article
stringlengths
55
1.8k
title
stringlengths
10
141
article_length
int64
55
1.8k
गैरआवसिय नेपाली संघ अमेरिकाले आगामी आइसिसि निर्वाचनलाई मध्यनजर गर्दै अमेरिका क्षेत्रबाट आइसिसिका आकांक्षीहरुलाई एकै थलोमा जम्मा गरी छलफल चलाएको छ । अमेरिका क्षेत्रबाट सबैभन्दा धेरै सदस्य संख्या भए पनि आइसिसिमा बलियो उपस्थिति जनाउन नसकेकाले आकांक्षी उम्मेदवारका निर्वाचन एजेण्डाको छलफल र आपसी एकता कायम गराउने उद्देश्यले अन्तरक्रिया गरिएको संस्थाका अध्यक्ष सुनिल साहले बताए । सदस्यको संख्यात्मक दृष्टिले होस् वा परोपकारी कामका लागि गरिएको योगदानका दृष्टिले अमेरिकाको योगदान अन्य एनसिसिभन्दा अधिक भए पनि आइसिसिमा उपस्थिति जनाउन नसक्नुमा आपसी एकता नभएकाले सबै उम्मेदवारलाई एकै थलोमा आमन्त्रण गरिएको संस्थाका शाहले बताए ।
एनआरएन अमेरिकाको चुनावी अभियान
617
सराङकोटबाट उडेको एक प्याराग्लाइडर फेवातालमा खसेका छन् । दुर्घटनामा एक जना घाइते भएको प्रहरीले जनाएको छ । उनलाई उपचारको लागि अस्पताल लगिएको छ ।
फेवातालमा प्याराग्लाइडिङ दुर्घटना
142
रौतहट– नगर प्रमुखलाई ज्यान मार्ने धम्की दिने दुई जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ । रौतहटको वृन्दावन नगरपालिकाका नगर प्रमुख रामस्नेही राय यादवलाई फोन गरेर ज्यान मार्ने धम्की दिने दुईजना अभियुक्तलाई रौतहट प्रहरीले पक्राउ गरेको हो । नगर प्रमुख यादवको मोबाईल फोनमा पटक–पटक फोन गरेर फिरौतीको ## लाख रुपैयाँ माग्ने र पैसा नदिएको खण्डमा ज्यान मार्ने धम्की दिने रौतहटको कटहरिया नगरपालिका वडा नम्बर # का महम्द शमसाय आलम र राजपुर नगरपालिका वडा नम्बर # हजमीनियाका जुलफिकार शेखलाई केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जको सहयोगमा रौतहट प्रहरीले ललितपुर महानगरपालिका वडा नम्बर # बालकुमारी बाट पक्राउ गरेको हो ।
नगर प्रमुखलाई ज्यान मार्ने धम्की दिने # जना पक्राउ
601
नजिकिँदै गरेको दशैंको रौनक सबैतिर देखिन थालेको छ । दशैंका लागि आवश्यक वस्तु किन्नेको भीडले बजार तताएको छ । बजारमा सबैखाले आवश्यक वस्तु किन्नेको चहलपहल देखिन थालेको छ ।
दशैंमा नयाँ फोन किन्दा छुटै छुट
167
बृत्तचित्र ' भाग्यले बाँचेकाहरु ' का निर्देशक गणेश पाण्डेले ' उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री निर्देशक अवार्ड ' जितेका छन् । बुधबार राति भारतको जयपुरमा सम्पन्न तेस्रो राजस्थान अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पाण्डेले अन्तर्राष्ट्रिय डकुमेन्ट्री विधामा ' उत्कृष्ट निर्देशक अवार्ड ' जितेका हुन् । यो विधामा नेपालसहित इटली , भारत , अफगानिस्तान , फ्रान्स लगायतका देशका फिल्ममेकरहरु प्रतिस्पर्धामा थिए ।
पाण्डेलाई उत्कृष्ट निर्देशक अवार्ड
405
मालावीका एक एड्स पीडित नागरिक ### युवती तथा महिलासँग असुरक्षित यौन सम्वन्ध राखेको अभियोगमा दोषी ठहर भएका छन् । एरिक अनिवा परम्पराको नाममा कम उमेरमा नै युवती तथा विधवासँग शारीरिक सम्वन्ध राख्थे । मालावीको आदिवासी समुदायमा विधवाले शुद्धीकरणका लागि ' हायना ' सँग सेक्स गर्न अनिवार्य थियो ।
### बढी महिलासँग असुरक्षित यौन सम्वन्ध राखेको स्वीकार
286
( सेतोपाटीले सोमबारदेखि क्रिकेट श्रृंखला सुरू गरेको थियो । यो श्रृंखलामा नेपाली क्रिकेटलाई अझ माथि लैजान राज्यले गर्नु पर्ने पाँच कामको चर्चा गरेका छौं । श्रृंखलाको अन्तिम भागमा आज नेपालको क्रिकेटमा कर्पोरेट क्षेत्र जोड्नेबारे चर्चा गरेका छौं ।
क्रिकेटसँग जोडौं कर्पोरेट
244
हेटौंडामा मोवाइल पसलबाट अश्लिल भिडियोको बिक्री पनि हुँदै आएको खुलेको छ । हेटौंडाको विभिन्न ठाउँमा मोवाइल मर्मत तथा बिक्री पसलमा प्रहरीले छापा मार्दा अश्लील भिडियोको कारोबार पनि भएको फेला पारेको हो । विभिन्न पोर्न साइटबाट डाउनडोल गरी बिक्री गर्ने सातजना व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ ।
अश्लील भिडियो बेच्ने # व्यापारी पक्राउ
290
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विसं #### फागुन # गते प्रजातन्त्र स्थापनापछि नै नेपाल मध्ययुगीन सामन्ती अवस्थाबाट नयाँ युगमा प्रवेश गरेको उल्लेख गरेका छन् । सत्तरीऔं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज प्रेस वक्तव्यमार्फत उनले फागुन # गते नेपाली जन–सङ्घर्षको इतिहासको एक अवस्मरणीय दिन भएको उल्लेख गरे । विसं #### कात्तिक ## देखि प्रारम्भ गरिएको ऐतिहासिक जनक्रान्तिले नै ### वर्षीय एकतन्त्रीय निरंकुश राणा शासनलाई समाप्त पारेर प्रजातन्त्रको स्थापना गरेको उनले बताए ।
प्रजातन्त्र स्थापनापछि नै मुलुक नयाँ युगमा प्रवेश गरेको हो : सभापति देउवा
502
काठमाडौं–नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको ##औं महाधिवेशन सम्पन्न गर्न पार्टी केन्द्रीय सदस्य प्रकाशशरण महतको संयोजकत्वमा पाँच सदसीय समिति गठन गरिएको छ । सभापति शेरबहादुर देउवाले सोमबार पार्टीका नेताहरुसँग परार्मस गरी केन्द्रीय सदस्यहरु किशोरसिंह राठौर , गोविन्द भट्टराई , गुरुराज घिमिरे र प्रदीप पौडेल सदस्य रहेको समिति गठन गरेका हुन् । संघको महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्न गराउनका लागि विद्यमान तदर्थ समितिलाई यथासक्य सहयोग पुर्याई आवश्यक निर्देशन समेत गरेको कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नेविसंघको महाधिवेशन सम्पन्न गर्न पाँच सदस्यीय समिति गठन
536
उदयपुर–बिहीबार राति परेको वर्षाका कारण उदयपुर सदरमुकाम नजिकै फर्सेट खोलाको बाँध भत्केर चार दर्जन घरधुरी रहेको बस्ति डुबानमा परेको छ । त्रियुगा नगरपालिका # फर्सेट खोलामा बाँधिएको कच्ची बाँध रातिको वर्षापछि आएको बाढीले भत्काउँदा आसपासका ## घरधुरी परिवार डुबानमा परेको स्थानीयले बताएका छन् । उनीहरुको प्रहरी र स्थानीयको पहलमा शुक्रबार विहानसम्ममा उद्धार गरिसकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बाँध भत्केर ## घर डुबानमा
396
यमपञ्चक अर्थात् तिहारको पाँचौं दिन आज भाइटीका , दिदीबहिनीले दाजुभाइलाई दीर्घायुको कामना गर्दै सप्तरङ्गी टीका लगाई मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गर्छन् । दिदीबहिनीलाई पूजा गरी अखण्ड सौभाग्य , सुखद् दाम्पत्य जीवन र ऐश्वर्य वृद्धिका लागि आशीर्वाद दिइन्छ ।
आज भाइटीका , उत्तम साइत मध्याह्न ## : ## मा
308
रेक्स फेसन होमले ' मिस नेवाः आइकन #### ' आयोजना गर्ने भएको छ । चैत ## गते सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा दोस्रो संस्करणको प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताका लागि ## देखि ## वर्षभित्र ## नेवार युवतीले फारम भरिसकेको फेसन होमका खगेश रञ्जीतले बताए ।
' मिस नेवाः आइकन ' को तयारी
256
बिजुलीको वैकल्पिक व्यवस्था गरेर अस्पतालले दिने सेवालाई अझ प्रभावकारी बनाउन थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले सौर्य प्रणाली जडान गर्ने भएको छ । देशकै सबैभन्दा धेरै शिशुले जन्म लिने अस्पताल थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले ## लाख रुपैयाँको लागतमा सोलार जडान गर्ने भएको हो । अस्पतालमा हरेक दिन ## भन्दा बढी सुत्केरी हुन्छन् ।
प्रसूति गृहको सेवा‍लाई प्रभावकारी बनाउन सौर्य प्रणाली
363
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहालले चीन भ्रमणको तयारी सुरु गरेका छन् । चैत ## गते चीनको हेनान प्राप्तको बोआओमा सुरु हुने ' बोआओ फोरम फर एसिया सम्मेलन ' मा निमन्त्रणा आएपछि प्रधानमन्त्री दाहालले चीन भ्रमणको तयारी थाल्न सरोकारवाला निकायलाई निर्देशन दिएका हुन् । ' बोआओ सम्मेलनमा सहभागी हुन प्रधानमन्त्रीज्यूलाई चीनको निमन्त्रणा प्राप्त भएको छ ' , प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने , ' उहाँले सम्मेलनमा सहभागी हुन छलफल सुरु गर्नुभएको छ ।
चीन भ्रमणको तयारीमा दाहाल , ओबिओआरमा हस्ताक्षर होला ?
