title stringlengths 14 116 | content stringlengths 513 23.1k ⌀ | author stringlengths 4 25 ⌀ |
|---|---|---|
दिपावलीमा दियोको प्रयोग: आधुनिकता आउँदै, मौलिकता हराउँदै | उज्यालोको पर्व भनेर चिनिएको तिहार/दिपावली नजिकिएसँगै वीरगञ्जमा माटोको मात्रै होइन मेसिनले बनाएको दियो ,ढकना,कलश,हाती लगायतका सामानहरु बेच्न भारतसम्मका व्यापारीहरुको चहलपहल सुरु भएको छ।,दीपावलीमा माटोको दियो लगायतका सामानहरु खरिदविक्री धेरै हुने भएकाले भारतको बिहार राज्यका व्यापारीहरु माटोको दियो,कलश,हाति,ढकना लगायत... | राम मण्डल |
‘म बाँचेको केही गर्नकै लागि हो’ | कक्षा ४ को पहिलो दिन थियो त्यो, विद्यालय युनिफर्ममा चिटिक्क सजिएको एउटा फुच्चे मन भारी गराउँदै थियो। मनमा अनेक कुरा खेल्दै थिए, ‘अघिल्लो वर्षमात्रै किनेको सर्ट पाइन्ट अब लगाउन पाइँदैन, बल्ल बल्ल मिल्ने साथी बनेका थिए, अब उनीहरुसँग एउटै कक्षामा बसेर खेल्न पाईँदैन, कुरा गर्न पाईँदैन।’,किनकी त्यो वर्ष अनपेक्षित रुपमा उनी ... | सुजाता खत्री |
पुस्तकसहितको क्याफे | वित्तीय संस्थाको जागिर, मिडिया व्यवस्थापक, लघुवित्तको सिइओ, कलेजको लेक्चर । त्यसपछि वैकल्पिक अर्थतन्त्र पुस्तकको लेखक हुँदै वैकल्पिक राजनीतिको यात्रा । राष्ट्रिय पत्रपत्रिकामा लेखक तथा स्तम्भकार ।,यी केही परिचयसहित वैकल्पिक राजनीति र अर्थतन्त्रका साथसाथै चिया र पुस्तकका विषयमा बहस गरिरहने यी युवा हुन् मनिकर कार्की ।,३३... | सी. पी. खनाल |
घर, होटल र अफिसलाई सजाउने काठका फनिर्चर एकै ठाउँमा | के तपाई घरको लागि आर्कषक र बजेट अनुसारका ढोका र काठबाट बनेका फनिर्चरको खोजीमा हुनुहन्छ? यदि हुनुहुन्छ भने प्रर्दशनीमार्गस्थित भृकृटीमण्डपमा नेपाल उड .इन्टरनेशनल एक्सपो उपयुक्त गन्तव्य हुनसक्छ। जहाँ शुक्रबारदेखि सुरु भएको उड इन्टरनेशनल एक्सपोमा घर, होटल र अफिसलाई सजाउने काठका फनिर्चर सामाग्रीहरु प्रर्दशनीमा राखिएका छन्।... | पूर्णिमा बिक |
मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन: २४ वर्षपछि सपना साकार | दक्षिण एसियाकै पहिलो क्रसबोर्डर अर्थात बहुप्रतिक्षित परियोजना मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको सपना २४ वर्षपछि साकार भएको छ।,नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली र भारतका तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीले एकै साथै पेट्रोलियम पाइपलाइनको स्विच अन गरेपछि भारतबाट नेपालमा इन्धन भित्र्याउने कामको सुरुवात ... | पूर्णिमा बिक |
रेखा थापा भर्सन- २ | रेखा थापासँग बालुवाटारको नेपाल हाउसमा भेट भयो, चलचित्र मालिका प्रदर्शन हुनुभन्दा अगाडि उनी त्यहीँ भेटिएकी थिइन्। हामीले गरेको आग्रहलाई कोरोना महामारीको बीचमा पनि उनले स्वीकार गरेकी थिइन्। नत्र त महामारीले अत्याइरहेको यो समयमा उनी आफूलाई ध्यानमा राखेर ‘फिट’ रेखा बनाउँदैमा मस्त थिइन्।,लकडाउन भएदेखि चलचित्र क्षेत्रका सबै ... | सुजाता खत्री |
‘एक समय मलाई इन्डस्ट्रीमा किन आएछु भनेर ग्लानि भो !’ (भिडियोसहित) | ‘मलाई त दिक्क लागिसक्यो ! के–के भएको यो ?’ अन्तर्वार्ताको लागि माइक मिलाउँदै गर्दा अनायासै बोलिन् वरिष्ठ कलाकार भुवन चन्द।,उनको दिक्दारी दुईतर्फ लक्षित थियो, ‘कोरोना भाइरस महामारीपछि बन्द चलचित्र नगरी र चलचित्र क्षेत्रसँग सम्बन्धित आइरहेका एकपछि अर्को विवादहरु।’ किनकी उनले सुरु गर्दा कलाकारिता क्षेत्र असाध्यै ‘सफा’ थिय... | सुजाता खत्री |
बम्बै जाने रेलगाडीका ‘पैया’ | शब्दमा यथार्थ हुन्छ । सुख अनि दुःख हुन्छ। र ती शब्द कालान्तरमा इतिहास पनि बन्छन् जीवन्त ।,वि.स.२०५० को दशक, सुदूरपश्चिम।,हरेक गाउँमा एउटै दृष्य, मलिन अनुहार आँखामा आँशु टिलपिलाउँदै डाँडापाखा झरिरहेका मानिसहरुको ताँती देखिन्थ्यो । ‘देश जाने’ भन्दैओरालो झर्नेहरु धनगढीको गौरीफन्टा र महेन्द्रनगरको गड्डाचौकीनाका पारीबाट रेल... | प्रभात खनाल |
‘यस्ता कारणले मानिसहरु आत्महत्याको अवस्थासम्म पुग्छन्’ | सन् २०१७ की मिस नेपाल वर्ल्ड निकिता चण्डकले सामाजिक सञ्जालमा व्यक्तिको रुप रंगलाई लिएर गरिने टिप्पणीको बारेमा कुराकानी गरेकी छन्।,देश सञ्चारसँगको कुराकानीमा चण्डकले मिस नेपाल भईसकेपछि आफ्नो रुपरंगलाई लिएर गरिएका टिप्पणी, प्रतिक्रिया र मिम्सहरुले पार्ने प्रभावको बारेमा बताएकी छन्।,पूर्व मिस नेपाल चाण्डकलाई प्रतियोगिता स... | सुजाता खत्री |
रवि भन्छन्,‘आमाले गाएको गीत कतै बज्याे भने नसकिउञ्जेल टक्क अडिएर सुन्छु’ | राष्ट्रिय सभागृहको हलमा आवाज गुञ्जिरहेको छ,,
,
,स्टेजमा कार्यक्रम सञ्चालक दीपक समीर यता र उता गरिरहेका छन्। केही मानिस भ्वाइलिन, गीतार, तबला लगायत ‘इन्स्टुमेन्ट्स’को तार मिलाउँदै थिए। स्टेजको भित्तामा ठूलो पोस्टर छ। पोस्टरमा मन्द मुस्कानमा तारादेवी श्यामश्वेत देखिएकी थिइन्। आडैमा लेखिएको थियो, ‘सम्झनामा तारादेवी’,सभाहल... | सुजाता खत्री |
विदेशिएका नेपालीलाई स्वदेश फर्काउन खोज्ने कलानीसँगको एक भेट | निर्धारित समयभन्दा अलि ढिला भएको थियो। हामी उनले बोलाएको ठाउँ पुग्यौँ, ‘सोह्रखुट्टे चोक’ । उनले सहजै अनुमान लगाए, हामी सोह्रखुट्टेबाट ओरालो टुंगिएपछि आउने लस्सी कर्नर नजिकै छौँ। फोनमै उनले बाटो पारीको ट्याक्सी स्ट्याण्डतिर हेर्न सुझाए, उनी पछाडि हात हल्लाउँदै रहेछन्।,किम्फ चलचित्र महोत्सवको अन्तिम दिन स्टेजमा पुरस्कार ... | सुजाता खत्री |
थारुमाथिको दमन र आक्रमणको इतिहास ‘मासिन्या दस्तूर’ | बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा २६ वटा चित्रहरु कुनै भित्तामा झुण्ड्याइएका छन् भने कुनै काठले कुँदिएर राखिएका छन्। भित्ताको सुरुमै लामखुटे झै किरिङमिरिङ देखिने मानिसहरुले घेरिएको चित्रहरु टाँगएको छ, कुनै गोलाकार आकारमा त कुनै बर्गाकार आकारमा। केही भित्तामा टाँगिएका पनि छन्। ती चित्रहरुमध्ये डिडिटी शृंखलाका चित... | सहदेव चौधरी |
