article
stringlengths
55
1.8k
title
stringlengths
10
141
article_length
int64
55
1.8k
पुष्प दुलाल / नविन अर्याल# असोज , काठमाडौं । दसैंको मुखमा सर्वसाधारण जनता र बाढी पीडितहरु आर्थिक समस्यामा रुमलिइरहेका बेला काठमाडौंमा यस्तो रक्सी भित्रिएको छ , जसको # सय मिलिलिटरको एउटा बोतललाई साढे चार लाख रुपैयाँ पर्छ । फ्रान्सेली सम्राट लुई तेह्रौंका नाममा बनेको यो रक्सी फ्रान्सको कन्याक कम्पनीले उत्पादन गरेर काठमाडौं भित्र्याएको हो ।
एक बोतल रक्सीको साढे चार लाख !
339
लगातारको वर्षापछि आएको पहिरोका कारण छोटो दूरीको मदन भण्डारी मार्ग अवरुद्घ भएको छ । निर्माणको क्रममा रहेको मार्गको ईन्द्रसरोवर गाउँपालिका–# , छेपारेमा पहिरो खस्दा हेटौंडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली खण्ड अबरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहान पहिरो खसे पनि लगातार वर्षा हुँदा पहिरो हटाउन सकिएको छैन ।
मकवानपुरको छेपारेमा पहिरो खस्दा सडक अबरुद्ध
326
नेपालमा रहेका राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षमध्येमा सबैभन्दा बढी पर्यटक शिवपुरी पुग्ने गरेका छन् । राजधानीको नजिक रहेका कारण शिवपुरी राष्ट्रिय निकुञ्जमा बढी पर्यटक पुगेका हुन् । शिवपुरीमा #### भरी एक लाख ## हजार # सय ## विदेशी पर्यटक पुगेको पर्यटन मन्त्रालयले जनाएको छ ।
पर्यटकको रोजाई बने शिवपुरी र चितवन निकुञ्ज , अरुमा नगन्य !
277
प्रहरीले अवैध लागूऔषध ब्राउन सुगरसहित झापाको विर्तामोडबाट दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक - ## का ## वर्षीय विक्रम बस्नेत र दमक - ## का ## वर्षीय अंकित भण्डारी छन् । विशेष सुराकीको आधारमा जाँच गर्दा मे # प #### नम्बरको मोटरसाइकलमा सवार उनीहरुबाट ## ग्राम # सय ## मिलिग्राम ब्राउन सुगर बरामद गरिएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
मोटरसाइकलको ट्यांकीमा लुकाइएको ब्राउन सुगरसहित दुई युवक पक्राउ
356
आज विश्व उपभोक्ता अधिकार दिवस नेपालमा पनि विभिन्न उपभोक्ता हितसँग सम्बन्धित विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । खास गरी उपभोक्ता अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले चेतनामूलक कार्यक्रम गरेर यो दिवस मनाउने गर्दछन् । विश्व उपभोक्ता अधिकार दिवस वर्सेनि मार्च ## तारिखका दिन मनाउने गरिन्छ ।
आज विश्व उपभोक्ता अधिकार दिवस , विभिन्न कार्यक्रम गरेर मनाइँदै
321
शाहकालीन इतिहास बोकेको ऐतिहासिक धरोहर नारायणहिटी दरबार संग्रहालयभित्रका केही कक्षलाई सरकारले व्यवसायिक प्रयोजनमा लगाउने तयारी गरेको छ । दरबारभित्रको लमजुङ कक्ष , फोहरा बगैचालगायतलाई व्यवसायक प्रयोगमा ल्याउन पुरातत्व विभागले गृहकार्य गरेको हो । संग्रहालयको आम्दानी बढाउने उद्देश्यले यस्तो सम्भावनाबारे प्रारम्भिक अध्ययन - अवलोकन थालिएको पुरातत्व विभागका कायममुकायम महानिर्देशक दामोदर गौतमले जानकारी दिए ।
नारायणहिटी भित्रका केही कक्ष व्यवसायिक प्रयोगमा ल्याउने गृहकार्य
403
बिमारी बोक्न प्रयोग गरिने सरकारी एम्बुलेन्समा लागू औषध गाँजा तस्करी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट डुमरियाका ## वर्षीय महमद खलिद , सोही ठाउँका ## वर्षीय अशोक कुमार र भारत बिहारका ## वर्षीय विनोद सहनी रहेका छन् । खालिद एम्बुलेन्सका चालक हुन ।
एम्बुलेन्स प्रयोग गरेर गाँजा तस्करी गर्ने पक्राउ
274
बैंकर अनलराज भट्टराइको शब्दमा तयार भएको ' मनको बह मनमै राखी ' बोलको गीत चर्चामा छ । गायक राजेश पायल राइले आवाज भरेको गीतमा हरी लम्सालले संगीत भरेका छन् । आफू प्रमुख कार्यकारी अधिकृत रहेको ' कमर्ज एन्ड ट्रष्ट बैंक ' ' ग्लोबल आइएमइ ' मा गाभिएस " गै भट्टराई सक्रिय बैंकिङमा छैनन् ।
' मनको बह मनमै राखी ' ( भिडियो )
278
डाक्टर तथा नर्सहरुलाई धर्तीका भगवान भनिन्छ । तर कहिलेकाहीँ यिनै भगवान भनिएकाहरु यस्तो भयानक रुपमा प्रस्तुत हुँदा रहेछन् की सुन्दैमा जिउ काँप्नसक्छ । जर्मनीमा एउटा यस्तै दर्दनाक घटना भएको छ , जसलाई दोश्रो विश्वयुद्धपछि जर्मनीमा घटित सबैभन्दा भयानक घटना मानिएको छ ।
जब बिरामीलाई बचाउने डाक्टर , नर्सले लिए सयौंको ज्यान
263
अदालतले रु ## लाख ## हजार ### नगद र एक वर्ष कैद सजाया सुनाएपछि फरार भएका उद्धव अधिकारी पक्राउ परेका छन् । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौँ जिल्ला अदालतको विसं #### असोज # को फैसलाअनुसार उक्त सजाय सुनाएका काठमाडौँ साङ्ला बस्ने ## वर्षीय अधिकारीलाई बुधबार दरबारमार्गबाट पक्राउ गरेको हो । ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले पक्राउ परेका अधिकारीले गोँगबुमा चाँदनी बहुद्देश्यीय सहकारी संस्था स्थापना गरी राष्ट्र बैंकको स्वीकृति नलिइ निक्षेप सङ्कलन तथा कर्जा प्रवाह गरी ठगी गरेकाले पक्राउ गरिएको जानकारी दिए ।
दरबारमार्गबाट पक्राउ परेका अधिकारी जेल चलान
546
नेपाली चिया अन्तर्राष्ट्रिय बजारमा लोकपि्रय बनेको छ । सस्तो र गुणस्तरीय दुवै भएका कारण विदेशी बजारमा नेपालमा उत्पादित चियाको माग बढेको छ । पूर्वी नेपालको इलाम र पाँचथर जिल्ला अर्गानिक चिया उत्पादन क्षेत्रका रुपमा चिनिन थालेपछि यहाँको चियाले अन्तर्राष्ट्रिय बजारमा सजिलै प्रतिष्पर्धा गरेको छ ।
तेस्रो मुलुकमा लोकप्रिय बन्दैछ नेपाली चिया
292
झापा— एमाले , माओवादी केन्द्र र राप्रपाबीच तालमेल भएको झापामा तीन दलीय गठबन्धन र काँग्रेसको एकल प्यानलका शीर्ष नेताहरुसहितका उम्मेद्वारले बिहीबार उम्मेद्वारी दर्ता गरेका छन् । प्रतिनिधिसभाका पाँच र प्रदेश सभाका ## वटै क्षेत्रमा सबै उम्मेद्वारले तामझामसहित उम्मेद्वारी दर्ता गराएका छन् । झापाको प्रतिनिधिसभाको पाँच सिटका लागि दल तथा स्वतन्त्रसहित ## जनाले उम्मेद्वारी दिएका छन् भने प्रदेश सभाको ## सिटका लागि ## जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।
केपी ओली झापामा छैटौं पटक उम्मेदवार
447
के तपाईंले कुनै महिलाले गोरुसँग बिहे गरेको सुन्नुभएको छ ? यस्तो विचित्र सुन्ने कुरै भएन । तर हालै एक ## वर्षकी महिलाले एउटा गोरुसँग बिहे गरेर सबैलाई अचम्ममा पारिन् । उनी अहिले दिनहुँ आफुले बिहे गरेको त्यो गाईको बाच्छोको हेरचाहमा लागिरहेकी छिन् ।
## वर्षकी महिलाले गोरुसँग बिहे गरिन् , कारण यस्तो छ
245
दसैंको अवसरमा हिमालयन डिस्टिलरी लिमिटेडले आफ्नो नयाँ उत्पादन रोयल ट्रेजर प्रिमियम ह्विस्की बजारमा ल्याएको छ । भोड्का - रुस्लान भोड्काका लागि चिर–परिचित जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजद्वारा प्रवद्र्धित एक संस्था हो । हिमालयनले यसअघि पनि प्रिमियम ह्विस्कीका दुई ब्रान्ड सिग्राम्स रोयल स्ट्याग र सिग्राम्स ब्लेन्डर्स प्राइडको नेपालमा उत्पादन गरी बिक्री वितरण गरिसकेको छ ।
