article
stringlengths
55
1.8k
title
stringlengths
10
141
article_length
int64
55
1.8k
प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले राष्ट्रिय परिचयपत्रमा रहेका व्यक्तिको वैयक्तिक र जैविक विवरणको गोपनियता कायम राख्ने सन्दर्भमा ठोस व्यवस्था नगरिनै त्यस सम्बन्धी विधेयकमाथिको छलफल टुंगाएको छ । समितिको सोमबार बसेको बैठकमा सदस्यहरुले राष्ट्रिय परिचयपत्रमा रहेका व्यक्तिको वैयक्तिक र जैविक विवरणको गोपनियता कायम रहने भन्नेमा आश्वस्त हुन नसकिएकाले त्यसको सुनिश्चतता गरिनुपर्ने धारणा राखेका थिए । तर सदस्यहरुनै ढुक्क नबन्दै शंकै शंकामा समितिले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणको सबन्धमा व्यवस्था गर्न बनेको विधेयक माथिको छलफल सकाएको हो ।
राष्ट्रिय परिचयपत्रः ठोस व्यवस्था नगरि विधेयकमाथि छलफल
556
भारतले लगाएको एक हजार र # सयका नोट प्रतिबन्धको असर नेपालमा गहना बनाउनेदेखि गोरु बेच्ने सम्मका व्यवसायीलाई परेको छ । नेपाल सरकार र राष्ट्र बैंकले पटक पटक आग्रह गर्दा पनि भारतले नेपालीहरुसँग भएको पाँच सय र हजारका नोट कसरी साट्ने भन्ने निर्णय दिन नसक्दा त्यसको असर देखिएको हो । राजश्व अनुसन्धानमा दुइ करोड भारुराजश्व छलीदेखि अवैध रुपमा विदेशी मुद्रा अपचलन गर्नेहरु माथि कार्वाही गर्ने निकाय हो राजश्व अनुसन्धान विभाग ।
भारतीय नोटको असरः गोरु बेच्नेदेखि गहना किन्नेसमेत थुनिए
415
सर्लाहीको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महेन्द्र महतोको घरमा प्रसर कुकर बम भेटिएको छ । महतोको चन्द्रनगर–# , बबरगञ्जस्थित घरमा प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको हो । जिल्ला प्रहरी कार्यालय , सर्लाहीका अनुसार प्रेसर कुकर बम जस्तो शंकास्पद वस्तु भेटिएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरिएको छ ।
चन्द्रनगर गाउँपालिकाको अध्यक्ष महतोको घरमा शंकास्पद वस्तु भेटियो
334
नेकपा नेता अग्नि सापकोटा निर्विरोध सभामुख बनेको भोलिपल्टै सर्वोच्च अदालतले आफ्नो एक लिखित आदेशमार्फत ' फरक मत ' प्रकट गरेको छ । सर्वोच्चको आदेश घुमाउरो भएकाले केही दुरहपूर्ण छ । तर , एउटी महिलाले उनीमाथि प्रश्न उठाउनु स्वाभाविकै भएको अदालतले स्पष्टरुपमा भनेको छ ।
' एउटा महिलाले अग्नि सापकोटामाथि प्रश्न उठाउनु स्वाभाविक '
263
छाउपडी प्रथा अन्त्यका लागि संयुक्त विद्यार्थी संगठनका केन्द्रीय नेताहरू जागरण अभियान लिएर अछाम पुगेका छन् । प्रदेश नम्बर # र # मा व्याप्त छाउपडी प्रथाका कारण महिलाले अकालमै ज्यान गुमाउनु परिरहेकोप्रति चिन्ता व्यक्त गर्दै जनचेतना जगाउन जागरण अभियान लिएर अछाम आएको संयुक्त विद्यार्थी संगठनले जनाएको छ । संगठनले बुधबार अछाममा सर्वदलीय सर्वपक्षीय भेलाको आयोजना गर्दै छाउपडी प्रथा उन्मुलनका लागि राय सुझाव संकलन गरेका छन् ।
छाउपडीविरुद्ध विद्यार्थी संगठनको जागरण अभियान
418
भारतले कृषिजन्य वस्तुको आयातमा लाग्ने भन्सार दर बढाएपछि पूर्वी नेपालको काँकडभिट्टा नाकाबाट अदुवा निकासी रोकिएको छ । दुई सातादेखि अदुवाको माउ भारत निकासी बन्द भएपछि पूर्वी पहाडका किसान र व्यापारी तनावमा छन् । व्यापारीले बिक्रीका लागि पठाइसकेको अदुवा बीच बाटोमा पुगेपछि भारतले भन्सार शुल्क बढाएको जानकारी पाएको व्यापारी बताउँछन् ।
अदुवा निकासी ठप्प
328
मलेसियाको मन्त्रिपरिषदमा नेपाली कामदारहरुको विषयमा छलफल गर्ने मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरनले बताएका छन् । आँउदो शुक्रबारको साप्ताहिक बैठकमा मुख्य रुपमा नेपाली कामदार आपूर्तीको क्रममा देखिएको समस्या समाधानको लागि पहल गरी दुवै देशलाई फाइदा हुने किसिमले कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुने बताइएको छ । कुलासेगरनका अनुसार नेपालबाट मलेसिया कामदार आपूर्ति गर्ने बेलामा स्थानीय कम्पनीहरुको भूमिकाको बारेमा समेत छलफल हुने छ ।
नेपाली कामदारको समस्या मलेसियाको मन्त्रिपरिषदमा
434
पेमेन्ट गेटवे इसेवाले दशैँ तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्बजनिक गरेको ' उत्सवको बहार , हप्तैपिच्छे उपहार ' नामक योजनाका बिजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ । बम्पर उपहार बिजेता मकवानपुरका लेखनाथ पौडेललाई यमाहाको एफ जेड एस एफ आइ भि थ्रि मोटरसाइकल कम्पनीले दिएको छ । अर्को बम्पर उपहार बिजेता काठमाडौ रामकोटका किरण घलेले साताको लागि एक जोडिलाई दुवई ट्रिपको प्याकेज पाएका छन् ।
इसेवाको उपहार योजनाका विजेताले पाए मोटरसाइकल
382
संयुक्त राष्ट्र संघको घोषणाअनुसार हरेक वर्ष # अगस्टमा विश्व आदिवासी दिवस मनाउने गरिन्छ । नेपालमा पनि शुक्रबार विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइँदैछ । ## औं विश्व आदिवासी दिवसको नारा छ ' आदिवासीका भाषाहरू ' ।
काठमाडौंमा मनाइयो विश्व आदिवासी दिवस ( फोटो फिचर )
209
महिला , बालबालिका तथा समाज कल्याण मन्त्री विक्रमबहादुर थापाले पछिल्लो पटक भएको राजनीतिक ध्रुवीकरणले सरकारको स्थायित्व र समाजको समृद्धि हुने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौँ क्षेत्र नं # ले आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री थापाले मुलुकमा दिगो शान्ति र राजनीतिक स्थिरताका लागि आगामी निर्वाचनमा लोकतान्त्रिक गठबन्धनको नेतृत्व आवश्यक रहेको बताए । लोकतान्त्रिक गठबन्धन निर्माण समयको माग भएको बताउँदै प्रजातान्त्रिक अभ्यासलाई संरक्षण गर्न अहिले चुनौती रहेको बताए ।
राजनीतिक ध्रुवीकरणले सरकारको स्थायित्व हुन्छ : मन्त्री थापा
484
कालोसूचीमा पर्ने ऋणीको संख्या बढेको छ । विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको ऋणमा भाका नाघेको अवधिसम्म साँवा तथा व्याज र तोकिएको शुल्क भुक्तानी नगरेपछि कर्जा सूचना केन्द्रले # हजार ### जनालाई कालोसूचीमा राखेको छ । केन्द्रको तथ्याङ्कअनुसार वर्षेनि कालोसूचीमा पर्ने ऋणीको संख्या बढ्दै गएको छ ।
