article
stringlengths
55
1.8k
title
stringlengths
10
141
article_length
int64
55
1.8k
बाजुरा र कालिकोटको सीमा क्षेत्र नजिकै ज्रपाली भन्ने स्थानमा जीप दुर्घटना हुँदा # जनाको मृत्यु भएको छ भने ## जना घाइते भएका छन् । जगन्नाथ गाउँपालिकाको पीलुचौरबाट कालिकोटको जितेगडा जाँदै गरेको क # ज ## नम्बरको जिप ज्रपालीमा दुर्घटना भएको हो । दुर्घटनामा परी ज्यान गुमाउनेमा जीप चालक रमेश बोगटी , मुगु जिल्ला घर भएका यात्रु रामबहादुर शाही रहेका छन् ।
बाजुरामा जीप दुर्घटना , दुईको मृत्यु
347
कास्की मिजुरे गाविस–# का दीपक अधिकारी तीन वर्षदेखि मलेसियामा श्रम बेचिरहेका छन् । जति तलब पाएका छन् तर एउटै साँघुरो कोठामा कोच्चिएर ## जना बस्नु पर्दा उनलाई कारागारमा बसेकोभन्दा बढी सकस हुन्छ । कैलाली भेड्पु–# का अशोककुमारले पनि मलेसियामा पसिना बगाएको दुई वर्ष पूरा भएको छ ।
मलेसियामा आप्रवासी नेपाली चरम श्रम शोषणको मारमा
274
बागदरबारस्थित काठमाडौं महानगरपालिका कार्यालयको करिब तीन सय मिटर अगाडी सुन्धारामा एक यात्रु प्रतीक्षालय छ । त्यहाँ ठूलो विज्ञापन पनि राखिएको छ । उक्त प्रतीक्षालयमा विज्ञापन बाहेक यात्रु बस्ने ठाउँ नै छैन ।
मापदण्ड विपरीतका प्रतीक्षालय हटाउनमा महानगर मौन
204
उमेरले ## कटेका सूर्यकुमार अधिकारी एम्बुलेन्समा बिरामी लिएर हिँडेको # घण्टा बढी भयो । झण्डै # घन्टा त नागढुंगाको जाममा परे । एम्बुलेन्स चालकले निरन्तर साइरन बजाएका छन् तर पनि बाटो पाएका छैनन् ।
जनताले एम्बुलेन्सभित्रै मर्नुपर्छ !
193
नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले डा गोविन्द केसीको माग सम्बोधन गरी जीवनरक्षा गर्नुपर्ने बताएका छन् । विराटनगरमा अाइतबार सञ्चारकर्मीसँग कुरा गर्दै गच्छदारले विगतमा आफैँ संलग्न रहेको सरकारले डा केसीसँग गरेको सहमति कार्यान्वयन गराउन अध्यादेश अनुसारकै विधेयक ल्याउन आग्रह गरे । गच्छदारले एउटा सरकारले गरेको सहमति त्यसपछिका सरकारले कार्यान्वयन नगर्ने हो भने राज्य सञ्चालनको प्रक्रिया नै रोकिने बताए ।
डा केसीको जीवन रक्षा गरियाेस् : गच्छदार
417
देशभरका यातायात व्यवसायीहरुको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पाँचौ राष्ट्रिय महाधिवेशन चितवनको रत्ननगरमा चलिरहेको छ । अधिवेशनमा दुई हजार तीनसय भन्दा बढी प्रतिनिधिहरु सहभागी छन् । महाधिवेशन मार्फत व्यवसायीहरुले अधिकार सम्पन्न यातायात व्यवस्थापन एवम् सञ्चालन प्राधिकरण गठनको माग समेत गरेका छन् ।
यातायात व्यवसायी भन्छन् – राज्यले हामीले लगाएको गुण बिर्सियो
315
दाङ , तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठसँगै अपहरणमा परेर हत्या गरिएका अर्का व्यापारी रणबहादुर घर्तीले बित्थामै उक्त घटनामा ज्यान गुमाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनलाई पनि श्रेष्ठसँगै अपहरण गर्ने अपहरणकारीहरुको पूर्वयोजना नहुँदा नहुँदै उनी अचानक घटनास्थलमा पुगेपछि गोपनीयता खुल्ने डरले सँगसँगै लगिएको केन्द्रीय अनुसन्धान ब्युरो ( सिआइबी ) का एसपी दिवेश लोहनीले बताए । ' राजकुमारलाई कुरेर बसिरहेका बेला एक्कासि रणबहादुर पुग्दा उनी त्यही भुमरीमा परेको पाइएको छ , ' एसपी लोहनीले सेतोपाटीसँग भने , ' अपहरणकारीलाई नचिनेको भए उनी बच्न पनि सक्थे ।
दाङ अपहरण र हत्यामा बित्थामै परे रणबहादुर
549
दशै‌ं , गैरआवासीय नेपाली संघ ( एनआरएनए ) विश्व सम्मेलन र मुख्य पर्यटकीय मौसमका कारण नेपाल एयरलाइन्सको जापान उडानमा यात्रु बढेका छन् । निगमले दशैंयता प्रतिउडान औसत # सय यात्रुलाई सेवा दिइरहेको निगमका कार्यकारी अध्यक्ष मदन खरेलले जानकारी दिए । ' हामीले जूनदेखि जापानमा सुरु गर्ने भनेको उडान रद्द गरेर अगष्टमा सार्‍यौं , यसो गर्नुको पछाडि यात्रुको उपलब्धता होस् भन्ने नै थियो , ' उनले भने , ' अहिले जापान उडानमा क्रमशः यात्रुको चाप बढिरहेको छ ।
निगमको ओशाका उडानमा औसत # सय यात्रु
441
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक चलिरहँदा बाहिर नेविसंघका नेता कार्यकर्ताले पार्टी कार्यालय बाहिर प्रदर्शन गरेका छन् । साेमबार महामन्त्री कुन्दन काफ्ले नेतृत्वको नेविसंघका नेता कार्यकर्ताले पार्टी कार्यालय बाहिर धर्ना र प्रर्दशन गरेका हुन् । धर्ना र प्रर्दशनपछि सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र समेत बुझाइएकाे थियाे ।
भित्र केन्द्रीय समिति बैठक , बाहिर नेविसंघको नाराबाजी ( फोटोफिचर )
327
एनआइसी एसिया बैंकले चितवनको भरतपुर महानगरपालिका–# , गीतानगर बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले उक्त शाखा उद्घाटन गरेको बैंकले जनाएको छ । कार्यक्रममा बैंकका सञ्चालक राजेन्द्रप्रसाद अर्यालको समेत सहभागिता रहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
चितवनको गीतानगरमा एनआइसी एसिया
291
रुसमा एकजना छ वर्षे बालकले दुनियालाई नै अचम्ममा पारिदिएको छ । इब्राहिम लियानोभ नामका ती बच्चाले केवल # घण्टामै # हजार ### पटक पुसअप गरेर रेकर्ड कायम गरेका छन् । उनको यो किर्तिमानलाई रसियन बुक अफ रेकर्डस्मा सामेल गरिएको छ ।
छ वर्षको बच्चाले गर्यो दुई वर्षमा # हजार पुसअप , बन्यो विश्व रेकर्ड
222
केही समय अगाडि नायक सिद्धार्थ मल्होत्रा र नायिका कियरा आडवाणीको प्रेम चर्चा चलेको थियो । उनीहरु एक–अर्काको प्रेममा रहेको कुराले मिडियामा पनि राम्रो स्थान पाएको थियो । तर , उनीहरुले यो कुरालाई भने स्विकारेनन् ।
सिद्धार्थ र कियरा एकसाथ देखिदै
209
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका भेरी कर्णाली वुद्धिजीवि परिषदका इन्चार्ज धनराज शाही कालिकोटमा पक्राउ परेका छन् । उनलाई प्रहरीले कालिकोटको रातागामबाट सोमबार विहान ## बजेतिर पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर हरि बस्नेतले जानकारी दिए । शाही विप्लव समूहको कालिकोट जिल्ला जनसरकार प्रमुखसमेत हुन् ।
विप्लवको वुद्धिजीवि परिषदका भेरी - कर्णाली इन्चार्ज पक्राउ
335
पञ्चेश्वर जलविद्युत आयोजनालाई अगाडि बढाउन नेपाल र भारतका प्रतिनिधिहरुले छलफल गर्दैछन् । सोमबारदेखि सुरु हुने उर्जा सचिव स्तरीय बैठकमा पञ्चेश्वर जलविद्युत आयोजनालाई अगाडि बढाउने विषयमा छलफल हुने छ । बैठकमा नेपालका तर्फबाट उर्जासचिव राजेन्द्र किशोर क्षेत्री , सहसचिव केशवध्वज अधिकारी तथा नेपाल विद्युत विकास विभाग , सिँचाइ मन्त्रालय , जल तथा उर्जा आयोग , नेपाल विद्युत प्राधिकरणलगायतका प्रतिनिधि सहभागी हुनेछन् भने भारतका तर्फबाट उर्जास्रोत सचिव आलोक राउत नेतृत्वको टोली सहभागी हुनेेछ ।
नेपाल भारत सचिवस्तरीय बैठकमा पञ्चेश्वर आयोजना बारे छलफल हुने
484
