article
stringlengths
55
1.8k
title
stringlengths
10
141
article_length
int64
55
1.8k
नेपाल पत्रकार महासंघअन्तर्गत सात जिल्ला शाखाहरुको अधिवेशन सम्पन्न भएको छ । महासंघको कार्यतालिका अनुसार मंगलबार पश्चिमाञ्चल क्षेत्रका सात जिल्ला शाखामा अधिवेशन भएको हो । सातमध्ये चार जिल्ला शाखामा एमालेनिकट पत्रकारहरुको संगठन प्रेस चौतारीका उम्मेदवारले नेतृत्त हात पारेका छन् ।
सात जिल्लामा पत्रकारको अधिवेशन सकियो
276
प्रेम दिवस अर्थात भ्यालेन्टाइन डे नजिकिदै गर्दा गायक सागर आलेले एक गीतको भिडियो सार्वजनिक गरेका छन् । ' मलाई किन तिम्रो माया ' बोलको गीत सार्वजनिक गरेर आलेले प्रेम दिवसलाई विशेष बनाउन खोजेका छन् । राज खड्काको शब्द तथा संगीत रहेको गीतमा सुमिना लोकोको पनि स्वर छ ।
' प्रेम दिवस ' लाई लक्षित गर्दै सागरको ' मलाई किन तिम्रो माया ' सार्वजनिक
262
अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष ### / ### का लागि ## खर्ब ## अर्ब रुपैयाँको बजेट पेश गरेका छन् । जसमध्ये चालू खर्चतर्फ # खर्ब ## अर्ब , पुँजीगतर्फ # खर्ब # अर्ब रुपैयाँ तथा वित्तीयतर्फ # खर्ब ## अर्ब रुपैयाँसहित ## खर्ब ## अर्ब रुपैयाँको बजेट विनियोजन भएको छ । # घण्टा लामो बजेटमार्फत् उनले धेरैलाई खुसी पार्ने प्रयास गरेका छन् ।
यी हुन् नयाँ बजेटका मुख्य - मुख्य बुँदा
337
आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा . लि . द्वारा प्रवर्द्धित अशोक लेलैण्ड र सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड ( विराटनगर प्रधान कार्यालय रहेको ) बिच सम्झौता भएको छ । सम्झौताअनुसार आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले सहज रुपमा कर्जा सुविधा सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड ( विराटनगर प्रधान कार्यालय रहेको ) बाट पाउने भएका छन् । यसै अनुरुप ग्राहकहरुले अशोक लेलैण्डको विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा प्राप्त गर्ने भएका छन् ।
अशोक लेलेन्ड र सप्तकोशी डेभलपमेन्ट बैंकबीच सम्झौता
453
जिल्ला प्रहरी कार्यालय दाङले लाखौं मूल्यका नेपाल टेलिकमको रिचार्ज कार्ड चोरीमा संलग्न एक व्यक्तिलाई पक्राउपछि आज सार्वजनिक गरेको छ । प्रहरीले पत्रकारसम्मेलन गरी रोल्पा माडी गाउँपालिका–# बस्ने ## वर्षीय दलबहादुर रोकालाई रिचार्ज कार्डसहित सार्वजनिक गरेको हो । रोकासँग रु ## का रिचार्ड कार्ड ## हजार ### , रु ### का ## हजार रु ### का ### गरी जम्मा ## हजार ### वटा रिचार्ज कार्ड बरामद गरिएको प्रहरी प्रमुख कृष्णहरि शर्माले जानकारी दिए ।
## लाखका रिचार्ज कार्ड चोरी गर्ने पक्राउ
432
जिएसएम मोबाइल फोन सेवा प्रदायक कम्पनी एनसेलले अन्तर्राष्ट्रिय आगमन कलमा दुई मिनेटभन्दा बढी कुरा गर्दा दुई मिनेट नै बोनस टक टाइम पाउने अफर ल्याएको छ । आफ्ना प्रिपेड तथा पोस्टपेड ग्राहकका लागि बोनस टक टाइमका साथ ' कल आयो बोनस पायो ' अफर ल्याएको एनसेले एक विज्ञप्ती मार्फत जनाएको छ । नयाँ वर्ष #### को अवसरमा बैशाख # शुक्रबारदेखि यस्तो अफर ल्याइएको एनसेलले जनाएको छ ।
एनसेलले ल्यायो ' कल आयो बोनस पायो ' अफर
364
दुई वर्ष भयो , पर्वतका भेषबहादुर कँडेल र झापाका युवराज मैनालीको साइकल यात्रा । पर्वतको फलेवास नगरपालिका ## पाङराङका कँडेल र झापाको कन्काईका मैनाली , प्रदेश नं . # र # का यी दुई युवाहरु अहिले अमेरिकामा छन् । ## औँ देश साईकलमा घुमिसकेका उनीहरु यसपछि क्यानडा जानेछन् ।
' पानी नपाएर थुक निल्यौँ तर साइकललाई ब्रेक लगाएका छैनौँ '
265
मानव स्वास्थ्यमा गम्भीर असर पार्ने गरी न्यून गुणस्तरको दूध बेचे पाँच वर्ष जेल सजाय र ## हजार रुपैयाँसम्म जरिवाना हुने भएको छ । सरकारले दूध उत्पादक तथा बिक्रेतालाई जवाफदेही बनाउँदै उपभोक्तालाई स्वच्छ र स्वस्थ्य दूध उपलब्ध गराउने ध्येयले दूध मापदण्ड कार्यान्वनयमा ल्याएको छ । सबैले उपभोग गर्ने दूधको स्वच्छता र गुणस्तर कायम गर्न मापदण्ड तोकिएको हो ।
गुणस्तरहीन दूध बेचे जेल
347
काठमाडौँ– ऊर्जा , जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले एकीकृत जलस्रोत राष्ट्रिय नीति ल्याएर पानीको बहुउपयोगितालाई ध्यान दिएर अगाडि बढ्ने तयारी भएको बताएका छन् । राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सदस्यहरुले उठाउनुभएको प्रश्नको आज जवाफ दिने क्रममा उनले पानीको बहावको आधारमा जलविद्युत् , सिँचाइ एवं खानेपानीमा प्रयोग गरिने बताए । नेपालसँग भएको जलस्रोतको अधिकतम उपयोग गर्ने र एक प्रदेश एक मेगा प्रोजेक्टको अवधारणाअनुसार कार्यक्रम अगाडि बढाएको भन्दै उनले जनताको जलविद्युत् आयोजना तयार गरेर हरेक नेपालीले फाइदा लिनसक्ने गरी कार्यक्रम अगाडि बढाइने बताए ।
एक प्रदेश , एक मेगा प्रोजेक्टको अवधारणा ल्याईन्छः ऊर्जामन्त्री पुन
568
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । निगमले पेट्रोल , डिजेल र मट्टितेलमा एक / एक रुपैयाँ बढाएको हो । बढेको मूल्य अनुसार पेट्रोल प्रति लिटर # सय # र मट्टितेल र डिजेलको मूल्य प्रति लिटर ## भएको छ ।
पेट्रोल , डिजेल र मट्टितेलको मूल्य वृद्धि
220
जनकपुरमा एक महिलाले तिम्ल्याहा शिशु जन्माएकी छिन् । बिहीबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर # का बजरंगप्रसाद जयसवालकी पत्नीले धनुषा अस्पतालमा एकै पटक तीन शिशु जन्माएकी हुन् । मंसिर # गते सुत्केरी व्यथा लागेपछि उपचारका लागि ल्याइएकी बजरंगकी पत्नीले बिहीबार बिहान शल्यक्रियामार्फत बच्चा जन्माएको धनुषा अस्पतालले जानकारी दिएको छ ।
जनकपुरमा तिम्ल्याहा शिशुको जन्म
330
कर्णाली प्रदेशसभाले ' विनियोजन विधेयक–#### ' पारित गरेको छ । तीन दिनसम्मको छलफलपछि संसदले आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेको विधेयक पारित गरेको हो । विनियोजन विधेयकमा भौतिक पूर्वाधार निर्माणलाई जोड दिइने उल्लेख छ ।
विनियोजन विधेयक पारित : प्राथमिकतामा भौतिक पूर्वाधार
225
नेपाली मौलिक लोक नृत्य बिस्तारै लोप हुने अवस्थामा छन् । कठघोरी , कर्मधर्मा , करहवा , करियाझुमरी , कुर्मी ख्याली , कौराहा , घसकट्टी , चण्डी जस्ता नृत्य पछिल्ला पुस्ताले सुनेका पनि छैनन् । जानकारहरुका अनुसार नेपालमा ### बढी लोकनृत्य रहेको छ ।
' लोक नृत्यमा मौलिकता चाहिन्छ '
240
प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सांसदहरूले सुरक्षण मुद्रण ( सेक्युरिटी ) प्रेस खरिदबारे आफूहरूको नाम बदनाम गराइएकोमा आपत्ति जनाएका छन् । बिहीबार सिंहदरबारमा बसेको बैठकमा समिति सदस्य रहेका नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले ' # अर्ब खाएको भनेर दुष्प्रचार गरिएको भन्दै बैठकमा ' स्क्रिन सट ' देखाए । ' ती व्यक्तिलाई लेखा समिति सभापतिले बोलाएर किन / कसले भनेर लेखे सोध्नुपर्छ ' , रिजालले भने ।