आर्थिक अभावमा धरासायी बन्दै मिथिला चित्रकला, अस्तित्व बचाउनै धौ-धौ | मिथिला चित्रकलाको माग र लोकप्रियता देशदेखि विदेशसम्म भइरहँदा मिथिलाको राजधानी एवं वर्तमान प्रदेश २ को राजधानी जनकपुरधाममा रहेको नारी विकास केन्द्र अहिले आर्थिक अभावका कारण दयनीय अवस्थामा पुगेको छ।,कुनै समय ४० लाखभन्दा बढीको आर्थिक कारोबार गर्ने केन्द्र अहिले वर्षभरीमा एक चौथाईको कारोबार गर्न सकेको छैन। विगत दुई दशकदेख... | राजा झा |
डिप्रेशनको व्यथा बोकेको एउटा नाटक | काठमाडौँ – जवान छोरीले जीवनलाई लिएर सपना, रहर र उत्साहहरुको कुरा गर्नु पर्ने हो । तर आमाले सुन्छिन् हुर्केकी छोरीबाट आफैले ‘आफूलाई मार्ने’ निर्णय । छिन अघि मात्रै छोरी दीपशीखाले बुवाको पुरानो पेस्तोल खोजेको र त्यसलाई सफा गरेको दृश्य सम्झिएपछि आमाको मनमा चिसो पस्यो ।,सुरुमा पत्याउन्नन्। तर छोरीले पालैपालो सबै जिम्मेवारी... | सुजाता खत्री |
… र ‘हराएकी म’ | पिलपिल आँखाबाट आँशु झर्छन्, कसैले आमाको बारेमा सोध्यो भने । आमाको याद आउँछ मन भारी हुन्छ, आँखा रसाउँछन्, टाउको निहुराउछिन् खुट्टाको बुढी औलाले भूईँ कोट्याउँछिन् ।,जाजरकोटकी गीता मल्ल आमासँग बिछोडिएको १२ वर्ष भयो । बुवा कहाँ छन् उनलाई थाहा छैन । न उनलाई सोध्न हिम्मत आउँछ न कसैले बताउँछ । आजसम्म उनलाई आमाले पनि बताएकी छै... | प्रभात खनाल |
शरीरका अंगमा चित्र बनाउने शिल्पी | काजगलाई क्यानभास बनाई फाइन आर्ट गर्ने रक्षे गुरुङ (३९), अचेल मानिसको छालामा आकृति कुँद्छन्।,]सिसाकलम र कुचिबाट सुरु भएको उनको कलाकारिताको ‘प्यासन’ अहिले व्यावसायीक ‘ट्याटु आर्टिस्ट’ बनेर अडिएको छ । मेसिनको ‘निडल’ ले डो¥याउने रेखामाथि घोत्लिँदै अनेकौँ चित्र कोर्न उनी माहिर छन् ।,शरीरका विभिन्न अंगमा ट्याटु खोपाउने क्रेज... | ईश्वर देवकोटा |
कथामाथि कथाले प्रश्न बोकेका कथाहरु | साहित्यकार निलम कार्की निहारिकाको ४३ कथाहरुको संग्रह ‘४३ कथा’ शनिबार सांग्रिला बुक्सले सार्वजनिक गरेको छ।,नेपाली समाजमा प्रश्न बनेका कथाहरुलाई पुन: ब्यूताउने गरी विगतमा प्रकाशित भइसकेका तीन वटा कथा संग्रहहरु (हवन, कागजमा दस्तखत र बेली) र अन्य सात वटा थप नयाँ कथाहरु समेटेर ‘४३ कथा’मार्फत निहारिका पाठक समक्ष आएकी छन्।... | सहदेव चौधरी |
‘सानैदेखि मसँग छोराको गुनासो छ’ | पाँच वर्ष अगाडि छोरा जन्मिएपछि मैले आफूमा एका एक परिवर्तन आएको महशुस गरेँ। शायद प्राय पुरुषलाई पहिलो पल्ट पिता बन्दा त्यो अनुभव मिल्दो हो।,अक्सर समस्यादेखि भाग्ने बानी पुरुषको हुन्छ तर आफूले आफूलाई बहादुर चाँही हुँ भन्छन्। यसरी भन्दा नराम्रो सुनिएला तर यो आफैले पालेको रोग हो। पुरुष स्वतन्त्र हुन चाहन्छ, समस्यालाई छाडेर... | दयाहाङ राई |
प्रनेश गिरफ्तारीको केस चर्किएपछि निर्माता चाम्सको ‘रुन्चे सफाइ’ | रिपोर्टर्स क्लबको पोडियमबाट चलचित्रकर्मी मिलन चाम्सले पत्रकारलाई सम्बोधन गर्दै भने, ‘मैले यो प्रेसमिट केही कुरा प्रस्ट पार्नलाई बोलाएको हुँ, प्रनेश गौतमको विषयमा जे जे कुरा सार्वजनिक भइरहेका छन्, त्यो गलत छ।’,प्रसंग हो,,व्यंग्य च्यानल ‘मिम् नेपाल’ को पेजबाट कमेडियन प्रनेश गौतमले चलचित्र वीर विक्रम – २ को बारेमा गरेको स... | सुजाता खत्री |
जसका एकपछि अर्को नाटक सुपरहिट भइरहेका छन् | न्वारनमा बा–आमाले राखिदिएको नाम, युवराज। कान्छो छोरो, प्यारो सबैको प्यारो। पढाइमा लगनशील, काममा मेहनती। अनि आफ्ना मनका कुरा मिलाएर व्यक्त गर्न सारै सिपालु। सानैदेखि कथा–कविता लेख्ने। यसैले साथीहरु–शिक्षकहरुको मनमा राज गरेका थिए- ‘युवराज’ ले। घरपरिवार, छरछिमेक अनि स्कुलमा उनको पहिचान थियो।,मोरङपछि काठमाडौँमा उनी पहिचानक... | सुजाता खत्री |
नफुर्काउने आमा अनि मेहेनती छोरी | ‘बच्चाको आँखामा आमा देवी हुन्।’ मायालु, दयालु। सायद आँखाले टाढा टाढासम्म हेर्दा पनि नभ्याउने सागर जस्तै हुन् आमा। आमाको काखमा बसेपछि पाइने न्यायोपन अन्त कहाँ पाइन्छ होला ? अनि आमाको अंगालोको शितलता अर्को कुन छहारीले दिन सक्ला ?,त्यसैले त आमाको संसर्गमा लुटुपुटु हुन मन लाग्छ । बात्सल्यमा त आमाको अनुहार नदेख्दा पनि ज्वरो... | सुजाता खत्री |
यी हुन् सारेगमपमा तहल्का मच्चाइरहेका प्रितम र आयुषका गुरु | बिहान १० बजे गोपाल योञ्जनको यो अमर सिर्जनाले आवाज पाइरहेको सुनियो ललितपुर झम्सिखेलको एउटा घरमा । अरुण थापा चोक नजिकै गल्लीबाट केही घर छिचोलेपछि आउँछ, सुरशाला म्यूजिक एकेडेमी। यही एकेडेमीको दोस्रो तलामा जोशिलो आवाज भित्ता छेडेर गेट बाहिरको बाटोसम्मको यात्रामा थियो।,ढोकाको छेवैको र्याक भरीभराउ। नअटेका भुईमै लडेका थिए जु... | सुजाता खत्री |
… अनि नम्बर वान् हिरोइन ‘आम करिश्मा’ बनिन् | २०७५ साल चैत १० गते,एकाबिहानै करिश्माको रिसको पारा छुट्यो। उनी दिनहुँ चढ्ने गाडीको टायर पङ्चर भएको रहेछ। उनका श्रीमान् विनोद मानन्धर हावा भर्ने मेसिन हातमा लिएर यताउता गर्दै थिए, उनीमाथि करिश्माको रिस खनियो, ‘तिम्ले बिगार्देको हो।’,विनोद निरुत्तरित भए। अघिल्लो दिन साँझ आउँदा गाडीमा हावा थिएन। उनले भरेका थिए। फेरि समस्य... | सुजाता खत्री |
‘छोरीलाई माया गर्ने दर्शक मैले कमाएकी छु’ | पहिलोपल्ट छोरीलाई काखमा पाउँदा अभिनेत्री झरना थापाले आफूलाई संसारकै भाग्यमानी ठानिन्। स्वाभाविक हो, नौ महिना कोखमा बास गराएर संसार देखाउँदा कुन आमाले आफूलाई भाग्यमानी नठान्ला ।,असाध्यै सानी थिइन् सुहाना थापा। बल्ल बल्ल समात्न मिल्ने, आफ्नो मुटुको टुक्रालाई केही होला जसरी डराई डराई हातमा लिएको उनको अनुभव ताजै छ। मनका कु... | सुजाता खत्री |
मेलवादेवी हुँदै मेलवादेवीसम्म | नेपाली संगीतमा औपचारिक रुपमा नारी स्वर गुञ्जिन थालेको ८ दशक भन्दा बढी भयो। विस १९९१ मा मेलावादेवीले गीत रेकर्ड गरेपछि औपचारिक रुपमा नारी स्वर नेपाली संगीतले पायो । र इतिहास सुरु भयो ।,८४ वर्षको सरस्वती पुत्रीका स्वर लहरीको इतिहासमा धेरै यस्ता नाम छन्, जो अनन्तः कालसम्म जीवित रहने छन् आफ्ना सिर्जनाहरु मार्फत ।,नेपाली मह... | टंक ढकाल |