464
वीरगञ्ज महानगरपालिका–## मा सुनौलो हजार दिन कार्यक्रम अन्तर्गत ## जना महिलालाई ### थान मेवाको बेर्ना वितरण गरिएको छ । वीरगञ्ज महानगरपालिका बहुक्षेत्रिय पोषण योजना कार्यक्रम अन्तर्गत सुनौलो हजार दिनमा आवश्यक पर्ने पोषण तत्वबारे तालिम प्रदान गरिएपछि # सय ## थान मेवाको बेर्ना हस्तान्तरण गरिएको हो । बुधबार वीरगञ्ज–## मनियारीमा भएको कार्यक्रममा महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले शिशुको बौद्धिक विकासका लागि पोषण तत्वमा ध्यान दिनुपर्ने बताए ।
पर्सामा ## जना महिलालाई मेवाको बेर्ना
449
सम्पदा क्षेत्रमा जारी विनाशलीला विश्व सम्पदा सूचीकृत स्वयम्भूसम्म पुगेको छ । यही जेठ # गते बुद्ध जयन्तीको दिन तपाईं स्वयम्भू जानुभयो भने याद गर्नुहोला , सम्पदा क्षेत्रको मापदण्ड मिचेर स्वयम्भू जाने पूर्वी भर्याङदेखि महाचैत्य वरिपरि नै आधुनिक शैलीका संरचना धमाधम निर्माण भइरहेका छन् । ' भगवान पाउ ' बाट सुरू हुने पूर्वी भर्याङको प्रवेशद्वार आधुनिक शैलीमा निर्माण गर्न लागिएको छ ।
स्वयम्भू क्षेत्रमा पनि सम्पदा विनाश
378
रोल्पामा माटोको ढिस्कोले पुरीएर एक किशोरीको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । घर लिप्ने माटो खन्न रोल्पा नगरपालिका–# खुमेल कमेरीधारा गएका सुनिलस्मृति गाउँपालिका # काभ्राकि ## बर्षीया पबित्रा सेनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । उक्त घटनामा परि सुनिलस्मृति गाउँपालिका # काभ्राकै ## बर्षिया सिता घर्ती र ## बर्षिया भाबना रोका गम्भिर घाइते भएका छन् ।
माटोको ढिस्कोले पुरिएर एकको मृत्यु , दुई घाइते
374
काठमाडौं उपत्यकाभित्रको ऐतिहासिक शहर कीर्तिपुरलाई पर्यटकीय शहरका रुपमा स्थापित गर्न नेपाल पर्यटन बोर्ड र कीर्तिपुर नगरपालिकाबीच सम्झौता भएको छ । सम्झौताअनुसार कीर्तिपुरलाई ' फर्स्ट सीटी वीथ ब्राण्डिङ ' को रुपमा घोषणा गरिने छ । बोर्ड र नगरपालिकाले कार्यविधि र रणनीति तयार गरी # महिनाभित्र ब्राण्डिङ सहितको पहिलो पर्यटकीय शहर घोषणा गर्ने तयारी थालेका हुन् ।
कीर्तिपुरलाई पर्यटकीय शहर घोषणा गर्ने तयारी
355
अमेरिकाको क्यालिफोर्निया राज्यको मोन्टेसिटोमा आएको पहिरोबाट मर्नेहरूको संख्या ## पुगेको छ । मोन्टेसिटोमा भारी वर्षा पश्चात् पहिरो आएको थियो । बाढी पहिरोका कारण घाइतेहरूमध्ये केहीको अवस्था गम्भीर भएका कारण मृत्तक संख्या अझै बढ्न सक्ने अनुमान क्यालिफोर्निया प्रहरीले गरेको छ ।
पहिरोमा मर्नेको संख्या ## पुग्यो
274
भारतसँगको विवाद बढेपछि पाकिस्तानले आफ्नो सुरक्षा रणनीति तय गर्न सुरक्षा समितिको बैठक बोलाएको छ । बिहीबार भारतले पाकिस्तानविरुद्ध सर्जिकल स्ट्राइक्स गरेको दाबी गरेपछि आफ्ना तयारी र सुरक्षा रणनीति बनाउन पाकिस्तानी प्रधानमन्त्री नवाफ शरिफले सुरक्षा समिति र मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । शुक्रबार बोलाइएको बैठकमा काश्मिर क्षेत्रमा भैरहेको विवादबारे छलफल गरी आफ्नो सुरक्षा नीति बनाउने प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्त्तीमा उल्लेख छ ।
भारतविरुद्ध रणनीति बनाउन पाकिस्तानी प्रधानमन्त्रीले डाके सुरक्षापरिषद् बैठक
446
उत्तर कोरियाले हालसालै विकसित गरिएको अत्याधुनिक हतियारको परीक्षण गरेको छ । उत्तर कोरियाली सञ्चारमाध्यमले नेता किम जोङ उनको उपस्थितिमा उक्त परीक्षण भएको शुक्रबार जनाएका छन् । परीक्षण गरिएको हतियार के हो र कस्तो छ भन्नेबारे खुलाइएको छैन ।
किम जोङ उनले गरे अत्याधुनिक हतियार परीक्षणको निरीक्षण
236
उत्पादित वस्तुको गुणस्तर मापदण्डका विषयमा विशेष आर्थिक क्षेत्र ( सेज ) प्राधिकरण र त्यहाँ सञ्चालित शक्ति मिनिरल्स प्रालिबीच विवाद भएको छ । विवादपछि उक्त मिनिरल्सले उत्पादन निर्यात गर्न सकेको छैन । निर्यातका लागि अपनाउनुपर्ने प्रक्रिया पूरा गरे पनि प्राधिकरणले अवरोध गरेको उद्योगीले आरोप लगाए ।
गुणस्तर विवादले निर्यातमा विलम्ब
293
बलिउड नायिका प्रियंका चोपडा फेरि एक पटक विश्वका हट महिलाको सूचीमा पहिलो स्थानमा परेकी छिन् । म्याक्सिम इण्डिया म्यागजिनले गरेको सर्वेक्षणमा उनले पहिलो स्थान सुरक्षित गरेकी हुन् । उक्त म्यागजिनले विश्वका एकसय हट सुन्दरीमाथि सर्वेक्षण गरेको थियो ।
हट महिलाको सूचीमा प्रियंका पहिलो स्थानमा
245
प्रहरीले ठगीको आरोपमा कारबाही सुरु गरेपछि म्यानपावर कार्यालय बन्द गरेर आन्दोलनमा उत्रिएका वैदेशिक रोजगार व्यवसायी यही बहानामा निःशुल्क प्रवेशाज्ञा र टिकटको व्यवस्था संशोधनको भित्री खेलमा लागेका छन् । गत फागुन ## गते महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले ## म्यानपावर कार्यालयमा छापा हान्दै केही सञ्चालकलाई पक्राउ गरेपछि त्यसको विरोधमा फागुन ## गतेदेखि म्यानपावर कार्यालयनै बन्द गरेर व्यवसायी आन्दोलनमा उत्रिएका हुन् । बाहिर प्रहरीले कार्यक्षेत्र नाघेर म्यानपावर व्यवसायीलाई धरपकड गरेको भन्दै विरोधस्वरुप कार्यालय बन्द गरेको भनेपनि भित्र भने तत्कालीन श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले असार ## गतेदेखि लागू गरेको निःशुल्कको निर्णय सच्याएर मात्रै कार्यालय खोल्ने अड्डीसहित व्यवसायीले श्रम तथा रोजगार मन्त्रालयसँग सौदाबाजी गरिरहेका छन् ।
फ्री भिसा र टिकटको व्यवस्था फेर्ने खेल , सांसद नै म्यानपावरको पक्षमा !