बैंकको ऋण नतिर्दा कालोसूचीमा पर्ने ऋणीको संख्या बढ्यो
298
चालक अनुमति पत्र ( लाइसेन्स ) वितरण तथा नविकरण रोकेको भन्दै प्रदर्शनमा उत्रिएका सेवाग्राहीले यातायात व्यवस्था कार्यालय , बाग्मतीको मुल गेटमा तालाबन्दी गरेका छन् । जसका कारण कार्मचारीहरुभित्रै थुनिएका छन् । सर्भर विग्रिएको नाममा लाइसेन्स रोकेको भन्दै सेवाग्राहीले बिहानैदेखि एकान्तकुनामा प्रदर्शन गरेका थिए ।
लाइन्सेन्स माग्दै यातायात कार्यालयमा तालाबन्दी , कर्मचारी थुनिए
307
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरण निर्वाचनअन्तर्गत हिमाली तथा उच्च पहाडी ## जिल्लामा मतदान सुरू भएको छ । संविधान जारी भएपछि पहिलोपटक संघीय संरचनाअनुसार प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन हुन लागेको हो । मतदान अहिले बिहान # बजेदेखि सुरु भएको छ ।
## जिल्लामा आज चुनाव , # बजेदेखि मतदान सुरु
253
ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका वडा नम्बर # थेचम्बुको तलेवारीकी एक महिलाले बर्षदिन पनि नपुगेका आफ्ना जुम्ल्याहा छोरीलाई सेफ्टी ट्याङ्कीमा हालेर फरार भएकी छिन् । सेफ्टी ट्याङकीमा निसासिएर एक बालिकाको मृत्यु भएको छ भने एकको अवस्था गम्भीर छ । प्रहरीका अनुसार ## बर्षीया कमला बिकले छोरीलाई सेफ्टी ट्याङ्कीमा हालेर फरार भएकी हुन् ।
जुम्ल्याहा छोरी सेफ्टी ट्याङकीमा हालेर आमा फरार , एकको मृत्यु
333
नेपाली अमेरिकन बिज्ञहरुको संस्था युएस नेपाल पोलिसी सेन्टरको तेस्रो वार्षिक सम्मेलन र बोर्ड बैठक बोस्टन शहरमा मंगलबार सम्पन्न भएको छ । बोस्टनको हार्वर्ड विश्वविद्यालय मेडिकल स्कूलको सभाहलमा ## विज्ञ र दर्जनौं स्थानीयको उपस्थितिमा सम्पन्न सम्मेलनमा नेपाल र अमेरिकाका ## राज्यबाट ## जना विज्ञद्वारा विषयगत प्रस्तुतीकरण र सवाल जवाफ भएको थियो । नेपालको समावेशी विकासमा मानवीय स्रोत विकासलाई संस्थागत गर्ने विषयमा केन्द्रित सम्मेलनको संयोजन युएसएनपीआरसीका सदस्य तथा हार्वर्ड विश्वविद्यालयका बैज्ञानिक दीनबन्धु भट्टले गरेका थिए ।
युएस नेपाल पोलिसी रिसर्च सेन्टरको तेस्रो सम्मेलन सकियो
522
फेसबुक विश्वभर इन्टरनेटको सुविधा उपलब्ध गराउने योजनामा अघि बढेको छ । फेसबुकको पछिल्लो परीक्षण सफल भयो भने सौर्यउर्जाबाट चल्ने मानव रहित विमान अर्थात् ड्रोनको मद्दतले फेसबुकले विश्वका दुर्गम इलाकाहरुमा समेत इन्टरनेट उपलब्ध गराउनेछ । बेलायती समाचारपत्र दी गार्जियनका अनुसार फेसबुकका प्रमुख कार्यकारी तथा संस्थापक समेत रहेका मार्क जुकरबर्गले बेलायतमा यस्तो प्रकारको ड्रोनको परीक्षण गरिएको बताएका छन् ।
मानव रहित विमानमार्फत इन्टरनेट उपलब्ध गराउँदै फेसबुक , बेलायतमा सफल परीक्षण
398
सिराहा भोकाहा घर भई काठमाडौँ तीनकुने बस्ने ## वर्षीय संजयकुमार शाहलाई प्रहरीले सुनसहित पक्राउ गरेको छ । मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल पार्किङ एरियामा यात्रुसँग विदेशबाट ल्याइएको सुन संकलन गर्दै गरेको अवस्थामा # सय ग्राम सुनसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । शाहलाई प्रहरीले आवश्यक कारवाहीको लागि भंसार कार्यालय सिनामङगलमा बुझाएको जनाएको छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित एक पक्राउ
356
पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको पसाहा पुलनजिक राखिएको ट्याक्टरको टेलरमा गत शनिबार सरकारी जिप ठोक्किँदा त्यसमा सवार सशस्त्र प्रहरीका एसपी बलराम पोखरेलको मृत्यु भयो भने प्रमुख जिल्ला अधिकारी ( बारा ) का गणेश भट्टराई गम्भीर घाइते भए । बा # झ #### नम्बरको उक्त जिप दुर्घटनामा घाइते भएका चालक जगत पटेल , सशस्त्र प्रहरीका हवल्दार सञ्जयकुमार यादव र नेपाल प्रहरीका हवल्दार शम्भु गुरुङ पनि घाइते भए । प्रमुख जिल्ला अधिकारी भट्टराईको अहिले काठमाडौंमा उपचार भइरहेको छ ।
टेलरवाला ट्याक्टरले बढाउँदै दुर्घटना
463
दुहबी–कटहरी ## केभी विद्युत प्रसारण लाइन निर्माणमा भएको अवरोध हटाउन प्रदेश–# का मुख्यमन्त्री शेरधन राईले चासो दिएका छन् । दुहबी–कटहरी ## किलोमिटर प्रसारण लाइनमा ग्रामथान गाउँपालिकाको गिधनियामा अवरोध छ । स्थानीयले प्रसारणलाइन निर्माण गर्न नदिएपछि मुख्यमन्त्री राईले समस्या सामधान गर्न पहल थालेका हुन् ।
दुहबी–कटहरी विद्युत प्रसारण लाइनको अवरोधबारे मुख्यमन्त्रीको चासो
301
कांग्रेससम्बद्ध नेवि संघ राष्ट्रियसभा गठनसम्वन्धी अध्यादेशलाई लिएर राष्ट्रपतिविरुद्ध सडकमा उत्रिएको छ । नेवि संघले आइतबार प्रदर्शनीमार्गबाट रत्नपार्कको शान्तिबाटिकासम्म प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले ' राष्ट्रपति ज्यू , लोकतन्त्र नजिता मात्र होइन , प्रक्रिया पनि हो , संविधानको रक्षा गर जस्ता नारा लगाएका थिए ।
राष्ट्रपतिविरुद्ध सडकमा उत्रियो नेविसंघ
322
पशुपति क्षेत्र विकास कोषले फूलमाला बेच्ने टहरा भत्काउने निर्णय कार्यान्वयनका लागि शिवरात्रिपछिसम्म भाका सारेको छ । कोषले पशुपति मन्दिरको सौन्दर्य बिगार्ने गरी सञ्चालित टीनका टहराहरु भत्काउने निर्णय झण्डै एक महिनाअघि नै गरेको थियो । तर , एक महिनासम्म पनि निर्णय कार्यान्वयन नगरेको कोषले शिवरात्रिमा पशुपति झनै कुरुप बन्ने भन्दै शिवरात्रि पछिसम्म भाका सारेको हो ।
पशुपति क्षेत्रका टहरा शिवरात्रिपछि हटाइने
361
हात्तीगौंडा–टोखा सडकको बूढानीलकण्ठ नगरपालिका–# मा किराना पसल गर्दै आएका कुमार श्रेष्ठ पसलमा बस्दा हिजोआज तनावमा हुन्छन् । खिम्ती विद्युत प्रसारण आयोजनाले सडक भत्काएपछि घाम लाग्दा धुलो र पानी पर्दा हिलाम्मे हुने सडकका कारण उनी तनावग्रस्त बन्ने गरेका हुन् । नेपाल विद्युत प्राधिकरण अन्तर्गतको खिम्ती विद्युत प्रसारण आयोजनाले विद्युतका तार जमिनमुनि राख्न हात्तीगौंडा चोकदेखि विष्णुमती पुलसम्म करिब # किलोमिटर सडक खनेको थियो ।
बेहाल हात्तीगौंडा - टोखा सडक
422
बलिउड अभिनेत्री एवं राजनितिज्ञ जया प्रदा ## वर्षकी लागिन् । उनले बलिउडमा कयौं हिट फिल्म दिएकी छन् तर उनको करियरको सुरूवात भने दक्षिण भारतिय तेलेगु फिल्मबाट भयो । उनले फिल्मसँगै राजनितिमा पनि नाम कमाउन सफल रहेकी छन् ।
