title stringlengths 14 116 | content stringlengths 513 23.1k ⌀ | author stringlengths 4 25 ⌀ |
|---|---|---|
रोनाल्डोलाई पछि पार्दै मोड्रिकले जिते बालोन डी’ओर, मेस्सी पाँचौँ | दशक लामो रोनाल्डो–मेस्सी युग तोड्दै क्रोएसियाका लुका मोड्रिकले बालोन डी’ओर अवार्ड जितेकी छन् ।,विश्व फुटबलको प्रशासकीय निकाय फिफाले प्रदान गर्ने वर्ष खेलाडी अवार्ड जितेर केही महिनाअघि व्यक्तिगत अवार्डमा मेस्सी–रोनाल्डो युग समाप्त गरेका मोड्रिकले बोलन डी’आर पनि जितेर त्यसलाई निरन्तरता दिएका छन् ।,रियल मड्रिड तथा क्रोएसियाका मिडफिल्डर मोड्रिकले सन् २०१८ को बालोन डी’ओर अवार्ड जितेका हुन् । उनी दशक भन्दा लामो समयमा यो अवार्ड जित्ने क्रिष्टियानो रोनाल्डो वा लियोनल मेस्सी बाहेकका पहिलो खेलाडी हुन् । रोनाल्डो र मेस्सीले पाँच–पाँच पटक यो अवार्ड जितेका छन् ।,३३ वर्षका मोड्रिकले गएको मे मा लगातार तेस्रो पटक च्याम्पियन्स लिग अवार्ड जितेका थिए भने गएको जुलाईमा सम्पन्न विश्वकप फुटबलमा उनको देश क्रोएसियालाई पहिलो पटक विश्वकपको फाइनलमा लगेका थिए ।,सन् २००७ मा ब्राजिल तथा एसी मिलानका पूर्व खेलाडी काकाले बालोन डी’ओर अवार्ड जितेयता रोनाल्डो र मेस्सीले नै अवार्ड जित्दै आएका थिए । मोड्रिक काकापछिका पहिलो त्यो खेलाडी बनेका छन्, जो रोनाल्डो वा मेस्सी बाहेक यो अवार्ड जित्न सफल भयो ।,गएको वर्षका विजेता रोनाल्डो जो अहिले इटालियन क्लब युभेन्टसमा छन्, उनी दोस्रो भए । बार्सिलोनाका कप्तान मेस्सी पाँचौँ भए । एथ्लेटिको मड्रिडका एन्टोनी ग्रिजम्यान तेस्रो तथा पिएसजीका केलियन एमबाप्पे चौथो स्थानमा रहे । दुवै फ्रान्सेली खेलाडी हुन् र उनीहरुले गएको जुलाईमा विश्वकपको उपाधि जितेका थिए ।,फ्रेन्च फुटबल म्यागजिनले हरेक वर्ष एकजना उत्कृष्ट खेलाडीलाई यो अवार्ड प्रदान गर्दै आएको थियो । मोड्रिकले अवार्ड पाएपछिको कुराकानीमा १० वर्षसम्मको रोनाल्डो–मेस्सी दबदबामा अवार्ड उचाल्नबाट चुकेका खेलाडीमा आफ्नो अवार्ड समर्पित रहेको बताए । मोड्रिकले रोनाल्डो र मेस्सी सर्वोत्कृष्ट खेलाडी रहेको पनि बताए ।,बालोन डी’ओरमा यो वर्ष लिभरपुल तथा इजिप्टका मोहम्मद सालह छैटौँ, रियल मड्रिड तथा फ्रान्सका राफायल भाराने सातौँ, चेल्सी तथा बेल्जियमका इडन हजार्ड आठौँ, म्यानचेस्टर सिटी तथा बेल्जियमका केविन डी ब्राउन नवौँ र टोटनह्याम तथा इंग्ल्याण्डका ह्यारी केन दशौँ स्थानमा रहे ।,फ्रेन्च फुटबल म्यागजिनले सन् १९५६ देखि प्रदान गर्दै आएको अवार्ड सन् २०१० देखि २०१५ सम्म पिफासँगको सहकार्यमा फिफा बालोन डी’ओर बनेको थियो । त्यसपछि फेरि सहकार्य तोडियो, फिफा र बालोन डी’ओरले छुट्टाछुट्टै अवार्ड दिन थाले ।, , , , , , , | null |
रेलिगेशनमा पर्यो विश्वकप फाइनलिस्ट क्रोएसिया, इंग्ल्याण्ड पुग्यो अन्तिम चारमा | रुसमा भएको विश्वकप फुटबलमा फाइनल खेलेको क्रोएसियामाथि जित निकाल्दै इंग्ल्याण्ड युइएफए नेशन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।,युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएको नयाँ प्रतिस्पर्धा युइएफए नेशन्स लिग अन्तर्गत समूह चरणको अन्तिम खेलमा समूह ए फोरमा रहेको इंग्ल्याण्डले क्रोएसियामाथि २–१ को जित दर्ता गरेको हो ।,इंग्ल्याण्डको जितमा जेसी लिङ्गार्ड र ह्यारी केनले गोल गरे । क्रोएसियाका लागि आन्द्रेज क्र्यामारिकले गोल गरे ।,खेलमा अग्रता क्रोएसियाले लिएको थियो । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा ५७ औँ मिनेटमा क्र्यामारिकको गोलबाट विश्वकपमा फ्रान्ससँग फाइनल खेलेको क्रोएसियाले अग्रता लियो ।,तर ग्यारेथ साउथगेटको टिम इंग्ल्याण्डले शानदार पुनरागमन गर्दै जित निकालेको हो । उसका लागि ७८ औँ मिनेटमा लिङ्गार्ड तथा ८५ औँ मिनेटमा केनले गोल गरे ।,यो जितले इंग्ल्याण्ड पोर्चुगलमा हुने सेमिफाइनलका लागि छनौट भयो भने विश्वकपमा फाइनल खेलेको क्रोएसिया रेलिगेशनमा पर्यो । उसले अब नेशन्स लिग अन्तर्गत दोस्रो डिभिजनमा खेल्नु पर्ने भएको छ ।,इंग्ल्याण्ड चार खेलबाट सात अंकसहित समूहको शीर्ष स्थानमा रह्यो । ६ अंक जोडेको स्पेन दोस्रो स्थानमा रह्यो र रेलिगेशनबाट जोगियो ।, , , , , , , , , , | null |
हार्यो विश्व विजेता फ्रान्स, रेलिगेशनमा पर्यो जर्मनी | विश्व विजेता फ्रान्स रुस विश्वकपका लागि छनौट हुन नसकेको टिम नेदरल्याण्डससँग पराजित भएको छ ।,युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले यो वर्षदेखि सुरु गरेको प्रतियोगिता युइएफए नेशन्स लिग अन्तर्गत समूह ए वान को खेलमा फ्रान्स नेदरल्याण्डससँग २–० ले पराजित गरेको हो ।,घरेलु मैदानमा भएको खेलमा नेदरल्याण्डसलाई जितउान जर्जिनियो वाइनाल्डम र मेम्फिस डिपेयीले गोल गरे । ४४ औँ मिनेटमा वाइनाल्डमले गोल गर्दै पहिलो हाफमा नेदरल्याण्डसलाई १–० को अग्रता दिलाए । खेलको इन्जुरी समयको ६ टौँ मिनेटमा डिपेयीले पेनाल्टी मार्फत गोल गरेपछि नेदरल्याण्डस २–० ले विजयी भयो ।,नेदरल्याण्डससँगको हारसँगै विश्व विजेता फ्रान्सको १५ खेलदेखिको अपराजित यात्रा टुंगिएको छ । समूह ए वानमा रहेको जर्मनी भने प्रतियोगिताबाट रेलिगेशनमा परेको छ । अर्थात उसले युइएफए नेशन्स लिग अन्तगर्तको बी क्याटगोरीमा खेल्नु पर्नेछ अब ।,आउँदो सोमबार नेदरल्याण्डसले जर्मनीसँग खेल्दैछ । यो खेलमा जर्मनीका लागि प्रतिष्ठा तथा नेदरल्याण्डसका लागि समूह विजेता बन्ने मौका हो । फ्रान्स सात अंकसहित शीर्ष स्थानमा छ भने नेदरल्याण्डसको ६ अंक रहेको छ ।,युइएफए नेशन्स लिग अन्तर्गत समूह विजेता बनेका टिम आउँदो वर्ष हुने छनौटमा असफल भएमा सन् २०२० को युरोकप प्लेअफका लागि छनौट हुनेछन् ।,अरु खेलमा अर्मेनियाले जिब्रालटारलाई ६–२, मेसेडोनियाले लिचेस्टाइनलाई २–०, स्लोभाकियाले युक्रेनलाई ४–१ तथा डेनमार्कले वेल्सलाई २–१ ले हरायो । यस्तै साइप्रस र बुल्गेरिया तथा स्लोभेनिया र नर्वेले १–१ को बराबरी खेलेका छन् ।, , , , , , , | null |
