article
stringlengths
55
1.8k
title
stringlengths
10
141
article_length
int64
55
1.8k
ऊ कुनै बेला मेल्वर्न बस्थ्यो तर आजकाल उ मेल्वर्नबाट धेरै टाढा तर भिक्टोरीया राज्यभित्रै एउटा गाउँमा बस्छ । न्यू इयरको दिन थियो । साँझ # बजेतिर म उसलाई भेट्न फेडरेशन स्क्विायर आएँ ।
उसले भन्यो - दिदी मेरो कथा पनि लेखिदिनुस् न !
180
औषधी विज्ञान तर्फ #### को नोवल पुरस्कार जापानी वैजानिक योशिनोरी ओसुमीलाई प्रदान गरिएको छ । ओसुमीलाई उनले सन् #### को दशकमा पत्ता लगाएको मेकानिजम फर अटोफेजी नामक खोजका लागि नोबल पुरस्कार प्रदान गरिएको हो । अटोफेजीले कुनै पनि बिग्रंदै गएको तथा प्रयोगविहिन बन्दै गएको कोशको तत्वलाई पुन प्रयोग गर्न मिल्ने बनाइदिन्छ ।
औषधी विज्ञान तर्फको नोबल पुरस्कार योशीनोरी ओसुमीलाई
313
सुवास पण्डित## पुस , चितवन । चितवन , नवलपरासी र तनहुँको संगमस्थल देवघाट धाममा माघे संक्रान्तिको अवसरमा लाग्ने मेलासँगै मकर स्नान सुरु भएको छ । संक्रान्तिको अघिल्लो दिन बिहीबार बेणीमा विधिपूर्वक पूजा गरेर लिंगो गाडेपछि मकर स्नान सुरु भएको मानिन्छ ।
देवघाटधाममा मेलासँगै मकर स्नान सुरु
247
नेपाल स्टक एक्सचेन्ज परिसूचकमा आज पनि दोहोरो अंकको बृद्दि भएको छ । पूर्ण स्वचालित अनलाइन कारोवार प्रणाली सुरु भएको आज पहिलो दिन कारोवार मापक नेप्से परिसूचक ## . ## बिन्दुले बढेर ##सय## . ## अंकमा पुगेको छ । यस्तै ' क ' वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि # . ## बिन्दुले बढेर ### . ## बिन्दुमा पुगेको छ ।
शेयर बजारमा आज पनि दोहोरो अंकको वृद्धि
325
रुस्लान नवौ सिमरा गोल्डकपको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । सिमरा रङ्गशालामा शनिबार भएको प्रतियोगिता अन्तर्गतको फाइनल खेलमा आर्मीले थ्रिस्टार क्लबलाई #–# गोल अन्तरले पराजित गर्दै उपाधि उचाल्यो । उपाधिसहित आर्मीले पाँच लाख एकाउन्न हजार नगर पुरस्कार समेत पाएको छ भने उपविजेता बनेका थ्री स्टारले दुई लाख पचास हजार रुपैयाँमा चित बुझायो ।
आर्मीले जित्यो सिमरा गोल्डकपको उपाधि
340
प्रधानमन्त्री केपी शर्मा ओली एकैपटक ठूलो संख्यामा निजामति कर्मचारीलाई स्वेच्छिक अवकाश दिन अनिच्छुक देखिएका छन् । आधिकारिक ट्रेड युनियनका पदाधिकारी सहित कर्मचारी संगठनका नेताहरुसँगको भेटमा प्रधानमन्त्री ओलीले घर जान होइन देश बनाउने अभियानमा सघाउन आग्रह गरेका हुन् । आइतबार साँझ आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुन्य ढकालको नेतृत्वमा गएका कर्मचारी संगठनका नेताहरुसँग प्रधानमन्त्रीले एकैपटक दश हजार भन्दा बढी कर्मचारीलाई घर पठाउँदा सरकारको काम अवरुद्ध हुने बताए ।
कर्मचारीलाई प्रधानमन्त्रीको आग्रह – घर जान नखोज्नुस् , राष्ट्र निर्माणका लागि सघाउनुस्
460
यतिखेर गर्मी मौसममा लाग्ने रोग मात्र नभई मनसुनको समय पनि भएकाले अन्य रोगको संक्रमण तथा पेटसम्बन्धी रोग लाग्ने बढी सम्भावना हुन्छ । यो मौसममा पाचन प्रणालीको समस्याका साथै आलस्य बनाउने , कमजोरी महसुुस हुनेलगायत समस्या देखिन्छन् । यस्तो अवस्थामा आफूलाई कसरी स्वस्थ राख्ने रु आउनुहोस् यी उपाय अपनाऔं ।
मनसुनमा लाग्ने रोगबाट बच्ने उपाय
297
सोलुखुम्बु– खुम्बु भ्रमणमा आएका दुई विदेशी नागरिकको मृत्यु भएको छ । सगरमाथा क्षेत्र भ्रमणमा आएका अष्ट्रिया र युक्रेनी नागरिकको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–# मा रहेको इम्चाचे हिमाल आरोहण गरी आइलमपिक हुँदै फर्कने क्रममा डोरीबाट चिप्लिएर झर्दा अष्ट्रियाकी ## वर्षीया जिल समसी भेराको मृत्यु भएको प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए ।
खुम्बु भ्रमणमा आएका दुई विदेशी नागरिकको मृत्यु
389
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको तारबार बुधबार स्थानीयले भत्काएका छन् । बिहान # बजेपछिको समयमा एक्साभेटरसहित पुगेको समूहले रंगशालाको पश्चिमतर्फ रहेको तारबार र जस्ताको बार भत्काइदिएका हुन् । स्थानीयले रंगशालाको पश्चिमपट्टि रहेको रगंशाला निर्माणस्थलसँगै कृषि तथा वन विज्ञान विश्वविद्यालयको जग्गामा समेत रहेको तार जाली भत्काइदिएका थिए ।
स्थानीयले भत्काए कम्पाउन्ड
344
मानिसहरुका रुची पनि अचम्मै खालका हुन्छन् । महानन्द बांङमय साहित्य प्रतिष्ठान काभ्रेका अध्यक्ष कवि लक्ष्मण सापकोटाले यस्तै अनौठो अभियान चलाउने घोषणा गरेका छन् । ' कवितामय मेचीकाली दौड ' नाम दिइएको अभियान अन्तरगत सापकोटा तीनमा तीन घण्टा दौडने छन् र प्रत्येक बिश्राममा कविता सुनाउने छन् ।
तीन घण्टा कुद्ने , कविता सुनाउने '
285
काठमाडौं महानगरपालिकाले यस वर्ष घर बहाल कर # प्रतिशतले घटाएको छ । तर काठमाडौंका घरधनीले कर बढेको भनेर अन्धाधुन्ध डेरा भाडा बढाइरहेका छन् । देशव्यापी करवृद्धि भइरहेका बेला काठमाडौं महानगरले भने घर बहालसहित केही सेवामा कर घटाएको छ ।
काठमाडाैं महानगर : घर बहाल कर घट्याे , डेरा भाडा बढेकाे बढ्यै
230
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष भवानी राणाको नेतृत्वमा गएको सुदूर पूर्वाञ्चल र सुदूर पश्चिाञ्चलका उद्यमी व्यवसायी सम्मिलित प्रतिनिधिमण्डल र नेपालस्थित भारतीय राजदूतावासका पदाधिकारीबीच शनिबार भारतीय राजदूतावासमा अदुवा निकासीमा देखिएका समस्याबारे छलफल भएको छ । माउ अदुवा धमाधम बजार पठाउने बेला भारतले लिएको आकस्मिक निर्णयले नेपाली निर्यातकर्ता प्रभावित भएपछि प्रतिनिधिमण्डल राजदूतावासमा छलफल गर्न गएको हो । नेपालबाट भारततर्फ हुने अदुवा निकासीमा केही दिनयता देखिएको समस्या तथा सुदूरपश्चिमाञ्चलको गौरीफन्टा नाकादेखि पलिया बजारसम्मको राजमार्ग स्तरोन्नति लगायत विषयमा छलफल भएको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
अदुवा निकासी गर्न महासंघको आग्रह
634
