title stringlengths 14 116 | content stringlengths 513 23.1k ⌀ | author stringlengths 4 25 ⌀ |
|---|---|---|
यसरी राजनीतिमा होमिएका थिए महाकवि देवकोटा | वि.स. २००७ साल अघिसम्मा एकतन्त्री शासनले आफ्नो ज्वालाको प्रभाव कायमै राखेको थियो। त्यो ज्वालाबाट जनताहरु जलिरहेको देखेर कविको हृदय पनि उकुसमुकुस भएर आयो।उहाँले पढाउँदा प्रजातन्त्र भनेको यस्तो हुन्छ, सच्चा राजतन्त्रमा यस्तो गुण हुन्छ।,साथै नेपालमा प्रजातन्त्रको आवश्यकताको पाठ सुनाउनु हुन्थ्यो। चेतना दिन व्यरङ्ग्यप भएका कविता लेखेर तथा विद्यार्थीलाई प्रजातन्त्रको पाठ पढाएर पनि कविको चित्त शमन हुन सकेन।,क्रान्तिको राँको फैलाउन उकुसमुकुस भइ कवि आफैं अघि बढ्न कम्मर कस्नु भएको थियो। देवकोटाको यस्तो किसिमको क्रियाकलाप देख्दा पूर्णबहादुर एम.एले कविसँग कुरा गर्दा थाहा पाउनु भएको थियो।,एम.एले प्रेम बहादुरको कैसाकारसहित यही विषयमा कुरा चलाउनु भएछ।साथै कांग्रेससित देवकोटाको सम्बन्ध बाँधिन पाए राष्ट्रिय संघर्ष बलियो हुने कुरा पनि भन्नुभएछ।,केदारमान व्यथित र प्रेम बहादुरले देवकोटालाई मौका पारेर यो कुरा पनि भन्नु भएछ। यसको लगत्तै बेथितको सल्लाह अनुसार कवि यसमा विषयमा घरमा सुँइको नै नदिइ वि.सं.२००४ सालमा श्रावण ३ गते प्रेमबहादुरसित बनारस तर्फ लाग्नुभयो।,घरका जहानहरु अन्योतलमा पर्नुभयो।पहिले बेपत्ता भएको ठाउँ पनि पत्तो लागेन। पछि बनारसतर्फ जानुभएको कुरा बुझियो।देवकोटा नपाली राष्ट्रिय कांग्रेसमा सम्मितलित भएको खबर राणाशाहीले थाहा पाएपछि उहाँको घरमा सिपाहीको ताँती लाग्न थाल्यो। कलेजमा सोह्र दिन गयल भनी उहाँको सेवामा खाली जनाइयो।,२०-२५ जनजाति सिपाही आएर कविको घरमा खानतलासी गर्न थाले।कोठाचोटामा सिपाहीहरुले चहारी हरेक वस्तु उधिनेर हेरियो। माहिला छोरा कृष्णप्रसाद टाइफाइडले सिकिस्त भई बिछ्यौना मुनि परिरहनु भएको छ। बिरामीको देहले अन्तिम सास फेर्न खोजिरहेको छ।तर सिपाहीहरुको हुल ड्याकङड्याङती आएको सुन्दा ‘बुवा चाँडै आउनुभयो’ भनी बिरामीको स्वर निस्किरहेको छ। श्रीमती देवकोटा बिरामीलाई ‘बुवा चाँडै आउनुहुन्छ’ भनी आश्वासन दिँदै पानीको घुट्को पिलाउँदै हुनुहुन्छ।,अर्कोतिर खानतलासी गर्नेले केरेको जवाफ दिने बाध्यता छ राणाशाहीका डरबाट। कांग्रेसमा लागेका घर भनी इष्टमित्र, छरछिमेकी, बान्धव सबै टाढा भइसकेका थिए। घरमा खान-लाउनलाई अन्न,पैसा केही थिएन।अर्कोतिर त्यत्रो बिजोग घरमा परिरहेको छ। छोरा कृष्णप्रसाद बिरामी छन्।,बिरामीलाई औषधिको प्रबन्ध थिएन।श्रमती देवकोटालाई वरिपरी अन्धकारले घरेरिरहेको छ। कृष्णप्रसादको उमेर मात्र ११ वर्षको थियो। उहाँलाई ब्यथाले च्याप्दै लग्यो।,२००४ साल आश्विन २० गते छोराको निधन भयो। ठूलो दसैँको मुख पितृपक्षमा पुत्रशोक परी दयनीय अवस्थामा देवकोटाको परिवारलाई दैव चोट पनि पर्यो। त्यो लाश उठाउने मानिस पनि पाइएन। बेलुका ४ बजेको समयमा कुनै दयालु आत्माको सहयोगबाट लास उठाएर अन्तिम संस्कार भयो। यो थियो देवकोटाको घरको दारुण वियोगको घटना। यता, सरकारले घरमा खान तलासी गरेर घर नै रोक्का गरिदियो। देवकोटा बनारस पुगेर राष्ट्रिय कांग्रेसमा भाग लिनुभयो।,उहाँ ब्रह्माघाटमा भट्टराई बन्धुको घरमा बस्नुहुन्थ्यो।क्रान्तिको नारा लगाएर राणाशाहीलाई खत्तम पार्न कांग्रेसले त्यतिबेला ‘युणवाणी’ नामक पत्रिका चलाएको थियो। देवकोटा त्यसबेला त्यही युगवाणीको सम्पादन कार्यमा संलग्न हुनुभयो। अब क्रान्तिको विगुल कविको कलमले जोडतोडले फुक्न थाल्यो। लेखहरु नयाँ भावका निस्किन थाले। वि.सं. २००५ सालमा देवकोटाले सरल, छोटो र छरितो नेपाली झ्यालरे कविता ‘ पहाडी पुकार’ लेख्नुभयो।,उहाँ उक्त कविता रक्सौल आएर लेख्नु भएको हो। त्यतिबेला कविताको पुस्तिका जन प्रकाशनालय रक्सौलले २००५ साल भाद्रमा प्रकाशन गरेको थियो। यस कविताका माध्यमबाट देवकोटाले निरङ्कुश शासनको रुप देखाएर नेपालीहरुको आर्त ध्वनी प्रकट गर्नु भएको थियो।उहाँले नेपालीहरुको सोचनीय अवस्था झल्काई क्रान्तिको राँको फैलाउने प्रयत्न गर्नु भएको थियो।,नेपालीहरुलाई चेतना प्रदान गर्न त्यातिबेला पहाडी पुरकारले महत्वपूर्ण भूमिका खेलेको थियो।कवितामा देशको वास्तविक राजनीति, सामाजिक, आर्थिक घटना देखाएर अधिकाका निम्ति सबैलाई जागृत बनाउन सफल हुनुभयो देवकोटा। किनकी कविताले दिनदु:खीमाथि सहानुभूति प्रकट गरी संघर्ष गर्न सबैलाई आह्वान गरेको छ। भिरालो जमिनमा स्याउले झुप्रो बल्लतल्ल बनाएर, ढिडोको भरमा पसिना तरमा’ जीवन धानिरहेका प्राणीहरुलाई गएगुज्रेको शासनको रुप छर्लङग देखाइ जनताहरुको हक राम्रोसँग चिनाए उनले।त्यरबेला उनले गरीबका निम्ति यसरी आवाज बनेर काव्यन भावमा यसरी उत्रिएका थिए।,झ्याल खानामा कुहिन्छन्।,
रुखमा फुल्छन्, खोली पो खन्छन्,महाकविले अमर व्यक्तिहरुको सम्झना लिएर आफ्नो अधिकार लिन जनसमक्ष पुकार गर्दै भनेका थिए,
,
,यसका साथै कविले सबैलार्इ एक जुट हुन र संघर्षका मोर्चा बनाउन उत्साह दिइएको छ। यसैले कवि कविताको अन्त्यमा,
,
,
,
,
,
,
,
,
,
,यसरी कविले लोकगीतको माध्यमबाट क्रान्तिकारी भाव जनसमक्ष उतार्नुभएको थियो। पहाडी पुकारको रुपमा रहेको नेपाल पुकारले सबैको हृदय ओगटेको थियो। फलस्वरुप वि.सं. २००४ सालको क्रान्ति सफल हुन सजिलो भएको थियो। यो कविताको लोकप्रियताले गर्दा यसको ५००० प्रति तुरुन्त नै प्रचारित भएको थियो। क्रान्तिकारी संघर्षलार्इ अमर बनाएर राष्ट्रलार्इ ज्योति दिन कवि अघि बढ्दै जानुभयो। युगवाणीमा प्रकाशित ‘राजा कसरी गर्छन् राज’, नंपुसक आदि कविका कथाहरु नयाँ समाजका निमित्त अघि बढेका थिए। यस बखतमा कविले आफ्नो कविता बेचेर काम चलाउनुभयो। त्यस्तै उहाँका सहयोगीहरुले पनि उहाँका निकै कविता बेचेर काम चलाए।,कविको परिवार काठमाडौंमा टिक्न नसकेर २००४ सालको अन्त्यतिर उहाँका जेठा छोरा प्रकाशप्रसाद र २००५ सालको आधा सालतिर श्रीमती देवकोटा पनि बनारस जानुभयो। दु:खोको भूमरीमा पर्नु भएकी बज्यैाले तकलीफ पाएर आखिरी ब्रह्म घाटमा बस्नुमभएका महाकवि देवकोटालाई भेट्नुभयो। कविको हालत पछिपछि त ज्याँदै गएगुज्रेको हुन थाल्यो ।,महाकविले किताब र कविता लेखेर भाषानुवाद परिषद् र प्रकाशिनी समितिको पोका भरिदिनुभयो। मुनामदन, यात्री, पृथ्वीराज चौहान, भरत मिलन, भोटको लडाई, कृषिवाला, लुनी, म्हेन्दु, कृष्णाष्टमी, कवितासंग्रह, तुसार वर्णन, तिप्लिङ, तारा, गाइने गीत बालकविता, दुष्यन्त शाकुन्तल, वनकुसुम, हरिशचन्द्र काव्य, प्रदर्शनी, निबन्ध संग्रह, रावण-जटायु युद्ध, महाराणा प्रताप, कविता कुञ्ज, सीताहरण लगायत सबै पुस्तकहरु उहाँले २०१५ सालभित्र प्रकाशन गर्नुभयो। | नित्यराज पाण्डे |
लक्ष्मीप्रसाद देवकोटाको जन्म हुँदा महोत्सव थियो… | १९६६ सालको कार्तिक महिनाको २७ गते शुक्रबारका दिन लक्ष्मीपूजाको दिन थियो। यसै दिन नेपालीहरु विहान गाईको पूजा गर्छन्। घरलाई गोबरले लिपेर, रातो माटो र सेतो कमेराले पोतेर अनि कूचाले बढारेर सुग्घर बनाउँछन्। बेलुकी दैलामा फलफूलका माला टाँगेर अनि झिलिमिली बत्ती बालेर ज्योतिको पर्व मनाउँछन् र गाउँ-छिमेकमा सामूहिक गीत गाउँदै खेल्न निस्कन्छन्:,
,
,
,
,
,
,
,
,यस्तै उज्यालो र संगीतमय वातावरणमा काठमाडौंको डिल्ली बजार धोबीधारा टोलमा पण्डित तिलमाधव देवकोटाका घरमा राति ९: ४५ बजे उनका साहिँला छोराको जन्म भयो। लक्ष्मीपूजा गरिसकेपछि जन्मेकाले नवजात शिशुलाई लक्ष्मीको प्रसादका रुपमा पाएर त्यो घर उज्यालो भयो। बाजा बजाएर छैटी गरियो र हर्षोल्लाषको वातावरणमा न्वारण भयो। नक्षत्र अनुसार न्वारानको नाम तीर्थमाधव देवकोटा पर्न गएको थियो। तापनि उनलाई लक्ष्मीको प्रसादको स्वरुप लक्ष्मीप्रसाद नै भन्न थालियो। नेपाली जातिको ज्योतपर्वको दिनमा जन्मेको यो शिशु समाजको अन्धकारलाई नासेर सधैं नेपाली जातिलाई उज्यालोको बाटो देखाइरहने ज्योतिपुञ्जका रुपमा नेपाली समाजमा चिरस्थाइका रुपमा रहनेछ भन्ने त्यसबेला कसैले विचार गरेन होला ! तर लक्ष्मीको वरदान र भैलिनीहरुको आशीर्वाद रहेछ- त्यो शिशु नेपाली समाजको अमर भएर भयो।,पण्डित तिलमाधव देवकोटा (१९०९-९२) काठमाडौंको भोटाहिटीबाट डिललीबजार सरेका थिए।उनका पूर्खाहरु गोरखाबाट आएका थिए र गोर्खा आउनुभन्दा अघि उनीहरु पनि हामी धेरैहरुको पूर्खा झै पश्चिम नेपालको कर्णाली अञ्चलबाट आएका थिए।यिनका बराजू काठमाडौं आएपछि सबैको बसोबास काठमाडौं नै भयो र यहाँको पण्डित समाजमा पं. देवकोटा प्रतिष्ठित थियो। यिनी संस्कृति र नेपालीमा कविता लेख्थे र आफ्ना र अरुका मन परेका कविता र स्त्रोतहरुलाई सुमधुर लयमा गाउँथे। कमल दीक्षितको अनुसार यिनको अप्रकाशित नेपाली र संस्कृतको ग्रन्थ ‘चन्द्रचन्द्रिका’ मदन पुरस्कार पुस्तकालयमा सुरक्षित छ र उनका नेपाली संस्कृत कविताहरुको संग्रह उनका भनाईसँग छ।,लक्ष्मीप्रसादपछि उनका भाईहरुको जन्मभयो।ती थिए- काहिँला मधुसुधन देवकोटा, ठाहिला मित्रनाथ देवकोटा र कान्छा गोपीनाथ देवकोटा। पण्डित तिलमाधव देवकोटा देवकोटाका कान्छी पत्नी अमरराज्यलक्ष्मी छ भाई छोरा र पाँच बहिनी छोरीहरुमा माहिला छोराबाहेक अरु सबैको झुकाव साहित्यतिर देखियो।,सन् १९७१ सालमा पाँच वर्षका उमेरमा पण्डित तिलमाधव देवकोटाले साँहिला छोरा लक्ष्मीप्रसाद देवकोटा अक्षरारम्भ गराए।यसको बाह्र वर्षपछि उनले बालकृष्ण शमशेरलाई पनि अक्षराम्भ गराएका थिए।,बालकृष्ण सम लेख्छन्, ‘१९८३ साल श्री पञ्चमीको दिन थियो हाम्रो नाच बैठक (नाट्यशाला) भित्र गुरु तिलमाधव देवकोटाले मलाई आफ्नो काखमा राखेर अबीर देको पाटमा खरीले लेख्दै सेतो कपुरी ‘क’ चिन्हाएका हुन।त्यो कविताको पहिलो अक्षी रहेछ…पाँच वर्षको उमेरमा अक्षरारम्भ गर्नभन्दा अगाडि नै मेरा आँखालाई रङ्गमञ्चका चित्रित पर्दा, नृत्य र अभिनयले खिचिसकेका थिए, कानलाई गीत र कलापूर्ण कवितामय वार्ताले भरिसकेका थिए। मेरो सानो शरीर एक सानो ध्वनीविस्तारक ननाट्यशाला बनिसकेको थियो, यो जहाँ जान्थ्यो त्यहा माउरीको घरबाट जस्तै हुनुहुनाहट निक्लिरहन्थ्यो।’,लक्ष्मीप्रसादको अक्षरारम्भ कुन दिन कसरी भयो त्यो थाहा छैन। तर उनलाई अक्षरारम्भ गराउँदा उनले क देखि त्र सम्म मात्रै सिकेका थिए। ‘कवि हुने धुनमा’ शीर्षक निबन्धमा उनी यसरी लेखेका थिए, ‘,देवकोटा बाल्यकालमा एकहोरो खालका थिए। खेल्न थाल्यो भने लेखि नै रहने रोयो भने रोइ नै रहने। उनी बाल्यकालमा पनि उस्तो खेलेनन् तापनि पछि अध्ययन र लेखनमा लगनशील र तपस्वीजस्ता देखिए। त्यसको बीजस्वरुप हामी उनको बाल्यकालको एकहोरो प्रवृति नै देख्दछौँ। बाल्यकालमा देवकोटाले भोगेको प्रकृति उनको जन्मस्थल र सेरोफेरो नै तापनि त्यस बेलाको काठमाडौं आजको भन्दा बढी शान्त, सरल र प्राकृतिक थियो। आफ्नो बाल्यकाल बितेको त्यो स्थलको वर्णन देवकोटा ‘दाडिमको रुखनेर’ मा यसरी गरेका थिए,, ‘ | चूडामणि बन्धु |
थारुको ऐतिहासिक भूमि ‘तिरहुतिया गाछी’लाई मासेर डम्पिङ साइट बनाउँदैछ जनकपुरधाम उपमहानगरपालिका | जनकपुरधाम- थारुहरुको एतिहासिक धरोधर ‘तिरहुतिया गाछी’को इतिहास मेट्न प्रदेश-२ को स्थानीय सरकार तथा सरोकारवालाहरु लागि परेका छन्।,कुनैबेला घना जङ्गलले घेरिएको साथै त्रेता युगको इतिहास बोकेको ‘तिरहुतिया गाछी’ मास्न स्थानीय सरकार तथा सरोकारवालाले संरक्षणको गर्नुको साटो डम्पिङ्ग साइट बनाउन लागि परेपछि हाल ‘डम्पिङ साइट’मा परिणत भएको हो।,प्रदेश-२ को अस्थाई राजधानी जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ स्थित रहेको एतिहासिक ‘तिरहुतिया गाछी’लाई स्थानीय सरकारले नै डम्पिङ साइटमा परिणत गरेपछि सो क्षेत्र अब इतिहासमै सीमित हुन बाध्य भएको छ।,कुनै बेला तिरहुत राज्य भएका बेला ‘तिरहूत अर्थात थारु सेनाले विश्राम गर्ने थलोको रुपमा चिनिएको ऐतिहासिक तिरहुतिया गाछीलाई कहिले फोहोर फाल्ने स्थलको रुपमा उपमहानगर प्रयोग गरिरहेको छ भने कहिले छाडा चौपायालाई मृत्यु पश्चात यहाँ रातिको समयमा गाड्ने गरेको छ।,हजारौँ रुख रहेको यस ठाउँमा अहिले मुस्किलले ४-५ वटा मात्रै रुख रहेको छ। बाँकी सबै ‘फोहोरमैलाले भरिभराउ बनाइएको छ। त्यस्तै यसको प्रवेशद्वारकै छेउमा प्रदेश-२ सरकार अहिले शौचालय बनाइरहेको छ।,कुनै बेला विद्यापति चोक, कदम चोक, शुक्रबारी हाट, राम चोकसम्म करीब २० बिगाहा क्षेलफलमा ओगटिएको तिरहुतिया गाछी अहिले आएर पौने ४ बिघा क्षेत्रफलमा सीमित हुन पुगेको छ। हाल तिरहुतिया गाछीको जग्गामा नेपाल राष्ट्र बैँक, जिल्ला प्रहरी, जिल्ला अदालत, उच्च अदालत, महेन्द्र नारायण निधि सांस्कृतिक संग्रहाल, नेपाल पत्रकार महासंघ लगायतका कयौँ सरकारी तथा गैर सरकारी कार्यालयहरुको स्थापना गरिएको छ भने कयौँ बिघा जग्गा सरकारी तथा स्थानीयहरुद्वारा अतिक्रमण गरिएको छ।,तिरहुतिया गाछीको अस्तित्व जोगाउन प्रयास भए पनि स्थानीय सरकार तथा सरोकारवालाहरुको पक्षबाट सहयोगको ठाउँमा असहयोग नै भएपछि प्रयास असफल भएको हो। यो ऐतिहासिक स्थलको संरक्षण एवं सम्बद्र्धनका लागि उपमहानगर गम्भिर नभएपछि स्थानिय समाजसेवीहरुले तिरहुतिया गाछीको संरक्षण गर्न अभियान थालेका थिए।,तिरहुतिया गाछीको बाँकी जग्गामा २०४६ सालको आन्दोलनसम्म रूखहरु देखिन्थे तर विस्तारै कटान हुँदै अहिले रुखविहीन नै भएको छ। २०६७ सालतिर बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले यो क्षेत्र जोगाउन पर्खाल, प्रवेशद्वार निर्माण गरेको थियो । तर, प्रवेशद्वार खुला रहेका कारण फोहोर फाल्ने, गाईवस्तु चराउने थलो बनाएको स्थानीयवासीको भनाइ छ।,‘जसरी जानकी मन्दिर हामीहरुको धरोहर छ, त्यस्तै यो तिरहुतिया गाछी पनि हाम्रो धरोहर नै हो’समाजसेवी अमरचन्द्र अनिलले भने, ‘तर यसको संरक्षण हुन नसक्दा अहिले यसको अस्तित्व धरापमा परेको छ ।’ स्थानियहरु समेत यसको संरक्षणमा ध्यान नदिएपछि यसको अस्तित्व संकटमा रहेको उनले बताए।,आफूहरु यस क्षेत्रको संरक्षणमा जुट्दा आँप, बेल, अशोक, गोलमोहर, चन्दन लगायतको रुखहरु समेत रोपेको अमरचन्द्र अनिलले बताए। पार्कको अभाव रहेको जनकपुरधाममा यस तिरहुतिया गाछीलाई संरक्षण गरेर राम्रो आयआर्जन समेत गर्न सक्ने सम्भावना रहेको उनले बताए।,वि.सं. २०७३ मा पनि वन कार्यालयले संरक्षणका लागि ६ लाख र उपमहानगरले १० लाख रकम उपलब्ध गराएको थियो। जसबाट मर्निङ वाक गर्न ट्रैक तथा चौतारा निर्माण, सर्वसाधारणलाई बस्न थुप्रै सेड निर्माण र फोहोर सफाइको काम पनि भयो । तर केही राजनीतिक दल तथा व्यापारीहरुको अवरोधका कारण थप कामहरु अगाडी बढ्न नसकेको अनिल बताउँछन्।,यता वडा नं. ४ का वडाध्यक्ष सुदर्शन सिंहले आफुहरु यसको मौलिकता नहराउने गरी मास्टर प्लान समेत ल्याएको तर नगरप्रमुखका असहयोगको कारण पुरा हुन नसकेको बताए । आफुहरुले रोपेको करिब अढाई सय रुख विरुवाहरु समेत नगरप्रमुखको कारण ध्वस्त भएको आरोप लगाए।,जनकपुरधामको परिवर्तनको लागि सबैको साकारात्मक सोँच रहेपनि नगरप्रमुख लालकिशोर साहको असहयोगको कारण त्यो सम्भव हुन नसकेको बताए । उनले भने, ‘म उपमहानगरको यस्तो पदाधिकारी छु, जसले आफै तीन वर्ष देखि नगरप्रमुखसँग सर्घष गरिरहेको छ।’,यो ऐतिहासिक स्थल रहेकोले यसलाई पर्यटकीय स्थलको रुपमा विकसित गर्नका लागि पटक पटक नगरको बोर्ड बैठकमा आवाज उठाएपनि कोही गम्भिर नभएको बताए । जनकपुरधाम उपमहानगरपालिकाको आफ्नो लैण्ड फिल्ड साइट नरहेका कारण यस्तो समस्याको श्रृजना भएको वडाध्यक्ष सिंहको भनाइ छ।,ल्याण्ड फिल्ड साइटका लागि जनकपुरधामको बसबिट्टीमा ग्लोबल अर्थ क्लिनिंङ्ग नामक गैर सरकारी संस्थाले २ बिघा जग्गा लिजमा लिएर उप-महानगरमा प्रपोजल समेत बुझाएको थियो। तर उपमहानगरका प्रमुुख नै त्यो प्रपोजललाई लिएर बेवास्ता गरेपछि आफूहरु अहिलेसम्म काम अगाडी बढाउन नसकेको ग्लोबल अर्थ क्लिनिंगका दीपु ठाकुरले बताए।,यता, थारु संस्कृतिविद भुलाई चौधरी भन्छन्, ‘थारुहरुको ऐतिहासिक तथा सांस्कृतिक धरोहरलाई मेट्नकै लागि स्थानीय सरकार तथा सरोकारवालाहरुले आनाकानी गर्दै यसलाई डमपिङ साइट बनाउने मनसाय गलत हो। यो थारुहरको पहिचान मेटाउने र उनीहरुको अस्तित्वलाई समाप्त पार्ने खेल हो। संविधानमा धार्मिक तथा ऐतिहासिक सम्पदाहरुको संरक्षण गर्नु पर्नेमा इतिहास नै मेट्न खोज्नु थारुहरुको पहिचानमाथिको आक्रमण हो।’,यस्तै प्राध्यापक तथा थारु विद्वान महेश चौधरीका अनुसार तिरहूतिया गाछी थारुहरुको ऐतिहास मात्र नभइ पहिचानको प्रतिनिधित्व रहेको गरे। उनले तिरहूतहरुको राज्य पहिला गंगा नदीको उत्तरदेखि सुरु भएको र पछि बाराको सिम्रौनगढ हुँदै जनकपुर, सप्तरीसम्म फैलिएको ‘प्रचीन भारतको इतिहास’मा डा. विद्याधर मल्लिकले उल्लेख गरेको बताए।,साथै उनले रोमिला कापरद्वारा लिखित पेन्गुइन हिस्ट्री अफ इन्डियाको उदृत गर्दै भने, ‘तिरहूत राज्य नदीको उत्तरदेखिको सम्पूर्ण मैदानी भू-भाग तिरहूत राज्य (अवहट/थरुहट) थियो। त्यतिबेला न नेपालको सीमा थियो। त्यतिबेला नेपालमा बाइसी चौबीसी राज्य थियो। कर्नाटक वंशीय राजाहरुले तिरहूत राज्य विस्तार गर्दै जाँदा मुस्लिम आक्रमण भयो र बाराको सिम्रौनगढमा राजधानी सारियो। त्यहाँ पनि मुस्लिमहरुले आक्रमण गर्न थालेपछि तिरहूतहरु जनकपुरसम्म आइपुगेको रमिला कापरले बकाइदाका साथ उल्लेख गरेका छन्।’,यस्तै तिरहूत वंशावली नै भएका तुलसी तिरहूत थारु भन्छन्,’ थारुको वंशावली हो तिरहूत। म आफै पनि तिरहूत वंशको हुँ र अहिले पनि जनकपुरदेखि सप्तरी, सिरहा र उदयपुरमा तिरहूतहरुको वंशहरुको वंश यथावतै छ। थारुको पुर्खाहरुको इतिहास मेट्ने अधिकारी मेरो विचारमा कुनै प्रदेश र स्थानीय सरकार या सरोकारवालालाई छैन। बरु जोगाऔ ऐतिहासिक धरोहरलाई। फोहोर नपारौँ।’ | राजा झा |
