title
stringlengths
14
116
content
stringlengths
513
23.1k
author
stringlengths
4
25
गुरुयोजनाका नाममा पशुपति क्षेत्रको ‘प्राचीनता’ मास्ने तयारी
पशुपति क्षेत्रको बृहत्तर विकासका नाममा तयार गरिएको गुरुयोजना अहिले विवादको घेरामा छ। पशुपति क्षेत्र विकास कोषले तयार पारी सञ्चालक परिषद्ले पारित गरिसकेको गुरुयोजनाले धार्मिक आस्था, पुरातात्विक र साँस्कृतिक महत्वको क्षेत्रको विकासको साटो तिनलाई अवमूल्यन गरेको भन्दै सम्पदाविद तथा सरोकारवालाहरुले गम्भीर आपत्ति जनाएका छन्।,गुरुयोजनाविरुद्ध पशुपत्ति क्षेत्रका स्थानीय बासिन्दा तथा सम्पदा संरक्षणको पक्षमा वकालत गर्दै आएकाहरुले विरोध थालेका छन्। उनीहरुका अनुसार पशुपति क्षेत्र विकास कोषले विस्तृत अध्ययन तथा बृहत्तर छलफल नै नगरी हतारोमा गुरुयोजना भनेर ‘अवधारणा’ तयार गरेको र त्यसमा पनि संस्कृति, प्राचीन महत्व र आस्थामाथि ठेस पुग्ने योजना समावेश भएको बताएका छन्।,पशुपति क्षेत्र विकास कोषले भने अध्ययन तथा छलफल गरेर मात्र आफूले गुरुयोजना नै तयार पारेको दाबी गरेको छ। केही समूहले धर्म र संस्कृतिमा विश्वास नराख्ने ‘कम्युनिष्ट’ र पश्चिमाहरुबीचको षडयन्त्रका कारण धर्म–संस्कृतिको जगमा प्रहार हुन लागेको आरोप समेत लगाएका छन्।,एक सय वर्षसम्मका लागि उपायोगी हुने भनी पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषदले पारित गरेको गुरुयोजनामा पाँच–पाँच वर्षका तीन चरण मात्रै छन् । प्रथम चरण २०७७–०८२, दोस्रो चरण २०८२–०८७ र तेस्रो चरण २०८७–०९२ सम्मको छ । कुल १५ वर्षमा ३३ अर्ब खर्च लाग्ने उल्लेख सो गुरुयोजनामा छ ।,गुरुयोजना सञ्चालक परिषदबाट पारित भई मन्त्रिपरिषदमा पठाइएको थियो फागुनमा । सो गुरुयोजना हालै संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा छलफलका लागि आएको थियो, सम्पदाविद्ले‌ आपत्ति जनाएपछि संस्कृति तथा पर्यटन मन्त्रालयले स्थानीय सरोकारवालासँग छलफल गर्न आदेश दिएको छ । कोषले अहिले पनि छलफलको क्रम जारी रहेको बताए पनि सरोकारवाला पक्ष विरोध गरिरहेका छन् ।,पशुपति क्षेत्र विकासका कोष सञ्चालक परिषदका पूर्व सदस्य सचिव चेतोनाथ गौतमको संयोजकत्वमा तयार पारिएको गुरुयोजनालाई सम्पदा संरक्षण–सम्बद्र्धनमा लाग्दै आएका अध्येता तथा पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्यसचिव डा. गोविन्द टण्डनले ‘गुरुयोजना’ नै भन्न नमिल्ने बताएका छन् ।,पछिल्लो पटक २०७०–०७४ सम्म पशुपति क्षेत्र विकास कोषका सदस्य सचिवको जिम्मेवारी सम्हालेका डा. टण्डनले भने, ‘यसमा पशुपति क्षेत्रको मूर्त–अमूर्त सम्पदाको संरक्षण, प्राचिन परम्पराको संरक्षणसहित थप बिस्तार तथा विकासका लागि भन्दा पनि भएका संरचना एवम् आस्थामाथि प्रहार गर्ने उद्देश्य देखिन्छ।’,डा. टण्डनले भने, ‘यो त केही लाखको लागतमा तयार पारिएको निबन्ध मात्रै हो। गुरुयोजना यस्तो हुँदैन । गरिने छ, हुनेछ भन्ने हुँदैन । गुरुयोजनामा त के गर्ने स्पष्ट खाका हुन्छ । नाप नक्सा हुन्छ । विस्तृत योजना प्रतिवदेनसहित आउँछ गुरुयोजना । त्यसमाथि एक व्यक्तिको संयोजकत्वमा तयार पारिएकोलाई कुनै पनि हालतमा गुरुयोजना मान्न सकिँदैन ।’,डा. टण्डनले पशुपति क्षेत्रको साँस्कृतिक पक्षमा विद्यावारिधि गरेका छन्। उनले भने, ‘गुरुयोजनाको अवधारणा २०५८ सालमा आएको थियो । २०५३ सालमा तयार पारी २०५६ सालमा सरकारबाट स्वीकृति भएको थियो त्यो । त्यसको समीक्षा नै नगरी अर्को अवधारणा आएको छ । अहिलेको चरण अवधारणा बनाउने होइन । अहिले त भू–उपयोगसहितको संरचनागत विकासको विस्तृत खाका र नक्सासहितको योजना आउनु पर्ने अवस्था हो ।’,पशुपति क्षेत्रको साँस्कृतिक पक्षका जानकार तथा बागमती प्रदेशका प्रदेशसभा सदस्य (काठमाडौँ क्षेत्र नम्बर ४ (क)) नरोत्तम वैद्यले पनि पशुपति क्षेत्र विकास कोषले अहिले तयार पारेको गुरुयोजनालाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बताएका छन् । उनले भने, ‘अहिलेको खाका त निबन्ध जस्तो छ । गुरुयोजना त बिस्तृत आउनु पर्छ ।’,‘प्राचीन कालदेखि बस्दै आएको बस्तीलाई हटाएर अनि, हिन्दुहरुको आस्थामाथि प्रहार गरेर पशुपति क्षेत्रको विकास हुन सक्दैन’, उनले भने, ‘साँस्कृतिक–धार्मिक तथा पुरातात्विक क्षेत्रको विकासको गुरुयोजनाले भएका संरचना हटाउने होइन त्यसको संरक्षण र सम्वर्द्धन गरी प्राचिनतालाई थप बिस्तार गर्ने गरी समय अनुसारका आवश्यकताहरुलाई समावेश गर्नु पर्छ । कोषले यसको ठीक उल्टो बाटो हिँड्न खोजेको छ ।’,स्थानीय, प्रादेशिक तथा संघीय तहमा छलफल भइ सबैको एक मत भएर आउनु पर्ने गुरुयोजना सीमित र निहित मान्यता बोकेका व्यक्तिको संलग्नतामा निबन्ध जस्तो आएको उनले बताए ।,तर पशुपति क्षेत्र विकास कोषका प्रवक्ता भोला सिटौलाले भने सबै पक्षसँग छलफल गरेर गुरुयोजना तयार पारिएको दाबी गरे । प्राविधिक पक्ष थप्दै जाने र छलफललाई निरन्तरता दिने अवधारणामा नै उल्लेख गरेको उनले बताए । यसैगरी अहिले विवादित बनेको गुरुयोजनाका संयोजक चेतोनाथ गौतमले पनि आफूले सबै पक्षसँगको परामर्शमा गुरुयोजना तयार पारेको दाबी गरेका छन् ।,सिटौला र गौतमले सम्बन्धित सरोकारवालासँग परामर्श गरेको दाबी गरे पनि विश्व सम्पदा सूचिमा सूचिकृत क्षेत्रको गुरुयोजना बनाउँदा पुरातत्व विभाग, युनेस्कोसहितसँग बृहत छलफल हुनु पर्नेमा त्यसो भएको छैन । पुरातत्व विभागले गुरुयोजना तयार पार्दा आफूसँग परामर्श नगरिएकोमा गुनासो गरेको छ ।,संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा मंगलबार पशुपति क्षेत्रको विवादित गुरुयोजना सम्बन्धमा भएको छलफलमा विभागका प्रतिनिधिले आफूहरुसँग छलफल तथा परामर्श नभएको र यस्तो गर्न नहुने बताए । लिखित रुपमा माग गर्दा पनि अहिलेसम्म गुरुयोजनाको कपी समेत आफूहरुले नपाएको पुरातत्व विभागले उल्लेख गरेको छ ।,‘पशुपतिनाथको जललाई भस्मेश्वर दक्षिण ल्याएर तारकेश्वरको स्थापना गरी ब्रह्मनाल निर्माण गर्न आवश्यक देखिन्छ । यसो गर्दा भस्मेश्वर र विद्युत शवदाह गृह दुवैमा मृतकलाई दाह संस्कारका लागि लैजान सजिलो हुन्छ । पशुपति दर्शन गर्न जानेले पनि लास र मलामीको स्पर्श गर्नु पर्दैन ।’,गौतमको संयोजनमा पशुपति क्षेत्र विकास कोषले तयार पारेको गुरुयोजनामा उल्लेख भएको कुरा हो यो । गुरुयोजनाले हालका एक र दुई नम्बरका चीता आर्यघाट पशुपतिनाथको मुल मन्दिर नजिकै रहेको र त्यहा दाहसंस्कार हुँदा भक्तजनलाई असजिलो भएको दाबी गरी त्यसलाई सम्भवसम्म विस्थापित गर्नु पर्ने उल्लेख छ । ब्रह्मनाल पनि भस्मेश्वरमा लगिने उल्लेख छ ।,तर पशुपति क्षेत्र विकास कोषका प्रवक्ता सिटौला तथा गुरुयोजनाका संयोजक गौतमले ब्रह्मनाल र आर्यघाट सार्ने कुरा उल्लेख नरहेको दाबी गरेका छन् । तर उनीहरुको दाबी गुरुयोजनामा उल्लेख भएको भन्दा विपरित छ ।,धर्म–संस्कृतिविद वासुदेव कृष्णशास्त्रीले प्राचिन देवालय निर्माणसँग सम्बन्धित प्राचीन वास्तु शिल्पशास्त्र अनुसार पुशपतिका देवालयहरुको निर्माण भएकाले त्यस विपरित हुने कुनै पनि निर्माण वा पुनर्निर्माण हुन नहुने बताए ।,उनले भने, ‘ब्रह्मनाल पशुपतिको प्रारम्भदेखिको हो । यससँग पशुपतिको पहिचान जोडिएको छ । पशुपतिको अर्घ्यको पानी सिधै आर्यघाटमा जान्छ । त्यसलाई पाइप लगाएर वा अन्य उपायबाट अन्त लैजान मिल्दैन । यो कार्य पशुपतिको मुल मर्यादा विपरित हुन्छ ।’,कोषका पूर्व सदस्य सचिव डा. टण्डनका अनुसार पशुपतिबाट निस्कने जल भस्मेश्वरसम्म लैजान सकिने कुनै सम्भावना छैन । उनले भने, ‘पशुपतिनाथबाट आउने जल भएकाले अर्घ्य जल भनिन्छ त्यसलाई । पशुपतिको चरणबाट आउने जल जीवनको अन्तिमकालमा प्रसाद स्वरुप लिन पाए वैकुण्ठ बास हुने र पुर्नजन्मको चक्रबाट मुक्ति मिल्ने विश्वास छ । त्यहि भएर शव ब्रह्मनालमा लगिन्छ । तर अहिलेको अवधारणमा भनिएको जस्तो पशुपतिको चरणबाट आएको जल भस्मेश्वरमा लैजाने सम्भवनै छैन ।’,प्रदेश सांसद तथा सम्पदा संरक्षणका अभियन्ता नरोत्तम वैद्यले पनि ब्रह्मनाल भस्मेश्वरमा निर्माण गर्न सम्भव नरहेको र अहिलेको ब्रह्मनाललाई विस्थापित होइन व्यवस्थित गरिनु पर्ने बताए । उनले भने, ‘ब्रह्मनाल र आर्यघाटलाई व्यवस्थित गर्नु पर्नेमा त्यसलाई अन्यत्र साने विकल्प खोज्ने कल्पना भएको छ, यो आस्थामाथिको ठाडो आक्रमण हो । हामी कुनै पनि हालतमा अहिलेकै अवस्थामा यो गुरुयोजना पारित हुन दिँदैनौँ ।’,गुरुयोजनामा पश्चिम ढोका भत्काएर पशुपतिको प्राङ्गढ बिस्तार गर्ने र कुलानन्द झा सत्तलको पश्चिमोत्तर स्थानमा कलात्मक पश्चिमद्वार निर्माण गर्ने उल्लेख छ । राजा महेन्द्रको पालामा पशुपतिको सुरुक्षाका लागि २०१५–२०१६ सालमा बनाइएको उक्त पश्चिम ढोका भत्काएर प्राङ्गढ बिस्तार गर्ने योजनामा राजनीति घुसेको पनि बताइन्छ । बरु त्यो बाहिरका स्थानलाई व्यवस्थित गरिएमा समस्या समाधान हुने डा. टण्डनको ठहर छ । कोषको ध्यान पुराना संरचनाको संरक्षण नभइ भत्काएर सौन्दर्य कायम हुन्छ भन्ने तर्फ देखिएको उनको भनाई छ ।,गुरुयोजनामा गुप्तेश्वर र बिरामी कुरुवा सत्तलको माथिल्लो भागलाई हटाउने उल्लेख छ । तर जीवनको अन्तिम समयमा पशुपतिमा प्राण त्याग गर्न चाहनेहरु बस्ने सो सत्तल हटाउँदा पशुपतिको मुल महत्व नै गुम्ने चिन्ता भएको डा. टण्डन र वैद्यले बताए ।,गुरुयोजनामा मङ्गलागौरी, चार शिवालय र त्रिविक्रममा पार्किङ्ग तथा व्यवासयिक प्रयोजनको बहुउदेश्यीय भवन निर्माण गर्ने उल्लेख छ । पर्यटक तथा भक्तजनका लागि आधुनिक सुविधा सम्पन्न भवन बनाइने उल्लेख पनि छ ।,तर धार्मिक, साँस्कृति एवम् पुरातात्विक महत्वको क्षेत्रमा व्यापारिक प्रयोजनको भवन बनाउनु स्वीकार्य नरहेको वैद्यले बताए ।,डा. टण्डनले आधुनिक सेवा बिस्तारका नाममा पशुपति क्षेत्रलाई व्यापारिकरण गर्ने उद्देश्य ‘गुरुयोजना’ मा देखिएको बताए । उनले भने, ‘पशुपति क्षेत्रको महत्व, ब्रह्मनाल, जीवनको अन्तिम समय बिताउनका लागि पशुपति क्षेत्र पुग्नहरु बस्ने सत्तल, आर्यघाट र त्यहाँका प्राचिन संरचना तथा मूर्त–अमूर्त सम्पदाकै कारण हो । त्यसविपरित व्यवसायिक मल बनाइन्छ र प्राचिन संरचना भत्काइन्छ भने यसलाई कसरी विकास भन्न मिल्छ र?’,पशुपति मन्दिरका भण्डारी केदारमान भण्डारीले कोषले ल्याएको गुरुयोजनाले पशुपतिको धार्मिक, साँस्कृतिक, पुरातात्विक एवम् आस्थामाथि प्रहार गरेकाले आफूहरु विरोधमा रहेको बताए । गुरुयोजना हेर्दा पशुपतिको प्राचिनतालाई ‘विनाश’ गर्ने उद्देश्य प्रष्ट रुपमा देखिएको दाबी भण्डारीको छ । कोषको अहिलेको नेतृत्व ‘कसैको’ प्रभावमा आएर पशुपतिको मौलिकता मास्ने खेलमा लागेको आशंका भण्डारीको छ ।
टंक ढकाल
पशुपतिको ब्रह्मनालमा ‘गुरुयोजना’को धक्का
सिँडी छोएर बगेको बागमतीको पानी धमिलो छ । उर्लेर बगेको बागमतीले गेरु बस्त्र, केही टीका, धागो, चुरा र सिन्दुर पनि सँगै लग्यो । किनारबाट ती सामग्री बिसर्जन गरेका व्यक्ति जीवनको यात्रा टुंग्याएर अन्तिम सत्यको बाटो तय गर्दै गरेका व्यक्तिको भौतिक शरीर नजिक गए।,प्राण त्याग गरेको शरीर बागमतीको पानी गोडाले छुने गरी सेतो कपडा ओढाएर राखिएको छ । मृत शरीरको शिरमाथि शिवलिंग छ, त्योमाथि माथि जलधारा । विधि पूर्वक शिवलिंगमाथिको जल मृत व्यक्तिको मुखमा चढाए । केही थप प्रक्रियापछि कात्रो (सोला) मा राखेर फूलमालाले सजाइएको चितामा नजिक लगे ।,चितामा पार्थिव शरीर राखे, दागबत्ती दिए । बिस्तारै चितामा चिनिएका दाउरा हुँदै आगो शरीरमा सल्कियो । केही समय अघिसम्म शिवलिंगलाई शीरमा पारेर निदाएका जस्तो देखिएका ती बृद्धको शरीर अब खरानी र धुवाँ हुँदै गयो ।,‘दाइ अब वैकुण्ठ जानु भो, मुक्ति पाउनु भयो यो जन्म–मृत्युको चक्रबाट’, चिता नियालिरहेका अधवैँसेले भने । अरु केहीले पनि एकटकले दन्किरहेको चिता हेरिरहे । केही निस्किँदै थिए । केही गफमा व्यस्त थिए ।,यो दृष्य पशुपतिनाथ मन्दिरको पूर्व ढोकाको तल बागमती किनारमा बुधबार अपराह्न देखिएको हो । दैनिक यस्तै घटनाको साक्षी बग्ने बागमती र उभिएको आस्थाको केन्द्र पशुपति बन्दै आएको छ। मलामी आएकाहरुले ती अधवैँसेले जस्तै जल्दै गरेको चिता हेरेर वैकुण्ठ बासको विश्वास व्यक्त गर्दै आएका छन् र गरिरहने छन् पनि ।,कारण, ब्रह्मनालको जल पाएपछि मुक्ति मिल्छ भन्‍ने विश्वास। हिन्दु सनातन् धर्ममा विश्वास गर्नेहरुका लागि ब्रह्मनाल जीवनपछिको मुक्त मार्ग हो। आर्य तीर्थ हो । ब्रह्मनालको जलले प्राणलाई योनीको चक्रबाट मुक्ति दिलाउँछ भन्ने आस्था र विश्वास प्राचीन कालदेखि रहँदै आएको छ ।,पशुपतिनाथमा चठाइएको उत्तर तर्फको जलधारा आउँछ ब्रह्मनालमा । यसमा तीन तिर्थको जल आउने विश्वास रहेको साँस्कृतिक अध्येता डा. गोविन्द टण्डनले जानकारी दिए ।,‘बागमती, पशुपतिनाथको उत्तर तर्फको जलधारा र गुहेश्वरीको जल मिसिएर ब्रह्मनालामा आउँछ भन्‍ने विश्‍वास छ’, डा. टण्डनले भने, ‘पशुपतिनाथबाट आउने अर्घ्य जल, बागमतीको जल र गुहेश्वरीको जल एकै ठाउँमा मिसिने विश्वास भएकाले यसलाई आर्य तिर्थ पनि भिनिन्छ। यो आर्य तिर्थको पानी अन्तिममा पाउने व्यक्तिले मुक्ति प्राप्त गर्ने विश्वास छ।’,सनातनकाल देखि चल्दै आएको परम्परा अनुसार पशुपतिनाथको उत्तरतर्फको जलधारा जताततै लगेर नाग्नु हुँदैन, उल्लंघन गर्नु हुँदैन । सोही कारण सो जलधारा ननाघ्ने किसिमले व्यवस्था मिलाइएको डा. टण्डनले बताए। उनले भने, ‘त्यहि कारण पशुपतिनाथ वा शिवजीको मन्दिरको अर्थ परिक्रमा गरिन्छ। पूरा परिक्रमा हुँदैन। अर्घ्य जल नाघ्नु हुँदैन भन्ने विश्वास सनातनकालदेखि रहँदै आएको छ।’,जीवनपछिको मुक्ति वा परलोक बासका लागि ब्रह्मनालको महत्व विभिन्न धार्मिक ग्रन्थहरुमा उल्लेख गरेको भन्दै पशुपति क्षेत्रको साँस्कृतिक पक्षबारे अध्ययन गरेका डा. टण्डनले भने, ‘ब्रह्मनाल शव अटाउने संरचना मात्रै होइन, त्यसको महत्व पशुपतिबाट सीधै आएको अर्घ्य जल हो । सो जल प्राचीनकालदेखि सोही स्थानमा छ।’,उनले अहिलेको संरचना पनि १६–१७ औँ शताब्दीको रहेको जानकारी दिए। उनले भने, ‘अहिले ढुंगाको शिवलिंगसहितको सिँढी युक्त शव राख्ने स्थान र त्यसमाथि अर्घ्य जल आउने व्यवस्था मल्लराजा लक्ष्मिनरसिंह मल्लले बनाएको उल्लेख बनाएको पाइन्छ । प्रताप मल्लका पिताले लक्ष्मिनरसिंह मल्ले सो घाट बनाएका हुन्।’,त्यसपछि विभिन्न कालखण्डमा सिँढी थप्ने, वरपर थप मन्दिरहरु बनाउनेका भए पनि ब्रह्मनाल सनातनकालदेखि सोही स्थानमा रहेको अध्येताहरुले बताएका छन्। पशुपतिनाथको पूर्व ढोकाको सीधा तल बागमती किनारमा रहेको ब्रह्मनालमा आउने अर्घ्य जललाई अन्यत्र मोड्न नमिल्ने र त्यस्तो गर्न खोजिए सदाकालदेखि रहँदै आएको सर्वसाधारणको आस्थामाथि प्रहार हुने डा. टण्डनले बताए।,पशुपति क्षेत्रका बासिन्दा, सम्पदाविद तथा धर्मशास्त्रका जानकारहरुले हिन्दू दर्शनका अनुयायीहरुका लागि पशुपति र त्यहाँको जल आउने प्राचीन ब्रह्मनाल जीवनकाल र जीवनपछिको कालका लागि अति महत्वपूर्ण रहेकाले यसमाथिको कुनै पनि किसिमको प्रहार या प्रहारको प्रयास स्वीकार्य नहुने बताएका छन्।,हालै पशुपति क्षेत्र विकास कोषले सञ्चालक परिषदबाट पारित गरी मन्त्री परिषदमा पठाएको गुरुयोजनामा ब्रह्मनाल सम्भव भएसम्म भस्मेश्वरमा निर्माण गर्ने उल्लेख गरिएका कारण विवाद भएको छ। सो गुरुयोजनामा सम्पदाविदले गम्भीर आपत्ति जनाएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्थानीय तथा सरोकारवाला सबैसँग छलफल गर्न आदेश दिएको छ ।,तर स्थानीय सम्पदाकर्मी तथा जनप्रतिनिधि, काठमाडौँ क्षेत्र नम्बर ४ (क) बाट बागमती प्रदेशका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले प्राचीन ब्रह्मनालमाथि नै फरक दृष्टि राखेर कोषले तयार पारेको गुरुयोजना कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन्।,उनले भने, ‘ब्रह्मनालसँग हाम्रो पुस्तौँदेखि आस्था जोडिएको छ। हाम्रो मुक्तिको विश्वास जोडिएको छ। यी सबै अमूर्त सम्पदा हुन्, यसको पनि संरक्षण हुनु पर्छ । कुनै पनि मूल्यमा ब्रह्मनाल सार्न दिने कुरामा  टसमस हुने छैनौँ।’,विकास वा सुधार विरोधी आफूहरु नरहेको तर प्राचीनता नै मेटिने गरी र आस्था विपरीत हुने गरी ब्रह्मनाल सार्ने वा अन्यत्र निर्माण गर्ने पक्षमा कुनै पनि हालमा समर्थन नहुने वैद्यले बताए ।,धर्म–संस्कृतिविद वासुदेव कृष्णशास्त्रीले प्राचीन देवालय निर्माणसँग सम्बन्धित प्राचीन वास्तु शिल्पशास्त्र अनुसार पुशपतिका देवालयहरुको निर्माण भएकाले त्यस विपरित हुने कुनै पनि निर्माणलाई निर्माण मान्न नसकिनले बताए।,उनले भने, ‘ब्रह्मनाल पशुपतिको प्रारम्भदेखिको हो। यससँग पशुपतिको पहिचान जोडिएको छ। पशुपतिको अर्घ्यको पानी सीधै आर्यघाटमा जान्छ । त्यसलाई पाइप लगाएर वा अन्य उपायबाट अन्त लैजान मिल्दैन। यो कार्य पशुपतिको मुल मर्यादा विपरित हुन्छ ।’,यसैगरी पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिवसमेत रहेका डा. गोविन्द टण्डनका अनुसार पशुपतिबाट निस्कने जल भस्मेश्वरसम्म लैजान सम्भाव छैन। उनले भने, ‘पशुपतिको चरणबाट आउने जल जीवनको अन्तिमकालमा प्रसाद स्वरुप लिन पाए वैकुण्ठ बास हुने र पुर्नजन्मको चक्रबाट मुक्ति मिल्ने विश्वास छ। त्यही भएर शव ब्रह्मनालमा लगिन्छ। तर अहिलेको अवधारणामा भनिएको जस्तो पशुपतिको चरणबाट आएको जल भस्मेश्वरमा लैजाने सम्भव नै छैन।’
टंक ढकाल
पारलैंगिक महिलाहरुमाथि प्रहरीको ज्यादति: राज्यले किन गर्दै छ पशुभन्दा तल्लो स्तरको व्यवहार?
‘लाज ! मलाई लाग्दैन । कुट्दा यी पनि मान्छे हुन् भनेर उनीहरुले लाज मानेनन् । कहाँ–कहाँ चोट लागेन? सबै चोटहरु देखाउँछु ।’,यसो भन्दै गर्दा बबिता मैनालीले लगाएको कालो ओभरकोट कुम तल झार्दै पाखुरा र छातीमा लागेको चोट देखाइन् । पाखुरामा लौरीका डाम छन् । घाँटी तल निल डाम र खाटा बस्दै गरेका घाउ छन् ।,२९ वर्षकी बबिता अहिले काठमाडौँ प्रहरी परिसर सोह्रखुट्टेको हिरासतमा छिन् । उनीसहित १६ जना पारलैंगिक महिला (ट्रान्सविमन) लाई गएको बिहीबार (माघ ८ गते) बेलुका प्रहरीले पक्राउ गरेको हो । त्यसमध्ये बबितासहित चार पारलैंगिक महिला सोह्रखुट्टे प्रहरी बिटमा छन् ।,बबिताले लुगा तल झारेर चोट देखाउँदै गर्दा उनलाई ‘लाज’ भन्दा आफूले भोग्नु परेको पीडाको आकार देखिनु जरुरी लाग्यो । दुखिरहेको चोट देखाउँदै गर्दा महिला प्रहरीले ‘अनुशासन’ मा बस्न निर्देशन दिइन् अलि ‘कडा’ स्वरमा । बबिताले ओभरकोट लगाइन् ।,शनिबार अपरान्ह सवा ४ बजेतिर सोह्रखुट्टे प्रहरी बिटको हिरासत पुग्दा बबितासहित चारजना फलामे डण्डीको बार पारी भूईँमा प्लास्टिकको म्याट त्यसमाथि पातलो बिस्तरामा बसेका थिए ।,बबिताले आफ्नो परिचय दिइन् र बिहीबार बेलुका भएको घटनाको विवरण सुनाइन् । खाएको कुटाइ र गाली सुनाउँदै गर्दा बबितामा आक्रोश र नैराश्य एकसाथ देखिन्थ्यो । ‘आमा गाली दिए । कपाल भुत्ले । बुटले हाने । लौरी बजारे । शरीर सबै दुखेको छ । पशु जस्तो व्यवहार भयो । चौपायालाई पनि कुट्दैनन् यसरी, यस्तो व्यवहार गरिँदैन जस्तो हामी माथि भयो ।’,बबिता बोल्दै गर्दा अगाडि फलामे डण्डीको बारतिर आइन् आरती न्यौपाने । बिहीबार बेलुका काठमाडौँको मित्रनगरबाट पक्राउ पर्ने १६ जना पारलैंगिक महिला मध्येकी एक हुन् आरती ।,‘बिजी मल (काठमाडौँ–२६ गोंगबु, मित्रनगर) अगाडि हामी साथीहरु उभिरहेका थियौँ । दिनभर चिसो भएको थियो । बेलुका ६ बजेतिर हामी फिल्म हेर्न जाने भनेर त्यहाँ भेला हुँदै थियौँ । पछाडिबाट आएकाहरुले झ्यापझुप्पै कठालोमा समाते । चोर, डाँका वा अपराधी पो हुन् कि जस्तो लाग्यो ।’,२४ वर्षकी आरतीले भनिन्, ‘सिभिल ड्रेसमा आएका प्रहरी हुन् भन्ने पनि लागेन पहिले त । पछि अरु पोशाकमा रहेका प्रहरी पनि आएपछि पक्राउ गर्न आएका रैछन् भन्ने भयो । अलि ढुक्क भयो, धन्न गुण्डा रैनछन् भन्ने लाग्यो । तर त्यसपछि गरिएको बेइजती र कुटाइ गुण्डा हुन् कि भन्ने भय भन्दा भयानक थियो ।’,आफूहरु प्रहरीले भने जस्तो ‘अवाञ्छित’ गतिविधिमा संलग्न नभएको र भेला भएर फिल्म हेर्न जाने तयारी हुँदै गर्दा पक्राउ पूर्जी पनि नदिई पक्राउ गरिएको आरतीले बताइन्।,‘कठालोमा समाते, हतकडी लगाए, भ्यानमा हाले । भ्यानमा एक महिला प्रहरी थिइन्, उनले हामीमाथि सारै नराम्रो व्यवहार गरिन्’, आरतीले भनिन्, ‘काम गर्नको अल्छीले केटी बनेर यौन व्यवसायमा लागेका केटाहरु हुन् भन्दै ती महिला प्रहरीले कपाल भुतलिन् । लात्ताले हानिन् । मुखमा थुकिन् ।’,आफूहरु ट्रान्सवुमन (पारलैंगिक महिला) रहेको र शारीरिक परिवर्तनका लागि हर्मोनहरु खाइरहेको तथा अरु उपचारहरु पनि गरेको जानकारी गराएको तर प्रहरीबाट दुर्व्यवहार नरोकिएको आरतीले बताइन् ।,‘यिनीहरुको कपाल त नक्कली (विग) हो भन्दै भुतल्दा सारै दुख्यो, अहिलेसम्म कपाल दुखिरहेको छ’, आरतीले भन्दै गइन्, ‘अनुहारमै थुकिन् । छाडा पशु जस्तै गरिन् हामीलाई । आमाको गाली गर्दा नराम्रो लाग्यो झन् ।’,‘आमाले पनि यस्तै गर्छ होला र त यिनीहरु यस्ता भएका’ भन्दै महिला प्रहरीले गाली गरेको आरती, बबितासँगै सञ्जु र प्राप्तिले बताए । २० वर्षकी सञ्जु लामा र २४ वर्षकी प्राप्ती ठकुरी पनि सोह्रखुट्टे प्रहरी बिटको हिरासतमा छन् ।,सञ्जुको टाउकोमा गहिरो चोट लागेको छ । टाँका लगाइएको घाउलाई ब्यान्डेजले छोपिएको छ । उनी अस्पतालमा हैन, टाउकोमा लागेको गम्भीर चोटसहित हिरासतमा छिन् जाडोमा सीमित लुगा र ओढ्ने ओछ्याउनेको सहारामा ।,मित्रनगरबाट पक्राउ परेका उनीहरुलाई सुरुमा महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्क लगिएको थियो । साढे ६ बजेतिर त्यहाँ लगेर आफूहरुमाथि कुटपिट भएको सञ्जुले बताइन् ।,‘हामीले किन पक्राउ गरेको भनेर सोध्यौँ । पक्राउ पूर्जी माग्यौँ । उनीहरुले दिएनन् । पक्राउ गर्दा त कारण खुलाइन्छ नि हैन?’ ब्यान्डेज गरिएको टाउको समात्दै सञ्जुले भनिन्, ‘हामी कराउन थाल्यौँ, उनीहरुले कुट्न थाले । लात्ती हाने । बन्दुकको नालले हाने । लौरीले होने ।’ टाउकोमा गम्भीर चोट त्यही कुटाइले लागेको बताएकी सञ्जुले पाखुरा, छातीसहित शरीरका अरु भागमा चोट र निलडाम रहेको बताइन् ।,आरतीका अनुसार उनीहरु प्रहरीमाथि जाइ लागेका थिएनन्। उनले भनिन्, ‘उनीहरुले पूर्जी नदिइ, कारण नबताइ पक्राउ गरे । हामीले कारण माग्यौँ । उनीहरुले कुटे । कुट्दा थापिएर त बस्दैन नि रोक्न खोजीहाल्छ नि । त्यही कुटाई रोक्ने बेला सिसा फुट्यो । प्रहरीले त्यो सिसा हामीले उनीहरुलाई कुट्ने क्रममा फुटाएको भनेर गलत प्रचार गरिरहेको छ ।’,त्यसपछि आफूहरुलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्ज लगिएको आरतीले बताइन् । महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कबाट महाराजगञ्ज लैजाने क्रममा आफूहरुमाथि थप कुटपिट भएको उनीहरुको भनाइ छ ।,आरतीले भनिन्, ‘तिमीहरुलाई चौकी भित्र पो धेरै कुट्न मिल्दैन, बाहिर निकालेर भाग्न खोजे भन्दै कुट्न त मिल्छ नि भन्दै चुटे । लगाएका लुगा पनि च्याते, नाङ्गै पारे । भ्यानमा पनि कुट्दै, तथानाम गाली गर्दै लगे ।’,महाराजगञ्जमा सबैलाई लगेपछि राति चार–चार जनाको दरमा चार प्रहरी चौकीमा आफूहरुलाई विभाजन गरेर हिरासतमा राखिएको उनीहरुको भनाइ छ ।,बिहीबार राति आरती, सञ्जु, बबिता र प्राप्तीलाई आफूहरुको चौकीमा ल्याइएको प्रहरी प्रभाव सोह्रखुट्टेका प्रहरी अधिकारीले बताए ।,सोह्रखुट्टेपछि शनिबार चाबहिलस्थित गंगाहिटी प्रहरी वृत्त जाँदा त्यहाँ रहेका चारजनाको अवस्था ‘बिजोग’ देखियो । चारैजनासँग न्यानो लुगा थिएन । एक युवतीको स्वीटरको गला च्यातिएको थियो।,‘पक्राउ तथा त्यसपछिको कुटपिटको क्रममा लुगा च्यातियो’ काम्दै गरेकी उनले भनिन् । अर्की युवतीले पातलो कुर्तामाथि मजेत्रो ओढेकी थिइन् । अरु दुईजनासँग पनि लुगा थिएनन् न्यानो हुने गरी।,लागेको चोट दुखिरहेको भए पनि आफूहरुले औषधि नपाएको उनीहरुको गुनासो थियो । उनीहरुको पनि छाती, पाखुरा, ढाडसहित शरीरका विभिन्न भागमा चोट तथा निल डाम छन् ।,सोह्रखुट्टे र गंगाहिटी जस्तै नयाँ बसपार्क र महाराजगञ्जमा चार–चारजना पारलैंगिक महिला छन् ।,१९ वर्षकी मुस्कान गुरुङ्ग पनि पक्राउ परेकी थिइन् । तर उनी भाग्न सफल भइन् । मित्रनगरबाट पक्राउ गरेर नयाँ बसपार्कको चौकीमा लगिएकी उनी त्यहाँबाट महाराजगञ्ज लैजान निकाल्ने क्रममा प्रहरी घेराबाट भागेकी हुन्।,उनको छाती र पाखुरामा चोट लागेको छ । तर फेरि पक्राउ पर्ने डरले उनी अस्पताल जान सकिनन् । ‘घरमै साथीहरुले घाउ सफा गरेर ब्यान्डेज गरिदिए’ मुस्कानले भनिन्, ‘नयाँ बसपार्क चौकीबाट हामीलाई भ्यानमा हालेर महाराजगञ्ज लैजान थालेको थियो । त्यहि बेला म भाग्न सफल भएँ । धन्नँ बाँचे । साथीहरुलाई त भ्यानमा झन कुटेछन् । भिडियो तथा फोटो हेर्दा मलाई लागेको चोट त केही होइन जस्तो भयो ।’,प्रहरीले आरोप लगाए जस्तो आफूहरु सो दिन ‘अवाञ्छित’ गतिविधिमा संलग्न नभएको मुस्कानले बताइन् ।,‘एक्कासी पक्राउ गरे । म त छाँगाबाट खसेको जस्तै भएँ । सादा पोसाकमा मात्रै देख्दा डर लागेको थियो । पछि बर्दीका प्रहरी पनि देखेपछि केही राहत मिल्यो । तर पक्राउ पूर्जी दिएनन् । भ्यानमा लगेर थुक्ने, कपाल लुछ्ने तथा कुट्न थाले’ उनले भनिन्, ‘चौकी लगेर पनि कुटेका हुन् । अझ बाहिर महाराजगञ्ज लैजाने क्रममा बाहिर निकाल्दै गर्दा लागुऔषध केसमा फसाइ दिन्छौँ भन्दै धम्क्याए ।’,मनोवैज्ञानिक रुपमा अस्थिर देखिएकी मुस्कानलाई आफू फेरि पक्राउ पर्छु कि भन्ने डर छ । तर अपराध के भन्ने थाहा छैन । ‘हामीलाई यौन पेशामा संलग्न हुन बाध्य पारिएको हो । काम पाए गर्न सक्छौँ नि । कसलाई मन हुन्छ र यस्तो गर्ने, तर त्यो दिन त हामीले त्यस्तो केही गरेकै थिएनौँ ।’,मुस्कानलाई चलचित्रका गीतमा नृत्य गर्ने मन छ । ‘राम्रो नाच्छु जस्तो लाग्छ । फिल्मका गीतमा नाच्न पाए हुन्थ्यो । तर खै यसरी कुटाइ खाइन्छ । पक्राउ परिन्छ कि भन्ने डर छ, के होला र ?’ यसो भन्दै गर्दा उनी उत्साहित हुँदै निराश देखिइन् ।,बिहीबार बेलुका उनी हतास र रगत बगिरहेको अवस्थामा आएको साथमा रहेकी साथीले बताइन् (जसले आफ्नो परिचय खुलाउन चाहिनन्) । अहिले पनि मुस्कान तर्सिने गरेको र आफूहरुले सम्झाउने प्रयास गरिरहेको उनले बताइन् ।,भाग्न सफल भएकी तथा हिरासतमै रहेकाहरुको भनाई एउटै थियो घटनाबारे । तर प्रहरीको दाबी भने फरक छ ।,बिहीबार बेलुका भएको घटनाको तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरी ज्यादती र ‘बर्बरता’ को आलोचना र निन्दा भयो । त्यसपछि शुक्रबार प्रहरीले जारी गरेको विज्ञप्तिमा आफूहरुमाथि हातपात भएपछि पक्राउ गरिएको दाबी गरिएको छ ।,शुक्रबार प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौँमा प्रहरीमाथि नै हातपात गर्ने यौनिक तथा अल्पसङ्ख्याक समुदायका १६ जनालाई पक्राउ गरेको छ ।’,उनीहरूलाई अभद्र व्यवहारमा म्याद थप गरी अनुसन्धान भइरहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । सर्वसाधारणलाई हैरानी दिएको गुनासो आएपछि महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कमा उनीहरूलाई सोधपुछका लागि ल्याइएकोमा प्रहरी टोलीमाथि नै हातपात गरेपछि पक्राउ गरिएको दाबी प्रहरीको छ ।,तर पक्राउ परेकाहरुको अवस्थाहरुले प्रहरीको दाबी भन्दा विपरित अवस्था देखाउँछ ।,यौनिक तथा लैंगिक अल्पसंख्यक (एलजिबिटिआइक्यू प्लस–लेस्बियन, गे, बाइसेक्सुअल, ट्रान्सजेण्डर, इन्टर सेक्स, क्वेयर) समुदायका व्यक्तिमाथि प्रशासन तथा सामुदायिक तहमा फरक व्यवहार र कतिपय अवस्थामा दुर्व्यवहारका घटना सार्वजनिक हुने गरेका छन् ।,त्यसमाथि पारलैंगिक महिला (ट्रान्सवुमन) माथि सार्वजनिक स्थलमा दुर्व्यवहार तथा प्रहरी प्रशासनबाटै ज्यादतीका घटना बारम्बार हुने गरेका छन् ।,विश्वव्यापी रुपमा भएका अध्ययनहरुले विशेषगरि ट्रान्सजेण्डर महिलाहरु दुर्व्यवहारको निशानामा पर्ने गरेको देखाउँछ । त्यसको प्रभाव मनोसामाजिक स्वास्थ्यमा गम्भीर र दीर्घ रुपमा पर्ने गरेको छ ।,ह्युमन राइट्स वाचले बारम्बार ट्रान्सजेण्डर (विशेषगरि महिला) शारीरिक तथा यौन दुर्व्यवहारको निशानामा पर्ने गरेको भन्दै विगतदेखि नै सचेत गराउँदै आएको छ । सुरक्षाको जिम्मा पाएको प्रहरी प्रशासनबाट नै पारलैंगिक महिलामाथि हुने ज्यादतीका घटना हुने गरेको भन्दै मानवअधिकारवादीले निन्दा गर्ने गरेका छन् ।,बिहीबार पारलैंगिक महिलामाथि भएको प्रहरी ज्यादतीको विरोधमा सामाजिक सञ्जालका प्रयोगकर्ता तथा मानवअधिकारको वकालत गर्नेहरु लागेका छन् ।,यौनिक तथा लैंगिक अल्पसंख्यकको सुरक्षा तथा अधिकारको पक्षमा काम गर्दै आएको निल हिरा समाजले सो घटनाविरुद्ध राष्ट्रिय मानवअधिकार आयोग तथा प्रहरीमै पनि उजुरी दिएको छ ।,राष्ट्रिय मानवअधिकार आयोगको अनुसन्धान महाशाखाका उपसचिव लोकनाथ बास्तोलाका अनुसार आयोगमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिमाथि हुने गरेका दुर्व्यवहार तथा मानवअधिकार हननका उजुरी पर्ने गरेको र त्यसमा धेरै ट्रान्सजेण्डर महिला तथा पुरुष बढि निशानामा पर्ने गरेको देखिन्छ ।
टंक ढकाल
‘लैगिल, म्वार छावा लैगिल’
झिसमिसे साँझ, आँगनमा बलेको आगो टाढैबाट देखियो । अगाडि बढ्दै जाँदा मानिसहरुको गुनगुन टाठो सुनिदै गयो ।,उनीहरुले रमेश र दिनेशलाई भर्खरै जलाएर आएका थिए । ओगोको उज्यालोमा मलिन अनुहारहरु धमिलो देखिन्थे ।,‘लैगिल, म्वार छावा लैगिल’ आमा रन्या थारुले मलिन स्वरमा अड्किँदै भनिन् । सुकरा र रन्या थारुले जेठो छोरा रमेश गुमाए । पूजाले आफ्नै अगाडि श्रीमान गुमाइन्। उनको श्रीमानलाई उनकै अगाडिबाट बाघले लग्याे ।,‘मेरै अगाडिबाट लग्यो । हेर्दा हेर्दै लग्यो ।’ मलिन स्वरमा उनले भनिन् हामीले झाडी हल्लिएको मात्र देख्यौँ । उनले आफ्नो श्रीमान् बचाउन सकिनन् ।,हल्लिरहेको झाडीतिर जान खोजिन् तर अरुले रोके । पूजाले हारगुहार बाहेक केही गर्न सकिनन् । सँगै हिँडेका श्रीमानलाई पछाडिबाट तानेर बाघले लग्याे ।  टुकरुक्क आँगनमा बसेकी आमा रन्या थारुले पूजातिर इसारा गर्दै भनिन्–‘बचाउन जाँदै थिइ हामीले जान दिएनौँ ।’ जान दिएको भए सायद पूजाको पनि ज्यान पनि जानसक्थ्यो । जसरी उनको श्रीमान रमेशको गयो ।,कात्तिक ११ गते । दिनेश थारु झिसमिसे बिहानमा करिव ६ बजे च्याउ टिप्न जाने भन्दै घरबाट निस्किए । घर अघिको बाटोमा निस्किए अनि दाँया लागे दक्षिणतिर ।,केहि पर धनौरा बेलझुण्डी सामुदायिक वन छ । बुवा कसवा थारुलाई थाहा थियो छोरो त्यतै जाँदै छ भन्ने । जाँदै गरेको छोरोलाई हेरे र आफ्नो काममा लागे । घरका अरुपनि आ–आफ्नो काममा थिए । वन करिव आधा किलोमिटर टाढा छ ।,घण्टौँ बित्यो दिनेश फर्किएनन् । दसैँको बेला कतै बाटोमा साथीहरुसँग भुल्यो होला भन्ने परिवारलाई लाग्यो । खाना खान पनि आएनन् दिनेश । बिहान छ बजे हिँडेको छोरा ११ बजिसक्दा पनि नफर्किएपछि परिवारमा सुर्ता भयो । बारम्बार फोन गर्दा घण्टि गयो दिनेशको फोन उठेन ।,टोलमा खैलाबैला भयो । परिवार दिनेश गएको बाटो पछ्याउँदै खोज्न जाने भयो । नजिकै खेतको बिचमा दिनेशका साला रमेशको घर छ । उनले खबर पाए ।,उनीसहित छ जनाको टोली दिनेशलाई खोज्न निस्किए । रमेश, पूजा, पूजाकी सासु, पूजाको सानो दाइ, दिनेशको बुवा । उनीहरुले सोचेका पनि थिएनन् दिनेशलाइ बाघले लगेको छ भन्ने ।,घरदेखि केही पर दक्षिणतिरको जंगल । नेपाल–भारत सिमानाको ८१ नम्बर पिलर । वारी नेपालको सामुदायिक वन पारी भारत उत्तर प्रदेशको कतार्नियाघाट ‘वाइल्डलाइफ सैक्चुरी’ । भारत तर्फको जंगल नेपालको तुलनामा घना छ । आवश्यकता पुरा गर्न स्थानीयहरु भारतको जंगलमा पनि भर पर्नु पर्छ ।,दिनको ३ बजिसकेको थियो । खोज्न हिँडेको लहरमा रमेश सबैभन्दा पछाडि थिए । ‘जंगलमा मेरो बुढा सबैभन्दा पछाडि हुनुहुन्थ्यो’ पूजाले भनिन् । जंगलको झाडी पन्छाउँदै उनीहरु दिनेशको खोजीमा लागेका थिए ।,उहाँलाई पछाडि बाटै लग्यो पूजाले बचाउ भन्ने आवाज मात्र सुनिन् । झाडी हल्लिएको मात्र देखिन् । पूजा श्रीमानलाई बचाउन कुद्दै थिइन अरुले रोके । हेर्दा हेर्दै बचाउको आवाजसँगै पूजाले आफ्नो २४ बर्षका श्रीमान गुमाइन् ।,दिनेशका बुवा कसवाले सबैलाई त्यहाँबाट सबैलाई घर फर्काए । दिनेश लिन गएका उनिहरुले रमेशलाई पनि गुमाए । नाताले दिनेश रमेशका भिनाजु हुन् । दिनेशको परिवारले माइलो छोरा गुमायो भने रमेशको परिवारले जेठो छोरो गुमायो । रमेश र पूजाका दुई छोरी छन् । सानै उमेरमा उनीहरुले आफ्नो बुवा गुमाए । छोरीको जिम्मेवारी पूजाको काँधमा आएको छ ।,खेतको बिच खरियाको बारमा माटोले लिपेको भित्ता भएका तिनवटा घर छन् । जग्गा त्यही घरबास मात्र हो । मजदुरी गरेर घर खर्च उनीहरुले धान्दै आएका छन् । रमेश परिवारबाट अलग्गिएर श्रीमती पूजा र दुई छोरीका साथमा अर्को घरमा बस्दै आएका थिए । छुट्टिए पनि आँगन जोडिएको घरमा बस्ने छाेरो सुकरा र रन्या थारुका लागी बुढेसकालका सहारा थिए । कान्छो छोरा काठमाडाैँ मजदुरी गर्छन् ।,उता दिनेशको परिवारको पनि उस्तै अवस्था छ । २७ वर्षकादिनेश घरका माइला छोरा थिए । रमिता थारुलाई दुई छोरीको स्याहार श्रीमान बिना नै गर्नु पर्ने छ । ४ कठ्ठा जमिन छ । परिवार पाल्न उहि मजदुरी गर्नुपर्छ ।,६ बजे घरबाट हिँडेका दिनेश ७ बजे नै बाघका आक्रमणमा परेको परिवारको आशंका छ । हराएका दिनेशलाइ खोज्न गएका रमेश पनि बाघको आक्रमणमा परे । दिनेशलाई मारेकै ठाउँमा रमेशलाई बाघले तानेको थियो ।,‘साँझ ५ बजे हामी सबै जम्मा भयौँ’ बडघर प्रसादी थारुले भने । नजिकै रहेको भारतीय एसएसबीको टोली आयो । नेपालको तर्फबाट प्रहरी, सशस्त्र प्रहरी र वन कार्यालयको टोली आयो । उनले भने–‘करिब ६० जनको संख्यामा जम्मा भएर हँसीया, बनचरो भाला लगायत घरेलु हतियार बोकेर हामी जंगलमा पस्यौँ । हल्ला गर्दै एसएसबीले ल्याएको पटाका पट्काउदै गएपछि बाघ भागेको स्थानीय आशाराम चौधरीले बताए ।,दिनेश र रमेशको लास नेपाल भारत सीमाको ८१ नम्बर पलिर नजिकै भारतीय भूमिमा थियो । स्थानीयका अनुसार बाघले नेपालको जंगलमा मारेर दिनेशलाई भारतको जंगलमा लगेर खाएको थियो । स्थानीय राजु गिरीले भने टाउको छिनालिएको र छातिको अधिकांस भाग खाएको अवस्थामा १० मिटरको दूरीमा साला–भिनाजुको शरीर भेटिएको थियो ।,कात्तिक ५ गते मात्रै सोही गाउँकी २८ वर्षिया गंगा बुढाको बाघको आक्रमणमा परि ज्यान गएको थियो । उनी सामुदायिक वनमा घाँस काट्न गएकी थिइन् । अशाेजको महिनामा माछा मार्न गएका एक किशोरको बाघको आक्रमणमा परि ज्यान गएको थियो ।,पछिल्लो १ महिनामा मात्र त्यस क्षेत्रमा बाघको आक्रमणबाट ५ जनाको ज्यान गइसकेको छ । पछिल्लोसमय बाघले त्यसक्षेत्रको जंगल आसपासका वस्तिहरुमा आतंक मच्चाएपछि स्थानीयहरु त्रसित छन् ।,दिनेश र रमेशको घरभन्दा दक्षिण पश्चिममा समिल चोक छ । चोकैमा राजु गिरीको किरानासँगै चिया पसल । उनको पसलबाट मुस्किलले दुइसय मिटर पर भारतको कतर्नियाघाट वन्यजन्तु आरक्ष छ ।,आरक्षको आसपासका नेपाली खेतमा उनले धेरै पटक बाघ आएको चाल पाएका छन् । हामीलाई चोक आसपासनै दिउँसै हिँड्न पनि डर लाग्छ उनले भने ।,गिरीको पसल अगाडिको बाटो हुँदै त्यसभेगका मानिसहरु भारतको बिछिया सामान किन्ने जाने गरेका छन् । भारत उत्तरप्रदेशको सानो बजार बिछिया करिब दुई किलोमिटर टाढा छ । जसमा करिब एक किलोमिटर जंगलको बाटो पर्छ । तर कोरोना भाइरसका कारण त्यो बाटो अहिले बन्द छ । त्यस क्षेत्रमा मानिसको चहलपहल कम भएर पनि बाघको मुभमेन्ट बढेको हुनसक्ने स्थानीयको बुझाइ छ ।,बाघले त्यसक्षेत्रका घर आसपास आएर घरपालुवा जनावर मारेर खाने गरेको गिरीले बताए ।,रमेश र दिनेशलाई बाघले मारेको क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्दैन । मध्यवर्ती क्षेत्रभन्दा बाहिरको घटनामा हाम्रो क्षेत्रअधिकारमा पर्दैन निकुञ्जका प्रमुख संरक्षण अधिकृत बिष्णुप्रसाद श्रेष्ठले भने यो डिभिजन वन कार्यालयले हेर्छ र राहात पनि उतैबाट आउँछ ।,तर मध्यवर्ती क्षेत्रभित्र मारिएका लहानु थारुलाई भने निकुञ्जले राहात दिएको छ । ‘पहिलो चरणमा किरिया खर्च भनेर ५० हजार दिएका छौँ’ श्रेष्ठले भने ‘आवश्यक कागजपत्र पुरा गरेपछि १० लाख राहात दिने छौँ ।’,सरकारको नियम अनुसार जंगली जनावरको आक्रमणमा परि ज्यान गुमाएका परिवारलाई १० लाख राहातको व्यवस्था छ तर निकुञ्जु भित्र जनावरको आक्रमणले ज्यान गएमा भने राहात पाईँदैन श्रेष्ठले भने ।,लहानु बाहेकका अन्य मृतकको हकमा भने नगरपालिकाले राहात दिने वाचा गरेकाे छ । मधुवन नगरपालिकाका मेयर गणेश केसीले घरपरिवारको केही समस्या र बालबालिकाको पढाइमा सहयोग गर्ने बताए ।,वन तथा वातावरण मन्त्रालयको प्रवक्ता प्रकाश लम्सालले डिभिजन वन कार्यालयले नै राहात दिने बताए ।,बाघले आक्रमणको शिलशिला रोकेन । कात्तिक ११ गते दिनेश र रमेशलाई मारेको ४ दिन पछि १५ गते गेरुवा गाउँपालिका ४ राजिपुरका लहानु थारुलाई आक्रमण गर्‍यो । नजिकैको खोलामा गोरुलाई पानि खुवाउन गएका उनलाई बाघले आक्रमण गरेको थियो । लहानुलाई मारेर त्यही छोड्यो र गोरुलाई लिएर जंगल गयो ।,जिल्लाभरि नै श्रृङखलाबद्ध बाघको आक्रमण बढ्न थाले पछि बर्दिया राष्ट्रिय निकुञ्जले नरभक्षी बाघ समात्ने प्रयासमा लाग्यो । १६ गते निकुञ्जका प्राविधिकसहितका टोलीले करिडोर भरि १३ वटा क्यामेरा जडान गरेर बाघको रेकी गरेका थिए ।,एक हप्ताको प्रयास पछि राजिपुर क्षेत्रबाट डार्ट गरि बाघलाई नियन्त्रण लिइएको छ ।,यो क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्छ र अन्तर्राष्ट्रिय जैविकमार्ग खाता करिडोर । भारतको कतर्नियाघाट वन्यजन्तु आरक्षसँग जोडिएकाले सजिलै जनावर वारपार गर्छन् ।,पछिल्लो समय बर्दियामा बाघको संख्या बढेर ८७ पुगेको छ । जुन एउटा बाघलाई चाहिने क्षेत्रफलसँग तुलना गर्दा बाघको संख्या बढि हो । तर प्रमुख संरक्षण अधिकृत बिष्णुप्रसाद श्रेष्ठ भने बाघको संख्या अझै बढि हुनसक्ने बताउँछन् । जसकारण पछिल्लो समय समुदायमै आएर बाघले आक्रमण गर्न थालको उनको अनुमान छ ।,यता बाघ विशेषज्ञ डा. चिरन पोख्रेल जंगल आसपासका क्षेत्रमा मानिस र जनावरका बिच द्धन्द्ध बढेको बताउँछन् । ‘हो पछिल्लो समय द्धन्द्ध बढेको छ’ उनी भन्छन् तर यसलाई अर्को पाटोबाट पनि हेर्नुपर्छ ।,आफ्नो क्षेत्राधिकार भित्र अर्को कुनै बाघ आउँदा र आफ्नो क्षेत्र बिस्तारका क्रममा एकले अर्कोलाई बाहिर धकेल्छन् जसकारण हारेका बाघ समुदाय नजिक आइपुग्छन् । उनका अनुसार ‘समुदायमै आएर आक्रमण गर्ने बाघको स्वभाव हुँदैन त्यो एकाध मात्र हो, त्यो चितुवाको हुन्छ । घाइते बाघ मात्र समुदायमा पस्न सक्छ ।’,पोख्रेल भन्छन्– ‘बाघ लजालु हुन्छ, चितुवाको तुलनामा बाघमा गाउँको होहल्ला सहनसक्ने क्षमता हुँदैन ।’,समुदाय नजिक आएका बाघलाई थाहा हुदैँन कसलाइ आक्रमण गर्ने । उसले जानी नजानी आफ्नो आहारा सम्झेर आक्रमण गर्छ । ठाडो उभिएको मानिसलाई हतपत आक्रमण नगर्ने उनको अनुभव छ, ‘म करिब ६० पटक बाघसँग जम्का भेटमा परेको छु । शायद म बाँच्ने थिएन’ उनेल भने ।,उनी भन्छन् दिनेशको केसमा पनि त्यहि भएको हुनसक्छ । च्याउँ टिप्न झुकेका वा बसेका दिनेशलाई अन्य जनावर जस्तै आहारा सम्झेर आक्रमण गरेको हुनसक्ने उनको अनुमान छ । तर रमेशको केसमा भने त्यस्तो देखिँदैन । रमेशलाई हिडिरहेको बेला पछाडिबाट आक्रमण गरेको थियो ।,पोख्रेल भन्छन् ‘बाघले औसतमा ४० देखि ५५ वर्ग किमिको क्षेत्रफल आफ्नो क्षेत्राधिकारमा पारेको हुन्छ । तर यो जंगल र बाघको उमेर अनुसार फरक हुन्छ ।’,जंगलमा बाघको संख्या बढेपछि आफ्नो क्षेत्राधिकारका लागि एक अर्काबिच झगडा हुन्छ । त्यसबाहेक घाइते बाघ पनि सामुदायको नजिक आइपुग्छन् । उनीहरुले सजिलै मार्न सकिने आहार खोज्छन् । जसकारण घरपालुवा जनावर तथा मानिसमाथी आक्रमण गर्छन् ।,तर पोथी बाघले २५–३५ वर्ग किमी क्षेत्रफल ओगटेको हुन्छे । बच्चा पाएको अवस्थामा हुर्काउनका लागि यो क्षेत्र कम हुनसक्छ उनले भने ।,२,०२५ वर्ग किलो मिटर क्षेत्रफलको बर्दिया जिल्लामा करिव आधा ९६८ वर्ग किलोमिटर क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्जले ओगटेको छ । २०११ को जनगणना अनुसार चार लाख बीस हजार बढी जनसंख्यामध्ये अधिकांस जंगल छेउमा बस्छन् मध्यवर्ती वा सामुदायक वन आसपास । समुदाय जंगलमा निर्भर रहँदै आएको छ भने कहिले काही जनावर पनि समुदायमा निर्भर हुँदै आएका छन् । जनावरले वाली खाने गरेका छन् ।,सुरुदेखि नै संरक्षणको जिम्मा सेनाले पाएपनि द्धन्द्धकालमा चोरी सिकारी रोक्न सकेको थिएन । तर पछिल्लो समय निकुञ्ज र सेनाले नियम कडा बनाएपछि जंगलमा चोरी शिकारी घटेर जनावरको संख्या बढेको छ ।,आसपासका गाउँमा मात्र हैन निकुञ्जमा पर्ने महेन्द्र राजमार्गमा पनि सेनाको कडा निगरानी छ । उनीहरुले त्यहाँ टाइमकार्ड लागु गरेका छन् ।,राजमार्गमा पर्ने रम्मापुर–बबइ–सैनावर करिव १५ किमी र अम्रेनी–चिसापानी करिव १५ किमीको दूरी पार गर्न ४० किमी प्रतिघण्टाको दरले २२ मिनेट लगाउनु पर्छ । तरपनि बेला बेलामा गाडीले बाघ लगायतका जनावरलाई ठक्कर दिने गरेका छन् ।,यता चोरी शिकारी नियन्त्रण तथा संरक्षणको नाममा समुदायमै आएर सेना र निकुञ्जका कर्मचारीहरुले बेला बेलामा दुःख दिने गरेको स्थानीय बताउँछन् ।,स्थानीयहरु धेरैहदसम्म निकुञ्जमा भर पर्नुपर्छ र उनीहरुले संरक्षणमा पनि योगदान दिएका छन् । तर तारबार लगायतका उचित व्यवस्थापन नगर्दा निकुञ्ज आसपासका जनताले ठूलो जनधनको क्षेती व्यहोर्दै आएका छन् ।
प्रभात खनाल
‘प्रणालीमै छ’ बलात्कार
‘आक्रोश छैन । रिस उठ्न छाडिसक्यो ।,अब त मात्रै डर छ । अनि लाज लाग्न थालेको छ राज्य देखेर । हुनु पर्ने त राज्यले नागरिकलाई देख्नु पर्ने हो ।,सन्तान हुन् नागरिक राज्यका, उसले आफ्ना लालाबालाको ख्याल गर्नु पर्ने हो । अप्ठ्यारोमा म छु, आत्तिनु पर्दैन भन्नु पर्ने हो ।,अन्यायमा पर्दैनौ, न्याय हुन्छ सबैलाई, पीडक उम्किन पाउँदैनन्, सजाय हुन्छ भन्ने विश्वास दिलाउनु पर्ने हो ।,तर यी सबै पर्ने हो मै सीमित भएका छन् । कतै राज्य छ जस्तो नै भएन । जति रिसाए पनि, जस्तो आक्रोश देखाए पनि अभिभावकले सुनेन, बुझेन र शायद बुझ्न चाहेन नागरिकका पीडा ।,लाग्न थाल्यो कानमा तेल हालेर बसेको छ, र उ आफ्नै धुनमा मस्त छ । नागरिकले जीवनको लय गुमाएको, त्रसित भएको र अन्यायमा परेको उसलाई पत्तै छैन ।,सानी बालिकामाथि बलात्कार हुन्छ । राज्यले थाहा पाउँदैन । उनको हत्या हुन्छ । राज्य मौन बस्छ । अपराधी खुलेआम छन्, पीडित थिचिएका छन् उठ्नै नसकिने अत्याचारहरुले ।,आक्रोश नआएका हैनन् । धेरै पोखियो पनि । तर अब त आफू र अरुहरुका लागि डर अनि राज्यसँग लाज मात्रै लाग्छ ।’,भावना राउतले भनेकी हुन् यो सबै । २१ वर्षकी भावना पत्रकारिताकी विद्यार्थी हुन् र सामाजिक अभियानमा सक्रिय छिन् । खोज पत्रकारितामा उच्च शिक्षा लिने योजना सुनाएकी उनलाई त्योसँगै न्यायको भोक पनि टड्कारो छ ।,आक्रोश छैन भनेकी भावनाले निराशा व्यक्त गरिन्, ‘नागरिकले चुनेर पठाएको व्यक्ति (राष्ट्रियसभा सदस्य) ले राष्ट्रियस्तरको टेलिभिजनमा १८ वर्ष भन्दामाथिको बलात्कारलाई इन्जोएमेन्ट भन्छन्। नागरिक चुप लागेर बस्छन् । प्रतिनिधिले त्यस्तो बोल्दा पीडितलाई कस्तो भयो होला, कसैले बुझेको छैन ।’,शासन सत्ता र त्यसको प्रणालीमै समस्या रहेको बताउने भावनाले भनिन्, ‘राज्य नागरिकको प्रतिबिम्ब हो । नागरिक जस्तो छन्, राज्यको शासन सत्तामा त्यसकै झलक देखिन्छ । परिवर्तनका लागि नागरिकले आफैलाई परिमार्जन गर्नु पर्छ ।’,पछिल्लो समय बलात्कार तथा बलात्कारपछि हत्याका घटना बढ्दै जाँदा ती खबरहरुले नराम्रोसँग चिमोटेको छ भावनालाई । सामाजिक विषयमा बोल्ने गरेकी उनी र उनका केही साथीहरु मिलेर हालै बलात्कारविरुद्धको अभियान थालेका छन्–अझै कति सहने?,उनीहरुले सोही अभियान अन्तर्गत गएको हप्ता ‘विरोध प्रदर्शनको प्रमुख थलो–माइतीघर मण्डला’ मा आफ्नो आवाज मुखरित गरे । कालो पहिरनमा आएका उनीहरुले झ्याली बजाउँदै ‘परेड’ शैलीमा गीत गाए । गीत आक्रोशको थियो, गीतमा आरोप र प्रश्नहरु थिए । उनीहरुले सबैतिर औँला तेर्स्याएर भने–, !,दक्षिण अमेरिकी देश चिलेमा महिलाहरुले बलात्कार तथा यौन हिंसाविरुद्ध सुरु गरेको अभियानका लागि बनाइएको गीत शैलीको विरोधका स्वरहरु अहिले विश्वका विभिन्न देशमा पुगेको छ । सो अभियानले नेपालमा पनि आफ्नो आकार लिएको छ र त्यसको अग्रमोर्चामा भावनासहितका युवतीहरु र केही युवाहरु छन् ।,चिलेको गीतलाई नेपालीमा अनुवाद गरे, नेवारी झ्यालीमा ताल मिलाएर माइतीघरमा उनीहरुले गीत र नृत्यसहितको विरोध प्रस्तुत गरे ।,‘छोटो समयको तयारीमा गीत नेपालीमा अनुवाद गरी झ्यालीमा ताल मिलाएर हामीले प्रदर्शन गरेका हौँ’ अहिले कुराकानीको केन्द्रमा रहेको अभियानबारे भावनाले भनिन्, ‘सबै साथीभाइ हौँ, एकअर्काले आफ्ना केही साथी जम्मा पारेर त्यो प्रदर्शन गरेका थियौँ । झ्यालीका लागि सामाजिक सञ्जालमा सहयोगका लागि पोस्ट गरेका थियौँ, भक्तपुरको टोलीले इच्छा देखायो र हामी उहाँहरुसँग जोडियौँ ।’,माइतीघरको प्रदर्शन फरक शैलीको थियो, चर्चा भयो । त्यसपछि उनीहरुले नेपालीमा रुपान्तरित चिलेको गीत ‘बलात्कारी हो तँ’ रेकर्ड गराएका छन् ।,भक्तपुरको सिरुटारको लुः निभा धिमे खलका युवायुवतीले झ्याली बजाए, अझै कति सहने अभियानका केहीले गीत गाए । रेकर्ड भएको गीत सोही प्रकारको आन्दोलन गर्न चाहने देशभरका अभियन्तालाई उपलब्ध गराउने भावनाले बताइन् ।,भावनाले भनिन्, ‘हामीले बलात्कारी होस् तँ भनेर कुनै एक व्यक्तिलाई भनेका होइनौँ । बलात्कार समाजमा छ, राज्यमा छ र राज्यका हरेक प्रणालीहरुमा छ । हामीले बिम्बका रुपमा तँ भनेर ती सबै संरचनामाथि प्रश्न गरेका हौँ ।’,तर आफूहरुले प्रतिकात्मक रुपमा प्रयोग गरेको गीतलाई केहीले व्यक्तिगत रुपमा लिएको पाएको उनले बताइन् ।,‘औँला तेर्स्याएर बलात्कारी हो तँ भनेपछि धेरैलाई व्यक्तिगत रुपमा परेछ’, उनले भनिन्, ‘हामीले व्यक्तिलाई भनेकै होइन, व्यवस्थालाई भनेको हो । व्यक्ति–व्यक्ति मिलेर समाज बन्छ, अनि समाजको समग्र रुप देश । समाजमै बलात्कार व्याप्त छ, राज्यको प्रणालीमा पनि । हामीले त्यसलाई भनेका हौँ ।’,पीडितले न्यायको प्रक्रियामा जाने क्रममा धेरै ठाउँमा पुनः ‘बलात्कार’ को सिकार (सो घटना बारम्बार सबिस्तार बताउनु पर्ने बाध्यताका कारण) बन्नु पर्ने अवस्था रहेकाले व्यक्तिमा रहेको बलात्कारी भन्दा राज्य व्यवस्थाको प्रणालीमा रहेको बलात्कारी प्रवृत्ति घातक रहेको भावनाले बताइन् । ‘हामी त्यो प्रणालीमाथि प्रश्न गरिरहेका छौँ’ उनले भनिन् ।,‘अपराधिको लिङ्ग हुँदैन । बलात्कारीको पनि लिङ्ग हुँदैन । महिलाबाट पनि पुरुषमाथि बलात्कार हुन सक्छ । तर अधिकांश रुपमा पृतिसत्तामा बाँधिएको सामाजिक संरचनामा रहेका कारण महिलाहरु बढी प्रभावित भएका छन् ।’ भावनाले भनिन्, ‘तर बलात्कारी हो तँ भन्दा धेरैले व्यक्तिगत रुपमा लिनु भएछ । यसले पृतिसत्ताले दिएको मेल इगोलाई हिर्काए छ ।’,जबसम्म औँला आफूतिर फर्किँदैन, तबसम्म मान्छे झस्किँदैन । ‘दोष अरु तिर देखाएर उम्किने बानी परेका हामीलाई समस्या तिमी मै छ है भन्दा गाह्रो भएको हो । तर हरेक व्यक्तिलाई झकझक्याउनु पर्ने बेला आएको छ । दोष दिने गरेको समाजका सदस्यहरु सचेत भएपछि त समाज सजग हुन्छ अनि प्रणालीमा रहेको अव्यवस्था परिवर्तन गर्न सकिन्छ ।’,अझै कति सहने अभियानको ‘कोर टिम’ का एक सदस्य हुन् सस्मित पोखरेल । कानूनका विद्यार्थी तथा कानूनी सेवामा सक्रिय रहेका सस्मितको इगोलाई भने त्यो बेला हिर्काउँछ जब महिलामाथि हिंसा हुन्छ । त्यो बेला आफू कमजोर भएको ठान्छन् उनी ।,‘महिलावादलाई सामान्य रुपमा पुरुषलाई दोषी देखाउन वा होच्याउन ल्याएको अवधारणाका रुपमा बुझियो । वास्तविकता त्यो होइन, यो त पितृसत्ताका कारण पछि परेका महिलाहरुलाई सशक्तिकरण गरी माथि उठाउने उत्तम अवधारणा हो ।’,उनले भने, ‘समस्या छ भनेर स्वीकार गरियो भने मात्र समाधान गर्न सकिन्छ । पितृसत्ताका कारण समस्या छ, त्यसले निम्त्याएका अराधहरु पनि छन्, त्यसविरुद्ध हामी सबै लाग्नुको विकल्प छैन ।’,सस्मितसहित समूहमा भावना राउत, सगुन बेडवाल, दर्शना चन्द, प्रियंका शाही र प्रकृति भट्टराई बस्नेत छन् ।,‘बलात्कारलाई एक व्यक्तिले आफ्नो यौन कुण्ठा पूर्तिका लागि अर्को व्यक्तिमाथि गरेको अत्याचारका रुपमा मात्रै बुझिनु हुँदैन’ समाजशास्त्री नीति अर्याल खनालले भनिन्, ‘यो एक शक्ति प्रदर्शनको कुरा हो । एक शक्तिशाली व्यक्तिले अर्को कमजोर व्यक्तिको शरीरमाथि आफ्नो रवाफ प्रदर्शन गरेको हो । यसलाई सामाजशास्त्रीय रुपमा हेरिनु पर्छ ।’,यौनजन्य हिंसा र त्यसको समाजशास्त्रीय पक्षमा विद्यावारिधि गरेकी समाजशास्त्री अर्यालले भनिन्, ‘सामाजिक व्यवस्था नियमित गर्ने भनेको कानूनी शासनले हो । जुन समाजमा कानूनको शासन हुँदैन र अपराधीले उन्मुक्ति पाउने व्यवस्था रहन्छ त्यहाँ बलात्कारसहितका अपराधका घटना बढी हुन्छन् ।’,पीडितमाथि नै प्रश्न गर्ने वा दोष लगाउने सामाजिक व्यवस्थाका कारण समस्या जटिल बनेको उनले बताइन् । अर्यालले भनिन्, ‘बलात्कारमा परेकी महिलामाथि नै प्रश्न गर्ने परिपाटी छ । उसको लुगा र व्यवहारमाथि प्रश्न गरिन्छ अपराधीलाई प्रश्न गर्नुको साटो ।’,अझै कति सहने अभियानकी भावना राउतलाई पनि सामाजिक व्यवस्था र संस्कारमै हिंसालाई स्थान दिने खालका व्यवस्था रहेको लाग्छ ।,उनले भनिन्, ‘मन्दिरमा लात्ती हान्नु हुँदैन पाप लाग्छ भनेर सिकाइयो तर कानून लाग्छ भनेर सिकाइएन, अपराध गरे सजाय पाइन्छ है भनिएन र हिंसाले स्थान पायो ।’,परिवार, समाज र राज्यले आफ्ना सदस्यहरुलाई पापको जस्तै कानूनको पनि जानकारी गराउनु पर्नेमा जिम्मेवार निकायकै नेतृत्वबाट कानूनको खिल्ली उडाइँदा समस्या थपिएको समाजशास्त्री अर्याल र अभियन्ता राउतले बताए ।,‘हाम्रोमा न्यायको परिषाभा सारै साँघुरो भयो । पहिलो कुरा त अपराधीमा कानूनको डर छैन, कारण–कार्यान्वयन हुँदैन, भए पनि शक्ति र प्रभावको भरमा छुटिन्छ भन्नेमा अपराधीहरु ढुक्क छन्’ राउतले भनिन्, ‘दोस्रो कुरा, अभियुक्त या अपराधीहरु राज्यको छत्रछाया (जेल) मा हुन्छन् । पीडित कहाँ छन्, कस्तो अवस्थामा छन् भनेर राज्यलाई पत्तै हुँदैन र राज्यले चासो पनि दिँदैन ।’,सस्मित पोखरेलले भने, ‘राज्य अभिभावक हो, त्यसमाथि समस्यामा परेका सन्तानको ख्याल विशेष रुपमा गर्नु पर्नेमा उनीहरु त नजरमै परेका छैनन् । समस्या थप विकराल बन्दै गएको हो ।’,नेपाल प्रहरीको तथ्यांक अनुसार गएको चैत (लकडाउन लागु भएयता) देखि भदौसम्म देशभर १२ सय ९ वटा बलात्कारका घटना भएका छन् । हरेक महिना बलात्कार बढ्दो क्रममा रहेका छन् । त्यसअघि आर्थिक वर्ष २०७५–७६ मा देशभर २२ सय ३३ र आर्थिक वर्ष २०७६–७७ मा २१ सय ४४ वटा बलात्कार घटना भएको तथ्यांक प्रहरीसँग छ ।,उजुरी भएका घटना यति भए पनि वास्तविक पीडितहरु त्यो भन्दा धेरै रहेको बताइन्छ । समाजशास्त्री अर्यालले भनिन्, ‘बलात्कार वा यौन हिंसाका ९० प्रतिशत पीडितहरु बाहिर आउन सकेका छैनन् । जबसम्म कानूनी शासनको प्रत्याभूत हुँदैन तब सम्म समस्या उस्तै रहन्छ ।’,अपराधी छुटाउने गाउँका पञ्चहरु, सामाजका अगुवाहरु र केन्द्रका ‘नेताहरु’ को बोलवाला रहुन्जेल पीडित खुल्ने अवस्था आउन नसक्ने उनले बताइन् । ‘हाम्रो सामाजिक व्यवस्थामा पुरुषको चरित्रसँग नभई शक्तिसँग उसको लिङ्गलाई जोडियो, तर महिलाको योनीलाई भने उसको चरित्रसँग गाँसियो’ समाजशास्त्री अर्यालले भनिन् ।,सपनाहरु बुन्दै त्यहि सपनाको मार्गमा हिँड्ने बेला विभेदको राप विरुद्ध अभियानमा जुटेकी भावना र सस्मितसहितलाई पीडितले साँचो अर्थमा न्याय पाउने दिन आउँछ भन्ने आश छ । त्यसका लागि ‘मनले नाइँ भनेको कुरा गरिन्छ भने त्यो दुर्व्यवहार हो’ भनेर पीडित र पीडकले पनि बुझ्ने र बुझाउनु पर्ने उनीहरुले बताए ।,भावनाले भनिन्, ‘असजिलो केही छैन, पापको कुरासँग कानून पनि सिकाउँ । अपराधसँगै सजायको कुरा बिना प्रभाव स्थापित गरौँ अनि पीडितलाई न्यायको ढोका सजिलोसँग खुल्ने बनाउँ, समस्या समाधानको मार्ग आफै बन्छ।’
टंक ढकाल
विकासे डोजरले सत्यानाश
बझाङको केदारस्यू गाउँपालिका–८ मल्लेखी बस्तीका २१ घरमा गएको असार १९ गते राति आएको पहिरोले क्षति गर्‍यो। सातजनाको मृत्यु भयो। बस्तीमाथि रहेको सामुदायिक वन र त्यसपछिको भिरबाट खसेको पहिरोले बस्ती पुरेको थियो। पहिरोले मानवीय क्षतिसँगै स्थानीय जलविद्युत तथा सिचाइँ र खानेपानीमा क्षति गरेको गाउँपालिका इन्जिनियर लेखराज रावलले बताए।,माग्दीको धौलागिरि गाउँपालिका–६ र ७ मा गएको असार २५ गते मध्य रातमा पहिरो गयो । पहिरोमा परी वडा नम्बर ६ का १९ जनाको ज्यान गयो, दुईजना बेपत्ता भए । ६९ घरमा पूर्ण क्षति भयो। जथाभावी रुपमा भएको डोजरे विकास (जोडर लगाएर गाउँमा बाटो खन्ने प्रवृत्ति) कारण पहिरो गएको विश्लेषण गरिएको छ ।,तर गाउँपालिका अध्यक्ष थमसरा पुन भने वरपरका क्षेत्रमा बाटो खनिए पनि पहिरो गएकै क्षेत्रमा डोजर लगाएर बाटो नखनिएको बताउँछिन् । उनले भनिन्, ‘सोच्दै नसोचेको ठाउँबाट पहिरो गयो । बाटो खनिएकै कारण पहिरो गएको भन्न अल्लि मिल्दैन जस्तो लाग्छ। तर अब उपरान्त बाटो खन्दा प्राविधिकको सरसल्लाह लिने र सुन्ने योजनामा छौँ ।’,संखुवासभाको सिलिचोङ गाउँपालिका–१ मा असार २७ गते राति एक्कासी पहिरो जाँदा १० घर बगायो । ११ जना बेपत्ता भए, अझै भेटिएका छैनन् । एकजनाको शव भेटियो ।,गाउँपालिका अध्यक्ष रामबहादुर राईका अनुसार उद्धार टोली असार २९ गते बिहान मात्रै त्यहाँ पुग्न सक्यो । गाउँपालिकाको सडक सञ्जालबाट ८–१० किलोमिटर पर रहेको बेसिन्दा क्षेत्रमा सडक निर्माणका लागि काम भएको छैन । अध्यक्ष राईले साढे चारवर्ष पहिलेको भूकम्पले चर्काएको पहाड भारी वर्षाका कारण खसेर ठूलो क्षति भएको बताए ।,सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा असार ३१ राति (साउन १ गते बिहान) पहिरो जाँदा पाँचजनाको ज्यान गयो । स्थानीय ग्याल्जेन शेर्पाले घरसँगै परिवार गुमाए ।,भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले पहिरोको कारण डोजरे विकास रहेको तथ्य स्वीकार गर्ने शैलीमा भने, ‘बाटो नपुगेका ठाउँमा पुर्‍याउनुपर्‍यो। गाउँलेको माग पनि त्यहि हुन्छ। तर पहाड फोरेर बाटोको ट्रयाक खोल्दैमा बजेट सकिन्छ । पहिरो रोकथामका लागि नाली बनाउने वा सुरक्षाका अरु उपाय अपनाउनका लागि बजेट हुँदैन, बाध्यता छ ।’,सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान (साउन ३० गते) पहिरो गयो । अहिलेसम्म १६ जनाको शव भेटिएको छ । २३ जना बेपत्ता छन् । बस्तीमाथिबाट खसेको पहिरोले पूरै गाउँ नै बगाएको हो ।,स्थानीय बासिन्दा तथा गाउँपालिकाले नै लिदीको बस्ती पहिरोको जोखिममा रहेको भन्दै स्थानान्तरण गर्न आग्रह गरेका थिए । तर त्यसको सुनुवाई नहुँदै पहिरोले बस्ती बगायो । भूगर्भ विभागको टोलीले गरेको अध्ययनले ठूलो पहिरोको जोखिम रहेका भनी बस्ती सार्न सुझाव दिएको थियो ।, ,यो वर्षको बर्खामा मानवीय तथा भौतिक क्षति हुने गरी गएका पहिरोका प्रतिनिधि घटनाहरु हुन् यी । यो वर्ष लगातार पानी पर्दा अघिल्ला वर्षको तुलनामा पहिरोहरु बढी गएका छन् ।,साढे चार वर्षअघिको भूकम्पले अस्थिर बनेका पहाडको भौगर्भिक संरचना अझैसम्म स्थिर अवस्थामा नआएको तथा विकासका नाममा विशेष गरी गाउँगाउँमा प्राविधिक सल्लाह वा भौगोलिक इन्जिनियरिङ्गको विस्तृत विश्लेषण बिना डोजरको प्रयोग गरी बाटो खनिँदा पहिरोका जोखिम उच्च भएका बेला बढी पानी पर्दा विपदको अवस्था आएको देखिन्छ ।,भौगर्भिक इन्जिनियरिङ्गका अध्येता तथा पहिरो विज्ञ डा. बसन्तराज अधिकारीले २०७२ मा गएको भूकम्पले अस्थिर बनेको भौगर्भिक अवस्था अझै स्थिर नभएको अनुसमान लगाउन सकिने उनले बताए ।,‘हिमालय पर्वत शृङ्खलामा भूकम्पका कारण अस्थिर बनेको भौगर्भिक गतिविधि अझै स्थिर बनेको छैन भन्ने देखिन्छ । अस्थिर पहाड र धाँजा फाटेको ठाउँमा पानी पस्दा दबाब बढी भएर पहिरो गएको प्रारम्भिक अनुमान छ,’ डा. अधिकारीले भने, ‘हामीले हरेक वर्ष पहिरोको जोखिमबारे अध्ययन गरिरहेका छौँ । भूकम्पका कारण धाँजा फाटेका क्षेत्रमा त्यसको एक–दुई वर्षसम्म पहिरोको उच्च जोखिम हुने आँकलन गरिएको थियो । तर मनसुनमा त्यति पानी परेन तीन वर्षहरुमा । यो वर्ष पानी लगातार परेकाले पहिरोका घटना बढेका हुन् ।’,लिदीको पहिरोबारे उनले भने, ‘स्थानीय बासिन्दाका अनुसार लिदीमा पहिले नै धाँजा फाटेको थियो । धाँजाबाट माटोसहितको ढिस्कोमा पानी पस्दा दबाब बढ्यो र पूरै ढिस्को पहिरोमा बगेको देखिन्छ ।’,पहिले नै खोल्साहरुबाट पानी जाँदा त्यहाँको माटो कमजोर भएको देखिने उनले बताए । उनले भने, ‘धाँजाबाट पानी पसेपछि बनेको स्याचुरेटेड स्वाइल खसेको हो र तल पहिरो छेक्ने कुनै संरचना नहुँदा क्षति बढी भएको हो ।’,बस्ती मुनि रहेको जलविद्युत योजनाले सुरुङ्ग निर्माणका लागि गरेको बिस्फोटकै कारण पहिरो गएको हो वा होइन भन्नका लागि अध्ययन गर्नु पर्ने बताएका उनले प्राकृतिक कारणले अस्थिर बनेको क्षेत्रमा विकासका काम गर्दा विस्तृत भौगोलिक इन्जिनियरिङ्ग तथा भौगर्भिक जोखिम नक्साङ्कन हुनु पर्नेमा जोड दिए ।,नेपाल जिओलजिकल सोसाइटीका अध्यक्ष तथा खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले भने, ‘गाउँ गाउँमा विकासका नाममा डोजर लगाएर बाटो खनिएका छन् । एउटै पहाड चिराचिरा पारिएको छ । यसले पहिरोको दर र त्यसले गर्ने क्षति पनि बढाएको देखिन्छ ।’,प्राकृतिकसँगै मानवीय गतिविधिले पहिरोका घटनाहरु बढाएको तर्फ संकेत गर्दै उनले भने, ‘विकास गर्ने भनेर मात्रै हुँदैन, त्यहाँको माटोको संरचना हेरिनु पर्छ र सोही अनुसार निर्माणको काम कसरी गर्ने वा सावधानी कसरी अपनाउने भन्ने तय गरिनु पर्छ । तर हाम्रा पछिल्ला गतिविधिहरु भौगोलिक अवस्था र त्यसको वैज्ञानिक क्षमता सापेक्ष देखिँदैनन् ।’,पहिरोविद डा. अधिकारीका अनुसार पनि पछिल्लो समय भएका अधिकांश सानाठूला विकासका काममा भौगोलिक अवस्थाको पहिचान गरी सो अनुरुप सावधानी अपनाएर काम नभएको देखिएको बताउँछन् ।,उनले भने, ‘विस्तृत भौगोलिक इन्जिनियरिङ्ग तथा भौगर्भिक नक्साङ्गन भएको पाइएको छैन । स्थिर पहाडलाई काटेर बाटो बनाउँदा वा जलविद्युतसहितका अरु विकासका काम गर्दा पहाडको भौगोलिक अवस्था अस्थिर बन्छ । वैज्ञानिक मापदण्ड अनुसार विकासका काम गरिएन भने पहिरोसहितका जोखिम बढ्छ र अहिले धेरै ठाउँमा भएको पनि यस्तै छ ।’,बाटो खन्दा वा अरु कुनै पनि विकासका काम गर्दा पानीको निकास उचित व्यवस्था हुनु पर्ने, सम्भावित पहिरोको जोखिम न्यूनिकरण तथा सम्भव भएसम्म वा आवश्यक नपरी पहाड फोड्ने मेसिनको प्रयोग कम गरिनु पर्ने उनले बताए ।,डा. अधिकारीले भने, ‘पहिलो पहाडमा गह्रा खेती प्रणाली थियो । पानीको व्यवस्थापन परम्परागत रुपमै गरिन्थ्यो राम्रोसँग । अहिले खेती कम हुँदै गयो, भलको निकास व्यवस्थित रुपमा हुन सकेन। त्यसमाथि विकासका नाममा पहाड चिर्न थालियो । ठूलो क्षति हुने गरी पहिरो जाने भए नि ।’,गाउँगाउँमा खनिएका अधिकांश बाटोमा पानीको निकासको व्यवस्था छैन । भलको पानी बाटोमै बग्छ । सो पानीले खोल्सो पाउने वित्तिकै छिचोलेर तल जाने र माटो धोल्लो बनाउने गरेका कारण पहिरोका गतिविधि बढेको विज्ञहरुले बताएका छन् ।,उनले भने, ‘मैले ५५ जिल्लामा काम गरेको छु, सरसर्ती हेर्दा सडक खन्ने बेला विस्तृत इन्जिनियरिङ्ग र भौगर्भिक नक्साङ्कन प्रयोग गरेको भए नोक्सानी हुँदैनथ्यो जस्तो लाग्छ एक आम सर्वसाधारणका रुपमा विचार गर्दा । वैज्ञानिक पक्षमा भने हेरक स्थानको अवस्था फरक हुने भएकाले अध्ययन नगरी बताउन सकिँदैन, तर जोखिम सडकहरुले बढाएकै छन् ।’,यस्तै रुख लगाउँदैमा पहिरो जाँदैन भन्ने पनि नरहेको भन्दै उनले यसलाई थप स्पष्ट पारे ‘रुखको जरा पहिरोमुनि जाने भएन भने झन जोखिम हुन्छ । उपयुक्त प्रजातिको बिरुवा छनौट गरिएन रुखको जरा पहिरोको गतिविधि भन्दामाथि हुने र पानी परेपछि त्यसले जमिनमा झन भार थप्ने हुन सक्छ । त्यसैले जरा तलसम्म जाने प्रजातिको रुख रोपिनु पर्छ ।’,पहिरोको जोखिम मानवीय गतिविधि वातावरण मैत्री बनायो भने कम गर्न सकिन्छ, तर प्राकृतिक घटना भएकाले सचेतना अपनाएमा मानवीय जोखिम भने कम गर्न सकिन्छ ।,डा. अधिकारीले भने, ‘बाढीको पूर्व सूचना जस्तै पहिरोको पनि पूर्व सूचना दिन सकिन्छ । खासै खर्च पनि धेरै लाग्ने होइन, हामीले दोलखाको सुन्द्रावतीमा गरेको प्रयोगले पहिरोको पूर्व सूचना प्रभावकारी देखिएको थियो । त्यसैगरी सरकारी तहबाटै जोखिम रहेका क्षेत्रमा पहिरो पूर्व सूचनाको व्यवस्था गर्नु पर्छ ।’,खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले पहिरो पूर्वानुमानका सम्बन्धमा अहिले अध्ययन भइरहेको बताएका छन् । उनले भने, ‘हामीले पूर्वानुमानका सम्बन्धमा अनुसन्धान गरिरहेका छौँ । प्रदेश २ बाहेकमा पूर्व सूचना प्रणाली जडान गर्ने गरी काम गर्ने प्रयासमा छौँ ।’
टंक ढकाल
रचिएको ६० वर्षपछि रेकर्ड भएकाे राष्ट्रकविको गीत, त्यसरी होस् मरण!
