article
stringlengths
55
1.8k
title
stringlengths
10
141
article_length
int64
55
1.8k
अविरल वर्षाका कारण शुक्रबार बिहान डेढ बजेतिर दैलेख सदरमुकाममा घर भत्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा नारायण नगरपालिका ## स्थायी घर भएकी ## वर्षकी दीपा चन्द्र रहेकी छन् । घाइते हुनेमा वर्ष ## की विन्दु शाही उनकी ## वर्षकी छोरी मुना शाही छिन् ।
घर भत्किँदा दैलखमा एकको मृत्यु , दुई जना घाइते
281
ग्रिसमा आफ्नो देशभित्र हुने सबै खाले फुटबल प्रतियोगीतामा रोक लगाइएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । स्थानीय संचार माध्यमका अनुसार ग्रिसको रेफ्री संघका अध्यक्ष जिरागोस विकासको घरमा अज्ञात व्यक्तिले आगजनी गरेको र सरकारले यसको छानबिन गर्नुपर्ने माग राख्दै सबै खाले घरेलु प्रतियोगीतामा रोक लगाइएको जनाएका छन् । दि हेलेनिक फुटबल फेडरेशनले एक विज्ञप्ति जारी गर्दै भनेको छ , ' ग्रिसका रेफ्री संघका अध्यक्ष विकासको घरमा आगजनी भएको छ , जबसम्म यस विषयमा निश्पक्ष छानबिन हुँदैन तथा आगलागी गर्ने व्यक्ति र कारणका बारेमा प्रष्ट हुँदैन तबसम्म तत्काल लागू हुने गरी घरेलु लिग तथा अन्य फुटबल प्रतियोगीतामा रोक लगाइएको छ ।
ग्रिसमा सबै खेल घरेलु फुटबल प्रतियोगीतामा रोक
617
स्पेनिस ला लिगा फुटबल अन्तर्गत शिीर्ष स्थानको बार्सिलोना बराबरीमा रोकिएको छ । बिहीबार राति सम्पन्न खेलमा बार्सिलोना रेलिगेसन जोनको टोली लास पाल्माससँग # – # गोलको बराबरीमा रोकिएको हो । पहिलो हाफको ## औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई सुरूवाती अग्रता दिलाएका थिए ।
बार्सिलोनाले खेल्यो बराबरी
280
पाँचथर–विकासमा फड्को मार्न भन्दै फालेलुङ गाउँपालिकाले पञ्चवर्षीय योजना बनाउने काम अघि बढाएको छ । विकासका लागि आवश्यक लक्ष्य निर्धारण गरी सोहि अनुसार बजेट विनियोजन गरी गाउँपालिकाले योजनाको काम अघि बढाएको हो । यहाँका सबै वडाका जनप्रतिनिधि , राजनीतिक दल , विषयगत कार्यालयका प्रमुख , स्थानीय संघ सस्थाका प्रतिनिधिले अबको पाँच वर्ष के–के काम गर्ने भन्ने विषयमा छलफल गरेका छन् ।
पञ्चवर्षीय योजना बनाउँदै फालेलुङ
372
एउटा छोरा जो वैदेशिक रोजगारीमा यूएई पुगे , कामदारका रुपमा अनेक संघर्ष गर्दै आमाको नाममा आफ्नै कम्पनी खोले । तर , छोराको यो सफलता देख्न आज आमा उनको साथमा छैनन् । यो व्यथा हो , चितवनको भरतपुर घर भई हाल यूएईमा रहेका दीपकराज पौडेलको ।
युएईमा # वर्षदेखि भौंतारिँदैछन् आमा हराएका यी नेपाली
230
स्थानीय तहको चुनाव आएपछि पर्साको महादेवपट्टी गाउँमा चुनावको लहर छ । गाउँमा #### सालको जनमत संग्रहमा बहुदल र निर्दलको निर्वाचन गर्न मतदान गरेको पुस्ता अहिले फेरि पनि मत हालेर आफ्नो प्रतिनिधि चुन्ने गन्थन मन्थनमा छन् । यतिका वर्षमा न गउँ फेरिएको छ , न गाउँपालिकामा उम्मेदवार बनेका बिभिन्न दलका प्रतिनिधीहरुको नारा नै फेरिएको छ ।
## वर्षमा फेरिएन गाउँ , फेरिएन नारा
326
महिला हिंसा , संक्रमणकालिन न्याय लगायतमा विषयमा संयुक्त राष्ट्रसंघ ( यूएन ) ले अन्य मुलुकहरूसँग मिलेर पटक - पटक संयुक्त विज्ञप्ति मार्फत टिप्पणी गरेको भन्दै सरकारले आपत्ति जनाएको छ । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालस्थित यूएन कार्यालयको पछिल्लो क्रियाकलापलाई लिएर सोमबार पत्रकारमाझ आपत्ति जनाएका हुन् । नेपालस्थित यूएनको कार्यालयले पछिल्लो पटक असोज ## गते नेपालमा रहेका केहि मुलुक ( अस्ट्रेलिया , फिनल्यान्ड , फ्रान्स , नर्वे , स्वीट्जरल्यान्ड र बेलायत ) का दूतावासहरूसँग मिलेर महिलाविरूद्धको हिंसाका बारेमा संयुक्त विज्ञप्ति निकालेको थियो ।
यूएनको क्रियाकलापलाई लिएर नेपाल सरकारको आपत्ति
554
प्रदेश नं # को प्रदेशसभाको पहिलो अधिवेशन यही माघ ## गते अपराह्न # बजेदेखि शुरु हुने भएको छ । प्रदेश प्रमुख गोविन्दबहादुर सुब्बाले कानुनविद्सँगको परामर्शपछि अधिवेशन आह्वान गरिएको जानकारी दिए । अधिवेशन विराटनगरस्थित जिल्ला समन्वय समितिको सभा भवनमा हुनेछ ।
प्रदेश # को अधिवेशन माघ ## मा
253
केही दिनदेखि महोत्तरी जिल्लाका हाटबजारमा सिक्का पैसा चल्न छोडेको छ । जिल्ला सदरमुकाम जलेश्वरसहित विभिन्न गाउँ , शहरमा रहेका हाटबजार र पसलमा सिक्का पैसा लिन छाडेको उपभोक्ताले गुनासो गरेका छन् । जिल्लाका सयौँ गाउँ तथा दर्जनभन्दा बढी शहरका सानादेखि ठूलो पसलले अहिले खुद्रा ( सिक्का ) पैसा लिन छाडेको जिल्लावासीको गुनासो रहेको छ ।
जहाँ सिक्का चल्दैन . . .