सेक्युरिटी प्रेस खरिद प्रकरणमा लेखा समितिको बदनाम गरिएको भन्दै सांसद आक्रोशित
402
सुत्केरी भैंसीको पोषण सुरक्षाका लागि बडिमालिका नगरपालिकाले सुत्केरी भत्ता कार्यक्रम ल्याएको छ । किसानलाई पशुपालन व्यवसायतर्फ आकर्षण गर्न र उचित दाना पानीको व्यवस्थापन गरी दुध उत्पादनमा वृद्धी गर्न सुरक्षा भत्ता कार्यक्रम ल्याएको हो । किसानहरुले पशु वस्तुलाई सुत्केरी अवस्थामा पोषण सुरक्षाको ख्याल नगर्ने र उचित दानापानीको कमिले दुध उत्पादन र पशुको स्वास्थ्य समेत कमजोर हुने हुँदा प्रोत्साहन स्वरुप भत्ता सुविधा दिने नीति लिएको छ ।
सुत्केरी भैंसीका लागि सुरक्षा भत्ता , पशुपालनमा आकर्षण बढाइने
430
पोखरामा एक अर्ब बढीको लगानीमा चारतारे होटल खुलेको छ । गण्डकी प्रदेशको राजधानीसमेत रहेको पर्यटकीय नगरी पोखरामा दशैंको मुखमा चारतारे होटल सञ्चालनमा आएको हो । काठमाडौंमा ट्राभल एजेन्सी र होटल सञ्चालन गर्दै आएका सफल व्यवसायी रविचन्द्र हमालले लेकसाइडमा ' हेरिटेज होटल सुइट एण्ड स्पाः खोलेका हुन् ।
एक अर्ब लगानीमा पोखरामा खुल्यो हेरिटेज होटल
292
राष्ट्रिय जागरण परिषद , नेपालले नागरिकता ऐन–#### लाई राष्ट्रको सर्वोपरी हित हुनेगरी तत्काल संशोधन गर्न प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराको गम्भिर ध्यानाकर्षण गराएको छ । परिषदले सरकारले हालै संघीय संसदमा पेश गरेको ' नेपाल नागरिक ऐन , #### लाई संशोधन गर्न बनेको विधेयक #### ' लाई राष्ट्रको सर्वोपरी हित हुनेगरी तत्काल संशोधन गर्न बुधबार सभामुख महराको गम्भिर ध्यानाकर्षण गराएको हो । परिषदले नागरिकसम्बन्धि विद्यमान समस्या समाधानका लागि उच्चस्तरीय न्यायिक नागरिकता छानविन आयोग गठन गर्न सरकारलाई सचेत गराउन पनि सभामुख महरासँग आग्रह गरेको छ ।
नागरिकता ऐन संशोधन गर्न माग गर्दै सभामुख महराको ध्यानाकर्षण
541
प्रदेश # मा लालबाबु राउत नेतृत्वको सरकारलाई अहिले तत्काल विश्वासको मत लिनु नपर्ने स्थिति देखिएको छ । प्रदेश # का सभामुख सरोज यादवले गठबन्धन दल राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिए मात्र मुख्यमन्त्रीले संसदबाट विश्वासको मत माग्नु पर्ने स्थिति आउने बताए । सभामुख यादवले प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपाले समर्थन फिर्ता लिए पनि मुख्यमन्त्री राउत नेतृत्वको गठबन्धन तत्काल नढल्ने बताए ।
प्रदेश # मा तत्काल विश्वासको मत लिनु नपर्ने
387
उमेरले ## कटेका चेतेन्द्र पन्त सशस्त्र प्रहरीका पूर्वडीएसपी हुन् । गोठाटारमा ' माता मनकामना ट्रेडर्स ' चलाएर बसेका पन्तको कालोधन्दा चाहिँ अर्कै रहेछ । काभ्रे घर भएका पूर्वडीएसपी पन्तको ' माता मनकामना ' मा शुक्रबार महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले छापा मार्नेक्रममा उनको कालो धन्दाको पोल खुलेको हो ।
कीर्ते धन्दा गरेपछि पूर्वडीएसपीसा ' ब प्रहरी खोरमा
304
अभिनेता अनमोल केसी ' धुपौरे ' फिल्ममा देखिने भएको छन् । उनी निर्देशक साम्तेन भुटियाको ' धुपौरे ' फिल्ममार्फत फरक अवतारमा देखिने पक्का भएको हो । ' मानिसको महत्व र अस्तित्वलाई कसैले वेवास्ता गर्न गलत हो ।
' धुपौरे ' अनमोल
202
पूर्वाधार निर्माणमा ऐतिहासिक मानिएको नेपालकै पहिलो ' अण्डरपास ' सञ्चालनमा ल्याइने भनी तोकिएको समय दुई पटक सरेको छ । सडक विभाग , चक्रपथ सुधार आयोजनाले असार दोस्रो सातामै ' अण्डरपास ' सञ्चालनमा ल्याइने कुरा सार्वजनिक गरेको थियो । पहिलो म्यादमा काम पूरा नभएपछि दोस्रो पटक साउन पहिलो सातामै सञ्चालनमा आउने भनियो तर अझै सञ्चालन हुन सकेको छैन् ।
दुई दिन घाम नलाग्दा सञ्चालनमा आएन कलंकीको ' अण्डरपास
339
जनताका सेवक हामी , जनता हाम्रा मित्र , सुरक्षित समाजको कोरौँ सुन्दर चित्र भन्ने मुल नाराका साथ नेपाल प्रहरीले देशभर ' प्रहरी मेरो साथी ' अभियान सुरु गरेको छ । नेपाल प्रहरीले समाजमा ' प्रहरी मेरो साथी ' हो भन्ने भावना र सम्बन्धको विकास गरी नेपाल प्रहरीको समग्र छविमा अभिबृद्धि गर्ने लक्ष्य र विभिन्न उद्देश्यका साथ सोमबार देशभर एकैसाथ ' प्रहरी मेरो साथी ' अभियान सुरु गरेको हो । सरकारले आर्थिक वर्ष #### / ### को निती तथा कार्यक्रममा समावेश गरिएको ' प्रहरी मेरो साथी ' अभियान देशभरका साथै रुपन्देही जिल्लामा पनि एक कार्यक्रमको आयोजना गरी प्रहरीले यो अभियान सुरु गरेको छ ।
रुपन्देहीमा पनि ' प्रहरी मेरो साथी ' अभियान आरम्भ
570
चलचित्र ' इन्साअल्ला ' को निर्माणको काम अन्तिम समयमा आएर स्थगित गरेका निर्देशक संजयलिला भन्साली अहिले नयाँ चलचित्रको कथा लेखनमा व्यस्त छन् । उनी , यसपटक एक महिलाको बायोपिकमा काम गरिरहेका छन् । भन्साली अब नयाँ चलचित्र ' गाङ्गुबाई कोठीवाली ' मा काम गरिरहेकी छिन् ।
' इन्साअल्ला ' नबनेपनि टुटेन आलिया र संजयको सहकार्य
262
निर्वाचन आयोगले प्रदेश # मा हुने स्थानीय चुनावका लागि # दिन विद्यालय बन्दको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । आयोगका अनुसार भदौ ## देखि मतदान हुने दिन असोज # गतेसम्म विद्यालय बन्द गर्न भनेको हो । निर्वाचनको लागि मतदान केन्द्र विद्यालय भवन तथा कम्पाउण्ड भित्र राखिनेछ ।
निर्वाचन आयोगको ## बुँदे निर्देशन , प्रदेश # मा सात दिन स्कुल बन्द गर्नू
278
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी ## वर्षीया किशोरी निर्मला पन्तलाई न्याय दिलाउन नसकेको भन्दै पोखरामा सरकारको कडा आलोचना गरिएको छ । बलात्कारपछि हत्या भएको ## दिन नाघिसक्दा पनि प्रहरीले दोषि पत्ता लगाउन नसकेको भन्दै दवाव र्‍यालीका सहभागिले सरकार अनुसन्धानमा नराम्रोसँग चुकेको बताए । सामाजिक अभियन्ताको सक्रियतामा शनिबार पोखराको मानवअधिकार चोकबाट निकालिएको दवाव र्‍यालीका सहभागिले पन्तको हत्यारा पहिचान गर्न नसक्दा नागरिकले न्याय र सुरक्षाको प्रत्याभूति गर्न नसकेको बताए ।
' निर्मलालाई न्याय दिन सरकार चुक्यो '
472
विश्वको नम्बर वान सोसल नेटवर्किङ साइट फेसबुकले आफ्नो नीति तथा शर्तहरुमा परिवर्तन ल्याउँदैछ । फेसबुकले सम्पूर्ण प्रयोगकर्तालाई आउँदो जनवरी # देखि आफ्ना नीति तथा शर्तहरुमा परिवर्तन गर्न लागेको सूचना दिएको छ । तपार्इँले आफ्नो फेसबुक अकाउण्टको नोटिफिकेसन चेक गर्नुभयो भने त्यो देख्न पाउनुहुनेछ ।
फेसबुकले बदल्दैछ आफ्नो नीति , के हुनेछ परिवर्तन ?