आठ वर्षीया बालिकाको ‘हत्या’ कि ‘आत्महत्या’? त्रासदीमा गाउँका बालबालिका र अभिभावक | वीरेन्द्रनगर- सुर्खेतस्थित देउती बज्यै मन्दिरको बायाँ पट्टीबाट पश्चिमतिर केही किलोमिटर यात्रा गरेपछि आउँछ वीरेन्द्रनगर वडा नम्बर १, अमृत डाँडा ।,त्यही डाँडामा छ एउटा जिर्ण बन्दै गएको माटोको घर । जस्तापाताको छानो तर सबैजसो खिया लागेका ।,घरसँगै टाँसिएको थोत्रो ढोका भएको सानो भान्सा । ढोकामा ठूलै प्वाल छ। त्यहाँबाट चिहाउँदा भित्र असरल्ल कपडा र भाँडाकुँडा देखिन्छन्।,यो घरमा गत एक वर्षदेखि देवी परियारको परिवार बस्दै आएको थियो।घरका एक्ला डेरावाला।,उनीहरु आएपछि अमृत डाँडाको चहलपहल बेग्लै भएको थियो । तर, गत बिहिबारदेखि घरको मूल ढोकामा एकाएक ताल्चा लागेको छ । डाँडा फेरि निर्जन र चकमन्न बनेको छ ।,उनका अनुसार ८ वर्षीया छोरी ममता बुधबार बिहान घरकै दलिनमा झुण्डिएको अवस्थामा भेटिइन्। उक्त घटनाले परियार परिवारमा बज्रपात भएको छ।,रोजीरोटीका लागि दुई वर्ष अघि मलेसिया गएका बुवा यो दु:खद घटनाबारे थाहा पाएपछि विक्षिप्त छन्।,तर, लकडाउनले गर्दा उनी नेपाल आउने र परिवारलाई सम्हाल्ने स्थिति पनि छैन। घटनाको दोस्रो दिन आमा देवी भने घर छोडेर आफ्नो थातथलो दैलेख पुगेकी छन्।,तर, त्यसदिन देखि वरपरका बालबालिका र अभिभावकहरु ममताको हत्या कि आत्महत्या ? लगायतका अनेकन् प्रश्नमा डुबेका छन्। सँगै उनीहरुको मनमा भय र आशंकाले पनि घर बनाएको छ ।,घटनाको तेस्रो दिन शुक्रबार साँझ त्यहाँ पुग्दा अमृत डाँडा पुरै सुनसान थियो। भयको वातावरण थियो।,८ वर्षीया बालिकाले कसरी आत्महत्या गर्न सक्छिन्? आत्महत्या गर्न कसले प्रेरित गर्यो ? या उनले आत्महत्या गर्न कसरी सिकिन? या कसैले उनलाई मार्यो? त्यसो हो भने उनलाई किन मारियो? ममताको मृत्युले यस्ता कयौँ प्रश्नहरु छाडेर गएको छ।,छिमेकीहरु यस्तै प्रश्नको वरिपरि घुमिरहेका छन्। गाउँका युवा या वृद्धवृद्धाले आत्महत्या गरेको उनीहरुले सुनेका थिए।,तर अहिलेसम्म यो उमेरकी बालिकाले आत्महत्या गरेको घटना शायदै सुनेका थिए । त्यही भएर ममताले ‘आत्महत्या’ गरेको उनीहरु सहजै पत्याउन तयार छैनन् ।,यो घटनासँगै सानीसँग पढ्दै–खेल्दै आएका बालबालिकामा परेको मनोवैज्ञानिक असरको पाटो त छुट्टै छ। उनीहरु एककिसिमले भन्दा त्रासदीमा छन्। वरपरका अभिभावकले आफ्नो छोराछोरी असुरक्षित बनेको ठानेका छन्।,अमृतडाँडा पुगेको केहीबेरमा नजिकै बस्ने देवीका भाइ अर्थात ममताका मामा केविन परियार घटनाबारे कुरा गर्न तयार भए।,केविनले दैलेखमा रहेकी आफ्नी दिदी देवीसँग सम्पर्कका लागि फोन नम्बर पनि दिए। त्यसको भोलिपल्ट फोन सम्पर्कमा आएकी देवीका अनुसार शुक्रबार बिहान उनका आमाबुवाको परिवार अमृतडाँडा नजिकै नयाँ घर सर्ने कार्यक्रम थियो।,सबैरैदेखि परिवारका सदस्यहरु मिठो परिकार पकाउन ब्यस्त बने। देवीले ममता र साढे दुई वर्षीय छोरालाई लिएर माइतमा सेलरोटी पकाउन पुगेको बताउँछिन्। सेलरोटी पकाउँदै गर्दा नयाँ घरमा शौचालय नदेखेपछि छोरा डेराको शौचालय आएका थिए।,देवीले सानो छोरालाई सर्पले टोक्न सक्ने भन्दै ममतालाई उनको रेखदेख गर्न पठाएको बताइन्। ममताले भाइको रेखदेख गर्न जानुअघि आफूसँग साँचो मागेर गएको तर पछि भाइले साँचो हराएको रिपोर्ट देवीले गरेकी थिइन्।,त्यतिबेला देवी र ममताबीच भनाभन भयो । देवीले आफू आवेशमा आएर ममतालाई अघिपछि झै गाली गरेको स्वीकार गरिन्।,‘एकछिनपछि नाचगानमा लगाउने नयाँ कपडा कोठाभित्रै छन्। भाँडाकुँडा भित्रै छन्। पाहुना जान सक्छन्। साँचो जसरी साँचो खोज। हैन भने तेरो ढाड भाँचिदिउँला फेरि भनेकी थिइँ’ देवीले बताइन् । त्यसपछि ममता केही नबोली डेरातिर लागेको उनी बताउँछिन्।,करिब आधा घण्टासम्म छोराछोरी माइतमा नआएपछि आफू डेरातिर आएको उनको भनाई छ। तर आफू डेराको आँगनमा पुग्दा छोराले दलिनमा झुन्डिएको अवस्थामा रहेकी ममतालाई देखाएको देवी बताउँछिन्।,छोरीको त्यस्तो अवस्था देखिने वित्तिकै आफू बेहोस भएको र होसमा आएपछि हारगुहार गरेको, छिमेकी कोही नआएको, आफू छोरी नजिक जाँदा फेरि बेहोस भएको, होस् आएपछि छोरीलाई निकाल्न खोज्दा आफू तेस्रो पटक बेहोस भएको र अन्तिममा छोरीलाई बचाउँछु भन्ने सोचेर सलबाट छोरीलाई फुत्काएर बाहिर ल्याएको देवी बताउँछिन्।,देवीका अनुसार त्यसपछि मात्रै घटनास्थलमा आफन्त र छिमेकी आइपुगेको थिए। ‘मेरी छोरीको सास घरमै गइसकेको रहेछ। त्यही पनि बाँकी छ की भन्ने आशमा अटो बोलाएर अस्पताल लगेका थियौँ’ उनले बिस्तारमा भनिन्।,देवीले आफ्नो श्रीमानले आफ्नो छोरीको अन्तिम पटक मुख हेर्न चाहेको तर छोरीको शव अस्पतालमा लामो समय राख्ने व्यवस्था नभएको बताइन्। देवीका अनुसार ममताले मोबाइल पनि चलाउँथिनन्।,देवीले छोरी ममताको मृत्युका बारेमा छानबिन गरि पाउँ भन्दै प्रहरीमा जाहेरी दिएकी छन्।,घटनाबारे अनुसन्धान गरिरहेका जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत भरत शाह ममताको पोष्टमार्टमको रिपोर्ट आइनसकेकाले अहिले केही भन्ने अवस्था नरहेको बताउँछन्। उनी भन्छन्, ‘घटनाबारे अनुसन्धान गर्दैछौँ। अहिले यसै भन्ने अवस्था छैन।’,देवीका भाइ केविनलाई पनि आफ्नी भान्जी ममताले ‘आत्महत्या’ नै गरेको जस्तो लाग्छ। उनी भन्छन्, ‘कसैले मारेको भए धारामा धुन भनेर भिजाएको सल खोजेर कसले ल्याउँछ? तर मेरी भान्जी ममताले आत्महत्या चाँही किन गरिन् होला त्यसको कारण भने यकिन नै गर्न सकेको छैन।’,आफ्नै काका कदम परियारलाई विश्वास छैन ममताको आत्महत्या हो भन्नेमा।,दैलेखमा रेहका ममताका काकाले भने,‘८ वर्षीया बालिकाले कसरी आत्महत्या गर्न सक्छिन्।मलाई विश्वास छैन।’ कदमकाअनुसार आमा देवीकाे वयान फरकफरक आएकाले पनि आफूमा संका उत्पन्न भएको छ।,उनले भने,‘तीन पटक बेहोस भएर झुन्डिएको शव एक्लै महिलाले तल झार्न सक्छ र ?त्यो असम्भव छ। घटनाको निष्पक्ष छानविन होस्। प्रहरीलाई कुनै प्रभाव र दबाब नपरोस्।’,स्थानीय नेपाल राष्ट्रिय जनता माविमा ११ कक्षामा अध्ययनरत १६ वर्षीय आराधना ओली ममताकी छिमेकी हुन्। तर उनलाई आफ्नै बहिनी गुमाएको जस्तै भएको छ।,आराधनालाई सँगैको घरमा एक वर्ष अघि ममताको परिवार डेरा लिएर बसेपछि रमाइलो लाग्न थालेको थियो । ‘ममता धेरै नै ज्ञानी र मिलनसार थिइन्। मलाई निकै राम्रो लाग्थ्यो।बहिनी पाएको जस्तो अनुभव हुन्थ्यो। तर यो घटनाले मलाई सारै नराम्रो लागेको छ’, उनी भन्छिन्।,आराधना र ममता पँधेरामा पानी लिन सँगै जान्थे। आराधनाको घरमा ममताप्रायः फूल माग्न जान्थिन्। डेराको घर भए पनि आँगनभरी ढकमक्क फूल फूलाउने रहर थियो ममतालाई।,घटना भएको दिनको बिहान पनि ममता बिहान सबेरै आराधनाको घरमा फूलको बिरुवा माग्न गएकी थिइन् । तर मागेर ल्याएको फूलको बिरुवा त्यसै दिन बिहान सार्न पाइनन्। फूलको बिरुवा ममताको घरको आँगनमै औइलायो।,आराधना भन्छिन्, ‘वास्तवमा उनी पनि कोपिला थिइन्। फुल्न नपाउँदै कोपिला चुडिँयो। के कसरी चुडिँयो? मेरो आँखाले देख्न पाइन।’,आराधनाले घरमा बिहानको खाना बनाउँदै गर्दा ममता आफ्नै आँगनमा भाइसँग खेल्दै गरेको झुलुक्क देखेको बताइन्। करिब १० मिनेटको अन्तरालमा यो घटना भएको थियो।,घटनाबारे थाहा पाएपछि उनी छाँगाबाट खसेँ झैँ भइन्। पत्याउन सकिनन् । शरीर काँप्यो। उनकै आँखा सामु केहीबेरमै अचेत अवस्थामा रहेकी ममतालाई अटोमा हालेर अस्पताल लगियो ।,‘कसैले झुन्डिएर मरेको भन्छन्। कसैले मारेको भन्छन्। उनलाई कसरी थाहा भयो आत्महत्याबारे? मारेको हो भने किन मारियो होला?कसले मार्यो होला? के हो के मैले केही सोच्न सकेका छैनौँ,’ उनी भन्छिन्।,तर, उनलाई ममताले आत्महत्या गरिन् होला भन्ने विश्वासनै लागेको छैन। एक त त्यति सानो उमेर अर्को आराधनाको भनाईमा ममताको घरमा आत्महत्याका लागि उक्साउने इन्टरनेट र मोबाइल दुवैको पहुँच थिएन ।,ममताका छिमेकी १४ वर्षीय सूचित परियारलाई आफ्नो पसलमा किनमेल गर्न आउँदा आफ्नी बहिनीसँग ममता खेलेको झलझली याद आइरहेको छ। कहिलेकाँही सूचितसँग पनि खेल्न मन पराउँथिन् ममता।,ममताले ‘आत्महत्या’ गरेको पत्यारनै लागेको छैन उनलाई। ‘८ वर्षकाे बच्चाले कसरी आत्महत्या गर्न सक्छिन्? शायद आफ्नो आमाले गाली गरेका कारण हो कि? या घाँटी झुन्डिएपछि के हुन्छ भनेर विचार गर्दा त्यस्तो भएको पो हो कि?’ सूचितसँग यस्ता थुप्रै अनुत्तरित प्रश्न छन्। सूचित आफ्नो घरमा बुवा आमासँग बस्छन्।,दिदीको विवाह भइसकेको छ। बुवाआमा खेतीपाती र पसलमा व्यस्त हुन्छन्। शिव माध्यमिक विद्यालयमा ९ कक्षामा अध्ययनरत उनी कोरोना कारण स्कूल बन्द भएकाले प्रायः घरमा एक्लै बस्छन्। एक्लै रहँदा उनको मनमा अनेक कुरा खेल्छन्।राती समेत निन्द्रा लाग्दैन।,ममताको अनुहार सम्झिन् छन्। ‘त्यति सोझी, त्यति ज्ञानी बहिनीले किन आत्महत्या गरिन् होला? या कसैले उनलाई किन मार्यो होला?,’ उनले प्रश्न गरे। ममता बस्ने घर छेउकै बाटोबाट आउजाउ गर्नुपर्ने बाध्यता छ सूचितलाई।,तर उनको मनबाट डर हटेको छैन। सूचितका अनुसार यो घटनापछि ममतालाई चिनजानेका गाउँका अन्य बालबालिका पनि डरमा छन्।,ममताकी छिमेकी शिवप्रसाद शर्मा ममताको ‘मृत्यु’ को मृत्यु पछि चिन्तामा डुबेका छन् । शर्मा भन्छन्, ‘सानो बच्चाले आत्महत्या गरेको भनेको सुन्दा अनौठो लागेको छ। पत्याउनै गाह्रो भएको छ । हो भने त यस्तो घटना सम्भवतः नेपालमै पहिलो होला। हामीलाई आफ्ना केटाकेटी पनि भोली यस्तै पो गर्ने हुन् कि भन्ने चिन्ता लागेको छ।’,चारजना छोराछोरीका अभिभावक शर्माका अनुसार स्कूल बन्द भएका बेला यो घटनापछि पुरै गाउँले त्रसित छ । ‘सामाजिक सञ्जालले केटाकेटीलाई नराम्रोसँग बिगारेको छ। यस्तै कारणले पो हो कि यो घटना भएको भन्ने लाग्छ। तर यही कारणले भएको भन्ने अवस्थामा हामी छैनौँ’, शर्मा भन्छन्।,शर्माले त्यसो भन्दै गर्दा केही दिन अघि मात्रै छिमेकी जिल्ला दाङमा केही दिन अघि फेसबुकमा भिडियो लाइभ गरेर एक २३ वर्षीय युवतीले आत्महत्या गरेकी थिइन्।,तर, शर्माले त्यसो भने पनि ममताको घरमा न त मोबाइल थियो कुनै न इन्टरनेट चलाउन मिल्ने अन्य कुनै साधन नै ।,छिमेकी माया थापालाई पनि ममताको हसिँलो अनुहार भलझल्ती आँखा सामुन्ने कुदिरहेको छ । ममता थापाको घरमा नियमित दूध लिन जान्थिन्।,दूध लिन गएको मौकामा उनी मायाका छोराछोरीसँग खेल्न पनि भ्याउँथिन्। ‘कलिलो बच्चाले आत्महत्या गर्यो रे भन्दा विश्वासनै लागेको छैन। मनमा डर पनि लागेको छ आफ्ना पनि छोरोछोरी छन्,’ माया भन्छिन्।,पछिल्लो समय देशभर दैनिक औसत १८ जनाले आत्महत्या गर्ने गरेको प्रहरीको तथ्यांक छ। आत्महत्या गर्नेको सूचिमा आठ वर्षीय ममता पनि अटाएकी हुन् या मृत्युको अन्य कुनै कारण छ ? त्यसको निक्र्यौल पोष्टमार्टम रिपोर्ट र प्रहरीको अनुसन्धानबाट केही दिनमा पक्कै होला । | दिपा दाहाल |
दसैँ र नवदुर्गा उपासना | घटस्थापनाको दिन शुद्ध माटो या गोबरले घर लिपी विधिसहित घटस्थापना गरी भगवती नवदुर्गाको स्थापना गर्नुपर्दछ। प्रथम दिनदेखि सप्तमीपर्यन्त एक चरणको पूजा गरी फूलपाती भित्र्याउनु पर्दछ। फूलपातीमा बेल, अदुवा, धानको बाला, अनारको कली, हलेदो र विभिन्न पालुवा आएका औषधिहरू घरमा प्रवेश गराउँदा वर्षभरि हुने दुःख कष्ट निर्मूल हुन्छ।,फूलपातीको बढाइपछि महाअष्टमीको दिन कालरात्रीको पूजा गरी भगवतीको आह्वान् पूजन गर्दै शक्तिको उपासना गर्ने विधान शास्त्रले गरेको छ।नौदिनसम्म भगवती दुर्गाको पूजाआराधना गरी दशौं दिन विजयादशमी पर्वको विजय साइतमा दुर्गा भवानीको प्रसाद टीका र जमरा लगाउनु पर्दछ।,
,
,
,
,अर्थात् द्रोणपुत्र अस्वत्थामाको जस्तो पूर्ण आयु, दशरथ राजाको जस्तो श्रीसम्पत्ति, शत्रुक्षय गर्नमा भगवान् रामको जस्तो शक्ति, नहुष राजाको जस्तो ऐश्वर्य, पवनपुत्र हनुमान्को जस्तो गतिशीलता, दुर्योधनको जस्तो मान, सूर्यपुत्र कर्णको जस्तो दानवीरता, हलधर बलरामको जस्तो बल, कुन्तीपुत्र युधिष्ठिरको जस्तो सत्यवादिता, विदुरको जस्तो ज्ञान तथा भगवान् नारायणको जस्तो कीर्ति तपाइँलाई प्राप्त होस्।,मान्यजनबाट टिकाप्रसाद र आशीर्वाद प्राप्त गरी यो मन्त्रको भावलाई स्मरण गर्दै आ–आफ्नो कार्यमा तत्पर रही शारदीय नवरात्र पर्वलाई धुमधामका साथ मनाउनु पर्दछ। भगवतीको स्तुति, मन्त्रगान आदि गरी वर्षभरि आउने अशुभ, अशान्ति, दुःखकष्ट निवारणका लागि आशीर्वाद लिनुपर्दछ।,हिन्दूहरू वसुधैव कुटुम्बकम् तथा द्यौः शान्तिः …जस्ता वैदिक मन्त्रका अनुयायी र सनातनी भएकाले मनुष्य, वनस्पति, कीटपतङ्गादिलाई भगवतांश र प्राणीका रूपमा लिइएको प्रमाणित हुन्छ।,दशैँमा आरोग्यताका लागि गहूँ र जौ मिसिएको जमरा शिरमा लगाउनु, बेलपत्रलाई मानवीय रूपमा भगवद्दर्शन गरी पूजा, आमन्त्रण, प्रवेश गराउनु, नवपत्रिकालाई बाजा–गाजासहित दशैं घरमा प्रवेश गराउनु, हविष्यान्न भोजन गर्नु, खिचडी, कुभिण्डो, नरिवल आदिको बली दिनुजस्ता कार्यले वैदिक सनातन धर्मावलम्बीहरूको विशिष्ट पर्वका रूपमा रहेको दशैंको महत्वलाई झनै साक्षात्कार गरेको छ। वैदिक कर्मकाण्डीय पद्धतिअनुसार बलीको विधानयोग्य सामग्रीको छनोटलाई विकृतिका रूपमा व्याख्या गरिएको देखिन्छ।,
,
,
,
,आद्यशक्ति जगज्जननी दुर्गाले विभिन्न परिस्थितिमा अनेकौं रूपमा अवतरित भएर मानवजगत् र सन्त, साधकको कल्याण गर्नुभएको देवीभागवतबाट पुष्टि हुन्छ। एक संवत्सरभित्र चारवटा नवरात्रहरू पर्दछन्।नवरात्रमध्ये शारदीय नवरात्रमा दुर्गाभवानीको हर्षोल्लासका साथ पूजा हुन्छ।,नवरात्रअन्तर्गत प्रतिपदाकै दिन दीप, कलश, गणेश र स्थापित देवीको पूजनपश्चात् मासभक्तबली (खिचडी) दिनुपर्दछ।अथवा, कुभिण्डाको बली पनि देवीलाई प्रिय हुन्छ। सोही दिन गहुँ र जौ मिसाएर ॐ जयन्ती मङ्गला काली…मन्त्रले जमरा राख्ने गरिन्छ।,यसैगरी द्वितीयाको दिन प्रतिपदाको दिन जसरी नै पूजा गरी कुमारीको पनि पूजा गर्नुपर्दछ। यही क्रमले षष्ठी तिथिसम्म पूजा गरी बेलुकीको समयमा गीत वाद्यादि गरेर बिल्ववृक्षमा देवीबोधन गर्नुपर्दछ, अर्थात् बिल्वनिमन्त्रण गर्नुपर्दछ।,बेलको हाँगामा तेल र हर्दी लेपन गरेर मन्त्रसहित उद्बोधन गर्नुपर्दछ। सप्तमीका दिन पहिलेको जस्तै पूजापाठ, बलीआदि गरेर बेलुकीको समयमा बेलवृक्षको नजिक गएर पूजा गरी बेलपत्र ग्रहण गर्नुपर्दछ।,गीतवाद्यादि गर्दै नवपत्रिकालाई दशैँघरमा प्रवेश गराउनुपर्दछ। यही दिन भद्रकाली, सरस्वतीको पूजा गर्ने विधान रहेको छ। अष्टमीका दिन बिहान नित्यपूजा गरी नौवर्षे कन्यालाई पूजा गर्नुपर्दछ। पूजा गरिएकी कन्यालाई नैवेद्यादि अर्पण गर्नुपर्दछ। राति कालरात्री देवीको विधिविधानअनुसार पूजा गरी भगवतीको वाहन सिंहको आह्वान, पूजन गर्नुपर्दछ। गणेश, भैरव, चतुःषष्ठीयोगिनीको पूजा गर्दै यसै दिन शस्त्रास्त्रहरूको पनि पूजा गर्ने गरिन्छ।,रातिको समयमा अग्निस्थापना विधिले हवन गर्ने विधान रहेको छ। नवमीका दिन नवदुर्गाको शास्त्रीय विधिविधानअनुसार पूजा गरी १० वर्षीय कन्यालाई ल्याएर सुभद्रा नाम राखी पूजा गर्नुपर्दछ। नैवेद्यादि भेटी अर्पण गर्नुपर्दछ। यसै दिन नौ जना कन्याको पूजन गर्ने पद्धति पनि रहेको छ। यसै गरी मन्त्रसहित कुभिण्डाको बली अर्पण गर्नुपर्दछ।,यही दिन अग्निस्थापना विधिले विशेष रूपमा भगवतीको नाममन्त्रले हवन गर्नुपर्दछ। दशमीका दिन उत्तराङ्गपूजन गरी अपराजिता देवीको पूजा गर्नुपर्दछ। आफ्ना इष्टदेवता, कुलदेवतालाई प्रसाद चढाएर आफ्ना मान्यजनहरूबाट विजयादशमीको टिका–प्रसाद ग्रहण गर्नुपर्दछ। नवरात्रका अवसरमा पूजन गरिने दुर्गादेवीका नौ रूपलाई यहाँ संक्षेपमा देखाइएको छ:,दक्षप्रजापतिकी छोरी सतीदेवीको अर्को जन्म हिमालयका घरमा भएको हो। उनै हिमालयपुत्रीको नाम शैलपुत्री हो। पहिलो जन्ममा दक्षप्रजापतिका घरमा सतीदेवीका रूपमा जन्मिएकी आदिमाता दुर्गादेवीको भगवान् शिवका साथ विवाह भएको थियो। प्रजापति दक्षले एउटा विशाल यज्ञको आयोजना गरे। अन्य छोरीज्वाइँ आफन्त सबैलाई उक्त यज्ञमा आमन्त्रित गरियो। तर, सतीदेवी र भगवान् शङ्करलाई यज्ञको सुइँकोसमेत दिइएन।,आफ्ना बहिनीसँगै ज्वाइँ तथा अन्य मान्यजन आकाशमार्गबाट आफ्ना पिताको निमन्त्रणा स्वीकार गरी गइरहेको थाहा पाएर सतीदेवीलाई पनि दक्षयज्ञमा जाने उत्कट इच्छा जाग्यो। उनले शिवजीलाई जाने इच्छा प्रकट गरिन्। तर, नबोलाएको ठाउँमा जानु अनुचित भएको शिवजीले बताउनुभयो। सतीदेवी भने मनमा अनेकौं तर्कना गर्न थालिन्।,सतीदेवी दुःखित भएको थाहा पाएर शिवजीले ‘जाने नै इच्छा भए म केही भन्दिनँ’ भनेपछि सतीदेवी दक्षको यज्ञमण्डपमा पुगिन्। यज्ञमण्डपमा पुग्दा सबै दिदीबहिनीहरूले आफ्नो पति महादेवको तिरस्कार गरेको अनुभूति भयो। पिताबाट पनि सबैका सामु आफ्ना पति शिवजीको नराम्रो निन्दा भएको सुनेर योगबलले त्यही अग्निकुण्डमा आफ्नो पाञ्चभौतिक देह विसर्जन गरिन्।,महादेवको स्पर्शको प्रभावले देह यथावत् रह्यो। अग्निकुण्डमा रहेकी सतीदेवीको देहलाई साथमा लिँदै महादेवजीले पृथ्वीको भ्रमण गर्दा सृष्टिक्रम भताभुङ्ग हुने देखेर ब्रह्माजीले औंसा र झिँगा सृष्टि गरी सतीदेवीका सम्पूर्ण अङ्गपतन गराउनुभयो। अङ्गपतन भएको प्रत्येक स्थानमा सिद्धपीठको स्थापना भएको हो। शारदीय नवरात्रमा यस्ता सिद्धपीठहरूमा आदिमाता सतीदेवीको भव्य पूजा हुनेगर्दछ।,विधिपूर्वक घटस्थापना गरेर गहुँको जमरा राखी प्रारम्भ गरिएको दुर्गापूजनको प्रथम दिन शैलपुत्री नामक देवीको पूजन गरिन्छ। शैल अर्थात् हिमालयका घरमा जन्म लिएकी हुनाले यिनको नाम शैलपुत्री रहन गएको हो। गोरुमा चढेकी शैलपुत्री भगवतीको दाहिने हातमा त्रिशूल र बायाँ हातमा कमलको फूल रहेको छ।,देदीप्यमान शैलपुत्रीको ध्यान यसरी गरिन्छ: वन्दे वाञ्छितलाभाय चन्द्रार्धकृतशेखराम्। वृषारूढां शूलधरां शैलपुत्रीं यशस्विनीम्।। साधना गर्ने साधकका लागि मूलाधार चक्र रहने स्थानमा शैलपुत्री माताको ध्यान गरेर आफ्नो इष्टकामना पूरा हुने मान्यता रहेको छ। नवरात्रको प्रथम दिन पूजा गरिने शैलपुत्री देवीको विशिष्ट महत्व छ।,नवरात्रको दोस्रो दिन भगवती दुर्गाजीको ब्रह्मचारिणी रूपको ध्यान र पूजा गर्ने गरिन्छ। सतीदेवीको देह त्यागपछि पार्वतीको जन्म हिमालयको घरमा हुन्छ। भगवान् शिवजीलाई पतिको रूपमा पाउन हिमालयपुत्री पावर्त ीले कठारे तपस्या गर्नुहुन्छ। त्यस्तो तपस्याको आचरण गर्ने भएकी हुनाले शैलपुत्रीको अर्को नाम ब्रह्मचारिणी भएको हो।,वन्देस्तुभ्यं तपोब्रह्म अर्थात् वन्दे अर्थ र तप भनेर ब्रह्म शब्दको अर्थ गरेको देखिन्छ। हिमालयका घरमा पुत्रीका रूपमा उत्पन्न भएकी शैलजा माताले नारदको उपदेशअनुसार भगवान् शङ्करलाई पतिको रूपमा प्राप्त गर्न कठिन तपस्या गर्नुभयो। एकहजार वर्षसम्म फलफूल मात्र खाएर, सय वर्षसम्म साग मात्र खाएर, कैयौं दिनसम्म निराहार रहेर, झरी बादल, वर्षा, गर्मी केही नभनी खुला आकाशमुनि रहेर तीन हजार वर्षसम्म आफैँ झरेका बेलपत्रको सेवन गरेर अत्यन्त कठिन तपस्या गर्नुभयो।,भगवान् शङ्करलाई पतिको रूपमा प्राप्त गर्नका लागि जब सुकेका बेलपत्रहरू पनि ग्रहण गर्न छाड्नुभयो, तब माताजीको नाम अपर्णा रहन गयो। उहाँको तपस्याको बलले तीनै लोकमा हाहाकार मच्चिन थाल्यो। देवता, ऋषि, सिद्ध, मुनिआदि सबैले कसैले गर्न नसकेको अभूतपूर्व कार्य गरेको भनेर माताजीको यशोगान गरे।,यसरी कैयौ वर्षसम्म कठोरतम तपस्या गर्नाले दुब्लाएकी भगवतीको दुःखदायी अवस्था देखेर माता मेनुकाले अब तपस्या नगरोस् भन्ने हेतुले ध्यानभङ्ग गर्न ‘उमा’ त्यस्तो होइन। अर्थात् अब तपस्या होइन भन्ने उच्चारण भएको हुनाले शैलजाको नाम उमा पनि भएको हो। मानिसहरू दुर्गादेवीको यो दोस्रो रूप ब्रह्मचारिणीको स्वाधिष्ठान चक्रमा ध्यान गर्दछन्।,ब्रह्मचारिणी देवी सेतो वस्त्र लगाएकी, दाहिने हातमा जपमाला लिएकी र बायाँ हातमा कमण्डलु धारण गरेकी भगवतीको दिव्यस्वरूपको ध्यान गर्ने गरिन्छ। भगवतीको यो दोस्रो रूपमा ब्रह्मचारिणीको साधनाले साधकलाई सदाचार, तप, त्याग, वैराग्य, संयम र ऐश्वर्य प्राप्त हुन्छ। संघर्षमय जीवनमा ब्रह्मचारिणीको उपासना बढी श्रेयस्कर रहेको छ।साधकलाई यथाशीघ्र फलप्राप्ति यही रूपको ध्यान गनार्ल हुन्छ। ब्रह्मचारिणी देवीको यसरी ध्यान गर्न सकिन्छः,
,दुर्गादेवीको तेस्रो रूप चन्द्रघण्टा हो। दुर्गादेवीको स्वरूपका आधारमा चन्द्रघण्टा नामकरण गरेको पाइन्छ। शिरमा अर्धचन्द्रको धारण गर्ने र समग्र शिरको स्वरूप घण्टाजस्तो भएको हुनाले चन्द्रघण्टा भनिएको हो। चन्द्रघण्टा देवीको शरीरको रंग सुनको जस्तो पहेँलो देदीप्यमान छ। दशभुजा भएकी चन्द्रघण्टा देवीको वाहन सिंह हो।,सदैव युद्धमुद्रामा देखिने चन्द्रघण्टा देवीले मानवमा रहेको अत्याचारी, दानवी र राक्षसी प्रवृत्तिलाई विनाश गर्नुहुन्छ। नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको विशेष पूजाआराधना हुनेगर्दछ। साधकले यो दिन मणिपुर चक्रको ध्यान गर्दा सावधान रहनुपर्दछ। किनभने अलौकिक र अप्राप्य, अदर्शनीय अवस्थाको विषयवस्तु लौकिक प्राप्य र दर्शनीय हुन्छ।,अनेकौं मनमोहक साङ्गीतिक मधुरिम ध्वनि सुनिन्छ। साधक यस्ता विषयमा अनुरक्त भएनन् भने साधना सफल हुन्छ। त्यसपछि चन्द्रघण्टा देवीबाट कृपा प्राप्त भई समस्त पापबाट मुक्ति मिल्दछ। भगवतीले साधकहरूलाई दुःखकष्टबाट शीघ्र हटाएर निडर र निर्भय प्रदान गर्नुहुन्छ। सद्योमुक्तिका लागि पनि माता दुर्गाजीको यो रूपको उपासना गर्ने गरिन्छ।,सदैव युद्धाभिलाषीजस्ती देखिए पनि माता दुर्गाको चन्द्रघण्टा रूपलाई भक्तजनले सामान्य शान्त, करुणामयी मातृरूपमा दर्शन गर्छन्। सङ्गीत क्षेत्रमा साधनारत व्यक्तिहरूका लागि अलौकिक स्वर, ज्ञान र सफलता प्राप्त गर्न यो रूपको ध्यान अति नै लाभदायी रहन्छ।माता चन्द्रघण्टाको स्वरूपको ध्यान र पूजा गर्नाले जीवन-मरणबाट मुक्त भई पुनर्जन्मको प्रपञ्चबाट सहज छुट्कारा मिल्दछ।ललाटमा अलौकिक चमक बढ्न थाल्दछ। मान सम्मान मिल्न थाल्दछ। देवी चन्द्रघण्टाको ध्यान यसरी गर्ने गरिन्छ:,
,शारदीय नवरात्रझैँ वासन्तिक नवरात्रको चौंथो दिन पनि कूष्माण्डा माताको पूजाआराधना गरिन्छ। जगज्जननी भगवतीले आफ्नो हाँसोद्वारा ब्रह्माण्डको उत्पत्ति गरेकी हुनाले दुर्गादेवीको नाम कूष्माण्डा रहन गएको हो। कूष्माण्डा भनेको कुभिण्डो हो। यसलाई पनि पूजन गरी बलीको रूपमा प्रयोग गर्ने गरिन्छ। जुन समयमा सृष्टि भएको थिएन।त्यस समयमा संसार अन्धकारमय थियो।,यसै समयमा आदिशक्तिस्वरूपा दुर्गादेवीको हाँसोबाट संसारको रचना भयो। कूष्माण्डा माताको निवासस्थान सूर्यलोक हो। कूष्माण्डा देवीले आफ्नै तेजको अंशलाई सम्पूर्ण प्राणीमा प्रक्षेपण गरेर शक्तिको सञ्चार गर्नुभएको छ। आठवटा हात भएकी देवीको स्वरूप सूर्यझैँ चम्किलो छ। कूष्माण्डा देवीको हातमा चक्र, कलश, कमलको फूल, वाँण, धनुष, कमण्डलु र जपमाला छन्।,आफू तेजवती भएकी हुनाले कुभिण्डो जस्तो चिसो फल कूष्माण्डादेवीलाई सबैभन्दा मनपर्ने फल (बली) हो। साधकहरूले यो नवरात्रको चौंथो दिनमा अनाहत चक्रमा कूष्माण्डा देवीको स्वरूपको ध्यान गर्दै मनलाई स्थिर गर्दछन्। आदिशक्तिस्वरूपा भवानी देवी थोरै समयको आराधनाबाट नै प्रसन्न हुनुहुन्छ। जुन शक्तिको आराधनाले दुःखकष्ट, रोग, ब्याधि हटेर आयु, सन्तान, यश, कीर्ति, बल प्राप्त हुन्छ।,मन, वचन र कर्मले माताजीको शणागत भए संसारमा अप्राप्य विषय केही रहँदैन। सबै सिद्धि र ऐश्वर्य प्राप्त हुन्छ। जीवन– मरणको चक्रबाट छुटकारा गराउने भगवतीको पूजा अर्चनाले कसै गर्दा पनि निको नभएका रोगहरूबाट छुटकारा मिल्छ। कूष्माण्डा देवीको वैदिक विधिविधानअनुसार मन स्थिर गरी ध्यान गर्दै पूजन गर्नुपर्दछ। कूष्माण्डा देवीको ध्यान यसरी गर्न सकिन्छ:,
