article
stringlengths
55
1.8k
title
stringlengths
10
141
article_length
int64
55
1.8k
सुदूरपश्चिम प्रदेशसभामा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त हत्याको घटनाले नेपालको अन्तर्राष्ट्रिय तहमै अपमान भएको बताएका छन् । उनले हत्यारा पत्ता लगाएरै छोड्ने दाबी दोहोऱ्याउदै गहिरो अनुसन्धान भइरहेको बताए । ' अनुमानका भरमा कसैलाई किटान गर्नु भएन , सम्पूर्ण प्रमाणहरू नष्ट गरिएको अनुसन्धानमा ढिलाइ भएको हो ' उनले भने ।
सुदूरपश्चिम प्रदेशसभामा प्रधानमन्त्रीको सम्बोधन : ' निर्मला पन्तको हत्यारा पत्ता लगाएरै छाड्छौँ '
342
भारतको राजधानी नयाँ दिल्लीमा बढ्दो वायु प्रदुषणका कारण यहाँको जनजीवन थप अप्ठेरोमा पर्न थालेका समाचारहरु आएका छन् । आइतबार जस्तै आज सोमबार पनि वातावरण प्रदुषणको मात्रा झन् बढेकोले विद्यालय बन्द गरिएका छन् भने सडकमा पर्याप्त मात्रामा सवारी साधनहरु पनि सञ्चालनमा आएका छैनन् । जसका कारण यस वरपरको बस्तीमा समेत समस्या देखिन थालेको छ ।
नयाँ दिल्लीमा बढ्दो प्रदुषणले थप समस्या
329
नेपाली फिल्मको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धननको चर्चा चलिरहँदा छिमेकी मुलुक चीनमा नेपाली फिल्म प्रदर्शनको तयारी गरिएको छ । गत नोभेम्बर ## देखि नोभेम्बर ## सम्म चीनमा भएको दी फेडेरेसन अफ मोसन पिक्चर प्रोड्युसर्स इन एसिया प्यासिफिकको बैठकमा नेपालसहित विभिन्न मुलुकका फिल्मलाई त्यहाँ प्रदर्शनका लागि वातावरण तयार गर्ने सहमति भएको हो । बैठकमा सहभागी भएर हालै मात्र स्वदेश फर्किएका नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले बैठकमा सहभागी ## देशमध्ये प्रत्येक देशले प्रति देश # वटा फिल्म चीनमा प्रदर्शन गराउने सहमति भएको बताए ।
चीनमा नेपाली फिल्म प्रदर्शनको पहल
533
सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले ग्रीन कार्ड र पिआर लिने नेता तथा कर्मचारीहरूलार्इ उच्च ओहोदाका भगौडाको संज्ञा दिएका छन् । नेपालको माया नभएर ग्रीन कार्ड र पिआर लिएको उनले बताए । मध्यपुरथिमिस्थित बाबा बचत तथा ऋण सहकारी संस्थाको ##औँ वार्षिक साधारणसभामा मन्त्री पण्डितले आज ' नेपाल र नेपाली हुँ ' भन्ने बिर्सेर विदेश जानेले उतै आफ्नो पहिचान खोज्न थालेको बताए ।
ग्रीन कार्ड र पिआर लिने उच्च ओहोदाका भगौडा हुन् : मन्त्री पण्डित
366
जग्गा खण्डीकरण रोक्ने सरकारको निर्णय नापी विभाग तथा मालपोत कार्यालयका कर्मचारीलाई आर्थिक अनियमितता गर्ने माध्यम बनेको छ । एक आर्थिक वर्षमा # पटकभन्दा बढी कित्ताकाट गर्न नपाउने सरकारको निर्णयलाई मालपोत तथा नापी विभाग कार्यालयका कर्मचारीले उल्लघंन गर्ने गरेका छन् । जग्गा कारबारीसँग मिलोमतो गरी नापी विभाग तथा मालपोत कार्यालयका कर्मचारीले कित्ताकाटमा ठूलो अनियमिता गरेको पाइएको छ ।
एक वर्षमा एउटै जग्गा ## पटक कित्ताकाट
379
कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले अहिलेसम्म चल्दै आएको निर्वाह र परम्परागत तथा जीवन धान्ने अवस्थाको कृषि व्यवसायबाट माथि उठ्न किसान आफैँले जीवनमा बदलिएको महसुस हुने खालको कार्यक्रम ल्याउन लागेको बताएका छन् । नेपाल टेलिभिजनबाट प्रसारण हुन लागेको ' कृषकसँग कृषिमन्त्री ' कार्यक्रमको पहिलो शृङ्खलाको काभ्रेपलाञ्चोकस्थित बनेपा नगरपालिका–# नालामा आज भएको छायाङ्कन कार्यक्रममा मन्त्री खनालले किसानले आफ्नै जीवनमा बदलिएको महसुस गर्ने गरी कार्यक्रम ल्याउने बताए । जिल्लाका विभिन्न क्षेत्रबाट उपस्थित किसानको प्रश्न र जिज्ञासाको जवाफ दिँदै मन्त्री खनालले उत्पादन गरेको वस्तुलाई बजार लाने , बिक्री गर्ने र बाहिर अन्यत्र लाने विधि थाहा नभएकै कारण विचौलियाको मारमा पर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै त्यसको अन्त्य गर्ने काम अब सरकारले गर्ने बताए ।
कृषकले स्वयं जीवन बदलिएको अनुभव गर्ने खालको कार्यक्रम ल्याउँछौँ : मन्त्री खनाल
751
चीनले भीमकाय दूरसञ्चार कम्पनी हुवावेकी वित्तीय प्रमुख मेङ वान्झाउमाथि क्यानाडाले अमानवीय व्यवहार गरेको भन्दै कडा शब्दमा निन्दा र आलोचना गरेको छ । अमेरिकी आग्रहमा क्यानाडामा पक्राउ परेकी मेङलाई अमेरिका सुपुर्दगी गर्ने योजना छ । चीनले मेङलाई जेलभित्र पर्याप्त औषधि उपचारको व्यवस्था नगरिएको आरोप लगाएको छ ।
हुवावेकी वित्तीय प्रमुखमाथि अमानवीय व्यवहार , अदालतमा मुद्दा दायर
303
नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) का अध्यक्ष पुष्पकमल दाहालले स्वर्गीय पोष्टबहादुर बोगटीको अभाव सिंगो पार्टीलाईभन्दा बढी आफ्नो व्यक्तिगत जीवनमा खड्किएको बताएका छन् । नुवाकोटको विदुर नगरपालिका–# तुप्चेमा अवस्थित चण्डेश्वरी माध्यामिक विद्यालयको ##औँ अभिभावक भेला तथा स्वर्गीय पोष्टबहादुर बोगटीको शालिक अनावरण कार्यक्रममा सहभागी भएका उनले बोगटीसँग गरिएका यात्रा सम्झिएका थिए । वरिष्ठ नेताहरू पनि बोगटीको अगाडि सतर्क हुनुपर्ने र उनले बोलेपछि त्यसलाई गम्भिरतापूर्वक लिनुपर्ने बाध्यता हुन्थ्यो भन्दै उनले उनीसँग चारित्रिक र नैतिक बल रहेको स्मरण गरे ।
बोगटीको अभाव खड्किरहेको छ : दाहाल
544
गत असार ## गते बुद्धस्थल तिलौराकोटको पूर्वी द्वारनजिक ## सय वर्षअघिको झल्को दिने गरी राजकीय धान रोपाइँ मंगलोत्सव आयोजना गरियो । लुङ्दा , बौद्ध झन्डा र ध्वजापताकाले सिंगारेर बुद्धमय बनाइयो । धान मंगलोत्सव हेर्न चीन , थाइल्यान्ड र म्यानमारका भिक्षु / भिक्षुणी र उपासक / उपासिका आएका थिए ।
धान महोत्सवस्थलमा घाँस
286
एभरेष्ट बैंकले बुधबारदेखि ## करोड रुपैयाँ बराबरको ऋणपत्रको बिक्री खुल्ला गरेको छ । # प्रतिशत व्याज दिनेगरी निष्काशन गरिएको उक्त ऋणपत्रमा आगामी असार ## गतेसम्म लगानी गर्न पाइनेछ । प्रतिकित्ता एक हजार रुपैयाँ पर्ने ऋणपत्रको भुक्तानी अवधि # वर्षको रहने बैंकले जनाएको छ ।
ऋणपत्रमा आठ प्रतिशत व्याज दिने एभरेष्ट बैंको घोषणा
267
अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको साधारणसभाले नेपाल क्रिकेट संघ क्यानलाई निलम्बन गर्ने निर्णय अनुमोदन गरेको छ । स्कटल्याण्डको एडिनबरामा सम्पन्न साधारणसभाले नेपालसँगै अमेरिकाको क्रिकेट संघलाई निलम्बन गर्ने बोर्डको निर्णय अनुमोदन गरेको हो । नेपाल क्रिकेट एशोसिएसन आन्तरिक विवादमा फसेपछि आईसीसीले गत अपि्रलमा निलम्बन गरेको छ ।