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भैरहवामा जारी राष्ट्रिय पुरुष टी–## क्रिकेट प्रतियोगिताको शनिबार सम्पन्न खेलबाट नेपाल पुलिस र सशस्त्र प्रहरी बलको एपिएफ क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् । भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा एपिएफले गण्डकी प्रदेशलाई # विकेटले हरायो । पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले ## . # ओभरमा सबै विकेट गुमाउँदै ## रन बनायो ।
दुवै पुलिस सेमिफाइनलमा
371
विनोद भण्डारीले एकै ओभरमा # छक्का हानेको खेलमा त्रिभुवन आर्मी क्लबले सोमबार मध्यपश्चिमाञ्चललाई ## रनले पराजित गर्दै बृहत् राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटको सेमिफाइनल पक्का गरेको छ । टस हारेर ब्याटिङ निम्त्याइएको आर्मीले # विकेट गुमाएर # सय ## रन बनाएको थियो । विनोदले ## बलमा # छक्का र # चौका सहित अविजित ## रन जोडेका थिए ।
विनोदको तुफानी ब्याटिङले सेना सेमिफाइनलमा
330
अग्नि मोटो इन्कले महिन्द्रा टुहृवीलरको लागि हालै सेल्स , सर्भिस र स्पेयर पार्टस्हरुको सेवा प्रदान गर्ने उद्देश्यसहित जनकपुरमा आधिकारिक शोरुमको उद्घाटन गरेको छ । यो शोरुम वैशाख ## गतेबाट शुभारम्भ गरिएको छ । जनकपुरस्थित महागणपति अटो सेल्स शोरुमको समुद्घाटन प्रदेश नं . # का सांसद रामआशिष यादवले गरेका थिए ।
महिन्द्रा टु ह्वीलर अब जनकपुरमा
304
जन्मदै शरीरभन्दा बाहिर मुटु भएकी एक बालिका अस्पतालबाट ## महिनापछि डिस्चार्ज भएर घर गएकी छन् । ## नोभेम्बर #### मा बेलायतको लेस्टरस्थित ग्लेनफिल्ड हस्पिटलमा जन्मेकी भेनेल्लोप होप विल्किन्सलाई पहिलोपटक घर लगिएको हो । दुर्लभ समस्या लिएर जन्मेकी विल्किन्स बाँच्ने सम्भावना ## प्रतिशत मात्र रहेको त्यतिबेला डाक्टरहरुले बताएका थिए ।
शरीरबाहिर मुटु भएकी बालिका ## महिनापछि घरमा
326
नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो वाम गठबन्धन लोकतन्त्र विरोधी शक्ति भएको आरोप लगाएका छन् । उनले कम्युनिष्ट शासन स्थापना भएमा एकदलीय तानशाह जन्मने भन्दै त्यसो भएमा नेपाली जनताले डरत्रास पूर्ण दैनिकी बिताउन बाध्य हुनुपर्ने पनि बताए । नेपाली कांग्रेस ताप्लेजुङले शनिवार सदरमुकाम फुङलिङमा आयोजना गरेको जिल्ला स्तरीय आमसभालाइ सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कम्युनिष्टहरुले एकता गरेर लोकतन्त्रलाइ खतरामा पारेको आरोप लगाए ।
जनता लोकतन्त्र बिरोधी छैनन , त्यस कारण साम्यवाद रोजाइमा पर्दैन : प्रधानमन्त्री
458
काठमाडौँ– शेयर बजार बढ्ने क्रम आज थामिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक # . ## विन्दुले घटेर एक हजार ### . ## विन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापक सेन्सेटिभ परिसूचकसमेत # . ## विन्दुले घटेर ### . ## विन्दुमा पुगेको छ ।
थामियो शेयर बजार
270
अभिनेता दयाहाङ राईको अक्सर आलोचना हुने गर्छ , जस्तो पायो त्यस्तो फिल्म खेलेर संख्या मात्र बढाइरहेको भनेर । हुन पनि एकै वर्षमा उनका चार - पाँच वटासम्म फिल्म रिलिज हुँदा दर्शकहरु नै दिक्क हुने गरेका छन् । अर्कोतर्फ निर्माता - निर्देशकहरुको उनीसँग बेग्लै गुनासो हुन्छ ।
दयाहाङ भन्छन् : अब ग्याप राखेर मात्रै फिल्म गर्छु
266
राजवंशी समाज उत्थान समिति ( विराट ) ले विराटनगरमा सम्पूर्ण पूर्वाधार भएकाले यसलाई अविलम्ब राजधानी घोषणा गर्नुपर्ने माग गरेका छन् । उत्थान समिति केन्द्रीय कार्यसमितिका अध्यक्ष भुवनेश्वर मण्डल राजवंशीले आज आयोजित पत्रकार सम्मेलनमा परापूर्वकालदेखि यस क्षेत्रमा बसिरहेका विराट राजवंशीले # नं प्रदेशको नाम विराट प्रदेश हुनुपर्ने विगतदेखि नै माग गरिरहेकामा अहिले घोषणा गर्न सम्पूर्ण राजनीतिक दलसँग आग्रह गरेका हुन् । अध्यक्ष राजवंशीले विराट राजवंशी समुदायलाई आदिवासी जनजाति सूचीमा सूचीतकृत गर्न पनि माग गरे ।
विराटनगरलाई प्रदेश राजधानी घोषणा माग
502
बलिउड नायक साहरुख खान र सलमान खानले आफ्नो # बर्ष पुरानो दुश्मनीलाई अब विस्तारै भुल्दैछन् । गत बर्ष बाबा सिद्धिकीको इफ्तार पार्टीमा दुइले अंगालो मार्दा हंगामा नै मच्चिएको थियो । तर यो पार्टी पश्चात साहरुख र सलमानले फेरि एकअर्कालाई खासै वास्ता गरेनन् ।
साहरुखले अंगालो मार्दा सलमानको ' किक ' चल्ला ?
250
हाँस्यकलाकार केदार घिमिरे ' माग्नेबुढा ' ले गत वर्ष कतिवटा अवार्ड जिते उनैलाई थाहा छैन । तर यति थाहा छ भएका कुनै पनि अवार्डमा उनी खाली हात हुनु परेको छैन । गएको वर्ष उनले ' छक्का पञ्जा ' फिल्मबाट सर्वोत्कृष्ट हाँस्यकलाकारको विधामा लगभग सबै अवार्ड सोहोरेका थिए ।
माग्नेबुढाका हातभरी अवार्ड , उठाए यस्तो प्रश्न
261
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई विकृतिमुक्त बनाउन आवश्यक रहेको बताएका छन् । चितवनको रत्ननगरमा भएको एक कार्यक्रममा वरिष्ठ नेता पौडेलले पार्टीलाई विकृतिमुक्त र देशलाई भ्रष्टाचारमुक्त बनाउनुपर्ने बताए । पौडेलले ' विरालो कुटेको सबैले देख्ने तर दुध चोरेको कसैले नदेख्ने ' भन्दै बाहिर नेताहरु लडेको जस्तो देखिने र भित्रको वास्तविकता कसैले नदेख्ने गरेको बताए ।
पार्टीलाई विकृतीमुक्त बनाउन आवश्यकः वरिष्ठ नेता पौडेल
379
ताप्लेजुङ्गकी चन्दा लिम्बु ( नाम परिवर्तन ) लाई एकदिन आफ्नो साथीले प्रस्ताव गर्छिन् , ' एकजना गृह मन्त्रालयको सह–सचिव भेटाउँछु , सरकारी कोटामा क्यानाडा पठाउन सक्ने मान्छे हो ! ' क्यानाडा सपनाको उडान भर्दै गरेकी चन्दालाई ढुंगा खोज्दा देउता मिलेजस्तो भयो त्यसमाथि गृह मन्त्रालयको सह–सचिव भएपछि मेनपावर एजेन्ट र अन्य ठगिने लफडा पनि भएन । एक दिनपछि नै आफूलाई गृह मन्त्रालयको सह–सचिव बताउने वीरेन्द्र प्रसाद अधिकारीलाई भेट्छिन् । राजधानीको एक क्याफेमा भेट्न बोलाएका ' सह–सचिव ' अधिकारी कोट , पाइन्ट , टाई तथा ढाकाटोपीमा सजिएर आउँछन् ।
' नटवरलाल ' को कथा : ' गृह मन्त्रालयको सह–सचिव हुँ , क्यानाडा पठाईदिन्छु ' भन्दै # करोड ## लाख ठगी !