चर्चित बलिउड स्टार हिरोइनहरू , जसको डेब्यू फिल्म बलिउड थिएन
216
अमेरिकाका वरिष्ठ सिनेटर बर्नी स्यान्डर्सले #### मा हुने राष्ट्रपति चुनावमा डेमोक्रेटिक पार्टीको उम्मेदवार बन्न आफ्नो दावेदारी पेश गरेका छन् । राजनीतिक क्रान्ति सुरु गर्ने उनको प्रतिवद्धता छ । साथै डोनाल्ड ट्रम्प आधुनिक इतिहासको सबैभन्दा खतरनाक राष्ट्रपति भएको टिप्पणी समेत गरेका छन् ।
राष्ट्रपतिको उम्मेदवार बन्न बर्नी स्यान्डर्सद्धारा दावेदारी पेश
284
पूर्वप्रधानमन्त्री डा . बाबुराम भट्टराईले शनिबार जनप्रशासन क्याम्पसमा पढाएका छन् । उनले त्रिभुवन विश्वविद्यालय अन्तरगत जनप्रशासनका एमफिलका विद्यार्थीलाई अल्पविकास र नेपालको क्षेत्रीय संरचनाः माक्र्सवादी दृष्टिकोणबारे प्रवचन दिएका हुन् । प्रवचनपछि भट्टराईले आफूसँग भएको ज्ञान बाड्न र नयाँ पुस्ताबाट केही सिक्न कक्षा लिएको बताए ।
बाबुराम भट्टराईले जनप्रशासन क्याम्पसमा पढाए
327
उद्योगी / व्यवसायीहरुले कर वृद्धि गरिएको भन्दै सरकारको चर्को आलोचना गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधान , नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ र नेपाल उद्योग परिसंघका अध्यक्ष सतिसकुमार मोरले चालू आर्थिक वर्षबाट सरकारले कर एकै पटक चार गुणा बढी हुने गरी वृद्धि गरेको उल्लेख गर्दै सरकारको आलोचना गरेका हुन् । आइतबारबाट ललितपुरमा सुरु भएको व्यवस्थापन गोष्ठीमा बोल्दै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष श्रेष्ठले स्थानीय तहमा समेत गरी दोहोरो करमा मारमा पार्ने काम नगर्न सरकारको गम्भीर ध्यानाकर्षण पनि गराए ।
सरकारविरुद्ध निजी क्षेत्रः चार गुणा बढी कर बढाएको भन्दै चर्को विरोध
546
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा एसएलसी परीक्षा दिलाउन गइरहेको दुईवटा मोटरसाइकल आज बिहान एकआपसमा ठोक्किदा दुई विद्यार्थीसहित पाँचजना गम्भीर घाईते भएका छन् । जलेश्वर नगरपालिका–# स्थित रा . वि . म . क्याम्पसअगाडि विद्यार्थी बोकेको ज # प #### र बा ## प #### नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुई विद्यार्थीसहित पाँचजना गंभिर घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । घाइतेहरुमा ज # प #### नम्बरको मोटरसाइकलमा चढी थरुवाही माविबाट परीक्षा दिन महेन्द्र आदर्श महिला मावि जलेश्वर आउँदै गरेको जिल्लाको नैन्ही–# बस्ने ## वर्षीय विकास कुमार मण्डल , उनकी बहिनी विद्यार्थी ## वर्षीया प्रियङ्का कुमारी र उनकी भाउजू ## वर्षीया सरिता देवी कापर रहेका छन् ।
सवारी दुर्घटनामा एसएलसी दिन हिडेका विद्यार्थी सहित पाँच घाइते
661
कर्णाली प्रदेश समन्वय परिषदको दोश्रो बैठक शुक्रबार पनि जारी छ । विहीवारदेखि सुरु भएको परिषदको दोश्रो बैठकमा सङ्घ , प्रदेश र स्थानीय सरकारको कामकारबाही , नीतिगत सामञ्जस्यता , योजना व्यवस्थापनमा रणनीतिक साझेदारीलगायतका विषयमा छलफल भइरहेको छ । परिषद्का संयोजक कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा सञ्चालित बैठकले मूलतः तीनवटै सरकारका साझा तथा एकल अधिकार , तिनको क्षेत्र र प्रयोग , प्राकृतिक स्रोत साधनको बाँडफाँट र उपयोगसम्बन्धी मुद्दामा व्यापक छलफल गरिरहेको छ ।
सहकार्य , सहअस्तित्व र समन्वय कर्णालीको मूल आधार
486
आइतबारको संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली । तस्वीर : चन्द्र आले / अनलाइनखबर## वैशाख , काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दनका क्रममा प्रदेश # का मुख्यमन्त्रीले दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन् ।
मुख्यमन्त्रीले मोदीसामू संविधानको विरोध गरेकोमा प्रधानमन्त्री असन्तुष्ट
280
एसियाली मुलुक दक्षिण कोरिया फिफा विश्वकप #### को समूह चरणबाटै बाहिरिने खतरा बढेको छ । रूसको रोस्टोभ एरिना रंगशालामा शनिबार सम्पन्न दोस्रो खेलमा दक्षिण कोरियालाई #–# ले पराजित गरेसँगै मेक्सिकोकोे अघिल्लो चरण यात्रा सहज भएको छ । जितसँगै मेक्सिकोले विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ ।
मेक्सिको विश्वकपको नकआउट चरण नजिक , दक्षिण कोरियाकाे सम्भावना न्यून
312
सांसद निरुदेवी पालमाथि आक्रमण गरेको विषयमा अनुसन्धान गर्न गठित छानविन समितिका संयोजक सरुवा भएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौका प्रहरी उपरीक्षक ( एसपी ) रामदत्त जोशीको आइतबार साँझ महानिरीक्षकको सचिवालयमा काज सरुवा भएको हो । उनको स्थानमा अशोक सिंहलाई ल्याएको छ ।
निरु पालमाथि आक्रमण प्रकरणः छानविन समितिका संयोजकको सरुवा
267
चलचित्र ' रुद्रप्रिया ' को ट्रेलर सार्वजनिक गरिएको छ । सुदिप भूपाल सिंहको निर्देशनमा तयार भएको यो चलचित्रलाइ रमेश पौडेल र सरस्वती थापाले निर्माण गरेका हुन् । रेखा फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रमा रेखा थापा , आर्यन सिग्देल , टिका पहारी , राजन इशानको मुख्य भूमिका छ ।
यस्तो छ रेखा र आर्यनको ' रुद्रप्रिया ' ट्रेलर
277
उनी हँसिलो मुस्कान लिएर अमेरिकाको ड्यालसमा रहेको डिएफडब्लु अन्तष्ट्रय विमान स्थलबाट कारमा हुईकिदै आए । हामी उनैलाईकुरिरहेका थियौ । साधारण पहिरनमा सजिएका , सधै हँसिलो मुस्कान रहिरहने , उमेरले चार दशक नजिकै रहदा पनि उस्तै हेण्डसम उनिगायक थिए ।
अमेरिकामा भेटिए ' कन्दरा ब्याण्ड ' का विवेक श्रेष्ठ
241
हालै गरिएको एक अनुसन्धानअनुसार एक्लै रहने , बस्ने मुटुरोगीलाई मृत्युको खतरा बढी हुने देखिएको छ । जर्नल हर्टमा प्रकाशित अनुसन्धानको नतिजाअनुसार मुटुरोगले पीडित र एक्लो रहनेमा मृत्यु दरको खतरा बढ्छ । अनुसन्धानअनुसार एक्लोपनाले पीडित व्यक्तिमा कोरोनरी मुटुरोग र मृत्युको खतरा बढी हुन्छ ।
मुटुरोगीलाई एक्लोपन खतरनाक
284