291
एक दशकअघि एल्बम ' तिम्रो मनमा ' ल्याएर गुमनाम बनेका गायक गगन सरगम नयाँ एल्बम ' प्रेमको भिखारी ' लिएर श्रोतामाझ झुल्किएका छन् । एल्बममा आधुनिक फ्लेबरका पाँच गीत छन् । एल्बममा निम संगीत , नवराज घिमिरे , लक्ष्मण पाण्डे र घनश्याम गौतमको शब्द छ ।
' प्रेमको भिखारी ' मा गगन
241
त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापक करारको माग गर्दै आन्दोलनमा उत्रेका छन् । आफूहरुले लामो समयदेखि विश्वविद्यालयका विभिन्न आंगिक कलेजमा पठनपाठन गराउँदै आएको तर हालसम्म विश्वविद्यालयले करार प्रक्रियामा समेत सहभागी हुने वातवारण नबनाएको उनीहरुको भनाइ छ । नेपाल आंशिक प्राध्यापक संघले मंगलबार पत्रकार सम्मेलन गरी निरन्तर प्राज्ञिक उन्नयनका लागि प्राध्यापनरत आंशिक प्राध्यापकलाई विश्वविद्यालयले न्यून ज्यालादरमा अधिकतम काम लगाई चरम शोषण गरेको जनाएको छ ।
करार माग गर्दै आंशिक प्राध्यापक आन्दोलनमा
454
सानो तर तिख्खर स्वरमा ' त्यसो गरे , कसो होला ' भन्ने । तर , खासै जुक्ति नभएका । छिमेकमा भाँडभैलो मच्याउने ।
गाईजात्राः ओ हरिबहादुर ?
107
नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) का वरिष्ठ नेता झलनाथ खनालले आफ्नो दलमा नयाँ धारको कुरा निराधार भएको बताएका छन् । झापाको बिर्तामोडमा आज आयोजित पत्रकार सम्मेलनमा नेता खनालले तल्लो र वर्गीय सङ्गठन भङ्ग भएकाले पार्टीभित्र केही असन्तुष्टि रहेको उल्लेख गरे । ' नेकपा ठूलो पार्टी हो , लाखौँ सदस्य र लाखौँ समर्थक छन् ' , उनले भने , ' उहाँहरु सबै अहिले असङ्गठित हुनुहुन्छ , यस्तो बेलामा केही असन्तुष्टि आउनु स्वाभाविक हो ।
नेकपामा नयाँ धार छैन : वरिष्ठ नेता खनाल
415
विगत चार वर्ष अवधिमा सरकारले सार्वजनिक विद्यालयमा कार्यरत शिक्षकलाई तालिम दिन # अर्ब ## करोड खर्च गरेको छ । शिक्षकले तालिम पाए पनि विद्यार्थीको सिकाइ उपलब्धि भने ## प्रतिशतभन्दा कम देखिएको छ । शैक्षिक जनशक्ति विकास केन्द्रका अनुसार शिक्षक तालिमका लागि चार वर्षमा # अर्ब ## करोड ## लाख ## हजार रुपैयाँ खर्च भएको छ ।
शिक्षक तालिममा साढे # अर्ब खर्च , उपलब्धि न्यून
314
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी हुने तस्करीको सुन र सनम शाक्य हत्या काण्ड छानबिन गर्न बनेको सरकारी विषेश समितिले अनुसन्धानको प्रतिवेदन सरकारलाई बुझाएको छ । टोलीले विमानस्थलबाट हुने सुन तस्करीका साथै विभिन्न पक्षका सुधारका पाटालाई केलाएर सरकारलाई सुझावसहित छानबिन प्रतिबेदन बुझाएको हो । करिब # महिना लामो अनुसन्धानपछि तयार पारेको साढे # सय पृष्ठको प्रतिवेदन बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको हो ।
सुन तस्करी र सनम शाक्य हत्या अनुसन्धान गर्न बनेको समितिले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझायो
422
जिल्लाको प्रमुख पर्यटकीय स्थल कुपिन्डेताल संरक्षणमा करोडौं खर्च भए पनि सडक निर्माण गर्दा खसेका ढुंगामाटो र रुखका कारण ताल साँघुरिँदै गएको छ । संरक्षणमा केही वर्षको अवधिमै तीन करोड बढी रकम खर्च भइसकेको छ । काम प्रभावकारी नहुँदा त्यो रकम ' बालुवामा पानी ' जस्तै भएको छ ।
प्रभावकारी भएन ताल संरक्षण
268
नारायणगढ मुग्लिन सडकखण्डको चारकिलो भन्ने ठाउँमा शुक्रबार बिहानदेखि सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध बनेको छ । नारायणगढ - मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार पहिरो पन्छाउने काम थालिएको छ । थप पहिरो नखसेमा केही समयभित्रमा सडक सञ्चालनमा आउने उनले बताए ।
पहिरो खसेपछि नारायणगढ - मुग्लिन सडक अवरुद्ध
262
ग्रेट हिमालयन क्रिकेट एकेडेमी ( जिएचसिए ) ले बंगलादेशको दिनजपुरमा हुने शेख रूसेल श्रीती क्रिकेट प्रतियोगिता खेल्ने भएको छ । बिहीबारदेखि # दिन चल्ने प्रतियोगितामा ## क्लब सहभागी छन् । तीमध्ये बंगलादेशका # क्लब तथा नेपाल र भारतका # / # क्लबले खेल्ने जिएचसिएले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बंगलादेश जाँदै जिएचसिए टोली
298
बलिउड नायिका कट्रिना कैफ आफूलाई ग्लामर लुक्समा प्रस्तुत गर्न कुनै कसर बाँकी राख्दिनन् । यस्तैमा कट्रिनाले हालै आफ्नो इन्स्टाग्राममा एक तस्वीर पोष्ट गरेकी छिन् । निलो विकिनी लगाएर मेक्सिकोको सिटीको समुन्द्री किनारमा खिचिएको तस्वीरमा उनी निकै हट देखिएकी छिन् ।
कट्रिनाको विकिनी फोटोको चर्चा
258
नेपाल स्टक एक्चेन्ज ( नेप्से ) मा बुधबार सामान्य सुधार देखिएको छ । नेप्से आज # . ## अंकले बढेर #### . ## अंकमा पुगेको हो । मंगलबार ## अंकले बढेको नेप्सेले बुधबार भने त्यसलाई निरन्तरता दिन सकेन ।
नेप्सेमा तीन अंकको सामान्य सुधार
194
म सपना रावतको ठूलोबुवा हुँ । उनी मेरी सालीकी छोरी हुन् । सपनाले आत्माहत्या गर्नु ## दिनअघि म उनको घरमा पुगेको थिएँ ।
लघु वित्तले झुण्ड्यायो सपना राउतलाई
116
दैलेखको नौमूलेमा निर्माणको अन्तिम चरणमा रहेको पदमखोला जलविद्युत् आयोजनाको पाइप पुर्ने क्रममा एक किलोमिटर खोला बगर बनेको छ । नौमूलेदेखि भुरुङ्गेसम्मको सडकको भित्ता साइडबाट अहिले पाइप विछ्याउने काम धमाधम शुरु भएको छ । सडकभन्दा दुई मिटर तल पाइप गाड्नका लागि भित्तो खन्दा अहिले जङ्गलमाथिको सबै भाग पहिरोका रुपमा खसेको छ ।
विद्युत् कम्पनीको लापरवाहीले खोला पुरियो
317
निर्वाचन आयोगमा दर्तामध्ये सबैभन्दा धेरै मतदाता प्रदेश नम्बर # मा छन् । सात प्रदेशमध्ये राजधानी काठमाडौंसमेत रहेको # नम्बर प्रदेशमा मतदाताको संख्या धेरै देखिएको हो । तीन नम्बरमा एक सय ## वटा एकाइ ( गाउँ / नगर / उपमहानगर र महानगरपालिका ) छन् ।
कुन प्रदेशमा कति मतदाता ?
