article
stringlengths
55
1.8k
title
stringlengths
10
141
article_length
int64
55
1.8k
प्रिमियर इन्स्योरेन्स कम्पनीले आज पुस ## गतेबाट # लाख ## हजार # सय ## कित्ता नयाँ सेयर ( एफपीओ ) निष्कासन गर्दैछ । एफपीओ जारी गरेपछि कम्पनीको चुक्ता पूँजी ## करोड रुपैयाँ पुग्ने आवहान पत्रमा उल्लेख छ । कम्पनीको प्रिमियम वापत नै ## करोड ## लाख रुपैयाँ जुट्ने छ ।
आजबाट प्रिमियरको एफपीओ
261
चिकित्साशास्त्र अन्तर्गतका मेडिकल कलेजको आगामी शैक्षिक सत्रदेखि सिट निर्धारण तथा साझा प्रवेश परीक्षाका लागि शिक्षा मन्त्रालयले प्रक्रिया सुरु गरेको छ । दोस्रोपटक जारी भएको चिकित्सा शिक्षासम्बन्धी अध्यादेशमा रहेको व्यवस्थाअनुसार यो वर्षदेखि नै सिट निर्धारण र साझा प्रवेश परीक्षाको तयारी गरिएको हो । अध्यादेशअनुसार चिकित्सा शिक्षा आयोगमा कार्यकारी उपाध्यक्ष नियुक्ति र विभिन्न महाशाखा गठन बाँकी नै रहे पनि आयोग उपाध्यक्ष एवं शिक्षामन्त्री गिरिराजमणि पोखरेलले यो शैक्षिक वर्षका लागि सिट निर्धारण प्रक्रियासमेत सुरु गरेको छ ।
मेडिकल कलेजको सिट निर्धारण अब आयोगले गर्ने
521
उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख ओनसरी घर्तीबीच आज बिहान भेटवार्ता भएको छ । उपराष्ट्रपतिको निवासमा भएको भेटका क्रममा सभामुख घर्तीले व्यवस्थापिका–संसद्मा भइरहेका गतिविधि , मङ्सिर # देखि ## गतेसम्म आफूले गरेको रसिया भ्रमण र दुबईमा हुने महिला सभामुखहरुको अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन जान लागेको बारे जानकारी गराएकी थिइन । सभामुख घर्तीले पछिल्लो अवस्थामा राजनीतिक दलहरुबीच संसद्मा देखिएको मतभिन्नता अन्त्य गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ' प्रचण्ड ' , प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली , काँग्रेस सभापति शेरबहादुर देउवालगायत नेताहरुसँग आफूले छुट्टाछुट्टै छलफल गरेको जानकारी पनि गराउनुभएको सभामुख घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले बताए ।
उपराष्ट्रपति पुन र सभामुख घर्तीबीच भेटवार्ता
660
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पार्टीको राजनीतिक प्रतिवेदन प्रकाशनमा लैजाने सहमति भएको छ । प्रधानमन्त्री समेत रहेका ओलीसँग आइतबार बिहान एक वर्ष अघि नै पार्टीका शीर्ष नेताबीचको सर्वसम्मतिमा तयार पारिएको राजनीतिक प्रतिवेदन भोलि ( सोमबार ) नै प्रकाशनमा लैजाने गरी सहमति गरिएको अर्का अध्यक्ष दाहालले जानकारी दिए । अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन प्रकाशनमा लैजाने सहमति पार्टी एकीकरणको सबैभन्दा ठूलो काम भएको उल्लेख गर्दै खुसी व्यक्त गरे ।
ओली र दाहालको कुरा मिल्यो , पार्टी एकीकरणको सबैभन्दा ठूलो काम सम्पन्न !
496
थाइल्यान्डका एक सैनिक जवानले अन्धाधुन्ध गोली चलाउँदा मृत्यु हुनेको संख्या ## पुगेको छ । घटनामा ## जना घाइते भएका छन् । जंकराफंथ थोमा नामका सैनिक जवानले उत्तरपूर्वी सहर नाखोन रातचासिममा सहरमा अन्धाधुन्ध गोली चलाएका हुन् ।
थाइल्यान्डको गोलीकान्डमा मृत्यु हुनेको संख्या ## पुग्यो , ## जना घाइते
220
## औं सामूहिक खेल महोत्सव सुरु भएकोे छ । सामाजिक सद्भाव र राष्ट्रिय समृद्धिको लागि खेल भन्ने नाराका साथ भैरहवा आसपास क्षेत्रका नीजि विद्यालयहरु बीच आपसी सम्बन्ध कायम राख्न सामूहिक विद्यालय परिवार , रुपन्देहीले विगत ## वर्षदेखि निरन्तर रुपमा आयोजना गर्दै आएको छ । समूहमा आवद्ध विद्यार्थी तथा शिक्षकहरुको बौद्धिक , शैक्षिक , सांस्कृतिक , खेलकुद लगायतका प्रतिष्पर्धात्मक क्रियाकलापमा विकास गरी अन्तरनिहीत प्रतिभाहरू प्रष्फुटन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको सामुहिक विद्यालय परिवारका अध्यक्ष भरत गिरीले बताए ।
भैरहवामा ##औँ सामूहिक खेल महोत्सव सुरु ( फोटो फिचरसहित )
513
काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश र केन्द्रको चुनावी प्रयोजनका लागि निर्वाचन आयोगमा आज दल दर्ता गराएको छ । पार्टीका उपाध्यक्ष टंक ढकालको नेतृत्वमा आयोगमा गएको प्रतिनिधिमण्डलले दल दर्ता गराएको सहमहामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो । प्रतिनिधिमण्डलमा महामन्त्री जयन्त चन्द , प्रवक्ताद्वय भुवन पाठक र सुशील श्रेष्ठ , सहायक महामन्त्री चन्द्रबहादुर गुरुङलगायतको सहभागिता थियो ।
प्रदेश र केन्द्रको चुनावी प्रयोजनका लागि राप्रपा दर्ता
396
काठमाडौँको कलङ्कीस्थित एक बेकरी पसलमा आज आगलागी हुँदा झण्डै रु छ लाखको क्षति भएको छ । सिन्धुपाल्चोकको चन्द्रावती गाउँपालिकाका केशव आचार्यले काठमाडौं महानगरपालिका वडा नं ## कलङ्कीमा सञ्चालन गरेको बेकरी पसलमा आगलागी भएको हो । आगलागीबाट रु पाँच लाख ## हजार बराबरको भौतिक संरचना र मालसामन क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
कलंकीमा लागेको आगलागीबाट # लाखको क्षति
356
दिवङ्गत आफन्तको सम्झनामा गाईको प्रतीक बनाएर उपत्यका लगायतका विभिन्न स्थानमा गाईजात्रा ' पर्व मनाइएको छ । आज भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ' गाईजात्रा ' विभिन्न कार्यक्रमको आयोजना गरिन्छ । यसैवर्ष दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना इलाकामा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध , फलफूल , रोटी , चिउरा , दहीका साथै अन्न र द्रव्य दान गरिन्छ ।
आफन्तको सम्झनाः गाईजात्राका तस्वीर
433
कफी र वेश्यावृत्ति दुई अलग अलग विषय हुन् । तर यी दुईको संयोजन पनि दुनियामा असम्भव छैन । स्विजरल्याण्डमा एउटा यस्तो कफी शप खुल्दैछ जहाँ ग्राहकहरुले कफीको चुस्कीसँगै मुखमैथुन पनि गराउन पाउँछन् ।
अनौठो कफी शप , जहाँ कफीको चुस्कीसँगै मिल्छ ओरल सेक्स
192
सडक मर्मतमा चासो नदिएको भन्दै मेक्सिकोको दक्षिणी भागका स्थानीयले मेयरलाई जबरजस्ती एक पिकअप ट्रकमा बाँधेर सडकमा घिसारेका छन् । सडकको दुराअवस्थाबाट दिक्क भएका स्थानीयले मेयर जर्ज लुइस एस्कन्डोन हर्नाडेजलाई केही परसम्म पिकअप ट्रकमा बाँधेर सडकमा घिसारेका हुन् । एक सीसीटीभी फुटेजमा ट्रकको पछाडि हातमा डोरी बाँधेर उनलाई स्यान्टा रीटाको सडकमा तानिदैं गरेको देखिन्छ ।
सडक मर्मत नगरेको भन्दै मेयरलाई ट्रकको पछाडि बाँधेर घिसारियो ( भिडियोसहित )
360
भारतीय अर्बपति मुकेश अम्बानीले अन्तिम समयमा आफ्ना भाइ अनिल अम्बानीलाई जेल जानबाट जोगाएका छन् । अनिलले स्वीडेनको एरिक्सन कम्पनीलाई मंगलबारसम्म ## मिलियन डलर ( # अर्ब ## करोड नेरू ) पैसा तिर्नुपर्ने थियो । उक्त रकम तिर्न नसेक उनी तिन महिनाका लागि जेल जान पर्ने सर्वोच्च अदालतको आदेश थियो ।
मुकेश अम्बानीले तिरिदिए भाइको # अर्ब ऋण
287
