिभी खुल्यो , कसरी भर्ने ?
285
चिनियाँ राष्ट्रपति सी चिनफिङ तेस्रो पटक राष्ट्रपति बन्ने बाटो खुलेको छ । चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले कुनै पनि व्यक्ति दुई कार्यकालमात्र राष्ट्रपति र उपराष्ट्रपति हुने संवैधानिक व्यवस्थालाई हटाउने प्रस्ताव गरेपछि दोस्रो कार्यकाल चलाइरहेका सीलाई तेस्रो पटक राष्ट्रपति हुने बाटो खुलेको हो । समाचार संस्था सिन्ह्वाले बैठकले सी चिनफिङको विचारधारालाई संविधानमा समावेश गर्न पनि प्रस्ताव गरेको जनाएको छ ।
सी चिनफिङलाई तेस्रो पटक चीनको राष्ट्रपति बन्ने बाटो खुला
414
कृषकलाई दिइने अनुदान रकममा भएको अनियमितताको छानविन गर्न कृषि मन्त्रालयद्धारा समिति गठन गरेको छ । मन्त्रालयका सहसचिव एवं नीति तथा अन्तराष्ट्रिय सहयोग समन्वय महाशाखा प्रमुख तेजबहादुर सेवेदीको संयोजकत्वमा गठित समितिमा गंगादत्त आचार्य , नेत्र भण्डारी , लालकुमार श्रेष्ठ , विनोद भट्टराई , तिलक चौलागाई , नारायण काफ्ले , होमबहादुर विक , इन्द्रहरी पौडेल , सुजन ढुंगेल र अरुण जिसी सदस्य रहेका छन । एक महिनाको समय पाएको उक्त समितिले मन्त्रालयले वितरण गर्ने अनुदान रकम वास्तविक किसानसामू पुग्न नसकेको , व्यवशायीक कृषि तथा व्यापार आयोजना ( प्याक्ट ) लगायत विभिन्न आयोजनाबाट अनुदान रकममा ठूलो दुरुपयोग भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रभावकारी ढंगले सञ्चालन हुन नसकेको जस्ता विषयमा छानविन गर्ने संयोजक सुवेदीले जानकारी दिए ।
कृषि अनुदानमा अनियमिता छानविन गर्न समिति गठन
725
यतिबेला , आम नेपालीको मुखमा एउटा गीत झुन्डिएको छ । चलचित्र ' # रुपैयाँ ' मा समावेश ' कुटुमा कुटु सुपारी दाना ' बोलको गीतले हंगामा मच्चाइरहेको छ । अब , यही चलचित्रमा समावेश अर्को एउटा गीतको भिडियो पनि सार्वजनिक भएको छ ।
निश्चल र आशिफको अगाडि टल्कियो सुमीको जवानी
218
दुनियाको सबैभन्दा धेरै प्रयोगकर्ता भएको इन्टरनेट सर्च इन्जिन गुगल ज्ञान तथा सूचनाको भण्डार नै हो । तथ्यांक अनुसार विश्वमा गुगलका प्रयोगकर्तामा पुरुष भन्दा महिलाको संख्या बढि छ । आखिर महिलाहरु गुगल सर्च इन्जिनमा के के खोज्दछन् त ? यो निकै रोचक विषय हो ।
गुगलमा के के खोज्छन् महिलाहरु ?
252
नियामक निकाय मौन रहँदा पर्वत जिल्लामा मापदण्ड पूरानगरेका दर्जनौँ इँटा उद्योग सञ्चालनमा रहेको पाइएको छ । पर्वतमा दर्जनौँ इँटा उद्योग सामान्य मापदण्ड पूरा नगरी सञ्चालन भएपनि सम्बन्धित निकाय बेखबरजस्तै बनेको छ । गाउँगाउँमा लाखौँको कारोबार गर्ने ती इँटाभट्टा बन्द गराउन नियामक निकायले कुनै चासो दिएको छैन ।
मापदण्ड पूरा नगरेका दर्जनौँ इँटा उद्योग सञ्चालनमा
302
एकीकृत नेकपा माओवादीका नेता डा . बाबुराम भट्टराईसहित पूर्वप्रधानमन्त्रीहरुले राष्ट्रिय सहमतिको सरकार गठनमा जोड दिएका छन् । राष्ट्रिय विपतिमा सरकार प्रभावकारी नभएको भन्दै पूर्वप्रधानमन्त्रीहरु भट्टराई , झलनाथ खनाल , माधवकुमार नेपाल र शेरबहादुर देउवाले राष्ट्रिय सहमतिको सरकारमा जोड दिएका हुन् । शनिबार व्यवस्थापिका संसदको बैठकलाई सम्बोधन गर्दै उनीहरुले भूकम्पपछिको पुनःनिर्माणका लागि राष्ट्रिय सरकार आवश्यक रहेको बताए ।
नयाँ व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार : बाबुराम
418