जो सारङ्गी बजाउँछन्, सारङ्गी पूज्छन् र सारङ्गी चिनाउँछन् | सहर पढ्न बसेको छोराको बइन गाउँघरमा चल्यो । मिठू गौतमलाई छोराको बइनले अप्ठ्यारो बनाएको थिएन । मनमा भने थियो– आफ्नो सन्तानको कुरा अरुबाट थाहा पाउनु पर्यो, उसैले भनेको भए हुने ।,कास्कीको मार्दीखोला (हाल माछापुच्छ्रे गाउँपालिका–६) कि मिठूले क्याम्पस पढ्न पठाएकी थिइन् जेठो छोरा सुशील गौतमलाई । पृथ्वीनारायण क्याम्पसमा स्नात... | टंक ढकाल |
सारङ्गीमा रेटिएको एउटा जीन्दगी | बाटुलेचौर चोकैमा छ झलकमान गन्धर्बको शालिक । झलकमानलाई दाहिने पारेर उनी अघि लागे, हामी उनलाई पछ्याउँदै गयौँ ।,बाटो पछ्याउनुअघि चिया पसलमा भेटेका हौँ उनलाई । झलकमानको शालिकको सामुन्ने, बाटोपारीको चिया पसलमा कालो चिया खाँदै थिए ।,सिसाको गिलाँसमा पिँधमा पुगेको चिया सिनित्त पारेर उनले पुरानो २० को नोट पसलेलाई दिए । फिर्ता आ... | टंक ढकाल |
बर्तिका एम राई : सपना, रहर र अनुभूतिको यात्रा | चिट्ठी लेखेकी छैनन्, तर उनले बाँचिरहेको जीवनको जग चिट्ठीहरुमा बसेको छ । खाम बन्द चिट्ठी खोल्दै गर्दाको कौतुहलता, उत्साह अनि लाजमा उनी हुर्किइन् र अहिले बाँचेको जीवनको परिधी बनाइन् ।,बर्तिका एम राईका लागि चिट्ठीहरु साँचो अर्थमा जीवन बनेका छन्, जो उनलाई आमाले पठाउने गर्थिन् । आमालाई आदरले आमाजी भन्छिन् । हुर्किँदै गर्दा ... | टंक ढकाल |
क्यानभासमा जीवन भर्ने यी साधक | उनको कला, चित्रकारिताका बारेमा कुरा गर्नु थियो । कुराको केन्द्र जीवन र जगत बन्दै गयो ।,उनले आफ्नो अनुभवको आँखाले देखे, बुझेको जीवनको अर्थ बोल्दै गए । केही समय उनका अनुभवहरु सुन्दै जाँदा बुझियो कि उनका चित्रहरुले जीवन–जगतकै कथाहरु बोल्ने रहेछन् ।,साढे तीन दशकदेखि चित्रकला तर्थात पेटिङ्गमा सक्रिय डेविड डगल्ससँगको भेट, उन... | टंक ढकाल |
अन्जानमा गरिएको सफल प्रयास, नाच फिरिरी | ‘हावा चल्यो सिरिरी, आँतै जिरिरी’,लोक लयको स्वाद दिने यो गीत धेरैको जिब्रोमै अडियो। साउनको ११ गते युट्युबमा भिडियोसहितको गीत पोष्ट हुँदा गायक महेश काफ्लेले सोचेकै थिएनन् एक पछि अर्को कीर्तिमान बन्छ ।,अपलोड भएको ३७ दिनमा नै गीतलाई एक करोड पटक हेरियो । झण्डै ४ महिनापछि गीतलाई तीन करोड भन्दा धेरैपल्ट हेरिएको छ । यी दुवै क्... | सुजाता खत्री |
जनताको बोली शासकलाई गोली | मात्र आधा घण्टाको प्रस्तुति । तर विषयवस्तुमा अटाएका वर्षभरिका विकृती। दर्शकको तालीबीच शासकहरुलाई सचेत गराउने अभियानले २१ वर्ष टेकेको छ। अलि फरकरुपमा सिस्नोपानी लगाउने चलन बसाले यी गायक, कवि र सिर्जनशील कलाकारहरुले ।,जसलाई सिस्नो पानी लगाइन्छ, प्रायः ती पात्रहरुलाई समेत कार्यक्रममा आमन्त्रित गरेर। तर, किन सिस्नो पानी ने... | दिपा दाहाल |
दीपिका पादूकोण र रणवीर सिंहको कहानी- कसरी चढ्यो प्रेमको रङ्ग ? | छाटिएको गर्धनमा सानो कोठी, घाटीको पछाडि पट्टि एउटा ट्याटु छ, जसमा लेखिएको छ, आर. के। ‘आँखामा अनौठो सुन्दरता भएकी एक सुन्दरी चलचित्रमा एउटा गीत गाउँदै गरेको देखिइन्। ‘खुदा जाने के मे फिदा हुँ।’,सन् २००७ मा पहिलोपटक पर्दामा एक चिम्टी सिन्दूरको मूल्य रमेश बाबुलाई सोध्ने युवती ११ वर्षपछि एक चुट्की सिन्दूरतर्फ बढेकी छन्। आ... | null |
बहुआयामिक प्रतिभाको बोझमा विनम्र नूपुर | जीवनका मोडहरुको कुरा हुँदै थियो । उनी २०२३ सालको मोडमा आएर अडिइन् । त्यो समयको सम्झना गर्दा उनको आँखाको तेज प्रष्ट देखिन्थ्यो । मुस्कुराइन्, फेरि त्यहि समयमा पुगिन् र भनिन् ‘यो मोड मेरो जीवनको सबैभन्दा महत्वपूर्ण बन्यो ।’,नूपुर बनर्जी (विवाहपछि भट्टाचार्य), नेपाली लोक, सुगम, बाल तथा भक्ति संगीतकी सर्वकालीन प्रिय गायिका... | टंक ढकाल |
बलिवुडसँगै भारतीय सञ्चार जगतमा भित्रियो #MeToo | विशेष गरी महिलामाथि हुँदै आएको यौन उत्पीडन तथा यौन हिंसा विरुद्ध हलिवुडबाट सुरु भएको अभियान ह्यासट्याग मि टू, बलिवुड तथा भारतीय सञ्चार जगतमा पनि प्रवेश गरेको छ ।,सन् २०१७ को अक्टोबरमा ह्यासट्याग मि टू का साथ विभिन्न व्यक्तिले आफूमाथि भएको यौन हिंसाका बारेमा बोल्न थालेका थिए । लगत्तै यसले ठूलो अभियानको रुप लियो र सबैभन्... | null |
करिश्मा मानन्धर भर्सन–टू | वि.सं. २०४४ सालमा ‘सन्तान’ चलचित्र प्रर्दशन भएपछि नेपाली चलचित्र जगतमा एक नायिकाको नाम थपियो, ‘करिश्मा मानन्धर ।’,१५ वर्षकी कलिली युवतीले चलचित्र नगरीमा पाइला टेकेपछि ठूलै तहल्का मच्चियो। च्लचित्रमा केही नयाँ काम गरेर चर्चा र आलोचनासँगै उनको २५ वर्ष यसमै बित्यो ।,पहिलो पटक क्लिभेज देखाएर र बेड सिन दिएर करिश्माले आफूलाई... | सुजाता खत्री |
आनन्द छैन गायक आनन्दलाई | एउटा गायक जसले धेरै गीतमा स्वर भर्यो। त्यो स्वरले दुनियालाई हसाएन मात्रै नचायो पनि र कतिको पीडामा मलम लगायो ।,तर आज त्यही स्वर मलिनो भएको छ। पत्नी ईश्वरीका दुवै मृगौलाले जब काम गर्न छाडे, तब गीतमा स्वर भर्ने आनन्द कार्कीको जोसमा धक्का लाग्दै गएको छ।,राष्ट्रिय मृगौला उपचार केन्द्रको बेड नम्बर ३०४ मा इश्वरी कार्कीको ड... | उजिर कार्की |
पाँच रुपैयाँ पारिश्रमिक पाउने तारादेवीको त्यो समय | जब जब रेडियोबाट यो कालजयी गीत गुञ्जिन्छ, तब रेडियो सुन्ने जो कोही श्रोताले परैबाट थाहा पाइहाल्छन्, कान ठाडा ठाडा बनाएर सुन्छन् अनि आफ्नो त्यो बेलाको क्षण सम्झिन्छन्।,त्यही संगीत आकाशकी जाज्वल्यमान ताराको सम्झनामा नयाँ पुस्ताले उनकै गीत गुञ्जाए अघिल्लो साता। सर्जकलाई जीवित राखिराख्न र उनका गीतबाट मानव जीवन, समाज र... | सहदेव चौधरी |
सरकारकै लापरबाहीले ठेकेदारलाई बहाना | सुर्खेत–मानव मात्रै होइन पूर्वाधार विकासका सूचकांकमा अन्य प्रदेशको तुलनामा त्यसै पनि पछि परेको कर्णाली प्रदेशका अधिकांश सडकहरु दुरावस्थामा भेटिन्छन्।,कमजोर सडकहरुकै कारण प्रदेशले अकल्पनीय मानवीय क्षति व्यहोर्दै आएको छ। प्रदेशका ९ वटा जिल्लालाई राष्ट्रीय मूलधारमा जोड्ने राजधानी सुर्खेतको अवस्था पनि त्यो भन्दा खासै फरक छ... | दिपा दाहाल |
