article
stringlengths
55
1.8k
title
stringlengths
10
141
article_length
int64
55
1.8k
यसै त नेपालमा आयोजना हुने धेरै अवार्ड विवादमा पर्छन् । झन् , आयोजकले चरम लापरवाही गरिदिदा अवार्ड आयोजनाले सकारात्मक भन्दा नकारात्मक चर्चा बढी पाउँछन् । जुन , नेपाली चलचित्र क्षेत्रकै लागि दुःखद कुरा हो ।
नोमिनेशनमा परेकाले नै पाएनन् निम्तो कार्ड , फेसबुकमा यसरि पोखियो असन्तुष्टी
203
पूर्वी पहाडी जिल्लाको ग्रामीण भेगमा सञ्चार सम्पर्कका लागि छ वर्षअघि वितरित भिस्याट प्रणालीको टेलिफोन बन्द हुँदा दुर्गम क्षेत्रका स्थानीय मर्कामा परेका छन् । सञ्चार सम्पर्कको निम्ति गाउँ–गाउँमा वितरित टेलिफोन अवरुद्ध भएपछि सर्वसाधारणको लगानी पनि खेर गएको छ । पूर्वाञ्चलमा भिस्याट प्रणालीद्वारा सञ्चालित एक हजारभन्दा बढी टेलिफोन बन्द भएको सञ्चालकहरुले बताएका छन् ।
पूर्वी पहाडी जिल्लामा भिस्याट टेलिफोन बन्द , दुर्गमका बासिन्दा मर्कामा
362
माओवादी सशस्त्र द्वन्द्वका क्रममा भएका घटनामा बृहत शान्ति सम्झौताविपरित अदालतले फैसला गर्न थालेको भन्दै त्यसको प्रतिरोध गर्न ' जनयुद्धको मुद्दामा अदालत पीडित संघ ' गठन गरिएको छ । बाबुराम गौतमको संयोजकत्वमा गठित समितिमा केशव राई , मोहन खड्का , जानुका पौडेल , टंक खत्री , विन्दा मगर , चम्पा कार्की , बालकृष्ण ढुंगेल , निर्माण कुमार कामी , शंकर गिरी , अनिता घिमिरे र नारायणराज गौतम रहेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर कार्य समिति सार्वजनिक गरिएको हो ।
अदालतको प्रतिरोध गर्न भन्दै जनयुद्धका पीडित संगठित
476
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहको सञ्चालनका लागि ## वटा कानून बनाई कार्यान्वयनमा ल्याएको छ । मन्त्रालयले स्थानीय तह सञ्चालनमा सहजीकरण गर्नका लागि ## वटा कानून कार्यान्वयनमा ल्याइएको मन्त्रालयका सहप्रवक्ता जानुका सुवेदीले जानकारी दिए । उनका अनुसार मन्त्रालयले संघीय कानूनअन्तर्गत ऐन , नियमावली र कार्यविधिका पाँचवटा , स्थानीय तहका लागि नमूना कानून आठ र कार्यकारी आदेशहरु मार्गदर्शन एवं कार्यविधि तथा स्रोत सामग्रीसम्बन्धी पाँचवटा कानून कार्यान्वयनमा आएका छन् ।
स्थानीय तह सञ्चालनका लागि ## कानून कार्यान्वयनमा
481
युरोपेली युनियनबाट ब्रिटेनको बहिर्गमन ( ब्रेक्जिट ) लाई लिएर संसदमा जारी गतिरोध अन्त्यको प्रयास लण्डनमा भइरहेको छ । हाउस अफ कमन्समा सांसदहरुले केबल एक मतको बहुमतबाट ब्रेक्जिटको समयसीमा बढाउने पक्षमा मतदान गरेका छन् । यसबाट ब्रिटेनकी प्रधानमन्त्रीलाई युरोपेली युनियन ( ईयू ) बाट ब्रेक्जिट प्रक्रियाको समयसीमा बढाउने माग गर्नुपर्ने बाध्यता आइलागेको छ ताकि विना कुनै सम्झौता ब्रिटेन ईयुबाट अलग हुन सकोस् ।
ब्रेक्जिट सीमा बढाउन संसदले दियो अनुमति
402
मानविय संवेदनामाथि निर्माण हुन लागेको चलचित्र ' साली कस्को भेनाको ' छायांकन सुरु भएको छ । मुभिङ पिक्चर्स प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको निर्देशन भद्र भुजेलले गर्दैछन् । चलचित्रका प्रस्तुतकर्ता प्रसाद श्रेष्ठ हुन् ।
' साली ' मरिष्काका ' भेना ' विल्सन
230
बेनी नगरपालिका–# घतानस्थित नेप्टेचौरमा शुक्रबार राती नेपाली कांग्रेस र नेकपा एमाले समर्थित यूवाबीच झडप भएको छ । चुनावको प्रचारप्रसारमा रहेका यूवाहरूबीच विवाद र कुटपिट लगत्तै मोटरसाईकलमा पुगेका यूवाहरूले इच्छा महिला बचत तथा ऋण सहकारी संस्था , नेपाली कांग्रेसको वडा सम्पर्क कार्यालयमा तोडफोडका साथै पार्किङ्ग गरिएका दुईवटा मोटरसाईकलमा आगजनी गरेका छन् । ना ## प #### र ध # प #### नम्बरको मोटरसाईकल पूर्ण रुपमा क्षती भएको छ ।
म्याग्दीको घतानमा कांग्रेस–एमालेबीच झडप , दुई मोटरसाईकलमा आगजनी
421
नुवाकोट–अविरल वर्षासँगै पहिरो जादाँ नुवाकोटको बुङताङ - # मा टहरा पुरिदाँ दुई बालककोे ज्यान गएको छ । भूकम्पपछि अस्थायी टहरामा बस्दै आएका मेघबहादुर तामाङको घर पुरिदाँ ## वर्षका छोरा आइतराम तामाङ र # वर्षका आशिस तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । स्थानीयका अनुसार पहिरोबाट भाग्ने क्रममा बिमला तामाङ घाइते भएकी छिन् ।
पहिरोले टहरो पुरिँदा दुई बालकको मृत्यु
340
बाबुको किरिया बसेका छोरा गोरखा नगरपालिका - # का इश्वर अर्यालको मृत्यु भएको छ । ## बर्षीय अर्यालको शुक्रबार मृत्यु भएको परिवारले जनाएको छ । किरिया बसेको सातौं दिनमा उनको मृत्यु भएको हो ' धारामा जानको लागी घरबाट हिँड्दैदेखि टाउको र छाती दुख्यो भन्दै हुनुहुन्थ्यो , धाराको सबै काम सकेर घर फर्कदै गर्दा एक्कासी बाटोमा लडेर बेहोस हुनुभयो , ' परिबारका एक सदस्यले भने , ' बेहोस भएपछि एपोलो अस्पताल लग्यौ केही समयपछि अस्ततालले मृत्यु भएको घोषणा गर्‍यो ।
बाबुको किरिया बसेका छोराको मृत्यु
445
सार्वजनिक लेखा समितिअन्तर्गत वाइडवडी विमान खरीद प्रकरणबारे छानविन गर्न गठित उपसमितिले मंगलबार पर्यटनमन्त्री रवीन्द्र अधिकारी र सचिव कृष्णप्रसाद देवकोटालाई बोलाएर छलफल गरेको छ । मन्त्री अधिकारीले संसदीय समितिका धेरै बैठकहरुमा यसबारे जवाफ दिइसकेका छन् । उनले सधैं वाइडबडी खरिद प्रकरणमा कोही दोषी भए कारबाही गरेरै छाड्ने बताउँदै आएका छन् ।
पर्यटनमन्त्रीलाई सांसदको प्रश्न– फुटबल किनेको कि जहाज ?
