article
stringlengths
55
1.8k
title
stringlengths
10
141
article_length
int64
55
1.8k
आइतबार भएको इन्डियन प्रिमियर लिग चरणको अन्तिम खेलमा चेन्नइले पञ्जाबलाई पराजित गरेको छ । चेन्नइ विकेटले विजयी भएको हो । पञ्जाबले एक सय ## रनको लक्ष्य दिएको लक्ष्यलाई चेन्नइले ## . # ओभरमा # विकेट गुमाएर # सय ## रन बनायो ।
आइपिएल #### : चेन्नईको जीतपछि राजस्थान प्लेअफमा
220
भारतले चोटका कारण ओपनर शिखर धवनलाई गुमाएएपछि विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तलाई टोलीमा बोलाएको छ । विश्वकपको प्रारम्भिक टोलीमा स्थान बनाए पनि पन्तले ## सदस्यीय टोलीमा भने स्थान बनाउन सकेका थिएनन् । तर भारतीय क्रिकेट बोर्डले उनलाई तयारी अवस्थामा राखेको थियो ।
धवनको स्थानमा पन्त
258
प्रदेश # का सांसदहरुले विकास–निर्माण , सामाजिक सुरक्षालगायतका विषयमा प्रदेश सरकारको कार्यशैलीप्रति असन्तोष प्रकट गरेका छन् । बुधबार संसद् बैठकको शून्य समयमा बोल्ने मुख्य विपक्षी दल कांग्रेसका मात्रै होइनन् , सत्तारुढ नेकपाकै सांसदहरुले समेत सरकारको उपस्थिति र जवाफदेहिता नदेखिएको आरोप लगाएका छन् । ' मोरङ उर्लाबारी–# मा क्रसर उद्योगको आतंक छ ' , नेकपा सांसद कुलप्रसाद साम्बाले भने ' स्कुलभित्र , बस्तीभित्र क्रसरै–क्रसर छन् ।
सरकारविरुद्ध सांसदको रोष
425
मोरङको बिराटनगर–# मा ठेला चालकबाट सुरक्षागार्डको हत्या भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय , मोरङले घटनामा संलग्न भएको अारोपमा ठेला चालक बिराटनगर–# , जामुनगाछीका ## वर्षीय सञ्जय सहनीलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो । यसअघि # भदौमा बिक्की हार्डवेयरका सुरक्षागार्ड टंकप्रसाद भट्टराईको हत्या भएको थियो ।
मोरङमा सुरक्षागार्डको हत्या ठेला चालकबाट !
311
भारत सरकारले नेपाल र चीनबीच हुने सैनिक अभ्यासले नेपाल–भारत सैनिक सम्बन्धलाई प्रभाव पार्न नसक्ने बताएको छ । भारतीय विदेश मन्त्रालयद्वारा आयोजित मध्यावधि समीक्षा पत्रकार सम्मेलनमा विदेश राज्यमन्त्री भिके सिंहले नेपाल–भारत सैनिक सम्बन्धलाई तेस्रो देशको नजरबाट हेर्न आवश्यक नभएको बताए । नेपाल–भारत खुला सीमा र चीनसँग भारतको जटिल बन्दै गएको सम्बन्ध सन्दर्भ जोडेर सञ्चारकर्मीले नेपाल–चीनबीच हुन लागेको सैनिक अभ्यासमा भारतले केही गर्दै छ भनी सोधेको प्रश्नमा राज्यमन्त्री सिंहले यस्तो जबाफ दिएका थिए ।
नेपाल - चीन सैन्य अभ्यासले भारतलाई असर नपर्ने
493
प्रदेश नम्बर # का मुख्यमन्त्री डोरमणि पौडेलले आगामी पुसभित्रै प्रदेशको नामाकरण गर्ने दाबी गरेका छन् । यद्यपी उनले प्रदेशको राजधानी अहिलेकैलाई कायम गरिने स्पष्ट पारे । बुधबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै मुख्यमन्त्री पौडेलले भने , ' आउने पुसभित्रै प्रदेश नम्बर # को नामाकरण गर्छौं ।
' प्रदेश # को नामाकरण पुसभित्रै , राजधानी हेटौंडामै '
304
प्रधानन्यायाधीश नियुक्तका लागि संवैधानिक परिषद्बाट तत्काल सिफारिस माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । संवैधानिक परिषद् , संघीय संसद्को सचिवालय , प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय , प्रतिनिधिसभाका सभामुख , राष्ट्रियसभाका अध्यक्ष , विपक्षी दलका नेता तथा प्रतिनिधिसभालगायतलाई विपक्षी बनाई अधिवक्ता सन्तोष भण्डारीले दायर गरेका हुन् । तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको उमेर हदका कारण असंवैधानिक ठहर भएर वैशाख # गते राजीनामा दिएपछि कामु प्रधानन्यायाधीशका रुपमा दीपकराज जोशीले काम गरिरहेका छन् ।
प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै सर्वोच्चमा रिट
522
राउटेको यकिन सङ्ख्या कति छ ? जनगणना अद्यावधिक गर्ने केन्द्रीय तथ्याङ्क विभागसँग यसको उत्तर छैन । यही प्रश्न राउटे अगुवालाई सोध्दा पनि सिधा जवाफ आउँदैन । ' टाउको गन्न हुन्न ' भन्ने मान्यताका कारण राउटे समुदाय अहिलेसम्म राष्ट्रिय जनगणनामा अटाउन सकेको छैन ।
राउटेलाई अबको जनगणनामा समेटिने
254
सुन्तलाको पकेट क्षेत्र मानिने गोरखा जिल्लामा सुन्तला उत्पादन घटेको छ । अघिल्लो बर्षको तुलनामा यसबर्ष उत्पादनमा ह्रास आएको जिल्ला कृषि बिकास कार्यालय गोरखाले जनाएको छ । गत बर्ष # हजार ### . ## मेटि्रक टन सुन्तला उत्पादन भएको गोरखामा यसबर्ष # हजार ## मेटि्रक टन सुन्तला उत्पादन भएको कार्यालयका प्रमुख यामकुमार श्रेष्ठले जानकारी दिए ।
यसबर्ष गोरखामा सुन्तला उत्पादन घट्यो
331
काठमाडौं महानगरपालिकामा ## अधिकृत पदमा जागिर खुलेको छ । सोमबार एक विज्ञापन प्रकाशित गर्दै महानगरपालिकाले विभिन्न समूहमा अधिकृतहरुको माग गरेको हो । महानगरले एकैपटक ## जना अधिकृत मागेको भने लेखा समूहमा एक जना मात्रै माग गरेको छ ।
महानगरपालिकामा ## अधिकृतका लागि जागिर खुल्यो
227
बंगाली सिनेमाबाट भारतीय समानान्तर सिनेमालाई अन्तराष्ट्रिय उचाइ दिएका चर्चित निर्देशक मृणाल सेनको आइतबार ## वर्षको उमेरमा निधन भएको छ । उनले कोलकातास्थिति निवासमा जीवनको अन्तिम सास फेरेका हुन् । उनी केहि समयदेखि गम्भिर विरामी रहेको भारतीय संचारमाध्यमले आफ्नो समाचारमा उल्लेख गरेका छन् ।
चर्चित भारतीय निर्देशक मृणल सेनको ## वर्षको उमेरमा निधन
285
सोलुखुम्बुमा अत्यधिक रक्तश्रावका कारण एक सुत्केरी महिलाको ज्यान गएको छ । थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर # मा पर्ने देउसाकी ## बर्षीया अनिषा राईको अत्यधिक रक्तश्रावले ज्यान गएको हो । राईको बच्चा भने सामान्य अवस्थामा जन्मिएको थियो ।
अत्यधिक रक्तश्रावबाट सुत्केरीको मृत्यु
234
पृथ्वी जयन्तीको दिन पुस ## गते गोरखा नगरपालिकाले नगरभित्र सार्वजनिक बिदाको निर्णय गरेको छ । पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा उक्त दिन बिदा दिने निर्णय सोमबारको नगरकार्यपालिकाको बैठकले गरेको नगरप्रमुख राजनराज पन्तले बताए । नगरपालिका , वडा कार्यालय , नगरपालिका अन्र्तगत रहेका सरकारी कार्यालयसहित विद्यालयहरु पनि उक्त दिन बन्द हुनेछन् ।
