article
stringlengths
55
1.8k
title
stringlengths
10
141
article_length
int64
55
1.8k
प्रधानसेनापतिहरुका आदेश र निर्णय यतिविघ्न मनमौजी छन् कि यो सैनिक संगठन मुलुकको संविधान र कानुन मातहत छ भन्न असजिलो लाग्छपुनरावेदन गरेको झण्डै ## महिनापछि ## जेठ ### मा उपरथी प्रेमप्रकाश थापामगर सैनिक विशेष अदालतबाट निर्दोष ठहर भए । पुनरावेदन अदालत पाटनका न्यायाधीश तिलप्रसाद श्रेष्ठ अध्यक्ष , रक्षासचिव महेशप्रसाद दाहाल र नेपाली सेनाको प्राड विवाक ( कानुनी विभाग ) का प्रमुख उपरथी होमकुमार लावती सदस्य रहेको विशेष अदालतले थापालाई निर्दोष ठहर गरेको हो । पूर्वप्रधानसेनापति गौरवशमशेर जबराप्रधानसेनापति राजेन्द्र क्षत्रीपछि प्रधानसेनापति बन्ने संभावना रहेका मगरलाई तत्कालीन प्रधानसेनापति गौरवशमशेर जबराले विभिन्न आरोप लगाई ## कात्तिक ### मा उपरथीबाट बर्खास्त गरेका थिए ।
प्रधानसेनापतिको मनपरी : रीस उठेकालार्इ कोर्ट मार्शल , न्याय माग्न कहाँ जाने ?
667
स्पर्श लघुवित्तको प्राथमिक सेयर बाँडफाँड गरिएको छ । आइतबार एक कार्यक्रमका बीच बिक्री प्रवन्धक सानिमा क्यापिटलले सेयर बाँडफाँड गरेको हो । आवेदन दिएकामध्ये ## हजार # सय जनालाई ## कित्ताका दरले सेयर बाँडफाँड गरिएको छ ।
स्पर्श लघुवित्तको प्राथमिक सेयर बाँडफाँड
215
लागूऔषध तस्करहरुले प्रहरीलाई छक्याउन अनेक उपाय लगाउन थालेका छन् । यसैक्रममा कोलम्बियामा गर्भवती भएको बाहाना बनाएर कोकिन बोकेकी एक क्यानडेली युवती पक्राउ परेकी छिन् । स्थानीय प्रहरीका अनुसार ती महिला ठूलो पेट लिएर टोरेन्टो जाने फ्लाइटमा उड्ने तयारीमा थिइन् ।
नक्कली ' गर्भवती ' को पेटमा कोकिन
257
भारतीय ओभरलोडेड सवारी साधनले नेपालमा गर्नेे दादागिरीको बिरुद्धमा प्रशासन रमिते बनेको भन्दै ट्रक व्यवसायीहरुले बिरोध जनाएका छन् । भारतीय मालबहाक सवारी साधनको ओभरलोड नियन्त्रणका लागि नारायणी पश्चिमका ट्रक व्यवसायीहरु एकजुट भएका हुन् । लामो समयदेखि भारतबाट आउने मालवाहक सवारी साधन ओभरलोडमा नेपाली सडकमा हिँडिरहदा पनि प्रशासनले कारवाही नगरेको भन्दै त्यसका विरुद्ध एकजुट भएको बताएका छन् ।
ओभरलोडेड भारतीय ट्रकलाई नियन्त्रण गर्न ट्रक व्यवसायीको माग
383
अमेरिकी फौजी किराको प्रकोपले प्रदेश # मा कृषकले दुईहजार सातसय हेक्टरभन्दा बढी क्षेत्रमा लगाएको मकैबाली सखाप भएको छ । किराले प्रदेशका ## हजार ### परिवारले दुई हजार ### हेक्टरमा लगाएको मकैबाली सखाप पारेको हो । गत जेठ ## गते तेह्रथुमको म्याङ्लुङ नगरपालिका र धनकुटाको पाख्रीबास नगरपालिकामा पहिलो पटक देखिएको फौजी किराको प्रकोप आठ जिल्लाका ## स्थानीय तहमा फैलिएको प्रदेश # को कृषि विकास निर्देशनालय विराटनगरले जनाएको छ ।
प्रदेश # मा फौजी किराको प्रकोप
415
प्रधानमन्त्री सुशील कोइरालाले बाराको गढीमाई मन्दिरमा हजारौं पशुबली दिइएको दृष्यटले आफू मर्माहत भएको बताएका छन् । अखण्ड नेपाल पार्टीले बलीप्रथा रोक्न माग गर्दै दिएको ज्ञापनपत्र बुझ्ने क्रममा प्रधानमन्त्री कोइरालाले क्रुरतापूर्वक बली दिइने कुराले आफू आहत भएको बताएका हुन् । ' प्रधानमन्त्रील यस प्रकारको बिकृतिबाट आहत भएको र अझ गढीमाई मन्दिरमा देखिएको बिभत्स दृश्यबाट अत्यन्त मर्माहत भएको बताउनुभयो ' अखण्ड नेपाल पार्टीका प्रवक्ता डा . प्रदिप ढकालले भने ।
गढीमाईको ' बिभत्स दृष्यले ' प्रधानमन्त्री मर्माहत
452
सरकारले राजस्व बोर्ड गठन प्रक्रिया अघि बढाएको को छ । लामो समयसम्म कागजमा मात्र सिमित राजस्व बोर्डलाई गठनकै प्रक्रियामा लैजाने गरी आदेशको मस्यौदा तयार भइसकेको अर्थ मन्त्रालय स्रोतले जानकारी दियो । मन्त्रालयका अनुसार बोर्ड गठन आदेशमा आवश्यक रायका लागि सरोकारवाला निकायमा पठाइएको छ ।
राजस्व परामर्श समितिको स्थानमा अब राजस्व बोर्ड
280
कृषि तथा पशुपंछी विकासमन्त्री चक्रपाणि खनालले उत्पादन लागत बढी पर्दा नेपाली किसान मर्कामा परेका बताएका छन् । किसानलाई ऋण र अनुदान जति दिए पनि आधुनिक शैलीमा खेती नगरेसम्म उत्पादन लागतसमेत नउठ्ने भन्दै मन्त्री खनालले परम्परागत खेती प्रणाली हटाउनुपर्ने बताए । मकवानपुर कुखुरा व्यवसायी संघको ## औं साधारणसभा तथा तेस्रो जिल्ला अधिवेशनमा उनले कृषि क्षेत्रको विकासबिना मुलुकको समृद्धि सम्भव नरहेको बताए ।