747
उपचारको क्रममा मरेको मानिसलाई मृत घोषित गर्दा त हामीकहाँ डाक्टरको लापरवाहीले विरामी मरेको भनि आन्दोलन हुन्छ । अझ जिउँदा मानिसलाई मरेको भनि अस्पतालले घोषणा गर्यो भने के होला ? सायद ठूलै भौतिक आपत् पथ्र्यो होला हामीकहाँ भएको भए । तर अस्ट्रेलियामा भने यस्तो घटना हुँदा अस्पताललाई भौतिक त होइन नैतिक आपत् चाहीँ पर्यो ।
# सय जना विरामीलाई अस्पतालले जिउँदै मारेपछि…
314
करिब ## किलो सुनसहित काठमाडौं पिंगलास्थानबाट प्रहरीले # जनालाई पक्राउ गरेको छ । दुबईदेखि एयर अरेबियाको जहाजबाट काठमाडौं आएका उनीहरुलाई केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा नेपालगन्जका गोपालबहादुर शाही , दिलबन्धु थापा र सन्तोष काफ्ले रहेका सीआईबीकी एसपी मिरा चौधरीले बताइन् ।
## किलो सुनसहित पिंगलास्थानबाट # जना पक्राउ
316
विधेयकमा प्रदेश प्रहरी प्रमुखको नियुक्तिमा प्रदेश सरकारको भूमिकालाई बेवास्ता गरिएको छ । प्रतिनिधिसभाले पारित गरेको प्रदेश प्रहरीको मापदण्डसम्बन्धी विधेयकमा प्रदेश प्रमुखको नियुक्तिको सम्पूर्ण अधिकार संघ ( केन्द्र ) सरकारलाई छ । यसमा प्रदेश सरकारहरूले असन्तुष्टि जनाएका छन् ।
प्रदेश प्रहरी प्रमुख नियुक्तिको व्यवस्थाप्रति प्रदेश सरकार असन्तुष्ट
274
काठमाडौँ – नेपाल निर्माण व्यवसायी महासंघले अध्यक्ष शरदकुमार गौचनको हत्यारा पत्ता नलगाएसम्म आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने भएको छ । महासंघले आज बिजुलीबजारस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी सोमबार दिउँसो नयाँ बानेश्वरमा अज्ञात समूहको गोली लागेर निधन भएका अध्यक्ष गौचनको हत्यारालाई चाँडो खोजी गर्न सरकारसमक्ष माग गरेको हो । सम्मेलनमा महासंघका कार्यवाहक अध्यक्ष विष्णुभाई श्रेष्ठले अध्यक्षको निधनले देशभरको निर्माण क्षेत्र शोकाकुल भएको भन्दै निर्माण व्यवसायलाई स्थगित गरेर आन्दोलनमा जानुपरेको बताए ' घटना भएको ## घण्टासम्म पनि दोषी पत्ता नलाग्नु मुलुकको गृह क्षेत्रको कमजोरी हो ' – कावा अध्यक्ष श्रेष्ठले भने ।
हत्यारा पत्ता नलगाएसम्म आन्दोलन जारी राख्ने , शव बुझ्ने
621
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर अकाउन्ट बिहिबार गायब बनेको छ । तर , केही समयमा नै त्यसलाई पुनःस्थापना गरिएको सामाजिक सञ्जाल कम्पनीले जनाएको छ । ट्रम्पले प्रयोग गर्ने अकान्ट एक जना कर्मचारीले डिएक्टिभेट गरेको बताइएको छ ।
जब ट्रम्पको ट्वीटर हरायो
230
## बर्षका विश्व चर्चित पप गायक जस्टिन विवर यूवतीका कारण सधै नै चर्चामा रहन्छन् । चर्चित नायिका तथा गायिका सेलेना गोमेजसँग प्रेम टुटेपछि उनी विभिन्न यूवतीको साथमा देखिएका छन् । एक साताअघि मात्र उनले एक मोडलसँग न्यूड होलिडे मनाएका थिए ।
मोडलको साथमा न्यूड समय बिताएपछि नयाँ यूवतीसँग जस्टिन
234
विद्यार्थीहरूबाट लिएको अवैधानिक शुल्क फिर्ता गर्न चितवन मेडिकल कलेज सहमत भएको छ । सरकारले तोकेकोभन्दा बढी शुल्क लिएपछि ## दिनसम्म विद्यार्थीले आन्दोलन गरेपछि शनिबार प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको पहलमा जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको बैठकले एक महिनाभित्र शुल्क फिर्ता वा समायोजन गर्ने सहमति भएको हो । प्रजिअ बस्नेत , आन्दोलनरत विद्यार्थीका तर्फबाट प्रकाश चन्द , कलेज सञ्चालक र अभिभावकका प्रतिनिधि सहभागी रहेको बैठकले कात्तिक ## गतेभित्र शुल्क फिर्ता वा समायोजन गर्नुपर्ने निर्णय गरेको हो ।
चितवन मेडिकल कलेज अवैधानिक शुल्क फिर्ता गर्न सहमत
505
बाँकेमा हुलाकी राजमार्गअन्तर्गतको सडक कालोपत्र गर्ने काम सुरू गरिएको छ । आज पहिलो दिन पुरैनादेखि साढे एक किलोमिटर बाटोमा कालोपत्रेका लागि गर्नुपर्ने पहिलो चरणको काम सकिएको इञ्जिनियर तुलसीराम भण्डारीले जानकारी दिए । नेपालगञ्जको पुरैनादेखि सुइया बघौडासम्मको ## दशमलव # किलोमिटरको हुलाकी राजमार्गअन्तर्गतको सडक कालोपत्रे हुने बताइएको छ ।
हुलाकी राजमार्ग सडकको कालोपत्र गर्न सुरू
334
प्रहरीले ' कुख्यात ' ठग रमेश बडुलाई पक्राउ गरेको छ । बैतडी दशरथचन्द्र गाउँपािलका–# घर भएका बडुलाई महानगरीय अपराध महाशाखाको टोलीले ललितपुरको नख्खुबाट पक्राउ गरेको हो । बडु यसअघि पनि #### वैशाख ## गते ठगी आरोपमा पक्राउ परेका थिए ।
' कुख्यात ' ठग रमेश बडु पक्राउ
228
अखिल नेपाल फुटबल संघ ( एन्फा ) ले एसिया कप छनोट प्रतियोगिताको तयारीका लागि आवश्यक रकम र रंगशाला निर्माणका लागि ध्यानाकर्षण गराउँदै सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाएको छ । सोलिडारिटी कप विजेता खेलाडीको सम्मानमा सोमबार प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका थिए । एन्फाले बुझाएको ज्ञापन पत्रमा रंगशाला अभावमा फुटबल गतिविधि सञ्चालनमा असर पर्नुका साथै अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता आयोजना तथा सहभागितामा कमी अएकाले खेलस्तरमा समेत असर परेको उल्लेख छ ।
रंगशालाबारे एन्फाको ज्ञापनपत्र
552
तिहार लागेसँगै राजधानीको पुरानो तथा व्यस्त व्यापारिक थलो असनदेखि सानातिना फुटपाथ पसलसम्ममा भाइमसला किन्नेको भीड बाक्लिन थालेको छ । विशेषत : कुकुर तिहार , लक्ष्मी पूजा र गोर्वधन पूजाको दिन अत्यधिक भाइमसला बिके पनि अहिले पनि व्यापार राम्रो भइरहेको व्यापारीहरू बताउँछन् । साधारणतया फुटपाथमा ## , # सय र # सय ## रुपैयाँ पर्ने मसलाको प्याकेट पाइन्छ ।
तिहारमा भाइमसला किन्दै हुनुहुन्छ ? यस्तो छ मूल्य
345
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तोकिएको समयभित्रै ## औं महाधिवेशन सकेर स्थानीय निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित कांग्रेसको राष्ट्रिय जागरण अभियानको कार्यक्रममा उनले महाधिवेशन पछि सर्दै गएमा पार्टीभित्रैको हारजितका कारण स्थानीय चुनावमा हार व्यहोर्ने अवस्था आउने भन्दै तोकिएकै समयमा माहाधिवेशन गर्न सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराए । स्थानीय चुनाव आउन तीन वर्ष बाँकी छ , चौधौं महाधिवेशन स्थानीय निर्वाचन भन्दा धेरै अगाडि नै गर्नुपर्छ ' उनले भने ' ढिलो गरेर सार्दै गयो भने कांग्रेस त हो नि , फलानोले मलाइ गुटमा हरायो भन्ने भएकाले महाधिवेशन सकेर चुनावको तयारीमा लाग्नुपर्छ ।
देउवालाई प्रकाशमानले भने : महाधिवेशन सर्दा स्थानीय चुनाव हारिएला !