326
घर वरिपरीको वातावरण सुन्दर बनाउन हरियाली बगैँचा निर्माण गर्ने कसको पो रहर नहुँदो हो र ? तर जग्गाको अभाव , त्यसमा सुनभन्दा महँगो सहरको जमिनको कारण बगैँचा सबैको रहरमै सीमित हुनसक्छ । तर अब तपाईको रहर , सोख र सपना जग्गाको अभावले रोक्नुपर्ने छैन । त्यसको लागि तपाईसँग इच्छा मात्र भए पुग्छ ।
बगैँचाको लागि जग्गा अपुग भयो ? घरको भित्तामै यसरी रोप्नुहोस् बिरूवाहरू
286
सभामुख कृष्णबहादुर महरासँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूतले शिष्टाचार भेट गरेका छन् । बुधबार सभामुखको कार्यालय सिंहदरबारमा स्वीट्जरल्याण्डका राजदूत एलिजावेथ वोन क्यापेलरले शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटमा सभामुख महराले लामो विद्रोहलाई शान्तिप्रक्रियामार्फत् टुङ्गोमा पु¥याई देशको समृद्धिमा लागिरहेको जानकारी गराएका थिए ।
सभामुख महरासँग स्वीट्जरल्याण्डका राजदूतको भेटवार्ता
333
प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । प्रधानमन्त्री देउवाले देशले सुम्पेको जिम्मेवारी पूरा गर्न आम नागरिकबाट आफूले साथ र सहयोग पाउने विश्वास समेत व्यक्त गरे । नेपाल संवत #### को अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले मुलुकलाई संक्रमणकालबाट मुक्त गर्दै राजनीतिक स्थायित्व दिने दिशामा सरकार लागि परेको पनि स्पष्ट पारे ।
प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्धः प्रधानमन्त्री
435
वैशाख ## गते आएको विनासकारी भूकम्पपछि बन्द रहेका शैक्षिक संस्थाहरु एक सातापछि सञ्चालन गरिने भएको छ । भूकम्पवाट त्रस्त जनजीवन क्रमशः सामान्यतर्फ उन्मुख हुँदै गईरहेको भन्दै शिक्षण संस्थाहरु सूचारु गर्ने निर्णय गरिएको हो । निजी शैक्षिक संस्थाहरुको छाता संगठन अपिनको भूकम्प पीडित उद्धार मूल समितिको शनिबार बसेका वैठकले जेेठ ## गते आइतवारदेखि उच्च माध्यमिक विद्यालय , प्राविधिक शिक्षालय तथा कलेजहरु सञ्चालन गर्ने निर्णय गरेको छ ।
निजी स्कुलहरु ## गतेबाट खोल्ने अपिनको निर्णय
424
निर्वाचनविरोधी गतिविधि बढेपछि प्रहरीले विप्लव समूहका ## कार्यकर्ता पक्राउ गरेको छ । हिलिहाङ गाउँपालिकाका डिल्लीराम कटुवाल , फाल्गुनन्द गाउँपालिकाजितबहादुर चेम्जोङ , विशाल राई , इच्छाबहादुर राई , संग्राम राई , एलिया नेम्वाङ छन् । त्यसैगरी फिदिम नगरपालिका ## की टीकादेवी राई , नारायण कार्की , तारा राई र मौसम थाम्सुहाङलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
पाँचथरमा विप्लव समूहका दुई शिक्षकसहित ## कार्यकर्ता पक्राउ
349
नेपालमा अहिले कलाकारको नामबाट फिल्म चल्न छाडिसकेका छन् । नायक हुन् या नायिका , कुनै पनि कलाकारलाई हेर्नकै लागि पैसा तिररे हलसम्म आउन छाडिसके । तर , नेपाली कलाकारको स्टारडमले काम गर्न छाडेको धेरै भएको छैन ।
गुमनाम यी नायिका , जसको नाममा दर्शक हलसम्म आउँथे
205
प्रदेश नम्बर # , # र # मा स्थानीय तहको निर्वाचनको मत गणना भइरहँदा खोटाङमा नेकपा एमालेले मेयर / उपमेयर तथा गाउँ प्रमुख÷उपप्रमुखको ## पदका लागि उम्मेदवारको टुंगो लगाएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा मेयर÷उपमेयर तथा गाउँ प्रमुख / उपप्रमुखको ## वटा पदमध्ये # वटा पदको उम्मेदवार मात्र टुंगो लाग्न बाँकी रहेको एमालेले जनाएको छ । यसअघि अधिकांश नगर र गाउँपालिकामा सहमति नजुट्दा प्रदेश कमिटीमा निर्णयार्थ आकांक्षीको नामावली सिफारिस गरिए पनि प्रदेश कमिटीले पुनः निर्णयका लागि जिल्लामै पठाएपछि ## पदमा उठ्ने उम्मेदवारको टुंगो लगाइएको हो ।
खोटाङमा एमालेका ## उम्मेदवारको टुंगो
546
नेपाल भ्रमणमा रहेको चिनियाँ उच्चस्तरीय टोलीले सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेको छ । देउवालाई भेट्न चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका महानिर्देशक युआन जिविङ नेतृत्वको प्रतिनिधि मण्डल बुढानीलकण्ठ पुगेको थियो । भेटमा नेपालको वर्तमान राजनीतिक अवस्था र नेपाल चीन सम्वन्धबारे छलफल भएको छ ।
चिनियाँ टोलीलाई देउवाले भने - एक चीन नीतिप्रति प्रतिबद्ध छौं , शंका नगर्नुस्
334
बरिष्ठ नेता माधवकुमार नेपाल जिल्लाको विकास निर्माण योजना छनौटका लागि रौतहटमै व्यस्त भएका कारण एमाले स्थायी कमिटी बैठक चार दिनका लागि स्थगित भएको छ । ## जना केन्द्रीय सदस्य मनोनयन र नेताहरुको कार्य बिभाजनका लागि पटक पटक स्थायी कमिटी बैठक बसे पनि सहमति हुन सकेको छैन । अध्यक्ष केपी ओली नेतृत्वको कार्यदलमा समेत सहमति नभएका बेला बरिष्ठ नेता नेपालको अनुपस्थितिमा बुधवारको बैठक स्थगित भएको हो ।
एमालेमा # जनालाई केन्द्रीय सदस्य बनाउने सहमति
389
सुदूरपश्चिम प्रदेशकी सांसद उमादेवी वादी बेलायती प्रसारण संस्था ( बिबिसी ) को उत्प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमा परेकी छन् । सोमबार सार्वजनिक ### महिलाको सूचीमा वादी अटाएकी हुन् । ' मलाई यो कुरा सुन्दा एकदमै खुसी लाग्यो , सबैजनालाई धेरै धेरै धन्यवाद , ' टीकापुरमा रहेकी सांसद वादीले सेतोपाटीसँग टेलिफोनमा भनिन् ।
बिबिसीको उत्प्रेरणादायी र प्रभावशाली ### महिलामा परिन् उमादेवी वादी
319
अहिलेको अस्तव्यस्त जीवनशैलीमा मानिसहरूको निद्रा बिथोलिनु सामान्य उपक्रम बनिसकेको छ । तर यो दुनियाँमा केही यस्ता मान्छेहरू पनि छन् जहाँका मानिसहरू जतिबेलै निदाइदिन्छन् । जहाँ पनि निदाइदिन्छन् ।
यस्तो गाउँ , जहाँ बोल्दा–बोल्दै निदाउँछन् मानिसहरू
192
जेठ ## गतेबाट रिलिज हुन लागेको चलचित्र ' रातो घर ' को ट्रेलर सार्वजनिक भएको छ । काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै यसको ट्रेलर र चर्चामा रहेको ' झकास झापाली ' बोलको गीतको भिडियो देखाइएको थियो । सुरज सुब्बा ' नाल्बो ' ले निर्देशन गरेको यो चलचित्रमा विल्सन विक्रम राई , गौरव पहारी , संयम पुरी , मेनुका प्रधान , अनुराग कुँवर , विकेश श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका छ ।
' रातो घर ' को ट्रेलरमा विल्सनको कमेडी , संयमको गम्भिरता
379
अहिलेसम्म नौ अर्ब ## करोड ## लाख ## हजारका नयाँ नोट साटिएका छन् । नेपाल राष्ट्र बैंकको थापाथली र राष्ट्रिय वाणिज्य बैंक , नेपाल बैंक , कृषि विकास बैंकका ## शाखा कार्यालय लगायत बैंक तथा वित्तीय संस्थाबाट उक्त परिणाममा नयाँ नोट साटिएको हो । आइतबारसम्ममा राष्ट्र बैंक तथा सबै बैंक तथा वित्तीय संस्थाबाट नौ अर्ब ## कारेड ## लाख ## हजारका नयाँ नोट साटिएको नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका निर्देशक भिष्म उप्रेतीले नागरिकलाई बताए ।