242
मन्त्रिपरिषद्ले राजेन्द्रकिशोर क्षेत्रीलाई मुख्यसचिव नियुक्त गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठक गरिबी निवारण तथा सहकारी मन्त्रालयका सचिव रहेका क्षेत्रीलाई मुख्यसचिवमा बढुवा गर्ने निर्णय गरेको सरकार प्रवक्ता तथा अर्थ मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सेतोपाटीलाई जानकारी दिए ।
राजेन्द्रकिशोर क्षेत्री मुख्यसचिव नियुक्त
296
नख्खु खोलाको बहावलाई ## वर्षअघिकै ठाउँमा फर्काइने भएको छ । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले नदीको पुरानै बहाव कायम गर्ने गरी कार्य थालिसकेको छ । यसका लागि तत्कालीन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको निर्णयअनुसार ### माघसम्ममा नख्खु खोलाको अतिक्रमित क्षेत्र खाली गर्न परिपत्र गरेको देखिन्छ ।
नख्खु खोलाको बहाव फर्काइँदै
324
पहुँचका आधारमा पोके बजेट ल्याएको भन्दै प्रतिपक्षले बिरोध गरिरहेका बेला प्रदेश नम्बर # को प्रदेशसभामा सत्ता पक्षका सांसदले समेत बजेटप्रति असन्तुष्टि जनाएका छन् । मंगलबारको संसद बैठकमा बजेटमाथिको छलफलमा सहभागी सत्तापक्ष सभासदहरुले प्रदेशका सबै जिल्ला र निर्वाचन क्षेत्रलाइ न्याय गर्न नसकेको गुनासो गरे । सांसद दिपेश थारुले भनसुन र पहँुचका आधारमा केही जिल्लालाई एक अर्बको बजेट छुट्याउँदा केही जिल्लालाइ सम्बोध नै नगरिएको बताए ।
बजेटप्रति सत्तापक्षकै सांसदको असन्तुष्टि
424
थेरापी भन्ने बित्तिकै एउटा उपचारको प्रविधि भन्ने बुझिन्छ । लेजर विकिरणको प्रयोगबाट गरिने उपचारलाई लेजर थेरापी भनिन्छ । लेजर विकिरणले रोगी अंगलाई सेकाएर उपचार गर्छ ।
लेजर थेरापीबाट कुन / कुन रोगको उपचार हुन्छ ? ( भिडिओ रिपोर्ट )
164
काठमाडौँ– संघीय संरचनामा केन्द्रीय मन्त्रालय मातहतमा ## वटामात्र विभाग हुने भएका छन् । यसअघि ## वटा विभाग हुने गरेकामा अब ## वटामात्र विभाग हुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए । अहिले रहेका ## मन्त्रालयको काम र प्रकृति अनुसार पहिले रहेका ## वटा विभागलाई गाँभेर ## वटा मात्र विभाग बनाइएको हो ।
केन्द्रीय मन्त्रालय मातहतमा अब ## विभाग मात्र हुने
341
काठमाडौंको मूलपानीमा गएराति प्रहरीले एक जुवा घरमा छापा मारेको छ । अवैध रुपमा सञ्चालित जुवा घरमा छापा मार्नेक्रममा घरको दुर्इ तल्लामाथिकाे भान्सा काेठाकाे झ्यालबाट भाग्न खोज्दा खसेर दुई जुवाडेकाे मृत्यु भएकाे छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा सरोज घले र सानुलाल तामाङ छन् ।
जुवा खालमा प्रहरीको छापा : घरको दुर्इ तल्लामाथिकाे झ्यालबाट भाग्न खोज्दा दुईकाे मृत्यु , ## पक्राउ
283
गृहमन्त्री रामबहादुर थापाले सुनसरीमा अज्ञात समुहद्वारा असोज # गते हत्या गरिएका खुर्सिद आलमको हत्यारालाई कानुनी कठ्घरामा ल्याईछाड्ने बताएका छन् । बुधवार गृहमन्त्रालयमा मृतक खुर्सिदको परिवारका सदस्य तथा सो क्षेत्रका जनप्रतिनिधिहरुसँगको भेटमा गृहमन्त्री थापाले घटना लगत्तै छानविन समिति गठन गरी समितिले काम अघि बढाएको र केही दिनमै हत्याराको पहिचान हुने बताए । ' यो घटनालाई मैले गम्भिर रुपमा लिएको छु , गृहमन्त्री थापाले भने ' अपराधी जो सुकै भएपनि कारवाहीको दायरामा ल्याईछाड्छौं ।
हत्यारालाई कानुनी कठ्घरमा ल्याएरै छाेड्छु : गृहमन्त्री थापा
475
नेकपा एमालेको रौतहट जिल्ला कमिटीले स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर # का संयोजक सत्यनारायण मण्डलमाथि कारवाहीको माग गरेको छ । मण्डलले पदीय दुरुपयोग गरी चन्द्रपुर नगरपालिकाको मेयरमा पार्टीले निर्णय गरेभन्दा फरक व्यक्तिलाई आधिकारिकता प्रदान गरेको भन्दै जिल्ला कमिटी बैठकले औपचारिक रुपमै निर्णय गरेर प्रदेश संयोजकमाथि कारवाही माग गरेको हो । एमाले जिल्ला प्रचार बिभाग प्रमुख विपिन गौतमले जारी गरेको विज्ञप्तिमा भनिएको छ , ' पार्टीको कुनै पनि आधिकारिक निकाय र कमिटीबाट निर्णय नै नभएका व्यक्तिलाई आफ्नो हस्ताक्षरको दुरुपयोग गरी आधिकारिक पत्र - टिकट ) दिई पार्टी हित विपरित आम कार्यकर्ता र समर्थकलाई निराश बनाउने र पार्टी पद्धति विपरितको कार्य गरेकाले तत्काल कारवाही गर्न केन्द्रीय कमिटी समक्ष माग गर्दछौं ।
प्रदेश संयोजक मण्डललाई कारवाही गर्न रौतहट एमालेको माग
702
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि एकपटक आन्दोलन गर्ने इच्छा रहेको बताएका छन् । समाजवादको उद्देश्य प्राप्तिका लागि र नेकपालाई कम्युनिष्ट पार्टीजस्तो बनाउन आन्दोलन गर्ने इच्छा रहेको प्रचण्डले बताए । ' हामी त जीवनको उत्तरार्धमा आइसक्यौं ।
फेरि एकचोटी आन्दोलन गर्ने इच्छा छ : प्रचण्ड
285
शिक्षा मन्त्रालय अन्ततः सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले नै राख्ने भएको छ । प्रमुख सत्ता साझेदार कांग्रेसले आन्तरिम समीकरण मिलाउन भन्दै शिक्षा आफूलाई दिन माग गरेको थियो । तर , माओवादीले सहमति भइसकेको भन्दै शिक्षा दिन मानेन ।
शिक्षा मन्त्रालय माओवादीले राख्ने , कांग्रेसले स्वास्थ्य पायो
239
भरतपुर महानगरपालिका–## पटिहानीमा निर्माण भइरहेको ' अम्ब्रेला स्ट्रिट विथ सनसेट भ्यू भ्रमण वर्ष #### ' सँगै सञ्चालनमा आउने भएको छ । एक वर्षअघिबाट थालिएको काम अन्तिम चरणमा पुगेको छ । चितवन राष्ट्रिय निकुञ्ज भएर बगेको राप्ती नदीको किनारमा रहेको रमणीय स्थलमा वन , वन्यजन्तु र सूर्यास्तको अवलोकनसँगै थारु समुदायको संस्कृतिसँग रमाउनका लागि स्ट्रिट निर्माण गरिएको हो ।
भ्रमण वर्षसँगै ' अम्ब्रेला स्ट्रिट ' सञ्चालनमा आउने
361
नेकपा माओवादी केन्द्रको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको मितिबारे प्रस्ताब गरेका छन् । दाहालले बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण अगाडि पार्टी एकता गरिसक्ने प्रस्ताव गरेका हुन् । माओवादी नेता मणी थापाका अनुसार दाहालको प्रस्तावलाई सचिवालयले पारित गर्दै थप तयारी गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्रीको भारत भ्रमण अगाडि एमाले - माओवादी एकता !