आधुनिक शैली नअपनाएसम्म कृषिबाट उन्नती हुन्न : मन्त्री खनाल
397
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनको क्रममा केही व्यवहारिक जटिलता देखिए पनि एकले अर्काेलाई दोष दिएर नभई व्यवहारिक ढंगले सहमति र सहकार्य गर्दै अघि वढनुपर्ने बताएका छन् । राजधानीमा आयोजित औद्योगिक सम्बन्ध र श्रम नीति विषयक गोष्ठीलाई सम्बोधन गर्दै ढकालले श्रम ऐन र सामाजिक सुरक्षा ऐन निर्माण गर्न रोजगारदाता र ट्रेड युनियनहरुले लामो समय सहकार्य गरेको स्मरण गर्दै हाल यी महत्वपूर्ण कानुनको कार्यान्वयनको चरणमा रहेको बताए । ' श्रम सम्बन्ध विभिन्न आरोह अवरोह पार गर्दै हालको अवस्थामा आईपुगेको हो र विगतको असहज परिस्थिति र अप्ठेरोहरु पनि हामीले भोगेकोले आगामी दिनहरुलाई सहज बनाउँदै लैजानुपर्छ , ' उनले भने ' श्रम सम्बन्धलाई अझ प्रगाढ बनाउन कहाँ र कस्तो कानुनी र नीतिगत सुधार आवश्यक छ हामी संगै अघि वढन तयार छौ , ।
सामाजिक सुरक्षा योजनामा सुधार आवश्यक छ : चन्द्र ढकाल
781
हामीकहाँ महिनावारी हुनुलाई अपवित्र मानिन्छ । अझ पहिलोचोटी महिनावारी हुँदा त केटीहरुले घरै छाड्नुपर्ने संस्कार छ । तर अमेरिकामा एक आमाले छोरीको पहिलो महिनावारीलाई उत्सव मनाउने अवसरका रुपमा लिएकी छिन् ।
छोरी पहिलोपटक पर सरेको उपलक्ष्यमा आमाले दिइन् पार्टी
200
बढ्दो गर्मीसँगै आजकल चारैतिर फलको राजा आँपकै बाहुल्य छ । आयुर्वेदमा यसलाई औषधितुल्य भनिएको छ । यसमा प्रोटिन , भिटामिन , खनिज , कार्बोहाइड्रेड , सर्करा प्रशस्त मात्रामा हुन्छ ।
शक्तिको स्रोत
175
श्रीलंकाका पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेका छोरालाई भ्रष्टाचारको आरोपमा प्रहरीले पक्राउ गरेको छ । श्रीलंकाली नौसेनाका प्रवक्ताले प्रहरीको वित्तीय अपराध इकाइ ( एफसीआइडी ) ले महिन्दाको माइला छोरा योशिता राजपक्षेलाई पक्राउ गरिएको जानकारी दिए । उनलाई नौसेना मुख्यालयमा सोधपुछ गरिएको छ ।
श्रीलंकाका पूर्वराष्ट्रपति राजापक्षेका छोरा पक्राउ
286
नेपालको गोर्खा बियरको मिनिमल प्रिन्ट क्याम्पियनलाई भारतको प्रमुख अनलाइन मार्केटिङ वेभसाइट म्याड ओभर मार्केटिङ ( एम . ओ . एम ) ले " हामी गोर्खाली " लाई अनलाइन अवसरका रुपमा स्थान दिएको छ । गोर्खाको नयाँ क्याम्पियनमा " हामी गोर्खाली " भन्ने वाक्यांशलाई मुख्य सन्देश बनाइएको छ , जसले हरेक नेपालीको मन छुन्छ । यो विषयलाई खुकुरीको छाँयाकृतिले प्रतिविम्भित गर्नुका साथै गोर्खा बियर बोटलको छाँयाले बनाएको ब्याकड्रपले ब्राण्डको आफ्नै मूल मान्यतालाई दर्शाउँछ ।
गोर्खा बियरलाई म्याड ओभर मार्केटिङको साथ
450
घुस रकमको विषयमा कुरा नमिल्दा सशस्त्र प्रहरीको टोलीले राँगा व्यापारीमाथि हातपात गरेको भन्दै मोतिसरका स्थानीयहरुले कलैया–वीरगन्ज सडक खण्डअन्तर्गत पर्ने मोतिसरमा बिहीबार बिहान बाटो अवरुद्ध गरेका छन् । वीरगन्ज भन्सार कार्यालयबाट खटेको सशस्त्र प्रहरी नायब निरीक्षक गंगाबहादुर पुन नेतृत्वको टोलीले रकमको विषयमा राँगा व्यापारी नविजान खाँलाई बिहीबार हातपात गरेको भन्दै मोतिसरका स्थानीयले सशस्त्र प्रहरीको विरोध गर्दै बाटो बन्द गरेका हुन् । राँगा व्यापारी खाँले ## वटा राँगा , भैँसी र पाडापाडी जितपुर बजारमा बिक्री गर्न लैजाँदा भन्सारबाट खटेका सशस्त्र प्रहरीको टोलीले भन्सारको कागजपत्र देखाउन भनेका र खाँसँग ## वटा राँगा भैसीको मात्र कागज पत्ररहेको र आफूले त्यही देखाएको उनले बताए ।
' घुसमा कुरा नमिल्दा ' राँगा व्यापारीमाथि हातपात गरेको भन्दै बाटो अवरुद्ध
674
# बर्षअघि । मुस्ताङको सुरम्य पृष्टभूमी । विहेवारी सम्बन्धी दुर्लभ प्रसंग ।
फिल्म समीक्षा : कबड्डी कबड्डी कबड्डी
74
प्रदेश # को अस्थायी राजधानी जनकपुरधाममा सोमबारदेखि बेटी सम्मेलन शुरु भएको छ । प्रदेशका आठवटै जिल्लाका बेटी अर्थात् छोरीहरुको सहभागिता रहेको छ । एसिडपीडित वीरगञ्जकी मुस्कान खातुनसहित विभिन्न क्षेत्रका अग्रणी नारीको सहभागिता रहेको सम्मेलन उद्घाटनको अवसरमा केहीबेर शून्यता छायो ।
एसिडपीडित मुस्कानलाई मुख्यमन्त्रीले सोधे – घाउ कहिले निको हुन्छ ?