पृथ्वी जयन्तीमा सार्वजनिक बिदा
339
साउदी अरबको दुईवटा प्रमुख तेल प्रशोधनस्थलमा भएको आक्रमणमा इरानको संलग्नता रहेको भन्ने अमेरिकी विदेशमन्त्री माइक पोम्पेओको आरोपप्रति इरानले कडा शब्दमा निन्दा गरेको छ । साउदीको तेल प्रशोधनस्थलमा भएको आक्रमणमा इरानको संलग्नता रहेको भन्ने आरोप लगाएर वासिङ्टनले ' छल ' गरेको तेहरानले बताएको छ । स्थानीय समयअनुसार शनिबार बिहान साउदी अरबका दुई प्रमुख तेल प्रशोधनस्थलमा ड्रोन हमला भएको थियो , जसका कारण ती क्षेत्रमा आगलागी भएको थियो ।
साउदी तेल प्रशोधनस्थल आक्रमण , अमेरिकी आरोपको इरानद्वारा निन्दा
426
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले सर्लाहीको लालबन्दीमा प्रहरीले नियन्त्रणमा लिएर जिल्ला इञ्चार्ज कुमार पौडेलको हत्या गरेको दाबी गरेका छन् । शुक्रबार प्रेस विज्ञप्ति जारी गरी चन्दले राजनीतिक कार्यक्रम सकेर फर्कंदै गर्दा लालबन्दी–# लखन्ती खोेलामा पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर हत्या गरेको दाबी गरेका हुन् । बिहीबार लखन्ती खोलामा दोहोरो मुठभेड हुँदा पौडेल मारिएको प्रहरीले बताएको थियो ।
प्रहरीले कुमार पौडेललाई नियन्त्रणमा लिएर हत्या गरेको विप्लवको दाबी
407
राष्ट्रिय जनता पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवासँग आज भेटी मुलुकका विभिन्न स्थानमा आफ्ना नेता तथा कार्यकर्तामाथि भइरहेको भनिएको आक्रमण तथा धरपकड रोक्न आग्रह गरेको छ । राजपाका अध्यक्ष महन्थ ठाकुर र नेता अनिलकुमार झाले सिंहदरबारस्थित मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्रीसँग भेटी नवलपरासी , सुनसरी र कपिलवस्तुलगायत जिल्लामा आफ्ना नेता तथा कार्यक्रर्तामाथि आक्रमण भएकामा आपत्तिसमेत व्यक्त गरे । " दोस्रो चरणको मनोनयन दर्तासँगै केही जिल्लामा हाम्रा नेता तथा कार्यकर्तामाथि आक्रमण भएको छ , सुरक्षा व्यवस्था कडा बनाउने नाममा तराईका जिल्लामा मान्छे घर बाहिर निस्कन नसक्ने गरी त्रसित बनाइएको छ , हामीले त्यसो नगर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छौँ " , नेता झाले भने ।
आफ्ना नेता र कार्यकर्ताको धरपकड रोक्न प्रधानमन्त्रीलाई राजपाको आग्रह
684
एक साता देखि लगातार वर्षात भएपछि भोजपुरका ग्रामीण भेगमा सञ्चालन हुँदै आएको यातायात सेवा ठप्प भएको छ । वर्षातका कारण भोजपुर लेगुवा बाहेकको सडक सञ्चालन हुन सकेको छैन् । यातायात ठप्प भएसँगै यात्रुहरू मारमा परेका छन् ।
भोजपुरका ग्रामीण भेगमा यातायात ठप्प
214
नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) का अध्यक्ष प्रचण्डले आइतबार साँझ आएको हावाहुरीबाट बारा र पर्सा जिल्लामा पुगको जनल्धनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । अध्यक्ष दाहालले उक्त घटनामा परी ज्यान गुमाउनुहुनेप्रति शोक व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको उनको सचिवालयले जनाएको छ । पूर्वप्रधानमन्त्री दाहालले मृतक परिवार तथा हावाहुरीबाट घरबारविहीन परिवारमा उचित क्षतिपूर्ति र घाइतेको निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गर्न सम्बन्धित सबैमा आग्रहसमेत गरेका छन् ।
प्रचण्डद्वारा बारा–पर्सामा भएको क्षतिप्रति दुःख व्यक्त
472
सरोकारवालाहरूले ' राष्ट्रिय चिकित्सा शिक्षा विधेयक ' बाट प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद ( सिटिइभिटी ) अन्तरगतको स्वास्थ्यतर्फको प्राविधिक प्रमाण पत्र तह फेज आउट गर्ने बुँदा तत्काल हटाउन माग गर्दै संसदीय समितिलाई ज्ञापन पत्र बुझाएका छन् । सिटिइभिटी राष्ट्रिय कर्मचारी संगठन , फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्स र निजी प्राविधिक शिक्षालय महासंघ , नेपालले ' राष्ट्रिय चिकित्सा शिक्षा विधेयक ' मा सिटिइभिटी अन्तरगतको स्वास्थ्यतर्फको प्रविधिक प्रमाण पत्र तह फेज आउट गर्ने वरिष्ठ चिकित्सक गोविन्द केसीसँग गरिएको सहमतिको बुँदा समावेश गरेको उल्लेख गर्दै तत्काल हटाउन माग गर्दै संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीलाई ज्ञापन पत्र बुझाएका हुन् । बुधबार बिहान समितिको कार्यालय सिंहदरबारमा बुझाइएको ज्ञापन पत्रमा सो बुँदा दूरदराजमा बसेर जनताको सेवा गरिरहेका मध्यस्तरका जनशक्ति उत्पादन गर्ने संस्थाहरू बर्बाद हुने गरी आएको भन्दै तत्काल हटाउन समिति समक्ष माग गरिएको छ ।
शिक्षा तथा स्वास्थ्य समितिलाई सरोकारवाला निकायको ध्यानाकर्षण
892
स्याङ्जा–आँधीखोलामा एमोनियायुक्त सुली मिसाएको आरोप पुष्टि भएपछि खिलुङ कालिका एग्रो फर्मलाई गल्याङ नगरपालिकाले उन्मुक्ति दिदैछ । आँधीखोलाको फोहोर व्यवस्थापनका लागि खिलुङ कालिका फर्मले ## लाख रुपैया दिएर यो गंभिर मुद्दालाई सामसुम पार्ने प्रयास गरेको छ । एमोनियायुक्त सुलीले आँधीखोलाका जलचर सोत्तर भएको समाचार यसअघि नागरिकन्यूजले सार्वजनिक गरेको थियो ।
पैसा लिएर दोषिलाई उन्मुक्ति , मेयर भन्छन् : कारवाही गर्ने अधिकार छैन
349
गोरखाको पालुङ्टार नगरपालिका–# खोप्लाङ सुन्दरखोलामा ग#त #### नंको ट्र्याक्टर शनिबार दुर्घटना हुँदा चालक सुलिकोट गाउँपालिका–# का ## वर्षीय आइतपाल गुरुङको मृत्यु भएको छ । सहचालक पालुङ्टार नगरपालिका–# का ## वर्षीय सुजन परियार गम्भीर घाइते भएका छन् । चालक गुरुङलाई उपचारका लागि गोरखा अस्पतालतर्फ ल्याउँदै गर्दा गएराति बाटोमै मृत्यु भएको थियो भने सहचालकको उपचार भइरहेको जिप्रका गोरखाका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।
गोरखामा ट्र्याक्टर दुर्घटना , चालकको मृत्यु , सहचालक गम्भीर घाइते
429
श्रीलंकाकी सुन्दरी अभिनेत्री ज्याक्लिन फर्नान्डेसको आज ## औं जन्मदिन हो । उनी मिस युनिभर्स श्रीलंका पनि हुन् । ज्याक्लिन फिल्ममा आउनुअघि टीभी रिर्पोटरको काम गर्थिन् ।
ज्याक्लिनले यो देशको राजकुमारसँग डेट गरेकी थिइन् !