' रोयल ट्रेजर ' बजारमा
367
धनगढीका लक्ष्मण सिंह पाल्पामा एचए अध्ययन गर्दै छन् । बुधवार विहानै पाल्पाबाट धनगढी जान बुटवल आइपुगेका उनलाई बसपार्क पुगेपछि यातायात बन्द भएको थाहा भयो । काउण्टरमा टिकट काट्न पुगेका उनले कर्मचारीले टिकट नकाटेपछि बन्द रहेछ भने चाल पाए ।
सहमतिपछि पनि गाडी चलेनन्
234
चिकित्सा शिक्षा आयोगको चारवटा निर्देशक पदमा चारजना वरिष्ठ चिकित्सकको नाम सिफारिस गरिएको छ । सिफारिस हुनेमा प्रा डा रमेशप्रसाद आचार्य , प्रा डा संगरत्न बज्राचार्य , प्रा डा दिलीप शर्मा र प्रा डा आरती साह रहेका छन् । आयोगले कात्तिक ## गते एक सूचना जारी गरी आवश्यक योग्यता पुगेकालाई दरखास्त आह्वान गरेको थियो ।
चिकित्सा शिक्षा आयोगको निर्देशक पदमा चारजना सिफारिस
307
रमेश रावल## फागुन , कालिकोट । कालिकोटको थिर्प्रुमा घर भत्कँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण सोमबार राति घर भत्कँदा थिर्प्रु गाविस वडा नम्बर पाँच बर्छैनकोटका तीन जनाको मृत्यु भएहो ।
घर भत्कँदा कालिकोटमा एकै परिवारका तीनको मृत्यु
208
अर्थविदहरुले कार्यान्वयन गर्ने क्षमतालाई ख्याल गरेर आगामी बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन् । नेपालमा बजेट कार्यान्वयन प्रमुख समस्याको रुपमा रहँदै आएकाले कार्यान्वयन गर्ने क्षमतालाई ख्याल गर्नुपर्ने उनीहरुको सुझाव छ । रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा . जगदिशचन्द्र पोख्रेलले योजना आयोगको सिलिङ्ग अनुसारको बजेट ठूलो हुने भन्दै मुलुकको बजेट कार्यान्वयनको क्षमता हेरेर बजेट ल्याउनुपर्ने बताए ।
कार्यान्वयन क्षमता हेरेर बजेट ल्याउन अर्थविदको सुझाव
461
मिस वर्ल्ड #### को ताज जमैकाकी सुन्दरी टोनी एन सिंहको पोल्टामा परेको छ । यही प्रतियोगितामा सहभागी मिस नेपाल अनुष्का श्रेष्ठले भने ' व्युटी विथ प्रपस ' अवार्ड जितेकी छन् । इक्सल लन्डनमा ## डिसेम्बरमा आयोजित कार्यक्रमबीच सिंह आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै मिस वर्ल्ड #### को व्युटी प्याजेन्ट घोषित भएकी हुन् ।
जमैकाकी टोनी एन सिंहलाई ' मिस वर्ल्ड ' को उपाधि , अनुष्का श्रेष्ठलाई ' ब्युटी विथ प्रपस '
310
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राष्ट्रिय गानलाई राजनीतिक मुद्दा नबनाउन आग्रह गरेका छन् । फिल्म हल र पशुपतिनाम मन्दिरमा आरतीअघि राष्ट्रिय गान बजाउनेबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा सरकारका प्रवक्ता बाँस्कोटाले प्रचलित परम्परा र कानुन बमोजिम नै निर्णय भएको भन्दै राष्ट्रिय गानलाई मुद्दा बनाउन नहुने स्पष्ट पारे । ' राष्ट्रिय गान स्वतन्त्रता , मर्यादा , आत्म स्वाभिमान , राष्ट्रिय गौरवको विषय हो ।
' राष्ट्रिय गानलाई मुद्दा नबनाउ , हावा नचली पात हल्लेको देखेर छक्क परेको छु '
415
नेत्रविप्लव चन्द ( विप्लव ) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज ( शनिबार ) पार्टी पुनर्गठन दिवस मनाउने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा दिउँसो # बजे हुने जनसभालाई खड्कबहादुर विश्वकर्मा , नेकपा अध्यक्ष ऋषि कट्टेल , नेकपा मालेका महासचिव सिपी मैनाली , माओवादी केन्द्रका अध्यक्ष गोपाल किराँतीलगायतले बोल्नेछन् । देशका विभिन्न जिल्लाबाट आएका नेकपाका कार्यकर्ताहरू नाराबाजी गर्दै राजधानीका विभिन्न चोकबाट अहिले भृकुटीमण्डपतिर अघि बढेका छन् ।
भृकुटीमण्डपमा पार्टी पुनर्गठन जनसभा गर्दै विप्लव
439
भारत मणिपुरको थिएटर समूह ' अखोखा ' का निर्देशक भिक्टर थौडम आफ्नो समाजको कथा शरीरको भाषामार्फत भन्न रुचाउँछन् । उनीद्वारा निर्देशित नाटक ' ब्ल्याक एन्ड ह्वाइट ' काठमाडौंमा चलिरहेको अन्तर्राष्ट्रिय नाटक महोत्सव #### मा प्रदर्शन भयो । मणिपुरको एउटा शान्त गाउँ कसरी विविध अदृश्य शक्तिका कारण बिथोलियो भन्ने कुरा नाटकले प्रस्तुत गरेको थियो ।
शक्तिको दुरुपयोग भए हामी बोल्नुपर्छः नाटक निर्देशक थौडम
336
नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले संसदमा बहुमत गुमाएको एक मिनेटभित्रै बर्तमान सरकारले सरकार छोड्ने बताएका छन् । रफत सञ्चार क्लबले सोमबार यहाँ गरेको साक्षात्कारमा ज्ञवालीले संसदले गणितीय आधारमा गर्ने नियर्णलाई सहर्ष स्विकार गर्ने बताए । ज्ञवालीले संविधान कार्यान्वयनको पाटोमा नेकपा एमाले अटल रहेको बताए ।
बहुमत गुमाए एक मिनेटमा सरकार छोड्छौ : सचिव ज्ञवाली
305
कोटेश्वर , नरेफाँटबाट सशस्त्र प्रहरीले # जना विप्लव समूहका कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आशिष तामाङ , राकेश श्रेष्ठ , तेजबहादुर मोक्तान , तेजराज काफ्ले , चित्रकमल ओली र अर्का एक व्यक्ति रहेको सशस्त्र प्रहरी बल , हल्चोका प्रवक्ता डीआईजी सुरज श्रेष्ठले अनलाइनखबरलाई बताए । अहिले पक्राउ परेका कार्यकर्ता महानगरीय प्रहरी वृत्त , बोनश्वरको हिरासतमा छन् ।
कोटेश्वरबाट # वटा कुकरसहित # जना विप्लव कार्यकर्ता पक्राउ
365
प्रदेश # को मुख्यमन्त्री कार्यालयमा तालाबन्दी गर्न पुगेका ## भन्दा बढी अस्थायी शिक्षक पक्राउ परेका छन् । मंगलबार बिहान मुख्यमन्त्री कार्यालयमा ताला लगाउन गएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । कर्मचारीलाई भित्र छिर्न नदिने गरी ताला लगाएर मूल गेटमा धर्ना दिने योजना अस्थायी शिक्षकहरुले बनाएका थिए ।
मुख्यमन्त्री कार्यालयमा ताला लगाउन गएका अस्थायी शिक्षक पक्राउ
300
गण्डकी प्रदेशमा चालू आर्थिक वर्षको # महिनामा केन्द्रस्तरका सरकारका उच्चपदस्थ अधिकारीहरूको मात्र तीन सय पाँचपटक भ्रमण भएको छ । त्यसबाहेक गण्डकी प्रदेश सरकारले उच्च पदस्थ अधिकारीको सूचीमा राखेका कर्मचारीको भ्रमण पनि विभिन्न जिल्लामा एक सय ## पटक भएको छ । केन्द्र र प्रदेशका माथिल्लो तहका अधिकारीको भ्रमणका क्रममा त्यहाँको सुरक्षा व्यवस्थापन चुनौतीपूर्ण हुने गरेको छ ।
' भिआइपी ' आउजाउले सुरक्षा व्यवस्थापन चुनौतीपूर्ण
365
धेरैका लागि रोर्बट मुगाबे एउटा नायकका रूपमा रहिरहेन छन् , जसले जिम्बावेलाई स्वतन्त्र बनाउँदै अल्पसंख्यक श्वेतहरूको शासनलाई सधैंका लागि समाप्त गरिदिए । जसले उनलाई शक्तिबाट पर हुत्याए तिनले पनि मुगवोलाई भन्दा पनि उनकी पत्नी ग्रेस मुागबे र उनको आसपासको ' अपराधी ' लाई दोष दिन्छन् । जिम्बाबेका नवनियुक्त राष्ट्रपति एमरसन मनानगावाले ## वर्ष शासन गरेका पूर्व राष्ट्रपति रोर्बट मुगाबेलाई उनका कमजोरीहरूका अतिरिक्त राष्ट्र निर्माताका रूपमा उल्लेख गरेका छन् ।
रोबर्ट मुगाबे : नायक कि खलनायक ?
