article
stringlengths
55
1.8k
title
stringlengths
10
141
article_length
int64
55
1.8k
युवाका मुद्दाबारे जानकारी गराउन ' युवासँग प्रधानमन्त्री ' कार्यक्रम गरिने भएको छ । राष्ट्रिय युवा परिषद्ले युवाका मुद्दाबारे प्रधानमन्त्रीलाई गुनासो सुनाउनका लागि सो कार्यक्रम गर्न लागेको हो । परिषद्का उपाध्यक्ष माधव ढुंगेलले सबै क्षेत्रका युवाका नीतिगत समस्यालाई एकै थलोबाट प्रधानमन्त्रीलाई प्रत्यक्ष संवाद गरी जानकारी गराउन ' युवासँग प्रधानमन्त्री ' कार्यक्रम गर्न लागिएको जानकारी गराए ।
अब ' युवासँग प्रधानमन्त्री '
389
सरकारले संघीयता कार्यान्वयन भएपश्चात कुनै निकाय रहनु पर्ने वा हटाउनु पर्ने भए त्यसको स्पष्ट आधार र कारणसहित अध्ययन प्रतिवेदन दिन सबै मन्त्रालयहरुलाई निर्देशन दिएको छ । सबै मन्त्रालय र केन्द्रीयस्तरका विभागहरुले माघ ## गतेभित्र प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा दिइसक्नु पर्नेछ । प्रधानमन्त्री कार्यालयले प्रतिवेदन तयार गर्दा संविधानको अनुसुची # देखि # मा उल्लेखित कार्यजिम्मेवारीको विस्तृतिकरणलाई आधार मान्न समेत निर्देशन दिएको छ ।
प्रधानमन्त्री कार्यालयद्वारा संघीयतामा हटाउनुपर्ने निकायको विवरण माग
432
इरोटिक थ्रिलर ' चपली हाईट ' सिनेमामा गरेको बोल्ड अभिनयका लागि चर्चा बटुलेकी अभिनेत्री बिनिता बराल आमा बन्ने भएकी छन् । सामाजिक संजालमा आफू गर्भवती भएको फोटो फेसबुकमा पोस्ट गर्दै आमा बन्न लागेको सार्वजनिक गरेकी हुन् । पोस्टमा उनले ' सानी बिनिता आउँदैछिन् ' लेखेकी छन् ।
आमा बन्दै ' चपली हाईट ' अभिनेत्री बिनिता बराल , पाउने भइन् छोरी
268
सरकारले पाँच वटा नमूना कानून सबै प्रदेशहरुमा पठाएको छ । कानुन , न्याय तथा संसदीय मामिला मन्त्रालयले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी # वटा नमूना कानून # वटै प्रदेश सरकारलाई पठाइएको जानकारी गराएको हो । अब एक हप्ताभित्र बाँकी ## वटा नमूना कानूनको मस्यौदा पनि प्रदेश सरकारलाई पठाइने कानून , न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले जानकारी दिए ।
केन्द्र सरकार पठायो प्रदेश सरकारलाई पाँच नमूना कानून
357
विकास श्रेष्ठ## पुस , काठमाडौं । ## वर्षे लुमर्‍ही भद्रकालीको खड्ग सिद्धि जात्रा अन्तरगत शनिबार नक्सालमा देवगणहरुको नाच प्रस्तुत गरिएको छ । देवगणहरुलाई हाँस , कुखुरा र बोकाको बली दिइएको थियो ।
नक्सालमा देवगणहरुको नाच , हेर्नुस् ## वर्षे खड्ग सिद्धि जात्राको ## तस्वीर
192
डोटी जिल्लामा प्राथमिक तहका शिक्षकहरुको संख्या आवश्यकता भन्दा एक सय ## ले बढी भएको एक तथ्यांकले देखाएको छ । जिल्ला शिक्षा अधिकारी अनन्तकुमार पौडेलले सार्वजनिक गरेको तथ्यांक अनुसार प्राथमिक तह ( # - # आधारभूत ) मा अध्ययनरत विद्यार्थीहरुको कुल संख्या ## हजार # सय एक रहेको देखिएको छ । सो तहमा अध्यापनरत शिक्षकहरुको संख्या एक हजार ## रहेको छ ।
डोटीमा आवश्यकता भन्दा ### शिक्षक बढी
340
बलिउड अभिनेत्री दिपिका पादुकोण र अभिनेता इरफान खान नेपाल आउने भएका छन् । विशाल भारद्वाजको निर्देशनमा बन्ने फिल्मको छायाँकनको लागि उनीहरु नेपाल आउने भएका हुन् । दिपिका र इरफान तीन वर्षपछि एकसाथ देखिन लागेका छन् ।
दिपिका पादुकोण र इरफान खान नेपाल आउने
211
काठमाडौं–कुनै समय थियो जतिवेला महिला प्रहरी क्षेत्रीय प्रशिक्षण केन्द्र नेपालगञ्जमा तालिम दिन आउन समेत आनाकानी गर्थे । प्रहरी सेवामा लागेपछि समय समयमा पाइने तालिम लिन मरिहत्ते गर्ने भएपनि महिलाको खास आर्कषण थिएन । महिलामैत्री भवन नहुँदा उनीहरु तालिममा जान अनाकानी गर्थे ।
नेपालगञ्नमा सुविधा सम्पन्न तालिम केन्द्र निमार्ण
271
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली आज राती अमेरिका जादैँ छन् । अमेरिकास्थित संयुक्त राष्ट्रसंघको महासभाको सन्दर्भमा न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको भवनमा आयोजना हुने विपद पश्चातको आवश्यकता आंकलन र पुनर्निर्माण तथा पुनस्र्थापना योजना विषयक कार्यक्रममा नेपालको पुनर्निर्माण सम्बन्धी प्रस्तुति गर्ने प्राधिकरणले जनाएको छ । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भूकम्पपश्चात नेपालको पुनःनिर्माण तथा पुनस्र्थापना सम्बन्धी अनुभव र भावी कार्ययोजना प्रस्तुत गर्नुहुने कार्यक्रम रहेको छ ।
प्राधिकरणका सिइओ अमेरिका जाँदै , नेपालको पुनर्निर्माणका लागि छलफल गर्ने
517
नयाँ संविधानअनुसार गठन भएको प्रतिनिधिसभा र राष्ट्रियसभाको पहिलो बैठक सोमबार अपराह्न बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा अपराह्न # बजे बोलाइएको बैठकमा दलका शीर्ष नेताले भने सम्बोधन नगर्ने भएका छन् । संसद् सचिवालयले पहिलो बैठकमा शीर्ष नेतासँगै अन्य नेतालाई दलीय आधारमा सम्बोधन गर्न दिनेगरी तयारी गरेको थियो ।
आज संसद्काे पहिलो बैठक
316
दक्षिण एशियाली क्षेत्रीय उडान सुरक्षा सुदृढीकरणकार्यक्रम ( कोसक्याप साउथ एशिया ) को ## औं शिर्ष बैठक काठमाडौंमा सम्पन्न भएको छ । बिहीबार सम्मपन्न उक्त बैठकले दक्षिण एशियाली मुलुकहरुमा उडान सुरक्षा सुदृढीकरणका लागि सयुक्त पहल गर्ने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन ( इकाओ ) को पहल र सहभागीतामा सन् #### मा कोस्क्याप साउथ एशिया को स्थापना भएको थियो ।
क्षेत्रीय उडान सुरक्षाको लागि सयुक्त पहल
368
गृहमन्त्री रामबहादुर थापाले जनताको क्रियाकलाप प्रभावित नहोस् भन्ने हेतुले सरकारले अति संवेदनशील केही स्थानमा निशेधाज्ञा जारी गरेको बताएका छन् । राष्ट्रियसभाको आजको दोस्रो बैठकमा गृहमन्त्री थापाले मुलुकमा सुशासन कायम राख्न र लोकतन्त्रको सुदृढीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताए । विगतमा भएका सम्झौतालाई नै आधार मानेर विधेयक सामान्य प्रक्रियाबाट ल्याउने प्रयास भइरहेको बताउँदै उनले सरकारले अदालतको निर्णयलाई अवज्ञा नगर्ने बताए ।
राष्ट्रियसभामा गृहमन्त्रीको जवाफ : जनतालाई सजिलो होस् भनेर नै निषेधाज्ञा