भक्तपुरको सल्लाघारी मैदानमा आजदेखि तिन दिने निर्माण उपकरण तथा प्रविधि प्रर्दशनी सुरु भएको छ । कोनम्याक प्रदर्शनीको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले उद्घाटन गरेका हुन् । प्रदर्शनीमा जेसीबी , एल एण्ड टी , हुन्डाई क्याटरपिलर , टाटा हिताची कम्पनीलगायत भारतका ### भन्दा बढी व्यापार कम्पनीका स्टलहरु राखिएका छन् ।
सल्लाघारीमा निर्माण उपकरण प्रदर्शनी सुरु
326
केही समयअघि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालबारे गलत समाचार फैलाएको भन्दै एक पत्रकारलाई प्रहरीले समात्यो । उनले प्रहरीविरूद्ध सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दिए । उक्त रिट न्यायाधीश चोलेन्द्र शमशेर जङ्गबहादुर राणाको इजलासमा पर्‍यो ।
विनोदी र विवादित चोलेन्द्र शमशेर
257
कामचलाउ सरकारले धमाधम नीतिगत निर्णय गर्न थालेपछि निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेले आक्रोश पोखेको छ । बुधबार सरकारले वृद्ध भत्ता वितरणको उमेर ## बाट झारेर ## बनाएको थियो भने भूकम्प पीडितलाई थप # लाख दिने निर्णय गरेको थियो । सरकारले नीतिगत निर्णय गर्न थालेपछि बिहीबार भावी प्रधानमन्त्रीका रुपमा हेरिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गरेर आक्रोश पोखेका छन् ।
कामचलाउ सरकारका नीतिगत निर्णयमा ओलीले पोखे आक्रोश
395
सरकारले डा . गोविन्द केसीसँग भएको सम्झौता र विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको आयोगले सिफारिस गरेबमोजिम एमबिबिएसको शुल्क निर्धारण गरेको थियो । तर निजी मेडिकल कलेजले मन्त्रिपरिषद्को निर्णय अवज्ञा गर्दै विभिन्न शीर्षकमा चर्को शुल्क असुलेर विद्यार्थीमाथि ठगी गरिरहेका छन् । त्रिभुवन विश्वविद्यालबाट सम्बन्धन प्राप्त मेडिकल कलेजहरूले मन्त्रिपरिषद्को निर्णयलाई चुनौती दिँदै चर्को शुल्क असुले पनि सरकार मूकदर्शक बनेको छ ।
निजी मेडिकल कलेजको ' दादागिरी '
435
प्रधान सेनापति चौथो अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता भोलिदेखि लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा सुरु हुँदैछ । यही कात्तिक ## गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालका आठ र भारतका दुई टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता दिउँसो ## बजेबाट सुरु भई अपराह्न # बजेसम्म सञ्चालन हुनेछ ।
सेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता भोलिदेखि , प्रवेश निःशुल्क
316
ज्योति श्रेष्ठओजस्वी वैद्य स्क्वायर टेबल बनाउँदै छिन् । सामान्यतः काठ र फलामको प्रयोगबाट टेबल बन्छ । तर , ओजस्वीले बनाउँदै गरेको टेबल अरुभन्दा फरक छ ।
सृजनशील तन्नेरीहरू
150
कपिल ज्ञवाली## पुस , बुुटवल । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले सरकारको कामप्रति असन्तुष्टि जनाएका छन् । संविधान मिचेर मन्त्री माथि मन्त्री थपेको भन्दै उनले सरकारले गरी खाने मेसो नदेखाको उननले बताए ।
सरकारले गरी खाने मेसो देखाएनः रामचन्द्र पौडेल
210
प्रमुख प्रतिपक्ष नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेको छ । मधेसी मोर्चा नआए निर्वाचन हुन नसक्ने अभिव्यक्ति दिने प्रधानमन्त्री र गृहमन्त्रीलाई पदमा बसिरहने अधिकार नभएको एमाले कार्यबहाक अध्यक्ष बामदेव गौतमले बताए । निर्वाचन गराउने दायित्व बोकेकाहरुले निर्वाचन नहुने सन्देश दिएर संविधान विरोधी काम गरेको भन्दै उनले आक्रोश पनि व्यक्त गरेका छन् ।
एमालेले माग्यो प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
372