623
आजको दुनियामा स्मार्ट फोन बहुउपयागी छ । यसको प्रयोग कुरा गर्न मात्र नभएर फोटो खिच्नदेखि गीत सुन्न र फिल्म हेर्नसम्म हुन्छ । यहाँ हामी फोटो खिच्नका लागि बजारमा उपलब्ध सबैभन्दा उत्तम # स्मार्टफोनको विषयमा जानकारी दिदैछौ ।
यी हुन् उत्कृष्ट फोटो खिच्ने # स्मार्टफोन
219
वैदेशिक रोजगार व्यवसायी संघको ## औं साधारण सभा र निर्वाचन यही # गते सम्पन्न गर्न गइरहेका छौं । त्यसैले हामी साधारण सभाको तयारीसँगै निर्वाचनको अन्तिम तयारीमा जुटेका छौं । हो विगतका निर्वाचनमा हामीसँग प्रशस्त समय हुन्थ्यो र त्यहीँ अनुरुप प्रचारप्रसार पनि गरिन्थ्यो ।
' सरकारसँग लडेर होइन सहकार्य गरेर व्यवसायीको हितमा काम गर्छु '
264
अविरल वर्षासँगै वाग्मती नदीमा पानीको सतह बढेको छ । पछिल्लो समय नदी किनारमा कोरिडोर सडक बनेका कारण नदी आफ्नै धारमा बगेको छ । तर कतिपय ठाउँमा नदीको सतहभन्दा सडक गहिराईमा हुँदा डुवानको समस्या पनि देखिएको छ ।
…अनि सडकमै डुब्यो गाडी
204
प्रहरी इन्काउन्टरमा मारिएका गुन्डा नाइके दिनेश अधिकारी ' चरी ' की प्रेमिकाको रुपमा चर्चामा आएकी खुश्बु ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएकी छिन् । अाफूले सञ्चालन गरेको आश्रय सेल्टर नेपालको लेटर प्याडमा उनले असहाय , अनाथ तथा सडक बालबालिकाको संरक्षणका लागि विस्तृत कार्यक्रम र भौतिक पूर्वाधारको विकासमा पर्याप्त बजेट विनियोजन हुनुपर्ने माग गर्दै प्रचण्डलाई ज्ञापन पत्र बुझाएकी हुन् । उनले ज्ञापन पत्रमार्फत सन् #### को मे ## देखि ## तारिखसम्म हुन लागेको सडक तथा असहाय बालबालिकाका निम्ति विश्वकप फुटबलमा नेपालको सहभागिता सुनिश्चित भएको समेत उल्लेख गरेकी छिन् ।
खुश्बुले प्रचण्डलार्इ बुझाइन् ज्ञापन पत्र , के छ माग ?
598
नेपाली कांग्रेस प्रदेश # को संसदीय दलको नेतामा राजीव कोइराला निविरोध निर्वाचित भएका छन् । संसदीय दलको सोमबार बसेको बैठकले कोइरालालाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको हो । दुई आका‌ंक्षी प्रदेश सांसद केदार कार्की र शेखरचन्द्र थापाले अन्तिम समयमा आएका आफनो उम्मेदवारी फिर्ता लिएपछि कोइराला निविरोध भएका हुन् ।
प्रदेश # : काग्रेस संसदीय दलका नेतामा राजीव कोइराला निर्विरोध
309
नेपाली सेनाले पहिलो पटक प्रधानसेनापतिको सम्पत्ति सार्वजनिक गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले कार्यभार सम्हालेको एक वर्ष पूरा भएको अवसरमा नेपाली सेनाले उनको सम्पत्ति विवरण सार्वजनिक गरेको हो । नेपाली सेनामा यसअघि प्रधानसेनापतिको सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रचलन थिएन ।
पहिलो पटक प्रधानसेनापतिको सम्पत्ति विवरण सार्वजनिक
281
वन तथा वातावरण मन्त्रालयले केन्द्रीय राजधानी काठमाडौं भित्रिने प्रमुख नाका नागढुंगादेखि कलंकीसम्मको सडक किनारालाई हरियाली बनाउने अभियान सुरु गरेको छ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले नागढुंगामा कपुरको बिरुवा रोपेर अभियान सुरु गरेका हुन् । सडकको डिभाइडरमा वृक्षारोपण गरेर हरियाली बनाउने योजना छ ।
नागढुंगा - कलंकी सडक हरियाली बनाउने अभियान सुरु
306
खोटाङ – स्थानीय तहको निर्वाचनबाट निर्वाचित खोटाङका वडाध्यक्षहरु अधिकारविहिन भएको गुनासो गरेका छन् । स्थानीय तह संञ् चालन कार्यविधिले आर्थिक विनियोजनको अधिकार सम्बन्धित गाउँपालिका र नगरपालिकालाई मात्र दिएकाले वडाध्यक्षलाई अधिकारविहिन बनाइएको रुपाकोट मझुवागढी नगरपालिका–# बाम्राङमा राप्रपाका ललितकुमार राईले बताए । स्थानीय तहको सेवा संञ्चालन तथा व्यवस्थापन सम्बन्धी आदेश #### मा गाउँपालिका र नगरपालिकाको वडाध्यक्षलाई ## किसिमको जिम्मेवारी तोकिएका छन् ।
अधिकारविहिन हुँदा वडाध्यक्ष असन्तुष्ट
450
कांग्रेसका नेता रामचन्द्र पौडेलले चुनाव हारेपनि सदैव जिल्लाको विकासमा लाग्ने बताएका छन् । पराजयपश्चात जिल्लाका विभिन्न स्थानका मतदातालाई भेटेर वधाई ज्ञापन गर्न पुगेका पौडेल व्यास ## बैरेनीको कार्यक्रममा वरिष्ठ नेता पौडेलले सो कुरा बताएका हुन् । सोमबार बिहान # मतदातालाई धन्यवाद ज्ञापन गर्न आयोजित कार्यक्रममा मतदातालाई नेता पौडेलले चुनाव हारेपछि निराश भएर नबस्ने बताएका छन् ।
हारे पनि विकासको जिम्मा हाम्रै हो : पौडेल
375
कार्यकाल पूरा हुनुभन्दा तीन वर्षअघि नै भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले पदबाट राजीनामा दिएका छन् । अघिल्लो पटक भारतका लागि राजदूत हुँदा तत्कालीन सरकारले उनलाई जबरजस्ती फिर्ता बोलाए पनि अहिले भने आफ्नै ' स्वार्थ ' का कारण उनले राजदूतको पद त्याग्ने निर्णय गरेका हुन् । ' स्थानीय ( कपिलवस्तु ) जनता र पार्टीले निर्वाचनमा सहभागी हुन र उम्मेदवार बन्न दबाब दिएपछि मैले राजदूत पदबाट राजीनामा गर्ने निर्णय गरेको हुँ ।
लाभका लागि मर्यादाको खिल्ली
422
सर्वोच्च नेताविरुद्ध गलत सूचना फैलाएको भन्दै इरानी अदालतले एक पत्रकारविरूद्ध दुई वर्षको जेल सजाय सुनाएको छ । जेल सजाय सुनाइएका ती पत्रकारलाई इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी तथा इरानी अधिकारीविरूद्ध ' गलत सूचना फैलाएको ' र ' अपमानित ' गरेको अभियोग लगाइएको थियो । अदालतले अर्का पत्रकार मासौद खाजेमीलाई आगामी दुई वर्ष ' मिडिया गतिविधि ' मा संलग्न हुनमा समेत रोक लगाएको पत्रकारको पक्षबाट मुद्दा लडेका वकिल मोजताहेद जादेहलाई उद्धृत गरी इरानको राज्य सञ्चालित समाचार संस्था ( आइआरएनए ) ले बताएको छ ।
पत्रकारलाई दुई वर्षको जेल सजाय
503
सवारीसाधनहरुको महाकूम्भ नाडा अटो - शो मा यस वर्ष बैंक तथा बीमा कम्पनीहरुको स्टल नरहने भएको छ । हरेक वर्ष आयोजना हुने नाडा अटो शो मा बैंक तथा बीमा कम्पनीहरुले पनि आफ्ना विभिन्न स्किमसहित स्टल राख्ने गरेका थिए । तर , ठाउँ अभावका कारण नाडा अटोमोबाइल्स् एशोसियशन अफ नेपालले यस वर्ष बैंक र बीमा कम्पनीलाई स्टल राख्न नदिने जनाएकाे हो ।
यस वर्षको नाडा अटो शो मा बैंक र बीमाको स्टल नरहने
329
आगामी महिना हुने विश्व–## सँग दुई खेलको ट्वान्टी–## शृंखलाका लागि नेपालका सन्दीप लामिछानेले एसिया–## बाट खेल्ने भएका छन् । बंगलादेशका पितासमेत मानिने शेख मुजिबुर रहमानको जन्मशताब्दीको अवसरमा बंगलादेश क्रिकेट बोर्ड ( बिसिबी ) ले एसिया–## र विश्व–## बीच दुई खेलको ट्वान्टी–## शृंखला गर्दै छ । उक्त शृंखलाका लागि बिसिबीले मंगलबार सार्वजनिक गरेको ## सदस्यीय टोलीमा सन्दीप पनि परेका छन् ।