427
फाइल तस्वीर## जेठ , भक्तपुर । भक्तपुर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले हनुमन्ते खोला किनारमा निर्माण भइरहेको ढलको शुक्रबारस्थलगत निरीक्षण गरेका छन् । हनुमन्ते खोला सफाइ परियोजनाअन्तर्गत हनुमन्ते खोला किनारमा विस्तार भइरहेको ढलको पाइप सानो भएको जनगुनासो आएपछि नगर प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा उपप्रमुख रजनी जोशी , नगरपालिकाका कर्मचारी र परियोजनाका अधिकारीको संयुक्त टोलीले ढलको स्थलगत निरीक्षण गरेको हो ।
हनुमन्तेमा विस्तारित ढलको स्थलगत निरीक्षण
413
पूर्व अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएर चर्चामा आएका माओवादी नेता महेन्द्रबहादुर शाहीले शुक्रबार प्रदेश # का मुख्यमन्त्रीको सपथ लिएका छन् । वाम गठबन्धनको सहमतिअनुसार उनी बिहीबार मुख्यमन्त्री नियुक्त भएका थिए । शुक्रबार दिउँसो प्रदेश प्रमुख दुर्गाकेशर खनालले शाहीलाई सपथ खुवाएका हुन् ।
लोकमानविरुद्ध महाअभियोग प्रस्तावक शाहीले लिए मुख्यमन्त्रीको सपथ
322
भारतमा मारुती सुजुकीको स्विफ्ट , बलेनो , डिजायर र विटारा ब्रेजाको माग अत्याधिक छ । यी # वटै कारको ' पेन्डिङ अर्डर ' # लाख ## हजार संख्यामा पुगेको छ । ग्राहकलाई पर्खिनुपर्ने समय घटाउन कम्पनीले अफ्नो गुज्रातको प्लान्टमा उत्पादन बढाउने तयारी गरिरहेको मनि कन्ट्रोलले जनाएको छ ।
यी हुन् धेरै माग भएका मारुतीका गाडीहरु
273
काठमाडौं ठमेलमा वेवारिसे गोली भेटिएको छ । अमृत साइन्स क्याम्पसबाट ज्याठा जाने बाटोमा फोहोरको थुप्रोमा ## राउण्ड गोली भेटिएको हो । दरवारमार्ग बृतका इन्स्पेक्टर लक्ष्मण सिंहका अनुसार सडक बालवालिकाले फोहोरको थुप्रो भेटिएको प्लाष्टिकको प्याकेट खेलाउने क्रममा गोली भेटिएको हो ।
फोहोरको थुप्रोमा भेटियो ## राउण्ड गोली
272
नेपालले ## औं दक्षिण एसियाली खेलकुद ( साग ) महिला फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । पोखरा रंगशालामा मंगलबार भएको पहिलो खेलमा नेपालले श्रीलंकालाई #–# गोल अन्तरले पराजित गरेको हो । खेल अन्तिम मिनेट तिर सरु लिम्बुले गरेको गोल नै निर्णयक बनेपछि नेपालले तीन अंक प्राप्त गरेको हो ।
महिला फुटबलमा नेपाल विजयी
281
म्यान्मा – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले लामो समयदेखि नेपालबाट राष्ट्र प्रमुख तहबाट म्यान्माको राजकीय भ्रमण नभएको परिप्रेक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारीको म्यान्मा भ्रमणबाट दुई देशको जनस्तर तथा सांस्कृतिक सम्बन्ध एवं ## वर्ष लामो दौत्य सम्बन्ध प्रगाढ बनाउने उद्देश्य रहेको बताएका छन् । राष्ट्रपति भण्डारीको गणतन्त्र म्यान्मा सङ्घका राष्ट्रपति विन मिन्त र स्टेट काउन्सिलर आङ सान सु चीसँगको भेटपछि मन्त्री ज्ञवालीले यस भ्रमणले सम्बन्धलाई अझ उच्च बनाउने विश्वास व्यक्त गरे । म्यान्माली राष्ट्रपति र स्टेट काउन्सिलरसँगको भेटमा जलवायु परिवर्तन , पर्यटन , अन्तरराष्ट्रिय मञ्चहरुमा सहकार्य , व्यापार र लगानी विषयमा छलफल भएको जानकारी दिँदै मन्त्री ज्ञवालीले विकासको उस्तै गतिबाट गुज्रेका दुई देशबीच सहकार्यका अनेकौँ विषय हुन सक्ने भएकाले आगामी दिनमा मिलेर अगाडि बढ्ने समझदारी भएको स्पष्ट गरे ।
नेपाल र म्यान्माबीच सहकार्यका अनेकौँ विषय छन् : परराष्ट्रमन्त्री ज्ञवाली
800
वातावरणीय कानून र संविधानमा विशेष दक्षता भएकी न्यायाधीश ग्रीसको पहिलो महिला राष्ट्रपति बनेकी छन् । राष्ट्रपति पदकी उम्मेदवार एकातेरिनी साकेल्लारोपोलोउले अन्तर–पार्टी समर्थन प्राप्त गरेकी थिइन् । ग्रीसको विदेश नीतिमा सङ्कट बढ्दै गएको अवस्थामा उनको नाममा भएको सहमतिले राम्रो सङ्केत गरेको केही जानकारहरुको भनाई छ ।
ग्रीसमा पहिलो महिला राष्ट्रपति
311
एनआइसी एसिया बैंकले चमत्कारिक ## वटा विशेषता भएको विभिन्न ## वटा नयाँ निक्षेप योजना ल्याएको छ । बैंकले ## वर्ष प्रवेश गरेको अवसरमा बुधबारदेखि चमत्कारिक विशेषतासहितको निक्षेप योजना ल्याएको हो । बैंकले चमत्कारिक बचत , चमत्कारिक नारी बचत , चमत्कारिक जेष्ठ नागरिक बचत , चमत्कारिक बाबुनानी बचत , चमत्कारिक विद्यार्थी बचत , चमत्कारिक स्वरोजगार बचत र कर्मचारीलाई लक्ष्य गरी चमत्कारिक तलब बचत खाता सञ्चालनमा ल्याएको हो ।
एनआइसी एसिया बैंकको ## नयाँ निक्षेप योजना
412
काठमाडौं–नेपाल वायुसेवा निगम सञ्चालक समितिले दुईमध्ये एउटा बोइङ जहाज बिक्रीको सैद्धान्तिक सहमति दिएपछि व्यवस्थापनले उक्त जहाजको आर्थिक मूल्यांकन गर्ने तयारी सुरु गरेको छ । निगम सञ्चालक समितिको गत शुक्रबार ( असार ## ) मा बसेको बैठकले हाल सिंगापुरमा ' ग्राउन्डेड ' कलसाइन ' #एन–एसिए ' रहेको # सय ## सिट क्षमतायुक्त ' बि###–### ' सिरिजको जहाज बिक्री गर्न सैद्धान्तिक सहमति दिएको थियो । करिब ## वर्ष पुरानो जहाज बिक्री गर्ने पाउने ' ग्रिन सिग्नल ' पछि व्यवस्थापनले एक कदम अगाडि बढ्दै आर्थिक मूल्यांकनको तयारी सुरु गरेको हो ।
बोइङ ### को आर्थिक मूल्यांकन तयारी सुरु
520
भारतबाट नेपाल आउँदै गरेका एक युवक बाँकेको जमुनाहा नाकाबाट एयर गनसहित पक्राउ परेका छन् । सुर्खेत भेरीगंगा नगरपालिका–# जहरेका ## वर्षीय लालसिंह राना शनिबार बिहान एयरगन र छर्रासहित पक्राउ परेका हुन् । सीमामा खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले शंका लागेर चेकजाँच गर्दा उनको साथबाट एयर गन र छर्रा फेला परेको जनाएको छ ।
भारतबाट फर्कंदै गरेका युवक एयरगनसहित पक्राउ
332
काभ्रेपलाञ्चोकको पाँचखालमा स्थापना हुन लागेको विशेष आर्थिक क्षेत्र ( सेज ) को गुरुयोजना अन्तिमचरणमा पुगेको छ । विशेष आर्थिक क्षेत्र ( सेज ) को गुरुयोजनालाई अझै प्रभावकारी , बनाउन स्थानीयवासीसँग सुझाव सङ्कलन गर्दै विशेष आर्थिक क्षेत्र विकास समितिले विशेष आर्थिक क्षेत्र ( सेज ) पाँचखाललाई केही वर्षमा नै सञ्चालनमा ल्याउने तयारी भएको जनाएको छ । विशेष आर्थिक क्षेत्र विकास समितिले शुक्रबार धुलिखेलमा आयोजना गरेको अन्तक्र्रियामा उद्योग मन्त्रालयका सचिव सूर्यप्रसाद सिलवालले विशेष आर्थिक क्षेत्र ( सेज ) पाँचखाललाई सरकारले प्राथमिकतामा राखेर काम गरेको उल्लेख गर्दै विशेष आर्थिक क्षेत्रको कार्यक्रमले बन्द , हडताललाई निरुत्साहित तुल्याउने बताए ।
