title
stringlengths
14
116
content
stringlengths
513
23.1k
author
stringlengths
4
25
युवराजमाथिको ‘शंका बलियो’ बनाउने टेलिफोनवार्ता
पत्रकार जमाल खाशोग्गीको हत्यामा साउदी अरेबियाका शक्रिशाली क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमान (एमबिएस) को संलग्नता रहेको पुष्टि गर्ने खालको प्रमाण भेटिएको दाबी गरिएको छ ।,अमेरिकी पत्रिका द वासिङ्गटन पोस्टमा लेख्दै आएका साउदी पत्रकार खाशोग्गीको गएको अक्टोबर २ मा टर्कीस्थित साउदी कन्सुलर कार्यालयमा हत्या भएको थियो । १५ जनाको समूहले खाशोग्गीको हत्या गरेको र हत्यापछि उनीहरुले गरेको टेलिफोन वार्ताको रेकर्डले क्राउन प्रिन्सको संलग्नताको पुष्टि गर्ने दाबी गरिएको छ ।,माहेर अब्दुलाजिज मुतरेबले अरबी भाषामा गरेको टेलिफोनमा एक उच्च व्यक्रिलाई ‘तपाईँको मालिकलाई भन्दिनुस् कि हत्या गर्ने मिसजन पूरा भयो’ भनिएको छ । यसमा भनिएका ‘मालिक’ साउदी अरेबियाका युवा शासक युवराज एमबिएस रहेको दाबी गरिएको छ ।,टर्कीले हत्यासँग जोडिएको बलियो प्रमाणको रुपमा रहेको टेप अमेरिका, बेलायत, क्यानडा, साउदी अरेबिया, फ्रान्स, जर्मनीसहितलाई दिएको थियो ।,अमेरिकाको गुप्तचर निकाय सिआइएका निर्देशक जिना हास्पेलले पनि यो टेप सुनेकी छन् । अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सका अनुसार यसमा केही यस्ता बलिया प्रमाण रहेको छन् जसले हत्यामा क्राउन प्रिन्स एमबिएसको संलग्नतालाई पुष्टि गर्नेछ ।,तर टेलिफोनमा क्राउन प्रिन्सको नाम भने उल्लेख भएको छैन । तर न्युर्योक टाइम्सका अनुसार सिआइएका अधिकारीहरु ‘योर बोस’ अर्थात मालिक सम्बोधनले साउदी अरेबियाका युवा शासक क्राउन प्रिन्स एमबिएसलाई नै इंगिद गरेको हुनुपर्ने बताउँछन् । टर्कीका अधिकारीका अनुसार माहेर अब्दुलाजिज मुतरेबले एमबिएसका एक सल्लाहकारसँग कुराकानी गरेको अनुमान गरेको छ ।,साउदी अरेबियाले पत्रकार खाशोग्गीको हत्यामा वा त्यसको योजनाबारे क्राउन प्रिन्स एमबिएसलाई कुनै जानकारी नरहेको स्पष्ट रुपमा बताउँदै आएको छ ।,साउदी अरेबियाले एक वक्तव्य जारी गरेर टर्कीले आफ्नो गुप्तचर सेवालाई टेप उपलब्ध गराएको र त्यसमा बाहिर आएको जस्तो कुनै पनि सम्वाद नरहेको बताएको छ ।,क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्नो देशका अधिकारीले खाशोग्गीको हत्याका बारेमा गरिएको अडियो सुनेको बताएपछि साउदी अरेबियाको वक्तव्य आएको हो ।,ट्रुडोले आफ्नो देशका गुप्तचर अधिकारीले टर्कीका अधिकारीसँग सहकार्य गरेर अनुसन्धान गरिरहेको बताएका छन् । ट्रुडोले आफूले पनि टेप सुनेको बताएका छन् ।,टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानले खाशोग्गीको हत्या कसले गरेको हो भन्ने साउदी अरेबियालाई स्पष्ट रुपमा जानकारी रहेको बताउँदै आएका छन् ।,यसअघि टर्कीका राष्ट्रपति एर्डोगानले साउदी अरेबियाका उच्चस्तरका शासकको निर्देशनमा खाशोग्गीको हत्या भएको आरोप लगाएका थिए । उनले यस बारेमा राजा सलमानलाई जानकारी नरहेको भन्दै आरोपको औँला युवराज मोहम्मद बिन सलमानतिर सोझ्याएका थिए ।,अमेरिकी पत्रिका द वासिङ्गटन पोस्टमा लेख्दै आएका पत्रकार खाशोग्गी साउदी अरेबियाका शासक, खासगरी शक्तिशाली क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमान (एमबिएस) का तीव्र आलोचक थिए । यहि कारण उनको हत्या भएको आरोप छ । साउदी कन्सुलर कार्यालयमा हत्या भएका खाशोग्गीको पार्थिव शरीरका बारेमा अहिलेसम्म केही थाहा भएको छैन ।,सुरुमा पत्रकार खाशोग्गीको अवस्थाका बारेमा कुनै किसिमको जानकारी नरहेको बताउँदै आएको साउदी अरेबियाले मुक्का हानाहानमा मृत्यु र त्यसपछि खराब नियत भएका एजेन्टले हत्या गरेको भन्दै बयान जारी गरेको थियो । तर उसले खाशोग्गीको हत्यामा कुनै पनि किसिमले राज परिवारको संलग्नता नरहेको स्पष्ट रुपमा बताउँदै आएको छ ।,साउदी युवराज एमबिएसले खाशोग्गी एक खतरनाक इस्लामिस्ट रहेको बताएको भन्ने खबर पनि आएका थिए । त्यसबारे अहिलेसम्म साउदी अरेबियाले केही बताएको छैन । यो आरोप लगाएको बारेको फोनकल साउदी अरेबियाले खाशोग्गीको हत्या भएको स्वीकार गर्नु पूर्व सार्वजनिक भएको थियो ।,टर्कीले पत्रकार खाशोग्गीको कन्सुलर कार्यालयमा पसे लगत्तै हत्या भएको बताइरहँदा पनि झण्डै तीन हप्तासम्म साउदी अरेबियाले उनी कन्सुलर कार्यालयबाट बाहिर निस्किएको बताएको थियो । पछि आएर मृत्यु, त्यसपछि हत्या भएको स्वीकार गरेको साउदी अरेबियाले घटनाका दोषीलाई कारवाही हुने बताउँदै आएको छ ।,दशक भन्दा लामो समय साउदी राज परिवारसँग नजिक रहेका खाशोग्गीले धेरै समय सल्लाहकारको भूमिकामा पनि काम गरे । तर उनी पछिल्लो समय साउदी राजपरिवार विशेष गरी युवराज एमबिएसको आलोचक बनेका थिए । यहि बिचमा भएको उनको हत्याको रहस्य अझै खुलेको छैन पूर्ण रुपमा ।
null
साउदी युवराजमाथि सिआइएको सीधा आरोप, खाशोग्गीको हत्या उनकै निर्देशनमा
पत्रकार जमाल खाशोग्गीको हत्याका लागि साउदी अरेबियाका शक्तिशाली क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमान (एमबिएस) ले निर्देशन दिएको निष्कर्षमा अमेरिकी गुप्तचर निकाय सिआइए पुगेको स्रोतलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।,अमेरिकी पत्रिकार द वासिङ्गटन पोस्टमा लेख्दै आएका साउदी अरेबियाका पत्रकार खाशोग्गीको गएको अक्टोबर २ मा टर्कीको स्थानबुल स्थित साउदी कन्सुलर कार्यालयमा हत्या भएको हो ।,सुरुमा उनको अवस्थाका बारेमा जानकारी नै नरहेको बताएको साउदी अरेबियाले पछि खाशोग्गीको मृत्यु भएको तथा त्यो भन्दा पछि खराब नियत भएका एजेन्टले हत्या गरेको बताएको थियो ।,तर उसले हत्याका बारेमा क्राउन प्रिन्स तथा साउदी राजपरिवारका कुनै पनि सदस्यालाई खबर नरहेको बताउँदै आएको छ । र पनि विशेष गरी खाशोग्गी क्राउन प्रिन्सका आलोचक रहेकाले क्राउन प्रिन्स एमबिएसकै निर्देशनमा हत्या भएको आरोप तथा आशंका लाग्दै आएको छ ।,पछिल्लो पटक टर्कीले हत्यासँग जोडिएको टेप साउदी, अमेरिकासहितका देशलाई उपलब्ध गराएपछि सिआइएको विश्वास बारेको खबर आएको हो ।,क्राउन प्रिन्सकै निर्देशनमा हत्या भएको भन्ने निष्कर्षमा सिआइए पुगेको सम्बन्धी अपुष्ट खबर सबैभन्दा पहिले द वासिङ्गटन पोस्टले छापेको थियो ।,टेप सुनेपछि त्यसमा एक हिटम्यान (पैसा लिएर कसैको हत्या गर्ने व्यक्ति) ले खाशोग्गीको हत्या गर्ने मिसन पूरा भएको जानकारी ‘बोस’ लाई गराउन भनेको र त्यो बोस अरु कोही नभई क्राउन प्रिन्स नै रहेको विश्वास सिआइएको छ ।,अमेरिकी निकाय सिआइएले खाशोग्गी हत्या प्रकरणमा जोडिएर क्राउन प्रिन्समाथि लगाएको यो अहिलेसम्मकै गम्भीर आरोप हुनेछ । साउदी अरेबिया र अमेरिका एकअर्काका सहयोगी हुन् ।,राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि खाशोग्गी हत्याको कभर–अपमा साउदी अरेबियालाई साथ दिएको अरोप लाग्दै आएको छ । यहिबिचमा सिआइएको अनुसन्धान र क्राउन प्रिन्समाथिको शंका सम्बन्धी खबर आउँदा अमेरिका–साउदी सम्बन्धमा असर पर्ने अनुमान गरिएको छ ।,यस सम्बन्धमा राष्ट्रपति कार्यालय ह्वाइट हाउस र विदेश विभागले प्रतिक्रिया दिन अस्वीकार गरेको रोयटर्सले उल्लेख गरेको छ ।,खाशोग्गीको हत्या १५ जना साउदी हिटम्यानले गरेको दाबी गरिएको छ ।,दशक भन्दा लामो समय साउदी राज परिवारसँग नजिक रहेका खाशोग्गीले धेरै समय सल्लाहकारको भूमिकामा पनि काम गरे । तर उनी पछिल्लो समय साउदी राजपरिवार विशेष गरी युवराज एमबिएसको आलोचक बनेका थिए ।
null
छठको रङमा डुब्यो जनकपुरधाम (फोटो फिचर)
जनकपुरधामसहित धनुषाका सबैजसो क्षेत्रस्थित पोखरी, तलाऊ तथा नदीहरुमा छठ पर्वको प्रमुख दिन मंगलबार अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइएको छ। जनकपुरमा ५२ वटा पोखरीहरुमा बनाइएका विशेष घाटमा स्थानीयहरुले पूर्जाअर्चनासहित अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए।,कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वका अवसरमा जनकपुरधाममा सूर्यदेवको आराधना, उपासना र पूजा गरिएको छ। मुख्यमन्त्री लालबाबु राउतले आरतीसहित पहिलो पूजा गरेपछि जनकपुरमा मंगलबार साँझ छठपूजा सुरु भएको हो।,छठ पूजाका लागि पूजास्थलहरु दुलहीझैँ श्रृंगारिएको छ। सत्य र अहिंसाप्रति मानवको रूची बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको मुख्य विशेषता हो। मानवजीवनमा कल्याणका लागि सूर्यदेवको पूजाआराधना गर्ने परम्परा छ।,सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ।,ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो। त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ। लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो।,सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन्। फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन्। त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुवात भएको तथ्य सूर्य पुराणमा उल्लेख छ।,छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ। यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रशन्न भई बर्तालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ।,यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को ब्रत गर्नेबाट कामना पूरा गराउने गर्छन्। आर्थिक अभाव भएका मानिसहरू भिक्षा मागेरै भएपनि यो पर्व मनाउने गर्छन्।, , , , , , , , , , , , ,
दीपा दाहाल/ प्रतिभा झा
महाकविका यी रोचक पक्षहरु
महाकविको जीवन बादल, वर्षा, झरी, हिउँदले ढाकिएको थियो।यस वर्षाको समयमा कहिलेकाही टुप्लुक्‍क घाम लागेको टाटो जस्तो पनि दखिएको थियो। तर अन्धकार ठूलोको ठूलै, घामको टाटो सानोको सानै रह्‍यो। त्‍यसमाथि हेमन्त र शिशिरको ऋतुको जाडोले उहाँको शरीरलाई कक्रक्‍क पार्न खोज्दथ्यो।,सांसारिक जाडोले गर्दा हात काठिएर कलम समेत समात्न नसकी उहाँ हृदयका उच्च उद्‌गार र अनुभूतिहरु यसै रुमलिन्थे। प्रकाश नदेखिए त्याग-तपस्याबाट विचलित हुनुपर्ने सम्भावना बराबर उठ्द्थ्यो। कविले सांसारिक निराशा र दु:खको शीत र झरीलाई हटाइ सुखवादको पहारिलो घाम जनसमक्ष लगाउन प्रशस्त योगदान दिनुभई भवष्‍यका निम्‍ति उज्जवल बाटो देखाइ दिनुभएको छ।महाकविले आफ्‍नो संघर्षमय वातावरण देखेर नै निद्रा र कुम्भकर्णको महत्व जान्‍नु भएको र परिश्रमीको मेहनत बुझ्न सक्‍नु भएको हो।,पिता पण्डित तिलमाधव देवकोटाले लेखेका भक्तिरसका कविताहरु बाँसको कलमले रातो मसीमा चोपी सार्दाखेरी नै उहाँलाई पितृकविता कण्ठाग्र हुन्थ्यो। कविको सुन्दर अक्षरले नै बुवालाई रिझाउनु भएको थियो। वि.सं. १९७६ मा महाकवि १० वर्षको उमेर हुँदा अनश्रुत निम्‍नोक्त कविता निस्कियो, ,वाल्मीकीले प्राथमिक ‘मा निषाद!’ र भानुभक्तको प्राथमिक प्रस्फुटन ‘भरजन्‍म घाँसतिर मन दिइ धन कमायो’ जस्तो देवकोटाको पाइएको सर्वप्रथम मौलिक प्रस्फुटन कविता यही हो।एक पटक त प्रहरी त्रैमासिक प्रकाशन ‘सुमन-३’ कविको सर्वप्रथम कविता भनी यही छाँटका निम्नोक्त हरफहरु पनि प्रकाशित भएका रहेछन्।, ,तर मेरो अध्‍ययन अनुसन्धान अनुसार यस्तो किसिमको कही कही फरक भएको कविता पहिलो कविता भएको लागेन। मैले माथि भनेअनुसारको कविता नै कविको सर्वप्रथम वास्तविक कविता हो भनी मलाई निश्‍चय लागेको छ। महाकविले पहिलो कविता भएकाले वास्तविक खोज अनुसार लेख्‍नु पर्ने हुनाले यथार्थ लेखिएको हो। केही कुरा नमिल्‍न भए पनि भाव केही शब्द मिल्‍ने कविको प्रथम कविता भनी प्रहरीले प्रकाशित गरेको स्तुत्‍य छ। कविको प्रथम उद्‌गारबाट नै भविष्‍यको संकेत गरेजस्तो भान हुन्छ। संसार दु:खले भरिएको छ भनी स्पष्ट भनिएको छ।,हुन त यो दु:ख निवारण गर्न कविले गर्व नगरीकन खूब प्रयत्‍न गर्नुभयो। दु:खमाथि सुख पलाउन श्रम गरी कविले हँसिलो संसारको कामना गर्नुभयो। बालकदेखि नै काव्‍यमा व्‍युत्पत्ति देखेर,उहाँका पिता तिलमावध देवकोटाको उहाँलाई पण्डित बनाउने इच्छा थियो। यही इच्छा हुनाले बालक छोराको व्‍युत्पति देखाई तीनधारा पाठशालामा भर्नाका लागि तिलमाधवले प्रधानमन्त्री चन्द्रशमशेर कहाँ निवेदन दिनुभएछ। चन्द्रशमशेरले पनि पाठशालामा भर्ना गरिदिनु भनी प्रमाङ्‌गी दिनुभएछ। तर यो कुरा तिलमाधवले घरमा गर्दा कविकी आमा र दाज्‍यू लेखनाथले मान्‍नुभएनछ।,बाबुबाट घरमा नै संस्कृत विद्या सिक्‍न सक्‍ने हुनाले, साहिलो छोरालाई अंग्रेजी स्कुलमा नै पढाउनुपर्छ भन्‍ने सबैको आग्रह पिताले स्वीकार्नुभयो। ११ वर्ष लागेपछि कवि १९७७ साल चैत्र महिनामा दरवार हाइस्कुलको पञ्‍चम कक्षामा भर्ना हुनुभयो। कविको अंग्रेजी दक्षता पनि बढ्‍दै गएकाले सप्तम कक्षामा पुग्दा वि.सं. १९८० देखि नै टुटेफुटेका अंग्रेजी कविताहरु बनाउनुहुन्थ्यो। नेपालको प्राकृतिक आबहवाको प्रेरणाले कवि बन्‍ने सोख बढिसकेको थियो।कविलाई यो प्राकृतिक प्रस्फुटन कौमारावस्थादेखि नै जागेको बुझ्‍न सकिन्छ।,स्कुलमा कविको पढाई पनि जोडसँग चल्‍दै गएको थियो। उहाँको जेहनले मेहनत बढाउँदै गयो र निपुणता फस्टाउँदै आयो। देवकोटा- परिवार प्रतिष्ठित भए पनि खान लाउनलाई कविका बाबुको पालादेखि नै पुगेस्- पुगेस् हुन्थ्यो। ठूलो परिवार हुनाले चाडबाड चलाउन त कठिनै पर्दथ्यो।कविले पहिलेदेखि नै कमजोर आर्थिक अवस्थामा जीवन बिताउनु भएको हो। बालखैकालदेखि उहाँमा कविताको सागर भएकाले अनवरत रुपमा कविताहरु लेखिरहनुहुन्थ्यो।,फुर्सदमा भयो की मानसपटलमा दौडिरहेका कविताका हरफहरु जे भेटियो त्‍यहीमा उतार्न हतार हुन्थ्यो कविलाई। कहिले कापीमा उतार्नु भयो त कहिले चुरोटको खोलमा पनि।उहाँका कविता कति च्‍यातिए, कति फालिए, कति हराएर गए। उहाँ ट्‍युसन पढाउँदा आफ्ना मन खाएका विद्यार्थीहरुलाई कुनै दिन कविता नै लेख्‍न लगाउनुहुन्थ्यो र आफूले पनि लेख्‍नुहुन्थ्यो। मैले पारिवारका सदस्‍यहरुसँग बुझ्दा उहाँको उमेर बित्‍दै जाँदा २५ वर्षको उमेरमा पहिलो प्रकाशित कविता ‘पूर्णिमाको जलनिधि’ शीर्षकमा वि.सं १९९१ साल मार्ग १५ गते शुक्रबारको गोरखापत्रमा देखा पर्‍यो।नेपालको इतिहासमा गोरखापत्रको महत्वपूर्ण स्थान हुनाले महाकविको यो कृति पनि गोरखापत्रमा छापिनु गौरवको विषय बन्छ जस्तो लाग्छ मलाई। उक्त कविता यस्तो थियो।, , , , , , , , , , , , , , ,यो कविताले महाकवि देवकोटा पहिलादेखि नै प्रकृतिमा मोहित भएर लेख्‍नुहुन्थ्यो भन्‍ने आधार मलाई लाग्छ। मैले  भाइहरु मधुसुदन र गोपीमाव देवकोटाका कविताहरु पनि सँगसँगै छापिएको देखेको छु।,महाकविको गरीब कविता पनि १९९१ सालक फाल्गुनको शारदा मासिकमा देखियो। त्‍यो कवितामा पनि कवि जनहृदयमा घुसी बस्‍न सफल हुनुभयो। त्‍यतिबेला यो पत्रिकाले राणाको एकतन्त्री शासनमा साहित्‍यकोमा माध्‍यमबाट विकास र विद्रोह गर्न मद्दत पुर्‍यायो। किनकी देवकोटाको ‘गरीब’ कविता शारदा पहिलो अंकमा ने प्रकाशित भएको हुँदा शारदाले उज्जवल अनुहार पहिलेदेखि नै देखाइन्। देवकोटाले पनि शारदालाई सुन्दरी बनाउन प्रशस्त कृतिहरु छपाउन दिइ ठूलो योगदान दिनुभयो।त्यतिबेला आफ्नो आर्थिक स्थिति पनि खासै मजबुत नहुँदा सायद देवकोटाले नेपालीको गरिबीलाई शब्दभावहरुले कवितामा उतारे जस्तो लाग्छ मलाई।, , , , , , , , , , , ,१९९२ सालमा कविको ‘गाइन् तिनले घसिया गीत’ शरद्चन्द्र कविता आएको देखिन्छ। १९९३ सालमा बुलबुलको गाना, सम्झना (१४ हरफे कविता), वृक्ष विश्‍वमन्दिर आदि देखिन्छन्। देवकोटा प्रकृतिको उज्वल अनुहार हेरेर साहित्‍यमा अघि बढ्‍नु भएको हो। प्रकृतिको अध्‍ययनमा उहाँ मस्त हुनुहुन्थ्यो। चन्द्रमा, फूल, हाँगा, रुख, वसन्त, ऋतुको मौसम, कोइली आदिलाई कवि खूब मन पराउनुहुन्थ्यो।,सुन्दरी जलको झरनाले कवि खूख मोहित हुनुहुन्थ्यो।वनकालीको बन र भण्डारखालको बगैँचामा पनि गएर प्रकृतिको अध्‍ययन गर्नुहुन्थ्यो । यही कारणले होला कविले आफ्नो चमत्कार गुण काव्‍यधारा मार्फत देखाउन थाल्‍नुभयो। उहाँ जे देख्‍नुहुन्थ्यो त्‍यही लेख्‍नुहुन्थ्यो। जस्तो सुन्दरी जलमा जाँदा उहाले सुन्दरी जलको झरनालाई यसरी कवितामा वर्णन गरिदिनुभयो।, , , , , , , , , , , , ,उहाँले नेपालमा अथाह जल र जलभित्र लुकेको विजुलीले नेपाल झलमल हुन सक्छ भनेर त्‍यतिबेलै कवितामा भनिसक्‍नुभएको थियो। नेपाल कृषि प्रधान देश भएकाले देवकोटाले कृषकलाई आफ्नो जीवनसँग तुलना गर्दै काव्‍यभावमा प्रकट हुनु भयो यसरी।, , , ,कविका विलक्षण प्रतिभा देखेर उस बखतका सरकारिया मानिसहरु पनि छक्‍क पर्थे। यसै कविले ३७ वर्षको उमेरमा २००३ साल असार १२ गते नेपाली र अंग्रेजी पढाउन त्रिचन्द्र कलेजको प्रोफेसरमा नियुक्त हुनुभयो।यो थप नयाँ दरबन्दी थियो र त्‍यसको स्वीकृति साउन ३ गते भयो। प्रोफेसर भएपछि वार्षिक लगभग १२०० मा दर्शनभेट रकम कट्टा भइ कविको मासिक तलब रु. ९५ रुपियाँ ७३ पैसा पुग्‍यो। उस बखतमा साधारण कुलका मानिस त्‍यही पनि सिर्फ ग्र्याजुएटले त्रिचन्द्र कलेजमा नियुक्त हुन निक्‍कै महत्वपूर्ण मानिन्थ्यो।,महाकवि जागिरे हुँदा भाषा अनुवाद परिषद् र कलेज ठीक सयममा पुग्‍न जहिले पनि कठिन पर्द्थ्यो। भावमा डुब्दाडुब्‍दै १० को घण्टीले कविलाई केही पनि असर पर्दैनथ्‍यो। घरमा बज्यैले लुगा ठीक पारेर लगाइदिनुपर्दथ्‍यो। ‘१० बज्‍यो’ भनेर १० पटक भन्‍नु पर्दथ्यो। लुगा लगाइसकेपछि ढोकासम्‍म पनि बज्‍यैले पुर्‍याउनुपर्द्थ्यो। तैपनि कवि बज्‍यैको मुख ट्वाल्ल हेरेर ढोकामा उभिनुहुन्थ्यो। आखिरीमा ‘ल जानुस् बुबा हजूर, मैले ढोका बन्द गरे’ भनी ढोका बन्द गरेर घरभित्र पसेपछि कवि काममा जानुहुन्थ्यो।,एकतन्त्री शासनमा नेपाली साहित्‍य, कला संस्कृतिको कुण्ठित अवस्था देखेर विकासका लागि नेपाली साहित्य परिषद् संस्था खोल्‍न र साहित्‍य स्रोत मासिक पत्रिका प्रकाशन गर्न कविको इच्छा थियो। त्‍यतिबेला हृदयचन्द्र र केदारमान समेतको सहयोग लिएर देवकोटाले उक्त संस्थाको उद्देश्य र नियम खोली तत्कालीन प्रधानमन्त्री पद्‍म शमशेरकहाँ डारेक्टरमार्फत २००३ सालमा निवेदन पत्र पेश गर्नुभयो। त्‍यसबारे २००३ साल चैतमा तीनजनाको नाममा स्वीकृत भयो। २००४ साल जेष्ठ २ गते डाइरेक्टर मृगेन्द्रबाट यो संस्थाको उद्‌घाटन भयो। साहित्‍यस्रोत वि.सं. २००४ साल वैशाखदेखि निस्कन थाल्‍यो। यसको पहिलो अंकमा कविको ‘स्वप्नविश्‍लेषण’ लेख छापिएको थियो। कवि संस्थाको कार्यविभाजन हुँदा सम्‍मेलनको सभापति तोकिनुभएको थियो।,नेपाली साहित्‍य परिषद्‌ले २००४ साल जेष्ठ १५, १६ र १७ गते आयोजना गरेको सर्वप्रथम विराट सम्‍मेलन देवकोटाकै सभापतित्वमा भएको थियो।उहाँले सभापति पदबाट ज्‍याँदै विशद र आकर्षक धाराप्रवाह भाषण दिनुभएको थियो। त्‍यसमा देवकोटाका प्रतिभाको रस एक एक टप्किएको थियो।हुन त त्‍यसभन्दा अघिका कविका अनुपम कृतिहरु निस्के पनि कविशिरोमणि लेखनाथ पौड्‍यालले समेत देवकोटाको यथार्थ गुण चिनिसक्नु भएको थिएन। यस ओजस्वी भाषणलाई कवि शिरोमणीले समेत आफ्‍नै अगाडि राम्रोसँग सुन्दा देवकोटा साच्चिकै होनहार कवि रहेछन् भन्‍ने यथार्थसँग हृदयंगम गरे। यसमा देवकोटाको विराट ज्ञान र साहित्‍यिक प्रवाह देखेर सारा श्रोता चकित भएका थिए।,दु:खमा दु:ख थपिएझैँ, देवकोटालाई १९५८ (बि सं २०१५) मा क्यान्सर लागेको थाहा भयो। भारत लगेर ठूलो आन्द्राको ३ इन्च निकालिए पछि उहाँलाई आफ्नो मृत्यु आएको पक्का भयो। उहाँ रातभर जाग्राम बसी आफ्ना रचना लेख्न थाले। एक वर्षपछि वि.स.२०१६ साल भाद्र २९ गतेका दिन उहा पञ्‍चतत्वमा विलीन हुनुभयो।,सान्त भवन अस्पतालमा रहँदा उहाँले आफ्ना साथी हरि श्रेष्ठलाई चिठीमा लेख्‍नु भएको थियो- “मृत्यु मेरो अगाडि छ। म आकाशमा नक्षत्रहरू खोज्छु तर भेट्दिन। म आफूलाई शान्ति दिन सक्दिन । म उठ्न सक्ने भए, म आफू र आफ्ना बच्चाहरूलाई मार्ने थिएँ।” जीवनभर, उहाँले भगवान् मान्‍नु भएन।,आर्यघाटमा उहाँले भन्‍नु भएको थियो, ‘मैले आफ्नो जिन्दगी हरिनाम नजपेर ,नास्तिक भएर बिताएछु ,अब जान आँटिहाले !’  जीवनकोअन्तिम क्षणमा  पनि महाकविले  शाश्वत आध्यात्मिक पक्षलाई आत्‍मसाथ गर्दै यसरी व्यक्त गर्नुभएको थियो…., , , , , , , ,
नित्‍यराज पाण्डे
ट्रम्पको बाटो अब अप्ठयारो
अमेरिकामा भएको मध्यावधिक चुनावपछि राष्ट्रपति डोनाल्ड ट्रम्पको राजनीतिक बाटो कठिन हुने देखिएको छ ।,८ वर्षपछि डेमोक्र्याटिक पार्टी तल्लो सदनमा पकड कायम गर्न सफल भएको छ । यसको अर्थ अब राष्ट्रपति ट्रम्पलाई आफ्ना निर्णयहरुलाई आधिकारिकता प्रदान गर्न डेमोक्र्याटिक पार्टीको साथ लिनु पर्ने हुन्छ, जुन उनका लागि सहज देखिँदैन ।,सन् २०१७ को सुरुमा सत्ता सम्हाल्न आएदेखि नै ट्रम्पका गतिविधिको डेमोक्र्याटिक पार्टी र उनकै पार्टीका केही नेताहरुले पनि तीव्र आलोचना गर्दै आएका छन् ।,यस्तोमा ट्रम्पको कार्यकालको परीक्षणको रुपमा हेरिएको मध्यावधिक चुनावमा तल्लो सदन अर्थात हाउस अफ रिप्रिजेनटेटिभमा डेमोक्र्याटिक पार्टीले बहुमत ल्यायो ।,माथिल्लो सदनमा भने ट्रम्पको पार्टी रिपब्लिकनले बहुमत कायम नै राखेको छ । र पनि अब बाँकी रहेको दुई वर्षे कार्याकालमा आफ्ना निर्णयका लागि ट्रम्पले डेमोक्र्याटसँग सहकार्य गर्नुको विकल्प छैन ।,मध्यावधिक चुनावको मतगणना लगभग सकिएको छ । सिनेटका ३५ सिटका लागि भएको चुनाव मध्ये तीन ठाउँको नतिजा आउन बाँकी छ । अहिलेसम्म डेमोक्र्याटिकले ४६ तथा रिपब्लिकनले ५१ सिट बनाएका छन् ।,यस्तै तल्लो सदनका ४३५ मध्ये ४१९ सिटको नतिजा आउँदा डेमोक्र्याटिकले २२३ सिट जितेको छ भने रिपब्लिकनले १९६ सिट जितेका छन् । तल्लो सदनमा बहुमतका लागि २१८ सिट जिते पुग्ने थियो ।,दुवै सदनको नतिजा हेर्दा माथिल्लो सदन अर्थात सिनेटमा रिपब्लिकन बलियो देखिए पनि डेमोक्र्याटको अवस्था पनि कमजोर छैन । यस्तै तल्लो सदनमा भने डेमोक्र्याटको बलियो पकड भएको छ ।,तल्लो सदनको सभामुख बन्ने तय भएकी डेमोक्र्याटिक नेतृ न्यानसी पेलोसीले आफ्नो पार्टीले अब ट्रम्प प्रशासनमा लगाम लगाउने बताएकी छन् । उनको भनाईको अर्थ स्पष्ट छ, अब ट्रम्पलाई दुवै सदनमा रिपब्लिकनको पकड हुँदा जस्तो सहज हुनेछैन ।,चुनावको नतिजापछिको पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले आफू डेमोक्र्याटसँग मिलेर काम गर्न तयार रहेको बताएका छन् । तर डेमोक्र्याटले आफ्ना बारेमा अनुसन्धानहरु गरेमा ‘युद्धजस्तो अवस्था’ आउन सक्ने संकेत पनि गरेका छन् ।,डेमोक्र्याटले पूर्वाधार, व्यापार तथा स्वास्थ्यका विषयमा सहयोग गर्ने अपेक्षा रहेको ट्रम्पले बताएका छन् । तर डेमोक्र्याटले आफूविरुद्ध कानुनी अनुसन्धानहरु गर्न थालेमा रिपब्लिकनले पनि त्यस्तै गर्ने ट्रम्पले चेतावनी दिए ।,डेमोक्र्याट नेतृ पेलोसीले आफूहरु ह्वाइट हाउससँग सहकार्य गर्न तयार रहेको तर आफ्नो पृष्ठभूमि भने नबिर्सने उल्लेख गरेकी छन् ।,डेमोक्र्याटले तल्लो सदनमा पकड कायम गरेपछि ट्म्पका व्यवसायिक सम्बन्धहरु, करसहितका विषयमा अनुसन्धान गर्न सक्ने छन् । यस्तै ट्रम्पले ल्याएका कानुनहरुलाई पास गर्नमा पनि उनीहरु बाधक बन्न सक्छन् ।,चुनावअघि ट्रम्पका हरेक निर्णय र कामलाई केलाएर हेर्ने बताएको डेमोक्र्याटिक पार्टी अब तल्लो सदनमा बहुमतको अवस्थमा छ । अब उसले ट्रम्पका काम तथा व्यवहारलाई नियन्त्रण वा जनताको हितमा ल्याउनका लागि कसरी काम गर्नेछ भन्ने हेर्ने बेला आएको विश्लेषण गरिएको छ ।
सञ्चार संवाददाता
राराको रुप हेर्न ओइरिँदै आन्तरिक पर्यटक
वीरेन्द्रनगरकी पार्वती थापालाई जागिर र पढाइको तालमेल मिलाउनुपर्ने बाध्यताले कमै मात्र फुर्सद हुन्छ। दसैं विदामा उनले छुट्टीको समय सदुपयोग गर्न पारिवारिक भेटघाट छोट्याइन्। लामो विदा मनाउन नयाँ गन्तव्यको खोजी गर्दा उनले मुगुको रारा जाने योजना बनाइन् । घुमफिर गर्न रुचाउने केही साथीहरुको टोलि बनाएर उनी रारा पुगिन्।,‘प्रदेश सरकारले पर्यटन वर्ष उद्घाटन गरेपछि रारा पुग्‍ने योजना बनाइयो, सुनेको भन्दा कैयौं गुणा रमणीय रारा ताल’ उनले भनिन्, ‘कर्णालीमै यस्तो सुन्दर ठाउँ रहेछ, अहिलेसम्म पुगिएकी थिएन।’,वरिपरी डाँडाको बिचमा रहेको ताललाई क्यामेरामा कैद गरेपछि सामाजिक सञ्‍जालमा पोष्ट गर्नुको मज्जा बेग्लै हुने उनले बताइन् । उनले रमणीय तालमा सेल्फी मात्रै हानिन्, घोडासमेत चढ्न पाइन्।,दैलेखका माधव रेग्मीलाई रारा तालबारे स्कुले उमेरदेखि पढ्दै र सुन्दै आएकी हुन्। तर, तालसम्म घुम्न जाने इच्छा हुँदाहुँदै त्यो अवसर भने जुरेको थिएन। उनलाई घुमफिर गर्न अन्य समयमा सम्भव नभएपनि यस पटकको दसैं विदामा पारिवार र साथीसँगै रारा पुग्ने योजना बनाए,दसैं छुट्टीको सदुपयोग मात्र गरेनन्, प्राकृतिक सौन्दर्यको नजिकबाट स्पर्श समेत गर्न पाए । उनले भने,‘त्यहाँ पुग्ने जो कोही तालको प्राकृतिक सुन्दरतामा मन्त्रमुग्ध हुन्छन् । जीवनमा एक पटक मात्र होइन, पटक पटक पुग्नैपर्ने ठाउँ हो, रारा ताल ।’ पर्यटकीय पूर्वाधारको विकास हुन नसकेकोप्रति भने उनले खल्लो महशुस भएको बताए । उनले भने, ‘बाटो अप्ठ्यारो छ, खान बस्नका लागि होटल कम छन् ।’,कुनै समय थियो घुमफिर गर्नुलाई फोकटको कर्म मानिन्थ्यो । घुम्नु भनेकै काम नपाएर हो भन्ने मान्यता थियो । तर, पछिल्लो समय घुम्ने संस्कृति बढ्दै गएको छ । अचेल घुमफिर अध्ययन, अवलोकन र पर्यटन प्रवर्द्धनका लागि हुन थालेको छ ।,प्रदेश सरकारले २०७५ साललाई भ्रमण वर्षका रुपमा मनाएको छ । वैशख १ गते राराताल परिषरबाटै कर्णाली–रारा पर्यटन वर्ष उद्घाटन गरिएको छ । जसले गर्दा पर्यटकीय स्थलहरुमा घुम्ने र रमाइलो गर्नेहरुको संख्या बढ्दै गएको छ ।,चाडपर्वमा लामो छुट्टी पाउँने र यही मौका छोपेर घुमघाम गर्ने शैंली बढ्दै गएको छ । यही संस्कृतिका कारण आन्तरिक पर्यटकले नेपालको पर्यटन उद्योगको ठुलो हिस्सा ओगट्दै गएको छ । विगत चार/ पाँच वर्षदेखि घुम्न जाने संस्कृति हरके वर्ष बढिरहेको पर्यटन व्यवसायीहरुको भनाई छ ।,पर्यटकको गन्तव्यस्थल बन्दै आएका मुगुको रारा, सल्यानको कुभिन्डे दह, सुर्खेतको काँक्रेविहार र दैलेखको पञ्चकोशीलगायतका धार्मिक तथा पर्यटकीय स्थलहरुमा आन्तरिक पर्यटकको चाप पनि बढ्दै गएको छ ।,नजिकको तीर्थ हेला भन्‍ने प्रचलित नेपाली उखानलाई धार्मिक तथा पर्यटकीय स्थलमा बढ्दै गएको आन्तरिक पर्यटकको उत्साहजनक उपस्थितिले चुनौती दिँदै गएको छ । बिदाको समयमा नजिकका पर्यटकीय स्थलहरुको अवलोकन भ्रमण गर्नेको संख्या ह्वात्तै बढेको होटल व्यवसायी तर्कबहादुर शाहीले बताए ।,‘जिल्लाको पर्यटन व्यवसाय आन्तरिक पर्यटकको भरमा चलेको छ’ उनले भने, घुम्ने र रमाउने संस्कृतिको विकास हुँदै गएको छ ।’ पछिल्ला केही वर्षयता आन्तरिक पर्यटकले नै होटल व्यवसाय धानेको उनको भनाइ छ ।,चाडपर्वको याममा सरकारी कर्मचारी, शिक्षक, विद्यार्थी, व्यापारी र समूहमा घुमफिर गर्ने आन्तरिक पर्यटक बढी देखिने गरेका छन् । नेपालीको घुम्‍ने संस्कृति बढ्दै गएपछि कर्णाली प्रदेश सरकारले आन्तरिक पर्यटनलाई थप प्रवर्द्धन गर्न पर्यटन वर्ष घोषणा गरेको छ । पाँच लाख पर्यटकहरु भित्र्याउने लक्ष्य सरकारले राखेको छ ।,धार्मिक तथा पर्यटकीय स्थलका रूपमा स्थानीय तहमा प्रसिद्धि कमाए पनि मुगुको रारा तालमा पर्यटकको उपस्थिति भने शून्य जस्तै थियो । रमणीय स्थान हुँदाहुँदै पनि यहाँ अन्यत्र जिल्लाबाट काम विशेष तथा घुम्‍नका लागि आएका व्यक्तिहरूमध्येमा पनि निकै कमले यो ताल अवलोकन गर्थे । तर, पछिल्लो समय रारा घुम्ने आन्तरिक पर्यटकको संख्या ह्वातै बढेको छ । हिजोआज रारा पुग्नका लागि खासै गाह्रो छैन । सडक रारा राष्ट्रिय निकुञ्जसम्मै पुगेको छ । सुर्खेतबाट दैलेख, कालिकोट, जुम्ला हुँदै सडक मार्गमार्फत सजिलै पुग्न सकिन्छ । जीप र मोटरसाईकलमा नै रारा पुग्न सकिन्छ ।,हरिया पहाडको बीचमा निलो मसी घोप्टाए जस्तै देखिने रारा ताल सुन्दर र रमणीय छ । तत्कालिन राजा महेन्द्रले रारालाई स्वर्गकी अप्सरासँग तुलना गरेका थिए । राराताल समुन्द्र सतहबाट २९७२ मिटर उचाईमा रहेको छ । यहाँको शितल र शान्त वातावरणले पर्यटक मोहित हुन्छन् । गुराँस फुल्ने सिजनमा रारा रंगीन बनेको हुन्छ ।,त्यहाँबाट देखिने सेता हिमालले पनि राराको सुन्दरता अझ बढाइदिएको छ । रारालाई स्वर्गको टुक्रासँग तुलना गरिन्छ । पर्यटकीय पूर्वाधार र मुख्यगरी स्तरीय सडक सञ्जाल नहुँदा चाहेर पनि सबैले रारा पुग्न सकिरहेका   छैनन् ।,कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारा तालमा पर्यटकको लर्काे लाग्न थालेको छ । अन्य समय भन्दा यो मौसममा धेरै पर्यटक रारा पुग्ने गरेका छन् । फाट्फुट पर्यटक भित्रिने रारामा हिजोआज दैनिक डेढ सयदेखि दुई सयसम्म घुम्न आउने गरेका छन् । राष्ट्रिय निकुञ्जको तथ्यांकअनुसार विगतको तुलनामा दोब्बर पर्यटक भित्रिने गरेका छन्।,आन्तरिक पर्यटकहरुको त्थ्यांक संकलन नभएपनि पर्यटकको संख्या दोब्बर वृद्धि भएको निकुञ्जका संरक्षण अधिकृत यज्ञराज रोकाया बताए । ‘स्थानीय तथा आन्तरिक पर्यटकको तथ्यांक राख्ने गरिएको थिएन्, यस पटकबाट भर्खरै तथ्यांक राख्न लागेका छाैँ,’ उनले भने ।, पर्यटक बढ्न थालेपछि रारामा खाने बस्नका लागि होटल पाउन मुश्किल हुने गरेको छ । ‘रारा वास्तवमै घुम्न लायक ठाउँ हो । तर, त्यहाँ पुग्ने सडकदेखि लिएर रारामा खाने, बस्न समस्या छ ।’ पावतीले भनिन्,‘महंङ्गो पनि उति नै छ । रारा घुम्न आउने पर्यटकहरु भिलेज हेरिटेज, डाँफे होटल तथा माझघट्टमा रहेको होमस्टे, मृर्माटप होटल, रारा भ्यु होटलमा बस्छन् ।,कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर मुगुको रारा पुग्न दुई विकल्प रोज्नुपर्ने हुन्छ । वीरेन्द्रनगरबाट कर्णाली राजमार्ग हुँदै राराको यात्रा तय गरियो भने झण्डै २ दिनमा पुग्न सकिन्छ । दैलेख, कालिकोट, जुम्ला हुँदै रारा पुग्न सकिन्छ भने हवाईबाट सुर्खेत विमानस्थलदेखि सीधै मुगुको ताल्चा विमानस्थल पुगिन्छ ।  वीरेन्द्रनगरबाट पहिलो दिन दैलेखको राकम कर्णाली हुदैँ कालिकोटको नाग्मघाट पुग्न सकिन्छ ।,सडक यात्रा जोखिमपूर्ण भएकाले प्रहरीले कर्णाली राजमार्गमा रात्रीकालिन यातायात सञ्चालन गर्न दिदैन् । कच्ची सडक भएकाले आपकालिन बाहेक यात्रुबाहक गाडीहरु राति प्रायः सञ्चालन हुदैनन् ।,मोटरसाईकलमा भने राती पनि यात्रा गर्न सकिन्छ । नाग्माघाट भन्दा अगाडी गएपछि जुम्लाको गुठिज्युला आउँछ । जुम्ला पुगेपछि सिंजा उपत्यका, तिला नदीले फन्को मारेको दृश्य, चन्दनाथ मन्दिर, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगाएत तातोपानी अबलोकन गर्न पाइन्छ ।,जुम्लाबाट करिव ७३ किलोमिटर सडक पार गर्‍याे भने रारा पुग्न सकिन्छ । जुम्ला सदरमुकाम नपुगी सिधै रारा लागे करिब ९३ किलोमिटर सडक पार गर्नुपर्ने हुन्छ । मुगुको सिमानामा श्रीदल चेक पोष्ट छ ।,रारा निकुञ्ज नजिकै रहेको चेकपोस्ट पुगेपछि सवारी साधन लिन पाइदैन् । अनि घोडा चढेर पनि राराको काख नजिकै मिलि चौर पुग्‍न सकिन्छ। मिलिचौरबाट अझै करिब राराको आँगन टेक्न करिब २० मिनेट पैदल हिड्नु पर्ने हुन्छ ।
डिलप्रसाद शर्मा
साउदी राजपरिवारमा मच्चिएको ‘खलबली’ शान्त, क्राउन प्रिन्स अझै शक्तिशाली
साउदी अरेबियाका राजा सलमान यो हप्ता आन्तरिक भ्रमणमा निस्किए, साथमा थिए उनका प्रिय पुत्र क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमान ।,राजा सलमानको यो भ्रमणको उद्देश्य आफ्नो उत्तराधिकारीको रुपमा चयन गरिएको व्यक्ति सही छ भन्ने देखाउनु थियो, किनकी पत्रकार जमाल खाशोग्गीको टर्कीस्थित साउदी कन्सुलर कार्यालयमा भएको हत्याका कारण युवराज मोहम्मद बिन सलमानको अन्तर्राष्ट्रिय रुपमा आलोचना भइरहेको छ ।,राजा सलमान र युवराज मोहम्मद मंगलबार अबेर मध्य क्षेत्र क्वासिम पुग्दा त्यहाँका सडकहरु साउदी झण्डा र राजा तथा युवराजको तस्बिरले सजिएको थियो । विभिन्न क्षेत्रका व्यक्तिले उनीहरुलाई स्वागत गरे, बालबालिकाहरुले फूलको गुच्छा प्रदान गरे ।,साउदी अरेबियाको सत्ता सञ्चालनमा दैनिक कार्यमा आफ्नो भूमिका निर्वाह गर्दै आएका शक्तिशाली युवराज मोहम्मदको अन्तर्राष्ट्रिय साख पत्रकार खाशोग्गीको स्थानबुलमा भएको हत्यापछि गिरिरहेका बेला ८२ वर्षका राजा सलमानले छोरासहित सार्वजनिक भ्रमण गरेका हुन् ।,अरब प्रायद्विपको कट्टर राज्य क्वासिममा नयाँ योजनाका लागि १.१२ बिलियन अमेरिकी डलर बराबर छुट्याउने घोषणा राजा सलमानले गरेको तथा केही बन्दीलाई रिहा गर्न आदेश पनि दिएको साउदी अरेबियाको सरकारी सञ्चार माध्यमले जनाएको छ ।,‘खाशोग्गी घटनापछि साउदी नागरिकबिचमा धेरै तनाव, चिन्ता र भय रहेको छ । यसैले यो भ्रमण अहिले पनि राजा सलमान प्रमुख रहेका राज्यहरुलाई पुनःआस्वस्त पार्ने अभियान हो’, लण्डन बस्दै आएका साउदी लेखक तथा समालोचक मादवी अल–रशीदले भने ।,टर्कीका अधिकारीले क्राउन प्रिन्स मोहम्मद बिन सलमानले खाशोग्गीको हत्याका लागि निर्देशन दिएको आरोप लगाउँदै आएका छन् ।,अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्देशन नदिएको भए पनि अन्तिम जिम्मेवारी साउदी अरेबियाका अहिलेका वास्तविक शासक क्राउन प्रिन्समाथि जाने बताएका छन् ।,साउदी अरेबिया, क्राउन प्रिन्स मोहम्मदका कडा आलोचक अमेरिकी पत्रिका द वासिङ्गट पोस्टमा लेख्दै आएका पत्रकार खोशाग्गी अक्टोबर २ मा बेपत्ता भएपछि फरक फरक बयान दिँदै आयो ।,सुरुमा जानकारी नै नरहेको बताएको साउदीले उनको स्थानबुलस्थित साउदी कन्सुलर कार्यालयमा भएको मुक्का हानाहानमा मृत्यु भएको बतायो । त्यसको केही दिनमा उसले खराब नियत भएका एजेन्टहरुले खाशोग्गीको हत्या गरेको भनेर नयाँ बयान जारी गरेको थियो । यो बयानमा पनि अन्तर्राष्ट्रिय समुदाय सन्तुष्ट भएका छैनन् ।,युवराज मोहम्मदले यस घटनाबारे आफ्नो मौनता अक्टोबर २५ मा तोडे, उनले न्याय स्थापित हुने र सत्य बाहिर आउने बताए ।,राजा सलमान यस घटनामा शान्त रहे । उनले आफ्ना विश्वसनीय सल्लाहकारलाई टर्की पठाए, त्यसपछि छोरा मोहम्मदका सबैभन्दा विश्वसनीय सल्लाहकारसहित पाँचजना उच्च अधिकारीलाई बर्खास्त गरे ।,हप्तौँसम्म निश्क्रिय बसेका युवराज अब सार्वजनिक रुपमा प्रस्तुत हुन थालेका छन् । उनले यमनको सीमा नजिक रहेको सेनाको ब्यारेक भ्रमण गरे । यमनमा साउदी अरेबिया नेतृत्वको सेनाले साढे तीन वर्षदेखि बिद्रोहीविरुद्ध कारवाही अभियान सञ्चालन गर्दै आएको छ ।,सोमबार सार्वजनिक भएको भिडियोमा युवराज सलमानले सेनाका जवानलाई हिरोको रुपमा प्रस्तुत गरेका छन् । रियाद विश्वविद्यालयमा भएको कार्यक्रममा उनले परमाणु रियाक्टर बनाउने योजनाको शिलान्याश गरे ।,अमेरिकाको टेक्सासमा रहेको ए एण्ड एम विश्वविद्यालयका खाडी विशेषज्ञ ग्रेग गोसले भने, ‘पितासँगको आन्तरिक भ्रमणले यो संकेत गर्छ कि राजपरिवार यसमा स्पष्ट छ कि राजा विश्वस्त छन् र अहिले केही फेरबदल हुनेछैन ।’,पछिल्लो ६५ वर्षमा ३३ वर्षका युवराज साउदी अरेबियाको पहिलो राजा बन्ने तयारीमा छन् । उनले यसका लागि साउदी अरेबियाका संस्थापक अब्दुलाजिज इब्न साउदका कम्तिमा ४५ छोरा र तथा ६ भाइलाई पाखा लगाउने छन् । साउदको सन् १९५३ मा निधन भएको थियो ।,तर मोहम्मद बिन सलमान अघि आउँदा साउदी राजपरिवार भित्र विश्वासको वातावरणको कमी बनेको छ, किनकी साउदीको इतिहासमा राजपरिवारका सदस्यहरुलाई शक्तिशाली पद दिने गरिएकोमा मोहम्मदलाई अघि ल्याउन धेरै शक्तिशाली व्यक्तिलाई पाखा लगाइएको छ ।,युवराज सलमानले आफ्नो शासनको सुरुवात नै शक्तिशाली पदमा रहेका काका तथा दाजुभाइहरुलाई त्यहाँबाट हटाएर र केहीलाई घरमै बन्धक बनाएर गरे । अरुलाई भ्रष्टाचार विरोधी अभियानको रुपमा पक्राउ गरे र सुविधा सम्पन्न होटलमा बन्धक बनाएर राखे ।,तर खोशाग्गीको हत्यापछि उत्पन्न परिवेशको मूल्यांकन गर्दै मोहम्मदले पक्राउ गरेका केही राजकुरमाहरुलाई गएको हप्तादेखि रिहा गर्न थालिएको छ । गएको हप्ता राजाका जीवित मध्येका भाइ, राजकुमार अहमद बिन अब्दुलाजिज साढे दुई महिनाको विदेश बसाईपछि स्वादेश फर्किए । उनी साउदीको अहिलेको सत्ताका आलोचक हुन् ।,राजा सलमानका दुई भतिज, जसलाई गएको वर्ष पक्राउ गरिएको थियो, उनीहरुलाई हालै रिहा गरिएको छ । कूटनीतिक विश्लेषकहरुले साउदीको सत्तारुढ परिवार आलोचकहरुबाट घेरिएको बताएका छन् । तर राजा सलमानले कुनै त्यस्तो संकेत दिएका छैनन् कि अर्का युवराज ल्याउन वा कार्यकारीका रुपमा काम गर्ने छन् ।,एक उच्च साउदी कूटनीतिज्ञले भने, ‘युवराज मोहम्मद कहिँ जाने छैनन् । परिवारको बैठक भइरहेको छ र सबै उनको नेतृत्वमा एकीकृत छन् । उनी पछि फर्किने सम्भावना छैन, एमबिएस (मोहम्मद बिन सलमान) सत्ताको उच्च स्तरमा पुग्ने छन् । उनले सम्भावित सबै उम्मेदवारलाई गएको वर्ष नै पाखा लगाइसके ।’,ती कुटनीतिज्ञले थपे, ‘एमबिएसको नेतृत्वमा देशको गुप्तचर निकायको पुनर्संरचनाका लागि बनाएको कमिटि खाशोग्गी हत्याका कारण उत्पन्न संकटको समाधानका लागि हो । यसको अर्थ क्राउन प्रिन्स अझै पनि सबैभन्दा माथि छन् भन्ने हो ।’,मंगलबार बेलुका राजा सलमान र क्राउन प्रिन्स एमबिएस रियादबाट उत्तर पर्ने क्वासिमको रंगशालमा पुगे । अनलाईनमा सर्वाजनिक भएका तस्बिरमा राजकुमारा अब्दुलाजिज बिन फाहद उनका भाइहरु र छोरीहरुसहित देखिएका छन् । पूर्व राजाका छोराको यो तस्बिर उनी पक्राउ परेपछिको पहिलो हो । उनीले विशेष गरी क्राउन प्रिन्स एमबिएससँग सहमति गरे वा के भयो भन्ने खुलाइएको छैन ।,यस्तै राजाका अर्का भतिज तथा अर्बपति लगानीकर्ता राजकुरमा अलवालीद बिन तलालका भाइ पनि रिहा भएको देखियो । उनलाई क्राउन प्रिन्स एमबिएसको भ्रष्टाचार विरोधी अभियानको विरोध गरेका कारण पक्राउ गरिएको थियो ।,अर्को दिन अलवालीद, जो भ्रष्टाचार विरोधी अभियान अन्तर्गत सुविधासम्पन्न होटलमा बन्धक बन्ने व्यवसायी, राजकुमार तथा उच्च अधिकारमा एक थिए, फक्स न्युसँगको कुराकानीमा खाशोग्गी हत्या काण्डमा क्राउन प्रिन्स एमबिएसको बचाउ गरे । उनले एमबिएसको भ्रष्टाचार विरोधी अभियानको पनि बचाउ गरे ।,आफ्ना भतिज (एमबिएस) का बारेमा उनले भने, ‘मलाई विश्वास छ कि साउदी क्राउन प्रिन्स दोषमुक्त रहेको सतप्रतिशत रुपमा पुष्टि हुनेछ ।’ अलवालीदले आफूलाई बन्धक बनाएको विषयमा भने, ‘माफी दिएँ र बिर्सिसकेँ ।’
null
समस्यामा थियो बाराक र मिसेल ओबामाको विवाह, आइभिएफ मार्फत सन्तान
अमेरिकी पूर्व प्रथम महिला मिसेल ओबामाले आफ्नो संस्मरणात्मक पुस्तक सार्वजनिक गरेकी छन् । पुस्तकमा उनले आफ्नो वैवाहिक सम्बन्धका असजिला र गर्भधारणमा भएको समस्याका बारेमा उल्लेख गरेकी छन् ।,आफ्नो पुस्तक ‘बिकमिङ्ग’ मा ओबामाले आफ्नो एउटा गर्भ खेर गएको खुलाएकी छन् । त्यसपछि दुवै छोरीहरु भिट्रो फर्टिलिटी अर्थात आइभिएफ मार्फत गर्भधारण गरेर जन्माएको मिसेल ओबामाले उल्लेख गरेकी छन् । अमेरिकी पूर्व राष्ट्रपछि बाराक ओबामा र पूर्व प्रथम महिला मिसेलका मालिया र साशा नामका दुई छोरी छन् ।,अमेरिकी टेलिभिजन एबिसीको कार्यक्रम ‘गुडमर्निङ्ग अमेरिका’ सँगको अन्तर्वार्तामा मिसेल ओबामाले २० वर्षअघि गर्भ खेर गएपछि आफूले ‘पराजित र एक्लो’ महशुस गरेको बताएकी छन् ।,यस्तै उनले राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गरेकी छन् । ट्रम्पले आफ्नो परिवारको सुरक्षा जोखिममा लगेको भन्दै ओबामाले आलोचना गरेकी हुन् ।,आउँदो मंगलबार सार्वजनिक हुने ४२६ पृष्ठको पुस्तकमा मिसेलले आफ्नो वैवाहिक सम्बन्ध जोखिममा परेको कुरा पनि उल्लेख गरेकी छन् । वैवाहिक सम्बन्ध समस्या परेपछि आफू र पूर्व राष्ट्रपति बाराक ओबाले कपल थेरापीको सहयोग लिएको पुस्तकमा उल्लेख गरिएको छ ।,पुस्तकको प्रचार प्रशारका लागि मिसेलले विश्वका १० शहरको भ्रमण गर्ने छिन् । उनी पहिलो अफ्रिकन–अमेरिकन प्रथम महिला हुन् ।,पूर्व वकिल तथा अस्पतालकी प्रशासक मिसेलले एबिसीसँगको कुराकानीमा गर्भ खेर गएको बारे भनेकी छन्, ‘मलाई पराजित वा असफल भएँ जस्तो लाग्यो, किनकी मलाई गर्भ खेर जाने बारे त्यति थाहा थिएन । यसको प्रमुख कारण हामी यसबारे खासै कुरा गर्दैनौँ ।’,उनले अघि भनेकी छन्, ‘हामी यस्तो बेलामा आफ्नै पीडामा रहन्छौँ, टुटेको जस्तो महशुस गर्छौँ । तर युवा आमाहरुले यसबारेमा कुरा गर्नु जरुरी छ ।’, झण्डै ३४ वर्षको भएका बेला आफूलाई बायोलोजिकल क्लक वास्तविक हो र डिम्बको उत्पादन कम हुँदै जान्छ भन्ने महशुस गरेको उनले उल्लेख गरेकी छन् । त्यसपछि आफूले आइभिएफ मार्फत बच्चा जन्माएको उनले उल्लेख गरेकी छन् ।,एबिसीकी रोबिन रोबर्टसँग मिसेलले भनेकी छन्, ‘हामी महिलाहरुले हाम्रो शरीरको वास्तविकता र त्यसले कसरी काम गर्छ भन्ने बारे कुरा गर्दैनौँ र यो निकै खराब रहेछ ।’,यस्तै वैवाहिक सम्बन्ध पनि समस्या परेको मिसेलले उल्लेख गरेकी छन् । विशेष गरी बाराक ओबामा राजनीतिमा सक्रिय भएर लागेर आफूलाई घरमा एक्लै छोडेर राज्यको संसदीय भूमिकामा गएपछि विवाहमा समस्या आएको मिसेलले बताएकी छन् ।,त्यहि बेला थियो जब मिसेलले आइभिएफको खोजी गरिरहेकी थिइन् ।,उनले भनेकी छन्, ‘वैवाहिक विमर्शले हामीलाई हाम्रा फरकपनका बारेमा कसरी कुरा गर्ने भन्ने सिकायो । धेरै युवा जोडीमा समस्या आइरहेको हुन्छ तर फरकपन बारे कुरा गर्न नजान्दा थप समस्याग्रस्त बन्छ सम्बन्ध । हामीले पनि हाम्रो विवाह जोगाई राख्नका लागि काम गरेका छौँ, यत्तिकै अहिले देखिएजस्तो उत्कृष्ट वैवाहिक सम्बन्ध बनेको होइन ।’ त्यसपछि बाराकप्रति आफ्नो प्रेम थप बढेको उनले उल्लेख गरेकी छन् ।,मिसेलले आफ्ना श्रीमान बाराक अमेरिकी हुनुमा गरेको शंकाप्रति कहिले माफी नगर्ने बताइन् । राष्ट्रपति ट्रम्पले बाराक ओबामा वास्तवमा अमेरिकामा नजन्मिएको भन्दै आलोचना गरेका थिए ।
null
संग्रहालयले समेत भन्छ हत्यारा खोइ?