नौ अर्ब ## करोडका नयाँ नोट साटिए
437
इरानले क्षेप्यास्त्र आक्रमण गरेको इराकको एरबिल शहरमा रहेका नेपाली शान्ति सेनालाई सतर्क र सम्पर्कमा रहन सेनाले निर्देशन दिएको छ । इरानी सैनिक कमाण्डर कासिम सुलेमानीको अमेरिकाले हत्या गरेपछि इरानले इराकका अमेरिकी सैन्य इलाका एरबिल र अल–असद ( पश्चिम बगदाद ) लाई लक्षित गर्दै क्षेप्यास्त्र आक्रमण गरेको थियो । हाल नेपाली शान्ति सेना इराकका इरबिल र किरकुक शहरमा तैनाथ छन् ।
इरानले क्षेप्यास्त्र आक्रमण गरेको एरबिल शहरको विमानस्थल सुरक्षामा नेपाली शान्ति सेना
368
पूर्वाञ्चल विश्वविद्यालयमा प्राध्यापक भर्नाको विरोधमा पाँच विद्यार्थी संगठनले विश्वविद्यालयको केन्द्रीय कार्यालय र सेवा आयोगको कार्यालयमा तोडफोड गरी तालाबन्दी गरेका छन् । छानविन समितिले दिएको सुझाव विपरीत प्राध्यापक , उपप्राध्यापक नियुक्तिको प्रक्रिया अघि बढाएको भन्दै आइतबार अनेरास्वियु , अखिल क्रान्तिकारी , संघीय विद्यार्थी फोरम नेपाल , राष्ट्रिय विद्यार्थी संघ र नयाँ शक्ति विद्यार्थी युनियनले अनिश्चितकालीन तालाबन्दी गरेका हुन् । तर गत चैत # गते प्रधानमन्त्री कार्यालयले सेवा आयोगले खुलाएको विज्ञापन प्रक्रिया तत्काल रोक्न निर्देशन दिदै विश्वविद्यालयमा भएको अनियमितताको विषय छानबिन गर्न समिति गठन गरेको थियो ।
पूर्वाञ्चल विश्वविद्यालयमा तोडफोड र तालाबन्दी
614
अबदेखि न्यायाधीश विदेश भ्रमण जाँदा अनिवार्यरुपमा मन्त्रिपरिषदको स्वीकृति लिनुपर्ने भएको छ । न्याय , कानुन तथा संसदीय मामिला मन्त्रालयले न्यायाधीशहरुले स्वीकृति नलिई भ्रमणमा गएको भन्दै अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था गर्न लागेको हो । कानुन , न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले भइरहेको कानुन कार्यान्वयन गर्दै अनुमति लिनुपर्ने व्यवस्था गर्न लागिएको बताए ।
न्यायाधीश विदेश जाँदा मन्त्रिपरिषद्को स्वीकृति अनिवार्य
371
वाणिज्य बैंकहरुले मुद्दती खातामा व्याजदर घटाएका छन् । नेपाल बैंकर्स एसोसिएसनमा भद्र सहमति गरी उनीहरुले संस्थागत तथा व्यक्तिगत मुद्दतीमा व्याजदर घटाएका हुन् । बैंकहरुले व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ## प्रतिशत दिँदै आएकोमा ## प्रतिशत तथा संस्थागत तर्फ ## प्रतिशत दिँदै आएकोमा # प्रतिशत कायम गरेका हुन् ।
मुद्दतीमा बैंकहरुले ब्याजदर घटाए
301
प्रमुख चार राजनीतिक शक्तिबीच आइतबार बसेको बैठक निष्कर्षविहीन भएको छ । संघीयताको विवाद टुंगो लगाउन भन्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाली कांग्रेस , नेकपा एमाले , एमाओवादी र मधेसीमोर्चाका शीर्ष नेताहरुको बैठक बसेको थियो । बैठकपछि मधेसी मोर्चाका नेता तथा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छादरले भन्नलायक ठोस सहमति नभएको बताए ।
प्रमुख चार राजनीतिक शक्तिको बैठक निष्कर्षविहीन
347
अक्षयकुमारको पछिल्लो रिलिज ' गोल्ड ' ले वक्सअफिसमा सय करोड भारूको आँकडा पार गरेको छ । फिल्मले मंगलबार सय करोडको बिन्दु पार गरेको हो । ' गोल्ड ' लाई बलिउडको यो सफल मानक पार गर्न झण्डै दुई साताको समय लाग्यो ।
गोल्ड : सय करोड कमाउने अक्षयको # औं फिल्म
206
म कप्तान भएको ## वर्ष भइसक्यो । सोमबार मात्र नेपाल क्रिकेट संघ ( क्यान ) माथिको निलम्बन फुक्यो । म आफैँ पनि कहिले निलम्बन फुकुवा हुन्छ भनेर कुरिरहेको थिएँ ।
म कप्तानका रुपमा फर्कन्नँ : पारस खड्का
156
आइतबार भएको एक सय मिटर हडल्स ( बाधा ) दौडमा महिलातर्फ प्रदेश # ले स्वर्ण पदक जितेको छ । प्रदेश # की प्रमिला थारुले ## दशमलव ## सेकेण्डका साथ स्वर्ण पदक जितेकी हुन् । रजत पदक पनि प्रदेश # कै जयरानी चौधरीले नाम जितेकी छन् ।
आठौं राष्ट्रिय खेलकुद : महिला हडल्स दौडमा # नं . प्रदेशलाई स्वर्ण
221
स्थानीय तहको विकास र विस्तारका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासङ्घबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । शुक्रबार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङ र नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाबीच ## बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा स्थानीय तहमा वार्षिक योजना , उत्पादित सामान सहज विक्री वितरण उद्योग जिल्ला तथा गाउँमा रहेका वाणिज्य सङ्घहरुले सहयोग गर्ने , कार्यक्रम बनाउँदा उद्योग क्षेत्रको प्रतिनिधित्व गर्नुपर्ने , उद्योग क्षेत्रको विकास निर्माणमा आवश्यक पर्ने प्राकृतिक साधन स्रोतको समुचित प्रयोगमा उद्योग सङ्घले सहयोग गर्ने उल्लेख छ ।
स्थानीय तहको विकासका लागि मन्त्रालय र महासङ्घबीच समझदारी
669
काठमाडौं महानगरपालिका - ## तीनकुनेस्थित जागृतिनगरमा सरकारी जग्गा अतिक्रमण गरेको बनाइएका घर टहरामा जोडर लगाइएको छ । प्रदेशसभा सदस्य गणेश दुलाल र वडा नम्बर ## का वडाध्यक्ष नारायणप्रसाद भण्डारी नेतृत्वको टोलीले शनिबार अतिक्रमित जग्गामा डोजर चलाएको हो । वडाध्यक्ष भण्डारीका अनुसार # रोपनी # आना सरकारी जग्गा खाली गराइरहेको हो ।
सरकारी जग्गा अतिक्रमण गरेर बनाएको टहरामा डोजर चल्यो
323
चितवनको भरतपुरस्थित सप्तगण्डकी क्याम्पसमा शैक्षिक एफएम तथा टेलिभिजन प्रयोगशाला सञ्चालनमा आएको छ । सो एफएम तथा टेलिभिजन प्रयोगशालाको प्रदेश–# का मुख्यमन्त्री डोरमणि पौडेलले बिहीबार एक कार्यक्रमकाबीच उद्घाटन गरे । कार्यक्रम उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले सामुदायिक क्याम्पस सवलीकरणका लागि प्रदेश सरकारले सहयोग गरिरहेको बताए ।
चितवनको सप्तगण्डकीमा शैक्षिक एफएम र टेलिभिजन ल्याव सञ्चालन
327
कविशिरोमणि लेखनाथ पौड्यालको ### औं जन्मजयन्ती प्रज्ञा भवनमा प्रवचन कार्यक्रमको आयोजना गरी मनाइएको छ । कार्यक्रममा प्रमुख अतिथिको रूपमा वांमय शताब्दी पुरुष सत्यमोहन जोशीको उपस्थिति रहेको थियो । जोशीले नेपाली साहित्यमा भानुभक्त र मोतीरामपछि उदाएका पौड्यालको योगदान विशेष गरी कविता विधामा रहेको बताए ।
कविशिरोमणिको योगदानको विशेष सम्झना
298
जापान सरकारले जनशक्ति विकास छात्रवृत्ति परियोजनाका लागि नेपाल सरकारलाई रू । ## करोड ## लाख अनुदान सहायता उपलब्ध गराउने भएको छ । यो परियोजनाअन्तरगत जापानमा स्नातकोत्तर तह अध्ययनका लागि ## सरकारी अधिकृत छनोट गरिनेछ ।
जापान सरकारले जनशक्ति विकास छात्रवृत्ति परियोजनाका लागि ## कराेडभन्दा बढी सहयोग गर्ने