450
सप्तरीको बेल्ही चपेना गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा कांग्रेसका परमानन्द यादवले #### मत पाएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्दी एमालेका ओमप्रकाश मण्डलले #### मत पाए ।
सप्तरीको बेल्ही चपेनामा कांग्रेस विजयी
225
नेपाल–चीनमैत्रीको प्रतीकका रुपमा नेपालले चीन सरकारलाई उपहारस्वरुप प्रदान गरेका ' मितिनी ' र ' सोल्टी ' नामका एकसिङ्गे गैंडाका एक जोडी शुक्रबार कार्गाे विमानबाट चीन पठाएको छ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यहाँस्थित चिनियाँ दूतावासका इकोनोमिक एण्ड कमर्सिल कन्सुलर झ्याङ फ्यानमार्फत चीन सरकारलाई उक्त गैँडाको जोडी हस्तान्तरण गरे । मन्त्री बस्नेतले उनलाई गैँडासँगै गैँडाको उत्पत्ति , स्वास्थ्य , पशु क्वारेन्टाइन र साइटिससम्बन्धी चार प्रमाणपत्रसमेत हस्तान्तरण गरेका थिए ।
' मितिनी ' र ' सोल्टी ' लाई चीन पठाइयाे
518
जलवायु अनुकूलन नमुना गाउँ कार्यक्रमअन्तर्गत मंगलबारदेखि धनकुटा–# सिजाली गाउँमा टनेल हाउस तथा गोठ व्यवस्थापन प्रविधि तालिम सञ्चालन गरिएको छ । तालिममा धनकुटा नगरपालिकाको # , # , # र ## नं . वडामा जलवायु अनुकूलन नमुना गाउँ कार्यक्रमअन्तर्गत # सय घरधुरी संख्यामा टनेल निर्माण , प्लास्टिक पोखरी , सुधारिएको चुलो , गोठ सुधार , सरसफाइ तथा फोहोर व्यवस्थापन गर्ने # वटा विद्यालयमा जलवायु परिवर्तनसम्बन्धी तालिम सञ्ञ्चालन गर्ने , जैविक मल तथा विषादीरहित तरकारीखेती तालिम सञ्चालन गरिने जानकारी दिइएको छ । कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख सूर्यप्रसाद सापकोटा , तालिम संयोजक मीनप्रसाद सुवेदीलगायत स्थानीयको सहभागिता रहेको थियो ।
विभिन्न व्यवस्थापन प्रविधि तालिम सञ्चालन
617
लिभरपुलका इजिप्सियन स्ट्राइकर मोहम्मद सालाह ' अरब खेलाडी #### ' बनेका छन् । यसै सिजन सिरी ' ए ' क्लब रोमाबाट इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलमा आबद्ध भएका सालाहले प्रिमियर लिगमा ## गोल गरिसकेका छन् । सबे खाले प्रतियोगितामा उनको गोल संख्या ## छ ।
सालाह ' अरब खेलाडी '
245
कुनै समय देशकै वैकल्पिक राजधानीका रुपमा अघि सारिएको थियो , चितवनको भरतपुरलाई । नेपालको मध्य भूभागमा अवस्थित यो शहरको मुख्य बजार हो , नारायणगढ । यो अहिले मध्य नेपालको प्रमुख ब्यापारिक केन्द्रका रुपमा रहेको छ ।
बदलिँदो चितवन : ## वर्षको कायाकल्प कथा
208
स्थापनादेखि नै गुटउपगुटमा विभाजित नेपाली कांग्रेसमा नयाँ गुटको उदय भएको छ । आधा दर्जन गुट सक्रिय रहेका बेला शुक्रबार बसेको पार्टी केन्द्रीय समितिको बैठकले विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकलाई केन्द्रदेखि तल्लो तहसम्मका समितिमा स्थान दिएसँगै कांग्रेसमा शक्तिशाली अर्को गुटको उदय हुन पुगेको हो । दुई वर्षअघि #### कात्तिक ## मा प्रतिनिधि र प्रदेशसभा निर्वाचन मुखमा नेपाली कांग्रेसमा समायोजित भएको तत्कालीन फोरम लोकतान्त्रिका ## नेतालाई केन्द्रीय समितिमा ल्याउने निर्णय कांग्रेसले शुक्रबार गरेको छ ।
कांग्रेसमा नयाँ गुट
531
इसेवाले दशैँ तिहार तथा छठको अवसरमा सार्वजनिक गरेको ' उत्सवको वहार , हप्तैपिच्छे उपहार ' नामक योजनाका विजेतालाई पुरस्कार प्रदान गरिएको छ । बम्पर उपहार विजेता मकवानपुरका लेखनाथ पौडेललाई यमाहाको ( एफ जेड एस एफ आइ भि थ्रि ) मोटरसाइकल प्रदान गरिएको हो । अर्को बम्पर उपहार विजेता काठमाडौं रामकोटका किरण घलेलाई एक साताको लागि ' एक जोडिलाई दुवई ट्रिपको प्याकेज ' हस्तान्तरण गरिएको छ ।
इसेवाको उपहार योजनाका विजेतालाई पुरस्कार प्रदान
376
इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले क्रिस्टल प्यालेसमाथि संघर्षपूर्ण जित निकालेको छ । शनिबार राति भएको खेलमा टोटनह्यामले क्रिस्टल प्यालेसलाई #–# गोलको कठिन जित निकालेको हो । टोटनह्यामको जितमा जुआन फोयथले गोल गरे ।
टोटनह्यामद्वारा क्रिस्टल प्यालेस पराजित , फोयथको निर्णायक गोल
218
राष्ट्रिय जनमोर्चाका बैतडी जिल्ला अध्यक्ष अर्जुन मडै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) मा प्रवेश गरेका छन् । अध्यक्ष मडैसँगै जनमोर्चालगायत अन्य पार्टीका एक दर्जन बढी नेता - कार्यकर्ता पनि नेकपामा प्रवेश गरेका छन् । सुर्नया गाउँपालिकास्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा शनिबार उनीहरु नेकपा प्रवेश गरेका हुन् ।
जनमोर्चाका बैतडी जिल्ला अध्यक्ष नेकपामा प्रवेश
324
प्रहरीले काठमाडौं नागढुंगास्थित चेकप्वाइन्टबाट # किलो अवैध लागूऔषध चरेससहित एक जनालाई नियन्त्रणमा लिएको छ । धादिङबाट काठमाडौं आउँदै गरेको बा#ख ### नम्बरको बसमा सवार मकवानपुर थाहा नगरपालिका– का ## वर्षीय रमेश थिङलाई # किलो चरेससहित पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ । पक्राउ परेका थिङले लामो समयदेखि अवैध लागूऔषध चरेसको कारोबार गर्दै आएको खुलेको प्रहरीले जनाएको छ ।
# किलो चरेससहित थानकोटबाट एक जना पक्राउ
384
नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य घनश्याम भुसालले आफू स्कुल विभाग सम्हाल्नका लागि योग्य भएको बताएका छन् । उनले पार्टीको नीति , सिद्धान्त र विचार निर्माणमा योगदान गरेको जनाउँदै स्कुल विभाग आफूलाई दिन नेतृत्व समक्ष आग्रह गरे । भुसालले पार्टी प्रशिक्षण , मार्क्सवादलगायत क्षेत्रमा आफूले पार्टी र स्कुल - स्कुलमा पढाउँदै हिँडेकाले यो विभाग आफूलाई दिँदा सबैलाई न्याय हुने दाबी गरे ।
स्कुल विभाग सम्हाल्न योग्य छु : घनश्याम भुसाल
388
ट्रकको ठक्करबाट भाचिएकाे पूर्व–पश्चिम महेन्द्रराजमार्ग अन्तरगत अरुणखाेलाको पुल मर्मत गरेर यातायात सञ्चालनमा ल्याइएकाे छ । शनिबार आएको बाढीले पुल देखि दक्षिणतर्फ बनाएको डाइभर्सन फेरि बगाए पछि सतह पुलबाट यातायात सञ्चालनमा ल्याइएको हो । डिभिजन सडक कार्यालय बुटवलका प्रमुख मेघराज मरासीनिले भाचिएको पुल मर्मत भइसकेका कारण त्यहाबाट हिडाउन मिल्ने भएकाले गाडि छाडिएको जानकारी दिए ।
महेन्द्रराजमार्गको अरुणखोला पुलबाट यातायात सुचारु
373
ठमेलस्थित दलाइ–ला आर्ट ग्यालरीमा कलाकार जय शंकरसन श्रेष्ठको तेस्रो एकल प्रदर्शनी सम्पन्न भएको छ । एक महिनादेखि सञ्चालन भएको प्रदर्शनी सम्पन्न भएको कलाकार श्रेष्ठले जनाकारी दिए । प्रदर्शनीमा मानव जीवनका सुखान्त र दुखान्तका घटनालाई कलात्मकरूपमा चित्रण गरिएको थियो ।
कलामा मानिसको जीवन र जगत
263
दाङमा सर्पदंशबाट महिलाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं . ## प्रिगाउँ निवासी ## वर्षीया दुर्गा लामिछानेको सर्पदंशबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी रामबहादुर घर्तीले जानकारी दिए । घर्तीका अनुसार लामिछानेलाई बिहिबार बिहान # बजेतिर घरभित्रै विषालु सर्पले डसेको थियो ।
सर्पदंशबाट महिलाको मृत्यु
311
बलिउड अभिनेता सलमान खानले अभिनय गरेका प्राय फिल्ममा तपाईं उनले सर्ट खोलेको दृष्य देख्न सक्नुहुन्छ । प्रदर्शोन्मुख फिल्म ' रेस - # ' मा पनि उनले केही सिनमा सर्ट फुकाल्नेछन् । आखिर सलमान आफ्नो नांगो ज्यान देखाउन किन यति आतुर बन्छन् ? एक अन्तरर्वाताको क्रममा सलमानले भनेका छन् ' सुगठित शरीर मान्छेको सम्पत्ति हो ।
हरेक फिल्ममा सर्ट फुकाल्न किन आतुर हुन्छन् सलमान ?