शताब्दीभन्दा बढी बाँचेर अमर भए राष्ट्रकवि माधवप्रसाद घिमिरे। मंगलबार बेलुका मृत्युवरण गरेका घिमिरेले आफ्नो मृत्युपछि बजाउनु भनी रेकर्ड गर्न लगाएको गीत ‘त्यसरी होस् मरण’ मा आफ्नो ‘मृत्यु–यात्रा’ सबिस्तारित इच्छा व्यक्त गरेका छन्।,गीतले भन्छ,, , , , , , , , , , , , , , , , , ,१०२ औँ वर्षका दिनहरु बिताउँदै गर्दा कवि घिमिरेकाे प्राण शरीरबाट बाहिरियो । तर उनले मृत्युको कल्पना या भनौँ इच्छित मोक्षको प्रक्रिया जीवनको चौथो दशकमै ‘मृत्यु–गीत, त्यसरी होस् मरण’ मार्फत गरेका थिए।,२०३३ सालमा प्रकाशित भएको ‘किन्नर–किन्नरी’ मा समाविष्ट ‘त्यसरी होस् मरण’ आफ्नो मृत्युलाई परिभाषित गर्ने र मृत्युपछि बज्ने धुन बनोस् भन्ने उनको चाहना थियो । र भयो पनि त्यस्तै।,राष्ट्रकविको सयौँ जन्मोत्सव आउँदै थियो, छोरी शान्ति अधिकारीले पिताको इच्छा अनुरुप गीतमा संगीत र स्वर भर्ने प्रक्रियाको नेतृत्व गरिन्।,‘उहाँ सय वर्ष पुग्दै हुनुहुन्थ्यो, मलाई संगीतको प्रस्ताव आयो । गीत हेरेँ, छाति फुल्यो, भीमकाय जिम्मेवारी थियो–जीवनलाई परिभाषित गर्ने मृत्यु–गीतमा संगीत भर्नु ।’ राष्ट्रकविको त्यसरी होस् मरणमा संगीतकार तथा संगीत संयोजक आशिष अविरलेले स्मरण गरे।,उनले भने, ‘उहाँले गीत रेकर्ड गरेर राख, मलाई नसुनाउ, मेरो मृत्युपछि शव यात्रामा बजाउनु भन्नु भएको रहेछ । मैले गीत पाएँ, संगीत सिर्जना गर्ने क्रममा गीतसँग भावनात्मक रुपमा अति नजिक र अति परबाट पनि जोडिएँ जस्तो लाग्यो । मलाई विचलित पनि बनायो।’,गीत बनाइसकेपछि आशिषलाई राष्ट्रकविसँग भेट्ने मन थियो, सुनाउने मन थियो आफूले भरेको संगीत । तर इच्छाविपरित जान सकेनन्, बाँधेर राखे आफूलाई । उनले भने, ‘राष्ट्रकविलाई भेट्न जाने मन थियो, तर बोल्दै जाँदा गीतको कुरा निस्केला र उहाँको इच्छाको सम्मान नहोला भनेर संगीत भरेपछि उहाँको निकटमा जानेरै परिनँ । अलि परपरबाट उहाँका कुराहरु मात्रै सुनिरहेँ।’,मृत्यु प्रक्रियालाई सबिस्तारमा बताइएको सिर्जनालाई न्याय गर्ने गरी संगीत भर्न आफूले चुनौतिपूर्ण यात्रा तय गरेको बताएका संगीतकार आशिष अविरलले भने, ‘यो गीत मृत्यु–गीत भए पनि यसले जीवनलाई समेटेको जस्तो लाग्छ।’,उनले थपे, ‘हुन त यो गीत सम्पूर्णतः राष्ट्रकविको हो, तर संगीतले गर्दा म पनि जोडिएँ । यस्तो लाग्छ कि यो उहाँको मात्रै होइन मेरो पनि मृत्युपछिको गीत हो वा मैले चाहेको मृत्युको पनि यसले कथा बोलेको छ।’,शब्दलाई काया र संगीत–स्वरलाई स्वास मान्ने हो भने राष्ट्रकविको ‘त्यसरी होस् मरण’ गीतमा प्राण भर्ने प्रक्रियाका अर्का प्रमुख पात्र हुन्, गायक कर्ण दास।,मंगलबार बेलुका भाइको टेलिफोन मार्फत राष्ट्रकविको निधनको खबर पाएका कर्ण दासले बुधबार बिहानै गीतबारे कुरा गर्दा भने, ‘संगीत सिर्जना भइसकेपछि यो गीतसँग जोडिने मौका मिलेको थियो । डमी सुनेँ, त्यसपछि संगीतकार आशिष अविरलसँग भेट भयो, गीतको शब्द केलाउँदै जाँदा भित्र अन्तरमनमा हल्लायो।’,केही संयोगहरुले उनलाई केही भिन्न परिवेशमा पनि लगेको सुनाए, ‘कविले ४०–४१ वर्षको हुँदा रचना गरेको, म ४३ वर्षको हुँदा गाउने प्रस्ताव आयो अर्थात लेखिएको ६० वर्षपछि गीत रेकर्ड हुँदै थियो । जीवन र मृत्युलाई जोड्ने पुल जस्तो भावको गीत मैसम्म कसरी आइपुग्यो भनेर भिन्न महसुस पनि भएको थियो।’,राष्ट्रकविसँग गीत रेकर्ड गर्नुअघि धेरैपटक भेटेका कर्ण दासलाई आफ्नो आवाजमा भेटेरै गीत सुनाउने मन थियो । तर उनले राष्ट्रकविको इच्छा थाहा पाए । ‘परिवारबाट थाहा पाएँ कि यो गीत मृत्युपछि मात्रै बजोस् वा सार्वजनिक होस्, आफूलाई नसुनाइयोस् भन्ने चाहना छ भन्ने । त्यसपछि जानेरै मैले उहाँलाई भेट्न गइन् । मन हुँदाहुँदै पनि गति रेकर्ड भएपछिको समय उहाँबाट पर रहेँ।’,राष्ट्रकविको चाहना थाहा पाएपछि भावनात्मक सम्बन्ध थप उचाइमा पुगेको अनुभूत गरेको बताउने कर्ण दासले भने, ‘एउटा व्यक्ति जसको इच्छा, मृत्युपछि बजोस् भन्ने । अनि मैले सम्मान स्वरुप उहाँलाई भेट्ने निर्णय गरेको हुँ।’,‘गीत मेरो पोटलीमा पर्नु नै उहाँसँगको मेरो सामिप्यता हो जस्तो लाग्यो । भेट भन्दा माथि थियो त्यो।’,गीतले मृत्युको कुरा गरे पनि त्यसले जीवनलाई अति निपूर्णताले परिभाषित गरेको कर्ण दासलाई लाग्छ । ‘उहाँले पारिजातको कुरा गर्नु भएको छ, घामको कुरा छ । यो सबै जीवनलाई बुझेर, जीवनका सबै पक्षहरुलाई बुझेर मात्रै गर्न सकिन्छ त्यस्तो सिर्जना।’,राष्ट्रकविको प्राण वायुमा विलिन भएपछि सार्वजनिक भएको वा पूर्ण स्वरुपमा जन्मिएको गीतबारे गायक कर्ण दासले भने, ‘मृत्यु अघि नै मृत्यु देखेर लेखिएको गीत हो । मृत्युसँग कुनै डर नभएपछि वा स्वीकार गरेर लेखिएको हो । जीवन र मृत्युलाई छर्लङ्ग पार्ने यस्तो सिर्जना सानो हृदयले परिकल्पना गर्नै सक्दैन।’,उनले भने, ‘यो सत्यको गीत हो। स्पष्टताको गीत हो। जीवनको गीत हो।’
टंक ढकाल
लकडाउनले खाना नपाएपछि हात्ती जोगाउनै गाह्रो, सरकार भन्छ- ‘हाम्रो सरोकार होइन’
काठमाडौँ – ‘गाडी भए चाबी लगाएर राख्न मिल्थ्यो । खुवाउनु पर्दैनथ्यो । यी हात्ती परे, काम छैन भनेर भोकै राख्न मिलेन । खुवाउनै पर्छ । तर आहार जुटाउनै मुश्किल पर्दै गएको छ ।’,निजी क्षेत्रमा हात्ती पालेका अधिकांश पर्यटन व्यवसायीको साझा चिन्ता हो यो । गएको चैत दोस्रो हप्तादेखि कोरोना भाइरसको महामारी नियन्त्रणका वा संक्रमण फैलिन नदिनका लागि लकडाउन भयो । अहिले केही खुकुलो भए पनि अधिकांश क्षेत्र ठप्प नै छन् । सबैभन्दा बढी प्रभाव परेको पर्यटन क्षेत्रमा प्रयोग हुने हात्तीहरु काम बिहीन छन् ।,चितवनको पर्यटकीय क्षेत्र सौराहामा निजी क्षेत्रबाट पालिएका हात्तीहरुको संयुक्त संस्था युनाइटेड हात्ती सहकारी संस्थाका अध्यक्ष ऋषिराम तिवारीले भने, ‘काम नभए पनि हात्तीको स्याहार तथा खानपानमा खर्च कम हुने कुरा हुँदैन । ठूलो मूल्य तिरेर किनेका हात्ती हुन् । उनीहरुलाई आहार पनि धेरै चाहिन्छ । तर पर्यटकीय गतिविधि बन्द हुँदा उनीहरुका लागि आहार जुटाउन अति मुश्किल भएको छ ।’,सामान्य अवस्थामा हात्तीहरु पर्यटकलाई बोकेर जंगल जान्थे । उतै चर्न पाउँथे । पर्यटकहरुले पनि माया गरेर खान दिन्थे । हात्तीलाई प्रशस्तै हुन्थ्यो । यो क्रम गएको चैतदेखि ठप्प छ । हात्तीसारमै बाँधिन बाध्य छन् निजी क्षेत्रका हात्तीहरु ।,निजी क्षेत्रमा चितवन र बर्दियामा हात्ती पालिएका छन् । बर्दियामा निकुञ्ज बाहिरका तीनवटा (टाइगर टप्स होटलका दुई तथा राष्ट्रिय प्रकृति संरक्षण कोषको एउटा) हात्ती छन् ।,निजी क्षेत्रमा अर्थात होटलहरुले पालेका सबैभन्दा धेरै हात्ती चितवनको सौराह क्षेत्रमा छन् । युनाइटेड हात्ती सहकारी संस्थाको स्वामित्वमा ५५ तथा विभिन्न होटलहरुको स्वामित्वमा १५ वटा हात्ती छन् । सबै पोथी हुन् । यस्तै चितवनको मेघौली क्षेत्रका होटलमा कम्तिमा ६ वटा हात्ती छन् ।,लकडाउनका कारण हात्ती खाली रहेको र भण्डारण गरिएको धान, परालसहितका आहार पनि सकिएकाले आफूहरुले राष्ट्रिय निकुञ्जमा चराउन पाउनु पर्ने माग गरेको युनाइटेड हात्ती सहकारी संस्थाका अध्यक्ष तिवारीले बताए ।,उनले भने, ‘राष्ट्रिय निकुञ्जसँग वन क्षेत्रमा घाँस हाम्रा हात्तीलाई पनि घान देउ भनेका छौँ । धान, पराल छैन । उखु पनि छैन । पहिलेको गहुँले अहिलेसम्म चलेको छ, अब त्यो पनि सकिन थाल्यो ।’,पर्यटन व्यवसाय ठप्प रहेकाले व्यवसायीहरुले हात्तीका लागि आहार किन्न सक्ने अवस्था नरहेको र गाउँमा धान–पराल पाउन पनि मुश्किल भएको उनले बताए ।,उनले भने, ‘पहिले खेती स्याहार्न मेसिनको प्रयोग हुँदैनथ्यो । पराल बढी पाइन्थ्यो । अहिले अधिकांश किसानले मेसिनको प्रयोग गरेर धान तथा गहुँ स्याहार्छन् । हात्तीलाई लामो पराल वा ट्वाली चाहिन्छ । परालका लागि अब मंसिर पर्खनुको विकल्प छैन । पाइ हाले पनि किन्न सक्ने अवस्थामा व्यवसायी छैनन् । त्यसले यो बर्खामा निकुञ्जमा पलाएको घाँसमा चराउन दिनु पर्छ भन्ने हो ।’,एउटा हात्तीलाई ८० लाखदेखि एक करोडसम्म तिरेर किनेका व्यवसायीलाई अहिलेको लकडाउनले सारै मर्का परेको, त्यो भन्दा पनि हात्तीको स्वास्थ्यमै असर पर्ने जोखिम बढेको तिवारीले बताए ।,निजी क्षेत्रमा एउटा हात्तीको स्याहारका लागि माउते र फनित गरी दुईजना हुन्छन् । उनीहरुको तलबसहित एउटा हात्तीको आहारका लागि महिनाको ८० हजारदेखि एक लाख रुपैयाँसम्म खर्च हुन्छ । सो खर्च धान्ने अवस्था नरहेको व्यवसायीले बताएका छन् ।,बर्दिया तथा चितवनकै मेघौली क्षेत्रका होटल व्यवसायीसँग कम हात्ती रहेकाले त्यति समस्या नरहेको सो क्षेत्रका व्यवसायीले बताए ।,सौराहका निजी हात्ती पालकले राष्ट्रिय निकुञ्जमा चराउन पाउनु पर्ने माग गरे पनि सरकारी निकायले भने सो विषय आफूहरुको चिन्ता वा चासोको विषय नरहेको प्रतिक्रिया दिएका छन् ।,चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपमाखेतीले निजी हात्ती धनीहरुले निकुञ्जमा आफ्ना हात्ती चराउन पाउनु पर्ने मागबारे भने, ‘हाम्रो चासो र चिन्ता भनेको निकुञ्ज भित्रका हात्तीको हो, बाहिरका हात्तीबारे हामीले सरोकार हुँदैन ।’,वन तथा वातावरण मन्त्रालयका प्रवक्ता डा. सिन्धुप्रसाद ढुंगानाले निजी क्षेत्रका हात्तीलाई राष्ट्रिय निकुञ्जमा चराउन दिने कानूनी व्यवस्था नै नरहेको बताए । उनले भने, ‘राष्ट्रिय निकुञ्जमा निजी हात्ती चराउन कानूनले दिँदैन । पर्यटकीय प्रयोजनका लागि वन प्रवेश गर्दा २५ सय रुपैयाँ शुल्क लिने व्यवस्था छ । चराउनका लागि शुल्क लिने व्यवस्था छैन ।’,प्रवक्ता ढुंगानाले भने, ‘व्यापारीले पालेका हात्ती निजी सम्पत्ति हुन् । गाइबस्तु पाले जस्तै हो । उहाँहरुले राष्ट्रिय निकुञ्ज बाहिरको मध्यवर्ती क्षेत्रका वनमा स्थानीय रुपमा समन्वय गरी चराउन सक्नु हुन्छ । तर राष्ट्रिय निकुञ्जमा प्रवेश गरे जरिवाना लाग्छ ।’,हात्ती पाल्नु गाइबस्तु पाले जस्तो नरहेको र अहिले पर्यटन व्यवसाय सञ्चालन नभएको अवस्थामा निजी हात्ती पालकलाई व्यवहारिक समस्या रहेको बुझे पनि कानूनले नदिने भएकाले राष्ट्रिय निकुञ्जमा चराउन दिन नमिल्ने बताएका छन् ।,सरकारको स्वामित्वमा रहेका झण्डै ११० हात्तीको पालनपोषणमा भने कुनै समस्या नरहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । नेपालका ६ वटा राष्ट्रिय निकुञ्ज तथा आरक्षमा हात्तीसार छन् । कहाँ कस्तो छ त अवस्था ?,पूर्वको कोशी टप्पू वन्यजन्तु आरक्षमा रहेको हात्तीसारमा दरबन्दी भएका हात्तीका लागि समस्या छैन । त्यहाँ १० वटा हात्तीको दरबन्दी रहेकोमा उनीहरुले जन्माएका चार बच्चा (छावा) को दरबन्दी नहुँदा भने समस्या भएको छ । हात्तीसार शाखाका प्रमुख रामगुलाम चौधरीले भने, ‘हामीसँग १० पोथी र चार बच्चा (भाले) गरी कुल १४ हात्ती हुन् । त्यसमध्ये एक बच्चा र पाँच माउ चितवन राष्ट्रिय निकुञ्जमा काजमा छन् । हामीसँग हाल पाँच माउ र तीन बच्चा छन् ।’,उनले अघि भने, ‘माउको दरबन्दी छ । उनीहरुलाई स्याहार्नका लागि प्रतिहात्ती तीनजनाको दरबन्दी छ । तर बच्चाका लागि दरबन्दी छैन, रासन आउँदैन । माउकै रासन बाँडेर खुवाउनु पर्छ । चरनको चाहिँ समस्या छैन । तर पनि बच्चा जन्मे लगत्तै दरबन्दी आए उनीहरुका लागि रासन र स्याहार गर्ने मानिस हुने थिए ।’,कोशी टप्पू हात्तीसारमा जन्मिएका सबै छावाहरु मकुना नाम गरेको जंगली हात्तीका सन्तान हुन् । मकुना त्यहाँको स्थायी बासिन्दा हो । यस्तै त्यहाँ कम्तिमा ११ वटा समूहमा जंगली हात्ती छन् ।,पर्सा राष्ट्रिय निकुञ्जको हात्तीसारमा एक छावासहित ९ वटा हात्ती छन् । एउटा भाले र अरु पोथी हात्ती हुन् । उनीहरुलाई सरकारी कोटामा प्राप्त हुने रासनसँगै राष्ट्रिय निकुञ्जमा चराइने भएकाले कुनै समस्या नरहेको निकुञ्जका वार्डेन अमिर महर्जनले बताए ।,चितवन राष्ट्रिय निकुञ्जका विभिन्न हात्तीसारमा गरी हाल ५४ वटा हात्ती छन् । उनीहरुको आहार तथा चरनमा समस्या नरहेको निकुञ्जले जनाएको छ । तर हात्ती अनुसार कर्मचारी नहुँदा स्याहार गर्न भने समस्या रहेको हात्तीका माउतेहरुले बताउने गरेका छन् ।,एउटा हात्तीका लागि तीनजनाको दरबन्दी हुने भए पनि हाल १३० जना मात्रै कर्मचारी छन् । चितवन राष्ट्रिय निकुञ्जमा भने हात्तीको बच्चा जन्मिए लगत्तै दरबन्दी सिर्जना हुने गरेको छ । यसको अर्थ छावाका लागि जन्मे लगत्तै रासनको व्यवस्था हुन्छ ।,बाँके राष्ट्रिय निकुञ्जको हात्तीसारमा ६ वटा हात्ती छन् । निकुञ्जमा प्रमुख संरक्षण अधिकारी प्रमोद भट्टराईले भने, ‘हाम्रो हात्तीसारमा दुई साना र चारवटा वयश्क हात्ती छन् । उनीहरुको स्याहारका लागि २० जना कर्मचारी छन् । अहिले कुनै समस्या छैन । सरकारी कोटामा आएको रासन खुवाउने तथा जंगलमा चलाउने गरिएको छ ।’,उनले हात्तीको प्रजनन् तत्काल हुने सम्भावना नरहेको जानकारी दिँदै भने, ‘हाम्रोमा रहेका दुई पोथी मध्ये एउटा ६० वर्ष भन्दामाथिको छ अर्थात प्रजनन क्षमता उसमा छैन । अर्को ६ वर्ष जतिको मात्रै भयो । प्रजनन् योग्य हुनका लागि कम्तिमा १२ वर्ष पुग्नु पर्छ ।,बाँके निकुञ्जमा दुईवटा जंगली हात्ती स्थायी रुपमा बस्ने गरेको र बर्दिया राष्ट्रिय निकुञ्जबाट बेलाबेला बेलामा ६–७ वटा हात्ती आउने गरेको उनले जानकारी दिए ।,बर्दिया राष्ट्रिय निकुञ्जको हात्तीहारमा अहिले एउटा डेढ वर्षको छावा (भाले) सहित १२ वटा हात्ती छन् । त्यसमध्ये दुईवटा वयश्क भाले हात्ती हुन् ।,एउटा हात्तीको स्याहारका फनित, पछुवा, माउतेको व्यवस्था रहेको बर्दिया राष्ट्रिय निकुञ्जका पशु चिकित्सक चित्रबहादुर खड्काले जानकारी दिए । सरकारी रासन आउने तथा वनमा चराउन लैजाने भएकाले समस्या नरहेको उनले बताए । यहाँ कम्तिमा ८० वटा जंगली हात्ती छन् ।,१० वटा हात्तीको दरबन्दी रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा अहिले तीन भाले र तीन पोथी गरी ६ वटा हात्ती छन्। एउटा बुढो भएर आँखा नदेख्ने रहेकाले कामकाजी हात्ती पाँचवटा रहेको निकुञ्जका वार्डेन लक्ष्मण पौडेलले जानकारी दिए ।,निकुञ्जमा १२ वटा जंगली हात्ती १२ स्थायी रुपमा बस्ने गरेको उनले बताए । तर भदौदेखि पुससम्म भारतबाट ६०–७० वटा जंगली हात्ती आउँछन् ।
टंक ढकाल
सडकका कुकुरको मायाले डोर्‍याउँछ उनलाई
‘स्वर्ग–नर्क यहि हो । मरेपछिको संसार कसले देखेको छ र ? पाप–पूण्य जे गर्ने भए पनि यहि जन्ममा हो । त्यसैले किन मनमा घृणा पाल्नु, सकेसम्म सद्भाव र माया नै बाँड्नु पर्छ।’,काठमाडौँ बसुन्धाराका मनिष राईले यसो भनिरहँदा उनका वरिपरि कुकुर थिए र काखमा पनि कुकुर नै थियो । उनले प्रेमको कुरा गरेका हुन् कुकुरका लागि ।,सानैदेखि कुकुरलाई माया गर्ने मनिष राईले लामो दिनको सुरुका केही घण्टा हरेक दिन कुकुरका लागि सुम्पिन्छन् । घरमा पालेको कुकुरको माया गर्नेहरु त धेरै छन् । तर उनलाई घरका भन्दा बेघर अर्थात सडकका कुकुरको मायाले डोर्‍याउँछ ।,उनी रहेक दिन बिहानै उडेर बसुन्धारा क्षेत्रका सडकमा बस्ने कुकुरलाई खाना खुवाउन निस्कन्छन् । उनले चक्रपथ, धापासीसहितका क्षेत्रका सडक कुकुरलाई बिस्कुट दिन्छन् । ‘यिनीहरुको पेट भरेर दिन सुरु गर्दा आनन्द लाग्छ । पर्खेर बसेका हुन्छन् । बोल्न पो सक्दैनन्, तर यिनीहरुले खाने कुरा माग्छन् । दिन पाउँदा खुशी लाग्छ ।’,सडकका कुकुरको मायामा परेका मनिषलाई उनीहरुमाथिको जोखिम र अरुले गर्ने व्यवहारले भने मन कुँड्याउँछ । गाडी चलाउनेहरुले बेवास्ता गर्छन्, मर्कामा निर्दोष कुकुर पर्छन् । घरमा कुकुर पालेकैहरुले पनि सडकका कुकुरलाई लखेट्छन्, छिछिदुरदुर गर्छन् । उनलाई भने यस्तो देख्दा अति नमिठो लाग्छ ।,‘धेरैले बाहिरको कुकुर हो, पिट्नु पर्छ, लखेट्नु पर्छ भन्ने ठान्छन् । तर यस्तो होइन, यिनीहरु बोल्न पो सक्दैनन्, बुझ्न त सबै बुझ्छन् नि । यिनीहरुले पनि सोच्छन् । माया गरे यिनले पनि माया नै दिन्छन् ।’ मनिषले भने, ‘यिनीहरुले हामीले दिए न खाने हुन् । थोरै खान दिए यिनले ठूलो गुन मान्छन् ।’,मनिषलाई सडकका कुकुरप्रति काठमाडौँ महानगरपालिकाको व्यवहारले निराश र आक्रोशित बनाएको छ । महानगरपालिकाले सडकका कुकुरलाई झुक्याएर विष दिई मार्ने गरेको आरोप उनको छ । मनिषले भने, ‘महानगरपालिकाले झुट बोलेको छ हामीले कुकुर मारेका छैनौँ भनेर । तर उनीहरुले रातिमा आएर विष हालेर जान्छन् ।’,तर महानगरपालिका भने विगतमा त्यस्तो गरिएको भए पनि पछिल्ला वर्षहरुमा कुकुरको व्यवस्थापनका लागि अरु विकल्पहरु अपनाइएको बताउँछ । काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलका अनुसार हालसम्म १३ हजार कुकुरलाई रेबिज विरुद्धको खोप लगाइएको छ । यस्तै सातहजार कुकुरको बन्ध्याकरण गरिएको उनले बताए ।,महानगरका ३२ मध्ये ६ वटा वडाका कुकुरमा मात्रै अब रेबिज विरुद्धको खोप लगाउने तथा बन्ध्याकरणको काम बाँकी रहेको उनले जानकारी दिएका छन् । काठमाडौँ महानगरपालिकामा २४ हजारको हाराहारीमा सडक या सार्वजनिक कुकुर रहेको महानगरको तथ्यांक छ ।,महानगरको दाबीसँग त्यति सहमत नदिएका सडक कुकुरका पिता तुल्य मनिषले सबै मिलेर उनीहरुलाई माया गर्नु पर्ने बताउँछन् ।,उनी भन्छन्, ‘सडक कुकुरले पिसाब त गर्छन्, तर जहाँ पायो त्यहिँ दिसा गर्दैनन् । बाटोमा फोहोर गर्ने त घरपालुवा कुकुरले हो । सडकका कुकुरलाई माया र सके थोरै खाना दिए पुग्छ । अरु केही पर्दैन । यिनीहरुसँग डराउनु, भाग्नु वा तर्सनु पर्ने हुँदै होइन ।’
रविन आचार्य
महत्वपूर्ण जिम्मेवारी सम्हाल्ने आर्मीका कुकुर
कुकुर जस्तो इमानदार र गुनी जनावर शायदै अरु होलान् । मानिसका नजिकको साथी र सहयोगीका रुपमा पनि कुकुरले आफ्नो परिचय स्थापित गरेको छ । पौराणिककालदेखि नै कुकुरको भूमिका अकाट्य र महत्वपूर्ण छ । कुकुरलाई विश्वास गरिन्छ र कुकुरले भरोसा तोड्दैन पनि ।,यहि भएर होला कुकुरलाई पूजा पनि गरिन्छ । तिहारका बेला कुकुरलाई विशेष रुपमा पूजिन्छ । कुकुर तिहार उनीहरुका लागि हिन्दु परम्परामा छुट्याइएको विशेष दिन । यस दिन यमराजको द्वारपालका रुपमा लिइने कुकुरको श्रद्धाका साथ पूजा हुन्छ ।,अधिकांश घरमा कुकुर हुन्छन् र नभए टोलमा त पक्कै । कुकुरलाई घर–टोलको रक्षकका रुपमा पनि लिइन्छ ।,उनीहरु रक्षक मात्रै होइनन् अनुसन्धानकर्ता र उद्धारकर्मी पनि हुन् । सुरक्षा निकायमा कुकुरको छुट्टै युनिट नै हुन्छ । प्रहरी तथा सेनामा कुकुरको दरबन्दी छ । नेपाली सेनामा पनि कुकुरहरु छन् र उनीहरुको भूमिका पनि छ ।,सेनाका कुकुरहरुको दैनिक कुकुर तिहारका दिन केही विशेष हुने गर्छ । उनीहरु नियमित कार्यसँगै यो दिन विशेष पूजा गरिन्छ । हामीले कुकुर तिहारको मेसो पारेर यसपटक सेनाका कुकुरहरु बारे जान्ने प्रयास गरेका छौँ । यसका लागि हामी नेपाली सेनाको भैरव वहान गुल्म गएका थियौँ । यो गुल्ममा ९३ कुकुर छन् ।,यहाँ जर्मन सेफर्ड, ल्याबेटर, ककइस्पाइनर, गोल्डेनडिटिपर,बेल्जियमसेफर गरेर पाँच जातका कुकुर छन् । यी कुकुरलाई ६ प्रकारको तालिम दिइने नेपाली सेनाले जनाएको छ । बेसिक वाबिनेस तालिम सबैलाई दिइन्छ । त्यसपछि कुकुरको क्षमता हेरेर अरु तालिम दिइने गरेको भैरव वान गुल्मका सह–सेनानी मनोज राउतले जानकारी दिए ।,यहाँ हरेक कुकुरको ह्याण्डलर छन् । उनीहरुले आफ्ना कुकुरको हरेक चिजको ख्याल राख्छन् । भैरव वहान गुल्ममा हरेक दिन कुकुरले आफ्नो दैनिकी गर्ने गर्दछन् अर्थात दौडदेखि टे्रनिङ्ग गर्दछन् ।,खानापछि केहि समय उनीहरुले आराम पनि गर्ने गर्दछन् । यहाँका कुकुरको नियमित स्वास्थ्य जाँच पनि हुन्छ । नारायणहिटीबाट उनीहरुको जाँचका लागि भेटेरेनरी डाक्टर आउँछन् हरेक बुधबार । प्राविधिक उप–सेनानी डा. ईश्वर ढकालका अनुसार कुकुरहरुलाई हरेक दिन स्वास्थ्य चेक जाँच गर्ने गरेको बताए ।,जन्मेको ६ महिनापछि कुकुरलाई सैन्य तालिम दिइन्छ । यसरी तालिम दिइएका कुकुबाट सामान्यतया ७–८ वर्ष काम लिने गरिन्छ । कुनै कुनै कुकुर ११–१२ वर्षसम्म पनि सक्रिय रहन्छन् ।,सह–सेनानी राउतले भने, ‘काम लिन नसक्ने अवस्था वा बृद्ध भएपछि कुकुरले पाउने सेवा सुविधा दिएर हामीले यहि राख्छाैँ ।’ कुकुर र उसका ह्याण्डलरले देखाएको कामको आधारमा हामीले पुस्कृत गर्ने गरेको पनि उनले बताए ।,२०५५ साल मसिर २० गते यस गुल्मको स्थपना भएको थियो । त्यसअघि यस गुल्मको विभिन्न नाम रहेको थियो । यहाँ रहेका कुकुरहरुले अति विशिष्ट व्यतिहरुको सवारीको बेला, बिस्फोटक पर्दाथ लुकाएर राखेको पता लाउन, लुकेका अपराधी पत्ता लगाउन, र अन्य विभिन सुरक्षाका लागि यहाँका कुकुरहरलाई तालिम दिने गरिन्छ ।,यस्तै यहाँका कुकुले राष्ट्रिय निकुन्जमा हुने चोरी सिकारी नियन्त्रणका लागि पनि काम गर्ने गरेका छन् । यहाँका दुई वटा कुकुरलाई जोमसोममा पनि खटाइएको छ ।
बर्षा शाह
सबै प्राणीहरुको घर हो पृथ्वी
मानवजातिले आफ्नो र अरु प्राणी जगतको बासस्थान हो भन्ने जानेरै भुलेका कारण पृथ्वी र त्यसमा आश्रित प्राणी तथा वनस्पति जगत गम्भीर समस्यामा परेको वातावरण विज्ञले बताएका छन् ।,होमोसेपियन्स भनिने मानव जातिले बुद्धिका हिसाबमा पृथ्वीमा शासन गरेको र उसले आफ्नो स्वार्थ वा आवश्यकतालाई मात्रै प्राथमिकतामा राखेकाले वातावरणीय समस्याहरु सघन बन्दै गएको वातावरणविदको भनाइ छ।,वातावरण विज्ञानका प्राध्यापक डा. मदन कोइरालाले पाली भाषामा गौतम बुद्धले पृथ्वीलाई अनित्य अर्थात परिवर्तन भइरहने भनेर उल्लेख गरेको उद्धृत गर्दै भनेका छन्, ‘हामी मानव पृथ्वीमा रहेका केही अर्ब प्राजाति मध्ये एक मात्रै हौँ। यहाँ वनस्पतिहरु छन्, सजीव छन्, निर्जिव छन्। ती सबैको हो यो पृथ्वी हाम्रो जस्तै। मानिसले अरुको पनि हो भन्ने भुल्दा वातावरणीय समस्या देखिएको हो।’,पृथ्वी वा प्रकृतिले बहन गर्न सक्ने तहसम्म मात्रै विकासका गतिविधि गर्ने र व्यवस्थान राम्रोसँग गर्न सकेमा सबै प्राणी र भावी पुस्ताका लागि पनि प्रकृति रहने वातारणविद बटुकृष्ण उप्रेतीले बताएका छन्। विकास–निर्माणका गतिविधिले वातावरणमा पार्ने प्रभावको मूल्यांकनमा विज्ञता राख्ने उप्रेतीले मानिसको हेलचक्र्याईँका कारण पृथ्वी र यसमा आश्रति समग्र प्राणी तथा वनस्पती जगतले समस्या भोग्नु परेको बताए।,उनले भनेका छन्, ‘मानिसले जे गर्छ भन्छन् त्यो गर्दैनन्। पृथ्वीको पनि आफ्नो बहन क्षमता छ, सोही अनुसारका कामहरु भए भने प्रकृति नियमित रुपमा सञ्चालित हुन्छ । नत्र भने त्यसमा विचलन आउँछ।’,विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणका कारण विश्वका अधिकांश क्षेत्रका मानिस घरमै सीमित हुँदा तथा औद्योगिक एवम् सार्वजिनक गतिविधि रोकिँदा पृथ्वीले आफै शुद्धिकरण हुने मौका पाएको वातावरणविद उप्रेतीले बताए ।,उनले भने, ‘मान्छे बाहिर निस्किएका छैनन् । उद्योगहरु चलेका छैनन् । गाडी चलेका छैनन् । धुवाँ तथा तलरजन्य फोहोर निस्किएका छैनन् । समग्र वातावरण आराम पाएको छ । अहिले जति फोहोर निस्किएको छ त्यो अधिकांश रुपमा जैविक मात्रै छ ।’,उनले अघि भने, ‘मानिसले पृथ्वीका लागि गरिदिएको केही होइन । मात्रै प्रकृतिको वहन क्षमता अनुसारकै गतिविधि मात्रै भएका हुन् । यो महामारीका बेला पृथ्वीले आफ्नो सम्पूर्ण चक्र सहज रुपमा सञ्चालन गर्न पाएको छ । यसले दिएको सन्देश यो हो कि–हरेक गतिविधिहरु वहन क्षमता अनुसार र राम्रो व्यवस्थापनका साथ गर्नु पर्छ । व्यवस्थापन राम्रो भयो भने वहन क्षमता पनि बढ्छ।’,यस्तै प्रा. डा. कोइरालाले पृथ्वीलाई अंश वा दाइजोका रुपमा आफूलाई मात्रै प्राप्त भएको ठान्न नहुने बताए । सबैको हो, सबैका लागि चाहिन्छ भन्ने ठानेर त्यहि अनुसार व्यवहार गरेमा वातावरणको संरक्षण र विकासलाई पनि दीगो बनाउन सकिने उनले बताए ।,हालै लकडाउनका कारण वातावरणमा परेको प्रभावबारे अन्तर्राष्ट्रिय तहको अध्ययन गरेका डा. उत्तमबाबु श्रेष्ठले लकडाउनसँगै वायु प्रदूषण कम भएको देखिएको बताए ।,अनुसन्धानमा संलग्न मध्ये ग्लोबल इन्स्टिच्युट फर इन्टरडिस्प्लिनरी स्टडिजका निर्देशक डा. उत्तमबाबु श्रेष्ठले देश सञ्चारसँग भने, ‘हामीले नेपालसहित विश्वका ६ महादेशका ३५ देशका ४० शहरको वायु प्रदूषणको अवस्था मूल्यांकन गरेका हौँ । ६० प्रतिशत शहरमा लकडाउनपछि वायु प्रदूषण स्पष्ट रुपमा कम भएको देखियो । वायुमा पिएम १० धुलोका करणको मात्रा कम भएको छ । यस्तै नाइट्रोजनडाइअक्साइड, कार्बनमोनो अक्साइड, सल्फरडाइ अक्साइड, ओजनसहितको तुलनात्मक अध्ययन गर्दा कम भएको देखिएको छ ।’,नेपालमा रहेको ,का अनुसन्धानकर्ता तथा जर्मनी र अस्ट्रेलियाका अनुसन्धानकर्ताले लकडाउनका कारण विश्वका शहरमा वायु प्रदूषण कम भएको देखाएको हो ।,सो अनुसन्धान डा. अषेश्वर मान श्रेष्ठ, डा. उत्तमबाबु श्रेष्ठ, रोशन शर्मा, डा.सुरज भट्टराई, हान ट्रान र डा. महेश्वर रुपाखेतीको संयुक्त टोलीले गरेको हो । उनीहरुले गएको वर्ष (सन् २०१९) को फेब्रुअरी र मार्च तथा यो वर्षको फेब्रुअरी र मार्चमा वायु प्रदूषणको तुलनात्मक अध्ययन गरेका हुन् । यस्तै १०० दिनको वायुको पनि अध्ययन गरिएको अनुसन्धानकर्ता डा. उत्तमबाबु श्रेष्ठले बताए ।,आफूहरुको अनुसन्धानमा २.५ माइक्रोग्राम भन्दा साना आकारका धुलोका कण (पिएम १०) गएको वर्षको फेब्रुअरी भन्दा यो वर्षको फेब्रुअरीमा विश्वका १७ शहरमा कम भएको पाइएको डा. श्रेष्ठले जानकारी दिए । यस्तै गएको मार्च भन्दा यो वर्षको मार्चमा १४ शहरमा धुलोकोकण कम भएको देखिएको हो ।,भिएना, लन्डन, आर्मस्ट्रेडम, न्यूर्योक, सिड्नीसहितका शहरमा धुलोका कणमा कमी आएको हो । यसैगरी विश्वका बढी प्रदूषित शहरहरुमा पर्ने दिल्ली, बैंग्लोर, बैंकक, बेइजिङ, नांनजिङ, वुहान, उलनवटोरमा धुलोको मात्रा उल्लेख्य कम भएको अनुसन्धानकर्ताले बताए ।,यस्तै काठमाडौँ वायुमा भने धुलोका कण अघिल्लो वर्षको फेब्रुअरी भन्दा यो फेब्रुअरीमा केही बढी देखिए पनि मार्चमा भने तुलनात्मक रुपमा कम भएको पाइएको छ ।
टंक ढकाल
काठमाडौँमा गाइजात्राको रौनक (तस्बिरहरु)
भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ शुक्रबार विभिन्न कार्यक्रमसहित आरम्भ भएको छ ।,आजको दिन एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ ।,यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।,राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन “जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनु” भनी आज्ञा दिएकामा यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरूप सो प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ ।,प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा आज पनि जारी छ ।,देशका विभिन्न शहरमा गाईजात्रा मनाइने भएपनि उपत्यकामा यसको विशेष रौनक देख्न सकिन्छ ।,ले काठमाडौँको वसन्तपुरमा गाइजात्राको रौनक आफ्नो क्यामेरामा कैद गरेका छन् ।, , , , , , , , , , , , , , ,
सञ्चार संवाददाता
संसारलाई संस्कृत चिनाउँदै नेपाली प्राध्यापक
सपनाको क्षितिज फराकिलो हुनुपर्छ। त्यस्तै कर्मको दायरा पनि। कर्मको मार्गमा नथाकी लाग्नेहरुले नदेखेको सपनाहरुले पनि सजीव विपनाको आकार लिन सक्छन्।,या भनौँ यात्रा थालनी गर्दा कल्पनामा पनि नरहेको गन्तव्यमा पुग्छन् उनीहरु। यस्तै सजीव विपना बाँचिरहेका वा अति ‘अलौकिक’ गन्तव्यमा रमाएका कर्मधनी हुन्, प्राध्यापक डा. दिवाकर आचार्य।,प्राज्ञिक क्षेत्रका सेवाकर्मी हुन् या विद्यार्थी–सबैको रहरको गन्तव्य हो, अक्सफोर्ड विश्वविद्यालय। बेलायतको अक्सफोर्ड संसारका उत्कृष्ट विश्वविद्यालय मध्ये शीर्ष स्थानमा आउँछ। डा. दिवाकर आचार्य यही सर्वोत्कृष्ट विश्वविद्यालयका प्राध्यापक हुन्। उनी पछिल्लो तीन वर्ष (सन् २०१६ को अप्रिल) देखि अक्सफोर्ड विश्वविद्यालयमा अध्यापन गरिरहेका छन्।,पशुपति क्षेत्रमा रहेको तत्कालीन शारदा निम्न माध्यामिक विद्यालयबाट अध्ययन प्रारम्भ गरेका आचार्यले अक्षर चिन्ने यात्रा सुरु गर्दा र त्यसपछिका धेरै वर्षसम्म पनि अक्सफोर्डका बारेमा सोचेका थिएनन् या कल्पनामा पनि थिएन। तर निरन्तरको लगन र थकान नमानी गरेको कर्मले हाल उनलाई विश्वकै प्रतिष्ठित विश्वविद्यालयको प्रतिष्ठित प्राध्यापकका रुपमा स्थापित गराएको छ।,प्रा.डा. आचार्य संस्कृतका अध्यापक हुन्। अक्सफोर्ड विश्वविद्यायलको साउथ एण्ड इनर एसिया स्टडिज (यस अन्तर्गत भारतीय सभ्यता अन्तर्गत पर्ने संस्कृत संस्कृति, धर्म तथा संस्कारहरु, चिनियाँसहित मंगोलियन सभ्यता र संस्कृतिसहितको अध्ययन–अध्यापन हुन्छ) मा इस्टर्न रिलिजन एण्ड एथिक्स (पूर्वीय धर्म तथा नीति) का प्राध्यापक हुन् डा. आचार्य।,शारदा निम्न माध्यामिक विद्यायलपछि रानीपोखरीमा संस्कृत हाइस्कुलबाट एसएलसी उत्तीर्ण गरेका उनले वाल्मीकि विद्यापीठबाट स्नातकसम्मको अध्ययन पूरा गरे। त्यसपछि बनारस गएर स्नातकोत्तरको पढाई सकी नेपाल फर्किएपछि झण्डै सात वर्ष वाल्मीकि विद्यापीठमा अध्यापन गरे।,प्रारम्भिक शिक्षाको चरणमा उनले आध्यात्मिक जगतका बलियो धरोहर श्यामचेतन बाबाको सानिध्य पाए, पशुपति परिसरमा। धर्म, संस्कार, संस्कृति र परम्पराको उच्चतम र परिष्कृत संयोग उनले त्यसैबेला देख्न पाए, नबुझे पनि। तर जिन्दगीमा त्यसलाई बुझ्ने र पछ्याउने कौतुहल उनमा रहिरह्यो।,संस्कृति, भाषा–साहित्य तथा त्यसका विज्ञानहरुको अध्ययन गरेका दिवाकरले विद्यावारिधिसँगै सोही क्षेत्रको अनुसन्धानको अवसर प्राप्त गरे र जर्मनीको ह्यामबर्ग विश्वविद्यालय गए। पाँच वर्षको जर्मनी बसाइपछि उनी जापानको क्योटो विश्वविद्यालयमा गए। त्यहाँ १० वर्ष प्राध्यापन गरेपछि उनको जीवनले अत्यन्तै महत्वपूर्ण मोड लियो। अक्सफोर्ड विश्वविद्यालयको यात्रा तय भयो।,उनी अहिले अक्सफोर्डमा उच्च तहको अध्ययनका लागि पुगेका विश्वका विभिन्न देशका विद्यार्थीलाई नेपाली सभ्यतासँग जोडिएको संस्कृत संस्कृतिबारे अध्यापन गराउँछन्।,हुर्किँदै गर्दा नित्य कर्मको कडा नियम सिकेका आचार्यले सुरुमा पिताकै जोरबलले संस्कृतको अध्ययन गरे। बिस्तारै त्यसमै उनको मन रमायो। यही अध्ययन र कर्मले विद्वानहरुसँगको संगत पनि दिलायो।,सामान्य सपना लिएर बाँचेका आचार्यले असाधारण प्राज्ञिक यात्राको बाटो समाते। जर्मनीमा अनुसन्धान–अध्ययन गरे, अध्यापन गरे। जापानमा उनले ‘संस्कारी’ विद्यार्थी पाए। बेलायतमा ‘साथी’ जस्ता विद्यार्थीको साथ पाएका छन्। यो सबै संस्कृतले दिएको हो उनलाई।,नेपालदेखि जर्मनी–जापान हुँदै अक्सफोर्डसम्मको प्राज्ञिक ‘जर्नी’ को क्रममा उनले बुझेको कुरा हो–यी सबै ठाउँमा अध्ययन–अध्यापनलाई त्यसमा संलग्नहरुले आफ्नो पहिलो र एक मात्र कार्यका रुपमा अपनाएका हुन्छन्।,तर नेपालमा भने अध्ययनलाई विद्यार्थीले ‘कान्लाको खेती’ जस्तो बनाउने गरेका छन्। अर्थात मूल बाली अर्कै लगाउने, त्यसमा बचेखुचेका ठाउँमा अरु बाली पनि लगाउने परम्परा जस्तै अध्ययन परम्परा छ जस्तो लाग्छ उनलाई।,नेपालका विश्वविद्यालयहरुमा अधिकांश अध्यापकहरुले पनि त्यति प्राथमिकता दिएर काम गर्ने गरेको देखिँदैन। यो सबै कुरा उनले मिथ्यामा भनेका होइनन्, उनलाई नेपालमा अध्ययन तथा अध्यापन गरेको अनुभव र बाहिरका विश्वविद्यालयमा अध्यापन गरेको तथा त्यहाँका विद्यार्थीले गरेको मेहनतले यो निष्कर्षमा पुर्‍याएको हो।,डा. आचार्यले तुलनात्मक अनुभव सुनाए, ‘यहाँका विश्वविद्यायालमा हुने अध्ययन–अध्यापन अक्सफोर्डमा हुने सोही तहको अध्ययन–अध्यापनको १० देखि १५ प्रतिशत मात्रै हो।’,तर यहाँ सम्भावना भने प्रवल रहेको र केही (सीमित नै) भए पनि राम्रो प्राज्ञिक प्रयासहरु भने भएका छन्। नेपालको प्राज्ञिक उन्नयनका लागि त्यसलाई बिस्तार गर्नु पर्नेमा उनको जोड छ।,पुरानो सबै खराब हुँदैन र नयाँ सम्पूर्णतः दोष रहित हुन्न। उनलाई पुरानो भनेर मुलधारले बेवास्ता गरेको या पाखा लगाएको संस्कृत संस्कृतिको अध्ययनले विश्वको सबैभन्दा अत्याधुनिक विश्वविद्यालयसम्म पुर्‍याएको छ। त्यो पनि अध्यापकका रुपमा।,उनलाई आफ्नो ‘जरा’ या फेदको माया छ र उनी यसको बिस्तारका लागि सकारात्मक प्रयास गर्ने मन छ। यही भएर उनीसहित विदेशका विश्वविद्यालयहरुमा रहेका अध्यापकहरु मिलेर नेपालमा इन्टरडिसिप्लेनरी (अन्तरशास्त्रीय) प्राज्ञिक प्रयासको थालनी गर्ने योजना बुन्दै छन् उनी र केही सामान्य कदम चालेका छन् सम्भाव्यताको खोजीमा।,त्यसका लागि पछिल्लो वर्षदेखि उनीहरुले छलफल थालेका छन् र नेपाल आएर विभिन्न विश्वविद्यालय तथा प्राशासनिक निकायसँग त्यसको परामर्श पनि सुरु गरेका छन्।,‘बाहिर रहे पनि हामीलाई देशको माया छ र आखिरमा फर्किने यहिँ हो भन्ने पनि थाहा छ’ डा. आचार्यले भने, ‘त्यसैले यहाँको प्राज्ञिक उन्नतिका लागि अन्तरशास्त्रीय अध्यापनको थालनी गर्न चाहन्छौँ।’,त्यसका लागि आफूहरु वर्षको केही महिना ‘भोलेन्टियर’ गर्न तयार रहेको र केही प्राज्ञिकहरु ‘ब्रेन–गेन’ अन्तर्गत फर्किन तयार रहेको पनि उनले बताए।,उनले यो प्रयासमा चासो दिनुमा एउटा पवित्र ‘स्वार्थ’–आफूले पुस्तौँदेखि सिक्दै आएको संस्कृत संस्कृति र जीवन पद्धति था विज्ञानको बिस्तार गर्नु। आफ्नो सन्तान पुस्तामा यो ज्ञान सञ्चार गर्न नसके यो विधा नै मासिने पो हो कि भन्ने चिन्ताले सक्रिय र आतंकित पनि बनाएको हो उनलाई।,‘संस्कृतलाई भाषाका रुपमा मात्रै बुझियो या कर्मकाण्डी व्यक्ति उत्पादन गर्ने विद्याका रुपमा बुझियो’, डा. आचार्यले भने, ‘तर संस्कृत संस्कार हो, शास्त्र हो। नीति हो। विज्ञान हो। अरु विज्ञानहरुको आधार हो। यसलाई जीवन पद्धतिका रुपमा बुझाउन आवश्यक छ।’
टंक ढकाल
घरमा ढाँटेर बजारमा तरकारी बेच्न निस्केकी छन् आशादेवी
मार्च ८ अर्थात १०९ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको दिन। मध्याह्न दिउँसो माइतीघर मण्डलामा चर्का नारा लाग्दै थिए, ‘महिला रोकिए संसार रोकिन्छ !’ १०९ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालले ‘महिलाको विश्वव्यापी हड्ताल’शुरु गर्दै थियो।,हातमा गहकिला शब्द लेखिएको प्लेकार्ड लिएर ठूला-ठूला आवाज निकाल्दै महिला भन्दै थिए, ‘महिलाको नजरबाट संसार हेरौ!’ यता, बल्खुको तरकारी बजारमा आशादेवी बेचेर बाँकी भएका तरकारी थान्को लगाउँदै थिइन्। कपाल कोरेकी थिइनन्। कपडा पनि अस्तव्यस्त। अनुहार निन्‍याउरो थियो।,चर्को स्वरमा छिमेकी पसलेलाई भन्दै थिइन्, ‘३ बजे आको! बूढो कहाँ हो पत्तो छैन!’ बजारभित्र अनौठो किसिमको गन्ध थियो। नाक छेडेर सिँधै फोक्सोमा पिरो हुने गन्ध।,आशादेवीको मन भने श्रीमान् बेलैमा नआइपुगेकोले पिरो भइरहेको थियो। नारीवादीहरुमाझ अन्तर्राष्ट्रिय नारी दिवसको तामझाम चलिरहँदा आशादेवीलाई भने आफ्नै टन्टा थियो, ‘बूढा पसलमा पालो दिन आउन ढिला भइसक्यो, खाना पकाएर कुन बेला खाने हो? होटलमा पनि खाना पाइदैन।’, , , , ,उनको घर विहार भएपनि विगतका १२ वर्ष काठमाडौँका चोक-चोकमा तरकारीको भाउ बताउँदै बितेको छ। केही वर्षदेखि उनी बल्खुको तरकारी बजार रुङेर बसेकी छन्। स्टल नं १३५ भन्दा उनलाई स्मरण गर्ने कति होलान्, थाहा छैन। तर तरकारी बजारको अगाडिको गेटदेखि पछाडिसम्म आशादेवी ‘विहारिनी’ नामले फेमस छिन्।,वल्लो-पल्लो कुनाबाट ‘ए विहारिनी’ भनेर बोलाउनेसँग उनी उस्तै मस्तीमा फलाकिरहेकी हुन्छिन्। विहार र नेपालको नजिकको साइनो छ, ‘रोटी बेटी।’,विहारकी बेटीको विवाह भयो, श्रीमान् रोजीरोटीका लागि काठमाडौँमा काम गर्दा रहेछन्। उनी श्रीमान्‌सँग नै बस्न भनेर काठमाडौँ आइन्।,यति जानकारी दिँदासम्म उनका श्रीमान् टुप्लुक्क आइपुग्छन्। आशादेवीको अनुहारको रंग फेरिन्छ, बेलामा पालो दिन नआएपछि उनी मुर्मुरिने स्वाभावसँग छिमेकी पसले पनि परिचित छन्। अनि ‘ऊ तेरो बूढो आयो’ भनेर उकासिदिन्छन्।,श्रीमान् आएपछि उनलाई घर जाने हतारो पर्न थाल्यो। पसलको बार बाहिरबाट चिहाइरहेका आशादेवीका श्रीमान् भित्र आएर श्रीमतीलाई अरुसँग कुरा गरेर ‘समय खेर नफाल’भने। आशादेवीको प्रतिक्रिया हेर्न बसेका छिमेकी व्यापारीको रहर आज पूरा हुन पाएन, ‘बिहारिनीले आज बूढोलाई केही भनिन त!’,उनको यो स्वाभाव छिमेकी पसलेलाई नयाँ लागेपनि आशादेवीका बूढा यो बानीसँग राम्ररी अभ्यस्त छन्। आशादेवी नबोलेर काम गर्छिन्।,विहारमा जहाँ आशादेवीको घर छ, त्यहाँ उनलाई शीरबाट पछ्यौरा तल झार्ने अनुमति छैन। घरमात्र मुख खोलेर हिँड्न पाइन्छ। छोरीलाई घरभन्दा बाहिर पढ्न बाहेक जान दिने संस्कार छैन। कक्षा १० सम्म पढाइ गरेपछि आशादेवीको विवाह भयो।,उनको विवाहमा दुई लाख दाइजो दिइएको थियो। विवाहको दुई वर्षमा छोरा जन्माइन्। उनलाई श्रीमान्‌सँग नै बस्‍न मन लाग्यो। परिवारमा यसको अनुमति लिन सारै गाह्रो भयो। बजार, माइती अनि बच्चाको स्कूलमा श्रीमान्‌को आड लागेर हिडाइने सँस्कारमा बसेकी आशादेवीलाई काठमाडौँमा पनि उताको सँस्कार निरन्तरता दिने सर्तमा काठमाडौं पठाइयो। दुई अरु सन्तान भए। उनले पालैपालो तीनैजनालाई माइतीमा राखिन्।,अनि विस्तारै बुहारी, छोरी नियम तोड्न थालिन्। बुढासँगै बजारमा तरकारी बेच्‍न निस्किइन्। पाँच वर्ष कोठामा बसेर वाक्क भएपछि उनले बाहिर निस्कने बाटो खोजिन्। बुढासँग घम्साघम्सी नै पर्‍यो। उनी हारिनन्। दुई बीच बाचा भयो, घरमा कसैलाई नभन्‍ने।,‘अनि पैसा कसरी कमाएको भन्‍ने त?’ ‘बूढाले कमाउँछ नि, म किन कमाउँछु भन्‍ने ? मैले त घरमा भनेकै छैन म तरकारी बेच्‍न बुढासँग जान्छु भनेर। चोरेर काम गरेको हो।’,आशादेवीका अनुसार त्यसपछि बुढाबुढी तरकारी बेच्‍न थाले। अहिले बल्खु तरकारी बाजारको पसलमा बिहान आशादेवी बस्छिन्। श्रीमान् तरकारी खोज्न जान्छन्। मध्यान्‍हमा उनी ओल्लो-पल्लो पसलेसँग हालखबर बुझ्दै कुलेश्वरको कोठामा फर्किन्छिन्।,बल्खुबाट कुलेश्वर जाने बाटोको जेब्राक्रस काटिसकेपछि उनले अनायासै भनिन्, ‘तपाईहरु जस्तो तरुनी यस्तो खुल्ला भएर हिँड्न कहाँ पाउनु ? हामीलाई चाहिएको सबै कुरा दाइले, बुबाले किनिदिन्छन्।’ एकैछिन चुप लागेर उनी प्वाक्क बोलिन्, ‘घरमा कडा छ।’,कामकाजी महिलाको हकहित अनि अधिकार सुनिश्चितताका लागि उनी आफ्नो समुदायमा महिला भएपछिका हुर्काइ सुनाउँदै थिइन्। बाटोमा सवारी गुडेको आवाज जति चर्को थियो, त्यसलाई जित्‍ने आवाजमा उनी बोल्दै थिइन्, ‘मेरो बहिनीलाई यो वर्ष २० लाख दाइजो दिएर विवाह गरेको। उनी घरबाट बाहिर निस्कन पर्दैन। ज्वाइँको दुईओटा कपडा मिल छ। बाबाले छोरीलाई काम गर्न नपरोस् भनेर त्यतिधेरै दाइजो दिएका हुन्। मलाई पनि बेला-बेलामा त घर बाहिर ननिस्किएकै ठिक जस्तो लाग्छ। तर मेरो अवस्था अलि फरक छ।’,आशादेवीको परिवार मध्यम खालको छ। तीन बच्चालाई पढाउनलाई अनि आवश्यकता पूरा गर्नलाई धेरै कमाउनु पर्छ भन्‍ने लाग्छ। घर बनाउने अनि परिवारका आवश्यकता श्रीमान्‌ले नै पूरा गर्नुपर्छ भन्‍ने संस्कार रहेको परिवारमा बसेर आशादेवी विद्रोहमा निस्किएकी छन्। उनलाई श्रीमान्‌माथि विश्वास नभएको होइन, तर होस्टेमा हैँसे गरिदियो भने राम्रो हुन्छ भन्‍ने बुझेकी छन्।,‘हाम्रोमा केटीमान्छे बाहिर आए इज्जत जान्छ भन्छन्, हाम्रो पसल वरपर भएका मधेसीहरुले पनि आफ्नो श्रीमतीलाई पसलमा ल्याउँदैनन् नि। मैले त सुखी जीवन होस् भनेर काम गर्न निस्किएकी हुँ, म यसरी काम गर्छु भन्‍ने मेरो परिवारको कसैलाई पनि थाहा छैन। थाहा पाए मार्छन्।’,कुलेश्वर चोकमा पुग्नै लाग्दा उनले भनिन्, ‘तरकारी पसलमा कमाएको केही पैसा खुसुक्क लुकाउछु। अरुले सोध्दा श्रीमान्‌ले किन्देको भन्‍ने गरेको छु। मैले त त्यो पैसाले गहना बनाएर राखेको छु।’,…र उनलाई रोकिनु छैन।
सुजाता खत्री
‘नाइँ भन्नू ल’
नगरकोटको एक विद्यालयमा कक्षा ८ मा अध्ययनरत उज्ज्वल तामाङले (परिवर्तित नाम) गत साल पढाइ छाडे। कारण थियो– लाज र ग्लानि।,हाल १६ वर्ष पुगेका उज्ज्वलले कुनै अपराध गरेका थिएनन्। उनी त बरू अपराधको सिकार भएका थिए। तर, आफूले भोगेको अपराध उदांगिएपछि उनी घरबाहिर निस्किन सकेनन्। साथीभाइका सामुन्ने मुख देखाउने पनि हिम्मत भएन। उनी विद्यालय जान छाडे। पढाइ बिग्रियो। जसोतसो परीक्षा त दिए तर उत्तीर्ण हुन सकेनन्।,दोहोर्‍याएर त्यही कक्षा पढ्दा साथीभाइले दिनदिनै जिस्क्याउने त्रासले उनले गाउँ नै छाडे। काभ्रेको मण्डन देउपुर नगरपालिका–१ घर भएका उनी अहिले पोखरामा छन्। उज्ज्वलका बुबा भन्छन्, ‘छोरा अहिले होटलमा ड्राइभरी गर्छन्।’,होटलमा ड्राइभरी अर्थात् जुठा थाल, बटुका र भाँडा माझ्ने काम!,उज्ज्वल तिनै दुई बालकमध्ये एक हुन्, जसलाई क्यानडेली नागरिक पिटर जोन डगलिसले लामो समयदेखि बालयौन दुराचार गर्दै आएका थिए। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले २०७४ चैत २४ गते बिहान करिब ९ बजे डगलिसलाई मण्डन देउपुरस्थित उनकै निवासबाट पक्राउ गरेको थियो।,डगलिस बालयौन दुराचारको अभियोगमा नेपालमा पक्राउ परेका हालसम्मकै सबैभन्दा “हाई प्रोफाइल” विदेशी नागरिक हुन्। नेपाल, भारत र अफ्रिकाका विभिन्न देशमा युद्ध, महामारी र गरिबीले आक्रान्त समुदायलाई मद्दत गर्ने मानवीय सहायताकर्मीको परिचय बनाएका डगलिसलाई क्यानडा सरकारले “अर्डर अफ क्यानडा” पदवीले सम्मानित गरेको थियो। यो क्यानडा सरकारले प्रदान गर्ने दोस्रो सर्वोच्च सम्मान हो।,लामो समय संयुक्त राष्ट्रसंघमा काम गरेका डगलिस दुई दशकदेखि नेपाल आउँदै–जाँदै गर्थे। राष्ट्रसंघको जागिर छाडेपछि भने उनले स्ट्रिट चिल्ड्रेन इन्टरनेसनल नामक संस्था खोलेर सडक बालबालिकाको शिक्षा र पुनस्र्थापनामा सक्रियता देखाउँदै आएका थिए।,विसं २०७२ सालको भूकम्पपछि भने डगलिस भूकम्पपीडितको पुनर्बासमा सहयोग गर्ने भन्दै काभ्रेको मण्डन, देउपुरस्थित कार्तिकेमा रहेको एउटा घरमा बस्दै आएका थिए । उज्ज्वलको घर उनको निवासनजिकै छ । पढाइमा राम्रो रहेका उज्ज्वललाई डगलिसले उच्च शिक्षा दिने र विदेश लैजाने भन्दै आफूसँग राख्दै आएका थिए।,डगलिसको शंकास्पद गतिविधि नियाल्दै आएको सीआईबीले उनको निवासमा छापा मार्दा त्यहाँ उज्ज्वलसँगै अर्का १२ वर्षे बालक पनि अर्धनग्न अवस्थामा थिए। उनी उज्ज्वलकै फुपूका छोरा हुन्। उनीहरूले प्रहरी र अदालतसमक्ष दिएका बयानअनुसार, प्रहरीले छापा मार्नुभन्दा अघिल्लो रात पनि डगलिसले दुवै बालकलाई बाथरुममा लगेर नुहाइदिई उनीहरूको यौनांग खेलाउने, चुस्ने र गुदद्वारमा औँला हाल्नेजस्ता क्रियाकलाप गरेका थिए।,डगलिस पक्राउ पर्दा १४ वर्षका मात्रै रहेका उज्ज्वलले १० वर्षकै उमेरदेखि आफूमाथि यस्तो यौन दुराचार हुँदै आएको बयान प्रहरीलाई दिएका छन्।,डगलिसविरुद्ध २०७५ वैशाख १९ गते काभ्रे जिल्ला अदालतमा बालयौन दुराचारको मुद्दा दर्ता भयो। २०७६ जेठ २७ गते उनलाई काभ्रेका तत्कालीन जिल्ला न्यायाधीश अर्जुन अधिकारीको इजलासले दोषी ठहर गर्‍यो। ९ वर्ष कैद सजाय पाएका उनी अहिले जिल्ला कारागार काभ्रेमा छन्।,डगलिसविरुद्धको मुद्दामा सुनवाइ हुँदै गर्दा मण्डन, देउपुरका कतिले उज्ज्वललाई गिल्ला गरे। त्यसले उज्ज्वलको कलिलो दिमागमा यति गहिरो मानसिक असर गर्‍यो कि उनले पढाइ मात्रै छाडेनन्, आफू जन्मे–हुर्केको समाज नै छाडे।,को एक अध्ययनले भन्छ– यौनहिंसा भोगेका प्रायः बालबालिकामा विभिन्न मनोवैज्ञानिक समस्याहरू देखा पर्छन्। यौन दुव्र्यवहारमा परेकाहरूमा मनोसामाजिक समस्या देखिने निष्कर्ष अन्य विभिन्न अनुसन्धानहरूको पनि छ। ती अध्ययनअनुसार, यौनहिंसा भोगेका अधिकांश बालबालिका आफैंलाई दोष दिन्छन्; लाजले खुम्चिँदै बस्छन् र क्रमशः समाजबाट एक्लिँदै जान्छन्।,मनोपरामर्श, स्नेह र सहयोग नपाए यौनहिंसा भोगेका बालबालिकाको मनोसामाजिक समस्याले विकराल रूप लिन सक्छ। यसैका उदाहरण हुन्, उज्ज्वल।,उज्ज्वलले पनि पर्याप्त मनोसामाजिक परामर्श, स्नेह एवं साथ–सहयोग पाउन सकेनन्। डगलिस पक्राउ परेपछि उनलाई “साथी” नामक गैरसरकारी संस्थाकी मनोविमर्शकर्ता रुविना केसीले तीन साता मनोसामाजिक परामर्श त दिइन् तर त्यो पर्याप्त थिएन। बालयौन दुराचार भोगेका बालबालिकालाई कम्तीमा ७ देखि १० सातासम्म यस्तो परामर्श दिनुपर्ने हुन्छ।,परिवारको आर्थिक अवस्था कमजोर भएकाले उज्ज्वलले बुबा–आमाबाट समेत स्नेह र साथ पाउन सकेनन्। विद्यालयले पनि उनको नाजुक मनोसामाजिक स्थितिप्रति खासै ख्याल गरेन। उज्ज्वलका एक शिक्षक भन्छन्, “उनकै आमाबुबाले चासो दिएनन्, हामीलाई पनि उनकै मात्रै विशेष ख्याल गर्ने समय पुगेन।”,डगलिसले उज्ज्वलमाथि गरेको बालयौन दुराचारलाई अंग्रेजीमा पेडोफेलिया भनिन्छ, र यस्ता दुराचारीलाई चाहिँ पेडोफाइल। पेडोफाइलले बालबालिकालाई माया गरेजस्तो गरी शारीरिक र मानसिक रूपले यौनजन्य शोषण गर्छन्।,सन् २००३ देखि यौन हिंसापीडित बालबालिकालाई मनोसामाजिक परामर्श दिँदै आएकी सनम पौडेल भन्छिन्, “बालबालिकालाई मायाको खोलमा यौन दुर्व्यवहार गर्ने वा त्यस्ता क्रियाकलापमा संलग्न गराउने वयस्क बालयौन दुराचारीलाई बुझाउन पेडोफाइल शब्दको प्रयोग हुन्छ।”,उनी थप्छिन्, “बालबालिकासँग यौन क्रियाकलापको इच्छा वा कल्पना गर्ने व्यक्ति पनि पेडोफाइल हुन्। पेडोफाइलहरू बालबालिकाबाट मात्र यौनआनन्द प्राप्त हुन्छ भन्ठान्छन्।”,पेडोफाइलहरूसँग बालबालिकाको प्रिय हुने क्षमता हुन्छ। यही क्षमता प्रयोग गर्दै उनीहरू बालबालिकानिकट पुग्छन् र आफ्नो यौन स्वार्थ पूरा गर्छन्।,सन् १९९३ देखि बालअधिकारका लागि क्रियाशील गैरसरकारी संस्था “भ्वाइस अफ चिल्ड्रेन” का निर्देशक कृष्णकुमार थापाको अनुभवमा पेडोफाइलहरूले बालबालिकानिकट पुग्न निकै मिहिनेत गर्छन्। उनी भन्छन्, “जसरी कुनै युवकले युवतीलाई आकर्षित गर्न विभिन्न उपहारहरू दिन्छ, घुमाउन लैजान्छ र सबै चाहना एवं आवश्यकताको ख्याल राख्छ, पेडोफाइलहरूले पनि आफ्नो निसानामा रहेका बालबालिकाहरूलाई त्यसरी नै माया देखाउँछन्। उनीहरूका आवश्यकता पूरा गरिदिन्छन्, घुमाउन लैजान्छन्, खेलाउने कुरा दिन्छन् र विभिन्न लोभहरू देखाउँछन्।”,विशेषगरी बालकमाथि हुने यौनहिंसाका घटनाको अनुसन्धान तथा यौनहिंसा प्रभावित बालकको पुनर्स्थापनाका लागि सक्रिय थापा थप्छन्, “बालबालिकाको नजरमा भगवान्‌को जस्तो छवि बनाइसकेपछि मात्रै पेडोफाइलहरूले बिस्तारै उनीहरूसँग यौनजन्य क्रियाकलाप गर्न सुरु गर्छन्। बालकहरूलाई यौनको अनुभव लिनुपर्छ र त्यसका लागि म सिकाउँछु भन्दै पेडोफाइलहरूले यौनसुख लिन्छन्। अबोध बालकहरूले आफू शोषणमा परेको थाहै पाउँदैनन्।”,छोरीमाथि हुन सक्ने यौनहिंसाबारे त अभिभावकहरू प्रायः जानकार हुन्छन्। उनीहरू आफ्ना छोरीलाई यस्ता हिंसाबाट जोगाउन विभिन्न पूर्वसतर्कतासमेत अपनाउँछन्। तर, छोरामाथि पनि यौनहिंसा हुन सक्छ भन्नेचाहिँ धेरैलाई अझै थाहा छैन।,यसैले पेडोफाइलको शोषणमा परेका बालकले आफूले भोगेको यौनहिंसाबारे बताए पनि हत्तपत्त कसैले पत्याउँदैनन्। आफ्नो पीडा अभिभावक, साथी वा शिक्षकलाई सुनाउन नपाउँदा उनीहरूमा झन् बढी नकारात्मक मनोसामाजिक एवं मनोवैज्ञानिक असर देखा पर्छ।,उज्ज्वलका बुवालाई छोरामाथि चार वर्षदेखि यौनशोषण भइरहेको छ भन्ने थाहा थिएन, डगलिस पक्राउ नपर्दासम्म। उनी डगलिसकै घर–बगैंचामा माली थिए। छोरालाई मालिकले माया गरेको देख्दा उनी दङ्ग पर्थे। डगलिसले नै उज्ज्वलको स्कुल फी तिरिदिन्थे।,नयाँ–नयाँ लुगा किनिदिन्थे। उनले उज्ज्वललाई भविष्यमा राम्रो ठाउँमा काम लाइदिने वा विदेश लैजाने आश्वासनसमेत दिएका थिए। उज्ज्वलप्रति यति माया देखाउने डगलिसले लुकीलुकी उनलाई शोषण गरिरहेको विश्वास उनका बुबाले कसरी गर्न सकून्!,कतिपय बालबालिकालाई पेडोफाइलको चंगुलमा परिसक्दा पनि आफू यौन दुराचारको सिकार हुन पुगेको चेत हुँदैन। किनकि, यो अपराध मायाको आवरणमा लुकेको हुन्छ।,एक जर्मन पेडोफाइलको शोषणमा परेका पोखराका सूर्य विक (परिवर्तित नाम) को कुरा सुन्दा पनि यस्तै छनक मिल्छ।,सूर्यलाई हामीले पोखराको रामबजारस्थित एउटा साइकल मर्मत पसलमा भेटेका थियौँ, जहाँ उनी मेकानिक छन्। हाल १९ वर्षका उनी साइक्लिङमा रुचि राख्छन्। स्थानीय स्तरमा हुने साइकल दौडहरूमा पनि भाग लिन्छन्।,हामीले साइकलकै प्रसंगबाट सूर्यसँग कुरा सुरु गर्‍यौँ। साइकलको कुराले उनी हामीसँग कुरा गर्न सुरिए। बिस्तारै हामीले उनको विगत उप्काउन थाल्यौँ। आफ्नो नाम गोप्य रहनेमा विश्वस्त भएपछि मात्रै उनी हामीसँग आफ्ना अतीतका पानाहरूका बिस्कुन फिँजाउन तयार भए।,कास्कीको खे डाँडाबाट पोखरा झरेका सूर्यका बा–आमा छैनन्। काका–काकीसँग केही समय बसेपछि उनी १२–१३ वर्षको उमेरमा पोखरा झरेका थिए। पोखरामा उनको गाँस–बासको टुंगो थिएन। उनी लेकसाइडमा दिनभरि आफूजस्तै सडक बालकहरूसँग डुल्थे। राति नजिकै पाटीमा गई सुत्थे।,झन्डै दुई वर्ष यसरी नै सडकमा बिताएपछि सूर्यको जीवनमा एक पाका जर्मन नागरिक देउताझैं प्रकट भए। उनले पहिलो दिन सूर्य र उनका साथीहरूलाई खानेकुरा दिए। भोलिपल्ट उनी फर्केर आए र फेरि खानेकुरा दिए। यो क्रम चलिरह्यो। सूर्य बिस्तारै उनको माया र प्रभावमा परे।,ती विदेशी थिए– जर्मन नागरिक ह्यान्स क्रिस्टोफ। उनी सूर्यलाई कहिलेकाहीँ घुमाउन लैजान्थे, सूर्यले चाहेको–मागेको कुराहरू किनिदिन्थे र आफ्नो घर लगेर नुहाइदिन्थे। सूर्यलाई आफ्नो यति ख्याल गर्ने विदेशी आफ्नै बुबा हुन्‌झैँ लाग्यो।,अलि पछि क्रिस्टोफले सूर्यलाई सडकमा सुत्नुभन्दा आफ्नो घर गई बस्न भने। सूर्यले त्यस्तो प्रस्ताव लतार्ने गुन्जायसै थिएन। उनी भन्छन्, “म उनको घर गई बस्न थालेँ । उनले मेरो लिंग खेलाउने र चुस्ने गर्न थाले।”,सूर्यलाई आफू पेडोफाइलको शोषणमा परेको छु भन्ने चेत भएन। उनी भन्छन्, “मलाई पनि मज्जा आउन थालेको थियो।”,ती जर्मनलाई केही समयदेखि प्रहरीले निगरानीमा राखेको थियो। २०७२, चैतमा प्रहरीले उनलाई पक्राउ गर्‍यो। र, सूर्यलाई “साथी” संस्थाको काठमाडौंस्थित आश्रयमा पुर्‍यायो।,क्रिस्टोफविरुद्ध जिल्ला अदालत कास्कीमा २०७३ वैशाख १० गते बालयौन दुराचारको मुद्दा दर्ता भयो। त्यही वर्षको असार १ गते अदालतले उनलाई ८ वर्ष कैद र ५१ हजार रुपैयाँ क्षतिपूर्तिको फैसला गर्‍यो।,फैसलाविरुद्ध क्रिस्टोफले पुनरावेदन गरे तर पुनरावेदनले पनि जिल्लाकै फैसला सदर गर्‍यो। हाल उनी कारागारमा रहेको जानकारी सूर्यको पक्षमा वकालत गरेकी अधिवक्ता कृष्णाकुमारी गुरुङले दिइन्।,सूर्य भने अहिले पनि ती जर्मन पेडोफाइललाई बुबाझैं ठान्छन्। तर, आफूलाई गरेको व्यवहार भने राम्रो नभएको पनि उनले बुझेका छन्।,पेडोफाइलहरूले बालबालिकालाई माया देखाएर मात्रै आफूतिर आकर्षित गर्दैनन्, लोभ पनि देखाउँछन्। आफ्नो कर्तुत सार्वजनिक नगर्न विभिन्न धम्कीहरू दिन्छन् ।,हामीले पोखराकै नयाँ बजार बस्ने १३ वर्षीय अभियान शर्मा (परिवर्तित नाम) सँग उनका अभिभावकको अनुमति लिएर कुरा गर्‍यौँ। हाल कक्षा ८ मा अध्ययनरत उनले ४ वर्षअघि आफूले भोगेको पीडा अझै राम्ररी भुल्न सकेका छैनन्।,अभियानका बुबाआमा स्याङ्जाबाट पोखरा आई एउटा घर भाडामा लिई होटल चलाउँथे। उनीहरू पनि त्यहीँ बस्थे। त्यही घरमा प्लम्बिङको काम गर्ने भारतीय नागरिक ३० वर्षीय अशोक रावको पनि डेरा थियो। उनी अभियान र उनका भाइलाई माया गरेझैं गर्थे । बेलुकाको खाना उनी त्यही होटलमा खान्थे।,तर, रावले अभियानलाई बुबाआमा नभएका बेला यौनशोषण गर्न थाले। सुरुमा मिठाईको लोभ देखाउँदै गुदद्वारमा बलात्कार गरे। त्यसबारे अरूलाई भने बुबाआमाको ज्यान लिने धम्की दिँदै अभियानलाई मौन बस्न बाध्य पारे।,लगातार बलात्कृत भएपछि अभियानलाई हिँड्न गाह्रो भयो। उनले आफूले भोगेको पीडा भाइलाई बताए। अभियानले असजिलो गरेर हिँडेको देखेर आमाले उनलाई के भो भनी सोधेकी थिइन्। तर, उनले पीडकको धम्कीले डराएर आमालाई केही भनेनन्। तर, उनका भाइले सबै कुरा भनिदिए।,अभियानका बुबाआमाले प्रहरी बोलाए। प्रहरीले रावलाई २०७२, चैतमा पक्राउ गर्‍यो। २०७३, वैशाख २ गते कास्की जिल्ला अदालतमा उनीविरुद्ध बालयौन दुराचारको मुद्दा दर्ता भयो। जिल्ला अदालतले त्यसै साल भदौ ८ गते रावलाई दोषी ठहर गर्दै १० वर्ष एक महिना जेल सजाय तथा २५ हजार रुपैयाँ क्षतिपूर्ति फैसला गर्‍यो। राव हाल पोखरा कारागारमा छन् । उनले फैसलाविरुद्ध गरेको पुनरावेदनको टुंगो लागिसकेको छैन।,रावबाट पीडित अभियानलाई आमाबुबाले राम्रो ख्याल गरे। अहिले उनी राम्रो पढिरहेका छन्।,उज्ज्वल, सूर्य र अभियान तीनै जना बालयौन दुराचार पीडित हुन् तर उनीहरूमा फरक–फरक स्तरको मनोसामाजिक प्रभाव परेको देखिन्छ ।,उज्ज्वलमा आफू यौनहिंसामा पर्नुमा आफ्नो दोष रहेको ठान्ने समस्या देखियो ।,उज्ज्वललाई परामर्श प्रदान गरेकी मनोविमर्शकर्ता रुविना केसी भन्छिन्, “उज्ज्वल आफ्ना शोषकलाई कारबाही होस् भन्ने त चाहन्थे । तर, उनी आफूमाथि त्यस्तो हुनुमा आफ्नै दोष रहेको सोच्थे । लाज मान्थे । उनको “आईक्यू” स्तर पनि बिस्तारै घट्दै गएको थियो ।”,सूर्यलाई भने यौनको लतझैं बसेको थियो । त्यो छुटाउन उनलाई झन्डै पाँच महिना मनोसामाजिक परामर्श, प्ले थेरापी र आर्ट थेरापी दिनुपरेको केसीले बताइन् ।,अभियानले भने आमाबुबाको दरिलो साथ पाएका छन् । उनी त्यो घटना भुल्ने प्रयत्नमा छन् । अभियानलाई “प्लेटफर्म फर चिल्ड्रेन” की मनोविमर्शकर्ता तारा परियारले पनि मनोसामाजिक परामर्श दिइन् । अभियान अहिले पढाइमा प्रगति गर्दै छन् । तर, अझै पनि यौनजन्य अपराधका कुरा सुन्दा उनको अनुहार मलिन हुने गरेको उनकी आमा बताउँछिन् ।,बालबालिकाले यौनहिंसाका क्रममा विभिन्न शारीरिक चोटहरू पनि पाउँछन् । बालकहरूको गुदद्वार च्यातिने, त्यहाँबाट रगत बग्ने र हिँड्न गाह्रो हुने समस्या देखा पर्ने कान्ति बाल अस्पतालका बालमनोचिकित्सक डा. अरुण कुँवर बताउँछन् ।,तर, मनोवैज्ञानिक असर भने सहजै थाहा हुँदैन । त्यसका लागि उनीहरूको बोलीचाली, हाउभाउ र भावनात्मक अवस्थाको अध्ययन गरिनुपर्ने कान्ति बाल अस्पतालकी क्लिनिकल साइकोलजिस्ट सिर्जना अधिकारी बताउँछिन् ।,उनी भन्छिन्, “यौन दुराचारका कारण मनोसामाजिक समस्या भोगिरहेका बालबालिकाहरू प्रायः अरू नै समस्याको निदान खोज्दै हामीकहाँ आइपुग्छन् तर बुझ्दै जाँदा उनीहरूले यौनहिंसाको कारण त्यस्तो समस्या भोगिरहेको पत्ता लाग्छ ।”,यौन दुराचार र त्यसको मनोसामाजिक प्रभाव बुझ्न हामीले मानसिक रोग अस्पताल पाटनका क्लिनिकल साइकोलजिस्ट भूपेन्द्र गुरुङ, सिविन नेपालका मनोविमर्शकर्ता हीरा खतिवडा र “प्लेटफर्म फर चिल्ड्रेन” की मनोविमर्शकर्ता तारा परियारसँग विस्तृत कुराकानी गरेका थियौँ ।,सबै विज्ञको अनुभव र निष्कर्ष उस्तै छ– यौनहिंसा भोगेका प्रायः सबै बालबालिकामा मनोसामाजिक प्रभाव पर्छ तर त्यसको गम्भीरता भने तिनको पारिवारिक पृष्ठभूमि र परिवेशअनुसार फरकफरक हुन सक्छ । सबैमा लामो समयसम्म मानसिक प्रभाव पर्छ भन्ने नभए पनि “पोस्ट ट्रम्याटिक स्टे«स डिस्अर्डर” (पीटीएसडी) सहितका समस्या देखिने जोखिम अधिक हुने उनीहरू बताउँछन् ।,चिन्ता वा व्याकुलता, नैराश्य, हिनताबोध हुने,सामाजिक सम्बन्ध स्थापना गर्न नसक्ने,एकान्त रूचाउने, खानामा रुचि कम हुने,बोल्न सकस मान्ने, निद्रा कम लाग्ने,कन्याउने, कोट्टाउने गरिरहने,उमेरअनुसारको यौन व्यवहार नहुने,ध्यान केन्द्रित गर्न नसक्ने,रिसाउने वा अत्यन्त डराउने,अपराधबोध हुने,बालबालिकासँगै परिवारका सदस्यलाई पनि घटनाको मनोसामाजिक असर पर्ने गरेको छ । चार वर्षअघि आफ्नो छोरामाथि भएको घटना सम्झेर आफू अहिले पनि झस्किने गरेको अभियानकी आमाले सुनाइन् ।,होटलमा आएका ग्राहकलाई चिया दिएर बाहिर कुनातिर आएर उनले भनिन्, “अहिले पनि छोरालाई कतै केही भइहाल्यो कि भन्ने लाग्छ । अरू साथीभाइले पुरानो कुरा थाहा पाएर केही भन्ने पो हुन् कि भन्ने डर लाग्छ । डरैडर हुँदो रहेछ मनमा ।”,बालयौन दुराचार भोगेका बालकहरू पछि गएर आफै पीडकमा परिणत हुने जोखिम हुन्छ । उज्ज्वलमाथि यौनहिंसा गरेका डगलिसको इतिहासले पनि यस्तो संकेत गर्छ । उनले जिल्ला अदालत काभ्रेमा दिएको बयानमा आफूमाथि सानो छँदा यौनहिंसा भएको खुलासा गरेका छन् ।,काभ्रे जिल्ला अदालतले तयार पारेको फैसलाको पूर्ण पाठमा डगलिसले ११ वर्षको हुँदादेखि एक शिक्षकले आफूमाथि यौन दुराचार गरेको बयान दिएको उल्लेख छ । उनले बयानमा भनेका छन्, “म स्कुल पढ्ने बेला ११ वर्षको हुँदा लगातार चार वर्षसम्म मेरो शिक्षकले मलाई कुट्नेसहित बालयौन दुराचार गरेका थिए ।”,त्यसपछिका केही वर्ष आफूले धेरै बच्चामाथि यौन दुराचार गरेको उनले बयानमा उल्लेख गरेका छन् । काभ्रे जिल्ला अदालतका तत्कालीन प्रमुख न्यायाधीश अर्जुन अधिकारीले तयार पारेको फैसलाको पूर्णपाठमा डगलिसको बयान उल्लेख छ । त्यसमा उनले भनेका छन्, “१६ देखि १८ वर्षको हुँदासम्म मैले धेरै बच्चालाई बालयौन दुराचार गरेको थिएँ ।”,हिंसाबाट गुज्रिएकाहरूले भविष्यमा अरू बालकमाथि हिंसा गर्न सक्ने सम्भावना रहेको विभिन्न अध्ययनहरुको निष्कर्ष छ । तर, ती निष्कर्षहरू विवादरहित भने छैनन् । सबै यौनहिंसा प्रभावितहरू भविष्यमा गएर पीडक नै बन्छन् भन्ने होइन, तर केहीमा भने त्यस्तो समस्या देखिन सक्ने डगलिसजस्तै पीडकहरूको इतिहासबाट खुल्छ ।,मनोसामाजिक समस्या आत्तिइहाल्नुपर्ने अवस्था होइन । किनकि, यस्ता समस्याबाट बाहिर निस्केर व्यवस्थित जीवन बाँच्न सम्भव छ । तर, यस्ता समस्यामा रहेका बालबालिकालाई तिनको अवस्था र आवश्यकताअनुसार साथ–सहयोग दिनुपर्ने क्लिनिकल साइकोलजिस्ट सिर्जना अधिकारी बताउँछिन् ।,मनोविमर्शकर्ता रुविना केसी भने बालबालिकालाई मनोवैज्ञानिक परामर्श दिनुअघि तिनका अभिभावकले कुरा बुझ्नु जरुरी रहेको बताउँछिन् । उनी भन्छिन्, “अभिभावकले कुरा बुझेर स्नेह एवं सहयोग दिएपछि मात्रै पीडित बालकलाई विज्ञले गरेको मनोसामाजिक सहयोगको नतिजा देखा पर्छ ।”,युनिसेफ नेपालका चाइल्ड प्रोटेक्सन अफिसर उपमा मल्ल आफ्ना बच्चालाई यौनजन्य हिंसाबाट जोगाउन उनीहरूलाई नराम्रो लागेको कुरामा नाइँ भन्न सिकाउनुपर्ने तथा “राम्रो छुवाइ र नराम्रो छुवाइ” बारे जानकारी दिनुपर्ने सुझाव दिन्छिन् ।,“भ्वाइस अफ चिल्ड्रेन” का निर्देशक कृष्णकुमार थापाको सुझाव छ– “बालबालिकालाई सम्भावित यौनजन्य हिंसाबाट जोगाउन वा हिंसामा परिसकेकालाई सामान्य जीवनमा फर्काउन हरेक अभिभावकले सिकाउनैपर्ने तीनवटा कुरा छन्– “आफूलाई कसैले गरेको व्यवहार मन परेको छैन भने नाइँ भन्ने, आफूमाथि हिंसा वा दुर्व्यवहार भएको छ भने अभिभावक वा नजिकको मान्छेलाई भन्ने र खतराको अवस्थाजस्तो लाग्यो भने त्यहाँबाट भाग्ने ।”,बालिकामाथि भएका यौनजन्य अपराधको तथ्यांक पाउन नै मुस्किल भएको अवस्थामा बालकमाथि भएका यस्ता अपराधको तथ्यांक पाउनु त झन् मुस्किल छ । तर, सीआईबीसँग पछिल्लो साढे ४ वर्षयता दर्ता भएका मुद्दाहरूको तथ्यांक भने छ ।,सीआईबीले विसं. २०७३ देखि हालसम्म पेडोफेलियामा संलग्न १८ जनालाई पक्राउ गरेको छ । १८ जना पीडकले ३५ बालकमाथि यौन दुराचार गरेको सीआईबीका प्रवक्ता एसपी बेलबहादुर पाण्डेले जानकारी दिए । पीडकमा विदेशीको संख्या १४ र नेपालीको संख्या ४ छ । ९ जना अहिले अदालतबाट फैसला भएर जेलमा छन् । ३ जना तारेखमा छुटेका छन् भने १ जना सजाय भुक्तान गरी रिहा भएका छन् । यस्तै ५ जना हाल पुर्पक्षका लागि थुनामा छन् ।,दर्ता भएका मुद्दाका आधारमा बालकमाथि हुने यौन दुव्र्यवहारका घटनामा विदेशीहरूको संलग्नता बढी देखिएको छ । यसको कारण नेपाली बालबालिकाको “आर्थिक, सामाजिक वा मानसिक गरिबी” रहेको सीआईबीका प्रवक्ता पाण्डे बताउँछन् । विदेशीसँग अधिक विश्वास र आस गर्ने बानीका कारण बालकहरू असुरक्षित बन्ने गरेको उनको भनाइ छ ।,तर, “प्लेटफर्म फर चिल्ड्रेन” का निर्देशक प्रमेश प्रधान भने पेडोफाइलहरूका लागि नेपालको सामाजिक एवं भौगोलिक परिवेश उपयुक्त हुनुका साथै कानुनी व्यवस्था पनि खुकुलो रहेको बताउँछन् । प्रधानले नेपाली समाज विदेशीलाई स्वागत गर्ने खालको तथा सहरको नजिकै एकान्त ठाउँ रहेकाले पेडोफाइलहरुले फाइदा उठाउने बताए ।,पिटर डगलिसविरुद्धको मुद्दामा फैसला गरेका न्यायाधीश अर्जुनकुमार अधिकारी कानुनी अवस्था कमजोर रहेको प्रधानको तर्कमा सहमत छन् । हाल नवलपरासीका जिल्ला न्यायाधीश रहेका अधिकारीले डगलिसको मुद्दा आफ्नो इजलासमा आएपछि पेडोफाइलहरूलाई कारबाही गर्न मिल्ने कानुनी व्यवस्था खोतल्न थालेका थिए ।,तर, कानुनमा एक ठाउँमा पेडोफाइल शब्द उल्लेख गरिए पनि त्यसलाई थप स्पष्ट नपारिएकाले मुलुकी अपराध संहिता, जबर्जस्ती करणीको महलको ३ नम्बरको देहाय २ नम्बरबमोजिम कारबाही गर्नुपर्ने बाध्यता रहेको न्यायाधीश अधिकारीले जानकारी दिए ।,मुद्दा दर्ता (विसं २०७५ वैशाख १९ गते) हुँदा कार्यान्वयमा रहेको तत्कालीन मुलुकी ऐनको जबरजस्ती करणी महलको ३ (२) नम्बरमा जबरजस्ती करणीमा पर्ने बालिका १० वर्षभन्दा माथि र १६ वर्षभन्दा मुनिका भए करणी गर्नेलाई ८ देखि १२ वर्ष कैद साजय हुने र सोही महलको ३ (३) नम्बरमा करणीमा पर्ने बालिका १४ वा सोभन्दा बढी १६ वर्षभन्दा कम उमेरकी बालिका भए करणी गर्नेलाई ६ देखि १० वर्षसम्मको कैद हुने व्यवस्था छ । यस्तै सोही महलको ९ (क) नम्बरमा कसैले कुनै नाबालकसँग कुनै किसिमको बालयौन दुराचार (पेडोफाइल) गरे गराएमा जबरजस्ती करणी गरेको मानी यसै महलको ३ नम्बरबमोजिम हुने सजायमा थप एक वर्ष कैद गरी त्यस्तो नाबालकलाई निजको उमेर र उसलाई पर्न गएको मर्कासमेत विचार गरी अदालतले बालयौन दुराचार (पेडोफाइल) गर्नेबाट मनासिव क्षतिपूर्ति भराउनुपर्ने उल्लेख छ ।,बालकमाथि हुने यौनजन्य अपराधका घटनामा प्रमाण जुटाउन पनि मुस्किल पर्छ । कानुनी अस्पष्टता र प्रमाण जुटाउँदाको सास्तीले पीडितलाई न्याय दिलाउन कठिन पर्ने गरेको अधिवक्ता शोभा पोख्रेल बताउँछिन् । विसं. २०६७ देखि यौनजन्य हिंसामा परेका बालकको पक्षमा वकालत गर्दै आएकी पोख्रेलले हालसम्म २५ बालकका मुद्दामा काम गरेकी छन् । हरेक मुद्दामा प्रमाणको अभाव र कानुनी अस्पष्टताका कारण समस्या हुने गरेको उनले बताइन् ।,अदालतमा बालकलाई मनोसामाजिक सुरक्षित दिने प्रबन्ध पनि हुँदैन । यसैले, पीडित बालक र तिनका अभिभावकरू मनोसामाजिक दबाबमा पर्ने गरेका छन् । यसको प्रभाव न्याय प्रक्रियामा पर्छ । कतिपय अवस्थामा प्रमाण जुट्दा पनि पीडित र अभिभावकले अदालती प्रक्रियाको झन्झटबाट आजित भएर मुद्दा छाड्ने गरेको पोख्रेल बताउँछिन् ।,नेपालमा पेडोफाइलको जगजगी बढ्दा पनि सम्बन्धित मन्त्रालयलाई भने बालकमाथि हुने यौनजन्य अपराध, त्यसका प्रभाव र कानुनी व्यवस्थाबारे खासै जानकारी रहेनछ ।, ,महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयअन्तर्गत बालसंरक्षण महाशाखाका प्रमुख वीरबहादुर राई बालकमाथि हुने यौनहिंसाबारे अलिअलि सुनेको तर आफूलाई त्यसबारे धेरै जानकारी नरहेको स्वीकार्छन् । सरकारले बालकमाथि हुने गरेका यौनजन्य अपराधलाई न्यूनीकरण गर्न के गरिरहेको छ र उनीहरूको सुरक्षाका लागि कस्ता योजना छन् भन्ने प्रश्नमा उनले भने, “यसबारे मन्त्रालय गम्भीर छ तर पहिले यो विषयमा नै बुझ्नुपर्ने अवस्था छ । हामीसँग कति बालकहरू यौनहिंसामा परेका छन् भन्ने तथ्यांक पनि छैन ।”,विशेषगरी, बालकमाथि हुने यौनहिंसाबारे मुलुकी अपराध संहिता स्पष्ट छैन । अपराध संहिताको जबरजस्ती करणी महलमा पेडोफेलियाका सम्बन्धमा पनि जबरजस्ती करणी जस्तै कानुनी व्यवस्था हुने उल्लेख भए पनि त्यसलाई स्पष्ट पारिएको छैन । पेडोफेलियालाई राम्रोसँग अथ्र्याउने र त्यस्तो अपराधमा कानुनी उपचारको व्यवस्था स्पष्ट पार्ने आवश्यकता आफूले पिटर डगलिसको मुद्दा हेर्ने क्रममा महसुस गरेको न्यायाधीश अधिकारी बताउँछन् ।,यस्तै, बालकमाथि हुने यौनहिंसाका सम्बन्धमा अदालतले स्वीकार गर्ने प्रमाणको दायरा बालिका, किशोरी वा महिलामाथि हुने यौनहिंसाको भन्दा फराकिलो हुनुपर्ने अधिवक्ता शोभा पोख्रेलको भनाइ छ । उनी भन्छिन्, “बालकमाथि हुने यौनहिंसामा बालिका या महिलामाथि हुने हिंसा या बलात्कारमा जस्तो प्रमाणहरू लामो समय रहँदैनन् । त्यसैले बालकको बयानलाई नै प्रमुख प्रमाणका रूपमा स्वीकार गर्ने व्यवस्था स्पष्ट रूपमा हुनुपर्छ ।’,“भ्वाइस अफ चिल्ड्रेन” का निर्देशक थापाले बालयौन दुराचारविरुद्ध कडा कानुनी व्यवस्था र त्यसको प्रभावकारी कार्यान्वयन नभएमा नेपाल बालयौन दुराचारीका लागि कम्बोडियापछिको गन्तव्य बन्न सक्ने बताए । उनले भने, “बालयौन दुराचारका घटना कम्बोडियामा अधिक देखिन्छ । हाल त्यहाँको बालयौन दुराचारविरुद्धको कडा कानुनी व्यवस्था गरेको छ । यसले गर्दा नेपाल बालयौन दुराचारीका लागि कम्बोडियापछिको अर्को गन्तव्य बन्ने सम्भावना छ । किनकि अझै पनि नेपालमा बालयौन दुराचार (पेडोफेलिया) का बारेमा कानुनी र सामाजिक बुझाइ कमजोर छ ।”,कम्बोडियामा हाल १६ वर्ष भन्दामुनिको बालबालिकामाथि यौनजन्य मनसायले जिस्क्याउने या दुर्व्यवहार गरेको पाइएमा पीडकलाई १२ वर्षसम्मको कैद सजाय हुने व्यवस्था छ । सन् २०१९ मा कम्बोडियाका प्रधानमन्त्रीले बालबालिकामाथि बलात्कार गर्नेलाई मृत्युदण्डको सजाय दिने व्यवस्था लागु गर्ने बताएका थिए र त्यसका लागि जनमतसंग्रह गर्ने उनले भनेका थिए । त्यसको केही दिनपछि उनले सो प्रस्ताव फिर्ता लिएका थिए । कम्बोडियाले मृत्युदण्डको सजाय सन् १९८९ मा अवैध बनाएको थियो ।,बालयौन दुराचारबाट पीडितहरूलाई सहज जीवनमा फर्काउन समाजको भूमिका महत्त्वपूर्ण हुने समाजशास्त्री नीति अर्याल बताउँछिन् । यौनजन्य हिंसा र त्यसको समाजशास्त्रीय पक्षमा विद्यावारिधि गरेकी अर्यालको भनाइमा पीडितलाई नै दोषी देख्ने समाजका कारण पीडितहरू झन् बढी मनोसामाजिक समस्यामा पर्छन् ।,“समाजलाई संस्थाका रूपमा लिइन्छ र त्यो संस्थाभित्र पनि परिवार र छरछिमेकजस्ता विविध संस्थाहरू हुन्छन्,” अर्याल अथ्र्याउँछिन्, “तर, यी सामाजिक संस्थाहरू पीडितलाई दोष दिने मनोवृत्तिले ग्रस्त छन् । पीडितलाई सहयोग गर्नुको सट्टा बन्देज लगाउने तथा नसियत दिने गरिन्छ । यसले पीडितले बोल्ने वातावरण बन्दैन र बोले पनि उनीहरूको आवाज सुनिँदैन ।”,महिला तथा बालिकामाथि हुने हिंसा र यौन दुर्व्यहारका सम्बन्धमा समाजका संस्था र त्यसका सदस्यहरू जानकार छन् तर बालकमाथि हुने यौनजन्य दुर्व्यवहारका सम्बन्धमा स्पष्ट जानकारी नै नरहेकाले बालकहरुलाई खुल्न समस्या हुने गरेको उनी बताउँछिन् ।,अर्याल थप्छिन्, “पारिवारिक व्यवस्था नै पुरुष वा केटा मान्छे हिंसामा पर्छन् भन्ने अवधारणाबाट बाहिर छ । यसले पनि बालकहरू खुल्न सक्दैनन् । खुले पनि त्यसलाई मजाकको विषय बनाइनु वा पीडितलाई सामाजिक सहयोग नगरिनुको कारण यही हो ।”,कान्ति बालअस्पतालका बाल मनोरोगविज्ञ डा. अरुण कुँवर पनि पीडित बालकहरूलाई पुनस्र्थापित गर्न परिवारसँगै छरछिमेक, स्कुल तथा साथीभाइको सकारात्मक साथ महत्त्वपूर्ण हुने बताउँछन् । भन्छन्, “पहिलो कुरा त बालबालिकालाई हुर्काउँदा आफ्नो कुरा भन्न सक्ने गरेर हुर्काउनुपर्छ । उनीहरूका कुरा सुन्नुपर्छ । त्यसपछि पनि मनोसामाजिक समस्या देखिन्छजस्तो लागेमा मनोविद् तथा मनोरोगविज्ञको सल्लाह लिनुपर्छ । र, यो कुरा पनि स्पष्ट हुनुपर्छ कि मनोविद् तथा मनोरोगविज्ञसँगको सहायता लिए समस्या समाधान हुन्छ तर त्यसका लागि परिवारसहितको साथ अत्यावश्यक हुन्छ ।”,समाजशास्त्री अर्याल र बाल मनोरोगविज्ञ कुँवरले भनेजस्तै यौनहिंसाको सामना गरेका उज्ज्वल आफैं मजाकको पात्र बन्नुको कारण पारिवारिक सहयोगको अभाव र गैरजिम्मेवार सामाजिक संस्थाका पात्रहरुको रबैया रहेको देखिन्छ ।,“उज्ज्वललाई परिवारले साथ दिएको भए वा साथीभाइ र छरछिमेकले उनले भोगेको पीडाको गम्भीरता बुझेर आड–भरोसा दिएको भए उनको पढाइ छुट्ने थिएन, आफूले भोगेको पीडाप्रति उनी लज्जित हुने थिएनन्,” उनलाई केही समय मनोसामाजिक परामर्श दिएकी मनोविद् रुविना केसी भन्छिन् ।,उज्ज्वलजस्ता समस्यामा रहेकाहरूलाई मनोसामाजिक सहयोग गर्ने स्पष्ट उद्देश्यसहितका संस्थाहरुको कमी छ । नेपालमा काम गरिरहेका सेभ द चिल्ड्रेन, युनिसेफ, सिविनसहितका केही अन्तर्राष्ट्रिय संस्था र साथी, भ्वाइस अफ चिल्ड्रेन, प्लेटफर्म फर चिल्ड्रेनसहितका केही नेपाली संस्थाले मनोविमर्शको सेवा प्रदान गरिरहेका छन् ।,बालबालिकाको क्षेत्रमा काम गर्ने अरू संस्थामा भने मनोसामाजिक सेवा लगभग शून्य छ ।
टंक ढकाल
तल्लो सदनले सिनेटमा पठायो ट्रम्पमाथिको महाअभियोग
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको महाअभियोग सम्बन्धी आर्टिकल संसदको माथिल्लो सदनमा गएको छ ।,तल्लो सदनले पारित गरेको महाअभियोग सम्बन्धी दुई आर्टिकल माथिल्लो सदन सिनेटमा ट्रायलका लागि पठाउने सम्बन्धी प्रस्ताव तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभले पारित गरेको हो ।,यो प्रस्तावमा सांसदहरुले अधिकांश रुपमा पार्टी लाइन अनुसार नै मत दिए । महाअभियोग माथिल्लो सदनमा पठाउने पक्षमा २२८ तथा विपक्षमा १९३ मत परेको हो ।,तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले राष्ट्रपति ट्रम्पमाथिका दुई महाअभियोग आर्टिकलमा हस्ताक्षर गरिन् । विपक्षी डेमोक्र्याटिक पार्टीको बहुमत रहेको तल्लो सदनले गएको महिना राष्ट्रपति ट्रम्पमाथि महाअभियोग लगाउने पक्षमा मतदान गरेको थियो ।,ट्रम्पमाथि शक्तिको दुरुपयोग गरेको तथा संसदको कार्यसम्पादनमा अवरोध गरेको अभियोगमा महाअभियोग लागेको हो । नेपाली समय अनुसार गएको पुस ३ गते बिहान अमेरिकी तल्लो सदनले ट्रम्पमाथि महाअभियोग लगाउने पक्षमा मतदान गरेको थियो ।,त्यसबेला शक्तिको दुरुपयोग गरेको अभियोगमा महाअभियोग लगाउने पक्षमा २३० तथा विपक्षमा १९७ मत परेको थियो । महाभियोग लाग्नका लागि २१६ मत भए पुग्ने थियो । तीन सांसदले यसमा मतदान गरेनन् भने डेमोक्र्याटिक नेतृ तुलसी गाबरले पक्ष वा विपक्षमा मतदान गरिनन् । दुई डेमोक्र्याट र सम्पूर्ण रिपब्लिकनले विपक्षमा मतदान गरे । पक्षमा मतदान गर्नेमा २२९ डेमोक्र्याट र एक स्वतन्त्र सांसद थिए ।,यस्तै सदनको कार्य सम्पादनमा अवरोध गरेको अभियोगमा पनि ट्रम्पमाथि महाअभियोग लागेको छ । यो अभियोगको पक्षमा गएको पुस ३ गते बिहान भएको मतदानमा २२९ तथा विपक्षमा १९८ मत परेको थियो । यसमा तीन डेमोक्र्याटले विपक्षमा मत दिए थिए । तीन सांसदले मत दिएनन् भने तुलसी गाबरले यसमा पनि पक्ष वा विपक्षमा मत दिइनन् ।,तल्लो सदनबाट महाअभियोग सम्बन्धी दुई आर्टिकल पारित भएसँगै थप प्रक्रियाका लागि माथिल्लो सदन सिनेट पठाउनु पर्ने हुन्छ । सभामुख पेलोसीले मअभियोग सिनेटमा ट्रायलमा पठाउनका लागि ढिला गरिन् । तर अन्ततः बुधबार तल्लो सदनले महाअभियोग सम्बन्धी आर्टिकलहरु सिनेटमा पठाउने प्रस्ताव पारित गरेको हो ।,अब माथिल्लो सदन सिनेटले ट्रम्पलाई महाअभियोगमा दोषी ठहर गरी ह्वाइट हाउसबाट बर्खास्त गर्ने या नगर्ने सम्बन्धमा फैसला गर्ने छ । सिनेटमा रिपब्लिकनको बहुमत छ ।,सिनेटमा अब महाअभियोगका लागि बहस सुरु हुनेछ । माथिल्लो सदनमा हुने बहसका लागि सभामुख न्यान्सी पेलोसीले सात सांसदको समूह बनाएकी छन् । सांसदहरुको समूहलाई व्यवस्थापक भनिन्छ, उनीहरुले सिनेटमा ट्रम्पमाथिको महाअभियोग प्रस्ताव पेश गर्ने छन् ।,बहसको अध्यक्षता अमेरिकी सर्वोच्च अदालतका मुख्य न्यायाधीश जोन जी. रोबर्टस जुनियरले गर्ने छन् । यस्तै वकिलहरुको समूहले ट्रम्पको पक्षमा बहस गर्ने छ ।,बहसका लागि डेमोक्र्याट र रिपब्लिकन पक्षका सिनेटका नेताहरु सहमत हुनु पर्ने छ । आउँदो मंगलबारदेखि बहस सुरु हुने जनाइएको छ ।, माथिल्लो सदनबाट महाभियोग प्रस्ताव पारित हुनका लागि दुई तिहाई सिनेटरले पक्षमा मत दिनु पर्नेछ । अर्थात ट्रम्प महाअभियोग लागेर राष्ट्रपतिबाट बर्खास्त हुनका लागि सिनेटका १०० मध्ये ६७ सदस्यले पक्षमा मत दिनु पर्ने हुन्छ ।,हाल अमेरिकी सिनेटमा रिपब्लिकनको बहुमत छ । ५३ रिपब्लिकन र ४५ डेमोक्र्याट सिनेटर छन् । यस्तै दुई सिनेटर स्वतन्त्र छन् तर उनीहरुले डेमोक्र्याटकै पक्ष लिने लगभग निश्चित जस्तै छ ।,सन् २०१६ मा रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार बनेर अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रम्पले आफ्नो व्यक्तिगत राजनीतिक स्वार्थका लागि अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहयोग प्रयोग गरेको आरोप छ । राजनीतिक स्वार्थ पूरा गर्नका लागि युक्रेनलाई दिँदै आएको सैन्य सहयोग रोकेर उसमाथि दबाब सिर्जना गरेको अभियोग ट्रम्पमाथि छ ।,राजनीतिक स्वार्थका लागि विदेशी शक्तिको सहयोग खोज्नु अमेरिकामा गैरकानूनी मानिन्छ।,ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई पूर्व अमेरिकी उपराष्ट्रपति जो बाइडेन तथा उनका छोरा हन्टर बाइडेनमाथि भ्रष्टाचार आरोपमा छानबिन सुरु गर्न आग्रह गरेका थिए । त्यसकै लागि ट्रम्पले युक्रेनलाई दिइँदै आएको सैन्य सहयोग रोकेको र यसले ट्रम्पलाई व्यक्तिगत रुपमा राजनीतिक लाभ हुने आरोप छ ।
null
‘बास त छैन, कहाँबाट पढाउनु यी बालबच्चाहरुलाई?’
