article
stringlengths
55
1.8k
title
stringlengths
10
141
article_length
int64
55
1.8k
नेपाल राष्ट्र बैंक सञ्चालक समितिको एक सदस्य पद आजबाट रिक्त हुने भएको छ । अर्थमन्त्रालयको प्रतिनिधित्व गर्दै राष्ट्र बैंकको सञ्चालक समिति सदस्य रहेका अर्थ सचिव डा . राजन खनाल अवकाश हुने भएसँगै एक सञ्चालक समिति पद आजबाट रिक्त हुने भएको हो । राष्ट्र बैंक सञ्चालक समितिको अध्यक्ष गभर्नर नै हुने व्यवस्था छ भने अर्थ सचिव राष्ट्र बैंकको सञ्चालक समिति सदस्य रहने व्यवस्था छ ।
राष्ट्र बैंकको एक सञ्चालक पद रिक्त हुँदै , खनालको औपचारिक बिदाइ आज
368
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ' प्रचण्ड ' र एमाले अध्यक्ष केपी शर्मा अोलीबीच भेटवार्ता सुरू भएको छ । अध्यक्ष प्रचण्ड ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका हुन् । पार्टी एकता र सरकार गठनबीच ओली र प्रचण्डबीच केही दिनयता संवादहीनताको अवस्था देखा परेको थियो ।
बालकोटमा ओली - प्रचण्ड भेटवार्ता सुरू
272
नेपाल पुलिस क्लब सदरमुकामको ठूलो टुँडिखेलमा जारी पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । मंगलबारको खेलमा भारत दार्जिलिङको युनाइटेड क्बललाई #–# गोलले पराजित गर्दै पुलिस अन्तिम चारमा प्रवेश गरेको हो । पुलिसका सौजन्य याक्खा राईले खेल सुरु हुनेबित्तिकै विपक्षी दार्जिलिङमाथि गोल गरे ।
दार्लिलिङलाई हराउँदै पुलिस सेमिफाइनलमा
327
काठमाडौँ – नेकपा ( एमाले ) का अध्यक्ष केपी शर्मा ओलीले नियमित स्वास्थ्य उपचार गराउनका लागि शुक्रबार थाइल्याण्ड जाँदै छन् । थाइ एयरवेजको विमानबाट शुक्रबार दिउँसो # बजे उनले नियमित स्वास्थ्य उपचारका लागि थाइल्याण्डस्थित बैंकक जान थालेका अध्यक्ष ओलीका स्वकीय सचिव अनिश दाहालले जानकारी दिए । अध्यक्ष ओलीका साथ उनकी धर्मपत्नी राधिका शाक्य पनि त्यसतर्फ जानेछन् ।
उपचारका लागि ओली शुक्रबार थाइल्याण्ड जाँदै
356
नेकपा एमालेकी उपाध्यक्ष काठमाडौं क्षेत्र नम्बर # को खबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएकी छन् । उनले # हजार ### मत पाएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका देवरत्न डंगोलले #### मत पाएका छन् ।
अष्टलक्ष्मी शाक्य प्रदेशसभा सदस्यमा निर्वाचित
200
चलचित्र ' आभाष ' को ट्रेलर सार्वजनिक भएको छ । पौष ## गतेबाट चल्ने यो चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको थियो ।
निशाप्रति संयमको आकर्षण , सलोन र आश्माको कस्तो जोडी ? ( भिडियो )
203
नेपालले विश्वकप छनोटको सातौ स्थानका लागि नेदरल्याण्डसँग ### रनको लक्ष्य पाएको छ । जिम्बावेको क्वे क्वे मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्डले निर्धारित ## ओभरमा # विकेट गुमाएर ### रन बनाएको हो । उसका लागि बस दे लेदेले सर्वाधिक ## रन बनाए ।
नेपाललाई नेदरल्याण्डद्वारा ### रनको लक्ष्य , सोमपालले # विकेट लिए
251
नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) को स्थायी कमिटी तेस्रो बैठकमा नेताहरुले धारणा राख्नेक्रम आज पनि जारी रह्यो । पार्र्टी केन्द्रीय कार्यालय धूम्रवाराहीमा बसेको बैठकमा राजनीतिक प्रतिवेदनमाथिको छलफलमा हालसम्म ## स्थायी कमिटी सदस्यले विचार राखेका छन् । आजको बैठकमा नेता माधवकुमार नेपाल , झलनाथ खानाल , विष्णु पौडेल , रामबहादुर थापा र गिरिराजमणि पोखरेलले धारणा राखेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
पार्टी पङ्क्तिलाई उत्साहित ढङ्गले अघि बढाउन नेकपाको जोड
414
काठमाडौं–चालू आर्थिक वर्षको ## महिनामा कूल ## अर्ब ## करोड रुपैयाँ बराबरको धितोपत्र सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ' देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा ## महिनामा ## अर्ब ## करोड रुपैयाँ बराबरको साधारण शेयर सूचीकृत भएको छ । यस्तै # अर्ब ## करोड बराबरको हकप्रद शेयर , ## अर्ब ## करोड रुपैयाँ बराबरको शेयर लाभांश र ## करोड ## लाख रुपैयाँ बराबरको ऋणपत्र गरी ## अर्ब ## अर्ब रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।
## अर्बको शेयर सूचीकृत
447
गृहमन्त्रालयले # जना प्रमुख जिल्ला अधिकारीको सरूवा गरेको छ । सरूवा हुनेहरूमा नारायण प्रसाद भट्टराई , नारायण प्रसाद भट्ट , जितेन्द्र बस्नेत , हुमकला पाण्डे , डिजन भट्टराई र लक्ष्मण बहादुर खड्का रहेका छन् । जिल्ला प्रशासन कार्यालय पर्सामा कार्यरत भट्टराईको जिप्रका चितवनमा सरूवा गरिएको छ ।
# जना सिडिओको सरूवा
287
काठमाडौं –अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँसगढी सवडिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत अनिलकुमार गुप्ताविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । गुप्तालाई उपभोक्ता समितिको काठ मिलमा चिरान सिफारिश गरेबापत सेवाग्राहीसँग रु ## हजार घुस लिएको अभियोग लागेको छ । यस्तै आयोगले महोत्तरी जिल्ला अदालतमा कार्यरत नापी सर्वेक्षक मोहन यादवविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
घुस लिएको आरोपमा सहायक वन अधिकृतविरुद्ध मुद्दा
388
प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको महासचिव चुनिएका छन् । अजरबैजानमा शुक्रबार सम्पन्न विश्व प्रेस काउन्सीलको सम्मेलनबाट उनी सर्वसम्मत महासचिव चुनिएका हुन् । उक्त सम्मेलनमा टर्की , भारत , श्रीलंका , केन्या , तान्जानिया जिम्बाबे , अजरबैजान , इराक , कोसोभो , म्यासेडोनिया , बंगलादेश , साइप्रस , म्यानमार लगायत देशका प्रेस काउन्सीलको प्रतिनिधित्व थियो ।