कमजोर आर्थिक अवस्थाका कारण छाप्रोमा जीवन गुजारा गर्दै आएका तेह्रथुमको छथर गाउँपालिका–# हमरजुङका गंगाबहादुर लिम्बूको परिवारलाई अष्ट्रेलियाबाट सहयोग भएको छ । लिम्बूको बारेमा विभिन्न सञ्चार माध्यमबाट समाचार प्रशारण भएपछि अष्ट्रेलियास्थित किराँत याक्थुङ चुम्लुङ नामक संस्थाले राहत संकलन अभियन चलाएको थियो । कलाकार यासेली योङहाङको सक्रियतामा सो संस्थाले चलाएको अभियानमा संकलित ## हजार # सय ## रुपैयाँ बिहिबार जिल्ला सदरमुकाम म्याङलुङमा कलाकार योङहाङले लिम्बूका छिमेकी अर्चना खड्का र सीता तुम्खेवालाई पीडितसम्म पुर्‍याउन प्रदान गरिएको थियो ।
पीडित परिवारलाई अष्ट्रेलियाबाट सहयोग
535
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तरपूर्वी राज्य आसामका विद्रोही बोडो समूहसँग भएको शान्ति सम्झौताले हिँसात्मक विद्रोह अन्त्य हुने विश्वास व्यक्त गरेका छन् । उनले बोडोल्यान्ड राज्यको माग गर्दै सशस्त्र युद्ध गरिरहेका बोडोसँगको नयाँ सम्झौताबाट उनीलाई मूलधारको शान्तिपूर्ण राजनीतिमा आउन मार्गप्रशस्त गर्ने बताए । प्रधानमन्त्री मोदीले बोडो जनताका मागलाई सम्बोधन गर्न भारत सरकार प्रतिबद्ध रहेको पनि बताए ।
बोडो समूहसँग सम्झौता : आसाममा शान्ति छाउने माेदीको आशा
405
अर्थमन्त्री डा . युवराज खतिवडाले लगानीकर्ताप्रति कटाक्ष गर्दै लक्ष्मीपूजाले सेयरको मूल्य घट्ने वा बढ्ने भन्ने कुरा निर्धारण नहुने बताएका छन् । नेप्सेले अनलाइन ट्रेडिङको सुभारम्भ गरेको अवसरमा बोल्दै अर्थमन्त्री खतिवडाले भने ' लक्ष्मीपूजाले सेयरको मूल्य बढाउने वा घटाउने भन्ने हुन्न , तपाईहरु त्यसमा ढुक्क हुनुहोस् । ' बरु लक्ष्मीपूजालाई मध्यनजर गरेर त्यस दिनदेखि नै कम्पनीका वित्तीय विवरण केलाउन र प्रोफाइलहरु अध्ययन गर्न उनले सुझाव दिए ।
अर्थमन्त्रीको कटाक्षः लक्ष्मीपूजाले सेयर मूल्य घट्ने बढ्ने हुन्न
437
गुल्मीको रेसुङ्गामा गाई तिहारको अवसरमा समूहिक रुपमा गाईपूजा गरिएको छ । रेसुङ्गा संरक्षण समितिको आयोजनामा गाई तिहार औँसीको अवसर पारेर गुल्मीको रेसुङ्गासँगै रहेको गौशालामा रहेका गाईको सामुहिक रुपमा पूजा गरिएको हो । गौशालमा रहेका गाईलाई पूजा गर्नुका साथै नुन , तेल , रोटी , चामलको पिठोलगायतका खानेकुरा खुवाइएको छ ।
रेसुङ्गामा सामूहिक गाईपूजा
311
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ' हदैसम्मको ' कारबाही गर्न माग गर्दै पार्टीको अनुशासन समितिमा उजुरी परेको छ । पार्टी हितविपरीत सभापति देउवाले काम गर्दै आएको दाबी गर्दै महासमिति सदस्य राजेन्द्र बजगाईंले बिहीबार पार्टी कार्यालयमा उजुरी दर्ता गराएका हुन् । बजगाईं गोरखाबाट तीन पटकसम्म महासमिति सदस्य जितेका तथा गत वर्ष भएको प्रदेशसभा निर्वाचनमा गोरखा निर्वाचन क्षेत्र # को ' ख ' बाट पराजित भएका थिए ।
सभापति देउवालाई कारबाही माग्दै महासमिति सदस्य बजगाईंले दिए उजुरी
409
गृहमन्त्री रामबहादुर थापा ' बादल ' ले विपद्बाट हुने मानवीय र भौतिक क्षतिलाई न्यूनीकरण गर्न सरकार गम्भीर रहेको बताए । विपद् जोखम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी कार्यकारी समितिको विहीबारको बैठकमा गृहमन्त्री थापाले विपद् व्यवस्थापन सरकारको एक्लो प्रयासले मात्रै सम्भव नहुने भएकाले सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताए । विपद् व्यवस्थापनमा नागरिक समाज र जनतालाई समेत जोड्नसक्ने गरी कार्यक्रम बनाउन उनले बैठकमा निर्देशन दिए ।
विपदबाट हुने क्षति न्यूनीकरण गर्न सरकार गम्भीर : गृहमन्त्री थापा
423
विषालु च्याउ खाँदा झापाको कमल नगरपालिकामा दुई नाबालिकासहित नौजना बिरामी परेका छन् । घर छेउमा उम्रिएको च्याउ खाँदा गएराति कमल नगरपालिका–# की ## वर्षीया विष्णु घिमिरे , ## वर्षीय सलिना घिमिरे , ## वर्षीया सन्ध्या घिमिरे , सात वर्षीया सोनी घिमिरे , दुई वर्षीया सोनिका घिमिरे बिरामी भएका दमक इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले बताए । च्याउखाँदा सोही ठाउँकी ## वर्षीया उमा घतानी , ## वर्षीय इन्द्र घतानी र नौ वर्षीय चन्द्र घतानी तथा छोरी दुई वर्षीया सविना घतानी बिरामी परेको प्रहरीले जनाएको छ ।
विषालु च्याउ खाँदा नौ बिरामी
513
काठमाडौ – नेपाल लोकतान्त्रिक फोरमले आगामी हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस लगायत पार्टीसंगको चुनावी तालमेलका विषयमा पार्टीले निर्णय गरेको भए पनि नेपाली कांग्रेससंग एकिकरणको विषयमा कुनै पनि निर्णय नभएको जनाएको छ । लोकतान्त्रिक फोरमका अध्यक्ष उपप्रधान तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजय कुमार गच्छदार नेपाली कांग्रेसमा प्रवेश गर्ने तयारी भन्ने विषयमा खन्डन गर्दै फोरमका केन्द्रीय कार्य सम्पादन सदस्य तथा प्रचार प्रसार संयोजक देब लिम्बुले जानकारी दिएका छन् । अनलाइन पत्रिकाहरुमा आएका समाचारमा कुनै सत्यता छैन यो नेपाल लोकतान्त्रिक फोरम पार्टीलाई कमजोर बनाउने उद्देश्यले विपक्षीहरुले फैलाएको भ्रम मात्र हो संयोजक लिम्बुले बताए ।
' गच्छेदार कांग्रेस प्रवेश भ्रम मात्र '
661
प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङ्गेविरुद्ध अखिल नेपाल फुटबल संघ ( एन्फा ) कास्कीका अध्यक्ष मिलन गुरुङले प्रहरीमा जाहेरी दिएका छन् । मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै मनाङ्गेले मंगलबार गुरुङलाई झपड हानेका थिए । खेलाडीहरुको खाने बस्ने व्यवस्था आफूले मात्र नभइ कमिटीले नै गर्ने विषय भएको तर सांसद मनाङ्गेले वार्ता गर्नुको साटो खेल मैदानमा नै कुटपिट गरी अभद्र व्यवहार गरेको भन्दै जाहेरीमा मुलुकी फैजदारी संहिता #### को दफा ### को कसुरमा कारबाही माग गरिएको छ ।
दीपक मनाङ्गेविरुद्ध एन्फा कास्की अध्यक्षले दिए प्रहरीमा जाहेरी
502
## वर्षदेखि व्यस्त सडकमा यातायात अबरुद्ध पारिरहेको चीनको सांघाइमा रहेको प्रसिद्ध ' नेल हाउस ' भत्काइएको छ । सन् #### यता सरकारले पटक पटक आग्रह गर्दा पनि घरधनीले यस घर भत्काउन मानेका थिएनन् । मुआब्जामा असन्तुष्टि भएपछि घर भत्काउने प्रक्रिया ## वर्ष सरेको हो ।
सांघाईको सडक अवरोधक घर ## वर्षपछि भत्काइयो
258
संविधानले आगामी असोज # गतेभित्र मौलिक हकसम्बन्धी सम्पूर्ण कानुन निर्माणको कल्पना गरेको छ । सोअन्तर्गत अबको एक महिनाभित्र मौलिक हकसम्बन्धी कानुन संसद्बाट पारित गरिसक्नुपर्ने अवस्था छ । अहिलेसम्म दुईवटा मात्रै मौलिक हकसम्बन्धी विधेयक पारित भएका छन् ।
संसद्मा धमाधम दर्ता हुँदै विधेयक
248
प्रतिनिधिसभाको ## बजेका लागि डाकिएको बैठक दिउँसो # बजेसम्मका लागि सरेको छ । प्रतिपक्षी दलहरूले सर्लाहीका दुई घटनामा प्रहरीले गोली चलाएको विषयमा संसदीय छानबिन माग गर्दै आएका छन् । तर सत्तारूढ दलहरूले संसदीय छानबिन अस्वीकार गर्दै आएका छन् ।