पटके चुनावी आश्वासनले ‘शरणार्थी’ बन्दै देशकै बाढी-पहिरो पीडित नागरिक | सुर्खेत – देशको संविधान भन्छ-शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य सम्प्रभुता र आवास नागरिकका मौलिक अधिकार । त्यही संविधान जारी भएको शनिबार पाँच वर्ष पूरा भएको छ।,संविधान जारी भए पछिका प्रत्येक चुनावमा प्रायः सबैजसो दलले आफ्नो चुनावी घोषणापत्रमा लेखे–संविधानको रक्षा र कार्यान्वयन हाम्रो पहिलो दायित्व हो।स्थानीय तहको चुनावम... | दिपा दाहाल |
अभाव र विभेदबीच फूलेका निर्भिक राष्ट्रसेवकहरु | वीरेन्द्रनगर- नांगो पहाड र बञ्जर जमिन। बाटो, खानेपानी, विजुली, विद्यालयलगायत सामान्य विकासका पूर्वाधारसमेत अपर्याप्त। उराठलाग्दो र निर्जर गाउँ। त्यसमाथि आर्थिक र सामाजिक चेतनाको अवस्था त झनै दयनीय ।,यस्तै विषम परिवेशमा जन्मिइन् जुम्लाको तीला ७ की शारदा बुढा।अधिकांश गाउँलेमा साँघुरो सोच। र, त्यही सोचबाट ग्रस्त उनीहरुको ... | दिपा दाहाल |
सम्झौता विपरित खाना वितरण, व्यवस्थापनमा पनि चरम लापरवाही | वीरेन्द्रनगर – कर्णाली प्रदेश सरकारका प्रतिनिधिहरुले ‘नमूना क्वारेन्टिन’ भन्दै प्रचार गरेको सुर्खेत घण्टाघर पूर्वको खुल्ला मञ्चमा रहेको प्रदेशस्तरीय क्वारेन्टिन प्रदेश सरकारकै बेवास्ताका कारण बेवारिसे बन्न पुगेको छ।,कोरोना भाइरस संक्रमण (कोभिड–१९) को महामारी तत्काल रोकिने कुनै पनि संकेत नदेखिएका बेला ४०० सय मानिस राख्न... | दिपा दाहाल |
हिरासतमा रहेकी किशोरी भन्छिन्: म कुनै हालतमा आफ्नो गर्भ फाल्दिनँ | वीरेन्द्रनगर– अनुहारमा डर प्रस्ट देखिन्छ। पसिना झरिरहेको छ। प्रायः भुइँतिर हेरेर टोलाउँछिन्। कसैले प्रश्न सोध्दा झस्किन्छन्। घरीघरी आफ्नो पेट सुम्सुम्याउँछिन्। भर्खरै उनको पेटमा गर्भ बसेको छ।,जिल्ला प्रहरी कार्यालय सुर्खेतको प्रतिक्षालयमा बसिरहेकी सुर्खेत निर्वाचन क्षेत्र २ की १७ वर्षीया किशोरी राधिका (नाम परिर्वतन) सँ... | दिपा दाहाल |
वाह, रारा! (हिउँले ढाकिएका राराका २२ तस्बिरहरु) | पश्चिमी वायुको प्रभावसँगै उच्च पहाडी तथा हिमाली भागमा हिउँ पर्न थालेपछि मुगुमा रहेको रारा ताल पनि यतिबेला हिउँले सेताम्य भएको छ।,हिउँद सुरु भएसँगै हिमाली भेगहरुमा हिउँ परेर यहाँका दृश्य मनमोहक भएको छ।,प्रकृतिको सुन्दर उपहार रारा तालको वरिपरि रहेका बोटविरुहरु हिउँले सेताम्य भएका छन् भने तालवरिपरि हिउँले ढाकिएको छ।,त्य... | सञ्चार संवाददाता |
यी हुन् हुम्लाका ट्र्याक्टर, ढुवानी ओसार्न भ्याइ-नभ्याइ | सडक सञ्जाल नजोडिएको हुम्ला जिल्लाबासीहरुले खच्चडमा खाद्यान्न लागतयका सामग्रीहरु ओसारपोसार गर्दै आएको सात वर्ष भयो।,नेपालगञ्ज र सुर्खेतबाट हवाई ढुवानीको भाडा दर महँगो परिरहेकै अवस्थामा मुगुको गमगडी र बाजुराको कोल्टीबाट दैनिक उपभोग्य सामानदेखि विकास निर्माणका सामाग्रीसम्म यी ट्र्याक्टरका रुपमा चिनिएका खच्चडहरुले गर्दा... | राजन रावत |
कर्णाली राजमार्गका साहसी ‘ड्राइभर’ | पहाड खाेपेर बनाइएकाे सानो बाटो। साँघुरा मोड। खाल्डै खाल्डा अनि बाटोमै गुल्टिरहेका ढुङ्गाहरु। गाडीका आधा टायर डुब्ने हिलो। ‘ओभरटेक’ गरेको गाडीले उडाएको धुलोले बाटो नदेखिएपछि चलाइरहेको गाडी एकछिन रोक्नुपर्ने अवस्था।,गुडिरहेको गाडीको एक साइडका टायरकाे आधाभाग बाटो बाहिर। कतै–कतै मात्र देखिने कालोपत्रे– याे सबै दृश्य हाे सु... | प्रतिभा चन्द |
अस्पताल गुहार्दा-गुहार्दै जान्छ सुत्केरीको ज्यान | गत असार ५ गते दैलेखको आठबीस नगरपालिका वडा नं. ५ पिपलकोट तोलीचाखाकी कृष्णा कसेरालाई सुत्केरी व्यथा लाग्यो। लामो समय व्यथा लागेकाले उनको स्वास्थ्य अवस्था नाजुक थियो।,अस्पताल पुर्याएर ज्यान जोगाइदिन कृष्णाले गुहार मागेकी थिइन्। तर, स्वास्थ्य चौकी पुगेर ज्यान जोगाउने कृष्णाको चाहाना पुरा हुन सकेन्, बाटोमै जन्मिएका शिशु र ... | डिलप्रसाद शर्मा |
‘दबाब-प्रभाव जान्दिन, कानुनी अधिकार प्रयोग गर्छु’ | फागुन २४ गतेदेखि प्रदेशस्तरीय सुरक्षा गोष्ठी वीरेन्द्रनगरमा हुँदैछ । गोष्ठीमा जिल्लाको शान्ति अवस्थाबारे प्रमुख जिल्ला अधिकारीहरुले जानकारी दिनुपर्ने छ । पूर्व तयारीका लागि छलफल र समन्वयमा निकै व्यस्त बनेकी छन्, जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे ।,‘गृहमन्त्री, १० जिल्लाका प्रजिअ र सुरक्षा निकायबीचको बैठक बस... | डिलप्रसाद शर्मा |
आँगनमै धारा, हट्यो खानेपानीको दु:ख सारा | सुर्खेत-गाउँमै एउटा कुवा। बिहान उठेदेखि रित्तो गाग्री लिएर लाइन बस्नुपर्ने बाध्यता। परिवारदेखि गाईबस्तुसम्मलाई कुवाकै पानीको भर पर्नुपर्थ्याे, चिंगाड गाउँपालिका-२ गिठेनीका स्थानीयलाई।,वर्षा याममा जताततै पानी भए पनि माघ, फागुनदेखि असारसम्म निकै समस्या हुन्थ्यो। ‘झिसमिसे उज्यालो मै गाग्री बोकेर पधेंरो पुग्यो, घरमा घाम पर... | डिलप्रसाद शर्मा |
खोलामा बालुवा पातलियो केले मनाउने दसैँ? | सुर्खेत – दसैँ टीका, जमरा र पारिवारिक मिलनको पर्व मात्रै होइन, यो शक्ति उपासनाको उत्सव पनि हो । शक्तिको सबैभन्दा बलियो स्वरुप श्रम, तर यहि श्रममा जीवन अर्पिनेहरुकै दसैँ भने उत्सव बन्न सक्दैन कतिपय अवस्थामा ।,यस्तै अवस्था छ सुर्खेतका अधिकांश बादी समुदायको पनि । यहाँका बादी समुदायको पीडा हुँदा मात्रै खान पाउनु हो । वीरेन... | डिलप्रसाद शर्मा |
रंगकर्मबाट महिला हिंसाविरुद्ध उत्रिएका आकांक्षा कार्कीका पाइला | आर्थिक अवस्था मजबुत, शिक्षित परिवार, रातो बंगला स्कुलको पढाई। राजधानीमै हुर्किएकी अकांक्षा कार्कीलाई नपुग्दो केही थिएन। आर्जित शिक्षा र योग्ताले कार्कीका लागि कुनै पनि नामी संस्थामा चाहेको पेशामा जागिर कठिन थिएन।,पैसा र सुविधापूर्ण जीवन टाढा देखिँदैन थियो। बंगला र गाडी उनका लागि सामान्य हुने थिए। पहुँचभित्रका ती सारा स... | दिपा दाहाल |