विश्व प्रेस काउन्सिलको महासचिवमा किशोर श्रेष्ठ चुनिए
391
धनुषामा सुन–चाँदीसहित एकजना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । शनिबार धनौजी गाउँपालिका वडा नम्बर # भडरीयाबाट भारतको विहार प्रान्तको मधुवनी जिल्ला गोवराही बस्ने ## वर्षीय जय प्रकाश यादवलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो । भारततर्फ अवैध रुपमा तस्करी गरी लैजादैँ गर्दा सशस्त्र प्रहरीको गण नम्बर # र देवडिहाबाट खटिएको संयुक्त सशस्त्र प्रहरी बलको टोलीले # किलो # सय ## ग्राम चाँदीको बुनिया , # सय ग्रामको सुनको बलिया र ## ग्राम मालवाडीसहित यादवलाई सशस्त्र प्रहरीले पक्राउ गरेको सशस्त्रका प्रहरी उपरिक्षक राजेश उप्रेतीले जानकारी दिए ।
सुन–चाँदीसहित भारतीय तस्कर पक्राउ
546
धादिङको आदमघाटमा प्रतिबन्धित सालकको खपटासहित लिएर हिँडिरहेको अवस्थामा तीनजनालाई मंगलबार केन्द्रीय अनुसन्धान ब्यूरो टोलीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बिक्रीका लागि गाउँबाट लैजाँदै गर्दा गजुरी गाउँपालिकाअन्तर्गत आदमघाटबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय , धादिङका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए । पक्राउ पर्नेमा गजुरी गाउँपालिका–# का झंकबहादुर अधिकारी , भीमबहादुर पण्डित र रामजी भुजेल रहेका छन् ।
सालकको खपटासहित तीनजना पक्राउ
444
प्रतिनिधिसभा सदस्य सांसद रेशम चौधरीलाई सपथ खुवाइएको खुसीयालीमा पश्चिम नवलपरासीमा दिप प्रज्वलन गरिएको छ । राजपा नेपाल नवलपरासी तथा थारु थरुवान संघर्ष समिति नवलपरासीको संयुक्त आयोजनामा सांसद चौधरीलाई सपथ तथा गोपनियताको सपथ खुवाइएको खुसीयालीमा हर्षित हुँदै जिल्लाको सदरमुकाम परासी बुद्धचोकमा दिप प्रज्वलन गरेका हुन् । कैलालीको टिकापुर क्षेत्र नम्बर # बाट प्रतिनिधिसभा सदस्य पदमा भारी मतले विजयी भएका सांसद चौधरी टिकापुर घटनाको मुख्य अभियुक्त रहेको आरोपमा उनी पुर्पक्षका लागि थुनामा परेका थिए ।
रेशम चौधरीलाई सपथ खुवाइएको खुसीमा नवलपरासीमा दिप प्रज्वलन
490
दशैमा प्रदर्शनमा आउने चलचित्र ' साइकल ' लाई सेन्सर बोर्डले ' यू ' सर्टिफिकेट दिएको छ । इच्छा र गन्तव्यको बिषय बोल्ने सिनेमालाई राजेन्द्र श्रेष्ठले बनाएका हुन् । चलचित्रमा श्रेष्ठकै संंगीत छ ।
विक्की र हर्षिकाको ' साइकल ' यात्रा सबैले हेर्न पाउने
191
आफूखुसी कर्मचारी सरुवा गरिदिएपछि लोकसेवा आयोग सरकारप्रति रुष्ट भएको छ । आफ्नो सहमति वेगर सचिव श्रीधर सापकोटालाई ## दिनमै र सहसचिव शर्मालाई करिब एक बर्षमै सरुवा गरिएपछि लोकसेवा आयोगले पत्रकार सम्मेलनै गरी असन्तुष्टि सार्बजनिक गरेको हो । बिहीबार पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले सरकारको कदमप्रति आपत्ति जनाउँदै संवैधानिक र कानूनी सीमालाई नबिर्सिन ध्यानाकर्षण गराए ।
सहमतिविना आफ्ना कर्मचारी सरुवा गरिएको भन्दै लोकसेवा रुष्ट
383
इङ्लिस प्रिमियर लिग च्याम्पियन चेल्सी सिजनको पहिलो खेलमै बर्नलेसँग आफ्नो घरेलु मैदान स्टामफोर्ड ब्रिजमा #–# गोलले पराजित भएको छ । शनिवार राती सिजनको पहिलो खेल खेल्न उत्रिँएको चेल्सीका लागि त्यतिबेला सबैभन्दा ठूलो दुःखको क्षण भयो , जब उसका दुई खेलाडी रातो कार्ड खाएर मैदान बाहिरिन बाध्य भए । # खेलाडीमा सिमित प्रिमियर लिग विजेता टोलीविरुद्ध बर्नलेले पहिलो हाफमै # गोल गरिसकेको थियो ।
लिग च्याम्पियन चेल्सी स्तब्ध , पहिलो खेलमै पराजित
382
अमेरिकी शोधकर्ता एमिली नागोस्की अन्तिम परीक्षाको उत्तरपुस्तिका जाँच गरिरहेकी थिइन् । उत्तर पुस्तिकामा उनले यस्तो पाइन् की जसका कारण उनी भक्कानो छाड्न पुगिन् । नागोस्कीले आफ्नो कलेजका विद्यार्थीहरुलाई यौनिकताको विषयमा केही मौलिक कुराहरु लेख्ने प्रश्न दिएकी्र थिइन् ।
# प्लेटर्फम , जहाँ पाइन्छ यौनिकताको शिक्षा
265
पर्सा प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको निजगढ नगरपालिका - # का ## वर्षीय ईन्द्रबहादुर तामाङ , सोही नगरपालिका - ## का ## वर्षीय पदम तामाङ र सोही ठाउँका ## वर्षीय रोशन तामाङ रहेका छन् । बिशेष सूचनाको आधारमा तीनै जनालाई वीरगञ्ज महानगरपालिका - ## स्थित परवानीपुरबाट आइतबार नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
वीरगञ्जबाट लागूऔषधसहित तीन जना पक्राउ
343
जिम्बाब्बेमा सम्पन्न राष्ट्रपति चुनावपछि राजधानी हरारेमा भएको प्रदर्शनमा # जनाको ज्यान गएको छ । निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै विपक्षी दल एमडीसीले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा # जनाको ज्यान गएको हो । राष्ट्रपति इमरन मनंगाग्वाले हिंसाकाे जिम्मेवार विपक्षी भएकाे बताएका छन् ।
जिम्बाब्बेमा भएको प्रदर्शनमा # जनाको मृत्यु
288
सिद्धार्थ राजमार्गको तानसेन नगरपालिका–# नयाँपाटीमा शुक्रबार राती भएको टिपर दुर्घटनामा एक जनाकोे मृत्यु भएको छ । लु # ख #### नम्बरको टिपर दुर्घटनामा एक घाइते भएका छन् । दुर्घटनामा परि विनय गाउँपालिका–# चिसापानी नवलपरासीका ## वर्षीय सहचालक विवेक कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक चन्द्रकुमार थापाले बताए ।
टिपर दुर्घटनामा सहचालकको मृत्यु
330
आज पहिलो राष्ट्रिय वृक्षरोपण दिवस मनाइँदै छ । सरकारले यसै वर्ष असार ## गतेलाई राष्ट्रिय वृक्षरोपण दिवसको रुपमा मनाउने निर्णय गरेको थियो । दिवसको अवसरमा काठमाडौं उपत्यकासहित देशभर वृक्षरोपण कार्यक्रम आयोजना गरिएको छ ।
कोटेश्वर - कलंकी खण्डमा वृक्षारोपण : कसको सहभागीता कहाँ ?