भारत साफ यु–## च्याम्पियनसिपको सेमिफाइनलमा समिकरण पूरा भएको छ । बुधबार हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा भएको खेलमा श्रीलंकालाई #–# ले हराएसँगै सेमिफाइनल पुग्ने भारत अन्तिम टिम बन्यो । भारतका लागि विक्रम प्रताप सिंह , गौकिरा सिंह र अमन क्षेत्रीले गोल गरे ।
श्रीलंकालाई हराउँदै भारत सेमिफाइनलमा
262
सुदूरपश्चिम प्रदेशले माघे संक्रान्तिका दिन माघ # गते बिदा दिने निर्णय गरेको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सोमबार विज्ञप्ति निकालेर माघे संक्रान्तिमा सार्वजनिक बिदा दिने उल्लेख गरेको हो । मन्त्रालयका सूचना अधिकारी लक्ष्मीप्रसाद जोशीले प्रदेशभित्रका सरकारी कार्यालय माघ # गते बुधबार बिदा दिने निर्णय भएको बताएका छन् ।
माघे संक्रान्तिमा सुदूरपश्चिम प्रदेशमा बिदा
335
जनता बैंकले सेयर लगानीकर्तालाई गत आर्थिक वर्ष कमाएको खुद नाफाभन्दा धेरै रकमको सेयर लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्ष ## करोड ## लाख खुद नाफा कमाए पनि लगानीकर्तालाई भने # अर्ब ## लाख रुपैयाँ बराबरको बोनस सेयर दिने भएको हो । चुक्ता पुँजी # अर्ब पुर्याउनका लागि # अर्ब बराबरको बोनस दिनुपर्ने वाध्यता परेकाले बैंकले लाभांश दिनका लागि अपुग रकम जगेडा कोषबाट व्यवस्थापन गरेको हो ।
जनता बैंकले कमाएभन्दा धेरै लाभांश दिने
382
भूकम्प र भोटेकोशी बाढीबाट क्षतिग्रस्त सिन्धुपाल्चोको तातोपानीस्थित नेपाल–चीन सीमाको मितेरी पुल निर्माण कार्य आगामी दुई महीनाभित्र सम्पन्न हुने भएको छ । चीनको खासामा बुधबार भएको द्विपक्षीय सीमा सुरक्षा बैठकमा चिनियाँ पक्षले यसबारे जानकारी गराएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले बताएका हुन् । विसं #### वैशाख ## गतेको भूकम्प र विसं #### असारमा भोटेकोशी आएको बाढीबाट उक्त पुल क्षतिग्रस्त भएको थियो ।
तातोपानीको मितेरीपुल दुई महिनामा बन्ने , सडक ## मिटर चौडा पारिने
424
तस्वीर : रासस## पुस , काठमाडौं । हिमपातले भूकम्प पीडितको बिचल्ली भएको जानकारी पाएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मीक बैठक बोलाएका छन् । बैठकमा गृहमन्त्री , सुरक्षा निकायका प्रमुख लगायतको सहभागीता छ ।
हिमपातले भूकम्प पीडितको बिचल्ली भएपछि प्रधानमन्त्रीले बोलाए आकस्मिक बैठक
209
पद्मरत्न तुलाधर नेतृत्वको आदिवासी जनजाति राष्ट्रिय आन्दोलनले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारसमक्ष राखेको ## बुँदे मागमा समर्थन गरेको छ । आन्दोलनका प्रवक्ता ओम गुरुङले विज्ञप्ति जारी गर्दै मधेसी मोर्चाको मागमा समर्थन जनाएका छन् । विज्ञप्तिमा भनिएको छ - ती मागहरुको आधारमा मधेसी मोर्चा , मधेसी समुदाय र आदिवासी जनजाति प्रतिनिधिहरुसँग अविलम्ब वार्ता गरी उनीहरुले ठाएका मुद्धाहरुलाई सम्बोधान गर्न आग्रह गर्छ ।
मधेसी मोर्चाको ## बुँदे मागमा पद्मरत्न आन्दोलनको समर्थन
415
राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट फिर्ता गरिएको छ । भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार गराएपछि पूर्णतया स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट फिर्ता गरिएको उनका छोरा इन्दीवरले जानकारी दिए । राष्ट्रकवि घिमिरे बिहीबार अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
राष्ट्रकवि घिमिरे अस्पतालबाट घरफिर्ता , हाल राजदूतावासमा
290