## बजे डाकिएको संसद बैठक # बजेलाई सर्‍यो
238
सामसङ नेपालले ' सामसङ जेट टु ' स्मार्टफोन सार्वजनिक गरेको छ । उक्त स्मार्टफोनमा एक जिबी ¥याम तथा # जिबी आन्तरिक मेमोरी रहेको छ । कम्पनीका एचएचपी डिभिजन प्रमुख प्रनयरत्न स्थापितका अनुसार नयाँ लन्च भएको उक्त स्मार्टफोन आकर्षक फिचरसहित ब्ल्याक तथा गोल्डेन कलरमा उपलब्ध रहेको छ ।
सामसङले ल्यायो जेट टु स्मार्ट फोन
275
शुक्रबारबाट रिलिज भएको चलचित्र ' रातो घर ' ले बुधबार आयोजना भएको पि्रमियरबाट सकारात्मक प्रतिक्रिया पाएको छ । वुधबार पाएको प्रतिक्रियाका कारण यसको निर्माणपक्ष उत्साहित छ । आजबाट रिलिज भएको यो चलचित्रले ग्याङ फाइट र झापाको कथालाई उठान गरेको छ ।
विल्सनको ' रातो घर ' सँग वन सर्टमा खिचिएको ' जालो ' रिलिज
242
श्रीमतीको हत्यापछि फरार रहेका एक व्यक्तिलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका–# का ## वर्षीय कमलसिंह राजवंशी रहेका छन् । राजवंशी गत असोज # गते श्रीमती गंगा राजवंशीको घाँटी थिचेर हत्या गरेर फरार रहेका थिए ।
श्रीमतीको हत्या गरी फरार राजवंशी # महिनापछि पक्राउ
239
निर्माणाधिन अवस्थामा रहेको मध्यपहाडी लोकमार्गको कालोपत्रे गुणस्तरहिन भएको पाइएको छ । कालोपत्रे भएको एकबर्ष नवित्दै राजमार्गमा खाल्डाखुल्डी पर्न थालेका छन् । सिन्धुलीको खुर्कोटदेखि सिन्धुलीकै सिमाना उदयपुरको घुर्मिसम्म करिब ## किलोमिटर सडक केहि स्थानबाहेक सबै स्थानमा कालोपत्रे भइसकेको छ तर कालोपत्रे गुणस्तरहिन हुँदा निर्माण भएको एकबर्षमै उप्किन थालेको हो ।
एकबर्ष नबित्दै भत्किन थाल्यो मध्यपहाडी लाेकमार्ग
357
नेत्र विक्रम चन्द नेतृत्वको नेकपमा माओवादीले आह्वान गरेको नेपाल बन्दका कारण सर्वसाधारणले सास्ती पाएका छन् । सडकमा सार्वजनिक सवारी साधनको संख्या न्यून भएपनि निजी सवारीसाधन भने निर्वाद रुपमा सञ्चालनमा रहेका छन् । चोक तथा सडकहरुका सुरक्षाकर्मीको वाक्लो उपस्थिति रहेको छ ।
बन्द गराउँदै हिडेका विप्लव माओवादी कार्यकर्ता पक्राउ
268
प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिको खाका अनुसार जनशक्ति व्यवस्थापन गर्न सरकारले नयाँ शिक्षा नीति अवलम्बन गर्न लागेको बताएका छन् । त्रिभुवन विश्व विद्यालयको ## औं वार्षिक दिवस बैठकलाई आज किर्तिपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले कुनै अध्ययन अनुसन्धान बिना विश्वविद्यालयहरूले कलेजको सम्बन्धन दिइरहँदा देशमा बेरोजगारहरू बढेको प्रधानमन्त्रीको भनाइ छ ।
समृद्धिको खाका अनुसार सरकारले नयाँ शिक्षा नीति अवलम्बन गर्न लागेको छ : प्रधानमन्त्री
398
बैतडीको शिवनाथ गाउँपालिका–# , औल्याकी ## वर्षीया हिठकला धनाडी चितुवाको आक्रमणबाट घाइते भएकी छिन् । ओखेडानी सामुदायिक बनको ओखेडानी खोलामा बुधबार बिहान ##ः## बजे चितुवाले आक्रमण गरी घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घाँसदाउरा काट्न गएका बेला धनाडीलाई चितुवाले आक्रमण गरेको हो ।
चितुवाको आक्रमणबाट घाइते
294
महानगरीय प्रहरी परिसरले सुशासन अनलाइन पत्रिकाका सम्पादकलाई समाचारको स्रोतसहित उपस्थित हुन भन्दै पुनः पत्र काटेको छ । अनुसन्धानका लागि भन्दै पुस # गते समाचार स्रोत खुलाउन माग गरेको प्रहरीले दोस्रो पटक सम्पादकलाई नै उपस्थित हुन निर्देशनात्मक पत्र पठाएको हो । #### को चलानीमा पठाइएको पत्रमा अनुसन्धानमा सहयोग गरिदिन भन्दै अविलम्ब उपस्थित हुन भनिएको छ ।
सुशासन अनलाइनका सम्पादकलाई प्रहरीले पूर्जी काट्यो
349
काठमाडौँ — राष्ट्रिपति विद्यादेवी भण्डारीले मर्यादा पुरुषोत्तम भगवान् श्रीराम र माता जानकीको विवाह सम्पन्न भई विवाह पञ्चमीले ख्याती प्राप्त भएको मार्ग शुक्ल पञ्चमी तिथिको पावन अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना व्यक्त गरे । आज एक शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले धार्मिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो संस्कृति हामी नेपालीको अमूल्य नीधि भएको बताए । देश धार्मिक र सांस्कृतिक विविधताले सम्पन्न रहेको सन्देशमा उल्लेख गरे ।
हाम्रो संस्कृति हामी नेपालीको अमूल्य नीधि : राष्ट्रपति भण्डारी
462
आसन्न स्थानीय तहको निर्वाचनका लागि भारतले नेपाललाई ## वटा सवारी सधान सहयोग गरेको छ । सहयोग गरेको सवारी साधनको साँचो सोमबार एक कार्यक्रमका बीच निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवलाई नेपालका लागि भारतीय राजदूत मञ्जिभ सिंह पुरीले हस्तान्तरण गरे । भारतले नेपाललाई दिएका सवारी साधानहरुमा ## ओटा डबल क्याविन पिकअप भ्यान , # ओटा स्कार्पियो जिप , # ओटा सेडान कार , एउटा एक्सयुभी कार , एउटा मिनिबस , एउटा माइक्रोबस , ## ओटा पल्सर मोटरसाइकल , # ओटा स्कुटर उपलब्ध गराएको भारतीय दूताबासले विज्ञप्तीमार्फत जनाएको छ ।
नेपाललार्इ भारतले दियाे ## सवारी साधन
514
प्रधानमन्त्री केपी शर्मा ओली भारतको तीन दिने राजकीय भ्रमणमा छन् । उनले शनिबार भारतका राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीसँग छुट्टा छुट्टै भेट गरे । भारतीय प्रधानमन्त्री मोदीसँग हैदारावाद हाउसमा भएको भेट पछि दुवै देशका प्रधानमन्त्रीले संयुक्तरुपमा पत्रकार सम्मेलनलाई सम्वोधन गरे ।
यस्तो छ ## बुँदे संयुक्त वक्तव्य ( पूर्णपाठ )
299
प्रदेश नं # को अस्थायी राजधानी बुटवल शेयर बजारको नयाँ केन्द्रको रूपमा स्थापित हुन थालेको छ । सरकारको नीतिअनुसार विभिन्न दलाल ( ब्रोकर ) कार्यालय बुटवलमा स्थापना भएपछि शेयर बजारप्रतिको आकर्षणले यहाँ आर्थिक कारोवार बढ्न थालेको स्थानीयले बताएका छन् । शेयर बजारमा नयाँ लगानीकर्ताको प्रवेश बढ्नुका साथै बुटवलका विभिन्न दलाल कार्यालयमा शेयर बजारप्रतिको रुचिले बुटवललाई शेयर ' हब ' का रूपमासमेत बुझ्न थालिएको रुपन्देहीस्थित सफल नेपाल इन्भेष्टमेण्ट फोरमका अध्यक्ष कमल तिवारी बताउँछन ।
बुटवल शेयर बजारको केन्द्र बन्दै
476
श्रीलंकाको क्याथोलिक चर्चले क्रिसमसका दौरान सान्ता क्लज र क्रिसमस ट्रीमाथि प्रतिवन्ध लगाएको छ । क्रिसमस ट्री धार्मिक चिन्ह नभएकाले यसको प्रयोगमा रोक लगाइएको चर्चले जनाएको छ । सान्ता क्लज र क्रिसमस ट्रीमाथि पहिलोपटक प्रतिवन्ध लगाइएको हो ।
श्रीलंकामा क्रिसमस ट्री र सान्ता क्लजमाथि प्रतिवन्ध
237
पाकिस्तानी गायक राहत फतेह अली खानले सलमान खानको फिल्म ' दबंग ' मा ' तेरे मस्त - मस्त दो नैन ' गाएका थिए । ' दबंग # ' मा ' तेरे नैना बडे दगाबाज रे ' गाए । दुवै गीत हिट भएका थिए ।
' दबंग - # ' बाट किन हटाइयो राहत फतेह अली खानले गाएको गीत ?