टहरा भत्काउँदा छुटेका केही काठहरु छन्। भित्ताका डोबहरुको घेरामा प्लास्टर गरिएका साना वर्गाकार र आयताकारहरु देखिन्छन्।,यी आकारहरुमा मंसिरको दोस्रो हप्तासम्म टहरा ठडिएको अवस्थामा थिए। त्यसका बासिन्दा थिए- म्यानमारबाट शरण खोज्दै नेपालसम्म आइपुगेका अल्पसंख्यक रोहिंग्याहरु।,काठमाडौँको बुढानिलकण्ठ नगरपालिका–११ लसुनेटारमा केदार खड्काको जग्गा भाडामा लिएर बसेका थिए १२ परिवारका ६४ जना रोहिंग्याहरु। अचानक जग्गा धनीले उनीहरुलाई खाली गर्न भने । विस्थापित रोहिंग्याहरु पुगे काभ्रेको पनौति नगरपालिका–३ कुशादेवी।,स्थानीय सत्यराम थापाको जग्गा भाडामा लिएर टहरा बनाएका उनीहरुले त्यहाँ पनि बस्न पाएनन्। वैकल्पिक स्थानको खोजी जारी छ । शिविर नम्बर ३ का रोहिंग्याहरुले शिविर नम्बर २ र ४ मा रहेका शरणार्थी रोहिंग्याकोका पाहुना बनेका छन् ।,भत्किएको शिविर नम्बर ३ को कुनामा अलि ठूलो आकारको आयताकार क्षेत्र छ । तर त्यो खाली छैन । बेन्चहरु त्यसै छन् । रोहिंग्या बालबालिकाका लागि अध्ययन केन्द्र थियो ।,टहरा भत्काएर अर्को ठाउँको खोजीमा जाने बेला अत्यावश्यक सामग्री पोको पारेका रोहिंग्याले डेस्क–बेन्च भने लगेनन् । लोभ नलागेको हैन । तर त्यो घाँडो बन्यो । अत्यावश्यक सामग्रीको कोटामा बालबालिकाको शिक्षाका लागि चाहिने सामग्री परेनन् ।,शिविरको सिकाई केन्द्रमा पूर्व प्राथमिक तहको अध्ययन हुन्थ्यो । सो भत्किएपछि जीवनको सुरुवाती वर्षहरुमा रहेका बालबालिकाको उज्यालो यात्रामा तगारो लाग्यो । स्थानीय विद्यालयमा जेनतेन पढिरहेका रोहिंग्या बालबालिकाको पढाई छुट्यो ।,‘पहिले बाँच्नु पर्‍यो, बास चाहियो, खानु पर्‍यो । त्यसपछि पो पढाईको कुरा, बास नै छैन कसरी बच्चाको पढाईबारे सोच्न सकिन्छ?’ शिविर नम्बर ३ मा रहेकी छोरी तथा उनका सन्तानहरुका बारेमा बताउँदै शिविर नम्बर ४ मा रहेका अली जुहारले बताए ।,अली जुहारको टहरा अघिल्लतिरको आगँनमा खेलिरहेका थिए ६ वर्षकी जसमिन अहत्तर र ९ वर्षकी सुफिरा बेगम । जसमिन युकेजी र सुफिरा तीन कक्षामा पढ्दै थिइन् । तर उनीहरु अहिले स्कूल जान पाएका छैनन् ।,‘अब अर्को वर्ष पढ्ने भन्नु भएको छ’ सुफिराले स्कूल नजानुको कारण खुलाउँदै बुवाआमाले भनेको कुरा सुनाइन् । तर सबै कुरा बासको ठेगान लागेपछि मात्र पक्का हुनेछ ।,सुफिरा र जसमिनसहितका शिविर नम्बर ३ मा बस्ने विद्यालय उमेरका १२ बालबालिकाको पढाई नयाँ शिविरको ठेगान नलाग्दा अलपत्र परेको हो । तर शिविर नम्बर १, २ र ४ मा बस्ने रोहिंग्या बालबालिकाहरु पनि आधारभूत शिक्षाको पहुँचमा रहेको ग्यारेन्टी भने छैन ।,शिविर नम्बर २ मा पाँच सन्तानसहित बस्छिन् साजिदा बेगम । उनले दुई छोरालाई जेनतेन स्कूल पठाएकी छन् । काखे छोरा स्कूल जाने भएका छैनन् ।,स्कूल जाने उमेरका दुई छोरालाई भने साजिदाले पढाउन सकिनन् । साजिदाले भनिन्, ‘स्कूलको फि बुझाउन नसकेर दुई छोरालाई विद्यालयबाट छुटाएँ । पहिले पेट भर्नु पर्‍यो । अनि त पढाउने हो ।’,पाँचदेखि १२–१४ वर्षसम्मका रोहिंग्या बालबालिका आंशिक या पूर्ण रुपमा विद्यालय जान्छन् । तर उनीहरुले पढाइ निरन्तर बनाउन सकेका छैनन् । सबै अभिभावकको उत्तर एउटै हुन्छः आर्थिक समस्याका कारण चाहेर पनि पढाउन सकेका छैनन् उनीहरुले ।,सात वर्षका नुर हासिम र पाँच वर्षका नुर कदरका पिता नुरुल आमिनले भने, ‘काम नपाएको दिन छाक टार्नै मुश्किल पर्छ । कतैबाट सहयोग पाइएको छैन । सन्तान पढाउन त अति मुश्किल छ ।’,नुरुल र साजिदासहितका अधिकांश रोहिंग्या अभिभावको गुनासो आप्रवासी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायोग (युएनएचसिआर) तर्फ लक्षित थियो ।,सुरुका वर्षमा प्रति परिवार मासिक रुपमा १५–१७ हजार रुपैयाँ जीविकाका लागि सहयोग गर्दै आएको युएनएचसिआरले हाल सो सहयोग बन्द गरेको उनीहरुले बताए । बालबालिकालाई अध्ययनको व्यवस्थाका लागि भने केही सहयोग जारी राखेको युएनएचसिआरले जनाएको छ ।,तर युएनएचसिआरले रोहिंग्या बालबालिकाको अध्ययनका लागि दिने गरेको वार्षिक १२ हजार रुपैयाँ सहयोग अति नै न्यून छ ।,वर्षको १२ हजार रुपैयाँले विद्यालय खर्चको केही अंश पनि नपुग्ने रोहिंग्या अभिभावकहरु बताउँछन् । तर युएनएचसिआर भने बजेटको अभाव भएकाले चाहेर पनि सहयोग गर्न नसकेको दाबी गर्छ ।,शरणार्थीहरुको मानवअधिकार रक्षा र उनीहरुको व्यवस्थापनका लागि काम गर्ने प्रमुख जिम्मेवारी पाएको संयुक्त राष्ट्रसंघीय संस्था युएनएचसिआरले बजेट नभएकाले पर्याप्त सहयोग गर्न नसकिएको बताउँदा शरणार्थी सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिमा हस्ताक्षर नै नगरेका र कुनै दायित्व नभएको नेपालले सहयोगले गर्ने अपेक्षा रोहिंग्याहरुले पनि गरेका छैनन् ।,लसुनेटारमा रहेका रोहिंग्या शरणार्थी सलाउद्दिन खानले भने, ‘नेपाल सरकारले त हामीलाई बस्न दिएको छ । उसप्रति हाम्रो गुनासो छैन । युएनएचसिआरबाट हो सहयोगको अपेक्षा, तर पाइएको छैन ।’,गृह मन्त्रालयका एक उच्च अधिकारले भने, ‘नेपाल बालअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि र मानवअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय सन्धिको पक्ष राष्ट्र हो । तर शरणार्थी सम्बन्धी महासन्धिको पक्ष राष्ट्र होइनौँ । त्यसले हामी बाध्यकारी छैनौँ ।’,ती अधिकारीले शरणार्थी बालबालिकाका सम्बन्धमा भने, ‘सबै बालबालिकाले पढ्न पाउनु पर्छ । उज्ज्वल भविष्यको मार्ग कोर्न पाउनु पर्छ । यो विश्वव्यापी मान्यता हो । तर यो पनि भुल्नु हुँदैन कि नेपाल जस्तो आर्थिक रुपमा कमजोर देशमा यहिँका धेरै बालबालिकाले शिक्षासहितका आधारभूत अधिकारहरु पाएका छैनन् । यस्तोमा शरणार्थी बालबालिकाका लागि सोच्न सक्ने अवस्था छैन ।’
टंक ढकाल
महिलाले मात्रै रथ तान्ने जात्रा, याक मिसा भूज्या
लुभू सानागाउँकी मंगलमाया तुलधर शुक्रबार बिहानै चार बजे घरबाट निस्केकी हुन् । उनी गाउँका दिदी बहिनीको साथ लागेर बिहानको पाँच बज्नै लाग्दा लगनखेल आइपुगिन् ।,ठटी चोकबाट झण्डै दुई सय मिटर दक्षिणतर्फ रहेको रातो मछिन्द्रनाथको रथलाई दर्शन गरिन् । त्यसपछि रथको लट्ठो समातेर बसिन् । मंगलमाया जस्तै अरु महिला पनि थिए, जो रथलाई दिशा दिनका लागि तान्न बाँधिएको लट्ठो समातेर लामबद्ध थिए ।,बिहानै सानागाउँबाटै कम्मर कसेर आएको बताउने ५० वर्षे मन्दिरा तुलाधर जोश युक्त थिइन् । पहिलो पटक मन्द्रिनाथको रथ तान्न लाइनमा बसेकी उनलाई निर्देशनको मात्रै खाँचो छ जस्तो देखिन्थ्यो । देउताको बहान तान्ने बल जुटाएकी रहिछन् उनले केही दिनदेखि । ‘यसपटक त जसरी पनि रथ तान्छु भन्ने थियो, तयारी अवस्थामा छु’ रथ तान्न परिवेश मिलाउँदै गरेका पूजारीबाट आँखा नहटाइ उनले भनिन् ।,लगनखेलकी सुनकेसरी धजूलाई महिलाले मात्रै एक दिन मछिन्द्रनाथको रथ किन तान्छन् या तान्न दिइन्छ ? थाहा छैन । तर उनी लट्ठो समातेर लाइन् बसेकी थिइन् । उनलाई अरुले तानेको हेर्दा भन्दा आफैले तान्दाको अनुभव लिनु थियो ।,साढे पाँच बज्दै लाग्दा पूजारीले खड्ग र चमर रथमा ल्याए । त्यसपछि एक युवा रथको सबैभन्दा अघिल्लो भागमा पुगे । मालामा सजिएका र अबिरले रंगिएका उनी ‘हपा बिहु’ हुन् । हपा बिहु अर्थात निर्देशन दिने मान्छे । हपा बिहुले रथ छान्न तयार रहेकाहरुलाई निर्देशन दिने र त्यसको तालमेल मिलाउँछन् ।,लट्ठो समातेर लाइनमा रहेका महिलाहरुले हपा बिहुलाई हेरिरहेका थिए । केहीबरेमा उनले ‘होस्टे’ भने, लामबद्ध महिलाले ‘हैँसे’ फर्काए । होस्टे–हैँसेको आजाव गुन्जियो केही बेर अनि रथ अघि बढ्यो । महिलाहरुले तानेको रथ जात्रा हेर्न पुग्ने महिला मात्रै थिएनन् तर आत्मसन्तुष्टिको भाव भने दर्शक महिलाहरुको अनुहारमा पनि स्पष्ट थियो ।,होस्टे–हैँसे र त्यसपछिको सामूहिक बलमा तानिएको डोरीको सारमा वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको रथ लगनखेलको ठटी चोक आइपुग्यो ।, रथ तान्न सुरु गर्दा पूर्वबाट उज्यालो हुँदै थियो । झण्डै दुईसय मिटरको दूरी पार गर्दा घामले पूर्ण आकार लिएर निधारका पसिना ढिक्कामा ठोक्कियो । अघिसम्म रथ तानिरहेका महिलाहरुले रथलाई फेरि एकपटक दर्शन गरे । अनि मुस्कुराउँदै प्रसाद ग्रहण गरेर बिस्तारै लाखापाखा लाग्दै गए ।,कााठमाडौँ उपत्यकाका अधिकांश क्षेत्रको सहभागिता रहने जात्रा हो रातो मछिन्द्रनाथ जात्रा । महिना दिनसम्म चल्ने जात्रामा काठमाडौँ, झक्तपुर तथा पाटनसहितका मुख्य क्षेत्रका लागि विशेष दिन छुट्याइएको हुन्छ ।,रथ लगनखेलमा पुगेपछि साइत हेरर नरिवल खसाल्ने जात्रा गरिन्छ । यसको अर्थ रथ जात्रा अब सकिने बेला हुन लाग्यो । मान्यता अनुसार नरिवल खसाल्ने जात्रा भइसक्दा पनि लगनखेलकी एक महिलाले जात्रा हेर्न नपाएको या सहभागी हुन नपाएपछि उनका लागि विशेष व्यवस्था गरिको जात्रा हो, महिलाले मात्रै रथ तान्ने जात्रा।, अरु बेला बेलुकामा तानिने रथ नरिवल खसालेको भोलिपल्ट बिहानै तानिन्छ । किम्बदन्ति अनुसार जात्रा मनाउन नपाएकी एकल महिलाका लागि बिहानै महिलाले मात्रै रथ तान्ने व्यवस्था गरि जात्रामा सहभागी गराइएको रातो मछिन्द्रनाथ मन्दिरका पूजारीहरुको समूह (३२ पानेजु) का सचिव विनोद बज्राचार्यले बताए ।,यो दिनको जात्रालाई याकमिसा भूज्या अर्थात एक्लो महिलाले रथ तान्ने जात्रा भन्ने गरिन्छ । रातो मछिन्द्रनाथ जात्रा बारेका जानकार खोकनाका मोहनकृष्ण महर्जनका अनुसार पहिले एकल महिलाले मात्रै रथ तान्ने परम्परा थियो । तर अहिले भने सबै महिलाले रथ तान्छन् ।,उनले भने, ‘यो महिलाका लागि मात्रै विशेष रुपमा छुट्याइएको जात्रा हो । पहिले एकल महिलाले मात्रै तान्नु पर्ने मान्यता थियो । तर अहिले सबै महिलाले तान्छन् ।’,यसरी जात्रा अन्तिम चरण पुगेको वा भगवानलाई समेत थकाई लाग्दासम्म पनि जात्रामा सहभागी हुन नपाएकी महिलालाई पनि सामेल गराउने जात्राका रुपमा लिइन्छ ज्याक मिसा भुज्यालाई ।,तर २०७२ सालदेखि रथ निर्माण कार्यमा संलग्न हुँदै आएका र रहेक वर्ष जात्रामा सक्रिय सहभागिता जनाउने पाटनढोकाका लुसन डंगोल भने याक मिसा भुज्यालाई किम्बदन्तिसँग मात्रै नभएर महिलाप्रतिको सम्मानका रुपमा लिनु पर्ने बताउँछन् । उनी भन्छन्, ‘यो बिहानको जात्राले महिलाको शक्तिलाई सम्मान गरेको जस्तो लाग्छ ।’,महिलाले तानेर ठटी चोकसम्म ल्याएपछि रथमा रहेका भगवानलाई केही दिन आरा मगर्न दिने चलन छ । लामो यात्राका कारण रातो मछिन्द्रनाथ थाकेकाले याक मिसा भुज्यापछि रथलाई ठटी चोकमै रोकेर आरामका लागि समय दिने चलन रहेको मोहनकृष्ण महर्जनले बताए ।,उनका अनुसार ठटीचोकमा रहेका आराम गरेका भगवान मान्छेको रुप लिएर कीर्तिपूर घुम्न गएको र त्यहाँ एक महिलासँग रंगरस गरिरहेका बेला स्थानीयले देखेपछि थुनेर राखेको किम्बदन्ति छ । साइत हेरेर फेरि रथ तान्न खोज्दा भगवान नदेखिएपछि तान्त्रिकले हेर्दा मान्छेको रुपमा कीर्तिपुरमा थुनिएको अवस्थामा देखिएको र त्यसपछि कीर्तिपुरसँग वार्ता गरि क्षमा पूजा गरेर भगवानलाई रथमा ल्याउने गरेको मान्यता छ ।,महर्जनले भने, ‘ठटीचोकदेखि ज्याउलाखेलसम्म कीर्तिपुरकाले मात्रै रथ तान्छन् । उनीहरुले कीर्तिपुर नै लैजाने प्रयास गर्छन् । पाटनकाले रथलाई खाल्डोमा पारिदिएपछि ज्याउलाखेलमै रथ रोकिन्छ । त्यसपछि साइत हेरेर भोटो देखाउने जात्रा हुन्छ ।’
टंक ढकाल
देश गुमाएका रोहिंग्या शरणार्थीहरुको अन्तर्राष्ट्रिय यात्रा: हेगदेखि नेपालसम्म
केही वर्षअघिसम्म अन्तर्राष्ट्रिय जगत, खासगरी शक्तिशाली पश्चिमा देशले प्रजातन्त्रकी ‘दूत’का रुपमा स्वीकार गरिएकी म्यानमारकी नेतृ आङ साङ सुकी डिसेम्बर दोस्रो हप्ता (डिसेम्बर १०, ११ र १२) इन्टरनेशनल कोर्ट अफ जस्टिस (आईसिजे) हेगमा प्रस्तुत भइन् ।,प्रजातन्त्रको पक्षमा निरन्तर लडाईँका लागि नोबेल शान्ति पुरस्कारद्वारा सम्मानित सुकी आमहत्या जस्तो अति गम्भीर अभियोगमा देशको बचाउका लागि हेग प्रस्तुत भएकी हुन्। रोहिंग्या मुस्लिम समुदायमाथि राज्य तहकै सहयोगमा हिंसा गरेको तथा उनीहरुको सामूहिक हत्या गरेको अभियोग म्यानमारमाथि लागेको छ।,अफ्रिकी देश गाम्बियाले हेगमा म्यानमारविरुद्ध नरसंहारको अभियोगमा मुद्दा दर्ता गरेपछि त्यसको बचाउमा सुकी प्रस्तुत भएकी थिइन्। उनले हेगका १७ न्यायाधीश सामु आफ्नो देशको बचाउ गरिन्, र भनिन्, ‘रोहिंग्या समुदायमाथि दमन गरेको तथा उनीहरुको आमहत्या गरेको भन्ने अभियोग अपूरो र गलत छ।’,सन् २०१६ को अप्रिलदेखि सुकी म्यानमारको सर्वोच्च नेताको जिम्मेवारीमा छिन्। सन् २०१० मा उनी १५ वर्षको नजरबन्दपछि स्वतन्त्र भइन्। १५ वर्षपछि स्वतन्त्रताको सास लिन पाइन् उनले । वञ्चित गरेको थियो । तर यो पटक सुकी हेगमा उनको स्वतन्त्रता हरण गर्ने सेनाको सहयोगमा भएको भनिएको गम्भीर आरोपको बचाउमा प्रस्तुत भइन् ।,रोहिंग्या समस्या दशकौँ पुरानो रहेको र यसमा गम्भीर दमन वा आमहत्या नभएको उनले बारम्बार दोहोर्‍याइन् हेगमा । तर तनावको क्रममा सेनाले केही युद्ध अपराध गरेको पाइएमा कारवाही हुने बताइन् ।,बुद्धिस्ट बाहुल्य तत्कालीन बर्मा (म्यानमार) मा सन् २०१७ मा रोहिंग्याहरुमाथि दमनका घटनाले सघन रुप लियो । बंगलादेशसँग सीमा जोडिएको राज्य रखाइनमा मुस्लिम अल्पसंख्यकका रुपमा लिइने रोहिंग्याहरुको बसोबास छ । म्यानमार रोहिंग्याहरुलाई आफ्नो नागरिक मान्दैन ।,उनीहरु बंगलादेशबाट आएको उसको दाबी रहँदै आएको छ र बंगलादेश पनि उनीहरुलाई आफ्नो नागरिक मान्दैन । रोहिंग्याहरु भने पुस्तौँदेखिको बसोबास रखाइनमै रहेको र रखाइन म्यानमारको भएपछि आफूहरु कसरी म्यानमारका नहुने भन्ने प्रश्न गर्छन् ।,विगत तीन दशक भन्दा लामो समयदेखि रखाइनमा रोहिंग्या तथा म्यानमार सेना समर्थित बुद्धिस्ट समुदायबिच तनावको अवस्था छ ।,सन् २०१७ मा तनावले उग्र रुप लियो । सेनासहित स्थानीय बुद्धिस्ट समुदायले आफूहरुमाथि ज्यादती गरेको भन्दै रोहिंग्याहरु बिस्थापित हुने क्रमले तीव्रता पायो । त्यसको परिणाम स्वरुप हाल छिमेकी बंगलादेशमा झण्डै १० लाख रोहिंग्याहरु शरण लिएर बसेका छन्, यद्यपि भारत सरकार उनीहरुलाई आश्रय दिन त्यति सकारात्मक देखिँदैन ।,शरण खोज्दै केही सय संख्यामा रोहिंग्याहरु नेपालसम्म आइपुगेका छन् । तर सीधै आएका भने होइनन् । पहिले बंगलादेश पसे, त्यसपछि त्यो भन्दा सहज आश्रयको खोजीमा भारत पुगे । त्यहाँ बस्न नपाएपछि नेपाल आइपुगेका हुन् रोहिंग्याहरु ।,तनावको अवस्थामा रहेको रोहिंग्या र सेना समर्थित बुद्धिस्ट समुदायबिचको सम्बन्धले सन् २०१० देखि हिंसाको रुप लिएको हो । त्यसपछि विस्थापित हुने क्रम सुरु भयो रोहिंग्याहरुको ।,त्यसको एक वर्षपछि नेपालमा रोहिंग्याको सानो समूह आइपुगेको देखिन्छ । सन् २०११ अन्त्य या २०१२ को जनवरीमा रोहिंग्याहरुको पहिलो समूह नेपाल आइपुगेको हो । , । उनी हाल काठमाडौँको बुढानिलकण्ठ नगरपालिका–११ राममन्दिरमा रहेको शिविरमा बस्छन् ।,त्यसपछि रोहिंग्याहरु नेपाल आउने क्रम बिस्तारै बढ्दै गयो । गएको वर्ष (२०७५ अशोज) देश सञ्चारले नेपालमा रहेका रोहिंग्याहरुको अवस्थाबारे विशेष रिपोर्टिङ्ग गर्ने क्रममा नूरसहितका रोहिंग्याहरुले तय गरेको नेपालसम्मको ‘शरण’ यात्रा बारे खोजिएको थियो ।,रोहिंग्याहरु शरणको पहिलो गन्तव्य बंगलादेशका शिवरहरुको नाजुक अवस्था तथा त्यसपछि भारतका शहरहरुमा बस्न नपाएका कारण स्थल मार्ग हुँदै पूर्वी नाकाबाट आएका हुन् ।,सन् २०१७ मा भएको हिंसापछि नेपालमा रोहिंग्याहरुको संख्या अझ बढ्यो । सय भन्दा केही माथि रहेको उनीहरुको संख्या तीन सय नाघ्यो ।, रहेको थाहा भएको थियो । बुढानिलकण्ठ नगरपालिका–११ मा चारवटा शिविर बनाएर बसेका रोहिंग्याहरुबाट प्राप्त तथ्यांक थियो त्यो ।,तर नेपाल सरकारलाई भने यति नै संख्यामा रोहिंग्याहरु छन् भन्ने जानकारी नै थिएन । गएको कात्तिकमा (२०७६) मा स्थानीय समुदायबाट गुनासो आउने क्रम बढेको तथा केन्द्रीय अनुसन्धान व्यूरोसहितका सुरक्षा निकायले रोहिंग्याहरुका कारण सुरक्षा चुनौति हुन सक्ने भन्दै सजग बनाएपछि गृह मन्त्रालय केही चनाखो बन्यो ।,त्यसपछि कात्तिक २४ गते गृह मन्त्रालयले नेपालमा रहेका रोहिंग्याहरुको बारेमा अध्ययन गर्न काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालको संयोजकत्वमा कार्यदल बनायो । महानगरीय प्रहरीका प्रहरी नायब उपरीक्षक, राष्ट्रिय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक, गृह मन्त्रालयका शाखा अधिकृत र जिल्ला प्रशासन कार्यालय काठमाडौँका शाखा अधिकृत सदस्य रहेको कार्यदलले अध्ययन गरेर १५ दिनमा आफ्नो प्रतिवेदन बुझाएको थियो ।,अध्ययन कार्यदलका संयोजक कटुवालले आफूहरुको गृह मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा नेपालमा रहेका रोहिंग्याहरुको संख्या, उनीहरुले नेपाल प्रवेशका लागि प्रयोग गरेको मार्ग तथा उनीहरुको संख्या बढ्न नदिनका लागि अपनाउनु पर्ने सावधानीहरुबारे सुझाव समेत समेटेको देश सञ्चारलाई जानकारी दिएका छन् ।,नेपालमा रोहिंग्याहरुको प्रवेश भएको ८ वर्ष पुगेको छ । यो अवधिमा सरकारले गठन गरेको कार्यदलका अनुसार अहिले नेपालमा ३७८ जनाको हाराहारीमा रोहिंग्याहरुले शरण लिएर बसेका छन् ।,कार्यदलका संयोजक कटुवालले भने, ‘हामीलाई जानकारी थिएन, काठमाडौँमै बर्माका रोहिंग्याहरु शरणार्थीका रुपमा बसेका छन् र यतिका वर्ष भइसक्यो भन्ने । गृह मन्त्रालयले मेरो नेतृत्वमा अध्ययन कार्यदल बनाएपछि हामी अध्ययनका लागि गयौँ । उनीहरुसँग हामीले गरेको कुराकानी तथा अध्ययनबाट संख्या थाहा भएको छ ।’,उनले थप जानकारी दिए, ‘रोहिंग्याहरुको नेपाल प्रवेश अति सहज रुपमा भएको रहेछ । भारतसँगको खुला सीमा रहेका कारण उनीहरु सहज रुपमा पूर्वी नाका हुँदै नेपाल आएका रहेछन् ।’,कटुवाल संयोजकत्वको कार्यदलले बताएको संख्यासँग निकै हदसम्म मेल खान्छ, शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायोग (युएनएचसिआर) को तथ्यांक ।,युएनएचसिआरका अनुसार हाल नेपालमा ३५० जना रोहिंग्याहरु छन्, जसले शरणार्थी रहेको पहिचान दिने ‘परिचयपत्र’ पाएका छन् । यस्तै अरु १५ जना जतिले शरणार्थी परिचयपत्रका लागि निवेदन दिएको र त्यसमा अध्ययन भइरहेको काठमाडौँको महाराजगञ्ज स्थित युएनएचसिआरको नेपाल हेडक्वाटरले जनाएको छ ।,युएनएचसिआरका प्रतिनिधि भन्छन्, ‘रोहिंग्याहरुलाई हामीले प्रदान गरेको परिचयपत्र उनीहरुको दाबीमाथि लामो र गहन अध्ययनपछिको प्रतिफल हो । अहिले ३५० जनाले परिचय पत्र पाएका छन् र १५ जना जतिको निवेदनमा अध्ययन हुँदैछ । यो परिचयपत्र हामीले दिएका हौँ । नेपाल सरकारले दिएको होइन । तर हामीले सरकार, विशेष गरी गृहमन्त्रालयसँग सहकार्य गरिरहेका छौँ रोहिंग्याहरुको सम्बन्धमा।’,देश सञ्चारको अध्ययन अनुसार १५ महिनाअघि ३४८ को रहेका रोहिंग्याहरुको संख्या अहिले बढेर कम्तिमा ३८१ पुगेको छ ।,बुढानिलकण्ठ नगरपालिका–११ राममन्दिरमा रहेको रोहिंग्याहरु बसेको नेपालको पहिलो शिविरमा हाल ४५ परिवारका १७५ जना छन् ।, यस्तै बुढानिलकण्ठ नगरपालिका–११ लसुनेटारमा रहेको शिविर नम्बर २ मा २४ परिवारका ८४ जनाको बसोबास छ । स्थानीय हरिचन्द्र श्रेष्ठको जग्गा भाडामा लिएर उनीहरुले टहरा बनाएका हुन् ।,केदार खड्काको जग्गा भाडामा लिएर टहरा बनाइ बसेका शिविर नम्बर ३ का रोहिंग्याहरुको संख्या ६४ रहेको छ । यो शिविरका टहराहरु मंसिरको दोस्रो हप्ता भत्काइएका थिए । यहाँ बस्दै आएकाहरु काभ्रेको पनौति नगरपालिका–३ कुशादेवीमा स्थानीय सत्यराम थापाको जग्गा भाडामा लिएर टहरा बनाइ बसेका छन् । तर स्थानीय बासिन्दाको विरोध पछि जग्गाधनी थापाले ठाउँ खाली गर्न भनेका छन् ।,बुढानिलकण्ठ नगरपालिका–११ लसुनेटारमै आयुष केसीको जग्गा भाडामा लिएर टहरा बनाइएको शिविर नम्बर ४ मा २२ परिवारका ५८ जनाको बसोबास छ ।,यसरी हेर्दा १५ महिनाको अवधिमा रोहिंग्याहरुको संख्या कम्तिमा ३३ ले बढेको छ । यसमध्ये २२ जना एक वर्ष भन्दा मुनिका बालबालिका छन् । अर्थात १५ महिनाको अवधिमा २२ को जन्म नेपालका शरणार्थी शिविरमा भएको हो भने अन्य ११ जना नेपाल प्रवेश गरे यो अवधिमा ।
टंक ढकाल
महाअभियोग लाग्ने तेस्रो अमेरिकी राष्ट्रपति ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम औपचारिक रुपमा शायदै कसैले पनि नचाहने सूचिमा लेखिएको छ र अब उपरान्त यो उनको परिचयको बलियो हिस्सा बनेको छ, कि उनीमाथि औपचारिक रुपमा महाअभियोग लाग्यो ।,अमेरिकाको इतिहासमा औपचारिक रुपमा महाअभियोग लाग्ने ट्रम्प तेस्रो राष्ट्रपति हुन् र उनी पहिलो कार्यकालमै महाअभियोग लाग्ने पहिलो राष्ट्रपति पनि ।,अमेरिकाको इतिहासमा योसँगै चार पटक महाअभियोग लगाउने बारे अनुसन्धान भएको छ । महाअभियोगको सम्बन्धमा अनुसन्धान भइरहेकै बेला रिचार्ड निक्सले राजीनामा दिएका थिए, जसका कारण उनीमाथिको महाअभियोग प्रस्तावले औपचारिक रुप लिन पाएको थिएन ।,ट्रम्प भन्दाअघि महाअभियोग लागेका अमेरिकी राष्ट्रपतिहरु हुन्, बिल क्लिन्ट र एन्ड्रयु जोनसन ।,अमेरिकाका १७ औँ राष्ट्रपति जोनसनले सन् १८६५ देखि १८६९ सम्म राष्ट्रपतिको जिम्मेवारी निर्वाह गरेका थिए । डेमोक्र्याट उनीमाथि सन् १८६७ मा महाअभियोग लागेको थियो । तर उनी राष्ट्रपतिबाट बर्खास्त भने भएनन्, किनकी सदनबाट सो प्रस्ताव पारित हुन सकेन ।,यस्तै अमेरिकाका ४२ औँ राष्ट्रपति बिल क्लिन्टनमाथि पनि महाअभियोग लागेको थियो । सन् १९९३ देखि २००१ सम्म राष्ट्रपति रहेका उनीमाथि ह्वाइट हाउसकी पूर्व इन्टर्न मोनिका लेविन्स्कीसँग प्रेम सम्बन्ध कायम गरेको आरोपमा महाभियोग लागेको थियो ।,डेमोक्र्याट क्लिन्टनमाथि तल्लो सदनले सन् १९९८ को डिसेम्बर १९ मा महाभियोग लगाएको थियो । महाभियोगको पक्षमा २२८ तथा विपक्षमा २०६ मत परेको थियो । तर माथिल्लो सदनबाट महाअभियोग प्रस्ताव पारित भएको थिएन र उनी राष्ट्रपतिबाट बर्खास्त भएनन् ।,त्यसअघि अमेरिकाका ३७ औँ राष्ट्रपति रिचार्ड निक्सनमाथि महाभियोग लगाउने सम्बन्धमा अनुसन्धान भएको थियो । वाटरगेट काण्डमा महाभियोग लगाउने बारे अनुसन्धान जारी रहेका बेला उनले राजीनामा दिएका थिए । उनीमाथि औपचारिक रुपमा महाअभियोग लाग्न पाएन ।, सन् १९६९ को जनवरी २० मा राष्ट्रपतिको जिम्मेवारी सम्हालेका उनले सन् १९७४ को अगस्टमा ९ मा राजीनामा दिएका थिए ।,ट्रम्प अमेरिकी इतिहासमा महाभियोग औपचारिक रुपमा लाग्ने तेस्रो राष्ट्रपति बनेका छन् । ट्रम्पमाथि शक्तिको दुरुपयोग गरेको तथा संसदको कार्यसम्पादनमा अवरोध गरेको अभियोगमा महाअभियोग लागेको हो ।,शक्तिको दुरुपयोग गरेको अभियोगमा महाअभियोग लगाउने पक्षमा २३० तथा विपक्षमा १९७ मत परेको हो । महाभियोग लाग्नका लागि २१६ मत भए पुग्ने थियो । तीन सांसदले यसमा मतदान गरेनन् भने डेमोक्र्याटिक नेतृ तथा आउँदो वर्ष हुने राष्ट्रपति चुनावमा उम्मेदवार बन्ने होडमा रहेकी तुलसी गाबरले पक्ष वा विपक्षमा मतदान गरिनन् । दुई डेमोक्र्याट र सम्पूर्ण रिपब्लिकनले विपक्षमा मतदान गरे । पक्षमा मतदान गर्नेमा २२९ डेमोक्र्याट र एक स्वतन्त्र सांसद हुन् ।,सदनकी सभामुख न्यान्सी पेलोसीले मतदान सकिए लगत्तै शक्तिको दुरुपयोग अभियोगमा ट्रम्पमाथि महाअभियोग लागेको घोषणा गरिन् ।, यस्तै सदनको कार्य सम्पादनमा अवरोध गरेको अभियोगमा पनि ट्रम्पमाथि महाअभियोग लागेको छ । यो अभियोगको पक्षमा २२९ तथा विपक्षमा १९८ मत परेको हो ।,यसमा तीन डेमोक्र्याटले विपक्षमा मत दिएका हुन् । तीन सांसदले मत दिएनन् भने तुलसी गाबरले यसमा पनि पक्ष वा विपक्षमा मत दिइनन् । सभामुख पेलोसीले मतदान सकिए लगत्तै दोस्रो अभियोगमा पनि ट्रम्पमाथि महाअभियोग लागेको घोषणा गरिन् ।,अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभमा राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने प्रस्तावमा नेपाली समय अनुसार बुधबार बेलुका सुरु भएको छलफल बिहीबार बिहान सम्पन्न भएको हो । छलफल सकिएपछि मतदान भएको हो ।,ट्रम्पमाथिको महाअभियोगबारे माथिल्लो सदन सिनेटमा बहस हुनेछ । माथिल्लो सदनमा रिपब्लिकनको बहुमत रहेको छ ।,सन् २०१६ मा रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार बनेर अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रम्पले आफ्नो व्यक्तिगत राजनीतिक स्वार्थका लागि अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहयोग प्रयोग गरेको आरोप छ । राजनीतिक स्वार्थ पूरा गर्नका लागि युक्रेनलाई दिँदै आएको सैन्य सहयोग रोकेर उसमाथि दबाब सिर्जना गरेको अभियोग ट्रम्पमाथि छ ।,राजनीतिक स्वार्थका लागि विदेशी शक्तिको सहयोग खोज्नु अमेरिकामा गैरकानूनी मानिन्छ।,ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई पूर्व अमेरिकी उपराष्ट्रपति जो बाइडेन तथा उनका छोरा हन्टर बाइडेनमाथि भ्रष्टाचार आरोपमा छानबिन सुरु गर्न आग्रह गरेका थिए । त्यसकै लागि ट्रम्पले युक्रेनलाई दिइँदै आएको सैन्य सहयोग रोकेको र यसले ट्रम्पलाई व्यक्तिगत रुपमा राजनीतिक लाभ हुने आरोप छ ।,जो बाइडेन आउँदो वर्ष हुने राष्ट्रपति चुनावमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बन्ने होडमा छन् र उनलाई प्रमुख दाबेदार मध्ये एक ठानिएको छ।
null
रोहिंग्या शरणार्थीका कारण स्थानीय तहमा त्रास, सरकार भने अलमलमै
‘रोहिंग्याहरु आएका छन् भन्ने सुनिएको थियो, तर सरकारलाई यसबारे थप केही जानकारी नै थिएन। तर अहिले उनीहरुको मोटामोटी संख्या र बसेको स्थानबारे थाहा भएको छ। बाँकी कुरा चाहिँ अध्ययन–अनुसन्धानकै चरणमा छौँ।’,नेपालमा विगत ८ वर्षदेखि बस्दै आएका र क्रमशः बढ्दै गएका रोहिंग्या आप्रवासीहरुका सम्बन्धमा गृह मन्त्रालयका प्रवक्ता सहसचिव केदारनाथ शर्माको भनाइ हो यो।,गृह मन्त्रालय अन्तर्गत सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख समेत रहेका सहसचिव शर्माले रोहिंग्याहरुका सम्बन्धमा विस्तृत जानकारी नरहेको र आफूहरु अध्ययनको क्रममै रहेको बताएका हुन्।,म्यानमारमा उनीहरु विरुद्ध भएको हिंसा तथा द्वन्द्वबाट जोगिन त्यहाँबाट बिस्थापित भएका रोहिंग्याहरु अधिकांश रुपमा बंगलादेशमा शरण लिएर बसेका छन्।,बुद्धिस्ट बाहुल्य बर्माको रखाइनमा अल्पसंख्य रोहिंग्या मुसलमानमहरुको बसोबास छ र त्यहाँ सेनाको समर्थनमा बुद्धिस्ट समुदाय तथा सुरक्षा निकायबाटै भएको हिंसाबाट जोगिनका लागि आफूहरु देश छोड्न बाध्य भएको बिस्थापित रोहिंग्याहरु बताउँछन्।,बिस्थापित रोहिंग्याहरु नेपालसम्म पनि आइपुगेका छन् शरणको खोजीमा। गृह मन्त्रालयका प्रवक्ता शर्माले नेपालमा रहेका रोहिंग्याहरुको संख्या थाहा लागेको बताए पनि सरकारको जानकारीमा रहेको संख्या भन्दा केही बढी छन् नेपालमा रोहिंग्याहरु।,गृह मन्त्रालयले काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालको संयोजकत्वमा गएको कात्तिक अन्तिम हप्ता नेपालमा रहेका रोहिंग्याहरुका सम्बन्धमा अध्ययन गर्न पाँच सदस्यीय कार्यदल बनाएको थियो । सो कार्यदलले अध्ययन प्रतिवेदन बुझाइसकेको छ।,गृह मन्त्रालयका प्रवक्ता केदार शर्माले सोही अध्ययनको हवाला दिएर सरकारलाई औपचारिक रुपमा रोहिंग्याहरु रहेको र उनीहरुको संख्या तथा बसोबास स्थानका बारेमा जानकारी भएको बताएका हुन् ।,कार्यदलका संयोजक काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी कटुवालले भने, ‘सबै तिरबाट चासो आयो, बर्माबाट बिस्थापित भएकाहरु नेपालमा छन् भन्ने । सरकारलाई स्पष्ट जानकारी थिएन । मन्त्रालयबाट मेरो नेतृत्वमा गठन भएको कार्यदलले प्रारम्भिक अवस्था खोतलेर प्रतिवदेन बुझाएको छ ।’,कार्यदलले कपन क्षेत्रको राममन्दिर र लसुनेटार क्षेत्रमा अध्ययन गरेको हो । उनले भने, ‘अहिले ३७८ जनाको संख्यामा रोहिंग्याहरु रहेको देखिएको छ । उनीहरु नेपालमा बस्न तथा काम गर्न सहज देखिएर आएको बताए ।’,पूर्वी नाकाबाट स्थल मार्ग हुँदै सहज रुपमा रोहिंग्याहरु नेपाल प्रवेश गर्ने गरेको र यहाँ आएकाहरुले परिवेश सहज रहेको भनेर आफन्तहरुलाई ल्याउने गरेको पाइएको कार्यदलका संयोजक कटुवालले बताएका छन् ।,भारतसँग खुला सीमा रहेकाले तिनै नाकाहरुको प्रयोग गरेर स्थल मार्ग हुँदै उनीहरु आउने गरेको पाइएकाले संख्या बढ्न सक्ने सम्भावना भएकाले नाकामा कडाई गर्नु पर्ने सुझाव दिएको कार्यदलले जनाएको छ ।,कटुवालले भने, ‘हामीले अनुसन्धानको क्रममा उनीहरुसँग सोध्दा रिक्सा चढेर सहज रुपमा नाकाहरुबाट आएको बताए । उनीहरुले अवैध नाका प्रयोग गरेको पाइएन । यहाँ आएपछि उनीहरुले केही आफन्तहरुलाई पनि बोलाएको पायौँ ।’,सीमा नाकामा जाँचको अवस्था अति कमजोर देखिएको र सोधपुछ आवश्यक तहमा नभएकाले उनीहरु रोहिंग्यासँगै अरु देशका अवैध रुपमा आप्रवासीहरु आउने सम्भावना देखिएको गृहलाई बुझाइएको कार्यदलको प्रतिवेदनमा उल्लेख गरिएको छ ।,यस्तै आइसकेकाहरुको व्यवस्थापनका लागि सरकार चनाखो हुनु पर्ने र कूटनीतिक रुपमा पनि पहल गर्न सुझाव दिएको कटुवालले बताए ।,रोहिंग्याहरु बस्दै आएको कपनको लसुनेटार तथा राममन्दिर क्षेत्रका स्थानीय बासिन्दाबाट आशंका र सामाजिक व्यवस्था खलल पुग्ने चिन्ता व्यक्त भएपछि, बने पनि उनीहरुलाई हटाउन सक्ने अवस्था भने छैन ।,राममन्दिरको रोहिंग्या शिविर नजिकै घर रहेकी एक महिलाले पहिचान गोप्य राख्न आग्रह गर्दै भनिन्, ‘अहिले त केही भएको छैन । तर केही भइ पो हाल्छ कि भन्ने डर भने रहन्छ । हुन त आफ्नो काम गरेर खाएका छन्, र पनि चिन्ता भइरहन्छ ।’,यी महिलाले जस्तै अरु स्थानीयहरु पनि रोहिंग्याहरुको बसाईबाट केही सशंकित भएको अवस्था पाइएको अध्ययन कार्यदलले आफ्नो प्रतिवदेनमा उल्लेख गरेको छ ।,गृह मन्त्रालयका प्रवक्ता शर्मा भने स्थानीय बासिन्दाको शंका आफ्नो ठाउँमा जायज भए पनि रोहिंग्याहरुलाई त्यहाँबाट हटाउन सक्ने अवस्था नरहेको बताउँछन् । ‘त्यहाँबाट हटाए पनि अर्को ठाउँमा बस्न दिनै पर्छ मानवीय नाताका हिसाबले । हाम्रो चासो बढेको छ । सुरक्षा चुनौति पनि हुन सक्ने भएकाले हामी सर्तक रुपमा छौँ ।’,लसुनेटारको शिविर नम्बर ४ बाट काभ्रेको पनौती–३ कुशादेवी गएका रोहिंग्याहरुलाई पनि टहरा बनाउनका लागि जग्गा भाडामा दिएका व्यक्तिले सो ठाउँ खाली गर्न भनेका छन् । यसमा पनि प्रमुख कारण स्थानीय बासिन्दाको आशंका नै हो ।,काभ्रेका निमित्त प्रमुख जिल्ला अधिकारी श्रवणकुमार मितिल्सिनाले आफूहरुलाई रोहिंग्याहरुको एक समूह मजदुरीका लागि कपनबाट कुशादेवी आएको र त्यहाँका बासिन्दाले विरोध गरेपछि हट्न भनेको मात्रै जानकारी रहेको बताएका छन् ।,लसुनेटारमा बसेका रोहिंग्याहरुले काठमाडौँको कागेश्वरी मनोहराको सुन्दरीजल तथा टोखा नगरपाकिलाको टोखा क्षेत्रमा पनि जग्गा भाडामा लिएर टहरा बनाउने प्रयास गरेका थिए ।,नेपालले शरणार्थी सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिमा हस्ताक्षेर गरेको छैन । यसले गर्दा यहाँ आउने सबै आप्रवासीहरु अवैध रहेको र उनीहरुलाई कानूनतः शरणार्थी भन्न नमिल्ने गृह प्रवक्ता केदारनाथ शर्माले बताए । र पनि नेपाल सरकारले भुटान र तिब्बतबाट आएकाहरुलाई आप्रबासी परिचय पत्र प्रदान गरेको छ । तर रोहिंग्याहरुलाई भने सरकारले कुनै पनि परिचय पत्र प्रदान गरेको छैन ।,नेपालमा रहेका एक लाख २० हजार भूटानी शरणार्थी मध्ये एक लाख १३ हजार भन्दा धेरै तेस्रो मुलुक पुनस्र्थापित भएका छन् । अब झण्डै सात हजारको हाराहारीमा भुटानी आप्रवासी छन् नेपालमा । यस्तै झण्डै १३ हजार तिब्बती आप्रवासी नेपालमा रहेको गृह मन्त्रालयले जनाएको छ ।,सरकारले परिचय पत्र प्रदान नगरे पनि रोहिंग्याहरुलाई आप्रवासी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायोग युएनएचसिआरले परिचय खुल्ने कागज प्रदान गरेको छ । त्यसका आधारमा उनीहरुको पहिचान हुने गरेको छ ।,युएनएचसिआरका प्रतिनिधिले सरकारसँगको सहकार्यमा रोहिंग्याहरुको सम्बन्धमा काम भइरहेको बताएका छन् । ‘नेपालले शरणार्थी सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिमा हस्ताक्षर गरेको छैन, तर मानवअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि तथा अधिकारका अरु विभिन्न सन्धिहरुको पक्ष राष्ट्र भएकाले आप्रवासीहरुलाई नेपालले शरण दिइएको हो । हामीले पनि अन्तर्राष्ट्रिय म्यान्डेट अनुसार नै काम गरिरहेका छौँ।’,युएनएचसिआरले रोहिंग्याको कुरा अति संवेदनशील रहेको भन्दै विस्तृत विवरण भने दिन अस्वीकार गरेको छ । गृह मन्त्रालयले गठन गरेको कार्यदलले बुझाएको प्रतिवेदनमा आएका रोहिंग्याहरुलाई स्वदेश फिर्ता गर्नका लागि कूटनीतिक तहमा प्रयास गर्नु पर्ने बताए पनि तत्कालै त्यसको सम्भावना भने देखिँदैन ।,युएनएचसिआरका प्रतिनिधिले भनेका छन्, ‘शरणार्थी समस्याको समाधानको सबैभन्दा उत्तम विकल्प उनीहरुलाई उनीहरुकै देशमा ससम्मान पुनस्र्थापित गर्नु हो । तर म्यानमारमा वातावरण बनेको देखिँदैन । बंगलादेशमा ठूलो संख्यामा रहेका रोहिंग्याहरुको पुनर्स्थापनाका सम्बन्धमा प्रयास हुन सकेको छैन । नेपालमा त अति कम मात्रै छन् । उनीहरुप्रति सरकाको नजर परेको देखिँदैन । तर उचित वातावरण निर्माणका लागि युएनएचसिआर मध्यस्थता गर्न तयार छ ।’,तत्कालका लागि मानवीय हिसाबले आएका आप्रवासीहरुलाई सहयोग गर्नुको विकल्प नरहेको बताए पनि , । विश्वव्यापी रुपमा नै शरणार्थीको संख्या बढेको तर त्यसको अनुपातमा बजेट अपुग रहेकाले चाहेर पनि पर्याप्त मात्रामा सहयोग गर्न नसकेको युएनएचसिआर बताउँछ ।,यसैबिच भारतमा हालै आएको नागरिकता संशोधन सम्बन्धी नयाँ कानून (सिएए) तथा नेशनल रजिस्टर अफ सिटिजन्स (एनआरसी) का कारण नेपालसँग सीमा जोडिएका क्षेत्रबाट खास गरी मुस्लिम आप्रबासी आउने सम्भावना बढेकाले चनाखो हुनु पर्ने अवस्था रहेको छ ।,भारतको नयाँ कानूनले समेट्न नसकेका मुस्लिम समुदायहरु खुला नाकाबाट आउने सम्भावना अधिक रहेकाले सतर्कता बढाएको तर सदियौँदेखिको खुला सीमा र भारतसँगको सम्बन्धका कारण नाकामा कडाइ गर्न सक्ने अवस्था पनि त्यति नरहेको गृह मन्त्रालयका प्रवक्ताले बताएका छन् । तर कुन आधारमा त्यसलाई अनुगमन गर्ने भन्ने  विषयमा कठीनता रहेको गृह मन्त्रालय बताउँछ ।
टंक ढकाल
यी बारटेण्डर युवतीको एक साँझ
निक्खर सेतो सर्ट, त्यसमाथि खैरो कोट–पाइन्टमा सजिएकी उनी काठमाडौँ दरबारमार्गस्थित कासा लाउन्ज बारमा छिरिन्। सरासर काउन्टरमा गएर रजिस्टरमा हाजिर गरिन्। त्यसपछि लागिन् कासाको बारतर्फ। बेलुकाको पाँच बज्यो र उनको ड्युटी सुरु भयो। उनी हुन्, सुष्मिता रिजाल। २२ वर्षकी सुष्मिता कासा लाउन्ज बारकी बारटेण्डर हुन्।,धुम्बाराहीबाट उनी दरबारमार्ग हरेक दिन यही बेला आउँछिन् र काम सिध्याएर घर फर्किँदा मध्य रात कटिसकेको हुन्छ अर्थात अर्को बिहानीको साढे एक वा दुई बजिसक्छ। सुनसान हुँदै जाने रातमा कासा भरिभराउ हुँदै जान्छ र सुष्मिताको कामको चाप पनि बढ्छ।,उनले रेस्टुरेन्ट लाइनमा काम गर्न थालेकाे झण्डै पाँच वर्ष भयो र अधिकांश समय रातिकै ड्युटी पर्छ। पिआरका रुपमा काम सुरु गरेकी उनले बारटेण्डरका रुपमा काम गर्न थालेको एक वर्ष भयो। सहकर्मीहरुबाटै उनले बारटेण्डरको काम सिकेकी हुन्। थप कुरा उनले युट्युब हेरेर जानिन्।,अहिले प्लस टु पढ्दै गरेकी उनलाई सानैदेखि पढाइमा त्यति रुचि गएन। पढाइभन्दा सुष्मितालाई खेलकुद मन पर्ने। उनी तेक्वान्दो खेल्थिन्। तेक्वान्दोमा अघि बढ्न विभिन्न कारणले सकिनन् तर बारटेण्डरका रुपमा भने उनी सफल भएकी छन्, कुनै औपचारिक तालिम वा शिक्षा बिना पनि।,इजाजतपत्र लिएको बारबाट सामान्यतया मादक पेयपर्दाथहरु ग्राहकलाई प्रदान गर्ने व्यक्ति बारटेण्डर हुन्। उनीहरुले विभिन्न स्वादका ककटेल पेय बनाउँछन्। हरेक पेयको स्वाद फरक हुन्छ र उनीहरुले कस्तो भयो भनेर चाख्छन् पनि। बारटेण्डर पेय पदार्थसँग खेल्ने व्यक्ति हो। यो सीप सबैलाई आउँदैन तर पनि पेसाप्रति धेरैले राम्रो धारणा बनाएका छैनन् अझै पनि। त्यसमाथि महिला यो पेसामा हुनु अर्को अप्ठ्यारो कुरा हो । तर पछिल्ला वर्षहरुमा काठमाडौँमा सुष्मिता जस्तै महिला बारटेण्डरहरु बढ्न थालेका छन्।,बुटवलको देवीनगरकी बासिन्दा हुन् सुष्मिता। उनका दाइ र भाइ छन्। दाइ वैदेशिक रोजगारीको क्रममा हाल दुबईमा छन् र भाइले सिभिल इन्जिनियरिङ गरिरहेका छन्। सानैदेखि भाइसँगै पढेकी उनलाई अझै याद छ, भाइ पहिलो हुँदा उनी पुछारमा आएकी थिइन् कक्षाको। तर खेलकुद र अरु क्रियाकलापमा राम्रो थिइन्।,बुवाआमाले दबाब दिएनन्। तर एसएलसीका बेला बुवाले राम्रोसँग पढ्न भने। उनले मेहनत गरिन् र नतिजा आयो, सुष्मिता पहिलो श्रेणीमा पास भइन्।,अहिलेसम्म पनि उनलाई बुवाआमाको सहयोग राम्रो छ। बारटेण्डरले के गर्नु पर्छ भन्ने उनको परिवारलाई थाहा छ। तर पनि आमाबुवाको सहयोग राम्रो छ। छोरी अर्को काम गर भनेका छैनन्। तर बेलाबेला ख्याल गर है भन्छन् बुवाआमाले।,सुष्मिताले भनिन्, ‘बुटवलमा त त्यस्तो लाउन्ज बारहरु खासै छैन। भए पनि १० बजेसम्म बन्द हुन्छ। यहाँ भने १० बजेपछि अझ कामको चाप बढ्छ। मेरो परिवारलाई बारटेण्डरले के–के गर्नु पर्छ भन्ने थाहा छ। बेला–बेला आफ्नो ख्याल गर्नु भन्नु हुन्छ बुवाआमाले तर यस्तो काम नगर भन्नु भएको छैन।’,बेलुका पाँच बजे कासा पुगेर हाजिर गरेपछि उनी बारमा जान्छिन्। बार सफा गर्छिन्। त्यहाँ राख्नु पर्ने रक्सी, जुस लगायतका सामान राखेर बारलाई चिटिक्क पार्छिन्। उनका सहकर्मी अरु तीनजना छन्, सबै पुरुष। रात जति छिप्पिँदै जान्छ उनीहरुको काम थपिँदै जान्छ। सुष्मितासहितका बारटेण्डरहरु ग्राहकले मागेका पेय पर्दाथहरु भने अनुसारको स्वादको बनाएर दिन्छन्।,मध्यरातपछि ग्राहकको चाप केही कम हुँदै जान्छ र उनी त्यसपछि घर फर्कन्छिन् सुनसान सडक हुँदै। केही समय निदाउन खोजेपनि निद आउँदैन उनलाई घर पुगेपछि पनि। उनी निदाउँदा हरेक दिनले बिहानी टेकिसकेको हुन्छ। अरु दिनको काममा जाने बेला उनी मस्त निन्द्रामा हुन्छिन्।,रातिको काम त्यसमा पनि रक्सी लगायतका पेय पर्दाथसँग जोडिएको। ग्राहको माग अनुसार बनाएर दिनु पर्ने। रक्सीसहितका पेय पदार्थ मिलाउँदा सानो मात्रै गल्ती भयो भने पनि ग्राहकले मागे अनुसारको स्वादको हुँदैन।,यदि त्यस्तो भयो भने ग्राहकको व्यवहार नराम्रो हुने गरेको उनी बताउँछिन्। तर अहिलेसम्म सुष्मिताले साखै ठूलो घटनाको सामना गर्नु परेको छैन । तर केही ग्राहकले भने उनलाई नराम्रो दृष्टिले हेर्ने गर्छन्।,मादक पदार्थ सेवनपछि कहिलेकाहिँ भारतीय पाहुनाले ‘मेरे साथ जाओगी, कित्ना पैसा लोगी’ भन्ने गर्छन्। त्यस बेला नराम्रो लागे पनि ‘आइ एम बारटेण्डर, आइ एम नट…’ भनेर जवाफ दिने गरेको उनले सुनाइन्।,सुष्मिताले भनिन्, ‘कसैले अलि धेरै नै तनाव दियो भने बाउन्सर दाइहरुलाई भनिदिन्छु। उहाँहरुले बाहिर निकालिदिनुहुन्छ। अझ धेरै नै भयो भने त साहूलाई पनि भन्छौँ।’
बर्षा शाह
ट्रम्पमाथि महाअभियोग लागेपछि अब के हुन्छ?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि औपचारिक रुपमा महाभियोग लागेको छ । नेपाली समय अनुसार बिहीबार बिहान अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभले राष्ट्रपति ट्रम्पमाथि महाअभियोग लगाउने पक्षमा मतदान गरेको हो ।,अमेरिकाको इतिहासमा औपचारिक रुपमा महाअभियोग लाग्ने ट्रम्प तेस्रो राष्ट्रपति हुन् । अमेरिकाको इतिहासमा योसँगै चार पटक महाअभियोग लगाउने बारे अनुसन्धान भएको छ ।,महाअभियोगको सम्बन्धमा अनुसन्धान भइरहेकै बेला रिचार्ड निक्सले राजीनामा दिएका थिए, जसका कारण उनीमाथिको महाअभियोग प्रस्तावले औपचारिक रुप लिन पाएको थिएन ।,ट्रम्प भन्दाअघि महाअभियोग लागेका अमेरिकी राष्ट्रपतिहरु हुन्, बिल क्लिन्ट र एन्ड्रयु जोनसन ।,ट्रम्पमाथि शक्तिको दुरुपयोग गरेको तथा संसदको कार्यसम्पादनमा अवरोध गरेको अभियोगमा महाअभियोग लागेको हो ।,शक्तिको दुरुपयोग गरेको अभियोगमा महाअभियोग लगाउने पक्षमा २३० तथा विपक्षमा १९७ मत परेको हो । महाभियोग लाग्नका लागि २१६ मत भए पुग्ने थियो ।,तीन सांसदले यसमा मतदान गरेनन् भने डेमोक्र्याटिक नेतृ तथा आउँदो वर्ष हुने राष्ट्रपति चुनावमा उम्मेदवार बन्ने होडमा रहेकी तुलसी गाबरले पक्ष वा विपक्षमा मतदान गरिनन् । दुई डेमोक्र्याट र सम्पूर्ण रिपब्लिकनले विपक्षमा मतदान गरे । पक्षमा मतदान गर्नेमा २२९ डेमोक्र्याट र एक स्वतन्त्र सांसद हुन् ।,यस्तै सदनको कार्य सम्पादनमा अवरोध गरेको अभियोगमा पनि ट्रम्पमाथि महाअभियोग लागेको छ । यो अभियोगको पक्षमा २२९ तथा विपक्षमा १९८ मत परेको हो । यसमा तीन डेमोक्र्याटले विपक्षमा मत दिएका हुन् । तीन सांसदले मत दिएनन् भने तुलसी गाबरले यसमा पनि पक्ष वा विपक्षमा मत दिइनन् ।,डेमोक्र्याटको बहुमत रहेको तल्लो सदनबाट बहुमतका आधारमा पास भएको महाभियोगबारे अब माथिल्लो सदन सिनेटमा बहस हुनेछ । माथिल्लो सदनमा रिपब्लिकनको बहुमत रहेको छ । सिनेटमा आउँदो जनवरीको सुरुमा महाअभियोगबारे बहस सुरु हुने अपेक्षा गरिएको छ ।,यसअभि सन् १९९९ मा माथिल्लो सदनमा तत्कालीन राष्ट्रपति बिल क्लिन्टनमाथिको महाअभियोगबारे बहस भएको थियो र सो प्रक्रिया पाँच हप्तामा सकिएको थियो । त्यो बेला माथिल्लो सदनमा महाअभियोग विफल भएको थियो ।,माथिल्लो सदनमा हुने बहसका लागि सभामुख न्यान्सी पेलोसीले सांसदहरुको समूह बनाउने छिन् । सांसदहरुको समूहलाई व्यवस्थापक भनिने छ, उनीहरुले सिनेटमा ट्रम्पमाथिको महाअभियोग प्रस्ताव पेश गर्ने छन् ।,बहसको अध्यक्षता अमेरिकी सर्वोच्च अदालतका मुख्य न्यायाधीश जोन जी. रोबर्टस जुनियरले गर्ने छन् । यस्तै वकिलहरुको समूहले ट्रम्पको पक्षमा बहस गर्ने छ ।,बहसका लागि डेमोक्र्याट र रिपब्लिकन पक्षका सिनेटका नेताहरु सहमत हुनु पर्ने छ । कुनै पनि सिनेटले ट्रम्पमागि लागेको महाभियोग बदर गर्नका लागि सिनेटमा प्रस्ताव पेश गर्न सक्ने छन् । र सो प्रस्तावले बहुमत पाएमा महाअभियोगको बहस प्रक्रिया अघि बढ्ने छैन । तर बहस अघि बढेमा प्रक्रियागत रुपमा महाभियोगमाथि बहस हुनेछ । त्यसपछि मात्रै मतदान हुने व्यवस्था रहेको छ ।,माथिल्लो सदनबाट महाभियोग प्रस्ताव पारित हुनका लागि दुई तिहाई सिनेटरले पक्षमा मत दिनु पर्नेछ । अर्थात ट्रम्प महाअभियोग लागेर राष्ट्रपतिबाट बर्खास्त हुनका लागि सिनेटका १०० मध्ये ६७ सदस्यले पक्षमा मत दिनु पर्ने हुन्छ ।,हाल अमेरिकी सिनेटमा रिपब्लिकनको बहुमत छ । ५३ रिपब्लिकन र ४५ डेमोक्र्याट सिनेटर छन् । यस्तै दुई सिनेटर स्वतन्त्र छन् तर उनीहरुले डेमोक्र्याटकै पक्ष लिने लगभग निश्चित जस्तै छ ।,तल्लो सदनमै पनि रिपब्लिकनले महाभियोग प्रस्ताव विरुद्ध अर्को प्रस्ताव ल्याएका थिए, जुन विफल भयो । त्यसले गर्दा उनीहरुले माथिल्लो सदनमा पनि विरोधी प्रस्ताव ल्याउने पक्का जस्तै छ र अहिलेको अवस्थामा परिवर्तन नभएमा ट्रम्पमाथिको महाअभियोग सिनेटमा पहिलो चरणबाटै अन्त्य हुने सम्भावना छ ।,तर बहसको प्रक्रियासम्म गएमा पनि दुई तिहाई बहुमत आउने सम्भावना अति कम रहेको विश्लेषण गरिएको छ, किनकी तल्लो सदन कुनै पनि रिपब्लिकन सांसदले महाभियोगको पक्षमा मतदान गरेनन् र सिनेटमा पनि पार्टी लाइनकै पक्षमा सिनेटर रहने सम्भावना छ ।,सन् २०१६ मा रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार बनेर अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रम्पले आफ्नो व्यक्तिगत राजनीतिक स्वार्थका लागि अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहयोग प्रयोग गरेको आरोप छ । राजनीतिक स्वार्थ पूरा गर्नका लागि युक्रेनलाई दिँदै आएको सैन्य सहयोग रोकेर उसमाथि दबाब सिर्जना गरेको अभियोग ट्रम्पमाथि छ ।,राजनीतिक स्वार्थका लागि विदेशी शक्तिको सहयोग खोज्नु अमेरिकामा गैरकानूनी मानिन्छ।,ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई पूर्व अमेरिकी उपराष्ट्रपति जो बाइडेन तथा उनका छोरा हन्टर बाइडेनमाथि भ्रष्टाचार आरोपमा छानबिन सुरु गर्न आग्रह गरेका थिए । त्यसकै लागि ट्रम्पले युक्रेनलाई दिइँदै आएको सैन्य सहयोग रोकेको र यसले ट्रम्पलाई व्यक्तिगत रुपमा राजनीतिक लाभ हुने आरोप छ ।
null
फेरि ठडियो दरबार हाइस्कूल, पुरानो साख फर्किने आशा
२०७२ सालयता जमलको आकाशेपुलबाट भोटाहिटीसम्मको बाटो विरक्त लाग्दो छ। २०० मिटर आसपासको दूरी पार गर्दा दुई भग्नावशेषले बाटो मात्र हैन मान्छेको मनलाई पनि असहज पार्छन्। ‘च्वच्व, कस्तो थियो कस्तो भयो’, अधिकांश बटुवाको मनमा खेल्छ यस्तै भाव ।,यो झिझ्याँट लाग्दो दृश्य २०७२ साल वैशाख १२ गते मध्याह्न आएको ७ दशमलव ८ म्याग्निच्यूटको भूकम्पको नतिजा थियो। बाटोको दायाँ र बायाँ भएका दरबार हाइ स्कूल र सुन्दर रानीपोखरी भूकम्पको धक्काले कुरुप भए।,हुन त यो हलचलले नेपालका १४ जिल्लाका धेरै संरचना ध्वस्त भए। बाँकी ४१ जिल्लामा आंशिक प्रभाव पर्‍यो। दरबार हाइ स्कूलसम्म गरी देशभरिका ७ हजार पाँच सय ५३ विद्यालयलाई भग्नावशेषमा परिवर्तन गरिदियो।,२०७६ सालसम्म राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भत्किएका मध्ये ५ हजार ३ सय ८० विद्यालय बनेकाले ७१ प्रतिशत विद्यालय पुनर्निर्माणको काम सकिएको बताएको छ।,तर हामी यहाँ नेपालकै पहिलो औपचारिक विद्यालयको पुनर्निर्माणको किस्साका बारेमा कुराकानी गर्दैछौँ।,११ बजेर ५६ मिनेट जाँदा गोरखाको बारपाकलाई केन्द्र बनाएर भूकम्पले जुरुक्क उचाल्यो २०७२ सालको वैशाख १२ मा। दरबार हाइ स्कूलका तत्कालीन प्रधान्याध्यापक हेमचन्द्र महतो तीनकुनेमा थिए।,उनी प्रधानाध्यापक भएको एक महिना मात्रै भएको थियो। नयाँ जिम्मेवारी सम्हालेपछि उनी स्कूललाई कसरी अगाडि लैजाने भन्ने बारेमा सोचिरहेका थिए। तर झ्वाट्ट भूकम्प आयो। उनलाई फोनमा खबर आयो, ‘स्कूलको भवन भत्किएको छ, पर्खालले मान्छे पनि थिचेको छ।’,महतोले पहिला परिवारसँग सम्पर्क गरे अनि तीनकुनेबाट विद्यालयतिर हानिए। स्थीति अति असामान्य थियो। प्रहरी, स्थानीय त्यहाँ उद्धारमा लागिरहेका थिए। मान्छेको उद्धार सकिएपछि उनले विद्यालयको अवलोकन गरे।,‘विद्यालयको अगाडिको भाग र दक्षिणतर्फको भागमा क्षति पुगेको रहेछ’ महतोले भने, ‘माथिल्लो तलामा उक्लन नमिल्ने थियो।’,बाक्ला भित्ता छरिँदा अग्ला पहाड जस्तै गरेर थुप्रिएको थियो। विद्यालयको पुस्तकालय र ‘स्टोर रुम’ का सामानमा क्षति पुग्यो। कक्षा कोठाका बेञ्च डेक्सहरु चलाउन सकिने अवस्थामा थिए।,त्यहाँ दुई विद्यालय सञ्चालनमा थिए,, १. भानु माध्यमिक विद्यालय, २. सँस्कृत विद्यालय,विद्यालय जीर्ण भएपछि कक्षा चलाउन समस्या आयो। किनभने उनीहरुले विद्यालयको अगाडि थुप्रिएको सामान हटाउन पाएनन्। दरबार हाइ स्कूलको नामले चिनिएको यो भवन पुरातत्व विभागको सम्पत्ति थियो। यहाँको एक चिम्टि माटो चलाउन पनि पुरातत्व विभागको अनुमति चाहिन्थ्यो। विभागको संरक्षण अधिकार र त्यसका लागि लाग्ने प्रक्रियाले विद्यालय निर्माणको समयलाई धेरै पर धकेल्यो।,जिल्ला प्रशासन कार्यलय, पुरातत्व विभागको अनुमतिपछि बल्ल ‘अस्थायी सिकाई केन्द्र’ (टी एल सी) बन्यो। तर त्यहाँ दुईवटा विद्यालयले पालैपालो पढाउने सहमतिमा ।,विद्यालयका प्रधानाध्यापक महतोको टाउको बिस्तारै दुख्न थाल्यो, ‘४० हाराहारीमा कोठा भएको विद्यालयमा अब केहीमात्र कोठा हुन्छन्, त्यसमा पनि दुईवटा विद्यालयलाई साथ राखेर बच्चा पढाउनुपर्छ।’ महतो सम्झिन्छन्, ‘साना साना कोठा बनाएर कक्षा सञ्चालन गर्न थाल्यौँ। हाम्रो लागि सबैभन्दा ठूलो चुनौती विद्यार्थी कतै नजाउन् भन्ने थियो।’,कोठाको सङ्ख्या १८ मा झर्यो। कर्मचारी र कार्यालय व्यवस्थापनका लागि समस्या देखियो तर पनि विद्यालय सञ्चालनमा आयो। किनभने ‘नहुनु भन्दा जस्तो भए पनि हुनु नै जाति’।,११५ जना विद्यार्थी थिए। जसमा धेरैजसो अरुको घरमा बसेर काम गर्ने, पसलमा काम गर्ने अनि ज्यामी कामका लागि काठमाडौँ निश्चित समयका लागि बस्ने अभिभावकका बालबालिका यो विद्यालयमा थिए। धेरैको घर सिन्धुपाल्चोक, काभ्रे थियो। महतोका अनुसार उनीहरु भूकम्प पछाडि घर गए तर फर्केनन्।,तर भूकम्पपछि काठमाडौँमा धेरै बसाई सरेर पनि आए। अहिले झण्डै १ सय ७० विद्यार्थी छन्।,सरकारले भत्किएका विद्यालयहरु पुनर्निर्माण प्राधिकरणको माध्यमबाट बन्ने घोषणा गर्‍यो तर भएका विद्यालयलाई कहाँ लगेर सञ्चालन गर्ने भन्ने काम विद्यालय आफैले गर्नुपर्ने थियो। नेपाल सरकारले चीन सरकारसँग जि टु जी अन्तर्गत ‘एमओयू’ गरीसकेपछि महतोलाई समस्या भयो। किनभने विद्यालय निर्माणको लागि हाल प्रयोग भइरहेको ठाउँ खाली गर्नुपर्ने थियो।,हुन त जुन ठेकेदारले विद्यालयको पुनर्निर्माणको जिम्मा लिन्छ उसैले नै विद्यालयको लागि अस्थायी टहरा बनाउनुपर्ने व्यवस्था थियो। विद्यालय चिनियाँ कम्पनीले बनाउने भएपछि उनीहरुलाई अर्को समस्या आइपर्‍यो। किनभने जम्मा १० वटा कक्षामात्र बन्ने भए।,४० वटाबाट १८ मा खुम्चिएको विद्यालयको कक्षाकोठाहरु अब १० वटामा खाँदिने भए।,विद्यालय अहिले बाल्मिकी विद्यापीठ परिषरमा छ। विद्यापीठ हातापूर्व धोबीखोला किनारातर्फको कम्पाउन्डमा १८ मिटर चौडाइ र ५० मिटर लम्बाई क्षेत्रफलमा दुई विद्यालयको अस्थायी प्रिफेब टहरा बनाइएको थियो । उनीहरुले १० वटा कक्षा बनाए, त्यसपछि केही कक्षालाई दुईवटा बनाइए र केही थपिए।,यही सानो परिषरमा दुई विद्यालय बिहान र दिउँसो सञ्चालन हुन्छ। सँस्कृतको विद्यालय बिहान ११ बजेसम्म खुल्छ अनि त्यसपछि भानु विद्यालयको कक्षा सञ्चालन हुन्छ। काठको भित्तो, जस्ताको छानो, पानी आउँदा बेस्सरी बज्ने, घाम लाग्दा गर्मी अनि जाडोको चिसो सित खेपेर झण्डै ४ वर्ष पार गरेपछि यहाँ पढ्ने विद्यार्थी बल्ल नयाँ स्वरुप पाएको पुरानो भवनमा जान पाउने भएका छन्।,महतोले यति अवधिभर परेका अफ्ठेराहरु यसरी बताए,,जंगबहादुर राणाले विं सं १९१० असोज २७ मा नेपालमा पहिलो औपचारिक विद्यालय ‘दरबार हाई स्कूल’ स्थापना गरेका थिए। अहिले यो विद्यालयको नाम ‘भानु माध्यमिक विद्यालय’ छ। सुरुमा यो स्कूल थापाथली दरबारको आँगनमा थियो । भनिन्छ, अंग्रेजी शिक्षक बेलायतबाट झिकाइएका थिए ।,केही समयपछि यो विद्यालय कान्तिपथको चारबुर्जा दरबारमा सारियो। यो विद्यालय जमलको सेतो दरबार अनि नारायणहिटी दरबारभित्र पनि भएको तथ्यहरु छन् । निर्माण सुरु भएदेखि यतिबेलासम्म यो विद्यालयमा राजा महाराजाका छोराछोरीमात्र बस्न पाउने थिए। तर वि.सं १९३३ मा रणोद्दीप सिंह श्री ३ भएपछि राणाहरूका सेवामा खटिएका जागिरदारका छोराछोरीले पनि पढ्न पाउने व्यवस्था भएको बताइन्छ। उनको शासनकालमा नै विद्यालय फेरि थापाथली दरबारको दाखचोकमा सारियो ।,तर १९४२ मा रणोद्दीप सिंहको हत्यापछि वीरशमशेर श्री ३ बने र विद्यालयलाई जमलस्थित दरबारको ढोकानजिक टहरामा सारे । २०७२ सालमा भत्किएको त्यो भवन श्री ३ वीरशमशेरले १९४८ सालमा बनाएको भवन थियो। त्यही भवन दरबार हाई स्कुलको नाममा परिचित हुँदै आएको थियो। अनि वि.सं १९५७ सालमा देवशमशेर श्री ३ भएपछि दरबार स्कूलमा सर्वसाधारण जनताले पढ्न पाउने व्यवस्था भएको थियो। जुद्धशमशेरले यो विद्यालयको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने व्यवस्था बनाएका थिए।,यो भवनलाई २०७२ मा मात्र हैन १९९० सालको भूकम्पले पनि प्रभाव पारेको थियो। छानामा समस्या आएपछि टायल हटाएर जस्ताको छानो राखेको थियो ।,स्थापनाको समयदेखि अहिलेसम्म आइपुग्दा यो विद्यालय विभिन्न नामले परिचित छ। वि.सं १९१० दरबार स्कूल सुरु भयो, त्यसपछि दरबार हाईस्कूल, रानीपोखरी पाठशाला र २०२४ सालदेखि भानुभक्त माध्यमिक विद्यालयको नामले चिनियो । विसं १९३४ मा दरबार स्कुलमै संस्कृत पाठशाला स्थापना भयो । त्यो पाठशालाको नाम संस्कृत प्रधान पाठशाला, संस्कृत प्रधान मावि हुँदै अहिले संस्कृत मावि बनेको छ ।,भवन बनेपछिको खुशी अहिले मज्जाले पोखिएको छ। उनीहरु फागुनमा आफ्नो पुरानै ठाउँमा फर्कने योजनामा छन्। महतोलाई लाग्छ, भौतिक संरचनाले पनि कति धेरै प्रभाव पार्ने रहेछ। किनकी, महतोलाई अर्को वर्ष विद्यार्थी भर्ना गर्नको लागि के के गर्नुपर्छ भनेर सोध्न आइसकेका छन्।,अब भने उनीहरुलाई अर्को चुनौति छ, ‘यति राम्ररी बनाएको भवन छ, अब हामीले भवन छैन भनेर बाहाना बनाएर पढाईमा कमजोरी गर्न पाइदैन। त्यहि अनुसार अगाडि बढ्ने र तीन–चार वर्षमा राम्रो काम गर्ने योजना र अठोट गरेका छौँ।’,यति समयअवधिसम्म सहयोगी हातहरुहरु आए। स्थानीयले गरेको सहयोग र हौसला महतोले भुल्न सक्दैनन्। आधारातसम्म अस्थायी टहरा बनाउन सहयोग गरेका थिए। यस्तै सामाजिक संस्थाहरुले आर्थिक सहयोग गरे। जसप्रति महतो विद्यालयको तर्फबाट कृतज्ञ छन्।,अहिले निमित्त प्रधानाध्यापक अखिलेसप्रसाद आजाद छन्। उनले यहाँ काम गरेको १० वर्ष भयो। उनी अंग्रेजी पढाउँछन्। उनी अब चिटिक्क परेको विद्यालय भवन जस्तै विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा कसरी दिने भन्ने सोचिरहेका छन्।
सुजाता खत्री
के घर फिर्न पाउलान् नेपालका रोहिंग्या?
रिजवान हुसैनले काम नगरेको तीन महिना नाघ्यो। प्लास्टरको काम जानेका उनले पाउनु पर्ने ७० हजार रुपैयाँ ठेकेदारले दिएका छैनन्।,आफूसहितका कामदारको पैसा नदिई ठेकेदार भागे। त्यसपछि रिजवानले काम गरेका छैनन्। २१ वर्षका रिजवान नेपाल आएको पाँच वर्ष भयो।,रोहिंग्या भाषामा आर्कान भनिने म्यानमारको रखाइन राज्यमा बसोबास गर्ने अल्पसंख्यक रोहिंग्या मुलमानमाथि बहुसंख्यक बुद्धिस्ट समुदायबाट भएको हिंसाबाट जोगिनका लागि उनको परिवार त्यहाँबाट पलायन भयो।,सुरुमा बंगलादेश अनि भारत हुँदै उनीहरु नेपाल आइपुगेका छन्। बुढानिलकण्ठ नगरपालिका–११ लसुनेटारमा रहेको रोहिंग्या शरणार्थी शिविर नम्बर दुईमा बस्छन् रिजवान विगत पाँच वर्षदेखि। आमा र चार भाइ छन् उनका। रिजवानका बुवा सैयद हुसैनको उनी ८ वर्षको हुँदा मृत्यु भयो।,आमाले त्यसपछि विवाह गरिन्- जियाउल हकसँग। रिजवानका सौतेनी बुवा जियाउलले फेरि अर्को बिहे गरे भारत पलायन भए। आमा र भाइबहिनीको जिम्मा उनको काँधमा आयो।,नाइरेक्क जिल्लाको बोसिदङ्गमा हुर्किएका रिजवानलाई अहिले पनि त्यहाँको सम्झना आइरहन्छ। घर–जमिन, साथीभाइ अनि विद्यालयको स्मृति छ। बाध्यताहरुले आफू अन्जान भूमिमा आउनु परेको बताउँछन् रिजवान। ‘स्कूल गएको थिएँ, तर नाम अर्कै अङ्ग नाङ्ग’, म्यानमारमा छँदाको स्मरण सुनाए उनले।,म्यानमारमा आफूहरुले आफ्नै नामबाट स्कूल भर्ना हुन समेत नपाउने गरेको उनले बताए । त्यसकै कारण रिवानले बुद्धिस्ट नाम अङ्ग नाङ्ग राख्नु परेको हो । तर सोही नामबाट पनि उनले सजिलोसँग अध्ययन गर्न पाएनन् र हिंसाबाट ज्यान जोगाउनका लागि शरणार्थी बन्नु पर्दा उनको अध्ययन छुट्यो ।,रिजवानकी आमा साजिदा बेगम ४२ वर्षकी भइन् । १४ वर्षकी सुफियान, ७ वर्षका मिसवाह, पाँच वर्षका रियाज र दुई वर्षका इनामोलको जिम्मा साहिरा र रिजवानको काँधमा छ ।,तर रिजवानले काम नगरेको तथा शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायोग (युएनएचसिआर) ले पनि सहयोग रोकेका कारण समस्यामा रहेको साहिराले बताइन् ।,आर्थिक समस्याकै कारण साजिदाले सुफियानलाई पढाउन सकेकी छैनन् ।,रिजवानको परिवार बसेकै शिविर नम्बर २ को टहरामा बस्छन् ३० वर्षका आमिर हुसैन । उनी नेपाल आएको पाँच वर्ष भन्दा बढी भयो । दुई छोरा र एक छोरी अनि श्रीमतीका साथमा बस्दै आएका उनको गुनासो पनि रिजवानको जस्तै छ ।,काम लगाउने ठेकेदारले पैसा नदिने र दिए पनि पाउनु पर्ने जति नदिने गर्दा गुजारा चलाउन अति मुश्लिक भएको आमिरले बताए । ‘तर ठगिन्छ भन्ने थाहा भए पनि काम गर्नुको विल्कप छैन’ आमिरले भने ।,शरणार्थीका रुपमा बसेकाहरुले काम गर्न पाउँदैनन् औपचारिक रुपमा । नेपालले शरणार्थी सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिमा हस्ताक्षर नगरेको तथा रोहिंग्याहरुलाई शरणार्थीका रुपमा स्वीकार पनि नगरिएकाले उनीहरुले जीविकोपार्जनका लागि सहायता पाउने गरेका छैनन् । , ।,युएनएचसिआरले सुरुका वर्षहरुमा प्रति परिवार मासिक १५ हजार रुपैयाँ दिने गरेको थियो । अहिले त्यो पनि बन्द गरेको छ । ३० वर्षका आमिरले भने ‘बजेट छैन भनेर सहायता रोकेका छन् । काम पनि पाईँदैन । काम गरे पनि पैसा पाउन मुश्किल छ ।’,आर्कान (रखाइन) को कुमिरखालीमा छोडेर आएको घरबारीको स्मरण आमिरलाई भइरहन्छ । ‘खेतीपाती थियो, माछा मारिन्थ्यो । जीविका राम्रैसँग चलेको थियो । हिंसाले बिस्थापित हुनु पर्‍यो के गर्नु?’ भने ।,सात वर्षका आजुर रहमान, चार वर्षका मुजुर रहमान र ६ महिनाकी छोरी आसिया बिबी तथा श्रीमती अनवारा बेगमको जिम्मेवारी पूरा गर्न कठिन परेको बताएका आमिरले युएनएचसिआरबाट सहायताको आश रहेको भनिरहेका थिए ।,तर हामीले युएनएचसिआरसँग यसबारे बुझ्दा बजेट अभावका कारण सहयोग गर्न सक्ने अवस्थामा नरहेको काठमाडौँ स्थित युएनएचसिआरका एक प्रतिनिधिले बताए ।,हाल रोहिंग्या बालबालिकाको अध्ययनका लागि वर्षको १२ हजार र सामान्य औषधोपचारका लागि त्रिवि शिक्षण अस्पतालमा निःशूल्क व्यवस्था गरेको तथा आनौपचारिक क्षेत्रमा काम गर्नका लागि केहीलाई सीपमुलक तालिम दिएको युएनएचसिआरको भनाई छ ।,अर्थात आमिरको अपेक्षा पूरा गर्न सक्ने अवस्थामा युएनएचसिआर नरहेको ती प्रतिनिधिले स्पष्ट पारे ।,नेपाल आइपुगेका रोहिंग्याहरु सीधै यहाँ आएका होइनन् । रखाइनबाट बिस्थापित भएपछि थप सहज गन्तव्यको खोजी गर्दै आफन्त–साथीभाइको सम्पर्कबाट बंगलादेश, त्यसपछि भारत हुँदै उनीहरु नेपाल आएका हुन् ।,रिपोर्टिङका क्रममा हामीले भेटेका अधिकांश रोहिंग्याहरुले आफूहरुको पहिलो चाहना आफ्नै भूमि फर्किनु रहेको बताए । तर त्यसका लागि उनीहरुका केही शर्तहरु छन् ।,अधिकांश रोहिंग्याहरु म्यानमारमा आफूहरुमाथि हुने गरेको हिंसा र फरक व्यवहार अन्त्य हुनु पर्ने तथा नागरिकका रुपमा स्वीकार गरिनु पर्ने बताउँछन् ।,आफूहरुलाई नागरिकका रुपमा स्वीकार नगरिने तथा हिंसा अन्त्य नहुने हो भने फर्किने अवस्था नरहेको उनीहरुले बताए ।,शिविर २, ३ र ४ का अगुवा हुन् मौलवी इरफान । उनले आफूहरुको चाहना स्वदेश फर्किने रहेको तर त्यसका लागि हुँदै आएको दमन रोकिनु पर्ने बताए ।,उनले भने, ‘हामी सबै चाहन्छौँ घर फर्कौँ, तर अवस्था त्यस्तो छैन । हामीलाई रखाइन छोडेर अर्को क्षेत्रमा जानु पर्‍यो भने पनि स्थानीय अधिकारीबाट स्वीकृति लिनु पर्ने बाध्यता छ सामान्य अवस्थामा पनि । दमन रोकिनु पर्छ, नागरिकता पाउनु पर्छ र कब्जा गरिएका हाम्रो सम्पत्ती फिर्ता हुनु पर्छ ।’,त्यस्तो अवस्थाको ग्यारेन्टी नभएसम्म कठिनै भए पनि यहिँ (नेपाल) कै बसाई सहज रहेको मौलवी इरफानले बताए । इरफानको जस्तै भनाई रिजवानको छ । आमिर र साजिदा बेगमको भनाई पनि उस्तै छ।,रिजवानकी आमा साजिदाले भनिन्, ‘हामीलाई सजिलो छैन यसरी टहरामा बस्न, तर बंगलादेश र भारतमा भन्दा यहाँ सहज छ । देश फर्किने अवस्था नआएसम्म यहाँ बस्नुको विकल्प छैन ।’,नेपाल आएका रोहिंग्याहरुको पहिलो शिविर हो, बुढानिलकण्ठ नगरपालिका–११ राममन्दिरमा रहेको शिविर । राममन्दिर शिविरको दोस्रो लहरको सुरुको टहरामा बस्दै आएका , हामी मंसिर पहिलो हप्ता रिर्पोटिङका लागि पुग्दा ।,मोबाइलमा म्यानमार नेतृ आङ साङ–सुकी आमहत्या अभियोगको बचाउका लागि हेग प्रस्तुत हुने खबर बढिरहेका थिए नूरले । सुकी डिसेम्बर दोस्रो हप्तामा रोहिंग्यामाथि भएको दमन र आमहत्यको अभियोगमा देशको बचाउनका लागि प्रस्तुत भइन् ।,त्यसक्रममा उनले दिएको जवाफले नूरको मन कुँडियो । ‘उहाँले रोहिंग्या समुदायमाथि कुनै दमन भएको छैन भन्नुभयो, अतिवाद विरुद्धको अभियान मात्रै दाबी गर्नु भयो । तर हामी बेघर भएको यसै होइन । लाखौँ रोहिंग्याहरुले देश त्यसै छाडेका होइनन् । हामीमाथि चरम दमन भएको छ ।’,नूर जस्तै अरुहरुले पनि रोहिंग्या सम्बन्धी म्यानमारका समाचार खोजेर हेर्छन्, पढ्छन् । यसको प्रमुख कारण उनीहरुलाई आफ्नो समुदायका सम्बन्धमा भइरहेको पछिल्ला गतिविधि थाहा पाउनु र घर फिर्तिको कुनै सम्भावना खुल्छ कि भन्ने रहेको नूरले बताए ।
टंक ढकाल
ट्रम्पमाथि लाग्यो महाअभियोग
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि औपचारिक रुपमा महाअभियोग लागेको छ । अमेरिकी संसदको तल्लो सदनले राष्ट्रपति ट्रम्पलाई महाअभियोग लगाउने पक्षमा मतदान गरेको हो ।,नेपाली समय अनुसार बिहीबार बिहान भएको मतदानमा ट्रम्पमाथि महाअभियोग लगाउने पक्षमा बहुमत सांसदले मत दिएका हुन् ।,ट्रम्पमाथि शक्तिको दुरुपयोग गरेको तथा संसदको कार्यसम्पादनमा अवरोध गरेको अभियोगमा महाअभियोग लागेको हो ।,शक्तिको दुरुपयोग गरेको अभियोगमा महाअभियोग लगाउने पक्षमा २३० तथा विपक्षमा १९७ मत परेको हो । महाभियोग लाग्नका लागि २१६ मत भए पुग्ने थियो ।,तीन सांसदले यसमा मतदान गरेनन् भने डेमोक्र्याटिक नेतृ तथा आउँदो वर्ष हुने राष्ट्रपति चुनावमा उम्मेदवार बन्ने होडमा रहेकी तुलसी गाबरले पक्ष वा विपक्षमा मतदान गरिनन् । दुई डेमोक्र्याट र सम्पूर्ण रिपब्लिकनले विपक्षमा मतदान गरे । पक्षमा मतदान गर्नेमा २२९ डेमोक्र्याट र एक स्वतन्त्र सांसद हुन् ।,सदनकी सभामुख न्यान्सी पेलोसीले मतदान सकिए लगत्तै शक्तिको दुरुपयोग अभियोगमा ट्रम्पमाथि महाअभियोग लागेको घोषणा गरिन् ।,यस्तै सदनको कार्य सम्पादनमा अवरोध गरेको अभियोगमा पनि ट्रम्पमाथि महाअभियोग लागेको छ ।,यो अभियोगको पक्षमा २२९ तथा विपक्षमा १९८ मत परेको हो । यसमा तीन डेमोक्र्याटले विपक्षमा मत दिएका हुन् । तीन सांसदले मत दिएनन् भने तुलसी गाबरले यसमा पनि पक्ष वा विपक्षमा मत दिइनन् । सभामुख पेलोसीले मतदान सकिए लगत्तै दोस्रो अभियोगमा पनि ट्रम्पमाथि महाअभियोग लागेको घोषणा गरिन् ।,अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभमा राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने प्रस्तावमा नेपाली समय अनुसार बुधबार बेलुका सुरु भएको छलफल बिहीबार बिहान सम्पन्न भएको हो । छलफल सकिएपछि मतदान भएको हो ।,तल्लो सदनका विभिन्न संसदीय समितिमा रहेका सदस्यहरुले पालैपालो महाअभियोग प्रस्तावका सम्बन्धमा आफ्नो धारणा प्रस्तुत गरेका थिए । डेमोक्र्याटिक सांसदहरुले महाभियोग प्रस्ताव अत्यावश्यक र संवैधानिक व्यवस्थाका लागि अति आवश्यक रहेको बताए ।,तर रिपब्लिकन पार्टीका सांसदहरुले राजनीतिक उद्देश्यले महाअभियोग प्रस्ताव ल्याइएको र राष्ट्रपति ट्रम्पमाथिका अभियोगमा स्पष्ट प्रमाण नरहेको आरोप लगाएका छन् ।,डेमोक्र्याट सांसदहरुले कानून या संविधान भन्दा माथि कोही पनि नरहने तर राष्ट्रपति ट्रम्पले कानून र संवैधानिक व्यवस्थाको धज्जी उडाएको बताएका छन् ।,संसदमा महाअभियोग प्रस्तावमाथि छलफल सुरु हुनु पूर्व रिपब्लिकनले महाअभियोग प्रस्ताव रोक्नका लागि ल्याएको प्रस्ताव अस्वीकृत भएको थियो ।,डेमोक्र्याटको बहुमत रहेको सदनले ट्रम्पमाथि महाभियोग लगाउने पक्षमा मतदान गरेसँग ट्रम्प अमेरिकाको इतिहासमा औपचारिक रुपमा महाअभियोग लाग्ने तेस्रो राष्ट्रपति भएका छन् । अमेरिकाको इतिहासमा यो चौथो महाअभियोग प्रक्रिया हो ।,ट्रम्पमाथिको महाअभियोगबारे माथिल्लो सदन सिनेटमा बहस हुनेछ । माथिल्लो सदनमा रिपब्लिकनको बहुमत रहेको छ ।,सन् २०१६ मा रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार बनेर अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रम्पले आफ्नो व्यक्तिगत राजनीतिक स्वार्थका लागि अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहयोग प्रयोग गरेको आरोप छ । राजनीतिक स्वार्थ पूरा गर्नका लागि युक्रेनलाई दिँदै आएको सैन्य सहयोग रोकेर उसमाथि दबाब सिर्जना गरेको अभियोग ट्रम्पमाथि छ ।,राजनीतिक स्वार्थका लागि विदेशी शक्तिको सहयोग खोज्नु अमेरिकामा गैरकानूनी मानिन्छ।,ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई पूर्व अमेरिकी उपराष्ट्रपति जो बाइडेन तथा उनका छोरा हन्टर बाइडेनमाथि भ्रष्टाचार आरोपमा छानबिन सुरु गर्न आग्रह गरेका थिए । त्यसकै लागि ट्रम्पले युक्रेनलाई दिइँदै आएको सैन्य सहयोग रोकेको र यसले ट्रम्पलाई व्यक्तिगत रुपमा राजनीतिक लाभ हुने आरोप छ ।,जो बाइडेन आउँदो वर्ष हुने राष्ट्रपति चुनावमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बन्ने होडमा छन् र उनलाई प्रमुख दाबेदार मध्ये एक ठानिएको छ।
null
२५० वर्ष पूरानो घर, जहाँ लुम्बिनी आउँदा दलाइ लामा पनि पाहुना बसेका थिए
बुद्ध जन्मस्थल लुम्बिनीको दक्षिण गेटभन्दा करिब ५ सय मिटर दक्षिण पूर्वमा एउटा पौवाजस्तै पूरानो घर छ। अध्येताहरुले फेला पारेका प्रमाणहरुका आधारमा त्यो घर २ सय ५० वर्षजति पूरानो हो। झिंगटीको छानो र पूराना शैलीका कलात्मक डिजाइनमा बनाइएको घर अंग्रेजी अक्षरको ‘सी’ आकारको छ।,यो पूरानो घरसँग ऐतिहासिक र अनौठा कथा र गाथा जोडिएका छन्। रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा नं. १ मा रहेको यो घर कसले कहिले बनाएका थिए भन्ने पत्तो छैन। घरसँग जोडिएका कथा र गाथासँग जोडिएका केही तथ्य फेला पर्छन् भने केही अधुरा भेटिन्छन्।,शायद यो घर नजोगिएको भए यो घरसँगका कथा यत्तिकै हराएर जाने थिए होलान्। घरमूलीहरुले गरेका योगदान पनि हराउँथे होला। यही घरका मुलीले बुद्ध जन्मस्थल लुम्बिनी संरक्षण र प्रचारप्रसारका लागि खर्चेको समय, योगदान र यहाँका चौधरी परिवारसँग जोडिएका केही कथा र गाथा।,लुम्बिनी सांस्कृतिक नगरपालिका–१ खुनगाईको पूरानो घरमा बस्छ–मनमोहन चौधरी, नितेशमोहन चौधरी र हरिमोहन चौधरीको परिवार। अध्येताहरु भन्छन्–यही ठाउँमा १५औं शताब्दीतिर पनि जमिन्दार चौधरीको परिवार बस्थ्यो।,जसलाई खुनगाईका चौधरीहरु भनेर चिनिथ्यो। तीनै चौधरीले लुम्बिनीको संरक्षण र रेखदेख गर्थे। अध्येता भोला गुप्ता भन्छन्, ‘यो घर करीब २ सय वर्ष पूरानो हो भन्‍ने आधारहरु भेटिन्छन्, यहाँ चौधरी परिवार बस्दै आएको र त्यो परिवारका सबै पुस्ताले लुम्बिनी संरक्षणका लागि महत्वपूर्ण भूमिका खेलेको पाइन्छ।’,लुम्बिनीमा बुद्ध जन्मेको ठाउँ, जहाँ अहिले मायादेवी मन्दिर छ त्यहाँ एउटा मन्दिर थियो। जसलाई स्थानीयले आस्थाका रुपमा पूजा गर्थे र पर्यटकहरु त्यही मन्दिर हेर्न आउँथे। त्यो मन्दिरको संरक्षण र जीर्णोद्धार चौधरी परिवारले नै गर्दै आएको थियो। विभिन्न पुस्तकहरुमा उल्लेख भएअनुसार खुनगाईका चौधरीको घर र मायादेवी मन्दिरको निर्माण शैली एउटै थियो।,‘मायादेवी मन्दिरको भवन र खुनगाईका चौधरीको घरको निर्माण शैली एउटै थियो भन्ने कुरा पूस्तकहरुमा र तस्बिरहरुमा पनि देखिन्छ, जिर्णोद्धार गर्दा एउटै शैली बनाइएको रहेछ’ गुप्ता भन्छन्, ‘पछि मायादेवी मन्दिरको पुननिर्माण गर्दा भने अर्कै स्वरुपको बनाइएको छ।’,चौधरी परिवारले बुद्धजन्मस्थल लुम्बिनी आउने पाहुनाहरुलाई बास बस्ने व्यवस्था गरिदिन्थे र लुम्बिनीको बारेमा बताउँथे। यो पूरानो पूस्ताको बारेमा विस्तृत विवरण फेला नपरे पनि लुम्बिनीको संरक्षणमा अगुवाको भूमिका खेल्ने स्थानीयमा चौधरी परिवारकै नाम पहिले आउँछ।,प्राप्त विवरणहरुका अनुसार विसं. १८०० देखि १९०० सम्म जीवित रहेका शिवचरणका कुप्रबाजेले सो समयमा लुम्बिनीको रेखदेख गरे। त्यसपछि उनका सन्तानहरुले निरन्तर लुम्बिनीको रेखदेख र संरक्षण गरेको अध्येताहरु बताउँछन्।,चौधरी परिवारबाट प्राप्त तथ्यांकअनुसार १८२० देखि १९२० सालसम्म शिवचरणका जिजुबाजे, १८४० देखि १९४० सम्म शिवचरणका बाजे, शिवचरणका बुवा १८८० देखि १९८० सम्म, शिवचरणको १९०० देखि १९९० सम्म, शिवचरणका छोरा सीतारामको १९२०देखि २००४ सम्म, शिवसरन प्रसाद चौधरी १९५७ देखि २०३६, विष्णुप्रसाद चौधरी १९७६देखि २०६५सम्म जिवित रहेका र लुम्बिनीको संरक्षणमा क्रियाशील रहेको पाइन्छ।,सीताराम चौधरी, शिवसरन प्रसाद चौधरी र विष्णुप्रसाद चौधरीको समयमा लुम्बिनीको अध्ययन गर्न, जानकारी लिन, भ्रमण गर्न र अनुसन्धान गर्न धेरै विद्वानहरु आएका थिए। त्यसका लिखित प्रमाणहरु उनीहरु आफैले संकलन गरेर राखेका छन्। कतिपय अहिले पनि सुरक्षित छन् भने केही अध्येताहरुले लगेर फिर्ता नगरेको विष्णुप्रसाद चौधरीका छोरा मनमोहन चौधरी बताउँछन्।,चौधरी परिवार लुम्बिनी आउने पाहुनाको सेवामा मात्रै हैन, निरन्तर लुम्बिनीको संरक्षणमा जुटेको स्थानीय बताउँछन्। ‘पहिले देखि नै लुम्बिनीको सुरक्षा गर्ने, रेखदेख गर्ने, व्यवस्थापन गर्ने परिवार भनेर मनमोहन चौधरीको परिवार र उहाँका जिजुहजुरबुवाहरुलाई चिनिन्छ’, ७७ वर्षका रामशुभक कुर्मी भन्छन्, ‘म सानो सानो छँदा लुम्बिनी हेर्न भन्दै धेरै मानिसहरु आउँथे, हात्ती, घोडा लिएर उनीहरुलाई घुमाउनुहुन्थ्यो।’,शिवशरनप्रसाद चौधरीलाई तत्कालीन राजाले लुम्बिनीको व्यवस्थापकको रुपमा जिम्मेवारी दिएका थिए। सन् १९५६ मा लुम्बिनी आएका तत्कालीन राजा महेन्द्रले विष्णुप्रसाद चौधरीलाई लुम्बिनीको व्यवस्थापक भएर काम गर्न आग्रह गरेका थिए। व्यवस्थापक भएवापत् मासिक ३ सय रुपैयाँ लिन महेन्द्रले आग्रह गरेपनि चौधरीले निःशुल्क काम गर्ने वाचा गरेका थिए।,पछि सरकारी स्तरबाट लुम्बिनी विकास समिति र त्यसपछि लुम्बिनी विकास कोष स्थापना भएपछि चौधरी परिवारले लुम्बिनीको रेखदेख गर्न छाडेको थियो।, सन् १९७० मा भवन तथा भौतिक योजना विभाग अन्तर्गत लुम्बिनी विकास परियोजना र सन् १९७५ मा लुम्बिनी विकास समितिको गठन गरी त्यसलाई लुम्बिनी संरक्षणको जिम्मेवारी दिइएको थियो। सन् १९८५ देखि स्वायत्त निकायका रूपमा लुम्बिनी विकास कोषको गठन भए पश्चात् लुम्बिनी क्षेत्रको उत्खनन् संरक्षण र प्रवर्द्धनको काम कोषले नै गर्दै आएको छ।,घर कसले कतिबेला बनाएको भन्ने प्रमाण त भेटिन्न। तर मनमोहन चौधरीका अनुसार उनका जिजुबाजे सीतारामलाई समेत घर निर्माणको कुरा थाहा थिएन।, जिजुबाजेले घरको बैठक कोठा थप गरेको हजुरबुवाहरुबाट थाहा पाएको उनी बताउँछन्।,‘यो घर यतिवर्षअघि बनेको भन्ने कुरा मेरा पूर्खाहरुलाई पनि थाहा थिएन’ उनी भन्छन्, ‘केही लिखत, पुस्तकहरु र हजुरबुवा, बुवाहरुले भनेका कुराका आधारमा यो घर करिब २ सय ५० वर्ष पुरानो हुनुपर्छ।’,घरमा साना साना कोठा छैनन्। ठूला ठूला आकारका कोठा छन्, जसमा धेरै व्यक्तिहरु एकसाथ बस्न, खाना खान र सुत्न मिल्छ। लुम्बिनी आउने पाहुनाहरुका लागि भनेर चौधरी परिवारले खाना पकाउने भण्डारीहरु र कामदारहरु राखेको थियो। ‘खाना पकाउनका लागि भण्डारीहरु थिए, अरु काम गर्नका लागि पनि धेरै मानिसहरु राख्नुभएको थियो।’ कुर्मी सम्झिन्छन्, ‘लुम्बिनी आउने विदेशीहरुको भाषा बुझ्न सकिन्न भनेर भारतबाट धेरै भाषा जानेको गाईड ल्याएर राख्नुभएको थियो।’,घर र आगन गरेर करिब एक बिगाहा जमीन छ। जहाँ पाहुनाहरु आएर सुस्ताउन चौपारी बनाइएको छ। बौद्धकालीन मानिने पाकरीको रुखमुनि अहिले पनि चौपारी छ। त्यही चौपारीमा लुम्बिनी घुम्ने पर्यटक आएर सुस्ताउँथे। लुम्बिनीमा होटल र बास बस्न अरु ठाउँ नभएकाले लुम्बिनी आउनेजति चौधरी परिवारकै घर पुग्थे। यो घरलाई संग्रहालयका रुपमा संरक्षण गर्नुपर्ने लुम्बिनीका अध्येताहरु बताउँछन्।,घरसँग जोडिएका कथाकै आधारमा लुम्बिनीमा पर्यटकलाई टिकाइराख्न सघाउ पुग्ने उनीहरुको तर्क छ। संस्कृतिविद् प्रा. डा. गितु गिरी भन्छन् ‘यो घरसँग लुम्बिनीबारेका धेरै पूराना कुराहरु जोडिएका छन्, लुम्बिनीमा यति पूरानो घर पनि छैनन्, लुम्बिनी आउने पाहुनाहरु जाने, बस्ने गरेका कारण पनि यो घर जोगाईराख्नुपर्छ।’ उनी सरकारी निकायबाटै यसलाई संरक्षणका लागि पहल गर्नुपर्ने बताउँछन्। ‘चौधरी परिवारसँग छलफल गरेर यसलाई सरकारी तहबाटै संग्रहालयका रुपमा राख्नुपर्छ’ उनले भने।,लुम्बिनी विकास कोष पनि लुम्बिनीसँग जोडिएका विषयहरुको सुरक्षा र संरक्षणमा चासो देखाउने बताउँछ। ‘लुम्बिनीभित्रकै काममा बढी ध्यान भएकाले लुम्बिनीसँग जोडिएका अरु धेरै कुरामा चासो दिन पाइएको छैन, लुम्बिनी विकास कोषका निमित्ति सदस्य सचिव सरोज भट्टराई भन्छन्, ‘त्यसबारेमा हामी के गर्ने भनेर छलफल चलाउने योजना बनाएका छौँ।’,भारत भएर लुम्बिनी पुग्ने पाहुनाले चौधरीको घरमा चिठी पठाउँथे। आफू आउने जानकारी गराउँथे र सहयोग गर्न अनुरोध गर्थे। त्यसपछि चौधरी परिवारले उनीहरुको समूहको संख्या र हैसियत हेरेर स्वागत गर्न टोली पठाउँथ्यो।,‘कहिले हात्ती, कहिले घोडा, टाँगा भारतसम्म पठाइथ्यो–मनमोहन चौधरी आफू किशोर हुँदाका कुरा सम्झिन्छन्, ‘कहिलेकाँही त उताबाट म आउँछु भनेर पठाएको चिठीभन्दा मान्छे पहिले आइपुग्थे।’,सन् १८९६ मा जर्मनका पूरातत्वविद् डा. ए. फुहरर, सन् १८९९ मा पी सी मुखर्जी, सन् १८९८ मा अनागरिक धम्मपाल र थाई राजकुमार भिक्षु पी जी जिनवरवंश, १९१२ मा जापानका प्रसिद्ध बौद्धभिक्षु ईकाई कावागुची, १९२० मा संस्कृतिविद् राहुल सांकृत्यायन आए।,महापण्डित सांकृत्यायन पनि भारतको नौगढ भएर लुम्बिनी आएका थिए। ३० वटाभन्दा बढी भाषाका जानकार सांकृत्यायनलाई भारतमा यात्रा साहित्यका पिता पनि भनिन्छ। राहुल सांकृत्यायनले आफ्ना पूस्तकमा लुम्बिनी आएर चौधरीको घरमा बसेको र उनले पाहुनाहरुका लागि आवास बनाएको उल्लेख गरेका छन्।,सन् १९३१ मा जापानका बौद्धगुरु निची दात्सु फुजीई चौधरीको घरमा करीब २ महिना बसेका थिए। चौधरीका अनुसार सन् १९२७ मा जापानका गुरु फुजी पानीजहाज चढेर भारत हुदै लुम्बिनी आएका थिए। उनी लुम्बिनी घुमेर बास बस्न चौधरीको घरमा आएका थिए। ‘उहाँ त्यसबेलाको प्रसिद्ध बौद्धगुरु हुनुहुँदो रहेछ’ उनले हजुरबुवा र बुवाहरुले भनेका कुराहरु सम्झिँदै भने, ‘ईनारको पानी निकालेर नुहाउनुभयो। २–३ दिन यहीँ बसेर फर्कनुभएको थियो।’,सन् १९३३ मा अर्नेष्ट वेल्डस्मिथ, १९६७ मा संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव ऊ थान्त, १९८१ मा राष्ट्रसंघका तत्कालीन महासचिव डा. कुर्तवाल हाइम लुम्बिनी आए। २००८ मा राष्ट्रसंघका तत्कालीन महासचिव वान की मुन आए। उनीहरुमध्ये ऊ थान्तलाई चौधरीकै परिवारले हात्तीमा लुम्बिनी घुमाएका थिए।,यहाँ तिब्बती बौद्धगुरु दलाई लामा पनि आएका थिए। तिब्बतको टाक्सरमा जन्मिएका दलाई लामा तत्कालीन तिब्बतको राजा र प्रमुख धर्मगुरु थिए। उनले केही समय लुम्बिनीमा र चौधरीको घरमा बिताएका थिए।,‘म सानै छँदा दलाई लामा हाम्रो घरमा आउनुभएको थियो, अरु धेरै भिक्षुहरु पनि सँगै आएका थिए’, मनमोहन चौधरी भन्छन्, ‘उहाँले २–३ दिन लुम्बिनीमै बिताएको जस्तो लाग्छ।’,दलाई लामा पंचहेन लामासँगै आएको चौधरीले उल्लखे गरे। पंचहेन लामा दलाई लामा पछिका तिब्बती धर्मगुरु मानिन्छन्। लुम्बिनीमा घुम्न आएका उनीहरु तीन रात चौधरीको घरमा बिताएका थिए। लामा खटियामा सुतेका थिए। उनी सुतेको खटिया अहिले पनि सुरक्षित छ।,लुम्बिनीको ईतिहासबारेका जानकार वरिष्ठ पुरातत्वविद् वसन्त बिडारीले सन् १९६० तिर दलाई लामा लुम्बिनी आएको पुस्तकहरुमा उल्लेख रहेको बताए। उनले त्यसबेला लामा कहाँ बसेका थिए भन्ने जानकारी प्राप्त नभएको उल्लेख गरे। लुम्बिनी गुरुयोजना बनाउने जापानी वास्तुविद् प्रा.केन्जो टांगे १९७२ मा लुम्बिनी आएका थिए। तत्कालीन राजा महेन्द्र सन् १९५६ मा लुम्बिनी आए। महेन्द्रले चौधरी परिवारको घरको अवलोकन गरेका थिए।,सन् १८९६ मा पाल्पाली गर्भनर जनरल खड्ग शमशेर लुम्बिनी आए। १९३० को दशकमा केशर शमशेर राणाले खुनगाई चौधरीद्वारा जीर्णोद्धार गर्दै आएको मायादेवी मन्दिरलाई पुनः जीर्णोद्धार गरेर नयाँ आकार दिएका थिए।,नेपाली र भारतीय अध्येताहरु महिनैपिच्छे लुम्बिनी आइरहेका हुन्थे र सबैजसो चौधरीकै घरमा बस्थे। तत्कालीन लुम्बिनी अञ्चलका अञ्चलाधीश काजीमान कन्दङ्वा, लुम्बिनी विकास कोषको अध्यक्ष हुनुपुर्व लोकदर्शन बज्राचार्य लुम्बिनीमा आएका थिए। तत्कालीन एमाले नेतृ साहना प्रधान पनि लुम्बिनी आएर लामो समय सोही घरमा बसेकी थिईन्। पाहुनाका लागि भनेर बनाएको घर भने अहिले जीर्ण अवस्थामा छ। घरसँग जोडिएका धेरै कुराहरु पनि हराउँदै गएका छन्।,चौधरी परिवारले आगन्तुकहरुको विवरण राख्नका लागि बनाएको आगन्तुक पुस्तिकामा धेरै आगन्तुुकले आफ्ना कुरा लेखेका थिए। तर त्यो पूस्तिका लुम्बिनी विकास कोषका कर्मचारीले फोटोकपी गर्न भन्दै लगेर फिर्ता नगरेको मनमोहन चौधरी बताउँछन्।,‘को पाहुना कहिले आउनुभयो भन्ने सबै कुरा लेखेका चारवटा पुस्तिका थिए, दलाई लामाले पनि त्यसमा यहाँ आएर खुशी लागेको भन्ने कुरा लेख्नुभएको थियो’ चौधरी भन्छन्, ‘यी चीजहरु महत्वपूर्ण छन्, यिनको सुरक्षा गर्नुपर्छ, एककपी मलाई दिनुस् फोटोकपी गर्छु भनेर कोषका कर्मचारी बाबुकृष्ण रिजालले लगेका थिए, त्यसपछि ती मान्छे पनि गायब भए, पूस्तिका पनि गायब भए।’ चारवटा आगन्तुक पुस्तिकामध्ये एउटा पुस्तिका भने अझै पनि सुरक्षित छ।,चौधरी परिवार लुम्बिनीको संरक्षणमा मात्रै हैन, गाउँलेको सुरक्षा र भरोसा बनेको थियो। गाउँका सामाजिक गतिविधिदेखि धनमालको सुरक्षामा पनि चौधरी परिवारलाई गाउँलेले विश्वास गर्थे। त्यो विश्वास चौधरी परिवारले अझै पनि जोगाएको देखिन्छ।,गाउँमा सुनचाँदीको व्यवसाय गर्नेहरुले चौधरी परिवारलाई बैंकको रुपमा मान्छन्। गाउँका करीब आधा दर्जन सुनचाँदी व्यापारीहरुले चौधरीको घरमा सुनचाँदी राख्ने गोदाम बनाएका छन्। उनीहरुले दिनभर व्यापार गरेर बाँकी रहेको सुनचाँदी चौधरीको घरमा ल्याएर राख्छन् र अर्को दिन बिहान फेरि बजारमा लैजान्छन्।,‘म यही घरमा जन्मे, हुर्केँ, यहाँ कुनै पनि हिसाबले सुरक्षाको कमी भएन’ चौधरी परिवारसँगै हुर्किएका लुम्बिनी विकास कोषमा सुरक्षा इन्चार्जको भूमिका निर्वाह गरेर अवकाशप्राप्त रामचन्द्र सिंह भन्छन्, ‘राजनीतिक आन्दोलनहरु हुँदा, द्वन्द्वकालमा पनि यहाँ असुरक्षा महसुस भएन, त्यसैले पनि होला सबैले विश्वास गर्छन्।’,व्यापारीलाई सुनचाँदी राख्नका लागि चौधरीको घरमा छुट्टै कोठा छ। त्यो कोठामा पुस्तौँदेखि सुनचाँदी र गरगहना राख्ने गरेको स्थानीय हरिशचन्द्र बर्माले बताए।, उनका हजुरबुवाको पालामा त्यसअघिका पूस्ताले राख्नेगरेकोले त्यसलाई नै निरन्तरता दिएको उनी बताउँछन्। ‘अहिलेसम्म केही कुरा हरायो, चोरी भयो भन्ने छैन’, उनले भने, ‘मेरा हजुरबुवा पारसनाथ, बुवा देवीशरणले पनि राख्दै आउनुभएको थियो, मैले पनि यहीँ ल्याएर राख्छु।’,चौधरी परिवारले राजनीतिक रुपमा पनि स्थानीयको मन जितेको छ। सीताराम चौधरी रुपन्देही जिल्ला पञ्चायतका सभापति भए। उनका ५ भाई छोरामध्ये जेठा ज्योतेन्द्रमोहन चौधरी स्वतन्त्र रुपमा उम्मेदवारी दिएर सांसद निर्वाचित भए र श्रम, कृषि, युवामन्त्री भए। साईँला छोरा मनमोहन चौधरी तत्कालीन भगवानपूर गाउँ पञ्चायतका प्रधानपञ्च भए।,अहिले उनी स्वतन्त्र उम्मेदवारबाटै विजयी भएर लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख छन्। यिनै प्रमुख चौधरी आफ्ना पुर्खाले बनाएको, जोगाएको घर अब कसरी सुरक्षित राख्ने भन्ने चिन्तामा छन्।
सी. पी. खनाल
कठीन बाटोको एउटा साहसी यात्री