310
विभिन्न बिकास निर्माण सम्बन्धी योजना जिम्म लिएर बेलामा पूरा नगर्ने ठेकेदारबिरुद्ध पछिल्लो समय गृहमन्त्रालयले चालेको कदमप्रति खोटाङका स्थानीय आशाबादी देखिएका छन् । सडक , पुल , बिमानस्थल , सिँचाई , नहर , भवन लगायतका बिकास निर्माण सम्बन्धी आयोजना जिम्मा लिएर लामो समयसम्म पूरा नगर्ने ठेकेदारको सूची जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्रालय पुगेपछि सर्वसाधारणमा आशा जगाएको हो । बेलामा योजनाको काम नसक्दा आजित भएका तथा हारगुहार गर्दा पनि नभएका बेला गृहमन्त्रालयले ढिलासुस्ती गर्ने ठेकेदारको सूची मगाएपछि कारबाही हुनेमा सर्वसाधारणमा आशा जगाएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चामलिङले बताए ।
' कामचोर ' ठेकेदारमाथि कारबाही हुनेमा आशा र आशंका
594
# बिकास बैंक र # वित्तीय संस्था प्राप्ति ( एक्वायर ) गरेको कुमारी बैंकले शुक्रवारबाट एकिकृत कारोबार शुरु गरेको छ । बैंकले काष्ठमण्डप डेभलपमेन्ट बैंक , महाकाली बिकास बैंक , काँक्रेबिहार बिकास बैंक लिमिटेड र पश्चिमाञ्चल फाइनान्सलाई प्राप्ति गरेको हो । बैंकले राष्ट्र बैंकले तोकेको चुक्तापुँजी पुर्याउन एक्वायरपछि ## करोड रुपैयाँ अपुग हुने भएको छ ।
एकीकृत कारोबार सुरु गरेको कुमारीले लाभांश दिएर बाँकी पुँजी पुर्याउने
345
धनुषा–नेकपा माओवादीका नेता मातृकाप्रसाद यादवको जन्मथलो सवैला नगरपालिकामा नेपाली कांग्रेस बिजयी भएको छ । सवैला नगरपालिकामा कांग्रेसका प्रमुख तथा माओवादी केन्द्रबाट उपप्रमुख बिजयी भएका हुन् । निर्वाचनको दोस्रो दिन नै गणना शुरु हुँदा माओवादी केन्द्रले लगातार तीन वडा # , # , # मा जितेका थिए ।
मातृकाको जन्मथलोमा कांग्रेस बिजयी , उपमेयरमा माओवादी केन्द्र
289
काठमाडौं – नेपाल प्रहरीले बूढानीलकण्ठ नगरपालिका–## कपन बस्ने ## वर्षीया कमला भन्ने हिरु केसीको हत्यामा संलग्न पाँचजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले भदौ ## गते राति कपनस्थित तेञ्जिङचोक नजिकै भएको हत्यामा संलग्न रहेको आरोपमा उनीहरुलाई प्रहरीले विभिन्न समयमा पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा मकवानपुरका सोमलाल थिङ , ओखलढुङ्गाका पासाङ तामाङ , पासाङ शेर्पा , रामकृष्ण कार्की र रौतहटका सविना तामाङ रहेका छन् ।
पसलमा ग्राहक बनेर आउनेले नै जब केसीको हत्या गरे . . .
455
चर्चित रियालिटी स्टार किम कार्दशियन अहिले दंग छिन् । # सन्तानलाई जन्म दिएपछि किमले आफ्नो शरीरलाई पुरानै अवस्थामा ल्याएकी छिन् । दोश्रो सन्तानलाई जन्म दिदा मोटाएको उनको शरीर अहिले फिट भएको छ ।
# हप्तामै # केजी घटिन् किम , नयाँ फिगरले दंग
191
त्रिभुवन विश्वविद्यालयको त्रिविसभाले त्रिवि सेवा आयोग फेल भए पनि शिक्षकहरूको करार नवीकरण गर्ने कार्यकारी परिषद्को निर्णय अनुमोदन गरेको छ । #### पुस ## गतेको कार्यकारलश्रपरिषद्ले त्रिवि शिक्षक कर्मचारी सेवासम्बन्धी नियम #### को परिच्छेद # को नियम ## ( # क ) मा करार सेवा कार्यरत शिक्षकले त्रिवि सेवा आयोगको परीक्षा पास नगरे करार नवीकरण गर्न नसकिने व्यवस्थालाई संशोधन गरेको हो । पूर्वउपकुलपति तीर्थ खनियाले जाँदाजाँदै करार सेवामा कार्यरत शिक्षकहरू फेल भए पनि उनीहरूको करार सेवा नवीकरण गरिने निर्णय गरेका थिए ।
आयोग फेल भए पनि त्रिवि सेवामा निरन्तर
507
न्यूयोर्क– वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनका कारण विश्वव्यापी चुनौतीका रुपमा सिर्जित संकट समाधानका लागि गम्भीर बन्न विश्व नेताहरुलाई अपिल गरेका छन् । समस्या समाधानका लागि समयमै उचित कदम नचालिए पृथ्वी र मानव अस्तित्व नै संकटमा पर्ने खतरा बढेकोतर्फ उनले विश्व समुदायको ध्यानाकर्षण गराए । संयुक्त राष्ट्रसंघको आयोजनामा अमेरिकाको न्यूयोर्कमा जारी जलवायु कार्यशिखर सम्मेलनको ' अ कल फर एक्सनः रेजिङ एम्बीसन फर क्लाइमेट एडप्टेशन एण्ड रेजिलियन्स र ' कम्युनिटी रेजिलियन्स पार्टनरसिप प्रोगाम ' मा सम्बोधन गर्दै मन्त्री बस्नेतले यस्तो अपिल गरेका हुन् ।
संकट समाधानका लागि गम्भीर बन्न विश्व नेताहरुलाई मन्त्री बस्नेतको अपिल
568
दशरथ घिमिरे## मंसिर , लमही । दाङ जिल्लासँग जोडिएको भारतीय सीमा क्षेत्रमा सशस्त्र प्रहरीको सीमा सुरक्षा बलले उच्च सतर्कता अपनाएको छ । अहिलेसम्म कुनै समस्या नरहे पनि सुरक्षा संवेदनशीलताको दृष्टिले सतर्कता बढाइएको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय अर्जुनखोलाले जनाएको छ ।
भारतसँग जोडिएको दाङको सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइयो
271
उत्तरी गोरखाको धार्चे गाउँपालिका # स्थित लाप्राक नमुना बस्तीमा दुई वर्ष ## महिना पुनर्निर्माणको काम गरेर नेपाली सेनाले बुधबार ( आज ) बस्ती छाडेको छ । #### बैशाख ## मा केन्द्रबिन्दु बारपाक भएर गएको बिनासकारी भूकम्पमा ध्वस्त लाप्राक गाउँ पुनर्निर्माणको जिम्मा गैरआवासिय नेपाली संघ ( एनआरएनए ) ले लिएको थियो । एनआरएनएलाई सघाउँदै आएको सेनाको टोली काम सकेको भन्दै अस्थायी क्याम्प छाडेर फर्किएको हो ।
# करोडको श्रमदान गरेर लाप्राक नमुना बस्तीबाट बाहिरियो सेना
394
दुनियाँमा कहिलेकाहीँ पत्याउने नसकिने अनौठा खालका काण्ड हुन्छन् । विश्वको दोश्रो ठूलो जनसंख्या भएको छिमेकी मुलुक भारतमा रोचक खालका काण्डहरु असंख्य भइहन्छन् । केही समय पहिले भारतको महाराष्ट्र राज्यको पूणेमा एकजना महिलाले कुखुरामाथि कारवाहीको माग गर्दै प्रहरीमा उजुरी हालेको खबर आएको थियो ।
जब कुखुराको भालेविरुद्ध छिमेकीले मुद्दा हाले…
287
अमेरिकाको क्यालिफोर्नियाको वाइन बनाउने एक इलाकामा अहिलेसम्मकै भीषण आगलागी भएको छ । यो आगो निकै तीब्र रुपमा फैलिरहेको जसका कारण कम्तीमा पनि ## को मृत्यु र दुई गम्भीर घाइते भएको बीबीसीले बताएको छ । यहाँ राहत र बचाउका कार्य व्यापक मात्रामा भइरहेको छ ।