भूकम्पपछिको पुनर्निर्माणमा कार्यरत इन्जिनियर प्राविधिकहरु काममा फर्कन सहमत भएका छन् । नेपाल इन्जिनियर्स एशोसियशनको मध्यस्थतामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र प्राधिकरणमा कार्यरत प्राविधिकहरुबीच भएको छलफलमा प्राविधिकहरुले आफूहरुका माग सम्बोधन भइसकेकाले तत्काल काममा फर्कने प्रतिबद्धता व्यक्त जनाएका हुन् । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पपीडित जनताको संवेदनशीलता र पुनर्निर्माणको महत्वलाई विशेष ध्यान दिइ काममा लाग्न र गाउँपालिका तथा नगरपालिकाहरुमा पुनर्निर्माण कार्यको नेतृत्व लिन प्राविधिकहरुलाई निर्देशन दिए ।
पुनर्निर्माणमा कार्यरत इन्जिनियरहरु काममा फर्कन सहमत
541
पछिल्लोपटक अन्तर्राष्ट्रिय संचारमाध्यमहरुमा आएका समाचार तथा चर्चाहरुलाई आधार मान्ने हो भने सामसुङले आफ्नो ग्यालेक्सी नोट एट नामक फ्याब्लेट निकट भविष्यमै लञ्च गर्ने तयारी गरेको छ । अनि अर्को तथ्य के भने सामसुङको यो ग्याजेट अहिलेसम्मकै महंगो स्मार्टफोन हुनेछ । भेन्चर बिट नामक वेबसाइटले ग्यालेक्सी नोट एटको सम्भावित मूल्य तथा यसका फिचरहरुका बारेमा जानकारीहरु सार्वजनिक गरेको छ ।
यो हुनेछ सामसुङको अहिलेसम्मकै महँगो फोन
376
राष्ट्रिय जनमोर्चा नेपालले नेपाल आयल निगमको पछिल्लो जग्गा खरिदमा भएको घोटाला सम्बन्धमा सरकार गैरजिम्मेवार देखिएको आरोप लगाएको छ । आपूर्ति मन्त्रालयमा शुक्रबार ज्ञापनपत्र बुझाउँदै पार्टी अध्यक्ष साध्यबहादुर भण्डारीले निगमले पेट्रोलियम पदार्थको भण्डार गर्ने नाममा झापा , सर्लाही , चितवन र रुपन्देहीमा जग्गा खरिद गर्दा सरकारी ढुकुटीको व्यापक हिनामिना गरेको बताए । ज्ञापनपत्रमा भनिएको छ– " सार्वजनिक लेखा समितिले छानबिन गरी व्यापक अनियमितता भएको ठहरसहित कारबाहीको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशनसमेत दिइसकेको अवस्थामा मन्त्रालय मूकदर्शक भएर बस्नु भनेको गैरजिम्मेवारी हो ।
जग्गा खरिदमा अनियमितता गर्नेलाई कारबाही गर्नुस्– जनमोर्चा
585
आन्दोलनरत मधेसी मोर्चाका नेताहरुले अब बस्ने बैठकले जारी आन्दोलनको स्वरुप परिवर्तन गर्ने बताएका छन् । आन्दोलनले सबैभन्दा बढी तराई मधेसकै जनता पीडित बन्दै गएको भन्दै नेताहरुले मधेसी मोर्चाको आगामी बैठकले स्वरुप परिवर्तन गरेर नयाँ कार्यक्रम ल्याउने बताए । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा तराई मधेस सदभावना पार्टीका बरिष्ठ नेता राम नरेश रायले मोर्चाको बैठकले आन्दोलनको समिक्षासहित पुनरावलोकन गर्ने विश्वास ब्यक्त गरे ।
मधेसी मोर्चाका नेताहरुले भने - आन्दोलनको स्वरुप परिवर्तन हुन्छ
433
धुलिखेलमा रहेको काठमाडौं विश्वविद्यालयका प्राध्यापक र कर्मचारी संघले उपकुलपति , रजिष्ट्रार र डिनको कार्यालयमा लगाएको ताला बुधबार ## दिन बितिसक्दा पनि खुलेको छैन । प्राध्यापक संघ र कर्मचारी संघले विश्वविद्यालय नीति–नियम र पद्धतिबाट भन्दा पनि व्यक्तिविशेषबाट चलाउन खोजिएको र त्यसभित्र देखिएका अनियमितता , दक्षता र अनुभवीलाई विभिन्न विभागको जिम्मेवारी सुम्पिन र पेशागत हितलगायतका विषयमा ## दिन अगाडिदेखि ताला लगाएको हो । दुवै संघले आफ्ना मागलाई सम्बोधन गर्न दबाब दिने उद्देश्यले विश्वविद्यालयको उपकुलपतिको कार्यालय , रजिष्ट्रारको कार्यालय , स्कुल अफ साइन्सको डिनको कार्यालय र स्कुल अफ इञ्जिनियरिङ डिनको कार्यालयमा ताला लगाएको हो ।
काठमाडौं विश्वविद्यालयमा लगाएको ताला ## दिनसम्म खुलेन
627
निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा तथा स्थानीय तहका विभिन्न रिक्त पदमा उपनिर्वाचन गर्न आन्तरिक तयारीलाई तीव्र तुल्याएको छ । आयोगका अनुसार , विभिन्न कारणले प्रतिनिधिसभा सदस्य एक , प्रदेशसभा सदस्य तीन , स्थानीयतहअन्तर्गत गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्ष चार , नगरपालिकाका प्रमुख एक तथा नगरपालिका तथा गाउँपालिकाका वडा अध्यक्षका ## पद हाल रिक्त छन् । मुलुकका ## वटै जिल्ला निर्वाचन कार्यालय , जिल्ला प्रशासन कार्यालय तथा तोकिएका इलाका प्रशासन कार्यालयबाट मतदाता दर्ताको काम निरन्तर भइरहेको प्रवक्ता शङ्करप्रसाद खरेलले जानकारी दिए ।
निर्वाचन आयोगद्वारा उपनिर्वाचनका लागि आन्तरिक तयारी तीव्र
531
कास्कीको रुपा गाउँपालिकाले कार्यरत कर्मचारीहरुको लागि पोशाक ( ड्रेस ) अनिवार्य लगाउनुपर्ने व्यवस्था गरेको छ । गाउँपालिकाका सबै वडा कार्यालय , शिक्षा , स्वास्थ्य , आयुर्वेद , कृषि , पशुसेवालगायतका कर्मचारीलाई पोशाक अनिवार्य गरिएको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिए । उनले कर्मचारीले पोशाक नलगाउँदा सेवाग्राही र कर्मचारीलाई छुट्टयाउन कठिन भएकाले सुशासन ऐनअन्तर्गत त्यस्तो व्यवस्था गर्न लागिएको बताए ।
रुपाका कर्मचारीलार्इ अनिवार्य पोशाक , नलगाए कारवाही हुने
409
नारायणगढ - बुटवल सडकखण्ड निर्माणका लागि एशियाली बिकास बैंक ( एडीबी ) ले भारतीय कम्पनी जेपी इन्फ्रालाई अयोग्य ठहर्‍याएको छ । अहिले भइरहेको प्रक्रिया नै रद्द गरेर नयाँ टेण्डर प्रक्रियाअघि बढाउन एडीबीले सडक विभागलाई स्वीकृति दिएको छ । प्राविधिक मूल्यांकनमा पास भएर आर्थिक मूल्यांकनका क्रममा रहेका बेलामा जेपी इन्फ्राको भागिनी कम्पनी जय प्रकाश एसोसियट्सलाई भारतको उच्च अदालतले ## अर्ब रकम बैंकमा डिपोजिट गर्न निर्देशन दिएको थियो ।
नारायणगढ - बुटवल सडकमा भारतीय ठेकेदार अयोग्य , एडीबीले भन्यो - अर्कै टेन्डर गराऊ
426
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान र कानुन अनुसार नै निर्वाचन आयोग बनाएको हुँदा यसको निर्णय मान्नुपर्ने बताएका छन् । मंगलबार नयाँ बानेश्वरस्थित संसद भवनमा विशेष समय लिएर बोल्दै देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रश्नको जवाफ दिदै भने , ' चित्त नबुझेमा अदालतमा जाने छुट सबैलाई हुन्छ । मतपत्र च्यातिएको यो मात्रै पहिलो घटना होइन , पहिले पनि यस्ता घटना भएको स्मरण गराउन चाहन्छु ।
संसदमा ओलीलाई देउवाको जवाफ
397
नेकपा क्रान्तिकारी माओवादीको युवा संगठन क्रान्तिकारी युवा लिगले शुक्रबार काठमाडौंमा मार्चपास गरेको छ । बृहत जागरण तथा युवा मार्च नाम दिइएको उक्त मार्चपास खुलामञ्चबाट सुरु भई बसन्तपुरसम्म पुगेको थियो । बसन्तपुरमा आयोजित कार्यक्रममा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले संबोधन गरेका छन् ।
क्रान्तिको तयारी भन्दै काठमाडौंमा वैद्य माओवादीको मार्चपास ( # तस्वीर )
293
तेल बोक्ने ट्याङ्करले ठक्कर दिँदा पूर्वी चितवनको ज्यामिरेमा एक छात्राको मृत्यु भएको छ । कलेजमा ट्युसन पढेर घर फर्किंदै गरेकी राप्ती नगरपालिका ## की ## वर्षीया सविना पुनको मृत्यु भएको हो । उनी टाँडीस्थित न्यू क्यापिटल कलेजको कक्षा ## की विद्यार्थी हुन् ।
चितवनमा ट्यांकरको ठक्करबाट छात्राको मृत्यु
253