,स्कन्द भनेको भगवान् कार्तिकेय हुनुहुन्छ। कार्तिकेय कुमारजीलाई भनिन्छ। स्कन्दकी मातृस्वरूपा देवीजीको पूजन नवरात्रको पाँचौं दिनमा गरिन्छ। माता दुर्गाजीको पाँचौ रूप कार्तिकेयकी माताको रूपमा भएको र कमलको आसनमा बस्न रुचाउने भएकी हुँदा यो स्वरूपलाई पद्मासना पनि भनिन्छ। स्कन्दमाताका चार हात छन्।उहाँले दायाँ र बायाँतिरका माथिल्ला दुई हातमा (भुजामा) कमलको फूल र काखमा षडानन कुमारको बालरूपलाई समाउनुभएको छ। बायाँ तर्फको तल्लो हातले वरमुद्रा धारण गर्नुभएको छ।,स्कन्दमाताको वर्ण हिउँजस्तो सेतो छ। सिंहमा भ्रमण गर्न रुचाउने स्कन्दमाताजीको शास्त्रीय आधारमा नवरात्रमा पूजाआराधनाले सम्पूर्ण लौकिक, सांसारिक मायामोहबाट छुटकारा मिल्दछ। साधकहरूले कुण्डलिनी जागरणको यो अवस्थामा पनि विशेष सावधान रहनुपर्दछ। मनलाई विशुद्ध चक्रमा स्थिर गराएर शुक्लवर्णा स्कन्दमाताको स्वरूपको ध्यान गर्नुपर्दछ।,भगवती स्कन्दमाताको आराधनाले यस लोकमा संसारीक भोगको प्राप्त गर्न सकिन्छ। मानवलाई चाहिने सम्पूर्ण सुःख, सम्पन्नता, आर्थिक उन्नति प्राप्तिका लागि नवरात्रको पाँचौ दिन स्कन्दमाताको पूजा गरिन्छ। स्कन्दमाताको कृपाले यश, आराम, सुख, समृद्धि कीर्तिआदि प्राप्त हुन्छ। भगवान् कार्तिकेयकी आमा भएकी हुनाले यनलाई स्कन्दमाता भनिएको हो। जसले यिनको विधिवत पूजा गर्छ, भगवान् कार्तिकेयले उसको रक्षा गर्नुहुन्छ।,माताजीको निरन्तर साधनारत व्यक्तिले मनलाई निर्मल स्वच्छ बनाउने हुनाले ललाटमा दिव्य तेज प्रस्फुटन हुन्छ। सांसारिक सुख–सुविधाको भोगपश्चात् सद्गतिको मार्गप्रशस्त खुल्छ। सूर्यमण्डलकी अधिष्ठातृ देवीको उपासनाले दिव्यदृष्टि प्राप्त गर्न सकिन्छ।,भविष्यको परिघटनालाई मनन र चिन्तनको विषय बन्ने र सन्मार्गको पूर्वाभास हुनेगर्दछ। नवरात्रमा पाँचौं दिन आदिमाता दुर्गाजीको स्कन्दमाता रूपको ध्यान र अर्चना गर्नुपर्दछ। स्कन्दमाताजीको ध्यान यसरी गर्न सकिन्छ:,
,आद्यशक्ति भवानी श्रीदुर्गाजीको छैठौं स्वरूप कात्यायनी हो। नवरात्रको छैठौं दिन माता कात्यायनीको पूजा आराधना गर्ने गरिन्छ। प्रतिपदाका दिन स्थापना गरेको देवी मूर्ति, प्रतिमा वा कलशमा षोडशोपचारले माता कात्यायनीको पूजा गर्नुपर्दछ। दुर्गा माताको यो स्वरूप अवतरण हुनुका धेरै कथाहरू छन्। कत नाम गरेका एक विशिष्ट महर्षि थिए।,उनका गोत्रमा कात्यायन नामक विश्वप्रसिद्ध महर्षि भए र माता दुर्गादेवीलाई आफ्नी छोरीका रूपमा प्राप्त गर्न कठोर तपस्या गरेर भगवतीलाई प्रसन्न गराए। कात्यायन ऋषिका आश्रममा माता दुर्गादेवीको अवतरण भयो। उहाँले आश्विन कृष्ण चतुर्दशीका दिन अवतरण भएर शारदीय शुक्लपक्षको सप्तमी, अष्टमी र नवमीमा कात्यायनको पूजा स्वीकार गरी विजयादशमीको दिन महिषासुर नाम गरेको राक्षसको बध गर्नुभयो।,कृष्णचरित्रमा व्रजकी गोपिनीहरूले कृष्णलाई पतिका रूपमा प्राप्त गर्न सकूँ भनी कात्यायनीको उपासना र पूजा गरेका प्रसङ्गहरू वैदिक ग्रन्थहरूमा पाइन्छन्। अतः आफ्नो कूल, इच्छा र आफूयोग्य सज्जन पति पाऊँ भनी कात्यायनी स्वरूपा देवीको उपासना गर्नुपर्दछ।,
,गोपिनीहरूले कात्यायनीको आराधना गर्नाले श्रीकृष्णलाई पतिका रूपमा प्राप्त गर्न सकेको प्रसङ्ग श्रीमद्भागवतमा उल्लेख छ। यसैले आज पनि व्रजमा कात्यायनीलाई इष्टदेवीका रूपमा पूजा गरिन्छ। कात्यायनी देवीका चार हात छन्। दायाँतिरका दुई अभय र वरमुद्राले युक्त छन् भने वायाँतिरका दुई हात तरवार र कमलफूलले सहित छन्। वाहन सिंह भएकी कात्यायनी देवीको स्वरूप पहेँलो टल्किने सुनजस्तै छ।,अत्यन्त देदीप्यमान भगवती कात्यायनीका साधकहरूले आज्ञाचक्रमा ध्यान गर्नुपर्दछ। कुण्डलिनी साधनामा लागेका साधकहरूले आफ्नो पुरुषार्थचतुष्टय (धर्म, अर्थ, काम र मोक्ष)को दाता, भोक्ता, भर्ता र हर्ता कात्यायनीलाई नै मान्दछन् भने त्यस्ता साधकहरूको रोग, शोक, भय, अहंकार विनाश हुन्छ र परमपद प्राप्त गर्दछन्। कात्यायनी रूपको ध्यान यसरी गर्न सकिन्छ:,
,नवरात्रको सातौं दिनमा दुर्गामाताजीको कालरात्री स्वरूपको पूजा गरिन्छ। कालरात्रीको पूजा मध्यरात्रीमा पनि गर्ने गरिन्छ। सम्पूर्ण अशुभ, भय, अहंकार, अज्ञान आदिको काल अर्थात् विनाशिनीका रूपमा अवतरण भएकी हुनाले दुर्गादेवीको यो स्वरूपलाई कालरात्री भनिएको हो। कालरात्री शब्दको अर्थ ध्वन्यात्मक छ। रात्री भनेको अज्ञान, अन्धकार, भय, डर, त्रास भन्ने अर्थमा र काल विनाशिनी अर्थात् शुभकरी भन्ने भावमा कालरात्री नामकरण भएको देखिन्छ।,चार हात भएकी कालरात्री स्वरूपमा दुर्गामाताको यो स्वरूप अन्य स्वरूपहरू भन्दा डरलाग्दो भयङ्कर छ। माताजीको शारीरिक रङ्ग अत्यन्त कालो छ। कपाल गज्याङ्गुजुङ् भएकी चतुर्भुजा कालरात्री देवीको दायाँ तर्फका दुई हात वरमुद्रा र अभयमुद्रामा छन् भने वायाँतर्फका दुई हातमा खड्ग र फलामको काँडा छ।,त्रिनेत्रवाली माता दुर्गादेवीको सातौं स्वरूप कालरात्रीको वाहन गधा हो। गलामा बिजुलीको चमकजस्तो माला लगाएकी देवीको आवरण अत्यन्त सुन्दर छ। हेर्दा डरलाग्दो स्वरूप भए पनि माता दुर्गाको यो स्वरूप पूजा र आराधना गर्नका लागि उपयुक्त छ।,कुण्डलिनी साधनामा लागेका साधकहरूको मन सहस्रसार (सहस्रदल) चक्रमास्थित हुनुपर्दछ। कालरात्री माताको पूजा गर्ने भक्त वा साधकको सम्पूर्ण दुःख, कष्ट नाश हुन्छन् र अष्टसिद्धि प्राप्त हुन्छ। कुनै चीजबाट डर रहँदैन। यो जन्म र परजन्ममा पनि कुनै प्रकारको आपत्–विपत्को सामना गर्नुपर्दैन। शास्त्रीय विधानअनुसार नियम पालना गरी पवित्र भएर एकचित्तले कालरात्रीको भजन गर्ने व्यक्ति कहिल्यै पनि दुःख र दरिद्रतामा पर्दैन। कालरात्रीको ध्यान यसरी गर्न सकिन्छ:,
,
,
,नवरात्रको आठौं दिनमा दुर्गा भवानीको महागौरी स्वरूपको पूजाआराधना गरिन्छ। चार हात भएकी सेतो वस्त्र लगाएर वृषभमा चढेकी देवीजीको नवरात्रको अष्टमीका दिन विधिविधानअनुसार ध्यान, पूजन र साधना गर्ने गरिन्छ। माता दुर्गाको यो आठौं रूप हो। माता पार्वतीले यही स्वरूपमा भगवान् महादेवलाई पतिको रूपमा पाऊँ भनी तपस्या गर्नुभएको थियो। माताजीको यो स्वरूप अत्यन्त शान्त छ।,चार हात मध्ये दायाँतिरका दुई हात अभयमुद्रा र त्रिशूल लिएकी तथा वायाँतर्फका दुई हातमा क्रमशः डमरु र वरमुद्रा धारण गरेकी महागौरी मातालाई सतत नमन छ। कठिनतम तपस्या गर्नाले हड्डीमा छाला टाँसिनाले कालो भएको वर्ण र हेर्दा कुरूपजस्ती तर ललाटमा दिव्य तेजवती महागौरीलाई भगवान् शिवजीले जब आफ्नै स्पर्शले घोटी–घोटी गङ्गाजलले धोइदिनुभयो, त्यसपछि शिवजीको स्पर्शको प्रभावले अत्यन्त गौरवर्णा हुनुभयो।,गौरवर्ण भएकी माता दुर्गाको महागौरी नाम विख्यात हुनगयो। महागौरीको उपासना गर्नाले विशिष्ट अपरिवर्तनीय जीवनोपयोगी प्रभाव पर्दछ। जस्तै पाप गरेको व्यक्तिले पनि महागौरीको विधिविधानपूर्वक आराधना उपासना गर्दछ भने उसका पाप नष्ट भएर जान्छन्। पूर्वजन्मको सम्पूर्ण पाप पनि विनष्ट हुन्छ। जीवनमा आइपर्ने अनेकौं धर्म, अर्थ, काम, मोक्षसम्बन्धी सबै अवरोध हटेर जान्छन्।,सबै प्रकारका सफलता मानिसले पाउँछ। महागौरीको उपासना–आराधनाले सबै प्रकारका अष्टसिद्धि प्राप्त हुन्छन्। तन, मन, वचन र धनले एकचित्त भई नित्य शारदीय नवरात्रको अष्टमीमा पूजा गर्ने व्यक्तिको सफलताको कुनै सीमा नै हुँदैन। उपासनाकर्ताले आफूलाई सम्पूर्ण रूपमा महागौरीका चरणकमलमा समर्पण गर्नुपर्दछ। महागौरीको उपासनाले असत् अन्याय अत्याचारको मार्गबाट निवृत्त भई सत् न्याय, सदाचारको मार्गमा लाग्न प्रेरित गर्दछ। महागौरीको ध्यान यसरी गरिन्छ:,
,नवरात्रको नवौं दिन अर्थात् महानवमीमा भगानी दुर्गाको सिद्धिदात्री स्वरूपको आराधना गरिन्छ। महानवमीका दिनमा घटस्थापनादेखि दैनिक रूपमा गरिने शप्तसती वा देवीभागवतको पाठ पूर्ण हुन्छ। यसै दिन हवन पनि गरिन्छ। सिद्धिदात्री देवीका चार हात र सिंह वाहनले सबैलाई अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्राकाम्य, ईशित्व र वशित्व गरी आठ सिद्धि प्रदान गर्दछिन्।,सिद्धिदात्री देवीले चार हातमध्ये दायाँतर्फका दुई हातमा गदा र चक्र तथा वायाँतर्फका दुई हातमा शङ्ख र कमलपुष्प धारण गरी कमलपुष्पमा विराजमान हुनुभएको छ। सृष्टिक्रममा भगवान् शिवजीले पनि आफ्ना आराध्यदेवीका रूपमा सिद्धिदात्री देवी योगमायाको अनुकम्पाले ब्रह्मा, विष्णु र महेशको रूप धारण गरी जगत्को सृष्टि, पालन र लय गर्नुहुन्छ।,सिद्धिदात्री माताजीको अनुकम्पाले भगवान् शिवले आफ्नो स्वरूप नै अर्धनारीश्वर बनाउनुभयो। सिद्धिदात्रीको अनुकम्पा प्राप्त भए जगत्मा कुनै पनि अप्राप्य र दुर्लभ हुँदैन। सबै प्रकारका यश, कीर्ति, सुख, सुविधा प्राप्त भई जन्मान्तरमा दिव्यलोक प्राप्त हुन्छ।मर्त्यलोकमा रहेर अन्य द्युलोकको यात्रा गर्नसक्छ।आफ्नो मानसिक इच्छानुसार संसारमा भ्रमण गर्नसक्दछ। ब्रह्माण्डमा पूर्णरूपले विजय प्राप्त गर्दछ। माता सिद्धिदात्रीको ध्यान यसरी गरिन्छ:,
,कोजाग्रत पूर्णिमाको सायंकालमा दियो, कलश र गणेशको पूजा गरी ऐरावत हात्तीमा सवार भएका इन्द्र र महालक्ष्मीको पूजन गर्नुपर्दछ। यही दिन जागरण बसेर महालक्ष्मीलाई खुशी पार्ने प्रयत्न गर्नुपर्दछ। | वासुदेव शास्त्री |
नासाका वैज्ञानिकले एक वर्षमा अन्तरिक्षमा के-के खोज गरे र पृथ्वीमा फर्किए ? | अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)का अन्तरिक्ष यात्री , र ,ले , बिताएर ,का छन्। नासाका उनीहरु अनुसार रसियन अन्तरिक्षयात्रीसँग पृथ्वीमा फर्किएका हुन्।,इन्टरनेशनल स्पेश स्टेशनमा मोर्गनले २७२ दिन र मेइयरले २०५ दिन बिताउँदै ओर्बिटिङ ल्याब्रोटरीमा सयभन्दा बढी वैज्ञानिक परीक्षण गरेर फर्केका छन्। उनीहरु पृथ्वीमा आउनु पहिले स्पेश स्टेशनमा रहेका यस्ता कार्यकहरु गरेका थिए।,मोर्गनले सन् २०१९ जुलाइ २० मा इन्टरनेशनल स्पेश स्टेशनमा नासाले चन्द्रमामा पहिलो पटक पाइला राखेको ५० औँ वर्षगाँठको अवसरमा सोयुज एम एस १३ क्र्यू सीप र लुका परमिटानो युरोपिया स्पेश एजेन्सीमार्फत त्यसतर्फको यात्रा तय गरेका थिए।,स्पेश स्टेशनमा पुग्ने बित्तिकै मोर्गनले आफ्नो वैज्ञानिक परीक्षण सुरु गरिसकेका थिए। उनको पहिलो परीक्षण स्नायु प्रणालीले माइक्रोग्राभिटीमा कसरी बदल्छ भनेर थियो।,उनले त्यहाँ रहेर माइक्रोग्राभिटी, विभिन्न प्रकारको आन्दोलनको समयमा वस्तुलाई परिवर्तन गर्नेबेला अन्तरिक्ष यात्रीको क्षमतालाई कसरी बलियो बनाउनेबारे खोज गरे।,बायो फेब्रिकेशन अन्तर्गत नासाले अन्तरिक्षमा तौलविहीन वातावरण मानव अंगलाई भविष्यमा निर्माण गर्ने क्षमता राख्छ कि राख्दैन भनेर खोज गरिरहेको बेला मोर्गनले त्यहाँ रहेर मानव अंगको तन्तु बनाउने परीक्षण समेत गरे र उपकरण समेत जडान गर्न सफल भए। उनले त्यहाँ रहेर धेरै पटक यस्ता कामहरु गर्दै रहे।,मोर्गनले करीब एक दशकदेखि स्पेश स्टेशनमा उपग्रको बारेमा खोज गर्दै आएका थिए। उनले सो कामलाई पनि प्राथमिकताका साथ खोज, अनुसन्धान गरे। त्यहाँ उनले सानो तर स्वतन्त्र रुपमा हिडिरहने एक जोडी उपग्रहमाथि विशेष निगरानी राख्दै आएका छन्, जसलाई उनले स्फेयर्स अर्थात सिंक्रोनाइजड, पोजिशन होल्ड, इन्गेज, रिओरिएन्ट, एक्सपेरिमेन्टल स्याटालाइट भन्ने गरेका छन्।,माध्यमिक विद्यालयका विद्यार्थीहरुले यसको एल्गोरिदमको लागि प्रतिस्पर्धा गरेका थिए जुन स्टेशनले बास्केटबल आकारको उपग्रहलाई स्वायत्त तरिकाले नियन्त्रण गर्न सक्छ।,यस्तै मोर्गनले माइक्रो ग्राभिटी क्रिष्टलको समेत परीक्षण गरेका थिए एउटा भरिएको प्लाष्टिक झोलाभित्र। जसले ट्युमरको विकास तथा क्यान्सरका विरामीको अस्तित्वका लागि आधार तयार गर्दछ एक ठाउँमा क्रिस्टलाइज गरेर।,यस्तो परिणामले क्यान्सरको उपचारको विकासलाई थप सहयोग पुग्नुको साथै प्रोटिनलाई अधिक रुपमा बिना कुनै असर काम गर्न मद्दत गर्दछ। उनले माइक्रोसकोपभित्र यसलाई अवलोकन गर्न र फोटो खिच्न प्लाष्टिकको प्रोटिन क्रिष्टलहरुलाई नमुना लिएका थिए।,मोर्गनले नासाका अन्तरिक्ष यात्री क्रिस्टिना कोचसँग मिलेर जैविक अनुसन्धानलाई नमुनाको रुपमा विज्ञानको फ्रिजरमा राख्ने काम गरे।,उनीहरुले पृथ्वीमा विश्लेषण गर्नको लागि अनुसन्धानकर्ताहरुको लागि अन्तरिक्षमा उत्पादित केही वैज्ञानिक नमुनाहरुलाई क्रायोजेनिक आइएसएस प्रयोगशालामा परीक्षण गरेका थिए जसलाई चिसो बनाएर कसरी राख्न सकिन्छ।,अब अन्तरिक्ष स्टेशनले तीनजना पुगेको छ, जसमा मेइयर पनि सहभागी भएकी छिन्। ,सोयुज एमएस-१५ चालक दलका जहाजले कजाकिस्तानबाट प्रक्षेपणपछि अन्तरिक्षमा रोस्कामोस कोस्मोनोट ओलेग स्क्रिपोच तथा संयुक्त अरब इमिरेट्सका अन्तरिक्ष यात्री हज्जा अली अलमनसुरीसँगै मेइयर सन् २०१३मा नासाको अन्तरिक्ष यात्रीमा चौथो सदस्य बन्नेछिन्।, ,विश्वको दोस्रो सबैभन्दा ठूलो पर्वतीय ताल, किर्गिस्तानको मध्य एसियन देशमा अवस्थित इस्यक-कुल ताललाई अन्तरिक्ष स्टेशनबाट लिइएको यस तस्बिरमा हिउँले ढाकेका टियान शेन पर्वतहरूले घेरेको चित्रण गरिएको छ भने दक्षिणपूर्वी कजाखस्तानबाट २५२ माईलमाथि परिक्रमा गरेको थियो।,क्रूले पृथ्वीतिर अवलोकन गर्दा त्यहाँबाट ग्रहले समयसँगै कसरी परिवर्तन हुँदैछ भन्ने तथ्याङ्क संकलन गर्ने गर्दछ। यसका साथै उसले पृथ्वीमा रहेका मानव जातिका कारण यहाँ भएका परिवर्तनहरू जस्तै शहरीकरण, विकास र जंगलको विनाश आदि देख्न सकिन्छ। यस्तै पृथ्वीमा अवस्थित जलाशय निर्माण, प्राकृतिक गतिशील घटनाहरू जस्तै आँधी-तूफान, बाढी-पहिरो र ज्वालामुखी विस्फोटहरूको बारेमा सुक्ष्म रुपले अध्ययन गरिएको थियो।,स्पेस स्टेशन चालक दलको अर्को काम भनेको विज्ञान हार्डवेयर चलायमान राख्नु पनि हो। मेइयरले दहन प्रकिया अर्थात कम्बस्शन इन्टिग्रेटेड र्याक (सीआईआर) मा आफ्नो जिम्मेवारी पूरा गरिन्। त्यहाँ उनले एउटा सुविधा जहाँ दहन प्रयोगहरू माइक्रोग्राविटीमा प्रदर्शन गर्दै परीक्षण गरिन्।,सीआईआरले माइक्रोग्राविटी साइंस ग्लोभबक्स (एमएसजी) जस्ता सुविधाहरूको साथसाथै एक सुरक्षित र सुरक्षित वातावरण सिर्जना गर्दछ जसमा चालक दललाई जोखिममा नपारीकन आगोको अध्ययन गर्न सकिन्छ।,धेरै महिनासम्म जब मीर र मोर्गन अन्तरिक्षमा बसिरहेका थिए, उनीहरूले स्टेशनलाई बिभिन्न प्रकारको जीवित चीजहरूमा परीक्षण गरे र एकअर्कालाई सघाए। त्यहाँ उनीहरुले रायोको साग, तोरीको साग लगाएका अन्य अन्तरिक्ष यात्रीहरुका साथ।,उनीहरू सबैसाथीहरूसँग मिलेर पानी र बिरूवाहरूको हेरचाहलाई भेज-०४ बी प्रयोगको रूपमा अनुभव लिए। यसले के देखायो भने अन्तरिक्षमा रहेर पनि निरन्तर रुपमा ताजा खाद्य उत्पादन प्रणालीको आवश्यकतालाई पूरा गर्न सकिन्छ र पातको समेत प्रकाश शष्लेषण क्रिया गुणस्तर रुमा हुने अनि मलको प्रभाव समेत पर्ने देखिन्छ।,कोच, मेइयर र मोर्गनले अन्तरिक्षमा एकै ठाउँमा बसेर “विण्डो टू द वल्ड” अर्थात झ्यालबाट विश्व नियाल्ने काम गरे। जबकी रोबोटिक्सले आफ्नो कर्तव्य अनुसार आउने र अनुगमन गर्ने अनि नर्थ्रोप ग्रुम्मान साइग्नस स्पेस फ्रेटरको आगमनलाई क्यामेरामा कैद गर्ने गर्दछ।,फलस्वरुप: सिग्नसले कम्पनीको १२औं व्यावसायिक मिशनको स्टेशनमा नयाँ अनुसन्धान र आपूर्तिहरू स्टेशनमा पुर्याउन सफल रह्यो।,मोर्गनले परमिटानोसँग मिलेर अल्फा म्याग्नेटिक स्पेक्ट्रोमिटर (AMS-02) मर्मत गर्न चार चुनौतीपूर्ण स्पेसवाकहरूको श्रृंखला सफलतापूर्वक पूरा गरे।,एएमएसले विश्वका सयौं अनुसन्धानकर्ताहरुलाई डेटा प्रदान गरिरहेका छन् जसले ब्रह्माण्डले बनाएको पजललाई टुक्रा टुक्रा गर्न मद्दत पुर्याउन सक्छ र यो कसरी सुरु भयो।,मीर र मोर्गनले जापानी किबो प्रयोगशाला मोड्युल लाइफ साइन्सेज ग्लोभबक्स (LSG) भित्र अनुसन्धान अपरेसनमा सँगै काम गरे।,उनीहरू कृषक अनुसन्धान – १४ अनुसन्धानका लागि मुसाको अध्ययन गरिरहेका थिए जसले सूक्ष्म जीवत्वले कोष र अंगको स्तरमा शरीरमा कसरी प्रभाव पार्छ भनेर अवलोकन गर्दछ।,मेइयरले बोन डेन्सिटोमिटरलाई एक्स्प्रेसमा स्थापित गरे (स्पेस स्टेसनमा प्रयोगको बढी विस्तार) र्याक।,हड्डी डेन्सिटोमिटरको अनुसन्धान १९ले के निष्कर्ष निकाल्यो भने यसले प्रोटिनहरुले हड्डिहरुको सुक्ष्म अध्ययन गर्छ र अन्तरिक्षमा मांसपेशी र हड्डीलाई क्षति हुनबाट रोक्न सक्छ।,यहाँ रहँदा उनीहरुले मेडिकल जाँचलाई अन्तरिक्ष यात्रीहरूका लागि स्वस्थ रहन एकदमै महत्वपूर्ण ठाने र स्पेसफ्लाइट स्ट्याण्डर्डमाथुप्रै अनुसन्धानहरूको लागि तथ्याङक संकलन गरे।,मोर्गनले त्यहाँ रहँदा एक व्यायाम गरिसकेपछि अमेरिका डेस्टिनी प्रयोगशाला मोड्युलभित्र मेडिकल जाँचको लागि एक स्टेथोस्कोपसँग फ्लोट गरिरहेका छन्।,मोर्गन र मेइयर दुबैले फेब्रुअरीमा ओस्टेओमिक्स अध्ययनमा पुन: काम गरे।,उनीहरुको प्रयोगको लक्ष्य अन्तरिक्षमा हड्डीको कोषहरू पृथ्वीमा नमूनाहरूसँग तुलना गर्नु थियो जुन चुम्बकीय रूपमा हावामा बढ्छ बढ्दैन।,मेइयरले उन्नत कोलोइड्स प्रयोग-तापमान -4 (ACE-T-4) अध्ययनको लागि लाइट माइक्रोस्कोपी मोड्युल (LMM) अध्ययन समेत गर्छिन्।,एक क्रिस्टल प्रणालीमा विकारको नियन्त्रणलाई नियन्त्रण गर्ने हिसाब गिलास बनाउन सक्छ। एसीइ-टी-४ ले एउटा बढ्दो अस्वस्थताले यसको गुणलाई कसरी प्रभाव पार्छ भनेर निर्धारण गर्न एक अर्डर क्रिस्टललाई अव्यवस्थित गिलासमा सार्ने संक्रमणको परीक्षण गर्छिन्।,हाम्रो ग्रह पृथ्वीलाई फर्केर हेर्नु धेरै अन्तरिक्ष यात्रीहरूको मनपर्ने मनोरञ्जन हो। मोर्गनले पनि अन्तरिक्षमा रहेको समयमा पृथ्वीको धेरै फोटो खिचे। ,केहीलाई यस विन्डो अवलोकन अनुसन्धान सुविधा (डब्ल्यूओआरएफ) को बाहिर लगिएको थियो, जसले पृथ्वी विज्ञान रिमोट सेन्सिङग उपकरणहरू राख्न सक्दछ र पृथ्वी अवलोकन फोटो लिनका लागि उत्तम स्थान थियो।,मेइयरर र मोर्गनले एमभीपी सेल -०३ अनुसन्धान स्थापित गर्न मद्दत गरे जसले स्टेम सेलहरू मुटुमा पुन:कोषहरू उत्पन्न गर्न प्रेरित गर्दछ। ती कोषहरुालाई पृथ्वीमा बढेको कोषहरुको विश्लेषण र तुलना स्पेशमै बसेर गर्न सकिन्छ।,फलस्वरुप मुटु रोगीहरुका लागि यसले स्पेसफ्लाइट-प्रेरित कार्डियक उपचार गर्न मद्दत गर्दछ र द्रूत विकास र पृथ्वीमा लाग्ने औषधि उपचारको लागत कम गर्न योगदान पुर्याउँछ।,अन्तरिक्षमा लामो समयसम्म रहँदा रक्तकोषिकाहरु मोटो र कडा हुने हुन्छ।,साथै शरीरमा रक्त सञ्चार प्रक्रियामा केही कठिनाइ नहोस भनेर मेइयरले स्पेसफ्लाइटका प्रभावहरू राम्रोसँग बुझ्नको लागि आफ्नो रक्तकोषिकाहरूलाई निगरानीको लागि अल्ट्रासाउन्ड प्रयोग समेत गरिन् र यसले सफलता पनि दिलायो उनलाई।,र अन्तिम अनुसन्धानका दिन अर्थात अप्रिल ३ तारिख २०२०मा मेइयरले एक स्पेसएक्स ड्र्यागन रीसपली जहाजमा लोड गर्नुअघि विश्लेषणको लागि पृथ्वीमा फर्कनको लागि स्पेस स्टेशन साइन्स फ्रिजरमा जमेको अनुसन्धान नमूनाहरू भेला गर्छिन्।,यद्यपि मोर्गन र मेइयरको अनुसन्धानको कक्ष परिक्रमा प्रयोगशालामा अप्रिल १७ सम्ममा पृथ्वीमा फर्किएपछि मात्रै समाप्त हुन्छ, वैज्ञानिक अनुसन्धानमा उनीहरूको सहभागिता जारी रहन्छ किनकी वैज्ञानिकहरूले उनीहरूको शरीरको बृद्धिलाई महिनौं वा वर्षौंसम्म गुरुत्वाकर्षणमा फर्काउँछन् उनीहरूको अवतरण पछि।,अन्तरिक्ष स्टेशनमा रहँदाको वैज्ञानिक पनि पृथ्वीमा पनि जारी रहनेछ। किनकी पृथ्वीमा मानवलाई फाइदा पुर्याउने खोज र नयाँ सौर्य प्रणालीको अन्वेषण जारी रहेको यो नयाँ अनुसन्धानहरूले मानव जगतमा नयाँ अध्यायको लागि मार्ग प्रशसस्त गरिदिनेछ। | सञ्चार संवाददाता |