166
कमेडी र एक्सन फ्लेभरमा निर्मित फिल्म ' काउसो ' आगामी शुक्रबार अर्थात् जेठ ## गतेबाट प्रदर्शनमा आउने भएको छ । फिल्म युनिटले गत शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै रिलिजको लागि सम्पूर्ण तयारी पुरा भइसकेको बताएको हो । फिल्मका निर्देशक मदन घिमिरेले फिल्मले रातारात धनी बन्ने सपना बोकेको युवाको कथा प्रस्तुत गर्ने बताए ।
' काउसो ' मा एक्सन र कमेडी
320
टाइम म्यागजिनले हत्या गरिएका , थुनामा रहेका र टार्गेटमा परेका पत्रकारहरूलाई ' पर्सन अफ दी इयर #### ' घोषित गरिएको छ । टर्कीस्थित साउदी वाणिज्य दूतावासमा हत्या गरिएका पत्रकार जमाल खशोग्गीलाई टाइमको वर्ष व्यक्तिमा परेका हुन । वासिङ्टन पोस्टका स्तम्भकार साउदी पत्रकार खसोग्गीको गत अक्टोवरमा हत्या भएको थियो ।
खशोग्गीसहित चार पत्रकार टाइम म्यागजिनको वर्ष व्यक्ति
305
मुलुकभित्रको प्रसारण प्रणालीलाई सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत् व्यापारका लागि धनुषामा निर्माणाधीन ### केभी ढल्केबर सबस्टेसनको काम अन्तिम चरणमा पुगेको छ । आगामी पुसभित्र ( डिसेम्बर #### ) निर्माण सम्पन्न गरी सञ्चालन गर्ने ( चार्ज ) लक्ष्यका साथ जिआइएस प्रविधियुक्त स्वचालित सबस्टेसनको काम भइरहेको छ । मुलुकभित्र पूर्व–पश्चिम विद्युत् आपूर्ति र भारतसँग विद्युत् व्यापारका लागि ढल्कबेर सबस्टेसन ठूलो हब बन्ने छ ।
ढल्केबर सबस्टेसन निर्माण अन्तिम चरणमा
419
युएई विरूद्ध टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले तेस्रो सफलता हात पारेको छ । नेपालका लागि बसन्त रेग्मीले तेस्रो विकेट लिएका हुन् । उनले आफ्नो व्यक्तिगत पहिलो ओभरको पाँचौ बलमा युएईका सिपी रिजवानलाई ## रनमा आउट बनाए ।
नेपाललाई तेस्रो सफलता , बसन्तले लिए विकेट
217
प्रदेश # को सत्ता साझेदार राष्ट्रिय जनता पार्टी ( राजपा ) का नेता कार्यकर्ताले आफ्नै दलका मन्त्रीलाई कालोमोसो दल्ने प्रयास गरेका छन् । प्रदेशका समाजिक विकास मन्त्री नवलकिशोर साहलाई शनिबार बिहान जनकपुरधाममा कालोमोसो लगाउने प्रयास गरेका हुन् । मन्त्री साह एक निजी अस्पतालको कार्यक्रममा सहभागी हुन् जाँदै गर्दा राजपाका नेता कार्यकर्ताले घेरेर कालोमोसो दल्ने प्रयास गरेपछी प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ ।
राजपाका कार्यकर्ताद्वारा आफ्नै दलका मन्त्रीलाई कालोमोसो लगाउने प्रयास
404
हल बाहिर पत्रकारहरूका लागि बनाइएको स्थान । जहाँबाट हलभित्रको दृश्य देखिदैन । ## माघ , सुर्खेत ।
प्रदेश # को सभाहलमा पत्रकारहरु प्रवेश गर्न नपाउने
95
विवाहपञ्चमी महोत्सवको कुरा उप्कना साथ महोत्तरीको भङ्गाहा नगरपालिका–# की पानोवती थरुनी रेल चढ्ने कुरा सम्झन्छिन् । जनकपुरधाममा विवाहपञ्चमी मेला ( उत्सव ) हेर्न जीवनमा कैयौँ पटक रेल चढेर गएको सम्झना ताजै राखेकी ## वर्षीया पानोवती #### सालयता भने विवाहपञ्चमी मेला हेर्न जनकपुर गएकी छैनन् । विसं #### को बाढीले आफ्नै बस्ती नजिकको विजलपुरा स्टेशनबाट जनकपुर जाने रेल मार्गमा पर्ने बिग्ही नदीको पुल भाँसिएपछि रेल सेवा बन्द भएसँगै पानोवतीको मेला हेर्न जाने क्रम टुटेको हो ।
रेल चढेर विवाहपञ्चमी मेला हेर्न जाने महोत्तरीवासीवासीको रहर अधुरै
465
चार वर्ष अगाडिको कुरा हो , भर्जिनियाको फेयर फ्याक्समा आयोजित एक सांस्कृतिक कार्यक्रममा अभिनय गर्न आएका कलाकारहरु कार्यक्रमस्थलको बाहिर लाईनमा बसेका थिए । शिशाको फ्रेम भएको बाहिरी गेटबाट मैले चियाएँ । एक ब्यक्ति लाईनमा बसेका सेलिब्रेटी कलाकारहरू र मोडेलहरूलाई एक एक गर्दै फोटो सुट गर्दै थिए ।
अमेरिकामा उचाई थप्दै ' नेपाली ग्ल्यामर फोटोग्राफी किङ ' - राजीव श्रेष्ठ
291
नेपाली ब्रान्ड ' यो घर कसको आलेको , खाइदिम आलु तारेको ! ' पाटन दरबार क्षेत्र नजिकको एक रेस्टुरेन्टबाहिर दुई वृद्ध व्यक्तिको चित्रमा लेखिएको भनाइ हो यो । चारैतिर मूर्ति र चित्रहरूका पसल रहेको गल्लीमा झट्ट हेर्दा नै अलि नौलो देखिने यो रेस्टुरेन्टले अधिकांश बटुवाको ध्यान खिच्छ । बेलुनहरूले धपक्क सजाइएको , चहकिलो पहेँलो रङ र भिन्न खाले चित्र ।
' यो घर कसको आलेको , खाइदिम आलु तारेको '
341
नेपालमा मंसिर ## देखि हुने ##औं सागको टेलिभिजन प्रसारण अधिकार सम्बन्धी सम्झौता गरिएको छ । पहिलोदेखि ## औं सागसम्म टेलिभिजन प्रशारण अधिकार कसैलाई दिइएको थिएन । सोमबार दक्षिण एसियाली ओलम्पिक काउन्सिल ( एसएओसी ) ले तीन पक्षसँग टेलिभिजन सम्झौता सम्बन्धी पत्रमा हस्ताक्षर गरेको छ ।
सागको प्रसारण अधिकार भारतीय टेलिभिजनले # करोडमा किन्यो
276
हालसम्म चुनाव भएका ठूला क्याम्पसहरुमध्ये सबैभन्दा धेरै मतदाता रहेको मकवानपुर बहुमुखी क्याम्पस हेटौंडामा अनेरास्ववियुको प्यानलनै निर्वाचित भएको छ । शुक्रवार विहान # बजे घोषित परिणाम अनुसार सभापतिमा अनेरास्ववियुका कुमार केसी ### मतका साथ बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नयाँ शक्ति विद्यार्थी युनियनका श्रवण वर्तौलाले ### मत प्राप्त गरेका छन् भने नेविसंघ , अखिल क्रान्तिकारी प्रचण्ड , राप्रविसंघ र अखिल क्रान्तिकारी विप्लबका संयुक्त प्यानलका उम्मेदवार लक्ष्मीकान्त पौडेलले ### मत प्राप्त गरी तेस्रो भएका छन् ।
मकवानपुर बहुमुखी र पुर्वाञ्चल इञ्जिनियरिङ क्याम्पसमा अनेरास्ववियु बिजयी
519
स्वर साम्राज्ञी अरुणा लामाको ' नेपाली गौरव गर्छौ ' बोलको गीतलाई ## जना पोखरेली गायिकाले सामूहिक स्वर दिँदा पोखरा सभागृह गुञ्जायमान बन्यो । उनीहरूको स्वरमा पोखरेलीले ताली र स्वरमा स्वर मिलाउदै गर्दा सभागृहको माहोल गुञ्जायमान भएको थियो । पोखराका गायिकाहरूको संस्था ' हार्मोनी ः द मोर्डन सङस्ट्रेसेस अफ पोखरा ' ले गायिकाद्वय अरुणा लामा र तारादेवीप्रति सम्मान गर्दै आयोजना गरेको विशेष सांगीतिक कार्यक्रममा सभागृह गुञ्जिएको थियो ।
गुञ्जिए तारादेवी र अरुणाका गीत
425
घाइते भएर केही समय मैदान बाहिर बसेका बार्सिलोनाका कप्तान लियोनल मेसी मंगलबार इन्टरमिलानविरूद्ध मैदान उत्रने भएका छन् । सेभिल्ला विरुद्धको खेलमा हातमा चोट बोकेयता मैदान बाहिरै रहेका मेसीलाई मंगलबार हुने च्याम्पियन्स लिगको खेलका लागि प्रशिक्षक एर्नेस्टो भाल्भार्देले टोलीमा समावेश गरेका हुन् । चोटपछि कम्तीमा तीन साता गुमाउने भनिए पनि मेसी सोचे भन्दा अगावै प्रशिक्षणमा फर्किएका थिए ।
च्याम्पियन्स लिग टोलीमा मेस्सीको पुनरागमन
381