निरिह रियल मड्रिडको लज्जास्पद हार, बार्सिलोनाको शानदार जितमा स्वारेजको ह्याट्रिक | क्लब फुटबलमा विश्वको सबैभन्दा भव्य प्रतिस्पर्धा एल क्लासिकोमा बार्सिलोनाले बाजी मारेको छ त्यो पनि शानदार रुपमा ।,स्पेनिस ला लिगा फुटबल अन्तर्गत यो सिजनको पहिलो एल क्लासिकोमा स्टार स्ट्राइकर लियोनल मेस्सी अर्थात नियमित कप्तान बिना घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा बार्सिलोनाले रियल मड्रिडमाथि ५–१ को शानदार र प्रभावशाली जित दर्ता गरेको हो ।,क्याम्प नाउमा रियल मड्रिड निकै निरिह देखियो । एल क्लासिकोमा लिइस स्वारेजले ह्याट्रिक गरे भने फिलिप कोन्टिन्हो र अटुरो भिडालले एक एक गोल गरे । रियल मड्रिडलाई गोल बिहीन हुनबाट मार्सेलोले जोगाए ।,झण्डै ११ वर्षमा अहिलेको समयका दुई सर्वोत्कृष्ट खेलाडी क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सी बिनाको पहिलो एल क्लासिकोमा बाजी बार्सिलोनाले मारेको हो र चोटका कारण मैदान बाहिर रहेका मेस्सीको अनुपस्थिति उसले खड्किन दिएन । तर रियल मड्रिडका लागि भने कम्तिमा यो खेलका लागि रोनाल्डोको स्मरण भयो ।,बार्सिलोनाले ११ औँ मिनेटमा कोन्टिन्होको गोलबाट सुरुवाति अग्रता लियो । ३० औँ मिनेटमा पाएको पेनाल्टीमा स्वारेजले गोल गरेपछि पहिलो हाफमा रियल मड्रिड २–० ले पछि रह्यो ।,५० औँ मिनेटमा मार्सेलोले सुन्दर गोल गर्दै रियल मड्रिडलाई खेलमा फर्किने संकेत देखाए । तर त्यसपछि क्लबले तीन गोल खायो त्यो पनि अन्तिमको १५ मिनेट बाँकी हुँदा ।,स्वारेजले ७५ र ८३ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । ८७ औँ मिनेटमा भिडालले गोल गरेपछि बार्सिलोना ५–१ को शानदार एल क्लासिको जित दर्ता गर्न सफल भयो । मेस्सी बिनाको खेलमा स्वारेजले मास्टर क्लासको खेल प्रदर्शन गरे ।,पछिल्ला केही खेलमा लगातार खराब प्रदर्शन गर्दै आएको रियल मड्रिडका लागि एल क्लासिको लयमा फर्किने माध्यम र अवसरका रुपमा हेरिएको थियो । त्यो भन्दा पनि यो खेल भविष्य संकटमा परेका प्रशिक्षक जुलियन लोपेतेगीका लागि महत्वपूर्ण थियो ।,एल क्लासिकोको लज्जास्पद हारपछि उनको रियल मड्रिडमा भविष्य लगभग सकिएको विश्लेषण गरिएको छ । उनलाई रियलले चाँडै नै बर्खास्त गर्ने सम्भावना छ किनकी यसअघि नै उनी दबाबमा थिए ।,यहि सिजन रियल मड्रिडको जिम्मेवारी सम्हाल्ने निर्णयका लागि हतारो गर्दा विश्वकपको मुखैमा स्पेनबाट बर्खास्त भएका प्रशिक्षक जुलियन लोपेतेगी फेरि बर्खास्त हुने अवस्थामा पुगेका छन् ।,बार्सिलोनाको मैदान क्याम्प नाउमा भएको खेल पछिल्ला केही वर्षयताको जस्तो भने थिएन । किनकी पछिल्लो दशक विश्व फुटबलमा दबदबा कायम गरेका दुई महान खेलाडी यो एल क्लासिकोमा थिएनन् ।,एल क्लासिको जति युरोपका दुई हस्ती क्लबको प्रतिस्पर्धा थियो त्यति नै यो समयका दुई महान खेलाडी क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीबिचको उत्कृष्टता नाप्ने कसीको रुपमा पनि, कम्तिमा पछिल्लो एक दशकमा ।,तर आइतबार राति भएको एल क्लासिको दुई क्लबबिचको प्रतिस्पर्धा मात्रै रह्यो । किनकी रोनाल्डो यहि सिजन रियल मड्रिड छोडेर इटालियन क्लब युभेन्टस गएका छन् र त्यता आफ्नो पुरानो लय सम्मात्दै गरेका छन् ।,यस्तै मेस्सी अहिले चोटका कारण मैदान बाहिर छन् । उनी ला लिगा अन्तरगतकै अघिल्लो हप्ताको खेलमा मैदानमा लड्दा दायाँ पाखुराको हड्डी फ्याक्चर भएको छ र खेल्न नसक्ने अवस्थामा छन् ।,रोनाल्डो भर्सेस मेस्सी ‘राइभरी’ मा हुने मजाका पारखीलाई आइतबार रातिको एल क्लासिको त्यति उत्साहप्रद भने रहेन । झण्डै ११ वर्षमा रोनाल्डो र मेस्सी बिनाको एल क्लासिको गोलका कारण खल्लो हुन्छ कि भनेको बार्सिलोनाले गोलको वर्षा नै गर्यो । तर रियल मड्रिडका लागि रोनाल्डोको सम्झना पक्कै आयो ।,रोनाल्डो र मेस्सीले खेलेका ३० एल क्लासिकोमा भएका समग्र गोलमा झण्डै आधामा दुई खेलाडीको सहभागिता छ । दुवै क्लबले गरेर ३० एल क्लासिकोमा १०१ गोल गरेकोमा मेस्सीले २० गोल गरे भने ११ गोलका लागि सहयोग गरे ।,यसैगरी रोनाल्डोले १८ गोल गरे भने एक गोलक ाल ागि सहयोग गरे । यसको अर्थ उनीहरु ५० गोलमा प्रत्यक्ष सहभागी भए । कुल एल क्लासिकोको कुरा गर्दा मेस्सी ३८ मा खेलेका छन् र २६ गोल तथा १४ गोलका लागि सहयोग गरेका छन् ।,मेस्सी एल क्लासिकोको इतिहासमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन् । रोनाल्डोको भने क्लब छोडेकाले ३० खेल, १८ गोल र एक गोलका लागि सहयोगमै अडिएको छ ।, , , , , , | null |