पाँचखाल विशेष आर्थिक क्षेत्रको गुरुयोजना अन्तिम चरणमा
639
हात्तीको आक्रमणमा परेर माडीमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका वडा नम्बर # का ## वर्षिय कृष्णकली पौडेल र ## वर्षीय शुशिला भण्डारी रहेको ईलाका प्रहरी कार्यालय , वसन्तपुर माडीका प्रहरी नायब निरीक्षक नारायण श्रेष्ठले जानकारी दिए । स्थानीय रिउ खोलाको किनारमा घाँस काट्न गएको समयमा आज दिउँसो हात्तीले आक्रमण गरेको थियो ।
चितवनमा हात्तीको आक्रमण , दुई जनाको मृत्यु
337
हुम्लाको लिमीलाई केन्द्रबिन्दु बनाएर # रेक्टरको भूकम्प गएको छ । आइतबार बिहान ## बजेर ## मिनेट जाँदा # रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । थप विवरण आउन बाँकी छ ।
हुम्ला केन्द्रबिन्दु बनाएर # रेक्टर स्केलको भूकम्प
208
मधेस आन्दोलनको छानविन प्रतिवेदन बुझाएको लामो समय दिन हुँदा पनि सरकारले सार्वजनिक नगरेको भन्दै सप्तरीमा प्रदर्शन गरिएको छ । मधेस - थरुहट आन्दोलन सम्बन्धी छानविन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै सप्तरीको भारदहमा शनिबार प्रदर्शन गरिएको छ । पीडित संघर्ष समितिद्वारा प्रतिवेदन सार्वजनिक गर्न भन्दै प्रदर्शन र कोणसभाको आयोजना गरिएको छ ।
मधेस आन्दोलनको छानविन प्रतिवेदन सार्वजनिकको माग गर्दै प्रदर्शन
332
भोली शुक्रबार अर्थात मंसिर ## गतेबाट रिलिज हुने चलचित्र ' प्रसाद ' को वुधबार काठमाण्डौको बीग मुभिजमा भव्य प्रिमियर आयोजना गरिएको छ । चलचित्रकर्मी र पत्रकारको उपस्थितीमा आयोजित प्रिमियरमा यो चलचित्रलाई उत्कृष्ट प्रतिक्रिया मिलेको छ । दिनेश राउतको निर्देशनमा तयार भएको चलचित्र हेरेपछि अधिकांशले यसको कथावस्तु , प्रस्तुतिलाई रुचाए ।
प्रिमियरमा ' प्रसाद ' लाई उत्कृष्ट प्रतिक्रिया , विपिनको अभिनय तारिफयोग्य
329
बलिउड नायिका दीपिका पादुकोण अभिनित चलचित्र ' छपाक ' जनवरी ## बाट रिलिज हुँदैछ । एसिड आक्रामणमा परेकी लक्ष्मी अग्रवालको कथामा यो चलचित्र बनेको छ । यो चलचित्रको निर्माताको रुपमा दीपिका पनि छिन् ।
' छपाक ' मा लगानी मेरै हो , रणवीरको होइनः दीपिका
193
कर्तव्य ज्यान मुद्दामा फरारको सूचीमा रहेका ## बर्षीय एक वृद्ध घटना भएको ## बर्षपछि पक्राउ परेका छन् । फरारको सूचीमा रहेका तुमेवा गाउँपालिका–# हाङगुमका धनबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका श्रेष्ठ कैद भुक्तानका लागि जेल चलान भएका छन् ।
ज्यान मुद्दामा फरार ## बर्षपछि पक्राउ
257
जारी ईण्डियन प्रिमियर लिगमा जसप्रीत बुमराह , भूवनेश्वर तथा कैगिसो रबाडाजस्ता दिग्गज बलरहरू खेलिरहेको भए पनि दीपक चाहरले सबैलाई आश्चर्यमा पारिरहेका छन् । मंगलबार उनले फेरि एउटा कमाल गरे । चेन्नई सुपर किङ्सका यी तीव्रगतिका बलरले एक म्याचमा सर्वाधिक डट बल फ्याँक्ने रेकर्ड आफ्नो नाममा गरेका छन् ।
यी खेलाडीले बनाए आईपिएलमा सर्वाधिक ' डट बल ' को रेकर्ड
293
फाइल फोटो## मंसिर , काठमाडौं । खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले राष्ट्रिय खेलकुद परिषद ( राखेप ) लाई पुनर्गठन गर्नुपर्ने बताएका छन् । राखेपको हालको संरचनाले सबै खेल क्षेत्रलाई समेट्न नसकेकोले पुनर्गठन गर्नुपर्ने उनको भनाइ छ ।
राखेप पुनर्गठन गर्ने खेलकुद मन्त्रीको घोषणा
226
सैनामैना नगरपालिका रामापुरकी पवित्रा मरासिनीको खेतको मकैमा फल लाग्ने बेला बोट सुक्दै गएको छ । उनको खेतमा सिँचाइ सुविधा छैन । मकै छरेदेखि पर्याप्त पानी परेन ।
## प्रतिशत जमिन सिँचाइविहीन
157
काठमाडौंको नागढुंगा ( चन्द्रागिरी नपा–# टुटेपाखा ) देखि धादिङको सिस्नेखोलासम्मको सुरुङमार्ग निर्माण सोमबार शिलान्यास गरिँदैछ । सडकतर्फ पहिलोपटक निर्माण हुन गइरहेको सुरुङमार्गको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको सडक विभागले जनाएको छ । सुरुङमार्ग निर्माणका लागि असोज # मा विभाग र जापानी निर्माण कम्पनी हाज्माअन्द्रोबीच सम्झौता भएको थियो ।
नागढुंगा सुरुङमार्ग शिलान्यास आज
365
यदि , अहिले नेपाली चलचित्रमा सवैभन्दा धेरै लगानी कोहि कलाकार माथि छ भने , ती कलाकार हुन् नायक दयाहाङ राई । अब , त यस्तो अवस्था आइसकेको छ कि , दयाको हरेक महिना एउटा चलचित्र रिलिज हुनेछ । दयालाई लिएर चलचित्रमा काम गर्नका लागि केहि निर्माता पर्खिरहेका छन् ।
दयाहाङको नाममा करोडौ लगानी , तर दर्शक विच्किएका छन्
254
सरकारले संविधान संशोधनमा धमाधम काम भइरहेको बताइरहँदा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले भने सोही विषयमा आफूसँग कुनै छलफल नगरिएको भन्दै आक्रोश पोखेको छ । संविधानप्रति असन्तुष्टि जनाउँदै आएको मुख्य शक्ति मोर्चाको सोमबार बैठकले ' गलत प्रचार गरेर सरकारले संशोधनका मुद्दा कमजोर पार्न खोजेको ' निष्कर्ष निकालेको छ । मोर्चाले भन्यो - संविधान संशोधनमा सरकार र मोर्चाबीच सहमति भएको हल्ला मात्र हो ।
माेर्चाले भन्याे - ' अब सरकारसँग अन्तिम वार्ता '
390
इटहरीमा सिटी सफारीहरुलाई लगाइएको प्रतिवन्ध फुकुवा भएको छ । अबदेखि सिटी सफारीहरु गुड्न त पाउँछन् तर यात्रुलाई कुरेर बस्न र जथाभावि यात्रु चढाउन तथा ओराल्न भने पाउने छैनन् । बाटोमा जाम गरेको आरोपमा शुक्रबारबाट पूर्वका मुख्य राजमार्गमा सिटी सफारी गुड्न नदिने निर्णय स्थानीय प्रशासनले गरेको थियो ।
इटहरीमा सिटी सफारी कुद्न पाउने , कुर्न नपाउने
293
ललितपुरको सैंबु भैसेपाटीस्थित चाईना सिभिल ईन्जिनियरिङ कार्यालयमा चोरी गरेर फरार अभियुक्तहरुलाई प्रहरीले ## बर्षपछि पक्रेको छ । पक्राउ पर्नेहरुमा ललितपुर चापागाउँका ## वर्षीय रवि कठेत र सोही ठाउँ घर भई धादिङको नौबिसे बस्दै आएकी ## वर्षीया प्रमिला परियार ( कठेत ) छन् । उनीहरुले #### साल फागुन ## गते कार्यालयको लेखा शाखामा लगाइएको ताला तोडफोड गरी नगद तथा जिन्सी चोरेका थिए ।