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय , सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचल काठमाडौंले चार व्यवसायी / आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । मंसिर ## गते बसेको बैठकले सार्वजनिक खरिद ऐन #### को दफा ## को उपदफा # बमोजिम शनिबारदेखि एकदेखि तीन वर्षसम्म कालोसूचीमा राखिएको हो । कालोसूचीमा राखिएको अवधिभर यी निर्माण व्यवसायी / आपुर्तिकर्ताले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।
प्रधानमन्त्री कार्यालयले राख्यो चार ठेकेदारलाई कालोसूचीमा
402
क्रान्ति शाह## साउन , वीरगन्ज । वीरगन्ज - पथलैया सडकखण्ड अन्तर्गत पर्साको लिपनीविर्ताबाट प्रहरीले ठूलो परिमाणमा अवैध लागूऔषध चरेशसहित तीन जनालाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा प्रहरी निरीक्षक बरुण बहादुर सिंहको नेतृत्वमा खटिएको टोलीले दुई सय ## केजी चरेशसहित पक्राउ गरेको हो ।
पर्सामा ट्रकबाट ठूलो परिमाणमा चरेश बरामद
284
प्रहरीको आचरण र संगठन विपरीत काम गरेको भन्दै पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले गत फागुनदेखि साउन मसान्तसम्म धनकुटाका एसपी सुदिपराज भण्डारीसहित ### जनालाई कारबाही गरेको छ । पूर्व क्षेत्रमा कार्यरत एक एसपी , एक इन्स्पेक्टर , # जना सई , ## जना असई ## जना प्रहरी हबल्दार , ## जना प्रहरी जवानलाई कार्वाही गरेको हो । त्यस्तै # सय ## जनालाई कार्वाही स्वरुप सचेत गराइएको छ ।
पूर्वमा एसपीसहित ### प्रहरी कार्वाहीमा
375
अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन भएको सुनेपछि विह्वल भएका धेरै कलाकारले एक थुंगा फूल चढाएर अन्तिम दर्शन गर्ने चाहना राखेका थिए । तर , सोमबार दिनभरि प्रयास गर्दा पनि उनीहरुले फूल चढाउन सकेनन् । हातमा बोकेको फूलको थुँगा हातैमा ओइलायो ।
हातमै ओइलियो एक थुंगा फूल , पूरा भएन श्रीकृष्णलाई बाईबाई भन्ने धोको
233
चलचित्र ' ए मेरो हजुर # ' हिट मात्र भएन , यसबाट नव - नायक सलिनमान बनियाँले चलचित्र क्षेत्रमा धमकेदार इन्ट्री पनि मारे । सलिनको चकलेटी अनुहार , स्टाइलले धेरै दर्शकलाई आकषिर्त गर्‍यो । अभिनय औषत भएपनि उनको चकलेटी अनुहारले नै उनलाई नयाँ स्टारको रुपमा चर्चामा ल्याइदियो ।
झरनाको फिल्ममा सलिनमान नै हिरो
267
फेसबुकले ## वर्ष मुनिका उमेर सुमूहलाई लक्षित गरेर नयाँ मेसेजिङ एप ल्याउने भएको छ । सार्वजनिक गर्न लागिएको ' मेसेन्जर किड्स ' एपमार्फत सो उमेर समुहकाले आफ्ना परिवारका सदस्य तथा साथीभाईसँग सन्देश आदान प्रदान गर्न सक्ने फेसबुकले जनाएको छ । तर सो एप भने अभिभावकको रोहबरमा मात्र सुरु तथा प्रयोग गर्न पाउने फेसबुकले उल्लेख गरेको छ ।
## वर्ष मुनिका लागि फेसबुकले ल्याउँदैछ मेसेन्जर
326
सविन प्रियासन ( वायाँ ) र दुर्गालाल केसी## फागुन , घोराही । नेपाल पत्रकार महासंघ दाङ शाखामा नयाँ नेतृत्व चयनका लागि मतदान भएको छ । महासंघको नेतृत्वका लागि एमाले निकट प्रेस चौतारी नेपालका दुई छुट्टाछुट्टै प्यानल चुनावी मैदानमा छन् ।
पत्रकार महासंघ दाङमा प्रेस चौतारीको गुटगत लडाईं , प्रियासन र केसी प्यानलसहित चुनावमा
231
अन्तर्राष्ट्रिय व्यापार मेलाको आठौं संस्करण आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको छ । नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजारीकरण गर्ने उद्देश्यले उक्त महोत्सव आयोजना गरिएको आयोजना गरिएको आयोजकले जनाएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजना , उद्योग , वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोग तथा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रवद्र्धन , ललितपुर उद्योग वाणिज्य महासङ्घ र नेपाल हस्तकला महासंघको सहआयोजनामा स्थानीय भृकुटीमण्डपमा सुरू भएको मेलामा ### विक्री तथा प्रदर्शनी कक्षमार्फत् स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिएको छ ।
तस्बिरमा हेर्नुस् , अन्तर्राष्ट्रिय व्यापार मेला
552
महागढीमाई नगरपालिका बरियारपुरले हप्ता दिनदेखि जारी शितलहरबाट पीडित बनेका विपन्न परिवारलाई शनिबार खाद्य सामाग्री वितरण गरेको छ । नगरपालिकाले चार सय ## विपन्न तथा दलित परिवारहरुलाई प्रतिपरिवार ## केजी चामल वितरण गरेको हो । नगरपालिका प्रमुख उपेन्द्रप्रसाद यादवले वडा नं # , # र ## का विपन्न परिवारहरुलाई चामल वितरण गरिएको जानकारी दिए ।
विपन्न परिवारलाई खाद्यान्न वितरण
332
संसदीय समितिले कर्मचारी समायोजन , पूर्व पदाधिकारीको सुविधा प्रदान र यातना नियन्त्रण गर्न बनेका तीनवटा विधेयकलाई अध्ययन गर्न दुईवटा उपसमिति बनाएको छ । सोमबार बसेको व्यवस्थापिका संसद राज्य व्यवस्था समितिको बैठकले तीनवटै विधेयकमा व्यापक अध्ययन गर्नुगर्ने निष्कर्ष निकाल्दै # वटा उपसमिति बनाउने निर्णय गरेको हो । विज्ञहरुको समेत परामर्श लिने गरी आवश्यक छलफल गर्न तीनवटा विधेयकका लागि दुईवटा उपसमिति बनाउने निर्णय गरिएको समितिका सभापति दिलबहादुर घर्तीले जानकारी दिए ।
पूर्व पदाधिकारीको सुविधाबारे अध्ययन गर्न # उपसमिति
462
युएईविरुद्ध पहिलो एक दिवसीय खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ थालेको छ । आईसीसी एकेडेमीमा टस जितेर युएईले पहिले बलिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो । पहिलो ओभरमा नै नेपालले विकेट गुमाएको छ ।
यूएईविरुद्ध व्याटिङ गर्दै नेपाल , विना रन ज्ञानेन्द्र आउट
204
चालु आर्थिक वर्षको पहिलो त्रैमासिक ( साउनदेखि –असोजसम्मको अवधि ) मा देशको वैदेशिक व्यापार सुधारको बाटोमा देखिएको छ । यो अवधिमा निर्यात वृद्धि र आयातमा कमीसँगै व्यापार घाटा साँघुरिएको तथ्यांक सरकारले सार्वजनिक गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कुल # खर्ब ## अर्ब ## करोड रुपैयाँ बराबरको वस्तु आयात भयो ।
पहिलो त्रैमासिक रिपोर्ट : आयात घट्यो , साँघुरिदै व्यापार घाटा
360
सभामुख ओनसरी घर्तीलाई प्रतिवेदन बुझाउँदै विकास समिति सभापति रविन्द्र अधिकारी । तस्वीर : अधिकारीको ट्वीटर## मंसिर , काठमाडौं । व्यवस्थापिका संसदको विकास समितिले केही कठिनाइका बाबजुद चीनको केरुङ नाकाबाट इन्धन लगायत अत्यावश्यक वस्तुहरुको सहज आपूर्ति गर्न सकिने निश्कर्ष निकालेको छ ।
