article
stringlengths
55
1.8k
title
stringlengths
10
141
article_length
int64
55
1.8k
तिहार नजिकिएसँगै प्रहरीले जुवातासविरुद्ध देशब्यापी अभियान संचालन गरेको छ । यसै क्रममा देशका विभिन्न भागबाट जुवाडेहरु धमाधम पक्राउ परेका छन् । पछिल्लो ## घण्टामा देशका विभिन्न भागबाट ## जुवाडे पक्राउ परेको प्रहरीले जनाएको छ ।
देशका विभिन्न स्थानबाट ## जुवाडे पक्राउ
224
क्रिकेटर बिराट कोहलीले अनुष्का शर्माले निर्माण गरेको फिल्म ' एनएच ## ' हेरेपछि अनुष्काको प्रस्तुति बेजोड रहेको टिप्पणी गरेका छन् । बिराटले ट्वीट गर्दै भनेका छन् ' भर्खरै एनएन ## फिल्म हेरें खुसी लाग्यो । अनुष्काको प्रस्तुती बेजोड छ ।
विराटले भने – अनुष्काको प्रेमी हुनुमा गर्व लाग्यो
233
विश्वमा नै आतंक फेैलाएका अल कायदाका प्रमुख ओसामा विन लादेनलाई अमेरिकाले मारेको पाँच वर्ष भयो । तर अलकायदा प्रमुख तथा विन लादेनका छोरा हमजा बिन लादेनले हालै अमेरिकालाई आफ्नो पिताको हत्याको बदला लिने चेतावनी दिएका छन् । हमजाले वि आर अल ओसामा नामको एक अडियो टेपमार्फत अमेरिकासँग बदला लिने चेतावनी दिएका हुन् ।
विन लादेनको हत्याको बलदा लिने चेतावनी
306
विद्यार्थीले कुटेपछि थलिएका त्रिचन्द्र बहुमुखी क्याम्पस काठमाडौंका प्रमुख प्राध्यापक डाक्टर प्रदीपबहादुर न्यौपाने एक साता अस्पताल बसेर घर फर्किएका छन् । क्याम्पसले स्नातक तह पहिलो वर्षमा मानविकी र विज्ञान संकायमा भर्ना शुल्क वृद्धि गरेको विरोधमा विद्यार्थीले न्यौपानेमाथि मंसिर # गते आक्रमण गरी घाइते बनाएका थिए । घटनामा संलग्न रहेको आरोपमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको भातृ विद्यार्थी संगठन अनेरास्ववियूका गोविन्द थपलिया र मनराज थापा पक्राउ परेका थिए ।
त्रिचन्द्र क्याम्पस प्रमुखको प्रश्न - मलाई लात्ताले हान्ने विद्यार्थीलाई किन कारबाही भएन ?
459
काबेली कोरिडोर ### केभी प्रसारण लाइन आयोजना समयमै निर्माण सम्पन्न नहुँदा पाँचथरमा निर्माण भएको ## . # मेगावाटको माथिल्लो हेवा ' ए ' जलविद्युत् आयोजनाबाट दुई वर्षमा साढे ## करोड रुपैयाँ घाटा सहनु परेको छ । उत्पादित विद्युत प्रसारण लाइनमा जोड्न नपाउँदा आयोजनाले कमाउने उक्त रकम घाटा हुन गएको हो । पाँचथर पावर कम्पनीले निर्माण गरेको आयोजनाबाट #### माघदेखि विद्युत् उत्पादन सुरु भएको थियो ।
प्रसारण लाइन नहुँदा माथिल्लो हेवाले गुमायो ## करोड
386
काठमाडौं - शेरबहादुर देउवा नेतृत्वको सरकारले भूकम्प पीडित र वाढीपीडितलाई बोलेको समाचार सार्वजनिक भएपछि राट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले त्यसको प्रतिवाद गरेका छन् । गत ## माघको मन्त्रिपरिषद् बैठकले भूकम्पपीडितले पाउने अनुदान रकम # लाखबाट वढाएर # लाख पु¥याउने निर्णय भएको सार्वजनिक गरेको थियो । मन्त्रिपरिषद्को माइन्युटमा यो निर्णय उल्लेख छैन ।
भूकम्प पीडितलाई राहत - मुख्य सचिवमाथि कमल थापाले उठाए प्रश्न
357
बाराका बिभिन्न नीजि तथा सरकारी बिद्यालयमा अध्ययनरत बालबालिकाहरुले सुरक्षा व्यवस्था मिलाउन माग गर्दै आईतबार बारा सदरमुकाम कलैयामा प्रदर्शन गरेका छन् । केही समययता सदरमुकाम कलैया सहितका क्षेत्रमा बढ्दै गईरहेको श्रृखंलाबद्ध अपहरण , हत्या , बलात्कार जस्ता आपराधिक कृयाकलापको बिरोधमा प्रदर्शन भएको हो । सदरमुकाम कलैयाको श्री # चन्द्र उच्चमाविको दक्षिणपट्टीको झाडीमा शनिबार बिहान एक बालिकाको बलात्कार पछि अचेत अवस्थामा उद्धार गरिएको थियो ।
सीडीओ पन्छिएपछि बलात्कृत बालिकाको उपचार गर्न चन्दा संकलन
433
सरकार र सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच ## बुँदे सहमति भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गृहमन्त्री रामबहादुर थापा बादल र राउतले सहमति पत्रमा हस्ताक्षर भएको हो । सहमतिको पहिलो बुँदामा मुलुकको अखण्डता स्वीकार गरेका छन् भने सरकारले गठबन्धनका कार्यकर्ताहरुमाथि लागेको मुद्दा फिर्ता लिने भएको छ ।
सरकार र सीके राउतबीच ## बुँदे सहमति ( पूर्णपाठ )
323
म्यादी प्रहरीमा भर्ना हुनका लागि रुपन्देहीमा साढे # हजारको आवदेन परेको छ । अगामी बैशाख ## गतेको स्थानिय निकायको निर्वाचनको लागि सरकारले चैत ## गते देखि चैत ## गते सम्म म्यादी प्रहरीको लागि भर्ना आहृवान गरेको थियो । जसअनुसार म्यादी प्रहरीमा भर्ना हुनका लागि # हजार # सय जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी बेल बहादुर पाण्डेले बताए ।
रुपन्देहीमा म्यादी प्रहरीका लागि साढे # हजारको आवेदन
355
निर्माता करण जोहरको चलचित्रमा काम गर्ने चाहना त बलिउडका अधिकांश कलाकारमा हुन्छ । तर , करणलाई भने परिवारवादमाथि विश्वास गर्ने गरेको आरोप लाग्दै आएको छ । नायिका दीपिका पादुकोण र निर्माता करण जोहरले चलचित्र ' ए जवानी हे दिवानी ' मा एकसाथ काम गरेका थिए ।
दीपिकाले साइन गरिन् करणको फिल्म
250
भक्तपुर– विगत सात महिनादेखि आन्दोलनरत मानव अंग प्रत्यारोपण केन्द्रका नर्सले आकस्मिक कक्षमै धर्नामा बसेका छन् । केन्द्रले आफूहरुमाथि अन्याय गरेकाले न्याय पाउनु पर्ने , बिनाआधार करार सेवाबाट निष्कासन गरिएकाले पुनःबहाली गर्नुपर्ने , करारमा रहेका सबैलाई स्थायी गर्नुपर्नेलगायतका माग राखेर आन्दोलनमा उत्रिएका नर्सले विगत चारदिनदेखि आकस्मिक कक्षमै धर्ना दिएका हुन् । केन्द्रले आज आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रका निर्देशक डा . पुकारचन्द्र श्रेष्ठले बिरामीको बहाना गरी चारदिनदेखि आकस्मिक कक्षमा बसेर त्रजिना जति र सजिना द्यौलाले आकस्मिक कक्षको दुरुपयोग गरेको बताए ।
आकस्मिक कक्षमै नर्सको धर्ना , सेवा अवरुद्ध
566
जिल्लाको शुक्लागण्डकी नगरपालिका–# का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीविरुद्ध इलाका प्रहरी कार्यालय बेलचौतारामा बलात्कारको जाहेरी दर्ता भएको छ । सोही वडाकी एक महिलाले रेग्मीले आफूलाई बलात्कार गरेको भन्दै बिहीबार जाहेरी दर्ता गराएकी हुन् । उनको बिहीबार नै स्वास्थ्य परीक्षण गरिएको छ ।
वडाध्यक्षमाथि बलात्कारको बात , पीडितले दिइन् प्रहरीमा उजुरी
278
बुटवल – नाम : ध्रुव न्यौपाने । उमेर : ## । ठेगाना : गुल्मी छत्रकोट गाउँपालिका–# , साविक हुँगा गाविस # झेदी ।
# सयको डोको पसले अहिले महलमा : राजस्व मात्रै डेढ करोड बुझाउँछन्
108
जन्मका आधारमा नागरिकता पाएकाहरुको सन्तानले ' नागरिकता ऐन ' संशोधन नभएसम्म नागरिकता लिन नपाउने भएका छन् । हालै मात्र प्रदेश # को आन्तरिक मामिला तथा कानून मन्त्रालयले संवैधानिक व्यवस्था र अदालतको आदेशलाई देखाउँदै जन्मका आधारमा नेपालको नागरिकता पाएकाहरुको सन्तानलाई बंशजको नागरिकता दिन प्रदेशका # वटै जिल्लालार्इ परिपत्र गरेको थियो । तर , जिल्ला प्रशासन कार्यालयहरुले आवश्यक निर्देशनका लागि भन्दै केन्द्रीय गृह मन्त्रालयमा पत्राचार गरे ।
गृहको परिपत्रः ऐन संशोधनपछि मात्र नागरिकता दिनू
434