पुरानै लयमा फर्किँदै रोनाल्डो | स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो पछिल्ला खेलमा आफ्नो पुरानो लयमा फर्किँदै गरेको देखिएको छ ।,च्याम्पियन्स लिग समूह चरणको पछिल्लो खेलमा गोल गर्न नसके पनि गोलका लागि सहयोग गरेका र उत्कृष्ट प्रदर्शन गरेका रोनाल्डोले इटालियन सिरी ए फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा सुरुमा पछि परेको अवस्थाबाट माथि ल्याएर युभेन्टसलाई जित दिलाएका छन् ।,लिग अन्तर्गत अवे मैदानमा भएको खेलमा रोनाल्डोको टिम युभेन्टस पहिलो हाफमा एमपोलीसँग १–० ले पछि परेको थियो । तर दोस्रो हाफमा युभेन्टस खेलमा फर्कियो र २–१ को जित निकाल्यो ।,युभेन्टसको जितमा दुवै गोल रोनाल्डोले गरेका हुन् । ५४ औँ मिनेटमा पाएको पेनाल्टीमा रोनाल्डोले युभेन्टसका लागि बराबरी गोल फर्काए । उनले ७० औँ मिनेटमा सुन्दर गोल गरेपछि युभेन्टसले लिगमा अपराजित यात्रा कायम राख्न सफल भयो ।,सिरी ए मा युभेन्टसले गरेका पछिल्ला १४ गोलमा १० मा रोनाल्डोको संलग्नता छ । उनले सात गोल गरेका छन् भने तीन गोलका लागि सहयोग गरेका छन् ।,यो सिजन अहिलेसम्म एक खेल पनि नजितेको एमपोलीका लागि २८ औँ मिनेटमा फ्रान्सिस्को कापुतोले गोल गरेका थिए । पछि परेको अवस्थाबाट क्लबलाई अघि ल्याएर रोनाल्डोले जित दिलाएका हुन् ।,पाउलो डिबालाको कप्तानीमा खेलेको युभेन्टसका लागि रोनाल्डोले जित दिलाएका हुन् । रोनाल्डोले युभेन्टसबाट १२ खेलमा सात गोल गरेका छन् । उनले सिरी ए का पछिल्ला तीन खेलमा चार गोल गरेका छन् ।,जितपछि शीर्ष स्थानको युभेन्टसको १० खेलबाट २८ अंक भएको छ । पुछारबाट तेस्रो स्थानमा रहेको एमपोलीको ६ अंक रहेको छ ।, , , , , | null |
झण्डै ११ वर्षपछि रोनाल्डो र मेस्सी बिहीन एल क्लासिको | क्लब फुटबलमा विश्वकै भव्य प्रतिस्पर्धा अर्थात एल क्लासिको आइतबार हुँदैछ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत सिजनको पहिलो एल क्लासिकोमा साबिक विजेता बार्सिलोना र युरोपियन अर्थात महादेशीय विजेता रियल मड्रिड आमने सामने हुँदैछ ।,राति बार्सिलोनाको मैदान क्याम्प नाउमा हुने खेल पछिल्ला केही वर्षयताको जस्तो भने हुने छैन । किनकी पछिल्लो दशक विश्व फुटबलमा दबदबा कायम गरेका दुई महान खेलाडी यो एल क्लासिकोमा हुने छैनन् ।,एल क्लासिको जति युरोपका दुई हस्ती क्लबको प्रतिस्पर्धा थियो त्यति नै यो समयका दुई महान खेलाडी क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीबिचको उत्कृष्टता नाप्ने कसीको रुपमा पनि, कम्तिमा पछिल्लो एक दशकमा ।,तर आइतबार राति हुने एल क्लासिको दुई क्लबबिचको प्रतिस्पर्धा मात्रै हुनेछ । किनकी रोनाल्डो यहि सिजन रियल मड्रिड छोडेर इटालियन क्लब युभेन्टस गएका छन् र त्यता आफ्नो पुरानो लय सम्मात्दै गरेका छन् ।,यस्तै मेस्सी अहिले चोटका कारण मैदान बाहिर छन् । उनी ला लिगा अन्तरगतकै अघिल्लो हप्ताको खेलमा मैदानमा लड्दा दायाँ पाखुराको हड्डी फ्याक्चर भएको छ र खेल्न नसक्ने अवस्थामा छन् ।,यसको अर्थ एल क्लासिकाले रोनाल्डो र मेस्सी बिहीन हुँदैछ । रोनाल्डो भर्सेस मेस्सी ‘राइभरी’ मा हुने मजाका पारखीलाई आइतबार रातिको एल क्लासिको त्यति उत्साहप्रद हुनेछैन । तर दुवै क्लबलाई यो सिजन अघिल्ला वर्षको भन्दा खराब अवस्थाबाट माथि जान महत्वपूर्ण हुनेछ ।,त्यसमाथि यहि सिजन रियल मड्रिडको जिम्मेवारी सम्हाल्ने निर्णयका लागि हतारो गर्दा विश्वकपको मुखैमा स्पेनबाट बर्खास्त भएका प्रशिक्षक जुलियन लोपेतेगीका लागि त एल क्लासिको भविष्य निर्धारकको रुपमा हेरिएको छ । रियलले पछिल्ला खेलमा लगातार खराब प्रदर्शन गरेका कारण उनी दबाबमा छन् ।,झण्डै ११ वर्षमा रोनाल्डो र मेस्सी बिनाको एल क्लासिको गोलका कारण खल्लो हुनेछ । रोनाल्डो र मेस्सीले खेलेका ३० एल क्लासिकोमा भएका समग्र गोलमा झण्डै आधामा दुई खेलाडीको सहभागिता छ।,दुवै क्लबले गरेर ३० एल क्लासिकोमा १०१ गोल गरेकोमा मेस्सीले २० गोल गरे भने ११ गोलका लागि सहयोग गरे । यसैगरी रोनाल्डोले १८ गोल गरे भने एक गोलक ाल ागि सहयोग गरे । यसको अर्थ उनीहरु ५० गोलमा प्रत्यक्ष सहभागी भए ।,कुल एल क्लासिकोको कुरा गर्दा मेस्सी ३८ मा खेलेका छन् र २६ गोल तथा १४ गोलका लागि सहयोग गरेका छन् । मेस्सी एल क्लासिकोको इतिहासमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन् ।,रोनाल्डोको भने क्लब छोडेकाले ३० खेल, १८ गोल र एक गोलका लागि सहयोगमै अडिएको छ । | null |