उर्लाबारी – मोरङको उर्लाबारी नगरपालिका ३ मंगलबारे नजिक रहेको मदन भण्डारी रंगशालामा पुग्दा केही मानिस टिकट काटेर संग्रहालयमा प्रवेश गर्दै थिए।,तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारीको राजनीतिक, सामाजिक एवं पारिवारिक गतिविधिलाई समेटेर निर्माण गरिएको उक्त संग्रहालयमा प्रवेश जो कोहीले भण्डारीका गतिविधि अत्यन्तै चाख मानेर हेर्ने गरेका छन्।,तर मदन भण्डारीको जन्मदेखि दासढुंगा काण्डसम्मका चित्र राखिएको बोर्डमा हेरेर एकजना अवलोकनकर्ताले भन्दै थिए, ‘अन्तमा राखिएको प्रश्नवाचक चिन्ह कहिल्यैसमाधान नहुने भो।’,त्यही प्रश्न चिन्हले सायद भन्दै थियो, ‘मदन भण्डारीको हत्याराको पहिचान किन अहिलेसम्म हुन सकेन?’,संग्रहालय प्रवेशद्वारमा नेता भण्डारीको तस्बिर र उनी जन्मिएको ताप्लेजुङको ढुंगेसाँघु गाउँदेखि अन्त्यमा चितवनको दासढुंगामा उनी सवार दुर्घटनामा परेको बा अ च ८७९३ नम्बरको जिप राखिएको छ ।,संग्रहालय प्रवेश गरिसकेपछि पश्चिमपट्टिको भित्तामा उनको व्यक्तित्व झल्काउने दश मिनेटको श्रव्यदृष्य प्रदर्शन गरिएको छ।,नेता भण्डारी पहिलो पटक सात सदस्यीय नेपाली जनवादी सांस्कृतिक संघमा आबद्ध भएर राजनीतिक र सामाजिक परिवर्तनको आन्दोलनमा होमिएको देखाइएको छ।,वि. सं २०१७ को फौजीकाण्ड, जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको गिरफ्तारी, २०१८ सालमा भएको नेत्र गुरागाईंको हत्या, २०२१ सालमा भएको क्रान्ति योद्धा दुर्गानन्द झाको हत्या, २०२८ सालमा भएको झापा विद्रोह, त्यसपछि उत्पन्न भएको क्रान्तिलाई जननेता भण्डारीले सूक्ष्म रुपले अध्ययन गरी नेपाली कम्युनिष्ट आन्दोलनको राजनीतिक दिशा निर्धारित गरेको संग्रहालयमा चित्रण गरिएको छ।,संग्रहालयमा मोरङको इटहरास्थित घरको प्रतिकृतिसहित जननेता भण्डारीले प्रयोग गरेको साइकलसमेत राखिएको छ।,संग्रहालयमा भण्डारीको काठमाडौँ–नक्सालस्थित डेरा र अध्ययन कक्षको पनि प्रतिकृति बनाइएको छ जसले नेता भण्डारीको जीवनका विषयमा जो कोहीलाई पनि बुझ्न सहज हुनेछ।,संग्रहालयमा नेता भण्डारीले त्यसबेला प्रतिनिधिसभामा खेलेको भूमिकासँग सम्बन्धित सामग्रीको प्रस्तुतीकरण तथा नेपालसँग भएका विभिन्न असमान सन्धिसम्झौतासँग सम्बन्धित रहेर राष्ट्रियताका विषयमा उनले लिएको अडानसम्बन्धी सामग्री राखिएका छन्।,
उमाकान्त खनाल
नेपालबाट जीवन र जगत बुझ्दै एक विदेशी
केही अपरिचितहरु उनीहरुका व्यवहारबाट अरु अपरिचित भन्दा फरक लाग्ने गर्छन् । ती मध्ये केही परिचितहरु भन्दा बढी आकर्षक पनि बन्न सक्छन् ।,पाटन दरबार स्क्वायरको एक छेउमा रहेको नेवारी रेस्टुरेन्ट ‘होनचा’ मा एक साँझ यस्तै पात्र भेटिए, जसले आफ्ना अनुभवहरुको यात्रा गराए ।,टेवल नम्बर चारको कुनामा रातो रंगको कभर युक्त पुस्तकमा लिन युवक भेटिए । टेबलमा केही खाली प्लेटहरु, एक छेउको प्लेटमा बाँकी केही चनाका दानाहरु । घरीघरी ती युवा चनाका दानामा मुखका हाल्छन्, तर हातको पुस्तकमै केन्द्रित रहन्छन् उनका आँखा ।,साँझको बेला, भिडभाड । खाली टेबुलहरु सफा भइसकेका थिएनन् । हामी बस्ने ठाउँ खोज्दै पुग्यौँ, संयोगले ती युवा बसेको टेबुल अघि । पुस्तकबाट क्षणभरलाई आँखा हटाए । हामीतिर हेरेर बस्ने संकेत गरे । उनी फेरि आफ्नै धुनमा फर्किए ।,तर हाम्रा कुराकानीबाट उनको ध्यान भंग भयो कि ! हाम्रो वार्तालापमा उनी मिसिए । पहल उनैको थियो ।,अलिबेरको बोलचालपछि बल्ल भयो औपचारिक परिचय, हामी केहीहदसम्म पहिले नै परिचित जस्ता लाग्न थालेका थियौँ ।,नाम मिका लेमोस्टर्स्, अमेरिकाको इन्डियानामा जन्मी हुर्केका । ३७ वर्षका भए । हल्का खैरो रंगो दाह्री–जुँगा गोरो अनुहारमा । उस्तै खैरो रंगको लामो कपाल । जाडो छल्न लगाएको ऊनको टोपी । उनको हुलिया यस्तै थियो ।,नेवारी खानाको स्वाद लिन पुगेका हाम्रो अडर आइपुग्यो । मिकाले नयाँ चिज देखेछन् । कचौरामा रहेको ‘आलु–तामा–बोडी’ तर्फ इसार गर्दै उनले सोधे ?,हामीले आलु–तामाको ‘रेसिपी’ बारे थोरबहुत बतायौँ । र चाख्न आग्रह ग¥यौँ । उनी माने, स्वाद लिए र भने, ‘मिठो र बिल्कुल फरक मेरा लागि । तर सायद म यो धेरै खान सक्दिन होला । अलिक ‘स्पाइसी’ रहेछ’, उनले अंग्रेजीमा दिएको प्रतिक्रियाको नेपाली भावात्मक रुप ।,त्यसपछि थप रमाइलोसँग उनी कुरकानीमा ‘इनभल्व’ भए । आफ्नो बारेमा बताए । नेपाली संस्कृति, भूगोल र जनजीविका बारे आफूले बुझ्दै गरेका कुराहरु सुनाउँदै गए ।,खासमा उनी मात्र यात्री रहेछन् । ३२ वर्षको हुँदा अर्थात आज भन्दा पाँच वर्षअघि मिकाले यात्राका लागि आफ्नो केही सम्पत्ति बेचबाच पारेर झोला भिरेका रहेछन् । पाँच वर्षअघि सुरु गरेको यात्रा जारी छ र अहिले पनि अन्तिम गन्तव्य थाहा पाएका छैनन् । उनी आफूलाई मात्रै यात्री बताउँछन् । फरक परिवेश, संस्कृति, भूगोल र मानिसहरुको अध्ययेता ।,आलु–तामापछि झोलसहितको बाराको स्वाद लिने क्रमसम्म आइपुग्दा उनले आफ्नो नेपाल बसाईबारे केही बताइसकेका थिए । उनलाई ललितपुरको पाटन आफूले घुमेका र पुगेका ठाउँहरुमा सबैभन्दा मन परेको रहेछ ।,अनवरत रुपमा घुमिरहेका मिकाको यो दोस्रो नेपाल भ्रमण रहेछ । १५० दिनको भिजामा आएका । हामीसँग भेट्दाको दिन (सोमबार मंसिर १० गते) उनको नेपाल बसाईको १४५ औँ दिन थियो र बाँकी बसाई पाँच दिन मात्र ।,उनलाई छोड्न मन रहेनछ । पाटनमा उनको मन बसेको अनि नेपालीहरुको अनुहारमा फूल्ने मुस्कान र आँखामा देखिने विश्वासले यहिँ ठहरिने मन बनाइदिएको ।,‘सो स्याड, अब पाँच दिन मात्रै बाँकी छ । त्यसपछि अर्को गन्तव्यमा लाग्नु पर्छ । यहाँको बसाई मलाई पाँच वर्षको अवधिमा घुमेका भन्दा बिलकुल फरक र आत्मिय लागेको छ ।’ उनले भन्दै गए, ‘अब जान्छु तर चाँडै फर्किन्छु ।’,पाटनको बिहान मिकालाई सबैभन्दा मन पर्ने । बिहानै बज्ने घण्टहरु, हरेक मठ–मन्दिरमा बत्ति बाल्दै, ढोग्दै हिँड्ने आमा–दिदीबहिनी र बुवाहरु ।,साँघुरा गल्लीहरु छिचोल्दै निस्कने श्रमिकहरु ।,तिनै गल्लीका चरहरुबाट छिर्ने घामका किरणहरुले मिकालाई रोमाञ्चित बनाउने रहेछ । उनले भने, ‘पाटन वेक्स–अप सो ग्रेसफुल्ली ।’,पाटनको बसाई र यहाँको दैनिकीबारे बताउँदा बताउँदै उनी तराई पुगे । पोखरा पुगे । र पछि पुगे माथिल्लो पहाडसम्म । उनी पोखरा एक्लै पुगेका रहेछन्, अघिल्लो पटकको नेपाल बसाईको क्रममा ।,पोखराबारे उनले सारै रहर लाग्दो रुपमा बताए । भने, ‘यु डन्ट निड टू वाक, पोखरा क्यारिज् यु’ अर्थात पोखराले हरेक यात्रीलाई आफूसँगै हिँडाउँछ र हरेक चिजले रोमाञ्चित पार्छ ।,मिकालाई नेपाल आउनुअघि यो देशका बारेमा लागेको थियो, पहाड र हिमालहरुले ढाकेको एउटा देश, हिउँहरुले छोपिएको ।,तर आएपछि थाहा पाएछन् उत्तर–दक्षिणको झण्डै २०० किलोमिटरको बिचमा समुद्र सतहबाट ७० मिटरदेखि विश्वको सर्वोच्च शिखरसम्म अटाएको रहेछ । यसले उनलाई अचम्ममा पार्‍यो ।,अहिले मिका नेपालको संस्कृति र भूगोलको बारेमा अध्ययन गरिरहेका छन् । उनलाई संस्कृतिले रोमाञ्चित बनाएको छ भने भूगोलले अचम्मित । यति सानो क्षेत्रमा यति विशाल विविधता ! परिवेशहरु छोटो दूरीमै फरक देखिनु उनका लागि अझ उत्साहप्रद छ ।,केही समयअघि बाह्रबिसेबाट केही माथिको गाउँ चोकती गएका रहेछन् । त्यहाँ उनी बास बसेको घरका बृद्ध बुवा रातिमा सुत्नका लागि केही माथि जाने थाहा पाए । घरका अरु सदस्यलाई सोधे किन भनेर ।,कारण जान्दा उनी थप छक्क परे । मुश्किलले ७५–१०० सय घरधुरीको बसोबास रहेको ठाउँमा रात बिताउन ती बुवालाई कोलाहाल पूर्ण लाग्दो रहेछ । त्यसैले उनी गाउँबाट झण्डै साढे दुई सय मिटर माथि रहेको छाप्रोमा सुत्न जाने रहेछन् ।,‘धेरै पर होइन काठमाडौँबाट झण्डै ७५ देखि १०० किलोमिटर परको गाउँ हो । त्यो गाउँ आफैमा शान्त छ । काठमाडौँ भन्दा पूर्णरुपले फरक । र पनि ती बुवालाई अझ शान्त चाहिएर माथि छाप्रोमा जानु पर्ने । यस्तो विभिन्नता हाम्रोमा पाईँदैन ।’,पाँचवर्षदेखि नरोकिइ जारी यात्राको क्रममा उनी माडागास्कर, सेनेगल, फ्रान्स, थाइल्याण्ड, आइयरल्याण्ड, चेक गणतन्त्र, श्रीलंका, भारतसहितका धेरै देश पुगेका छन् ।,नेपाल भन्दा पहिले मिका भारतको भ्रमणमा थिए । उनले बनारसमा मृत्युलाई नजिकबाट महसुस गरेको बताए । उनको भनाईको अर्थ थियो, बनारसमा मानिसहरु पवित्र मृत्युका लागि पुग्दा रहेछन् ।,उनले मात्रै १० मिनेट सडकमा बिताउँदा केही शवहरु घाट लैजाँदै गरेको देखे, र पछि मानिस धुवाँ र खरानी हुँदै गरेको पनि । यसले उनलाई जीवनको अन्तिम सत्य मृत्यसँग साँचो अर्थमा परिचित गरायो ।,त्यसपछि उनी नेपाल छिरेका रहेछन् । झट्ट हेर्दा नेपाल भारतजस्तै लागेछ । किनकी परिवेश र संस्कृति लगभग उस्तै । तर केही दिनको बसाई पछि मिका नेपालसँग प्रेममा परे । उनकै भाषा उनलाई नेपाल भारत जस्तै त लाग्यो । तर पछि निष्कर्ष फेरे ‘नेपाल इज बेटर भर्सन अफ इन्डिया ।’,मिकालाई यहाँका मानिसको अनुहारको मुस्कान र आँखामा देखिएको विश्वास अति मन परेको छ । किनकी उनी यात्रालाई फरक परिवेश र भूगोल–संस्कृतिसँगै मुस्कानको अर्थ र आँखाहरुमा देखिने विश्वासको अध्ययन मान्छन् ।,मिकाले यहाँ पशुपति र त्यहाँका केही घाटहरुको यात्रा पनि गरेका रहेछन् । बनारसमा मृत्युलाई नजिकबाट देखेका उनले नेपालमा जीवनलाई उस्तै नजिकबाट चिनेको बताउँछन् । मिकालाई फेरि नेपाल आउने र जीवनलाई थप बिस्तारमा बुझ्ने मन छ । भन्छन्, ‘अबको बसाईमा नेपाली सिक्ने छु ।’,यति भनेर हामी छुट्टिएका थियौँ । मिकाको जीवन र मृत्युलाई अर्थ दिने यात्राका कुराहरु सुनेर । उनी अर्को चोटी नेपाल आउँदा तराईसँगै सुदूर पूर्व र सुदूर पश्चिम पुग्ने कुरा सुनाए ।,मिल्यो भने सँगै तराईको यात्रामा जाने अनिश्चित वाचा र निश्चित मित्रतासहित बिदा भयौँ पंक्तिकार र पंक्तिकारकी दिदी (मिथिला प्याकुरेल । मिका सुरुको जस्तै आफ्नो पेय र पुस्तकमा तल्लिन भए ।
टंक ढकाल
एक आप्रवासीलाई रोक्न पाँच सुरक्षाकर्मी, ढुंगा हान्नेलाई गोली फर्काउने चेतावनी
सपना र अवसरका बलिया विकल्पहरुको भूमिका रुपमा परिचित छ विश्वभर अमेरिका, चाहे त्यो केही भ्रम या सत्य किन नहोस् ।,सपना र अवसरका विकल्पहरुको खोजी तथा आफू बस्दै आएको ठाउँ भन्दा सबै हिसाबले सुरक्षित स्थानको खोजीमा विश्वभरका देशबाट वैध र अवैध रुपमा अमेरिका प्रवेश गर्नेहरुको संख्या ठूलो छ । वैध रुपमा प्रवेश गर्नेहरुलाई त समस्या भएन ।,आफ्नो जन्मभूमि र रगत–पसिना बगाएर सिन्चेको माटो त्यागेर हिँड्न बाध्य पारिएकाहरुले जोखिम लिएरै पहिलो रोजाइएको देश अमेरिकाको अनिश्चित यात्रा सुरु गर्छन् । यात्रा कतिले पूरा गर्छन्, कति हिँड्दा परिवारसहित हुन्छन् भने पुग्दा एक्लिसकेका हुन्छन् ।,जे भए पनि भएको भन्दा सुरक्षित र कम्तिमा काम गरे डर बिना खान पाइन्छ भन्ने सपना लिएर उनीहरु अघि बढ्छन्, आप्रवासी बनेर–यस्तालाई भने समस्या छ ।, घरदेशको नागरिकको बलियो हैसियत छोडेर परदेशमा शरणार्थी बन्नका लागि हिँडेका उनीहरुलाई स्वागत गरिएको हुँदैन ।,अझ पछिल्लो समय अमेरिका आप्रवासीहरुका लागि निकै कडा रुपमा प्रस्तुत भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको सत्ता सञ्चालनको बागडोर सम्हालेदेखि उनी आप्रवासीमाथि निकै कडा र कहिले काहिँ त निर्दयी रुपमा प्रस्तुत हुने गरेका छन् ।,सत्तामा आए लगत्तै विशेष गरी मुस्लिम बाहुल्य देशका आप्रवासी र ती देशका नागरिकको अमेरिका प्रवेशमा कडा रुपमा प्रस्तुत भएका ट्रम्पका आप्रवासी विरोधी गितिविधिको निकै कडा आलोचना भयो । त्यसका बाबजुद उनले आप्रवासीमाथिको कडा नीतिबाट टसमस हुने संकेत गरेनन् । पछिल्लो समय उनी मध्य अमेरिकी देशका आप्रवासीमाथि कडा रुपमा प्रस्तुत भएका छन् ।,होण्डुरस, ग्वाटेमाला, एल साल्भाडोरसहित देशका धेरै आप्रवासीहरु आफ्नो देशमा भएको उत्पीडन, गरिबी र हिंसाका कारण भागेर अमेरिका प्रवेशका लागि अघि बढीरहेका छन् । क्यारावान आप्रवासी भनिने उनीहरु मेक्सिकोसँग जोडिएको सीमा क्षेत्रबाट अमेरिका प्रवेश गर्ने तयारीमा छन् ।,तर आप्रवासी विरुद्ध कडा रुपमा प्रस्तुत भएका अमेरिकी राष्ट्रपति ट्रम्पले आवश्यक परेमा गोली चलाउन पनि पछि नहट्ने बताएका छन् । मध्य अमेरिकी देशबाट आएका हजारौँ शरणार्थी तथा आप्रवासीहरु अहिले मेक्सिको हुँदै उत्तर तर्फ बढी रहेका छन् ।,ट्रम्पले प्रतिकात्मक रुपमा चेतावनी दिँदै गोली हान्न सक्ने बताएका हुन् । उनले भनेका छन्, ‘कुनै पनि आप्रवासीले अमेरिकी सीमामा ढुंगा हानेको थाहा पाए, जवाफमा सेनाले गोली हान्ने छन् ।’,ट्रम्पले क्यारावान आप्रवासीलाई रोक्नका लागि आफ्नो शक्तिले भ्याएसम्म सबै प्रयास गर्ने बताएका छन् । त्यसका लागि सीमा क्षेत्रमा थप सुरक्षाकर्मी तैनाथ गर्ने, सीमा पूर्ण रुपमा बन्द गर्ने बताए ।,सुरुमा ढुंगा हान्नेलाई गोली हान्ने बताएका ट्रम्पले पछि कुनै पनि आप्रवासीलाई अमेरिकी आर्मीले गोली नहान्ने तर उनीहरुले ढुंगा हानेमा पक्राउ गरिने भने । जे भनिए पनि वा कुरा फेरिए पनि अहिले अमेरिका तर्फ अघि बढीरहेका क्यारावान आप्रवासीका लागि यो यात्रा सहज हुने छैन भन्ने पक्का भएको छ ।,आप्रवासी समस्या जटिल बन्दै गएका बेला ट्रम्पको प्रस्तुति र सुरक्षाको खोजीमा अमेरिका तर्फ बढ्दै गरेका मध्य अमेरिकी देशका आप्रवासीको व्यवस्थापनमा कठिनाई आउने देखिएको छ ।,मानवअधिकारवादी र आप्रवासीको क्षेत्रमा काम गर्दै आएकाहरुले आप्रवासीको अधिकार र ज्यानको सुरक्षा हुनु पर्नेमा चासो देखाएका छन् ।, जसरी क्यारावान आप्रवासीहरु अमेरिका तिर अघि बढीरहेका छन्, त्यसरी नै उनीहरुलाई रोक्नका लागि राष्ट्रपति ट्रम्पको निर्देशनपछि सीमा क्षेत्रमा सेनाको उपस्थिति बढेको छ ।,अमेरिकी पत्रिका वासिङ्गटन पोस्टका अनुसार सातहजार भन्दा बढी थप आर्मी सीमा क्षेत्रमा परिचालित भएका छन् । यस्तै सीमा क्षेत्रमा काँडे तारसहितको जाली थप गर्ने काम पनि भइरहेको छ ।,सात हजार भन्दा बढी क्यारावान आप्रवासी अमेरिका प्रवेशका लागि भन्दै मेक्सिकोबाट अघि बढेका छन् । अमेरिकाले एक आप्रवासीलाई रोक्नका लागि पाँच सुरक्षाकर्मी खटाउने गरी तयारी गरेको छ ।,आश्रयको खोजीमा अमेरिका आउन लागेका आप्रवासीहरुले अमेरिकी राष्ट्रपति ट्रम्प र उनको प्रशासनले रोक्नका लागि गरेको प्रयास असंवैधानिक रहेको भन्दै आप्रवासीको पक्षमा रहेकाहरुले मुद्दा दर्ता गरेको अमेरिकी सञ्चारमाध्यम सिएनबिसीले जनाएको छ ।,उनीहरुले ट्रम्पसहित महान्यायाधीवक्ता जेफ सेसन्स तथा अरु प्रमुख अधिकारी विरुद्ध वासिङ्गटन डिसीको जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।,पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामा आप्रवासीप्रति गरिएको कडा व्यवहारको विपक्षमा उभिएका छन् । तर ट्रम्पले भने मिडियाले प्रश्न गरेर हिंसाको अवस्था सिर्जना गरेको आरोप लगाएका छन् ।,गएको अक्टोबर १२ मा आपराधिक घटनाले ग्रस्त होण्डुरसको शहर सन पेड्रो सुलामा १६० जना बस स्टेसनमा जम्मा भएर अमेरिका पुग्ने यात्राको सुरु गर्ने तयारीमा थिए ।,उनीहरुले देशमा रहेको हिंसा र बेरोजगारीबाट मुक्ति पाउनका लागि यो यात्राको तयारी एक महिना भन्दा लामो समयदेखि गरेका थिए । यस्ता आप्रवासीको संख्या तब बढ्यो जब एक पूर्व राजनीतिज्ञले यसबारेको खबर फेसबुकमा सेयर गरे ।,अक्टोबर १३ को बिहानै संख्या १००० पुग्यो । त्यसपछि उनीहरुले यात्रा सुरु गरे । उनीहरु ग्वाटेमाला हुँदै मेक्सिको छिरे ।,यात्राको क्रममा होण्डुरससँगै एल साल्भाडोर तथा ग्वाटेमालाका आप्रवासी पनि थपिए र अहिले संख्या सात हजार कटेको बताइन्छ । यही ग्रुपलाई क्यारावान आप्रवासी भन्ने गरिएको छ ।
null
साउदी अरेबियामाथि सीधा आरोप, उच्चस्तरबाटै खाशोग्गी हत्याका लागि निर्देशन
पत्रकार जमाल खाशोग्गीको हत्या साउदी सरकारले गरेको आरोप सार्वजनिक र औपचारिक रुपमा लागेको छ । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानले स्थानबुलमा रहेको साउदी कन्सुलर कार्यालयमा पत्रकार खाशोग्गीको हत्यामा साउदी सरकारको प्रत्यक्ष संलग्नता रहेको पहिलो पटक सीधै आरोप लगाएका हुन् ।,टर्कीका राष्ट्रपति एर्डोगानले अमेरिकी पत्रिका द वासिङ्गटन पोस्टमा लेखेको लेखमा भनेका छन्, ‘पत्रकार खाशोग्गीको हत्याका लागि साउदी सरकारको माथिल्लो स्तरबाट आएको हामीलाई थाहा छ ।’,तर उनले साउदी अरेबियासँगको मित्रवत सम्बन्धलाई जोड दिँदै खाशोग्गीको हत्यामा राजा सलमानको संलग्नता भने नरहेको उल्लेख गरेका छन् ।,का लागि लेख्दै आएका साउदी पत्रकार खाशोग्गीको गएको अक्टोबर २ मा स्थानबुलस्थित साउदी कन्सुलर कार्यालयमा हत्या भएको हो ।,लामो समयदेखि पत्रकार जमाल खाशोग्गीको हत्याका बारेमा आफूसँग प्रसस्त प्रमाण रहेको र त्यो सार्वजनिक गर्ने बताउँदै आएको टर्कीले यसबारेमा केही दिनअघि पहिलो पटक आधिकारिक धारणा सार्वजनिक गरेको थियो ।,स्थानबुलस्थित साउदी कन्सुलर कार्यालयमा पसे लगत्तै खाशोग्गीको घाँटी अँठ्याएर हत्या गरिएको टर्कीले दाबी गरेको थियो । टर्कीले उनको घाँटी अँठ्याएर तत्कालै हत्या भएको बताए पनि यसबारेको प्रमाण भने सार्वजनिक गरेको छैन ।,घटनाको सम्बन्धमा अनुसन्धान गरिरहेका टर्कीका प्रमुख अनुसन्धानकर्ता इरफान फिदाननले यो हप्ता साउदी अरेबियाका समकक्षीसँगको बैठकबाट ठोस निष्कर्ष नआएको बताएका थिए । साउदी अरेबियाले त्यो बैठकबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।,टर्कीले जारी गरेको वक्तव्यमा भनिएको थियो, ‘पहिले नै बनाइएको योजना अनुसार, पीडित जमाल खाशोग्गी कन्सुलर कार्यालय पसे लगत्तै घाँटी थिचेर हत्या गरिएको हो ।’,खाशोग्गीको शरीर हत्यापछि टुक्रा टुक्रा पारेर नष्ट गरिएको र यो पनि पूर्व योजना अनुसार नै रहेको टर्कीले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ । खाशोग्गीको शरीर अहिलेसम्म भेटिएको छैन ।,टर्की, अमेरिका र साउदी अरेबिया तीनै देश खाशोग्गीको हत्या स्थानबुलस्थित साउदी कन्सुलर कार्यालयमा भएकोमा एकमत भएका छन् । तर त्यसको कारण र शरीर भने भेटिएको छैन । र उनको मृत्यु कसरी भयो भन्नेमा अझै पनि एकमत वा ठोस कारण बाहिर आएको छैन ।,साउदी अरेबियाका अधिकारीसँगको बैठकमा आफूहरुले खाशोग्गीको शरीर, हत्याको योजनाबारेको नयाँ जानकारी तथा स्थानीय सहयोगीका बारेमा जानकारी मागेको टर्कीले बताएको छ ।,यसअघि एक साउदी अधिकारीले नाम नबताउने शर्तमा समाचार संस्था रोयटर्ससँग खाशोग्गीको शरीर गलैँचामा बेरर स्थानीय सहयोगीलाई दिएको बताएका थिए । साउदी अरेबियाले सबै प्रश्नको सही जवाफ संयुक्त अनुसन्धानबाट मात्रै आउने बताएको छ ।,यहिबिचमा टर्कीका राष्ट्रपतिले पहिलोपटक हत्यामा साउदी अरेबिया सरकारको सीधा संलग्नता रहेको सीधा आरोप लगाएका हुन् ।,एर्डोगानले वासिङ्गटन पोस्टमा लेखेका छन्, ‘साउदी अरेबियाले पक्राउ गरेका १८ जना मध्ये नै खाशोग्गी हत्याका अपराधी हुन् भन्ने थाहा छ । र यो पनि थाहा छ कि उनीहरु मात्रै ‘खाशोग्गीलाई मार र छोडिदेउ’ आदेशको पलना गर्न आएका थिए । अन्ततः हामीलाई थाहा भएको छ कि खाशोग्गीको हत्याका लागि साउदी सरकारको उच्च स्तरबाट निर्देशन आएको थियो ।’,खाशोेग्गीको हत्यामा सुरक्षा अधिकारी भन्दा अरु धेरैको संलग्नता रहेको दाबी गरेका छन् । खाशोग्गीको हत्याको पछाडि रहेका वास्तविक योजनाकार बाहिर ल्याउनु पर्ने बताएका छन् । साउदी कन्सुलर जर्नरलमाथि कुनै पनि प्रकारको कारवाही नभएकोमा उनले आलोचना गरेका छन् । घटनामा संलग्न सबैलाई कडा कारवाही हुनुपर्ने उनको माग छ ।,अमेरिकी पत्रिकार द वासिङ्गटन पोस्टका लागि लेख्दै आएका साउदी पत्रिकार खाशोग्गी गएको अक्टोबर २ मा टर्कीको स्थानबुलस्थित साउदी कन्सुलर कार्यालयमा पसेदेखि बेपत्ता भएका थिए ।,दुई हप्ताभन्दा लामो समय उनका बारेमा कुनै जानकारी नरहेको बताएको साउदीले पहिले उनको कन्सुलर कार्यालयमा भएको मुक्का हानाहानमा मृत्यु भएको बतायो र त्यसको दुई दिनपछि उनको हत्या भएको स्वीकार गर्यो । उनको हत्यामा खराब नियत भएका एजेन्टहरुको संलग्नता रहेको साउदीको भनाई छ ।,साउदीले खाशोग्गीका बारेमा जानकारी नरहेको बताइरहेका बेला पनि टर्कीका अधिकारीले उनको हत्या भएको र त्यसको प्रमाण आफूहरुसँग रहेको बताएका थिए । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानले घटनाका सम्बन्धमा ‘न्याकेड ट्रुथ’ सार्वजनिक गर्ने बताएका थिए ।,साउदी अरेबियाका शक्तिशाली क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमान, जसले पछिल्लो वर्षमा भ्रष्टाचार विरुद्ध अभियान चलाएको तथा सुधारका काम गरेको भनिएको छ, खाशोग्गी उनका कडा आलोचक थिए ।,यहि कारण क्राउन प्रिन्सकै निर्देशनमा खाशोग्गीको हत्या भएको आरोप लाग्ने गरेको छ । साउदी अरेबियाले भने खाशोग्गीका बारेमा क्राउन प्रिन्सले निर्देशन दिनु त परको कुरा यसबारे जानकारी पनि नरहेको स्पष्ट रुपमा दाबी गरेको छ ।,तर टर्कीका राष्ट्रपतिको पछिल्लो भनाईबाट औँला फेरि युवराज सलमानतिर नै सोझिएको बताइन्छ ।,खाशोग्गी हत्या प्रकरणले दुई मित्र राष्ट्र अमेरिका र साउदी अरेबियाको सम्बन्धमा दरार आउने खतरा बढ्यो ।,तर अमेरिका, विशेष गरी राष्ट्रपति डोनाल्ड ट्रम्प खाशोग्गी हत्याको ‘कभर–अप’ साउदीलाई साथ दिन लागेको आरोप छ, जुन अमेरिका र ट्रम्पले स्पष्ट रुपमा अस्वीकार गरेका छन् ।
null
सर्वोच्चको एक फैसलाले अशान्त पाकिस्तान, जोखिममा मृत्युदण्डमुक्त आसिया बिबी र उनको परिवार
पाकिस्तानमा पछिल्लो केही दिनयता देशभर सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन भइरहेको छ ।,एक महिलालाई ईश्वरको निन्दा गरेको आरोपमा तल्लो अदालत तथा उच्च अदालतले मृत्युदण्डको सजाए सुनाएकोमा सर्वोच्च अदालतको तीन न्यायाधीशको बेन्चले गएको बुधबार महिलाको पक्षमा फैसला सुनायो ।,अर्थात तल्ला अदालतको फैसला रद्द गर्दै ईश्वरको निन्दा गरेको आरोप लागेकी इसाई महिला आसिया बिबीलाई रिहा गर्न आदेश दियो । त्यसयता पाकिस्तानभर सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन भइरहेको छ ।,पैगम्बर मोहम्मदको निन्दा गरेको आरोपबाट मुक्त भएर रिहा भएकी आसिया बिबीका श्रीमान आशिक मसीहले आफ्नो जिउज्यानकै सुरक्षामा खतरा रहेको भन्दै अमेरिका, बेलायत वा क्यानडासँग आश्रयका लागि अपिल गरेका छन् ।,आसिया बिबीका श्रीमान आशिक मसीहले भिडियो सन्देश जारी गर्दै अमेरिका, क्यानडा तथा बेलायतका नेतासँग आश्रयका लागि अपिल गरेका हुन् । उनले आसिया, आफू र छोरीको ज्यान जोखिममा रहेको बताएका छन् ।,पाकिस्तानमा आफूहरुमाथि जुनसुकै बेला जे पनि हुन सक्ने खतरा रहेको उनले सन्देशमा उल्लेख गरेका छन् । यसअघि जर्मन प्रशारक संस्था डिडब्लुसँगको अन्तर्वार्तामा आशिकले आफ्नो परिवार निकै डराएको अवस्थामा रहेको बताएका थिए ।,सर्वोच्च अदालतले गरेको फैसलापछि पाकिस्तानका अधिकांश क्षेत्रमा विरोध प्रदर्शनहरु भइरहेका बेला सरकारले यसलाई रोक्न प्रयास गरेको छ तर सफल हुन सकेको छैन ।,पाकिस्तान सरकारले कट्टर इस्लामिक पार्टी तहरिक–ई–लाबाइक (टिएलपी) सँग सम्झौता गरेको छ, जसअनुसार आसिया बिबीले पाकिस्तान छोड्न पाउने छैनन् ।,यो सम्झौता गलत रहेको आसियाका श्रीमान आशिकले डिडब्लुसँगको अन्तर्वार्तामा भनेका थिए । यसले न्यायपालिकाको स्वतन्त्रता हनन् हुने उनको भनाई छ । आशिकले आफूहरुको सुरक्षाका लागि कुनै प्रबन्ध नगरिएको बताएका छन् ।,तर पाकिस्तान सरकारले भने सुरक्षाको प्रबन्ध गरिएको दाबी गरेको छ । सूचना मन्त्री फवाद चौधरीका अनुसार आसिया बिबीलाई बचाउनका लागि सुरक्षा सतर्कता बढाइएको छ ।,प्रदर्शनकारीसँग भएको सम्झौताको बचाउ गर्दै हिंसाको अवस्था रोक्नका लागि सम्झौता गरिएको उनले बताए । प्रधानमन्त्री इमरान खान नेतृत्वको सरकारलाई आसिया बिबीको मामिला निकै कठिन बन्दै गएको छ ।,अहिले आसिया बिबी कहाँ छन् भन्ने केही बताइएको छैन भने उनका वकिलले देश छाडेका छन् ।,आसिया बिबीमाथि एक मुस्लिम महिलासँग कुराकानीको क्रममा पैगम्बर मोहम्मदका बारेमा आपत्तिजनक कुरा गरेको आरोप थियो । यो आरोप आसिया बिबीले स्पष्ट रुपमा अस्वीकार गरेकी छन् ।,पाकिस्तानमा ईश्वर निन्दा एक गम्भीर अपराध मानिन्छ । यहि कानुनको गलत प्रयोग गरेर अल्पसंख्यकलाई फसाउने गरिएको आपरो लाग्ने गरेको छ ।,यो घटना सन् २००९ को जुन १४ को हो, त्यो दिन आसिया बिबी गाउँका अरु महिलासँग काम गर्न गएकी थिइन् । त्यसक्रममा झगडा हुँदा उनले ईश्वरको निन्दा गरेको आरोप थियो । आसियाले यो घटनाका बारेमा पुस्तक लेखेकी छन् । यसमा उनले घटनाबारे बिस्तारमा बताएकी छन् ।,ईश्वर निन्दाको आरोपमा तल्लो अदालत र उच्च न्यायालयले मृत्युदण्डको सजाय सुनाएकोमा सर्वोच्च अदालतले आरोपबाट मुक्त गर्दै तत्काल रिहा गर्न आदेश दियो । आसिया बिबीले उच्च न्यायलयको फैसला विरुद्ध सर्वोच्चमा दिएको उजुरीमा गएको बुधबार फैसला आएको हो ।,पाकिस्तानी सर्वोच्च अदालतको तीन सदस्यीय बेन्चले अक्टोबर ८ मा फैसला सुरक्षित गरेको थियो । त्यहि फैसला बुधबार सुनाइएको हो ।,फैसला सुनाउँदै सर्वोच्च अदालतका मुख्य न्यायाधीश मिया साकिब निसारले उच्च न्यायालय र तल्लो अदालतको फैसला रद्द गरेको घोषणा गरे । उनले भनेका थिए, ‘आसिया बिबीलाई दिइएको सजाय सम्बन्धी फैसला अस्वीकार गरियो । यदी अरु कुनै आरोपमा उनीमाथि मुद्दा चलेको छैन भने तत्काल रिहा गरियोस् ।’
null
गुर्जा हिमालमाथिदेखि हाइटीसम्म
महात्मा गान्धीले भनेका छन्, ‘तपाईँको ज्ञान र हृदयलाई जे सत्य लाग्छ, त्यसको पालना नै तपाईँको कर्तव्य हो।’ क्याम्पस पढ्दाताका ललितपुरकी बशुन्धरा खड्कालाई लाग्यो–राष्ट्रप्रति समर्पित हुनु नै मेरो कर्तव्य हो। वास्तवमा उनलाई लागेको सत्य यथार्थमा परिणात भयो।,वि.सं. २०६१ सालमा नेपाल प्रहरीमा भर्ना भएकी खड्का अहिले आफ्नो हृदयको आवाजलाई कार्यान्वयनतर्फ डोहोर्याइरहेकी छिन्। उनी भन्छिन्, ‘नेपाल प्रहरीमा प्रवेश गरेर राष्ट्रको सेवा गर्न पाउनुमा मलाई शान छ, गर्व छ।’,असोज १९ शुक्रबार प्रहरी प्रधान कार्यालयमा अन्तरवार्ताका लागि पुग्दा डिएसपी खड्का द्वन्द्वग्रस्त मुलुक हाइटी जाने तयारी गर्दै थिइन्। ‘ऊ झोला तयार भइसक्यो, पर्सी उड्नुछ,’ खड्काले मुस्काराउँदै भनिन्। उनी अहिले हाइटी पुगिसकेकी छन् ।,दसैँको रंग नेपालीका घरआँगनमा पोखिइसकेका बेला डिएसपी खड्का चाहिँ ‘ड्यूटी इज ड्यूटी’ भनेझैँ अर्कै महादेशतर्फ जाँदैथिइन्। उनको मुहारमा आत्मविश्वास झल्किन्थ्यो। आशा, भरोशा र उत्साह बोकेर डिएसपी खड्का आफ्नो निर्धारित लक्ष्य पूरा गर्न हाइटीतर्फ लाग्दै थिइन्।,हो, नेपालमा अहिलेसम्म आफूले सम्हालेका अधिकांश ‘मोर्चा’ मा सफल र कुशल ठहरिएकी डिएसपी खड्का एक वर्षपछि स्वदेश फर्किनेछिन् आफूले पाएको जिम्मेवारी पूरा गरेर। हाइटीमा शान्ती स्थापनाको प्रयासमा उनको टिम जुट्ने छ। विशिष्ट परिवेशसँग साक्षात्कार गर्दै आफ्नो मिसन पूरा गर्नेछिन् उनले। नेपाल सरकारले संविधान दिवसका दिन उनलाई जनसेवाश्री प्रवलबाट सम्मान गरेको थियो।,वि.सं. २०३६ सालको असार महिनामा ललितपुरको इमाडोलका राजेश खड्का र शारदा खड्काकी पहिलो सन्तानका रुपमा बशुन्धरा खड्काको जन्म भएको हो। नेपाल प्रहरीकै डिएसपी दीलिप घिमिरेसँग विवाह बन्धनमा बाँधिएकी खड्काका एक छोरा दिव्यांश छन्।,ललितपुर माविबाट एसएलसी पास गरेकी हुन् बशुन्धराले। उनी भन्छिन्, ‘घरमा पनि बुवाआमाकी ज्ञानी छोरी, भनेको मान्ने सुझबुझले काम गर्ने नै थिएँ, जेठो सन्तान भएकाले मेरो जिम्मेवारी त्यहीअनुरुप थियो।’,खेलकुदको एथ्लेटिक्स विधामा खड्का अब्बल थिइन्। स्कूलको पढाईपछि खड्का क्याम्पस क्याप्टेनकै रुपमा मानिन पुगिन्। साथीहरु र आफूभन्दा जुनियर विद्यार्थीका लागि पनि उनी आदर्श थिइन्। ‘खेल्ने, नाँच्ने, पिकनिक र प्रोग्रामहरु अर्गनाइज्डगर्नेदेखि टिम वर्कमा लिड गर्दै आएँ, स्कूल–कलेजमा पनि म टिचर्सहरुकी गुड स्टुडेन्ट थिएँ’, उनले भनिन्।,क्याम्पस पढ्दाताका नै बशुन्धरा खड्काले आफूमा अन्तरनिहीत नेतृत्व क्षमताको स्पष्ट पहिचान पाइसकेकी थिइन्। स्नातकोत्तर तहमा सुरु गर्नै लाग्दा उनले व्यावसायिक जीवन प्रारम्भ गरिन्। दिन थियो, वि.सं. २०५८ पुस १३ गते।,उनले नेपाल प्रहरीमा प्रहरी निरीक्षक पदका लागि आवेदन दिइन्। रिजल्ट हुन अढाईवर्ष लाग्यो। त्यो बिचको समयमा उनले स्नातकोत्तर तह पनि पूरा गरिन्। २०६१ साल जेठ १५ गते नेपाल प्रहरीमा नियुक्त भएपछि १६–१७ महिना तालिममै बित्यो।,‘तालिममा ३६ जना सहभागीमध्ये म एक्ली छोरी मान्छे थिएँ, सुरुमा त एलियन जस्तै, अर्कै ग्रहबाट आएको जस्तो महसुस हुने’, बशुन्धराले देश सञ्चारसँग भनिन्, ‘तर, एकाध महिनापछि मैले चुज गरेको प्रोफेसन हो, एडजस गर्नुपर्छ, सिस्टम चेन्ज गर्न सक्दिनँ, आफूलाई चेन्ज गर्नुपर्छ, किनभने म पुलिस हुन आएकी हुँ भन्ने सेल्फ रियालइजेसन भयो।’,आफ्नो व्याचका सहकर्मीहरुबाट पनि प्रशस्तै उत्साह र सहयोग पाएको बशुन्धराले बताइन्। त्यसमाथि माओवादीको सशस्त्र युद्धका कारण केही पुरुष सुरक्षाकर्मीले नै जागिर छोड्दै गरेको अवस्थामा उनले स्वइच्छा र प्रतिवद्धतामा कारण यो पेशामा रोजेकी थिइन्। आफूलाई प्रमाणित गर्ने अवसर र चुनौती दुवै थियो उनका लागि।,‘त्यसै म आत्मविश्वास र आन्तरिक रुपमा सशक्त हुन जरुरी थियो, फिजिक स्ट्रेन्थ भन्ने कुरा त स्टामिना बढ्दै जाँदा आउँछ, तर स्ट्रेन्थलाई इन्टर्नलाइज्ड गर्न चाहिँ पुलिस एकाडेमीबाट प्रेरणा पाएँ, हरेक दिनले नयाँ कुरा सिकाउथ्यो । उनले भनिन्,’ ‘सिक्दै जाँदा एउटा परिपक्क प्रहरी बनाउन दिइने ट्रेनिङले मलाई पनि त्यो स्ट्रेन्थ प्राप्त गरेँ।’,प्रहरी निरीक्षक (इन्स्पेक्टर)को तालिम पश्चात बशुन्धरा खड्काको पहिलो असाइन्मेन्ट नेपाल प्रहरीको केन्द्रीय महिला तथा बालबालिका सेवा केन्द्र (महिला सेल) मा भयो। त्यहाँ उनले करिब २ वर्ष काम गरिन्।,‘वुमन सेलमा विशेषतः महिला तथा बालबालिकाको इस्यूमा काम गर्नुपर्यो, साथै प्रहरीको क्षमता विकासजस्ता कुराहरुमा पनि काम गर्ने अवसर मिल्यो’ उनले भनिन्।,वि.सं. २०६४ साल पुसमा महिला सेलबाट प्रहरी निरीक्षक बशुन्धरा खड्काको पोस्टिङ काठमाडौँको मनोञ्जन नगरी ठमेलमा भयो।ठमेल जानु भनेको चुनौतीलाई निम्तो दिनुजस्तै मानिन्थ्यो। खड्काका अनुसार त्यतिबेला उनले लैंगिक र वर्गीय हिसाबले सोचिन्। र, त्यहाँ इञ्चार्जको जिम्मेवारीमा जाने निश्चय गरिन्। संगठनले विश्वास गरेर मलाई ठमेल पठाएको थियो, चुनौतीपूर्ण हुन्छ भनेर त्यहाँ नजानु भनेको अब आउने महिला प्रहरी अफिसरहरुलाई निरुत्साहित गर्नु सरह हुने छ,’ उनले भनिन्, ‘त्यहाँ इञ्चार्जको जिम्मेवारीमा गएर मैले आफुलाई प्रमाणित गर्नुथियो, त्यसमा म सफल भएँ।’,तर, सुरुवाति एक महिना बशुन्धराका लागि त्यति सहज भएन। त्यहाँका परिवेश, पुलिसिङसिस्टमदेखि पारिवारिक दायित्वसम्म पूरा गर्नुपर्ने थियो। तत्कालिन समयमा पनि वर्तमान आइजी सवेन्द्र खनालदेखि अन्य प्रहरी अधिकृतहरुबाट मार्गदर्शन पाएको उनी बताउँछिन्। ‘संगठनको ब्रिफिङमा पनि उनले जस्तो गर्नु भनेर मेरो उदाहरण दिनुहुन्थ्यो,’ उनी सझिन्छिन्, ‘त्यसले अझै हौसला प्रदान गर्यो।’,बशुन्धरा ठमेलको इञ्चार्ज भएकै बेला संविधानसभा निर्वाचन भएको थियो। विद्यार्थीको प्रदर्शन दिनहुँजसो नै हुने गर्थ्यो। पूर्वराजा ज्ञानेन्द्रको बहिर्गमनको बेला पनि थियो। तर, बशुन्धराका लागि ठमेल अवसर थियो, संगठनभित्र आफ्नो सशक्त छवी निर्माणका लागि।,‘त्यहाँ बसोबासको एरिया पनि छ, त्यहाँबाट महिला दिदीबहिनीहरु आउनु भयो, टाढा–टाढाबाट पनि आउनु हुन्थ्यो, उहाँहरुले गर्नुभएको समंवयले, स्वागतले नै कामप्रति अझै दृढ बनायो,’उनले भनिन्, ‘बर्दी लगाइसकेपछि मर्यादामा बसेर ड्यूटी पर्फम गर्नुपनि प्रहरी अफिसरको जिम्मेवारी हो भन्ने फिल भयो।’ठमेलमा १३ महिनाको बसाईपछि बशुन्धरा तत्कालिन आइजिपी रमेशचन्द्र ठकुरीको सचिवालयमा २ वर्ष काम गरिन्।,बशुन्धरा सन् २०१० को जनवरीमा खटिने राष्ट्र संघीय शान्ति स्थापक मिसनका लागिसुडान गइन्। नेपालमा पनि द्वन्द्व र संक्रमणको चरण देखेकी उनी सुडान र दक्षिणी सुडानको विभाजनका बेला त्यही थिइन्। दक्षिणी सुडानको जन्म र स्वतन्त्रताको दिन उनी त्यही थिइन्।,‘मिसनको विश्लेषक पुलिस अफिसरको काम गर्थे, हतियारको सहज उपलब्धताले पनि स्थिति अत्यन्तै जटिल थियो, तर दक्षिणी सुडान स्वतन्त्र भएपछि चाहिँ स्थिति सामान्य बन्यो,’ उनी सम्झिन्छिन्। पृथक धार्मिक र संस्कृतिलाई अनुभूत गर्ने अवसर पाएको उनी बताउँछिन्।,‘सुडान अरेबिक भाषा बोल्ने मुस्लिम मुलुक हो, दक्षिण सुडान चाहिँ पश्चिमतर्फ ढल्केको अंग्रेजी बोल्ने, क्रिश्चियनहरु धेरै भएको देश हो,’ उनी भन्छिन्, ‘पूर्व क्षेत्रको भन्दा धेरै फरक परिवेशमा काम गर्नुपर्ने थियो।’,सन् २०११ मा नेपाल फर्किएपछि बशुन्धरा खड्काले प्रहरी सचिवालयकै मानव अधिकार इकाईमा काम सुरु गरिन्। त्यहाँ नेपाल प्रहरीले मानव अधिकारको प्रवद्र्धन, सम्बर्द्धन र संरक्षण कसरी गर्न सक्छ भनेर कार्यक्रम बनाउनु पर्ने, विभिन्न जिल्लामा गएर काम गर्ने तथा प्रहरीलाई नै ट्रेनिङ दिनेजस्ता कार्यमा उनी संलग्न भइन्।,मानव अधिकार सेलको २ वर्षको जिम्मेवारीपछि वि.सं. २०७० साउनमा पर्यटक प्रहरी इञ्चार्जका रुपमा भृकुटीमण्डप पोस्टिङ भयो उनको । त्यहाँ गएपछि उनले पर्यटकहरुका समस्या समाधान गर्न पर्यटन मन्त्रालय र पर्यटनबोर्डसँग समन्वय गरिन्, साथै भक्तपुर र लुम्बिनीमा पर्यटक प्रहरी बिटको स्थापना पनि गरिन्।,वि.सं. २०७१ फागुनमा खड्का प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरी नायव उपरीक्षक (डिएसपी) मा बढुवा भइन्। खड्का प्रहरी मुख्यालय अन्तरगत इन्टरपोल सेक्सन इञ्चार्जको जिम्मेवारीमा २ वर्ष कार्यरत रहिन बढुवा लगत्तै।,‘नेशनल पुलिसिङ गरेकी थिएँ, युएन मिसनमा गएर इन्टरनेशनल पुलिसिङ पनि हेरियो,’ डिएसपी खड्का भन्छिन्, ‘तर १ सय ९० वटा देश सदस्य राष्ट्र भएको इन्टरपोलले चाहिँ मलाई ठूलो ठाउँ दियो। सदस्य राष्ट्रका प्रहरीदेखि धेरै अन्तर्राष्ट्रिय फोरमहरुमा मैले भाग लिएँ, त्यहाँ गरिने कामको शैली सिक्न पाएँ,संगठनभित्र अझै सशक्त काम गर्ने हौसला बढायो त्यसले।,उनी रहेकै बेला २३ औँ एशियन रिजनल कन्फे्रन्स नेपालमा भयो, जुन २७ वर्षको अन्तमा। इन्टरपोलको जिम्मेवारी प्रहरी जीवनको उत्कृष्ट समय मान्छिन् बशुन्धरा। उक्त जिम्मेवारीमा रहँदा उनले नेपाल प्रहरीसँगै इन्टरपोलबाट पनि सम्मान प्राप्त गरेकी थिइन्।,वि.सं. २०७३ को माघ महिनामा इन्टरपोलको दुई वर्षे सेवा पूरा भएपछि डिएसपी बशुन्धरा खड्का जिल्ला प्रहरी प्रमुख भएर म्याग्दी गइन्। म्याग्दी नै उनको काठमाडौँ उपत्यका बाहिरको पहिलो पोस्टिङ थिया त्यो उनको ।,‘म्याग्दी नक्सामा मात्रै देखेकी थिइन् उनले । बेनी बजार पनि भौगोलिक संरचनाका हिसाबले केही समय घुलमिल हुन गाह्रो पनि भयो,’कमाण्डरका रुपमा पहिलो पटक गएको स्मरण गर्दै डिएसपी खड्काले भनिन्, ‘तर, एउटा युनिफर्म पुलिस जानु र एउटी महिला जानुमा फरक हुँदोरहेछ, त्यो ठाउँमा मेरो भौतिक उपस्थितिले प्रहरी–प्रशासनलाई मान्नुपर्छ भन्ने जनभावनालाई थप सृदृढ गरायो।’,उनी म्याग्दी गएको २ महिनापछि स्थानीय तहको निर्वाचनको सरगर्मी सुरु भयो। २०७४ वैशाख ३१ गते निर्वाचनको मिति तोकियो। पुरुष प्रहरी अफिसर भएको बेला त त्यो स्थिति थियो अब महिलाले त गर्न सक्ने होला र भन्ने यस्तो गर्नुभयो,’ उनले भनिन्, ‘तर, स्थानीय तहको निर्वाचन कुनै किसिमको क्षति वा द्वन्द्वबिना सम्पन्न भयो।’,यद्यपि, चुनौतीहरुसँग साक्षात्कार नभएको चाहिँ पक्कै होइन। निर्वाचनको ४ दिन अघि एक उम्मेदवार विप्लव माओवादीको अपहरणमा परे। ‘घनाजंगल र पहाडको सिरानमा ३ वटा घर थियो, र ४ घण्टाको अपरेशनपछि उहाँलाई रेस्क्यू गरेर ल्यायौँ,’ उनले भनिन्, ‘गाउँ–गाउँमा उम्मेदवार भएको स्थानीय चुनाव सदमुकाम बेनीदेखि गुर्जा हिमालमुनिको सानो गाउँसम्म नै शान्तिपूर्ण भयो, प्रतिनिधिसभाको चुनाव त अझै शान्तिपूर्ण भयो।’,डिएसपी बशुन्धरा खड्काले आफ्नो म्याग्दी बसाईमा महिलालाई हेर्ने दृष्टिकोण नै बदल्न सफल भइन्।निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भयो। जसले उनीप्रतिको विश्वास अझ बृद्धि गर्यो। अर्को, महिलाको संख्या बढी भएको क्षेत्र भएकाले उनले ‘प्रहरीसँग आमा’ कार्यक्रम सञ्चालन गरिन्।,त्यसले सूचना प्राप्त गर्न मात्रै होइन, स्थानीयसँग प्रत्यक्ष जोडिएर काम गर्न सहज पनि भयो। जिल्ला प्रहरी कार्यालयमै स्थानीयको सहयोगमा महिलामैत्री भवन पनि निर्माण गरिएको उनले बताइन्।,‘एक रातको सुरक्षित बास भनेर कुनै किसिमको हिंसामा परेका महिलाहरुलाई राख्न सकियोस् भन्ने उद्देश्यले भवन निर्माण गरिएको हो,’ उनले भनिन्।,अन्तरवार्ताका दौरान आफूले नेपाल प्रहरीमा प्रवेशका लागि पाएको प्रेरणाको विषयमा पनि उनले प्रष्ट पारिन्।,‘तत्कालीन डिएसपी बिमला थापाको एक पन्नाको बायोग्राफी वेब म्यागेजिनमा छापिएको थियो, त्यो बायोग्रोफी पढेपछि यो पनि राम्रो जब हो, करियर हो भन्ने लाग्यो,’ उनले भनिन्, ‘तर, काम गर्दै गएपछि थाहा भयो –जागिर मात्रै होइन, नेपाल प्रहरीमा आएपछि देश–विदेश जान पाइन्छ, सेवा गर्न पाइन्छ, अन्तर्राष्ट्रिय ख्याती छ, जे पनि गर्न सहज छ, यस्तो अवसर अरु क्षेत्रमा सायदै पाइन्छ।’
अशोक अधिकारी
कस्ता चरा हेर्न कहाँ जाने ?
चरा अवलोकन गर्न चाहनेका लागि अहिलेको समय उत्कृष्ट रहेको चराविदले बताएका छन् । रैथानेसहित जाडो छल्नका लागि आउने आप्रवासी चराको बसोबास नेपालका विभिन्न क्षेत्रमा रहेकाले यो समय चरा अवलोकनका लागि उत्कृष्ट रहेको चराविद डा. हेमसागर बरालले बताए ।,काठमाडौँ उपत्यकामा सिमसार र खेतीजन्य भूमिका पाइने चरा हेर्नका लागि चोभार तथा बागमती क्षेत्र उत्कृष्ट रहेको छ ।,विशेषगरी टौदह पोखरीमा सिमसार आक्षित चराहरु हेर्न सकिन्छ । यहाँ चिल, महाचिल, गिद्धसहितका चरा देखिने गरेको चराविद डा. बरालले बताए । यस्तै वनमा आश्रित चराका लागि फुलचोकी, गोदावरी आसपास र शिवपुरी नागार्जुन क्षेत्र उपयुक्त हुन्छ ।,सुनसरीको वर्जु ताल अहिले जलमा आश्रित चराका लागि राम्रो क्षेत्र रहेको चराविद डा. बरालले बताए । तराई क्षेत्रको कुरा गर्दा कोशीटप्पु, चितवन राष्ट्रिय निकुञ्ज तथा लुम्बिनीका विविध क्षेत्रहरु चरा अवलोकनका लागि उपयुक्त छन् । विशेष गरी जगदिशपुर जलासय हिउँदे आप्रवासीसहितका सिमसारमा आश्रित चरालका लागि उपयुक्त रहेको छ ।,त्यो भन्दा पश्चिममा बर्दिया राष्ट्रिय निकुञ्ज चराका लागि राम्रो गन्तव्य हो । जल पन्छीका लागि बर्दियाको बढैया ताल, जहाँ अहिले साइबेरीयादेखि आएका आप्रवासी चराहरु पनि छन् । यस्तै घोडाघोडी रामसार क्षेत्र, सुक्लाफाँटा राष्ट्रिय निकुञ्जसहितका क्षेत्र वन र जलमा आश्रित चराका लागि उपयुक्त गन्तव्य हो ।,उच्च पहाडी क्षेत्रमा बस्ने चरा अहिले जाडो छल्नका लागि मध्य पहाडका क्षेत्रमा झरेकाले अहिलेको समय थप उपयुक्त हुन्छ ।,मध्य पहाडको पोखरा उपत्यका शिकारी चराका लागि नेपालको सबैभन्दा उपयुक्त क्षेत्र हो । यहाँ चिल, महाचिल, गिद्ध, बाज, भूईँचिलसहितका शिकारी चरा हेर्न पाइने शिकारी चराको क्षेत्रमा अनुसन्धान गर्दै आएका सन्देश गुरुङले जानकारी दिए ।,पोखरा उपत्यकामा मंगोलिया, साइबेरिया तथा रसियासहितका क्षेत्रबाट बसाईँ सरेर आएका विशेष गरी गोमायु महाचिल हेर्न पाइने शिकारी चराविद गुरुङले बताए ।,शिकारी चरा अवलोकनका लागि नोभेम्बर महिना सबैभन्दा उपयुक्त हुने उनले जानकारी दिए । पोखरा नजिकैको ठूलाखर्क क्षेत्र शिकारी चराका लागि राम्रो मानिन्छ । सन् २०१२ देखि यस क्षेत्रमा शिकारी चराको गणना हुँदै आएको छ । चराविद तुलसीराम सुवेदीको पहलमा नेपाल पन्छीविद संघ र हिमाली प्रकृतिको सहकार्यमा शिकारी चराको गणना हुँदै आएको हो ।,उच्च पहाडी क्षेत्रको कुरा गर्दा सगरमाथा राष्ट्रिय निकुञ्ज, मकालु वरुण राष्ट्रिय निकुञ्ज, लाङ्टाङ राष्ट्रिय निकुञ्ज, शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज चरा अवलोकनका लागि उपयुक्त रहेको चराविद डा. बरालले बताएका छन् ।,यो समयमा साइबेरियासहितका क्षेत्रबाट १५० भन्दा बढी प्रजातिका आगन्तुक चराहरु नेपालका विविध क्षेत्रमा रहेकाले यो समय चरा अवलोकनका लागि अति उपयुक्त रहेको चराविद डा. बराल र गरुङले बताए। चरा अवलोकनसँगै उनीहरुको संरक्षणमा पनि चासो दिनु पर्नेमा उनीहरुले जोड दिएका छन् ।
सञ्चार संवाददाता
पृथ्वीको अन्तिम मानव पुस्ता, जसले प्रकृति जोगाउन सक्छ
विश्वमा वन्यजन्तुको संख्यामा पछिल्लो चार दशक अर्थात ४० वर्षमा ६० प्रतिशतले कमी आएको छ ।,वन्यजन्तुको संख्या घट्नुमा प्रदुषण, वन फडानी, जलवायु परिवर्तन तथा अरु प्रकारका मानव निर्मित कारणहरु रहेको र यसले गम्भीर संकटको अवस्था ल्याएको वन्यजन्तुको क्षेत्रमा काम गर्दै आएको संस्था विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) ले जनाएको छ ।,डब्लुडब्लुएफको नयाँ प्रतिवेदन अनुसार पछिल्लो चार दशक वन्यजन्तुका लागि निकै खराब समय बनेको र यसको प्रमुख कारक मानव रहेको उल्लेख गरिएको छ । प्रतिवेदनमा भनिएको छ, अहिलेको पुस्ता नै अन्तिम त्यो पुस्ता हो जसले वन्यजन्तुसहित प्रकृतिलाई जोगाउन सक्नेछ वा त्यसका लागि अवसर छ ।,अहिलेको पुस्ताले वन्यजन्तु र प्रकृतिको संरक्षणमा काम गर्न नसकेमा पछुताउनु बाहेक अर्को विकल्प नहुने भन्दै चेतावनी दिइएको छ ।,स्तनधारी, चरा, माछा, सरीसृप, उभयचर प्रजातिका चार हजार भन्दा बढी प्रजातिहरु सन् १९७० देखि २०१४ को बिचमा तीव्र गतिमा घटेको , मा उल्लेख गरिएको छ ।,वन्यजन्तु अर्थात जनावरको पारिस्थितिक प्रणालीमा मानव संलग्नता हुनु भन्दा पहिलेको तुलनामा अहिले वन्यजन्तुका प्रजातिहरु लोपहुने दर हजार गुणा भन्दा बढी रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । पृथ्वीमा मानवीय प्रभावबाट मुक्त रहेको जमिनको मात्रा एक चौथाईबाट सन् २०५० सम्ममा दशमा एक भाग रहने खतरा देखिएको छ ।,वन्यजन्तुको बासस्थान घट्दै जाने, चोरी शिकार, प्रदुषण, रोगव्याधी र जलवायु परिवर्तनको प्रभाव निरन्तर बिस्तार हुँदै गएको र यो वन्यजन्तु तथा प्रकृतिका लागि घातक रहेको उल्लेख गरिएको छ ।,वन्यजन्तुको संरक्षण र प्रकृतिमा मानवीय प्रभाव कम गर्नका लागि अन्तर्राष्ट्रिय सन्धि हुनु पर्नेमा डब्लुडब्लुएफले जोड दिएको छ । यस्तो सन्धि पेरिस जलवायु सम्झौतासँग तादम्य मिलाउने खालको हुनु पर्ने उल्लेख छ । अहिले वन्यजन्तु तथा प्रकृतिको संरक्षणका लागि जति पनि काम भएका छन् तिनीहरु मानव निर्मित विनासको दर भन्दा निकै कम रहेको भन्दै चेतावनी दिइएको छ ।,अहिले पनि प्रकृतिलाई मानवले सित्तैमा पाएको उपहारको रुपमा लिएको र यसको संरक्षणका लागि आफ्नो भूमिका खेल्न नसकेको डब्लुडब्लुएफका महानिर्देशक मार्को लाम्बर्तिनीले बताएका छन् ।,यस्तै प्रतिवेदनका अनुसार ९० प्रतिशत भन्दा बढी समुद्री चराहरुको पेटमा प्लाष्टिक रहेको छ । सन् १९६० मा पेटमा प्लाष्टिकको मात्रा हुने समुद्री चराको संख्या पाँच प्रतिशत मात्रै थियो ।,ल्याटिन अमेरिका तथा क्यारेबियन क्षेत्रका वन्यजन्तुको जीवन सबैभन्दा बढी खतरामा देखिएको छ । यी क्षेत्रमा सन् १९७० यता वन्यजन्तुको संख्यामा ८९ प्रतिशतले कमी आएको छ । यस्तै स्वच्छ पानीमा भर पर्ने प्रजातिहरु भ्यागुता तथा नदीमा हुने माछाको संख्यामा ८३ प्रतिशतले कमी आएको छ ।,वन्यजन्तुको संरक्षण र समग्रमा प्रकृतिको संरक्षणका लागि तत्कालै विश्वव्यापी रुपमा एकीकृत प्रयासको खाँचो रहेको तथा ढिलो नगरी यसका लागि काम हुने पर्ने भन्दै डब्लुडब्लुएफले विश्वव्यापी सहकार्यका लागि आह्वान गरेको छ ।
null
नयाँ जहाज कसरी दुर्घटनामा पर्न सक्छ ?
१८९ जना सवार लायन एयरको फ्लाइट जेटी ६१० विमान इन्डोनेसियाको राजधानी जकार्ताबाट उडेको केही मिनेटपछि नै समुद्रमा खस्यो । बोइङ्ग ७३७ म्याक्स ८ दुर्घटनामा परेपछि चासो र चिन्ता बढेको छ, किनकी यो नयाँ विमान थियो ।,बोइङ्ग ७३७ म्याक्स ८ विमान दुर्घटनामा परेको यो पहिलो घटना हो । विमान दुर्घटनाको विस्तृत विवरण अझै आउन बाँकी छ र कारण विस्तृत अनुसन्धानको प्रतिवेदन नआएसम्म पुष्टि हुने छैन ।,विमान दुर्घटना प्रायः गरी प्राविधिक तथा मानवीय दुवै कारणले हुने गरेको छ । तर यो विमान नयाँ भएकाले त होइन भन्ने पनि लागेको छ । बोइङ्ग ७३७ म्याक्स ८ सन् २०१७ देखि व्यवसायिक प्रयोगमा आएको हो ।,तुलनात्मक रुपमा सस्तो दरमा उडान भर्दै आएको लायन एयरले गएको जुलाईमा इन्डोनेसियामा यो विमान पहिलोपटक ल्याउन एयरलाइन्स बन्न पाएकोमा गर्व लागेको बताएको थियो । सोमबार दुर्घटनामा परेको विमान गएको अगस्ट १५ देखि मात्रै प्रयोगमा ल्याइएको थियो ।,अहिलेसम्म यो विमानले ८०० घण्टा मात्रै उडान भरेको थियो । पाइलटले उडान भरे लगत्तै फर्किनका लागि एयर ट्राफिक कन्ट्रोल जकार्तासँग अनुमति मागेको बताइएको छ । अहिले विमानमा , देखिएको खुलेको छ ।,प्रायः गरी पुराना विमानहरु दुर्घटनामा पर्ने सम्भावना बढी हुने गरेको उड्डयन विश्लेषक जेरी स्वज्याटम्यानले बिबिसीलाई बताएका छन् । तर निकै नयाँ विमानमा पनि समस्या हुन सक्ने उनले बताए ।,उनले भनेका छन्, ‘यदी विमान नयाँ छ भने केही खराबी भए तत्कालै नदेखिन पनि सक्छ, केही समयको उडानपछि मात्रै समस्या बाहिर देखिन थाल्छ । पहिलो तीन महिनामा यस्ता समस्या समाधान गर्नु पर्छ ।’,सोमबार दुर्घटनामा परेको विमान सञ्चालनमा आउको केही हप्ताअघि मात्रै तीन महिना पुगेको थियो ।,उड्डयन सम्बन्धी प्रकाशन द एयर करेन्टका अर्का विश्लेषक जोन ओस्ट्रोवेरका अनुसार नयाँ विमानमा जहिले पनि केही नयाँ प्राविधिक समस्या आउने सम्भावना हुन्छ र यो सामान्य पनि हो तर यो नै कारण हुन भने सक्दैन ।,सोमबार दुर्घटना भएको विमानमा के खराबी भयो भन्ने बारे अहिले नै निष्कर्षमा पुग्नु हतारो हुने दुवैले बताएका छन् ।
null
भूमिको नयाँ वर्गिकरण हुँदै, व्यवस्थित शहरका लागि ऐन बनाईँदै
व्यवस्थित शहर र व्यवस्थित बसोबासको व्यवस्था मिलाउनका लागि सरकार प्रतिबद्ध रहेको सरकारले जनाएको छ ।,कानुन बनाएर नै शहर तथा शहर बिस्तारलाई व्यवस्थित तथा नियमन गर्ने तयारीमा आफूहरु रहेको शहरी विकास मन्त्री मोहम्मद ईश्तियाक राईले देश सञ्चारलाई बताए ।,उनका अनुसार व्यवस्थित शहरका लागि ऐन ल्याउने तयारी भएको र त्यसका लागि कानुन मन्त्रालय र मन्त्री परिषदबाट स्वीकृति प्राप्त भइसकेको मन्त्री राईले जानकारी दिए ।,उनका अनुसार अहिले शहरी विकास मन्त्रालय व्यवस्थित शहरको सपना साकार पार्ने खालको ऐन निर्माणमा जुटेको छ ।,उनले भने, ‘हामीले ऐनको निर्माण सुरु गरिसकेका छौँ, अब शहर तथा बस्ती विकासका लागि निश्चित भूमि तोकिने छ । बसोबास र कृषि योग्य जमिनको निर्धारण गरिनेछ । यसका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग पनि सहकार्य गरिरहेका छौँ ।’,उनका अनुसार चाँडै नै शहरी क्षेत्र र समग्र बस्तीलाई नै व्यवस्थित बनाउने गरी कानुन आउने छ र त्यसलाई संघीय संरचना अनुसार स्थानीय तहसँग मिलेर लागु गरिनेछ ।,यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिको नयाँ वर्गिकरण गर्ने तयारी गरेको छ । यसका लागि अहिले आफूहरु नयाँ भू–उपयोग नीति ल्याउने तयारीमा रहेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले बताइन् ।,उनका अनुसार नयाँ भू–उपयोग नीतिमा जमिनको वर्गिकरण हुने र त्यसमा आवास, कृषि, वन, खोलानाला क्षेत्र तोकिने छ । यसरी भूमिका वर्गिकरण भएपछि व्यवस्थित शहर र बस्तीका लागि शहरी विकास, कृषि, वन र भूमि व्यवस्था मन्त्रालय मिलेर काम गर्ने उनले बताएकी छन् । यो कार्यमा स्थानीय तहसँग सहकार्य गरिने उनको भनाई छ ।,संघीय संरचना अनुसार नेपालका सात प्रदेशमा नगरपालिका र गाउँपालिका गरी अहिले ७५३ स्थानीय तह छन् । त्यस मध्ये विशेष गरी महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकाका प्रमुख स्थानहरु शहरी क्षेत्रमा परेका छन् र केही नयाँ बन्दै गरेका शहर छन् ।,पुराना शहरलाई व्यवस्थित बनाउँदै लैजाने र नयाँ शहरको विकासको क्रममा वातावरणीय प्रभावलाई मूल्यांकन गरी काम गरिने मन्त्रीद्वय राई र अर्यालले बताए ।,नेपालमा अहिले ६ महानगर र ११ उपमहानगरपालिका छन् । महानगर र उपमहानगरको बस्ती विकास व्यवस्थित नबन्दा वातावरणमा प्रतिकुल प्रभाव परेको छ भने मानव जीवन र जनजीविका नै कष्टप्रद बन्दै गएको छ ।,सबै भन्दा अस्तव्यस्त राजधानी शहर काठमाडौँ बनेको छ र यहाँका बस्तीहरु व्यवस्थित बन्न सकेका छैनन् । यहि कुरालाई मध्यनजर गरेर काठमाडौँका पुराना बस्तीलाई सकेसम्म व्यवस्थित गर्ने र नयाँ बस्ती विकास गर्दा स्तरीय शहरी मापदण्ड पूरा गरिने महानगरपालिकाले बताएको छ ।,विश्वव्यापी रुपमा जस्तै नेपालमा पनि ग्रामीण क्षेत्रको तुलनामा शहरी क्षेत्रमा जनघनत्व बढी रहेको छ । यसले गर्दा स्रोत–साधानको उपयोग र आर्थिक गतिविधि पनि शहरी क्षेत्रमा नै बढी हुने गरेकाले व्यवस्थित बस्ती विकास आवश्यक रहेकोमा जोड दिने गरिएको छ ।,विश्वव्यापी तथ्यांक हेर्दा अहिले पृथ्वीको दुई प्रतिशत जमिन शहरी क्षेत्रले ओगटेको छ । कुल ग्राहस्थ उत्पादनमा शहरी क्षेत्रको भूमिका ७० प्रतिशत रहेको छ । शहरी क्षेत्रले ६० प्रतिशत उर्जा खपत गर्ने गरेको छ भने ७० प्रतिशत हरितगृह ग्यास पनि यहि क्षेत्रबाट निस्कने गर्छ ।,यसैगरी विश्वव्यापी रुपमा निस्कने फोहोरमा ७० प्रतिशत हिस्सा शहरी क्षेत्रको छ । यसले गर्दा पृथ्वीको दीगोपन तथा दीगो विकासका लागि व्यवस्थित शहर अत्यावश्यक रहेको छ ।,(पुनश्चः बुधबार राम्रो शहर, राम्रो जीवन नाराका साथ विश्व शहरी दिवस मनाईँदै छ ।)
सञ्चार संवाददाता
खतरामा समुद्र, जोखिममा पृथ्वी
समुद्रले सोस्दै आएको तापक्रमको मात्रा निकै कम आँकिएको अनुसन्धानकर्ताले बताएका छन् । पछिल्लो २५ वर्षमा समुद्रले सोसेको तापको मात्रा अहिले सोचिँदै आएको भन्दा ६० प्रतिशत बढी रहेको ,ले देखाएको हो ।,यसको अर्थ जीवाश्म इन्धनको प्रयोग वा उत्सर्जनको सन्दर्भमा पृथ्वी निकै संवेदनशिल रहेको अनुसन्धानकर्ताले बताएका छन् । विश्वव्यापी रुपमा भइरहेको तापक्रम बृद्धि यो शताब्दीमा सुरक्षित स्तरमा कायम राख्नु चुनौतीपूर्ण रहेको भन्दै वैज्ञानिकले चिन्ता व्यक्त गरेका छन् ।,जलवायु परिवर्तनमा अन्तरदेशिय प्यानल (आइपिसिसी) का वैज्ञानिकले गरेको अध्ययन अनुसार हरितगृह ग्यासका कारण उत्पन्न भएको तापको ९० प्रतिशत भन्दा बढी हिस्सामा समुद्रको पहुँच रहेको छ । तर नयाँ अध्ययन अनुसार पछिल्लो २५ वर्षमा हरेक वर्ष विद्युत उत्पादनका लागि १५० गुणा बढी इन्धन प्रयोग गर्ने गरिएको छ ।,यो यसअघि सोचिएको भन्दा ६० प्रतिशत बढी हो र निकै ठूलो चिन्ताको विषय रहेको वैज्ञानिकले बताएका छन् । यसरी उत्पन्न भएको ताप जोडिँदै जाँदा पृथ्वी तातिँदै गएको छ । पछिल्लो अनुसान्धानबाट हामीले सोच्दै आएको भन्दा निकै अधिक तापक्रम समुद्रमा गइरहेको छ ।,यस्तै मानवले उत्सर्जन गरेको हरितगृह ग्यासका कारण सोचे भन्दा धेरै तापक्रम उत्पादन भइरहेको पनि खुलेको छ । यसको अर्थ उही मात्राको ग्यासबाट अहिले बढी ताप निस्कन थालेको छ । अर्थात पृथ्वी कानर्बडाइअक्साइडका लागि थप संवेदनशिल बनेको छ ।,यस्तो अवस्थामा सन् २०१५ मा भएको पेरिस जलवायु परिवर्तन सम्झौता अनुसार तापक्रम वृद्धि दुई डिग्री सेल्सियस भन्दा कममा सीमित गर्ने लक्ष्यमा चुनौती देखिएको छ । समुद्री पानीको तापक्रम बढ्दै गएको छ र यसले गर्दा त्यसमा अक्सिजनको मात्रा कम हुँदैछ ।,यसको अर्थ समुद्री जीवका लागि जीविका कष्टकर बन्दैछ भन्ने रहेको अनुसन्धानमा संलग्न प्रिन्सटन विश्वविद्यालयका डा. लोरी रेस्प्लान्डीले बताए ।,यस्तै तापक्रम बढ्दै जाँदा थर्मल एक्सपान्सनका कारण समुद्र सतह पनि बढ्दै जाने डा. रेस्प्लान्डीको भनाई छ । समुद्रले लिएको ताप फेरि फिर्ता आउने तर त्यसका लागि लामो समय लाग्ने भएकाले खतरा झन बढी रहेको उनको भनाई छ ।
null
साउदी अरेबियालाई अर्को फसाद, टर्कीले भन्यो–खाशोग्गीको घाँटी थिचेर हत्या, शरीर टुक्राटुक्रा
लामो समयदेखि पत्रकार जमाल खाशोग्गीको हत्याका बारेमा आफूसँग प्रसस्त प्रमाण रहेको र त्यो सार्वजनिक गर्ने बताउँदै आएको टर्कीले यसबारेमा पहिलो पटक आधिकारिक धारणा सार्वजनिक गरेको छ ।,अमेरिकी पत्रिकार द वासिङ्गटन पोस्टका लागि लेख्दै आएका साउदी पत्रिकार खाशोग्गी गएको अक्टोबर २ मा टर्कीको स्थानबुलस्थित साउदी कन्सुलर कार्यालयमा पसेदेखि बेपत्ता भएका थिए ।,दुई हप्ताभन्दा लामो समय उनका बारेमा कुनै जानकारी नरहेको बताएको साउदीले पहिले उनको कन्सुलर कार्यालयमा भएको मुक्का हानाहानमा मृत्यु भएको बतायो र त्यसको दुई दिनपछि उनको हत्या भएको स्वीकार गर्यो ।,उनको हत्यामा खराब नियत भएका एजेन्टहरुको संलग्नता रहेको साउदीको भनाई छ । साउदीले खाशोग्गीका बारेमा जानकारी नरहेको बताइरहेका बेला पनि टर्कीका अधिकारीले उनको हत्या भएको र त्यसको प्रमाण आफूहरुसँग रहेको बताएका थिए ।,टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानले घटनाका सम्बन्धमा ‘न्याकेड ट्रुथ’ सार्वजनिक गर्ने बताएका थिए।,साउदी अरेबियाका शक्तिशाली क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमान, जसले पछिल्लो वर्षमा भ्रष्टाचार विरुद्ध अभियान चलाएको तथा सुधारका काम गरेको भनिएको छ, खाशोग्गी उनका कडा आलोचक थिए ।,यहि कारण क्राउन प्रिन्सकै निर्देशनमा खाशोग्गीको हत्या भएको आरोप लाग्ने गरेको छ । साउदी अरेबियाले भने खाशोग्गीका बारेमा क्राउन प्रिन्सले निर्देशन दिनु त परको कुरा यसबारे जानकारी पनि नरहेको स्पष्ट रुपमा दाबी गरेको छ ।,खाशोग्गी हत्या प्रकरणले दुई मित्र राष्ट्र अमेरिका र साउदी अरेबियाको सम्बन्धमा दरार आउने खतरा बढ्यो । तर अमेरिका, विशेष गरी राष्ट्रपति डोनाल्ड ट्रम्प खाशोग्गी हत्याको ‘कभर–अप’ साउदीलाई साथ दिन लागेको आरोप छ, जुन अमेरिका र ट्रम्पले स्पष्ट रुपमा अस्वीकार गरेका छन् ।,टर्कीको भनाई र उससँग रहेको भनिएका प्रमाणहरु खाशोग्गीको हत्यामा लुकेका कुराहरु बाहिर ल्याउन महत्वपूर्ण हुने अनुमान गरिएका बेला खाशोग्गीको हत्या भएको एक महिनापछि उसले आधिकारिक वक्तव्य निकालेको हो ।,स्थानबुलस्थित साउदी कन्सुलर कार्यालयमा पसे लगत्तै खाशोग्गीको घाँटी अँठ्याएर हत्या गरिएको टर्कीले दाबी गरेको छ । टर्कीले उनका घाँटी अँठ्याएर तत्कालै हत्या भएको बताए पनि यसबारेको प्रमाण भने सार्वजनिक गरेको छैन ।,घटनाको सम्बन्धमा अनुसन्धान गरिरहेका टर्कीका प्रमुख अनुसन्धानकर्ता इरफान फिदाननले यो हप्ता साउदी अरेबियाका समकक्षीसँगको बैठकबाट ठोस निष्कर्ष नआएको बताएका थिए । साउदी अरेबियाले त्यो बैठकबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।,टर्कीले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘पहिले नै बनाइएको योजना अनुसार, पीडित जमाल खाशोग्गी कन्सुलर कार्यालय पसे लगत्तै घाँटी थिचेर हत्या गरिएको हो ।’,खाशोग्गीको शरीर हत्यापछि टुक्रा टुक्रा पारेर नष्ट गरिएको र यो पनि पूर्व योजना अनुसार नै रहेको टर्कीले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ । खाशोग्गीको शरीर अहिलेसम्म भेटिएको छैन ।,टर्की, अमेरिका र साउदी अरेबिया तीनै देश खाशोग्गीको हत्या स्थानबुलस्थित साउदी कन्सुलर कार्यालयमा भएकोमा एकमत भएका छन् । तर त्यसको कारण र शरीर भने भेटिएको छैन । र उनको मृत्यु कसरी भयो भन्नेमा अझै पनि एकमत वा ठोस कारण बाहिर आएको छैन ।,साउदी अरेबियाका अधिकारीसँगको बैठकमा आफूहरुले खाशोग्गीको शरीर, हत्याको योजनाबारेको नयाँ जानकारी तथा स्थानीय सहयोगीका बारेमा जानकारी मागेको टर्कीले बताएको छ ।,यसअघि एक साउदी अधिकारीले नाम नबताउने शर्तमा समाचार संस्था रोयटर्ससँग खाशोग्गीको शरीर गलैँचामा बेरर स्थानीय सहयोगीलाई दिएको बताएका थिए ।,साउदी अरेबियाले सबै प्रश्नको सही जवाफ संयुक्त अनुसन्धानबाट मात्रै आउने बताएको छ । टर्कीले यसबारेका थप जानकारीहरु भने अहिले नै बाहिर ल्याएको छैन ।
null
साउदी अरेबियाका आलोचकको हत्या सम्बन्धी सत्यतथ्य बाहिर ल्याउने टर्कीको प्रतिबद्धता
टर्कीले पत्रकार जमाल खाशोग्गीको हत्याका सम्बन्धमा आफूहरुसँग भएका सबै जानकारीहरु सार्वजनिक गर्ने बताएको छ ।,अक्टोबर २ देखि टर्कीको स्थानबुलमा रहेको साउदी अरेबियाको कन्सुलर कार्यालयमा पसेपछि बेपत्ता भएका पत्रकार खाशोग्गीको मृत्यु भएको साउदी अरेबियाले स्वीकार गरेपछि टर्कीले सबै जानकारी सार्वजनिक गर्ने बताएको हो ।,साउदी अरेबियाले पत्रकार खाशोग्गीको कन्सुलर कार्यालयमा भएको झडपमा मृत्यु भएको शनिबार बताएको हो । यसअघि उसले पत्रकार खाशोग्गीको अवस्थाका बारेमा कुनै जानकारी नरहेको बताउँदै आएको थियो । अमेरिकी पत्रिका द वासिंगटन पोस्टका लागि लेख्ने पत्रकार खाशोग्गी बेपत्ता भएसँगै दुई मित्र शक्ति अमेरिका तथा साउदी अरेबियाबिचको सम्बन्धमा तनाव आएको थियो ।,यहि बिचमा टर्कीले लगातार खाशोग्गीको कन्सुलर कार्यालयमै हत्या भएको र त्यसको अडियो तथा भिडियो प्रमाण आफूहरुसँग रहेको बताउँदै आएको थियो । अब उसले सबै जानकारी सार्वजनिक गर्ने भनेपछि रहेको भनिएको अडियो तथा भिडियो पनि बाहिर आउने अपेक्षा गरिएको छ ।,घटनालाई ढाकछोप हुन नदिने टर्कीको सत्तारुढ पार्टीका प्रवक्ताले बताएका छन् । अमेरिका र साउदी अरेबिया मिलेर खाशोग्गी घटनामा मध्यमार्गी बाटो निकालेर घटनाको सत्यमा ढाकछोप गर्ने प्रयास गरेको आरोप छ ।,पत्रकार खाशोग्गी साउदी अरेबियाका नागरिक हुन् । उनी साउदी अरेबिया, विशेष गरी शक्तिशाली क्राउन प्रिन्स मोहम्मद बिन सलमानमा आलोचक हुन् । त्यहि कारण उनको हत्या भएको आरोप छ । तर साउदी अरेबियाका राजा तथा क्राउन प्रिन्सले सबै कुरा ठाडै अस्वीकार गर्दै आएका छन् ।,अमेरिकी पत्रिकार द वासिंगटन पोस्टमा लेख्दै आएका पत्रकार खाशोग्गी अक्टोबर २ मा साउदी अरेबियाको स्थानबुलस्थित कन्सुलर कार्यालयमा पसेदेखि बेपत्ता भएका थिए ।,यसअघि उनको अवस्थाका बारेमा कुनै जानकारी नरहेको बताएको साउदी अरेबियाले अन्ततः खाशोग्गीको मृत्यु भएको जनाएको हो ।,घटनामा संलग्न भएको देखिएपछि साउदी अरेबियाको गुप्तचर निकायका उप प्रमुख अहमद अल असिरी र क्राउन प्रिन्स मोहम्मद बिन सलमानका वरिष्ठ सल्लाहकार साउद अल क्वातनीलाई बर्खास्त गरिएको पनि साउदी टिभीले जनाएको छ ।,अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले पत्रकार खाशोग्गीको अवस्था सार्वजनिक गरिनु र त्यसमा संलग्नलाई बर्खास्त गरिएको घटनाको स्वागत गरेको छ । खाशोग्गीको घटनामा हुने सबै अनुसन्धानको नजिकबाट निगरानी गर्ने पनि अमेरिकाले बताएको छ ।,मृत्यु भएको स्वीकार गरेको यो साउदी अरेबियाले पहिलो पटक हो । यसअघि टर्कीका अधिकारले खाशोग्गीको हत्या भएको बताएको थियो तर साउदी अरेबियाका राजा सलमान तथा युवराज ९क्राउन प्रिन्स० मोहम्मद बिन सलमानले स्पष्ट रुपमा आफूहरुलाई केही जानकारी नरहेको बताउने गरेका थिए र साउदी अरेबियाले औपचारिक रुपमा केही बोलेको थिएन ।,साउदी अरेबियाका राजा सलमानले देशको गुप्तचर सेवालाई पुनर्संरचना गर्न मन्त्रीस्तरीय कमिटि बनाउन निर्देशन दिएको पनि बताइएको छ । यो कमिटिको नेतृत्व क्राउन प्रिन्स मोहम्मदले गर्नेछन् ।,पत्रकार खाशोग्गीको सम्बन्धमा साउदीका राजा सलमानले टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानसँग टेलिफोनमा कुराकानी गरेको केही समयपछि साउदी टेलिभिजनले पत्रकार खाशोग्गीको मृत्यु भएको खबर प्रशारित गरेको हो ।
null
घटनाका विविध मोडहरु, साउदी अरेबियाको भनाईबाट असन्तुष्ट ट्रम्प
अन्ततः बेपत्ता भएको झण्डै तीन हप्तापछि साउदी अरेबियाले पत्रकार जमाल खाशोग्गीको मृत्यु भएको स्वीकार गर्यो । तर उसले खाशोग्गीको सम्भावित हत्यालाई टर्कीस्थित साउदी कन्सुलर कार्यालयमा भएको झडपको क्रममा भएको मृत्युको रुपमा चित्रित गर्यो ।,पत्रकार खाशोग्गी बेपत्ता भएपछि र टर्कीका अधिकारले उनको साउदी कन्सुलर कार्यालयमै हत्या भएको प्रमाण आफूहरुसँग रहेको बताएपछि साउदीमाथि कडा रुपमा प्रस्तुत भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनाक्रम विकास हुँदै जाँदा बोली फेर्दै गए ।,साउदी अरेबियाका राजा सलमानसँगको टेलिफोन कुराकानीपछि ट्रम्प नरम रुपमा प्रस्तुत हुन थाले । यसले अमेरिका र साउदी अरेबिया मिलेर पत्रकार खाशोग्गीको मृत्यु (स्वीकार नगरिएको हत्या) प्रकरणको ढाकछोपमा लागेको आरोप लाग्यो ।,घटनाक्रम विकास हुँदै जाँदा ट्रम्पका प्रतिनिधि बनेर विदेश मन्त्री माइक पोम्पेओ साउदी अरेबिया गए । त्यहाँ उनले राजा सलमान र खाशोग्गीले कडा आलोचना गर्ने गरेका तथा उनको बेपत्ता प्रकरणमा हात रहेको भनिएका शक्तिशाली युवराज (क्राउन प्रिन्स) मोहम्मद बिन सलमानसँग भेटवार्ता गरे ।,त्यसपछि उनी पत्रकार खाशोग्गी बेपत्ता भएको टर्की पुगे । स्थानबुलमा रहेको साउदी अरेबियाको कन्सुलर कार्यालयमा अक्टोबर २ मा पसेपछि खाशोग्गी बेपत्ता भएका थिए ।,विभिन्न मोड हुँदै गुज्रिएको घटनाक्रममा साउदी अरेबियाले शनिबार सबेरै मौनता तोड्यो । साउदीका राजा सलमानले टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानसँग टेलिफोनमा कुराकानी गरेपछि साउदीको सरकारी टेलिभिजनले पत्रकार खाशोग्गीको कन्सुलर कार्यालयमा भएको झडपको क्रममा मृत्यु भएको खबर प्रशारण गर्यो । हत्यालाई झडपको क्रममा भएको मृत्युको रुपमा प्रस्तुत गरिएको आरोप लाग्यो साउदी अरेबियामाथि ।,वास्तविकता ढाकछोपमा अमेरिका र विशेष गरी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि संलग्नता रहेको आरोप लागिरहेको छ । यहि बिचमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार खाशोग्गीका बारेमा साउदी अरेबियाले भनेको कुराबाट आफू त्यति सन्तुष्ट नभएको बताएका छन् ।,कन्सुलर कार्यालयमा भएको मुक्केबाजी (मुक्का हानाहान) मा पत्रकार खाशोग्गीको मृत्यु भएको भन्ने साउदी अरेबियाको भनाईबाट आफू सन्तुष्ट हुन नसकेको ट्रम्पले बताएका छन् ।,टर्कीका अधिकारीले खाशोग्गीको हत्या भएको उनको शरीर नष्ट गरिएको बताउने गरेका छन् । ट्रम्पले भनेका छन्, ‘हामीले उत्तर पाएका छौँ तर म सन्तुष्ट हुन सकेको छैन । यो घटनाले उनीहरु (साउदी अरेबिया) लाई भन्दा हामीलाई बढी दुःखी बनाएको छ ।’,ट्रम्पले साउदी अरेबियामाथि केही प्रतिबन्ध लाग्न सक्ने सम्भावना रहेको संकेत दिए तर हुने भनिएको सैन्य सहयोग सम्बन्धी सम्झौतालाई भने यसले असर गर्ने छैन । अमेरिका र साउदी अरेबिया नजिकका मित्र हुन् र व्यवसायिक सहयात्री पनि ।,ट्रम्पले सन्तुष्ट नरहेको बताए पनि साउदी अरेबियाका शक्तिशाली क्राउन प्रिन्सलाई यो घटनाबारे थाहा नभएको हुन सक्ने सम्भावना रहेको बताए ।,टर्कीले पत्रकार खाशोग्गीको मृत्युका सम्बन्धमा आफूहरुसँग भएका सबै प्रमाण तथा जानकारीहरु सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको छ ।,उसले साउदी कन्सुलर कार्यालयमा खाशोग्गीको हत्या भएको र त्यसको अडियो तथा भिडियो प्रमाण आफूसँग रहेको बताउने गरेको छ । यस्तै कन्सुलर कार्यालयमा गरिएको खोजीको क्रममा पनि केही प्रमाणहरु भेटिएको टर्कीका अधिकारीहरुको भनाई छ ।,साउदी अरेबियाले कन्सुलर कार्यालयमा पत्रकार खाशोग्गी र उनले भेटेका व्यक्तिबिच झडप भएको र त्यहि क्रममा उनको मृत्यु भएको बताउने गरेको छ । घटनाको अनुसन्धान जारी रहेको र अहिलेसम्म १८ जना साउदी अधिकारी पक्राउ परेको साउदी अरेबियाले जनाएको छ ।,पत्रकार खाशोग्गीको मृत्युपछि उनको शरीर व्यवस्थापन गर्न स्थानीय सहयोगीलाई दिइएको र उनीहरुले शव कहाँ लगेर के गर्ने भन्ने थाहा नभएको एक अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा बताएको भन्दै समाचार संस्था रोयटर्स र अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले खबर छापेका छन् ।,घटनामा संलग्न भएको देखिएपछि साउदी अरेबियाको गुप्तचर निकायका उप प्रमुख अहमद अल असिरी र क्राउन प्रिन्स मोहम्मद बिन सलमानका वरिष्ठ सल्लाहकार साउद अल क्वातनीलाई बर्खास्त गरिएको पनि साउदी टिभीले जनाएको छ ।,साउदी अरेबियाका राजा सलमानले देशको गुप्तचर सेवालाई पुनर्संरचना गर्न मन्त्रीस्तरीय कमिटि बनाउन निर्देशन दिएको पनि बताइएको छ । यो कमिटिको नेतृत्व क्राउन प्रिन्स मोहम्मदले गर्नेछन् ।,पत्रकार खाशोग्गीको मृत्युको घटनाको बेलायत, जर्मनी, क्यानडा, फ्रान्स, अमेरिकी सांसदहरुले आलोचना गर्दै आएका छन् ।
null
साउदी अरेबियाको अर्को बयान, खाशोग्गीको हत्या भएको स्वीकार
साउदी अरेबियाले पत्रकार जमाल खाशोग्गीको हत्या भएको बताएको छ । यसअघि शुक्रबार अबेर खाशोग्गीको मृत्यु भएको बताएको साउदी अरेबियाले अहिले आएर उनको हत्या भएको स्वीकार गरेको छ ।,टर्कीको स्थानबुलस्थित साउदी अरेबियाको कन्सुलर कार्यालयमा अक्टोबर २ मा पसेपछि बेपत्ता भएका खाशोग्गीको हत्या भएको भन्दै विश्वव्यापी रुपमा विरोध भइरहे पनि साउदी अरेबियाले झण्डै तीन हप्ता नै उनको अवस्थाका बारेमा कुनै जानकारी नरहेको बताउँदै आयो ।,घटनाले राजनीतिक तथा कूटनीतिक सम्बन्धमा प्रभाव पार्न थालेपछि त्यसको ‘सेफ ल्याण्डिङ्ग’ रुपमा साउदी अरेबियाले उनको कन्सुलर कार्यालयमा भएको मुक्केबाजी (मुक्का हानाहान) को क्रममा पत्रकार खाशोग्गीको मृत्यु भएको बतायो ।,तर उसको यो भनाईमा विश्वास गर्ने सायदै कोही थिए । यहाँसम्म कि घटनाको ढाकछोपमा साउदी अरेबियालाई साथ दिएको आरोप लागेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यसमा विश्वास गरेको देखिएन ।,विविध ‘ट्वीस्ट’ हुँदै आएको पत्रकार खाशोग्गीको हत्या प्रकणमा अन्ततः साउदीले उनको हत्या भएको स्वीकार गरेको हो । साउदी अरेबियाले पत्रकार खाशोग्गीको हत्यामा खराब नियत भएका एजेन्ट अर्थात ‘दुष्ट एजेन्ट’ हरुको संलग्नता रहेको बताएको छ ।,साउदी अरेबियाका विदेश मन्त्री अदेल अल–जुबेरले फक्स न्युजसँग पत्रकार खाशोग्गीको हत्या ‘गम्भीर गल्ति’ रहेको बताएका छन् । तर यसका लागि देशका क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमानले आदेश दिएको भन्ने कुरामा कुनै सत्यता नरहेको उनले बताएका छन् ।,यसमा शक्तिशाली क्राउन प्रिन्स सलमानको कुनै संलग्नता नरहेको विदेश मन्त्री अल–जुबेरले बताएका छन् । साउदी अरेबियामाथि पत्रकार खाशोग्गी घटनाका स्पष्ट विवरण सार्वजनिक गर्न दबाब बढेको छ ।,टर्कीका अधिकारले स्थानबुलमा रहेको साउदी कन्सुलर कार्यालयका एजेन्टहरुले नै खाशोग्गीको हत्या गरेको बताउने गरेका छन् ।,साउदी अरेबियाले सुरुमा खाशोग्गी कन्सुलर कार्यालयबाट बाहिरिएको बताएको साउदी अरेबियाले शुक्रबार अबेर पहिलो पटक उनको मृत्यु भएको स्वीकार गरेको थियो र त्यसको कारण मुक्का हानाहान रहेको बताएको थियो । अहिले उसले दुष्ट एजेन्टहरुले खाशोग्गीको हत्या गरेको बताएको हो ।,साउदीका विदेश मन्त्री अल–जुबेरले घटनालाई हत्याको रुपमा बताएका हुन् । उनले भनेका छन्, ‘हामी सबै तथ्य पत्तालगाउन प्रतिबद्ध छौँ । र हत्यामा संलग्नलाई कारवाही गर्नका लागि पनि प्रतिबद्ध छौँ ।’,उनले थपे, ‘जसले यो घटना घटाए त्यो उनीहरुको अधिकार वा क्षेत्राधीकार भन्दा बाहिरको कुरा हो । यो पक्कै पनि गम्भीर गल्ति भएको छ, र यसलाई ढाकछोप गर्न खोग्नु पनि गल्ति हो ।’,खाशोग्गीको शरीर कहाँ छ भन्ने बारे आफूहरुलाई थाहा नभएको उनले बताए । उनले जोड दिएर भने, ‘यो घटनामा कुनै पनि रुपले क्राउन प्रिन्स मोहम्मद बिन सलमानको हात छैन । उहाँले यसका लागि निर्देश दिनुभएको छैन ।’,अहिलेसम्म घटनामा संलग्न भएको आरोपमा १८ जनालाई पक्राउ गरिएको साउदी अरेबियाले बताएको छ । यस्तै क्राउन प्रिन्सका दुई सल्लाहकारलाई बर्खास्त पनि गरिएको छ ।,घटनामा संलग्न भएको देखिएपछि साउदी अरेबियाको गुप्तचर निकायका उप प्रमुख अहमद अल असिरी र क्राउन प्रिन्स मोहम्मद बिन सलमानका वरिष्ठ सल्लाहकार साउद अल क्वातनीलाई बर्खास्त गरिएको हो ।,साउदी अरेबियाका राजा सलमानले देशको गुप्तचर सेवालाई पुनर्संरचना गर्न मन्त्रीस्तरीय कमिटि बनाउन निर्देशन दिएका छन् । यो कमिटिको नेतृत्व क्राउन प्रिन्स मोहम्मदले गर्नेछन् ।,अमेरिकी पत्रिका द वासिंगटन पोस्टमा लेख्दै आएका पत्रकार खाशोग्गी साउदी अरेबियाका नागरिक हुन् । उनी साउदी अरेबिया, विशेष गरी शक्तिशाली क्राउन प्रिन्स मोहम्मद बिन सलमानमा आलोचक हुन् । त्यहि कारण उनको हत्या भएको आरोप छ । अन्तर्राष्ट्रिय समुदायले घटनाको आलोचना गरेका छन् ।
null
राजपरिवारका सदस्यकै लागि असुरक्षित देश !
साउदी अरेबिया अहिले विश्वभरका सञ्चारमाध्यम र राजनीतिक तथा कूटनीतिक चर्चाको केन्द्रमा छ । साउदी अरेबियाका कडा आलोचक पत्रकार जमाल खाशोग्गी बेपत्ता भएपछि यो चर्चा चुलिएको हो ।,अमेरिकी पत्रिका द वासिंगटन पोस्टमा साउदी अरेबियाका शासकको कडा आलोचना गरी लेख्दै आएका पत्रकार खाशोग्गी अक्टोबर २ मा टर्कीेको स्थानबुलमा रहेको साउदी अरेबियाको कन्सुलर कार्यालयमा पसेदेखि बेपत्ता थिए ।,उनको हत्या भएको आरोप लागे पनि अस्वीकार गर्दै आएको साउदी अरेबियाले गएको शुक्रबार अबेर उनको मृत्यु भएको बतायो र आइतबार अबेर अर्को बयानमा उनको हत्या भएको स्वीकार गरेको छ ।,खाशोग्गी विशेष गरी अहिले साउदी अरेबियामा परिवर्तनको पक्षमा विभिन्न सुधारात्मक काम गर्दै आएको भनिएका शक्तिशाली क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमानका आलोचक हुन् । यहि कारण उनी बेपत्ता पारिएको र हत्या भएको आरोप छ । खाशोग्गी पहिलो व्यक्ति होइनन्, जो साउदी शासकको आलोचना गरे र बेपत्ता पारिए ।,साउदी अरेबियाको आलोचना गर्ने पत्रकार मात्र नभई त्यहाँको राजपरिवारका सदस्य नै सुरक्षित छैनन् । अहिलेका शासकको आलोचना गर्ने साउदी राजकुमारहरु नै बेपत्ता हुँदै आएका छन् । यसमा प्रमुख तीन नाम हुन् प्रिन्स सुल्तान बिन तुर्की, प्रिन्स तुर्की बिन बान्दर र प्रिन्स साउद बिन सैफ ।,प्रिन्स सुल्तान बिन तुर्की सन् २०१६ को जनवरीदेखि बेपत्ता छन् । जनवरी २०१६ मा निजी जेटमार्फत कायरो जान लाग्दा उनको जेट साउदी अधिकारीले अपहरण गरी रियाद लगे । प्रिन्स सुल्तान त्यसयता सार्वजनिक रुपमा देखिएका छैनन् । उनी अहिलेको साउदी शासकका आलोचक थिए ।,यस्तै सन् २०१५ देखि बेपत्ता रहेका प्रिन्स तुर्की बिन बान्दर पनि साउदीका आलोचक थिए । यसगरी प्रिन्स साउद बिन सैफले २०१४ देखि राजपरिवारको आलोचना गर्न लागेका थिए ।,उनले २०१५ को सेप्टेम्बरमा साउदी राजा सलामानलाई बर्खास्त गर्न माग गर्दै खुला पत्र लेखे । त्यसको केही दिनदेखि उनी बेपत्ता छन् । साउदीका शासकको आलोचना गर्ने राजपरिवारका सदस्य नै सुरक्षित नरहेको यी घटनाले देखाएको छ ।,साउदीको अहिलेका शासकका अर्का आलोचक हुन् खालिद बिन फरहान । उनी अहिले जर्मनीमा शरण लिएर बसेका छन् । उनले साउदीको राजनीतिक व्यवस्था थप निरंकुश बन्दै गएको आरोप लगाएका छन् । सत्ताको आलोचना गर्न सक्ने सम्भावना रहेको ठानिएका ९९ प्रतिशतलाई पक्राउ गरिएको प्रिन्स खालिदले बताए ।,साउदी अरेबियामा क्राउन प्रिन्स मोहम्मद बिन सलमान शक्तिशाली बनेपछि उनले आफ्ना आलोचकलाई पक्राउ गर्न थालेको आरोप छ । अहिले हत्या गरिएका पत्रकार खाशोग्गीले उनको यो कार्यको आलोचना गर्दै द वासिंगटन पोस्टमा लेख्ने गरेका थिए ।
null
‘न्याकेड ट्रुथ’ सार्वजनिक गर्ने टर्कीको चेतावनी, अमेरिकी वित्त मन्त्री र साउदी युवराजबिच गोप्य भेट
अमेरिकाका एक उच्च अधिकारीले साउदी अरेबियाका क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमानलाई रियादमा भेटेका छन् ।,पत्रकार जमाल खाशोग्गीको हत्यामा साउदी अरेबियाको संलग्नता रहेको भन्दै विश्वव्यापी रुपमा चासो व्यक्त भइरहेका अमेरिकाका वित्त मन्त्री स्टिभन एमनुचिनले सोमबार साउदी अरेबियाका क्राउन प्रिन्स मोहम्मद बिन सलमानलाई भेटेका हुन् ।,अमेरिकी वित्त मन्त्री एमनुचिन र साउदी क्राउन प्रिन्सबिच रियादमा गोप्य वार्ता भएको हो । अमेरिकी वित्त विभागले बन्द कोठमा भएको वार्ताका बारेमा विस्तृत विवरण खुलाएको छैन । त्यो भेटमा एमनुचिन र क्राउन प्रिन्स बाहेक अरु को को राजनीतिक तथा व्यवसायिक व्यक्तिको उपस्थिति थियो भन्ने खुलाइएको छैन ।,भेटमा आर्थिक तथा प्रतिआतंकवादका मुद्दा तथा खाशोग्गीको मृत्यु प्रकरणबारे कुरा भएको जानकारी भने विभागले दिएको छ । साउदी अरेबियाको सरकारी सञ्चारमाध्यमका अनुसार दुई नेताले अमेरिका–साउदी अरेबिया रणनीतिक सहकार्यमा जोड दिएको उल्लेख गरेको छ ।,यो हप्ता साउदी अरेबियाको राजधानी रियादमा हुने लगानी सम्मेलनमा एमनुचिनसहित विश्वका धेरै नेताले सहभागिता नजनाउने बताएका छन् । तर पनि एमनुचिनले क्राउन प्रिन्सलाई भेटेका हुन् ।,टर्कीको स्थानबुलमा रहेको साउदी अरेबियाको कन्सुलर कार्यालयमा पसेपछि बेपत्ता भएका पत्रकार जमाल खाशोग्गीको हत्या भएको साउदी अरेबियाले स्वीकार बताइसकेको छ । तर उसले हत्यामा खराब नियत भएका एजेन्टहरुको हातरहेको दाबी गरेको छ ।,तर टर्कीका अधिकारीले भने खाशोग्गीको साउदी कन्सुलर कार्यालयमै हत्या भएको दाबी गर्दै आएको छ । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले पत्रकार खाशोग्गीको हत्याका सम्बन्धमा ‘न्याकेड ट्रुथ’ अर्थात सम्पूर्ण सत्य सार्वजनिक गर्ने बताएका छन् । उनले मंगलबार संसदमा घटनाका सम्बन्धमा बोल्दै सम्पूर्ण सत्य बाहिर ल्याउने बताएका हुन् ।,सुरुमा पत्रकार खाशोग्गीका बारेमा आफूहरुलाई औपचारिक जानकारी नै नरहेको बताउने गरेको साउदी अरेबियाले उनले अक्टोबर २ मै कन्सुलर कार्यालय छोडेको बताएको थियो । तर अन्तर्राष्ट्रिय दबाब बढ्दै जाँदा गएको शुक्रबार अबेर उसले पत्रकार खाशोग्गीको कन्सुलर कार्यालयमा भएको मुक्का हानाहानमा मृत्यु भएको बतायो ।,उसले सोमबार खाशोग्गीको हत्या भएको र त्यसमा दुष्ट नियत भएका एजेन्टको संलग्नता रहेको दोस्रो बयान जारी गर्यो । तर उनको हत्याका सम्बन्धमा उच्च अधिकारीलाई कुनै जानकारी नरहेको उसको भनाई छ ।,अमेरिकी पत्रिका द वासिङ्गटन पोस्टमा लेख्दै आएका पत्रकार खाशोग्गी साउदी अरेबिया र विशेष गरी शक्तिशाली युवराज मोहम्मद बिन सलमानले गरेका केही कामका कडा आलोचक हुन् ।,साउदी अरेबियाका विदेश मन्त्री अदेल अल–जुबेरले फक्स न्युजसँग पत्रकार खाशोग्गीको हत्या ‘गम्भीर गल्ति’ रहेको सोमबार बताएका हुन् । तर यसका लागि देशका क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमानले आदेश दिएको भन्ने कुरामा कुनै सत्यता नरहेको उनले बताएका छन् ।,यसमा शक्तिशाली क्राउन प्रिन्स सलमानको कुनै संलग्नता नरहेको विदेश मन्त्री अल–जुबेरले बताएका छन् । साउदी अरेबियामाथि पत्रकार खाशोग्गी घटनाका स्पष्ट विवरण सार्वजनिक गर्न दबाब बढेको छ ।,साउदीका विदेश मन्त्री अल–जुबेरले घटनालाई हत्याको रुपमा बताएका हुन् । उनले भनेका छन्, ‘हामी सबै तथ्य पत्तालगाउन प्रतिबद्ध छौँ । र हत्यामा संलग्नलाई कारवाही गर्नका लागि पनि प्रतिबद्ध छौँ ।’,उनले थपे, ‘जसले यो घटना घटाए त्यो उनीहरुको अधिकार वा क्षेत्राधीकार भन्दा बाहिरको कुरा हो । यो पक्कै पनि गम्भीर गल्ति भएको छ, र यसलाई ढाकछोप गर्न खोग्नु पनि गल्ति हो ।’,खाशोग्गीको शरीर कहाँ छ भन्ने बारे आफूहरुलाई थाहा नभएको उनले बताए । उनले जोड दिएर भने, ‘यो घटनामा कुनै पनि रुपले क्राउन प्रिन्स मोहम्मद बिन सलमानको हात छैन । उहाँले यसका लागि निर्देश दिनुभएको छैन ।’,अहिलेसम्म घटनामा संलग्न भएको आरोपमा १८ जनालाई पक्राउ गरिएको साउदी अरेबियाले बताएको छ । यस्तै क्राउन प्रिन्सका दुई सल्लाहकारलाई बर्खास्त पनि गरिएको छ ।,घटनामा संलग्न भएको देखिएपछि साउदी अरेबियाको गुप्तचर निकायका उप प्रमुख अहमद अल असिरी र क्राउन प्रिन्स मोहम्मद बिन सलमानका वरिष्ठ सल्लाहकार साउद अल क्वातनीलाई बर्खास्त गरिएको हो।,साउदी अरेबियाका राजा सलमानले देशको गुप्तचर सेवालाई पुनर्संरचना गर्न मन्त्रीस्तरीय कमिटि बनाउन निर्देशन दिएका छन् । यो कमिटिको नेतृत्व क्राउन प्रिन्स मोहम्मदले गर्नेछन् ।,अमेरिकी पत्रिका द वासिंगटन पोस्टमा लेख्दै आएका पत्रकार खाशोग्गी साउदी अरेबियाका नागरिक हुन् । उनी साउदी अरेबिया, विशेष गरी शक्तिशाली क्राउन प्रिन्स मोहम्मद बिन सलमानमा आलोचक हुन् । त्यहि कारण उनको हत्या भएको आरोप छ । अन्तर्राष्ट्रिय समुदायले घटनाको आलोचना गरेका छन् ।
null
खाशोग्गी हत्याको ढाकछोप इतिहासकै खराब कभर–अप : ट्रम्प
पत्रकार जमाल खाशोग्गीको हत्याका सम्बन्धमा साउदी अरेबियाको प्रतिक्रियाको उसको नजिकको सहयात्री ठानिएको अमेरिकाले कडा आलोचना गरेको छ ।,पत्रकार खाशोग्गी मामिलामा अमेरिकाले बेलाबेलामा बोली फेर्दै आएको छ । सुरुमा कडा आलोचना गरेको अमेरिकाले बिचमा नरम व्यवहार देखायो ।,अहिले फेरि कडा बनेको देखिएको छ । तर दुई देशमाथि नै घटनाको ढाकछोपका लागि एकअर्कालाई सघाएको आरोप लागेको छ ।,यहिबिचमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार खाशोग्गीका सम्बन्धमा साउदी अरेबियाले दिएको प्रतिक्रिया अहिलेसम्मकै खराब ‘ढाकछोप’ रहेको बताएका छन् ।,गएको शुक्रबार अबेर पत्रकार खाशोग्गीको मुक्का हानाहानमा मृत्यु भएको बताएको साउदीले सोमबार उनको हत्या भएको र त्यसमा दुष्ट मनसाय भएका एजेन्टको हात रहेको भन्यो ।,अमेरिकी राष्ट्रपति ट्रम्पले साउदीको प्रतिक्रियालाई खराब ढाकछोप भन्दै जो कोहीले पनि यो हत्या गरेको वा योजना बनाएको भए पनि त्यो ठूलो समस्यामा पर्ने चेतावनी दिएका छन् ।,ट्रम्पको भनाई आएको केही समयपछि नै अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले घटनामा संलग्नलाई अमेरिकाले कडा कारवाही गर्ने बताए । घटनामा संलग्न भएको आरोप लागेका २१ जनाको भिसा रद्द गर्ने प्रक्रिया सुरु भएको पनि उनले बताएका छन् ।,अमेरिकी पत्रिका द वासिङ्गटन पोस्टमा लेख्दै आएका पत्रकार खाशोग्गी साउदी अरेबिया र विशेष गरी शक्तिशाली युवराज मोहम्मद बिन सलमानले गरेका केही कामका कडा आलोचक थिए । टर्कीको स्थानबुलमा रहेको साउदी कन्सुलर कार्यालयमा अक्टोबर २ मा पसेदेखि बेपत्ता रहेको उनको हत्या भएको हो ।,साउदी अरेबियाको प्रमुख मित्र अमेरिकामाथि यो घटनालाई लिएर साउदीमाथि कडा रुपमा प्रस्तुत हुन दबाब पर्दै आएको छ । यहिक्रममा अमेरिकी राष्ट्रपति ट्रम्प र विदेश मन्त्री पोम्पेओको भनाई आएको हो ।,राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले भने, ‘उनीहरुको वास्तविक अवधारणा नै निकै खराब देखियो, निकै कमजोरीका साथ ढाकछोप गर्न खोजेको देखियो, ढाकछोपको इतिहासमा यो सबैभन्दा खराब रह्यो ।’ ट्रम्पले यसमा संलग्न जो कोही भए पनि कडा कारवाहीको दायरामा आउने दाबी गरे ।,यस्तै विदेश मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा विदेश मन्त्री पोम्पेओले साउदीको प्रतिक्रियाबाट आफू र राष्ट्रपति ट्रम्प खुशी नरहेको बताए ।,पत्रकारलाई हिंसाका माध्यमबाट चुप गराउने यो घृणित कार्यमा अमेरिका चुप लागेर नबस्ने स्पष्ट रहेको उनको भनाई छ । आफूहरुले साउदीको भन्दा पनि आफ्नो पक्षबाट भएको अनुसन्धानबाट जे देखिन्छ त्यसैलाई विश्वास गर्ने उनले स्पष्ट पारेका छन् ।,खाशोग्गीको हत्या भएको देश टर्कीका राष्ट्रपति रिशेप तैयप एर्डोगानले हत्या योजनाबद्ध रहेको बताएका छन् । यसले पनि साउदी र अमेरिकामाथि थप दबाब परेको हो । टर्कीका अधिकारीले खाशोग्गीको हत्याका सम्बन्धमा आफूहरुसँग बलिया प्रमाण रहेको त्यसलाई सार्वजनिक गर्ने बताउने गरेका छन् ।,अमेरिकी पत्रिका द वासिंगटन पोस्टमा लेख्दै आएका पत्रकार खाशोग्गी साउदी अरेबियाका नागरिक हुन् । उनी साउदी अरेबिया, विशेष गरी शक्तिशाली क्राउन प्रिन्स मोहम्मद बिन सलमानमा आलोचक हुन् । त्यहि कारण उनको हत्या भएको आरोप छ ।,तर घटनाका सम्बन्धमा साउदीका अधिकारी त्यसमाथि राजा सलमान र क्राउन प्रिन्स मोहम्मद बिन सलमानलाई कुनै जानकारी नरहेको दाबी गरिँदै आइएको छ ।
null
साउदी अरेबियाका शक्तिशाली युवराजलाई नै थाहा छैन टर्कीस्थित कन्सुलर कार्यालयमा के भयो!