529
राजधानीमा शुक्रबारदेखि सुरु भएको हावाहुरीले लाइन टि्रप हुने र ट्रान्सफरमर जल्ने कारणले गर्दा काठमाडौं उपत्यकामा विद्युत् आपूर्तिमा समस्या भइरहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार धेरै पुराना प्रसारणलाइन संरचना भएकाले हावाहुरी लाग्न साथ वितरण प्रणालीमा समस्या आउन गरेको छ । उपत्यकाका धेरै स्थान बारम्बार बिजुली गइरहने र कम भोल्टेजमा बिजुली प्रवाह हुने गरेको भन्दै उनले राति खिम्ती ढल्केबर प्रसारणलाइनमा टि्रपिङ भएपछि विद्युत् आपूर्तिमा समस्या आएको जनाए ।
हावाहुरीले विद्युत प्रणालीमा केहि समस्या
516
चालु आर्थिक वर्षमा नेपालीको क्रयशक्ति बढेर एक लाख ## हजार नौ सय ## रुपैयाँ पुग्ने देखिएको छ । गएको आवको तुलनामा यस आवमा प्रतिव्यक्ति खर्चयोग्य आय ( जीएनडीआई ) ## हजार दुई सय ## रुपैयाँले बढेको छ । गएको आवमा प्रचलित मूल्यमा प्रतिव्यक्ति खर्चयोग्य आय एक लाख ## हजार # सय ## मात्रै थियो ।
बढ्दै छ नेपालीकाे खर्च गर्ने क्षमता
285
आयुर्वेदका प्रवर्तक धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा आज देशभर विविध कार्यक्रम गरी धन्वन्तरी जयन्ती मनाइँदैछ । हातमा वैदिक हिन्दू दर्शनका चार उपवेदमध्येको आयुर्वेदको पुस्तक र प्रकृतिले दिएको औषधिको प्रतीकका रुपमा जडीबुटी लिएका धनवन्तरीलाई आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापक मानिन्छ । देवता र दानव मिलेर वासुकी नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुद्र मन्थन गर्दा धनवन्तरीको उत्पत्ति भएको पुराणमा उल्लेख छ ।
आयुर्वेदका प्रवर्तक धनवन्तरी जयन्ती आज
416
बजारमा देखिएको नगद डलर अभाव कम गर्न नेपाल राष्ट्र बैंकले सोमबार सिंगापुरबाट # करोड अमेरिकी डलर ल्याउने भएको छ । सिल्क एयरबाट मंगलबार दिउँसो ## बजे अमेरिकी डलर नेपाल भित्रिने राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले अनलाइनखबरलाई जानकारी दिए । राष्ट्र बैंकले सिंगापुरस्थित सीआइएम बैंकमा आफ्नै खातामा रहेको अमेरिकी डलर ल्याउन लागेको हो ।
सिंगापुरबाट एक करोड अमेरिकी डलर नेपाल भित्रिँदै
338
## औं दक्षिण एसियाली खेलकुद ( साग ) अन्तर्गत पोखरामा हुने महिला फुटबलका लागि अभ्यास मैदान तयारी क्रममा रहेको छ । पोखरा रंगशाला फुटबल मैदानको काम सुस्त गतिमा भएकाले ' वार्मअप ' खेलका लागि वैकल्पिक मैदान तयार गरिएको हो । पोखरा–## लामाचौरमा रहेको गोस्तेघाट र पोखरा–## हेमजामा रहेको गौरीशंकर खेलमैदान निर्माणको अन्तिम चरणमा छ ।
वैकल्पिक मैदान तयार पारिँदै
323
निर्माण सुरु गर्ने समयमा बाहिरी चक्रपथ आयोजनामा प्रमुख नियुक्ति हुन नसक्दा अन्योल उत्पन्न भएको छ । बाहिरी चक्रपथ आयोजना दुई महिनादेखि प्रमुखविहीन भएको हो । आयोजना प्रमुखविहीन हुँदा बाहिरी चक्रपथ निर्माणको काम थाल्न समस्या भएको काठमाडौं उपत्यका विकास प्राधिकरणले जनाएको छ ।
आयोजना प्रमुख नहुँदा बाहिरी चक्रपथ अन्योलमा
272
नेपाल चलचित्र संघले आयोजना गर्न लागेको ' नेम्पा फिल्म अवार्ड #### ' का लागि ## वटा विधामा अवार्ड वितरण गरिने भएको छ । काठमाण्डौमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा यो कुराको जानकारी दिइयो । नेपाल चलचित्र संघले डीएबीएस इन्टरटेन्मेन्ट डलास , अमेरिकासँगको सहयर्कामा अवार्ड गर्न लागेको हो ।
## विधामा चलचित्र संघले अवार्ड वितरण गर्ने , ## चलचित्रको सहभागीता
287
कोरियन कम्पनीको संयुक्त लगानीमा स्थापित कम्पनी जीमनी ट्रान्सले भोलि शनिबार देखि कोरियाबाट आफ्नो सेवा शुरु गर्ने भएको छ । दक्षिण कोरिया सरकारले जुलाई महिनामा प्राईभेट रेमिट्यान्स कम्पनीबाट सेवा सञ्चालनको लागि आवेदन खुल्ला गरेको थियो । रेमिट्यान्स सेवा सञ्चालनको अनुमतिको लागि थुप्रै कम्पनीहरुले आवेदन दिएकोमा अनुमति प्राप्त गर्ने केही सिमित कम्पनी मध्ये जीमनी ट्रान्स एक हो ।
कोरियाको जीमनी ट्रान्सबाट पठाएको रेमिट्यान्स सिटी एक्स्प्रेसबाट पाइने
374
सप्तरीको राजविराजमा # जनाको मृत्यु हुने गरी भएको घटनामा सरकारको कमजोरी देखिएको संसदीय छानविन समितिले निष्कर्ष निकालेको छ । समितिले मृतकका परिवारलाई राहत दिन र घटनापछि बिस्थापित भएका एमालेका स्थानीय नेता कार्यकर्ताको सुरक्षामा ध्यान दिन सरकारलाई निर्देशन दिएको छ । ग्ात फागुन ## गते एमालेको मेची महाकाली अभियानका क्रममा राजविराजको आयोजित आमसभा बिथोल्न खोज्ने मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच भएको झडपमा # जनाको मृत्यु भएको थियो ।
सप्तरी घटनामा सरकारको कमजोरी देखिएको संसदीय समितिको निष्कर्ष
433
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफ्नो चीन भ्रमण सोचेको भन्दा पनि राम्रो र सफल भएको भन्दै प्रशन्न बनेका छन् । आइतबार बेइजिङमा चिनियाँ कम्युनिस्ट पार्टीका अन्तरराष्ट्रिय विभाग प्रमुख एवं मन्त्री सोङ ताओ र बेलुका उपप्रधानमन्त्री वाङ याङसँगको छुट्टाछुट्टै वार्तालापपछि प्रधानमन्त्री प्रचण्ड उत्साहित बनेका हुन् । ' यी दुबै भेटहरुमा नेपाल र चीनवीचका आपसी विषयहरुमा खुलेर छलफल भए , ' प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले अनलाइनखबरसँग भने , ' यी भेटहरुबाट प्रधानमन्त्रीजी पनि उत्साही देखिनुभएको छ , चीन भ्रमण सदभाव भ्रमणमात्रै भएता पनि सोचेको भन्दा सफल भएको छ ।
चीन भ्रमण सफल भएको भन्दै प्रचण्ड उत्साहित , उपप्रधानमन्त्रीसँग के के कुरा भयो ?