फरार अभियुक्त ## बर्षपछि पक्राऊ
373
एउटा मात्रै क्षेत्र रहेको मुगुमा वाम गठबन्धनका उम्मेदवार एमाले जिल्ला अध्यक्ष गोपालबहादुर बम विजयी भएका छन् । बमले कांग्रेसका हस्तबहादुर मल्ललाई पराजित गर्दै विजयी भएका हुन् । बमले ## हजार ## मत ल्याए भने कांग्रेसका मल्लले # हजार ### मत प्राप्त गरेका छन् ।
मुगुमा प्रतिनिधिसभामा एमालेका गोपाल बम विजयी
256
नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटीले पूर्णता पाएको छ । तत्कालीन माओवादी केन्द्रबाट ## नेताको नाम टुंगो लागेसँगै नेकपाको स्थायी कमिटीले पूर्णता पाएको हो । तत्कालीन एमालेले यसअघि नै नाम टुंगो लगाएको थियो ।
नेकपाको स्थायी कमिटीमा ' माओवादी ' बाट कोको परे ? ( सूचीसहित )
207
तस्वीर : युनिस गुरुङ / अनलाइनखबर## जेठ , पोखरा । प्रदेश # सरकारले आगामी # वर्षमा प्रतिव्यक्ति आय ## सय अमेरिकी डलर पुर्‍याउने लक्ष्यसहित आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेशसभा बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा # वर्षमा आर्थिक वृद्धिदर वार्षिक # प्रतिशत कायम गर्ने लक्ष्य राखिएको छ ।
प्रदेश # को नीति तथा कार्यक्रम : # वर्षमा प्रतिव्यक्ति आय ## सय डलर
360
राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेडमा सुनका नक्कली गरगहना राखेर रु ## लाख ## हजार ठगी गरेको आरोपमा पक्राउ परेकामध्ये तीनजना पुर्पक्षका लागि कारागार चलान भएका छन् । विभिन्न मितिमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड बिर्तामोड , धुलाबारी शाखा र नेपाल बैंक लिमिटेडको धुलाबारी शाखामा सुनका नक्कली गरगहना राखेर बैंक ठगी कार्यमा छजना पक्राउ परेका थिए । पक्राउ परेकामध्ये तीनजना धरौटीमा छुटेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बैंकमा सुनका नक्कली गरगहना राखेर ठगी गर्ने थुनामा
425
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमद्वारा लिखित पुस्तक शनिबार राजधानीमा ठूलो कार्यक्रमका साथ विमोचित भइरहेको खबर सुन्दा देशविदेशमा रहेका नेपालीमा कौतुहल जाग्नु स्वाभाविकै हो , आखिर पुस्तकमा के लेखेछन् नेता गौतमले ? केपी ओली , प्रचण्ड , रामचन्द्र पौडेललगायतका नेताहरुले सहभागिता जनाएर राष्ट्रिय सभागृहमा ठूलो तामझामका साथ विमोचन गरिएको पुस्तक हामीले पनि खरिद गर्‍यौं । र , त्यसमा के के समेटिएको छ भन्नेबारे पाठकहरुलाई संक्षिप्तरुपमै भए पनि जानकारी दिनु आफ्नो कर्तव्य ठान्यौं । ' नेपाल नवनिर्माण महाअभियान ' शीर्षक दिइएको यो पुस्तकको मूल्य # सय रुपैयाँ तोकिएको छ ।
' झोँकी ' वामदेवलाई ' अध्ययनशील ' देखाउने किताबः संघीयताको विरोध , जबजको आलोचना
562
काठमाण्डौको बीग मुभिजमा चलचित्र ' रातो घर ' को प्रिमियर गरिएको छ । वुधबार बेलुकी # सय बढी अतिथहिरुलाई निम्त्याएर चलचित्रको प्रिमियर गरिएको हो । भोली शुक्रबारबाट रिलिज हुने यो चलचित्रलाई सुरज सुब्बा ' नाल्बो ' ले निर्देशन गरेका हुन् ।
' रातो घर ' प्रिमियरमा नायिकाहरुको जमघट , कसले के भने ?
233
नेपाल प्रहरीको ध्यान राजपुर बमकाण्डतिर गएको बेला नेपाल–भारत सीमामा तस्करी बढेको छ । चाडपर्वको समय पारेर मुख्य गरी दक्षिण–पश्चिम नाकामा तस्करी बढेको हो । राजपुरमा भएको बमकाण्डको अनुसन्धानका लागि नेपाल प्रहरी मुख्य गरी सुरक्षा व्यवस्था मिलाउन र अनुसन्धानमा व्यस्त रहेको मौकामा रौतहटका विभिन्न नाका हुँदै पटका , कपडा र किराना सामानको तस्करी बढेको देखिएको छ ।
सीमामा तस्करी बढ्यो
355
चीनको प्रख्यात रेल निर्माता कम्पनी सीसीआरसी कर्पोसन समक्ष भारतको नागपुरस्थित एक कम्पनीले ## रेल अर्डर गरेको छ । ## किलोमिटर लम्बाईका ती अत्याधुनिक रेलहरु दुई भारतका दुई सहरबीच जोड्न उपयोग हुनेछन् । सिआरसीले भारतमा पहिलो अर्डर सन् #### मा कोलकता सुरुङ मार्गका लागि ### वटा रेलको पाएको थियो ।
चिनयाँ रेल अब भारतमा गुड्ने , नागपुरका लागि ## चिनियाँ रेलको अर्डर
290
' जम्मा ## सय रुपैयाँ तिर्नुछ भनेर पनि सम्झन सक्दैनस् ? ' करिब ## वर्षअघि त्यति पैसा तिर्न नसक्दा स्कुलबाट निकालिएको घटना क्षितिजराज लोहनीलाई ताजा छ । कक्षा # पढ्ने क्षितिजले त्यतिखेरै संकल्प लिएका थिए , ' कमाउने भएपछि मजस्ता सबैको पैसा तिर्छु । ' आफ्नो सपना पछ्याउँदै - पछ्याउँदै क्षितिज अमेरिका पुगे ।
## सय तिर्न नसकेर स्कुलबाट निकालिएका क्षितिज एप्पलमा इञ्जिनियर
303
नायक सविन श्रेष्ठको प्रस्तुतीमा बन्न लागेको चलचित्र ' हिरो ' का लागि नायिका अशिष्मा नकर्मी अनुवन्धित भएकी छिन् । नायक तथा प्रस्तुतकर्ता सविनले यो कुराको पुष्टी गरेका छन् । अशिष्माको अनुहारमा गाउँकी यूवतीको झझल्को आउने भएपछि सविनले पक्का गरिएको बताए ।
सविनको हिरोइन बन्दै अशिष्मा , ' राधे ' मा पनि जम्न सक्छ निखिलसँग जोडी
250
टिपर चालकसँग एक हजार रुपैयाँ घुस लिने क्रममा धनुषाबाट एकजना ट्राफिक प्रहरीका नायव निरीक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरी नायव निरीक्षक नवीन कुमार झा रहेका छन् । उनलाई धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाबाट साेमबार अख्तियर दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टाेलीले घुससहित पक्राउ गरेकाे हाे ।
एक हजार घुससिहत प्रहरी नायव निरीक्षक पक्राउ
299
नुवाकोटको तारुकामा सय वर्षअघिदेखि माघे संक्रान्तिका दिन वर्षेनी आयोजना हुँदै आएको गोरू जुधाउने जात्राबारेको वृत्तचित्र ' गोरु जुधाई मेला ' निर्माण गरिएको छ । सामुदायिक सेवा केन्द्र , नुवाकोटले निर्माण गरेको वृत्तचित्रको निर्देशन शशी लुमुम्बू र श्रीराम श्रेष्ठले गरेका छन् । ## मिनेटको वृत्तचित्रमा गोरु जुधाई जात्राको सुरुवात , ऐतिहासिक पक्ष , जात्रा आयोजना , गोरु जुधाउने विधि र प्रक्रियासँगै गोरु जुधाईको रोचक दृश्य देखाइएको छ ।
वृत्तचित्रमा तारुकाको गोरु जुधाई
430