भूकम्पपछिको पुननिर्माणमा नेपाललाई सघाइरहेका विकास साझेदारहरुले भूकम्प पीडितलाई घर पुनर्निर्माणमा एकमुष्ठ डेढ लाख रुपैयाँ दिने दलहरुको समझदारीलाई अव्यवहारिक भनेका छन् । दाताहरुको तर्फबाट विश्व बैंकले अर्थ मन्त्रालयलाई पठाएको पत्रमा यसअघि भनिए बमोजिम तीन किस्तामा पीडितहरुलाई रकम दिनुपर्ने र त्यसो नभए पुननिर्माण अभियान फेरि पर धकेलिने चेतावनी दिएको छ । विकास साझेदारहरुको चासो अब नेपाली जनताले अर्को ठूलो भूकम्पको धक्का आउँदा नभत्किने खालका सुरक्षित घर बनाउन् भन्ने रहेको भन्दै विश्व बैंकले दलहरुको पछिल्लो सम्झौताप्रति चासो देखाएको हो ।
भूकम्प पीडितलाई एकमुष्ठ डेढ लाख दिने सहमतिमा दाताको आपत्ति ( पत्रसहित )
536
नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) का सचिवालय सदस्य वामेदव गौतमले सरकार सञ्चालनका लागि नेकपाले # वर्षको म्यान्डेट पाएकाले अध्यक्षद्वयले आलोपालो सरकार चलाउनु पर्ने बताएका छन् । शुक्रबार प्रेस सगंठन प्यूठानले जुर्मिमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा गौतमले यस्तो बताएका हुन् । ' ओलीले अध्यक्ष पद छाड्नुपर्ने धारणा पुष्पकमल दाहालको रहेको र सबैलाई मिलाएर लैजान पनि अध्यक्ष र प्रधानमन्त्री एउटै व्यक्ति हुनु हुँदैन ' उनले भने ।
ओली–दाहालले सरकार आलोपालो चलाउनुपर्छः वामदेव गौतम
429
धादिङको गजुरी गाउँपालिका वडा नं # मलेखु नजिकै त्रिशुली नदीमा पल्टिएको ग्याँसको बुलेटबाट ग्याँस चुहिन थालको छ । गत बैशाख ## गते काठमाडौँ जाँदै गरेको एचआर ## क्यु #### नम्बरको लोड ग्याँस पृथ्वीराजमार्गबाट त्रिशुली नदीमा पल्टिएको थियो । ग्याँसको बुलेट पल्टिएर गन्हाउन थालेपछि स्थानीय त्रसित भएका छन् ।
दुर्घटनामा परेको वुलेटबाट ग्यास चुहिन थाल्यो
298
खोटाङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । हलेसीबाट रावाबेँसी गाउँपालिकाको रभुवातर्फ जाँदै गरेको ना # त #### नम्बरको रित्तो ट्याक्टर मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–हलेसी सडक खण्डको ऐसेलुखर्कमा दुर्घट्ना हुँदा चालक उदयपुर त्रियुगा नगरपालिका–# जलजले घर भएका ## वर्षीय देवनारायण चौधरीको मृत्यु भएको हो । आईतबार राती # बजे भएको दुर्घट्नामा ट्याक्टरले च्यापिएर चालक चौधरीको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी बामदेव गौतमले बताए ।
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
467
दशैंका बेलामा उपत्यका बाहेकका स्थानहरुमा चहलपहल बढ्छ । तर , काठमाडौं उपत्यकाचाँहि यसको ठीक उल्टो छ । जब दशैं लाग्न थाल्छ , काठमाडौंको चलहपहल हराउँछ र सडकहरु सुनसान बन्न थाल्छन् ।
काठमाडौंको चटारोः दशैंको पूर्वसन्ध्याका केही रोमाञ्चक तस्वीर
178
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइएको छ । वसन्त पञ्चमी पनि भनिने यस दिन सरस्वतीको पूजा गरे विद्या , बुद्धि बढ्ने विश्वास छ । आजका दिन लेखपढ गर्न सिकाए विद्या र बुद्धि बढ्ने जनविश्वास छ ।
आज सरस्वती पूजा , राष्ट्रपति र उपराष्ट्रपतिले गरे वसन्त श्रवण
251
जापानको राजधानी टोकियोमा चलचित्र ' लभ यू बाबा ' प्रदर्शन गरिएको छ । विश्वकै कान्छा निर्देशक सौगात बिष्टले निर्देशन गरेको यो चलचित्र हेरेपछि दर्शकहरुले उनको निर्देशकिय पाटोको बिषयमा चासो राखेका थिए । शनिबारबाट सुरु भएको सिनोओकुवो फिल्म फेस्टिबलमा छनौटमा परेको यो चलचित्र आइतबार देखाइएको हो ।
जापानमा # बर्षका निर्देशकको फिल्म , जापानीहरुले राखे उनको निर्देशनप्रति चासो
290
धनगढीस्थित नेपाल इनभेष्टमेण्ट बैंकबाट करिब ## लाख रुपैयाँ गायब भएको छ । बैंकको एटीएममा राख्नका लागि तयार पारिएको रकम शुक्रबार बैंकभित्रबाटै गायब भएको बैंकका म्यानेजर राजेन्द्र बहादुर सिंहले जानकारी दिए । बैंकले घटनालाई लुकाउन खोजे सिंहले जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएका थिए ।
धनगढीको इनभेष्टमेण्ट बैंकबाट ## लाख रुपैयाँ गायब
287
चीनले अनुदानमा दिएको ' इन्डक्सन चुल्हो ' को भोलि मंगलबारबाट बिक्री सुरु हुने भएको छ । नयाँ दर कायम गरेर भोलिबाट चिनियाँ इन्डक्सन बिक्री गर्न लागिएको हो । यसअघि ## हजार रुपैयाँ कायम गरिएको इन्डक्सन भोलिबाट घटाएर # हजार रुपैयाँमा बेच्न लागिएको हो ।
चीनले दिएको इन्डक्सन भोलिबाट # हजार रुपैयाँमा बेचिने
246
पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तेज स्मरण शक्तिका कारण विश्व कीर्तिमानी कायम गर्न सफल झापाका युवा अर्पण शर्मालाई प्रमाणपत्र हस्तान्तरण गरेका छन् । शुक्रबार झापाको तोपगाछीमा आयोजित एक कार्यक्रमका बीच उनले प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । अर्पणले एक मिनेटमा ## वटा वस्तुको नाम स्मरण गरेर गिनिज बुक अफ द वर्ल्ड रेकर्डमा नाम लेखाएका थिए ।
ओलीले अर्पणलाई दिए गिनिज बुकको प्रमाणपत्र
368
इटहरी - नेकपा #एमाले#का नेता माधवकुमार नेपालले नेपालको संविधानको सफल कार्यान्वयनका लागि स्थानीय तहको सहज निर्वाचनले सकारात्मक सन्देश दिएको बताउनुभएको छ । स्थानीय दुर्गा पार्टी प्यालेसमा आयोजित प्रदेश नं # का पर्यटन व्यवसायीको एकदिने भेला उद्घाटन समारोहमा उहाँले संविधान संशोधन र परिमार्जनका एकल नारा उराल्दै आएका राजनीतिक दल एवं शक्तिलाई नेपाली जनताले जनमतद्वारा ती आन्दोलन गलत थिए भन्ने गतिलो सन्देश दिएको पनि उल्लेख गर्नुभयो । पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका नेपालले सोही अवसरमा प्रदेश नं # को स्थानीय तहको निर्वाचनले प्रदेश र संघको निर्वाचनलाई समेत प्रभाव पार्न सक्ने भएकाले अहिलेको निर्वाचन परिणामले नेकपा #एमाले#लाई कसरी अघि बढ्नुपर्छ भन्ने रणनीति बनाउन बल पुग्नेछ भन्नुभयो ।
स्थानीय तहको सहज निर्वाचनले सकारात्मक सन्देश : एमाले नेता नेपाल
681
भारतका स्थल सेनाध्यक्ष दलवीर सिंह नेपालको तीनदिने भ्रमणका लागि शुक्रबार काठमाडौँ आउने भएका छन् । प्रधानसेनापति राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणमा उनी नेपाल भ्रमणमा आउन लागेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । सेनाध्यक्ष सिंह नेपाली सेनाको मानार्थ महारथी पनि हुन् ।
भारतीय सेनाध्यक्ष शुक्रबार नेपाल आउने
276
गत मंसिर ## गते पश्चिमबाट काठमाडौंतर्फ करिब तीन सय खसीबोका लगिँदै थिए । बाँके , बर्दिया , रुकुम , रोल्पा र बुटवलका किसानसँग खरिद गरेर लाँदै गरिएका ती खसिबोका रूपन्देहीको देवदहस्थित खैरनी पु - याइएका मात्रै के थिए , प्रहरीले तिनलाई नियन्त्रणमा लियो । चेकजाँच स्वाभाविक भए पनि प्रहरीले कागजपत्र मागेर आफैसँग राख्यो अनि खसिबोका लिएर जानेहरूलाई भैरहवातर्फ जान निर्देशन दियो ।
सीमामा अवैध कारोबार बढ्दो : प्रहरी संगठनप्रति विश्वासको संकट
371
पछिल्लो केही दिनयता बलिउड अभिनेत्री कंगना रनावत आफ्नो एक अन्तर्वार्ताको कारण निकै चर्चामा छिन् । उनले अन्तर्वार्तामा आदित्य पंचोली , ऋतिक रोशनसँगको सम्बन्धको बारेमा खुलेर कुरा गरेकी थिइन् । कंगनाको बयानमा अझैसम्म ऋतिक र उनको परिवारले केही बोलेका छैनन् तर आदित्य पंचोलीको परिवारले कंगनाको आरोप झुठो भएको बताएका छन् ।
कंगनाको बहिनी रंगोलीले यसरी आरोप लगाइन् आदित्यकी श्रीमती जरीनामाथि !