216
प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबारदेखि सरकारी निवास बालुवाटारमा बसेका छैनन् । उनी राजधानीबाहिर गएका भने होइनन् । शनिबार सुरू एसिया प्यासेफिक समिटका पाहुनासँगै प्रधानमन्त्री ओली पनि पाहुनाजस्तै होटलमा बसेका हुन् ।
तीन दिनदेखि प्रधानमन्त्री सोल्टीको प्रेसिडेन्सियल सुइटमा , आगन्तुकको आउजाउ बेला हिँडनधरि रोक
215
नेकपा एमालेका नेता माधवकुमार नेपालले एनेकपा माओवादीका कारण संविधान निर्माण प्रक्रियामा ढिलाइ भएको बताएका छन् । संविधान निर्माणमा माओवादी संवेदनशील नबनेको उनको आरोप छ । प्रेस चौतारी मोरङले सोमबार विराटनगरमा आयोजना गरेको जर्नादन मैनाली स्मृती पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा नेता नेपालले एमाओवादीले बढी जालसाजी गर्ने गरेको आरोप लगाए ।
एमाओवादीले जालसाजी गर्छ : नेपाल
338
लव रन्जनको निर्देशनमा बन्न लागेको नयाँ चलचित्रका लागि बलिउड नायकद्धय रणवीर कपुर र अजय देवगण पक्का भइसकेका छन् । यो चलचित्रमा रणवीरको जोडीको रुपमा नायिका दीपिका पादुकोण रहने हल्ला चलिरहेको थियो । तर , उक्त कुरा मिथ्या सावित गर्दै चलचित्रमा जान्वी कपुरले इन्ट्री मारेकी छिन् ।
रणवीर कपुरको जोडी जान्वी
274
चलचित्र ' नाई नभन्नु ल ' रिलिजको समयमा नायिका ऋचा सिंह ठकुरीको निकै चर्चा थियो । यो चलचित्रपछि उनले केही हिट चलचित्रमा काम गरिन् । तर , ऋचा विस्तारै चलचित्र यात्राबाट सुस्ताइन् ।
' सुपर गोर्खे ' मा ऋचा र सुरजको रोमान्टिक अवतार
178
प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली , पूर्ण समानुपातिक संसद् र ## प्रदेशको माग ब्युँताउँदै संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच सोमबार एकीकरण भएको छ । एकीकृत पार्टीको नाम समाजवादी पार्टी नेपाल राखिएको छ । संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकता घोषणा गर्न राजधानीमा सोमबार आयोजित कार्यक्रममा नेताहरू ।
फोरम - नयाँ शक्ति एकीकरण : ## प्रदेशको माग ब्युँताउने
319
काठमाडौंको सरस्वति क्लवलाई फराकिलो अन्तरले पाखा लगाउँदै मनाङ मर्स्याङ्दी क्लब झापाको दमकमा जारी दमक गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ । दमक बहुमुखी क्याम्पसको खेलमैदानमा सोमबार भएको खेलमा अर्को ए डिभिजन टोली सरस्वती युथ क्लबलाई सोमबार #–# ले हराउँदै मनाङले अन्तिम चारको यात्रा तय गरेको थियो । उसका लागि सुजल श्रेष्ठले # तथा विमल बस्नेत , तिर्थ बस्नेत र सुवास गुरुङले एक–एक गोल गरेका थिए ।
सरस्वतिमाथि सहजै हराउँदै मनाङ दमक गोल्कपको सेमिफाइनलमा
391
भक्तपुरको मध्यपुर थिमीको बोडेमा परम्परादेखि चल्दै आएको जिब्रो छेड्ने जात्रामा यस वर्ष बुद्धकृष्ण बाग श्रेष्ठले जिब्रो छेडाएका छन् । मध्यपुर थिमी # बोडेका ## वर्षीय श्रेष्ठले आइतबार छैठौं पटक जिब्रो छेडाएका हुन् । यसअघि #### देखि ### सालसम्म लगातार चार वर्षसम्म जिब्रो छेडाएका उनले #### सालमा पनि जिब्रो छेडाएका थिए ।
बुद्धकृष्णले छैठौं पटक छेडाए जिब्रो
316
काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकमा सांसदले कञ्चनपुरको भीमदत्त नगरपालिका–# मा एक किशोरीको बलात्कारपछि हत्या भएको भन्दै दोषीमाथि कारवाही र पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा अधिकांश सांसदले महिला तथा बालिका बलात्कारको घटनामा दोषी देखिएकाहरुलाई कडाभन्दा कारवाही गरिनुपर्नेमा जोड दिए । दोषीमाथि कारवाही र पीडित परिवारलाई क्षतिपूर्ति नदिइकन शव नबुझ्ने भन्दै स्थानीयवासीले कञ्चनपुरमा विरोध गरिरहेका छन् ।
बलात्कारको दोषीलाई कारवाही गर्न माग
452
काठमाडौं उपत्यकाको बढ्दो वायु प्रदूषणलाई व्यवस्थापन गर्न बनेको कार्य–योजना #### मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । वन तथा वातावरण मन्त्रालयले सो कार्य–योजना बनाई तीन महिनाअघि मन्त्रिपरिषद्मा पेस गरेको थियो । दुई वर्षअघि वातावरण विभागले वायुको गुणस्तर व्यवस्थापनसम्बन्धी कार्य–योजनाको मस्यौदा तयार पारेको थियो ।
वायु प्रदूषण व्यवस्थापन कार्य–योजना स्वीकृत
309
विशेष अदालतले एमबिबिएस छात्रवृत्ति परीक्षामा प्रश्नपत्रको गोपनीयता भंग गर्ने # जनालाई दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी , न्यायाधीशहरु द्वारिकामान जोशी र नारायणप्रसाद पोखरेलको इजलासले # जनालाई दोषी ठहर गर्दै बुधबार कैद र जरिवाना सुनाएको हो । तीन वर्षअघि शिक्षा मन्त्रालयले एमबिबिएस छात्रवृत्ति परीक्षा लिने क्रममा गोल्डेन गेट कलेजबाट परीक्षा हुनुभन्दा # मिनेटअघि नै प्रश्नपत्र बाहिरिएको थियो ।
प्रश्नपत्र बेच्नेलाई जेल सजाय
415
उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले राष्ट्रिय सुरक्षा नीति #### सालको विधेयकमा नै आधारित भएर ल्याइएको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक अन्र्तगत रक्षा मन्त्रालय शिर्षकमा संसदमा उठेका प्रश्नहरुको जवाफ दिदैं मन्त्री पोखरेलले सरकारले तत्काल बनाएको भन्दा पनि #### र #### सालको विधेयकको आधारमा राष्ट्रिय सुरक्षा नीति बनाएको बताएका हुुन् । मन्त्री पोखरेलले मुलुकमा सेना परिचालन गर्नुपर्ने अवस्था आएमा राष्ट्रिय सुरक्षा परिषद्बाट अनुमोदन गर्नुपर्ने भएकाले यदि परिषद् बैठक बस्न नसकेको खण्डमा पर्न सक्ने अप्ठ्यारोलाई मध्यनजर गरि प्रधानमन्त्रीले अनुमोदन गर्न सक्ने व्यवस्था गरिएको स्पष्ट पारे ।
राष्ट्रिय सुरक्षा नीति #### कै विधेयकमा आधारित : रक्षामन्त्री पोखरेल
629
सहकारी तथा गरिवी निवारण मन्त्री हृदयराम थानीले नयाँ सहकारी ऐन चाडै ल्याउने तयारी भइरहेको बताएका छन् । जिल्ला सहकारी संघ बाँकेको ## औं साधारण सभाको शुक्रबार उदघाटन गर्दै उनले सहकारीको सिद्धान्त अनुसार उक्त ऐन बन्न लागेको स्पष्ट पारे । परिमार्जित ऐन आएपछि सहकारी क्षेत्रमा देखा परेका गलत क्रियाकलाप अन्त्य हुने दाबी गरे ।
नयाँ सहकारी ऐन चाडै : मन्त्री थानी
319
एउटा ठट्यौली छ , ' गाडी नहुँदो हो त रोहित सेट्टीले चलचित्र बनाउने थिएनन् । ' हुनपनि उनको चलचित्रमा गाडीकै खेल हुन्छ । गाडी उडाएको , गाडी जुधाएको ।
फराह खानले किन फुक्र्याए रोहित सेट्टीलाई ?