साउदी अरेबियाका शक्तिशाली युवराज (क्राउन प्रिन्स) मोहम्मद बिन सलमानले बेपत्ता पत्रकार जमाल खाशोग्गीमाथि के भयो वा उनको अवस्था के छ भन्ने बारे आफूलाई केही थाहा नभएको बताएका छन् ।,क्राउन प्रिन्स सलमानले पत्रकार खाशोग्गीका बारेमा आफूलाई कुनै जानकारी नरहेको कुरा बताएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उल्लेख गरेका हुन् ।,पत्रकार खाशोग्गीका बारेमा विस्तृत जानकारी हाँसिल गर्न भन्दै रियाद पुगेका अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले मंगलबार राजा सलमानलाई भेटेपछि क्राउन प्रिन्स मोहम्मद बिन सलमानलाई भेटेका थिए । पत्रकार खाशोग्गी बेपत्ता हुनुमा साउदी अरेबियाको हात रहेको र उनको हत्या भइसकेको बताउने गरिएको छ । साउदी अरेबियाले भने खाशोग्गीका सम्बन्धमा लगातार कुनै जानकारी नरहेको बताउने गरेको छ ।,अमेरिकी राष्ट्रपति ट्रम्पले ‘साउदी अरेबियामाथि लागेको आरोप त्यो बेलासम्म कायम रहनेछ जुन बेलासम्म उ निर्दोष प्रमाणित हुनेछैन’ भनेको समाचार संस्था एपीले जनाएको छ । टर्कीको स्थानबुलमा रहेको साउदी अरेबियाको कन्सुलर कार्यालयमा गरिएको खानतलासीपछि खाशोग्गीको हत्या भएको भन्ने पक्षमा थप प्रमाण जुटेको टर्कीका एक अधिकारीले बताएको बिबिसीले उल्लेख गरेको छ ।,उनको हत्या भएको भनिएको टर्कीस्थित साउदी अरेबियाको कन्सुलर कार्यालयमा टर्कीका अधिकारीलाई पस्न दिइएको थिएन । तर सोमबार राति साउदीका अधिकारीले स्वीकृति दिएसँगै टर्कीका प्रहरीले त्यहाँ खोजतलास गरेका हुन् ।,अमेरिकी पत्रिका द वासिङ्गटन पोस्टमा लेख्ने दुई हप्तादेखि बेपत्ता साउदी अरेबियाका पत्रकार जमाल खाशोग्गी यहि अक्टोबर २ देखि टर्कीबाट बेपत्ता छन् । उनको हत्या भएको आशंका गरिएको छ ।,टर्कीका अधिकारीले खाशोग्गीको हत्या भएको बताउने गरेका छन् तर साउदी अरेबियाले उनको हत्या गरिएको कुरा ठाडै अस्वीकार गर्दै आएको छ ।,र पनि अमेरिकी सञ्चारमाध्यमले साउदी अरेबिया पत्रकार खाशोग्गीको हत्या भएको कुरा स्वीकार गर्ने तयारीमा रहेको बताएका छन् । खाशोग्गीसँगको सोधपुछमा गल्ती हुँदा उनको मृत्यु भएको भनेर स्वीकार गर्ने तयारीमा साउदी अरेबिया रहेको अमेरिक सञ्चारमाध्यमले दाबी गरेका छन् ।,साउदी अरेबियाको सरकारको कडा आलोचना गर्ने पत्रकार खाशोग्गी टर्कीमा रहेको साउदी कन्सुलर कार्यालयमा पसेदेखि बेपत्ता भएका हुन् । अमेरिकी पत्रिका द न्युयोर्क टाइम्स र सिएनएनले अज्ञात स्रोतलाई उद्धृत गर्दै खाशोग्गीको मृत्यु भएको स्वीकार गर्ने तयारी गरेको दाबी गरेका छन् । उद्देश्य खाशोग्गीलाई टर्कीबाट अपहरण गर्नु मात्रै रहे पनि सोधपुछमा गल्ती हुँदा उनको मृत्यु भएको बताउने तयारीमा साउदी अरेबिया रहेको दाबी गरिएको छ ।,साउदी अरेबियाको यो भनाई ट्रम्पले भनेको ‘घृणित हत्याराहरु’ भन्ने भनाईसँग मिल्ने दाबी पनि अमेरिकी सञ्चारमाध्यमले गरेका छन् । यस्तै साउदी अरेबियाले जसले खाशोग्गीसँग सोधपुछ गरे उनीहरुले बिना स्वीकृति र जानकारी बिना नै गरेको दाबी गर्ने तयारी गरेको सिएनएनले दाबी गरेको छ । साउदीमा रहेको खाशोग्गीको परिवारले स्वतन्त्र तथा निष्पक्ष अन्तर्राष्ट्रिय कमिटि बनाउन आह्वान गरेका छन् ।,अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियाका राजा सलमानसँग सोमबार टेलिफोन वार्ता भयो र राजा सलमानले पत्रकार खाशोग्गीका बारेमा आफूहलाई कुनै पनि प्रकारको जानकारी नरहेको स्पष्ट पारेका थिए । ट्रम्पका प्रतिनिधि बनेर पत्रकार खाशोग्गीका बारेमा कुरा गर्न अमेरिकी विशेद मन्त्री पोम्पेओ रियाद पुगेका छन् ।,राजा सलमानसँगको टेलिफोन वार्तापछि ट्रम्पले पत्रकारसँग कुरा गर्दै खाशोग्गी बेपत्ता हुनुमा ‘घृणित हत्याराहरु’ को हात रहेको हुन सक्ने बताएका थिए ।,अमेरिका र साउदी अरेबिया एकअर्काका सहयोगी मानिन्छन् । यी दुई देशबिच ठूलो व्यापारिक सम्बन्ध पनि छ र सैन्य शक्ति बिस्तारमा पनि सहकार्य बढाउने तयारीमा छन् ।,पत्रकार खाशोग्गी साउदी अरेबियाको सुधारकका रुपमा अघि आएका क्राउन प्रिन्स मोहम्मद बिन सलमानका कडा आलोचक हुन् । उनले क्राउन प्रिन्स सलमान सुधारक नभई खराब शासक रहेको बताउने गरेका थिए ।,खाशोग्गीमाथि जे भएको भए पनि त्यसमा क्राउन प्रिन्सको संलग्नता रहेको आशंका गरिन्छ । यहिबिचमा क्राउन प्रिन्सले भने आफूलाई कुनै पनि जाकारी नरहेको उल्लेख गरेका हुन् ।,आफूसँग भएको टेलिफोन वार्तामा क्राउन प्रिन्सले टर्कीमा रहेको कन्सुलर कार्यालयमा के भयो भन्नेबारे आफूलाई कुनै पनि जानकारी नरहेको स्पष्ट पारेको ट्रम्पले ट्वीट मार्फत जानकारी दिएका छन् । यस विषयमा तीव्र गतिमा अनुसन्धान भइरहेको र सत्यतथ्य चाँडै नै बाहिर आउने क्राउन प्रिन्सले बताएको ट्रम्पले उल्लेख गरेका छन् ।
null
एक कर्मशील पिता, जो सधैँ खेतमै रमाइरहे
१६ वर्ष टेक्नै आँट्दा हो रामलालको शिरबाट बाबुको हात हटेको। पुरानो ठिमीको इनाएटोल, दुई पोखरीको घरमा बाबुले अन्तिम सास फेरेको रामलाललाई राम्ररी याद छ। उनीसँग दुई वष जेठा दाजु पनि थिए। बाबुले दुनियाँ किन छोडेको देखे पनि किन छोडे भन्ने थाहा थिएन, सबैले भन्थे ‘बुबा सुर्ताले गए ।’,रामलाललाई यो कुराको हेक्का भएन, छुट्याउने परिपक्कता थिएन। भर्खर त दुनिया बुझ्ने बेला भएको थियो, बाबुले आफैसँग खेतमा लग्दै दुनियादारी बुझाउँदै थिए, दुई–चार अक्षर चिनाएर, कमाउन सिकाउँदै थिए।,तर दैवले एक्कासी आडिला बाबुको साथ चुँडिदियो।,छरछिमेकमा कुरा गर्थे, ‘जग्गा किन्न खोजेका थिए, आफ्नै साथीले फसायो। न जग्गा हात लाग्यो न पैसा।’,बाबु आफू सुर्ताले जाँदा पीरसँगै भार पनि थपिदिए। रामलाल अब छोरा मात्र भएनन्, तीन भाइ र तीन बहिनीकोको जिम्मेवारी पनि सम्हाल्नु पर्ने भयो। दाजु रामगोपाल बाहेक उनको अरु साहारा थिएन। आमा र फुपु, हजुरआमा पनि उनीहरुकै भरमा थिए।,मध्यपुर ठिमीको पुरानो नेवार बस्तीका रामलाल श्रेष्ठका परिवारको आर्यआर्जन गर्ने एउटै स्रोत कृषि थियो। किसान कविताको एक हरफमा भनिएको छ, ‘नगरी काम पुग्दैन खान साँझ र बिहान।’,रामगोपाल र रामलाल बुवा बितेपछि त्यो घरका जिम्मेवार पुरुष भए। जोशिलो युवाअवस्थामा काँधमा परिवारको जिम्मेवारी आइलाग्यो। आमालाई भाइ–बहिनी हुर्काउन, उनीहरुको भविष्य बनाउन सघाउने जिम्मेवारी आइलाग्यो।,रामलालले जे–जे अगाडि आइपर्‍यो, त्यही गर्दै गए, चुपचाप। बोलेर फाइदा पनि त थिएन। केही रहर लागे पूरा गरिदिने बाबु थिएनन्।, दाइ रामगोपाललाई पढ्ने रहर धेरै थियो। घर नजिकैको स्कूलमा जान धेरै जिद्दी गरेको पनि काम लागेन। बुबाले दिएनन्, खेती किसानी सिकाए। त्यो बेला पढाई भन्दा ठूलो कुरा काम थियो।,जब आफै केही गर्न सक्ने भए, तब व्यवहारमा परे। घर व्यवहारबाट उम्कन कहाँ सजिलो छ र ! दाइको यो अवस्थाबाट उनले बुझे अब आफूले चाहेको गर्न सकिँदैन। श्रेष्ठ भन्छन्, ‘बरु मेहनत गरी भाइबहिनीलाई राम्रो बनाउने सोचियो। रहर नै यही भए।’ परिस्थितिले रहरहरुलाई बदलिदिन्छ।,त्यतिबेला उनीहरुको आफ्नै जग्गा थिएन। तल्सिङलाई खेती गरेबापतको खर्च बुझाउनुपर्थ्यो। दुई दाजुभाइले रातदिन एक नभनी खेतमा काम गरे। २०४० सालमा उनको विवाह भयो। घरमा मान्छे थपिएपछि खाने मुख पनि थपिन्छ। झन् जहान परिवार बढ्दै गर्दा काम बढ्नै प¥यो। उनले भाडामा खेत लिन थाले।,श्रेष्ठको सपना अब भाइहरुमा थियो। भाइहरुलाई पढ्न पठाए। भाइहरुले टेस्ट पास गरे पनि एसएलसी उत्तिर्ण हुन सकेनन्। त्यसपछि उनीहरुलाई पनि इलममै लगाए। बहिनीहरुको विवाह भयो।,उनी रात दिन नभनी खेतमा काम गर्दा सोच्थे, छोराछोरीलाई मन लागेको काममा लगाउँछु। पढाउँछु। उनका दुई छोरा र एक छोरी छन्। उनको सोचेको जस्तो पुग्यो पनि, जेठो छोर इन्जिनियर, छोरी सहकारीमा काम गर्छिन् र कान्छो छोरा चिकित्सक भएको छ।,२०४१ सालमा रामलालका जेठो छोरा सुवेन्द्र जन्मिए। अहिले खानेपानी मन्त्रालयमा इन्जिनियर छन्। सुवेन्द्रले बाबुको मेहनतलाई पिँधबाट नियालेका छन्।,‘मेरा बाबा माइलो भए पनि बाबाको पाँच दाजुभाइमध्ये कै सबैभन्दा जेठो सन्तान म । घरमा हजुरआमा र फुपु हजुरआमा हुनुहुन्थ्यो। अनि काका काकी। मलाई याद भएदेखि नै मेरो परिवारले खेती गरेको छ।,हामी संयुक्त परिवारमा बस्थ्यौँ, बुबाले भन्नुभए अनुसार, हजुबुवा बित्दा परिवारमा १० जना थिए। पछि हामी २८ जना भयौँ, ३० वर्षसम्म हामी एउटै चुलोमा भात खान्थ्यौँ। कहिले पक्षपात भएन्। दाजुभाइमा कहिले हात हालाहाल भएन।,हजुरबाले फुपु हजुरआमाको विवाह गर्दिनुभएको थिएन, रोगी छन् भनेर। हजुरबा पछि उहाँ नै हाम्रो घरको मूली हुनुभयो। बाबाका दाजुभाइले कमाएको जति उहाँलाई नै बुझाउनु हुन्थ्यो । बाबा–आमासँग बस्न बोल्न त चाड पर्व नै आउनुपर्थ्यो।,नगदेबाली लगाउने चलन आएपछि हाम्रो आर्थिक अवस्था राम्रो हुँदै आयो। नत्र त कमाएको पैसा खान लगाउन नै ठिक्क। पाँच दाजुभाइका १३ जना त बच्चा नै थिए। उनीहरुको लालनपालन, स्कूल लत्ता कपडा भन्दा भन्दै सबै झ्वाम।,मैले बाबाको आङमा कहिले पनि सुकिलो कपडा देखिन, पसिनाले नभिजेको कपडा हुने थिएन। हातका औँला पट्पटी फुटेका हुन्थे, कुर्कुच्चा आँ..परेको हुन्थो। खर्पनमा तरकारी बोकेको देखेको छु, ठिमीबाट तरकारी बोकेर टुकुचा पुगेको पनि देखेको छु। दिनरात मेहनत गर्ने बाबा,आमालाई देख्दा मैले पनि उहाँहरुलाई सघाउन पर्छ भन्ने ठान्थे। हुर्कदै गर्दा बाबा सँगै कोदाली खन्न गए।,कक्षा १० को समय थियो। एक दिन मेरो मामा आएर मलाई धेरै गाली गर्नुभयो र सम्झाउनु भयो। म स्कूलपछि बाबासँगै खेतमा जाने, काम गर्ने गर्न थाले। आमा बालाई सारै चित्त दुखेछ। अलि अलि पढेको म बाबा आमालाई भनेको मान्दिन भन्ने ठानेछन् क्या रे, मामालाई कुरा लगाउनुभएछ। मेरो मामा शिक्षक हुन्। उनले आएर मलाई सम्झाएपछि म पढाईमा अलि सिरियस भएँ ।,एसएलसीको रिजल्ट राम्रो आयो। प्सल टूमा बायोलोजी लिएर साइन्स पढे। डाक्टर बन्ने सपना थियो तर घरको खर्चले धान्दैन भन्ने बुझेको थिए। ख्वप्प कलेजमा इन्जिनियरिङको लागि भर्ना खुलेको थियो। बायोलोजी पढेकोले पनि पढ्न पाउने व्यवस्था रहेछ। मैले पढे। आज यहाँ पुगेको छु।,हामी सानो हुँदा हुनुमन्ते सङ्लो थियो। हामी पौडी खेल्न जाने पनि त्यही हो। मलाई याद छ खेतमा पानी लगाएर फर्कदा बाबा लामो माछा उनेको माला ल्याउनुहुन्थ्यो। खेतमा पानीसँगै माछा पनि आउँथ्यो रे।,२०७० सालमा हामी भिन्दै भयौँ, पुरानो घर भएको ठाउँमा दुई घर छन्। नयाँ ठिमी चार दोबाटोमा तीनवटा घर छन्। त्यसपछि आफ्नो व्यवहार आफै सम्हाल्न थाल्यौँ। भाइले मेडिकल पढ्यो। अहिले भक्तपुर अस्पतालमा काम गर्दैछ। म पनि कमाउने भए, विवाह भयो, आफू पनि बाबु भए। बाबाको मेहनत बुझ्छु म।,अब बाबाले खेती किसानी छोडे हुन्छ जस्तो लाग्छ तर मान्नुहुन्न। उहाँको खुसीका लागि पनि हामीले रोक्न मिल्दैन।’,रामलाल ५६ वर्षका भए। खेतमा जोतिएको ४० वर्ष भन्दा धेरै । गर्नु मेहनत त गरिसके, नगरौँ भन्दा पनि मनले मान्दैन उनको । खेतमा हल्किएको साग टिप्दै उनले भने, ‘अहिले त धेरै कम भइसक्यो, हाम्रो खेती गर्ने जग्गा तरकारी बजारलाई दिएका छौँ।’,१० वर्षलाई सम्झौता गरेर रामगोपाल र रामलालले आफ्नो भागको ३–३ रोपनी जग्गा तरकारी बजारलाई दिएका छन्। बजारकर्ताले वर्षमा रोपनीको डेढ लाख दिने र वार्षिक १० प्रतिशतले बढाउने भनेको छ। रामलालले हिसाब गरे, बालीले कमाउने पनि उति नै हो।,उनी भन्छन्, ‘अहिले कमाउन गाह्रो छ।, पहिला खेती गर्ने मान्छे कम थिए, मल, बिउ सस्तो थियो। तर अहिले सबैले सिके, मल बिउ महङ्गो भो।’ औँलामा हिसाब गर्दै उनी सम्झन्छन्, ‘२०४४ सालतिर बखाहाबजारमा हामी १–२ बजे सामान बेच्न पुग्थ्यौँ, व्यापारी चिनेको थियौँ। त्यो बेलामा भारी बोकेर जाने हामी एकैपल्टमा १० हजार कमाउँथ्यौँ। अहिले पनि कमाई नहुने हैन, तर अरु सामानको भाउ बढ्यो। लैजानलाई मोटरसाइकल छ नी तर बजार भाउ छैन।’ त्यसैले आम्दानी हुने बाटो परिवर्तन गर्नुपर्छ भन्छन् सबैले । घरको भाडा पनि आउँछ। तर पनि मेहनत गर्न छोड्न मनले मान्दैन।,मेहनतका ४० वर्षमा उनले तल्सिङको खेत निखने, छोराई डाक्टर, इन्जिनियर बनाए। उनलाई सुकिलो देखिने तरिका पनि आउँछ अहिले । खेतको छेवैमा भएको छाप्रोमा काम गर्दा लगाउने कपडा राखेका छन्। काम गर्न खेतमा जाँदा लुगा फेर्छन्। काम सकेपछि आएर इनारको पानीले हात धुन्छन्।,यतिका वर्षमा परिपर्तन भएर के के भइसक्यो, उनले आफूलाई हेर्ने मौका पाएनन्। माटोसँग एकोहोरो प्रेम गरिरहे। रहर पनि यहि नै छ।, तर पनि शिरको कपाल झर्न थालेको छ, गालामा चाउरी देखिन थालेको छ। आँखाले साना अक्षर देख्न सकस हुन्छ। तर पनि चाडबाडमा बाहेक अरु बेला खेतमा नै टिफिनमा भात खाने उनको दैनिकी फेरिएको छैन। उनी फेर्न चाहँदैनन्।
सुजाता खत्री
हरायो काँठमा परम्परागत दसैँ
सम्झना अलि शक्तिशाली हुन्छ, यसैले त हरेकलाई आफ्ना सम्झनाहरु प्यारा लाग्छन् । चाहे त्यो व्यक्तिगत घटनाक्रमसँग जोडिएका हुन् वा चाडपर्व या मौसमसँग सम्बन्धित सम्झनाहरु नै किन नहुन् ।,चाडपर्वको कुरा गर्दा अधिकांश नेपालीले उल्लासका साथ मनाउने बडा दसैँको रौनक छ अहिले । यहि पर्वको उत्सवमा रमाइरहेकाहरु बिचमा प्रायः सुन्ने गरिन्छ ‘हाम्रो पालामा यस्तो हुन्थ्यो दसैँ’ । धेरैलाई हुर्किसकेपछिका मनाइरहेका दसैँ भन्दा बाल्यकालमा मनाएका दसैँको सम्झना प्रिय लाग्छ ।,कतिलाई गाउँमा आमा दिदीहरुले ढिकीमा कुटेको चिउराको बासनाले दसैँको संकेत गरेको गरेको हुन्थ्यो । यस्तै त्यसमा मिसिने पारिजात फूलको सुगन्धले दसैँ आएको पक्का गरिदिन्थ्यो । यस्तै विविध दसैँ स्मृति छन् काँठसँग जोडिएका धेरैको ।,विशेषगरी दसैँका रौनक गाउँघरमा बढी देखिन्छ । काठमाडौँ उपत्यकाको काँठ क्षेत्रमा पनि गाउँघरको झल्को पाइन्छ । काँठको दसैँले पनि गाउँघरको दसैँको न्यास्रो मेटाउँछ । तर दसैँको पुरानो रौनक कम हुँदै गएको पाका उमेरकाहरुले मात्रै होइन युवाहरुले नै पनि गर्न थालेका छन् ।,त्यसमाथि काठमाडौँको काँठ क्षेत्रको दसैँको पुरानो रौनक लगभग पूरै हराएको जस्तो लाग्न थालेको छ । केही दशकअघिसम्म दसैँले छपक्कै छोप्ने काठमाडौँ उपत्यकाको काँठ क्षेत्रमा अचेल दसैँ ‘दसैँ जस्तो’ हुन छाडेको छ । बढ्दो शहरीकरण र आधुनिकताले काँठमा दसँैको मौलिकता हराएको छ ।,शहरमा हुने गतितिधिले सायदै छुने काँठमा दसैँमा देखिने परम्परागत रौनकता हराउँदै गएको अनुभव सुनाउनु हुन्छ संस्कृतिविद एवं भक्तपुरका स्थानीय बासिन्दा ओम धौभडेल । नयाँ लुगा लगाउने र मासु खाने पर्वका रुपमा चिनिए पनि यी दुवै चिजको सहजताले दसैँको रौनकता हटेको छ । धौभडेल भन्छन्, ‘मासु खान र नयाँ कपडा लगाउन दसैँ नै कुर्नुपर्ने बाध्यता हटेकाले पनि दसैँको रौनकता कम भएको हो।’,काँठ क्षेत्रका बासिन्दामा आफ्नै उत्पादनले दसैँ मनाउने चलन हटेको छ । दसैँका लागि भनेर ६ महिना अघिदेखि खाद्यन्न जोहो गर्ने परम्परा रहेकोमा अहिले बजारबाट किनेर ल्याउने चलनमा परिणत भएको छ । शंखरापुर नाङ्लेभारेका शिक्षक गोविन्द आचार्य आफ्नो बाल्यकाल सम्झिँदै भन्छन्, ‘हामी केटाकेटी हुँदा दसैँ नजिकिएसँगै चिउरा, चामल, तेलको जोहो गर्न भ्याइ नभ्याइ हुन्थ्यो । खसी बोका ६ महिना अघिदेखि घरमै पालिन्थ्यो । तर, अहिले सबै चिज बजार आश्रित भएको छ ।’,काठमाडौँको आलापोटमा जन्मेका प्रदेशसभा–३ का सांसद रामेश्वर फुयाल पनि ढिकीमा चिउरा कुटेर गाउँ नै मगमग बास्ना आएपछि दसैँको रौनक छाउने सम्झन्छन् । उनी भन्छन्, ‘जब आमा, भाउजु, दिदीहरुले ढिकीमा चिउरा कुट्नु हुन्थ्यो तब गाउँ नै मगमगाउँथ्यो । तर, अहिले चिउरा मात्र होइन धेरै चिज घरमा बन्न छाड्यो । सबै बजारको भर ।’,बढ्दो शहरीकरणले काँठमा खुला क्षेत्र निक्कै कम भइसकेको छ । खेतबारी घर घडेरीमा परिणत भइसकेका छन् । जसले दसैँका बेला देखिने खुला निलो आकाश, खेतमा झुलेका धानका बाला, ढकमक्क फूल फुलेका बारी, पारितजात फूलको बास्ना, लटरम्म फलेका फलफूलका बोटविरुवा हराएका छन् । यसले दसैँका बेला हुने प्राकृतिक माहोल सम्झनामा मात्र सीमित भएको संस्कृतिविद् धौभडेल बताउँछन् ।,काँठको दसैँबाट हराएको अर्को महत्वपूर्ण चिज हो लिङ्गे र रोटे पिङ्ग । प्रशस्त खुला ठाउँका कारण काँठका चोक चोकमा अग्लाअग्ला बाँस गाडेर लिङ्गे पिङ्ग हाल्ने चलन हो । तर, अहिले सिंगो काँठ घुम्दा पनि पिङ्ग देख्न मुस्किल पर्न थालेको छ । सांसद रामेश्वर फुयाँल पुराना दसैँ सम्झिँदै भन्छन्, ‘हामी केटाकेटी हुँदा चौरमा पिङ्ग खेल्न पाइन्थ्यो । टोलैपिच्छे लिङ्गे पिङ्ग हालिन्थ्यो । तर, अहिले पिङ्ग सम्झनामा मात्रै हुन थालेको छ ।’,दसैँ लागेसँगै घरमा कमेरो, रातो माटो पोत्ने घर आँगन सफा सुघर गर्ने चलन लगभग हटेको छ । मौलिक शैलीका घरलाई सिमेन्टबाट बनेका आधुनिक घरले विस्थापित गरेसँगै माटो कमेरो काठका बासिन्दाका लागि एकादेशको कथा जस्तै भइसकेको छ । सांसद फुयाल गाउँभरिका आमा दिदीहरु लस्कार लागेर काभ्रेको साँगासम्म रातो माटो लिन गएको सम्झन्छन् ।,आधुनिकतासँगै काठबाट सामूहिकता पनि बिस्तारै हराउँदै गएको छ । दसँैका बेला बाटो घाटो खन्ने, माटो कमेरो लिन डाँडा पाखामा जानुपर्ने बाध्यता हटेसँगै सामूहिकता कमी आएको छ ।,साथीभाइ भेला हुने, सामाजिक संघसंस्थाले चेतना मुलक कार्यक्रम गर्ने, आफ्ना पुराना साथी सोधी खोजी भेट्ने चलनमा पनि निक्कै कमी भएको छ । इन्टरनेट र स्मार्ट फोनका कारण समाजमा सामूहिकता हराएको संस्कृतिविद् धौभडेलको अनुभव छ ।
प्रकाश ढकाल
सगरमाथाभन्दा माथि उड्‌ने चराहरु
बसाईँसराई गरेर आउने चरा अर्थात आप्रवासी चराका लागि गतिलो गन्तव्यमा पर्छ नेपाल । नेपालका विभिन्न ठाउँमा हिउँद वा गर्मीको समय बिताउनका लागि उत्तर तथा दक्षिण क्षेत्रबाट नेपालमा विभिन्न प्रजातिका चराहरु आउने गरेका छन् ।,गर्मीको समय सुरु भएसँगै आउने चराको तुलनामा जाडो याम सुरु हुन लाग्दा नेपाल आउने चराको संख्या बढी रहेको चराविदले जानकारी दिए । चराविद डा. हेमसागर बरालका अनुसार नेपालमा गर्मी छल्नका लागि चैत–वैशाखमा दक्षिणी भेगबाट ५० देखि ६० प्रजातिका चराहरु बसाईसरेर आउने गरेका छन् ।,आप्रवासी चराको संख्या जाडो याम लाग्ने बेला बढी हुने गरेको छ । जाडो याम सुरु हुँदैगर्दा नेपालको उत्तरी क्षेत्रबाट झण्डै १५० प्रजातिका चराहरु आउने गर्छन् । यसरी हेर्दा नेपालमा बर्सेनि झण्डै २०० प्रजातिका चराहरु आउने गरेका छन् ।,अहिलेको समय गर्मी छल्न दक्षिणी क्षेत्रबाट आएका चराहरु नेपालबाट लगभग सबै गइसकेको या केही जाँदै गरेको अवस्था तथा उत्तरबाट जाडो छल्नका लागि आउने झण्डै ८० प्रतिशत चराहरु आइसकेको अवस्था रहेको चराविद डा. बरालले बताए ।,दक्षिण तर्फबाट आएका चराहरु भारत, श्रीलंका, दक्षिण पूर्वी एसियाली क्षेत्रमा फर्किसकेका छन् । र जाडो छल्न उत्तरी क्षेत्रबाट नेपाल पस्ने चराहरु अधिकांस आएका छन् ।,जाडो छल्न आउने चराहरु चीनको विभिन्न भाग, मंगोलिया, कोरियाको छेउछाउ, रुससहितका क्षेत्रबाट आउँछन् । यस्तै साइबेरियाको आर्कटिक सर्कल, मध्य एसियाली क्षेत्र, पूर्वी युरोपका केही भाग, अफगानिस्तानसहितका क्षेत्रबाट यो समयमा चराहरु नेपाल आउने गरेका छन् ।,चैत–वैशाखमा नेपालको दक्षिणी क्षेत्रबाट गर्मी छल्नका लागि भारतका विभिन्न क्षेत्र, श्रीलंका, दक्षिण पूर्वी एसियाली क्षेत्रसहितका ठाउँबाट नेपालमा चरा आउने गरेका छन् । यी चराहरु झण्डै ६ महिना नेपालमा बसेर फर्किने गर्छन् ।,असोज लाग्ने बेलासम्म अधिकांस यस्ता चराहरु नेपालबाट गइसकेका हुन्छन् । यसरी गर्मी छल्न आउने मध्ये केही चराहरु नेपालमै रैथाने बनेर पनि बसेका छन् । नेपालको पूर्वी क्षेत्रमा कोइली प्रजातिको ‘काफल पाक्यो’ भन्ने चरा रैथाने बनेर बसेको चराविद डा. बरालले बताए ।,नेपालमा विशेष गरी जाडो छल्न उत्तरी क्षेत्रबाट आउने चराहरुको संख्या उच्च रहेको छ । विशेष गरी असोज महिनामा चीनका विभिन्न क्षेत्रसहित साइबेरियासम्मबाट आउने आप्रवासी चराहरु नेपालका विभिन्न क्षेत्र पुगिसकेका हुन्छन् । मध्य हिउँदसम्म पनि चरा आउने क्रम जारी रहने भए पनि अहिलेसम्म झण्डै ८० प्रतिशत चराहरु आइसकेको चराविद डा. बरालले जानकारी दिए ।,हिउँदमा नेपाल आउने आगन्तुक चरा मध्ये आधा जति सिमसार क्षेत्रमा आश्रित रहने गरेका छन् । यस्तै बाँकी आधा प्रजातिहरु वन तथा घाँसे मैदान र खुला आकाशमा आश्रित चराहरु रहने गरेको चराविदले बताए । खुला आकाशमा आश्रित चराहरुमा चिल, महाचिलसहितका पर्छन ।,यस्तै सिमसार क्षेत्रमा आश्रितमा हाँस प्रजातिका र गिद्ध प्रजातिका रहेका छन् । हिउँदमा आएका चराहरु चैत–वैशाख तिर फर्किन्छन् । यिनीहरु झण्डै पाँच दिन पाँच रातको यात्रा तय गरेर १३ हजार माइलसम्मको दूरी पार गरेर नेपालसम्म आउने र केही महिना बसेर फर्किने गरेको चराविद डा. बरालले बताए ।,आप्रवासी अर्थात अागन्तुक चराका लागि नेपाल राम्रो गन्तव्य हुँदा हुँदै पनि मानवीय तथा प्राकृतिक कारणले गर्दा उनीहरुमाथि जोखिम बढेको छ । विशेष गरी हिउँदमा आउने आगन्तुक चरा मध्ये आधा जति सिमसार क्षेत्रमा आश्रित हुने गरेको अवस्थामा सिमसार क्षेत्र घट्दै वा खुम्चिँदै जानुले आप्रवासी चराको संरक्षण र सुरक्षाको अवस्था काहाली लाग्दो बनेको चराविद डा. बरालले बताए ।,उनले भने, ‘सिमसारको अवस्था बिग्रिएको छ, भएका सिमसारहरु मासिँदै गएका छन् या खुम्चिएका छन् मानवीय अतिक्रमणले गर्दा र प्राकृतिक कारणले पनि । प्रदुषण बढेको छ ।’,यस्तै सिमसार सबैको भन्ने तर कसैको नभएको अवस्थाका कारण पनि चराहरु समस्या परेका छन् । सिमसार क्षेत्रलाई नै हेर्नका लागि सरकारी निकाय नरहेको अवस्थाले पनि त्यति काम हुन नसकेको अवस्था रहेको उनले बताए ।,उनले भने, ‘कर्णालीको उद्गम स्थलबाट बर्दिया–कैलालीसम्म फैलिएको सिमसार क्षेत्र हेर्ने निकाय चाहियो । सँगै नदी थुनेर हाइड्रो ड्याम बनाइएको छ । बालुवा निकालिएको छ । नियमन हुनु पर्यो ।’,यस्तै जलवायु परिवर्तनका कारण तालतलैया सुक्ने, नदीहरुमा बहाव घट्दै जाँदा पनि आप्रवासी चराहरु समस्यामा परेका छन् । विशेष गरी मध्य पहाडी र चुरेबाट बग्ने खोलाहरु सुक्न थालेकाले समस्या भएको छ ।,यसैगरी सिमसार तथा नदी आसपासमा उद्योग बनाउने सफा पानी लैजाने र फोहोर पानी फाल्ने गरिएका कारण पनि जटिलता थपिएको छ । यसैगरी खेती प्रणाली सघन बन्दा पानीको प्रयोग बढेकोसहितका कारणले आप्रवासी चरासहित सबै चराहरु समस्यामा परेका छन् ।,समस्यामा पर्नेमा विशेष गरी खास आहार भएका चराहरु सबैभन्दा अघि रहेका छन् । सिमसार क्षेत्र खुम्चिँदै जाँदा माछासहितका पानीमा बस्ने प्रजातिहरु आहार रहेका चराहरु विशेष गरी समस्यामा परेको चराविद डा. बरालले बताए । दीगो उपयोगको बानी नहुँदा चरासहित सम्पूर्ण प्रजातिहरु समस्यामा पर्दै गएका छन् ।,योसँगै वन क्षेत्र र घाँसे मैदान मासिँदा पनि आप्रवासी चराहरु समस्यामा परेका छन् ।,विशेष गरी आप्रवासी चराका लागि नेपालका महत्वपूर्ण क्षेत्रमा पछिल्ला वर्षमा जगदिसपुर जलासय सबैभन्दा अग्रपंक्तिमा रहेको चराविदले बताए । कपिलवस्तुको जगदिसपुर सिमसार क्षेत्रमा अहिले विशेष गरी पानीमा आश्रित हाँस प्रजाति र गिद्ध प्रजातिका चराहरु आइसकेका छन् ।,यो तालमा एक समयमा एक ठाउँमा २० हजार भन्दा धेरै चरा देख्न सकिन्छ । यस्तै पोखरालको फेवाताल, बर्दियाको बढयै ताल, कैलालीकाे घोडाघोडी ताल, सुनसरीको वर्जु ताल, रुपन्देहीको गैडहवा तालसहितका संरक्षित क्षेत्र बाहिरका ताल तथा सिमसारहरु आप्रवासी चराका लागि विशेष महत्वपूर्ण बनेका छन् ।,यस्तै संरक्षित क्षेत्र भित्र रहेको कोशी टप्पु सिमसार क्षेत्र, चितवनको बिसहजारी ताल, शुक्लाफाँटासहितका क्षेत्र पनि चराका लागि विशेष महत्वका क्षेत्र हुन् । यी क्षेत्रहरु चराका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा महत्वपूर्ण रहेकाले संरक्षणको खाँचो रहेको चराविद डा. बरालले बताए ।,नेपाल भनेर सगरमाथा भन्दा पनि माथिबाट उडेर १३ हजार माइल भन्दा बढीको यात्रा तय गरेर आउने चराको संरक्षणमा सरोकारवाला सबैले एकीकृत प्रयास गर्न सकेमा चरा पर्यटनलाई विकास गरेर आय पनि बढाउन सकिने र पर्यावरण पनि राम्रो रहने भएकाले सबैको ध्यान जानु आवश्यक रहेको चराविद डा. बरालले बताए ।
टंक ढकाल
फोहोरको डुंगुरमा लुकेको सम्भाव्यता खोज्ने सतप्रयास
काठमाडौँ उपत्यकाले बिस्तारित शहरको रुप लिँदै जाँदा सुरु भएको फोहोर व्यवस्थापनको समस्याले अहिले विकराल रुप लिएको छ। उपत्यकाबाट हाल दैनिक सात सय मेट्रिकन भन्दा बढी फोहोर उत्पादन हुँदै आएको छ।,तर यो फोहोरलाई व्यवस्थापन गर्ने भन्दा पनि शहरबाट अलि पर या कोल्टे परेको ठाउँमा मिल्काएर फोहोरको अर्को शहर बसाउने विकल्प प्राथमिकतामा रहँदा समस्याको समाधान भन्दा स्वरुप फेरिएको देखिन्छ।,शहर बिस्तारित भएका छन्। शहरमुखी नीतिका कारण गाउँहरु पनि शहर या शहरोन्मुख बन्दै गएका छन्। सुकिलो शहर बनाउने घोषणा सुनिन्छ । तर शहरका लागि न ठाउँ दिइएको छ न फोहोर व्यवस्थापनलाई प्राथमिकता।,काठमाडौँमा बस्नेहरुले उत्पादन गरेको फोहोर उठाएर अधिकांश रुपमा नुवाकोटको ओखरपौवामा पर्ने सिसडोल ल्याण्डफिल्ड साइटमा फालिन्छ । सिसडोलको क्षमताले फोहोर धान्न छाडेको छ । तर विकल्प तयार भएको छैन । १४ वर्षअघि केही वर्षका लागि भनेर फोहोर फाल्नका लागि बनाइएको सिसडोल ल्याण्डफिल्ड साइटमा अहिलेसम्म फोहोर लगिँदैछ ।,काठमाडौँको फोहोरले सिसडोल वरपरका बस्तीलाई नै जोखिम पुगेको छ । यहि कारण बेलाबेलामा प्रतिरोध र आन्दोलन भइरहन्छ । अनि काठमाडौँ शहर फोहोरको डुंगुर र दुर्गन्धको पर्याय बन्न पुग्छ ।,बारम्बार समस्याहरु आइरहँदा पनि फोहोर व्यवस्थापनको जिम्मा पाएका निकाय वातावरण व्यवस्थापन विभागसहितले दीर्घकालीन व्यवस्थापन गर्न सकेका छैनन् ।,तर फोहोरलाई हेर्ने दृष्टिकोणमा केही मात्रै परिवर्तन गर्न सकेमा फोहोर समस्या भन्दा पनि नयाँ अबसर बन्न सक्नेछ । उदाहरणहरु छन् हाम्रै वरिपरी । ती उदहारणीय प्रयासहरुको आकार सानो छ तर सम्भावना बिस्तार गर्न सकिने खालको छ ।,फोहोरलाई आफैमा समस्या र त्यसको व्यवस्थापनलाई अर्को विकराल समस्याका रुपमा देखिरहेका बेला उदहारणीय काम गरेको फोहोर व्यवस्थापन संस्थामा पर्छ ‘बायोकम्प’ ।,ललितपुर महानगरपालिका–२१ खोकनामा रहेको बायोकम्पले फोहोर व्यवस्थापनको काम गर्दै आएको छ । हाललाई बायोकम्पले बल्खु तरकारी बजारसहितबाट जैविक फोहोर संकलन गर्छ । त्यसलाई ‘प्रोसेसिङ्ग’ गरेर प्राङ्गारिक मल बनाउँछ ।,फोहोरलाई मिल्काउनु पर्ने धारणा रहेका बेला बायोकम्पले संकलन गरेर त्यसलाई ‘स्याहार सुसार’ गरी सुकिलो र गुनिलो प्राङ्गारिक मल बनाउँछ । नेदरल्याण्डसको सहयोगमा सन् २०११ मा पाइलट प्रोजेक्टबाट सुरु भएको बायोकम्पको यात्रा अहिलेसम्म आइपुग्दा उसले फोहोरलाई समस्या भन्दा पनि अवसर र त्यसको मूल्य खोज्ने प्रयास गरिरहेको छ ।,काठमाडौँ उत्पकाबाट उत्पादन हुने फाहोर मध्ये ७० प्रतिशतको हाराहारीमा जैविक फाहोर हुन्छ । त्यसलाई परम्परागत ल्याण्डफिल्ड साइटमा लगेर फाल्दा मिथेनसहितका ग्यास उत्पादन हुन्छ । त्यसको विकल्पका रुपमा बायोकम्पले एरोबिक ‘प्रोसेसिङ्ग’ मार्फत जैविक फोहोरलाई प्राङ्गारिक मल बनाउने गरेको छ ।,‘हामीले हाललाई बल्खु तरकारी बजारसहितका काठमाडौँका ठूला बजारबाट उत्पादन हुने जैविक फोहोर संकलन गरेर ल्याउने गरेका छौँ’ बायोकम्प नेपालका प्रमुख मार्तुन नेइहोफले भने, ‘त्यसलाई यहाँ (ललितपुर–२१ खोकना) ल्याएर प्राङ्गारिक मल बनाउने प्रक्रिया सुरु हुन्छ ।’,बजारबाट उठाएर ल्याएको जैविक फोहोरलाई मेसिन मार्फत साना टुक्रा बनाइन्छ । त्यसपछि ‘ग्रिन जोन’ नाम दिइएको क्षेत्रमा जैविक फोहोरमा कुखुराको बिष्टा तथा पिना मिसाएर राखिन्छ । त्यसअघि जैविक फोहोरमा रहेका देखिने जति प्लाष्टिकसहितको फोहोर छुट्याइएको हुन्छ ।,ग्रिन जोनमा एक महिना राखेपछि त्यसबाट पानीको अधिकांश मात्रा निस्कन्छ र फोहोर कुहिएर मल बन्न थालेको हुन्छ । त्यसपछि ‘एल्लो जोन’ मा सारिन्छ । त्यहाँ पनि एक महिना राखेपछि बाँकी पानी पूर्णरुपमा जान्छ । एल्लो जोनबाट कम्पोस्ट हुँदै गरेको मल ‘ब्राउन जोन’ मा लगिन्छ । पुग्दासम्म मल बन्दै गरेको फाहोरमा ओसिलो पन ३० प्रतिशत मात्रै हुन्छ । ब्राउन जोनमा एक महिना राखेपछि ओसिलो पन रहित अवस्थामा पुग्छ र कम्पोस्ट तयार हुन्छ ।,तीनै जोनमा प्लाष्टिकसहितका अजैविक फोहोरहरु छुट्याउने काम निरन्तर भइरहन्छ । ब्राउन जोनमा एक महिना फाहोरलाई एरोबिक मोडमा प्रक्रियामा राखेपछि ‘प्रि–प्रोडक्सन’ सुरु हुन्छ ।,मलमा रहेका प्लाष्टिकहरु अधिकांश रुपमा हटाइन्छ । त्यसपछि तयार भएको मललाई मसिनो बनाउन मिलमा हालिन्छ । जसमा पेलिने क्रममा बाँकी रहेका प्लाष्टिकहरु छुट्याइन्छ । मेसिनले पिनेर मसिनो बनाइ तयार भएको कम्पोस्ट मल फाल्छ । त्यसलाई २५ र दुई किलोको पोकामा प्याक गरिन्छ । यसरी तयार भएको कम्पोस्ट मलमा बोटबिरुवा तथा बालीलाई चाहिने पौष्टिक तत्व हुने गरेको बायोकम्पका महानिर्देशक मार्तुन नेइहोफले बताए ।,आफूहरुले उत्पादन गरेको कम्पोष्ट मल बिक्रेताहरु मार्फत देशभरका किसान तथा नर्सरी सञ्चालकहरुले खरिन गरी प्रयोग गर्ने गरेको र उनीहरुबाट राम्रो प्रतिक्रिया पाएको नेइहोफले जानकारी दिए ।,यो प्रयास फोहोरप्रतिको धारणामा परिवर्तन ल्याई गरी त्यसको मुल्य सिर्जना गर्नु रहेको बायोकम्पले जनाएको छ ।,हाललाई जैविक फोहोर संकलन गर्ने र त्यसलाई कम्पोस्ट मलमा परिमार्जन गर्ने आफूहरुको प्रयासमा सबै प्रकारका फोहोरहरु एक ठाउँमा राख्ने फोहोर उत्पादकको बानी प्रमुख समस्या रहेको नेइहोफले बताए ।,मार्तुन नेइहोफले भने, ‘झण्डै ७० प्रतिशत फोहोर जैविक हुन्छ । त्यस बाहेकका फाहोरहरु भनेका प्लाष्टिकजन्य, कागज या फलाम र सिसाजन्य हुन्छ । ७० प्रतिशत जैविक फोहोरमा अरु फोहोर पनि मिसाईँदा समस्या हुन्छ । मल बनाउने क्रममा ती अजैविक फोहोर छुट्याउनु पर्छ ।’,फोहोर भिन्न भिन्न गरेर संकलन गर्ने बानी बस्न सकेमा फोहोर समस्या नभई अवसर बन्न जाने उनीसहितका फोहोर व्यवस्थापकहरुको बुझाई छ । त्यसका लागि फोहोर उत्पादक, सर्वसाधारण नागरिक, स्थानीय प्रशासनका अधिकारी तथा फोहोर व्यवस्थापनको क्षेत्रमा कार्यरत संस्थाहरुबिच सहकार्य हुनु पर्ने नेइहोफले बताए ।,‘हामीले घरायसी रुपमा उत्पादन हुने जैविक फोहोर पनि संकलनका लागि योजना बनाएका छौँ । केही वडामा त काम सुरु हुन लागेको छ । त्यसका लागि सर्वसाधारण फोहोर छुट्याउने बानी बसाल्नु पर्ने छ ।’ उनले भने ।,बायोकम्पले तत्कालका लागि अर्को समस्या पनि भोगीरहेको छ । स्थानीय समुदाय र बायोकम्पबिच केही तनावको अवस्था पनि छ । त्यसको कारण बायोकम्पले जैविक फोहोरलाई कम्पोस्ट मल बनाउने क्रममा गन्ध आउने गरेको गुनासो स्थानीय बासिन्दाको छ ।,आफूहरु स्थानीय बासिन्दाको गुनासोसँग परिचित रहेको र त्यसलाई समाधान गर्ने प्रयासमा लागि परेको बायोकम्पले जनाएको छ । ‘हामी सुन्दर शहर चाहन्छौँ, फोहोर व्यवस्थापन होस् भन्ने चाहन्छौँ भने हामी जस्ता फोहोर व्यवस्थापकलाई पर धकेल्नु उचित विकल्प हुँदैन होला’ नेइहोफले भने ।,वैज्ञानिक विश्लेषणबाटै पुष्टि भएको छ कि राम्रो फोहोर व्यवस्थापन हुने हो भने उत्पादित मध्ये पाँच प्रतिशत मात्रै फोहोर डम्पिङ्ग साइटमा पुग्छ।,फोहोर व्यवस्थापन वातावरणीय समस्या समाधान तथा माटोको उर्बरा शक्ति राम्रो बनाइराख्नका लागि अति महत्वपूर्ण हुन्छ । जैविक फोहोरबाट उत्पादन हुने प्राङ्गारिक मल प्रयोग गरेर उत्पादन गरिएका खाद्यान्न तथा तरकारी एवम् फलफुलहरु स्वस्थकर हुन्छ ।,बायोकम्पले गरिरहेको कामलाई व्यवस्थित गरी स्थानीय बासिन्दाको सक्रिय सहभागिता कायम गर्न सकेमा फोहोर व्यवस्थापनको नमूना काम हुने देखिन्छ । यसका लागि आफूहरुले ललितपुर महानगरपालिका र स्थानीय वडासँग समन्वय गरिरहेको बायोकम्पका नेइहोफले जानकारी दिएका छन् । फोहोर डम्प गर्ने नभई फोहोरलाई व्यवस्थापन गर्न क्रियाशील रहेको बुझ्न र त्यसका लागि सहयोग पुर्‍याउन उनले सबैसँग आग्रह गरे ।,सुन्दर र सफा सहर चाहने हो भने फोहोरको उचित व्यवस्थापन हुनु पर्छ र त्यसका लागि आफूहरु जस्ता व्यवस्थापकहरुलाई काम गर्ने वातावरण दिनु पर्ने उनले बताएका छन् । आफ्नो फाइदा भन्दा बढी समुदायलाई नै मुनाफा हुने खालको फोहोर व्यवस्थापनमा हरसम्भव प्रयास गर्न तयार रहेको बायोकम्पले जनाएको छ ।,ललितपुर महानरपालिकाले आफूहरु फोहोर व्यवस्थापनका लागि सबैसँग सहकार्य गरेर अघि बढ्ने रणनीतिमा रहेको बताएको छ ।,फोहोर व्यवस्थापनको क्षेत्रमा काम गर्दै आएका महानगरपालिकाका वातावरण इन्जिनियर प्रदीप अमात्यले भने, ‘फोहोर व्यवस्थापन हाम्रो पहिलो प्राथमिकतामा छ । हामीले प्रयास गरिरहेका छौँ तर हाल अधिकांश रुपमा फोहोर व्यवस्थापन होइन संकलन भइरहेको छ । हामी सबै पक्षसँगको सहकार्यमा फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन चाहन्छौँ ।’, ,
टंक ढकाल
साधनाका सय वर्ष
, , ,राष्ट्रकवि माधवप्रसाद घिमिरेका कविताका यी पंक्तिमा समेटिएको भावलाई साँच्चै भगवानले सुने ।,अनि सायद ‘तथास्तु’ भने । र, एउटा सार्थक र लोभलाग्दो जिन्दगी जिउन सफल भए उनी । सय बसन्त पार गर्दा जति सन्तुष्ट छन् उनी त्यति नै उत्साहित र आनन्दित पनि । उनका हरेक कृतिहरु त्यति नै रुचिकर र नौला ।,जन्मदिनले कतिपयलाई हर्षसँगै झस्काउँछ आफ्नो आयु घट्दै गएकोमा। विगतमा इच्छाइएका काम पूरा गर्न नपाएकोमा कतिपयले पछुतो मान्छन्। तर एउटा युगका साक्षी राष्ट्रकवि घिमिरेलाई विगतले पछुतो दिएन । बदलामा उनको जीवन रंगिन बन्यो।,‘मेरो जीवन आनन्दित मात्रै भयो। अब श्वास छोड्दा शरीरलाई अलिकति कठिन होला। त्यसमा न त दुःख छ न त मर्न डर छ’, मुस्कुराँदै राष्ट्रकविले भने । उनको त्यो ‘अभय’ मुद्रामा बालसुलभतासँगै सत्यसँग साक्षात्कारको अनुभूति झल्किन्थ्यो।,अमरताको गीत गाउने उनी हरेक दिन नयाँ काम गर्नु पर्छ भन्ने मान्यता आत्मसाथ गर्दा आफ्नो हाँसो अटुट रहेको खुलाउँछन्। ‘हिजो बिहान झुल्केको घाम आज पनि झुल्किन्छ। जगत रमाइलो छ र यहाँ मानिस पनि सज्जन छन्’, उनले थपे ।,मानिसहरु गन्तव्य बिहीन हुन्छन् र दोष दिन अनेक बहाना बुन्छन् । घिमिरेले जीवनमा जे गर्न चाहन्थे, जे गर्न सक्थे त्यो गरी छोडे । त्यसलाई न उनको उमेरले छेक्यो, न त पारिवारिक, सामाजिक र आर्थिक अवस्थाले। भगवानले उनलाई आयु दिए, उनले त्यसको सदुपयोग गरे।,एक सय वर्षको उनको निचोड छ, ‘जीवन भगवानको वरदान हो । सदुपयोग गर्न सके सबै सपना पूरा हुन्छन् नसके आयु घट्छ, सपना टुट्छ। प्राप्त समय र त्यसको महत्व चिन्नु पर्छ।’,सम्मानित कविका रुपमा यतिका वर्ष पार गर्दा उनले अर्को पनि निष्कर्ष निकाले, ‘सकारात्मक चिन्तन्न, सिर्जनशिलता, सन्तुलित भोजन, योग र शारीरिक अभ्यासले आयु थप्छ, जीवन सार्थक बन्छ।’,हातभरि औषधि खाँदा पनि उनले उर्जा प्राप्त गरेको ठान्छन् । भन्छन्, ‘रोग हटाउनका लागि काम भइरहेछ। शरीर बिगार्ने खाना खानुहुन्न । स्वस्थ हुनलाई नियमित शारीरिक अभ्यास पनि गर्नु पर्छ । मन र मस्तिष्क ताजा बनाउन योग गर्नु पर्छ ।’ छलकपटविनाको जीवन सार्थक हुने उनको भनाई छ । ‘रिस उठेपछि गाली गर्ने र एकै छिनमा मैले त्यति भने भन्दैमा तैँले चित्त दुखाउनु पर्छ त? ल ढोग मेरो गोडामा अनि सबै ठीक हुन्छ भन्छन् पाकाहरु गाउँघरमा’, उनले भने’ ‘तर शहरमा एक वर्षको तुष १२ वर्षसम्म पाल्छन्। झुठ र प्रतिशोधको चाहानामा बाँच्छन्।’,घिमिरेको सयौँ जन्मदिन (असोज ७ गते) मा घरमा पूजा र पार्टीको तयारीमा परिवारका सदस्य व्यस्त बन्दा उनको अनुहार अझ खुलेको छ, ओठ अझै मुस्कुराएका छन्।,प्रेम बिना जीवनको अस्तित्व छैन भन्ने उनले बुझेका छन्। काव्य, त्यसको मर्म र भावनासँगै व्यक्तिगत जीवनलाई बढाए। उनीद्धारा लिखित गीतले भन्छ, ‘तिम्रो प्रिती पहिले हो कि मेरो प्रिती पहिले । जान्दिन म के भो कुन्नी कहिले ।,यस्तै प्रेमको विश्वास छ उनलाई।,‘प्रेममा लेनदेन हुँदैन । तिमीले मलाई प्रेम गर्यौँ त्यसैले मैले पनि गरे भन्छन्। तर थाहा नै नपाई भएको प्रेम वास्तविक प्रेम हो’, आफ्नो भोगाईप्रति लक्षित गर्दै उनले भने । विपदले उनको प्रेम बाँडियो ।,‘गौरीलाई मैले धेरै प्रेम गर्थे। तर उनको अकास्मात अवसान भयो । आफू र परिवारलाई सम्हाल्न मैले महाकालिसँग विवाह गरे। उनको उपस्थितिले मेरो जीवनमा झनै अर्थ राख्यो । उनी नभएको भए मैले यत्रो सम्मान पाउने थिएन।’,भनिन्छः प्रेममा समझदारी हुन्छ । महाकालिकाले स्वार्थरहित प्रेम गरिन् घिमिरेलाई। उनीहरुको सुखद दाम्पत्य जीवनको पृष्ठभूमिमा त्यही लुकेको छ। आठवटा छोराछोरी हुर्काएर कविता र गीतका भाकामा हराउने घिमिरेको ख्याल गरिन उनले ।,‘उहाँ जतिबेला पनि लेखिरहने । मलाई भने उहाँको स्वास्थ्यको चिन्ता हुने । खाना खान र सुत्न पटकपटक भन्नु पर्ने तैपनि मलाई कहिल्यै रिस उठेन’, महाकालीले भनिन्।,घिमिरे दम्पतीको परिवार फैलियो । ठूलो भयो । सबैको माया र सम्मान पाएका छन् उनीहरुले। ‘मैले प्रेम गर्न जानेको थिएँ । महाकाली अलि केटाकेटी थिइन त्यो बेला तर विस्तारै उनले मेरो भावना बुझिन’, घिमिरे २००५ सालमा फर्किए।,अनि आफ्ना सिर्जनाका फूलहरु बारे कुरा गर्न थाले । उनले लेखेको अर्को गीत ‘फूलको थुङ्गा बहेर गयो गंगाको तिरैमा’ को चर्चा गरे । तारादेवीले स्वर दिएको त्यो अमर गीत ।,कवि बन्न सात मोहर लिएर जन्मथलो लम्जुङको पुस्तुन छोडेका घिमिरेको साहित्य यात्रा नवमञ्जरीहुँदै महाकाव्य ऋतम्भरासम्म आइपुगेको छ । छन्द र लय मिलाएर कविता सिर्जना गर्ने उनी विस्तारै जीवन, प्रकृति, देशभक्ति र दर्शनलाई काव्यसँग जोडे ।,विवाहको केही वर्षमै पत्नी वियोगले गहिरो चोटमा परेका उनले त्यसलाई शक्तिमा बदले, वियोगलाई शब्दमा पोख्दा गौरी काव्य बन्यो । त्यसले उनलाई राष्ट्रकवि बन्न ढोका खोल्यो। त्यसैबाट घिमिरेले ‘मस्तिष्कबाट नभई हृदयबाट लेख्नु पर्ने’ पाठ सिके । कयौँ आरोह अवरोहमा अविचलित रहे।,यो अवधिमा कति लेखे उनलाई यकिन छैन । गोरखापत्रको जागिरेदेखि नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य, आजीवन सदस्य, उपकुलपति, कुलपतिसम्म बनेर काम गर्दा सबैले साथ दिए उनलाई ।,अर्को चर्चित मालती मङ्गले गीति नाटक तयार गर्दाको पल उनका लागि यादकर बन्यो । चर्चित गायक नारायण गोपाल र संगीतकार अमर गुरुङबिच खटपट भइरहन्थ्यो। मालती मङ्गले व्यापक बनाउन चाहेका घिमिरेले नारायण गोपाल र अमंर गुरुङलाई पनि मिलाउने उपायमा पुगे। मालती मंङ्गलेमा संगीत भर्न अमर गुरुङलाई प्रस्ताव गरे ।,प्रतिष्ठान कर्मचारी समेत रहेका गुरुङले उनको प्रस्ताव सहजै स्वीकारे तर नारायण गोपालको स्वर भर्नु भन्दा आफै गाउने सुरु कसे। घिमिरेले अमर गुरुङलाई फकाएर नारायण गोपालकहाँ पुगे । नारायण गोपालले पनि घिमिरेलाई नाइ भन्न सकेनन् ।,‘अमर र नारायण चर्चित थिए आ–आफ्नो क्षेत्रमा तर अलिकति एकअर्कामा इगो थियो । मैले त्यसको अन्त्य गरिदिँए’, घिमिरेले हाँस्दै भने, ‘गीत गाउने प्रस्ताव गरेर फर्केपछि फोन गरेको थिए । नारायण त भोलिपल्ट नै उक्त गीतको भाव लिन मेरै जन्मथलो नजिक मर्स्याङ्ग्दीको दोभानमा पुगी सकेका रहेछन्।’ मालती मङगले हेरे पनि नरुने कोही भएन। त्यो हेर्दा साहित्यमा खासै रुची नभएका तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापा पनि रोए ।,प्रकृतिसँग हराएर काव्य सिर्जना गर्ने घिमिरे त्यतिमा सीमित भएनन्। देशको राष्ट्रिय एकता, स्वतन्त्रता र स्वाभिमान गाइरहे। त्यसमा उनले सम्पूर्ण जीवन खर्चिए । उनीद्धारा लिखित ‘गाउँ छ गीत नेपाली, नेपाली हामी रहौँला कहाँ नेपाल नै नरहे’ जस्ता राष्ट्रिय गीतले उनलाई शीखरमा पु¥यायो। उनको उचाई सधैँ चुलिरह्यो ।,अनगिन्ती राष्ट्रिय पुरस्कार र सम्मान पाए ‘नेपाल आफैमा सुन्दर, शान्त र विशाल देश भए पनि विदेशीले हेपेको पाएँ। म कवि पनि त यो देशमा छु भन्ने लाग्यो र देशका गीत लेखे । उनीहरु चकित भए जव सगरमाथालाई सुनेँ’, उनले भने ।,दुःखलाई आफैले नउठाई सुख प्राप्त हुँदैन भन्ने जीवनको अर्को अनुभूति घिमेरेसँग छ। उनको सुखी गाउँले जीवन सहरमा भासियो कवि बन्ने होडमा। उनले भने, ‘घरमा दूध–भात खाने, ठूल्ठूला मुन्द्रा लगाउँदै गाउँबेसीमा सुशेली हालेर काम गर्दाका पल सबै भन्दा मिठा थिए।,‘लाग्दछ मलाई रमाइलो, मेरै पाखा पखेरो’ उनको सिर्जनाका प्रेरणा र परिवेश थिए त्यसताका । त्यो सबै छोडेर कवि बन्न परदेश निस्किएँ।’ लेख लेख्न निकै अध्ययनशील र अरुको भाव बुझने हुनु पर्ने उनको सुझाव छ । ‘दर्शन अध्ययनले मेरो कविता सुन्दर बनाउन सहयोग गर्यो।,डाँडापाखा र हिमाला चाहार्दा शब्द फुरे’, घिमिरेले आफ्नो मेहेनेत सुनाए । प्रकति र सिर्जनाको अन्तरसम्बन्ध उनका शव्दमा पोखिन थाले । कविता जन्मिए ।,वास्तवमा उनले जेजती काम गरे ती सबै कविताका निम्ति समर्पित थिए पनि । ‘आफ्ना, कविता, गीत, उपन्यास चर्चामा आएनन् भन्ने चिन्ता कतिपय साहित्यकारमा हुन्छन्’, वास्तविक साहित्यलाई बुझेर यस क्षेत्रमा लाग्दा सफलता प्राप्त गर्न सकिन्छ । साहित्यकारले युग सुहाउँदो लेखेकोमा सन्तुष्ट छन् तर उनलाई मौलिकता हराएकोमा चिन्ता छ। ‘सूचना, प्रविधि र सञ्चारले अहिले आफ्ना रचना सजिलै विश्वभर पुर्याउन सकिन्छ तर चर्चित बन्न अथाह मेहेनेत बिना संभव छैन’, उनी भन्छन् ।,आफ्नो उद्देश्यमा अविचलित भएमा सबै सपना पुरा हुनेउनको विश्वास छ। ‘बुवा, परिवार, साथीभाई सबैबाट सिके अनि साहित्यको बाटो छोडिन’, घिमिरे भन्छन् । बाल्यकालको कविता लेख्न उनले छोरीहरुलाई काँधमा चढाउँथे। छोरीहरुले रमाइलो मान्दा उनले कविताका लाइन जुटाउँथे। बाल साहित्य यही बात्सल्यमा जज्मिन थाले ।,देशको महिमा गर्नु अपराध ठानिने राणकालीन बन्द समाजमा कविता फुराउन थालेका राष्ट्रकवि घिमिरेले आफ्ना जीवनमा मुलुकका अनेक परिवर्तन देखे। तर पनि जनताको जीवनस्तर उठ्न नसकेकोमा चिन्ता छ उनलाई ।,‘प्रजातन्त्रको पुनर्स्थापनापछि मुलुकमा केही हुन्छ कि भनेको तर अर्थहिन १० वर्षे जनयुद्धले मुलुकलाई अधोगतिमा धकल्यो। अहिले जनताले आफ्नो राजनीतिक व्यवस्था आफै बनाएका छन् । आशा गरौँ यसबाट उनीहरुको जीवन सुखी हुनेछ’, घिमिरेले सुनाए।,अंग्रेजी साहित्य पढ्न मन थियो उनलाई तर त्यो भन्दा लोक साहित्यले उनलाई तान्यो । शास्त्रीय संगीत सिक्ने धोको भने उनको मनमै रह्यो । पछिल्ला केही महनिा काठमाडौँ र दिल्लीका अस्पतालमा जीउ गलेको थियो ।,तर इच्छाशक्ति औलोकिकरुपमा दृढ थियो। त्यो बेला उनले इच्छाएका थिए’, मैले थालनी गरेको महाकाव्य सय वर्षको जन्म दिनमा ल्याउनु छ त्यतिञ्जेल बाँच्नु छ मलाई। सत्य आग्रह समक्ष भगवान पनि झुक्दा रहेछन् ।,उनले करिव १२ वर्ष लगाएर लेखेको महाकाव्य ऋतम्भराले हृदयको सम्बन्धलाई जोड दिएको छ । विश्व एकता र बन्धुत्वको सन्देश पनि बोकेको छ। ऋतम्भराका हरप सुनाए उनले, ‘यो जिन्दगी जति बुझेपनि बुझ्न बाँकी, यो जिन्दगी जति सुझेपनि सुझ्न बाँकी ।’
दिपा दाहाल
काखमा साढे तीन महिनाकी छोरी च्यापेर संयुक्त राष्ट्रसंघको महासभामा पुगेकी प्रधानमन्त्री
ज्यासिन्डा आर्डर्न न्युजिल्याण्डको सत्तामा आएदेखि नै चर्चामा छिन् र त्यसका कारणहरु अधिकांश समय राजनीतिक मात्रै नभएर उनको व्यक्तिगत जीवन पनि रहने गरेको छ ।,ज्यासिन्डा न्युजिल्याण्डाको प्रधानमन्त्री बनेको यो अक्टोबरमा एक वर्ष पुग्यो । उनी न्युजिल्याण्डको ४० औँ प्रधानमन्त्री हुन् भने तेस्रो महिला प्रधानमन्त्री । उनी सन् १९५६ पछि कम उमेरमा न्युजिल्याण्डको प्रधानमन्त्री बन्ने पहिलो व्यक्ति हुन् । उनी अहिले सत्तामा रहेका विश्वका नेता मध्ये कम उमेरकी हुन् ।,यस्तै ज्यासिन्डा प्रधानमन्त्री मात्रै होइनन् आमा पनि हुन् । उनले गएको जुनमा छोरी जन्माएकी हुन् । देशको नेतृत्व सम्महालिरहेका बेला सन्तान जन्माउने उनी पछिल्लो ३० वर्ष यताकै पहिलो नेता हुन् । यसअघि पाकिस्तानकी तत्कालीन प्रधानमन्त्री बेनजिर भुट्टोले सत्तामै रहेका बेला सन्तान जन्माएकी थिइन्।,३८ वर्षकी ज्यासिन्डा ६ हप्ताको सुत्केरी बिदा सकेर काममा फर्किएको पनि दुई महिना भएको छ । उनी अहिले छोरीसँगै देशको जिम्मेवारीमा छन् । छोरी निभ गेफोर्डको स्याहारमा ज्यासिन्डाका प्रेमी क्लार्क गेफोर्डले पूरा समय दिएका छन् ।,ज्यासिन्डाले आफू गर्भवति रहेको जानकारी गराएपछि धेरैले स्वागत गरेका थिए भने केहीले आमा र प्रधानमन्त्री दुवैको जिम्मेवारी सम्हाल्न नसक्ने भन्दै आलोचना गरेका थिए । तर उनले भने आफू अरु जस्तै कामकाजी आमा रहेकाले कुनै फरक नपर्ने बताएकी थिइन् ।,ज्यासिन्डा अहिले फेरि चर्चामा छिन् र धेरैले स्वागत गरेका छन् । ज्यासिन्डा संयुक्त राष्ट्रसंघको ७३ औँ महासभामा सहभागी हुन साढे तीन महिनाकी छोरी निभसँगै पुगेकी हुन् ।,ज्यासिन्डाले अमेरिकी सञ्चारमाध्यमसँगको कुराकानीको क्रममा आमा बनेपछि अभिभावक, आमा र विशेषगरी एकल आमाप्रतिको सम्मानमा वृद्धि भएको बताएकी छन् ।,उनीहरुमाथिको सम्मान अघि पनि रहेको तर आफू आमा बनिसकेपछि झन बढेको उनले बताएकी हुन् । यस्तै देशमा परिवार मैत्री नीतिलाई थप प्रभावकारी बनाउन आफू लागि परेकी उनले जानकारी दिइन् ।,आमा बनेपछि काम गर्न कुनै असजिलो नभएको उनले बताएकी छन् । तर उत्साह भने थपिएको उनले उल्लेख गरिन् ।,ज्यासिन्डा संयुक्त राष्ट्रसंघको महासभामा शिशु सन्तानसहित पुग्ने पहिलो प्रधानमन्त्री हुन् । उनी छोरी निभ तथा प्रेमी गेफोर्डसँगै संयुक्त राष्ट्रसंघको महासभाका लागि गएकी हुन् । १७ घण्टाको हवाई यात्रा तय गरेर उनी महासभाका लागि पुगेकी थिइन् छोरी निभसहित ।,ज्यासिन्डा र गेफोर्डकी छोरी निभ संयुक्त राष्ट्रसंघको महासभाका लागि सुरक्षा पास पाउने पहिलो शिशु पनि हुन् । आमाको भूमिकासँगै विश्वका नेताहरुको महासम्मेलनमा पुगेकी ज्यासिन्डाको सबै क्षेत्रबाट प्रशंसा भएको छ । विशेष गरी उनको यो कार्यले महिला र विशेष गरी कामकाजी आमाहरुका लागि बलियो सन्देश तथा उर्जा दिएको छ ।,काखमा छोरी बोकेर महासभामा सहभागी भएकी ज्यासिन्डालाई न्युजिल्याण्डका प्रतिनिधिसँगै रहेका उनका प्रेमी गेफोर्डले छोरीको स्याहारमा सहयोग गरे । ज्यासिन्डाले मन्तव्य दिँदा वा उनी व्यस्त रहेका बेला गेफोर्डले छोरीलाई काखमा बोके ।,सामान्य जस्तै लागे पनि ज्यासिन्डा र उनका प्रेमी गेफोर्डको प्रयासलाई यसपटकको संयुक्त राष्ट्रसंघीय महासभाको सबैभन्दा महत्वपूर्ण सन्देशसहितको अभिभाकत्वका रुपमा लिइएको छ ।, , ,
सञ्चार संवाददाता
भक्तपुरको पहिचान–बिस्केटका आख्यान र बुझाईहरु, कुन सत्य कुन कथा ?