खोटाङको लेकाली क्षेत्रमा हिमपात भएको छ । लेकाली क्षेत्रमा मंगलबार राति असिना पानीसँगै हिमपात भएको हो । जिल्लाको रुपाकोटडाँडा , टेम्के , सेल्मे , साल्पा पोखरी , तावाभन्ज्याङ , पैयाँ , लाली , राखावाङ्देलको माथिल्लो क्षेत्र , खिदिमा , चखेवाभन्ज्याङ , दोर्पाचिउरीडाँडाको माथिल्लो भेग , छितापोखरी , वाप्लुखा लगायतका स्थानको लेकाली क्षेत्रमा हिउँ परेको हो ।
लेकाली क्षेत्रमा हिमपात
351
सरकारले फ्रि भिसा फ्रि टिकटको व्यवस्था लागू गरेपछि विदेशबाट नेपाली कामदारको मागमा कमी आएको वैदेशिक रोजगार व्यवसायीहरुले बताएपनि सरकारी अध्ययनले मागमा कमी नआएको देखाएको छ । सरकारले #### असारदेखि मलेसिया , कतार , साउदी अरेविया , संयुक्त अरब ईमिरेट्स , कुवेत , बहराईन र ओमान जाने कामदारका लागि भिसा र आतेजाते हवाई टिकट वापत लाग्ने खर्च कामदारले तिर्न नपर्ने नीति ल्याएको थियो । सरकारले उक्त नीति ल्याएपछि विदेशबाट कामदारको मागमा कमी आएको र नेपालको वैदेशिक रोजगारको अवसर खुम्चिने व्यवसायीहरुले बताउँदै आएका छन् ।
' फ्रि भिसा फ्रि टिकट ' पछि नेपाली कामदारको मागमा कमी आएन
508
उत्सवः हेलो…सुस्मिताः हेलो… उत्सवः हजुर हजुरसुस्मिताः को उत्सव हो ? उत्सवः अ उत्सव बोल्दैछु । सुस्मिताः ओइ गधा त कहाँ भन त , म आउँदैछु । उत्सवः म स्टार मलमा छु दिदी , भन्नुन ।
सुस्मिताको पत्रकारलाई धम्की - ' आधा घन्टा पर्खी , तेरो बाउको बिहे देखाइदिन्छु '
175
नेकपा एमालेले जिल्ला समन्वय समिति गठनका लागि अबिलम्ब पहल गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । निर्वाचन सम्पन्न भएको लामो समय बितिसक्दा पनि जिल्ला समन्वय समिति गठनमा अन्योल र ढिलाई रहेको भन्दै एमालेले आयोगको ध्यानाकर्षण गराएको हो । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ्को नेतृत्वमा सोमबार निर्वाचन आयोग पुगेको टोलीले प्रमुख आयुक्त अयोधीप्रसाद यादवसहितका आयुक्तलाई भेटेर जिल्ला समन्वय समिति गठनका लागि आवश्यक निर्देशन दिन आग्रह गरेको हो ।
जिल्ला समन्वय समिति अबिलम्ब गठन गर्न निर्वाचन आयोगलाई एमालेको आग्रह
445
पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नं . # ठिमुरे ढुस्टुङ्मा हाईलक्स गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बा # च #### नम्बरको हाईलक्स जिप शनिबार बेलुकी # बजे दुर्घटनामा परेको हो । दुर्घटनामा परी तानसेन नगरपालिका ## गणशालका ## वर्षीय विवेक पौडेल र डोल्पाका ## वर्षीय टंक चलाउनेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पाल्पामा सवारी दुर्घटना , # को मृत्यु
317
एनआरएन क्यानडाको नयाँ नेतृत्वले शुक्रबार साँझ पदभार ग्रहण गरेको छ तर त्यो पदभार पुरा कार्यकालका लागि होला या नहोला ? अन्योलमा छ । एन आर एन क्यनडाको अधिवेसनले नयाँ कार्यसमिति चयन गरेसँगै यहाँका नेपालीहरुबीच नयाँ कार्य समितीको भविष्यबारेको बहस चर्किएको हो । अधिवेशन नजिकिदै गर्दा निवर्तमान कार्यसमितिले निर्वाचन क्षेत्र बिभाजनबारे एक विवादास्पद निर्णय गरेको थियो त्यही निर्णयका कारण विवाद बढेको हो ।
एनआरएन क्यानडाः पदभार ग्रहण , भविष्य अन्योलमा
397
भारतमा भइरहेको तल्लो सदन लोकसभा निर्वाचनअन्तर्गत आइतबार छैटौं चरणको मतदान सम्पन्न भएको छ । आइतबार सात राज्यमा ## सिटका लागि भएको मतदानमा सात सय ## जना उम्मेदवारले प्रतिस्पर्धा गरेको निर्वाचन आयोगले जनाएको छ । यसअघि सन् #### को लोकसभा निर्वाचनमा यी ## सिटमध्ये भारतीय जनता पार्टीले ## ठाउँमा जित हासिल गरेको थियो ।
भारतमा आइतबार छैठौँ चरणको मतदान
313
भूकम्प प्रभावित क्षेत्रमा खटिएका इञ्जिनियरहरुले सुविधा कम भयो भन्दै सरकारसँग गुनासो गरिरहेका बेला गाउँघरमा चाहीँ भूकम्पपीडितहरुले प्राविधिकको नियतमाथि नै प्रश्न उठाउन थालेका छन् । भूकम्प पीडितहरुको घर पुननिर्माणका क्रममा सरकारले गाउँमा खटाएका प्राविधिकहरुले नागरिकलाई सहयोग हैन , दुःख दिन थालेको गाउँलेको गुनासो छ । घर पास गर्न पैसा मागियोगाविसमा खटिएका इञ्जिनियरहरुले निजी आवास निर्माणका क्रममा दुःख दिने गरेको गुनासो बेताली गाविसका स्थानीयवासीहरुले गरेका छन् ।
रामेछापका भूकम्पपीडितको प्रश्न - इञ्जिनियरहरु गाउँमा लुट्न आएका हुन् कि घर बनाउन ?
462
हाँडीगाउँमा गहना खोज्ने जात्रा सम्पन्न भएको छ । टुँडाल देवीको खटलाई हाँडीगाउँस्थित गहना पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि पोखरीमा देवीको गहना खोज्ने गरिन्छ । त्यस क्रममा पोखरीबाहिर टुँडाल देवीकी बैनीको खटलाई पनि परिक्रमा गराइन्छ ।
कसले भेट्टायो टुँडालदेवीको हराएको गहना ? हेर्नुस् # तस्वीर
231
सेवाग्रहीसँग घुस लिँदा - लिँदै मीनभवनस्थित यातायात व्यवस्था विभागका निर्देशक नवीनकुमार पोखरेल पक्राउ परेका छन् । घुस लिनासाथ अख्तियारको फन्दामा परेपछि पोखरेलले घुस लिएको # लाख ## हजार रुपैयाँ तत्कालै मिल्काएका थिए । अख्तियार दुरुपयउोग अनुसन्धान आयोगको टोलीले विहीबार निर्देशक पोखरेललाई # लाख ## हजार रुपैयाँ घुस लिएको रकमसहित पक्राउ गरेको छ ।
यातायातका हाकिमले सोफामा फ्याँके # लाख ## हजार !
342
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ' प्रचण्ड ' ले बिहीबार तत्कालीन माओवादी द्वन्द्व र पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग जोडिएको एउटा यस्तो विवरण सार्वजनिक गरे , जसलाई उनीसँगै रहेर दस वर्ष द्वन्द्व हाँकेका नेता बाबुराम भट्टराईले खण्डन गरेका छन् । तत्कालीन माओवादीले सञ्चालन गरेको ' जनयुद्ध ' दिवसको अवसरमा पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा प्रचण्डले कांग्रेसका तत्कालीन सभापति कोइरालाले नै माओवादीलाई ' ठूल्ठूला हमला गर्न ' सुझाएको बताएका थिए । कोइराला र आफूबीच लगभग दिनदिनै कुराकानी हुने गरेको दाबी गर्दै प्रचण्डले भने , ' कोइराला र मेरोबीच लगातारजस्तो , झन्डै झन्डै दिनदिनैजस्तो कुराकानी हुन्थ्यो ।
बाबुराम भट्टराईले भने– ठाउँ हेरेर त्यहीँको भाकामा गाउनु प्रचण्डको जानेमानेको शैली हो
616
काठमाडौं–तराई–मधेस दु्रतमार्ग ( फास्ट ट्र्याक ) निर्माणको जिम्मेवारी लिएपछि नेपाली सेनाले टेन्डर प्रक्रियालाई धमाधम अघि बढाएको छ । कहिले विदेशी त कहिले स्वदेशी ठेकेदार कम्पनीले निर्माण गर्ने भन्ने अन्योलमा रहँदै आएको द्रुतमार्ग निर्माणको जिम्मा सरकारले गत वैशाख ## गते सेनालाई दिने निर्णय गरेको थियो । निर्माण कार्यको जिम्मा पाएलगत्तै फिल्डमा खटिएको सेनाले विभिन्न व्यवस्थापनका काम सक्दै टेन्डर प्रक्रिया सुरु गरिसकेको जनसम्पर्क निर्देशनालयका निर्देशक सहायक रथी गोकुल भण्डारीले बताए ।