336
सरकारले विद्यार्थीहरुबाट लिइएको अतिरिक्त शुल्क फिर्ता लिन निजी मेडिकल कलेजहरुलाई ## दिने अल्टिमेटम दिएको छ । नभए ठगीको मुद्दा चलाउन बाध्य हुने शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बताए । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा शिक्षामन्त्री पोखरेलले आफ्ना विद्यार्थीहरुको माग सम्बोधन गर्न निजी मेडिकल कलेजहरुलाई आग्रह गरे ।
निजी मेडिकल कलेजलाई सरकारको ## दिने अल्टिमेटम
324
आर्यन सिग्देल इन्टरटेन्मेन्ट र आर एन्ड आर प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्र ' कायरा ' को ट्रेलर रिलिज भएको छ । चलचित्रको ट्रेलरमा मुख्य कलाकारहरु नायक आर्यन सिग्देल र नायिका साम्राज्ञी राज्यलक्ष्मीको प्रेम , विछोडलाई देखाइएको छ । म्यूजिकल लभ स्टोरी कथामा निर्माण भएको यो चलचित्रलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् ।
' कायरा ' ट्रेलरमा आर्यन र साम्राज्ञीको सुहाएको केमेष्ट्री
327
स्वयंबरको औंठीको मूल्य कति ठूलो हुन्छ भन्ने कुरा चीनका एक व्यक्तिले पुष्टि गरिदिएका छन् । आफ्नो हराएको इन्गेजमेन्टको औंठी भेटिएको खुसीयालीमा दक्षिण–पश्चिमी चीनको चोंगक्विंगका एक व्यक्तिले # हजार प्लेट चाउमिनको भोज गरेका हुन् । वांग थर भएका ती व्यक्तिले आफ्नो प्रेमको वर्षगाँठको अवसरमा प्रेमिकालाई सरप्राइज दिन चाहन्थे ।
इन्गेजमेन्टको औंठी भेटिएको खुसियालीमा # हजार प्लेट चाउचाउको भोज
319
दोस्रो विश्वयुद्धपछि जापानी नागरिकले भोगेका पीडा र ब्यथाहरु नेपाली दर्शकले नेपाली भाषामै हेर्न पाउने भएका छन् । जापानी फिल्म निर्देशक ओइखावा योसिहिरोको निर्देशन र खाचुवा साबुरोउले निर्माण गरेको चलचित्र हिमावारी - सूर्यमुखी ) लाई नेपाली भाषामा डब गरिएको छ । ' जापानी भाषा नबुझिएला कि भनेर चिन्ता गर्नु पर्दैन , नेपाली भाषामै जापानको कथा हेर्न पाइने भएको छ ।
जापानी युद्धका कथा अब नेपाली भाषामा
356
संघीय संसदले मौलिक हकसम्बन्धी सबै कानुन पारित गरेको छ । प्रक्रिया छोट्याउँदै प्रतिनिधि र राष्ट्रिय सभाले हतार - हतार ## कानुन पारित गरेका हुन् । संविधानले तीन वर्षभित्र मौलिक हकसम्बन्धी कानुन तयार गरिसक्नुपर्ने समय सीमा तय गरेको थियो ।
दुई दिनमा पारित भए मौलिक हकका ## कानुन
235
यस वर्षको द म्यान बुकर इन्टरनेसनल पुरस्कारको नोमिनेसनमा महिलाको दबदबा देखिएको छ । पुरस्कारका लागि नोमिनेसनमा परेका # उपन्यासकारमध्ये पाँच महिला छन् । जसमा गत वर्षकी अवार्ड विजेता पोल्याण्डकी लेखिका ओल्गा टोकरिजुक पनि सामेल छिन् ।
द म्यान बुकर इन्टरनेसनल पुरस्कारको होडमा पाँच महिला
229
सांकेतिक तस्वीर## भदौ , बाजुरा । अरुको हलो जोतेर खाने हलियालाई सरकारले मुक्त गरेको बुधबार नौ वर्ष पूरा भएको छ । #### भदौ ## गतेकै दिन सरकारले पाँचबुँदे सहमतिमा हलियामुक्त गरेको थियो ।
मुक्तिको # वर्ष बितिसक्दा पनि अझै हलिया बस्दै
183
ओखलढुङ्गा– आधुनिक प्रविधिको प्रयोग गरी पेट्रोलियम पदार्थ बिक्री वितरणमा अनियमिता एवं ठगी गर्ने ओखलढुङ्गाको खुश्वु इन्धन सप्लायर्समा शिलबन्दी गरी कारोवार रोक्का गरिएको छ । गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख शम्भु झाको नेतृत्वमा खटिएको टोलीले सो सप्लायर्सको उपकरणमा सफ्टवेयर ( चिप्स ) प्रयोग गरी पेट्रोलियम पदार्थ तोकिएकोे भन्दा कम तौलमा बिक्री गरेको भेट्टिएपछि शिलबन्दी गरिएको हो । प्रमुख झाका अनुसार कृष्णराम मकाजुद्वारा सञ्चालित सो सप्लायर्सको उपकरण जाँच गर्दा प्रति पाँच लिटर डिजलमा ### मिलिलिटर तथा पाँच लिटर पेट्रोलमा ### मिलिलिटर कम गरी बिक्री वितरण गरेको पाइएको थियो ।
प्रविधिको प्रयोग गरी ठगी गर्ने पेट्रोलपम्पमा शिलबन्दी
595
मधेसी जनताले शताब्दीऔंदेखि सहँदै आएको विभेदको आक्रोशलाई #### माघ # गते लहानमा विद्रोह गरी पोखे । सो विद्रोहले मुलुकलाई संघीय गणतन्त्रमा लैजान सघायो । अहिले मुलुकमा संघीयता कार्यान्वयन चरणमा प्रवेश गरेको छ ।
' मधेस मुद्दा सत्ताको सिँढी '
206
नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले संविधानका विवादित विषयमा सत्तारुढ दलले तयार पारेको प्रस्ताव आवश्यकताअनुसार परिमार्जन वा संसोधन हुनसक्ने स्पष्ट पारेका छन् । रिपोर्टर्स क्लब नेपालले बिहीबार गरेको साक्षात्कारमा नेता केसीले आफूहरुको प्रस्ताव अन्तिम नभई छलफलको लागि ल्याएकोले यसबाट डराउनु पर्ने वा अत्तालिनु पर्ने अवस्था नभएको बताए । सात प्रदेशबाट आठ प्रदेशमा समेत जान तयार रहेको केसीले प्रष्ट पारेका छन् ।
सत्तारूढ दलको प्रस्ताव संसोधन हुन सक्छ : केसी
412
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको हिउँदे अधिवेशन आह्वान गरेकी छिन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले पुस ## गते अपराह्न # बजेका लागि अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालय शीतल निवासले जानकारी दिएको छ । संविधानको धारा ## को उपधारा # बमोजिम राष्ट्रपतिले प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी हुन् ।
राष्ट्रपतिद्वारा संसदको हिउँदे अधिवेशन आह्वान , पहिलो बैठक ## पुसमा
337
दमौली– तनहुँको शुक्लागण्डकी नगरपालिका–# का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीविरुद्ध इलाका प्रहरी कार्यालय बेलचौतारामा बलात्कारको जाहेरी दर्ता भएको छ । सोही वडाकी एक महिलाले रेग्मीले आफूलाई बलात्कार गरेको भन्दै बिहीबार जाहेरी दर्ता गराएका हुन् । उहाँको बिहीबार नै स्वास्थ्य परीक्षण गरिएको छ ।
वडाध्यक्षविरुद्ध बलात्कारको जाहेरी दर्ता
286
राप्रपा नेपालले राजदूतहरुको सिफारिस फिर्ता गर्ने सरकारी निर्णयप्रति आपत्ति जनाएको छ । राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समितिको शुक्रबार बसेको बैठकले अघिल्लो सरकारले गरेको निर्णय अहिलेको सरकारले उल्ट्याउनु आपत्तिजनक भएको ठहरसहित यसबाट अराजकता मौलाउने चेतावनी दिएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाको प्रस्तावमा अघिल्लो सरकारले राजदूतहरुको नाम सिफारिस गरेको थियो ।
राजदूतको सिफारिस फिर्ता लिएकोमा राप्रपा नेपालको आपत्ति
372
सानदार शतकका साथ टेस्ट क्रिकेटमा सुखद पुनरागमन गरेसँगै अस्ट्रेलियाका पूर्वकप्तान स्टिभ स्थिमले तत्काल खेल जीवन टुङग्याउने कुनै योजना नभएको प्रतिक्रिया दिएका छन् । उपकप्तान डेविड वार्नर र ओपनर क्यामरुन बेनक्रफ्टसँगै दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेस्ट दौरान बल टेम्परिङमा दोसी ठहर भएपछि स्मिथ एक वर्षको प्रतिबन्धमा परेका थिए । स्मिथले घरेलु टोली इङल्यान्डविरुद्ध इड्गाबास्टनमा बिहीबारबाट सुरु एसेस शृंखलाअन्तर्गत पहिलो टेस्टमा पहिलो इनिङमा शतक पूरा गर्दै अस्ट्रेलियाली टोलीको इनिङ उकासेका थिए ।