आईसीसीको प्रतिनिधिमण्डल नेपाल आउने
329
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले केही स्थान हड्ताल–जुलुस गर्न निषेधित क्षेत्र घोषणा गरेर जनताको शान्तिपूर्ण प्रदर्शन गर्न पाउने मौलिक अधिकार कुण्ठित गर्न खोजेको आरोप लगाएका छन् । छत्तीसौँ बीपी स्मृति दिवसका अवसरमा काँग्रेस केन्द्रीय समितिद्वारा आज आयोजित कार्यक्रममा उनले संविधानप्रदत्त शान्तिपूर्ण प्रदर्शन गर्न पाउने अधिकार कुण्ठित गर्नु अप्रजातान्त्रिक र मानवाधिकारविरुद्ध हो भन्दै कम्युनिष्टसँग मिल्नुहुँदैन भन्ने बीपीको विचार उपयुक्त भएको आफूले भर्खरै थाहा पाउन लागेको बताए । आमरण अनशनरत प्रा डा गोविन्द केसीका माग सम्बोधन गर्न आफ्नो नेतृत्वको तत्कालीन सरकारले माथेमा आयोगका भावना र मर्मअनुसार नै चिकित्सा शिक्षा अध्यादेश जारी गरेको बताउँदै पूर्वप्रधानमन्त्री देउवाले उनका माग सम्बोधन गर्न तत्कालीन चिकित्सा शिक्षा अध्यादेशअनुसार नै विधेयक ल्याउनुपर्नेमा जोड दिए ।
बीपीले उहिल्यै चिनेका कम्युनिष्टलाई बल्ल चिन्दैछु : देउवा
787
' जेठ ## गते बिहान # बजे बुटवलमा भेटौँ , कान्तिपथ विश्व हिन्दु महासंघको हलमा । ' फेसबुकमा यस्तो लेखेकै दिन ज्ञानेन्द्र शाही जेठ ## गते सुर्खेतबाट पक्राउ परे । कारण थियो– एक महिनाअघि एउटा अनलाइनमार्फत सुर्खेत र कर्णालीका पत्रकारलाई गरिएको गालीगलौज तथा अभद्र अभिव्यक्ति ।
सुर्खेतमा शाही पक्राउ– ' अपमानजन्य ' बोलेपछि ' पक्राउ र यातना '
269
कर्तव्य ज्यान मुद्दामा फरार चितवन राप्ति नगरपालिका - # बस्ने नुवाकोट ककनी गाउँपालिका - # घर भएका ## वर्षीय भरत सुनारलाई घटना गराएको ## वर्षपछि प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न रही फरार रहेका सुनारको खोजी गर्ने क्रममा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगन्जबाट खटिएको प्रहरीले उनलाई चितवन राप्ती नगरपालिका - # भवानी बजारबाट मंगलबार पक्राउ गरेको हो । #### पुस ## गते नुवाकोट साविक ककनी गाविस - # सिम्ले हाल ककनी गाउँपालिका - # बस्ने ## वर्षीया पदमकुमारी गुरुङको सिम्लेस्थित मकैबारीमा शव फेला परेको थियो ।
हत्या गरेको ## वर्षपछि पक्राउ
507
सर्च इन्जिन गुगलले ' ट्वाइलेट पेपर ' सर्च गर्दा पाकिस्तानको झण्डा देखिनुमा आफूहरु जिम्मेवार नभएको स्पष्टीकरण दिएको छ । गुगलमा ' बेस्ट ट्वाइलेट पेपर इन द वर्ल्ड ' सर्च गर्दा पाकिस्तानको झण्डा देखिन्छ । यस विषयलाई लिएर गुगलको आलोचना भएको थियो ।
गुगलको स्पष्टीकरण : ' ट्वाइलेट पेपर ' सर्च गर्दा पाकिस्तानको झण्डा देखिनुमा हामी जिम्मेवारी छैनौं
242
वीरगञ्ज–योगमय बनाउने भनिएको वीरगन्जको आदर्शनगर रंगशालामा सञ्चालित योग शिविर नेतामय बनाउँदै सोमबार समापन भएको छ । भारतको हरिद्वारबाट आएका योग गुरु स्वामी रामदेवको शिविरलाई राजनीतिक ओज कायम राख्दै सभामुख ओमसरी घर्तीले पाँचौ तथा अन्तिम दिनको शिविर समापन गरिन् । कार्यक्रमको निर्धारित तालिका अनुसार प्रधानमन्त्री पुष्पकमल दहालले समापनको दिनमा प्रमुख अतिथिको भूमिका गर्ने तय थियो ।
योगमय होइन , नेतामय बन्यो वीरगञ्ज
376
सोमबार प्रतितोला ## हजार # सय रुपैयाँमा सुनको कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार ## हजार # सय रुपैयाँमा कारोबार भएको थियो । हिजोको तुलनामा सुन प्रतितोला # सय रुपैयाँ बढेको हो ।
सुन प्रतितोला ## हजार # सयमा कारोबार
205
प्रदेशसभाका उपसभामुखले भूमिकामा मात्र नभएर मर्यादाक्रममा पनि आफूहरुलाई अन्याय भएको गुनासो गरेका छन् । ' यद्यपि , उपसभामुख ठूलो जिम्मेवारीको पद हो , वृत्ति विकासका लागि यो ठूलो अवसर र चुनौतीका रुपमा लिएका छौँ , ' सङ्घीय संसद् सचिवालयले आज आयोजना गरेको अन्तरक्रियामा उनीहरुले भने । सभामुख बिरामी परेको बेला र पालो दिन पर्दा मात्रै उपसभामुखलाई सभा सञ्चालन गर्न दिने अभ्यास सुधार्नपर्ने उनीहरुको भनाइ थियो ।
बिरामी हुँदा र पालो दिन मात्रै उपसभामुख किन ?
403
प्रधानमन्त्री बनेकै दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी ओलीलाई भारत भ्रमणको निम्तो दिएका थिए । तर , अहिलेसम्म ओलीको भारत भ्रमणको तिथि तय हुन सकेको छैन । प्रधानमन्त्री बनेयता ओलीलाई सोमबार दोस्रोपटक भारतीय प्रधानमन्त्री मोदीको फोन आयो ।
प्रधानमन्त्री ओलीको भारत भ्रमण अनिश्चित
259
प्रमुख निर्वाचन आयुक्त अयोधिप्रयाद यादवले निर्वाचनसम्वन्धी कानूनहरु समयमै दिन सरकारलाई आग्रह गरेका छन् । साथै स्थानीय तहको पुनर्संरचना सम्वन्धी आयोगको प्रतिवेदन आएर पुसभित्र कानुन बनेमा चैतमा चुनाव गर्न सकिने बताएका छन् । प्रतिनिधि सभा निर्वाचन विधेयकको मस्यौदामाथि राजनीतिक दलका प्रतिनिधि र निर्वाचन विट हेर्ने पत्रकारहरुसँग गरिएको संयुक्त छलफल एवम् दुईदिने गोष्ठीमा प्रमुख निर्वाचन आयुक्त यादवले मंसिरमा चुनाव गर्न साउनभित्र कानुन बनिसक्नु पर्ने बताए ।
चैतमा चुनाव गर्न पुसमै कानून दिनुपर्छः प्रमुख निर्वाचन आयुक्त
454
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको सबैभन्दा पुरानो दिपायल विमानस्थलमा कालोपत्रको काम सम्पन्न भएको छ । विमानस्थलमा कालोपत्रको काम सकिएर धावनमार्गको किनारामा रहेको पर्खाल लगायतको काम सञ्चालन भइरहेको छ । गएको वर्षको असार महिनामा सक्ने लक्ष्यसहित विसं #### मा निर्माणकार्य शुरु गरिएको दिपायल विमानस्थलको कालोपत्रको काम बल्ल अहिले आएर सकिएको हो ।
एक वर्षदेखि अलपत्र परेकाे दिपायल विमानस्थलकाे कालोपत्रे सम्पन्न
342
सरकारले प्रदेशका राजधानी घोषणा गर्ने तयारी सुरु गरिरहेको समयमा विभिन्न स्थानमा आफ्नो सहरलाई राजधानी बनाउनुपर्ने माग गर्दै दबाबमुलक आन्दोलन सुरु भएका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभाकै चुनावमा कतिपय उम्मेदवार राजधानीको विषयलाई आफ्नो चुनावी अजेन्डा बनाएर प्रतिस्पर्धामा होमिएका थिए । यसको प्रभावका कारण पनि आन्दोलन बाक्लिँदैछ ।
राजधानी राजनीति
325
त्रिवि शिक्षण अस्पतालका प्रा . डा . गोविन्द केसीले प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र लेख्दै असार ## गतेभित्र आफ्ना तीनबुँदे माग पुरा गर्न अल्टिमेटम दिएका छन् । नभए अमरण अनसन बस्ने उनको चेतावनी छ । डा . केसीले आफूहरूको सुझाव अनुसार चिकित्सा शिक्षा ऐन तत्काल पारित गर्न , विद्यार्थी भर्ना , शुल्क र सिटसम्बन्धी आइओएमबाट कटौती गरेर त्रिविमा लगिएका अधिकारहरु तत्काल फिर्ता गर्न र आइओएमलाई थप स्वायत्तता दिने सम्झौता कार्यान्वयन गर्न माग गरेका छन् ।