315
तिहारको अवसर पारेर गायक साहिल खड्काले नयाँ गीत सार्वजनिक गरेका छन् । उनले आफ्नै शब्द÷संगीतमा ' रक्सीको तालैमा ' बोलको गीत सार्वजनिक गरेका हुन् । गीतमा उदयराज पौडेलको म्यूजिक एरेन्ज छ ।
तिहारमा साहिलको ' रक्सीको तालैमा '
184
इङल्यान्डको टेस्ट कप्तानीको जिम्मेवारीबाट सोमबार राजीनामा दिए पनि एलेस्टर कुकले देशबाट अझै केही वर्ष खेल्न बाँकी रहेको पूर्व कप्तान एन्ड्रयु स्ट्राउसले बताएका छन् । इङल्यान्डलाई कीर्तिमानी ## खेलमा कप्तानी गरेका ओपनिङ ब्याटसम्यान कुकले इङल्यान्ड र वेल्स क्रिकेट बोर्डसमक्ष राजीनामा बुझाउदै आफ्ना लागि निर्णय कठिन भए पनि त्यसले टोलीलाई फाइदा पुग्ने बताएका थिए । उनले खेलाडीका रुपमा भने टेस्ट करियरलाई निरन्तरता दिने आशा गरेका थिए ।
कुकलाई राहत मिल्ने स्ट्राउसको विश्वास
430
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ( आइसिसी ) ले सार्वजनिक गरेको टी–## वरियतामा राष्ट्रिय टोलीका बलरहरु सन्दीप लामिछाने , करण केसी र अविनाश बोहरा समावेश भएका छन् । नेपाली बलरहरुमा सन्दीप शीर्ष स्थानमा छन् । वरियताको बलिङतर्फ सन्दीप ##औँ स्थानमा रहेका छन् ।
टी–## वरियतामा कप्तान पारसको फड्को
252
चीनको हुबेई प्रान्तमा कोरोना भाइरसको संक्रमणबाट निधन हुनेको संख्या ## पुगेको छ । ## जनाको निधन भएको पुष्टी भएपनि बिबिसीले आफ्नो समाचारमा ## जनाको निधन भएको दाबी गरेको छ । यसबाट # हजार # सय ## जनलाई आधिकारिकरुपमा संक्रमण भएको पुष्टी भएको छ भने करिब # हजार सात सय ## जनामा यो भाइरसको संक्रमण भएको अनुमान गरिएको छ ।
कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ## पुग्‍यो , कोरोना भाइरसबाट कसरी बच्ने ?
312
कोठामा यत्रतत्र छरिएका थिए रेडियोमा बोल्नुपर्ने कथाका स्क्रिप्टहरु । केही पुराना त केही नयाँ । ती चाङबाट एक स्क्रिप्ट निकाल्छन् कल्याणराज गौतम र कथा भन्न शुरु गर्छन् , ' … . डियर कल्याण , मेरो नाम शर्मिला हो… . . ' नेपालमा ## र ## को दशकमा निकै नै चर्चित नाम हो - डियर कल्याण ।
अरुको कथा सुनाउने डियर कल्याणः के गर्दैछन् अमेरिकामा ?
277
बालुवाटार प्रधानमन्त्रीको सरकारी निवास हो । सरकार प्रमुखको हैसियतमा प्रधानमन्त्री बालुवाटारमा बस्छन् । तर प्रधानमन्त्रीहरूले यो सुविधालाई सरकारी निवासमात्र सीमित राखेका छैनन् सरकारी सम्पत्तिलाई उनीहरूले आफ्नै पार्टी कार्यालय र निजी सम्पत्तिजस्तो बनाइरहेका छन् ।
ओली वंशको भेला पनि बालुवाटारमा
261
चर्चित हलिउड अभिनेता मोर्गन फ्रिम्यान आफ्नो ' द स्टोरी अफ गड ' टीभी श्रृंखलाको छायांकन गर्न काठमाडौं आएका छन् । फ्रिम्यान नेपालमा रहेको जानकारी युनिभर्सिटी अफ नर्थ टेक्ससले आफ्नो ट्वीटर ह्याण्डलमार्फत् सार्वजनिक गरेको छ । आफ्नो गहकिलो आवाजका कारण चर्चा बटुलेका ## वर्षीय फ्रिम्यानले इन्भिक्टस चलचित्रमा दक्षिण अफ्रिकी नेता नेल्सन मण्डेलाको भूमिका निर्वाह गरेका थिए ।
चर्चित हलिउड अभिनेता मोर्गन फ्रिम्यान सुटुक्क काठमाडौंमा
366
एउटा कुरा के सत्य हो भने , तिहारपछि नेपाली चलचित्र हेर्ने दर्शकको नै हलमा खडेरी लागिरहेको छ । दर्शक नआएर चलचित्रहरु एक साता पनि हलमा टिक्न सकेका छैनन् । कतिपयले जाडोलाई कारण बनाएका छन् भने कतिपयले नेपाली चलचित्रप्रति दर्शकको विश्वास नभएको कारण देखाएका छन् ।
हलमा नेपाली फिल्मकै खडेरी
257
विश्व सम्पदामा सूचीकृत बौद्ध स्तूपको गरुडको टुँडाल हराएको तीन वर्ष हुँदा पनि यसबारेमा ठोस जानकारी प्राप्त हुन सकेको छैन । सक्कली टुँडाल हराएपछि हाल स्तूपामा नक्कली टुडाँल हालिएको छ । गत वैशाखमा बौद्धको अजिमा थानमा रहेको तिलौरी पनि हरायो ।
बौद्धको तिलौरी र टुँडाल चोरी प्रकरण
238
बजेट विभेद गरिँदै आएको बाजुरामा पछिल्लो समय राज्यले व्यापक लगानी बढाएको छ । प्रदेश र संघिय सरकारबाट यो वर्ष मात्र जिल्लामा वर्षेनी करोडौं बजेट भित्रिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले सडक निर्माणका योजनाका लागि ## करोड बढी बजेट विनियोजन गरि कार्यान्वयन प्रक्रिया थालेको छ ।
सडकमा मात्र ## करोड बजेट
273
सरकारले खाना पकाउने ग्यासमा भएको चरम अभाव एक साता भित्र हट्ने दाबी गरेको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव , वाणिज्य विभागका महानिर्देशक , नेपाल आयल निगमका कार्यकारी निर्देशकलगायतले एक साताभित्र आपूर्ति सहज हुने दाबी गरेका हुन् । अनामनगरमा ग्यास लिनेहरुको भीडग्यास अभावबाट उपभोक्ताले भोग्नुपरेको कष्टबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार उनीहरुसँग छलफल गरेको थियो ।
' ग्यास अभाव एक साता भित्र हट्छ '
383
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–# मा टिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सिराहा नवराजपुर गाउँपालिका–# बस्ने ## वर्षीय सञ्जय यादव रहेको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ । स#क### नंको टिपरले यादव सवार स#प #### नंको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
318
काठमाडौंको पद्मकन्या क्याम्पस , सिंहदरबार र संचारग्राम तिलगंगामा निःशुल्क वाइफाइ सुविधा हुने भएको छ । नेपाल दूरसंचार प्राधिकरणले इन्टरनेट सेवाप्रदायकमार्फत यस्तो सुविधा दिन लागेको हो । प्राधिकरणले उपत्यका लगायतका देशका विभिन्न स्थानमा रहेका सार्वजनिक स्थलमा निःशुल्क वाईफाई कनेक्सन दिने योजना अनुसार पहिलो चरणमा सिंहदरबार , पदमकन्या क्याम्पस र पत्रकार महासंघ , प्रेस काउन्सिल जस्ता कार्यालय रहेका संचारग्राममा निशुल्क वाइफाइ दिने व्यवस्था गर्न लागेको प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिए ।
सिंहदरबार , पद्मकन्या क्याम्पस र संचारग्राममा वाईफाई निःशुल्क हुने
492