276
लर्डसमा जारी नेपाल , नेदरल्याण्डस र मेरिलेबोन क्रिकेट क्लब ( एमसीसी ) बीचको त्रिकोणात्मक श्रृखंला अन्तर्गत दोस्रो खेलमा नेपालले एमसीसीलाई # विकेटले हराएको छ । एमसिसीको ## रनको लक्ष्य पछ्याएको नेपालले # बल बाँकी छँदै लक्ष्य पुरा गरेको हो । नेपालका लागि सुबास खकुरेलले नटआउट ## रन बनाएका थिए ।
नेपालले एमसिसीलाई # विकेटले हरायो
291
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको प्रदेश स्तरीय कार्यकर्ता भेला आइतबारदेखि सुरू भएको छ । प्रदेश पाँच स्तरीय कार्यकर्ता भेलालाई प्रशिक्षण दिन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ' प्रचण्ड ' सहितका शीर्ष नेताहरू बाँकेको कोहलपुर गएका छन् । भेलालाई प्रचण्डका साथै सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा र महासचिव विष्णु पौडेलले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा पार्टी कार्यालयका सचिव ईश्वरी रिजालले सेतोपाटीलाई जानकारी दिए ।
आजदेखि नेकपाको प्रदेश स्तरीय कार्यकर्ता भेला
424
लेकसाइडमा गएर रमाइलो गर्ने प्रस्ताव अस्वीकार गरेपछि मगर फिल्मकी नायिका नेहा ( योरुना ) पुनको हत्या भएको खुलेको छ । हत्या अभियोगमा सतीश भनिने कृतन खड्गीलाई प्रहरीले पक्राउ गरेको थियो । अनुसन्धानबाट सतीशले नेहाको हत्या गरेको खुलेको हो ।
नायिका नेहा हत्या प्रकरणः घुम्न जाने प्रस्ताव नमानेपछि हेलमेटले हानेर हत्या
234
पोखरा र चितवनमा पर्यटक स्तरीय होटल सञ्चालन गरिरहेको सम्राट ग्रुपले नेपाली पर्यटकलाई विशेष प्याकेज ल्याएको छ । पोखराको लेकसाइडमा रहेको ' होटल ल्याण्डमार्क पोखरा ' र चितवनको बागमारामा भर्खरै खोलिएको ' ल्याण्डमार्क फरेस्ट पार्क ' लाई लक्षित गरि ग्रुपले आकर्षक प्याकेज ल्याएको हो । पोखराको ल्यान्डमार्क होटलका लागि ल्याइएको दुई दिन तीन रातको ' समर गेटवे ' प्याकेजमा प्रतिव्यक्ती # हजार # सय ## रुपैंया तिरेर होटलको डिलक्स रुममा आरामसाथ बस्न पाउने छ ।
ल्यान्डमार्क होटलको पोखरा र चितवनमा ' समर प्याकेज '
446
सुर्खेत –कर्णाली प्रदेशसभाको बैठकले प्राङ्गारिक कृषिसम्बन्धी विधेयक बहुमतले पारित गरेको छ । प्रदेशसभाको आज बसेको चौथौ अधिवेशनको ## औँ बैठकमा प्रदेश प्राङ्गारिक कृषिसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक , #### बहुमतले पारित भएको हो । प्रदेश सरकारका भूमि व्यवस्था , कृषि तथा सहकारीमन्त्री विमला केसीले ' कर्णाली प्रदेश प्राङ्गारिक कृषिसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक , #### लाई पारित गरियोस् भनी बैठकमा प्रस्ताव प्रस्तुत गरेपछि विधेयक बहुमतले पारित भएको हो ।
प्राङ्गारिक कृषि विधेयक पारित
458
दैलेखमा रहेका जम्मा ## वटा स्थानीय तहको मतगणना सकिएको छ । अन्तिम मतपरिणाम अनुसार नेकपा एमालेले # नगरपालिका सहित # स्थानमा जितेको छ भने नेपाली कांग्रेस # स्थानीय तहमा विजयी भएको छ । दैलेखको सदरमुकाम रहेको नारायण नगरपालिकाको मेयरमा एमालेका रत्नबहादुर खड्का र चामुण्डा बिन्द्रासैनी नगरपालिकाको मेयरमा सूर्यबहादुर शाही निर्वाचित भएका छन् ।
दैलेखको परिणाम : # स्थानीय तहमा एमाले , # मा कांग्रेस विजयी
335
खुम्बु–पासाङल्हामु गाउँपालिका–# लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा वैशाख # गते भएको विमान दुर्घटनाबारे छानबिन गर्न गठित समितिले बुधबार स्थलगत अध्ययन गरेको छ । टोलीले लुक्ला पुगेर स्थलगत अध्ययन गरेको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख इमनाथ अधिकारीले बताए । रामेछापको मन्थलीका लागि उड्न लागेका बेला समिट एयरको विमान धावनमार्गमा अनियन्त्रित भई मनाङ एयरको हेलिकप्टरसँग ठोक्किएर दुर्घटना हुँदा को–पाइलट सुजित ढुंगानासहित सुरक्षामा खटिएका प्रहरी सहायक निरीक्षकद्वय रामकुमार खड्का र रुद्रबहादुर श्रेष्ठको मृत्यु भएको थियो ।