रोनाल्डो आकर्षणको केन्द्रमा, उनको सहयोगमा डिबालाको विजयी गोल | स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले आफ्नो वल्ड ट्राफोर्ड पुनरागमनलाई जितको उत्सवमा बदलेका छन् । च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूहचरणको खेलमा रोनाल्डोको नयाँ क्लब युभेन्टसले उनको पुरानो क्लब म्यानचेस्टर युनाइटेडलाई १–० ले हरायो ।,वल्ड ट्राफोर्डमा मंगलबार राति भएको समूह एच अन्तर्गतको खेलमा युभेन्टसलाई जिताउन पाउलो डिबालाले ७४ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । यो गोलका लागि रोनाल्डोले सहयोग गरेका हुन् ।,रोनाल्डोको क्रस बललाई डिबालाले उत्कृष्ट फिनिसिङ्गसहित गोलमा परिणत गरेका हुन् । यो खेलमा इटालियन च्याम्पियन युभेन्टसले गोल गर्ने अरु धेरै राम्रा मौका बनाएको थियो ।,पहिलो हाफमा उसले खेलमा पूर्ण नियन्त्रण कायम गर्दै म्यानचेस्टर युनाइटेडको पोस्टमा १० पटक प्रहार गर्न सक्यो । युनाइटेडले एक पटक मात्रै पोस्ट प्रहार गर्न सक्यो । बलमा नियन्त्रण युभेन्टसको ७० प्रतिशत भन्दा बढी रह्यो ।,दोस्रो हाफमा युनाइटेडले आफ्नो प्रदर्शनमा सुधार गर्यो । जोसे मोरिन्होको टिमले गोल गर्ने प्रयास पनि गरेको हो । पउल पोग्बाको प्रहार रिबाउण्ड भयो । यो खेलमा युनाइटेडका प्रशिक्षक मोरिन्होका लागि निराशाजनक रह्यो ।,युरोपियन प्रतिस्पर्धामा घरेलु मैदानमा सन् २०१३ यता युनाइटेड पराजित भएको यो दोस्रो पटक हो । अवे फ्यानले त्यसको मजाक बनाएका थिए ।,सन् २०१३ को मार्चमा भएको खेलमा यहि मैदानमा म्यानचेस्टर युनाइटेड रियल मड्रिडसँग पराजित भएको थियो र त्यसका लागि गोल गरेका थिए रोनाल्डोले । अहिले फेरि रोनाल्डोकै सहयोगमा डिबालाले गरेको गोलबाट युभेन्टससँग पराजित भयो ।,अब युभेन्टस र युनाइटेडबिच नोभेम्बर ७ मा युभेन्टसको मैदानमा भेट हुनेछ । लगातार तेस्रो जित निकालेको युभेन्टस ९ अंकसहित समूहको शीर्ष स्थानमा छ । चार अंकसहित युनाइटेड दोस्रो स्थानमा कायम छ । यहि समूहको अर्को खेलमा योङ्ग ब्वाइज र भ्यालेन्सियाले १–१ को बराबरी खेलेका छन् ।,रोनाल्डो यो पटक वल्ड ट्राफोर्ड फर्किँदा उनीमाथि बलात्कार जस्तो गम्भीर आरोप थियो र छ । एक अमेरिकी महिलाले लगाएको त्यो आरोप रोनाल्डोले स्पष्ट रुपमा अस्वीकार गर्दै आएका छन् ।,उनले अस्वीकार गरे पनि कम्तिमा छानबिनको नतिजा नआउँदासम्म त्यो आरोपले उनको पिछा गरिरहेको छ । रोनाल्डोले खेलअघि आफू खुशी व्यक्ति रहेको बताएका थिए ।,उनी खेलको वार्मअपका लागि टनेलबाट मैदान छिर्दै गर्दा उत्साहपूर्ण स्वागत प्राप्त गरे । उनलाई युनाइटेडका फ्यान र युभेन्सटका फ्यान दुवैले उसै गरी स्वागत गरे ।,६ वर्षसम्म (सन् २००३ देखि २००९) युनाइटेडको खेलाडी रहँदा उनले खेलमा महत्वपूर्ण भूमिका खेल्ने गरेका थिए । ३३ वर्षका रोनाल्डोको पहिलो हाफको प्रदर्शन उनको पुरानो लयको सम्झना गराउने खालको थियो उनी युनाइटेडमा रहँदाको समयको जस्तो ।,रोनाल्डोल गोलका लागि राम्रो प्रहार गरेका थिए तर डेविड डि जियाले सुन्दर बचाउ गरे । तर उनले खेलभर गरेको प्रदर्शन उत्कृष्ट रह्यो र गोलका लागि सहयोग पनि । यस्तै मैदानमा खेल भइरहेका बेला रोनाल्डालाई भेट्न केही समर्थक गए । ती मध्ये एकसँग उनले सेल्फी पनि लिए ।, , , , , , , , , , , | null |
मेस्सी बिनाको बार्सिलोनाको महत्वपूर्ण जित | स्पेनिस च्याम्पियन बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलको यो सिजनमा विजयी यात्रा कायम राखेको छ । च्याम्पियन्स लिगको समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोनाले इटालियन क्लब इन्नटर मिलानमाथि २–० को जित निकालेको हो ।,घरेलु मैदानमा भएको खेलमा समूह बी मा रहेको बार्सिलोनालाई जिताउन राफिन्हा र जोर्डी अल्बाले गोल गरे । चोटका कारण स्टार मैदान बाहिर रहेका स्टार खेलाडी लियोनल मेस्सी बिना खेलेको बार्सिलोनाका लागि ३२ औँ मिनेटमा राफिन्हाले गोल गर्दै पहिलो हाफका १–० को अग्रता दिलाए ।,८३ औँ मिनेटमा अल्बाले गोल गरेपछि बार्सिलोनाले २–० को जित निश्चित गरेको हो । ला लिगामा आउँदो आइतबार एल क्लासिको हुँदैछ, त्यसअघिको खेलमा बार्सिलोनाले उत्कृष्ट प्रदर्शन गर्दै इन्टर मिलानलाई हराएको हो ।,मेस्सी छोरासँगै बेन्चमा बसेर हेरेको खेलमा बार्सिलोनाले गोल गर्ने अरु पनि राम्रा मौका बनाएको थियो । तर इन्टर मिलानका गोलरक्षक सामिर हान्डानोविकले नौवटा प्रहारको सुन्दर बचाउ गरेका हुन् ।,सामिरले लुइस स्वारेज र क्लेमेन्ट लेनग्लेटको प्रहारको सुन्दर बचाउ गरे । यस्तै फिलिप कोन्टिन्होको प्रहार क्रसबारमा लागेर फर्कियो । इभान रेकिटिकको प्रहार पनि उनले बचाए ।,लगातार तेस्रो जित निकालेको बार्सिलोना ९ अंकसहित समूहको शीर्ष स्थानमा छ । समूह बी अन्तर्गत राति नै भएको खेलमा इंग्लिस क्लब टोटनह्याम पिएसभी एन्थोवेनसँग २–२ को बराबरीमा रोकियो ।, , , , , , , , , | null |
मेस्सी छोरासँगै बेन्चमा | चोटग्रस्त लियोनल मेस्सी च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति घरेलु मैदानमा भएको इन्टर मिलानसँगको खेलमा बार्सिलोनाको टिममा थिएनन् ।,गएको शनिबार ला लिगा अन्तर्गतको खेलमा मैदानमा चोटग्रस्त भएका मेस्सीको दायाँ हातको पाखुराको हड्डी फ्याक्चर भएको छ ।,
मेस्सी बिनाको खेलमा बार्सिलोनाले इन्टर मिलानलाई हरायो ।,मेस्सी मैदानमा खेल्न नसके पनि खेल हेर्नका लागि नाउ क्याम्प भने पुगे । उनी आफ्ना छोरा थिएगोसँगै खेल हेर्नका लागि रंगशाला पुगेका हुन् ।,मेस्सीले जेठो छोरा थिएगोसँगै बसेर आफ्ना साथी खेलाडीको गोल हेरे । उनका छोराले पनि बुवासँगको खेल हेराईको मजा लिए । मेस्सी तीन हप्ता मैदानमा हुने छैनन् ।,मेस्सी तीन हप्ता मैदान बाहिर रहँदा ६ खेल गुमाउने सम्भावना छ । मेस्सी एल क्लासिको अर्थात रियल मड्रिडसँगको खेलसँगै ६ खेलमा मैदान बाहिर हुने भएका हुन् ।,यसै अन्तर्गत च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति इन्टर मिलानसँगको खेल गुमाएका हुन् । यस्तै २८ अक्टोबरमा हुने रियल मड्रिडसँगको खेल, ३१ अक्टोबरमा कल्चरल लिओनेसा, ३ नोभेम्बरमा रायो भालेकानो, ६ नोभेम्बरमा इन्टर मिलान तथा ११ नोभेम्बरमा रियल बेटिससँगको खेल मेस्सीले गुमाउने सम्भावना छ ।,यसमा ला लिगाका तीन, च्याम्पिइन्स लिगका दुई तथा कोपा डेल रेको एक खेल रहेका छन् । मेस्सी नोभेम्बर २४ मा एथ्लेटिको मड्रिडसँगको खेलबाट मैदान फर्किने सम्भावना छ । | null |