उनी फेरि अर्को उचाइको यात्रामा छन्। धर्तीलाई टेकेर आकाशै छुने अभ्यासमा छन् उनी। भर्खरै विश्वका १४ हिमाल चढेर फर्केका उनले फेरि पनि उस्तै अग्ला हिमालतिरकै यात्रा सुरु गरेका छन्। कीर्तिमान कायम गर्ने भोकबाट कसैको सम्मान र सम्झनामा समर्पित छ उनको यो यात्रा।,६ महिना ६ दिन अर्थात १८९ दिनमा ८ हजार मिटरमाथिका विश्वका सबै १४ हिमालको उचाइलाई आफ्नो गन्तव्य बनाउन सफल निर्मल पूर्जा गएको मंगलबार (अक्टोबर २९) मा आफ्नो टोलीसहित चीनको शीशापाङ्गमा हिमालको ८ हजार २७ मिटर उचाइमा टेक्न सफल भए। त्यो सँगै ‘प्रोजेक्ट पोसिबल’ ले पूर्णता पायो।,‘प्रोजेक्ट पोसिबल’ सात महिना भित्र विश्वका ८ हजार मिटर माथिका सबै १४ हिमाल आरोहण गर्ने लक्षसहित निर्मलले कल्पना गरेको यात्रा थियो। र, निर्धारित समय भन्दा अघि नै पूरा भयो त्यो।,विश्व कीर्तिमानी यात्रा तय गरेर फर्केका निर्मल पूर्जा शुक्रबार बिहान भेट्दा अति उत्साहित थिए। तर उनमा उन्मादको रंग थिएन। हिमालले फुटाएको गाला केही चिल्लिने क्रममा थियो।,लामो अनिँदोपछि एक रात मज्जाले सुतेका थिए निर्मल। त्यसैले पनि होला शुक्रबार बिहानै अति प्रफुल्ल मुद्रामा प्रस्तुत भए उनी। हतारो थियो। तर अधैर्य देखिएनन्। उनको प्रस्तुति शान्त थियो।,प्रायले असम्भव र अति कठिन मानेको यात्रा विवरणका क्रममा निर्मलले आफूले भोगेका अप्ठ्यारा तथा अवरोधहरुको कथा पनि सरल रुपमा सुनाइरहेका थिए। हिमालसँगको आफ्नो मोहको कुरा रोमान्चकारी प्रेमकथा भन्दा कम थिएन। उनलाई हिमाल आफ्नो वास्तविक घर जस्तो लाग्दो रहेछ। उनी त्यसै भन्दै थिए।,उनले नापेको उचाइको कथा सधैँ सुनिरहुँ जस्तो लाग्ने। उनले १४ हिमालको कुल उचाइ १ लाख १५ हजार ९७६ मिटरको यात्रा गरेर आएका थिए। १८९ औँ दिनमा पूरा गरेको अभियान सकेको चौथो दिन थियो हामीसँगको भेटघाट। हिमाल चढ्न जस्तै उत्साहित रुपमा कथा सुनाउँदै थिए उनी। सोध्न र सुन्न आउनेहरुको ताँती नै थियो।,कुराकानीको सुरुमा, ६ महिना ६ दिन र नापेको उचाइको अनुभव फेरि सोध्यौँ। उनका लागि सुनाइरहेकै कथा थियो। हाम्रा लागि भने नितान्त नयाँ।,यो यात्रा पूरा गरेपछि एक हिसाबले उनी सहज अनुभव गरिरहेका थिए। यात्रा सुरु गर्दा संसारले हेरेको थियो। जोखिमको चेतावनी दिएका थिए। अति उत्साहित नबन्न भनेका थिए केहीले। केहीले विश्वास पनि गरेका थिए। तर सबैभन्दा महत्वपूर्ण कुरा सक्छु भन्ने आँट थियो उनमा।,आँटले सुरु गरेको यात्रा सफल भयो। निर्मलले यात्राका क्रममा मनमा रहेको डर सुनाए। भवितव्यको आशंका सुनाए। तर मनमा विश्वास रहेको कुरा पटक पटक सुनाइराखे। यात्राका लागि चाहिने रकम र मार्गमा आउन सक्ने प्राकृतिक विपत्ति स्वाभाविक चिन्ताको विषय थियो।,फण्ड जुनाउन नसक्दा र हिम आँधीसहितका प्राकृतिक विपत्ति आइलागेको अवस्थामा यात्रामा विराम आउने थियो पक्कै पनि। तर त्यो डरले आकार लिएन र उनी यात्रा पूरा गरेर यहाँ थिए।,जमिनको सतहमा बसेर उनले माथिल्लो उचाइको अनुभव सुनाउँदै थिए। फरक परिवेशको त्यो यात्रा विवरण। जताततै हिउँ, तीव्र गतिमा चलेको चिसो हावा। लगभग निर्जन हिमालको चुचुरो र यहाँ फर्केर अहिले बसेको ठाउँको परिवेश फरक थियो। तर उनले आफूलाई थप शान्त र भरपूर महसुस हिमालमै गरेको बताए।,तर यात्रा भयानक दुःखले भरिएको थियो। अप्ठ्याराहरु थिए। अवरोधहरु आए। तर चुनौतीको सामना र त्यसपछिको सफलता झनै रोमाञ्चक र उत्साहप्रद बन्दै जान्छन्।,म्याग्दीमा जन्मेका निर्मल केही समय पोखरामा बसे। कक्षा दुईसम्म पोखराको मनकामना स्कूलको अध्ययन गरेका निर्मलको परिवार त्यसपछि चितवनको रामनगर सर्‍यो। उनले त्यहिँको स्मल हेभन स्कुलबाट एसएलसी दिए।,त्यसपछिको अध्ययन पनि केही समय त्यतै गरे। उनलाई हुर्किँदै गर्दा बेलायती लाहुरे हुने ठूलो सपना जाग्यो। बुवा भारतीय सेनामा थिए। दुई दाजु बेलायती सेनामा। निर्मल पनि गोर्खा सैनिक बन्ने ध्याउन्नमा होस्टेलमा रहेका बेला बिहानै ३ बजे उठेर दौडिन थाले। दिनको झण्डै १५ किलोमिटर दौडिन्थे।,मेहनतले रंग ल्यायो। उनी बेलायती सेनामा भर्ती भए सन् २००२ डिसेम्बरमा। सपना पूरा भयो। सपनाको आकार पनि फैलिँदै गयो। उनी बेलायती सेनाको स्पेसल फोर्समा पर्न चाहन्थे। सात वर्षपछि त्यो पनि सम्भव बन्यो। सपनाको बिस्तार सुतेर मात्र गरेका थिएनन् उनले। त्यही अनुपातमा मेहनत पनि गरिरहे।,सन् २०१२ मा अर्को सपनाले प्रवेश पायो नजानिँदो गरेर। त्यो वर्ष निर्मल पहिलो पटक सगरमाथाको आधार शिविरमा पुगेका थिए। यात्राको छाप मनमा बसिरह्यो। उनी पेशामा रमाइरहेका थिए।,तर बिस्तारै हिमालले तान्न थाल्यो। सगरमाथा चढ्ने अभिलाशा जाग्यो। सन् २०१६ मा उनी बिदामा घर आउँदा हिमाल चढ्नका लागि चाहिने पैसाको जोहो गरे। तर यो कुरा घरमा कसैलाई भनेनन्। भनिहाल्न पनि चाहन्नथे। र यो द्विविधाकै बिचमा जीवनसंगिनी सूची पूर्जालाई भने। सूचीले साथ दिइन्। निर्मलले सगरमाथाको चुचुरोबाट माथि आकाश नियाल्न सफल भए त्यसै वर्ष।,म्याग्दीको चिसो हावा चल्ने पहाड बच्चैमा छोडेर चितवनको समथर र प्रायः गर्मीमा हुर्केका उनले शेर्पाहरुको घर मानिने हिमालसँग औपचारिक रुपमा नाता गाँसे। त्यसपछि उनको हिमाल सपनाले बिस्तारित रुप लिँदै गयो।,निर्मलले त्यसपछिका वर्षमा पनि हिमाल चढे। ८ हजार मिटरमाथिका १४ मध्ये आधा त नेपालमै छन्। उनलाई यीसँगै नेपाल बाहिरका अरु सात हिमाल पनि चढ्ने मन भयो। केही समय मनमै रहेको योजना उनले ‘प्रोजेक्ट पोसिबल’ का रुपमा सार्वजनिक गरे।,यो योजना चुनौतीपूर्ण थियो। सबैले विश्वास र समर्थन गरिहाल्ने खालको पनि थिएन। तर उनलाई आफ्नो शरीरको ‘फिजिओलोजी’ र प्रतिबद्धतामा विश्वास थियो। आफ्नो अर्जुन दृष्टिमा भर थियो।,त्यसैले चुनौतीका रुपमा तेर्सिन सक्ने जागिर नै छोडे। त्यत्रो मेहनत र रहरले जोडिएको बेलायती सेनाको जागिर, महिनाको नेपाली ६ लाख रुपैयाँ भन्दा बढीको तलब र पेन्सन माया मारेर उनले हिमालतिरको कठिन यात्रा रोजे। बेलायतमा जोडेको घर पनि बेचे। अहिले उनीको सन्तुष्टिको पृष्ठभूमि हो यो।,असजिलो बाटोमा हिँडेका निर्मललाई रोक्न सक्ने धेरै अवरोधहरुको कमी थिएन। अवरोध परिवारको, अवरोध मोहको अनि अवरोध स्नेहको। तर उनले ती सबै भन्दा आफ्नो सपनालाई पहिलो प्राथमिकतामा राखे।,आमा रोगी छन्, हप्ताको दुई पटक डायलासिस गर्नु पर्छ, उनी काठमाडौँमा भाडाको कोठामा बस्छिन्। बुवा चितवन घरमा छन्। दुई दाइ बेलायती सेनामा, एक दाइ सेवानिवृत्त शिक्षक। निर्मलकी श्रीमती सूची बेलायतमा छिन्।,निर्मललाई सूचीसँग मिलेर आफ्नो संसार अलि फराकिलो पार्ने मन नभएको होइन। थियो। तर भययुक्त यात्राको सोचमा रहेकाले उनले तत्कालका लागि सन्तानको रहर थाँती राखे। त्यसमा सूची पनि राजी भइन्।,‘हिमाल जति रहरको गन्तव्य हो, त्यति नै अन्त्यको मार्ग पनि। त्यसैले म यस्तो यात्राको सुरुवात कसैका लागि बन्धन छोडेर गर्न चाहन्नथेँ’, निर्मलले यस्तो भन्दै गर्दा उनका आँखाले माथि हेरिरहेका थिए एकनास। लगत्तै मोहको सञ्चार भयो क्यारे, ‘अब त फर्केर आइयो।’ उनी मुस्कुराए।,उनले पूरा गरेको यात्राको विश्वभर प्रशंसा भइरहेको छ। किनकी यसअघि यही यात्राका लागि झण्डै ८ वर्षको समय लगाएका थिए आरोहीहरुले। निर्मलको सफलता अपत्यारिलो नै हो। तर आलोचना गर्नेहरु पनि छन्। केही आरोहीले उनले अक्सिजनको बोटल प्रयोग गरेको, मार्ग पहिले नै तयार पार्न लगाएको जस्ता आरोप लगाएका छन्।,निर्मल यी आलोचनाहरुलाई खासै वास्ता गर्दैनन्। ‘हामी मानव जातिको बानी नै भइसक्यो खोट निकाल्ने, आलोचना गर्ने,’ निर्मलले भने, ‘तर मैले सुन्ने मेरो शरीरको आवश्यकतालाई हो, म माथि चढेर फेरि ओर्लनु पर्ने थियो, त्यसका लागि जीवित रहनु पर्छ। मैले जीवित रहेर पूरा गरेको हो यो यात्रा, बाँच्नका लागि चाहिने उपायहरु त अपनाउनै पर्‍यो। बोले जस्तो सजिलो त कहाँ हुन्छ र? आलोचनाहरु हुनु पर्छ। यसले मेरो बाटो छेक्दैन।’,सपनाहरु परिवर्तन भइरहन्छन् । सन् २०१४ मा उनले पहिलोपटक टेकेको ८ हजार मिटर माथिको हिमाल धौलागिरी अहिले पनि प्रिय हिमाल छ उनका लागि। किनकी त्यहाँ आरोहणका क्रममा पाएको दुःख र त्यसपछिको पहिलो सन्तुष्टिको स्मृति ताजा छ अझै पनि।,स्मृति र अनुभवहरुको कुरा गर्दै गरेका निर्मललाई हामीले अबको जीवन यात्राको योजना सोध्यौँ। उनले भने, ‘गर्नु धेरै छ, सपनाहरु छन्। ती सबै हिमालसँग जोडिएका छन्।’,उनलाई हिमालका साथी, शेर्पा समुदायको कथा भन्नु छ। हिमालका कथाहरु सबैलाई सुनाउनु छ। अनि हिमालसँग जोडिएका विषयवस्तुमै अबको यात्रा तय गर्नु रहेछ।,हिमालको कुरा गरेका उनले बिचमै जलवायु परिवर्तनले हिमालमा परेको असर बारे सुनाए। सन् २०१४ मा धौलागिरी जाँदा देखिएको हिउँ यो पटक जाँदा देखिएन। हिउँ सकिँदै गएको रहेछ।,जलवायु परिवर्तन साँचो रहेछ भन्ने उनी आफैँले देखे र अब उनले हिमालसँगै जलवायु परिवर्तनका कारण हिमाल र हिमालीले भोग्नु परेका असजिलाहरु र त्यसबाट जोगिनका लागि गर्नु पर्ने उपायहरुबारे पनि जानकारी गराउने योजना सुनाए।,स्मृति, अनुभव, दुःख र त्यसपछिको आनन्द अनि भावी यात्राको कुरा गरेर निर्मल विदा हुने तरखरमा देखिए। १४ हिमाल आरोहणपछि अर्को हिमालको यात्रामा निस्कँदै थिए उनी। यसपल्टको गन्तव्य आमादब्लम। नोभेम्बर ११ मा आमादब्लमको चुचुरोबाट बेलायती सेनामा गएर सहादत प्राप्त गरेका गोर्खालीहरुको सम्झना र सम्मान गर्ने लक्ष्य छ उनको।,कीर्तिमानी निर्मललाई उनको यो पवित्र यात्राका लागि शुभकामना।,निर्मल पूर्जाले हिमाल आरोहणका बेला असजिलोमा परेकाहरुको उद्धार गरेका छन्। उनले गएको मे मा सगरमाथामा आरोहीको लाम लागेको तस्बिर खिचेका थिए सो तस्बिर विश्वभर प्रयोग भयो। यस्तै उनले ४८ घण्टामा सगरमाथा, लोत्से र मकालु हिमाल ४८ घण्टा भित्रमा आरोहण गरेका छन्।,निर्मलले ६ महिना ६ दिनमा पूरा गरेको १४ हिमालको यात्रा यसअघि पोल्याण्डका जेर्जी कुकुक्जाले सन् १९८७ मा सात वर्ष ११ महिना १४ दिन तथा सन् २०१३ मा दक्षिण कोरियाली आरोही किम चाङ्ग–हो ले सात वर्ष १० महिना ६ दिनमा पूरा गरेका थिए।,भिडियो हेर्नुहोस्:
टंक ढकाल
छिनाेले जाेडेकाे हरिमायाको जीवन
विगत १८ वर्षदेखि उनको नाता काठसँग छ । १५ वर्षकै कलिलो उमेरमा दाइहरुको संगतमा ललितपुरको खोकनाकी हरिमाया महर्जनले काठमा बुट्टा भर्न सिकिन् । त्यसयता लगातार हरिमायाले काठमा विभिन्न आकृति कुँदेकी छन् ।,३३ वर्षकी उनको हातमा सानैमा बसेको सिप निखारिँदै गएको छ । सादा काठलाई विभिन्न आकृति दिँदै जाँदा उनलाई रमाइलो लाग्छ ।,केही समय अघि , हरिमायाको घरमा पुगेकी थिइन् । सधैँजस्तै हरिमाया एक सुरमा थिइन्, उनका आँखा बुट्टा कुँदै गरेको काठमा परेको छिनोको टुप्पोमा थियो । अर्को हातमा रहेको हताैडाले छिनोको माथिल्लो भागमा हानिरहेकी थिइन् ।,१७ वर्षमा प्रेममा परेकी हरिमायाले १९ वर्षको हुँदा सवीर महर्जनसँग विवाह गरिन् । अहिले दुवैजना काठकै काम गर्छन् । त्यसकै आयले दुई सन्तानको पालनपोषण तथा शिक्षादीक्षा चलेको छ ।,जीवन राम्रै छ भन्छिन् उनी । हरिमायाले पढ्न त पाँच कक्षासम्म मात्रै पढेकी हुन्, तर उनको हातमा रहेको सीपले जीवन सजिलो बनाएको छ ।
बर्षा शाह
चितवनमा ‘प्रचण्डका छोरा’ को यो कन्तबिजोग
अरुणाले राम्रोसँग सुकाएको भूरा माछा मसिनो बनाएर पिसिन्। ठूलो लोहोरो मज्जाले घुमाउँदै लसुन र हरियो खुर्सानी पनि मसिनो हुने गरी पिसिन्। सिलौटो भरि चटनी तयार भयो।,जुठेल्नो पल्तिरको बोटबाट टिपेको खुर्सानी देख्दैमा पिरो लाग्थ्यो। चटनीलाई कचौरामा हालिन्। सिलौटो सिनित्त पारेर सोहोरिन् र कचौरा लिएर भित्र पसिन्।,नारायणी नदीको किनारको बस्ती, बर्दाहा जंगलको आडमा छ, अरुणा माझी मुसहर बस्ने घर । चितवनको भरतपुर महानगरपालिका २८, दद्रहनीको यो घरमा बेलुकाको खाना तयार भएको थियो।,दिनभरि लगाएर मारेको केही माछा लिएर साझापुर बेच्न जानु अरुणाकी हजुरआमाको नियमित धन्दा बनेको छ। अरुणाका बुवा राजकुमार केही समयपहिले दुर्घटनामा गम्भीर घाइते भएका थिए। निधारमा गम्भीर चोट लागेका राजकुमार ११ दिनको अस्पताल बसाइपछि बल्ल घर फर्किएका थिए।,झण्डै वर्षदिन अघि भन्दा यो घरको रुप केही फेरिएको थियो। केही चर, केही ह्वाङ्ग। तर समग्रमा उदेक लाग्दो तर दुःखद नै थियो अवस्था।,२०७५ सालको पुसमा हामी पहिलो पटक अरुणलाई खोज्दै जाँदा उनकी दिदी अरुणा र बुवा राजकुमारसँग भेट भएको थियो।,अरुण तिनै बालक हुन्, जो केही सीमित मध्ये पर्छन् जसले देश हाँकिरहेका नेताहरुको संरक्षण पाए। र केही चर्चामा पनि आए।,सरकारले सबै बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउने उद्देश्यसहित हरेक वर्ष वैशाखमा विद्यालय भर्ना अभियान गर्ने गरेको छ। २०७५ वैशाखको भर्ना अभियान भिन्न र भव्य थियो। कारण त्यो वैशाखमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित विभिन्न नेताहरुले औपचारिक रुपमा केही बालबालिकाको अभिभावकत्व लिएका थिए। प्रचार ठूलो थियो।,सोही क्रममा अरुण माझी मुसहरको अभिभावकत्व नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले लिएका थिए। प्रचण्डले अरुणसँगै भरतपुर महानगरपालिका २८ को साझापुर माध्यामिक विद्यालयमा अर्का बालक पत्रुस मुसहरको पनि अभिभावकत्व लिएका थिए।,त्यसपछि उनीहरुको परिचय फेरियो। र बने ‘प्रचण्ड पुत्र’। उनीहरुलाई स्कूलमा साथीहरुले प्रचण्डको छोरा भन्न थाले।,‘प्रचण्ड पुत्र’ को परिचय पाएका अरुणको अवस्था भने खासै फेरिएको देखिएन । वा भनौँ ‘प्रचण्ड’ थियो उनका समस्याहरुको राप । उनी नियमित स्कूल आएका थिएनन् । कारण खोज्दै जाँदा गएको पुसमा उनको अवस्था छर्लंग भएको थियो ।,मुश्किलले अडिएको छानो मात्रै, भित्ता बिहीन घरका बासिन्दा थिए उनी । खानेकुरा शून्य प्रायः थियो । स्कूल भन्दा के खाने, कसरी रात काट्ने त्यो कटेरोमा, त्यो उनको प्राथमिकता या चुनौति बनेको थियो ।,८ महिनापछि हामी फेरि गएको अशोजमा अरुणको घर गएका थियौँ । महानवमीको अपरान्ह थियो । जताजतै दसैँको रौनक, सबै परिवारसँग रमाएका । विभिन्न परिकार पाकेका थिए, प्रायः का घरमा ।,तर दसैँ अरुण र अरुणाको बस्तीबाट टाढै रह्यो । उनीहरुको घरमा सन्नाटा थियो।,८ महिना अघि भित्ता बिहीन घर परबाट हेर्दा यो पटक अलि फरक देखिन्थ्यो । बाटोबाट हेर्दा बार बेरिएको देखिन्थ्यो । लाग्यो, ‘घरमा भित्ता आए छ, शायद आनन्दले निदाउन सके होलान् ।’,तर भ्रम टुट्न बेर लागेन । नजिकै पुगेपछि वास्तविकता उदांगियो । काँसले केही भागमा बारिएको रहेछ । चरबाट घामका किरण भित्र छिरेका थिए । भित्ता जस्तो देखिने काँसको बार नाम मात्रैको भित्ता थियो । आधा जति चाहिँ खुल्लै थियो ।,यो पटक उनीहरुको घरको आधा छानो खसेको रहेछ । बर्खा यहि खसेको छानोमा बिताएका हुन् अरुण, अरुणा र उनकी हजुरआमाले । बुवा राजकुमारको भर हुँदैन, उनी कहिले घर आउँछन्, कहिले आउँदैनन् । उस्तै परे बाटोमै लड्छन् । बिचको धुरी खाँबोबाट पश्चिम तिरको भागको छानो खसेको घरमा रात बिताउनुको विकल्प छैन उनीहरुसँग ।,आधा छानो खसे पनि आधा घरले आकाश छेकेको छ । उनीहरुको बास त्यहि आधा भागमा समेटिएको छ अहिले ।,घर बाहिरको सिलौटोमा पिसेको चटनी अरुणाले धुरी खाँबोको आडमा रहेको ढुंगे चुलो नजिकै राखिन् ।,चुलोमा निभ्न लागेका केही अगुल्टा थिए । आगो ओझिइ सकेको छ । चुलोमाथि उही करो फुक्लेको कराई राखिएको छ । त्यही कराइमा उनले हामी अघिल्लो वर्ष जाँदा भात पकाउँदै थिइन् । यसपटक भने उनले चाँडो गरिछन्, भात पाकिसकेको थियो । कराईमा पाकेको भात स्टिलको थालले छोपिएको थियो ।,महानवमीका दिन अरुणाले भाइ, हजुरआमा र भर्खरै अस्पतालबाट फर्किएका बुवाका लागि कराईमा भात र सितनका लागि चटनी बनाएकी थिइन् ।,अरुण साथीहरुसँग खेल्दै थिए, दिदीले काम गरेको हेर्दै पनि । उनीहरुलाई हजुरआमाको पर्खाई थियो पाकेको भात र तयार भएको चटनीको स्वाद लिन ।,चुलोसँगै केही थोत्रा र मैला लुगाहरुको झोक थियो । सबै लुगाहरु लगभग उस्तै पुराना र थोत्रा । उस्तै मैला पनि ।,बिचको धुरी खाँबोको अर्को पट्टि, चुलो भन्दा केही पर ओछ्यान लगाइएको थियो । बोरामाथि पुरानो थाङ्ग्नो ओछ्याइएको । त्यहि बिस्तारा थियो उनीहरुले रात कटाउने । भूईँको चिसो र माथिबाट सित र पानी हरेक दिनको नियती थियो उनीहरुको ।,अहिले पनि उनीहरुको घरको अवस्था उस्तै छ । दसैँदेखि अहिलेसम्म केही फेरिएको छैन । अरु छानो केही थप खसेको छ, घर भित्रबाट देखिने आकाश अरु फैलिएको छ । त्यसैले उनीहरु आफ्नै घर भित्र थप खुम्चिएका छन् ।,घर मन बराल्ने छ । तर उनीहरुको लगन भने आश लाग्दो । अरुण र अरुणाले स्कूल छोडेका छैनन् । अरुण पास भएर दुई कक्षामा गएका छन्। अरुणा पनि पाँचमा पुगिन् । सकेसम्म नियमित स्कूल जाने गरेको उनीहरुले बताए । तर घरमा खाने कुरा नभएर कहिले बिहान नखाई जानु पर्छ । हजुरआमाले काम नपाउँदा बेलुका खान नपाएका रातहरु धेरै छन्।,चाहेर पनि अरुण र अरुणा नियमित रुपमा स्कूल जान सकेका छैनन् । साझापुर माध्यामिक विद्यालयको व्यवस्थापन समितिकी अध्यक्ष लालु अधिकारीलाई पनि उनीहरुको समस्या थाहा छ । तर जति प्रयास गरे पनि केही गर्न नसकेको उनले बताइन् ।,उनले भनेको ‘जति प्रयास गरे पनि’ को अर्थ स्पष्ट थिएन । घरमा बलियो भित्ता र घाम–पानी छेक्ने छानो भए अरुण र अरुणालाई केही सहज हुने थियो, त्यसका लागि प्रयास गरेको उनले दाबी गरिन् ।,अवस्था यस्तै रहने र समस्याहरु थपिँदै जाने हो भने अहिले स्कूल आइरहेका उनीहरु लामो समय स्कूल आउँछन् भन्नेमा अध्यक्ष अधिकारीलाई शंका छ ।,यता अरुणको अभिभावकत्व लिएका प्रचण्ड पार्टीमा थप बलियो बनेका छन् । उता उनका ‘पुत्र’को घर थप भग्नावशेष र भविष्य अन्यौलको मार्गमा छ ।,अभिभावकको अर्थ संरक्षक या पालनकर्ता हुन्छ बालबालिकाका लागि । उनीहरुको अध्ययनका लागि स्कूल पोसाक, पुस्तक र कापी कलम मात्रै काफी हुँदैन । त्यसका लागि वातावरण पनि चाहिन्छ, जुन ‘प्रचण्ड पुत्र’ अरुण र उनकी दिदी अरुणाले पाएका छैनन् अझै पनि ।
टंक ढकाल
आप्रवासी चराको रोचक नेपाल यात्रा
लामो तयारी र उस्तै लामो यात्रा तय गरेर धेरै चराहरु नेपालका विभिन्न क्षेत्र आउने क्रम जारी छ । हिउँद बिताउनका लागि चीन, मंगोलिया तथा रुसको साइबेलियासहितका क्षेत्रबाट चरा आउने क्रम सुरु भइसकेको छ । जाडो छल्न तथा अत्याधिक चिसोका कारण आहाराको अभाव हुँदा चराहरु महादेश नै पार गरेर नेपालसम्म आइपुग्ने गर्छन् ।,जाडो याम सुरु भएसँगै उत्तरतिरबाट अर्थात हिम शृङ्खलामाथिबाट उडेर चराहरु नेपालका विभिन्न स्थानमा आइपुग्छन् । उताको कहाली लाग्दो जाडो र आहराको अभाव छल्नका लागि यहाँ (नेपालमा) जाडो सुरु भएसँगै चराहरु आउन थाल्छन् ।,झण्डै ६ महिनाको बसाईका लागि आउने चराहरुमा आधा जति सिमसार तथा बाँकी आधा वन तथा घाँसे मैदान क्षेत्रमा आश्रित हुन्छन् । विशेष गरी हाँस प्रजातिका चराहरुले लामो यात्रा तय गरेर नेपालका सिमसारमा अस्थायी बास रोज्छन् । अरु प्रजातिका चराको गन्तव्य वन तथा घाँसे मैदान बन्छ ।,दक्षिणतिरबाट अर्थात गर्मी छल्नका लागि आउने चराहरुको गन्तव्य पनि नेपालका विभिन्न जंगल तथा चरन क्षेत्र पर्छन् । गर्मी तथा जाडो छल्नका लागि झण्डै २०० प्रजातिका चरा नेपाल आउँछन् । हिउँदमा आउने चराका प्रजातिको संख्या १५० को हाराहारीमा रहने गरेको छ । गर्मी छल्न आउनेमा ५० देखि ६० प्रजातिका चरा हुन्छन् ।,कपिलवस्तुको जगदिसपुर जलासय, कैलालीको घोडाघोडी ताल, बर्दियाको बढैया ताल, कास्कीको फेवाताल, सुनसरीको वर्जु ताल, रुपन्देहीको गैडहवा ताल, चितवनको बिसहजारी तालसहितका सिमसार क्षेत्रमा हाँस तथा गिद्ध प्रजातिका आप्रवासी चराले हिउँद बिताउने गरेको चराविद डा. हेमसागर बरालले बताए ।,हिउँदमा आउने चराहरु १३ हजार माइल भन्दा बढीको यात्रा पाँच दिन पाँच रातसम्मको उडान तय गरेर नेपालका विभिन्न क्षेत्र पुग्छन् ।,बसाईँ सरेर आउने चराहरुले यात्राको तयारी केही हप्ता लगाएर गर्छन् । ‘हामीले जसरी लामो या धेरै दिनको यात्रा गर्नु पूर्व तयारी थाल्छौँ, बाटोमा चाहिने खानेकुरा राख्छौँ, त्यसैगरी चराहरुले पनि यात्राको तयारी गरेका हुन्छन्’ चराविद बरालले भने, ‘लगातार उड्ने अधिकांश चराहरुले यात्रा सुरु गर्नु पूर्वका केही हप्ता अत्याधिक चारो खाएर यात्राका लागि शक्ति सञ्चय गरेका हुन्छन् । उनीहरुले शरीरमा खानालाई फ्याटका रुपमा जम्मा गर्ने हुनाले मोटा हुन्छन् ।’,लगातारको उडानको क्रममा शरीरमा सञ्चय गरेको फ्याटलाई ‘बर्न’ गरेर चराहरु शक्ति प्राप्त गर्ने गर्दछन् । उनीहरुले सञ्चय गरेको शक्ति यात्राका क्रममा सकिने हुँदा नेपाल वा त्यो भन्दा पर भारतका विभिन्न क्षेत्र पुग्दा उनीहरु दुब्ला र ख्याउटे हुने गर्छन् ।,ती चरा उड्ने बेलामा सामान्य भन्दा तीन गुणासम्म मोटा हुन्छन् । यताबाट फर्कने बेलामा पनि उनीहरुको शक्ति सञ्चय वा यात्राको तयारी त्यस्तै हुन्छ ।  तर रोकिँदै वा बास बस्दै बसाईँ सर्ने प्रजातिका चराले यसरी शरीरमा शक्ति सञ्चय गरेका हुँदैनन् ।,जाडो छल्नका लागि चराहरु चीनको विभिन्न भाग, मंगोलिया, कोरियाको छेउछाउ, रुससहितका क्षेत्रबाट आउँछन् । यस्तै साइबेरियाको आर्कटिक सर्कल, मध्य एसियाली क्षेत्र, पूर्वी युरोपका केही भाग, अफगानिस्तानसहितका क्षेत्रबाट यो समयमा चराहरु नेपाल आउने गरेका छन्।,यी चराहरु जोडो छल्नका लागि मात्रै नेपाल या भारतका क्षेत्रमा आउने होइनन् । अत्याधिक चिसोका कारण उनीहरुको स्थायी बसोबास रहने क्षेत्रमा आहारा (किरा फट्यांग्रा) को अभाव हुन्छ । चारोको खोजीका लागि पनि चराले कोशौँ लामो यात्रा तय गर्ने गरेको चराविदले बताएका छन्।,नेपालमा आउने प्रायः सबै आप्रवासी चराले बचेरा हुर्काएर आउँछन् । यहाँ समय बिताएर फेरि बचेरा हुर्काउन आफ्नै थातथलो फर्किन्छन् ।,नेपालका सिमसार तथा वन र घाँसे मैदानहरु समग्र चराका लागि राम्रो बासस्थान हुन् । आप्रवासी चराहरु बास र चारोको खोजीमा आउने चराहरुका लागि सिमसार तथा वन र घाँसे मैदानको विकल्पहरु छन् । चासो पनि छ ।,मानवीय गतिविधिका कारण सिमसार तथा वन र घाँसे मैदानहरु साँघुरिँदै या मासिने क्रम बढ्दा चराका लागि उपलब्ध क्षेत्र सीमित बनेको छ । यसको प्रभाव आप्रवासी चराको संख्यामा परेको छ । विगतको तुलनामा पछिल्ला वर्ष नेपाल आउने आप्रवासी चराको संख्यामा कमी आउन थालेको छ । यसको प्रमुख कारण बासस्थानको अभाव नै रहेको चराविद बरालले बताए ।,चराले बसाईँ सर्दा बासस्थान तथा त्यसका विकल्पहरु र त्यस वरपरको गतिविधिलाई मध्यनजर गर्ने गर्छन् । बासस्थान नजिकै आहाराको खोजीका लागि जान मिल्ने खेतीयोग्य जमिन वा जंगल भएको क्षेत्र चराको रोजाइमा पर्छ ।,तालतलैया, वन जंगल, घाँसे मैदानसँगै अन्नबाली उत्पादन हुने खेती योग्य जमिन भएका क्षेत्र चराको गन्तव्यमा पर्छन् । तर मासिँदै गरेको बासस्थान तथा जैविक खेती प्रणालीको सट्टा विषादीमा आधारिक खेतीले प्राथमिकता पाउँदा चराहरु समस्यामा परेका छन् ।,यस्तै जलवायु परिवर्तनका कारण तालतलैया सुक्ने, नदीहरुमा बहाव घट्दै जाँदा पनि आप्रवासी चराहरु समस्यामा परेका छन् । विशेष गरी मध्य पहाडी र चुरेबाट बग्ने खोलाहरु सुक्न थालेकाले समस्या भएको छ ।,सिमसार तथा नदी आसपासमा उद्योग बनाउने सफा पानी लैजाने र फोहोर पानी फाल्ने गरिएका कारण पनि जटिलता थपिएको छ । यसैगरी खेती प्रणाली सघन बन्दा पानीको प्रयोग बढेकाले आप्रवासीसहित सबै चराहरु समस्यामा परेका छन् ।,समस्यामा पर्नेमा विशेष गरी खास आहार भएका चराहरु सबैभन्दा अघि छन् । सिमसार क्षेत्र खुम्चिँदै जाँदा माछासहितका पानीमा बस्ने प्रजातिहरु आहार रहेका चराहरु समस्यामा परेको चराविद डा. बरालले बताए ।, शनिबार विश्व आप्रवासी चरा दिवस मनाईँदै छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो शनिबार यो दिवस मनाईन्छ । दिवसको अवसरमा यो वर्ष चराको संरक्षणका लागि प्लाष्टिकजन्य फोहोरको समाधानमा जोड दिइएको छ ।,यस्तै आप्रवासी चराको संरक्षणका लागि उनीहरुको उडान मार्ग (बसाईँसराई गर्दा प्रयोग गर्ने मार्ग) लाई सुरक्षित बनाउनु पर्ने विश्वभरका चराविदले बताएका छन् । आप्रवासी चराको उडान मार्ग जोखिम पूर्ण हुन्छ । मार्गमा आहारा नपाउनु तथा शिकारीको जालोमा पर्नु उनीहरुका प्रमुख जोखिम हुन् ।
टंक ढकाल
असुरक्षित अमेरिका, यो वर्ष २५४ आम नरसंहारका घटना
अमेरिकामा बन्दुक प्रयोग भएर हुने हिंसाका घटना बढ्दै गएका छन् । शनिबार र आइतबार झण्डै १४ घण्टाको अन्तरालमा दुई ठाउँमा अन्धाधुन्ध गोली प्रहार भयो, जसमा २९ जनाको ज्यान गयो । ५३ जना घाइते भए ।,टेक्सासको एल पासोमा रहेको वालमार्टमा २१ वर्षका प्याट्रिक क्रुसियसले अन्धाधुन्ध गोली चलाउँदा २० जनाको ज्यान गयो, २६ जना घाइते भए । यो सन् २०१९ को हालसम्म अमेरिकामा भएको सबैभन्दा ठूलो बन्दुक आतंक हो ।,त्यसको झण्डै १४ घण्टापछि ओहायोमा अन्धाधुन्ध गोली प्रहार भयो । ओहायोको ऐतिहासिक डेटन जिल्लामा भएको गोलीकाण्डमा ९ जनाको ज्यान गयो, २७ जना घाइते भए । ओहायोको गोलीकाण्डमा आक्रमणकारीको पनि ज्यान गयो प्रहरीको कारवाहीमा । २४ वर्षका कोनर बेट्स नाम गरेका गोरो जातिका व्यक्तिले चलाएको गोली लागेर ज्यान जानेमा उनकी बहिनी पनि परिन् । टेक्सासको घटनामा संलग्न पनि गोरो वर्णकै हुन् ।,वर्ष २०१९ को २१६ औँ दिन थियो आइतबार । आइतबारसम्म यो वर्ष अमेरिकामा मास सुटिङ्गका २५४ घटना भएको ,ले जनाएको छ । गन भ्वाइलेन्स अर्काइभ गैरनाफामुखी संस्था हो, जसले अमेरिकामा भएका सबै बन्दुक सम्बन्धी हिंसाको तथ्यांक संकलन गर्ने गर्छ र सार्वजनिक स्थानमा हुने धन्धाधुन्ध गोलीकाण्डविरुद्ध वकालत गर्ने गर्छ ।,अहिलेसम्मको तथ्यांक अनुसार औषतमा दैनिक एक भन्दा बढी बन्दुक सम्बन्धी हिंसाका घटना हुने गरेका छन्, जुन सन् २०१६ यताको उच्च हो।,गन भ्वाइलेन्स अर्काइभका अनुसार अमेरिकामा यो वर्ष हालसम्म ३३ हजार १९० वटा गोलीकाण्ड भएका छन् । जसमा ८ हजार ७७८ जनाको ज्यान गएको छ र १७ हजार ४४९ जना घाइते भएका छन् । यसमा मास सुटिङ्गसहित सुरक्षा अधिकारीले अपराधी तथा शंकास्पदमाथि चलाएको गोली, घरायसी रुपमा भएका घटना, सुरक्षात्मक प्रयोजनका लागि चलाइएको गोली, हत्या गर्ने मनसाय नराखी भएका गोली प्रहार सहितको सूचना रहेको जनाइएको छ ।,यसअघि सन् २०१६ मा औषतमा दैनिक एक गोलीकाण्ड भएका थिए, सो वर्ष अन्धाधुन्ध गोली प्रहारका ३८२ घटना भएका थिए । सन् २०१७ मा ३४६ तथा २०१८ मा ३४० पटक अन्धाधुन्ध गोली प्रहारका घटना भएका थिए ।,आइतबारसहित पछिल्लो ८ दिनमा १०० जना भन्दा बढीमाथि गोली प्रहार भएको छ । टेक्सास र ओहायोको घटनाअघि सन फ्रान्सिस्कोको बे एरियमा भएको गिलरोय गार्लिक फुडफेस्टिभलमा अन्धाधुन्ध गोली प्रहार हुँदा तीनजनाको ज्यान गएको थियो भने १५ जना घाइते भएका थिए ।, यस्तै ब्रुक्लिनको क्लब पार्टीमा अन्धाधुन्ध गोली प्रहार हुँदा एकजनाको ज्यान गएको थियो भने ११ जना घाइते भएका थिए ।,यस्तै मिसिसिपीको साउथएवेनमा भएको गोलीकाण्डमा दुईजनाको ज्यान गएको थियो र अरु दुईजना घाइते भएका थिए।,केही घण्टा भित्रै दुई आम गोलीकाण्ड भएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधीवक्तासँग भेटेर घटनाको अनुसन्धानका सम्बन्धमा छलफल गरेका छन् ।,लस भेगास (अक्टोबर १, २०१७) – एक बन्दुकधारीले कन्ट्री म्युजिक फेस्टिभलमा अन्धाधुन्ध गोली चलाए । जसमा ५८ जनाको ज्यान गयो, ५६४ जना घाइते भए । होटल सुटको ३२ औँ तलबाट गोली चलाएका उनले त्यसपछि आफैलाई गोली हाने ।,ओरल्याण्डो (जुन १२, २०१६) – एक बन्दुकधारीले पुल्सीमा रहेको गे नाइटक्लबमा अन्धाधुन्ध गोली चलाउँदा ४९ जनाको ज्यान गएको थियो ।,भर्जिनिया टेक (अप्रिल १६, २००७) – बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ३२ जनाको ज्यान गयो । भर्जिनियाको ब्ल्याक्सबर्गमा रहेको भर्जिनिया टेक विश्वविद्यालयमा भएको सो घटनामा बन्दुकधारी आफैलाई पनि गोली हानेका थिए ।,स्याण्डी हूक (डिसेम्बर १४, २०१२) – एक बन्दुकधारीले आफ्नी आमालाई गोली हानेर हत्या गरेपछि २० बालबालिका र ६ वयश्यकको हत्या गरे । स्याण्डी हूक एलिमेन्ट्री स्कूलमा भएको सो घटनामा उनले आफैलाई पनि गोली प्रहार गरेका थिए ।,सुथरल्याण्ड स्प्रिङ (नोभेम्बर ५, २०१७) – श्रीमती र छोराछोरीलाई कुटपिट गरेका कारण अमेरिकी वायु सेनाबाट निकालिएका व्यक्तिले ससुरालीका परिवारले प्रार्थना गरिरहेको टेक्सासको ग्रामीण क्षेत्रस्थित चर्चमा अन्धाधुन्ध गोली चलाए । जसमा २६ जनाको ज्यान गयो । त्यसपछि उनले आफैलाई गोली हानेका थिए ।,किलीन (अक्टोबर १६, १९९१) – एक व्यक्तिले आफूले चलाएको ट्रक टेक्सास सिटी स्थित रेस्टुरेन्टको पसालेर अन्धाधुन्ध गोली चलाउँदा २३ जनाको ज्यान गएको थियो ।,सन यसिड्रो (जुलाई १८, १९८४) – क्यालिफोर्नियाको सन डियागोमा रहेको म्याक्डोनल्सको रेस्टुरेन्टमा अन्धाधुन्ध गोली चलाउँदा २१ जनाको ज्यान गएको थियो भने १९ जना घाइते भएका थिए । आक्रमणकारीको प्रहरीको कारवाहीमा ज्यान गएको थियो ।,एल पासो (अगस्ट ३, २०१९) – टेक्सासको एल पासोमा रहेको वालमार्ट स्टोरमा २१ वर्षका बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा २० जनाको ज्यान गयो । आक्रमणकारी पक्राउ परेका छन् र घटना आन्तरिक आतंकवाद हुन सक्ने भन्दै अनुसन्धान गरिरहेको अधिकारीले बताएका छन् ।,पार्कल्याण्ड (फेब्रुअरी १४, २०१८) – फ्लोरिडाको पार्कल्याण्डमा रहेको म्याजोरी स्टोनम्यान डुग्लस हाइस्कूलका पूर्व विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा १७ विद्यार्थी तथा शिक्षकको ज्यान गएको थियो । आक्रमणकारी पक्राउ परे ।,सन बर्नार्डिनो (डिसेम्बर २, २०१५) – दक्षिणी क्यालिफोर्नियाको सन बर्नार्डिनोमा श्रीमान–श्रीमतीले गोली चलाउँदा १४ जनाको ज्यान गयो । आक्रमणकारीको प्रहरी कारवाहीमा ज्यान गयो ।,भर्जिनिया बिच (मे ३१, २०१९) – भर्जिनियाको भर्जिनिया बिचमा रहेको नगरपालिका कार्यालयमा त्यहिँ कार्यरत इन्जिनियरले गोली चलाए । जसमा १२ जनाको ज्यान गएको थियो । आक्रमणकारीले सोही दिन आफ्नो राजीनामा इमेल गरेका थिए । प्रहरीको कारवाहीमा उनको ज्यान गएको थियो ।,थाउजेण्डे ओएक्स (नोभेम्बर ७, २०१८) – क्यालिफोर्नियाको थाउजेण्ड ओएक्समा अमेरिकी नेभीका पूर्व सदस्यले गोली चलाउँदा १२ जनाको ज्यान गएको थियो । उनले आफैलाई गोली हानेका थिए ।,फोर्ट हूड (नोभेम्बर ५, २००९) – टेक्सासमा रहेको अमेरिकी सेनाको बेस क्याम्पमा आर्मी मेजर तथा मानसिक रोग विशेषज्ञले अन्धाधुन्ध गोली चलाउँदा १३ जनाको ज्यान गयो । उनलाई मृत्युदण्डको सजाय दिइएको थियो ।,अस्टिन (अगस्ट १, १९६६) – टेक्सास विश्वविद्यालयको क्लक टावरमा बसेर एक व्यक्तिले ९० मिनेटको अवधिमा एक गर्भवतिसहित १३ जनाको हत्या गरे, घटनामा ३० जना भन्दा बढी घाइते भए । यसलाई अमेरिकाको इतिहासमा सार्वजनिक स्थानमा भएको पहिलो गोलीकाण्ड मानिन्छ । प्रहरीको जवाफी कारवाहीमा आक्रमणकारीको ज्यान गएको थियो ।,वासिङ्गटन डिसी, (सेप्टेम्बर १६, २०१३) – अमेरिकी नेभीका पूर्व सदस्यले वासिङ्गटनको नेभी यार्डमा अन्धाधुन्ध गोली चलाउँदा १२ जनाको ज्यान गयो । प्रहरीको कारवाहीमा आक्रमणकारीको ज्यान गयो ।,अरोसा (जुलाई २०, २०१२) – क्लोराडोको अरोसामा रहेको मल्टिप्लेक्स सिनेमा हलमा ब्याटम्यान चलचित्र ‘द डार्क नाइट राइज’ को मिडनाइट प्रिमियरमा नकाबधारी व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा १२ जनाको ज्यान गयो, अरु ७० जना घाइते भए । आक्रमणकारीले एक भन्दा बढी जन्मकैद पाए ।,कोलम्बाइन (अप्रिल २०, १९९९) – क्लोराडोको जेफर्सन काउन्टीमा रहेको कोलम्बाइन हाइस्कूलमा दुई किशोरले अन्धाधुन्ध गोली चलाउँदा १२ जना विद्यार्थी तथा शिक्षकको ज्यान गयो । यस्तै २० जना घाइते भए । आक्रमणकारीले आफैलाई गोलीहानी आत्महत्या गरेका थिए ।,ट्री अफ लाइफ (अक्टोबर २७, २०१८) – पिटर्सबर्ग नजिकै रहेको ट्री अफ लाइफमा एक बन्दुकधारीले एउटा सेमी–अटोमेटिक राइफल तथा तीन ह्याण्डगन मार्फत ‘सबै यहुदी मर्नु पर्छ’ भन्दै गोली चलाउँदा ११ जनाको ज्यान गयो ।,वासिङ्गटन डिसी (अक्टोबर २००२) – दुई व्यक्तिले १३ जनलाई लक्षित गरी गोली चलाए, जसमा १० जनाको ज्यान गयो । आक्रमणकारी मध्ये एकजनालाई फाँसी तथा एकलाई जन्मकैद भयो ।,डेटन (अगस्ट ४, २०१९) – ओहायोको ऐतिहासिक डेटनमा एकजनाले अन्धाधुन्ध गोली चलाउँदा ९ जनाको ज्यान गयो । २७ जना घाइते भए । प्रहरीको गोली लागि आक्रमणकारी मारिए ।,चार्ल्सटन (जुन १७, २०१५) – एक ह्वाइट सुप्रिमिस्टले साउथ क्यारोलिनाको चार्ल्सटनमा रहेको अधिकांश कालो वर्णका समुदाय जाने चर्चमा गोली चलाउँदा ९ जनाको ज्यान गयो । उनलाई जन्मकैदको सजाय दिइयो ।,विस्कन्सिन (अगस्ट ५, २०१२) – एक ह्वाइट सुप्रिमिस्टले विस्कन्सिनमा रहेको शिख मन्दिरमा अन्धाधुन्ध गोली चलाउँदा ६ जनाको ज्यान गयो । आक्रमणकारी आफैले आफ्नो हत्या गरेका थिए ।,टुसन (जनवरी ८, २०११) – एरिजोनाको टुसनमाभएको अन्धाधुन्ध गोलीकाण्डमा ६ जनाको ज्यान गयो, अरु १३ जना घाइते भए । यो घटनामा अमेरिकी कंग्रेसका सदस्य गाब्रिएली गिफोर्डस घाइते भए ।
null
कौशलटारका यी सुकुम्बासी भँगेरा
मान्छेले शायद माया मारे, तर उनीहरुले मान्छेको माया गर्न या साथ छोडेका छैनन्। आफ्नो स्वार्थपूर्तिका लागि मानिसले उनीहरुको बास मास्दै गए। र, पनि विकल्पहरु खोज्दै उनीहरुले मान्छेसँगको सामिप्य या मित्रता जोगाइराखेका छन्। उनीहरु अर्थात भँगेरा।,भँगेरा प्रजातिका अधिकांश चराहरु मानवबस्ती वरपर नै बस्छन्। उनीहरु जंगलमा विरलै पाइन्छन्। मान्छेकै वरपर बस्न रुचाउने भँगेराहरु खतराको सूचीमा त छैनन् तर उनीहरुको संख्या घट्दै गएको छ। बासस्थानको कमी तथा मानवीय आवश्यकता पूर्तिका नाममा उनीहरुको उपयुक्त स्थान मासिँदा यो समस्या उत्पन्न भएको हो।,प्राणी जगतको विकास क्रमदेखि नै अस्तित्वमा रहेका भँगेराहरु नेपालमा पाइने चराको सूचीमा अग्रस्थानमा पर्छन्। अचेल भँगेराहरु कम हुँदै गएका छन्। अझ शहर बजारमा त उनीहरुका लागि बास बस्ने ठाउँ नै निक कम हुँदै गएका छन्।,बाँसका गाँज, रुखहरु तथा पुराना प्वालयुक्त घरहरु मासिँदै गएसँगै उनीहरुको बास पनि हराएको छ। तर बास हरायो भनेर उनीहरु मान्छेलाई छोडेर जंगल पसेका छैनन् या भनौँ मानिसको साथ भँगेराहरुले छोडेका छैनन्।,यसको गतिलो तर मार्मिक उदहारण भक्तपुरको कौशलटार चौकमा देखिन्छ। रुख तथा घरका प्वालमा बास बस्ने भँगेराहरुले त्यस्तो ठाउँ नपाएपछि जोखिम लिएरै व्यस्त सडक छेउको बिजुली तथा टेलिफोन–इन्टरनेटका तारहरुको गुजुल्टो परेको पोलमा रात बिताउने ठाउँ या अस्थायी गुँड बनाएका छन्।,टेलिफोन तथा इनटरनेटका काला तारहरुको गुजुल्टोमा साँझ पर्दै गर्दा आफ्नो बास मिलाउँदै गएका भँगेराहरुको हुल देखिन्छ। पोलको तल मोटरसाइकल तथा गाडीहरु पार्क गरिएका छन्।,मूलबाटोमा गाडी चर्को स्वरमा हर्न बजाउँदै गुडेका छन्। मानिसहरु आफ्नो सुरमा छन्। हल्लाखल्ला छ, तर भँगेराको ठूलो हुल कालो तारका गुजुल्टाहरुमा चिरबिर गर्दै बास बस्ने हतारोमा छन्। यो प्रायः हरेक दिनको दृश्य हो त्यहाँ।,चराविद डा. हेमसागर बरालले यो भँगेराको बाध्यता रहेको बताए। ‘भरसक भँगेराहरु कसैले बाधा नपुर्‍याउने ठाउँमा बास बस्छन् । भिडभाड र प्रदूषण युक्त ठाउँमा बस्नु उनीहरुको बाध्यता हो।’,मान्छेले बासस्थान मासेर लखेटेपछि बाध्य भएर उनीहरुले रात बिताउन सडक छेउको पोल र त्यसमा रहेको तारको गुजुल्टो प्रयोग गरेको चराविद डा. बरालको बुझाइ छ।,डा. बरालले भने, ‘उनीहरुलाई मान्छेबाट समस्या हुँदैन । मान्छेकै नजिक बस्न रुचाउँछन् । तर बासस्थानमा बाधा पुग्नु हुँदैन । मान्छेले चलाइदियो भने उनीहरुले सुत्न पाउँदैनन्।’,यसरी सडक छेउको पोलमा बस्न बाध्य भँगेरालाई बास्तवमा ‘सुकुम्बासी’ भन्न सकिने बरालले बताए। ‘भँगेरा वनमा पाइँदैन। मान्छेले उनीहरुको स्वभाविक घर हडपे, त्यसपछि बाध्य भएर सुकुम्बासी बनेका छन् उनीहरु,’ बरालले भने, ‘त्यहाँ पनि तार हल्लाउने या उनीहरुलाई दुःख दिन थालियो भने उनीहरु पूर्णरुपमा बिस्थापित हुने छन्।’ सडक छेउको बास भँगेराका लागि स्थायी भने हुन नसक्ने उनले बताएका छन्।,भँगेरा सानो प्रजातिको चरा हो। यो विशेष गरी नेपालसहित एसिया र युरोपमा पाइन्छ। अफ्रिकाका क्षेत्रमा पनि भँगेरा पाइने गरेको छ। अस्ट्रेलिया र अमेरिकासहितका उत्तर अमेरिकी देशमा भने पछि लगिएको हो।,नेपालमा विशेष गरी रुखमा बस्ने ‘ट्री स्प्यारो’ र घरमा बस्ने ‘हाउस स्प्यारो’ पाइने गरेका छन् । तराईदेखि मध्य पहाडसम्म भँगेरा प्रसस्त पाइन्छ । ‘ट्री स्प्यारो’ मध्य पहाड भन्दा माथि पनि पाइने डा. बरालले बताए।,चैत–वैशाखदेखि साउन–भदौसम्म यिनीहरुले विशेष गरी बच्चा कोरल्ने गर्छन्। भँगेराको आहर विशेष गरी मानिसले फालेका अन्न नै रहेको उनी बताउँछन्। कनिका या अन्न खाने गर्छ। तर उसले आफ्ना बचेरालाई किराफट्याङ्ग्रा विशेष गरी रौँ नउम्रिएको झुसिलकिरा खुवाउँछ। एकपटकमा चारवटा फुल पार्ने भँगेराले झण्डै तीन हप्तामा बच्चा कोरल्छ।,हेरौँ, कौशलटारको त्यो निवासमा उनीहरुको प्रजननले निरन्तरता पाउला कि नपाउला।
टंक ढकाल
‘पृथ्वी जोगाउन’ यी किशोरी १३ दिन लगाएर ‘एटलान्टिक’ तर्दैछिन्
आफ्ना लागि मात्रै सोच्न सक्ने हो भने अरुले जस्तै उनका लागि पनि तत्कालका लागि सहज जीवनशैलीको बाटो अप्ठ्यारो पक्कै छैन। सुविधाहरु छन्, अवसरहरु आउँदै जानेछन्।,तर उनले आफ्ना लागिभन्दा आफूहरुका लागि सोच्न थालेकी छन्। आफू बाँचिरहेको पृथ्वीको बिग्रँदै गएको अवस्थाको चिन्ताले उनलाई सजिलो बाटो हिँड्न दिँदैन।,चिसो ठाउँ या मौसमी अवस्था रहेको स्वीडेनमा हुर्किँदै गरेकी उनले जीवनमा धेरै ‘एक्सप्लोर’ गर्न बाँकी छ। उनलाई हाल सम्भावित रंगिन जीवनहरुको रमझमभन्दा तातिँदै गरेको पृथ्वीको अवस्थाले भित्रभित्रै भतभत्याउने गरी पोलेको छ। यही भएर त उनले थालेकी छन् अप्ठ्यारो, धेरै नबुझेको या बुझ्न नचाहेको जलवायु परिवर्तनसँग जुध्नका लागि चाल्नुपर्ने मानवीय प्रयासहरुबारे वकालत गर्ने यात्रा।,उनी अर्थात  स्वीडेनकी १६ वर्षे किशोरी ग्रेटा थनबर्ग। ग्रेटा थनबर्गले गएको वर्षदेखि जलवायु परिवर्तन विरुद्ध तत्काल बृहत मानवीय प्रयास हुनुपर्ने वकालत गर्दै आएकी छन्।,गएको वर्ष स्वीडेनको संसद भवनअघि प्रदर्शन गरेर अभियान थालेकी उनले यो अवधिमा युरोपभर जलवायु परिवर्तन परिकल्पना वा कुरा होइन यो वास्तविकता  हो र हामी बाँचिरहेको पृथ्वीले यस्तै अवस्था कायम रहने हो भने धेरै समय थेग्न सक्दैन भन्ने बुझाउन लागि परिन्।,आफू र आफूभन्दा पछिको पुस्ताका लागि पनि पृथ्वी बस्न योग्य र समग्र प्राणी तथा पारिस्थितिक प्रणालीलाई सकारात्मक रुपमा क्रियाशील राखिरहनका लागि जलवायु परिवर्तन विरुद्ध तत्काल काम गरिनुपर्ने पक्षमा उनको वकालत रहने गरेको छ।,मानवीय गतिविधिका कारण जलवायु परिवर्तन भइरहेको र पृथ्वीमा तापमान वृद्धि भइरहेको वैज्ञानिक अनुसन्धानहरुले देखाएका छन्। र, उनलाई वैज्ञानिकका यी अनुसन्धान प्रतिवेदनले पोल्ने गरेका छन्। तर नीति निमार्णको तहमा रहेका निर्णयकर्ताहरुलाई यसले कुनै असर नगरेको देखेपछि ग्रेटा चुप बस्न सकिनन्।,यही चिन्ताका कारण ग्रेटाले एक वर्षका लागिआफ्नो विद्यालय तहको अध्ययन रोकेर जलवायु परिवर्तन विरुद्धको अभियानका लागि विश्व समुदायलाई झक्झक्याउने अभियानमा समर्पित हुने निर्णय गरेकी छन्।,गएको महिना उनले फ्रान्सको संसदमा सम्बोधन गरिन्। जलवायु परिवर्तन यथार्थ हो भन्ने बुझेका सांसदको निम्तोमा उनले फ्रान्सेली संसदमा सम्बोधन गरेर तत्काल जलवायु परिवर्तन विरुद्धको बृहत कार्य अभियान चालिनुपर्नेमा जोड दिइन्।,फ्रान्स त्यो राष्ट्र हो, जहाँ सन् २०१५ मा विश्वका नेताहरु जम्मा भएर जलवायु परिवर्तन विरुद्धको पछिल्लो सबैभन्दा ठूलो र प्रभावकारी प्रतिबद्धता पेरिस जलवायु सम्झौतामा सहमति जनाएका थिए।,उनकै उमेरका साथीहरु स्कूल गइरहेका छन्। बिदा मनाउन अभिभावकसँग बिच या पार्कहरुमा छन्। लामो यात्रा गर्नुपरे रेल या जहाजको सुविधा छ। तर ग्रेटाले एउटा असहजयात्राको थालनी गरेकी छन् बेलायतबाट अमेरिका पुग्ने।,ग्रेटाले बेलायतको प्लाइमाउथबाट अमेरिकाका लागि समुद्रीमार्गको यात्रा सुरु गरेकी छन् बुधबार। उनी दुई हप्ता लगाएर ‘डोनाल्ड ट्रम्पको देश’ अमेरिका पुग्ने तयारी छ।,उनको यो यात्रा सानो आकारको पानी डुंगामा हुँदैछ, जुन समुद्री दौडका लागिप्रयोग गरिन्छ। यो यात्रा रोज्नुमा पृथ्वी जोगाउने या जलवायु परिवर्तन विरुद्धको उनको अभियानको लक्ष्य जोडिएको छ।,ग्रेटाले यात्रा गर्ने डुंगाले कार्बन उत्सर्जन गर्दैन। यो जिरो कार्बन इमिशन बोट हो। यसमा उर्जा उत्पादनका लागि सोलार प्यानल जडान गरिएको छ र पानीमुनि घुम्ने टर्वाइन छन्। घामका किरणलाई उर्जामा परिणत गर्ने सोलार प्यानल र समूद्रको पानीमा टर्वान घुमेर निस्कने बिजुलीले उनको यो यात्राको सारथी सानो आकारको डुंगाका लागिआवश्यक उर्जा उत्पादन गर्छ।,मानवीय गतिविधिका कारण या मानवकाआवश्यकता पूर्तिका नाममा पर्यावरणले धान्नै नसक्ने गरी कार्बन उत्सर्जन गरी तापमान बढाउँदै गएको परिवेशमा उनले प्रतिकात्मक रुपमा कार्बनरहित यात्राको थालनी गरेकी हुन्।,उनी यही कार्बन उत्सर्जन गर्दै नगर्ने डुंगाबाट दुई हप्ता लगाएर आन्ध्रमहासार पार गरेर अमेरिका पुग्ने छिन्। साथमा छन् उनका पिता र दुईजना क्र्यु मेम्बर।,यो डुंगामा बाथरुम छैन र किचन पनि। बाथरुमका रुपमा सातो आकारको बाल्टी राखिएको छ। यस्तै यात्राका लागिआवश्यक खाद्यान्न चिसो पारेर राखिएको छ र आवश्यकताअनुसार पानी उमालेर त्यसलाई डुबाई खाने छिन्।,यो यात्रामा चुनौती छ। समुद्री तुफानको मौसममा उनले सिंगै आन्ध्र महासार सानो डुंगामा पार गर्ने अठोट लिएर अघि बढेकी छन्। उनलाई कत्ति पनि भय छैन।,उनको गन्तव्य यात्राभन्दा निकै भयानक छ जलवायु परिवर्तनका सम्बन्धमा। ग्रेटाको पहिलो गन्तव्य अमेरिका, जहाँ डोनाल्ड ट्रम्पको सत्ता छ। डोनाल्ड ट्रम्प ती व्यक्ति हुन्, जो जलवायु परिवर्तनलाई यथार्थ नभई कल्पना मान्छन्।,तत्कालीन राष्ट्रपति बाराकओबामाले सहमति जनाएको पेरिस जलवायु सम्झौताबाट अमेरिकालाई अलग गरेका छन् ट्रम्पले। पेरिस जलवायु सम्झौतामा कार्बन उत्सर्जन कम गर्न र तापमान बृद्धि दुई डिग्री भन्दा कममा सीमित गर्न विश्वका नेताहरु सहमत भएका छन्। तर ट्रम्पले अमेरिकालाई त्यसबाट अलग्याएका छन्।,जलवायु परिवर्तनलाई मिथ्या र कपोलकल्पित मान्ने ट्रम्पलाई ग्रेटाले आफ्नो अभियान बुझाउन शायद सक्ने छैनन्। उनलाई यो कुराको ख्याल छ। त्यसैले त उनले भन्ने गरेकी छन्, म ती व्यक्तिहरु या उनीहरुका टिप्पणीलाई वास्तै गर्दिन् जसले जलवायु परिवर्तनलाई बुझ्नै चाहेकै छैनन् या आँखा चिम्लिरहेका छन्।,आफ्नो कुरा भन्न भने कुनै पनि हालतमा नछोड्ने उनले बताउने गरेकी छन्। सुरुमा परिवार, साथीभाइ वा आफन्तहरुले बुझेका छैनन्, कसरी सम्भव होला र भनेजस्तो लागेको यो अभियानको क्रममा उनले थाहा पाएकी छन्, यस्ता धेरै मानिस छन् जसलाई जलवायु परिवर्तनको चिन्ता छ र केही गर्न चाहन्छन्। ग्रेटालाई ती सकारात्मक व्यक्तिहरुको जमात विश्वभर बिस्तार गर्नु छ। त्यसैले परिवर्तन हुनै नचाहनेहरुका निरुत्साहित गर्ने टिप्पणीहरु बेवास्ता गर्ने रणनीतिमा छन् ग्रेटा। तर त्यस्ता व्यक्तिहरुसँग पनि उनले आफ्नो विचार राख्ने छिन् र जलवायु परिर्वतन तथा त्यसमा मानवीय भूमिकाका प्रमाणहरु प्रस्तुत गर्ने छिन्। तर उनले आफ्नो यात्राको सुरुवात गर्ने क्रममा पत्रकारले सोध्दा, ट्रम्पलाई भेट्नु समयको बर्बादीमात्रै हो भनेकी छन्।,ग्रेटाले आउँदो सेप्टेम्बर २३ मा अमेरिकाको न्युयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा हुने क्लाइमेट एक्सन समिटमा सम्बोधन गर्ने छिन्।,त्यसपछि उनी चिलेतर्फ प्रस्थान गर्ने छिन्। राजधानी सान्टियागोमा हुने युएनक्लाइमेट समिटमा उनले सम्बोधन गर्ने छिन्। चिलेसँगै रहेको देश ब्राजिलमा अमेजन रेन फरेस्ट मानवीय स्वार्थका लागि तीव्र रुपमा फडानी भइरहेको र यसमा साथ दिइरहेका राष्ट्रपति जाइर बोल्सोनारो जलवायु परिवर्तन विरुद्धको अभियानका लागि चुनौती हुन्।,ग्रेटाले यी सबै चुनौतिलाई चिरेर तत्काल केही गर्नुपर्ने र एक व्यक्तिले पनि पृथ्वी जोगाउने अभियानमा धेरै ठूलो फरक ल्याउन सक्ने बताएकी छन्।
सञ्चार संवाददाता
एउटा खुट्टा गुमेपछि बदलियो यी युवतीको जिन्दगानी
शरीरको कुनै पनि अङ्ग गुमाउँदा कसलाई पो पीडा नहोला र? त्यही पीडाबाट छट्पट्टिनु पर्‍यो, धादिङकी १८ वर्षीया सरिता मगरलाई पनि। आफूले नचाहँदा नचाहँदै सरिताले १२ वर्षमै आफ्नो खुट्टा गुमाउन पुगिन्।,खुट्टा गुमाउनुभन्दा पहिला र अहिलेको जीवनमा अलिकति पनि भिन्नता देख्दिनन् उनी। ‘डाक्टरले तिम्रो खुट्टा काट्नु पर्छ भन्दा म खुब रोएकी थिएँ’, उनले भनिन्।,तर अहिले वैशाखीले हिँडिरहँदा पनि अन्य व्यक्तिलाई उछिनेर आफू हिँड्न सक्छु भन्ने आत्मविश्वास उनमा छ। उनी हिँड्छिन् पनि। वैशाखीले हिँड्ने मात्र होइन्, एउटा खुट्टाको सहाराले नाच्छिन्। उनी नाच्दा सबै अचम्म पर्ने गर्छन् र त सबैले उनलाई एकै प्रश्न सोध्ने गर्छन्,‘एउटा खुट्टाले पनि यति राम्रो कसरी नाच्न सक्छौँ?’,उनी भन्छिन्,‘कुनै पनि काम गर्दा आफूमा विश्वास हुनु पर्छ, सबैभन्दा ठूलो कुरा लगन र मेहनत चाहिन्छ, सबै कुरा बिस्तारै हुँदै जान्छ।’,उनलाई नाच्न असाध्यै मन पर्छ। उनी भन्छिन्,‘म नाचेरै केही गर्न चाहन्छु, अहिले त भर्खर सिक्ने क्रममै छु।’ यो सबै साहस र आँट बाँया खुट्टा गुमाइसकेपछि मात्रै आएको उनले बताइन्।,११ वर्षकी हुँदासम्म उनको दैनिकी सामान्य तरिकाले चलिरहेको थियो। तर जब उनी १२ वर्षकी भइन्, उनको दैनिकीमा मात्रै होइन्, उनको जीवन अनि शरीरिक रुपमा समेत परिर्वतन आयो।,जुन परिस्थितिबाट उनी गुज्रनु पर्यो, त्यही परिस्थितीले उनलाई झनझन् परिपक्व बनायो। खुट्टै नभएका कारण उनले कहिल्लै पनि आफ्नाे भाग्यलाई दाेष गरेकी छैनन्। बरु उनी दिन प्रतिदिन आफूलाई आत्मनिभर बनाउँदै गएकी छिन्। आजभोलि उनी आफूलाई मन लागेको काम गर्न रुचाउँछिन्। जसमध्ये उनलाई सब भन्दा मन लाग्ने काम हाे नाँच्नु।,उनलाई खुब नाच्न मन लाग्छ। उनी नाच्छिन् पनि। उनलाई नाचेरै केही गर्नुपर्छ भन्ने लाग्छ। तर खुट्टा हुँदा उनी कहिल्यै नाचिनन्। जब उनले खुट्टा गुमाइन्, उनी दुवै खुट्टा हुँदा भन्दा पनि राम्रो नाच्न थालिन्।,उनले आफूलाई पहिला नाचगान तर्फ त्यति धेरै रुची नभएको बताइन्। नृत्यतर्फ उनको रुची त्यो बेलादेखि बस्यो, जब उनले गोर्खा पल्टन चलचित्र हेरिन्। चलचित्रका हरेक कुराले उनको मन लोभ्याइरहयो। अझै भन्ने हो भने त उनलाई चलचित्रका गीतमा नायिका नाचेको देख्दा मैले पनि अब यस्तै गर्नुपर्छ भन्ने सोच मनमा आयो। उनले मुसुक्क मुस्कुराउँदै भनिन,‘म हिरोइन त हुन सक्दिँन तर डान्स त गर्नसक्छु नि भनेर डान्स सिक्न थालेकी छु।’,उनले आफ्नो बिगतलाई सम्झिइन्,‘शायद मलाई रोग लागेर खुट्टा नकाटेको भए, मैले जीन्दगीलाई यति नजिकबाट बुझ्न पाउँने थिइँन।’,सरिता १० वर्षकी थिइन्। त्यस वर्षको चैते दसैँले उनको जीवनमा एकाएक परिर्वतन ल्यायो। उनको बाँया खुट्टामा केही गाँठा गुठी देखा पर्न थाले। सरिताले धादिङकाे गजुरीमा रहेकाे एक अस्पतालमा सामान्य उपचार गराइन्। अस्पतालले उनको चेकजाँच गरिएका रिपोर्ट समयमै दिन सकेन। एक महिनापछि उनलाई झनझन् गाह्रो हुँदै गयो। उनी उपचारका लागि कान्ति बाल अस्पताल पुगिन्। अस्पतालले उनलाई छेउमै रहेको टिचिङ् अस्पतालमा रेफर गर्‍याे।,टिचिङ्गमा उनको खुट्टामा आएका गाँठागुठीको शल्यक्रिया गरियो। शल्यक्रिया पश्चात मात्रै उनले आफूलाई हड्डिको क्यान्सर भएको थाहा पाइन्। डाक्टरले उनको खुट्टा काट्नु पर्ने बताए। तर त्यसबेला उनको परिवारले खुट्टा काट्नु भन्दा औषधि उपचार गर्ने निर्णय लियो। सरिताको परिवारले उनलाई टिचिङ्बाट चितवनको भरतपुर क्यान्सर अस्पतालमा लैजाने निधो गर्‍याे।,भरतपुर अस्पताल पुग्दा अस्पतालले पनि सरितालाई हड्डिको क्यान्सर नै भएको ठहर गर्‍याे। उनलाई औषधि दियो। औषधि लगाउँदा अनि खाइरहँदा उनको खुट्टामा केही पनि फरक देखिएन। औषधिको प्रयोग गर्न थालेको दुई वर्ष भइसकेको थियो। निको हुने छाँटकाँट देखिएन। उनीले खुट्टाको चेक फेरि गराइन्।,तर यो पटक भने भरतपुर अस्पतालका डाक्टरले सरितालाई औषधि लगाउन वा खानका लागि सल्लाह दिएनन्। उनीहरुले खुट्टा काट्नै पर्ने अवस्था पुगिसकेको बताए। अब भने केही सीप नलाग्ने भएपछि सरिता पनि विवश थिइन्। उनले खुट्टा गुमाउँदै थिइन्। तर उनले खुट्टा काटेर जिन्दगी सकिँदैन भनेर आफूले आफैलाई सम्झाइन्।,अन्तत: उनी खुट्टा काट्नका लागि राजी भइन्। भरतपुर असपतालले उनको शल्यक्रियाको लागि बनेपा अस्पतालमा रेफर गर्‍याे। उनले एउटा खुट्टा गुमाइन्। अब भने उनको जीवन पहिलाको तुलनामा बेग्लै हुन पुग्यो। हिँड्नका लागि उनीसँग खुट्टा थिएन। खुट्टाको साटो वैशाखी थियो उनको छेउमा। अब उनी त्यसैकाे साहारामा हिँड्नु पर्ने भयाे।,सुरुसुरुमा प्रयोग गर्न केही अप्ठ्यारो भएता पनि अहिले वैशाखी उनको सहयात्री बनेको छ।,अहिले उनी स्कूल जान थालेकी छिन्। रोगका कारण बिचमै रोक्नु परेको पढाइलाई निरन्तरता दिन सरिता चावहिलस्थित सुप्रिमेन्टल हाई स्कूलमा कक्षा आठमा पढ्दै छिन्।,संसारमा कयौँ मानिसहरु छन् जो हिँड्डुल समेत गर्न सक्दैनन्। यसको मतलब उनीहरुले जीवन जिउन छाडेका छन् भन्ने होइन्। उनीहरुले अन्य व्यक्ति सरह जीवन बिताइरहेका छन्। उनले भनिन्,‘मलाई त के नै भएको छ र? एउटा खुट्टा त नभएको हो नि! वैशाखी टेकेर अन्य व्यक्ति सरह हिँड्न सक्छु, आफ्नो सबै काम आफै गर्न सक्छु।’,सरिता पढ्नकै लागि काठमाडौँको चावहिलमा होस्टलमा बस्दै आएकी छिन्। वर्षमा एक पटक मात्रै घर (धादिङ) जाने गरेकी उनले भनिन्,‘म काठमाडाैँबाट एक्लै घर जान्छु। घर मात्रै होइन भरतपुर अस्पताल फलोअपका लागि पनि एक्लै जान्छु।’,उनी खुट्टा गुमाएर आफूलाई कुनै फरक नपरेको बताउँछिन्। सुरुसुरुमा साथीहरु हिँडेको देख्दा आफूलाई दु:ख लाग्ने गरेता पनि अहिले भने त्यस्तो कुराले मन नदुख्ने उनी बताउँछिन्, ‘अहिले मेरा साथीहरु भन्दा म छिटो हिँडिहाल्छु, मलाई केही पनि दुःख लाग्दैन।’,घरमा उनलाई सबैले माया गर्छन्। गाउँघर छरछिमेकले सन्चो बिसन्चो सोध्ने गर्छन्। तर गाउँका स–साना बालबालिकाले उनलाई जिस्काउने गरे पनि उनीहरुको कुरा मनमा लिने गर्दिनन्।,उनी घर जाँदा गाउँभरीका मानिसलाई आफ्नो नाँच देखाउँछिन्। नाचको धेरैले प्रशंसा गर्छन्। उनलाई फेरी पनि गाउँका मानिसहरुले सोध्ने गर्छन्,‘एउटा खुट्टाले पनि कसरी यस्तो राम्रो नाच्न सक्छौँ।’,सरिता आफ्नाे सपना पूरा गर्न चाहन्छिन्। त्यसका लागि सदैव कोशिस गरिरहने दृढता छ उनकाे।,क्यान्सर हुने बित्तिकै कोही पनि हताेत्साहित हुनुहुँदैन भन्ने उनलाई लाग्छ। उनले भनिन्,‘क्यान्सर लाग्यो, अब कहिल्यै पनि निको हुँदैन भन्ने सोच्नु हुँदैन। उपचार गर्‍याे भने निको पनि हुन्छ।’,उनलाई क्यान्सर भएको थाहा पाएपछि अब आफू धेरै बाँच्दिन भन्ने लागेको थियो। तर पनि उनले हरेस खाइनन्। यसको सम्पूर्ण श्रेय उनी आफ्नी आमालाई दिन्छिन्। उनको परिवारका कुनै पनि सदस्यले उनी बाँच्छिन् भनेर भनेन्। तर उनीकी आमाले उनलाई सधै निको हुन्छेस् भन्ने विश्वास दिलाईरहिन्। आमा भन्ने गर्थिन्,‘अरुको कुरा नसुन्, म तलाई उपचार गराएर निको बनाउँछु।’,शायद आमाकाे त्यही विश्वासले जिवित राखेको भान हुन्छ सरितालाई। बिरामी भएका बेला त्यो साहस अनि हौसला प्रदान गर्ने आमा उनको जीवनमा नभएकाे भए त सरितालाई यत्रो आँट अहिले कहाँबाट आउँदो हाे? उनले भनिन्,‘मेरो जीन्दगीमा मेरी मम्मी नभएको भए….मैले अर्को जन्म लिन पाउने थिइन होला।’,सरिताले उपचारका दिन सम्झिदै भनिन्,‘केमो लगाउँदा म एकदमै सिरियस भएकी थिए रे। मलाई डाक्टरले बाँच्न गाह्रो छ भन्नु भएको थियो। तर अहिले फलोअपमा जाँदा म सधैँ डाक्टरलाई भट्ने गर्छु। मलाई देखेर उहाँ दङ्ग पर्नुहुन्छ।’ उनले फेरि थपिन् ‘म फलोअपमा अस्पताल जाँदा भेटेर उहाँलाई भन्ने गर्छु, डाक्टरसाब म बाँचे नि है!’,उनलाई डाक्टरले मात्र होइन घरमा भेट्न आउने कसैले पनि बाँच्छे हाेला भनेर साेचेका थिएनन्। बारम्बार मर्ने कुरा सुन्दा उनलाई कता–कता लाग्ने गथ्र्यो,‘के म साँच्चै नै मर्छु होला त? सबैले मलाई किन यस्तो भन्छन् होला?’,उनले यस्तो कुरा मनमा खेलाइरहँदा आमाले उनलाई छाेरी तँ निको हुन्छेस् भन्ने विश्वास दिलाउँथिन्। आमाको यस्तो विश्वास देखेर सरिताको मनमा फेरि आशाका किरण देखिन्थ्याे। झिनो भएता पनि मनमा बाँच्ने आशा पलाउँथ्यो।,सरिताकाे त्यही झिनो आशा सत्य साबित भएको छ। र त उनी अहिले निको भएर हिडिरहँदा उनलाई सबैले अर्को जन्म लिएर आएको भन्ने गरेको भन्ने गर्छन्। उनी मुस्कुराउँदै बाेलिन्,‘मलाई पनि त्यस्तै लाग्छ, मैले अर्को जन्म पाएकी हुँ।’
प्रतिभा चन्द
४० नम्बर कित्ताको त्यो ऐतिहासिक र विवादित जग्गा
ललितपुर महानगरपालिकाको भवन पछाडिको पर्यटक बसपार्क मानिसहरुले भरिएको थियो। २०७२ सालमा भुइँचालो आएको बेलामा पनि मानिस यसैगरी यो बसपार्कमा जम्मा भएका थिए। तर स्थिति फरक थियो।,बसपार्कको बिचमा सानो खाल्डो खनिएको थियो अनि छेवैमा केही इँटा बिच्छाइएको थियो। चउरको निश्चित क्षेत्रलाई डोरीले बाँधेर छुट्याएको थियो। त्यही टहल्लिएकी स्थानीय सपना महर्जनले पोखरी बनाउनलाई शिलान्यास गरेको बताइन्।,सन्तलाल महर्जन केटाकेटी हुँदा आफ्नै टोलको ‘पलेख्वाँ पुखू’ (कमलपोखरी) सारै सुन्दर थियो। पूल्चोकको आडैमा चारओटा पोखरी छर्लङ्ग देखिन्थे। पोखरीका बिचमा साना साना गोरेटोहरु। पानीले टन्न ढाकेको पोखरी साउन महिनामा त असाध्यै सुन्दर देखिन्थ्यो। ‘चार पोखरीमा दुई रंगका कमलका फूल फूल्थे, ‘गुलाबी र सेता’। कमलका फूलले पोखरी पुरै ढकमक्क हुन्थे।’ यो सम्झँदा उनको अनुहार पनि फूल जस्तै फक्रन्छ, उनी वि.सं २००१ सालमा जन्मिएका हुन्।,महर्जनले पावरवाला चस्मा मिलाउँदै आफूले सुनेको कुरा सुनाए, ‘श्री ३ चन्द्रशमशेरको पालामा ललितपुरका बासिन्दालाई पानी खुवाउन पानीको पाइप बिच्छाउने काम भयो। यही बेला पोखरीको बिचबिचमा बाटो बन्यो। यही बाटो स्थायी भयो। नत्र कित्ता नं ३७, ३८ ४० र ४१ सबै गरी झण्डै ३२ रोपनी जग्गा एउटै पोखरी थियो।’ चन्द्रशमशेरको पालापछि ४ ओटा भयो।,ललितपुर नगर विस्तारै बाक्लिन थाल्यो, प्लास्टिकका सामानहरु प्रयोगमा आउन थाले। अनि विस्तारै पानीको जम्मा हुने पोखरी डम्पिङ साइड बने, खोला लगायत पानीको स्रोत वरपर फोहोर फाल्ने नेपालीको बानी नै हो। अहिले पनि बाग्मती, विष्णुमती लगायत उपत्यका सबैजसो खोलामा हप्तैपिच्छे कयौ मेट्रिक टन फोहोर उठ्छन्, खोला फेरि उस्तै।,हामीले यो संस्कृति पुर्खाबाट सिकेका हुन सक्छौँ, पलेखु पुखु पनि फोहोर फाल्ने डम्पिङ साइड हुँदै व्यक्ति अनि संस्थाको अतिक्रमणमा पर्‍यो। पोखरीको सङ्ख्या घट्यो। विस्तारै विस्तारै पोखरीको क्षेत्रफलमा भौतिक भवनहरु निर्माण हुन थाले। अहिले ३८ नम्बरको कित्तामा मात्र पोखरी छ। यसलाई ललितपुर महानगरपालिकाले आफ्नो कम्पाउण्डमा संरक्षण गरेको छ। ४१ नं कित्तामा बनेको स्कूलको पछाडि सानो पोखरी अवशेषको रुपमा छ।,त्यस बाहेकका अरु कित्तामा विभिन्न समयमा विभिन्न संरचना निर्माण भएको छ।,२०२१ सालमा नापी आउँदा यो जग्गा व्यक्ति नाममा दर्ता भएछ, २०२६ सालमा पोखरीमा पानी हुँदा-हुँदै जग्गामा घर बनाउनको लागि नक्सा पास गर्न आएपछि टोलबासीले विरोध गरे। ६९ वर्षका बुद्धिलाल तामाङ भन्छन्, ‘त्यो बेला बरु म जग्गा दिन्छु भनेर हामीलाई लोभ्याएको थियो। तर हामीले मानेनौँ।’,स्थानीयको विरोधपछि त्यसै रहेको यो पोखरीमामा फोहोर थुप्रिने क्रम रोकिएन। टोलबासीले भौतिक संरचना बनाउन रोकेपनि पोखरीमा फोहोर फाल्न छोडेनन्। यो पोखरी अति फोहोर भएपछि ललितपुर नगरपालिकाले सफा गर्‍यो र ३०, ४० ट्रिप फोहोरको डंगुर निस्कियो। त्यसपछि पोखरी संरक्षणको लागि बनेको नत्वाः पलेस्वाँ पूखु संरक्षण समितिले ललितपुर नगरपालिकासँगको सहमतिमा पोखरीमा पर्यटक बसपार्क सञ्चालनको अनुमति दियो। तर यो निश्चित समयको लागि मात्र थियो।,गएको जेठमा ललितपुर महानगरपालिकाले अर्को नयाँ निर्णय गरेको छ। अबको पाँच वर्षको लागि ललितपुर महानगरपालिका ८ बस्ने विनोद महर्जनलाई बसपार्क सञ्चालनको जिम्मा दियो। ४ रोपनी १५ आना ३ पैसा एक दाम क्षेत्रफल भएको यो क्षेत्रमा पर्यटक बस सञ्चालन गरेबापत भ्याट बाहेक १ लाख, ६० हजार पैसा बुझाउने सहमति भएको छ।,यो क्षेत्र ललितपुर महानगरपालिका बनिसकेपछि वडा नं २० मा पर्छ। यतिका पैसा आउनु नगरपालिकालाई आम्दानीको गतिलो स्रोत पनि हो। तर स्थानीय यो कुरामा सहमत छैनन्।,बुद्धिलाल महर्जन भन्छन्, ‘पहिला पोखरी फोहोर भयो भनेर नगरपालिकालाई जिम्मा दिइएको हो तर अब हामी टोलबासी आफै यसको संरक्षण गर्न चाहन्छौ। पोखरी भएको ठाउँमा पोखरी नै हुनु पर्छ।’,अहिले बसपार्क भएको ठाउँ वरपर रुख बोट विरुवा छन्, महर्जन भन्छन्, ‘हामी लुगा धुन आउने ढुंगा पनि थियो, पोखरी पुर्दा पुरियो।’ यो ठाउँमा २०५४ सालतीर राष्ट्रिय सभाहल बनाउने भनेर तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले शिल्यान्यास गरेका थिए तर नः टोलबासीले उनीहरुको यो प्रस्ताव पनि मानेनन् र यो बसपार्क भयो।,उनका अनुसार यहाँ धेरै कुरा परिवर्तन भएका छन्, ‘पोखरीमा पानी जम्मा हुनलाई राजकुलो बग्दै आउँथ्यो, तर अहिले त्यो पनि मासिइसकेको छ।’,यो पोखरीमा जावलाखेल र पुल्चोकको पानी जम्मा हुन्थ्यो। बुढापाका अहिले त्यो पानी कुपण्ड डोल डुबाउन पुग्‍ने बताउँछन्।,फोहोर भएको पोखरी संरक्षण निश्चित अवधिलाई दिइएकोमा पोखरी संरक्षण समितिलाई नै नसोधी फेरि टेन्डर आह्वान गरेपछि समुदाय विरोधमा उत्रेका हुन्। पोखरी संरक्षणमा  ज्यापु समाज, च्वबु गाहिटी समाज, बल्खु चाः बहाँ आदि लागि परेका छन्।,उनीहरु यसै कुराले मान्नेवाला छैनन्, महर्जन भन्छन्, ‘पहिला हामी सोझा थियौँ, अब मान्दैनौँ, पोखरी भएको ठाउँमा पोखरी नै चाहिन्छ।’,‘स्थानीय बासीले के गर्न खोज्नु भएको म बुँझ्दिन,टेण्डर त भइसक्यो। हामी विधिको शासनसँग चल्नुपर्ने हुन्छ। म पोखरीको विराेधी होइन। तर प्रक्रियामा जानु पर्‍यो नि।’,ललितपुर महानगरपालिका वडा नं २० अध्यक्ष चन्द्रलाल महर्जनले भने, ‘सम्झौतामा ६० देखि ९० दिनमा रद्द गर्न सकिने भनिएको छ, पोखरी बनाउने होमवर्क सकिएपछि हामी यो सम्झौता अवश्य रद्द गर्छौ।’,उनले स्थानीयले असहयोग गरेको बताएका छन्। टेण्डर हाल्दा स्थानीयले सहभागिता देखाएनन्, अनि अरुले टेन्डर पाएपछि विरोध भइरहेको छ।,पोखरी बनाउनलाई डिपीआर गर्ने, कार्यपालिकाको प्रक्रिया अलग हुँदा एकैपल्ट पोखरी बनाउने हौसिन सम्भव छैन भन्ने नबुझेर आफूलाई ज्ञापनपत्र बुझाएको उनले बताए।,अध्यक्ष महर्जनले स्थानीयले स्वार्थी व्यवहार देखाएको गुनासो गरे, ‘यो वर्ष पर्यटनको लागि १५ करोडको योजना छ, पर्यटक बस पार्कको विकल्प भएन भने पर्यटकको सङ्ख्या पनि प्रभावित हुन सक्छ।,पर्यटक आगमनले आफ्नो ठाउँको विकास हुने सोचेनन्। टेन्डर नि लिएनन् अनि पोखरी बनाउने पूर्व तयारीको कुरा नहेरी अगाडि आए। अब के हुन्छ, छलफल गरौँ।’
सुजाता खत्री
त्रिभूवन विश्वविद्यालयको हैसियतमा ग्रहण!
विद्वत जनशक्ति उत्पादनको केन्द्र मानिएको त्रिभूवन विख्वविद्यालले उमेरको तीन–बिस काटेको छ । ६० वर्षअघि विक्रम संवत् २०१६ साल असार ३० गते औपचारिक रुपमा स्थापना भएको देशको जेठा र ठूलो विश्वविद्यालयले तिथिका आधारमा आफ्नो जन्मोत्सव मनाउँदै आएको छ। सोही परम्परा अनुसार त्रिविको जन्मोत्सव यसवर्ष असार २५ गते (बुधबार, नवमी तिथि) परेको छ ।,क्रमशः उच्च शिक्षाका प्राप्तिका लागि देशभरका विद्यार्थीहरुको प्रमुख केन्द्र रहँदै आएको त्रिविको सम्मान तथा प्राज्ञिक हैसियतमा ग्रहण पनि देखा परेको छ ।,विक्रम संवत् २००५ मा विश्वविद्यालयको अवधारणा आएर छलफल चल्दै गयो । २०१३ सालमा स्थापनाको निर्णय भयो । त्यसका लागि स्थान छनौटको जिम्मा तत्कालीन शिक्षा मन्त्री एवम् महाकवी लक्ष्मीप्रसाद देवकोटासहितको टोलीले पायो ।,२०१६ सालको असार ३० गते (नवमी तिथि) का दिन औपचारिक रुपमा स्थापित भएको विश्वविद्यालयको क्षेत्रफल २०३३ सालसम्म आइपुग्दा कीर्तिपुरदेखि बल्खुसम्म ३७ सय रोपनीमा फैलियो । गुणस्तरमा जस्तै बिस्तारित विश्वविद्यालयको क्षेत्रफल पनि अहिले साँघुरिएको छ । देशमा बहुदल आयो २०४६ सालको आन्दोलनपछि । २०४७ सालदेखि विश्वविद्यालयको जग्गामा अरुको नजर पर्न थाल्यो र हालसम्म त्रिविको १२ सय रोपनी क्षेत्रफल कम भएको छ ।,क्षेत्रफलमा आएको साँघुरोपन भन्दा डरलाग्दो बनेको छ त्रिविको साखमा आएको गिरावट । उसै त समय सापेक्षरुपमा ‘अप–डेट’ हुन नसकेको विश्वविद्यालयको शैक्षिक विषयवस्तु तथा प्राज्ञिक क्षमता तथा शैक्षिक क्रियाकलापमा असर पर्ने गरी दलीय राजनीतिक गतिविधि भइरहेका छन् ।,विद्यार्थीहरुका लागि विकल्प नहुँदा बाध्यात्मक बनेको विश्वविद्यालय भ्रष्टाचार र अन्य नकारात्मक गतिविधिका कारण विवादमा तानिएको छ ।, हाल अति निन्दनीय र नैतिक ‘भ्रष्टाचार’ कारण गरिमा ‘पतन’ को अवस्थामा पुगेको छ ।,विद्यार्थीको परीक्षामा गरिएका लापरवाहीका घटनाहरु बेलाबेला आइरहन्थे । तर अहिले ९ नम्बर ल्याएको विद्यार्थीलाई एउटै विषयमा ५० थपेर उत्तीर्ण गराएको घटना सार्वजनिक भएको छ । एकजना विद्यार्थीले दुई विषयको स्नातकोत्तर तहका १४ विषयमा यस्तो अनियमित तरिकाबाट बढी अंक पाएको खुलेको छ । यो घटनाले विश्वविद्यालयको परीक्षा प्रणाली नै अविश्वसनीय बनेको छ । यसले त्रिवि र त्यसले उत्पादन गरेका विद्यार्थीहरुका बारे बाहिर कस्तो धारणा बन्ला ?,अर्को डरलाग्दो घटना त्रिवि सेवा आयोगमा भयो । सेवा आयोगले विभिन्न पदका लागि लिएको परीक्षामा योग्यलाई अयोग्य बनाइयो । परीक्षामा अनुत्तीर्ण भएकालाई केरमेट गरी नम्बर थपेर योग्य बनाइएको घटना सार्वजनिक भयो । दुवै घटनाका सम्बन्धमा अहिले छानबिन भइरहेको छ ।,विश्वविद्यालयको इज्जत र मानमै गम्भीर आँच आएको त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. तीर्थराज खनिया स्वीकार गर्छन् । दुवै घटना विश्वविद्यालय भित्र भरोसा गरिएकै व्यक्ति या संस्थाबाट भएको र अब आइन्दा यस्ता घटना नहुन् भन्नका लागि आफूहरु संरचनागत रुपमा नै चनाखो भएको उनले दाबी गरेका छन् ।,विद्यार्थीले विश्वास गरेको विश्वविद्यालयको खाश गिर्न नदिने उनले दाबी गरे । तर उनको दाबी कार्यान्वय गर्नका लागि सजिलो भने छैन । पछिल्लो राजनीतिक परिवर्तनपछि उनकै भाषामा ‘सबैलाई रिझाउनु पर्ने’ भएकाले राम्रा काम गर्न पनि समय लाग्ने गरेको छ ।,विश्वविद्यालयलाई माया गर्ने प्राध्यपक तथा विद्यार्थीहरुले त्रिवि व्यापक राजनीतिकरण, भ्रष्टाचार र आर्थिक अनियमितताको केन्द्र बनेको भन्दै चिन्ता व्यक्त गर्दै आएका छन् लामो समयदेखि । यी घटनाले उनीहरुको चिन्ता सत्य बनेको छ ।,यस्तो गम्भीर अवस्थामा आफ्नो ६० औँ वर्षगाँठ मनाउन लागेको त्रिविका उपकुलपति खनियासँग हामीले प्रतिक्रिया लिएका छौँ ।
टंक ढकाल
तस्बिरमा वर्षा, आस्था अनि बौद्ध
जोरपाटीको बौद्धनाथ स्तूपा नेपालको प्रख्यात पर्यटक स्थलमध्ये एक हो। यहाँ स्वदेश तथा विदेशबाट थुप्रै पर्यटक आउने गर्छन् ।,यस्तै यो क्षेत्रमा सबै वर्ग र समुदायको मानिसहरु घुम्न आउँछन्। अहिले वर्षाको समय छ, पानीको परेको बेलामा पनि बौद्धमा मानिसहरुको चाप उस्तै छ।,बौद्ध स्तूपा पर्यटनसँग मात्र सम्बन्धित छैन। यहाँ आउने एक समुदाय धार्मिक आस्था बोक्ने छन्। यहाँ बौद्ध धर्मावलम्बीको आस्थाको जोडिएको छ।,ओसिलो मौसममा पनि बौद्धमा छाता ओढेर आस्था भर्न आउनेलाई देश सञ्चारका ,ले क्‍यामेराको लेन्समा यसरी कैद गरेका छन् ।, ,  , ,
सुलभ श्रेष्ठ
छोटरामले भुलेका छैनन् बाघसँगको ‘जम्काभेट’
अप्ठ्यारोहरु छिचोलेर फुलेको मुस्कानको मिठास त्यहि व्यक्तिलाई बढी ज्ञान हुन्छ जसले असजिलोको लामो यात्रा तय गरेको छ । पसिनाले भिजेको अनुहारमा खुशी त्यो बेला सञ्चार हुन्छ जब गरेको काममा प्रेम बस्छ । छोटराम थारुले कामसँग प्रेम गरेका छन् र त उनले खुलेर हाँस्न पनि जानेका छन् ।,पाँच दाजुभाइ मध्येका काईँला छोटरामले सानैमा मातापिताको साथ गुमाए । उनका तीन दिदी बहिनी पनि छन् । ८ वर्षको हुँदा बुवा र १० वर्ष पुग्दा नपुग्दै आमाको साथबाट वञ्चित भएका छोटरामले धेरै अप्ठ्यारो देखे । अकार्को घरमा काम गर्न बसे । मन अडिएन ।,विपदमा भर दिने भेटिन्छन् कोही न कोही भन्ने गरिन्छ । यस्तै सहयोगी बनेर आए बलबहादुर राना । बर्दियाको ठाकुरद्वाराका छोटरामलाई बलबहादुरले पढाए–लेखाए, काम सिकाए । पर्यटन क्षेत्रमा सक्रिय रहेका बलबहादुरले छोटरामलाई पनि त्यतै डोहोर्‍याए ।,पर्यापर्यटनको उत्कृष्ट गन्तव्यका रुपमा रहेको बर्दिया राष्ट्रिय निकुञ्जको छेउमा हुर्किएका छोटराम अहिले राष्ट्रिय निकुञ्जमा पाहुनालाई बाटो देखाउँछन्, पशुपन्छी चिनाउँछन् । छोटरामको पेशा–नेचर गाइड ।,२३ वर्षका भए छोटराम । काम र ठामसँग प्रेम बसेकाले खुशी छु भन्ने उनी देश विदेशबाट आएका पाहुनालाई जंगल घुमाउँछन् । जंगली जनावर र पन्छीहरुबारे बताउँछन् । पाहुनालाई जंगलको बाटोमा सुरक्षित बनाउँदै खुशी बाँड्छन् ।,बलबहादुरको साथ लागेर सानैदेखि जंगलको बाटो छिचोलेका उनले नेचर गाइडको प्रमणपत्र लिएर काम थालेको ६ वर्ष बित्यो । हुर्किँदादेखि जंगल र जंगली जनावरको वरपर रहेका छोटरामको भरिलो उमेर पनि त्यहिँ बितिरहेको छ ।,कामसँग लगाव छ र पाहुनालाई सकेसम्म धेरै जनावर देखाउने रहर पनि । बर्दिया पुग्ने धेरै पाहुनाहरु बाघ हेर्न चाहन्छन् । गैँडा, मृग, हात्तीसहितका अरु जनावर र चराचुरुंगी सामान्य जस्तै भयो ।,घर जस्तो वन पक्कै हुँदैन । धेरै चुनौतीहरु हुन्छन् । हरेक दिन साना ठूला अप्ठ्याराहरु पार गर्नै पर्छ । तर झण्डै चार वर्षअघि बाघसँगको जम्काभेट र झण्डैको घम्साघम्सी बिर्सन सक्दैनन् । साथमा थिए जर्मन पर्यटक । गैँडा देखाउँदै थिए छोटराम, बाघ पनि आयो ।,बच्चासितको बाघ रहेछ । उनीहरुलाई आक्रमण गर्ला जस्तो भयो । छोटरामले पर्यटकलाई रुखमा चढाए । उनलाई बाघले लखेट्यो । आमनेसामने भएका बेला उनीतिर हानिएको बाघ माथिबाट गयो । मुश्किलले जोगिए छोटराम । डर थियो तर पनि फर्केर गइ जर्मन पाहुनालाई रुखबाट ओराली सुरक्षित बाहिर निकाले। अनि बल्ल धक फुकाएर सास फेरेका थिए ।,छोटरामलाई पाहुनाको सुरक्षा आफ्नो भन्दा पनि पहिलो प्राथमिकता हो । बाघ लजालु जनावर रहेको बताउने उनी त्यहि लजालुसँगको भयंकर ‘युद्ध’ बाट डराएका छैनन् । माया बसेको छ बर्दियाको जंगलसँग।,बर्दिया जंगलमा पसिनाले भिजेको अवस्थामा भेटिएका छोटराम मिलेका सेता दाँतमा चम्किएको मुस्कानसहित भन्छन्, ‘खुशी छु, अरु जे गरे पनि यो जंगलसँगको नाता तोड्न सकिँदैन होला कम्तिमा यो जुनिमा ।’, ,
बर्षा शाह
सबैलाई माया दिने अञ्जली दिदी
‘यो माया भन्ने चिज यस्तै हो।’ ठ्याक्कै अलजेब्राको सुत्र जस्तो नभए पनि सबैलाई थाहा भएको शब्द माया। मानिससँग जोडिन आउने हरेक सम्बन्धमा माया हुन्छ। सम्बन्धको नाम फरक भएजस्तै फरक हुन्छन् माया।,यहि माया जीवनका फरक फरक क्षणमा आफ्नो भूमिका निभाउन आइपुग्छन्। आमा, बाबु, छोराछोरी, साथीभाइको माया। अनि दाजु भाइ र दिदीबहिनीको माया। जुन आसाध्यै प्रिय हुन्छ।,हामी यहाँ धेरै दाजुभाइलाई माया गर्ने एक दिदीको कुरा गर्दैछौँ। ताहचलकी अञ्जली मास्के। उनलाई सबैले अञ्जली दिदी भनेर चिन्छन्। हरेक वर्ष काष्ठमण्डपमा बसेर भाइटीकाको दिन उनी सयौँ दाजुभाइलाई टीका लगाइदिन्छिन्।,माहोल तिहारको छ। देउसी भैलो, पूजाआजा भन्दा पनि सबैभन्दा महत्वपूर्ण दिन भनको भाइटीका हो। मखमलि माला लगाएर टाउकोमा ढाका टोपी ढल्काउँदै हातभरि सेल, मसला समाउन पाउँदा दाजुभाइको उज्यालिएको अनुहार, अनि हातमा उपहार, दक्षिणा हातमा थाम्दा दिदी बहिनीको अनुहारमा अन्जानमा आउने मुस्कान अनमोल हुन्छ।,यो भन्दा महत्वपूर्ण छ भावनाको नाता। हुर्कँदै गर्दा दाजु बहिनी अथवा दिदी भाइ कमै मिल्छन् नत्र भने हरेक कुरामा लडाईँ। आमाले झगडा छुट्याउदा ‘कस्तो कुकुर र बिरालो जस्तो झगडा गरेको’ भनेको धेरैले बिर्सेका छैनन् होला। तर ठूलो भएपछि यस्ता स–साना झगडा मिठा स्मिृति र स्नेहको धागो बन्छन्। तिहार यहि स्नेहको धागोलाई बलियो बनाउने चाड हो। तिहार आउनै लाग्दा दिदी बहिनीले आफ्नो दाजुभाइ र दाजुभाइले दिदीबहिनी नसम्झने भन्ने हुँदैन।,तर जसको दिदीबहिनी मात्र छन् दाजुभाइ छैनन् र जसको दाजुभाइ छन् दिदीबहिनी छैनन् उनीहरुलाई यो तिहार अलि खल्लो लाग्न सक्छ। कतिले दाजुभाइ दिदीबहिनी बनाए पनि कतिपयलाई सम्भव हुँदैन ।,दिदीबहिनी बनाउन सम्भव नभएका दाजुभाइहरु भने २० वर्षदेखि अञ्जली दिदीले खुशी बाँडिरहेकी छन्। भाइटीकाको दिन काष्ठमण्डपमा टीका लगाइदिने उनको खुशी साट्ने काम यो वर्ष पनि हुँदैछ।,हरेक वर्ष भाइटीका आउनै लाग्दा अञ्जली मास्केको व्यस्तता धेरै बढ्छ। उनी दैनिक काम, पूजापाठमा तिहारका काम त थपिन्छन् त्यसमा पनि उनी सयौँ दाजुभाइलाई भाइटीका लगाएर भाइमसला फलफूल दिन भाग बनाउँछिन्।,कुकुर तिहारको दिन उनको घरको तेस्रो तलामा कागजका कार्टुनमा प्याक भएका भाइमसलाका भागहरु थिए। कालिमाटी तरकारी बजारबाट केही भित्र पर्ने उनको घरमा अहिले मसला पोको पार्ने माहोल छ। ‘अझ भ्याएकै छैन।’ अञ्जली मास्केले भनिन्, ‘पहिलो वर्षमा एकसय ७ मसला बाँडेको थिए। दोस्रोमा २०८। अहिले ठाउँ नभएर अलिकति कम गरेको छु।’,२०७२ सालको भूकम्पमा काष्ठमण्डप भत्किएको छ। मास्के त्यसैको तल पाल टाँगेर टीका लगाइदिने गरेकी छन्। अड्कल गरेको भन्दा धेरै मानिस भए भने उनले मसला र मिठाईलाई दिन मिल्ने गरी योजना गरिरहेकी छन्। माला पनि तयार नै छन्।,बांगेमुडा मास्केचोकमा उनको जन्म भयो, उनले आफ्नो उमेर बताउन चाहिनन्, हाँस्दै उनले भनिन्, ‘तपाईँ अन्दाज गर्नुस् है।’ उनी ७२ वर्षकी भइन्। आफू स्वस्थ्य हुनु, सक्रिय हुनुमा आफूले टीका लगाएका दाजूभाइको आशिर्वाद ठान्छिन् उनी। विवाह भएपछि उनको घर न्यूरोड भयो। तर अहिले ताहचल बस्छिन्।,ताहचलको घर मास्केले पछि बनाएको घर हो। माइतीका दाजु र बहिनीसँगै मिलेर किनेका हुन् । उनका छोरा र बुहारी अहिले बेलायतमा छन्। ‘छोरा मुटु रोगको विशेषज्ञ हो। बुहारी दाँत विशेषज्ञ हुन्।’,खुलेको अनुहार, गाजल आँखामा, ओठमा लाली निधारमा टिका। कपाल छोटा छन्, तर काला छन्। ध्यू रंगको साडीमा रातो बोर्डर भएको साडी लगाएकी थिइन्। ‘मलाई यो कपडामा कस्तो देखिएला? म अर्को लगाएर आउँ?’ फोटो हेरिन्, राम्रो लाग्यो अनि त्यही कपडामा भिडियो खिच्ने निर्णय भयो। आफ्नो व्यस्तता बताउँदै उनले भनिन्, ‘म पूजामा गएर फर्केको, कपडा फेर्न पनि भ्याएको छैन। मलाई अन्तर्वार्ताको लागि पनि फोन आएको आएइछ।’,उनी जीवनका ती दिन सम्झन थालिन्, जहाँबाट उनले सुरु गरेकी थिइन्। ‘छोरी मान्छे, त्यो पनि नेवारकी छोरी, गारो थियो।’ उनी तीन जनामध्ये माइली सन्तान तर जेठी छोरी हुन्। उनका दाइ अनि उनकी बहिनी।,भावना अजंगको कुरा हो। कहाँ, कसको लागि आउँछ थाहा नै हुन्न। ‘अरु भनेकालाई आफ्नो नजरले हेर्यो भने उनीहरु पनि आफ्नो देख्छन्।’ उनले भनिन्, ‘नाम होला, सबैले सम्झेलान् भनेर गरेको होइन।’,उनलाई १५ वर्षको उमेरदेखि नै भगवानप्रति आस्था भयो र समाजलाई सेवा गर्न मन लाग्यो। उनी अगाडिबाटै सामाजिक सेवामा सक्रिय भइन्। सानैदेखि घर वरपरका बिरामीको उपचारमा सहयोग गर्न जान्थिन्। वीर अस्पतालमा पनि धेरै वर्ष उनले वेवारिसे फेला परेका बिरामीको उपचारमा सहयोग गरी रहिन्। ‘अहिले वीर अस्पताल अलि व्यवस्थित छ। म जान छोडिसके।’ उनले भनिन्, ‘त्यतिबेला दिनहुँ गर्न गाह्रो भएन अहिले त वर्षमा एकदिन।’,उनको विचार दिदीबहिनी नभएका र अहिलेसँगै नभएका दाजुभाइको निधार खाली नहोस् भन्ने मात्र हो। २०२६ सालदेखि उनले काष्ठमण्डपमा गोरखनाथ बाबाको पूजा निरन्तर गरिरहेकी छन्। त्यहाँ ड्युटीमा परेकाहरु जसले भाइटीका लगाउन जान पाउँदैनथे, उनीहरु रोएको देखिन् र टीका लगाइदिन थालिन्।,‘भाइटीका लगाउन नपाएपछि मनमा ताप आउँछ जस्तो लाग्यो र काष्टमण्डपमा हरेक वर्ष टीका लगाइदिन थालेँ।’ उनले भनिन्, ‘जबसम्म तिहार आउँछ र भाइटिका लगाउन पर्छ भनेर भगवानले शक्ति दिन्छन्, तबसम्म गर्छु।’,सुरुको वर्षमा जसले टीका लगाउथे अहिले पनि आउँछ। वर्षैपिच्छे नयाँ नयाँ अनुहार पनि आउँछन्।,उनले यो निर्णय सुनाउँदा परिवार सबै खुशी भए। दाइ, भाउजु, बहिनी, छोरा बुहारीले उत्साह दिएकै कारण उनले खुशी खुशी यो कर्म गर्न सकिन्।,‘काम गरेपनि मन खुशी हुने थिएन।’ उनी भन्छिन्, ‘बिहान नुहाई धुवाई गरेर पूजा गर्ने, गोरखनाथको मन्दिर घरमा नै छ, त्यहाँ पूजा गरेर मण्डप बनाएर दाइलाई टिका लगाइदिन्थेँ । अनि काण्डमण्डपको गोरखनाथ बाबालाई पूजा गरेर अरु दाजु भाईलाई टिका लगाइदिन्छु। तर अहिले दाइ हुनुहुन्न।’,तिहारमा टीका लगाइदिन सुरु गर्दा छोरा पाकिस्तानमा पढ्न गएका थिए, आएपछि निर्णय सुनाउँदा ‘बाहिर काम गर्न गाह्रो हुन्छ’ भनेका थिए छोराले तर पछि सब ठीक भयो।,उनी टीका लगाएपछि उपहार लिन्नन्। ‘म पैसा, उपहारबिना टीका लगाइदिने भनेर सूचना दिन्छु।’ उनी भन्छिन्, ‘मेरो घरको दाईले दिएको मात्रै लिन्छु।’ उनी उपहारको नाममा विकृति हुन्छ भन्छिन्। उपहार लिँदैमा दिदी भाई हुने होइन, आशिर्वाद, प्रेम होस् भन्ने उनले सोचेकी छन्।,मसला किन्ने खर्च कसरी जुटाउनुहुन्छ त ? ‘मन जुटेपछि जुट्छ।’ आफ्नो सामर्थ्य नहेरी आँट नगरेको बताउने मास्के भन्छिन्, ‘छोरा बुहारी बेलायतमा डाक्टर छन्, सपोर्ट छ।’ उनले यसलाई खर्च भन्दा पनि भावना भन्छिन्। ‘निधार खाली नहोस्, हात पनि सकेसम्म भरियोस्।’,उनलाई भगवानप्रति धेरै आस्था छ, २०७२ सालमा पनि उनलाई यही आस्थाले बचायो जस्तो लाग्छ। ‘म त्यति नै बेला बेलायत गएकी थिएँ। भूकम्प गएको दिन काष्टमण्डपमा कार्यक्रम थियो। यहाँ नेपाल भएको भए त्यही नै हुन्थेँ।’ उनी भन्छिन्, ‘अझै केही वर्ष दाजुभाईलाई टिका लगाइदिन लेख्या रैछ जस्तो छ।’,उनको औपचारिक अध्ययन १२ कक्षासम्म छ तर ज्ञानको दायरा कयौँ अगाडि।,त्यो दिन भ्याइनभ्याई हुन्छ सुकुल ओच्छ्याएर टीका लगाइदिन्छिन्। सबैको आउँने समय एकै हुँदैन। उनी भन्छिन्, ‘दाजुभाइहरु समयमा नै आइदिनु भए हुन्थ्यो।’
सुजाता खत्री
पशुपति र लुम्बिनी ‘वर्ल्ड बुक्स रेकर्ड’मा सूचीकृत
विश्‍व सम्पदामा सूचीकृत नेपालको पशुपतिनाथ र लुम्बिनी ‘वर्ल्ड बुक्स रेकर्ड, लण्डन’मा सूचीकृत भएका छन्। बेलायतका विद्वत्  समूहले स्थापना गरेको वर्ल्ड बुकले हिन्दू धर्मावलम्बीको आस्थाको धरोहर पुरातात्विक महत्वको पशुपतिनाथ र भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई सूचीकृत गरेको हो।,पशुपतिनाथलाई ऐतिहासिक पुरातात्विक महत्वको पुरानो मन्दिर र लुम्बिनीलाई विश्वभरका बौद्धमार्गीको धरोहर शीर्षकअन्तर्गत प्रमाणपत्र दिइएको संस्थाले जनाएको छ।,उक्त प्रमाणपत्र काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता एवं भारतको लोकसभा अन्तर्गतको रक्षासम्बन्धी समितिका अध्यक्ष कलराज मिश्रले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलाई हस्तान्तरण गरेका हुन्।,संस्थाले परम्परागत कला र शिल्पीको द्वारिका होटललाई आतिथ्यका क्षेत्रमा गुणस्तरीय सेवा पुर्याएबापत प्रमाणपत्र प्रदान गरेको छ। बैंकिङ क्षेत्रमा उल्लेखनीय योगदान गरेबापत हिमालयन बैंकका अध्यक्ष मनोजबहादुर श्रेष्ठलाई ‘नेशनल एक्सिलेन्सी अवार्ड’ ले सम्मान गरेको छ।,सो अवसरमा पर्यटनमन्त्री अधिकारीले यस्ता कार्यक्रमले नेपालको पहिचानलाई विश्वमा थप प्रवर्द्धन गर्न सहयोग पुग्ने बताए। उनले पशुपतिनाथ, लुम्बिनीलगायत अन्य धेरै पुरातात्विक सम्पदा, धार्मिक एवं पर्यटकीय स्थल क्रमशः सूचीकृत हुँदै जाने विश्वास व्यक्त गरे।,भाजपाका नेता मिश्रले पुरातात्विक सम्पदा, धार्मिक सांस्कृतिक मठमन्दिरले भरिपूर्ण नेपाल अध्यात्म ज्ञानको पवित्र भूमि भएको उल्लेख गरे। भारत र नेपालबीच भौगोलिक, सांस्कृतिक, आर्थिकलगायत हिसाबले सदिऔँदेखि गहिरो सम्बन्ध रहिआएको उल्लेख गर्दै उनले आपसी सहयोग र सम्बन्धलाई थप प्रभावकारी बनाएर लैजाने विश्वास व्यक्त गरेका छन्।,वल्ड बुक्सका अध्यक्ष सन्तोष शुक्लले पुरातात्विक महत्वको पशुपतिनाथ, बौद्धधर्मावम्बीको केन्द्र लुम्बिनी र नेपालको धरोहरका रुपमा रहेको द्वारिका होटललाई सूचीकृत गर्न पाउँदा गर्भको महसुस भएको उल्लेख गरे।,सोही अवसरमा युवा समाजसेवी सागर कटुवाल अध्यक्ष रहने गरी वर्ल्ड बुक्स अफ रेकर्ड नेपाल च्याप्टर स्थापना भएको जानकारी गरियो। संस्थाले अन्य क्षेत्रमा पनि रेकर्डमा सहजीकरण गर्ने कटुवालले बताए। भारत, बेलायत, अमेरिकालगायत १२ भन्दा बढी मुलुकमा यो संस्थाले काम गर्दै आएको छ।
रासस
८ मिटर पुलले जोडेको अनन्त खुशी
‘सानो गोरेटो बाटोको वरीपरी काँडैकाँडाले घेरेको थियो, हिड्दा पनि छालै लछार्ने तर हेर्दाहेर्दै कस्तो राम्रो भयो’, ६० वर्षीया वृद्धा आमा हातले तेर्स्याएर पर देखाउँदै थिइन्, ‘त्यहि उत्तिसको रुखमा हो नि बाइक अड्केको, बाबु त तल पानीमा घोप्टो परेको थियो।’ उनी २०७१ साल फागुन १७ गते मृत्यु भएका याेगेश खातीको बारेमा कुरा गर्दै थिइन्।,योगेश राति छोटो बाटो हुँदै घर फर्कदै थिए। बाटो बिचमा सानो पुल थियो। पुल कटेपछि उकाले काट्नु पर्थ्याे । त्यही उकालो काट्नै लाग्दा उनको बाइक अनियन्त्रित भएर खस्यो। अनि उनी भोलिपल्ट मात्र भेटिए। उनलाई देख्नेहरु भन्थे, ‘रुखमा बाइक अड्केछ, उसको मुख खोलामा डोबिएछ, नत्र बाँच्थ्यो।’,भक्तपुरको गुण्डू गाविस अहिले सूर्यविनायक नगरपालिकाको वडा नं ७ भएको छ। अनि छिमेकी कटुन्जे गाविस सूर्यविनायक नगरपालिका कै वडा नं ५। अरनिको हाइवेबाट गुण्डू पुग्न छोटो बाटो जाँदा पनि ३ किलोमिटर काट्नै पर्छ। गुण्डूले कुनै हाइवेलाई छोएको छैन।,गुण्डूबाट गाडी गुड्ने बाटो पाडुबजार निस्कन्छ कि त दधिकोट हुँदै ठिमी अनि त्यसबाहेकका वैकल्पिक बाटोहरु सूर्यविनायक, सल्लाघारी इत्यादि छन्। गुण्डूको पुछारतिर पर्ने किवाचोकबाट अरनिको हाइवे आइपुग्ने एकदमै छोटो बाटो थियो त्यो, जुन बाटोबाट तल झरेर योगेसले ज्यान गुमाए।,  दुर्घटना भएको ठाउँ अनकन्टार थियो। दुई डाँडाको बिचमा खाल्डो थियो। कटुन्जेबाट ठाडो ओरालो पर्ने अनि गूण्डू पुग्न ठाडो उकालो। बिचमा थियो सानो पुल। बुडी गण्डकी नामको खोला बग्थ्यो त्यहाँ। गर्मी याममा कुलो सानो हुने भएपनि वर्खामा त थेगिनसक्नु हुन्थ्यो। सानो पुल कटेर नै पानी बग्थ्यो, नपत्याउने पाराले।,यो पुल बन्न पनि सानो हैरानी खेप्नु परेको थिएन। स्थानीय कमल केसी भन्छन्, ‘८, १० वर्ष अगाडि बाढीले मान्छे बगाएर मार्‍यो।’ ६५ वर्षका कमलले नपत्याउने खोलाले पनि बगाएको देखे।,उ बेलमा जतिबेला गुण्डूमा कल थिएनन्, किवाचोकका महिला भारी बोकी हिड्ने बाटो यही हो। साँधुरो बाटो त जसो तसो कट्थ्यो तर पुल आयो कि आपत्। ‘काठका दुई साँघु हुन्थे। पालैपालो खुट्टा सार्नुपर्थ्यो। काठमा खुट्टा परेन भने खोलामा झ्वाम्म।,यही समस्या समाधान गर्न २०४९ सालमा तत्कालिन कटुञ्जेका गाविस अध्यक्ष र गुण्डू गाविसका उपाध्यक्ष आकाशकाजी बोयजुले कलर्भट निर्माणको काम गरे। त्यसपछि बाटो पनि फराकिलो बनाउने काम सुरु भयो। अनि किवाचोकका बासिन्दालाई बजार आउजाउ गर्न सुवर्णेश्वरको डाँडाको फन्को लगाउन परेन। दधिकोट घुमेर ठिमी पुग्‍न परेन।,बाटो अलि फराक हुन थालेपछि मोटरसाइकल गुड्न थाले तर ठाडो ओरालो र ठाडो उकालो काट्दा मनै झसँग हुन्थे। कस्तो भीर भो भनेर धेरैले भनेकै हुन् तर २०७१ सालमा त्यो भयो जो कसैले सोचेकै थिएनन्। चिन्ने जतिले भने, ‘भर्खरको थियो, बोलैया थियो। १८ वर्षमा नै ज्यान गुमायो।’,प्रतिनिधि सभाका सदस्य महेश बस्नेतको घर पनि गुण्डूमा नै पर्छ। त्यतिबेला उनी उद्योगमन्त्री थिए। छिमेकमा आपत् परेको थाहा पाएपछि उनी शोकाकुल परिवारलाई भेट्न गए। गाउँलेले यही मौका हो भनेर ‘ठूलो पुल बनाउन सहयोग गर्नुपर्‍यो’ भने। बस्नेतले सकिन्न भनेनन्।,त्यसपछि योजना पर्‍यो, बजेट छुट्टियो र काम सुरु भयो। हेर्दा हेर्दै फराकिलो पुल बन्यो। बारी पारीका ठाडा बाटोलाई डोजरले भासेर दुई लेनको बनाएको छ। उकालोभरी ढलान बाटो भएको छ। बाँकीमा ग्राभेलिङ। यो बाटोको लागि ९८,४८,७४५ रुपैयाँ खर्च भएको छ।,२०७६ सालसम्म आइपुग्दा २०२९ सालमा विहे गरी आएकी खतिवडा आमैले अचम्मैको परिवर्तन देखिन्। उनका नाति, बुहारी यही बाटो हुँदै भक्तपुरको बजार क्षेत्र पुग्छन्। नाति पढ्दै छ, बुहारी काममा जान्छिन्। अब उनलाई बाटो फराक भएकोले ढुक्क भएको छ।,उनी त्यो ठाउँको अरु नागरिक जस्तै बेस्सरी खुशी छिन्। पुल उद्घाटन कार्यक्रममा चिटिक्क परेर सजिएर आएकी छन्। सूर्यबिनायक नगरपालिका प्रमुख बासुदेव थापा, उपप्रमुख जुना बस्नेत सूर्य बिनायक नगरपालिका वडा नं ७ का अध्यक्ष रविन्द्र सापकोटा लगायत वडा सदस्य प्रहरी प्रशासन अनि सर्वसाधारणको उपस्थितिमा प्रतिनिधि सभा सदस्य महेश बस्नेतले पुल उद्घाटन गर्न रिबन काट्दा उनले पनि ताली परर्रर पारिन्।,रातो टीका र रातै धोती उनलाई खुलेको छ। यस्तै खुसीले उनको मन फुलेको छ। पुलको बेलुन जस्तै। मन रंगीएको छ, बारमा बानिएका ध्वजा जस्तै रंगीन ।
सुजाता खत्री
के यो गान्धी परिवारको राजनीतिक अन्त्य हो ?