तेह्रथुमको अठराइबाट फिदिम तर्फ आउँदै गरेको जीप दुर्घटना हुँदा ## जना घाइते भएका छन् । घाइते मध्ये तीनको अवस्था गम्भीर रहेको छ । आइबार बिहान फिदिम आउँदै गरेको को . # ज . #### नम्बरको जिप मध्यपहाडी लोकमार्ग अन्तर्गत आठराइको चुवानडाँडाबाट तल खसेर दुर्घटना भएको हो ।
तेह्रथुममा जीप दुर्घटना , ## घाइते
262
आङ खस्ने समस्याले पीडित इस्मा गाउँपालिका # की काली दर्जी उमेरले ## वर्षकी भइन । लामो समयदेखि पाठेघरको समस्या भएपनि लाज मानेर कसैलाई बताइनन् । उनी अहिलेसम्म आफ्नो समस्या बताउन अस्पताल समेत पुगेकी छैनन् ।
ग्रामिण क्षेत्रमा विकराल बन्दै पाठेघरको समस्या
202
दुई बालकहरुलाई यौन दुराचार गरेकोको आरोपमा प्रहरीले पोखराबाट अष्ट्रेलियन नागरिक बेरिम्यान थोमस अल्फ्रेडलाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो ( सिआइबी ) को टिमले डिहिको पाटनस्थित अल्फ्रेड बस्दैआएकाे कोठाबाटै उनलाई पक्राउ गरेको हो । सिआइबीका प्रवक्ता दीपक रेग्मीका अनुसार ## र ## वर्षका दुई बालकलाई यौन दुराचार गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।
बाल यौनदुराचारको आरोपमा अस्ट्रेलियन नागरिक पक्राउ
355
फिल्म निर्माता उदय चोपडासँग नाम जोडिदिएकोमा मिडियासँग रुष्ट छिन् नरगिस फाकरी । केही मिडियाले उदयसँग नाम जोडे त केहीले उनको सम्बन्ध ऋतिक रोशनसँग घनिष्ट हुन पुगेको कुरा समेत गरे । यी सबै कुरा सुनेर दिक्क छिन् नरगिस ।
मेरा कोही पनि प्रेमी छैनन् , कसैलाई मन पराउँदिन : नरगिस
214
प्रमुख सत्तारुढ दल नेकपा एमालेले राष्ट्रपति , सभामुखलगायत पदमा बाँडफाँड र मन्त्री छान्न स्थायी कमिटीको बैठक बोलाएको छ । स्थायी कमिटीको बैठक बिहीबार बोलाइएको केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । पछिल्ला दुई दिनमा एमाले र एमाओवादी तथा अन्य दलसँग भएका आपसी छलफल र आन्तरिक गृहकार्यका आधारमा मन्त्री छान्ने उनले बताए रएमालेले राष्ट्रपति पाउने सम्भावना भएकाले उम्मेदवारीका विषयमा पनि स्थायी कमिटीले निर्णय गर्नेछ भने उपप्रधानमन्त्रीसहित अर्थमन्त्री र अन्य मन्त्री चयन गर्नेछ ।
मन्त्री छान्न एमालेले स्थायी कमिटी बोलायो
492
केही झुण्डलाई खुसी पार्ने उद्देश्यसाथ सरकारले शिक्षा ऐनको नवौ संशोधन विधेयक ल्याएको भन्दै सांसदहरूले आपत्ति जनाएका छन् । व्यवस्थापिका संसदको सोमबारको बैठकमा शिक्षा ऐन #### को नवौ संशोधन विधेयकमाथिको सैद्धान्तिक छलफलमा सहभागी सांसदहरूले केही झुण्डलाई खुसी पार्ने गरी चलाखी पूर्ण तवरले राजनीति गर्न शिक्षा ऐनको नवौं संशोधन ल्याइएको भन्दै फिर्ता गर्न माग गरेका हुन् । पूर्व शिक्षामन्त्री समेत रहेका सांसद गंगालाल श्रेष्ठले शिक्षा ऐनको आठौं संशोधन ल्याएको ## महिना बितिसक्दा पनि नियमावली बनाउन नसक्ने सरकारले बदलिँदो परिस्थितिमा संघीय शिक्षा ऐन ल्याउनुपर्नेमा अर्को चक्रव्यूहमा फसेर सेवाबाट सम्मान पूर्वक जाने अवसरबाट अस्थायी शिक्षकलाई बञ्चित गरेको आरोप लगाए ।
प्रधानमन्त्रीको निर्देशनमा अस्थायी शिक्षकको परीक्षा स्थगित भएको पूर्व शिक्षामन्त्री श्रेष्ठको दाबी
656
चितवनको कालिका नगरपालिका - # मिलन बजारमा रहेको एनसेलको टावरमा मंगलबार साँझ आगजनी गरिएको छ । आगलागीको घटना थाहा पाउने वित्तिकै जुटपानी प्रहरी चौंकीबाट प्रहरीहरु परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए । टावरमा अहिले पनि आगो लागिरहेको स्थानीयले बताए ।
शक्तिखोरको एनसेल टावरमा आगजनी
295