तत्कालीन राजा ज्ञानेन्द्र शाहले छोरी प्रेरणा राज्यलक्ष्मी सिंहले दाइजोमा पाएको सम्पत्ति नेपाल ट्रष्टको नाममा हुने गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसहितको इजलासले गरेको फैसलाविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ । आफ्नो मुद्दालाई संवैधानिक इजलासबाट नहेरी पूर्ण इजलासबाट हेरिएको जिकिर गर्दै प्रेरणा आफैंले सर्वोच्चमा रिट दिएकी हुन् । प्रेरणालाई दाइजोस्वरूप दिएको छाउनीस्थित ## रोपनी एक आना जग्गा सरकारी हुने गरी तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की , न्यायाधीशहरू दीपक कार्की र सपना मल्लको इजलासले #### पुस ## गते फैसला गरेको थियो ।
सुशीला कार्कीको फैसलाविरूद्ध प्रेरणा राज्यलक्ष्मीले दिइन् सर्वोच्चमा रिट
536
प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केही बामपन्थी दलको गठबन्धनले लोकतन्त्रमा चुनौती देखिएको बताएका छन् । पार्टीको भातृसंस्था नेपाल विद्यार्थी संघले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको पूर्वसन्ध्यामा मंगलबार आयोजना गरेको ' राष्ट्रिय रणनीतिक प्रशिक्षण ' कार्यक्रममा उनले लोकतन्त्रलाई बलियो बनाउन निर्वाचनमा काँग्रेसलाई विजयी गराउन आवश्यक रहेको बताए । ' कम्युनिष्टहरु प्रजातान्त्रिक पद्दतिबाट जनतालाई झुक्याएर साम्यवाद स्थापना गर्न लागेका छन् , यसप्रति सम्पूर्ण लोकतन्त्रवादी सचेत हुनु जरुरी छ , ' उनले भने , ' लोकतन्त्र खतरामा परे देश नै खतरामा पर्ने हुँदा लोकतन्त्रलाई जोगाउन काँग्रेस एकजुट हुर्छ ।
बाम एकताले लोकतन्त्रमा चुनौती : प्रधानमन्त्री देउवा
622
नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतापछि बन्ने नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति ### सदस्यीय हुने भएको छ । जसमा एमालेको तर्फबाट ### र माओवादीबाट ### जना हुनेछन् । कार्यदलले ### प्रस्ताव गरेको थियो ।
एकीकृत केन्द्रीय कमिटीमा माओवादीलाई ## प्रतिशत , चुनाव चिह्न सूर्य
208
पाँचथर - पाँचथरको फिदिम नगरपालिका–# बस्ने ## वर्षीया कमला तुम्बापो #सुस्मिता# चार दिनदेखि बेपत्ता भएकी छिन् । घरबाट फिदिमस्थित साम्दिन घुम्तीसम्म पुगेर आउने भनेर माघ ## गते निस्केकी तुम्बापो नफर्किएपछि आफन्त र परिवारजनले खोजतलास गरे पनि पत्ता लाग्न नसकेको उनका श्रीमान् कुबेर तुम्बापोले बताए । धेरै खोजतलास गरिए पनि उहाँ फेला पर्न नसकेपछि परिवारजनले जिल्ला प्रहरी कार्यालय पाँचथरमा खोजिदिन आग्रह गर्दै निवेदन दिएका छन् ।
चार दिनदेखि ## बर्षकी युवती बेपत्ता
420
दक्षिणी कोलम्बियामा गएको पहिरोका कारण कम्तीमा ### जनाको मृत्युभएको छ भने अरु कैयौँ घाइते र बेपत्ता भएका छन् । पेरु र इक्वेडरबाट केही महिनाअघि मात्रै आएका बाढीपिडित पनि पहिरोमा परेका छन् । दक्षिणी कोलम्बियाको मोकोआ भन्ने ठाउँमा गएको पहिरोले हजाराैँ घर , पुल , सवारी साधन तथा रुखहरु ढलाएको तथा बगाएको छ ।
पहिरोमा परी कोलम्बियामा ### जनाको मृत्यु
302
बाँकेको राप्तीसोनारी गाउँपालिका - # फत्तेपुरमा धान कुटाउने मिलमा सल बेरिएर एक महिलाको मृत्यु भएको छ । फत्तेपुरको सिधनवास्थित ' सिधनवा राइस मिल ' मा धान कुटाउन गएकी राप्तीसोनारी - # सिधनवा निवासी ## वर्षीया स्मृति थारूको मृत्यु भएको इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्र विकेले जानकारी दिए । शनिबार साँझ धान कुटाउने मिलको धुरामा उनले ओडेको सल बेरिएपछि दुर्घटना भएको प्रहरी निरीक्षक विकेले बताए ।
मिलको पट्टामा बेरिएर महिलाको मृत्यु
422
प्रधानमन्त्री केपी शर्मा ओली सोमबार सुनसरीको औराबनी गाविस जाने कार्यक्रम थियो । त्यहाँका जनताले प्रधानमन्त्रीको प्रतिक्षा गरिरहेका थिए । तर , त्यहाँ झुल्किए पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल ।
' ब्लड प्रेसर लो ' भनेका प्रधानमन्त्री बैठकमा व्यस्त
193
प्रचण्ड अहिले अमेरिकामा छन् । आफ्नी बिरामी पत्नी सिता दाहालको उपचारार्थ अमेरिका आएका प्रचण्डको अमेरिका आगमनलाई यहाँका केही नेपालीहरूले आफ्नो मनको पिडा र आक्रोश पोख्ने अवसरको रूपमा लिएको देखिएको छ । सामाजिक सञ्जालमा राखिएका ' स्ट्याटस ' र सँगै जोडिएका तस्बिरहरूले प्रचण्डलाई एक युद्ध अपराधीको रूपमा देखाइएको छ ।
पीडित प्रचण्ड !
310
नेपाली राष्ट्रिय फुटबल टिमले मलेसियाको फुटबल लिग च्याम्पियन जोहर दारुल ता ' जिम एफसीसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । फिफा विश्वकप #### र एएफसी एसियन कप #### को छनोट प्रतियोगिताको तयारीका लागि नेपालले जोहरसँग आगामी भदौ # गते प्रतिस्पर्धा गर्न लागेको हो । खेल मलेसियाको जोहार शहरको पसार गुन्डाङ रंगशालामा हुनेछ ।
नेपालले मलेसियन लिग च्याम्पियनसँग मैत्रीपूर्ण खेल खेल्ने
313
नेपाल कम्युनिष्ट पार्टी ( मसाल ) ले विमस्टेकलाई भारतीय विस्तारवादी नीति अनुरुप अगाडि बढ्न दिन नहुने बताएको छ । महामन्त्री मोहनविक्रम सिंहले आइतबार वक्तव्य जारी गर्दै भारतले सार्कलाई निस्कृय बनाउन र सार्कको विकल्पका रुपमा विमस्टेकलाई अगाडि ल्याउने प्रयत्न गरिरहेको उल्लेख गरेका छन् । मसालले भारतीय विस्तारवादले सार्कलाई आफ्नो विस्तारवादी उद्देश्य पूर्तिका लागि उपयोग गर्न नसकेपछि त्यसको विकल्पका रुपमा विमस्टेकलाई लिएको दावी गरेको हो ।
भारतले सार्कलाई निस्कृय बनाउन खोज्योः मसाल
434
ओम डेभलपमेन्ट बैंक लिमिटेडका अध्यक्ष सुशीलकुमार गोशलीले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी सामु पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । फागुन ## गते पोखरामा भएको ##औं वार्षिक साधारण सभाले बैंकको संस्थापक सयरधनीको तर्फबाट तीनजना र सर्वसाधारण समूहबाट तीनजना गरी # जना सञ्चालक चयन गरेको थियो । जसमा सुशीलकुमार गोशली , राजेन्द्रकुमार बाटाजु र बिजय मल्ल , योगेन्द्रलाल प्रधान , श्रीकृष्ण रेग्मी र कर्मकुमारी गुरुङ थिए ।
ओमका अध्यक्षको शपथग्रहण
433
नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विद्युत निर्यात गरेर देश धनी हुन सक्ने बताएका छन् । जल सम्भावनामा विश्वको दोस्रो ठूलो धनी देश नेपालबाट उत्पादित हुने विद्युत बेचेर देश धनी हुने सम्भावना रहेको उनले औल्याए । बंगलादेशले मात्र नेपालसित ## हजार मेगावाट विद्युत खरिद गर्न खोजेको बताउँदै देशको बिजुली उत्पादनले आन्तरिक तथा बाह्य समृद्धि ल्याउने उनको भनाई छ ।
विद्युत निर्यातले देश धनी हुन सक्छः नेता नेपाल
379
नेपाली चलचित्रका कलाकारहरुको प्रेम र विछोडका खबर बारम्बार सार्वजनिक भैरहेका छन् । प्रेममा परेपछि खुलेरै यसलाई सार्वजनिक गर्ने जोडी हुन् , नायक अनुपविक्रम शाही र मोडल तथा नायिका मलिना जोशी । यो जोडीले आफ्नो प्रेमलाई खुलेरै अगाडि ल्यायो र दुबैले एक अर्कालाई हृदयदेखि प्रेम गरेको पनि दर्शायो ।
के अलग भएकै हुन् त मलिना र अनुप ?