177
पछिल्लो समयमा जुम्लामा कालीमार्सी धानको क्षेत्र फल घट्दै जाँदा उन्नत जातको धान खेती फस्टाउन थालेको छ । मार्सी धानमा रोककिराको संक्रमण बढेकोले उन्नत जातको धान उत्पादनलाई जोड दिन थालिएको किसान बताउँछन । स्थानीय जातको मार्सी धान असिना , पानी सहन सक्दैन् , तर उन्नत जातको धान असिना , पानी , र जलवायु सबै सहन सक्ने भएकोले मार्सीधानको भन्दा उन्नत जातको धानको क्षेत्रफल वर्षेनी फस्टाउँदै गएको हो ।
कालीमार्सी घट्दै , उन्नत धान बढ्दै
390
उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले टोखा चण्डेश्वरी क्षेत्रलाई व्यवस्थित गर्न एकीकृत गुरुयोजनाअन्तर्गत धार्मिक , पुरातात्विक र पर्यटकीय गन्तव्य बनाइने बताएका छन् । टोखा र बुढानीलकण्ठ नगरपालिकाको सीमामा पर्ने चण्डेश्वरीस्थित मुस्खारेश्वर मन्दिरका निर्माणको शुभारम्भका अवसरमा आज आयोजित कार्यक्रममा उनले भने , ' टोखा चण्डेश्वरी क्षेत्रमा सडक , खानेपानी , वन , मन्दिर , पर्यटनलगायत सबै क्षेत्र समेटेर एकीकृत विकासको योजनाका लागि केन्द्र सरकारले पहल गर्नेछ । ' उपप्रधानमन्त्री पोखरेलले भने , ' विकास निर्माण कुनै दल विशेषका आधारमा होइन , सबै मिलेर गर्नुपर्छ , ऐतिहासिक र पुरातात्विक महत्वका क्षेत्रको संरक्षण हुनुपर्छ , पुर्खाको सम्पत्ति रक्षा गर्न नसक्नेले सन्ततिलाई केही दिन सक्दैनन् ।
टोखा चण्डेश्वरीलाई पर्यटकीय गन्तव्य बनाइनेः उपप्रधानमन्त्री पोखरेल
687
परापूर्वकालदेखि कथा , सूचना सुनाउँदै हिँड्ने बाध्ययन्त्र हो , सारंगी । यसबाट सुनाइने कथा साँच्चै मिठो हुने भएकाले होला , बिबिसी रेडियोमा एउटा कार्यक्रम बज्थ्यो , ' कथा मिठो सारंगीको . . . ' देशका गाउँ–सहर यात्रा गर्दै कार्यक्रममार्फत् मान्छेका कथा–व्यथा र अनुभवहरू सुनाइन्थ्यो । त्यसलाई नाट्य संवादमार्फत प्रस्तुत गरिन्थ्यो ।
हाब्रेलाई चितुवाको पत्र सुनाउँदै दिलुको सारंगी
325
रिलायन्स फाइनान्स लिमिटेडले ललितपुरको महालक्ष्मी नगरपालिका–# इमाडोलमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । यो संस्थाको आठौं शाखा हो । संस्थाका अध्यक्ष धर्मेन्द्र काजी श्रेष्ठले उक्त शाखा उद्घाटन गरिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
इमाडोलमा रिलायन्स फाइनान्स
241
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सिंगो पार्टीपंक्तिलाई बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरणमा सक्रिय सहभागी हुन आह्वान गरेका छन् । बाढी र पहिरोबाट जनजीबन आक्रान्त हुँदा पनि पूर्वतयारीको योजना नबनाइएको भन्दै उनले सरकारको आलोचना समेत गरेका छन् । ' बाढी पहिरो जस्ता प्राकृतिक विपदले गर्दा प्रभावित क्षेत्रका जनता भोकै बस्नु परेको छ , कतिपय सम्पर्कविहीन छन् ।
बाढी पहिरो प्रभावित क्षेत्रमा राहत पुर्‍याऊः यादव
383
सरकारले विद्यालय तहको शिक्षा स्थानीय सरकारलाई सुम्पन आवश्यक नीतिगत तथा संरचनागत तयारीको कामलाई तीव्रता दिएको छ । शिक्षा , विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्राविधिक र व्यवसायिक शिक्षाको व्यापक विस्तारका लागि नीतिगत निर्णय लिन ढिलाइ नगर्ने प्रतिवद्धता पनि व्यक्त गरे । उनले सरकार सुशासनको माध्यमबाट मुलुकको शिक्षा क्षेत्रलाई चुस्त र प्रभावकारी बनाउन केन्द्रीत रहेको पनि स्पष्ट पारे ।
विद्यालय तहको शिक्षा स्थानीय सरकारलाई सुम्पने कार्यमा सरकारको तीव्रता
396
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि शपथ लिएका छन् । बिहीबार साँझ एक विशेष समारोहबीच भारतीय राष्ट्रपति रामनाथ कोभिन्दबाट मोदीले भारतको ## औं प्रधानमन्त्रीको रूपमा शपथ लिएका हुन् । साथै मोदीको मन्त्रिमण्डलका सदस्यका रूपमा राजननाथ सिंह , अमित शाह , रविशंकर प्रसाद , नीतिन गडकरी , निर्मला सीतारमण , रामविलाश पाशवान , गिरिराज सिंहलगायत ## जनाले क्याबिनेट मन्त्रीको शपथ लिएका छन् ।
भारतीय प्रधानमन्त्री मोदीको मन्त्रिमण्डल ## सदस्यीय
399
नवलपरासीका तीन छुट्टा छुट्दै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । ## जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।
नवलपरासीमा दुर्घटना , दुईको मृत्यु , ## घाइते
156
खानेपानी मन्त्री बिना मगर र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलबीच मंगलबार खानेपानी मन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ । भेटघाटमा खानेपानी मन्त्री र राजदूतबीच नेपालबाट पिउने पानी निर्यात गर्ने विषयमा महत्वपूर्ण छलफल भएको थियो । भेटघाटमा मन्त्री मगरले नेपालको पानी निर्यात गर्ने विषयमा मन्त्रालयले गृहकार्य गरिरहेको बताइन् ।
' नेपालको पानी पिउन कतार आतुर '
340
राष्ट्रिय मानव अधिकार आयोगले आदिवासी जनजातिहरूको सूची पुनरावलोकन गर्न सरकारलाई सिफारिस गरेको छ । मंगलबार सार्वजनिक अन्तर्राष्ट्रिय श्रम सङ्गठन ( आइएलओ ) महासन्धि नं ### कार्यान्वयन अवस्था सम्बन्धमा आयोगले गरेको अध्ययन प्रतिवेदनमा छुट भएकाहरूलाई आदिवासी जनजातिमा सूचिकृत गर्न सिफारिस गरिएको छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन #### अनुसार ## वटा जात , जाति आदिवासी जनजातिमा सूचिकृत छन् ।
आदिवासी जनजातिको सूची पुनरावलोकन गर्न सिफारिस
400
प्रमुख राजनीतिक दलहरूले बारा–पर्सामा आइतबार राति आएको हुरीबतासपीडितलाई सहयोग तथा उद्धारमा जुट्न सबैमा अपिल गरेका छन् । साथै उनीहरूले आ–आफ्नो तर्फबाट आर्थिक सहयोगको घोषणा गरेका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) , प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस , राष्ट्रिय जनता पार्टी नेपाल , परिवार दल र विवेकशील साझा पार्टी नेपालसहितका दलले राहतका लागि आर्थिक सहयोग घोषणा गरेका हुन् ।
आँधीपीडितका लागि दलद्वारा आर्थिक सहयोगको घोषणा
388
कानून , न्याय तथा संसदीय मामिला मन्त्रालयले संविधानसँग बाझिएका कानुन परिमार्जनका लागि मस्यौदा तयार पार्न विषयगत मन्त्रालयहरुलाई # पटक पत्राचार गरिसकेको छ । तर , अहिलेसम्म एउटा पनि मन्त्रालयले कानूनको मस्यौदा पठाएका छैनन् । ' हामीले पटक–पटक ताकेता गर्दै आएका छौं ।
संविधानसंग बाझिएका कानून निर्माणमा अलमल
263
उपचारका लागि काठमाडौंको ग्राण्डी अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो डायलासिस सकिएको छ । अस्पताल स्रोतका अनुसार उनको दोस्रो डायलासिस बिहीबार दिउँसो सकिएको हो । स्वास्थ्यमा समस्या देखिएपछि बुधबार अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको पहिलो डायलासिस बुधबार नै गरिएको थियो ।