विमान दुर्घटनाको छानबिन
526
ट्यांकर चालकले तेल नबोकेपछि राजधानी लगायत आसपास क्षेत्रका अधिकांश पेट्रोल पम्प बन्द छन् । पेट्रोलियम पदार्थको ढुवानी गर्नेक्रममा रक्सौल नाकाका भारतीय प्रहरीले दुब्र्यब्यवहार गरेको भन्दै चालकले दुई दिनयता तेल बोकेका ट्याङकर गुडाएका छैनन् । भारतीय प्रहरीले कुटपिट गरेको भन्दै चालकहरुले रक्सौल नाकाबाट तेल उठाएका छैन्न भने थानकोट र अमलेखगन्ज डिपोबाट समेत पम्पहरुसम्म ढुवानी गरेका छैनन् ।
चालकले तेल नउठाएपछि राजधानीका अधिकांश पेट्रोल पम्प बन्द
384
गायक सुनिल कटुवाल र गायिका एन्जिलाको रेग्मीको युगल स्वरमा ' तारा बाजी लै लै ' बोलको नयाँ गीत बजारमा आएको छ । गीतमा शब्द र संगीत भिम विसीको छ । शैलेन्द्र एम . प्रधानले म्यूजिक एरेन्ज गरेको गीतको भिडियोमा बुगीबुगी डान्स प्रतियोगिताकी विजेता कविता नेपालीले मोडलिङ गरेकी छिन् ।
सुनिल र एन्जिलाको ' ताराबाजी लै लै ' ( भिडियो )
273
निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनीहरूले नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरे पनि हवाई भाडा नबढाउने जनाएका छन् । वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघले मंगलबार विज्ञप्ति जारी गरी आयल निगमले हवाई इन्धनमा प्रतिलिटर # रुपैयाँ वृद्धि गरे पनि ' फ्युल सरचार्ज ' नबढाउने जनाएको हो । वायुसेवाले फ्युल सरचार्ज भने पनि यात्रुले यसलाई हवाई भाडाकै रूपमा लिने गरेका छन् ।
हवाई भाडा नबढ्ने
387
अमेरिकाका राष्ट्रिपति बराक ओवामाले भनेकी छन् कि उनकी कान्छी छोरी शाशाले स्न्यापच्याटमा हालसालै उनको मजाक उडाए । ओवामाले भने कि एक डिनरको क्रममा सोसल नेटवर्कको बारेमा चर्चा गरिरहेका थिए तर शाशाले त्यसलाई रेकर्डिङ गरेर आफ्ना साथीहरुलाई पठाएकी थिइन् । राष्ट्रपति ओवामाले सोमबार प्रशारित भएको जिमी किमेल लाइभ टिभी शोका क्रममा छोरी शाशाको स्न्यापच्याट काण्डको खुलासा गरेका हुन् ।
कान्छी छोरीले उडाइन् ओवामाको मजाक
374
युरोपेली राष्ट्रका नेताहरुले आठ दिनभित्र नयाँ निर्वाचनको मिति तोक्न भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोलाई अल्टिमेटम दिएका छन् । स्पेन , जर्मनी , फ्रान्स र बेलायतले मादुरोलाई आठ दिनभित्र नयाँ निर्वाचनको मिति तोक्न अल्टिमेटम दिँदै यदि त्यसो नगरिए आफूहरुले विपक्षी नेतालाई औपचारिक रूपमै अन्तरिम राष्ट्रपतिको मान्यता दिने चेतावनी दिएको बिबिसीले उल्लेख गरेको छ । ' ल्याटिन अमेरिकाप्रति स्पेनको जिम्मेवारी रहेको छ ।
मादुरोलाई युरोपेली नेताको अल्टिमेटम
412
महिलामाथि हुने बलात्कारजस्तो जघन्य अपराधका घटनाका दोषीलाई प्रहरीकै मिलेमतोमा उन्मुक्ती दिइएको भन्दै महिला अधिकारकर्मीहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । केहि दिनअघि दरबारमार्गस्थित ल्यान्डमार्क होटलमा सामूहिक बलात्कारको घटनाका दोषीलाई एकरात थुनामा राखेर सुटुक्क छोडिएको घटनाले बलात्कारीलाई थप प्रोत्साहन मिलेको भन्दै उनीहरुले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण गराए । प्रधानमन्त्रीलाई भेट्न नयाँ शक्तिकी नेतृ हिसिला यमी , महिला शक्ति महासंघकी अध्यक्ष मनु हुमागाईं , महिला सुरक्षा दवाव समूहकी अध्यक्ष सावित्री थापा , पूर्वमन्त्री कल्पना धमला लगायका महिला अधिकारकर्मीहरु बालुवाटार पुगेका थिए ।
' बलात्कार घटनाका दोषीलाई प्रहरी मिलेमतोमा उन्मुक्ति दिन खोजियो '
627
क्यालिफोर्निया – करिब # करोड फेसबुक प्रयोगकर्ताहरूको डाटा चोरी हुने गरेको फेसबुक कम्पनीले बताएको छ । डाटा चोरी हुनेमध्ये करिब ## लाख प्रयोगकर्ताहरू युकेका रहेको एक अनुसन्धानबाट पत्ता लागेको हाे । उक्त संख्यामा अधिकांश युवक रहेको बताइएको छ ।