579
मालपोत कार्यालय बागलुङका मालपोत अधिकृत विश्वनाथ शर्मा घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका छन् । सेवाग्राहीबाट नगद ## हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले शर्मालाई नियन्त्रणमा लिएको हो । घुस मागेको पूर्व सूचनाको आधारमा अख्तियारको टोलीले शर्मालाई रंगेहात पक्राउ हो ।
मालपोत बागलुङका प्रमुख घुस लिँदै गर्दा पक्राउ
284
चलचित्र ' जंग बहादुरको कोट ' को अष्ट्रेलियामा प्रिमियर गरिएको छ । अष्ट्रेलियाको मेलवर्नस्थित सिनेमा क्राउनमा चलचित्र हेर्न दर्शकहरुको बाक्लो उपस्थिती थियो । पि्रमियर शोका लागि चलचित्रकी नायिका सुचित्रा आचार्य र सुवांगी कोइराला सिड्नीबाट मेलबर्न पुगेका थिए ।
विमलेश र सुचित्राको चुम्बनले भरिएको ' जंग बहादुरको कोट ' अष्ट्रेलियामा
257
भारतीय सीमा सुरक्षा बल ( एसएसबी ) ले महोत्तरी जिल्लाको बथनाहा गाविसका दशगजा क्षेत्रमा वर्षौंदेखि बसोबास गर्दै आएका सयौँ दलित परिवारका घरबार तोडफोड गरेपछि उनीहरु बिचल्लीमा परेका छन् । सो गाविसका वडा नं # , # , # र # मा बसोवास गर्दै आएका करिब तीन सय मुसहर , खत्बे , बिनलगायत दलित परिवारको ### घरबारलाई एसएसबीले दशगजा क्षेत्र खाली गर भन्दै तोडफोड गरेका छन् । पुर्र्खौपुर्खादेखि दशगजा क्षेत्रमै बसोबास गर्दै आएका ती भूमिहीन दलित परिवारको अर्को ठाउँमा जान जग्गाजमिन नरहेको , घरबार बनाउन साधनस्रोत नभएको र ठुल्ठूला जहान परिवार रहेको बथनाहा– # का श्रीचन सदाले जानकारी दिए ।
एसएसबीले तोडफोड गर्दा दलित परिवार बिचल्लीमा
566
करेन्ट लागेर गम्भीर घाइते भएका सिरहा कर्जन्हा नगरपालिका–# का एक युवकको बुधबार उपचारका क्रममा मृत्यु भएको छ । आफ्नै घरमा पंखाको नाङ्गो तारबाट गए राति करेन्ट लागेर गम्भीर घाइते भएका कर्जन्हा नगरपालिका–# का ## वर्षीय रामबाबु कुमारको कर्जन्हास्थित फूलकुमारी मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्य भएको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर युवकको मृत्यु
318
काभ्रेको धुलिखेलमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ## जना घाइते भएका छन् । दुर्घटनामा अन्दाजी ## वर्षकी महिलाको मृत्यु भएको भनिएपनि उनको परिचय खुल्न सकेको छैन् ।
धुलिखेलमा बस दुर्घटना , एकको मृत्यु
176
सन्तोष बुढाथोकी ( गोरे ) ## पुस , नेपालगञ्ज । युवा संघ नेपालका केन्द्रीय सदस्य सन्तोष बुढाथोकी ( गोरे ) माथि खुकुरी प्रहार गर्ने व्यक्ति युवा संघकै नेताहरुको सहयोगी रहेको खुल्न आएको छ । बिहीबार बेलुका कोहलपुरस्थित वेलकम कटेजमा खानपिन गरेर घर फर्कने क्रममा कोहलपुरकै लक्ष्मण मल्लले बुढाथोकीमाथि खुकुरी प्रहार गरेका थिए ।
सन्तोष बुढाथोकी खुकुरी काण्डः यार्सागुम्बादेखि ठेक्कापट्टासम्म
319
वाग्मती प्रदेश सरकारले छुट्टै स्वायत्त निकाय स्थापना गरी ' विद्युतीय बस ' सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारले साझा यातायातलाई बस खरिद गर्न रकम उपलब्ध नगराउने र आफैँ बस खरिद गरी सञ्चालन गर्ने तयारी अगाडि बढाएको जनाएको छ । संघीय सरकारले सो यातायातलाई विद्युतीय बस खरिद गर्न दिएको तीन अर्ब रुपैयाँ फिर्ता लिने निर्णय गरेको थियो ।
वाग्मती प्रदेशले साझा यातायातलाई पैसा नदिने
328
मलेसिया र बंगलादेशवीच ## लाख बंगलादेशी कामदारलाई मलेसियामा रोजगारी दिने सम्झौता भएको छ । बंगलादेश भ्रमणमा रहेका मलेसियाली मानव संसाधनमन्त्री र बंगलादेशका श्रममन्त्रीवीच विहीबार ढाकामा सम्झौता भएको बंगलादेशी अनलाइन द स्टारले जनाएको छ । सम्झौताअनुसार आगामी तीन बर्षमा बाषिर्क # लाखका दरले करिव ## लाख बंगलादेशी कामदार मलेसिया जानेछन् ।
मलेसियामा ## लाख कामदार लैजान बंगलादेशसँग सम्झौता
333
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानका प्रधानमन्त्री शिन्जो आबेका बीचमा इरानका बारेमा कुराकानी भएको छ । शुक्रबार भएको टेलिफोन कुराकानीका क्रममा दुई पक्षीय व्यापार तथा आपसी हितका बारेमा पनि कुराकानी भएको अधिकारीहरुले जनाएका छन् । प्रधानमन्त्री आबे हालै इरान भ्रमण गरेर फर्किएकाले राष्ट्रपति ट्रम्पले आबेसँग कुराकानी गरेका थिए ।
ट्रम्प र आबेका बीचमा इरानबारे कुराकानी
331
गर्मी बढेसँगै वीरगञ्ज महानगरपालिकामा लामखुट्टेको विगविगि सुरु भएपछि नागरिकहरुले नियन्त्रण गर्न माग गरेका छन् । लामखुट्टे नियन्त्रणको माग गर्दै नेपाली कांग्रेस क्षेत्रीय समितिले आइतबार वीरगञ्जमा एक घण्टा धर्ना दिएको हो । कांग्रेस पर्सा क्षेत्र नं # का सभापति विजय सर्राफको नेतृत्वमा रहेका नेता कार्यकर्ताहरुले बिहान साढे ## देखि दिउँसो साढे ## सम्म धर्ना दिएका हुन् ।
वीरगञ्जमा लामखुट्टे नियन्त्रणको माग गर्दै धर्ना
366
बढ्दो सवारी चाप र थप सडक विस्तारमा कठिनाइ हुने देखिएपछि नारायणगढ–मुग्लिन सडकखण्डको विकल्प खोजी गरिएको छ । हाल सो सडकमा दैनिक आठ हजारदेखि ## हजार सवारी साधन आवतजावत गर्ने गर्छन् । आउँदो पाँच वर्षभित्रमा यो संख्या ## हजार हाराहारी पुग्ने अनुमान छ ।
नारायणगढ–मुग्लिन सडकको विकल्पको खोजी
246
ब्लकबस्टर तामिल चलचित्र ' कैथी ' को हिन्दी रिमेक बन्ने भएको छ । बलिउड चलचित्र निर्माण कम्पनी रिलायन्स इन्टिरटेन्मटेन्टले रिमेक राइट्स लिइसकेको छ । चलचित्र निर्माणको लागि निकै मंहगो बजेट खर्चिनु पर्नेछ ।
' कैथी ' को रिमेकमा ऋतिक कि रणवीर ?
202
फूलको बजार प्रवर्द्धन गर्नका लागि शुक्रबारदेखि राजधानीमा तीनदिने ## औं फ्लोरा एक्स्पो सुरु भएको छ । उक्त एक्स्पोको उद्घाटन गर्दै कृषि तथा पशुपक्षी विकास राज्यमन्त्री रामकुमार चौधरी ( रोजिना ) ले स्वदेशी पुष्प खेती र व्यवसायले हजारौं सर्वसाधारणलाई रोजगारीको अवसर प्रदान गरेकाले प्रोत्साहित गर्नुपर्ने बताइन् । ' स्वदेशमा उत्पादन बढाएर विदेशबाट आयात हुने फूलको दर पूर्ण रुपमा विस्थापित गर्नुपर्छ , ' उनले भनिन् , ' राज्यले सहयोग उपलब्ध गराउन तयार छ ।
पुष्प खेतीलाई प्रोत्साहित गर्छौं : कृषि राज्यमन्त्री
448
राजपुर बमकाण्डको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता मोहमद अफताब आलमको बयान दोस्रो दिन पनि पुरा हुन सकेन । पहिलो दिन मंगलबार उनलाई न्यायाधीश दिपक ढकालको इजलाशमा # प्रश्न सोधिएको थियो भने दोस्रो दिन ## प्रश्न सोधिएको छ । उनको बयान भोली पुन हुने छ ।
दोस्रो दिन पनि सकिएन आलमको बयान
254
दातृ राष्ट्र तथा निकाय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ( आइएनजिओ ) ले एक वर्षको अवधिमा नेपालमा # खर्ब ## अर्ब ## करोड ## लाख रुपैयाँ ( करिब # अर्ब ## करोड ## लाख ## हजार अमेरिकी डलर ) खर्च गरेका छन् । उनीहरुले यो रकम आर्थिक वर्ष सन् ####÷## मा नेपालको विकासमा खर्च गरेका हुन् । यो रकम उक्त आर्थिक वर्षमा विनियोजन भएको नेपालको कुल बजेटको ## . ## प्रतिशत हो ।
आइएनजिओ र दातृ निकायको खर्च डेढ खर्ब
360
काठमाडौँ– काठमाडौँ महानगरपालिकाले महानगरभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयमा विद्यार्थीका लागि एकै प्रकारको पोशाक लागू गर्ने तयारी गरेको छ । महानगरको शिक्षा विभागले ' महानगरीय शिक्षा रुपान्तरण अभियान सुधार सोच ' कार्यक्रमअन्तर्गत सामुदायिक र संस्थागत विद्यार्थीको पोशाकमा एकरुपता ल्याउनका लागि एकै प्रकारको पोशाक लागू गर्ने तयारी गरेको विभागका शिक्षा अधिकारी सीताराम कोइरालाले जानकारी गराए । ' विदेशका महानगरमा रहेका विद्यालयको पोशाक एउटै हुन्छ ' , उनले भने , ' हामीले पनि एउटै प्रकारको पोशाक लगाएर महानगरका विद्यालयमा एकरुपता ल्याउन थालेका हौँ ।
काठमाडौं महानगरको नयाँ अभियान : सबै विद्यालयमा विद्यार्थीका लागि एउटै पोशाक
553
सिन्धुपाल्चोकको पटकशिलामा नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा सञ्चालनमा आएको छ । शाखा विस्तार कार्यक्रममा लघुवित्तको विभिन्न पदाधिकारी सहभागी भएको कम्पनीले जनाएको छ । पाँचखाल नगरपालिका # तीनपिप्लेमा संस्थाका सञ्चालक समिति सदस्य दुर्गाप्रसाद मल्लको सभापतित्वमा र पाँचखाल नगरपालिकाका उपप्रमुख लक्ष्मी दनुवारको प्रमुख आतिथ्यमा शाखा उद्घाटन भएको संस्थाले जनाएको छ ।
फटकशिलामा नेपाल सेवा लघुवित्त वित्तीय संस्था
375
उत्तरी भारतको अयोध्यास्थित विवादित जमिन हिन्दू पक्षलाई दिइनुपर्ने फैसला भारतको सर्वोच्च अदालतले गरेको छ । राम मन्दिर बाबरी मस्जिद विवादमा सर्वोच्चले शनिबार फैसला गरेको हो । उसले अयोध्याको विवादित जमिनमा मुस्लिम पक्षको दाबीलाई खारेज गर्दै हिन्दू पक्षलाई जमिन उपलब्ध गराउन फैसला सुनाएको बिबिसीले उल्लेख गरेको छ ।
अयोध्या विवादमा हिन्दूको पक्षमा अदालतको फैसला
310
नेपालमा बजाजको पल्सर मोटरसाइकलको मूल्य बढेको छ । भारतमा बजाजले आफ्नो मोटरसाइकलको मूल्य बढाएपछि नेपालमा पल्सर मोटरसाइकलको मुल्य बढेको हो । पल्सर ### सिसि , ### सिसि , पल्सर # सय ## सिसि , एनएस ### को मूल्य बढेको हो ।
पल्सर मोटरसाइकलको मूल्य बढ्यो , कुन मोडलको कति ?