सन्दीप एसिया–## टोलीमा
383
नेपाली कांग्रेसको भातृ विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले सरकार र त्रिभुवन विश्वविद्यालयको षड्यन्त्रले स्ववियु निर्वाचन स्थगित भएको बताएको छ । त्रिविले सोमबार विज्ञप्ति निकालेर फागुन ## गते स्ववियु निर्वाचन नहुने उल्लेख गरेपछि नेविसंघले उक्त निर्णय आपत्तिजनक भएको उल्लेख गरेको छ । नेविसंघ महामन्त्री दीपक भट्टराईले बुधबार विज्ञप्ति निकालेर त्रिविले स्ववियु निर्वाचन स्थगित गरेकोमा आपत्ति जनाएका हुन् ।
सरकार र त्रिविको षड्यन्त्रले स्ववियु निर्वाचन भएन : नेविसंघ
406
बर्दघाट नगरपालिका - # लक्ष्मीनगर निवासी ## वर्षीया कमला चौधरीलाई श्रीमानले हत्या गरेकोको खुलेको छ । घाँसदाउरा गएकोबेला हराएकी भन्दै कमलाका श्रीमान सुनिल चौधरीले प्रहरीलाई खोजीका लागि उजुरी दिएका थिए । घटनाको अनुसन्धान गर्दै जाँदा सुनिलले नै हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रहरी नावय उपरीक्षक ( डीएसपी ) वीरेन्द्र थापाले जानकारी दिए ।
श्रीमतीको हत्या गरेर हराएको भन्दै खोजीका लागि प्रहरीमा उजुरी
377
काडमाडौँ– काठमाडौँ महानगरपालिकाभित्र प्लाष्टिकजन्य वस्तु प्रयोग गर्दै हुनुहुन्छ ? भेन्डिङ उपकरणमा फोहर राख्नुस् पैसा लिनुस् । प्लाष्टिकजन्य वस्तु प्रयोग गरेपछि निस्कने फोहर वस्तुलाई थप व्यवस्थापन र पुनः प्रयोग गर्नका लागि भेन्डिङ उपकरणको उपयोगसंगै नयाँ अवधारणाका साथ कामपा अघि बढ्न लागेको हो । पछिल्लो समय प्लाष्टिकजन्य फोहरबाट शहर प्रदूषित भएकाले आगामी दिनदेखि त्यसलाई नियन्त्रण गर्न निश्चित स्थानमा फोहर संकलन गर्ने भाँडो राखी शहरलाई व्यवस्थित गर्न लागिएको कामपाका निजी साझेदारी एकाइ प्रमुख महेश काफ्लेले जानकारी दिए ।
काठमाडौंमा प्लाष्टिक प्रयोग गर्दै हुनुहुन्छ ? अब भेन्डिङ उपकरणमा फोहोर राख्नुस् पैसा लिनुस्
520
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले प्रतिनिधिसभामा छलफलका लागि जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेकी छन् । क्वारेन्टाइनको उचित प्रबन्ध गर्दै जडिबुटी निकासीलाई सहज बनाउनबारे छलफल गर्नको लागि प्रतिनिधिसभा नियमावली , #### को नियम ## बमोजिम शाहीले बालकृष्ण खाँड , प्रकाश रसाइली स्नेही र डिला संग्रौलाको हस्ताक्षरसहित प्रस्ताव दर्ता गरेकी हुन् । ' नेपालको हिमाली तथा पहाडी भू–भाग जडिबुटी भण्डारको रूपमा रहेको छ ।
कांग्रेस सांसद शाहीद्वारा सार्वजनिक महत्वको प्रस्ताव दर्ता
437
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जर्मन चान्सलर एन्जेला मर्केलबीच नयाँ वाक्युद्ध सुरु भएको छ । उत्तर एटलान्टिक सन्धि संगठन ( नाटो ) को शिखर बैठकको पूर्वसन्ध्यामा रुसी प्रभाव र सुरक्षा खर्चबारे अमेरिकी राष्ट्रपति ट्रम्पले जर्मन चान्सलरसँग वाक्युद्ध सुरु गरेको बिबिसीले जनाएको छ । जर्मनीले रुसबाट ठूलो परिमाणमा प्राकृतिक ग्यास आयात गर्ने भएकाले जर्मनी रुसबाट पूर्ण रूपमा नियन्त्रणमा रहेको र यस्तो विषय नाटोका लागि खराब भएको ट्रम्पले बताएका छन् ।
ट्रम्प र मर्केलबीच नयाँ वाकयुद्ध
445
रियालिटी सो ' बिग बोस ' को नयाँ सिजन चलाउन सलमान खानले अस्वीकार गरेका छन् । बिगत चार बर्षदेखि बिग बोस चलाउँदै आएका सलमानले आठौं संस्करण चलाउन इन्कार गरेको बताइएको छ । सोमा आउन नमान्नुको कारण पैसा नभएर अरु नै भएको बताइएको छ ।
सलमानले मानेनन् ' बिग बोस ' चलाउन , को आउला नयाँ ?
224
तथ्याङ्कलाई केलाउने हो भने यतिबेला पचास हजारको संख्यामा नेपाली विद्यार्थी अस्ट्रेलियामा उच्च शिक्षा अध्ययनमा रहेको देखिन्छ । पछिल्लो वर्ष नेपाली विद्यार्थीले अस्ट्रेलियाको शैक्षिक उद्योगमा एक अर्ब ## करोड रुपैयाँ खर्चेको स्पष्ट देखिन्छ । यो अस्ट्रेलियाको ## बिलियन डलरको शैक्षिक उद्योगमा महत्वपुर्ण हिस्सा पनि हो ।
नेपाली राजदूतावास र कूटनीतिक दृष्टि
314
जनता बैंकले काठमाडौंमा # र काठमाडौं बाहिर # गरी # नयाँ शाखा खोलेको छ । बैंकले काडमाडौंको काँडाघारी , बनस्थली र थानकोटमा शाखा बिस्तार गरि कारोबार सञ्चालन गरेको छ । भने काठमाडौं बाहिर बाग्लुङ बजार , कपिल्वस्तुको तोलिहवा , र धनगढीको सेतोपुलमा शाखा बिस्तार गरेको हो ।
जनता बैंकका # नयाँ शाखा सञ्चालनमा
263
त्रिभुवन विमानस्थलनजिकैको शम्भु मार्गबाट प्रहरीले चार जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीको टोलीले पेस्तोल र सोको # राउन्ड गोलीसहित बुधबार बिहान पक्राउ गरेको हो । पक्राउ पर्नेमा बालुवाटार बस्ने उदयपुर कटारीका भीम सुर्खेती , लाजिम्पाट बस्ने सिन्धुलीका भीमबहादुर माझी , बल्खु बस्ने सिन्धुलीका प्रदीप माझी र सीतापाइला बस्ने लोकेन्द्रबहादुर आले रहेको प्रहरीले जनाएको छ ।
काठमाडौंबाट पेस्तोलसहित चार जना पक्राउ
398
रोजगारीका लागि भारत जान पनि अब सरकारसँग अनुमति लिनु पर्ने भएको छ । साथै बैदेशिक रोजगारीमा जानेहरूको बीमामा # लाखको घातक रोग बीमा थपिएको छ । मंगलबार परराष्ट्रमन्त्री प्रकाशशरण महत र श्रममन्त्री सूर्यमान गुरूङलाई सँगै राखेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतलाई बैदेशिक रोजगारीमा राख्दै नयाँ व्यवस्था घोषणा गरेका हुन् ।
अब रोजगारीका लागि भारत जान पनि अनुमति पत्र लिनु पर्ने
326
पाल्पाको निस्दी गाउँपालिकामा हावाबाट बिजुली उत्पादन गरी वितरण हुँदै आएको छ । यस वर्षबाट हावासँगै सौर्यबत्ती प्रयोग गरेर त्यस क्षेत्रका नागरिकलाई उज्यालोमा राख्ने तयारी छ । सौर्य ऊर्जाको सेवा असारको अन्तिमसम्ममा सञ्चालन हुने भएको छ ।
हावाबाट बिजुली निकाली थप सेवा दिने तयारी
232
खाडी राष्ट्र कतारले पेट्रोलियम निकासीकर्ता मुलुकहरुको सङ्गठन ( ओपेक ) को सदस्यता अर्को महिनाबाट त्याग्ने घोषणा गरेको छ । कतारका ऊर्जा मन्त्री साद अल काबीले अब कतार ग्यास उत्पादनमा केन्द्रित रहने घोषणा गरे । काबीले सोमबार दोहामा आयोजित पत्रकार सम्मेलनमा कतारले जनवरी #### देखि लागू हुनेगरी ओपेकको सदस्यता त्याग्ने निर्णय गरेको बताए ।
कतारले ओपेकको सदस्यता त्याग्ने
332
उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले प्राथमिकताका आधारमा खानी तथा खनिज पदार्थको खोजी र उत्खनन् गर्न सम्बन्धित निकायलाई सुझाव दिएको छ । समिति अन्तर्गतको उपसमितिका संयोजक नारायणबहादुर कार्कीको अध्यक्षतामा बसेको उक्त बैठकले सो सुझाव दिएको हो । नेपालमा रहेका खानीको अवस्था , खानी तथा भूगर्भ विभागले गत आर्थिक वर्षमा गरेको कार्यप्रगति , मुख्य समस्या तथा चुनौती , आव ### / ## को वार्षिक बजेट र कार्यक्रमका विषयमा छलफल भएको थियो ।