काठमाडौं–तराई–मधेस द्रुतमार्गमा धमाधम टेन्डर
484
अघिल्लो वर्ष फागुनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य स्वच्छताका आधारमा धुलिखेलस्थित द्वारिकाज सांग्रिला भिलेज रिसोर्टलाई पहिलोपटक अति उत्तम भएको प्रमाण स्वरूप स्तरीकरण गर्दै तीन तारा स्टिकर प्रदान ग - यो । तर , दसैंअगाडि विभाग मातहतको धुलिखेलस्थित डिभिजन , घरेलु तथा साना उद्योग कार्यालय र जिल्ला प्रशासनको संयुक्त टोलीले सोही रिसोर्टमा आकस्मिक अनुगमन गर्दा सरसफाइमा लापरवाही गरेको भेटियो । ' हामीले अनुगमन गर्ने क्रममा रिसोर्टले खानेकुरा र सरसफाइका सामान एकै ठाउँमा भण्डारण गरेको पायौं ।
नाम चलेकै होटल–रिसोर्टको सरसफाइमा लापरवाही
502
बलाधिकृत रथी पूर्णचन्द्र थापाले कायममुकायम प्रधानसेनापतिका रुपमा बिहीबारदेखि नेपाली सेनाको कमाण्ड सम्हाल्ने भएका छन् । प्रधानसेनापति राजेन्द्र क्षत्रीले सैनिक मुख्यालय जंगी अड्डामा बिहीबार आयोजित विशेष समारोहमा बलाधिकृतरथी थापालाई नेपाली सेना बुझबुझारथ गर्नेछन् । प्रधानसेनापतिले आफ्नो कार्यकाल सकिनुभन्दा एक महिनाअघिदेखि बिदा बस्ने परम्पराअनुरुप प्रधानसेनापति क्षत्रीले कमाण्ड हस्तान्तरण गर्न लागेका हुन् ।
बलाधिकृत थापाले बिहीबारदेखि कमाण्ड सम्हाल्दै
407
चिठ्ठामा ## लाख रुपैयाँ परेको भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–## बस्ने ## वर्षीय निरज मरिक र मोरङ धनपालथान गाउँपालिका–# बस्ने ## वर्षीय श्रवण मलहाले इलाम जिल्ला इलाममाई नगरपालिका–# बस्ने पासाङ शेर्पालाई ' इमो ' मार्फत चिठ्ठा परेको छ भन्दै सन्देश पठाई एक लाख ## हजार रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए । निजहरुले चिठ्ठा परेको भन्दै शेर्पालाई दस्तुर ( कर ) वापत पटक–पटक गरी मरिकको नाममा ## हजार रुपैयाँ र ## हजार रुपैयाँ गरी एक लाख ## हजार रुपैयाँ विराटनगरको एक बैंकको खातामा रकम पठाएपछि मरिक सम्पर्कविहीन भएका थिए ।
चिठ्ठाको नाममा ठगी गर्ने पक्राउ
658
अफ्रिकी देश तान्जानियामा बिहीबार भएको फेरी दुर्घटनामा ## जनाको मृत्यु भएको छ भने ### भन्दा धेरै बेपत्ता भएको आशंका गरिएको छ । तान्जानियाको लेक भिक्टोरियामा सयौं यात्रु बोकेको फेरी डुबेको थियो । क्षमताभन्दा धेरै यात्रु बोकेको कारण फेरी दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
तान्जानियामा फेरी डुब्दा ## को मृत्यु , ### भन्दा बढी बेपत्ता
283
वाणिज्य बैंकहरुमध्ये सानिमा बैंकले पहिलो पटक गत आवको नाफाबाट लाभांश घोषणा गरेको छ । बैंकले चुक्ता पुँजीमा ## प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । यसअन्तर्गत बैंकले कुल # अर्ब ## करोड रुपैयाँ नगद लाभांशवापत सेयरधनीलाई वितरण गर्नेछ ।
लाभांश घोषणा गर्नेमा पहिलो बन्यो सानिमा बैंक
235
खाना पकाउने ग्यास , भाँडाकुँडा , ओभन , दुईवटा बाथरुम , भान्छा , दराज , गिजरलगायतका सुविधासम्पन्न वीर अस्पतालको अति विशिष्ट क्याबिन ## वर्षदेखि खाली छ । सो क्याबिनमा बिरामी र कुरुवा सुत्ने कोठा , बिरामी भेट्न आउँदा भेटघाट गर्ने कोठा , सुरक्षाकर्मी , नर्स , डाक्टर कोठा , वेटिङ कोठा र सुत्ने कोठा गरी आठवटा कोठा छुट्ट्याइएको छ । कुनै सुविधाको कमी छैन सो क्याबिनमा ।
वीरको भिभिआइपी क्याबिन ## वर्षदेखि खाली
363
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आइतबार भेट हुने भएको छ । उत्तर र दक्षिण कोरियाको सैनिकरहित सीमा क्षेत्रमा भेटवार्ता हुन लागेको हो । राष्ट्रपति ट्रम्प र दक्षिण कोरियाली समकक्षी मुन जाइ इन उत्तर कोरियाली सीमातर्फ हिँडिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
उत्तर कोरियाको सीमामा ट्रम्प र किमबीच भेट हुने
303
सीसी क्यामराको उदघाटन गर्दै मेची अञ्चल प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक केदार रिजालरविन भट्टराई# माघ , फुङलिङ । आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने मुख्य उद्देश्यका साथ ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा सिसी क्यामेरा जडान गरिएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको सक्रियतामा सदरमुकामका ## स्थानमा जडान गरिएको सीसी क्यामराको सोमबार मेची अञ्चल प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक केदार रिजालले उदघाटन गरे ।
ताप्लेजुङ सदरमुकामको निगरानी अब सिसी क्यामराबाट
407
राजपुर बमकाण्डसम्बन्धी मुद्दाका आरोपित मोहम्मद आफताब आलम पक्षले बम विस्फोटमा घाइते भएका भारत सीतामढीका गौरीशंकर राम चमारलाई अपहरण गरी बयान फेर्न लगाएको खुलासा भएको छ । मंगलबार बिहान नागरिकसँग सो बम विस्फोटका घाइते तथा साक्षी चमारले आफूलाई आलम पक्षले अपहरण गरी बयान फेर्न लगाएको बताएका हुन् । बिहारको सीतामढी जिल्ला बैरगनिया मुसाचोक घर भएका चमारले आफूलाई चार दिनसम्म बन्धक बनाएर बयान फेरेको कागज गराएको स्पष्ट पारे ।
' अपहरण गरी बयान फेर्ने कागजमा सही गराए '
415
स्थानीय तहको निर्वाचन भएको बिहीबार ठीक एक वर्ष बितेको छ । #### साल असार ## गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट खोटाङका # नगरपालिका र # गाउँपालिकामा नयाँ जनप्रतिनिधि चुनिए । चुनिएका ती जनप्रतिनिधिले स्थानीय सरकारको प्रमुख तथा प्रतिनिधिकोरुपमा वर्ष दिन बताएका छन् ।
स्थानीय सरकार : ' वर्ष दिनको प्रगती खै ? '
264
पर्सामा झुण्डिएको अवस्थामा दुई महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार जेठ ## गते ( आइतबार ) छिपहरमाई गाउँपालिका # का रमेश मुखिया बिनकी श्रीमती ## वर्षीया बिन्दी देवी मुखिया घरभित्र र सोमबार ( आज ) छिपहरमाई गाउँपालिका # का विलास महतोकी श्रीमती ## वर्षीया सन्तोषी महतो अम्बाको रुखमा झुण्डिएको मृत फेला परेका हुन् । बिन्दीदेबी आइतबार दिउँसो #ः## बजे घरमा कोही नभएको अवस्थामा आफ्नै सुत्ने कोठाको सिलिङ फ्यानमा सलको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।
पर्सामा झुण्डिएको अवस्थामा दुई महिलाको शव फेला
477
चलचित्र प्रचारका लागि देश दौडाहामा रहेको चलचित्र ' ग्याङस्टार ब्लूज ' का कलाकारले दर्शक र मिडियासँग अन्र्तक्रिया गरेका छन् । भदौ # गतेबाट देशभर रिलिज हुन लागेको यो चलचित्रका मुख्य कलाकार आशिरमान देशराज जोशी , आना शर्मा , संयम पुरी , रोजिशा शाहीको साथमा निर्माता सरोज न्यौपाने , निर्देशक हेमराज वीसी मोफसल दौडमा निस्किएका हुन् । चलचित्रको यूनिटले शनिबार र आइतबार पोखराका विभिन्न स्थानमा ' सडक कन्सर्ट ' गरेको छ ।