215
बलिउड चर्चित अभिनेत्री नेहा धुपिया नेपाल आएकी छिन् । राजधानीमा आयोजना हुन लागेको फेशन ब्रान्ड फेस्टामा सहभागी हुन उनी नेपाल आएकी हुन् । उनले यो कार्यक्रमको संचालन गर्नेछिन् ।
बलिउड हट नायिका नेहा धुपिया नेपालमा
174
राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत डेढ सय जनाले जागिरबाट हात धुनु परेको छ । काम नगरी तलब , भत्ता मात्र बुझ्दै आएको जनशक्तिलाई पाखा लगाइएको विभागका एक उच्च अधिकारीले जानकारी दिए । उनका अनुसार जागिरबाट हटाइएका अधिकांश अधिकृतभन्दा तल्लो तहका छन् ।
डेढ सय गुप्तचरको जागिर गयो , एआईजीको दरबन्दी थपिँदै
245
काठमाडौं - नेपाली काङ्ग्रेसकी नेतृ सुजाता कोइरालाले सहमति , सहकार्य र एकताबाट मात्र लोकतन्त्र बलियो हुने बताएकी छिन् । गिरिजाप्रसाद कोइराला फाउण्डेशनले आज यहाँ आयोजना गरेको प्रदेश , जिल्ला र विदेश शाखाका प्रतिनिधिका लागि आयोजना गरेको ' प्रशिक्षण कार्यक्रम ' मा उनले लोकतन्त्र बलियो भए मात्र मुलुकको विकास हुने बताइन् । " गिरिजाप्रसाद कोइरालाले अगाडि बढाउनुभएको सहमति , सहकार्य र एकताको मार्गबाटै शान्ति , लोकतन्त्र र गणतन्त्र संस्थागत भई देशमा समृद्धि आउँछ " , उनले भनिन् ।
सहमति र सहकार्यबाटै लोकतन्त्र बलियो हुन्छ : नेतृ कोइराला
473
रुकुम ( पश्चिम ) मा वर्षेनी सम्बन्ध बिच्छेदका घटना बढ्दै गएको एक तथ्याङ्कले देखाएको छ । जिल्लामा विभिन्न कारणले सम्बन्ध बिच्छेद गर्नेहरुको संख्या बढ्दै गएको जिल्ला अदालत रुकुम ( पश्चिम ) को तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष #### / ### मा मात्रै एक सय ## वटा सम्बन्ध बिच्छेका उजुरी दर्ता भएको जिल्ला न्यायाधीश आत्मदेव जोशीले जानकारी दिए ।
बालविवाहले सम्बन्ध बिच्छेद बढाउँदै
338
निमुसंगम घर्ती# साउन , घोराही । प्रधानमन्त्री सुशील कोइरालाले लोकतान्त्रिक संविधान निर्माणमा लाग्न सबै नागरिकहरुलाई आह्वान गरेका छन् । नयाँ संविधान निर्माणमा नागरिकहरुको उत्साह रहेको बताउदै कोइरालाले विभिन्न स्थानमा भैरहेका आन्दोलनलाई सामान्यको संज्ञा दिए ।
प्रधानमन्त्री भन्छन् - अहिलेको आन्दोलन सामान्य
257
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीको गृहनगर झापाको दमकमा उम्मेदवारले बराबरी मत ल्याएको विषयको विवाद बल्झिँदा पुनः मतगणना रोकिएको छ । वडा नम्बर # मा नेकपा एमालेका हरि न्यौपाने र राप्रपाका तारा अधिकारीको मत बराबर ( ### ) भएपछि उन्पन्न विवाद दुवैको पुनः मतगणना गर्ने सहमतिमा टुंगिए पनि आज विवाद बढेको हो । दुई पार्टीका वडाध्यक्षको मात्र पुनः मतगणना गर्ने विषयमा हिजोको सर्वदलीय बैठकले सहमति गरेको थियो ।
ओलीको गृहनगर दमकमा पुनः मतगणनामा विवाद
417
पशुपतिको मृगस्थलीमा रहेको योगी नरहरिनाथ स्मृति पुस्तकालय तथा संग्राहलयको अस्तित्व ओझेलमा परेको छ । पुस्तकालयको रेखदेखका लागि सरकारी निकायले चासो नदेखाउँदा पुस्तकालय तथा संग्रहालयको अस्तित्व संकटमा परेको हो । पुस्तकालयको संरक्षण हुन नसकेपछि योगी नरहरिनाथले बटुलेका प्राचीन पुस्तक धमिराको आहारा हुन थालेका छन् ।
ओझेलमा नरहरिनाथ स्मृति पुस्तकालय
309
प्रतिनिसभाको हिउँदे अधिवेशनको पहिलो बैठक उपसभामुख डा . शिवमाया तुम्बाहाम्फेकै अध्यक्षतामा शुरु हुने भएको छ । संसद बैठकको शुरुवात गरेरमात्र राजीनामा दिने उनको अडानमा नेकपा नेतृत्व सहमत भएपछि शुक्रबारको बैठक उपसभामुखकै अध्यक्षतामा शुरु हुने भएको छ । प्रतिनिधिसभा नियमावलीमा बैठकको शुरु र अन्त्य सभामुखले गर्ने भनिएको छ ।
शिवमायाले सभामुखकै हैसियतमा संसद अधिवेशन शुरु गर्ने
318
इङ्लिस प्रिमियर लिगअन्तर्गत शनिबार सम्पन्न खेलमा शीर्ष टोली म्यानचेस्टर सिटी बनर्लीसँग #–# को बराबरीमा रोकिएको छ । बनर्लीको घरेलु मैदान टर्फ मोरमा सम्पन्न खेलको अन्तिम # मिनेट सम्हालिन नसक्दा सिटी अंक बाँड्न बाध्य भएको थियो । ##औं मिनेटमा ड्यानिलोले गरेको गोलमा सिटीले अग्रता लिएको थियो ।
सिटीसँग बर्नलीको बराबरी
288
प्रधानमन्त्री तथा राष्ट्रिय विकास समस्या समाधान समितिका अध्यक्ष पुष्पकमल दाहालले विकास खर्च बढाउन सम्बन्धित मन्त्रालयका मन्त्री तथा सचिवलाई निर्देशन दिएका छन् । सोमबार प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकमा आर्थिक वर्ष #### / ### को पहिलो चार महिनामा सञ्चालित विकास कार्यक्रम र आयोजनाको प्रगति स्थिति र कार्यान्वयनमा देखापरेका तथा मन्त्रालयस्तरबाट समाधान हुन नसकेका समस्याबारे छलफल गर्दै दाहालले यस वर्ष कम्तीमा ## प्रतिशत पुर्‍याउन आफूले # महिनाअघि पनि निर्देशन दिएको स्मरण गर्दै उक्त लक्ष्य हासिल गर्न निर्देशन दोहोर्‍याएर । यस आर्थिक वर्षको बजेट आर्थिक वर्ष सुरु हुनुभन्दा ## दिन अगावै ल्याउँदा समेत प्रथम चौमासिकमा पुँजीगत खर्च # प्रतिशतभन्दा कम र कुल खर्च ## प्रतिशत हाराहारीमात्र हुनु पनि उत्तिकै चिन्ताजनक विषय भएको उनको भनाइ थियो ।
विकास खर्च बढाउनू : प्रधानमन्त्री
741
विदेशका दर्जनौं मुलुक घुमे पनि फुटबलर विक्रम लामालाई बेलायत बेग्लै अनुभूति भएको छ । ' अरु बेला टिमसँग खेल खेल्न गएको हुन्थें । प्रशिक्षक र अफिसियलका अगाडि स्वतन्त्र हुन मिल्दैनथ्यो ' , बुधबार साँझ व्यक्तिगत भ्रमणका लागि लन्डन उत्रिएका विक्रमले कान्तिपुरसँग भने , ' अनुशासनभन्दा यसपल्ट बिन्दास छ ।
विक्रम बेलायतमा बिन्दास
296
एयर मालिन्दोको जहाज विमानस्थलको रनवे ( धावनमार्ग ) बाट चिप्लिएर ## मिटर पर पुगेपछि अवरूद्ध भएको विमानस्थलको अन्तर्राष्ट्रिय उडान केहीबेरमा सुरू हुने भएको छ । जहाजलाई चौरबाट धावनमार्गमा ल्याइसकिएकाले केहीबेरमा उडान सुरू हुन लागेको हो । यसअघि ## बजेसम्म विमानस्थल बन्द हुने बताएको विमानस्थल प्रशासनले बोर्डिङ पास दिन सुरू गरेको छ ।
त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय उडान केहीबेरमा सुरू हुने
329