भारतका विदेश सचिव सुब्रमन्यम् जयशङ्कर नेपालको दुईदिने औपचारिक भ्रमणमा भोलि बिहीबार बिहान राजधानी आउँदैछन् । दुई महिनाअघि विदेश सचिवको कार्यभार सम्हालेका जयशंकरले नेपालका वरिष्ठ सरकारी अधिकारी तथा राजनीतिक नेतृत्वसँग छलफल गर्नेछन् । उनले राष्ट्रपति डा रामवरण यादव , प्रधानमन्त्री सुशील कोइराला , संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ , परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भारतीय विदेश सचिव बिहीबार आउँदै
457
# बर्षसम्म बोलचाल नगरेका नायक साहरुख खान र सलमान खान अहिले सबैभन्दा नजिकका मित्र भएका छन् । यतिसम्म कि , यी दुइले एक अर्काको चलचित्र प्रचार पनि खुलेरै गर्छन् । सलमान र साहरुखको मित्रता अब अर्को उचाइमा पुगेको छ ।
' सलमान मेरो भाई ' : साहरुख खान
211
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) को स्थायी कमिटी बैठकमा नेता विष्णु रिमालले सरकारको बचाउ गरेका छन् । उनले ### सालदेखि नै सरकार नढलेसम्म राम्रो गर्‍यो भनेको थाहा नभएको बताए । बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकमा उनले सरकारको आलोचनातर्फ संकेत गर्दै भने , मरेपछि नेता महान हुने , ढलेपछि सरकार तगडा गनिने परम्परा हामीले थेगेका छौं ।
विष्णु रिमालको प्रश्न : यो त प्रधानमन्त्रीप्रति पूर्वाग्रह भएन र ?
364
ओं आः हुं तिष्ठ बज्रासने हुं । अर्थात आफ्नो शरीरको प्रतिनिधि काय ( शरीर ) , वाक ( वचन ) र चित्त ( मन ) एकाग्र गरी शरीरका यी तीन संयोजनलाई मण्डपमा विराजमान गराई गरिने पूजा नै म्ह पूजा हो । काय , वाक र चित्तको परिशुद्धि र एकाग्रताले व्यक्तिमा उत्पन्न हुने नराम्रो विचार र भावनाको अन्त हुन गई कुशल ( सक्षम ) विचार वा चित्त उत्पत्ति भई राम्रो कार्य गर्न सदा उत्प्रेरित गर्दछ ।
नेवार समुदायको म्ह पूजा राष्ट्रिय गौरवको पर्व
372
झापामा सिभिल बैंकले आफ्नो ## औं शाखा विस्तार गरेको छ । गाउँ - गाउँसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले शाखा विस्तार गरिएको बै‌ंकका शाखा प्रमुख विकास कोइरालाले बताए । आकर्षक ब्याजदर , सरल कर्जा प्रक्रिया , निःशुल्क मोबाइल बैंकिङ , निक्षेप संकलनलगायत सेवा बैंकले सर्वसाधरणलाई दिने शाखा प्रमुख कोइरालाले बताए ।
सिभिल बैंकको ## औं शाखा दुधेमा
317
त्रिभुवन विश्वविद्यालयमा एमएससी पढ्दै गरेकी अञ्जना कुँवरको हातमा प्लेकार्ड थियो , ' चुरे संरक्षण गरौं , पर्यावरण जोगाऔं । ' उनी चुरे बचाऔं भन्दै नारा पनि लगाउँदै थिइन् । उनी चुरे क्षेत्रकै स्थानीय हुन् ।
चुरे बचाउन जागे विद्यार्थी र वातावरणविद्
203
मकवानपुरको कुलेखानीदेखि हुमानेसम्मको ## किलोमिटर सडकमा सवारीसाधन सन्चालनमा रोक लगाइएको छ । इन्द्रसरोवर गाउँपालिकाको # , # र # नम्बर वडाका सडकमा रहेका खाल्डाखुल्डी पर्ने र पहिरो पनि पन्छाउने काम भइरहेकाले मंगलबार बिहान # बजेबाट यातायातका साधन सन्चालनमा रोक लगाइएको हो । यातायाका साधन कहिलेसम्म रोकिने भन्ने खुलेको छैन ।
मकवानपुरको कुलेखानी–हुमाने सडकमा गाडी चलाउन रोक
318
चिल्लो कालोपत्रे सडक दुई मुलुकबीच लक्ष्मण रेखाजस्तै बनेको छ । सीमापारिका बासिन्दा दैनिक भैंसी , गोरु , भेडा , बाख्रा लिएर राप्ती तीरैतीर चराउन आउँछन् । नेपालीहरू घरमा नुनदेखि सुनसम्म खरिद गर्न सीमापारि जान्छन् ।
निष्क्रिय बने छोटी भन्सार
211
धनुषामा टिपरले किचेर एक युवकको हत्या गरिएको छ । मिथिला नगरपालिका - # श्रीपुरका ## वर्षीय दिलीपकुमार महतोलाई शुक्रबार बिहान साढे चार बजेतिर मर्निङ वाकमा गएका बेला ना # ख #### नम्बरको टिपरले किचेको हो । टिपरले किचेका महतोको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मर्निङ वाक गएका महतोको टिपरले किचेर ' हत्या '
264
राष्ट्रिय सुरक्षामा चुनौती देखिएको बताउँदै यहाँका विभिन्न ## वटा टेलिभिजन च्यानललाई बन्द गरिएको टर्कीको राज्य सञ्चालित समाचार संस्था अनादोलु न्युज एजेन्सीले जनाएको छ । जुलाई ## मा टर्कीमा गरिएको असफल सैनिक विद्रोहपछि राज्यमा सङ्कटकालको घोषणा गरिएको छ भने कैयौँ समाचार संस्था बन्द भएका छन् । यी सञ्चार माध्यममा अमेरिकामा घोषित निर्वासनमा रहनु भएका टर्कीका इस्लाम धर्मगुरु फेतुल्लहा गुलेनको आवद्धता रहेको र उनीहरूलाई राज्य विद्रोह गर्न उक्साउन प्रयोग गरिएको आरोप सरकारको छ ।
सुरक्षा चासो व्यक्त गर्दै ## टेलिभिजन च्यानल बन्द
472
दसैंको सुरुताका अकासिएको तरकारी मूल्य विस्तारै सामान्य बन्दै गएको छ । विशेषगरी प्याजको मूल्यले दसैंमा निकै चर्चा पायो । असोज ## मा भारत सरकारले प्याज निर्यातमा रोक लगाएपछि प्याजबिनाको दसैं बन्ने अनुमान गरिए पनि त्यो अभाव धेरै दिन रहेन ।
सहज बन्दै तरकारी बजार
236
गृहमन्त्री विमलेन्द्र निधिले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाएको विषयमा असन्तुष्टि जनाउँदै मन्त्री निधिले राजीनामा दिएको स्रोतले बतायो । तर , मन्त्री निधिले महाअभियोग प्रकरणका कारणले भन्दा पनि आफ्नै पार्टीभित्रको अन्तरविरोधका कारण राजीनामा दिएको प्रधानमन्त्री कार्यालय स्रोतको दाबी छ ।
गृहमन्त्री विमलेन्द्र निधिद्वारा राजीनामा , यस्तो छ कारण
326
पत्रकार पुष्करलाल श्रेष्ठको निधन भएको छ । नेपाल समाचारपत्र दैनिकका प्रधानसम्पादक श्रेष्ठको ## वर्षको उमेरमा बुधबार निधन भएको हो । केही महिनाअघि मृगौलाको पत्थरीको शल्याक्रिया गरेका श्रेष्ठको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि नर्भिक अस्पताल भर्ना गरिएकाे थियाे ।
रहेनन् पत्रकार पुष्करलाल श्रेष्ठ
267
लागुऔषधमुक्त समाज निर्माणका लागि अन्तर्राष्ट्रिय लागुऔषध तथा अवैध तस्करीविरूद्ध दिवस विविध कार्यक्रम गरी मनाइएको छ । यसै अवसरमा महानगरीय प्रहरी प्रभाग बलम्वुले सचेतनात्मक र्‍याली निकालेको छ । ' हामी सबैको आवाज लागुऔषध मुक्त समाज , लागुऔषध त्यागौं , सभ्य समाज निर्माण गरौं , से नो टु ड्रग्स , हाम्रा अभियान : लागुऔषधरहित समाजको पहिचान , : लागुऔषधको दुर्व्यसन तथा कारोबारीले आर्थिक तथा सामाजिक प्रतिष्ठा गुमाउँछ , लागुपदार्थको नशा जीवनको दशा , कुलत र कुसंगतबाट आफ्ना सन्ततिलाई सुरक्षित राखौंलगायत विभिन्न नारासहितको व्यानर बोकी र्‍याली निकालिएको हो ।