मेस्सी असह्य पीडासहित बाहिरिए, बार्सिलोना गम्भीर चिन्तामा | स्पेनिस क्लब बार्सिलोनाका गम्भीर चिन्तामा परेको छ । उसका कप्तान तथा उच्च लयमा रहेका स्टार खेलाडी लियोनल मेस्सी चोटग्रस्त भएका छन् ।,ला लिगा फुटबल अन्तर्गत शनिबार राति घरेलु मैदानमा सेभिल्लासँगको खेलको क्रममा कप्तान मेस्सी चोटग्रस्त भएका हुन् । यो खेलमा बार्सिलोनाले सेभिल्लालाई ४–२ ले हरायो र अंक तालिकाको शीर्ष स्थानमा फर्कियो ।,तर बार्सिलोनाको यो जित र शीर्ष स्थानमा गरेको पुनरागमनलाई मेस्सीको चोटले छायामा पारेको छ । अर्जेन्टाइनी मेस्सी सेभिल्लाबाट खेल्ने अर्का अर्जेन्टाइनी खेलाडी फ्रान्को भाज्क्वेजसँग ठोक्किएपछि मैदानमा लडेका हुन् ।,मैदानमा लड्ने क्रममा उनको दायाँ हातमा गम्भीर चोट लागेको हो । मेस्सी असह्य पीडाका साथ मैदानबाट बाहिरिएका हुन् खेलको २६ औँ मिनेटमा ।,उनले १२ औँ मिनेटमा टिमका लागि गोल गरेका थिए । त्यसअघि दोस्रो मिनेटमा फिलिप कोन्टिन्होले गरेको गोलका लागि सहयोग पनि गरे । बार्सिलोनाका लागि दोस्रो हाफमा लुइस स्वारेज र इभान रेकिटिकले गोल गरेका थिए ।,बार्सिलोनाले खेलपछि ३१ वर्षका मेस्सीको दायाँ हातको पाखुराको हट्टी फ्याक्चर भएको पुष्टि गरेको छ । अब मेस्सी तीन हप्ता मैदानमा हुने छैनन् । दायाँ पाखुराको र्याडिकल बोनमा फ्याक्चर भएको देखिएको हो ।,मेस्सी तीन हप्ता मैदान बाहिर रहँदा ६ खेल गुमाउने सम्भावना छ । मेस्सी एल क्लासिको अर्थात रियल मड्रिडसँगको खेलसँगै ६ खेलमा मैदान बाहिर हुने भएका हुन् ।,उनले अक्टोबर २४ मा हुने च्याम्पियन्स लिग अन्तर्गत इन्टर मिलानसँगको खेल गुमाउने छन् । यस्तै २८ अक्टोबरमा हुने रियल मड्रिडसँगको खेल, ३१ अक्टोबरमा कल्चरल लिओनेसा, ३ नोभेम्बरमा रायो भालेकानो, ६ नोभेम्बरमा इन्टर मिलान तथा ११ नोभेम्बरमा रियल बेटिससँगको खेल मेस्सीले गुमाउने सम्भावना छ ।,यसमा ला लिगाका तीन, च्याम्पिइन्स लिगका दुई तथा कोपा डेल रेको एक खेल रहेका छन् । मेस्सी नोभेम्बर २४ मा एथ्लेटिको मड्रिडसँगको खेलबाट मैदान फर्किने सम्भावना छ । | null |
कञ्चनपुरमा हावाहुरीबाट ५ सय ७१ घरमा क्षति, विचल्लीमा स्थानीय | कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सङ्कलन गरेको प्रारम्भिक तथ्याङ्क अनुसार हावाहुरीले जिल्लाको ५ सय ७१ घरमा क्षति पुर्याएको छ।,सबैभन्दा बढी भीमदत्त नगरपालिका, वेदकोट नगरपालिका, कृष्णपुर नगरपालिका र शुक्लाफाँटा नगरपालिकामा क्षति पुर्याएको छ।,प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले पूरै विवरण प्राप्त हुन नसकेको बताए। ‘अहिले प्रारम्भिक विवरण मात्र सङ्कलन भएको छ’, उनले भने। उनका अनुसार हावाहुरीबाट १२ विद्यालय क्षति पुगेको छ।,यस्तै १० पशुचौपाया तथा एक हजार ५० भन्दा बढी कुखुरा मरेका छन्। कृष्णपुर नगरपालिका–२ को कार्यालय भवनमा क्षति पुगेको छ। वाणीस्थित मुक्त कमैया बस्ती र वनहरास्थित भूमिहीनको घरमा क्षति पुगेको छ।,हावाहुरीका कारण विचल्लीमा परेका परिवार आफन्त र खुला आकाशमुनि बस्न बाध्य छन्। जिल्लामा हालसम्म विद्युत् सेवा ठप्प छ।,हावाहुरीका कारण ११ करोड रुपैयाँ भन्दा बढीको केरा खेती नष्ट भएको छ। सबैभन्दा बढी कञ्चनपुरको कृष्णपुर नगरपालिकाको गुलरीयामा केरा खेती नष्ट भएको छ।,कृषि ज्ञान केन्द्रका अनुसार भीमदत्त नगरपालिकाको तिलकेनी, वेदकोटको बैतडा र कुष्णपुरको गुलरीयामा केरा खेती नष्ट भएको छ। | रासस |
रोग निको पार्न फिटनेस सेन्टर पुगेका पाइला विश्व च्याम्पियनसिपसम्म पुगे | जीवन अनिश्चित छ। कतिबेला के हुन्छ थाहा छैन हैन त ? देशसञ्चारको यो प्रश्नसँग ननिताले तत्कालै सहमति जनाइन्। बालापनमा उनी गीत गाउँथिन्, नाच्थिन् अनि खेल्थिन् पनि।,उनको गीतबाट गुरुले उनी राम्रो गायीका बन्ने भविष्यवाणी गर्थे। नृत्यमा पनि उनको कला देखिन्थ्यो। ‘तिमीमा राम्रो नित्यंगना बन्ने क्षमता छ’, गुरुको हौसला ननितालाई ताजै लाग्छ। तर खेलको जितमा उनलाई बढी गर्व लाग्थ्यो। सोच्थिन,’ मसँग केही त छ ।,‘मलाई हरेक कुराको अनुभव लिन मन लाग्थ्यो । सबै काम गर्न सक्छु भन्ने लाग्थ्यो। मेरो प्रतिभा र प्रस्तुतीले तारिफ पाउँथ्यो। त्यसबाट म झन हौसिन्थे’, कीर्तिपुरे ननिता महर्जन भन्छिन्।,सामान्य परिवारकी उनी तीन सन्तानमध्येकी एक्ली छोरी थिइन्। बुबाको कीर्तिपुरमै सिलाई पसल थियो। प्लस टु पढ्दै गर्दा, २३ वर्षको उमेरमा उनको प्रेम विवाह भयो। श्रीमान संघर्षरत थिए। ससुरा थिएनन् ।,श्रीमान् जेठो छोरा भएकाले पारिवारिक जिम्मेवारी ननिताको काँधमा पनि थपियो। ‘मैले सबै कुरा बिर्सिएर श्रीमानलाई सघाउन थालेँ, परिवार बनाउन लागेँ’,ननिता भन्छिन्। संघर्षबीच परिवारमा खुसी थपिँदै थियो।