' खेल जीवन तत्कालै टुङग्याउने योजना छैन '
494
अमेरिकामा रहेर नेपाली कार्यक्रमहरू गर्दै आएको आरएनआर ग्रुपले अमेरिकामा नेपाली सुन्दरीको ग्ल्यामर तस्बिर राखेर नयाँ क्यालेन्डर सार्वजनिक गरेको छ । अंग्रेजी नयाँवर्षलाई लक्षित गरी सार्वजनिक गरिएको ' क्यालेन्डर युएसए–#### ' बाह्र नेपाली सुन्दरीका तस्बिर छन् । क्यालेन्डरमा नेपालमा मोडलिङ गरिरहेका र अमेरिकामा बसेर पनि मोडलिङ गरिरहेका तस्बिर राखिएको छ ।
क्यालेन्डर युएसएमा नेपाली सुन्दरी
349
तेस्रो बस्ती निर्माणमा जुटेका सीताराम कट्टेल ' धुर्मुस ' ले ' रकेटको स्पिड ' मा काम गर्न सरकारलाई सुझाव दिएका छन् । धुर्मुस सुन्तली फाउण्डेशनले रकेटको गतिमा काम गरेकाले पुनर्निर्माण सम्पन्न भएको भन्दै सरकारलाई पनि गति बढाउन कट्टेलले सुझाव दिए । ' साँच्चै देश बनाउने र मुलुकलाई आर्थिक समृद्धितर्फवाट लम्काउने हो भने रकेटको गतिमा काम गर्नुपर्छ , अनि मात्रै देश बन्छ ।
सरकारलाई धुर्मुसको सुझावः रकेटको गतिमा काम गर , जनताको आँगनमा पाल टाँगेर बस
365
गाउँपालिकाको केन्द्र माग गर्दै सोलुखुम्बु सल्यानका स्थानीयहरू आन्दोलित बनेका छन् । सल्यानका स्थानीयवासीले नेचा सल्यान गाउँपालिकाको केन्द्र सल्यानमा राखिनुपर्ने माग राखेका छन् । राज्य पुनर्संरचनामा गाउँपालिकाको केन्द्र नेचामा राखिएको र सोही केन्द्र आफूहरूलाई अपायक परेको भन्दै सल्यानमा केन्द्र कायम गर्न माग राख्दै गएको पौष ## गतेदेखि आन्दोलनमा उत्रिएका हुन् ।
गाउँपालिकाको केन्द्र माग गर्दै सल्यानवासी आन्दोलित
359
काठमाडौँ– अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा राष्ट्रिय महिला आयोगमा दर्ता हुने उजुरीमा करीब ### ले वृद्धि भएको छ । आयोगले शुक्रबार यहाँ आयोजना गरेको सञ्चारमाध्यमसँगको अन्तरक्रिया कार्यक्रममा प्रतिवेदनमार्फत आयोगले उक्त जानकारी गराएको हो । आर्थिक वर्ष #### / ## मा ### महिलासम्बन्धी घटनाको दर्ता भएको थियो ।
महिला आयोगमा उजुरी बढ्दै
318
सरकारले भूकम्प गएको ## महिनापछि बल्ल पुनर्निर्माण गर्नुपर्ने गुम्बा तथा बिहारको सूची तयार पारेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले #### वैशाख ## को भूकम्पबाट पूर्ण तथा आंशिक क्षति भएका गुम्बा÷बिहारको अन्तिम सूची तयार पारी पुनर्निर्माण प्रक्रिया अगाडि बढाएको हो । भूकम्पप्रभावित ## जिल्लामा कुल आठ सय ## गुम्बा तथा बिहार पुनर्निर्माण गर्नुपर्ने संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ ( सिएलपिआइयू ) ले तयार पारेको सूचीमा छ ।
नौ सय गुम्बा पुनर्निर्माण गर्नुपर्ने
474
सरकारले अब मुटुरोग , मिर्गौला लगायत आठ प्रकारका रोगमा निःशुल्क उपचार गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ' प्रचण्ड ' ले संसदलाई सम्बोधन गर्दै विपन्न वर्गका विरामीलाई मुटुरोग , मिर्गौला लगायत आठ प्रकारका रोगमा निःशुल्क उपचार गरिने बताएका छन् । त्यसैगरी विसिजी , डिपीटी लगायत ## प्रकारका रोगविरुद्ध निःशुल्क खोप समेत उपलब्ध गराइने उनले बताए ।
आठ प्रकारका रोगको निःशुल्क उपचार गर्ने सरकारको घोषणा
348
पश्चिमी पर्साको ठोरी नाकासँग जोडिएको भारतको भिखना ठोरी बजारमा किनमेल गर्न गएका नेपालीलाई भारतीयले बिहीबार लखेटी–लखेटी कुटपिट गरेको घटना सार्वजनिक भएपछि सो क्षेत्रमा अहिले स्थिति तनावग्रस्त भएको छ । इलाका प्रहरी कार्यालय ठोरीले दिएको घटना विवरणअनुसार , केही भारतीय बिहीबार ठोरीमा रहेको झोलुङ्गे पुल हेर्न आउँदा बाटो बिराउँदा त्यहाँ रहेका भिखना ठोरीकै ## वर्षीय रवि साहलाई सोध्दा उनले गलत बाटो देखाएका थिए , तर ठोरीकै एक वृद्ध महिलाले सही तथा नजिकको बाटो देखाएको विषयलाई लिएर हाटबजार गर्न भारतको भिखना ठोरी बजार गएको मौका छोपी ठोरीबासीलाई कुटपिट गर्दा करीब पाँच नेपाली घाइते भएका थिए । किनमेल गर्न गएका नेपालीलाई भारतीयले महिला पुरुष जसलाई देख्यो त्यसलाई नै बाँसको चिर्पटले कुटपिट गरेको स्वीकार्दै इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक केदारराज पन्तले दोषीलाई कारवाहीका लागि भारतको सहोदरवा थानालाई अनुरोध गरेको बताए ।
ठोरीमा भारतीयद्वारा नेपाली कुटिए , स्थिति तनावग्रस्त
822
जर्गेन क्लोपले लिभरपुलको म्यानेजरका रुपमा पहिलो हार व्यहारेका छन् । इंग्लिस प्रिमियर लिगमा आइतबार राति भएको खेलमा लिभरपुल क्रिस्टल प्यालेससँग # - # ले पराजित भएको हो । लिभरपुलको घरेलु मैदान एन्फिल्डमा भएको खेलमा प्यालेसले ## औं मिनेटमा यानिक बोलासीले गोल गरे ।
लिभरपुल प्रशिक्षकका रुपमा क्लोपको पहिलो हार
260
प्रदेश नम्बर # ले ## औँ गणतन्त्र दिवस विविध कार्यक्रम गरी मनाएको छ । दिवसको अवसरमा जनकपुरमा बुधबार बिहान सयौँको संख्यामा जम्मा भएका विद्यार्थीहरुले एकताको सन्देश दिँदै जानकी मन्दिरदेखि जनक चोकसम्म मानव साङ्लो बनाएका छन् । त्यस्तै प्रदेश नम्बर # सरकारले आज बिहान प्रभातफेरी गरेको छ ।
जनकपुरमा यसरी मनाइयो ## औँ गणतन्त्र दिवस
282
ओम डेभलपमेन्ट बैंकले सेयरधनीलाई ## . ## प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको ##औं वार्षिक साधारण सभाले आव ###÷## को मुनाफाबाट सेयरधनीलाई उक्त बोनस सेयर दिने प्रस्ताव पारित गरेको हो । सञ्चालक समितिका अध्यक्ष सुशीलकुमार गोशलीको अध्यक्षतामा साधारण सभा भएको थियो ।
ओमको ## . ## % बोनस सेयर
262
प्रधानमन्त्री केपी शर्मा ओली र ब‌गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदबीच बुधबार भेटवार्ता भएको छ । काठमाडौंको मेरियट होटलमा भएको भेटमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली , अर्थमन्त्री युवराज खतिवडा , उद्योग वाणिज्य तथा आपर्ति मन्त्री मातृका यादव लगायत सहभागी छन् । मंगलबार नेपाल भ्रमणमा आएका राष्ट्रपति हमिदले बुधबार पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवासँग पनि भेट गरेका छन् ।
प्रधानमन्त्री ओली र बंगलादेशका राष्ट्रपतिबीच भेटवार्ता
404
समुद्री सतहभन्दा ## सय मिटर उचाइमा रहेको छो जो तालमा रातको ठीक आठ बजे स्पीकरहरु चर्को आवाजमा घन्किए । चिसो परिवेश अचानक न्यानो भयो । तल मैदानमा अटाइ नअटाइ हजारौंको भीड थियो ।
सिक्किमको उत्सवमा नेपथ्य घन्किँदा . . .