प्रधानमन्त्रीको दोस्रो डायलासिस सकियो
295
संसद्मा दर्ता भएको मिडिया काउन्सिलसम्बन्धी विधेयक सच्याउनुपर्ने माग गरिएको छ । नेपाल मानवअधिकार सङ्गठनले बिहीबार पत्रकार सम्मेलन गरी विधेयकमा रहेका कतिपय प्रावधानले मिडियामाथि सरकारले अङ्कुश लगाउन खोजेको देखिएको भन्दै सच्याउनुपर्ने माग गरेको हो । नेपालको संविधानको प्रस्तावनाको पाँचौँ परिच्छेदमा पूर्ण प्रेस स्वतन्त्रता र संविधानको धारा ## ले सम्पूर्ण सञ्चार क्षेत्रलाई पूर्ण अधिकार प्रदान गरेको सन्दर्भमा सरकारले मिडियालाई नियन्त्रण गर्ने गरी विधेयक ल्याउन खोज्नु आमसञ्चार क्षेत्रका लागि दुर्भाग्यपूर्ण हुने सङ्गठनको ठहर छ ।
मिडिया काउन्सिलसम्बन्धी विधेयक सच्याउनुपर्ने माग
525
काठमाडौँ – नेपाली काँग्रेस नेत्रृ सुजाता कोइरालाले बाढीपीडितका समस्या समाधान गर्न बाढीपीडित पुर्ननिर्माण प्राधिकरण गठन गर्नुपर्ने बताएकी छिन् । नेत्रृ कोइरालाले शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दे केही दिन अगाडि परेको अविरल वर्षाका कारण तराईका विभिन्न भागमा भएको डुवानका कारण ज्यान गुमेको र कयौँ व्यक्ति बेपत्ता भएको भन्दै वाढीबाट वेपत्ता भएका व्यक्तिको खोजी गरी उचित राहतको व्यवस्था गर्न प्राधिकरण आवश्यक रहेको बताएकी हुन् । विस #### सालमा वागमति नदीको किनारामा रहेको पौरही गाविस बाढीले बगाउँदा तत्कालिन काँग्रेस सभापति कृष्णप्रसाद भट्टराई तथा प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाले बाढीपीडितलाई बस्नका लागि उचित आवासको व्यवस्था गरेको स्मरण गर्दै नेत्रृ कोइरालाले उक्त कुरालाई वर्तमान सरकारले समेत आत्मासाथ गरेर अगाडि बढाउनुपर्नेमा जोड दिइन् ।
' बाढीपीडितको समस्या समाधान गर्न प्राधिकरण आवाश्यक '
741
म्यादी प्रहरी संघर्ष समितिले प्रदेशका ## हजार प्रहरीमा आफूहरुलाई भर्ना नगरे कडा आन्दोलनमा उत्रने चेतावनी दिएको छ । भक्तपुरमा सोमबार आयोजित कार्यक्रममा म्यादी प्रहरी संघर्ष समितिका संयोजक कपिल थापाले यस्तो चेतावनी दिएका हुन् । सरकारले म्यादीलाई प्रहरी सरहको तालिम लगायत खर्च र लगानी गरिसकेको भन्दै उनले प्रहरीमा समायोजन गर्नुपर्ने माग गरे ।
प्रहरीमा भर्ना नगरे आन्दोलन गर्ने म्यादी प्रहरीको चेतावनी
339
पेट्रोलियम पदार्थ अन्वेषणको काम तीव्रगतिमा अगाडि बढिरहेको छ । अहिले ' कति परिमाणमा पेट्रोलियम पदार्थ छ र कुन स्थानमा बढी भण्डारणको सम्भावना छ ' भनेर जमिनभित्रको अवस्था पत्ता लगाउने महत्वपूर्ण भौगर्भिक ( सेस्मिक ) सर्भेको काम जारी रहेको छ । सर्भेको ## प्रतिशत काम सम्पन्न भइसकेको जनाइएको छ ।
पेट्रोल अन्वेषण : ## प्रतिशत सर्वेको काम सकियो
290
सुन प्रतितोला ## हजार # सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो प्रतितोला ## हजार # सय रुपैयाँमा कारोबार भएको सुन आज # सय रुपैयाँ घटेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । चाँदी प्रतितोला # सय # रुपैयाँमा कारोबार भइरहेको छ ।
आज सुनको मूल्य ## हजार # सय
230
नेपाल विद्यार्थी संघले राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा गठन अध्यादेश चाँडो प्रमाणीकरण गर्नुपर्ने माग गर्दै दबाबमूलक पदयात्रा निकालेको छ । नेविसंघले दुई महिना अगाडि सरकारले पठाएको अध्यादेश स्वीकृत नगरिएको भन्दै निकालेको पदयात्रा विश्वभाषा क्याम्पस , पद्मोदय मोड , बागबजार चोक , पद्मकन्या क्याम्पस हुँदै रत्नपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले संविधानको जगमा टेकेर बनेका राष्ट्रपतिले संविधानअनुसार पठाइएको अध्यादेशलाई रोक्न नमिल्ने बताए ।
राष्ट्रियसभा गठन अध्यादेश चाँडो प्रमाणीकरण गर्न नेवि संघको माग
514
वीर हस्पिटलको ट्रमा सेन्टरबाट हामफालेर एक जना अमेरिकी नागरिकले आत्महत्या गरेका छन् । प्रहरीका अनुसार आत्महत्या गर्नेमा अमेरिकी नागरिक जोन छन् । उनको विस्तृत विवरण खुलेको छैन ।
ट्रमा सेन्टरबाट हामफालेर एक अमेरिकी नागरिकले गरे आत्महत्या
175
न्यूनतम तापक्रम शून्यमा झरेपछि आज काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा अत्यन्तै जाडो महसुस गरिएको छ । एक्कासि तापक्रम घटेपछि उपत्यकामा चिसो बढ्नुका साथै केही स्थानमा तुसारोसमेत परेको छ । न्यूनतम तापक्रम घटेकाले आज यो वर्षकै बढी चिसो महसुस गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जाडो अझै बढ्ने
285
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एनआरसी र संशोधित नागरिकता कानूनबारे कांग्रेस र अर्बन नक्सलले अफवाह फैलाएको आरोप लगाएका छन् । सबै मुसलमानलाई डिटेन्सन सेन्टर पठाउँछ भन्नु झुटो भएको उनले बताए । दिल्लीको रामलिला मैदानमा आयोजित आभार र्‍यालीलाई सम्बोधन गर्दै उनले भने , ' पढेलेखेका मानिसहरु पनि सोधिरहेका छन् कि डिटेन्सन सेन्टर के हो ? झुट फैलाइएको छ ।
नागरिकता कानूनमा मोदीको टिप्पणी : कांग्रेस र अर्बन नक्सलले अफवाह फैलाए
351
एसियाली खेलकुद पत्रकार महासंघ ( एआइपिएस एसिया ) का वरिष्ठ पदाधिकारीहरूले नेपालको खेल पर्यटन प्रवर्द्धनमा संस्थागत रूपमै सहयोग गर्ने वचन दिएका छन् । एआइपिएस एसिया कार्यसमितिको दोस्रो बैठकका लागि काठमाडौं आएका विभिन्न देशका खेल पत्रकारले सोमबार नेपाल पर्यटन बोर्डका पदाधिकारी तथा पर्यटन व्यावसायीसँग यस्तो प्रतिवद्धता जनाएका हुन् । तेन्जिङ–हिलारी एभरेस्ट म्याराथनको आयोजक हिमालयन एक्सपिडिसनका शिखर पाण्डेले जोखिमपूर्ण खेलकुद ( एडभेन्चर स्पोर्टस ) मा नेपालको सम्भावनाबारे जानकारी प्रस्तुत गरेपछि एआइपिएस एसियाका अध्यक्ष मोहम्मद कसिमले नेपालको खेल पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने वचन दिएका हुन् ।
खेलपर्यटन सघाउने प्रतिबद्धता
592
' फिल्म साउथ एसिया फेस्टिभल ' ललितपुरमा सुरु भएको छ । बिहिबारबाट सुरु भएको यो महोत्सवमा ## वटा डकुमेन्ट्री चलचित्रहरुको प्रदर्शन गरिनेछ । ललितपुरको पाटनढोका स्थित यलमाया कला केन्द्रमा आयोजना भैरहेको यो महोत्सवमा साउथ एसियाका विभिन्न देशहरुका वृत्तचित्र समावेश गरिएको छ ।
' साउथ एसिया फेस्टिभल ' मा ' वि आर विथ डाक्टर केसी '
270