पोखरामा आशिरमान र आनाको क्रेज
411
सिद्घार्थ बैंक र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता भएको छ । सम्झौतापत्रमा सिद्घार्थ बैंकका नायब महाप्रबन्धक रामेश्वरप्रसाद बस्याल र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले हस्ताक्षर गरेका छन् । अब सिद्घार्थ बैंकका ग्राहकले यसका कुनै पनि शाखाबाट रिलायबलका बिमा सेवा प्राप्त गर्न , बिमा शुल्क भुक्तानी गर्न , बिमालेख लिन तथा बिमा दाबी भुक्तानी लगायतसेवा लिन सक्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सिद्धार्थ–रिलायबल सम्झौता
459
सरकारले ## हजार हाराहारी नेपाल प्रहरीलाई दुई तहको संरचनामा समायोजन गर्ने तयारी गरेको छ । निजामती सेवाका कर्मचारीको तीन तहमा समायोजन प्रक्रिया अन्तिम चरणमा पुगेका बेला सरकारले प्रहरीको समायोजन प्रक्रिया अघि बढाउन लागेको हो । प्रहरी कर्मचारीहरू संघ सरकारमातहत रहने नेपाल प्रहरी तथा प्रदेश सरकारमातहत रहने प्रदेश प्रहरीमा समायोजन हुनेछन् ।
प्रहरी समायोजन दुई तहमा
336
सरकारले कर प्रणालीमा सुधार र करको दायरा विस्तारका लागि आवश्यक प्रक्रिया सुरु गरेको छ । राजस्व नीतिनिर्माण तथा वित्तीय सुधार , करसम्बन्धी कानूनमा गर्नुपर्ने समयानुकूल परिवर्तन , करका दरको पुनरवलोकन , राजस्व प्रशासनको संगठन संरचनालगायत विषयलाई समेट्ने तयारी गरिएको हो । राजस्व परामर्श समितिको बैठकमार्फत ## विषयगत समिति गठन गरी आवश्यक काम आरम्भ भएको अर्थ मन्त्रालयले जनाएको छ ।
कर प्रणालीमा सुधार र दायरा विस्तार गरिँदै
375
कात्तिक # गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्र ' पोई पर्यो काले ' को फस्टलुक रिलिज भएको छ । शिशिर राणाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रको फस्टलुकमा मुख्य # कलाकारलाई स्थान दिइएको छ । चलचित्रको फस्टलुकमा नायक सौगात मल्ल , आकाश श्रेष्ठ , सोहित मानन्धर , नायिकाद्धय पूजा शर्मा र श्रृष्टी श्रेष्ठलाई स्थान दिइएको छ ।
' पोई पर्यो काले ' को फस्टलुक रिलिज
321
चिनियाँ विद्युतीय सवारी साधन निमार्ता कम्पनी बिवाइडीको नेपालको लागि आधिकारिक वितरक साइमेक्स इन्कले ' एम # ' नेपाली बजारमा ल्याएको छ । पियोर प्रिमियम मल्टी प्रपोज इलेक्ट्रिक भेइकल भनिएको ' एम # ' लाई प्यासेन्जर कार , ट्रभल टुर होटल , कार्गो लगाएतका क्षेत्रमा प्रयोग गर्न सकिने कम्पनीका सिनियर म्यानेजर साहिल श्रेष्ठले जानकारी दिए । # , # र # सिटर गरी # ओटा अप्सनमा आउने एम # मा ## . # किलोवाटको लिथियम आयोन पोलिमर ब्याट्री प्रयोग गरिएको जसले सिटी राइडमा ### किलोमिटर माइलेज दिने श्रेष्ठले जानकारी दिए ।
बिवाईडीको ' एम # ' नेपाली बजारमा , यस्ता छन् फिचर्स
501
चर्चित कालो हरिण सिकार मामिलामा बलिउड अभिनेता सलमान खानलाई जोधपुर अदालतले दोषी ठहर गरेको छ । सन् #### मा ' हम साथ साथ हे ' फिल्मको सुटिङका ताका राजस्थानका स्थानियले पवित्र मानेर पूजा गर्ने ' चिङ्कारा ' ( कालो हरिण ) को सिकार गरेको आरोप उनीमाथी लागेको थियो । अदालतमा ## वर्षदेखि चलिरहेको मुद्धामा आज सो फैसाला आएको हो ।
हरिण सिकार मामिलामा सलमान दोषी ठहर : हुनसक्छ # वर्ष जेल
318
साताको पहिलो दिन सेयर बजारमा सुधार भएको छ । आइतबार सेयर बजार करिब ## अंकले सुधारिएको हो । धेरै जसो समूहहरु हरियाली देखिदा सेयर बजार ## दशमलव ## अंकले उकालो लागेको छ ।
सुधारियो सेयर बजार , करिब ## अंकले बढ्यो परिसूचक
166
साउदी अरबको रियादस्थित नेपाली दूतावासले रोजगारीका क्रममा कुनै समस्या आइपरे दूतावासमा सम्पर्क गर्न सम्पूर्ण नेपाली श्रमिकलाई अनुरोध गरेको छ । रोजगारदाता कम्पनीले श्रमिकको तीन महीनासम्म काम नपाउने वा नवीकरण नगर्ने र पारिश्रमिक भुक्तानी नगरे त्यसबारे जानकारी गराउन दूतावासले आग्रह गरेको छ । करार अवधि सम्पन्न हुनुभन्दा कम्तीमा दुई महीनाअगावै कामदारले लिखित अनुरोध गर्दा पनि पुनःप्रवेश वा बर्हिगमन प्रवेशाज्ञा नदिएमा त्यससम्बन्धी जानकारी र अभिलेख दूतावासमा उपलब्ध गराउनसमेत आग्रह गरिएको छ ।
कुनै समस्या आइपरे दूतावासमा खबर गर्न आग्रह
486
सप्तरी–सप्तरीको कोशीटप्पु वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्रमा अवस्थित जमुवामा पर्यटकको चहलपहल हुन थालेको छ । गाउँमा होमस्टे सुरु गरिएसँगै स्वदेशी र विदेशी पर्यटक आउन थालेका होमस्टे व्यवस्थापन समितिका अध्यक्ष बिष्णुदेव चौधरीले बताए । कञ्चनरूप नगरपालिका–# का # घरमा वर्ष दिन अघि होमस्टे शुभारम्भ गरिएको थियो ।
जमुवामा पर्यटकीय चहलपल
309
महान्यायाधीवक्ता हरिकृष्ण कार्कीले आफ्नो बमंगलबार राजीनामा दिएका छन् । महान्यायाधीवक्ता कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो पदबाट राजीनामा दिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता धु्रवराज आचार्यले मंगलवार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपति भण्डारीले मंगलबारकै मितिबाट उनको राजीनामा स्वीकृत गरेकी छिन् ।
महान्यायाधीवक्ता कार्कीले राजिनामा दिए
370
प्रधानमन्त्री पुष्पकमल दाहाल ' प्रचण्ड ' ले चुनौतिको सामना गर्ने संकल्पसहित प्रधानमन्त्रीको पद सम्हालेको बताएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा ललितपुरका सामाजिक अगुवाहरुसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले आफूले दोस्रो पटक प्रधानमन्त्रीको पद सम्हाल्दा केही चुनौतिको सामना गर्ने संकल्पसहित आएको बताए । उनले संविधान संशोधन र कार्यान्वयन , भूकम्पको पूनर्निर्माण र बेथितिको अन्त्य गरेर देशमा ' सिष्टम ' बसाल्ने बताए ।
देशमा ' सिष्टम ' बसाल्छुः प्रधानमन्त्री
427
जंगलको राजा बाघको बालकथा सुन्नु भएकै होला । बाघले जंगलका जनावरलाई दुःख दिएको र जनावरले लिएको बदलामा आधारित छ । बाघको त्रासले दिक्क भएपछि सबक सिकाउन सबै जनावर आफैं आहारा बनेर उपस्थित हुने वाचा गर्छन् ।
लाखेलाई ठीक पार्न सुरू भएको जात्रा
200
पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । बुधबार बेलुका बसेको नेपाल आयल निगम सञ्चालन समितिको बैठकले पेट्रोल , डिजेल र मट्टितेलमा प्रतिलिटर दुई / दुई रुपैयाँ मूल्य वृद्धि गर्ने निर्णय गरेको हो । बुधवार राति ## बजेपछि लागू हुने गरी बढाइएको मूल्य वृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर ### रुपैयाँ र डिजेल र मट्टितेलको भाउ ## रुपैयाँ प्रतिलिटर पुगेको छ ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धि
345