अमेरिकामा अहिलेसम्मकै भीषण आगलागीः ## को मृत्यु , साढे एक हजार घर जले , ## हजार बिस्थापित
248
कैलाली र कञ्चनपुरमा बिहीबार साँझ आएको हावाहुरीमा ज्यान गुमाउनेको संख्या # पुगेको छ । ### भन्दा बढी घाइते भएका छन् भने भौतिक संरचनामा क्षति पुग्दा जनजीवन प्रभावित भएको छ । हावाहुरीबाट गोदावरी नगरपालिका , कैलालीका वीरबहादुर चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ ।
अपडेट : हावाहुरीबाट ज्यान जानेको संख्या # पुग्यो , करिब ### घाइतेको उपचार हुँदै
260
खेलकूद विकाससम्बन्धी व्यवस्था गर्न बनेको विधेयक , #### माथि दफावार छलफल शुरु भएको छ । प्रतिनिधिसभा , शिक्षा तथा स्वास्थ्य समितिमा राष्ट्रियसभाको विधायन समितिबाट पारित आएको विधेयकमाथि छलफल शुरु भएको हो । समिति सदस्य जीवनराम श्रेष्ठले छलफलका क्रममा विधेयकको प्रस्तावनामा टुङ्गो लगाइएको जानकारी दिए ।
अन्तर्राष्ट्रिय खेलाडी कसलाई मान्ने ?
297
नेपाल स्ट्रोमले एसियन क्लब प्रिमियर लिग ( एसीपीएल ) ट्वेन्टी–## क्रिकेट प्रतियोगितामा इन्डियन स्टार्सलाई # विकेटले हराएको छ । प्रतियोगितामा अपराजित रहेको नेपाल स्ट्रोमले सोमबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको आफ्नो तेस्रो खेलमा इन्डियन स्टार्सलाई # विकेटले पन्छाएको हो । टस जितेर पहिले ब्याटिङको निम्तो पाएको इन्डियन स्टार्सले निर्धारित् ## ओभरमा # विकेट गुमाउँदै ### रन बनाएको थियो ।
नेपाल स्ट्रोमले इन्डियन स्टार्सलाई # विकेटले हरायो
390
स्वच्छ हावा कहिले खान पाइने ? मास्कबिना कहिले हिँड्ने सकिने ? यस्ता प्रश्न काठमाडौंमा ब्रुमर नआउँदा पनि थिए र अहिले पनि छन् । ब्रुमर आएपछि काठमाडौंका धूलो कम हुन्छ भन्ने अपेक्षा आममानिसकोे थियो , जो सत्य हुन सकिरहेको छैन । काठमाडौं महानगरपालिकाले दैनिक रूपमा ब्रुमर चलाएर सडक सफा गरिरहे पनि निर्माण स्थलबाट आएका धूलो , हिलो , माटो र सवारीसाधनले भित्र्याउने फोहोरका कारण सडक सफा देखिएको छैन ।
ब्रुमरले बढारे पनि धूलो उस्तै
391
भूकम्पपछि देशका धार्मिक तथा पुरातात्विक संरचनाको पुनर्निर्माणले गति लिन नसकेको अवस्थामा गोरखास्थित मनकामना मन्दिरको काम भने तीव्ररूपमा भइरहेको छ । पुरातत्व विभागकै डिजाइन र प्रत्यक्ष रेखदेखमा कामलाई तीव्रता दिइएको हो । सत्रौं शताब्दी अर्थात करिब ### वर्ष पहिले बनेको दुई तले मन्दिर अहिले पुरानै ढाँचा र स्वरूपमा पुनर्निर्माण गर्न लागिएको छ ।
' मनकामना मन्दिर ' दुई वर्षमा पुनर्निर्माण
341
यमनको राजधानी सानामा रहेको राष्ट्रपति कार्यालयलाई लक्षित गरी सोमबार आक्रमण भएको छ । यमनी विद्रोहीहरुले नियन्त्रणमा लिएको ठाँउमा भएका दुई हवाई हमलामा परी कम्तीमा # जनाको मृत्यु भएको छ भने अरु ## भन्दा बढी घाइते भएका छन् । स्वास्थ्य अधिकारीहरुले एएफपीलाई दिएको जानकारी अनुसार विद्रोहीहरूले चलाएको अल मसिराह टेलिभिजनले साउदी अरब नेतृत्वको गठबन्धन सेनाले आक्रमण गरेको समाचार प्रसारण गरेको छ ।
यमनको राष्ट्रपति कार्यालय लक्षित गरेर आक्रमण , # को मृत्यु , ## घाइते
388
पर्साको वीरगन्ज महानगरपालिकामा बिहीबार राति भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मुरली चोकदेखि घन्टाघर गइरहेको बा ## च #### स्कार्पियो राति सवा ## बजे सडकको डिभाइडरमा ठोक्किएको थियो । ' शवको पोष्टमार्टम हुँदैछ ।
## वर्षीय किशोरले चलाएको स्कार्पियो डिभाइडरमा ठोक्किएर कच्याककुचुक , चालकको मृत्यु
225
लोक धुनमा आधारित गीतले बजार पिटिरहेको बेला संगीतकार सुराच प्रशाई यस्तै शैलीका गीत बनाउन ब्यस्त छन् । उनी अहिले आफ्नै स्वर संगीतमा ' रेजो ' नाम राखेर एल्बम ल्याउने तयारीमा छन् । उनको आफ्नै स्वर रहेको यो पहिलो एल्बम भए पनि उनको संगीत र शब्दमा ' दुई पाइला ' नामक एल्बम यसअघि नै बजारमा आईसकेको छ ।
लोकधुनलाई फ्युजन गर्दै सुराच
293
गैरआवासिय नेपाली संघ ( एनआरएन ) ले प्रधानमन्त्री सुशील कोइरालाको स्वास्थ्य लाभको कामना गरेको छ । एनआरएनका तर्फबाट अध्यक्ष शेष घलेले शुक्रवार विज्ञप्ति जारी गरी अमेरिकाको न्युयोर्कस्थित मेमोरियल स्लोन केटरिङ क्यान्स अस्पतालमा फोक्सोको विकिरण पद्धातिबाट उपचार गराइरहेका प्रधानमन्त्री कोइरालाको शिघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् । ' अहिले उहाँको काँधमा नेपालको नयाँ संविधान जारी गर्ने तथा मुलुककलाई समृद्धीतर्फ उन्मुख गर्ने ठूलो जिम्मेवारी रहेको र यस कार्यमा उहाँले सबै राजनीतिक दलहरुसंग संवाद , समन्वय र सहकार्य गरेर अगाडी बढनेमा हामी विश्वस्त रहेका छौं , विज्ञप्तिमा भनिएको छ ।
एनआरएनद्वारा प्रधानमन्त्री कोइरालाको स्वास्थ्य लाभको कामना
581
भूकम्पप्रभावित जिल्लामा जनगणनाको तथ्यांकभन्दा बढी घरधुरी कायम गरी निजी आवास पुनर्निर्माणका लागि अनुदान बाँडेको पाइएको छ । भूकम्प अतिप्रभावित ## मध्ये # जिल्लामा #### सालकोजनगणनामा भन्दा सर्वेक्षणबाट कायम भएका घरधुरीको संख्या ## हजार पाँच सय ## बढी देखिएको छ । महालेखापरीक्षक कार्यालयको ## औं प्रतिवेदनमा दोलखा , सिन्धुपाल्चोक , नुवाकोट , रसुवा , रामेछाप र धादिङमा कायम गरिएको कुल लाभग्राही ( घरधुरी ) संख्या #### भन्दा ## . ## प्रतिशत बढी देखिएको उल्लेख छ ।
जनगणनाको तथ्यांकभन्दा ## हजार बढी लाभग्राही
457
प्रदेश नम्बर # बाट पहाडी जिल्ला अलग गर्न सरकारले संसद्मा दर्ता गराएको संविधान संशोधन विधेयक फिर्ता लिन माग राखेर शनिबार पनि रुपन्देहीमा प्रदर्शन भएका छन् । रुपन्देही चार दिनदेखि आन्दोलित छ । चारदिनदेखि बुटवल , भैरहवासहित ग्रामीण बजार पनि बन्द छन् ।
संशोधनविरुद्ध जाग्दै जनता
248
अक्षय कुमार अहिले बलिउडका ठूला स्टारमध्ये एक हुन् । उनका फिल्मले सजिलै सय करोड कमाउँछन् । तर , यहाँसम्म आइपुग्न अक्षयले कम्ता पापड बेल्नु परेको थिएन ।
साइड हिरोको लागि अडिसन दिँदा फालिएका थिए अक्षयकुमार
150