बलात्कारी जन्माउन को दोषी ? | एकपछि अर्को गर्दै बलात्कारका घटनामा भएको अनियन्त्रित वृद्धिले आम सुरक्षासँगै मुलुकको नकारात्मक छवि सर्वत्र स्थापित हुन पुगेको छ। कलिला बालिकादेखि वृद्धा र मानसिकरुपमा असक्तताबाट पीडितहरु समेत बलात्कारको सिकार हुने गरेको तथ्यले सञ्चार र सामाजिक सञ्जालमा व्यापक बहस निम्ताएको छ।,तर जनप्रतिनिधि थलो संसदमा त्यसमाथि गम्भिर बहस अझै हुन सकेको छैन। प्रतिदिन सरदर तीन बलात्कार हुने गरेको मुलुकमा विगत चार वर्षमा ४ हजार ४ सय ४५ बलात्कारका घटनाहरु प्रहरी समक्षदर्ता भएका छन्।,बलात्कारपछि जीवन समेत गुमेका दानवीय घटना समेत अव सामान्य जस्तो लाग्न थालेका छन्। बलात्कारका घटनापछाडिको मनोविज्ञान, राज्यको उदासीनता र आम नागरिकमा देखा परेको आक्रोशको चेपमा मुलुक परेकाे छ । आखिर बलत्कारी जन्माउनु काे दोषी?,बलात्कारको सोच कसरी र कहिले कुनै व्यक्तिमा ? त्यो सोचको विजारोपण कतिपयको घरबाटै सुरु हुन्छ। अनि सामाजिक परिवेश अनि विद्यालय र क्याम्पसको वातावरण बलात्कारको मानसिकता हुर्काउन सहायक बनिदिन्छ।,गरिब र अशिक्षित मात्र होइन शिक्षित परिवारमा समेत हुर्कदै गर्दा छोरीका लागि दैलोमा काँडेबार लागिरहन्छ र छोरालाई बरालिने प्रशस्त छुट प्राप्त हुन्छ। निर्वाध बाहिरिने छोराको दैनिकी कसरी बित्दै छ र उसको संगत कति कस्तो छ भन्ने प्रश्न कमै अभिभावकले गर्छन्।,बाध्यता वा बेवास्ताले हुर्केका या कलिला छोरोछारीकै अघिल्तिर बुवाले अत्याधिक रक्सी पिएर आमासँग झगडा गर्ने, अश्लिल शब्द प्रयोग गरी कुटपिट गर्छन् । छाप कस्तो पर्ला ती,मनोविद् जमुना संग्रौलाको अनुभवमा अभिभावकबाट सबैखाले छुट मिल्यो भने छोराहरुमा बाल्यकालदेखि नै छोरीलाई कुनै न कुनै तरिकाबाट आक्रमण गर्ने बानी विकास हुन्छ। त्यही बानीको नियन्त्रण नहुँदा विषम परिस्थितिमा बलात्कारीको रुप धारणा गर्छन्।,किशोर वयमा प्रवेश गर्दै गरेकी छोरीकालागि छोटो कपडा नलगाउने, नक्कल नपार्ने, एक्लै नहिँड्ने, शिर झुकाउने, खित्का छोडेर नहाँस्ने, अपरिचितसँग नबोल्ने र चाडै घर आउने जस्ता नियमका साङ्ला बनाउने अभिभावकले छोराबाट केटीको सम्मान गर्ने, अनुशासित बन्ने र सज्जनसँग मात्रै संगतगर्ने जस्ता प्रतिवद्धता खोज्न भ्याउँदैन।,छोरालाई प्रश्न गर्दा उसको पुरुषोत्व गुम्ने ठान्छन् कतिपय अभिभावक। परिणाममा छोराहरुमा लुकीलुकी छोरीहरुलाई ढुंगा हान्ने, बाटो छेकेर जिस्काउने जस्ता गलत चरित्रको विकास हुन्छ। समाजशास्त्री मिना उप्रेती समाजले छोरालाई मात्रै प्राथमिकतामा राख्ने र उसले नराम्रो काम ग¥यो भने पनि ढाकछोप गर्ने अभिभावको गल्तीले बलात्कार जस्तो घटना समेत हुने गरेको बताउँछिन्।,पुलपुल्याएका र उचित तथा अनुचित व्यवहारले नसिकाइएका छोराहरुले घरमा जस्तै समाजकाबाट पनि ढाकछोपको अपेक्षा गर्छन आफ्ना गल्तीहरुमा।,छोरा बलियो हुनुपर्छ । छोरी जस्तो भएर हुन्न कतिपय परिवार। ‘जन्मेदेखि नै छोराको मर्दपन प्रस्तुतहोस भन्ने चाहन्छन् । छोरीले कमजोरको संज्ञा पाउँछन्। छोरीलाई छोरा जस्तो बनाउनु पर्छ भन्ने भावना कमैमा छ ’, उप्रेती भन्छिन्।,उप्रेतीका अनुसार छोरीलाई छोरा जस्तै बन्न सिकाए संभवत बलात्कार जस्ता घटनाको सिकार हुनु पर्दैनथ्यो छोरीहरु। राम्रा उदाहरण पनि छन् हाम्रो समाजमा जसले छोरीलाई छोरा सरह हुर्काए, अब्बल बनाए । प्रसिद्ध आख्यानकार गीता केशरीले सुरक्षाका लागि आत्मविश्वास बढाउन आफ्ना तीन छोरीलाई बाल्यकालमै तेकन्दो सिकाइन्।,समानताबारे पछिल्लो समय चेतनाको विकास हुँदै गर्दा आर्र्थिक अवस्था बलियो हुने परिवारमा शिक्षा र स्वास्थ्यमा छोराछोरीबीच भेदभाव छोटिदो छ। तर छोरीलाई आइलाग्ने कुनै पनि किसिमको आक्रमणको प्रतिकार गर्न सिकाउन सकेका छैनन् उनीहरुले पनि।,किशोरीहरुमा उमेर बढ्दै गएपछि उनीहरुको आफ्नो जनेन्द्रियसहितका अंगको संवदनशिलताबारे बुझ्ने कमै मौका पाउँछन्। धेरैले बाल्यकालमा ती अंगमा कसैले स्पर्स गर्यो भने के गर्ने बारेमा उनीहरुलाई सिकाइएको हुँदैन । साथै किशोरीहरुलाई विद्यालयमा पनि आफूमाथि आक्रमण हुँदा डिफेन्स कसरी गर्ने भन्नेबारेमा पनि कुनै प्रशिक्षण दिइएको हुँदैन/ गराउँदैन।,नेपाल ल क्याम्सकी सहायक डिन, प्राध्यापक एवं अधिवक्ता डा. शशी कुमार्य अधिकारी रावत भन्छिन्’, निजी अंगबारे समयमै जानकारी नपाउँदा बालिका यौन शोषण र बलात्कारको सिकार हुने गरेका छन्। ढिलोगरी थाहा पाउँदा पीडक उम्कने मौका मिल्छ।,समाज परिवर्तनका लागि अनेक विषय पढाई हुने विद्यालयमा विगत केही वर्षदेखि नैतिक शिक्षा हटाइएको छ। पछिल्लो समयम विकास गरिएका ‘मोरल साइन्स’ र नागरिक शिक्षा बालबालिकाका लागि त्यति प्रभावकारी बन्न सकेका छैनन्।,केटीको कपाल तान्ने, कापीमा जथाभावी लेख्ने, कुनामा बसेर कागजको डल्ला बनाएर हान्ने, हल्ला गर्ने, कुरा काट्ने वाव्यं गर्ने छात्रहरुको व्यवहार उचित नभए पनि निरुत्साहितमा दण्डित गर्ने संयन्त्रको अभाव छ।,अर्कोतिर पटकपटक कुटाई मात्रै खाने केटाहरु झनै हिंस्रक बन्ने गरेका छन्। उनीहरुका लागि अति आवश्यक यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी विषय पढाउँदा झारा टार्ने प्रवृति शिक्षकमा व्याप्त छ।,नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की केन्द्रीय सदस्य एवं सांसद विन्दा पाण्डे बलात्कारका घटना कम गर्न उचित पाठ्यक्रमको विकास गरी अनिवार्य अध्ययन÷अध्यायपन गराउनु पर्ने धारणा राख्छिन्।,त्यही उद्देश्यका साथ संसदमा संकल्प प्रस्ताव दर्ता गरेकी छन्। बालत्कार रोक्न छोराछोरीलाई सानैबाट सचेत गराउन पाठ्यक्रमको विकास गर्नुपर्छ’, पाण्डे भन्छिन्।,बलात्कारको सिकारमा प्रायः गरी सामाजिक–आर्थिकरुपमा केही कमजोर देखिएका महिला, किशोरी, बालिका, वृद्धा र सुस्तमनस्थितिका समेत पर्ने गरेका छन् । यसले यो देखाउँछ कि, दुष्कर्म गर्न चाहने यस्तैलाई बढी निशाना बनाउने गरेका छन् ।,
त्यसैले उनीहरुको रेखदेखमा अभिभावक या आफन्त थप सक्रिय हुनुपर्छ। साउनमा १० वर्षमुनिका ६ जना बालिका बलात्कारको सिकार भए।,कञ्चनपुर भीमदत्त नगरपालिका २ की एक १३ वर्षीया र काभ्रे तेमाल गाउँपालिकाकी ९ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरियो । त्यस्तै कञ्चनपुर भीमदत्त नगरपालिका १० मा ५ वर्षिया, पुनर्वास नगरपालिका ३ मा ९ वर्षीया र झापा अर्जुनधारा नगरपालिका २ मा चार वर्षिया बालिका समेत बलात्कारको सिकार भए ।,तेह्थुम आठराई गाउँपालिकाकी ९ वर्षीया र अछामको साँफेबगर नगरपालिका ११ की ८ वर्षीय बालिका बलात्कृत भइन्। गत साता मात्रै राजधानीको जोरपाटीकी सुस्त मनस्थितिकी १४ वर्षीया बालिका बलात्कृत भइन्।,किशोरवस्थामा यौन कौतुहलता बढ्नु स्वभाविक हो । तर त्यसबारे अभिभावक वा शिक्षकसँग खुलेर छलफल गर्ने परिपार्टी अझै बनेको छैन व्यवहारमा । निषेधले कौतुहलता बढाउँछ । यौनलाई गोप्य या रहस्यमय बनाइन्छ ।,‘सेक्स’ भनेको के हो भन्ने प्रश्ने छोराले सोधे भने धेरैजसो आमालाई रिस उठ्छ’, यस्तो नचाहिँदो कुरा किन चाहियो तँलाई? विद्यालयको वातावरण पनि त्यति नै हतोत्साहितपूर्ण हुन्छ । सर, प्रजनन् भनेको के हो ? विद्यार्थीबाट कहिले काँही यस्तो प्रश्न आयो भने शिक्षकले टार्छन्’, पछि बुझाउँला। त्यति मात्र कहाँ होर ? प्रश्न सोध्ने विद्यार्थी हासोको पात्र बन्छ कक्षाकोठामै।,विद्यालयसँगै कलेजमा पनि यौन जिज्ञासाबारे प्रष्ट हुने मौका मिल्दैन उनीहरुलाई । साथीबाट जिज्ञासा मेटाउन खोज्नेहरुबारे पनि धेरैको गलत बुझाइ छ।,त्यस्तै कौतुहलता मेटाउन खोज्दा १५ वर्षका ठिटो समेत बलात्कारी बनेका छन्। समाजशास्त्री उप्रेती बलात्कार कम गर्न यौन बहसलाई उदार बनाउनु पर्नेमा जोड दिन्छिन् । ‘ १२/१३ वर्ष उमेरदेखिनै यौन कौतुहलता जाग्छ । तर त्यसबारे उचित जवाफ उनीहरु पाउँदैन हाम्रो समाजको संकीर्ण सोचका कारण । विवाहअघि यौनसम्पर्क बर्जित हुँदा त्यसले बलात्कारका लागि प्रेरित गर्छ कतिपयलाई’, उप्रेति भन्छिन्।,महानगरीय प्रहरी परिसर ललितपुरको आर्थिक वर्ष २०७४/७५ को तथ्यांकले १६ देखि १८ वर्षका ६ जना, १८ देखि २० वर्षका ५ जना, २० देखि ३० वर्षका चार जना युवा बलात्कारको आरोपमा पक्राउ परे। शिक्षाविद् विद्यानाथ कोइराला यौन शिक्षा वा प्रजनन् स्वास्थ्यबारे छलफल गर्न हुन्न भन्ने मान्यताले खासगरी केटाहरुमा विकृतिको भाव पैदा हुने बताउँछन् ।,‘परिवार र विद्यालयले यौन लगायत स्वास्थ्यका मामिलामा जति अन्तरक्रिया गर्छन् त्यति नै बालबालिका गलत गर्नबाट जोगिन्छन्’, कोइराला भन्छन्। छलफलको निषेधले कतपियको मस्तिष्कमा यौनसम्बन्धी डर लाग्दो कुण्ठा भरिने उनको भनाई छ।,यौनसम्बन्धि कौतुहलता मेटाउन इन्टरनेट तथा सोसल मिडियामा पोर्न साइट(अश्लिल सामग्री ) हेर्नेको संख्या उल्लेख्य रुपमा बढेको प्रहरी अनुसन्धानले देखाएको छ।,चलचित्रल लगायत श्रव्यदृश्य सामग्रीमा बलात्कारका दृश्यहरु अनिवार्य जस्तै ठानिन्छ। ‘हिरो इमेज’ बनाउन कतिपयले ती परिदृश्य नक्कल गर्ने कोशिस पनि गर्छन्।,चलचित्रमा महिलालाई बलात्कार गरेको दृश्य देखाइँदा हलमा सिट्टी फुक्ने र तालि बजाउनेहरु धेरै भेटिन्छन अहिले पनि। पूर्व प्रहरी नायव महानिरीक्षक हेमन्त मल्ल भन्छन्’, पोर्न साइटबाट युवा विकृति बढेको तर यसको नियन्त्रणमा सरकारको ध्यान गएको छैन।’ अन्य मुलुकमा त्यसको नियन्त्रणमा सरकार लागि परेका छन्।,मल्ल अन्य मुलुकमा ‘डिप प्याकेट इस्पेक्सन टुल’को माध्यमबाट सोसल मिडिया नियन्त्रणमा राखेको बताउँछन्। अश्लिल सामग्री निरन्तर हेर्दा यौनकुण्ठा विकसित भई कतिपयले यौन प्यास मेटाउने साधनका रुपमा मात्र महिलालाई लिन थाल्छन् ।,परिणामस्वरुप बलात्कारका घटना बढेका छन्। गत वर्ष राजधानीमै एक युवाको समूहले छिमेकीको घरमा काम गर्ने १८ वर्षीया युवतीको धापासीमा बन्दै गरेको एउटा घरमा अश्लिल भिडियो हेर्दै बलात्कार गरे । त्यो समूहको ‘एजगु्रप’ १५, र २२ वर्षबीचको थियो।,यस्तो अपरोधमा युवासँगै बृद्धहरु समेत संलग्न हुन थालेका छन्। केही अघि काठमाडौँ प्रहरी परिसरमा एक बालिकाका अभिभावकले दर्ता गरेको बलात्कार सम्बन्धी उजुरीको अनुसन्धानका क्रममा एक सन्यासीले आफ्नो मन्दिरको गोप्य कोठामा नियमित अश्लिल भिडियो हेर्ने र बालिकाहरुलाई फकाएर यौन शोषण गर्ने घरेको खुल्यो ।,गरिब, आर्थिक अवस्था कमजोर हुनेले मात्रै धनाड्यहरु र शिक्षित पनि यस्तो अपराधनमा संलग्न हुने गरेका छन्। अधिवक्ता रावतका अनुसार धनी वर्गका पुरुषहरुले धनको आडमा गरिब परिवारकी केटीलाई जागिरको प्रलोभनमा पारेर बलात्कार गर्ने गरेका छन्।,केही अघि सिन्धुलीकी एक किशोरीलाई भारतमा जागिर खोजिदिएको भन्दै सर्लाही पुर्याएर त्यहाँका एक होटल सञ्चालकले बलत्कार गरेका थिए। त्यस्तै यही जेठ २९ गते स्याङ्जाका एक शिक्षकलाई आफ्नै विद्यालमा कक्षा ७ की १४ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।,रक्सी खाएका बेला पटकपटक आफ्नी १३ वर्षीया नातिनीलाई बलात्कार गरेपछि कैलाली टीकापुरका ७२ वर्षीय एक वृद्ध ११ वर्षका लागि जेल पुगे।,नातिनीलाई गर्भवती समेत बनाएका चौधरीले रक्सी खाएका बेला जबर्जस्ती उनीसँग यौन सम्पर्क गरेको बयान दिएका थिए। पूर्व प्रहरी नायव महानिरीक्षक मल्ल भन्छन्,’ रक्सी पिएपछि दबिएको यौन चाहान प्रकट हुने संभावना रहन्छ । त्यसैले कतिपय बलात्कार गर्न पुग्छन्।,‘मेल इगो’ले केटीबाट कुनै पनि किसिमको ‘अस्वीकृति’ स्वीकार्देन। त्यसकोपरिणाममा बलात्कार या चरित्र हत्यासम्म पुग्न सक्छ। आफ्नो प्रेम प्रस्ताव केटीले अस्वीकार गरेमा आफ्नो पुरुषोत्व (म्यानहुट) लाई लल्कार गरेको ठान्छन् कतिपय पुरुष।,आफूसँग विवाह गर्न या ‘गर्ल फ्रेण्ड’ बन्न नमानेमा केटीलाई जुक्काएर, फकाएर या जर्वजस्ती यौन प्यास मेटाउन खोज्छन् । प्राध्यापक शिशिर सुब्बा बदला लिने उद्देश्ले पनि कतिपय बलात्कारका घटना भएको बताउँछन्।,जातीय भेदभावले पनि बलात्कार बढाएको उनको भनाई छ। त्यस्तै भारत र नेपालकै पनि तराई भेगका कतिपय स्थानमा बदला लिन सामूहिक बलात्कार भएका घटना सार्वजनिक भएका छन्। कसैले आफ्नी बहिनी बलात्कार ग¥यो भने उसको बहिनीलाई पनि बलात्कार गर्ने घटना समेत भएका छन्। कानुन कार्यान्वय राज्यबाट नहुँदाको परिणीति हो यो।,प्राकृतिक प्रकोप, युद्ध या अन्य कारणले घरबारबिहीन भएका छोरीहरु बढी असुरक्षित मानिन्छन्। आपत विपद्का बेला सहयोगको नाममा झुक्काएर बलात्कार गरेका घटना पनि छन्। माओवादीको १० वर्षीय सशस्त्र युद्ध र २०७२ सालको भूकम्पपछिको अवस्थामा धेरै महिला बलात्कारमा परेका छन्। ‘मुलुक संकटमा परेका बेला छोरीहरु असुरक्षित हुने गर्छन्’, मल्ल भन्छन्’, त्यो बेला बलात्कारका घटनामा पनि वृद्धि हुन्छ।,कानुनले माफी दिन नसक्ने घटना मानेपनि सरकारले अनुसन्धान र पीडितलाई न्यायँ र क्षतिपूर्ति दिन सकेको छैन। जनप्रतिनिधि थलो समेत बलात्कारको विषयमा गम्भीर बन्न सकेको छैन। बरु सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद शशी श्रेष्ठले बलात्कारका घटना सरकारलाई फेल गराउने खेल त हैन? भन्ने प्रश्न गरेर पीडितहरुको घाउमा नुन चुक लगाएकी छन्।,बलात्कारका घटनामा प्रहरी अनुसन्धान निकै फितलो छ। प्रहरी अनुसन्धान तथ्यांकमा घनाबारे समेत एकरुपता छैन। पूर्व प्रहरी नायव महानिरीक्षक मल्ल विशेषज्ञताको अभावमा प्रहरीको अनुसन्धान फितलो हुने गरेको स्वीकार्छन्।,‘अनुसन्धान राम्ररी नबुझ्ने प्रहरी अनुसन्धानमा संलग्न हुनासाथ त्यसको ट्याक अन्यत्र मोडिने खतरा रहन्छ। त्यसैले सम्बन्धी विषय बुझेको प्रहरीलाई घटनास्थलमा पठाउनुपर्छ तर त्यसो गर्न हाम्रो सरकार सक्षम छैन’, उनी भन्छन्।,बलात्कारको प्रमाण जुटेपनि त्यसको जाँचमा लापरवाही हुने गरेको मल्लको भनाई छ। डर या प्रलोभनमा परेर पनि कतिपय पीडितले बीचमै बयान परिवर्तन गर्छन् । त्यसले प्रहरीको अनुसन्धानलाई नै प्रभाव पार्छ। प्रहरी आफै पनि प्रलोभनमा पर्ने गरेको तथ्य छन्।,प्रहरी तथा अनुसन्धान र मुद्धा चलाउने निकाय (प्रोजिक्युसन) दुवै सरकारी या राजनीतिक नियन्त्रणमा रहेकोले पनि अधिकांश मुद्धाहरु राजनीतिक दवावबाट प्रभावित हुने गरेका छन्।,भनिन्छ, ढिलो न्याय पाउनु न्याय नपाउनु सरह हो। लामो र मंहगो न्याय प्रणालीका कारण बलात्कारका कतिपय मुद्दा प्रहरी र अदालतमा दर्ता नै हुँदैनन्। कतिपय सामाजिक मान्यतानका कारण हतोत्साहित हुन्छन्। त्यस्तै न्यायँ प्रणाली मंहगो र लामो हुँदा पीडितहरुको पीडा चुलिन जान्छ।,अधिवक्ता रावत न्याय प्रक्रिया अति लामो हुँदा पीडित झनै पीडित हुने गरेको बताउँछिन्। न्याय प्रणाली अति मंहगो समेत हुँदैछ। धेरै पैसा हुनेहरुले राम्रा वकिल ‘हायर’ गरेर आफू अनकुल फैसला गराउने प्रवृति बढेको छ। बलात्कारको अभियोगमा प्रायः गरिब मात्रै जेल जाने गरेको रावतको भनाई छ। ‘जुनसुकै अदालतमा पनि कार्यबोज देखाएर बलात्कारको मुद्धालाई धकेलिन्छ’, अधिवक्ता रावत भन्छिन्।,केही समयअघि ललितपुरमा आफ्नी सौतेनी छोरीलाई बलात्कार गरेका एक व्यक्ति जेल गए। तर मुद्दाको टुंगो वर्षौसम्म लागेन । अदालत धाउँदा भोकै बस्नु पर्ने बाध्यता पीडित पक्षलाई आयो र एक दिन आमाले भनिन्’, बरु मुद्दा नहालेर मरेको भए हुन्थ्यो। कम्तिमा छोरीहरुलाई भोकै राखेर पाप गर्नु त पर्थेन।,त्यसको केही समय अघि राजधानीमै उच्चवर्गका युवाका समूहले साथीहरु समेत लगाई आफ्नै काकाकी १८ वर्षीया छोरीलाई बलात्कार गरे। कोकाकोलामा नसालु पदार्थ मिसाई खुवाए। तर ती युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिन वर्षौँ लाग्यो ।,बैतडीकी एक युवतीले बलात्कार भएको सात वर्षसम्म पनि न्याय पाएकी छैनन्। उनलाई पनि नसालु पदार्थ खुवाएर दुईजनाले बलात्कार गरेका थिए । जिल्ला अदालतले पीडकलाई जेल सजायको फैसाल सुनायो तर पुनराबेदन अदालतले उल्ट्यायो । हाल यो मुद्धा सर्वोच्च दालतमा विचाराधिन छ तर २१ पटक पेसी चढिसक्यो ।,बलात्कारलाई घरपरिवारले सकेसम्म लुकाउने प्रयास गर्छन्। समाजले बलात्कारमा परेकी महिलालाई स्वीकार्दैन। पीडकबाट अनेक किसिमका डर धम्की आउँदा पनि पीडित प्रहरी वा अदालत पुग्न सक्दैनन्। | दिपा दाहाल |
‘फादर इज बीहाइण्ड मी’ भन्दै डा. उपेन्द्रले जब सपनामै शल्यक्रिया गर्छन्.. | भनिन्छ, अमर सम्बन्ध देहको अवशानमा समाप्त हुँदैन। यो प्रेमिल जोडीका लागि मात्रै हैन, अरु सम्बन्धमा पनि त्यतिकै सान्दर्भिक हुन्छ। प्रख्यात न्यूरो सर्जन एवं प्रध्यापक डा. दिनेशनाथ गोङ्गल र उनी भन्दा २२ वर्षीय कान्छा स्वर्गीय डा. उपेन्द्र देवकोटाबीचको सम्बन्धलाई यसरी नै हेर्न सकिन्छ। बितेका ४५ दिनमा दिनेशनाथ कहिले छटपटिए, आँसु बगाए, कहिले निन्द्रामै ब्यूतिएँ त कहिले हाँसे।,असार ४ गते, उपेन्द्रको पित्तनलीको क्यान्सरबाट निधन भएको दिन भावविह्वल देखिन्थे दिनेशनाथ। लगातार अर्थात घण्टौं उनी उपेन्द्रको पार्थिव शरीर नजिक रहिरहे। अहिले पनि उपेन्द्रको नाम लिनासाथ बोल्दाबोल्दै उनी रोकिन्छन्।,उप्रेन्द्र उनको मानसपलबाट बाहिर निस्कन सकेका छैनन्। उपेन्द्रले आफ्नो अन्तिम अन्तिवार्ता लिने क्रममा देशसञ्चारलाई भनेका थिए, ‘राम्रो गुरुले शिष्यलाई कहिल्यै छोड्दैन।’ दिनेशनाथलाई उपेन्द्र देवकोटा त्यस्तै गुरु ठान्थे।,यी दुई बीचको सम्बन्ध प्रगाढ हुनुमा धेरै कारणहरु छन्। साझा सपनाले उनीहरुलाई बाँधेको थियो। नेपालमा स्वास्थ्य सेवा र शिक्षा गुणस्तरीय बनाउने र त्यसको विस्तार गर्ने दिनेशनाथको आधा शताब्दी पूर्वको सपना साकार पार्ने अभियानमा उपेन्द्र जोडिए सन् १९७८तिर।,भिडियो हेर्नुहोस्:,उनीहरुको लामो यात्रा र सहकार्यमा उपेन्द्रको निधनले ‘ब्रेक’ लगायो। तर उपेन्द्रको अनुपस्थितिमा पनि दिनेशनाथको सक्रियता घटेको छैन। ८६ वर्षीय दिनेशनाथका आँखा आजभोलि पनि सबेरै खुल्छन् र विहानको ९ बज्दै गर्दा बाँसबारीस्थित न्यूरो अस्पतालको रुपमा परिचित उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्यूट अफ न्यूरोलोजिकल एण्ड एलाइट साइन्समा झुल्किन्छन् उनी। त्यसको जग उनैले हालेका थिए १२ वर्ष अघि।,अनौठो माया र अपत्यारिलो सक्रियता छ दिनेशनाथको अहिले पनि त्यो संस्थाप्रति उपेन्द्रको जस्तै। उपेन्द्र दिनेशनाथको सोचाइ र चाहनामा मात्रै हैन सपनामा पनि घरिघरि हाँस्दै आइदिन्छन्। ‘फादर इज विहाइन्ड मी’ अर्थात बुवा मेरो पछाडि हुनुहुन्छ भन्ने कुरा दोहोर्याइरहन्छन्। उपेन्द्रका लागि ‘फादर’ उनै दिनेशनाथ बने अनुभव, ज्ञान र मार्ग निर्देशन बाँड्दाबाँड्दै। सपना पनि उपेन्द्रले शल्यक्रिया गरिरहेको देख्छन् दिनेशनाथ।,‘उहाँलाई कहिल्यै पनि बिर्सन सक्दिन। जता गए पनि याद आउँछ। सपनामा पनि उहाँ आइदिनुहुन्छ, बल्ल थाहा पाउँदै छु हाम्रो कति प्रगाढ सम्बन्ध रहेछ भन्ने’, दिनेशनाथले आफ्नो मन खोले। सायद, कडा मेहनेत, कामप्रतिको लगाब र सेवा भावले बेलायत, हङकङ र दक्षिण एसियामै प्रसिद्धि कमाएका न्यूरो सर्जन डा. उपेन्द्रको गुरु बन्नुको अर्थ र महत्व दिनेशनाथले बुझेका छन्।,उपेन्द्रको श्रद्धाञ्जलीमा कयौं भक्कानिँदै बाहिरिए तर दिनेशनाथ उपेन्द्रको पार्थिव शरीरसँगै बसिरहे मौनताकासाथ। उनको दिमागमा सम्भवतः उपेन्द्रले छोडेको थप जिम्मेवारी र त्यसलाई निर्वाह गर्नु पर्ने भूमिकाकै चिन्ता बढी थियो।,बाँसबारी पुग्नासाथ दिनेशनाथ र उपेन्द्रको पहिलो प्रहर बिरामी र संस्थाको विकासबारे छलफलमा बित्थ्यो। त्यसअनुसार कर्मचारीलाई निर्देशन दिन ढिलो गर्थेनन् उपेन्द्रले। फुर्सदमा राजनीतिका गफ पनि निकै हुन्थे उनीहरुबीच, ठट्यौली पनि चल्थ्यो। यी सबै मिठा पल बनेर मन मष्तिष्कमा बसेका छन् दिनेशनाथको। उप्रेन्द्रले दिनेशनाथलाई व्यवसायमा मात्र होइन, मन्त्री बन्दा पनि सोधेका थिए, ‘के गर्नुपर्छ मैले’ भनेर।,दिनेशनाथले थपे, ‘भेट हुनासाथ सबैभन्दा पहिले हामी बिरामीको अवस्था, उनीहरुले पाइरहेको सेवा र संस्थाको विकास कसरी गर्ने भन्नेमा केन्द्रित हुन्थ्यौं। फुर्सदमा राजनीतिक गफ पनि निकै हुन्थ्यो। अहिले सबै शून्य भएको छ।’,दिनेशनाथलाई उपेन्द्रको यादले उर्जा मात्र दिन्छ। अनि आराम गर्नुपर्ने बेला पनि उनी धूवाँधूलो छिचोल्दै त्रिपुरेश्वरदेखि बाँसबारीको यात्रा गर्छन् दैनिक। ‘उपेन्द्र जस्तै चिकित्सक जन्मिन गाह्रो छ। उहाँले सुरु गरेको कामलाई निरन्तरता दिनुछ। उहाँ नहुँदा जुन किसिमको ‘भ्याकूम’ सिर्जना भएको छ त्यो हाम्रा लागि अपूरणीय क्षति हो । तर पनि त्यो ‘भ्याकूम’लाई फिल अप गर्नु छ’, दिनेशनाथले दृढता देखाए।,‘यु आर माई फादर’ उपेन्द्र दिनेशनाथलाई भन्ने गर्थे। दिनेशनाथले पनि उपेन्द्रलाई उत्कृष्ट चिकित्सक त्यतिकै मानेका होइनन्। उपेन्द्रसँग झण्डै ३५ वर्षको सहकार्यको अनुभव छ दिनेशनाथसँग।,सन् १९७८ मा वीर अस्पतालको सर्जरी विभागको प्रमुख रहँदा भर्खरै भारतको आसामबाट एमबीबीएस सकेर फर्किएका उपेन्द्रसँग पहिलो पटक जोडिएका थिए। त्यसको पाँच वर्षपछि अर्थात सन् १९८३ मा दिनेशनाथकै पहलमा उपेन्द्र उच्च अध्ययनका लागि बेलायत गएका थिए।,‘उहाँ मलाई असाध्यै उत्कृष्ट चिकित्सक लाग्छ। जब हामीसँगै वीर अस्पतालमा काम गर्न थाल्यौं सुरुमै चिने उहाँले राम्रो काम गर्न सक्नु हुन्छ। बेलायत पठाएपछि झनै दक्ष भएर आउनु भयो र त्यो दक्षता जन हितकै लागि प्रयोग गर्नु भयो’, दिनेशनाथले उपेन्द्रलाई सम्झिए।सुरुवाती दिनमा उपेन्द्रसँगै काम गर्दाका निकै मिठा पल छन् दिनेशनाथसँग। आफ्नो कामप्रति निकै उत्साहित हुन्थे उपेन्द्र। जेहेन्दार पनि उत्तिकै। आफ्नो विधामा भरपुर ज्ञान र सीप राख्न खोज्ने। उपेन्द्रको ‘हेण्डराइटिङ’ बाट उनी निकै प्रभावित बनेका थिए।,दिनेशनाथलाई राम्रो ‘हेण्डराइटिङ’ले मानिस मेहनेती हुन्छ भन्ने लाग्छ। बिरामीको रोगबारे पूर्णरुपमा ‘हिस्ट्री’ लिन्थे उपेन्द्र। त्यसबाट ५० प्रतिशत न्यूरोसम्बन्धी रोग हो भन्ने अनुमान गर्थे उनीहरु। उपचारका क्रममा बिरामीसँग ‘डिल’ गर्ने शैली पनि उपेन्द्रको उत्कृष्ट थियो। त्यसैले दिनेशनाथ भन्छन्, ‘अरुले पनि राम्रो काम गर्नु भयो तर उपेन्द्रले सबै काम उत्कृष्ट गर्नु भयो। उहाँका सबै कुराबाट प्रभावित हुन्थे । सायद म पनि त्यसैगरी काम गरेको थिएँ।’