बिहीबार भारतीय आम चुनावको नतिजा आयो र नरेन्द्र मोदी एकतर्फी जितका साथ विजेताका रुपमा पुनः उदाय । अर्को तर्फ नेहरु–गान्धी परिवारका उत्तराधिकारी तथा भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धी एक पराजित, निरस्त र हतास नेताका रुपमा देखिए ।,उनी एक परम राजनीतिक वंशका मुख्य उत्तराधिकारी हुन् । जिजुहजुरबुवा (मामाघर तर्फका) जवाहरलाल नेहरु भारतका पहिलो र सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री रहे । उनी हजुरआमा इन्दिरा गान्धी भारतकी पहिलो महिला प्रधानमन्त्री थिइन् र उनका पिता राजीव गान्धी भारतका सबैभन्दा कम उमेरमा प्रधानमन्त्री बनेका थिए ।,सन् २०१४ मा लोकसभा चुनावमा कांग्रेले सबैभन्दा खराब हार बेहोरेको थियो । तर बिहीबार आएको नतिजाले राहुल गान्धीका लागि दोहोरो झड्का दिएर गयो । कांग्रेस मात्रै ५२ सिटमा जित निकाल्न सफल रह्यो । मोदीको भाजपा एक्लैले ३०० सय भन्दा बढि सिटमा जित दर्ता गरेको छ । यो भन्दा पनि खराब यो भयो कि राहुल गान्धी अफ्नो परम्परागत सिट अमेठीमा पराजित भए ।,र पनि राहुल गान्धी यसपटक पनि संसदमा रहने छन् किनकी उनी केरलको वायनाड सिटबाट विजयी भएका छन् । तर अमेठी सम्मानको लडाईँ थियो । यो सिटबाट उनका दुवै अभिभावक–माता सोनिया गान्धी र पिता राजीव गान्धीले चुनाव लडेका थिए र जितेका थिए । राहुल स्वयम् पनि यहाँबाट १५ वर्षदेखि सांसद थिए । राहुल गान्धीले अमेठीका हरेक घरमा एक विशेष पत्र पनि पठाएका थिए, जसमा लेखिएको थियो मेरा अमेठी परिवार । र पनि उनले यो सर्मनाक हारको सामना गर्नु परेको हो । अभिनेत्रीबाट राजनेता बनेकी भाजपाकी केन्द्रीय मन्त्री स्मृति इरानीले उनलाई पराजित गरेकी हुन् ।,अमेठी उत्तर प्रदेशको मुटु जस्तै हो । उत्तर प्रदेश भारतको सबैभन्दा बढि नागरिकको बसोबास रहेको राज्य हो र दिल्लीको सत्ताको मार्ग यहि राज्य भएर जान्छ । यो भारतीय राजनीतिको ग्राउण्ड जिरो पनि हो, जहाँ गरिएको प्रयोगको असर पूरै देशमा देखिन्छ । आमरुपमा यो मानिन्छ कि जसले उत्तर प्रदेशमा जित्छ, उसले देशमा राज गर्छ ।,भारतका चौध प्रधानमन्त्री मध्ये ८ यहिँबाट गएका हुन्, जसमा राहुलका जिजुहजुरबुवा, हजुरआमा, पिताले पनि यहिँबाट जिते र प्रधानमन्त्री बने । ५४३ सांसदसहितको भारतीय संसदमा ८० सांसद यहि राज्यले पठाउँछ ।, मुल रुपमा गुजरातका नरेन्द्र मोदीले पनि सन् २०१४ को चुनावमा उत्तर प्रदेशको वाराणसी सिटबाट प्रतिनिधित्व गरेका थिए र यो पटक उनी यहिँबाट चुनिएका छन् ।,कसैलाई यो आश त थिएन कि कांग्रेसले लोकसभा चुनावमा सीधा जित हाँसिल गर्छ, तर पहिले भन्दा राम्रो गर्छ भन्ने अनुमान भने लगाइएको थियो । यहि कारणले नतिजाले पार्टीका नेतासहित आम सर्वसाधारणलाई पनि चकित पारेको छ ।,राहुल गान्धी संसदमा रहने भए पनि यो प्रश्न गर्न थालिएको छ कि, के कांग्रेसमा गान्धी युगको अन्त्य हो ? या के पार्टीलाई फेरि पुनर्जीवित गर्नका लागि गान्धी परिवारको राजनीतिलाई अन्त्य गरिदिनु पर्छ ?,हारपछि राहुल गान्धीले पत्रकार सम्मेलनमा हारको पूरै जिम्मेवारी आफ्नो काँधमा लिएका छन् । उनले हार स्वीकार गर्दै भाजपालाई मिलेको जनादेशको सम्मान गरे । अमेठीको भोटको गणना सकिएको थिएन, तीन लाख भोट गन्न बाँकी थियो, तर उनले हार स्वीकार गर्दै स्मृति इरानीलाई भने कि–अमेठीको ख्याल गर्नु होला । ‘म उहाँलाई बधाई दिन्छु, उहाँले जित्नु भयो । यो प्रजातन्त्र हो र नागरिकको फैसलालाई मैले सम्मान गर्छु ।’,कांग्रेसको हारका बारेमा उनले धेरै कुरा गरेनन् । उनले गल्ति कहाँ भयो भन्ने बारे कांग्रेसको वर्किङ्ग कमिटिको बैठकमा छलफल हुने बताए ।, राहुल गान्धीले कार्यकर्तालाई सम्बोधन गर्दै आश नगुमाउन आग्रह गरे । उनले भने, ‘डराउनु पर्दैन, हामीले मेहनत जारी राख्ने छौँ र अन्ततः जित हाम्रै हुनेछ ।’,तर लखनउमा कांग्रेसको कार्यालयमा टेलिभिजन हेरिरहेका र आफ्ना वरिष्ठ नेताहरु एकपछि अर्को गर्दै पराजित भएको देखिरहेका कांग्रेस कार्यकर्तालाई राहुल गान्धीले भनेको जित निकै परको जस्तो लागेको थियो ।,पार्टीका एक नेताले भने, ‘हाम्रो विश्वसनीयता निकै घटेको छ । मानिसमा हाम्रा वाचामा भरोसा छैन । हामीले भनेका कुरामा उनीहरुले विश्वास गरिरहेका छैनन् ।’,‘मोदीले जनतासँग गरेका वाचा पूरा गरेनन् तर पनि जनताले मोदीको भरोसा गरेका छन् ।’,यसको कारणबारे उनले बताए, ‘हामीलाई पनि थाहा छैन यस्तो किन भइरहेको छ ।’,चुनावी राजनीतिमा कांग्रेसको खराब प्रदर्शनबाट राहुल गान्धीको नेतृत्व क्षमतामा प्रश्न उठ्ने पक्का छ र धेरै विश्लेषकले नेतृत्वमा परिवर्तनको आवश्यकतामा जोड दिन थालेका छन् । अध्यक्ष पदबाट उनको राजीनामा मागसम्म भएको छ । तर यी सबै मागहरु पार्टी बाहिरबाट आएका छन् र पार्टी नेतृत्वले यसलाई अस्वीकार गर्नेछ ।,दिल्लीको राजनीतिक खेलमा यस्तो पनि चर्चा चलेको छ कि राहुल गान्धीले राजीनामा दिने प्रस्ताव गरेका छन् । कांग्रेसका वरिष्ठ नेता मणिशंकर अय्यरले भने, ‘कांग्रेस आफ्नो नेतृत्वप्रति प्रश्न गर्ने छैन र यदि राहुल गान्धीले राजीनामा दिए पनि स्वीकार हुने छैन ।’,अय्यरका अनुसार पार्टीको हारका लागि नेतृत्व जिम्मेवार छैन । उनले भने, ‘हारका कारण अरु छन्, जसमा हामीले काम गर्नु पर्नेछ ।’,लखनउमा पार्टीका प्रवक्ता ब्रिजेन्द्र कुमार सिंहका अनुसार समस्या पार्टीको नेतृत्वमा नभई आन्तरिक लडाईँ र गलत चुनावी मुद्दा हो । ‘पार्टी संरचनामा केही कमजोरी छन् । नेताहरुमा आन्तरिक लडाईँ पनि छ । हाम्रो चुनावी अभियान पनि ढिलो गरि सुरु भयो । हाम्रो प्रयास असफल भयो होला, तर उत्तर प्रदेश र बिहारमा क्षेत्रीय दलसँग मिल्नु पनि एउटा खराब विचार थियो ।’,कांग्रेस नेताहरुले अहिलेसम्म यो हारका लागि अहिलेसम्म राहुल गान्धीलार्य जिम्मेवार ठानेका छैनन्, उनीहरुले पार्टीको संरचना र चुनावी अभियानलाई दोषी मानेका छन् ।,व्यक्तिगत कुराकानीमा कांग्रेसका विश्लेषकहरुले भनेका थिए कि मोदीका अगाडि राहुल गान्धीको व्यक्तित्व कमजोर देखिएको थियो । ब्राण्ड मोदी उनको मार्गको सबैभन्दा ठूलो रोकावट रहेको उनीहरुले बताएका छन् ।,‘प्रधानमन्त्री मोदीले अघिल्लो चुनावमा गरेको वाचा पूरा गरेनन् तर आफ्नो सरकारको नीतिका बारेमा भरोसा दिलाउन सके’ एक विश्लेषकले भने ।,मोदीका अगाडि राहुल गान्धी नराम्रोसँग पराजित भएको यो पहिलोपटक होइन । सन् २०१४ मा पार्टी मात्रै ४४ सिटमा समेटिएको थियो । त्यो बेला पनि राहुललाई पूर्ण रुपले जिम्मेवार मानिएको थिएन ।,राहुल गान्धी सरल व्यक्तित्वका लागि प्यारो मानिन्छन् । तर त्यो मोदीका अगाडि छायामा परेको मानिन्छ । यो हारका लागि राहुल गान्धीको नेतृत्व भन्दा पनि सन् २००४–२०१४ सम्म कांग्रेस नेतृत्वमा रहेको सरकारको नराम्रो छाया कारक रहेको पनि मान्नेहरु छन् ।,कांग्रेसका मानिसहरु राहुल गान्धी या उनको नाम हारको कारण मान्दैनन् । पार्टीका एक कार्यकर्ताका अनुसार राहुल गान्धीलार्य अमित शाह जस्तै सहयोगीको खाँचो रहेको बताउँछन् । प्रधानमन्त्रीका सबैभन्दा नजिकका सहयोगी एवम् भाजपा अध्यक्ष अमित शाहलाई गुजरात तथा देशमा भाजपाको जितका लागि रणनीति बनाउने श्रेय दिने गरिएको छ ।,कांग्रेस कार्यकर्ता यो हारका लागि सार्वजनिक रुपमा राहुल गान्धीलाई जिम्मेवार मान्ने देखिँदैन । उनीहरु राहुल गान्धीकै पछि उभिएको देखिने छन् ।,पछिल्लो दुई वर्षमा राहुलको छवीमा केही सुधार भएको छ । उनी छायाबाट बाहिर आएका छन् । उनको राजनीतिक व्यवहारमा खुलापन आएको छ । सामाजिक सञ्जालमा उनको अभियान पहिले भन्दा राम्रो भएको छ र सरकारका विभिन्न गतिविधिमा बलियो रुपमा आफ्नो भनाई प्रस्तुत गर्दै आएका छन् ।,यो देखियो कि उनले आक्रामक रुपमा अभियान चलाए । एजेन्डा निर्धारण गरे । गएको सेप्टेम्बरमा राजस्थान, मध्य प्रदेश र छत्तीसगढमा उनी आफ्नो पार्टीको सरकार बनाउन सफल रहे । यसले पार्टीलाई फेरि सुधारको मार्गमा ल्याएको ठानियो ।,र यो वर्षको फेब्रुअरीमा बहिनी प्रियंका गान्धीलाई औपचारिक रुपमा राजनीतिमा ल्याएपछि लाग्यो कि राहुल गान्धीले केही गर्दै छन् । केही कांग्रेसी कार्यकर्तालाई यो विश्वास पनि लाग्छ कि प्रियंका गान्धीमा यो राजनीतिक परिवारलाई बचाउने क्षमता छ जस्तो लाग्छ ।,कारण जे होस् प्रियंका गान्धी राजनीतिक समस्या थाम्न हिचकिचाएको देखिएको छ । राहुल र प्रियंका नजिक छन्, यसले गर्दा उनी राहुलको विपक्षमा उभिने सम्भावना निकै कम छ । तर यो सम्भावना भने छ कि उनी राहुल गान्धीको सक्रिय सहयोगी बन्ने छिन् ।
null
खबरदार! यो रिङ्गरोड हो, मर्न आफैले गल्ती गर्नु पर्दैन
कोटेश्वबाट कलंकी तर्फ बिस्तारित चक्रपथ मार्फत जाँदा धोबिघाटको आकाशेपुल कटेपछि थोरै ओरालो आउँछ। यही बाटोको बिचको लेनको बायाँतर्फ ठूलो साइन बोर्डमा लेखिएको छ, ‘बिस्तारै हाक्नुहोस्’ ।,चीन सरकारको सहयोगमा पाँच वर्षमा तयार भएको ८ लेनको कोटेश्वर–कलंकी सडक उद्घाटन भएको एक वर्ष बित्यो । साँघुरो बाटोमा घिचिक्क–घिचिक्क गर्दै गुड्ने सवारी साधनले ठूलो बाटो भएसँगै आफूले स्वतन्त्र भएको महशुस गर्छन् क्या रे, बेस्सरी हुइकिँदा बोर्डमा लेखिएको ‘बिस्तारै हाक्नुहोस्’ मा उनीहरुको आँखा नै पुग्दैन। अनि हुन्छ अकल्पनीय दुर्घटना।,मेघा अस्पातलको ठ्याक्कै अगाडि दिउँसो ३ बजेर २८ मिनेट जाँदा अकल्पनीय घटना भयो। एक्सन चलचित्रको सीन जस्तै। कलंकी तर्फ जाँदै गरेको बा १६ च ४७४३ नम्बरको स्कर्पियो हुत्तिएर आयो। कलंकीबाट कोटेश्वर तर्फका लागि छुटेको बा ११ च ८९४९ नम्बरको सुमोलाई ठक्कर दियो।,सुमो पछाडि महेन्द्रा बुलेरो चलाएका ड्राइभर हाउभाउसहित भन्दै थिए, ‘मेरो अगाडि सुमो फनन घुम्यो, मैले ब्रेक लगाएर दुई हातले आँखा छोपे। एकछिन पछि लाग्यो ‘म जिउँदै छु ?’ लेन डिभाइडरमाथि पुगेर बल्खुपट्टि नै फर्किएको सुमोदेखेपछि मैले विश्वास गरे बल्ल ‘म जिउँदै छु।’, उनले सुमो ठोक्ने गाडीको हालबारे सोच्न नभ्याउँदै थाहा पाए, गाडीले बाइकलाई हान्यो। हत्तपत्त गाडीको ढोका खोलेर बाहिर हेर्दा पल्सरको बाइकको पेट्रोल बाटोमा बग्दै थियो। एक जना बाटोमा घोप्टे अनि अर्का उत्तानो परेका थिए।,‘यो सबै आँखा भिमिक्क गर्दा नै भइसकेको दुर्घटना थियो। मैले सुमो भित्र को थिए भन्ने सोच्नु भन्दा अगाडि बाइकबाट पछारिएकातिर पुगेछु।’, ती बाटोमा पछारिने ललितपुर गोदावरी निवासी गोविन्दप्रसाद शर्मा र नुवाकोट घर भएका चन्द्रमणी मूडभरी थिए। शर्माका निकट व्यक्तिले बताएअनुसार यी दुईको पहिलोपल्ट त्यही दिन भेट भएको थियो। शर्मा ४० वर्षका थिए भने मूडभरी २८ वर्षका थिए।,स्कर्पियोले ठक्कर दिएको सुमोमा सानो बालकसहित पाँचजना सवार थिए। क्षेत्रपाटीबाट आमाको उपचार गरेर नख्खु जान लागेकी सुस्मिता श्रेष्ठले बताइन्, ‘म बिचमा थिए मैले देखिन, बाइकलाई सोरेर लगेछ। आमा, बहिनी, ज्वाईँ, सानो छोरा अनि म थियौँ। सबैको घुँडा ठोक्किएको छ। सानो सानो चोट लागेको छ।’ सानो बालकको निधारमा बडेमानको चुच्चो टुटिल्को उठेको थियो।,उनले कापेको स्वरमा बोलिरहँदा उनको आँखामा डर प्रष्ट झल्किन्थ्यो। ठूलो दुर्घटनाबाट जोगिएको खुशी पनि टल्किरहेको थियो।, त्यो दिन दुर्घटना देख्ने प्रत्यक्षदर्शीले भने स्कर्पियो हुइकिँएर आएको थियो। नैकाप बस्ने युवराज भुषालले गाडी हाँकेका थिए। दुर्घटनाको प्रकृति र प्रत्यक्षदर्शीले बताएअनुसार स्कर्पियोले लेन मिचेर आएको देखिन्छ। आफ्नै लेनमा आनन्दसँग हिँडेका दुईजनाले अनाहकमा ज्यान गुमाए।,यो भन्दा अगाडि , भएको भन्दा १०० मिटर बल्खुतर्फ जनक शिक्षा सामग्री केन्द्रको सामान ढुवानी गर्ने गाडीले बल्खुबाट कोटेश्वर आउँदै गरेको तरकारी बोकेको गाडीलाई ठोकेको थियो । सो दिन अपरान्ह जनक शिक्षा सामग्रीको किताब बोकेको बा१ घ ५३३ नम्बरको ट्रक सानेपाको नयाँबाटोमा बा७च २१३१ टाटा मोबाइल भ्यानमाथि पल्टिँदा दुई जनाको मृत्यु भएको थियो।,मृत्यु हुनेमा दोलखा ठूलो पातलका ४० वर्षीय इन्द्रबहादुर सुनार र धनुषाकी डोल्मा शेर्पा रहेको घटना स्थलमा रहेका प्रहरी निरीक्षक राजेश सिलवालले जानकारी दिएका थिए। उनका अनुसार सो दुर्घटनामा ललितपुर भैंसेपाटीकी १८ वर्षीया स्मृति मगर घाइते भएकी थिइन्।,यो दुर्घटनामा प्रत्यक्षदर्शीले बताए अनुसार स्कुटरलाई जोगाउन खोज्दा कलंकी जान लागेको जनक शिक्षा सामग्री केन्द्रको मालबाहक ट्रक अनियन्त्रित भएर अर्को लेनमा गुडिरहेको भ्यानलाई किच्न पुगेको थियो।,दुवै दुर्घटनामा ज्यान गुमाउनेहरु सडक नियम पालना गरेर आफ्नो लेनमा हिँडेका थिए तर दुर्घटनामा अर्काको गल्तिले अनाहकमा उनीहरुले ज्यान गुमाए। सानेपा प्रहरी चौकीका इन्सपेक्टर हिकमत थापाका अनुसार गएको छ महिनामा मात्र बल्खुदेखि एकान्तकुनासम्मको क्षेत्रमा सातजनाले ज्यान गुमाइसकेका छन्। बालकुमारीबाट बल्खुसम्म १३ जना पुगेको इन्सपेक्टर थापाले जानकारी दिए।,ठूलो बाटो त्यसमाथि ओरालो ठाउँमा गाडीको ब्रेकले राम्ररी काम गर्दैन, त्यसमाथि नियन्त्रणमा नै राख्न नसकिने गतिमा सवारी साधन हाक्दा यो परिस्थिती आएको यी दुई दुर्घटनाले पुष्टि गर्छन्।,दुर्घटनाकाे कारण तिब्र गतिमा सवारी हाक्नु भन्ने निष्कर्ष सहित महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोटेश्वर-सातदोबाटो- कलंकी सडक खण्डमा सवारीको गति निर्धारण गरेको छ। अब मुख्य लेनमा अधिकतम ५० र सर्भिस लेनमा अधिकतम २० किलोमिटर प्रतिघन्टाको गतिमा सवारी चलाउन पाइने छ। प्रविधिमार्फत यसको नियमन हुने र नियमको उल्लंघन गरेको पाइए कारबाही हुने महाशाखाले जनाएको छ।,बाटो बिस्तार भयो । सजिलो भयो गाडीहरुलाई । सबैको गति फेरियो । फेरिएको गतिमा नियन्त्रण कम भएको देखाउँछन् यी दुर्घटनाहरुले । सोमबार भएको दुर्घटना यसको पछिल्लो र नमिठो उदहारण हो । छिनभर हतारो पछिको दुर्घटनामा लामो जीवनका लागि देखेका सपनाहरु टुटे । दुर्घटनामा मृत्यु भएकाको टोपी बाटोको छेउमा उत्तानो परेको थियो ।,एउटा गोडाको जुत्ता फुत्केर डिभाइडर पारी पुगेको थियो । उत्तानो परेको टोपी र हुत्तिएको जुत्ताले आफू बसेको शिर र पाउ खोजेका थिए । टाउकोमा लगाएको हेलमेट पनि सुरक्षा गर्दा गर्दै क्षतविक्षत भयो। तर प्रहरीले घटनास्थलको मुचुल्का उठाएर कुच्चो लगाएर संकलन गरेको सामग्रीको पोकोमा परे ती । छिनभर गतिमा पकड नहुँदा जीवनको पडक नै गयो । देख्ने जतिले च्व च्व गरे।,दुर्घटनापछि बाटोमा गुडेका सयौँ गाडी अनि मोटरसाइकल एकछिन् रोकिँदै छेवैको मान्छेलाई सोध्दै घटनाको बारेमा जानकारी लिँदै आफ्नो बाटो लागे । त्यति बिचमा बा ८९ प ९८ नम्बरको बाइक मेघा अस्पताल अगाडिको सब वे मा रोकियो । कीर्तिपुर बस्ने बाँकेका परशुराम चौधरी भने मनमनै केही गुन्न थाले, टाउको हल्लाउँदै दुर्घटनापछिको अवस्था हेरिरहेका चौधरी शायद भन्दै थिए, ‘तीव्र गति जीवन क्षति।’,
सुजाता खत्री
एउटा गोताखोरको पीडा र हर्ष
थप्रेक गाउँलाई काखमा पारेर बगी रहेको तादी खोलामा पौडी खेल्दै हुर्किएका हुन् उनी। पौडिनु रहरभन्दा पनि बाध्यता थियो।,गाउँ खोलावारि, स्कूल पारीपट्टि। तादी खोला वारिपारि गरे बालापाना बित्यो।,पुल तर्नुभन्दा पौडिनु छिटो हुने भएपछि अधिकांश दिनहरु लिखुको पानीसँग बिताए पुरुषोत्तम भण्डारी र उनका अरु साथीहरुले।,यसरी पौडेर पढेका नुवाकोटको पञ्चकन्या गाउँपालिका–४ थप्रेकका थप्रेक दुई दशक अर्थात २० वर्षअघि काठमाडौँ पसे।,२०५६ सालमा एसएलसीपछिको अध्ययनका लागि काठमाडौँ छिरेपछि पुरुषोत्तमको तादी खोलासँगको नाता पातलियो। तर त्यही खोलाको पानीले बालखमै सिकाएका गुणहरु परख्दै अहिले उनको परियचयले आकार लिएको छ, ‘गोताखोर’ पुरुषोत्तमका रुपमा।,पुरुषोत्तम सशस्त्र प्रहरीको विपद व्यवस्थापन कार्यदलमा छन् । सशस्त्र प्रहरी निरीक्षक पदमा रहेका ३६ वर्षे उनले तादी खोलबाट बालखैमा सुरु गरेको पानीको यात्रा अहिले विपदमा परेकाहरुको उद्धार गर्ने माध्यम बनेको छ पेशाका रुपमा ।,विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट उनले संकटमा गर्ने उद्धारको कला सिके । २०६४ सालमा सशस्त्र प्रहरीमा भर्ना भएका पुरुषोत्तमले २०६८ सालमा विपद व्यवस्थापनको तालिम लिए । त्यसपछि गोताखोरको थप तालिमका लागि बंगलादेश गए, अरु २४ जनासहित । त्यसमध्ये अहिले १९ जना सक्रिय छन् ।,गोताखोर, अर्थात पानी मुनि गएर डुबेकाहरुको उद्धार गर्ने व्यक्ति । पुरुषोत्तमले तादीमा पौडेर स्कूल आउजाउ गर्दा यहि पानीसँग पेशा जोडिन्छ भन्ने सोचेका थिएनन् । पौडेर हुर्केका पुरुषोत्तम अहिले अधिकांश समय खोला, ताल वा इनारहरुमा डुबेकाको उद्धारका लागि खटिने गर्छन् । नभए त्यसका लाग चाँजोपाँजो मिलाइरहेका भेटिन्छन् ।,‘तादीबाट सुरु भएको यो सीपले मलाई अहिले देशका अधिकांश खोलाहरुको भित्री सतहमा पु¥याएको छ’ पुरुषोत्तमले आफैले गर्दै आएको काममा पत्यार नलागे जस्तोगरि भनेका हुन् ।,निकै हतारमा ‘दौडिने’ खोलाहरु र प्रायः स्थिर जस्तै लाग्ने तालहरु अनि आवाज हराउने इनारहरुमा पनि उनले डुबुल्की मारेका छन् ।,पुरुषोत्तमसहित २५ जना गोताखोर तालिम लिएर स्वदेश फर्केपछि पानीमुनिको खोजी तथा उद्धारका लागि विदेशबाट टोली ल्याउनु पर्ने बाध्यता हटेको छ ।,गोताखोरहरुलाई त्यो बेला बोलाइन्छ, जब पानीमा डुबेकाहरुलाई सहजै फेला पार्न सकिँदैन । अर्थात पानीमा डुबेकाहरुको जीवित उद्धारको सम्भावना सकिएपछि र प्रारम्भीक टोलीले फेला पार्न नसकेपछि गोताखोरहरु बोलाइन्छन् ।,उनीहरुले पानीमुनि गएर डुबेकाहरुको शव खोज्छन् । निकालेर आफन्तको जिम्मा लगाउँछन् । सास नभए पनि लाशसम्म देख्न पाउँछन् आफन्तहरुले पुरुषोत्तम जस्ता गोताखोरहरुका कारण । संस्कार अनुसार अन्त्यष्टि, अर्थात आफन्तको अन्तिम बिदाई गर्न पाउने माध्यम बन्दै आएका छन् उनीहरु ।,‘हामीलाई शव खोजेर निकाल्नका लागि नै बोलाइन्छ । सजिलो हुँदैन वातावरण । आफन्तहरुको मलिन अनुहार । लाश भए पनि हेर्ने रहरमा एकोहोरो टोलाएका आँखाहरुलाई नियाल्दै पानीभित्र पस्छौँ । खोजेर निकाल्दा काम फत्ते गरेको खुशी हुन्छ ।’,गोताखोरको कर्मबारे पुरुषोत्तमले बताउँदै गर्दा पनि आफूले देखेका परिवेशहरुको प्रभाव उनको अनुहारमा प्रष्ट थियो ।,जीवन युक्त या जीवितहरुलाई बाहिर निकाल्न पाएको भए अवस्था अर्कै हुन्थ्यो जस्तो लाग्छ । तर जीवनपछिको कर्मको बाटो खोल्नका लागि आफन्तलाई शवसम्म भए पनि दिन सक्यौँ भन्ने सन्तोष भने रहन्छ । सन्तोष पनि शोकसँग जोडिएको हुन्छ ।,गएको मंसिरमा पुरुषोत्तमसहितको टोलीले सप्तरीका रामबाबु मुखियाको शव निकालेको थियो, कोशी नदीसँगैको नहरबाट । माछा मार्न साथीसँगै गएका रामबाबु कोशी नदीको छेउमा रहेको नहरको टनेलमा छिरेका निस्कन सकेनन् ।,लगभग तीन दिनपछि गोताखोरलाई बोलाइयो । पुरुषोत्तसहितको टोली टनेलमा छिरेर शव निकाले । साँघुरो टनेलमा छिरेर निस्कनु नै सजिलो हुँदैन, त्यसमाथि शव लिएर निस्कनु पर्ने ।,अर्को घटना कैलालीको मोहना नदीको हो । गएको कात्तिकमा अरु दुई साथीसँग पौडी खेल्न गएका कृष्णबहादुर ओली बेपत्ता भए । स्थानीयले धेरै खोजे । भेट्टाएनन् ।,पुरुषोत्तमसहितको गोताखोरको टोलीले पनि धेरै खोज्यो । साँझ पर्न लाग्दा पनि फेला नपरेपछि फर्किने तरखर गर्दै गर्दा दिनभरिको मेहनत काम लाग्यो । कृष्णबहादुरको शव भेटियो । सामान्यतया डेढ दुई घण्टामा शव भेटिन्छ, तर कहिले काहिँ कृष्णबहादुरको जस्तो अवस्था पनि आउँछ ।,शव त भेटिन्छ, तर त्यसले छोड्ने मनोवैज्ञानिक असर ठूलो छ । अहिले पनि मन चिमोट्ने घटना छ । काभ्रेको तिमालका ९ कक्षामा अध्ययन गर्ने सुमन तामाङ गएको होलीमा गर्मी छल्न सुनकोशी नदीमा साथीहरुसँगै पौडिन गएका फर्किएनन् ।,पाँच दिदीबहिनी मुनिका भाइ थिए सुमन । छोराको आशमा पाँच छोरी पछि जन्मिएका सुमनको निधनले उनका मातापितामा परेको आघातको आकार आँकलन गर्न पक्कै सकिन्न । र शव निकालेपछि उनीहरुले गरेको विलापका विरक्त लाग्दो याद अझै पनि छ पुरुषोत्तमको मानसपटलमा ।,जमिनकै काम त अप्ठ्यारो हुन्छ । त्यसमाथि अभ्यस्त नभएको या खासमा परिवेश बारे जानकारी नै नभएको पानीमुनि गएर त्यहाँका खोँचहरुमा पुगेर शव खोज्नु र त्यसलाई बाहिर ल्याउने काम झन सजिलो हुने कुरै भएन ।,पानीमुनिको काम भएकाले पौडिन जान्नु त अत्यावश्यक गुण नै भयो । पुरुषोत्तममा हुर्किँदै गर्दा लिखु खोलाले दिएको थियो त्यो गुण । तर गोताखोर बन्ने परख सशस्त्र प्रहरी (एपिएफ) मा जोडिएपछि मात्र पाएका हुन् उनले ।,तालिमले उनीसहितकालाई परिवेशको आँकलन गर्न सक्ने बनाएको छ र अरुलाई सहयोग गर्न सक्ने पनि । तर तालिम भए पनि पानीमुनिको काम सजिलो भने छैन । अलिकति तलबितल प¥यो भने आफ्नै ज्यान जोखिममा पर्छ ।,ज्यान धरापममा राखेर पानीमुनि पस्ने काम गर्न डर त लाग्छ । तर त्यही डरले नै सुरक्षित रहनु पर्छ भन्ने ज्ञान पनि दिने गरेको पुरुषोत्तमले सुनाए । सुरक्षात्मक उपायहरु र बेलाबेलामा भइरहने तालिम तथा एपिएफभित्रको लगनशीलताले काममा लागि रहने वातावरण बनाएको बताउने पुरुषोत्तमलाई आफ्नो प्रयासमा गर्व छ ।,आफूले गर्ने कामबारे परिवारलाई स्पष्ट बनाउने आँट भने गरेका छैनन् अझै । बुवाआमालाई छोराले पानीमा पौडेर मान्छे निकाल्छ भन्ने थाहा छ । जीवन संगीनिलाई केही बढि जानकारी छ, तर काममा आइलाग्ने चुनौति र डर बारे भनेका छैनन् । उनलाई बतायो भने परिवारमा अनावश्यक पीर हुन्छ भन्ने लाग्दो रहेछ ।,पुरुषोत्तमकी छोरी हुर्किँदै छिन्, साढे चार वर्षकी भइन् । उनी पनि पौडिन औधी रुचाउँछिन् । उनलाई पनि बुवाले पौडिनु हुन्छ भन्ने थाहा छ । शायद कामबारे जानकारी छैन । परिवारलाई थाहा नभए पनि आफ्नो ‘कर्म परिवार’ एपिएफलाई थाहा भएको र आफूले शव निकालेकाका परिवारलाई थाहा छ उनको कर्मको मर्म । त्यसैले उनलाई सहयोगको कर्ममा अनवरत लागिरहन उर्जा दिने गरेको छ ।,उनी भन्छन्, ‘सजिलो छैन र काम आँसुसँग जोडिएको छ । यसबाट अन्तिम बिदाई गर्न मिल्ने माध्यम भने दिन सकेका छौँ, यसैमा सन्तुष्टि छ ।’
टंक ढकाल
विपना बनेको त्यो सुखद सपना
सत्कर्मसँग सपनाको पनि सम्बन्ध हुन्छ कि जस्तो लाग्छ दीपक राईलाई । ओखलढुंगाका दीपक नेपाली सेनाका सुब्दार हुन् । उनलाई सपनामा विश्वास जागेको चार वर्ष बित्यो ।,त्यो भन्दाअघि सपनाको सम्झना शायद बिहान उठेपछि केहीबेर मात्रै रहन्थ्यो । तर २०७२ साल वैशाख १२ गते राति देखेको सपना उनलाई अझै पनि स्पष्ट सम्झना छ र रहिरहनेछ जीवनभर ।,किनकी उनले त्यो रात पूरा गर्नु पर्ने एउटा सत्कर्मको प्रतिफल देखेका थिए । र भोलिपल्ट सपना जस्तै भयो विपना पनि ।,सेनाको विपद व्यवस्थापन गणमा कार्यरत सुब्दार दीपक राई चार वर्षअघिको भूकम्प लगत्तै उद्धारको काममा खटिएका थिए । उनीसहितका साथीहरु भक्तपुरमा थिए । भत्किएका संरचना पन्छाउने र च्यापिएकालाई उद्धार गर्ने क्रम चलिरहेको थियो ।,भक्तपुरको देवढोकाकी रस्मिला अवाल रुँदै आइपुगिन् उनीहरु सामु । उनको चार महिने छोरा भूकम्पले भत्केको घरमा पुरिएका थिए ।,दीपकलाई आफू पनि पिता भएकाले ती आमाको आँसुको मर्म राम्रोसँग थाहा थियो ।,उनीसहितको टोली रस्मिलाका चार महिने छोरा सोनिसको खोजीमा जुट्यो । तर भत्किएको घरका अवरोध पन्छाएर गर्नु पर्ने खोजीले रातको १२ बजेसम्म पनि आकार लिन सकेन ।,अँध्यारो र लगातार भूकम्पका धक्काहरु आइरहेकाले सोनिसको खोजी भोलिपल्ट बिहानसम्मलाई थाँती राखेर दीपकसहितको टोली फर्कियो ।,मध्यरातसम्मको खोजीको क्रममा सोनिसलाई देख्नु त परको कुरा उनी जीवित या मृत के छन् भन्ने पनि थाहा थिएन ।,दीपकको मन सोनिस पुरिएको घरमै बसेको हुनु पर्छ । उनीसहितको खोजी टोली मध्यरातमा काठमाडौँको तीनकुने स्थित सडकमा त्रिपालको छानोमुनि सुते । मनमा शान्ती थिएन । उनले त्यो बेला घरमा रहेका आफ्ना ६ वर्षे छोरा सुदिनलाई सम्झिए । तर दिनभरिको थकानले निन्द्रा भने लाग्यो ।,निदाएका दीपकले भरिलो सपना देखे । उनले सोनिसलाई जीवितै उद्धार गरेको देखे ।,भोलिपल्ट बिहान उठ्दा उनलाई सपनाको ख्याल भयो र फेरि टोलीसहित अधुरो उद्धारका लागि हानिए भक्तपुर ।,बिहान १० बजेतिर उनले गएको रात देखेको सपना विपना बन्यो । उनले सोनिसलाई भेट्टाए, जीवितै । भत्किएको घरको भग्नावशेषबाट बाहिर निकाले । आमा रस्मिलाको काखमा राखिदिए र उपचारका लागि पठाउन सफल भए । बल्ल उनले ढुक्कको सास फेरे ।,त्यसपछि उनी लगातार कर्ममा जुटे । कति शव निकाले । कतिलाई जीवितै उद्धार गरे । तर सोनिसलाई उद्धार गर्दा मिलेको आत्म सन्तुष्टि र उनकी आमाको अनुहारमा देखिएको उज्यालोको सम्झना ताजा छ अहिले पनि । अनि त्यो सपनाको सम्झना विपना भन्दा पनि गाढा छ ।,३५ वर्षका दीपक पछिल्लो १६ वर्षदेखि नेपाली सेनामा कार्यरत छन् । यस क्रममा उनी अधिकांश समय विपद तथा दुर्घटनाजन्य घटनाको उद्धार तथा राहतको काममा खटिएका छन् ।,पानीमा डुबेकाहरु । आगलागीमा परेका या दुर्घटना वा भूकम्मजस्तै अरु प्राकृतिक विपदका बेला उनीहरु प्रभावित तथा पीडितहरुको साथी बन्न पुगेका छन् र हुन्छन् ।,भत्केको घरबाट सोनिसलाई जीवितै निकालेको सुन्दर अनुभव समेटेका दीपकको आफ्नो पाटो भने अझै भत्केकै छ ।,ओखलढुंगाको इसंकुगढी–१ मा रहेको उनको घर भूकम्पले भत्काएको थियो । अहिलेसम्म उनका मातापिता टहरोमै छन् । घर बनाउन सकेका छैनन् । र पनि उनी आफ्ना मातापिता जस्तै समस्यामा परेकाहरुको सहयोगका लागि निमेष मात्र पनि विलम्ब नगरि खटिँदै आएका छन् ।,आफूले सिकेको सीप र संस्थामा रहँदा आफू भन्दा पहिले नागरिकको सेवा भन्ने मनोभाव बुझेको बताउने दीपकले हरेकपटक विपदमा परेकाहरुलाई सहयोग गर्न जान कुनै हिचकिचाहट नहुने गरेको सुनाए ।,डर त लाग्छ विपद स्थलमा खटिँदा तर सीप र सुरक्षात्मक उपाय त गर्नु पर्छ भन्ने भावले भयलाई जित्दै आएका छन् । उनी भन्छन्, ‘हरेक असजिलोमा परेकाहरु आफ्नै परिवारका कोही हुन जस्तो लाग्छ । र जति सक्दो चाँडो सहयोग गर्न सकुँ जस्तो हुन्छ ।’,विपदको अवस्थाबाट निकालेपछि ती व्यक्तिहरु या उनीहरुका आफन्तको अनुहारमा देखिने उज्यालोले आफ्नो कर्मको बाटो थप उज्यालो बनाए जस्तो लाग्छ उनलाई ।
टंक ढकाल
अरुको आकाश थाम्दै लक्ष्मण
हुर्किँदै गरेकी छोरीको नाम प्रकृति, हजुरआमाले राखिदिएकी। कारण, प्रकृतिको रुप अपार र कर्म तथा काया आँकलन भन्दा अनन्त, असीमित।,प्रकृति भर्खरै गर्भमा आएकी थिइन्। २०७२ साल वैशाखमा शायद एक महिना जति भएको थियो उनले गर्भमा बास पाएको। भूकम्पले नराम्रोसँग हल्लाएपछि प्रकृतिका बुवा लक्ष्मणबहादुर बस्नेत उनले बास लिएको गर्भकी धनीलाई बाटोमै छोडेर प्रभावितहरुको उद्धारका लागि कुदे।,त्यसको ८ महिनापछि मंसिरमा उनले गर्भ बाहिरको संसार देखिन् । लक्ष्मणलाई जन्माएकी सीता बस्नेतले कान्छो छोराकी पहिलो सन्तानको नाम राखिन्, प्रकृति ।,भूकम्पपछिको उद्धारमा सक्रिय भएर खटिएका पुत्रकी पुत्री अर्थात आफ्नो नातिनीको नाम प्रकृतिका विविध रुपहरुको समायोजनका रुपमा राखेकी हुन् सीताले ।,प्रकृति अहिले हिँडडुल गर्ने, बोलचाल र हरेक नयाँ कुरा सिक्ने या अनुभव गर्ने चरणमा छिन् । उनी एक भाइकी दिदी पनि भएकी छन् । तर उनका पिताको सक्रियता भने उस्तै छ ।,प्रकृतिका पिता लक्ष्मण यति सक्रिय र डरसँग नडराएर अरुको उद्धार वा सहयोगमा खटिएको देख्दा सीतालाई छोराहरु त आँटिला पो जन्माएकी रहेछु जस्तो लाग्छ । लक्ष्मणका जुम्ल्याहा दाइ छन् राम । जन्मेका थिए सीताको कोखबाट उनी ३६ वर्ष पहिले । जुम्ल्याहा भएकाले राम्रोसँग दूध पुगेको थिएन । घरको कामले त्यति स्याहार गर्न पनि भ्याएको होइन । अनि सामान्य अवस्थामा पनि डराउँथे सानामा उनका छोराहरु ।,तर अहिले छोरा बलिया छन्, शरीर र मन पनि । त्यसको प्रमाण उनले प्रत्यक्ष रुपमा देखिन् चार वर्षअघिको भूकम्पपछिको उद्धारको क्रममा । उनका छोरा लक्ष्मणसहितको टोलीले धेरैलाई सहयोग गर्यो ।,लक्ष्मण २०६४ सालमा सशस्त्र प्रहरीमा भर्ना भएका हुन् । त्यसको ६ वर्षपछि उनी विपदमा सहयोगी बन्ने उद्देश्यले स्थापित भएको सशस्त्र प्रहरीको कुरिनटार स्थित विपद व्यवस्थापन तालिम शिक्षालयमा जोडिए । २०६८ सालमा स्थापित शिक्षालयमा उनले विपदका बेला र त्यसपछि गर्नु पर्ने र गर्न सकिने सहयोगको कुरा सिके । त्यसले उनलाई सीप युक्त बनायो अप्ठ्यारोमा साथी बन्ने गरेर ।,लक्ष्मणसहितको टोलीले २०७१ को मंसिरमा भेरी नदीमा खसेको बसबाट ५२ जनाको शव निकाल्यो । त्यस अघि र पछि पनि घटना, दुर्घटनाहरुमा उनीहरु अप्ठ्यारोमा परेकाहरुको साथी बने ।,तर उनीहरुले सिकेको र तयारी गरेको उद्धार सीप प्रशंसनीय उपयोगमा आयो चार वर्षअघिको भूकम्पपछिको उद्धारमा । यसले लक्ष्मण र उनीजस्तै अरुलाई अप्ठ्यारोका साथीका रुपमा चिनायो । लक्ष्मण भने यसको सबै श्रेय आफू आबद्ध संस्था एपिएफ र त्यसले दिएको तालिम एवम् गरेको भरोसालाई दिन्छन् ।,लक्ष्मणको नेतृत्वको टोलीले भूकम्पले भत्काएको संरचनामा च्यापिएका अर्घाखाँचीका ऋषि खनाललाई ८२ घण्टापछि उद्धार गरेको थियो । रोजगारीका लागि विदेश जान घरबाट बिदा भएर आएका खनाल बालाजु क्षेत्रको होटलमा बसेका थिए । वैशाख १२ कै दिन उनको फ्लाइट थियो । तर भूकम्पले भत्काएको संरचनामा उनी पुरिए । लक्ष्मणले जोखिम चिर्दै ८२ घण्टापछि जीवितै उद्धार गरे ।,ऋषिले जीवन पाए, एउटा खुट्टा भने गुमाए । तर उनले फेरि पाएको जीवनका माध्यम लक्ष्मण र उनको टोलीलाई भुलेका छैनन् । भूकम्पले जोडेको उनीहरुबिचको सम्बन्ध बलियो बनेको छ ।,एपिएफको उद्धार टोली अप्ठ्यारोमा परेकाहरुको खोजीमा सक्रिय थियो । ऋषिपछि पनि उनीहरुले अरु धेरैलाई सहयोग गरे । उनीहरुले १२० घण्टासम्म भत्किएको भवनको भूईँतलामा च्यापिएर रहेका पेम्बा तामाङलाई जीवितै उद्धार गरे चार वषअघिकै भूकम्पमा गोंगबु क्षेत्रबाट ।,यी स्मृतिहरुले लक्ष्मणलाई आफ्नो कर्ममा गर्व गर्ने कारणहरु दिन्छन् । तर त्यसमै अड्किएर बस्न हुँदैन भन्ने बुझेका छन् । र त उनी डरहरुलाई चिरेर असजिलोमा परेकाहरुको साथी बन्न हरदम तयार रहन्छु भन्छन् ।,उनलाई डर नलाग्ने हैन । तर त्यसबाट सकेसम्म भाग्दैनन् । थाहा छ कि भयलाई भयसहित नै चिर्न सकिन्छ, त्यसकासामना गर्ने आँट भएमा । भूकम्पपछिको उद्धारले आफूहरुको काम बिस्तारित रुपमा देखिएको ठान्ने उनलाई धेरैले सम्झन्छन् । अनि उनका बारेमा आ आफ्नै कल्पना चित्र पनि बनाएका छन् ।,तर उनलाई देखेपछि कल्पना चित्रसँग मेल नखाएका परिवेशहरु धेरै छन् । अधिकांशले अग्लो कद र भव्य शरीर भएको ठान्छन् । उनी भने औषत नेपालीको उचाई जस्तो पाँच फिट तीन इन्चका छन् र शरीर पनि ठीकैको छ ।,तर उनले जानेको सीप र आँटले अप्ठ्यारोमा सहयोग गर्न सक्ने बनाएको छ । उनी भन्छन्, उचाई त सबै मिथ्या हो, त्यसबारे घमण्ड शायदै गर्न मिल्ला । उचाई त कर्मले बनाउने हो ।,हुन पनि उचाई भन्दा अग्लो त व्यक्तिको कर्म हुन्छ । आवश्यक पर्दा अरुलाई साथ दिँदा त्यो उचाई बढ्छ । उनलाई एपिएफको विपद व्यवस्थापन परिवारमा बसेर बिताएको पछिल्लो ६ वर्ष आफ्नो जीवनको सबैभन्दा अर्थपूर्ण लाग्छ ।,धेरैले जीवनको अन्तिम सास लिएको र धेरैले आफ्नै अघि मृत्युलाई जितेको देखेका लक्ष्मणलाई लाग्छ आफ्नो कर्मले जीवन र मृत्युको सत्य बुझ्ने बनाएको छ । आफूलाई सक्दो अरुको सहयोग गर्ने बानीयुक्त पनि यसैले बनाएको लक्ष्मण भन्छन् ।,उनमा सहयोगको सत्कर्ममा सक्रिय भइरहने सपना छ ।,‘घरमा समय दिन नसक्दा आफैले पूरै आकाशको भार थामेजस्तो गर्छस् भन्छन् । तर मर्दै गरेको मानिसलाई आफ्नो प्रयासले जीवन दिन सकियो भने ती व्यक्ति र ती व्यक्तिसँग जोडिएकाहरुको आकाश त पक्कै थामिन्छ होला ।’,लक्ष्मण भन्छन्, ‘उनीहरुको आकाश थाम्ने सानो माध्यम बन्‍न पाइरहुँ, व्यक्तिगत गुनासोहरु त आउँदै गर्छन्, तिनलाई मिलाउँदै पनि जाउँला ।’
टंक ढकाल
मर्दा–पर्दाका साथी, यी सैनिक
उनलाई आफूले खुत्रुकेमा पैसा जोहो गरेको शायदै याद छ । खुत्रुकेसँग उनको परिचय नमेटिने गरि भएको छ ।,चार वर्षअघि वैशाखमा मानवीय तथा भौतिक क्षति ठूलो गराएको भूकम्प जाँदा उनी भक्तपुरको सूर्यविनायकमा थिए । उनी अर्थात प्रधुम्न शाह, नेपाली सेनामा सेनानी (मेजर)।,भूकम्पपछिको उद्धारमा लगत्तै खटिएका प्रधुम्नसँग त्यहि बेला भुल्न नसक्ने खुत्रुकेसँग परिचय भएको हो ।,प्रभावितहरुको उद्धारका लागि टोलीसहित खटिएका प्रधुम्न भत्नावशेष बनेका घरबाट फसेका मानिस तथा अत्यावश्यक सामग्रीहरु निकाल्दै थिए । २१–२२ वर्षकी युवतीले उनीहरुलाई आफ्नो खुत्रुके निकालिदिन आग्रह गरिनन् ।,प्रधुम्नले भत्केको घरमा अवरोध पन्छ्याउँदै अघि बढे, अनि खुत्रुके ल्याई ती युवतीको हातमा थमाई दिए । त्यसपछि ती युवतिको प्रतिक्रिया अहिले पनि प्रधुम्न स्पष्ट सम्झन्छन्, दुरुस्तै देख्छन् ।,जोगाएर ल्याएको खुत्रुकेमा शायद केही हजार खुजुरा मात्रै थियो । तर ती युवतीको भावना जोडिएको हुनु पर्छ । त्यसैले त आँखाभरि आँसु पारेर जतनले समातेकी थिइन् ।,अरुलाई सामान्य लाग्ने कुरा पनि कसैका लागि कति अर्थपूर्ण हुने रहेछ भन्ने यो घटनाले बुझायो प्रधुम्नलाई । त्यसपछि उनीसहितको टोली अरु प्रभावितको सहयोगका लागि खिटियो ।,उनीसँग भूकम्पको अर्को अनुभव छ, दर्दनाक । भक्तपुरकै गुण्डु क्षेत्रमा भत्केको घरमा शारीरिक रुपले अशक्त व्यक्ति फसेपछि गुहार माग्दै मानिसहरु आए सेनाको टोलीसम्म । प्रधुम्नसहितको टोली उनीहरुले दिएको सूचना अनुसार भग्नावशेष बनेको घर पस्यो ।,भग्नावशेष हटाएर खोज्दै जाँदा केही गिलो जस्तो महसुस भयो । सोचे, शायद कुकुर पुरिएको हुनु पर्छ । सचेत भए, अरु केही माटो र इट्टा तथा काठ पन्छाएपछि थाहा भयो त्यो गिलो महसुस भएको त पुरिएका व्यक्तिको पेट रहेछ । उनीहरुले निकालेर परिवारको जिम्मा लगाए ।,यो टोलीले त्यो बेला खुत्रुके, पुरिएका व्यक्ति मात्रै होइन, दाम्लोमा रहेका चौपायलाई पनि उद्धार गरेको थियो । पशुमा पनि त प्राण हुन्छ, उनीहरुलाई पनि पीडा हुन्छ बोल्न नसके पनि । प्रधुम्न यी सबै सफतामा अहिलेसम्म पनि हर्षित रहन्छन् ।,३१ वर्षका प्रद्युम्न १३ वर्षदेखि नेपाली सेनामा कार्यरत छन् । १८ वर्षको हुँदा सेवा प्रवेश गरेका उनी अहिले युद्ध भैरव गणमा छन् । पूर्वी रुकुमका प्रधुम्नका बुवा पनि सेनामै भएकाले त्यसतर्फ आकर्षित भएको हुनु पर्छ सुरुमा । तर अहिले भने आफ्नो प्रारब्ध र रुचीका कारण उनलाई सही ठाउँमा छु जस्तो लाग्छ छ ।,उनले कारण स्पष्ट पारे, ‘सेवा गर्न पाइन्छ । त्यसमा पनि आपदमा परेकालाई सहयोग गर्न सीमितले मात्रै पाउँछन् । हाम्रो टोलीले त्यो सौभाग्य पाएका छौँ ।’,अप्ठ्यारोमा परेकालाई गरिने सेवा नै सबैभन्दा ठूलो मानव धर्म हो भन्ने आफूले बुझेको उनले बताए । सेवा प्रदान गर्ने पेशालाई धर्मका रुपमा स्वीकार गरेका छन् उनले । ‘यहि नै जीवनको उत्तम अर्थ हो जस्तो लाग्छ’ कामको कुरा गर्दा उत्साहित थिए प्रधुम्न ।,भूकम्प पछिल्लो समयको ठूलो र अधिकांशको स्मरणमा रहेकाले त्यससँग जोडिएका सम्झनाहरु बेसी ताजा हुने नै भए । तर उनीसँग अरु असजिलोमा परेकालाई सहयोग गरेको अनुभव पनि छ । चाहे त्यो सडक दुर्घटना होस, या बाढी वा पहिरो । सबै अप्ठ्यारोमा उनीहरु आवश्यक परेका बेला सहयोग गर्न जहिले तयारी अवस्थामा रहन्छन् ।,विपदको बेला सजिलो हुँदैन । कोलाहाल हुन्छ, अत्तालिएका हुन्छन् सबै । त्यस्तो बेला उद्धार तथा सहयोगमा जुट्न सजिलो हुँदैन ।,विपदको प्रकृति अनुसार जोखिम हुन्छ आफ्ना लागि पनि । जोखिमलाई बेवास्ता गर्नु हुँदैन र त्यसलाई सुरक्षात्मक उपाय अपनाएर उद्धारमा खटिने सीप पाएकाले नै भय कम हुने गरेको उनको अनुभव छ ।,डर हुन्छ, त्यो डरलाई पीडितको गुहारले सानो बनाइदिन्छ ।,‘सुरक्षित बाचुँ भन्ने रहर सबैलाई हुन्छ, अनि आफ्नो जस्तै अर्काको रहरको साथी बन्न पाउनु डर भन्दा विपरित र बलियो अवसर हो’, प्रधुम्नले भने, ‘हामी सेनामा छौँ, र यो नागरिकको सेवाका लागि हो । यो संस्थाले हामीलाई अरुलाई सहयोग गर्न सक्ने क्षमता युक्त बनाएको छ ।’,त्यो भन्दा पनि ठूलो कुरा आफूमा रहुने मानवताको भावले अप्ठ्यारोमा अरुको साथी बन्न प्रेरित गर्ने गरेको र यो क्रम जीवनभर जारी राख्ने सत्कामना छ ‘प्रधुम्नहरु’ को ।,‘सत्य यहि हो मनको’ भन्दै प्रधुम्न बोले, ‘हाम्रो सानो प्रयासले अरु कसैलाई केही छिन भए पनि ढुक्कको निद्रा लाग्छ या चोट र पीडाबाट बाहिर निकस्न उनीहरुको भर्‍याङ्ग बन्छौँ भने त्यो भन्दा ठूलो खुशी अरु छैन र चाहिँदैन पनि ।’
टंक ढकाल
मनबाट डर निकालेपछि जे पनि गर्न सकिन्छ
हेर्न त पहिले घर तिरै हेरेका थिए । धुलोको मुस्लो उडिरहेको थियो । मनमा चिसो पसेको थियो–भत्कियो होला घर । अनि कामना गरेका थिए–परिवारका सदस्यलाई केही नहोस् । उनको सत्कामना पूरा भयो । तर घर क्षतिग्रस्त भयो ।,घटनाको चार वर्ष विति सक्दा पनि स्मृति ताजा छ विश्वनाथ सिलवालसँग । नेपाली सेनामा सह–सेनानी रहेका सिलवाल ३० वर्षका भए । सेनामा जोडिएको ११ वर्ष भयो । उनी चार वर्षअघिको भूकम्पको सुरुवाति अनुभव सुनाउँदै थिए ।,उनी आफ्नो गणका टोलीसहित सूर्यविनायकमा थिए । भूकम्प लगत्तै गणबाट आफ्नो घर रहेको गोदावरी तिर हेर्दाको दृश्यले उनको मनमा भय बसालेको थियो । त्यो भयलाई थाँती राखेर उनी तत्कालै उद्धार तथा राहतको काममा खटिए ।,शायद तीन दिनपछि हुनु पर्छ उनलाई आमाले फोन गरेकी थिइन् । त्यसअघि उनले घरको अवस्था बुझेका थिए र सबै सकुशल रहेको थाहा पाएपछि ढुक्क भएर उद्धारको कमर्मा खटिएका थिए । तीन दिनपछिको फोनमा आमाले उनलाई भनेकी थिइन्, ‘बाबु मन दरो बनाएर काम गर्नु । नअत्तालिनु है । जस्तो भए पनि मन विचलित हुन नदिनु ।’,विश्वनाथको परिवारमा यस्तो दायित्व आइपरेको पहिलो पल्ट थिएन यो । उनका बुढो हजुरबुवा पनि सेनामा थिए । ९० सालको भूकम्पका बेला उद्धारमा खटिएका उनी मानिसका शवहरु देखेर अत्तालिए । शायद त्यही पीडामा ज्यान गुमेको थियो उनको । विश्वनाथकी आमा कुमारीलाई छोराले मन दरो बनाओस् भन्ने थियो ।,विश्वनाथ भूकम्प लगत्तैको उद्धारमा खटिएका थिए । उनीहरुको टोलीले कतिलाई जीवितै भग्नावशेषबाट निकाल्यो । कतिका अत्यावश्यक सामग्रीहरु धरापहरुबाट निकाले । अनि कतिको चाहिँ शव निकाले । उनलाई अझै पनि एक किशोरको शवले नजानिदो गरि झस्काउँछ ।,वैशाख १२, २०७२ को भूकम्प गएको शायद तीन दिनपछि हुनुपर्छ । उनले एसएलसी दिएर काठमाडौँ आई गोंगबु क्षेत्रको होटलमा बसेका एक १५ वर्षे किशोरको शव निकालेका थिए ।,भग्नावशेषमा च्यापिएको ती किशोरको शव उनले छुँदा चिसो भइसकेको थियो । शवको चिसोले विश्वनाथको मनमा पनि चिसो पस्यो । केही दिन झस्किए । अझै पनि त्यो घटनाको स्मृतिले मन हल्लाउँछ ।,र पनि विश्वनाथले आफ्नो कर्मको धर्मलाई छोडेका छैनन् । आमाले भने जस्तै मन दरो बनाएका छन् । उनकै भनाईमा अहिले उनको मन धेरै हदसम्म बलियो भएको छ, र पनि हल्लाउन त हल्लाउँछ अझै पनि बेला बेला ।,ओखलढुंगाका एकाप्रसाद भट्टराई पनि नेपाली सेनामै छन् । २२ वर्षदेखि कार्यरत उनी ४३ वर्षका भए । चार वर्षअघिको भूकम्प जाँदा उनी जनकपुरमा थिए । त्यसको तीन दिनपछि उद्धार तथा राहतको काममा दोलखा खटिएका उनी अहिलेसम्म उतै छन् ।,उनी जाँदा भत्किएका बस्ती अहिले बिस्तारै उठ्दै छन् । टहराको बास भएका स्थानीय बासिन्दाहरु नयाँ बनेका घरमा फर्किँदै छन् । तर एकाप्रसादको मनमा भने अझै पनि भूकम्पका धक्काहरुले हल्लाउँदै गर्दा धराप बनेका घरहरुबाट स्थानीयका अत्यावश्यक सामग्री निकालेको र त्यसले उनीहरुको अनुहारमा छाएको पीडायुक्त मुस्कानको स्मरण रहन्छ ।,भत्केका बस्तीहरुले अहिले आकार लिएका छन् । नयाँ घरहरुमा पुरानो बस्तीको जनजीविका क्रमैसँग नियमित भएको छ र एकाप्रसादलाई आफूहरु पीडाका बेला उनीहरुको साथी बन्न पाएका थियौँ भन्ने सम्झनाले सत्कर्म गरेछौँ जस्तो लाग्छ ।,तर उनलाई जहिले हल्लाइरहने घटना छ । वैशाख २९, २०७२ को भूकम्प जाँदा उनी दोलखामै थिए । एउटा गाडी आफूहरुको आँखै अघिबाट गएको देखेका उनलाई भूकम्प गएपछि त्यसमा रहेकाहरुको के भयो होला भन्ने सोचले सताई नै रह्यो धेरैबेर सम्म ।,केही बेरपछि बाँच्न सफल भएकाहरु आए । उनीहरुले दिएको जानकारी अनुसार भूकम्पका कारण गएको पहिरोमा पुरिएको गाडीमा च्यापिएका एकजनाको उद्धारका लागि एकाप्रसादसहितको टोली खटियो ।,पहिरो झरिरहेको थियो, एकाप्रसादले तैपनि सास छ कि भनेर अघि बढे । तर साथीहरुसँग राहत तथा सर्वेक्षणको कामका लागि गएका त्रिभूवन विश्वविद्यालय केन्द्रीय क्याम्पसका लेक्चर माधव भुसालको शव मात्रै फेला पारे उनले । त्यो पनि क्षतविक्षद अवस्थामा ।,जोखिम युक्त अवस्थामा रहेको शव निकालेका एकाप्रसादलाई अहिले पनि लागिरहन्छ उनलाई जिउँदो उद्धार गर्न सकेको भए कति राम्रो हुने थियो ।,तर हुने कुरा भइसक्यो र एकाप्रसादले त्यसपछिको काममा आफूलाई क्रियाशिल बनाए । अहिले पनि उनी सक्रिय छन्, आपत परेका बेला सहयोग गर्ने कमर्मा ।,विश्वनाथ र एकाप्रसाद असुविधा र भयलाई जितेमा मात्र यस्ता धेरै कर्म गर्न सक्ने ठान्छन् । भूकम्पसँग जोडिएका अनुभव सुनाउने क्रममा उनीहरुले बस नदीमा खसेका बेला निकालेका शव, पहिरोमा पुरिएकाहरुको उद्धार, आगोमा जुधेकाहरुलाई दिलाएको ओसिलोपन दिँदाको स्मरण रोचक ढंगबाट प्रस्तुत गरेका थिए ।,दुवैले अरुको दुःखमा साथ दिने साथी या आपत परेका बेला भरोसा बन्न पाएकोमा खुशी रहेको बताए । उनीहरु मनको डरलाई जितेर कर्म पथमा निरन्तर रहने उत्साह आफू आवद्ध संस्थाले दिएको सीप र त्यसबाट आएको आत्मबलबाट मिल्ने गरेको बताउँछन् ।,र दुवैले उस्तै कुरा गर्छन्, ‘धर्मको कर्म हो हामीले गर्न पाएको मानवधर्मको, यसमा सदैव लाग्न पाइयोस् ।’
टंक ढकाल
आई नलागोस् यस्तो पूण्यको अवसर
कोटेश्वर हुँदै भक्तपुरको जडिबुटी कटेर बायाँ लागेपछि पुगिन्छ पुरानो सिनामंगल । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको पूर्व पट्टिको शहर, जसले आफ्नो बायाँतर्फ विमानस्थल बसाएको छ । यो बस्तीले विमानस्थलका यात्रुलाई प्रत्यक्ष शायदै देख्छ, तर हरेक विमानको आगमन र गमनको साक्षी बसिरहेको हुन्छ हरदम ।,यहि पुरानो सिनामंगलको मुल बाटोको बायाँतर्फ विमानस्थलको १० नम्बर गेट छ, जहाँबाट अनुमतिबिना प्रवेश निषेध छ । सेनाको पहरा छ । अनुमतिमा सेनाको सुरक्षा घेरालाई पार गरेर १० नम्बर गेटबाट भित्र पस्नेहरु सीमित छन् । ती सीमित तर नियमित प्रवेशकर्ताहरु मध्ये पर्छन्, सम्भावित विपदका बेला सहयोग गर्ने उद्देश्यसहितको उद्धार तथा अग्नि नियन्त्रण महाशाखका कर्मचारी ।,आफ्नो अघिल्तिर विमानस्थल राखेर उभिएको महाशाखा परिशरमा तीनवटा ठूला वारुणयन्त्र छन्, फोम टेन्डर । पाँचवटा ती भन्दा साना वारुण यन्त्र, पाँचवटा पानी बोक्ने ट्यांकर, एउटा रातो रंगको रेस्क्यू भेकल, एउटा कमाण्ड भेकल र अर्को एउटा एम्बुलेन्स छन् । सबै गाडी तयारी अवस्थामा । कसलाई थाहा हुन्छ र विपद कुन बेला आउँछ ?,वाहनहरु पार्क गरिएको ठाउँको दायाँ–बायाँ दुई भवन छन् । दायाँ तर्फको भवनको माथि टावर देखिन्छ । त्यहि टावरले विमानस्थलको एयर कन्ट्रोल टावरसँग सम्पर्क गरिरहेका छन् । यहाँ रहेकाहरुलाई विमानस्थलमा के भइरहेको छ ? थाहा दिने संयन्त्र त्यही हो ।,महाशाखामा रहेकाहरुले नियाली रहेका छन् गतिविधि र सम्भावित विपदका लागि आफूलाई पूर्णतः तयारी अवस्थामा राखेका छन् (उनीहरुको यो दाबी हो र केही घण्टाको बसाईमा धेरै हदसम्म सत्य रहेको देख्न सकियो ।),ठूलो आवाज गरेर उड्ने र उस्तै आवाजमा अवतरण हुने जहाजले ती यात्रुसँगै उनीहरुका सपनाहरुलाई बोकेका हुन्छन् । घण्टौँ लाग्ने गन्तव्यसम्मको यात्रालाई विमानले केही मिनेट या घण्टाको बनाइदिएको छ । सजिलो भएको छ । तर छिनभरको सानो गडबडीले भयानक विपदको अवस्था पनि आउन सक्छ । यस्तो अवस्थामा कम भन्दा कम क्षति होस् भन्ने उद्देश्यसहित तम्तयार अवस्थामा बसेका हुन्छन्, अग्नि नियन्त्रण महाशाखाका कर्मचारी ।,विमानस्थलमा आउने र जाने विमानको निगरानी नियमित रुपमा गरिरहेका हुन्छन् चिरन्जीवि भण्डारी । विमानस्थलमा हुन सक्ने विपद, विशेषतः जहाजसँग सम्बन्धित जोखिमको अवस्थामा क्षति न्यूनिकरणको प्रयासमा लागेको ३० वर्षभन्दा बढि भयो । उनी अहिले त्रिभूवन विमानस्थल अन्तर्गतको उद्दार तथा अग्नि नियन्त्रण महाशाखा प्रमुख छन् ।,भण्डारीसहित १०५ जनाको दरबन्दी छ । अवकासमा जाने र परिपूर्तिको प्रक्रियाबिचको तालमेल नमिलेका कारण कर्मचारीको संख्या केही कम छ । तर पनि आफूहरु क्षमताको अधिकतम उपयोग गरेर जीवन रक्षाका लागि तत्पर रहेको भण्डारीले दाबी गरे ।,उनले त्यसको उदहारणका रुपमा आफ्नो टिमले गरेको कामको विवरण सुनाए । पछिल्लो पटक गएको वर्षको वैशाखमा युएस बंगलाको जहाज दुर्घटना हुँदा आफूहरुले क्षमताको अधिकतम उपयोग गरि धेरैको ज्यान जोगाउन सकेको बताए, ‘हाम्रो टिमले त्यो बेला पूर्ण क्षमतामा काम गर्‍यो । हुन त विभिन्न कुरा आए, रेस्पोन्स ढिला भयो भनियो, तर हामीले समयमै रेस्पोन्स गरेका थियौँ र अधिकतम क्षमतामा काम गरकैले त्यस्तो मेजर दुर्घटनामा जोखिमपूर्ण अवस्थामा रहेका २० जना भन्दा बढिको ज्यान जोगाउन सफल भयौँ ।’,जहाजकै आवाजसँग अधिकांश समय साक्षात्कार हुने उनीहरुले त्यहि आवाजले नै विमानको पहिचान गर्छन् । भण्डारीले अनुभव सुनाए, ‘हरेक विमानलाई आवाजले चिन्ने भएका छौँ । उडान–अवतरणका बेला आउने आवाजसँग हाम्रो कर्मको आवश्यकता नपरोस् जस्तो लाग्छ ।,हरेक विमान बिना कुनै समस्या गन्तव्यमा पुगुन् र यहाँ आएकाहरु सफल रुपमा अवतरण हुन् जस्तो मात्रै लाग्छ । हुन त हामी तयारी अवस्थामा छौँ तर प्रार्थना र कामना भने विपदमा नआओस् भन्ने हुन्छ ।’,विपदको अवस्थामा धावनमार्गका दुवै तिर बढिमा तीन मिनेट भित्र पुग्ने गरि उपयुक्त स्थानमा रहेका महाशाखाका कारिन्दाको कर्म सजिलो छैन । उच्च जोखिमको काम गर्छन् उनीहरु विपदका बेला ।,विमानसँग सम्बन्धित प्रायः विपद भयानक नै हुन्छन् । आगोसँग जुध्नु पर्छ । कोलाहाल हृदय विदारक हुन्छन् । अरु अवरोधहरु पनि प्रसस्तै । यस्तो उद्धारमा खटिनु चानेचुने पक्कै होइन । जोखिममा रहेकाहरुलाई जोखिम नै लिएर खटिनु पर्छ । ‘हाम्रो प्रमुख उद्देश्य प्राण जोगाउनु हो, त्यसका लागि पहिले आफू सुरक्षित हुनु पर्छ’ महाशाखा प्रमुख भण्डारी (जसले सेवाको लामो समय अग्नि नियन्त्रकका रुपमा काम गरेका हुन्) ले भने, ‘त्यसका लागि हामीसँग सुरक्षात्मक उपायहरु छन् । त्यसलाई अवलम्बन गरेर मात्रै उद्धारको काम गर्नु पर्छ ।’,विपदपछिको भयावह अवस्था र त्यसले दिनसक्ने दीर्घकालीन पीडाको आँकलनले जतिसक्दो चाँडो आफूलाई सुरक्षित राखेर अरुलाई जोखिमबाट बाहिर ल्याउन उर्जा मिल्ने गरेको अनुभवको अभिव्यक्ति यहाँका कारिन्दाले एक स्वरमा गरे । र उनीहरुले यो पनि सँगै भनेका थिए, ‘कर्म जोखिमको हो, उच्च जोखिमको कर्ममा छौँ हामी ।’,चिरन्जीवि आफैलाई पनि विपदस्थलमा खटिँदा धेरैपकट डरले नछोपेको होइन । तर डर भन्दा अघि विपदलाई जित्न चाहनेहरुको जीवनको याद आउने भएकाले अझ सशक्त भएर काममा खटिन सक्ने गरेको उनको अनुभव छ ।,चिरन्जीवि भण्डारी अहिले विमानस्थल भित्रको उद्धार तथा अग्नि नियन्त्रण विभागका अभिभावक हुन्, अर्थात नेतृत्वकर्ता । उनको परिवारका सदस्य मध्ये एक हुन्, सुजनकुमार दाहाल । अग्नि नियन्त्रक सुजनले विगत ६ वर्षदेखि फोम टेन्डर चलाउँछन् ।,आगोको मुस्लो नियन्त्रणमा लिएर क्षति कम गर्ने प्रयासका प्रमुख पात्र हुन् ‘सुजन’, जो आगो दन्किरहेका तिर होमिन्छन् उद्धारका लागि । आफ्नो कर्ममा आत्मगर्वित रहेका सुजन भन्छन्, ‘उनीहरु (विमानका यात्रीहरु) विमान दुर्घटना भएर आगो लागेको अवस्थामा त्यहाँबाट भाग्न अर्थात आगोबाट निस्कने प्रयासमा हुन्छन् । हामी आगो तर्फ होमिएका हुन्छौँ, सुरक्षात्मक उपायसहित । उनीहरु आगोबाट र हामी आगोतिर भागिरहेका हुन्छौँ, उद्देश्य एउटै हो–प्राण जोगाउने तर दिशा फरक हुन्छ ।’,मानवका लागि अरुका प्राण जोगाउने माध्यम बन्नु जस्तो ठूलो धर्म वा पूण्य कर्म अरु नरहेको सुजनले सुनाए र भने, ‘हामीहरु भाग्यमानी छौँ, कि यस्तो कर्ममा जोडिएका छौँ । तर यस्तो भाग्यको कर्म सकेसम्म गर्न नपरोस् जस्तो हुन्छ ।’,र पनि चिरन्जीवि र सुजनसहितको कर्म परिवारलाई थाहा छ कि विपद या आपदको अवस्था जनु कुनै बेला, जस्तो रुप धारण गरेर पनि आउन सक्छ, यहि सम्भावनाकै कारण उनीहरु चनाखो रहन्छन् । र कामना गर्छन्–विपद नपरोस्, परिहालेमा प्राण जोगाउन सकियोस् सबैको र उनीहरु तथा उनीहरुसँग जोडिएकाहरुको सपनाको रक्षा गर्न सकियोस् ।
टंक ढकाल
‘काल लिन आए’ को थाहा पाउने अनि भयको पूर्व जानकारी पाउने प्राणी
आज (मंगलबार) कुकुर तिहार। कुकुरलाई खानेकुरा खान दिएर, फूलमाला लगाइदिएर पूजा गर्ने दिन। अरु दिन कुकुर नजिक पर्दा धपाउने पनि आज कुकुरलाई डाकीडाकी खाना खुवाउने चलन छ।,कुकुरका आफ्नै बानीहरु छन्, राम्रा नराम्रा दुवै।,प्रशंसा गर्नुपर्यो भने भन्ने शब्द कुकुरजस्तो अनुशासित, इमान्दार र सन्तोषी हुन्छन्। कुकुर स्वामीभक्त पनि हो। आफ्नो मालिकको लागि उ जे गर्न पनि तयार हुन्छ।,कुकुरका केही बानीहरु रुचाइँदैनन्। कुकुर रगरगी गाउँ, चोक डुल्छ। जसले दिए पनि खाइदिन्छ, जसको पनि जुठो खाने कुकुर हो। त्यसैले मान्छेलाई पनि गाली गर्दैै कहिलेकाँही भन्छन्, ‘कस्तो कुकुर जस्तो।’,कुकुरबाट मानिसलाई धेरै रोग पनि लाग्छन्, तर सबैभन्दा सुनिने रोग हो रेबिज। सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनको तथ्यांक अनुसार बर्सेनि विश्वमा ५९ हजार मानिसको मृत्यु रेबिजको कारणले हुन्छ।,नेपालको सन्दर्भमा भने यकिन तथ्यांक छैन, तर शुक्रराज शास्त्री सरुवा रोग अस्पतालका विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार अस्पतालमा आएकाहरुको मात्र संख्या हेर्ने हो भने वर्षमा १२ जना जतिको मृत्यु भएको छ र यो संख्या बढ्दो छ।,यस्तो जोखिम भएका कुकुर हामी पाल्छौँ र स्याहार गर्छौँ। अनि कुकुर तिहारको दिन पूजा पनि गर्छौँ,अलौकिक शक्तिका आधारमा भन्ने हो भने कुकुर सन्देश बाहक हो। कुकुरलाई यमराजको दूत पनि भनिन्छ। कुकुर एक्लै भुक्यो भने, अथवा रोयो भने फरक फरक सन्देश दिएको मानिन्छ। सबैले याद गर्ने कुरा हो, कुकुर कोही आएपछि कराउँछ।,घरमा नयाँ मान्छे आयो भने कुकुर भुक्छ। घरमा चोर आउँने बित्तिकै कानै फुट्ने गरी भएभरको शक्ति लगाएर ठूलो आवाज निकाल्ने कुकुरको बानी हामीलाई थाहा छ, यस्तै कुकुर कहिलेकाँही रोएको पनि सुनिन्छ । कुकुर रुँदा हामी त्यसलाई ‘अलच्छिन लाग्छ’ अर्थात नराम्रो हुन्छ भन्छौँ।,संस्कृतिविद ओम धौभडेल कुकुर रुनुको कारण भन्छन्, ‘कुकुरले अदृष्य शक्तिलाई पनि महशुस गर्न सक्छ रे। अलौकिक शक्तिमा विश्वास गर्ने हो भने मानिसको मृत्यु हुने समयमा भूत प्रेत लिन आउँछन्। उनीहरुको उपस्थिति कुकुरले थाहा पाउँछ र कुकुर असामान्य आवाज निकालेर कराउँछ।’,बोलिचालीको भाषामा भनिने ‘काल लिन आएको’ थाहा पाएर कुकुर रुन्छ भन्ने गरिन्छ। यसरी लिच्छवी कालको मध्यमा एमपञ्चकसँग जोडिएको यो पर्वमा कुकुरको पूजा हुन थालेको धौभडेल बताउँछन्।,तर संस्कृत शिरोमणि हरिराम जोशी कुकुरलाई पूज्ने चलनको बारेमा फरक कुरा बताउँछन्।,‘पशुजगतका प्राणीहरुमध्ये मानिसँग सबैभन्दा नजिक हुने भनेको कुकुर नै हो। प्राचीन आदिम कालदेखि नै कुकुरसँग मानिसको सम्बन्ध रहेको तथ्यहरु छन्। घरको सुरक्षा गर्न होस् अथवा सिकार खेल्न जाने बेलामा बाटो देखाउने, इसारा गर्नेमा कुकुर सबैभन्दा अगाडि छ। त्यसैले कुकुरको पूजा गरिन्छ।’,कुकुर मानिसको असल साथी हो। संस्कृतिवद् पुरुषोत्तम श्रेष्ठका अनुसार मानिसको विकासको क्रममा नवपाषाण युगको अन्त्यमा मानिसले कृषि, स्थायी बसोबासको क्रममा थिए। यो १० हजार वर्ष अगाडिको कुरा हो।,‘त्यतिबेला मानिसले जंगली जनावरलाई घरपालुवा बनाउन थाले, सबैभन्दा पहिला कुकुर नै घरपालुवा भएको तथ्य छन्।’ उनी भन्छन्, ‘कुकुरको साथले मानिसले प्रगति गर्यो।’ कुकुरको गुणलाई सम्झेर कुकुरलाई पूजा गरिएको हो।,क्यानिस वंशको कुकुर क्यानिडी परिवारमा पर्छ। कुकुरका ८ सय प्रजाति छन् । कुकुरको उत्पत्ति ३ करोड वर्ष अगाडि भएको बताइन्छ। कुकुर ब्वाँसोको विकसित रुप हो।,जीव शास्त्रका विद्यार्थी अतित अधिकारीका अनुसार ‘३३ हजार वर्ष अगाडिमात्र कुकुरको अहिलेको स्वरुप विकास भएको हो। मानिससँग कुकुर १४ हजार वर्ष अगडिदेखिसँगै छ।’,प्रयोगको आधारमा कुकुरको कामलाई यसप्रकार उल्लेख गर्न सकिन्छ,,– प्रहरी र सैनिक सहयोगी,– अग्निनियन्त्रक,– संबाहक,– सिकारी,– अनुसन्धानकर्ता,– यातायातको साधन,कुकुरको सुघ्ने क्षमता एकदमै धेरै हुन्छ। एकदमै कम प्रकाशमा पनि कुकुरले देख्न सक्छ तर ककुरले रंग भने छुट्याउन सक्दैन।,हामी माया गरेर कुकुरलाई खाँदै गरेको खानेकुरा खुवाउँछौँ, तर दैनिक हामीले प्रयोग गर्ने केही खानेकुरा कुकुरको लागी विष जस्तै हुन्छ।, चकलेट, प्याज, लसुन, अंगुर र सुर्ती कुकुरको लागि विष समान हुन्छन्।,मासुजन्य र दूधजन्य पदार्थ कुकुरका मनपर्ने खानेकुरा हुन्।,अलि चकचके स्वाभावको कुकुरले घरमा अलि अलि बिगो गर्ने जनावर हो। तर घरको सुरक्षामा सधैैँ लागिपर्ने कुकुर हिजोआज घरको शोभा भएको छ।
सुजाता खत्री
आफ्नो दायरालाई आफैले फराकिलो बनाउनुपर्छ : उपसभामुख तुम्बाहाम्फे
काठमाडौँ – राजनीति आफैमा कठिन र संघर्षशील बाटो हो । यो बाटोमा हिड्ने सबै सफल हुँदैनन् । सीमित व्यक्तिले मात्र राजनीतिमा सफलता पाउँछन् । अझ त्यसमाथि पनि महिलाका लागि राजनीतिमा लाग्नु र सफलता पाउनु झन् मुस्किलको कर्म हो ।,यस्तै मुस्किलको बाटो हिँडेर पनि केही महिलाले नेपालको राजनीतिमा उपल्लो स्थान हाँसिल गरेका छन् । तिनै ‘केही’ मध्येकी एक हुन् उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे । वि.स. २०२१ सालमा तेह्रमुम तम्फुलामा जन्मेकी तुम्बाहम्फेको शिक्षादीक्षा झापाको गौराहदबाट सुरु भयो ।,पहाड र तराई दुवैतिर बसोबास रहेको तुम्बाहम्फे परिवारले अन्ततः पहाड छोड्यो । शिक्षाको पहुँच निक्कै कम रहेको अझ त्यसमाथि पनि छोरीलाई पढाउन हुँदैन भन्ने सामाजिक मनोविज्ञान विपरित उनको परिवार उभियो, उनले दाजुभाइ सरह नै पढ्ने अवसर पाइन् ।,११ वर्षको उमेरमा साडी चोली फुकाली जाम लगाएर पहिलोपटक विद्यालय टेकेकी तुम्बाहम्फेले त्यसपछि कहिल्यै पछाडि फर्किएर हेर्नु परेन । के र कस्तो पढ्नुपर्छ भन्ने थाहा नभए पनि ‘पढ्नु पर्छ’ भन्ने संकल्पमा आफूमा सानैदेखि रहेको तुम्बाहम्फे सुनाउँछिन्, ‘मेरो सानैदेखिको लक्ष्य नेपालमा पढाइ हुने जति पढ्नुपर्छ भन्ने थियो । मलाई अरु केही थाहा लिएन ।’,अन्तमा, औपचारिक शिक्षा बि एल, बि एड हुँदै राजनीतिशास्त्रमा पिएचडीको उपाधि हाँसिल गरिन् उनले । समाजमा छोरीलाई पढाउनु हुँदैन भन्ने मान्यता स्थापित भए पनि आफ्नो परिवारमा भने त्यस्तै तीतो अनुभुति गर्नु नपरेको उनको अनुभव छ । तुम्बाहम्फे पुराना दिन सम्झदै भन्छिन्, ‘हाम्रो परिवारमा छोरा र छोरीमा कहिल्यै विभेद गरिएन । तर जब हामी घरबाट बाहिर निस्कन्थ्यौं तब मात्रै छोरा र छोरीबीचको विभेदको अनुभव गरियो ।’,जनजाति समुदायमा अरु समुदायमा छोरा र छोरीमा विभेद नहुने उनको बुझाई छ ।,दश कक्षा पास गरेपछि बुबाले अब पढ्नु पर्दैन भने पनि काठमाडौं बसेका माइला दाइ विजय सुब्बाले उनलाई उच्च शिक्षाका लागि काठमाडौँ ल्याए । ‘जेठो दाइले स्टाफ नर्स पढ्नुपर्छ भने पनि आफूलाई रुचि नभएकाले त्यसतर्फ लागिन । माइदा दाइ काठमाडौंमै जागिरे हुनुहुन्थ्यो उहाँले ल क्याम्पसमा भर्ना गरिदिनुभएको रहेछ । अनि म त्यतैतिर लागेँ’, उनी भन्छिन् ।,सानैदेखि पढाइमा अब्बल रहेकी तुम्बाहम्फे आफू थाहा नै नपाइ नेता बनेको बताउँछिन् । पढाइ राम्रो र खेलकुदमा समेत सक्रिय हुँदा सायद त्यसले शिक्षक शिक्षिका र साथीहरुसँग घुलमिल हुन उनलाई मद्दत गर्यो । स्कुलमा हुने जुनसुकै क्रियाकलापमा उनको सक्रिय सहभागीता हुन्थ्यो र आफ्नो पक्षको अगुवाई गर्थिन् उनी ।,‘विद्यालयमा हुने सबै खालका क्रियाकलापमा म भाग लिन्थे । त्यसले मलाई सबैसँग मिल्न र सामूहिक हुन सिकायो ।’ स्कुलमा खेलकुद सामाग्रीमा छात्र र छात्रालाई फरक व्यवाहार गरिएको सम्झिदै उनी भन्छिन्, ‘हामी केटीहरुलाई स्कुलमा खेल्ने सामग्री नै दिदैनथे । त्यसका विरुद्धमा हामीले आवाज उठायौँ । त्यसपछि हामीले पनि फुटबल, भलिबल खेल्न पायौँ ।’,कसैले कुनै काम गर्नुपर्छ भन्यो भने त्यसमा दृढता पूर्वक अघि सर्ने र सफल बनाएर छाड्ने आफ्नो आदत रहेको उनको भनाई छ । साथी साथी मिलेर पैसा जम्मा गर्ने अनि त्यसैबाट किताब किनेर पालैपालो पढ्ने बानीले पढाइप्रतिको रुचि अझ बढाएको उनको बुझाइ छ ।,२०३५/३६ सालमा संगठन विस्तार गर्दै हिँडेका थिए विद्यार्थी संगठनहरु । त्यसबेला दलहरु प्रतिबन्धित थिए । तत्कालीन मालेको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको विद्यालय कार्यसमितिको सदस्यमा उनी चयन भइन् ।,आफू अखिलको सदस्य चयन भएको स्मरण गर्दै तुम्बाहम्फे भन्छिन्, ‘सबै विद्यार्थीलाई जम्मा पारेर पलानोलाई सभापाति बनाउने, फलानोलाई सदस्य बनाउने भन्ने अग्रिम सहमतिका साथ । म पनि त्यसैगरी स्ववियुको सदस्य भएँ ।’ तर, पार्टीको सदस्य लिने बेला उनलाई अखिल भित्रैबाट विरोध गरियो । मालेको तत्कालीन वर्ग विश्लेषणअनुसार आफ्नो परिवार छोटे जमिनदारको वर्गमा पर्ने भएकाले पार्टी सदस्यता दिन हुँदैन भनेर विरोध भएको उनी स्मरण गर्छिन् ।,‘तर अन्ततः मेरो सक्षमताका कारण छोटे जमिनदारको वर्गमा परे पनि पार्टी सदस्यता लिनबाट मलाई बञ्चित गरिएन’ उनी भन्छिन् । अखिलमा सक्रिय हुँदै आएकी तुम्बाहम्फेले पछि पार्टीको सदस्यता पाइन् । राजनीतिक यात्राले थप गति लियो ।,२०४८ सालमा तत्कालीन माले र माक्सवादी एकीकरण लगत्तै उनीहरुका विद्यार्थी संगठन पनि एक भए । एकीकृत अखिलमा महिला विभागको नेतृत्व गर्ने मौका उनले पाइन् । अखिलको एकता महाधिवेशनबाट उनी उपाध्यक्षमा निर्वाचित भइन् ।,त्यसबेलासम्म विद्यार्थी संगठनमा माथिल्लो तहमा रहेर नेतृत्व गर्ने उनी नै पहिलो महिला थिइन् । र त्यसैका आधारमा उनी पार्टीको केन्द्रीय सदस्य हुँदै उपसभापति जस्तो गरिमामय पदसम्म पुग्न सकिन ।,महिलालाई राजनीतिमा स्थापित हुन कठिन थियो । तर पारिवारिक प्रोत्साहन र सहयोगका कारण आफूलाई त्यति कठीन नभएको उनको बुझाइ छ । विवाहपछि पनि परिवारबाट उत्तिकै साथ र सहयोग पाइन उनले ।,तर संगठनभित्रै महिला भएका कारण भिन्नै खालको व्यवहार भोगेको अनुभव छ उनको । ‘तर, त्यसको विरुद्धमा म जहिले पनि लागि रहेँ ।’ उनले भनिन् ।,उनले भनिन्, ‘उपसभामुखको अग्लो कुर्सीबाट हेर्दा मानिसको चेतानाको स्तरमा व्यापक परिवर्तन आएको देखिन्छ, तर महिलामाथि हुने व्यवहारमा भने खासै परिवर्तन देखिन्न ।’,तर महिला भएकै कारणले पदमा बस्दा पनि भूमिका नपाउने भन्ने आम बुझाइप्रति भने उनको फरक मत छ । महिलाले आफ्नो स्थान आफैले बनाउनुपर्ने उनी बताउँछिन् ।,‘म अहिले उपसभामुख छु । संविधानले उपसभामुखको काम सभामुख नभएको बेला सदनको अध्यक्षता गर्ने भनेको छ । तर, आफ्नो भूमिकालाई त्यतिमा सीमित गर्नुहुन्न । आफ्नो दायरालाई आफैंले फराकिलो बनाउनुपर्छ’, शिवमाय भन्छिन् ।
प्रकाश ढकाल
शारीरिक दुर्वलतालाई पराजित गर्दै अघि बढेका नायकहरु
अपांगता भएका व्यक्ति सामर्थ्य बिहीन हुन्छन् भन्ने मान्यता अझै पनि व्याप्त छ। उनीहरुलाई बोझका रुपमा लिने या तिरस्कार गर्नेहरुको संख्या पातलो छैन। अनि आफै त कमजोर अरुलाई के सिकाउलान्? भन्ने कटाक्ष गरिन्छ।,तर, यही समाजमा केही यस्ता अनुकरणीय या ‘रोल मोडल’ छन्, जसले आफूभित्रको सामाथ्र्य मात्र फेला पारेनन्, आफू जस्तैको जीवन बदल्ने अभियानमा पनि अगुवाई गरे।,परिस्थितिका प्रतिनिधि पात्र फरक भए पनि उनीहरुले सामना गरेको पीडा उस्तै छ। असामान्य जीवन बनेपछि बाँच्नुको के अर्थ छ र ? भन्ने द्धन्द्धमा पिल्सिए पनि अन्ततः त्यसबाट निराश हैन उनीहरुले स्वसिर्जित आत्मविश्वास बढाए।,अपांगता भएका सिन्धुपालचोकका ५० वर्षीय भोजराज श्रेष्ठ, रुकुमका कृष्ण गौतम र गुल्मीकी लक्ष्मी कुँवरको पृष्ठभूमि फरक छ। लामो समय उनीहरुले एक्लाएक्लै संघर्ष गरे, व्यक्त गर्न नसक्ने पीडा भोगे । तर आफ्नो जीवनको सौन्दर्य र सान्दर्भिकता स्थापित गर्नुका साथै अरुलाई पनि आत्मबल प्रदान गर्ने काममा एकै ठाउँमा छन् अहिले, व्हीलचियर उनीहरुको साझा सहयोगी साधन हो।,ललितपुरको सानेपास्थित स्वाभलम्बन जीवन पद्दती केन्द्र आत्मविश्वास सञ्चारको एउटा त्यस्तै जीवन्त संस्था बन्न पुगेको छ। घरभित्र सुत्न बाध्य बनेका पूर्ण र अति अशक्त अपांगता भएका व्यक्तिलाई स्वाबलम्बन बनाउने प्रयासमा केन्द्र छ। अर्थात त्यस्ता व्यक्तिहरुलाई आफ्नो सम्पूर्ण काम आफै गर्न सक्षम बनाउँदै छ।,विभिन्न खाले आन्दोलनले अपांगता भएका व्यक्तिको हकअधिकार कानुनीरुपमा सुनिश्चित भएपनि बाहिर निस्किसकेकाहरु बढी लाभान्वित भए त्यसबाट। उपयुक्त सहयोगी सामग्री, प्रविधि, भौतिक पूर्वाधार र राज्यबाट प्राप्त गर्नु पर्ने सेवा-सुविधाको अभावमा कयौँ अपांगता भएकाहरु अध्याँरो कोठामा अनिश्चित र निराशाको जीवन चलाउन बाध्य छन्।,ओछ्यानमै दिनरात बिताउन बाध्य भएकाहरुलाई भोजराजको समूहले व्हीलचियरमै पुगेर उठाउँछ। सकेसम्म आफ्नै कार्यालयमा ल्याएर परामर्श गर्छ अनि आफैले आफ्नो काम गर्न सक्षम बनाउँछ, तालिम र आत्मविश्वासको उपहारहरुमा।,पूर्ण र अतिअशक्त अपांगता भएकाहरुलाई राज्यबाट सेवा सुविधा उपलब्ध गराउन उच्च निकाय पनि धाउने गर्दछन् केन्द्रका सञ्चालकहरु । खासगरि त्यसको नेतृत्व केन्द्रका अध्यक्ष भोजराजले गर्छन्।,एउटा आत्मविश्वास बोकेर २०६२ साल मंसिर ९ गते भोजराज र उनी जस्तैले काठमाडौँ स्वावलम्बन जीवन पद्दति केन्द्र जन्माए। ९ जना सदस्य थिए जम्मा सुरुमा। अहिले सयौँले केन्द्रको अभियानलाई आफ्नो अभियान बनाएका छन्।,केन्द्रकै दबाबका कारण सरकारले पूर्ण र अति अशक्त अपांगता भएकालाई मासिक २ हजार भत्ता दिन थाले पनि त्यो पर्याप्त थिएन। जीवन कष्ठकर नै थियो।,अभियान जारी राख्दै उनीहरुलाई त्यसबाट मुक्त बनाउन ६ वर्षपछि उनीहरुले ललितपुर स्वावलम्बन जीवन पद्दति केन्द्रबाट काम गर्न थाले। यो अवधिमा करिब पाँच सयजना पूर्ण र अतिअशक्त अपांगता भएकालाई उनीहरुले स्वावलम्बन जीवन पद्दतिबारे तालिम दिइसकेका छन्।,सयौँलाई सहयोगी सामग्रीका रुपमा व्हीलचियर समेत दिएका छन्। त्यसले उनीहरुको क्रियाकलाप, कार्यक्षमता र आत्मविश्वास बढाएको छ।, ललितपुरको सिंचाहिटीमा करिब १० वर्षदेखि घरमै थला परेका ३२ वर्षिय किरण सिल्पकार उनीहरुको सेवाबाट लाभान्वित भएको त्यसको एउटा उदाहरण हुन् केन्द्रको सोच र सहयोगको।,केन्द्रलाई लामो समयदेखि यो काममा सहयोग गर्दै आएको जापानको एउटा टोली र केन्द्रका पदाधिकारी आइतबार किरण भएको ठाउँमा पुगे र उनको पछिल्लो अवस्थाबारे विवरण संकलन गरे।,किरण भन्छन्, ‘म पहिले भन्दा परिवर्तन भएको छु, आत्मविश्वास बढेको छ। केही गर्ने आश जागेको छ, अपांगमैत्री नयाँ घर बनाएर बस्ने सुरमा छु।’,अहिले यी सबै उपलब्धी पछि आफूले अपांगताको क्षेत्रको सुधारका लागि ३० वर्ष खेर फाले जस्तो लाग्छ भोजराजलाई। ‘अहिले पनि घरभित्र नाजुक अवस्थामा आफू जस्तैलाई भेट्यो भने अझै मैले केही गर्न सकेको रहेन छु जस्तो पनि लाग्छ। हाम्रो अभियान समाज र सरकारको प्राथमिकतामा प¥यो भने अधिकार पाउनु पर्ने सबैले त्यो पाउने छन्’, उनले भने।,अपांगतालाई हेर्ने दृष्टीकोण अझै नकारात्मक रहेको भोजराज बताउँछन्। ‘हेप्ने, कुरा काट्ने र सहयोग नगर्ने प्रवृति त छँदै छ, नीति निर्माणका बेला उच्च निकायमै पुग्दा भौतिक संरचना हामीप्रति कति संवेदनहिन छ, बुझ्न सकिन्छ। व्हीलचियर फस्छ, धकेलिदिनुको सट्टा ‘विचरा’ भन्दै हिँड्छन् पढेलेखेकाहरु’ उनले भने।,पूर्ण र अतिअशक्त अपांगता भएकाहरुको अवस्थालाई लिएर कृष्ण पनि गम्भीर छन्। अपांगता भएका व्यक्तिकै संघर्षले नेपालको संविधान र नीति उनीहरु अनकुल बन्न सके पनि व्यवहारमा अझै लागु नभएको उनी बताउँछन्।,लक्ष्मी भन्छिन्, ‘लामो संघर्षपछि अपांगता भएकाहरुलाई सरकारले सेवासुविधा त बढाएको छ तर अपांगमैत्री वातावरण अझै निर्माण हुन सकेको छैन।’,लक्ष्मीको समूहको लडाईँपछि ओलम्पीकमा भाग लिएकाहरुलाई मासिक तीन हजार भत्ता दिन सरकार बाध्य भएको छ, हालै। तर त्यो पर्याप्त छैन उनीहरुका लागि।,‘हामीले गर्दा उनीहरु अव बाँच्छु र केही गर्छु भन्छन्। काम अझै धेरै गर्न बाँकी छ। घरभित्र आसा मारी सुत्न बाध्य भएकाहरुलाई जीवनको महत्व बुझाउनु छ। परामर्शबाट समाजमा उनीहरुलाई पुर्नस्थापना गर्नु अर्को ठूलो चुनौति छ,’लक्ष्मीले भनिन्।,केन्द्रको नीति, कार्यक्रम निर्माण र प्रशासनिक कामको जिम्मेवारी निवार्ह गर्दै आएका कृष्ण जब केन्द्रको घरदैलो कार्यक्रममा निस्केर आफू जस्तैको जीवन बदल्ने कसरत गर्छन त्यसलाई सबैभन्दा सन्तुष्टि दिन्छ।,भिडियो यहाँ हेर्नुहोस्:
दिपा दाहाल
गौँथलीमा ममता र वात्सल्य
राति अबेर सुते पनि बिहान सबेरै उठ्नु पर्छ कमल श्रेष्ठलाई । उनी बस्दै आएको घरमा अर्को परिवारको पनि बास छ, जसलाई बिहानै जीविकाको यात्रामा निस्कनु पर्छ ।,उनीहरुका लागि कमलले आँखा मिच्दै गेट खोल्छन् । सटर उचाल्छन् । र काममा जानका लागि त्यो अर्को परिवारलाई निकास दिन्छन् । यो परिवार हो, गौँथलीको ।,एक जोडी गौँथली र उनीहरुका चार सन्तान छन्, दुई छोरा र श्रीमतीसहित कमल बस्दै आएको ललितपुरको धोबीघाट (मलपोखरी) स्थित घरमा ।,कमलको स्थायी घर रामेछाप हो, तर उनी ललितपुर बस्दै आएको २० वर्ष भन्दा धेरै भयो । उनले यहिँ आफ्ना सन्तान हुर्काए । जीविका चलाए र चलाइरहेका छन् ।,गौँथलीसँग उनको नाता पुरानो छ । उनी बसेको घरमा गौँथलीले पनि घर बनाउने ठाउँ पाउँछन् । बर्सेनि फर्केर आउँछन् उनीहरु, अनि सन्तान हुर्काउँछन् । अहिले पनि हुर्काइरहेका छन् एक जोडी गौँथलीले आफ्नो प्रेमका चार निशानीहरु ।,कमलको पसल छ, बिजुलीका सामानको । सँगै लुगा सिलाउने मेसिन पनि छ। भाँडाकुँडा पनि छन्। केही ग्यास चुलोहरु पनि छन्। अर्थात उनले परिवार चलाउनका लागि एकै हातमा अनेक सीप भरेका छन् ।,पसलको सटरमाथि घरको बिममा दुईवटा साना गुँड छन् । ट्युबलाइटको आडैमा छन् माटोले बनाइएका दुई गुँड, चिटिक्क परेका । दुई गुँडबिचको दूरी मुश्किलले दुई बित्ताको छ । हिले माटो ल्याएर गौँथलीले गुँड बनाएको शायद ९ वर्ष नाघ्यो । अर्को गुँड छेउमा थपेको भने तीन वर्ष जति भयो ।,सफा छ गुँड । यति सानो चराले कसरी ल्यायो होला यतिका हिले माटो र यस्तो बलियो घर बनायो होला ? झट्ट हेर्दा मनमा यस्तै प्रश्न उठ्छ । तर कमल भने आफ्नै ध्याउन्नमा छन् ।,उनी आफ्नो काममा व्यस्त, गौँथलीहरु उनीहरुको घर बनाउन व्यस्त । उनीहरुको घरले आकार लिँदै गएपछि कमलको ध्यान त्यतातिर तान्निछ । उनी पहिले १२ वर्षसम्म बसेको घरमा पनि थियो यस्तै गुँड थियो । अहिलेको घरमा पनि गौँथलीले बस्न गुँड बनाउँदा आफ्नो पूरा परिवार यतै आएजस्तो भएको छ उनलाई ।,गुँडको टेको बनेको ट्युबलाईट तीन वर्षअघि बिग्रियो । उज्यालो चाहिन्थ्यो । तर निकाल्दा गौँथलीको गुँड भत्किने ।,कमलले कोठाको अर्को भित्तामा नयाँ ट्युबलाइट फिट गरे । आफ्नो घर उज्यालो बनाउन र अर्को परिवारको घर उजाडेनन् उनले । यसरी जोगाइ राखेको गुँडमा साँझ बिहान चिरबिर सुनिन्छ गौँथलीको । मकल रइमालो मान्छन् ।,बिहानै उडान भरेको गौँथलीको परिवार झमक्क साँझ पर्ने बेला फर्किन्छ । चार बचेराले उड्न जानेको हप्तादिन जति भयो । उनीहरु तीव्र गतिको वेग लिन सक्दैनन् । र पनि दिनभरि चर्न अर्थात आहाराको खोजीमा निस्कन्छन् ।,बेलुका बचेराहरु गुँडमा आएर फर्कन्छन् । शायद उनीहरुको पेट भरिएको हुँदैन । त्यसैले दुई मातापिता आलोपालो गरि चारा खोज्न जान्छन् । चुच्चोमा च्यापिल्याएको आहारा खुवाउँछन् बचेराहरुलाई, पालैपालो ।,साँझ छिप्पिँदै गएपछि बचेराहरुको चिरबिर कम हुँदै जान्छ । एकपट्टिको गुँडमा चार बचेर मिलेर बसेका छन् । अर्को तिरको गुँडमा भालेपोथी अर्थात बचेराका आमाबुवा बस्छन् । आमाबुवा गाैँथलीले बेला बेला बचेराका गुँड तर्फ नियाली रहन्छन् ।,यस्तो देख्दा कमललाई आफूले दुई छोरा हुर्काउँदाको सम्झना ताजा बन्छ । उनले यो गौँथलीको परिवारमा आफ्नो विगत वर्तमान बन्दै गरेको देख्छन् ।,आकार सानो, मुश्किलले १८ सेन्टिमिटर जति लामो जीउ । तर यिनीहरुसँगको सहवासमा अनन्तः आत्मियता भेट्टाउँछन् कमल । गौँथलीको जोडी जीवनभर साथैमा रहन्छन् । चराविद हेमसागर बरालका अनुसार गौँथली पारिवारिक र संगोलमा बस्न रुचाउने चरा हो ।,कमल यो जोडी गौँथली यहाँ बस्न थालेको झण्डै १० वर्ष भयो भनेका थिए । हुन पनि हो रैछ । लगभग १५ वर्ष जतिको आयु हुने गौँथलीको जोडी एकपटक जोडिएपछि जीवनभर साथैमा रहन्छन् चराविदका अनुसार ।,कमलको घरमा रहेको गौँथली ‘बार्न स्वालो’ अर्थात घर गौँथली हो । काठमाडौँ उपत्यकामा यी गौँथलीहरु रैथाने पनि छन् र आगन्तुक पनि । यस्तै गेरुकटी गौँथली पनि पाइन्छ काठमाडौँ उपत्यकाको बाहिरी इलाकामा ।,गौँथलीको अर्को चरित्र हो, सहकार्य । गौँथलीका भालेपोथीले मिलेर चिम्ट्याइलो हिलो माटो ल्याएर गुँड बनाउँछन् ।,फुल पारेपछि भालेपोथी आलोपालो गरि ओथारो बस्छन् । बचेराका लागि आहारा मिलेर ल्याउँछन् । अनि उड्न सिकाउँछन् मिलेरै । चराविद बरालका अनुसार सन्तान हुर्किएपछि घर थप्दै जाने गौँथलीहरु आत्मसम्मान र सहकार्यका नमूना पनि हुन् ।,कमललाई लाग्छ कम हुँदै गएका छन् गौँथलीहरु ।,चराविदहरुका अनुसार गौँथलीका लागि ओसिलो माटो भएको ठाउँ, विशेष गरि पुराना घरहरु र उनीहरुप्रति सद्भाव राख्ने मानिसहरु चाहिन्छ । तर आधुनिक संरचनाहरु गौँथली मैत्री छैनन् र चिम्ट्याइलो हिले माटोको अभावले गर्दा पनि उनीहरु बिस्तारै बिस्थापित हुँदै गएका छन् ।,विशेष गरि उड्दै गरेका किरा गौँथलीका आहारा हुन् । किराहरुको संख्या जलवायु परिवर्तनको प्रभावका कारण कम भएका छन्, गौँथलीको आहारा घटेको छ । किरा प्रसस्त भएमा एकै सिजनमा गौँथलीले दुई बेतसम्म चल्ला बचेरा हुर्काउँछन् ।,यी त भए गौँथलीका बारेमा सामान्य जानकारी । गौँथलीसँग आफ्नो जीवन जोडेका कमलहरुका लागि भने यिनीहरु लक्षिनका प्रतिक हुन् । घरमा गौँथली भए सह रहने विश्वास छ । परिवारलाई मिलाइ राख्नका लागि पनि गौँथली उदहारण बन्ने गरेका छन् ।,केही दिनअघिसम्म मोटाघाटा रहेका बचेराहरु अहिले अलिक दुब्ला भएका छन् । उड्न थालेपछि दुब्लाएका बचेरालाई हेर्दै कमल घरिघरि टोलाउँछन् र भन्छन्, उड्न सजिलो होस् भनेर यिनका आमाबुवाले नै यस्तो बनाएका ।,गौँथलीसँग उनको गुनासो छैन छ त केवल लगाव मात्रै । दिसा पनि सकेसम्म आफै बाहिर फाल्छन् गौँथलीहरु । खाना दिनु पर्दैन ।,उनीहरुको घरले आफ्नो घर र परिवारले आफ्नो परिवारलाई भरिलो बनाए जस्तो लाग्छ उनलाई लाग्छ । सन्तान हुर्काइरहेको गौँथलीको परिवार पनि शायद कमलको परिवारका बारेमा यस्तै सोच्दा हुन् ।
टंक ढकाल
कसरी आइपुग्छ गोखराबाट बसन्तपुरसम्म फूलपाती?