भक्तपुरको सुडालकी अस्मिता दुलालले बिस्केट जात्राको बारेमा बताइन्, ‘एउटा रथलाई दुई तीरबाट मरीमरी तान्छन्। अग्लो लिंगो उठाउँछन्। मान्छेको भिड छिचोली नसक्नुको हुन्छ। नेवारहरुको घरमा भोज हुन्छ।’,दुलालले बुझेजस्तै क्रियाकलापहरु हुन्छन् बिस्केटमा ।,किन मनाइन्छ भन्ने प्रश्नको उत्तर दिन उनलाई एकैछिन् गम खानुप¥यो। केहीसमय घोत्लिएपछि उनले उत्तर दिइन्, ‘नयाँ वर्ष मनाएको होला।’, विक्रम संवत अनुसार पुरानो वर्ष सकिएपछि नयाँ वर्ष सुरु हुने वैशाख १ गते बिस्केट जात्रा मनाइन्छ। उनको अनुमान यही समयसँग प्रभावित लाग्छ।,चैत २७ गते सुरु भएको ८ रात ९ दिनको जात्रा बिस्केट जात्रा हो। नेवारहरु यसलाई ‘च्याचा गुनिया जात्रा’ नेवार बाहेकका अरु सम्प्रदायमा ‘बिस्केट’ नामले परिचित जात्राको धेरैवटा नामहरु छन्, नेवारहरुले यसलाई बिस्का जात्रा भन्छन्।,बिस्केट जात्रा विश्वकेतुको जात्रा भएकोले यसलाई विश्वजात्रा पनि भन्ने गरिन्छ। विश्वकेतुबाट अप्रभंश भएर विश्क्यात हुँदै विस्का भनेर नामाकरण गरिएको सँस्कृतिविद् ओम धौभडेल बताउँछन्।,अर्का सँस्कृतिविद् पुरुषोत्तम लोचन श्रेष्ठ भाषा विज्ञान अनुसार बिस्केटको नाम प्रस्ट्याउँछन्।,बिस्का – नेवार नाम,बिस्केट – नेपाली नाम,पूर्वरुप हेर्ने हो भने प्राचिनकालको ध्वजाअभिलेख हेर्नुपर्ने हुन्छ।,लिंगोमा फहराईने एक जोडी ध्वजालाई विश्वकेतु भनिन्छ, यसको नेवारी नाम ‘हलिपत’ हो। यो ध्वजाहरु विभिन्न कालखण्डमा विभिन्न शासकहरुले चढाएको पाइएको छ।,–त्यो ध्वजामा नाम पनि फरक छन्। नेपाल संवत ५०० को अमरपोष्टमा विश्वकेतुको समान अर्थ राख्ने शब्द ‘विसिक’ दिइएको छ।,– टौमढी टोलको नेपाल संवत ५६१ को यक्षमल्लको शिलालेखमा ‘विश्वजात्रा’ भनिएको छ।,– नेपाल संवत ६४१ को भूमि सम्बन्धी तमसुक ताडपत्रमा विश्वकेतुलाई ‘विसिक’ भनिएको छ।,– यस्तै भक्तपुर दरबार क्षेत्रको मालती चोकको, जितामित्र मल्लको नेपाल संवत ८०८ र भूपतिन्द्र मल्लको नेपाल संवत ८१८ को शिलालेखहरुमा क्रमैले ‘विस्क्यात’ शब्द दिइएको छ।,‘विस्क्यात संक्रान्ति कुन्यू’ अर्थात् विस्क्यात संक्रान्तिको दिनमा मनाइने बताइएको छ।,यी प्रमाणहरुको आधारमा विश्वयात्रा, विश्वजात्राको रुपमा बिस्केट जात्रा परिचित थियो।,विश्वकेतुकै परिवर्तित रुप नेवारमा बिस्का र नेपाली समाजमा बिस्केट चलेर आयो।,यसलाई शाब्दिक अर्थले पनि बुझ्न खोजिएको छ। नेवारीमा ‘बि’ को अर्थ सर्प हुन्छ यस्तै ‘बि’ भन्नाले ‘बितेको, पुरानो’ कुरा पनि हो।,बिस्केट जात्रासँग विभिन्न आख्यानहरु छन्। कथा अनि तथ्यहरु छन्।,यहाँका मानिसहरुले यो जात्रा किन मनाउँछन् भन्ने खोज्यो भने ‘नाग नागिनी’ सँग यो कथा जोडिएको सँस्कृतिविद् ओम धौभडेल बताउँछन्।, नाग नागिनी किरात सम्प्रदायको एक आदिवासी मानिन्छ।,उनीहरुलाई पनि आदिवासीको व्यवहार गर्नुपर्छ भनेर जानकारी दिन यो पर्व मानिएको हो। किराँतहरु मातृसत्तात्मक थिए। लिच्छविकालमा भक्तपुरमा युद्ध भयो र मानदेव राजखलकले युद्ध जिते। पितृसत्तात्मक शासन सुरु भयो र युद्ध जितेको विजय उत्सव मनाउँदा बिस्केट जात्रा सुरु भएको मानिन्छ।,बिस्केट जात्रालाई गौतमी पुराणमा ‘शत्रु परान्त जात्रा’ भनिएको छ। ‘शत्रुहन्ता जात्रा’ शत्रुको नाश होस् भनेर लिंगो ढाल्ने परम्परा छ। देश सुरक्षित भइरहोस् भन्ने अभिप्रायले मनाइने जात्रा मनाइएको किंवदन्तीमा उल्लेख छ।,यसलाई मेष संक्रान्ति जात्रा, वैशाख संक्रान्ति जात्रा पनि भनिन्छ। यो जात्रामा तितो खाने चलन छ। ‘खायु सल्हु’,ऐतिहासिक कालमा लिच्छवीपछि मल्लकालीन समय आयो। लच्छिवी राजा जयशक्तिदेवले आमा पद्मलदेव ४१४ मा इन्द्रध्वज उत्सव उठाएर ध्वजारोहण गरिएको गोपाल राजवंशावलीमा उल्लेख भएको धौभडेलले बताए। यसलाई बिस्केट जात्राको पूर्वरुप भनिन्छ।,शिवदेव र अंशुवर्माको संयुक्त शासन थियो त्यो बेलामा हुने गोष्ठीमा ध्वजा गोष्ठीको कुरा पनि आएको सँस्कृतिविद् पुरुषोत्तम लोचन श्रेष्ठ बताउँछन्। इन्द्रजात्रा पनि ध्वजा फहराउने चलन पनि यसैसँग सम्बन्धित हो। यसको प्रचलन लिच्छविकालमा सुरु भएर मल्लकाल, मध्यकालमा अन्य उपजात्रा थपिएर धुमधामसँग मनाउन थालिएको हो। दुई दिनबाट बढेर ८ रात ९ दिनको भएको हो। भैरवको रथ तान्ने, भैरव र कालिको रथ जुधाउने जात्रा पनि पछि थपिएको हो।,त्यसैले बिस्केट धार्मिक र साँस्कृतिक दुवै महत्वसँग राजनीतिक महत्व पनि बोकेको जात्रा हो।, तर जनमानसमा विभिन्न कथाको रुपमा यो जात्रा परिचित छ।,१) नाकबाट सर्प निस्कने राजकुमारीको कथा– जसमा राजकुमारीले विवाह गरेका रहेक युवाको राति नै मृत्यु हुने गरेको थियो। तर एक राजकुमारले त्यो सर्पलाई मारेपछि उत्सवको रुपमा विस्केट मनाईएको हो।,२) हरिदत्तापता मैजु, शेखर आचाजो सँग जोडिएको तथ्य,३) नेपाल धर्म भूमि। स्वर्गको राजा इन्द्र आएर झण्डा गाडेको ‘योसिङ’ अर्थात् लिंगो ठडाएका थिए।,यो जात्राको एउटा विचित्रको चरित्र छ, यो मसानघाटमा मनाइन्छ।,सँस्कृति जहिले हामी भनेर अगाडि बढेको छ। घाटमा पवित्र कार्य गर्नाले बितेका मानिसको सद्गत होस् भन्ने कामनाको लागि लिंगो उठाउने जात्रा मसानघाटमा गरिएको हो।,सँस्कृतिविद् पुरुषोत्तम लोचन श्रेष्ठ यो जात्रालाई नागनागिनसँग भन्दा पनि भैरवनाथसँग जोडेर हेरिनुपर्छ। भैरवका शक्ति भद्रकाली हुन्। जात्राका मुख्य देवताको प्रतिक स्वरुप भैरवनाथ र भद्रकालिलाई यो जात्राको प्रतिक मानिएको हुनसक्ने उनी बताउँछन्।, यसमा अष्टमण्गल, गणेश, सिंहको आकृति छन्।,नेपाल मण्डलमा भएका जति पनि ठाउँ छन्, त्यहाँ एउटा न एउटा देवदेवीको मन्दिरहरु छन्। त्यो देव देवीलाई आधार बनाएर पूजा गर्ने, जात्रा मनाउने चलन छ। अहिले काठमाडौँ, टोखामा जात्रा सुरु भइसकेको छ। केही समयपछि ललितपुरमा मछिन्द्रनाथको जात्रा सुरु हुन्छ।,भक्तपुरमा बिस्केट जात्रा अहिले सुरु भइसकेको छ। त्यसपछि साँखु, बनेपाको जात्रा क्रमश हुने सँस्कृतिविद् ओम धौभडेल बताउँछन्।, यो स्थानीय जात्राको मुख्य उद्देश्य भनेको ‘धान रोप्ने बेला आयो, रोपाईँलाई पानी चाँडै परोस् भनेर भगवानको आराधना गर्ने हो।’ सँस्कृतिविद् धौमडेलका अनुसार, चाँडै रोपाई होस् अनि बैलैमा धान पाकोस् भन्नको लागि नेपाल मण्डलका आदिवासीले जात्रा गर्ने र भगवानलाई खुशी गराउने गर्छन्।,भक्तपुर बहुसंख्यक किसान छन्।,धौभडेल भन्छन्, ‘हुन त जात्रा एक बहाना हो। हरेक १५ दिनमा भक्तपुरमा एउटा एउटा जात्रा छ।,बिस्केट एक किसिमको मनोरञ्जन हो। विकास गर्नलाई प्रतिस्पर्धा गर्नु आवश्यक छ। बिस्केट दुई बस्तीबिचको प्रतिस्पर्धा हो। शक्ति प्रदर्शन गर्ने यो जात्रामा एकै ठाउँका बासिन्दालाई ‘ठने’ र ‘क्वने’ माथिल्लो गाउँ र तल्लो गाउँ भनि छुट्याएर प्रतिस्पर्धात्मक वातावरणको सिर्जना गरिएको थियो।,त्यसैको संकेत स्वरुप भैरवको रथ बनाएर कसले पहिला भगवान लैजाने भनेर ‘को बलियो भनेर देखाउने गरिन्छ। टौमढी भन्दा तल र माथिको नेवार बस्तीमा यो प्रतिस्पर्धा हुन्छ। लिच्छवीकालमा दुई दिनमात्र भएको यो जात्रा मल्लकालमा समय थप भएको हो। राजा जगतज्योति मल्लको पालामा एकतले भैरव रथलाई तीन तले बनाउने काम भयो भने, भूपतिन्द्र मल्लको पालामा आइपुग्दा दुईतीर रथ तान्ने परम्परा आयो।,२७ गते टौमढी टोलमा भएको भैरवनाथको रथलाई माथिल्लो र तल्लो भेगमा रथ तानातान गरिन्छ। रथ माथिल्लो भेगमा दत्रात्रय र तल्लो भेगमा वंशगोपालसम्म पुर्‍याउने गरिन्छ। सँस्कृतिविद् पुरुषोत्तल लोचन भन्छन्, ‘पहिला तल्लोपट्टि टौमढीसँगैको क्वाँछे टोल र माथिल्लो भेगमा बुलुचासम्म लैजाने चलन थियो, यो परिवर्तन भएर दूरी लम्बिएको छ।’,४ दिनपछि लिंगो ठड्याउने जात्रा, चैत मसान्तमा ५५ हातको योसिंग उठाउने, पाँचाैँ दिनमा लिंगो ढाल्ने जात्रा हुन्छ, वैशाख १ गते ढाल्ने परम्परा, छैठौँ दिन मध्यपुर ठीमीमा ३२ ओटा खटको जात्रा सिन्दुर जात्रा, बोडेमा जिब्रो छेड्ने जात्रा ।,वैशाख ४ गते भक्तपुरको सबै देवी देवताहरु जसलाई स्थानानतरण गरिएको हुन्छ, सगुन दिन जाने गरिन्छ।,वैशाख ५ गते समापन गरिन्छ। यो दिन टौमढी टोलमा तानेर दर्शन गरी भैरवलाई पुनस्थापना गर्ने गरिन्छ।,सँस्कृतिविद् श्रेष्ठ यसलाई तन्त्रविज्ञानसँग जोडेर हेर्नुपर्ने बताउछन्। ‘डोरी तानातान गर्दा स्वास प्रस्वास राम्रो हुन्छ। त्यसैले डोरी तान्दा ‘होसे हैसे’ भन्ने गरिन्छ । यो ‘हठ’ योग सँग सम्बन्धित छ।,बिस्केट जात्राको नाम लिने बित्तिकै भक्तपुरको मात्र नाम लिइन्छ तर यो जात्रा विधान हुनमानढोका दरबारमा पनि हुन्छ, ललितपुर दरबारमा पनि हुन्छ। जहाँ जहाँ नेवार बस्ती छ त्यहाँ यो जात्राको रौनक हुन्छ।,भक्तपुरमा ७ सय थरका नेवारहरु छन्। ती हरेक थर कामको आधारमा छुट्याइएका हुन्। बिस्केटको रथ बनाउन कुन कुन सीप प्रयोग हुन्छ त्यही थरका नेवार सहभागी हुन्छन्। शिल्पकार, नकर्मी, मानन्धर, चित्रकार लगायत ९ थरीका समुदाय रथ बनाउन लागि पर्छन्। बिस्केट आउँनु भन्दा ४५ दिन अगाडिबाट रथ बनाउने काम सुरु हुन्छ।,रथका पाँच झ्याललाई र बेताल (भैरवको बाहान) लाई पहेलो रंग लगाउने चलन छ।,बिस्केट नेवारहरुको पहिचानको रुपमा अहिले आइरहेको छ। यसलाई सम्पत्तिको रुपमा हेरिएको छ। हिजोको दिनमा प्रचारप्रसार नहुँदा भक्तपुरमा मात्र सिमित भयो। अझ बिस्केट जात्राकै नाममा भक्तपुरभित्र अरु धेरै जात्रा छन् जसको बारेमा सबैलाई थाहा छैन। संकुचन भइरहेको छ। प्रविधिले सहयोग गरेको छ।,युवा समयमा सभ्य, भव्य तरिकाले गर्न सके राम्रो सन्देश। अहिलेको युवा बुझेर उत्साहित छन्, बचाउन पर्छ भन्ने छ। अहिलेको युवा पुस्तामा बाजा सिक्ने हाकुपटासी लगाउने जोश युवामा छ। युवा सक्रिय हुनुले सँस्कृतिक हस्तानतरण भइरहेको कुरालाई पुष्टि गर्छ।,बिस्केट जात्रामा ढुंगा हानेको घटना भने विकृति भएको सँस्कृतिविद्हरु बताउँछन्। आफ्नो टोलमा लैजान नपाएको रिस अनि आफूलाई रिस उठेको मानिसँग रिस फेर्ने मौकाको रुपमा पनि यो जात्रालाई लिइएको छ। रक्सीलाई माध्यम पनि बनाइन्छ, यो परिवर्तन गर्न सकिन्छ।,आजको समयमा बिस्केट जात्राको महत्व राष्ट्रिय प्रतिकको रुपमा भएको छ। सञ्चारका साधनको बिस्तारले भक्तपुरको जात्रालाई विश्व स्तरीय बनाएको छ। बिस्केट जात्रामा एकजुट भएर रथ तान्ने प्रक्रियाल भाइचाराको सम्बन्धको विकास गरेको छ साथै यही पर्वको लागि घर छोडेर हिँडेका व्यक्तिहरु पनि घर फर्कने भएकोले यसले मातृभूमिप्रतिको स्नेहलाई पनि प्रदर्शित गरेको छ।,सँस्कृतिविद श्रेष्ठ भन्छन्, ‘सँस्कृति म¥यो भने देश मर्छ, हामी जीवित मृत व्यक्ति हुन्छाैँ। भक्तपुरको पहिचान नै बिस्केट हो। पछिल्लो पस्तालाई हस्तानतरण गरौँ।’
सुजाता खत्री
टीका र जमरामा सजिए हिन्दु नेपालीहरु
काठमाडौँ – दुर्गापक्षको मुख्य दिन आज विजयादशमी घटस्थापनाका दिन स्थापित घडाबाट अभिषेक गरी मान्यजनका हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ ।,नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको बिहान १०ः३५ बजेको उत्तम सुभसाइतमै अधिकांशले टीकाजमरा लगाएका छन् । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइँदैछ ।,आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ । जमराले विभिन्न रोगव्याधिमा औषधिका रुपमा काम गर्ने तथ्य वैज्ञानिकरुपमा समेत पुष्टि भइसकेको छ ।,असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडादसैँकै सबैभन्दा महत्वपूर्ण दिन हो ।,त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ । आज गुरु पुरोहित, हजुरबा, हजुरआमा, बाआमा, मान्यजन तथा ठूलाबडाका हातबाट नवदुर्गाभवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरुबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।,आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरुप टीका, जमरा र आशीर्वाद थाप्न हिंँड्ने मानिसको बाटामा भीड देख्न सकिन्छ ।, , , , , , , , , , ,
बर्षा शाह
जाे बाइडेन जितकी राजनीतिक नायिका स्टेसी अब्राहम, जो बनिन् अश्वेत महिलाकी आइकन
परम्परागत रुपमा ‘रातो’ अर्थात रिपब्लिकनको पकडको राज्य जर्जिया यो पटक ‘निलो’ अर्थात डेमोक्र्याटको पक्षमा जाने देखिएको छ ।,अधिकांश राज्यको नतिजा आउँदा जर्जियामा भने राष्ट्रपति डोनाल्ड ट्रम्प र राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनबिचको मतान्तर अति कम रहेकाले पुनः मतगणना हुँदैछ ।,९८ प्रतिशत भन्दा बढि मत गणना हुँदा बाइडेन ट्रम्प भन्दा १२ हजार ३३७ मतले अघि छन् । सन् १९९२ यता राष्ट्रपतिमा डेमोक्र्याटिक उम्मेदवारलाई मत नदिएको राज्य जर्जियाले यसपटक ‘रंग’ फेर्ने स्पष्ट संकेत देखिएको विश्लेषण गरिएको छ ।,सन् १९६४ यता जर्जियाले मात्रै तीन चुनावमा राष्ट्रपतिमा डेमोक्र्याटिक पार्टीका उम्मेदवारलाई मत दिएको छ, त्यसमध्ये एक आफ्नै राज्यका गभर्नर जिमी कार्टर र अर्का छिमेकी अर्कान्सस राज्यका गर्भनर बिल क्लिन्टन हुन् ।,पछिल्लो दशकमा अधिकांश चुनावमा जर्जिया राष्ट्रपति चुनावमा कडा प्रतिस्पर्धा भएन, तर यो पटक सो राज्यले सबैको ध्यान तान्यो ‘ब्याटलग्राउण्ड स्टेट’ का रुपमा । चुनावको दिन खसालिएको मत गन्दासम्म अघि रहेका ट्रम्प अग्रिम तथा हुलाक मार्फत खसालिएका मत गन्न थालेपछि बाइडेन भन्दा पछि परे ।,योपटक जर्जिया अमेरिकी राजनीतिको केन्द्रमा आउनुमा राष्ट्रपति निर्वाचनको मत मात्रै कारक होइन, राज्य सत्तामा शक्ति सन्तुलनको ‘अल्टिमेट गेम चेन्जर’ बन्ने सम्भावना पनि हो।,रिपब्लिकनको बहुमत रहेको माथिल्लो सदन सिनेटमा डेमोक्र्याटहरु आफ्नो पकड स्थापित गर्ने प्रयासमा छन् । अहिलेसम्म आएका नतिजामा दुवै पार्टीले ४८–४८ सिटमा जित हाँसिल गरेका छन् । नर्थ क्यारोलाइना र अलास्का गरि दुई सिटमा रिपब्लिकन उम्मेदवार अघि छन्।,जर्जियाका दुई सिनेट सिटमा भने कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढि मत ल्याउन नसकेका कारण आउँदो जनवरीमा पुनः चुनाव हुने भएको छ । जनवरी ५ मा हुने सिनेटको रनअफ चुनावले माथिल्लो सदनमा पकड कसको हुने भन्ने स्पष्ट रुपमा निर्धारण गर्ने छ ।,जजिर्यालाई राष्ट्रपति चुनावमा मात्रै नभई सिनेटमा पनि ‘निलो’ बनाउन सके राष्ट्रपतिमा निर्वाचित भएका ,लाई सत्ता सञ्चालनका लागि सहज हुनेछ । सिनेटमा कुल १०० सिट छ । यो राज्यमा १६ इलेक्टोरल कलेज मत छ ।,जर्जियालाई परम्परागत ‘रातो’ बाट ‘निलो’ बनाउने प्रयासमा सबैभन्दा महत्वपूर्ण नाम हो, स्टेसी अब्राहम ।,डेमोक्र्याटिक पार्टीकी प्रभावशाली नेतृ अब्राहम दुई वर्ष पहिले अमेरिकी राजनीतिको केन्द्रमा आइन् र ‘हाउसहोल्ड नेम’ बनिन् । उनी सन् २०१८ को मध्यावधिक चुनावमा जर्जियाको गभर्नरका लागि उम्मेदवार बनेकी थिइन् । प्रमुख पार्टीबाट गभर्नरको उम्मेदवार बन्ने उनी पहिलो अश्वेत (अफ्रिकन–अमेरिकन) महिला बनेकी थिइन् ।,गभर्नर चुनावमा उनी राज्यका तत्कालीन ‘सेक्रेटरी अफ स्टेट’ रिपब्लिकन ब्रायन केम्पसँग पराजित भइन् । उनले ‘भोटर सप्रेसन’ को आरोप लगाउँदै नतिजा स्वीकार गर्न मानिनन् लामो समय ।,सन् २००७ देखि २०१७ सम्म जर्जियाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभको सदस्यका रुपमा रहेकी उनी २०११ देखि २०१७ सम्म सदनको माइनोरिटी लिडर थिइन् ।,गभर्नर चुनावमा पराजित भएपछि उनले अश्वेत तथा सिमान्तकृत वर्गहरुको मतदानमा पहुँच वृद्धिको अभियान चलाइन् ‘फेअर फाइट एक्सन’ नामक संस्था मार्फत । अब्राहमले स्थापना गरेको सो संस्थाले ‘भोटर सप्रेसन’ को मुद्धा सम्बोधन गर्दै आएको छ ।,पेशाले वकिल, मतदान अधिकारकी अभियन्ता समेत रहेकी स्टेसी अब्राहमको नाम पछिल्लो दुई वर्षयता अमेरिकी राजनीतिमा प्रायः सदैव चर्चामा छ । अझ नोभेम्बर ३ मा भएको चुनावमा जर्जिया ‘ब्याटलग्राउण्ड स्टेट’ का रुपमा अघि आएपछि उनी ‘पोलिटिकल गेम’ को ‘किङ्ग मेकर’ का रुपमा लिन थालिएकी छन् ।,राष्ट्रपति उम्मेदवारमा सुरुमै जो बाइडेनलाई आफ्नो समर्थन दिएकी स्टेसीलाई उपराष्ट्रपति उम्मेदवारका रुपमा पनि हेरिएको थियो । बाइडेनले आफ्ना सम्भावित ‘रनिङ्ग मेट’ सूचिमा उनलाई राखेका थिए ।,अन्ततः बाइडेनले अर्की अश्वेत अमेरिकी तथा राष्ट्रपति उम्मेदवारकी एक दाबेदार कमला ह्यारिसलाई उपराष्ट्रपति उम्मेदवार चयन गरे र कमलाले उपराष्ट्रपतिमा निर्वाचित हुने पहिलो महिला, पहिलो अश्वेत महिला तथा पहिलो आप्रवासी अभिभावककी छोरीका रुपमा इतिहासमा नाम लेखाएकी छन् । यी सबैमा स्टेसीको भूमिका महत्वपूर्ण रहेको छ ।,स्टेसीले गभर्नरमा पराजित भएपछि यो वर्षको चुनावमा आफूलाई सिनेटको उम्मेदवारका रुपमा अघि सारिनन् । बरु मतदानको पहुँचबाट बाहिर रहेका अश्वेत तथा सिमान्तकृत समुदायका व्यक्तिलाई मतदाता परिचय पत्र प्रदान गर्ने अभियानमा समर्पित गरिन् ।,स्टेसीको नेतृत्वमा रहेको ‘फेअर फाइट एक्सन’ ले जर्जियामा मात्रै ८ लाख भन्दा बढिलाई मतदाताका रुपमा दर्ता गराउन सहयोग गर्‍यो । उनले दर्ता गराएका वा मतदानको पहुँचमा ल्याएका तिनै मतदाता जर्जियालाई ‘पोलिटिकल गेम’ मा अहिले ‘किङ्ग मेकर’ रुपमा अघि ल्याएको अमेरिकी सञ्चारमाध्यमहरु न्यूर्योक टाइम्स, सिएनएनमा प्रकाशित भएका विश्लेषणमा उल्लेख छ ।,स्टेसीको मतदातालाई पहुँचमा ल्याउने अभियानले अन्ततः अमेरिकी सिनेटको भविष्य निर्धारण गर्ने देखिएको छ । जनवरी ५ मा हुने सिनेटका दुई सिटका लागि रनअफ चुनावका लागि आफू अभियानमा जुटिसकेको स्टेसीले सिएनएनसँगको अन्तर्वार्तामा बताएकी छन् ।,जर्जियाबाट प्रतिनिधित्व गर्ने दुई वर्तमान रिपब्लिकन सिनेटर डेविड पर्ड्यू तथा केलदी लोफलरले अनअफ चुनावमा क्रमशः डेमोक्र्याटिक उम्मेदवार जोन असफ र राफाएल वारनकसँग प्रतिस्पर्धा गर्ने छन् । कुनै पनि उम्मेदवारले ५० प्रतिशत मतको आँकडा पार नगरेकाले त्यहाँ रनअफ चुनाव हुने भएको हो ।,रनअफ चुनावमा स्टेसीको भूमिका केन्द्रमा रहने छ । आफू गभर्नर चुनावमा पराजित भए पनि उनले आफ्नो मुद्दा बोक्ने उम्मेदवारहरुका लागि जितको मार्ग सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलेको र खेल्न सक्ने भन्दै चर्चा हुँदै आएको छ ।,स्टेसी अब्राहम अधिकारकर्मी, राजनीतिज्ञ वा वकिल मात्रै होइनन् । उनको परिचयको अर्को महत्वपूर्ण पाटो पनि छ, लेखक । उनले लेखेका ‘रोमान्स–सस्पेन्स जनरा’ का उपन्यास चर्चित छन् ।,यल ल स्कूलमा अध्ययन गर्दा पहिलो पुस्तक प्रकाशित गरेकी उनले पछिल्लो पटक सन् २००९ मा पुस्तक प्रकाशित गरेकी थिइन् । उनले पुस्तकका लागि अवार्ड पनि जितेकी छन्।,उनले सन् २०१८ मा ‘माइनोरिटी लिडरः हाउ टू लिड फ्रम द आउटसाइड एण्ड मेक रियल चेन्ज’ नामक पुस्कत पनि लेखेकी छन् । यस्तै गएको जुनमा उनको ‘आवर टाइम इज नावः पावर, पर्पस एण्ड फाइट फर अ फेअर अमेरिका’ नामक पुस्तक प्रकाशित भएको थियो ।,सिएनएनसँगको अन्तर्वार्तामा उपराष्ट्रपतिमा कमला ह्यारिस निर्वाचित हुनुको अर्थ व्यक्तिगत रुपमा आफ्ना लागि, ‘सम्भावना, आफ्नो प्रतिनिधित्व र सपनाको यर्थाथ रुप’ रहेको बताएकी स्टेसी विशेष गरि अश्वेत महिलाका लागि ‘आइकन’ राजनीतिज्ञका रुपमा अघि आएकी छन् ।,बाइडेनको जित र डेमोक्र्याटिक पार्टीले गर्न चाहेको शक्ति सन्तुलनको प्रयासमा केन्द्रमा रहेकी उनी आउँदा दिनमा सत्ताको महत्वपूर्ण जिम्मेवारीमा आएर ‘प्रतिनिधित्व’ को नयाँ अर्थ र अध्याय थाल्ने आँकलन र अनुमान अमेरिकी राजनीतिक वृत्तमा ताजा छ ।
सञ्चार संवाददाता
असनमा तिहारको लागि किनमेल गर्नेको भीड (फोटो फिचर)
काठमाडौंँ- तिहार आउन तीन दिन बाँकी रहँदा काठमाडौँको असन बजारमा किनमेलको लागि भिड लागेको छ। खासगरी भाइटीकाको लागि मखमलीको माला, भाइ मसला र लक्ष्मी पूजाको लागि दियो किन्‍ने र बेच्नेहरुको भीड देख्‍न सकिन्छ।,काठमाडौंको न्यूरोड, इन्द्रचोक, असनमा तिहारको लागि भनेर सयपत्री, मखमली, झिनिया रोटी, ओखर मात्रै नभइ लक्ष्मीको फोटोहरु पनि विक्रीका लागि राखिएका छन् भने  उक्त सामग्री किन्‍नेहरुको भीड लागेको छ।,दाजु-भाइको लागि उपहारस्वरुप मायाको चिनो ढाका टोपी समेत विक्री वितरण भइरहेका छन्। भने  तिहारको सामग्रीहरु, फूलमाला,रोटीदेखि लत्ताकपडाको विक्रिविरतण गर्न व्‍यापारीहरुलाई भ्याइनभ्याइ भएको छ।,यस्तै  लक्ष्मी पूजाको लागि पित्तलबाट बनाइएका विभिन्‍न सामग्रीहरुको माग पनि बढेको छ।  कोरोना भाइरसबाट बच्‍नको लागि व्‍यापारीले मास्क लगाएर पित्तका सामग्रीहरु बेचिरहेका छन्।,देश सञ्‍चारका फोटो पत्रकार सुलभ श्रेष्ठले खिचेका तस्बिरहरु:, , 
सुलभ श्रेष्ठ
कवि शिरोमणिको आँगनमा साहित्य जमघट
, ,बिहानीको चिसो छेल्दै करिब दुई दर्जन साहित्यनुरागी कविशिरोमणि लेखनाथ पौड्यालको जन्मथलोमा पुग्दा मन्त्रमुग्ध भए।,कवि शिरोमणिका श्लोकमा लेखक अमर न्यौपानेले थप कसी लगाउँदै भने, ‘मलाई कवि शिरोमणिका कविता मन्त्र जस्तै लाग्छन्। उनको नाम नजान्दै उनकै कविता सुनेर हुर्किए।’,पोखरामा अन्तिम दिनको पहिलो सेसनमा नेपाल साहित्य महोत्सवले कविशिरोमणिको जन्मथलो पोखरा २७ स्थित अर्चलेमा कार्यक्रम सञ्चालन गर्ने चाँजो मिलायो।,महोत्सवस्थल बाराहीघाट लेकसाइडमा कविशिरोमणिको कक्ष समेत स्थापना गरिएको थियो । जहाँ दैनिक आधा दर्जनभन्दा बढी सेसन सञ्चालन भए । तर साहित्यानुरागीलाई प्रत्यक्ष अवलोकनका लागि महोत्सव आयोजक संस्था बुकवर्म फाउन्डेसन र र्‍यान्डम रिर्डस सोसाइटीले कविशिरोमणिकै जन्मथलोमा ल्याई पुर्‍यायो।,लेखक न्यौपानेले पनि कविशिरोमणिको जन्मथलोमा आउन पाउनु आफूसहित साहित्य प्रेमीको तीर्थयात्रा भएको सुनाए । उनी यतिमै रोकिएनन्, ‘हाम्रो लागि मन्दिर, मस्जिद, गुम्बा र चर्च सबैथोक हो।’,कवि शिरोमणि लेखनाथ पौड्यालका कृतिहरुको संग्रह प्रकाशनमा जिम्मेवारी पाएका संगृहितकर्ता सनद कुमार वस्तीले कविको आर्शिवाद साहित्यको जग बसेको बताए।,कवि शिरोमणिका रचनावली संग्रहमा सुरक्षित गर्ने काम नेपाली साहित्यमै पहिलोपटकको सुन्दर अभ्यास भएको उनले सुनाए। काव्य, कविता, नाटक, स्तुति काव्य लगायतक कविशिरोमणिका दर्जनबढी कृतिको सुरक्षण गर्ने जिम्मेवारी पाउनु अहोभाग्य रहेको बताए।,रचनावली संग्रह पाँच खण्डमा विभाजन गरी प्रकाशन गरिएको छ। वस्तीले भने, ‘हामीले पश्चिमा मुलुकको दर्शनलाई मान्ने चलन छ । कविशिरोमणिका रचनालाई बुझ्ने प्रयास गर्‍यौ भने महान् दर्शन हामीले त्यहीँ भेटाउँछौं।’,रचनावलीको प्रकाशन पछि राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई सर्मपित गर्दा उनी प्रसन्न हुँदै घिमिरेको दिएको ‘स्याब्बास्’ आफ्ना लागि ठूलो पुरस्कार रहेको वस्ती सुनाए। कवि शिरोमणिको जन्मथलो र संग्रहालय अवलोकन गरी उनीहरु केहीबेरमै फर्किएका थिए।
ईश्वर देवकोटा
जानकी मन्दिरमा सीतारामको विवाह हेर्न भक्तजनको भीड, भारतबाट आएनन् जन्ती
जनकपुरधाम-विवाहपञ्चमी महोत्सव अन्तर्गत आज वैवाहिक कार्यक्रम भइरहेको छ।,जानकी मन्दिरको प्रांगनमा बनाइएको मरवामा वैवाहिक कार्यक्रम जारी रहेको छ।,एक सातासम्म मनाईने विवाहपञ्चमी महोत्सव अन्तर्गगत आज छठौँ दिन सीता रामको वैवाहिक कार्यक्रम रहेको छ। वैवाहिक कार्यक्रम हेर्न हजारौँको संख्यामा श्रद्धालु भक्तजनहरुको भिड लागेको छ।,अन्य वर्ष नेपालको विभिन्न स्थान सहित भारतको विभिन्न राज्यबाट श्रद्धालुभक्तजनहरु आउने गरेको भएतापनि यस वर्ष कोरोना महामारीको कारण केहि व्यक्तिहरु मात्र आएका छन्।,नेपाल भारतको सीमानाका बन्द रहेकोले समेत श्रद्धालुको संख्यामा कमी आएको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले जानकारी दिए।,प्रत्येक वर्ष भारतको अयोध्याबाट जन्तीहरु आएपनि यस वर्ष आएका छैनन् । नेपाल र भारतका केहि साधुसन्तहरु आएकोमा राम मन्दिरको तर्फबाट तिनीहरु नै जन्तीको प्रतिनिधित्व गरेका छन् ।,कोरोनाको कारण यस वर्ष वैवाहिक कार्यक्रम साँझ देखि नै सुरु गरिएको छ । भिडभाडलाई मध्यनजर गर्दै जनकपुरधाममा सुरक्षा व्यवस्था कडा गरिएको छ ।, ,  , ,
राजा झा
प्रतिगमनविरुद्ध शोभाभगवतीमा नागरिक अगुवाहरुको गीत, कविता र नाटक मञ्‍चन
दुई शहीदले सहादत प्राप्त गरेको स्थान शोभाभगवतीमा प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलनका अगुवाहरुले शोभा भगवतीमा रचनात्मक शैलीमा प्रदर्शन गरेका छन्।,सहीद सप्ताह अन्तर्गत नागरिक अगुवाहरुले मंगलबार  कविता वाचन, गीत र नाटक मञ्‍चन गरेर प्रतिगमनविरुद्ध प्रदर्शन गरेका हुन।,कार्यक्रममा नरेश ताम्राकार, गोविन्द छन्त्याल, कैलाश राई र हिमांशुले आफ्नो धारणा राखेका थिए भने उर्मिला गम्बा थारुले थारु भाषाको कविता सुनाएकी थिइन्।,यस्तै अरुणदेव जोशीले डोटेली भाषामा र दुर्गालाल श्रेष्ठले नेपालभाषामा प्रतिगमनविरुद्ध कविता वाचन गरेका थिए।,त्यसैगरी सुजन आङ्देवेले लिम्बु भाषाको गीत गाएका थिए भने प्रदीप देवानले पनि प्रतिगमनविरुद्धको गीत गाएका थिए।,त्यसैगरी शिल्पी थिएटरका कलाकारहरुले प्रतिगमनविरुद्धको नाटक मञ्‍चन गरेका थिए।,यसअघि नागरिक अगुवाहरुले टेकु र , सहीदको शालिकमा समेत कार्यक्रम गरिसकेका छन्।,देश सञ्‍चारका फोटो पत्रकार , र ,ले खिचेका तस्बिरहरु:, , , , , , , , , , , , , , , , 
सुलभ श्रेष्ठ/ बर्षा शाह
प्रचण्ड–माधव समूहको फेरि काठमाडौँमा शक्ति प्रदर्शन
काठमाडौँ- प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले राजधानीका विभिन्न स्थानबाट विरोध जुलुस निकालेको छ।, ,काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न नौ स्थानमा भेला भएर नेकपाका नेता, कार्यकर्ता तथा स्थानीय जनसमुदायले जुलुस निकालेका हुन्।,स्थायी कमिटी सदस्यहरुले र्‍यालीको नेतृत्व गरेका छन्। पार्टी नेता, कार्यकर्ता, जनवर्गीय सङ्गठन, पेशाकर्मी, युवा, विद्यार्थी सम्मिलित जुलुस राजधानीका विभिन्न भाग परिक्रमा गर्दै रत्नपार्कस्थित मुख्य सडकमै मञ्च बनाइएको छ। यसले सवारी आवागन अस्तव्‍यस्त बनाएको छ।,राजधानीका विभिन्न स्थानबाट निस्केका जुलुसको नेतृत्व प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य गणेश साह, गिरिराजमणि पोखरेल, मातृकाप्रसाद यादव, लीलामणि पोखरेल, हरिबोल गजुरेल, वर्षमान पुन, वेदुराम भुसाल भीमबहादुर रावल, शक्तिबहादुर बस्नेत, नन्दकुमार प्रसाईं, देवेन्द्र पौडेल, युवराज ज्ञवाली, सुरेन्द्रप्रसाद पाण्डे, कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, घनश्याम भुसाल, जनार्दन शर्मा, योगेशकुमार भट्टराईलगायतले गरेका थिए।,प्रदर्शनमा काठमाडौँ उपत्यका र आसपासका जिल्लाबाट नेकपाका नेता, कार्यकर्ता तथा जनसमुदाय बाक्लो उपस्थिति रहेको छ। जुलुसपछि आयोजित सभालाई नेकपाका अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाललगायतले सम्बोधन गर्ने जनाइएको छ।,यही माघ ३ गते बसेको सङ्घर्ष समितिको बैठकले प्रतिनिधिसभा विघटनको विरोध तथा लोकतन्त्र, संविधान र जनअधिकारको रक्षाका लागि माघ ९ गते विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो । संसद् विघटनविरुद्ध प्रचण्ड-नेपाल समूहको नेकपाले विरोध गर्दै आइरहेको छ।, , , , , ,  , , , ,  , ,
null
‘राक्षसीकरणको अन्त्य गरौँ, सहकार्यको सुरुवात गरौँ, विपक्षी भए पनि शत्रु नबनौँ’
अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले आफ्नो विजयी सम्बोधनमा एकता र सहकार्यका लागि आह्वान गरेका छन्।,गृह राज्य डेलवरको विलमिङ्गटनबाट सम्बोधन गर्दै उनले अमेरिकी नागरिकले आफ्नो आवाज दिएको र त्यो एकता तथा सहकार्यका लागि रहेको बताए।,उनले भने, ‘म गर्वले भन्छु डेमोक्र्याट हुँ, तर राष्ट्रपति म सबै अमेरिकीको बन्ने छु । म सेवा त्यसरी गर्ने छु, जसरी मलाई मत दिनेको गर्छु, उसैगरी विपक्षमा मत दिनेको पनि।’,सम्बोधनको क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम लिएका उनले भने, ‘हामी विपक्षी हुन सक्छौँ, शुत्र कदापी होइनौँ।’,उनले आफूले पनि केही चुनावमा हार  व्यहाेरेकाे र त्यसको पीडा थाहा रहेको बताउँदै सेवाका लागि अवसर दिन आग्रह गरे । उनले कसैलाई पनि ‘राक्षसीकरण’ गर्ने समयको अन्त्य गरिनु पर्ने बताए।,उनले मतभेदलाई पाखा लगाएर जनताको सेवाका लागि सहकार्य गर्नु पर्ने बेला आएको र त्यसको सन्देश चुनाव मार्फत अमेरिकीले दिएको भन्दै सिनेट तथा हाउसमा रहेका रिपब्लिकनहरुलाई सहकार्यका लागि अपिल गरे।,उपराष्ट्रपतिमा निर्वाचित भएकी कमला ह्यारिसको कथाले सम्भावनाको मार्ग देखाउने बताउँदै बाइडेनले अमेरिकाको परिभाषा एक शब्दमा ‘सम्भावना’ रहेको बताए।,उनले कुनै पनि समय खेर नफाली देशलाई एकताको शुत्रमा बाँधी विश्वमा अमेरिकाको नेतृत्व पुनः स्थापित गर्नका लागि काम गर्ने उल्लेख गरे।,उनले चुनावको नतिजा सत्य, समभाव, सम्भावना र एकताको सन्देश रहेको बताए।,बाइडनेले सम्बोधनमा आफ्नो प्रशासनका प्राथमिकताहरु प्रस्तुत गरे। उनले भने, ‘हाम्रो पहिलो र टड्कारो प्राथमिकता भनेको कोरोना भाइरसमाथि जित हाँसिल गर्नु हो। त्यसका लागि विज्ञानको विश्वास गरेर काम तत्काल थालिने छ।’,सुस्त बनेको अर्थतन्त्र उकास्न, संस्थागत रुपमा रहेको रंगभेद अन्त्य गरि सबैलाई समान तथा सम्मानित व्यवहारको स्थापना गर्न, सबैको पहुँचमा पुग्ने स्वास्थ्य सेवाको व्यवस्था गर्न तथा संकटमा आएको पृथ्वीको रक्षाका लागि जलवायु परिवर्तन नियन्त्रणमा राख्नका लागि काम गर्ने उनले बताए।,उनले विश्वमा अमेरिकाका उदहारणहरुले नेतृत्व स्थापित गर्ने बनाउनका लागि पनि काम गर्ने उल्लेख गरेका छन्।,सम्बोधनको क्रममा उनले दिवंगत छोरा बो बाइडेनको स्मरण पनि गरे। उनले सबैलाई विश्वास र आस्थाको ठाउँ पुग्ने देश अमेरिका बनाउन आफ्नो प्रयास रहने बताए।,डोनाल्ड ट्रम्पलाई पराजित गरेर जो बाइडेन ४६ औँ राष्ट्रपति बन्ने निश्चित भएसँगै अमेरिकाका शहरहरुमा समर्थकले विजय उत्सव मनाएका छन्।,डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले पेन्सिलभेनिया तथा नेभाडको नतिजा आफ्नो पक्षमा पारेसँगै राष्ट्रपतिमा निर्वाचित हुनका लागि चाहिने २७० इलेक्टोरल कलेज मतको आँकडा पारे गरे। त्यससँगै उनका समर्थकहरुले अमेरिकाभर उत्सव मनाउन थालेको अमेरिकी सञ्चारमाध्यमले जनाएको छन्।,बाइडेनको जितसँगै अमेरिकाको इतिहासमा नयाँ अध्याय सुरु भएको र देश एकीकरणको मार्गमा अघि बढ्ने अपेक्षा रहेको उनका समर्थकले बताएका छन्।,अमेरिकामा राष्ट्रपति निर्वाचनका लागि नोभेम्बर ३ मा मतदान भएको थियो। कोरोना भाइरसको महामारीका कारण यो वर्ष १० करोड भन्दा बढि अमेरिकीले अग्रिम मतदान गरेका थिए।,४८ वर्ष पहिले डेलवरबाट सिनेट सिटमा विजयी भएका बाइडेन अहिले राष्ट्रपति निर्वाचित भएका हुन्। उनी अमेरिकाको इतिहासमा सबैभन्दा पाको उमेरमा राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने व्यक्ति बन्दै छन्। उनी तेस्रो पटकको प्रयासमा राष्ट्रपतिमा निर्वाचित भएका हुन्।,सन् २००८ देखि २०१६ सम्म पहिलो अश्वेत राष्ट्रपति बाराक ओबामको साथमा उपराष्ट्रपतिका रुपमा जिम्मेवारी सम्हालेका बाइडेनले आफ्नो उपराष्ट्रपतिका रुपमा अश्वेत महिला कमला ह्यारिसलाई चयन गरेका छन्। ह्यारिस अमेरिकाको इतिहासमा उपराष्ट्रपतिमा निर्वाचित हुने पहिलो महिला र पहिलो अश्वेत महिला हुन्।,अमेरिकाको इतिहासमा जो बाइडेन सबैभन्दा धेरै मत पाएर राष्ट्रपतिमा निर्वाचित हुने व्यक्ति बनेका छन्। उनले सात करोड ४५ लाख भन्दा बढि अमेरिकीले बाइडेनको पक्षमा मत दिएका छन्।,बाइडेन विजयी हुने निश्चित भएसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको सपना टुंगिएको छ । दोस्रो विश्वयुद्ध यता दोस्रो कार्यकालका लागि निर्वाचित नहुने ट्रम्प तेस्रो राष्ट्रपति हुन्।,डेलवरस्थित घरमा रहेका बाइडेनले राष्ट्रपतिमा निर्वाचित भएपछि पूर्व राष्ट्रपति बाराक ओबामा, हाउस अफ रिप्रिजेनटेटिभकी सभामुख न्यान्सी पेलोसी, सिनेटका माइनोरिटी लिडर चक सुमरसहितका नेतासँग टेलिफोन वार्ता गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।,चार राज्यको नतिजा आउन बाँकी रहेका बेला ५३८ इलेक्टोलर कलेज मत मध्ये २७९ इलेक्टोलर कलेज मत पाएका छन्। ट्रम्पको पक्षमा २१४ इलेक्टोरल कलेज मत छ।,११ तथा १६ इलेक्टोरल कलेज मत रहेको एरिजोना र जर्जियामा बाइडेन अघि छन्। तीन तथा १५ इलेक्टोरल कलेज मत रहेको अलास्का र नर्थ क्यारोलाइनामा ट्रम्प अघि छन्।,बाइडेन निर्वाचित भए पनि ट्रम्पले त्यसलाई स्वीकार गरेका छैनन् र उनले बाइडेनलाई बधाई दिन अस्वीकार गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।,उनले लगातार धाँधलीको आरोप लगाएका छन् र आफूबाट नतिजा खोसिएको आरोप लगाउँदै आएका छन्। तर त्यसको कुनै पनि प्रमाण भने अहिलेसम्म नभेटिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।
सञ्चार संवाददाता
ट्रम्पभन्दा बाइडेन प्रशासन फरक हुने सात कारण
विश्वले कम्तीमा अबको चार वर्ष विगतको चार वर्ष भन्दा फरक अमेरिका देख्ने छ। चार वर्ष पहिले रिपब्लिकन डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएसँगै विश्व मञ्चबाट अमेरिका नेतृत्वको भूमिकाबाट पाखा लाग्यो।,ट्रम्पले ‘अमेरिका फस्ट’ नारा मार्फत विश्व मञ्चबाट एक–एक गरी अमेरिकालाई बाहिर निकाले । विश्वका नेताहरुसँग उनको सम्बन्ध ‘लभ–हेट’ जस्तो छ।,त्यस विपरीत ,ले आफ्नो सम्बोधनमा विश्व समुदायमा उदाहरणमार्फत नेतृत्व प्रदान गर्ने बताएका छन्। उनले सत्य, समभाव र विश्वास तथा सहकार्यमार्फत सामूहिक स्वार्थको प्राप्ति गर्ने र त्यसका लागि आफ्नो प्रशासनले नेतृत्व गर्ने बताएका छन् ।,राष्ट्रपति डोनाल्ड ट्रम्पले लगातार विज्ञानमाथि आफ्नो अविश्वास प्रस्तुत गर्दै आएका छन् । त्यो अविश्वास जलवायु परिवर्तनदेखि कोरोना भाइरसको महामारीका सम्बन्धमा उनले दिएका अभिव्यक्तिहरुले स्पष्ट पारेको छ ।,उनले कोरोना भाइरसको महामारी सुरुमा सामान्य फ्लू जस्तै रहेको बताए । त्यसबाटै आफै संक्रमित भए पछि पनि गम्भीर रुपमा प्रस्तुत भएनन् । महामारी ‘आफै अन्त्य हुने, चाँडै सकिँदैछ’ भनिरहे र भनिरहेका छन् । त्यस विपरीत महामारीबाट विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा अहिले पनि तीव्र गतिमा संक्रमण फैलिरहेको छ ।,उनले मास्क लगाउन लगातार अस्वीकार गरे र लगाउन थालेपछि पनि त्यसमाथिको विश्वास प्रस्तुत गरेनन् । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि आफ्नो प्रशासनको कमजोर प्रयास स्वीकार नगरी त्यसमाथि चीनलाई लगातार दोष लगाए र लगाइरहेका छन् । महामारीका बेला पनि मास्क बिहीन भिडभाड युक्त चुनावी सभा गरे ।,विपरीत पूर्व उपराष्ट्रपति समेत रहेका बाइडेनले लगातार वैज्ञानिक तथा स्वास्थ्य विज्ञको कुरा सुन्नु पर्ने बताए । उनले मास्क लगाए र लगाउन अपिल गरिरहेका छन् । उनले भिडभाडलाई सचेत रुपमा ‘अभोइड’ गरेर साना आकारका चुनावी सभा गरे ।,ट्रम्पले शीर्ष सरुवा रोग विज्ञ डा. एन्थोनी फाउचीसहितलाई ‘इडियट’ भनेर उनीहरुको सुझावलाई ‘अन्डरमाइन’ गरेका बेला बाइडेनले उनीहरुका कुरा सुन्नु पर्ने बताएका छन् । विजय सम्बोधनमा बाइडेनले आफ्नो प्रशासनको पहिलो काम महामारी नियन्त्रणमा लिनु रहेको बताएका छन् । उनले वैज्ञानिक र स्वास्थ्य विज्ञको सुझाव अनुसार काम गर्ने बताएका छन् ।,चुनावअघिको पहिलो टेलिभिजन डिबेटको क्रममा श्वेतहरुको अग्रता (ह्वाइट सुप्रिमिस्ट) को आलोचना गर्न अस्वीकार गरेका ट्रम्पले अमेरिकामा संस्थागत रंगभेद रहेको कुरा अस्वीकार गरे ।,तर महामारीको यो समयमा विश्व समुदायले अमेरिकामा संस्थागत रुपमा कायम रहेको रंगभेद विरुद्ध लगातार प्रदर्शन देख्यो र सो प्रदर्शनका विश्वका धेरै देशमा ऐक्यवद्धता प्रस्तुत भयो ।,मिनेशोटाको मिनियापोलमा प्रहरीको ज्यादतीबाट अश्वेत अमेरिकी जर्ज फ्लोइडको निधनबाट सुरु भएको रंगभेद विरोधी ‘ब्याल्याक लाइफ म्याटर’ ले अमेरिका र विश्वमा स्थापित अभियानको रुप लियो । अमेरिका शहरहरुमा लगातार प्रदर्शन भयो ।,कतिपय स्थानमा झडपको अवस्था आयो । ट्रम्पले भने सो प्रदर्शनलाई ‘नजर अन्दाज’ गरे । उनले प्रदर्शनकारीलाई बल प्रयोग गरेर पाखा लगाई चर्चमा गएर बाइबल उचाली तस्बिर खिचाए ।,विपरित बाइडेनले संस्थागत रंगभेद कायम रहेको यथार्थ स्वीकार गरि अन्त्यका लागि आफ्नो प्रशासनले काम गर्ने बताउँदै आए चुनावी अभियानभर र नेपाली समय अनुसार आइतबार बिहान आफ्नो विजय सम्बोधनको क्रममा प्राथमिकताको सूचीमा रंगभेद अन्त्य रहेको उल्लेख गरेका छन् ।,त्यसको प्रमाणका रुपमा उनले अमेरिकामा शताब्दीदेखि कायम रहेको सबैभन्दा ठूलो बाधालाई पन्छ्याएर पहिलो महिला र पहिलो अश्वेत महिला कमला ह्यारिसलाई उपराष्ट्रपतिका रुपमा चयन गरे ।,डोनाल्ड ट्रम्पले लगातार जलवायु परिवर्तनलाई ‘छल’ भन्दै आएका छन् । उनले मानवीय गतिविधिका कारण पृथ्वीको तापक्रम बढ्दै गएको र जलवायु परिवर्तनले ब्रह्माण्ड संकटमा आउँदै गएको स्वीकार गरेका छैनन् ।,चुनावी अभियानको क्रममा क्यालिफोर्नियासहितका राज्यमा जंगलमा लागेको भीषण डढेलोको कारण जलवायु परिवर्तन रहेको वैज्ञानिकको भनाईलाई उनले ‘डिस्क्रेडिट’ गर्दै ‘मलाई लाग्दैन कि वैज्ञानिकहरुले धेरै बुझेका छन्, सम्भवतः विस्फोटक रुखका कारण आगो लागेको हुन सक्छ’ भने ।,ट्रम्पले जलवायु परिवर्तन नियन्त्रणमा राख्नका लागि विश्वको पछिल्लो र सबैभन्दा महत्वपूर्ण पेरिस सम्झौताबाट अमेरिकालाई बाहिर निकाले । हालै अमेरिका औपचारिक रुपमा पेरिस सम्झौताबाट बाहिरिएको छ ।,जलवायु परिवर्तनमाथि विश्वास गर्ने बाइडेनले कार्बन उत्सर्जन नियन्त्रण गरि तापक्रम वृद्धि कम गर्ने मार्गको पेरिस सम्झौतामा अमेरिका पुनः सामेल हुने हुने बताएका छन् । उनले कार्बन उत्सर्जन कम गरि भावी पुस्ताका लागि पृथ्वी जीवन योग्य राख्नका लागि आफ्नो प्रशासनले काम गर्ने वाचा गरेका छन् । बाइडेनले त्यसका लागि ग्रिन इनर्जी को योजना सार्वजनिक गरिसकेका छन् ।,कोरोना भाइरसको महामारीबाट विश्व समुदाय नराम्रोसँग प्रभावित भएका बेला संयुक्त राष्ट्रसंघको स्वास्थ्य सम्बन्धी सर्वोच्च निकाय विश्व स्वास्थ्य संगठन कमजोर बन्यो । कारण, डब्लुएचओको सबैभन्दा ठूलो सहयोगी अमेरिकालाई ट्रम्पले पर सारे ।,ट्रम्पले डब्लुएचओलाई चीनको ‘कठपूतली’ बनेको आरोप लगाउँदै सहयोग बन्द गरे । तर विश्वका अरु देशले डब्लुएचओमाथि विश्वास गरेर सहयोग कायम राखे, अझ बढाए ।,राष्ट्रपतिमा निर्वाचित भएका बाइडेनले अमेरिकालाई डब्लुएचओमा पुनः सामेल गरि नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताएका छन् । बाइडेनले अमेरिका भित्रै स्वास्थ्य सेवा सबैको पहुँचमा ल्याउन थप पहल गर्ने बताएका छन् ।,नेटोमा अमेरिकाको भूमिका डोनाल्ड ट्रम्पको कार्यकालमा कम भएको छ । युरोपेली देशसँगको सम्बन्ध कमजोर छ । तर उत्तर कोरियाका नेतासँग भेट गरेर इतिहास बनाए पनि उसले गर्दै आएको परमाणु परीक्षण रोक्न सकेनन् ।,अमेरिका फस्ट नारा लगाएर उनले विश्व समुदायबाट अमेरिकाको नेतृत्वदायी भूमिकाबाट देशलाई पर लगे ।,विगत ४८ वर्षदेखि अमेरिकी राजनीतिको केन्द्रमा रहेका बाइडेनले सिनेटका कमिटिहरुमा बसेर तथा बाराक ओबामा काल (सन् २००८–२०१६) मा उपराष्ट्रपतिका रुपमा परराष्ट्र सम्बन्ध स्थापित वा बिस्तारका लागि विश्वका नेताहरुसँग गरेको भेटवार्ता तथा भ्रमणको अनुभवले उनको प्रशासन अन्तर्राष्ट्रिय सम्बन्धमा ट्रम्प भन्दा भिन्न हुने देखिन्छ ।,डोनाल्ड ट्रम्प प्रशासनले अर्बपतिहरुलाई कर छुट दिने नीति लिएको छ ।,त्यस विपरित बाइडेनले अर्बपतिहरुको कर बढाउने र मध्यम तथा न्यून आए भएकाहरुलाई सहायता प्रदान गर्ने योजना रहेको बताउँदै आएका छन् ।,पीडाबाट गुज्रिएका जो बाइडेनको नेता र मानवका रुपमा सबैभन्दा ठूलो विशेषता उनमा रहेको समभाव मानिन्छ । उनले सार्वजनिक जीवनमा व्यक्तिगत तहमा प्रस्तुत भएर दर्शाउने अपनत्वले प्रस्तुत गर्दै आएका छन्।,४८ वर्ष पहिले २९ वर्षको उमेरमा माथिल्लो सदन सिनेटको सदस्यमा विजयी भएका बाइडेनले सोही वर्ष श्रीमती र सानी छोरी गुमाए । दुर्घटनामा छोरी र श्रीमतीको निधन भएपछि दुई छोरा बो र हन्टरको स्याहार एक्लै गरे ।,उनले सन् २०१५ मा प्रिय पुत्र बो बाइडेन गुमाए । बो बाइडेनको क्यान्सरका कारण निधन भएपछि उनी क्यान्सर विरुद्धको अभियानमा सामेल भए ।,आफ्नो शोक र विग्रहको कथा बारम्बार भन्ने बाइडेन आफू पनि अरु जस्तै पीडाहरुबाट गुज्रिएको व्यक्ति रहेको , छन् । उनले पीडामा प्रस्तुत गर्ने समभाव अमेरिकी तथा विश्वका अरु क्षेत्रमा मानिसले देख्ने गरेका छन् ।,त्यसविपरीत ट्रम्पबाट सो खालको व्यवहार देखिँदैन । उनले लगातार जस्तो सार्वजनिक रुपमा अरुको मजाक बनाउने वा खिल्ली उडाउने गरेको देखिएको छ ।
टंक ढकाल
‘वैध मतले म विजयी हुँ, उनीहरु अवैध मतले जित्न खोज्दै छन्’
आफूलाई निर्वाचित हुन नदिनका लागि डेकोक्र्याटहरुले चुनावमा धाँधली गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आरोप लगाएका छन् । उनले कुनै पनि प्रमाण बिना चुनावमा धाँधलीको आरोप लगाएका हुन् ।,नेपाली समय अनुसार शुक्रबार बिहान ह्वाइट हाउस मार्फत गरेको सम्बोधनको क्रममा वैध मतका आधारमा आफू विजयी भएको दाबी गरे । उनले भने, वैध मतका आधारमा हामी विजयी भएका छौँ, तर अवैध मतका आधारमा उनीहरु जित्न चाहन्छन् ।,उनले सर्वोच्च अदालत जाने र त्यसबाट आफू विजयी हुने बताएका छन् ।,डेमोक्र्याटहरुले आफूबाट पैसा र ठूलो सञ्चारमाध्यमको आडमा आफूबाट नतिजा छिनेर डेमोक्र्याट तर्फ लगेको आरोप लगाए । उनले मतगणना गर्ने कर्मचारीमाथि धाँधलीको आरोप लगाए ।,उनले हुलाक मार्फत गरिएका मतदान अवैध रहेको आरोप लगाएका छन् ।,कोरोना भाइरसको महामारीका कारण यो वर्ष १० करोड भन्दा बढि अमेरिकीले हुलाक मार्फत वा अग्रिम मतदान केन्द्रमा गएर मतदान गरेका थिए ।,प्रमुख ब्याटलग्राउण्ड राज्यहरुमा अहिले मतगणना भइरहेको छ र ती राज्यमा अहिले अधिकांश रुपमा हुलाक मार्फत आएका मत गणना हुन बाँकी छ । पहिले चुनावको दिन भएका मतदान गणना भएपछि राज्यहरुले हुलाकबाट आएका मत गन्न थालेका हुन् ।,चुनावको दिन भएको मतदानमा अघि देखिएका राज्यमा ट्रम्प हुलाकबाट आएका मत गणना हुन थालेपछि जो बाइडेनसँग उनको अग्रता कम भएको छ ।,हाल जर्जिया, पेन्सिलभेनिया र नर्थ क्यारोलाइना तथा अलास्कामा ट्रम्प अघि रहेका छन् । अलास्का ट्रम्पले जित्ने लगभग पक्का भए पनि जर्जिया र पेन्सिलभेनियामा बाइडेनले ट्रम्पलाई कडा टक्कर दिएका छन् र त्यहाँ धेरै मत गणना हुन बाँकी छ ।,बाँकी रहेका मत हुलाकबाट आएका हुन् । डेमोक्र्याटहरुले अग्रिम मतदान गर्न आफ्ना मतदातालाई आग्रह गरेका र रिपब्लिकनको तुलनामा डेमोक्र्याटहरुले कोरोना भाइरसको महामारीका कारण अग्रिम मतदान गरेका थिए ।,एरिजोना र नेभाडा राज्यमा जो बाइडेन अघि रहेका छन् । तर त्यहाँ ट्रम्पले कडा टक्कर दिएका छन् । सम्बोधनको क्रममा ट्रम्पले ती राज्यमा मतगणना जारी रहनु पर्ने बताए । तर आफ्नो अग्रता कम हुँदै गएका जर्जिया तथा पेन्सिलभेनियामा मतगणना हुन नहुने बताए ।,डमोक्र्याटिक उम्मेदवार बाइडेनले भने हरेक मत गणना हुनु पर्ने र जनताको आवाज सुनिनु पर्ने बताउँदै आएका छन् ।,अमेरिकामा राष्ट्रपतिमा निर्वाचित हुनका लागि ५३८ मध्ये २७० इलेक्टोरल कलेज मत चाहिन्छ । सो आँकडाको यात्रामा मतगणना जारी रहँदा बाइडेन अघि देखिएका छन् ।,न्यूर्योक टाइम्सका अनुसार अहिलेसम्म बाइडेनको पक्षमा २५३ तथा ट्रम्पको पक्षमा २१४ इलेक्टोरल कलेज मत रहेको छ । सिएनएनका अनुसार बाइडेनको पक्षमा २५३ र ट्रम्पको पक्षमा २१३ मत रहेको छ ।,अहिले ब्याटलग्राउण्ड राज्यहरु नेभाडा, एरिजोना, पेन्सेल्भेनिया, नर्थ क्यारोलाइना र जर्जियामा मतगणना भइरहेको छ ।,नेभाडा र एरिजोनामा क्रमशः ६ र ११ इलेक्टोरल कलेज मत रहेको छ, जहाँ बाइडेनले लगातार अग्रता कायम राखेका छन् ।,यस्तै २० इलेक्टोरल कलेज मत रहेको पेन्सेल्भेनिया तथा १६ इलेक्टोरल कलेज मत रहेको जर्जियामा ट्रम्पको अग्रता कायम छ । तर त्यहाँ मतगणना हुँदै जाँदा बाइडेनले मतान्तर कम गर्दै लगेका छन् ।
null
बाइडेनको जितसँगै उत्सवमा अमेरिकी शहर, सम्बोधनको तयारीमा बाइडेन–ह्यारिस
डोनाल्ड ट्रम्पलाई पराजित गरेर जो बाइडेन ४६ औँ राष्ट्रपति बन्ने निश्चित भएसँगै अमेरिकाका शहरहरुमा समर्थकले विजय उत्सव मनाएका छन् ।,डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले पेन्सिलभेनिया तथा नेभाडको नतिजा आफ्नो पक्षमा पारेसँगै राष्ट्रपतिमा निर्वाचित हुनका लागि चाहिने २७० इलेक्टोरल कलेज मतको आँकडा पारे गरे । त्यससँगै उनका समर्थकहरुले अमेरिकाभर उत्सव मनाउन थालेको अमेरिकी सञ्चारमाध्यमले जनाएको छ ।,बाइडेनको जितसँगै अमेरिकाको इतिहासमा नयाँ अध्याय सुरु भएको र देश एकीकरणको मार्गमा अघि बढ्ने अपेक्षा रहेको उनका समर्थकले बताएका छन् ।,अमेरिकामा राष्ट्रपति निर्वाचनका लागि नोभेम्बर तीनमा मतदान भएको थियो । कोरोना भाइरसको महामारीका कारण यो वर्ष १० करोड भन्दा बढि अमेरिकीले अग्रिम मतदान गरेका थिए ।,४८ वर्ष पहिले डेलवरबाट सिनेट सिटमा विजयी भएको बाइडेन अहिले राष्ट्रपति निर्वाचित भएका हुन् । उनी अमेरिकाको इतिहासमा सबैभन्दा पाको उमेरमा राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने व्यक्ति बन्दै छन् । उनी तेस्रो पटकको प्रयासमा राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।,सन् २००८ देखि २०१६ सम्म पहिलो अश्वेत राष्ट्रपति बाराक ओबामको साथमा उपराष्ट्रपतिका रुपमा जिम्मेवारी सम्हालेका बाइडेनले आफ्नो उपराष्ट्रपतिका रुपमा अश्वेत महिला कमला ह्यारिसलाई चयन गरेका छन् । ह्यारिस अमेरिकाको इतिहासमा उपराष्ट्रपतिमा निर्वाचित हुने पहिलो महिला र पहिलो अश्वेत महिला हुन् ।,अमेरिकाको इतिहासमा जो बाइडेन सबैभन्दा धेरै मत पाएर राष्ट्रपतिमा निर्वाचित हुने व्यक्ति बनेका छन् । उनले सात करोड ४५ लाख भन्दा बढि अमेरिकीले बाइडेनको पक्षमा मत दिएका छन् ।,बाइडेन विजयी हुने निश्चित भएसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको सपना टुंगिएको छ । दोस्रो विश्वयुद्ध यता दोस्रो कार्यकालका लागि निर्वाचित नहुने ट्रम्प तेस्रो राष्ट्रपति हुन् ।,डेलवरस्थित घरमा रहेका बाइडेनले राष्ट्रपतिमा निर्वाचित भएपछि पूर्व राष्ट्रपति बाराक ओबामा, हाउस अफ रिप्रिजेनटेटिभकी सभामुख न्यान्सी पेलोसी, सिनेटका माइनोरिटी लिडर चक सुमरसहितका नेतासँग टेलिफोन वार्ता गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।,एकता र समभावको सन्देशसहित चुनाव लडेका बाइडेनले चार वर्षअघिको चुनावमा डेमोक्र्याटले गुमाएका राज्यहरुमा जित हाँसिल गरेका छन् । यस्तै उनी लामो समयदेखि रिपब्लिकनको पडक रहँदै आएको एरिजोना र जर्जियामा पनि जित हाँसिल गर्ने सम्भावना कायम राखेका छन् । उनले चार वर्षअघि गुमेका विस्कनसिन, मिसिगन र पेन्सिलभेनियामा जित हाँसिल गरेका हुन् ।,चार राज्यको नतिजा आउन बाँकी रहेका बेला ५३८ इलेक्टोलर कलेज मत मध्ये २७९ इलेक्टोलर कलेज मत पाएका छन् । ट्रम्पको पक्षमा २१४ इलेक्टोरल कलेज मत छ ।,११ तथा १६ इलेक्टोरल कलेज मत रहेको एरिजोना र जर्जियामा बाइडेन अघि छन् । तीन तथा १५ इलेक्टोरल कलेज मत रहेको अलास्का र नर्थ क्यारोलाइनामा ट्रम्प अघि छन् ।,बाइडेन निर्वाचित भए पनि ट्रम्पले त्यसलाई स्वीकार गरेका छैनन् र उनले बाइडेनलाई बधाई दिन अस्वीकार गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।,उनले लगातार धाँधलीको आरोप लगाएका छन् र आफूबाट नतिजा खोसिएको आरोप लगाउँदै आएका छन् । तर त्यसको कुनै पनि प्रमाण भने अहिलेसम्म नभेटिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।,राष्ट्रपतिमा निर्वाचित भएका बाइडेनले नेपाली समय अनुसार आइतबार बिहान राष्ट्रका नाममा सम्बोधन गर्ने छन् । यस्तै कीर्तिमानी जित हाँसिल गरेकी उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले पनि सम्बोधन गर्ने छिन् ।
null
अग्रता लिएका बाइडेनको एकता सन्देश, पछ्याइरहेका ट्रम्प ‘हडबडी’ मा
अमेरिकी राष्ट्रपति चुनावमा अग्रता लिएका डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले ‘हरेक मत गणना हुनु पर्ने’ बताएका छन् ।,ब्याटलग्राउण्ड स्टेटमा मतगणना जारी छ र ती राज्यमा बाइडेन वा राष्ट्रपति डोनाल्ड ट्रम्पको अग्रता निकै साँघुरो रहेको छ ।,पूर्व उपराष्ट्रपति समेत रहेका बाइडेनले नेपाली समय अनुसार बिहीबार बिहान सम्बोधन गर्दै उनले भनेका छन्, ‘हामीबाट कसैले पनि हाम्रो प्रजातन्त्र खोस्न सक्ने छैन ।’,ट्रम्पको चुनावी अभियानले मिसिगन, पेन्सेल्भेनिया र जर्जियामा हुलाकबाट भएका मतदानमा ‘धाँधली’ भएको आरोप लगाउँदै उजुरी गर्ने घोषणा गरेको छ ।,सम्बोधनको क्रममा बाइडेनले आफू जितको दिशामा रहेको बताए । त्यसपछि उनले आफू सबै अमेरिकीको राष्ट्रपति बन्ने बताए । उनले चुनावी अभियानको क्रममा पनि मत दिनेका लागि मात्रै नभएर सम्पूर्ण अमेरिकीको राष्ट्रपति बन्ने बताउँदै आएका थिए ।,उनले आफू विभाजित देशलाई एकीकृत गर्नका लागि चुनावी प्रतिस्पर्धामा आएको बताउँदै आएका थिए र बिहीबार बिहानको सम्बोधनमा पनि उनले सो कुरालाई जोड दिए ।,अमेरिकामा राष्ट्रपतिमा निर्वाचित हुनका लागि ५३८ मध्ये २७० इलेक्टोरल कलेज मत चाहिन्छ । सो आँकडाको यात्रामा मतगणना जारी रहँदा बाइडेन अघि देखिएका छन् ।,उनले विस्कनसिन र मिसिगन साँघुरो जित हाँसिल गर्ने पक्का भएको छ । ,का अनुसार अहिलेसम्म बाइडेनको पक्षमा २५३ तथा ट्रम्पको पक्षमा २१४ इलेक्टोरल कलेज मत रहेको छ । ,का अनुसार बाइडेनको पक्षमा २५३ र ट्रम्पको पक्षमा २१३ मत रहेको छ ।,अहिले ब्याटलग्राउण्ड राज्यहरु नेभाडा, एरिजोना, पेन्सेल्भेनिया, नर्थ क्यारोलाइना र जर्जियामा मतगणना भइरहेको छ ।,नेभाडा र एरिजोनामा क्रमश ६ र ११ इलेक्टोरल कलेज मत रहेको छ, जहाँ बाइडेनले लगातार अग्रता कायम राखेका छन् ।,यस्तै २० इलेक्टोरल कलेज मत रहेको पेन्सेल्भेनिया तथा १६ इलेक्टोरल कलेज मत रहेको जर्जियामा ट्रम्पको अग्रता कायम छ । तर त्यहाँ मतगणना हुँदै जाँदा बाइडेनले मतान्तर कम गर्दै लगेका छन् ।,ती राज्यमा अहिले गणना भइरहेका अधिकांश मत अग्रिम रुपमा हुलाक मार्फत खसालिएका मत रहेको र त्यसमा ट्रम्प भन्दा बाइडेनको पकड राम्रो देखिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।,ट्रम्पको अग्रता रहेको नर्थ क्यारोलाइनामा झण्डै पाँच प्रतिशत मत गणना हुन बाँकी छ । मतान्तर कम रहेको र बाँकी मत हुलाक मार्फत खसालिएका अधिक रहेकाले त्यहाँ पनि बाइडेनले अन्तर थप कम गर्ने सम्भावना रहेको उल्लेख छ ।,अलास्कामा पनि मतगणना जारी छ, तर त्यहाँ ट्रम्प सहज अग्रतामा छन् ।,मतगणना जारी रहँदै गलत रुपमा आफू विजयी भएको घोषणा गरेका ट्रम्पले चुनावमा धाँधली भएको आरोप लगाउने क्रम जारी राखेका छन् ।,उनले बुधबार ह्वाइट हाउस मार्फत सम्बोधन गरि आफू विजयी भएको र आफू हार्ने एकमात्र कारण धाँधली रहेको आरोप लगाएका थिए । उनले त्यसपछि ट्वीट गरेर लगातार चुनावमा धाँधली गरेर आफूलाई पराजित गर्न खोजिएको आरोप लगाइरहेका छन् ।,ट्रम्पको टिप्पणी प्रजातान्त्रिक प्रक्रियामाथिको आक्रमण रहेको भन्दै रिपब्लिकन पार्टीकै धेरै नेताले विमत्ति जनाइरहेको अमेरिकी सञ्चारमाध्यमले उल्लेख गरेका छन् । ट्रम्पले पछिल्लो २४ घण्टामा गरेका ६ ट्वीटमा ट्वीटरले सावधानी पूर्ण नोटिफिकेसन राख्दै हाइड गरेको छ ।,उनका टिप्पणी भ्रामक र अप्रमाणित रहेको जानकारी ट्वीटरले राखेको छ । यस्तै ट्रम्पको चुनावी अभियानको आधिकारिक एकाउन्ट, ह्वाइट हाउसकी प्रवक्ता केली म्याकनेनी र ट्रम्पका छोरा एरिकले गरेका पोस्टमा पनि ट्वीटरले सोही प्रक्रिया अपनाएको छ ।,ट्रम्पले लगाएको धाँधलीको आरोप तथा बाइडेनले लिइरहेको साँघुरो अग्रताले अमेरिका इतिहासमै स्पष्ट रुपमा सबैभन्दा बढी विभाजित देखिएको विश्लेषकले बताएका छन् ।,डेमोक्र्याट र रिपब्लिकन बिचमा स्पष्ट रुपले देखिएको विभाजनको अवस्थामा राष्ट्रपतिका रुपमा आउने व्यक्ति सामु देशलाई एकीकृत गर्ने जिम्मेवारी र चुनौति रहेको उनीहरुको भनाई छ ।,बाइडेनले गरेको बिहीबार बिहानको सम्बोधनले उनी त्यसका लागि तयार रहेको देखिए पनि सजिलो नरहेको विश्लेषण गरिएका छन् ।
null
ऐतिहासिक मन्दिरको जग्गामा जमाए दलाल र स्थानीयले कब्जा