146
## वर्षीया किशोरीमाथि यौन दुर्ब्यबहार गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरी मुद्धा चलाएको छ । जोरायल गाउँपालिका - # का ## वर्षीय खडकबहादुर मगरलाई यौन दुर्ब्यबहार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक ( डीएसपी ) लालबहादुर धामीले जानकारी दिए । घरमा एक्लै भएको मौका छोपी सोमबार राति करिब ## बजेको समयमा खडकबहादुरले घरको झ्यालाट दुर्ब्यबहार गरेको पीडित किशोरीले बयान दिएको डीएसपी धामीले बताए ।
किशोरीमाथि यौन दुर्ब्यबहार गरेको आरोपमा पक्राउ
433
#### साउन अन्तिममा बबईमा आएको बाढी बस्तीमा पस्दा # गाविसका र गुलरिया नगरपालिकाका # लाख घर धुरी पूर्ण रूपमा प्रभावित भए । ## जनाको बाढीबाट मृत्यु भयो । # जनाको अवस्था अझै अज्ञात छ ।
' सिद्धान्तभन्दा तटबन्धन प्यारो '
180
नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) का अध्यक्ष पुष्पकमल दाहाल ' प्रचण्ड ' मंगलबार संयुक्त अरब इमिरेट्स ( युएई ) गएका छन् । बिहान #ः## बजे युएई गएका प्रचण्डको यो भ्रमण विशुद्ध पारिवारिक भएको उनका प्रेस संयोजक विष्णु सापकोटा ' जुगल ' ले जानकारी दिएका छन् । प्रचण्डको साथमा पत्नी सीता छोरीहरू रेणु र गंगासहित तीन जना बच्चा पनि छन् ।
श्रीमती , छोरीहरु र नातिनातिनासहित युएई उडे प्रचण्ड
327
सिजी इलेक्ट्रोनिक्सले पुराना टिभीसँग नयाँ साट्ने पाउने अफर ल्याएको छ । बुधबारदेखि सिमित अवधिका लागि कम्पनीले यस्तो अफर ल्याएको जनाएको छ । नेपाल अधिराज्यभरका डिलरमार्फत यो सुविधा दिइएको सिजीले जनाएको छ ।
पुरानासँग नयाँ एलजी टिभी साट्न पाइने
202
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक यातायातका साधनको प्रयोग गर्न आह्वान गरेका छन् । इन्धनको बचत गर्न र पेट्रोलियम पदार्थको आयात घटाउन मेट्रो रेलको यात्रालाई प्रतिष्ठाको विषय बनाउन पनि उनले आह्वान गरेका छन् । झण्डै ## किलोमिटर विस्तार भएको दिल्ली मेट्रोको मागेन्टा लाईनको एक समारोहमा प्रधानमन्त्री मोदीले सार्वजनिक क्षेत्रको भौतिक संरचनाका लागि सरकारले अत्यधिक धेरै खर्च गरेको बताए ।
सार्वजनिक यातायात प्रयोग गर्न प्रधानमन्त्री मोदीको आह्वान
393
लामो दूरीमा चल्ने सवारीसाधनको दुर्घटना बढेसँगै यातायात व्यवस्था विभागले दुई चालक हुनुपर्ने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्ने भएको छ । विभागले मङ्गलबार सूचना जारी गर्दै प्रस्थानविन्दुबाट ### किमी वा सोभन्दा बढी दूरीमा चल्ने सवारीसाधनले अनिवार्यरूपमा दुई चालक नराखेको पाइए कारबाही गर्ने जनाएको हो । सवारी तथा यातायात व्यवस्था ऐन , #### को दफा ### मा लामो दूरीमा चल्ने सार्वजनिक सवारीमा कम्तीमा दुई चालक अनिवार्य राखी प्रत्येक # / # घण्टामा पालैपालो सवारी चलाउनुपर्ने व्यवस्था छ ।
लामो दूरीमा दुई चालकको व्यवस्थालाई कडाइ गरिने
484
पुस्तकमा कर लगाउने सरकारको निर्णयविरुद्ध विद्यार्थी आन्दोलित भएका छन् । पुस्तक आयातमा सरकारले ## प्रतिशत भन्सार कर लगाउने निर्णय गरेपछि त्रिचन्द्र कलेजका विद्यार्थीले बुधबार सडकमै सरकारविरुद्ध प्रदर्शन गरेका छन् । विद्यार्थीले कर लगाउन नहुने भन्दै हस्ताक्षरसमेत संकलन गरेका छन् ।
पुस्तक आयातमा कर लगाएको भन्दै विद्यार्थीको प्रदर्शन
279
नेपाल सरकारले यो वर्षलाई भ्रमण वर्षका रुपमा मनाई रहेको भएपनि पर्यटकलाई लक्षित गरि बनाइएका ओखलढुंगाका पर्यटकीय गन्तव्य अधुरै छन् । ओखलढुंगाको सिद्धिचरण नगरपालिका लगायतका स्थानीय तहहरुमा बनाइएका पर्यटकीय गन्तव्य लामो समयदेखि अधुरै भएका हुन् । करिब डेढ दशकअघि निर्माण सुरु भएको सदरमुकाम नजिकै रहेको थामडाँडास्थित सहिद पार्क पूर्ण नहुँदै जिर्ण भइसक्यो ।
अधुरै पर्यटकीय गन्तव्य
349
सप्तरी प्रहरीले किर्ते नेपाली नागरिकता बनाउने एक गिरोहलाई पक्राउ गरेको छ । आर्थिक चलखेल गरी भारतीय नागरिकलाई नेपाली नागरिकता बनाइदिने सरकारी कर्मचारी , सहयोगीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा वडा सचिव , प्रशासन कार्यालयका कार्यालय सहयोगी समेत छन् ।
किर्ते गरी भारतीयलाई नेपाली नागरिकता ! वडासचिवसहित # जना पक्राउ
253
फिलिप कौटिन्होको गोलप्रेरित ब्राजिलले बिहीबार इक्वेडरमाथि # - # को जित हासिल गर्दै विश्वकपको दक्षिण अमेरिकी छनोटमा शीर्ष स्थान पक्का गर्दा अर्जेन्टिना र चिली फेरी एक पटक निराश भएका छन् । लिभरपुलका ## वर्षे मिडफिल्डर कौटिन्हो ढाडको समस्याका कारण पछिल्लो केही खेलमा अनुपस्थित रहँदै आएका थिए । ##औं मिनेटमा पाउलिन्होको गोलमा अग्रता लिएको ब्राजिलका लागि त्यसको सात मिनेटपछि गोल गर्दै कौटिन्होले जित पक्का गरेका थिए ।
ब्राजिल शीर्ष स्थानमा
412
हङकङका प्रदर्शनकारीहरू शुक्रबार अन्तर्राष्ट्रिय विमानस्थलभित्र प्रवेश गरेका छन् । डेढ महिनादेखि सरकारविरूद्ध प्रदर्शन गरिरहेकाहरू शुक्रबार दिउँसो हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा गएका हुन् । उनीहरूले आफ्नो आन्दोलन र मागबारे जापानी , अंग्रेजीलगायत विभिन्न भाषामा लेखिएका प्लेकार्डहरू आगन्तुकलाई दिएका छन् ।
अन्तर्राष्ट्रिय विमानस्थलभित्र पसे हङकङका प्रदर्शनकारी
317
सोमर्स्वी एप्पल साइडरले गायक सुशान्त केसीलाई ब्रान्ड एम्बेष्डर बनाएको छ । उनलाई आजबाट लागु हुने गरी # वर्षका लागि ब्रान्ड एम्बेष्डर बनाइएको गोर्खा ब्रुअरीले जनाएको छ । गोर्खा ब्रुअरी प्रालिका मार्केटिङ्ग डाइरेक्टर बैभव शर्माले ' हामीे यो सहकार्यबाट दूबैबीच परिपुरक हुनेमा विश्वस्त गर्छौ ।
गायक सुशान्त केसी सोमर्स्वीको ब्रान्ड एम्बेष्डर
288
फाइल फोटो# साउन , काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी संगठनभित्र कुराहरु धेरै भएको भन्दै अब काम गरेर देखाउन उपत्यकाभित्रका प्रहरी निकायका अधिकारीहरूलाई निर्देशन दिएका छन् । महानगरीय प्रहरी आयुक्तको कार्यालय , रानीपोखरीमा मंगलबार काठमाडौं प्रहरी परिसर , महानगरीय अपराध अनुसन्धान महाशाखा , ट्राफिक प्रहरी महाशाखासहित मेट्रोका सिनियर अधिकारीलाई निर्देशन दिँदै खनालले परिणाममुखी काम चाहिएको बताए ।
उपत्यकाका प्रहरी अधिकारीलाई आईजीपीको निर्देशन : कुरा धेरै भए , अब काम गरौं
412
राष्ट्रपति ट्रंपका अर्का सहयोगी रजर स्टोनमाथि # वटा आरोपमा मुद्दा दायर : #### चुनावमा विदेशी विशेष गरी रसियाद्वारा हस्तक्षेप गरिएको भन्ने विषयमा अध्ययन एवम् अनुसन्धान गर्न गठित स्पेसल काउन्सिलले जनवरी ## गते रजर स्टोनमाथि मुद्दा दायर गरेको छ । शुक्रवार एकाबिहानै फ्लोरिडा स्थित रजरको निवासमा एफबीआइ प्रवेश गरी उनलाई नियन्त्रणमा लिएको थियो । उनी माथि न्याय प्रक्रियामा दखल पुर्‍याएको , काँग्रेससँग झुटो बोलेको र मुद्दाका साक्षीहरूलाई बाधा पुर्‍याएको जस्ता आरोप लगाइएको छ ।
' राष्ट्रपति ट्रंपका अर्का सहयोगी रजर स्टोनमाथि # वटा आरोपमा मुद्दा दायर '
471
बेनी नगरपालिका–# गलेश्वरमा सोमबार दिउँसो भएको ट्याक्टर दुर्घटनामा परि # जनाको ज्यान गएको छ । गलेश्वरदेखि बेनी आउँदै गरेको ग # त #### नम्बरको ट्याक्टर गलेश्वरमा निर्माणधिन बसपार्क नजीकैबाट कालिगण्डकी नदीमा खसेको थियो । दुर्घटनामा गम्भिर घाइते ट्याक्टर चालक रघुगंगा गाउँपालिका - # का राम विक र सहचालक बेनी नगरपालिका–# गलेश्वर बस्दै आएका गणेश कार्कीको उपचारको क्रममा जिल्ला अस्पताल बेनीमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक बसुन्धरा खड्काले बताईन् ।
ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
444
अभिनेता आर्यन सिग्देलसँग सबैभन्दा धेरै हिट फिल्म दिएकी रेखा थापा र सिग्देलबीच पानी बाराबार छ । दुवैले सँगै फिल्म खेल्नु त परको कुरा , एकले अर्काको नामसम्म सुन्न चाहँदैनन् । पुराना आर्यनसँग मनमुटाव रहे पनि रेखा नयाँ आर्यनसँग भने फिल्म खेल्न राजी भएकी छन् ।
नयाँ आर्यनसँग रेखा
255
भारतीय काङ्ग्रेस आईका अध्यक्ष राहुल गान्धी आज यहाँबाट ल्हासातर्फ प्रस्थान गरेका छन् । धार्मिक यात्राका लागि मानसरोवर जाने क्रममा शुक्रबार काठमाडौं आएका अध्यक्ष गान्धी एयर चाइनाको उडानबाट आज दिउँसो ल्हासा प्रस्थान गरेका सुरक्षा स्रोतबाट थाहा भएको छ । काठमाडौंमा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि वङ्गाल खाडीको प्रयास ( बिम्स्टेक ) को शिखर सम्मेलन चलिरहेको बेला गान्धी काठमाडौंमा आइपुगेका थिए ।
मानसरोवर जान आएका राहुल गान्धी किन गए ल्हासा ?