318
काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मुलुकभरका सबै जिल्ला जनस्वास्थ्य / स्वास्थ्य कार्यालयलाई प्रदेश सरकारको मातहतमा रही साविककै जिम्मेवारी सम्पन्न गर्ने गरी यथावत्रुपमा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले आइतबार सो निर्णय गर्दै अर्को जिम्मेवार निकायको स्थापना कार्य प्रक्रियामा रहेकाले हाल प्रदेश मातहतमा रहने गरी सबै जिल्ला जनस्वास्थ्य÷स्वास्थ्य कार्यालयलाई यथावत्रुपमा सञ्चालन गर्न सो अनुरोध गरिएको हो । जनस्वास्थ्य प्रशासक शम्भु काफ्लेद्वारा आइतबार जारी विज्ञप्तिमा मन्त्रालयले जनस्वास्थ्य ÷स्वास्थ्य कार्यालयमा कार्यरत कर्मचारीको समायोजन , भौतिक तथा सूचनाजन्य सम्पत्तिको हस्तान्तरण , आर्थिक प्रशासनसम्बन्धी कागजातको व्यवस्थापन लगायतका कार्य गर्न नयाँ प्रादेशिक संयन्त्र स्थापनाको प्रक्रियामा रहेको जनाइएको छ ।
साविककै जिम्मेवारी सम्पन्न गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
797
कैलालीको चुरे पहाडी क्षेत्रको चुरे गाउँपालिका–# मड गाउँकी कल्पना लामालाई आफ्ना प्रेमीको हत्या गरेको अभियोगमा प्रहरीले बिहीबार पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ( फलटुडे ) , कैलालीका प्रहरी निरीक्षक माधव विश्वकर्माका अनुसार श्रीमान् लालबहादुर लामासँग मिलेर निज कल्पनाले अन्दाजी ## वर्षीय प्रेमी कमल कुँवरको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको हो । यही असार ## गते कुँवरको हत्या गरेर आफ्नो घरदेखि ## मिटरको दूरीमा रहेको खोलमा खाल्डो खनी पुरिएको अवस्थामा बिहीबार शव फेला परेको विश्वकर्माले बताए ।
श्रीमान्सँग मिलेर प्रेमीको हत्या गर्ने पक्राउ
511
राष्ट्रपति विद्या भण्डारीले स्थानीय जनताको मागलाई सम्बोधन हुनेगरी विद्यालय तहको पाठयक्रम निर्माण गर्न सरकारसँग आग्रह गरेकी छन् । राष्ट्रपति भण्डारी युवाहरुलाई स्थानीय स्तरमै रोजगारीको अवसर सृजना हुनेगरी शैक्षिक जनशक्ति निर्माण गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएकी हुन् । आईतबार एसओएस बालग्रामले निर्माण गरिदिएको सिन्धुपाल्चोकको भिमटारस्थित भीमेश्वर माध्यामिक विद्यालय भवन उद्घाटन गर्दै उनले विकासको मूल आधारको रुपमा रहेको शिक्षाको माध्यामबाट समाजमा रहेका सबैखालको विकृतिहरु अन्त्य गर्नुपर्नेमा पनि जोड दिइन् ।
जनताको माग सम्बोधन हुनेगरी पाठयक्रम निर्माण गर्न सरकारसँग राष्ट्रपतिको आग्रह
515
संघीय सरकारले पठाएका ## जना कर्मचारीलाई विभिन्न स्थानीय तहले फिर्ता पठाएका छन् । फिर्ता पठाएका कर्मचारी कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा संघीय मन्त्रालय अझै टुंगोमा पुगेको छैन । संघीय मन्त्रालयका प्रवक्ता भूपाल बरालले संघीय सरकारले समायोजन गरी स्थानीय तहमा पठाइएका करिब ## जना कर्मचारी विभिन्न स्थानीय तहले फिर्ता पठाएको बताउदै त्यस्तो कर्मचारीको विषयमा मन्त्रालय टुंगोमा नपुगको बताए ।
केन्द्रले खटाएका ## कर्मचारी स्थानीय तहबाट फिर्ता
387
प्रधानमन्त्री केपी शर्मा ओलीले विनाशकारी भूकम्पबाट पाठ सिक्दै नेपालले विपद् जोखिम व्यवस्थापनको पूर्व तयारीमा राष्ट्रिय नीतिका साथ काम गरिरहेको बताएका छन् । विपद् व्यवस्थापनसम्बन्धी एसिया प्रशान्त क्षेत्रीय परामर्श समिति ( आरसिसी ) को ## औं बैठकको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विसं #### को विनाशकारी भूकम्पपछि तत्काल राहत र पुनर्स्थापनाका साथै पुनर्निर्माणका लागि काम अहिले पनि जारी रहेको बताए । उनले अन्य मुलुकका अनुभवलाई समेत ध्यान दिएर समुदाय र अन्तर्राष्ट्रिय क्षेत्रको सहयोगमा पुनर्निर्माणमा सरकार गम्भीरताका साथ लागिरहेको उल्लेख गरे ।
विपद् जोखिम व्यवस्थापनमा सरकार गम्भीर : प्रधानमन्त्री
547
भारतीय व्यापारीलाई अपहरणमा संलग्न तीन जना पक्राउ परेका छन् । एक साताअघि अपहरणमा परेका भारतीय व्यापारी अमितकुमार शारदालाई प्रहरीले सप्तरीको कञ्चनरुप नगरपालिका–## स्थित अम्बरबहादुर मगरको घरबाट सकुशल मुक्त गरेको छ । अपहरणमा संलग्न रहेको आरोपमा सप्तरीको कञ्चनरुप–# का अम्बरनाथ विश्वास , शैलेन्द्रकुमार गुप्ता र पुष्कर महतोलाई प्रहरीले पक्राउ गरेको छ ।
भारतीय व्यापारी अपहरण गर्ने तीन पक्राउ
347
भदौदेखि निरन्तर नेपाली चलचित्र प्रदर्शन भैरहेका छन् । असोजदेखि भारतको नाकाबन्दीले देशको वातावरण असहज बनेको छ । तर , पनि नेपाली चलचित्र भने महिनामा एउटा चलेकै छन् ।
भूकम्पछि निखिलका # फिल्म चले , आर्यन र जीवन असफल
163
सोलुखुम्बु— दोस्रो चरणमा भएको स्थानीय तहको निर्वाचनमा सोलुखुम्बुमा खसेको मतको # . ## प्रतिशत मत बदर भएको छ । ## हजार # सय ## खसेको मत मध्येवाट कुल एक हजार ## मत बदर भएको हो । सोलुखुम्बुमा जम्मा ## हजार # सय ## मतदाता रहका थिए ।
सोलुखुम्बुमा # . ## प्रतिशत मत बदर
227
कृषि क्षेत्रमा आधुनिकीकरण गरेर मनग्य आम्दानी लिन सकिने भएपछि पहाडी जिल्ला तेह्रथुमका किसानको ध्यान यान्त्रीकरणतर्फ तानिएको छ । किसानले जनशक्ति अभावको समस्या टार्न तथा थोरै लगानीमै धेरै आम्दानी गर्न खनजोतका लागि हाते ट्र्याक्टरको प्रयोग गर्न थालेका हुन् । खेती गर्न गोरु पाल्नैपर्ने बाध्यताबाट टाढा रहन किसानले ट्र्याक्टरलगायत उपकरणको प्रयोग बढाएका वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले बताउनुभयो ।
यान्त्रीकरणले तान्दैछ पहाडे कृषकको ध्यान
403
निगम श्रेष्ठले निर्देशन गर्न लागेको नयाँ चलचित्र ' लालपुर्जा ' को घोषणा कार्यक्रममा नायिका श्रृष्टी श्रेष्ठको नाम थिएन । निर्माणपक्षले सार्वजनिक गरेको प्रेस विज्ञप्ती होस् या कार्यक्रममा मन्तव्यको क्रममा नै किन नहोस् , उनको अत्तोपत्तो थिएन । हुनत , सुरुवातमा यो चलचित्रमा श्रृष्टीले काम गर्ने चर्चा थियो ।
' लालपुर्जा ' मा श्रृष्टीको इन्ट्री , कतै सौगात त होइनन् कारण ?