विभिन्न माग राख्दै बुधवारदेखि सुरु भएको नर्सहरुको आन्दोलन शुक्रवार पनि जारी रह्यो । शुक्रबार पनि देशभरका नर्सहरु एक घण्टा अस्पतालमा ड्युटी छोडेर बाहिर निस्केका थिए । ' माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहन्छ ' , नेपाल नर्सिङ संघकी महासचिव लक्ष्मी केसीले भनिन् ।
अस्पतालबाट # घण्टा बाहिर निस्किए नर्स
260
पोखरामा सम्पन्न राखेप च्याम्पियनसीप अन्तर्गत ## औं पुरूष भलिबलको उपाधि नेपाली सेनाको आर्मी क्लबले जितेको भने ## औं महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफले जितेको छ । उपाधिसँग आर्मी र एपीएफले ## / ## हजार नगद , ट्रफी र मेडल प्राप्त गरेका छन् । दोस्रो भएका एपिएफ र महिला तर्फ मध्यमाञ्चले नगद ## / ## मा नगदमा चित्त बुझाए ।
भलिवलको उपाधि आर्मी र एपीएफलाई
337
सरकारले आर्थिक वर्ष #### / ## का लागि ## खर्ब ## अर्बको बजेट ल्याएको छ । बजेटको आकार सही भएपछि दुई तिहाई बहुमतको समर्थन पाएको सरकारको बजेटले राजश्वमुखी बजेट ल्याएको छ र ' इकोनोमिक डिपार्चर ' देखिएको छैन । तर , अर्थविद्हरु भने यो बजेट निकै रणनीतिक रहेको बताएका छन् ।
ओली सरकारले ल्यायो ## खर्ब ## अर्बको राजश्वमुखी बजेट
265
स्थानीय तह दोस्रो चरणको निर्वाचनअन्तर्गत विराटनगर महानगरपालिकामा # मतले नेपाली काग्रेसका भीम पराजुली अगाडि देखिएका छन् । मुचुल्का विवादका कारण ढिलो गरि सुरु भएको मतगणनामा भीमले ## मध्ये ## मत प्राप्त गरेका छन् । यस्तै , नेकपा एमालेका विनोद ढकालले ## मत प्राप्त गरेका छन् ।
विराटनगरमा # मतले काँग्रेसका भीम पराजुली अगाडि
272
चर्चित नायिका मनिषा कोइराला अब गायिका बनेकी छिन् । उनले बप्पी लहरीको संगीतमा गीत गाएकी छिन् । संगीतकार लहरीले ट्विटरमा मनिषाले गीत गाएको भन्दै उनको स्वरको पनि प्रशंसा गरेका छन् ।
गायिका बनिन् मनिषा
178
पश्चिम नेपालबाट सक्रिय रुपमा वायु भित्रिन नसक्दा यस वर्ष अहिलेसम्म हिउ " दे वर्षाको संकेत देखिएको छैन । पश्चिमी वायु नचल्दा तराईमा लामो समयदेखि बाक्लो हुस्सु लागिरहेको छ । हिउ " दे वर्षा नहुँदा हिमपातमा पनि कमी आएको छ ।
' मंगलबारपछि पानी पर्न सक्छ '
219
मङ्गलबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेकाे विद्युतीय बस कुन रुटमा चलाउने भन्ने टुङ्गो लागेको छैन । बस व्यवस्थापनको जिम्मेवारी पाएको साझा यातायातले बस दर्ता भएपछि नै रुटको तय हुने बताएको छ । केही दिनभित्रै बस दर्ता भइसक्ने साझाका व्यवस्थापक महेन्द्रराज पाण्डेयले बताए ।
विद्युतीय बसको रुट टुङ्गो लाग्न बाँकी
280
नेकपा माओवादी केन्द्रको केन्द्रीय आयोजक समितिमा कार्यरत ## जना केन्द्रीय सदस्यहरुले सामुहिक राजीनामा दिएका छन् । राजीनामा दिनेहरुमा केन्द्रीय सदस्यका साथै पोलिटब्युरो सदस्यसमेत छन् । उनीहरु सबै सिन्धुपाल्चोक जिल्लाका माओवादी नेता हुन् ।
सिन्धुपाल्चोकका ## माओवादी नेताले राजीनामा दिए , जम्बो केन्द्रीय समिति घटाउन नैतिक दबाव
236
नेपाली काँग्रेसले ### सालयता # पटक मुलुकको वागडोर सम्हाल्ने मौका पायो । त्यसमध्ये गिरिजाप्रसाद कोइरालाले र शेरबहादुर देउवा # / # पटक सरकारको नेतृत्व गर्दै प्रधानमन्त्री भए । त्यस्तै सुशील कोइराला र कृष्णप्रसाद भट्टराई # / # पटक प्रधानमन्त्री भए ।
अलपत्र बन्यो गणेशमान सिंह अध्ययन प्रतिष्ठान
246
मंसिर ## गते हुने उपनिर्वाचनको लागि जिल्ला निर्वाचन कार्यालय कास्कीले तयारी थालेको छ । निर्वाचन आयोगले रिक्त रहेका स्थानमा मंसिर ## गते उपनिर्वाचनको लागि मतदाता संकलनसँगै अद्यावधिक गर्ने गरेको छ । कास्की क्षेत्र नं # मा हुने उपनिर्वाचनको मतदाताको नामावली केन्द्रमा पठाई सकिएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी महेन्द्रराज सुवेदीले जानकारी दिए ।