प्रधानमन्त्री देउवालार्इ डा . केसीको पत्र , माग पुरा नभए अनसन बस्ने चेतावनी
448
अविरल वर्षाको कारण आएको बाढीले सडकमा क्षति पु¥याएपछि रसुवागढी नाका जोड्ने सडक अवरुद्ध भएको छ । चीन जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेसी सडक खण्ड अन्तर्गत ठुलोखोला क्षेत्रमा बाढीले क्षति गरेपछि सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि बेत्रावती–धुन्चे सडक खण्डबाट सवारी सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
बाढीका कारण चीन जोड्ने सडक अवरुद्ध
326
मोरङ–दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि आइतबार भएको उम्मेदवार मनोनयनमध्ये एकनम्बर प्रदेशमा सवैभन्दा बढि उल्लासय र शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ । एक नम्बर प्रदेश अन्र्तगत पर्ने बिराटनगर महानगरसहित मोरंगको ## वटै स्थानिय तहमा आइतबार शान्तपुर्वक उल्लासमय बतावरणमा उम्मेदबारी मनोनयन दर्ता भएको हो । उम्मेदबारी दर्ता गराउन उम्मेदबारहरु नाँचगान र बाजागाज सहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।
एक नम्बर प्रदेशमा उल्लासमय रुपमा उम्मेदवारी दर्ता ( फोटो फिचर )
406
पोखरा लेखनाथ महानगरपालिका– ## र ## मा एमाले प्यानल विजयी भएको छ । वडा नम्बर ## मा श्रीराम पोखरेल र वडा नम्बर ## मा कमलबहादुर थापाको प्यानल बिजयी भएको हो । वडा नम्बर ## को वडाध्यक्षमा निर्वाचित एमालेका श्रीराम पोखरेलले # हजार ## मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दुर्गाप्रसाद सुवेदीले # हजार # सय ## मत प्राप्त गरे ।
पोखरा– ## र ## मा एमाले प्यानल विजयी
338
गायिका आस्था राउत प्रकरणमा प्रहरी लचक बन्ने संकेत देखिएको छ । राउतले गल्ती गरेको निष्कर्ष निस्किए पनि पक्राउ गरेर अनुसन्धान लम्ब्याइराख्नु पर्ने स्थिति नरहेको प्रहरीले बताएको हो । काठमाडौं प्रहरी परिसर , टेकुका प्रमुख उत्तमराज सुवेदीले कानूनी प्रक्रिया पूरा गर्नै पर्ने भए पनि लचक हुनसक्ने ठाउँ रहेको अनलाइनखबरलाई बताए ।
आस्था राउत प्रकरणमा प्रहरी लचक बन्ने संकेत
320
नेपालमा हुने ## औं दक्षिण एसियाली खेलकुद ( साग ) तयारीलाई नेपाली राष्ट्रिय बिच भलिबल टोली श्रीलंका जाने भएको छ । पुरुष टोलीमा सन्जु शाह , मानबहादुर श्रेष्ठ , राजु विक र दिलबहादुर सुनार छन् । महिलामा विनिता बुढाथोकी , नेबिका चौधरी , कोपिला उप्रेती र मनीषा चौधरी छन् ।
बिच भलिबलको तयारी श्रीलंकामा
266
मार्च महिना बित्न अझै दुई÷तीन हप्ता बाँकी नै छ । तर , खोटाङमा गरिएको बजार अनुगमनकाक्रममा अप्रिल ## तारिख #### उत्पादन मिति उल्लेख भएको लाहुरे सस बजारमा पुगेको फेला परेको छ । जबकी अप्रिल ## तारिख आउन अझै महिना दिनभन्दा बढी बाँकी नै छ ।
उत्पादन हुँनुभन्दा महिना दिन अगावै बजारमा सस
234
सप्तरीमा जारी स्थानीय तह निकायको निर्वाचनको मतगणना उलटपुलट भइरहेको छ । मतगणना सुरु भएको पहिलो दिन मंगलबार अगाडि रहेका उम्मेदबारहरु बुधबार पछाडि परेका छन् । केहि तहमा लगातार अग्रता देखिएको छ ।
सप्तरी अपडेट - कांग्रेसले लियो अग्रता , दोस्रोमा फोरम , राजपाको अग्रता खुम्चियो
191
वैदेशिक रोजगार ब्यवसायी रोहन गुरुङको घरमा बम विस्फोट गराएको आरोपमा प्रहरीले विप्लव समूहका # जना केन्द्रीय स्तरका नेतालाई पक्राउ गरेको छ । प्रहरीको विशेष ब्यूरोको टोलीले काठमाडौंको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सञ्जीव लामा , तिलकबहादुर गुरुङ , वकिल घर्तीमगर , त्रिलोचन विक र दुर्खाबहादुर तामाङ रहेका छन् ।
बम विस्फोटको आरोपमा विप्लव समूहका # नेता पक्राउ
334
जन्मेको दिन त आउँछ , जान्छ । तर , कुनै पनि व्यक्तिले जीवनको कालखण्डमा विताएका पलहरु कस्तो बनायो भन्ने महत्वपूर्ण हुन्छ । आफ्नो जीवन जिउँदै गर्दा कुनै पनि व्यक्तिले गरेका काम र उसको चर्चाकै आधारमा धेरैले उसलाइ आ - आफ्नो नजरबाट हेरेका हुन्छन् ।
## बर्षमा रेखा थापाः ' फिल्ममा सफल , राजनीतिमा अल्झदै '
242
नेपाल–भारत प्रबुद्ध व्यक्ति समूहको पहिलो संयुक्त बैठकमा सन् #### को ' नेपाल–भारत शान्ति तथा मैत्री सन्धि ' ले प्रवेश पाएको छ । दुई देशबीचका सन्धिसम्झौता र सम्बन्ध पुनरवलोकनका लागि आ–आफ्नो सरकारलाई सुझाव पेस गर्न गठित समूहको सोमबार राजधानीमा सुरु दुईदिने बैठकको पहिलो दिन नेपाली पक्षले विवादित सन्धिमाथि छलफल अघि सारेको हो । ' बैठकमा नेपाली पक्षले छलफलका लागि सन् #### को शान्ति तथा मैत्री सन्धि अघि सारेको छ , ' नेपालतर्फको प्रबुद्ध व्यक्ति समूह सचिवालयका कार्यकारी निर्देशक यादव खनालले बैठकबारे जानकारी दिए , ' सन्धिमा नकारात्मक कुरा भएको स्विकार्दै संशोधनका लागि त्यसको पुनरवलोकन वा खारेज नै गर्नेबारे छलफल अघि बढाउन दुवै पक्ष सहमत छन् ।
#### को सन्धिमाथि छलफल बढाइँदै
639
काठमाडौँ– नेपालको सामाजिक विकासमा चिनीयाँ सरकारले विभिन्न परियोजनामार्फत सहयोग उपलब्ध गराउने भएको छ । मुलुकको सामुदायिक विकास , जीविकोपार्जन , विपद् व्यवस्थापन , सीपमूलक तालीम , शिक्षा र स्वास्थ्य सेवामा परियोजना सञ्चालन गर्नका लागि समाज कल्याण परिषद् र चिनीयाँ एनजीओ नेटवर्क इन्टर्नेशनल एक्सचेन्जबीच आइतबार साँझ समझदारी भएको परिषद्ले आज जनाएको छ । कार्यक्रममा महिला , बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा र चीनका तर्फबाट अन्तर्राष्ट्रिय विभाग उपमन्त्री वाङ याजुनले समझदारीपत्रमा हस्ताक्षर गरे ।
नेपालमा आयो चिनियाँ एनजीओ
507
पोखरा– पोखरामा एसपी , डिएसपी चिनेको छु भन्दै बार्गेनिङ गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले एसपी , डिएसपीलाई चिनेको छु भन्दै रकम बार्गेनिङ गरेको भन्दै कार्यालयमा उजुरी परेपछि रकम बार्गेनिङ गर्ने विनोदबहादुर भट्टराईलाई नियन्त्रणमा लिइएको हो । गएको साउन # गते पोखरा महानगरपालिका ## बस्ने विनोदबहादुर भट्टराईलाई # युवाले कुटपिट गरेको घटनालाई लिएर बारम्बार रकम बार्गेनिङ गरेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
एसपी–डिएसपी चिनेको छु भन्दै रकम बार्गेनिङ गरेपछि . . .