केरुङबाट इन्धन आपूर्ति गर्न विकास समितिको सुझाव
279
नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले शुक्रबारसम्म कांग्रेसले मन्त्रिपरिषदमा आफ्ना नेताहरु पठाउने दाबी गरेका छन् । भण्डारीले भने , ' हामी नेविसंघको महाधिवेशनमा अल्झियौं , त्यसैले ढिला भयो , अब शुक्रबारसम्म हामी मन्त्रिण्डलमा हाम्रा साथीहरुको नाम पठाउँछौं । ' भण्डारीले तराई मधेशको समधान हुने समेत विश्वास व्यक्त गरे ।
शुक्रबारसम्म कांग्रेसले मन्त्रीको नाम पठाउँछः भण्डारी
319
फाइल तस्वीर## असोज , नेपालगञ्ज । बाँकेको नेपालगञ्ज भन्सार नाकाबाट दुई ट्यांकर डिजेल मात्रै नेपाल भित्रिएका छन् । भारतीय कस्टमबाट पाँच ट्यांकर डिजेल र ग्याँसका दुई बुलेट पास भएका थिए ।
नेपालगञ्ज भन्सारबाट भित्रियो दुई ट्यांकर डिजेल
183
सत्तारूढ दल संघीय समाजवादी फोरम नेपालका महासचिव रामसहाय प्रसाद यादवले बारा र पर्सामा हावाहुरीका कारण प्रभावित बनेका पीडितहरूको लागि स्थायी बसोबासका लागि सरकारले घोषणा गरेको प्रतिबद्धता पूरा गर्नुपर्ने बताएका छन् । महासचिव यादवले पीडित परिवारको दुःख , कष्ट निवारणमा सरकार जिम्मेवार रुपमा प्रस्तुत हुनुपर्ने ध्यानाकार्षण गराए । उनले भ्रष्टाचारीलाई सरकारले कारबाही गर्नुपर्नेमा जोड दिए ।
अबको संसद अधिवेशनमा संविधान संशोधन अघि नबढाए सरकारमा टाँसिरहँदैनौं : महासचिव यादव
384
सरोकारवालाहरूले सरकारले हचुवाको भरमा ' क्लिन फिड ' लागू गर्न लागेको भन्दै उक्त विधेयक कार्यान्वयनमा ल्याए नेपालमा केबल व्यवसाय नै धराशयी हुने चिन्ता व्यक्त गरेका छन् । मंगलबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै इन्टरनेट तथा डिजिटल टिभी समन्वय समितिका संयोजक दिनेश सुवेदीले राज्यको जिम्मेवारी आफूहरूले वहन गरिरहेको अवस्थामा सरसल्लाह र छलफल नै नगरी ' क्लिन फिड ' लागू गर्न लागेको आरोप लगाए । उनले भने , ' यही अवस्थामा यो विधेयक कार्यान्वयन भए सम्पूर्ण व्यवसाय नै धराशयी बन्छ ।
' क्लिन फिड अव्यवहारिक छ , लागू भए व्यवसाय बन्द गर्छौं '
477
खिलाडी ब्वाई अक्षय कुमार सानो बजेटको फिल्ममा धमाका मच्याइरहेका छन् । आमिर , सलमान , शाहरुख जस्ता खानहरु एकपछि अर्को चिप्लदै गर्दा अक्षय भने सानै बजेटको फिल्मबाट आफुलाई अब्बल सावित गरिरहेका छन् । अतः उनै अक्षयको अर्को फिल्म ' मिशन मंगल ' भने प्रदर्शनको तयारीमा छ ।
अक्षय कुमारको ' मिशन मंगल ' का बारेमा ## रोचक तथ्य
263
जहाँ पनि बोलाएको समयभन्दा घन्टौं ढिला पुग्ने प्रधानमन्त्री केपी शर्मा ओली सोमबार एक कार्यक्रममा भने रेकर्ड नै राख्ने गरी ( ! ) छिटो पुगे । साढे ## बजे सुरु हुने भनिएको कार्यक्रममा उनी एक नबज्दै पुग्नु सुखद आश्चर्य नै थियो । स्व . मनमोहन अधिकारीको ## औं स्मृति दिवसका अवसरमा प्रज्ञाभवनमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुग्दा अन्य पार्टीका अतिथिहरु आइसकेका थिएनन् ।
जनताको आशिर्वाद छ , त्यसैले यस्तो भएँ : प्रधानमन्त्री ओली
366
नजिकैको पर्खाल भत्किएर अाएको पहिरोले घर पुरिँदा सुत्केरीसहित तीनजनाको मृत्यु भएको छ । पर्खाल भत्किएर रुन्टिगढी गाउँपालिका - # सोइबाङमा ## बजेतिर राजकुमार बिकको घर पुरिँदा उनकी श्रीमती ## वर्षे कमला , ## दिनकी छोरी आयुुसा र राजकुमारकी दाइकी छोरी ## वर्षीया चित्राको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । लगातार वर्षा भएपछि सुत्केरीसहित बिहान भान्छा कोठामा आगो तापेर बसिरहेको अबस्थामा पर्खाल भत्किएर उनीहरु पुरिएको प्रहरीको भनाइ छ ।
पहिरोले घर पुरिँदा रोल्पामा सुत्केरीसहित तीन , कैलालीमा एकको मृत्यु
465
नेपालमा प्रति ## जना व्यक्तिमध्ये एक जनामा दम रोग रहेको अनुसन्धानले देखाएको छ । विश्व दम रोग दिवसका अवसरमा बुधबार राजधानीमा आयोजित एक अन्तक्र्रियामा हालै सार्वजनिक गरिएको एक स्वास्थ्य अनुसन्धानको तथ्यांकलाई आधार बनाएर विज्ञहरू नेपालमा दम रोगी घट्नुको सट्टा झन्झन् बढ्दै गएको बताए । प्रतिवेदनअनुसार नेपालमा कुल जनसंख्याको ## . # प्रतिशतमा दम रोग छ ।
नेपालमा दस जनामध्ये एकलाई दम
348
जिल्लाको भकुण्डे–# का युवा मनोज थापाले बाख्रापालनलाई व्यावसायिक बनाएका छन् । थापाको ' फार्म ' मा अहिले ## वटा बाख्रा छन् । अघिल्लो वर्षसम्म थापाकोमा एक÷दुई बाख्रा मात्र हुने गर्थे ।
बाख्रापालनबाट नै यसरी कामाउँदैछन् युवा
181
बैंकबाट लिएको ## लाख रुपैयाँ ऋण तिर्ने भाका सार्न एक व्यवसायीले पसलमा चोरी भएको नाटक गरेका छन् । मकवानपुरको घिमिरे इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक सेन्टरका सञ्चालक उमेश घिमिरेले बैंकको ऋणको भाका सार्ने र पसलको विमा दाबी गर्ने उद्देश्यले चोरीको नाटक गरेको खुलेको हो । जिल्ला प्रहरी कार्यालय , मकवानपुरमा # जेठमा घिमिरेको पसलमा ## लाख ## हजार रुपैयाँ बराबरको मालसामान चोरी भएको भन्दै निवेदन परेको थियो ।
ऋणको भाका सार्न करिब ## लाखको सामान चोरीको नाटक
398
कोहलपुर नगरपालिका ## स्थित रामनगरमा रहेको एक चर्चमा आगलागी भएको छ । जीवन ज्योति विद्यालय नजिकै रहेको चर्चमा शुक्रबार राति आगलागी भएको हो । घटनामा मानवीय क्षति नभए पनि भौतिक क्षति भएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक नवराज पोखरेलले बताए ।
अज्ञात समूहद्वारा चर्चमा आगजनी
253
संसदको उद्योग , वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिले चिनियाँ अधिकारीहरुलाई समेत सहभागी गराएर नेपालमा बजार अनुगमनको प्रयत्न गर्ने भएको छ । समितिका सभापति विमल श्रीवास्तवले बिहीबारको बैठकका संयुक्त रुपमा बजार अनुगमन गर्न प्रयत्न गर्ने जानकारी दिएका हुन् । कहाँ र कहिले बजार अनुगमन गर्ने भन्नेबारे नखुलाइकन उनले भने , ' समय मिलाएर चिनियाँ प्रतिनिधिमण्डलसँग संयुक्तरुपमा बजार अनुगमनमा जान प्रयत्न गर्नेछौं ।
बजार अनुगमनमा चिनियाँ टोलीलाई सहभागी गराइने !