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले ## संस्था तथा व्यक्तिलाई विभिन्न ## विधामा ' महत्वपूर्ण व्यावसायिक व्यक्तित्व ( सीआईपी–कमर्सियल्ली इम्पोर्ट्यान्ट पर्सन ) सम्मानको प्रस्ताव गरेको छ । केन्द्रका अनुसार सर्वाधिक विदेशी मुद्रा भित्याएबापत हायात होटललाई , विदेशी पर्यटक भित्याउनेमा यती ट्राभल्स दरबारमार्ग , बढी रोजगारी दिनेमा अरिहन्त मल्टिफाइबर्स सुनसरी , बढी निर्यात गर्ने महिला उद्योगीमा फेसन क्राफ्ट सामाखुसीलाई तथा सबैभन्दा बढी ' आयकर दाखिला गर्ने उद्यमी व्यवसायी ' को विधा अर्न्तगत एनसेललाई सिआइपी सम्मानको प्रस्ताव गरेको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले एनसेललाई आर्थिक वर्ष ### / ## र ### / ## मा सबैभन्दा बढी ' आयकर दाखिला गर्ने उद्यमी व्यवसायी ' को विधा अर्न्तगत सिआइपी सम्मान प्रस्ताव गरेको हो ।
## संस्था तथा व्यक्तिलाई सिआइपी प्रस्ताव
719
काठमाडौँ– पूर्ण शान्ति सुरक्षा कायम गर्दै सरकारले आगामी साउन ## गतेदेखि पर्यटकीय क्षेत्र ठमेल र दरबारमार्ग ## घण्टा खुलाउने भएको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले पर्यटकको आवतजावत हुने ठमेल र दरबारमार्ग साउन ## गतेदेखि ## घण्टा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए । यसअघि पनि खुलाउन भनिए तापनि तयारी नपुगेकाले खुलाउन सकिएको थिएन ।
ठमेल र दरबारमार्ग अब ## घण्टा खुल्ने
375
सामसङ इलेक्ट्रोनिक्सले जे सिरिजअन्तर्गत ग्यालेक्सी जे फोर स्मोर्टफोन नेपाली बजारमा ल्याएको छ । यो सिरिज सामसङको सबैभन्दा बढी बिक्री हुने रेन्ज हो । ## एमपी रियर क्यामराको साथ एफ # . # अपार्चर रहेको यसबाट कम उज्यालोको अवस्थामा पनि चुस्त एवं सफा फोटो खिच्न सकिने कम्पनीको दावी छ ।
सामसङको ग्यालेक्सी जे–फोर बजारमा
278
कसैले विवाह गर्ने उमेर नपुगेकी केटीसँग विवाह गर्‍यो र विवाहपछि सहवास गर्‍यो भने के सजायँ होला ? धेरैलाई लाग्दो हो , त्यस्तो बेहुलोलाई बहुविवाहको सामान्य सजायँ हुनेछ । तर , सर्वोच्च अदालतले गरेको एउटा क्रान्तिकारी फैसलालाई विचार गर्ने हो भने उमेर नपुगेकी वधुसँग विवाह गरेर राज बिताइसकेको पुरुषलाई बहुविवाहमात्रै होइन , वालिकामाथि जबरजस्ती करणी गरेको सजायँ समेत हुनेछ । त्यसैगरी सर्वोच्च अदालतले यो पनि मान्यता स्थापित गरिसकेको छ कि बलात्कारीसँग क्षतिपूर्ति माग्ने भनेरमात्रै राज्यले उम्कन पाउने छैन , बलात्कारबाट पीडित महिलालाई तत्कालै सरकारले राज्यकोषबाटै क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने छ ।
वालविवाहपछिको ' हनिमून ' बलात्कार ठहरिने फैसला अलपत्र
590
न्यायपरिषद्ले सर्वोच्च अदालतका लागि न्यायाधीश नियुक्ति सिफारिसमा पदमप्रसाद वैदिकको विकल्प खोज्ने भएको छ । बुधबार बसेको परिषद् बैठकले सर्वोच्चको रिक्त न्यायाधीशमा कसैको पनि नाम सिफारिस गर्न सकेन । यसअघि बसेको बैठकले परिषद्कै सदस्य वैदिकलाई न्यायाधीशमा सिफारिस गर्ने प्रस्तावमा विरोध भएपछि निर्णय रोकिएको थियो ।
विरोधपछि रोकियो न्यायाधीश नियुक्तिको निर्णय
309
कोरोना भाइरसका कारण आठौं नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय फिल्म महोत्सव स्थगित भएको छ । सोमबार मानवअधिकार चलचित्र केन्द्रले प्रेस विज्ञप्तिमार्फत आगामी फागुन ## देखि हुने भनिएको नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय फिल्म महोत्सव स्थगित भएको जानकारी गराएको थियो । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै नेपाल सरकारले सभा , सम्मेलन , महोत्सवहरू नगर्न गरेको आह्वानलाई सम्मान गर्दै आयोजक मानवअधिकार चलचित्र केन्द्रले यस्तो निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कोरोनाको कारण अन्तर्राष्ट्रिय फिल्म महोत्सव स्थगित
458
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी ## वर्षीया बालिका निर्मला पन्तलाई न्यायका लागि कैलालीमा बालबालिका सडकमा उत्रिएका छन् । नगर बाल सञ्जाल समितिको आयोजनामा शुक्रबार ' निर्मलाका निम्ति न्याय ' नारासहित बालबालिकाले सदरमुकाम धनगढीमा बृहत विरोध - याली निकालेका हुन् । उनीहरुले निर्मलाको हत्या भएको दुई महिना पुग्नै लाग्दा अझै हत्यारा पत्ता नलागेकोमा आक्रोश पोख्दै छिटोभन्दा छिटो दोषीलाई सजाय र निर्मलालाई न्याय दिन माग गरेका थिए ।
निर्मलालाई न्यायको निम्ति बालबालिका सडकमा ( फोटो फिचर )
425
नेपाल विद्यार्थी संघले ## औं महाधिवेशनको वातावरण बनाइदिन मातृ पार्टी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग माग गरेको छ । पुस ## देखि महाधिवेशन गर्ने कार्यतालिका जारी गरे पनि महाधिवेशन गर्न नसकेको नेविसंघले सभापति देउवालाई भेटेर कार्यसमितिको म्याद थप्दै महाधिवेशनको वातावरण मिलाइदिन आग्रह गरेको हो । भंग हुन दुई दिन बाँकी हुँदा नेविसंघ महामन्त्री कुन्दनराज काफ्लेसहित नेता आइतबार बिहान सभापति देउवा निवास पुगेका थिए ।
नेविसंघलाई देउवाले भने - अधिवेशन नरोक्नू , म्याद थप्न पहल गर्छु
422
मलेसियामा जारी आइसिसी विश्व टी–## क्रिकेटअन्तर्गत एसिया छनोट समूह ' बी ' को चौथो खेलमा नेपालले भुटानलाई ### रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ## ओभरमा # विकेट गुमाउँदै ### रन बनाएको हो । नेपालका लागि प्रदीप ऐरीले अर्धसतकीय पारी खेले ।
भुटानमाथि नेपालद्वारा ### रनको लक्ष्य , प्रदीप ऐरीको नटआउट ## रन
269
आइतबार विहानदेखि काठमाडौंमा राम्रोसँग घाम लागेको छैन । आकाशमा ड्याम्म बादल छ । पानी पर्ने त होइन ? , मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकामा आइतबार पानी पर्ने संभावना कम छ ।
काठमाडौंमा बादल , पूर्वमा वर्षा
186
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको आर्थिक समृद्धिका लागि नेपाल - जापान सम्बन्धलाई थप प्रगाढ बनाइने बताएका छन् । नेपालको राजनीतिक स्थायित्वको बारेमा जापान सरकारलाई जानकारी गराउँदै मुलुकको आर्थिक समृद्धिका लागि जापानी लगानीलाई आकर्षण गराउनु आफ्नो भ्रमणको उद्देश्य रहेको उनले बताए । आईतबार टोकियोस्थित नेपाली दूतावासले परराष्ट्रमन्त्रीको स्वागतमा आयोजना गरेको रात्रिभोज कार्यक्रममा मन्त्री ज्ञवालीले अब नेपालमा राजनीतिक स्थायित्व कायम भएकोले वैदेशिक लगानीको लागी नेपाल उर्बर भूमि हो भन्ने कुरा जापान सरकार र जापानी लगानीकर्ताहरूलाई जानकारी गराएर आकर्षित गराउन पर्ने विचार व्यक्त गरे ।
वैदेशिक लगानीका लागि नेपाल उर्वर : मन्त्री ज्ञवाली
588
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) का वरिष्ठ नेता माधवकुमार नेपालले स्थानीय तहहरु कामभन्दा लुट्न व्यस्त रहेको टिप्पणी गरेका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले भने , ' पैसाले उनीहरुले दुईटा मात्र होइन , तेस्रो नेत्र पछि उघ्रिएको छ । आफूसँग मिल्ने कर्मचारी लिएर गयो , कागजपत्र मिलायो , अनि धमाधम पैसा खायो ।