राप्रपा नेपालबाट निस्कासनमा परेका नेता केशरबहादुर विष्टले एकीकृत राप्रपा निर्माणका लागि भन्दै पूर्वपञ्चहरुको भेला गरेका छन् । विष्टले आइतबार काठमाडौको प्रज्ञा भवनमा पूर्वपञ्चहरुको उपत्यकास्तरीय भेला गरेका हुन् । भेलामा राप्रपाका नेताहरु डा . प्रकाशचन्द्र लोहनी , हरिबहादुर बस्नेत र बालाराम घर्तीमगर पनि सहभागी छन् ।
विष्टले बोलाए पूर्वपञ्चहरुको भेला
315
सरकारले मेलम्ची खानेपानी आयोजनामा ठेक्का सम्झौता हुनासाथ काम थाल्न चिनियाँ कम्पनी सिनो हाइड्रोलाई आग्रह गरेको छ । मेलम्चीको बाँकी कामको लागि सिनो हाइड्रो छानिएपछि सरकारले यस्तो आग्रह गरेको हो । छनोट भइसके पनि अहिलेसम्म सिनोले बैंक ग्यारेन्टी ल्याउन बाँकी रहेकाले सम्झौता हुन सकेको छैन ।
सम्झौताको भोलिपल्टै मेलम्चीमा काम थाल्न सिनो हाइड्रोलाई आग्रह
286
नेकपा माओवादीका नेता नेत्रविक्रम चन्द विप्लवले दलहरुबीच भइरहेको संघीयताको बहसलाई ' केराको बोक्रो ' जस्तै बताएका छन् । वैद्य माओवादी क्रान्तिकारी भएन भनेर विद्रोह गरेका विप्लवले आफ्नो पार्टी शान्ति र सहमतिको विकल्प नरहेको बताएका छन् । ' संघीयताको बहस केराको बोक्रोको भागवण्डा जस्तै हो ' शुक्रबार खुल्लामञ्चमा आयोजित आमसभामा विप्लवले भने - ' केरा खाइसक्यो , बोक्रामा निरर्थक बहस भइराखेको छ ।
विप्लवले भने - संघीयताको बहस केराको बोक्रो जस्तै ( भिडियो सहित )
389
स्थानीय तहमा जनप्रतिनिधि आएपछि ललितपुर महानगर र भक्तपुर नगरको राजश्वमा उल्लेख्य वृद्धि भएको छ । आर्थिक वर्ष सकिन झन्डै दुई महिना बाँकी छँदा ललितपुर महानगरले गत वर्षभन्दा ## र भक्तपुरले ## प्रतिशत बढी राजश्व उठाएका छन् । ललितपुर महानगरपालिकाले गत साउनमा ' कर वर्ष #### कार्यक्रम ' घोषणा गर्‍यो ।
जनप्रतिनिधि आएपछि ललितपुर र भक्तपुरले बढाए राजश्व , काठमाडौंले सकेन
294
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले वीरगञ्ज घटनामा सरकारले अमानवीय दमन गरेको बताएको छ । साथै यसले सरकारसँगको वार्ता भंग हुन सक्ने चेतावनी दिएको छ । मधेसी मोर्चाले विज्ञप्ति निकालेर सरकार वार्ताप्रति कहिल्यै गम्भीर रुपमा प्रस्तुत नभएको आरोप लगाएको छ ।
सरकारसँगको वार्ता भङ्ग हुन सक्ने मधेसी मोर्चाको चेतावनी
250
उपनिर्वाचन आउन एक महिना बाँकी रहँदा पाँचथरका मुख्य प्रतिस्पर्धी मानिएका दलले उम्मेदवार टुंगो लगाएका छन् । एक गाउँपालिका प्रमुख र दुई वडाध्यक्ष पदका लागि मुख्य प्रतिस्पर्धी मानिएका नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) , नेपाली काँग्रेस र अन्य दलहरुले उम्मेदवार टुंगो लगाएका हुन् । उम्मेदवारको टुंगो लागेसँगै चुनावी चहलपहल बढेको छ ।
प्रमुख दलले उम्मेदवारको टुंगो लगाए
327
हालैमात्र शाही उपाधि त्यागेका राजकुमार ह्यारी जीवनको ' नयाँ अध्याय ' सुरु गर्न क्यानडा पुगेका छन् । राजकुमार ह्यारी पत्नी मेघन र आठ महिनाका छोरा आर्चिसँग पुनर्मिलनका लागि मंगलबार बिहान भान्कोभर आइल्यान्डमा उत्रिएका छन् । यो वसन्त ऋतुपश्चात उनी पूर्णकालीन शाही सदस्य रहने छैनन् ।
जीवनको ' नयाँ अध्याय ' सुरु गर्न राजकुमार ह्यारी क्यानडा पुगे
278
मोरक्को आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलमा छनोट भएको छ । अफ्रिकी क्षेत्रको छनोट अन्तर्गत समूह ' सी ' मा रहेको मोरक्कोले शनिबार राति आइभरीकोस्टलाई #–# ले हराउँदै समूह विजेता बनेर ## वर्षपछि विश्वकपमा स्थान बनाएको हो । यसअघि सन् #### मा फ्रान्समा भएको विश्वकप खेलेपछि पहिलो पटक छनोट भएको हो ।
## वर्षपछि मोरक्को विश्वकप खेल्ने
293
जम्मा # . # किलोमिटर लामो भरतपुर बाइपास सडक विस्तार गर्न थालेको ## महिना बित्यो । तर प्रगति ## प्रतिशत मात्रै छ । गएको चैतमा सम्झौता अवधि सकियो ।
भरतपुर वाइपास सडक विस्तार : विजुलीको पोल र रुखले अल्झियो काम
145
विश्वमणि सुवेदीअहिले हामी मध्यदसैंमा छौँ । यतिबेलासम्म मानिसहरु दसैं मान्नका लागि पुग्नुपर्ने ठाउँमा पुगिसकेका वा पुग्नै लागेका छन् । नेपाली समाजमा दसैं उल्लास र उमंगको वहाना हो ।
दसैं खर्चको दबाबले दिएको तनाव
179
स्थानीय पूर्वाधार विकासका लागि आयोजना छनोट गर्ने जिम्मा सम्बन्धित क्षेत्रको निर्वाचित सांसदलाई दिइएको छ । पहिले ' सांसद विकास कोष ' नाम सञ्चालित उक्त कार्यक्रम अहिले ' स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम ' ले नाममा सरकार सञ्चालन गर्न थालिएको उक्त कार्यक्रमको आयोजना छनोट गर्ने जिम्मा सम्बन्धित क्षेत्रको निर्वाचित सांसदलाई दिइएको छ । आयोजना छनोट गर्नका लागि निर्वाचित सांसदको संयोजकत्वमा अन्य सांसद , प्रदेश सांसद , जिल्ला समन्वय समितिका प्रमुख र स्थानीय तहका प्रमुख रहेको योजना छनोट समिति गठन गरिए पनि ' स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम ( सञ्चालन कार्यविधि ) नियमावली #### ' मा प्रत्यक्ष निर्वाचित सांसदलाई आयोजना छनोट गर्ने अन्तिम अधिकार दिइएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव पुरुषोत्तम नेपालले जानकारी दिनुभयो ।
आयोजना छनोट गर्ने जिम्मा सांसदलाई
753
यस वर्ष सरकारले राखेको आर्थिक वृद्धिको लक्ष्य पूरा नहुने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर # प्रतिशतको हाराहारीमा रहने प्रक्षेपण गरेको छ । सरकारले बजेट वक्तव्यमा यस वर्ष # प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको थियो ।
राष्ट्र बैंकको प्रक्षेपण : आर्थिक वृद्धिदर राम्राे भएन
259
आज ## औं प्रजातन्त्र दिवस विविध कार्यक्रम गरी मनाइएको छ । बुधबार सैनिकमञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा राष्ट्रपति , उपराष्ट्रपति , प्रधानमन्त्री , प्रधानन्यायाधीश , प्रधानसेनापति मन्त्रीलगायत उच्चपदस्थ सरकारी अधिकारीको उपस्थिति थियो । कार्यक्रममा नेपाली सेना , नेपाल प्रहरी , सशस्त्र प्रहरीले विभिन्न कार्यक्रम प्रस्तुत गरेका थिए ।