मनाइयो अन्तर्राष्ट्रिय लागुऔषध तथा अवैध तस्करीविरूद्ध दिवस
548
गृहमन्त्री रामबहादुर थापाले पाँचथरको आरुबोटेमा भएको नौं जनाको सामूहिक हत्या प्रकरणको तथ्य छिट्टै सार्वजनिक गर्ने बताएका छन् । गृहमन्त्री थापाले बुधबार संघीय संसद राष्ट्रिय सभाको बैठकमा सो विभत्स हत्या प्रकरणबारे औपचारिक जानकारी गराउँदै सो हत्याकाण्डको यथार्थं विवरण छिट्टै सार्वजनिक गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले सो हत्याकाण्डको अनुसन्धानमा सक्दो सहयोग गर्न पनि स्थानीयलाई आह्वान गरे ।
पाँचथर हत्याकाण्डको यथार्थ छिट्टै : गृहमन्त्री
391
चालु आर्थिक वर्षको ## महिनाको व्यापार घाटा पोहोर वर्षभरीको भन्दा धेरै भएको छ । चालु आर्थिक वर्षको पहिलो ## महिनामा मुलुकको व्यापार घाटा नौ खर्ब ## अर्ब रुपैया पुगेको छ , जुन गत वर्षभरको भन्दा झन्डै दुई अर्बले बढी हो । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरकेको चालु आव ### - ## को ## महिनाको आर्थिक तथा वित्तीय स्थिति अनुसार मुलुकको व्यापार घाटा गत वर्षको सोही अवधिको भन्दा ## . # प्रतिशतले बढेर नौ खर्ब ## अर्ब ## करोड रुपैयाँ पुगेको छ ।
मासिक व्यापार घाटा एक खर्ब
440
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेह्रथुम जिल्लाको संक्रान्ति बजारका आगलागी पीडितहरुको पूनर्बासका लागि एक करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन् । मंगलबार आगलागी भएको स्थानको निरीक्षणपछि प्रधानमन्त्री प्रचण्डले भने , ' आगलागीले बजार ध्वस्त भएको छ , तपाईहरु घरबारबिहीन हुनुभएको छ । प्रधानमन्त्रीको नेतृत्वमा रहेको केन्द्रीय दैवीप्रकोप कोषबाट संक्रान्ति बजारका अग्निपीडितका लागि एक करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गर्दछु ।
संक्रान्ति बजारका अग्निपीडितलाई एक करोड दिने प्रधानमन्त्रीको घोषणा
431
निर्वाचन आयोगले सरकारका ## सचिव र ## सहसचिव विदेश भ्रमणमा जान लागेको भन्ने सम्बन्धमा वास्तविकता दुई दिनभित्र खुलाई पठाउन सरकारसँग आग्रह गरेको छ । सरकारका उच्च पदस्थ अधिकृत विदेश भ्रमणमा जान लागेको भन्ने जानकारीमा आएको जनाउँदै आयोगले त्यस सम्बन्धमा वास्तविकता के हो ? दुई दिनभित्र जानकारी दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग आग्रह गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका सन्दर्भमा यही भदौ ## गते आचारसंहिता जारी गर्दै आयोगले संयुक्त राष्ट्र संघ , दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन ( सार्क ) लगायत अन्तर्राष्ट्रिय संस्था तथा क्षेत्रीय संगठनमा भाग लिन वा विदेशी राष्ट्रको भ्रमणमा राज्यको प्रतिनिधित्व गर्नेबाहेक अन्य वैदेशिक भ्रमणमा जान रोक लगाउने निर्णय गरेको थियो ।
कर्मचारीको विदेश भ्रमणबारे निर्वाचन आयोगले माग्यो सरकारसँग स्पष्टीकरण
747
सहरमा धेरैथोक भइरहेका छन् । त्यहाँ पनि धेरैथोक भइरहेको छ । म पुग्दा पार्किङ नजिकै भित्तामा ठूलो पेन्टिङ बन्दै थियो ।
महिलाको अनुभव विश्वव्यापी हुन्छः रंगकर्मी आकांक्षा
116
गोरखाको बारपाक सुलीकोट गाउँपालिकाको बारपाक र धार्चे गाउँपालिकाको लाप्राकबीच लामो समयदेखिको सीमा विवाद सुल्झाउन सात बुँदे सहमति भएको छ । जिल्ला समन्यव समितिको समन्वयले सर्वपक्षीय बैठक गरी साविकका दुई गाविसबीचको सीमा विवाद मिलाउने सहमति गरेको हो । दुई दिनदेखि लगातार भएको सर्वपक्षीय बैठकले बारपाक र लाप्राकबीचको सिमानालाई वैज्ञानिक ढङ्गले सिमाङ्कन गर्ने निर्णय भएको जिल्ला समन्यव समितिका प्रमुख अशोककुमार गुरुङले बताए ।
बारपाक - लाप्राक सीमा बिबाद टुंग्याउने सहमति
417
मारवाडी समुदायका युवायुवतीको प्रतिभा उजागर गर्न राजधानीमा आयोजित ' फेस अफ मारवाडी #### ' मा तीन प्रतियोगीले शीर्ष उपाधि जितेका छन् । प्रतियोगिता अन्तर्गत अमन वैद्यले ' मिष्टर फेस अफ मारवाडी ' , एनी मित्तलले ' मिसेस फेस अफ मारवाडी ' र सानिया जलनले ' मिस फेस अफ मारवाडी ' को उपाधि जितेका हुन् । प्रतियोगितामा ' मिष्टर ' तर्फ रमेश चौधरी र सनी अग्रवाल , ' मिसेस ' तर्फ अर्चना अग्रवाल र रिना शर्मा तथा ' मिस ' तर्फ कोमल शर्मा र नेहा अग्रवाल क्रमशः फष्ट र सेकेण्ड रनरअप बने ।
तीन ' फेस अफ मारवाडी '
469
पाकिस्तानी हल्कको नामले परिचित ## वर्षकी अरबाब खिजर हयात पेशाले भारत्तोलक पनि हुन् । उनलाई खान बाबाको नामले पनि चिनिन्छ । उनको वजन # सय ## किलोग्राम रहेको छ ।
साढे चार सय किलोका पहलमानलाई चाहियो # सय किलोकी श्रीमती
158
मेरो डेब्यु फिल्म ' फस्ट लभ ' मा मैले निर्वाह गरेको चरित्र हो यो । फिल्ममा म बार डान्सरको भूमिकामा थिएँ । लभर गर्ल पनि थिएँ ।
ऋचासँग क्यारेक्टरका कुरा - ' फुलीलाई धेरैले रुचाए '
125
काठमाडौं— निर्वाचन आयोगले निर्वाचन मिति घोषणा नहुँदै तयारीका नाउँमा विवादित बेलायती कम्पनीबाट झन्डै ## अर्ब ## करोड रुपैयाँबराबरको ## हजार युनिट विद्युतीय मतदान मेसिन सोझै खरिद गर्ने तयारी अघि बढाएको छ । आयोगले खुला प्रतिस्पर्धामै नगई बेलायतको विवादित ' स्मार्टम्याटिक ' नामक कम्पनीबाट मेसिन खरिद गर्न लागेको हो । आयोगले स्मार्टम्याटिक कम्पनीको विद्युतीय मतदान मेसिनबाट प्रधानमन्त्री पुष्पकमल दाहाल , एमाले नेता माधवकुमार नेपाललगायत ## दलका प्रतिनिधिलाई मंगलबार ' नमुना मतदान ' गराएको थियो ।
विद्युतीय मेसिन खरिदमा ## अर्बको चलखेल
491
एलजी ब्राण्डको लागि अधिकारिक विक्रेता सिजी इम्पेक्सले नेपाली बजारमा एलजीको नयाँ वासिङ मेसिन ल्याएको छ । एलजीले घरायसी वासिङ मेसिनको सफलतापछि व्यवसायिक प्रयोजनको मेसिन भित्र्याएको हो । दुई नयाँ मोडलमा यी मेसिनहरु बजारमा उपलव्ध रहेको सिजी इम्पेक्सले जनाएको छ ।