आश्विन नवरात्रको सातौँ दिन, सप्तमी तिथि ‘फूलपाती भित्राउने दिन’। घटस्थापनाको दिन जमरा राखेको बसन्तपुरको दसैँ घरमा गोरखाबाट ल्याएको फूलपाती सप्तमीमा भित्र्याइन्छ। यस्तै जमरा राखिएका हरेक घरमा पनि।,फूलपाती भित्रने दसैँघर भने नेपाल एकीकरणको समयमा राजा पृथ्वीनारायण शाहले उपत्यकामा विजय हाँसिल गरिसकेपछि काठमाडौँमा बनेको हो। नत्र अहिले मनाउने फूलपाती गोरखा दरबारको दसैँ घरमा भित्रिन्थ्यो।,समय १८२५, भदौ महिना, राजा पृथ्वीनारायण शाहले राष्ट्र एकीकरण गर्ने अभियानमा काठमाडौँ जितेका थिए। त्यसपछि बाइसे चौबिसे राज्य सबै एक भएर बनेको हो देश नेपाल र काठमाडौँ राजधानी।,राजा पृथ्वीनारायण शाहले आफ्नो बसोबास सार्दा परम्परा पनि सारे, गोरखा दरबारमा जस्तै काठमाडौँको बसन्तपुर दरबार क्षेत्रमा पनि दसैँघर बनाए। जमरा राख्ने चलन बस्यो।,पृथ्वीनारायाण शाहले काठमाडौँलाई राजधानी बनाएपछि गोरखासँग दूरी हुने भयो। आफू बसाई सरेसँगै उनले धेरै चिनो आफूसँगै ल्याए।,काठमाडौँबाटै शासन सत्ता चल्ने भएपछि गोरखासँग जोडिनलाई उनले जुक्ति लगाए। त्यसैले दसैँघरमा फूलपाती भित्र्याउनलाई आवश्यक फूलहरु गोरखाबाट नै ल्याउने चलन रहिआएको बताइन्छ।,आश्विन शुक्ल षष्ठीको दिन बसन्तपुर दरबारबाट थुमो, बोकोसहित अरु पूजा सामग्री लिएर धादिङ्गको धुनीवेशी जाने र गोरखाबाट आएको फूलपातीलाई ल्याउने चलन रहेको हनुमानढोका दरबार संग्राहलय विकास समितिका कार्यकारी निर्देशक अरुणा नकर्मीले बताइन्।,‘अहिले यातायातको सुविधाले एक दिन अगाडिमात्र लिन गए पनि भ्याइन्छ।’ फूलपाती लिन जाने टोली षष्ठीमा हनुमानढोका दरबारमा जाने, त्यहाँ विधिवत पूजा अर्चना गरेर बोका र थुमो लगायतको पूजा सामान लिएर धादिङ्, धुनीबेसीको जीवनपुरमा पुग्छन्।,यो टोली सीतापाइलाबाट गाडी चढेर भीमढुंगा पुग्ने र त्यहाँबाट पैदल जीवनपुर पुग्ने गरेको फूलपाती ल्याउने टोलीका एक सदस्य शमशेर गुरुङ्गले बताए। उनका अनुसार गोरखाबाट ल्याएको फूलपातीलाई त्यहाँ एक रात राख्ने र भोलिपल्ट नुहाई धुवाई गरेर बसन्तपुरबाट लगिएको बोका र थुमोलाई बलि दिएर बसन्तपुर ल्याउने गरिन्छ।,सातपल्ट फूलपाती लिन गएका शमशेर भन्छन्, ‘हामी पूजा सकेर बिहान छ बजे हिड्यौँ भने साँझ ४ बजेसम्म जमल आइपुग्छौँ, बिचमा एक ठाउँमा मात्र बिसाइन्छ।’,हनुमानढोका पर्वपूजा संयोजक मिठाराम पुडासैनी भन्छन्, ‘यो वर्ष फूलपाती लिन जाने टोलीमा ८ जना छन्, १६ जनासम्मको टोली हुन्छ।’ यो पर्व जातिय संलग्नताको हिसाबमा पनि धनी छ। गोरखाको फूलपाती बसन्तपुरसम्म ल्याउने टोलीमा मगर, नेवार, ब्राम्हण लगायतका धेरै जातजातिको सहभागिता रहन्छ।,धादिङ्को महादेव खोलामा नुवाई धुवाई गरी टोली फूलपाती लिएर सीतापाइला हुँदै रानी पोखरीको उत्तर किनारामा पुग्छन् । फूलपाती लिएर फर्केको टोलीलाई लिन हनुमानढोका दरबारबाट साइत गरी जानुपर्छ। हनुमानढोका दरबार संग्राहलय विकास समितिको कार्यकारी निर्देशक अरुणा नकर्मीका अनुसार यसपटकको फूलपाती लिन जाने साइत ३ बजेर १५ मिनेट जाँदाको छ।,यसको लागि केराको पात, पुष्प गुच्छा, रातो सिम्रिकले सिँगारिएको कलश, बाजागाजा लिएर लिन जाने गरिन्छ। यसरी विधि पुर्याएर लिन गएको फूलपातीलाई पर्स्याएर मात्र बसन्तपुर दरबार क्षेत्रको दसैँ घरमा ल्याइने नियम छ। बसन्तपुरको नासल चौकमा ल्याएर विधिपूर्वक पूजा गरेपछि मात्र फूलपाती दसैँघरमा भित्र्याइन्छ।,पुनश्च: हुनमानढोका दसैँघरसँगै घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती मंगलबार भित्र्याईँदैछ ।,घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ ।,फूलपातीका रुपमा भित्र्याइने केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आवाहन गरी पूजा गरिन्छ, यी देवी नवदुर्गाका पार्षद् अर्थात् सहायक हुन् ।
सुजाता खत्री
शल्यक्रिया गर्दै गरेका डाक्टर, डाँडा उक्लदै गरेकी युवतिले भुँइचालो आएपछि के गरे?
२०७२ साल कालो वर्षको रुपमा परिचित छ। नयाँ वर्षको सुरुवातमै ७ दशमलव ८ म्याग्निच्यूडको भूकम्पले हल्लायो । ८ हजार ७ सय ९० जनाले ज्यान गुमाए।,देशको पहिचान बोकेका ७ सय भन्दा बढि सम्पदाहरु बिग्रिए । ३२ जिल्लामा देखिने गरि प्रभाव पर्‍यो । भूकम्पको ४ वर्षपछि देश बल्ल बल्ल बिउझन लागेको छ। मानिसहरु पहिलाकै व्यवहारमा फर्केका छन्। भूकम्प गएकाे चार वर्षपछि केही नागरिकले देश सञ्चारलाई भूकम्प आउँदा आफू जहाँ थिए, त्यहीबाट आफ्नो अनुभूति सुनाएका छन् ।,डक्टरी पेशामा रहेको १८ वर्ष भयो । अल्का अस्पतालमा विगत १३ वर्षदेखि छु। म २०७२ सालको वैशाख १२ गते एक बुढिआमाको गोडाको अप्रेशन गरिरहेको थिएँ। आमा हिँड्न सक्ने अवस्थामा हुनुहुन्थेन। झन् अप्रेशनको लागि खुट्टा लाटो बनाइएको थियो।,अप्रेशन गर्दागर्दै बेस्सरी हल्लायो। सामान यता उता भए। आफै लड्छु जस्तो भयो। अप्रेशन मध्य तिर पुगेको थियो। के गरौँ कसो गरौँ, सोच्न आएन। भागेर बाहिर जाने इच्छा पनि लागेन। जे सुकैहोस् पहिला बरामीलाई जोगाउ भन्ने ठाने। त्यसपछि मैले उहाँको शल्यक्रिया हुँदै गरेको खुट्टा च्याप्प समातेँ। लड्नुहोला भनेर उहाँको खुट्टामा टाउको अड्याएर राखेँ। जब सम्म भुँईचालो आइरह्यो, मैले यस्तै गरेँ।,ठूलो भूकम्प रोकिएपछि हतार हतार बाँही काम सकाएँ। ड्रेसिङ गरेँ, टाँका लगाएँ अनि उहाँलाई बोकेर बाहिर ल्याएँ। त्यसपछि उहाँको छोरी खोजेँ। उहाँको छोरी त्यहाँ हुनुहुन्थेन। मलाई सबैभन्दा ठूलो समस्या भनेको त्यही भयो। परकम्प आइरहेको थियो। लगभग १० मिनेटपछि उहाँको छोरी भेटिनुभयो र उहाँको जिम्मा लगाएँ।,फलोअपमा आउँदा आमाले भन्नुभयो, ‘तपाईँले त मलाई छोरी भन्दा पनि माया गर्नु हुँदो रहेछ।’ मैले यो शब्द कहिले पनि भुल्न सकिन। भुँईचालोको बेलामा मैले पहिलोपल्ट शल्यक्रिया गरेको हुँ। १८ वर्षको मेरो अनुभवमा यो अविश्मरणीय रह्यो।,शनिबार प्राय म नागर्जुनको डाँडामा उक्लिरहेको हुन्छु। त्यो दिन म मेरो श्रीमानसहित ६ जना थियौँ। हामी जामाचो पुगेर फर्केका थियौँ। हामी भएको ठाउँबाट टुप्पामा पुग्न फटाफट हिँड्ने मान्छेलाई आधा घण्टा नत्र ४५ मिनेट लाग्छ।,बाटोमा हिँड्दा हिँड्दै हल्लायो। हामीले आफ्नो वरपरको रुख समात्यौँ। म सँग भएको सुरज भाइले पनि मैले समातेको रुख समाते। मैले टाइलर (श्रीमान) लाई भने, ‘दिस इज द बिग वान’ ।,डरलाग्दो कुरा के भयो भने यहाँ टुप्पोमा भएको मन्दिर नजिकैको पाटि भत्किएको रहेछ। जंगलमा इको आउने, एकदमै ठूलो आवाज आयो हामीले पहिरो गयो भन्ठान्यौँ। हामीलाई यो डाँडा नै खस्न लाग्यो जस्तो भयो। अब प्रलय नै जान्छ जस्तो भयो । हल्लिन छोडेपछि एकछिन बस्यौँ अनि तलको खाली चौरमा बस्न गयौँ। बाटोमा पूरै धाँजा फाटेको थियो।,जब खुल्ला चौरमा पुग्यौँ, शहर पूरै धुलाम्मे थियो। हामीसँग एक विदेशी साथी पनि थिए। माथि उक्लदा हामीले त्यहाँबाट धरहरा देखाएका थियौँ तर फर्कदा धरहरा थिएन।,माथि छँदा त्यस्तो पीर लागेको थिएन, जब तल आयौ, बालाजु पूरै कोलाहालमय थियो। सबै बाटो बाटोमा उभिएका थिए। हामी डराई डराई आफ्नो घर गयाैँ। धन्न परिवार सबै सुरक्षित रहेछन्।,दरबार स्क्वायरको छेवैमा हामीले पसल चलाएको ठ्याक्कै ३१ वर्ष भयो। मेरो घर यँही पछाडि छ। मेरो दाइले यो पसल सुरु गर्नुभएको हो। त्यो दिन म पसलमा सामानहरु मिलाउँदै थिए, सुरु भुँईहाल्यो। मैले सानो सानो भूकम्पमात्र चाल पाएको यो त रोकिँदै रोकिएन।,पसलको देब्रेपट्टि अहिले टहरा भएको ठाउँमा अग्ला पर्खाल थिए। यो अग्ला पर्खाल झ्याम्म भत्किएर हाम्रो पसलसम्म आइपुग्यो। पर्खालसँगै ग्यारेज पनि थिए। त्यो पनि भत्कियो। हामी मान्छे पनि पुरिएको थाहा पायौँ।,दरबार स्क्वायरमा भएको वत्सला देवी दुर्गा मन्दिर भत्किएको रहेछ। यस्तै अरु मन्दिर भत्किएका थिए। खुल्ला ठाउँ भनेर हामी त्यतै गएका थियौ। धुलै धुलो उडेको देखियो।,सुरुमा मलाई बाहिर जान डर लाग्यो। पसल बन्द गर्न सकिएन। बत्ति पनि गयो। भूकम्प पनि आएको आयै भइरह्यो। हाम्रो फ्रिजमा भएको कुल्फी आइसक्रिमहरु हामीले बाडिदियौँ।,भूकम्पले भक्तपुरको जीवन दुई वर्षसम्म धेरै दुःख भयो। हुन त धेरै ठाउँ बनिसके तर पनि उपत्यका सुरक्षित चाहिँ लागेको छैन।,म ५१ वर्षकी भए। थाहा पाएदेखि नै यहाँ आएर पूजा सामान बेच्ने गरेको हुँ। भुँईचालो आएको दिन पनि म यहि थिए। सामान बेचेर बसेकी थिएँ। ढ्वाक्क गर्‍यो, मलाई रिंगटा लागेको जस्तो भयो। कहाँ जाउँ जस्तो हुँदै थियो अगाडिको काष्ठमण्डप झ्याम्मै ढल्यो।, त्यहाँ रक्तदान भइरहेको थियो।,मन्दिर ढलेर मान्छेलाई किच्यो। म अत्तालिए, रुन पनि आएन बोल्न आवाज पनि आएन।,केही दिन बन्द भयो। अनि फेरी म काममा फर्किए। तर यो मन्दिर बनेको छैन। बन्ने तयारी त भएको छ। आशा गरौ चाँडै बन्ला।,मेरो घर रामेछाप, म यो ठाउँमा फलफूलको पसल खोलेर बसेको १६ वर्ष भयो। भुँईचालो जाँदा खाना खाएर म अनि मेरो बुढी बसिरहेका थियौ। खाना खाएपछिको समय ग्राहक थिएनन्।,थरर हल्लियो। के हल्लियो भनेर हेर्दा हेर्दै झन हल्लायो। मान्छेहरु भागभाग गर्न थाले। पसलको दायाँपट्टि जाउँ भने धरहरा बायाँ गुठिको पुरानो घर। यता जान नि सकिन उता पनि सकिन। यतै बसे।,त्यसपछि धरहरा ढल्यो, दक्षिणपट्टि ढल्ला जस्तो गरेको थियो तर पश्चिमपट्टि लड्यो। मैले दुईजना, केटा केटीलाई टाउकोमा चोट लागेको देखे। मान्छे पुरिए पनि भन्थे, कोलाहाल भयो। मैले चिनेको पञ्जाबी ढावाको मालिक पनि परेछन्।,त्यसपछि मानिसहरु आउने जाने भईरह्यो। थर्किरह्यो। अगाडिका मोटरसाइलहरु सबै लडे। मैले अब बाचिन्न भन्ने सोचे। माथि गेस्ट हाउसकी एक महिला रुँदै आइन् र हामीसँगै बसिन्। हामीसँग पानी थियो, त्यो सबैलाई दिए।,२०४५ सालमा भक्तपुरमा घर अलि अलि बिग्रेका थिए, तर यो ठूलो थियो। धेरै नाश गर्‍यो। आशा गरौँ फेरि धरहरा उठ्छ होला।
सुजाता खत्री
भीड र परम्पराबाट पृथक ह्वाइट हाउसका यी दाबेदार
काठमाडौँ – उनको पूरा नाम सही उच्चारण गर्न त्यति सजिलो छैन, र विश्वका प्रख्यात सञ्चारमाध्यमका वरिष्ठ सञ्चारकर्मीहरु नै उनको नाम सही उच्चारणका लागि प्रयासरत छन् ।,नाम हो, पिट् बुटजज, अमेरिकामा आउँदो वर्ष अर्थात सन् २०२० मा हुने राष्ट्रपति चुनावका लागि उम्मेदवार बन्ने आकांक्षा बोकेका डेमोक्र्याटिक पार्टीका एक नेता । स्पेलिङ्ग र उच्चारणबिचको फरकले उनको नाम अप्ठ्यारो बनेको हो । तर उनको चुनावी अभियानले नामलाई सजिलो बनाउने उपाय निकालेको छ ।,सही तरिकाले उच्चारण सहज बनाउन टिर्सट नै बनाएका छन् । बुट् र त्यसपछिको एज–एजलाई छिटो उच्चारण गरे हुन्छ ‘पिट् बुटजज’ । उनको सही नाम ।, जसरी नामको लय पकड्न तीव्र उच्चारण गर्नु पर्छ, त्यसरी नै युवा नेताको चर्चा तीव्र गतिमा फैलिएको छ । पिट्ले राष्ट्रिय–अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आफ्नो स्थान बनाएका छन् र राष्ट्रपतिय चुनावमा सम्भावित उम्मेदवारको रुपमा हेरिन थालेका छन् ।,अमेरिकाको इन्डियाना राज्यको सानो शहर साउथ बेन्डका मेयर हुन् पिट् । उनलाई मेयर पिट् भन्ने गरेका छन् अधिकांशले । ३७ वर्षका पिट् पछिल्लो ८ वर्षदेखि यो हैसियतमा छन् ।,हावर्ड र अक्सफोड विश्वविद्यालयमा अध्ययन गरेका पिट् रोड स्कलर हुन् । सात भाषा बोल्ने पिट् अमेरिकी नेभीका वार भेट्रान हुन् । उनी अफगानिस्तानमा अमेरिकी नेभीबाट तैनाथ भएका थिए । अफगानिस्तानबाट फर्किएलगत्तै स्थानीय चुनावमा उम्मेदवार बनेका पिट् २९ वर्षको उमेरमा झण्डै एक लाख जनसंख्या रहेको साउथ बेन्ड शहरको मेयर बने ।,औद्योगिक इतिहास बोकेको साउथ बेन्डलाई बिलय हुँदै गरेका अमेरिकाका १० शहरको रुपमा सूचिकृत गरिएको थियो । तर मेयर पिट्ले आफ्नो कार्यकालमा शहरको रुप फेर्न सफल भएका छन् । अहिले साउथ बेन्ड बिलय हुँदै गरेको होइन उदाउँदै गरेको अमेरिकी शहरका रुपमा लिइन्छ ।,साउथ बेन्डले उनलाई विश्वास ग¥यो र उनले साउथ बेन्डका बासिन्दाको विश्वासमा प्राण भरे । उनको परिचयमा जोडिएर आउने अर्को कुरा उनको ‘सेक्सुआलिटी’ अर्थात यौनिकता हो । ३७ वर्षका मेयर पिट् र अमेरिकाको राष्ट्रपति बन्ने आँट लिएर अघि बढेका मेयर पिट् समलिङ्गी अर्थात होमोसेक्सुअल या ‘गे’ हुन् ।,३७ वर्षको युवा, जेनरेसन एक्स भनिने मिलेनियल अर्थात सन् १९८० को दशकपछि जन्मिएको पुस्ताका सदस्य, समलिंगी र माथिल्लो स्तरको राजनीतिक अनुभव बोकी नसकेका पिट् अहिले अमेरिकी राजनीतिमा सबैभन्दा बढि चर्चा र चासोको विषय बनेका छन् ।,गएको जनवरीसम्म मेयर पिट् साउथ बेन्डमा मात्रै सीमित थिए । उनलाई राष्ट्रिय स्तरमा चिन्ने शायदै थिए । तर सन् २०१६ मै तत्कालीन राष्ट्रपति बाराक ओबामाले पिट् ‘गिफ्टेड’ राजनीतिज्ञ रहेको र उनी कमला ह्यारिससहित डेमोक्र्याटिक पार्टीको आश रहेको बताएका थिए ।,अमेरिकी संविधानमा राष्ट्रपतिको उम्मेदवार बन्नका लागि कम्तिमा ३५ वर्षको हुनु पर्छ, जुन सीमा मेयर पिट्ले दुई वर्ष अघि पार गरे । नर्वेजियन उपन्यासकार एर्लेन्द लाएको पुस्तक पढ्नका लागि मेयर पिट् बुटजजले नर्वेजियन भाषा नै सिकेका छन् ।,यस्तै उनी फ्रेन्च, स्पेनिससहितका सात भाषा बोल्छन् र उनलाई अमेरिकी सञ्चार माध्यमले अहिलेका राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘अपोजिट’ का रुपमा चित्रित गरेका छन् ।,स्पेलिङ्ग नमिलेका र डिक्सनेरीमा नभएका शब्दसहित ट्वीट गर्ने ट्रम्प र सात भाषामा पोख्त बुटजजबिच तुलना गर्दा केही कुरा मिलेको नभेटिने अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनको ‘द डेली सो विथ ट्रभा नोहा’ मा नोहाले बताएका थिए ।,राजनीतिक विषयमा प्रायः व्यंग्यात्मक प्रस्तुति हुने कार्यक्रममा उनले मेयर पिट् बारे व्यंग्य गर्न पाएनन् र त्यसको कारण ‘उनका बारेमा कमजोर पक्ष नै भेट्टाउन नसकेको बताए ।’,अधिकांशले पिट् बुटजजलाई पूर्व राष्ट्रपति बाराक ओबामा र जोन एफ केनेडी जस्तै भन्न थालेका छन् । ओबामा र केनेडी दुवैको वाक कौशल राम्रो मानिन्छ । उनीहरु जस्तै बुटजजसँग आफ्नो भिजन राम्रोसँग र सबैले बुुझ्ने गरि प्रस्तुत गर्ने कला रहेको बताइन्छ ।,कन्जरभेटिभ अर्थात रिपब्लिकन विचारको पक्षपाति अमेरिकी मिडिया फक्स न्युजमा बुटजजको पहिलो राष्ट्रिय स्तरको अन्तर्वार्ता लिइएको थियो । उनले राष्ट्रपति निर्वाचनमा उम्मेदवार बन्ने चाह देखाएपछि ।,मध्य मार्चमा फक्स न्युज सनडेमा क्रिस वालेससँगको पहिलो राष्ट्रिय स्तरको अन्तर्वार्तामा बुट्जज उत्कृष्ट रुपमा प्रस्तुत भए । क्रिसले आफूले सन् २०२० का लागि राष्ट्रपति उम्मेदवार प्रत्यासीसँग गरेका अन्तर्वार्ता मध्ये बुटजजको अन्तर्वार्तामा सबैभन्दा राम्रो र धेरै प्रतिक्रिया आएको बताए ।,उनको ‘राइज’ तीव्र रुपमा भने सिएनएनको विशेष कार्यक्रम ‘सिएनएन टाउन हल’ मा सहभागी भएपछि भयो । टाउन हलमा उनको प्रस्तुति सम्हालिएको र एक पोख्त राजनीतिज्ञको भन्दा कम थिएन । प्रजातन्त्र, विकास र समानताको वकालत गर्ने उनले डेमोक्र्याटिक पार्टीमा ‘भ्यालु’ अर्थात आस्था वा धार्मिक मूल्यबारे आँट बहस गरे ।,उनले टाउन हलमा प्रजातन्त्र, मूल्य मान्यता या समानताको ब्याख्या गर्ने अधिकार कुनै एक पार्टी वा व्यक्तिमा मात्रै सीमित नरहने बताउँदै आएका छन् । टाउन हलमा उनले अहिलेका उपराष्ट्रपति माइक पेन्सको ‘क्रिष्टियन फेथ’ माथि नै प्रश्न गरेका थिए । यो प्रस्तुतीले उनलाई राष्ट्रिय राजनीतिमा कडा बहसको सिर्जना गर्न सक्ने नेताका रुपमा चिनायो ।,सिएनएन टाउन हलबाट सुरु भएको माइक पेन्ससँगको बुटजजको फेथको राजनीतिक बहसले त्यसपछि बिस्तारित रुप लिएको छ । बुटजजले माइक पेन्सको मातहतमा रहेर काम गरेका छन्, किनकी पेन्स उपराष्ट्रपति बन्नु पूर्व इन्डियानाको गभर्नर थिए ।,उपराष्ट्रपति पेन्स समलिङ्गी विवाहको विक्षपमा रहँदै आएका छन् र त्यसको कारण आफ्नो ‘क्रिष्टियन फेथ’ रहेको पेन्सले बताउने गरेका छन् । अर्थात क्रिष्चियानिटीमा समलिङ्गी सम्बन्ध स्वीकार्य नरहेको उनको मान्यता रही आएको छ ।,तर मेयर पिट् पनि क्रिष्चियानिटी फलो गर्छन् । उनले टाउन हल र त्यसपछिका लगातार यो विषयमा पेन्समाथि सरल रुपमा तर आक्रमक प्रहार गर्ने गरेका छन् । उनले भन्दै आएका छन्, ‘धर्मको रखवाला कुनै एक पार्टी वा व्यक्ति मात्रै हुन सक्दैन ।,धर्मले सेवा र स्वतन्त्रताको वकालत गर्छ र त्यस्तो धर्मको पक्षपाती म पनि हुँ । यदि मलाई स्वीकार गर्न तपाईँलाई (पेन्स) तपाईँको आस्थाले दिँदैन भने टकराव मसँग होइन हामीसँगको सर्जक (ईश्वर) सँग हो ।’,मेयर पिट् बुटजजले स्थानीय समय अनुसार आइतबार अपराहन्न आफ्नो होम टाउन साउथ बेन्डमा विशेष कार्यक्रम गरि राष्ट्रपति उम्मेदवारीको औपचारिक घोषणा गरेका छन् । त्यसपछि अमेरिकी टेलिभिजन नेटवर्क एमएसएनबिसीमा द रिचेल म्याडाव सो मा दिएको अन्तर्वार्तामा पिट् बुटजजले ‘भ्याल्यू’ को राजनीतिक बहस डेमोक्र्याटिक पार्टी भित्र पनि हुनु पर्नेमा जोड दिएका छन् ।,सन् २०२० को राष्ट्रिपतिय चुनावमा उम्मेदवार आकांक्षीहरुको सूचि डेमोक्र्याटिक पार्टी भित्र ठूलो छ । उम्मेदवारीका लागि डेमोक्र्याटिक पार्टी भित्र १८ जनाले औपचारिक घोषणा गरिसकेका छन् ।,बर्नी सान्डर, कमला ह्यारिस, एलिजाबेथ वारेन, स्टेसी अब्राम्ससहितका चर्चित नाम छन् । पूर्व उपराष्ट्रपति जो बाइडेन सबैभन्दा प्रभावशाली मानिएका छन्, यद्यपि बाइडेनले अहिलेसम्म औपचारिक घोषणा गरेका छैनन् ।,निरन्तर प्रगति गरिरहेका पिट् बुटजज पनि शीर्ष दाबेदारमा देखिएका छन् । उनले दुई राज्यमा भएका प्रारम्भीक छनौटमा तेस्रो स्थानमा आफूलाई उभ्याएका छन् ।, उम्मेदवारीको होडमा रहेका उनी बाहेकका अरु सबै राजनीतिक रुपमा राष्ट्रिय स्तरमा पहिचान बनाएकाहरु छन् ।,यस्तै उमेरका हिसाबले पनि अलि परिपक्व छन् । तर परिपक्कता व्यक्तिमा उमेरले भन्दा पनि उसले गरेका कामले र त्यसमा रहेको परिपक्कताले निर्धारित हुने कुरामा बुटजजले जोड दिँदै आएका छन् ।,चुनौति उनको कलिलो उमेर र त्यसकै पर्याय मानिने राजनीतिक अनुभव हो । अमेरिकाको इतिहासमा अहिलेसम्म ४० वर्षभन्दा कम उमेरमा कुनै पनि व्यक्ति राष्ट्रपति बनेको छैन र मेयरबाट सीधै ह्वाइट हाउसमा पनि पुगेका छैनन् ।,तर नयाँ पुस्ताको खाँचो अमेरिकालाई रहेको बताउँदै उम्मेदवारीको होडमा आएका बुटजजमाथिको सबैभन्दा ठूलो चुनौति झण्डै चार वर्षअघि ‘पहिलो महिला राष्ट्रपतिका लागि तयार नभएको अमेरिका कम उमेरको र त्यसमा पनि समलिङ्गी (गे) राष्ट्रपतिका लागि तयार होला त ?’ भन्ने हो ।,बुटजजले राजनीतिक मूल्य मान्यता, धर्म, सामाजिक व्यवस्था सबैले व्यक्तिलाई उसको कामले मुल्यांकन गर्ने भएकाले आशावादी रहेको र आफ्नो यौनिकता नितान्त व्यक्तिगत कुरा रहेको उनको भनाई छ ।,सन् २०१५ मा साउथ बेन्डको मेयरका लागि दोस्रो कार्यकालको चुनावी अभियानको मध्य कालमा बुटजजले स्थानीय पत्रिका द साउथ बेन्ड ट्रिब्युनमा एक लेख प्रकाशित गरेर समलिङ्गी पहिचान खुलाएका थिए । त्यसपछिको चुनावमा उनले ८७ प्रतिशत मत ल्याएर जिते ।,मेयरमै रहेका बेला गएको वर्ष २९ वर्षका चेस्टन ग्ल्याजमनसँग विवाह गरे । चेस्टन अहिले बुटजजको चुनावी अभियानका बलियो सहयोगी बेनका छन् । उनले पिटकै थर अपनाएका पनि छन् । बुटजजले आफूलाई श्रीमान चेस्टनले राम्रो मानव बनाउन सहयोग गरेको र त्यसले गर्दा राम्रो उम्मेदवार बनेको बताउने गरेका छन् ।,तर अमेरिका युवावयका दुई समलिङ्गी जोडीलाई आफ्नो पहिलो कमाण्डर इन चिफ र पहिलो जेन्टल म्यान स्वीकार गर्न तयार होला भन्नेमा संका छन् । साउथ बेन्डका बासिन्दामा भने उनीप्रति विश्वास छ ।,वासिङ्गटन पोस्टले गरेको अध्ययनमा रिपब्लिकन पार्टीका समर्थक पनि साउथ बेन्डमा बुटजजले गरेको कामको प्रशसंक छन् र उनीहरु बुटजजलाई उपयुक्त उम्मेदवार मान्ने बताउँछन् ।
टंक ढकाल
आमा गुमाएका छोरालाई बात्सल्यताको न्यानो दिँदै भीम
भीम दासको पातलो जिउमा नाम जस्तो बलियो बल छ छैन कुन्नी, तर मन भने बलियो गरेर गाँठो पारेका छन् ।,आइतबार बेलुका अकश्मात आएको हावाहुरीमा आमा मतिसरी देवी र श्रीमती रुनालाई सदाका लागि गुमाए । सोमबार बेलुका भीमले पिता रामसुरतसँगै आमा र श्रीमतीको अन्तिम बिदाई गरे फेटा गाउँपालिका–१ भुलही गाउँ नजिकै रहेको दुधौरा नदी किरानामा । भीमले आमा र श्रीमतीलाई बिदा गरे ।,भीमका बुवा रामसुरतले जसोतसो मन थामेका छन् । विचल्ली भएको छ, भीमका एक वर्षका छोरा सन्जित र तीन वर्षकी छोरी सन्ध्याको । आमा र हजुरआमाको काख सदाका लागि गुमाएका सन्जित र सन्ध्याको शिरमा बात्सल्यको ओत दिने जिम्मेवारी अब भीमको भागमा आइपरेको छ सम्पूर्ण रुपले ।,मंगलबार बिहान मुख हरियो बाँसको टुक्राले दाँत सफा गर्दै गरेका भीमको काखमा थिए सन्जित । एक वर्षका सन्जितले दूध खान नपाएको तीन दिन भइसक्यो ।,उनलाई आमा रुनाको न्यास्रो लागेको छ । आँखाहरुले आमा र हजुरआमालाई खोजिरहेका छन्, तर उनीहरु अनन्तः यात्रामा लिन भएको शायदै थाहा पाएका होलान् सन्जितले ।,बुवाको काँधमा टाउको अड्याएका सन्जितले अब मातृबात्सल्य पाउने छैनन् । सन्ध्याको हालत पनि उस्तै छ । बुवाको काखमा बसेका सन्जितले त्यसैगरि आमाको बिदाई गरे ।,त्यो बिदाईको भयानक पीडा उनलाई अहिले थाहा छैन होला, तर उनका आँखाहरुमा आमाको अभाव स्पष्ट देखिन्छ । आमाको दूध चुसेर प्राणमा उर्जा सञ्चार गरेका सन्जितले बोतलबाट दूध खान त्यति चाख गरेका थिएनन् तर अब बोतलको दूध बाहेक अर्को विल्कप छैन र त्यो पाउन पनि मुस्किल छ ।,सन्जितको टाउको आफ्नो काँधमा अड्याएका भीमलाई भने आफ्नो टाउको अड्याउने ठाउँ छैन । उनी रुन सक्दैनन्, किनकी रुँदै गरेका लालाबालाको जिम्मेवारी छ ।,हुरीले क्षणभरमा घरमात्रै होइन परिवार नै उजाड बनाएको छ भीमको । सन्जित र सन्ध्याको मातृत्व खोसियो । सन्जित र सन्ध्या आमा खोज्दै रुन्छन्, भीमसँग उत्तर छैन, अवाक् छन् ।
सञ्चार संवाददाता
‘आधा मरे जस्तो लाग्छ, आधा मन भन्छ जीवितै छन् मातापिता’
रुवान्डा नरसंहारको शताब्दीको एक चौथाई अर्थात २५ वर्ष पूरा भयो । त्यो नरसंहारले टुहुरा बनाएका केही आफ्नो हराएको विगतबारे केही मात्रै भए पनि जानकारी पाइन्छ कि भनेर प्रयास गर्न छोडेका छैनन् ।,ओस्वाल्डलाई आफ्नो विगतबारे केही थाहा छैन । रुवान्डाको राजधानी किगालीमा मानिसका लासहरुको भिडमा एक मृत महिलाको दूध चुस्दै गरेको दुई–तीन महिनाको बालकलाई एक महिलाले उद्धार गरिन् ।,ओस्वाल्ड त्यहि शिशु हुन्, जो अहिले हुर्किएर वयश्क भए । तर उनलाई आफ्नो परिवारको जराबारे केही थाहा छैन, थाहा पाउने आश भने छाडेका छैनन् ।,उनको यकिन उमेर कति थियो त्यो बेला थाहा छैन तर यो पक्कै थाहा छ कि २५ वर्षअघि अप्रिल ७ का दिन सुरु भएर १०० दिनसम्म चलेको हिंसाको क्रममा आफ्नो नाम, जन्ममिति, परिवार तथा आफूसँग जोडिएका सबै इतिहास लासको थुप्रो र रगतमा बिताउने मध्ये एक हुन् ।,नरसंहारको २५ वर्ष पूरा हुँदा ओस्वाल्ड र उनीजस्तै अरु वयश्क पुरुष तथा महिलाहरु आफूलाई एक्लै पाउँछन् । नरसंहारका बेला निकै सानो रहेकाले केही सम्झन सक्ने कुरो भएन, उनीहरुलाई विगत बताइदिने कोही छैनन् । ओस्वाल्ड र उनीजस्तै युवा युवतीहरुले भिडमा नियाल्छन्–जीवितहरु मध्ये कतै आमाबुवा वा आफन्तहरु पो छन् कि भनेर ।,नरसंहारमा टुट्सिस र मोडरेट हुटुस समुदायका ८ लाख मानिसको ज्यान गयो । अतिवादी हुटु आदिवासी बिद्रोहीको हिंसामा परेका आफन्तहरु जीवित रहेको आश ओस्वाल्डले मार्न सकेका छैनन् ।,ओस्वाल्डले आफूले जान्ने भएदेखि जीवित राखेको भय र आशको कुरा बताए, ‘आधा मन भन्छ मेरा मातापिता नरसंहारमा मर्ने मध्येमा परे तर आधा मन भन्छ उहाँहरु जीवितै हुनुहुन्छ यतै कतै ।’,ओस्वाल्ड जस्तै झण्डै ९५ हजार बालबालिका नरसंहारको क्रममा टुहुरा भए ।,२५ वर्षअघि तत्कालीन राष्ट्रपति युभेनाल हाब्यारिमाना चढेको विमान बिद्रोहीले अपहरण गरेका थिए । उनीहरुले युभेनालसहित विमानमा रहेका सबैको हत्या गरेर नरसंहारको सुरुवात गरेका थिए ।,ओस्वाल्डलाई फेला पारेकी हुटु महिला हुन् जोसेफिनी, उनले नरसंहारको क्रममा श्रीमान गुमाइन् । टुट्सिस समुदायका मानिसलाई सहयोग गर्ने क्रममा जोसेफिनीका श्रीमानलाई हुटु अतिवादीले हत्या गरेका हुन् ।,जोसेफिनीलाई बिद्रोही लडाकुले बलात्कार गरे र उनलाई एचआइभीको संक्रमण पनि गराए । यस्तो पीडाका बाबजुद उनले ओस्वाल्ड मात्रै होइन अरु यस्तै बालबालिकाका लागि पनि आफ्नो बासस्थानमा ठाउँ दिइन् । उनीहरुलाई आफ्नै सन्तान जसरी हुकाईन् ।,तर ओस्वाल्ड हुर्किँदै गएपछि केही छुटेको जस्तो महसुस गर्न थाले ।,ओस्वाल्डले भने, ‘अरु बालबालिका माता वा पिता थिए, त्यसपछि मलाई आफ्ना अभिभावकबारे ख्याल हुन थाल्यो ।’ तर आफ्नो पहिचान र जन्मको जरो खोज्न सजिलो छैन, किनकी उनलाई विगतबारे केही जानकारी नै छैन ।,ओस्वाल्ड जस्तै हुन् जन पियर, उनले आफ्नाबारे अनुत्तरित प्रश्नहरुको उत्तरको खोजी गर्न थालेको धेरै वर्षभयो । र अहिलेसम्म उनी बाटो वा भिडमा देखिएका अनुहारहरुमा आफ्नो विगत वा अभिभावक खोज्नु बाहेक अघि बढ्न सकेको छैन ।,२६ वर्षको भए जस्तो लाग्ने तर आफ्नो यकिन उमेरबारे जानकारी नभएका जनले भने, ‘जब आफूजस्तै देखिने व्यक्ति देख्छु, उनीहरु आफन्त हुन् कि जस्तो लाग्छ ।’,हालै उनले एक महिला देखे जो उनीजस्तै देखिन्थिन् र उनले थप जानकारी लिने प्रयास गरे । त्यसपछि थाहा लाग्यो कि ती महिलाका भाइको निधन भएको रहेछ नरसंहारको क्रममा जो जीवित रहेको भए जनकै उमेरको हुने थियो शायद । जनलाई ती महिला आमा जस्तै लागेको थियो । उनले भने, ‘जब मैले मामान एसालिया भेटेँ, म उहाँबाट प्रभावित भएँ । उहाँले चिनाउनु अघि मेरी आमा पो हो कि जस्तो लागेको थियो ।’,दुईजनाको अचेल नियमित भेट हुन्छ । शायद मामानले मरेको ठानेको भाइ जन हुन पनि सक्छन् तर डिएनए परीक्षण गरि त्यसको प्रमाण खोज्नु आर्थिक हिसाबले पहुँचमा छैन उनीहरुको ।,ओस्वाल्ड, जन र उनीहरुका साथी इब्राहिमले केही गर्नु पर्ने निश्चय गरे । त्यसपछि उनीहरुले नरसंहारमा टुहुरा बनेकाहरुको समूह बनाएका छन् ।,आफ्ना दुई साथीले विगतको कथा भनेको सुनिरहेका इब्राहिमले पनि आफ्नो उमेर यकिन भन्न सकेन । उनको उत्तर–शायद २५ वर्षको भएँ होला । उनलाई आफ्ना अभिभावकको नाम थाहा छैन ।,उनलाई आफ्ना मातापिता जीवित छन् जस्तो चाहिँ लाग्दैन । तर उनलाई आफ्नो परिवारका बारेमा थाहा पाउनु छ र आफ्नो पहिचानको जरो खोज्नु छ । उनीहरुले नरसंहार स्मृति संग्राहलयमा आफ्नाहरुको खोजी गरिरहेका हुन्छन् ।
null
३९ दिनमा सात चरणमा हुने विश्वकै ठूलो चुनावी अभियान सुरु
विश्वकै सबैभन्दा ठूलो प्रजातान्त्रिक अभ्यासको उत्सव अर्थात भारतीय लोकसभा चुनाव बिहीबारदेखि सुरु भएकाे छ । सात चरणमा हुने चुनावको पहिलो चरण बिहीबारदेखि सुरु भएकाे हाे ।,यसपटकको चुनावमा ९० करोड भन्दा बढि मतदाताले ५४३ लोकसभा सिटका लागि मतदान गर्दै छन् । भारतको चुनावमा मतदान योग्य व्यक्तिको संख्या विश्वको कुल जनसंख्याको १० प्रतिशत भन्दा बढि हो ।,भारत सन् १९४७ मा बेलायतबाट स्वतन्त्र भएपछि पहिलो पटक सन् १९५१–५२ मा चुनाव भएको थियो । अहिले चुनावमा मतदान योग्य रहेका मतदाताको संख्या अमेरिकाको भन्दा झण्डै चार गुणा बढि हो । प्रजातान्त्रिक अभ्यास गर्ने देशमा भारतपछि अमेरिका दोस्रो स्थानमा आउँछ जनसंख्या या मतदाताका हिसाबले ।,यो चुनावमा जुन पार्टीले जित्छ उसले आगामी पाँच वर्ष विश्वको ठूलो प्रजातान्त्रिक देशको नेतृत्व सम्हाल्ने छ । यसलाई अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदीको समीक्षाका रुपमा पनि लिइएको छ ।,अर्थतन्त्रका हिसाबले पनि भारत विश्वको शक्ति राष्ट्रमा पर्छ । अहिले भारतको जनसंख्या १.३४ बिलियन भन्दा बढि छ र चाँडै नै १.३९ बिलियन जनसंख्या रहेको चीनलाई उछिन्दै विश्वको सबैभन्दा बढि जनसंख्या युक्त देश बन्ने देखिएको छ ।,किसानका समस्या, गरिबी र बेरोजगारी भारतको सबैभन्दा ठूलो चुनौति हो र अहिलेको चुनावी मुद्दा पनि त्यहि बनेको छ । तर नरेन्द्र मोदीको भाजपाले राष्ट्रियताको मुद्दालाई प्रमुख बनाएको छ ।,सन् २०१४ को चुनावमा भन्दा यसपटक ८३ मिलियन मतदाता थपिएका छन् । सात चरणमा हुने चुनावका लागि १० लाख मतदान केन्द्र तोकिएका छन् । मे १९ अर्थात ३९ दिन लगाएर हुने मतदानको मतगणना मे २३ हुने कार्यतालिका छ ।,निर्वाचित भएका लोकसभा सदस्यबाटै सबैभन्दा ठूलो दल अर्थात बहुमत ल्याउने दलका नेता प्धानमन्त्री बन्ने छन् । यस्तो हुन नसकेमा गठबन्धनका नेता प्रधानमन्त्री बन्ने छन् ।,अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदीका मुख्य प्रतिद्वन्द्वीका रुपमा कांग्रेसका राहुल गान्धी रहेका छन् ।,भारतको संसदमा लोकसभा र राज्यसभा गरि दुई सदन छ । लोकसभा सबैभन्दा शक्तिशाली छ । लोकसभामा रहेका ५४३ सिट मध्य बहुमतका लागि २७२ सिट चाहिन्छ ।,पछिल्लो चुनाव अर्थात सन् २०१४ को चुनावमा नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी (बिजेपी) ले २८२ सिट जितेको थियो । यस्तै राहुल गान्धीको पार्टी कांग्रेसले ४४ सिट मात्रै जितेको थियो । कांग्रेसले सन् २००९ को चुनावमा २०६ सिट जितेको थियो ।,मोदीको पाँच वर्षे कार्यकालको जनमत संग्रहका रुपमा लिइएको चुनावमा हिन्दु बाहुल्य भारतमा उनको चर्चा बढि छ । तर उनीमाथि विभाजनको राजनीति गरेको आरोप पनि छ । भारतमा २० करोड भन्दा बढि मुस्लिमको बसोबास छ ।,केही महिनाअघिसम्म मोदी र उनको पार्टी भाजपाको जित निश्चित जस्तै देखिएको थियो । तर गएको डिसेम्बरमा प्रमुख राज्यमा भएका विधानसभा चुनावमा भाजपा पराजित भएपछि राजनीतिक समिकरण केही फेरिएको देखिन्छ । तर फेब्रुअरीमा जम्मू–कश्मीरको पुलवामामा आतंवादी आक्रमण भएपछि फेरि भाजपाको पक्षमा जनमत देखिएको बताइन्छ ।,आम निर्वाचनको पहिलो चरणमा बिहीबार भारतका ५४३ लोकसभा क्षेत्र मध्ये २० राज्यका ९१ क्षेत्रमा मतदान भइरहेकाे छ ।,बिहीबारको निर्वाचनमा दक्षिणी राज्य आन्ध्रप्रदेश र केही वर्षअघि त्यसबाट चोइटिएर अलग प्रदेशको हैसियत आर्जिन सफल तेलंगनाका सबै अर्थात क्रमशः २५ र १७ क्षेत्रमा मतदान हुने छन् ।,निर्वाचन क्षेत्रका हिसाबले सबभन्दा ठूलो प्रान्त उत्तर प्रदेशका ८० मध्ये ८ क्षेत्र, बिहारमा चार, महाराष्ट्रमाा सात, पश्चिम बंगालमा दुई, उडिसामा चार, असममा पाँच, उत्तराखण्डका सबै पाँच, छत्तिसगढमा एक, जम्मू–कश्मीरमा दुई तथा अरुणाञ्चल प्रदेशका दुई क्षेत्रमा मतदान हुने छ ।,यस्तै अण्डमान निकोवरको एक, लक्षदीपको एक, आउटर मणीपुरको एक, मेघालयका दुई, मिजोरमको एक, नागल्याण्डको एक, त्रिपुराको एक र सिक्किमको एक क्षेत्रमा सात चरणमा विभाजित भझण्डै पाँच साता लामो निर्वाचन प्रक्रियाको पहिलो चरणका लागि बिहीबार मतदान तोकिएको छ ।,भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन विरुद्ध कांग्रेस नेतृत्वको संयुक्त प्रगतिशील गठबन्धन (युपिए) चुनावी मैदानमा उत्रिएता पनि सबभन्दा ठूलो राज्य रहेको उत्तर प्रदेशका दुई क्षेत्रीय दल, समाजवादी पार्टी र बहुजन समाजवादी पार्टीले गठबन्धन बनाई दुवै राष्ट्रिय गठबन्धनबाट आफूलाई बााहिर राखेका छन् ।,निर्वाचन परिणामले त्रिशंकु संसद जन्माएमा क्षेत्रीय तथा प्रान्तहरुमा सीमित दलहरुले चुनावपछिको समिकरणमा महत्वपूर्ण भूमिका पाउने छन् ।,भारतीय जनता पार्टीबाट ‘स्टार’ प्रचारकका रुपमा प्रधानमन्त्री मोदी, पार्टी अध्यक्ष अमित शाहसँगै उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथ, गठबन्धनका नेता (जनता दल युनाइटेड) तथा बिहारका मुख्यमन्त्री नीतिश कुमार, पार्टीका अध्यक्ष शरत यादव छन् भने कांग्रेसका तर्फबाट राष्ट्रव्यापी रुपमा राहुल गान्धी, सोनिया गान्धी र छोरी प्रियंका गान्धी नै ‘स्टार क्याम्पेनर’ को भूमिकामा छन् ।
null
कुकुरका पिता भनिँदा गर्व गर्छन् प्रबिन
माया भन्ने कुरो पनि अचम्मको छ, कहाँ कोसँग वा केसँग बस्छ ख्यालै हुँदैन, तर यसको रुप जहिले अलौकिक र त्यसको आकार जहिले अनन्तः।,हामी यस्तै मायामा परेकाहरुकालाई भेटन् गएका थियौँ, ललितपुर सानेपा (रिङ्गरोड पारी, कांग्रेस पार्टी कार्यालय भन्दा केहीअघि)।, भेट्न गएका पात्र थिए, प्रबिन बज्राचार्य। खाइलाग्दो ज्यान छ, जीवन अस्तित्वमा आएको चार दशक पुग्न लाग्यो र उनी सम्बन्धहरुको सही अर्थ बुझाउने मायामा परेको दुई दशक भयो।,प्रबिनको माया कुकुरमा छ। उनको नाम नै कुकुरसँग जोडिएको छ। हामीले हुर्की बाँचेको समाजमा प्रायः ‘कुकुर’ को पहिचान गालीको रुपमा छ। तर संसार यस्तो पनि छ जहाँ कुकुर र कुकुरसँग जोडिनु सम्बन्धहरुको उत्कृष्टताको माथिल्लो माध्यम ठानिन्छ।,यस्तै मायालु पात्र हुन् प्रबिन, जसले कुकुरलाई आफ्नै सन्तान जसरी माया गर्छन्।,१७/१८ वर्षको हुँदादेखि थाहा पाउने गरेर प्रबिनलाई कुकुर सारो मन पर्न थालेको हो। संगीत पढेर संगीतमै लागेका थिए। आम्दानी राम्रो थियो। मन भने संगीत भन्दा कुकुरमा तानियो। अनि होमिए कुकुरकै स्याहारमा र बनाए आफ्नो छुट्टै ‘कुकुर संसार’। कुकुरलाई वात्सल्य र ममताको ओढाउन थाले।,यहाँ कुकुर संसारले गालीलाई संकेत गर्दैन। अझ, त्यो पनि स्वार्थ बिनाको मायालाई जनाउँछ प्रबिनको कुकुर संसारले।,उनको कुकुर संसार ‘के नाइन डग ट्रेनिङ्ग एण्ड केयर’ मा पुग्दा दिउँसोको साढे तीन हुँदै थियो। गेट खोलेर भित्र पस्ने बित्तिकै कोलाहाल सुरु भयो कुकुरको। नयाँ भएकाले हामीलाई देख्ने बित्तिकै भुक्न थाले प्रबिनको संसारका ती पात्रहरु। केही बेरपछि प्रबिन भित्रिए, गेटबाट घर पस्दै गर्दा उनले के भने कुन्नी कुकुरहरु चुप लागे। अनि उनैतिर हेर्न थाले।,केहीबरेपछि बाहिर आए र कुकुरहरुलाई उनीहरुका नाम लिँदै बोलाउन थाले। अनि मात्रै हामीसँगको कुराकानी उनको दोस्रो प्राथमिकतामा पर्‍यो।,खासमा प्रबिन कसैले फेसबुकमा पढाइदिएको कुकुरको तस्बिर (जसमा कुकुरको खुट्टा थिएन) हेर्दै त्यही कुकुर खोज्न गएका रहेछन्। लखतरान परेर फर्किएका प्रबिनमा थकाई भन्दा त्यो दुःख पाएको कुकुर नभेटिएको पीडाको प्रचुरता स्पष्टै बुझ्न सकिन्थ्यो।,उनको साथमा एक युवती पनि थिइन्। प्रबिनकै भनाईमा उनी झन खतरा कुकुर प्रेमी हुन्। नामः सुस्मिता रञ्जित, उमेरः २४ वर्ष, घरः बसन्तपुर, पेशाः कुकुर ब्युटिसियन।,सुन्दा अचम्म लाग्यो, कुकुर ब्युटिसियन, तर साँच्चै हो रहेछ उनले विदेशबाट कुकुरको स्याहार र उनीहरुको कपाल तथा नङ्गसहितको शृङ्गार र व्यवस्थापनबारे तालिम लिएर आएकी रहिछन् सुस्मिता।,अहिले प्रबिनसँग कुकुरको स्याहार, उद्धार र पालनपोषणमा व्यस्त छिन्। प्रबिनले उनलाई कुकुरलाई तालिम दिने तरिकाहरु पनि सिकाइरहेका छन्, सुस्मिता पनि सिक्दै छिन्। सुस्मितासँग परिचयको औपचारिकता पछि हामी हाम्रो विषयमा फर्कियौँ।,कुकुरसँगको स्नेहका कारण छोड्नु परेका धेरै सम्बन्धहरु रहेछन्। ती सम्बन्ध निर्वाह गर्न आफू असफल रहेको उनले सम्झिए।,अहिले के नाइन डग ट्रेनिङ्ग एण्ड केयर रहेको ठाउँ उनको पुर्ख्यौली घर हो, बुवाको आम्दानीको उपज। बसन्तरपुरमा बसोबास थियो तर उनले दुई दशकअघि कुकुरको घर बनाउने भन्दै सानेपाको घर बुवासँग मागे। बुवाले दिएनन्। उनले टहरो बनाएर त्यहीँ बसे। त्यो कुकुरको घर पनि बन्यो, अव्यवस्थित।,पहिले नपाएको ठाउँ नै अहिले ‘डग सेल्टर’ बनेको छ। यो उपलब्धीले आफ्नो जीवन धन्य भएजस्तो लाग्छ प्रबिनलाई।,प्रबिनको पेशा कुकुरकै वरिपरी घुम्छ। उनको बिहान कुकुरबाटै सुरु हुन्छ र राति अबेरपछि कुकुरमै अन्त्य हुन्छ। उनको माझिएको छ। यो सम्बन्ध फैलिँदै जाँदा उनका अरु धेरै सम्बन्धहरु भने कुँडिएको छ।,बुवासँग अहिले पनि त्यति राम्रो छैन। अहिले पनि कुकुरको काम गर्ने भनेर होच्याउने नजरले हेरे जस्तो लाग्छ बुवाले उनलाई। तर आमाले भने जहिले साथ दिइन् । भन्छन्, ‘आमाले चाहिँ तैँले मन लागेको गर भन्नुभयो, उहाँको साथ छ।’,श्रीमतीलाई खासै समय दिन भ्याएका छैनन्। नातागोता, इष्टमित्र अनि चाडपर्व वा भनौँ मर्दापर्दा पनि उनी खासै पारिवारिक रुपमा भेला हुन भ्याउँदैनन्। ‘यी सम्बन्धहरु स्याहार्न खोज्दा यता कुकुरले दुःख पाउँछन्, कुकुरको दुःख म हेर्न सक्दिन’, प्रबिनले अमिलो बन्दै गएका केही सम्बन्धहरुका कारण उप्काए अलिअलि।,सबैभन्दा गारो उनका दाइको केही वर्षअघि मृत्यु हुँदा भयो। उनले त्यो अप्ठ्यारो सम्झिए, ‘तीन वर्षअघिको कुरो हो, दाइको मृत्यु भयो, अस्पतालमा शव थियो। आमालाई भनेको थिएन। दाइको शव अस्पतालमै छोडेर म यहाँ कुकुरहरुलाई खुवाउन आएँ। त्यति मात्रै कहाँ हो र, किरिया बसिरहेका बेला कसैलाई नभनी यहाँ आएर यिनीहरुलाई मासु दिन्थेँ। उनीहरुलाई खुशी राख्नु मेरो धर्म बनेको थियो।’,विशेष गरी हिन्दु संस्कारमा जुठो परेका बेला (घरमा कसैको निधन भएको समय) माछा मासु खान नहुने वा कुकुर–बिरालोसहितका प्राणीसँग छोइन नहुने चलन छ। तर प्रबिनले त्यसलाई पनि तोड्नु परेको छ। दाइको मृत्युका बेला पनि ढाँटेर आउनु पर्दा साँच्चै नराम्रै कामका पो गरेको रैछुको जस्तो पनि नलागेको हाइन उनलाई। तर कुकुरले भुकेपछि त्यो सबै उडिजान्थ्यो।,प्रबिनका दुई वर्षका छोरा छन्। हुर्किँदै छन्, तर उनलाई आफ्नो अंश परेका छोरा मात्रै आफ्ना सन्तान हुन् जस्तो लाग्दैन। हुर्काएका, उद्धार गरेका वा सबै कुकुरहरु आफ्ना सन्तान जस्तो लाग्छ उनलाई। आमा र बाको मायामा ममता हुन्छ, वात्सल्य हुन्छ।,प्रबिनले सुनाए ‘हुन त मेरो छोरा पनि छ। तर उ मात्रै होइन, यी सबै मेरा सन्तान जस्तो लाग्छ। आफ्ना हुन् यिनीहरु, मेरो केही छ जस्तो लाग्छ।’,कुकुरका बा भनेर कसैले भन्यो भने कस्तो लाग्छ? भन्दा उनको अनुहारको चमक फरक बन्यो तत्काल। र भने, ‘कहाँ रिस उठ्नु, राम्रो लाग्छ नि, मलाई त कतिले प्रबिन भन्दा पनि कुकुर प्रबिन भनेर चिन्छन्।’,बस कुकुर पाल्नेले अलिकति समय दिनु पर्ने उनले बताए। उनले भन्दै गए, ‘छोराछोरी जन्मिएपछि हुर्काउने बेलासम्म कति मेहतन गर्छौँ । कुकुरका लागि त्यति गर्नु पर्दैन, दिनको १० मिनेट जति सिकायो भने धेरै सिक्छ र बाँचुन्जेल माया गर्छ कुनै स्वार्थ बिना।’,प्रबिनले कुराकानीको अन्त्य तिर भनेका थिए, ‘कुकुरले मलाई जीवन सिकाएको छ, सम्बन्ध बुझाएको छ र संघर्षको राम्रो पाठ दिएको छ । यी मेरा आफ्ना हुन्, सन्तान हुन् र त्यो भन्दा बढी जीवन–गुरु हुन् ।’,यति भनेर प्रबिन काममा व्यस्त भए । उनलाई भेट्न भनिमण्डलका दीपक र शोभा रिसाल आएका थिए । आफूले जन्माएका सन्तानलाई भेट्न अमेरिका जानु परेछ, अनि ८ वर्षअघि लगेको कुकुर सन्तान (गोरे) का लागि आश्रय खोज्दै प्रबिनसम्म पुगेका उनीहरु ।,प्रबिन गोरेका बुवाआमासँग व्यस्त भए, हामी प्रबिनका सन्तानहरुलाई केहीकेर हेरेर फर्कियौँ ।
टंक ढकाल
करिश्मा मानन्धरले तय गरेको स्कूल यात्राको महत्वपूर्ण खुड्किलो, एसइइ
उमेरले उकालो लाग्दै गर्दा जीवनका भारीहरुको बोझ झन गह्रुंगो बन्दै जान्छ । बिसाउने ठाउँहरुको खोजी हुन्छ चाँडो–चाँडो ।,थकाई मारेर सुस्ताउने मन पनि हुन्छ, तर केहीमा भने छुटेको चिज पाउने चाहले यसरी उर्जा दिन्छ कि सबै थकानहरु पाखा लगाउन सक्छन् ।,जीवनमा भोगका विविध अनुभवहरुको उत्साह, निराशा र अप्ठ्यारो–सजिलोको भारीको बोझबाट नथाकी हिजो छुटेको चिज लिने अभियानकी यात्री हुन्, अभिनेत्री करिश्मा मानन्धर ।,२०४४ सालमा सन्तान चलचित्रबाट सुरु भएको करिश्माको अभिनय यात्राले अझै पनि ‘करिश्मा’ देखाइरहेको छ । १५ वर्षकी थिइन्, पर्दाको रमझममा ३१ वर्ष बित्यो यहि क्षेत्रमा ।,४६ वर्षकी करिश्मा केही समय चलचित्र क्षेत्रबाट पर रहे पनि जोडिइरहेकी थिइन् । अहिले भने उनी अभियन भन्दा आफूले सानैमा छुटाएको खुशी समेट्ने अभियानमा छिन् । उनको त्यो खुशीले अब आकार लिने बेला भएको छ ।,करिश्माको खुशी स्कूल हो । उमेरले ४० नाघेर ५० को हाराहारीमा पुग्ने बेला स्कूले पोशाकमा विद्यालय धाइरहेकी करिश्मालाई कहिले लाज लाग्यो, कहिले दकस पनि ।,तर उनले टुटेर फेरि जोडिएको स्कूल यात्रा यो पटक छोडिनन् । यसकै परिणाम, आइतबारदेखि सुरु भएको माध्यामिक शिक्षा परीक्षा (एसइइ) दिने देशभरका चार लाख ७५ हजार विद्यार्थी मध्ये करिश्मा मानन्धर एक हुन् ।,करिश्माले आइतबारदेखि एसइइको खुड्किलो पार गर्ने परीक्षामा खुशीले स्वागत गर्दै छिन् । उनलाई यो परीक्षासँग डर भन्दा आफ्नो पन बेसी छ । सपनाहरुले बुनेका धेरै रहरहरुको साँचो यहि परीक्षामा छ जस्तो लागेको छ ।,६ महिनाअघि हामीले करिश्मालाई एसइइको तयारीका लागि व्यस्त भइरहेका बेला भेटेका थियौँ र उनको दैनिकीलाई समेटेका थियौँ । त्यसपछिका रहेक दिन उनले उसै गरि बिताइन्, यहाँसम्म आइपुगिन् । करिश्माले केही अहिले पनि उस्तै मेहनत गरेकी छन् ।,करिश्माले डिल्लीबजारको विजय स्मारिका स्कूलमा परेको केन्द्रबाट परीक्षा दिँदै छिन् । उनीसहित उमेरले स्कूलको बाटो नछेकिएका सबैलाई शुभकामना ।
सुजाता खत्री
बेवारिसे लासमा भुलेको जीन्दगी
पशुपति मन्दिरको पार्किङस्थलसम्म डुङ्डुङ्ती लासको गन्ध आइरहेको थियो। कोही हातले नाक थुनेर, कोही माक्स लगाएर मन्दिरतिर अगाडि बढिरहेका थिए। अनि, उताबाट पिच्च–पिच्च थुक्दै फर्किरहेका देखिन्थे कोही। मन्दिरको दक्षिणतिरबाट आर्यघाट जानेबाटो छ। त्यहीबाटोबाट वागमति नदीतिर अगाडि बढ्दा सिधै १० नम्बरको चिता भेटिन्छ।,चिताको छेउमा महालक्ष्मि नगरपालिका ७ टिकाथलिका विनयजंग बस्नेत लासका थुप्रा पल्टाउँदै थिए। झिंगा भन्किरहेका थिए उनले पल्टाउँदै गरेका लासमा। केही ठिटाहरु, अनि दुईजना ठिटीहरुले लास सार्न र चिता बनाउन विनयलाई सहयोग गरिरहेका थिए।,आइतबार विनयले भक्तपुरबाट ५ वटा बेवारिसे शव ल्याएका रहेछन्। विभिन्न ठाउँमा फेला परेका बेवारिसे शव पोष्टमार्टम गरेर प्रहरीले विनयलाई जिम्मा लगायो। त्यही भएकाले कुहीसकेका थिए ती शवहरु।,पशुपतिका एकदेखि दश नम्बरसम्मका चिता शवले भरिएका थिए। तर ८ नम्बर र १० नम्बर चिताको कथा फरक थियो…..।,यी दुईवटा चिता विनयले बुक गरेका थिए बेवारिसे शव जलाउनका लागि। केहीबेर लगाएर दुई भाइले चिता तयार गरे। दाउरा र पराल मिसाएर तयार गरिएको चिता माथी तीन वटा लास चढाए। तीन पोका डाल्डा लगेर खल्याए। त्यसपछि विनय बाति लिएर अगाडि सरे र चितामा घुम्न थाले। ती अपरिचित लासमा दागबति दिए।,यसअघि विनयले यस्ता अपरिचित एक सय ८० वटा लासमा दागबति दिइसकेका थिए। एक नावालकसहित त्यो दिन ६ वटा लास बटुलेका थिए। योसँगै उनले दाहसंस्कार गरेका लासको संख्या एक सय ८६ पुग्दै थियो।,विनयले दागबति दिएभन्दा माथितिरका चिताको कथा भिन्दै थियो । त्यहाँ आफन्तहरुको रुवाबासि, चितामा पूजा र दागबति दिनेहरु पनि धेरै जना हुन्थे । तर विनयहरुले डढाउँदै गरेको चिता आसपास न कसैको रुवाबासी, न कुनै भीड। तिन चार जना पालैपालो दाउरा घचेडिरहेका थिए, कुनै सामान्य कार्य पूरा गरेजस्तै । लासको डुङ्डुङ्ती गन्दको उनीहरुलाई कुनै प्रवाह थिएन । न माक्स लगाएका थिए, न त कुनै घिन मानेको देखिन्थ्यो।,विनयलाई त यो बानीनै परिसकेको छ, ६ वर्षमा । अरु पनि विस्तारै बानि पर्न थाले, लाज घिन मान्न छाडे।,विनय आफै दुर्व्यसनीमा फसेर बेवारिसे बनेका थिए। जाँड–रक्सी र कुलतसँग नजिकिएपछि परिवारबाट टाढा भएका थिए।,परिवार आर्थिक अवस्था राम्रै थियो। काठमाडौँको ठाउँमा घर–जग्गा भएको । बुबा श्यामबहादुर सरकारी जागिरे। कुरा १४ वर्ष पहिलेको हो। केही दिनदेखि उनी हराए । परिवारले खोजी गरिरहेका थिए। तर एक्कासी खबर आयो, ‘शिक्षण अस्पतालमा ५/६ वटा बेवारिसे लास छन्। विनयका परिवार त्यतैतिर लागे । अस्पतालको थुप्रोमा भेटिए विनयका बुवा श्यामबहादुर।,एउटा सहसचिव तहको कर्मचारीको बेवारिसे मरन भयो। अस्पतालबाट बुवाको शव लिएर विनय आर्यघाट पुगे।,आर्यघाटका सबै चिताहरु त्यो साँझ खालि नै थिए। पशुपतिको एक नम्बर चितामा बुवाको दाहसंस्कार गरिरहँदा विनयले शिक्षण अस्पतालका बाँकी बेवारिसे लास सम्झिरहेका थिए। त्यतिबेला उनले सोचेका थिए, ‘आखिर यहाँ यत्रा चिता खाली नै छन्, उनीहरुको लास किन त्यहाँ छाडिएको होला, यहाँ ल्याएर जलाउन पाएको भए पनि त शान्ति मिल्थ्यो होला नि !’ यो त विनयको मनमा उब्जिएको कुरा न थियो। ती डुङ्डुङ्ती गनाएका लास जलाउने कसले र !,त्यसपछि ती लास कहाँ लगेर व्यवस्थापन गरियो त्यो त विनयलाई पनि थाहा भएन। उनले बरु अठोट बनाए, ‘कुनै दिन मिलेछ भने म यस क्षेत्रमा काम गर्छु। कसैका पनि लास कौवा र चिलले लुछ्ने अवस्था आउन दिन्न।’,तर त्यो दिन बुवाको दाहसंस्कार सकेपछिका दिन विनयका सम्झन लायकका रहेनन्। बेवारिसे लास रहन नदिने अठोट गरेका विनय आफै बेवारिसे भए। रक्सीको लतले उनले जिउ छाडे, श्रीमतीले उनलाई छाडिन्। छोरी लिएर हिडिन् श्रीमती।,आमा विनय १४ वर्षको हुँदै बितिसकेकी थिइन्। विनयका दुई बहिनी र एउटा भाइ थिए। लत्तो छाडेका विनयलाई उनीहरुले पनि केही गर्न सकेनन्। बुबा र आमाको मृत्युपछि घरको अविभावक विनयनै थिए, त्यो पूरा गरेनन्।,तर पछि विनयको जीबन शैली फेरियो।,आफू रक्सीबाट टाढिएर अरुलाई सम्झाउन थाले। विनय भन्छन्, ‘मलाई सबैले घृणा गर्न थाले, आफन्तहरु पनि टाढिए । लाग्यो यसरी नहुने रहेछ!’,६ वर्ष पहिले विनयले बेवारिसे जीवन त्यागे। जहाँ गए पनि साँझ घर फर्किन थाले। बिस्तारै सामान्य जीबनमा फर्किए विनय।,कुरा चार वर्ष पहिलेको हो। इमाडोलमा मान्छेहरुको भीड लागेको थियो। त्यो भीड देखेर विनयले सोधे, एक जना बेवारिसे बृद्ध छट्पटाइरहेका थिए। मर्न लागेका बृद्धलाई पानी खुवान जम्मा भएका रहेछन्, ती मान्छेहरु।,त्यो भीडमा विनयले भने– यसरी कहिले मर्छ भनेर मृत्यु कुरेर हुँदैन, अस्पताल लैजाऔं । तर उनलाई साथ दिने कोही भएनन्।,बरु कसैले भने, ‘यस्तो मान्छे छुनु हुँदैन प्रहरीले केस लाउँछ।’ विनयले नै प्रहरीलाई खबर गरे। प्रहरी पुगेपछि प्रहरीको रोहबरमा विनयले ती वृद्धलाई किस्ट अस्पताल लगे। किस्टले कोही पनि आफन्त नभएको भन्दै उपचार गर्न मानेको थिएन। विनयले ‘मै हुँ यो मान्छेको आफन्त, म जिम्मा लिन्छु उपचारको’ भनेपनि किस्टले उपचार गर्न मानेनन्।,त्यसपछि पाटन अस्पताल लगे पाटन अस्पतालमा भर्ना गरेको एक घण्टामा ती वृद्धको ज्यान गयो। मरेपछि ३५ दिनसम्म कानूनी रुपमा त्यो शव केह ीगर्न मिलेन । तर ३५ औँ दिनसम्म पनि कोही आफन्त नआएपछि ३६ औं दिनमा अस्पताल पुगेर विनयले भने, ‘मैले अस्पतालमा ल्याएको मान्छेको म आफै दाह संस्कार गर्छु।’ सातदोबाटो प्रहरीले कागज तयार गरिदियो र विनयले ३६ औँ दिनमा गोदाबारी घाटमा लगेर दाह संस्कार गरे। यहीबाट सुरु भएको थियो विनयको बेवारिसे शवसँगको जीन्दगी।,त्यसपछिका चार वर्षमा चार वटा घाटमा एक सय ८६ वटा शव जलाइसके। बेवारिसे शव जलाउन गोदावारी घाट, शंखमुल, हनुमान घाट र पशुपतिमा लैजान्छन्। त्यसमध्य पनि सबैभन्दा धेरै पशुपतिमा नै दाहसंस्कार गरेका छन्।,यसरी बेवारिसे शवको दाहसंस्कार गर्दै गर्दा उनको टिममा सदस्यहरु थपिँदैछन्। हौसला मिल्दैछ। सबैले राम्रो गरिस् विनय त भन्छन् तर विनयले आफ्नो घर जग्गा बैंकमा राखेर लिएको ऋण पनि थपिँदैछ।,हिजो–आज त सडकमा बेवारिसे लास भेटिएपछि स्थानीयले सिधै विनयलाई खबर गर्न थालेका छन्। अनि, विनयले प्रहरीलाई भन्छन्। प्रहरीले अस्पताल पुर्याएर पोष्टमार्टम गरेपछि गन्हाएका लासहरु विनयलाई जिम्मा लगाउँछ।,सरकारी संयन्त्रले नै लास जिम्मा लगाउँछ, अनि पशुपतिमा चिताको शुल्क उठाउँछ। एउटा चिताको एक हजार ६ सय रुपैयाँ तिर्नुपर्छ विनयले। दाउरा, पराल र घिउमा पनि उतिनै खर्च हुन्छ। रिलायबल फाइनान्समा अहिले पनि ऋण तिर्नु विनयले ५ लाख रुपैयाँ । बालकोटको सहकारीबाट पनि ऋण लिएका छन्। उनले सहयोग भने मागेका छैनन्, छिट्फुट आउने सहयोग बाहेक आफ्नै खर्चमा चलेका छन् विनय। ‘सहयोग माग्न थालें भनेत पैसाका लागि गरेजस्तो ठान्लान् नि’, विनय भन्छन्, ‘बरु घर जग्गा सिध्याउँछु तर मागेर समाजसेवी बन्दिनँ।’,राज्यले गर्नु पर्ने दायीत्व विनयले गरिरहेका छन्। तर पनि राज्यसँग उनको कुनै गुनासो छैन। अस्पतालले पोष्टमार्टम गरिदिन्छ, प्रहरीले कागजात तयार गरिदिन्छ र विनयलाई लास जिम्मा लगाउँछ यसैमा खुशी छन्।,कतिदिन गर्ने त यो काम ?,यसको जवाफ विनयले सजिलै दिए, ‘जहिलेसम्म सक्छु त्यहिलेसम्म म गर्छु। कुनै न कुनै दिन त राज्यको आँखा पर्ला नि !’
उजिर कार्की
नक्खु बमकाण्डमा सिमप्रसादको ज्यान गयो तर उनकी पत्‍नीले धर्ती-आकाश दुवै गुमाइन्
खासमा ‘क्षति’ शब्दको यकिन नाप हुँदैन। तर यसको भोगाइ र अनुभूति व्यक्ति पिच्छे फरक हुन्छ। कुनै क्षतिलाई फेरि पूर्ण गर्न सकिन्छ भने कुनै क्षतिको भर्ताला र मूल्य तोक्न नै गाह्रो हुन्छ।,जीवनभर साथ रहने बाचा कसम खाएको, त्यो पनि स्वस्थ अवस्थामा रहेको साथीले यसरी जीवनको बिच बाटोमै छाडेर जालान् भन्‍ने ३९ वर्षीया सुशीला गुरुङले कल्पना पनि गरेकी थिइनन्। तर उनको जीवनमा यस्तै बज्रपात पर्‍यो। शुक्रबार साँझ साढे सात बजे नख्खुको एनसेल कार्यलय अगाडि बम बिस्फोट भयो। धुँवा र धुलो उड्यो । त्यही बिस्फोट नख्खुका सिम प्रसादको ज्यान लिने कारण बन्यो।,दुर्घटनामा घाइते भएका गुरुङको उपचारको क्रममा शुक्रबार राति साढे १२ बजे निधन भयो। अस्पतालको एमर्जेन्सीमा उनले श्‍वास फेर्न छोडे, बाहिर कुरिहरेकी सिमप्रसादकी श्रीमति सुशीला नि:शब्द भइन्। उनलाई के भयो थाहै भएन।,लमजुङका स्थायीबासी सिमप्रसाद केही समयदेखि नक्खु बस्दै आएका थिए।,उनको घरको गेटमा धेरै जुत्ता, चप्पलहरु थिए। आँगनमा राखिएका प्लास्टिकको कुर्सीमा मानिसहरु बसिरहेका थिए।,घरभित्र छिर्ने बित्तिकै दाहिने पट्टिको हलमा सिप्रसादको फोटोमा माला लगाइएको थियो। प्रहरी पोशाकमा खिचिएको त्यो फोटोमा उनी मुसुक्क हाँसेका थिए।,हलमा उनको फोटो अगाडि बसेर आफन्त सुक्सुकाउँदै थिइन्। भान्सामा खाना बन्दै थियो। दुई-तीन जना सिमप्रसादको परिवार – श्रीमती, छोरा छोरीलाई खाना खुवाउने तरखरमा थिए।,घरको दोस्रो तलामा धेरै मानिसहरु थिए। तर घरमा हल्लाखल्ला थिएन। लमजुङबाट ज्यान गुमाउने गुरुङका आफन्तहरु शनिबार बिहानै काठमाडौँ आएका थिए। बच्चाहरु पनि शान्त थिए। उनीहरु गुरुङको शव के गर्ने भनेर छलफल गर्दै थिए।,शनिबार नेपाल मेडिसिटी अस्पतालमा सांसद पम्फा भूषाल, सांसद देव गुरुङ, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसहित प्रहरी प्रमुख सर्वेन्द्र खनाल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सरकारको  तर्फबाट १० लाख क्षतिपूर्ति दिने र घाइतेको उपचार गर्ने प्रतिवद्धता व्‍यक्त गरेका थिए।,सरकारको प्रतिवद्धतापछि उनको शरीरलाई पोस्टमार्टनको लागि पाटन अस्पताल लगिएको थियो। सरकारले क्षतिपूर्ति गर्ने आस्वासन दिएपछि उनको शरीर आइतबार साँझ पाटन अस्पतालबाट ल्याइने सिंगापुर पेन्सनिस्ट एशोसियसनका अध्यक्ष भोगेन्द्र गुरुङले बताए।,उनको दाहसंस्कार सोमबार बिहान गरिने पारिवारिक श्रोतले जनाएको छ।,आइतबार बिहान कोठामा सुशीला पल्टिहरेकी थिइन्। उनीसँगै दुईजना साथीहरु थिए। घटना भएको दिनदेखि उनले केही खाएकी थिइनन्। उनलाई आफन्त र साथी सम्झाउँदै थिए, ‘जानेले छोडेर गएपनि हामी बाँच्नुपर्छ।’ ‘छोराछोरीका लागि खानुपर्छ।’ भने सम्झाउँदै थिए भने ‘भाग्य नै यस्तै रैछ’ भनेर पिलपिलाउने पनि थिए।,सुशीलाको आँखा सुन्‍निएका थिए, मुख फुलेका थिए। एक तमासले हेरिरहेकी थिइन्। पातलो ब्ल्याङकेट ओडेर ढलेकी सुशीलालाई साथीले कर गरेपछि उठिन् अनि खाना खाने कोसिश गरिन् तर उनलाई खाना पटक्कै रुचेन।,एक तमासले तलपट्टि हेरिरहेकी सुशीला त्यहाँ आएका मानिसको अनुहार खासै हेर्दिनथिन्। बम बिस्फोटमा पर्नु अगाडि छुट्टिएका साथीसँग ‘कतिबेला छुट्टनुभयो’ भनेर सोधिन्।,सुशीलाले श्रीमान् बम बिस्फोटनमा परेर घाइते भएको खबर पहिला नै पाइसकेकी थिइन्। उनी मेडिसिटिमा आकस्मिक कक्ष बाहिर श्रीमान्को स्वास्थ्यको खबर जान्न आतुर भइरहेकी थिइन्, कसैले उनलाई के भईरहेको छ भनिरहेको थिएन। तर साढे १२ बजे उनले श्रीमान्‌ले संसार छोडेको खबर पाइन्।,सिमप्रसाद र सुशीलाको दुई छोरी एक छोरा छन्। जेठी छोरी स्वेता गुरुङ अष्ट्रेलियामा पढ्दै छिन्। सिना नेपालमा नै कलेजमा अध्ययनरत छिन्। छोरा अंकुश गुरुङ कक्षा ६ मा पढ्दैछन्। सिमप्रसादकी जेठी छोरी आइतबार साँझ नेपाल आइपुग्दैछिन्।,घटनापछि उनलाई भेट्न थुप्रै मान्छे आए। केही परे हामी छौ भन्दैछन्। अहिले खचाखच भरिएको घरमा सिमप्रसादको कमी छ। जुन जहिले उनलाई खड्किनेछ। सिमप्रसाद उनका श्रीमान् र बच्चाका पितामात्र थिएनन् उनको आड भरोसा थिए। उनले टेक्ने सुरक्षित जमिन अनि उनी स्वतन्त्र भएर उड्ने आकाश थिए। बिना कुनै दोष सिमप्रसादले ज्यान गुमाए, सुशीलाले धर्ती आकाश दुवै गुमाइन।
सुजाता खत्री
‘अर्कोपटक सँगै दसैँ मनाउनुपर्छ है भन्दै बिदा भएको थियो’
अर्कोपटक पनि यसरी नै सबैसँगै बसेर दशै मनाउनुपर्छ है भन्दै विदा लिएको थियो साहिलो छोरोले, तर अब यसरी दशै मनाउन नजुर्ने भयो,’ गहभरी आँसु पार्दै ८५ वर्षीया सावित्रा दाहाल सुक–सुकाउँदै थिइन्।,बिहीबार अपरान्ह विराटनगर ३ स्थित सुनौलो विहानी टोलमा रहेको घर बृद्धा दाहाल आफ्नो छोरोको विलौना गरिरहेकी थिइन्। दाहालको साहिलो छोरा युवराज दाहाल हुन्। बुधबार दिउँसो युवराज दाहालको ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएको थियो।,चार दाजुभाइ मध्ये साहिला युवराज कर्तव्यनिष्ट कर्मचारीको दर्जामा रहेका थिए।गतवर्ष प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठन गरेसंग युवराजलाई प्रधानमन्त्री कार्यालयमा जिम्मेवारी सुम्पिएका थिए।,प्रधानमन्त्री ओलीका नजिक र कार्यशैलीमा निपूर्ण युवराजको निधनको खबर आमाले घटना भएको करिब २ घण्टापछि मात्र थाहा पाएकी थिइन्। कृषि विकास बैंकमा अधिकृतस्तरमा कार्यरत जेठो छोरा देवराजले जानकारी गराएपछि मात्र सावित्राले घटनाबारे थाहा पाएकी थिइन्।’आमालाई एक्कासी भन्दा गाह्रो हुनसक्ने भएकाले विस्तारै सबै भएर भनेका थियौं,’ ६६ वर्षीया जेठी दिदी धनकुमारी दाहालले बताइन्।,गएको एकमहिना अघि भक्तपुरस्थित घरमा पुग्दासमेत भेट हुननसकेको बताएकी धनकुमारीले भनिन्, “फोनमा गफ हुनु एककुरा तर, भाइसंग करिब डेढमहिना अघि भएको भेटनै अन्तिम भयो। भक्तपुर पुग्दा झापा दमक पुगेको रहेछ।’,प्रधानमन्त्री कार्यालयमा रहेकाले बाहिर काममा गइरहनु नौलो कुरा नभएको बताएकी धनकुमारीले विहीबारको दुर्घटनाको खबर भने फोनबाट थाहा पाएकी थिइन्। “सपरिवार झापा जानेक्रममा थियौं सोही समय जेठो भाइ देवराजले तुरुन्त विराटनगर फर्कनु भनेर बोलायो, केही थाहा थिएन। यहा आएपछि घटनाबारे थाहा पायौं,’ उनले भनिन्।,आमा सावित्राले छोरा सम्झदै भनिन्, ‘भेटका लागि आउदाँ कहिल्यै खाली हात आएन। बुढेसकाल लाग्यो छोरीछोरी भेटमा आउदाँ आशा लाग्दो रहेछ।तर मलाई कहिल्यै निराश बनाएन उसले।’ ‘सधै आउदाँ धेरै गफ हुदाँ म आमालाई हेर्छु भन्थ्यो,” बोली लरबराउदै सावित्राले भनिन्।,‘आफू सुगरको विरामी आउदाँ लत्ताकपडा, सुगर फ्रि विस्कुट र सधै मुस्कुराइ रहने वातावरण बनाउदै आउथ्यो” उनले छोरा सम्झिदै भनिन्। गएको दशैमा सबैजनाले विराटनगरमा रमाइलो गरेका थियौं छोराबुहारी सबै, तर अब एकसदस्यको कमी रहिरहने भयो, घरमा आएका इष्टमित्रसंग सावित्राले गुनासो गर्दै गइन्। घरमा पनि यूवराजको धेरै कुरा जेठी भाउजु सुशीलासँग हुने गर्थ्यो, आमाले बताइन्।,त्यसैलेपनि घटना भएलगत्तै सबै दाजुभाइ, भाउजु काठमाडौं पुगिसकेकाछन्। तरपनि आमाको मन भने, छोराको कामकाज भने विराटनगरमै गर्न पाए हुन्थ्यो भन्ने रहेछ। मलिन स्वरमा सावित्राले भने, “छोरोलाई अन्तिमपटक देखेको करिब पाँच महिना भइसकेको छ। अन्तिमसमय यतै काम गर्न पाए हुन्थ्यो। खै अब छोराहरुले के गर्छन्।”,२०२८ साल माघमा दमकमा जन्मिएका युवराज पढ्नमा पनि उत्तिकै तेज भएको दिदी धनकुमारी बताउछिन्। सानै छदाँ झापाको इटाभट्टा स्कुल र गुवाबारी स्कुलमा अध्ययन गरेका युवराजले उच्च शिक्षा भने धनकुटास्थित धनकुटा बहुमुखी कलेजबाट पुरा गरेको धनकुमारी खतिवडाले बताइन्। सानै थियो पढ्नमा तेज पढ्दै गर्दा सरकारी जागिरमा प्रवेश गरेको थियो दिदी धनकुमारीले सम्झिन्।,दमकमा जन्मिएका दाहालले २०६३/६४ सालमा गौरीगञ्ज निवासी बन्दना पौडेलसंग मागी विवाह गरे। हल उनको कक्षा ६ मा अध्ययनरत नवल दाहाल छोरा र एक सानी छोरी नुरिया मोन्टेश्वरीमा छिन्।,विद्यार्थीकालमा राजनीति भन्दापछि कानुन विषय औधि मनपर्थ्यो उनले बताइन्। यसक्रममा युवराजले हुलाकदेखि नगरपालिकासम्मको जिम्मेवारी वहन गरेका थिए।,जागिरका क्रममा इलाम नगरपालिकामा प्रशासकीय अधिकृतको जिम्मेवारी वहन गरेसंगै दमकमा पछिल्लोसमय कार्यरत थिए। सोही क्रममा प्रधानमन्त्री ओलीको नजरमा दाहाल परेका थिए। यसअघि युवराजका पिता जयनारायण दाहालको ८ वर्षअघि निधन भएको थियो।
अभयकुमार राई
१०० वर्षमा किरा–फट्याङ्ग्रा बिहीन पृथ्वी !
अहिलेकै अवस्था कायम रहेमा विश्वबाट एक शताब्दी भित्रै किरा फट्याङ्ग्रा लोप हुने जोखिम रहेको नयाँ अध्ययनमा देखिएको छ । विश्वमा किरा–फट्याङ्ग्रा लोप हुने बाटोमा रहेको विश्वव्यापी वैज्ञानिक समीक्षाबाट देखिएको छ ।,किरा–फट्याङ्ग्राको क्षेत्रमा भएको पहिलो बिस्कृत वैज्ञानिक समीक्षामा किरा–फट्याङ्ग्रा हराउँदै गएको देखिएको हो ।,अध्ययनमा किरा–फट्याङ्ग्राका ४० प्रतिशत भन्दा बढी प्रजातिहरुको संख्या घट्दो क्रममा रहेको देखिएको छ ।,त्यसमध्ये एक तिहाई प्रजाति जोखिममा छन् । स्तनधारी, चरा तथा सरिसिर्प प्रजातिको लोप हुने दर भन्दा किरा–फट्याङ्ग्राको लोप हुने दर ८ गुणा बढी देखिएको छ ।,उपलब्ध भएको तथ्यांकको विश्लेषण गर्दा हरेक वर्ष किरा–फट्याङ्ग्राको संख्या २.५ प्रतिशतले कम हुँदै गएको छ र एक शताब्दी भित्र विश्वबाट अहिलेका किरा–फट्याङ्ग्रा हराउने छन् ।,पृथ्वी अहिले जीवको आम लोपको साक्षी बन्ने क्रममा रहेको वैज्ञानिकले बताएका छन् । डाइनोसरसहितका ठूलो आकारका जनावरको आम लोप यसअघि नै भएको थियो । त्यसपछि अरु जीवजन्तुको संख्या खट्दै गएको देखिएको थियो र संरक्षणको क्षेत्रमा काम पनि भएका छन् । किनकी यसको तथ्यांक पाइन्छ । तर किरा–फट्याङ्ग्राको तथ्यांक संकलन गर्न मुश्किल हुने भएकाले अहिलेसम्म बिस्तृत अध्ययन हुन सकेको थिएन ।,पारिस्थितिक प्रणालीको सही चक्रका लागि किरा–फट्याङ्ग्राको भूमिका महत्वपूर्ण हुने अनुसन्धानकर्ताले बताएका छन् । अरु जीवका आहर, खाद्यान्न बाली र अरु बोट बिरुवाका लागि परागसेचक तथा फोहोर गलाउने भूमिका किरा–फट्याङ्ग्राको हो ।,जलवायु परिवर्तन, बासस्थानका अभाव तथा किटनासक औषधिको अत्याधिक प्रयोगका कारण किरा–फट्याङ्ग्रा संकटमा पर्दै गएका हुन् ।,जैविक विविधताको संरक्षणका लागि किरा–फट्याङ्ग्रा संरक्षणको क्षेत्रमा तत्काल काम गर्नु पर्ने अनुसन्धानमा संलग्न अस्ट्रेलियाको सिड्नी विश्वविद्यालयका प्राध्यापक फ्रान्सिस्को सान्चेज–बायोले बताएका छन् ।,कम्तिमा पछिल्लो २५–३० वर्षमा विश्वबाट किरा फट्याङ्ग्रा लोप हुने दर २.५ प्रतिशत रहेको देखिएको र यो गम्भीर चिन्ताको कारण बनेको उनले बताए ।,यहि दर कायम रहेमा अबको १० वर्षमा एक चौथाइ किरा–फट्याङ्ग्रा कम हुने र ५० वर्षमा आधा मात्रै बाँकी रहने तथा १०० वर्षमा सबै लोप हुने चिन्ता रहेको उनले बताए । खेतीयोग्य जमिनको नास हुँदै जाँदा पुतली, माहुरीसहितका किरा–फट्याङ्ग्रा जोखिममा परेका हुन् ।,
null
दर्शन केसी जो नाकले चलाउँछन् मोबाइल, ट्याब !