करिब # करोड फेसबुक प्रयोगकर्ताकाे डाटा दूरूप्रयोग
240
चिसोबाट बच्नका लागि बालिएको आगोले जलेर सर्लाहीमा एक महिलाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । बरहथवा नगरपालिका–## निवासी रामचन्द्र साहकी ## वर्षीया श्रीमती राजमतीदेवीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चिसोबाट बच्न आफ्नै घरको आँगनमा बालिएको आगो ताप्ने क्रममा बुधबार साँझ अचानक आगो लाग्दा उनी पूरै शरीर जलेर गम्भीर घाइते भएकी थिइन् ।
आगो ताप्ने क्रममा अचानक आगलागी हुँदा एक महिलाको जलेर मृत्यु
363
नुवाकोट प्रशासनले त्रिशुली नदी धमिल्याउने फिरफिरे तथा क्रसर बन्द गरेको छ । ## प्रतिशत माटो मिसिएको बालुवा धुने क्रममा फिरफिरेबाट निस्केको लेदोसहितको पानी सिधै नदीमा मिसाउँदा हिउँदमा पनि बर्खाजस्तै त्रिशुली धमिलो बग्थ्यो । मापदण्डविपरित चलेका पाँच वटा क्रसरसहित ## वटा फिरफिरे उद्योगगत शुक्रबारदेखि बन्द गरिएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिए ।
त्रिशुली सङ्ल्याउन धादिङपछि नुवाकोटका फिरफिरे बन्द
377
बलिउड अभिनेत्री श्रीदेवीकी जेठी छोरी जान्भी कपुरले अहिलेसम्म कुनै फिल्म खेलेकी छैनन् । तर बलिउडमा उनको चमकदमक कुनै स्थापित हिरोइनको भन्दा कम छैन । पार्टीहरुमा जाने , आफ्नो ग्ल्यामर देखाउने , क्यामराहरु आकषिर्त गर्ने , अनि कसरी हुन्छ मिडियामा गसिप बन्ने , यस्तै छ जान्भीको दिनचर्या ।
श्रीदेवीकी छोरीलाई भाउ दिएनन् रणवीरले
282
सभामुख कृष्णबहादुर महरा शनिबार काजकिस्तान प्रस्थान गरेका छन् । युरोसियन मुलुकका सभामुखहरू सहभागी हुने बैठकमा भाग लिन महरासहित नेपालबाट छ सदस्यीय टोली त्यसतर्फ प्रस्थान गरेको हो । प्रतिनिधि मण्डलमा प्रतिनिधि सभाका सदस्य मानबहादुर विश्वकर्मा , राधा ज्ञवाली र अमृतादेवी अग्रहरि , संघीय संसद सचिवालयका प्रमुख लेखा नियन्त्रक बसन्तराज सिग्देल र सभामुखका स्वकीय सचिव डोरबहादुर पुन रहेका छन् ।
सभामुख महरा काजकिस्तान प्रस्थान
385
खोटाङ जिल्ला प्रशासन कार्यालयले ठेक्का सम्झौताअनुसार समयमै काम पूरा नगर्ने ठेकेदारको सूची गृह मन्त्रालयमा पठाएको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलले जिल्लामा सञ्चालित विकास निर्माणका काम तोकिएको समयमै नगर्ने ## देखि ## ठेकेदारको नाम मन्त्रालयमा पठाइएको बताए । उनले भने , ' नाम संकलन अझै पनि जारी छ ।
खोटाङमा ## योजना अलपत्र
310
विश्वको सबैभन्दा मूल्यवान कम्पनीको रुपमा रहेको एप्पलले चीनमा एप्पल म्युजिक सेवा सुरु गरेको छ । चिनिया फिल्म उद्योग तथा प्रकाशकहरुसँगको साझेदारीसँगै अब चिनिया ग्राहकले आइट्यन्स मुभिज तथा आइबुक्सको समेत उपयोग गर्न सक्नेछन् । गत जुनमा भएको वल्र्ड डेभलपर सम्मेलनका क्रममा संगीत सेवा सुरु गर्ने घोषणा गरेसँगै एप्पलले अहिलेसम्म # सय भन्दा बढि देशहरुमा म्युजिक सेवा सुरु गरिसकेो छ ।
एप्पलले चीनमा सुरु गर्यो म्युजिक सेवा
375
एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको ## दलीय मोर्चाले कांग्रेस र एमाले सजिलै नमान्ने ठहर गर्दै आन्दोलन जारी राख्ने निर्णय गरेको छ । सत्तारुढ कांग्रेस र एमालेले सहमतिका लागि आन्दोलन रोक्नु पर्ने दबाव दिइरहेका बेला ## दलको शनिबार बसेको बैठकले थप कार्यक्रम तय गरेको छ । बैठकले पाँचथर , जनकपुर र कैलालीमा सभा गर्ने निर्णय गरेको छ ।
सडक आन्दोलन जारी राख्ने प्रचण्ड मोर्चाको निर्णय
325