290
एमाओवादी अध्यक्ष प्रचण्डले खुल्लामञ्चबाटै एमालेको औचित्य छैन भनेपछि एमाले नेताहरु तरंगित भएका छन् । प्रचण्डको अभिव्यक्तिको जवाफ दिँदै एमाले नेताले अब एमाओवादीचाँहि एमालेमा विलय हुने दिन आउने बताएका छन् । एमाले महासचिव ईश्वर पोखरेलले प्रचण्डको भनाइलाई ' बर्बराहट ' को संज्ञा दिएका छन् ।
एमाओवादी सिद्धिन्छ , एमाले झन बलियो हुन्छ : पोखरेल
285
धादिङ - पृथ्वीराजमार्ग क्षेत्रमा सञ्चालित बालुवा धुने उद्योग र नदीमा हालिएको धमिलो पानीले प्रदूषण बढ्नाका साथै नदीमा यन्त्र प्रयोग गर्दा वातावरण संरक्षणमा नोक्सानी भएकाले जिल्ला प्रशासन कार्यालयले नदी सफा गर्न उद्योगलाई निर्देशन दिएको छ । जिल्ला समन्वय समितिको आयोजनामा शुक्रबारदेखि तीन दिनसम्म सञ्चालन हुने स्थानीय तह सञ्चालन कार्यविधि र विपद् व्यवस्थापनसम्बन्धी कार्यशालामा गाउँपालिका र नगरपालिकाका प्रमुखले अनियमित गतिविधिका कारण वातावरण संरक्षणमा ह्रास आएको कुरा उठाएपछि प्रजिअ श्याम भण्डारीले अनियमित सबै गतिविधि रोक्न प्रहरीलाई निर्देशन दिएका हुन् । गल्छी गाउँपालिका सबैभन्दा बढी फिरफिरे सञ्चालन भएर पनि व्यवस्थित नभएको बजारका रुपमा रहेको छ ।
त्रिशूली नदीमा प्रदूषण बढेपछि प्रशासनकाे यस्ताे निर्देशन
648
कुमारी बैंक लिमिटेडले नेपाल मेडिसिटी अस्पतालसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले दुईपक्षीय सम्झौता गरेको छ । सम्झौतामा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी र नेपाल मेडिसिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत सुधाकर जयरामले हस्ताक्षर गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ । उक्त सम्झौतापछि बैंकका ग्राहक तथा कर्मचारीले अस्पतालमा उपचार गराउँदा ## प्रतिशत छुट पाउने छन् ।
कुमारी बैंक र नेपाल मेडिसिटी अस्पतालबीच सम्झौता
416
आफ्नो देशलाई अन्तर्राष्ट्रिय हातहतियार व्यापार सन्धिबाट फिर्ता ल्याउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । आफ्ना पूर्ववर्ती राष्ट्रपति बाराक ओबामाले राष्ट्रहरुबीच हतियारको किनबेचमा नियमन गर्नका लागि सन् #### मा गरेको सम्झौताबाट आफू फिर्ता हुने ट्रम्पले बताएका छन् । अमेरिकी राष्ट्रिय राइफल एसोसियसनका अनुसार ओबामाले हस्ताक्षर गरेको सो सम्झौताले अन्तर्राष्ट्रिय बन्दुक नियन्त्रणलाई बढी जोड दिएको र त्यो हतियार राख्न पाउनेबारेको अमेरिकाको दोस्रो संशोधनका लागि चुनौती हो ।
' हतियार व्यापार सन्धि ' बाट अमेरिका फिर्ता हुने
482
अब त केही अनुभवी हुनुभयो । के रहेछ राजनीति भनेको ? बितेको चार महिनाको अनुभवमा पार्टीसमेत नबन्दै हामीबाट असाध्यै ठूलो अपेक्षा आमनेपालीमा पायौं । मानौं हामी निकै पुरानो पार्टी हौं ।
काठमाडौं सहरले फेरिने मौका गुमायो : रवीन्द्र मिश्र
179
कलर्सको प्राइड पी - ## टच नेपाली बजारमा उपलब्ध छ । औंठाछाप सेन्सर भएको यो स्मार्टफोन जसमा सुचारु गर्ने र चलाउन रोक्ने मात्र नभई अन्य धेरै विशेषताहरु छन् । केवल स्पर्श र स्वाइप गरेकै भरमा # वटा भिन्न एप्लिकेसनहरु औंला र टच स्क्रीन प्यानललाई कुनै दुःख नदिई सजिलै सुचारु गर्न सकिने कम्पनीले जनाएको छ ।
कलर्सको प्राइड पी - ## टच स्मार्टफोन बजारमा
298
कोलम्बिया सरकारले सिमानाका बन्दको घोषणा गरेको छ । अन्य देशसँगको आवाजजावत बन्द गर्नेगरी नाकाबन्दी घोषणा गरिएको अधिकारीले जनाएका छन् । अध्यागमनका अधिकारीहरुले दिएको जानकारीअनुसार इक्वेडर , पेरु , ब्राजिल र भेनेजुएलासँगको सीमा क्षेत्रका नाकाबन्द गरिएको हो ।
कोलम्बियाको सिमाना बन्द गर्ने निर्णय
254
पोखराका आइल्याण्ड भत्काउन शुरु भएको छ । आइल्याण्ड भद्दा र ठूलो हुँदा ट्राफिक जाम बढ्नुका साथै दुर्घटनाको जोखिमसमेत बढेपछि पोखरा लेखनाथ महानगरपालिका , सडक विभागसहितको सरोकारवालाको बैठकले आइल्याण्ड घटाउने निर्णय गरेको थियो । यही निर्णयअनुसार , शनिबार पोखरा जिरोकिलोमिटरको आइल्याण्ड भत्काइएको हो ।
पोखरा जिरोकिलोमिटरको आइल्याण्ड भत्काइयो , सानो आकारको बनाइने
294
डकैती अभियोगमा कैद भुक्तान गर्दै आएका टीके भनिने टीकाबहादुर थापा मगर माघ # गते राति काठमाडौंको डिल्लीबजार कारागारको काँडेतार काटेर भागे । तर , नौ दिनपछि उनी चितवन रामनगरबाट पक्राउ परे । कैद सजायँ भुक्तान गरिरहेका कैदीबन्दी कारागारभित्रका सुरक्षा कमजोरीको फाइदा उठाउँदै भाग्ने सूचीका पछिल्ला उदाहरण हुन् , टीके ।
कैदीबन्दी भाग्ने शृंखला बढ्यो , सुरक्षामा गम्भीर लापरबाही
311
ललितपुर महानगरपालिकाको ## वडासम्मको औपचारिक मत परिणाम घोषणा भएको छ । हाल ## र ## को घोषणाको तयारी र वडा नम्बर ## को मतगणना अन्तिम चरणमा पुगेको छ । महानगरमा रहेका ## वडामा हालसम्मको मतपरिणाममा मेयर र उपमेयरमा कांग्रेसकै अग्रता रहेको छ ।
ललितपुर महानगरमा कांग्रेसको अग्रता कायमै
235
लगातारको हिमपातका कारण खाद्यान्न अभाव भएको जिल्लाको विकट साइपाल गाउँपालिकामा हेलिकप्टरमार्फत चामल पठाइएको छ । उद्योग वाणिज्य तथा आपूर्तिर् मन्त्रालयले नेपाल खाद्य संस्थानको सुर्खेतस्थित गोदामबाट ल्याएको चामल नेपाली सेनाको हेलिकप्टरमार्फत साइपाल पुर्‍याइएको हो । हेलिकप्टरमा पुर्‍याइएको ## क्वीन्टल ## किलो चामल साइपाल गाउँपालिका–# मा पर्ने काँडा , चुकझाड , बाँझचौका , काया तथा वडा–# मा पर्ने धुलीगाउँका स्थानीयलाई वितरण गरिएको हो ।
हेलिकप्टरले पुर्‍यायो साइपालमा चामल
431
केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था ' मर्जर एन्ड एक्विजिशन ' अर्थात् एकापसमा गाभिँदा र प्राप्तिमा सामेली बढ्दै गएकाले सहरी क्षेत्रमा केन्द्रित बैंक तथा वित्तीय संस्थाको सङ्ख्या क्रमशः घट्दै गएको छ । वाणिज्य बैंक , विकास बैंक र वित्त कम्पनी स्थापना गर्न नेपाल राष्ट्र बैंकले अनुमति नदिएको र पुँजी वृद्धिसम्बन्धी नीतिलाई कडाइका साथ कार्यान्वयन गरेपछि मुुलुकमा बैंक तथा वित्तीय संस्थाको सङ्ख्यामा कमी आएको हो । केन्द्रीय बैंकका अनुसार गत फागुनसम्ममा सञ्चालनमा रहेका वाणिज्य बैंकको सङ्ख्या ## थियो भने ## वटा विकास बैंक , ## वटा वित्त कम्पनी र लघुवित्त कारोबार गर्ने ' घ ' वर्गका वित्तीय संस्था ## वटा थिए ।
एकआपसमा गाभिँदा घट्यो बैंक तथा वित्तीय संस्थाको संख्या
608
नेकपा एमाले , नेकपा माओवादी केन्द्र तथा नयाँ शक्ति पार्टीका पार्टी एकता संयोजन समितिको बुधबार बसेको बैठकले उम्मेदवार चयनका लागि सात सदस्यीय कार्यदल बनाएको छ । एमाले महासचिव ईश्वर पोखरेलको नेतृत्वमा सात सदस्यीय निर्वाचन क्षेत्र उम्मेदवार निर्धारण कार्यदल गठन गरिएको हो । कार्यदलमा पोखरेलसहित एमालेका तीन , माओवादी केन्द्रका तीन र नयाँ शक्ति पार्टीबाट एक सदस्य छन् ।