174
एक हप्ता देखि ओरालो लागेको शेयर बजारको परिसुचक नेप्से आज केहि बढेको छ । बजार #### अंकमा कायम हुँदा ### कम्पनीको ## करोड ## लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा यो कारोबार ## लाख रुपैयाँले बढि हो ।
नेप्से # अंकले बढ्यो
223
भनिन्छ बिबाह सम्बन्धहरुलाई ब्यबस्थित गर्ने आधार हो । हरेक महिला - पुरुषले बिबाह गर्ने बेलामा सम्बन्ध बिच्छेदको कल्पना समेत गरेका हुँदैनन् । अझ कतिपय जोडीले त बिहे गर्नुअघि वर्षौवर्षसम्म प्रेम गरेर दुबै एक अर्काका आनीवानीवारे साक्षात हुन्छन् ।
यी हुन् महंगो सम्बन्ध बिच्छेद गर्ने कलाकार
242
नेपालले किर्गिस्तानमा जारी नादेज्दा कप महिला फुटबल प्रतियोगितामा घरेलु टोलीलाई पराजित गरेको छ । काराकोलस्थित केन्द्रीय रङ्गशालामा भएको पहिलो खेलमा नेपालले किर्गिस्तानलाई #–# गोलले हराएको हो । नेपालले मध्यान्तर अघिको खेलमा # गोल गरेको थियो ।
नदेज्दा कप फुटबलः नेपालद्वारा किर्गिस्तान पराजित
240
ओखलढुंगाबाट एक बर्षमा दुई दर्जन बढि महिला हराएका छन् । आर्थिक बर्ष ####–### मा जिल्लाबाट ## जना महिला हराएको एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । विशेषगरी , पती विदेशमा भएका महिलाहरु बढि मात्रामा हराउने गरेको देखिएको छ ।
प्रदेश # बाट एक वर्षमा # हजार # सय ## जना महिला हराए , ओखलढुंगाबाट मात्रै ## जना
237
भरतपुर महानगरपालिकाभित्रै बन्धक बनाएर एक युवती र एक किशोरीलाई देहव्यापारमा सङ्लग्न गराएको खुल्न आएको छ । जिल्ला प्रहरी कार्यालयले सोमबार यहाँ पत्रकार सम्मेलन आयोजना गरी पक्राउ परेकालाई सार्वजनिकसमेत गरेको छ । फिल्मी शैलीमा होटलमा लुकाएर उनीहरुलाई देहव्यापारमा लगाएको पाइएको छ ।
बन्धक बनाएर देहव्यापार
277
पृथ्वी राजमार्गको धादिङस्थित सलाङघाटमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गोरखाको मनकामना मन्दिर दर्शनका लागि काठमाडौंबाट रिजर्भ गरी लगेको ना # ख #### नम्बरको बस सडकबाट त्रिशूली नदीमा खसेको हो । ओभरटेक गर्ने क्रममा : सडकबाट बस त्रिशूली नदीमा खसेको प्रहरीले जनाएको छ ।
मनकामना जाँदै गरेको बस त्रिशूलीमा खस्यो , दुईको मृत्यु
287
दार्चुलाको उत्तरी भेगमा रहेको व्यास गाउँपालिकाको त्रिदेशीय सीमाक्षेत्रमा राज्यको पहुँच नहुँदा असुरक्षा बढ्दै गएको छ । व्यास क्षेत्रका स्थानीय सौका समुदाय र प्रहरी बेंसी झरेसँगै त्यो क्षेत्र राज्यविहीन बनेपछि असुरक्षा बढेको हो । राष्ट्रिय रूपमै सीमा समस्याको विकराल रूपमा चिनिएको दार्चुलाको कालापानी र लिपुलेकमा सीमा अतिक्रमण मात्र भएको छैन , यस क्षेत्रमा सधैं भारतीय पक्षको दबदबासमेत रहँदै आएको छ ।
असुरक्षित बन्दै त्रिदेशीय सीमाक्षेत्र
398
जेठको ## गतेबाट रिलिज हुने तयारीमा रहेको चलचित्र ' चंगा ' को ट्रेलर काठमाण्डौमा कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ । रेश्मा तिमिल्सिनाको निर्माणमा तयार भएको यो चलचित्रलाई किशोर भण्डारीले लेखन तथा निर्देशन गरेका छन् । चलचित्रमा वुद्दि तामाङ , कमलमणी नेपाल , अंकित खड्का , लक्ष्मी बर्देवा , रेश्मा तिमिल्सिना , प्रेम बर्षा खड्का , जीवन भट्टराई , राजन खतिवडा , लाकी भण्डारी लगायतका कलाकारको मुख्य भूमिका छ ।
' चङ्गा ' को ट्रेलरमा कमेडी नै कमेडी
413
राष्ट्रियसभाका अध्यक्षले विशेष समयमा सांसदले उठान गर्नुभएका विषयलाई सम्बोधन गर्न सरकारको ध्यान आकृष्ट गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले विशेष समयमा उठाइएका विषयमा सरकारका मन्त्रीबाट जवाफ आउनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । विशेष समयमा सांसदहरु ले आफूले उठान गरेका विषय के कति सम्बोधन भए ? के कति कुन कारणले हुन सकेन ? भन्ने प्रश्न गरेका थिए ।
राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले गराए सरकारको ध्यानाकर्षण
392
यातायात क्षेत्रको सिन्डिकेट हटाउन भन्दै संसदको विकास समितिले सम्बन्धित क्षेत्रका नयाँ संघ–संस्था ( समिति ) दर्ता र पुरानोलाई नवीकरण नगर्न सरकारलाई निर्देशन दिएको छ । मुलुकमा यातायात्र सञ्चालनमा संस्थागत रुपमै सिन्डिकेट रहेको निष्कर्ष निकाल्दै यसको सट्टामा सबै व्यवसायीले कम्पनी कार्यालयमा दर्ता भएर चल्नुपर्ने समितिको ठहर छ । सोमबार बसेको समिति बैठकले यातायात क्षेत्रसँग सम्बन्धित संघ–संस्थाहरू संस्था दर्ता ऐन अनुसार दर्ता गर्ने र नवीकरण गर्ने कार्य स्थगित गर्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको समितिका सभापति रविन्द्र अधिकारीले बताए ।
यातायात समिति दर्ता र नवीकरण बन्द गर्न निर्देशन
547
वाइडबडी प्रकरणबारे बेलाबखत विरोधाषपूर्ण अभिव्यक्ति दिँदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले यही विषयमा फेरि मुख खोलेका छन् । यसअघि तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको बचाऊ गर्दै बोल्ने क्रममा प्रधानमन्त्री ओलीले तत्कालीन मन्त्री अधिकारी निर्दोष रहेको बताएका थिए । छानविन हुँदै गरेको विषयमा प्रधानमन्त्रीले कसैलाई दोषी वा निर्दोष किटान गर्न नमिल्ने भन्दै प्रधानमन्त्रीको आलोचना भएको थियो ।
वाइडबडीबारे फेरि बोले प्रधानमन्त्री ! छानविन हुँदैछ , धेरै के भनौं !
395
नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर प्राधानाध्यापक बनेकी सुशीला गुरुङविरुद्ध विशेष अदालतमा मुद्धा दायर भएको छ । एसएलसीको नक्कली प्रमाणपत्र पेश गरेर तनहुँको शुक्ला गण्डकी नगरपालिका - ## स्थिति त्रिभुवन प्रावि जस्पुरको प्रधानाध्यापक भएको भन्दै गुरुङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दर्ता गरेको हो । प्राधानाध्यापक गुरुङले विहार संस्कृत शिक्षा बोर्ड , पटना , भारतको मध्यमा ( एसएलसी सरह ) तहको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर सरकारी लाभ लिएको भन्दै अख्तियारले कानूनी कारबाहीको माग गरेको छ ।
नक्कली प्रमाणपत्र पेश गर्ने प्राधानाध्यापकविरुद्ध विशेष अदालतमा मुद्धा दर्ता
519
चीन भ्रमणमा रहेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेश मन्त्री वाङ यी बीच भेटवार्ता भएको छ । बेइजिङमा भएको वार्तापछि दुवैले संयुक्त सम्बोधन समेत गरेका छन् । संयुक्त सम्बोधनमा चिनियाँ विदेशमन्त्री वाङ यी ले नेपाल र चीनबीच हिमालयपार ' कनेक्टिभिटी ' विस्तार गर्ने समझदारी भएको बताए ।
परराष्ट्र मन्त्री ज्ञवाली र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता , के भने संयुक्त सम्बोधनमा ?