446
नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य डा . शशांक कोईरालाले संविधान जारी सँगै शान्ति र समृद्धिको यात्रा शुरु भएकोले यसलाई पूर्णता दिन सरकारले ठोस योजना ल्याउनुपर्ने बताएका छन् । रूपन्देहीको देवदहमा पाँचौ राष्ट्रिय औद्योगिक व्यापार मेला , कृषि तथा पर्यटन महोत्सवको उद्घाटन गर्दै महामन्त्री कोईरालाले युवाहरुको सहभागितामा मात्रै समृद्धिको यात्रा पुरा हुने बताए । उनले युवाहरुलाई स्वदेशमै रोजगारीको सृजना गर्न उद्योग , कलकारखानाको विकास गर्न आवश्यक रहेको भन्दै बैदेशिक रोजगारीमा गएका युवाहरुलाई स्वदेश फिर्ता गरी समृद्ध राष्ट्र निर्माणमा सहभागि गराउनुपर्ने बताए ।
बैदेशिक रोजगारीमा गएका युवालाई स्वदेश फिर्ता गरी समृद्ध राष्ट्र निर्माणमा सहभागि गराउनुपर्छः कोइराला
574
फाइल तस्वीर## चैत , भक्तपुर । दुई दिन परेको अविरल वर्षाका कारण बुधबार साँझ सूर्यविनायक नगरपालिका–## चित्तापोल खुलाल गाउँमा घर भत्किँदा पाँचजना घाइते भएका छन् । स्थानीयवासी विदुर थापाको इँटा माटोले बनेको कच्ची घर भत्किँदा सोही घरमा बस्ने पाँचजना घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
वर्षाले घर भत्किँदा भक्तपुरमा # जना घाइते
298
कर्णाली प्रदेशको राजधानी सुर्खेत , वीरेन्द्रनगरस्थित सडक विभागको करोडौं मूल्य पर्ने समंगलगढी चोकदेखि चाइना पुलसम्मको जमिन सरकारीकरण गर्नप्रमुख जिल्ला अधिकारीले मालपोत कार्यालयलाई निर्देशन दिएका छन् । जिल्ला , पुनरावेदन र सर्वोच्च अदालतले त्योजग्गा सरकारीकरण गर्न विगतमा नै फैसला गरे पनि स्थानीय प्रशासनले अदालतको फैसला कार्यान्वयन गर्न सकेको थिएन । जसले गर्दा वर्षौंदेखि करोडौं मूल्यको सरकारी जग्गा केही व्यक्तिले उपभोग गरिरहेका थिए ।
फिर्ता लिन मालपोतलाई सिडिओको निर्देशन
434
सोनिया गान्धीका छोरा राहुल गान्धी भारतीय राष्ट्रिय कंग्रेसका नयाँ अध्यक्ष भएका छन् । ## वर्षीय राहुलले आफ्नी आमा सोनिया गान्धीको नेतृत्वलाई प्रतिस्थापन गर्दै शनिबार सपथ लिएका हुन् । सोनिया सन् #### देखि कंग्रेसको नेतृत्व सम्हालेकी थिइन् ।
राहुल गान्धीद्वारा भारतीय राष्ट्रिय कंग्रेस अध्यक्षको सपथ
238
चितवनमा डाटसन गाडीको शो–रुम खुलेको छ । अटो क्षेत्रमा विगत # बर्षदेखि सक्रिय रहँदै आएको सेढाई होल्डिङ ग्रुपअन्तर्गतको एसएच मोटर्सले शो–रुम खोलेको हो । शो–रुम भरतपुर एयरपोर्ट अगाडी रहेको छ ।
डाटसन गाडीको शो–रुम चितवनमा , ग्राहक लक्षित मनसुन एक्सचेञ्ज मेला
188
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरूङले संवैधानिक पदमा बसेर बार्गेनिङ नगर्न उपसभामुखलाई आग्रह गरेका छन् । व्यक्तिका इच्छा , आकांक्षा पूरा गर्न सदन अवरूद्ध गर्न नहुने उनले बताए । नेकपाले सभामुख उम्मेदवार टुंगो लगाउन नसक्दा तेस्रोपटक संसद बैठक स्थगित भयो ।
शिवमायालाई देव गुरुङले भने - संवैधानिक पदमा बसेर बार्गेनिङ गर्ने नैतिकता कसैलाई छैन
298
क्रोएसियाका फरवार्ड निकोला कालिनिच स्पेनिस क्लब एट्लेटिको मड्रिडमा आवद्ध भएका छन् । एट्लेटिकोले ## वर्षिय कालिनिचलाई इटालियन क्लब एसी मिलानबाट क्लबमा भित्र्याएको हो । यद्यपी क्लबले अनुबन्ध रकमबारे केहि खुलाएको छ ।
क्रोएसियाका फरवार्ड कालिनिच एट्लेटिकोमा अनुबन्धित
213
नुवाकोटको तारकेश्वर गाउँपालिका - # का गोविन्द वस्तीका लागि हिजो ( बिहीबार ) को बिहान घामभन्दा पनि उज्यालो भएर आयो । बुधबार साँझ नै सुत्केरी बेथाले च्यापेकी उनकी श्रीमती गोमाले बिहीबार बिहान # बजे नुवाकोट जिल्ला अस्पताल त्रिशुलीमा छोरालाई जन्म दिइन् । जिल्ला अस्पतालका डाक्टर मधुकर दाहालको टोलीले बिना अपरेसन उनलाई सुत्केरी गराएको थियो ।
भर्खर जन्मेको छोरा ल्याएर गोविन्द काठमाडौं आए , नुवाकोटमा गोमा प्याकप्याक्ती परिन्
336
वैदेशिक रोजगारमा कामदार पठाउने एसियाली राष्ट्रहरुको साझा मञ्च कोलम्बो प्रोसेसको उच्चस्तरीय तथा मन्त्रीस्तरीय बैठक यही कार्तिक ## र ## गते काठमाडौंमा बस्ने भएको छ । सम्मेलन अन्तराष्ट्रिय आप्रवासन संगठनको समन्यमा श्रम , रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गर्न लागेको हो । वैठकमा अन्तराष्ट्रिय आप्रवासन र अनुबन्धमा आधारित श्रमका विषयमा सदस्य मुलुकहरु एक आपसमा परामर्श गर्नेछन् ।
कोलम्बो प्रोसेसको सम्मेलन नेपालमा हुँदै
386
आर्थिक समृद्धि र देश विकासका लागि सरकारी–निजी साझेदारी ( पिपिपी ) मोडललाई जोड दिनुपर्ने औंल्याइएको छ । बुधबार दक्षता परियोजनाद्वारा काठमाडौंमा आयोजित राष्ट्रिय अन्तक्र्रिया कार्यक्रममा बोल्दै विज्ञहरूले देश विकास र आर्थिक समृद्धिका लागि पिपिपीको आवश्यकतामा जोड दिएका हुन् । पछिल्लो समयमा सरकारी अधिकारीले समेत देशको विकासका लागि पिपिपी मोडलको आवश्यकता रहेको बताउने गरेका छन् ।
' आर्थिक समृद्धिका लागि पिपिपी मोडल '
376
पाल्पाको तानसेन नगरपालिका–# प्रवासस्थित सूर्यकुण्डमा ### धारा बनाइने भएको छ । स्थानीय वंशगोपाल युवा क्लबको नेतृत्वमा धार्मिक पर्यटकीय गन्तव्य निर्माण गरी पर्यटक आकर्षणका लागि ### धारा बनाउन लागिएको हो । मुक्तिनाथको झल्को दिने गरी ### धाराबाट पानी झर्ने व्यवस्था गरिने भएको छ ।
धार्मिक पर्यटक आकर्षणका लागि एक सय आठ धारा निर्माण गरिने
276
सरकारले काठमाडौं - निजगढ द्रुतमार्ग निर्माणका लागि भारतीय कम्पनीले तयार पारेको विस्तृत प्रतिवेदन अध्ययन ( डीपीआर ) किन्ने भएको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले डीपीआर अध्ययन गरी मूल्य सिफारिस गर्ने जिम्मा निर्देशक समितिलाई भनेको छ । भारतीय कम्पनी इन्फ्रास्ट्रक्चर लिजिङ एण्ड फाइनान्सियल सर्भिसेस ( आईएल एण्ड एफएस ) ले डीपीआर बनाएको छ ।
काठमाडौं निजगढ द्रुतमार्गको डीपीआर भारतीय कम्पनीसँग किन्ने सरकारको निर्णय
344
इलाम नगरपालिका–# , महभिरकी ## वर्षीया देउमाया राईले अहिलेसम्म भएका धेरै निर्वाचनमा भोट हालिसकिन् । तर , उनलाई चुनावका बेला उम्मेदवारले ल्याएर आउने नाराचाहिँ कहिल्यै नयाँ लाग्दैन । प्रदेश र प्रतिनिधिसभा सदस्य चुनावमा जितेर जाने नेताले गाउँमा के गरिदिए हुन्थ्यो जस्तो लाग्छ ? भन्ने जिज्ञासामा उनले उही पुरानो माग दोहो¥याइन् - सडक , पुल , खानेपानी र बिजुली ।
मेची पहाडका मतदाता भन्छन् - ' सडक , खानेपानी र बिजुली देऊ '