गठबन्धनको उम्मेदवार निर्धारण कार्यदल गठन
364
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गाँउपालिका तथा नगरपालिकाको कार्यालय स्थापनाका लागि भवनका # डिजाइन सार्वजनिक गरेको छ । जसमा साइट योजना , भूँइतल्लाको डिजाइन रहेको छ । डिजाइनमा भूईतलामा रहनुपर्ने कार्यालयका शाखा तथा यूनिटहरुको विभाजन गरिएको छ ।
यस्तो छ गाँउ / नगरपालिका कार्यालयको भवन डिजाइन
252
वैशाख ## गते संघीय संसद्को बैठक बस्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सो मितिमा बैठक बस्न आह्वान गरिएको हो । संघीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईद्वारा आज जारी विज्ञप्तिमा संविधानको धारा ## , उपधारा ( # ) बमोजिम आइतबार अपराह्न # बजे संसद्को अधिवेशन आह्वान गरिएको बताइएको छ ।
वैशाख ## गते संघीय संसद् बैठक बस्ने
292
विश्वकप सुरु हुन एक दिन मात्र बाँकी हुँदा स्पेनले मुख्य प्रशिक्षक युलेन लोप्तेगीलाई बर्खास्त गरेको छ । स्पेनिस फुटबल संघका प्रमुख लुइस रुबेल्सले राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालिरहेको अवस्थामा कुनै एक क्लबको प्रशिक्षक प्रस्ताव स्वीकार गरेर आफूहरूलाई धोका दिएकाले लोप्तेगीलाई बर्खास्त गरेको बताएका छन् । रुबेल्सले उनको स्थानमा छिट्टैे राष्ट्रिय टोलीको अन्तरिम प्रशिक्षक नियुक्त गर्दै रूस पठाउने समेत बताए ।
विश्वकपको पूर्वसन्ध्यामा स्पेनको प्रशिक्षक परिवर्तन
407
रामेछाप सदरमुकाम मन्थली नगरपालिका - # करमबोट मोडमा शुक्रबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा एकजनाको घटनास्थलमा नै मृत्यु भएको छ । दुर्घटनामा अर्का एकजना गम्भीर घाइते भएका छन् । मन्थलीको करमबोटमा दिउँसो # बजेतिर विपरित दिशाबाट आएको सुपरसिटी यातायातको बा # ज #### नम्बरको माइक्रोबसले ठक्कर दिँदा गोकुलगंगा गाउँपालिका - # फर्पूका बा # प #### नम्बरको मोटरसाइकल चालक ## वर्षीय भरत खड्काको घटनास्थलमा नै मृत्यु भएको हो ।
मोटरसाइकल दुर्घटनामा छोराको मृत्यु , बुवा गम्भीर घाइते
414
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन कुमार घिमिरेले मालपोत र नापी कार्यालयहरुम्ाा भ्रष्टाचार व्याप्त रहेको रहेको स्वीकार गरेका छन् । भ्रष्टाचारमा सलग्न कर्मचारीलाई कारबाही गर्दा कार्यालय नै खाली हुने अवस्था रहेको उनले बताए । ' काठमाडौंको गोट्ठारमा रहेको ## रोपनी जग्गा कर्मचारीले अभिलेखमा नराखी व्यक्तिका नाममा दर्ता गरिदिएका रहेका रहेछन् ' घिमिरेले अगाडि भने , त्यसमा ## जनासम्म संलग्न छन् ।
भ्रष्ट कर्मचारीलाई कारबाही गरे मालपोत र नापी खाली हुन्छः अख्तियार प्रमुख
409
बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिने यसअघिको सरकारले गरेको निर्णय सरकारले खारेज गरिदिएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सम्झौता खारेज गर्ने निर्णय गरेको हो । ऊर्जामन्त्री कमल थापाले मन्त्रिपरिषद बैठकको निर्णयबारे ट्वीटरमार्फत् जानकारी दिएका हुन् ।
बुढीगण्डकी चिनियाँ कम्पनीलाई दिने निर्णय मन्त्रिपरिषदद्वारा खारेज
284
लोकसेवा आयोगको विज्ञापनको विषयलाई लिएर संसदीय समितिका सांसद र आयोगका पदाधिकारी आरोप प्रत्यारोप चलेको छ । संघीय संसद प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा समिति बैठकमा समिति सदस्यहरु र आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीबीच आरोप प्रत्यारोप चलेको हो । समिति सदस्यहरु अमरेश कुमार सिंह , बृजेश कुमार गुप्ता , रामसहायक प्रसाद यादवले अधिकार केन्द्रीय शासन सत्ताबाट बाहिर नजाओस भन्ने कुत्सित मनसायका साथ संविधान विपरित विज्ञापन आव्हान गरिएको धारणा राखेपछि आयोग अध्यक्ष मैनालीले संसदले नै बनाएको कानुन अनुसार आयोग चलेकाले आयोगले बेइमानी नगरेको स्पष्ट पारे ।
लोकसेवा आयोगको विज्ञापनको विषयलाई लिएर आरोप–प्रत्यारोप
572
रियो दि जेनेरियो–ब्राजिलमा जारी रियो ओलम्पिक #### को पदक तालिकामा अमेरिका शीर्ष स्थानमा रहँदा चीन भने दोस्रो स्थानमा रहेको छ । हालसम्म अमेरिकाले # स्वर्ण , # रजत र # कास्य पदकसहित कुल ## पदकका साथ शीर्ष स्थानमा रहेको छ । चीन भने # स्वर्ण , # रजत र # कास्य पदकसहित कुल ## पदकका साथ दोस्रो स्थानमा रहेको छ ।
रियो ओलम्पिकः पदक तालिकामा अमेरिका शीर्ष स्थानमा चीन दोस्रो
305
मुम्बई –भारतीय पूर्व क्रिक्रेटर तथा कमेडियन नवजोत सिंह सिद्धुुले ' कमेडी नाइट्स विथ कपिल शो छोड्ने भएका छन् । कमेडियन कपिल शर्माले सञ्चालन गर्ने आएको कमेडी सो मा सिद्धुुले सूरुको एपिसोडबाट दर्शकलाई हसाउदै आएका थिए । तर अब भने उनको हासोँ दर्शकले देख्न नपाउने भएकाछन् ।
नवजोत सिद्धुुले कमेडी नाइट्स विथ कपिल छाड्दै
267
काठमाडौँ – सांसदले अध्ययनका लागि थप समय माग गरेपछि महिला , बालिबालिका , ज्येष्ठ नागरिक र समाजकल्याण समितिमा पेश भएको चिकित्सा शिक्षा विधेयकबारे छलफल स्थगन भएको छ । आज बसेको समितिको पूर्ण बैठकमा सांसदले ' राष्ट्रिय चिकित्सा शिक्षा विधेयक #### ' सम्बन्धमा गठित कार्यदलले पेश गरेको संशोधनसहितको प्रतिवेदनमा अध्ययन गर्नुपर्ने माग गरेपछि बैठकमा विधेयक पारित हुन सकेन । समितिका सभापति रञ्जुकुमारी झासमक्ष कार्यदलका सदस्य जीवन परियारले सरकारबाट सम्बन्धन दिई पूर्वाधार तयार भइसकेका मेडिकल कलेजलाई सञ्चालन अनुमति दिने आशयसहितको प्रतिवेदन हस्तान्तरण गरेको थियो ।
यस कारण चिकित्सा शिक्षा विधेयकबारे छलफल स्थगन , गम्भीर बन्दै प्राडा केसीको स्वास्थ्य
552
प्रदेश # मा जबरजस्ती करणी गर्नेलाई आजीवन काराबासको सजाय हुने गरी कानून निर्माण गर्ने तयारी गरिएको छ । प्रदेश जिल्लाहरुमा बलात्कारका घटनाहरु बढिरहेको बेला प्रदेश सरकारले आजीवन काराबासको सजाय हुने गरी कानून ल्याउने तयारी गरेको हो । ' दैनिकजसो भइरहने बलात्कारको घटनामा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ प्रदेशका मुख्य न्यायाधिबक्ता दीपेन्द्र झाले अनलाइनखबरसँग कुरा गर्दै भने , ' हामी यो बिषयलाई बहसमा ल्याइसकेका छौं ।
प्रदेश # मा बलात्कारीलाई आजीवन कारबास हुने कानून ल्याइँदै
413
इङलिस प्रिमियर लिग क्लब एभर्टनका मिडफिल्डर रोस बाकर्ली शुक्रबार चेल्सीमा आबद्ध भएका छन् । ## वर्षे बाकर्लीले # करोड ## लाख युरोमा चेल्सीसँग साढे पाँच वर्षको सम्झौता गरेको बताइएको छ । ' चेल्सी युरोपकै एक उत्कृष्ट क्लब हो र त्यस टोलीको सदस्य बन्न पाउदा म धेरै उत्साही छु , ' बाकर्लीले भने , ' म स्वाभाविक लयको प्रदर्शन गर्दै क्लबलाई सफलता दिलाउन चाहन्छु ।