शुक्रबार ललितपुरको बागडोलस्थित एक रेष्टुरेन्टको एउटा हलमा पूर्ण तथा अतिअशक्त अपाङ्गाता भएका व्यक्तिहरुका लागि स्वावलम्बन जीवनपद्धति सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन चलिरहेको छ। अपाङगता भएका सहभागिहरुले हल खचाखच भरिएकोछ। त्यही भरिएको हलमा मानिसहरुको आउने र जाने क्रम चलिरहेको छ।,तउपस्थितमध्‍ये कोही धेरैपछि भेट भएका साथीसँग कुरा साटासाट गरिरहेका छन् भने कोही एक आपसमा चीनाजान गरिहेका छन्, काही आफ्नै सुरमा बसिरहेका छन्।जो जसरी बसेता पनि उनीहरु पूर्ण रुपमा उत्साहित छन्।,त्यही भीडको एउटा कुनामा अचम्‍मको दृश्‍यले ध्‍यान तान्छ सबैको। नाकले ट्याब चलाउँदै बसिरहेका छन् दर्शन केसी।उनी ट्याब मात्रै नभएर मोबाइ, ल्यापटप पनि नाकले नै चालाउने गर्छन्।२१ वर्षका दर्शनले हात खुट्टा चलाउन सक्दैनन्।न त उनी राम्रोसँग बोल्न नै सक्छन्।दर्शन पहिलो सन्तान हुन्।,छोरा जन्मेको खुसी मनाइरहेका थिए उनका बुबा निरबहादुर केसी र उनकी आमाले।उनी जन्मेको एक वर्ष भइसेको थियो।दर्शनसँगै जन्मेका बालबालिका बामे सर्न वा हिड्न सुरु गरिसकेका थिए। तर दर्शनको भने कुनै सुरसार नै थिएन। बुबा निरबहादुरको मनमा कता कता डरपैदा भयो।,उनी भन्छन्, ‘ उनीसँगै जन्मेका बालबालिका बामे सर्न वा हिड्न सुरु गरिसकेका थिए। तर दर्शनको भने कुनै सुरसार थिएन। अस्पताल लगे।उपचार गराए।उपचार गराएता पनि निरबहादुरका छोरा दर्शन निको भएन।’,डाक्टरले उनलाई मस्तिष्क पक्षयघात भएको बताए। पहिलो सन्तान आफूसँग खेलोस्, बोलास्, कामबाट घर फर्किदा उसलाई खेलाएर दिन भरीको थकान बिर्सु भन्ने चाहान निरबहादुरको अधुरै रह्यो।,‘त्यो समयमा चित्त बुझाउन मलाई धेरै नै गाह्रो भयो, धेरै उस्पताल पुगे, तर नतिजा सधै उही,’ उनले भने,‘एक दिन भक्तपुरको एक अस्पतालमा पुग्दा मात्र थाहा भयो मेरो छोराको अवस्था अन्य मानिसका छोराछोरीको भन्दा धेरै राम्रो रहेछ, त्यस दिन देखि आफ्नो मनलाई दह्रो बनाएर आगाडि बढे।’,दर्शनका बुबाले मनलाई जसो तसो सम्हालेता पनि उनकी आमाले भने सम्हाल्न सकिनन्। उनी छोराकै चिन्ताले गर्दा डिप्रेसनमा पुगिन्। जब दर्शन ६ वर्षका भएका थिए, उनले आमालाई गुमाए। दर्शनका सबै जिम्मेवारी उनका बुबा माथि थपियो।,उनले छोरा दर्शनको राम्रो पालन पोषण गर्दै आएका छन्। आफन्त, समाज सबैले निरबहादुरलाई कुन जन्मको पापले यस्तो छोरा जन्माउन पुगिस् भनेर कुरा सुनाउने गरेको उनी स्मरण गर्दै भन्छन्,‘तर मैले कसैको कुरा सुनिन, यसलाई बुबा–आमा दवैको माया दिएर राखे।’,उनी मस्तिष्क स्वाबलम्बन केन्द्रमा पढ्न थाले। ६ कक्षासम्म पढाइ गरेका छन् तर पछिल्लो समयमा भने उनी घरमै बसेर स्वःअध्ययन गर्दै आएका छन्। दर्शनलाई कविता लेख्‍न अत्यन्तै रुची रहेको बुवा नीरबहादुर बताउँछन्। अग्रेजी माध्यममा कविता लेखेर किताव प्रकाशन गर्ने उनको लक्ष्य रहेको छ।,बुबा थप्छन्,‘आर्थिक अवस्था कमजोर भएका कारण छोराको चाहाना पूरा गर्न सकेको छैन।’ बुबाका प्रिय छोरालाई परिवारका अन्य सदस्यसँग भन्दा पनि बुबासँग नै धेरै समय बिताउन रमाउने गर्छन्। बुबा निरबहादुर घर पेन्टिङ्‍को काम गर्दै आएका छन्।
प्रतिभा चन्द
ल्याटिन अमेरिकामा भियतनाम युद्ध दोहोरिने ट्रम्पलाई मादुरोको चेतावनी
भेनेजुएलाका राष्ट्रपति निकोलश मादुरोमाथि सत्ताबाट बाहिरिन दबाब बढ्दै जाँदा उनी थप अडिग देखिएका छन् । विपक्षी नेताले आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेको तथा उनलाई अमेरिकासहितका देशले साथ दिएको परिवेशमा पनि मादुरो अडिग रहेका छन् ।,यहिबिचमा राष्ट्रपति मादुरोले राजनीतिक संकट गहिरिँदै गए गृह युद्धको अवस्था आउन सक्ने चेतावनी दिएका छन् । दबाब बढी रहेका बेला राष्ट्रपति मादुरोले गृह युद्धको सम्भावना नकार्न नसकिने बताएका हुन् ।,टेलिभिजन अन्तर्वार्ताको क्रममा राष्ट्रपति मादुरोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चेतावनी समेत दिएका छन् । आफ्नो देशको अहिलेको समस्यामा हस्तक्षेप गरेमा ट्रम्पले ‘रगतले लत्तपतिएको’ अवस्थामा ह्वाइट हाउस छोड्नु पर्ने मादुरोले चेतावनी दिएका हुन् ।,यस्तै उनले राष्ट्रपतिको नयाँ निर्वाचनको मिति तोक्नका लागि युरोपियन युनियनले दिएको अल्टिमेटम पनि स्वीकार्य नरहेको बताएका छन् । इयुले राष्ट्रपतिको नयाँ निर्वाचनको मिति तोक्नका लागि आइतबारसम्मको समय दिएको थियो ।,विपक्षी नेता क्आन गुएडोले गएको जनवरी २३ मा काराकासमा भएको प्रदर्शनको क्रममा आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका थिए । उनलाई अमेरिकाले समर्थन गरेको छ । यस्तै ब्राजिल, कोलम्बिया, पेरुसहितका दक्षिण अमेरिकी देश पनि छन् ।, यस्तै राष्ट्रपति मादुरोलाई रुस र चीनको साथ छ ।,केही वर्षदेखि प्रायः सखाप जस्तै बनेको देशका आर्थिक अवस्थालाई अनदेखा गरेको आरोप निकोलश मादुरोमाथि छ । मुद्रास्फिती, विद्युत आपूर्ति बन्द तथा आधारभूत आवश्यक सामग्रीको अभावले भेनेजुएलाको जनजीवन कष्टकर बनेको छ । आर्थिक मन्दीकै कारण लाखौँ भेनेजुएलाली छिमेकी देश कोलम्बियासहितका क्षेत्रमा शरण लिन बाध्य छन् ।,मादुरोले जनवरीको सुरुमा दोस्रो कार्यकालका लागि राष्ट्रपतिको शपथ लिएका थिए । विपक्षीले बहिष्कार गरेको तथा व्यापक मात्रामा धाँधली भएको आरोप लागेको चुनावमा मादुरो विजयी भएका थिए । विपक्षी नेतालाई जेल हालेर भएको चुनाव निष्पक्ष नरहेको आरोप छ । मादुरोले दोस्रो कार्यकालका लागि शपथ लिएपछि विपक्षीको प्रदर्शन चर्किएको हो ।,भेनेजुएलामा हजारौँ मानिसले अहिलेका राष्ट्रपति निकोलश मादुरोविरुद्ध प्रदर्शन गर्दै आएका छन् । ३५ वर्षका गुएडोले मादुरोविरुद्धको प्रदर्शनको नेतृत्व गरिरहेका छन् । गुएडो भेनेजुएलाको नेशनल एसेम्ब्लीका अध्यक्ष पनि हुन् ।,गुएडोको आग्रहमा अमेरिकाले भेनेजुएलामा सहायता सामग्री पठाउने तयारी गरेका बेला राष्ट्रपति मादुरोको चेतावनीसहितको अन्तर्वार्ता प्रशारण भएको हो । स्पेनिस टेलिभिजन कार्यक्रम साल्भाडोसमा दिएको अन्तर्वार्ता स्थानीय समय अनुसार आइतबार प्रशारण भएको हो ।,अहिलेको अवस्थामा गृह युद्ध हुँदै हुँदैन भनेर भन्न सक्ने अवस्था नरहेको राष्ट्रपति मादुरोले बताए । उनले भनेका छन्, ‘सबैकुरा उत्तरी सत्ता (अमेरिका) र उसका पश्चिमा शक्तिको पागलपन तथा उग्रताको स्तरले निर्धारण गर्नेछ । गृह युद्धको सम्भावनालाई नकार्न सकिँदैन ।’,मादुरोले अघि भनेका छन्, ‘हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप नगर्न सबैसँग आग्रह गरेका छौँ…. र हामी हाम्रो देशको रक्षाका लागि तयार पनि छौँ ।’,अमेरिकी राष्ट्रपति ट्रम्पले यसअघि अमेरिकी प्रशारकसंस्सथा सिबिएससँग सैन्य शक्तिको प्रयोग एक विकल्प हुन सक्ने बताएका थिए । तर मादुरोले भने अमेरिकाले आफ्नो देशमा हस्तक्षेप गरेमा भियतनाम युद्धमा जस्तै हालत बेहोर्नु पर्ने चेतावनी दिएका हुन् ।,मादुरोले ट्रम्पलाई चेतावनी दिँदै भनेका छन्, ‘रोक । रोक । डोनाल्ड ट्रम्प ! तिमिले गल्ती गर्दै छौ, तिमि आफ्नो हात रगतले लत्तपताउन खोज्दै छौ र राष्ट्रपतिको जिम्मेवारी मुक्तहुँदा रगतले लत्तपतिएको हुनेछौ ।’,उनले भनेका छन्, ‘एक अर्कालाई सम्मान गरौँ, नभए तिमिले ल्याटिन अमेरिकामा भियतनाम युद्ध निम्त्याउने छौ ।’,अमेरिकाको नेतृत्वमा भियतनाम भएको युद्धमा लाखौँको ज्यान गएको थियो । त्यसमध्ये ५८ हजार भन्दा बढी अमेरिकी थिए ।
null
बम दिदीबहिनी-सरकार निर्मलाका हत्यारा पत्ता लगाउ
आफैले हात हल्लाएर बिदा गरेकी साथीलाई कहिल्यै देख्न पाउँदिन भन्ने कुरा रोशनी बमले सोचेकी थिइनन्। सँगै होमवर्क गरेर, आँगनको छेउमा फलेको अम्बा खाइवरी, केही पोको पारेर गएकी साथी संसारबाट बिदा हुन्छे अनि उसको मृत्युको आरोप आफूमाथि आइपर्छ भन्ने शायदै रोशनीको त्यो बेला सोचेकी थिइन् । नसोचेकै भयो, त्यो भन्दा पनि भयंकर ।,दुई दिन अघिसम्म हाँस्दै हिँडेको बाटोमा मुन्टो लुकाउँदै हिँड्नुपर्ने भयो । हाँसखेल गर्ने छरछिमेकमा उनी उभिन सकिनन् । बोल्न सकिनन्। उनलाई आफ्नै घर जेल जस्तै भयो।,‘दुःख पाउन आफूले गल्ती गर्नुपर्दैन रैछ, गल्ती नगरे पनि सजाय भोगिने रैछ’, रोशनी बमले भनिन्, ‘सरकारले निर्दोष भनिसक्यो, घटना भएको ६ महिनापछि पनि हामी खुलेर बाहिर निस्कन सकेका छैनौँ।’,बम दिदीबहिनी पहिलोपल्ट माघ २ मा काठमाडौँ आए। यहाँ नारायणहिटी संग्राहलय घुम्न गए। संग्राहलय अवलोकन गर्दै गर्दा कसैले साउती गर्‍यो, फोटो खिच भन्यो। आमा इन्दिरादेवि बम अत्तालिइन्, फोटो खिच भन्नेसँग बाझ्न थालिन्। एकै छिनमा तमासा भयो, प्रहरीले सहयोग गरेपछि उनीहरु संग्राहलय बाहिर आए। पशुपति गए, घटना फेरि दोहोरियो। निर्मला पन्त बितेपछिका ६ महिनमा बम दिदीबहिनीले हरेकपल्ट बाहिर निस्कँदा भोग्नुपरेको व्यथा यही हो।,१४ वर्षकी रोशनी बमले देश सञ्चालाई भनिन्, ‘मुख देखाएर हिँड्नै सकेको छैन, बल्ल बाहिर निस्कियो । सबै खासखुस गर्छन्, मुखमा माक्स लगाएर हिँड्ने गरेका छौँ।’ रोशनी बम साउन १० गते कञ्चनपुरको उखुबारीमा मृत भेटिएकी निर्मला पन्तकी साथी हुन्। उनी र उनकी दिदी बबिता बमलाई निर्मला पन्तको बलात्कारपछिको हत्याकाण्डको आरोपी भनिएको थियो। सरकारले उनीहरु निर्दोष भएको ‘क्लिन चिट’ भदौ २० गते दिइसकेको छ। तर उनीहरुमाथि लाल्छना लगाउने क्रम भने अहिलेसम्म रोकिएको छैन। न उनीहरुलाई देखेर साउती गर्नेहरुको जमात नै कम भएको छ ।,‘हामीलाई समाजले हत्याराको दृष्टिले हेर्छ। नानाथरीका आरोप लाग्छन्, कोही सोध्न आउँदैनन्, तर यस्तो रे भनेर समाचार आउँछ’, रोशनीले भनिन्, ‘निर्मला जीवित भएकी भए हामीलाई यत्रो सकस हुने थिएन।’,गएको साउन ९ गते साथी रोशनी बमको घरमा होमवर्क गर्न गएकी निर्मला भोलिपल्ट उखुबारीमा मृत फेला परिन्। उनको बलात्कारपछि हत्या गरिएको खुलासा भयो। निर्मलालाई कसले मार्यो भन्ने अहिलेसम्म पत्ता लागेको छैन। उनको न्यायको लागि देशभरब आन्दोलन भयो। प्रर्दशन भयो, झडप भए, एकजनाको ज्यान गयो अनि केही अस्पतालमा उपचाररत छन्।,यने बिचमा निर्मलाको हत्याकाण्डमा धेरै व्यक्ति आशंकामा तानिए। समातिए । अनुसन्धानमा राखिए, अनि छुटे। तर निर्मला हत्याकाण्डमा अपराधिको ट्याग पाएका बम दिदीबहिनीले भने यसबाट मुक्ति पाउन सकेनन्।,रोशनी बमको ‘क्लासमेट’ निर्मला भएको र हत्या हुनु अगाडि रोशनीकै घरबाट निर्मला बिदा भएकोले उनीहरु प्रहरी अनुसन्धानको घेरमा आए। निर्मला भेटिएको दोस्रो दिनबाट नियमित जसो प्रहरी कार्यलय तारिखमा गएका दिदीबहिनीले धेरै दिन प्रहरी कार्यालयमै बिताए। ‘घटना भएको भोलिपल्ट समातेर मलाई र दिदीलाई दुई दिन राखे । पछि मलाई पाँच दिन अनि दिदीलाई १८ दिन प्रहरी कार्यलयमा राखियो।’,निर्मलाको हत्याकाण्डपछि धेरै मिडियाले खबर सम्प्रेषण गरे। स्थलगत रिपोटिङ्गका लागि मानव अधिकार संगठन गएको थियो, जसले बम दिदीबहिनीलाई दोषी देखायो। सञ्चारमाध्यमले पनि यसै प्रतिवेदनलाई आधार बनाएर समाचार सम्प्रेषण गर्दै आए। त्यसपछि बम दिदी बहिनीलाई एकदमै तुच्छ गाली आउन थाले। डान्सबारमा काम गर्ने, तत्कालीन एसपी डिल्लीराज विष्टसँग सम्बन्ध भएकोदेखि उनीहरुको चरित्र हत्या गर्ने धेरै खबर सार्वजनिक भएपछि बम दिदीबहिनी आफ्नो घरबाट बाहिर निस्कन सकेनन्।,रोशनी सम्झन्छिन्, ‘अघिल्लो दिन निर्मलाको घरमा गएर मैले चटपट खाएको हो, पैसा थिएन, भोलि दिन्छु भनेकै हो। साथी मिलेर नोट बनाउने गर्थौँ, साइन्सको नोट बनाउन निर्मला मेरो घरमा आएकी थिइन्। गाइड मसँग थियो । कौसीमा बसेर नोट बनाएका हौँ । निर्मला दुई वा सबा दुईमा घर हिँडेकी हुन्। घरमा हुँदा अम्बा खाएका थियौँ, अनि घर लैजान प्लाष्टिकमा राखेर पोको पारेको। उनी गएपछि मैले टिभी हेरेँ, घरतिरै व्यस्त भए। साँझ निर्मलाको आमा आएर सोध्नुभयो। त्यहीबेला उ घरमा नपुगेको थाहा पाएँ। आन्टीले मेरो छोरीको जिम्मा लिनुपर्छ भन्दा दिदीले पोइल गई होली भनेको पनि हो। तर कुरा कहाँबाट कहाँ पुग्यो।’,त्यो दिनको घटना बताइरहँदा रोशनी दुई हात माडिरहेकी थिइन्। एक त उनलाई साथी हराएकोमा चिन्ता लागिरहेको थियो, त्यसमाथि आफूलाई बारम्बार केरकार गरिँदा डर पनि। निर्मलाको शव नभेटिँदासम्म निर्मलाकी आमासहितको टोलीले उनलाई तीनपटक केरकार गरिसकेका थिए। तेस्रो पटकमा उनी रोएकी पनि थिइन्।,निर्मलाको हत्या भएको खुलेपछि उनी र उनकी दिदीलाई बाँच्नै गाह्रो भयो। मानव अधिकारवादी संगठनले बबिता डान्सबारमा काम गर्ने भनेर प्रतिवेदन सार्वजनिक गरेको थियो। उनको फोन प्रहरीले दुई महिनासम्म राख्यो। अनुसन्धानको क्रममा नितान्त व्यक्तिगत कुरा सोध्यो। लवाई–खवाईको बारेमो शंकास्पद भएर प्रश्न गर्दा बबितालाई सारै नराम्रो लाग्यो। तर प्रतिबेदनले आफू र बहिनीलाई दोशी देखाएपछि उनका दुःख झन् बढे।,‘मलाई विभिन्न व्यक्तिसँग नाम जोडियो, आजसम्म नगएको ओपेरा डान्स बारमा म नाँच्छु भनियो।’ बबिताले भनिन्, ‘निर्मला घरमा आएपनि म बोल्ने गरेको थिइन्, हराएको बेलामा मैले उनकी आमालाई बोलेको शब्द नै मेरो गल्ती भयो।’,स्नातक दोस्रो वर्षमा अध्ययन गर्ने बबिता घटनापछि कलेज जान सकिनन्। परीक्षा छुट्यो। त्यतिबेला बिहान कलेज जाने, साँझ ट्युसन जाने बबिताले आफूलाई घरभित्र थुनेको ६ महिना भयो। ‘निर्मलाको लाश भेटिएपछि धेरै थरीका समाचार आए, हामीलाई दोषी देखाइयो तर हामीलाई सोध्न कोही पनि आएनन्।’ बबिताले भनिन्, ‘घरका सिसा फुटे, हामीलाई मार्ने धम्की आए, प्रहरीसँग सम्बन्ध भएको कुरा आयो, तर एक बचन हामीलाई सोध्न कोही आएन।’ बम दिदीबहिनीका अनुसार पहिलोपोस्ट डटकम अगाडि उनीहरुलाई घटनाको बारेमा सोध्न कोही पनि आएका थिएनन्। साउनको १० गते जब उनी कलेजबाट फर्कँदा निर्मलाको आमासहितको टोलीले सोधपुछ गर्दा रोशनी रोइरहेकी थिइन्। बबिताले रोक्न खोज्दा बिचमा बोले चुल्ठो लुछ्ने धम्की पाएकी थिइन्।,उनीहरु निर्मलाको हत्यारा चाँडै पत्ता लागोस् भन्ने चाहन्छन्। कुराकानीकै क्रममा रोशनीले भनिन्, ‘उसको ज्यान गइसक्यो, उसको हत्यारा पत्ता लगाउनुपर्छ। हत्यारा पत्तालागे हामीले न्याय पाउँछौँ।’बम दिदी बहिनी भन्छन्, ‘नखाएको विष लाग्यो, जंगलमा सोझो रुख काटिन्छ भन्थे हो रैछ।’,बम दिदीबहिनीको घर दार्चुला हो। उनका बाबा शिक्षक हुन भने आमा नगरपालिकाको वडा सचिव। छोरीहरुसँगै काठमाडौँ भएकी आमा इन्दिरादेवि बमको अनुहारमा चिन्ता प्रष्ट देखिन्छ।,‘बाटोमा हिँड्दा पनि छोरीहरुलाई गालि गर्छन्, फोहोर शब्द बोल्छन् कसरी सुन्नु’ यति भन्दा उनको आँखाबाट आँसु झरिसक्यो। ‘हामीले पुलिसले नै सबै काम गर्छ होला भनेर अरुतिर लागेनौँ तर कुरा बिग्रिसकेछ।’ वडा कार्यालयमा धेरैको झमेला सुल्झाएकी इन्दिराले आफ्नो छोरीहरुलाई परेको समस्या सुल्झाउने मेलो भेटेकी छैनन्।,तीन सन्तानमध्ये बबिता दोस्रो र रोशनी कान्छि हुन्। घटनाले परिवारमा तरङ्ग ल्याएको छ। बहिनीहरुको बारेमा दाईले सुनेपछि रक्तचाप बढेर अस्पताल जानुपर्‍यो।,बबिताले स्नातक दोस्रो वर्षको परिक्षा दिइनन्। तेस्रो वर्षमा भर्ना नै भएकी छैनन्। रोशनी र निर्मला गर्मी बिदाको होमवर्क गर्न भेट भएका थिए। घटनाको एक सातापछि विद्यालय सञ्चालन हुने थियो तर उनी विद्यालय जान सकेकी छैनन्।,यतिमात्र होइन्, उनीहरुको जीवन असामान्य बनेको छ। घर नजिकै जग्गा किन्न आएका मानिसले बम दिदीबहिनीको घर नजिक किन्दिन भने रे। त्यसको केही समयपछि रोशनीको भदैलाई अस्पतालमा परीक्षण गर्न लाँदा डाक्टरले ‘बमहरु खतरा हुन्छन् है’ भनेको कुरा सुनाइन्। रोशनीकी दिदी बबिताको एक वर्ष अगाडि माघमा इन्गेजमेन्ट भएको थियो। उनीहरुका अनुसार गएको मङ्गसिरमा विवाह हुने कुरा थियो। अहिलेलाई त्यो सबै टरेको छ।,यस्ता यस्ता घटनाले उनीहरुलाई गाँजिरहेको छ। छोरीहरु मुखमुखै लाग्ने समेत थिएनन्। यस्तो आरोप लाग्दा र आरोप मुक्त हुँदा पनि सहज तरिकाले बाँच्न नपाउँदा इन्दिरादेवि भावुक भएर भन्छिन्, ‘कि आरोप प्रमाणित गर्न सक्नुपर्‍यो, छोरी प्रहरीमा म ल्याउँछु। नत्र निडर भएर बाँच्न पाउँनु पर्‍यो।’,रोशनी भन्छिन्, ‘हामीलाई मुखमा आएर कसैले केही भन्दैनन्, तर पछि–पछि कुरा गर्छन्। कोही बोल्दैनन्, पुलिसले लैजान्छ भन्छन्। हाम्ले नै मारेको हो भनेर हल्ला भएकोले म स्कूल जान सकेको छैन। जान पनि डर लाग्छ।’,२० वर्षकी बबिता बमको पनि हालत उस्तै छ, कोही नबोल्ने। तर्कने भएकोले उनी कलेज जान सकिनन्। उनको प्रश्न छ, ‘मानव अधिकार हाम्रो छैन ? हामी निर्दोष भनेर भनिँदा पनि किन हामीलाई नराम्रो दृष्टिबाट हेरिन्छ ? हामीलाई न्याय कसले दिन्छ ?,कहिलेकाँही बज्ने फोनले पनि झस्काउँछ, कसले धम्काउन लागेको हो भनेर । घर बाहिर सडकमा कोही बोले पनि झस्किन्छन् उनीहरु, कसैले घरमा ढुंगा पो हानीहाल्छन् कि। सञ्चारमाध्यमले सोध्ने हरेक प्रश्न रटेका जस्तै भइसकेका छन् तर उनीहरुलाई परेको अफ्ठेरोको समाधान भएकै छैन।’,‘हिजोका दिनमा सञ्चार माध्यमले गलत समाचार राखेका थिए भने अहिले माफी मागेर सत्य समाचार छाप्नुपर्छ र मानव अधिकार संगठनको प्रतिवेदन सच्चिएर आउनुपर्छ, इन्द्र्रसाद अर्यालले माफी माग्नैपर्छ।’
सुजाता खत्री/ बर्षा शाह
‘लाले बुढो भएर हार्यो, कालेसँग अनुभव थिएन’
पारी रसुवा, वारी नुवाकोट । फलाखु (रुद्रगया) खोलाले छुट्याएको छ नुवाकोट र रसुवालाई । अलि तल उत्तरगया गोसाईँकुण्डबाट बग्दै आएको त्रिशुली त्यतै हुँदै बग्दै गएको छ। रसुवाको सिमाना बेत्रावती।,२०७५ माघ १ गते । नुवाकोटको बेत्रावती । घडिले १२ बजाई सकेको थियो, घाम केहि चर्को । फलाखु खोलाको छेउ । पुलसँगै छ मैदान जाने बाटो । मैदानमा दर्शक थपिँदैछन् । बलौटे माटो । मैदानको पूर्वतर्फको डिल पनि दर्शकले भरिइसकेको थियो।,नुवाकोट–रसुवा जोड्ने पुलको माथि, आउने-जाने गाडीलाई टेर्दै नटेरी दर्शकहरु पुल ओगटेर बसेका छन्। खोला पारी डाँडामा आँखामा परेको घाम छेक्दै गोरु जुधेको हेर्न बसेका एक हुल मानिस । सबैको प्रतिक्षामा छ परम्परागत बार्षिक गोरु जुधाई जात्रा ।,अब पालो अष्टमान डंगोलको रातो गोरु र रामबावु न्यौपानेको गोरुको । उद्घोषकले केहि चर्को स्वरमा आएको घोषणा पछी दर्शकहरु केहि सतर्क भए । धेरैले घाटि तन्काएर हेर्दै थिए गोरु कताबाट आउदै छ भनेर ।,मैदानको उत्तरतर्फ फलाखू खोलाको छेउमा बाँधेर राखेको गोरु डंगोलले मैदानमा उतारे । उनको पछिपछि रामबाबुको गोरु पनि मैदानमा उत्रियो । केहि बेर एक अर्काको वरिपरि घुमेका गोरु मैदानको धुलो उडाउँदै जुध्न थाले । आकारमा ठूलो न्योपानेको गोरु डंगोलको गोरु माथी भारी पर्यो। करिव ६ मिनेटको भिडन्तमा न्यौपानेको गोरुले बाजिमार्यो।,डंगोलको रातो गोरु जताबाट आएको थियो त्यतै भाग्यो, दर्शकलाई पन्छ्याउँदै । अष्टमान डंगोल आफ्नो गोरुको पछि पछि लागे निराश हुँदै।,माघ १ गते गोरु जुधाउने परम्परालाई एक उत्सबका रुपमा लिन्छन् नुवाकोटबासी । यस बर्ष बेत्रावतीका ८ हल गोरुसहित नुवाकोटमा ४८ हल गोरु जुधाइयो ।,बेत्रावतीका पुर्णमान डंगोलले माघ १ गते गोरु जुधाउन सुरु गरेको ११ बर्ष भयो । यसपटक उनले लाले र काले दुई वटा गोरु जुधाउन ल्याएका थिए । उनका दुबै गोरुले हारे । यसअघि उनको लाले गोरुले लगातार ४ पटक जितेको थियो। ५९ बर्षका डंगोलले टाउको कन्याउँदै भने, ‘लाले बुढो भएर हार्यो, काले पहिलो पटक लडेकाले अनुभव थिएन।’,विदुर नगरपालिका- ९ का राजाराम भण्डारी आफ्ना दुईवटा गोरु राते र कालेलाई डोहोर्याउँदै १ घण्टा हिँडेर आएका थिए। उनको कालेले जित्यो, रातेले हार्यो। ५६ बर्षका भण्डारीले ३ बर्ष भयो गोरु जुधाउन सुरु गरेको । यसअघि उनको परिवारबाट कसैले गोरु जुधाउन ल्याएका थिएनन् । उनले हाँस्दै भने, ‘अब सक्ने बेलासम्म गोरु जुधाउन ल्याउछु।’,फलाखु खोलाको किनार, करिव १५ हजार दर्शक । होक्का गर्दै खुट्टा घिसारेर धुलो उडाएर प्रतिद्धन्दीलाई चुनौती दिँदै लडाकु गोरु प्रवेश गर्छन् युद्ध मैदानमा । सिङ्ग जुध्दा आउने आवाज र दर्शकको हुटिङ्ग र हरुवा गोरुलाई बोटो दिन रमितेहरुको आकर्षक ‘दृष्य’हरु हुन्छन् यो जात्रामा।,केही बर्ष पहिलेसम्म नुवाकोटका गाउँ गाउँमा हुने गोरु जुधाउने परम्परा पछिल्लो दशकमा स्थानीय क्लबहरुको अग्रसरतामा एकै ठाउँमा व्यवस्थित तरिकाले हुँदै आएको छ। नुवाकोटका पर्यटन व्यवसायी शिव लामिछाने भन्छन्, ‘जिल्लामा यसरी व्यवस्थित तरिकाले गोरु जुधाउने परम्परा २०५३ सालदेखी सुरु भएको हो।’,गोसाँईकुण्ड युवा क्लब वेत्रावतीले गोरु जुधाईको कार्यक्रम गर्दै आएको छ। क्लबका अध्यक्ष ज्ञानकुमार डंगोलका अनुसार बेत्रावतीमा व्यवस्थित गोरु जुधाउने काम १२ बर्ष अघिबाट सुरु भएको हो ।,यो व्यवस्थित होस भनेर नै क्लबको पहलमा ३ बर्ष अगाडी गोरु बेच्न नपाउने शर्तमा प्रत्येक किसानलाई १० हजार रुपैयाँ दिइएको थियो । ती किसानहरु नै अहिले यो प्रतियोगितामा भाग लिन आएको उनले बताए।,गोरु जुधाउने प्रतियोगिता व्यवस्थित गर्ने क्लबहरुले सहभागी हुने सबैलाई पुरस्कारको व्यवस्था गरेकाले पनि यो प्रतियोगीतामा किसानको सहभागिता बढ्दै गएको छ।,यो परम्परा कहिले र कसले सुरु गर्यो भन्ने यकिन हुन सकेको छैन। गोरु जुधाउने नुवाकोटका प्रमुख दुई ठाउँ बेत्रावती र तारुका हुन् । यी दुई ठाउँमा यो परम्परा सुरुवातका आफ्नै कहानी छन्।, केरुङ सन्धि गरेको २ वर्ष पुग्दानपुग्दै सन् १७९१–९२ मा नेपाल र तिब्बतबिच फेरि युद्ध सुरु भयो । सिमाविद् बुद्धीनारायण श्रेष्ठ भन्छन्, ‘त्योबेलाको गोर्खाली सेना जित्दै अगाडी बढ्दै सिगात्सेसम्म पुगेको थियो।’, ,तर दोस्रो पटकको युद्धमा तिब्बत एक्लै थिएन उसलाई चीनले साथ दियो । श्रेष्ठका अनुसार सिगात्सेसम्म पुगेको गोर्खाली सेना चीनका छिङ माहाराजाको ठुलो संख्यामा आएका सेनासँग पछिहट्न बाध्य भयो।,पछिहट्दै आएको गोर्खाली सेना र चिनीया सेनाको लडाई नुवाकोट र रसुवाको सिमाना बेत्रावतीमा भयो । त्यसमा दुवैले ठूलो क्षती व्यहोरे। नेपालको लडाई तिब्बतसँग भनिएपनि खासमा लडाई चीनसँग भएको थियो । त्यही लडाईको फलस्वरुप नेपाल–तिब्बत–चीनबीच एक सन्धी भएको थियो, सन् १७९२ अक्टोबर ५ मा । बेत्रावतीका स्थानीयको मान्यता छ, त्यही सन्धीलाई उत्सवको रुपमा मनाउन गोरु जुधाउने परम्परा सुरु भएको हो।,बेत्रावती बजार नपुग्दै बाटोको बायाँ तर्फ त्रिशुली नदीको छेउमा एउटा ठूलो ढुङगा छ। स्थानीय लक्ष्मण डंगोलका अनुसार यही ढुङ्गामा नेपाल तिब्बत सन्धी भएको बेत्रावतीका जनतामा विश्वास छ । त्यसैले त्यही ढुङ्गालाई प्रतिक मानेर छेउमा रेहेको खाली ठाउँमा ३ बर्ष अघिसम्म गोरु जुधाउने चलन थियो । त्यो निजी जग्गा भएकाले अहिले बजार भन्दा माथी फालुखा खोलाको छेउमा गोरु जुधाउन थालियो।, बझाङ्गी राजा विक्रमबहादुर सिंहका छोरा राजकुमार जयपृथ्वीबहादुर सिंह २० औँ शताब्दिको मध्यतिर आफ्नो मामाघर नुवाकोटको तारुका आएका थिए। दस वर्षको हुँदा काठमाडौँको जाडो छल्न आमासँगै मामा घर तारुका पुगेका उनी खुसी नभएपछी गोरु जुधाएर उनलाई खुसी बनाइएको भनाई छ।,दोस्रो किम्बदन्ती भन्छ, श्री ३ चन्द्र शमशेरकी छोरी धनसाई मैया (खगेश्वरी लक्ष्मी देवी) लाई जय पृथ्वीबहादुर सिंहले विवाह गरेपछि उनलाई दाइजोको रुपमा नुवाकोटस्थित तारुकाको जमिन दिइयो। पछी त्यो जमिनमा बनाइएको कोतघरमा बस्न राजा सिंह आउँदा स्थानीयले गोरु जुधाएर स्वागत गरेका थिए ।अहिलेसम्म यसैले परम्परा र संस्कृतीको रुप लिएको हो।
प्रभात खनाल
पाउ जमिनमा, आँखा आकाशमा राख्न रमाउने यी चराविद
संयोग नै हुनु पर्छ, चरा गाउँसँग जोडिएका उनको जन्म गिद्द वर्गमा भयो । हुर्किँदै गर्दा चरामै रुची बढ्यो । अनि अहिले पेशा पनि चराकै क्षेत्रमा छ । चरासँग जन्मदेखि जोडिएका सन्देश गुरुङलाई शिकारी चरामा विशेष रुची छ ।,शिकारी चरा, जसले अरु जीवजन्तुलाई मारेर वा अरुले मारेपछि खान्छन् र आफ्नो जीवन चक्र चलाउँछन् । शिकारी चराभित्र गिद्द, चिल, बाज, लाटोकोसेरो आदि पर्छन् ।,पोखराका सन्देशको पुर्खाको जरा लमजुङको चरा गाउँमा छ । चरा गाउँका पुर्खाका सन्तान सन्देशको जन्म ३० वर्षअघि अधिकांश मंगोल जातिले मान्दै आएको वर्ष वर्ग चक्र (वैदिक ज्योतिसीय पद्धतिमा राशी समूह जस्तै) अनुसार गिद्द वर्गमा भयो । यो वर्ग विभिन्न १२ जीव तथा चरामा विभाजित छ र हरेक वर्ष पुस १५ मा एउटा वर्ग सुरु हुन्छ । सन्देश गिद्द वर्गका हुन् ।,जीवशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेर चरा, त्यसमा पनि शिकारी चराको संरक्षण र उनीहरुका बानी व्यवहारको अध्ययनमा सक्रिय सन्देशसँग केही दिनअघि संयोगले भेट भएको थियो । उनी बारम्बार माथि आकाश तिर हेर्दै थिए ।,अरु कुरामा त्यति चाख नलिएका सन्देशले चराको कुरा उप्किएपछि चाख लाग्दो गरी जोडिए कुराको मेलोमा । उनलाई ख्याल भएसम्म कुरा बुझ्न थालेदेखि नै चरामा रुची थियो । अझ माथि आकाशमा अरु चरा भन्दा फरक ढंगमा उड्ने चिल, बाज तथा गिद्द हेरिहेरी उनी रमाउने रहेछन् ।,बच्चा बेलाको कुरा सुनाएका सन्देशसँग अहिले पनि आकाश तिर हेरिरहनुको कारण सोध्नै परेन । उनले भने ‘सानैदेखि आकाश हेर्दै हुर्किएँ । यो आकाशले धेरै दिएको छ, सबभन्दा ठूलो कुरा मलाई खुशी हुने कारणहरु दिएको छ । माथि उड्ने ठूला चराको खोजीमा मेरा आँखाहरु त्यतै डुलिरहन्छन् ।’,अरु सबैचिज छुट्दै गए पनि आकाशमा चरा खोज्दै डुल्ने आँखाको बानी उस्तै रहनेमा ढुक्क छन् सन्देश । लमजुङको कोलासुक्ता गाउँपालिकाको चरा गाउँका पुर्खाका सन्तान सन्देशको बसाई अहिले पोखरामा छ । उनी त्यहिँ हुर्किए तर चरासँगको नाता टुटेन । बरु पोखरामा झन बलियो हुन पायो । त्यहाँ चराहरुको अभाव थिएन । चरा प्रेमीका लागि पोखरा क्षेत्र नेपाको उत्कृष्ट गन्तव्य मध्येमा पर्छ ।,चरासँग आफ्नो केही अंश गाँसिएको जस्तो मान्छन् सन्देश । त्यहिभएर त चराका सन्देशहरु अरुले पनि सुन्न सकुन् वा बुझ्न पाउने वातावरण बनोसजस्तो लाग्छ उनलाई । त्यसका लागि चराहरु बाँची रहनु पर्‍यो। आकाशमा अनुकुल वातावरणमा उड्न पाउनु पर्यो । बस्न अनि खान पाउनु पर्यो । तर मानिसका आफ्ना स्वार्थ र लोभहरुले चराहरु समस्या पर्दै गएका छन् ।,चराको समस्याको कुरा गर्न थालेपछि सन्देशको मुहारमा फूलेको मुस्कानको चमक चिन्तामा बदलियो । आफै भित्रकै केही भासिँदै गएको जस्तो हुँदो रहेछ चराको दुःख उनका लागि ।,अझ मानव बस्ती भन्दा केही पर वा आफूलाई मानिसहरुको संगतमा त्यति नपरेका शिकारी चराको अवस्था त भयावह बन्दै गएको सन्देशले सुनाए ।,‘पहिलो कुरा त बासस्थान घट्दै छ उनीहरुको । विशेष गरी शिकारी चराको सवालमा पहाडका खोँचहरु, तराईका फाँटहरु, ठूला तथा बुढा रुखहरु मासिँदै जाँदा उनीहरु जोखिममा छन् । यस्तै आहारको अभाव दोस्रो ठूलो समस्या हो । अनि अर्को कुरा हामीले खेतीपाती गर्दा प्रयोग गर्ने विषादीका कारण पनि उनीहरु समस्यामा परेका छन् ।’,सन्देशले भने, ‘उनीहरुका असजिला सबै मेरो जस्तो लाग्छ । मन कुँडिन्छ । गर्नु पर्ने त खासै केही होइन, सबैले आफूले गर्ने काम वा व्यवहारलाई केही मात्रै भए पनि चरा मैत्री बनाए पुग्ने थियो । उनीहरु पनि रहन्थे, हाम्रो अस्तित्वमा पनि असर त पर्ने थिएन ।’,कुरा गर्दै जाँदा गिद्दको आँखामा पुगेर उनी रोमाञ्चित भए । कुदृष्टि वा नराम्रो मनोभावसहितको हेराईलाई दर्शाउन ‘गिद्दे नजर’ वा ‘गिद्दे दृष्टि’ भन्ने गरिन्छ । सन्देशलाई गिद्दे नजर वा गिद्दे दृष्टि होइन, गिद्दका आँखाहरु अति प्रिय लाग्दा रहेछन् ।,हामीसँगको भेटमा सन्देशले बहुत उत्साहका साथ भनेका थिए, ‘गिद्दका आँखाहरुमा कलुसित मनसाय रत्तिभर हुँदैन, बरु उनीहरुका आँखाले फोहोर खोज्छन्, तिनलाई सफा गर्नका लागि । हाम्रा आँखाहरु पनि गिद्दका जस्तै भइदिए शायदै समाज विकृत हुने थियो ।’,अघोर परम्परामा गिद्दलाई परोपकारी चरा मानिन्छ । अरुका लागि फोहोर, मैला या सिनोहरु खाई दिएर उनीहरुले वातावरण सफा गर्न खेलेको भूमिकालाई शायदै कसैले उचित मूल्यांकन गरेका छन् ।,उनको तर्कमा बल थियो, ‘प्रकृतिले नै गिद्दलाई सरसफाइ कर्ता बनाइ दियो । उनीहरु अरु सिनो खान्छन् । दुर्गन्ध फैलिन दिँदैन् । अनि कसरी उनीहरुका आँखालाई गाली गर्न मिल्छ ? उनीहरुका आँखामा त हामीले भन्ने गरेको जस्तो फोहोर होइन हामीले वा प्रकृतिका फोहोरहरुलाई सफा गर्ने पवित्र दृष्टि छ ।’,गिद्दसहित नेपालमा ८१ प्रकारका शिकारी चरा पाइन्छन् । सन्देशलाई सबै मन पर्छ । कारण, उनीहरुको चाल, आकार र स्वरुपले तानिन्छन् उनी । चिलहरुले उडान, लाटोकोसेरोको रात्री सक्रियता सबैले आफूलाई तान्ने गरेको बताएका सन्देशले भने, ‘न चराको मनमा खोट हुन्छ न नजरमा दोष । उनीहरुलाई दोषी देख्ने हामीहरुले बानी सुधार्नु छ, दोषहरु हटाउनु छ ।’
टंक ढकाल
८६ वर्षीय शरणार्थी भन्छन्, ‘यो उमेरमा एक्लै छु भनेर झुण्डिनु भएन !’
दमक – भुटानबाट कुन दिन खेदाइयो भन्ने कुरा अहिले उनलाई याद छैन। छिमेकीले भन्दै थिए सन् १९९२ को अन्ततिर उनी नेपालका आएका हुन्। बेल्डाँगी शरणार्थी शिविरमा बस्दै आएका ८६ वर्षीय पूर्णबहादुर लिम्बुका शिविरमा कोही पनि छैन। उनी एक्लो जीवन बिताउन बाध्य छन् अहिले।,भुटानबाट नेपाल आउँदा उनी दुईटी श्रीमतीको साथमा आएका रहेछन्। एक्लो छोरो ११ वर्षको उमेरमा भुटानमै बिते। एउटी श्रीमती भुटानमै बितिन्। भुटानमा जति श्रीमती ल्याए पनि कानुन नलाग्ने भएकाले उनी माइली र कान्छी श्रीमतीसँग नेपाल आएका हुन्।,शिविरमा उनले दुवैवटी श्रीमती गुमाए। उनीहरु दुवैजनाको शिविरमै मृत्यु भयो। कान्छी श्रीमतीको करिब अढाई वर्ष अघि मृत्यु भएको उनले सुनाए।,अहिले शिविरमा रहेको उनको छाप्रोमा बास छ। चिसो मौसममा बाहिर हावा छिर्छ। रातभर काम्दै सुत्नुपर्ने बाध्यता उनी सुनाउँछन्। भात पकाएर खाने ठाउँमै ओछ्यान छ। बिहान उठेर लुगा पट्याउन पनि सक्दैनन्। आफ्ना लुगा खोजेर लगाउने पनि हिम्मत छैन उनीमा। तर भन्छन्, ‘आ–आफ्नो लेखान्त रहेछ। एक्लै भएँ भन्दैमा आत्महत्या गर्नु भएन । झुण्डिनु भएन ।’,भुटानमा उनको घर भारतको आसाम र भुटानको सिमाना नजिक निचुला ब्लकमा भएको उनले सुनाए। त्यही घर गाउँको सम्झनामा उनको दिन बित्ने गर्छ। भुटानमै तीन छोरीहरु छन् तर बुवाको स्याहारका लागि उनीहरु आउन पनि पाउँदैनन्। न पूर्णबहादुर नै छोरीहरुसँगै भुटान जान पाउँछन्। भन्छन्, ‘भुटान जान पाए छोरीहरुले हेर्थे। अब यहाँ मलाई कस्ले हेर्छ र ?’,अहिले नशाको बिरामीले गर्दा उनलाई हिँड्न पनि गाह्रो पर्न थालेको छ। उनको छाप्रोमा अपरान्हतिर पुग्दा एकजना सहयोगीले झापाको दमक चोकमा रहेको शरणार्थी चिकित्सक डा. भम्पा राईकहाँ लैजान तयारी गरिँदै थियो।,उनी सक्दा आफै पकाएर खान्छन् नसक्दा भोकै सुत्छन्। राति तिर्खा लागेमा पानी पिउन दिने मान्छे छैनन्। राति पिसाब लाग्छ भनेर पानी कम पिएर सुत्ने गरेको बाध्यता उनले सुनाए। उनले भने, ‘राति उठ्न सक्दिन। पिसाब लाग्छ भनेर पानी पनि कम पिएर सुत्छु। बिरामी भएको बेला त झन् यत्रो दिन मलाई किन बचाएर राखेको भगवान भन्छु।’,उनले आँखा देख्न छाडेका छन्। घरमा यता उता गर्दा पनि छाम छुम गरेर हिँड्नुपर्छ। भन्छन्, ‘अब त आँखाले काम गर्दैन। देख्न छोडेँ।’,अहिले शिविरमा रहनेहरु अधिकांश बृद्ध बृद्धा छन्। उनीहरु अधिकांश दिन लामो समय गफ लामो समय गफ गरेर बिताउँछन्। पीडा साटासाट गर्छन्। तर ‘भुटान कहिले फर्कने?’ को उत्तर कसैसँग छैन। न नेपाल सरकारले दिन सकेको छ न कुनै अन्तर्राष्ट्रिय दातृ संस्थाहरुले।,सम्मानका साथ जन्मभूमि फर्कने आशामा करिब तीन दशक लामो समय शरणार्थी जीवन बिताएका बृद्ध बृद्धा दिनप्रतिदिन कमजोर बन्दैछन्। जवानीमा देशबाटै लखेटिए। बुढेसकालमा छोराछोरीले छाडेर जाँदैछन्।,एक लाख १३ हजार भन्दा बढी शरणार्थी तेस्रो मुलुक पुनर्स्थापना भएर शिविरमा बाँकी रहेका ६ हजार ६ सय ३४ शरणार्थीमध्ये ७ सय ३५ जना अपांगता भएका, आफन्त नभएका, असक्त तथा बुढा बुढी रहेका छन्।
उमाकान्त खनाल
मोदीले थापे बलियो ‘चुनावी पासा’, राहुल गान्धीसहितलाई सीधै विरोध गर्न अप्ठ्यारो
आम चुनाव नजिकिँदै जाँदा भारतमा फेरि आरक्षणको मुद्दा प्रमुख बनेको छ । प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले आर्थिक रुपले विपन्नलाई सरकारी जागिरमा १० प्रतिशत आरक्षण दिने घोषणा गरेको छ ।,भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको मोदी सरकारले चुनावको मुखैमा आएर आरक्षणको घोषणा गर्नु गरिब मतदाताको भोट आफू तर्फ खिच्ने रणनीति रहेको विश्लेषण गरिएको छ ।,भारतमा आरक्षणको सीमा ५० प्रतिशत छ । अहिले भारतमा ४९.५ प्रतिशत आरक्षणको व्यवस्था छ । यसमा पिछडा वर्गका लागि २७ प्रतिशत, अनुसूचित जातिका लागि १५ प्रतिशत र अनुसूचित जनजातिका लागि ७.५ प्रतिशत आरक्षण रहेको छ ।,नयाँ घोषणा गरिएको आरक्षण अहिले कायम रहेको ५० प्रतिशत आरक्षण सीमा भन्दा अलग हुने बताइएको छ । यसको अर्थ यसले स्वीकृति पाएमा आर्थिक रुपले विपन्नहरुका लागि सरकारी जागिरमा १० प्रतिशत आरक्षणको व्यवस्था हुनेछ ।,तर आरक्षणको व्यवस्थाका लागि सजिलो भने छैन, यसका लागि मोदी सरकारले संविधानको संशोधन गर्नु पर्ने हुन्छ । संविधानको अनुच्छेद १५ र १६ संशोधन गर्नु पर्ने हुन्छ । संशोधन विधेयकलाई लोकसभा र राज्यसभा दुवैले स्वीकृति आवश्यक पर्छ । यस्तो भएमा माथिल्लो जातिका भनिएकाहरुलाई पनि आर्थिक रुपमा कमजोर भएमा सरकारी जागिरमा आरक्षण प्राप्त हुनेछ ।,हालै तीन हिन्दी भाषी राज्यमा भएको चुनावमा हार बेहोरेको भाजपाले आउँदो आमचुनावमा जितका लागि विभिन्न रणनीतिको तयारी गरिरहेका बेला आरक्षणको नयाँ मुद्दा अगाडि ल्याएको हो । भाजपा राजस्थान, मध्य प्रदेश र छत्तीसगढमा भएको विधानसभा चुनावमा पराजित भएको थियो ।,राजनीतिक विश्लेषकका अनुसार यहि वर्ष हुने लोकसभा चुनावको अगाडि मोदी सरकारले आरक्षणलाई ‘मास्टर स्ट्रोक’ का रुपमा प्रयोग गरेको हो । विपक्षी राजनीतिक दल विषयलाई लिएर मोदी सरकारको मनसाय र सर्वोच्च अदालतको फैसलाको आधारमा कुरा गर्न सक्ने छन्, तर उनीहरुले शायदै खुलेर यो निर्णयको विरोध गर्ने छन् ।,कांग्रेसले भनेको छ, ‘समाजका सबै समुदायका गरिबलाई शिक्षा तथा रोजगारीको मौका मिल्नु पर्छ, हामी यसका लागि गरिने हरेक कामको समर्थन गर्ने छौँ र त्यसको पक्षपाती पनि रहने छौँ । तर वास्तविकता यो हो कि चार वर्ष ८ महिना बितेपछि अहिले आएर मोदी सरकारलाई गरिबको सम्झना भएको छ । यो आफैमा मोदी सरकारको नियतमाथि प्रश्न खडा गर्छ ।’,अरु दलले यसबारे आफ्नो प्रतिक्रिया दिएका छन् र सीधै यसको विरोध गर्न सकेका छैनन् । तर उनीहरु सबैले चुनावको केही अघि मात्रै मोदी सरकारले यो मुद्दा लिएर आउनुको उद्देश्य नियोजित रहेको बताएका छन् । कांग्रेसले आफू जहिले पनि गरिबको साथमा रहेको तर मोदी सरकारले भनेको गरिबलाई रोजगारी कहिले मिल्छ भनेर प्रश्न गरेको छ ।,कांग्रेसका प्रवक्ता रणदीप सुरजेवालाले चुनावको मुखमा आएर गरिएको यस्तो निर्णयले प्रधानमन्त्री तथा सरकारको नियतमा प्रश्न खडा भएको बताएका छन् । कांग्रेसका नेता वरिष्ठ नेता अभिषेक मनु सिंघवीले १० प्रतिशत आरक्षण मोदी सरकारको चुनावी नारा मात्रै रहेको बताएका छन् ।,भाजपालाई माथिल्लो जात भनिएकाहरुको समर्थन रहँदै आएको छ । यहि कुरालाई चुनावमा थप बलियो बनाउने उद्देश्यसहित मोदी सरकारले माथिल्लो जातिसहित सबै आर्थिक रुपले विपन्नहरुका लागि सरकारी जागिरमा १० प्रतिशत आरक्षण दिने घोषणा गरेको हो ।,सामाजिक न्याय मन्त्री थावरचंद गहलोतले मंगलबार संसदमा विधेयक पेश गर्ने सम्भावना छ । यसलाई पारित हुन दुई तिहाई सांसदको समर्थन चाहिन्छ । भाजपाले व्हिप जारी गरेर लोकसभामा उपस्थित हुन भनेको छ ।
null
साउदीले सुरु गरेको ११ अभियुक्तविरुद्धको सुनुवाईमा शंका, संयुक्त राष्ट्रसंघसहितको अन्तर्राष्ट्रिय समुदायको चासो
अमेरिकी पत्रिका द वासिङ्गटन पोस्टमा लेख्दै आएका पत्रकार जमाल खाशोग्गीको हत्यामा संलग्न भएको आरोपमा साउदी अरेबियाले पक्राउ गरेका ११ अभियुक्तविरुद्ध दायर मुद्दाको सुनुवाई सुरु भइसकेको छ ।,साउदी पत्रकार खाशोग्गीको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका ११ मध्ये पाँचजनालाई मृत्युदण्डको सजाय माग गरिएको छ ।,उनीहरुमाथिको मुद्दाको सुनुवाई रियादमा सुरु भए पनि वास्तविक हत्यारालाई कारवाही हुने र खाशोग्गीले न्याय पाउनेमा भने अन्तर्राष्ट्रिय समुदायले चिन्ता व्यक्त गरेका छन् ।,पत्रकार खाशोग्गीको गएको अक्टोबर २ मा टर्कीको स्थानबुलस्थित साउदी अरेबियाको कन्सुलर कार्यालयमा हत्या भएको हो । सुरुमा पत्रकार खाशोग्गीका बारेमा थाहा नरहेको बताएको साउदी अरेबियाले केही हप्तापछि कन्सुलर कार्यालयमा भएको मुक्का हानाहानमा मृत्यु भएको बतायो । त्यसको केही दिनपछि आफ्नो भनाई परिवर्तन गरेको साउदी अरेबियाले कन्सुलर कार्यालयमा खराब नियत भएका एजेन्टहरुले खाशोग्गीको हत्या गरेको बतायो ।,खाशोग्गी विशेष गरी साउदी अरेबियाका शक्तिशाली क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमान (एमबिएस) का आलोचक थिए । यहि कारण उनको हत्या क्राउन प्रिन्स एमबिएसकै निर्देशनमा भएको आरोप लाग्ने गरेको छ ।,तर साउदी अरेबियाले भने बारम्बार स्पष्ट रुपमा पत्रकार खाशोग्गीको हत्यामा क्राउन प्रिन्स एमबिएस वा राज परिवारका अरु कुनै सदस्यको संलग्नता नरहेको बताउँदै आएको छ ।,साउदी अरेबियाको बारम्बारको दाबी र स्पष्टिकरणका बाबजुद पनि खाशोग्गीको हत्याम क्राउन प्रिन्स एमबिएसको निर्देशन रहेको भनाईलाई बल दिने प्रमाणहरु सार्वजनिक भएका छन् ।,यो घटनाले गर्दा दुई मित्र शक्ति अमेरिका र साउदी अरेबियाको सम्बन्धमा पनि असर पर्न थालेको देखियो। यद्यपी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियासँगको आर्थिक तथा सामरिक महत्वको रणनीतिक सम्बन्धमा कुनै असर नपर्ने बताएका छन् ।,साउदी अरेबियाले हत्याको आरोपमा पक्राउ परेका ११ जना विरुद्ध मुद्दा दायर गरेको थियो, जसको पहिलो सुवनुवाईमा सबै अभियुक्त आफ्ना वकिलसँगै उपस्थित भएका थिए ।,मुद्दाको सुनुवाईको अर्को मिति तोकिएको छैन । टर्कीले अहिलेसम्म प्रमाण उपलब्ध नगराएको साउदी अरेबियाका महान्यायाधीवक्ताले बताएका छन् । अभियुक्त ११ जनाको नाम औपचारिक रुपमा सार्वजनिक गरिएको छैन ।,अभियुक्तको सुनुवाई सुरु भए पनि न्यायीक प्रक्रियाले सही बाटो लिएकोमा शंका जताएका अन्तर्राष्ट्रिय समुदायले पत्रकार खाशोग्गीको हत्याको न्यायका लागि यो मात्रै पर्याप्त नरहेको बताएका छन् । संयुक्त राष्ट्रसंघ अन्तर्गतको मानवअधिकार उच्चायोगले भइरहेको सुनुवाई प्रक्रिया निष्पक्ष हुनेमा आशंका रहेको बताएको छ ।,साउदी अरेबियाले गरिरहेको काम पर्याप्त नरहेको बताएको आयोगले खाशोग्गीको हत्याको छानविन अन्तर्राष्ट्रिय समुदायको संलग्नता रहेको विशेष कमिटिले गर्नु पर्नेमा जोड दिएको छ । सुनुवाई प्रक्रिया बिहीबारदेखि सुरु भएको हो । मानवअधिकार उच्चायोगले शुक्रबार यसमा शंका जताएको हो ।,साउदी अरेबियाले सुरुमा १८ जनालाई पक्राउ गरिएको बताए पनि मुद्दा भने ११ जनाविरुद्ध मात्रै दायर गरेको हो । यसले पनि घटनामा निष्पक्षता र पारदर्शिता नदेखिएको बताउने गरिएको छ ।,पत्रकार खाशोग्गीको हत्या घटनाले साउदी अरेबियाले कुनटनीतिक सम्बन्धमा समस्या झेलिरहेको छ । यस्तै क्राउन प्रिन्स एमबिएसको छवीमा पनि नकारात्मक असर परेको छ । यसले गर्दा साउदी अरेबियाको राजपरिवार भित्रै गुठबन्दी थप बलियो भएका खबर पनि आउने गरेका छन् ।,५९ वर्षका खाशोग्गी दशक भन्दा लामो समय साउदी राजपरिवारका सल्लाहकार थिए र पछि उनी साउदीका कडा आलोक बने । उनको शरीरको अवस्था अझैसम्म थाहा भएको छैन ।,तर गएको डिसेम्बर अन्तिममा टर्कीका अधिकारीबाट चुहावट भएको भिडियोमा हत्यामा संलग्न साउदी व्यक्तिले खाशोग्गीको शरीरका टुक्रा प्लाष्टिकमा पोको पारेर लगेको देखिएको दाबी गरिन्छ । यसको स्वतन्त्र पुष्टि भएको छैन ।,अमेरिकाका उच्च अधिकारी तथा राजनीतिक व्यक्तित्वले पनि साउदी अरेबियाको कदममा शंका गर्दै आएका छन् । यहिबिचमा सम्बन्ध सुधारको प्रयासमा अमेरिकी विदेश मन्त्री माइक पोम्पेओ खाडी तथा मध्य पूर्वका ८ देशको भ्रमणमा निस्कँदै छन् ।,उनले आउँदो हप्ता रियादमा रहँदा विदेश मन्त्री पोम्पेओले पत्रकार खाशोग्गीको हत्याको घटनाको छानविनका सम्बन्धमा भइरहेको प्रगतिबारे जानकारी लिने तयारी छ । यस्तै उनले जोर्डन, इजिप्ट, बहराइन, संयुक्र अरब इमिरेट्, ओमान र कुवेतको पनि भ्रमण गर्ने छन् ।
null
साउदी युवराजमाथि सर्वसम्मत रुपमा लाग्यो हत्या आरोप, समस्यामा ट्रम्प
अमेरिका–साउदी अरेबिया सम्बन्धमा गम्भीर झड्का लाग्ने सम्भावना देखिएको छ । अमेरिकी सिनेटले साउदी अरेबियाको नेतृत्वमा यमनमा भइरहेको सैन्य अभियानका लागि दिइँदै आएको सहयोग बन्द गर्ने पक्षमा मत दिएको छ ।,यस्तै पत्रकार जमाल खाशोग्गीको हत्यामा साउदी अरेबियाका क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमान (एमबिएस) दोषी रहेको पनि सिनेटरले बताएका छन् ।,सन् १९७३ को वार पावरस एक्ट अन्तर्गत अमेरिकाले सैन्य सहयोग गर्दै आएको कुनै पनि अभियानमा सहयोग रोक्का गर्ने पक्षमा अमेरिकी सिनेटमा पहिलो मतदान भएको हो ।,राष्ट्रपति डोनाल्ड ट्रम्पकै पार्टी रिपब्लिकनकै केही सिनेटरले सहयोग रोक्का गर्ने पक्षमा मत दिएपछि यस सम्बन्धी प्रस्ताव सिनेटमा ५६–४१ ले पारित भएको छ । यो प्रस्ताव यमनको युद्धमा अमेरिकी विचारधाराको रुपमा हेरिएको छ तर यो कानुन बन्ने सम्भावना भने त्यति देखिएको छैन ।,यस्तै सिनेटले गएको अक्टोबर २ मा टर्कीको स्थानबुलस्थित साउदी कन्सुलर कार्यालयमा भएको पत्रकार जमाल खाशोग्गीको हत्यामा साउदी क्राउन प्रिन्स एमबिएसको संलग्नता रहेको भन्ने सम्बन्धी संकल्प प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ ।,अमेरिकी पत्रिका द वासिङ्गटन पोस्टमा लेख्दै आएका पत्रकार खाशोग्गीको हत्यामा क्राउन प्रिन्सको संलग्नता रहेको आरोप लाग्दै आएको भए पनि पहिलो पटक अमेरिकी सिनेटले औपचारिक रुपमा उनीमाथि यो आरोप लगाएको छ ।,साउदी अरेबियाले खराब नियत भएका एजेन्टको रफ अपरेशनको क्रममा पत्रकार खाशोग्गीको हत्या भएको बताएको छ । उसले पत्रकार खाशोग्गीको हत्यामा क्राउन प्रिन्स एमबिएससहित राज परिवारका कुनै पनि सदस्यको संलग्नता नरहेको बताउँदै आएको छ ।,दशक भन्दा लामो समय साउदी राज परिवारका सल्लाहकार रहेका पत्रकार खाशोग्गी पछिल्लो समय विशेष गरी क्राउन प्रिन्स एमबिएसका तीव्र आलोचक भएका थिए । यहि कारण क्राउन प्रिन्सकै निर्देशनमा खाशोग्गीको हत्या भएको आरोप लाग्ने गरेको छ ।,अमेरिकी सिनेटले हत्यामा क्राउन प्रिन्सको संलग्नता रहेको औपचारिक आरोप लगाउँदै संलग्नतहरुमाथि कारवाही गर्न साउदी अरेबियासँग माग गरेको छ ।,अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगातार साउदी अरेबियासँगको व्यवसायिक तथा रणनीतिक सम्बन्धको पक्षमा बोल्दै आएका छन् । उनले अमेरिका–साउदी अरेबियाबिचको सैन्य सहकार्यलाई जोड दिँदै आएको भए पनि सिनेटले यमनका सम्बन्धमा सैन्य सहयोग रोक्का गर्ने पक्षमा मत दिएको हो ।,यस्तै राष्ट्रपति ट्रम्पले लगातार बचाउ गर्दै आएको भए पनि सिनेटले पत्रकार खाशोग्गीको हत्यामा क्राउन प्रिन्स एमबिएसमाथि आरोप लगाएको हो ।,सिनेटले पास गरे पनि सैन्य सहयोग रोक्का गर्ने सम्बन्धी प्रस्तावले कानुनको रुप लिन हाउस अफ रिप्रिजेन्टेटिभको स्वीकृति लिनु पर्छ । त्यसपछि पनि राष्ट्रपतिको मन्जुरी आवश्यक पर्छ । तर ट्रम्पले यसमा भिटो प्रयोग गर्ने सम्भावना छ ।
null
चोरी हुँदैछ या बेचिँदैछ भोकमरीग्रस्तहरुकै खाना
यमनमा झण्डै चार वर्षदेखि जारी युद्धका कारण सबैभन्दा बढी सर्वसाधारण नागरिक प्रभावित भएका छन् । युद्धका कारण धेरैको ज्यान गएको छ भने धेरै भोकमरीका कारण मृत्युको मुखमा पुगेका छन् ।,हुथी बिद्रोही र साउदी अरेबिया नेतृत्वको गठबन्धन सेनाको साथ पाएको सरकारी सेनाबिचको युद्धको चपेटामा सर्वसाधारण नागरिक परिरहेका छन् । उनीहरु युद्धरत दुई पक्षको ‘ट्रर्‍याप’ मा छन् । उनीहरुसम्म राहतका सामग्री पनि पुग्न सकेका छैनन् ।,भोकमरीसँग जुधिरहेकाहरुका लागि लगिएको खाद्यान्नसहितका अत्यावश्यक सामग्री हुथी बिद्रोहीले चोरी गरेको वा लुटेको आरोप यमनमा खाद्यान्न सहयोग गर्दै आएको संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (युएनडब्लुएफपी) ले लगाएको छ ।,युएनडब्लुएफपीले हुथी बिद्रोहीसँग उसको कब्जामा रहेका क्षेत्रमा भोकमरीसँग जुधिरहेका नागरिकका लागि लगिएका खाद्य सामग्री वितरणमा रोक नलाउन आग्रह गरेको छ ।,आफूहरुले भोकमरीको समस्यामा रहेका नागरिकका लागि लगेको खाद्य सामग्री हुथी बिद्रोहीले कब्जामा लिएर अरुलाई नै दिने गरेको वा बेच्ने गरेको युएनडब्लुएफपीले बताएको छ ।,विशेष गरी राजधानी सनाका नागरिकले राहतको खाद्य सामग्री प्राप्त गर्न नसकेको संयुक्त राष्ट्रसंघीय एजेन्सीले उल्लेख गरेको छ ।, खाद्य सामग्री बोकेका युएनडब्लुएफपीका लरीलाई हुथी बिद्रोहीले वितरण क्षेत्रबाट गैरकानुनी रुपमा हटाइरहेका छन् ।,हुथी बिद्रोहीले भोकमरीमा रहेका नागरिका लागि लगिएको रासन खुला बजारमा बेचिरहेको वा अरुलाई नै वितरण गरिरहेको डब्लुएफपीको भनाई छ ।,हुथी बिद्रोहीले यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । संयुक्त राष्ट्रसंघका अनुसार अहिले यमनका झण्डै दुई करोड मानिस भोकमरीको अवस्थामा छन् । त्यसमध्ये आधा आफूले अब कहिले खान पाउँछु भन्ने थाहा नभएको अवस्थामा छन् ।,पछिल्लो महिना आफूहरुले गरेको पुनरावलोकनका क्रममा सहयोग सामग्री आवश्यक परेकाहरुसम्म नपुगेको पाइएको डब्लुएफपीले उल्लेख गरेको छ । यसबारे अनुसन्धान गर्न संयुक्त राष्ट्रसंघले माग गरेको छ ।,सन् २०१५ देखिको युद्धका कारण यमनमा गम्भीर मानवीय संकटको अवस्था छ । अहिलेसम्म युद्धका कारण कम्तिमा ६ हजार ८ सय सर्वसाधारण नागरिकको ज्यान गएको छ । यस्तै १० हजार सात सय भन्दा बढी घाइते भएका छन् ।,यस्तै रोक्न सकिने कुपोषण, महामारीजन्य रोग तथा कमजोर स्वास्थ्य सेवाका कारण थप हजारौँको ज्यान गएको संयुक्त राष्ट्रसंघले उल्लेख गरेको छ ।,हुथी बिद्रोहीविरुद्ध साउदी अरेबिया नेतृत्वको गठबन्धन सेनाले सन् २०१५ मा यमनमा हवाई आक्रमण सुरु गरेको थियो । हुथी बिद्रोहीले यमनका राष्ट्रपति मन्सुर हादीलाई विस्थापित गरेपछि साउदी अरेबियाले आक्रमण थालेको हो ।
null
कहर काट्दै छन् प्रचण्डका ‘दुई छोराहरु’
गएको हप्ता हामी चितवनको दक्षिण–पश्चिममा रहेको मेघौलीको एक विद्यालय पुगेका थियौँ । भरतपुर महानगरपालिकाको वडा नम्बर २८ मा अवस्थित साझापुर माध्यामिक विद्यालय गएको वैशाखदेखि चर्चामा छ ।,सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुई विपन्न विद्यार्थीहरुको अभिभावकत्व ग्रहण गरेका छन् यो विद्यालयमा ।,हरेक वैशाखमा विद्यालय बाहिर रहेका विद्यालय उमेरका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनका लागि राष्ट्रिय भर्ना अभियान चल्दै आएको छ । यो वर्षको वैशाखमा चलेको भर्ना अभियान अरु वर्षभन्दा केही फरक थियो ।,प्रधानमन्त्री केपी शर्मा ओली, प्रचण्डसहितका शीर्ष तथा प्रदेश तहका नेताहरुले विपन्न केही विद्यार्थीहरुको अभिभावकत्व ग्रहण गरे । सन्देश दिए, शिक्षा सबैको पहुँचमा छ र भविष्यको सुन्दर सपनालाई साँचो अर्थमा बाँच्न पाइन्छ ।,प्रचण्डले आफू निर्वाचित भएको चितवनको क्षेत्र नम्बर ३ को सांसदको नाताले जिल्लाको जेठो विद्यालय साझापुर माविमा दुई विद्यार्थीको अभिभावकत्व लिने निर्णय गरेका हुन् । २०११ साल कात्तिक १४ मा स्थापित भएको साझापुर माविमा पढ्न आउने विद्यार्थीमध्ये ७० प्रतिशत भन्दा बढी आदीबासी जनजाती छन् । थारु, मुसहर, माझी लगायका समुदायका विद्यार्थीको बाहुल्यता छ त्यहाँ ।,प्रचण्डले आर्थिक रुपमा विपन्न तथा सामाजिक रुपमा पछि परेका दुई विद्यार्थी पत्रुस मुसहर र अरुण माझी मुसहरको अभिभावकत्व लिए । अर्थात प्रचण्ड बने पत्रुस र अरुणका अभिभावक, त्योसँग जोडिएका सबै दायित्व स्वीकार्दै ।,अभिभावकको अर्थ बृहत नेपाली शब्द कोषमा यसरी दिइएको छ – १) पालन पोषण गर्ने, हेरविचार गर्ने, संरक्षक । २) छात्रछात्राको जिम्मा लिने वा जिम्मेवारी वहन गर्ने । ३) वशमा पार्ने । ४) जित्ने, पराजय गर्ने । ५) बुवाआमा वा संरक्षक व्यक्ति ।,स्कूलको रेकर्डमा उनीहरुको संरक्षणको जिम्मा अभिभावक प्रचण्डको नाममा छ ।,हामीले प्रचण्डले अभिभावकत्व लिएका पत्रुस र अरुणलाई विद्यालयदेखि घरसम्म पछयायौँ ।,…,दिनको साढे १२ बजेतिर पुग्दा साझापुर माविमा प्रारम्भिक शिक्षाको पहिलो खुड्किलो अर्थात नर्सरी कक्षा कोठा नजिक पुग्दा साना नानीहरुको आवाज बाहिरसम्मै आइरहेको थियो ।,तीनदेखि पाँच वर्ष उमेरका साना नानीहरु आफ्नै सुरुमा थिए । कोही गुडिया खेलाउँदै थिए, कोही कापीमा लेख्दै त कोही आफ्नी म्याडम (शिक्षिका) को वरिपरी झुम्मिएका थिए । शिक्षिका गोमा बिक उनीहरुलाई पेन्सिल तिखारेर लेख्न सिकाउँदै थिइन् ।,ढोकाबाट पस्दा कक्षा कोठाको बायाँ कुनातिर शिक्षिका गोमाका वरिपरी केही बालबालिका थिए । केही ढोका नजिकै खेलिरहको थिए । अर्को एउटा झुण्ड दायाँ कुमाना रबरका टुक्राहरु जोडेर घर जस्तो आकृति बनाउन खोज्दै थिए । बिचमा बालबालिकालाई पढ्न सजिलो हुने गरी राखिएको टेबुल थियो ।,दायाँ र बायाँ कुना अनि ढोकातिरका समूहमा रमाइरहेका साथीहरु भन्दा अलि भिन्न एक बालक थिए कोठाको दायाँ तिर । कम्मरमा अडिन अलि मुश्किल मानेको जस्तो देखिने निलो रंगको पाइन्ट । सेतो सर्टमाथि निलै रंगको स्वीटर र टाउकोमा निलो रंगको ऊनको टोपी लगाएका ती बालकको हातमा पहेँलो रंगको खेलौना थियो ।,‘तपाईँको हातमा के हो नि ?’ उनले सानो आवाजमा जवाफ दिए, ‘घोडा ।’,केही निहुरी परेका उनले खेलौना घोडाको खुट्टा मुखमा हालेका थिए ।  नाम के हो भनेर सोध्दा उनी बोलेनन् । त्यसपछि शिक्षिका गोमाले परिचय दिइन्, ‘उहाँको नाम पत्रुस मुसहर हो ।’ उनले नाम भिनिदिँदै पत्रुसलाई आफ्नो नाम भन्नु पर्छ नि भनेर सिकाइन् फेरि ।,अनि हामीतिर फर्केर भनिन्, ‘उहाँकै त हो प्रचण्डले अभिभाकत्व लिएको ।’ गोमाले आफ्ना विद्यार्थीको परिचय दिइरहँदा अरु बालबालिका जस्तै पत्रुस पनि आफ्नै खेलौनामा मस्त थिए ।,अलिबेर कक्षमै रहेका पत्रुस बाहिर निस्किए । सँगै गोमा पनि । केहीबेरमा फर्किँदा पत्रुस बोल्न मान्ने भएछन् ।,उनी कक्षामा आए । अनि भने, ‘मेरो नाम पत्रुस मुसहर हो ।’ उनले आफ्नो उमेर पनि भने । पाँच वर्षका भएछन् । यति भनेपछि उनी थप बोल्न चाहेनन् । अघिसम्म घोडा खेलेका पत्रुस अब रबरका टुक्राहरु मिलाएर घरजस्तो आकृति बनाउन लागे ।,शिक्षिका गोमाले पत्रुसबारे बताउन थालिन् । पत्रुस गएको वैशाखमा भन्दा अहिले बोल्न थाल्ने भएका रहेछन् । पढाईमा पनि राम्रो गर्दै छन् ।, कक्षामा सबैलाई शिक्षिका गोमाले तपाईँ भन्दै थिइन्, कारण सानैदेखि बच्चाहरुलाई अरुको आदर गर्न सिकाउने उद्देश्य रहेछ ।,पत्रुसबारे बताउँदै गएकी गोमाले जानकारी दिइन्, प्रचण्डलाई पत्रुसले ‘ठूलो बुवा’ भन्ने रहेछन् । खेल्दै गर्दा आफ्नी गुरुले कुरा गरेकी ठाउँमा आएका पत्रुससँग, ‘तिम्रो ठूलो बुवा, प्रचण्ड हो ?’ भन्दा जनाउ दिने गरी मुन्टो हल्लाए ।,शिक्षिका गोमाका अनुसार पत्रुस साथीहरुसँग मिलनसार छन् । सुरु सुरुमा कम बोल्ने भए पनि अहिले आफूसँग राम्ररी बोल्न भएको र पढाएको कुरा राम्रोसँग सिक्ने बानी पत्रुसको छ ।,खेल्दै–सिक्ने र सिक्दै खेल्ने क्रम चलिरहेकै थियो । बालबालिकाहरु यताउता गर्न थाले, शिक्षिका गोमाले घडी तर्फ हेर्दै भनिन्, ‘ए अब त खाजा खाने बेला भएछ ।’,त्यसपछि तरखर सुरु भयो । बिहान आउँदा खाजा ल्याउनेहरुले गुरुआमालाई राख्न दिने रहेछन् । सबैका खाजाका भाँडा लिएर गोमा बाहिर निस्कन थालिन्, भन्दै थिइन्, ‘पहिले यहिँ भित्रै खुवाउँथ्यौँ, तर पोखिने भएकाले बाहिर चउरमा जान थालेका छौँ ।’,कक्षाबाट सबै निस्किए, पत्रुस पनि । पत्रुसको खाजाको भाँडो थिएन । ‘पत्रुसलाई खाजाका लागि प्रचण्डले नै दैनिक ३० रुपैयाँको व्यवस्था गर्नु भएको छ । त्यसैबाट हामीले खाजा दिने गरेका छौँ । पहिला हामीले नै किनेर ल्याइदिने गरेका थियौँ, अचेल भने पत्रुस आफै जानु हुन्छ ।’, गोमाले यसो भनिरहँदा पत्रुस विद्यालयको चउर हुँदै मुल गेटबाट निस्केर अघितिरको पसल तर्फ लम्कँदै थिए ।,बाहिर चट्पटे बनाउँदै गरेकी पसले साहुनी भित्र पसिन् । सोधिन्, ‘खाजा लिन आएको पत्रुस ? आज तेरी ममीले बिस्कुट दिन भनेकी छन् ।’, यत्ति भन्दै पसले साहुनीले तीनवटा पार्लेजी बिस्कुट टेबुलमा राखिन्, पत्रुसले तीनवटै बिस्कुट लिए, अनि अघि गएकै बाटो फर्किए । पसले साहुनी जमुना पौडेलले भनिन्, ‘उसले आफै रोजेर खाजा लैजान्छ । कहिले बिस्कुट, कहिले चाउचाउ ।’,तीनवटा बिस्कुट लिएर साथीहरु बसेको ठाउँमा पुगेका पत्रुसले दाँतको सहयोगमा बिस्कुटको प्याकेट खोले । अनि खान थाले । केही साथीलाई दिए । घरबाट खाजा नल्याएका केही बाहेक सबैले खाजा खाए । त्यसपछि आफन्त लिन आउने र सबैलाई घर पठाउने जानकारी शिक्षिका गोमाले दिइन् ।,पत्रुसलाई लिन कोही आउने रहेनछन् । घर स्कुलबाट झण्डै १० मिनेटको पैदल दूरीमा । पत्रुसलाई गुरुआमाले झोला बोकाइ दिइन् । उनी निस्किए, अघि बिस्कुट किनेकै पसलमा ‘चिइगम’ किने ।,बिस्तारै घर तिर हिँडे । अघि विद्यालयमा हुन्जेल नबोलेका पत्रुस बोल्न थाले ।,आधाबाटो जति पुगेपछि पाइन्टको खल्ती देखाउँदै भने, ‘एउटा बिस्कुट त यहाँ छ ।’,तीनवटा बिस्कुट मध्ये एउटा उनले राखेका रहेछन् ।,‘कसलाई हो नि यो ?’,उनको जवाफ, ‘बैनीलाई ।’,पत्रुसकी बहिनी रहिछन् घरमा । पाँच महिनाकी ।,‘बैनीले कसरी खान्छिन् नि बिस्कुट ?’,पत्रुस बोले, ‘घोलीघोली गरेर खान्छ ।’,यति भन्दा भन्दै उनको घर पुग्न लागियो । उनले आफ्नो घर देखाए ।,घर पस्ने ठाउँमा आगो बालिएको ठाउँमा एक युवती भात खाँदै थिइन्, उठिन् । उनी पत्रुसकी आमा रहिछन्।,उनी लाज मान्दै थिइन् । भनिन्, ‘घर यस्तो छ ।’ उनको यस्तो छ, मा राम्रो छैन भन्ने भाव थियो । खडैको बारमा माटोले लिपिएको घरलाई पानीबाट जोगाउन कालो प्लाष्टिकले घेरिएको छ । भित्र पस्ने बित्तिकै एकतिर बिस्तरा र अर्को तिर भान्छा देखिन्छ । लुगाहरु त्यति व्यवस्थित थिएनन् । पत्रुसले स्कूल ड्रेस फेरेर टिभी हेर्ने जिद्दी गरे ।,गर्दागर्दै उनी बैनीसँग खेल्न थाले, आमालाई पिर्‍याउन पनि भ्याए । अनि पिङ्ग खेले, साइकल चलाए । भ्याए धेरै कुरा ।, छोराले पढ्ने स्कूलको नाम थाहा भएन,पत्रुस खेल्न थाले । आमाको नाम लक्ष्मी मुसहर रहेछ । लेखपढको अवसर नपाएकी । उनलाई छोराले पठ्ने स्कूलको नाम पनि थाहा रैनछ ।,पत्रुसलाई प्रचण्डले पढाई दिएका छन् भन्ने थाहा छ । पत्रुसले कहिले काहिँ घरमा ‘म प्रचण्डको छोरा हो’ भन्छन् रे । स्कूलको खर्च प्रचण्डले जोहो गरिदिए पनि अरु आवश्यकताहरुको जोरजाम पत्रुसका बुवाले गर्छन् ।,आश पनि त्यस्तो केही रहेनछ लक्ष्मीलाई, बस छोराले राम्रोसँग पढोस । आफूले प्रचण्डलाई कहिले नभेटेको लक्ष्मीले बताइन् ।,गफगर्दा गर्दै उनका श्रीमान सुरजकुमार मुसहर आइपुगे । हामी पुग्दाको दिन मजदुरीको काम नपाएकाले घरमै रहेछन् उनी ।,सुरजकुमारलाई आफ्नो उमेर ३० वर्ष जति भयो कि जस्तो लाग्छ । प्रचण्डसँग उनको पनि भेट भएको छैन ।,छोरालाई पढाईदिएकोमा प्रचण्डलाई धन्यवाद दिन्छन् सुरज । उनले पनि स्कूल टेकेका रहेनछन् । उनले भने ‘नाम पूरा लेख्न त आउँदैन, तर सुरज चाहिँ लेख्न सक्छु ।’,दुःखजिलो गरेर जीविका चलाइरहेका सुरजलाई आफ्नो छोराले सकेसम्म राम्रो पढोस् भन्ने छ तर कुनै त्यस्तो ठूलो अपेक्षा भने छैन ।,पत्रुसको विद्यालय कहिले काहिँ जाने उनकी हजुरआमा भौजिया मुसहरले भने प्रचण्डलाई भेटेकी रहिछन्। उनी पनि खुशी थिइन् । नातिले पढ्न पाएकोमा उनी खुशी छन् ।,…,पत्रुसलाई विद्यालयदेखि घरसम्म पछ्याउँदै जाँदा उनको परिवारको अवस्था र सपनाको सामान्य ‘स्केच’ बनेको थियो । त्यसपछि हामी प्रचण्ड नै संरक्षक रहेका अर्का बालकलाई भेट्न लाग्यौँ ।,अरुण माझी मुसहरको अभिभाकत्व पनि गएको वैशाखमा प्रचण्डले लिएका हुन् । उनी एक कक्षामा पढ्छन् । ६ वर्ष पुगेका उनी विद्यालय आएका थिएनन्, त्यसैले उनको घर तिर लाग्यौँ ।,विद्यालयका शिक्षक–शिक्षिकाहरु ‘पत्रुसको त राम्रै छ, अरुणको चाहिँ त्यति राम्रो छैन, स्कूल पनि नियमित आउने गरेका छैनन्’ भन्दै थिए ।,हामी अरुणको घर सोध्दै पुग्यौँ, दर्दहनीको मुसहर गाउँ । चार–पाँच परिवार माझी मुसहरको घर रहेको बस्ती बर्दाहा जंगलको छेउमा छ । बस्ती नजिकै बाक्लो काँसघारी अनि त्यो भन्दा पर अबिरल बग्ने नारायणी नदी ।,अरुणको घर खोज्दै जाँदा उनका ठूलो बुवाको घर पुगियो । राजु माझी मुसहर, बाटै छेउमा रहेको घरको आँगनमा बसेर बिँड बनाउन काठ खुर्किँदै थिए । उनले बाटोमा खेलौना गाडा गुडाउँदै आएका केही बालकहरु तिर देखाउँदै ‘उ त्यहि हो अरुण, आउँदै छ’ भने ।, केहीबेरमा अरुण आइपुगे कालो रंगको हाफ पाइन्ट र निलो स्वीटरमा । मुख वरिपरी टाटा बसेको । धुलाम्य हात र उस्तै धुलाम्य तर खाली गोडा । अरुणले ‘यिनीहरु किन आएका होलान् ?’ भन्ने भावमा हेरिरहे ।,उनी अनकनाउँदै बोल्न थाले । स्कूल नगएकाले हुन सक्छ, उनी केही अप्ठ्यारो मान्दै थिए । अरुण साथीहरुसँग मिलेर घरबाट अलि पर बाटोको छेउमा रहेको बयरको झ्याङ्गमा बयर खान गएका रैछन् । मुखको वरिपरी लागेको टाटो बयरको रैछ ।,‘अरुणले स्कूल किन नगएको नि ?’ भन्दा केही बोलेनन् ।,अनि ‘तिम्रो घर कुन हो ?’ भन्दा हातले इसारा गरेर देखाए ।,हामी झसङ्ग भयौँ ।,अरुणले ‘हाम्रो घर त्यो हो’ भनेर देखाएको खरले छाएको छानो र खाँबाहरुको संरचना घर जस्तो थिएन । उनको घरमा ढोका थिएन । झ्याल र भित्ताहरु थिएनन् । खुल्ला थियो, जताबाट पसे हुने, जताबाट निस्के पनि हुने ।,घर सुरक्षाको भरोसा दिलाउने संरचना । तर अरुणको घरले भरोसा भन्दा डरको बास मनमा गराउने खालको देखियो । ढोका बिहीन वा अर्को अर्थमा ढोकै ढोका भएको घरको पश्चिम तिर एक युवा सुतिरहेका थिए ।,उनी अरुणका बुवा रहेछन् । रक्सी खाएर लडेका, उनलाई उठाउन बेर लाग्यो । प्रायः यसैगरी रक्सीमा लट्ठ हुने रहेछन् । अरुणका कान्छो हजुरबुवा सम्भू मुसहरले उनको आनीबानी बताए ।,मैला खुट्टा, उध्रिएको गुन्द्रिमा सुतेका अरुणका बुवाको नाम राजकुमार माझी मुसहर रहेछ । २७–२८ वर्ष उमेर बताउने उनलाई आफ्नो छोराको अभिभाकत्व प्रचण्डले लिएकाे जानकारी रहेछ ।,राजकुमारले आफू स्कूल गएर छोराछोरीको पढाईबारे बुझ्ने गरेको बताए तर अरुण किन स्कूल गएनन् भन्ने थाहा भएन ।,अरुणकी हजुरआमा रक्सीमा लट्ठ हुने छोरा र साना नातिनातिनाको पेट भर्नका लागि सिला खोज्न गएकी थिइन् । साझापुर माविमै तीन कक्षामा पढ्ने अरुणकी दिदी अरुणा, खाना पकाउँदै थिइन् ।,खुल्ला घरमा तीनवटा ढुंगा जोडेर बनाएको अगेनोमा अरुणाले आगो बाल्दै थिइन् । धुवाँ उड्दै गरेको अगेनोमा कराई बसालिन् । तरकारी के पकाउने थाहा थिएन । बिहानको खाना अलिकति बचेको थियो ।,अरुणालाई काम गर्नु भन्दा पनि राति भित्ता बिहीन घरमा बस्नु डर लाग्दो रहेछ । ‘राति डर लाग्छ । जाडो हुन्छ । बाघ आउँछ कि जस्तो लाग्छ ।’ घर नजिकैको जंगलले त्यो डर बढाएको थियो । अरुणा, उनका भाइ अरुण र सारुन अनि बुवा राजकुमारसँगै सुत्छन् ।,अरुणकी आमा उनीहरुको साथमा छैनन् । बुवाको रातदिनको टोकसोका कारण उनी अर्कै बिहे गरेर गएकी रहिछन् । प्रचण्डले अभिभावकत्व लिएका अरुण र उनकी दिदी तथा भाइको अवस्था विचल्लीको छ ।,उनीहरुलाई हरेक दिन स्कूल जाने मन छ । बारबेर गरेको घरमा बस्ने मन छ । अनि जाडो थेग्ने लुगा उनीहरुको रहर ।,आफूहरु विद्यार्थीहरुका लागि केही गर्न इच्छा भए पनि स्रोतको अभावले भने जस्तो गर्न नसकिएको साझापुर माविको विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष लालु अधिकारीको प्रतिक्रिया थियो । अरुणको सवालमा आफूहरु पनि चिन्तित रहेको उनको भनाई छ ।,तर अभिभावकत्व एउटा प्रचारको अश्त्र नभई जिम्मेवारी र निष्ठाको विषय बन्यो भने शायद अरुण र पत्रुसको भविष्य उज्ज्वल हुनेछ ।
टंक ढकाल
महत्वपूर्ण सम्मेलनअघि विज्ञको चेतावनी, ‘क्रसरोड’ मा पृथ्वी
विश्वव्यापी रुपमा भइरहेको जलवायु परिवर्तनलाई सीमित गर्न भइरहेको प्रयासका थालनीकर्ता मध्येका चार वरिष्ठ व्यक्तित्वले अहिले पृथ्वी ‘क्रसरोड’ मा रहेको चेतावनी दिएका छन् । अर्थात पृथ्वी नै जलवायु परिवर्तनका कारण जोखिममा रहेको उनीहरुले चेतावनी दिएका हुन्।,पोल्याण्डमा सुरु हुन लागेकाे जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनअघि उनीहरुको भनाई आएको हो । पोल्याण्डको कातोविसमा सोमबार अपरान्हदेखि , सुरु हुँदैछ ।,जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय प्रयासका चार पूर्व अध्यक्षले पृथ्वी जोगाउनका लागि तत्काल निर्णायक र परिणाममुखी प्रयास थाल्न आग्रह गरेका छन् ।,सन् २०१५ मा फ्रान्सको पेरिसमा भएको जवायु परिवर्तन सम्बन्धी सम्मेलन र त्यसले तय गरेको जलवायु परिवर्तन सम्झौतापछिको ठूलो र महत्वपूर्ण सम्मेलनअघि विशेषज्ञले ठोस कदमका लागि आग्रह गरेका हुन् ।,पेरिस सम्झौताको उद्देश्य पूरा गर्नका लागि कार्बन उत्सर्जनमा भारी कटौती गर्नु पर्ने उनीहरुले बताएका छन् । कोप–२४ सुरु हुनु भन्दाअघि नै त्यसका मध्यस्थकर्ता रहेका विशेषज्ञले संयुक्त भनाई जारी गरेका हुन्, ताकी विश्वभरका नेतालाई दबाब परोस् ।,यसैबिच विश्व बैंकले जलवायु परिवर्तनविरुद्ध काम गर्दै आएका देशलाई २०० बिलियन अमेरिकी डलरको सहयोग गर्ने घोषणा गरेको छ । यो सहयोग पाँच वर्षको अवधिमा प्रदान गरिने विश्व बैंकले जनाएको छ ।,कोप–२४ आर्थत कन्फ्रेन्स अफ द पार्टिज (कोप) को सम्मेलन इन्टरगभरमेन्टल प्यानल अन क्लाइमेट चेन्ज (आइपिसिसी) ले गएको अक्टोबरमा जारी गरेको विश्वव्यापी तापमान बृद्धि १.५ डिग्रीमा सीमित गर्ने सम्बन्धको अवस्था बारेको प्रतिवेदनपछि हुन लागेको महत्वपूर्ण सम्मेलन हो ।,तापमान बृद्धि १.५ डिग्रीमा सीमित गर्नका लागि सन् २०३० सम्ममा ग्रिनहाउस ग्यासको उत्सर्जन ४५ प्रतिशतले कटौती गर्नु पर्ने आइपिसिसीले उल्लेख गरेको छ । तर पछिल्लो प्रतिवेदन अनुसार सन् २०१७ मा कार्बन उत्सर्जनको मात्रा त्यसअघिका चार वर्षको भन्दा उच्च रहेको देखिएको छ ।,संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी पहलका चार अध्यक्षले कोप २४ सम्मेलनअघि महत्वपूर्ण कदम चाल्दै तत्काल कार्यात्मक पहलको अपिल गरेका हुन् । उनीहरुले भनेका छन्, ‘अबको दुई वर्षभित्र हुने प्रयासहरु निकै महत्वपूर्ण हुने छन् ।’,फिजीका फ्र्यांक बाइनिमारामा, मोरक्कोका सालहेद्दिन मेजुउर, फ्रान्सका लेरेन बासिउस र पेरुका म्यानुएल पुल्गर भिडालले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘कातोविसमा हुने कोपा–२४ मा मन्त्रीहरु तथा अरु नेताले बोल्ने र गर्ने कामले भावी दिनका प्रयासहरु निर्धारण गर्न सहयोग गर्नेछ, जसले पेरिस जलवायु सम्झौताका उद्देश्य पूरा गर्न सहयोग मिल्छ । सबैभन्दा जोखिममा रहेकाहरुको रक्षाका लागि यो सम्मेलन महत्वपूर्ण वा असरकार साबित हुन सक्छ ।’,उनीहरुको वक्तव्यमा अघि भनिएको छ, ‘प्रयासमा हुने थप ढिलाईले भविष्यको बाटो थप अप्ठ्यारो बनाउने छ र जलवायु परिवर्तनविरुद्धको प्रयास खर्चिलो हुनेछ सबै हिसाबले ।’,अहिले जलवायु परितर्वनका लागि विभिन्न देशहरुले गरिरहेको प्रयास र आवश्यक प्रयासका बिचको फरक बढी रहेको देखिएको अवस्थामा उनीहरुको यो वक्तव्य अर्थपूर्ण हुने विश्लेषण गरिएको छ ।
null
बाटोको कथा भन्ने साना सपनाजीवि एक यात्री
कुराको बिट मारेर छुट्टिने क्रममा उनले भने, ‘म त सपनाजीवि हुँ, त्यो पनि साना सपनाहरु । जहिलो साना सपनाहरुको पछि लागेको छु ।’,सपना, त्यो पनि सानो । उनका साना सपनाहरुलाई पछ्याउँदै अघि बढेको जीवनको एउटा पाटोबारे कुरा भएको रहेछ, कुराकानीको बिट मार्ने तरखर अघिसम्म ।,३५ वर्षका भए उनी, अर्थात अशोक सिलवाल । नुवाकोटको गाउँबाट काठमाडौँ खाल्डो पसेका उनले आफ्ना सपनाहरुको पोका फुकाउँदै लगे । पेशाले लामो समय पत्रकार रहे । त्यसपछि बिचमा सँगै शिक्षक बने । अनि अहिले मुलतः पर्यटनसँग जोडिएका छन् । उनी ट्राभल कम ट्रेकिङ्ग गाइड हुन् । र पत्रकारितासँग पनि जोडिइरहेका छन् ।,उनी गएको पाँच वर्षदेखि पर्यटनसँग जोडिएका छन् । आफूले देखेको ठाउँको कथा, अझ विशेष गरी बाटोको कथा यात्रीहरुलाई भनिरहेका छन् ।,कथा भन्ने यो पेशाले उनलाई जीवनको अर्थ खोज्न झक्झक्याएको छ । आफू भित्रबाट आफू चिन्न र अरुलाई पनि उनीहरुकै नजरमा देख्न सक्नु पर्छ भन्ने बुझाउँदै लगेको छ ।,११ दिदीबहिनी–दाजुभाइ मध्ये कान्छा अशोकले गाउँमै हुँदा पनि सदरमुकाम बसेर पढेका रहेछन् । त्यसपछि क्याम्पस पढ्न काठमाडौँ आए । बिदाको बेला घर जाँदा राजधानीको खबर अनि फर्किँदा गाउँको खबर लिएर आउने गरेको सम्झना अहिले पनि ताजा छ ।,उनले भनेका थिए, ‘त्यहि यताको खबर उता, उताको खबर यता पोको पारेर ल्याउने नजानिँदो क्रमले मलाई पत्रकारितामा जोडेको हुनु पर्छ । त्यो बेला पत्रकार बन्ने सानो सपना देखेँ र त्यसमै रमाएँ ।’,उनको खबरको पोको कहिले खाली हुँदैनथ्यो र अहिले पनि खाली छैन । खबरको दायरा फराकिलो भयो, पोकोको आकार पनि बढ्दै गयो ।, पढ्दै जाँदा उनलाई आफूले सिकेका कुरा अरुलाई बाँड्ने मन भयो । सपना देखे फेरि–शिक्षक बन्न पाए ।,शिक्षक बन्नु आफैमा ठूलो कुरा हो र यसको सपना देख्नु सानो हुँदै होइन । अशोक भने शिक्षणको आफ्नो सपनालाई पनि सानो भन्छन् । उनले क्याम्पस पनि पठाए र अहिले पनि जारी छ । तर त्यो भन्दा बढी पठाउन थालेपछि आफू साँचो अर्थमा विद्यार्थी बनेको जस्तो उनलाई लागेको छ र ‘सिकिरहेको छु’ भन्छन् ।,अहिले उनी मुलतः जोडिएको पर्यटन अर्थात आफ्नो यात्रामा अरु यात्रीलाई बाटो र त्यससँग जोडिएका कथाहरु सुनाउने पेशा ट्रेकिङ्ग गाइडको विलुप्त सपना सानैमा उनमा बसेको थियो ।,गाउँमा घुम्न पुगेको विदेशी विद्यार्थीहरुको समूहसँग सायद १० कक्षामा पढ्दा होला, उनको भेट भएको थियो । र त्यो बेला सामान्य अंग्रेजी जानेका उनले गाउँ घुमाएका थिए, केही विद्यार्थीलाई । अशोकले सम्झिए, ‘ती विद्यार्थीलाई आफ्नो गाउँ देखाउँदा नै मलाई यो घुम्ने–घुमाउने पेशामा रुची जागेको थियो । तर यसले आकार लिन लामो समय लाग्यो ।’,उनका लागि यात्रीहरुसँगको संगत त्यो पनि यात्राको सुत्रधारको रुपमा बाटो देखाउँदै र बनाउँदै हिँड्ने सपना पनि सानै लागेको हो । तर यसले दिएको विपनाको आनन्द भने ठूलो छ ।,अलि–अलि पत्रकारिता अनि उस्तै ट्रेकिङ्ग गाइडको काम । अशोकको दैनिकी सामान्य थियो । काम चलिरहेको थियो । उनले भनेको जस्तै सपनाहरु देखेजस्तै केही बाँचेका थिए सपनाको जीवन । तर झण्डै चार वर्षअघि (२०७२ वैशाख १२) को भूकम्पले उनको जीवनमा नयाँ मोड ल्यायो ।,भूकम्पले घरहरु मात्रै हल्लाएन, उनको मन पनि हल्लायो । त्यो भन्दा बेसी एउटा गाउँ लाङ्गटाङ्ग, जसको खबर स्पष्ट रुपमा लामो समयसम्म पनि आएन कतै । उनलाई लाङ्गटाङ्ग गाउँको अवस्था जान्ने र त्यहाँको खबर साँचो अर्थमा बोक्ने रहर भयो ।,त्यसपछि केही विदेशीको टोली र काठमाडौँमा रहेका लाङ्गटाङ्गका केही व्यक्तिसहित उनी भूकम्प गएको दोस्रो हप्तापछि लाङ्टाङ्ग तिर लागे ।,भूकम्पले पूरै नामेट भएको गाउँको निशानी खोज्दै उनीसहितका टोली पहिलो पटक पुगेको थियो मानव बिहीन बनेका लाङ्गटाङ्ग गाउँमा । भूकम्प र त्यसपछिको हिम पहिरोले काला चट्टान र हिउँले घेरिएको लाङ्गटाङ्ग गाउँ कतै देखिएको थिएन । उनीहरु भत्केको र पुरिएको गाउँमाथिबाट हिँडे । कहिँ लास देखे, कहिँ खान ठिक्क पारेको खाना अनि कतै लुगा त कतै अरु दैनिक गुजाराका सामान देखे ।,लाङ्गटाङ्गको त्यो यात्रापछि अशोकले डकुमेन्ट्री बनाए । अनि सबैको सहकार्यमा पुनर्निर्माणको यात्रा सुरु भयो । अहिले लाङ्गटाङ्ग गाउँ पहिलेको भन्दा विकसित रुपमा उठेको छ । ‘अहिले बस्ती मात्रै उठेको छैन, सम्भावनाहरु सकिने रहेनछन् । सभ्यता पनि बाँचेको छ र जीविका अझ बलियो बनेर उदाएको छ लाङ्गटाङ्गमा ।’ अशोकले अघि भने, ‘मैले त्यो भत्किएको र यो अहिलेको फेरि ठडिएको अनि ठडिँदै गर्दाको लाङ्गटाङ्ग देखेको छु र अरुलाई पनि भनेको छु यसबारे । यसले जीवनलाई अघि हेर्नुपर्छ भन्ने दर्शन सिकाएको छ, साँचो रुपमा ।’,जीवन दर्शनको कुरासँग जोडिने गर्छ यात्रा । उनी यात्रीहरुका सारथी हुन् र यात्री पनि । आफूलाई उनी पर्यटकको सहयात्री भन्दा पनि यात्रीको सहयात्री भन्न रुचाउँछन् । यसमा उनको तर्क छ, ‘यात्रीले बाटोको कथा सुन्छ, पर्यटकले गन्तव्यको ।’,साँचो अर्थातमा यात्राका लागि जहाँका लागि हिँडिएको छ त्यहाँसम्म पुग्दा पाइतालाले नापिने बाटोको कथा र त्यससँग जोडिएका जनजीविका मसिनापाटाहरु हेरिनु पर्छ । यसका लागि गन्तव्य केन्द्रित पर्यटक होइन, बाटोमा रमाउने यात्री मन पर्छ उनलाई ।,उनले भने, ‘अहिलेसम्म जहाँ गएको छु, त्यहाँको मात्रै कथा मैले मसँग हिँडेकाहरुलाई भनेको छैन । त्यो बाटोको कथा भनेको छु र उनीहरुका पनि सुनेको छु । अनि यसमै रमाइरहेको छु ।’,कुराकानीहरुकै बिचमा उनले आफूलाई लाङ्गटाङ्ग बासीले सद्भावना दूत बनाएको पनि बताएका थिए । अनि अन्त्यतिर सबैभन्दा प्रभावित पारेको क्षेत्र कुन होला भन्दा उनको प्रतिक्रिया यस्तो थियो, ‘सबै ठाउँका आफ्नै कथा छन् र ती सबै प्रिय छन् । तर लाङ्गटाङ्गको कथासँग आफू प्रत्यक्षसँग जोडिएकाले रमाइलो लाग्छ । तर मलाई हरेक नयाँ ठाउँ मात्रै होइन घुमिरहेकै ठाउँहरुको पनि नखोतलिएका कथा खोज्न थालेकाले प्रिय लाग्छ ।’,नेपालका धेरै ठाउँ पुगेका अशोक विदेश भ्रमण त्यति गएका छैनन् । तर उनले ७० भन्दा बढी देशका यात्रीलाई घुमाएका छन् र यहि कारण उनलाई आफूले पनि ती देशको यात्रा गरे जस्तो लाग्छ । किनकी, यात्रीले आफूसँगै आफ्नो भूगोल, संस्कृति र जनजीविका लिएर हिँड्छ ।,छुट्टिने बेला उनको सपनाको कुरा जोड्दै अबको सानो सपना केही छ भन्दा ‘त्यस्तो केही छैन, यात्रीहरुलाई कथा भन्न पाउँ अनि यात्राको कथा लेख्दा हुने सोही ठाउँको अर्को अर्थपूर्ण यात्रा गरिरहन पाउँ’ भने ।
टंक ढकाल
साउदी युवराजलाई खाशोग्गीले ‘पशु’ भन्ने गरेको खुलासा
टर्कीको स्थानबुलस्थित साउदी अरेबियाको कन्सुलर कार्यालयमा गएको अक्टोबर २ मा हत्या भएका पत्रकार जमाल खाशोग्गी साउदी अरेबिया र क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमान (एमबिएस) का तीव्र आलोचक हुन्, यो सर्वत्र जानकारी भएकै हो ।,तर खाशोग्गी व्यक्तिगत संवादमा पनि क्राउन प्रिन्स एमबिएसप्रति कडा रुपमा प्रस्तुत हुने गरेको खुलेको छ । अमेरिकी सञ्चार संस्था सिएनएनले खाशोग्गीका ४०० भन्दा बढी ह्वाट्सएपका म्यासज प्राप्त भएको र त्यसमा उनी एमबिएसप्रति कडा रुपमा प्रस्तुत हुने गरेको पाइएको उल्लेख गरेको छ ।,साउदी अरेबियाबाट निर्वासनमा रहेका आफ्ना साथीलाई खाशोग्गीले हत्या हुनु भन्दा अघि एक वर्षको अवधिमा पठाएका म्यासेजमा क्राउन प्रिन्स एमबिएसलाई ‘पशु’ वा ‘पाशविक’ भन्ने गरेको खबरमा उल्लेख गरिएको छ । खाशोग्गीले एमबिएसलाई आफ्नो मार्गमा आउने सबैलाई ‘निल्ने’, ‘प्याक–म्यान’ पनि भन्ने गरेको खुलेको छ ।,खाशोग्गीका म्यासेजहरु मोट्रियलमा बस्दै आएका अधिकारकर्मी ओमार अब्दुलाजिजले म्यासेजहरु सार्वजनिक गरेका हुन् । उनले रेकर्ड गरिएका आवाज, तस्बिर तथा भिडियो सार्वजनिक गरेका हुन् ।,खाशोग्गीले गएको मे मा पठाएको एउटा म्यासेजमा क्राउन प्रिन्स एमबिएसका बारेमा भनेका छन्, ‘जतिलाई उसले खाँदै जान्छ, उती उसको भोक बढ्दै जान्छ ।’ एमबिएस आफ्नै सहयोगीहरुलाई पनि सखाप पार्न पछि नपर्ने खाशोग्गीको म्यासेजमा उल्लेख छ ।,खाशोग्गी र अब्दुलाजिजले अनलाईन युथ मुभमेन्टको तयारी गरेका थिए, साउदी सत्तालाई उत्तरदायी बनाउनका लागि । जमालले साउदी अरेबियाका लागि एमबिएस नै समस्या रहेको र उनी रोकिनु पर्ने बताउने गरोके अब्दुलाजिजले सिएनएनसँगको अन्तर्वार्तामा भनेका छन् ।,हत्याको दुई महिनाअघि खाशोग्गीले म्यासेजमा ‘गड हेल्प अस’ लेखेका थिए । त्यसको दुई महिनापछि उनको हत्या भयो । अब्दुलाजिजले आइतबार एक इजरायली कम्पनीविरुद्ध मुद्दा दायर गरेका छन् । त्यो कम्पनीले आफ्नो फोन ह्याक गर्न प्रयोग गरिएको सफ्टवेयर निर्माण गरेको अब्दुलाजिजको आरोप छ ।,खाशोग्गीको हत्यामा आफ्नो फोन ह्याक गरिनु प्रमुख रहेको अब्दुलाजिजको भनाई छ । यो अपराधबोधले आफूलाई जिउँदै मारिरहेको अब्दुलाजिजले बताएका छन् ।,अब्दुलाजिजले क्यानडामा अध्ययन गरिरहेकै बेलादेखि साउदी सत्ता विरुद्ध बोल्न थालेका थिए । क्यानडाले सन् २०१४ मा उनलाई आश्रय दिएको थियो र सन् २०१७ मा उनलाई स्थायी बासिन्दाको मान्यता दिएको थियो ।,
null
‘यौन दासी’ देखि नोबेल पुरस्कार विजेतासम्म
बेचिएर यौन दासी बनेकी एक चेली जसले आफ्नो पीडामा शोक गरेर नबसी आफू र अरुहरुको न्यायका लागि आवज वुलन्द बनाएकी छन् ।,यी कामको कदर स्वरुप उनले सन् २०१८ को नोबेल शान्ति पुरस्कार पाउँदै छिन्, इराककी नादिया मुराद । यो वर्षको नोबेल शान्ति पुरस्कार नादिया मुराद र डेनिस मुकवेगले पाउँदैछन् सोमबार नर्वेको ओस्लोमा हुने विशेष समारोहका बिच ।,इराकको कोजोकी नादिया २५ वर्षकी भइन् । नोबेल शान्ति पुरस्कारसम्मको यात्राको क्रममा उनले बोल्न नसकिने वा भन्न नसक्ने पीडा भोगेकी छन् । अल्पसंख्यक यजिदी समुदायकी नादियाले साहसका साथ आफ्नो कथा भनेकी छन् ।,उनी सन् २०१४ मा अपहरणमा परेकी थिइन् । अरु यजिदी महिला तथा युवती र किरोशीसँगै अपहरणमा परेकी नादियामाथि बलात्कार भयो । उनी बेचिइन् र यौन दासीका रुपमा प्रयोग गरियो । उनीहरुलाई बिद्रोही संगठन इस्लामिक स्टेट (आइएस) का लडाकुले अपहरण गरेका थिए ।,यसरी अपहरणमा पर्नेमा नौ वर्षका बालिका पनि छन् । झण्डै सात हजार यजिदी महिला तथा किशोरीलाई यौन दासीको रुपमा प्रयोग गरेका थिए । त्यसध्ये तीन हजार जना अहिले परिवारमा फर्किएका छन् । एक हजारलाई पुनर्स्थापना गरिएको छ भने तीन हजार महिला तथा किशोरी अझै बेपत्ता छन् ।,नादिया जस्तै लामिया एजी बाशर पनि धेरै पटक किनिइन् र बेचिइन् । ल्याण्ड माइनले उनी नराम्रोसँग घाइते भइन् । अहिले उनी स्वतन्त्र भएकी छन् र सचेतनाका लागि बोल्न थालेकी छन् ।,अपहरण गरिएका महिला तथा किशोरीहरुलाई बजारमा लगेर बेच्ने गरिएको खुलेको थियो । उनीहरुको मोलतोल हुने गर्थ्यो । महिला तथा किशोरीहरुलाई ह्वाट्स एपसहितका सामाजिक सञ्जाल मार्फत पनि किन्ने वा बेच्ने गरिएको थियो ।,इराकको उत्तरी क्षेत्रमा बस्दै आएका आदिवासी यजिदीमाथि आइएसले सन् २०१४ मा ज्यादती सुरु गरेको हो । त्यहाँ हजारौँको आमहत्या भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । आइएसले धार्मिक रुपमा अल्पसंख्यक यजिदी समुदायलाई घृणा गर्ने गरेका थिए ।,यौन दासीका रुपमा प्रयोग गरिएका महिला तथा किशोरीमाथि उनीहरुले गर्ने व्यवहार निकै भयानक र डरलाग्दो हुने गरेको थियो । केहीको हत्या पनि भएको छ ।,आइएसको हिंसाका कारण विस्थापित भएका यजिदीहरु अहिले क्याम्पमा छन् । उनीहरुलाई आधारभूत आवश्यकताकै अभाव छ ।, आइएसको चङ्गुलबाट मुक्त भएकी नादियाले अहिले यजिदीका लाग विश्वव्यापी अभियान चलाउँदै आएकी छन् ।,यहि प्रयासका लागि उनले नोबेल शान्ति पुरस्कार पाएकी हुन् । आइएसबाट भयानक यातना भोगेका सबै यजिदी महिला तथा किशोरीका लागि न्यायको माग गर्दै उनले अभियान चलाएकी छन् ।,नादियालाई आइएसका लडाकुले सन् २०१४ को सेप्टेम्बरमा अपहरण गरेका थिए र उनलाई यौन दासीका रुपमा प्रयोग गरिएको थियो । तर उनी त्यहि वर्षको नोभेम्बरमा आइएसको पकडबाट भाग्न सफल भइन् र न्यायका लागि वकालत गर्न थालिन् ।,उनले आफूमाथि भएको घटनाका बारेमा सन् २०१५ को डिसेम्बर १६ मा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद बैठकमा बताएकी थिइन् । उनले आफ्नो अनुभवलाई समेटेर ‘द लास्ट गर्ल : माई स्टोरी अफ क्याप्टिभिटी, एण्ड माई फाइट एग्नेस्ट द इस्लामिक स्टेट’ नामक पुस्तक लेखेकी छन् ।
null
हत्याका आरोपी उपलब्ध गराउन टर्कीको माग, साउदीले गर्‍यो अस्वीकार
पत्रकार जमाल खाशोग्गीको हत्यामा संलग्न भएको आरोप लागेकाहरुलाई आफ्नो जिम्मामा दिन भनी टर्कीले गरेको माग साउदी अरेबियाले अस्वीकार गरेको छ ।,साउदी अरेबियाका विदेश मन्त्रीले कुनै पनि अवस्थामा आफ्नो देशका नागरिकलाई अर्को कुनै देशको जिम्मामा नदिइने बताएका हुन् ।,साउदी अरेबियाका विदेश मन्त्री अदिल अल–जुबेरले भनेका छन्, ‘हाम्रा नागरिक कुनै पनि हालतमा अरुलाई सुम्पिने छैनौँ ।’,एक हप्ताअघि टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानले पत्रकार खाशोग्गीको हत्यामा संलग्नहरु आफ्नो देशको जिम्मामा दिन माग गरेका थिए । यस्तै गएको बुधबार टर्कीको अदालतले हत्याको आरोप लागेकाहरुलाई पक्राउ गर्न आदेश दिएको थियो ।,साउदी अरेबियाले पत्रकार खाशोग्गीको हत्या आरोपमा ११ जनालाई पक्राउ गरेको छ । अमेरिकी पत्रिका द वासिङ्गटन पोस्टमा लेख्दै आएका साउदी पत्रकार खाशोग्गीको गएको अक्टोबर २ मा टर्कीको स्थानबुल स्थित साउदी कन्सुलर कार्यालयमा हत्या भएको थियो ।,टर्कीको अदालतको आदेशमा प्रहरीले पक्राउ पूर्जी जारी गर्नेमा टर्कीका लागि साउदी अरेबियाका पूर्व कुटनीतिक प्रमुख अहमद अल–असिरी र राजपरिवारका पूर्व साल्लाहकार साउद अल–कतानी रहेका छन्।,टर्कीले पत्रकार खाशोग्गीको हत्या र त्यससँग जोडिएका जानकारीहरु आफूहरुसँग बाँड्दाको प्रक्रिया उचित नरहेको पनि साउदी अरेबियाका विदेश मन्त्रीले बताएको समाचार संस्था एएफपीले उल्लेख गरेको छ । उनले भनेका छन्, ‘हामीले अदालतमा प्रमाणको रुपमा प्रस्तुत गर्नका लागि हामीले प्रमाण मागेका थियौँ, तर ती प्रमाणहरु जसरी दिइनु पर्ने थियो त्यसरी दिइएन ।’,टर्कीका राष्ट्रपति एर्डोगानले पत्रकार खाशोग्गीको हत्या साउदी सरकारको उच्चतहबाट आएको आदेशका आधारमा भएको बताएका छन् । तर उनले साउदी राज परिवारमाथि कुनै किसिमको नोक्सानी गर्ने आफ्नो उद्देश्य नरहेको पनि जोड दिएका छन् ।,पत्रकार खाशोग्गी विशेष गरी साउदी अरेबियाका शक्तिशाली युवराज (क्राउन प्रिन्स) मोहम्मद बिन सलमान (एमबिएस) का कडा आलोचक हुन् । दशक भन्दा लामो समय साउदी राज परिवारको सल्लाहकार रहेका खाशोग्गीले पछिल्लो समय अमेरिकी पत्रिकामा एमबिएसका गतिविधिको तीव्र आलोचनासहित लेख्ने गरेका थिए ।,यहि कारण एमबिएसकै निदेर्शनमा खाशोग्गीका हत्या भएको आरोप लाग्ने गरेको छ । तर साउदी अरेबियाले भने खाशोग्गीको हत्यामा क्राउन प्रिन्स एमबिएससहित राज परिवारका कुनै पनि सदस्यको कुनै हिसाबले संलग्नता नरहेको बताउँदै आएको छ ।,कन्सुलर कार्यालयमा खराब नियत भएका एजेन्टले गरेको रफ अपरेशनको क्रममा खाशोग्गीको हत्या भएका साउदी अरेबियाले बताउँदै आएको छ ।
null
नरेन्द्र मोदी र अमित शाहले कल्पनै नगरेको राहुल गान्धीले गरेर देखाएका हुन् ?