292
आयोजना प्रभावित बासिन्दालाई बुटवल पावर कम्पनी लिमिटेड ( बिपिसी ) ले प्राथमिक सेयर निष्कासन ( आइपिओ ) नगरेको भन्दै प्युठानका स्थानीयले सेयर माग गरेका छन् । गत साता आयोजना प्रभावितले सेयरको माग गर्दै पिपिसीको केन्द्रीय कार्यलय बुद्धनगरमा ज्ञापनपत्र बुझाएका थिए । आयोजना प्रभावित स्थानीयलाई कम्तीमा ## प्रतिशत सेयर दिनुपर्ने व्यवस्था कानुनमा छ ।
प्युठानीले मागे बुटबल पावरको सेयर
342
सडकमै टाँसिएको घर परिपरि चटक्क सजाइएको बेगुनियाँ देख्नेबित्तिकै हाम्रो मोटरसाइकल आफैं ' स्टार्ट अफ् ' भएजसरी घ्याच्च रोकियो । हुन त , रंगीचंगी , ढकमक्क फुलेको बेगुनियाँले कसको मन तान्दैन र ! इलामको माइपोखरीछेउ चाँपगैरीमा यसरी टक्क अडिएर घरै ढाकेको बेगुनियाँ क्यामेरामा कैद गर्नेको घुइँचो नै लाग्छ । माइपोखरी इलाममा रहेको देशकै प्रसिद्ध धार्मिक र पर्यटकीयस्थल ।
बेगुनियाँसँग ' सेल्फी ' हान्दै माइपोखरी ( फाेटाेफिचर )
360
आज साउनको पहिलो दिन अर्थात साउने सक्रान्ति पर्व हिन्दु धर्मावलम्बीहरुले मनाउँदै छन् । मानो खाई मुरी उव्जाउने कथन अनुसार धान रोपाईको काम सकिएको दिनका रुपमा आज साउने सक्रान्ति पर्व मनाउने प्रचलन छ । आजकै दिनबाट सूर्य कर्कट राशीमा प्रवेश गर्ने भएकाले यसलाई कर्कट सक्रान्ति पनि भनिन्छ ।
आज साउने संक्रान्ति
282
गत बर्षकाे भूकम्पपछि पानीकाे मुहान सुकेसँगै गाेरखा सदरमुकामको ढुङ्गेधारामा पानी थाप्न अनिवार्य रुपमा ' कुपन ' देखाउनुपर्ने नियम बनेको छ । भूकम्पपछि धारामा पानीको स्रोत घटेको तर उपभोग गर्ने उपभोक्ताको चाप बढेपछि बराह खानेपानी उपभोक्ता समितिले डेरावाल र घरबेटीलाई एकेक थान कुपन बाँडेपछि सो नियम कार्यान्वयनमा आएको हो । पानी लिन धारा पुगेका उपभोक्ताले समितिले खटाएको प्रतिनिधिलाई कुपन देखाएपछि मात्रै पालोमा पानी भर्न पाउँछन् ।
कुपन देखाए मात्रै पानी भर्न पाइने
424
पश्चिमको ग्रामीण क्षेत्र बन्दिपुरका मुक्तिलाल सिंह ( ## ) लाई प्रदेश र संघीय सरकारसँग धेरै अपेक्षा छैन । कृषिमा समर्पित उनलाई सरकारसँग केबल एउटै अपेक्षा छ त्यो हो - कमला नदीको जल । जल अर्थात कमला नदीको पानी खेतसम्म पुग्नेगरि भरपर्दो सिँचाईको व्यवस्था ।
किसानको ' जल ' सपना : नहर छ , पानी छैन
252
काठमाडौं–सरकारमा सहाभागी हुने मन्त्रीको संख्यालाई लिएर नेपाली कांग्रेसभित्रको विवाद अन्त्य भएको छ । सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई पाँच मन्त्रालय दिन तयार भएपछि कांग्रेसभित्रको मन्त्रालय विवाद अन्त्य भएको हो । यसअघि सभापति देउवाले पौडेल पक्षलाई चार मन्त्रालयमात्र दिन सकिने बताएपछि मन्त्रिपरिषद विस्तार नै अन्योलमा परेको थियो ।
कांग्रेसमा मन्त्रालय विवाद अन्त्य , पौडेल पक्षले पाँच मन्त्रालय पाउने
355
इराकमा लामो समयदेखि इश्लामिक स्टेट ( आइएस ) समूहको नियन्त्रणमा रहेको क्षेत्रमा ### भन्दा बढी सामूहिक चिहान भेटिएको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनमा भनेको छ । आइएसले हालैका दिनमा छोडेको भूभागमा ### सामुहिक चिहान भेटिएको र उक्त स्थानमा हजारौँ इराकीका मृत शरीर गाडिएको अवस्थामा भेटिएको इराकका लागि राष्ट्रसंघीय सहयोग मिसन ( यूएनएएमआई ) तथा राष्ट्रसङ्घ मानव अधिकार कार्यालयद्वारा तयार पारिएको प्रतिवेदनमा छ । इराकको नाइनएभे , किर्कुक , सलाहुद्दिन र अनबरलगायत इराकका उत्तरी र पश्चिमी क्षेत्रमा ती चिहान भेटेको राष्ट्रसङ्घीय मानव अधिकार उच्च आयुक्तको कार्यालयले जनाएको छ ।
इराकमा ### सामूहिक चिहान भेटियोः राष्ट्रसंघ
592
प्रधानमन्त्री पुष्पकमल दाहालले काभ्रेपलाञ्चोकको बिर्तादेउरालीमा बस दुर्घटनामा परी घाइते भएकाको तत्काल उद्धार गर्न गृह मन्त्रालयलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार प्रधानमन्त्रीले गृह मन्त्रालयलाई उद्धार कार्यका लागि तत्काल हेलिकप्टर पठाउन निर्देशन दिएका हुन् । " दुर्घटना भएको खबर पाएलगत्तै प्रधानमन्त्रीले घटनाप्रति दुःख व्यक्त गर्नुभयो र हेलिकप्टरमार्फत उद्धार गर्न निर्देशन दिनुभयो " - प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै सल्लाहकार आचार्यले भने ।
तत्काल उद्धार थाल्न प्रधानमन्त्रीको निर्देशन , सेनाको हेलिकप्टर परिचालन
498
तत्कालिन नेकपा माओवादीले गरेको जनयुद्धको बिषयलाई रोचक तबरले देखाइएको चलचित्र ' वडा नम्बर # ' आजबाट काठमाण्डौ बाहिर पनि लागेको छ । मोफसलका विभिन्न स्थानमा भैरहेको बन्दका कारण यसले धेरै हल भने पाएको छैन । काठमाण्डौबाट चलचित्रले करिब लगानी उठाउने अवस्थामा पुगेको निर्माता तथा कलाकार दिपकराज गिरीको भनाई छ ।
' वडा नम्बर # ' काठमाण्डौ बाहिर , ' चंखे शंखे पंखे ' लाई पनि फाइदा
303
उदयपुर - केही दिनयता देखि निरन्तर रूपमा उदयपुर जिल्लाको कटारी नगरपालिकास्थित चुरिया क्षेत्रको बेलस्रोत , खसीबास , रिस्कु क्षेत्रको जंगलमा व्यापक डढेलो लागेर मानव बस्तीतर्फ बढ्न थालेपछि सो क्षेत्रका मानव बस्ती अहिले उच्च जोखिममा परेको छ । अहिले चुरिया जंगल क्षेत्रमा लागेको डढेलो कटारीको बेलस्रोत , खसीबास तथा रिस्कुको मानव बसोबास भएको गाउँतर्फ बढेको कारण डढेलो नियन्त्रण गर्न इलाका वन कटारी र कटारी नगरपालिका आफँै नियन्त्रण गर्न अगाडि बढेको कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताउनु भयो । प्रमुख श्रेष्ठका अनुसार कटारीको रिस्कुस्थित खसीबास क्षेत्रमा डढेलोको कारण जंगल क्षेत्रको आसपासका रहेको झण्डै तीनसय मानब बस्तीका घर उच्च जोखिममा परेपछि गए राति रातभर नै स्थानीयवासीसमेत डढेलो नियन्त्रणमा संलग्न भएको प्रमुख श्रेष्ठले बताउनुभयो ।
चुरियाजंगल क्षेत्रमा लागेको डढेलोको कारण कटारी क्षेत्र उच्च जोखिममा
743
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरु छिटो गठन गर्न सरकारलाई आग्रह गरेका छन् । शुक्रबार ललितपुरमा आयोजित कार्यक्रममा उनले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानबिन आयोग गठनमा ढिलाइ भएको बताए । ' शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउनका लागि दुई वटा आयोग छन् ।
सत्य निरुपण आयोग गठनमा ढिलो भयो : अध्यक्ष शर्मा
314
सधैं मधेस आन्दोलनको केन्द्रमा रह्यो वीरगञ्ज । मधेस आन्दोलनका बेलामा बढी शहादतसमेत यहीँका जनताले दिए । आर्थिक कारोवारलाई चौपट पारेर भए पनि मधेसी जनताको हक र अधिकारका लागि भनेर गरिएको आन्दोलनमा वीरगञ्जवासीले सकेको योगदान गरे ।
प्रदेशको राजधानी किन बनेन वीरगञ्ज ?