आमरण अनसनरत प्रा . डा गोविन्द केसीले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमका डिन डा . केशवप्रसाद सिंहलाई बर्खास्त गर्न माग गरेका छन् । सिंहलाई बर्खास्त नगरेसम्म अनसन नतोड्ने उनले बताए । त्रिविले कात्तिक ## गते सिंहलाई डिन नियुक्त गरेको थियो ।
डिन सिंहलाई बर्खास्त नगरेसम्म अनसन नतोड्ने डा . केसीको अडान
248
खासै चर्चामा नरहेको चमेरे गुफा धनकुटा नपा– # , मालबाँसेमा पर्छ । यो गुफा धनकुटा बजारबाट # किमि उत्तर–पूर्व साँगुरो कच्ची बाटो छिचोलेपछि पुगिन्छ । गुफाको प्रवेशद्वार निक्कै अप्ठेरो र साँघुरो रहेछ ।
पुस्तक अंश : बाबुरामसँग ' लिम्बुवान ' छाडेर ' खम्बुवान ' तिर लाग्दा
196
हुम्लाको नाम्खा गाउँपालिकाको सल्ली खोलाबाट सदरमुकाम सिमकोट आउँदै गरेको ट्रिपर बुधबार डाँडालाग्नामा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा ## जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएकाहरुलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट कर्णाली प्रदेश अस्पताल ल्याउने तयारी भइरहेको छ ।
हुम्लामा ट्रिपर दुर्घटना चारको मृत्यु , ## घाइते
295
सप्तरीमा ड्युटीमा रहेका एक प्रहरी हवल्दारमाथि बुधवार साँझ गोली प्रहार भएको छ । खड्ग नगरपालिकाको बिसनपुर चौकमा ड्युटीमा रहेका बेला प्रहरी हवल्दार महेन्द्र यादवमाथि गोली प्रहार भएको सप्तरीका प्रहरी प्रमुख एसपी राजेन्द्र विष्टले जानकारी दिए । ढाडमा गोली लागेका हवल्दार यादवको अवस्था गम्भीर रहेको र उनलाई उपचारका लागि विराटनगर पठाइएको एसपी विष्टले बताए ।
प्रहरी हवल्दारमाथि गोली प्रहार , अवस्था गम्भीर
350
रेडिअन्ट स्कुलको आयोजनामा सातौं उपत्यकाव्यापी रेडिअन्ट कप बास्केटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ । प्रतियोगितामा सिनियर ब्वाइजमा ## , सिनियर गल्र्समा ## र जुनियर ब्वाइजमा ## टिमको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा रेडिअन्टका प्रिन्सिपल सूर्यबहादुर केसीले जानकारी गराए । सिनियर ब्वाइजमा एलआरआई , सिनियर गल्र्समा निम्स र जुनियर ब्वाइजमा महामञ्जुश्री डिफेन्डिङ च्याम्पियन हुन् ।
रेडिअन्ट कप बुधबारदेखि
394
पाँचथरको याङवरक गाउँपालिकामा एउटा बन्दुक बनाउने कारखाना फेला परेको छ । विशेष सुराकको आधारमा प्रहरी चौकी फलैचाबाट खटिएको टोलीले गाउँपालिकाको वडानम्बर - # को ओयाम भन्ने ठाउँमा कारखाना नै सञ्चालन भएको पत्ता लगाएको हो । ## वर्षीय शान्ताबहादुर बिकको घरमा रहेको आरनमा बन्दुक बनाउने गरेको पाइएको प्रहरीले जानकारी दिएको छ ।
पाँचथरमा बन्दुक बनाउने कारखाना , पार्टपूर्जासहित एकजना पक्राउ
315
निजी क्षेत्रको लगानीमा लमजुङमा निर्माण भएको रुदीखोला - बी जलविद्युत आयोजनाले शनिबारदेखि विद्युत उत्पादन सुरु गरेको छ । दशमलब # मेगावाट क्षमताको आयोजनाको विद्युतगृह लमजुङको क्वहोलाछार गाउँपालिका - # सिन्दीमा छ । सो आयोजना बिन्दवासिनी हाइड्रो पावर कम्पनीले निर्माण गरेको हो ।
राष्ट्रिय प्रसारणलाइनमा थपियो # . # मेगावाट विजुली
273
संयुक्त राष्ट्रसंघको मिसनका लागि साउथ सुडान जान लागेको सशस्त्र प्रहरी बल नेपालको # सय ## सदस्यीय टोलीको बिदाइ गरिएको छ । त्यहाँको फर्म्ड पुलिस युनिट ( एफपीयु ) को रुपमा खटिन लागेको टोलीलाई सशस्त्र प्रहरी बलको प्रधान कार्यालय , हल्चोक स्वयम्भुमा एक कार्यक्रमका बीच विदाइ गरिएको हो । विदाइ समारोहलाई सम्बोधन गर्दै सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले सशस्त्र प्रहरी बलको बर्दीमा रुपमा शान्ति स्थापनार्थ परदेश सेवा गर्दा संयुक्त राष्ट्रसंघको म्याण्डेट र प्राप्त कार्यादेश बमोजिमको जिम्मेवारीलाई पूरा गर्ने सिलसिलामा अनुशासित एवं बफादार भएर व्यावसायिक कार्यकुशलताको उत्कृष्ट नमुना प्रदर्शन गर्न निर्देशन दिए ।
यूएन मिसनमा साउथ सुडान जान लागेको टोलीको विदाइ
616
जगदम्बा स्टिल्स्ले इन्जिनियरिङ अन्र्तगत कलेज टप गर्ने रुकेश गुसाईँलाई ## हजार रुपैयाँको चेक प्रदान गरेको छ । गुसाईँ थापाथली क्यापसका विद्यार्थी हुन । पुरस्कार समारोहमा डा . सुधा त्रिपाठीे , क्याम्पस प्रमुख ईन्जिनियर जनार्दन भट्ट , शंकर गु्रपका प्रमुख कार्यकारी अधिकृत ईन्जिनियर आनन्द नेपाल , सिनियर ब्राण्ड म्यानेजर निरजमान बानियाको उपस्थिति थियो ।
जगदम्बा स्टिल्स्ले दियो कलेज टपरलाई ## हजार पुरस्कार
348
भीषण वर्षापछि आएको बाढीले रामेछापमा सवारी तर्ने पुल र दुई घर बगाएको छ । जिल्लाको गोकुलगंगा र लिखु गाउँपालिका भएर बग्ने खिम्ती र छतिवन खोलामा आएको बाढीले घर बगाउँदा # जनाको मृत्यु भएको छ भने # जना हराइरहेका छन् । बाढीले घर बगाउँदा छतिवन खोला नजिकै घर भएका कुमार खत्रीकी ## वर्षीया आमा लालकुमारी खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
रामेछापमा बाढीले पुल र घर बगायो , # को मृत्यु , # बेपत्ता
333
नेपाल घुम्न आउने विदेशीले खर्च गर्ने डलर आम्दानी अघिल्लो वर्षको तुलनामा घटेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकनुसार चालु वर्षको पहिलो तीन महिनामा अघिल्लो वर्षको तुलनामा # . # प्रतिशतले घटेको छ । अमेरिकी डलरको भाउ बढेका कारण नेपाली रुपैयाँमा आय बढेको देखिए पनि अमेरिकी डलरमा यस्तो आम्दानी घटेको छ ।
पर्यटकले खर्च गर्ने अमेरिकी डलर आय घट्यो
312
स्पेनिस ला लिगा फुटबलको मड्रिड डर्बी भिडन्तमा एथ्लेटिको मड्रिड विजयी भएको छ । शनिबार राति भएको खेलमा डिफेण्डिङ च्याम्पियन एथ्लेटिको मड्रिडले चिरप्रतिद्वन्द्वी रियल मड्रिडलाई #–# गोल अन्तरले पराजित गरेको हो । रियलको घरेलु मैदानमा भएको खेलमा एथ्लेटिको मड्रिडले ## औं मिनेटमा थिएगोको हेड गोलबाट अग्रता लिएको थियो ।
एथ्लेटिको मड्रिडद्वारा रियल मड्रिड पराजित
311
काठमाडौँ– गत मङ्गलबार प्रवेश गरेको पश्चिमी वायुको प्रभाव आज सकिएपछि मौसम सफा रहे पनि शनिबारबाट पुनः वर्षा शुरु हुनसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार अर्कौ जलवाष्पयुक्त नयाँ प्रणाली प्रवेश हुने भएकाले वर्षाको सम्भावना रहेको मौसमविद् मीनकुमार अर्यालले बताए । उनका अनुसार आज मौसममा केही सुधार भई घाम लागे पनि भोलिदेखि फेरि प्रभावित हुनेछ ।
शनिबारदेखि पुनः वर्षा दोहोरिने
359
आइसिसी क्रिकेट विश्वकप #### अघि तीन टिम सहजै सेमिफाइनलमा पुग्ने क्रिकेट पण्डितको विश्लेषण थियो । धेरैले आयोजक इंग्ल्यान्ड , अस्ट्रेलिया र भारत सेमिफाइनलमा पुग्ने विश्लेषण गरेका थिए । सेमिफाइनलमा पुग्ने चौथो टिममा भने धेरैको फरक मत थियो ।
विश्वकपमा कहाँ चुक्यो दक्षिण अफ्रिका ?