355
गए रातिदेखि बैतडी र दार्चुलामा नेपाल टेलिकमले प्रदान गर्ने जीएसएम मोबाइल सेवा अवरुद्ध भएको छ । टेलिकमले प्रदान गर्दै आएको नमस्ते जीएसएम मोबाइलको पोष्टपेड र प्रिपेड सेवा सोमबार रातिदेखि अवरुद्ध भएको हो । कञ्चनपुरस्थित देखतभुलीमा रहेको टेलिकम टावरको बिटीएस डाउन भएकाले सेवा अवरुद्ध भएको टेलिकम बैतडीका प्रमुख सुरत खड्काले जानकारी दिए ।
बैतडी र दार्चुलामा मोबाइल सेवा अवरुद्ध
333
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको चुनावी घोषणापत्र आइतबार सार्वजनिक नहुने भएको छ । सम्पादनको काम नसिकएकाले अाज घोषणापत्र सार्वजनिक हुन नसकेको हो । एमालेका प्रचारका सचिव विष्णु रिजालले घोषणापत्र सम्पादनको काम नसकिएकाले सोमबारका लागि कार्यक्रम सारेको जानकारी दिए ।
एमालेको घोषणापत्र सार्वजनिक कार्यक्रम स्थगित
263
मधेसी मोर्चाले बिहीबार व्यवस्थापिका संसद बैठक बहिस्कार गर्ने तयारी गरेको छ । साथै कान्तिक मसान्तभित्र संविधान संशोधन विधेयक दर्ता नभए मंसिर # गतेबाट संसद बैठक अवरुद्ध गर्ने मोर्चाको तयारी छ । संसदको बैठक विहान ## बजे बोलाइएको छ ।
लोकमानबारे छलफल हुँदा मधेसी मोर्चाले संसद बहिस्कार गर्ने
229
मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–# चराङमा प्रस्तावित विमानस्थलको विस्तृत आयोजना प्रतिवेदन ( डीपीआर ) तयार पार्न सर्वेक्षण गरिएको छ । संस्कृति , पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले प्राविधिक टोली पठाएर विमानस्थलको डीपीआर तयार पार्न सर्वेक्षण गरेको हो । परामर्शदाता कम्पनी आइएफआईडी नेपालका इञ्जिनियर नरेश शिवाकोटीको नेतृत्वमा आएको प्राविधिकको टोलीले तीन दिनसम्म प्रस्तावित विमानस्थलको सर्वेक्षण गरेको छ ।
चराङ विमानस्थलको डीपीआर बनाउन सर्वेक्षण
410
सामाजिक सञ्जालको दुरुपयोग गर्नेहरुमाथि कठोर कारवाहीको माग भइरहेका बेला सरकारले नयाँ कानुनको मस्यौदा तयार पारेको छ । संघीय संसदमा पेश हुन लागेको नयाँ विधेयकले सामाजिक सञ्जालबाट व्यक्तिको चरित्रहत्या गर्ने , सामाजिक सद्भाव विथोल्ने र साइबर बुलिङ गर्नेलाई कडा सजायको प्रस्ताव गरेको छ । त्यस्तै अनलाइन समाचार पोर्टलमा अपुष्ट र हावादारी कुरा सम्प्रेषण गर्ने , अरुको कपी पेष्ट गर्ने तथा अनधिकृत रुपमा डोमेन सञ्चालन गर्नेलाई पनि कारवाहीको दायरमा ल्याइने भएको छ ।
## वर्ष जेल हाल्ने साइबर कानून आउँदै , के गर्न पाइँदैन सामाजिक सञ्जालमा ?
455
घरको भित्ता होस् वा टेबुल । अनि गितार होस् वा कुनै ग्याजेटको स्क्रिन । मात्र तपाइँले एउटा स्प्रे छर्किए पुग्छ , सबै टचस्क्रिन बन्दछन् ।
अब घरको भित्ता पनि बन्नेछ टचस्क्रिन
135
पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाको सरकारी मोटरसाइकल चाउमिन र पाउरोटी विक्रीमा प्रयोग गरेको पाइएको छ । नगरपालिकाका खानेपानी सहायक टेक्निसीयन यामराज जोशीले प्रयोग गर्ने गरेको भे # व #### नम्बरको मोटरसाइकल सदरमुकाम वीरेन्द्रनगरमा चाउमिन र पाउरोटी विक्रीमा प्रयोग भएको पाइएको हो । जोशीको वीरेन्द्रनगरमा पाउरोटी र चाउमिन उद्योग छ ।
सरकारी मोटरसाइकल चाउमिन र पाउरोटी बेच्न प्रयोग
329
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली ' रायसिना संवादको चौथो संस्करण ' मा भाग लिन बिहीबार नयाँ दिल्ली जाने भएका छन् । मन्त्री ज्ञवालीले उक्त संस्करणलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अब्जर्भर रिसर्च फाउण्डेशनद्वारा भारतीय विदेश मन्त्रालयको सहकार्यमा हुने सो कार्यक्रमम यस वर्षको विषय ' अ वल्र्ड रिअर्डरः न्यू जिओमेट्रिक्स , फ्ल्युड पार्टनरसिप , अनसर्टेन आउटकम्स ' छ ।
परराष्ट्रमन्त्री ज्ञवाली बिहीबार भारत जाँदै
398
मकवानपुरको भीमफेदी कारागारबाट गए राति कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय काटिरहेका एक कैदी फरार भएका छन् । कारागार प्रशासनका अनुसार ## वर्षका कुलदीपराज धामी फरार भएका हुन् । कारागारका प्रमुख जेलर प्रकाश खनालले कैदीलाई भगाउन कसैको सहयोग रहेको आशङ्का गर्दै कारागार वरिपरि ## फिटभन्दा अग्लो पर्खाल रहेकाले नाघेर भाग्न एक्लैले सम्भव नरहेकाले अनुसन्धान भइरहेको जानकारी दिए ।
पर्खाल नाघेर भीमफेदी कारागारबाट कैदी फरार
372
सीड्नीमा सीडनीको ब्यस्त पर्यटकीयस्थल न्यु टाउनमा तीस वर्षिय नेपाली युवा ब्राजिल गुरूङ मृत अवस्थामा फेला परेका छन् । उनीसँगै ब्रिटीस ब्याकप्याकर प्रेमिका एमेलिया ब्लाक पनि मृत अवस्थामा भेटिएकी छिन् । चिपनडेलको एउटा रेस्टुरेन्टमा सेफको काम गर्ने गुरूङ र उनकी प्रेमिकाको न्युटाउनस्थित उनको डेरामा मृत अवस्थामा भेटिएपछि प्रहरीले शवको पोष्टमार्टमको लागि अस्पताल लगेको छ ।
सीड्नीमा नेपाली युवक प्रेमीकासँगै मृत भेटिए
366
समाजमा हुनेगरेको विभिन्न हिंसा न्युनीकरण गर्ने उद्देश्यका साथ बाराका धार्मिक गुरुहरुलाई लैङ्गिक हिंसाबारे कानुनी सचेतना गराइएको छ । पण्डित , पुजारी , मौलवी , लामागुरुलगायत बाराका एक सय ## जना धर्मगुरुलाई विषेश कार्यक्रममार्फत लैङ्गिक हिंसाविरुद्ध सचेतना तथा कानुनी प्रावधानबारे जानकारी गराइएको हो । पछिलो समय बारामा विभिन्न खाले हिंसाका घटना बडेपछि जिल्ला प्रहरी कार्यालय बाराको आयोजनामा कलैयास्थित उधोग बाणिज्य संघको सभाहलमा बालबिबाह , बहुबिबाह , दाइजो प्रथा , बोक्सी प्रथा , जातीय छुवाछुतबिरुद्ध धर्मगुरुहरुलाई जानकारी गराइएको छ ।
बारामा धार्मिक गुरुहरुलाई लैङ्गिक हिंसाबारे कानुनी सचेतना
532
सशस्त्र द्वन्द्वका समयमा बेपत्ता पारिएका व्यक्तिका परिवार कतिबेला हराएका आफन्त टुप्लुक्क घर आइपुग्लान् भनेर बाटो हेरिरहेका छन् । तर , बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले भने यहीबेला ' अकल्पनीय ' तथ्य फेला पारेको छ । द्वन्द्वका बेला बेपत्ता पारिएका व्यक्तिलाई सुरक्षाकर्मीले सामूहिकरूपमा माटोमुनि पुरेको र केही समयपछि त्यही शव निकालेर जलाएकोसमेत अनुसन्धानमा खुलेको छ ।
कोही सुरक्षाकर्मीले जलाए कोही विद्रोहीले पुरे
371
सुसन प्रजापतिको निर्माणमा उत्कल थापाले निर्देशन गरेको चलचित्र ' जंगे ' को टिजर सार्वजनिक गरिएको छ । यो चलचित्रको टिजरमा सत्ता र लडाइलाई प्रमुख स्थान दिइएको छ । चलचित्रको सार्वजनिक टिजरमा मुख्य कलाकार सुरज सिंह ठकुरीलाई नौलो अवतारमा देखाइको छ ।