414
गत अमेरिकी राष्ट्रपतीय चुनावमा रसियाको हस्तक्षेपका बारे हुँदै गरेको अनुसन्धानको दायरामा राष्ट्रपति डोनाल्ड ट्रम्प पनि परेका छन् । उक्त छानविन प्रक्रियासँग विमति राख्दै ट्रम्पले त्यसलाई अमेरिकी इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो ' बेकामे मुद्दा ' भएको प्रतिक्रिया दिएका छन् । ' फेक न्युज ' र ' ह्याकिङ ' मार्फत् रसियाले चुनावमा हस्तक्षेप गरेको कुरामा अमेरिकी उच्च अधिकारीहरू लगभग सहमत छन् ।
ट्रम्प छानविनको दायरामा
389
सरकारले आगामी वर्ष वैशाख ## गते स्थानीय तहको निर्वाचन घोषणा गरेको छ । लोकतन्त्रको जग मानिने स्थानीय शासन सञ्चालनका लागि झन्डै दुई दशकपछि स्थानीय जनप्रतिनिधि चुन्न चुनाव हुन लागेको हो । प्रमुख राजनीतिक दलमा समझदारीपछि सोमबार साँझ तेस्रोपटक बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय तहको निर्वाचन मिति तोकेको हो ।
दुई दशकपछि स्थानीय चुनाव घोषणा
304
रुकुम पश्चिमका दुई मतदान केन्द्रमा आज पुनः मतदान हुँदैछ । मतपेटिकामा एसिड हालेर मतपत्र जलाएपछि निर्वाचन आयोगले गत ## गते एको केन्द्रको मतदान स्थगित गरेको थियो । मतदान स्थगित भएका बाँफीकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाका एकएक मतदान केन्द्रमा पुनः मतदान भइरहेको हो ।
पहिलो चरणमा स्थगित रुकुम पश्चिमका दुई मतकेन्द्रमा आज मतदान
266
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार तय गर्न बसेको नेकपा सचिवालय बैठक बिना निश्कर्ष सकिएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सचिवालय बैठकमा नेताहरुले आफ्ना आफ्ना सुचि ल्याएपछि बैठकमा निर्णय हुन नसकेको हो । आकांक्षीहरु धेरै भएकाले उमेदवारका लागि मापदण्ड बनाउन सचिवालय सदस्यहरुले दुई अध्यक्षलाई सुझाव दिएका छन् ।
नेकपाले राष्ट्रिय सभा सदस्य उमेदवार तय गर्न सकेन
327
काठमाडौं – विद्यार्थी सङ्गठनले वरिष्ठ प्राध्यापकलाई त्रिभुवन विश्वविद्यालय जनप्रशासन विभागको प्रमुखमा नियुक्त गर्नुपर्ने माग गर्दै उपकुलपतिको कार्यालयमा तालाबन्दी गरेका छन् । एउटै व्यक्तिलाई दुई संस्थाको प्रमुख बनाउन नहुने तथा विभागमा आवश्यक कर्मचारीको दरबन्दी उपलब्ध गराउनुपर्ने माग गर्दै आज उपकुलपतिको कार्यालयमा तालाबन्दी गरिएको हो । अनुचित ढङ्गले जनप्रशासनको विभागीय प्रमुख नियुक्ति गरेको आरोप लगाउँदै आएका स्वतन्त्र विद्यार्थी युनियन र नेपाल विद्यार्थी सङ्घले नियुक्ति सच्याउन माग गर्दै बुधबारसमेत रजिष्टारको कार्यालयमा तालाबन्दी गरेका थिए ।
त्रिवि उपकुलपतिकोे कार्यालयमा तालाबन्दी
546
एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले ## बुँदे सहमतिका सहयात्री दलहरु वार्ताका लागि तयार हुनुपर्ने बताएका छन् । पोखरामा मंगलबार आयोजित पत्रकार भेटघाटमा उनले कांग्रेस र एमालेले जनतालाई संविधान नभई भ्रम मात्रै दिने काम गरेको बताए । अल्पमत र बहुमतको कुराले मुलुक मुठभेडमा जाने बताउँदै प्रचण्डले कांग्रेस एमाले वार्ताका लागि तयार नभए देश मुठभेडमा जाने बताए ।
वार्ताका लागि तयार हुन प्रचण्डको आग्रह
357
तेस्रो मुलुकका व्यापारी र उपभोक्ताको मागअनुसार नेपाली व्यवसायीले तयारी चियाको विविधतालाई प्राथमिकता दिन थालेका छन् । विदेशी व्यापारीले यसअघिसम्म अर्गानिकको आधारभूत सर्तमा चित्त बुझाउने गरेपनि अचेल चियाको प्रकार रोज्न थालेका हुन् । जर्मनी , चीन , रुस , अमेरिका , नेदरल्यान्डलगायत मुलुकबाट बर्सेनि तयारी चिया किन्न आउने व्यापारी केही वर्षअघिसम्म उत्पादित चिया अर्गानिक भए–नभएकामा बढी चनाखो रहन्थे ।
चियामा विविधता खोज्दै विदेशी व्यापारी
396
आइतबार बिहान दुबईका लागि उड्न तयार फ्लाई दुबईको जहाजका पाइलटले मादकपदार्थ सेवन गरेको पुष्टि भएको छ । मेडिकल रिपोर्टमा उनले मादकपदार्थ सेवन गरेको पुष्टि भएको विमानस्थल प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए । उनका अनुसार अब अर्को फ्लाई दुबईको जहाज दुबईबाट आएपछि उडान भर्ने छ ।
फ्लाई दुबई जहाजका पाइलटले मादकपदार्थ सेवन गरेको पुष्टि
275
स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले आज ## बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । मन्त्री भएको ## दिनमा स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी मन्त्री पोखरेलले ## बुँदे प्रतिवद्धता सार्वजनिक गरेका हुन् । यी प्रतिवद्धता आगामी सात दिन भित्रमा कार्ययोजना बनाई अवलम्बन गरिने उनले बताए ।
स्वास्थ्य मन्त्रीद्वारा ## बुँदे प्रतिवद्धता सार्बजनिक
299
चार राजनीतिक दलले # वटा संघीय प्रदेशहरु बनाउने सहमतिपत्रमा हस्ताक्षर गरेपछि त्यस्ता प्रदेशहरु कसरी बन्लान् भन्ने बहस सुरु भएको छ । यसअघि कांग्रेस र एमालेले सात प्रदेश बनाउने भन्दै आएका थिए । एमाले त्यसबाट पनि घटेर पाँच प्रदेशको लविङमा लागेको थियो ।
बहस : कसरी बन्ला # प्रदेशको नयाँ नेपाल ?
248
भारतले निर्माण गरेको बाँधजस्तो सडकले पानीको निकास थुनेपछि बाँकेको राप्तीपारि नरैनापुरका अधिकांश गाउँ डुबानमा परेका छन् । नरैनापुर भारतीय सीमा क्षेत्रसँगै जोडिएको गाउँपालिका हो । उत्तरतिरबाट बग्ने पानीलाई पूर्वपश्चिममा फैलिएको बाँधजस्तो सडकले थुन्दा नरैनापुरको वडा नम्बर # , # र # मा सबैभन्दा बढी डुबान गरेको छ ।
भारतीय बाँधले यसरी डुबायाे नेपाली भूमि ( फोटोसहित )
311
प्रहरीले नक्कली नोट लिएर क्यासिनोमा जुवा खेल्ने जोर्डनका एक नागरिकलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा टोलीले आइतबार ## वर्षे जोर्डनका नागरिक माजिन अब्दिलजबार फालेब एलसालिमेनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । उनी गएको अप्रिल ## मा नेपाल आएका थिए ।
नक्कली नोटले क्यासिनोमा जुवा खेल्ने जोर्डनका नागरिक पक्राउ
279
भारतीय सीमा क्षेत्रनजिकैबाट बुधबार पक्राउ परेका नेत्रविक्रम चन्द ( विप्लव ) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ## कार्यकर्ताको नाम प्रहरीले बिहीबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मोरङ मिक्लाचोङ–# का अर्जुन आचार्य , झापा दमक–# का सुमनसिंह पौडेल , झापा गाउँपालिका–# का चमनलाल माझी , इलामको देउमाई नगरपालिका–# का मोहन बराल , झापा गौरीगञ्ज–# का सुमन राईलगायत छन् । आचार्य झापा जिल्ला इन्चार्ज हुन् भने पौडेल झापा सेक्रेटरी हुन् ।
विप्लव नेतृत्वको नेकपाका झापा इन्चार्ज र सेक्रेटरी पक्राउ
430
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले कर्मचारीले मागेअनुसार स्वेच्छिक अवकाशको सूचना दिन प्रादेशिक कर्मचारी प्रशासन शाखालाई निर्देशन दिएको छ । वैशाख ## मा राष्ट्रिय सूचना आयोगले सात दिनभित्र कर्मचारीले मागेअनुसार सूचना दिन मन्त्रालयलाई लिखित पत्र पठाएको थियो । सूचना आयोगले दिएको समयभन्दा एक दिन ढिला वैशाख ## मा मन्त्रालयका शाखा अधिकृत कृष्णराज अर्यालले कर्मचारीले मागेअनुसारको सूचना दिन मन्त्रालयकै कर्मचारी प्रशासन शाखालाई निर्देशन दिएका हुन् ।