बाकर्ली चेल्सीमा
353
स्नेहा ट्राभल मिडियाले नेपाली परम्परागत तथा जातीय खानालाई पर्यटनसँग जोड्ने प्रतियोगिता आयोजना गरेको छ । सो ट्राभल मिडिया नेपालले नेपाली खानालाई पर्यटनसँग जोड्न ' सगतानी एक्जिम कलेज सेफ आइकन–#### ' गर्न लागेको हो । उक्त प्रतियोगितामा ## कलेजका ## विद्यार्थीको सहभागिता रहने छ ।
नेपाली खानालाई पर्यटनसँग जोड्न प्रतियोगिता
276
वैशाख # गतेबाट रिलिज हुन लागेको चलचित्र ' लभ लभ लभ ' ले आयोजना गरेको ' प्रेमकथा पठाउनुहोस् , एक लाख पुरस्कार जित्नुहोस् ' प्रतिस्पर्धाबाट उत्कृष्ट हुनेलाई पुरस्कृत गरिएको छ । प्रेमकथा पठाउने डेढ सय बढी प्रतिस्पर्धीबाट पाटनकी एलिसा महर्जन उत्कृष्ट बन्न सफल भइन् । काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै निर्मात्री शर्मिला पाण्डेले नगद एक लाख महर्जनलाई प्रदान गरेकी छिन् ।
' लभ लभ लभ ' को प्रतिस्पर्धामा एलिसाको प्रेमकथा उत्कृष्ट
371
तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको ## वर्ष लामो सशस्त्र संघर्ष औपचारिक रूपमा अन्त्य भएको ## वर्ष पूरा भएको छ । #### मंसिर # गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र विद्रोहीका तर्फबाट तत्कालीन माओवादी अध्यक्ष प्रचण्डले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए । याेसँगै दशक लामो द्वन्द्वबाट मुलुकले मुक्ति पाएको थियो ।
ऐतिहासिक विस्तृत शान्ति सम्झौताको ## वर्ष पूरा
335
विपी राजमार्गसँगै जिल्लाभर विहीवार बिहानैदेखि सवारी आवागमन ठप्प भएको छ । प्रहरीले दोषीलाई कारवाही नगरी छाडेको भन्दै नेपाली काङ्ग्रेस सिन्धुलीले सवारी आवागमन बन्द गराएको हो । तीनपाटन गाउँपालिका अध्यक्ष कर्णबहादुर थापामगरमाथि हातपात गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएर कारवाही गर्ने प्रतिबद्धता जनाएकामा गए राति नै छाडेकाले दोषीलाई कारवाहीको माग गर्दै सवारी आवागमन अवरुद्ध पारिएको नेपाली काङ्ग्रेस सिन्धुलीका सचिव दीपककुमार घिमिरेले जानकारी दिए ।
विपी राजमार्गमा सवारी आवागमन बन्द
443
ग्लोबल आइएमई बैंक र एशियन लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौ अनुसार बैंकका सवै शाखा मार्फत एशियन लाइफ इन्स्योरेन्सको जीवन बीमा योजना खरिद गर्नसकिने छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याल र इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले हस्ताक्षर गरे ।
ग्लोबल आईएमई र एशियन लाइफ इन्स्योरेन्सबीच सम्झौता
329
जेरुसेलम – इजरायलमा मंगलबार एक सय ## सदस्यीय संसद् नेसेटका लागि चुनाव सम्पन्न भएको छ । चार पटक प्रधानमन्त्री भइसकेको प्रधानमन्त्री बेन्जामिन नेतान्याहू पनि यसपटक चुनावी मैदानमा छन् । भ्रष्टाचारको आरोपका कारण विवादमा तानिएका प्रधानमन्त्री नेतान्याहूलाई पूर्वसैनिक प्रमुख बेन्नी गान्जले यस पटकको चुनावमा कडा चुनौती दिने अनुमान गरिएको छ ।
नेतान्याहूको अग्निपरीक्षा
335
व्यक्तिको नाममा हडपिएको बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा भूमि व्यवस्था मन्त्रालय , सिआइबी तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छुट्टाछुट्टै छानबिन प्रतिवेदन तयार गरेका छन् । मन्त्रालय , सिआइबी र अख्तियारले छुट्टाछुट्टै छानबिन प्रारम्भ गरेका थिए । तीनवटै अंगले आफ्नो प्रतिवेदन पूरा गरेको स्रोतको भनाइ छ ।
तीनवटै अंगका प्रतिवेदन तयार
313
कम्प्युटरमा यूट्युबका भिडियो कसरी डाउनलोड गर्ने भन्ने सोच्दै हुनुहुन्छ ? अनेक प्रयास गर्दा पनि सक्नुभएको छैन भने तपाईंका लागि यहाँ सजिलो उपाय छ । सामान्यतया यूट्युबमा भएका भिडियो डाउनलोड गर्न अन्य कुनै साइट वा एप्लिकेशनको मद्दत लिनुपर्ने हुन्छ । तर यसो नगरी पनि तपाईंले सजिलै आफूलाई मनपर्ने भिडियो डाउनलोड गर्न सक्नुहुन्छ ।
यूट्युबको भिडियो सजिलै डाउनलोड के गर्ने ?
323
सधै चुल्होचौका र खेतीपातीमा व्यस्त हुने बेनी नगरपालिका–# भकिम्लीका महिलाको दैनिकीमा परिवर्तन आएको छ । आधा रातमा उठेर घरधन्दामा खटिदा समेत आर्थिक रुपमा परिवारका अन्य सदस्यमा निर्भर हुनुपर्ने बाध्यतालाई अन्त्य गर्न गाउँमै गैरसरकारी संस्थाको सहयोगमा अगरबत्ती उद्योग स्थापना गरेपछि पछिल्ला केही दिन यता भकिम्लीका बिभिन्न बस्तीमा महिलाको दैनिकी फेरिएको छ । गाउँमा दैनिक शुभकार्य , मठमन्दिर र घरघरमा गरिने पूजा पाठका लागि सदरमुकाम बेनीबाट महंगो धुप खरिद गर्नुपर्ने बाध्यतालाई अन्त्य गदैं गाउँमै उद्योग स्थापना गरेपछि स्थानीय महिलालाई भ्याइनभ्याई छ ।
गाउँमै अगरबत्ती उद्योग
543
धुनीबेसी नगरपालिका–# ढकालखोलामा जर्मन प्राविधिक शिक्षालय निर्माण गरिएको छ । शेषकान्त फाउन्डेसनले जर्मन एनजीओ जुकुन्फट फर नेपाल अस्टुर्टेम्बर्ग ( जेटएफएन ) सँगको सहयोगमा टेक्निकल र भोकेसनल शिक्षा दिने उद्देश्यले सो शिक्षालय निर्माण गरेको हो । जर्मन टेक्निकल स्कुल ( जीटीएस ) पूर्ण प्रविधियुक्त संस्था हो ।
धादिङमा प्राविधिक शिक्षालय
304
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जग्गा उपलब्ध नहुँदा विद्यालय पुनर्निर्माणको कामले गति लिन नसकेको जनाएको छ । भूकम्पले क्षति बनाएका विद्यालय पुनर्निर्माणको कामले गति नलिइरहेका बेला प्राधिकरणले जग्गा उपलब्ध नहुँदा समस्या परेको प्रष्टिकरण दिएको हो । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्राधिकरणका शिक्षा केन्द्रिय आयोजना कार्यान्वयन इकाईका निर्देशक इमनारायण श्रेष्ठले जग्गा उपलब्ध नहुँदा पनि विद्यालय पुनर्निर्माणको काममा ढिलाई हुन गएको जानकारी दिए ।
जग्गा नहुँदा विद्यालय पुनर्निर्माणको काम प्रभावित
461
नेपाली कांग्रेसले स्थानीय चुनावका लागि घोषणा पत्र बनाउन गठित समितिलाई पूर्णता दिएको छ । महेश आचार्य नेतृत्वको घोषणा पत्र तयारी समितिलाई ## सदस्यीय बनाइएको छ । समितिमा डा . रामशरण महत , मिनेन्द्र रिजाल , डा . शेखर कोइराला , एन . पी . साउद , फरमूल्लाह मन्सुर , विश्वप्रकाश शर्मा र चिनकाजी श्रेष्ठ लगायत छन् ।
कांग्रेसको घोषणा पत्र तयारी समितिले पूर्णता पायो
306
सहिद स्मारक ' बी ' डिभिजन लिग आजबाट ( आइतबार ) सुरु हुँदै छ । अखिल नेपाल फुटबल संघ ( एन्फा ) मुख्यालयमा हुने खेलमा ब्वाइज युनियन र श्री कुमारी क्लबले प्रतिस्पर्धा गर्नेछन् । ## टोलीले सहभागिता जनाउने प्रतियोगितामा ## खेल हुनेछन् ।
' बी ' डिभिजन विजेतालाई ## लाख
230