,जटिल कामसँग कहिल्यै नभागेका उपेन्द्रले गर्ने कामबाट सबै प्रभावित बन्थे। कतिपय चिकित्सक अफ्ठ्यारा शल्यक्रियामा हात हाल्न डराउँथे। त्यो बेला उपेन्द्र एक्लै तम्सिन्थे र सफल पनि हुन्थे। तयारीमा खुब अध्ययन गर्थे। त्यसैकारण नै उनलाई न्युरो सर्जरीको तालिमका लागि विदेश पठाउन सहज भयो दिनेशनाथलाई। उपेन्द्रले विदेशमा आर्जन गरेको ज्ञान बोकेर आएकै कारण नेपालमा त्यससम्बन्धी दक्ष जनशक्ति उत्पादन भएको दिनेशनाथको ठहर छ।,राम्रो काम गर्ने कतिपय मानिसको मृत्युसँगै त्यो ओझेलमा पर्छ । त्यो मानेमा उपेन्द्र भाग्यमानी सावित भएका छन्। उनले नेपालको चिकित्सा क्षेत्रको विस्तार तथा सुधारमा पुर्याएकाे योगदानलाई धेरैले सम्झिने दाबी दिनेशनाथको छ। स्वास्थ्यमन्त्रीका रुपमा उपेन्द्रले छोटो समयमै धेरै राम्रो काम गरे। उप्रेन्द्र स्वास्थ्यमन्त्री बन्द दिनेशनाथ बिरामी थिए। सपथग्रहणपछि उपेन्द्र सिधै त्रिपुरेश्वर पसे। दिनेशनाथले टिका लगाइदिए र आशिर्वाद दिए, ‘यस्तो काम गर्नु कि अरुले गरेको काम उल्टाउने काम नगर्नु।’,अरुले उल्ट्याउन नसक्ने गरी आफुले काम गर्नू। नबन्दै उनले राम्रो काम गरे जसलाई कसैले उल्ट्याउन सकेन। राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान –(न्याम्स) सञ्चालनमा ल्याउनुमा उपेन्द्रकै हात रह्यो। देशकै उक्त प्रतिष्ठानबाट धेरै दक्ष चिकित्सक निकिस्करहेका छन्। उपेन्द्र त्यतिमा सीमित भएनन्, उनले नेपालमा न्युरो सम्बन्धी उपचार सेवा विस्तार र विकासका लागि सरकारी सहयोग नपाएपछि आफैले बाँसबारीमा अस्पताल खोले र उच्चशिक्षाको अध्ययन/अध्यापन केन्द्र सञ्चालनमा ल्याए।,गत मंसिरमा गृह जिल्ला गोरखा पुगेका बेला अस्वस्थ महशुस गरेका उनले पाटन अस्पतालमा स्वास्थ्य जाँच गर्दा ग्यास्ट्राइटिस र हेलिको फ्याक्टर देखा पर्याे। आफ्नै अस्पतालमा गरेको उनको एमआरआई र अल्ट्रासाउण्डको रिपोर्ट डरलाग्दो थियो।,लगत्तै बेलायत गएर उपचार थालेका उपेन्द्रले त्यहाँ सम्भव नहुने निश्चित भएपछि आफ्नै माटोमा प्राण त्याग्न म भएको भन्दै उनी गत वैशाखमा नेपाल फर्किए र आफ्नै सर्तमा नेपालमा जीवन त्याग गरे उनले। पेशा चिकित्सा शिक्षा र सेवाको भए पनि उनी मुलुकको राजनीति, संविधान र परिवर्तन, सामाजिक सद्भाव, व्याप्त भ्रष्टाचार र नेपालको स्वतन्त्र अस्तित्वबारे उनको सदैव चिन्ता रह्यो।,दिनेशनाथ पनि त्यस्तै भन्छन्, ‘उहाँ एउटा असल र उत्कृष्ट चिकित्सक हुनुहुन्थ्यो। साथै उहाँलाई आफ्नो देश र समाजको पनि निकै ठूलो चिन्ता थियो। जसबारे हामी घण्टौं घोत्लिन्थ्यौं, मन्थन गर्थ्यौ । आज शुन्य जस्तो भएको छ।’,तर पनि मुलुकमा न्यूरो सम्बन्ध उपचार र शिक्षा विस्तार गर्ने उपेन्द्रको सपना साकार पार्ने प्रयासमा छन् उनी। भन्छन्, ‘उपेन्द्रले देखेको सपना सबैको साझा हो। त्यसलाई पूरा गर्ने हामी सबैको दायित्व हो । त्यसका लागि बाँसबारीका युवा चिकित्सक पनि लागि परेका छन् र अरु पनि लाग्न जरुरी छ।’ त्यसैले यो उमेरमा पनि उनी बाँसबारी पुगेपछि वार्डमा बिरामी हेर्ने, चिकित्सकसँग छलफल गर्ने अनि पढाउने दैनिकी बनाएका छन् उनले। दिनेशनाथले उपेन्द्रलाई प्रेरित गरे। र गुरु आफ्नै शिष्य उपेन्द्रबाट बढी प्रेरित देखिन्छन् अहिले। | दिपा दाहाल |
फोहोरमाण्डुलाई चोख्याउँदा बिटुलिएको गाउँ | ओखरपौवा, सिसडोल (नुवाकोट)– काठमाडौँ उपत्यकामा बेठेगान बनेर नुवाकोटको सिसडोल डाँडामा ठेगान पाएको फोहोरको अर्को डाँडो बनेको छ। त्यही डाँडो अहिले पहिरो जाने खतरामा छ। क्षमताभन्दा हजारौँ गुणा बढी फोहोर थुपारिएपछि सिसडोल डाँडामा फोहोरको पहिरो जाने भयले स्थानीय बासिन्दा त्रसित छन्।,सामान्यतया: खाडलयुक्त क्षेत्रमा फोहर व्यवस्थापन गर्नुपर्ने भए पनि सिसडोलमा अहिले फोहोरको पहाड तयार भएको छ र त्यही फोहरको पहाडमा ट्रिपर कुदाउँदै क्षमताले भ्याउने भन्दा बढी फोहोर व्यवस्थापनको काम जारी छ।,अब पनि सिसडोलमा फोहर फाल्ने काम नरोकिने हो भने भयंकर पहिरो खस्न सक्ने र त्यसले मानव बस्तीमा ठूलो क्षति पुर्याउन सक्ने खतरा बढ्दै गएको स्थानीय बासिन्दा श्याम बलामी बताउँछन्।,अहिले फोहोरको पहाड थुपारिएको सिसडोल डाँडामा लगाइएका पर्खालहरु भत्किसकेका छन् भने पटकपटक सानोतिनो पहिरो पनि खसिसकेको छ। तर भाग्यबस ठूलो दुर्घटना भएको छैन।,तर अब समयमै नसोचिने हो र सिसडोलमा फोहर व्यवस्थापनको काम नरोकिने हो भने ठूलो खतरा निम्तिने समय धेरै टाढा नरहेको भन्दै बलामीले चिन्ता व्यक्त गरे।,सुकिला निकायले आँखा चिम्ले, सिसडोलमा फोहोरको पहाड खस्ने खतरा छ।,फोहर व्यवस्थापन भैरहेको सिसडोल डाँडाको छेउ हुँदै नदी पनि बगिरहेको छ केही गरी सिसडोलमा फोहोरको पहिरो खसे उक्त नदी थुनिएर बस्तीमा हिले बाढी र दुर्गन्ध फैलिए अवस्था थप जटिल बन्ने छ।,‘केही गरी पहिरो खसे फोहोरको थुप्रोले नदी थुनिने खतरा छ, नदी थुनिएमा सयौँ घरधुरी रहेका यहाँका ९ वटा बस्ती जोखिममा पर्नेछन्, र पछि थुनिएको नदी खोले पनि अगाडिको क्षेत्र डुबान र बाढीको चपेटामा पर्नेछ । यसबारे सरकारी निकायले ध्यान दिन हामी भयमा बाँच्न बाध्य छौँ’, बलामीले भने।,सिसडोलमा २०६२ सालमा दुई वर्षको फोहर व्यवस्थापन गर्न सकिने क्षमताको ल्याण्डफिल्ड बनाइएको थियो तर अहिले १३ वर्ष पुगिसक्दा समेत सिसडोलमा नै काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन भैरहेको छ। अहिले त झन धादिङ्ग र नुवाकोटका केही नगरपालिकाको फोहर पनि सिसडोलमा नै व्यवस्थापन भैरहेको छ।,मंगलबार सिसडोलमा काठमाडौँको फोहोर लगेर गएका सयौँ ट्रिपरहरु माथि डाँडामा चढ्न नसकेर फेदमा लाइन लागेर रोकिएका थिए। पानी परेपछि खसेको सामान्य पहिरोले अस्थायी सडक भत्काएपछि त्यहाँ ३ दिनदेखि फोहर व्यवस्थापनको काम हुन सकेको थिएन। फोहोर बोकेर ल्याएका ट्रिपर खाली गर्न नपाएपछि चालक फोहोरको डंगुरमै दिन र रात बिताउन बाध्य भएका बताउँदै थिए। सिसडोलमा फोहर राख्ने ठाँउ नै बाँकी नभएपछि आफूहरुले पनि दुःख पाएको उनीहरुको भनाइ छ।,
‘सामान्य पानी पर्दा समेत फोहोर अनलोडको काम हुँदैन, फोहरको पहाडमा ट्रिपर कुदाउँदामाथिबाट पहिरो खस्ने पो हो कि भनेर सातो जान्छ, तलबाट पर्खाल समेत भत्किसकेका छन् ज्यान जोखिममा राखेर काम गर्नु परिरहेको छ,’ बिगत २ वर्षदेखि सिसडोलमा काठमाडौँको फोहोर बोक्ने ट्रिपरका चालक कान्छा लामाले भने, ‘माथिबाट गाडी कुदाउँछौ तलबाट पहिरो खसिरहेको हुन्छ।’,हुन त सिसडोलमा फोहरको पहिरो खस्ने खतरा रहेको सरकारी निकायलाई पनि राम्रोसँग थाहा छ तर विकल्प नहुँदा आँखा चिम्लेर त्यही फोहोरको पहाडलाई अझ अग्ल्याउनुको विकल्प नरहेको भन्दै उनीहरु पन्छिन्छन्। सिसडोल रहर नभएर बाध्यता रहेको दाबी गरेर चोखिने प्रयासमा सुकिला सरकारी निकाय छन्।,काठमाडौँ महानगरपालिका, वातावरण व्यवस्था विभागका व्यवस्थापकीय प्रमुख हरि कुँवरले अब सिसडोल डाँडाले यो भन्दा बढी फोहोर धान्न नसक्ने बताए। तर आफूहरुसँग अर्काे विकल्प नै नभएको उनको भनाइ छ। ‘दुई वर्षका लागि तयार पारिएको ठाँउले १३ वर्षसम्मको फोहर जेनतेन धान्यो तर अब विकल्प नहुँदा अर्काे उपाय पनि अपनाउन सकिएको छैन, हामी अलमलमा छौँ’, कुवँरले भने।,उनले तत्काल व्यवस्थापन गर्ने वैकल्पिक स्थान तयार नभए अबको तीन महिनामा काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको समस्या विकराल बन्ने बताए।,हुन त सरकारले हाल फोहोर व्यवस्थापन गर्दै आएको स्थान सिसडोलभन्दा दुई किलोमिटर पर प्रस्तावित बन्चरेडाँडामा अर्काे फोहोर व्यवस्थापन स्थल (डम्पिङ साइड) निमार्ण गर्ने प्रक्रिया अगाडि बढाएको थियो । तर बजेट अभाव लगायतका विभिन्न कारणले हालसम्म बन्चरेडाँडामा फोहर व्यवस्थापन स्थल निमार्णको काम अगाडि बढेको छैन।,‘आजै र अहिलेदेखि नै बन्चरेडाँडामा काम सुरु गर्ने हो भने पनि निर्माण कार्य सम्पन्न गर्न कम्तिमा पनि तीन वर्ष लाग्ने भएकोले तत्कालको लागि व्यवस्थापन गर्ने अर्काे वैकल्पिक स्थान आवश्यक छ,’ कुँवरले भने, ‘अन्यथा काठमाडौँमा फोहोरको विकराल समस्या निम्तिनेछ अब सिसडोल डाँडाले यो भन्दा बढी धान्न सक्दैन, पहिरो जाने सम्भावना छ।’,उनले विगतका वर्षमा सरकराले बन्चरेडाँडाका लागि बजेट छुट्याउने गरेपनि पछिल्ला वर्षमा बजेट बिनियोजन नभएको बताए ।,संविधानमा स्थानीय तह आफैले फोहर व्यवस्थापनको काम गर्नुपर्ने कुरा उल्लेख भएपछि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनको काम केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय तह कसले गर्ने भन्ने निक्र्यौल भएको छैन् ।,काठमाडौँ महानगरपालिकासहित उपत्यकाभित्रका कुनै पनि स्थानीय तहले फोहोर व्यवस्थापनको नेतृत्व लिन मानेका छैनन् । सबै स्थानीय तहले सहयोग गर्ने प्रतिबद्धता जनाए काठमाडौँ महानगरपालिका नेतृत्व लिन तयार रहेको कुँवरले बताए।,काठमाडौँ उपत्यकाबाट हाल दैनिक एक हजार मेट्रिक टन र काठमाडौँ महानगरपालिकाबाट मात्र दैनिक ५ सय मेट्रिक टन फोहोर निस्कने गर्दछ।,स्थानीय तहबीच नै समन्वय अभाव हुँदा काठमाडौँको फोहोर व्यवस्थापनमा झनै जटिलता थपेको छ । | दीपक जोशी |
रोहिंग्याको आक्रोशको निशानामा राष्ट्रसंघीय शरणार्थी उच्चायोग | काठमाडौँ – सात छोराछोरी छन्, उमेर ४८ वर्ष भयो । नाम दिल मोहम्मद, तर उनको दिलमा जाती छैन र शरीर पनि बिमारले गाँजेको छ ।,
आफू जन्मी हुर्केको अनि परिवार पाल्दै आएको देशबाट लखेटिएका म्यानमारका दिल मोहम्मदको बसाई गएको चार वर्षदेखि काठमाडौँको बुढानिलकण्ड नगरपालिका–११ कपन बालुवाखानी माथिको राम मन्दिरमा छ ।,राम मन्दिरको आडैमा ओसेपिलो भिरालो जमिनमा दिलसहित ६२ परिवारका १७१ जना रोहिंग्या शरणार्थीको शिविर छ ।,
म्यानमारमा भड्किएको हिंसा र अल्पसंख्यक रोहिंग्या मुस्लिमहरुमाथि बहुसंख्यक बुद्धिस्ट समुदायको ज्यादतीबाट जोगिनका लागि दिलसहितका रोहिंग्याहरु बंगलादेश, भारत हुँदै नेपाल आइपुगेका हुन् ।,अल्पसंख्यकबाट रोहिंग्या शरणार्थी बनेका उनीहरुको अवस्था बुझ्दै शिविरमा पुग्दा दिल मोहम्मदसहितका अधिकांश शरणार्थीहरुमा असन्तुष्टि देखियो । त्यो असन्तुष्टि प्रमुखतः शरणार्थीको सुरक्षा र अधिकारका लागि काम गर्दै आएको संयुक्त राष्ट्रसंघीय निकाय युएनएचसिआर (शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायोग) माथिको थियो ।,‘हाम्रो फोटो बेचेर उनीहरु (युएनएचसिआर) खान्छन्, हाम्लाई भने यस्तो छ’ राम मन्दिरमा रहेको रोहिंग्या शिविरमा केहीबेर बिताएपछि उनले हामीसँग भने, ‘काम गर्न नसक्ने भएँ, रोग लागेको छ । परिवार पाल्नै समस्या भयो ।’,दिलको ढाडमा समस्या भएकाले मजदुरी गर्न पनि सक्ने भएका छन् । उनी हरेक दिनजसो महाराजगञ्जमा रहेको युएनएचसिआरको कार्यालय अगाडि आएर दबाबका लागि बस्दा रहेछन् । गएको पाँच महिनादेखि धाए पनि अहिलेसम्म केही भएको छैन ।,दिलले असन्तुष्टि जनाउँदै गर्दा उनी भन्दा एक वर्ष पहिले सन् २०१३ मा नेपाल आएका ४४ वर्षका मोहम्मद आयसले आफ्नो चोट देखाए । उनको बायाँ हातमा खत छ । मोहम्मदका अनुसार म्यानमारमा आफूमाथि भएको आक्रमणबाट बच्ने प्रयासमा हातले छेक्दा लागेको चोटको खत थियो त्यो । त्यहि चोटका कारण मोहम्मद गह्रुंगो सामान उचाल्न नसक्ने भएका छन् । उनले युएनएचसिआरले आफ्नो निर्धारित म्याण्डेड अनुसार प्रदान गरेको शरणार्थी प्रमाणपत्र देखाउँदै पछिल्लो समय केही सहयोग नपाएको बताए ।,राम मन्दिर बाट अलि तल रहेका तीन शिविरका शरणार्थीहरुको गुनासो पनि समान नै थियो । सुरुका वर्षमा रोहिंग्याहरुले सहयोग नपाएका होइनन् । आफूहरुले सन् २०१५ सम्म निश्चित रकम पाउने गरेको र त्यसपछि पूर्ण रुपमा रोकिएको रोहिंग्या शरणार्थीका अगुवा जफर मियाले बताए ।,
अहिले पाँच वर्ष पुगेका बालबालिकाको पढाई खर्च तथा उपचारका लागि राहतको व्यवस्था छ । त्यसले आफूहरुलाई गुजारा गर्न सम्भव नरहेको मियाले बताए ।,कपन बालुवाखानी, राम मन्दिर आसपासका चार शिविरमा रहेको रोहिंग्या शरणार्थी प्रायः सबैले युएनएचसिआरबाट शरणार्थी परिचय पत्र पाएका छन् । जसले पाएका छैनन् उनीहरुसँग पनि शरणार्थी बन्ने पर्याप्त प्रमाण छन् । तर आफूहरुलाई यो कार्ड ‘घाँडो’ भएको राम मन्दिर शिविरमा सन् २०१३ देखि बस्दै आएका २८ वर्षका रफिक आलमले बताए ।,युएनएचसिआरले आफूहरुलाई शरणार्थीको कार्ड दिएको तर त्यस अनुसार जनजीविकाका लागि साथ नदिएको या भनौँ पूरै वेवास्ता गरेको उनीहरुले आरोप लगाए । यसबारे स्पष्ट रुपमा बोलेका जफर मियाले अहिले आफूहरुको सबैभन्दा ठूलो असन्तुष्टि युएनएचसिआरसँगै रहेको बताए ।,जफरसहितका रोहिंग्याहरुले आफूहरुका नाममा अन्तर्राष्ट्रिय समुदायबाट आएको सहयोग आफूहरुसम्म आइनपुगेको र त्यो बिचमै खाइएको गम्भीर आरोप लगाएका छन् । उनीहरुको आरोपको औँला सीधै युएनएचसिआर तर्फ तेर्सिएको हो ।,
इमेल र टेलिफोनबाट सम्पर्क गर्दा युएनएचसिआरबाट कुनै ‘रेस्पोन्स’ पाउन सकिएन ।,अहिले रोहिंग्या शरणार्थीका चार शिविर बुढानीलकण्ढ नगरपालिका–११ मा छन् । तर वडा कार्यालयलाई त्यहाँ बस्दै आएका रोहिंग्याहरुका बारेमा आधिकारिक जानकारी नै दिइएको छैन । आफूहरुसँग कुनै पनि समन्वय नगरिएको र प्रक्रिया पनि पूरा नगरिएको वडा नम्बर ११ अध्यक्ष राजु अधिकारीले बताए ।,वडाध्यक्ष अधिकारीले देश सञ्चारसँग भने, ‘यहाँ चारवटा शिविरमा बसेका रोहिंग्याहरुको बसोबास सम्बन्धी कुनै पनि प्रक्रिया पूरा भएको छैन । उनीहरु अवैध रुपमा बसेका हुन् । कतिको संख्यामा छन् भन्ने पनि यकिन तथ्यांक दिइएको छैन । युएनएचसिआरका प्रतिनिधिहरु आउनु हुन्छ, कार्यक्रम पनि हुन्छन् तर बसोबासको प्रक्रिया भने पूरा भएको छैन ।’,स्थानीय बासिन्दाबाट शरणार्थी बस्तीका कारण आफूहरुलाई असजिलो भएको गुनासो आइरहेकाले कि प्रक्रिया पूरा गर्न वा सम्बन्धित निकायले जिम्मा लिनका लागि भनिएको वडाध्यक्ष अधिकारले बताए ।,उनले भने, ‘कि त आधिकारिक जिम्मा लिने आउनु पर्यो, होइन हामी शिविर डोजर लगाएर भत्काउँछौँ । उनीहरुले सरेर जाने हो भनेका छन् । तर अहिलेसम्म सरेका छैनन् र जिम्मा लिने पनि कोही आएका छैनन् ।’,जग्गा भाडामा दिने जग्गा धनीलाई पनि वडा कार्यालयबाट चिट्ठी नै काटेर कि तपाईँहरु आफैले जिम्मा लिनुस् नभए भोलि केही भएमा तपाईँहरु पनि समस्यामा पर्न सक्नु हुन्छ भनेर जानकारी गराएको वडाध्यक्ष अधिकारीले बताए ।,राम मन्दिर भन्दा तल रहेका तीन शिविर तत्काल सार्ने तयारी छैन रोहिंग्याहरुका अनुसार, किनकी त्यहाँ नयाँ टहराहरु बनाउने काम भइरहेका छन् । तर राम मन्दिरमा रहेको शिविर सार्ने तयारीमा छन् रोहिंग्याहरु ।,उनीहरुले शिविर सार्नका लागि बुढानीलकण्ठ नगरपालिका–१३ (साबिकको चुनिखेल गाविस–९(क), डोल) मा चार रोपनी जग्गा भाडामा लिएर टहरा बनाउन थालेका थिए । उनीहरुले त्यसको जानकारी वडा कार्यालयलाई गएराका थिएनन् । स्थानीय बासिन्दाले वडाकार्यालयमा गुनासो गरेपछि वडा नम्बर १३ का अध्यक्ष श्रीकृष्ण श्रेष्ठले चासो दिए ।,आफूले जग्गावाला र रोहिंग्या तथा उनीहरुको पक्षमा काम गर्दै आएकाहरुलाई कानुनी प्रक्रिया पूरा गर्न वा जिम्मा लिन भनेको वडाअध्यक्ष श्रेष्ठले बताए । वडाअध्यक्ष श्रेष्ठसँग यसबारे बुझ्दा उनले भने, ‘डोलमा चार रोपनी जग्गा एक रोपनीको वार्षिक ३५ हजार रुपैयाँ (यसको १० हजार मध्यस्तकर्ताले लिने गरी) का दरले भाडामा लिएर टहरा बनाउन थालिएको थियो । मैले थाहा पाएपछि प्रशासनसहितको टोली गएर कि त तोकिएको कानुनी प्रक्रिया पूरा गर्नुस् होइन भने भोलि हुन सक्ने सबै सम्भावित घटनाको जिम्म लिनुस् भन्दा जिम्मा पनि लिन मानेनन् र कानुनी प्रक्रिया पनि पूरा गरेनन् ।’,त्यसपछि आफूले शिविर बनाउन स्वीकृति नदिएको उनले बताए । स्वीकृति नदिएपछि शरणार्थीको पक्षमा काम गर्दै आएकाहरुले आफूलाई प्रलोभन देखाएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् ।,उनले भने, ‘मलाई विभिन्न पक्षबाट लोभ देखाउने खालका गतिविधि पनि भए । युएनएचसिआरका प्रतिनिधिसँग मैले कि तपाईँहरु जिम्मा लिनुस् होइन भने सबै जिम्मा तथा तथ्यांक हामीलाई दिनुस् भन्दा उहाँहरु दुवै कुराका लागि तयार हुनु भएन । मानवीयताका आधारमा शिविर बनाउन दिन उहाँहरुले आग्रह गर्नु भएको थियो । तर मेरो पहिलो प्राथमिकतामा मुलुकको कानुन र यो वडाका बासिन्दा पर्छन् । यसले गर्दा स्वीकृति दिइनँ ।’,डोलमा शिविर बनाउन नपाएका रोहिंग्या शरणार्थीहरुले आफूहरुले दक्षिणकाली नगरपालिका पनि पनि टहरा हाल्न खोजेको तर ‘शरणार्थीलाई दिँदैनौँ’ भनेपछि आफूहरुले त्यहाँ पनि बनाउन नसकेको बताए । दक्षिणकालीका मेयर मोहन बस्नेतले भने आफ्नो नगरपालिकामा रोहिंग्याहरुले टहरा बनाउन खोजेको वा त्यसका लागि प्रयास गरेको बारे जानकारी नरहेको बताए ।,आफ्नो देश छोडेर पूर्णरुपले भिन्न परिवेशमा आएर बस्नु त्यो पनि शरणार्थीका रुपमा कठिन कुरो हो । रोहिंग्या शरणार्थीहरु अहिले त्यहि अप्ठ्यारोमा छन् । तर बाहिरबाट आउनेहरुबाट स्थानीय बासिन्दालाई अप्ठ्यारो पर्छ भने त्यसलाई गम्भीर रुपमा लिनै पर्छ ।,अहिले कपन आसपासमा रहेका रोहिंग्या शरणार्थीहरु र उनीहरुसँग जोडिएर आएका कुरामा शरणार्थीको पक्षमा काम गर्दै आएका युएनएचसिआरसहितका संस्था, सरकार, स्थानीय तह, रोहिंग्या र स्थानीय बासिन्दा बिच बृहत छलफल तथा समन्वयको खाँचो छ जुन अहिले पूर्णतः शून्यको अवस्थामा रहेको छ । | टंक ढकाल |
कीर्तिमानी केशरी किन खाडी भासिइन्? | गत महिना एथलेटिक्स खेलाडी केशरी चौधरी वैदेशिक रोजगारीका लागि दुबईतर्फ लागिन्। उनी चाहन्नथिन्, आफू विदेश गएको अरुले थाहा पाउन्।,तर, एथलेटिक्स प्रशिक्षक चन्द्र गुरुङले त्रिभुवन विमानस्थलमा केशरी बिदाइ भएको तस्बिर सामाजिक सञ्जालमा राखेपछि केही दिन यो चर्चाको विषय बन्यो। प्रशिक्षक गुरुङका अनुसार आफ्नो उक्त तस्बिर सामाजिक सञ्जालमा राखेकोमा केशरी दुखी भइन्।,‘उनी आफू खाडी पुगेकोबारे कसैले थाहा नपाउन् भन्ने चाहन्थिन्’, प्रशिक्षक गुरुङ भन्छन्। केशरी नेपाली एथलेटिक्सकी सशक्त खेलाडी थिइन्। राष्ट्रिय स्तरमा उनले जति पनि प्रतियोगितामा सहभागिता जनाइन्, विरलै स्वर्ण पदक गुमाउनु पर्यो।,ट्रिपल जम्प, हाइजम्प, लङजम्प र १ सय हर्डल्समा उनको नाममा राष्ट्रिय कीर्तिमान (टाइमिङको) छ। एउटै प्रतियोगितामा तीन/चार वटा स्वर्ण पदक जित्थिन्, धेरैपटक राष्ट्रिय कीर्तिमान सुधार गरिन्। लामो समय नेपाल प्रहरीका लागि खेलेकी २६ वर्षीया केशरीले यस विभागीय टोलीको शान धेरै पटक बढाइन्।,तर जानकारहरुका अनुसार आफ्ना उपलब्धिलाई विभाग र सरकारले वास्ता नगरेकोमा उनी विगत केही समयदेखि निकै दुखित थिइन्। ‘खेलेर नाममात्र छ, त्यसबाहेक केही छैन। यहाँ कसैले मूल्यांकन गर्दैन। पैसा पनि थोरै छ, बढुवा पनि हुँदैन’, आफू निकटसँग केशरी भन्ने गर्थिन्।,खाडीमा केशरी रोजगारीका लागि गएको विषयप्रति सरोकारवालाको चासो देखिएन। सामान्य मानिस खाडी भासिनु र त्यही ठाउँमा यति ठूलो खेलाडी जानुपर्ने बाध्यताबीच कुनै फरक देखिएन। राजधानी चुप रह्यो, देश चुप रह्यो। केशरीको खाडी रोजगारी बाध्यता र पछिल्लो प्रतिक्रिया बुझ्न म केही दिनअघि बर्दियास्थित केशरी चौधरीको घर पुगेंँ।,नेपालगन्जबाट करिब ७० किलोमिटर टाढा बर्दियाको जोगीगाउँस्थित बबई नदीको किनारमा रहेछ, उनको घर। घर नपुग्दै गाउँमा भेटिएका उनका अग्रज दाइलाई केशरी खाडी भासिएको बताउँदा उनी तीन छक्क परे।,केशरी अध्ययन गरेको युवक माविका प्रधानाध्यापक मुकुन्दप्रसाद पौडेल निकै दुखित देखिए। खेलकुदमा नयाँ पुस्ता निस्कनेमा उनले शंका व्यक्त गरे। यो त्यही स्कुल थियो जसबाट राष्ट्रपति कप खेल्दै उनले आफ्नो क्षमता देखाइन्, अब्बल भइन्, घरेलु एथलेटिक्समा उनको सम्भावना देखियो।,यसपछि हामी केशरीको घर पुग्यौंं जहाँ उनका बुवा जगतराम थारु तथा हजुरबा र हजुरआमा (मंगलबहादुर र जानकी थारु) भेटिए। केशरी विदेश जानु परेकोमा दुखित थियो परिवार। ‘हामीले धेरैपटक उनलाई सम्झायौं तर मनाउन सकेनौं। छोरीले राम्रै सोचेर निर्णय गरेकी होली सम्झियौं। हामी गाउँको मान्छेलाई कसले हेरिदिन्छ र ?’ केशरीका बुबाले भेटलगत्तै गुनासो गरे।,उनलाई यत्ति थाहा छ, छोरीले खेलेर आफ्नो शान बढाई, गाउँमा इज्जत दिई। ‘छोरीले धेरै समय कुरी तर उसले सोचेजस्तो भएन। उसको सपना पनि ठूलो थिएन’, अब भने केशरीका बुबा निराश बन्दै थिए।,नातिनी विदेशिएकोबारे कुरा भइरहँदा केशरीका हजुरबा पनि हामीसँग जोडिए। ‘केशरीले हाम्रो शान खुबै बढाई। केशरीको हजुरबा भनिँदा खुब खुसी लाग्थ्यो’, हामीबीच घुसेर उनी भन्दै थिए।,जोगीगाउँमा अधिकांश चौधरीको बसोबास छ, जसमा छोरीचेलीको सपना त्यति ठूलो छैन। तर, केशरीले यसबीचमा ठूलो सपना देखिन्, ठूलो सम्भावना देखाइन्, गाउँलाई चिनाइन्, देशभर चिनिइन्, सफल भइन्।