कास्की क्षेत्र नम्बर - # मा उपनिर्वाचनको तयारी , बढे मतदाता
355
सशस्त्र प्रहरी बलले तालिम लिन गएर अमेरिकामै लुकेको आरोपमा एक जना प्रहरी नायब निरीक्षक ( सई ) लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तत्कालीन सई उमेश सिलवाल छन् । सशस्त्र प्रहरीका अनुसार , सिलवाल ## वर्षअघि भीआईपी प्रोटेक्सन तालिमका लागि अमेरिका गएका थिए ।
तालिम लिन गएर अमेरिकामै लुक्ने सशस्त्र प्रहरीका सई पक्राउ
252
सरकारले बालुवाटारस्थित ललितानिवास र त्यसले चर्चेको जग्गामा व्यक्तिको स्वामित्व कायम हुनेगरी भएका सबै विवादास्पद निर्णय खारेज गर्न प्रक्रिया अघि बढाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ललितानिवासले चर्चेको करिब # सय ## रोपनी सरकारी जग्गा व्यक्तिलाई दिन #### यता भएका सबै निर्णय खारेज हुनेगरी प्रक्रिया अघि बढाउन भूमिव्यवस्था , सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिएको छ । मन्त्रिपरिषद् कार्यालय स्रोतले भन्यो , ' ललितानिवासले चर्चेको सरकारी जग्गाको स्वामित्व व्यक्तिलाई दिनेगरी विगतमा भएका सबै निर्णय खारेजसम्बन्धी प्रस्ताव र तत्कालीन अवस्थामा जफत गरिएको जग्गाको लगत तयार पार्न भूमिव्यवस्था मन्त्रालयलाई निर्देशन दिएका छौं ।
विवादित निर्णय खारेज गर्न निर्देशन
648
रामेछापमा ज्यान मुद्दाका एक फरार अभियुक्त ## वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापले कर्तव्य ज्यान मुद्दामा फरार रहेका रामेछापको भूजीका हरिबहादुर सुनुवार भनिने कुमार सुनुवारलाई शनिबार पक्राउ गरेको हो । जिल्ला अदालत रामेछापबाट ज्यान मुद्दामा ## वर्ष कैद सजाय तोकिएका सुनुवार ### सालदेखि फरार थिए ।
ज्यान मुद्दाका फरार अभियुक्त ## वर्षपछि पक्राउ
316
वीरेन्द्र रमण## भदौ , जनकपुर । आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मारिएका तीन जनाको शव यात्रामा हजारौं मानिस सहभागी भएका छन् । जनकपुर अञ्चल अस्पतालबाट शव यात्रा सुरु भएको थियो ।
आन्दोलनमा मारिएकाहरूको शवयात्रामा हजारौं सहभागी
179
उनी मलाई किन मनपर्छ भने उनले नाटकको ग्ल्यामर देखि बिनासर्त नाटकलाई मनपराए । नाटक भएकाले मैले उसलाई चिनेँ , नाटक भएकैले उनले मलाई चिने । उनलाई पहिला मैलेनै चिनेँ ।
चिनिनुपर्ने अनुहारले हैन , कामले हो – रामभजन कामत
162
बजारमा लगानीयोग्य पुँजीको अभाव , बढ्दो ब्याजदर , तथा मार्जिन कलले गर्दा लगानीकर्ताले घटेरै भए पनि सेयर विक्री गर्न थाल्दा बजार सोमबार एकै दिन ## . ## बिन्दुले ओर्लिएको छ । अघिल्लो साताभर करीब ## अंकले घटेको नेप्से परिसूचकमा यो हप्ता पनि सुधार आउने संकेत देखिएको छैन । नेपाल स्टक एक्सचेन्ज ( नेप्से ) का अनुसार सबै उपसूचकहरु घटेका छन् ।
सेयर बजारमा पहिरो
335
नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा # हजार # सय ## मत खसेको छ । सभापतिका लागि मतदान सकिएको छ । तर , अन्य पदको मतदान भइरहँदा हावाहुरीले टेन्ट उडाएपछि मतदान रोकिएको थियो , जुन अहिले पुनः सुचारू भएको छ ।
कांग्रेसको चुनावमा #### मत खस्यो , ## जनाको विवाद कायमै
222
उत्तरी धादिङको खनियावास गाउँपालिका वडा न . # गर्तुङमा ग्यास सिलिण्डर पड्किएर आगलागी भएको छ । स्थानीय चक्रबहादुर तामाङको घरमा खाना पकाउन राखेको ग्यास चुलोबाट आईतबार सांझ एक्कासी आगलागी भएको हो । आगलागीबाट ## लाख ## हजार # सय ## लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