टुँडिखेलमा यसरी मनाइयो प्रजातन्त्र दिवस ( फोटोफिचर )
333
जिल्ला प्रहरी कार्यालय पर्वतले तरुण दलका जिल्ला नेता राजेन्द्र हमालसहित चारजनालाई पक्राउ गरी जिल्ला अदालतमा बुझाएको छ । फाइल तस्वीरविभिन्न मुद्दामा दोषी ठहर गरी अदालतले फैसला सुनाएका तर फरार अभियुक्तहरुलाई पक्राउ गरी अदालतमा बुझाइएको हो । देउपुर # का राजेन्द्र हमालसहित , बाजुङ # का भरतबहादुर पौडेल , तिलाहार # का अनिल किसान र क्याङका मिलन पुन जिसीलाई अदालतमा बुझाइएको प्रनाउ शेखर खनालले जानकारी दिए ।
तरुण दलका जिल्ला नेतासहित # पक्राउ
401
नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) ले सात वटै प्रदेश कमिटीको नाम टुँगो लगाएको छ । ## मंसिरमा बसेको नेकपा सचिवालय बैठकले साविक एमाले र माओवादी केन्द्रबीच भागबन्दा गरेर अन्तिम नामावली सार्वजनिक गरेको हो । विभिन्न पार्टीबाट नेकपामा प्रवेश गरेका नेता , कार्यकर्ताले पनि प्रदेश कमिटीमा अवसर पाएका छन् ।
नेकपाको प्रदेश कमिटीः साना पार्टीका अध्यक्षदेखि पूर्वमन्त्रीका छोरासम्म
296
सेल्फी खिच्ने ज्वरो अहिले घर - घरमा प्रवेश गरिसकेको छ । बलिउड कलाकारहरु यसमा किन पछि पर्थे ? यहाँ बलिउड कलाकारहरुका चर्चित सेल्फीको बारेमा चर्चा गरिएको छ । श्रीमती ट्वीङ्कल खन्नालाई अंगालोमा बेरेर अक्षय कुमारले सेल्फी खिचे ।
बलिउड कलाकारका चर्चित सेल्फी
224
प्रदेश # का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश # मा छुट्टै ' विपद् व्यवस्थापन प्राधिकरण ' गठन गर्ने घोषणा गरेका छन् । मुख्यमन्त्री राउतले विर्षात् , गर्मी र हिउँदको मौसमको मारमा सबैभन्दा बढि प्रदेश # पर्ने गरेको उल्लेख गर्दै ती समस्या समाधानका हुने गरी छुट्टै ' विपद व्यवस्थापन प्राधिकरण ' गठन गर्ने घोषणा गरेका हुन् । मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले त्यसका लागि ' विपद व्यवस्थापन ऐन ' लाई तत्काल संशोधन गरेर अघि बढने योजना पनि अघि सारे ।
प्रदेश # मा छुट्टै ' विपद् व्यवस्थापन प्राधिकरण ' गठन गर्ने घोषणा
468
कर्मचारी सञ्चय कोषले प्रदान गर्दै आएको धितो कर्जा , सोझै लाभग्राहीको बैंक खातामा जम्मा हुने व्यवस्थाको आजबाटै सुरुवात गरेको छ । कोषले यसका लागि नेपाल क्लियरिङ्ग हाउसको एनसीएचएल आइपिएस तथा कनेक्ट आइपिस प्रणलीसाग जोडिएको हो । लाभग्राहीले कोषमा आफ्नो बैंक खाता अध्यावधि गराएको अवस्थामा स्विकृत कर्जा , नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध सदस्य बैंक तथा वित्तिय संस्थाहरुमा रहेकोे लाभग्राहीको जुनसुकै खातामा पनि सो रकम सोझै जम्मा गरिने छ भने सेवाग्राहीले रकम प्राप्त गर्न बैंक वा कोषको कार्यालय धाउनु नपर्ने भएको छ ।
कर्मचारी सञ्चय कोषमा इपेमेन्ट शुरु
506
दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय शृंखला गुमाएका कप्तान एन्जेलो म्याथ्युज श्रीलंकन टोलीमा फर्किएका छन् । म्याथ्युजले च्याम्पियन ट्रफीमा श्रीलंकाली टोलीको कप्तानी गर्नेछन् । उनले अस्टे्रलियाविरुद्धको भ्रमण र घरेलु मैदानमा बंगलादेशविरुद्ध हुने शृंखलामा टोलीको नेतृत्व गर्ने श्रीलंकन क्रिकेट बोर्डले बताएको छ ।
म्याथ्युज र मालिंगा फिर्ता
306
बेलायतको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मानिने ' मिस इंग्ल्याण्ड ' मा नेपाली मुलकी युवती सेकेन्ड रनरअप बनेकी छन् । नेपाली युवती प्रतिष्ठा ' तृष ' राउत मिस इंग्ल्याण्डको सेकेन्ड अनरअप बनेकी हुन् । आवेदन दिएका ## हजारलाई उछिन्दै उनले यो सफलता प्राप्त गरेकी हुन् ।
नेपाली मुलकी राउत बनिन् ' मिस इंग्ल्याण्ड ' को सेकेन्ड रनरअप
262
सिप्रदी ट्रेडिङ प्रालिले जनवरी #### को अवसरमा जनवरी फेस्ट विशेष कार्यक्रमकोे आयोजना गर्न लागेको छ । उक्त कार्यक्रम यहि जनवरी ## देखी जनवरी ##सम्म थापाथलीस्थित टाटा मोटर्सका सोरुममा आयोजना गर्न लागेको हो । ग्राहकहरुले टाटा मोटर्सको सोरुममा गएर यस कार्यक्रममा सहभागी भई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु एचफाईभ , नेक्सन , टियागो , टिगोर र एनआरजी लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन ।
टाटा मोटर्सद्वारा जनवरी फेस्ट कार्यक्रमको आयोजना
404
टाटा मोटर्सको नेपालका लागी एकमात्र अधिकारिक बितरक सिप्रदी ट्रेडीङ्ग प्रालीले नयाँ वर्ष #### को अवसरमा नाईट आउट योजना ल्याएको छ । उक्त कार्यक्रम मंगलबारदेखि ( जनवरी # देखी ## सम्म ) शनिबारसम्म पोखरा बुद्धचोकस्थित दिप मोटर्स प्रालीको सोरुममा आयोजन हुने भएका हो । यस योजनामा सहभागी हुन ग्राहकले टाटा मोटर्सको सोरुममा गई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु एच फाईभ , नेक्सन , टियागो , टिगोर , हेग्जा लगायतका गाडीहरु अवलोकन तथा एक जोडीलाई सिंगापुर क्रुट टूरको योजना रहेको छ ।
टाटा मोटर्सले ल्यायो पोखरामा नाईट आउट योजना
474
चितवन–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश समृद्धिको दिशामा अघि बढेको बताएका छन् । माडीको बरुवामा आज आयोजित विजयी सभालाई सम्बोधन गर्दै उनले निर्वाचनको समयमा वाम गठबन्धनको पक्षमा देखिएको जनलहर समृद्धि , सुशासन र एकताका लागि भएको बताए । देश र जनतालाई अहिले विकासको आबश्यकता छ भन्दै उनले जनतामाझ आफूले गरेका प्रतिबद्धता पुरा गरिछाड्ने बताए ।
वाम गठबन्धनको पक्षमा देखिएको जनहलर एकता र समृद्धिका लागि हो : प्रचण्ड
362
सीमा क्षेत्रमा दसगजा मिचेर भारतले बनाएको सडकविरुद्ध बाँकेका स्थानीयले चर्को आवाज उठाइरहेका बेला राधापुरस्थित दसगजा क्षेत्रमा भारतले फेरि एकपक्षीय रूपमा सडक खन्न थालेको छ । भारतले सीमा क्षेत्रमा सडक विस्तार गरिरहँदा नेपाली सरकारी अधिकारी भने अहिलेसम्म मौन छन् । भारतले दुई वर्षअघि बाँके , हिरमिनिया र साईगाउँ गाविसस्थित सीमाक्षेत्र दसगजासँगै सटाएर ' बाँध जस्तो सडक ' निर्माणको काम सुरु गरेकोमा अहिले त्यसलाई विस्तार गरिरहेको छ ।