पर्सा- हेर्दा निक्कै पुरानो देखिन्छ मन्दिरको बनावट र आकारहरु। मन्दिरका भित्ताहरु कतै भत्किएका छन् भने कतै पुरानो भित्तालाई नयाँ पर्खाल लगाएर त्यसमा मन्दिरको पुन:निर्माण गरिएको छ।,यो सखुवा प्रसौनी गाउँपालिकामा रहेका ऐतिहासिक पारसनाथ मन्दिर हो। तर सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर-३ महुवन टोलमा रहेको यो पारसनाथ मन्दिरको २ सय बिगाहा जग्गा दिनप्रतिदिन अतिक्रमित दलालको चंगुलमा परेर स्थानीयहरुले अतिक्रमण गर्दै आएका छन्।,सरकारले नेपाल भ्रमण वर्ष २०२० को पर्यटकीय गन्तव्‍य स्थलको रुपमा घोषणा गरे पनि यहाँको पारसनाथ मन्दिरको नाममा रहेको जग्गा भने दलालहरुको दलदलमा फसेको मन्दिरका पुजारी रविन्द्र मिश्र बताउँछन्।,उनी भन्छन्, ‘यो पाँचसय वर्ष पुरानो मन्दिर हो। यो मन्दिरको जग्‍गा करिब २ सय बिगाहा थियो। तर हाल आएर उक्त जग्गाहरु व्‍यापक रुपमा अतिक्रमण गरेर स्थानीयबासीहरुले ठूलो-ठूलो घर टहरा बनाइसकेका छन्।’,उनले करिब २९ बिगाहा जग्गा मात्र मन्दिरको नाममा रहेको भएपनि सो मध्ये थुप्रै जग्गाहरु स्थानीयबासीले अतिक्रमण गरि घरटहरा बनाइसकेका पुजारी मिश्रको गुनासो छ।,मिश्रका अनुसार मन्दिरको वरिपरि रहेको जग्गाका साथै थुप्रै खेतहरु पनि थिए।जुन गुठी संस्थानको नाममा थियो।तर पछिल्लो समय जग्गा दलालहरुले नै मिलेर गुठीको जग्गा स्थानीयको नाममा पार्न सफल भएकाले अहिले मन्दिरको जग्गा कम हुँदै गएको छ।,मन्दिरको नाममा खेतीयोग्‍य जग्गामा खेतीपाती गर्नेहरुले पनि मन्दिरको जग्गा आफ्नै नाममा पारिसकेर भोग चलन गर्दै आएका छन्।जसले गर्दा २ सय बिगाहा रहेको मन्दिरको जग्गा अहिले धेरै मानिसहरुको नाममा नम्बरीको रुपमा भइसकेको पूजारी मिश्रको दाबी छ।,यस्तै जग्गा दलालहरुको मिलेमतोमा गुठीको जग्गामा नक्कली मोही खडा गरेर पनि केही ब्यक्तिहरुले जग्गा बेच्न लागेको सखुवा प्रसौनी गाउँपालिकाका प्रमुख प्रदिप जैसवाल बताउँछन्।,उनी भन्छन्, ‘केही जग्गा दलालहरुले नक्कली मोही खडा गर्छन्। उनीहरुले मनलाग्दी यो हाम्रो जग्गा हो भन्दै बेच्ने प्रयासमा छन्।’ जैसवालले झुठो मोहीको कागज देखाउँदै गाउँमा जग्गा बेच्न एउटा समूह नै खडा गरे आतंक फैलाएको भन्‍दै अब यसलाई जोगाउन आफूहरु लागि परेको बताउँछन्।,‘करिब २९ बिगाहामा रहेको मन्दिरको जग्गामा स्थानीयले अतिक्रमण गरि बस्ती बनाएका छन्’,जैसवालले भने,‘अहिले पनि बस्ती भएको जग्गालाई केही नगर्ने तर बाँकी रहेको जग्गालाई चाहि संरक्षण गर्नु पर्छ भन्‍नेतर्फ गाउँपालिका लागेको छ। हामी त्यो कदापि हुन दिँदैनौ।’,पारसनाथ मन्दिरको नाममै थुप्रै खेतीयोग्य जग्गाहरु रहेको र एकत जग्गामा पनि दलालहरुले आफ्नो आँखा लगाउन थालिसकेको जैसवालले बुझाइ छ।आफूले सक्दो त्यहाँ रहेका स्थानीयबासीहरुलाई नहटाउने गरि बाँकी बचेको जति पनि जग्गा र खेतीयोग्य खेतलाई संरक्षण गर्नेतर्फ गाउपालिका लागेको जैसवाल बताउँछन्।,यस्तै मन्दिरमा पहिले पुजा गर्दै आएका महन्थ केशवराज गिरीले २०२१ सालमा जग्गा नापी हुने बेलामा मन्दिरको जग्गा तथा खेती योग्य जग्गाहरुलाई आफ्ना आफन्त र नजिकका आसेपासेको नाममा पारेको जैसवालको आरोप छ।उनले नापी हुने बेलामा मन्दिरको खेतीयोग्य जग्गालाइ आफना नजिकका मानिसहरुले जोत्दै आएको भन्दै उनीहरुको नाममा अंशवण्डा समेत गराएको जैसवालको दाबी छ।,पारसनाथ मन्दिर नजिकै रहेको पारस पोखरी पनि अतिक्रमणको चपेटामा परेको छ।करिब ५ बिगाहा क्षेत्रफलमा फैलिएको पारस पोखरी अतिक्रमणको चपेटामा परेपछि खुम्चिदै गएको हो।पारस पोखरी वरिपरी पनि बस्तीहरु बसाइएको छ जसका कारण पोखरी दिनप्रतिदिन झनै फोहोर हुनुका साथै अतिक्रमित हुँदै गएको छ।,यता, स्थानीयबासीहरुले पोखरी वरिपरी चारैतर्फ साना एव ठूला घर टहराहरु निर्माण गरेर जथाभावी बसोबास गरेकोस्थानीय चिरञ्‍जीवी यादव बताउँछन्।,उनी पोखरीतर्फ देखाउँदै भन्छन्, ‘पारस पोखरी पहिले कबिर ५ बिगाहाको थियो। तर अहिले भने स्थानीयले अतिक्रमण गरेर वरिपरि घर बनाइ सकेका छन्। पोखरीको धार्मिक तथा ऐतिहासिकता नै नामेट भइसक्‍यो। यसो अस्तित्व नै मेटिसकियो।’,यादवले ऐतिहासिक पारसनाथ मन्दिरसँगै पोखरी पनि अतिकैमणको चपेटामा परेकोले यसलाई संरक्षण गर्नेतर्फ समबन्धित निकाय लाग्नुपर्ने कुरामा जोड दिए।,यता, गुठी संस्थानले पोखरीको हरेक वर्ष ठेक्का लगाएर आर्थिक लाभ लिदै आएको भएपनि संरक्षण गर्नेतर्फ भने खासै ध्यान नदिएको गाउँपालिका जैसवालको भनाइ छ।‘गुठी संस्थानको नाममा रहेको पारस पोखरीलाई संस्थनाले ठेक्का लगाउने काम मात्रै गरेको छ, जैसवालले भने, ‘तर पोखरीको आवशयक रेखदेख र संरक्षण भने गरेको छैन।’,’उनले आफूले पारस पोखरीको सौन्दर्यकरणको लागि बजेट छुटयाएको जानकारी दिदै प्रदेश र संघीय सरकारसित पनि सहयोग माग गरेको बताए।पोखरीको सौन्दर्यकरणको लागि प्रदेश सरकारबाट ५ करोड बजेट पनि छुटयाइएको तथा उक्त बजेटबाट छिटै काम सञ्चालन हुने तयारीमा आफूहरु रहेका जैसवालले जानकारी दिए।,‘पारस पोखरीको सँरक्षण र सौन्दर्यकरणको लागि गाउपालिकाले पनि बजेट हालेर काम गर्ने सोच बनाएको छ,जैसवालले भने,प्रदेश सरकारबाट पनि ५ करोड पोखरीको सौनदर्यकरणको लागि छुटयाइएको छ।’,यो मन्दिरको निर्माण वि.स. १६०० सालमै नेपालकै एक राजाले बनाउन लगाएको मन्दिरका पुजारी रबिन्द्र मिश्र भन्छन्।वि.स.१६०० सालमा तत्कालिन जंगल रहेको महुवन गाउँमा जंगलको बिचमा (अहिलेको पारसनाथ मन्दिर रहेको स्थान) भनुनाथ भन्‍ने एक बाबा ध्यान गरेर बसेका थिए।,उनी जंगलको बिचमा ध्यान गरिरहेको बेला त्यसबेला बाइसी चौबिसी राज्यमा रहेको नेपालका राजा मणिमुकुन्द सेन घुम्दा घुम्दै जंगलमा पुगेका थिए।जंगलमा पुगेका राजा सेनले जंगलको बिचमा ध्यानमा बसिरहेका भनुनाथ बाबाको नजिक पुगे।,नजिक पुग्दा बाबा भनुनाथ ध्यान गरिरहेको स्थानमा बाघ समेत रहेको राजा सेनले देखे। त्यस पशचात ध्यानमा रहेका बाबा भनुनाथले राजा मणि मुकुन्द सेनलाई नजिक आउनुस यो बाघले तपाईलाई केही पनि गर्दैन भनेर भने।त्यसपछि राजा बाबाको नजिक गए।बाबाको नजिक गएका राजा मणि मुकुन्द सेन बाबाको ध्यानलाई हेरेर अति प्रसन्न भए।,राजा मुकुन्द सेन खुशी हुदै बाबा भनुनाथलाई एक दिनमा तपाई जति पनि ठाउ घुम्न सकनुहुन्छ त्यति ठाउको जग्गा मन्दिरको लागि दान दिने भनेर भने।त्यसपछि बाबा भनुनाथ एक दिनमै करिब साढे १७ सय बिगाहा घुमेको र ती सबै जग्गा राजा मुकुन्द सेनले पारसनाथ मन्दिरको लागि दिएको मन्दिरका पुजारी मिश्रले बताउँछन ।त्यपछि साढे १७ सय बिगाहा जग्गालाई मन्दिरको जगगाको रुपमा लिइएको पुजारी मिश्र बताउँछन्।,राजाबाट जगगा पाएपछि तीनै बाबा भनुनाथले एतिहासिक पारसनाथ मन्दिर बनाउन लगाएका थिए।साढे १७ सय बिगाहा जग्गा मन्दिरलाई राजाले दान स्वरुप दिएको भएपनि करिब ३० बिगाहामा मात्रै मन्दिर बनेको छ।अरु जग्गामा भने मन्दिरको नाममै त्यस बेला रहेको थियो।मन्दिरमा रहेको त्रिशुल भने अहिले पनि आफनो दिशा बदल्ने गरेको पुजारी मिश्र बताउँछन्।,समय समयमा मन्दिरमा रहेको त्रिशुलले आफनो दिशा आफै परिबर्तन गर्ने गरेको मिश्रको भनाई छ।करिब ५ सय बर्ष पहिले निर्माण गरिएको पारसनाथ मन्दिर परिसरमा स सना साना ६ वटा समाधि रहेका छन ।उक्त समाधि मन्दिरमा पुजा गर्ने पुजारीहरुको रहेको हालका पुजारी मिश्र बताउँछन्।,यस्तै मन्दिर परिसरमै पुजारी तथा अन्य ठाउबाट आउने भक्तजनहरुलाई बस्नको लागि २ तल्ले मठ पनि निर्माण गरिएको थियो।जुन हाल भत्केर जिर्ण भइसकेको छ।,मन्दिरमा रहेको २ तल्ले बिशाल भवन मठको रुपमा मन्दिर बनाउने बेलामा नै बनाइएको पुजारी मिश्रको भनाई छ ।धेरै पुरानो भवन भएकाले उक्त भवन अहिले भत्केको छ।इँटाले बनाइएका मठ भवनको छत पनि ईटा र काठले ढलान गरिएको छ।,५ सय बर्ष पहिले पारसनाथ मन्दिरसँगै मन्दिर परिसरमै एउटा ईनारसमेत बनाइएको थियो ।उक्त ईनार मन्दिरजतिकै पुरानो छ । सो ईनार अहिले पनि मन्दिर परिसरमै रहेको छ ।ईनार बनेको बेलामा उक्त ईनारको पानी औषधि झै काम गर्ने गरेको पुजारी मिश्र जिकिर गर्छन्।,ईनारको पानीले घाँटी समबन्धि बिभिन्न रोगहरु सजिलै निको हुने गर्दथ्यो ।पहिले पहिले मानिसहरु घाँटी समबन्धि रोग निको पार्न पनि सोही ईनारको पानी भरेर लिएर जाने गरेको पुजारी मिश्र बताउँछन्।,‘पहिले पहिले यो ईनारको पानी त औषधि नै थियो,मेरै बुवा बाजेले भन्नु हुन्थ्यो,धेरै ठाउमा उपचार गराएपनि निको नहुने घाँटी समबन्धि रोग यस ईनारको पानीले निको हन्थ्यो।,’हाल मन्दिरको पुजारीको रुपमा रहेका मिश्रको बुवा र हजुर बुवा पनि सोही मन्दिरको पुजारी रहि सकेका छन्।पहिले सोही ईनारबाट पुजारीहरुले पानी खाने गरेको भएपनि अहिले भने ईनारको पानीले मन्दिर धुने, नुहाउने जस्ता कार्यहरु गर्ने गरिएको छ ।ईनार पनि जीर्ण अवस्थामा रहेको छ।,पर्साको सखुवा प्रसौनी गाउपालिकाकामा रहेको छ ऐतिहासिक पारसनाथ मन्दिर।सखुवा प्रसौनी गाउपालिका वडा नम्बर ५ महुवन टोलमा रहेको पारसनाथ मन्दिर आज भन्दा करिब ५ सय बर्ष पुरानो मन्दिर हो।,५ शतकअघि निर्माण गरिएको पारसनाथ मन्दिरकै नाममा पर्सा जिल्लाको नामाकरण पनि गरिएको किम्बदन्ती छ।जिल्लाकै सबैभन्दा पुरनो धरोहर पारसनाथ मन्दिर सदरमुकाम बिरगञ्ज भन्दा करिब २५ किलो मिटरको दूरीमा रहेको छ।
राम मण्डल
बारा-पर्सामा हुस्सु, कुहिरो र शीतलहर, पराल बाल्दै आगो ताप्दै स्थानीय र विद्यार्थी
पर्सा बारासहित तराई-मधेसमा चिसो बढेसँगै यहाको जनजीवन प्रभावित भएको छ। एकाबिहानैदेखि मौसम अत्याधिक चिसोसँगै शीतलहर चल्न थालेपछि यहाँको जनजीवन प्रभावित भएको हो।,मंगलबारदेखि बिहानैदेखि मौसममा परिवर्तन भइ अत्याधिक चिसो बढेपछि शितलहरु पनि सुरु भएको सिमरा विमानस्थलको जल तथा मौसम मापन केन्द्रले जनाएको छ। शीतलहर चलेपछि सिमरा र यस आसपासको क्षेत्रमा बिहीबार १२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ।,गत मंलबार तापक्रम ११ दशलव शून्य डिग्री सेल्सियस मापन गरिएको थियो भने बुधबार ११ डिग्री तापक्रम रहेको थियो। चिसो बढेसँगै वीरगन्ज र यस आसपासका स्थानमा चोक, बाटोमा स्थानीयहरु घुर (काठको मुढा बालेर आगो) ताप्न थालेका छन्।,शितलहर चल्न थालेपछि शहरी क्षेत्रमा बजार पसलहरु समेत कम खुलेका छन् भने राजमार्गमा चहलपहल पातलिएको छ।चिसोले गर्दा मानिसहरु घरबाहिर बस्न बाध्‍य भएका छन्।,चिसोले खासगरी गरीब विपन्‍न र दलित बालबालिका र बृद्धहरुलाई झन समस्या भएको छ।उनीरुसँग लगाउने न्‍यानो लुगा नभएपछि बाटोमे बसेर आगो ताप्नुको विकल्प नभएको वीरगञ्‍ज महानगरपालिका-३० का वृद्ध चिन्गी कुर्मीले बताए।उनले भने, ‘चिसो र शीतलहर एक्कासी आएपछि जाडो छल्न हामी बाटोको घुर ताप्न बाध्‍य भएका छौ।’,मंगलबारदेखि बढेको चिसोले गर्दा सामुदायिक बिधालयका बिधार्थीहरु पनि प्रभावित भएका छन्।खासगरी कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरुलाई चिसोले बढी प्रभाव पारेको छ।,अहिले वीरगञ्ज महानगरपालिकाको सामुदायिक बिधालयहरुमा अहिले अर्ध-बार्षिक परीक्षा चलिरहेको छ।चिसोले गर्दा परिक्षा दिने बिधार्थीहरु मर्कामा परेका छन्।बिहान ११ बजेदेखि विद्यालयमा परीक्षा शुरु हुने गरेको भए पनि दिनभरि नै चिसो लाग्ने गरेकोले परिक्षा दिने विद्यार्थीहरु मारमा परेका हुन।,एक्कासी बढेको चिसोमा परिक्षा दिन पुगेका विद्यार्थीहरु कक्षा कोठा बाहिर आगो बालेर ताप्ने गरेका छन्।अत्याधिक चिसो बढेपछि विद्यार्थीहरु विद्यालयको चौरमै आगो बालेर ताप्न बाध्य भएका हुन।,उनीरु चिसोमा विद्यालय पुग्ने बितिक्कै आगोको जोहो गरेर पहिले आगो तापेर शरीर न्यानो पार्ने त्यसपछि मात्रै परिक्षा दिने गरेका छन ।चिसो बढेका कारण जाडो लाग्ने गरेकोले परीक्षा दिनुभन्दा अघि नै आगो बालेर ताप्ने गरेको वीरगञ्ज महानगरपालिका-३० लालपर्सामा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयको कक्षा-७ मा अध्यनरत १३ वर्षीय विद्यार्थी अरबिन्द पटलेले बताए।,उनले भने, ‘जाडो धेरै छ,हाम्रो बिधालयमा अर्ध बार्षिक परिक्षा चल्दैछ,बिधार्थी पटेलले भने,जाडोले गर्दा परिक्षा छोडन पनि मिलेन त्यही भएर बिधालयका चौरमै आगो बालेर ताप्ने गरेका छौँ।’,यस्तै जाडो बढेका कारण विद्यालय आउन मन नलाग्ने गरेको भएपनि परीक्षाका कारण विद्यालय आउनु परेको सोही बिधालयको कक्षा ७ मा अध्यनरत अर्का बिधार्थी १३ बर्षीय सञ्जय मण्डलले बताए।‘जाडोका कारण विद्यालय आउन मन लागेको छैन,परीक्षाको कारण आउनु परेको छ, विद्यार्थी मण्डलले भने, ‘जाडोबाट बच्न विद्यालय नजिकैको खेतबाट पराल ल्याएर अगो बालेर ताप्ने गरेका छौ।’,यस्तै चिसोबाट विद्यार्थीहरुलाई मात्र नभई शिक्षकहरु पनि प्रभावित भएको सोही विद्यालयका शिक्षक नईम मियाँले बताए।उनले भने, ‘विद्यार्थीहरुसँगै हामी शिक्षकहरुलाई पनि समस्या भएको छ।’,सामुदायिक विद्यालयमा पढने विद्यालयहरुले आर्थिक अभावका कारण पर्याप्त लुगा र खुटामा जुतासमेत लगाउन नपाएको बताउदै जाडोले बिधार्थीहरुलाइ निक्कै समस्यामा पारेको विद्यालयका निम्ति प्रधानाध्याप्क बिनोद प्रसाद यादवले बताए।उनले सा साना बालबालिकाहरुलाइ यस्तो चिसौ मौसममा पठनपाठन गराउदा चिसोले चाडै असर पार्ने बताउदै कुनै दातृ संस्थाले बालबालिकाहरुको लागि जुता स्वेटरको ब्यावस्था गरि दिए राम्रो हुने बताए।,’चिसो बढेको तथा बिधालयमा अर्ध बार्षिक परिक्षा पनि चलिरहेकोले बिधार्थीहरु परिक्षा दिने विद्यार्थीहरु परीक्षा दिनु भन्दा अघि विद्यालयको चौरमा आगो बालेर ताप्ने गरेका छन्।,चिसोले बालबालिकाको हात कठ्याङ्ग्रिन थालेपछि आगो बालेरै परीक्षा अघि विद्यार्थी शरीरलाई न्यानो पार्ने गरेका छन’, यादवले भने,‘बर्षेनि जाडोको मौसममा चिसोमा बालबालिकालाई परीक्षा दिन समस्या हुने गर्दछ।’
राम मण्डल
घर नपुग्दै विदेश ताक्दै, फेरि पनि अवैध रुपमै छिर्ने योजना बुन्दै
वीरेन्द्रनगर– १६ वर्षमा विवाह भयो। परिस्थिति उनको सपनाको बाधक बन्यो। विकट ठाउँ र गरिबी उनका नियति बने। अशिक्षित परिवार र समाजले अन्धविश्वासलाई मलजल गर्‍याे। रुकुम पश्चिम बाफीकोट गाउँपालिकाकी ३७ वर्षीया निर्मला पुनले पढ्ने लेख्ने इच्छा त्यागेर गृहस्थीको जिम्मेवारी बोकिन्।,तर लगातार चार छोरी जन्मिएपछि निर्मला परिवार र समाज मात्रै होइन श्रीमान्‌बाट समेत अलग्गिनु पर्‍याे। छोरा जन्माउने उत्कट चाहनालाई मर्न नदिएका उनका श्रीमान् परिवार त्यागेर कतार पुगे। निर्मलाको आम्दानी स्रोत सुक्यो। गाउँमा काम पाइनन्।,केही महिनापछि श्रीमान्‌ले दोस्रो विवाह गरेको खबर निर्मलाले पाइन्। छोरीहरुको भविष्य सुरक्षित राख्ने एकल दायित्व निर्मलाको काँधमा आइपर्‍यो। गाउँ छोडेर बजारमा डेरा लिइन्।,१६ वर्षीया जेठी छोरीलाई बहिनीहरुको जिम्मा लगाएर दलालको सहयोगमा साढे दुई वर्षअघि भारतको दिल्ली हुँदै निर्मला कुवेत छिरिन्। तर जुन घरमा काम गर्ने भनेर उनी गएकी थिइन्, त्यहाँ उनी काम गर्न सकिनन्।,अर्को घरमा उनले काम त पाइन् तर उनको बसाई गैरकानुनी बन्न पुग्यो। घरेलु काम गरेर निर्मलाले छोरीहरुलाई खर्च पठाउन थालिन्। ‘शौचालय सफा गर्नेसम्मका काम घरेलु काममा पर्थे। छोरीहरुका लागि चुपचाप काम गरेँ। नोकरलाई साहुले गर्ने व्यवहार राम्रो होस् भन्ने चाहना मनमनै मारेँ’, निर्मला भन्छिन्।,निर्मलाका छोरीहरु खुसी थिए। आमाले पठाएको खर्चले पढ्न लेख्न पाए। तर कोरोनाले विश्वका अधि
दिपा दाहाल
थारु समुदायमा हुक्‍के-हुक्‍का खेलेर लक्ष्‍मी भित्र्याइयो
, , ,देशभर धनकी देवी लक्ष्मीलाई घर-घरमा भित्र्याइरहँदा पूर्वीय थारु समुदायले पनि आफ्नो घर-घरमा हुक्के-हुक्का खेलेर लक्ष्‍मी भित्र्याएका छन्। परापूर्वकालदेखि नै धनकी देवी लक्ष्मीलाई भित्र्याउन थारु समुदायले हातमा सन्ठी (जुट निकासी सकेपछि बाँकी रहेको सिन्का)बाट बनाइएको हुक्‍के-हुक्‍का खेलेका छन्। खास गरी पूर्वी जिल्लाका थारु समुदायले लक्ष्‍मीलाई भित्र्याउन र कुनै किसिमको अनर्थ नलागोस भनेर नकारात्मक पक्षलाई पन्छाउन हुक्‍के हुक्‍का खेलेका हुन।,आइतबार साँझ थारु समुदायले आ-आफ्‍नो घरमा/टोल छरछिमेकमा सनपाटबाट दिउँसो हुक्‍के हुक्‍का तयार गर्ने गर्दछन्। उनीहरुले आजको दिन आफ्‍नो घरमा सनपाट नभए अरुकोबाट मागेर भए पनि ल्‍याएर हुक्‍के-हुक्‍का बनाएर खेल्‍ने गरेको थारु संस्कृति विद् भुलाई चौधरीले जानकारी दिए।,उनका अनुसार पूर्वका झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, सिरहा, सर्लाही, रौतहट लगायतका जिल्लामा खेल्‍दै आएका छन्। उनी भन्छन्, ‘हुक्‍के-हुक्‍का, तराईमा बस्‍ने आदिवासीले त्‍यतिबेला घनघोर जंगलमा बस्दा भूत, पिचास लगायतका नकारात्मक शक्तिसँग मूक्त रहन र धान चामल, बालीनाली राम्ररी सप्रियोस भनेर यो खेल्‍ने गरेको छ।’,यस्तै सनपाटको सन्ठी नहुँदा थारु समुदायमा लक्ष्मी पूजाको दिन खेलिने हुके हुक्का खेल लोप हुने अवस्थामा पुगेको थारु पण्डित बासुदेव चौधरीले बताए। उनले भने, ‘सनपाटबाट निर्मित हुके हुक्का थारु समुदायले केहि बर्ष अगाडिसम्म खेलेपनि पछिल्लो समयमा युवा पुस्ताहरुले यसको संरक्षण नगर्दा लोप हुँदै गएको छ।किनकी पहिलाको जस्तो सनपाट उत्पादन हुँदैन र तालतलैया पनि पुरिन थालेका छन्।युवाहरु कृत्रितर्फ आकर्षिक हुदै गएका छन्। ‘,यस्तै थारु समुदायको यो संस्कारलाई युवाहरुले बचाउनु पर्ने त्रियुगा नगरपालिका-३, मोतिगडाका किसान शंकर लाल चौधरीले बताए। उनले भने, ‘एक त ताल तलैया, पोखरीहरु पुरिए। अर्कोतिर सनपाट पनि खासै पाँइदैन। अब कसरी खेल्‍ने यसमा थारु युवाहरु एक भएर संरक्षण गर्नु पर्ने देखिन्छ।’,परम्परा अनुसार हुक्‍के घरको दलिनमा राखेको दियोमा हुके हुक्का सल्काउने गरिन्छ।यसरी सल्कि सकेको हुके हुक्कालाई तीन फेरासम्म देउता घरको चारै तिर घुमि दोबाटो वा खाली चौरमा लगि खेल्ने चलन छ। खेल्दा उनीहरुले यस्तो भन्‍ने गरेका छन्।, ,किंवदन्ती अनुसार हुक्‍के हुक्का खेलेको ठुटोलाई तरकारी बारीमा राख्‍ने गरिन्छ। यसले राम्रो फल दिन्छ भन्‍ने मान्‍यता रहिआएको छ। नयाँ अन्नबाली राम्ररी सप्रियोस भनी हुके हुक्काको बल्न बाँकी एक भाग जम्मा पारी दोवाटोमा जलाउने र बलेको आगोमा तीन पटक सम्म नाघेर आ–आफ्नो घर जाने चलन रहेको छ।,यस्तै एउटा एउटा जलेको हुके हुक्का खेत वा बारीमा लगाएको अन्नबालीमा गाड्ने चलन समेत रहेको छ। तिनै बलेको एउटा हुके हुक्काको ठुटाले दरिद्र वा कुनै किसिमको छोइछुत नलागोस भन्दै ल्याउने गरिन्छ।
सहदेव चौधरी
प्रेम बचाउँदा मर्दै गएको जीवनको आश
काठमाडौँ– जातीय छुवाछुत, बहिष्कार, प्रतिबन्ध र तिनका आधारमा वा त्यस्तै अन्य मानवता विरोधी भेदभावजन्य कार्यलाई कानुनले निषेध गरेको आधा शताब्दी भन्दा बढी भइसकेको छ।,२०६३ को राजनीतिक परिवर्तनपछि यी विभेदबारे थप सक्रिय हुने घोषणा सरकारले गर्‍यो। त्यसको पृष्ठभूमिमा अनेक आन्दोलन र संघर्ष भए।,तर हाल पनि जातीय छुवाछुतदेखि अवहेलनाका उदाहरणहरु देख्न सकिन्छ, खासगरी ग्रामीण भेगमा।,गाउँबाट बहिस्कार भएपछि सहर छिरेका पीडितहरुको घाउ यतिबेला कोरोना भाइरस संक्रमणको यो अकल्पनीय महामारीमा झन् बल्झिएको छ।,सहाराविहीन अवस्थामा बाँच्न बाध्य पीडितहरुले आफ्नै जीवनलाई अर्थहीन देख्न थालेका छन्। कुनै बेला साहसी बनेका उनीहरुले हाल आएर जीवनप्रतिको आश मार्न थालेका छन्। सिंहदरबार टाढा छ उनीहरुदेखि।,डडेल्धुरा, पर्शुराम नगरपालिका १२ जोगबुडाका २९ वर्षीय गोपालबहादुर कामी र २३ वर्षीया पुष्पा भट्ट छिमेकी थिए।,बाल्यकालदेखि सँगै खेल्नु, विद्यालय वा मेलापात जानु अनौठो थिएन उनीहरुका लागि। तर प्रेममा पर्नु समाजका लागि अस्वाभाविक बन्यो। अपराधीमा दर्ज भए उनीहरु।,अन्तरजातीय विवाहका कारण उनीहरु आफ्नै परिवार र थातथलोबाट बहिस्कृत भएको सात वर्ष भयो। तिरस्कारको श्रृङ्खला अझै रोकिएको छैन।,पुष्पाका बुवा शिक्षक थिए। दाइहरु पनि पढेलेखेका। जातका आधारमा भेदभाव गर्न हुन्न भन्दै उनी विद्यालयमा पढाउने मात्रै गर्थेनन्, छिमेकीलाई पनि सम्झाउँथे।,तर पुष्पा गोपालसँग हिँड्डुल गर्नु उनका लागि सह्य भएन। हुर्किदै गएकी पुष्पालाई गोपालसँग भेट्न प्रतिबन्ध लगाउने प्रयास भयो। त्यतिञ्जेल पुष्पा र गोपालको प्रेम झाँगिसकेको थियो।,पुष्पा ८ र गोपाल १० कक्षामा अध्ययन गरिहेका बेला उनीहरुमाथि परिवारको निगरानी र आलोचना तीब्र बन्यो। परिस्थिति कठिन देखेर गोपाल धनगढीस्थित मामाघर झरे। तर एक वर्षभन्दा बढी टिक्न सकेनन् उनी त्यहाँ।,‘पुष्पा र मेरो सम्बन्ध टुटाउन अनेक धम्की आउन थाले। हामीले घरपरिवार मात्रै होइन समाजको नाक काटेको, चलिआएको परम्परा तोडेको आरोप लाग्यो। बाध्यतामा म धनगढी झरेँ’, गोपाल सम्झिन्छन्।,गोपालले पुष्पालाई बिर्सन सकेनन्। पुष्पाले पनि गाउँबाट फोनमा रुँदै भन्न थालिन्, ‘घरपरिवार र छिमेकीले मलाई घरमा बस्न दिएनन्, अब म यहाँ बस्न सक्दिन। आएर मलाई आफ्नै साथ लैजाऊ। म मर्छु तर तिमीलाई छोड्न सक्दिन।’,त्यसपछि गोपालको मन धनगढीमा अडिएन। तत्कालै जोगबुडा पुगे। ‘मर्नु परे दुबै मरौँला’ भन्दै उनले रातरात पुष्पालाई भगाएर बैतडी पुर्‍याए।,तर जोखिमले उनीहरुलाई पछ्याइरह्यो।,उनीहरु भागेपछि पुष्पाका परिवारका सदस्यको विरोध र आरोपको स्वर गोपालका आमाबुवातर्फ मोडियो। जोगबुडामा कतिथ उच्च जातिका ३०/३५ घरहरुका बीचमा गोपालको एक्लो घर थियो। दलित समुदायबाट।,सामाजिक मूल्यमान्यता विपरित ब्राह्मणकी छोरी गोपाल (दलित समुदाय)ले भगाएको भन्दै गोपालका आमाबुवालाई पनि गाउँबाट निकल्ने प्रयास भयो। उनीहरुले अनेक यातना सहे। तर घर छोडेनन्।,घरपरिवारको बहिस्कारका कारण पुष्पा १६ वर्षकै कलिलो उमेरमा अध्ययन छोडी विवाह गर्न बाध्य भइन्।,‘मैले अपराध गरेको थिइनँ। गोपाल मेरा मिल्ने साथी थिए। तर हामी मिल्दा हाम्रो विद्यालय मात्रै होइन गाउँमा पनि बदनाम गरियो। गाउँमा नबस भनियो। केही सीप नलागेर म गोपालसँग भागेँ’, पुष्पा सम्झिन्छिन्।,बैतडीमा उनीहरुले एक वर्ष कष्टकर जीवन बिताए। केही नलागेपछि गोपालका बुवाआमा गएर उनीहरुलाई जोगबुडा ल्याए।,तर पुष्पाको माइतीको आक्रोश जिवितै थियो। पुष्पा र गोपाललाई कतै देख्यो कि झम्टिन पुगिहाल्थे उनीहरु। छिमेकीको व्यवहार पनि उस्तै। दलित गरिब हुँदा पीडाको बोझ र थिचोमिचोको सम्भावना बढ्छ नै। त्यो उनीहरुले भोग्नसम्म भोगे।,पुष्पा, बुवाआमा लगायत परिवारका सदस्य गाउँमै छोडेर गोपाल नेपाली सेनामा भर्ती हुन फेरि धनगढी झरे।,सेना छनौट प्रक्रिया चलिरहेका बेला गोपाललाई खोज्दै पुष्पाका आफन्त धम्काउन त्यहीँ पुगे। तनावग्रस्त गोपाल अन्तवार्तामा फालिए। अनि फेरि उनी गाउँ फर्किए।,छुवाछुतविरुद्ध कानुन बनेपछि सरकारले अन्तरजातीय विवाहलाई प्रोत्साहन र आर्थिक अनुदान घोषणा पनि गर्‍यो। तर पुष्पा र गोपालले  केन्द्र सरकार र स्थानीय सरकार दुबैबाट त्यो सहयोग पाएका छैनन्।,समाजबाट भाग्दा भाग्दै सात वर्ष विताएका पुष्पा र गोपालका दुई छोरा छन्। छोराहरुको जन्मदर्ता गराउने बेला उनीहरुको संघर्ष झन चुलियो।,आफूहरुनै विवाह दर्ता गर्नबाट बञ्चित भएकाहरुले छोराहरुको जन्मदर्ता बनाउन सहज थिएन।,पुष्पाका माइती पक्षको सहमति बिना गाउँपालिकाले उनीहरुको विवाह दर्ता गर्न धेरै समय आनाकानी गर्‍यो। गोपालले कयौँ ठाउँमा भनसुन गरेपछि मात्रै उनीहरुको हातमा विवाह दर्ता पर्‍यो।,उनीहरुले विवाहको कानुनी मान्यता पाए तर उनीहरुप्रति घरपरिवार र छिमेकीको दृष्टिकोण बदलिएन। उनीहरुलाई स्वीकारेनन्।,विकल्प साँघुरिदै जाँदा गोपाल विदेशिए। कुवेतको मरुभूमिमा पुगेर पसिना बगाउन थाले। बचत गरेको पैसा गाउँमा बुवाआमालाई पठाउनु पर्ने कर्तव्य ठाने उनले । जोगबुडामा उनीहरुको चार कोठे ढलान घर पनि ठडियो।,तर समस्या भने सुल्झिएन।,परिवेशले अर्को मोड लियो जब छिमेकीको उक्साहटमा गोपालका बुवाआमाले पनि पुष्पालाई हेला गर्न थाले। बोक्सीको आरोपमा अमानवीय व्यवहार पुष्पाको नियत बन्न पुग्यो। क्षयरोगका कारण गोपालका १८ वर्षीय भाईको मृत्यु भयो। त्यसको दोष पुष्पामाथि आइलाग्यो।,जात नमिलेर विवाह भएकाले देवरको बितेको आरोप पुष्पाले खेपिरहेका बेला गोपालकी आमा पनि बिरामी भएर बितिन्। पुष्पामाथिको दोषको बोझ झन् थपियाे।,पुष्पाले गोपाललाई आफ्नै घरमा पनि बस्नेस्थिति नभएको बारम्बार सुनाउन थालिन्। गोपाल आत्तिए। १९ महिनामै गाउँ फर्किए। तर अपमानको बोझ बीसको उन्नाइस भएन।,पुष्पा र गोपाल मात्रै होइन उनीहरुका छोराहरु पनि सामाजिक तिरस्कारको शिकार बन्न थाले। गोपालका लागि गाउँमा काम गर्ने वातावरण पनि बनेन।,घरपरिवारलाई सम्झाएर गोपाल फेरि कुवेत जान काठमाडौँ आए। तर कुवेतका लागि उढ्न ठिक्क परेका गोपाललाई अघिल्लो दिन पुष्पाले रुँदै फोन गरिन्।,पुष्पाले भनिन, ‘घरमा बस्न दिएनन्। मलाई र छोराहरुलाई निकाले। हामी कैलाली, अत्तरीया आएका छौँ।’ गोपाल रन्थनिए। त्यसैदिन रात्री बस चढेर अत्तरीया पुगे। एक सरो कपडामा रहेका पुष्पा र दुई छोरा लिएर गोपाल काठमाडौँ आए।,गोपालले बसुन्धारा ३ को सुकुम्बासी टोलमा डेरा लिएर परिवारलाई राखेका छन्। ज्यामी काम गरेर परिवार चलाइरहेका बेला फेरि उनको जीवनमा अर्को संकट आइलागेको अहिले। कोरोना भाइरसको जोखिम कम गर्ने भन्दै सरकारले लकडाउन लम्बाउँदै जाँदा गोपाल र उनको परिवारको आँतसुक्दै गएको छ।,साँघुरो घरको एउटा भाडाको अध्याँरो कोठामा उनीहरु सीमित छन् दुई महिना यता। गाउँ फर्कने आधार रित्तिसक्यो। सहर जोखिमपूर्ण बन्दैछ दिनप्रतिदिन उनका लागि।,गोपाल भन्छन्, ‘गाउँमा हामीलाई स्वीकार्दैनन्। सहरमा कामविहीन हुनुपरेको छ।  बेचैनी बढेको छ। बच्चाहरु बचाउन गाह्रो भएको छ। सरकार, राजनीतिक दलका नेताहरु कसैले पनि हाम्रो पीडा सुन्दैनन्। ’,सरकारले मजदुरहरुका लागि राहत प्याकेजको घोषण गरेपनि गोपालको परिवारलाई त्यसले छुन सकेको छैन।,व्यक्तिगत सहयोगमा हालसम्म छाक जुटाएका गोपालसँग घरधनीलाई भाडा दिने पाँच हजार रुपैयाँ छैन। घरधनीले बारम्बार फोन गरेर भाडा मागिरहेका छन्।,‘लकडाउन खुलेको भए जसरी पनि आफै काम गरेर परिवार पाल्थेँ। तर अनिश्चित भएको छ सबै कुरा। के गरेर परिवार पाल्ने? मैले केही सोच्न सकेको छैन।’,सरकारले लकडाउनभर भाडा नलिन गरेको आग्रहलाई घरधनीले टेरेका छैनन्। गोपाल एक्ला छैनन् यस्तो समस्या भोग्नेमा।,समाजले निर्माण गरेको कुरीति र अन्धविश्वासका घेरा नाघेर अन्तरजातीय विवाहको निर्णय गरेकी पुष्पा अहिले गल्न थालेकी छन्।,सात वर्षदेखि उनले आफ्नी आमालाई भेट्न पाएकी छैनन्। बुवा बित्दा पनि उनका लागि माइतीको ढोका बन्द भयो। बुवाको दाहासंस्कारसमेत टाढैबाट चिहाइन्।,‘यस्तो दुःख पर्दा हेरिदिने कोही छैन। माइतीले स्वीकारेको भए केही सहयोग हुन्थो होला। त्यो पनि बाटो बन्द छ। घरको ढोका पनि बन्द छ हाम्रा लागि’, बोल्दाबोल्दै भक्कानिन् पुष्पा।,संघर्षमै जीवन बित्न थालेपछि पुष्पाको आत्मविश्वास कमजोर भएको छ। उनी भन्छिन्,‘ अन्तरजातीय विवाहको निर्णय लिँदा कहिलेकाहीँ गल्ती भयो भन्ने लाग्दैछ’, पुष्पाको कुरा सुन्दा गोपालको अनुहार पनि अध्याँरो हुन्छ।,पुष्पाले फेरि आफ्नो मन बुझाउँछिन्। भन्छिन, ‘हुनत कानुनले मान्यता दिएको कुरा गरेको हो। हाम्रो गाउँले नबुझेको हो की जस्तो लाग्छ’, गोपालले आँखाको इशाराले पुष्पाको समर्थन गर्छन्।,गोपाल भन्छन्, ‘सरकारले कानुन ल्यायो। तर कार्यान्वयन भयो कि भएन भनेर गाउँमा गएर हेरेको छैन। गाउँमा जनचेतनाको अभावले हामी जस्तै धेरै जना अझै पनि अपहेलित हुनुपरेको छ। आफ्नै मान्छेबाट तिरस्कृत हुँदा धेरै गाह्रो हुँदो रहेछ।’,दुःख र अभावमा बाँचिरहेका गोपालको मन भने दयालु छ। आफू जस्तै समस्या परेकाहरुको उद्धार अहिले पनि उनको पहिलो प्राथमिकतामा पर्छ।,आर्थिक अभावमा उपचार सेवाको पहुँचमा पुग्न नसकेकालाई उनले आर्थिक रकम जुटाउन सहयोग गरिरहेका छन्।,भन्छन्, ‘मलाई जस्तो दुःख परेको छ अरुलाई पनि त्यस्तै भएको हुनसक्छ। त्यसैले मैले जे सक्छु त्यो गरिरहेको छु अरुका लागि।’
दिपा दाहाल
तिहार र छठका लागि माटोका भाडा बनाउन भ्याइ-नभ्याइ
वीरगन्ज महानगरपालिका वडा नम्बर २८ दरदरवा टोलका कृष्ण कोहार बिहानैदेखि माटोको भाँडाकुँडा बनाउनमा यतिबेला ब्यस्त छन्।माटोको भाँडाकुँडा बनाउँदै आएका कोहार अहिले खासगरि दियो, ढक्ना, खपरी बनाउनमा बढी केन्द्रित छन्।,आउँदै गरेको दिपावलीलाई मध्यनजर गर्दै कोहारले दिपावलीमा हरेक घरमा चाहिने दियो ढक्ना, खपरी,हाती लगायतका माटाका सामानहरु बनाउनमा खास ध्यान दिएका छन्।,एक महिना अघिसम्म गाउघरमै घर बनाउने काम गर्दै आएका सत्य नारायाण अहिले भने आफनो पुर्ख्यौली पेशा माटोको भाँडाकुँडा बनाउनमा बढी केन्द्रित भएका हुन्।,नेपालीहरुको महान पर्ब दिपावली तथा छठ पर्बमा बिशेषगरी प्रयोग हुने माटोको भाँडाकुँडाहरुको माग ह्वातै बढ्ने गरेको उनको भनाई छ ।दिपावली र छठपर्बमा खासगरि माटाले बनेका दियो,खपरी,ढक्ना प्राय हरेकले नै किन्‍ने गरेकोले दशैंअघि देखि नै अरु सबै काम छोडी माटोको भाँडाकुँडा बनाउनमा ब्यस्त भएको कृष्णा कोहार बताउँछन्।,‘अरु बेला घर बनाउने काम गर्ने गरेको छु,साथै माटाका भाडाहरु पनि फुर्सत भएको बेलामा अलि अलि बनाउने गरेको छु,कृष्णाले भने,‘अहिले दिपावली छठपर्ब नजिकै आईसकेकाले अरु सबै काम छोडेर यसमै बढी केन्द्रित भएको छु।’,उज्यालोको पर्व भनेर चिनिने दिपावलीमा हरेक घरमा माटोको दियो बालिने परम्परा रही आएको छ ।गरिबदेखि धनाढय ब्यक्तिहरुको घरमा लक्ष्मीको बास होस भनेर लक्ष्मी पुजाको दिन घरघरमा दियो बाल्ने गरिन्छ।,पहिलेदेखि नै मानिसहरु खास गरेर माटोबाट बनेको दियो लक्ष्मी पूजाको दिन बाल्ने गर्दछन ।दिपावली र छठ पर्बमा माटोले बनेका भाँडाकुँडा नभइ हुँदैन। माटोको दियो बनाउदै गरेका कृष्णाले ढक्ना खपरी लगायतका सामानहरु बनाएर नजिकैका गाउँगाउँमा लगेर बेच्ने गरेका छन्।,साथै कसै कसैले त अर्डर पनि गर्ने गरेको उनी बताउछन्।माटोको दियो बिशेष गरी आउँदै गरेको दिपावलीमा बढी प्रयोग हुने भएकोले कृष्णाले पहिले दियो तयार पारी साइकलमा बोकेर नजिकैको गाउँहरुमा लगेर बेच्ने योजना रहेको सुनाउँछन्।,उनले नजिकै रहेका लालपर्सा,जगरनाथपुर, सितुहार, हर्दिया, हरदासपुर, पचरुखी,बगही, डकैला बहुअरी लगायतका गाउँहरुमा माटोको दियो बेच्ने गरेको बताउछन्।,दिपावली नजिकिएसँगै सत्य नारायणले दैनिक १ देखि ४ हजारसम्मको माटोको दियो विक्री हुने भएकाले अहिलेसम्म २० हजार वटा दियो बनाएर राखेको बताए। प्रति सयकडा १ सय रुपैयाँमा माटोको दियो विक्री हुने गरेको छ।,यस्तै माटोबाट बनेको ढक्ना भने प्रति गोटा रु २० मा विक्री हुन्छ भने खपरी रु ३० देखि ५० रुपैयाँसम्ममा पनि विक्री हुने गरेको उनले बताए।यसपालिको तिहार र छठपर्बमा ७० देखि १ लाखसम्मको माटाका सामानहरु बिक्री गर्ने लक्ष्य रहेको कृष्णाले बताए। उनले भने, ‘त्यही भएर बिहानदेखि बेलुकासम्म अरु सबै काम छोडेर माटाका सामानहरु बनाउनमै ब्यस्त रहन्छु।’,‘यसपालि पोहोरको भन्दा अलि बढी माटाका सामानहरु बेच्ने लक्ष्य राखेको छु,कृष्णाले भने,‘त्यही भएर पहिले देखि नै माटाका सामानहरु बनाएर स्टक गर्न लागया छु।’,दिपावली र छठ पर्बमा माटोको भाँडाकुँडाको माग बढेपछि यहाँका सिमावर्ती भारत बिहारबाट पनि ब्यापारीहरुले माटोको दियो लगायतका भाँडाकुँडाहरु ल्याएर बेच्ने गरेका छन्।,अन्य समयको तुलनामा दिपावली र छठ पर्बमा माटोको भाँडोको ज्यादै माग हुन्छ,कृष्णाले भने, हामीहरु सकेसम्म धेरै बनाउँछौ,त्यै पनि माग धान्न नसक्दा छिमेकी भारत बिहारबाट पनि ब्यापारीहरु टायर गाडा, साइकल लगायतका सवारी साधनहरुमा माटोको भाडाहरु ल्याएर यहाँ बेच्ने गरेका छन ।,नजिकिदै गरेको तिहार र छठ पर्वमा सबैले प्रयोग गर्ने दियो,खपरी,ढक्ना लगायतका माटाका सामाग्रीहरुको बिक्री बढने भएकाले बढी सामान बनाउन कृष्णाले आफना छोरालाई पनि सामान बनाउनमा लगाएका छन्।,यस समयमा माटाका भाडाको माँग बढने भएकाले धेरै मात्रामा सामाग्रीहरु बनाउनुपर्ने पर्ने र समय पनि छोटो भएकाले आफना छोरालाई पनि माटाका भाडा बनाउनमा लगाएको कृष्णको भनाई छ।,उनका छोरा शँकर कोहार भने भारतको दिल्लीमा सिलाई गर्ने गरेका छन्।तर,अहिले चाडबाडमा घर आएका बेला शंकरले पनि आफना बुवा कृष्णलाई माटाका भाडा बनाउनमा सहयोग गर्दै आएका छन्।,आफू भारतको दिल्लीमा बसेर सिलाईको काम गर्दै आएको भएपनि चाडबाडको बेला घर आएकोले बुवाको काममा सहयोग गरिरहेको शंकरको भनाई छ।उनले पनि आफना बुवाबाटै माटाका भाडा बनाउन सिकेको बताउछन्। ‘म त दिल्लमिा सिलाईको काम गर्छु,अहिले चाडबाडमा घर आएको छु’, शंकरले भने,‘अहिले माटाका भाडा बनाउन चटारो परेका बेला बुवाको काममा सहयोग गर्दैछु।’,पहिले-पहिले माटोको भाँडा बनाउनमा प्रयोग हुने पहेलो चिप्लो माटो सजिलै पाइने गरेको भएपनि अहिले भने सजिलै चिप्लो माटो पाउन कठिन रहेको कृष्णाको गुनासो छ।,उनले पहिले फ्रिमै पाईने गरेको चिप्लो माटो भने अहिले किन्‍नु पर्ने बाध्यता रहेको बताउँछन्। ‘पहिले पहिले फ्रि मै आफनै गाउठाउमा चिप्लो माथटो पाईन्थ्यो’, उनी भन्छन्,’अहिले भने किन्नुपर्ने बाध्यता छ।’,माटाका भाँडा बनाउन चाहिने पहेलो चिप्लो माटो अहिले सजिलै नपाइने भएकाले टाढा टाढाको गाउबाट खाजेर भएपनि ल्याउनु पर्ने अवस्था रहेको उनले बताए।कृष्णाले माटाका भाडा बनाउन ३ टेलरमा प्रति टयाक्टर ५ हजारका दरले १५ हजारको पहेलो चिप्लो माटो अन्यत्रबाट किनेर ल्याएको बताए।
राम मण्डल
यो कारणले लाग्दैछ महिला विरोधी ‘ट्याग’ नेकपा नेतृत्वलाई
झण्डै सात दशक लामो नेपालको कम्युनिष्ट आन्दोलनमा मुख्यतया समानताको नाराले धेरै महिलालाई आकर्षित गर्‍यो। राजनीतिमा आफूलाई स्थापित गर्न ज्यान धरापमा पारेर संघर्षमा होमिए उनीहरु।,तर, २०४६ सालपछिको खुला परिवेश र अवसर आएलगत्तै नेतृत्वमा पुरुष नेताले एकलौटी अधिकार लिन खोज्दा महिलाहरु पाखा लाग्नेक्रम सुरु भएको छ।,युद्धताका बन्दुकसहित समान हैसियतमा उतारेका महिलालाई पुरुष नेताहरुले शान्ति प्रक्रियापछि पन्छाएर पार्टी नेतृत्व र सत्तामा आफैँ मात्र पुग्ने प्रयास गरेका छन्।,कम्युनिष्ट आन्दोलनलाई उचाइमा पुर्‍याउन योगदान दिएका कैयौँ नेतृहरु घरभित्र सीमित बनेका छन्। कैयौँको दुखद अवसान भएको छ।,योसँगै राजनीतिमा महिला सहभागिता र नेतृत्वको सवालमा परिर्वतित शासन व्यवस्थालाई समेत चुनौती थपिएको छ।,पहिले र अहिलेको कम्युनिष्ट नेतृत्वको महिलाप्रतिको व्यवहार र धारणामा आकाश जमिनको फरक पाउने स्वयं नेतृहरु बताउँछन्।,राणाकालीन अध्याँरो समाज उज्यालो बनाउन चितवनदेखि भारतको कलकत्तासम्म पैदल हिँडेर कम्युनिष्ट पार्टीमा महिला सहभागिताको बिउ रोपेकी थिइन् मोतीदेवी श्रेष्ठले।,मोतीदेवीले राजनीतिमा बहादुरी देखाएको भन्दै उनको नाम नै बदलिदिए पुष्पलाल श्रेष्ठले, दुर्गादेवी बनिन् उनी।,वि.स.२००६ सालमा पुष्पलालको नेतृत्वमा स्थापित नेपाल कम्युनिष्ट पार्टीमा मोतीदेवी अटाइन्, पाँच संस्थापक सदस्यमध्ये एक भएर।,बिडम्बना मोतीदेवी पार्टीको नेतृत्व तहमा कहिल्यै पुगिनन्। अन्धविश्वासविरुद्धको उनको लडाइँमा पति नै टाढिए, परिवार र सामाजको अपहेलनाको पात्र बनिन्।,पञ्चायतकालमा उनलाई खोज्ने स्थिति बनेन। निराश मोतीदेवीले अन्ततः २०५४ जेठ ७ गते संसार छोडिन्।,तत्कालीन अखिल नेपाल महिला संघकी केन्द्रीय कोषाध्यक्ष कमला अमात्य भन्छिन्, ‘कम्युनिष्ट पार्टीको संस्थापकमध्ये एक मोतीदेवी हुनु भयो। त्यसबाट अरु महिला पनि कम्युनिष्ट आन्दोलनप्रति प्रेरित भए। विभाजित कम्युनिष्ट पार्टीका कुनै पनि घटक मूल नेतृत्वले उहाँको सम्झना गरेनन्। बहुदलपछि अनेमसंघले उहाँलाई खोज्यो र नेतृत्वको रुपमा सम्मान गर्‍यो।’,दुखद पक्ष, पुष्पलाल श्रेष्ठद्धारा स्थापित पार्टी नै आफ्नो ‘रुट’ भएको दाबी गर्ने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै मोतीदेवीलाई संस्थापक सदस्यका रुपमा स्वीकार गर्न हिच्किचाउँछन्, खुलेर प्रशंसा गर्दैनन् मोतीदेवीको।,सहाना प्रधान त्याग र वरियता अनुसारको हैसियत सरकार र पार्टीभित्रबाटै नपाइ अवसान भइन्।,नेकपाका नेता झलनाथ खनालका अनुसार २००४ साल वैशाख १७ गते त्रिचन्द्र कलेज अगाडि सहानाले पर्चा बाँड्दै मुठ्ठी बाँधेर गरेको पहिलो भाषण लोभलाग्दो थियो।,सहाना गर्जिएकी थिइन्, ‘नागरिक अधिकार दिनै पर्छ, मर्नमेटिन तयार छौँ, गोलीदेखि डराउन्नौँ।’,निरकुंश पञ्चायती व्यवस्थाविरुद्ध २०४६ को संयुक्त जनआन्दोलनमा नेतृत्वको भूमिकामा रहिन् उनी।,जेलनेल मात्रै होइन २०६१ साल माघ १९ को राजाको ‘कु’ पछि घरमै १५ दिन नजरबन्दमा परेकी सहाना २०५४ देखि २०५८ सम्म नेकपा मालेको अध्यक्ष बनेर मुलुकका प्रमुख राजनीतिक पार्टीको मुख्य नेता हुने पहिलो महिला भइन्।,तर पार्टी नेतृत्वले उनलाई नेतृत्वको रुपमा पठाए पनि २०६३ सालमा मन्त्रीमण्डलमा प्रधानमन्त्रीपछि दोस्रो हैसियतमा परराष्ट्रमन्त्री बन्दा पनि सहानालाई गिरिजाप्रसाद कोइरालाले उपप्रधानमन्त्रीको वरियताबाट बञ्चित गरिदिए।,राजनीतिमा निरन्तर सक्रियता, तीन पटक सम्म मन्त्रीको जिम्मेवारी सम्हाल्दा पनि सहानाको योग्यता र क्षमताको कदर भन्दा पुष्पलालकी पत्नीकारुपमा व्यवहार गरे पार्टीभित्रकै अधिकांश पुरुष नेताले।,महिला शिक्षाको अधिकार प्राप्तिको लडाइँसँगै राजनीतिमा होमिएकी साधना प्रधानले २०१० साल भदौ २७ गते भएको पहिलो चुनावमा काठमाडौँ महानगर ८ बाट पहिलो निर्वाचित महिलाको हैसियत प्राप्त गरिन्।,त्योसँगै राजनीतिक नेतृत्वमा महिलाको उपस्थितिको सुरुवात भएको थियो।,तर, पति मनमोहन अधिकारीलाई राजनीतिमा सक्रिय बनाउँदा आफू ओझेलमा परिन् उनी। उनको राजनीतिमा सक्रियता आवश्यक ठानेन नेतृत्वले।,कम्युनिष्ट आन्दोलनमा २०३७ सालदेखि अनवरत खटिएकी दिवंगत लीला श्रेष्ठ सुब्बा २०५५ सालमा मात्रै उपसभामुख पदमा पुगिन्।,तर, तत्कालीन उपसभामुख रामविलास यादवले राजीनामा नदिएको भए लीलाले नेपालको पहिलो महिला उपसभामुख बन्ने अवसर पाउने थिइन् त?,श्रेष्ठको क्षमता, योग्यता र त्यागलाई पहिल्यै मूल्याङ्कन गर्न नसक्नु नेतृत्वको कमजोरी हो।,२०२८ सालबाट राजनीतिक जीवन सुरु गरेकी शान्ता मानवीले बनारसमा पार्टीको काममा ठूलै योगदान पुर्‍याइन्।,भूमिगत अवस्थामै २०३७ सालमा अखिल नेपाल महिला संघ निर्माण गरी आन्दोलनलाई अघि बढाउन मानवीको संयोजकत्वमा सात सदस्यीय तयारी समिति गठन गरियो।,मानवी संघको दोस्रो र तेस्रो राष्ट्रिय सम्मेलनबाट उपाध्यक्ष चुनिन्। चौथो र पाँचौ राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्यमा निर्वाचित उनलाई नेकपाको पाँचौ राष्ट्रिय महाधिवेशनले वैकल्पिक केन्द्रीय सदस्यमा निर्वाचित गर्‍यो।,तर, छैटौँ राष्ट्रिय महाधिवेशनमा पार्टीले उनको नाम मनोनयनका लागि दर्ता नगर्नुलाई अपमान ठानिन् उनले। राजनीतिक यात्राबाट विचलित नभएकी उनी नेतृत्व तहमा पुग्‍न भने सकिनन्।,२०६२/६३ को जनआन्दोलन र त्यसपछि बढ्दो दबाबबाट बच्न राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिताको प्रावधान संविधानमा राख्न बाध्य पुरुष नेताले योग्य र सक्षम भएपनि महिलालाई नेतृत्वमा स्वीकार्न सितिमिति मान्दैनन्।,एमाले र माओवादीबीचको एकतापछि महिला सहभागितासँगै नेतृत्व पनि बढ्नेमा विश्वासघात भएको छ।,प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली र दाहाल नेतृत्वको नेकपा सबैभन्दा ठूलो दल हुँदा पनि संविधानद्वारा निर्धारित भागबाट महिलालाई बञ्चित गरिदिएका छन्।,सातवटै प्रदेश महिला मुख्यमन्त्री विहीन छन्। नेकपाको उच्चतम तह केन्द्रीय सचिवालयमा महिला सहभागिता शून्य छ। योभन्दा अरु लज्जास्पद के हुन सक्छ?,घर, सम्पत्ति, शिक्षा र व्यक्तिगत खुशीलाई तिलाञ्जली दिँदै मृत्युसँग जुध्दै भूमिगत राजनीति जीवन पार गरेकी र पार्टीप्रति सधैँ वफादार अष्टलक्ष्मी शाक्यलाई बाग्मती प्रदेशको मुख्यमन्त्रीका रुपमा २०७४ सालको आम निर्वाचनअघि नै प्रस्तुत गरियो।,प्रतिनिधिसभा सांसद बन्न सक्षम र योग्य बन्न अष्टलक्ष्मीलाई मुख्यमन्त्री बनाउने भन्दै नेकपाका पुरुष नेताहरुले नै प्रदेश पठाए।,तर, नेपालको पहिलो महिला मुख्यमन्त्री बन्नबाट रोक्न पार्टी अध्यक्ष ओलीसँगै राष्ट्रपति विद्यादेवी भण्डारी समेत लागिपरेको भन्दै शाक्यले विरोध गर्दै आएकी छिन्।,शाक्य भन्छिन्, ‘जनताको मन जित्न सफल भए पनि पार्टीको मूल नेतृत्वले षड्यन्त्र गरेर मलाई मुख्यमन्त्रीबाट हराउने काम गर्‍यो। रातारात मतदातालाई कब्जामा पार्‍यो, धम्की दियो, प्रलोभनमा पार्‍यो। त्यसमा सबैभन्दा ठूलो षड्यन्त्र राष्ट्रपतिले नै गर्नुभयो । त्यसबाट म अत्यन्तै दुःखी छु।’,यो घटनासँगै महिलाले महिलालाई असहयोग गर्ने नेकपाभित्रको प्रवृत्ति पनि उदांगियो। र, इमान र निष्ठापूर्वक लाग्नेहरुको पनि मन दुख्यो।,एक वर्षको अन्तरालमा पछिल्लो पटक भएको स्थायी कमिटी बैठकमा दुई पटक मन्त्री भइसकेका शाक्य र पम्फा भुसालले अध्यक्ष दाहाललाई राजनीतिमा महिलाको भूमिका स्मरण गर्न लगाए।,तर ९ सदस्यीय सचिवालयलाई १५ बनाउनु पर्ने र त्यहाँ दुई जना महिला राख्नु पर्ने उनीहरुको मागले नेतृत्वबाट मात्रै होइन, आम सदस्यबाट पनि कुनै गम्भीर समर्थन पाएन, उपहासका पात्र बने उनीहरु।,बरु पटकपटक सभामुख भइसकेका सुवास नेम्वाङले त्यत्तिबेलै भने, ‘म पनि सचिवालयमा बस्न योग्य छु। म पर्नु पर्ने हो।’,आफ्ना लागि गम्भीर बन्ने पुरुष नेताहरु सँगै रहेका महिला नेतृलाई अन्याय हुँदा रहे नेम्वाङजस्तै।,‘यो पार्टीभित्र दुई जना महिला नेतृको सवाल मात्रै होइन। यो आफैँले पारित गरेको एक तिहाइ महिलासँग जोडिएको विषय हो। यसलाई ख्यालठट्टा गरिनु हुन्न,’ शाक्य भन्छिन्।,शाक्यले अध्यक्ष दाहाललाई महिला सहभागितामा गम्भीर नभए बाहिरको दबाब थेग्न सक्नु हुन्न भन्दै आक्रोश व्यक्त गरिन्।,शाक्यले पितृसत्ता र सामान्तवादी सोच अहिले नेकपाकै टुप्पोमा रहेको अनुभव गरेकी छिन्।,२०४९ सालको नेकपा (एमाले)को पाँचौ राष्ट्रिय महाधिवेशनका बेला मदन भण्डारी स्वयम्‌ले अष्टलक्ष्मीलाई केन्द्रीय सदस्यमा उठ्न आग्रह गरेका थिए।,नेता भण्डारीले भनेका थिए, ‘कमरेड खाली काम मात्रै गर्ने होइन नेतृत्वमा पनि आउनुपर्छ। तपाई केन्द्रीय सदस्यमा उठ्नु पर्छ।’,त्योसँगै अष्टलक्ष्मीले पार्टीको केन्द्रीय सम्पर्क विभागको नेतृत्वको जिम्मेवारी (२०५२–६१) सम्म कुशलतापूर्वक निर्वाह गरिन्। तर पूर्व एमालेमा उपाध्यक्ष हैसियत प्राप्त गरिसकेकी उनका लागि नेकपा केन्द्रीय सचिवालयको ढोका बन्द गरिएको छ।,संवैधानिक बाध्यतामा संसदमा ३३ प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत महिला प्रतिनिधित्व भएपनि संघीय मन्त्रीपरिषद्‌मा दुईजना महिला छन्।,नेकपामा महिला प्रतिनिधित्व संवैधानिक प्रावधान भन्दा धरै कम हुँदा पनि निर्वाचन आयोगको आँखा बन्द छ।,पार्टी नेतृत्वसँगको मिलोमतोमा ३३ प्रतिशत महिला सहभागिता नपुगे पनि सजिलै पार्टी दर्ता गरिदिने तत्कालीन निर्वाचन आयुक्तको असर अझै छ कि?,त्यसको विरोधमा तत्कालीन निर्वाचन आयुक्त ईला शर्मा उत्रिन्, सुनुवाइ भएन।,संविधान जारी भएपछिको निर्वाचनमा पहिलो पार्टीको हैसियत पाएको नेकपाको मुल नेतृत्वले महिलालाई उचित स्थान र हैसियतबाट बञ्चित गराएको छ नै, आफ्नो अधिकार माग गर्ने महिलालाई समेत चेतावनी दिँदै आएको छ।,दोस्रो पटक बालुवाटार छिरेपछि अध्यक्ष ओलीले धेरै ट्याउँट्याउँ नगर्न भन्दै आफ्नै पार्टीका महिलालाई आदेश दिए।,अष्टलक्ष्मी र पम्फाले महिला सहभागिताको माग कार्यान्वयन नभएपछि बाहिर बोल्ने चुनौती दिँदा अध्यक्ष दाहालले त्यसबारे बाहिर बोल्न ठिक नहुने धम्की दिए, धुम्बाराहीमा।,२०४६ सालपछि विभिन्न सरकारले महिला लगायत पछि परेकाहरुका लागि सकारात्मक विभेदको नीति ल्याए पनि नेकपामा त्यो लागू हुन नसकेको हो।,पछि परेकालाई अगाडि ल्याउनु त कताकता संघर्षमा जनताबीच पुरुष समान या त्यो भन्दा बढी लोकप्रियहरुलाई पनि नेतृत्व हैसियत दिन नेकपा तयार छैन।,यस्तो प्रवृत्तिले महिला नेतृहरुलाई राजनीतिक जीवनको महत्वपूर्ण समयमा अघि बढ्न दुरुत्साहित गरिहेको छ।,करिब चार महिना सभामुख निर्वाचन हुन नसकेको अवस्थामा उपसभामुख पदमा रहेकी महिला नेतृ शिवमाया तुम्बाहाङ्फेलेदलबाट स्वतन्त्र भइसकेपनि नेकपा अध्यक्ष ओली र दाहालले राजीनामा दिन दबाब दिए।,तुम्बाहाङफेले आफ्नो विद्यावारिधिको शोधपत्रमा राजनीतिमा महिलाहरु सशक्त भएर निस्किए पनि सत्ता र साशनमा उनीहरु शून्य र न्यून अवस्थामा रहेको निष्कर्ष निकालेकी थिइन्, १२ वर्षअघि।,तर, कस्तो विडम्बना राजनीतिमा ४ दशक बिताएकी तुम्बाहाङ्फे अहिले आएर नेतृत्वको पित्तृसत्ता प्रवृतिको शिकार बनिन्।,पुरुषत्व स्थापित गर्ने कोशिस गरेका सभामुख कृष्णबहादुर महराको दोषको सजाय तुम्बाहाङ्फेले पाउने?,यहीबीच उनले नेकपाभित्र राजतन्त्र भन्दा पनि बढी पितृसत्तात्मकताले जरो गाढेको र त्यसको सिकार आफू भएको बताएकी छिन्। सोमबार उपसभामुख पदबाट राजीनामा दिने क्रममा समेत उनले भनिन्, ‘मैले लडाइँ जितेँ, तर पित्तृसत्ताको जरा बलियो रहेछ।’,योग्यता, पात्रता र वरियताका आधारमा उपसभामुखमा छानिएकी शिवमायाको पदावधि तीन वर्ष बाँकी रहँदा पनि उनले राजीनामा दिनुपर्ने अवस्था आयो।,पार्टीमा केही महिलाले महिला सहभागिताको  प्रश्न उठाए पनि नेतृत्व या कुनै पनि पुरुष सदस्यले यो विषय नउठाउँदा पार्टीको संस्थागत प्रवृत्ति सहजै बुझ्न सकिन्छ।,पार्टीको उच्चतम तहमा रहेका पुरुष नेताहरुले चेली र बहिनीको हैसियतमा सीमित राखेर सभामुख निर्वाचनको बाटो खोलिदिन आग्रह गर्नु कति जायज हो?,पुरुषसँगको शिवमायाको नाता हुनुलाई बढी महत्व दिनु तर उनले राजनीतिमा पुर्‍याएको योगदान, प्रदर्शन गरेको क्षमतालाई बिर्सनु सामन्ती सोचको पराकाष्ठा हो।,शिवमायाको घाउमा नुनचुक लगाउने काम अर्क अध्यक्ष प्रचण्डले पनि गरे। बालुवाटारमा ओली र दाहालसँगको भेटमा शिवमायाले सभामुखका लागि म पनि योग्य छु भन्दा दाहालले तपाईँले पार्टी सदस्यता कहिले लिनु भयो भनी उल्टै उनलाई सोधेका थिए। तर, शिवमायाले संयमित भएर आफ्नोबारे बताएकी थिइन् दाहाललाई।,३३ प्रतिशत महिला सहभागिताको संवैधानिक प्रावधान ओली नेतृत्वको मन्त्रीमण्डलमा लागू किन भएन? बिना मगरको मन्त्री पदले निरन्तरता पाएको छ। तर अध्यक्ष प्रचण्डको बुहारी नभएको भए उनले त्यो हैसियत पाउँथिन्?,योग्यता र क्षमता भए पनि पम्फा भुसाल मन्त्री पदबाट किन बञ्चित भइन्? मगरको पक्षमा लबिङ गर्नेले भुसालको पक्षमा किन गरेनन्?,२०३६ सालबाट राजनीतिक सुरु गरेकी भुसाल पटकपटक पार्टी फुटजुटको मारमा परिन्, जनयुद्धका क्रममा विभिन्न क्षेत्रको नेतृत्व सम्हालिन्। पूर्व पार्टीमा प्रवक्ता पनि भइन् र महिलातर्फ सबैभन्दा वरिष्ठ भएपनि उनले एकीकृत पार्टीको केन्द्रीय सचिवालय सदस्यको हैसियत किन पाउन सकिनन्?,प्रत्यक्ष निर्वाचनमा नेपाली कांग्रेसका प्रभावशाली नेतालाई हराएकी पद्मा अर्याल मन्त्री भइन्। तर उनले मन्त्रीमा निरन्तरता पाउनुमा गुटको पनि भूमिका छ। र, गुटका कारण उनीहरुले पनि महिलालाई प्रोत्सान नगरेको आरोप छ।,ओली नेतृत्वको सरकारमा सबैभन्दा पहिले लालबाबु पण्डितसँगै महिला बालबालिका तथा समाजकल्यण मन्त्रीको रुपमा सपथ खाएकी र विद्यार्थी जीवनदेखि राजनीतिमा सक्रिय थममाया थापाले ‘राम्रो कार्यसम्पादन नगरेको’अभियोगमा मन्त्रीबाट निस्कासित हुनुपर्‍यो।,थापा भन्छिन्, ‘मेरो क्षमताले भ्याएसम्म राम्रो गर्ने कोशिस गरेको थिएँ। तर महिलालाई हेर्ने दृष्टिकोण बदलिएको छैन। प्रधानमन्त्री स्वयम्‌बाट पनि अपेक्षित हौसला र सल्लाह पाउन सकिन। भेट्ने समय समेत पाइन मैले। अन्तत: म नै निस्कनुपर्‍यो। ‘,महिला मन्त्रालयको नेतृत्वको जिम्मेवारी पुरुषलाई दिनु जायज छ? विद्यादेवी भण्डारी दुई पटक राष्ट्रपति हुँदा धेरै जना दंग परे, तर सेरिमोनियल हैसियतमा महिलालाई खुम्चाउने पुरुष नेताको रणनीति बुझेनन्।,त्यही पद पनि पार्टीभित्र केपी ओलीसँगको गुट बलियो नबनाएको भए उनका लागि सम्भव हुन्थ्यो? अहिले महिला नेतृलाई प्रोत्साहन गर्नुका साटो अष्टलक्ष्मीलाई जस्तै दुरुत्साहित गर्ने खेलमा भण्डारी लाग्ने गरेको गुनासो बाक्लो छ।,२०७२ असोज २९ गते व्यवस्थापिका संसदको पहिलो महिला सभामुख बन्न सफल भए पनि ओनसरी घर्तीलाई पुरुष नेताहरुले खिस्सी गरे, बोल्न नजानेको भनेर। पुरुष सभामुखले कति गल्ती गरे कसैले हिसाब गरेको छ?,योग्यता नपुगेको भन्दै घर्तीको खिल्ली उडाए। घर्ती युद्धका बेला ज्यान धरापमा पारेर हिँड्दा उनको योग्यता पुग्ने र अहिले नपुग्ने?,२०६२/६३ को आन्दोलनमा सक्रिय रहेका रामकुमारी झाँक्री लगायत युवा नेतृहरु निराश छन्। पार्टीको मूल नेतृत्वको प्रखर आलोचक बन्न उनीहरुलाई बाध्यता छ।,र, नेतृत्वको गुटगत गतिविधि र विभेदले पार्टीको माथिल्लो तहमा पुग्ने सम्भावना समेत निकै कम छ। झाँक्री भन्छिन्, ‘महिला, योग्यता, क्षमता होइन यहाँ गुट मात्रै हेरिन्छ। संविधानको खिल्ली उडेर के भयो र ?’ झाँक्री भन्छिन्।,मिश्रित निर्वाचन प्रणालीमा ४० प्रतिशत महिला हुनुपर्ने संवैधानिक प्रावधानलाई महिला सशक्तीकरण र प्रतिनिधित्व भन्दा पनि पुरुष नेतृत्वको कोटा या भागबन्डाका बस्तुका रुपमा देखाइएका छन्।,२०७४ सालको आम निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ पूर्व एमालेबाट पवित्रा निरौला र पद्मा अर्यालले मात्रै प्रत्यक्ष निर्वाचित सांसदका हैसियत पाउँदा पूर्व माओवादीबाट बिना मगर, कमला रोका र पम्फा भुसाल मात्रै सांसद बने।,प्रत्यक्षमा महिलालाई कोटा दिन कञ्जुस्याँइँ गरेको नेतृत्वलाई ४० प्रतिशत समानुपतिक कोटा पुर्‍याउन हम्मेहम्मे पर्‍यो।,समानुपातिक सांसद बनेका महिला नेतृले व्यक्तित्व विकास त गरेका छन् तर उनीहरु पार्टी नेतृत्व तहमा पुग्नका लागि यात्रा धेरै कठिन देखिन्छ।,प्रत्यक्षको न्यून महिला प्रतिनिधित्वलाई पुरुष नेतृत्वको मनोनीतका रुपमा या अशंबण्डाका आधारमा क्षतिपूर्ति गरियो।,राजनीतिमा महिला सहभागिता र नेतृत्वबारे संयुक्त राष्ट्रसंघले बोल्न थालेको लामै समय भयो।,सन् २०११ मा आएर संयुक्त राष्ट्र संघीय साधारणसभाले पनि महिलाको राजनीतिक सहभागिता सम्बन्धी संकल्प प्रस्ताव पारित गर्दै समानता, दिगो विकास, शान्ति र लोकतन्त्रको उपलब्धिका लागि नीति निर्माणका सबै तहमा पुरुष सरह महिलाको पनि समान सहभागिता अत्यावश्यक छ भनेको छ।,नेपाल संयुक्त राष्ट्र संघको सदस्य हो र यी महासन्धिको पालना गर्नु राज्यको कानुनी दायित्व हो।,संविधानले राष्ट्रपति, उपराष्ट्रपतिदेखि जन प्रतिनिधिमूलक सबै संस्थाहरुमा प्रमुख या उपप्रमुख मध्ये एक पदमा अनिवार्य रुपमा महिला हुनुपर्ने प्रावधान अघि सारेपनि राष्ट्रपति बाहेक प्राय सबै पदमा महिला उपमा सीमित छन्।,जसको भाग्य पुरुष प्रमुखको निरन्तरतामा निर्भर हुने देखिएको छ, उपसभामुख प्रकरण यता।,‘राजनीतिक नेतृत्वमा प्रभावशाली र अर्थपूर्ण पहुँच नहुँदासम्म महिलाहरुको मर्यादास्तर सँधै दोस्रो श्रेणीको नागरिककै रुपमा रहिरहन्छ किन भने उनीहरुका माग र सरोकारलाई संरचनागत तहमा सम्बोधन गर्न सक्ने र सबै अधिकार सुनिश्चित गर्न सक्ने मुख्य संयन्त्र नै राजनीति हो,’ रुपान्तरणमा महिला नामक पुस्तकको राजनीतिक नेतृत्वमा महिलाको पहुँच शीर्षकको लेखमा मञ्जु थापा र दीप्ति खकुरेलले भनेका छन्।,वास्तविक लोकतन्त्रको अभ्यास,समाजको समृद्धि र राज्यको प्रगतिका लागि पनि महिलाको राजनीतिमा  पहुँच अनिवार्य छ।,वैधानिकरुपमा २००४ सालदेखि चुनिने अधिकार पाएका महिलालाई निर्णायक निकायमा जान पुरुष नेताहरुले नै काँडेतार लगाउँदै आएका छन्, त्यसलाई चिर्न अष्टलक्ष्मी र शिवमायाझैँ अविचलित हुनु आवश्यक छ।
दिपा दाहाल
बाटो फराकिलो पार्न आफ्नै घर भत्काउने वडासदस्य – बिरातीदेवी
वीरगञ्ज– विकास निर्माणका लागि आफ्नो घर भत्काउनु पर्‍यो भने कसैले पनि सजिलो गरी मान्दैनन्।,अझ बाटोका लागि जनताबाट निर्वाचित जनप्रतिनिधिहरुको घर भत्काउनु पर्ने अवस्था आयो भने त उनीहरु आफ्नो पहुँच लगाएर पनि त्यसलाई रोक्न हरसम्भव प्रयास गर्छन्।,तर वीरगञ्ज महानगरपालिकाकी एक वडा सदस्यले बाटो विस्तारको क्रममा आफनो पनि घर परेपछि सबै भन्दा पहिला आफ्नै घर भत्काएर बाटो विस्तारमा सहयोग गरेकी छन्।,वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० की महिला वडा सदस्य बिरातीदेवी पासवानले बाटो निर्माणको क्रममा स्थानीयले आफ्नो घर भत्काउन नमानेपछि सबैभन्दा पहिला आफ्नो घर भत्काएकी हुन्।,स्थानीयले घर भत्काउन नमान्दा बाटो विस्तारको काम रोकिएपछि आफ्नो घर भत्काएको उनले बताइन्। बाटोमा परेको घर भत्काउन वडा कार्यालयबाट बारम्बार ताकेता गर्दापनि स्थानीयले नमानेको उनको भनाई छ।,‘एक महिना पहिले नै नापी भएर सडकमा परेका घर भत्काउन स्थानीयलाई हटाउन भनेका थियौँ’, पासवानले भनिन्,‘तर अटेरी गर्दा सडक निर्माण कार्य नै रोकिएको थियो।,आफूले बाटोमा परेको आफ्नो घर भत्काएपछि स्थानीयले पनि आफ्ना घर भत्काउन सुरु गरेको उनले बताइन्। स्थानीय तहकाे चुनावमा पासवान नेकपाबाट दलित महिला सदस्यमा उठेकी थिइन्। बाटाे बढाउने क्रममा उनकाे घरकाे काेठा र उक्लने भर्‍याङ परेकाे छ।,वडा कार्यालयको पाँच लाख रुपैयाँको लागतमा बाटोको ढलान गरिने वडा अध्यक्ष अमानत अन्सारीले बताए।,
राम मण्डल
‘पहिला कोही थिएन, अहिले अभिभावक पाएकी छु’
धुलावारी– मेचीनगर नगरपालिका–१० की देवी मेचे सोमबारदेखि आफ्नै घरमा सरेकी छन्। सहयोगीहरुबाट संकलित रकमबाट उनका लागि देवी मेचे सहयोग समितिले निर्माण गरेको घर एक कार्यक्रमकाबीच सोमबार बिहान नेपाली कांग्रेसका प्रवक्ता  विश्वप्रकाश शर्माले हस्तान्तरण गरेका हुन्।,आर्थिक अवस्था कमजोर भएको परिवारमा जन्मिएकी उनले न त स्कुलको अनुभव गर्न पाइन् न आमाबुवाको संरक्षण नै। ९ बर्षको हुँदा आमा लक्ष्मी मेचेले यो संसारबाट सदाको लागि बिदा लिइन् त्यसपछि उनी बेसाहरा जस्तै बनेकी थिइन्।,मेचीनगर— ७ जोरसिमलमा जन्मिएकी देवी मेचेले बुवा अञ्जीत मेचेलाई देख्न समेत पाइनन्। आर्थिक अवस्था कमजोर भएकै कारण कोइलाखानीमा कमाउन गएका बुवा अञ्जीत मेचे हालसम्म फर्केर नआएको उनले बताइन्।,आमाको निधनपछि उनलाई मामा बिष्णु मेचेले संरक्षण दिएका थिए। उनी करीव ४ बर्ष मामा घरमा बसिन् त्यसपछि पुनः आफ्नै दाजु भाउजुकोमा पुगिन्। दाजु भाउजुको संरक्षणमा बसेपनि व्यापारी धन गिरीको घरमा काम गर्न थालिन्। कामगर्ने क्रममा लुगा धोएर सुकाउन खोज्दा उनको जिवनको सबै खुसी खोसियो।,लुगा धोएर सुकाउने क्रममा बिजुलीको तारमा लुगाले छोएपछि उनलाई करेन्टले सडकमा पछारेको थियो। त्यसपछि उनी शारीरिक रुपमा अशक्त मात्र बनिनन्, उनी बेसहारा समेत बनिन्।,स्थानीय कृष्ण घिमिरेसंग विवाह भएपनि दोस्रो सन्तान भए लगत्तै उनको मृत्यु भएको थियो।,जब उनको काहालीलाग्दो अवस्था नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले थाहा पाए, उनले छोराको जन्मदिनका अवसर पारेर मेचेको घर बनाउन ७ धुर जग्गा किनिदिए।,विजय डालमिया, पत्रकार मुक्ति पौडेल लगायतले देबी मेचेलाई सहयोग गर्न विभिन्न संघ संस्था र सहयोगी हातहरुसँग निरन्तर छलफल गरेर विजय डालमियाको संयोजकत्वमा सहयोग समिति गठन गरेर उनको खुशीको लागि घर निर्माण अभियान सुरु गरिएको थियो।,सहयोगी हातहरुबाट आर्थिक संकलन गरेर करिब १० लाखको लागतमा सुन्दर घर निर्माण गरेको छ। देबी मेचेको भविष्यप्रति चिन्तित सबैले सहयोग पुर्‍याएको कारण २ कोठा र एउटा किचन र ट्वाईलेट बाथरुमसहितको घर निर्माण गर्न सफल भएको र जग्गादाता एवम् नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माबाट सोमबार घर हस्तान्तरण गरिएको हो।,घर निर्माण भएसँगै देवी भावुक बनिन्। भनिन् —‘अब मैले अभिभावक पाएको छु। अब दुःखका दिन आउँदैनन् होला, छोरीहरुलाई समेत ईष्ट होराईजन मावि धुलावारीले निःशुल्क पढाई दिने विद्यालयका प्रिन्सिपल सञ्जीव राईले बचन दिएको उनले बताइन्।
उमाकान्त खनाल
तिमीलाई भेट्न म फूल बनेर आउँछु..