छोराको बिहे गर्ने बेला आमा गर्भवती | विशेष गरी पूर्वीय संस्कारमा यौनका विषयमा खुलेर चर्चा प्रायः हुँदैन । बन्द कोठा र अँध्यारो छायामा यौन व्याप्त छ र यो सबैलाई थाहा छ तर यसबारे खुलेर कुरा गर्नु लाजको विषय बन्छ विशेषतः भारतीय र नेपाली समाजमा । त्यसमाथि आमाबुवाको यौन जीवनका बारेमा कुराकानी गर्नु त परको कुरा कायम छ भन्ने कुरा पनि लाजको रुपमा लिन्छन् ।,तर आमा... | सञ्चार संवाददाता |
संयोगले बनेका जाजरकोटे हिरोइनहरु | कुमारी हलको टिकट काउन्टर नजिकै भित्तामा ‘मालिका’ को पोस्टर। त्यही तल दुई युवती अर्का दुईसँग गफिरहेका थिए। पोस्टरको तल बसेका उनीहरु मालिका चलचित्रका पात्र जया (कमला वली) र बेहुलीको रुपमा देखिएकी शर्मिला रावल थिए।,उनीसँगै भएका दुई महिला चलचित्रका कार्यकारी निर्माता नरबहादुर कार्कीकी आमा र बहिनी थिए। एक महिला टिकट काउन्टर... | सुजाता खत्री |
रहेनन् स्पाइडर–म्यान, आइरन–म्यानसहितका जन्मदाता स्ट्यान ली | अमेरिकी लेखक तथा मार्भल कमिक्सका पूर्व अध्यक्ष स्ट्यान लीको निधन भएको छ । लेखक लीको ९५ वर्षको उमेरमा निधन भएको हो । उनी अमेरिकाका लेजेण्ड लेखक, प्रकाशक तथा सम्पादक हुन् ।,जीवन्त कमिक क्यारेक्टर सिर्जना गरेका लीलाई विश्वभरका कमिक बुक लभरले मनपराउँछन् । उनले सिर्जना गरेका धेरै पात्रहरु हलिउडका सफल पात्रा र चलचित्र बनेका ... | null |
एउटा म्यूजिक भिडियोले मोडेको जीवनको पाटो | कालो वर्ण, आँखासम्म आउने कालो कपाल, अनुहारमा झ्याप्प दाह्री, पहिरन पनि कालै। मण्डला थियटरको पार्किङ्गमा फोनमा कुरा गर्दै गरेका प्रमोद अग्रहरि चलचित्रको पर्दामा भन्दा फरक देखिएनन्। ‘अलि अलि भिलेन लुक्स’।,असोज १२ गते प्रर्दशनमा आएको चलचित्र ‘कथा काठमाडौँ’ मा उनले नेगेटिभ रोल गरेका छन्। चलचित्रको गीत ‘रातको कुरा शहरभरि’ म... | सुजाता खत्री |
संगीतको कोसेली लिएर घर यात्रामा बर्तिका इयाम राई | धरान – दूरी कुरा गर्ने हो भने उनी पृथ्वीको अर्को छेउमा छिन्, नेपाल भन्दा । सबैले भन्ने गरेको सात समुद्र पारी छ उनको बसाई । तर बसाईले उनको कर्मको घेरालाई सीमित गरेको छैन, परदेशमा रहेर पनि घरदेशको सेवा गरिरहेकी एक चेली हुन् बर्तिका इयाम राई ।,पछिल्लो पुस्ता, विशेष गरी संगीतमा रुची हुनेहरुका लागि परिचित नाम हो बर्तिका, उन... | सञ्चार संवाददाता |
गोबरको ‘बास्ना’ मा रमाउँदै ‘गोपी’, अर्थात विपिन कार्की | जति नै चलचित्रमा काम गरे पनि, जति नै अनुभव बटुले पनि चलचित्र प्रदर्शन हुनु अगाडि कलाकारको मनमा आउने भावना शायद उस्तै हुन्छ। एक किसिमको खुलदुली, चनाखोपन, के होला, कस्तो होला भन्ने उत्साह र कतै डर पनि!,६ वर्षअघि ‘लुट’ मा अभिनय गरेर पर्दामा देखा परेका विपिनको मनमा अहिले आउने कुरा पनि यस्तै हो। गोपी माघ १८ मा सार्वजनिक हुँ... | सुजाता खत्री |
बलिउडकी बागी ‘क्वीन’ कंगनालाई साँचो अर्थमा महारानी बनाएको चलचित्र | बलिउडकी बागी ‘क्वीन’ कंगना रनौतको बहुप्रतिक्षित चलचित्र ‘मणिकर्णिका–झाँसी कि रानी’ प्रदर्शनमा आएको छ । र बलिउड नगरीमा आफूलाई क्वीनको रुपमा स्थापित गरेकी कंगना महारानीको रुपमा देखिएकी छन् ।,भारतको स्वतन्त्रता संग्रामकी मुख्य पात्र, जसले आफ्नो देश र जनताको स्वाभिमानका लागि अंग्रेजसँग सशक्त युद्ध गरिन्–झाँसी कि रानी, रानी... | टंक ढकाल |
अप्ठ्यारोमा फुल्दै गरेको एउटा सपनाको कथा | सबैको दैनिकी फेरियो, र उनको पनि ।,यस्तो होला भन्ने लागेको थिएन। सबै रोकिन्छ शायदै कसैले सोचेका थिए, तर रोकियो।,चैतमा वार्षिक परीक्षा सकियो, कमल शाही रुकुम तिर लागे आमा बुवालाई भेट्न।,लकडाउन भयो। उतै रोकिए।,उनको क्रिकेट खेल्ने रहरमा विराम लागेकौ छैन। रुकुमका पहाडमा (ग्वाला) जाने उनले साँझ र बिहान क्रिकेट खेल्न भ्याइहाल... | प्रभात खनाल |
६६, अझै खेतमा, ‘छोराहरुको कमाई किन खाने ?’ | टन्टलापुर घामले हेम्जा रनक्कै रन्केको छ। घामको रापले मकैका पात बटारिएका छन्। सिमीको बोट जाँगर मरेजस्तै गरि ओइलाएरका छन्। टाउको थिच्ने गर्मी छल्न कहाँ जाउ भएको बेला खड्गबहादुर छन्त्याल भने खुरुखुरु काम गर्दैछन्। मानौ उनलाई त्यो धापिलो तातोले केही फरकै पारेकै छैन।,टाउकोमा टोपी, हात र खुट्टा ढपक्कै ढाक्ने गरी कपडा। झ्वाट्... | सुजाता खत्री |
शरीरका अंगहरुले साथ छाड्दै छन्, संगीत मात्रै छ बाँच्ने सहारा | ‘के सोचे थेँ जिन्दगीमा, के–के भयो आज’ राजेश हमाल, सञ्चिता लुइँटेल, रमित ढुंगाना आदि अभिनित चलचित्र ‘माया नमार’ को गीत हो यो। कसैको जिन्दगीको कुरा होइन। हो त केवल, केवल बानियाँको हो। हुन त सबैले सोचेजस्तो जिन्दगी कहाँ भोग्न पाउँछन् र! केवल बानियाँले जस्तो भोग्नेहरु पनि सायदै होलान्।,ताप्लेजुङबाट गायक बन्ने सपना बोकेर के... | उजिर कार्की |
धर्मनन्द भन्छन्– युएईको जेलबाट छोरो फर्काउन ६३ लाख कसरी जुटाउनु? | झापाको कन्काई नगरपालिका ७ को घैलाडुब्बाका धर्मनन्द उप्रेतीलाई रोगले गलाउँदै लगेको छ। मुटुको रोगले थलापार्दै लगेपछि घर छाड्न नसकेको चार वर्ष भयो। तर यतिबेला उनलाई आफ्नो ज्यानको चिन्ता छैन । युएईको जेलमा मृत्युका दिन गनेर बसेको छोरालाई घर फर्काउनु छ।,धर्मनन्दका छोरा विष्णु नवलपरासीका रामबहादुर लामाको हत्या गरेपछि युएईको ... | उजिर कार्की |
कतारमा कमाएको धन जेठी श्रीमतीले सकेर हिँडिन्, कान्छीले जग्गा बेचेर दलाललाई बुझाइन् | धनुषाको ढल्केबरका मन्सीकुमार महतो डेढवर्षको हुँदै आमा बितिन् । त्यसको अर्को वर्ष बुवा गुलाम महतोले पनि सधैंका लागि छाडे । उनीहरु पाँच दाजु–भाइ । दाजुहरु विवाह गर्दै छुट्टै बस्न थाले । मन्सीले पनि पढ्न पाएनन् । बिवाह गरे । दुई छोरी र एक छोरा जन्मिएपछि घरखर्च बढ्दै गयो । गाउँमा बनी गरेको पैसाले घर चलाउन मुस्किल हुन थाल्य... | उजिर कार्की |
अस्पतालबाट बिरामी श्रीमान् लिएर घर फर्किन् शोभा | शनिबार मध्यान्ह काठमाडौंको धापाखेलस्थित सुमेरु अस्पताल पुग्दा ‘बेड नं १२५’ का बिरामीका आफन्त घर फर्किने सुर कस्दै थिए। अस्पतालबाट ‘डिस्चार्ज’ भएर घर फर्किनेहरुको मुहारमा जस्तो खुसी फर्किन्छ त्यस्तो खुशी उनीहरुमा फर्किएको देखिँदैनथ्यो।,बेडमा, अस्पतालकै ड्रेसमा अधबैंसे पुरुष मुढोझैं ढलिरहेका थिए। उनको घाँटीमा पाइप जेलिए... | उजिर कार्की |