देवर भाउजुबीच सिस्नुपानी छ्यापेर कञ्चनपुरलगायत सुदूरपश्चिम क्षेत्रमा रमाइलो गरी आज विषु पर्व मनाइँदै छ । विषु पर्वका दिन सिस्नुपानी छ्यापेमा शरीरमा रहेका बाथ पित्तलगायतका रोग निको हुने जनविश्वासका साथ देवर भाउजु र सालीलाई यस पर्वमा सिस्नुपानी छ्याप्ने गरिन्छ । बिहानै घरनजिकका तालतलैया अथवा तीर्थमा गएमा नुहाएर शरीरमा रहेको फोहरमैला बगाउने , बालबालिकाको कपाल खौरिने , विवाह व्रतबन्ध गर्ने र मन्त्रोच्चारण गर्ने दिनका रुपमा विषु पर्वलाई लिइने गरिएको सुदूरपश्चिमका संस्कृतिका जानकार दुर्गादत्त भट्टले बताए ।
देवर भाउजुबीच सिस्नुपानी छ्यापेर मनाइन्छ विषु पर्व
505
म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका भुपेन्द्रबहादुर थापा बिजयी भएका छन् । थापाले ## हजार ### मत पाएर विजयी हुँदा निकटतम प्रतिद्धन्द्धी कांग्रेसका खम्बीर गर्बुजाले ## हजार ### मत पाएका छन् । प्रदेशसभा क बाट माओवादीका विनोद केसी र ख बाट एमालेकी नरदेवी पुन यसअघिनै बिजयी भइसकेका छन् ।
म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा एमालेका भुपेन्द्र थापा विजयी
292
एमाले युवा नेता तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले आज परेको जन्मदिनको अवसरमा मुटुरोग लागेका बालकलाई सहयोग गरेका छन् । ताप्लेजुङ फुङलिङ # का # बर्षीय मिलन शेर्पालाई उपचारकोलागि आर्थिक अभाव भएकाले जन्मदिनको अवसरमा उनले नेकपा एमाले ताप्लेजुङ काठमाडौं सम्पर्क मंचका अध्यक्षलाई सन्तोष मादेनलाई रु ## हजार सहयोग रकम हस्तान्तरण गरे । भट्टराईले बर्षेनि जन्मदिनको अवसरमा विपन्न आर्थिक अवस्था कमजोर भएकालाई सहयोग गदै आएको बताए ।
जन्मदिनको अवसरमा एमाले सचिव भट्टराईले गरे मुटु रोगीलाई सहयोग
423
पुनःनिर्माण नभए पनि दिदीबहिनी नहुनेले यस वर्ष भाइटीकाका दिन रानीपोखरीस्थित बाल गोपालेश्वर मन्दिरमा पूजा एवं दर्शन गर्न पाउने भएका छन् । वि . सं . #### वैशाख ## गतेको भूकम्पले क्षतिग्रस्त बनेको मन्दिर पुनःनिर्माण हुन नसक्दा मन्दिरको मूलढोकामै दर्शन गर्ने व्यवस्था मिलाउन लागिएको पुरातत्व विभागले जनाएको छ । कात्तिक # गते शनिबार दर्शनार्थीलाई पूजा एवं दर्शन गर्ने व्यवस्था मिलाउन पुनःनिर्माणको जिम्मेवारी पाएको कँडेल / राम जेभी कम्पनीलाई निर्देशन दिइएको विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए ।
भाइटीकामा बाल गोपालेश्वरको मूलढोकामै पूजा गर्न पाइने
500
पारिश्रमिकका दृष्टिकोणले आकर्षक मानिएको कोरियामा नेपालीले आत्महत्या गर्ने क्रम नरोकिएपछि त्यहाँको रोजगारी चुनौतीपूर्ण बन्दै गइरहेको छ । आत्महत्या रोक्न गतिलो प्रयास नगरिए कोरियाको रोजगारी नेपालका लागि अर्थहीन हुनेसम्म अनुमान गर्न थालिएको छ । कोरियाको विकास र आर्थिक उन्नतिलाई सरसर्ती हेर्दा त्यहाँको रोजगारीप्रति गुनासो गर्ने अवस्था नदेखिए पनि युवकयुवतीले धमाधम आत्महत्या गर्न थालेपछि त्यसको कारण खोजिनुपर्ने आबाज उठेको छ ।
कोरियामा आत्महत्या : डिप्रेसन प्रमुख कारण
423
आइएमई लिमिटेडले आफ्ना पन्ध्र ( ## ) व्यावसायिक साझेदारलाई पाँच दिवसीय भ्रमणका लागि अजरबैजानस्थित ' बाकु ' को भ्रमणमा पठाएको छ । आइएमईका व्यवसायिक साझेदारका लागि अघिल्लो आर्थिक वर्षको माघदेखि असारसम्म विभिन्न शीर्षकमा दिइएको लक्ष्य पुरा गर्ने पन्ध्र व्यावसायिक साझे्दार यो भ्रमणका लागि छनोट भएका कम्पनीले जानकारी दिएको छ । यसमा ' आइएमई पे ' को कारोबारमा सबैभन्दा बढी योगदान पु¥याउने व्यावसायिक साझेदारलाई पनि समावेश गरिएको छ ।
## साझेदारलाई आइएमईले घुमायो बाकु
425
उच्च अमेरिकी डलरको मागका बाबजुद न्यून मात्र आपूर्ति हुँदा भएको असजतालाई सम्बोधन गर्ने उद्देश्यले एनआइसी एसिया बैंकले डलर आयात गरेको छ । नेपाल राष्ट्र बैंकद्वारा क वर्गका बंैकहरुलाई विदेशवाट नगद डलर आयात गरी आफ्ना ग्राहकलाई उपलब्ध गराउन सक्ने व्यवस्था अनुरुप नेपालमै पहिलो पटक नगद अमेरिकी डलर आयात गरिएको बैंकले जनाएको छ । नेपाल राष्ट्र बैकको हालको नियमानुसार नेपाली नागरिकले विदेश जाँदा आफ्नो राहदानी वापत # , ### अमेरिकी डलर सम्म सटही सुविधा प्राप्त गर्न सक्ने व्यवस्था छ ।
एनआइसी एशिया बैंकले आयात गर्यो अमेरिकी डलर
474
राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले स्वर्गीय राजा वीरेन्द्र वीर विक्रम शाहको नाम र तस्वीर राखेर वियर उत्पादन गरेको समचारप्रति ध्यानाकर्षण भएको भन्दै आपत्ति जनाएको छ । सो विद्यार्थी संगठनका अध्यक्ष महेशबहादुर सिंहले शुक्रबार एक विज्ञप्ति जारी गर्दै स्वीजरल्याण्डको एक मदिरा कम्पनीले स्वर्गीय शाहको मदिरा पिउन लागेको फोटो राखि ' वीरेन्द्र वियर ' नामको वियर उत्पादन गरेको विभिन्न सञ्चारमाध्यममा समचार आएको थियो । संगठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ' यदि यो विषय साँचो हो भने यो नेपालको राष्ट्रिय अस्मिता र पुर्खाहरुमाथिको नांगो बलत्कार हो ।
वीरेन्द्रको नाम र फोटो राखेर बियर उत्पादन गरेको भन्दै आपत्ति
563
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल एकीकरणदेखि हालसम्म भएका सम्पूर्ण राजनीतिक संघर्षमा दलित समुदायको योगदान उच्च रहेको बताएका छन् । ## औं अन्तर्राष्ट्रिय जातीयविभेद उन्मुलन दिवसको अवसरमा शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले परम्परागत कुसंस्कार कारण नेपालमा अझै पनि जातीय विभेद कायम रहनु दुःखत रहेको बताए । ' सरकारले आगामी दिनमा सबै समुदायलाई आत्मसम्मानका साथ बाँच्न पाउँने आधार तय गर्ने छ ' प्रधानमन्त्री ओलीको सन्देशमा भनिएको छ ।
राजनीतिक परिवर्तनमा दलित समुदायको उच्च योगदानः प्रम ओली
436
यस वर्षको तिहारमा गत वर्षभन्दा दुई लाख बढी फूलको माला खपत हुने भएको छ । गत वर्ष तिहारमा ## लाख माला खपत भएको थियो । यस वर्ष भने बजारमा ## लाख मालाको माग रहेको बताइएको छ ।
तिहारमा ## लाख माला चाहिने , मूल्य पनि बढ्ने
170