214
बाम गठबन्धनले प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपरिणाम तत्काल सार्वजनिक गर्न माग गरेको छ । सोमबार निर्वाचन आयोगका आयुक्तहरुलाई एमाले उपाध्यक्ष भीम रावल . नेता सुवासचन्द्र नेम्वाङ , माओवादी नेता कृष्णबहादुर महरा , वर्षमान पुनलगायतले भेटेर मतपरिणाम सार्वजनिक गर्न माग गरेका हुन् । भेटपछि आयोजित पत्रकार सम्मेलनमा एमाले उपाध्यक्ष रावलले जनताले दिएको म्यान्डेटलाई आयोगले बेवास्ता गरेको आरोप लगाए ।
निर्वाचन आयोग पुगेर वाम नेताले सोधे - ' प्रतिनिधिसभातर्फको मतपरिणाम कहिले सार्वजनिक गर्ने '
393
नेपालको सबैभन्दा ठूलो दातृ निकाय एसियाली विकास बैंक ( एडीबी ) ले सन् #### मा ### मिलियन डलर निकासा गर्ने लक्ष्य लिएको छ । नेपाल भ्रमणमा रहेका एडीबीका उपाध्यक्ष वेन्काई झाङले मेलम्ची खानेपानी आयोजनाका साथै तनहुँ हाइड्रोपावर , त्रिभुवन र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल आफूहरुको प्राथमिकतामा रहेको बताए । उनले भने , ' मेलम्ची ढिला भयो ।
एडीबीको प्राथमिकतामा त्रिभुवन र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल
337
बिहिबार भएको खेलमा अस्ट्रेलियाले वेस्ट इण्डिजलाई ## रनले पराजित गर्‍यो । हिजोको खेलमा ब्याटिङ र बलिड् दुबैमा अस्ट्रेलियाले आफूलाई सावित गर्‍यो एकसमय # विकेटको क्षतिमा ## को स्कोरमा रहेको टोलीले सम्हालिएर ब्याटिङ गर्दै ### रनको सम्मानजनक स्कोर खडा गर्‍यो । उसको जितका लागि बलिङ प्रदर्शन झन प्रभावशालीरूपमा महत्वपूर्ण बन्यो ।
स्टार्कले बनाए विश्वकीर्तिमान , तोडे ## वर्ष पुरानो रेकर्ड
323
महंगो सेट लगाएर चलचित्र ' होमवर्क ' को छायांकन सकाइएको छ । निरक पौडेलको निर्देशनमा बनेको चलचित्रको छायांकन मंगलबार सकिएको हो । आफूले पाएको जिम्मेवारीलाई सही तबरले होमवर्क गर्ने हो भने त्यसले गन्तव्यमा पुर्‍याउने कथालाई यो चलचित्रले उठान गरेको छ ।
आर्यन र नम्रताको ' होमवर्क ' सकियो
246
प्रदेश # मा विपक्षीसँगै सत्तारुढ सांसदहरुले नै प्रदेशसभा बैठक अवरुद्ध गरेका छन् । प्रदेश सरकारको मन्त्रालयगत योजना तथा सांसद विकास कोषमार्फत भएका कामको भुक्तानी समयमा नभएको भन्दै आइतबार सत्ता तथा प्रतिपक्षी सांसदहरुले प्रदेशसभा बैठक अवरुद्ध गरेका हुन् । बैठकको सुरुमा सत्तारुढ राष्ट्रिय जनता पार्टी ( राजपा ) का सांसद विदेश्वर यादव ' विक्की ' ले कोषमार्फत काम भएका योजनाहरुको समेत रकम भुक्तानी नदिँदा प्रदेशको बद्मानी भएको बताए ।
प्रदेशसभा - # मा सत्तारुढ सांसदकै अवरोध
429
महोत्तरीको जलेश्वर नगरपालिका ## नैन्हीमा झाडापखाला फैलिएको छ । झाडापखालाबाट एक बालिकाको मृत्यु भएको छ । झाडापखालाबाट बिरामी चार वर्षीया बालिका खुश्बु खातुनको उपचारका लागि जलेश्वर अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।
जलेश्वर नगरपालिकामा झाडापखालाको प्रकोप , एक बालिकाको मृत्यु
217
रौतहट–बौलाहा स्यालको टोकाईबाट रौतहटस्थित एकजनाको मृत्युु र दर्जनौ गम्भिर घाइते भएको घटना नसेलाउदै बुधबार फेरी स्यालको टोकाईबाट आधादर्जन मानिस घाईते भएका छन् । रौतहटको कटहरिया गाँउपालिकामा बिहान पाँच बजे सौच गर्न घरबाहिर खेतमा गएका चारमहिला सहित # जनालाई बहुुलाहा स्यालले टोकेर घाईते बनाएको हो । स्यालको टोकाइबाट सौच गर्न गएका कटहरियाका ## बािर्षया प्रभुु दाश , ## बािर्षया सविता देखि , सियाराम महतो , सुनैना देखि घाइते भएका हुन् ।
रौतहटमा रोकिएन स्याल आतंकः टोकाईबाट # जना घाइते
430
नेपाली कांग्रेस नेता गोपालमान श्रेष्ठले माघ # गतेभित्रै संविधान जारी गर्ने सर्तमा आफूहरु # प्रदेशमा जान तयार रहेको बताएका छन् । कांग्रेस र एमालेको साझा धारणामा शंका नगर्न आग्रह गर्दै उनले प्रस्तावमा छलफल गरेर सहमति खोज्नु पर्ने बताए । सोमबार राजधानीमा आयोजित कार्यक्रममा श्रेष्ठले भने - ' ### सभासदको समर्थन भएकोले आशंका उत्पन्न हुनु स्वभाविक हो ।
# प्रदेशमा जान कांग्रेस तयार : श्रेष्ठ
347
कुटपीटको आरोपमा पक्राउ परेका सांसद दीपक मनाङ्गेलाई जिल्ला प्रशासन कार्यालयले # हजार रुपैयाँ धरौटीमा छाडेको छ । जिल्ला फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङलाई झापड हानेको भोलिपल्ट पक्राउ परेका उनीमाथि प्रहरीले अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धान सुरु गरेको थियो । जिल्ला प्रशासन कार्यालयले आइतबार उनलाई # हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
सांसद दीपक मनाङ्गे # हजार धरौटीमा रिहा
357
व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत कोसी राजमार्गमा निर्माणाधीन ## किलोमिटर सडकमध्ये साढे छ किलोमिटर मात्रै मापदण्डबमोजिमको हुने भएकाटहरी बजारदेखि उत्तर तरहरा बजारसम्मको सडक–खण्ड मापदण्डअनुसारको हुनेछ भने बाँकी खण्डमा मापदण्ड मिचिनेछ । भारत तथा तेस्रो मुलुकसँगको व्यापार सहजीकरणका लागि विराटनगरको रानीदेखि धरानसम्म छ लेनको बनाउन लागिएको सो सडकको ## किलोमिटरमध्ये हाल ## किलोमिटर क्षेत्रमा मात्र काम भइरहेको छ । ' इटहरी बजारदेखि उत्तर तरहराबजारसम्म मात्रै छ लेनको मापदण्डअनुसारको सडक हुनेछ , अरूतिर भने एकरूपता हुने छैन , ' छ लेन सडक विस्तार आयोजना इटहरीका इन्जिनियर उपेन्द्र दासले भने ।
साढे छ किलोमिटर मात्रै मापदण्डअनुरूप
589
संसद्मा सरकारविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुँदा सत्तारुढ नेकपा एमालेभित्रको द्वन्द्वसमेत छताछुल्ल भएको छ । अविश्वास प्रस्तावमाथिको छलफलमा एमाले नेताहरू झलनाथ खनाल , माधवकुमार नेपाल र वामदेव गौतम सरकारप्रति आलोचनात्मक देखिएका थिए । प्रधानमन्त्री ओलीले दलभित्रको प्रजातन्त्रलाई सुदृढ नगरेको परिणाम संसदमा देखिएको हो ।
सरकारमा जाँदा पार्टीमा सधैं द्वन्द्व
323
शनिअर्जुन नगरपालिकाबाट प्रहरीले अपहरणमा परेका तीन जनालाई सकुशल उद्धार गरेको छ । अपहरणमा संलग्न पाँच जनालाई हतियारसहित पक्राउ गरिएको छ । भारतको राजस्थान र गुजरात घर भएका तीन युवालाई अपहरण गरी शनिअर्जुन नगरपालिकास्थित एक घरमा राखिएको अवस्थामा प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता भीमबहादुर दाहालले जानकारी दिए ।
अपहृत तीन भारतीयको सकुशल उद्धारः अपहरणमा संलग्न पाँच पक्राउ
335