305
नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा सप्तरीका पत्रकारहरुले बुधबारदेखि अनिश्चितकालिन धर्ना दिएका छन् । सप्तरी शाखामा देखिएको दुई वर्षदेखिको विवाद मिलाउनतर्फ महासंघका केन्द्रीय पदाधिकारीहरुले उदासिनता देखाएको भन्दै सप्तरी शाखाका पत्रकारहरुले धर्ना सुरु गरेका हुन् । यसअघि विवाद समाधान गर्न मागसहितको ज्ञापन पत्र केन्द्रीय कार्यालयमा पटक - पटक बुझाईसकेको भएपनि वास्था नगरिएको पत्रकारहरुले बताएकाछन् ।
पत्रकार महासंघ केन्द्रीय कार्यालयमा सप्तरीका पत्रकारको धर्ना
404
गोरखा घ्याल्चोक गाविस # नयाँगाउँका ## वर्षीय छत्रप्रसाद अधिकारी हराएको # दिनपछि मृत फेला परेका छन् । गत चैत ## गते रातिदेखि सम्पर्कविहीन रहेका अधिकारीको शव बिहीबार सशस्त्र प्रहरीको टोलीले त्रिशुली नदीमा फेला पारेको हो । सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालीम केन्द्र कुरीनटारबाट खटिएको टोलीले चितवन र गोरखाको सिमानामा पर्ने मौवाखोला भन्ने ठाउँ नजिक त्रिशुली नदीको बीचभागमा तीनवटा ढुंगाको चेपमा अड्कीएको अवस्थामा शव फेला पारेको सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले जानकारी दिए ।
हराएको # दिनपछि अधिकारीको शव भेटियो
484
भूकम्पका बेला सिन्धुपाल्चोक कारागार भत्कदा भागेका कैदी मान लामालाई प्रहरीले पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा ## वर्ष कैद सजायँ पाएका ## वर्षीय लामालाई सोमबार काठमाडौंको मूलपानीबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले जानकारी दिएको छ । सिन्धुपाल्चोक भोताङ घर रहेका लामा काठमाडौंको मूलपानीमा बस्दै आएका थिए ।
सिन्धुपाल्चोक कारागारबाट भागेका कैदी काठमाडौंमा पक्राउ
326
#### माघ # गते । सुर्खेतको उत्तरी क्षेत्र पाम्काका कर्णबहादुर राना खाना खाएर सुत्ने तरखरमा थिए । पाँच जना तत्कालीन विद्रोहीका कार्यकर्ता कोठाभित्र प्रवेश गरे ।
शान्तिको पक्षमा नागरिक
159
राजनीतिक शक्तिको आड र रारा राष्ट्रिय निकुञ्जका कर्मचारीसँगको मिलेमतोमा रारातालमा होटल व्यवसायीले ' ब्रह्मलुट ' मच्चाएका छन् । ताल किनारमा दलका नेताले निकुञ्जलाई कौडीको मूल्य भाडा तिरेर दुई होटल सञ्चालन गर्दै आएका छन् । नेपाली सेनाको राशनपानी ठेक्का लिँदै आएका एमाले नेता गोपाल बमले दुई दशकदेखि ' डाँफे होटल ' चलाएका छन् भने माओवादी केन्द्रका नेता राजु कार्कीले तीन वर्ष अघिदेखि ' भिलेज हेरिटेज एन्ड रिसोर्ट ' ।
रारामा होटलवालाको ' ब्रह्मलुट '
410
काठमाडौँ– हिमाली भेगका जनताको ## प्रतिशत आयआर्जनको स्रोतका रुपमा रहेको बहुमूल्य जडीबुटी यार्सागुम्बा सरकारको प्राथमिकतामा भने पर्न सकेको देखिँदैन । नेपालमा पछिल्लो दुई दशकयता यार्सागुम्बाको व्यावसायिक रुपमा संकलन तथा ओसारपसार हुँदै आए पनि सरकारले यसमा अझै स्पष्ट नीति र कानूनको व्यवस्था गर्न सकेको छैन । यार्सागुम्बा हाल हिमाली भेगका झण्डै दुई दर्जन जिल्लाका हजारौँ मानिसको आम्दानीको राम्रो स्रोतका रुपमा स्थापित हुँदै गएको छ ।
प्राथमिकतामा पर्न नसकेको यार्सागुम्बा
427
जिल्लाको विभीन्न स्थानमा रहेका पर्यटन गन्तव्य बन्न ठाउँहरु प्रचार प्रसारको अभावमा ओझेल परेका छन् । यहाँको विकासका लागि पर्यटन विकासलाई पहिलो प्राथमिकता दिने सरोकारालाले बताउँदै आए पनि त्यस अनुसार पर्यटन क्षेत्रको प्रचार प्रसारमा ध्यान दिएको पाइँदैन । जिल्लाको सुन्दर झरना मध्येको एक गलकोट सहस्त्र झरना प्रचार प्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको छ ।
पर्यटकीय सहस्त्र झरना ओझेलमा
353
भक्तपुर नगरपालिका–# लिवालीस्थित एउटा घरमा पेस्तोल देखाएर लुटपाट भएको छ । इँटाभट्टा व्यवसायी राजकुमार लाखेमरुको घरमा लुटेरा समुहले पेस्टोल देखाई लुटपाट गरेको हो । निलो मोटरसाइकलमा पाँचजनाको समूहमा आएका उनीहरुले घरको पहिलो तल्लामा पुगेर पेस्टोल देखाई लुटपाट मच्चाएको पीडित राजकुमारले बताए ।
पेस्ताेल देखाएर # लाख नगद लुटपाट
288
नेपाल सरकारले अन्तरराष्ट्रिय दाताहरुलाई अब चाँडै पुनर्निर्माण प्राधिकरणले पूर्णता पाउने आश्वासन दिएको छ । भूकम्प आएको # महिनापछि सरकारले दाताहरुलाई यस्तो आश्वासन दिएको हो । अर्थमन्त्रालयमा बुधबार आयोजित दाताहरुसँगको छलफलमा अर्थमन्त्री विष्णु पौडेलले पुननिर्माण प्राधिकरणले छिट्टै पूर्णता पाउने बताएका हुन् ।
दातालाई सरकारको आश्वासनः पुनर्निर्माण प्राधिकरण चाँडै बन्छ
307
भारतको हैदराबादस्थित तेलंगनामा ## वर्षे महिला डाक्टरलाई बलात्कारपछि हत्या गरेको मामलाका चारै आरोपीलाई पुलिसले इन्काउन्टरमा मारेको छ । शमशाबादका डिसीपी प्रकाश रेड्डीका अनुसार पुलिसले आरोपीलाई त्यही स्थानमा लगेको थियो जहाँ उनीहरुले डाक्टरलाई मट्टीतेल छर्केर जलाएका थिए । उनीहरुलाई उक्त स्थानमा लगेर घटना के –कसरी भएको थियो भनेर सोधपुछ गरिएको थियो ।
डाक्टरको बलात्कार र हत्याका चार आरोपी घटनाको # दिनपछि प्रहरी इन्काउन्टरमा मारिए
346
शहीद स्मृति प्रतिष्ठानको अगुवाइमा नेत्र बिक्रम चन्द ( विप्लव ) समूहले कपिलबस्तुको शिवराज नगरपालिका वडा नं # शिवगढीमा स्वास्थ्य शिविर सम्पन्न गरेको छ । चन्दका छोरा प्रकाशको नेतृत्वमा उनकै गृहनगरमा स्वास्थ्य शिविर सम्पन्न भएको हो । प्रकाश चितवन मेडिकल कलेजका चिकित्सक हुन् ।
विप्लवको गाउँमा छोराले चलाए स्वास्थ्य शिविर
272
नयाँ शक्ति पार्टीले सातै प्रदेशमा संयोजक तोकेको छ । यस्तै प्रचार विभागको जिम्मेवारी युवा नेता विश्वदीप पाण्डेलाई दिएको छ । पाण्डे लामो समयदेखि पार्टी संयोजक डा . बाबुराम भट्टराईको स्वकीय सचिवको रुपमा रहेका थिए ।
नयाँ शक्तिले तोक्यो प्रदेश इन्चार्ज , प्रचार विभागमा पाण्डे
211
यसवर्ष इच्छुक स्मृति पुरस्कारबाट चितवनका कवि मोदनाथ मरठ्ठा र काठमाडौँ , चाल्नाखेलका कवि विनोदविक्रम केसी पुरस्कृत भएका छन् । इच्छुक स्मृति दिवस तथा सांस्कृतिक वलिदान दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा कविद्धय सहित चार श्रष्ठा पुरस्कृत भएका हुन् । कविद्धयले प्रमाणपत्र सहित जनही ##÷## हजार रुपैयाँ प्राप्त गरे ।
इच्छुक स्मृति पुरस्कारबाट चार श्रष्टा पुरस्कृत
318
अर्थमन्त्री डा खतिवडाले व्यापारीहरुलाई बिलबिजकको आधारमा वस्तुको कारोबार गर्न आग्रह गरेका छन् । विलको आधारमा वास्तविक मूल्यमा कारोबार गरेर राज्यको राजश्व शंकलमा सहयोग पु¥याउन खतिवडाले आव्हान गरे । नेपाल चेम्बर अफ कमर्शको प्रतिनिधिमण्डलसँगको भेटमा खतिवडाले व्यवसायीले इमान्दारीपूर्वक व्यापार गरे भन्सारमा देखिएको समस्या समाधान हुने बताए ।