जिल्ला प्रशासन कार्यालय काठमाडौंले टिपर सञ्चालन सम्बन्धी समय हेरफेर गरेको छ । बुधबार प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको अध्यक्षतमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले समयतालिका हेरफेर गरेको हो । बैठले बेलुका # बजेदेखि बिहान # बजेसम्म ट्रिपर सञ्चालन गर्ने समयलाई बेलुकी # बजेदेखि बिहान # बजेसम्म सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको छ ।
काठमाडौमा टिपर सञ्चालनसम्बन्धी समय हेरफेर
342
जारी विश्वकप एसियाली टोली श्रीलंकाका लागि राम्रो बन्न सकिरहेको छैन । विश्वस्तरीय खेलाडीको अभाव रहेको श्रीलंकाली टोलीका लागि लासिथ मालिङ्गा निकै भरोसा गरिएका खेलाडी हुन् । यद्यपि , यस विश्वकपमा मालिङ्गाले आफ्नो सन्तुलित प्रदर्शन भने देखाउन सकिरहेका छैनन् ।
भरोसा गरिएका खेलाडी
255
खोटाङमा वाम गठबन्धनबाट एमाले र माओबादी केन्द्रका जिल्ला तहका नेता उत्साहित भए पनि तल्लो तहका कतिपय कार्यकर्ता अझै पनि असन्तुष्ट छन् । फरक पार्टीबाट संघर्ष गर्दै आएका तल्ला तहका कार्यकर्ता चुनावी तालमेलकाक्रममा एकले अर्काको चुनाव चिन्हमा भोट दिनुपर्ने अवस्था आएपछि अप्ठ्यारो पनि महसुस गरिरहेका छन् । चुनावी तालमेल र वाम गठबन्धनको उद्ध्श्य र औचित्यका विषयमा स्पष्ट नबनाए चुनावी तालमेलबाट असन्तुष्ट कार्यकर्ता बिच्किने खतरा छ ।
असन्तुष्ट फकाउँदै वाम गठबन्धन
424
कानून , न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय समिति र संवैधानिक निकायमा अंश खोजेको बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री तामाङले सत्ता बाहिर बस्नुपर्दा कांग्रेसी नेताहरुमा छट्पटी बढेको र संवैधानिक नियुक्तीको लागि अंश खोज्न थालेको बताए । संवैधानिक नियुक्तिमा पनि कांग्रेसले अंश खोजेको दाबी उनले गरे ।
अंश खोज्ने हो भने सरकारमा सहभागी हुन कांग्रेसलाई मन्त्रीको आग्रह
397
गत स्थानीय निर्वाचनका बेला गौरीशंकर गाउँपालिकाको जुँगुमा कुटपिटबाट कुलबहादुर तामाङको मृत्यु भयो । घटनामा तत्कालीन नेकपा माओवादीका ## जना नेता , कार्यकर्ता र समर्थकलाई विपक्षी बनाई दोलखा जिल्ला अदालतमा मुद्दा दायर भयो । त्यसमा पूर्वराज्यमन्त्री देवी खड्का र हालका # नम्बर प्रदेश सांसद विशाल खड्कासहितको नाम थियो ।
सांसद गुरुङविरुद्ध यस कारण मुद्दा
312
प्रहरी अधिकारीहरुबाट सुरक्षा ब्रिफिङ लिन गृहमन्त्री रामबहादुर थापा ' बादल ' प्रहरी हेडक्वार्टर पुगेका छन् । बादल ## फागुनमा गृहमन्त्रीमा नियुक्त भएका थिए । ब्रिफिङको सुरुआत्मा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले संगठनको अवस्था र शान्ति सुरक्षाको स्थितिको बारेमा गृहमन्त्रीलाई अवगत गराएका छन् ।
प्रहरी हेडक्वार्टर पुगे गृहमन्त्री बादल
292
सुदूरपश्चिमको कृषि , जलश्रोत , ऊर्जा , पर्यटन र रणनीतिक पूर्वाधारका क्षेत्रमा लगानी वृद्धि गरी यस क्षेत्रका जनताको जीवनस्तर माथि उठाउने प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । असार ## र ## गते धनगढीमा सुरु भएको कार्यशाला गोष्ठीमा बोल्दै उनले यसो बताएका हुन् । यस क्षेत्रका नागरिकको जीवनस्तर उठाउन लगानी वृद्धिका साथै लगानीको प्रभावकारी कार्यान्वयन गर्ने समेत उनले आश्वासन् दिएका छन् ।
# नम्बर प्रदेशको पर्यटन र ऊर्जामा लगानी बढाउने प्रधानमन्त्रीको भनाइ
389
मंसिर ## मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मिति नजिकिँदै गर्दा रोल्पा प्रहरीले घरेलु हतियारसहित दुई जनालाई पक्राउ गरेको छ । बुधबार दिउँसोे एक थान घरेलु हतियार पेस्तोलसहित रोल्पा सदरमुकाम हँुदै काठमाडौँ जाँदै गरेको बा#ख #### नं को बसमा चढेका माडी गाउँपालिका # तालाबाङका श्यामबहादुर घर्तीमगर र रामसिंह घर्तीमगरलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई रोल्पा नगरपालिका # सातदोबाटोबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुदर्शन पन्थीले बताए ।
पेस्तोलसहित # पक्राउ
466
यूएस बंगला एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना हुँदा ## नेपालसहित ## जनाको मृत्यु भएको छ । दुघर्टनामा ## जना घाइते भएका छन् । उनीहरु मध्ये केहीको केहीको अवस्था गम्भीर छ ।
विमान दुर्घटना : ## नेपालीसहित ## जनाको मृत्यु , ## घाइते
211
सनराइजर्स हैदराबादलाई मुम्बई इण्डियन्स इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको प्ले अफमा पुगेको छ । आइतबार राति भएको खेलमा गर या मरको अवस्थामा रहेको मुम्बईले # विकेटले शानदार जित निकाल्यो । पहिले ब्याटिङ गरेको हैदराबादले ## ओभरमा सबै विकेट गुमाएर ### मात्र बनाउन सक्यो ।
हैदराबादलाई हराउँदै मुम्बई प्ले अफमा
268
एक वर्षअघि प्रदेश समन्वय परिषद्को पहिलो बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भनेका थिए , ' निर्वाचन क्षेत्र विकास कार्यत्रमको दुरुपयोग भएकाले सांसदलाई बजेट दिन हुँदैन । संघका सांसदलाई बजेट दिनु संघीयताविपरीत हुन्छ । यसबाट भ्रष्टाचारले प्रश्रय पाउँछ ।
गण्डकी प्रदेशका मुख्यमन्त्रीले भने– ' प्रदेशलाई मात्रै छुटाउन हुन्न '
270
लगातार परेको पानीका कारण खोलानाला बढेपछि जाजरकोटका दर्जन ठाउँमा विद्युत् आपूर्ति बन्द भएको छ । विद्युत् उत्पादनका लागि ल्याइएको पानीको नहर भत्किएपछि विद्युत् सेवा अवरुद्ध भएको छ । लाखौँ रकम खर्चेर निर्माण गरेका विद्युत् सेवा अवरुद्ध भएपछि स्थानीयवासी अन्धकारमा बस्न बाध्य भएका छन् ।
बाढी पहिरोले जाजरकोटका गाउँ अन्धकार
282
नवल नेपालको निर्देशनमा बनेको चलचित्र ' मारूनी ' रिलिजको तयारीमा छ । भदौ ## गतेबाट रिलिज हुन लागेको यो चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह , पुष्प खड्का र रेविका गुरुङको मुख्य भूमिका छ । गीत र ट्रेलरबाट चलचित्रलाई निकै राम्रो प्रतिक्रिया मिलिरहेको छ ।
नवल भन्छन्– मारुनीमा साम्राज्ञीलाई स्टार देखाएको छैन
252