नेपालमा चोरी भएका भारतमा , भारतमा चोरी भएका मोवाईल नेपालमानेपाल र भारतका मोबाईल चोरबीच सहकार्य हुने गरेको रहस्य खुलेको छ । नेपालमा चोरी भएका मोवाईल भारत पुग्ने र भारतबाट चोरी गरि ल्याएका मोवाईल नेपाल ल्याएर सस्तोमा बिक्रि वितरण गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । मंगलबार दिल्लीबाट काठमाडौं आउदै गरेको बा # ख #### नम्बरको पर्यटक बसबाट भारतमा चोरी भएका ### थान मोवाईल बरामद भएपछि यस्तो रहस्य खुलेको हो ।
नेपाल–भारतका मोबाईल चोरबीच सहकार्य
409
चालक अनुमति पत्र ( लाइसेन्स ) वितरण तथा नविकरण रोकेको भन्दै सेवाग्राहीले यातायात व्यवस्था कार्यालय , बाग्मतीमा नाराबाजी तथा प्रदर्शन गरेका छन् । उनीहरुले प्रदर्शन गर्दै एकान्तकुनामा यातायात अवरुद्ध गरेका छन् । चुनावका कारण रोकिएको लाइसेन्स वितरण तथा नविकरण आइतबारबाट सुरु भएको थियो ।
लाइसेन्स वितरण रोकेको भन्दै एकान्तकुनामा प्रदर्शन
283
शारीरिक सम्बन्ध राख्न नमानेपछि पर्सामा एक युवतीलाई उनकै प्रेमीले हत्या गरेको पर्सा प्रहरीले जनाएको छ । भारत बगहा घर भइ हाल पर्साको जगरनाथपुर गाउँपालिका–# बस्दै आएकी ## वर्षीया बनिताकुमारी चौधरीको हत्या उनकै प्रेमी सोही ठाँउमा बस्ने प्रमेन्द्र चौधरीले गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । गत असार ## गते दिउँसो # बजे प्रमेन्द्रले बनितालाई भलुवाही खोला नजिकको खयरबारीमा भेटन बोलाएका थिए ।
शारीरिक सम्बन्ध राख्न नमानेपछि युवतीको हत्या
397
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ट्रान्सर्फमर खरिद प्रकरणमा नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशकसहित ## पूर्वउच्च अधिकारीविरुद्ध विशेष अदालतमा थप अर्को मुद्दा दायर गरेको छ । यस्तै ठेकेदार , एजेन्टसहित # जनाविरुद्ध पनि मुद्दा परेको छ । तत्कालीन कार्यकारी निर्देशक डा . जीवेन्द्र झा , रामेश्वर यादव , तत्कालीन महाप्रवन्धक युगलकिशोर साह , प्रवन्धक कैलाशप्रसाद अटल , हरिबहादुर गःसी , निर्देशक अर्जुनकुमार चौहान , तत्कालीन सह - निर्देशक हरिशबहालुर पाल , शशिविक्रम थापा र उपनिर्देशक महेशकुमार कार्कीविरुद्ध मुद्दा दायर गरिएको हो ।
ट्रान्सफर्मर प्रकरणमा ## उच्च अधिकारीविरुद्ध अर्को मुद्दा
543
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय निकाय पुनःसंरचना आयोगको प्रतिवेदनअनुसार नयाँ स्थानीय तह गठन प्रस्ताव मन्त्रिपरिषद् पठाउने तयारी गरेको छ । आयोगले सरकारलाई हालै बुझाएको प्रतिवेदन कार्यान्वयन गरी नयाँ संविधानअनुसार स्थानीय तहको गठनको प्रस्ताव मन्त्रिपरिषद् पठाउने तयारी गरेको हो । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारीका अनुसार आयोगले निर्धारण गरेको स्थानीय तहको कार्यान्वयनका लागि मन्त्रिपरिषद् पठाउने अन्तिम तयारी भइरहेको छ ।
स्थानीय तह गठन अघि बढाइँदै
473
गुगल सर्च इन्जिन पछिल्लो समयमा जनस्वास्थ्यका लागि समेत निकै महत्वपूर्ण तथा फलदायी बनिरहेको अध्ययनले देखाएको छ । बेलायतमा गरिएको एक अध्ययन अनुसार तिन चौथाई बेलायतीहरुले गुगल हेरेरै आफ्नो जिउमा हुने साना तिना स्वास्थ्य समस्याको उपचार आफै पहिल्याउने गरेका छन् । शोधकर्ताहरुका अनुसार रोगका लक्षणहरु तथा उपचारका लागि प्रयोग हुने विधि र औषधि इत्यादिको बारेमा इन्टरनेटमा गुगल सर्चमार्फत खोजी गरी सामान्य रोगमा आफ्नो उपचार आफै गर्ने बेलायतीहरु हरेक दश जनामा # जना रहेका छन् ।
गुगल हेरेर आफ्नो उपचार आफैं गर्छन् ## प्रतिशत मानिसले
467
नेकपा - माओवादी नेतृत्वको ## दलीय मोर्चाले बन्द आहृवान गरेकै दिन काठमाडौंका युवाहरुले स्वतःस्फूर्तरुपमा सडकमा ओर्लिएर बन्दको विरोधमा नारा जुलुस गरेका छन् । उता सुनसरीको इटहरीबाट लिम्वुवान मुक्ति मोर्चा नेपालले पूर्वका # जिल्लालाई बन्द मुक्त क्षेत्र घोषणा गर्ने जनाएको छ । बन्द संधैका लागि बन्द गरौं भन्दै युवाहरुले विहीबार काठमाडौंको माइतीघरबाट सुन्धारासम्म प्रदर्शन गरेका हुन् ।
' नेपाल बन्द कहिलेसम्म ? नागरिक चुप जहिलेसम्म '
379
निर्वाचन क्षेत्र निर्धारण आयोगले झापामा पाँचवटा निर्वाचन क्षेत्र तोकेको छ । जनसंख्यालाई मुख्य आधार बनाएर प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका लागि क्षेत्र निर्धारण गरिएको हो । झापामा मेचीनगर नगरपालिका , बुद्धशान्ति गाउँपालिकाको वडा नं # , # , # , # र भद्रपुर नगरपालिकाको वडा नं # र ## लाई समेटेर क्षेत्र नम्बर # बनाइएको छ ।
झापामा पाँच निर्वाचन क्षेत्र
336
पर्यटकीय नगरी धुलिखेलमा स्वास्थ्य सूचना केन्द्र स्थापना गरिएको छ । ' हेल्दी सिटी ' को अवधारणालाई अघि बढाउन तथा नगरको समग्र स्वास्थ्य क्षेत्रको एकीकृत सूचना प्रणाली व्यवस्थापन गर्ने उद्देश्यका साथ उक्त केन्द्र स्थापना गरिएको हो । केन्द्रबाट धुलिखेल नगरपालिकाभित्रको समग्र स्वास्थ्य अवस्थाको जानकारी लिन सकिने नपा स्वास्थ्य संयोजक सन्दीप केसीले बताए ।
धुलिखेलमा स्वास्थ्य सूचना केन्द्र स्थापना
349
प्रदेश उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको महोत्सवका कारण प्रदेश सभाको पहिलो बैठक सिँचाइ डिभिजन कार्यालयको सभाहलमा हुने भएको छ । जिल्ला समन्वय समितिको हलमा बस्ने तय भएको प्रदेश सभाको पहिलो बैठक महोत्सवका कारण सिँचाइ डिभिजनको हलमा सारिएको हो । प्रदेश सभाको पहिलो बैठक माघ ## गते दिनको # बजेका लागि आह्वान गरिएको छ ।
महोत्सवका कारण प्रदेश # को प्रदेश सभाको बैठकस्थल सर्‍यो
319
योग गुरु रामदेवद्वारा सञ्चालित पतञ्जली आयुर्वेदिक केन्द्रद्वारा उत्पादित # प्रकारका आयुर्वेदिक औषधि गुणस्तरहीन रहेको भेटिएको छ । औषधि व्यवस्था विभागले ल्याब परीक्षण गर्ने क्रममा पतञ्जलीका उक्त औषधिहरु गुणस्तरहीन भएको प्रमाणित भएको हो । पतञ्जलीका औषधिहरुमा प्रतिवन्ध लगाइएका अम्ला चुर्ना , दिब्या गशार चुर्ना , बकुची चुर्ना , त्रिफला चुर्ना , अश्वागन्धा चुर्ना र अदिव्या चुर्ना रहेका छन् ।
रामदेवका औषधि गुणस्तरहीन
388