405
फोक्सोमा क्यान्सर देखिएका प्रधानमन्त्री सुशील कोइरालाको रेडिएशन थेरापी बुधवारदेखि शुरु हुने भएको छ । प्रधानमन्त्री कोइराला डा . मंजित सिंहसँग । तस्वीर : मृदुला कोइरालादुई पटक बायोप्सी गर्दा क्यान्सर पुष्टि भएपछि आगामी बुधवारदेखि रेडियसन थेरापी शुरु हने अमेरिकाबाट प्रधानमन्त्रीकी निकट सहयोगी मृदुला कोइरालाले जानकारी दिएकी छन् ।
प्रधानमन्त्रीको रेडिएशन थेरापी बुधवारदेखि हुने
328
मोटरसाईकललाई जोगाउन खोज्दा सर्लाहीको सासापुर स्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुबस पल्टिएको छ । दुर्घटनामा ## जना घाईते भएका छन् । विपरित दिशाबाट आईरहेको ना . ## प #### नम्बरको मोटरसाईकललाई जोगाउन खोज्दा पूर्वबाट पश्चिमतर्फ गईरहेको ना . # ख #### नम्बरको यात्रुबस मंगलबार बिहान ## बजे पल्टिएको हो ।
मोटरसाईकललाई जोगाउन खोज्दा यात्रुबस पल्टियो
298
एनआईसी एशिया बैंकले जिल्ला प्रहरी कार्यालय सुनसरीलाई सचेतनात्मक सुचना भएका ## थान रोड ब्यारीकेड र ## थान प्रहरी चेकिङ्ग बोर्ड हस्तान्तरण गरेको छ । सुनसरी जिल्लाको सुरक्षामा सहयोग गर्न बैंकले उक्त सामग्री हस्तान्तरण गरेको हो । बैंकका उप प्रार्देशिक कार्यालय कोशीका प्रमुख लक्ष्मण चालिसेले सामग्री हस्तान्तरण गरे ।
एनआईसी एशियाको जिल्ला प्रहरी कार्यालय सुनसरीलाई सहयोग
312
ईश्वरपुर नगरपालिका–# राइटरखोरस्थित मुसहर टोल अचेल सुनसान छ । विपन्न बस्तीका धेरै छाप्रामा शोकमा डुबेका मानिस भेटिन्छन् । परिवारका सदस्य कालाजार लागेर उपचार अभावमा गुमाएपछि बस्तीमा सन्नाटा छाएको हो ।
मुसहर बस्तीमा कालाजारको महामारी
198
तेश्रो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ । लिग कम नकआउटका आधारमा बुधबार सम्पन्न फाइनल खेलमा एपिएफले न्यू डायमण्ड एकेडेमीलाई #–# सेटले पराजित गरेको हो । एफिएफले ##–## , ##–## र ##–## अङ्कले हराएको हो ।
आर्मीलाई हराउँदै एपिएफले जित्यो तेश्रो दिदीबहिनी भलिबलको उपाधि
260
जीतपुर सिमरा नगरपालिकामा पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेले आफ्नो अग्रता कायम राखेको छ । एमालेका कृष्णप्रसाद पौडेल #### मतका साथ अग्रस्थानमा छन् । दोस्रो स्थानको नेपाली कांग्रेसका कृष्णवर्त सिंहले #### मत ल्याएका छन् भने माओवादी केन्द्रका राजन पौडेल #### मतका साथ तेस्रो स्थानमा छन् ।
जीतपुर सिमरामा एमाले लगभग ### मतले अगाडि
286
शुक्रबार सुनको मूल्य प्रतितोला ## हजार # सय पुगेको छ । तेजाबी सुनको मूल्य ## हजार # सय रुपैयाँमा कायम भएको सुनचाँदी व्यवसायी महासंघले बताएको छ । आजका लागि चाँदीको मूल्य # सय ## पुगेको छ ।
सुनको मूल्य कति ?
187
कोरोना भाइरसबाट फ्रान्समा एक चिनियाँ पर्यटकको मृत्यु भएको पुष्टि भएको छ । शनिबार फ्रान्सका स्वास्थ्यमन्त्री अग्नेस बुजिनले भने । ' चीनको हुबेई प्रान्तमा माहामारीको रूपमा फैलिएको कोरोना भाइरस ( कोभिड–## ) बाट फ्रान्समा एक ## वर्षीय चिनियाँ पर्यटकको मृत्यु भएको पुष्टि भएको छ ।
कोरोना भाइरस सङ्क्रमण : फ्रान्समा पनि एकको मृत्यु
275
राष्ट्रियसभाका सदस्य रामनारायण विडारीले नेपाल विशेष सेवा विधेयक #### सिआइए र रअका एजेण्टहरुलाई कारवाही गर्न ल्याइएको बताएका छन् । राष्ट्रियसभामा पेश भएको विधेयकमाथिको छलफलका क्रममा उनले नेपालको आन्तरिक मामिलामा रअ र सिआइएका एजेण्टहरुले हस्तक्षेत्र गरेको र उनीहरुको खोजी गरी कारवाही गर्न विधेयक ल्याएको बताएका हुन् । ' इन्टेलिजेन्स हो यसको मुख्य काम ।
विशेष सेवा विधेयकले रअको भत्ता खानेलाई कारबाही गर्छ , प्रेमी–प्रेमिकालाई हैनः विडारी
350
तीनवटै तहका सरकार चुनिएपछि जनताको आवश्यकतामा आधारित विकास आयोजनाले गति लिने आमविश्वास थियो । तर त्यसको ठीकविपरीत भ्युटावर , संसारकै अग्लो बुद्ध र गाईको मूर्ति बनाउनेजस्ता अनुत्पादक कामले प्राथमिकता पाउन थालेको छ । केही नयाँ काम गरेको देखाउने चाहना र कार्यकर्तालाई आर्थिक फाइदा दिलाउन सकिने स्वार्थका कारण ठाउँ न कुठाउँ भ्युटावर निर्माणमा जुटेको आरोप जनप्रतिनिधिहरूमाथि लाग्न थालेको छ ।
जनअपेक्षा एकातिर , सरकारको ध्यान भ्युटावरतिर
385
नेताहरु हुन्न भन्न जाँदै जान्दैनन् । यो पनि गर्छु , त्यो पनि गर्छु भन्छन् । तर , काम समयमा कहिल्यै हुँदैन ।
जहिल्यै ठूला कुरा , काम थोरै !