सरकारद्धारा प्रतिबन्धित विप्लप नेतृत्व नेकपाका स्याङ्जा जिल्ला इन्चार्ज गोपाल पाण्डे सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टीमा प्रवेश गरेका छन् । पूर्व गोरखा जिल्ला शेक्रेटरीको भूमिका समेत रहेर काम गरेका उनलाई बिहिवार एक कार्यक्रमका बिच नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले खादा र अविर लगाएर पार्टी प्रवेश गराएका हुन् । पाण्डे गोरखाको गण्डकी गाउँपालिका # फुजेलका हुन् ।
विप्लवका जिल्ला इन्चार्ज सत्तारुढ नेकपा प्रवेश
361
वर्षको दोस्रो ग्राण्डस्लाम फ्रेन्च ओपन बिजेता जेलेना ओस्टापेन्को विश्वास गर्छिन कि ' असम्भव भन्ने केहि छैन । ' हरेक प्रकारको आक्रमण शैलीका साथ उनले करिअरको पहिलो ग्राण्डस्लाम उपाधि शनिबार राति जितिन् । लात्भियाकी ## वर्षीय यी सुन्दरीले रोमानियाकी सिमोना हालेपलाई # - # , # - # र # - # को सेटमा पराजित गरिन् र ##औं ग्राण्डस्लाम बिजेताको रुपमा आफ्नो सपना पूरा गरिन् ।
## वर्षीया ग्राण्डस्लाम च्याम्पियनको विश्वास - असम्भव केहि छैन
365
फेसबुक भन्ने वित्तिकै उहीँ च्याटिङ , स्टाटस अपडेट , फोटो अपलोड , तथा अरुले पोष्टेका कुराहरु हेर्ने तथा लाइक र कमेन्ट गर्ने । फेसबुकको सेटिङ बदल्ने , आफ्नो प्रोफाइललाई कलात्मक बनाउने तथा फेसबुकमा केही नयाँ कुरा गर्ने बारेमा कत्तिको सोँच्नुहुन्छ ? आउनुहोस् , तपाइँको लागि केही नयाँ तरिका बताउँदैछौँ जसबाट तपाइँको फेसबुक पेज अरुको भन्दा निकै भिन्न देखिनेछ । आफ्नो स्टाटस म्यासेज लेख्ने समयमा तपाइँले अक्षरको फन्ट बदल्न सक्नुहुन्छ ।
फेसबुकका यी तिन ' काइदा ' जान्नुहुन्छ ?
428
## वर्षीया मनिका प्रजा कक्षा # मा पढ्छिन् । माडी नगरपालिका–# कान्तिपुरको कुनागाउँबाट खरकट्टामा रहेको स्कुल पुग्न उनलाई एक घन्टाभन्दा बढी हिँड्नुपथ्र्यो । उनले कक्षा # सम्म गाउँकै स्कुल र कक्षा # सम्म अध्योध्यापुरीमा रहेको स्कुलमा अध्ययन गरिन् ।
सरकारी स्कुलका विद्यार्थी बसमा सरर
244
युवा तथा खेलकुद मन्त्रालयले खेलकुद क्षेत्रको विकास गर्न ## वर्षे गुरुयोजना तयार गरेको छ । यो गुरुयोजनालाई यसै वर्षदेखि लागू गर्ने मन्त्रालयको तयारी छ । नेपालको तेह्रौँ योजना ( ####–## देखि ####–## ) मा घोषित ' स्वास्थ्यका लागि खेलकुद , राष्ट्रका लागि खेलकुद ' नाराको मूल मर्म र भावनाबमोजिम रणनीतिक ढंगबाट खेलकुदको विकास गर्ने दीर्घकालीन सोच , दृष्टिकोण र प्रणालीगत परिपाटीको अभाव रहेको तथ्यलाई मनन गरेर मन्त्रालयले ## वर्षे नयाँ गुरुयोजना तयार गरेको हो ।
खेलकुद क्षेत्रको विकासका लागि ## वर्षे गुरुयोजना तयार
454
रुपन्देहीका अग्रज पत्रकार नारायण सापकोटाले ## हजार राशीको पर्यटन पत्रकारिता पुरस्कार स्थापना गरेका छन् । यो पुरस्कार जिल्लामा निजी क्षेत्रको सबैभन्दा ठूलो पत्रकारिता पुरस्कार हो । आफ्नी आमा भुवन कुमारीको स्मृतिमा सापकोटाले यो पुरस्कार स्थापना गरेका हुन् ।
रूपन्देहीमा ## हजार राशीको पर्यटन पत्रकारिता पुरस्कार स्थापना
255
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईबीच आइतबार बिहान भेटवार्ता भएको छ । बिहान ## दाहाल निवास खुमलटारमा भएको भेटमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो । दाहाललाई भेट्न पूर्वप्रधानमन्त्री भट्टराई पत्नी हिसिला यमीसहित खुमलटार पुगेका थिए ।
दाहाल र भट्टराईबीच भेट
293
काठमाडौँ– गत मंसिर महिनादेखि हालसम्म ## भन्दा महिला तथा बालिका यौनजन्य हिंसा तथा बलात्कारका घटनाबाट पीडित भएका छन् । राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता मोहना अन्सारीले विज्ञप्ति जारी गरी पछिल्लो समय प्रतिदिन यौनजन्य हिंसा तथा बलात्कारका घटनाहरूमा वृद्धि हुँदै गएको बताउँदै भनेकी छिन् , ' ' सामूहिक बलात्कारको घटनासमेतलाई सामाजिक वा पारिवारिक डर , धम्की र आर्थिक प्रलोभन देखाई मेलमिलाप गराइनु र बलात्कार जस्तो गम्भीर प्रकृतिको मानवअधिकार उल्लंघनका घटनामा संलग्न दोषीहरूलाई प्रभावकारी कारबाही नहुनुले पीडितहरू न्यायबाट वञ्चित हुने गरेको देखिन्छ । ' ' उनले नेपालको संविधानले यौनजन्य हिंसालाई कानुनबमोजिम दण्डनीय गर्ने र पीडितलाई कानुनबमोजिम क्षतिपूर्ति पाउने हकको व्यवस्था गरे पनि पाउन नसकेको बताउँदै हिंसापीडित महिलालाई न्यायका लागि पहल गर्ने क्रममा स्थानीय प्रशासन , प्रहरी र सरकारी वकिलका कार्यालयलाई संवेदनशील भई न्यायिक प्रक्रिया अगाडि बढाउन आग्रह गरेकी छिन् ।