भनिन्छ चोखो माया/प्रेम युग-युगान्तरसम्‍म रहन्छ र त्यसलाई न समाजले रोक्न सक्छ न त कुनै पहाडले छेक्न सक्छ। त्यो एक दिन अमर बनेर सबैको मनमुटुमा बस्छ। यस्तै प्रेमसँग यतिबेला सिरहाको ऐतिहासिक सलहेस फूलबारीमा वैशाख १ गते फुल्ने फूल हेर्न आउने जोकोहीले पनि आपसमा भलाकुसारी गरिरहेका छन्।,यतिमात्र होइन यहाँ मेला भर्न आउनेहरु अधिकांश प्रेम जोडी वा निसन्तानहरुले सन्तानको आशमा भाकल गरेर राजा सलहेशको फुलबारी अवलोकन गर्न आउँछन्।  विगतमा झै यस वर्ष पनि सिरहामा अवस्थित ९ बिगाहामा फैलिएको सलहेश फूलबारीमा हजारौको संख्यामा भक्तालुहरु उपस्थित भएका छन् आफ्नो मनोकामना लिएर।,१४औं शताब्दीका राजा सलहेसको सम्झनामा सलहेशको शौर्य, पराक्रम, वीरता, साहस र प्रेमसँग गाँसिएका गाथाहरुको सम्झनास्वरुप यहाँ प्रत्येक वैशाख १ गते परम्परागत मेला आयोजना हुन्छ।,लहान बजारदेखि चार किलोमिटर पश्चिम-दक्षिणमा ९ बिघा क्षेत्रफलमा फैलिएको छ–सलहेस फूलबारी। फूलबारीको मध्यभागमा हारमको रुखमा अन्य वर्ष जस्तै यो वर्षको अन्तिम दिन माला आकारमा फूल फुलेको छ।,आश्चर्य त के छ भने मेलाको भोलिपल्ट अर्थात् वैशाख २ गते दिन ढल्दै जाँदा विस्तारै फूल पनि ओइलिएर जान्छ। यही अनौठो फूल हेर्न पनि आज टाढा टाढाबाट श्रद्धालु आइपुगेका छन्।,फूलबारीमा राजा सलहेस र मालिनीको छुट्टा–छुट्टै गहबर (मन्दिर) छ।पूजारी नागेश्वर सिंह धामी भन्छन्, ‘मन्दिर पछाडि इनार र बालीगंगा नदी बग्ने गरेको छ। बालीगंगा नदी कहिल्यै सुक्दैन। आजको दिन यस नदीमा हजारौं श्रद्धालु स्नान गर्छन्।’,पुजारी सिंहका अनुसार सलहेश एकै दिनमा मानिक दहमा नुहाउने, फूलबारीमा फूल टिप्ने, सिलहट अखाडामा कुस्ती खेल्ने, कुलदेवीको पूजा गर्ने तथा जनताको पीरमार्का सुन्‍ने गर्दथे।राजा सलहेसले मानिक दहमा नुहाउने, फूलबारीमा फूल टिप्ने र सिलहट अखाडामा कुस्ती खेलेपछि कुलदेवीको पूजा गरी कञ्चनगढमा जनताको पीरमार्का सुन्ने गरेका थिए।,मेला भर्न आउनेहरु सलहेस गहबरमा पूजापाठ गरेर भाकल गर्दा मनोकामना पुरा हुने गरेको पूजारी सिंह बताउँछन् । उनी भन्छन्, ‘मनोकमना पुरा हुने गरेकै कारण टाढा टाढाबाट मानिसहरुले भाकल गर्न यहाँ आउँछन्। भारतका पटनाबाट पनि हजारौं महिला र पुरुष एक दिन अगावै आइपुग्छन् ।’ सलहेश गहबरमा पूजापाठ गर्दा निःसन्तान महिलाहरुले सन्तान समेत पाउने गरेको उनको भनाई छ ।,सिरहामा सलहेश गाथाको परिवेश ऐतिहासिक तथ्य माथि आधारित छन्। सलहेश कुनै काल्पनिक पात्र नभई आफ्नो क्षेत्रका लोक नायक मान्निथ्यो। उनी आफ्नो पराक्रम राष्ट्रप्रेमी र नेतृत्वशक्तिले गर्दा पुज्य भए। उनी अहिंसावादी थिए। उनी आफ्नो सवारी हात्तीमा गर्थे र जनताका पीरमार्कालाई नजिकबाट बुझ्ने गर्दथे।,उनी आफ्नो बाहुवल तथा बृद्धिले त्यस क्षेत्रका राजा भएका थिए। आफ्नाक्षेत्रका जनतालाई सुरक्षा दिएर अन्य शक्तिको आक्रमण विफल तुल्याइदिएका थिए । उनी सबैको समस्या बुझेर त्यसको समाधान गरिदिन्थे। त्यसकारण उनी सर्वसाधारणबीच लोकप्रिय भए। सलहेश गाथामा वर्णन गरिएको छ।,“सलहेश एकै दिनमा मानिकदहमा नुहाउंन गर्थे, लहानको फूलवारीमा फूल टिप्थे, सिलहट आखाडामा कुस्ती खेल्थे, आफ्नो जन्मथलो महिसोथामा कुल देवीको पुजा गथे, र त्यसपछि आफ्नो प्रजाको समस्या सुन्नका लागि कंचनगढ पुगि सबैको पिर मार्का सुन्थे। सलहेशगाथा वारेमा थारु भाषामा यसरी भनिएको छ।, , , , ,कुनै वेला बेलका पहाडतिर हुन्छ (यो पहाड हाल सप्तरीदेखि उत्तर उदयपुर जिल्ला जिल्लामा पर्ने बेलका वनमा पर्दछ।) कुनै वेला सरर फूलवारी तिर जान्छ मानिक दहमा नुहाउँछ र त्यसपछि पकरिया गढमा देवीको पूजा गर्दछ।तर यी मानिसहरु देखि भागिरहन्छ। यिनीहरु मलाई छाड्न तयार छैनन्।,सलहेश लोकगाथामा जति ठाउँको नाउँ आएको छ जस्तो महिसौथा पकरियागढ, कंचनगढ, तरेगना, मानिकदह, सलहेश फूलवारी, यी सबै ठाउँहरु सिरहा जिल्लामा अधावधि छन्। सिरहा जिल्लामा रहेका सल्हेश गाथासँग सम्बन्धित पूरातात्विक महत्वका स्थलहरु आज पनि ऐतिहासिक बनेर रहेको छ।,राज महिसौथा: सिरहा जिल्लाको अर्को पूरातत्विक स्थल महिसौथा हो। यो ठाउँ सिरहा बजारसँग टाँसिएको उत्तर गाउँमा पर्दछ। सिरहा वजारको केही भागपनि महिसोथा ७ मा पर्दछ। यो ठाउँ सल्हेश लोकगाथासँग सम्वन्धित रहेको जनविश्वास छ। माहिसौथा वस्तीको उत्तरपूर्व तर्फ ५०० फिटको गोलाईमा फैलिएको एउटा डिस्को छ। यसै डिस्कोसँगै एउटा ठूलो तलाउ पनि छ। करीव २ विघा ९ कठ्ठाको उक्त पोखरी हेर्दा धेरै पूरानो लाग्दछ।,पुरानो गढकै वाँकी भागमा एउटा मन्दिर छ। यस मन्दिरको अस्तित्व ५/६ सय वर्ष पुरानो देखिन्छ भनी स्थानीय वुढापाकाहरु भन्दछन् । मन्दिरभित्र करीव १० फीट अग्लो हातीमाथि हौठा बनाई सलहेशको मूर्ति छ । छेउमा मोती राम तथा बुद्येश्वर घोडामा सवार छन्। हात्तीको एकातिर दिना मालिनी फुलको डाली लिई उभिएकी छिन्।,स्थानीय सियाराम चौधरीका अनुसार त्यहाँ सय वर्ष अघि सलहेश नामक प्रतापी राजाले राज्य गर्दथे। त्यो स्थान उनले नै स्थापना गरेको हो भनिन्छ। यो पनि भनाइ छ कि सलहेशले आफ्नो बाहुवलले यो इलाका जितेर आफू राजा भएपछि यस स्थानमा आफ्नो राजधानी बनाए। उक्त स्थान गढको भाग्नावशेष हेर्दा ईटाको टुक्राहरु देखिन्छ। यो स्थान अवलोकन गर्नका लागि पूरातत्व विभागको टोली पनि आएको थियो तर आजसम्म यस प्राचिन ठाउँको उत्खनन नगरिएको गुनासो छ।, यो ऐतिहासिक स्थान सिरहा जिल्लाको महत्वपूर्ण लहान वजार देखि ५ किलोमिटर उत्तर पहाड छेउमा पर्दछ । यस स्थानमा करीव १५०० फीटको गोलाईमा फैलिएको पूरातात्विक स्थल छ । यो ठाउँ प्राचिन समयमा कुनै राजाको गढ थियो भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ।,स्थानीय जनविश्वास अनुसार पकडियाको पूरातात्विक स्थल राजा कुलेश्वरको दरवार थियो।त्यसकारण यदि त्यहा उत्तखनन् गराइयो भने राजाको गद्दी भेटाउन सकिन्छ। गढको वरिपरी इटाले वनेका पर्खालको भग्नावेष रहेको देखिन्छ। स्थानीयवासीका अनुसार केही वर्ष अगाडि त्यस क्षेत्रका १० इन्च लामो र दूइ इन्च मोटाइ भएको केही इटा भेटिएको थियो। गढतिरको छेउ छाउमा इटाका टुक्राहरु प्रशस्त भेटिन्छ।,हेर्दा अनुमान गर्न सकिन्छ कि यो ठाउँ कुनै पराक्रमी राजाको गढ हुनसक्छ । गढमा एउटा मन्दिर छ र पोखरीको पूर्व छेउमा एउटा मन्दिर छ । यसै मन्दिरमा राजा सलहेशको पनि उक्त मन्दिरमा भएको एउटा प्रतिमा स्थापित छ । राजा सलहेशको पनि उक्त मन्दिरमा घोडा चढेको मूर्ति छ । पकडिया गढमा राजा कुलेश्वरको घोडामा सवार भएको एउट प्रतिमा स्थापित छ । राजा सल्हेशको पनि उक्त मन्दिरमा घोडा चढेको मूर्ति छ । पकडिया गढमा राजा कुलेश्वरको पूजा हुन्छ ।,: सिरहा जिल्लामा लक्ष्मीपुर गाविस अन्तर्गत पर्ने पतारी पोखरी ऐतिहासिक महत्व भएको स्थल हो । भनिन्छ राजा कुलेश्वरका कान्छा भाइ हरिसिंह देवको यहाँ निवास स्थान थियो। हाल यस ठाउँमा हरिसिंह देवको दरवार छ। त्यतिवेला राजा रानीको प्रतिमा रहेको स्थानीय जनविश्वास छ। त्यो प्रतिमा जस्तो त लाग्दैन तर दुइटा कालो ढुङ्गाको पूजा अवश्य गरिन्छ । झट्ट हेर्दा उक्त ढुंगा पूरानो लाग्दछ। यस ठाउँको दरवारको अगाडि एउटा पुरानो पोखरी छ।,सलहेश फूलवारी मेला हेर्नेहरु पतारी पूगी त्यहाँ नुहाउँछन्, छोराछोरी नहुनेले सन्तानको माग गर्दछन्। नियमानुसार सन्तानको इच्छा गर्नेले पतारी पोखरीमा डुबुल्की मारेपछि जे भटिन्छ त्यो वस्तु लिई भिजेकै लुगा सहित भाग्नु पर्दछ। केही पर पुगेपछि लुगा फेरि घर फकिन्छन्। जन विश्वास रहेको छ कि उक्त पोखरीमा नुहाउनाले सन्तान प्राप्ति हुन्छ। यस ठाउँमा बैशाख २ गते मेला लाग्दछ। यस ठाउँको उत्खनन गराएको खण्डमा केही नयाँ कुरा सबैको सामू आउने छ।, सिरहा जिल्लाको लोकगाथासँग सम्बन्धित अर्को ऐतिहासिक स्थल मानिक दह हो। यो ठाउँ ऐतिहासिक भएपनि यसलाई सांस्कृतिक थलोको रुपमा लिइन्छ। सिरहा जिल्लाको लहानदेखि १४ किलो मिटर उत्तर पश्चिम गोविन्दपुर गाविस अन्तर्गत पर्दछ। महिसौथाको सलहेश मन्दिरदेखि यो दह पूर्व दिशातिर पर्दछ। यस दहको ऐतिहासिक विषयमा कसैले चौदण्डीको सेनराजा मनिक सेनले बनाएका भन्छन् भने कसैले साविक देखि नै रहेको यो दह जीर्णोद्धार गरेको कुरा बताउँछन्।,नेपाल एकीकरण भन्दा अघि यो क्षेत्र सेनवंशी राजाको इलाका थियो। त्यही दहनिर कतै अम्वरपूर भन्ने ठाउँ थियो। जो पछि सप्तरीको सदरमुकाम कायम गरियो। चौदण्डीका सेनराजाहरु दिंग्दमा केहि महिना जाडो छल्नका लागि यस ठाउँमा समय विताउथे । हुनसक्छ मानिक दहको सुन्दरतावाट प्रभावित भएर सेन राजाहरुले दहको जीर्णोद्धार गरी त्यस ठाउँको नाम मानिक दह राखे ।,वर्तमान समयमा त्यस दहको ऐतिहासिकता भन्दा बढी धार्मिक महत्व छ, सिरहा जिल्लामा मान्यता के छ भने लोकनायक सलहेश प्रत्येक दिन मानिकदहमा स्नान गरेर लहान नजिक रहेको राजा फूलवारीमा फूल टिपी महिसौथा आई राजमाता र कमलाजीलाई पूजा गर्थे। यो दहदेखि कतै नजिकै एउटा सफा मण्डप थियो जहाँ राजा सल्हेश सभामा वसेर जनसाधारणको पिरमार्का सुनि समाधान गरि दिन्थे। सलहेश गाथामा यसवारे यसरी वर्णन गरिएको पाइन्छ।,सलहेश फूलवारीमा उत्खनन गर्ने वस्तु छैन। त्यो एउटा वन हो तर हरेक ऐतिहासिक पूर्व मध्यकाल समयको यो वनमा बैशाख १ गतेका दिन ठूलो मेला लाग्ने गर्दछ भारततिरका लाखौं शद्धालु मेला हेर्न आउँछन्। यस ठाउँलाई पर्यटक केन्द्र बनाउन सकिन्छ।,सल्हेश फूलवारीदेखि अलि पश्चिम उत्तर कुनामा रहेको एउटा चौलाई सिलहत अखाडा भनिन्छ । भनाइ छ सल्हेश आफ्नो भाइ मोतीराम आफ्ना सात सय पहलमानसँग यहाँ कुश्ती खेल्ने गर्थे । वर्तमान समयमा अखडा भन्ने ठाउँमा दूइटा मन्दिर वनेको देखिन्छ । अखाडाको पश्चिमतिर पूर्व मुख गर्ने गरी वनाइएको पहिलो मन्दिरमा छातीमा सवार सलहेशको मूर्ति स्थापित छ।,यस मूर्तिको देव्रे र दायाँतिर मालिनी रदोना र कुसमाको साना तर आर्कषक मुर्तिहरु छन्। यस अतिरिक्त आखाडाको पूर्वतिर पश्चिममुखि वनाइएको अर्को मन्दिर घोडामा सवार राजा कुलेश्वर र उनका भाइ हरिसिंह देवको मुर्ति स्थापित छ।,यो ठाउँलाई जिल्लाको सांस्कृतिक स्थलको रुपमा लिइन्छ। वैशाख १ गतेका दिन आखाडामा पनि मेला लाग्छ। भारतवाट हजारौं तीर्थयात्रीहरु मेला हेर्नका लागि आउँछन्। यस ठाउँलाई पनि पर्यटक स्थलको रुपमा विकसित गर्न सकिन्छ।,ऐतिहासिक सलहेशको फुलबारीमा फुलेको फुलको बारेमा विभिन्न सञ्‍चार माध्‍यमामा समाचार आएपछि हिमालय बोटानिस्ट भन्ने वनस्पति शास्त्रका विद्यार्थीहरुले भने यसलाई Dendrobium aphyllum भन्ने लगभग किटानी गरेका छन्।,यो वनस्पती सुनाखरी परिवार (Orchidaceae) मा पर्छ। यो वनस्पतिलाई विलियम रोक्सवर्गले पहिलो पटक पहिचान गरी प्लान्ट्स अफ द कोष्ट अफ कोरोमाण्डल भन्ने पुस्तकमा सन् १७९५ मा प्रकाशित गरेका थिए।,रोक्सवर्गले कोरोमेन्डल कोष्टबाट यो वनस्पति संकलन भएको उल्लेख गरेका छन् जुन भूभाग भारतको दक्षिणपुर्व समुद्री तटमा बंगालको खाडी र पूर्वी घाट बीचमा पर्छ।,शुरुमा रोक्सवर्गले यसको नाम Limodorum aphyllum राखेका थिए तर पछि यसलाई वर्गसँग मिल्ने भएकोले यसको नाम राखे अर्का वनस्पतिशास्त्री फिस्चरले। यो वनस्पतिशास्त्रमा सामान्य प्रचलन हो।,यो वनस्पति प्रायः सुनाखरी परिवारका अन्य सदस्यहरु जस्तै अरु वनस्पतिहरुको सहारामा (Epiphyte) हुर्कन्छ। यो नेपाल बाहेक भुटान, वर्मा, चीन, थाइल्याण्ड, लाउस, कम्वोडिया, भियतनाम र मलेसियामा पाइन्छ। सामान्यतया १०० मिटरदेखि १६०० मिटरसम्मको उष्ण भूभागमा यसलाई पाइएको छ। यसलाई कतिपय ठाउँमा हरितगृहभित्र खेती पनि गरिएको छ।,यसको फूल आर्कषक हुने भएकोले सजावटको लागि प्रयोग गरिन्छ। सुनाखरी परिवारको सम्पूर्ण वनस्पतिहरुलाई साइटिस सन्धिको अनुसूचिमा र यसलाई अनुसूचि दुईमा राखिएकोले यसको व्यापार गर्न पाइँदैन। यो वैशाख १ मा मात्र होइन वैशाखदेखि मध्य जेठसम्ममा फुल्दछ।
सहदेव चौधरी
‘हुरीले एकै घरका सासु-बुहारी लग्‍यो, सन्तानको विचल्ली भयो’
फेटा, बारा-आँखैअगाडि हुरीले भत्काएको घरको खण्डहरको थुप्रो छ, त्‍यही खण्डहरको थुप्रो छेउमा गुन्द्रीमाथि राखिएको छ अन्दाजी ५० वर्षीया महिलाको लास। किनकी आइतबारको हुरीले घरमा सासु-बुहारी ज्‍यान लिएको छ। सासु र बुहारीको मृत्‍यु भएपछि परिवारमा कलिला एक छोरी र एक छोराको बिचल्ली भएको छ।,३० बर्षीया बुहारी रिनाको लास वीरगञ्‍ज अस्पतालमा राखिएको छ। उनको लास लिन ती बालकका बाबु अस्पतालतर्फ गएका छन्। यता, दुई बालकहरु गाउँका छिमेकीहरु झोक्राएर बसेका छन्। उनीहरुलाई आफ्नो आमा बितेको केही थाहा छैन।,गोर्खामा काम गर्न गएका ससुरा घटना भएको थाहा पाउने बित्तिकै घरमा आएका छन्। समाचार रिपोर्टिङका लागि आएका सञ्‍चारकर्मीहरुसँग उनी आफ्नो पीडा सुनाइरहेका छन्। उनले मन भारी बनाएर भने, ‘हुरीले त हाम्रो घर मात्रै उजाडेन। परिवारका दुइ सदस्‍यले ज्‍यान दिनु पर्‍यो। हाम्रो त संसारै चुँडेर लग्यो। अब त हाम्रो परिवारमा लास उठाउने समेत कोही छैन। ‘,उनी भन्दै थिए, ‘आइतबार आएको दुइ मिनेटको हुरीले गाउँका प्राय सबै घर र धनमालमाथि क्षति पुर्‍यायो। दैवले हामीमाथि ठूलो बज्रपात गर्‍यो।
बर्षा शाह
पुडासैनी प्रकरणको अनुसन्धानमा अदालतको प्रश्‍नै-प्रश्‍न: आत्महत्याअघिको भिडियो अरुले खिचेको हो (आदेशको पूर्ण पाठसहित)
पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा प्रहरीले गरेको अनुसन्धान र लगाएको आरोपमा चितवन जिल्ला अदालतले शंकैशंका गरेको छ।,मुख्य न्यायाधीश हेमन्त रावलले सोमबार साँझ गरेको थुनछेक आदेशमा पुडासैनीले आत्महत्या अघि रेकर्ड गरेको भनिएको भिडियो अरु कसैले खिचेको आशंका गरिएको छ।,यसैगरी भिडियो खिचिएको समय र पुडासैनी झुन्डिएको समयमा धेरै फरक देखिन सक्ने अवस्था भएकाले यसलाई मृत्यु लगत्तै अगावै रेकर्ड गरिएको मान्न सक्ने अवस्था नभएको र यसलाई ‘डाइङ डिक्लरेसन’ पनि भन्न नमिल्ने अवस्था भएको आदेशमा उल्लेख छ।,अनुसन्धानमा प्रहरीले रेकर्ड गरिएको उक्त भिडियोबाहेक प्रमाणका रुपमा अरु केही पेश गर्न नसकेको र भिडियोलाई ‘डाइङ डिक्लरेसन’ भन्न नमिल्ने अवस्था रहेको न्यायाधीश रावलले आदेशमा उल्लेख गरेका छन्।,भिडियो रेकर्ड हुँदा पुडासैनीले अर्को कुनै व्यक्तिको सहयोग लिएको अदालतको ठहर छ।,‘भिडियो रेकर्डको अन्त्यमा मृतक शालिकराम पुडासैनीले आफ्नो दुवै हात जोडेर आफ्ना बृद्ध बुवा, आमा र पत्नीलाई आफूले आत्महत्या गर्नुको कारण र दुखको पश्चाताप बोध गरी क्षमायाचना गर्दै दुवै हात जोडेर प्रमाण, दण्डवत गरेको अवस्थाले सो भिडियो आफैँले एक्लैले खिचेको भन्ने देखिएन,’ आदेशमा छ।,‘अत: घटनास्थलमा मृतकबाहेक अर्को व्यक्ति पनि भएको अवस्थामा मृत्युकालीन घोषणापछि आत्महत्या गर्दा घटनास्थलमा रहेको अर्को व्यक्तिले निजलाई आत्महत्या गर्नबाट रोक्न, बचाउन, हारगुहार गर्नसक्ने तत्कालीन विद्यमान अवस्थामा सो भएको नदेखिनुले भिडियो रेकर्डको लगत्तै निजले आत्महत्या गरेको नभई सो भिडियो रेकर्ड गर्दाको निजको मनस्थिति र निजले आत्महत्या गर्दाको परिस्थितिको निरन्तरता थियो भन्ने कुरामा भिडियो रेकर्ड गर्दाको अवस्थामा निज भित्री वस्त्रमा देखिएको अवस्थामा र आत्महत्या गर्दा निजको झुन्डिएको लासमा पाइन्ट, सर्टसहितको पहिरनमा देखिएको अवस्थाले निजको परिस्थितिको बदलाको अवस्थापछिको मृत्युकालीन घोषणालाई…. निर्णायक प्रमाणका रुपमा ग्रहण गर्न नसकिने अवस्थामा…. ,’ अदालतले आदेशमा भनेको छ।
सञ्चार संवाददाता
आरक्षणको माग गर्दै नेपालका आदिवासी/जनजातिहरु सडकमा (फोटो फिचर)
संविधानले प्रदान गरेको राज्‍यको हरेक निकायमा  समानुपातिक समावेशी सिद्धान्तको आधारमा आरक्षणको माग गर्दै नेपालका आदिवासी/जनजातिहरुले सडकमा २५ औँ विश्व आदिवासी दिवस मनाएका छन्। नेपाल आदिवासी जनजाति महासंघको अगुवाइमा उनीहरुले आफ्नो भेषभूषा, पहिचान झल्कने बाजागाजा, झाँकी प्रदर्शन गर्दै आन्दोलन स्वरुप आदिवासी दिवस मनाएका हुन।,काठमाडौंमा भृकुटीमन्डपबाट बिहान १० बजे झाँकी र्‍यालीसहित परम्परागत हातहतियारहरू सांकेतिक रुपमा प्रदर्शन गरेका छन् सडकमा ब्यानर र पम्प्लेट लिएर मार्चपास समेत गरेका छन्।,आदिवासी दिवसलाई आदिवासी जनजातिको पहिचान र अधिकार प्राप्तिका लागि संघर्ष जारी राख्ने र सशक्त दबाब सिर्जना गर्ने अभियानको रुपमा मनाउन लागेको दिवस मूल आयोजक समितिका अध्यक्ष तथा संयोजक जगतबहादुर बरामले बताए।,‘देशभर समान प्रतिनिधित्व सहितको राज्य निर्माणका लागि समानुपातिक समावेशी संरक्षण तथा आरक्षण बचाऔँ आन्दोलनको रुपमा हामी यस पटकको विश्‍व आदिवासी दिवस मनाइरहेका छौ।’,उनले भने, ‘राज्‍य यति निरीह भयो की संविधानमा उल्लेख भएको नियम समेत पालना नगरी लोकसेवामा विज्ञापन निकाल्यो।यो आदिवासी जनजातिमाथिको प्रहार हो। हामी आफ्नो अधिकार सहमतिबाट नदिए आन्दोलनबाटै लिन्छौ।’,उनका अनुसार आदिवासी/जनजातीसँग सम्बन्धित सम्पूर्ण संघ संघठनहरुको सहभागितामा देशभर विभिन्न कार्यक्रम गरी दिवश मनाइएको छ।,देश सञ्‍चारका ,ले खिचेका तस्बिरहरु:, , , ,
सञ्चार संवाददाता
अब जेलभित्र परिवारसँगै बस्नेछन् कैदी
कारागार ऐन, २०१९ ल्याइएको ४२ वर्षपछि ‘खुला कारागार’को अवधारण अघि सारिएको थियो कानुनी रुपमै। २०६१ सालमा गरिएको कारागार नियमावलीको १० औं संसोधनमा खुला कारागारको अवधारणा समेटिएको थियो।,यातना गृहका रुपमा चित्रित हुँदै आएको कारागारलाई सुधार गृहका रुपमा बुझ्‍ने र बुझाउने प्रयासमा यो अर्को कदम थियो। तर यो व्यवस्था १५ वर्ष वितिसक्दा पनि कार्यान्वयनमा आएको छैन। कम्तीमा तीन वर्ष कैद सजाय पाएका र दुई तिहाइ कैद भुक्तान गरिसकेका कैदी खुला कारागारमा बस्न पाउने कानुनी प्रावधान छ।,कारागारको भन्दा फराकिलो दायरा हुने छ खुला कारागारको। खुला कारागारमा बस्नेले आयआर्जनका अवसर पाउनेछन् भने कारागारबाहिर हिँडडुल गर्ने अधिकार उनीहरुलाई हुन्छ तर सुरक्षाकर्मीको प्रत्यक्ष निगरानीमा।,यतिबेला बाँकेको गनापुरमा खुला कारागार बनिरहेको छ। कारागार व्यवस्थापन विभागका अनुसार ६ विघा क्षेत्रफलमा बन्न लागेको यो खुला कारागारमा ३२ कैदी परिवार बस्नेछन्। कारागारमा सुरक्षाकर्मीको पहरा हुने छ।,‘कार्यविधि आइसकेको छैन तर परिवारसँग कैदी बस्न सक्छन् भन्ने अवधारणा बनाएर कारागारको निर्माण भइरहेको छ। खुला कारागारमा बस्ने कैदीहरुले त्यहाँ फराकिलो क्षेत्रमा आयआर्जनका कामहरु गर्नेछन्। बजार गएर आफ्ना उत्पादनहरु बेच्नेछन्’, कारागार व्यवस्थापन विभागका सूचना अधिकारी बासुदेव घिमिरे भन्छन्।,खुला कारागारमा कैदीहरु कहिलेबाट बस्ने छन् भन्ने अझै यकिन छैन। सीमित सिट मात्र भएकाले त्यहाँ बस्न निकै हानथाप हुने छ। ‘पहिलो भएकाले यो प्रयोग पनि हुने छ’, घिमिरे भन्छन्।,कानुनमा कैदीलाई सामुदायिक सेवामा लगाउन सक्ने व्यवस्था भएपनि यो पनि कार्यान्वयनमा आउन सकेको छैन।,कारागारलाई सुधार गृह भन्न थालिएसँगै कैदीका आचरण सुधारका आधारमा उनिहरुले पाउने सुविधा पनि निर्धारण गरिने गरिएको छ। आचरण सुधारका आधारमा सिमित कसुरबाहेक विगतमा ४० प्रतिशत कैद भुक्तान गरेकालाई र पछिल्लो समय ५० प्रतिशत कैद भुक्तान गरेकालाई आम माफी दिने गरिएको छ।,तर आचरण सुधारका नाममा कैदी छुटाउन राजनीतिक दबाब हुने गरेको भन्दै आम माफी विवादमुक्त हुन सकेको छैन। तत्कालीन माओवादी सांसद बालकृष्ण ढुंगेल यसको पछिल्लो उदाहरण हो। जन्मकैद सजाय पाएकाहरु समेत विगतमा ८ वर्ष जेल बसेर आम माफीका रुपमा छुट्ने गरेका थिए, असल चाल चलन भएको भन्दै।,मान्छे मार्नेहरुले पनि आम माफी पाएको भन्दै त्यस व्यवस्थाको निकै आलोचना भएको थियो। त्यसैले गत भदौदेखि लागु भएको मुलुकी फौजदारी अपराध संहिताले जन्मकैद सजाय भएको कसुरमा आम माफी दिन नमिल्ने उल्लेख गरेको थियो।,यतिबेला यो व्यवस्था संसोधनको तयारीमा छ। सरकारले पुन जन्मकैदमा आम माफी दिन सक्ने गरि ऐन संसोधनको तयारी गरिरहेको हो। यो फाइल हाल गृह मन्त्रालयमा छ।,प्रस्तावित कारागार ऐनमा दुई तिहाई कैद भुक्तान गरेकालाई छाड्न सक्ने तर उनिहरु प्रत्यक्ष निगरानीमा रहने व्यवस्था ‘प्यारोल प्रोब्यासन’ पनि उल्लेख छ।,कारागार व्यवस्थापन विभागका सुचना अधिकारी बासुदेव घिमिरेका अनुसार त्यसरी छाडिएका कैदीहरुले आचरणविपरित काम गरे पुन कारागार ल्याइने र बाँकी रहेको कैद भुक्तान गराइने छ।,प्यारोल बोर्डको प्रमुख महान्यायाधिवक्ता हुनेछन्। ‘ आम माफीका लागि ५० प्रतिशत कैद भुक्तान गरेकाहरु योग्य हुने भएकाले प्यारोल प्रोब्यासनमा त्यो भन्दा कम भुक्तान गरेको हुनुपर्ने हो। दुई तिहाई कैद भुक्तान हुनुपर्ने व्यवस्था परिमार्जन हुनसक्छ’, घिमिरे भन्छन्।,मस्यौदाकै क्रममा रहेको प्रस्तावित कारागार ऐन हाल छलफलका लागि प्रधानमन्त्री कार्यालयमा छ। अब मन्त्रिपरिषद् बैठक हुँदै गृह मन्त्रालयले संसदमा पेश गर्नेछ।
लोकेन्द्र प्रसाई
अस्ताउँदो सूर्यलाई अर्घ्‍य , निराहर, निर्जल व्रतालुहरु (फोटो फिचर)
महानगरपालिका लगायत आसपासका क्षेत्रमा छठ पावैनको तेश्रो दिन मंगलबार श्रद्धालुहरुले अस्ताउदो सूर्यलाई अर्घ्‍य दिएका छन्।,मूख्यतः महानगरपालिका पूर्वमा अवस्थित सिंघिया खोला, पश्चिमतर्फ केशलिया खोला र मध्यभागमा पर्ने सिचाइ नहरमा छठको रौनक रहेको थियो।,छठका अवसरमा पुजाक लागि खोला, नहर तथा पोखरीको सरसफाइ गरि सिंगारिएको थियो। यस क्रममा महानगरपालिकाले सर सफाइमा विशेष ध्यान दिएको थियो। यसक्रममा विगतवर्ष झै सिंघिया खोलामा व्रतालु र श्रद्धालुहरुको घुइचो रहेको थियो।,त्यसैगरी विराटनगर ११ स्थित सुनसरी मोरंगको सिंचाइ नहरमा पनि छठ पावैनको लागि श्रद्धालु भक्तजनहरुको घुइचो रहेको थियो। यसैक्रममा विराटनगर महानगरपालिकाका ४२ वर्षीय भीम पराजुलीले पनि अस्ताउदो सूर्यलाई अर्घ दिएका छन्।,छठ पावैनको व्रत बसेको उनको यो १५ औं वर्ष हो। छठी मइयाको शक्ति अपरम्पार हुने बताएका मेयर पराजुलीले यस पर्वले आफूमा उर्जा प्रदान गर्ने बताए। छठको तेश्रो दिन मंगलबार सूर्यलार्य अर्घ दिने श्रद्धालु भक्तजन निराहर तथा निर्जल व्रत बस्ने गर्छन्।,कठोर र कडा पावैन रुपमा लिइने यस पर्वमा छठी मैयाको शक्तिका कारण श्रद्धालुको मनोकांक्षा पूरा हुने विश्वास रहने गरेको पाइन्छ। यस दिन व्रतालुले केरा, भोगटे, नरिवल, उखु, हल्दी, ठेकुवा लगायतका प्रसाद चढाउने गरिन्छ।यद्यपि,अन्तिम दिन तथा चौथोदिन बुधबार विहान उदाउदो सूर्यलाई अर्घ दिएपछि व्रत तोड्ने परम्परा रहेको छ।, ,
अभयकुमार राई
‘दीयावाती’ र ‘लक्ष्‍मी पूजा’ले मिथिलाञ्‍चल झलमल्‍ल
हिन्दू धर्मावलम्बीको प्रमुख पर्वहरुमध्ये एक दीपावली अर्थात् लक्ष्मी पूजा मिथिलाञ्चलमा बुधबार धुमधामका साथ मनाइएको छ।,आध्‍यात्मिक दृष्टिले अँध्यारोबाट उज्यालोतर्फ जाने पर्वको रुपमा चिनिने दीपावलीलाई दीपोत्सव समेत भन्ने गरिन्छ। जसले गर्दा हिन्दु धर्मालम्वी मात्र नभई शिख, बौद्ध, तथा जैन धर्मालम्वीहरुले पनि यो पर्व मनाउँदै आएका छन्।,दीपावली शब्दको उत्पत्ति संस्कृतको दुई शब्द ‘दीप’ अर्थात् ‘दीयो’ र ‘आवली’ अर्थात् ‘श्रृंखला’को मिश्रणबाट भएको विभिन्न धार्मिक पुस्तकहरुमा लेखेको पाइन्छ। दीपावली पर्वमा घरको कुनाकुनामा हिन्दू धर्मावलम्बी दियोको श्रृंखला बनाउँछन्।, सामाजिक र धार्मिक दुवै दृष्टिकोणले विशिष्ट महत्व बोकेको यो पर्व नेपाल, भारत, श्रीलंका, म्यानमार, मोरिसस, गुयाना, त्रिनिड्याड एन्ड टोबागो, सुरिनाम, मलेसिया, सिंगापुर, फिजी, पाकिस्तान, अस्ट्रेलिया लगायतका देशमा धुमधामका साथ मनाइने गरेको सञ्चारमाध्यमहरुमा उल्लेख छ।,दीपावलीको सन्दर्भ पद्म पुराण र स्कन्ध पुराणमा उल्लेख रहेको पाइन्छ। दीयोलाई स्कन्द पुराणमा सूर्यको हिस्सालाई प्रतिनिधित्व गर्ने प्रतीकको रुपमा मानिएको छ । सूर्यलाई जीवनका लागि प्रकाश र ऊर्जाको लौकिक दाता मानिन्छ ।,‘तमसो माँ ज्योतिर्गमय’ अर्थात् अँध्यारोबाट प्रकाशतर्फ लैजाने पर्व दीपावलीको ठाउँ अनुसार शब्द रहेको छ । संस्कृतका दुई शव्द मिलेर बनेको दीपावली अर्थात् तिहारलाई मिथिलाञ्चलमा दियावाती भन्ने गरिन्छ । यस्तै, हिन्दीमा दिवाली, मारवाडीमा दियाली भन्ने गरिएको छ । कार्तिक औंसीमा मनाईने ‘दीयावाती’मा मिथिलाञ्चलमा एश्वर्यकी देवी लक्ष्मीको पूजासंगै कालीको समेत पूजा गर्ने गरिन्छ । यसपाली तिथीको हेरफेरले गर्दा हिजै १२ बजे राती कालरात्री पूजा सम्पन्न भएको छ ।,धर्मग्रन्थमा उल्लेख भए अनुसार दीपावलीकै दिन भगवान राम १४ वर्षको बनवास पूरा गरेर अयोध्या फर्केका थिए । रामको आगमनको उल्लासमा अयोध्यावासीले घ्युको दियो बालेर अयोध्यालाई औंसीको कालोरातलाई झिलीमीली पारेका थिए । त्यही खुसीमा जानकीको जन्मभुमिलाई समेत प्रकासमय बनाईएको थियो । मिथिला र अबधवासी (अयोध्यावासी) ले त्यहीदिन देखी दियावाती पर्व मनाउने परम्परा सुरु गरेको मानिन्छ ।,मिथिलाञ्चलमा ‘दीयावाती’ अर्थात तिहारका दिन कपडाको एक प्रकारको सानो बेली बनाई आगो लगाएर भाँज्ने (नचाउने) परम्परा छ । यसलाई स्थानीय भाषामा हुक्कालोली भनिन्छ ।,धार्मिकग्रन्थ अनुसार भदौमा हुने तरपण तथा पीण्डदानको समय पृतीहरु पृथ्वीलोकमा आउने गर्दछन र कार्तिक औंसीसम्म बस्ने गर्दछन । त्यही पृतिहरुलाई जाने समयमा स्वर्गको बटो देखाउन भनि लक्ष्मीपूजा पश्चात हुक्का अर्थात उँक( आगो) लगाई भाँज्ने परम्परा छ । हुक्कलोली भाँज्नाले पृतीहरुको स्वर्गको बाटो खुल्ने धार्मिक मान्यता छ ।,बुधबार तिहारको किनमेल गर्न जानकी मन्दिरमा संयौंको भीड देखिएको छ । तिहारको लागी चाहिने माटोको दियो, कपासको बाती, पान, मिठाई, लक्ष्मी गणेशका विभिन्न पोष्टर, फूलमाला किन्न सेवाग्राहीहरुको भीड देखिएको छ ।,जानकी मन्दिरमा माटोको दियो बेच्न पसल थापेका जनकपुर १७ बस्ने कपिलदेव पण्डितले आज दिउँसो सम्म मात्रै ५ हजारको दियो बेचेका छन् । समयानुसार तिहारको लागी विद्युतीय उपकरणको प्रयोग बढेतापनि मिथिलाञ्चलमा माटोको दियोको महत्व अति नै छ । ‘हुक्कालोली’ कपडाको बेली बेच्ने स्थानीय सरस्वती देवीले करिब २ हजारको बेली बेचेका छन् ।,यस्तै, जानकी मन्दिर, राम मन्दिर, राजदेवी मन्दिरमा दैनिक १५ देखी २० हजार सम्मको फूलमाला बेचिने गरेको उप–महानगरपालिका–७ का फूल व्यवसायी गणेश मालीले बताएका छन् । तिहारका दिन उनले करिब ५ पहजारको फुल बेचेका छन् । तिहारका दिेन कमल फूलको विशेष आर्कषण रहेकोले आज जनकपुरमा ६० रुपैयाँ गोटा कमल फूल बेचिएको छ ।, ,यस वर्षको तिहारका लागि धनुषाको जनकपुरधाममा करिब ५० लाख रुपैयाँको फूल आयात गरिएको छ। धनुषाको प्रमुख धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधाममा गत वर्ष ४५ लाख रुपैयाँ बराबरको फूल आयात गरिएको रामजानकी माली कुटीका अध्यक्ष सुरेन्द्र भण्डारीले बताए। यस वर्ष फूलको माग बढेको उनले बताए ।,पुष्प व्यवसायीहरुका अनुसार यस वर्षको कागतिहार र कुकुर तिहार मात्र २५ लाख रुपैयाँ बराबरको फूल बिक्री भएको छ। धनुषामा फूल किसान बढेको र यस वर्ष फूलको राम्रो उत्पादन भए पनि माग बढेकाले गत वर्षभन्दा बढी फूल आयात गर्नुपरेको जानकी मन्दिरमा वर्षौदेखि फूल बेच्दै आएका रामनारायण मालीले बताए ।,‘हामीले लगाएको फूल यस वर्ष राम्रो फस्टाएको छ,’ उनले भने, ‘तर पूmलको माग बढेपछि गेना, रजनीगन्धा, मखमली, गुलाबजस्ता फूल बाहिरबाट मगाएका हौं।’ यहाँ भारतको कलकत्ता, पटना, सिलिगुडीबाट फूल आयत गरिने व्यापारीहरु बताउँछन्। व्यापारीहरुका अनुसार भारतबाट आयात हुने फूलको आकार एकै प्रकारको हुने भएकाले उपभोक्ताले त्यस्तै फूलको माग गर्छन् । यस्तै, भारतबाट आयात भएको फूलको मूल्य पनि नेपालमा उत्पादन भएका भन्दा सस्तो भएको हुनाले भारतबाट आयात गर्नुपर्ने परेको मालीको भनाइ छ।,स्थानीय पूmल व्यावसायीका अनुसार एक व्यावसायीले जानकी मन्दिर तथा राममन्दिरको फूल स्टलबाट दैनिक तीनदेखि चार हजार रुपैयाँको फूल बेच्ने गरेका छन् भने यस अनुपातमा दैनिक २० देखि २५ हजारको फूल बिक्री हुने अनुमान रहेको छ।
प्रतिभा झा
‘दुई तिहाइको सरकार चाहिँदैन, सांस्कृतिक सम्पदा मास्‍न पाइदैन’
काठमाडौं-सरकारले संसदमा दर्ता गराएको गुठी विधेयक सम्पदा र संस्कार मास्ने भएको भन्दै बुधबार पनि गुठियारहरुले प्रदर्शन गरेका छन्।,उनीहरुले वसन्तपुरमा कालो ब्‍यानर, सिट्ठी जुलुस, मैनबत्ती, टर्चलाइट र नाराबाजीसहित प्रदर्शनमा उत्रिएका हुन।, ,यतिमात्रै नभएर उनीहरुले बोकेको गुठी विधेयक खारेज गर, यसपालीको हैजा, ओलीलाई लैजा, एक, दुई तीन चार, हामी मान्दैनौ हार, कम्‍युनिष्ट सरकार मुरदावाद, दुई तिहाइको चाँहिदैन, सांस्कृतिक सम्पदा मास्न पाइदैन’ लगायतका नारा लगाएका थिए।,वसन्तपुरमा  इन्द्रजात्रा देखाइने ठाउँ ज्याँठा, लगन, ठैटी, नरदेवी असन, इन्द्रचोक हुँदै पुगेको थियो।,प्रदर्शनकारीले गृहमन्त्री रामबहादुर थापा बादलको राजीनामा समेत माग गरेका छन्।,यसअघि उनीहरुले माइतीघर मण्डला, रत्‍नपार्क, सहिदगेट हुँदै असनमा समेत सरकारविरुद्ध नारा लगाउँदै प्रदर्शन गर्दै आएका छन्।,देश सञ्‍चारका फोटो पत्रकार सुलभ श्रेष्ठले खिचेका तस्बिरहरु:, , , , , , , , , , , 
सुलभ श्रेष्ठ
‘ज्वाईँलाई नागरिकता हुँदैन, अन्य अधिकार मात्र’
संसदमा आठ महिनादेखि छलफलमा रहेको नागरिकता संशोधन विधेयक यतिबेला चर्चामा छ । राष्ट्रियता, महिला र पुरुषबिचको समान अधिकार जस्ता विषयसँग जोडिँदा नागरिकता विधेयक विवादित र चर्चाको विषय बनिरहेको छ ।,राज्य व्यवस्था समितिले सात महिनासम्म छलफल गर्दा पनि नागरिकता सम्बन्धी केही विषयलाई टुंग्याउन सकेको छैन । नागरिकता विधेयकमा सबैभन्दा पेचिलो बनेका छन् वैवाहिक अंगिकृत र आमाको नामबाट नागरिकता लिने विषय । नेपालमा विवाह गरेर आउने विदेशी महिलालाई अहिले जस्तै तत्कालै नागरिकता दिने कि नदिने, अर्को तर्फ नेपाली महिलासँग विवाह गर्ने विदेशी पुरुषले पनि नागरिकता पाउनुपर्ने विषय जोडदार रुपमा उठेको छ ।,नागरिकतासँग जोडिएका यीनै विषयमा तत्कालीन संविधान मस्यौदा समितिमा समेत रहेर काम गरेका , गरेका छन् ।,हामीले नेपालको इतिहासमा पहिलोपटक संविधानमै कुनै पनि नागरिकलाई नगारिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन भन्ने लेखेका छौँ । यो भनेको नागरिकता प्राप्त गर्नुलाई पनि यो संविधानले हकका रुपमा सुनिश्चित गरेको छ । यस हिसाबले कुनै पनि नागरिक राज्यको सदस्यता वा नागरिकतबाट वञ्चित हुँदैन । तर व्यवहारमा हामीले संविधानलाई लागु गर्न सकेका छैनौँ । एउटा जन्मसिद्धको सन्तानले उमेर पुगेपछि वंशजको नागरिकता पाउन सकिरहेको छैन । के जावफ दिने ? राज्यसँग यसबारे दिने जवाफ नै छैन ।,यस्तै विषयलाई सम्बोधन गर्न सरकारले महत्वका साथ नागरिकता संशोधन विधेयक संसदमा ल्याएको छ । संसदको पूर्ण बैठकबाट राज्यव्यवस्था समितिमा आइसकेपछि यसमा विभिन्न जोड र कोणबाट राष्टियतासँग जोडेर बहस भइरहेको छ । नेपाल जस्तो खुला सिमाना भएको देशमा विगतमा हामीले जे गल्ती गर्‍यौँ, त्यो गल्तीलाई पटक पटक कुरा गरेर अर्थ छैन । कि त हामीले २०६३ सालमा जति नागरिकता दिउँ, त्यसमा कतै बद्नियत भएको छ भने छानबिन आयोग गठन गर्न सक्छौँ । अब अहिले त्यही विषयका नाममा नागरिकता प्राप्त गर्ने संविधान प्रद्धत्त हक कार्यान्वयन नहुने गरी पछाडि फर्किनु हुँदैन ।,हामीले संविधानको मस्यौदा गर्दा निक्कै मेहनत पूर्वक आमा वा बुवाको नामबाट नागरिकता पाउने व्यवस्था गरेका हौँ । नागरिकता लिनैका लागि बुवा खोज्दै हिँड्नु पर्ने अवस्थाको अन्त्य भयो । अझ बुवाको ठेगाना नभएको फलानो भएर लेख्नु पर्ने अवस्थाको अन्त्य गर्न सफल भयौँ । आफ्नो सन्तानको जिम्मेवारी लिन नचाहने बुवालाई जबरजस्ती नागरिकता दिन लगाउन आवश्यक छैन भनि हामीले आमाकै नामबाट सहज रुपमा नागरिकता लिन पाउँछन् भन्ने व्यवस्था गर्‍यौँ । अहिले छिटोभन्दा छिटो समितिले विधेयक संसदमा लानुपर्ने हो । तर, समिति प्राविधिक विषयमा बढि अल्झिरहेको आभास भइरहेको छ ।,सन्तान प्राप्ति एकजनाबाट मात्र हुँदैन । पुष्ट्याईँ भन्ने शब्द राख्दा नागरिकता लिने क्रममा यो पुष्ट्याईँ पुगेन त्यो पुष्ट्याईँ पुगेन भनेर महिलामाथि झन पीडा दिने काम हुन सक्छ । नागरिकता लिन पाउने अधिकारीबाट वञ्चित हुनुपर्ने अवस्था आउन सक्छ । अब स्वघोषणामा चाहिँ बुवा यस्तो यस्तो अवस्थामा हरायो वा उसले दिन चाहेमा म दिन्छु भन्ने जस्ता कुराहरु आउन सक्छ ।,हामील भने बुवा नभएको अवस्थामा जन्मसिद्ध र अझ बुवा विदेशी भनेर स्वघोषणा गरेको अवस्थामा अंगकृति नागरिकता दिन सकिने व्यवस्था गरौँ । बुवा नेपालकै हो तर अहिले छैन भनेर आमाले भनेको अवस्थामा वंशजकै नागरिकता दिन मिल्यो । यो ठीकै छ ।,यो विषयमा संविधान निर्माणकै क्रममा व्यापक रुपमा छलफल गरिएको विषय हो । महिनौँसम्म यो विषयमा छलफल भएको थियो । अर्को देशबाट विवाह गरेर बुहारी आउँछिन् भने उनले नागरिकता पाउन निश्चित समय कुर्नैपर्छ । नेपाली महिला भारतमा विवाह गरेर गएको अवस्थामा नागरिकता लिन आवेदन दिनै योग्य हुन सात वर्ष लाग्छ ।,खोजी खोजी नागरिकता दिने अमेरिका, अष्ट्रेलिया जस्ता देशमा पनि दुई पाँच वर्ष समय लाग्छ । तर हाम्रोमा विवाह गरेर आएको आजको भोलि नागरिकता दिनुपर्छ भन्ने कुरा मिलेन भन्ने हाम्रो धारणा हो ।,व्यवहारमा हामीले भोलिपल्टै नागरिकता दिने चलन चलाई सक्यौँ । व्यवाहार भनेको कानुन सरह हुन्छ भन्ने हाम्रो मान्यता छ । हामीले आजको भोलि नागरिकता दिने व्यवस्थाको अनुसरण गरिसकेको अवस्थामा यो विषयालाई धेरै उठाएर फाइदा छैन ।,कतिपय देशमा नागरिकता त्याग्ने प्रावधान नै छैन । कतिपय देशमा लामो प्रक्रिया छ । त्यसकारण ६ महिनै त भन्नु हुन्न । त्यसलाई कम्तिमा एक वर्ष राखौं भनेर मैले प्रस्ताव पनि गरेको छु ।,विदेशी महिला विवाह गरेर आउने वित्तिकै उनलाई नागरिकता बाहेक अरु कुनै खालको प्रमाणपत्र दिन सक्छौँ । जुन अरु देशले पिआरको रुपमा दिने गरेका छन् । जसले विवाह गरेर आउने महिलाको आर्थिक, सामाजिक साँस्कृतिक अधिकार सुनिश्चित गरोस् ।,विवाह गरेर आएको केही समयमै सम्बन्ध दीगो रहन सकेन भने त्यस्तो अवस्थामा उनले कानुन हिसाबमा लड्ने ठाउँ राखिनुपर्छ । त्यस्तो व्यवस्था गर्न उपयुक्त हुन्छ । त्यसो हुँदा महिलाको पनि अधिकार संरक्षित हुन्छ । तर त्यस्तो गर्न नसकिएको अवस्थामा पनि विवाह गरेर आएको केही वर्षमा नागरिकता पाउने प्रावधान राख्नुु संविधान विपरित हुँदैन ।,यो संविधानले सबै कुरामा पुरुषलाई भन्दा महिलालाई बढि अधिकार दिएको छ । सकारात्मक विभेदको अवस्था छ । संविधानको धारा ३८ लाई पनि विचार गर्नुपर्छ । त्यसमा महिलाको अंश मात्र होइन वंशीय हक पनि समान हुन्छ भनेर लेखिएको छ ।,महिला र पुरुषबिच समान हुन्छ भने एउटा महिलाले विवाह गरेर आउने वित्तिकै नागरिकता पाउँछिन् भने नेपाली महिलासँग विवाह गरेर आउने पुरुषले चाहिँ नागरिकता पाउने अवस्था छैन । संविधान यस विषयमा मौन छ ।,नागरिकताको यो एउटा विषय राष्ट्रियतासँग जोडिएको र खुला सिमाना भएका कारणले गर्न सकिएको छैन । यसमा समानता भएन भन्दैमा हाम्रो भौगोलिक विशिष्टताका कारण मिल्ने अवस्था छैन । नेपालमा खुला सिमानसहितका दुवैतिर धेरै जनसंख्या भएका देश छन् ।,तर नेपाली महिलासँग विदेशीले विवाह गर्छ भने उसको आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार चाहिँ सुनिश्चित गर्नुपर्छ । पुरुषहरु विवाह गरे अरु स्वार्थका लागि आउँछन् कि । त्यसले राष्ट्रियता कमजोर पार्छ कि भन्ने तर्कलाई सम्मान गर्दै नेपालमै केही वर्ष बसोबास गरेको खण्डमा नागरिकता दिने व्यवस्था गर्न सकिन्छ ।,त्यस्तो हुँदैन । बुवा विदेशी भएको अवस्थामा अंगिकृत नागरिकता नै दिनुपर्छ । अहिले यो छलफल संविधान विपरित हुन जान्छ । यस्तो व्यवस्था गर्नु पनि हुँदैन ।,यो त्यति महत्वको विषय होइन । नयाँ लिने नागरिकतामा स्वः प्रादेशिक पहिचान भइहाल्छ । जहाँसम्म फर्जी नागरिकता फिल्टर हुन्छ भन्ने तर्क छ, त्यो फिल्टर हुँदैन । यस्ता विषयलाई नागरिकता सम्बन्धी कसुरमा कारबाही गरेर खारेज गर्न सकिन्छ ।,अर्कोतर्फ २०६३ फर्जी नागरिकता लिए भन्ने विषयमा एउटा आयोग नै बनाएर छानबिन गर्न सकिन्छ । प्रमाण विनाका नागरिकता खारेज गर्ने हो भने नेपालको राष्ट्रियता बलियो नै हुन्छ ।,दण्ड सजायको पाटोलाई दुई किसिमले हेर्नुपर्छ । एउटा नेपाली नै गरेको कसुर र अर्को गैर नेपालीले नागरिकता लिएर गरेको कसुर । नेपालीले नै अन्जानमा वा जानी जानी गरेको गरेको कसुरमा स्वभाविक रुपमा कम सजाय हुनुपर्छ । विदेशीको हकमा कठोर नै बन्नुपर्छ ।,कानुन बनाइ रहँदा दण्ड प्रणाली सम्बन्धी अरु कानुनलाई पनि हेरिनुपर्छ । हामीले गत वर्षमा मात्र लामो प्रयासपछि मुलुकी अपराध संहिता बनाएका छौँ । त्यो अपराध संहिता बनाउँदा स्ट्ण्याडर बनाएको छ । जहाँ पनि र राखेर जाँदा व्यवाहारिक हुँदैन । कम कसुर गर्ने र धेरै कसुर गर्नेलाई समान सजाय गर्न सकिँदैन ।,धेरै कठोर हुँदैमा अपराध कम हुन्छ भन्ने हुँदैन । विश्वका धेरै देशमा मृत्युदण्ड नै दिँदा पनि अपराध घटेको देखिँदैन । त्यसकारण दण्ड बढाउने वित्तिकै अपराध घट्छ भन्ने होइन ।
प्रकाश ढकाल
विपक्षी नेतालाई सैन्य अधिकारले ‘धोका’ दिए, मादुरो–अमेरिकी कठपुतली पराजित
भेनेजुएलाका जारी राजनीतिक संकट समाधान हुने सम्भावना देखिएको छैन । राष्ट्रपति निकोलश मादुरोले विपक्षी नेता क्आन गुएडोमाथि सैन्य कू को प्रयास गरेको आरोप लगाएका छन् ।,गुएडो पक्षले भने मादुरोको ‘इनर सर्कल’ का तीन सदस्य उनलाई सत्ताबाट हटाउने पक्षमा सहमत भएको र पछि आफ्नो निर्णयमा अडिग रहन नसकेको दाबी गरेको छ ।,अमेरिकी अधिकारीले गुएडोको पक्षमा उभिने बताएका मादुरोका तीन विश्वास पात्रले पछि बोली फेरेको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।,मादुरो विरुद्ध हुँदै आएको प्रदर्शनको नेतृत्व गर्दै आएका विपक्षी नेता गुएडोले देशको सेनासँग मादुरोको शासन अन्त्यका लागि सहयोग गर्न अपिल गरेपछि विकसित भएको घटनाक्रम हुन् यी ।,मंगलबार राजधानी काराकासको सडकमा गुएडोको समर्थन र मादुरोको विपक्षमा प्रदर्शन भयो, तर सैन्य नेतृत्व राष्ट्रपति मादुरोको पछाडि उभिए । उनीहरुले गुएडोमाथि कू को प्रयास गरेको आरोप लगाएका छन्।,अमेरिकाका विदेश मन्त्री माइक पोम्पेओले भेनेजुएली राष्ट्रपति मादुरो मंगलबार देश छोडेर क्युवा जाने तयारी रहेको दाबी गरेका छन् । तर रुससँग उनको कुरा भएपछि उनी क्युवा नगएको बताएका पोम्पेओले यसबारे कुनै प्रमाण र अरु थप विवरण भने खुलाएका छैनन् ।,अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनसँग विदेश मन्त्री पोम्पेओले भनेका छन्, ‘उनीहरुसँग विमान तयारी अवस्थामा थियो । मादुरो क्युवा उड्ने तयारी थियो । तर रुसले देशमै बस्न भनेपछि उनी गएनन् ।’,राष्ट्रपति मादुरोले स्थानीय समय अनुसार मंगलबार बेलुका टेलिभिजन मार्फत सम्बोधन गर्दै आफ्नो मनोवैज्ञानिक जित प्रस्तुत गरे । उनको साथमा सैन्य कमाण्डरहरु थिए । उनले अमेरिकी ‘कठपुतली’ माथि आफूले विजय प्राप्त गरेको दाबी गरेका छन् ।,गएको जनवरी २३ मा काराकासमा भएको प्रदर्शना गुएडोले आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका थिए । उनलाई अमेरिका, युरोपका देश तथा ल्याटिन अमेरिकाका अधिकांश देशको साथ छ । मादुरोलाई चीन र रुस तथा देशको सेनाको साथ छ ।,केही वर्षदेखि प्रायः सखाप जस्तै बनेको देशका आर्थिक अवस्थालाई अनदेखा गरेको आरोप निकोलस मादुरोमाथि छ । मुद्रास्फिती, विद्युत आपूर्ति बन्द तथा आधारभूत आवश्यक सामग्रीको अभावले भेनेजुएलाको जनजीवन कष्टकर बनेको छ ।,आर्थिक मन्दीकै कारण लाखौँ भेनेजुएलाली छिमेकी देश कोलम्बियासहितका क्षेत्रमा शरण लिन बाध्य छन् ।,मादुरोले जनवरीको सुरुमा दोस्रो कार्यकालका लागि राष्ट्रपतिको शपथ लिएका थिए ।,विपक्षीले बहिष्कार गरेको तथा व्यापक मात्रामा धाँधली भएको आरोप लागेको चुनावमा मादुरो विजयी भएका थिए । विपक्षी नेतालाई जेल हालेर भएको चुनाव निष्पक्ष नरहेको आरोप छ । मादुरोले दोस्रो कार्यकालका लागि शपथ लिएपछि विपक्षीको प्रदर्शन चर्किएको हो ।,भेनेजुएलामा हजारौँ मानिसले अहिलेका राष्ट्रपति निकोलश मादुरोविरुद्ध प्रदर्शन गर्दै आएका छन् । ३५ वर्षका गुएडोले मादुरोविरुद्धको प्रदर्शनको नेतृत्व गरिरहेका छन् । गुएडो भेनेजुएलाको नेशनल एसेम्ब्लीका अध्यक्ष पनि हुन् ।, , , , , , , ,
null
अमेरिकाका ‘जोकर र कठपुतली’ को सत्ता कू प्रयास विफल : राष्ट्रपति
राजनीतिक संकट गहिरिँदै गएको भेनेजुएलामा सत्तापक्ष र विपक्षका प्रदर्शन भइरहेका छन् ।,देशमा विद्युत आपूर्ति बन्द भएपछि विभिन्न सेवामा असर परेपछिको अवस्थामा एक अर्कामाथि आरोप लगाउँदै आएका सत्ता पक्ष र विपक्षी समर्थकले भेनेजुएलाभर व्यापक प्रदर्शन गरेको समाचार संस्था रोयटर्सले जनाएको छ । राष्ट्रपति निकोलश मादुरो र विपक्षी नेता क्आन गुएडोको आह्वानमा प्रदर्शन भएका हुन् ।,राजधानी काराकासमा आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका विपक्षी नेता गुएडोका समर्थक र प्रहरीबिच झडप भएको छ । प्रहरीले विपक्षी प्रदर्शनकारीमाथि अश्रु ग्यास प्रहार गरेको छ ।,गुएडोले गएको जनवरी २३ मा काराकासमा भएको प्रदर्शनको क्रममा आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका थिए । त्यसयता राष्ट्रपति मादुरो र विपक्षी नेता गुएडो एक अर्का विरुद्धको प्रदर्शनमा लागेका छन् ।,बिहीबारदेखि देशका अधिकांश क्षेत्रमा विद्युत आपूर्ति बन्द भएपछि मादुरो र गुएडोले त्यसको जिम्मेवार एक अर्कालाई लगाए । ब्ल्याक आउटका कारण अस्पतालसहितका अत्यावश्यक क्षेत्रको सेवा प्रभावित भएपछि शनिबार प्रदर्शन भएको हो ।,विपक्षीको बाहुल्यता रहेको नेशनल एसेम्ब्लीका अध्यक्ष समेत रहेका गुएडोलाई अमेरिकासहितका ५० भन्दा बढी देशले अन्तरिम राष्ट्रपतिका रुपमा मान्यता दिएका छन् । तर मादुरोलाई देशको सेनाको साथ छ भने रुस र चीनसहितका देशले समर्थन गरिरहेका छन् । यहि कारण मादुरो सत्तामा टिकी रहेका छन् ।,काराकासमा भएको प्रदर्शनको क्रममा प्रहरीले गुएडोका समर्थकलाई अघि बढ्न दिएन । प्रदर्शनकारीले प्रहरीविरुद्ध नाराबाजी गरे । प्रहरीले अश्रु ग्यास प्रहार गर्‍यो । त्यसपछि नेता गुएडोले आफ्ना समर्थकलाई सम्बोधन गर्दै आफू अब देश दौडामा लाग्ने र समर्थकलाई एकीकृत गर्ने बताएका छन् ।,त्यसपछि चाँडै नै काराकासमा भव्य प्रदर्शन गर्ने गुएडोले घोषणा गरेका छन् । उनले भनेका छन्, ‘हामी सबै काराकासमा जम्मा हुने छौँ, किनकी हामी सबै एकीकृत हुनुछ ।’,राष्ट्रपति मादुरोले आफूप्रति बफादार रहेकोमा आर्मीलाई धन्यबाद दिएका छन् । आर्मीकै सहयोगका कारण विपक्षीको सत्ता कू को योजना विफल भएको मादुरोले दाबी गरे ।,राष्ट्रपति कार्यालय बाहिर भएको कार्यक्रममा सम्बोधन गर्दै मादुरोले गुएडोलाई अमेरिकाको जोकर र कठपुतली रहेको बताए । अमेरिकाको सहयोगमा गुएडोले कू गर्न खोजेको मादुरोको आरोप छ ।,केही वर्षदेखि प्रायः सखाप जस्तै बनेको देशका आर्थिक अवस्थालाई अनदेखा गरेको आरोप निकोलस मादुरोमाथि छ । मुद्रास्फिती, विद्युत आपूर्ति बन्द तथा आधारभूत आवश्यक सामग्रीको अभावले भेनेजुएलाको जनजीवन कष्टकर बनेको छ ।,आर्थिक मन्दीकै कारण लाखौँ भेनेजुएलाली छिमेकी देश कोलम्बियासहितका क्षेत्रमा शरण लिन बाध्य छन् । मादुरोले जनवरीको सुरुमा दोस्रो कार्यकालका लागि राष्ट्रपतिको शपथ लिएका थिए ।,विपक्षीले बहिष्कार गरेको तथा व्यापक मात्रामा धाँधली भएको आरोप लागेको चुनावमा मादुरो विजयी भएका थिए । विपक्षी नेतालाई जेल हालेर भएको चुनाव निष्पक्ष नरहेको आरोप छ । मादुरोले दोस्रो कार्यकालका लागि शपथ लिएपछि विपक्षीको प्रदर्शन चर्किएको हो ।,भेनेजुएलामा हजारौँ मानिसले अहिलेका राष्ट्रपति निकोलश मादुरोविरुद्ध प्रदर्शन गर्दै आएका छन् । ३५ वर्षका गुएडोले मादुरोविरुद्धको प्रदर्शनको नेतृत्व गरिरहेका छन् । गुएडो भेनेजुएलाको नेशनल एसेम्ब्लीका अध्यक्ष पनि हुन् ।
null
‘नागरिकताका लागि आमाकै घोषणा काफी’
संसदको राज्य व्यवस्था समितिमा नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि सात महिनादेखि छलफल चलिरहेको छ । एउटै विधेयकमाथि यति लामो समयसम्म छलफल भएको संभवत पहिलोपटक हो । लामो छलफलबाट पनि समितिले विधेयकका कतिपय महत्वपूर्ण विषयमा अझै सहमति जुटाउन सकेको छैन ।,आमाको नामबाट नागरिकता दिँदा बाबुको पहिचान नभएको पुष्ट्याईँ गर्नुपर्ने प्रस्तावित प्रावधानलाई परिमार्जन गर्दै समितिले आमाको स्वघोषणाबाटै सन्तानले नागरिकता पाउने प्रावधान राख्न सहमति जुटाएको छ । जसप्रति समितिकै कतिपय पुरुष सांसदले असहमति व्यक्त गरिरहेका छन् । विधेयकमा अझै विवाहित अंगकृत, जन्मसिद्धका सन्तानलाई वंशज, विदेशीसँग विवाह गरेर जन्मेका सन्तानलाई वंशजकै नागरिकता दिनुपर्नेलगायतका केही विषयमा गहन छलफल भइरहेको छ ।,नागरिकता विधेकका यिनै विषयमा ,ले कुराकानी गरेका छन् ।,तपाईंले भन्न खोज्नुभएको कुरा ठिकै हो । अरु विधेयकभन्दा नागरिकता विधेयक फरक छ । यो संवेदनशील कानुन भएकाले ध्यान पूर्वक, होसियारी पूर्वक टुंग्याउनु पर्नेछ । यो विधेयक राष्ट्रियतासँग पनि जोडिएको छ ।,अर्कोतर्फ कुनै पनि नेपाली नागरिकताबाट वञ्चित नहुन् भनेर ध्यान दिनुपर्ने अवस्था पनि छ । त्यसकारण गम्भीर, संवेदनशील र सबैको सहमतिमै टुंग्याउनु पर्ने भएकाले केही बढी समय लागेको हो ।,अर्कोतर्फ संविधानले भनेअनुसार फागुन २१ भित्र संशोधन गरिसक्नुपर्ने कतिपय विषयका कारण पनि यसमा ध्यान कम गएको थियो । कर्मचारी समायोजन विधेयक पनि टुंग्याउनु पर्ने अवस्था थियो । नगरी नहुने कामलाई पहिले गर्नुपर्दा नागरिकता संशोधन विधेयकमा केही ढिलाइ भएकै हो ।,जारी अधिवेशन चैतको पहिलो हप्तासम्म चल्यो भने यसैबाट पारित हुन्छ नभए अर्को अधिवेशनमा यसलाई पारित गर्छौँ । विधेयकका धेरै विषयलाई टुंग्याइ सकेका छौँ । अब केही विषयमा मात्र बाँकी छन् । हाम्रो प्रयास जारी अधिवेशनबाट पारित गर्नेमा छ ।, ?,त्यहाँसम्म हामी अझै पुगिसकेका छैनौँ । समितिमा हामीले तत्काल मिलाउन सकिने विषयलाई मिलाउने र जटिल विषयमा छलफल गर्दै जाने नीतिअनुसार अघि बढेका छौं । पहिलो चरणमा गरिएको छलफलबाट धेरै विषय टुंगिएको छ ।,अहिले गृह, कानुन मन्त्रालयको समेत सहभागितामा प्रारम्भिक प्रतिवेदन बनाएर छलफल गरिरहेका छौँ । समितिले मिलाउन सकेन भने कतिपय विषय राजनीतिक तहबाट मिलाउनु पर्ने पनि हुन सक्छ । तर, अहिलेसम्म हामीलाई के विश्वास छ भने समितिबाटै यसलाई मिलाउन सक्छौँ ।,बाबुको पहिचान नभएको वा बाबुले नागरिकता बनाइ दिन अस्वीकार गरेको खण्डमा आमाले गरेको घोषणालाई स्वीकार गर्ने कि त्यसको पनि पुष्ट्याईँ गर्नुपर्ने भन्ने विषयमा धेरै छलफल भएको छ । लामो छलफलपछि हामी के निष्कर्षमा पुगेका छौँ भने, आमाले गरेको घोषणालाई नै मान्यता दिएर सन्तानलाई नागरिकता दिने । विभिन्न कारणले बाबुको पहिचान हुन सक्दैन ।,सामूहिक बलात्कारबाट जन्मेको अवस्थामा, टेष्टयुब वेवी जन्माएको अवस्थामा र अर्को विभिन्न सामाजिक कारणले बाबुले अस्वीकार गर्ने अवस्था पनि छ । पितृसत्तात्मक सोचका कारण बाबुले आफ्नो सन्तान अस्वीकार गरे पनि आमाले गर्न मिल्दैन । आमा सत्य हो जहिले पनि स्थापित हुन्छ ।,विभिन्न कारणले बाबु पहिचान नभएको अवस्थामा त्यसलाई पुष्टि गर्नुपर्ने भन्ने व्यवस्था सरकारले ल्याएको विधेयकमा थियो । तर, संविधानअनुसार पनि त्यो कुरा मिल्दैन ।,संविधानले बाबु नभएको प्रमाणित गर्नुपर्ने वा पुष्टि गर्नुपर्ने व्यवस्था राखिएको छैन । हामीले यो कुरा व्यवाहारिक रुपमा पनि जटिल हुन्छ । बाबु नभएको पुष्टि गर्नुपर्ने व्यवस्थाले महिला एकपटक मात्र होइन पटक पटक हिंसाबाट गुज्रिनु पर्ने अवस्था आउँछ ।,आमाले आफ्नो सन्तान हो भनिसकेपछि उनैको नामबाट नागरिकता दिनुपर्छ भन्ने निष्कर्षमा हामी पुगेका छौं । यो प्रावधान राख्दा संविधानले आमा वा बाबुको नामबाट नागरिकता लिन सकिने भन्ने भावनालाई पनि समेट्न सक्छ । आमाको नामबाट नागरिकता दिने भन्ने तर त्यसलाई हरेक ठाउँबाट कसेर लिनै नसक्ने बनाउनु हुन्न ।,ढड्डामा बाबुको पहिचान नभएको रेकर्ड राखेर आमाको नामबाट सजिलै नागरिकता लिन सक्ने प्रावधान राख्न गृहमन्त्रालय पनि सहमत भएको छ ।,त्यो चाहिँ आमाले ढाँटेको अवस्थामा हो । विदेशमा गर्भ बोकेर आएको महिलाले जन्माएका सन्तानलाई पनि वंशजकै दिन हुन्न भन्ने विषय ठिकै होला । तर, त्यो आमाले ढाँटेको सन्दर्भमा भयो ।,नागरिकता नपाउनु पर्ने धेरैले नागरिकता पाएको हुन्छ, मेरो छोरो हो भनेर ढाँटेर पनि नागरिकता दिएको अवस्था पनि हुन्छ । ज्वाइलाई छोरा बनाएर नागरिकता दिएको अवस्था पनि हाम्रोमा छ ।,यस्ता विषयलाई नागरिकता सम्बन्धी कानुनले सम्बोधन गर्ने होइन, त्यसका लागि अर्को कानुनको व्यवस्था गरिएको हुन्छ । आमाले ढाँटेर विदेशी बाबुबाट जन्मेकोले वंशजको नागरिकता पाएको भए त्यो अंगकृतमा परिणत हुने व्यवस्था त हाम्रो कानुनमा छ ।,अर्कोतर्फ स्वघोषणा झुठा ठहरिए आमालाई सजायको व्यवस्था पनि गरिएको छ । कुनै पुरुषले मेरो सन्तान हो भनेर नागरिकता दिएको पनि हुनसक्छ तर त्यसो भन्दैमा हामी बाबुको नामबाट नागरिकता नदेउ भन्न सक्दैनौं ।,यो छलफल मैंले सुनेको छैन । किनभने हाम्रो संविधानले प्रष्ट भनेको छ, वंशजनको नागरिकता पाउन आमा बाबु दुवै नेपाली हुनुपर्ने भनेर । नेपाली महिलाले विदेशी नागरिकसँग विवाह गरेर जन्मिएको सन्तान अंगकृत हुने भन्ने व्यवस्था संविधानले गरेको छ ।,त्यो कुरासँग हामी को कित सहमत छौं त्यो अर्को कुरा भयो । संविधानमा भएको व्यवस्थालाई अहिले हामीले चलाउन सक्दैनौँ । तर संविधानमा भएका प्रगतिशिल व्यवस्थामा टेकेर समानता कसरी कायम गर्न सक्छौं भन्नेतर्फ विचार गर्छौ ।,तर, विदेशीसँग विवाह गर्ने पुरुषको सन्तानले कस्तो नागरिकता पाउने भन्ने बहस चाहिँ पक्कै हो । नेपाली महिलाले विदेशीसँग विवाह गरेर जन्मिएका सन्तालाई पनि वंशजको नागरिकता दिनेबारे बाहिर धेरै प्रपोगाण्डा भइरहेको छ । यसबारे समितिमा कुनै छलफल भएको छैन ।,छैन । वैवाहिक अंगकृतको बारेमा थप छलफल गर्ने भनेर छाडेका छौं । यसमा दुई तीनवटा कुरा छन् । नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले चाहेकमा तुरुन्तै संघीय कानुन बमोजिम अंगकृत नागरिकता लिन सक्ने व्यवस्था संविधानमा छ ।,अब त्यसलाई कसरी व्यवस्थित गर्ने भन्ने विषय हाम्रा सामु छ । एउटा हातमा सिन्दुर अर्को हातमा नागरिकता गर्ने कि ? जुन गरिरहेका छौं । वा विवाह गरेर आउने महिलाको सामाजिक, साँस्कृतिक अधिकारलाई सुनिश्चित गर्दै नागरिकतालाई अछि दिने व्यवस्था गर्ने कि भन्ने विषयमा छलफल गर्नुपर्छ । किनभने नागरिकता भनेको राजनीतिक अधिकारको विषय पनि हो ।,यसमा विभिन्न कोणबाट तर्कहरु आइरहेका छन् । कसैले तीन वर्ष गरौँ भन्नेछ, कसैको १० वर्ष गरौं भन्नेछ, कसैको गर्न हुँदैन तुरुन्तै पाउनुपर्छ भन्ने पनि छ । सामाजिक सुरक्षा र धेरै अधिकारहरु नागरिकतासँग जोडिएका छन् ।,अर्कोतर्फ हाम्रा चेलिबेटीहरु विवाह गरेर बाहिर गएको अवस्थामा तुरुन्त नागरिकता पाउँदैनन्, हामीले चाहिँ आउँदा आउँदै दिनुपर्छ भन्ने पनि छैन । त्यसलाई अर्को ढंगले व्यवस्थापन गरौँ भन्ने पनि छ ।,भारतमा सात वर्ष भए पनि अरु कतिपय देशमा बच्चा जन्मेर उसले पाइसक्दासमेत आमाले पाएको हुँदैन । हामी धेरै छलफलमा छौं कुनै न कुनै निष्कर्षमा पुग्छौँ । निष्कर्षमा पुग्ने बेलामा हाम्रो राष्ट्रिय हितलगायत सबै कुरामा ध्यान दिनुपर्छ । त्यस्तै विवाह गरेर आउने महिलालाई सामाजिक सुरक्षाका दृष्टिकोणले कमजोर बनाउनु पनि हुँदैन ।,यसमा समितिले निर्णय गरिसकेको छैन । तर, मनस्थिति चाहिँ सामाजिक साँस्कृतिक अधिकारलाई सुनिश्चित गर्दै राजनीतिक अधिकारलाई केहीपछि दिने गरी कानुनलाई निष्कर्षमा पुयाउँछौं । नागरिकताको खुला आह्वान गर्ने देशले पनि तुरुन्तै राजनीतिक अधिकार देखिएको पाईँदैन । हामीले भारतमै हेरौं भने पनि सोनिया गान्धी प्रधानमन्त्री किन बन्न सकिनन् त ?,संविधानले नागरिकताका विषयका धेरै कुरा प्रष्ट पारे पनि कतिपय विषय संघीय कानुन बमोजिम हुने भनेर पनि उल्लेख भएको छ । संविधानभन्दा विपरीत जान त कानुन मिल्दैन । तर त्यसलाई व्यवस्थित बनाउन भने अवश्य सकिन्छ ।,यसमा धेरै कुरा जोडिएका छन् । अहिले जन्मसिद्धको नागरिकतालाई हामीले मुख्य दशवटा पदमा मात्र रोक्न सकेका छौँ । त्यो भन्दा बढी गर्न सकेका छैनौं । त्यसकारण वंशजको नागरिकता प्रदान गर्ने विषयमा अलि गम्भीरता पूर्वक नै सोच्नुपर्छ ।,तर, बाहिर आएका कतिपय कुरा गृह मन्त्रालयको तथ्यांकबाट होइन रहेछ भन्ने प्रष्ट पनि भयो । राज्यले पहिचान गरिसकको विषयमा त्यति धेरै माथापच्ची गर्न आवश्यक छैन ।
प्रकाश ढकाल
विपक्षी नेता देश फर्किँदै, पक्राउ पर्ने सम्भावना
भेनेजुएलाका विपक्षी नेता क्आन गुएडो इक्वेडरको तटीय शहर सालिनासबाट स्वदेशका लागि प्रस्थान गरेका छन् ।,राष्ट्रपति निकोलश मादुरोविरुद्ध जारी प्रदर्शनलाई नयाँ उचाई दिन र त्यसको नेतृत्व गर्नका लागि आफू स्वदेश फर्किन लागेको घोषणा नेता गुएडोले गरेका हुन् । गुएडो इक्वेडरका लागि प्रस्थान गरे पनि मार्ग भने गोप्य राखिएको समाचार संस्था रोयर्टसले जनाएको छ ।,गुएडो केही हप्तादेखि भेनेजुएला भन्दा बाहिर छन् । उनी आफ्नो पक्षमा समर्थन बटुल्नका लागि केही दिनदेखि दक्षिण अमेरिकी देशको भ्रमणमा थिए ।,इक्वेडरका राष्ट्रपति लेनिन मोरिनोसँग शनिबार भेटवार्ता गरेपछि गुएडो सलिनासबाट बन्दरगाह रहेको शहर गुयाक्वीलका लागि इक्वेडरको हवाई सेनाको विमानमार्फत प्रस्थान गरेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ ।,नेता गुएडोले ट्वीटरमा भनेका छन्, ‘राष्ट्रपति लेनिनलाई उहाँको सहयोग र साथका लागि धेरै धन्यवाद ।’,गुएडो गुयाक्वीलबाट उनी कहाँका लागि उड्ने छन् भन्ने स्पष्ट पारिएको छैन । उनी स्थानीय समय अनुसार सोमबार काराकास पुग्नका लागि उनले बोगोटा वा पानामा सिटीबाट व्यवसायिक विमानबाट उड्न सक्ने छन् । तर उनको भ्रमण मार्गबारेको जानकारी गोप्य राखिएको छ ।,उनीमाथि भेनेजुएलाको सर्वोच्च अदालतले भ्रमणमा प्रतिबन्ध लगाए पनि गुएडो गएको हप्ता सीमा पार गरेर कोलम्बिया प्रवेश गरेका थिए । उनी अमेरिकासहितका देशबाट आएको मानवीय सहायता सामग्री भेनेजुएला प्रवेश गराउने प्रयासमा कोलम्बिया गएका थिए । राष्ट्रपति मादुरोको समर्थनमा रहेको सेनाले सहायता सामग्री रहेका ट्रक रोकेको थियो ।,गुएडो फर्किएपछि भेनेजुएलाका अधिकारीले उनलाई पक्राउ गर्न सक्ने छन् ।,गएको जनवरी २३ मा काराकासमा भएको प्रदर्शना गुएडोले आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेपछि सर्वोच्च अदालतले उनीमाथि विदेश भ्रमण गर्न नपाउने गरि प्रतिबन्ध लगाएको थियो । उनलाई अमेरिका, युरोपका देश तथा ल्याटिन अमेरिकाका अधिकांश देशको साथ छ । मादुरोलाई चीन र रुस तथा देशको सेनाको साथ छ ।,गुएडोले सोमबार र मंगलबार परेको बिदाको दिनमा मादुरो विरुद्ध प्रदर्शन गर्ने घोषणा गरेका छन् ।,केही वर्षदेखि प्रायः सखाप जस्तै बनेको देशका आर्थिक अवस्थालाई अनदेखा गरेको आरोप निकोलस मादुरोमाथि छ । मुद्रास्फिती, विद्युत आपूर्ति बन्द तथा आधारभूत आवश्यक सामग्रीको अभावले भेनेजुएलाको जनजीवन कष्टकर बनेको छ ।,आर्थिक मन्दीकै कारण लाखौँ भेनेजुएलाली छिमेकी देश कोलम्बियासहितका क्षेत्रमा शरण लिन बाध्य छन् ।,मादुरोले जनवरीको सुरुमा दोस्रो कार्यकालका लागि राष्ट्रपतिको शपथ लिएका थिए ।,विपक्षीले बहिष्कार गरेको तथा व्यापक मात्रामा धाँधली भएको आरोप लागेको चुनावमा मादुरो विजयी भएका थिए । विपक्षी नेतालाई जेल हालेर भएको चुनाव निष्पक्ष नरहेको आरोप छ । मादुरोले दोस्रो कार्यकालका लागि शपथ लिएपछि विपक्षीको प्रदर्शन चर्किएको हो ।,भेनेजुएलामा हजारौँ मानिसले अहिलेका राष्ट्रपति निकोलश मादुरोविरुद्ध प्रदर्शन गर्दै आएका छन् । ३५ वर्षका गुएडोले मादुरोविरुद्धको प्रदर्शनको नेतृत्व गरिरहेका छन् । गुएडो भेनेजुएलाको नेशनल एसेम्ब्लीका अध्यक्ष पनि हुन् ।
सञ्चार संवाददाता
दुर्घटनाको खबर पाउनासाथ प्रधानमन्त्री ओलीको मुखबाट फुत्त निस्कियो, ‘ओभरलोड !’