,सन्तानका रुपमा छोरा जन्मिए। जीवन चल्दै थियो आफ्नै लयमा। हरेक सामान्य मान्छेको जस्तो उनको संघर्ष अरुकमा लागि अर्थ राख्दैन थियो।,अचानक उनले शारीरिक समस्या झेल्न थालिन्। माइग्रेन, घुँडा दुख्ने, ढाड दुख्ने समस्या एकसाथ देखिए। उपचारका लागि अनगिन्ती अस्पताल धाइन् । बिसको उन्नाइस भएन। एक दिन श्रीमानले जिम जाँदा निको हुन सक्छ की भन्दै उनलाई त्यहाँ जान प्रेरित गरे।,ननिता हरेक दिन फिटनेश सेन्टरमा जान थालिन्। विस्तारै स्वास्थ्यमा सुधार आएको अनुभव गरिन। घरको सबै काम भ्याएर उनी नियमित फिटनेश सेन्टर धाउन थालिन थालिन्। त्यहाँ अन्य महिला पनि सहभागि थिए तर नियमित हुन सकेका थिएनन् उनीहरु।,फिटनेश सेन्टरमा आबद्ध दिनेश राजभन्डारीले ननितालाई एक दिन भने’, ‘तिम्रो ज्यान राम्रो छ, काठमाडौँमा महिला फिटनेश च्याम्पियनसिप हुँदैछ तिमी पनि किन सहभागि नहुने ?’,राम्रो ज्यान बनाउने शोख त ननितालाई सानैदेखि नै थियो तर प्रतियोगितामै गएर खेल्ने अाँट भने थिएन। त्यो पनि ‘टू पिस’ लगाउनु पर्ने। फसादमा परिन्। तर ५ र ६ वर्षको छोरा,श्रीमान अनि बाँकी परिवारका सबैलाई सम्झिइन् विश्वासका साथ । त्यसअघि महिला फिटनेश च्याम्पियनसिप नेपालमा भएको थिएन।,फिटनेश सेन्टरमा गएर महिलाले ज्यान बनाउने चलन थिएन उनको समुदायमा। त्यसमाथि पनि ननिता विवाहित थिइन् र पारिवारिक जिम्मेवारीले बाँधेको थियो। तर श्रीमानले ननितालाई साथ दिए। त्यसपछि सुरु भयो उनको बडी बिल्डिङ र प्रतिस्पर्धाको यात्रा।,पछिल्ला चार वर्षको नयाँ चरणको संघर्षले उनलाई एउटा उचाईमा पुर्याएको छ। विगत सम्झिदा उनी आफै अचम्मित हुन्छिन्। कहिलेकाँही सपना जस्तै लाग्छ यी सबै काम र निर्णयहरु। कसरी यो सम्भव भयो ? उनले विश्व च्याम्पियनसिपमा एकपटक रजत र एकपटक कास्य पदक हात पारिसकेकी छन्।,नेपाललाई चिनाउने र सफलता हात पारिरहने भोक उनीभित्र तिव्र बन्दै छ । ‘मेरो खेल जविनलाई सहज बनाउने काम गर्नु भयो मेरै श्रीमान र सासुले। म आफै पनि कुनै काम सुरु गरेपछि शतप्रतिशत मेहेनेत गरेर सफलता हाँसिल गर्नु पर्छ भन्ने मान्यता राख्ने मानिस हुँ ’, ३३ वर्षीय ननिता भन्छिन्। ननिता खेलाडीका लागि मात्र नभएर आम मानिसका लागि समेत आदर्श र प्रेरणा बनेकी छन् अहिले।,‘सबैभन्दा पहिले स्वस्थ र फिट रहनुपर्छ महिला पुरुष दुवै । त्यसले काममा फोकस गराउँछ । तर हाम्रो समाजमा अघि निकै चुनौति पार गर्नु पर्छ। परिवारको पूर्ण साथ पाएमात्रै हामीलाई अघि बढ्न सहयोग मिल्छ’, उनले भनिन । परिवारको साथले नै चार वर्षअघि काठमाडौँ च्याम्पियनसिप ननिताको जिवनमा कोसेढुंगा बन्यो।,प्रतियोगितामा पहिलो स्थान हात पारेपछि चुलिएको चर्चाले नै ननितालाई प्रेरित ग¥यो। सबैले उनलाई यहि खेलमा भविस्य बनाउन सुझाव दिए। सन् २०१६ को डीसेम्बरमा थाइल्यान्डमा आयोजित विश्व च्याम्पियनसिपमा भाग लिन जाँदा उनीसँग जितको थोरै अपेक्षा थियो।,बुझ्न बाँकी धेरै थियो। ‘मैले कुन इभेन्टमा प्रतिस्पर्धा गर्ने भन्ने समेत त्यहीँ गएर थाहा भयो। मोडल फिजिकमा तयारी गरेकोँ थिएँ तर त्यहाँ पुगेपछि मात्र मेरो शारिरिक बनावट एथलेटिक फिजिकका लागि बढी उपयुक्त रहेको भन्दै आफुले तयारी गरेको स्पर्धामा भिड्न नपाइने स्थिति आयो । तर पनि ननिताले हिम्मत हारिनन्।,सामान्य टिप्सकै भरमा उनी प्रतिस्पर्धामा उत्रिइन्। तेस्रो स्थान हात पारिन्। उनलाई सामान्य लाग्यो। भन्छिन,’तर नेपाल आईसकेपछि थाहा भयो,मैले हात पारेको सफलता त ठुलो रहेछ।’,गत वर्ष पनि विश्व च्याम्पियनसिप खेल्न पुगिन् । रजत पदक जितिन्। ननिताको चर्चा थप चुलियो तर आफु सामान्य लाग्छ उनलाई। अब उनले डिसेम्बरमा फेरी विश्व च्याम्पियनसिपमा भाग लिदै छन्। यसपटक उनको ‘स्वर्ण जित्ने’ उनको एउटै चाहना छ उनको।,पछिल्लो समय नेपाली बडी बिल्डिङको क्षेत्रमा धेरै महिला खेलाडीको संख्या बढ्दैछ। तर त्यसमा उनीहरुलाई समस्या छ। पारिवारिक देखि सामाजिक बाध्यताले उनीहरुलाई थिच्दा त्यसलाई निरन्तरता दिन कठिन हुन्छ ।,तर ननिता भन्छिन्’, हिम्मतले मलाई निरन्तरताको पक्षमा उभ्याई राख्छ। सफलता त त्यसको स्वभाविक ‘बाइप्रोडक्ट’ हो।’ | लोकेन्द्र प्रसाई |
रोनाल्डोको नाममा अर्को कीर्तिमान, उनकै गोलले हारबाट जोगियो युभेन्टस | स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोको गोलमा इटालियन क्लब युभेन्टस सिरी ए फुटबलमा यो सिजनको पहिलो हारबाट जोगिएको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा युभेन्टस जेनोआसँग १–१ को बराबरीमा रोकिएको हो ।,घरेलु मैदानमा भएको खेलमा १८ औँ मिनेटमा रोनाल्डोको गोलबाट युभेन्टसले पहिलो हाफमा १–० को अग्रता लियो । ६७ औँ मिनेटमा जेनोआका लागि ड्यानिएल बेसाले बराबरी गोल गरे ।,यो सिजन लिगमा यसअघिका ८ खेलमा जित निकालेको युभेन्टस नवौँ खेलमा आएर बराबरीमा रोकियो । उसको ९ खेलबाट २५ अंक भएको छ । राति नै भएको खेलमा युडिनेसलाई ३–० ले हराएको दोस्रो स्थानको नापोलीको २१ अंक छ । अर्को खेलमा रोमा एसपिएएलसँग २–० ले हरायो ।,जेनोआसँगको खेलमा रोनाल्डोले गरेको गोल रियल मड्रिडबाट युभेन्टस आएपछि सिरी ए मा गरेको पाँचौँ गोल हो । तर यो गोल उनका लागि कीर्तिमानी गोल बन्यो । उनी युरोपको शीर्ष पाँच लिगमा ४०० गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।