## जना यौनहिंसा र बलात्कारमा
864
कतारमा अलपत्र परेका नेपाली श्रमिकहरुको छिटो उद्धारका लागि गैरआवासीय नेपाली संघ ( एनआरएन ) ले पहल थालेको छ । संघका अध्यक्ष शेष घले नेतृत्वको प्रतिनिधिमण्डलले बुधबार श्रममन्त्री दीपक बोहोरालाई भेटेर अलपत्र श्रमिकहरुलाई तत्काल स्वदेश फिर्ता गराउन ध्यानाकर्षण गराएको छ । सो अवसरमा मन्त्री बोहोराले श्रम तथा रोजगार सचिव , वैदेशिक रोजगार बिभागका महानिर्देशक तथा काठमाडौं श्रम कार्यालयका प्रमुखलाई छिट्टै स्वदेश फिर्तीको व्यवस्था मिलाउन आवश्यक प्रक्रिया चाल्न निर्देशन दिएका छन् ।
कतारमा अलपत्र कामदारलाई स्वदेश फर्काउन एनआरएनको पहल
473
अहिले निर्माण भैरहेका चलचित्रमा कलाकारद्धय बुद्दि तामाङ र रविन्द्र झा थोरै दृश्यमा भएपनि देखिएका हुन्छन् । चरित्र अभिनेताको रुपमा यी कलाकारको उपस्थिती बलियो त बनेको छ । तर , यी कलाकारले धेरै चलचित्रमा काम गरेपनि एउटै खालको भूमिकामा सिमित भएको पाइन्छ ।
रविन्द्र भन्छन्– ' मलाई कमेडीमा मात्र सिमित नराख्नुहोस् '
251
प्रहरी महानिरीक्षक प्रकाश अर्यालले प्रहरी संगठनमा रहेर गैरव्यावसायिक क्रियाकलाप गर्ने जो कोहीलाई कारबाही गरिने बताएका छन् । जिल्ला प्रहरी कार्यालय , इलामको नवनिर्मित भवनको बिहीबार बिहान उद्घाटन गर्दै महानिरीक्षक अर्यालले भने , ' गैरव्यावसायिक क्रियाकलाप गर्ने फष्ट क्लास अफिसरहरुसमेत कारबाहीको प्रक्रिया रहेको छन् । यसैले संगठनको मर्यादालाई ख्याल गरेर काम गर्न सबै प्रहरीहरुलाई सजग गराउँछु ।
प्रहरी संगठनमा रहेर गैरव्यावसायिक काम गर्ने जो कोहीलाई कारबाही हुन्छ : आईजीपी अर्याल
391
भारतसँग सीमा जोडिएका तराईका अधिकांश बजारमा सूर्य नेपालका उत्पादनसँग मिल्दाजुल्दा नक्कली चुरोट खुलेआम बिक्री भइरहेको छ । जनकपुर क्षेत्रमा नेपाली ब्रान्ड सूर्य नेपालका खुकुरी र शिखर जस्ता देखिने नक्कली चुरोटको बिगबिगी बढेको हो । बजारमा जताजतै नक्कली चुरोट बिक्री हुँदा पनि भन्सार र प्रहरी प्रशासन उदासीन छ ।
बजारमा नक्कली चुरोट
305
राज्य विरुद्धको संगठित अपराध मुद्दामा पक्राउ परेका सीके राउतलाई जेल चलान गरिएको छ । जिल्ला अदालत , रौतहटले उनलाई बिहीबार पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो । अदालतको आदेशपछि उनलाई जिल्ला कारागारमा चलान गरिएको प्रदेश नं . # का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ( डीआईजी ) हरिबहादुर पालले पुष्टि गरे ।
सीके राउत पूर्पक्षका लागि जेल चलान
313
एक्रेटिभ मिडिया र गैर–आवासीय नेपाली संघ बीच सहकार्य गर्ने बारे सम्झौता भएको छ । सम्झौता पत्रमा एक्रेटिभ मिडियाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत हरि पोखरेल र गैर–आवासीय नेपाली संघको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा . हेमन्त कुमार डवाडीले हस्ताक्षर गरेका छन् । विद्यार्थीको प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले शुरु भएको विश्वव्यापी स्तरको क्वीज मेनिया सिजन #को तयारी गर्ने क्रममा एनआरएनए मार्फत करिव ## वटा देशका विद्यार्थीहरुको सहभागीता गराउने र अन्य तयारीमा सहकार्य गर्ने सम्झौतामा उल्लेख गरिएको छ ।