ग्यास सिलिण्डर पड्किएर आगलागी हुँदा ## लाखको क्षति
286
नियमित पठनपाठन र शिक्षक निरन्तरताका लागि जगन्नाथ गाउँपालिकाले विद्यालयमा विद्युतीय हाजिरी सुरु गरेको छ । विद्यालयमा शिक्षकको निरन्तरता र विद्यालय समयभित्र अनिवार्य पठनपाठन गराउन गाउँपालिकाले विद्युतीय हाजिरी सञ्चालन गरेको हो । गाउँपालिकाबाटै निगरानी गर्ने गरी विद्युतीय हाजिरी सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत विनोद गैरेले जानकारी दिएका छन् ।
शिक्षक नियमित गर्न विद्यालयमा विद्युतीय हाजिरी
345
नेपाल वायुसेवा निगमले भदौ ## गतेदेखि भारतको बैंगलोर र ## गतेदेखि मुम्वइमा नियमित उडान सुरु गर्ने भएको छ । शुरुमा दुबै शहरमा हप्ताको दुई दिन र भविष्यमा हप्ताको तीन दिन उडान गर्ने निगमले जनाएको छ । प्रवर्द्धनात्मक योजनाअनुसार शुरुको एक महिना दुईतर्फी दुइवटा टिकट खरिद खरिद गर्दा एउटा टिकट निःशुल्क उपलब्ध गराइने भएको छ ।
निगमको बैंगलोर र मुम्बईमा दुई टिकट किन्दा एउटा निःशुल्क
318
नेकपा एमालेका पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म एक दर्जनभन्दा बढी एकै परिवारका सदस्य उम्मेवार बनेका छन् । यस्तो पारिवारिक उम्मेद्वारी माधव नेपाल र केपी ओली दुबैतिर देखिएको छ । अध्यक्षका प्रत्यासी माधवकुमार नेपालका सम्धी सोमप्रसाद पाण्डे खुल्लातर्फ केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्दैछन् ।
एमालेमा ज्वाइँ - जेठान , सम्धी र दम्पत्ती उम्मेदवार धेरै
289
कपिलवस्तु क्षेत्र नम्बर # बाट निर्वाचित संघीय सांसद अभिषेकप्रताप शाहले जिल्लामा धार्मिक सद्भावमा खलल पुर्याउने समूहलाई कारवाही गर्न माग गरेका छन् । शनिबार गृहमन्त्री रामबहादुर थापालाई ज्ञानपपत्र बुझाउँदै सांसद शाहले कपिलवस्तुको कृष्णानगरमा लक्ष्मीपूजाको मूर्ति विजर्सनमा रोक लगाएर समाजमा धार्मिक सद्भाव खलल पुर्याउने व्यक्ति र समूहलाई यथाशिघ्र पक्राउ गर्न माग गरेका हुन् । धार्मिक सद्भाव विथोल्न खोज्ने व्यक्तिलाई पक्राउ गर्न छोडेर प्रहरीले उल्टै माफी मागेको घटनाप्रति उनले गृहमन्त्रीसँग आपत्ति जनाए ।
कपिलवस्तुमा धार्मिक सद्भाव विगार्नेलाई प्रहरी पक्रिने हो कि माफी माग्ने ?
501
विनाशकारी भूकम्पमा पर्दा समेत मृत्युलाई जित्न सफल केही नेपालीहरुको कथालाई समेटेर पत्रकार गणेश पाण्डेले बनाएको ' भाग्यले बाँचेकाहरु– मिराकल सर्भाइभल इन नेपाल अर्थक्वेक ' नामक डकुमेन्ट्री अष्ट्रेलियाका विभिन्न शहरमा प्रदर्शन हुने भएको छ । आगामी आइतबार # अगष्टका दिन सिड्नीको हस्र्टभिलस्थित सिभिक थियटरमा प्रदर्शन हुन लागेको हो । दिउँसो # बजेदेखि बृत्तचित्र प्रदर्शन गर्ने तयारी भएको छ ।
भाग्यले बाँचेकाहरु ' डकुमेन्ट्री अष्ट्रेलियाका विभिन्न शहरमा
384
प्रदेश नम्बर पाँचको गैँडहवा गाउँपालिका # का ### वर्षीय वशिर मुसलमानले मतदान गरेका छन् । लिटिल फ्लावर निमावी मतदान स्थलमा उनले पनाति अब्दुल रहमानको सहयोगमा मतदान गरेका हुन् । ## प्रतिशत मधेसी समुदाय रहेको यो केन्द्रमा अहिलेसम्म ## % मत खसिसकेको छ ।
### वर्षीय वृद्धले गरे मतदान
247