107
भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोले देशको सेनाको खुलेर प्रशंसा गरेका छन् । अमेरिका र विपक्षी नेता उवान गुआइडोको नेतृत्वको ' कू ' लाई परास्त गरेको र आफूप्रति वफादार रहेको भन्दै मादुरोले देशको सुरक्षा फौजको तारिफ गरेको बिबिसीले उल्लेख गरेको छ । शनिबार सरकार पक्षीय र्‍यालीमा सम्बोधन गर्दै राष्ट्रपति मादुरोले सुरक्षा फौजको प्रशंसा गरेका हुन् ।
भेनेजुएला राजनीति : राष्ट्रपति मादुरोले गरे सेनाको प्रशंसा
345
देशको प्रमुख भन्सार नाका कस्तो हुनुपर्छ ? पक्कै पनि आकर्षक मनमोहक हुनुपर्छ होला । कुनै विदेशी पाहुना वा सवारी चालक नेपाल प्रवेश गर्नेवित्तिकै भनुन् ' आहा ! कति राम्रो देश ! ' तर , प्राकृतिक सुन्दरता र भौगोलिक विविधताले भरिपूर्ण नेपाल प्रवेश गर्ने देशको प्रमुख नाका वीरगञ्जको अवस्था ठीक विपरीत छ । वीरगञ्ज भन्सार नाकाले देशको अर्थतन्त्रको मुख्य हिस्सा धान्छ ।
भ्रमण वर्षलाई गिज्याउने ' गेटवे अफ नेपाल '
358
धनुषाको मिथिला नगरपालिका–# श्रीपुरस्थित औरही खोलामा अवैध तरिकाले भइरहेको गिट्टी–बालुवा उत्खनन‌को विरोध गर्दै आएका स्थानीय ## वर्षीय दिलीप भनिने ओमप्रकाश महतोलाई शुक्रबार बिहान टिपरले किचेर मारिएको छ । औरही खोलाकिनार दुवैतिर स्थानीयको खेत छ । ओमप्रकाशको खेत पनि त्यही छ ।
विरोध गर्दा टिपरले किचेर हत्या
270
इन्धनको सट्टा सौर्य उर्जाबाट विश्वभर विमान उडाउने पहिलो प्रयास अबुधाबीबाट सुरु भएको छ । ' सोलार इम्पल्स - # ' नाम दिइएको सो विमान सफलतापूर्वक उडान गर्दै ओमान हुँदै भारतको अहमदावाद पुगेको छ । एक थोपा पनि तेल प्रयोग नगरी विश्वभर उडाउने योजना छ ।
सोलार हवाइजहाज विश्व यात्रामा
243
राष्ट्रिय सभाका सांसदहरूले मुस्लिम समुदायको महान पर्व बकर ईदमा सार्वजनिक विदा दिन सरकारसँग माग गरेका छन् । राष्ट्रियसभाका सांसद कविता बोगटीले मुस्लिम समुदायको महान पर्व बकर ईदमा सार्वजनिक विदा दिन सरकारसँग माग गरेकी हुन् । बकर ईद पर्व भोलि बुधबार मनाइदै छ ।
बकर ईदमा सार्वजनिक विदा दिन सरकारसँग माग
257
चैत्रको # गतेबाट रिलिज हुन लागेको चलचित्र ' कागजपत्र ' को ओएसटी सार्वजनिक गरिएको छ । ' माया संसार ' बोलको गीतको भिडियोले चलचित्रको भाव बोकेको छ । हर्कुलस बस्नेतको शब्द , संगीत तथा स्वर रहेको यो गीतमा चलचित्रका मुख्य कलाकारलाई देखाइएको छ ।
नाजिर र शिल्पाको ' माया संसार '
238
भक्तपुरको केदारनाथको शिर डोलेश्वर मन्दिरमा बुधबारबाट श्रावणी मेला सुरु भएको छ । यस क्रममा विहान स्थानीय पौखेलको पीपलचौतारीबाट चन्द्रबिनायक गणेश मन्दिर हुँदै डोलेश्वर मन्दिर परिसरसम्म कलश यात्रा सम्पन्न भएको छ । कलशयात्रापछि मेलाको स्वामी चुडामणि महाराजले औपचारीक रुपमा उद्घाटन गरे ।
भक्तपुरको डोलेश्वरमा श्रावणी मेला शुरु
282
विधि र प्रक्रिया पूरा नगरी प्रधानमन्त्रीको शपथ लिएको दलीलसहित प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । अधिवक्ता यज्ञमणि न्यौपानले दायर गरेको रिटमा प्रधानमन्त्री बन्न संसदबाट शपथ लिनुपर्ने संवैधानिक व्यवस्था भए पनि विधि र प्रक्रिया पूरा नगरी प्रधानमन्त्री पद सम्हालेको उल्लेख छ । एमाले अध्यक्ष ओलीले फागुन # गते प्रधानमन्त्रीको शपथ लिएका थिए भने फागुन ## गते प्रतिनिधिसभाका सम्पूर्ण सदस्यले संसद्मा शपथ लिएका थिए ।
प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा रिट
446
सरकारले वातावरण मन्त्रालयको अगुवाइमा आगामी एक वर्षसम्म देशभर वातावरण सरसफाई महाअभियान सञ्चालन गर्ने भएको छ । महाअभियानकोे सभामुख कृष्णबहादुर महराले राजधानीको शंखपार्कमा आयोजित एक कार्यक्रमबीच बुधबार उदघाटन गरे । उदघाटन कार्यक्रममा महराले हरेक नागरिक , टोल , इकाई , जिल्लाहुँदै सिंगो देश स्वच्छ हुन सक्ने बताए ।
एक बर्ष चल्ने भयो सरसफाई महाअभियान
310
नेपाल आयल निगमको नाफा बढ्दै गएको छ । केही वर्ष निरन्तर घाटामा गएको निगम अहिले भने नाफामा गएको छ । स्वचालित मूल्य प्रणाली लागु गरेसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्दा निगम नाफामा गएको हो ।
आयल निगमको नाफा # सय # प्रतिशतले बढ्यो
196
चट्याङले लागेर ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नम्बर # साँवामा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मिक्वाखोला # साँवा निवासी ## बर्षिय दावाफुटी शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरिक्षक काँशीनाथ रेग्मीले जानकारी दिए । उनका अनुसार आफ्नै घरमा खाना खाइरहेको अवस्थामा बर्षासँगै परेको चट्याङ लागेर उनको मृत्यु भएको हो ।
ताप्लेजुङमा चट्याङले लागेर एकको मृत्यु
361
हिमाली जिल्ला हुम्लाका सात गाउँपालिकाका ## वडा कार्यलयमध्ये ## वडाहरू सचिवविहीन छन् । सबै गाउँपालिकाले प्रत्येक वडामा सचिवको व्यवस्थाका लागि मन्त्रालयमा पत्र पठाउँदा पनि सचिवको व्यवस्था नहुँदा वडा कार्यलय सचिवविहीन भएका हुन् । # वडा रहेको सिमकोट गाउँपालिकामा एक मात्र सचिवको व्यवस्था भएको र अरु सबैमा सचिव खाली रहेको वडा नं . # , # र # वडाको जिम्मेवारी लिएको वडासचिव धर्मराज रोकायाले बताए ।
हुम्लाका ## मध्ये ## वडा सचिवविहीन
390
मुख्यभूमि चीनतर्फ सुपुर्दगी गर्नका लागि ल्याउन लागिएको विवादित विधेयक ' मृत भएको ' हङकङकी प्रमुख कार्यकारी क्यारी लामले बताएकी छन् । मंगलबार हङकङमा आयोजित पत्रकार सम्मेलनमा कार्यकारी लामले विधेयकलाई लिएर सरकारले गरिरहेको कार्य ' पूर्ण रूपमा असफल भएको ' बताएकी छन् । यद्यपि उनले विधेयक पूर्ण रूपमा फिर्ता लिइएको घोषणा भने गरिनन् ।
सुपुर्दगी विधेयक ' मृत भयो '
329