,रोनाल्डोले सिरी ए मा पाँच, म्यानचेस्टर युनाइटेडबाट इंग्लिस प्रिमियर लिगमा ८४ तथा रियल मड्रिडबाट ला लिगामा ३११ गरी लिग खेलमा ४०० गोल गरेका छन् । युरोपका शीर्ष पाँच लिगमा खेल्ने खेलाडी मध्ये यो आँकडामा पुग्ने उनी पहिलो खेलाडी हुन् ।,रोनाल्डो युरोपका लिगमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीको सूचिमा शीर्ष स्थानमा छन् र दोस्रो स्थानका लियोनल मेस्सी भन्दा १० गोलले अघि छन् । मेस्सीले बार्सिलोनाबाट ला लिगामा ३९० गोल गरेका छन् ।,पछिल्लो समय एक अमेरिकी महिलाले बलात्कारको आरोप लगाएपछि समस्यामा रहेका रोनाल्डोले त्यसको प्रभाव खेलमा पर्न दिएका छैनन् ।,आफू महिलाको सम्मान गर्ने र लागेको आरोप स्पष्ट रुपमा अस्वीकार गर्दै आएका रोनाल्डोले अनुसन्धानको नतिजा पर्खिरहेको बताउँदै आएका छन् ।, , , | null |
रोनाल्डो र मेस्सीले अस्वीकार गरेको निम्तो | विश्व फुटबलको व्यक्तिगत तर्फको सबैभन्दा माथिल्लो अवार्डमा विगत एक दशकदेखिको दुई खेलाडीको हालिमुहालीको क्रम भंग भएको छ । क्रोएसियाका लुका मोड्रिकले यो वर्षको बालोन डी’ओर अवार्ड जितेका छन् ।,फ्रेन्च फुटबल म्यागजिनले प्रदान गर्दै आएको अवार्डको घोषणा सोमबार राति फ्रान्सको राजधानी पेरिसमा भएको औपचारिक समारोहका बिच अवार्ड प्रदान गरिएको हो ।,रियल मड्रिड तथा क्रोएसियाका मिडफिल्डर लुका मोड्रिकले सन् २००८ देखि अवार्डमा रहँदै आएको क्रिष्टियानो रोनाल्डो तथा लियोनल मेस्सीको दबदबा भंग गरे ।,यसअघि उनले विश्व फुटबलको प्रशासकीय निकाय फिफाले हरेक वर्ष प्रदान गर्ने उत्कृष्ट वर्ष फुटबलरको अवार्ड पनि लुकाले नै पाएका थिए । सन् २००७ पछि विश्वले रोनाल्डो वा मेस्सी बाहेको उत्कृष्ट फुटबलर अवार्ड पाउने खेलाडीको रुपमा लुकालाई पाएको छ ।,सन् २००७ मा काकाले बालोन डी’ओर अवार्ड जितेयता रोनाल्डो र मेस्सीले अवार्ड जित्दै आएका थिए । पछिल्ला दुई वर्ष रोनाल्डो वर्षका उत्कृष्ट फुटबलर थिए ।,फिफा वर्ष खेलाडी र बालोन डी’ओर दुवैमा लुकाले रोनाल्डोलाई पछि पारे । मेस्सी फिफा वर्ष खेलाडीमा अन्तिम तीनमा परेका थिएनन् भने बालोन डी’ओरमा पाँचौँ स्थानमा रहे ।,पछिल्लो १० वर्षदेखि विश्वको उत्कृष्ट फुटबलरका अवार्ड आलोपालो जस्तै गरी उचाल्दै आएका रोनाल्डो र मेस्सीले भने विश्वले पाएको नयाँ अवार्ड विजेतालाई सजिलै स्वीकार नगरेको देखियो ।,गएको असोजमा भएको फिफा वर्ष खेलाडी अवार्ड समारोहमा जस्तै सोमबार राति भएको बालोन डी’ओर अवार्ड समारोहमा रोनाल्डो र मेस्सी दुवै उपस्थित भएनन् ।,अरु खेलाडी उपस्थित भएकोमा रोनाल्डो र मेस्सीले यसपटकको अवार्ड समारोहमा सौहार्दता देखाएनन् । उनीहरुले समारोहलाई बेवास्ता गरे ।,आफ्नो जित्ने सम्भावना हुँदा दुवै खेलाडी ठाँडिएर आउने गरेका थिए, तर यो पटक न रोनाल्डो पुगे न मेस्सी देखिए । यसले रोनाल्डो र मेस्सी नयाँ प्रतिभाव वा विजेताप्रति सौहार्द नभएको वा बेवास्ता गरेको देखियो ।,मेस्सीले आफ्नो परिवारसँग समय बिताए भने रोनाल्डो पनि समारोहमा आएनन् । मेस्सी र रोनाल्डो दुवैले समारोहको निम्तो स्वीकार गरेनन् । उनीहरुले आफ्नो युग समाप्त भएको र नयाँ युग आएको हेर्न चाहेनन् वा सकेनन् ।, | null |
कान्छीमायाको ‘जेठो’ यात्रा | अन्तर्राष्ट्रिय पदक जित्नु अथवा राष्ट्रिय कीर्तिमान बनाउनु सानो कुरा थिएन र होइन। यसले दिने खुशीको आकार देश र समग्र नागरिकका लागि भव्य बन्छ। यसरी देशकै शिर उचो बनाउन पाउने खेलाडीका लागि खुशीको परिधि सायदै नाप्न सकिएला। तर त्यो खुशी र जीवन–जीविकाबीचको संघर्षमा जित्न नहुने पक्षले जित्छ। कम्तिमा नेपाली खेलाडीहरुका हकमा पदक र खेल कौशल भन्दा जीविका धान्नु ठूलो मेहतन र संघर्षको कथा बनेको छ।,यसको पछिल्लो उदहारण एक वर्षअघि केशरी चौधरी बनिन्। नेपाली एथ्लेटिक्सकी एक ज्वाजल्यमान खेलाडी केशरी चौधरी वैदेशिक रोजगारीका लागि दुबई लागिन्। तीन स्पर्धामा राष्ट्रिय कीर्तिमानधारी केशरीको यो यात्रा, एउटा सामान्य नेपालीको जस्तै रह्यो। गुमनाम बन्यो। उनका कीर्तिमानहरुले दिएको भव्यता जस्तो थियो बाध्यताले गरेको परदेश यात्रा त्यसको उल्टो बन्यो। खेलकुदका सरोकारवालाले नदेखेजस्तै गरे, नसुनेजस्तै गरे। त्यसयता थुप्रै नेपाली खेलाडी विदेश लागे, धेरै खाडीतिर, केही अन्य देशतर्फ। राज्य मौन रह्यो र मौन छ। न चासो छ न चासो गरेको जस्तो नै देखिएको छ राष्ट्रले। विदेश पलायन त्यसमा पनि ‘खाडीमा रोजगारी’ लाई बाध्यता भनिरहेका यी खेलाडीको एउटै मत छ–नेपालमा बसिरहने, खेलिरहने वातावरण भएन।,खेलाडीको देशप्रतिको यो बुझाइबाट राष्ट्र तर्सिनु पर्ने हो, पहुँचमा भएकाहरु हल्लिनु पर्ने हो।,धेरै खेलाडीको एउटै गुनासो छ, ‘हाम्रो भविष्यको जिम्मा कसले लिने ?’ थप्छन्, ‘देश विदेशमा नाम दिलाएको कर्म छाड्ने रहर कसलाई पो हुन्छ र!’,केही खेलाडी नाम र दामको घनचक्करमा पिसिरहेको देखिन्छन्। र पनि उनीहरु दुनियालाई देखाउँछन्– विदेश पलायत कत्ति पनि र कुनै पनि हालतमा रहर हैन। पटक्कै हुँदै होइन।