जाँदाजस्तै फर्किंदा पनि ऋण काढेर फर्किए १२ नेपाली | लमजुङको कर्पुटारका देवराज अधिकारी बुधबार मलीन अनुहारमा वैदेशिक रोजगार विभागमा भेटिए। झट्ट हेर्दा देवराजसँग कुनै दुःख पीडा देखिँदैनथ्यो।,लरक्क परेको कपालमाथि कालो चस्मा। रातो–कालो मिसिएको ठूलो झोला बोकेका, साइडमा सानो कालो झोला पनि। झट्ट देख्नेका लागि देवराज राम्रै देशका लाहुरे हुन्।,तर, उनको वास्तविकता यस्तो हैन । साउद... | उजिर कार्की |
मलेसिया जान नपाउँदा पनि गुम्यो ३२ करोड ४७ लाख, पासपोर्ट म्यानपावरको दराजमा | रोजगारीका लागि मलेसिया बन्द हुँदा कामदारको ३२ करोड ४७ लाख रुपैयाँ गुमेको छ। जेठ २ गतेपछि भिसा लागेका २ हजार ५ सय जनाको ५ करोड ९२ लाख र कलिङ भिसा लागेका १५ हजार जना कामदारको २६ करोड ५५ लाख रुपैयाँ भएको हो। रकम खर्च भए पनि सरकारको निर्णयका कारण उनीहरु रोजगारीका लागि मलेसिया जान पाएनन्।,गत जेठ २ गते श्रम रोजगार तथा सामाजि... | उजिर कार्की |
कतारमा ८ हजार रुपैयाँ तलबको जागिर खाएका बासिद यसरी बने कम्पनी मालिक | गरिरहेको व्यवसाय चौपट भएपछि जनकपुरको बेलाका अब्दुल बासिदको जीवन मोडियो। द्वन्द्वका बेला दिनदिनै व्यापार कम हुँदै गयो । त्यही भएर बासिदका परिवारले साँवाभन्दा ४ लाख घटेर बेचेका थिए, जनकपुरको क्याटरिङ्ग पसल।,सानैदेखि व्यवसाय गर्ने लक्ष्य राखेका ‘अब्दुल साहुजी’को सपना यहिँनेर ब्रेक लागेको थियो । त्यसपछि गाउँका धेरै युवाले ... | उजिर कार्की |
२६ वर्षपछि पनि भारत डराइरहेको डिसेम्बर ६ | बाबरी मस्जिद ढलेको पूरा २६ वर्ष भयो, तर मस्दिज ढल्दाको त्रास अझै बाँकी छ । र यो डर र त्रासको वातावरण जीवित राख्ने श्रेय देशका (भारतका) महान राजनीतिज्ञलाई जान्छ, निःसन्देह ।,सन् १९९२ को डिसेम्बर ६ भारतको इतिहासमा यस्तो दिन हो, जसले देशको राजनीतिलाई यस्तो मोड दियो, कारण हामी २६ वर्षमा भारत धेरै पछि गयो ।,भारतको विभाजनपछि... | null |
अथाह पर्यटनको सम्भावना बोकेको कर्णाली | कर्णाली अञ्चल एक आफैँमा प्रचुर पर्यटकीय सम्भावना भएको क्षेत्र हो।सामाजिक–साँस्कृतिक पर्यटन, साहासिक पर्यटन, धार्मिक पर्यटन, कृषि पर्यटन, खेलकुद पर्यटन र प्राकृतिक मानोरञ्जनका दृष्टिकोणले पनि त्यतिकै महत्वपूर्ण र ‘भर्जिन ल्याण्ड’का रुपमा लिन सकिन्छ। तर यति धेरै सम्भावनहरू हामीसँगै भएर पनि कर्णालीका नागरिकहरू बिनाको खोज... | रामसिंह रावल |
साउदी अरब जान डेढ लाख, फर्किन ३७ लाख! | काठमाडौँ – झापाको बुद्धशान्ति गाउँपालिका–४ का प्रशान्त लिम्बु दुई वर्षपछि बिहीबार नेपाल फर्किए। रोजगारीका लागि उनी २०७३ सालको साउन २६ गते साउदी गएका थिए।,साउदी जाँदा उनले म्यानपावर कम्पनीमा डेढ लाख रुपैयाँ बुझाए। झण्डै अढाई वर्षपछि नेपाल फर्किन उनले झण्डै ३७ लाख रुपैयाँ बुझाउनु पर्यो।,कमाउन गएका प्रशान्तले गुमाउनु पर्न... | उजिर कार्की |
श्रमिकका सारथी, मन्त्री गोकर्णराज बिष्ट | बाहिर खास चर्चा छैन । तर गुम्नाम पनि छैनन्, गोकर्णराज बिष्ट । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पाएको साढे ९ महिना भयो । २०७४ चैत २ गते श्रम मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए बिष्टले ।,यो साढे ९ महिनाको अवधिमा मन्त्री बिष्ट कम चर्चामा छन् । उनले गरेका कामको पनि चर्चा कम नै भएको छ । कारण नतिजा दे... | उजिर कार्की |
घरेलु कामदार खुलाउन समितिले अनुमति दिँदै, श्रम मन्त्रालयले बुझायो विकल्प | घरेलु कामदारका रुपमा अवैधानिक रुपमा विदेसिएकाहरुले वैधानिक बन्नेअवसर पाउने भएका छन्। झण्डै तीन वर्ष पहिलेदेखि घरेलु कामदारमा जान बन्द गरेपछि नयाँ र पुन: श्रम स्वीकृति बन्द भएको थियो। तर पुनः श्रम स्वीकृति समेत बन्द गर्दा घरेलु कामदार आफ्नो देश फर्किनै छाडेको भन्दै सरकारले एक पटक पुनः श्रम स्वीकृति खुल्ला गर्ने तयारी ग... | उजिर कार्की |
स्कुलमा सरस्वतीको पूजारी हुँदाका क्षणहरु… | जब जब प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन अर्थात सरस्वती पूजा आउँछ, मेरो मानसपटलमा स्कुलका ती दिनहरु ताजा भएर लहराउँछ।,
ऋतुहरूको राजा वसन्तको आगमन हुने भएकाले पनि होला हृदयमा नेपाली गुरुले पढाउनु भएको कवि सिद्धचरण श्रेष्ठको कविता ‘वसन्त’को त्यो श्लोक याद भएर आउँछ।,समस्त माधुर्य लिएर साथमा,
छरेर सौन्दर्य विशाल विश्वमा,... | सहदेव चौधरी |
काठमाडौँको कोलाहलबाट एकैछिन् ब्रेक लिनुछ ? | जुत्ताको तुना कस्नुस्, पाइन्ट माथि तान्नुस् ।,र उकालो लाग्नुस् ।,छि ! हिलो, छि ! धुलो भन्नु पर्दैन । र कँही भए पनि भन्न मन लाग्दैन ।,हिड्दा हिड्दै थकाइ लाग्यो भने थुचुक्क जहाँ बसे पनि हुन्छ । सल्लाको पातमा बसेर सल्लाकै रुखमा अडेस लागेर यता–उता हेर्नुस्, शान्त छ। यदाकदा चराको आवाज कानमा ठोकिन्छ, हृदय नै आनन्द बनाउ... | प्रभात खनाल |
सरस्वती पूजामा वाद्यवाद्यक बन्दा.. | त्यतिबेला काठैकाठले बनेको थियो श्री प्राथमिक विद्यालय सिवाइ, बेल्हा-८ सुन्दरपुर(साबिक तर अहिले श्री आधारभूत विद्यालय सिवाइ,बेल्हा, चौदण्डी-५)। विद्यालयको गेटमै केराको थम्बा र अशोकको पातले सजाइन्थ्यो।त्यसमाथिबाट रातो, निलो, हरियो, सेतो, बैजनी, पहेँलो सबै प्रकारका झिलिमिली झण्डाले विद्यालयको चारै कुनामा फहराइन्थ्यो।... | सहदेव चौधरी |
हेलिकोप्टर दुर्घटनास्थलबाट फर्किएपछि…(रिपोर्टर डायरी) | अप्रत्याशित खबरले हल्लियो बुधबार दिउँसो र अझैसम्म त्यसका कम्पन बाँकी छन्। ‘मन्त्री चढेको हेलिकप्टर ताप्लेजुङमा दुर्घटनाग्रस्त’ भन्ने खबर अपूरो थियो। हेलिकोप्टर दुर्घटना भयो, तर त्यसमा रहेकाहरुको अवस्थाको स्पष्ट जानकारी थिएन। त्यसपछि जानकारी गराउने र लिने क्रम सुरु भयो।,सूचना पाउन सक्ने ठाउँहरुमा फोन गर्दा थाहा लाग्यो–त... | बर्षा शाह |