224
सिडनीलाई कर्मथलो बनाएर रमाइरहेका युवा गायक राजकुमार गोश्वामीले नयाँ म्युजिक भिडियो ' रंग बिनाको होली ' बजारमा ल्याएका छन् । लामो समयदेखि अस्ट्रेलियाको रंगमन्चमा छाएका युवा राजकुमारले किरण भण्डारीको कम्पोजमा ' रंग बिनाको होली , के मज्जा जिन्दगीको . . . . ' भनेर जीवनको रंगलाई केलाउने प्रयास गरेका छन् । सिड्नीमा बिभिन्न सांगितिक कार्यक्रमहरुको आयोजकका रुपमा नेपाली टच मार्फत चिनिएका राजकुमारलाई उनको यात्रामा अर्का सहपाठी दिपेश पुनले साथ दिइरहेका छन् ।
राजकुमारको रंग बिनाको होली
451
उदयपुरमा बिहीबार भएको आगलागीबाट एक बालकको मृत्यु हुनुका साथै दुईघर जलेर नष्ट हुँदा ## लाख बराबरको क्षति भएको छ । बिहीबार दिउँसो # बजे घरमा सल्केको आगोले त्रियुगा नगरपालिका ## रातापानी चिलाउनेका चन्द्रबहादुर राईका # वर्षीय छोरा विष्णुको घरभित्रै जलेर मृत्यु भएको थियो भने चन्द्रबहादुरसहित अर्काघरका दुई दाजुभाइको घर जलेर नष्ट भएको वडाध्यक्ष मानबहादुर राईले बताए । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आगलागीबाट ढुंगामाटोले बनेको खर ( फुस ) को छानोवाल दाजुभाइको दुवै घर जलेर नष्ट भएको छ ।
बालकसहित दुई घर जल्दा ## लाख क्षति
488
म्हःपूजा ( आत्मपूजा / शरीरपूजा ) नेवार समुदायले मात्रै गर्छन् । नेवारीमा ' म्ह ' को अर्थ हुन्छ - शरीर । आफ्नो शरीरलाई पूजा गर्नु नै म्हःपूजा हो ।
म्हः अर्थात् आफ्नै शरीरको पूजा
145
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सबै राजनीतिक दल मिलेर देशको विकास गर्ने बताएका छन् । आज टोखामा आयोजित विजय सभालाई सम्बोधन गर्दै उनले राजनीतिक प्रतिस्पर्धा सकिएकाले अब जनमतलाई कदर गर्दै सबै दल मिलेर देश विकासमा लाग्नुपर्ने बताए । उनले वाम गठबन्धनले दुईतिहाइको सरकार बनाई मुलुकमा कायापलट ल्याउने बताए ।
अब एउटै सरकार पाँच वर्षसम्म चल्छः महासचिव पोख्रेल
305
अक्षय कुमार बलिउड फिल्म इण्डस्ट्रीका महान हस्तीका रुपमा स्थापित छन् । भर्खरै मात्र उनको एक आगामी फिल्मले सुटिङ्गअगावै # सय करोड कमाउँदै लगानी असुल गरेको छ । सामान्यतया बलिउडमा थोरै मात्र फिल्मले ### करोडको आँकडालाई पार गर्छन ।
सुटिङ्ग अगावै अक्षयको फिल्मले कमायो ### करोड
226
जीटीभीबाट प्रशारण भएको ' डीआइडी लिटिल मास्टर्स सिजन # ' की विजेत नेपाली चेली तेरिया फौजा मगरलाई भव्य स्वागत तथा सम्मान गरिएको छ । आज दिउँसो # बजे नेपाल आएकी तेरियालाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरियो । यसपश्चात शहर परिक्रमासहित उनको सम्मान गरिएको थियो ।
शहर परिक्रमासहित तेरियालाई भव्य सम्मान ( फोटो फिचरसहित )
259
कम्प्युटरको कि बोर्डमा तिव्र गतिमा हात दौडाएर निकै छिटो छिटो टाइप गर्ने कतिपय मानिसहरुको गति देख्दा हामी अचम्ममा पर्छौँ । हातले टाइप गर्दा त अचम्ममा परिन्छ भने यदि कसैले हातको साटो नाकले टाइप गरेको देखियो भने कति अचम्म होला ? भारतको हैदरावादका एक युवकले आफ्नो नाकले नै तिव्र गतिमा कम्प्युटर टाइप गरी सबैलाई तिनछक त पारेकै छन , आफ्नो नाममा दुई वटा वल्र्ड रेकर्ड समेत कायम गरेका छन् । उनले आफ्नो नाकले यति तिव्र गतिमा टाइप गर्छन् की धेरै मानिसले त्यति बेजोडसँग त हातले पनि टाइप गर्न सक्दैनन् ।
नाकले टाइप गरेर दुईवटा विश्व रेकर्ड
491
काठमाडौं जिल्लालाई साक्षर घोषणा गर्न शिक्षा तथा मानव श्रोत विकास केन्द्रले आज स्थानीय सरकारका जनप्रतिनिधिहरुसँग अन्तरक्रिया आयोजना गरेको छ । कार्यक्रममा शिक्षा , बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले देशलाई साक्षर बनाउने सरकारको योजना पुरा गर्ने तर्फ स्थानीय सरकारले स्वामित्व लिएर कार्य गर्न आग्रह गरे । ' अहिले सम्म स्वामित्वको सवाल थियो , शिक्षाका सवालमा संविधानले स्थानीय सरकारलाई अधिकार सुनिश्चित गरेपछि त्यो अवस्था रहेन ' , उनले भने , ' अब स्थानीय सरकार शक्तिशाली सरकार भएकाले अब म गरेर देखाउँछु , हामी सक्छौं भन्ने कोणबाट सोच्नुहोला ।
काठमाडौंलाई साक्षर जिल्ला घोषणा गर्ने तयारी
551
संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्तिबीच एकीकरण घोषणाको अन्तिम तयारी भइरहेको बेला राष्ट्रिय जनता पार्टी ( राजपा ) नेपालसँग पनि वार्ता सुरु भएको छ । नयाँ शक्ति पार्टीको कार्यालयमा फोरम नेपाल , नयाँ शक्ति र राजपा नेपालबीच वार्ता भइरहेको स्रोतले जनाएको छ । वार्तामा राजपा नेपालको तर्फबाट अध्यक्षमण्डलका सदस्यद्धय महन्थ ठाकुर र राजेन्द्र महतो सहभागी छन् भने नयाँ शक्तिबाट डा . बाबुराम भट्टराई सहभागी छन् ।
अन्तिम समयमा आएर उपेन्द्र र बाबुरामले किन सम्झे राजपा नेपाललाई ?
402
नेपाल स्टक एक्सचेन्ज ( नेप्से ) आज दोहोरो अंकले बढेको छ । #### . ## अंकबाट कारोबार सुरु भएको सोमबारको नेप्से ## . ## अंकले बढेर #### . ## अंकमा पुगेको छ । यस्तै , ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ सूचक # . ## अंकले बढेर ### . ## अंकमा पुगेको छ ।
दोहोरो अंकले बढ्यो शेयर बजार
254
नेपाल टेलिकमले जीएसएम र सिडिएमए प्रिपेड सेवाका सेवाग्राहीहरुलाई ब्यालेन्स नहुँदा फोन कल गर्न ऋण ( लोन ) रकम उपलब्ध गराउने भएको छ । त्यस्तो लोन सेवा प्राप्त गर्ने ग्राहकले फोनमा कुराकानी गर्दागर्दै ब्यालेन्स सकिए पनि कुरा निरन्तर भइरहने ' एयर टाइम क्रेडिट सुविधा ' प्राप्त गर्ने टेलिकम प्रवक्ता प्रतिभा बैद्यले विज्ञप्तीमार्फत जानकारी गराएकी छन् । लोन सेवा उपलब्ध गराउन नेपाल टेलिकम र हंकङ्गस्थित टिएक्साको स्थानीय एजेन्ट हेमन्त ट्रेड सेन्टर प्रालीबीच चैत # गते सम्झौता भएको बताइएको छ ।
टेलिकमले पनि ' लोन ' सेवा उपलब्ध गराउने
485
संसदको विकास तथा प्रविधि समितिले सूचना तथा प्रविधिसम्बन्धी विधेयक बहुमतबाट पारित गरेको छ । आइतबारको समिति बैठकले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधकाबीच विधेयक बहुमतबाट पारित गरेको हो । समिति सभापति कल्याणी खड्काले विधेयक नियमावलीअनुसार पारित भएको बताइन् ।
कांग्रेसको विरोधका बाबजुत सूचना तथा प्रविधिसम्वन्धी विधेयक समितिबाट पारित
266
केशवका बाबुबाजे राजदरबारमा काम गर्थे । पुर्खाले दरबारमा काम गर्ने भएकाले उनको परिवार राजाप्रति सकारात्मक हुनु स्वाभाविकै थियो । केशव भने केटाकेटीमै राजतन्त्रका कट्टर विरोधी हुन पुगे ।
स्थापितका विकास अजेन्डा
183
निर्वाचनबाट ठूलो दल बनेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नै पूर्व अनुबन्धनका कारण अढाइ वर्ष मात्रै प्रधानमन्त्री बन्न पाउने भएका छन् । पाँच वर्षे कार्यकालको बाँकी अवधि ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई छाडिदिनुपर्ने भएको छ । गत असोजमा दशैंको टीका सकिएलगत्तै एमालेको बैठक बसेको थियो , जसमा अध्यक्ष केपी ओलीले माओवादीसँगको सम्झौताबारे तयार पारिएको ड्राफ्ट प्रस्तुत गरेका थिए , जसको तीन नम्बर बुँदामा ' निर्वाचनपछि सरकारको नेतृत्व आलोपालो गर्ने ' उल्लेख गरिएको थियो ।
केपी ओली अढाइ वर्षमात्रै प्रधानमन्त्री !