क्वीज मेनिया सिजन #लाई गैर–आवासीय नेपाली संघले सघाउने , ## वटा देशका विद्यार्थीहरु सहभागी हुने
501
सुदूरपश्चिमको चर्चित धार्मिक एवं पर्यटकीय क्षेत्र खप्तड हिउँले ढाकिएको छ । बझाङ , बाजुरा , डोटी र अछाम जिल्लाको संगमस्थलका रुपमा रहेको खप्तडका ## वटा घाँसे पाटन हिउँले सताम्मे छन् । सुन्दर घाँसे मैदानसहित खप्तडको वरिपरि रहेका ## वटा थुम्का सेता देखिन्छन् ।
हिउँले ढाकिएको खप्तड ( फोटो फिचर )
256
काभ्रे – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सानो दुःखले आर्जेको संविधान नभएकाले कसैले भनेको भरमा नबदलिने बताएका छन् । मन्त्री बाँस्कोटाले काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाद्वारा आज कुन्तामा संविधान दिवस तथा राष्ट्रिय दिवस कार्यक्रमलाई सम्बोधन गर्दै जनताले रगत–पसिना बगाएर र जनताको आँशुसँग साटिएको , जनताद्वारा स्थापित दस्तावेज केही सामन्त अभिजातीय वर्ग तथा केही कुण्ठाग्रस्त वर्गले धुप बालेर नबदलिने दाबी गरे । उनले भने , " सरकारविरुद्धको कुरालाई लिएर व्यवस्थासँग बदल्न खोज्नु ठूलो भूल हुनेछ , जुन कुरा असम्भव छ , यस्तो सपना इतिहासमा गइसक्यो ।
कुण्ठाग्रस्त वर्गले धुप बालेर संविधान बदलिँदैन : मन्त्री बाँस्कोटा
569
घरबेटी र भाडामा बस्नेका बीच सधैँ विवाद भएको समाचार सुनिन्छ । घरमा भाडा तिरेर व्यवसाय गर्ने र कोठामा बस्नेहरू घरबेटीको हेपाहा प्रवृत्तिले आजित भएका हुन्छन् । चर्को भाडा , घरभित्रका सेवासुविधाका प्रयोगमा समेत घरधनीको सिण्डिकेटलगायतका कारणले सधैँ गुनासो गर्ने भाडा व्यवसायीको समस्यालाई समाधान गर्न म्याग्दीको सदरमुकाम बेनीमा नौलो अभ्यासको थालनी गरिएको छ ।
भाडामा बस्नेको गुनासो घरधनीले सुने
352
नेपालको दुर्गम पहाडी गाउँमा जन्मे - हुर्केको एक युवकले कालान्तरमा राष्ट्रसंघको उच्च ओहोदासम्म आफूलाई पुर्याए । एक्काइसौं शताब्दीका महत्वपूर्ण विश्व घटनाक्रमहरु नियाल्ने मात्र होइन , त्यसमा सरिक हुने मौकासमेत पाए । अन्तर्राष्ट्रिय प्रशासनको उच्च जिम्मेवारीमा रहेकै बखत हामीले समाचारहरुमा सुन्ने गरेका विश्वकै प्रसिद्ध नामहरुसँग उनी भने सहकार्य गरिरहेका हुन्थे ।
दुर्गम गाउँदेखि राष्ट्रसंघको उपल्लो ओहदासम्मको अनुभव पुस्तकमा
360
एक नम्बर प्रदेश सरकारले पनि संघीय सरकारप्रति सार्वजनिक रुपमै असन्तोष प्रकट गर्न थालेको छ । एक नम्बर प्रदेश सरकारका मन्त्रीहरुले पनि आलोचना गर्न थालेका छन् । नेकपा सम्बद्ध मन्त्रीले नै संघीय सरकारको कार्यशैलीको तिखो आलोचना गर्दै कडा असन्तोष प्रकट गरेका हुन् ।
प्रदेशका मन्त्रीको आरोप : केन्द्रले प्रदेशको अधिकार रोक्यो
258
देशभर सञ्चालनमा रहेका ## वटा सार्वजनिक संस्थानमध्ये ## वटाले आर्थिक वर्ष #### / ## मा नाफा कमाएका छन् । अघिल्लो वर्षको तुलनामा संस्थानहरुको मुनाफामा सामान्य सुधार भएको सरकारी आँकडा छ । आव #### / ## मा सार्वजनिक संस्थानको खुद मुनाफा ## अर्ब ## करोड रुपैयाँ थियो ।
## सार्वजनिक संस्थान नाफामा , बढी राजश्व तिर्नेमा आयल निगम
262
धार्मिक एवम् प्राकृतिक रुपले उत्कृष्ट मानिएको पञ्चासेमा करीब रु ## अर्बको लागतमा केबुलकारसहित अन्य पर्यटक लक्षित भौतिक संरचना निर्माण हुने भएको छ । पोखराबाट सबैभन्दा नजीकै रहेको पर्यटकीय गन्तव्य पञ्चासेको पञ्चासे टुर्स एण्ड ट्राभल कम्पनी र आरकेडी रियल स्टेट कम्पनीले केबुलकार निर्माणको प्रक्रिया अघि बढाएको हो । कास्की , पर्वत र स्याङ्जाको सङ्गमस्थल पञ्चासेलाई पोखराको अर्को महत्वपूण पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न बृहत् गुरुयोजनासहित अघि बढेको परियोजनाका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए ।
## अर्बको लागतमा पोखराको पञ्चासेमा केबुलकार बनाइने
500