रोल्पा नगरपालिका वडा नम्बर ## दबाङस्थित भनभने मावि मतदान केन्द्रमा अज्ञात व्यक्तिले मतपेटिकामा प्रज्वलनशील पदार्थ खसाल्दा एउटा मतपेटिका जलेको छ । त्यहाँ एसिड खसालिएको थियो । प्रहरीले कसले यस्तो गर्‍यो भन्ने खुल्न नसकेको बताएको छ ।
मतपेटिकामा एसिड हालिएपछि रोल्पाको भनभनेमा मतदान रोकियो
230
खोटाङमा भएको बस दुर्घटनामा घाइते भएका ## जनालाई उपचारका लागि सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । फाइल तस्वीरनेपाली कांग्रेसका खोटाङ सभापति नरेश श्रेष्ठ र एमाओवादी जिल्ला अध्यक्ष देवान किराँतीको पहलमा नेपाली सेनाको हेलिकप्टर दुर्घटनास्थलमा पुगेको थियो । त्यहाँबाट गम्भीर घाइते ## जनालाई हेलिकप्टरले उद्धार गरेर राजधानी ल्याइएको हो ।
खोटाङ बस दुर्घटनाका ## घाइतेलाई काठमाडौं ल्याइयो
337
स्थानीय चुनावको मिति घोषणापछि सबैभन्दा बढी उत्साही कोही छन् भने ती गाउँ–गाउँका महिला अगुवाहरू नै हुन् जो यतिञ्जेल जनताले होइन पुरुष नेताले अवसर छेकिदिँदा पछि परेको अनुभवमा छन । घरको चार दिवारभन्दा बाहिर निस्केर जनसेवाको हाँक स्वीकार गरेका सयौं महिला यसबीचमा ' अवसरको नाकाबन्दी ' मा परे । स्थानीय चुनाव नियमित नहुँदाको मारले कयौं महिलाले जनप्रतिनिधि बन्ने मौका गुमाए ।
' अवसरको नाकाबन्दी ' तोड्ने मौका
367
हालै मात्र मुम्बई प्रहरीले एक ' स्पा ' मा छापा मारेर देह व्यापारमा संलग्न केही महिलाहरुलाई पक्राउ गरेको छ । बलिउड नायिका प्रियंका चोपडा उक्त घरकी मालिक्नी रहेको खुल्न आएको छ । भारतको चर्चित पत्रिका ' मिड डे ' ले यो कुराको खुलासा गरेको छ ।
प्रियंका चोपडाको घरमा देह व्यापार
238
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूहरुले सम्पूर्ण शक्ति देशको आर्थिक विकासमा लगाएको बताएका छन् । बुधबार बिहान आफ्नै निवास खुलमलाटरमा चिनियाँ कम्युनिस्ट पार्टी बेइजिङका उपाध्यक्ष लिजी याङको नेतृत्वको टोलीसँग भेटवार्ता गर्दै अध्यक्ष दाहालले सो कुरा बताएका हुन् । अध्यक्ष दाहालले भने , ' ' हाम्रो मुख्य ध्येय पर्यटन क्षेत्रको विकास गर्ने भन्ने हो ।
सम्पूर्ण शक्ति देशको आर्थिक विकासमा लगाएका छौं : अध्यक्ष प्रचण्ड
362
गतबर्षको सर्वाधिक कमाई गर्न सफल चलचित्र ' होस्टेल ' को सिक्वेल बन्ने भएको छ । ' होस्टेल रिटन्स ' नाम दिइएको चलचित्रको छायांकन असोज ## गतेबाट सुरु हुनेछ । यो सिनेमालाई ' मौन ' चलचित्रका निर्देशक सुरज भुषालले निर्देशन गर्नेछन् ।
बन्ने भो ' होस्टेल रिटन्स ' , छैनन् अनमोल र सलोन
226
सोलुखुम्बुको दुधकौसिका गाउँपालिका स्थित देउसाको खहरे खोलाले बगाउँदा एक व्यक्तिको ज्यान गएको छ । देउसाको दिप्ली स्थित नाम्चे खहरे खोलाले बगाउँदा दुधकौसीका गाउँपालीका # रोक्तीका ## वर्षीय अंकत बहादुर राईको मृत्यु भएको हो । उनी मंगलबार दिउँसो # बजेतिर रोक्ती बजार जान भनी घरबाट निस्किएका थिए ।
खोलाले बगाउँदा सोलुखुम्बुमा एक जनाको मृत्यु
290
मकवानपुरमा बाढी र पहिरोको कारण मृतकको संख्या # जना पुगेको छ भने घाइतेको संख्या # पुगेको छ । आइतबार राती ईन्द्रसरोवर गाउँपालिका # , मार्खुमा पहिरोले घर पुर्दा घरभित्र सुतिरहेका आमा छोरीको मृत्यु भएको छ । स्थानीय करिब ## बर्षीया कान्छीमायाँ बलामी र उनकी छोरी ## बर्षीया बबिता बलामीको मृत्यु भएको हो भने ## बर्षीया बुहारी बेली बलामी घाईते भएकी छिन् ।
बाढी पहिरोका कारण मकवानपुरमा मर्नेको संख्या पाँच पुग्यो
347
यही वैशाख ## को विनाशकारी भूकम्पबाट हिमालपारीको जिल्ला मुस्ताङ पनि अछुतो रहेन । पर्यटकीय जिल्ला मुस्ताङ सदरमुकाम जोमसोममा जमिन भासिएर भौतिक संरचना भत्किएका छन् । गृहमन्त्रालयको तथ्यांक अनुसार मुस्ताङमा भूकम्पबाट मानवीय क्षति भएको छैन तर एक जना घाइते भएका छन् ।
भूकम्पपछि जोमसोममा जे देखियो ( फोटो फिचर )
260
भूपरिवेष्टित मुलुक भएपनि नेपाललाई अव बस्तु आयात–निर्यातमा सामुद्रिक मार्ग प्रयोगमा थप सहजता मिलेको छ । नेपाल र चीनबीच सन ####मा सम्पन्न पारवहन संझौताको प्रोटोकलको तेस्रो परामर्श बैंठकले चीनका ठूला समुद्रिक र सुख्खा बन्दरगाह नेपालले प्रयोग गर्ने बारेमा सहमति जुटेको हो । बैठकमा नेपाली पक्षको नेतृत्व उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविसंकर सैंजु र चिनियाँ पक्षको नेतृत्व त्यहाँकाे यातायात सेवा विभाग यातायात मन्त्रालयका महानिर्देशक वांङ सि पीङले गरेका थिए ।
नेपालले अब चिनियाँ बन्दरगाह प्रयाेग गर्न पाउने , ताेडियाे भारतमाथिकाे निर्भरता
470
भारतको राजधानी नयाँदिल्लीस्थित दक्षिण एसियाली विश्वविद्यालय ( साउ ) को पठनपाठन विद्यार्थी आन्दोलनका कारण ठप्प भएको छ । भारतको राजधानी नयाँदिल्लीस्थित दक्षिण एसियाली विश्वविद्यालय । तस्बिर : कान्तिपुरविद्यार्थीहरूले आफ्ना मागप्रति प्रशासन गम्भीर नबनेको भन्दै आन्दोलनलाई थप चर्काउने बताएका छन् ।
दक्षिण एसियाली विश्वविद्यालय : विद्यार्थी आन्दोलनले पढाइ ठप्प
293
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्ति र लोकतन्त्रको दिशामा मुलुकलाई अगाडि बढाउन बडादशैंबाट सबैमा प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् । बडादशैंको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना सन्देश दिँदै उनले राष्ट्रिय एकता , अखण्डता , राष्ट्रिय स्वाभिमान कायम रहोस् भन्ने कामना पनि गरेका छन् । अध्यक्ष ओलीले सन्देशमा लेखका छन् , ' स्थानीय तहको निर्वाचनले आधारभूत तहमा लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गरेको छ , प्राकृतिक र साँस्कृतिक विविधताको धनी हाम्रो मुलुकमा विकासको प्रचुर सम्भावना छ ।
दशैंमा राष्ट्रिय एकता र स्वाभिमान कायम रहोस्ः केपी ओली
513