…अनि मलाई गोल्डमेडल जितेको बेकार लाग्यो | काठमाडौँ- हुन त मलाई पनि राम्रो प्रशिक्षकसँग ट्रेनिङ गर्न मन नभएको होइन। तर गुरुहरुले ट्रेनिङ गराउने समयमा मेरो फुर्सद नहुने। जतिबेला भन्यो त्यतिबेला मसँग समय पनि थिएन। म त अध्ययन र जागिर गर्दै दौड्ने रहर पूरा गरिरहेको सामान्य युवती।,अध्ययन र जागिर गरेर खेल्दा पनि म रित्तो हात फर्कनु परेको थिएन। कुनै प्रशिक्षकबिनै मैले... | लोकेन्द्र प्रसाई |
दशरथ रंगशालमा १५ हजार दर्शकलाई साक्षी राखेर तय भएको स्वर्णिम यात्रा | नेपाल अब के जित्न चाहन्छ ? घरेलु टोलीले अब के जित्न बाँकी छ? १३औँ दक्षिण एसियाली खेलकुद-सागको आयोजकका रुपमा गर्व गर्ने धेरै ठाउँ छन्। घरेलु मैदानमा नेपालले नसोचेका सफलताहरु हात पारिरहेको छ।,नसोचिएका संख्यामा स्वर्ण पदक भित्रिरहेको छ, नसोचेका खेलहरुमा पदकहरु प्राप्त भइरहेको छ। प्रतियोगिता अगाडि बढिरहँदा यस्तो देखिन्छ- न... | लोकेन्द्र प्रसाई |
फुटबलमा नेपालको शानदार सुरुवात, भुटान ४–० ले स्तब्ध | १३औँ दक्षिण एसियाली खेलकुद सागअन्तर्गत पुरुष फुटबलको आफ्नाे पहिलो खेलमा नेपालले भुटानविरुद्ध शानदार जित दर्ता गरेको छ। नेपालले भुटानविरुद्ध ४–० को जित निकालेको हो।,नेपालले कप्तान सुजल श्रेष्ठको गोलमा पाँचौ मिनेटमा अग्रता लिएको थियो। पहिलो हाफसम्म १–० को अग्रता लिएको नेपालले दोस्रो हाफमा थप तीन गोल थपेको हो।,कप्तान सुजल... | सञ्चार संवाददाता |
साग कराँतेमा कसरी कायापलट गर्यो नेपालले ? | १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराँतेको पहिलो दिन सोमबार ९ वटा स्वर्ण विजेताको टुंगो लाग्यो। ९ वटै स्पर्धामा नेपाल फाइनल पुग्यो, तीमध्ये ७ वटामा स्वर्ण जित्यो।,प्रतिस्पर्धा भएका स्पर्धामध्ये ४ वटा काता र ५ वटा कुमुते थिए। महिला एकल कातामा चन्चला दनुवार र कुमुतेको पुरुष ८४ केजी तौल मुनि दिवश श्रेष्ठ मात्र स्व... | सञ्चार संवाददाता |
दशरथ रंगशालामा साग उद्घाटनको ‘रिहर्सल’ | बेहुलीझैँ सिँगारिएको दशरथ रङ्गशालामा तेह्रौं दक्षिण एशियाली खेलकूद (साग) उद्घाटन समारोहको रिहर्सल गरिएको छ ।,तेस्रोपटक घरेलु मैदानमा आयोजना हुन लागेको तेह्रौं सागको उद्घाटनको दुई दिन पहिले उद्घाटनको रिहर्सल गरिएको हो।,आइतबार औपचारिकरूपमा सागको उद्घाटन हुनेछ।रङ्गशालामा अहिले विभिन्न किसिमका झिलीमिली बत्ती बलेका छन् भने... | सुलभ श्रेष्ठ |
नयाँ अवतारमा दशरथ रंगशाला | नेपालको एकमात्र अन्तर्राष्ट्रिय रंगशालाको रुपमा रहेको दशरथ रंगशाला यतिबेला आफ्नो रुप फेरेको छ।,आगामी डिसेम्बर १ बाट सुरु हुने १३औँ दक्षिण एसियाली खेलकुद (साग)का लागि दशरथ रंगशालाको भौतिक पूर्वाधारको काम अन्तिम चरणमा पुगेको छ।,कामदारहरु राति अबेरसम्म रंगशालामा सेन्थेटिक ट्र्याक राख्ने र प्याराफिटमा छानो हाल्ने काम गरि... | सुलभ श्रेष्ठ |
रोनाल्डोका ७०० गोल | पोर्चुगल तथा इटालियन क्लब युभेन्टसका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो खेल जीवनको ‘माइलस्टोन’ ७०० औँ गोल पूरा गरेका छन् ।,
रोनाल्डो खेल जीवनमा सात सय गोलको आँकडा पूरा गर्ने छैटौँ फुटबलर बनेका छन् ।,युरोकप फुटबल २०२० को छनौट अन्तर्गत समूह बी मा रहेको पोर्चुगलका लागि सोमबार राति युक्रेनसँगको खेलमा रोनाल्डोले एक गोल ग... | null |
नेपाली फुटबल टोलीमा परिवर्तन आएकै हो ? १८ महिना र ७ खेलमा गोलविहीन, त्यसपछि लगातार तेस्रो खेलमा गोल | काठमाडौं- सन् २०१९ को सेप्टेम्बरपछि नेपाली सिनियर राष्ट्रिय फुटबल टोलीलाई पहिलो अन्तर्राष्ट्रिय गोल र जित हात पार्न १८ महिना लाग्यो।,विश्वकप २०२२ को एसियाली छनोटअन्तर्गत चाइनिज ताइपेईलाई २-० गोलले हराएपछि नेपालले डेढ वर्षसम्म जित त परै जाओस्, गोल पनि गर्न सकेको थिएन। केही महिनाअघि घरेलु मैदानमा आयोजित त्रिदेशीय आमन्त्र... | लोकेन्द्र प्रसाई |
रोनाल्डो–मेस्सी मित्रताकाे किस्सा | विश्व फुटबलका दुई महान खेलाडीबिचको उत्कृष्टताको होड शायद उनीहरुमा भन्दा समर्थकहरुमा छ । पछिल्लो एक दशक भन्दा बढी समयदेखि विश्व फुटबलमा चर्चाको शीर्षस्थानमा रहेको नाम हो, क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सी ।,पोर्चुगलको स्पोर्टिङ्ग लिस्बोनबाट सुरु भएको रोनाल्डोको व्यवसायिक फुटबल यात्रा इंग्ल्याण्डको म्यानचेस्टर युनाइट... | null |
बलात्कारको गम्भीर आरोपबाट रोनाल्डो मुक्त | स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो बलात्कार आरोपबाट मुक्त हुने भएका छन् । एक अमेरिकी महिलाले रोनाल्डोमाथि बलात्कारको आरोप लगाएकी थिइन् ।,आरोपका सम्बन्धमा अनुसन्धान गरेका अमेरिकी अधिकारीले रोनाल्डो विरुद्ध कुनै पनि कानूनी प्रक्रिया सुरु गर्नु पर्ने नदेखिएको बताएका छन् ।,३४ वर्षकी अमेरिकी महिला क्याथरिन मायोर्गाले युभ... | null |
मेस्सी कप्तानीको अर्जेन्टिनाको टुट्यो ‘कोपा सपना’, ब्राजिलले जित्यो ‘मेस्सी भय’ | लियोनल मेस्सीको कप्तानीमा महादेशिय च्याम्पियन बन्ने अर्जेन्टिनाको सपना यसपटक पनि चकनाचुर बनेको छ । यसअघिका दुई प्रतिस्पर्धामा फाइनलमा पराजित भएको अर्जेन्टिना यसपटक सेमिफाइनलबाटै घर फर्किन बाध्य भएको हो ।,मेस्सी कप्तानीको अर्जेन्टिना नेपाली समय अनुसार बुधबार बिहान सवा ६ बजे भएको सेमिफाइनलमा आयोजक ब्राजिलसँग २–० ले पराजि... | null |
सुरु भयो फुटबलको दक्षिण अमेरिकी उत्सव, ब्राजिलको शानदार सुरुवात | कोपा अमेरिका फुटबलमा आयोजक ब्राजिलले विजयी सुरुवात गरेको छ । नेपाली समय अनुसार शनिबार बिहान सवा ६ बजेपछि भएको खेलमा ब्राजिलले बोलिभियालाई ३–० ले हराएको हो । ब्राजिलको जितमा फिलिप कोन्टिन्होले दुई तथा एभर्टन सोएरिसले एक गोल गरे ।,पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा ब्राजिलले ५० औँ मिनेटमा पेनाल्टी पायो । फिलिप कोन्टिन... | null |