राष्ट्रपति विद्यादेवी भण्डारीले गत वर्ष वैशाख ## को ' गोरखा भूकम्प ' को केन्द्रविन्दु बारपाक पुगेर भूकम्पस्मृति उद्यानको आज शिलान्यास गरेकी छन् । भूकम्पले क्षतिग्रस्त बारपाक । फाइल तस्वीरउनले भूकम्पमा परी निधन भएकाहरुको सम्झनामा जिल्ला दैवीप्रकोप उद्धार समितिले निर्माण गर्न लागेको स्तम्भको पनि शिलान्यास गरिन् ।
राष्ट्रपतिद्वारा भूकम्पपीडितको घर र भूकम्प स्मृति उद्यान शिलान्यास
312
अमेरिकाको शिकागोका एक राजनीतिज्ञ लोखर्केको आक्रमणमा परी घाइते भएका छन् । उनको खप्पर फुटेको छ । हफिंटन पोष्टका अनुसार गत नोभेम्बर ## मा उक्त घटना भएको हो ।
लोखर्केले हमला गर्दा नेताको टाउको फुट्यो
154
के कुनै वैज्ञानिक अध्ययनका लागि आफ्नो ज्यान दिन सक्छन् ? इतिहासमा यस्तो कुनै एक नभई विभिन्न उदाहरण छन् । यसैमध्ये एउटा कहानी छ कार्ल पिटरसन सिमिटको । सन् #### , सेप्टेम्बरको महिना ।
वैज्ञानिकलाई सर्पले टोक्यो , त्यसपछि लेखे आफ्नै मृत्युको कहानी
181
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद शत्रुधन महतोले संविधान संशोधनको विपक्षमा आफूहरु नभएको स्पष्ट पारेका छन् । नेता महतोले संविधान संशोधन प्रस्ताव तत्काललाई स्थगित गरेर वा फिर्ता लिएर सबै दलहरुको सहमतिमा मधेशी मोर्चाको माग सम्बोधन गर्ने गरी संशोधन गर्नुपर्ने बताएका हुन् । ' अहिले संविधान कार्यान्वयन गर्ने बेला हो , ' बिहीबार रिपोर्टर्स क्लबमा उनले भने , ' यस्तो बेला कार्यान्वयन गर्न छोडेर संशोधनको कुरा किन गरिँदैछ ? ' महतोले एमाले संविधान संशोधन गर्नै नहुने भन्ने पक्षमा नरहेको बताए ।
अहिले संविधान संशाेधन हाेइन कार्यान्वयनको बेला होः महतो
492
जाजरकोटका विभिन्न गाविसमा फैलिएका सिजिनल फ्लु , स्वाइन फ्लु अन्य गाविस तथा जिल्लामा फैलिन नदिन हेल्पडेस्क स्थापना गरिएको छ । जिल्ला दैवी प्रकोप समितिले गरेको निर्णयअनुसार बिहीबारदेखि जिल्लाका चार ठाउँमा हेल्पडेस्क स्थापना गरिएको हो । जाजरकोट र सुर्खेतको सिमाना रहेको छेडाचौर , दैलेख र जाजरकोटको सिमाना थलहबजार , जाजरकोट र रुकुमको सिमाना दल्ली र बसपार्क खलङ्गाको शान्ति चौतारामा हेल्पडेस्क स्थापना गरिएको छ ।
जाजरकोटका नाकामा फ्लुको जाँचमा कडाइ
407
नेपाली चलचित्र दृश्य , भाषा र संगीतका आधारमा पनि उत्कृष्ट बन्दैछन् । निर्माताहरु चलचित्रको एउटा गीत छायांकन गर्नकै लागि लाखौ खर्च गरेर लोभलाग्दा लोकेशनमा पुग्न थालेका छन् । चोभारका डाँडाहरु अहिले नेपाली चलचित्रका लागि विरानो बनेका छन् ।
यस्तो बन्यो ' के म तिम्रो होइन र ' को शिर्ष गीत ( भिडियो )
236
अज्ञात समूहले मंगलबार साँझ सप्तरीको सुरुगा नगरपालिकास्थित त्रियुगा डिस्ट्रलरीका सुरक्षागार्ड माथि गोली प्रहार गरेको छ । साँझ # बजेतिर आएको समूहले डिस्ट्रलरीको गेटमा बसिरहेका सुरक्षागार्ड मोरङको सुन्दर हरैचा नगरपालिका–# निवासी ## वर्षीय नवराज कोइरालामाथि गोली प्रहार गरेका हुन् । गोली लागेर घाइते भएका सुरक्षागार्ड कोइरालालाई उपचारको लागि लहानस्थित सप्तऋषि नर्सिङहोम पठाइएको इप्रका कडरबोनाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।
त्रियुगा डिस्ट्रिलरीका सुरक्षागार्डमाथि गोली प्रहार
436
विगत पाँच वर्षदेखि पानी माग्दै आएका दक्षिणी धादिङका चेपाङ पानी नपाएपछि सदरमुकाम धादिङबेसी झरेका छन् । उनीहरुले आफ्नो गाउँको बजेट र समस्याबारे स्थानीय विकास अधिकारीसँग दुःख बिसाए । स्थानीय विकास अधिकारी जीवलाल भुसालको कार्यकक्षमा प्रवेश गरी चेपाङ समुदायले आफूहरुलाई बचाइदिन माग गरेका छन् ।
पानी र खाद्यान्नको माग गर्दै चेपाङ टोली धादिङबेसीमा
288
त्रिभुवन विश्वविद्यालयका # शिक्षकले भारतका विभिन्न विश्वविद्यालयबाट विद्यावारिधि गरे । तर त्रिविले उनीहरुले हासिल गरेको विद्यावारिधि उपाधिको समकक्षता निर्धारण प्रमाणपत्र दिएन । ती शिक्षकमध्ये केहीले समकक्षताका लागि आफैंले गरेको अनुसन्धानको प्रस्तुति चित्तबुझ्दो नदिएको र केही प्रस्तुति दिन नआएकाले समकक्षता निर्धारण प्रमाणपत्र प्रदान नगरिएको त्रिविले जनाएको छ ।
पिएचडी प्रस्तुतिमा चुक्दा समकक्षता रोकियो
361
अबुजा – नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा आतङ्ककारी समूह बोको हरामले गरेको आक्रमणमा परी ## जना किसानको मृत्यु भएको प्रहरीले जनाएको छ । दमासाक शहरबाट ## किलोमिटर टाढा रहेको नाम्गाम गाउँमा सोमबार किसानहरुको एक समूहलाई बोको हराम लडाकूले आक्रमण गरेको र सो आक्रमणमा परी ## जनाको मृत्यु भएको सैनिक अधिकारीहरुले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् । गोली लागेर घाइते भएका दर्जनौं महिला र बालबालिका दमासाक शहरनजिक शरणको खोजीमा आइपुगेका छन् ।
उत्तरपश्चिम नाइजेरियामा ## किसानको हत्या
445
मोरङ प्रहरीले ठूलो मात्रामा विष्फोटक पदार्थ बरामद गरेको छ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले केराघारीमा लुकाएको अवस्थामा ## थान विष्फोट पदार्थ जिलेटिन बरामद गरेको हो । मोरङका विभिन्न स्थानमा बम विष्फोट गराएको आरोपमा पक्राउ परेका विप्लव समूहका कार्यकर्तामाथि अनुसन्धान गर्ने क्रममा मोरङको बुढीगंगा गाउँपालिका # धरहरा स्थित रत्नकुमार डागीको केराघारीमा लुकाएर राखेको अवस्थामा जिलेटिन , डेटोनेटर , तार , अटोमेटिक रिमोट बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।
केरा बगैंचाबाट बिस्फोटक पदार्थ बरामद
542
भारतीय प्राध्यापक एडसी मुनीले नेपालका मधेसी र जनजातिलाई आपसमा मिल्न र बहुमत पुर्‍याउन सुझाव दिएका छन् । राजधानीको र्‍याडिसन होटलमा बुधबारदेखि सुरु भएको नेपाल - भारतबारे दुई दिने सम्मेलनमा मुनीले मधेसी र जनजातिलाई आपसमा मिलेर दुई तिहाई मत पुर्‍याउन सुझाएका हुन् । कार्यक्रमा मुनीले ' समावेशी लोकतन्त्रः भारत र नेपालको अनुभव ' विषयक सेसनको अध्यक्षता गरेका थिए , जहाँ डा . बाबुराम भट्टराई , महन्थ ठाकुर , तरुण विजय र आरपी शर्मा लगायतका वक्ताहरु थिए ।
एसडी मुनीको सुझावः मधेसी - जनजाति मिल्नोस् , दुईतिहाइ पुग्छ !