अर्थमन्त्री भन्छन् - भन्सार छलेर समस्या समाधान हुँदैन
336
तुरतुरे ताल फुटेर गएको बाढीले बगाएको पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङखण्डमा अवरुद्ध सडक सञ्चालनमा आउन करीब तीन हप्ता लाग्ने भएको छ । यस्तै पर्वत खण्डमा रोकिएको सडक विस्तारको काम छिट्टै सुचारु गरिने भएको छ । बागलुङको बडीगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमामा रहेको तुरतुरे ताल फुट्दा सोमबार मध्यपहाडी लोकमार्गको दुई सय मिटर सडक बगाएको थियो ।
मध्यपहाडी लोकमार्ग खुलाउन तीन हप्ता लाग्ने
349
कर्णाली प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको तीन साता पुग्यो । फागुन ## गते संसदको पाँचौं बैठक बसेको थियो । त्यसयता अनिश्चितकालका लागि स्थगित भएको बैठक फेरि कहिले बस्ने हो टुंगो छैन ।
' बिजनेस ' नपाउँदा संसद् बैठक अनिश्चित
194
अंग्रेजी नयाँ वर्ष सन् #### आजबाट सुरु भएको छ । नेपालीहरुले पनि एकअर्कालाई शुभकामना साटासाट गर्दै मनाइरहेका छन् । हुन त नेपालीहरुको नयाँ वर्ष वैशाख # गते हो ।
न्यू इयर इभमा यसरी झुम्यो काठमाडौं
158
धादिङको थाक्रे गाउँपालिका–# तसर्पूस्थित प्रेमसागर फाउन्डेसनद्वारा सञ्चालित जनभोजन कार्यक्रमलाई जनता बैंकले नगद सहयोग गरेको छ । निःशुल्क रूपमा खाना र खाजा खुवाउँदै आइरहेको फाउन्डेसनलाई सो बैंकले नगद दुई लाख रुपैयाँ सहयोग गरेको हो । एक कार्यक्रमबीच जनता बैंकका संस्थागत प्रमुख छविलाल हुमागाईं र ब्रान्डिङ प्रमुख शैलेन्द्रनाथ शाहले वडाअध्यक्ष भूमिलाल तामाङ र फाउन्डेसनका उपाध्यक्ष डा . प्रेमराज ढुंगेललाई सहयोग रकम हस्तान्तरण गरेका छन् ।
' जनभोजन ' का लागि दुई लाख
434
सपनाले मान्छेलाई हरेक पल बिथोल्छ । अक्सर कम अथवा सानो आकारको सपना देख्ने मेरो जीवन , एषणा , दैनन्दिनी र जिजीबिषाहरु पनि तिनै सपनाहरूकै क्रम , उपक्रम र क्रमभंगताकै सेरोफेरोमा रुमलिएको छ । मेरो बाल मस्तिष्क र चेतनाको आकार अनि आयतन भित्रको सपनामा कहिल्यै नपरेको तर संसारले सपना र सम्भावना भनेर मानेको सधैँ बिरानो लाग्ने उत्तर अमेरिकी भूगोलमा म यस बखत कर्महरूको जेलो गरिरहेको छु तर हरेक क्षण अनि दिन नोस्टाल्जियामा मेरो देश बाँच्ने गरेको छु ।
सपनाका रङ्गहरू जहाँ माटोको ऋण तिर्ने अठोट झल्किन्छ
438
सरकारले पूँजीबजारमा देखिएको समस्या समाधानका लागि एक समिति गठन गरेको छ । पूँजीगत लाभकरको विषयलाई लिएर शेयर लगानीकर्ता आन्दोलनमा उत्रिएपछि अर्थ मन्त्रालयले आज मंगलबार वित्तीय क्षेत्र व्यवस्थापन महाखाशाका प्रमुख एवं सहसचिव उत्तरकुमार खत्रीको संयोजकत्वमा छ सदस्यीय समिति गठन गरेको हो । समितिलाई ## दिनभित्र शेयर बजारको समग्र समस्या समाधानका लागि कार्ययोजनासहितको प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ ।
शेयर बजारको समस्या समाधान गर्न समिति गठन
397
नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) ले संगठन विभागमा तीन जना थप गरेको छ । बुधबार बसेको सचिवालय बैठकले अष्टलक्ष्मी शाक्य , भानुभक्त ढकाल र हरि अधिकारीलाई थप गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । यसअघि संगठन विभागको प्रमुखमा वामदेव गौतम र उपप्रमुखमा जनार्दन शर्मा ' प्रभाकर ' मात्र थिए ।
नेकपाको संगठन विभागमा तीन सदस्य थप
301
अनमोल केसी स्टार ' कृ ' को पहिलो गीत रिलिज भएको छ । फिल्मको ' यति यति पानी गंगे रानी ' बोलको गीत सार्वजनिक भएको हो । रिलिज भएको ' क्लब संग ' बाट अनमोलले आफू नृत्यमा पनि सुधारिँदै गएको देखाएका छन् ।
' कृ ' को पहिलो गीतमा यसरी नाचे अनमोल
197
काठमाडौं— स्थानीय तहको दोस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर # , # र # का ## जिल्लाका तीन सय ## स्थानीय तहमा बुधबार मतदान हुँदैछ । मतदानका लागि चार हजार पाँच सय ## मतदान स्थलमा आठ हजार तीन सय ## मतदान केन्द्र तोकिएका छन् । मतदाताले बिहान # बजेदेखि अपराह्न # बजेसम्म तोकिएको मतदान केन्द्र पुगेर गोप्य मतदानबाट एक पद , एक मतको आधारमा बहुमतीय निर्वाचन प्रणालीअन्तर्गत स्थानीय तहको प्रमुख , उपप्रमुख , वडाध्यक्ष र वडाका चार सदस्यलाई मतदान गर्नेछन् ।
तीन प्रदेशमा दोस्रो चरणको निर्वाचन हुँदै
450
जुम्लाको अर्गानिक स्याउ अहिले बोटमै ## रुपैयाँ केजीमा विक्री भइरहेको छ । पहिले सदरमुकाम खलंगा बजारसम्म ल्याउदा ## देखि ## रुपैयाँमा विक्री गर्न बाध्य स्याउ किसान अहिले बोटमै ## रुपैयाँ प्रतिकेजीमा विक्री गर्न थालेका हुन । अहिले जिल्ला देखि जिल्ला बाहिरका स्याउ व्यापारीले किसानको बगैचामै गएर स्याउ किन्ने गरेका छन् ।
बगैचामै स्याउको मूल्य प्रतिकेजी ## , किसान उत्साहित
316
बाघको छालासहित धादिङको गल्छीबाट तीन जना पक्राउ परेका छन् । जिल्लाको गल्छी गाउँपालिका वडा नं # गल्छीबजारमा रहेको हाम्रो होटलबाट शुक्रबार तीन जना पक्राउ परेका हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो , प्रहरी चौकी गल्छी र डिभिजन वन कार्यालय धादिङको संयुक्त टोलीले एक थान बाघको छाला सहित तीन जनालाई पक्राउ गरेको हो ।
हाम्रो होटेलबाट बाघको छालासहित # जना पक्राउ
315
सवारी ज्यान मुद्दाका फरार व्यक्तिलाई मेलम्ची नगरपालिका–## फटकशिलाबाट विहीबार प्रहरीले पक्राउ गरेको छ । विसं #### जेठ # मा सिन्धुपाल्चोक जिल्ला अदालतले ## दिन कैद र रु दुई हजार जरिवाना गर्ने फौसला गरेपछि फरार रहेका मेलम्ची–## फटकशिलाका बस्ने ## वर्षीय केशवप्रसाद दंगाललाई प्रहरीले पक्राउ गरेको हो । #### साल मंसिर ## गते दंगालले चलाएको टिपरको ठक्करबाट सोही गाउँ बस्ने चित्रबहादुर डोटेलको मृत्यु भएको थियो ।
सवारी ज्यान मुद्दाका फरार पक्राउ
405
नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) भित्र उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने विषयमा विवाद भएको भोलिपल्ट बिहीबार पार्टीका तीन शीर्ष नेता एउटै सार्वजनिक कार्यक्रममा देखिए पनि उनीहरु विवादबारे बोल्न पन्छिएका छन् । पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसहित वरिष्ठ नेता माधव नेपाल बिहीबार एउटै कार्यक्रममा सहभागी भएका थिए । उनीहरुले कार्यक्रममा सचिवालय बैठकमा भएको विवादबारे तल्लो तहका नेता–कार्यकर्तालाई केही पनि नबताई आफ्ना धारणा राखे ।
नेकपामा शक्ति संघर्ष : नेताले गरे विवादको ढाकछोप , प्रधानमन्त्रीद्वारा बाँस्कोटाको बचाउ