' जंगे ' को टिजरमा सुरज सिंहको फेरिएको लुक
243
साउदी अरबको नेतृत्वमा यमनमा जारी लडाइँ अन्त्य गर्ने प्रस्ताव अमेरिकी सिनेटले पारित गरेको छ । यसबाट राष्ट्रपति डोनाल्ड ट्रम्पको विदेश नीतिमा झड्का लागेको विश्लेषण गरिएको छ । साउदी अरबले तीन वर्षयता अमेरिकी सैनिक र हतियारको सहयोगमा यमनमा आक्रमण गर्दै आएको छ ।
यमन युद्ध अन्त्यको प्रस्ताव अमेरिकी सिनेटबाट पारित , ट्रम्पको विदेश नीतिमा झड्का
257
सिसौको रूख काटेको विषयमा झडप हुँदा घाइते भएकी सिरहाको लहान नगरपालिकाकी एक महिलाको आज मृत्यु भएको छ । रूख काटिएको विवादमा लहान नगरपालिका–## निवासी आशाराम महतो र उहाँका भाइ सुमेश्वर महतोले कुटपिट गर्दा घाइते भएकी लहान नगरपालिका–# गोठ टोल निवासी ## वर्षीया तेतरीदेवी महतोको मृत्यु भएको हो । सिसौँँ रूख काटेको विषयमा विवादमा दाइ–भाइको कुटाइबाट घाइते तेतरीदेवीलाई लहान अस्पतालमा भर्ना गरिएकामा उपचार गराएर घर फर्केपछि आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
दाजुभाइको कुटपिटबाट घाइते महिलाको मृत्यु
453
हालै असामियिक रूपमा बितेकी बलिउड अभिनेत्री श्रीदेवीकी जेठी छोरी मंगलबारबाट ## वर्ष लागेकी छन् । उनी धर्मा प्रोडक्सनको फिल्म ' धडक ' बाट बलिउडमा डेब्यू गर्दैछिन् । आमाको अचानकको मृत्युले जान्हवीलाई गहिरो चोट दिएको छ ।
## लागिन् श्रीदेवीकी छोरी , आमाको यादमा लेखेकी थिइन् यस्तो भावुक चिट्ठी
216
राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई आजदेखि क्याविनमा सारिएको छ । उनको स्वास्थ्यमा सुधार आएपछि उच्च हेरविचार एकाइ ( हाइकेयर युनिट ) बाट साेमबार क्याविनमा सारिएको उनकी छोरी उषा अधिकारीले जानकारी दिइन । उनले भनिन , " अहिले उहाँको स्वास्थ्यमा धेरै सुधार आएको छ ।
राष्ट्रकविको स्वास्थ्यमा सुधार , क्याविनमा सारियो
254
केही साताअघि नेपाली सिनेबजारमा एउटा हल्ला गाइँगुइँ चल्यो– ' छक्कापञ्जा # ' युट्युबमा रिलिज नहुने । जबकि , डिजिटल र विदेश रिलिजका लािग ' छक्कापञ्जा ' लाई सुटिङमा जानुअघि नै ## लाख दिएर खरिद गरेको हाइलाइट्स नेपालले सिक्वेललाई सुटिङअघि नै एक करोड दिइसकेको थियो । युट्युब च्यानलको मुख्य आम्दानीको रुपमा रहेको फिल्म युट्युबमै रिलिज नगर्दा हाइलाइट्सलाई के फाइदा ? फिल्म निर्माता तथा अभिनेता दीपकराज गिरीका अनुसार फिल्म युट्युबमा रिलिज नगर्ने नै भनिएको होइन ।
' छक्कापञ्जा # ' युट्युबमा रिलिज नहुने ?
452
सोमवार अपरान्ह युवतीमाथि एसिड प्रहारको समाचार संकलन गर्न हामी कीर्तिपुर अस्पताल पुग्यौं । पीडित किशोरीहरु सम्झना र सुस्मिता दास अस्पतालको बेडमा छटपटाई रहेका थिए । भदौ ## गते मंगलबार राति ## बजे चन्द्रपुर नगरपालिका # बजारटोलका दास दिदी बहिनीमाथि एसिड प्रहार भएको थियो ।
रामबाबु , जसले एसिड हानेर कुरुवाको नाटक गरे ( भिडियो )
268
माटोको भाँडा बनाउने पुख्र्यौली पेसा भक्तपुरको पोट्री स्क्वायरका बासिन्दाले धान्दै आएका छन् । आधुनिकतासँंगै धेरैले पेसा परिवर्तन गरे पनि यहाँका स्थानीयले अझै पनि पुख्र्यौली पेसाका रुपमा रहेको माटोको भाडाकुँडा बनाउने काम गरिरहेका छन् । स्थानीय टोलका बूढाबूढीदेखि युवा पुस्ता पनि यो पेसामा तल्लिन छ ।
पुख्र्याैली पेसा धान्दै पोट्री स्क्वायर
297
काठमाडौंको शंखमुलमा आज बिहान मोटसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बा ## प #### नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा # जनाको मृत्यु भएको छ भने # जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते भएका दुबैलाई उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर महाबौद्ध ल्याइएका थियो ।
शंखमुलमा मोटसाइकल दुर्घटना हुँदा एकको मृत्यु
292
सत्तारूढ दल र सरकारको अजेण्डाको मात्रै पछि लाग्दा निर्वाचन गराउने संवैधानिक अधिकार पाएको निर्वाचन आयोगमाथि नै प्रश्नचिह्न खडा भएको छ । फागुन दोस्रो साता सरकारले देशभर वैशाख ## गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेपछि आयोगले त्यसयता तोकिएकै मितिमा निर्वाचन गराउने प्रतिबद्धता व्यक्त गर्दै आएको हो । तोकिएअनुरुप मितिमा निर्वाचन हुन नसके सरकार त त्यसका लागि जिम्मेवार हुने नै छ , साथै अपजसको भागिदार आयोग पनि हुनुपर्नेछवैशाख ## गते एकै चरणमा निर्वाचन गराउन आचारसंहिता लागू , मतपत्र छपाइ , मतदाता नामावली प्रकाशन , मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्तिलगायत काम सम्पन्न भएपछि जब सत्तासीन दल र आन्दोलनरत दलबीच वैशाख ## र जेठ ## गते दुई चरणमा निर्वाचन गराउने सहमति भयो , निर्वाचन आयोगले समेत त्यसैलाई सदर गरिदियो ।
सरकारसामु निरीह बन्दै निर्वाचन आयोग
724
नेपालका कम्युनिस्ट नेता र वामपन्थी बुद्धिजीवीहरुबीच आइतबार छलफलको विषय थियो ' नेपालमा पुँजिवादको चरित्र ' । नेपाल अध्ययन केन्द्रले आयोजना गरेको बहसमा कार्यपत्र प्रस्तोता थिए - एमाले उपमहासचिव घनश्याम भुसाल । भुसालले बोल्दाबोल्दै बिनोद चौधरीको प्रसंग निकाले ।
घनश्याम भुसालको निष्कर्षः विनोद चौधरी दलाल पुँजीपति हुन्
258
काठमाडौँ– ' सङ्घीय प्रणालीमा समता र विकासका लागि अनुसन्धान ' भन्ने नाराका साथ स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरुको पाँचौँ शिखर सम्मेलन भोलिदेखि यहाँ शुरु हुँदैछ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्द्वारा आयोजित सो तीनदिने सम्मेलनमा नेपालसहित भारत , चीन , जर्मनी र अमेरिकाका स्वास्थ्य तथा जनसङ्ख्या क्षेत्रमा कार्यरत झण्डै एकहजार वैज्ञानिकको सहभागिता रहनेछ । परिषद्का अध्यक्ष प्राडा . अञ्जनीकुमार झाले सम्मेलनको तयारी पूरा भएको जानकारी दिए ।
स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको पाँचौँ शिखर सम्मेलन भोलिदेखि
440
देवकुमार सुवेदी ! यो नाम सुन्नेबित्तिकै प्रायः सबैको आँखामा विद्यार्थी नेताको आकृति उभिन्थ्यो । पछिल्ला केही वर्ष बिस्तारै युवा नेताको पहिचान बन्दै गयो । यही अवस्थाबीच स्थानीय तह निर्वाचन घोषणा भयो ।
साझा नेताको छविले देवकुमारको जित
199