व्यवसायिक प्रयोजनका लागि एलजीले ल्यायो नयाँ वासिङ मेसिन
258
प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा आउने सानातिना समस्या सहजै हल हुने बताएका छन् । छिन्नलता गीत पुरस्कार गुठीले आज आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले जनताले आफूलाई देश बनाउने जिम्मेवारी दिएकोले त्यसलाई इमान्दारिताका साथ पुरा गर्ने बताए ।
सानातिना समस्या सहजै हल हुन्छन् : प्रधानमन्त्री ओली
297
भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठले दहचोक सिस्नेखोला सुरुङमार्ग जेठभित्र शिलान्यास हुने बताएका छन् । मन्त्री महासेठले आज दहचोकदेखि सिस्नेखोला सुरुङको तयारीका बारेमा स्थलगत निरीक्षण गर्दै जेठभित्र सुरुङमार्ग शिलान्यास गरिने जानकारी दिए । विसं #### पुस मसान्तसम्म सम्पन्न हुने लक्ष्य राखिएको उक्त सुरुङमार्ग रु ## अर्बको लगानीमा निर्माण हुन लागेको हो ।
दहचोक–सिस्नेखोला सुरुङमार्ग जेठभित्र शिलान्यास : मन्त्री महासेठ
374
बलिउडकी ' हट मम्मी ' करिना कपुरका फ्यानहरु यो खबरबाट खुशी हुनेछन् कि उनी चाँडै नै एक बायोपिकमा देखिने भएकी छिन् । यो फिल्म कसको जीवनामा आधारित छ भन्ने चाहिँ खुलासा भएको छैन । हिट बायोपिक्सका लागि कहलिएका ओमंग कुमारले आफ्नो आगामी फिल्ममा करिनालाई अनुवन्ध गरेका हुन् ।
बायोपिकमा करिना , तर कसको भन्ने खुलेन
266
सरकारले खेलकूद क्षेत्रलाई प्राथमिकतामा राखेर समानुपातिक रुपमा बजेट विनियोजन गरी नवीनतम् प्रविधिको प्रयोगलाई विशेष जोड दिएको छ । खेलकूद क्षेत्र राष्ट्रिय भावनाको अभिवृद्धि समेत गराउने महत्वपूर्ण माध्यम भएकाले सरकारले प्रमुख प्राथमिकतामा राखेको हो । विनियोजन विधेयक , #### अन्तर्गत युवा तथा खेलकूद मन्त्रालयमाथि सांसदले उठाएको प्रश्नको जवाफ दिँदै युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले सरकारले ### वटै स्थानीय तहमा खेल मैदान निर्माण गर्ने कार्यक्रम तथा बजेट र नीति अगाडि सारेको जानकारी दिए ।
खेलकूद पूर्वाधार निर्माणमा विशेष ध्यान दिइएको छः मन्त्री विश्वकर्मा
496
एक महीनाको अवधिमा धावनमार्ग स्तरोन्नतिको काम पूरा नभएपछि धनगढी विमानस्थल थप एक सातासम्मका लागि बन्द रहने भएको छ । निर्माण कम्पनीले मौसम प्रतिकूल नभए यही जेठ ## गतेबाट विमानस्थल पुनः सञ्चालनमा आउने जनाएको छ । गत वैशाख ## गतेबाट उडान सेवा बन्द गरेर विमानस्थलमा धावनमार्ग स्तरोन्नतिका साथै क्षेत्र विस्तारको काम भइरहेको विमानस्थलका प्रमुख तेजबहादुर बुड्थापाले बताए ।
धनगढी विमानस्थल अझै एक साता बन्द रहने
363
एकीकृत माओवादीका नेता डा . बाबुराम भट्टराईले नयाँ नेपालमा नयाँ शक्ति बनाउनका लागि # ' स ' सूत्र अघि सारेका छन् । नेता भट्टराईले नयाँ नेपालका पाँचवटा सूत्रका रुपमा शान्ति , संविधान , सुशासन , समृद्धि र समाजवादलाई अघि सारेका हुन् । पाँचवटै शब्दलाई एक अर्कासँग जोडेर व्याख्या गर्दै नेता भट्टराईले राष्ट्रिय सहमति कायम गरी नयाँ नेपालका लागि एकजुट हुन आहृवानसमेत गरेका छन् ।
बाबुरामले ल्याए नयाँ शक्तिको पाँच ' स '
369
कारागार कार्यालय नुवाकोटमा कार्यरत कार्यालय सहयोगी रामबहादुर बस्नेतको त्रिशूली जलविद्युत् केन्द्रमा ल्याएको पानीको नहरमा डुबेर बुधबार मृत्यु भएको छ । विदुर नगरपालिका–# आपटार निवासी ## वर्षीय बस्नेत नहरको पानीमा नुहाइरहेको समयमा चिम्लिएर बगाउँदा मृत्यु भएको नगर प्रहरी चौकी कोलनीका प्रहरी सहायक निरीक्षक राजु लामिछानेले जानकारी दिए । पानीमा डुबेका बस्नेतलाई खोजी गर्ने क्रममा कोलनीस्थित नुहाउन लागेको स्थानभन्दा तीन सय मिटर तल शव भेटिएको हो ।
कारागारमा कार्यरत बस्नेतको डुबेर मृत्यु
441
नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) का महासचिव विष्णुप्रसाद पौडेलले तमु ल्होसारमा दिँदै आएको सार्वजनिक विदालाई पुनर्बिचार गरिने बताएका छन् । उनले जनताको चाहना विपरित सरकार जान नसक्ने भन्दैं कटौती विदालाई पुनर्बिचार गर्नसक्ने बताए । तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् रुपन्देहीले तमु ल्होसारको पूर्व सन्ध्यामा शनिबार बुटवलमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै महासचिव पौडेलले यस्तो बताएका हुन ।
ल्होसार विदा कटौतीलाई पुनर्विचार गरिन्छ : महासचिव पौडेल
397
सरकारले विद्यालय उमेरका सबै बालबालिकालाई विद्यालयभित्र ल्याउने उद्देश्यसाथ बर्सेनि वैशाख # गतेदेखि भर्ना अभियानै सुरु गर्छ । अभियानअन्तर्गत स्कुलहरूले विभिन्न कार्यक्रम गरी नानीहरूलाई सकेसम्म स्कुलमा भर्ना गराएर पढाउने लक्ष्य हुन्छ । यो वर्ष पनि वैशाख # गतेका दिन ' हामी सबैको इच्छा , सबैको पहुँचमा समन्यायिक गुणस्तर शिक्षा ' भन्ने नारासहित स्कुलहरूमा भर्ना अभियान गर्न सरकारी निर्देशन छ ।
कक्षा एकमा भर्ना हुने घटे
389
संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतको प्रधानन्याधीशमा सुशीला कार्कीलाई नियुक्त गर्न संवैधानिक परिषद्लाई पत्र पठाएको छ । समिति बैठकले आइतबार कार्कीको नाम सर्वसम्मत अनुमोदन गर्दै नियुक्तिका लागि पत्राचार गरेको हो । कायममुकाम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएकी कार्कीले आइतबार समितिमा उपस्थित भएर आफूविरुद्ध परेका उजुरी र सांसदका जिज्ञासाको जवाफ दिएकी थिइन् ।
प्रधानन्यायाधीशमा सुशीला सर्वसम्मत
373
नेपाल पर्यटन पत्रकार मञ्च ( टीजेएफ - नेपाल ) ले आफ्नो कार्यसमिति सदस्य कल्पना महर्जनको उपचारार्थ सहयोग अभियान अन्तर्गत एक लाख ## हजार ## रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ । उक्त चेक मञ्चका अध्यक्ष शिव अधिकारी र कोषाध्यक्ष प्रकाश खालिङलगायतको टोलीले बुधबार उनको श्रीमान् दिलभक्त महर्जनलाई प्रदान गरेको हो । सगरमाथा आरोहण अभियानअन्तर्गत मेरापीक ( ####मि . ) आरोहणको क्रममा अस्वस्थ भई अस्पताल भर्ना भएकी महर्जनको उपचारार्थ सहयोग गर्न मञ्चले बृहत अभियान नै सञ्चालन गरेको थियो ।