447
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती कर्मचारी ऐनको खाका तयार गरेको छ । प्रस्तावित ऐन जेठको अन्तिम साताभित्र संसदमा पेश गर्ने तयारी गर्दै मन्त्रालयले ऐनमा प्रस्ताव भएका विषयमा छलफल सुरू गरेको हो । संघीय निजामती कर्मचारी ऐनको मस्यौदाले समेटेका विषयका बारेमा विज्ञ समूहसँग छलफल गरिएको मन्त्रालयका सहसचिव सुरेश अधिकारीले सेतोपाटीलाई बताए ।
जेठभित्रै संसदमा पेश गर्न संघीय कर्मचारी ऐन बनाउँदै मन्त्रालय
357
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय , विश्वस्वास्थ्य सङ्गठनको आर्थिक एवं प्राविधिक सहयोगमा पहिलो पटक मानसिक रोगको अवस्थाका बारेमा सर्वेक्षण गर्ने भएको छ । मानसिक रोगका प्रख्यात प्रा . डा . डेभिड भिम्सेन्टले सो रोगका अवस्था पत्ता लगाउन विकसित गरेका सर्वेक्षण विधिद्वारा नेपालका सातवटै प्रदेशका ## जिल्लाका करीब ## हजार जनतासमक्ष प्रत्यक्ष रुपमा अन्तर्वाता गरी सर्वेक्षण गरिने परिषद्ले जनाएको छ । परिषद्का अध्यक्ष प्रा . डा . अञ्जनीकुमार झाले सर्वेक्षणले नेपालमा मानसिक रोगको अवस्थाका बारेमा यथार्थ जानकारी आउने जानकारी दिए ।
मानसिक रोगको अवस्थाका बारेमा सर्वेक्षण हुने
556
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादबले काम नगरी ट्रेड युनियनको नेता हुँ भन्दै सचिवलाई तर्साउनेहरुको दिन गएको बताएका छन् । ट्रेड युनियनका अधिकांश नेतामा काम नगर्ने नेतागिरी मात्र गर्ने प्रवृत्ति रहेको भन्दै उनले सुकिलो मुकिलो बनेर नेतागिरी गर्ने समय सकिएको दावी गरे । ' नेताले काम गर्दैन काम गर्ने नेता होइन त्यसैले सचिव तर्र्साएर होइन काम गरेर स्थापित हुनु पर्छ ' उनले भने ।
ट्रेड युनियनका नेताले सचिव तर्साउने दिन गए : मन्त्री यादव
386
निर्वाचन नजिकिँदै जाँदा पेट्रोलियम पदार्थको खपत बढेको छ । आगामी ## र ## मंसिरमा हुन गइरहेको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका कारण सवारी गतिविधि बढ्दा पेट्रोल र डिजेलको माग वृद्धि भएको हो । आयल निगमका अनुसार पछिल्लो समय मुलुकभर पेट्रोलको दैनिक खपत करिब ## सय किलोलिटर पुगेको छ ।
निर्वाचनले बढायो पेट्रोलियम पदार्थको खपत
279
आउँदो मंसिर ## मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारहरूले बिहीबार उत्साहपूर्ण रूपमा मनोनयनपत्र दर्ता गरिरहेका छन् । जिल्लामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धन , नेपाली कांग्रेस , नयाँशक्ति पार्टी नेपाल , विवेशील साझा पार्टी , राष्ट्रिय जनमुक्ति पार्टीलगायतका उम्मेदवारले मनोनयनपत्र दर्ता गरिरहेका छन् । आफ्नो दलका नेताहरूको मनोनयनपत्र दर्ताका लागि नेता–कार्यकर्ता बाजागाजा र तामझामसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगिरहेका छन् ।
पूर्वप्रधानमन्त्री खनाल र पूर्वसभामुख नेम्बाङले गरे मनोनयन दर्ता
473
रोल्पा– ऊर्जा , जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले आफ्ना एक छोरा र एक छोरीलाई स्नातक तहपछि आफूले खर्च दिएर नपढाउने घोषणा गरेका छन् । मन्त्री पुनले स्नातक तहपछि आफ्ना छोराछोरीलाई काममा लाग्न र कामबाट आएको आम्दानीले पढ्न भनिसकेको उल्लेख गरे । ' मेरो एक छोरा र छोरीलाई बीएसम्म पढाउँछु ' , रोल्पाको गंगादेव गाउँपालिका राँकस्थित जनज्योति माविको भवन हस्तान्तरण तथा पुरस्कार वितरण समारोहमा मन्त्री पुनले मंगलबार भने , ' म सक्ने भए पनि छोराछोरीलाई पढ्नका लागि खर्च दिन्नँ ।
स्नातकपछि छोराछोरी पढाउन खर्च गर्दिनँः मन्त्री पुन
476
बढ्दो सवारी जाममा कमी ल्याउन काठमाडौँ महानगरपालिकाले आइतबारदेखि टुँडिखेल आसपास क्षेत्रमा सार्वजनिक सवारी साधानले यात्रु पर्खेर बस्न नपाउने गरी ओराल्ने र चढाउने ( पिक एण्ड ड्रप ) अभियान शुरु गर्दैछ । एउटा सवारी साधनले केही यात्रु कुर्ने क्रममा लामो जाम भएर धेरैको उत्पादनशील समय बर्बाद भएको , इन्धन जलेर वातावरणमा ह्रास आएकाले यस प्रकारको समस्यामा न्यूनीकरण गर्न ' पिक एण्ड ड्रप ' अभियान शुरु गर्न लागेको कामपाका प्रमुख विद्यासुन्दर शाक्यले बताए । टुँडिखेललाई केन्द्र बनाउँदा महानगरीय प्रहरी कार्यालय , रानीपोखरीबाट भद्रकालीसम्मको सडकमा सबैभन्दा बढी समस्या देखिएको थियो ।
आइतबारदेखि उपत्यकामा पिक एण्ड ड्रपः ट्राफिक जाम र यात्रु घण्टौँ कुर्नुपर्ने समस्या हट्ने
570
ऐतिहासिक तथा पुरातात्विक महत्वको मकवानपुरगढी दरबार जीर्ण भएपछि रु ## करोडको लागतमा पुनःनिर्माण गर्ने गुरुयोजना तयार गरिएको छ । नेपालको एकीकरणका क्रममा महत्वपूर्ण योगदान गरेको मकवानपुरगढी ऐतिहासिक , पुरातात्विक , धार्मिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । विसं #### मा सेनवंशी राजाको शासनकालमा निर्माण गरिएको मकवानपुरगढीमा तामाङ र मगरको संस्कृति झल्कने सङ्ग्रहालयसमेत राखिने भएको छ ।
मकवानपुरगढीमा ## करोडको गुरुयोजना
391
बाराको विश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल राउत पक्राउ परेका छन् । सवारी ज्यान मुद्धाका फरार प्रतिवादीको आरोपमा अध्यक्ष राउतलाई आइतबार पक्राउ गरिएको बाराका प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिए । राउतलाई जिल्ला अदालत बाराले #### सालको भदौ ## गते सवारी ज्यानमुद्धामा ## दिन कैद र # हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।
बाराको विश्रामपुर गाउँपालिकाका अध्यक्ष पक्राउ
335
पाकिस्तानमा आगामी ## जुलाईमा आम निर्वाचन हुने भएको छ । राष्ट्रपति मममुन हुसेनले सरकारले प्रस्ताव गरेको निर्वाचन मितिलाई सदर गरेका छन् । राष्ट्रपतिका प्रवक्ताका अनुसार राष्ट्रियसभा र प्रतिनिधिसभाको निर्वाचन एकै दिन हुने छ ।
पाकिस्तानको आम निर्वाचन जुलाई ## मा
222
भरतपुर महानगरपालिकाको मतगणनास्थलमा मध्यराति भएको घटनालाई लिएर एमाले र माओवादी उम्मेदवारका भिन्नाभिन्नै प्रतिक्रिया बाहिर आएका छन् । माओवादीले हार्ने निश्चित भएपछि मतपत्र च्यातेको एमाले उम्मदेवार देवी ज्ञवालीले आरोप लगाएका छन् भने माओवादी उम्मेदवार रेणु दाहालले मतान्तर घट्दै गएका बेला एमालेका कार्यकर्ताले षडयन्त्र गरेको आरोप लगाएकी छिन् । ' बदर मतको संख्यामा विवाद भयो र झडपजस्तै स्थिति आयो , त्यसपछि मतपत्र च्यात्ने काम भयो , ' माओवादी उम्मदेवार रेणुले अनलाइनखबरसँग भनिन् - ' मैले जित्ने अवस्था आउन थालेपछि एमालेका साथीहरु आत्तिनुभएको थियो , के गरौं कसो गरौं भनेर बाहना खोजिरहनुभएको थियो ।
रेणु दाहाल भन्छिन् - मैले जित्न लागेपछि एमालेका साथीहरु आत्तिनुभयो
591
महाकाली नगरपालिकालाई सोमाबार खुला दिसामुक्त क्षेत्र घोषणा गरेसँगै जिल्लाका सबै # वटा स्थानीय तह खुला दिसामुक्त भएका छन् । जिल्लाका अन्य # वटा स्थानीय तह यसअघि नै खुला दिसामुक्त क्षेत्र घोषणा भइसकेका थिए । सन् #### देखि दार्चुला जिल्लालाई नै खुला दिसामुक्त क्षेत्र घोषण गर्ने अभियानलाई अड्काएको महाकाली नगरपालिकालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिएसँगै अब जिल्लालाई पनि औपचारिक रुपमा घोषणा गरिने छ ।
दार्चुलाका सबै स्थानीय तह खुला दिसामुक्त
399
किशोरी अवस्थामा समस्या धेरै प्रकारका हुन्छन् । किशोर अवस्था महिलाका लागि संवेदनशील समय पनि हो । यो बेला शारीरिक र मानसिक सबै खाले परिवर्तन हुन्छ ।
किशोरीमा महिनावारी हुँदा पेट दुख्नु राम्रो लक्षण