५६ वर्षअघि नेपालले खेलेको त्यो पहिलो अन्तर्राष्ट्रिय फुटबल | २०२० साल कात्तिकको चिसो मौसमः बिहानको करिब साढे सात बजेको समय। बंगलादेशको ढाकामा नेपाली राष्ट्रिय फुटबल टोली अन्तिम खेलको पर्खाइमा रहेको थियो।,ढाकास्थित होटलबाहिर झम् झम् पानी परिरहेको दृश्य अझै पनि विष्णु बरालको मानसपटलमा ताजै छ। ढाकामा नेपाली राष्ट्रिय फुटबल टोली पहिलोपटक देशबाहिर अन्तर्राष्ट्रिय मैदानमा फुटबल प्रतिय... | अभयकुमार राई |
मेस्सीलाई सुरुमै गम्भीर झड्का, कोलम्बियासँग हार्यो अर्जेन्टिना | दक्षिण अमेरिकी फुटबलको महादेशीय प्रतिस्पर्धा कोपा अमेरिकामा लियोनल मेस्सी कप्तानीको अर्जेन्टिनाले खराब सुरुवात गरेको छ । समूह चरण अन्तर्गत नेपाली समय अनुसार आइतबार बिहान भएको खेलमा अर्जेन्टिना कोलम्बियासँग २–० ले पराजित भएको हो ।,समूह बी मा रहेको अर्जेन्टिना मेस्सीसहित मैदानमा रहे पनि हामेस रोड्रिग्वेजसहितको कोलम्बियन ... | null |
रोनाल्डो ह्याट्रिकले पोर्चुगल फाइनलमा | कप्तान तथा स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोको ह्याट्रिकको सहयोगमा जित निकाल्दै पोर्चुगल युइएफए नेशन्स लिग फुटबलको फाइदलमा प्रवेश गरेको छ । घरेलु मैदानमा बुधबार राति भएको सेमिफाइनलमा पोर्चुगलले स्वीट्जरल्याण्डलाई ३–१ ले हराएको हो ।,पोर्चुगलको जितमा तीनै गोल रोनाल्डोले गरेका हुन् । स्वीट्जरल्याण्डका लागि रिकार्डो रो... | null |
अन्ततः लिभरपुल बन्यो च्याम्पियन | अन्ततः लिभरपुल युरोपियन च्याम्पियन बनेको छ । यो सिजन प्रिमियर लिग च्याम्पियन बन्नबाट एक अंकले पछि रहेको र गएको सिजन उपविजेतामा सीमित भएको जर्गेन क्लोप्पको टिम लिभरपुलले अर्को इंग्लिस क्लब टोटनह्यामलाई हराउँदै च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको हो ।,स्पेनको राजधानी मड्रिडमा रहेको एथ्लेटिको मड्रिडको मैदानमा शनिबार रात... | null |
रोनाल्डो थिएनन्, मेस्सी पनि रहेनन् | शायद यी दुईको सफलता मात्रै होइन असफलताको पनि बाटो उस्तै छ होला । दुवै कम्तिमा यो समयका महान फुटबलर हुन् यसमा दुविधा छैन । मात्रै विवाद यी दुईमा को अघि भन्नेमा हो। ,यी दुई अर्थात क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सी । दुवै खेलाडीले क्लब र व्यक्तिगत स्तरमा जित्न सक्ने र पाउनु पर्ने सबै उपाधि तथा अवार्डहरु पाइरहेका छन् ।... | सञ्चार संवाददाता |
असीमित खुशी यसरी व्यक्त हुँदो रहेछ आँसु बनेर | सजिलो थिएन चुनौति र आश पनि त्यति ठूलो थिएन शायद । पहिलो लेगमा बेहोरेको १–० को हारपछि मनोबल केही कमजोर भए पनि टिमले मेहनत गरेको थियो र प्रशिक्षकले त्यसमा थप आँट भरेका थिए । ,तर स्वयम् प्रशिक्षक माउरिसिओ पोकेटिनोकै मनमा भने फाइनलको सपनाले आकार लिएको थिएन । त्यसमाथि अवे मैदानमा भएको दोस्रो लेगमा टिमले दुई गोल खाएपछि सम्भा... | सञ्चार संवाददाता |
बार्सिलोनाले जित्यो उपाधि, गोलकर्ता मेस्सीले बनाए कीर्तिमान | क्याटलान जाइन्ट बार्सिलोना एकपटक फेरि स्पेनिस च्याम्पियन बनेको छ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा लेभान्टेलाई हराउँदै बार्सिलोनाले लिगका तीन खेल अघि नै उपाधि पक्का गरेको हो ।,घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले लेभान्टेलाई १–० ले हराएको हो । तुलनात्मक रुपमा कमजोर मानिएको टिम लेभान्टेलाई हराउन ब... | null |
रोनाल्डोको सपना चकनाचुर | लगातार चौथो सिजन च्याम्पियन्स लिग फुटबलको उपाधि जित्ने क्रिष्टियानो रोनाल्डोको सपना चकनाचुर भएको छ । तेस्रो क्लबबाट छैटौँ तथा लगातार चौथो सिजन युरोपियन च्याम्पियन बन्ने सपनामा रहेका रोनाल्डोको यात्रामा डच क्लब अजाक्स बाधक बनेको हो ।,च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा इटालियन क्... | null |
मेस्सीले रोनाल्डोलाई भेट्टाउन सक्लान् ? | इटालियन क्लब युभेन्टस यो सिजन च्याम्पियन्स लिग फुटबलमा उसको उत्कृष्ट लयमा देखिएको छैन । तर यहि सिजन क्लबमा आएका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा युभेन्टस क्वाटरफाइनलसम्म आएको छ ।,क्वाटरफाइनलको पहिलो लेग अन्तर्गत बुधबार राति भएको खेलमा रोनाल्डो फेरि एकपटक युभेन्टसको उद्धारकर्ता बनेका छन् ।,यसअ... | null |
‘पावर वुमन’ दीवा | पोखरा – प्रायः पुरुषको वर्चश्व रहने जिम हाउसमा दीवा रानामगर आफूलाई फिट बनाउन लागिरहँदा समयको रफ्तारले उनलाई कास्कीमै पहिलो बडी बिल्डरको रुपमा चिनायो ।,२०७४ भदौमा रानीपौवा स्पोर्टस सेन्टरले पोखरामा पहिलो पटक पावर लिफ्टिङ्ग च्याम्पियनसिप आयोजना ग¥यो । त्यसमा सहभागी भइन् दीवा ।,कूल ८ प्रतिस्पर्धीमा उनले सबैलाई पछि पारिन् ... | ईश्वर देवकोटा |
खेलकुदका पाहुनालाई हलुवा पराठाले स्वागत | नेपालगञ्जमा केही यस्ता खानेकुरा छन्, जुन नखाई नेपालगञ्जको यात्रा पूरा हुँदैन । पान, पानीपुरी, राबडी, चाट, बिरयानी, लस्सी र मलाई चाय नेपालगञ्जका पर्याय परिकार हुन् । जसमध्ये नेपालगञ्जको हलुवा पराठा पनि एक हो।,नेपालगञ्जको चौलीक्का चोकमा एक ब्यक्तिले एउटै परिकार बिगत ३३ बर्षदेखि बिक्री गर्दै आएका छन् । त्यो नाम हो जलिल अह... | कुमार श्रेष्ठ |
मेस्सी र रोनाल्डो दुवै ‘असफल’ | क्लब फुटबलमा दुवै ‘स्टार’ हरुको चमक लेश मात्र पनि कम भएको देखिँदैन वा छैन । बढ्दो उमेरमा पनि दुवै महारथी चुस्त देखिन्छन् । उनीहरुको खेल कौशलले विश्वका फुटबल प्रेमीलाई रोमान्चित बनाउन छोडेको छैन ।,क्लबलाई अत्यावश्यक परेका बेला जादुयी प्रदर्शन गर्ने गुण उनीहरुमा छ । कम्तिमा यो शताब्दीका दुई महान फुटबल हस्ती क्रिष्टियानो ... | सञ्चार संवाददाता |
ह्याट्रिकमा अर्ध शतक, गोल संख्या ६५० | मेस्सी ३१ वर्षका भए र उनले आफ्नो लयमा कमी आएको वा चाँडै नै त्यसो हुने कुनै संकेत दिएका छैनन् ।,उत्कृष्ट लयमा रहेका मेस्सीले यो सिजन ला लागिमा २५ गोलको आँकडा पार गरिसकेका छन् । उनले औषतमा हरेक ७५ मिनेटमा एक गोल गरेका छन् ।,मेस्सी ला लिगामा यो सिजन सर्वाधिक गोलकर्ताको सूचिमा दोस्रो स्थानका लुइस स्वारेज भन्दा ९ गोलले अघि ... | null |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.