स्थानीय तहहरु लुट्न व्यस्त छन् : माधव नेपाल
367
रौतहटको राजपुर नगरपालिकामा पानीमा डुबेर दुईजना वालिकाको ज्यान गएको छ । स्थानीय वडा नम्बर # कुडियाटोलकी # वर्षीया अनिजा खातुन र # वर्षीया सुनैया खातुनको गाउँ नजिकै रहेको अरुवा खोलामा नुहाउने क्रममा पानीमा डुवेर ज्यान गएको हो । घरबाट सोमबार दिउँसो साथीहरुसँग गाउँ नजिकैको खोलामा नुहाउन गएका थिए ।
पानीमा डुबेर दुई बालिकासहित तीन जनाकाे मृत्यु
294
धादिङको सिद्धलेक गाउँपालिका वडा नं # कालिदह नजिकैको भीरमा स्थानीय दुई व्यक्ति मृत फेला परेका छन् । वडा कार्यालय जान भनेर आइतवार घरबाट निस्किएका सिद्धलेक गाउँपालिका वडा नं # का ## वर्षिय भीमबहादुर गुरुङ र ## वर्षिय नकुल सापकोटा आइतवार अपरान्हदेखि परिवारको सम्पर्क बाहिर रहेका थिए । बाटो छेउको भीरमा शव फेला परेकाले उनीहरु दुवैजना भीरबाट खसेर मृत्यु भएको हुन सक्ने स्थानीयले अनुमान गरेका छन् ।
धादिङको सिद्धलेकमा स्थानीय दुई व्यक्ति मृत फेला
391
ग्रील तथा स्टील व्यवसायमा तत्काल ## हजार जनालाई रोजगारीको अवसर रहेको सम्बन्धित क्षेत्रका व्यवसायीले बताएका छन् । रोजगारीको अवसर भएपनि दक्ष जनशक्तिको अभाव खड्केको ग्रील तथा स्टील व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले बताए । ' मेटल फेबि्रकेटिङ काम जानेका ## हजार जनशक्ति तत्काल आवश्यक छ ' - अध्यक्ष कटुवालले भने - ' स्वदेशमा काम जानेका जनशक्ति नहुंदा भारतीयले रोजगारी पाएका छन् ।
ग्रील ब्यवसायमा ## हजारलाई रोजगारी
379
टाटाको बहुप्रतिक्षित गाडी ' नेक्सन ' शोरुममा आइपुगेको छ । गाडी बुधबार थापाथलीस्थित टाटाको शोरुममा आइपुगेको हो । सिप्रदीले केही समय अगाडि गाडी नै नल्याई बुकिङ खुल्ला गरेको थियो ।
आइपुग्यो टाटा ' नेक्सन '
177
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका उम्मेदवारलाई देशका विभिन्न भागमा आक्रमण गर्न थालेपछि जिल्ला प्रहरी कार्यालय , कास्कीले नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका ## जना कार्यकर्तालाई पक्राउ गरेको छ । मंसिर ## गते हुने निर्वाचनलाई शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न उच्छृंखल गतिविधिमा संलग्न हुनसक्ने अन्यको पनि खोजी गरिरहेको प्रहरीले जनाएको छ ।
पोखरामा विप्लवका ## जना कार्यकर्ता पक्राउ
341
रसुवाको गोसाइकुण्ड गाउँपालिकामा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । रोकिराखेको टिपरमा ढुंगा खस्दा दुई जना घाइते भएका थिए । उनीहरूको उपचारको क्रममा आइतबार मृत्यु भएको छ ।
रोकिराखेको टिपरमा ढुंगा खस्दा दुई जनाको मृत्यु
179
सुनसरीको इटहरी उपमहानगरपालिका - ## , खनार चौकमा एक जना व्यक्ति कटुवा पेस्तोल र गोलीसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा इटहरी - # नमुना बस्तीका ## वर्षीय रत्न तामाङ छन् । उनलार्इ शंकास्पद तवरले हिँड्दै गर्दा चेकजाँच गर्ने क्रममा एक थान पेस्ताेल र दुर्इ राउन्ड गाेलीसहित पक्राउ गरिएकाे प्रहरी चाैकी खनारले जनाएको छ ।
इटहरीमा कटुवा पेस्तोलसहित एक व्यक्ति पक्राउ
317
नेपाली कांग्रेसले नेपालीहरुका लागि हङकङमा ट्रान्जिट भिषाको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणसहितको टोलीले आइतबार परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई ज्ञापन पत्र बुझाउँदै यस्तो ध्यानाकर्षण गराएको हो । नेपालीलाई हङकङमा ट्रान्जिट भिषाको व्यवस्था नहुँदा मकाउमा रोजगारीका लागि पुग्ने युवाहरुले कठिनाइ भोग्नु परेको भन्दै कांग्रेसले त्यसको व्यवस्था मिलाउन सरकारसँग माग गरेको जनाएको छ ।
नेपालीका लागि हङकङमा ट्रान्जिट भिषाको व्यवस्था मिलाउ : कांग्रेस
438
ललितपुर– रक्षामन्त्री ईश्वर पोख्रेलले सरकार मुलुकको आर्थिक समृद्धिमा केन्द्रीत भएको बताएका छन् । एमाले महासचिव समेत रहेका मन्त्री पोखरेलले मुलुकको आर्थिक विकास र समृद्धिमा केन्द्रित हुन सबै राजनीतिक दलहरुलाई आह्वान पनि गरे । शुक्रबार ललितपुरमा आयोजित निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन , नेपाल ( प्याब्सन ) को ## औं राष्ट्रिय साधारणसभालाई सम्बोधन गर्दै उनले मुलुकको आर्थिक समृद्धि र विकासमा लागिनपर्ने राजनीतिक दलहरु अप्रासंगिक हुँदै जाने चेतावनी समेत दिए ।
आर्थिक विकास र समृद्धिमा केन्द्रित हुन रक्षामन्त्री पोखरेलको आग्रह
459
मल्लकालीन सम्पदा रानीपोखरी उत्खनन गर्दा पानी भेटिएको छ । मंगलबार बिहानबाट सुरु भएको उत्खननमा तीन फिटमूनि पानी भेटिएको हो । रानीपोखरी पुनर्निर्माणबारे सुझाव दिन गठित विज्ञ समितिका संयोजक विष्णुराज कार्कीले पहिलाको पोखरीको बेसमेन्टमा पानी भेटिनु सामान्य भएको बताए ।
तीन फिट खन्दा रानीपोखरीमा भेटियो पानी
263
असोज महिनाको अन्त्यसँगै यो बर्षका # वटा महिना पनि सकिएका छन् । # महिना सकिदा नेपाली चलचित्रका लागि सुखद वा दुखद के रह्यो भन्ने बारेमा चर्चा गरौ । नेपाली चलचित्रका लागि आधा बर्ष दुखद होइन , कहालिलाग्दो देखिएको छ ।
सकियो आधा बर्ष , नेपाली फिल्मको व्यापार कहालीलाग्दो
212
काठमाडौँ– शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले काठमाडौँ उपत्यका बााहिर केन्द्रीय कार्यालय रहेका ## विश्वविद्यालयका काठमाडौँ उपत्यकाभित्र रहेका सम्पर्क कार्यालय खारेज गरेको छ । संघीयताको कार्यान्वयनका क्रममा ती विश्वविद्यालयलाई आफ्नो प्रदेशमै रहेका केन्द्रीय कार्यालयबाट प्राज्ञिक र शैक्षिक कार्य सञ्चालन गराउन मन्त्री गिरिराजमणि पोखरेलस्तरको निर्णयबाट सम्पर्क कार्यालय खारेज भएको उनका निजी सचिव पुष्प ढकालले जानकारी दिए । काठमाडौँ बाहिर केन्द्रीय कार्यालय भएका विश्वविद्यालयका पदाधिकारीले सम्पर्क कार्यालयबाट पनि काम गर्दै आएकामा अब त्यो क्रम रोकिएको छ ।
शिक्षा मन्त्रालयद्वारा ## विश्वविद्यालयका सम्पर्क कार्यालय खारेज
558
महानगरीय ट्राफिक प्रहरी महाशाखामा चालू आवमा ट्राफिक नियम उल्लंघनसम्बन्धी करीब ## हजार उजुरी परेको छ । काठमाडौँ उपत्यकाको सवारी साधनबारे गुनासो सुन्ने र कारवाही गर्ने महाशाखाको हटलाइन ### मा ## हजार ### उजुरी परेकामा मोटरसाइकल हराएको एक हजार ### , ठूला सवारी हराएको ## , एउटा सवारी साधनले अर्को सवारीसाधनलाई हानेर भागेको ### , ट््याक्सीमा सामान छुटेको ### , फुटपाथ पार्किङ गरेको ## हजार ### र बढी भाडा लिएको छ हजार ### उजुरी परेको महाशाखाले जनाएको छ । महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले उजुरी परेकालाई तत्काल नजिकको प्रहरी एकाइमा खबर गरी कारवाही गर्ने गरिएको जानकारी दिए ।