प्राथमिकताका आधारमा काम गर्न समितिले दियो निर्देशन
434
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाली कामदारमाथि लाग्दै आएको बढी शुल्क हटाइदिन मलेसियाका विदेशमन्त्री टाडो सैफुद्दिन अब्दुल्लाहलाई आग्रह गरेका छन् । मलेसियाका नवनियुक्त विदेशमन्त्री अब्दुल्लाहसँग विहीबार भएको टेलिफोन वार्तामा उनले उक्त आग्रह गरेकाे परराष्ट्रमन्त्रालयले जनाएको छ । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारमाथि बढी शुल्क लाग्दै आएको छ ।
नेपाली कामदारमाथिकाे शुल्क घटाउन मलेसियालार्इ आग्रह
355
आफन्त र समाजले थाहा पाउने डरले चाँपागाउँ निवासी एक अविवाहित युवतीले जन्म हुनासाथ आफ्नै शिशुलाई शौचालयमा लगेर ब्लेटले घाँटी काटी हत्या गरेकी छिन् । सिन्धुपाल्चोक जिल्लाको इर्खु गाविस घर भएकी करिव ## वर्षकी अनिषा तामाङले समाजबाट लुकाउनका एक हप्ता अघि शिशुको हत्या गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ । केही समयसमयदेखि उनी दिदी भिनाजुसँगै बस्दै आएकी थिइन ।
अविवाहित आमाद्वारा शिशुको हत्या
358
सरकारले राष्ट्रिय जनता पार्टी ( राजपा ) सामू संसदमा विधाराधीन संविधान संशोधन विधेयकलाई भोटिङमा लैजाने प्रस्ताव राखेको छ । भोटिङको परीणाम जे भएपनि चुनावमा आउने पर्ने सरकारको प्रस्ताव छ । तर , राजपाले मन्त्रिपरिषदबाट गर्नुपर्ने निर्णयहरु पहिला गर्न माग गरेको छ ।
संशोधन विधेयक भोटिङमा लैजाने सरकारको प्रस्ताव , राजपाले भन्यो - पहिला मुद्दा फिर्ता
260
अमेरिकामा रहेका नेपाली समुदायले तीन वर्षअघि सुरु गरेको ' सगुन ' ले सर्च इञ्जिनको रुपमा राम्रो उपस्थिति देखाएको थियो । पछिल्लो समय सगुन इंकले आफूलाई सामाजिक सञ्जालको रुपमा विकास गर्दै यसको प्रयोग गरेवापत प्रयोगकर्तालाई समेत प्रतिफल दिने अवधारणा ल्याएको छ । कम्पनीले लगानी जुटाउन केही समयअघि मिनी आईपीओ जारी गरेको छ ।
' सामाजिक सञ्जालमा समय बिताए वापत आम्दानीको # प्रतिशत प्रतिफल दिने योजना छ '
315
फाइल तस्वीर# जेठ , डोल्पा । जेठ # देखि डोल्पाका सम्पूर्ण पाटनहरु यार्सागुम्बा संकलनका लागि खुला गरिएसँगै सर्वसाधारण आफूले जान चाहेको पाटन रोज्दै धमाधम इजाजतपत्र लिएर पाटन प्रवेश गर्न थालेका छन् । शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जले जिल्लाका विभिन्न नाकाबाट संकलन इजाजतपत्र वितरण गर्दै हिजोबाट यार्सागुम्बा पाटन जान खुल्ला गरेको हो ।
मृत्यु जितेर मात्रै यार्साबाट कमाई
330
थाइल्याण्डकी राजकुमारी उबोलरतनाले प्रधानमन्त्रीका लागि आफूले उम्मेदवारी घोषणा गर्नु गल्ती भएको भन्दै क्षमा याचना गरेकी छन् । शाही परिवारको सदस्य रहेकै बेला ## वर्षीया उबोलरतनाले ' थाइ रक्षा चार्ट पार्टी ' का तर्फबाट गत शुक्रबार उम्मेदवारी घोषणा गरेकी थिइन् । उनको उम्मेदवारीका बारेमा उनका भाइ तथा थाइल्याण्डका राजा माहा वाजिरालोङकोर्नले आपत्ति जनाएका थिए ।
थाइल्याण्डकी राजकुमारी उबोलरतनाले भनिन् : प्रधानमन्त्रीका लागि उम्मेदवारी दिनु गल्ती
356
पहिलो चरणको स्थानीय चुनावमा # वटा महानगरपालिका चर्चाको शिखरमा पुगेका छन् । दुई ठूला दल कांग्रेस र एमाले सबै महानगरपालिकामा माओवादी र राप्रपाको साथ लिएर जित आफ्नो पक्षमा पार्ने दाऊमा लागेका छन् । बिहीबार नेपाली कांग्रेस र माओवादीले भरतपुर र पोखरा महानगरपालिकामा चुनावी तालमेल गरेका छन् ।
कांग्रेस - माओवादी तालमेलः उपत्यकामा ' असफल ' , पोखरा र भरतपुरमा सफल
286
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कफी सपमा सोमबार राति आगलागी भएको छ । विमानस्थलको अन्तरराष्ट्रिय टर्मिनलभित्र रहेको एयरपोर्ट टी एन्ड कफी सपमा आगलागी भएको विमानस्थलले जनाएको छ । विमानस्थलको दमकलले आगलागी नियन्त्रणमा लिएको छ ।
कफी सपमा आगलागी : विमानस्थलको सुरक्षा सतर्कतामा प्रश्न
227
माथिको जस्ताबाट शीत चुहिरहेको छ । तलको सिमेन्टको चिसोले शरीर थर्रर कमाउँछ । यो अवस्था हो नुवाकोटको ककनी गाविसस्थित भवानी माध्यमिक विद्यालयका विद्यार्थीको ।
क्षतिग्रस्त विद्यालय पुनर्निर्माण नहुँदा चिसोले विद्यार्थीलाई समस्या
155
नेपाल सरकार ( मन्त्रिपरिषद् ) को यही भदौ ## गतेको निर्णयानुसार आगामी # गते तेस्रो चरणको स्थानीय तह निर्वाचन सम्पन्न हुने विभिन्न आठ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयद्वारा जारी सूचनामा ती जिल्लामा रहेका सरकारी तथा अर्धसरकारी कार्यालय र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख छ । तराईका आठ जिल्ला सिरहा , सप्तरी , धनुषा , महोत्तरी , सर्लाही , रौतहट , बारा र पर्सामा असोज # गते स्थानीय तहको तेस्रो चरणको निर्वाचन सम्पन्न हुन गइरहेको छ ।
असोज # गते तराईका आठ जिल्लालाई सार्वजनिक बिदा
499
दोस्रो टी - ## क्रिकेटमा भारतले श्रीलंकालाई ## रनले हराएको छ । यससागै तीन म्याचको सिरिजमा # - # को बराबरी भएको छ । रााचीमा जितका लागि ### रनको लक्ष्य पछ्याएको श्रीलंकाले ## ओभरमा # विकेट गुमाएर ### रन मात्र बनाउन सक्यो ।
दोस्रो टी - ## मा भारतले श्रीलंकालाई हरायो
220
आगामी कात्तिक पहिलो सातादेखि पहिलो दक्षिण एसियाली यु–## नेटबल च्याम्पियनसिप हुने भएको छ । आइतबार एक कार्यक्रमको आयोजना गर्दै नेपाल नेटबल संघले कात्तिकको पहिलो सातादेखि पहिलो दक्षिण एसियाली यु–## नेटबल च्याम्पियनसिप हुने भएको जनाएको हो । च्याम्पियनसिपमा दक्षिण एसियाका # राष्ट्रको सहभागिता रहनेछ ।
दक्षिण एसियाली नेटबल कात्तिकमा
296
काठमाडौँ – निर्वाचनमा संघारमा दलहरुले जारी गर्ने महत्वकांक्षी घोषणापत्रले विगतको झैँ यसपटक पनि निरन्तरता दिएका छन् । यसपटक पनि दलले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि जारी गरेको घोषणापत्र हेर्दा भोट माग्नका लागि महत्वाकांक्षी र जनतालाई ढाँट्ने खालका देखिन्छन् । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आगामी ## वर्षमा पाँचवटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने जनाएको छ भने नेकपा ( एमाले ) र नेकपा ( माओवादी केन्द्र ) ले प्रशान्त र हिन्द महासागरमा नेपाली ध्वजावाहक पानीजहाज सञ्चालन गर्ने उल्लेख गरेका छन् ।
किन बन्यो दलका महत्वाकांक्षी घोषणापत्र ?