पर्यटन पत्रकार महर्जनको उपचारमा साढे तीन लाख सहयोग
478
यो वर्ष नेपालमा मरिचको आयात दर अस्वाभाविक दरमा बढेको छ , सँगै मरिचको तस्करी पनि । नेपालमा मरिच सस्तो भएपछि त्यसको सीमापार तस्करी मौलाएको हो । सरकारले न्युनबिजकीकरण गरेर ल्याइएको आशंकामा केही दिन मरिचमाथि गतवर्षकै भन्सार दर कायम गर्न खोजेको थियो ।
पिरो मरिचमा मौलायो कालो धन्दा : सुपारीको तस्करी छाडेर मरिचतिर
246
प्रधानमन्त्री केपी शर्मा ओलीकोे भारत भ्रमणका लागि वातावरण बनाउन अर्थमन्त्री विष्णु पौडेल अहिले दिल्ली दौडाहामा छन् । आइतबार दिल्ली पुगेका उनले भारतीय विदेश मन्त्री शुष्मा स्वराज र गृहमन्त्री राजनाथ सिंहलाई भेेटेका छन् । दिल्लीले प्रधानमन्त्री ओलीलाई रातो कार्पेट बिछ्याएर स्वागत गर्ने लगभग पक्का भएको छ ।
दिल्लीलाई अर्थमन्त्रीको सन्देशः ओलीको भ्रमणपूर्व राजनीतिक संयन्त्र बन्छ
304
वैदेशिक रोजगार व्यवसायीहरुको संयुक्त व्यवसायीक समूहले आफ्नो अन्तिम चुनावी सभा सम्पन्न गरेको छ । यो समूहले बुधबार राजधानीमा एमाले अध्यक्ष केपी ओलीको उपस्थितीमा अन्तिम चुनावीसभा गरेको हो । सो सभामा एमाले अध्यक्ष ओलीले यो समूहका व्यवसायी उम्मेदवारलाई विजयको शुभकामना दिदैं व्यवसायकि एकताका पक्षमा एक हुन आग्रह गरे ।
म्यानपावर ब्यवसायीलाई चुनावी रन्कोः संयुक्त व्यवसायी समूहको अन्तिम सभा
312
गाउँपालिकाको नाम परिवर्तनको विषयलाई लिएर सुकिदह गाउँपालिका कार्यालयमा गरिएको तालाबन्दी ## दिनसम्म पनि खुलेको छैन । पटकपटकको सर्वपक्षीय छलफलबाट पनि निकास ननिस्किएको भन्दै कार्यालयमा माघ # गते ताला लगाइएको थियो । लामो समयसम्म गाउँपालिकामा तालाबन्दी हुँदा कामकाज ठप्प छ ।
तालाबन्दीले ## दिनदेखि काम ठप्प
268
म्यानचेस्टर युनाइटेडलाई हराउँदै उल्भरह्याम्पटन एफ ए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा उसले युनाइटेडलाई # - # ले पराजित गर्दै ## वर्षपछि सेमिफाइनलको यात्रा तय गरेको हो । युनाइटेडलाई पराजित गर्नेक्रममा उल्भरह्याम्प्टनले दोश्रो हाफमा दर्शनिय खेल प्रदर्शन गरेको थियो ।
एफ ए कपमा म्यानचेस्टर युनाइटेड # - # ले स्तब्ध , क्वाटर - फाइनलबाटै बाहिरियो
287
तरकारी र फलफूलका गाडी विराटनगर भन्सार परिसरमा पस्छन् । प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्र कार्यालयका कर्मचारी गाडीमै के छ भनेर हेर्छन् र बिनाकुनै परीक्षण जाँचपासका लागि तोक लगाइदिन्छन् । क्वारेन्टाइन कार्यालयमा उपकरणका नाममा एउटा माइक्रोस्कोप र हेन्ड लेन्स मात्र छ ।
हेरेका भरमा विषादी परीक्षण
282
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान सम्झौता गरेका तर बैंकमा खाता सक्रिय नगरेका लाभग्राहीलाई यथाशीघ्र तोकिएको बैंकमा खाता सक्रिय बनाउन अनुरोध गरेको छ । अनुदान सम्झौता गरेलगत्तै पहिलो किस्ता बैंक खातामा गएको तर खाता सक्रिय नगरेका कारण ठूलो संख्याका लाभग्राहीको रकम निष्क्रिय भएपछि यस्तो आग्रह गरिएको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले बताए । उनले खाता सक्रिय गरी रकम निकालेर घर बनाउन सुरु गर्न पनि सम्बन्धित सबै लाभग्राहीलाई आग्रह गरे ।
लाभग्राहीलाई बैंक खाता सक्रिय बनाउन प्राधिकरणको आग्रह
443
स्थलमार्ग हुँदै नेपाल आउने चिनियाँ पर्यटक बढेका छन् । ### वैशाख ## को भूकम्पले सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि चिनियाँ पर्यटकले नेपाल प्रवेशका लागि रसुवागढी नाकाको प्रयोग गर्दै आएका छन् । भूकम्पपछि यो नाका हुँदै ## हजारभन्दा बढी चिनियाँ पर्यटक नेपाल भित्रिएको अध्यागमन कार्यालय रसुवागढीका प्रमुख विष्णु घर्तीले बताए ।
रसुवागढीबाट आउने चिनियाँ पर्यटक बढे
326
फ्रान्सको राष्ट्रपति पदका ## उम्मेदवार भएपनि मुख्य प्रतिस्पर्धा पाँच जनाबीच हुनेछ । ## बैशाख , काठमाडौं । फ्रान्समा आज राष्ट्रपति पदको चुनाव हुँदैछ ।
फ्रान्समा राष्ट्रपतिको चुनाव आज , मैदानमा ## उम्मेदवार
149
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले दुई वर्षभित्रै सरकारी उद्योगबाट फलाम उत्पादन थालिने दाबी गरेका छन् । नवलपरासीको हुप्सेकोटमा रहेको धौवादी फलाम खानी क्षेत्रको अवलोकन गर्दै मन्त्री भट्टले यस्तो बताएका हुन् । मन्त्रालयको उद्योग सम्बद्ध अधिकारी सम्मिलित अवलोकनमा उनले उद्योग सञ्चालनमा कुनै ढिलाई नगर्न निर्देशन पनि दिए ।
दुई वर्षमा सरकारी उद्योगबाट फलाम उत्पादन हुन्छ : उद्योगमन्त्री भट्ट
331
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–## जमुवाडमा जगदम्बा सिमेन्ट उद्योग सञ्चालनको काम शुरु भएको छ । करीब तीन अर्ब रुपैयाँको लागतमा पाँच बिघा क्षेत्रफलमा स्थापना हुन लागेको सो उद्योगका लागि आवश्यक जग्गा खरीद गरी अहिले पर्खाल निर्माणको काम भइरहेको छ । वातावरण प्रदूषणलाई ध्यानमा राखेर उपकरण जडान गरिने उद्योगका सञ्चालक शशी न्यौपानेले बताए ।
रामग्राममा सिमेन्ट उद्योग
338
नेपाल कानून व्यवसायी परिषद्ले यस वर्षदेखि सरकारी तथा सङ्घसंस्थामा पूरा समय काम गर्ने कर्मचारीलाई कानून व्यवसायी प्रमाणपत्र नदिने निर्णय गरेको छ । परिषद्को शुक्रबार बसेको बैठकले उत्तीर्ण परीक्षार्थी कुनै सरकारी , गैरसरकारी , सङ्घसंस्था वा निकायमा पूरा समय नोकरीमा संलग्न व्यक्ति वा अन्य कुनै निकाय संलग्न व्यक्तिले नोकरी समाप्तिपछि मात्र पाउने निर्णय गरेको हो । परिषद्का सचिव रामहरि काफ्लेका अनुसार सरकारी वा पूर्णकालीन रुपमा काम गर्ने कर्मचारीलाई कानून व्यवसायी प्रमाणपत्र नदिने निर्णय भएको छ ।
सरकारी कर्मचारीलाई कानून व्यवसायी प्रमाणपत्र नदिने
494