237
भारतको विहार राज्यको सीतामढीको बालगृहमा एक महिनादेखि बस्दै आएका नेपालका ## बालश्रमिकलाई उद्धार गरी आज नेपाल ल्याइएको छ । सामाजिक अभियान्ता सरोज रायले अपहरित तथा श्रमिक बालबालिकालाई उद्धार गरी जिल्ला प्रशासन कार्यालय सर्लाहीको रोहबरमा परिवारलाई जिम्मा लगाएका छन् । उद्धार गरिएकामा आठ जना बालक सर्लाहीका र दुई जना वीरगञ्जका रहेका छन् ।
बिहारबाट ## जना नेपाली बालकको उद्वार
333
प्रदेश नम्बर # का मुख्यमन्त्री शेरधन राईले संघीय सरकारलाई जानकारी गराएरै आफू अमेरिका गएको बताएका छन् । उपचारका लागि थाइल्याण्ड गएका बेला त्यहीँबाट उनी अमेरिका गएपछि उनको भ्रमण विवादित बनेको थियो । कात्तिक ## गते थाइल्याण्ड बैंकक गएका मुख्यमन्त्री राई कात्तिक ## गते नेपाल फर्केका थिए ।
मुख्यमन्त्री राईको स्पष्टोक्ति : सरकारलाई जानकारी गराएरै बैंकक हुँदै अमेरिका गएको हुँ
285
मेलम्ची– सिन्धुपाल्चोकको निमार्णाधीन मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम अत्यन्त सुस्त भएपछि यहाँका स्थानीय तहका जनप्रतिनिधिले काम छिटोसक्न दबाब दिएका छन् । भोटेकोशी गाउँपालिका र बाह्रबीसे नगरपालिकामा निर्माण भइरहेको ### मेघावाट क्षमताको उक्त जलविद्युत् आयोजनाको सन् #### मा निर्माणकार्य शुरु गरिएको थियो । सन् #### सम्ममा काम सम्पन्न गर्ने लक्ष्य लिइएको सो आयोजनाको अहिलेसम्म ## प्रतिशत पनि काम सम्पन्न भएको छैन ।
मध्यभोटेकोशी आयोजना सम्पन्न गर्न दबाब
415
प्रधानमन्त्री केपी शर्मा ओलीले सानो , छरितो मन्त्रिपरिषद् बनाउन चाहेपनि नसकेको बताएका छन् । साना दलबाट चार मन्त्री र एमालेबाट छ राज्यमन्त्री थपेर मन्त्रिपरिषद्लाई ## सदस्यीय बनाएको भोलिपल्ट प्रधानमन्त्रीले भने - ' म चाहन्थेँ अलि सानो , छरितो मन्त्रिपरिषद् बनाएर ड्याङ कि ड्याङ काम गरौं । धेरै कुरा त्यसका प्रतिकूल रहे ।
सानो मन्त्रिपरिषद् बनाएर ड्याङ कि ड्याङ काम गर्न चाहन्थें : प्रधानमन्त्री
319
प्रहरीले जबरजस्ती करणी गरेको अभियोगमा चारजनालाई पक्राउ गरेको छ । उदयपुर जिल्ला त्रियुगा नगरपालिका # घर भई हाल काठमाडौ बस्ने ## वर्षीय किशाेरीलाई आफ्नो कोठामा बोलाई गत पुस ## गते जबरजस्ती करणी गरेकाे आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेकाे हाे । पक्राउ पर्नेमा उदयपुर जिल्ला घर भई हाल भक्तपुरको गठ्ठाघर डेरा गरी बस्ने ## वर्षीय शिवजी भन्ने रिपुमर्दन बस्नेत , सोही स्थानमा घर भई हाल गठ्ठाघरमै बस्ने ## वर्षीय सुशान्त खड्का , सोही स्थान बस्ने ## वर्षीय सुशील कार्की र रौतहट जिल्ला चन्द्रपुर # घर भई हाल लोकन्थली बस्ने ## वर्षीय प्रबेश बस्नेत रहेका महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत रेवतीरमण पोखरेलले बताए ।
जबरजस्ती करणी गरेको अभियोगमा # जना पक्राउ
614
विश्वमा सबैभन्दा व्यापक प्रयोगमा रहेको तथा सबैभन्दा ठूलो सोसल नेटवर्किंग साइट फेसबुकका मासिक सक्रिय प्रयोगकर्ताको संख्या डेढ अर्ब नाघिसकेको छ । एक दिनमै एक अर्ब मानिसले फेसबुक चलाउन थालेका छन् । फेसबुक हाम्रो यति नजिकको साथी बनिसकेको छ की यसमा हामीले हाम्रो जिवनका धेरै कुराहरु शेयर गर्न थालिसकेका छौँ ।
फेसबुक चलाउन छाड्नैपर्ने आधा दर्जन कारणहरु
303
सिबिआइएल क्यापिटलको एघारौं वार्षिक साधारण सभाले गत आवको वितरणयोग्य मूनाफाबाट # प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । सभाले कम्पनीको हाल कायम चुक्ता पुँजी ## करोडलाई सतप्रतिशत वृद्धि गर्ने निर्णय गरेको छ । सो प्रयोजनको निमित्त बीस प्रतिशत शेयरलाई सार्वजनिक निष्कासन गर्ने प्रयोजनार्थ प्रकृया अघि बढाउने भएको छ ।
सिबिआइएल क्यापिटलले # प्रतिशत लाभांश दिने , चुक्ता पुँजी शत प्रतिशतले बढाउने
320
सरकारले संसद्मा पेस गरेको मिडिया काउन्सिल विधेयकले प्रेस स्वतन्त्रतालाई संकुचन गर्न खोजेको भन्दै सम्पादकहरुले विरोध गरेका छन् । विभिन्न मिडियामा कार्यरत ## जना सम्पादकले बिहीबार विज्ञप्ति जारी गर्दै विधेयक लोकतान्त्रिक मूल्य , मान्यता र संविधानको मर्मविपरीत भएको उल्लेख गरेका छन् । उनीहरुले नेपाल पत्रकार महासंघ तथा पत्रकारितासँग सम्बद्ध अन्य संस्थाले विधेयकको विरोधमा गरेको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् ।
सम्पादकहरूको पनि विरोध
411
नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले युवालाई समृद्धको प्रमुख श्रोतका रुपमा व्याख्या गरेका छन् । बालस्याहार गृहको उद्घाटनका लागि बाजुरा पुगेका हमालले युवाको ऊर्जा विकासमा खर्चिनु पर्ने बताएका छन् । हमालले कान्छो अभियान्ता केपी खनालले अनाथ बालबालिकाका लागि निर्माण गरेको बाल स्याहार गृहप्रति लक्षित गर्दै खनाल सबैको प्रेरणाको भएका बताएका छन् ।
युवाको ऊर्जा विकासमा खर्चिनुपर्छ : अभिनेता हमाल
350
विनाशकारी भूकम्पपछि शिथिल भएको पर्यटन पुनरुत्थान गर्ने उद्देश्यसहित ' हिमालय ट्राभल मार्ट ' आयोजना गरिने भएको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन ( पाटा ) नेपालले आगामी वर्ष मे ## मा सगरमाथा दिवस पारेर ट्राभल मार्ट आयोजना गर्ने भएको हो । पाटाको बुधबार बसेको दोस्रो कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो ।
पर्यटन पुनरुत्थान गर्न ' हिमालय ट्राभल मार्ट ' आयोजना गरिने
306
बंगलादेशले दैनिक # घन्टा फेसबुक बन्द गर्ने भएको छ । युवा तथा विद्यार्थीहरूको हितको लागि भन्दै बंगलादेशले यस्तो नियम ल्याएको हो । बंगलादेशी समाचारपत्र डेली स्टारका अनुसार अत्याधिक मात्रामा फेसबुकको प्रयोगले विद्यार्थी तथा युवाहरूको कार्य क्षमतामा ह्रास आएकाले यस्तो नियम ल्याउन लागेको हो ।
बंगालदेशले दैनिक # घण्टा फेसबुक बन्द गर्ने
288
अज्ञात समूहले नेपाली कांग्रेसका स्थानीय नेताको गोली प्रहार गरी हत्या गरेका छन् । अज्ञात समूहले धनुषाको बालाबाखर - # मा नेपाली कांग्रेसका नेता राजेन्द्र यादवको गोली हानी हत्या गरेका हुन् । शुक्रबार राति जन्ती गएर र्फकंने क्रममा हराएका यादवमाथि अज्ञात समूहले बाटैमा दुई गोली प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
धनुषामा कांग्रेस नेता यादवको गोली हानी हत्या , अर्का एक घाइते
315
खानी तथा भूगर्व विभागले मुलुकका विभिन्न सात क्षेत्रमा खानीको भौगर्भिक अध्ययन गर्ने भएको छ । लामो समयदेखि खानीको अध्ययन र उत्खनन गर्दै आएको विभागले मुलुकको विभिन्न क्षेत्र गरी सात चरणमा गरिने उक्त भौगर्भिक अध्ययनका लागि तीन करोड ## लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । पहिलो चरणमा अछाम , बझाङ , कालिकोट र बाजुरा , दोस्रोमा रुकुम , रोल्पा , प्यूठान र बागलुङ , तेस्रोमा सल्यान र रोल्पा , चौंथोमा अछाम , दैलेख र कालिकोट , पाँचौमा रोल्पा , छैटौंमा बझाङ , बैतडी र दार्चुला तथा सातौं चरणमा नुवाकोट धादिङ र गोरखाको भौगर्भिक अध्ययन गर्न भएको छ ।
सरकारले देशका विभिन्न सात क्षेत्रमा खानी उत्खननका लागि अध्ययन गर्ने
536
ठिमीस्थित बोडे माइक्रो पार्क नजिकै एक युवकको शव भेटिएको छ । एक पसलको पेटीमा आइतबार बिहान करिब साढे पाँच बजे सिरहा फुलबारी घर भएका रविन्द्रकुमार कर्णको शव भेटिएको हो । हेल्मेट लगाएको र जुत्ता खोलेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।
भक्तपुरमा पसलको पेटीमा शव भेटियो
237