ललितपुर खुमलटारमा रहेको सरकारी जग्गामा निजी कम्पनीले धमाधम संरचना खडा गर्न लागेका छन् । रेडियो नेपालको स्वामित्वमा रहेको एक सय ## रोपनी क्षेत्रफलमध्ये दक्षिणतर्फको करिब ## रोपनी जग्गामा बिनाअनुमति संरचना निर्माण भइरहेको हो । रेडियो नेपालको रिपिटर टावर छेवैमा हुन्डाई कम्पनी , स्काई प्लाइउड कम्पनी , गणपति भेनियर तथा प्लाइउड उद्योग , हेभी इक्युप्मेन्ट तथा एक्जाभेटर कम्पनीले भवन बनाइरहेका छन् ।
अनुमति नलिई धमाधम भवन निर्माण
393
तीन दशकअघि सरुभक्तले एउटा पाण्डुलिपि त्यसै थन्क्याए । बूढापाकाले सुनाउने तिलस्मी कथालाई दुरुस्तै उतारेसरि नाटक कापीका पानामा उतारियो , रंगमञ्चमा उतारिएन । सुन्नेलाई सुनको माला भएन ।
तीन दशकपछि मञ्चमा
181
अग्नि ग्रुपले रौतहटको चन्द्रनिगाहपुरमा महिन्द्राको ट्रयाक्टरसहितका सवारी साधनहरूको नयाँ ' थ्रीएस सेटअप ' सहितको शोरुम स्थापना गरेको छ । शोरुमको अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरी , रौतहट क्षेत्र नं # संघीय सांसद देवप्रकाश तिमिल्सिना , नेपाल कम्युनिष्ट पार्टीका जिल्ला संयोजक युवराज भट्टराई समीर , रौतहट– # का वडाध्याक्ष सञ्जय काफ्ले र वडा नं # का वडाध्याक्ष वोधनाथ देवकोटाको उपस्थितिमा शुक्रबार उद्घाटन गरेका हुन् । रौतहट र आसपासका ग्राहकहरूलाई गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराइ लाभ प्रदान गर्ने उद्देश्यले नयाँ थ्रीएस शोरुम स्थापना गरिएको हो ।
चन्द्रनिगाहपुरमा खुल्याे महिन्द्राको थ्रीएस सुविधासहितको शोरुम
609
अहिलेका सबै फिल्म किन उस्तै लाग्छन् ? किन दर्शकले नेपाली फिल्म हेर्दैनन् ? यसको जवाफ खोज्न टाढा जानु पर्दैन । आफैंसँग प्रश्न गरे पुग्छ । अहिले हामी बजारबाट बढी निर्देशित भयौं ।
बजारले लतारेका फिल्म , म्यानेजरजस्ता निर्देशक
176
ठेकेदारको ढिलासुस्तीले नवलपरासीको सदरमुकाम परासीदेखि गोपीगञ्ज नारायण चोकसम्मको सडक कालोपत्रे गर्ने काम अलपत्र परेको छ । हाल सडकमा हिँड्नै नसक्ने अवस्था भएपछि स्थानीयबासी बर्दघाट भुमई हुँदै ## किलोमिटर लामो यात्रा गरेर सदरमुकाम परासी जान बाध्य छन् । जबकी गोपीगञ्जदेखि परासीसम्मको दुरी ## किलोमिटर मात्र हो ।
परासी - गोपीगञ्ज सडकः डेढ वर्षमा माटोमात्र थुपारियो , हिँडडुल गर्नै कठिन
306
आरपी सुवेदी# असोज , नेपालगञ्ज । राष्ट्रपति डा . रामवरण यादव बाढी आएको महिना दिन बितेपछि सेतो हेलीकोप्टर चढेर पश्चिम तराईका बाढीपीडित क्षेत्रको भ्रमणमा निस्किएका छन् । सिाचाइमन्त्री एनपी साउद र आफ्नी छोरीलाई समेत लिएर भ्रमणमा निस्केका राष्ट्रपति यादवले बाढी पीडितसँग दुःख बााड्नका लागि आएको बताएका छन् ।
सेतो हेलिकोप्टर चढेर राष्ट्रपतिको देश दौडाहा
302
राजविराजमा सम्पन्न आमन्त्रित राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि धनुषाले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा महोत्तरीलाई पराजित गरी धनुषाले ## हजार रुपैयाँ पुरस्कारसहित उपाधि हात पारेको हो । उपविजेता महोत्तरीले ## हजार रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो ।
कबड्डीको उपाधि धनुषालाई
255
सरकारले तोकेको समयसीमा सकिँदा पनि निजी मेडिकल कलेजहरूले विद्यार्थीबाट असुलेको अतिरिक्त शुल्क फिर्ता गरेका छैनन् । गृहमन्त्री रामबहादुर थापा र शिक्षामन्त्री गिरिराजमणि पोखरेलको उपस्थितिमा सम्बन्धित विश्वविद्यालयका पदाधिकारीसहित गत असोज # गते बसेको बैठकले एक महिनाभित्र रकम फिर्ता गर्न कलेजहरूलाई निर्देशन दिएको थियो । बैठकले शुल्क फिर्ता नगरे निजी मेडिकल कलेजहरूविरुद्ध ठगी मुद्दाअन्तर्गत कारबाही प्रक्रिया अघि बढाउने निर्णयसमेत गरेको थियो ।
मेडिकल कलेजले फिर्ता गरेनन् शुल्क
440
## घण्टा देखि रोकिएको पोखरा - लेखनाथ महानगरपालिकाको मतगणना सुरु गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । निर्वाचन आयोगको बैठकले निर्वाचन अधिकृतको हस्ताक्षर मिलेको अवस्थामा मतगणना सुरु गर्न आयोगले निर्देशन दिएको आयोगका आयुक्त इश्वरी पौडेलले जनाए । गणनाका क्रममा फरक स्वस्तीक छाप सहितका मतपत्र भेटिएपछि पोखरा–लेखनाथ महानगरपालिकाको मतगणना चौबिस घण्टा भन्दा बढी समयदेखि रोकिएको छ ।
पोखरा - लेखनाथ महानगरपालिकाको मतगणना सुरु गर्न निर्देशन
376
पाँचथर–स्थानीय तहको पुनः संचरनामा असन्तुष्टि जनाउँदै जिल्लास्थित विभिन्न गाविसका बासिन्दाले मेची राजमार्ग अवरुद्ध गरेका छन् । मेची राजमार्गको पाँचथर छिर्ने राँके बजारमा शनिबार दिउँसोदेखि यातायात अवरुद्ध गराएका हुन् । शुक्रबार फिदिममा बृहद प्रर्दशन गर्दै यातायात अवरुद्ध गर्ने चेतनावनी दिइएको थियो ।
पुर्नसंरचनामा असन्तुष्टि जनाउँदै मेची राजमार्ग अवरुद्ध
298
चर्चित इरानी फिल्म निर्देशक माजिद माजिदी निर्देशित ' वियोन्ड द क्लाउड्स ' को ट्रेलर रिलिज भएको छ । मार्च ## मा रिलिज हुने फिल्मबाट बलिउड अभिनेता शाहिद कपुरका भाइ इशान खट्टरले डेब्यू गर्दैछन् । फिल्ममा उनी मालाभिका मोहननसँग देखिनेछन् ।
माजिद माजिदी निर्देशित ' वियोन्ड द क्लाउड्स ' को ट्रेलर रिलिज
234
नागरिककर्मी विनोद परियार ' उत्कृष्ट सहकारी पत्रकारिता ' पुरस्कारबाट पुरस्कृत भएका छन् । सोमबार बुटवलमा बचत तथा ऋण सहकारी संघ रुपन्देहीको ## औं वार्षिक उत्सवका अवसरमा उत्कृष्ट सहकारी पत्रकारिता पुरस्कार #### बाट परियार पुरस्कृत भएका हुन् । उक्त पुरस्कार नेपाल पत्रकार महासंघ रुपन्देहीसँगको सहकार्यमा संघले स्थापना गरिएको हो ।
नागरिककर्मी परियार ' उत्कृष्ट सहकारी पत्रकारिता ' बाट पुरस्कृत
324
चितवनमा दलहरूले बढाएको चहलपहल हेर्दा चुनाव मिति नै घोषणा भइसकेको आभास हुन्छ । राजनीतिक दलका केन्द्रीय नेताहरू लगातार चितवन आइरहेका छन् । जिल्लाका नेताहरू घरदैलोमै जान थालेका छन् ।
घरदैलोमा दलका नेता
179
अपहरण पछि हत्या गरिएका घोराहीका व्यवसायी रणबहादुर घर्तीको शव अझै अस्पतालमा छ । हत्यामा संलग्नहरुलाई जन्म कैदको घोषणा नहुँदासम्म शव नबुझ्ने घर्तीको परिवारजनले अडान लिदैं आएका छन् । घर्तीका दुई छोराको उचित शिक्षाको सुनिश्चित व्यवस्था हुनुपर्ने र घर्तीको श्रीमतीलाई रोजगारीको व्यवस्था हुनुपर्ने माग राख्दै शव बुझ्न नमानेको दाङका प्रहरी प्रमुख एवं एसपी धिरज प्रताप सिंहले जानकारी दिए ।
घर्तीको हत्यारालाई जन्मकैदको सजाय नभएसम्म शव नबुझ्ने परिवारको अडान
381
बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंहको जोडीलाई बलिउडमा रुचाइएको जोडीका रूपमा लिइन्छ । रणवीरको चञ्चलपन र दीपिकाको मुस्कान धेरैका लागि आकर्षणको माध्यम पनि हुन् । बलिउडमा जमेका प्रेमजोडीका रूपमा परिचित दीपिका र रणवीरको प्रेम यतिबेला भने संकटमा परेको छ ।
खत्तम प्रेम कहानी ?