अर्थमन्त्री डा . युवराज खतिवडाले नेपालमा लगानी गर्न भारतीय निजी क्षेत्रलाई पुनः आह्वान गरेका छन् । अर्थमन्त्री खतिवडाले नेपालमा लगानीका लागि उपयुक्त वातावरण बन्न गएको दावी गर्दै त्यो अवसर नगुमाउन पनि वैदेशिक लगानीकर्ताहरुलाई आग्रह गरे । नेपाल–भारत लगानी प्रर्दशनी तथा सम्मेलन ' को दोस्रो दिन बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकको समृद्धिका लागि सरकारले वैदेशिक लगानी र प्रविधि भित्र्याउन जोड दिएको भनाई राखे ।
नेपालमा लगानी गर्ने अवसर नगुमाउनुस् : अर्थमन्त्री खतिवडा
432
चितवनको पर्यटकीय नगरी सौराहामा चेपाङ संग्रहालय स्थापना गरिएको छ । चेपाङ बालबालिकाहरुको पठनपाठन र भरणपोषणका लागि क्रियाशील ' गामबेसीको चेपाङ संरक्षण केन्द्र ' ले संग्रहालय स्थापना गरेको हो । एक घर भाडामा लिएर स्थापना गरिएको संग्रहालयमा चेपाङ समुदायले परापूर्वकालदेखि प्रयोग गर्ने सामग्रीहरु संग्रहित छन् ।
सौराहामा चेपाङ संग्रहालय स्थापना
304
पुष्पकमल दाहाल नेतृत्वमा सरकार गठन भएको चार महिनापछि बल्ल प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले वाहालवाला मन्त्री तथा राज्यमन्त्रीहरुको सम्पत्ती विवरण सार्वजनिक गरेको छ । मन्त्रीपरिषद् कार्यालयले प्रधानमन्त्रीसहित ## जनाको सम्पत्ती विवरण सार्वजनिक गरे पनि उनीहरुको जीवनशैली र सार्वजनिक सम्पत्तीमा विवरण प्रति भने आमजनता भने आश्वस्त हुने प्रकारको छैन । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष दाहलको सम्पत्तीका विषयमा टिकाटिप्पणी भैरहेको बेलामा उनले जम्मा श्रीमतीको नाममा चितवन भरतपुरमा # कठ्ठा र तीन तोला सुन मात्र सम्पत्ती रहेको विवरण देखाएका छन् ।
सम्पत्ति विवरण पत्याइनसक्नु !
566
प्रतिनिधिसभा विकास तथा प्रविधि समितिले साधन स्रोतको दुरुपयोग र वातावरणीय विनाश थप हुन नदिन इञ्जिनियरिङ अध्ययनबिना सडकको ट्याक खोल्ने कार्यलाई रोक्न सरकारलाई निर्देशन दिएको छ । समितिको आइतबारको बैठकले निर्माणाधीन सडकमा वर्षामा आउनसक्ने पानीको बहावको आँकलन गरी कल्भर्ट र ' क्रस ड्रेनेजको आवश्यक व्यवस्थाका साथ सडक निर्माणलाई तीव्रता दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देश गरेको छ । बैठकले दशैँ , तिहार , छठ , ल्होसार , ईदलगायतका चाडपर्व नजिकिँदै गएको सन्दर्भमा हालैको बाढीपहिरोबाट क्षति पुगेका सडक एवं पुल प्राथमिकताका आधारमा सञ्चालनमा ल्याएर नागरिकलाई सहज यातायातको प्रत्याभूति दिलाउन मन्त्रालयको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
अध्ययनबिना सडक ट्याक खोल्न रोक्न निर्देशन
645
सरकारले नयाँ आर्थिक वर्षभित्र स्थानीय निकायको चुनाव गरिसक्ने घोषणा गरेको छ । राष्ट्रपति डा . रामवरण यादवले बुधबार व्यवस्थापिका संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष ### / ### का लागि सरकारको नीति तथा कार्यक्रममा यसै आर्थिक वर्षभित्र स्थानीय निकायको चुनाव गर्ने उल्लेख गरिएको छ । यसअघि संविधान मस्यौदा समितिको कार्यदलले तयार पारेको नयाँ संविधानको पहिलो मस्यौदामा पनि # महिनाभित्र स्थानीय चुनाव गर्ने लेखएकिो थियो ।
एक वर्षमा स्थानीय निर्वाचन गर्ने सरकारी घोषणा
409
नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज युरोपियन युरो एकको खरिद दर एक सय ## रुपैयाँ ## पैसा र विक्रिदर एक सय ## रुपैयाँ ## पैसा रहेको छ । अमेरिकन डलर एकको खरिद दर # सय # रुपैयाँ ## पैसा र विक्रिदर # सय # रुपैयाँ ## पैसा रहेको छ । यस्तै आज अष्ट्रेलियन डलर एकको खरिद दर ## रुपैयाँ ## पैसा र विक्रिदर ## रुपैयाँ # पैसा रहेको नेपाल राष्ट्र बैँकले जनाएको छ ।
हेर्नुस् आजको विनिमय दर
377
करिब ## क्वीन्टल सुन तस्करी प्रकरण र उर्लाबारीका सनम शाक्यको हत्याका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेलाई जेल चलान गरिएको छ । न्यायाधिश नारायणप्रसाद शर्माको इजलासले उनलाई जिल्ला अदालत , मोरङले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । उनलार्इ बयानपछि पुर्पक्षका लागि थुनामा पठाइएको जिल्ला अदालत , मोरङले जनाएकाे छ ।
सुन तस्करीका मुख्य अभियुक्त गोरे जेल चलान
321
बलिउडका दुई दुश्मन खान साहरुख र सलमानको प्याच अपको खबर अब नयाँ रहेन । सलमानकी बहिनी अर्पिताको बिहे अघिको ' संगीत सेरोमोनिमा ' साहरुख वधाई दिन पुगेका थिए । # बर्षपछि सलमानको घर पुगेका साहरुखले उनीसँग अंगालो हाले र धेरै कुरा गरे ।
आमिर भन्छन्– ' सलमान र साहरुखले मलाई सुत्न दिएनन् '
228
हुकिङ गरी विद्युत् चुहावट गर्ने करीब चार दर्जनभन्दा बढी व्यक्तिलाई विद्युत् प्राधिकरण वितरण केन्द्रले पक्राउ गरी जरिवाना गरेको छ । उक्त केन्द्रबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले जिल्लाका विभिन्न स्थानबाट सोमबार ## र मङ्गलबार ## गरी ## जनालाई पक्राउ गरेको हो । अनुगमनका क्रममा हुकिङ गरी विद्युत् चुहावट गरिरहेको पाइएका सबैलाई नियन्त्रणमा लिई विद्युत् चुहावट ऐनबमोजिम कारवाहीसहित जरिवानावापत पाँच लाख ## हजार रूपैयाँ राजश्व सङ्कलन गरिएको र सो क्रममा विद्युत् मिटर , पङ्खा र टिभी , एलइडीलगायत सामान पनि बरामद गरिएको जानकारी दिएका हुन् ।
सिरहाका विभिन्न स्थानबाट विद्युत् चोरी गर्ने ## पक्राउ
542
चर्चित हाँस्य सिरियल ' मेरी बास्सै ' को छायांकन सुरु भएको छ । रकम विवादका कारण केही महिनादेखि यो सिरियलको प्रशारण बन्द भएको थियो । यो सिरियललाई चर्चित हाँस्य कलाकार सिताराम कट्टेलले निर्देशन गर्दै आएका थिए ।
' धुर्मुस - सुन्तली ' विना नै सुरु भयो ' मेरी बास्सै ' , निर्देशक पनि परिवर्तन भए
207
मच्छिन्द्र क्लबले जारी सहिद स्मारक ए डिभिजन लिगको उपाधि जितेको छ । शनिबार राजधानीस्थति दशरथ रंगशालामा भएको निर्णयक खेलमा शीर्ष स्थानमा रहेको त्रिभुवन आर्मी क्लबलाई # - # गोलले पराजित गर्दै मच्छिन्द्र लिग च्याम्पियन बनेको हो । विभागीय टोली आर्मी भने आत्माघाती गोलका कारण लिग उपाधि चुम्नबाट चुक्यो ।
शीर्ष स्थानमा रहेको आर्मीलाई हराउँदै मच्छिन्द्रले जित्यो ए डिभिजन लिगको उपाधि
297