522
प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको पूर्व सन्ध्यामा राष्ट्रिय मानवअधिकार आयोगले सार्वजनिक गरेको अनुगमन प्रतिवेदनले निर्वाचनका लागि खटिएका कर्मचारीमै मतदाता शिक्षाबारे अन्योल देखिएको उल्लेख गरेको छ । आयोगले स्थानीय तहको निर्वाचन अनुगमन प्रतिवेदनमा मतदाता शिक्षा प्रभावकारी रूपमा ग्रामीण तहसम्म पुग्न नसकेको र मतदातासँगै कर्मचारीमा समेत अन्योल रहेको उल्लेख छ । आयोगले निर्वाचनका बेला मतदाता शिक्षाको पर्याप्त र प्रभावकारी व्यवस्थापन गर्न गराउन समेत निर्वाचन आयोगलाई आग्रह गरेको छ ।
निर्वाचनमा खटिएकै कर्मचारीमा मतदाता शिक्षाको अभाव
481
कोसीपारिका बुङ , छेस्काम , गुदेल , लोखिम , वाकु लगायत गाविसका विद्यार्थी भारी बोक्न सगरमाथा क्षेत्र अर्थात् खुम्बुतिर लागेका छन् । शैक्षिक सत्र #### को वार्षिक परीक्षा सकिनासाथ नयाँ शैक्षिक सत्रका लागि पोसाक र कापी / कलम जुटाउनुपर्ने बाध्यता तिनलाई छ । खुम्बु क्षेत्र भनेर चिनिने नाम्चे , चौरीखर्क र खुम्जुङमा यसबेला पर्यटकीय मौसम भएको कारण कोसीपारिका कक्षा # , # , # मा पढ्ने छात्र पर्यटकको भारी बोक्न तथा साना कक्षाका छात्र र विभिन्न उमेरका छात्रा साहुको भारी बोकेर खुम्बु हिँडेका हुन् ।
कलिला विद्यार्थी परीक्षा सकेर भारी बोक्नतिर
489
कपिल ज्ञवाली## चैत , बुटवल । नेपाली कांग्रेसका नेता बालकृष्ण खांडले कांग्रेस सरकारमा गएपछि मात्रै स्थानीय निर्वाचन हुने दाबी गरेका छन् । ठूलो दल प्रतिपक्षमा बसेर अहिलेको सरकारले चुनाव गराउन नसक्ने उनले बताए ।
कांग्रेस सरकारमा गएपछि मात्र स्थानीय चुनावः खांण
208
साउनको दोस्रो साता राजधानीमा आयोजना हुने भनिएको ' इन्टरनेसनल इण्डिया फिल्म अवार्ड ( आइफा ) - #### ' नेतृत्वका कारण अन्योलमा परेको छ । पर्यटन मन्त्रालय र नेपाल पर्यटन बोर्डले नेतृत्व नलिएपछि साउनको दोस्रो सातामा अवार्ड हुनुपर्ने सम्झौता स्थगित हुने सम्भावना देखिएको हो । अवार्ड आयोजना गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारको नेतृत्वले तयार गरेको विशेष टोलीका एक सदस्यले आइफा अवार्ड राजधानीमा आयोजना गर्ने तयारी भए पनि यसको निम्ति नेतृत्व लिन सरकारी निकाय तयार नभएकाले आयोजकसँग सम्झौता गर्न नसकेको खुलाए ।
काठमाडौंमा हुने ' आइफा अवार्ड ' अन्योलमा
507
डोटी जेसिजको वर्ष #### का लागि हेमराज जोशीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । बिहीबार सकिएको छैटौं साधारण सभा तथा पाँचौं अधिवेशनबाट कार्यकारी उपाध्यक्षमा निर्मला खत्री र नवराज जोशी , उपाध्यक्षहरुमा गणेश कठायत , पवन महरा , दीपक ओझा र सागर सिं सेवालाई चयन गरेको छ । त्यस्तै महासचिवमा कृष्णराज जोशी र कोषाध्यक्षमा बिजय ओझा चयन भएका छन् ।
डोटी जेसिजको अध्यक्षमा जोशी
343
संघीय समाजवादी फोरमले सरकारमा जाने निर्णय गरिसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले फोरमकै लागि भनेर सहरी विकास र स्वास्थ्य मन्त्रालय खाली राखेका छन् । फोरमले पनि राष्ट्रपति निर्वाचन देखि सभामुख निर्वाचनसम्म वाम गठबन्धनका उम्मेदवारलाई समर्थन गरिसकेको छ ।
उपेन्द्र यादवलाई प्रश्न : तपाईंहरु अझै किन सरकारमा नगएको ?
256
म्याग्दीको सबैभन्दा दुर्गम र विकट बस्ती गुर्जालाई यातायात सञ्जालसँग जोड्न सुरुङ मार्गको सम्भाव्यता अध्ययन सुरू गरिएको छ । धौलागिरि गाउँपालिका–# मा पर्ने गुर्जामा सहज रूपमा यातायात सेवा पुर्‍याउनका लागि सुरुङ मार्ग निर्माण गर्न सम्भाव्यता अध्ययन गर्न भूगर्वविद् र प्राविधिक टोली परिचालन भएको हो । # नं वडामा पर्ने लुलाङदेखि गुर्जासम्म सुरुङ मार्ग निर्माणका लागि स्ट्रेन्थ डेभलपर्स प्रालिले स्थलगत अध्ययन सुरू गरेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिए ।
सुरुङ मार्गको सम्भाव्यता अध्ययन सुरू
466
बेलायतमा झण्डै ## वटा स्कुलले लैंगिक तटस्थ स्कुले पोशाकको नमूना पेश गरेका छन् । जस अन्तरगत पाँच वर्षको उमेरसम्मका विद्यार्थीहरुले स्कुल आउँदा आफुखुसी पोशाक लगाउन पाउनेछन् । पाँच वर्षसम्मका बालक विद्यार्थीले स्कर्ट लगाउन सक्नेछन् भने बालिका विद्यार्थीले सुरुवाल ।
स्कुलको अनौठो नियम , केटालाई स्कर्ट , केटीलाई सुरुवाल
262
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) का अध्यक्ष पुष्पकमल दाहाल ' प्रचण्ड ' ले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा शान्तिपूर्ण राजनीतिमा आउनुको विकल्प नरहेको बताएका छन् । अध्यक्ष दाहालले बम आतंक फैलाएर मात्रै राजनीतिक उद्देश्य पूरा हुन्छ भन्ने नसोच्न पनि चन्द नेतृत्वको नेकपालाई चेतावनी दिए । सोमबार विराटनगर विमानस्थलमा संचारकर्मीहरुले काठमाडौंमा गरिएको श्रृखंलावद्ध बम विष्फोटको घटनापछि उत्पन्न राजनीतिक परिस्थितिबारे सोधेको प्रश्नको जवाफ दिने क्रममा उनले राष्ट्रिय तथा अन्तराष्ट्रिय परिस्थिति , राष्ट्रको आवश्यक्ता र जनताको चाहना पनि बम पड्काउने नभएकाले चन्द नेतृत्वको नेकपा अन्ततः सरकारसँग वार्तामा आउनुको विकल्प नरहेको तर्क पनि गरे ।
राजधानीमा बम आतंकपछि विप्लव समूहलाई ' प्रचण्ड ' को चेतावनी
640
सहरी विकास मन्त्री डा . नारायण खड्काले मन्त्री र सभासद पदको तलब भूकम्प पीडितहरुका लागि प्रदान गर्ने घोषणा गरेका छन् । मन्त्री खड्काले आफ्नो तलबमध्येबाट # हजार रुपैयाँ मात्रै आफूसँग राखेर अरु सबै रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेका हुन् । उनले आफू मन्त्री भएलगत्तै तलबको ## प्रतिशत रकम मुटु रोगीहरुको उपचारका लागि शहिद गंगागाल हृदय रोग केन्द्रलाई दिँदै आएका थिए ।
सहरी विकास मन्त्री खड्काले सबै तलब भूकम्प पीडितलाई दिने
392
केही दिन अघि मात्र चलचित्र ' राजनीति ' को पि्रमियरका लागि भन्दै स्पेन पुगेका निर्माता तथा कलाकार दिपक सुवेदी अहिले दंग छन् । स्पेनको बार्सिलोनामा गरिएको पि्रमियरमा सहभागी नेपालीहरुले चलचित्रलाई खुबै मन पराएपछि उनलाई राम्रै सिनेमा बनाएछु कि जस्तो लागेको छ । बसन्त निरौलाको निर्देशनमा तयार भएको यो चलचित्र भदौ ## अर्थात शुक्रबारबाट प्रदर्शनमा आउँदैछ ।
स्पेनका दर्शकले पनि हेरे नेपालको राजनीतिक अवस्था ( भिडियो )
349