265
सरकारले विकास सहायता , पूर्वाधार / आयोजना तथा प्राविधिक मिसनमा आउने विदेशीलाई निःशुल्क प्रवेशाज्ञा , श्रम स्वीकृति र कार्य सहमति दिने ' विवादास्पद निर्णय ' गरेको छ । गृह र श्रम , रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको असहमतिका बीच अर्थमन्त्री युवराज खतिवडाले विदेशी विज्ञ , परामर्शदाता , कर्मचारी , स्वयंसेवक तथा कामदारलाई शुल्क नलिने प्रस्ताव मन्त्रिपरिषद् बैठकबाट पारित गराएका हुन् । मन्त्रिपरिषद् बैठकले माघ ## गते पारित गरेको निर्णयमा विकास सहायता र प्राविधिक मिसनमा आउने विदेशीका पति / पत्नी वा ## वर्षमुनिका छोराछोरीलाई पनि निःशुल्क भिसा र श्रम स्वीकृति दिने उल्लेख छ ।
विदेशी विज्ञलगायतलाई भिसा र श्रम स्वीकृति निःशुल्क
575
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले बेलायतको # दिने राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध बेलायती प्रधानमन्त्री थेरेसा मेलाई उजुरी पत्र पठाएको छ । मोर्चाका अध्यक्ष फणीन्द्र नेपालको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले विहीबार बेलायती राजदूतावासका डेपुटी एम्बेसेडर ब्यारी डेभिडसनमार्फत मोदीविरुद्ध बेलायतमा उजुरी दिएको हो । पत्र बुझ्दै उपराजदूत ब्यारीले प्रधानमन्त्रीलाई लेखिएको पत्र तत्काल लण्डन पठाइएको बताए ।
नरेन्द्र मोदीविरुद्ध ग्रेटर नेपालद्वारा बेलायतमा उजुरी
432
बालिका अपहरण गरी जबर्जस्तीकरणी गरी फरार रहेका एक अभियुक्तलाई प्रहरीले आज पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले अपहरण तथा शारीरिक बन्धक , जबर्जस्तीकरणी र मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार अभियुक्त ## वर्षीय रुपेश बैठा धोबीलाइ पक्राउ गरेको हो । विसं #### जेठ ## गते गौर नगरपालिका–# स्थित वर्ष ## की किशोरीलाई अपहरण गरेका धोबीलाई राजपुर नगरपालिका–# ब्रहमपुरीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बालिका अपहरणमा फरार अभियुक्त पक्राउ
417
सरकारले नयाँ बजेटमार्फत दूरसञ्चार सेवा दस्तुर ( टिएससी ) बढाएपछि आम उपभोक्ताको टेलिफोन खर्च बढ्ने भएको छ । सरकारले मंगलबार आर्थिक वर्ष ### - ## को बजेटमार्फत दूरसञ्चार सेवा प्रदायकले ग्राहकबाट लिने दूरसञ्चार सेवा दस्तुर ## प्रतिशत पु¥याएपछि प्रत्येक कलको शुल्क बढ्ने भएको हो । यसअघि ## प्रतिशत रहेको दूरसञ्चार सेवा दस्तुर दुई प्रतिशत बिन्दुले बढाइएको आर्थिक विधेयक #### मा उल्लेख छ ।
उपभोक्ताको टेलिफोन खर्च बढ्ने
383
सुनसरीको औरावनी गाविस–# मा शनिबार मध्यराति आगलागी हुँदा पाँच लाख बराबरको क्षति भएको छ । फाइल फोटोआगलागीमा परेर पसलभित्र रहेको सामग्री पूर्णरुपले जलेर नष्ट हुँदा रु पाँच लाख बराबरको क्षति भएको पसल सञ्चालक सुरेश चौधरीले बताए । विद्युत् सर्ट भएर आगलागी भएको स्थानीयवासीले बताएका छन् ।
सुनसरीको एक पसलमा आगलागीमा पाँच लाखको क्षति
281
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली शासकलाई भेट्न तयार रहेको बताएका छन् । ट्रम्पको प्रतिक्रियासँगै उत्तर कोरियाको आणविक कार्यक्रमलाई लिएर क्रुद्ध रहेको अमेरिका र उत्तर कोरियाबीच लामो समयदेखि चलिरहेको वाक युद्धले नयाँ मोड लिएको छ । प्योङयाङविरुद्ध हप्तौं कडा अभिव्यक्ति दिइरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई भेट्न इच्छुक रहेको बताएका छन् ।
किम जोङ उनलाई भेट्न तयार छु : ट्रम्प
394
सत्तारुढ माओवादी केन्द्रका प्रदेश इन्चार्जहरूले जम्बो केन्द्रीय समिति भंग गरी संगठनलाई चुस्त दुरुस्त बनाउनका लागि माग गरेका छन् । पार्टी मुख्यालय पेरिसडाँडामा जारी निर्वाचन समीक्षा , भावी चुनावी रणनीति र सांगठनिक विषयमा छलफल गर्न बोलाइएको बैठकमा प्रदेश इन्चार्जहरूले उक्त विषयलाई उठाएका छन् । गत वैशाख ## र असार ## मा सम्पन्न दुई चरणका स्थानीय तहको निर्वाचन समीक्षा गर्न उक्त बैठक बोलाइएको थियो ।
माओवादी समीक्षा - ' जनतामा जान नसक्दा हार्‍यौं '
396
पर्यटकीय दृष्टिकोणले अत्यन्तै सम्भावना बोकेको कालीमाटी गाउँपालिकाले आफ्नो क्षेत्रको पर्यटकीयस्थलको विकासलाई प्राथमिकता दिने भएको छ । करिब एक दर्जन पर्यटकीयस्थल रहेको कालीमाटी गाउँपालिकाले गुरुयोजना बनाएर पर्यटकीयस्थलको विकास र प्रवद्र्धनका लागि लगानी गर्ने भएको छ । नेपाल पत्रकार महासंघ , सल्यान शाखाले आफ्नो नियमित बैठक धार्मिक तथा पर्यटकीयस्थल कालीमाटीको लक्ष्मीपुरमा सम्पन्न गरेर पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकालाई अनुरोध गरेपछि कालीमाटी गाउँपालिकाले यस्तो निर्णय गरेको हो ।
कालीमाटी गापाले पर्यटकीयस्थलमा लगानी गर्ने
481
गोरखा नगरपालिका - # कट्टेलचोक नजिकै शनिबार ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङ घर भइ हाल गोरखाको इँट्टाभट्टामा मजदुरी गर्दै आएका अन्दाजी ## वर्षीय सुनिल मगर रहेको प्रहरीले जनाएको छ । कट्टेलडाँडाबाट खोलखोले आउँदै गरेको ग # त #### नम्वरको ट्याक्टर अनियन्त्रित भइ सडकबाट करिब ## फिट तल खसेको छ ।
गोरखामा ट्याक्टर दुर्घटना हुँदा मजदुरको मृत्यु
339
नेपाल निजामति कर्मचारी संगठनका पूर्व अध्यक्ष मोहन घिमिरेले मंगलबार सिंहदरबारबाटै फेसबुक स्टाटस अपडेट गरे - मन्त्रीहरुको मन्त्रालयप्रति मोह देखियो किन होला ? विहान # बजेदेखि बेलुका नौ बजेसम्म अफिस बस्छन् त । हुन पनि कतिपय मन्त्रीहरु चुनावपछि बिहानदेखि रातिसम्म मन्त्रालयमै ' व्यस्त ' हुने गरेका छन् । मन्त्रालयमा कार्यकर्ताको चाप पनि बढिरहेको छ ।
मन्त्रीले रातिसम्म सिंहदरबार नछाड्दा सचिवहरुको भागाभाग
345
अन्तराष्ट्रिय क्रिकेट परिषद् ( आईसीसी ) ले आईसीसीले नेपाल क्रिकेट निलम्बन हुने चेतावनी दिइरहँदा क्यानको आधिकारिकता विवादमा आइतबार पनि सर्वोच्च अदालतमा बहस हुन सकेन । नेपाल क्रिकेट संघसँग सम्वद्ध पक्षहरु आरोप प्रत्यारोपमा उभिएका छन् । र , एकले अर्कालाई पछि हट्न भनिरहेका छन् ।
नेपाली क्रिकेटमा लाजमर्दो दिन नआओस्ः पारस खड्का
275
' दक्षिणी क्षेत्रका स्थानीय तहका उपमेयर एवं उपाध्यक्षज्यूहरू आफै भर्खर पर्दा ( घुम्टो ) बाहिर आउने प्रयासमा हुनुहुन्छ ' , शनिबार दिउँसो उत्तरी क्षेत्रस्थित मिलनचोकमा आयोजित एक कार्यक्रममा बोल्दै बलरा नगरपालिकाका मेयर अभय सिंहले भने , ' भर्खर घरबाट बाहिर निस्कनु भएको छ , त्यसैले उहाँहरूको क्षमता अभिवृद्धिका लागि विशेष ध्यान दिन जरुरी छ । ' दिगो शान्तिका लागि उन्नत सम्बन्ध भन्ने नाराका साथ जिल्लामा प्राकृतिक स्रोतमा देखिएका विवाद मिलाउँदै द्वन्द्व रुपान्तरणका लागि सहजीकरण गर्दै आएको रूपान्तरण केन्द्र नेपालद्वारा आयोजित कार्यक्रममा बोल्दै बलरा नगरपालिकाका मेयर सिंहले यस्तो धारणा राखेका हुन् । जिल्ला समन्वय समितिको संयोजन रहेको कार्यक्रममा सिंहले आम जनतालाई न्याय दिने न्यायिक समितिको संयोजकको भूमिकामा रहेका स्थानीय तहका उपप्रमुख एवं उपाध्यक्षहरू नै घुम्टो बाहिर आउने प्रयासमा रहेकाले उनीहरूलाई बृहद् जानकारीको आवश्यक रहेको बताए ।