,राज्यको निकै कम लगानीबीच उनले गरेका मिहेनत सामु देशका अन्य खेलाडी धेरै पछाडि देखिन्थे। मैले केशरीले जितेका अहिलेसम्मका पदकहरु देखाइदिन आग्रह गरें। जगतराम सिलिङतिर पदक खोज्न थाले।,‘बाढीले अस्ति घर डुबाएको थियो। त्यतिबेला धेरै कुरा बगे। केशरीकापदक र प्रमाणपत्र पनि बगे। बाढीले बचेका पदकलाई बोरामा हालेर सिलिङमा राखिदिएको थिएँ,’ जगतरामको कुरा सुनेर मन कुँडियो।,उनी भने पदक राखेको पोको खोज्न थाले। तर, उनी आफ्नै कामको हतारोमा पनि देखिन्थे। बुझ्दा उनको परिवार बबई नदीमा ढुंगागिटी खोज्ने काम गर्दो रहेछ।,यसपछि उनको पछाडि लाग्दै परिवार काम गरिरहेको ठाउँतर्फ लागेँ, जहाँ उनकी श्रीमती सुगनिया थरुनी, जेठो छोरा गोपाल थारु र बुहारी सम्झना थारु ढुंगागिटी खोज्दै एक ठाउँमा जम्मा गरिरहेका थिए।,‘परिवार त पाल्नै पर्यो। केही न केही त गर्नै पर्यो’, काम गरिरहेका परिवारका सदस्यतर्फ हेर्दै केशरीका बुबा भन्दै थिए।,बिहान उठेदेखि बेलुका साँझसम्म यो परिवारको दैनिक यहीँ बित्ने रहेछ। ‘उमेर हुँदै कमाएँ भने भोलिको दिन राम्रो हुन्छ भन्दै बहिनी गई’, नजिकै आएर केशरीका दाइ गोपालले भने।,जब केशरीले हात पारेका सफलताबारे रेडियोमा समाचार बज्थ्यो, यो परिवारलाई लाग्थ्यो, अब केशरीको भविष्य नेपालमै राम्रो हुने भयो, नाम र दाम दुवै कमाउने भई। तर, केशरीले आठ/दश वर्ष काठमाडौंमा बस्दा पनि कपडा र केही हजार रुपैयाँबाहेक दिन सकिनन्। ‘हिँड्ने बेलामा उसको तलब १७/१८ हजार थियो। अझ यति तलब भएको केही वर्षमात्र भएको थियो।,‘त्यसले काठमाडौंमा के गर्नु ? धन्न यताबाट पठाउनु चाहिँ परेन’, केशरी बिदेशिएकोमा एक प्रकारको सन्तुष्टि यतिबेलाको उनका बुवाको अनुहारमा देखिन्थ्यो। केशरी नौ लाख रुपैयाँ तिरेर दुबई गएको परिवारलाई थाहा छ तर त्यो पैसा कसरी निकालिन् थाहा छैन।,‘त्यत्रो पैसा हामीले कहाँबाट निकाल्नु ?’ केशरीकी आमा भन्दै थिइन्। त्यतिबेलासम्म लगभग साँझ परिसकेको थियो।,परिवारसँग पुन घर फर्किएँ। यतिबेलासम्म पदकहरु राखेको पोको खोजिसकेका रहेछन्। धेरै पदक खिया लागेर माटो र धुलो लागेर नचिनिने अवस्थामा रहेछन्।,‘उसको केही पदक नेपालगन्ज ठूली दिदीकोमा छ। ऊ यता आउँदा नेपालगन्जमा धेरै बस्ने भएकाले उसका केही पदक त्यतै छ जस्तो लाग्छ’, केशरीका दाइ गोपालले पदकको पोको खोल्दै भनें।,केशरीले कतिवटा पदक जितिन्, उनको परिवारलाई यकिन छैन र गनिसाध्य पनि थिएन। तर अब केशरीले पदक जितेकोबारे समाचार उनीहरुले सायदै सुन्न पाउने छन्। उनीहरुलाई थाहा छैन, केशरी अब समाचारमा आउने छिन् कि छैनन, हिजोअस्तिजस्तै।,भोलिपल्ट बिहान नेपालगन्जमा रहेकी केशरीकी दिदीलाई भेट्ने लक्ष्य राखेर त्यस साँझ म नेपालगन्ज फर्किएँ।,केशरीलाई सानैदेखि प्रशिक्षण गराएका प्रशिक्षक चन्द्र गुरुङ पनि नेपालगन्जमै बस्ने भएकाले मैले उनीसँग पनि कुरा गर्न सम्पर्क गरें। बिहान केशरीकी दिदीको घरमा भेट्ने तय भयो। उक्त घरमा केशरीेले खेल्दै गरेका तस्विरलाई ठूलो बनाएर भित्तामा राखिएका थिए, सम्मानपत्रहरु पनि त्यहाँ थिए।,‘केशरी विदेश गएपछि उनको कोठामा राखिएका पदक र सम्मानपत्र मैले यहाँ ल्याइदिएको हुँ’, पदक देखाउँदै प्रशिक्षक गुरुङ भन्दै थिए। आफूले धेरै प्रयास गरे पनि केशरीलाई रोक्न नसकेको उनको भनाइ थियो। ‘पुलिसमा बढुवाका लागि धेरै प्रयाश गरे पनि सफल भएन। यति ठूलो खेलाडी सिपाही पदमा कति वर्ष बस्ने? केशरीभन्दा पछाडि आएका खेलाडी आर्थिक र पदीय हिसाबमा उनीभन्दा अगाडि थिए। कुराहरु धेरै छन्। यो धेरै ठूलो दुर्भाग्य हो’, गुरुङले भने।,नेपालगन्जबाट फर्किएपछि यस घटनालाई अरु खेलाडीले कसरी लिइरहेका छन् भन्ने बुझ्न चाहें।,राष्ट्रिय तथा अन्तर्राष्टिय खेलाडी संघका पूर्वअध्यक्ष, दक्षिण एसियाली खेलकुदका कीर्तिमानी चार स्वर्ण पदक विजेता तेक्वान्दो खेलाडी विष्टको प्रतिक्रिया यस सन्दर्भमा उचित थियो। शंखमूलस्थित उनकै घरमा पुगेर मैले कुरा गरेँ।, ,‘खेलाडीले आफ्नो खेलाडी जीवनपछि राम्रो हुन्छ भने विदेशिनु राम्रै हो। युरोप, अमेरिकामा खेलाडी गएका पनि छन्। यो राज्यले उनीहरुलाई राख्न नसकेर यस्तो अवस्था आएको हो। तर एउटा कीर्तिमानी खेलाडी खेल्दाखेल्दै वैदेशिक रोजगारीकै लागि खाडीमा भासिनु यो देशका लागि योभन्दा ठूलो दुर्भाग्य अरु हुन सक्दैन,’ बिष्ट भन्दै थिए। | लोकेन्द्र प्रसाई |
ह्विलचेयरमा बसेर देश चिनाएका ‘हिमाल’ | उनलाई एकछिन फुर्सद छैन। बिहान जिम गर्छन, दिउँसो क्रिकेट र बास्केटबलको तयारी। साँझ तेक्वान्दो सिक्न जान्छन्। बेलाबखत आफूले सिकेको ज्ञान र सिप बाँड्न पनि पछि हट्दैनन्।‘मसँग ह्विलचेयर थिएन भने सायद आज यस ठाउँमा हुने थिइन।,ह्विलचेयरले जीवनबारे बुझाइ गहन बनाएको छ। यसैले गर्दा समाजमा चिनिने भोक तीव्र छ’, उनी भन्छन्।,यी युवाको दैनिकी देख्ने र बुझ्नेहरु भन्छन्,सुतिरहेका बेला दिमागमा उनी आइहाले उठेर काम सुरु गरिहालौं लाग्छ। उनलाई आँसु पटक्कै मन नपर्ने रहेछ। ‘मेरो शारीरिक अवस्था देखेर आँसु झार्नेदेखि पर भाग्छु। त्यस्ता कुराले मलाई कमजोर बनाउँछ। समाजमा मेरो पनि अस्तित्व छ भन्ने बिर्साउँछ’, ह्विलचेयर क्रिकेट र बास्केटबल टोलीका कप्तान हिमाल अर्याल एकाएक भावुक बने।,मलाई अपांगता भएका ती खेलाडीबारे जान्नु थियो जसले ह्विलचेयरमा बसेर क्रिकेट खेल्दै गत महिना नेपाल, भारत र बंगलादेशबीच भएको प्रतियोगिता जितेका थिए, नेपाल र नेपालीलाई खुसी दिएका थिए। मलाई बुझ्नु थियो, उनीहरु कसरी ह्विलचेयरमा पुगे अनि कसरी ह्विलचेयरलाई बिर्सेर देश चिनाउने सपना देखे। मलाई जान्नु थियो, उनीहरुको संघर्ष।,नेपाल ह्विलचेयर क्रिकेट संघका अध्यक्ष छोल्टिङ ग्याल्जेन शेर्पालाई सम्पर्क गरेपछि नेपाली टोली सानेपास्थित क्रिकेट सेन्टरमा दिउँसो नियमित प्रशिक्षण गर्न आउने बुझेँ। राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लको उक्त क्रिकेट प्रशिक्षण केन्द्रमा निशुल्क तयारीको व्यवस्था भएको रहेछ, ह्विलचेयर क्रिकेट खेलाडीलाई।,सहकर्मी सुलभ श्रेष्ठसहित त्यस क्रिकेट सेन्टरमा पुग्दा ह्विलचेयरमा बसेर कोही ब्याटिङ गरिरहेका थिए त कोही बलिङ। आसपासमा बसेर फिल्डिङ गर्ने पनि ह्विलचेयर खेलाडी नै थिए। एक छेउको ह्विलचेयरमा बसेर ती दृश्य हेरिरहेका थिए एक ‘स्मार्ट’ युवा जसको आँखामा ब्रान्डेड चस्मा थियो। मिलेका जुँगा भएका हँसिला ती युवा टाढाबाट आत्मविश्वासी देखिन्थे। ‘उहाँ हाम्रो कप्तान’, मेरो प्रश्नमा ती युवातर्फ देखाउँदैं अभ्यासरत वीपिन पौडेलले भने।,‘मेरो नाम हिमाल अर्याल। २०६० सालमा मकवानपुरमा माओवादीले थापेको एम्बुसमा परेर ट्रक लडेपछि नदीमा पछारिँए। उठ्न खोज्दा जिउ चल्मलाएन। खुट्टा छाम्दा कुनै चेत पाइन। अस्पतालमा पुगेपछि थाहा भयो मेरो स्पाइनल कर्ड चुँडिएको रहेछ। केही सोच्नै सँकिन, अध्याँरै अध्याँरोमात्र देखेँ,’ मेरो नमस्कारमा नमस्कार मिलाउँदै अर्यालले १४ वर्षअघिको त्यो कालो दिन सम्झिए। जर्नेल सागरबहादुर पाण्डे र उनकी श्रीमती चढेको उक्त ट्रक एम्बुसमा पर्दा चार जनाको मृत्यु भएको थियो।,श्रीमतीसहित जर्नेल पाण्डेले पनि ज्यान गुमाए। घाइते भएका नौ जनामध्ये आठ जना उपचारपछि सामान्य जीवनतर्फ फर्किए तर तमाम आशाबीच हिमाल मात्रलाई ह्विलचेयरले पछ्याईरह्यो, अनन्त जीवनसम्म।,घटना हुँदा हिमाल केवल २४ वर्षका थिए, आर्मीमा प्रवेश गरेको केवल चार वर्षमात्र भएको थियो। रुपन्देहीमा जन्मिएका हिमाल परिवारको कान्छो छोरा भएकाले पनि सबैको प्यारो थिए। हिमालको कलिलो उमेर र त्यस दुर्घटनापछि परिवार दु:खी हुनु अस्वभाविक थिएन। ‘अस्पतालमा उहाँहरु(आमाबुबा)ले मलाई देख्ने बित्तिकै रुन थाल्नु हुन्थ्यो, मेरो आँखाबाट पनि आँसु झरिहाल्थ्यो। पटकपटक यो दोहोरिरहेपछि आमाबुवा कोही भेट्न नआई दिए हुन्थ्यो जस्तो लाग्न थाल्यो’, हिमालले भने।,अस्पतालबाट डिस्चार्ज भएपछि उनी केही समय आर्मीकै रिह्याब सेन्टरमा बसे। उनलाई दुर्घटनापछि घर फर्कन चार वर्ष लाग्यो। तर दुनियाँ उनीप्रति फरक भइसकेको थियो। माओवादी जनयुद्धमा घाइते भएका हिमाल जनआन्दोलनपछि घर फर्कँदा गाउँ समाजले उनलाई हैन उनको ह्विल चेयरलाई पहिला हेर्यो।,‘सबैले मेरो ह्विलचेयरलाई कोट्याए। मलाई हौसला र उत्साह हैन, विचरा भनियो जुन मलाई पटक्कै मन परेको थिएन’, हिमालको तितो अनुभव छ।,यी सबै घटनामार्फत जीवनले उनको परीक्षा लिइरहेको थियो, उनले जीवन बुझिरहेका थिए। उनी आफूभित्र जीवन खोज्न थाले। समयको कुहिरोभित्र छिरेका हिमालअगाडिको बाटोले बिल्कुल अन्यौलग्रस्त र छटपटिएका थिए। तर उनलाई थाहा थियो, आफुलाई सम्हाल्न सक्ने केवल उनी आफूमात्र हुन्।,भौतारिंदै जाँदा ह्विलचेयरमै संगीत सिके, नाच्न जानेँ। भारतसहित देशका विभिन्न ठाउँमा पुगेर उनले स्टेजमा नृत्य देखाए, ह्विलचेयरबाटै। उनले पेन्टिङ गर्न पनि जानिसकेका थिए।,‘समाजमा म आफ्नो अस्तित्व खोज्न थालें। समाजले मेरो ह्विल चेयरलाई कसरी बिर्सन्छ भन्नेतर्फ मेरा योजना केन्द्रित हुन्थे’,३८ वर्षीय हिमालले यसो भनिरहँदा मैले खोजेको ‘कथा’को सबैभन्दा उत्तम प्रतिनिधि पात्र यिनै हुन् भन्ने चेतना आइसकेको थियो।,एकदिन हिमाल भृकुटीमन्डपमा ह्विलचेयरमा हिँडिरहेका थिए, भेट भए मानबहादुर लोप्चन जो ह्विलचेयरमै बसेर ओलम्पिक समेत खेलेका थिए। मानबहादुरले हिमाललाई आर्मी भएकाले ‘तिमी खेल्न सक्छौं’ भनेपछि उनको ध्यान खेलकुदले तान्यो। ‘आर्मीमा रहेका हामीजस्ताका लागि खेल्न सकिन्छ भन्ने सोच त्यतिबेलासम्म थिएन। त्यसपछि अपांग खेलाडीले खेलेकोबारे युटुबमा हेर्न थालें। कसरी खेल्छन् सिक्न थालें’, हिमाल भन्छन्।,जीवनमा अकल्पनीय घटना उनका लागि सामान्य बन्दै थिए। उनको सोचमा गर्न सकिन्छ भन्नेमात्र थियो।,उनले भारोत्तोलन सिक्न थाले। एक वर्षपछि नै सन् २०१० मा पारा एसियन गेम्स (अपांग खेलाडीले खेल्ने प्रतियोगितालाई पारा खेलकूद भनिन्छ) खेले। सोही वर्षदेखि बास्केटबल पनि खेल्न थाले। त्यतिबेला नेपाल स्पाइनल कर्ड इन्जुरी स्पोर्टस संघले ह्विलचेयरसँग सम्बन्धित विभिन्न प्रतियोगिताहरु आयोजना गर्न थालेको थियो। ह्विलचेयर बास्केटबलका घरेलु र अन्तर्राष्ट्रिय प्रतियोगिताहरु आयोजना हुन थाले।,पछिल्लो तीन वर्षयता हिमालले क्रिकेट पनि खेल्न थालेका छन्। उनले खेल्न थालेको पछिल्लो खेल तेक्वान्दो बनेको छ। ‘जब पहिलोपटक नेपालको झन्डा छातीमा राखेर खेलें, त्यो दिन जिन्दगीकै वर्णन गर्न नसकिने खुसी प्राप्त भएको थियो। मैले खोजेको खुसी, देखेको सपना त्यहाँ पाइरहेको थिएँ’, हिमाल भन्छन्।,हिमाल जहाँजहाँ खेल्न पुगे, प्राय पदकविहीन भएर कहिल्यै फर्किनु परेन। ती पदककै आधारमा आर्मीले उनलाई दुईपटक बढुवा गरिदिएको छ र हाल सुवेदार छन्।,मलाई उनले जितेका पदकहरु हेर्नु थियो। उनले ‘तर, यी पदक र सफलतामा मेरी श्रीमतीको योगदान ठूलो छ’ भनेपछि मलाई लाग्यो, हिमालको कथामा श्रीमतीको उपस्थिति महत्वपूर्ण छ। आफ्नो शारिरिक अवस्थालाई बुझिदिने श्रीमती नभएको भए आज यहाँसम्म आईनपुग्ने स्वयं हिमाल बताउँछन्। ‘अझ मैले त ह्विलचेयरमा पुगेपछि मात्र विवाह गरेको हुँ। श्रीमती सवलांग छिन्’, हिमालको कुरा सुनेर उनकी श्रीमतीसँग कुराकानी गर्ने हुटहुटी थप बढेर आयो।,भोलिपल्ट हामी छाउनीस्थित हिमालको सरकारी क्वार्टरमा पुग्यौं। आर्मीले आफ्ना अशक्त कर्मचारीका लागि जागिर अवधिसम्म त्यहाँ बस्ने ब्यवस्था मिलाई दिएको रहेछ। हामी पुग्दा हिमालकी पत्नी इन्दिरा खाना बनाउँदै श्रीमानसँग गफ गरिरहेकी थिइन्। ‘हामी बुढाबुढी एकछिनमा रिसाँउछौं एक छिनमा फकाईहाल्छौं’, इन्दिराले भनिन्, ‘तर जब हिमाल खुसी देख्छु, संसारकै सबैभन्दा ठूलो खुसी पाएजस्तो लाग्छ।’ हिमालको मन मुस्कुराएको अनुहारमा छरपस्ट देखियो।,पत्रमित्रतामार्फत २०५८ सालमा एकआपसमा चिनिएका थिए, उनीहरु। तर पहिलो भेट भने हिमाल एम्बुसमा परी छाउनी अस्पताल पुगेपछि मात्र भयो। ‘उहाँलाई भेटेपछि मलाई उहाँ कहिल्यै पनि अपांग हुनुहुन्छ भन्ने लागेन। सायद माया धेरै भएपछि यस्तै हुने रहेछ’, इन्दिरा मुस्कुराइन्। हिमालले मुस्कुराएरै खुसी साटे। हिमालसँग विवाह गर्ने निर्णयले इन्दिरालााई समाजबाट कम चोट पुगेन।,‘जान्दाजान्दै आधा मरेको ज्यानसँग किन विवाह गर्छेस् भन्थे माइती र समाज। तर उहाँलाई मेरो साथ चाहिएको थियो’, इन्दिरा केही सिरियस भइन्। हिमाललाई करिब तीन वर्ष स्याहार गरेपछि आफ्नै प्रस्तावमा इन्दिराले उनीसँग विवाह गरेकी थिइन्। ‘मैले के नै दिन सक्छु भन्दा पनि उनले तपाईसँगैं विवाह गर्छु भनिन्’, हिमालले भने।,इन्दिरा श्रीमानको सफलतादेखि दंग छिन्। उनको कोठाका भित्ता हिमालले जितेका मेडल र सम्मानपत्रले भरिएका छन्।,‘पहिला म के नै गर्न सक्छु र भन्ने खालको कुरा गर्नु हुन्थ्यो। तर खेलकुदमा लागेपछि उहाँले ब्यक्तिगत जीवनसमेत बिर्सनुभएको छ।जतिबेला पनि खेलकुदकै बारेमा ब्यस्त हुनुहुन्छ । ब्यक्तिगत जीवनका हरेक महत्वपुर्ण कुरा मैले सम्झाई दिनुपर्छ’, श्रीमानतर्फ हेर्दै उनले भनिन्।,हिमाललाई केटाकेटी असाध्यै मनपर्छ। इन्दिरा हिमालको जन्मदिनमा केटाकेटीहरु कोठामा जम्मा गरी ‘ह्याप्पी बर्थ डे’ भन्न लगाउँछिन्।,हिमाललाई ब्यक्तिगत जीवनमा एउटै गुनासो छ, सन्तान नभएकोमा।,‘मेरा हरेक खुसीमा इन्दिरा सहभागी हुन्छिन्। मैल खेल्दा उनी हुटिङ गर्न पुग्छिन्, यसले मलाई उत्साह दिन्छ’, हिमाल अगाडि भन्छन्,‘केही समय अघि हामीले टेस्टयुब बेबीको लागि प्रयास गर्यौँँ । तर झन्डै श्रीमतीको ज्यान जोखिममा पर्यो। सायद जीवनमा हामी यसमा ठगिएका छौं’, हिमालले यसो भनिरहँदा इन्दिराको गहभरि आँसु भयो। सायद सन्तानकै रहर पुरा गर्न हिमालले दाइको छोरालाई सानैदेखि आफैँसँग राखेर पढाइरहेका छन्।,‘मजस्ता धेरै अपांगहरुले समाजमा हेला र घृणाको पात्र भएर बाँच्नु परेको छ। पहिलो कुरा, अपांगले पनि जीवनमा धेरै गर्न सक्छन् है भनेर देखाउनु छ देशका कुनाकाप्चासम्मलाई। मपछिको पुस्ताले समाजमा सम्मानपूर्वक र आत्मविश्वासका साथ जीवनयापन गर्न पाओस्’,,केही समयअघि माओवादी नेतृ पम्फा भुसालले हिमाल लगायत खेलाडीलाई सम्मान गरिन्। माओवादीप्रति रिस उठ्दैन भन्दा उनी केही मुस्कुराएर केही बोलेनन्।,‘उहाँले सम्मान दिदा तपाईँ आर्मी हो भन्नुभयो, मैले हो भनेँ। कहाँ पर्नु भएको सोध्नुभयो, मैले मकवानपुरमा भनें। जर्नेल सागर पर्नुभएको दुर्घटना हो भन्नुभयो, मैले हो भनेँ। त्यसपछि एकछिन रोकिएर देश बनाउने क्रममा यस्तो हुने बताउनु भयो’, सम्मान कार्यक्रममा आफू र माओवादी नेतृ भुसालबीच भएको कुराकानी उनले सम्झिए।,हिमालले आफ्नो जिन्दगीको यात्रा निकै लामो देखेका छन् र प्रतिबद्ध पनि छन्। ‘मजस्ता धेरै अपांगहरुले समाजमा हेला र घृणाको पात्र भएर बाँच्नु परेको छ। पहिलो कुरा, अपांगले पनि जीवनमा धेरै गर्न सक्छन् है भनेर देखाउनु छ देशका कुनाकाप्चासम्मलाई। मपछिको पुस्ताले समाजमा सम्मानपूर्वक र आत्मविश्वासका साथ जीवनयापन गर्न पाओस्’, हिमाल भन्छन्।,खेल्न छाडेपछि प्रशिक्षण गर्ने उनले योजना सुनाए।,यो रिपोर्ट तयार भइरहँदा नेपालको दृष्टिविहीन क्रिकेट टोली युएई र पाकिस्तानमा आयोजना हुने दृष्टिविहीनको विश्वकपमा सहभागी हुन रेल र बसको मार्ग हुँदै पाकिस्तान गइरहेको थियो।,पैसाको अभावमा आफूहरु बस र रेलबाट जानु परेको दृष्टिविहीन क्रिकेट संघका पवन घिमिरेले बताएका थिए।,सरकारले ह्विलचेयर क्रिकेट टोलीलाई जनही एक एक लाख रुपैयाँबाट सम्मान गर्ने घोषणाले ल्याएको खुसीको केही दिनपछि दृष्टिविहीन क्रिकेट टोलीबारे यो समाचार उत्तिकै दुखद थियो।,‘सरकारले किन विभेद गर्छ थाहा छैन, सबल खेलाडीले हराउन नसकेका धेरै देशलाई हामीले हराएका छौं। यो त राष्ट्रिय गौरवको विषय बन्नुपर्ने हो। अपांगले खेलेको पनि के खेलेको हो र जस्तो ब्यवहार हुन्छ। आश्वासन दिनेहरु सहयोग भने गर्दैनन्। अस्ति घोषणा भएको सम्मान पनि हात नपरुन्जेल पत्याउने अवस्था छैन’, हिमालको गुनासो छ।,ह्विल चेयर क्रिकेट संघका अध्यक्ष छोल्टिङ गुरुङ पनि राज्यले सबल खेलाडीलाई गर्ने लगानीको १०/१५ प्रतिशतमात्र पारा खेलकुदमा लगानी गरिदिए अन्तर्राष्ट्रिय पारा खेलकुदमा नेपालले धेरै प्रगति गर्ने बताउँछन् ।,दृष्टिविहीन क्रिकेट खेलाडीले विश्वकपमा सहभागी हुन आर्थिक अभाव ब्यहोर्नु परेपछि नेपाल क्रिकेटका समर्थकहरुको फेसबुक समुह ‘नेपाली क्रिकेट सपोटर्स सोसाईटी(एनसिएसएस)ले उनीहरुका लागि आर्थिक सहयोग संकलन अभियान नै सञ्चालन गरेको छ।,यसले सरकारी वेवास्तालाई घुमाउरो पारामा व्यंग्य पनि गरेको छ। यस सहयोग अभियानमा क्रिकेटरहरु पारस खड्का, विनोद दास, पारस लुनियाँ, अमृत भट्टराई लगायतले सहयोगको घोषणा गरेका छन्।,‘हाम्रा मान्छेले दुख नपाउने निश्चित गर्नु हाम्रो पनि जिम्मेवारी हो’, विनोद दासले सामाजिक सञ्जाल फेसबुकमा लेखे।,यसैगरी पारस खड्काले फेसबुकमा लेखेका छन्,‘हाम्रा क्रिकेटर पाकिस्तान ट्रेनबाट गएको समाचार सुन्दा दुख लागेको छ। उनीहरुलाई हाम्रो सहयोगको आवश्यकता छ। हामी मिलेर त्यसको ब्यवस्था गर्नुपर्छ। देशलाई पटकपटक गर्व गर्न लायक बनाउने दृष्टिविहीन क्रिकेटरलाई सहयोग गर्न सबैलाई आग्रह गर्दछु।’,हिमालहरु जस्तै प्रतिभाका कारण आज अपांगताको क्षेत्रमा ‘फरक क्षमता भएका प्रतिभा’को प्रयोग ब्यापक बनेको छ। अपांगताको क्षेत्रमा खेलकुद केवल खेलकुदमात्र होइन । यो उनीहरुको जीवनप्रतिको हौसला र आशा तथा सामाजिक अस्तित्वको बोध पनि हो।,अपांगता भएका ब्यक्तिहरुले सबलांगलाई चुनौती दिएका केयौं उदाहरण छन्। हिमालले भनेको ‘खेलकुदबाट प्राप्त सफलताले परिवार खुसी छ समाज दंग छ’को अर्थ बिल्कुलै खेलकुदको सामान्य प्रतिस्पर्धा र सफलताभन्दा निकै माथिको विषय हो तर राज्य र सरोकारवाला निकायले अशक्तलाई राष्ट्रिय गौरवसँग जोड्ने यो गतिलो माध्यमलाई सदुपयोग गर्न सकेका छैनन्। पारा खेलकुद पनि खेलकुद हो र भन्ने प्रश्नमै सरोकारवाला अड्किएका छन्।, | लोकेन्द्र प्रसाई |
फेसबुकले ल्याउँदैछ विद्युतीय मुद्रा ‘क्रिप्टोकरेन्सी’ | विश्वभर सामाजिक सञ्जालमा एकछत्र राज गरिरहेको फेसबुकले चाँडै नै विद्युतीय कारोबारको लागि ‘क्रिप्टोकरेन्सी’ प्रचलनमा ल्याउने भएको छ। तत्काल उक्त विद्युतीय मुद्रालाई लिब्रा नाम राखिए र आउँदो जुन १८ तारिक (असार ३ गते) सार्वजनकि गर्ने , जनाएको छ।,फेसबुकका अनुसार उक्त ‘क्रिप्टोकरेन्सी’लाई सेतो कागजमा आधारभूत व्याख्या र विष्लेषणसहित बहुराष्ट्रिय कम्पनीहरु समक्ष प्रोजेक्टको रुपमा प्रस्तुत गरिनेछ।,क्रिप्टोकरेन्सीलाई विश्वबजारमा खुद्रामा परिणत गरेर डलर जस्तै बनाउन र मुद्राको मूल्यको रुपमा फैलाउन ऋणको रुपमा मद्दत गर्ने उत्तरी युरोपका वित्तीय प्रमुखले जर्मन म्यागाजिनका रिष्टचाफ्टवोच सेब्स्टेन क्रिस्चलाई भेटघाटपछि बताएका छन्।,उनले भनेका छन्, ‘मैले लौरासँग मनि२०२० युरोपको आम्सटरदनमा मंगलबार भेटेको थिए। उसले त्यसपछि फेसबुकको विद्युतीय कारोबारबारेमा अनौपचारिक कुराकानीभयो।आफू त्यसमा प्रत्यक्ष रुपमा सहभागी नभए पनि डेभिड मार्कस भने फेसबुकको ब्लकचेन टेक्नोलोजीले भने आन्तरिक रुपमा काम गरिरहेको छ। तर पनि म जुन १८ सम्म पर्खिन्छु र पानामै पढ्ने आशामा छु।’,यस्तै फेसबुकको सूचना प्रमुखद्वय एलेक्स हिथ र जोन भिक्टोरले समेत जुन महिनामै क्रिप्टोकरेन्सी सार्वजनकि हुने जानकारी दिएको टेकक्रन्चले उल्लेख गरेको छ। तर फेसबुकले भने आफ्नो उक्त क्रिप्टोकरेन्सी प्रोजेक्टबारेको समाचारबारे टिप्पणी गर्न अस्विकार गर्दै आएको छ। तर स्रोतहरुका अनुसार फेसबुकले सन् २०२० लाई लक्षित गरेर औपचारिक सार्वजनिक गर्ने योजनामा रहेको छ।,तर लिब्राको माध्यमबाट भने फेसबुकमा कल गर्न सकिनेछ भने सामाजिक नेटवर्कमा भुक्तानीको लागि समेत कल गर्न सकिने छ। यसको प्रयोग साथीको बीचमा कम र बिना पैसा प्रवासीहरु जो विदेशमा काम गरिरहेका छन् उसको लागि बढी लाभदायी हुने बताइएको छ। यसलाई एउटा मनी ट्रान्सफरको रुपमा विकास गरिनेछ।,यस्तै अप्रत्यक्ष रुपमा क्रेडिट कार्डबाट हुने कारोबारलाई पनि अब क्रिप्टोकरेन्सीमा रुपान्तरण गरेर फेसबुकले सजिलो अवसर बनाइदिनेछ भने परम्परागत व्यापार, व्यावसायलाई सजिलो, भरपर्दो र छरितोको रुपमा माइक्रो फाइनान्सको सुविधा दिनेछ।,यतिमात्र होइन यसले स-सना समाचार आर्टिकलहरुकव लागि पनि माइक्रोट्रान्सको सुविधा प्रदान गर्न सक्नेछ। साथै कुन ब्राण्ड,कति लोकप्रियता लगायत फेसबुकले विज्ञापन मापन, र्याङकिङ तथा मुख्य व्यावसायलाई लक्षित गर्न सहयोगी भूमिका निभाउनेछ।,फेसबुकले आफ्नो नाम लिब्रा कोडनेम राखे जस्तै प्रयोगकर्ताकै नाममा क्रिप्टोकरेन्सी बनाउनेछ। यसलाई पछि विश्वले ग्लोबल क्वाइनको रुपमा चिन्नेछैनन् किनकी यसलाई फेसबुकले छुटै नाममा दर्ता गरिसकेको छ, जसलाई लिब्रा नेटवर्कस् भनिएको छ र यसको आर्थिक कारोबार स्विटजरल्याण्डबाट हुने रोयटर्सले दाबी गरेको छ। लिब्रा लिबोरको पूर्ण रुप हो जसको अर्थ हुनेछ, लण्डन इन्टर बैंक अफर रेट। यही नै पछि विश्व व्यापी रुपमा बैंकिङ कारोबारमा काम लाग्नेछ। तर अहिले यसलाई भने मानिसहरुले कसैको नामसँग जोडेर हेर्ने गरेका छन् जुन विल्कुलै होइन।,टोकन- यो क्रिप्टोकरेन्सी स्थिर मुद्राको रुपमा रहनेछ। यसको टोकन डिजाइन नै स्थिरता कायम गर्नको लागि बनाइएको छ। किनकी मुद्रा स्फिति जथाभावी नहोस भनेर पहिल्यै सचेतता अपनाएर योजना अनुरुप डेकोरेशनको प्रक्रिया गरिएको छ।,यस्तै बहुराष्ट्रिय कम्पनीहरुलाई समेत मुद्राको स्फितिको रिस्कमा काम गर्न सहज र स्थिर होस भनेर फेसबुकले यसको लागि विभिन्न फाइन्नान्सियल तथा वित्तिय संस्थाहरुलाई करीब १ विलयन डलर छुट्याइसकेको छ भने धेरै मुलुकसँग यसलाई कसरी स्थिरता कायम राख्ने भन्नेबारेमा काम समेत गरिरहेको छ।,फेसबुकले ल्याउने यो पैसा शुन्य लागतमा पार्दर्शिताका हिसाबले म्यासेन्जर र ह्वाट्स एप्समार्फत कार्यान्वयन हुनेछ। फेसबुकले यसको लागि थुप्रै मर्चेन्टसँग सहकार्यमा पेमेन्ट र साइन अप बोनसबारे काम गरिरहेको छ।,फेसबुकको ब्लकचेन प्रोजेक्टमा अहिले खासगरी पेपालका पूर्व अध्यक्ष र फेसबुक म्यासेन्जरका प्रमुख डेभिड मार्कस देखिएका छन्। तर उनीहरुको टीममा इनस्टाग्रामका पूर्वअध्यक्ष केभिन वेइल, फेसबुकका फर्मर कोरपोरेट प्रमुख सुनिता पारासौरमन कार्यरत छन्। यसका साथै पारासौरमनलाई क्रिप्टोकरेन्सीमा काम गर्ने थुप्रै इन्जिनियरहरुले सघाइरहेका छन्।,फेसबुकले एउटा स्वतन्त्र फाउन्डेशन बनाउनको लागि र क्रिप्टोकरेन्सीलाई निरीक्षण गर्नको लागि सरकारी निकायसँग पनि सहकार्य गर्ने भएको छ। विभिन्न कम्पनीहरुले रकमलाई चुस्त र दुरुस्त रुपमा उपयोग गर्न सरकारी निकायको मद्दत चाहिने भएकाले सँगै सहकार्यका लागि १० बिलियन डलर छुट्याएको छ।,यसलाई फेसबुकले सरकारी प्रोजेक्ट पनि भनेको छ।किनकी पछि फेसबुक एक्लैले यसको नियमिततालाई धान्न सकेन भने सरकारी निकायले सम्हाल्न सक्ने योजनाका साथ अगाडि बढेको छ। | सहदेव चौधरी |