सूचना आयोगको पत्रपछि स्वेच्छिक अवकाशको सूचना दिन मन्त्रालय तयार
451
आइतबार काँडाघारीबाट अपहरणमा परेका बालकको हत्या भएको छ । अपहरणमा परेका निसान खड्काको शव ठिमीको निर्माणाधिन भवनमा भेटिएको महानगरीय अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहले बताए । अपहरणकारीले खड्काको परिवारलाई फोन गरेर मोटो रकम मागेका थिए ।
काँडाघारीबाट अपहरणमा परेका बालकको शव फेला
237
इलाममा जारी चौंथो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकप फुटबल प्रतियोगितामा मंगलबार ( आज ) को दोस्रो क्वाटरफाइनल खेलमा झापा–## र सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो #ः## बजे बाट सदरमुकामको ठूलो टुँडिखेलमा हुनेछ । बंगलादेशको कावरान प्रगति संघलाई #–# ले पराजित गर्दै एपीएफ क्वाटरफाइनलमा प्रवेश गरेको हो भने झापा ## सिधै वाई पाएर अघिल्लो चरणमा प्रवेश गरेको हो ।
माइभ्याली गोल्डकपः दोस्रो क्वाटरफाइनल खेलमा झापा–## र एपीएफ भिड्दै
412
काठमाडौं बसुन्धराकी ## वर्षीया गरिमा काफ्ले ## वर्षअघि न कान सुन्थिन् न बोल्नै सक्थिन् । उनको दिदीलाई पनि यस्तै समस्या थियो । भएका दुवै सन्तानलाई कान नसुन्ने र बोल्न नसक्ने समस्या भएको थाहा पाएपछि उनका बाआमा गम्भीर चिन्तामा फसे ।
बोल्न र सुन्न नसक्नेलाई सहज बनाउँदै श्रवणयन्त्र
229
अन्तरिम संसद्ले #### सालमा नेपाललाई जातीय छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको सोमबार ## वर्ष पूरा भएको छ । सोही अवसरमा छुवाछूतको उत्पीडन महसुस गरेका विभिन्न समुदायले कार्यक्रम गरेर ऐतिहासिक दिनलाई सम्झँदै थिए । तर , यति नै बेला संघीय समाजवादी फोरम नेपालकी सांसद कलुदेवी विश्वकर्मालाई भने अर्कै पिरलो थियो ।
जातीय छुवाछूत मुक्ति घोषणामै सीमित
303
भारतले पाकिस्तानको आतंककारी समूह जैस - ए - मोहम्मद फेरि भारतका विभिन्न ठाउँमा आक्रमण गर्ने सूचना आएकाले मंगलबार बिहान पाकिस्तानी भूमिमा बम खसालिएको बताएको छ । मंगलबार बिहान नयाँ दिल्लीमा पत्रकार सम्मेलन भारतीय विदेश सचिव विजय गोखले फेब्रुअरी ## को पुलवामा आक्रमणपछि जैस ए मोहम्मदले फेरि आक्रमण गर्ने योजना बनाएकाले सूचना आएकाले उसका अखडामा आक्रमण गर्नु आवश्यक भएको बताए । ' आज बिहान भारतीय वायु सेनाका जहाजले बालाकोटमा आक्रमण गरे ।
फेरि आक्रमण हुने सूचना आएकाले पाकिस्तानमा बम हान्यौं : भारत
431
नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) का नेता गोकर्ण विष्टले मन्त्रिपरिषद् पुनर्गठन गर्दा आफ्नो आत्मसम्मानमा चोट पुग्ने व्यवहार भएको गुनासो गरेका छन् । बुधबार पार्टी स्थायी कमिटी बैठकमा बोल्दै पूर्व श्रम तथा रोजगारमन्त्रीसमेत रहेका विष्टले मागेको भए आफूहरु राजीनामा दिन तयार नै रहेको बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले # मंसिरमा मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए ।
मन्त्रिपरिषद् पुनर्गठन गर्दा आत्मसम्मानमा चोट पुर्‍याइयो : गोकर्ण विष्ट
369
उत्तर कोरियाली शासक किम जोङ उनले आफ्नो देशले अब ' नयाँ रणनीतिक हतियार ' बनाउने बताएका छन् । नयाँ वर्ष ####को अवसरमा बुधबार देशवासीलाई सम्बोधन गर्दै उनले भविष्यमा आणविक कार्यक्रमको विकासका साथै नयाँ रणनीतिको हतियार तयार पार्ने योजना बनाएको उत्तर कोरियाली सरकारी सञ्चार माध्यमले जनाएको छ । यही साता किमले मजदुर पार्टीको माथिल्लो तहका नेताहरूसँग चार दिने छलफल गरेका थिए ।
किम जोङ उनले भने - आउने वर्ष दुनियाँले नयाँ रणनीतिक हतियार देख्नेछ
368
नेकपाका नेता झलनाथ खनालले अवसर पाउँदा केही गर्न केही नगरेको कांग्रेसले अहिले गफ लगाउने थालेको टिप्पणी गरेका छन् । कांग्रेसले केही गर्न नसकेकै कारण युवा जनशक्ति विदेशिन बाध्य भएको उनले बताए । शनिबार राजधानीमा आयोजित कार्यक्रममा खनालले भने , कम्युनिस्ट पार्टीले विकास निर्माणमा केही गर्न सक्दैन भनेर विरोधको कुनै अर्थ म देख्दिनँ ।
कांग्रेस नेताहरुलाई झलनाथको आग्रहः ऐनामा आफ्नो अनुहार हेर्नुस्
328
प्रदेश नम्बर # को प्रदेशसभाको संसदीय समितिको नेतृत्वका लागि प्रदेशसभामा निर्वाचन प्रक्रिया सुरू भएको छ । प्रदेशसभामा मंगलबार भएको समितिको सभापतिका लागि भएको मनोनयनमा तीन वटा संसदीय समितिमा नेतृत्व चयन भएको छ । प्रदेशसभामा छ वटा संसदीय समितिमध्ये मंगलबार मनोनयन दर्ता गर्ने क्रममा एक / एक जनाको मात्रै मनोनयन दर्ता भएपछि तीन वटा समितिको नेतृत्व निर्विरोध चयन भएको हो ।
संसदीय समितिको नेतृत्वका लागि निर्वाचन प्रक्रिया सुरू
367
नेपाली कांगेसका महामन्त्री डा . शंशाक कोइरालाले प्रधानमन्त्री तानाशाही बनेको आरोप लगाएका छन् । सबै अधिकारहरु आफ्नो हातमा राख्ने र काण्डै काण्ड मच्चाउने काम भएको भन्दै उनले कांग्रेसले यस्ता गतिविधिको विरोध गर्ने बताए । नेपाली कांग्रेसले देशका ## वटै जिल्लामा बुधबार देखि सुरु गरेको राष्ट्रिय जागरण अभियानका क्रममा रुपन्देहीको भैरहवामा सम्बोधन गर्दै उनले उनले सञ्चारमाध्यम , न्यायपालिकालगायतका क्षेत्रलाई सरकारले कठपुतली बनाएको आरोप लगाए ।
सरकारले मिडिया , न्यायालयलाई कठपुतली बनायो : शशांक कोइराला
437
रामेछाप–रामेछापको पकरबास गाविस - # ढुंगेल गाउँको उकालोमा बुधबार राति भएको मिनीट्रक दुर्घटनामा # जनाको मृत्यु भएको छ । घटनामा एक जना घाइते बनेका छन । जिल्लामा बुधबार नै भएको दुइ सवारी दुर्घटनामा # को ज्यान गएको छ ।
मिनीट्रक दुर्घटनामा # को मृत्यु
213
नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) का स्थायी समिति सदस्य तथा प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले जन्मदिनको अवसरमा ताप्लेजुङको दुर्गम गाउँका दुई बिद्यार्थीलाई अध्ययन खर्च स्वरुप जनही ## हजार रुपैंया दिएका छन् । भट्टराईले बिद्यार्थी भर्ना अभियानका क्रममा आफैंले अभिभावक बनेर भर्ना गराएका दुई बिद्यार्थीलाई उनले आफ्नो जन्मदिन मनाउने खर्च कटाएर आर्थिक सहयोग गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वान अनुसार बिद्यार्थी भर्ना अभियानका क्रममा यहाँको पाथिभरा याङ्वरक गाउँपालिका वडा नम्बर # चाक्सिबोटेका गंगा बिक र वडा नम्बर # थुम्बेदिनका कमल बिकलाई उनले अध्यन खर्च बापत ## / ## हजार रुपैंया दिने घोषणा गरेका हुन् ।
जन्मदिनमा योगेशले विपन्न विद्यार्थीलाई गरे आर्थिक सहयोग
620
गएराति स्वयम्भू नजिक ठाडो भर्याङमा भएको सडक दुर्घटनामा काठमाडौँ बस्दै आएकी गोरखाकी ## वर्षीया भगवती अर्यालको मृत्यु भएको छ । लु # ख #### नंको ट्रकले स्वयम्भूबाट सीतापाइला आउने क्रममा बा ## प ### नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटर पछाडि बसेकी अर्यालको घटनास्थलमा नै मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । प्रहरीका अनुसार दुबै सवारीसाधन चालकको नाम खुल्न सकेको छैन ।