काठमाडौं—निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याको अाध संलग्न भएको शंकामा प्रहरीले तीन जनालाई रिभल्वरसहित पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले गौचन हत्याको अाधा घन्टापछि मनमैजू क्षेत्रबाट तीन जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको एआइजी जयबहादुर चन्दले नागरिकन्युजलाई बताए । उनीहरुसँगबाट हतियारसमेत बरामद भएको प्रहरीले जजनाएको छ ।
गौचन हत्याको अाधा घन्टापछि रिभल्वरसहित तीन पक्राउ
364
भक्तपुरको चाँगुनारायणमा अपागंता भएकी ## वर्षीया बालिका गत सोमबार सामूहिक बलात्कारको शिकार भएकी छिन् । ती बालिकालाई घरमा कोही नभएको मौका छोपेर बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी परिसर भक्तपुरले स्थानीय ## वर्षीय श्यामबहादुर मिजार र घेटेरो सार्कीलाई पक्राउ गरेको छ । गत भदौ ## गते काठमाडौंको बालाजुस्थित एक खाजाघरको शौचालयमा ## वर्षीया बालिकालाई जबर्जस्ती शौचालयमा लगेर करणी गरेको आरोपमा साजन बोहरा पक्राउ परेका थिए ।
बलात्कारीको निसानामा बालिका
418
काठमाडौंमा सडक विस्तार गर्दा भत्किने घरको क्षतिपूर्ति रकम बढाउन तयारी गरिएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणले सरकारसँग यस्तो क्षतिपूर्ति रकम बढाउन प्रस्ताव गरेको हो । कतिपय स्थानमा कम क्षतिपूर्ति भएको भन्दै काममा अवरोध भएको र समसापेक्ष प्राधिकरणले क्षतिपूर्ति बढाउन सरकारलाई अनुरोध गरेको हो ।
काठमाडौंमा सडक विस्तार पीडितको क्षतिपूर्ति बढाउने तयारी
298
प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनामा देखिएको क्यान्सर निको पार्ने बताएका छन् । यसका लागि आगामी वर्ष आफू अझ कठोर हुने भन्दै उनले सकल दर्जालाई पहिल्यै सचेत गराएका छन् । नेपाली सेनाको कमाण्ड सम्हालेको एक वर्ष पुगेको अवसरमा जङ्गी अड्डाबाट सकल दर्जालाई सम्बोधन गर्दै सेनापति थापाले आफ्नो एक वर्षे अनुभव सुनाए ।
नेपाली सेनाको क्यान्सर निको पार्न अझ कठोर हुन्छु
315
दाङ देउखुरीको मावि मौरीघाटको मतदान केन्द्रमा मतदाता । तस्वीर : नरेन्द्र केसी## असार , दाङ । पानीको पर्वाह नगरी दाङका मतदाताहरुले उत्साहजनक रुपमा चुनावमा भाग लिइरहेका छन् ।
दाङमा ## बजेसम्म ## प्रतिशत मत खस्यो , उम्मेदवार भन्छन् - जित मेरै
171
उमेरले ## कटेका सत्तारुढ नेकपाका सांसद नन्दलाल रोकायले ढ्याप ढ्यापे समयमा बोलेपछि मंगलबार सुचारु हुनै लागेको प्रतिनिधिसभा बैठक पुनः अवरुद्ध भयो । बाँके क्षेत्र नम्बर # बाट निर्वाचित सांसद रोकायाले खजुरा घटनामा प्रतिपक्षले लगाएका आरोपको खण्डन गर्दै कांग्रेस कार्यकर्ताबीचको झगडामा नेकपालाई मुछिएको भन्नासाथ विपक्षले रोष्टम घेराउ गरे । सोझा सांसद किन एकाएक आक्रोशमा आए त ? अनि दलहरुसँगको सहमति अनुरुप सभामुख कृष्णबहादुरले सरकारलाई रुलिङ गर्नुअघि नै सत्तापक्षका सांसदलाई किन बोल्न दिए ? यी प्रश्न अनुत्तरित नै छन् ।
नेकपा सांसद नन्दलाल भन्छन् - मलाई खपिनसक्नु भो !
512
कपिल ज्ञवाली## फागुन , बुटवल । योङ कम्युनिष्ट लिग ( वाइसियल ) का केन्द्रीय अध्यक्ष रामचन्द्र शर्मा बिज्ञानले अब आफूहरु समाजबादी नेपाल निर्माणका लागि जुट्ने बताएका छन् । उनले समाज निर्माणका आधार स्तम्भ युवा भएको भन्दै अब सुधारोन्मुख काम गर्ने उल्लेख गरे ।
वाइसियलले कालोधन्दा गर्नेको नाम सार्बजनिक गर्ने
254
बालीमा लाग्ने सबै किसिमका कीरा हानिकारक हुँदैनन् भन्ने जानकारी गराउन चाँगुनारायण नगरपालिका वडा नं # मा शत्रुकीरा व्यवस्थापन तालीम सम्पन्न भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत स्थापना भएको मेलमिलाप कृषक पाठशालाले ## हप्तासम्म किसानलाई कसरी रोग कीराबाट बाली जोगाउने र व्यवस्थापन गर्ने भन्ने विषयमा आयोजना गरेको सो तालीममा किसानले जमिनमा शत्रु किराका साथै मित्र किरा हुने र विषादीको प्रयोगले मित्र किरा पनि नास हुने जानकारी पाएको बताए । किसानले सानो समस्यामा पनि विभिन्न किसिमका विषादी प्रयोग गर्दा स्वास्थ्यका साथसाथै पैसाको पनि नास हुने भएकाले अबका दिनमा यस्ता कीराबाट बाली जोगाउनका लागि के गर्न सकिन्छ भन्ने विषयमा नै तालीम केन्द्रित रहेको परियोजनाका संयोजक किशोर पराजुलीले जानकारी दिए ।
बालीमा लाग्ने सबै किरा शत्रु हुँदैनन्
707
भूकम्पमा परेर चिराचिरा थातथलो छोडेर हिमाली गाउँ सेलाङको काफ्लेडाँडास्थित विस्थापित शिविरमा आश्रित भूकम्पपीडित एकीकृत बस्तीमा पुनःस्थापित हुने भएका छन् । साढे तीन वर्षदेखि यहाँ विस्थापित ## पीडितपरिवारका लागि एकीकृत बस्ती निर्माण प्रक्रिया सुरु भएको हो । सेलाङकै सेपगाउँबाट विस्थापित भएर यहाँ शिविर बनाइ बसेका उनीहरू अझै त्रिपाल , भकारी र स्याउलाले बनाएको अस्थायी टहरोमा बस्दै आएका छन् ।
विस्थापित शिविरमा एकीकृत बस्ती
386
पशुपतिनाथ मन्दिर परिसरमा ढल तथा सडक निर्माणमा ढिलाई भएको सर्वधारणले गुनासो गरेका छन् । चारमहिनादेखि पशुपति मन्दिरमा प्रवेश गर्ने मुलद्वार दक्षिणगेटदेखि जयबागेश्वरी सम्म र भुवानेश्वरीचोक देखि दक्षिणामुर्ति सडकमा खल्डाखुल्डी , हेमपाइप र असरल्ल निर्माण सामग्रीले मन्दिर आउजाउमा कठिनाई भएको हो । ' सडक एम्बुस जस्तो बनेको छ ।
पशुपतिनाथमा ढल निर्माणमा ढिलाई
320
गैरआवासीय नेपाली संघको काठमाण्डौमा केन्द्रीय कार्यालय भवन निर्माणका लागि मलेसियामा कार्यरत नेपालीहरुले ## लाख रुपैयाँ संकलन गरेका छन् । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष शेष घलेको उपस्थीतिमा फेब्रुअरी ## तारिख शनिवार क्वालालम्पुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी नेपालीहरुले सो रकम संकलन गरेका हुन् । गैरआवासीय नेपाली संघ मलेसियाको आयोजनामा भएको सो कार्यक्रममा एनआरएन अध्यक्षले घलेले एनआरएन कार्यसमिति सदस्य , नेपाली ब्यबसायी , बुद्धिजीवी र समुदायका अगुवाहरुसँग छलफल गर्नुभएको थियो ।
एनआरएन भवन निर्माणका लागि मलेसियामा ## लाख संकलन
514
सरकारले स्वदेशी चिनी उद्योगलाई प्रोत्साहन गर्न चिनीको हालको भन्सार दरमा शतप्रतिशत वृद्धि गरेको छ । प्रधानमन्त्री निवास बालुवाटरमा मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले चिनीको भन्सार दर ## प्रतिशत कायम गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । चिनीको हाल भन्सार दर ## प्रतिशत कायम रहेको छ ।
मन्त्रिपरिषद बैठक : चिनीको भन्सार दर ## प्रतिशत कायम गर्ने निर्णय
346
लोक सेवा आयोगका कर्मचारीहरुलाई पूर्वसहमति नलिई सरुवा गर्न नपाउने व्यवस्था राज्य व्यवस्था समितिले हटाइदिएको छ । लोक सेवा आयोग ऐनमा ' आयोगमा कार्यरत कर्मचारीलाई नेपाल सरकारले अन्य कार्यालयमा सरुवा गर्दा आयोगको सहमति लिनु पर्ने , ' व्यवस्था छ । बिहीबारको राज्य व्यवस्था समितिको बैठकले लोक सेवा आयोगमा रहेका कर्मचारीलाई सरुवा गर्दा सहमति लिनुपर्ने मौजुदा कानुनको दफा # को उपदफा # को व्यवस्थालाई हटाइदिएको छ ।