मंसिर ## गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृत खटिने मतदान केन्द्रको छनोट आज गोला प्रथाबाट गरिएको छ । मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारी , सहायक निर्वाचन अधिकृतद्वय गंगाप्रसाद पौडेल तथा जगन्नाथ पौडेल , प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी र क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीको रोहवरमा गोलाप्रथाबाट ### मतदान अधिकृत र त्यतिनै सहायक मतदान अधिकृत खटिने मतदान केन्द्र छनोट गरिएको हो । विगतमा सिधै मतदान केन्द्र तोकिदा कसैलाई टाढा र कसैलाई नजिक हुने गरेको गुनासो आएकाले सबैलाई समान व्यवहार गर्न गोलाप्रथा गरिएको क्षेत्रीय निर्वाचन अधिकारी सुवेदीले बताए ।
मतदान अधिकृतले गोला प्रथाबाट केन्द्र छाने
617
## वैशाख , काठमाडौं / प्रेस काउन्सिलले सिके राउतको अन्तरवार्ता प्रशारण गरेको विषयमा आमजनतासमक्ष क्षमायाचना गर्न निर्देशन दिएको छ । काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको बिहिबार बसेको सो निर्देशन दिएको हो । गत चैत्र ## गते एविसी टेलिभिजनको एबिसी वाच नामक कार्यक्रममा प्रशारित सिके राउतसँगको अन्तर्वार्ताले नेपालको सार्वभौमसत्ता , भौगोलिक अखण्डता , सामाजिक सद्भावमा खलल् पुगेको र पत्रकार आचारसंहिताको गम्भीर उल्लंघन भएको ठहर काउन्सिलको छ ।
आमजनतासमक्ष क्षमायाचना गर्न एबिसी टिभीलाई निर्देशन
438
केपी ओली नेतृत्वको सरकारमा प्रधानमन्त्री कार्यालयसहित ## वटा मन्त्रालय रहने भएका छन् । तर , सत्तारुढ एमाले र माओवादीले कुन कुन मन्त्रालय लिने भन्ने अझै टुंगिएको छैन । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार मन्त्रालयको संख्याबारे छलफल भएको थियो ।
ओली सरकारमा ## मन्त्रालय रहने , माओवादीले माग्यो # मन्त्रालय
286
इटरनेसनल डाटा कर्पोरेसन ( आइडिसी ) ले गरेको अनुसन्धानले सन् #### को पहिलो त्रैमासिकमा ओप्पो स्मार्टफोन चौंथो स्थानमा रहन सफल भएको छ । आइडिसीद्वारा प्रस्तुत डाटाका अनुसार विश्व बजारमा ## . # मिलियन बिक्री परिमाण ( सेल्स भोल्युम ) र ## . # प्रतिशत इयर अन इयर ग्रोथका साथ ओप्पो उक्त स्थानमा रहन सफल भएको कम्पनीले जनाएको छ । चिनियाँ बजारमा बलियो उपस्थितिका लागि ओप्पोको बर्गियर क्यामेरा केन्द्रित आरनाइन एसले विशेष भूमिका निर्वाह गरेको प्रतिवेदनमा उल्लेख छ ।
अाेप्पोले लियो विश्वको चौथो ठूलो बजार हिस्सा
454
प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले जित्ने देखेपछि केही शक्ति निर्वाचनबाट डराएको आरोप लगाएका छन् । पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा पार्टीमा प्रवेश गरेकाहरुलाई स्वागत गर्दै उनले निर्वाचनबाट उम्कने ठाउँ नरहेको जिकीर समेत गरे । हार्ने डरले निर्वाचनमा भाग्न खोज्नेहरु पनि अव निर्वाचन जान बाध्य हुने उनको दावी थियो ।
ओलीले भने - लोडसेडिङ हटाउने काम मेरै सरकारको योजना अनुसार भयो
346
लगातार ओरालो लाग्दै आएको शेयर बजारमा आज सामान्य सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक # . ## बिन्दुले बढेर एक हजार ### . ## बिन्दुमा पुगेको छ । ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक # . ## बिन्दुले बढेर ### . ## बिन्दुमा पुगेको छ ।
बढ्यो शेयर बजार
279
नविन अर्याल## मंसिर , काठमाडौं । बुटवलका आशिष ढकाल त्रिभुवन विमानस्थलको अराइभल कक्षबाट ट्रलीमा लगेज बोकेर बाहिर आउँदै थिए । नयाँ पीच थपेपछि खाल्डो परेको बाटोमा ट्रली अल्झिर लगेजहरु भुइँभरि छरिए ।
एयरपोर्टमा ट्रलीबाट लगेज खस्दा यात्रुलाई हैरानी !
195
सर्वोच्च अदालतले यातायातलगायत क्षेत्रमा रहेको सिन्डिकेट , कार्टेलिङ र त्यस किसमका अन्य रूप वा क्रियाकलाप खारेज गर्न परमादेश जारी गरेको छ । यातायातमा सिन्डिकेटविरुद्धको मुद्दामा सर्वोच्च अदालतले बिहीबार तेस्रोपटक फैसला गर्दै सिन्डिकेट जुनसुकै प्रकारको भए पनि तत्काल अन्त्य गर्न सरकारका नाममा परमादेश जारी गरेको हो । न्यायाधीश आन्नदमोहन भट्टराई र अनिलकुमार सिन्हाको संयुक्त इजलासले प्रतिस्पर्धा गर्न पाउने बजारको सिद्धान्तविपरीत भइरहेको सिन्डिकेट अन्त्यको अनुगमन गर्न पनि सरकारलाई आदेश दिएको छ ।
सिन्डिकेट खारेज गर्न तेस्रोपटक परमादेश
493
इराकको राजधानी बग्दादस्थित अमेरिकी राजदूतावासमा आन्दोलनकर्ताले आगजनी तथा तोडफोड गरेका छन् । अमेरिकाले इराकमाथि गत आइतबार गरेको हवाई आक्रमणले ## जनाको ज्यान गएपछि त्यसको विरोधमा मंगलबार इराकीले राजदूतावास परिसरमा तोडफोड र आगजनी गरेका हुन् । राजदूतावासको कम्पाउन्ड भित्र आगलागी भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
बग्दादको अमेरिकी राजदूतावासमा आगजनी र तोडफोड
323
विश्वव्यापी इनोभेटिभ स्मार्टफोन ब्राण्ड भिभोले भि सिरिजको फ्ल्यागशिप डिभाइस भि ##प्रो लञ्च गरेको छ । बिहीबार आयोजित एक कार्यक्रममा सो फोन लञ्च गरेको हो । यो डिभाइसमा क्वाड रियर क्यामरा सेटअपका साथमा विश्वको पहिलो ## मेगापिक्सेल ड्यूल पप–अप सेल्फी क्यामरा राखिएको छ ।
विश्वमै पहिलो ## मेगापिक्सेल ड्यूल पप–अप सेल्फी क्यामरामा आयो ' भि##प्रो ' , अन्य के–के छन् विशेषता ?
266
काठमाडौ– सरकारले उपभोक्तामाथि ठगी गर्ने व्यापारीहरुलाई कडा कारवाही गर्ने चेतावनी दिएको छ । कृषि , भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले काठमाडौंको कालीमाटीस्थित फलफूल तथा तरकारी बजारले उपभोक्तामाथि ठगी गरे÷नगरेको छानवीन गर्न समितिनै गठन गर्ने घोषणा पनि गरे । गुणस्तरहिन तरकारी तथा फलफूल विक्री वितरण गर्ने गरेको गुनासो आइरहेका बेला उनले बजारको अनुगमन गरी दोषी प्रमाणित भए कडा कार्वाही गर्ने चेतावनी दिएका हुन् ।
उपभोक्ता ठग्ने व्यापारीलाई कडा कारवाही गर्ने कृषि मन्त्रीको चेतावनी
422
#### को दशकसम्म पनौतीलाई ' पोखरेली मसिनो ' चामल र रोशी खोलाको ' असला ' माछा पाइने ठाउँ भनेर उपत्यकाले चिन्थ्यो । #### सालतिर भित्रिएको खुमल–# जातको धानले पोखरेली मसिनोलाई भुलाइदियो । यस्तै , रोशी खोला सुक्दै गएपछि असला माछा पनि हराए ।
सरकार , पुलाउ पकाउने धान खै ?
234
संस्कृति , पर्यटन तथा नागरिक उडड्यनमन्त्री आनन्दप्रसाद पोखरेलले आगामी बुद्ध जयन्तीका अवसरमा हुने विशेष समारोहमा भारतका प्रधानमन्त्री मोदीलाई निमन्त्रणा दिन आफू भारत भ्रमणमा जाने बताएका छन् । आफू प्रधानमन्त्री केपी शर्मा ओलीको सल्लाह बमोजिम नै भारतीय प्रधानमन्त्री मोदीलाई निम्ता गर्न भारत जान लागेको उनले बताए । भारत भ्रमणको मिति भने तय भइसकेको छैन ।
मोदीलाई निमन्त्रणा दिन मन्त्री पोखरेल भारत जाँदै
350