ओभरलोड’- प्रधानमन्त्री केपी ओलीको मुखबाट तत्काल निस्किएको प्रतिक्रिया थियो जब उनले ताप्लेजुङ हेलिकोप्टर दुर्घटनाबारे पहिलो पटक समाचार सुने।,बुधबार आफ्ना प्रमुख परराष्ट्र सल्लाहाकार राजन भट्टराईले संस्कृति, नागरिक उड्यन तथा पर्यटनमन्त्री रविन्द्र अधिकारीलगायत ७ जनाको हेलिकोप्टर दुर्घटनामा निधन भएको खबर सुनाए पछि   प्रधानमन्त्री ओलीले त्यस्तो प्रतिक्रिया दिएका थिए।,हेलिकोप्टरमार्फत पहाड या हिमालतिर जाँदा केही मानिसलाई ओरालेर  मात्रै जाने बानी थियो प्रधानमन्त्री ओलीको ‘ओभरलोड’ होला की भनेर। र, त्यसबारे जानकारी पनि राख्‍न खोज्थे।,ताप्लेजुङको हेलिकोप्टर दुर्घटना खराब मौसमसँगै ‘ओभरलोड’ हो की भन्‍ने आशंका गरिएका बेला प्रधानमन्त्र ओलीले त्यस्तो प्रक्रिया उक्त दुर्घटनाका खबर सुन्‍नासाथ दिएको स्रोत बताउँछ।,स्रोतका अनुसार वास्तवमा बुधबार दुर्घटनामा परको ‘एक्युरेल बी थ्री’ हेलिकोप्टरमा ७ सिट हुन्छन्। र नेपाली सेनाले त्यो चलाउँदा दुई जना पाइलट र चार जना यात्रु चढाउँदै आएको थियो। तर बुधबार संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री अधिकारी, पर्यटन व्यवसायी आङ छिरिङ शेर्पा लगायत ६ जना यात्रु थिए उक्त हेलिकोप्टरमा। साथमा एक जना पाइलट पनि।,त्यसकारण पनि क्षमताभन्दा बढी यात्रु बोक्दा उक्त हेलिकोप्टर दुर्घटना भएको अनुमान बढ्दो छ। दुर्घटनमा दिवंगत पर्यटनमन्त्री अधिकारीकी पत्‍नी अधिकारीकी पत्‍नी विद्या भट्टराई र परिवारका अन्य सदस्यलाई भेट्न र सान्त्वना दिन पुलचोकस्थित मन्त्री निवासमा पुगेका थिए।,मन्त्री अधिकारी नातालले राजन भट्टराइका ज्वाइ हुन्। अधिकारीको दुर्घटनाको खबर प्रधानमन्त्रीलाई सुनाउँदा उनी पनि मर्माहत बनेका थिए।,स्रोतका अनुसार पर्यटनमन्त्री अधिकारी र पर्यटन व्यवसायी आङछिरिङ शेर्पा हतारमा थिए कारण मन्त्री अधिकारी बिहीबार जर्मनी जाने कार्यक्रम तय भएको थियो भने शेर्पा फ्रान्स जाने तयारीमा थिए त्यसै दिन।,काठमाडौँबाट तेह्रथुमको यात्रा तय गर्दा ताप्लेजुङको पाथिभरा मन्दिरको दर्शन गर्ने कार्यक्रम थिएन उनीहरुसँग । तर सम्भावित चुहानडाँडा विमानस्थलको अनुगमनपछि पाथिभरा दर्शन गर्ने कार्यक्रम उनीहरुले यात्राकै क्रममा बनाएका थिए ।,पाथिभरा मन्दिरको दर्शन गरेपछि उक्त मन्दिरका पुजारीले आफ्नै घरमा उनीहरुलाई चिया समेत खुवाएका थिए।,पर्यटनमन्त्री अधिकारीले घरमा बुधबार एउटा महत्वपूर्ण भ्रमण रहेको सुनाएका थिए भने पर्यटन व्यवसायी आङछिरिङ शेर्पाले आफ्ना सहयोगीले फोन गर्दा कुनै एउटा कार्यक्रममा बाहिर भएको सुनाएका थिए।,नागरिक उड्डयन प्राधिकरणको ‘बोर्ड’ को बैठकमा त्यसको आन्तरिक विमानस्थल हेर्ने निर्देशक धुव्र भोछिभोयाले आफूलाई हेलिकोप्टर चढन् मन नपर्ने भए पनि कतै जानु पर्ने बाध्यता सुनाएका थिए। त्यसको भोलिपल्ट पेशागत कामकै क्रममा उनले हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाउन पुगे।,भोछिभोया काममा इमान्दार इन्जिनियर समेत हुन् । उनलाई पर्यटनमन्त्री अधिकारीले आफ्नो अन्तिम भाषणमा ‘इन्जिनियरका पनि इन्जिनियर’ भनेर चिनाएका थिए तेह्रथुममा।,त्‍यसो त  उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठले परिवारका सदस्यलाई दुर्घटनमा परी ज्यान गुमाउनुभन्दा करीब आधा घण्टाअघि फोन गरेर म  घर आउँदैछु भनेर खबर गरेका थिए। तर त्‍यसको आधाघण्टापछि उनको  मृत्‍युको खबर आइपुग्‍यो टेलिभजनका पर्दाहरुमा। यसले उनको परिवारमा पर्नुसम्‍म बज्रपात पर्‍यो।  त्‍यहीबेलादेखि नै उनको परिवारमा सन्‍नटा छाएको छ, कोही पनि घरका सदस्य बोल्ने अवस्थामा छैनन्।,पर्यटनमन्त्रीसँगै ज्यान गुमाएका प्रधनमन्त्री कार्यालयका उप-सचिव युवराज दाहालको परिवारको अवस्था पनि उस्तै छ। उनले प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीलाई दुर्घटनामा पर्नुअघि काठमाडौँ आएपछि भेट्नुपर्छ है भन्दै करीब आधा मिनेट फोनमा कुराकानी गरेका थिए।,कतिपय व्यक्तिगत निर्णय अधिकारमा स्वतन्त्र हुन्थे भने यो कहाली लाग्दो दुर्घटनाबाट जोगिन्थे। हलिकोप्टर चढ्ने डर मान्‍ने इन्जिनियर भोछिभोयालाई बुधबार तेह्रथुम जान मन नलागेको कुरा सहकर्मीहरुलाई बताएका थिए।,मृत्‍युको मुखमा पुगिसकेका पर्यटनमन्त्रीसँगै नेपाली सेनाका सुरक्षागार्ड अर्जुन घिमिरे पनि बिरामी भएर छाउनस्थित वीरेन्द्र सैनिक अस्पतालबाट ‘डिस्चार्ज’ भएको तीन दिन मात्रै भएका थियो । तर उनले मन्त्री अधिकारीलाई ‘म बिरामी छु भन्‍न सकेनन्।,अर्जुनका काका श्याम घिमिरेका अनुसार परिवारका सदस्यलाई ‘निको त अझै भएको छैन तर ‘ड्यूटी’ मा जानै पर्‍यो भन्दै उनी ताप्लेजुङको चुहानडाँडा हिडेका थिए
दिपा दाहाल
‘राष्ट्रपति मादुरो हाम्रो परिवारमाथि खनिन सक्छन्, तर पछुतो छैन’
भेनेजुएलाको राजनीतिक संकटले गम्भीर रुप लिँदै गएको छ । विपक्षीले विदेशबाट आएको मानवीय सहायता सामग्री देश भित्र्याउन गरेको प्रयास र सरकारको त्यसलाई रोक्ने प्रयासका बिच सीमा क्षेत्रमा झडप भए ।,राष्ट्रपति निकोलश मादुरोले ब्राजिलसँगको सीमा आंशिक रुपमा बन्द गरे भने कोलम्बियासँगको कूटनीतिक सम्बन्ध नै तोडे ।,कोलम्बिया र ब्राजिलसहितका धेरै दक्षिण अमेरिकी देशले गएको जनवरी २३ मा आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका विपक्षी नेता क्आन गुएडोलाई साथ दिएका छन् ।,अमेरिकासहितका देशबाट आएको सहायता सामग्री भित्र्याउने प्रयासमा गुएडोका समर्थक शुक्रबार र शनिबार लागे ।,राष्ट्रपति मादुरोले त्यसलाई रोक्नका लागि सुरक्षाकर्मी तैनाथ गरे । तर केही सुरक्षाकर्मीले उनको आदेशको उल्लंघन गरे र विपक्षीलाई साथ दिए ।,यसरी विपक्षीको साथ दिएका सुरक्षकर्मीले अब आफ्नो परिवारमाथि जोखिम बढेको बताएका छन् । बिबिसीसँगको कुराकानीमा उनीहरुले राष्ट्रपति निकोलश मादुरोबाट आफ्नो परिवारमाथि जोखिम रहेको बताएका हुन् ।,२३ वर्षका ओर्ला गुएरिनले भनेका छन्, ‘राष्ट्रपति मादुरो मेरो परिवारमाथि खनिने सम्भावना छ । तर मलाई लाग्छ कि उनको साथ छोड्ने मेरो निर्णय अहिलेसम्मकै उत्कृष्ट निर्णय हो ।’, १०० भन्दा बढी सुरक्षाकर्मीले मादुरोको साथ छोडेका छन् । चीन र रुसको साथ पाएका मादुरो सेनाको साथकै कारण सत्तामा टिकिरहेका छन् । तर अब बिस्तारै सुरक्षाकर्मीको साथ पनि टुट्दै जाने देखिएको छ ।,सुरक्षासेवामा धेरै मादुरोबाट बेखुशी रहेको उनको विपक्षमा उभिएकाले बताएका छन् ।,आफूहरुको अग्रसरताले सुरक्षाकर्मीहरुमा गम्भीर प्रभाव पार्ने एक २९ वर्षका सुरक्षाकर्मीले बताएका छन् । सुरक्षासेवामा रहेका भ्रष्टहरु बाहेक सबै मादुरोबाट खुशी नरहेको उनले बताएका छन् ।
null
सीमावर्ती क्षेत्रमा हिंसात्मक झडप, विपक्षीलाई केही सुरक्षाकर्मीको साथ
भेनेजुएलाका सीमावर्ती क्षेत्रमा हिंसात्मक झडप भएका छन् ।,राष्ट्रपति निकोलश मादुरोले मानवीय सहायता सामग्री प्रवेशमा रोक लगाउन ब्राजिलसँगको सीमा बन्द गरेको तथा कोलम्बियासँगको सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेपछि हिंसा सुरु भएको हो । देशभरका सीमावर्ती क्षेत्रमा स्थानीय बासिन्दा र सुरक्षाकर्मीबिच झडप भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।,सरकार विरोधी प्रदर्शनको नेतृत्व गरिरहेका र गएको जनवरी २३ मा आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका विपक्षी नेता क्आन गुएडोका समर्थकले कोलम्बिया तथा ब्राजिलका सीमा क्षेत्रबाट अमेरिकासहितका देशबाट आएका मानवीय सहायता सामग्री ल्याउने प्रयास गरिरहेका छन् । यहि क्रममा झडप भएको हो । मुख्यतः देशको सेनाले अहिलेसम्म राष्ट्रपति मादुरोलाई साथ दिँदै आएको छ ।,तर केही सीमा क्षेत्रमा रहेका सुरक्षाबलका सदस्यले आफ्नो पोस्ट छाडेर विपक्षीलाई साथ दिएको खबर पनि आएको बिबिसीले उल्लेख गरेको छ ।,निकोलश मादुरोले देशका सीमा आंशिक रुपमा बन्द गरेका छन् । उनी देशमा सहायता सामग्री नभित्रियोस् भन्ने चाहन्छन् ।,विदेशबाट भेनेजुएलाका आएको सहायता सामग्री जुटाउनमा विपक्षी नेता गुएडोको भूमिका छन् । उनले आफ्ना नागरिकलाई सहयोगको खाँचो रहेको भन्दै सहयोगका लागि अपिल गरेका थिए र अमेरिकासहितका देशले सहायता सामग्री सीमावर्ती क्षेत्रमा लगेका छन् । यसमा खाद्यान्न, औषधिसहितका सामग्री छन् ।,विपक्षी समर्थकहरु यी सामग्री देश भित्र्याउन प्रयासरत छन् । सामाजिक सञ्जालमा गुएडोले आफ्ना समर्थकको प्रयासको प्रशंसा गरेका छन् ।,शुक्रबार विपक्षी नेता गुएडो कोलम्बियामा सहयोग कन्सर्टमा सहभागी हुन पुगेका थिए । कोलम्बियाले साहयता सामग्री भेनेजुएला प्रवेश गराउनमा गुएडोलाई साथ दिइरहेको छ ।,यहिबिचमा राष्ट्रपति मादुरोले यो प्रक्रियामा कोलम्बियाको भूमिकालाई हेरेर उससँगको कूटनीतिक सम्बन्ध तोडेको घोषणा गरेका छन् ।,ब्राजिलसँगको सीमा क्षेत्रमा शनिबार भएको झडपमा कम्तिमा दुईजनाको निधन भएको बताइएको छ । यस्तै अरु दुईजनाको शुक्रबार भएको झडपमा निधन भएको थियो । सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि अश्रु ग्यास तथा रबरको गोली प्रहार गरेका छन् ।,एम्नेस्टी इन्टरनेशनलले प्रदर्शनकारीमाथि गोली चलाउनु मानवअधिकारको गम्भीर उल्लंघन रहेको भन्दै आलोचना गरेको छ ।,सीमा क्षेत्रमा भएका झडपमा घाइते हुनेको संख्या ३०० नाघेको कोलम्बिया सरकारले बताएको छ । घटनास्थलमा रहेका पत्रकारहरुले धेरैजना गम्भीर घाइते भएको बताएका छन् । केहीको आँखाको ज्योति गएको छ ।,आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका र अमेरिका तथा युरोपका देश एवम् दक्षिण अमेरिकी देशहरु ब्राजिल, पेरु, कोलम्बियासहितको समर्थन पाएका गुएडोले सहायता सामग्री भेनेजुएला जसरी पनि प्रवेश गराउने बताएका छन् ।,तर राष्ट्रपति मादुरोले भने सहायता सामग्री प्रवेश हुन नदिने रणनीति अनुसार ब्राजिलसँगको सीमा बन्द गरेका छन् भने कोलम्बियासँगको सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेका छन् ।,राष्ट्रपति मादुरोलाई देशको सेनासहित चीन र रुसको साथ छ । तर विपक्षी नेता गुएडो कोलम्बिया पुगेका छन् र उनले आफूलाई कोलम्बिया प्रवेशमा देशको सेनाले साथ दिएको बताएका छन् ।,केही वर्षदेखि प्रायः सखाप जस्तै बनेको देशका आर्थिक अवस्थालाई अनदेखा गरेको आरोप निकोलस मादुरोमाथि छ । मुद्रास्फिती, विद्युत आपूर्ति बन्द तथा आधारभूत आवश्यक सामग्रीको अभावले भेनेजुएलाको जनजीवन कष्टकर बनेको छ ।,आर्थिक मन्दीकै कारण लाखौँ भेनेजुएलाली छिमेकी देश कोलम्बियासहितका क्षेत्रमा शरण लिन बाध्य छन् ।, मादुरोले जनवरीको सुरुमा दोस्रो कार्यकालका लागि राष्ट्रपतिको शपथ लिएका थिए ।,विपक्षीले बहिष्कार गरेको तथा व्यापक मात्रामा धाँधली भएको आरोप लागेको चुनावमा मादुरो विजयी भएका थिए । विपक्षी नेतालाई जेल हालेर भएको चुनाव निष्पक्ष नरहेको आरोप छ । मादुरोले दोस्रो कार्यकालका लागि शपथ लिएपछि विपक्षीको प्रदर्शन चर्किएको हो ।,भेनेजुएलामा हजारौँ मानिसले अहिलेका राष्ट्रपति निकोलश मादुरोविरुद्ध प्रदर्शन गर्दै आएका छन् । ३५ वर्षका गुएडोले मादुरोविरुद्धको प्रदर्शनको नेतृत्व गरिरहेका छन् । गुएडो भेनेजुएलाको नेशनल एसेम्ब्लीका अध्यक्ष पनि हुन् ।,
null
ब्राजिलसँगको सीमा बन्द गर्ने मादुरोको घोषणा, सहायता सामग्री भित्रन नदिने रणनीति
भेनेजुएलाले ब्राजिलसँगको सीमा बन्द गर्ने भएको छ । भेनेजुएलाका राष्ट्रपति निकोलश मादुरोले ब्राजिलसँगको सीमा बन्द गर्ने घोषणा गरेका हुन् ।,स्थानीय समय अनुसार बिहीबार रातिदेखि सीमा बन्द गर्ने बताएका हुन् । अमेरिकासहितका देशबाट मानवीय सहायता भित्रन नदिनका लागि राष्ट्रपति मादुरोले ब्राजिलको सीमा बन्द गर्ने भएका हुन् ।,यस्तै उनले टेलिभिजन सम्बोधन मार्फत कोलम्बियासँगको सीमा पनि बन्द गर्ने बारे पनि सोची रहेको बताएका छन् । आफूलाई देशका अन्तरिम राष्ट्रपति घोषित गरेका विपक्षी नेता क्आन गुएडोको आग्रहमा अमेरिकाले भेनेजुएलाका लागि पठाएको मानवीय सहायता सामग्री बोकेका विमान सीमावर्ती कोलम्बियन शहर कुकुता पुगेका छन् ।,तर सीमामा राष्ट्रपति मादुरोको समर्थनमा रहेका सैनिको अवरोध छ । विपक्षी नेता गुएडोले देशमा मानवीय सहायताको खाँचो रहेको बताए पनि राष्ट्रपति मादुरोले भने त्यस्तो कुनै पनि किसिमको समस्या नरहेको दाबी गर्दै आएका छन् ।,राष्ट्रपति मादुरोले अमेरिका सहायता सामग्री भित्र्याउने नाममा आफ्नो देशमा सैन्य हस्तक्षेप गर्ने ध्यानमा रहेको बताउँदै आएका छन् । सहायता सामग्री मात्रै बहाना रहेको मादुरोको भनाई छ ।,मादुरो सरकारले सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । तर विपक्षी नेता गुएडोले भने कुकुता आइपुगेका सहायता सामग्री भोलेन्टिर्यसले फेब्रुअरी २३ मा भेनेजुएला भित्र्याउने बताएका छन् । यहि कारण मादुरोले कोलम्बिया तथा ब्राजिलसँगको सीमा बन्द गर्ने बताएका हुन् ।,राष्ट्रपति निकोलश मादुरो विरोधी प्रदर्शनको नेतृत्व गरिरहेका गुएडोले गएको जनवरी २३ मा काराकासमा भएको प्रदर्शनको क्रममा आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका थिए ।,उनलाई अमेरिका तथा युरोपियन युनियनका अधिकांश देशको साथ छ । यस्तै ब्राजिल, पेरु तथा कोलम्बियासहितका दक्षिण अमेरिकी देशको पनि उनले साथ पाएका छन् । राष्ट्रपति मादुरोलाई चीन र रुसको समर्थन छ र देशको सेना पनि अहिलेसम्म उनकै पक्षमा रहेको छ ।,केही वर्षदेखि प्रायः सखाप जस्तै बनेको देशका आर्थिक अवस्थालाई अनदेखा गरेको आरोप निकोलस मादुरोमाथि छ । मुद्रास्फिती, विद्युत आपूर्ति बन्द तथा आधारभूत आवश्यक सामग्रीको अभावले भेनेजुएलाको जनजीवन कष्टकर बनेको छ । आर्थिक मन्दीकै कारण लाखौँ भेनेजुएलाली छिमेकी देश कोलम्बियासहितका क्षेत्रमा शरण लिन बाध्य छन् ।,मादुरोले जनवरीको सुरुमा दोस्रो कार्यकालका लागि राष्ट्रपतिको शपथ लिएका थिए । विपक्षीले बहिष्कार गरेको तथा व्यापक मात्रामा धाँधली भएको आरोप लागेको चुनावमा मादुरो विजयी भएका थिए । विपक्षी नेतालाई जेल हालेर भएको चुनाव निष्पक्ष नरहेको आरोप छ । मादुरोले दोस्रो कार्यकालका लागि शपथ लिएपछि विपक्षीको प्रदर्शन चर्किएको हो ।,भेनेजुएलामा हजारौँ मानिसले अहिलेका राष्ट्रपति निकोलश मादुरोविरुद्ध प्रदर्शन गर्दै आएका छन् । ३५ वर्षका गुएडोले मादुरोविरुद्धको प्रदर्शनको नेतृत्व गरिरहेका छन् । गुएडो भेनेजुएलाको नेशनल एसेम्ब्लीका अध्यक्ष पनि हुन् ।
null
सेनाले गोली चलाउँदा सर्वसाधारणको मृत्यु, कोलम्बिया प्रवेशमा विपक्षी नेतालाई सुरक्षाकर्मीले सघाए
भेनेजुएलामा राजनीतिक संकट गहिरिँदै जाँदा त्यसले हिंसात्मक रुप लिन थालेको छ । ब्राजिलसँगको सीमा क्षेत्रमा शुक्रबार भेनेजुएलाका आर्मीले आदिवासी मानिसमाथि गोली प्रहार गरेका छन् ।,यस क्रममा कम्तिमा दुईजनाको ज्यान गएको छ । अन्य केही घाइते भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।,राष्ट्रपति निकोलश मादुरोविरुद्ध प्रदर्शन हुँदै आएको भेनेजुएलामा अमेरिकासहितका देशले विपक्षी नेता क्आन गुएडोको आग्रहमा पठाएको मानवीय सहायता सामग्रीको विषयलाई लिएर पछिल्लो समय विवाद उत्कर्षमा पुगेको छ ।,आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका र अमेरिका तथा युरोपका देश एवम् दक्षिण अमेरिकी देशहरु ब्राजिल, पेरु, कोलम्बियासहितको समर्थन पाएका गुएडोले सहायता सामग्री भेनेजुएला जसरी पनि प्रवेश गराउने बताएका छन् ।,तर राष्ट्रपति मादुरोले भने सहायता सामग्री प्रवेश हुन नदिने रणनीति अनुसार ब्राजिलसँगको सीमा बन्द गरेका छन् भने कोलम्बियासँगको सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेका छन् ।,केही दिनअघि सीमा क्षेत्र पुगेका सहायता सामग्री अब भेनेजुएला प्रवेश गराउने र सर्वसाधारणमा वितरण गर्ने तयारीमा विपक्षी नेता गुएडो छन् । उनले त्यसका लागि स्वयम् सेवकसँग आग्रह पनि गरेका छन् ।,राष्ट्रपति मादुरो भने अमेरिकाले सहायता सामग्रीको नाममा आफ्नो देशमा हस्तक्षेप गर्न चाहेको भन्दै कुनै पनि हालतमा त्यस्तो हुन नदिने अडानमा छन् ।,शुक्रबार भेनेजुएलाको दक्षिणी गाउँ कुमाराकापेमा हिंसा भड्किएको हो । स्थानीय बासिन्दाले सीमा क्षेत्र जाँदै गएको आर्मीको गाडीलाई रोकेपछि आर्मीले गोली चलाएको हो । आर्मी सीमा बन्द गर्ने राष्ट्रपतिको घोषणापछि ब्राजिलसँगको सीमा क्षेत्रमा जाँदै थियो ।,राष्ट्रपति मादुरोलाई देशको सेनासहित चीन र रुसको साथ छ ।,तर विपक्षी नेता गुएडो कोलम्बिया पुगेका छन् र उनले आफूलाई कोलम्बिया प्रवेशमा देशको सेनाले साथ दिएको बताएका छन् । गुएडो सहायता सामग्री देश भित्र्याउने अभियानसहित सीमावर्ती कोलबियाको शहर पुगेका हुन् ।,राष्ट्रपति निकोलश मादुरो विरोधी प्रदर्शनको नेतृत्व गरिरहेका गुएडोले गएको जनवरी २३ मा काराकासमा भएको प्रदर्शनको क्रममा आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका थिए ।,केही वर्षदेखि प्रायः सखाप जस्तै बनेको देशका आर्थिक अवस्थालाई अनदेखा गरेको आरोप निकोलस मादुरोमाथि छ । मुद्रास्फिती, विद्युत आपूर्ति बन्द तथा आधारभूत आवश्यक सामग्रीको अभावले भेनेजुएलाको जनजीवन कष्टकर बनेको छ । आर्थिक मन्दीकै कारण लाखौँ भेनेजुएलाली छिमेकी देश कोलम्बियासहितका क्षेत्रमा शरण लिन बाध्य छन् ।,मादुरोले जनवरीको सुरुमा दोस्रो कार्यकालका लागि राष्ट्रपतिको शपथ लिएका थिए । विपक्षीले बहिष्कार गरेको तथा व्यापक मात्रामा धाँधली भएको आरोप लागेको चुनावमा मादुरो विजयी भएका थिए ।,विपक्षी नेतालाई जेल हालेर भएको चुनाव निष्पक्ष नरहेको आरोप छ । मादुरोले दोस्रो कार्यकालका लागि शपथ लिएपछि विपक्षीको प्रदर्शन चर्किएको हो ।,भेनेजुएलामा हजारौँ मानिसले अहिलेका राष्ट्रपति निकोलश मादुरोविरुद्ध प्रदर्शन गर्दै आएका छन् । ३५ वर्षका गुएडोले मादुरोविरुद्धको प्रदर्शनको नेतृत्व गरिरहेका छन् । गुएडो भेनेजुएलाको नेशनल एसेम्ब्लीका अध्यक्ष पनि हुन् ।
null
ट्रम्पले दिए भेनेजुएलाको सेनालाई चेतावनी, राष्ट्रपतिको समर्थन छोड्न अपिल
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको सेनासँग राष्ट्रपति निकोलश मादुरोलाई दिँदै आएको समर्थन फिर्ता लिन अपिल गरेका छन् ।,ट्रम्पले सेनालाई मादुरोबाट समर्थन फिर्ता लिएर विपक्षी नेता क्आन गुएडोलाई साथ दिन आग्रह गरेका हुन् ।,मादुरोविरुद्धको प्रदर्शनको नेतृत्व गरिरहेका ३५ वर्षका गुएडोले गएको जनवरी २३ मा आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका थिए ।,उनलाई अमेरिका, युरोपेली युनियन तथा ब्राजिल, पेरु, कोलम्बियासहितका दक्षिण अमेरिकी देशको समर्थन छ । यस्तै राष्ट्रपति मादुरोलाई चीन र रुसको साथ छ भने देशको सेना पनि उनकै पक्षमा छ । अन्तर्राष्ट्रिय दबाब बढे पनि सेनाको साथ पाएकाले मादुरो सत्तामा कायम छन् ।,गुएडोको आग्रहमा भेनेजुएलाका लागि मानवीय सहायता सामग्री पठाएको अमेरिकाका राष्ट्रपति ट्रम्पले मायामीमा गरेको सम्बोधनमा विश्वको आँखा मादुरोलाई साथ दिनेमाथि रहेको भन्दै चेतावनी दिएका हुन् ।,मादुरोको पक्षमा रहेकाहरुले आफ्नै भविष्य र जीवनलाई नै जोखिममा पारेको ट्रम्पले चेतावनी दिएका छन् । भेनेजुएलाका राष्ट्रपति मादुरोले सत्ताबाट बाहिरिन वा नयाँ चुनाव गराउन अस्वीकार गर्दै आएका छन् ।,भेनेजुएलाका लागि मानवीय सहायता सामग्री बोकेका अमेरिकी सैन्य विमान कोलम्बियाको सीमावर्ती नगर कुकुता पुगेका छन् । भेनेजुएलामा राजनीतिक संकट गहिरिँदै गएका बेला आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका विपक्षी नेता क्आन गुएडोको आग्रहमा अमेरिकाले मानवीय सहायता सामग्री पठाएको हो ।,राष्ट्रपति निकोलश मादुरोले अमेरिका सहायता सामग्री भित्र्याउने नाममा आफ्नो देशमा सैन्य हस्तक्षेप गर्ने ध्यानमा रहेको बताउँदै आएका छन् । सहायता सामग्री मात्रै बहाना रहेको मादुरोको भनाई छ ।,मादुरो सरकारले सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । तर विपक्षी नेता गुएडोले भने कुकुता आइपुगेका सहायता सामग्री भोलेन्टिर्यसले फेब्रुअरी २३ मा भेनेजुएला भित्र्याउने बताएका छन् ।,राष्ट्रपति निकोलश मादुरो विरोधी प्रदर्शनको नेतृत्व गरिरहेका गुएडोले गएको जनवरी २३ मा काराकासमा भएको प्रदर्शनको क्रममा आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका थिए ।,केही वर्षदेखि प्रायः सखाप जस्तै बनेको देशका आर्थिक अवस्थालाई अनदेखा गरेको आरोप निकोलस मादुरोमाथि छ ।,मुद्रास्फिती, विद्युत आपूर्ति बन्द तथा आधारभूत आवश्यक सामग्रीको अभावले भेनेजुएलाको जनजीवन कष्टकर बनेको छ । आर्थिक मन्दीकै कारण लाखौँ भेनेजुएलाली छिमेकी देश कोलम्बियासहितका क्षेत्रमा शरण लिन बाध्य छन् ।,मादुरोले जनवरीको सुरुमा दोस्रो कार्यकालका लागि राष्ट्रपतिको शपथ लिएका थिए । विपक्षीले बहिष्कार गरेको तथा व्यापक मात्रामा धाँधली भएको आरोप लागेको चुनावमा मादुरो विजयी भएका थिए ।,विपक्षी नेतालाई जेल हालेर भएको चुनाव निष्पक्ष नरहेको आरोप छ । मादुरोले दोस्रो कार्यकालका लागि शपथ लिएपछि विपक्षीको प्रदर्शन चर्किएको हो ।,भेनेजुएलामा हजारौँ मानिसले अहिलेका राष्ट्रपति निकोलश मादुरोविरुद्ध प्रदर्शन गर्दै आएका छन् । ३५ वर्षका गुएडोले मादुरोविरुद्धको प्रदर्शनको नेतृत्व गरिरहेका छन् । गुएडो भेनेजुएलाको नेशनल एसेम्ब्लीका अध्यक्ष पनि हुन् ।
null
सीमावर्ती कुकुतामा सहायता सामग्रीसहितका अमेरिकी सैन्य विमान, सीमाको अवरोध तोड्ने तयारीमा गुएडो
भेनेजुएलाका लागि मानवीय सहायता सामग्री बोकेका अमेरिकी सैन्य विमान कोलम्बियाको सीमावर्ती नगर कुकुता पुगेका छन् ।,भेनेजुएलामा राजनीतिक संकट गहिरिँदै गएका बेला आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका विपक्षी नेता क्आन गुएडोको आग्रहमा अमेरिकाले मानवीय सहायता सामग्री पठाएको हो । भेनेजुएलासँगको सीमा क्षेत्रमा रहेको कोलम्बियाको नगर कुकुतामा अमेरिकी सैन्य विमान पुगेका हुन् ।,राष्ट्रपति निकोलश मादुरोले अमेरिका सहायता सामग्री भित्र्याउने नाममा आफ्नो देशमा सैन्य हस्तक्षेप गर्ने ध्यानमा रहेको बताउँदै आएका छन् । सहायता सामग्री मात्रै बहाना रहेको मादुरोको भनाई छ ।,मादुरो सरकारले सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । तर विपक्षी नेता गुएडोले भने कुकुता आइपुगेका सहायता सामग्री भोलेन्टिर्यसले फेब्रुअरी २३ मा भेनेजुएला भित्र्याउने बताएका छन् ।,उनले यसअघि नै जसरी भए पनि सहायता सामग्री भित्र्याउने र वितरण गरिने बताएका थिए ।,भेनेजुएला मानवीय संकटको अवस्थामा रहेकाले गुएडोको आग्रहमा सहायता सामग्री ल्याइएको यएसएडका अधिकारी मार्क ग्रिनले कुकुतामा भएको पत्रकार सम्मेलनमा बताए ।,बालबालिका भोकमरिको चपेटामा रहेको तथा अधिकांश अस्पतालमा औषधि अभावको अवस्था रहेकाले सहयोगका लागि पहल भएको उनले बताए ।,राष्ट्रपति निकोलश मादुरो विरोधी प्रदर्शनको नेतृत्व गरिरहेका गुएडोले गएको जनवरीको अन्तिम हप्ता राजधानी काराकासमा भएको प्रदर्शनको क्रममा आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका थिए ।,विपक्षी नेता क्आन गुएडोले गएको जनवरी २३ मा काराकासमा भएको प्रदर्शनको क्रममा आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका थिए ।,उनलाई अमेरिका तथा युरोपियन युनियनका अधिकांश देशको साथ छ । यस्तै ब्राजिल, पेरु तथा कोलम्बियासहितका दक्षिण अमेरिकी देशको पनि उनले साथ पाएका छन् । राष्ट्रपति मादुरोलाई चीन र रुसको समर्थन छ र देशको सेना पनि अहिलेसम्म उनकै पक्षमा रहेको छ ।,गुएडोले देशमा मानवीय सहायताको खाँचो रहेको भन्दै सहयोगका लागि अमेरिकासँग आग्रह गरेका थिए ।,मादुरोको समर्थनमा रहेका भेनेजुएलाका सेनाले कोलम्बियासँगको सीमा क्षेत्रमा रहेको महत्वपूर्ण पुलमा अवरोध गरेका छन् । यसले गर्दा अमेरिकासहित अरु देशबाट आउने सहायता सामग्री रोकिएका छन् ।,केही वर्षदेखि प्रायः सखाप जस्तै बनेको देशका आर्थिक अवस्थालाई अनदेखा गरेको आरोप निकोलस मादुरोमाथि छ ।,मुद्रास्फिती, विद्युत आपूर्ति बन्द तथा आधारभूत आवश्यक सामग्रीको अभावले भेनेजुएलाको जनजीवन कष्टकर बनेको छ । आर्थिक मन्दीकै कारण लाखौँ भेनेजुएलाली छिमेकी देश कोलम्बियासहितका क्षेत्रमा शरण लिन बाध्य छन् ।,मादुरोले जनवरीको सुरुमा दोस्रो कार्यकालका लागि राष्ट्रपतिको शपथ लिएका थिए । विपक्षीले बहिष्कार गरेको तथा व्यापक मात्रामा धाँधली भएको आरोप लागेको चुनावमा मादुरो विजयी भएका थिए ।,विपक्षी नेतालाई जेल हालेर भएको चुनाव निष्पक्ष नरहेको आरोप छ । मादुरोले दोस्रो कार्यकालका लागि शपथ लिएपछि विपक्षीको प्रदर्शन चर्किएको हो ।,भेनेजुएलामा हजारौँ मानिसले अहिलेका राष्ट्रपति निकोलश मादुरोविरुद्ध प्रदर्शन गर्दै आएका छन् । ३५ वर्षका गुएडोले मादुरोविरुद्धको प्रदर्शनको नेतृत्व गरिरहेका छन् । गुएडो भेनेजुएलाको नेशनल एसेम्ब्लीका अध्यक्ष पनि हुन् ।
null
‘म सहित कविताका तीन छोराछोरी छन्’
प्रेमलाई जीवन जिउने आधार मानिन्छ। भनिन्छ, कुनै पनि मानिस प्रेममा पर्दा त्यसको वास्तविक प्रभाव वा जादु उसको मुटुमा मात्र नभई मष्तिस्कमा समेत पर्छ ।,र, व्यवहारिक हिसाबकिताब पनि सँगसँगै खोज्छ, त्यसले । अनि दीगोपनको आस पनि बढ्छ । प्रेमबाट प्राप्त आर्जित शक्तिले नै असिम खुशी, सन्तुष्टीसँगै सफलतासमेत दिलाउँछ । अझ प्रेमलाई गृहस्थीमा परिणत गरी सुखानुभुत गर्नु त चानचुने मामिला होइन ।,नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका विश्वप्रकाश शर्माले सायद त्यही खोज्ने प्रयास गरे कविता शर्माबाट र सफल पनि भए जीवन र प्रेम दुवैमा।,प्रेममा सफल हुनु र सार्थक तुल्याउनु युद्ध जिते सरह नै मानिन्छ । युद्ध जित्न नसक्दा अधिकांश प्रेम कथाहरुको अन्त्य दुखद हुने गर्छ । विभिन्न अवरोधका कारण अनायसै टुंगिन्छन् ।,विश्वप्रकाश र कविताका अघिल्तिर पनि थुप्रै पर्खालहरु थिए। उमेरले विश्वप्रकाशभन्दा करिब १० वर्षले कान्छी कविता। जिल्ल एउटै भए पनि पारिवारको राजनीतिक पृष्ठभूमि नै फरक । कविताका दाइ कम्युनिष्ट, विश्वप्रकाश भर्खर कांग्रेसमा जम्दै गरेका ।,‘काँचो माटोको राम्रो मूर्ति बनाउन माटो पनि त्यही अनुसारको छान्नुपर्छ’ । यो विश्वप्रकाशकै भनाई हो। विश्वप्रकाशको छनौट पनि त्यस्तै रह्यो । ‘हाम्रो एकै नजरमा माया बसेको पक्कै हैन । चलचित्र शैली जस्तो। मैले आफ्नो सपना र गृहस्थीबारे गहिरो विश्लेषण गरेँ र त्यसका लागि कविताको साथ चाहिने निष्कर्षमा पुगेँ । उनी असल र सरल लाग्यो सामान्य चिनजानबाटै पनि,’ आफ्नो प्रेमकथाको पोयो फुकाउँदै उनले भने ।,करिब एक दशकअघि अंकुरण भएकोे प्रेमलाई सफल बनाउन आफूले अठोट, लगाव र चार्तुयको समेत सहारा लिएको उनी स्वीकार्छन् । अहिले आफ्नो प्रेमप्रति त्यत्तिकै गर्व छ उनलाई । र, कविताप्रति सम्मान पनि त्यतिकै ।,सानेपास्थित पार्टी कार्यालयमा राजनीतिक व्यस्तताबाट करिब आधा घन्टा विश्राम लिएर आफ्नो प्रेमका बारेमा गफिँदै उनले भने, ‘म एक जिम्मेवार प्रेमी हुँ जस्तो लाग्छ ।’ कसरी त ? ‘प्रेम गर्दै जाँदा मेरो राजनीति र गृहस्थीका लागि उपयुक्तपात्रका रुपमा मनोवैज्ञानिक हिसावकिताव गरेँ । उनका पनि खुशी, सपना र रहरको सम्मान गरेँ’, विश्वप्रकाशको जवाफ थियो ।,विश्वप्रकाशले चाहेको प्रेम र व्यवहार गर्न सफल उनकी पत्नी कविताको पनि अनुभव भिन्न छैन । विश्वप्रकाशले जसरी प्रेम गरे उनले पनि त्यही गरिन् । अनि त प्रेमलाई उदाहरणीय गृहस्थी जीवनमा परिणत गर्न सफल भए उनीहरु । तर, यो गृहस्थी जीवनलाई सफल बनाउन यो जोडीले अपनाएको व्यवस्थापनको सूत्र पनि त्यत्तिकै लोभलाग्दो छ ।,झापा शनिश्चरेकी कविता शर्मा नर्सिङ सकेर धुलाबारी स्वास्थ्य केन्द्रमा तालिम गर्दै थिइन । बिरामीलाई कसरी राम्रो सेवा दिन दिन सकिन्छ भन्नेमा उनको ध्यान केन्द्रीत थियो । तर कुनै बिरामी लिएर पुगेका मेचीनगर निवासी नेविसंघका राष्ट्रिय अध्यक्ष विश्वप्रकाशको आँखा त्यहीँ बिरामीको सेवामा तल्लीन कविताका आँखामा परे ।,राजनीतिको संघर्षका क्रममा विश्वप्रकाश काठमाडौँ छिरेको केही समयमै कवितालाई पनि राजधानी आउने मौका जु¥यो एउटा स्कुलको शिक्षिका, होस्टेलको वार्डेन लगायतको भूमिकासहित ।,चावहेलको डंगोल परिवारको घरको एउटा सानो कोठामा विश्वप्रकाशले राजनीतिक दौडको योजना बुन्थे । राजनीतिक भागाभागबीच पनि उनलाई बेलाबेखत कविताको झल्को आइरहन्थ्यो । उनको हेराई, बोली र हाँसोले विश्वप्रकाशलाई घरघरि झस्काउन थाल्यो ।,विश्वप्रकाशको पटकपटकको आग्रह र पछि लाग्नाले उनीहरुको भेट बाक्लियो । राजनीतिमा पकड जमाउँदै गरेका विश्वप्रकाशले कविताको मनमा समेत पकड बनाउन थाले । कवितालाई पनि विश्वप्रकाशसँग भेटेपछि सुरक्षित अनुभव हुन्थ्यो । भन्छिन्, ‘म उमेरले कान्छी भएर होला अलि अपरिपक्कै थिएँ। बालपन हटेको थिएन । तर जव उहाँलाई भेट्थे र कुरा सुन्थे आनन्द मात्रै होइन केही कुरा सिक्थेँ।’,प्रेम र युद्धमा जे पनि मान्य हुन्छ । कविताको प्रेम पाउन विश्वले पनि एकपटक त्यस्तै ‘अनफेयर’ काम गरे । र त्यो उनी हाकाहाकी स्वीकार्छन् ।,प्रसंग हो–२०५६/५७ साल, पुस १६ गतेको । सन्दर्भ थियो राष्ट्रिय मेलमिलाप दिवस । विश्वप्रकाशले उक्त कार्यक्रममा कवितालाई पनि बोलाए । कार्यक्रम समाप्त भएसँगै एउटा रेस्टुरेन्टमा विश्वप्रकाश र कविता खाजा खान छिरे ।,‘संसारमा सबैभन्दा मिठो चिज के हो ?’ राजनीतिक सभा र कार्यक्रमहरुमा विरोधीहरुलाई तिखातिखा प्रश्न प्रहार गर्ने विश्वप्रकाशले कवितालाई सोधे। सोझी कविताबाट जवाफ आयो ‘चाउमिन’ ।,विश्वप्रकाश हाँसे र भने सबैभन्दा मिठो चिज ‘बोलीवचन’ । ‘मलाई तपाईँको बोली मन पर्छ,’ विश्वप्रकाशले थपे । कविताले पनि विश्वप्रकाशको बोलीवचन नै मन पर्थ्यो तर मौन समर्थन गरिन । त्यो छोटो वार्तालापबाट कविता पनि विश्वप्रकाशसँग बढी निकटता अनुभव गरिन् । वास्तवममा एकअर्काको मनमा बस्न सफल भइसेकेका थिए उनीहरु।,प्रसंग फेरियो । को को बस्नुहुन्छ यहाँ ? अब प्रश्न सोध्ने पालो कविताको । जवाफमा विश्व प्रकाशले भने, ‘म र मेरो श्रीमती तर हामी छिट्टै डिर्भोस गर्दै छौँ ।’ कविता एकाएक छानाबाट खसेझैं भइन् । किनकि विश्वप्रकाशले प्रेम प्रस्ताव राख्छ भन्ने सोच कवितामा आइसकेको अवस्था थियो। । र उनले विश्वका प्रायः सबै आफन्त र साथीहरु चिनिसकेकी थिइन् । तर, उनलाई विश्वप्रकाशले बिहे गरेको पत्तै भएन ।,अब प्रश्न सोध्ने पालो कविताको । ‘किन केही भन्नु भएन त ?’ एकछिन मौन भएकी कविताले सोधिन । ‘आमा बिरामी परेर अचानक बिहे गर्नुपर्‍यो तर म खुसी छैन र उनी पनि मसँग सन्तुष्ट छैनन् । मेरो संघर्ष र राजनीति बुझ्न सकिनन् उनले’ विश्वप्रकाशको जवाफ आयो। मन खिन्न भए पनि कविताबाट प्रश्नहरु तेर्सिने क्रम बढे ।,‘कोसँग बिहे गरेको ?’ कविताबाट प्रश्न आयो । विश्वप्रकाशले अञ्जना सुवेदी भनेँ । कविताका आँखा एकाएक टोलाए । कविता होस्टल जाने समय भयो । बाटो भरि उनी मौन रहिन् । तर कवितालाई होस्टेलको गेटमा छाड्दै गर्दा विश्वप्रकाशले भने,’ कविता एक पटक अञ्जना सुवेदीको ठाउँमा राखेर हेर्नु भरे फेरि फोन गर्छु ।’ विश्वप्रकाशले भनेको कुरा झन बुझिनन् ।,मन भारी बनाएर बिदा भइन् । होष्टल भित्र पस्नासाथ दिदीलाई सबै घटना सुनाइन् । ‘को हुनु र अन्जना? त्यो त तिमीले सामान्य महिलाको जस्तो अपेक्षा नगरोस, उनको राजनीतिज्ञको जीवन बुझिदियोस भनेर घुमाएर भनेको हो ? सिधै भन्दा तिम्रो मन दुख्न सक्छ या सुरुमै आफ्नो चाहना प्रकट गर्दा तिमीलाई निर्देशन दिए जस्तो हुन्छ भनेर विश्वप्रकाशले चलाखी गरेका हुन् ’ दिदीको यस्तो जवाफले कविता ओठ एकाएक मुस्कुराए। विश्वप्रकाशको करिअरप्रति सम्मान जाग्यो।,कवितासँग त्यस्तो ‘अनफेयर’ हुनुका कारण खोतल्दै उनले भनेँ, ‘मसँग विवाह गर्ने महिलाले कुनै दिन म मन्त्रालयको फाइल पल्टाउँदै गरेको देखेर भन्दा पनि राजनीतिका क्रममा सहादत प्राप्त गरे भने गर्व मानुन । घरमा राजनीतिक भेटघाट चल्दा या ढिलो आउँदा कुनै दुःख नमानुन । योजना अनुसार काम हुन नपाए पनि पछुतो नमानुन भन्ने थियो।’,अर्थात् आफ्नो पेशाको मर्म पूर्णरुपमा बुझ्ने र सम्मान गर्ने जीवन साथी चाहिएको थियो उनलाई । तर, राजनीतिज्ञहरुको पारिवारिक जीवनका बारेमा उनका कानमा कमै मात्र राम्रा दृष्टान्त ठोकिएका थिए । ‘मलाई नेताहरुको पारिवारिक जीवन सामान्यतयाः तनावपूर्ण नै हुन्छ भन्ने लाग्थ्यो र त्यस्तै सुनेको पनि थिए । आफ्नो त्यस्तो नहोस भनेर सुरुमै चलाखी गरे’ उनले सम्झिए ।,विश्वप्रकाशको त्यो परीक्षाले उनीहरुबीचको प्रेम एकाएक झांगियो । आपसी विश्वास पनि त्यतिकै बढ्यो। विश्वप्रकाशप्रति कविताको सम्मान थप चुलियो । त्यसपछि ‘म तिमीलाई मन पराउँछु’ या ‘आई लभ यु’ भन्नुपर्ने आवश्यकता नै खड्किएन उनीहरुबीच ।,प्रेम झाँकिदै गएपछि विश्वप्रकाश र कविता विवाहको योजना बुन्न थाले । विवाहको प्रण गर्न मनकामना मन्दिर पुगे । सँगै एक हजार बत्ती बाले र मन्दिर अघि कहिल्यै नछुटिने वाचा गरे । त्यसको करिब चार वर्षपछि एउटै घरमा भित्रिए उनीहरु ।,कविता भन्छिन्, ‘हामीसँग अरु साथीभाइ पनि थिए। रमाइलो गर्दै मनकामना पुगेका थियौँ । एकछिन छुट्टै बसेर सल्लाह गर्यौँ बिहेबारे । मैले बारम्बार उहाँलाई सोधे मसँग दुःखी हुनुहुन्छ की ? बिहे अघि नै सोच्नुहोस । तर म नै दुःखी नभएपछि तिमी कसरी दुःखी हुन्छेउ भन्नु भयो । त्यो वाक्य सारै मन पर्यो अनि बत्ति बाल्दै बिहे गर्ने निधो गर्यौँ ।’,राजनीति आफैमा कठोर र चुनौतिपूर्ण पेशा । यसैलाई जीवनभर पेशा बनाउँछु भन्दा व्यक्तिगत र पारिवारिक अवस्था सोचेजस्तो हुँदैन कि भन्ने भय र चिन्ता दुवै थियो विश्वप्रकाशमा पनि। तर कविता उमेरले कान्छी भए पनि व्यवहारिक थिइन् उनी। सिकाएको कुरा मनन गर्थिन्।,कति कुरा विश्वप्रकाशबाट पनि सिकिन अनि कति कविताबाट उनले सिके । कविता भनिन्छ्, ‘राजनीतिककर्मीको श्रीमती हुन र कर्तव्य पूरा गर्न त्यति सहज त छैन । तर त्यो असहजतामा सहजता खोजिरहेका छौँ हामीले । किनकी त्यहाँ प्रेम छ।’ प्रवक्ताको जिम्मेवारी काँधमा परेपछि विश्वप्रकाशको बसाई राजधानीमा बाक्लिएको छ । झापामा कविता र दुई छोराछोरी एक्लै बस्छन् ।,तर घरको व्यवस्थापनदेखि सामाजिक सेवामा तल्लिन छिन् कविता । ‘मैले घर व्यवस्थापनमा ३ प्रतिशतमात्रै दिएको हुँला । बाँकी सबै कविताकै जिम्मामा छ । ९७ प्रतिशत घरको जिम्मेवारी सकेर उनले बाहिर पनि काम गर्न भ्याएकी छन् । छोराछोरी काविल छन्’, विश्वले भने ।,विश्व प्रकाशले अठोट गरेका थिए जतिसुकै व्यस्त बनेपनि वर्षका केही विशेष दिन परिवारका लागि मात्रै छुट्याउने । आफ्नो अठोटबाट अहिलेसम्म डगेका छैनन् उनी । खासगरी भ्यालेन्टाइन डे, विवाह वर्षगाँठ, कविता र छोराछोरीको जन्मदिन र चाडपर्वहरुमा उनी परिवारसँगै हुन्छन् । सँगै घुम्न निस्कन्छन् । त्यस्ता विशेष दिनमा कहिले उनीहरु रक्तदान गर्छन् । कहिले बेसाहारालाई घर बनाउन पैसा दिन्छन् । त्यसले कवितालाई अत्यन्तै खुशी दिन्छ ।,‘मे जे काम गर्छु सतप्रतिशत तनमन दिएर गर्ने प्रयास गर्छु । वर्षभरि बाहिर भए पनि विशेष दिनमा म घर पुग्छु जसरी पनि अनि जहाँबाट भए पनि । त्यसले मलाई मात्र होइन कविता र छोराछोरीलाई खुसी दिन्छ’, विश्व प्रकाश भन्छन् ।,वर्षभरि विश्वप्रकाशसँग बिछोड या गृहस्थी सम्हाल्न कठिन भए पनि दुई चार दिनको भेटमा आफूलाई पूर्ण महशुस गर्छिन् कविता पनि । साता दिनको अस्पतालको बसाई पछि कविताले छोरीलाई जन्म दिएकी थिइन संघर्षकाबीच । त्यो पल विश्वप्रकाशको मानसपटलबाट कहिल्यै हटेन । खुसी जोडिएको त्यो दिन झनै विशेष लाग्छ उनलाई ।,झगडाबिनाको के प्रेम ? प्रश्न गर्नेहरु पनि छन् । त्यसमाथि पतीपत्नीबीचको झगडा, परालको आगो भन्ने चलन छ तर हरेक दिनजसो पर्ने झगडाले उनीहरुको पेशा र सफल जीवनमा कति प्रभाव पर्छ भन्ने लेखाजोखा हुन्न । ससानो कुरामा चित्त नबुझेपछि एकअर्कासँग रिसाउने र फकाउने प्रवृति पनि छ दम्पतीबीच।,तर विश्वप्रकाश र कविताको घरमा त्यो नौलो अभ्यास छ जुन सम्बन्ध सुमधुर बनाउने कडीका रुपमा देखा परेको छ । परिवारका चार जनाले एकअर्कासँग चित्त नबुझेका कुरा आआफ्नो डायरीमा टिपोट गर्छन् र सम्भव भएसम्म एक महिनामा घरभित्र बैठक बस्छ । गहन समीक्षा गरिन्छ एकअर्काको बानी, व्यवहार र प्रगतिबारे अनि सुधार गर्नु पर्ने कुरामा हस्ताक्षर गरिन्छ । अघिपछि चित्त बुझेन भनेर अध्यारो अनुहार लगाउन पाईदैन ।,‘मलाई कहिलेकाँही चित्त बुझदैन उहाँसँग तर हाँसेर ढोका खोल्छु अनि डायरीमा टिपेर राख्छु र बैठकका बेला भन्छु’, कविता भन्छिन् ।,दुई छोराछोरीले पनि त्यो नियम पालना गरेका छन् । दिदीभाइबीच चित्त नबुझेका कुरा होस या बुवाआमासँग । उनीहरुले पनि खुलेर समीक्षा गर्छन् ।,कविता भन्छिन्ः छोरीले पनि हामीलाई भन्छिन् तपाईँहरुको यहाँ सुधार गर्नु पर्ने कुरा छ । सानै उमेरमा पनि परिपक्कता छाएको छ उनमा । चार कक्षामा पढ्छिन तर एफममा बालकार्यक्रम चलाइछिन्।’,विवाह वर्षगाँठको अघिल्लो दिन विश्व प्रकाश र कविताको एक्लै बैठक बस्छ जहाँ आफ्ना सम्बन्ध र चित्त नबुझेका कुराबारे छलफल हुन्छ ।,विश्व प्रकाशले राजनीतिमै जीवन सर्मपित गरेका छन् । उनको भागदौड जारी छ । कविताले आमा बनेपछि काम छोडिन् तर केही वर्षपछि विश्वप्रकाशले घच्घचाए, तिमीले घरबाट निस्केर जे सक्छौ त्यो गर्नु पर्छ भन्दै । कविता पुनः सक्रिय भइन महिलाको नेतृत्व विकासमा ।,मेचीनगर जेसिसको अध्यक्ष भइन् । र अहिले थुप्रै सामाजिक काममा सक्रिय छन् उनी । गीतसंगीतले यो जोडीलाई थप नजिक बनाएको छ । विश्वप्रकाश गीत लेख्छन् धुन बनाउँछन् । कविताले मिठो स्वरमा गाउँछिन् । दुवैले कविता कोर्छन पेशाका अलवा । तर कवितालाई चिन्ता छ विश्वप्रकाशका सिर्जनाहरु छरिएर मात्रै रहने हुन् कि उनको व्यस्त राजनीतिक जीवनका कारण ।,‘मेरो स्वास्थ्यदेखि सिर्जनाको चिन्ता छ उनलाई । मलाई उनले माया मात्रै गर्दिनन हरेक काम राम्रो गर्न प्रेरित गर्छिन् । शक्ति प्राप्त भएको छ उनको साथबाट,’ विश्वप्रकाशले हसिलो अनुहारका साथ भने । कविता विश्वप्रकाशलाई प्रेमी र पती मात्रै होइन अभिभावक समेत ठान्छिन् ।,कविताप्रति विश्वप्रकाशको धारणा पनि ठ्याक्कै उस्तै छ । ‘कविताका तीन छोराछोरी छन् मसहित’ विश्वले मुस्कुराउँदै भने ।
दीपा दाहाल/ उमाकान्त खनाल
सीमामा कडा पहरा, अवरोध तोडेर सहायता सामग्री भित्र्याउने विपक्षीको प्रतिज्ञा
राजनीतिक संकट उत्कर्षमा पुगेको दक्षिण अमेरिकी देश भेनेजुएलाका विपक्षी नेता तथा स्वघोषित अन्तरिम राष्ट्रपति क्आन गुएडोले देशमा मानवीय सहायताका लागि मार्ग खुला गराएरै छाड्ने बताएका छन् ।,राष्ट्रपति निकोलश मादुरो विरोधी प्रदर्शनको नेतृत्व गरिरहेका गुएडोले गएको जनवरीको अन्तिम हप्ता राजधानी काराकासमा भएको प्रदर्शनको क्रममा आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका थिए ।,उनलाई अमेरिका तथा युरोपियन युनियनका अधिकांश देशको साथ छ । यस्तै ब्राजिल, पेरु तथा कोलम्बियासहितका दक्षिण अमेरिकी देशको पनि उनले साथ पाएका छन् । राष्ट्रपति मादुरोलाई चीन र रुसको समर्थन छ र देशको सेना पनि अहिलेसम्म उनकै पक्षमा रहेको छ ।,गुएडोले देशमा मानवीय सहायताको खाँचो रहेको भन्दै सहयोगका लागि अमेरिकासँग आग्रह गरेका थिए । अमेरिकाले गुएडोको आग्रह अनुसार मानवीय सहायता सामग्री पठाउने तयारी थालेको थियो । तर राष्ट्रपति मादुरोले मानवीय सहायता आफ्नो देशमा हस्तक्षेप गर्ने अमेरिकी बहाना र रणनीति रहेको भन्दै अस्वीकार गरेका छन् ।,सेनाले कोलम्बियासँगको सीमा क्षेत्रमा रहेको महत्वपूर्ण पुलमा अवरोध गरेका छन् । यसले गर्दा अमेरिकासहित अरु देशबाट आउने सहायता सामग्री रोकिएका छन् ।,गुएडोले मानवीय सहायता सामग्री आउनका लागि मार्ग रोक्न नहुने र त्यसका लागि सहयोग गर्न भोलेन्टियर्ससँग आग्रह गरेका छन् । गुएडोले सहायता सामग्री आउँदो हप्तासम्ममा वितरण थालिने दाबी गरेका छन् ।,सरकारी अधिकारीले भने सीमा सुरक्षा गर्नु आफूहरुको जिम्मेवारी रहेको बताएका छन् । गुएडोलाई समर्थन गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको इन्धन खानीमा आफ्नो पकड जमाउने ध्यानमा रहेको सरकारी अधिकारीको आरोप छ ।,विपक्षी नेता क्आन गुएडोले गएको जनवरी २३ मा काराकासमा भएको प्रदर्शनको क्रममा आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका थिए ।,केही वर्षदेखि प्रायः सखाप जस्तै बनेको देशका आर्थिक अवस्थालाई अनदेखा गरेको आरोप निकोलस मादुरोमाथि छ । मुद्रास्फिती, विद्युत आपूर्ति बन्द तथा आधारभूत आवश्यक सामग्रीको अभावले भेनेजुएलाको जनजीवन कष्टकर बनेको छ । आर्थिक मन्दीकै कारण लाखौँ भेनेजुएलाली छिमेकी देश कोलम्बियासहितका क्षेत्रमा शरण लिन बाध्य छन् ।,मादुरोले जनवरीको सुरुमा दोस्रो कार्यकालका लागि राष्ट्रपतिको शपथ लिएका थिए । विपक्षीले बहिष्कार गरेको तथा व्यापक मात्रामा धाँधली भएको आरोप लागेको चुनावमा मादुरो विजयी भएका थिए । विपक्षी नेतालाई जेल हालेर भएको चुनाव निष्पक्ष नरहेको आरोप छ ।,मादुरोले दोस्रो कार्यकालका लागि शपथ लिएपछि विपक्षीको प्रदर्शन चर्किएको हो ।,भेनेजुएलामा हजारौँ मानिसले अहिलेका राष्ट्रपति निकोलश मादुरोविरुद्ध प्रदर्शन गर्दै आएका छन् । ३५ वर्षका गुएडोले मादुरोविरुद्धको प्रदर्शनको नेतृत्व गरिरहेका छन् । गुएडो भेनेजुएलाको नेशनल एसेम्ब्लीका अध्यक्ष पनि हुन् ।, ,
सञ्चार संवाददाता
योजनावद्ध हत्याको प्रमाण भेटियो, सरकारी अधिकारीको संलग्नता पुष्टि : संयुक्त राष्ट्रसंघ
पत्रकार जमाल खाशोग्गीको हत्या साउदी अरेबियाका अधिकारीको योजनावद्ध तयारीका साथ भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।,संयुक्त राष्ट्रसंघको नेतृत्वमा भएको अनुसन्धानले पत्रकार खाशोग्गीको हत्या साउदी अधिकारीको तयारी तथा योजनावद्ध नियत अनुसार भएको निष्कर्ष निकालेको समाचार संस्था रोयटर्सले जनाएको छ । अनुसन्धानको निष्कर्ष संयुक्त राष्ट्रसंघीय टोलीले बिहीबार सार्वजनिक गरेको हो ।,अमेरिकी पत्रिका द वासिंगटन पोस्टमा लेख्दै आएका साउदी अरेबियाका पत्रकार खाशोग्गीको गएको अक्टोबर २ मा टर्कीको स्थानबुलस्थित साउदी कन्सुलर कार्यालयमा हत्या भएको थियो । सुरुका केही हप्ता पत्रकार खाशोग्गीको अवस्थाबारे केही जानकारी नभएको साउदी अरेबियाले बतायो ।,तेस्रो हप्ता साउदी अरेबियाले कन्सुलर कार्यालयमा भएको मुक्का हानाहानमा खाशोग्गीको निधन भएको बतायो । त्यसको केही दिनपछि उसले बोली फेर्दै गलत नियत भएका एजेन्टले खाशोग्गीको हत्या गरेको साउदीले दाबी गरेको थियो ।,पत्रकार खाशोग्गीको हत्या साउदी अरेबियाका उच्च अधिकारीको निर्देशनमा भएको आरोप लाग्दै आएको छ । अर्थात साउदी अरेबियाका शक्तिशाली क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमान (एमबिएस) को निर्देशनमा खाशोग्गीको हत्या भएको आरोप लाग्ने गरेको छ ।,साउदी अरेबियाले भने खाशोग्गीको हत्यामा युवराज एमबिएस वा राजपरिवारका अरु कुनै पनि सदस्यको संलग्नता नरहेको स्पष्ट रुपमा बताउँदै आएको छ ।,दशक भन्दा लामो समय साउदी राजपरिवारको सल्लाहकार रहेका खाशोग्गी पछिल्लो समय एमबिएसका तीव्र आलोचक बनेका थिए ।,खाशोग्गीको हत्या एमबिएसकै निर्देशनमा भएको विश्वास अमेरिकी गुप्तचर निकाय सिआइएले पनि गरेको छ । खाशोग्गी घटनाले एमबिएसको अन्तर्राष्ट्रियस्तरको प्रसिद्धिमा कमी आएको छ ।,संयुक्त राष्ट्रसंघीय टोलीले पनि सरकारी अधिकारीको निर्देशन र योजनामा खाशोग्गीको हत्या भएको निष्कर्ष निकालेपछि साउदी उच्च अधिकारीको संलग्नताको संकामा बल मिलेको छ ।,संयुक्त राष्ट्रसंघीय अनुसन्धान टोलीकी अनुसन्धानकर्ता एगनेर क्यालामार्डले जेनेभामा अनुसन्धान प्रतिवेदन जारी गर्दै टर्की पुगेर गरिएको अनुसन्धानले फेला परेका प्रमाणले खाशोग्गीको हत्या सरकारी अधिकारीको संलग्नता र पूर्व योजना अनुसार भएको देखिएको बताइन् ।,तीन विशेषज्ञसहितको टोली जनवरी २८ देखि फेब्रुअरी ३ सम्म टर्कीमा थियो । तर हत्याको स्पष्ट उद्देश्य के थियो भन्ने यकिन गर्न नसकिएको उनले बताएकी छन् ।,घटनास्थल क्लिन गरिएकाले पनि हत्या योजनावद्ध रहेकोमा बल मिलेको अनुसन्धानमा उल्लेख गरिएको छ ।
सञ्चार संवाददाता
स्वघोषित अन्तरिम राष्ट्रपतिको प्रतिक्रिया–गृह युद्धको सम्भावना छैन
भेनेजुएलाका विपक्षी नेता तथा आफैलाई देशका अन्तरिम राष्ट्रपति घोषित गरेका क्आन गुएडोले अहिलेको राजनीतिक संकटले गृह युद्धको रुप लिने सम्भावना नरहेको बताएका छन् ।,राष्ट्रपति निकोलश मादुरोले दबाब कायम रहे अहिलेको राजनीतिक अस्थिरताले गृह युद्धको रुप लिने भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चेतावनी दिएका थिए ।,राष्ट्रपति मादुरोले आफ्नो देशका आन्तरिक मामिलामा हस्तक्षेप गरेमा र त्यसबाट युद्धको अवस्था आएमा ल्याटिन अमेरिकामा भियतनाम युद्ध दोहोरिने भन्दै ट्रम्पलाई चेतावनी दिएका थिए ।,मादुरोको चेतावनीको प्रतिक्रियामा स्वघोसित अन्तरिम राष्ट्रपति तथा विपक्षी नेता गुएडोले गृह युद्धको कुनै सम्भावना नरहेको बताएका हुन् । गुएडोलाई अमेरिकासहित केही ल्याटिन अमेरिकी देशको साथ छ । यस्तै राष्ट्रपति मादुरोलाई रुस र चीनले साथ दिएका छन् ।,सोमबार युरोपियन युनियनमा रहेका आधाभन्दा बढी देशले गुएडोलाई देशको अन्तरिम राष्ट्रपतिका रुपमा मान्यता दिएपछि राष्ट्रपति मादुरोमाथि दबाब बढेको छ ।,सोमबार एक अन्तर्वार्ताको क्रममा राष्ट्रपति मादुरोले राजनीतिक संकट गहिरिँदै गए गृह युद्धको अवस्था आउन सक्ने चेतावनी दिएका थिए । दबाब बढी रहेका बेला राष्ट्रपति मादुरोले गृह युद्धको सम्भावना नकार्न नसकिने बताएका हुन् ।,टेलिभिजन अन्तर्वार्ताको क्रममा राष्ट्रपति मादुरोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चेतावनी समेत दिएका हुन् । आफ्नो देशको अहिलेको समस्यामा हस्तक्षेप गरेमा ट्रम्पले ‘रगतले लत्तपतिएको’ अवस्थामा ह्वाइट हाउस छोड्नु पर्ने मादुरोले चेतावनी दिएका छन् ।,यस्तै उनले राष्ट्रपतिको नयाँ निर्वाचनको मिति तोक्नका लागि युरोपियन युनियनले दिएको अल्टिमेटम पनि स्वीकार्य नरहेको बताए । इयुले राष्ट्रपतिको नयाँ निर्वाचनको मिति तोक्नका लागि आइतबारसम्मको समय दिएको थियो । मादुरोले अस्वीकार गरेपछि इयुका आधा भन्दा बढी देशले गुएडोलाई देशको अन्तरिम राष्ट्रपतिका रुपमा मान्यता दिएका छन् ।,विपक्षी नेता क्आन गुएडोले गएको जनवरी २३ मा काराकासमा भएको प्रदर्शनको क्रममा आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका थिए।,केही वर्षदेखि प्रायः सखाप जस्तै बनेको देशका आर्थिक अवस्थालाई अनदेखा गरेको आरोप निकोलस मादुरोमाथि छ । मुद्रास्फिती, विद्युत आपूर्ति बन्द तथा आधारभूत आवश्यक सामग्रीको अभावले भेनेजुएलाको जनजीवन कष्टकर बनेको छ । आर्थिक मन्दीकै कारण लाखौँ भेनेजुएलाली छिमेकी देश कोलम्बियासहितका क्षेत्रमा शरण लिन बाध्य छन् ।,मादुरोले जनवरीको सुरुमा दोस्रो कार्यकालका लागि राष्ट्रपतिको शपथ लिएका थिए । विपक्षीले बहिष्कार गरेको तथा व्यापक मात्रामा धाँधली भएको आरोप लागेको चुनावमा मादुरो विजयी भएका थिए । विपक्षी नेतालाई जेल हालेर भएको चुनाव निष्पक्ष नरहेको आरोप छ । मादुरोले दोस्रो कार्यकालका लागि शपथ लिएपछि विपक्षीको प्रदर्शन चर्किएको हो ।,भेनेजुएलामा हजारौँ मानिसले अहिलेका राष्ट्रपति निकोलश मादुरोविरुद्ध प्रदर्शन गर्दै आएका छन् । ३५ वर्षका गुएडोले मादुरोविरुद्धको प्रदर्शनको नेतृत्व गरिरहेका छन् । गुएडो भेनेजुएलाको नेशनल एसेम्ब्लीका अध्यक्ष पनि हुन् ।
null
स्वघोषित अन्तरिम राष्ट्रपतिको आग्रहमा अमेरिकाले सहायता पठाउने, सैन्य हस्तक्षेप गर्न चाहेको मादुरोको आरोप
भेनेजुएलामा राजनीतिक संकट थप गहिरिँदै गएका बेला अमेरिकाले सहायता सामग्री पठाउने भएको छ । विपक्षी नेता तथा आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका क्आन गुएडोको आग्रहमा भेनेजुएलामा सहायता सामग्री पठाउने तयारी भएको अमेरिकाले जनाएको छ ।,गुएडोलाई अमेरिकासहित ब्राजिल, पेरु तथा कोलम्बियासहितका दक्षिण अमेरिकी देशले पनि साथ दिएका छन् । आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरे पनि गुएडो अहिले शक्ति संघर्षमा छन् ।,राष्ट्रपति निकोलश मादुरोलाई देशको सेनाको साथ रहेकाले गुएडो अप्ठ्यारोमा छन् । राष्ट्रपति मादुरोले गुएडोमाथि देशमा अस्थिरता बढाएको आरोप लगाएका छन् ।,मादुरोले अमेरिकाले गरेको सहायता प्रस्ताव अस्वीकार गरेका थिए । सहायताको नाममा अमेरिका आफ्नो देशमा सैन्य हस्तक्षेप गर्न ध्यानमा रहेको मादुरोको भनाई थियो । तर विपक्षी नेता गुएडोले भने अमेरिकासँग सहायताका लागि आग्रह गरेको बताइएको छ । यहि आग्रह अनुसार आफूले सहायता सामग्री पठाउन थालेको अमेरिकी भनाई छ ।,भेनेजुएलामा गुएडो तथा मादुरोको पक्षमा प्रदर्शन हुँदै आएको छ । राजधानी काराकासमा शनिबार राष्ट्रपति निकोलश मादुरो तथा आफैलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका विपक्षी नेता क्आन गुएडोका हजारौँ समर्थकले प्रदर्शन गरेका थिए ।,विपक्षी नेता गुएडोले देशको आशाको अभियान सडकमा भइरहेका प्रदर्शनले बोकेको बताए । आफैलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका गुएडोले देश अहिलेको शासन सत्ताका कारण निराशाको खाडलमा पुगेको बताए ।,यस्तै राष्ट्रपति मादुरोले आफ्ना समर्थकलाई सम्बोधन गर्दै आफू मात्रै भेनेजुएलाको राष्ट्रपति रहेको बताए ।,गुएडोले गएको जनवरी २३ मा काराकासमा भएको प्रदर्शनको क्रममा आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका थिए । उनलाई अमेरिकाले समर्थन गरेको छ । यस्तै ब्राजिल, कोलम्बिया, पेरुसहितका दक्षिण अमेरिकी देश पनि छन् ।,यस्तै राष्ट्रपति मादुरोलाई रुस र चीनको साथ छ ।,केही वर्षदेखि प्रायः सखाप जस्तै बनेको देशका आर्थिक अवस्थालाई अनदेखा गरेको आरोप निकोलश मादुरोमाथि छ । मुद्रास्फिती, विद्युत आपूर्ति बन्द तथा आधारभूत आवश्यक सामग्रीको अभावले भेनेजुएलाको जनजीवन कष्टकर बनेको छ । आर्थिक मन्दीकै कारण लाखौँ भेनेजुएलाली छिमेकी देश कोलम्बियासहितका क्षेत्रमा शरण लिन बाध्य छन् ।,मादुरोले जनवरीको सुरुमा दोस्रो कार्यकालका लागि राष्ट्रपतिको शपथ लिएका थिए । विपक्षीले बहिष्कार गरेको तथा व्यापक मात्रामा धाँधली भएको आरोप लागेको चुनावमा मादुरो विजयी भएका थिए । विपक्षी नेतालाई जेल हालेर भएको चुनाव निष्पक्ष नरहेको आरोप छ । मादुरोले दोस्रो कार्यकालका लागि शपथ लिएपछि विपक्षीको प्रदर्शन चर्किएको हो ।,भेनेजुएलामा हजारौँ मानिसले अहिलेका राष्ट्रपति निकोलश मादुरोविरुद्ध प्रदर्शन गर्दै आएका छन् । ३५ वर्षका गुएडोले मादुरोविरुद्धको प्रदर्शनको नेतृत्व गरिरहेका छन् । गुएडो भेनेजुएलाको नेशनल एसेम्ब्लीका अध्यक्ष पनि हुन् ।,काराकासमा हजारौँ समर्थकलाई सम्बोधन गर्दै गुएडोले प्रदर्शन स्वतन्त्रता प्राप्त नभएसम्म जारी रहने बताएका छन् ।
null
स्वघोषित राष्ट्रपति र राष्ट्रपतिले गरे समर्थकसहित प्रदर्शन
भेनेजुएलामा राजनीतिक संकट थप गहिरिँदै गएको छ । राजधानी काराकासमा राष्ट्रपति निकोलश मादुरो तथा आफैलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका विपक्षी नेता क्आन गुएडोका हजारौँ समर्थकले प्रदर्शन गरेका हुन् ।,विपक्षी नेता गुएडोले देशको आशाको अभियान सडकमा भइरहेका प्रदर्शनले बोकेको बताए । आफैलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका गुएडोले देश अहिलेको शासन सत्ताका कारण निराशाको खाडलमा पुगेको बताए ।,यस्तै राष्ट्रपति मादुरोले आफ्ना समर्थकलाई सम्बोधन गर्दै आफू मात्रै भेनेजुएलाको राष्ट्रपति रहेको बताए ।,गुएडोले गएको जनवरी २३ मा काराकासमा भएको प्रदर्शनको क्रममा आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका थिए । उनलाई अमेरिकाले समर्थन गरेको छ । यस्तै ब्राजिल, कोलम्बिया, पेरुसहितका दक्षिण अमेरिकी देश पनि छन् ।,यस्तै राष्ट्रपति मादुरोलाई रुस र चीनको साथ छ ।,केही वर्षदेखि प्रायः सखाप जस्तै बनेको देशका आर्थिक अवस्थालाई अनदेखा गरेको आरोप निकोलश मादुरोमाथि छ ।,मुद्रास्फिती, विद्युत आपूर्ति बन्द तथा आधारभूत आवश्यक सामग्रीको अभावले भेनेजुएलाको जनजीवन कष्टकर बनेको छ । आर्थिक मन्दीकै कारण लाखौँ भेनेजुएलाली छिमेकी देश कोलम्बियासहितका क्षेत्रमा शरण लिन बाध्य छन् ।,मादुरोले जनवरीको सुरुमा दोस्रो कार्यकालका लागि राष्ट्रपतिको शपथ लिएका थिए । विपक्षीले बहिष्कार गरेको तथा व्यापक मात्रामा धाँधली भएको आरोप लागेको चुनावमा मादुरो विजयी भएका थिए ।,विपक्षी नेतालाई जेल हालेर भएको चुनाव निष्पक्ष नरहेको आरोप छ । मादुरोले दोस्रो कार्यकालका लागि शपथ लिएपछि विपक्षीको प्रदर्शन चर्किएको हो ।,भेनेजुएलामा हजारौँ मानिसले अहिलेका राष्ट्रपति निकोलश मादुरोविरुद्ध प्रदर्शन गर्दै आएका छन् । ३५ वर्षका गुएडोले मादुरोविरुद्धको प्रदर्शनको नेतृत्व गरिरहेका छन् । गुएडो भेनेजुएलाको नेशनल एसेम्ब्लीका अध्यक्ष पनि हुन् ।,काराकासमा हजारौँ समर्थकलाई सम्बोधन गर्दै गुएडोले प्रदर्शन स्वतन्त्रता प्राप्त नभएसम्म जारी रहने बताए ।,यस्तै मादुरोका समर्थकले पनि प्रदर्शन गरे । सो प्रदर्शनलाई सम्बोधन गर्दै मादुरोले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले आफ्नो पक्षमा भएका प्रदर्शनलाई नसमेटेको आरोप लगाए ।,युरोपियन युनियनले राष्ट्रपतिका लागि नयाँ चुनावको घोषणा गर्न दिएको समय सीमाको अघिल्लो दिनमा मादुरोका समर्थकले प्रदर्शन गरेका हुन् ।,देशको सेनाको साथ रहेकाले मादुरो सत्तामा रहिरहन सकेका छन् । तर नेता गुएडोले भने सेनाका अधिकारीसँग आफ्नो गोप्य भेट भएको र समर्थनका लागि प्रयास भइरहेको बताउँदै आएका छन् ।,शनिबार भएको प्रदर्शनमा मादुरोका धेरै समर्थक सेनाको खाकी युनिफर्ममा आएका थिए ।, , , , , , ,
null
जम्मू–कश्मीरमा खासमा भएको के हो र यसको अर्थ के रहन्छ?
भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको नरेन्द्र मोदी सरकारले जम्मू–कश्मीरको स्वायतत्ता समाप्त गरेसँगै विभिन्न प्रतिक्रिया आइरहेका छन् । नजर बन्दमा राखिएका जम्मू–कश्मीरका नेताहरु महबूबा मुफ्ती, सज्जाद लोन, उमर अब्दुल्लासहितका नेताहरु पक्राउ परेका छन् ।,केन्द्र सरकारले सुरक्षा तैनाथी बढाएको छ भने उपत्यकामा कर्फ्यू लगाएको छ । कश्मीरी पण्डितहरुले सरकारको घोषणाको स्वागत गरेका छन् । तर मुस्लिम बाहुल्य राज्यका अरु क्षेत्रमा भने विरोधका स्वरहरु छन् । यसले जम्मू–कश्मीरमा हिंसा भड्किन सक्ने चिन्ता जताइएको छ ।,केही दिनदेखि जम्मू–कश्मिरलाई लिएर विभिन्न आशंका पैदा भएका थिए, जब सरकारले सुरक्षा सतर्कता जारी गरेको थियो । त्यसको ठोस रुप सोमबार थाहा भयो, जब मन्त्रीपरिषदको बैठकपछि राज्यसभामा गृह मन्त्री अमित शाहले जम्मू–कश्मीरलाई संविधान मार्फत प्राप्त विशेष राज्यको दर्जा समाप्त गर्ने घोषणा गरे ।,उनले राज्यसभामा संविधानको धारा ३७० अन्त्य भएको घोषणा गरे । यही धाराले जम्मू–कश्मीरलाई विशेष राज्यको दर्जा दिएको थियो र परराष्ट्र, सुरक्षा तथा सञ्चार बाहेकका विषयमा राज्यबारे निर्णय लिनका लागि केन्द्र सरकारले राज्य सरकारसँग अनुमति लिनु पर्ने थियो ।,तर अब जम्मू–कश्मीर स्वायत्त राज्य नभई केन्द्र शासित प्रदेश बन्ने भएको छ । यस्तै जम्मू–कश्मीरलाई दुई भागमा बाँडिने प्रस्ताव गरिएको छ । जसमा बुद्धिस्ट बाहुल्य लद्दाख छुट्टै केन्द्र शासित प्रदेश बन्ने छ, जहाँ विधानसभा हुने छैन । यस्तै अर्को भाग जम्मू–कश्मीर हुनेछ, जहाँ विधानसभा हुनेछ ।,स्वायत्तताको शर्तमा सन् १९४७ मा भारतमा मिसिएको जम्मू–कश्मीरको सो दर्जा सात दशकपछि समाप्त भएको छ । भाजपा सरकारले संविधानमा रहेको धारा ३७० अन्त्य गरेर ऐतिहासिक गल्ती सुधार गरेको बताएको छ । भाजपा जहिले पनि धारा ३७० को विपक्षमा रहँदै आएको थियो ।,जम्मू–कश्मीरलाई लिएर भारत र पाकिस्तानबिच विवाद रहँदै आएको छ । दुवै देशले जम्मू–कश्मीरको पूर्ण भागमा आफ्नो दाबी गर्दै आएका छन्, तर केही भागमा मात्रै शासन गर्दै आएका छन् ।,हिमाली क्षेत्रमा अवस्थित कश्मीरमा मुस्लिम समुदायको बाहुल्यता छ । भारत पाकिस्तान विभाजनका बेला कश्मीरी मुस्लिम पाकिस्तान तर्फ जाने अनुमान थियो, तर स्वायत्तताको शर्तमा भारतमा मिसिए । त्यो बेलासम्म त्यहाँ कश्मीरी राजा थिए । पाकिस्तानले पनि पूर्ण कश्मीरमा दाबी रहँदै आएको छ ।,तर विभाजनका बेला कश्मीर पनि विभाजित भयो र एक हिस्सा भारत तथा अर्को हिस्सा पाकिस्तान प्रशासित भयो ।,जम्मू र कश्मीर भनिने राज्य बेलायती साम्राज्यको अन्त्यसँगै विभाजनका बेला जम्मू–कश्मीरका रुपमा भारतमा मिसियो ।,त्यसपछि भारत र पाकिस्तानबिच जम्मू–कश्मीरको स्वामित्वलाई लिएर युद्ध भयो । युद्ध अन्त्यका लागि भएको सहमतिमा दुई देशमा बाँडियो जम्मू–कश्मीर ।,भारत प्रशासित जम्मू–कश्मीरमा पछिल्लो तीन दशकदेखि स्वतन्त्रताको मागसहित हिंसात्मक गतिविधि हुँदै आएको थियो ।,अगस्तको सुरुका केही दिन कश्मीरमा केही हुँदैछ भन्ने विभिन्न आशंका र अड्कल भइरहेका थिए । त्यसको कारण थियो, अमरनाथ यात्रामा रहेका तिर्थालु र पर्यटकलाई लक्षित गरी जारी गरिएको सुरक्षा सतर्कता तथा सुरक्षाकर्मीको बढ्दो तैनाथी ।,घटनाक्रम विकास हुँदै जाँदा सो क्षेत्रका शीर्ष नेताहरुलाई नरजबन्द तथा पक्राउ गरियो । स्कूल–कलेज बन्द गरिए । कर्फ्यू लाग्यो । टेलिफोन तथा इनटरनेट सेवा बन्द गरियो ।,तर सबै भन्दा ठूलो कदम सोमबार भयो, भारतीय संविधानमा रहेको धारा ३७०–३५ ए अन्त्य गरियो । यसले जम्मू–कश्मीरलाई विशेष राज्यको दर्जा दिएको थियो । सरकारले कश्मीरसँगको भारतको ७० वर्षसम्मको नसुल्झिएको सम्बन्धको आधारका रुपमा रहेको धारा ३७० का अधिकांश कुरा अन्त्य गरेको छ ।,भारतीय संविधानमा रहेको धारा ३७० को व्यवस्थाले राज्यलाई विशेष अधिकार दिएको थियो । यसकै आधारमा जम्मू–कश्मीरको आफ्नै संविधान र भिन्दै झण्डा तथा कानून बनाउनका लागि स्वतन्त्रता थियो । परराष्ट्र, सुरक्षा र सञ्चार बाहेकका मुद्दामा राज्यका बारेमा निर्णय लिनका लागि केन्द्र सरकारले राज्य सरकारसँग अनुमति लिनु पर्ने थियो ।,यहि व्यवस्थाका कारण जम्मू–कश्मीरले नागरिकता, सम्पत्तिको स्वामित्व तथा आधारभूत अधिकार सम्बन्धी आफ्नै नियम बनाउन पाएको थियो । यहि व्यवस्थाका कारण राज्य भन्दा बाहिरका भारतीयले जम्मू–कश्मीरमा सम्पत्ति खरिद गर्न पाउने थिएनन् र स्थायी बसोबासको अनुमति पनि पाउने थिएनन् ।,यहि व्यवस्थका कारण विभाजनका बेला भारतमा रहेको एक मात्र मुस्लिम बाहुल्य राज्यसँगको भारतको सम्बन्ध दरार युक्त बन्दै आएको थियो ।,प्रधानमन्त्री नरेन्द्र मोदी र हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा) ले लामो समयदेखि धारा ३७० अन्त्य गर्ने बताउँदै आएको थियो । हाल सम्पन्न लोकसभा चुनावको घोषणा पत्रमा पनि यो कुरा उल्लेख थियो । भारी बहुमतले विजयी भएको भाजपा सरकारले पुनः सत्तामा आएको केही महिनामै घोषणा पत्रमा रहेको धारा ३७० सम्बन्धी प्रतिबद्धता पूरा गरेको हो ।,कश्मीरलाई एकीकृत गर्न र राज्यलाई पूर्ण रुपमा भारतीय बनाउनका लागि यसो गरिएको सरकारको दाबी छ ।,सोमबारको कदममा भारतले सामाना गरिरहेको मन्द अर्थतन्त्रको सम्बन्ध रहेको आलोचकहरुले बताएका छन् । धेरै कश्मीरीलाई यो लाग्छ कि, भाजपा कश्मीर भन्दा बाहिरका लागि सम्पत्ति किन्ने अधिकार प्रदान गरेर मुस्लिम बाहुल्य राज्यमा मुस्लिमहरुलाई अल्संख्यक बनाउन चाहन्छ ।,सोमबार सदनमा यसको घोषणा गर्दै गृहमन्त्री अमित शाहले भारतीयका लागि यो ‘सरप्राइज’ रहेको र यसका लागि तयारी गर्नु परेको बताए ।, यस्तै सरकारको यो कदमले प्रधानमन्त्री मोदी कश्मीर र पाकिस्तानप्रति कठोर छन् भन्ने पनि देखाएको छ ।,कश्मीर अब विशेष राज्य रहेन र उसको भिन्दै संविधान हुने छैन । तर अरु अधिकांश राज्य जस्तै भारतीय संविधानको मातहत रहेर त्यहाँ विधानसभा हुनेछ ।,भारतका सबै कानून अब स्वतः कश्मीरमा पनि लागु हुनेछ । कश्मीर भन्दा बाहिरका व्यक्तिले पनि त्यहाँ सम्पत्ति किन्न पाउने छन् । यसले कश्मीरमा विकास निम्त्याउने उनले बताएका छन् ।,अब जम्मू–कश्मीर दुई भागमा विभाजित हुने भएको छ । एक भागमा मुस्लिम बाहुल्य कश्मीर र हिन्दू बाहिल्य जम्मू पर्नेछ । यस्तै अर्को भागमा बुद्धिस्ट बाहुल्य लद्दाख अर्को प्रदेश हुनेछ । यो क्षेत्र तिब्बदसँग नजिक छ ।,कांग्रेसका नेता पी चिदम्बरमले सरकारको कदम भयानक रहेको बताएका छन् । यसको प्रभाव गम्भीर हुने उनले बताएका छन् ।,संविधान अनुसार धारा ३७० परिवर्तन गर्नका लागि राज्य सरकारको सहमति चाहिन्छ । तर झण्डै एक वर्षदेखि जम्मू–कश्मीरमा राज्य सरकार छैन । गएको वर्षको जुनमा भारतले त्यहाँ संघीय शासन लागु गरेको थियो ।,तत्कालीन मुख्यमन्त्री महबूबा मुफ्ती अल्पमतमा परेपछि सत्ता राज्यपालको हातमा गएको थियो । यसले गर्दा धारा ३७० परिवर्तनका लागि सरकारले राज्यपालको सहमति लिए पुग्ने थियो ।,सरकारले आफ्नो कदम संवैधानिक भने पनि विज्ञको विचार भने विभाजित भएको छ ।
null
भारतमा आशंका, पाकिस्तानमा आक्रोश
भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको नरेन्द्र मोदी सरकारले जम्मू–कश्मीरको स्वायतत्ता समाप्त गरेसँगै विभिन्न प्रतिक्रिया आइरहेका छन् ।, केन्द्र सरकारले सुरक्षा तैनाथी बढाएको छ भने उपत्यकामा कर्फ्यू लगाएको छ ।,कश्मीरी पण्डितहरुले सरकारको घोषणाको स्वागत गरेका छन् । तर मुस्लिम बाहुल्य राज्यका अरु क्षेत्रमा भने विरोधका स्वरहरु छन् । यसले जम्मू–कश्मीरमा हिंसा भड्किन सक्ने चिन्ता जताइएको छ ।,अब जम्मू–कश्मीर स्वायत्त राज्य नभई केन्द्र शासित प्रदेश बन्ने भएको छ । यस्तै जम्मू–कश्मीरलाई दुई भागमा बाँडिने प्रस्ताव गरिएको छ । जसमा बुद्धिस्ट बाहुल्य लद्दाख छुट्टै केन्द्र शासित प्रदेश बन्ने छ, जहाँ विधानसभा हुने छैन । यस्तै अर्को भाग जम्मू–कश्मीर हुनेछ, जहाँ विधानसभा हुनेछ ।,यस सम्बन्धमा भारत तथा पाकिस्तानका पत्रपत्रिकामा विभिन्न टिप्पणीहरु प्रकाशित भएका छन् । दुवै देशका प्रमुख पत्रिकाहरुले सरकारी घोषणाले पार्न सक्ने प्रभाव र यसको प्रक्रियाप्रति चिन्ता व्यक्त गर्दै सम्पादकीय छापेका छन् ।,हामीले यहाँ भारतीय पत्रिका , र पाकिस्तानी पत्रिका ,को सम्पादकीयको अनुवादीत अंश समेटेका छौँ ।,भाजपा नेतृत्वको एनडिए सरकारले जम्मू–कश्मीरलाई विशेष राज्यको दर्जा प्रदान गरेको संविधानको धारा ३७० खारेज गर्ने घोषणासँगै हिन्दूत्ववादी पार्टीको झण्डै ७० वर्ष लामो ‘प्रोजेक्ट’ पूरा भएको छ, जसमा उनीहरुले जम्मू–कश्मीरलाई एक दिन भारतमा साँचो अर्थमा ‘एकीकृत’ गर्ने बताएका थिए ।,पछिल्लो घोषणाले भारतको संविधानमा सन् १९५४ देखि व्यवस्था भएको धारा ३७० खारेज गर्‍यो, जसले विशेष दर्जा परिभाषित गर्थ्यो । सरकारले पेश गरेको नयाँ विधेयक अनुसार अब जम्मू–कश्मीर केन्द्र शासित दुई प्रदेशमा विभाजित हुनेछ । लद्दाखमा विधानसभा हुने छैन । जम्मू–कश्मीरमा भने विधानसभा हुनेछ ।,जम्मू–कश्मीरलाई दिइएको विशेष राज्यको दर्जा एक पार्टी वा भारतका संस्थापक नेताको व्यक्तिगत निर्णय होइन । यो त राष्ट्र निर्माणका लागि आधारभूत आधार थियो । यसले मुस्लिम बाहुल्य राज्य र उसको भौगोलिक अवस्थाको संरक्षण संविधानले गरेको थियो । तर राज्य विभाजन गर्ने निर्णय ‘आइडिया अफ इन्डिया’ को धारणा विरुद्ध छ ।,सोमबारको घोषणा सानो या सामान्य होइन, यो त इतिहास पुनर्लेख गर्ने प्रयास हो । नरेन्द्र मोदीको ‘स्ट्याम्प’ मा नयाँ ‘आइडिया अफ इन्डिया’ स्थापित गर्ने प्रयास हो । परिवर्तन मात्रै ऐतिहासिक होइन, यो त नेहरुले देखेको ‘आइडियो अफ इन्डिया’ मा साहसी रातो धर्सा कोर्ने प्रयास हो ।,तर नयाँ ‘आइडिया अफ इन्डिया’ र यसले कसरी आकार लिन्छ होला? जम्मू–कश्मीरको अवस्था परिवर्तन गर्ने निर्णयको प्रभाव इतिहासमा कस्तो पर्ला? संसदको सत्र चलिरहेकै बेला सरकारले सेना परिचालन गरी घोषणा मार्फत यस्तो निर्णय गर्नु शायद भाजपाले पाएको जनादेशबाट प्रेरित होला । तर यो प्रजातान्त्रिक मूल्य विरुद्ध छ । यसको प्रभाव हिंसात्मक गतिविधि पनि हुन सक्छ ।,कश्मीरका बारेमा अनुगमनकर्ता र मानव अधिकारवादी समूहले गरेको गम्भीर पूर्वानुमान सत्य साबित भएको छ । भारत प्रशासित जम्मू–कश्मीरलाई विशेष राज्यको दर्जा दिएको भारतीय संविधानको धारा ३७० भारतको माथिल्लो सदन मार्फत खारेज गरियो, संविधान संशोधनको संवैधानिक मार्ग छोडेर ।,प्रशासित कश्मीरलाई भारतले बलपूर्वक प्रदेशमा परिणत गरेको छ, आफ्ना प्रतिबद्धताहरु उल्लंघन गरेर, जसमा संयुक्त राष्ट्रसंघमा गरेको प्रतिबद्धता पनि पर्छ । नयाँ घोषणामा राष्ट्रपतिको आदेशको प्रयोग गरियो जम्मू–कश्मीरको राजनीतिक हैसियत परिवर्तनका लागि ।,यसैबिच संसदमा लद्दाखलाई जम्मू–कश्मीरबाट अलग गर्नका लागि विधेयक पेश गरिएको छ । यदी आस्थाका आधारमा भौलिक क्षेत्रलाई विभाजन गर्नुलाई प्रमाणित गरिएको हो भने त्यो गलत हो ।,सन् १९५४ देखि जम्मू–कश्मीरले पाउँदै आएको विशेष दर्जा मुस्लिम बाहुल्य राज्यको भौगोलिक विभाजन विरुद्धको माध्यम थियो । भाजपाको प्रायोजनमा चालिएको पछिल्लो कदमले पूरै उपत्यकालाई ‘युद्ध’ को अवस्थामा लगेको छ । पछिल्लो घोषणाको प्रभाव हिंसात्मक हुन सक्छ ।,धेरै समर्थकले बहिष्कार गरे पनि पछिल्लो समय कश्मीरीहरुले त्यो देखाएका थिए कि कब्जा गर्न चाहनेहरु कमीबाट परै छन् । वास्तवमा छल, शक्ति र भाजपाले बिच्छ्याएका चालहरुले कश्मीरमा आगो सल्काउँदै आएको थियो ।,पाकिस्तानले भारतले चालेको नयाँ कदम विरुद्ध अभियान चलाउने बताएको छ र विश्वले थाहा पाएको छ । भारतले चालेको पछिल्लो कदमको गम्भीर प्रभावबारे चिन्ताहरु व्यक्त भएका छन् ।,पाकिस्तानले सरकारसँग कश्मीरका सम्बन्धमा वास्तवमा के गर्दैछ भन्ने जान्न चाहन्छन् । उनीहरु हाल प्रधानमन्त्री इमरान खान र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच भएको वार्तामा यसबारे भएको कुरा पनि जान्न चाहन्छन् ।,विश्व समुदायले पछिल्ला दिनमा कश्मीरमा हजारौँको संख्यामा थप सैनिक तैनाथ गर्दा पनि मौन रुपमा हेरी बस्यो । केहीले चासो जताए ।,पछिल्लो कदमले कश्मीरका बहुसंख्यकलाई अल्पसंख्यामा परिणत गर्ने खेल सुरु भएको डर देखिएको छ । प्रायोजित राजनीतिले बसालेको घृणाको भावनालाई विश्वको सबैभन्दा ठूलो प्रजातान्त्रिक मुलुकको संसदले सच्याउन सक्नेछ ।
null
चिनियाँ राष्ट्रपतिको स्वागतका लागि रातारात चिल्ला पारिँदै काठमाडौँका सडक
काठमाडौँ – चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका लागि तयारी तीव्र पारिएको छ । सरकारले राष्ट्रपति सीको भ्रमणका लागि सुरक्षा व्यवस्था चुस्त पार्न सुरक्षा निकायलाई निर्देशन दिएको छ भने अन्य व्यवस्थापकीय तयारी पनि धमाधम भइरहेको छ ।,चिनियाँ राष्ट्रपति सी दसैँलगत्तै नेपाल भ्रमणमा आउने पक्का भइसकेको छ तर उनको भ्रमणतालिका भने सरकारले सार्वजनिक गरेको छैन । राष्ट्रपति सी असोज २४, २५ या २६ गते काठमाडौँ उत्रने सम्भावना छ । उनको स्वागतका लागि सबै किसिमको तयारीमा सरकार जुटेको छ ।,काठमाडौँका सडकहरु रातारात कालोपत्रे भइरहेका छन् भने सरसफाईमा पनि विशेष ध्यान दिइएको छ । चिल्लो पारिएका सडक र सडकपेटीमा पेन्टिङ गरेर चिटिक्क पार्ने काम पनि धमाधम भइरहेको छ । सडक पेटीमा नेपाल चिनाउने विभिन्न तस्बिरहरु पनि सजाउने काम भइरहेको छ ।,चिनियाँ राष्ट्रपति सीको स्वागतका लागि काठमाडौँका सडक सिंगारिँदै गरेका केही तस्बिरहरु देश सञ्चारकी,ले आफ्नो क्यामेरामा कैद गरेकी छन् ।, , , , , , , ,