146
सायद यो दुनियाँकै सबैभन्दा महँगो बियर बन्यो होला । नबनोस् पनि किन एक बोतलकै ## हजार पाउण्ड अर्थात् ## लाख रुपैयाँभन्दा बढी मूल्य जो परेको छ । हो , बेलायतको म्यानचेस्टरमा हालै एउटा अनौठो घटना भएको छ ।
पत्रकारलाई तिराइयो एक बोतल बियरको ## लाख रुपैयाँ
199
बुटवलका सडकपेटीमा कष्टकर जीवनयापन गरिरहेका बालबालिका तथा असहायहरुको उद्धार कार्य सुरु गरिएको छ । मानव सेवा आश्रम बुटवलले सुख्खानगरमा एउटा घर भाडामा लिएर त्यस्ता बालबालिकाहरुको उद्धार थालेको हो । शनिबार बुटवलका विभिन्न स्थानबाट # बालबालिकाको उद्धार गरिएको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।
बुटवलका सडक बालबालिका तथा असहायहरुको उद्धार सुरु
310
संयुक्त राष्ट्रसंघको शान्ति स्थापना कार्य हेर्ने उपमहासचिव जिन पिएरे तीनदिने भ्रमणका लागि नेपाल आउँदैछन् । उपमहासचिव पिएरे मंगलबार काठमाडौं आउन लागेको नेपालस्थित राष्ट्रसंघको कार्यालयले जनाएको छ । काठमाडौं बसाइको क्रममा उनले प्रमुख दलका शीर्ष नेता , सैनिक र प्रहरीका अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
संयुक्त राष्ट्रसंघका उपमहासचिव नेपाल आउँदै
310
बेलायतको युरोपेली संघ ( ईयू ) बाट हुने बहिगर्मन , अमेरिका–चीन व्यापार विवादलगायतका गतिविधिका कारण विश्वव्यापी आर्थिक वृद्धिदरमा थप गिरावट आउने जोखिम देखिएको अन्तर्राष्ट्रिय मुद्रा कोषले सोमबार प्रक्षेपण गरेको छ । मुद्रा कोषको विश्वव्यापी आर्थिक वृद्धिदर अनुमानबारे अद्यावधिक तथ्यांकमा भनिएको छ , ' विश्वव्यापी आर्थिक वृद्धिदरमा यसअघि अनुमान गरिएकोभन्दा थप खराब अवस्था आउन सक्ने देखिएको छ । ' मुद्रा कोषले करिब तीन महिना पहिले सार्वजनिक गरेको तथ्यांकमा विश्वव्यापी आर्थिक वृद्धि खस्किँदो अवस्थामा रहेको उल्लेख थियो ।
विश्व अर्थतन्त्र सुस्त : कोष
515
अस्ट्रेलियाका अर्थ सहायक मन्त्री डेविड कोलम्यान आफूले नेपालबाटै अस्ट्रेलियाको भिसा जारी गर्ने विषयमा परराष्ट्र मन्त्रीसँग पहल गर्ने बताएका छन् । नेपाली समाजको प्रभाव बढ्दै गएको अवस्थामा सो क्षेत्रका सांसद समेत रहेको कोलम्यानले अस्ट्रेलियामा नेपालीहरुले फरक पहिचान बनाएको समेत बताए । कोलम्यानले नसिंङ र साना ब्यवशायमा समेत नेपालीहरुको उपस्थिति निकै प्रभावकारी रहेको सुनाए ।
अस्ट्रेलियन मन्त्रीले भिसा नेपालबाटै दिलाउन पहल गर्ने
372
सरकारले विशिष्ट व्यक्तिदेखि स्थानीय तहका पदाधिकारीसम्मको मर्यादाक्रम तोकेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति , उपराष्ट्रपति , प्रधानमन्त्री , प्रधानन्यायाधीश र सभामुखदेखि स्थानीय तहका सबै पदाधिकारीको मर्यादाक्रम तोकेको हो । ' आजको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिदेखि गाउँपालिकाका वडा सदस्यसम्मका मर्यादाक्रम तोकेको छ , ' उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले भने ।
सरकारले तोक्यो पदीय मर्यादा , नेशनल ट्रेडिङ खारेज
439
कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको वर्ष दिन पुग्दा समेत सरकारले दोषीलाई पहिचान गरेर कारबाहीको दायरामा ल्याउन नसकेको भन्दै नेपाल बिद्यार्थी संघले खोटाङमा प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन गरेको छ । निर्मलाको बलात्कारपछि हत्या भएको ठिक वर्ष दिन पुग्दासमेत पीडितलाई न्याय दिलाउन नसकेको भन्दै नेबिसंघले शुक्रबार साँझ दिक्तेलमा प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापाको पुत्ला दहन गरेको हो । वर्तमान सरकारले बलात्कारी र फटाहालाई कारबाही गर्नुको सट्टा संरक्षण गरेको वर्ष दिन पुगेकाले पुत्ला दहन गर्नुपरेको नेबिसंघका सभापति राजकुमार बस्नेतले बताए ।
निर्मलालाई न्याय नदिएको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन
579
बाजुरा– सुत्केरी हुन नसकी प्रसव पीडामा रहेकी एक महिलाको उद्धार गरिएको छ । बडीमालिका नगरपालिका–# की कल्धरी विकको नगरप्रमुख पदम बढुवालको सक्रियतामा उद्धार गरिएको हो । सात महीनाको गर्भ रहेकै अवस्थामा महिलाको शनिबार रातिदेखि अत्यधिक रक्तस्राव भएको थियो ।
प्रसव पीडामा रहेकी महिलाको नगरप्रमुखले गरे उद्धार
250
पाकिस्तानमा एक व्यक्तिले एक मस्जिदबाट ## हजार चोरी गरेर एउटा चिट्ठी छोडेका छन् । चिट्ठीमा उनले उक्त मुद्दा उनी र अल्लाह बिच भएको र अरु कसैले पनि हस्तक्षेप गर्न नहुने लेखेका छन् । समाचार एजेन्सी पीटीआईले पाकिस्तानको एक पत्रिका द एक्सप्रेस ट्रिब्यूनको एक रिपोर्टको हवाला दिँदै उक्त घटना दक्षिणी पंजाबको खानेवाल जिल्लामा रहेको जामिया मस्जिद सादिकुल मदिनामा भएको बताएको छ ।
मस्जिदमा गरे चोरीः चिट्ठीमा लेखे , ' यसबारे अल्लाह र मेरो कुरा भइसक्यो , कसैले हस्तक्षेप नगर्नु '
369
मानिसका असिमित सपनाहरू हुन्छन् । तीमध्ये कति पूरा हुन्छन् भने कुनै चाहेर पनि पूरा हुन नसक्ने । तर पूरा गर्न नसक्ने भए पनि मानिस सपना देख्न भने छोड्दैन् ।
क्यानभासमा पाँच देशका कला
153
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीलाई लेखेको पत्र सार्वजनिक गर्न माग गरेका छन् । व्यवस्थापिका संसदको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका केसीले यसबारे प्रधानमन्त्रीले संसदमा आएर जवाफ दिनु पर्ने बताए । केही दिन पहिले बालुवाटारमा पूर्व र वर्तमान उपप्रधानमन्त्रीको दोहोरी चलेको भन्दै उनले भने , ' वर्तमान उपप्रधानमन्त्री छिमेकी देशमा दूत भएर जाँदा प्रधानमन्त्रीले हामी संविधान संशोधन गर्छौं भनेर चिठी लेख्नु भयो रे ।
चित्रबहादुर भन्छन् - चिठीले बालुवाटारमा झडपै भो , प्रमको जवाफ चाहियो
514
काठमाडौंको बसुन्धरास्थित कान्तिपुर जनरल एण्ड डेन्टल हस्पिटलले दुईदिने निशुल्क ' ग्लुकोज रेन्डम ब्लड टेष्ट ' शिविर गरेको छ । विश्व स्वास्थ्य दिवसका अवसरमा शिवर आयोजना गरिएको हो । शिविरमा # सय ## जनाले निःशुल्क ब्लड टेष्ट गराएका छन् ।
### जनाको निशुल्क ग्लुकोज रेन्डम ब्लड टेष्ट
232
चिसंखुगढी गाउँपालिकाले शिक्षा ऐन जारी गरेको छ । गाउँसभाले चिसंखुगढी शिक्षा ऐन #### पारित गरेपछि ऐन जारी गरेको हो । संविधानको मर्म प्रतिकुल नहुने गरी ऐन जारी गरिएको गाउँपालिकाका अध्यक्ष निशान्त शर्माले जानकारी दिए ।
चिसंखुगढी गाउँपालिकाले जारी गर्‍यो शिक्षा ऐन
214
दोस्रो चरणको चुनावमा पनि नेकपा एमालेले ### बढी स्थानीय तह जितेको छ । सोमबार विहान गुल्मीको इस्मा र मदानेको परीणाम एमालेको पक्षमा गएको छ । यससँगै एमालेले दोस्रो इनिङ ( चरण ) मा पनि शतक हानेको छ ।
दोस्रो इनिङमा पनि एमालेको शतक , राप्रपाले खाता खोल्यो
194
प्रधानमन्त्रीनिवास बालुवाटारमा विहीबार बेलुका आयोजित तीनदलका शीर्षनेताको बैठकमा प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी ओलीले ' हरिबहादुर ' को जस्तै तर्क गरेको एमाओवादीका एक नेताले आरोप लगाएका छन् । ' सुशील र ओलीजीले सहमतिबाटै संविधान बनाऔं त भन्नुभयो , तर # प्रदेशको खाका संवैधानिक समितिमा प्रवेश गराउनैपर्छ पनि भन्न छाड्नुभएन , ' ती नेताले भने , ' यो त हरिवंशको टेलीश्रृंखलाको ' हरिबहादुर ' कै जस्तो तर्क भयो । चर्चित हास्य कलाकार हरिवंश आचार्यले ' हरिबहादुर ' पात्रमार्फत् अर्काको पैसा तिर्नेबेलामा ' पैसा तिर्नुपर्छ ' भन्छन् ।
' सुशील र केपी ओलीको तर्क हरिबहादुरको जस्तै '
539