नेपालले पहिलो पटक अन्तरिक्षमा पठायो ‘नेपालीस्याट-१’ नामक भू-उपग्रह | नेपाली दुई युवा वैज्ञानिक हरिराम श्रेष्ठ र आभाष मास्केले बनाएको ‘नेपालीस्याट-१’ नामक भू-उपग्रह प्रक्षेपण गरिएको छ।,
,‘नेपालीस्याट-१’ नाम दिइएको उक्त स्याटालाइट नयाँ वर्षको अवसर पारेर बैशाख ५ गते बिहीबार २ बजेर ३१ मिनेटमा अमेरिकाको भर्जिनियामा अवस्थित वल्लोप्स द्वीपस्थित प्रक्षेपण केन्द्रबाट ‘नेपालीस्याट-१’ स्याटेलाइट प्रक्षेपण गरिएको हो।,‘नेपालीस्याट-१’ सँगै श्रीलंकाको रावन–१ र जापानको युगुसु भूउपग्रह प्रक्षेपण गरिएको नासाले जनाएको छ।,जापानको क्युटेक विश्वविद्यालयसँग सहकार्यमा तीनै देशका विद्यार्थीहरुले बनाएका हुन। नेपालीस्याट-१ लाई नेपालबाट इलेक्ट्रिकल र कम्युनिकेसन इन्जिनियरिङमा स्नातकोत्तर गरिरहेका नास्टका प्राविधिक अधिकृत हरिराम श्रेष्ठ र स्पेस टेक्नोलोजी इन्जियिरिङमा विद्यावारिधि गरिरहेका नेपाली वैज्ञानिक आभाष मास्केले बनाएका हुन। क्युटेकको बर्डस परियोजना अन्तर्गतको छात्रवृत्तिमा नानो भू-उपग्रह निर्माण भएको हो।,नेपाली युवाले बनाएको भू-उपग्रह नेपालको आकाशमा दैनिक ५ देखि १० मिनेटसम्म रहनेछ।यो ‘नेपालीस्याट-१’ दैनिक नेपालको फोटो देशका विभिन्न स्थानको तस्वीर सङ्कलन तथा यहाँका हिमाल, पहाड, तराई, वन, पाखा हिमनदी, सडक र बाढीका बारेमा सूचना दिनेछ।,भू उपग्रह अन्तरिक्षमा पुगेपछि एक महिनासम्म इन्टरनेसनल स्पेस स्टेसन (आईएसएस) मा रहनेछ।,आज बिहान २:३१ बजे नेपालको पहिलो भूउपग्रह ‘नेपाली स्याट-१‘ प्रक्षेपण भएको छ। यो संगै नेपाल पनि सेटलाईट प्रक्षेपण गर्ने मुलुकहरूको सुचिमा जोडिएको छ। यसको निर्माणदेखि प्रक्षेपणसम्म, मुलुकको श्रीबृद्धिमा संलग्न सबै वैज्ञानिक तथा नास्ट सहितका सबै निकायहरूलाई बधाई ज्ञापन गर्दछु।,— K P Sharma Oli (@kpsharmaoli) ,विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्रविधि विभागका प्रमुख प्रा. डा.रविन्द्र ढकालका अनुसार यो भू-उपग्रह केही समयसम्म अन्तरिक्षको बाहिरी भागमा रहन्छ र त्यसपछि अन्तरिक्षमा घुम्न थाल्नेछ।,यो भू-उपग्रहबाट नेपालले रिमोट सेन्सिङ्ग भनिने प्रविधिको फाइदा लिन सक्छ। उक्त रिमोटको सहयताले नेपालले आफ्नो भूभागको मौसम, पानी, तापक्रम आदि समेटिएका तस्बिरहरू प्राप्त गर्न सक्छ। यति मात्र नभएर ती तस्बिरहरू सञ्चारमाध्यममा छाप्न उपयोगी हुनेछन् भने,यो भू-उपग्रह अन्तरिक्षमा तीन महिनादेखि एक वर्षसम्म सञ्चालनमा रहनेछ।,लामो समय सञ्चालनमा रहने भू-उपग्रह निर्माण गर्न र प्रक्षेपण गर्न नेपालले ठूलै लगानी गर्नुपर्ने उनको नास्ट) का प्रविधि विभागका प्रमुख प्रा. डा.रविन्द्र ढकालको भनाइ छ।,उनी भन्छन् ‘नेपालले अहिल्यै त स्टेशन बनाउन सकिदैन। तर नेपाली युवाहरुको दक्षताले नानो प्रविधिको विकास भने अवश्य गर्न सकिन्छ। हामी त्यसबारेमा छलफलको तयारीमा छौ।सरकारले नेपाली युवाहरुलाई स्वदेश फर्किने वातावरण बनाइदिनु पर्यो।’,यो भू-उपग्रहलाई सञ्चालन गर्न जमिनमा पूर्वाधार ‘ग्राउण्ड स्टेशन’ राख्नुपर्ने हुन्छ, जसको लागि नास्टले उपकरण खरिद गर्न टेन्डर आह्वान गरिसकेको छ।,उनी भन्छन्, ‘जापानबाट तीन ग्राउण्ड ह्याणडलिङको तालिम लिएर हाम्रो मान्छे आइसकेको छ। अब मात्र संरचना र लगानी चाहिएको छ। हामी चाडै त्यो पूर्वाधार नास्टकै कार्यालय परिसरभित्र बनाउँदैछौ।’ | सहदेव चौधरी |
नेपाली युवाले बनाएको ‘नेपालीस्याट-१’ भू-उपग्रह नयाँ वर्षमा प्रक्षेपण गरिँदै | काठमाडौं- अन्तरिक्षमा अब नेपालको आफ्नै स्याटालाइट ‘भू-उपग्रह’ हुने भएको छ। ‘नेपालीस्याट-१’ नाम दिईएको उक्त स्याटालाइट नयाँ वर्षको अवसर पारेर प्रक्षेपण हुँदै छ। आगामी बैशाख ४ मा उक्त स्याटालाइट अन्तरिक्षमा पठाउने तयारी रहेको विज्ञान प्रविधि प्रतिष्ठान- नाष्टका प्रविधि विभागका प्रमुख प्रा. डा.रविन्द्र ढकालले जानकारी दिए।,बुधबार प्रविधि पत्रकार मञ्च (टीजेएफ)ले ‘स्याटालाइट र नेपालमा यसको आवश्यकता’बारे आयोजना गरेको अन्तक्रिया कार्यक्रममा बोल्दै ढकालले अब नेपालको आफ्नै भू-उपग्रह हुने बताए।,‘आगामी बैशाख ४ गते नेपालले पहिलो पटक आफ्नै भू-उपग्रह प्रक्षेपण गर्दै छ। यसले विश्वमा नेपालमा आफ्नै स्याटालाइट छ भन्ने सन्देश दिन र नेपाली युवाहरुमा उत्प्रेरणा जगाउन नास्टले अप्रिल १७मा अमेरिकाबाट आफ्नै स्याटालाइट अन्तरिक्षमा पठाउन लागेको छ।’,उनले युएनको ‘बर्डस’कार्यक्रम अन्तर्गत जापानस्थित क्यूसु इन्स्टि्च्यूट अफ टेक्नोलोजी (क्यूटेक) सँगको सहकार्यमा नेपाली युवाले स्याटालाइट निर्माण गरेको बताए। उनले भने, ‘नेपाली दुई युवाहरु स्पेस टेक्नोलोजी इन्जिनियिरिङमा विद्यावारिधि गरिरहेका आभाष मास्के र इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातकोत्तर गरिरहेका हरिराम श्रेष्ठले ‘नेपालीस्याट-१’लाई निर्माण गरेका छन्। उनीहरु बर्डस् कार्यक्रम अन्तर्गत क्यूटेकमा छात्रवृत्तिमा अध्ययन गरिरहेका छन्।’,उनका अनुसार यो स्याटालाइट निर्माणका लागि सरकारले नेपाल विज्ञान प्रविधि प्रतिष्ठान नाष्टलाई एक करोड ८२ लाख रुपैया दिएको बताए। उनले भने, ‘ स्याटालाइटको निर्माणको सबै काम सकिसकेका छौ।अब स्याटालाइटको तथ्यांकहरु संकलनका लागि चाहिने ग्राउण्ड स्टेशनका लागि बोलपत्र आह्वान गरेका छौ। यसले स्याटालाइटबाट पठाएको डेटाहरुलाई संकलन र विश्लेषण गर्नेछ। हामी स्टेशनको कार्यालय नास्टकै परिसरमा राखेर काम गर्छौ।’,१० क्युबिक सेन्टिमिटर घनाकार (क्यूबोइड) आकारको उक्त स्टालाइटको प्रकार ‘नानो स्याटालाइट’ हो।यसलाई छोटो समय र कम लागतमा तयार पारिएको हो। उनका अनुसार ‘मेगा स्याटालाइट’ बनाउन १० देखि १५ वर्ष लाग्ने भएकाले खर्च धेरै र जोखिम पनि धेरै हुने भएकाले न्यानो स्याटालाइट नै नेपालको लागि प्रभावकारी हुने बताए।,उनले भने, ‘स्याटालाइटले तापक्रम, आद्रता, वायुमण्डलीय चापका साथै भौगोलिक अवस्थाको तथ्यांक दिनेछ। तर हाल हामीले पठाएको स्याटालाइटले मुख्य रुपमा विश्वभरीको ‘फुट प्रिन्ट’ तस्बिर दिन्छ।जसले नेपालको भौगोलिक स्थिति र कम्युनिकेसनमा नेटवर्किङ सहयोग पुर्याउँछ। ‘,यस्तै पूर्व विज्ञान तथा प्रविधिमन्त्री गणेश शाहले प्रविधिको युगमा सरकारी निकायबाट ‘टेक्नोलोजी जस्टिस’ र ग्राणिम प्रविधिमा जोड दिने नीतिहरुमा काम गर्ने पर्ने बताए।,उनले भने, ‘संसार अहले प्रविधिमा धेरै पड्को मारिसकेको छ। सरकार र सरोकारवाला निकायले प्रविधिलाई न्याय गर्दै यसको उपलब्धता, पहुँच र धान्न सक्ने नीतिको विकास गर्नु जरुरी छ। त्यस्तै ग्रामीण दूर सञ्चार कोषमा भएको रकम प्रविधि क्षेत्रमा सदुपयोग गर्नुपर्छ। यसले गाउँगाउँमा प्रविधिको पहुँच र प्रयोगलाई विकासमा सघाउन मद्दत पुर्याउँछ।’,‘नेपालीस्याट-१’ नामको यो स्याटालाइटमा नेपालको झण्डा र नाष्टको लोगो अंकित स्टिकर टाँसिएको छ।नास्टले जापानको अन्तरिक्ष संस्था ज्याक्सालाई हस्तान्तरण गत अप्रिलमा हस्तान्तरण गरिसकेको छ भने अप्रिल १७मा प्रक्षेपण गर्ने तयारी गरिएको छ।,प्रक्षेपणको जिम्मेवारी अमेरिकी स्पेस कम्पनी अर्बिटल एटीके अमेरिकाले लिएको छ। कम्पनीको सिग्नस रकेटले स्याटेलाइट उडाउनेछ। स्याटालाइट अन्तरिक्षमा पुगेपछि एक महिनासम्म इन्टरनेशनल स्पेश स्टेसनमा रहेनछ। स्पेश स्टेशनमा रहेका अन्तरिक्ष यात्रीहरुले पुन: स्याटालाइटको परीक्षण गर्नेछन्।,मेको अन्त्यमा स्पेश स्टेशनबाट भू–उपग्रहलाई पृथ्वीको कक्षमा छाडिनेछ।त्यसको दुई देखि ३/३ दिनपछि तथ्यांकहरु दिन सुरु गर्नेछ।,स्याटालाइट पृथ्वीको भू–मध्ये रेखालाई ९० डिग्रीको कोण बनाएर परिक्रमा गर्नेछ भने भएर पृथ्वीको सतहभन्दा करिब ४ सय किलोमिटर माथि हुनेछ। एक दिनमा यो स्याटेलाइट नेपालमा १० मिनेटसम्म रहने ढकालको भनाइ छ। स्याटालाइटमा ४३७ मेघाहर्ज यूएचएफ ब्यान्ड प्रयोग गरिएको छ।,बर्डस कार्यक्रम संयुक्त राष्ट्रसंघको युनेस्कोले भू–उपग्रह नभएका मुलुकहरुलाई लक्षित गरी सञ्चालन गरेको कार्यक्रम हो। जापानको क्यूटेकसँग सहकार्य गरी भू–उपग्रह निर्माणका लागि पहलकदमी गरेको हो, जस अन्तर्गत नेपालले अप्रिल १७ अर्थात वैशाख ४ गते नेपालीस्याट-१, श्रीलंकाको राभना-१ र जापानको उगिसू भू-उपग्रह एकैचोटी प्रक्षेपण हुनेछ।,यसअघि अफ्रिकाका घाना, सेनेगल, नाइजेरिया, मंगोलिया र त्यसपछि थाइलेन्ड र भुटानले यो कार्यक्रम अन्तर्गत भू-उपग्रह प्रक्षेपण गरिसकेका छन्। | सहदेव चौधरी |
अन्तरिक्षमा भारतले पठाउनेछ मानव, सर्वसाधारणले समेत भाग लिन पाउने | एजेन्सी- भारतले अन्तिक्षमा मानव मिशन पठाउने तयारी गरिहरेको छ। भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले सन् २०२१ मा आफ्नो पहिलो मानव मिसन पठाउने जनाएको छ।,उक्त मानव मिशनमा भारतले वैज्ञानिकलाई मात्र नभइ सर्वसाधारण मानिसलाई समेत सामेल गराउने अवसर प्रदान गर्नेछ। यसबारेमा इसरोका अध्यक्ष डा. के सिवनले बीबीसीसँग कुरा गर्दै भने भनेका छन, ‘अन्तिक्षमा मानव पठाउने मिशनमा जाने व्यक्तिहरुमा हामीले एक जना सर्वसाधारणलाई सहभागी गराउने छौ। तर त्यो क्षमता भने ती व्यक्तिमा निर्भर हुनेछ।’,करीब नौ हजार २३ करोड रुपैँयाबाट बनाइएको उक्त मानव अन्तरिक्ष उडान केन्द्र उद्घटनापछि यसबारेमा डा. सिवनले सो कुराको घोषणा गरेका थिए।,
,भारतले बनाएको उक्त उडान केन्द्रले सर्वप्रथम मानिस पठाउने तयारी गर्नेछ, किनकी इसरोले अन्तरिक्षमा तीन जनाको टोली पठाउने तयारी गरिरहेको छ।,डा.उन्नीकृष्ण नायलाई उक्त उडान केन्द्रका प्रमुख बनाइएको छ।उनीसँगै गगन परियोजनाको निर्देशक डा.आर हटन हुनेछन्।,गत वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गतवर्ष स्वतन्त्रता दिवसको अवसरमा गगनयान परियोजनाको बारेमा सो कुरा घोषणा गरेका थिए।,डा. सिवनले भनेका छन्, ‘ यो वर्ष गगनयान संस्थाको सबैभन्दा उच्च प्राथमिकता राखेका छौ। हामी यो मानवरहित मिशनलाई डिसेम्बर २०२०मा पठाउने तयारी गरिरहेका छौ। त्यसो त दोस्रो योजना जुलाई २०२१मा पूरा हुनेछ। उक्त दिनको सफलतापछि दिसम्बर २०२१मा मानव मिशनको योजना पूरा हुनेछ।’,प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो घोषणामा सन् २०२२ सम्म अन्तिक्षमा मानिस पठाउने बताएका थिए।इसरोले सन् २०२२ सुरु हुनुअगावै पहिले प्रधानमन्त्रीले बोलेका कुरालाई साकार पार्ने योजनामा रहेका जुटिरहेको छ।,यता, डा. सिवन अन्तरिक्षमा महिलालाई पठाउनु पर्ने बताउँछन्। उनी भन्छन्, ‘हामी चाहन्छौ अन्तरिक्षमा महिला वैज्ञानिक जाऊन्, यो हाम्रो उद्देश्य हो। मेरो विचारमा हामीले महिला र पुरुष दुवै वैज्ञानिकलाई त्यहा जाने तयारी गराउँछौ। प्रधानमन्त्रीले भने भाइ-बहिनीलाई पठाउनु पर्ने चाहना गर्नु भएको थियो। हामी यसलाई पूरा गर्न चाहन्छौ।’,यसबारेमा इसरोका पूर्व अध्यक्ष एएस किरण कुमारले भनेका छन्,’हामी प्रधानमन्त्रीको सपना पूरा गर्न चयन प्रक्रिया थालेका हौ। यसमा कुनै पनि आमनागरिकले यो आवेदन भर्न सकोस। त्यपछि प्रशिक्षण एक प्रक्रिया हुनेछ। यो पनि सबैकोऊ लागि आवेदन खुल्नेछ।’,डा. सिवनले अन्तरिक्ष वैज्ञानिकलाई पहिले भारतमै प्रशिक्षण दिने बताएका छन्। यसपछि उनलाई त्यो देशमा प्रशिक्षण हुनेछ, जुन देशले यसअघि अन्तरिक्षमा मानव पठाइसेका छन्।सायद रुसमा हुन सक्छ।’,मानव मिशनबाट भारतको विकासका लागि विभिन्न क्षेत्रमा विकास गर्नको लागि नयाँ उपायहरु अन्वेषण गर्ने आशा गरिएको छ। के यस्तो हुन सक्छ त भन्नेमा डा. सिवन भन्छन्, ‘ इसरोका लागि गगनयान यो ऐतिहासिका र महत्वाकांक्षी परियोजना हो। अहिलेसम्म हामी इन्जिनियरिङको क्षेत्रमा काम गरिरहेका थियौ। जसमा यान, क्रूको मोडेल बनाउने काममा मात्रै सामेल थियौ। अब हामी मानव पठाउने तयारीमा लागिसेका छौ।’,यस्तै किरण कुमारले भारत अन्तरिक्षमा मानव मिशन पठाउने काम साह्रै सराहनीय भएको र आम मानिसलाई समेत मौका दिएकोमा खुसी व्यक्त गरेका छन्।,यसभन्दा पहिले सन २००९मा योजना आयोगले अन्तरिक्षमा मानव मिशन पठाउने प्रस्ताव गरेको थियो। त्यहीबाट इसरोले यो क्षेत्रमा काम गरिरहेको छ। इसरोले अहिलेसम्म यो क्षेत्रमा धेरै परीक्षणहरु गरिसकेको छ। | सञ्चार संवाददाता |
आफ्नो आकाशमा अब चीनले बनाउनेछ आफ्नै चन्द्रमा | विज्ञान, प्रविधिको पहुँचमा अब्बल मानिएको चीनले आफ्नो आकाशमा आफ्नै चन्द्रमा निर्माण गर्ने दाबी गरेको छ। चिनिया अखबार ,का अनुसार चिनियाँ कम्पनीले आफैंले बनाएको नक्कली चन्द्रमा बनाएर आकाशमा पठाउने योजना बनाएको छ।,उक्त प्रोजेक्टलाई एक निजी चिनियाँ कम्पनी एयरोस्पेस साइन्स एण्ड टेक्नोलोजी माइक्रो इलेक्ट्रोनिक्स सिस्टम रिसर्च सेन्टर प्रालिले सन् २०२० सम्ममा पृथ्वीको कक्षमा एउटा चम्किलो स्याटालाइट पठाइसक्नेछ जसमा चीनमा स्ट्रीट लाइटको काम गर्ने छ।,एयरोस्पेशले अहिलेसम्म चन्द्रमा पठाउने बारेमा धेरै जानकारीहरु बाहिर ल्याएको छैन। तर जति पनि सूचना र जानकारीहरु आएका छन्, तीमाथि धेरै प्रतिक्रियाहरु र प्रश्नहरु उठाइएको छ।,पहिलो पटक चीनबाट प्रकाशित हुने अखबार पिपल्स चाइना डेलीमा उक्त समाचार आयो जसमा वु चेनफेङ्गले बयान दिए। था वु चेनफेङ्ग चगडु एयरोस्पेश साइन्स इनस्टिच्यूट माइक्रोइलेक्ट्रोनिक्स सिस्टम चिसर्च सेन्टरको अध्यक्ष भएको उल्लेख गरे।,उनले उक्त योजनालाई सन् २०२० सम्ममा सफलता पूर्वक सम्पन्न गर्ने दाबी गरेका छन्। यसका साथै उनले अब चीनको सडकमा स्ट्रिट लाइटको पनि आवश्यकता नपर्ने दाबी गरेका छन्। तर उनले के उक्त योजनाको पछाडि चीन सरकारको कुनै संलग्नता छ वा छैन भन्ने केही बताएको छैन।,चाइना डेलीका अनुसार यो कृत्रिम चन्द्रमाले एउटा सिसाको जस्तै काम गर्नेछ, जसमा सूर्यको प्रकाशलाई प्रतिबिम्बित गरी पृथ्वीमा पठाउनेछ।,यो पृथ्वीभन्दा ५०० किलोमिटरको दूरीमा अवस्थित रहनेछ। लगभग यति नै दूरीमा अन्तराष्ट्रिय स्पेस स्टेशन पनि रहेको छ।,
यसको प्रतिस्पर्धा पृथ्वीको सक्कली चन्द्रमाको ३ लाख ८० हजार किलोमिटर रहेको छ।,रिपोर्टमा बताइएको छ कि यो चन्द्रमा हेर्नमा कस्तो हुनेछ त्यो त थाहा छैन। तर वु केले बताए अनुसार पक्कै पनि यसले आफ्नो प्रकाशबाट १० किलोमिटर दूरीदेखि ८० किलोमिटरमा फैलिएको हुन्छ जहाँ सक्कली चन्द्रमाभन्दा ८ गुणा बढी प्रकाश दिनेछ। साथै यो चन्द्रमाको प्रकाशलाई आफू अनुकुल नियन्त्रित समेत गर्न सकिनेछ।,चेङ्गडु एइरोस्पेशका अधिकारीहरुले भनेका छन्, ‘कृत्रिम चन्द्रमाको मुख्य उद्देश्य नै पैसा बचाउनु हो। जति खर्च सर्वसाधारणले स्ट्रीट लाइटमा गर्छन्,त्यसको तुलनामा कृत्रिम चन्द्रमाको प्रकाश नै सस्तो हुन्छ।’,चाइना डेलीले वु केलाई उद्दृत गर्दै भनेका छन्, ‘कृत्रिम चन्द्रमाबाट ५० वर्गकिलोमिटरको क्षेत्रमा प्रकाश छर्नेछ जसले प्रत्येक वर्ष विजुलीमा आउने खर्चको १.२अर्ब युआन १८ करोड डलर बचत हुनेछ।’,यसका साथै प्राकृतिक विपत्ति लगात भूकम्प वा बाढी-पहिरोमा पनि यो कृत्रिम चन्द्रमाले भरपूर मद्दत गर्नेछ। ग्लास्गो यूनिभर्सिटीमा स्पेस सिस्टम इन्जिनियरिङका प्रवक्ता डा. म्याटियो सिरिओटीले भनेका छन्,’यो योजना एक पलको लागि जस्तो देखिन्छ।तर त्यो होइन। यसले रातिको समयमा विजुलीमा धेरै कटौति गरी पैसाको बचत गराउनेछ। १५ वर्षसम्म यसले सस्तोमा विजुलीको काम गर्नेछ राति सडकमा।’,डाक्टर सिरिओटीको भनाई छ कि वैज्ञानिक तरिकाले भने यो सम्भव छ। तर यसको सामुन्ने समस्या पनि उत्तिकै छ।त्यो हो दूरीको। यसलाई कत्ति दूरीमा र कति क्षेत्रमा प्रकाश छर्ने गरी राख्ने भन्नेमा अहिलेसम्म निश्चय गर्न सकिएको छैन। यसले दिने प्रकाशबाट पृथ्वीको केही भागमा भने सक्कली चन्द्रमालाई समेत पछाडि पारिदिनेछ। यसको अर्थ यो एउटा स्थिर कक्षमा रहनेछ जुन पृथ्वीबाट ३७ हजार किलोमिटरको टाढा हो।,सिरिओटीले भनेका छन्, ‘ सबैभन्दा धेरै समस्या पनि यही हो कि खास इलाकामा प्रकाश फैलाउन स्याटालाइटलाई निश्चित ठाउँमा राख्नु पर्नेछ। यदि तपाई १० किलोमिटरसम्मको क्षेत्रमा प्रकाश चाहनुहुन्छ, तर तपाईको दिशा एक डिग्रीको १०० भागमा परेन भने त्यसबेला कृत्रिम चन्द्रमाको प्रकाश अर्कै क्षेत्रमा पुग्नेछ।’,यता, हार्बिन इन्स्टिच्यूट अफ टेक्नोलोजीका निर्देशक क्याङ विमिनले पीपुल्स डेलीसँग भनेका छन्, ‘ यो कृत्रिम चन्द्रमा सक्कलीभन्दा केही धमिलो देखिनेछ तथा जनावरको दैनिक जीवनमा प्रभाव पार्नेछ।’ तर चीनमा कृत्रिम चन्द्रमाको बारेमा चर्चा हुनुका साथै चिन्ता पनि व्यक्त भइरहेका छन्।,केही मानिसले यसलाई जनावरहरुलाई राति पनि सुत्न नदिने प्रतिक्रिया दिएका छन् भने कोहीले प्रदूषणबाट भइरहेको हानीलाई रोक्नुका साथै समृद्धि पनि ल्याउने बताएका छन्।,यस्तै इन्टरनेशनल डार्क स्काइ एशोसिएशनमा पब्लिक पोलिसीका निर्देशक जोन ब्यारेन्टीनले फोर्ब्सलाई बताउँदै भनेका छन्, ‘यो कृत्रिम चन्द्रमाको कारणले निश्चित क्षेत्रमा रातिको सट्टामा दिन हुनेछ। साथै पहिलेदेखि नै प्रकाश प्रदूषणको मार झेलिरहेका चेङ्गदुबासी झन मारमा पर्नेछन्। यहाँका मानिसहरु रातिको समयमा पनि कृत्रिम प्रकाशका कारण हैरान छन्।’ साथै सिरिओटीले पनि यदि कृत्रिम चन्द्रमाको प्रकाश बढी भएमा प्रकृतिमाथि सिधै असर गर्ने बताएका छन्।,कृत्रिम चन्द्रमा राख्ने यो पहिलो कोशिस भने होइन। यसअघि पनि प्रकाशलाई लिएर कृत्रिम चन्द्रमा बनाउने योजना बनाइ सकिएको छ। सन् १९९३मा रुसका वैज्ञानिकहरुले २० मीटर चौडा एक रिफ्लेटर मिर स्पेश स्टेशनतर्फ पठाएका थिए। उक्त रिफ्लेक्टरको ओर्बिट २०० किलोमिटर देखि ४२० किलोमिटरको बीचमा थियो।,नाम्या २ नामक अर्को एउटा स्याटालाइट पनि पृथ्वीबाट ५ किलोमिटरको व्यासमा प्रकाशको लागि पठाइएको थियो।तर उक्त स्याटालाइट जलेर नष्ट भएको थियो। यसपछि ९० को दशकको अन्त्यमा पनि नाम्याको अर्को एक ठूलो मोडेल बनाउने कोशिस पनि गरियो। तर त्यो सफल हुन सकेन। | सञ्चार संवाददाता |