विद्युत्बाट चल्ने सात सय सफा टेम्पोले ## लाख रूख बराबर प्रदूषण नियन्त्रणमा सहयोग पुर्‍याइरहेका छन् । दैनिक एक लाख ## हजार यात्रु ओसारिरहेका छन् । चार करोड ## लाख ## हजार लिटर कार्बनडाइअक्साइड वायुमण्डलमा उत्सर्जन हुनबाट जोगाएका छन् ।
यातायातले रोक्यो सफा टेम्पोको भविष्य
233
सरकारले तराईका # जिल्लामा ## सहित ## वटा स्थानीय तह थप गरेको छ । स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदनमाथि सुझाव दिन गठित कार्यदलको सिफारिसमा सरकारले ## वटा स्थानीय तह थप गर्दै आयोगले कायम गरेको # सय ## बाट # सय ## पुर्‍याएको हो । सरकारले पर्सामा # , बारामा # , सर्लाहीमा # , महोत्तरीमा # , सप्तरीमा # , सिराहामा # , धनुषामा # र रौतहटमा # गरी ## वटा स्थानीय तह थप गरेको छ ।
स्थानीय तहको संख्या # सय ## पुग्यो
374
टोटनेह्यामका प्रशिक्षक माउरिसियो पोचेटिनोले दक्षिण कोरियाली स्ट्राइकर सन ह्युङ मिनलाई एसियाली डेविड बेकह्यामको संज्ञा दिएका छन् । बिहीबार टोटेनह्यामले इङ्लिस प्रिमियर लिगकै अर्को टोली म्यानचेस्टर युनाइटेडको सामना गर्दा ## वर्षे सन ह्युङ मिनमा सबैको ध्यान केन्द्रित हुनेमा दुबिधा छैन । च्याम्पियन्स लिग फाइनलमा लिभरपुलसँग हारेको पोचेटिनोको टोली सिंगापुरबाट चीन भ्रमणमा निस्किएको थियो , जहाँ पनि सनको भव्य रूपमा स्वागत भएको थियो ।
सन एसियाका बेकह्याम : पोचेटिनो
428
विजयादशमीको अवसरमा भक्तपुरको तलेजुमा जीवित देवीको रुपमा पुजिँदै आएकी कुमारीका हातबाट मंगलबार टीका ग्रहण गर्नेहरूको घुइँचो लागेको छ । कुमारी जिविका बज्राचार्यका हातबाट तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशी , पुजारी , जोशीहरु , कर्माचार्यहरु , गुरु तथा पुरोहितले साइतको टीका लगाएका छन् । कुमारीको हातबाट मूल नाइकेलगायतले टीका लगाएपछि सर्वसाधारणले उनका हातबाट टीका लगाउने परम्परा रहेको तलेजुका मूल नाइके जोशीले बताए ।
कुमारीका हातबाट टीका ग्रहण
414
बेलायतकी अभिनेत्री ब्रुक भिन्सेन्ट आफ्नो साथीको बर्थ डे पार्टीमा पुग्दा सबैको ध्यान उनीतिर खिचियो । खिचिनुको कारण थियो उनको पहिरन । ## वषिर्या अभिनेत्री ब्रा नलगाइकन साथीको बर्थडेमा पुगेकी थिइन् ।
भिन्सेन्टले ब्रा लगाउन बिर्सेपछि
196
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय सीमामा तनाब नबढाउन आग्रह गरेका छन् । सरकार देशभक्तिपूर्ण भावनाको उच्च कदर गर्ने भन्दै उनले भारतसँगको सीमाभन्दा अन्यत्रै विरोध जनाउन आग्रह गरेका हुन् । ' अनावश्यक उत्तेजना फैलाएर बोर्डमै गएर तनाब गर्नुभन्दा जो विरोध छ जनताको भावनालाई सरकार सम्मान गर्छ ।
सीमामा तनाब नबढाउन प्रधानमन्त्रीको आग्रह ( भिडियो )
300
उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ । दक्षिण कोरिया र जापान सरकारले यसको पुष्टि गरेको छ । दक्षिण कोरियाली सेनाका अनुसार यो मिसाइल करिव ### किलोमिटरको उचाईसम्म पुग्यो र यसले करिव #### किलोमिटरको यात्रा पुरा गर्‍यो ।
उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो
261
पूर्वयुवराज पारस शाहले गोकर्णेश्वर नगरपालिका वडा नं # , उत्तरबाहिनीमा रहेको कान्तिभैरव र पञ्चमुखी हनुमान मन्दिरमा विशेष पूजाआजा गरेका छन् । लिच्छविकालीन पुरातात्विक महत्व बोकेको मन्दिरमा कान्तिभैरव गुरुकुलका ब्राह्मण बटुकको वैदिक मन्त्रोच्चारणसहित पूर्वयुवराज शाहले विशेष पूजा गरेका हुन् । गुरुकुलका आचार्य श्रीराम अधिकारीले पूजा गराएका थिए ।
पूर्वयुवराज पारसले गरे कान्तिभैरव र हनुमान मन्दिरमा विशेष पूजा
342
जापान सरकारले नेपाललाई ## करोड ## लाख रुपैयाँ बराबरको रकम सहयोग गरेको छ । विभिन्न तीन कार्यक्रमलाई अघि बढाउनका लागि जापानले सो रकम सहयोग गरेको हो । नेपालका लागि जापानी राजदूत मासमिची र अर्थमन्त्रालयका सचिव राजन खनालबीच सो सहयोगसम्वन्धी सम्झौता भएको हो ।
जापान सरकारको ## करोड आर्थिक सहयोग
253
सरकारले गणतन्त्र दिवसका अवसरमा विभुषित गरेकामध्ये अधिकांश सुरक्षा निकायअन्र्तगतका कर्मचारी रहेको भन्दै निजामति सेवाभित्र असन्तुष्टि देखिएको छ । विभुषणका लागि सिफारिस गर्ने निकाय गृहमन्त्रालयले आफू मातहतका # सय # जनालाई सिफारिस गरेको थियो । त्यो सूचीलाई मन्त्रिपरिषदले स्वीकृत गरेर अन्य मन्त्रालय , सेवा र क्षेत्रका नागरिकलाई अपमान गरेको भन्दै निजामति कर्मचारीहरुले असन्तुष्टि जनाएका हुन् ।
विभुषणको ठट्टाः वर्षेनी पुरस्कृत हुन्छन् हाकिमहरु !
389
सवारी साधनले धुलो उडाएको भन्दै कपिलवस्तुको चन्द्राैटाका स्थानीयले दुई दिनदेखि सडक अवरुद्ध गरेका छन् । बाणगांगा यातायात व्यावासायी समितिका ट्रकहरुलेे उडाएको धुलाले गर्दा मानव स्वास्थ्यमा प्रत्यक्ष असर परेको भन्दै चन्द्रौटाको कांग्रेस चोकदेखि समानता चोकसम्म स्थानीयले सडक अबरोध गरेका हुन् । सम्बन्धित निकायलाई जानकरी गराउदा समेत कुनै सुनुवाई नगरेको भन्दै बध्य भएर सडक बन्द गराउनु परेको स्थानीय डा . अब्दुल रहमान मुसालमानले बताए ।
सवारी साधनले धुलो उडाएको भन्दै यातायात बन्द
427
कानून , न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङ्ले न्यायालयको भ्रष्टाचार नियन्त्रण गर्न र न्यायाधीशहरुको सम्पत्ति सार्वजनिक गर्नको लागि आफूले तत्काल न्यायपरिषद ऐन संशोधन गर्ने स्पष्ट पारेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री तामाङ्ले भने , ' यसको लागि नयाँ कानून ल्याउन आवश्यक छैन , न्याय परिषद ऐनकै एउटा दफा संशोधन गरे पुग्छ , अहिलेसम्म न्यायाधीशहरुले सम्पत्ति विवरण सार्वजनिक गर्ने व्यवस्था थिएन् , अब सम्पत्ति अनिवार्य रुपमा सार्वजनिक गर्ने कानूनको व्यवस्था गर्छु , सम्पत्ति विवरण बुझाएर मात्रै हुँदैन , सार्वजनिक नै गर्नुपर्छ । ' उनले सम्पत्ति सार्वजनिक गर्ने कानून बनाउँदा आउने जस्तोसुकै दबाब थेग्न आफू तयार रहेको बताए ।
' न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्ने कानून तत्काल ल्याइने '
677