472
डोटीमा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने ## जना घाइते भएका छन् । शिखर नरपालिकाको आलीबाट जोरागाउँ जार्दै गरेको से # ज #### नम्बरको जीप नपुराला भन्ने स्थानमा दुर्घटना भएको छ । तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।
डोटीमा जीप दुर्घटना , तीन जनाको मृत्यु
224
नेत्रविक्रम चन्द ' विप्लव ' नेतृत्वको नेकपा समूहलाई समर्थन गर्ने लेखक तथा कवि खेम थपलिया पक्राउ परेका छन् । सो समूहका जनवर्गीय संगठनका अध्यक्ष समेत रहेका थपलियालाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले शनिबार बागबजारबाट पक्राउ गरेको हो । थपलियाले वर्तमान सरकार र नेकपा अध्यक्ष पुष्पकमल दाहालकाे कडा आलाेचना गर्दै आएका थिए ।
विप्लवनिकट कवि थपलिया पक्राउ
324
विश्वकै चर्चित अस्कर अवार्डमा प्रतिनिधित्वका लागि # नेपाली चलचित्रविच प्रतिस्पर्धा सुरु भएको छ । अस्कारको विदेशी भाषी चलचित्रको विधाका लागि छनोट समितिका अनुसार ' कालो पोथी , पशुपति प्रसाद र को आफ्नो ' ले दर्ता गराएका छन् । तीन मध्ये ' कालो पोथी र पशुपति प्रसाद ' लाई नेपाली दर्शकले रुचाएका थिए ।
अस्कर अवार्डका लागि ' कालो पोथी , पशुपति प्रसाद र को आफ्नो ' को प्रतिस्पर्धा
295
चीनको हुनानका सांस्कृतिक पोष्टरहको वृहद् प्रदर्शनी गरिएको छ । बबरमहलस्थित नेपाल कला परिषदमा शनिबार आयोजित एक भव्य कार्यक्रमकाबीच सो प्रदर्शनीको शुभारम्भ भएको हो । प्रमुखअतिथि नेपाल कम्युनिस्ट पार्टीका नेता तथा सांसद महेश बस्नेत , नेपालका लागि चिनियाँ राजदूत हौ यान्छी र हुनान प्रान्तको संस्कृति तथा पर्यटन विभागका उपनिर्देशक याङ फू स्यूले संयुक्तरूपमा सो प्रदर्शनीको उद्घाटन गरे ।
हुनान सांस्कृतिक पोष्टर प्रदर्शनी
380
लिभरपुलले इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा म्यानचेस्टर सिटीलाई हराएको छ । अमेरिकाको न्युजर्सीमा बिहिबार बिहान भएको खेलमा लिभरपुलले इंलिसस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई # - # गोल अन्तरले हराएको हो । प्रि सिजनको तयारीमा रहेको लिभरपुलको जितमा मोहमद सलाह र साडियो मानेले गोल गरे ।
लिभरपुलले म्यानचेस्टर सिटीलाई हरायो , सलाह र मानेको गोल
292
बर्ड फ्लु ( एच फाइभ एन वान ) संक्रमणबाट मुलुकमा पहिलोपटक एक व्यक्तिको मृत्यु भएको छ । ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि अस्पताल भर्ना भएका ## वर्षे युवकको उपचारका क्रममा चैत ## गते मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । इन्फ्लुएन्जा संक्रमणको शंका लागेपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा ती युवकको घाँटीको र्‍याल परीक्षण गराइएको थियो ।
बर्ड फ्लुले मृत्यु
362
एनआईसी एशिया बैंक लिमिटेडले अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँगको सहकार्यमा गरी नगद फिर्ता योजना ल्याएको छ । बैंकको भिसा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरि नेपालभित्रको कुनैपनि पिओएस मेशिन मार्फत सामान वा सुविधा खरिद गर्दा क्यास ब्याक ( नगद फिर्ता ) हुने योजना उसले ल्याएको छ । बैंकले फेब्रुअरीदेखि अप्रिलसम्म तीन महिनाको लागि यो योजना ल्याएको हो ।
एनआईसी एशिया भिसा डेबिट / क्रेडिट कार्डको प्रयोगमा नगद फिर्ता
356
दाङ देउखुरीको राप्ती नदीमा बनेको पुल जीर्ण बन्दै गएको छ । पुलको अधिकांश ठाउँको कालोपत्रे उप्किएको छ , भने पुल निर्माणका लागि प्रयोग गरिएका फलामका सामग्रीमा खिया लागेको छ । पुल जीर्ण हुँदा दुर्घटनाको जोखिम बढेको स्थानीय रविलाल आचार्यले बताए ।
जीर्ण बन्दै राप्ती पुल
241
राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) का अध्यक्ष कमल थापाले पार्टी छाडेर जाने पशुपति शमशेर राणा नेतृत्वको समूहले जघन्य अपराध गरेको आरोप लगाएका छन् । संसद र प्रदेशको चुनाव आउन # महिना मात्र बाँकी रहेको वेला पार्टी विभाजन गराएर लाखौं कार्यकर्ता र पार्टीको एजेण्डाप्रति जघन्य अपराध गरेको उनको भनाइ छ । मंगलबार झापाको बिर्तामोडमा आयोजित पूर्वाञ्चल स्तरीय स्थानीय तह अध्यक्षहरुको पूर्वाञ्चल क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै थापाले भने , ' राप्रपाको विभाजन बलियो राष्ट्रवादी पार्टी निर्माण हुन नदिने र नेपाललाई कहिल्यै हिन्दु राष्ट्र बन्न नदिनेहरुको डिजाइनबाट भएको हो ।
पशुपति शमशेर हिन्दु राष्ट्र विरोधीको मोहरा बनेः कमल थापा
568
लामो समयको प्रतीक्षापछि पोखरा फुटबल रंगशाला निर्माणका लागि सम्झौता गरिएको छ । भारतीय कम्पनी ग्रेट स्पोर्टस एन्ड एमए कन्स्ट्रक्सन र जवलाखेल ललितपुर ( जेभी ) सँग फुटबल स्टेडियम निर्माणका लागि सम्झौता गरिएको हो । ' सम्झौताका लागि आशयपत्र प्रकाशित गरेपछि कम्पनीसँग सम्झौता भएको हो ' , राष्ट्रिय खेलकुद परिषद् पूर्वाधार निर्माण तथा मर्मत शाखा प्रमुख अरुण उपाध्यायले भने , ' सम्झौता भइसकेको छ ।
पोखरा रंगशाला निर्माणका लागि सम्झौता
388
वैज्ञानिक खोज र अनुसन्धानले जटिल लाग्ने धेरै कुरालाई सहज बनाइदिएको छ । यतिसम्मकी मरिसकेको व्यक्तिको वीर्य प्रयोग गरेर पनि सन्तान उत्पादन सामान्य बनिसकेको छ । यो प्रसंग हो छिमेकी मुलुक भारतको ।
मरिसकेका छोराको वीर्य प्रयोग गरेर यो जोडीले जन्मायो नाति - नातिना
192
बलिउडका चर्चित कलाकार सइद जफरीको ## बर्षको उमेरमा निधन भएको छ । ' गान्धी , दिल , अजुबा ' जस्ता चलचित्रमा उनले महत्वपुर्ण भूमिका निर्वाहा गरेका थिए । सइदकी भान्जी शाहिन अग्रवालले फेसबुकमा उनको निधनको पुष्टी गरेकी छिन् ।
बलिउड कलाकार सइद जफरीको निधन
218
ओखलढुंगा–भूकम्प गएको चार वर्षको अवधिमा ओखलढुंगामा करिब ## प्रतिशत नीजि आवास पुननिर्माण भएका छन् । पहिलो किस्ता लिएका ## हजार छ सय ## लाभग्राही मध्ये करिब ## प्रतिशत लाभग्राहिले नीजि आवास पुननिर्माण सकेका हुन् । ## हजार चार सय चार जना लाभग्राहीले भूकम्प प्रतिरोधी घर निर्माणको काम सम्पन्न गरी तेश्रो किस्ता लिएका छन् ।