458
बाँके प्रहरीले नेपालगन्ज र कोहलपुरका उद्योगी व्यवसायीलाई फोन तथा एसएमएस गरेर धम्की दिँदै करिब # करोड रुपैयाँ माग्ने # जनालाई नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तथा प्रहरी उपरीक्षक टेकबहादुर तामाङ्गले बिगत लामो समयदेखि बाँकेको नेपालगन्ज , कोहलपुर र दाङ्गका ब्यापारी उद्योगीहरुलाई फोनबाट धम्काउने कार्यमा सक्रिय रहेका # जनालाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको हो । गत फागुन ## गतेदेखि अपरिचित नम्बरबाट फोन गरी व्यवसायीलाई रकम नदिए धम्याउँदै आएका छ जनालाई प्रहरीले नियन्त्रणमा लिएको बाँके जिल्ला प्रहरी उपरीक्षक तामाङले बताए ।
फोनबाट व्यवसायीलाई धम्क्याउँदै दुर्इ करोड माग्ने # जना पक्राउ
569
चालु आर्थिक वर्ष ### / ## को मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा गर्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई काम गर्न सहजता हुने भएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई मुलुकका मुख्य पर्यटकीय क्षेत्रमा विदेशी मुद्रा सटहीका लागि छुट्टै काउन्टर खोल्न अनुमति दिएको हो । ' भ्रमण वर्ष #### ' लाई लक्षित गरी मुलुकका प्रमुख पर्यटकीय स्थलमा विदेशी मुद्रा सटहीका लागि काउन्टर खोल्न अनुमति दिएको राष्ट्र बैंकका सहायक प्रवक्ता गोविन्दप्रसाद नागिलाले बताए ।
बैंकले मुद्रा सटही गर्न काउन्टर खोल्न पाउने
469
एक दशकअघि जुम्ला ल्याइएको स्याउ ग्रेडिङ मेसिन सिजनमै थन्किएको छ । झन्डै ## लाख रुपैयाँको लगानीमा ल्याइएको ग्रेडिङ मेसिन प्रयोगमा नआउँदा किसान मर्कामा छन् । मेसिन राख्न तीन रोपनी जग्गाको व्यवस्था नहुँदा गुठी संस्थानको जग्गामा राखिएको छ ।
स्याउ सिजनमै थन्कियो ग्रेडिङ मेसिन
236
वैदेशिक रोजगारीका सिलसिलामा ज्यान गुमाएका खोटाङका ## मृतक परिवारले # करोडभन्दा बढी राहत तथा क्षतिपुर्ती प्राप्त गरेका छन् । सन् #### देखि हालसम्म रोजगारीका सिलसिलामा विदेश पुगेका बेलामा विभिन्न कारणले ज्यान गुमाएका मृतकका परिवारले वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड तथा बीमा कम्पनीबाट राहत तथा क्षतीपुर्तीस्वरुप # करोड ## लाख ## हजार रुपैयाँ पाएका हुन् । वैदेशिक रोजगारलाई सुरक्षित , उपलब्धीमुलक र भरपर्दो बनाउने क्षेत्रमा काम गर्दै आएको सुरक्षित आप्रवासन परियोजना ( सामी ) को सहजीकरणमा मृतक परिवारले राहत तथा क्षतीपुर्ती प्राप्त गरेका हुन् ।
विदेशमा ज्यान गुमाएका परिवारलाई # करोड
539
हेटौँडा – प्रदेश # का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको नाम र राजधानीको विषय अर्को पटकदेखि उठानै गर्नु नपर्ने गरी समाधान गरिने बताका छन् । प्रदेशसभामा आज प्रमुख प्रतिपक्षी दलका नेता इन्द्र बानियाँले उठाउनु भएको विषयवस्तुहरुको जवाफ दिँदै मुख्यमन्त्री पौडेलले उक्त प्रतिबद्धता जनाएका हुन् । प्रदेशसभामा जवाफ दिँदै मुख्यमन्त्री पौडेलले सरकारले सरकार सञ्चालनको अप्ठ्यारो चरण पार गरिसके र विकासको चरण प्रवेश गरेकाले प्रदेशले विकासमा फड्को मार्ने बताए ।
राजधानीको विषय फेरि उठान गर्नु नपर्ने गरी समाधान गरिन्छ : मुख्यमन्त्री
450
मस्को ; रसियाले आगामी केही वर्ष देशको वातावरण संरक्षणमा खर्चिने रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् । यही मार्चमा हुन गइरहेको रसियाली राष्ट्रपतिको निर्वाचनको सिलसिलामा देशबासीको नाममा सम्बोधन गर्दै राष्ट्रपति पुटिनले भने , ' मलाई रसियाली जनताले पुनः एक पटक राष्ट्रपतिका रूपमा निर्वाचित गरेमा मैले आगामी केही वर्ष देशको वातावरण संरक्षणका लागि काम गर्न काम गर्नेछु । ' मार्चमा हुने निर्वाचन यदि पुटिनको पक्षमा नै आएमा उनी आगामी सन् #### सम्म रसियाको राष्ट्रपति बन्नुहुनेछ ।
पुटिनको नयाँ कार्यकालमा वातावरण संरक्षण
483
सचिवालय बैठकले आफ्नो तेस्रो वरियता खोसेपछि नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीलाई भने , ' मेरो अपमान गरेर हुर्मत लिन सफल हुनुभएकोमा तपाईलाई बधाइ छ । ' प्रधानमन्त्री ओलीले ' त्यसो होइन ' भन्न नभ्याउँदै नेपालले अझ आक्रोशित हुँदै भने , ' अब तपाईले अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एउटा पद छाडिहाल्नुस् । नवौं महाधिवेशनको वरियता कायम गर्ने हो भने भीम रावल , अष्टलक्ष्मी र युवराज ज्ञवालीलाई ईश्वर पोखरेल र बिष्णु पौडेलभन्दा माथिल्लो वरियतामा ल्याउँ ।
माधवसँग केपी चिढिनुका तीन चरण : माधवले गुमाउने केही छैन !
467
प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण भव्यरुपमा सम्पन्न भएकाले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन् । राष्ट्रपति चिनफिङलाई बिदाइ गरेपछि प्रधानमन्त्री ओलीले आज ट्विट गर्दै भनेका छन् , ' मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति सी चिनफिङको दुई दिवसीय ऐतिहासिक नेपाल भ्रमण भव्य रुपमा सम्पन्न भएको छ । ' प्रधानमन्त्री ओलीले टुइटरमा लेखेका छन् , ' उहाँको भ्रमणबाट दुई देशबीचको सम्बन्धले नयाँ उचाइ र गतिशीलता प्राप्त गरेको छ ।
' चीनसँगको सम्बन्ध नयाँ उचाइमा ' –प्रधानमन्त्री
481
प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेको बेलौरी बजारलाई नमुना सहरका रुपमा विकसित गरिने बताएका छन् । कञ्चनपुरको पूर्नबासमा शनिबार नेपाली काँगेसद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले बेलौरीलाई नमुना सहरका रुपमा विकसित गरी स्थानिय बासिन्दालाई समृद्ध बनाउने बताए । भारतसँग जोडिएका सीमा क्षेत्रमा रहेका समस्या समाधान गर्न आफू प्रतिवद्ध रहेको उनले बताए ।
सीमा क्षेत्रमा कुनै पनि नेपालीमाथि ज्यादती हुन दिन्नः प्रधानमन्त्री देउवा
412
युरोपन्न देशमा बसोबास गर्ने नेपाली युवतीहरूलाई समावेश गरेर पहिलो पटक मिस नेपाल युरोप नामक प्रतियोगिको आयोजना हुने भएको छ । आगामी जनवरी ## मा बेल्जिमयको लोवेनमा आयोजना हुने प्रतियोगितामा ## जना प्रतियोगीहरूले प्रतिस्पर्धा गर्दैछन् । यसअघि आयोजकले आयोजना गरेको अडिसनबाट उनीहरू छनोट भएका थिए ।
मिस नेपाल युरोप हुने
290
जनकपुर उपमहानगरपालिकामा राष्ट्रिय जनता पार्टीले झण्डै # हजारको अग्रता लिएको छ । दोस्रो स्थानमा रहेको कांग्रेस निकै पछि परेको छ । प्राप्त पछिल्लो मतपरिणामअनुसार , राजपाका मेयर उम्मेदवार लालकिशोर साहले #### मत पाएका छन् ।
जनकपुर उपमहानगरमा राजपालाई झण्डै # हजारको अग्रता
219