लोक सेवाका कर्मचारी सरुवा गर्दा पूर्वसहमति लिने व्यवस्था हटाइयो
404
काठमाडौं ## निर्वाचन क्षेत्रमध्ये # क्षेत्रको अन्तिम परिणाम आएको छ । त्यसमध्ये तीन क्षेत्रमा एमाले विजयी भएको छ भने तीन क्षेत्रमा कांग्रेसले जित हात पारेको छ । चार क्षेत्रको मतगणना जारी छ ।
काठमाडौंका ## मध्ये # क्षेत्रमा विवेकशील साझा तेस्रो
189
लिबाङ ( रोल्पा ) — थबाङ , रोल्पाकी सुनकुमारी नेपालीको हत्यामा उनका श्रीमान् ध्रुव नेपाली र सुनकुमारीकी सानीआमाकी छोरी ( बहिनी ) जालकुमारी नेपालीको समेत संलग्नता देखिएको छ । गत शनिबार सुनकुमारीको मृत्यु भइसकेपछि पीडक जालकुमारी नेपाली र ध्रुव नेपालीलाई कानुनी प्रक्रिया पूरा गरेर कर्तव्य ज्यान मुद्दा चलाउनका लागि आवश्यक तयारी भइरहेको इलाका प्रहरी कार्यालय घर्तीगाउँ रोल्पाका प्रहरी निरीक्षक राजिव श्रेष्ठले जानकारी दिए । उनका अनुसार ज्यान मार्ने उद्योग गरेको अभियोगमा #### असोज ## गते इलाका प्रहरी कार्यालय घर्तीगाउँले दुवै जनालाई नियन्त्रणमा लिई कारागार कार्यालय , रोल्पामा थुनामा राख्दै आएको छ ।
सुनकुमारीको टाउको सिलौटामा ठोक्काएर हत्या
596
नेपालले अन्तरिक्षमा आफ्नै स्याटेलाइट राख्ने तयारी गरिरहँदा भारतले ' सार्क स्याटेलाइट ' उपयोगको अधिकार दिने आश्वासनसहितको पत्र पठाएको छ । अबको झण्डै # महिनापछि भारतले प्रक्षेपण गर्न लागेको सार्क स्याटेलाइटमा नेपाललाई पनि निश्चित स्पेस उपयोगको अधिकार दिन भारतले प्रस्ताव पठाएको हो । स्पेस टेक्नोलोजीमा बलियो भन्दै गएको भारतले नेपालका लागि हिस्सा छुट्टाउँदै उसको स्याटेलाइट प्रयोगका लागि आह्वान गरेको छ ।
' सार्क स्याटेलाइट ' मा भारतले दियो नेपाललाई हिस्सा
401
गौर नगरपालिकाका मेयर अजय गुप्ताले गौर राइसमिलको जग्गा बिक्री गर्न आफूले कसैसँग रकम नलिएको दावी गरेका छन् । उनले जनप्रतिनिधिले रकम बुझेको भनी सार्वजनिक अभिव्यक्ति दिने जग्गा कारोबारी विजय यादवलाई आफूमाथि लगाएको आरोप पुष्टी गर्न चुनौती दिएका छन् । गौर नगरपालिका कार्यालयमा शुक्रबार पत्रकार सम्मेलन गरी मेयर गुप्ताले आफूलाई बदनाम गराउने उद्देश्यले आरोप लगाइएको जिकिर गरे ।
गौरका मेयरले भने : सार्वजनिक जग्गा बेच्न पैसा लिएको छैन
369
टर्किस एयरलाइन्सभित्र चोरी गरेको अभियोगमा दुई चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार चिनियाँ नागरिकहरू ए क्युवेई र हु झिङजोङ शनिबार बिहान पक्राउ परेका हुन् । टर्किस एयरलाइन्सबाट बुधबार काठमाडौं आएकी डेनमार्क नागरिकको जहाजभित्रै सुन र नगद चोरी भएको थियो ।
चोरी अभियोगमा दुई चिनियाँ पक्राउ
275
युवा फरवार्ड अभिषेक रिजालको पहिलो गोलसँगै नेपाली राष्ट्रिय फुटबल टिमले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बिहीबार चाइनिज ताइपेईविरुद्ध #–# को बराबरी नतिजा निकालेको छ । काओसियुङस्थित नेसनल स्टेडियममा भएको खेलमा अभिषेकले मिडफिल्डर सन्तोष तामाङको फ्रि–किकमा हेडद्वारा बललाई पोस्टको दिशा दिँदै नेपाललाई ## औं मिनेटमा #–# को अवस्थामा पुर्‍याएका थिए । यी दुवै खेलाडीले पहिलोपल्ट सुरुआती रोजाइमा स्थान पाएका हुन् ।
मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल : अभिषेकको पहिलो गोल
406
ललितपुर उपमहानगरपालिका ## सुनाकोठीस्थित शिवराज कार्कीको घरमा चोरी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । कैलाली टिकापुर नगरपालिका # सितापुर घर भइ हाल काठमाडौं महानगरपालिका # पशुपति बस्ने ## वर्षीय देवकुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । उनले कार्कीको घरबाट नगद , सुन , चाँदी तथा अन्य धनमाल समेत गरी अन्दाजी # लाख रुपैयाँ बराबरको धनमाल चोरी गरेको प्रहरीले जनाएको छ ।
चोरीका सामानसहित # पक्राऊ
377
जो कोही मानिसको जीवनमा आमा एक अनमोल धरोहर हुन् । आमाको महत्त्वलाई शब्दमा बयान गर्न सकिन्न । छोराछोरी चाहे जति नै ठूला किन नहोउन् आमालाई सानो बच्चा नै लाग्दछन् र आमाको मायामा कमी आउँदैन ।
सय वर्षकी आमा र ## वर्षका छोरा , यस्तो छ मार्मिक कहानी
186
वैदेशिक रोजगारीको लागि मलेसियामा रहेका सुर्खेतका एक युवा चार दिनदेखि सम्पर्कबिहीन भएका छन् । सुर्खेत काफलकोट गाविस वडा नं # घर भएका ## वर्षीय डिल्लीराज बुढा सम्पर्कबिहीन भएपछि उनका परिवार चिन्तामा परेको छ । बुढा बन्दरबारु निलाइमा रहेको एक इलेट्रोनिकको सामान उत्पादन हुने कम्पनीमा कार्यरत थिए ।
सुर्खेतका डिल्लीराज मलेसियामा वेपत्ता
293
नेकपा एमालेका नेता एंव इलाम क्षेत्र नं # का प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङले वाम गठबन्धनले जनतासँग गरिएका वाचा पूरा गर्ने बताएका छन् । मतदातालाई धन्यवादज्ञापन गर्न आज इलामको फाकफोकथुम गाउँपालिकास्थित कोल्बोटेमा आयोजित कार्यक्रममा उनले भने , " हामी जनतासँग निर्वाचनपूर्व गरिएका वाचा पूरा गर्छौं , जनतालाई आश्वासन होइन , विकास दिन्छौँ । " " तपाईंहरूको अपार माया र विश्वासले हामीले निर्वाचन जितेका हौँ , तपाईंहरूले विकास चाहनुभएको छ , हामी त्यो पूरा गरेरै छाड्छौँ " , नेता नेम्वाङले भने ।
गठबन्धनले जनतासँग गरिएका वाचा पूरा गर्नेछ : नेता नेम्वाङ
487
नेपालमा पछिल्लो समय आत्महत्या गर्नेको संख्या दिनहुँ बढिरहेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार दैनिक सरदर विष सेवनले मात्र तीन जनाको ज्यान जाने गरेको छ । प्रहरी प्रधान कार्यालयका प्रहरी प्रवक्ता तथा डीआइजी विश्वराज पोखरेलका अनुसार पछिल्लो # वर्षमा # हजार # सय ## जनाको विषले ज्यान गएको छ ।
दैनिक तीन जनाले गुमाउछन् विष सेवनबाट ज्यान
291
अन्नपूर्ण होटल दरवारमार्गले एपिएफका महिला भलिबल खेलाडीलाई सम्मान गरेको छ । एपिएफका खेलाडीलाई शुक्रबार अन्नपूर्णका प्रमुख कार्यकारी अधिकृत राजुविक्रम शाहले सम्मान गरेका हुन् । ' खेलाडी राष्ट्रका गौैरव हुन् , ' अन्नपूर्णका प्रमुख कार्यकारी अधिकृत शाहले भने , ' त्यसैले सबै क्षेत्रबाट खेल विकासका लागि सहयोग आवश्यक छ ।
एपिएफका खेलाडी सम्मानित
315
## वटा म्यूजिक भिडियोमा मोडलिङ गरेकी मोडल सुप्रिया कटुवाल कटुवालका अनुसार चलचित्रमा काम गर्ने नायिकाको भन्दा भिडियोमा काम गर्ने मोडलले धेरै आम्दानी गर्छन् । # महिनामा एउटा चलचित्र खेल्ने नायिकाले भन्दा आफूले धेरै आम्दानी गर्ने दाबी मोडल सुप्रिया कटुवालले गरेकी छिन् । दीपाश्री निरौला र प्रियंका कार्कीले फोटो प्रदर्शन अवलोकन गरेर , के भने जान्नुहोस् ।
नायिकाको भन्दा म्यूजिक भिडियो खेल्ने मोडलको आम्दानी धेरै ? ( भिडियो समाचार )
351