एक वर्षमा ट्राफिक नियम उल्लंघनसम्बन्धी ## हजार उजुरी
575
' ## वर्षपछि खोला पनि फर्किन्छ ' भन्ने उखानलाई चरितार्थ गर्दै सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा बढी नाफा कमाउने बैंक बनेको छ । करिब डेढ दशकअघि वित्तीय स्थिति अत्यन्त कमजोर अवस्थामा पुगेको यो बैंकले राष्ट्र बैंक , सरकार र बैंकको नेतृत्व गर्ने टिमका कारण पुनर्जन्म पाएको हो । विश्व बैंकको सहयोगमा ल्याइएको वित्तीय क्षेत्र सुधार कार्यक्रमले पनि वाणिज्य बैंकलाई बचाउन सहयोग पुगेको थियो ।
राष्ट्रिय वाणिज्य बैंक , नाफामा नम्बर वान
400
आईसीसी टी - ## विश्वकप छनोट क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले अमेरिकालाई # विकेटले पराजित गरेको हो । अमेरिकाले प्रस्तुत गरेको ### रनको लक्ष्य नेपालले अन्तिम # बल खेल्नु अघि # विकेट गुमाएर भेट्टायो ।
टी - ## विश्वकप छनोटमा नेपालको विजयी सुरुवात
246
प्रदेश # सरकारले बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा रूखहरू काट्न नदिने भएको छ । विमानस्थल बनाउन प्रदेशभित्रकै अरू खाली जमिन प्रयोग गर्न संघीय सरकारलाई सुझाउने उसको तयारी छ । प्रदेशमा वन क्षेत्र ## प्रतिशत पुर्‍याउने घोषणा गरिएकामा रूख काटेर विमानस्थल बनाउँदा अझ घट्ने भएकाले खाली जमिन उपयोगका लागि सुझाउने निष्कर्ष निकालिएको प्रदेशका उद्योग , पर्यटन , वन तथा वातावरणमन्त्री रामनरेश रायले बताए ।
प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल : प्रदेश # ले रूख काट्न नदिने
428
नेपाल नर्सिङ संघले सेवा सुविधाको माग गर्दै अनसनरत # जना नर्सहरुको जीवनरक्षा गर्न माग गरेको छ । संघले बिहीबार एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो । वैशाख ## बाट सिनियर नर्स जीता बराल नर्सिङ संघको केन्द्रीय कार्यालय तथा डिक्की शेर्पाले प्रत्यारोपण केन्द्रमा अनसन सुरु गरेका हुन् ।
अनसनरत नर्सको जीवनरक्षा गर्न माग
285
नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) का प्रवक्ता नारायणकाजी श्रेष्ठले लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन निर्वाचन प्रणालीलाई परिवर्तन गर्नुपर्ने बताएका छन् । मानव अधिकार तथा शान्ति समाजले आज आयोजना गरेको ' लोकतान्त्रिक गणतन्त्रको आधार , प्रेस स्वतन्त्रता र मानवअधिकार ' विषयको प्रवचन कार्यक्रममा उनले संविधान संशोधन गरेर देशको प्रमुख कार्यकारी प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था गरी पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्नेमा जोड दिए । पैसा नभएका नेताहरुले चुनावबाट भाग्नुपर्ने अवस्थाको अन्त्य गर्न पनि पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्ने उनको धारणा थियो ।
' पार्टी सङ्गठनमा निष्ठापूर्वक काम गर्ने व्यक्ति चुनावबाट डराउने अवस्था '
603
जिल्लाको भागेश्वर गाउँपालिकाका सहायक लेखापाल डम्बर पाल महाकाली नदीमा डुबेर बेपत्ता भएका छन् । वनभोज खान गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीसँगै गएका पाल नुहाउने क्रममा डुबेर बेपत्ता भएका हुन् । गाउँपालिका जनप्रतिनिधि र कर्मचारी रुपालस्थित महाकाली नदी किनारमा वनभोज खान गएको र त्यही क्रममा शनिबार दिउँसो # बजे नुहाउन पुगेका पाल डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय , डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए ।
वनभोज गएका लेखापाल महाकालीमा डुबेर बेपत्ता
438
भूमि व्यवस्था , सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारीका माध्यमबाट गरिबी निवारण गर्न सकिने बताएकी छिन् । राष्ट्रिय सहकारी विकास बोर्डले बिहीबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो धारणा राखेकी हुन् । मन्त्री अर्यालले वर्तमान सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपाल अभियानलाई सहकारीले सघाउन सक्ने बताइन् ।
सहकारीका माध्यमबाट गरिबी निवारण : सहकारी मन्त्री
338
पाल्पा–बुटवल सडकखण्डअन्तर्गत पर्ने सिद्धार्थ राजमार्गको सिद्धबाबा सडक अहिले एकतर्फी रुपमा सञ्चालनमा आएको छ । आज सडक मर्मतका लागि चार घण्टासम्म बन्द गरिएको सडक अहिले एकतर्फी रुपमा सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । सिद्धबाबा क्षेत्रमा सडकमाथिबाट पहिरो खसेपछि यात्रुले निकै सास्ती भोग्नु परेको छ ।
अवरुद्ध सिद्धबाबा सडक एकतर्फी सञ्चालन
316
प्रहरीले भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं . # दुवाकोट मोडबाट चोरीको मोटरसाइकलसहित दुईजनालाई पक्राउ गरेको छ । प्रनानि . रमेश राईको कमाण्डमा खटिएको टोलीले बा ## प #### नम्बरको मोटरसाईकल शंका लागि चेक जाँच गर्ने क्रममा काजजात केही नभई भाग्दै गरेको अवस्थामा चालक काभ्रे अनेकोट गाउँपालिका वडा नं . # घर भई हाल भक्तपुर ताथली बस्ने वर्ष ## को मनराज तामाङ र पछाडी सवार रामेछाप दोरम्बा बस्ने वर्ष ## को अनिल तामाङलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो । उनीहरु दुवैलाई महानगरीय प्रहरी वृत्त ठिमीमा ल्याई सोधपुछ गर्दा उक्त मोटरसाइकलको कागजात नभएकोले महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ काठमाडौंमा समन्वय गरी बुझ्दा उक्त नं . को मोटरसाइकल चोरीको भनि खुल्न आएको प्रहरीले जनाएको छ ।
चोरीको मोटरसाइकलसहित दुई पक्राउ
680
उपत्यकाको फोहोर व्यवस्थापनका लागि लगानी बोर्डले निजी कम्पनी नेपवेस्टसँग परियोजना विकास सम्झौता ( पीडीए ) को तयारी गरिरहेको छ । उक्त कम्पनी नेपालको अर्गानिक भिलेज र फिनल्यान्डको कम्युनिकेसन प्रालिको ' जोइन्ट भेन्चर ' हो । बोर्डले वार्ता सकेर पीडीएको अन्तिम मस्यौदा नेपवेस्टलाई पठाएको छ ।
फोहोर व्यवस्थापन निजी कम्पनीलाई , ग्यास र आरडीएफ उत्पादन गर्ने योजना
286
काठमाडौं – शिक्षा , विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ' राष्ट्रिय विज्ञान तथा नव–प्रवर्तन नीति , #### ' लाई तत्कालै कार्यान्वयनमा लगिने जनाएका छन् । समृद्धि र विकासमा विज्ञान र प्रविधिका क्षेत्रबाट सघाउने लक्ष्यका साथ सरकारले आज सार्वजनिक गरेको सो नीतिलाई कानूनी , आर्थिक र कार्यक्रमिक हिसाबले कार्यान्वयनमा लगिने उनले बताए । सातौँ राष्ट्रिय विज्ञान दिवसका अवसरमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले सो नीति सार्वजनिक गरेका थिए ।
विज्ञान नीति चाँडै कार्यान्वयनमा आउने
440