ओखलढुंगामा पुननिर्माण ## प्रतिशत
317
सञ्जयलिला भन्सालीको फिल्म पद्मावतीको प्रदर्शन मितिलाई लिएर अन्य फिल्मका निर्माता चिन्तित बनेका छन् । डिसेम्बरमै प्रदर्शनमा आउनुपर्ने फिल्म विवादका कारण अझै प्रदर्शन हुन सकेको छैन् । भर्खरै सेन्सर बोर्डबाट परिमार्जनसहित प्रदर्शनको अनुमति पाएको फिल्मले दुई सम्भावित मिति ## जनवरी र # फ्रेबअरी तोक्ने चर्चाले अन्य निर्माताको चिन्ता बढेको हो ।
पद्मावतीका कारण ' प्याडम्यान ' र ' परी ' निर्माता चिन्तित
339
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ( जाइका ) ले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई स्वास्थ्यसम्बन्धी उपकरण सुधार परियोजनाका लागि रु ## करोड ## लाख अनुदान सहयोग प्रदान गर्ने सहमति गरेको छ । उक्त सहमति पत्रमा बुधबार अर्थ सचिव शान्तराज सुवेदी र नेपालका लागि जापानका राजदूत मासासी ओगावाले हस्ताक्षर गरे । यसैगरी जाइकाले जापानको आर्थिक वर्ष #### को अनुदान सहयोग योजनाअन्तर्गत नेपाल सरकारलाई रु ## करोड ## लाख अनुदान सहयोग गर्न सहमति जनाएको छ ।
शिक्षण अस्पताललाई जाइकाको करिब ## करोड सहयोग
443
नेपालको सबैभन्दा ठूलो एवम् पहिलो कार्वन न्युट्रल हवाई कम्पनी यती एअरलाइन्सले ## वर्ष पूरा गरेको छ । सेवामुखी हवाई कम्पनीको पहिचान बोकेको यति एअरलाइन्सले सुरक्षित र आरामदायी उडान भर्दै दुई दशक पार गरेको हो । निजी क्षेत्रतर्फ सन् #### सेप्टेम्बर ## देखि सुरु भएको कम्पनीले देशैभर आफ्नो सेवालाई विस्तार गर्दै आएको छ ।
स्थापनाको ## वर्षमा के - के गर्‍यो यती एअरलाइन्सले ?
314
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले ' फ्री स्टाइल ' ले चुनाव लड्न तयार रहेको बताएका छन् । नेकपा एमालेको प्रदेश संगठन कमिटी , प्रदेश नम्बर # ले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा ओलीले अन्य पार्टीहरू जतिसुकै मिलेर आएपनि एमाले एक्लै लड्न तयार रहेको बताए । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले निर्वाचन आयोगले पक्षपात गरेको आरोप लगाए ।
' एमालेको कार्यक्रममा ढुङ्गा , मुढा गर्दा आचारसंहिता लागेको आयोगले किन देखेन ? '
347
ट्रेलरमै एक्सनलाई महत्व दिइएको छ , अभिनेता आर्यन सिग्देल अभिनित फिल्म ' आवेग ' मा । हुनत , आर्यनले एक्सनमा जम्न कोशिश नगरेका होइनन् । ' नाईके र अलबिदा ' ले उनलाई झट्का दिइसकेका छन् ।
आर्यनको ' आवेग ' लाई ' पीजी ' , एक्सनका कारण बालबालिकाले एक्लै हेर्न नसक्ने
182
बाल्यकालमा उनी खुबै चित्र बनाउँथिन् - फूलमा पुतली बसेको , हिमाल हाँसेको , अनि सूर्यको उज्यालो चारैतिर छरिएको । सात वर्षको उमेरमा टाइफाइडले उनको आँखाको ज्योति लग्यो । कक्षा # पास गरेकी नीरा अधिकारीको जीवनमा चारैतिर अँध्यारो छायो ।
रोकेन प्रगति दृष्टिले
229
दोस्रो चरणको स्थानीय तह निर्वाचनमा हालसम्म प्राप्त ### स्थानको मतपरिणाममध्ये नेपाली कांग्रेसले ### स्थानमा जित हासिल गरेको छ । उसले ## स्थानमा आफ्नो अग्रता कायम राखेको छ । यसअघि पहिलो चरणको निर्वाचनमा कांग्रेस ### स्थान जितेर एमालेपछिको दोस्रो स्थानमा थियो ।
कांग्रेसले पनि पूरा गर्यो सतक
258
प्रदेश # का मुख्यमन्त्री शंकर पोखरेलले पर्यटन विकासका लागि लुम्बिनीलाई काठमाडौंको ठमेल र पोखराको लेकसाइड जस्तो बनाउनु पर्ने धारणा राखेका छन् । बिहीवार बुटवलमा सिद्धार्थ पब्लिकेशनद्धारा प्रकाशित दैनिक लुम्विनी पत्रिकाको ## औं बार्षिकोत्सव समारोहलाई सम्वोधन गर्दै मुख्यमन्त्री पोखरेलले यस्तो धारणा राखेका हुन् । ' ठूला होटेल खोल्दैमा पर्यटक आउने होइनन् ।
पर्यटन विकासका लागि लुम्बिनीलाई मिनी ठमेल बनाउनु पर्छ : मुख्यमन्त्री पोखरेल
352
चौथो एकदिवसीय क्रिकेटमा न्युजिल्याण्डले पाकिस्तानलाई # विकेटले पराजित गरेको छ । पाकिस्तानले दिएको # सय ## रनको लक्ष्य न्युजिल्याण्डले ## दशमलव # ओभरमा # विकेट गुमाएर पूरा गर्यो । न्युजिल्याण्डको जितमा कोलिन डी ग्राण्डहोमले ## बलमा ## , कोलिन मुनरोले ## बलमा ## र हेनरी निकोल्सले ## बलमा ## रनको योगदान दिए ।
चौथो एकदिवसीय क्रिकेटमा पनि न्युजिल्याण्ड विजयी
307
मिनुस्का मिसनअन्तर्गत मध्य अफ्रिकी गणतन्त्रमा फोर्स मिलिटरी पुलिस युनिटका रूपमा प्रमुख सेनानीको नेतृत्वमा नेपाली सेनाको सैनिक प्रहरी युनिट तैनाथ हुने भएको छ । सैनिक प्रहरी कार्यका लागि नेपाली सेनाबाट अनमिल मिसन लाइबेरियामा एक टुकडी तैनाथ रहँदै आएको छ । दोस्रो सैनिक प्रहरी युनिटका रूपमा यो टोली त्यसतर्फ तैनाथ हुन जाने क्रममा रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
नेपाली सेना मध्य अफ्रिकामा तैनाथ हुने
372
भारतीय नेताले नै भारतले लगाएको नाकाबन्दीको विरोध गरेका छन् । भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीका पोलिटब्युरो सदस्य जोगेन्द्र शर्माले विहीबार नेपाली कांग्रेसको अधिवेशनमा मन्यव्य दिनेक्रममा भारतीय नाकाबन्दीको विरोध गरेका हुन् । ' हाम्रो पार्टी नेपाली जनताको दुःख र यातनाका साथमा छ , ' भारतीय नेता शर्माले खुल्लामञ्चबाट भने , ' हामीले नाकाबन्दीका विषयमा संसद र सडकबाट संघर्ष गर्‍यौं , सरकारले नेपालमै आन्दोलन भएका कारण ब्लकेड भएको जवाफ दियो ।
भारतीय कम्युनिष्ट नेताले गरे नाकाबन्दीको विरोध
442
चर्चित उपन्यास ' पागल बस्ती ' का सर्जक हुन् सरुभक्त । उनले लेखेका ' तरुनी खेती ' र ' समय त्रासदी ' उपन्यास पनि आधुनिक साहित्यमा पर्छन् । यसैले ' हङकङ पोखरा ' र ' चाइना कम्पनी ' जस्ता लोक - पप गीत उनले नै लेखेको हो भन्दा धेरैले सजिलै पत्याउँदैनन् ।
पञ्चासेमा चिया खाँदै लेखिएको थियो ' हङकङ पोखरा '
247