ट्रकको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु
380
साताको पहिलो दिन सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । सोमबार # हजार # सय ## . ## विन्दुबाट पहिलो कारोबार सुरु भएको थियो । त्यसपछि बजार निरन्तर ओरालो लाग्यो ।
नेप्सेमा दोहोरो अंकको गिरावट
176
किसानको जिल्ला भनेर चिनिने भक्तपुरमा बुधबार दिउँसो परेको असिनापानीले तरकारीबारी नष्ट गरिदिँदा किसान चिन्तित बनेका छन् । काट्न ठिक्क हुन लागेको गहुँबारीलगायत तरकारीबाली असिनापानीले नष्ट पारेपछि जिल्लाका किसानमा पीडा थपेको छ । भारी वर्षासहित परेको असिनापानीले गहुँसहित जिल्लाका ठाउँठाउँका खेतमा लगाएका काउली , बन्दाकोपी , आलु , प्याज , लसुनलगायत नगदेबालीमा क्षति पुर्‍याएको छ ।
असिनाले रुवायो भक्तपुरे किसानलाई
375
नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको तीन दिने भेला आजबाट हेटौंडामा सुरु हुँदै छ । भेलाका लागि ## वटै जिल्लाका सभापतिहरू आइसकेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । ## बजे भेलाको उद्घाटन हुनेछ ।
हेटौंडामा कांग्रेस सभापतिहरुको भेला सुरु हुँदै
209
प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार दक्षिणपूर्वी एसियाली मुलुकहरू भियतनाम र कम्बोडियाको भ्रमणमा प्रस्थान गरेका छन् । नेपाली टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री ओली नेपाल एयरलाइन्सको जहाज चार्टर्ड गरेर त्यसतर्फ प्रस्थान गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा ती देशको भ्रमणका लागि आज प्रस्थान गरेका हुन् ।
प्रधानमन्त्री भियतनाम र कम्बोडिया भ्रमणमा ( तस्बिरहरू )
446
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको आर्थिक समृद्धि र विकासका लागि लगानी गर्न बेलायती रक्षा राज्यमन्त्री मार्क ल्यानकाष्टरसँग आग्रह गरेका छन् । नेपाल भ्रमणमा आएका रक्षा राज्यमन्त्री ल्यानकाष्टरसँग आज एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा भएको सो शिष्टाचार भेटमा अध्यक्ष ओलीले सो आग्रह गरेका हुन् । जवाफमा ल्यानकाष्टरले हालैको निर्वाचनबाट नेपालमा वाम गठबन्धनले विजय हासिल गरेकामा बधाई दिँदै आफूहरु लगानी बढाउन सकारात्मक रहेको स्पष्ट पारेको भेटमा सहभागी एमाले नेता डा राजन भट्टराईले जानकारी दिए ।
नेपालमा लगानी गर्न बेलायतलाई आग्रह
505
आज बुधबार दिनभर अनलाइनखबरमा सयौं समाचार अपटेड भए । त्यस मध्ये पाठकले सबैभन्दा धेरै रुचाएका टप ## समाचार तपाईले छुटाउनु भयो कि ? # . एमाओवादी ' कामरेड ' एकैसाथ दुईवटी श्रीमतीका पोइ ! ## वर्ष लागेका एमाओवादीका सुदूरपश्चिमे नेता लेखराज भट्टले सुदूरपूर्व ताप्लेजुङकी कन्या ( विष्णु आचार्य ) सँग दोस्रो विहे गरेको चर्चाले नेपालको पारिवारिक कानूनलाई नयाँ चुनौती दिएको छ । एउटा कम्युनिष्ट एकैसाथ दुईवटी पत्नीसँग एउटै ओछ्यानमा रहन मिल्छ कि मिल्दैन भन्ने अर्को बहस सिर्जना भएको छ ।
बुधबारको टप ## समाचारः ' कामरेड ' को दुईवटी श्रीमतीदेखि ज्ञानेन्द्रले बिजुलीको बिलसम्म
472
कुनै समय निकै उब्जाउशील काठमाडौंमा अहिले फलेका देखिन्छन् त मात्र घर ! काठमाडौं अरुमा आश्रित छ तर , स्वस्थ खाना कमै खान पाउँछ । सुविधा छन् तर , तिनै सुविधाले मानिसलाई अल्छी बनाएको छ । र , रोगी पनि ।
पौरखः घ्युकुमारीको झोल बेचेर महिनामै दुई लाख !
197
दोलखा–यात्रु बोकेर सदरमुकाम आउँदै गरेको निजी बोलेरो दुर्घटमा परेको छ । जिल्लाको सिगँटीबाट बुधबार दिउँसो # जना यात्रु लिएर चरिकोट आउँदै गरेको बा ## च #### नम्बरको निजी बोलेरो सुनखानी # स्थित मिलडाँडा नजिक दुर्घटनामा पर्दा # जना घाइते भएको जिल्नाला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रवक्ता प्रहरी निरीक्षक विनोद सुनुवारका अनुसार # जना यात्रु बोकेर सदरमुकाम आउँदै गरेको बोलेरो सडकबाट ## फिट तल खसेको थियो ।
यात्रु बोकेकाे निजी बोलेरो दुर्घटना
431
प्राइम कमर्सियल बैंकले काभ्रेपलाञ्चोक , मंगलटारको मंगल जनबिजय क्याम्पसलाई भौतिक पूवाधारका सामग्री हस्तान्तरण गरेको छ । बैंकले बिद्यार्थीको अध्ययन सुविधाका लागि ## बेन्च , डेक्स बिद्यालयलाई हस्तान्तरण गरेको जनाएको छ । उक्त सामग्री नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिबराज श्रेष्ठले क्याम्पस प्रशासनलाई हस्तान्तरण गरेका हुन ।
प्राइम बैंकको क्याम्पसलाई सहयोग
324
जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड मेलाका लागि दररेट ( शुल्क ) निर्धारण भएको छ । मेलाको समयमा तीर्थयात्री ठगिने सम्भावना कम गर्नका लागि दररेट निर्धारण गरिएको हो । भौगोलिक अवस्थिति र दूरीलाई आधार बनाएर दररेट निर्धारण गरिएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।
गोसाइँकुण्ड मेलाकाे दररेट ताेकियाे
272
निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको घूस ' मोलमोलाइ ' प्रकरणले राजनीतिक तहमा हुने ठूला भ्रष्टाचारलाई फेरि एकपटक चर्चाको केन्द्रमा मात्रै ल्याएको छैन , राजनीतिक नेतालाई यतिविघ्न रकम किन चाहिन्छ भन्ने बहसको समेत ढोका खोलेको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रिया अघि बढाउन बाँस्कोटाले करिब ## करोड रुपैयाँ कमिसनको मोलमोलाइ गरेको अडियोमा सुनिन्छ । त्यसबाहेक प्रेसको लागत नै एक अर्ब रुपैयाँ बढाउनसमेत उनले प्रस्ताव राखेका छन् ।
नेताहरूमा किन द्रव्यमोह ?
453
बलिउडमा सलमान खानको सबैभन्दा पानी बाराबारको सत्रु होला ? शाहरुख खान होइन । रणवीर सिंह पनि होइन । अर्जुन कपुर होइन ।
विवेक ओवरायले उडाए सलमानलाई , ' म आज पनि यहीं छु '
115
राजपुर बम काण्डको सफल अनुसन्धान गरी नाम कमाएका रौतहट प्रहरी प्रमुख एसपी भूपेन्द्रबहादुर खत्रीको बिदाई गरिएको छ । प्रहरी प्रधान कार्यालयले गत हप्ता एसपी खत्रीलाई सरुवा गर्दै रौतहटको नयाँ प्रहरी प्रमुखमा एसपी रविराज खड्कालाई पदस्थापन गरेपछि एक समारोहबीच एसपी खत्रीलाई बिदाई गरिएको हो । एसपी खत्रीको बिदाई कार्यक्रममा प्रमुख जिल्ला अधिकारी किरण थापासहित सुरक्षा निकायका प्रमुखहरु , विभिन्न कार्यालयका कार्यालय प्रमुख , समाजसेवी , राजनीतिकर्मी तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
चर्चित एसपी खत्रीको बिदाई
482
काठमाडौ– सरकारले करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीलाई मंगलबारदेखि सरकारी कार्यालयमा हाजिर नगराउन सम्बन्धित कार्यालयहरुलाई पत्राचार गरेको छ । सरकारको यो निर्णय अनुसार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा विभागले पनि मातहतका कार्यालयलाई करार तथा ज्यालादारी कर्मचारीलाई साउन # बाट हाजिर नराउने र करार नगर्ने भन्दै मातहतका कार्यलयलाई सर्कुलर पठाएको छ । विभागले अस्थायी दरवन्दीमा रहेका स्थायी कर्मचारीलाई भने अर्को व्यवस्था नभएसम्म साविककै कार्यालयमा हाजिर तथा कामकाज गराउन भनिएको छ ।
करार र ज्यालादारी कर्मचारीलाई सरकारी डण्डा !
493