उपप्रमुख अझै घुम्टोमा
835
म्यूजिक भिडियोमा निर्देशक निकेश खड्काले कथा खोज्छन् । ' बहुला , छोरी अन्माउँदा ' जस्ता भिडियोले पनि उनको कथात्मक प्रस्तुतिलाई छल्काइसकेका छन् । उनै , निकेशले फरक शैलीमा ' मुखौटा ' बोलको गीतको म्यूजिक भिडियो तयार पारेका छन् ।
' लुट ' को शैलीमा निकेशको ' मुखौटा '
224
क्रिस्टियानो रोनाल्डोबिनाको पोर्चुगल युइएफए नेसन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । नेसन्स लिग अन्तर्गत गए राति इटालीसँग गोलरहित बराबरी खेल्दै पोर्चुगल एक खेल अगावै समूह विजेताका रूपमा अन्तिम चारमा प्रवेश गरेको हो । लिग ए को समूह # मा रहेको इटाली समूह उपविजेता बन्दा पोल्यान्ड भने पुछारमा रहँदै रेलिगेसनमा पर्‍यो ।
रोनाल्डोविनाको पोर्चुगल नेसन्स लिगको सेमिफाइनलमा
322
युरोपेली च्याम्पियन्सको नयाँ सिजनको समूहगत लिग चरणका खेल मंगलबार राति सुरु भएका छन् । पहिलो खेलमै डिफेन्डिङ च्याम्पियन लिभरपुल पराजित भएको छ । उसलाई नेपोलीले #–# ले पराजित गर्‍यो ।
नेपोलीसँग लिभरपुल पराजित
180
करेसाबारीमा खिमबहादुर थारु ' अटल ' निमुसंगम घर्ती## मंसिर , घोराही । कुनै समय बन्दुक बोकी लडाईका मोर्चा सम्हाल्ने जनमुक्ति सेनाहरुले अहिले पूर्वलडाकूको उपमा पाइसकेका छन् । सैन्य ब्यारेक फर्मेशनबाट अवकाश लिएपछि उनीहरुको जीवन सामाजिक कार्य र व्यवसायमा व्यतित हुँदै आइरहेको छ ।
बन्दूक र बम बोकेका हात कुटो कोदालो खेलाउँदै
274
क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा पोखरा प्रिमियर लिग टी–## क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण यहि मंसिर ## गतेदेखि ## गतेसम्म हुँदैछ । पोखरा प्रिमियर लिगको दोस्रो संस्करणमा पनि नेपालका # सहरका # फ्रेञ्चाइज टिमहरुको सहभागिता रहनेछ । जसमा विराटनगर टाइटन्स , पोखरा पल्टन , बुटवल ब्लास्टर्स , चितवन राइनोज , काठमाडौं गोल्डेन वारीयर्स र धनगढी ब्लुज छन् ।
पोखरा प्रिमियर लिगको तयारी पूरा , विजेतालाई ## लाख
363
कर्मचारीको अभावमा स्थानीय तहका काम प्रभावित बनेको छ । सदरमुकाम फिदिम नगरपालिकाका ## वडाहरूका कार्यालयमा कर्मचारी छैनन् । यहाँका अधिकांश वडा कार्यालयहरू कार्यालय सहयोगीका भरमा छन् ।
स्थानीय तहमा कर्मचारी अभाव
180
नायिका प्रियंका कार्कीले आफ्ना प्रेमी नायक आयुष्मान देशराज जोशीसँग इन्गेजमेन्ट भएपछि आफ्नो अर्धनमा ट्याटु बनाइन् । प्रियंका र आयुष्मानको नाम मिलाएर बनाइएको ' आयांक ' नाममा उनले ट्याटु खोपेकी थिइन् । अब , नायक आयुष्मान देशराज जोशीले पनि ट्याटु खोपेका छन् ।
प्रियंकापछि आयुष्मानले खोपे ' आयांक ' नामको ट्याटु
255
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ( सार्क ) को अध्यक्षता गरिरहेको नेपालको ढिलासुस्तीले कामदारको हितमा बनाउने भनिएको योजना अलपत्र परेको छ । सार्क मुलुकका कामदारको न्यूनतम पारिश्रमिक एउटै बनाउने तथा गन्तव्य मुलुकसँग सामूहिक सौदाबाजी गर्ने प्रयासस्वरुप सन् #### को शिखर बैठकले सार्क मुलुकका कामदारको हितमा योजना बनाउन प्राविधिक समिति गठन गर्ने सहमति गरेको थियो । शिखर सम्मेलनमा सहभागी शीर्षस्थ नेताले गरेको सहमति कार्यान्वयनका लागि प्राविधिक समिति बनाउने भनिए पनि सार्कको अध्यक्षता गरिरहेको नेपालले प्राविधिक समितिका लागि अझै फोकल पर्सन नै नियुक्त नगर्दा थप प्रक्रिया सुरु हुन नसकेको हो ।
प्राविधिक समिति नबन्दा सार्कको आप्रवासन योजना अलपत्र
588
बलिउड कलाकारलाई युरोप , अमेरिका वा विश्वका कुनै पनि मुलुकले स - सम्मान प्रवेश दिन्छ । तर , एकजना कलाकार पासपोर्ट रिनो गर्न नभ्याएका कारण आफ्ना सन्तानलाई अमेरिका घुमाउने अवसरवाट बञ्चित रहे । यी अभागी कलाकार हुन् सञ्जय दत्त ।
पासपोर्ट नहुँदा सञ्जयले छुट्टी मनाउन पाएनन्
223
स्थानीय तहको तेस्रो चरणका असोज # गते हुने प्रदेश नम्बर # का आठवटै जिल्लाका ### वटै स्थानीय तहको निर्वाचनको उम्मेदवार मनोनयन दर्ता गर्ने कार्य आज उत्साहपूर्णरुपमा भइरहेको छ । निर्वाचन आयोगको संयुक्त निर्वाचन परिचालन केन्द्र ( जेइओसी ) बाट प्राप्त जानकारी अनुसार ती जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ताका लागि फाराम लैजाने र मनोनयन दर्ता गराउने कार्य भइरहेको छ । बिहान ## बजेदेखि आठ मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलका कार्यकता तथा उम्मेदवारको सहयोगी र समर्थकको बाक्लो उपस्थितिमा उम्मेदवारी मनोनयन दर्ता कार्य शान्तिपूर्णरुपमा भइरहेको निर्वाचन आयोगले जनाएको छ ।
प्रदेश नम्बर # मा उम्मेदवारी मनोनयन दर्ता उत्साहपूर्ण
690
आर्थिक अभावले पुनर्निर्माण थाल्न नसकेका भूकम्पप्रभावितलाई सहुलियत ऋण उपलब्ध गराउन बैंक तथा वित्तिय संस्थाहरूले सहमति जनाएका छन् । सम्वाद समूहद्वारा बुधबार सदरमुकाममा आयोजित कार्यक्रममा उपस्थित जिल्लामा कार्यरत दर्जन बैंक शाखाका प्रबन्धकले प्रभावितलाई सहज ढंगले सहुलियत ब्याजदरको ऋण प्रवाह गर्न सहमति जनाएका हुन् । उनीहरूले प्रक्रिया पुर्याएर आउने प्रभावितलाई ऋणमा ढिलो नगराउने सामूहिक प्रतिबद्धतासमेत जनाएका छन् ।
सहुलियत ऋण दिन बैंकहरू सहमत
413
सर्वोत्कृष्ट राष्ट्रपति कृषक पुरस्कार वितरण कैलालीका किसान कालु हमाललाई प्रदान गरिने भएको छ । नगद दुई लाख राशिको सर्वोत्कृष्ट किसान पुरस्कार प्राप्त गर्ने पहिलो भाग्यशाली किसान हमाल केरा व्यवसायी हुन् । राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि मन्त्रिपरिषद्बाट विसं #### असार # गते लागूभएको एक वर्षपछि पुरस्कार वितरण गर्न लागिएको हो ।
राष्ट्रपति सर्वोत्कृष्ट किसान पुरस्कार केरा व्यवसायी हमाललाई
359
स्मार्टफोन चलाउने धेरैजसोको गुनासो आफ्नो स्मार्टफोनको ब्याट्री दिनभरका लागि समेत नखप्ने हुन्छ । कहिलेकाहीँ स्मार्टफोनको ब्याट्री बिग्रिएर मात्र होइन की हाम्रो स्मार्टफोन चलाउने तरिका नमिल्दा पनि ब्याट्रीको चार्ज स्वात्तै सकिने गरेको हुन्छ । त्यसैले फोन प्रयोगको तरिका बदल्नाले तपाइँ आफ्नो ब्याट्रीमा सुधार ल्याउन सक्नुहुन्छ ।
स्मार्टफोनमा यसकारण टिक्दैन ब्याट्री
325