काभ्रेपलाञ्चोकको टुकुचानाला–# मा अविरल वर्षाका कारण बिहीबारराति घरको गोरो भत्किएर दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेमा ## वर्षीय लक्ष्मण केसी र ## वर्षीया गीता केसी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए । घटनामा घाइते भएका नौ वर्षीय छोरा विजय केसी र गीताको दिदीको छोरा ## वर्षीय दिनेश कार्कीको बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचारपछि घर फर्किसकेका छन् ।
घरको गारो भत्किएर दुईजनाको मृत्यु
414
प्युठान नगरपालिका जिल्लाको सबैभन्दा जेठो र सम्पन्न नगरपालिका हो । सम्पन्न नगरपालिकामा पनि यस्ता गाउँ छन् जहाँ अझैसम्म सडक सञ्जालको राम्रो व्यवस्था पुग्न सकेको छैन । भएका सडक पनि भत्किएर हिँड्नै नमिल्ने भएका छन् ।
साना आयोजनामा जुट्नै स्थानीय
212
बंगलादेशमा जारी आइसीसी यू - ## विश्वकप त्रिकेटमा नेपालका लागि सन्दिप लामिछानेले हृयाट्रिक विकेट लिएका छन् । बंगलादेशको फुतलाह मैदानमा आयरल्याण्डसँगको खेलमा लामिछानेले ## औं ओभरको अन्तिम # बलमा तीन जना आइरिस ब्याट्म्यानलाई आउट गर्दै ब्यक्तिगत हृयाट्रिक पूरा गरे । जारी विश्वकपको पहिलो हृयाट्रिक लामिछानेले लिए भने यू - ## विश्वकपमा नेपालकालागि हृयाट्रिक लिने उनी पहिलो र एकमात्र नेपाली बलर बने ।
सन्दिप लामिछानेः यू - ## विश्वकपमा ह्याट्रिक लिने पहिलो नेपाली बलर
394
नेपाली महिलालाई अवैध तरिकाले खाडी मुलुक पुर्‍याई घरेलु कामदारको रुपमा बेच्न एक सय ## भन्दा बढी तस्कर तथा एजेन्ट नेपालमा सक्रिय रहेको खुलेको छ । घर मालिकको यातना सहन नसकी भागेर खाडी मुलुकस्थित नेपाली दूतावास पुगेका महिलाले तस्करको पहिचान गरेका हुन् । पीडित महिलाको बयानका आधारमा खाडी राष्ट्र कुवेत , साउदी अरब , युनाइटेड अरब इमिरेट्स ( युएई ) र ओमानस्थित नेपाली दूतावासले तस्कर तथा एजेन्टको नाम कारबाहीका लागि नेपाल पठाएका छन् ।
मानव तस्कर ### को पहिचान
427
भन्सार छली ल्याएको अबैध सुन सहित एक भारतीय युवतीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–## स्थित प्रहरी चेक पोष्टबाट पक्राउ गरेको हो । काठमाडौँबाट भारत जाँदै गरेको डव्लु . बी . ## / #### नम्बरको भारतीय बसमा यात्रा गरिरहेका कलकत्ता पश्चिम बेदनापुर थाना घाटल , पोष्ट अफिस महाराजपुरका ## बर्षिया दीपा सामन्त पक्राउ परेकी हुन् ।
अवैध सुन सहित भारतीय युवती पक्राउ
387
सरकारले काठमाडौं उपत्यकाको सवारी व्यवस्थापनका लागि छुट्टै प्राधिकरण गठन गर्ने भएको छ । यसका लागि संसदमा ' काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक दर्ता भएको छ । काठमाडौं उपत्यकाभित्र एकीकृत यातायात प्रणालीको विकास गर्ने सम्बन्धमा नीति , अल्पकालीन तथा दीर्घकालीन योजनामा र रणनीति तयार गर्ने , सञ्चालन तथा व्यवस्थापन गर्ने , विद्युतीय भाडा तथा सूचना प्रणालीको विकास गर्ने र सरकारका विभिन्न तहमा समन्वय गर्ने काम कर्तब्य र अधिकार यो प्राधिकरणलाई दिन प्रस्ताव गरिएको छ ।
उपत्यकाको सवारी व्यवस्थापनका लागि छुट्टै प्राधिकरण !
489
सांसदहरुले मौलिक हक अन्तर्गत राखिएको नागरिकको आवासको अधिकारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक #### माथि पर्याप्त छलफलको आवश्यकता रहेको बताएका छन् । विकास तथा प्रविधि समितिको सिंहदरवारमा बिहीबारको वैठकमा सांसदहरुले नेपालमा पहिलोपटक अभ्यास गर्न लागिएको भएकाले पनि आवासको अधिकारका सन्र्दभमा पर्याप्त र गम्भीर छलफलको आवश्यकता औल्याए । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पहिलो चोटी आएको विधेयक भएकाले सुक्ष्म अध्ययन र छलफल हुनुपर्नेमा जोड दिए ।
आवासको अधिकारबारे छलफल गर्न उपसमिति गठन
460
नेपालमा हुने ## औं दक्षिण एसियाली खेलकुद ( साग ) को तयारीलाई मध्यनजर गर्दै नेपाली पौडी खेलाडीले ## औं एसियाली उमेरसमूह पौडी प्रतियोगितामा सहभागिता जनाउने भएको छ । प्रतियोगिता भारतको बैंगलारुमा सेप्टेम्बर ## देखि अक्टोबर # तारिखसम्म हुने छ । टोली आइतबार बैंगलारु प्रस्थान गरेको छ ।
एसियाली उमेर समूह पौडी प्रतियोगितामा नेपालका ## खेलाडी
280
इंग्लिश प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेकफ म्यानचेस्टर सिटीले आग्रता अझै बढाएको छ । लिग अन्तर्गत मंगलबार राति भएको खेलमा सिटीले वाट्फोर्डलाई # – # ले हराउँदै ## अंकको अग्रता बनाएको हो । घरेलु मैदान इत्तिहाद स्टेडियममा भएको खेलमा सिटीलाई जित दिलाउन रहिम स्ट्रलिङ र सर्जियो अग्युरोले एक एक गोल गरे ।
शीर्ष स्थानको सिटीले बनायो ## अंकको अग्रता
303
चलचित्र ' साङ्लो ' मा नायक विराज भट्टको जोडी बन्न लागेकी नायिका तथा पूर्व मिस नेपाल निकिता चण्डक भारतीय टेलिभिजनको चर्चित रियालिटी शो ' द कपिल शर्मा शो ' का कलाकार किकु शारदासँग देखिएकी छिन् । किकु शारदाको भ्यानेटी भ्यानमा खिचिएको तस्बिरमा उनीहरु दुबै निकै खुशी देखिएका छन् । यो शो मा निकिता अतिथी बनेर पुगेकी हुन् या किकु शारदासँग भेट्न पुगेकी हुन् भन्ने खुलेको छैन ।
' द कपिल शर्मा शो ' का ' लच्छा यादव ' सँग निकिता चण्डक
368
ओप्पोको एफ सिरिज अन्तर्गत सार्वजनिकको तयारीमा रहेको नयाँ स्मार्टफोन ' ओप्पो एफ## प्रो ' मा प्रभावकारी स्क्रिन टू बडी रेसियो सहितको फुल स्क्रिन हुने कम्पनीले जानकारी दिएको छ । फोनमा एफ सिरिज अन्तर्गतका उत्कृष्ट सेल्फी फँसनका साथै नयाँ फोनमा एफ नाइनको स्लिक ग्राडियण्ट डिजाइन र विभिन्न नयाँ प्रविधि उपलब्ध गराइने भएको छ । कम्पनीका अनुसार सार्वजनिक हुने तयारीमा रहेको यस फोनान ## एमपी अल्ट्रा–क्लियर क्यामेरा प्रणाली र राइजिङ क्यामेरा जडान गरिएका छन ।
ओप्पो एफ## प्रोमा पानारोमिक स्क्रिनको प्रयोग
448