सरकारले छाप्न सुरु गर्यो राष्ट्रिय परिचयपत्र | सरकारले राष्ट्रिय परिचयपत्र वितरणका लागि छपाइ सुरु गरेको छ।,गृहसचिव प्रेम राईले विहीबार सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र प्रशोधन केन्द्रमा छपाइको सुरुवा गरेको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।,पहिलो चरणमा सचिव राईले बटम थिचेर ५० वटा परिचयपत्र छापेका थिए। पाँचथर र सिंहदरबारका कर्मचारीलाई पहिलो चरणमा परिचयपत्र विवरण गर्नका लागि केन्द्रले छपाइ शुरुवात गरेको हो।,सूचना अधिकारी जोशीले पहिलो चरणमा वैयक्तिक र जैविक विवरण सङ्कलन गरिएका पाँचथरका २० हजार र सिंहदरबारका एक हजार कर्मचारीको परिचयपत्र छाप्ने जानकारी दिए।,केन्द्रले पहिलो चरणमा पाँचथरका एक लाख १० हजार नागरिक र सिंहदरबारका सरकारी कार्यालयका सात हजार कर्मचारीलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने योजना रहेको छ तर अहिले सबैको व्यक्तिगत र जैविक विवरण सङ्कलन नसकिएकाले २१ हजारको मात्र पहिलो चरणमा छाप्ने र पछि अन्यको पनि छाप्ने उनले बताए।,सबै परिचयपत्र छापेर यही महीनाको मसान्तदेखि पाँचथरमा परिचयपत्र विवरणसमेत गरिने छ। केन्द्रका कम्प्युटर इञ्जिनीयर ज्ञानेश्वर बोहराले प्राविधिक परीक्षण सकेर कम्पनीले मेशिन उपलब्ध गराएपछि परिचयपत्रको छपाइ गरेको बताए।,उनका अनुसार परिचयपत्रमा व्यक्तिको वैयक्तिक र जैविक विवरण हुने छ। वैयक्तिक विवरणमा नाम, ठेगाना, बुबा आमा, बाजेको नाम, जन्ममिति, धर्म, जात, पेशा र शैक्षिक योग्यता रहने छ भने जैविक विवरणमा फोटो, औँठाछाप र हस्ताक्षर हुने छ।,केन्द्रले अमेरिकाको बनेको अत्याधुनिक मेशिन ‘डाटा कार्ड कम्पनी’बाट प्रतिघण्टा ५०० को दरले परिचयपत्र छाप्ने इञ्जिनीयर बोहराले जानकारी दिए।,
उक्त मेशिन ‘आइडिमिया आइडिण्टीटी एण्ड सेक्युरिटी’ कम्पनीले अन्तर्राष्ट्रिय बोलपत्रका आधारमा ठेक्कामार्फत करीब रु चार करोडमा उपलब्ध गराएको हो ।,उनका अनुसार लेजर प्रविधिबाट कार्बन (पोली कार्बोनेट) लाई जलाएर परिचयपत्र छाप्ने गरिन्छ। उक्त प्रविधिलाई कसैले पनि चोर्न नसक्ने उहाँको भनाइ रहेको छ । परिचयपत्रमा एउटा कार्ड र मेशिनले पढ्न सक्ने व्यक्तिको सबै विवरण भएको ‘विद्युतीय चिप्स’ रहेको हुन्छ ।,मेशिनमा कार्ड हालेपछि विद्युतीय चिप्समा व्यक्तिको विवरण लेखिन्छ त्यसपछि लेजरले उक्त विवरणलाई कार्बनमा जलाएर लेखेपछि मेशिनबाट परिचयपत्र बाहिर निस्कने कम्प्युटर इञ्जिनीयर बोहराले जानकारी दिए।,विद्युतीय चिप्सलाई सरकारको आधिकारिक निकायले मात्र पढ्न सक्ने छ । मेशिनले छापेर आएका परिचयपत्रलाई बिग्रेको भए अलग्लै राख्ने गर्दछ । परिचयपत्र छापेपछि केन्द्रले गुणस्तर परीक्षण गरेर मात्र वितरण गर्दछ ।,सरकारले नागरिकताको सट्टा व्यक्तिको सम्पूर्ण व्यक्तिगत विवरण समावेश गरिएको राष्ट्रिय परिचयपत्र ल्याउन थालेको हो । सरकारले २०६७ मा केन्द्र स्थापना गरे पनि २०७३ सालदेखि परिचयपत्रको काम शुरु भएको हो। यसै वर्ष थप १५ जिल्लामा पनि परिचयपत्र वितरण गर्ने योजना रहेको छ। | सञ्चार संवाददाता |
मानिसको पिसाब प्रयोग गरेर विद्यार्थीले बनाए इँट्टा! | इँटा बनाउन के सामग्री चाहिन्छ? सामान्यत: इँट्टा बनाउन माटोपानीको मिश्रण र उच्च तापमापनमा पकाउन भट्टी चाहिन्छ। तर ,एका छन्।,उनीहरुले पर्यावरणीय परिवेशलाई मध्यनजर गर्दै मानिसको पिसाबबाट इँट्टाको निर्माण गरेका छन्। विश्वविद्यालयमा ती छात्राहरुको निरीक्षक डायलन रेण्डलले भनेका छन्, ‘मानिसको पिसाबाट इँट्टा बनाउने प्रक्रिया ठीक यस्तै छ जस्तो समुन्द्रमा मुंगा बन्छ।’,उनले भट्टी बनाएर इँट्टा बनाएमा माटोको नोक्सान र वातावरण प्रदूषण हुने तर पिसाबबाट मानिलाई कुनै प्रकारको हानी नहुने दाबी गरेका छन्।,इँट्टा बनाउने प्रकियामा सबैभन्दा पहिले केप टाउन विश्वविद्यालय(यूसीटी)को इन्जिनियरिङ अध्ययन गर्दै गरेका विद्यार्थीहरुले पुरुष शौचालयसँग पिसाब संकलन गरे। त्यसपछि केही ठोस खाद बनाएपछि बाँकी रहेको तरल पदार्थलाई जैविक प्रक्रियाद्वारा प्रयोगमा ल्याए जसलाई विश्वविद्यालयले ‘बायो-ब्रिक्स’को नाम दिइयो।,मानिसले औसतमा एक व्यक्ति बराबर एक पटकमा २०० देखि ३०० मिलिलिटर पिसाब गर्ने गर्दछन्। तर एक बायो-ब्रिक्स बनाउनका लागि मात्र २५-३० लिटर पिसाबको आवश्यकता हुन्छ। यो मात्रा भने केही घटबढ हुन सक्छ। तर एक किलो खाद बनाउन पनि लगभग त्यति नै पिसाबको खाँचो पर्दछ। यसबारे उनीहरुले एउटा इँट्टा बनाउन मानिसले कम्तिमा पनि सय पटक पिसाब फेर्न जानु पर्ने हुन्छ।,पिसाबबाट इँट्टा बनाउने यो प्रक्रियालाई उनीहरुले माइक्रोबायल कार्बोनेट प्रिसिप्टेसन भनिन्छ। यो प्रक्रियामा संलग्न ब्याक्टेरियाले एउटा इन्जाइन उत्पन्न गराउँछ जसले पिसाबमा रहेको युरियालाई अलग गर्दछ। त्यसपछि उक्त पिसाब क्याल्सियम कार्बोनेट बन्दछ। यही मिश्रणलाई ठोस रुप दिँदा त्यो इँट्टाको रुपमा देखिन्छ। यसपछि बायो ब्रिक्सलाई आवश्यकता अनुसार स्वरुपमा ढाल्ने गरिन्छ।,यसबारेमा डाक्टर रेण्डलले भन्छन्, ‘जब पछिल्लो समय हामीले यो प्रक्रियालाई सुरु गर्यौँ, त्यतिबेला हामीले बनाएको इँट्टा आम चुनापत्थरबाट बनेको इट्टाभन्दा करीब ४० प्रतिशत कमजोर थियो। तर केही महिनापछि हामीले त्यो क्षमतालाई दुगुणा बनायौँ र कोठामा जिरो डिग्री तापक्रममा ब्याक्टेरियालाई राख्यौँ। किनकि सीमेन्टको कण लामो समयसम्म कायम रहोस् भनेर।’,केप टाउन विश्वविद्यालयका अनुसार सामान्य इँट्टा बनाउन कम्तिमा पनि १४०० डिग्री सेल्सियस तापक्रम चाहिन्छ। तर डाक्टर रेण्डल भन्छन्, ‘यो प्रक्रिया निक्कै कडा हुन्छ अनि ग्यास पनि कडा हुन्छ। किनकी त्यसमा दुर्गन्ध फैलिरहन्छ जसमा एमोनिया निस्किरहेको हुन्छ। ‘,यस्तै उनी भन्छन्, ‘तर मानिसले पिसाब गरेको ४८ घण्टापछि भने एमोनिया ग्यास पूरै समाप्त भइसकेको हुन्छ। यसले स्वास्थ्यमा कुने पनि असर गर्न सक्दैन। प्रक्रियाको पहिलो चरणमा उच्च पीएचको माध्यमबाट समाप्त पारिन्छ।’,युसीटीका अनुसार युरियाको माध्यमबाट इँट्टा बनाउने काम केही वर्ष पहिले अमेरिकामा सुरु भए पनि त्यो बेलामा सिन्थेटिक युरियाको प्रयोग गरिएको थियो।,
तर डाक्टर रेण्डल तथा उनको विद्यार्थीहरु सुजैन ल्याम्बर्ट तथा वुखेता मखरीले पहिलो पटक मानिसको अर्ग्यानिक पिसाबलाई इट्टा बनाउन प्रयोग गरेका थिए।,उनीहले त्यसपछि मानिसको पिसाब इट्टा बनाउन कोसेढुंगा साबित हुने बताएका छन्। | सञ्चार संवाददाता |
अन्तरीक्षमा चट्टान काट्न सक्ने यो तरवार ! | विज्ञान प्रविधिमा निक्कै अब्बल मानिएको देश जापानमा बर्षौदेखि युद्धको लागि तेज धारिलो भएको तरवार बनाउने गरिन्छ। यसलाई धेरै तताएर बनाएको सक्कली फलामबाट बनाइएको हुन्छ।,यसको सहयोगले मोटो भन्दा मोटो काठहरुलाई सजिलै उक्त तरबारको मद्दतले काट्न सकिन्छ। यसलाई जापानी भाषामा ‘कटाना’ भनिन्छ। हो, यही तरबार बनाउने तीन जना इन्जिनयर, एउटा चर्चित जापानी तरवार बनाउने मानिस मिलेर एउटा यस्तो मेसीन बनाउन लागि परेका छन्, जसको माध्यमबाट अन्तरिक्षमा रहेका उल्कापिण्डबाट चट्टानका टुक्राको नमुना काटेर ल्याउनमा मद्दत गर्नेछ।,जापानका अन्तरिक्ष मेसीन ह्याबुसाको माध्यमबाट अन्तरिक्ष यान रियूगू नामक उल्कापीण्ड पत्ता लगाउन पठाइएको छ। उक्त उल्कापीण्डको वरिपरी घुम्ने यानदेखि लिएर त्यहाँ टेक्ने कक्षसम्म तयार पारियो। तर कुनै पनि मेसिन उक्त उल्कापीण्डबाट चट्टान काटेर ल्याउन सकेन। प्रत्येक पटक मेसिनले चट्टान असफल नै रह्यो।,यसबारेमा एउटा लेखमार्फत जापानी कनागावा इन्स्ट्च्यूट अफ टेक्नोलोजीका ताएको वातानाबे तथा ७० वर्षीय जेनरोकुरो मत्सुनागाले मिलेर उक्त मेसीनको बारेमा विस्तृतमा लेखेका छन्।,मत्सुनागा समुराइ तरवार बनाउने हस्ती हुन। उनले नयाँ तरिकाबाट र शैलीबाट यस्तो काट्ने मेसीन बनाए जसमा तामाहागानेको प्रयोग गरिएको छ।,
तामाहागाने यस्तो प्रकारको फलाम र कार्बनबाट बनाइएको हुन्छ, यहीबाट प्रसिद्ध जापानी तरवारहरु बनाइएको हुन्छ र ती तरवारहरु धारिलो र चमकदार हुन्छन्। उनीहरु दुवै जनाले उक्त लेखमा लेखेका छन्, ‘अब हामीले जापानी तरवारको फाइदा उठाउनका लागि हामीले अन्तरिक्षमा पठाउने उक्त मेसीनलाई पनि यही तामाहागानेबाट बनाएका छौँ।’,मत्सुनागाले जापानी समुन्द्री तटमा पाइने फलामको कणलाई संकलन गरे। त्यसलाई फेरि गालेर पगाल्ने तताए र तामाहागाने बनाए। उक्त प्रक्रियामा फलामका कणलाई तेज आगोमा पगाल्ने र पुन: चिसो बनाउने काम गरे। बारम्बार यस्तो प्रक्रियाबाट फलाम एकदमै बलियो हुन्छ।जसले धेरै कठोरभन्दा कठोर चीजलाई काट्न सकिन्छ।,उनले यही फलामबाट गोलाकार यन्त्र तयार गरे जसको धार पुरै ब्लेड जस्तो तिखो हुन्छ। खासमा जापानका अन्तरिक्ष वैज्ञानिक उक्त यन्त्रलाई अन्तरिक्ष यानबाट रियूगू उल्कापीण्डमा पठाउने तयारी गरिरहेका छन्। जसरी आइसक्रिम निकाल्ने स्कूप हुन्छ, ठीक त्यही प्रकार यो यन्त्रले उल्कापीण्डबाट माटो र चट्टान निकालेर पृथ्वीमा ल्याउने योजना बनाएको छ।,सन् २००५ मा ह्याबुसाको एउटा मेसीनको मद्दतले जापानी वैज्ञानिकलाई त्यतिबेला उल्कापीण्डबाट चट्टानको टुक्रा ल्याउन धेरै नै कठिन थियो। रियूगूबाट,
चट्टानको नमूना ल्याउने प्रयास दुई पटक नै असफल भयो। जुन मेसीन पठाइएको थियो, त्यसले केही धुलोको कण मात्रै पृथ्वीमा ल्याउन सक्यो।,यति छोटो नमुनाले सही के हो वैज्ञानिकहरुलाई छुट्ट्याउन निक्कै गाह्रो भयो। तर उनीहरु हार मानेन्। फेरी अर्को पटको प्रयासमा उल्कापीण्डबाट चट्टानको नमुना ल्याउने तयारी गरिएको छ। तर अहिले बनाइएको यो तरबारले भने उल्कापीण्डबाट चट्टान काट्न धेरै सजिलो हुने वैज्ञानिकहरुले आशा लिएका छन्।,खासमा उल्कापीण्डको सतह लाखौ वर्षदेखि ब्रमाण्डको किरण झेलिसकेका हुन्छन्। त्यसमा रेडियोउक्टिभ किरणदेखि सूर्यको एक्सरेसम्म समावेश भएको हुन्छ।,हाभर्ड-स्मिथसोनियन सेन्टर फर एस्ट्रोफिजिक्सका मार्टिन एल्भिस भन्छन्, ‘ उल्कापीण्डको नमुनाले हामीलाई सौर्यमण्डको इतिहासको बारेमा सम्पूर्ण रुपमा जानकारी दिन सक्छ। यसको लागि हामीले उसको शीरबाट केही चट्टान ल्याउनु पर्ने हुन्छ। अनि मात्र त्यसकफ गुह्य रहस्यलाई पत्ता लगाउन सकिन्छ।’,तर कठिन यो छ की उल्कापीण्ड हल्का हुन्छन्। यसमा गुरुत्वाकर्षण हुँदैन। यसमाथि धेरै कसेर कुनै चीजबाट चोट पुर्याएमा यो उछ्ट्टिजान्छ। यसबारे मार्टिन एल्भिस भन्छन्, ‘ कुनै पनि यस्तो चीज जुन कम तागतको होस। त्यसलाई प्रयोग गरेर उल्कापीण्डको भित्रबाट नमुना ल्याऔं। राम्रो हुन्छ। तामाहागाने स्टील यो काममा धेरै उत्तम हुन सक्छ।’,हामी प्राय यो सोच्छौ की उल्कापीण्ड, अन्तरीक्षमा तैरिदै गरेको ठुलो ठूलो हुन्छ। तर यो प्राय रबरको एउटा ठूलो फूल जस्तो हुन्छ। यिनीहरु धेरै नै अस्थिर हुन्छन्। यसलाई बिना गुरुत्वाकर्षण भएको ठाउँमा काट्न धेरै ठूलो चुनौती हुन्छ। मानिस निक्कै कम पटक उल्कापीण्डको नजिक पग्न सक्छ। यस्तो स्थितिमा नमुना ल्याउन पनि निक्कै अप्ठेरो छ।,स्वतन्त्र रुपमा काम गर्ने एक भौतिकशास्त्री वा विद् मीका म्याकिनोन भन्छन्, ‘ हुन सक्छ की उल्कापीण्डको चट्टानमा बरफ पनि भेटिन्छ। साथै काट्ने समयमा आगो पनि लाग्न सक्छ। किनकी चट्टानको भित्र ग्यास पनि हुन सक्छ। यस्तो भयो भने त स्थिति झन खतरनाक हुनेछ। हामी उल्काको चट्टान ल्याउन फेरि पनि असफल रहनेछौ।’,अहिलेसम्म जापानी वैज्ञानिकको टीमले तामाहागाने स्टीलबाट बनाएको यन्त्रलाई ठूलो पाइपभित्र खसाएर नमुना ल्यानको लागि परीक्षण गरिरहेको बताएका छन्।,यसको नतिजा पनि करीब करीब मिलिरहेको उनको भनाई छ। त्यसो भए के यस्तो धातुबाट अन्तरीक्ष मेसीनलाई सफल बनाउन सकिन्छ त भन्ने प्रश्नमा मीका म्याकिनोन भन्छन्, ‘ खासै भरोसा त लाग्दैन मलाई तर जापानमा बनाइएको उक्त तरवारसँग मानिसको भावनात्मक सम्बन्ध जोडिएको छ।यसले सामूहिकताले पक्कै पनि नतिजा सफल होस्। ‘ यदि उक्त तामाहागानेले उल्कापीण्डको नमुना संकलन गर्न सफल भएमा आउने जापनी पुस्तालाई नयाँ इतिहास सिकाउने उनको भनाई छ। | सञ्चार संवाददाता |
भारतले एकै पटक अन्तरिक्षमा पठायो ३१ वटा भू-उपग्रह | भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले बिहीबार पोलार सेटलाइट लन्च भेहिकल (पीएसएलभी)बाट एकै पटक ३१ वटा भू-उपग्रह प्रक्षेपण गरेको छ।,भारतको प्रेस इन्फरमेशन ब्यूरो (पीआइबी) का अनुसार आन्ध्र प्रदेशको श्रीहरिकोटामा रहेको सतीश धवन स्पेश स्टेशनबाट बिहान पीएसएलभीले आफ्नो ४५औ पटक भू-उपग्रह प्रक्षेपण गरेको हो। यो वर्ष,📡LIVE Now: Launch of 🚀PSLV-C-43/Hysis from Satish Dhawan Centre, Sriharikota ,— PIB India (@PIB_India) ,
पोलार सेटलाइट लन्च भेहिकल (पीएसएलभी)बाट यो वर्षभित्र भू-उपग्रह प्रक्षेप गरेको यो छैठौ पटक हो। प्रक्षेपण गरिएका यी भू-उपग्रहहरू पृथ्वीबाट ५ सय ४ किलोमिटरमाथि अन्तरिक्षमा रहेको केन्द्रमा स्थापित गरिने बताइएको छ ।,इसरोका अनुसार यो भूउपग्रहको प्रक्षेपणले हाइपर स्पेक्ट्रल इमेजिङ सेटलाइटको माध्यमबाट पृथ्वीको कुना-कुनासम्म निगरानी राख्नेछ। साथै यसमा जडान गरिएको विशेष चीप(मेसिन)ले पृथ्वीमा रहेका ५५ विभिन्न रंगहरू सजिलै पहिचान गर्नेछन्।,यसका साथै पृथ्वीको पर्यावरण सर्वेक्षण, बाली प्रणालीका लागि जमिनको पहिचान र तेल तथा खनिज पदार्थको खानीको अन्वेषण र विश्लेषण गर्न यो भू-उपग्रह महत्वपूर्ण कोशेढुंगा साबित हुने इसरोले जनाएको छ ।,Update #12,Here’s the lift-off image of , carrying 31 satellite onboard. , ,— ISRO (@isro) ,प्रक्षेपण गरिएको उक्त हाइसइस (HysIS)को तौल ३८० किलोग्राम रहेको छ। स्याटालाइट पेलोडमा यसको ७३० वाटको पावर ब्याकअप तथा ६४ एएच लियोन ब्याट्री राखिएको छ। यो वर्ष २०२३सम्म यसले निगरानी राख्नेछ।,यो यान ती सबै भू-उपग्रहले दुई अलग अलग कक्षमा प्रभाव पार्नेछ। पीएसएलभी लन्चरको कुल लम्बाइ ३९.४ मीटर रहेको छ। यसमा फोर स्टेज रकेट लगाइएको छ। यदि यो अभियान सफल भएमा यो पीएसएलभी मोडेलको १३औ सफलता हुनेछ।,यसको सार्वजनिकपछि इसरोको लागि दोस्रो सबैभन्दा ठूलो अभियान चन्द्रयान रहेको छ, जुन सन् २०१९को सुरुवातमा गरिनेछ। | सञ्चार संवाददाता |
नासाको भोयाजर-२ सौर्यमण्डल छोड्न सफल, के सौर्यमण्डल बाहिरको अध्ययन गर्ला? | अमेरिकी अन्तरिक्ष निकाय (, भएको छ। ,भन्दा (सूर्यको कण तथा चुम्बकीय क्षेत्रमा रहेको सुरक्षात्मक दलदल) बाहिर निक्लेर आइसकेपछि त्यहाँ पुग्न सफल भएको नासाका भोयाजर टिमका मुख्य वैज्ञानिक एवं प्रोफेसर एडवर्ड स्टोनले पत्रकार सम्मेलन गरेर जानकारी दिएका हुन्।,वैज्ञानिक एवं प्रोफेसर स्टोनले उक्त कुराको पुष्टि गर्दै भनेका छन्, ‘हामीले सन् १९७७ मा पृथ्वीबाट छोडेको भोयाजर-२ सौर्यमण्डलभन्दा पनि टाढा पुग्न सफल भएको छ।’,विश्वको इतिहासमा दोस्रोपटक , भएको छ। यसले बाहिरको समेत अध्ययन गर्न मद्दत पुर्याउनेछ।’,यसको जोडी भोयाजर-१ लाई १६ दिन पहिले अन्तरिक्षमा पठाइएको थियो। तर भोयाजर-१ भने ६ वर्षसम्म ताराहरुको बीचमै बस्न बाध्य भएको थियो। अमेरिकी भूगर्भीय संघ (एजीइ)को बैठकमा मिसनका स्टोनले प्रमुखले उक्त जानकारी दिएका थिए।,अमेरिकी अन्तरिक्ष एजेन्सीका अनुसार भोयाजर-२मा एक काम गर्ने उपकरण छ जसले प्रकृतिको पहिलो स्पर्शलाई अवलोकन गर्ने र अन्तरिक्षमा यसलाई पठाउनेछ।,अहिले यो प्रोब पृथ्वीभन्दा १८ अर्ब किलोमिटर अर्थात ११ अर्ब माइल टाढा छ। यो लगभग ५४ हजार किलोमिटर प्रतिघण्टा (३४ हजार माइल प्रतिघण्टा) टाढा चलिरहेको छ।,अहिले भोयाजरले सुरुवाती अवस्थामा बाहिरको प्लानेट्सको अध्ययन गर्नेछ, तर त्यहीँ आसपासमा घुमेर बस्नेछ। प्रोफेसर स्टोनले मिसनका टीमहरुलाई पनि यसको बारेमा कुनै नयाँ आइडिया नभएकाले यो भोयाजर कति टाढासम्म पुग्ने र सूर्यको धुलो कणहरुलाई छिचोल्दै किनारमा पुग्ने बताएका छन्।,उनले भनेका छन्, ‘यदि स्पेसक्राफ्ट त्यहाँ बसिरह्यो भने हामीलाई पनि थाहा छैन, धुलो कणहरुसँग कति ठूलो हुनेछ र कति समयसम्म बस्नेछ भनेर। तर अब हामीले यसको बारेमा अध्ययन सुरु गरिसकेका छौँ। भोयाजरको ४१ वर्षको यो यात्रा भने निक्कै उत्साहजनक रहेको छ।’,यता, वैज्ञानिकहरुले सौर्य परिवारको परिभाषालाई धेरै तरिकाबाट व्याख्या गर्ने गरेका छन्। प्रोफेसर स्टोनले यसको परिभाषामा सधैं सतर्क रहनुपर्ने बताउँछन् र एउटा वाक्यांश भन्ने गरेका छन्, ‘छाडौं सौर्य परिवार भन्न।’उनले विस्तारै भोएगर-२ गुरुत्वाकर्षणलाई पन्छाउँदै सूर्यको कणहरुलाई अध्ययन गरिरहेको बताएका छन्।,तर यी दुवै भोयाजरहरु अहिलेको लागि नयाँ नै रहेको र अन्तरिक्षको बारेमा धेरै रहस्यहरु खोल्न बाँकी रहेको उनको भनाइ छ।,अहिले सबै वैज्ञानिकको चासोको विषय बनेको छ की यो भोयाजर-२ ले अन्तरिक्षमा कति लामो यात्रा गर्नेछ? कसैले १० वर्ष त कसैले अर्बौ किलोमिटर भनेका छन्। किनकि भोयाजर- १ ले पृथ्वीबाट सन् १९७७मा ५ सेप्टेम्बरमा पठाइएको थियो भने भोयाजर-२ लाई भर्खरै पठाइएको छ।,यी दुवै जोडीहरुको उद्देश्य भनेको वृहस्पति, शनि, अरुण, बरुणको बारेमा खोज अनुसन्धान गर्नु थियो, जुन सन् १९८९ मा पूरा भएको थियो।,यस्तै अब भोयाजर-२ को काम पनि सन् २०२७ सम्म यही ग्रहहरुको बारेमा विस्तृतमा सुक्षम अध्यय गर्ने रहेको प्रोजेक्ट प्रमुख सुजाने डोडले बताएकी छन्।,उनले भनेका छन्, ‘यसले ५० वर्षसम्म उत्साहपूर्ण तरिकाले अन्तरिक्षमा काम गर्नेछ। साथै हाम्रो मिसनलाई बिना कुनै क्षति इन्टेन्स्टेलरको बारेमा जानकारी पठाइरहनेछ।’ | सञ्चार संवाददाता |
आइटी पार्कको ‘सुपर कम्प्युटर’ले काम थाल्यो, मौसम, वायुमण्डल र स्वास्थ्यमा अनुसन्धान गर्दै | प्रविधिको माध्यमबाट तीव्र गतिमा काम गर्न सक्ने क्षमता भएको ‘सुपर कम्प्युटर’ भित्र्याएको काठमाडौं विश्वविद्यालय (केयू)ले चार क्षेत्रमा अध्ययन/अनुसन्धानको काम सुरु गरेको छ।,बनेपास्थित सूचना प्रविधि पार्कमा पहिलो पटक ‘सुपर कम्प्युटर’ राखेर केयूले नेपालको मौसम तथा पूर्वानुमान, वायुमण्डलमा रहेको धुलोको मात्राको घटबढ, स्मार्ट मेशिनहरु( मेटरियल मोडेल्स) र हस्पिटल स्टोरेजको बारेमा काम सुरु गरेको काठमाडौं विश्वविद्यालय (केयू)का सह-प्राध्याक राजेन्द्र अधिकारीले बताए।,उनका अनुसार गत डिसेम्बर २७मा सुपर कम्प्युटरको हार्डवेयरलाई जेनेभाबाट ल्याएर नेपालमै जोडेपछि केयूका विलार्थीहरुले नेपालको मौसम तथा पुर्वानुमान, वायुमण्डलमा रहेका धुलोको मात्रा कसरी घटबढ हुन्छ भन्नेबारेमा साथै बनेपामा रहेको धुलिखेल अस्पतालमा रहेका एक्सरे,एमआरआइ, सीटी स्क्यानको रिपोर्ट संग्रहित गर्ने काम अगाडि बढाइएको छ।,२०७२ चैत २४ गते सूचना प्रविधि विभागसँग समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेको केयूले आइटी पार्कमा नवीनतम् अनुसन्धानका लागि आइओटी रिसर्च ल्याब सुरु गरेपछि प्रविधिमा नेपालले फड्को मार्न सरकारी निकाय, उद्योग क्षेत्र र विश्वविद्यालयको सहकार्य गर्न सके नयाँ क्रान्ति ल्याउन सकिने सह-प्राध्यापक राजेन्द्र अधिकारीले बताए।,उनले भने, ‘ सुपर कम्प्युटरले सुपर कम्प्युटरले सरकारी मात्रै नभएर निजी क्षेत्रको उद्योगलाई नयाँ प्रविधिको माध्यमबाट काम छिटो छरितो गर्न/गराउन, विश्वविद्यालयका विलार्थीहरलाई आफ्नै ल्याब्रोटरीमा नयाँ नयाँ खोज अनुसन्धान गरे देशलाई योगदान दिन सक्छन्।’,जेनेभास्थित विश्वप्रसिद्ध वैज्ञानिक अनुसन्धान प्रयोगशाला युरोपियन ल्याबोरेटरी फर प्राक्टिकल फिजिक्स (सेरेन)ले क्यूलाई प्रदान गरेको ‘सुपर कम्प्युटर’मा थप १२ गिगाबाइटको र्याम जडान गरिएको छ।जसमा ५५ हजार १२० कोरहरु रहेको हुन्छ भने यो आफैमा एउटा सुपर कम्प्युटर हो।,यता, काठमाडौं विश्वविद्यालयका उपप्राध्यापक मनोज शाक्यका अनुसार साढे ७ टेरावाइट र्याम, प्रोसेसिङ क्षमता र साढे १ पेटाबाइट स्टोरेज क्षमता भएको सुपर कम्युटर नेटवर्क स्विच र केही यन्त्रहरू उपलब्ध गराएको छ।यसमा केयूका विद्यार्थीहरुले रिसर्च गर्न पाउने छन्।’,यसका साथै उनले सुपर कम्प्टरमा जम्मा १८२४ वटा सिपीयू, १६ वटा डिक्स सर्भर, १२ वटा नेटवर्क सरभर स्विचहरु रहेको बताउँछन्। यसले करीब २ हजार ५ सय कम्प्युटर बराबरको ‘प्रोसेसिङ’ गर्छ भने करीब २ हजार सामान्य डेस्कटप कम्प्टुटरको काम एकै पटकमा गर्न सक्ने क्षमता रहेको उनले दाबी छ।,सामान्य कम्प्युटरभन्दा कैयौं गुणा बढी गणना वा डाटा प्रोसेसिङ गर्ने क्षमता सुपर कम्प्युटरको रहेको बताउँदै उनले सुपर कप्यटरले एकै पटकमा धेरै प्रकारका इन्पुट लिने, स्टोर गर्ने, प्रोसेस गर्ने र आउटपुट दिन सक्ने दावी गरे। यसका साथै यसल बैंकमा रहेको ठूलो डाटा राख्ने काम, मौसमको बारेमा तत्काल जानकारी, भूकम्पीय जोखिमबारे पूर्व जानकारी लगायत तथ्याङकहरुलाई विश्लेषण गरेर सेकेण्डमा सूचना प्रवाह गर्न सक्ने बताए।,उनले भने, ‘यसको प्रयोगले भूकम्पीय जोखिम, जलवायु परिवर्तन, एचवानएनवान भाइरस नियन्त्रण, नवजात शिशुमा लाग्ने रोगहरूको आनुवंशिक विश्लेषण, प्रदूषण निवारणमा वातावरणसम्बन्धी तथ्यांकहरूको विश्लेषण, विभिन्न नदीहरूको जलविद्युत् सम्भाव्यता, मौसम पूर्वानुमान लगायतमा उच्चस्तरको अध्ययन गर्न सक्नेछन्।’,यति मात्र नभएर सरकारी अस्पतालको नयाँ बिरामीहरूका नयाँ डाटा, जग्गाहरुको दर्ताहरूलाई संग्रहित गर्ने र सरकारको आधारिकारिक तथ्याङहरुलाई सुरक्षित राख्न सकिने उनको भनाई छ। तर उनले सुपर कम्युटरका लागि विद्युत चौबिसै घण्टा चाहिने भएकाले यसलाई उपलब्धता गराउनु नै मुख्य चुनौती रहेको उनको भनाई छ।, | सहदेव चौधरी |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.