' बाँधजस्तो सडक ' विस्तार गर्दै भारत
427
व्यापारको विषयमा सही निर्णय लिन अमेरिकालाई चीनले आग्रह गरेको छ । चिनियाँ सामग्रीमा भन्सार कर ( ट्यारिफ ) लाई सक्रिय बनाउनेबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तयारी गरिरहेकै बेला वासिङ्टनले विवाद गर्ने निर्णय रोजे त्यसको प्रतिवाद गर्न आफू तयार रहेको भन्दै बिहीबार बेइजिङले यस्तो आग्रह गरेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले यसअघि करिब ## विलियन डलरबराबर ट्यारिफ लगाउने भनेर तयार पारेको चिनियाँ सामानको सूचीमा शुक्रबार पुनर्विचार गर्नसक्ने बताइएको छ ।
अमेरिकालाई चीनको आग्रह
485
सरकारी तथ्यांकले हरेक वर्ष धान र तरकारीको उत्पादन बढेको देखाए पनि भारतबाट हुने अन्न आयात घटेको छैन । नेपालीको मुख्य खाना दाल–भात–तरकारीका लागि भारतकै मुख ताक्नुपर्ने अवस्था छ । भन्सारको तथ्यांकले चामल , मकै र तरकारीको आयात बढेको देखाँउछ ।
भैरहवाबाट ## अर्ब रूपैयाँको अन्न र तरकारी आयात
238
नेपाली कांग्रेसले सरकारलाई गुण र दोषका आधारमा समर्थन गर्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभामा विश्वासको मत मागेका थिए । उनले सत्ता - प्रतिपक्ष नभिनेर मिलेर जाने भन्दै कांग्रेससँग पनि मत मागेका किा छन् ।
कांग्रेसले रोज्यो प्रतिपक्ष , ### दिन सरकारको काम हेर्छौः गच्छदार
233
आर्थिक वर्ष #### / ## मा सञ्चालन भएका योजनाको समीक्षा र #### / ## को नीति तथा कार्यक्रमको जानकारी गराउन नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) कर्णाली प्रदेशका सांसदहरू गाउँ जाने भएका छन् । नेकपाको संसदीय समितिको ## गतेदेखि ## गतेसम्म बसेको बैठकले यस्तो निर्णय गरेको हो । ' गत वर्ष सरकारले गरेका कामकाज कसरी सम्पन्न भए , उक्त विकास जनताले अनुभूति गर्न पाए पाएनन् यसको जानकारी लिन्छौं , ' नेकपाको संसदीय दलको बैठकले गरेका निर्णय सार्वजनिक गर्न गरिएको पत्रकार सम्मेलनमा नेकपाका प्रमुख सचेतक गुलावजंग शाहले भने , ' यस आर्थिक वर्षमा आएका नीति तथा कार्यक्रमका बारेमा पनि जानकारी गराउँछौं ।
सांसदलाई गाउँ पठाउँदै नेकपा
579
रसुवाली कविका नामले परिचित साहित्यकार ठाकुर प्रसाद तिमिल्सिनालाई प्रहरीले गिरफ्तार गरेकाे छ । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा नेता भएकाे भन्दै उनलाई प्रहरीले बालाजुबाट पक्राउ गरेको हाे । शसस्त्र प्रहरीको विशेष टोलीेले गोप्य सूचनाको आधारमा विप्लव नेता तथा रसुवाका जिल्ला कमिटी सदस्य तिमिल्सिनालाई पक्राउ गरेको हाे ।
साहित्यकार ' रसुवाली कवि ' पक्राउ
346
दक्षिण भारतका सुपरस्टार अजीत कुमारको तामिल फिल्म ' विवेगम ' ले वर्षकै उत्कृष्ट फिल्म ' बाहुबली # ' को रेकर्ड तोड्दै व्पपार गरिरहेको छ । फिल्म रिलिज भएको # दिनमै यसले पुरानो फिल्मको रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाउँदै गएको छ । फिल्मले चेन्नईको बक्स अफिसमा पहिलो हप्ता नै रेकर्डतोड व्यपार गरेको छ ।
तामिल फिल्म ' विवेगम ' ले तोड्यो ' बाहुबली # ' को रेकर्ड
294
सरकारले महिला , बालबालिका तथा ज्येष्ठ नागरिकको हित संरक्षण तथा अधिकारका लागि योजनाबद्ध तवरले काम गरिरहेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयक , #### अन्तर्गत महिला , बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थपमाया थापाले सो मन्त्रालयमाथि सांसदहरुले उठाएकाे प्रश्नको जवाफ दिँदै सडक बालबालिको शिक्षा र स्वास्थ्यमा विशेष ध्यान दिइएको बताइन । ज्येष्ठ नागरिकको संरक्षणका लागि ज्येष्ठ नागरिक ऐनको परिमार्जन प्रक्रिया अगाडि बढाइएको बताउँदै उनले हरेक प्रदेशमा सुविधा सम्पन्न ज्येष्ठ नागरिक केन्द्र स्थापना गर्ने , बीमा तथा समाजिक सुरक्षालगायत अन्य विषयमा सरकारले ध्यान दिइएको र यस सम्बन्धमा आवश्यक प्रक्रिया शुरु गरिएको जानकारी दिइन् ।
आगामी # वर्षभित्र ज्येष्ठ नागरिकलाई पाँच हजार भत्ता
638
सुन तस्करी र सनम शाक्य हत्याकाण्डको छानबिन गर्न बनेको छानबिन टोलीले व्यवसायीअकबर शाहलाई पक्राउ गरेको छ । समिति स्रोतकाअनुसार व्यापारी साहलाई बिहीबारै पक्राउ गरेर सोधपुछ थालिएको छ । ललितपुरको लविम मलमा रेष्टुरेन्ट भएका शाहको सम्पर्क सुन तस्करहरूसँग देखिएपछि उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको टोलीका एक सदस्यले बताए ।
## किलो सुन काण्डमा व्यवसायी अकबर शाह पक्राउ
322
संघीय संसद् सचिवालयले संसद्का पदाधिकारी र सांसद्को बैंक खातामा स्वकीय सचिवालयमा रहने कर्मचारीको तलब नपठाउने भएको छ । सचिवालयले स्वकीय सचिवालयमा रहेका सम्पूर्ण कर्मचारीलाई उनीहरूको नाममा बैंक खाता खोल्न भनेको छ । अहिलेसम्म ## जनाले एभरेष्ट बैंकमा खाता खोल्न निवेदन दिएका छन् भने ## जनाले आफ्नो खाता खोलेको संसद् सचिवालयले जनाएको छ ।
संघीय संसद् : तलब अाफ्नै खातामा पठाइने
331
राष्ट्रियसभा गठनसम्वन्धी विवाद चर्किँदै जाँदा राष्ट्रपति विद्यादेवी भण्डारी दुविधामा परेकी छन् । राष्ट्रपति भण्डारी दुविधामा मात्रै परेकी छैनन् , आफ्नो कार्यकालकै सबैभन्दा धेरै विवादमा मुछिएकी छिन् । सरकारले पेश गरेको राष्ट्रियसभासम्बन्धी अध्यादेश पारित गर्न अन्कनाएर राष्ट्रपति भण्डारीले एमालेको कुरा सुनेको कांग्रेस नेताहरुको गुनासो छ ।
दुविधामा राष्ट्रपतिः एमालेको कुरा सुन्ने कि कांग्रेसको ?
338
एभरेष्ट प्रिमियर लिगमा भैरहवा ग्लाडीयटर्सले चितवन टाइगर्समाथि ## रनको जित हात पारेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मंगलबारै सम्पन्न दिनको दोस्रो खेलमा भैरहवाले चितवन टाइगर्समाथि ## रनको जित निकाल्दै लगातार दोस्रो विजय हात पारेको छ । उता चितवनले भने लगातार दोस्रो पराजय भोगेको छ ।
एभरेष्ट प्रिमियर लिग : भैरहवाको लगातार दोस्रो जित , चितवन ## रनले पराजित
281