मन्त्रिपरिषद्को बैठकले आइतबार अपराह्न भएको युएस बङ्गला विमान दुर्घटना सम्बन्धमा छानबिन गर्न पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा # सदस्यीय जाचँबुझ आयोग गठन गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा साँझ बसेको बैठकले गठन गरेको आयोगमा प्रमुख सेनानी डा राजीव देव तथा क्याप्टेनत्रय केके शर्मा , सुनील प्रधान र उद्धवप्रसाद सुवेदी सदस्य तथा सहसचिव बुद्धिसागर लामिछाने सदस्यसचिव छन् । जनसङ्ख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले आयोगले यथाशीघ्र प्रतिवेदन बुझाउनुपर्ने निर्णय गरेको बताए ।
जहाज दुर्घटनाको छानविन गर्न मन्त्रिपरिषदद्वारा जाँचबुझ आयोग गठन
511
नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले भारतमा भर्खरै सम्पन्न लोकसभाको निर्वाचनमा भारतीय जनता पार्टीले ठूलो सफलता हासिल गरेकामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहलाई बधाई तथा शुभकामना दिएका छन् । देउवाले मोदी र शाहलाई छुट्टाछुट्टै पत्र पठाई पार्टी र आफ्नो व्यक्तिगततर्फबाट बधाई तथा शुभकामना दिएका हुन् । नेपाल र भारतबीच सदियौँदेखि कायम पुरानो सम्बन्ध र मित्रता आगामी दिनमा थप सुदृढ र सार्थक हुँदै जाने सभापति देउवाले बताएका छन् ।
खुशी व्यक्त गर्दै सभापति देउवाले दिए मोदीलाई बधाई
473
सर्वसाधारणका लागि अत्यावश्यक मानिएका औषधिको खुद्रा मूल्य सरकारले तोक्ने गरी गृहकार्य भइरहेको स्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारीले बताएका छन् । अहिले कम्पनीपिच्छे फरक रहेको मूल्यमा एकरुपता ल्याई बिरामीमाथिको ठगी रोक्ने उद्देश्यले मूल्य निर्धारण गर्न लागिएको उनको भनाई छ । ' यो कम्पनी राम्रो हो , त्यसैले यसको औषधि महँगो छ भनेर बिक्री भइरहेको छ , ' मन्त्री अधिकारीले भने , ' अब त्यस्तो हुन दिन्नौं ।
सरकारले नै तोक्ने औषधिको मूल्य
406
राष्ट्रपति विद्या भण्डारीले मारबाडी समुदायले समाज सेवाको क्षेत्रमा पुर्याउँदै आएको योगदानको खुलेर प्रसंशा गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको सांस्कृतिक पर्यटन क्षेत्रको विस्तारमा मारवाडी समूदायले महत्वपूर्ण योगदान दिएको पनि बताइन् । मारमाडी महिला मञ्च , काठमाडौंद्वारा आइतबार काठमाडौंमा आयोजित रजत जयन्ती महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नै साधन , स्रोत जुटाएर मारवाडी समुदायले समाज सेवाको क्षेत्रमा दिएको योगदानबाट प्रेरित भएर परोपकारको क्षेत्रमा अझै सक्रियताका साथ योगदान दिन पनि समाजका विभिन्न क्षेत्रमा कार्यरत सामाजिक संघ , संस्थाहरुलाई आग्रह गरेकी छन् ।
राष्ट्रपति भण्डारीले गरिन् मारवाडी समुदायको प्रसंशा
575
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार दिउँसो भएको विमान दुर्घटनामा घाइते भइ काठमाडौं मेडिकल कलेजमा उपचार गराइरहेकाहरुको पछिल्लो सूची अस्पतालले सार्वजनिक गरेको छ । दुर्घटनामा परेकाहरु मध्ये # जनाको आइसियूमा , # जना सर्जरी वार्ड , # जना पलास्टिक सर्जरी वार्डमा गरी ## जनाको उपचार भइरहेको अस्पतालले जनाएको छ । यस्तै अस्पतालबाट # जनालाई उपचारपछि डिस्चार्ज गरिएको छ ।
विमान दुर्घटना : काठमाडौं मेडिकल कलेजबाट # जना डिस्चार्ज
368
हरेक देशमा आ–आफ्नै किसिमको धर्म , संस्कृति र रहनसहन हुने गर्दछ भने त्यसमा रमाउने पनि सबैका आ–आफ्नै तरिकाहरु हुनेगर्छ । त्यस्तै विश्वका हरेक शहरमा निकै उत्साहजनक रुपमा मनाइने धार्मिक पर्वका रुपमा लिइन्छ क्रिसमस । इसाई धर्मावलीहरुद्वारा मनाइने क्रिसमसको मुख्य दिनका रुपमा ## डिसेम्बरलाई लिने गरिन्छ ।
लण्डनमा क्रिसमसको रमझम , ## फोटोमा हेर्नुहोस्
298
विनाशकारी भूकम्पले भत्किएको धरहरा भव्य रुपमा पुनर्निर्माण हुने भएको छ । सरकारले पुरानै डिजाइनमा आधुनिक सुविधा सम्पन्न धरहरा बनाउन लागेको हो । आधुनिक धरहराको स्केच तयार भइसकेको छ ।
तीन अर्ब लगानीमा यस्तो बन्ने भयो धरहरा ! ( भिडियोसहित )
179
रकम नै नभएको बैंक खाताको चेक काटी ऋण भुक्तानी गरेका प्रमोद कुमार खड्का बैंकिङ कसुरमा जेल चलान भएका छन् । बैंकिङ कसुरमा उनलाई पाटन अदालतले दोषी ठहर गरेको थियो । उनलाई एक महिना जेल र ## लाख रुपैयाँ जरिवानाको फैसला भए लगत्तै उनी फरार थिए ।
' चेक बाउन्स ' गराउने खड्का जेल चलान
236
' सडक # ' बाट पहिलो पटक आलिया भट्ट आफ्ना बाबु महेश भट्ट तथा दिदी पूरा भट्टसँग काम गर्दैछिन् । ' सडक # ' सन् #### मा बनेको सुपरहिट सिनेमाको सिक्वल हो । यस सिनेमामा आलिया , पूजा तथा संजयका अलावा आदित्य रोय कपुर पनि देखिनेछन् ।
' सडक # ' मा यस्तो शैलीमा देखिनेछिन् आलिया
224
प्रदेश नम्बर # मा मत परिणाम आउने क्रम जारी छ । अहिलेसम्म सप्तरीमा कांग्रसले अग्रता कायम गरेको छ । त्यसैगरी सिराहा क्षेत्र नं # कांग्रेस , # मा समाजवादी फोरम , # मा एमाले # मा राजपा , धनुषा # मा माअोवादी , # र # मा संघीय समाजवादी फोरम , महोत्तरीमा # मा माअोवादी , # र # मा राजपा र # मा समाजवादी फोरम , सर्लाही # # र# मा राजपा # मा भने माअोवादी केन्द्रलेअग्रता हासिल गरेको छ ।
प्रदेश नम्बर # मा कसको अग्रता ? ( सूचीसहित )
374
सोलुखुम्बुको पर्यटकीय क्षेत्र दिङबुचे गाउँमा साउन महिनाभरी कुनै पनि घरमा आगो बालिँदैन । यस गाउँका स्थानीयले हरेक वर्षको साउन महिनामा आगो बाल्ने गरेका छैनन । अघिल्ला वर्षहरुमा जस्तै यस बर्ष पनि साउन महिनाभरी सोलुखुम्बुको खुम्जुङ स्थीत दिङबुचे गाउँ अग्नीमुक्त भएको छ ।
साउनमा आगो नबालिने दिङबुचे गाउँ
266
नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउन दोस्रो पुस्ताको राडार सञ्चालनमा ल्याउने भएको छ । जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग ( जाइका ) को आर्थिक तथा प्राविधिक सहयोगमा ललितपुरको भट्टेडाँडामा जडान भएको उच्च क्षमताका ' टु जी राडार ' केही दिनभित्रै सञ्चालनमा ल्याउन लागिएको हो । प्राधिकरण , यहाँस्थित जापनी दूतावास र जाइकाको उच्चस्तरीय प्रतिनिधिमण्डलले बुधबार प्राविधिक परीक्षणको अनुगमन गर्ने तयारी गरिएको प्राधिकरणका निमित्त उपमहानिर्देशक नरेन्द्र थापाले जानकारी दिए ।
दोस्रो पुस्ताको राडार सञ्चालनमा आउँदै
494
राम रहिमकी कथित छोरी हनिप्रितलाई डेराबस्सी पुलिसले मंगलबार मोहालीबाट पक्राउ गरेको छ । योभन्दा अघि उनले पंजाब र हरियाणा हाइकोर्टमा आत्मसमर्पण गर्न सक्ने सम्भावना दर्साइएको थियो । राम रहिमलाई गत अगस्ट ## तारिखमा बलात्कारको मुद्दामा सिबिआई कोर्टले दोषी ठहर गरेको थियो ।
## दिनपछि हनिप्रित पक्राउः भनिन् , ' बुवा गएपछि एक्ली भएकी छु '
266