सुनसरी र सप्तरीका सरकारी अधिकारीले आज कोशी बाँध तथा स्पर निरीक्षण गरेका छन् । सप्तकोशी नदीमा पानीको बहाव घटबढ हुने क्रम जारी रहेका बेला कोशी फुट्ने हल्ला चलेपछि सुनसरी र सप्तरीका सरकारी अधिकारीले कोशी बाँध तथा स्पर निरीक्षण गरेका हुन् । प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुली , प्रहरी उपरीक्षक विद्यानन्द माझी , प्रमुख कोष नियन्त्रक बद्री घिमिरे सहित सबै सुरक्षा निकायका पदाधिकारी निरीक्षणमा सहभागी थिए ।
' भारतीय पक्षबाट थप सुरक्षा गरिने भएकाले कोशी फुट्ने सम्भावना न्यून '
407
बहुमूल्य मुगाको मालासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बौद्ध बस्ने ग्याल्पो तामाङ र यमन नागरिक महमद याया असिद छन् । उनीहरुको साथबाट प्रहरीले # किलो अवैध मुगाको मालासमेत बरामद गरेको परिसरका डिएसपी मोहनकुमार थापाले बताए ।
बहुमूल्य मुगाको मालासहित # पक्राउ
241
घरमा चर्पी नबनाउने व्यक्तिलाई खोटाङको पाथेकास्थित राजनीतिक दलहरूले पार्टी सदस्यता नदिने घोषणा गरेका छन् । गाविसलाई आगामी माघ मसान्तभित्रमा खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियानलाई सफल बनाउन गाविसका सबै राजनीतिक दलका स्थानीय नेतृत्वले घरमा चर्पी नबनाउने व्यक्तिलाई पार्टी सदस्यता नदिने घोषणा गरेका हुन् । पाथेकामा आयोजना गरिएको सरसफाइ सम्मेलनमा सहभागी राजनीतिक दलका स्थानीय नेताले चर्पी नबनाउने र चर्पी प्रयोग नगर्ने व्यक्तिको पार्टी सदस्यता नवीकरण नगर्ने लिखित प्रतिबद्धता जनाएका छन् ।
चर्पी नबनाउको पार्टी सदस्यता खारेज हुने
489
पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–# कृष्णभीरमा बस तथा दुुई माइक्रो एक–आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने ## जना घाइते भएका छन् । आइतबार काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको लु#ख #### नम्बरको बस , चितवनबाट काठमाडौं आउँदै गरेको बा#ख #### नम्बरको माइक्रो र बा#ख #### नम्बरको माइक्रो एक–आपसमा ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनामा धादिङ बेनीघाट रोराङ गाउँपालिका , महादेवस्थानका ## वर्षीय श्यामकुमार श्रेष्ठ र ठेगाना नखुलेकी ## वर्षीया गीता गिरीको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख हेमराज घिमिरेले बताए ।
कृष्णभीरमा सवारी दुर्घटना , दुईजनाको मृत्यु , ## घाइते
547
पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्कीले उमेर हदका कारण पदबाट अवकाश पाएकी छन् । कार्कीलाई सोमबार सर्वोच्च अदालतले एक कार्यक्रमबीच बिदाइ गरेको छ । ## वर्ष उमेर पुगेपछि उनले अनिवार्य अवकाश पाएकी हुन् ।
सकियो सुशीलाको कार्यकाल
202
काठमाडौँ – प्रहरी निरीक्षक सीताराम हाछेथुले ट्राफिक व्यवस्थापनपछि चलचित्रको लेखनतिर पनि हात हालेका छन् । उनको लेखनमा बनेको ' ट्राफिक अंकल ' नामक छोटो चलचित्र आइबार विमोचन गरिएको छ । नेपाल पुलिस क्लबमा आयोजित एक कार्यक्रमबीच आइजिपी प्रकाश अर्यालबाट विमोचन गरिएको हो ।
प्रहरी निरीक्षक हाछेथु अब लेखनमा पनि , छोटो चलचित्र ' ट्राफिक अंकल ' सार्वजनिक ( हेर्नुहोस् भिडियो )
266
सोमालियामा कार बम विस्फोट हुँदा कम्तीमा ## जनाको ज्यान गएको छ । ## भन्दा बढी घाइते भएका छन् । बिहानको व्यस्त समयमा राजधानी मोगादिशुको चेकपोस्ट नजिकै बम विस्फोट भएको हो ।
सोमालियामा विष्फोट , ## जनाको मृत्यु
169
केही वर्षअघिसम्म तिलिचो ( # , ### मिटर ) सम्म जान निकै सकसको सामना गर्नुपर्थ्यो । मनाङमा सडक पुगेको थिएन । लमजुङको बेंसीसहरबाट ## दिनमा हिँडेर तिलिचो पुगिन्थ्यो ।
तिलिचो उक्लिँदै पर्यटक
162
कैलालीको टीकापुर नगरपालिका–# मनिकापुरमा सोमबार एकजनाले बञ्चरो प्रहार गरी छिमेकीको हत्या गरेका छन् । स्थानीय ## वर्षीय मोतीराम चौधरीले सोही ठाउँका ## वर्षीय खुशीराम चौधरीको टाउकोमा बञ्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । घटनापछि घाइते चौधरीलाई तत्कालै टीकापुर अस्पताल पु - याएपछि उनको मृत्यु भएको उनले बताए ।
छिमेकीको हत्या
376
गोरखाको बारपाकमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । रोटरी क्लब अफ बज्र मनासलुले शनिबार सुलिकोट गाउँपालिका # बारपाकस्थित हिमालय माविमा स्वास्थ्य शिविर आयोजना गरेको हो । शिविरमा ### जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।
बारपाकमा निःशुल्क स्वास्थ्य शिविर , ### जना लाभान्वित
224
महानगरीय प्रहरी कार्यालयमा कार्यरत रहेका नेपाल प्रहरीका डिआईजी गणेश केसीले पनि आईजीपी प्रकाश अर्यालसँगै ## वर्षे उमेरहदका कारण नियमित अवकाश पाउँदैछन् । आईजीपी अर्यालसँगै नेपाल प्रहरीका ## एआईजी , # डिआईजी र # एसएसपी गरी ## अधिकृतले उमेरहदका कारण नियमित अवकाश पाउँदैछन् । अवकाश पाउन एकदिन बाँकी रहँदा डिआईजी गणेश केसीले सामाजिक सञ्जाल फेसबुकमा आफू भोलिदेखि ' नेपाल प्रहरी सेवा ' बाट निवृत हुन लागेको जानकारी दिएका छन् ।
बिदा हुन लागेका डिआईजीले लेखे यस्तो भावुक स्ट्याटस
418
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार उच्चस्तरीय भेटवार्ता गरेका छन् । # . राजकीय भ्रमणका लागि बिहीबार दिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डलाई शुक्रबार औपचारिक रुपमा स्वागत गरिएको छ । राष्ट्रपति भवनमा कार्गेडसहित पुगेका उनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरे ।
दिल्लीमा प्रचण्डलाई मोदीको स्वागत , हेर्नुस् # तस्वीर
303
काठमाडौं नेपाली जनताले महँगो मूल्यमा औषधि किन्दै आएकामा अब कम्तीमा ## प्रतिशतसम्म कम मूल्यमा पाउने भएका छन् । सुपथ मूल्यमा गुणस्तरीय औषधि खरिद गरी सरकारी अस्पतालका औषधालयमार्फत उपलब्ध गराउने सम्बन्धमा सिफारिशसहित सुझाव पेश गर्न सरकारद्वारा गठित उच्चस्तरीय समितिले आज प्रधानमन्त्रीलाई बुझाएको अध्ययन प्रतिवेदनले हालको औषधिको मूल्यमा ## प्रतिशतसम्म कम गर्न सकिने सुझाव दिएको छ । समितिले झण्डै चार महिनासम्म औषधि व्यवसायी , सरकारी औषधालय , विभिन्न सार्वजनिक संस्थान , नेपाल औषधि उत्पादक संघ र छिमेकी देशको औषधि खरिद र व्यवस्थापनसम्बन्धी व्यवस्थाबारे विस्तृत अध्ययन गरी प्रतिवेदन तयार पारेको हो ।
अब औषधिको मूल्य ## देखि ## प्रतिशतसम्म कममा पाइने
592
पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले नेपालको समृद्धिको आधार पर्यटन भएको बताएका छन् । विश्व पर्यटन दिवसको अवसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै राज्यमन्त्री बुढाले पर्यटन क्षेत्रमा कम लगानी बिना नै धेरै आम्दानी गर्न सकिने भएकाले यसमा केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याए । नेपालका पर्यटकीय क्षेत्रको प्रचार प्रसार हुन नसकेको उल्लेख गर्दै उनले प्रबद्र्धनमा ध्यान दिएर फाइदा लिनु पर्ने बताए ।
नेपालको समृद्धिको आधार पर्यटनः राज्यमन्त्री बुढा
386
अमेरिकामा आगामी नोभेम्बर # मा हुन लागेको निर्वाचनमा तीन नेपाली मूलका अमेरिकीले उम्मेदवारी दिएका छन् । उम्मेदवार दिनेमा मेरिल्याण्डका हयारी भण्डारी , न्यू ह्याम्पसायरबाट मदलसा गुरुङ र भर्जिनियाबाट प्रदीप ढकाल रहेका छन् । उक्त दिन अमेरिकामा ## सिनेटको पद , ### कङ्ग्रेस , ## गभर्नर , स्टेट सिनेट तथा स्टेट डेलिगेटस र विभिन्न तहका न्यायाधीशसमेतको निर्वाचन हुँदैछ ।
अमेरिकाको निर्वाचनमा तीन नेपाली उम्मेदवार
361
नायिका रेखा थापा बर्षमा एकपटक चलचित्रमा अभिनय गर्छिन् । तर , उनले आफ्नै ब्यानरमा बनाएका चलचित्र हिट हुन्छन् । यसैले पनि होला रेखाको डिमाण्ड चलचित्र क्षेत्रबाट कहिले हटेको छैन ।
छम - छम पाउजु बजाउँदै छोरासँग यसरी नाचिन् रेखा ( भिडियो )
176
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पार्टी प्रवक्ता दिलेन्द्रप्रसाद बडुले समग्र देशको धार्मिक पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्ने बताए । आफ्नो गृहजिल्ला दार्चुलाको ग्वानी गाविस–# मा निर्माण भएको शैल्य शिखर प्रवेशद्वार तथा पदमार्गको सोमबार उद्घाटन गर्दै उनले सो धारणा राखे । जिल्लामा थुप्रै धार्मिक एवम् ऐतिहासिक स्थल भएको भन्दै उनले यस्ता क्षेत्र पहिचान गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गरी जिल्लाको आर्थिक गतिविधि बढाउन सकिने बताए ।
धार्मिक पर्यटन प्रवर्द्धनमा जोड दिनुपर्छः प्रवक्ता बडु
436
हाम्रो देशमा उसै त नेताहरुको छवि जनताको नजरमा निकै खराब छ । चुनावमा भोट हालेका उनै नेताहरुलाइ जनताले दुत्कार्नु परेको छ । तर हामीकहाँ तिनै नेताको विकल्प छैन ।
कुकुरलाई बनाइयो सहरको मेयर
158
वीरगञ्जको मुटुमा रहेको आदर्शनगर ग्रिनसिटीको रुपमा परिचित छ । स्थानीय स्तरमा गठन भएको गि्रनसिटी सामुदायिक केन्द्रको सक्रियतामा आदर्शनगरलाई ग्रिन सिटी बनाइएको छ । सडकको दायाँबायाँ किनारामा रुख बिरुवा विस्तारै हुर्कदैछन् ।
दीपावलीका लागि आदर्शनगरमा # लाखको सजावट
219
उपत्यकाका बिभिन्न होटल , रेस्टुरेन्ट , गुँदपाक , पिउने पानी , आइस्क्रिम लगायतका खाद्य बस्तुमा कैफियत भेटिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौंले अनुगमनका क्रममा यी बिभिन्न खाद्य बस्तुमा कैफियत भेटेको हो । मोबाइल प्रयोगशाला भ्यान परिचालन गरि गोंगबु र शुर्यविनायकका विभिन्न होटल , रेष्टुरेण्ट , गुँदपाक पसल , प्रशोधित पानी डिपो , आइसक्रिम , दुधआदी खाद्य बस्तुमा अनुगमन गरिएको हो ।
उपत्यकाका बिभिन्न खाद्यवस्तुमा कैफियत
405
तेस्रो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलामा पाँच करोडको कारोबार भएको छ । महिला उद्यमी महासंघ , नेपालले ललितपुरको हेरिटेज गार्डेनमा आयोजना गरेको मेलामा उक्त कारोबार भएको हो । ' उद्यमी बनौं देशलाई सघाऔं , हटेर होइन डटेर लागौं ' नारासाथ पाँच दिनसम्म चलेको मेलामा अपेक्षा गरेभन्दा बढी कारोबार भएको महासंघकी प्रथम उपाध्यक्ष रीता सिमाहाले जानकारी दिइन् ।
पाँच करोडको कारोबार
355
स्थानीय तहमा दलित महिलाको अनिवार्य प्रतिनीधित्वको व्यवस्था भएपनि उपलब्धीमूलक हुन नसकेको गुनासो दलित अगुवाहरुले गरेका छन् । वीरगञ्जमा शुक्रबार आयोजित एक अन्तर्क्रियामा अगुवाहरुले स्थानीय तहमा दलित महिला सदस्यको सहभागीता अनिवार्य गरे पनि उपलब्धीमूलक नभएको बताएका हुन् । दलित महिला संघ पर्साकी अध्यक्ष निला रामले दलित समुदायबाट प्रतिनिधित्व गरेका महिलाहरुले दलित महिलाका सवालाहरुको उठान गर्न नसकेको गुनासो गरिन् ।
दलित अगुवाको गुनासो : स्थानीय तहमा दलित सहभागीता प्रभावकारी भएन
410
प्रधानमन्त्री केपी शर्मा ओलीको मुटुमा राखिएको क्याथेटर ( नली ) बुधबार बिहान महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा निकालिएको छ । सिंगापुरमा प्रधानमन्त्री ओलीको स्वास्थ्य उपचार गर्दा मुटुमा क्याथेटर राखिएको थियो । सेन्टरका चिकित्सकहरूका अनुसार प्रधानमन्त्री ओलीको प्लाज्मा फेरेसिस गर्दा मुटुमा राखिएको क्याथेटर ## मिनेटमा निकालिएको थियो ।
प्रधानमन्त्रीको मुटुमा राखिएको नली निकालियो
374
पछिल्ला केहि महिनायता कञ्चनपुर जिल्लाका विभिन्न क्षेत्रमा हात्तीले आतंक मच्चाएको छ । किसानको धानबाली भित्र्याउने समयदेखि जिल्लामा जंगली हात्तीको झुण्डले कतिपय स्थानमा क्षती गर्दै आएका छन् । बालीनाली मात्रै नभएर मानविय क्षती समेत भएको छ ।
कञ्चनपुरमा हात्ती आतंकः तीन वर्षमा तीन जनाको मृत्यु
237
नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणबाट नेपालले ऐतिहासिक उपलब्धी हासिल गर्ने बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारहरुसँग शुक्रबार सङ्क्षिप्त कुरा गर्दै उनले ## वर्षपछि चीनका राष्ट्रपति नेपाल आउनुले सबै नेपालीलाई उत्साहित बनाएको बताए । उपसभापति गच्छदारले चिनियाँ राष्ट्रपतिको यो भ्रमणले नेपाललाई सुखद अवसर प्राप्त भएको छ भन्दै भ्रमणबाट कति उपलब्धि हासिल गर्न सकिन्छ यो सरकारमा निर्भर रहने बताए ।
चिनियाँ राष्ट्रपतिको भ्रमण ऐतिहासिक उपलब्धी : गच्छदार
445
पछिल्लो ## घण्टाको विवरण हेर्दा मुलुकभरका वनजङ्गलमध्ये एक हजार ### स्थानमा डढेलो लागेको देखिएको छ । अमेरिकी वैज्ञानिक संस्था नासाको मोडिस् स्याटलाइटले पठाएको तस्बीरमा नेपालका ## जिल्लामा आगलागी भएको देखिएको हो । जसमध्ये सबैभन्दा बढी कैलालीमा ### स्थानमा वन डढेलो लागेको देखिएको छ ।
मुलुकभर #### स्थानमा डढेलो , धेरै कैलालीमा
281
महिला ग्राहकका लागि मेगा बैंकले मेहन्दी उत्सव आयोजना गरेको छ । साउन महिनाभर चल्ने यो उत्सवमा ग्राहकले मेगा बैंकका विभिन्न शाखाबाट निःशुल्क रुपमा आकर्षक मेहेन्दी लगाउन सक्नेछन् । मेगा बैंकको राइजिङ मलस्थित मुख्य शाखामा हालै मेहेन्दी लगाउने ग्राहकको भिड थियो ।
मेगाको मेहन्दी उत्सव
258