नेपाल विद्युत् प्राधिकरणले स्याङ्जाको मिर्मीमा निर्माण गरेको नयाँ सब्स्टेसन संचालनमा ल्याएको छ । प्राधिकरणले योजना तथा प्राविधिक सेवा विभाग अन्तर्गतको विस्तारित विद्युत् वितरण आयोजना र वितरण प्रणाली सुदृढीकरण आयोजनाको संयुक्त प्रयासमा उक्त सबस्टेसन निर्माण गरेको हो । कालिगण्डकी जलविद्युत केन्द्रको ड्यामसाईट नजिक रहेको कर्मचारी आवास क्षेत्र छेउको पुरानो जिर्ण सबस्टेसन जहाँ ## / ## के . भी # . # एम . भी . ए क्षमताका दुई वटा पावर ट्रान्सफर्मरबाट लाईन वितरण गरिएको थियो ।
स्याङ्जाको मिर्मीमा नयाँ सब्स्टेसन संचालन
471
रामेछाप सदरमुकाम मन्थलीदेखि पुरानो सदरमुकाम रामेछाप बजारसम्म जोड्ने सडक निर्माणको काम चलिरहँदा उपभोक्ता र निर्माण कम्पनीबीच आरोप प्रत्यारोप सुरु भएको छ । निर्माण कम्पनीमाथि गुणस्तरीय काम नगरेको तथा सम्झौता अनुसार स्थानीयस्तरको काम नगरेको आरोप लागेको छ । तर निर्माण कम्पनीले भने स्थानीयले असहयोग गरेको आरोप लगाएको छ ।
मन्थली - रामेछाप सडक ' गुणस्तरहीन '
316
संसारभरका गाडी उत्पादक कम्पनी विद्युतीय गाडी प्रवर्द्धनमा लागेका बेला नेपालले पनि पछिल्लो समय दुईवटा महत्वपूर्ण निर्णय लियो । पहिलो , राष्ट्रिय योजना आयोगले सरकारी स्तरमा पहिलोपटक विद्युतीय गाडी खरिद गर्यो । दोस्रो , नेपाल विद्युत प्राधिकरणले पहिलोपटक विद्युतीय ' चार्जिङ स्टेसन ' स्थापना प्रक्रिया अघि बढायो ।
विद्युतीय गाडी बढाउन धमाधम चार्जिङ स्टेसन
310
दक्षिण अफ्रिकाका कागिसो राबाडालाई दुई टेस्टका लागि गरिएको निलम्बल मंगलबार फुकुवा भएको छ । यससँगै विश्व नम्बर एक बलर राबाडा अस्ट्रेलियाविरुद्धको बाँकी टेस्टका लागि टोलीमा उपलब्ध हुने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ( आइसिसी ) ले राबाडालाई अस्ट्रेलियाविरुद्धको तेस्रो र चौथो टेस्टका लागि निलम्बन गरेको थियो ।
निलम्बन फुकुवापछि राबाडा उपलब्ध
316
अहिले विश्वको सबैभन्दा धनीको सूचीमा छन् जेफ बेजोस । सन् #### को सुरुवातमा उनीसँग # सय ## विलियन अमेरिकी डलर रहेको फोब्सले सार्वजनिक गरेको छ । सन् #### मा घरबाटै किताव बिक्रीगर्दै बेजोसले अनलाइन कारोबार सुरु गरेका थिए ।
अमेजनको ## वर्षः प्रतिकित्ता # डलरको शेयर मूल्य बढेर # हजार डलर
218
नेपाल राष्ट्र बैंकका गभर्नर डा . चिरञ्जिवी नेपालले मुलुकको समृद्धिको लागि लगानीलाई सुरक्षित गर्नुपर्ने बताएका छन् । समृद्धिका लागि लगानी अपरिहार्य रहेको भन्दै उनले सुरक्षित कर्जा लगानी गर्ने बैंक तथा वित्तीय संस्थालाई आग्रह गरे । प्रदेश स्तरीय देउराली लघुबित्त बित्तीय संस्थाको बुटवलमा शुभारम्भ गर्दै गभर्नर डा . नेपालले बैंक तथा बित्तीय संस्थाले एउटाको पैसा अर्कालाई दिने भएकाले जनताको गरेको निक्षेपलाई सुरक्षित रुपमा राखिदिने दायित्व पनि बैंकको नै भएको धारणा राखे ।
नाफा मात्रै कमाउने भए बैंक छाडेर एकल लगानी गर्नुस् : गभर्नर
467
स्मार्टफोन बजारमा एन्ड्रोइड प्रयोगकर्ताको बाहुल्यता छ । यद्यपि यसलाई उत्कृष्ट तथा पूर्ण अपरेटिंग सिस्टम मानिँदैन । जतिसुकै नामी ब्राण्डको भएपनि एन्ड्रोइड अपरेटिंग सिस्टमवाला स्मार्टफोनमा केही न केही समस्या देखिएको हुन्छ ।
आफ्नो एन्ड्र्रोइड स्मार्टफोनमा अवश्य राख्नुस् यी # वटा निशुल्क एप
221
काठमाडौं वडा नं . # को नयाँ बजारमा रहेको दुर्क कम्प्यूटर सिस्टम सेन्टरका सञ्चालक नक्कली कागजपत्र बनाएको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुर्कुमान महर्जन छन् । विशेष सुकारीका आधारमा काठमाडौं प्रहरी परिसरको टोलीले सेवाग्राही बनेर गरेको अप्रेशनका क्रममा उनी पक्राउ परेका हुन् ।
नक्कली कागजात बनाउने कम्प्यूटर सेन्टरका सञ्चालक समातिए
283