सन् २०१९ को आम चुनावको ठीक अघि पाँच राज्यमा भएको विधानसभा चुनावको मतपरिणामलाई फाइनलअघिको सेमिफाइनल मानिएको थियो ।,यो सेमिफाइनलमा कांग्रेसले यस्तो देखायो कि, उ भारतीय जनता पार्टी (भाजपा) लाई उसकै गढमा चुनौती मात्रै दिन सक्ने होइन, सत्ताबाटै बाहिर पठाउन सक्छ ।,यी नतिजाले दिएको सबैभन्दा पहिलो कुरा यहि हो कि राहुल गान्धी नरेन्द्र मोदीको सामना राम्रोसँग गर्न सक्छन् । राहुल गान्धीले यो साबित गर्न सफल भए कि, उनी नरेन्द्र मोदीलाई चुनौती दिन सक्छन् र उनको सामना गर्न तथा हराउन पनि सक्छन् ।,वरिष्ठ पत्रकार एवम् गान्धी परिवारबारे जानकारी भएका रशीद किदवई भन्छन्, ‘स्पष्ट छ कि यी नतिजाले राहुल गान्धीको आत्मविश्वास बलियो बन्ने छ र सन् २०१९ मा उनी यो भन्दा पनि भव्य तयारीका साथ चुनावी मैदानमा जाने छन् ।’,राहुल गान्धीको यो जितमा मध्य प्रदेश र छत्तीसगढमा १५ वर्षदेखि रहेको भाजपा सरकारको अविश्वसनियताको भूमिका छ भने राजस्थानमा बसुन्धरा राज्य सरकारप्रति जनताको निराशा पनि कारक छ ।,तर यी चुनावमा राहुल गान्धीले आफूलाई नेताको रुपमा पनि विकसित गरेका छन् ।,वरिष्ठ पत्रकार संजीव श्रीवास्तव भन्छन्, ‘मध्य प्रदेशमा कमलनाथ, दिग्विजय सिंह र ज्योतिरादित्य सिंधिया मिलेर चुनाव लडिरहेको थिए, आन्तरिक होड पक्कै थियो तर राहुल गान्धी पार्टीलाई एकजुट गरेर राख्न सफल भए ।’,यति मात्रै होइन राहुल गान्धीले राजस्थानमा बाहिरबाट गएर सचिन पायलटले संगठनको काम गर्न सकुन् भन्ने पनि सुनिश्चित गरे । यस्तै अशोक गहलोत जस्ता अनुभवी नेता राज्यमा पुगेर चुनावी अभियानलाई बलियो बनाउनुमा पनि राहुलको भूमिका महत्वपूर्ण रह्यो । पायलत र गहलोतबिच आन्तरिक तनाव रहेको खबर आइरहे तर उनीहरुले मिलेर चुनावी रणनीति बनाए ।,छत्तीसगढमा राहुल गान्धीले आफ्ना नेताबिचको विवाद र खिचातानीको सामना गर्नु परेन तर त्यहाँ पार्टीसँगै प्रभावशाली नेता थिएनन् । यस्तोमा मान्न सकिन्छ कि छत्तीसगढका जनताले राहुलकै विश्वासमा मत दिएका हुन् ।,छत्तीसगढमा कांग्रेसले ९० मध्ये ६८ सिट जितेको छ । यो राज्यमा राहुलले चुनावी अभियानका लागि पाँचपटक भ्रमण गरे । उनले १८ वटा चुनावी सभामा सम्बोधन गरे ।,राज्यका वरिष्ठ पत्रकार दिवाकर मुक्तिबोध भन्छन्, ‘राहुल गान्धीका सबै सभामा जनताको उपस्थिति राम्रो थियो, खासगरी उनले आफूहरुको सरकार बनेमा १० दिन भित्र किसानको ऋण माफी गर्ने र घोषणा पत्रमा रहेका सबै दाबीहरु समय–सीमा भित्रै पूरा गर्ने बताए ।’,छत्तीसगढमा कांग्रेसले भाजपाको तुलनामा १० प्रतिशत बढी मत पायो । राजस्थान, मध्य प्रदेशमा भन्दा छत्तीसगढमा कांग्रेसले बलियो जित हाँसिल गर्न सक्यो ।,मध्य प्रदेश र राजस्थानमा भाजपाले कांग्रेसलाई कडा टक्कर दियो तर राहुल गान्धीका लागि खुशीको कुरा यो हो कि यी दुई राज्य भाजपा र राष्ट्रिय स्वयंसेवक संघको प्रभावको हिसाबले बलिया हुन्, यस्तोमा पनि जित निकाल्न सक्नु राहुल गान्धी तथा कांग्रेसका लागि आत्मविश्वास बढाउने कुरा हो ।,यो रोचक र उत्साहप्रद छ कि यी नतिजा राहुल गान्धी कांग्रेसको अध्यक्ष बनेको ठीक एक वर्षपछि आएका हुन् । लोकसभा चुनाव आउन चार महिना पहिला भाजपाले सबैभन्दा धेरै सिट जितेका राज्यमा सत्ता हाँसिल गर्नमा राहुल गान्धी सफल हुँदैछन् । यसले राहुल गान्धीलाई सन् २०१९ को प्रतिस्पधाको ‘टोन’ दिएको छ ।,पञ्जाब, गुजरात अनि कर्नाटक, त्यसपछि मध्य प्रदेश, राजस्थान र छत्तीसगढको चुनावी नेतृत्व सम्हालेका राहुल समयसँगै राजनीतिक रुपमा परिपक्क हुँदै गएको देखिएको छ । मध्ये प्रदेशमा राहुल गान्धीले २६ तथा राजस्थानमा १५ वटा चुनावी सभालाई सम्बोधन गरे । यी दुई राज्यमा प्रधानमन्त्री नरेन्द्र मोदीले १०–१० वटा चुनावी सभामा सम्बोधन गरेका थिए ।,राजस्थानमा एउटा चुनावी सभामा राहुल गान्धीले भनेका थिए, ‘यदि राजस्थानमा कांग्रेसको सरकार बन्यो भने विश्वास गर्नुस् तपाईँहरुको सरकार पहिले हुनेछ र कांग्रेसको त्यसपछि ।’,रशीद किदवई भन्छन्, ‘चुनाव जितेपछि अब राजस्थान, मध्य प्रदेश र छत्तीसगढमा कसरी मुख्यमन्त्री चयन गर्ने छन् भन्ने कुराले पनि राहुल गान्धीको राजनीतिक परिपक्कता देखिने छ ।’,ती राज्यको नतिजापछि राहुल गान्धीलाई ठूलो फाइदा यो हुनेछ कि आउँदा दिनमा उनको नेतृत्वमा क्षेत्रीय पार्टीका नेताबाट कुनै चुनौतीको सामना गर्नु पर्ने छैन । चाहे तृणमुल कांग्रेसकी ममता बेनर्जी हुन् या बहुजन समाज पार्टीकी मायावती, यी सबैका लागि राहुल गान्धीको नेतृत्वमा प्रश्न गर्न त्यति सजिलो छैन ।,यसका संकेत समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवले मध्य प्रदेशको चुनावी नतिजा आउँदै गर्दाको ट्वीट गरेर कांग्रेसलाई समर्थन गर्ने घोषणाबाट मिल्छ । अखिलेशले ट्वीट गरेका छन्, ‘जब एक–एक मिलेर ११ हुन्छ, तब ठूला–ठूला नौ–दुई एघार हुन्छन् ।’,यो स्पष्ट छ कि राहुल गान्धीको स्वीकार्यता आम जनतासँगै अरु राजनीतिक दलमा पनि बढेको छ । राहुलको पल्ला भारी हुने अर्को एक फ्याक्टर पनि छन् ।,राजस्थान, मध्य प्रदेश र छत्तीसगढमा चुनावी सभामा राहुल गान्धीले लगातार आम जनता, गरिब, दलित र किसानका मुद्दा उठाए । यसबाहेक रफायल मुद्दा र बैंकहरुका डुबेका रकमका बारेमा उनले प्रश्न गर्दै गए ।,अर्को तर्फ उनको सामु नरेन्द्र मोदी छन्, जो लगातार यी प्रश्नको जवाफ दिनबाट पर भाग्दै आएका छन् । किनकी यी प्रश्नको सीधा उत्तर मोदीसँग छैन । पाँच वर्ष सरकार चलाएपछि जवाफ दिने पालो मोदीको हुनेछ । प्रधानमन्त्रीका रुपमा अब उनी हरेक कुराको जिम्मेवारी बितेको ७० वर्षलाई दिन पाउने छैनन् ।,यसबिचमा राहुल गान्धी हिन्दु मतदातालाई रिझाउनका लागि मन्दिर धाउन पनि सिकेका छन् । यो उनले भाजपाबाटै सिकेका हुन् । तर यो सत्य हो कि राहुल गान्धी अति आत्मविश्वासको अवस्थाबाट बच्नु पर्ने छ ।,किनकी देशभर लोकप्रिताको हिसाबमा अझै पनि नरेन्द्र मोदी सबैभन्दा अघि देखिन्छन् । र मध्य प्रदेश–राजस्थान जस्ता राज्यमा भाजपाको भोट प्रतिशतमा खासै कमी आएको पनि छैन ।
null
भूईँचालोले क्लिक गराएको ‘आइडिया’ जसले भयो ‘फाइदै फाइदा’
नाकमा आड लागेर टक्क चश्मा अडिएको छ। खाली निधार। गुजुल्टाएर बानेको छोटो कपाल । इस्तर राई जिन्सको पाइन्ट अनि जिन्सकै ज्याकेट, घुँडासम्म आउँने कुर्ता अनि कन्भर्स जुत्ता लगाएर टेबलमा हिसाब मिलाउँदै छिन्। ल्यापटपमा टाइप गरेको आवाज आइरहेछ ।,‘लगनखेलमा सामान लिन जानु छ’ इस्तरले भनिन्, ‘साँझ चेक–इन छ, त्यो भन्दा अगाडि नै म आइपुग्न पर्छ।’ उनी भएका एक युवालाई के–के बाँकी रहेको सोधिन् अनि एक महिलालाई भरे के–के पकाउनु पर्छ भनेर अराइन्।,युवा रिसेप्सनमा बसेका थिए। ‘नाना’ भनेर इस्तरलाई सम्बोधन गर्दा रहेछन्। उनले इस्तरलाई ब्रिफिङ गरे। ज्याकेटको खल्तीबाट पैसा निकालेर हेरिन्। त्यसपछि उनी लगनखेल जान व्याग बोकेर ‘लुम्बिनी हेरिटेज होम एण्ड रुफ टप क्याफे’ को ढोकाबाट बाहिर निस्किइन्।,पाटनको ‘गोल्डेन टेम्पल’ पछाडि पर्छ ‘हिरा गेस्ट हाउस’ । इस्तर राई र अमन परियारको कर्मथालो। उनीहरु यही भेटिएका हुन्। अमन म्यानेजर थिए, इस्टर एसिस्टेन्ट। दैनिक १८ घण्टा यही गेस्ट हाउसमा दुईको बास हुन्थ्यो। कामै काम।,यही बिच इस्तर र अमनबिचमा फ्रेन्डसीप भयो। तीन वर्षसम्म एउटै कार्यालयमा काम गरे। यही समय अवधिमा एकअर्काको बानी पनि चिने। झापाकी इस्तर राई अनि बुटवलका अमन परियारबिच धेरै भिन्नता थियो।,२५ वर्षकी इस्तरले सिसिआरसी कलेजबाट होटल म्यानेजमेन्टमा प्लस टू सकेकी छन्। परिवार भए पनि उनी बालगृहमा हुर्केकी हुन्। दुई वर्ष हुँदा बुवा बितेपछि परिवारले उनलाई बालगृहमा पठायो। इस्तरले ७ वर्ष अगाडिमात्र परिवारसँग पुनः भेट्न पाइन् ।,दिदी र भाइ पनि रहेछन्। आमालाई भेटेपछि उनले अड्कल काटिन्, ‘सायद आर्थिक अवस्थाले असहज बनायो र आमाले मलाई घर बाहिर पठाउने निर्णय लिनुभयो।’ सहज त आमालाई भएको थिएन होला, परिस्थितिले पारिल्याएको थियो काखे छोरी बिदा गर्ने बाध्यता । उनले गएको वर्षमात्र नागरिकता लिएकी हुन् ।,कपनको ‘कलरेन्स मेमोरी चिल्डेन होम’ नै उनको घर थियो। त्यही उनले पढिन्, बाहिरी संसारको कुरा बुझिन्। सबैलाई माया गर्ने, सहयोग गर्ने र आफ्नो उद्देश्य कसरी पूरा गर्ने भन्ने बारेमा उनले बालगृमा सिकिन्।,बालगृहमा बसेरै एसएलसी दिइकी थिइन् इस्तरले । अहिले त्यो बालगृह बन्द भइसक्यो ।,एसएलसीपछि उनलाई आफू आर्मी बन्छु जस्तो लाग्थ्यो। ‘मेरो स्वाभाव केटाको जस्तो थियो। रिस उठ्यो की लात्ती हान्ने ।’ इस्तर भन्छिन्, ‘मलाई किचनमा काम गर्न साह्रै मन पथ्र्यो तर पाएको थिइन। त्यसैले एसएलसी पछाडि एच एम पढ्न थाले।’,जे पढिन् त्यही गर्न थालिन्। अनि सन् २०१२ मा उनी काम गर्नको लागि ‘हिरा गेस्ट हाउस’ पुगिन्।, ,अमन बिजनेस स्टडिका विद्यार्थी हुन्। बुटवलबाट पढाई अनि कामको लागि काठमाडौँ आएका हुन्। २७ वर्ष पुग्न आँटे। सानैबाट जिम्मेवारी उनको काँधमा परेको हो।,बुवा चाँडै नै बितेपछि उनी पढाईसँग काम गर्न थाले। उनी समाजिक काममा पनि सक्रिय छन्। पढाईसँगै काम गर्ने शिलशिलामा अमन ‘हिरा गेस्ट हाउस’ पुगेका थिए।,त्यसपछि,,दुवै लगनशील भएर काममा लागि परे। एकदमै मेहेनतका साथ। धेरैजसो दिनमा १८ घण्टा खटिन्थे। काम सिकिदै थियो। तलब बढ्दै थियो। अफिसले नाफा कमाएको ३ प्रतिशत कमिशन पनि दिन्थ्यो। त्यसेले उनीहरुलाई सन्तुष्टि पनि दिएको थियो।,अहिले त्यो बालगृह बन्द भइसक्यो । तस्पस्या गरेको जस्तरी काममा लागि परिरहँदा तीन वर्ष बितेको उनीहरुलाई पत्तो नै भएन। कलेज नियमित भएन, पढाई पनि छुट्यो।,त्यसपछि कामलाई नै सबथोक मानेर उनीहरु लागि परे। ‘हामीलाई बाहिरको बारेमा केही थाहा हुन छोड्यो, कामको नशा लागेको जस्तै भयो।’ इस्तर भन्छिन्, ‘सन् २०१५ मा सबै परिवर्तन भयो।’,भूईँचालोले हल्लाएपछि उनीहरु गेस्टहाउसबाट बाहिर निस्किए। गेस्ट पनि सँगै थिए। पाटनको नगरभित्रको बस्ती, साँघुरा गल्लिबाट निस्केर खुल्ला ठाउँमा जानु थियो। गोल्डेन टेम्पलको अगाडि खुल्ला ठाउँरहेछ, ‘नागबहाल’। यो ठाउँ हिरा गेस्ट हाउँसभन्दा ५०० मिटर पर थियो होला तर उनीहरुले यो ठाउँ देखेका थिएनन्।, गेस्टसहित तीन दिन त्यही खुल्ला ठाउँमा उनीहरुको बास भयो। नागबहाललाई वरपरबाट धेरै घरहरुले घेरेका छन् । यो मध्ये उनीहरुलाई एउटा घर नोटिस भयो। त्यहाँ पनि हस्पिटालिटि सम्बन्धी केही कामहरु हुन्थे, उनीहरुले यहाँ धेरै सम्भावना देखे। कामको अनुभव अनि ठाउँले उनीहरुलाई दूरदर्शिताको क्षमता दियो।,भूकम्पले धेरै क्षति गर्‍यो। प्रभावित ३२ जिल्लामा ललितपुर पनि एक हो। पाटन त झनै प्रभावित क्षेत्रमा पर्छ। चार वर्ष पूरै बितिसक्दा पनि यहाँका घर टेकाको सहारामा अडिएका छन्। धेरै भत्किए, कम मात्र बनिसकेका छन्। भूकम्प धेरैसँग केही केही लिएकै छ। कतिको ज्यान लियो कतिको घर। यसको प्रभाव इस्तर र अमनलाई पनि प¥यो, उनीहरुले जागिर गुमाए।,अमन परिवारमा बसेका केटा हुन्। घर व्यवहारको कुरा बुझेको र केही हदसम्म भोगेका युवा। तर इस्तर यो व्यवहारबाट टाढा थिइन्। यो छ महिना उनको लागि व्यवहारिक जीवनलाई अनुभव गर्ने मौका बन्यो। हुन त मान्छेले हरेक परिस्थितीलाई कुन आँखाले हेर्छ भन्ने कुरा व्यक्तिमा भर पर्ने कुरा हो। इस्तरले यसलाई अवसर मानिन्।,भूकम्पपछि स्वयंसेवाका क्रियाकलापमा अमनसँगै लागिन्। अमनले प्रोजेक्टहरु पनि ल्याए। उनी पनि त्यसमा सहभागी भइन्। बुटवलमा केही समय बसिन् घर व्यवहार बुझिन्। बालबालिकालाई पढाउने, खाना आगोमा पकाउने घाँस काट्ने जस्ता काम उनको लागि नौलो अनुभूति थियो र मिठो पनि भयो।,पहिला काम गरिराखेको लज हाउस अर्कै साहुले सञ्चालन गरे, अर्कै नाममा । उनीहरुलाई त्यहाँ फेरि बोलाइयो। इस्तर म्यानेजर भएर गइन्, अमन चाँही आफै केही गर्ने प्रयासमा लागिपरे। यो उनीहरु दुवैको सल्लाह थियो। इस्तर काममा जानु आर्थिक भार कम गर्न एउटा आइडिया थियो।,भूईँचालो आउँदा नागबहालको घर आँखामा गडिएको थियो, त्यो घरमा आफै गेस्ट हाउस बनाउने प्रक्रियामा लागे। उनीहरुले नागबहालको त्यो घर १० वर्षको लागि सम्झौता गरे। अनि घरलाई आफ्नो शैलीमा ‘रेनोभेट’ गरे। घरको सजावत एकदमै आकर्षक बनाए।,पहिला उनीहरुले काम गरेको ‘हिरा गेस्ट हाउस’ का सञ्चालक लगायत अरुले उनीहरुको कामको चर्चा गरे। सेप्टेम्बरबाट सुरु गर्ने भनिएको गेस्ट हाउस अमनको घरको आन्तरिक समस्याको कारणले अलि पछि सर्‍यो तर खुल्न चाहिँ खुल्यो। इस्तरले राजिनामा दिइन् र अमनको बिजनेस पार्टनर भएर काम गर्न थालिन्। अनि त के चाहियो र?,काम गर्ने सीप छ। कनेक्सनको तरिका पनि थाहा भयो। दुवैमा आत्मविश्वास पनि थियो।,तर यसको लागि उनीहरुलाई ५०–६० लाख खर्च गर्नुपर्‍यो, लगानी थाहा पाएपछि केहीले ‘मूर्ख’ भने। जग्गामा पैसा लगानी गर्ने सल्लाह दिए। घरलाई नयाँ छनक दिनुप¥यो, सामान राम्रो जोड्नुपर्‍यो। आफूले कमाएको, आफूसँग भएको सबै सम्पत्तिलाई धरौटी राखेनर अमन र इस्तरले खर्चको जोहो गरे। माग्न मिल्ने र ऋण गर्न मिल्ने कुनै पनि ठाउँ बाँकी राखेनन्। दुवैको कामप्रतिको लगनशीलता, इमानदारिता र मेहनतले दुई वर्षमा नै धेरै परिवर्तन ल्यायो। उनीहरुलाई पहिला मूर्ख भन्नेहरु अहिले उनीहरुको तारिफ गर्न हिचकिचाउँदैनन्।,अनि ‘देर इज नो सिक्रेट सक्सेस। इट इज द रिजल्ट अफ प्रिप्रेरेसन अफ हार्ड वर्क एण्ड लर्निङ फ्रम फेलियर’ अर्थात्, सफलताको कुनै गोप्य सूत्र हुँदैन। यो कडा मेहनत र असफलतापछिको सिकाईको अभ्यासको नतिजा हो। संयुक्त राज्य अमेरिकाका गृह मन्त्रालयका एक अधिकारी कोलिन पावेलले भनेजस्तै भयो।,गेस्ट हाउसलाई राम्रो बनाउन उनीहरुले कम खर्चमा आकर्षक बनाउने हरेक आइडिया लगाए। नेवारी टोलमा भएको गेस्टहाउसमा पुरानो नेवारी रहनसहन त अनिवार्य नै भयो। त्यसको लागि घरबेटीले तामा, किट, पित्तल अनि चरेशका थाल, कहरुवा, पाथी, गाग्री अनि घ्याम्पो पनि छोडेका थिए। त्यसमा नै उनीहरुले थप गरे। परम्परागत झ्याल, ढोका अनि भर्‍याङ्ग।,भूकम्पले भत्काएका घरको झ्याल ढोका ल्याउदा उनीहरुलाई आर्थिक रुपमा फाइदा भयो। ‘हामीले यो काठ फर्निचरमा नयाँ बनाउन दिएको भए धेरै खर्च लाग्थ्यो। तर हामीलाई पुरानो ल्याउन पाउँदा धेरै फाइदा भयो।’ इस्तरलाई अग्राखको नयाँ काठको मूल्य महङ्गो हुन्छ भन्ने थाहा छ।,धेरैजसो विदेशी पाहुनाले नेपालमा प्राकृतिक जीवनको मजा लिन खोज्छन्। यो साइकोलोजिलाई उनीहरुले पूरा गर्न खोजेका छन्। बेतका मेच अनि टेबलहरु ढलान घरमा सुन्दर लाग्छन्। गेस्ट हाउँमा जम्मा ७ ओटा कोठा छन्। सबै कोठामा ‘एन्टिक र मोर्डन’ को मिश्रित भाव आउँछ ।,उनीहरुले गेस्ट हाउँसलाई ‘सेकेन्ड होम’ भनेका छन्। ग्राहकहरु पनि उनीहरुको व्यवहारले खुशी छन्। इस्तर यहाँ आउने बिदेशी पाहुनालाई नेपाली खाना पकाउने कक्षा पनि दिन्छिन्। यो अर्को आम्दानीको स्रोत बनेको छ। उनीहरु इच्छुक पाहुनालाई टुरमा पनि लैजान्छन्।,दुई वर्षमा यी बिजनेस पार्टनरले गेस्ट हाउसलाई खडा गर्न धेरै कुरामा ‘कम्परमाइज’ गर्नुप¥यो। इस्तर भन्छिन्, ‘अब त बाटो सजिलो हुन थाल्या छ तर जहिले पनि ऋण याद आउँछ।’ उनीहरुको लगनशिलता देखेपछि उनीहरुलाई भिन्न भिन्न अफरहरु पनि आउँछ। ‘हामी सरी भन्छाैँ।’,दुई वर्षमा पैसासँगै मानिसको विश्वास कमाएका छन्, सर्कलमा नाम कमाएका छन्। सबैभन्दा ठूलो कुरा खुशी कमाएका छन्। सात कोठाको गेस्ट हाउसबाट सुरु भएको व्यवसायलाई ‘चेन होटल’ को रुपमा बिस्तार गर्ने योजना छ। उनीहरु रातदिन नभनी लागि परिरहेका छन्।,गेस्ट हाउसको बाहिरको खाली ठाउँमा बच्चाहरु खेलिरहेका थिए। पल्लो घरको भूईँलामा शिल्पकार मूर्ति खोप्दै गरेका देखिन्थे। मोबाइलमा बजेको एफएममा गीत बजिरहेको थियो,,
सुजाता खत्री
अर्बौँ वर्ष पुरानो रहस्य खोज्न मंगल ग्रहको सतहमा पुग्यो रोबोर्टसहितको यान
अमेरिकी अन्तरिक्ष संस्था नासाले मंगल ग्रहको विस्तृत अध्ययनका लागि पठाएको रोबोर्टसहितको अन्तरिक्ष यान इनसाइट मंगल ग्रहमा पुगेको छ । नेपाली समय अनुसार मंगलबार बिहान एक बजेर ३८ मिनेट जाँदा मंगल ग्रहमा अवतरण भएको हो ।,रेड प्लानेटको सतहमा पुगेको इनसाइट ल्याण्डर यानको रोबोर्टले ग्रहको भित्री क्षेत्रका बारेमा अध्ययन गर्नेछ । पृथ्वीपछि पहिलोपटक अरु कुनै ग्रहको यस्तो अध्ययन हुन लागेको हो ।,अब रोबोर्टले मंगल ग्रहका बारेमा प्राप्त जानकारी पठाउने छ । क्यालिफोर्नियामा रहेको नासाको यो मिसन कन्ट्रोल गर्ने जेट प्रोपुल्सन ल्याबुरेटरी (जेपिएल) मा रोबोर्ट मंगल ग्रहमा अवतरण भएको खुशीयाली मनाईएको छ । नासाले यो दिन उत्कृष्ट रहेको बताएको छ ।,अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो अभियानमा संलग्नहरुलाई बधाई दिएका छन् । जेपिएलका निर्देशक मिक वाट्किन्सले यो सफलता सबैको रहेको बताएका छन् ।,इनसाइट ल्याण्डर अहिले मंगल ग्रहको एलिजियम प्लानिटामा रहेको छ । अर्थात रेड प्लानेटको इक्वेटर नजिक । यान अवतरण भएको केही मिनेटमै पहिलो तस्बिर नासाले प्राप्त गरेको थियो । यो तस्बिर धमिलो छ । अबको केही दिनमा स्पष्ट रुपमा देखिने खालको तस्बिर आउने बताइएको छ ।,यसअघि सन् २०१२ मा पनि यस्तै यान मंगल ग्रहमा ल्याण्ड गर्ने प्रयास भएको थियो । अहिलेको यान मंगल ग्रहको वायुमण्डलमा हाइ–भेलोसिटी बुलेट भन्दा पनि तीव्र गतिमा प्रवेश गरेको नासाले जनाएको छ।,मंगल ग्रहको खराब सतहमा अब इनसाइट सक्रिय अवस्थामा रहनु महत्वपूर्ण कुरा हुनेछ । यसको सञ्चालनका लागि यानमा जेनेरेटिङ्ग पावर जडान गरिएको छ । अति चिसो रहेको मंगलमा यानले काम गर्नका लागि जेनेरेटरमार्फत नै तापको व्यवस्था गर्नु पर्छ । यी प्राथमिक कुरा पूरा भएपछि मात्रै वैज्ञानिक अनुसन्धानको मिसन सुरु हुनेछ ।,वैज्ञानिकले पृथ्वीको भित्री संरचना थाहा पाए जस्तै मंगल ग्रहको पनि भित्री संरचनाका बारेमा जानकारी पाउनका लागि यो प्रयास गरिरहेका हुन् । यसबाट त्यहाँ मानव जीवनको संभावनाका बारेमा थप थाहा हुनेछ ।,यो यान अवतरणका लागि अन्तिमको सात मिनेट अति महत्वपूर्ण थियो, किनकी त्यो बेला यानले आफ्नो गति २० हजार किलोमिटर प्रतिघण्टामा कम गर्नु पर्ने थियो, त्यो सफल भएको छ ।,यो यानले अहिलेसम्म थाहा नभएका जानकारीहरु दिने आश गरिएको छ । अभियानको क्रममा यो यानले मंगल ग्रहमा एउटा साइज्मोमिटर राख्नेछ, जसले भित्री क्षेत्रको हलचल थाहा पाउने छ र रेकर्ड गर्नेछ । यसको अर्थ मंगल ग्रहको भित्री भागमा भूकम्पीय गतिविधि हुने–नहुने बारे यसले अध्ययन गर्नेछ ।, यो यस्तो पहिलो यान हो जसले मंगल ग्रहको भित्री भागका बारेमा अहिलेसम्म रहस्यको रुपमा रहेको जानकारी जुटाउने छ । यसमा रहेको एक उपकरण मंगल ग्रहको सतहबाट पाँच मिटर तल गएर भित्री तापक्रम सम्बन्धी जानकारी संकलन गर्नेछ ।,यस्तै यानमा रहेको रेडियो ट्रान्समिशनले मंगल ग्रह घुम्ने क्रममा कसरी हल्लिन्छ भन्ने जानकारी संकलन गर्नेछ ।
null
राहुल गान्धीको गोत्र र योगी आदित्यनाथको दाबी
भारतको राजस्थानमा अहिले चुनावी माहोल छ । आउँदो डिसेम्बर ७ मा राज्यका २०० सय विधानसभा सिटका लागि हुने चुनावलाई लिएर राजनीतिक दलहरु प्रचारप्रसारमा व्यस्त छन्।,अहिले राज्यमा बसुन्धरा राजेको नेतृत्वमा भारतीय जनता पार्टी (भाजपा) को सरकार छ । पछिल्ला केही चुनावको परिणाम हेर्ने हो भने राजस्थानका मतदाताले हरेकपटक सत्तामा नरहेको पार्टीलाई जिताएका छन् ।,कांग्रेस आफ्नो पुरानो इतिहास दोहोर्‍याउँदै राज्यमा जित निकाल्ने लक्ष्यसहित चुनावी प्रचारमा छ भने भाजपा आफ्नो सत्ता कायम राख्ने ध्ययेसहित अभियानमा जुटेको छ ।,भाजपाले चुनावमा जित हाँसिल भएमा राजे नै मुख्यमन्त्री बन्ने बताएको छ भने कांग्रेसले अहिलेसम्म मुख्यमन्त्रीको उम्मेदवार तय गरेको छैन । कांग्रेसमा सचिन पायलट र अशोक गहलोतलाई मुख्यमन्त्रीको दाबेदारका रुपमा हेरिएको छ ।,यहिबिचमा चुनावी प्रचारका लागि कांग्रेस अध्यक्ष राहुल गान्धी राजस्थान पुगे । उनले सोमबार अजमेरमा रहेको सुफी सन्त ख्वाजा मोइनउद्दीन चिश्तीको दरगाह र पुष्करमा रहेको ब्रह्मा मन्दिरको दर्शन गरे ।,अजमेरमा राहुल गान्धीले सचिन पायलट र अशोक गहलोतसँग मिलेर चादर (विशेष प्रकारको गम्छा) चढाए । उनले चुनावमा कांग्रेसको जितका लागि आशिष मागे ।,यस्तै पुष्करको ब्रह्मा मन्दिरमा राहुलले पूजा गरे । पूजाको क्रममा उनले आफ्नो गोत्र पनि बताए । राहुलले आफ्नो गोत्र ‘कौल दत्तात्रेय’ रहेको बताए । यसको अर्थ उनले आफू कश्मीरी पण्डित रहेको बताए ।,उनले आफ्नो गोत्र बताएकोमा सामाजिक सञ्जालमा विभिन्न प्रतित्रिया आएका छन् । कांग्रेसकी प्रवक्ता प्रियंका चतुर्वेदीले भाजपा, विशेष गरी उसका प्रवक्ता संबित पात्रा मुद्दा बिहीन बनेको बताइन् । पात्राले एक कार्यक्रमको क्रममा राहुल गान्धीको गोत्र सोधेका थिए ।,पुष्करका पुरोहितले आफ्ना जजमानको विवरण राख्छन्, जसमा वंशावली पनि उल्लेख हुन्छ । यहि प्रक्रिया अन्तर्गत पुरोहितले राहुल गान्धीसँग गोत्र सोधे र राहुलले बताए । राहुल गान्धीको जातिको विषयलाई लिएर राजनीतिक सवाल नै उठेको थियो । उनले आफूलाई कश्मीरी ब्राह्मण भनेर त्यसैको जवाफ दिएका हुन् । राजस्थानको राजनीतिमा ब्राह्मणको प्रभाव बलियो छ ।,राहुल गान्धीले आफूले धार्मिक स्थलको भ्रमण गरिरहेको र यसलाई राजनीतिसँग जोडेर नहेर्न भनेका छन् । तर विश्लेषकहरु भने उनको धार्मिक स्थल यात्रासँग जोडिएको राजनीतिक अर्थ खोजिरहेका छन् ।,राहुलले आफ्नो गोत्र बताउनु उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथले आफूहरुको अर्थात भाजपाको जित रहेको बताएका छन् ।, उनी चुनाव प्रचारका लागि राजस्थान पुगेका थिए र राहुल गान्धीले जनै देखाएर आफू सनातन हिन्दु रहेको बताउनु आफूहरुको वैचारिक जित रहेको योगीको दाबी छ ।,राजस्थान के दौरे पर पहुंचे कांग्रेस अध्यक्ष , ने पुष्कर के प्रसिद्ध ब्रह्मा मंदिर में विधि-विधान से पूजा अर्चना की। ,— Congress (@INCIndia) ,तर सामाजिक सञ्जालका केही प्रयोगकर्ताले भने राजनीति विकासका लागि हुनु पर्नेमा जाति र धर्मका लागि भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।, ,
null
बढ्यो कार्बन(CO2) उत्सर्जन, यो शताब्दीको अन्त्यसम्ममा तापक्रम ३.२ डिग्री बढ्ने खतरा
जलवायु परिवर्तनसँग जुध्ने विश्वव्यापी प्रयास साकारात्मक दिशामा नगएको वा त्यसको उपलब्धी जलवायु परिवर्तनको असर कम गर्ने तर्फ नदेखिएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।,पछिल्लो अध्ययन अनुसार चार वर्षको अवधिमा पहिलोपटक कार्बनडाइअक्साइड उत्सर्जनको मात्रा बढेको देखिएको छ ।,का अनुसार सन् २०१७ मा कार्बनडाइअक्साइडको उत्सर्जन त्यसअघिका चार वर्षको तुलनामा बढी रहेको देखिएको हो । यसको प्रमुख कारण आर्थिक उन्नतीका लागि गरिएका प्रयासहरु, जसका लागि वातावरणीय प्रभावको बेवास्ता गरिनु रहेको प्रतिवेदनमा उल्लेख छ ।,विश्वव्यापी रुपमा सबै देशहरुले कार्बनडाइअक्साइड उत्सर्जनको मात्रा कम गर्ने प्रयास गरिरहेका बेला सन् २०१७ मा अघिल्ला केही वर्षको तुलनामा बढेको देखिएको हो ।,सन् २०१५ मा भएको पेरिस जलवायु सम्झौताले सन् २०२० सम्ममा कार्बन उत्सर्जन घटाउने भनी तय गरेका उद्देश्य पूरा गर्नका लागि पछिल्लो अवस्था चुनौतीपूर्ण देखिएको छ । तर यसले कार्बन उत्सर्जन कम गर्ने प्रयासलाई थप सघन बनाउनका लागि सचेत बनाएको छ ।,इमिसन ग्याप रिपोर्टले सन् २०२० का लागि तय गरिएको लक्ष्य सन् २०३० सम्म पनि पूरा गर्न मुश्किल देखाएको छ । पोल्याण्डमा आउँदो डिसेम्बर २ देखि १४ सम्म संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन हुँदैछ । त्यसको पेरिफेरि पारेर प्रतिवेदन सार्वजनिक भएको हो ।,संयुक्त राष्ट्रसंघको वातावरणीय निकाय युएन इनभाएरोमेन्टले गएको ९ वर्षदेखि इमिसन ग्याप रिपोर्ट प्रकाशित गर्दै आएको छ । यसमा विश्वव्यापी रुपमा भइरहेको ग्रिनहाउस ग्यासको उत्सर्जनको अहिलेको अवस्था र भविष्यको पूर्वावस्थाको आँकलन गरिएको हुन्छ ।,विश्वव्यापी तापमान सुरक्षित अवस्थामा रहनका लागि हाम्रो पृथ्वीले बहन गर्न सक्ने ग्रिनहाउस ग्यास र त्यसको वास्तविक अवस्थाबारे प्रतिवेदनमा तुलनात्मक रुपमा उल्लेख गरिएको हुन्छ । जलवायु परिवर्तनको असर कम गर्नका लागि देशहरुले गरेको प्रतिबद्धता र त्यसको कार्यान्वयको अवस्थाको लेखाजोखा पनि प्रतिवदेनमा गरिएको हुन्छ ।,यो वर्षको प्रतिवेदनमा कार्बन उत्सर्जनको अहिलेको अवस्था र सुरक्षित अवस्थाका लागि हुनु पर्नेबिचमा फराकिलो अन्तर देखिएको छ ।,सन् २०१४ देखि २०१६ को बिचमा विश्वव्यापी रुपमा कार्बन उत्सर्जनको मात्रा लगभग स्थायी थियो वा उस्तै थियो, किनकी यो अवधिमा विश्वव्यापी आर्थिक गतिविधि र बृद्धि सुस्त गतिमा भएको थियो ।,तर सन् २०१७ मा कार्बन उत्सर्जन अघिल्ला वर्षको तुलनामा १.२ प्रतिशतले बढेको छ, किनकी जिडिपी पनि यो अवधिमा विश्वव्यापी रुपमा बढेको छ ।,कार्बन उत्सर्जनको बृद्धि कम मात्रै भएको देखिए पनि विश्वव्यापी रुपमा कम कम गर्नका लागि प्रयास भइरहँदा पनि बढ्नु चुनौतीपूर्ण र खतरायुक्त रहेको जलवायु परिवर्तनको क्षेत्रमा अध्ययन गरिरहेका वैज्ञानिकले बताएका छन् । यसले विश्वव्यापी तापमान बृद्धि १.५ डिग्रिसेल्सियसमा सीमित गर्ने प्रयासमा असर गर्ने देखिएको छ ।,तापमान बृद्धि अहिले तय गरिएको भन्दा तलको अवस्थामा राख्नका लागि सन् २०३० सम्ममा कार्बन उत्सर्जन अहिलेको भन्दा ५५ प्रतिशतले कम गर्नु पर्ने संयुक्त राष्ट्रसंघले जनाएको छ ।,सबै देशले तापमान बृद्धि १.५ डिग्रीमा सीमित गर्नका लागि भइरहेका प्रयासलाई अझ बढाउनु पर्ने विज्ञले बताएका छन् । अहिलेको अवस्था नै कायम रहे यो शताब्दीको अन्त्यसम्ममा विश्वको तापक्रम अहिलेको भन्दा ३.२ डिग्रीले बढ्नेछ ।,अर्जेन्टिना, अस्ट्रेलिया, क्यानडा, बेलायतसहितका युरोपेली देश, दक्षिण कोरिया, दक्षिण अफ्रिका र अमेरिका सन् २०३० का लागि तोकिएको लक्ष्य पूरा गर्ने बाटोमा गर्नुपर्ने प्रयासमा खरो उत्रिन नसकेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।
null
राहुल गान्धीले ‘कौल’ गोत्र कसरी पाए ?
कुरा सन् १९९१ मे मो हो, चर्को गर्मीमा भारतका पूर्व प्रधानमन्त्री राजीव गान्धीले चुनाव प्रचारको क्रम चलिरहेका बेला राजस्थानको पुष्करमा रहेको ब्रह्मा मन्दिरमा गएर पूजा गरेका थिए ।,देशमा आम चुनावको माहोल थियो, राजीवको पार्टी कांग्रेस विपक्षमा थियो र सत्तामा पुनरागमन गर्ने आँकलन भइरहेका थिए ।,राजीव गान्धीको पुष्करसँग केही खास मोह थियो । त्यसबेला राजस्थानमा राजीवका नजिक रहेका एक नेताले बताए, ‘उहाँ पहिलोपटक सन् १९८३ मा पुष्कर आउनुभएको थियो, जुन बेला उहाँ पार्टीको महासचिव हुनुहुन्थ्यो । प्रधानमन्त्रीका रुपमा सन् १९८९ मा पुष्कर आएर ब्रह्मा मन्दिरमा पूजा–अर्चना गर्नुभयो ।’,तर सन् १९९१ मे २१ अर्थात पुष्कर यात्राको १९ दिनपछि तमिलनाडुमा बम आक्रमण गरी राजीवको हत्या भयो । निधनको एक हप्तापछि राजीवको अस्तु पुष्करमा विसर्जन गरियो । त्यस क्रममा राजेश पायलट र अशोक गहलोतसहितका नेता सामेल भए ।,गान्धी परिवारका पुरोहित दीनानाथ कौलले यसबारे जानकारी दिँदै भने, ‘यी सबै नेता तीन हप्ताअघि राजीवसँगै मन्दिरमा उपस्थित थिए । राजीव तीनपटक पुष्कर आइसक्नुभएको थियो र उहाँको निधनको खबरले यो शहर धेरै दिन शोकमा डुब्यो ।’,राजीव भन्दा पहिला उनका भाइ सञ्जय गान्धी र भाइ बुहारी मेनका गान्धीले पुष्करको ब्रह्मा मन्दिरमा पूजा गरेका थिए ।,सञ्जय गान्धी सन् १९८० को मार्च २१ मा पुष्कर पुगेर पूजा गरेका थिए । त्यसको दुई महिनापछि विमान दुर्घटनामा परेर उनको निधन भएको थियो । सञ्जय गान्धीको निधन भएको चार वर्षपछि मेनका गान्धी पुष्कर गएर नेहरु–गान्धी परिवारको विधि–विधान अनुसार पूजा गरेकी थिइन् ।,नेहरु–गान्धी परिवारको लामो इतिहास राजस्थानको पुष्करको मध्य तिरको तालको किनारसँग जोडिएको छ ।,वर्ष १९२१ अर्थात झण्डै १०० वर्ष पहिले मोतीलाल नेहरु पुष्कर पुगेका थिए । त्यो बेला पुरोहितको एक पराशर परिवारले मोतीलालका लागि पुष्करको प्रसिद्ध ब्रह्मा मन्दिरमा पूजा गराएका थिए ।,मोतीलाल नेहरुले पूजाको क्रममा आफ्नो गोत्र ‘कौल’ लेख्दै पुरोहित परिवारलाई कौल उपाधि दिएका थिए । मोतीलालले पुरोहित परिवारलाई अबदेखि आफ्नो पारिवारिक पुरोहित बनेको घोषणा गर्दै कौल थर अपनाउन भनेका थिए । चार पुस्तादेखि पुष्करमा बस्दै आएको पराशर परिवारले आफ्नो थर कौल लेख्दै आएको छ ।,पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीदेखि सोनिया गान्धीसम्म पुष्कर गएर पूजा–अर्चना गरेका छन् । तर गान्धी परिवारका सदस्यले पुष्कर यात्रा गरेको पूरै १५ वर्ष भएको थियो । अर्थात १५ वर्षपछि राहुल गान्धी पुष्कर गए र पूजा गरे । यसले गर्दा पनि उनको यात्रा र पूजा चर्चाको विषय बनेको हो ।,गान्धी परिवारका दुई बृद्ध परोहित राजनाथ कौल र दीनानाथ कौलले सोमबार राहुल गान्धीबाट ब्रह्मा मन्दिरमा संकल्प गराए र पूजा सम्पन्न गराए ।,राजनाथ कौलले भने, ‘उहाँकी आमा सोनिया गान्धी यहाँ आएको १५ वर्ष भएको थियो, अहिले उहाँ आउनु भयो हामीलाई खुशी लागेको छ । हामीले उहाँलाई परिवारको इतिहास बतायौँ र उहाँले ध्यान दिएर सुन्नुभयो ।’,सोमबार पूजाको क्रममा संकल्प गराउँदा राहुलले आफ्नो गोत्र त्यहि बताए जुन मोतीलाल नेहरुले सन् १९२१ मा बताएका थिए । अर्थात ‘कौल दत्तात्रेय’ ।,राजस्थानमा अहिले चुनावी माहोल छ । आउँदो डिसेम्बर ७ मा राज्यका २०० सय विधानसभा सिटका लागि हुने चुनावलाई लिएर राजनीतिक दलहरु प्रचारप्रसारमा व्यस्त छन् । अहिले राज्यमा बसुन्धरा राजेको नेतृत्वमा भारतीय जनता पार्टी (भाजपा) को सरकार छ । पछिल्ला केही चुनावको परिणाम हेर्ने हो भने राजस्थानका मतदाताले हरेकपटक सत्तामा नरहेको पार्टीलाई जिताएका छन् ।,चुनावी प्रचारका लागि कांग्रेस अध्यक्ष राहुल गान्धी राजस्थान पुगेका थिए । उनले सोमबार अजमेरमा रहेको सुफी सन्त ख्वाजा मोइनउद्दीन चिश्तीको दरगाह र पुष्करमा रहेको ब्रह्मा मन्दिरको दर्शन गरे ।,अजमेरमा राहुल गान्धीले सचिन पायलट र अशोक गहलोतसँग मिलेर चादर (विशेष प्रकारको गम्छा) चढाए । उनले चुनावमा कांग्रेसको जितका लागि आशिष मागे ।,यस्तै पुष्करको ब्रह्मा मन्दिरमा राहुलले पूजा गरे । पूजाको क्रममा उनले आफ्नो गोत्र ‘कौल दत्तात्रेय’ रहेको बताए । यसको अर्थ उनले आफू कश्मीरी पण्डित भएको जानकारी दिए । उनले आफ्नो गोत्र बताएकोमा सामाजिक सञ्जालमा विभिन्न प्रतित्रिया आए । भाजपामा प्रवक्ता संबित पात्रा एउटा पत्रकार सम्मेलनमा गोत्र बारे जानकारी दिन भनेका थिए ।,पुष्करका पुरोहितले आफ्ना जजमानको विवरण राख्छन्, जसमा वंशावली पनि उल्लेख हुन्छ । यहि प्रक्रिया अन्तर्गत पुरोहितले राहुल गान्धीसँग गोत्र सोधे र राहुलले बताए ।,राहुल गान्धीको जातिको विषयलाई लिएर राजनीतिक सवाल नै उठेको थियो । उनले आफूलाई कश्मीरी ब्राह्मण भनेर त्यसैको जवाफ दिएका हुन् । राजस्थानको राजनीतिमा ब्राह्मणको प्रभाव बलियो छ ।,राहुल मात्रै होइन मोतीलाल–जवाहरलाल नेहरुसहितले पनि आफूलाई कश्मीरी ब्राह्मण बताउने गरेका थिए ।,राहुल गान्धीले आफूले धार्मिक स्थलको भ्रमण गरिरहेको र यसलाई राजनीतिसँग जोडेर नहेर्न भनेका छन् । तर विश्लेषकहरु भने उनको धार्मिक स्थल यात्रासँग जोडिएको राजनीतिक अर्थ खोजिरहेका छन् ।
null
शक्तिशाली युवराजलाई हटाउने भीषण खेल र साउदी राजपरिवारको आन्तरिक संघर्षको विवरण
साउदी अरेबियाको राज परिवारमा आन्तरिक गुट बिस्तार हुँदै गएको छ । भित्रभित्र नै शक्तिशाली क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमान (एमबिएस) लाई पदबाट हटाउने प्रयास भइरहेका छन् ।,राज दरबारसँग नजिक रहेका स्रोतहरुका अनुसार राज परिवारका केही सदस्यहरुले बनाएको प्रभावशाली गुट एमबिएसलाई हटाएर अरु कोहीलाई ८२ वर्षका राजा सलामनको उत्तराधिकारी बनाउने चाहन्छ ।,तर राजा सलमान आफ्ना प्रिय पुत्र एमबिएसलाई अपदस्त गर्न तयार छैनन् । यहि कारण एमबिएस विरोधी गुट राजा सलमान रहन्जेल शान्त हुने मनसायमा छन् ।,गुटसँग नजिक रहेको एक स्रोतले भनेको छ कि राजा सलमानका एक मात्र जीवित सहोदर भाइ राजकुरमा अहमदलाई राज परिवारका केही सदस्य, सुरक्षा एजेन्सी र केही पश्चिमी देशहरुको समर्थन छ ।,सन् १९५३ देखि ६ दाजुभाइ ले विश्वको अन्तिम र एकमात्र पूर्णतः राजतन्त्रीय शासन व्यवस्था रहेको साउदी अरेबियाको सत्ता सम्हाल्दै आएका छन् ।,यी सबै ६ भाइ आधुनिक साउदी अरेबियाका संस्थापक अब्दुल अजीज अल–ए साउदका छोरा हुन् । यिनीहरुकै शासन कालमा साउदी अरेबियामा पश्चिमी देशका कम्पनीहरुले व्यापक रुपमा तेलको उत्खनन् सुरु गरेका हुन् ।,अब्दुल अजीज अल–इ साउदले सन् १९४५ मा रेड सागरमा एक अमेरिकी युद्धपोतमा तत्कालीन अमेरिकी राष्ट्रपति फ्र्यांकलिन रुजवेल्टसँग भेटवार्ता गरेका थिए ।,योसँगै साउदी अरेबिया र अमेरिकाको मित्रताको सिलसिला सुरु भएको हो र अहिले पनि जारी छ ।,साउदी अरेबियाले अमेरिकालाई तेलको तथा अमेरिकाले साउदी अरेबियालाई बिना हस्तक्षेप विपक्षीहरुबाट सुरक्षाको ग्यारेन्टी दिने गरेको छ ।, अब्दुल अजीजका ६४ छोरा र ५५ छोरी थिए । उनको निधनपछि ६४ मध्ये ६ छोराले साउदी अरेबियामा सत्ता चलाए ।,अहिलेसम्म राजा रहेको भाइको निधन भएपछि अर्को भाइले सत्ताको बागडोर सम्हाल्ने परम्परा थियो । तर राजा सलमानले एमबिएसलाई क्राउन प्रिन्स बनाएपछि त्यो क्रम भंग हुने देखिएको छ ।,साउदी अरेबियामा ‘सात सुदेरी’ (राजा अब्दुल अजीजकी एक श्रीमती हस्सा सुदेरीका सन्तान) नामको एक गुट निकै प्रभावशाली मानिन्छ । यिनीहरु नै राज परिवारमा प्रभावशाली सदस्य रहे ।,पछि पारिवारिक झगडाका कारण तुर्की बिन अब्दुल अजीजलाई खानदानबाट हटाइएपछि ६ भाइ यो गुटमा रहे । सन् २०१६ मा तुर्की बिनको निधन भयो । ६ भाइ मध्ये फहद र सलमान राजा बने ।,तुर्की बिनले अहिलेको साउदी राज परिवारको अवस्था इरानका शासक सद्दाम हुसेनको जस्तो हुने बताएका थिए ।,सन् २०१५ मा अब्दुल्लाहको निधन भएपछि उनका भाइ सलमान राजा बने । उनले परम्परालाई तोड्दै आफ्ना कान्छा भाई अहमदको ठाउँमा भाइका छोरा मोहम्मद बिन नईफलाई क्राउन प्रिन्स र ३० वर्षका आफ्ना प्रिय पुत्र मोहम्मद बिन सलमानलाई डेपुटी क्राउन प्रिन्स बनाए ।,त्यसको केही समयपछि मोहम्मद बिन नईफले आफू एमबिएसप्रति सदा जिम्मेवार रहने कसम खाँदै क्राउन प्रिन्सको पद छोडे । यसरी राजा सलमानले परम्परालाई तोड्दै आफ्ना छोरा एमबिएसलाई क्राउन प्रिन्स नियुक्त गरे ।,यो क्रममा उनले आफ्ना प्रतिनिधिमण्डलसँग सल्लाह गरेनन् । यो प्रतिनिधि मण्डलमा साउदी अरेबियाको राजा तथा युवराजको नियुक्ति गर्ने जिम्मेवारी हुन्छ ।,समाचार संस्था रोयटर्सका अनुसार यो प्रतिनिधि मण्डलमा रहेका ३४ सदस्य मध्ये एक प्रिन्स अहमद एमबिएसलाई क्राउन प्रिन्स बनाएको विपक्षमा छन् ।,सन् २०१७ मा सात सुदेरी मध्ये एक राजकुमार अब्दुल रहमानको निधन भयो । यसपछि प्रिन्स अहमद मात्रै सुदेरी तथा राजा अब्दुल अजीजका बाँकी जीवित पुत्र बने राजा सलमान बाहेक ।,राजा सलमान ८२ वर्षका भए भने राजकुरमा अहमद ७६ वर्षका छन् ।,अब अब्दुल अजीजका सन्तान मध्ये राजा सलमान र प्रिन्स अहमदको निधनपछि साउदी राज परिवारमा जो कोहीले पनि सत्ताका लागि आफ्नो अधिकारको दाबी गर्ने छन् ।,तर सत्तामा सुदेरी गुटको प्रभावलाई हेर्दा यहि परिवारको कुनै सदस्य गद्दीमा बस्नेछन् । सन् २००५ मा अब्दुल्ला राजा बनेपछिका सबै क्राउन प्रिन्स सुदेरी परिवारबाट नै छन् । राजा सलमान पनि आफ्नो निधनपछि यहि परिवारले सत्ता चलाओस् भन्ने चाहना छ ।,साउदी राज परिवार, विशेष गरी क्राउन प्रिन्स एमबिएसका कडा आलोचक पत्रकार जमाल खाशोग्गीको अक्टोबरमा भएको हत्यामा एमबिएसको संलग्नता रहेको आरोपका बिच विरोधी गुटहरु सक्रिय भएका छन् ।,टर्कीस्थित साउदी कन्सुलर कार्यालयमा हत्या भएका पत्रकार खाशोग्गीले अमेरिकी पत्रिका द वासिङ्गटन पोस्टमा लेख्दै आएका थिए । उनको हत्या एमबिएसको निर्देशनमा भएको दाबी गरिन्छ । तर साउदी अरेबियाले स्पष्ट रुपमा हत्यामा एमबिएससहित राज परिवारका कुनै पनि सदस्यको संलग्नता नरहेको बताउँदै आएको छ ।,खाशोग्गी हत्या प्रकरणका कारण एमबिएसमाथि बढ्दै गएको अन्तर्राष्ट्रिय दबाबलाई राजकुमार अहमदले आफू राजा बन्ने राम्रो मौकाका रुपमा लिएका छन् । उनले ४० वर्षसम्म गृह मन्त्रालयमा उपमन्त्रीको रुपमा काम गरेका थिए र अमेरिकाको समर्थन पनि छ ।,साउदी राज परिवारमा मुख्य गरी १५ सदस्य छन्, तर झण्डै दुई हजार जना यस्ता छन् जोसँग सत्ता, सम्पती र निर्णय लिने अधिकार छ ।, युवा अवस्थामै क्राउन प्रिन्स बनेका एमबिएसले सुधारको अभियान चलाउँदै आएका छन् ।,यसमा महिलालाई गाडी चलाउन अनुमति दिनु प्रमुख रहेको छ । सूचना तथा सुरक्षा संयन्त्रको नियन्त्रण आफ्नो हातमा आएपछि एमबिएसले खानदानका वरिष्ठ सदस्यलाई रिझाउन सकेका छैनन् ।,एमबिएसले प्रभावशाली गृहमन्त्री मोहम्मद बिन नाईफलाई पदबाट हटाए भने राष्ट्रिय गार्डका कमाण्डर मतब बिन अब्दुल्लाहलाई आर्थिक हिनामिनाको आरोपमा नियन्त्रणमा लिएर दुवै पद आफूमा सुरक्षित गरे ।,मतब बिन अब्दुल्लाह, अब्दुल्लाहका एक छोरा हुन् । उनी सन् १९९६ मा राष्ट्रिय गार्डको कमाण्डर बनेका थिए र उनलाई भविष्यमा सत्तामा जान सक्ने रुपमा हेरिएको थियो ।,खाशोग्गी हत्यापछि साउदी अरेबियामाथि परेको अन्तर्राष्ट्रिय दबाब र राज परिवारका केही सदस्यको गुनासोका बाबजुद राजा सलमानले नोभेम्बर १९ मा भएको सल्लाहकार समितिको बैठकमा आफ्नो बयानको क्रममा विवादका बारेमा केही बताएनन् ।,उनले आफ्नो न्यायपालिकाको प्रशंसा भने गरे । उनले एमबिएसमाथिको समर्थनलाई जोड दिँदै देशका युवालाई सबै तरिकाले योग्य बनाउन ध्यान दिन भने ।,राजा सलमान खाशोग्गी हत्याको राज खुलेपछि चुकाउने पर्ने मूल्यका लागि तयार रहेको तर एमबिएसमाथिको समर्थनबाट पछि नहट्ने मनसायमा देखिएका छन् ।
null
साउदी युवराज र पुटिनको ‘हाइ–भाइप’ र जोक्स, फ्रेन्च राष्ट्रपति म्याक्रोनको चिन्ता
अर्जेन्टिनाको राजधानीमा जारी जी–२० सम्मेलनका लागि भेला भएका विश्वका विकसित तथा आर्थिक गतिविधि उच्च रहेका देशका नेताहरुको चासो साउदी अरेबियाका शक्तिशाली युवराज (क्राउन प्रिन्स) मोहम्मद बिन सलमानमा परेको छ ।,क्राउन प्रिन्स मोहम्मद बिन सलमान (एमबिएस) सम्मेलनमा सहभागी हुन पुगेका बेला विभिन्न देशका नेताहरुले भेटी पत्रकार जमाल खाशोग्गीको हत्याका बारेमा चासो व्यक्त गरेका छन् ।,अमेरिकी पत्रिका द वासिङ्गटन पोस्टमा लेख्दै आएका पत्रकार खाशोग्गीको गएको अक्टोबर २ मा टर्कीको स्थानबुलस्थित साउदी कन्सुलर कार्यालयमा हत्या भएको हो । उनको हत्यामा संलग्नहरुको पहिचान अहिलेसम्म भएको छैन भने शवको अवस्थाबारे पनि थाहा भएको छैन ।,विशेष गरी क्राउन प्रिन्स एमबिएसको कडा आलोचक रहेका खाशोग्गीको हत्या एमबिएसकै निर्देशनमा भएको आशंका गरिँदै आएको छ । तर साउदी अरेबियाले भने पत्रकार खाशोग्गीको हत्यामा क्राउन प्रिन्स एमबिएससँगै राज परिवारका कुनै पनि सदस्यको कुनै पनि किसिमले संलग्नता नरहेको स्पष्ट पार्दै आएको छ ।,खाशोग्गीको हत्याका सम्बन्धमा अहिले अनुसन्धान भइरहेको छ । अमेरिका, टर्की तथा साउदी अरेबियाले भिन्दा भिन्दै रुपमा अनुसन्धान गरेका छन् । अमेरिकी गुप्तचर निकाय सिआइएले गरेको अनुसन्धानमा घटनामा क्राउन प्रिन्स एमबिएसको संलग्नता पुष्टि हुने खालको प्रमाण जुटेको दाबीसहितका खबर आएका थिए । जुन कुरा अमेरिकी विदेश मन्त्रालय र राष्ट्रपति ट्रम्पले अस्वीकार गरे ।,अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, बेलायती प्रधानमन्त्री टिरेजा मे, फ्रान्सका राष्ट्रपछि इम्यानुएल म्याक्रोन, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, साउदी अरेबियका क्राउन प्रिन्स एमबिएससहितका नेता तथा २० देशको बैंकका प्रमुखहरु अर्जेन्टिनामा छन् ।,यहि क्रममा साउदी युवराज एमबिएससँग भेटेर फ्रान्सका राष्ट्रपति म्याक्रोनले खाशोग्गी हत्याका बारेमा चासो व्यक्त गरेका हुन् । सम्मेलनको साइडलाइनमा भएको अनौपचारिक भेटको क्रममा म्याक्रोनले आफू चिन्तित रहेको बताएको र क्राउन प्रिन्स एमबिएसले ‘डन्ट वरी’ भनेको बेलायती पत्रिका द गार्जियनले जनाएको छ ।,NO COMMENT |,French President Emmanuel Macron meets with Saudi Crown Prince at the G20 Summit venue in Argentine. ,— Vocal Europe (@thevocaleurope) ,यस्तै सम्मेलनकै क्रममा बेलायती प्रधानमन्त्री मे ले पनि साउदी क्राउन प्रिन्स एमबिएससँग भेटेकी छन् । मे ले साउदी अरेबियाद्वारा यमनमा भएको भनिएको युद्ध अपराध तथा खाशोग्गी हत्याका बारेमा चासो व्यक्त गरिन् । उनले साउदी क्राउन प्रिन्सलाई खाशोग्गी हत्याका सम्बन्धमा भइरहेको अनुसन्धानमा सहयोग गर्न सुझाव दिएकी छन् ।, ,तर रुसी राष्ट्रपति र क्राउन प्रिन्स एमबिएसबिचको भेट भने निकै ‘क्याजुअल’ देखियो । उनीहरुले दुई अभिन्न मित्र भेटिए जसरी ‘हाइ–भाइप’ गरे । उनीहरुले एकअर्कालाई हँसाएको पनि देखिएको छ ।,Russian President Vladimir Putin and Saudi Crown Prince Mohammed bin Salman at , ,— CSPAN (@cspan) , , , , ,
null
यस्तो छ दसैँमा दिइने पशु बलिको सांस्कृतिक तथ्य
काठमाडौँ – दसैँमा तान्त्रिक पूजा गरिन्छ। यो पूजा विशेषगरी देवी दुर्गासँग सम्बन्धित हुन्छ। शक्तिपीठ जसलाई हामी मात्रिका देवीहरु भनेर चिन्छौँ, उनीहरु बलि ग्रहण गर्ने देवताहरु हुन्।,संस्कृतिविद् ओम धौभडेल भन्छन्, ‘नेवारी समुदायमा मोहनी भनेर चिनिने दसैँको पूजामा कालो टीका बनाउनु पर्छ। मोहनी निकाल्नका लागि यहाँ बलिको आवश्यकता हुन्छ।’,यहि बेलामा हो दुर्गाको आराधनाको लागि पञ्चबलि चढाइने। राँगो, बोका, भेडा, कुखरा, हाँसको बलि चढाइन्छ। यी जनावर नभएको अवस्थामा कखुरा, हाँसको फुल राखेर पूजा गरेर भए पनि बलि चढाउने गरिन्छ। यो पूजा नेवारहरुमा दीक्षित भएका पूजारीले गर्ने गर्छन्।,दसैँमा पशुलाई मार हान्ने र बलि दिइने चलन छ। दुई थरीका दसैँ भएजस्तै दुई तरिकाबाट पशुको वध गर्ने चलन छ।,‘पशुलाई बलि दिने प्रथा नेवारको हो भने मार हान्ने राजा पृथ्वीनारायण शाह परिपाटिको हो।’ संस्कृतिविद् ओम धौभडेल भन्छन्, ‘नेवार समुदायमा बलि दिनु अगाडि तान्त्रिकले जनावरलाई मन्त्र सुनाउँछ, बाहिर अरुले नसुन्ने गरेर। मन्त्र भनेर शुद्ध जल अक्षताले बलि दिने पशुको टाउकोमा राखिन्छ। शरीरमा छर्किइन्छ। यति गरेपछि पशु पर्सिन्छ अनि त्यसलाई बलि चढाइन्छ।’,यो प्रथामा पशुको टाउको पछि मात्र छुट्याइन्छ।,‘बलि दिएको पशुलाई यो चोलाबाट मोक्ष दिएको मानिन्छ।’ धौभडेल भन्छन्, ‘तान्त्रिक पूजाको एक पक्ष बलि हो, हामीकहाँ तीन किसिमको बलि हुन्छ,,१.तान्त्रिम विधिबाट दिइने पशुबलि,, २. वैद्धिक विधिबाट दिइने बलि, भातको ‘गोजा’ बनाएर त्यसलाई बलि दिएसरह मान्ने।, ३. स्मार्ट बलि, यसमा उखु, बेल, कुभिण्डो, लौका, घिरौलोलाई बलि दिने ।’,उनका अनुसार पशुको मुक्तिका लागि दिइने बलिलाई राम्रो रुपमा लिनुुपर्छ। ‘हामी धर्ममा, तान्त्रिक पूजामा विश्वास राख्छौँ भने चाडपर्वको बेलामा दिइने पशुबलि नराम्रो होइन।’,जतिबेला एउटा अण्ठा खानको लागि जन्मदिन आउनुपर्थ्यो मासुको टुक्रा खान बिस्केट आउनुपर्थ्यो त्यो बेलामा यो चलन ठीकै मानिन्थ्यो। तर अहिले समय परिवर्तन भएको छ।,‘हामी चाहेको खण्डमा अण्डा मासु जुनसुकै बेलामा पनि खान सक्छौँ, यसका लागि प्रयोग गरिने पशुलाई हिंसा गरेको मान्न सकिन्छ तर तान्त्रिक विधिबाट दिइने बलि होइन।’,यस अगाडि १० वटा जनावरको बलि दिने चलन थियो भन्छन् संस्कृतिविद् ओम धौभडेल। ‘अझ कुनै बेला नर बलि पनि दिइन्थ्यो तर अहिले भने त्यसलाई कानुनले बर्जित गरिसकेको छ।’,माछा, सुगुर हरिण, गोही लगायतका जनावरलाई बलि दिने चलन थियो। यो वैदिक कालदेखि नै चलिआएको हो। सत्ययुगमा देवीहरुलाई बलि दिइएको उल्लेख छ। संस्कृतिविद् पुरुषोत्तम लोचन श्रेष्ठ दसैँको परम्परालाई दसैँको दर्शनसँग जोडेर हेर्नुपर्ने बताउँछन्।,‘विगतमा देशमा स्थायी सेना थिएनन्। जो सुकै पनि लडाइ लड्न जानुपर्ने युग थियो त्यो। त्यस्तो युगमा वर्षमा कम्तिमा एक पल्ट भएपनि टाउको काट्ने अभ्यास हुनुपर्छ, शत्रुको टाउको काट्नलाई पशुको टाउको काटेर, पशु नभए कुभिण्डो, मूलाको टाउको काटेर पनि अभ्यास गर्ने हिसाबमा त्यो परम्परा बसेको हो।’,पहिलेको राष्ट्रिय सुरक्षाको नीति, राष्ट्र रक्षाको लागि गरिएको अभ्यास अहिलेको परम्परा हो। अहिले परिस्थिती फरक भए पनि बलि परम्परा यसरी आएको हो। उनी भन्छन्, ‘त्यो त्यतिबेलाको आवश्यकता थियो, अहिले समय फरक भइसकेको छ। समय परिवर्तन भएसँगै हामीले हाम्रो सँस्कृति पनि परिवर्तन गर्न आवश्यक छ।’,पुनश्चः आश्विन शुक्ल अष्टमी अर्थात आश्विन नवरात्रको आठौँ दिन बुधबार महाअष्टमी पर्व मनाईँदैछ । महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरी यो पर्व मनाइँदैछ । महाअष्टमीका दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ ।,आजको दिन शास्त्रसम्मत रूपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गाको विशेष पूजाआजा गरिनाका साथै दुर्गा सप्तशती, श्रीमद्देवीभागवत् र देवी स्तोत्र पाठ गरिन्छ ।,विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्षप्राप्तिको चाहना गर्ने हुनाले देव मन्दिर र यज्ञयज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनिमा जन्म लिने शास्त्रमा वर्णन गरिएको छ।,देवीका शस्त्रास्त्रसहित चतुरङ्गिणी सेनाको पनि आह्वान गरी पूजा गरिन्छ । पशुबलि नचढाउनेले भने आज पूजाकोठामा काँक्रो, घिरौँला, कुभिण्डो, मूला, नरिवल आदि बलि चढाई पूजाआजा गर्छन् । आज राति हनुमानढोकाको दशैँघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गरिन्छ ।
सुजाता खत्री
घाइते बिद्रोहीलाई विदेश लगेर उपचार गरिने, यमनमा शान्ति वार्ताको वातावरण बन्दै
संयुक्त राष्ट्रसंघले यमनमा जारी गृहयुद्धको क्रममा घाइते अवस्थामा रहेका हुथी लडाकुहरुलाई यमनबाट बाहिर लैजाने तयारी गरेको छ ।,शान्ति वार्ताको तयारी भइरहेका बेला विश्वासको वातावरण बनाउनका लागि संयुक्त राष्ट्रसंघले प्रयास थालेको हो ।,घाइते हुथी लडाकुलाई यमनबाट बाहिर लैजाने तयारी संयुक्त राष्ट्रसंघले गरेको जानकारी यमनमा हुथी बिद्रोहीविरुद्ध सैन्य अभियान चलाउँदै आएको साउदी अरेबिया नेतृत्वको गठबन्धनले दिएको हो ।,बिद्रोहीको नियन्त्रणमा रहेको राजधानी सनाबाट ५० घाइते हुथी लडाकुलाई सोमबार अबेर विमान मार्फत ओमान लैजाने तयारी भइरहेको छ । संयुक्त राष्ट्रसंघको मध्यस्थतामा हुथी बिद्रोही र साउदी अरेबियाको साथ पाएको यमनको सरकारबिच केही दिनमै वार्ता सुरु हुने अपेक्षा गरिएको छ ।, ,यमनमा सन् २०१५ देखि जारी युद्धका कारण विश्वकै सबैभन्दा भयानक मानवीय संकटको अवस्था आएको छ । झण्डै चार वर्षको युद्धका कारण हजारौँ मानिसको ज्यान गएको छ भने लाखौँ मानिस भोकमरीको अवस्थामा पुगेका छन् ।,गठबन्धन सेनाका प्रवक्ताले भनेका छन्, ‘संयुक्त राष्ट्रसंघले चाटर्ड गरेको जहाज सना अन्तर्राष्ट्रिय विमानस्थलमा सोमाबार पुग्नेछ । र घाइते भएका ५० हुथी लडाकुलाई उपचारका लागि लैजाने छ । विमानमा यमनका तीन र संयुक्त राष्ट्रसंघका एक डाक्टर हुने छन् ।’,यमनका लागि संयुक्त राष्ट्रसंघीय विशेषदूत मार्टिन ग्रिफिथ्सको आग्रहमा यस्तो गर्न लागिएको ती प्रवक्ताले बताए । स्वीडेनमा हुने भनिएको वार्ताअघि विश्वासको वातावरण बनाउनका लागि बिद्रोहीलाई उपचारका लागि यमनबाहिर लैजान लागिएको उनले पुष्टि गरेका छन् ।,संयुक्त राष्ट्रसंघले इरानको साथ पाएका हुथी र साउदीको साथ पाएको यमन सरकारबिच वार्ता गराउने प्रयास गरिरहेको छ । यसअघि गएको सेप्टेम्बरमा जेनेभामा वार्ताको प्रयास भएको थियो ।,जारी हिंसाको क्रममा ८५ हजारको हाराहारीमा पाँच वर्षमुनिका बालकालिको कुपोषणका कारण ज्यान गएको बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सहयोगी संस्था सेभ द चिल्ड्रेनले निकालेको प्रतिवेदनमा उल्लेख गरिएको थियो ।,गएको महिना संयुक्त राष्ट्रसंघले यमनमा एक करोड ४० लाख मानिस भोकमरीको जोखिममा रहेको भन्दै चिन्ता व्यक्त गरेको थियो ।,हिंसाका कारण यमनको ठूलो क्षेत्र पूर्ण रुपमा पुनर्निर्माण गर्नु पर्ने गरी ध्वस्त भएको छ । हुथी बिद्रोहीविरुद्ध साउदी अरेबिया नेतृत्वको गठबन्धन सेनाले सन् २०१५ मा यमनमा हवाई आक्रमण सुरु गरेको थियो । हुथी बिद्रोहीले यमनका राष्ट्रपति मन्सुर हादीलाई विस्थापित गरेपछि साउदी अरेबियाले आक्रमण थालेको हो ।,संयुक्त राष्ट्रसंघका अनुसार यमनमा जारी हिंसाका कारण अहिलेसम्म कम्तिमा ६ हजार ८०० सर्वसाधारणको ज्यान गएको छ । यस्तै १० हजार ७०० भन्दा बढी घाइते भएका छन् ।,हिंसा तथा गठबन्धन सेनाले विभिन्न क्षेत्रमा गरेको नाकाबन्दीका कारण दुई करोड २० लाख भन्दा बढी मानिसलाई मानवीय सहायताको खाँचो रहेको छ । यमनमा अहिले विश्वकै सबैभन्दा ठूलो खाद्य आपतकालको अवस्था छ । यस्तै हैजको महामारीका कारण १२ लाख मानिस प्रभावित भएका छन् ।,युद्धका कारण यमनी मुद्राको मूल्य घट्नु र खाद्यान्नको मूल्य बढ्दै जानुले धेरै परिवार भोकमरीको जोखिममा आएका छन् ।
null
हत्याको टेप डरलाग्दो, ट्रम्पले नसुन्ने
साउदी अरेबियाका पत्रकार जमाल खाशोग्गीको हत्या सम्बन्धी रहस्य अझै सुल्झिएको छैन । हत्याको पुष्टि भए पनि त्यसमा संलग्नको पहिचान हुन सकेको छैन भने शरीर कहाँ छ भन्ने पनि खुलेको छैन ।,पछिल्ला घटना क्रम र अनुसन्धानहरुले हत्या साउदी अरेबियाका शक्तिशाली क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमान (एमबिएस) को निर्देशनमा भएको भन्नेमा प्रमाण जुट्दै गएका दाबी गरिएको खबर आइरहेका छन् ।,साउदी सरकारले भने पत्रकार खाशोग्गीको हत्यामा युवराज एमबिएस वा राजपरिवारका कुनै पनि सदस्यको कुनै किसिमको संलग्नता नरहेको बारम्बार स्पष्ट रुपमा बताउँदै आएको छ ।,पछिल्लो समय टर्कीले हत्याको प्रमाणको रुपमा लिइएको टेप अमेरिका, साउदी अरेबियासहितलाई दियो । त्यसमा युवराज एमबिएसको निर्देशनमा हत्या भएकोमा बलियो प्रमाण पाइएको दाबी गरिँदै आएका छन् ।,अमेरिकी गुप्तचर निकाय सिआइए हत्यामा एमबिएसको संलग्नता रहेको निष्कर्षमा पुगेको दाबी पनि गरियो । तर अमेरिकी विदेश मन्त्रालयले अहिले नै कुनै निष्कर्षमा अनुसन्धान नपुगेको र युवराज एमबिएसको संलग्नता रहेको भन्ने अहिलेसम्म नदेखिएको बताएको छ ।,अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हत्याको पूर्ण अनुसन्धान प्रतिवेदन चाँडै सार्वजनिक हुने र संलग्नको पहिचान पनि गरिने बताएका थिए ।,यस्तै अमेरिकी विदेश मन्त्रालयले पत्रकार खाशोग्गीको हत्या र त्यससँग जोडिएको अनुसन्धान अरु देशसँगको सहकार्यमा गरिने र यसक्रममा साउदी अरेबियासँग रहेको महत्वपूर्ण रणनीतिक सम्बन्धको पनि ख्याल गरिने बताएको छ ।,पछिल्लो विकास क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले हत्याको प्रमाणको रुपमा ठानिएको टेप आफूले नसुन्ने बताएका छन् । टेपमा रहेको कुरा बारे अनुसन्धानमा संलग्न अधिकारीले आफूलाई जानकारी गराएको ट्रम्पले बताएका छन् । तर त्यो टेप आफैले भने नसुन्ने उनले स्पष्ट पारेका हुन् ।,आइतबार फक्स न्युजसँग उनले भनेका छन्, ‘पीडाको टेप हो, निकै डर लाग्दो छ ।’ टेपमा रहेका सबै कुरा आफूलाई जानकारी भएको र निकै हिंस्रक रहेकाले आफूले नसुन्ने ट्रम्पको भनाई छ ।,साउदी अरेबिया, विशेष गरी क्राउन प्रिन्स एमबिएसका कडा आलोचक पत्रकार खाशोग्गीले अमेरिकी पत्रिका द वासिङ्गटन पोस्टमा लेख्दै आएका थिए । उनको गएको अक्टोबर २ मा टर्कीको स्थानबुलस्थित साउदी कन्सुलर कार्यालयमा हत्या भएको हो ।
null
रुन पनि सक्दैनन् मर्दै गरेका सन्तान, टुलुटुलु हेर्न बाध्य अभिभावक
यमनमा जारी हिंसाको मारमा सबैभन्दा बढी बालबालिका परेका छन् । धेरै बालबालिका पर्याप्त मात्रामा खान नपाएर ज्यान गुमाउन बाध्य भएका छन् ।,तीन वर्षदेखि जारी हिंसाको क्रममा ८५ हजारको हाराहारीमा पाँच वर्षमुनिका बालबालिकाको कुपोषणका कारण ज्यान गएको बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सहयोगी संस्था सेभ द चिल्ड्रेनले जनाएको छ ।,गएको महिना संयुक्त राष्ट्रसंघले यमनमा एक करोड ४० लाख मानिस भोकमरीको जोखिममा रहेको भन्दै चिन्ता व्यक्त गरेको थियो ।,यमनमा जारी हिंसाले निकै खराब मानवीय संकट उत्पन्न भएको संयुक्त राष्ट्रसंघसहितका संस्थाले बताएका छन् । जारी हिंसा अन्त्य गर्न प्रयास भइरहेको छ, तर अहिलेसम्म सफल हुन सकेको छैन ।,हिंसाका कारण यमनको ठूलो क्षेत्र पूर्ण रुपमा पुनर्निर्माण गर्नु पर्ने गरी ध्वस्त भएको छ । हुथी बिद्रोहीविरुद्ध साउदी अरेबिया नेतृत्वको गठबन्धन सेनाले सन् २०१५ मा यमनमा हवाई आक्रमण सुरु गरेको थियो । हुथी बिद्रोहीले यमनका राष्ट्रपति मन्सुर हादीलाई विस्थापित गरेपछि साउदी अरेबियाले आक्रमण थालेको हो ।,संयुक्त राष्ट्रसंघका अनुसार यमनमा तीन वर्षदेखि जारी हिंसाका कारण अहिलेसम्म कम्तिमा ६ हजार ८०० सर्वसाधारणको ज्यान गएको छ ।,यस्तै १० हजार ७०० भन्दा बढी घाइते भएका छन् । हिंसा तथा गठबन्धन सेनाले विभिन्न क्षेत्रमा गरेको नाकाबन्दीका कारण दुई करोड २० लाख भन्दा बढी मानिसलाई मानवीय सहायताको खाँचो रहेको छ ।,यमनमा अहिले विश्वकै सबैभन्दा ठूलो खाद्य आपतकालको अवस्था छ । यस्तै हैजको महामारीका कारण १२ लाख मानिस प्रभावित भएका छन् ।,यमनमा भएको हिंसाका कारण ज्यान गुमाउनेको यकिन तथ्यांक लिन अप्ठ्यारो छ । हिंसासँग जोडिएका धेरै मृत्युहरुको तथ्यांक नै नरहेको सहयोगी संस्थाहरुले बताएका छन् ।,यसको प्रमुख कारण देशका आधा मात्रै स्वास्थ्य संस्था अहिले सेवा दिन सक्ने अवस्थामा छन् । यस्तै धेरै मानिससँग अस्पताल जान चाहिने पैसा पनि छैन ।,संयुक्त राष्ट्रसंघसँगको सहकार्यमा आफूहरुले गरेको अध्ययनमा पाँच वर्षमुनिका ८४ हजार ७०० बालबालिकाको सन् २०१५ को अप्रिलदेखि २०१८ को अक्टोबरसम्म कुपोषणका कारण ज्यान गएको छ।,युद्धका कारण यमनी मुद्राको मूल्य घट्नु र खाद्यान्नको मूल्य बढ्दै जानुले धेरै परिवार भोकमरीको जोखिममा आएका छन् । यस्तै गठबन्धन सेनाले विभिन्न क्षेत्रमा गरिरहेको नाकाबन्दीले थप मानिसलाई भोकमरीको खतराको दायरामा ल्याएको छ । गठबन्धन सेनाले यमनको हुदैदाह क्षेत्रमा नाकाबन्दी गरेको छ ।,यो क्षेत्र यमनको ‘लाइफ–लाइन’ को रुपमा रहेको छ र यहिबाटो हुँदै ९० प्रतिशत भन्दा बढी खाद्यान्नसहितका आवश्यक सामग्री आयात हुने गरेको छ । यो क्षेत्रबाट २२ लाख बालबालिकासहित ४४ लाख मानिसलाई पुग्ने खाद्यान्नको आयात बन्द भएको छ ।,यदी कुपोषणको समयमै उपचार भएन भने २०–३० प्रतिशत बालबालिकाको हरेक वर्ष ज्यान जाने विज्ञले बताएका छन् । सेभ द चिल्ड्रेन यमनका निर्देशक तामेर किरोलोसले भने, ‘बालबालिकाहरु बम तथा गोलीले मरेका छन्, उनीहरुसहित अरु धेरै भोकले मरेका छन् । भोकले मरेकाहरुको ज्यान जोगाउन सकिने थियो ।’,कुपोषणका कारण मृत्यु हुने बालबालिकाको शरीरका मूख्य अंगले काम गर्न छोड्ने र अन्ततः मृत्यु हुने गरेको छ । कुपोषित बालबालिकाको प्रतिरोधात्मक क्षमता निकै कमजोर रहेको छ । उनीहरु रुन पनि नसक्ने अवस्थामा छन् । अभिभावकहरु आफ्ना सन्तान कष्टले मर्दै गरेको टुलुटुलु हेरेर बस्न बाध्य छन् ।,यस्तै पछिल्लो हप्ता कडा पारिँदै गएको प्रतिबन्धका कारण हुदैदाहमा एक लाख ५० हजार भन्दा बढी मानिसको ज्यान जोखिममा परेको भन्दै सेभ द चिल्ड्रेन चिन्ता व्यक्त गरेको छ । बालबालिकाहरु भत्किएका संरचना र फोहोरका थुप्राहरुमा खानाको खोजिगरिरहेका भेटिन्छन् ।
null
शक्तिशाली युवराजको बचाउमा लागे ट्रम्प, उभिए साउदीसँगको सहकार्यको पक्षमा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियासँगको सहकार्यको स्पष्ट रुपमा बचाउ गरेका छन् ।,पत्रकार जमाल खाशोग्गीको हत्याको विषयलाई लिएर अन्तर्राष्ट्रिय दबाब बढी रहेका बेला ट्रम्पले साउदी अरेबियासँग अमेरिकी सहकार्यको बचाउ गरेका हुन् र सम्बन्धको पक्षमा उभिएका हुन् ।,साउदी पत्रकार खाशोग्गीको गएको अक्टोबर २ मा टर्कीको स्थानबुलस्थित साउदी कन्सुलर कार्यालयमा हत्या भएको हो । हत्यामा संलग्नको अहिलेसम्म पहिचान भएको छैन ।,तर विभिन्न अनुसन्धानमा हत्या साउदी अरेबियाका शक्तिशाली क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमान (एमबिएस) को निर्देशनमा भएको दाबीसहितका खबर आएका छन् ।,तर साउदी अरेबियाले भने त्यसको स्पष्ट रुपमा खण्डन गरेको छ र खाशोग्गीको हत्यामा क्राउन प्रिन्स एमबिएससहित राजपरिवारका कुनै पनि सदस्यको कुनै पनि रुपमा संलग्नता नरहेको बताएको छ ।,खाशोग्गी हत्या प्रकरणको ढाकछोपमा साउदी अरेबिया लागेको र त्यसमा अमेरिकी राष्ट्रपति ट्रम्पले पनि साथ दिइरहेको आरोप लाग्दै आएका बेला ट्रम्पले वक्तव्य जारी गरेर साउदी अरेबिया अमेरिकाको ‘दृढ सहयात्री’ रहेको बताएका हुन् । साउदी अरेबियाले अमेरिकामा ठूलो रकम लगानी गर्ने सहमति गरेको छ ।,ट्रम्पले क्राउन प्रिन्स एमबिएसको बचाउ पनि गरेका छन् । ट्रम्पले जारी गरेको वक्तव्यमा एमबिएसको स्पष्ट रुपमा बचाउ गरेका छन् भने साउदीले भने जस्तै हत्या भएका पत्रकार खाशोग्गी ‘देशको शत्रु’ रहेको पनि उल्लेख गरेका छन् । खाशोग्गीको हत्यामा कुनै पनि हिसाबले क्राउन प्रिन्स एमबिएसको संलग्नता नदेखिने पनि ट्रम्पले वक्तव्यमा उल्लेख गरेका छन् ।,खाशोग्गीको हत्यासँग जोडिएका सबै तथ्यहरु आफहरुलाई थाहा नभएको र जस्तोसुकै अवस्थामा पनि साउदी अरेबियासँगको सहकार्य बलियो रहने ट्रम्पको भनाई छ ।,अमेरिकी पत्रिका द वासिङ्गटन पोस्टमा लेख्दै आएका पत्रकार खाशोग्गी साउदी अरेबियाका शासक, खासगरी शक्तिशाली क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमान (एमबिएस) का तीव्र आलोचक थिए । यहि कारण उनको हत्या भएको आरोप छ । साउदी कन्सुलर कार्यालयमा हत्या भएका खाशोग्गीको पार्थिव शरीरका बारेमा अहिलेसम्म केही थाहा भएको छैन ।,सुरुमा पत्रकार खाशोग्गीको अवस्थाका बारेमा कुनै किसिमको जानकारी नरहेको बताउँदै आएको साउदी अरेबियाले मुक्का हानाहानमा मृत्यु र त्यसपछि खराब नियत भएका एजेन्टले हत्या गरेको भन्दै बयान जारी गरेको थियो । तर उसले खाशोग्गीको हत्यामा कुनै पनि किसिमले राज परिवारको संलग्नता नरहेको स्पष्ट रुपमा बताउँदै आएको छ ।,दशक भन्दा लामो समय साउदी राज परिवारसँग नजिक रहेका खाशोग्गीले धेरै समय सल्लाहकारको भूमिकामा पनि काम गरे । तर उनी पछिल्लो समय साउदी राजपरिवार विशेष गरी युवराज एमबिएसको आलोचक बनेका थिए ।
null
साउदी अरेबियाको चेतावनी–राजा र युवराजको उपेक्षा वा निन्दा अस्वीकार्य
साउदी अरेबियाले आफ्नो राज संस्थाका सदस्य विशेष गरी राजा सलमान र क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमानका बारेमा गरिने कुनै पनि किसिमको टिप्पणी वा खराब नियतलाई स्वीकार नगरिने बताएको छ ।,टर्कीको स्थानबुलमा रहेको साउदी कन्सुलर कार्यालयमा हत्या भएका पत्रकार जमाल खाशोग्गीको मामिलामा अन्तर्राष्ट्रिय समुदायको दबाब क्राउन प्रिन्स मोहम्मद बिन सलमान (एमबिएस) माथि बढ्दै गएका बेला साउदी अरेबियाका विदेश मन्त्री अदेल अल–जुबेरले यस्तो बताएका हुन् ।,विदेश मन्त्री जुबेरमा अनुसार हटाउन माग गरिएका क्राउन प्रिन्स एमबिएस ‘रेड लाइन’ हुन् ।,उनले अक्टोबर २ मा भएको अमेरिकी पत्रिकार द वासिङ्गटन पोस्टमा लेख्दै आएका पत्रकार खाशोग्गीको हत्यामा कुनै पनि रुपमा क्राउन प्रिन्स एमबिएसको संलग्नता नरहेको पुनः स्पष्ट रुपमा दाबी गरे ।,अमेरिकाको सिनेटको परराष्ट्र सम्बन्ध कमिटिका सदस्य सिनेटरले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पत्र लेखेर खाशोग्गीको हत्यामा क्राउन प्रिन्सको भूमिका वा संलग्नता रहे–नरहेको स्पष्ट हुने गरी अनुसन्धान गर्न माग गरेको भोलिपल्ट साउदी अरेबियाको यस्तो भनाई आएको हो ।,त्यसअघि मंगलबार राष्ट्रपति ट्रम्पले भने साउदी अरेबियासँगको सम्बन्ध जुनसुकै अवस्थामा बलियो रहने बताउँदै क्राउन प्रिन्स एमबिएसको बचाउ गरेका थिए ।,वक्तव्यमा ट्रम्पले भनेका थिए, ‘पत्रकार खाशोग्गीको क्रुर हत्याका बारेमा क्राउन प्रिन्सलाई थाहा थियो होला । हत्यामा भूमिका थियो होला वा थिएन होला । तर साउदी अरेबियासँगको सम्बन्ध अमेरिकाको बलियो रहनेछ ।’ त्यसपछि सिनेटरले ट्रम्पलाई पत्र लेखेका हुन् ।,बिबिसीका पत्रकार लाइस डुसेसँग रियादमा कुरा गर्दै साउदी अरेबियाका विदेश मन्त्री जुबेरले भनेका छन्, ‘साउदी अरेबियामा हाम्रो नेतृत्व ‘रेड लाइन’ मा छ । दुई पूज्य संरक्षकहरु राजा सलमान र क्राउन प्रिन्स एमबिएस रेड लाइन हुन् ।’,विदेश मन्त्री जुबेरले अघि भनेका छन्, ‘उहाँहरुले साउदी नागरिकको प्रतिनिधित्व गर्नुहुन्छ र साउदी नागरिकले उहाँहरुको । र हामी हाम्रो राजसंस्था वा क्राउन प्रिन्समाथिको उपेक्षा वा निन्दा कुनै पनि हालतमा स्वीकार गर्ने छनौँ ।’,कुराकानीको क्रममा विदेश मन्त्री जुबेरले खाशोग्गीको हत्यामा क्राउन प्रिन्स एमबिएसको संलग्नता नरहेको बारम्बार बताइरहेका थिए । उनले भने, ‘हामीले स्पष्ट पारिसकेका छौँ । हत्याका सम्बन्धमा हाम्रो अनुसन्धान जारी छ । र संलग्न पाइएकामाथि कारवाही हुनेछ ।’,हत्यामा क्राउन प्रिन्सको संलग्नता रहेको निष्कर्षमा देशको गुप्तचर निकाय सिआइए पुगेको भन्ने खबर केही दिनदेखि अमेरिकी सञ्चार माध्यममा आइरहेका छन् । तर साउदी विदेश मन्त्री जुबेरले त्यसलाई ठाडै अस्वीकार गर्दै खाशोग्गीको हत्या खराब नियत भएका एजेन्टले गरेको बताए ।,उनले टर्कीलाई हत्यासँग जोडिएका सबै प्रमाण उपलब्ध गराउन र जानकारीहरु चुहाउने क्रम रोक्न आग्रह गरे । यस्तै अमेरिकाले साउदी अरेबियामाथि प्रतिबन्ध लगाएमा त्यो दूरदर्शीताको अभाव हुने पनि उनले बताएका छन् ।,पत्रकार खाशोग्गीको हत्या भएको सुरुमा अस्वीकार गर्दै आएको साउदी अरेबियाले झण्डै तीन हप्तापछि हत्या भएको स्वीकार गरेको हो । तर अहिलेसम्म उनको शरीरका बारेमा थाहा भएको छैन ।,दशक भन्दा लामो समय साउदी राजपरिवारको सल्लाहकारको रुपमा रहेका खाशोग्गी पछिल्लो समय साउदी सत्ता विशेष गरी क्राउन प्रिन्स एमबिएसको तीव्र आलोचक बनेका थिए ।,यहि कारण उनको हत्या भएको र त्यसमा क्राउन प्रिन्सकै निर्देशन रहेको आशंका तथा आरोपहरु लाग्दै आएका छन् । जुन स्पष्ट रुपमा साउदी अरेबियाले अस्वीकार गर्दै आएको छ ।
null
नेपालले कति बाघ थेग्न सक्छ ? उत्तर खोज्न अध्ययन हुँदै
पछिल्लो एक दशकमा बाघ संरक्षणको क्षेत्रमा नेपालले राम्रो सफलता प्राप्त गरेको छ । यो सफलता अन्तर्राष्ट्रिय स्तरमा पनि उदाहरण बन्न सक्ने खालको रहेको बाघ संरक्षणको क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संघ संस्थाले बताउने गरेका छन् ।,पछिल्लो दशकमा नेपालमा बाघको संख्या झण्डै दोब्बरले बढेको छ । सन् २००९ मा बाघको संख्या १२१ रहेकोमा पछिल्लो गणना अनुसार नेपालका जंगलमा बाघको संख्या २३५ पुगेको छ ।,सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा भएको बाघ सम्मेलनले विश्वमा बाघको संख्या सन् २०२२ सम्ममा दोब्बर बनाउने लक्ष्य तय गरेको थियो । त्यो लक्ष्यमा पुग्ने नेपाल पहिलो देश बन्ने अवस्थामा छ । पछिल्ला दशकमा बाघ संरक्षणका लागि गरिएका प्रयासहरु सफल कार्यान्वयन भएको र त्यसको प्रतिफल पनि राम्रो आएकाले यो अवस्थामा पुग्न सकिएको वन तथा वातावरण मन्त्रालयका उप–सचिव तथा सूचना अधिकारी सुमन सुवेदीले बताए । नेपालमा राष्ट्रिय बाघ सर्वे सन् २०१७ को नोभेम्बरदेखि २०१८ को अप्रिलसम्म गरेको थियो ।,बाघ संरक्षणका लागि विशेष गरी बासस्थान संरक्षण र व्यवस्थापन तथा चोरी शिकार नियन्त्रणका लागि गरिएका प्रयास सफल भएको उनले बताए । बाघ संरक्षणको क्षेत्रमा काम गरिरहेका अरु निकायसँगको सहकार्यमा ‘टाइगर एक्सन–प्लान’ अनुसार काम गरिएको र संरक्षणको प्रयास थप प्रभावकारी र दीगो बनाउन आफूहरु क्रियाशिल रहेको उप–सचिव सुवेदीले बताए ।,सुरक्षा निकाय, स्थानीय समुदाय तथा यसमा काम गर्दै आएका पक्षसँगको सहकार्यमा संरक्षणका प्रयाससँगै अध्ययन, अनुसन्धानका कामहरु पनि भइरहेको उनले जानकारी दिए ।,पछिल्लो समय संरक्षणसँगै ‘क्यारिङ्ग क्यापासिटी’ अर्थात हामीसँग अहिले उपलब्ध रहेको वनले थेग्न सक्ने बाघको संख्या बारे विशेष अध्ययन भइरहेको वन तथा वातावरण मन्त्रालयले जनाएको छ । यो अध्ययन एक सिंगे गैँडाको सम्बन्धमा पनि भइरहेको छ ।,बाघका प्रमुख बासस्थान रहेका राष्ट्रिय निकुञ्ज तथा वन क्षेत्रमा अनुसन्धान केन्द्रित रहने र यसमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागसहितका निकाय सहकार्य गरेर लागेको विभागका सूचना अधिकारी नारायण रुपाखेतीले बताए । सुरुमा चितवन राष्ट्रिय निकुञ्जमा अध्ययन हुने र अध्ययन प्रारम्भिक चरणमा रहेका रुपाखेतीले जानकारी दिए ।,यो अनुसन्धानपछि बाघको संरक्षणमा गर्नु पर्ने काम अझ स्पष्ट हुने वन मन्त्रालयले जनाएको छ । विशेष गरी अहिले रहेका बाघका लागि बासस्थानको अवस्था वास्तवमा कस्तो छ, अहिलेकै अवस्थामा थप कतिको संख्यामा बाघलाई थेग्न सक्छ र बासस्थान बढाउने सम्भाव्यता कस्तो छ भन्ने बारे अनुसन्धानले खाका प्रदान गर्ने मन्त्रालयको भनाई छ ।
सञ्चार संवाददाता
रहस्य खुल्ने ठानिएको ‘टेप’ टर्कीले अमेरिका र साउदी अरेबियासहितलाई दियो
पत्रकार जमाल खाशोग्गीको हत्यासँग जोडिएका प्रमाणहरु रहेको ठानिएको अडियो तथा भिडियो रेकर्डिङ्ग अमेरिका, बेलायत, साउदी अरेबिया तथा अरुकेहीलाई पनि उपलब्ध गराएको टर्कीले बताएको छ ।,टर्कीका अधिकारीले गएको अक्टोबर २ मा स्थानबुलस्थित साउदी कन्सुलर कार्यालयमा पसेपछि बेपत्ता भएका पत्रकार खाशोग्गीको सोही दिन हत्या भएको र त्यसको अडियो तथा भिडियो प्रमाणसहितको टेप आफूहरुसँग रहेको बताउँदै आएका थिए ।,टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानले खाशोग्गीको हत्या कसले गरेको हो भन्ने साउदी अरेबियालाई स्पष्ट रुपमा जानकारी रहेको फेरि बताएका छन् ।,यसअघि टर्कीका राष्ट्रपति एर्डोगानले साउदी अरेबियाका उच्चस्तरका शासकको निर्देशनमा खाशोग्गीको हत्या भएको आरोप लगाएका थिए । उनले यस बारेमा राजा सलमानलाई जानकारी नरहेको भन्दै आरोपको औँला युवराज मोहम्मद बिन सलमानतिर सोझ्याएका थिए ।,अमेरिकी पत्रिका द वासिङ्गटन पोस्टमा लेख्दै आएका पत्रकार खाशोग्गी साउदी अरेबियाका शासक, खासगरी शक्तिशाली क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमान (एमबिएस) का तीव्र आलोचक थिए । यहि कारण उनको हत्या भएको आरोप छ । साउदी कन्सुलर कार्यालयमा हत्या भएका खाशोग्गीको पार्थिव शरीरका बारेमा अहिलेसम्म केही थाहा भएको छैन ।,सुरुमा पत्रकार खाशोग्गीको अवस्थाका बारेमा कुनै किसिमको जानकारी नरहेको बताउँदै आएको साउदी अरेबियाले मुक्का हानाहानमा मृत्यु र त्यसपछि खराब नियत भएका एजेन्टले हत्या गरेको भन्दै बयान जारी गरेको थियो । तर उसले खाशोग्गीको हत्यामा कुनै पनि किसिमले राज परिवारको संलग्नता नरहेको स्पष्ट रुपमा बताउँदै आएको छ ।,साउदी युवराज एमबिएसले खाशोग्गी एक खतरनाक इस्लामिस्ट रहेको बताएको भन्ने खबर पनि आएका थिए । त्यसबारे अहिलेसम्म साउदी अरेबियाले केही बताएको छैन । यो आरोप लगाएको बारेको फोनकल साउदी अरेबियाले खाशोग्गीको हत्या भएको स्वीकार गर्नु पूर्व सार्वजनिक भएको थियो ।,टर्कीले पत्रकार खाशोग्गीको कन्सुलर कार्यालयमा पसे लगत्तै हत्या भएको बताइरहँदा पनि झण्डै तीन हप्तासम्म साउदी अरेबियाले उनी कन्सुलर कार्यालयबाट बाहिर निस्किएको बताएको थियो । पछि आएर मृत्यु, त्यसपछि हत्या भएको स्वीकार गरेको साउदी अरेबियालाई टर्कीले प्रमाणको रुपमा रहेको भन्दै आएको टेप समस्याको विषय बनेको ठानिएको थियो । यो टेप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि माग गरेका थिए ।,एकअर्काका सहयोगी अमेरिका र साउदी अरेबिया खाशोग्गी हत्या प्रकरणको ढाकछोपमा लागेको आरोपका बिच टर्कीले बलियो प्रमाण भनिएको टेप अमेरिका, साउदी अरेबिया, बेलायतसहितसँग साझा गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।,टर्कीका राष्ट्रपति एर्डोगानले शनिबार टेलिभिजनमा प्रशारित भएको सम्बोधनमा भनेका छन्, ‘हामीले साउदी अरेबिया, अमेरिका, बेलायत, जर्मनी र फ्रान्सलाई हत्यासँग सम्बन्धित टेप दिएका छौँ । उनीहरुले कन्सुलर कार्यालयमा भएको वार्तालाव सुनेका छन् र उनीहरुलाई थाहा छ ।’ तर अहिलेसम्म कुनै पनि देशका प्रतिनिधिले टेप सुनेको बारेमा बताएका छैनन् ।,दशक भन्दा लामो समय साउदी राज परिवारसँग नजिक रहेका खाशोग्गीले धेरै समय सल्लाहकारको भूमिकामा पनि काम गरे । तर उनी पछिल्लो समय साउदी राजपरिवार विशेष गरी युवराज एमबिएसको आलोचक बनेका थिए । यहि बिचमा भएको उनको हत्याको रहस्य अझै खुलेको छैन पूर्ण रुपमा । अब यो टेप पछि केही खुल्ने आश गरिएको छ तर यसमा पनि शंका भने रहेको विश्लेषण गरिएको छ ।
null
साउदी युवराजमाथिको समस्या तत्कालका लागि टर्‍यो, ट्रम्पको दाबीः चाँडै खुल्छ हत्याको रहस्य
अमेरिकाको विदेश विभागले टर्कीको स्थानबुलस्थित साउदी कन्सुलर कार्यालयमा हत्या भएका पत्रकार जमाल खाशोग्गीको हत्याका सम्बन्धमा भएको अनुसन्धान निष्कर्षमा नपुगेको बताएको छ ।,साउदी अरेबियाका पत्रकार खाशोग्गीको हत्यामा साउदी अरेबियाका शक्तिशाली क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमान (एमबिएस) को संलग्नता रहेको निष्कर्षमा अमेरिकी गुप्तरचर निकाय सिआइए पुगेको भन्ने खबर आइरहेका बेला विदेश विभागको यस्तो टिप्पणी आएको हो ।,अमेरिकी पत्रिका द वासिङ्गटन पोस्टमा लेख्दै आएका पत्रकार खाशोग्गीको गएको अक्टोबर २ मा हत्या भएको हो र हत्यामा संलग्नको पहिचान तथा उनको पार्थिव शरीर बारे अहिलेसम्म थाहा हुन सकेको छैन ।,टर्कीले हत्याको प्रमाणको रुपमा रहेको भनिएको टेप अमेरिका, साउदी अरेबियासहितका देशलाई दिएपछिको अनुसन्धानमा सिआइए हत्या साउदी युवराज एमबिएसको निर्देशनमा भएको निष्कर्षमा पुगेको दाबीसहितका खबर आइरहेका छन् । टेप सुनेपछि क्राउन प्रिन्सकै निर्देशनमा हत्या भएको भन्ने निष्कर्षमा सिआइए पुगेको सम्बन्धी अपुष्ट खबर सबैभन्दा पहिले द वासिङ्गटन पोस्टले छापेको थियो ।,टेप सुनेपछि त्यसमा एक हिटम्यान (पैसा लिएर कसैको हत्या गर्ने व्यक्ति) ले खाशोग्गीको हत्या गर्ने मिसन पूरा भएको जानकारी ‘बोस’ लाई गराउन भनेको र त्यो बोस अरु कोही नभई क्राउन प्रिन्स नै रहेको विश्वास सिआइए भएको दाबी खबरहरुमा गरिएका छन् ।,यहिबिचमा अमेरिकाको विदेश विभागले भनेको छ, ‘घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको अमेरिकी निकाय निष्कर्षमा पुगेको भन्ने पछिल्ला खबरहरु झुट हुन्, खाशोग्गी प्रकरणमा अन्तिम निष्कर्ष आउन बाँकी नै छ ।’,अझै पनि उत्तर बिहीन धेरै प्रश्नहरु रहेको र तिनका जवाफ नखोजिएसम्म अनुसन्धान निष्कर्षमा नपुग्ने विदेश विभागको वक्तव्यमा उल्लेख गरिएको छ । घटनाको सत्य तथ्य पत्तालगाउन अरु देशसँग मिलेर अनुसन्धान जारी राखिएको पनि उल्लेख छ ।,वक्तव्यमा भनिएको छ, ‘खाशोग्गीको हत्या प्रकरणको अनुसन्धानको क्रममा साउदी अरेबियासँगको महत्वपूर्ण रणनीतिक सम्बन्धलाई पनि ख्याल गरिनेछ ।’,यसैबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार सिआइएका उच्च अधिकारीसँग खाशोग्गी हत्याका सम्बन्धमा भइरहेको अनुसन्धानका बारेमा जानकारी लिए । भेटपछि उनले पत्रकारसँग घटनामा क्राउन प्रिन्सको संलग्नता नरहेको प्रमाण अहिलेसम्म फेला नपरेको बताए ।,उनले भनेका छन्, ‘अहिलेसम्म हामीले भन्दै आएका छौँ कि हत्यामा उनको (क्राउन प्रिन्स) संलग्नता छैन र उनीहरुले पनि त्यहि बताउँदै आएका छन् । हामी यसको उत्तरको खोजीमा छौँ ।’,केही दिनभित्र अनुसन्धानको पूर्ण प्रतिवेदन सार्वजनिक हुने र त्यसमा हत्या कसले गरेको भन्ने प्रश्नको पनि उत्तर हुने ट्रम्पले दाबी गरेका छन् ।
null
साउदी ‘हिटम्यान’ को झोलामा चक्कु, सुई, इलेक्ट्रो–सक डिभाइस
हत्या भएका पत्रकार जमाल खाशोग्गीको हत्याको रहस्य सुल्झिएको छैन । तर हत्यासँग जोडिएका नयाँ तथ्यहरु बाहिर आउने क्रम भने जारी छ । टर्कीको स्थानबुलस्थित साउदी अरेबियाको कन्सुलर कार्यालयमा पत्रकार खाशोग्गीको हत्या भएको हो ।,उनको हत्यामा १५ जना साउदी हिटम्यान (पैसालिएर मानिसको हत्या गर्ने व्यक्ति) ले खाशोग्गीको हत्या गरेको दाबी गरिएको छ । टर्कीका अधिकारीले हत्यासँग जोडिएको टेप अमेरिका, साउदी अरेबिया, जर्मनी, फ्रान्स, बेलायत, क्यानडासहितका देशलाई उपलब्ध गराएको थियो ।,त्यसबाट शंका साउदी अरेबियाका क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमान (एमबिएस) माथि थप बलियो बनेको भन्दै अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले खबर पनि छाप्यो ।,पछिल्लो पटक खाशोग्गीको हत्यामा संलग्न व्यक्तिको साथमा रहेका हतियारको विवरण थाहा भएको दाबी गरिएको छ । खाशोग्गीको हत्या लगत्तै टर्की छोडेका साउदी ‘हिटम्यान’ सँग सुई (सिरिन्ज), इलेक्ट्रो–सक उपकरण, सानो आकारको चक्कु (ब्लेडजस्तै) सहितका सामान रहेको बताइएको छ ।,उनीहरुका लगेजको एक्स–रे को तस्बिरमा यस्ता सामान रहेको देखिएको दाबी गरिएको छ । यसले खाशोग्गीको हत्या योजनाबद्ध रुपमा भएको भन्नेमा बल दिने बताइएको छ ।,साउदी अरेबियाले भने खाशोग्गीको हत्याका बारेमा आफ्नो सत्तालाई कुनै जानकारी नरहेको र हत्या खराब नियत भएका एजेन्टले गरेको बताउँदै आएको छ ।,हत्यामा संलग्न व्यक्तिका लगेजमा धेरै सुई, अप्रेशनका लागि प्रयोग गरिने चक्कु, काट्ने औजारहरु, इलेक्ट्रो–सक डिभाइस हुनुले हत्यापछि खाशोग्गीको शरीर नष्ट गर्नका लागि पनि ती सामग्री प्रयोग गरिएको दाबी गरिएको छ ।,हिटम्यानको भनिएका झोलाहरु प्रहरीको नियन्त्रणमा छ, तर कूटनीतिक व्यवस्थाका कारण त्यसलाई खोल्न नपाइएको टर्कीका अधिकारीले बताएका छन् ।,यसअघि टर्कीका राष्ट्रपति एर्डोगानले साउदी अरेबियाका उच्चस्तरका शासकको निर्देशनमा खाशोग्गीको हत्या भएको आरोप लगाएका थिए । उनले यस बारेमा राजा सलमानलाई जानकारी नरहेको भन्दै आरोपको औँला युवराज मोहम्मद बिन सलमानतिर सोझ्याएका थिए ।,अमेरिकी पत्रिका द वासिङ्गटन पोस्टमा लेख्दै आएका पत्रकार खाशोग्गी साउदी अरेबियाका शासक, खासगरी शक्तिशाली क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमान (एमबिएस) का तीव्र आलोचक थिए । यहि कारण उनको हत्या भएको आरोप छ । साउदी कन्सुलर कार्यालयमा हत्या भएका खाशोग्गीको पार्थिव शरीरका बारेमा अहिलेसम्म केही थाहा भएको छैन ।,सुरुमा पत्रकार खाशोग्गीको अवस्थाका बारेमा कुनै किसिमको जानकारी नरहेको बताउँदै आएको साउदी अरेबियाले मुक्का हानाहानमा मृत्यु र त्यसपछि खराब नियत भएका एजेन्टले हत्या गरेको भन्दै बयान जारी गरेको थियो । तर उसले खाशोग्गीको हत्यामा कुनै पनि किसिमले राज परिवारको संलग्नता नरहेको स्पष्ट रुपमा बताउँदै आएको छ ।,साउदी युवराज एमबिएसले खाशोग्गी एक खतरनाक इस्लामिस्ट रहेको बताएको भन्ने खबर पनि आएका थिए । त्यसबारे अहिलेसम्म साउदी अरेबियाले केही बताएको छैन । यो आरोप लगाएको बारेको फोनकल साउदी अरेबियाले खाशोग्गीको हत्या भएको स्वीकार गर्नु पूर्व सार्वजनिक भएको थियो ।,टर्कीले पत्रकार खाशोग्गीको कन्सुलर कार्यालयमा पसे लगत्तै हत्या भएको बताइरहँदा पनि झण्डै तीन हप्तासम्म साउदी अरेबियाले उनी कन्सुलर कार्यालयबाट बाहिर निस्किएको बताएको थियो । पछि आएर मृत्यु, त्यसपछि हत्या भएको स्वीकार गरेको साउदी अरेबियाले घटनाका दोषीलाई कारवाही हुने बताउँदै आएको छ ।,दशक भन्दा लामो समय साउदी राज परिवारसँग नजिक रहेका खाशोग्गीले धेरै समय सल्लाहकारको भूमिकामा पनि काम गरे । तर उनी पछिल्लो समय साउदी राजपरिवार विशेष गरी युवराज एमबिएसको आलोचक बनेका थिए ।
null