बर्षा शाह
‘प्रधानमन्त्रीले पदीय गरिमा र मर्यादा राख्नै सक्नु भएन’
null
प्रकाश ढकाल
खाशोग्गीको शरीर नष्ट गर्न प्रयोग गरिएको एसिडको नमुना भेटियो
हत्या भएका साउदी अरेबियाका पत्रकार जमाल खाशोग्गीको पार्थिव शरीरको वास्तविक अवस्था अझैसम्म थाहा भएको छैन ।,गएको अक्टोबर २ मा टर्कीको स्थानबुलस्थित साउदी कन्सुलर कार्यालयमा पशेदेखि बेपत्ता भएका पत्रकार खाशोग्गीको हत्या भएको बताइए पनि साउदी अरेबियाले लामो समयसम्म जानकारी नै नरहेको बताएको थियो ।,तर झण्डै तीन हप्तापछि उनको कन्सुलर कार्यालयमा भएको मुक्का हानाहानमा मृत्यु भएको बतायो । त्यसको केही दिनपछि बोली फेर्दै खराब नियत भएका एजेन्टहरुले उनको हत्या गरेको भन्यो ।,साउदी अरेबियाको भनाईबाट अन्तर्राष्ट्रिय समुदाय विश्वास गर्ने अवस्थामा पुगेका छैनन् । किनकी अमेरिकी पत्रिका द वासिङ्गटन पोस्टमा लेख्दै आएका पत्रकार खाशोग्गी साउदी अरेबियाका शक्तिशाली युवराज मोहम्मद बिन सलमानका कडा आलोचक थिए । यहि कारण युवराज सलमानकै निदेर्शनमा खाशोग्गीको हत्या भएको आशंका गरिन्छ ।,साउदी अरेबियाले भने यसमा युवराज मोहम्मदको कुनै पनि किसिमको संलग्नता नरहेको स्पष्ट पारेको छ । हत्या भएको पुष्टि गरे पनि पत्रकार खाशोग्गीको शरीरको अवस्थामा भने अहिलेसम्म पत्ता लागेको छैन ।,उच्च साउदी अधिकारीको निर्देशनमा हत्या भएको बताउँदै आएको टर्कीका अधिकारीले खाशोग्गीको हत्यापछि शरीर एसिड खन्याएर नष्ट गरिएको बताउँदै आएका छन् ।,घटनाको अनुसन्धान गरिरहेका टर्कीका अधिकारीले खाशोग्गीको शरीर नष्ट गर्न प्रयोग गरिएको भनिएको हाइड्रोफ्युरिक एसिडको मात्रा साउदी कन्सुलर जनरलको स्थानबुलमा रहेको घरमा भेट्टाएको बताएका छन् ।,टर्कीका महान्यायाधीवक्ताको कार्यालयका अधिकारीलाई उद्धृत गर्दै अल जजिराले यस्तो बताएको हो । साउदी कन्सुलर जनरलको घरमा मुश्किलले प्रवेश पाएका टर्कीका अनुसन्धानकर्ताले एसिडको नमुना फेला पारेको कतारी समाचार संस्थाले जनाएको छ । हाइड्रोफ्युरिक एसिडसँगै अरु रसायनहरु पनि भेटिएको बताइएको छ ।,टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानले नोभेम्बर २ मा खाशोग्गीको हत्यापछि उनको शरीर एसिडमा डुबाइएको बताएका थिए । उनले नै द वासिङ्गटन पोस्टमा लेख लेख्दै हत्यामा साउदी उच्च अधिकारीको संलग्नता रहेको आरोप पनि लगाएका छन् ।,यसले साउदी युवराज तिर औँला तेर्सिएको छ । तर साउदी अरेबियाका राजा सलमानले आफ्ना प्रिय पुत्र तथा युवराज मोहम्मदप्रतिको आफ्नो समर्थन र साथ यथावत राखेका छन् । यसको पछिल्लो प्रमाणको रुपमा युवराजसहितको देश दौडाहालाई लिइएको छ ।,आरोपको र शंकाको घेरामा आएका युवराज मोहम्मद लामो समयसम्म घटनाका बारेमा चुप बसे । उनले नोभेम्बर २५ मा पहिलो पटक यसबारे बोल्दै अपराधी उम्किन नपाउने र सत्य बाहिर आउने बताए ।,उनले यसो भने पनि खाशोग्गीका हत्याराले सजाय पाउने र उनले न्याय पाउनेमा शंका रहेको कूटनीतिक विश्लेषकले बताएका छन् । अनुसन्धानमा साउदी र अमेरिकाको संलग्नता वा हस्तक्षेप नभए मात्रै सत्य बाहिर आउने पनि बताउने गरेका छन् ।
null
‘ट्रम्पले हत्याको कभर–अपका लागि मार्ग प्रसस्त गर्नु हुँदैन’
हत्या गरिएका पत्रकार जमाल खाशोग्गीकी फियोन्सी हटिचे जेनगिजले घटनाको सत्यतथ्य बाहिर ल्याउन सहयोग बाहिर ल्याउन आग्रह गरेकी छन् । साउदी अरेबियाका पत्रकार खाशोग्गीको टर्कीको स्थानबुलमा रहेको साउदी कन्सुलर कार्यालयमा पसेपछि हत्या भएको हो ।,अक्टोबर २ मा फियोन्सी हटिचेसँग विवाहका लागि कागजी प्रक्रिया मिलाउन भन्दै गएका खाशोग्गी बेपत्ता भएका थिए । उनको हत्या भएको भनिए पनि सुरुमा साउदी अरेबियाले यसबारे कुनै जानकारी नरहेको बताएको थियो । तर अन्तर्राष्ट्रिय दबाब बढ्दै गएपछि साउदीले उनको मुक्का हानाहानमा मृत्यु भएको बतायो ।,त्यसको दुई दिनपछि उनको हत्या भएको र त्यसमा खराब मनसाय भएका एजेन्टहरुको संलग्नता रहेको भन्दै अर्को बयान साउदी दियो । साउदीले फेरेको बोलीमा धेरैले विश्वास गरेका छैनन् ।,अमेरिकी पत्रिका द वासिङ्गटन पोस्टका लागि लेख्दै आएका खाशोग्गी साउदी अरेबियाका शक्तिशाली क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमानको कडा आलोचक हुन् । यहि कारण उनकै निर्देशनमा खाशोग्गीको हत्या भएको आशंका गरिन्छ । तर साउदी सरकारले यसमा क्राउन प्रिन्सको कुनै संलग्नता वा जानकारी नरहेको बताएको छ ।,टर्कीले खाशोग्गीको हत्याका बारेमा आफूसँग रहेका सबै जानकारी सार्वजनिक गर्ने बताए पनि अहिलेसम्म सार्वजनिक गरेको छैन । यहिबिचमा खाशोग्गीकी फियोन्सी हटिचेले विश्वभरबाट साथ दिनहरुप्रति आभार व्यक्त गर्दै ट्रम्पसँग सत्यतथ्य बाहिर ल्याउन पहल गरिदिन आग्रह गरेकी हुन् ।,अरु क्षेत्रबाट साथ पाए पनि विभिन्न देशका नेताहरु विशेष गरी अमेरिकाबाट आफूलाई निराशा मिलेको उनले बताएकी छन् । लण्डनमा बोल्दै हटिचेले ट्रम्पले सत्य बाहिर ल्याउनका लागि सहयोग गर्नु पर्ने र न्यायको प्रत्याभुति दिलाउनु पर्नेमा जोड दिएकी हुन् ।,ट्रम्प घटनाको कभर–अप अर्थात ढाकछोपका लागि मार्ग प्रसस्त गर्न लाग्न नहुने उनले बताएकी छन् । उनले भनेकी छन्, ‘पैसाले हाम्रो विवेक र मूल्यमान्यता दबाउन दिनु हुँदैन ।’,हटिचेले खाशोग्गीको पार्थिव शरीर चाँडै सार्वजनिक हुने आश रहेको पनि बताइन् ।
null
हुलाकबाट बमसहितको पार्सल, एकजना पक्राउ
अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामा र डेमोक्र्याटिक नेतृ हिलारी क्लिन्टनसहितका उच्च अमेरिकीका घरमा पाइप बमसहितको पार्सल हुलाक मार्फत पठाएको घटनामा संलग्न भएको आरोपमा एकजना पक्राउ गरेका छन् ।,पछिल्लो केही दिनयता विशेष गरी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख आलोचकहरुका घरमा वा उनीहरुका नाममा विस्फोटक पदार्थसहितको पार्सल अज्ञात व्यक्तिले पठाएको पाइएको थियो । यो घटनाको छानबिनको क्रममा ५६ वर्षका एक व्यक्तिलाई पक्राउ गरिएको अमेरिकी अधिकारीले बताएका छन् ।,सेजर सायोक नाम गरेका व्यक्तिलाई पक्राउ गरिएको र उनीविरुद्ध पूर्व राष्ट्रपतिसहितलाई धम्की दिएकोसहितका पाँचवटा आरोप लगाइएको छ ।,पछिल्लो दिनमा शंकास्पद बस्तुसहितका १४ वटा पार्सल भेटिएको छ । यसरी पार्सल पाउनेमा पूर्व राष्ट्रपति बाराक ओबामा, पूर्व विदेश मन्त्री हिलारी क्लिन्टनदेखि अभिनेता रोबर्ट डी निरोसम्म छन् ।,दुईवटा पार्सल स्थानीय समय अनुसार शुक्रबार बिहान फ्लोरिडा र न्युयोर्क सिटीमा पाइएको अमेरिकी अधिकारीले उल्लेख गरेका छन् । मध्यावधिक चुनाव आउन दुई हप्ताभन्दा कम समय रहेका बेला यस्तो घटना भएको हो ।,राष्ट्रपति ट्रम्पको कडा आलोचना गर्दै आएको ट्रम्पले ‘फेक न्युज’ प्रदायकको रुपमा व्याख्या गर्दै आएको सिएनएन तथा डेमोक्र्याटिक पार्टीका शीर्ष नेताकोमा बमसहितको पार्सल पठाइएको पाइएको हो । कुनै पनि प्याकेज बिस्फोट भने भएनन् । संघीय जाँच व्युरो (एफबिआई) ले पार्सल पठाउनेहरुको खोजी गरिरहेको छ ।,ट्रम्पले आफ्ना आलोचक र सञ्चारमाध्यमका लागि प्रयोग गर्ने गरेको भाषा पाखण्ड पनिको हद रहेको उनका आलोचकहरुले पछिल्लो समय बताउने गरेका छन् ।,ओबामा र क्लिन्टनसहित डेमोक्र्याटिक सिनेटर म्याक्सिन वाटर्स र पूर्व महान्यायाधीवक्ता एरिक होल्डरलाई पनि शंकास्पद विस्फोटक पदार्थसहितको पार्सल पठाइएको थियो ।,पूर्व उपराष्ट्रपति जो बाइडेनलाई पठाइएको शंकास्पद बस्तु पनि ट्रयाक गरिएको अमेरिकी अधिकारीले समाचार संस्था रोयटर्सलाई बताएका छन् ।,यसैगरी सिएनएनको न्युयोर्कमा रहेको स्टुडियोमा लाइभ एक्सप्लोसिभ डिभाइस भेटिएपछि खाली गरिएको छ । एफबिआईले भर्जिनियामा रहेको ल्याबमा ती प्याकेजको परीक्षण गर्दैछ ।,विपक्षी राजनीतिक शक्ति आक्रमणको खतरामा आएको भन्दै डेमोक्र्याटिक नेताहरुले चिन्ता व्यक्त गरेका छन् । घटनापछि राष्ट्रपति ट्रम्पले राजनीतिमा थप संयमित हुन आग्रह गरेका छन् ।,
null
बाराक ओबामा र हिलारी क्लिन्टनसहितका ट्रम्प आलोचकलाई पाइप बमसहितको पार्सल
अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामा र डेमोक्र्याटिक नेतृ हिलारी क्लिन्टनसहितका उच्च अमेरिकीका घरमा पाइप बमसहितको पार्सल अज्ञात समूहले पठाएको सरकारी अधिकारीले बताएका छन् ।,राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख आलोचकसहितका विविध व्यक्तिका घरमा पाइप बमसहितको पार्सल पठाइएको पाइएको सरकारी अधिकारीले पुष्टि गरेका हुन् । मध्यावधिक चुनाव आउन दुई हप्ताभन्दा कम समय रहेका बेला यस्तो घटना भएको हो ।,राष्ट्रपति ट्रम्पको कडा आलोचना गर्दै आएको ट्रम्पले ‘फेक न्युज’ प्रदायकको रुपमा व्याख्या गर्दै आएको सिएनएन तथा डेमोक्र्याटिक पार्टीका शीर्ष नेताकोमा बमसहितको पार्सल पठाइएको पाइएको हो । कुनै पनि प्याकेज बिस्फोट भने भएनन् ।,संघीय जाँच व्युरो (एफबिआई) ले पार्सल पठाउनेको खोजी गरिरहेको छ । ट्रम्पले आफ्ना आलोचक र सञ्चारमाध्यमका लागि प्रयोग गर्ने गरेको भाषा पाखण्ड पनिको हद रहेको उनका आलोचकहरुले पछिल्लो समय बताउने गरेका छन् ।,ओबामा र क्लिन्टनसहित डेमोक्र्याटिक सिनेटर म्याक्सिन वाटर्स र पूर्व महान्यायाधीवक्ता एरिक होल्डरलाई पनि शंकास्पद विस्फोटक पदार्थसहितको पार्सल पठाइएको थियो । पूर्व उपराष्ट्रपति जो बाइडेनलाई पठाइएको शंकास्पद बस्तु पनि ट्रयाक गरिएको अमेरिकी अधिकारीले समाचार संस्था रोयटर्सलाई बताएका छन् ।,यसैगरी सिएनएनको न्युयोर्कमा रहेको स्टुडियोमा लाइभ एक्सप्लोसिभ डिभाइस भेटिएपछि खाली गरिएको छ । एफबिआईले भर्जिनियामा रहेको ल्याबमा ती प्याकेजको परीक्षण गर्दैछ ।,विपक्षी राजनीतिक शक्ति आक्रमणको खतरामा आएको भन्दै डेमोक्र्याटिक नेताहरुले चिन्ता व्यक्त गरेका छन् । घटनापछि राष्ट्रपति ट्रम्पले राजनीतिमा थप संयमित हुन आग्रह गरेका छन् ।,पूर्व राष्ट्रपति ओबामा, पूर्व विदेश मन्त्री क्लिन्टन, पूर्व सिआइए निर्देशक जोन ब्रेन्नान, पूर्व महान्यायाधीवक्ता एरिक होल्डर, क्यालिफोर्नियाका डेमोक्र्याटिक सिनेटर म्याक्सिन वाटर्स तथा सामाजिक अभियन्ता एवम् लगानीकर्ता जर्ज सोरोसलाई यस्ता पार्सल पठाएको पाइएको एफबिआईले जनाएको छ ।, 
null
मोदीको विकल्पमा धर्मनिरपेक्ष सत्ता स्थापनाको प्रयासमा छौँ-सीताराम यचुरी
भारतीय मार्क्सवादी कम्युनिष्ट पार्टीका महासचिव सीताराम यचुरीले भारतका वामपन्थी शक्तिहरु आउँदो चुनावमा वाम सुदृढीकरण र सहकार्यसँगै केन्द्रमा नरेन्द्र मोदीको विकल्पका रुपमा धर्मनिरपेक्ष सरकार निर्माणका लागि एक ठाउँमा उभिने निर्णय गरेको बताएका छन्।,प्रत्यक्ष रुपमा खुलासा नगरे पनि यचुरीले भारतीय कांग्रेस पार्टी लगायत भारतीय जनता पार्टी (भाजपा) विरुद्ध क्षेत्रीय तथा राष्ट्रिय पार्टीसँग चुनाव पूर्व या पछि तालमेल हुने स्पष्ट संकेत दिएका छन्।,सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अन्तर्राष्ट्रिय विभाग प्रमुख एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको निमन्त्रणमा नेपाल आएका याचुरीले शुक्रबार भारतीय कम्युनिष्ट आन्दोलनको अनुभवबारे प्रवचन दिँदै भने’, झण्डै ९३ वर्षे अवधि अर्थात स्थापनादेखि कम्युनिष्ट आन्दोलनमा थुर्पै गल्ती भएका छन् र ती गल्तीलाई स्वीकारेर, चिनेर तथा सुधारेर अगाडि बढ्ने छौँ।’,भारतीय राजनीतिमा पटकपटक वाम तथा दक्षिणपन्थी विचलन देखा परेको, कम्युनिष्ट वाम पार्टीहरुले आफ्ना कार्याकर्ता र संयन्त्र बन्दा प्रशासनतन्त्रमा निर्भर रहेको र कतिपय अवस्थामा पार्टीको सिद्धान्त र व्यवहारमा सामान्जस्य नरहेकाले कुनै समयमा तीन राज्यमा आफ्नो सरकार बनाउन सफल आफ्नो पार्टी अहिले कमजोर भएको उनले स्वीकार गरेका छन्।,भारतमा स्वतन्त्रता आन्दोलन देखिनै लोकतान्त्रिक शक्तिहरु र अर्कोतिर दक्षिणपन्थी अर्थात भाजपाको मातृसंगठन राष्ट्रिय स्वयम् सेवक संघ समानान्तररुपमा अगाडि बढेको भन्दै उनले यता आएर दक्षिणपन्थी शासन स्थापित हुनुमा पार्टीको कमजोरी रहेको समेत स्वीकार गरेका छन्।,अन्य दुई वाम पन्थी नेताहरुसँग हालै आफ्नो वार्ता भएको खुलासा गर्र्दै उनले भने’, भारतीय जनता पार्टीलाई पराजित गर्न (माकपा) तथा अन्य वामपन्थी शक्तिलाई सुदृढ गराउन र चुनावपछि केन्द्रमा धर्म निरपेक्ष सरकार बनाउन हामी प्रतिवद्ध छौँ।’,यो पृष्ठभूमिमा उनले नेपालको राजनीतिक दिशा भारतको भन्दा उल्टो अर्थात वाम तथा प्रगतिशिल दिशामा भएकोमा खुशी व्यक्त गरे। भारतीय सरकारले जानी-जानी राजगारी लगायत जनताका आधारभूत समस्यालाई वेवास्ता गरेको र सवरीमाला मन्दिर प्रवेशमा सर्वोच्च अदालतको आदेश विपरीत हिन्दुत्वको पक्षमा उभिएको अर्कोतिर धनाड्य पूजिपतिहरुलाई बैंकहरुले करिव साढे ११ लाख करोड रुपैयाँ कर्जा दिएर गरिब तथा कमजोर वर्गको उपेक्षा गरेको उनले आरोप लगाए।,भाजपामाथि आतंक र धम्कीको माध्यमबाट वाम शक्तिहरुलाई तर्साएको आरोप पनि उनले लगाएका छन्। ‘भारतीय कम्युनिष्ट आन्दोलन भित्र स्वतन्त्रता आन्दोलन ताका सशस्त्र विद्रोह गर्ने की भन्ने एउटा सोच पलाएका बेला सोभियत संघका नेता स्ट्यालिनले भारतको भूगोल र वाम शक्तिको प्रभाव क्षेत्र हेर्दा हतियार भन्दा जनताको सर्मथन हाँसिल गर्र्नु वुद्धिमानी हुने सुझाव दिएका थिए। जसलाई भारतीय कम्युनिष्ट नेताले स्वीकार गरे’, उनले भने। धर्मनिरपेक्षता, गणतन्त्र र समाजवाद भारतीय कम्युनिष्टको लक्षित गन्तव्य बनेको उनले बताए।,कम्युनिष्ट आन्दोलनका उतारचढावबारे चर्चा गर्दै उनले भारत—चीन युद्धपछि त्यसमा आएको विभाजनको प्रशंग कोट्याए। ठूला ठूला नेताहरु अर्कोतर्फ हुँदा पार्टीका तत्कालिन महासचिव ‘एएमएस’ नम्बुदिरीपदले भनेको कुरा उद्धित गरे’, नेता जता भएपनि जनता हामीसँग छन्।’,७० वर्षसम्म पार्टी कसरी बाँच्यो त्यो महत्वपूर्ण कुरा भएको उनको भनाई छ। ‘अझैपनि पार्टी भित्रका अन्तरविरोधलाई संवोधन गरेर अनि अतितका गल्तीहरुलाई स्वीकार गरेर र जनताका आक्रोशलाई वाम ढाँचाभित्र समाहित गरेर हामीले आफुलाई स्थापित गर्न सक्छौ’, उनले भने।,विश्वमा युद्ध र शान्तिकाबीच र साम्राज्यवाद तथा समाजवादका पक्षमा अन्तर्राष्ट्रिय समीकरणको वकालत पनि उनले गरे। सन् १९९० मा सोभिय संघको पतनपछि विश्व समाजवादको पक्ष र साम्राज्यवाद विरुद्धको लडाई कमजोर भएको उनले बताए।,नेपालका सत्ताधारी वाम दलका नेतृत्वले अक्सर दोहोराउँदै आएको ‘अहिले हामी समजवाद हासिल गर्ने छौ र समाजवाद हासिल गर्ने’ छौ भन्ने दावीलाई उनले अप्रत्यक्षरुपमा पूजिवादको बाटोबाट हासिल नहुने सुझाव दिए। ‘पूजीवादलाई ‘वाइपास’ नगरे समाजवादमा पुग्न सकिन्न’, उनको कथन थियो।
दिपा दाहाल
रुस र चीनलाई ट्रम्पको ठाडो चेतावनी
अमेरिकाले परमाणु क्षमता बिस्तार गर्ने चेतावनी दिएको छ । रुस तथा चीनमाथि दबाब बढाउनका लागि आफ्नो देशको परमाणु क्षमता बिस्तार गर्ने चेतावनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएका हुन् ।,पत्रकारसँगको कुराकानीको क्रममा राष्ट्रपति ट्रम्पले सन् १९८७ मा भएको मध्यम स्तरको परमाणु शक्ति (आइएनएफ) सन्धि रुसले उल्लंघन गरेको दोहोयार्ए ।  रुसले सबै आरोप अस्वीकार गर्दै आएको छ ।,ट्रम्पले यसअघि नै रुसले उल्लंघन गरेकाले अमेरिका शीत युद्ध अन्त्यका लागि महत्वपूर्ण ठानिएको यो सन्धिबाट बाहिरिने बताइसकेका छन् ।,ट्रम्पको घोषणापछि पूर्व सोभियत युनियनका राष्ट्रपति मिखाइल गोर्बाचोभले शीत युद्ध अन्त्य गर्ने मध्येको एक महत्वपूर्ण सन्धिबाट अमेरिका बाहिरिने निर्णयले परमाणु हतियार निशस्त्रीकरण प्रक्रियामा ठूलो झड्का लागेको बताएका थिए ।,ट्रम्पले रुससँगको परमाणु हतियार सम्बन्धी सन्धिबाट अमेरिका बाहिर लागेको पुष्टि गरेपछि सन्धिका हस्ताक्षरकर्ता गोर्बाचोभले त्यसको आलोचना गरेका हुन् ।,रुसले यो निर्णयको आलोचना गर्दै अमेरिकाले परमाणु हतियार विकास गरेमा त्यसको प्रतिकार गर्ने बताएको छ । ट्रम्पले भने रुस र चीनलाई लक्षित गर्दै भने, ‘अमेरिकाले मानिसहरुको चेत नखुलुन्जेल परमाणु क्षमता बिस्तार गर्नेछ ।’,उनले अघि भने, ‘यो चेतावनी हो र यसमा तपाईँ जसलाई चाहे जोड्न सक्नुहुन्छ चीन र रुस तथा जसले गेम खेल्न चाहन्छन् तिनीहरु पनि…रुसले त्यो सन्धिको पालना गरेकै छैन ।’,यहिबिचमा अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले रुस भ्रमणको बारेमा यसबारे कुरा गर्दैछन् । बोल्टनले सन्धिबाट बाहिरिने निर्णय गम्भीर झड्का रहेको बताएका छन् । रुसको सुरक्षा परिषदका सचिव निकोलाई पाट्रुशेभले आफ्नो देश सन्धिमा रहेको गुनासाहरु दूर गर्न तयार रहेको जनाएका छन् ।,यो सन्धिले स्थलमा हुने मध्यम स्तरका परमाणु हतियारको प्रक्षेपणमा रोक लगाएको थियो । अर्थात यो सन्धि अनुसार ५०० सय देखि ५५ सय किलोमिटरको दूरीसम्म मार हान्न सक्ने मिसाइल परीक्षण गर्न पाईँदैन ।,तत्कालीन सोभियत युनियनका नेता मिखाइल गोर्बाचोभ र तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले आइएनएफमा सन् १९८७ मा हस्ताक्षर गरेका थिए ।
null
पत्रकार खाशोग्गी घटनामा नयाँ मोड, अमेरिकाले टर्कीसँग माग्यो सम्भावित हत्याको प्रमाण
साउदी अरेबियाका बेपत्ता पत्रकार जमाल खाशोग्गीको हत्या भएको दाबी गरेको टर्कीसँग अमेरिकाले त्यस सम्बन्धी प्रमाण मागेको छ ।,यहि अक्टोबर २ देखि टर्कीस्थित साउदी अरेबियाको कन्सुलर कार्यालयबाट बेपत्ता भएको पत्रकार खाशोग्गीको हत्या भएको र आफूहरुसँग त्यसको प्रमाण रहेको टर्कीले दाबी गर्दै आएको छ ।,साउदी अरेबियाले भने पत्रकार खाशोग्गीको हत्या र त्यसमा आफ्नो संलग्ना स्पष्ट रुपमा अस्वीकार गर्दै आएको छ । टर्कीले भने स्थानबुलमा रहेको साउदी अरेबियाको कन्सुलर कार्यालयमै पत्रकार खाशोग्गीको हत्या भएको बताउँदै आएको छ ।,यहि बिचमा अमेरिकाले टर्कीसँग प्रमाण रहेको भए उपलब्ध गराउन आग्रह गरेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा पत्रकारलाई यसबारे जानकारी दिएका हुन् । ट्रम्पले भनेका छन्, ‘हामीले प्रमाण रहेको भए उपलब्ध गराउन आग्रह गरेका छौँ ।’,सुरुमा पत्रकार खाशोग्गीको हत्यामा कुनै पनि किसिमले साउदी अरेबियाको संलग्नता रहेको देखिए कडा कारवाही गर्ने चेतावनी दिएका अमेरिकी राष्ट्रपति ट्रम्प साउदी अरेबियाका राजा सलमानसँगको टेलिफोनवार्तापछि फेरिएका छन् ।,उनी पछिल्ला दिन साउदी अरेबियाको बचाउमा लागेको देखिएको छ । तर ट्रम्पले आफू साउदी अरेबियाको ढाकछोपमा नलागेको बताएका छन् । अमेरिकी पत्रिकार द वासिंगटन पोस्टले भने मध्य पूर्वमा प्रेस स्वतन्त्रताको महत्वका बारेमा बेपत्ता हुनुअघि पत्रकार खाशोग्गीले लेखेको लेख प्रकाशित गर्ने बताएको छ ।,खाशोग्गी घटनाले नयाँ मोड लिँदै जाँदा सोमबार साउदी राजा सलमानसँग ट्रम्पले टेलिफोनमा कुरा गरेपछि उनका प्रतिनिधि बनेर विदेश मन्त्री माइक पोम्पेओ साउदी अरेबिया गए । उनले त्यहाँ साउदी राजा सलमान र शक्तिशाली क्राउन प्रिन्स मोहम्मद बिन सलमानसँग भेटवार्ता गरे । दुवैले घटनाबारे कुनै जानकारी नरहेको स्पष्ट पारे ।,साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमानसँग ट्रम्पले पनि टेलिफोनमा कुराकानी गरेका थिए । त्यस क्रममा पनि उनले खाशोग्गीका बारेमा जानकारी नरहेको बताए । माइक पोम्पेओ साउदी अरेबियापछि टर्की गए । टर्कीमा उनले त्यहाँका अधिकारीसँग घटनाबारे कुरा गरेर हत्या भएको भनिएको प्रमाण मागेका हुन् ।,पत्रकार खाशोग्गीको हत्या भएको भनिएको टर्कीस्थित साउदी अरेबियाको कन्सुलर कार्यालयमा टर्कीका अधिकारीलाई पस्न दिइएको थिएन । तर सोमबार राति साउदीका अधिकारीले स्वीकृति दिएसँगै टर्कीका प्रहरीले त्यहाँ खोजतलास गरे । त्यसबाट खाशोग्गीको हत्या भएको भन्ने पक्षमा थप प्रमाण जुटेको दाबी गरिएको छ ।,यहि बिचमा अमेरिकी सञ्चार माध्यले पत्रकार खाशोग्गीको हत्या भएको कुरा स्वीकार गर्ने तयारीमा रहेको दाबी गर्दै खबर पनि छापेका थिए । खाशोग्गीसँगको सोधपुछमा गल्ती हुँदा उनको मृत्यु भएको भनेर स्वीकार गर्ने तयारीमा साउदी अरेबिया रहेको अमेरिक सञ्चारमाध्यमले दाबी गरे ।,साउदी अरेबियाको सरकारको कडा आलोचना गर्ने पत्रकार खाशोग्गी टर्कीमा रहेको साउदी कन्सुलर कार्यालयमा पसेदेखि बेपत्ता भएका हुन् । अमेरिकी पत्रिका द न्युयोर्क टाइम्स र सिएनएनले अज्ञात स्रोतलाई उद्धृत गर्दै खाशोग्गीको मृत्यु भएको स्वीकार गर्ने तयारी गरेको दाबी गरेका छन् । उद्देश्य खाशोग्गीलाई टर्कीबाट अपहरण गर्नु मात्रै रहे पनि सोधपुछमा गल्ती हुँदा उनको मृत्यु भएको बताउने तयारीमा साउदी अरेबिया रहेको दाबी गरिएको छ ।,साउदी अरेबियाको यो भनाई ट्रम्पले भनेको ‘घृणित हत्याराहरु’ भन्ने भनाईसँग मिल्ने दाबी पनि अमेरिकी सञ्चारमाध्यमले गरेका छन् । यस्तै साउदी अरेबियाले जसले खाशोग्गीसँग सोधपुछ गरे उनीहरुले बिना स्वीकृति र जानकारी बिना नै गरेको दाबी गर्ने तयारी गरेको सिएनएनले दाबी गरेको छ । साउदीमा रहेको खाशोग्गीको परिवारले स्वतन्त्र तथा निष्पक्ष अन्तर्राष्ट्रिय कमिटि बनाउन आह्वान गरेका छन् । यो परिवेशमा अमेरिकाले टर्कीसँग प्रमाण माग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।,अमेरिका र साउदी अरेबिया एकअर्काका सहयोगी मानिन्छन् । यी दुई देशबिच ठूलो व्यापारिक सम्बन्ध पनि छ र सैन्य शक्ति बिस्तारमा पनि सहकार्य बढाउने तयारीमा छन् ।,पत्रकार खाशोग्गी साउदी अरेबियाको सुधारकका रुपमा अघि आएका क्राउन प्रिन्स मोहम्मद बिन सलमानका कडा आलोचक हुन् । उनले क्राउन प्रिन्स सलमान सुधारक नभई खराब शासक रहेको बताउने गरेका थिए ।,खाशोग्गीमाथि जे भएको भए पनि त्यसमा क्राउन प्रिन्सको संलग्नता रहेको आशंका गरिन्छ । यहिबिचमा क्राउन प्रिन्सले भने आफूलाई कुनै पनि जाकारी नरहेको उल्लेख गरेका छन् ।
null
‘वादी’ बाट सम्मानित नागरिक अनि प्रदेशसभा सदस्यसम्मको यात्रा
धनगढी— गरिबी, अशिक्षा र परम्पराका नाममा लादिएको यौन पेशाबाट ग्रस्त  समुदायका कुनै सदस्यलाई माथि उठ्न र मुक्तिका कुरा गर्न त्यति सहज थिएन।,ती रोगहरुले वास्तवमा समुदायलाई मूल्य, मान्यता र परम्पराका रुपमा जगडेका थिए। त्यसैले त्यसविरुद्ध आवाज उठाउन असहज र जोखिमपूर्ण दुवै थिए। र त्यो चुनौति थियो। तर उनको बालमस्तिष्कमा भरिएको चेतना, परिवार र पतिको निस्वार्थ अनि जोखिमयुक्त सहयोगले उनलाई सोचे भन्दा माथि पुर्‍यायाे ।,सभ्य समुदायको विकास भयो । लामो संघर्षपछि पहिले असहयोग गर्ने गाउँलेहरु सहयोगी बने । यौन पेशालाई छोडेरे महिलाहरु सीप मुलुक तालिम र कार्यमा संलग्न हुन थाले । महिलाले आफ्नो अधिकार उपभोग गर्न पाए।,बालबालिकालाई निःशुल्क शिक्षाको पहुँचमा पुर्‍याउने अभियानले तिव्रता पायो। विकासबाट सदियौँदेखि पछि परेको समुदायमा सरकारको ध्यान जान थाल्यो,यो समग्र संघर्ष र अभियानमा कैलालीकी उमा वादीका यस्ता धेरै परिचय स्थापित भएका छन्। त्यो पहिचानको मुलमा उनको अठोट र संघर्षको निरन्तरता छ।,अहिले उनी प्रदेशसभा सदस्य बनेकी छिन्। सुदूरपश्चिम प्रदेशसभाको बैठकपछि उनी भन्छिन्, ‘मेरो कर्तव्य र जिम्मेवारी अझै थपिएको छ। त्यसका लागि म तयार हुँदैछु।’,२०२० सालमा सल्यानमा जन्मिएकी उमा गरिबीका कारण दुई वर्षमा कैलाली छिरिन घरपरिवारसँगै । वादी समुदायकी उमाले छिमेकीसँगै विद्यालयमा विभेद सामना गर्नु पुर्‍याे। ‘म जिज्ञासु थिएँ, मनको कुरा पनि व्यक्त गर्न मन लाग्ने। तर मलाई कक्षा कोठामा पछाडि बसालिन्थ्यो। शिक्षकले वास्तै गर्नु हुन्थेन। वन भोजमा सहभागि हुन पाउँदैन थेँ। सरस्वती पूजामा टाढै राखिन्थ्यो । वादी भएकै कारण म अलगिएको थिएँ समाज र सबैतिरबाट ’, उमा आफ्नो अतीत सम्झिन्छिन्।,घर नजिकै सानो पसल थियो। सामान भन्दा पनि मानिसहरुका आँखा वादी युवती र महिलामा पर्थे । बिहानै गाउँमा माग्ने, नाचगान गर्ने र राती यौन पेशामा संलग्न हुनु पर्ने बाध्यता वादी महिलालाई थियो ।,त्यसलाई लिएर उमा बाल्यकालदेखिनै असन्तुष्ट थिइन्। वादी महिला किन यौन पेशामा ? किन उनीहरुले मात्रै इच्छा विपरित नाचगान गर्नु पर्ने ? किन उनीहरुले मागेर छाक टार्नु पर्ने ? किन विद्यालयमा हेपिनु पर्ने ? किन उनीहरुमाथि अछुत ? यस्ता प्रश्नहरुले उनलाई घोच्न थाले।,उनलाई लाग्यो वादी महिलामाथि अन्याय भइरहेको छ। त्यसविरुद्ध आवाज उठाउनै पर्छ, लड्नु पर्छ। उनले आफ्नो संर्घष यात्राको सुरुवाती चरण कोट्याइन्, ‘मलाई समाजिक कुरीतिविरुद्ध लड्न मन लाग्थ्यो। त्यसको नेतृत्व पनि मैले नै लिएँ । साथीहरुका अघि जर्वजस्ती धाराको पानी पिउँथे। त्यसपछि उनीहरुले कुरा लगाउँथे । अनि सबै मिलेर मलाई कुट्थे। आफुलाई चाही ठिकै गरेछु भन्ने लाग्थ्यो।’ मन्दिरमा पूजा गर्न खोज्दा पुजारीले लखेटेको पल उनको दिमागमा ताजै छ ।,तर ती सबै प्रयास बेकार भएनन्। विस्तारै उमाका पक्षमा आधा गाउँले उभिन थाले, खासगरी युवा। भारतमा काम गरेर फर्केका युवाले गाउँमा सामुदायिक सहयोग समिति स्थापना गरे, उपाध्यक्ष उमा भइन्। समितिले विभिन्न संघसंस्थासँग मिलेर स्थानीय महिलालाई सीपमूलक तालिम दिन थल्यो । हक अधिकारबारे सचेत गरायो।,सदियौँ देखिको यौन पेशा आफ्नो समुदायबाट विस्तापित गर्न थालेको आरोप उमामाथि लाग्यो। चेतनाको अभावमा र रुढीवादबाट ग्रस्त ‘वादी’ यौन पेशामा संलग्न कतिपय महिलाले नै उमाविरुद्ध षड्यन्त्र गर्न थाले । उमालाई गाउँ निकाला गर्नु पर्छ भन्ने आवाज उठाए ।,उमा किंचित विचलित भइनन्। उमाले वादी समुदायको विकासका लागि अन्य माग पनि उठाइन उनले। त्यसले आन्दोलनको प्रारुप बनायो। जन्म दर्ता नगर्ने र नागरिकता विहिन वादी समुदायलाई उमा संलग्न संस्थाले नागरिकता दिलाउने र जन्म दर्ता गराउने व्यवस्था मिलायो।,गाउँले कुरा काटिरहेका हुन्थ्ये उमाको । त्यसलाई छिचोलेर उनी अघि बढिरहिन्। आफ्नो गाउँका मात्रै हैन छिमेकी जिल्लाका वादी समुदायलाई एकत्रित गरिन । चेतनाको विस्तारसँगै आन्दोलनको आकार बढ्न थाल्यो।,अन्तरजातीय विवाह अहिले सहज बनेको छ। सरकारले अनुदानको घोषणा समेत गरेको यो विवाह गर्नेलाई। तर उमाका लागि त्यो सहज थिएन। संघर्षकै क्रममा बर्दियाका प्रेमराज भट्टसँग प्रेम गरिन्। परिवारले विवाह गर्न दिएन। भागेर विवाह गरे । प्रेमराजको परिवारबाट मात्रै होइन समाजबाटै लखटिए उनीहरु।,उमा र प्रेमराज कैलालीमै घर बनाएर बसे र संगै आन्दोलन गरे हरेक विषयमा। अन्तरजातीय विवाह गर्दा आफुले भोगेको पीडा उमाले अरुलाई भोग्न नदिने प्रण गरिन् र त्यसविरुद्ध पनि होमिन पुगिन उनी। सांसद भएपछि उनको परिवार धनगढीमा सरेको छ। ‘परिवारले स्वीकार नगर्दा लामो समय एक्लै बस्नु   पर्‍याे। अनेक संघर्ष गर्नु प¥यो ।’अहिले भने मैले बुहारीको दर्जा पाएको छु । छिमेकीले भने अझै कुरा काट्छन्’, उनी भन्छिन्।,कतिपय काम सरकारी तवरबाटै हुनु पर्ने थियो। कैलालीको लम्कीमा उनले चक्काजामको नेतृत्व लिइन् सरकारको ध्यान आफ्नो मागतर्फ तान्न। त्यसबाट सुनुवाइ भएन। २३ जिल्लाका वादी समुदायका प्रतिनिधि लिएर काठमाडौँ पुगिन्। राष्ट्रिय वादी अधिकार संघर्ष समिति गठन गरिन् ।,त्यसरी सुरु भयो करिब ५ सय वादीको सडक आन्दोलन। दिनहुँ प्रदर्शन, कहिले लाठी जुलुस त कहिले सिट्टी जुलुस निक्लियो उमाको नेतृत्वमा। कहिले धर्मशाला कहिले सडकमा बास थियो उनीहरुको। ४८ दिनको आन्दोलन निकै कष्टकर थियो।,अर्धनग्न भएर प्रदर्शन गरेपछि तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र शान्ति मन्त्री रामचन्द्र पौडेलले उनको टोलीलाई वार्तामा बोलाए। कोइरालाले भने, ‘तपाईहरुको क्षेत्रका वादीहरूलाई नेपालगन्जमा सार्छु।’ उनले भनिन’, नेपालगन्जमा मात्रै हैन, वादी समुदायको बसोबास देशभरी नै छ । सबैलाई अधिकार र समान सुखसुविधा दिनु पर्छ।’,त्यसपछि सरकार वादी समुदायले चाहेको थर र गोत्रको आधारमा आमाको नामबाट छोराछोरीलाई नागरिकता दिन, वादी समुदायका बालबालिकालाई उचित भरणपोषणसहित शिक्षाको व्यवस्था गर्न बाध्य भयो ।,अन्य समस्या समाधानका लागि अध्ययन टोलीले प्रतिवेदन बनाउन पनि सरकार र आन्दोलनकारीबीच सहमति भयो। सहमतिसँगै सरकारले आन्दोलनकारीलाई ३ लाख २९ हजार रुपैयाँ बस भाडा दिएर घर पठायो ।,‘काठमाडौँमा आन्दोलन गर्दा दुख पायौँ,’ उमा भन्छिन, ‘सरकार विरुद्ध आन्दोलन गर्नेलाई सरकारले नै भाडा दिएर पठाएको थियोे।’ सहमति पूर्ण रुपमा कार्यान्वयन भएको छैन। तर उमाको दबाव निरन्तर जारी छ।,वादी समुदायको विकासका लागि उनले जे गर्न सक्थिन त्यो गरिन्। कतिपय काम नीतिनिर्माण तहमै पुगेर गर्नु पर्ने देखिन्। त्यसलाई कदर गर्दै नेपाली कांग्रेसले उनलाई समानुपातिक प्रदेश सभासद् बनायो।,‘म सांसद बन्छु भनेर आन्दोलनमा लागेकी थिइन। आफ्नै सर्त र सम्मानका आधारमा सबैको सेवा गर्ने प्रतिवद्धता मात्रै थियो उनको । तर, कांग्रेस पार्टीले त्यसलाई सकरात्मकरुपमा लिएर प्रदेश सभा सदस्य बनायो। समाचार पाउँला उनका आँसु झरे।,भन्छिन्, ‘सांसदको नाम टुङगो लागेको दिन र संसद् बैठकको पहिला दिन आफुलाई अझ बलियो महसुस गरे ।’ सांसद भएपछि उनको जिम्मेवारी झन बढेको छ र कार्यशैली झनै फराकिलो। मुलुकभरका वादी समुदाय र खासगरी महिलालाई अधिकार दिलाउने विषयमा उनले आवाज उठाइरहेकी छन्। सरकारले वादी समुदायका केही माग पुरा गरे पनि अझै धेरै काम गर्न बाँकी रहेको उनको भनाई छ।,‘आमाको नामबाट नागरिकता दिन थालिएको छ । घरजग्गा आवास कार्यक्रम सुरु भएको छ । यी लगायत अन्य माग पुरा भए अझै बाकी छन्’, उनले भनिन, ‘अझै पनि कतिपय वादी समुदाय ओढारमा, खोलाको किनारमा, आरक्षमा बस्न बाध्य छन् । तिनको समस्या समाधानका लागि आन्दोलन जारी छ ।’,२०६५ पुस २३ गते मन्त्रिपरिषद् बैठकले यौन पेसामा लागेका वादी समुदायका महिलालाई आयआर्जन सहित पुनःस्थापित गर्ने निर्णय  गर्‍याे। तर निर्णय कार्यान्वयन अझै भइनसकेकोमा उनलाई चिन्ता छ । र त्यसका लागि उनको संघर्ष जारी छ । ‘संघर्ष गर्दा गर्दै कपाल फुल्यो, दाँत झर्न थाले ।’ उनले हाँस्दै भन्छिन्, ‘पहिले सडकमा आफुनो समुदायको विकासका लागि उत्रिए। सांसद बनेपछि सबैका समस्यामा ध्यान जान्छ।’ संघर्षले मानिसलाई परिपक्क बनाउँछ। आफ्ना लागि भन्दा अरुका लागि काम गर्न प्रेरित गर्छ। त्यो बुझाई र त्यसप्रतिको समर्पण नै उनको सबभन्दा ठूलो शक्ति बन्यो।,भन्छिन्’, मेरो संघर्ष जन्मेदेखिनै सुरु भयो विभेद विरुद्ध । वादी समुदायमा महिलामाथि जुन हिंसा र विभेद छ त्यो अरु समुदायमा पनि छ । अब म ती महिलाका लागि पनि लड्न चाहन्छु।’
दिनेश ठकुल्ला
‘मन्त्रीबाट संसदीय समिति प्रभावित हुँदैन’
काठमाडौँ – सञ्चार मन्त्री गोकुल बाँस्कोटाको विकास तथा प्रविधि समिति समक्षको प्रस्तुति शैलीलाई कुनै विवाद नबनाउने तर त्यसबाट उसको दायित्व निर्वाह कुनैपनि रुपमा प्रभावित नहुने समितिले जनाएको छ।,आफैले अयोग्य रुपमा प्रस्तुत गर्दै सेवामुक्त नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा विवादास्पद दीगम्बर झाको पुनर्नियुक्तिलाई लिएर समितिले यही असोज १८ गते स्पष्टीकरण माग्दा मन्त्री बाँस्कोटा उत्तेजित शैलीमा प्रस्तुत भएका थिए। खासगरी बाँस्कोटाले समिति सभापति कल्याणीकुमारी खड्काप्रति प्रदर्शन गरेको व्यवहार राजनीतिक वृत्त र सञ्चारमाध्यममा आलोचित रह्यो।,विकास समितिकी सभापति कल्याणीकुमारी खड्काले दीगम्बर झाको नियुक्तिका सम्बन्धमा स्पष्ट पार्न नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई निर्देशन दिन लाग्दा मन्त्री बाँस्कोटा ‘उच्च स्वर’ मा प्रस्तुत भएका थिए।,यस्तै मन्त्री बाँस्कोटाकै हस्तक्षेपका कारण प्राधिकरणको प्रबन्ध निर्देशकको नियुक्ति चाँडै गर्न भन्दै समितिले गर्न लागेको निर्देशन फेरिएको अड्कलबाजी भएको थियो। सञ्चार मन्त्री बाँस्कोटाले प्राधिकरणको नियुक्ति प्रक्रिया बारे कानुनमा व्यवस्था रहेको भन्दै यसमा समितिले निर्देशन दिनु नपर्ने बताएका थिए। उनको लवज संसदीय मर्यादा र शिष्टता विपरीत भएको भन्दै सवत्र्र आलोचना भइरहेको छ।,तर, विकास समितिले भने मन्त्रीले जस्तो व्यवहार देखाएपनि आफूहरुले गर्ने निर्णयलाई त्यसले कुनै रुपमा प्रभावित नगर्ने जनाएको छ। पहिले तयार भएको खाका निर्देशनमा केही फेरबदल मात्रै भएको विकास समितिको दाबी छ । विकास समिति सभापति कल्याणी कुमारी खड्काले मन्त्रीको व्यवहारले आफ्नो निर्णयमा कुनै असर वा प्रभाव नपरेको बताएकी छन् ।,समितिको बैठकमा भएको वास्तविक घटनाक्रम केही तोडमोड भएर बाहिर आएकाले केही आशंका उब्जिएको हुनसक्ने समिति सभापति खड्काले बताइन्। उनले भनिन्, ‘विवादको कुरा होइन, हामीले छलफल गर्यौं, विषयहरु टुंग्याउने कुरा हुँदै थियो, मन्त्रीज्यूलाई केही लाग्यो, उहाँले आफ्नो विचार राख्नुभयो, तर सभापतिको हैसियतले गर्नुपर्ने निर्णयबाट म पछि हटेको छैन।’,बाहिर समाचारमा आएजस्तो मन्त्रीले आफूलाई ‘हप्कीदप्की’ नगरेको सभापति खड्काले दाबी गरिन्। तर, मन्त्री बाँस्कोटाको प्रस्तुति शैली त्यति उपयुक्त नरहेको संकेत सभापति खड्काले देश सञ्चारसँगको कुराकानीको क्रममा गरिन्। खड्काले व्यक्तिअनुसार बानी व्यवहार फरक हुने र आफूले मन्त्री बाँस्कोटाको बैठकमा भएको प्रस्तुतिलाई त्यही रुपमा लिएको उनले बताइन्।,सभापति खड्काले सञ्चार मन्त्रीको प्रसंगमा भनिन्, ‘समितिको बैठक चलिरहेका बेला त्यसरी प्रस्तुत हुनुहुन्थ्यो वा हुँदैनथ्यो त्यो जिम्मेवार व्यक्तिले नै जान्ने कुरा हो, यो मेरो पक्ष होइन, मेरो कुरा स्पष्ट छ –कसैले हस्तक्षेप गरेको आधारमा या कसैको इन्ट्रेस्टको पक्षमा नाजायज तरिकाले हामी निर्णय गर्दैनौं।’,खड्काले संसदीय समितिमा सरकार वा मन्त्रालयको छाँया पर्ला कि भनेर चिन्ता गर्नुपर्ने अवस्था नरहेको दावी गरेकी छन्। ‘समितिलाई जे लागेको छ, जे हामी निष्कर्षमा पुग्छौँ, त्यही निर्णय गर्ने हो। अहिले बाहिर आएका कुरा बढी देखिए, तर विवाद वा हस्तक्षेप भएको हो कि भन्ने विषयमा हामीले निदेर्शन गरेका छौँ। संसदीय समितिमा सरकार वा मन्त्रालयको छाया पर्ला कि भनेर चिन्ता गर्नु पर्ने अवस्था छैन।’,सभापति खड्काले बाहिर भनिएको जस्तो हस्तक्षेप नै भएपनि समितिले आफ्नो काम नछोडेको बताइन्। उनले भनिन्, ‘म जुहारी खेल्ने पक्षमा छैन, काम गर्नका लागि आएको हो, त्यसमा कसैको प्रभाव वा हस्तक्षेप हुँदैन, सबै ढुक्क भए हुन्छ।’,मिनी संसदको रुपमा रहेको संसदीय समिति सरकारलाई जनता तथा संसदप्रति उत्तरदायी बनाउने भएकाले समिति र सरकारबिच ‘टसल’ हुनुपर्छ भन्ने आफूलाई नलागेको विकास समिति सभापति खड्काको भनाई छ। उनले यसो भनिरहँदा सञ्चार मन्त्रालयसँग केही विवाद भएको संकेत भने देखिन्थ्यो।,सभापति खड्काले आफू विवादको पक्षमा नरहेको स्पष्ट पार्दै भनिन्, ‘समितिले सरकारलाई सहज पनि बनाउने हो, सरकार ट्रयाकभन्दा बाहिर नजाओस् भनी सतर्क बनाउने हो र कमीकमजोरी भए निर्देशन पनि दिने हो।’ समितिका काम सरकारको कार्यसम्पादन राम्रो बनाउनका लागि गरिने भएकाले विवादको खाँचो नरहेको र आफू त्यसको पक्षमा पनि नरहेको उनले उल्लेख गरिन्।,संसदको अर्थ समिति र उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिबिच क्षेत्राधिकारलाई लिएर विवाद भइरहेका बेला विकास समितिकी सभापति खड्काले आफ्नो समितिको क्षेत्राधिकार स्पष्ट रहेको बताइन्।,केही समितिसँग कुराहरु ओभरल्याप वा बाझ्ने भएकाले समन्वय र सहकार्य गरेर अघि बढ्ने पक्षमा आफू रहेको उनले बताइन्। उनले भनिन्, ‘यसमा कुनै समस्या छैन।’,विकास समितिको क्षेत्राधिकार सहरी विकास, भौतिक योजना, सूचना तथा सञ्चार र खानेपानी मन्त्रालयसहित पुनर्निर्माण प्राधिकरण पर्छ। आफ्नो पहिलो प्राथमिकता अब भूकम्पपछिको पुनर्निर्माण प्रक्रियामा भइरहेको काममा रहेको सभापति खड्काले बताइन्।,अब समितिले पुनर्निर्माणको गति प्रभावकारी बनाउनका लागि तदारुकताका साथ काम गर्ने बताइन्। यस्तै आफ्नो क्षेत्राधिकारमा रहेका क्षेत्रको कामलाई प्रभावकारी बनाउन र अनियमितता हुन नदिन आफू प्रतिबद्ध रहेको उनले बताएका छन्।
टंक ढकाल
नेपालमा ज्वाईँ बनेका यी रोहिंग्या शरणार्थी
नामै नसुकेको देशसम्म त्यो पनि एक्लै गरेको स्वैच्छिक यात्रा अनुकुल परिस्थितिमा बहादुरीको गाथा बन्छ । तर बाध्यता र प्रतिकुल परिस्थितिको त्यस्तो यात्रा अनिश्चित भविष्य तर्फको फड्को बन्न पनि सक्छ । त्यस्तै फड्को मान विवश पात्रा हुन् नूर मोहम्मद ।,नूर २५ वर्षका भए । उनी नेपाली होइन्, म्यानमारमा भड्किएको हिंसाबाट ज्यान जोगाउनका लागि सुरक्षित ठाउँको खोजी गर्दागर्दै उनी नेपाल आइपुगेका हुन् ।,नूर शरणको खोजीमा नेपाल आउने पहिलो रोहिंग्या शरणार्थी पनि हुन् ।,उनको नेपाल यात्रा सोचिएको यात्रा थिएन । सन् २०१२ को सुरुमा उनी म्यानमारको मण्डुबाट त्यहाँ भड्किएको हिंसाबाट जोगिनका लागि बंगलादेश पशे । त्यहाँबाट भारत अनि जोगबनी हुँदै नेपाल आइपुगेका हुन् ।,१८ वर्षका थिए त्यो बेला नूर । काठमाडौँ आएपछि उनको नयाँ जीवन संघर्ष सुरु भयो । विलकुलै नयाँ परिवेशमा आएका नूरले मुस्लिम समुदायको खोजी गर्दै जाँदा काठमाडौँको नारायणथानमा पुगे ।,त्यसपछि त्यहिँका मुस्लिम समुदायको आश्रयमा बसे । ८ कक्षासम्मको पढाइ गरेका नुरले नारायथानका मुस्लिम समुदायका बालबालिकालाई कुरान र मुसलमान धर्मसँग सम्बन्धित कुरा पढाउन थाले । रोजीरोटी त्यसैबाट चल्यो ।,त्यहि वर्षका मध्य तथा सन् २०१३ मा थप रोहिंग्याहरु नेपाल आए । एक्ला नूरलाई सांस्कृतिक र भाषिक समानता भएका आफ्नो ठाउँमा दाजुभाइ भेटिए ।,केही वर्ष नारायणथानमै बसेका नूर झण्डै तीन वर्षअघि बुढानीलकण्ड नगरपालिका–११ कपन राम मन्दिरमा बनाइएको रोहिंग्या शरणार्थी शिविरमा सरे ।,हुन त नूर एक्लै आएका थिए । केही महिनापछि म्यानमारका केही अन्य रोहिंग्याहरु पनि आएपछि उनको एक्लोपन केही हदसम्म कम भयो । र पनि उनको मन यहाँ बसेको थिएन । रोगका कारण बुवा बिते पनि घरमा भएकी आमा र दिदीको सम्झनाले उनको मन पिरोलिन्थ्यो । परिस्थितिले आमा पनि नेपाल आएपछि उनको चिन्ता केही कम भएको छ ।,तर यहि मन पिरोलिएको ठाउँमा उनले जीवन साथी अर्थात प्रेम भेट्टाए । तीन देश काटेर आएका नूरले नेपाली युवतीसँग विवाह गरेका छन् ।,नूरको विवाह नारायणथानकी युवती समसरीसँग विवाह गरे । १२ कक्षासम्मको अध्ययन पूरा गरेकी समसरीको नाम विवाहपछि रोहिंग्या संस्कार अनुसार साहिरा बेगम राखिएको छ ।,एक्ला नुरले साहिराको साथ पाए, त्यो पनि जीवन साथीको रुपमा । आफ्नो विवाहको प्रशंग बारे सम्झँदा नूर केही लाज मानेको जस्तो देखिन्थे । उनले आफूले चिनेकी एक नेपाली दिदी मार्फत विवाहको प्रस्ताव साहिराको परिवारमा लगेका रहेछन् ।,साहिराको परिवारले पनि उनलाई चिनेकाले विवाहका लागि मन्जुरी दिए । नुरको जीवनमा रंग थपियो । अहिले उनी घरमा रंग लगाउने काम गर्छन् र आफ्नो समुदायमा मौलवी अर्थात धर्म गुरुको काम पनि गर्छन्।,साहिराले शिविरमा रहेका रोहिंग्या बच्चाहरुलाई बढाउँछिन् ।,नूरसँग हाम्रो भेट कपनमा रहेको रोहिंग्या शरणार्थी शिविरबाट केही पर चौतारीमा भएको हो । उनी साँझ पर्नै लागेका बेला माथि डाँडोमा रहेको चौतारीमा बसेर तल रहेका घरहरु हेर्दै थिए ।,टाउकोमा तकीया (समारोहहरुमा मुस्लिमहरुले लगाउने टोपी) लगाएका र जुँगा काटेका तर लामो दाह्रीसहितका नूर हामीले कुरा गर्दै गएपछि केही मुस्कुराउँदै अनि घरीघरी लजाउँदै गए ।,हिंसाका कारण छोड्न परेको म्यानमारको सम्झना गर्दा निराश देखिएका उनी यहाँ जोडिएको सम्बन्धको कुरा खुल्दै गएपछि उज्यालिए । एक्लै हुँदा जीवनको अगाडिका सम्भावनाहरु धमिलो लाग्ने गरेकोमा नुरलाई साहिरा बेगमसँगको साथपछि नयाँ विकल्पहरु खुलेजस्तो भयो ।,नूरलाई अहिले नेपालको बसाई प्यारो लाग्न थालेको छ । कहिले काहिँ उनी ससुराली जान्छन्, त्यहाँको माया–स्नेहले देश छोड्दाको पीडामा केही मल्हम लगाएको छ ।,आमा रोगी छन्, साथमै राखेर स्याहार गर्न पाएकोमा केही सन्तुष्टि पनि देखिन्थ्यो नुरको अनुहारमा । नूरलाई एउटै कुरा अपूरो छ, बंगलादेशमा रहेकी दिदीलाई भेट्ने मन छ ।,यस्तै यहाँको बसाई रमाइलो छ र पनि देश फर्किने अनि आफ्नै माटोमा जीवन चलाउने रहर छ । यहाँ जोडिएको साहिरासँगको सम्बन्धलाई आफ्नै माटोमा लगेर फैलाउने भित्रि इच्छा रहेछ नूरको ।,यस्तै कुरा गर्दा गर्दै नमाजको बेला भएपछि उनी चौतारीबाट उठ्न खोजे । केही बेर चौतारीबाट तलको बस्तीमा एकोहोरो हेरिरहे अनि शिविर तिर लागे, नेपाल आएर सम्बन्धको गाँठो जुटे पनि घरबाट टाढाको घरबार त्यति रमाइलो हुँदैन, नूरले त्यो अनुभव गरेका छन् ।
टंक ढकाल
रोहिंग्या शरणार्थीलाई म्यानमारका राष्ट्रपतिसँग भेट्न दिएन ‘झस्किए’को नेपाल सरकारले
देशबाट विस्थापित भएका शरणार्थीहरुको पहिलो अधिकार भनेको उनीको सम्मान तथा समान हैसियतमा स्वदेश फिर्ती मानिन्छ ।, उनीहरुको स्वदेश फर्किन पाउने अधिकारका लागि मानवअधिकार वादी संस्थाहरुसँगै संयुक्त राष्ट्रसंघीय निकायहरु सक्रिय हुने अपेक्षा गरिन्छ।,नेपालमा अहिले शरणार्थीको सूचिमा म्यानमारबाट त्यहाँ बस्न सक्ने अवस्था नभएपछि आइपुगेका रोहिंग्याहरु पनि परेका छन् । उनीहरु नेपाल आउन थालेको साढे ६ वर्ष भयो । नेपालले परम्परागत रुपमा ‘शरणको मरण नगर्ने’ नीति लिएका कारण लामो समयदेखि सुरक्षित गन्तव्यका रुपमा रहँदै आएको छ । भुटानी तथा तिब्बतीसँगै झण्डै दुई दर्जन देशका शरणार्थी छन् यहाँ ।,तर नेपाल आएकाहरु आफ्नो देश पुनर्स्थापित हुन सकेका छैनन् । युएनएचसिआरको पहलमा धेरै भुटानी शरणार्थीहरु आफ्नो देश नभई तेस्रो देशमा व्यवस्थापन गरिएको छ । करिब २० हजार तिब्बती शरणार्थीहरु भने लामोसमयदेखि नेपालमै छन् ।,अब शरणार्थीको सूचिमा म्यानमारका रोहिंग्याहरु थपिएका छन् । भुटानीहरु भौगोलिक निकटता र साँस्कृतिक समानता रहेको भारतले शरण नदिएका कारण नेपाल आएपुगे । तिब्बतीहरु बौद्ध धर्म मान्नेहरुसँगको सांस्कृतिक समानता र भौगोलिक रुपमा पहिलो पहुँचका रुपमा नेपाल आए । यद्यपी राजनीतिकरुपमा दलाई लामालाई शरण दिन नेपालका लागि सहज थिएन । रोहिंग्याहरुका लागि नेपाल सांस्कृतिक र भौगोलिक दुवै रुपमा टाढाको मुलुक भए पनि केही सयले यहाँ अस्थायी शरण पाएका छन् ।,नेपाल आएका प्राप्त तथ्यांक अनुसार साढे तीन सय रोहिंग्याहरु भारतमा शरण नपाएर आएका हुन् । यस्तै मध्ये एक हुन् २८ वर्षका रफिक आलम । २०१३ मा नेपाल आएका उनी बर्माबाट डुंगामा बंगलादेश छिरे । बंगलादेशमा काम नपाएपछि उनी भारत आएका थिए । तर भारतमा चौथो दिनमा नै स्थानीय प्रहरीले कागजात मागेको र आफूहरु यसरी आएको भनेपछि ‘कि आफ्नै देश जाउ, नभए अर्को विकल्प खोज भनेर’ सचेत गराए । त्यसपछि उनी मोरङ्गको जोगबनी नाका हुँदै नेपाल छिरे । प्रायः यस्तै कथा छ कपनमा रहेका रोहिंग्याहरुको ।,रोहिंग्या नेपाल आएको साढे ६ वर्ष नाघिसक्यो । सरकारले उनीहरुका बारेमा थाहा पाएकै धेरै भएको छैन । झण्डै डेढ वर्षअघि म्यानमारमा हिंसा भड्किएर धेरै विस्थापित भएको र उनीहरु नेपालमा पनि आइपुगेको खबर सार्वजनिक भएपछि मात्रै सरकारले थाहा पाएको हो । त्यसपछि पनि सरकारी चासो त्यति गएको थिएन र अहिले पनि छैन भन्दा नै हुन्छ ।,भारतमा आएको चार दिनमै प्रहरीले कागजात खोजेको तथा सोधपुछ गरेको बताउने रोहिंग्याहरु नेपालमा आएपछि अहिलेसम्म प्रहरी प्रशासन वा सरकारी पक्ष सोधखोजका लागि नआएको बताउँछन् ।,चार दिनमै भारतबाट विस्थापित भएका रोहिंग्याहरु नेपालमा बस्न थालेको ६ वर्ष नाघ्दा पनि सरकारी पक्षले कुनै ठोस नीति र निर्णय लिन सकेको छैन । आफ्नो देशमा कहाँबाट को, कसरी आइरहेका छन् भन्ने बारे समेत सरकार उदासिन देखिन्छ ।,बुढानीलकण्ठ नगरपालिका–११ का अध्यक्ष राजु अधिकारका अनुसार शरणार्थीहरुको संख्या र उनीहरु कुन आधारमा त्यहाँ बसोबास गरिरहेका छन्, त्यसबारे आधिकारिक रुपमा उनलाई कुनै जानकारी नै छैन ।,कपनमा शिविर बनाएर बसेका रोहिंग्याहरुले यो अवधिमा आफ्नो जीविका चलाउनु बाहेक अन्य गतिविधिमा संलग्न देखिएका थिएनन् ।,तर भदौ मध्यमा (भदौ १४ र १५ गते) भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास, (बिमस्टेक) को चौथो शिखर सम्मेलन ताका रोहिंग्याहरु सक्रिय हुन खोजे ।,उनीहरुलाई आफूहरु यहाँ पनि रहेको कुरा बिमस्टेकमा सहभागी हुन आएका म्यानमारका राष्ट्रपति वीन मिन्तलाई जानकारी गराउनु थियो ।, कपनमा रहेका रोहिंग्याहरुले आफ्ना राष्टपतिलाई स्वागत गर्न सरकारसँग अनुमति मागे, जुन उनीहरुलाई दिइएन । उनीहरुले बिरोध प्रदर्शन गर्ने अनुमान नेपाल सरकारले गरेको थियो ।,आफूहरुको अवस्था जानकारी गराउने र देश फिर्तिका लागि दबाब सिर्जना गर्ने रोहिंग्याहरुको भित्री उद्देश्य देखेको नेपाल सरकारले उनीहरुलाई प्रदर्शन गर्न दिएन । साथै आफूले आयोजना गरेको सम्मेलनमा सहभागी पाहुनाको विपक्ष वा विरोधमा प्रदर्शन नहोस् र उनीहरुको सुरक्षामा कुनै किसिमको खतरा नहोस् भन्ने बारे सरकार सचेत थियो । तर यसबाट रोहिंग्या शरणार्थीहरु भने नेपाल सरकारप्रति दुःखी भएका छन् त्यो घटना पछि ।,गुप्तचर निकायबाट रोहिंग्या शरणार्थीमाथिको निगरानी केही बढेको छ । अझै पनि सरकारले उनीहरुका कुरा सुन्ने र स्वदेश फिर्ती या व्यवस्थापनका लागि पहल भने गरेको छैन ।,रोहिंग्याहरुलाई म्यानमार सरकारले अवैध रुपमा प्रवेश गरेका बंगलादेशी मान्छ र उनीहरुलाई नागरिकता पनि दिएका छैन । तर रोहिंग्याहरु भने आफ्नो धेरै पुस्ता म्यानमारमा बस्दै आएको भन्दै अरुले जस्तै आफूहरुले पनि नागरिकतासहितको अधिकार पाउनु पर्ने बताउँछन् ।,कपनको शिविरमा सन् २०१३ देखि बस्दै आएका र रोहिंग्या शरणार्थीहरुका अगुवा जफर मियाले आफूहरुलाई नेपाल सरकार र यहाँका बासिन्दासँग कुनै गुनासो नरहेको बताए । तर राष्ट्रपति आउँदा ‘स्वागत’ गर्न नदिएको भने मन नपरको उनले बताए । त्यस्तै उनीहरुको गुनासो युएनएचसिआरसँग छ यहाँको बसाईलाई व्यवस्थित र वैध बनाउन नसकेकोमा ।,जफर भियाले भने, ‘हामीलाई अहिले युएनएचसिआरले राहत दिन बन्द गरेको छ । केही संस्थाले सहयोग गरेका छन् । हामीलाई कानुनी रुपमा काम गर्न पनि मिल्दैन । यसले गर्दा असजिलो भएको छ ।’,उनलाई स्वदेश फिर्तीबारे सोध्दा फर्किन जहिले मन लाग्ने तर त्यसका लागि केही अवस्था बन्नु पर्ने बताए । उनले भने, ‘पहिलो कुरा त हामीले नागरिकता पाउनु पर्यो, दोस्रो कुरा त्यहाँको सरकारले हडपेको हाम्रो जायजेथा पाउनु पर्छ र हामीलाई पनि म्यानमारका अरु नागरिकले जस्तै पूरै देशमा जान पाउने अवस्था बन्नु पर्छ ।’ यस्तै सुरक्षाको सुनिश्चितता हुनु पर्ने उनले बताए ।
टंक ढकाल
जो शरण खोज्दै दूर नेपालसम्म आइपुगे
सामान्यतया: प्रतिकूल परिस्थितिमा देश छाडी अन्यत्र शरण लिन बाध्य हुनेहरु सीमावर्ती मुलुकमा प्रवेश गर्छन्। त्यहाँ अनुकूल आतिथ्य नभेटिए मात्र उनीहरु टाढाका मुलुकतिर लाग्छन् अनिश्चितता झेल्दै।,अहिले त्यही भोगाइका उदाहरण बनेका छन् केही सय रोहिंग्या, बंगलादेश र अर्को सीमा जोडिएको मुलुक भारतमा ठूलो संख्यामा पुगेका रोहिंग्याको एउटा सानो हिस्सा नेपाल पनि छिरेको छ।,बहुसंख्यक बुद्धिस्ट समुदायको बसोबास रहेको म्यानमारमा रोहिंग्या मुस्लिम समुदायको पनि बसोबास छ । विशेष गरी बंगलादेशसँग सीमा जोडिएको रखाईन प्रान्तमा रोहिंग्याको बस्ती बाक्लो छ । रखाइनलाई रोहिंग्याहरु आफ्नो भाषामा आरकान भन्छन् । उनीहरुकै भनाईमा म्यानमार सरकारले सेनाकै उपस्थितिमा आफूहरुमाथि ज्यादती गर्न थालेपछि बाध्य भएर ज्यान जोगाउनका लागि घरबार सबै छोडेर पलायन हुन बाध्य भएका हुन् उनीहरु।,पलायन हुने र हिंसामा परी ज्यान गुमाउनेको संख्या सात लाख भन्दा धेरै रहेको उनीहरु बताउँछन् । यद्यपिशर यसमा म्यानमार सरकारको भनाई फरक छ । म्यानमार सरकारले रोहिंग्या समुदायमाथि राज्यले कुनै पनि किसिमको फरक व्यवहार वा हिंसा नगरेको दाबी गर्दै आएको छ विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरुमा पनि ।,रोहिंग्या र सेना समर्थित स्थानीय बुद्धिस्ट समुदायबिच तीन दशक भन्दा लामो समयदेखि तनावकै अवस्था थियो । त्यो तनावले सन् २०१० पछि हिंसाको रुप लिन थाल्यो । रोहिंग्याहरु विस्थापित हुने क्रम सुरु भयो । सीमा जोडिएको बंगलादेश रोहिंग्याको पहिलो गन्तव्य बन्नु स्वाभाविक थियो। धर्म र सांस्कृतिक समानता भरोसाको अर्को आकर्षण बन्न पुग्छ संकटमा। अहिले त्यहाँ सात लाखको हाराहारीमा रोहिंग्याहरु छन्।,त्यसपछि भौगोलिक निकटता र मुस्लिम समुदायको बसोबास रहेकाले दोस्रो सहज गन्तव्य भारत हो । यहाँ चीन पनि भौगोलिक रुपमा सहज त हुन्थ्यो होला तर सांस्कृतिक फरकपन अनि शरणार्थीबारे त्यहाँको कडा नीतिका कारण रोहिंग्याहरु चीन जान त्यति सम्भव थिएन । तर भारतीय जनता पार्टी सरकार मुस्लिम शरणार्थीलाई भित्र्याउन त्यत्ति उत्सुक देखिँदैन त्यहाँ। सम्भवत: यी प्रतिकूल परिस्थितिले उब्जाएको बाध्यतामै मूलत: हिन्दूहरुको बसोबास रहेको र भौगोलिक रुपले पनि पर रहेको नेपालसम्म पनि रोहिंग्याहरु आश्रय खोज्दै खाइपुगेका छन् र उनीहरुको समूहको बसोबास अहिले काठमाडौँमा छ।,चाबहिलबाट झण्डै साढे चार किलोमिटर पूर्वको यात्रा तय गरेपछि पुगिने बुढानिलकण्ठ नगरापालिकाको वडा नम्बर ११, राममन्दिर टोल र त्यसको नजिकै रोहिंग्याहरुको बस्ती छ । बस्ती भन्दा पनि उनीहरुको सेल्टर वा शिविर छ ।,रोहिंग्याहरु हिंसाका कारण देश छोडन् बाध्य हुन थालेको तीन दशक नाघे पनि उनीहरु शरणको खोजीमा नेपाल परेको साढे ६ वर्ष भयो । सन् २०१२ जनवरीमा पहिलो रोहिंग्या युवा नेपाल आइपुगे । त्यो बेला १८ वर्षका  मोहम्मदलाई नेपाल भन्ने देश छ भन्ने पनि थाहा थिएन । तर शरणको खोजीमा उनी काठमाडौँ आइपुगे । यसरी मोहम्मदबाट सुरु भएको रोहिंग्याको नेपाल यात्रा अहिले ३४८ जनामा पुगेको छ ।,कपन राम मन्दिर आसपासका चार शिविरमा गरेर ११७ परिवारका ३४८ जना रोहिंग्याहरु छन् । झण्डै दुई वर्षअघि रोहिंग्यामाथि म्यानमारमा दमनले बढावा पाएपछि नेपाल आउनेहरु पनि बढे । पहिले एउटा शिविरमा मात्रै रहेका रोहिंग्याहरुका लागि अहिले चारवटा शिविर छन् । तर तीन शिविरको एक र अर्को एउटा शिविरको एक गरी दुईवटा कमिटिमार्फत रोहिंग्याहरुले आफ्ना गतिविधिहरु गर्दै आएका छन् ।,म्यानमारमा उनीहरु अल्पसंख्यक हुन् । पाँच करोड ४० लाखको हाराहारीमा जनसंख्या रहेको म्यानमारमा रोहिंग्याको संख्या त्यहाँको सरकारले सार्वजनिक गरेको तथ्यांक अनुसार १० लाख भन्दा बढी छ । उनीहरुको आफ्नै भाषा र संस्कृति छ र बसोबास विशेष गरी आरकानमा छ । रोहिंग्याहरु आफूलाई अरबी व्यापारी मुलको बताउँछन् । म्यानमारमा रोहिंग्याहरुको बसोबास धेरै पुस्तादेखि छ ।,तर सन् १९८२ को म्यानमारको राष्ट्रिय कानुनले उनीहरुलाई त्यहाँको नागरिक मान्दैन र उनीहरुले नागरिकता पनि पाएका छैनन् । मुख्य गरी बुद्धिस्ट बाहुल्य म्यानमार सरकार र बुद्धिस्ट अतिवादीले रोहिंग्याहरुलाई बंगलादेशबाट अवैध रुपमा आएका आप्रवासी मान्छ । उनीहरु आफ्नो देशको नागरिक नरहेको भन्दै म्यानमारले रोहिंग्यालाई नागरिकता दिएको छैन भने बंगादेशले पनि आफ्नो देशमा शरण लिएका रोहिंग्याहरुलाई फिर्ता लैजान भन्दै आएको छ । यसरी रोहिंग्याहरु मुस्लिम अल्पसंख्यकको परिचयमा सीमित बने र राज्य बिहीन नागरिक भए ।,राज्य बिहिन बन्न पुगेका रोहिंग्याहरु आफ्नो पुस्तौँपुस्ताको बसोबास रहेकाले नागरिकतासहितको अधिकार म्यान्मारमा पाउनुपर्ने बताउँछन् । यही माग र सरकारको दाबीका बिच लामो समयदेखि संघर्ष हुँदै आएको छ । म्यानमार सरकारले रोहिंग्या लडाकुसँग आफ्नो संघर्ष रहेको बताउँछ, सर्वसाधारणलाई केही नगरेको त्यहाँको सेनाले दाबी गर्दै आएको छ । तर रोहिंग्याहरु भने आफूहरुमाथि ठूलो ज्यादती भएकाले ज्यान जोगाउन देशै छोडेर भाग्नु परेको बताउँछन् ।,ज्यान जोगाउने प्रयासमा देश छोडेर भाग्दा रोहिंग्याहरु मुस्लिम अल्पसंख्यकबाट रोहिंग्या शरणार्थी बेनका छन् बंगलादेश, भारत अनि नेपालसहितका देशमा । नेपालमा साढे ६ वर्षको अन्तरालमा रोहिंग्या शरणार्थीको संख्या साढे तीनसयको हाराहारीमा पुगेको छ । पछिल्लो पटक सन् २०१७ को अगस्टमा रोहिंग्या लडाकुले ३० भन्दा बढी प्रहरी पोस्टमा आक्रमणगरेपछि म्यानमानरको सेनाले कारवाही अभियान चलायो । सेनाको साथ भएका बौद्ध भिक्षुहरुले रोहिंग्याहरुको बस्ती जलाउनुका साथै सामूहिक हत्यासम्म गरेको आरोप छ । त्यसपछि विस्थापित भएका रोहिंग्याहरु विशेषगरी बंगलादेशको कक्स बजारमा आए । त्यहाबाट अघि बढेकाहरु भारत अनि भारतबाट पनि अघि लागेकाहरु नेपाल आइपुगेका हुन् ।,बस्न शिविर बुढानिलकण्ड नगरपालिका ११ को कपन राम मन्दिर र आसपासको क्षेत्रमा छ । तर रोहिंग्या शरणार्थीको शिविर सुनसान र देखिन्थ्यो। शिविरका टहरामा मान्छे थिए र तर नयाँ मानिस देखेपछि हच्किए जस्तो वा डराए जस्तो देखिने ।,महिलाहरु मात्रै भए नयाँ मान्छे देख्ने बित्तिकै टहराको ढोका बन्द गर्ने । चियाएर हेर्ने । काम गर्दै गरेको भएपनि चटक्कै छोडेर भित्र पस्ने ।,पुरुषहरु पनि त्यति बोल्न नरुचाउने । हुन त धेरैलाई नेपाली बोल्न आउँदैन र बुझ्दैनन् पनि । ११ टहरा रहेको पहिलो शिविरको मुखैमा रहेको पसलमा केही समय बिताएर भित्र पस्दा प्रायः का अनुसहारमा डर देखिन्थ्यो । धेरैले ढोका बन्द गरे ।,केही पढेका युवाहरुले भने केही नेपाली बुझ्छन् । १३ महिनाअघि नेपाल आएका १८ वर्षका मोहम्मद रिद्दवन केही बोले । ८ कक्षासम्मको पढाई गरेका मोहम्मद अहिले केही नेपाली बोल्न सक्ने र केही बुझ्ने भएका रहेछन् ।,मिलाएर कपाल काटेका मोहम्दको अनुसकार डर भन्दा पनि आफ्नोपनको खोजी देखिन्थ्यो । हामीले कुरा गर्न खोज्दा घोसेमुण्टो लगाएका उनले मिलाएर काटिएको कपालको कुरा उप्काउँदा केही मुस्काउँदै भने, यो त बर्माको स्टाइल हो । उनलाई देशमा नभए पनि हेयर स्टाइलले आफ्नै देशमा भएको जस्तो केही महसुस गराउँदो रहेछ ।,उनको परिवारका सदस्य मध्ये एक्ला हुन् जो नेपाल आइपुगेका छन् । आमाबुवा तथा तीन दाइ र दिदीहरु बंगलादेशमा रहेको थाहा पाएका छन् । तर कुरा भएको हुन सकेको छैन ।,त्यहाँ जान मन छ, तर कसरी जानु ? उनले घोसेलागेको मुण्टो नउठाई भने, आमाको सम्झना निकै आउँछ ।,कुरा बुझ्दै जाँदा उनलाई आरकानको मण्डुमा रहेको आफ्नो घर र अनि बुवाआमालाई सम्झेर मन अमिलो हुन्छ । बंगादेश जाउँ जस्तो लाग्छ र एक्लै भारत हुँदै नेपालसम्मको यात्रा तय गरेका मोहम्मदलाई अब फर्केर जाने आँट छैन । हिंसाले तर्सेका रहेछन् उनी । पुरै बस्ती जलेको देखेका उनलाई नेपालमा यहाँका मानिसले गरेको माया राम्रो लागेको छ तर विगतको त्यो डर भने अहिले पनि अनुहारमा छ ।,मोहम्मदसँग कुरा गरेर अघि बढेपछि १० वर्षका हाइरुल आमिनसँग भेट भयो। उनकी फुपु लौका काट्दै थिइन, आमा बसेर छोरीलाई हेर्दै गरेकी । ३ कक्षामा पढ्दै गरेका हाइरुलले राम्रोसँग नेपाली बोल्न जानेका रहेछन् । उनले परिवारका बारेमा बताए । उनकी फुपु रोफुन नाहार २० वर्षकी भइन्, उनका साढे तीन वर्षका छोरा छन् । उनका लोग्ने बंगलादेशमा छुटे । रोफुन बुवाआमासँग नेपालमा छिन् । सानो टहरामा उनकी आमा, बहिनी, दाइ छोरासहितका ६ जना बस्छन् । रोफुनको अनुहारमा आश देखिन्थ्यो, अनि डर पनि ।,रोफुनसँग कुरा गर्दै गर्दा एक युवा आइपुगे, के गर्न आउनु भएको ? भन्दै ।,उनी राम्रो नेपाली बोल्दा रहेछन् ।,नाम अब्दुल मलिक, वर्ष २५ ।,उनी नेपाल आएको १८ महिना भएछ । सानो भाइ, बुवा, श्रीमती र छोरासहित उनी नेपाल आइपुगे । आमा र अरु आफन्त बंगलादेशमा छन् । नेपाल आएका बुवा कालगतिले बिते । अब्दुलले केही व्यक्तिगत कुरा गरे, बर्माको मण्डु जिल्ला र गाउँ सम्झिए । हिंसाका कुरा सम्झिँदा मलिन भएका उनलाई शिविरको बसाई बारे सोध्न खोज्दा कमिटिसँग सम्पर्क गर्न भने र बोल्न चाहेनन् । हामी कमिटिलाई खोज्दै पहिलो शिविरबाट दोस्रो शिविर अनि तेस्रो शिविर गयौँ ।
टंक ढकाल
‘डम्पिङ साइट’मा परिणत हुँदै जनकपुरधामका ऐतिहासिक पोखरीहरु
जनकपुरधाम-धर्म, संस्कृति, मठ–मन्दिर तथा यहाँ रहेको पोखरीको कारणले जनकपुरधाम प्रसिद्ध छ।,प्राचीन मिथिलाको राजधानी एवं वर्तमान प्रदेश २ को राजधानीसमेत रहेको जनकपुरधाम मैथिली सभ्यताको केन्द्रविन्दुको रुपमा रहेको छ।,जनकपुरका विभिन्‍न स्थानमा ५२ मठमन्दिर र ७२ पोखरी रहेको भएता पनि धेरै पोखरीको अस्तित्व समाप्त भइ सकेको छ भने धेरैको अस्तित्व समाप्त हुने अवस्थामा पुगेको छ।,यहाँ रहेको बिहार कुण्ड, अग्‍नी कुण्ड, रत्‍न सागर, सूर्य कुण्ड, पापमोचनी सर, परशुराम कुण्ड, रूक्मिनी सर, मुरली सर, राम सर, तेलहा–मरहा, गंगासागर, अरगज्जा पोखरी, दशरथ तलाउ लगायत यहाँ महत्वपूर्ण पोखरीहरू रहेको छ। यहाँ रहेको हरेक पोखरीको आफ्नै धार्मिक तथा ऐतिहासिक महत्व रहेको छ।,जनकपुरधामको मध्य भागमा रहेको धनुष सागर, गंगासागर र अंगराज सर पोखरीहरूमा महिनाको पूर्णिमा तिथिको दिन श्रद्धालुहरूको घुइँचो लाग्ने गर्दछ। यसबाहेक अन्य धार्मिक उत्सवहरूमा समेत यी पोखरीहरूमा ठूलो संख्यामा श्रद्धालु पुग्ने गर्दछन्।,गंगासागर, धनुषसागर र अंगराजसर पोखरीमा स्नान गरेर जानकी मन्दिर र राम मन्दिरमा श्रद्धालुहरूले पूजा गर्दछन्। यहाँ पोखरीमा स्नान गर्न नेपालसहित छिमेकी मुलुक भारतबाट समेत श्रद्धालु भक्तजनहरु आउने गर्दछन्।,त्यस्तै जानकी मन्दिरभन्दा पश्चिममा रहेको महाराज सागरको छुट्टै महत्व छ। जेष्ठ महिनामा हुने गंगा दशहारामा यहाँ तीर्थालुहरू स्नान गरी जानकी मन्दिरमा पूजाअर्चना गर्ने गरेका छन्। पोखरी र कुण्ड जनकपुरधाममा अधिक मात्रामा रहेकोले जनकपुरधामको माछा नेपालमै प्रख्यात छ।,यहाँको प्रमख व्यवसाय मध्ये एक हो माछापालन। अत्याधिक संख्यामा रहेका पोखरीहरूले वातावरणीय सन्तुलन बनाउनसमेत सहयोग पुर्‍याइरहेका छन्। अधिकांश समय गर्मी हुने जनकपुरको तापक्रमलाई समेत केही हदसम्म नियन्त्रण गर्न मद्दत गरेको छ।,तर जनकपुरका गंगा सागर, धनुष सागर, अंगराज सागर लगायतका केही पोखरीबाहेक यहाँको अन्य पोखरी सरसफाई नरहेको कारण आफ्नो अस्तित्वनै गुमाउने अवस्थामा पुगेको छ।,पोखरीको सौन्दर्यकरण तथा सरसफाई गर्नुको साटो यहाँको नागरीक यहाँ रहेको पोखरीलाई फोहर मैला तथा नालाको पानीको निकासा गर्ने गरेकोले यहाँको पोखरीहरु दुर्गन्धित हुँदै गएको छ।,स्थानियसहित सम्बन्धित सरोकारवालाले पोखरीको सौन्दर्यकरण तथा सरसफाइप्रति ध्यान नदिँदा धार्मिक तथा ऐतिहासिक महत्व बोकेका मठमन्दिर र पोखरीहरू अब इतिहासमा मात्रै सिमित हुने भएको देखिन्छ।,पोखरीको सौन्दर्यकरण गर्नुको साटो यहाँको पोखरीमा आफ्नो घरको फोहोरमैला लगायत मलमुत्र खन्याउने गरेको जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ का रोसन साहले बताए। उनले भने, ‘पोखरीको संरक्षण गर्नुको साटो आफ्नो घरको फोहोेर पनि पोखरीमै राखेपछि पोखरीको अस्तित्वनै धरापमा पर्ने अवस्थामा आई सकेको छ।’ पोखरीलाई दुर्गन्धित मात्र नगरेर पोखरीको डिलमाथी अतिक्रमण समेत गर्ने गरेको साहले बताए।,यस्तै जनकपुरधामको अधिकांश पोखरीहरु दुर्गन्धित भएतापनि केही पोखरी यहाँ आउनेहरुलाई लोभ्याउने गरेको छ। कुनै समय दुर्गन्धित अवस्थामा रहेको गंगासागर पोखरीको सरसफाई भएपछि अहिले यो पोखरीमा आउनेहरुको संख्या बढेको छ।,सेभ हिस्टोरीकल जनकपुरका अध्यक्ष एवं प्रदेश सांसद रामअशिष यादवको अगुवाईमा गंगासागर पोखरीको सरसफाई भएपछि यहाँ हुने गरेको महागंगा आरती आकर्षणको केन्द्र बनेको छ।,मानिसको खराब प्रवृतिको कारणले दिनानुदिन पोखरीहरूको अवस्था बिग्रिँदै गएको जनकपुरधाम वडा नं. ५ का रमेश झाले बताए। उनले भने, ‘जब सम्म पोखरीहरू हामी सबैका साझा सम्पत्ति हो र यसको संरक्षण गर्नु हाम्रो दायित्व हो । यो सोच नआएसम्म कुनै पनि हालतमा पोखरी सौन्दर्य हुन सक्दैन्।’,यता, पोखरीको सरसफाई तथा सौन्दर्यकरण गर्न खानेपानी तथा सरसफाई मन्त्रालयले उपमहानगरसँग सहकार्य गरेर जनकपुर उपमहानगर परिक्रमा सडकभित्र रहेको पोखरीलाई सौन्दर्यकरण गर्न करिब १ अर्ब बराबरको लागतमा टेन्डर गरेपनि अहिले स‌ंघ सरकारले त्यसलाई रद्द गरेको उपप्रमख रिता कुमारी मिश्रले बताइन्।,जनकपुर टाउन प्रोफाइल २०४८ मा उल्लेख भए अनुसार यहाँ अहिले ५८ सार्वजनिक पोखरी र अन्य माछापालन, मखाना, सिंघारा आदि खेती गर्ने प्रयोजनका ४० हेक्टर जग्गामा कुल ८० पोखरी रहेको उल्लेख छ। जसमध्ये करीब ३३ प्रतिशत पाेखरीले अस्तित्व गुमाइसकेका छन्।
राजा झा
तोडियो डा. केसीको २७ दिने अनशन, पूरा भए सबै माग (पूर्ण पाठसहित)
अनशनरत डा. गोविन्द केसी र सरकार पक्षबीच बिहीबार राति साढे दस बजे हस्ताक्षर भएपछि डा. केसीको २७ दिने अनशन तोडिएको छ।,चिकित्शा शिक्षा कार्यदलका प्रमुख केदारभक्त माथेमा र एमालेका नेता सुवासचन्द्र नेम्वाङले संयुक्त रुपमा अनशन तोडाएका थिए।,सहमतिमा डा. केसीले हस्ताक्षर गरेका छन् भने सरकारका तर्फबाट वार्ता टोलीका प्रमुख खगराज बरालले हस्ताक्षर गरेका छन्।,अनशन तोडेपछि डा. केसीले एकै शब्द बोल्न नसकेपनि सबैलाई भन्न लगाए, ‘मेरो लडाइँ जनताको लागि हो। सबैभन्दा पहिले जुम्लीवासीलाइ धन्यवाद। तिमीहरूलाई गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा उपलब्ध हुनेछ।’,सरकार र डा. केसी पक्षबीच नौबुँदे सहमतिमा हस्ताक्षर भएको हो। डा. केसीका २२ वटै मागमा सरकारले सहमति गरेको छ।,दस वर्षभित्र उपत्यकामा नयाँ मेडिकल कलेज खोल्न नपाउने सहमति सरकार  र केसी पक्षबीच भएको छ।,एउटा विश्वविद्यालयबाट पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिने सहमति पनि केसी र सरकार पक्षबीच भएको छ। सरकारसँग भएको सहमतिलाई संसदबाट पनि अनुमोदन गरेर प्रक्रियाअनुसार अघि बढाउने सहमति भएको छ।,‘सबै विषयमा डा. केसीसँग सहमति भएको छ, केसीका मागका २२ वटा मागमै सहमति जुटेको छ,’ केसी पक्षका वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सञ्चारकर्मीहरुसँग भने।,हस्ताक्षर कार्यक्रममा डा. केसीका तर्फबाट आफ्नो अभियानमा सहयोग पुर्‍याउने सबैलाई धन्यवाद दिइएको थियो।, , 
दिपा दाहाल
‘मुनामदन’ सधैं अजर-अमर रहिरहोस्
महाकवि लक्ष्‍मीप्रसाद देवकोटाले प्रकाशित गरेको पहिलो किताब हो मुनामदन। यसलाई केही  समालोचकहरुले नेपाली साहित्‍यकै सर्वश्रेष्ठ कृति भनेका छन् भने केहीले देवकोटाको सर्वश्रेष्ठ कृति मानेका छन्। स्वयम देवकोटाले पनि आफ्‍ना कृतिहरुमा ‘मुनामदन’ लाई विशेष मान पराएका थिए। देवकोटा आफैले यसका अनेकन संस्करणहरु देखेका थिए र पाँचौ पटक परिमार्जित संस्करण तयारी गरी आफैले प्रकाशनका निम्ति दिएका थिए। यसरी मुनामदन स्वयम लेखकलाई र नेपाली पाठकहरुलाई मन पर्नाको कारण के हुन त ?,महाकविका समकालीन तथा पूर्वज कविहरुले झ्‍याउरे छन्दलाई बेवास्ता गरेका बखतमा उनले यही झ्‍याउरे छन्दमा नेपाली साहित्‍यकै उत्कृष्ट कृति ‘मुनामदन’ रचना गरेको उनकाबारेमा खोज अनुसन्धान गर्दै आएका एवं छिमेकी नित्‍यराज पाण्डे दाबी गर्छन्।,पाण्डे भन्छन्, ‘ महाकवि देवकोटा तर प्रवर्तक कवि हुनुहुन्छ। उहाँले संस्कृत छन्दको नेपाली काव्‍यमा अत्‍यधिक जगत्‌मा उक नयाँ विशेषता देखाइदिनुभयो। यसैमा हामी नेपालीको आधार र आदर्श छ।’,उनी आफू देवकोटाको छिमेकीको नाताले आफू उनको स्वभाव पहिल्यैदेखि विलक्ष्ण प्रकारको रहेको दाबी गर्छन्। उनी भन्छन्, ‘हुन त म भन्दा देवकोटा २२ वर्षको उमेरले जेठो हुनुहुन्थ्‍यो। तर उहाँको आनीबानी हेर्दा र काव्‍यसभामा भाग लिँदा बडो ओजस्वी, स्वभाभिमानी हुनुहुन्थ्यो। आफूलाई ठीक लागेको र भोगे देखेको अनुभव कवितामार्फत व्‍यक्त गर्नु हुन्थ्यो।’,एउटा प्रसँग सुनाउँदै पाण्डे भन्छन्, ‘एक पटक देवकोटा युवा अवस्थामा हुँदा रातभर चन्द्रमातिर हेरि बस्नुभयो।उहाँलाई सबैले कहाँ कहाँ खोजी हिडे तर उहाँ भने रातभर चन्द्रमालाई नियालेर बस्‍नुभयो।आफूलाई चन्द्रलोकमा नपुगे पनि काव्‍यधाराको माध्‍यमबाट चन्द्रमामा पुगेको कविता पनि बनाउनुभयो।’,उनले नेपालको गाउँ- पहाडको अमूल्‍य निधिलाई प्रकट गराएर साहित्‍यको सम्‍पत्तिलाई हराभरा नै बनाइदिएको बताउँदै भन्छन्, ‘ महाकवि संस्कृति, अंग्रेजी, फारसी आदिको व्‍यापकतामा नफसी नेपालीहरुको अमूल्‍य देन झ्‍याउरे भाका तर्फ सरल तर सशक्त रुपले पाइला चाल्‍नुभयो। उहाँले मुनामदन, कुञ्‍जनी तथा वसन्तीले साहित्य विधामा पनि अद्वतीय यात्रा प्रारम्भ गरिदिनु भएको छ।’,झ्‍याउरे हृदयबाट निस्कने त्‍यो मधुर ध्वनीले नेपालीको मन-मुटुलाई सोझै खिच्‍न सक्‍ने उनी ठोकुवा गर्दै भन्‍छन्,, ,महाकवि देवकोटाले नेपाी जगत्‌को सच्चा जीवन यसैमा फुलिरहेकाले मुनामदनको गाथा पनि नेपालको खोलानाला, पहाड, डाँडा र फूलबाट लिइएको देवकोटाबारेमा पुस्तक लेख्‍ने अर्का साहित्‍यकार चूडामणि बन्धुको तर्क छ। उनी भन्छन्, ‘ देवकोटा मुनामदन लेखेर नेपालीहरुको आँसु, हाँसो, योग, वियोग, घात र प्रतिघात सर्लक्‍कै समेटि दिनुभयो।’ मुना मदनमा नेपालीहरुको आफ्‍नै चोखो शैली बगेकाले नेपालीको हृदयमा अत्‍युच्च स्थान बनाइसकेको उनको दाबी छ।,उनी भन्छन्, ‘ मुनामदन सबैको जिब्रोमा टप्किएको रसिलो जनसाहित्‍य हो। कविको घरमा बसेको कामदारसँगको कुराकानीमा र विसं १९९५ सालमा कवि गुसाइनाथको तीर्थाटन जाँनुहुँदा उत्तरी हिमाली क्षेत्रमा प्रकृति सौन्दर्य र प्रस्तीको प्रभावबाट मुनामदन तयार भएको हो। असार १५ गते रोपारहरुले गाएको झ्‍याउरे लय सुनी मुग्ध भएर कविले त्यही लय मुनामदनमा उतार्नु भएको हो।’,कविको सर्वप्रथम प्रकाशित पुस्कत मुनामदन भएको बताउँदै उनले यसमा परस्परमा मिलिजुली बसेको परिवारको वियोगान्त घटनालाई करुण रसले भरिएको बताउँछन्। उनी भन्छन्, ‘यो प्रेमको आदर्शमय गाथा भएको खण्ड काव्‍य हो। मुना-मदनको अमुर प्रेम कहानी र स्थानीय रङ प्राकृति काखमा खूबसँग झल्‍केको छ। ‘,जब मदन भोट जाने बखतमा मुनाको मन विरह भएकोबाट प्रारम्भ गरी पाठक श्रोताको मनमा एक कौतुहलता देखाइएको रभोटको स्थानीय रङ प्रकृतिसँग खुब राम्रोसँग मिलेको उनका छिमेकी नित्‍यराज पनि दोहोर्‍याउँदै बताउँछन्। उनी भन्छन्, ‘मुना-मदनमा जस्तै मिलेको नेपाली काव्‍य नेपाली साहित्‍यमा सायद कमै होला। मुनामदन’ सधैं अजर-अमर रहिरहोस् ‘,उनले कवितामा मुनालाई महाकविले एक उपदेशिका नारीको रुपमा समेत उभ्‍याइएको देखाएको दाबी गर्छन्। उनी भन्छन, ‘ह्‍लासा जाँदा मुनाले पनि मदनसँग सँगै जान जोड गर्छन्। मदन नमानेको देख्‍दा धनका निमित्त किन परदेश जानुहुन्छ? भनी धनको तिरस्कार गर्छिन र भन्छन्।, ,यस्तै धनलाई दु:खको भकारी भएको महाकवि देवकोटाले आफ्‍नो सुन्दर भावना पोख्‍न लगाएको बन्धुको तर्क छ।उनी भन्छन्, ‘कविले सुन्दर उपमासाथ भाव व्‍यक्त गरेका छन्। सन्तोषी आत्माको प्रेम र मायाका अगाडि धन केही होइन। मनमा चिन्ता भएका करोडपति धनाढ्‍यहरुभन्दा पनि साग र सिस्नु खाई आनन्दले बस्‍ने सन्तोषी उत्तम हुन्छन्। गरिब भए पनि मनमा पीर बाधा केही हुँदैन। उसको हृदयमा चित्त विकल पार्ने केही हुँदैन।’,त्यस्तै देवकोटाले नजाने-चिनेको भोटे च्‍याङबाको परोपकार र निस्वार्थताको उत्कृष्ट वर्णन समेत गरेको नित्‍यराज पाण्डेले अन्तिममा आफ्‍नै भाकामा पनि सुनाए। उनी मुनामदनको त्‍यो श्‍लोक सुनाउँदा भने भावुक भए। उनी भन्‍दै थिए, ‘ देवकोटा मेरो छिमेकी त छदै हुनुहुन्थ्यो, तथापि जनजनको हृदयमा बास र काव्‍यधारा मार्फत चेतनाको सुवास जगाउने परोपकारी, निवास्वार्थी अनि साहित्‍य संसारमा महासागर जागरुक व्‍यक्ति हुनुहुन्थ्यो।त्‍यसकारण यसरी आफ्‍नो ओजिलो काव्‍य अभिव्‍यक्ति दिनुभयो।’,
सहदेव चौधरी