,त्यतिबेला नेपाली एथ्लेटिक्स निकै विवादमा थियो। श्रीलंकामा आयोजित १० औँ दक्षिण एसियाली खेलकुदमा दुईवटा स्वर्ण जितेका धावक राजेन्द्र भन्डारी डोपिङ्ग परीक्षणमा असफल भएपछि दुवै पदक गुमाउन बाध्य भए। त्यही खेलकुदमा नेपाली एथ्लेटिक्सले हात पारेको ऐतिहासिक सफलताले पाउनुपर्ने जति चर्चा कमाउन सकेन।,१२ वर्षअघि आयोजित उक्त दक्षिण एसियाली खेलकुदमा धावक कान्छीमाया कोजुले प्राप्त गरेको सफलता वर्षौँसम्म नेपाली एथ्लेटिक्समा चर्चा हुनेछ। १० हजार मिटरमा राष्ट्रिय कीर्तिमानसहित रजत पदक जितेकी कान्छी आधिकारिक अन्तर्राष्ट्रिय खेलकुदमा सबैभन्दा ठूलो पदक जित्ने नेपाली एथ्लेटिक्सकी पहिलो महिला खेलाडी बनेकी थिइन्। आधिकारिक अन्तर्राष्ट्रिय एथलेटिक्समा त्यसअघि कुनैपनि नेपाली महिला खेलाडीले कास्यभन्दा माथिको पदक जित्न सकेका थिएनन्। अझैसम्म उनको नाममा यो कीर्तिमान छ। १० वर्ष लामो अन्तर्राष्ट्रिय खेल जीवनमा कान्छीमाया कोजुका लागि सबैभन्दा सुखद् र अविश्मरणीय क्षण यही नै थियो। र छ पनि।,त्यसको ठीक एक वर्षपछि जापानमा एथ्लेटिक्स विश्व च्याम्पियनसिप हुँदै थियो। कान्छीले यो प्रतियोगितामा अवसर नपाउने कुनै कारण थिएन। त्यसअघि दोहामा आयोजित एसियाली खेलकुदमा उनी सहभागी भइन्। प्रतियोगितामा उनको खुट्टामा चोट लाग्यो। राम्रोसँग निको नहुँदै उनी विश्व च्याम्पियनसिप खेल्न लागिन्। राम्रोसँग प्रशिक्षण गर्न सकिरहेकी थिइनन्। उनलाई दौड नै पूरा गर्न सकिँदैन कि भन्ने डर लाग्यो। उनलाई चिन्ता थियो, ‘खेल्न सकिन भने अब के गर्ने?’ एक मनले भन्यो, ‘जापान आइपुगेकी छस् अब यतै बस्, यतै भविष्य बना। खेल्न सकिनस् भने तँलाई कसले हेर्छ?’,धेरै राम्रा खेलाडीहरू सक्रिय खेल जीवनको अन्त्यतिर विदेशतर्फ लागेको र कतिपय खेलाडीहरु खेल्न जाँदा दक्षिण कोरिया, जापान, अमेरिकाजस्ता देशमा बसेको उनले सुनेकी र देखेकी थिइन्।,‘कुनै सम्भावना नदेखेपछि मान्छेले यस्ता निर्णय लिने रहेछ। मैले पनि लिएँ। तर वर्षौँसम्म दुःख गरेर कमाएको प्रतिष्ठामा लागेको दागले हरेक पल चिमोठ्ने रहेछ’, ३७ वर्षीया कान्छी भन्छिन्। उनी पक्राउ पर्ने डरले केही महिना घरबाट बाहिर निस्कन सकिनन्।,जब बाहिर निस्कन थालिन्, प्रहरी उनको वरिपरि पुगिसकेको थियो। कान्छी भागेपछि आलोचित बनेको नेपाल एथलेटिक्स संघ पनि उनलाई जसरी पनि नेपाल फर्काउन लागिपरेको थियो। अन्ततः सन् २००८ को एक दिन जापानी सुरक्षा अधिकारीले कान्छीलाई पक्राउ गरे। ६ महिना जापान बस्न नपाउँदै कान्छी फेरि नेपाल फर्किन् (फर्काइन्)। कान्छीको जीवनमा यो नसोचिएको घटना थियो। जिन्दगीको कुहिरोबाट बाहिर निस्कन सजिलो थिएन। के गर्ने, कसो गर्ने? मान्छेले बाटामा भेट्दा के भन्लान्? सारा प्रश्नहरु उनीसँग अनुत्तरित थिए। तर, जवाफ खोज्नेतर्फ उनी लागिनन्। आखिर उनले जानेको खेल्न नै थियो। पढाइ पनि एसएलसीसम्म पनि पुगेको थिएन। कान्छी क्षमतावान खेलाडी हुन्, भन्नेमा दुई मत थिएन।,‘मान्छेले गल्ती गर्छ तर गल्तीलाई रियलाइज गरेर अगाडि बढ्यो भने सफलता हात पर्छ। आखिर मसँग त उमेर पनि थियो अनि मिहनेत गर्ने जाँगर पनि। पहिलाको कुरा सम्झनु ठूलो घात हुनेमा म सचेत थिएँ। त्यतिबेलै तिमी स्किल भएको खेलाडी हौ, अझै पनि राम्रो खेलेर आफूप्रतिको धारणा परिवर्तन गर्न सक्छौ भनेर प्रेरणा दिने जमात पनि ठूलो थियो। मैले निर्णय लिएँ–अब जे गर्छु खेलकुदबाटै गर्छुु’, कान्छी सम्झिन्छिन्।,उनको आलोचना गर्ने र कारवाही गर्नुपर्छ भनेर अग्रसर हुने जमात पनि ठूलै थियो। दुई वर्ष खेल्न प्रतिबन्ध लगाउने तयारी भइरहँदा कान्छी हरेकपल वेचैन हुन्थिन्। अन्ततः ५० हजार रुपैयाँ जरिवाना तिराएर उनलाई खेल्न दिने सहमति जुट्यो।,‘खेलाडी आफै मोटिभेट भएर मात्र पुग्दैन। उसलाई कसरी टिकाउने भन्ने पनि महत्वपूर्ण हुन्छ। कान्छी भाग्नुमा उसको मात्र दोष थियो भन्ने लाग्दैन। यसमा राज्यको पनि दोष देख्छु।’ एथ्लेटिक्सका पूर्व प्रमुख प्रशिक्षक सुशीलनरसिंह राणा भन्छन्, ‘कान्छी विचलित भएकी थिइन् होला। तर नेपाल फर्किएपछि निकै पछुतो मान्थिन्। हुँदोखाँदाको खेलाडीलाई मर्न त दिनु भएन नि। उसलाई खेलमा फर्काउनु पर्छ भनेर हामीले नै पहल गरेका हौँ।’,जापानबाट फर्किएको केही दिनदेखि नै कान्छीले नियमित अभ्यास सुरु गरिसकेकी थिइन्। प्रायः अभ्यासमा एक्लै हुन्थिन्। केही महिनामै आयोजना भएको काठमाडौँ म्याराथनमा कान्छी पहिलो भएपछि आलोचकको मुख बन्द भयो। कान्छीको लगाव, मिहेनत र विजेता बन्ने भोकबाट नेपाली एथ्लेटिक्सले उनको आवश्यकता महसुस गर्यो। जापानमा भागेपछि गुमेको नेपाल पुलिसको जागिर पुन प्राप्त त भएन तर एपिएफ क्लबले करारमा आबद्ध भएर खेलिदिन प्रस्ताव गर्यो।,यसबीचमा कान्छीले कति पदक जितिन्, उनलाई त्यसको हेक्का छैन। भक्तपुरको व्यासीस्थित घरको एउटा कोठाका भित्ता पदक र ट्रफीले भरिएका छन्। कान्छीले अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्न थालेको २२ वर्ष भइसकेको छ। उनको नाममा चारवटा इभेन्टमा राष्ट्रिय कीर्तिमान छन्।,भक्तपुरको रैथाने किसान परिवारमा छैटौँ सन्तानका रुपमा जन्मिन् कान्छी। पाँच छोरी जन्मिसक्दा पनि परिवारले छोराको आश मारेको थिएन। कान्छी जन्मेपछि पनि तीन सन्तान थपिए, दुई छोरा र एक छोरी। परिवारमा अरुभन्दा भिन्न निस्किन् कान्छी, खेलाडी भएर। नजिकै रहेको सिद्धपोखरीको वरिपरि दौडिएर अभ्यास गर्थिन्। सानै उमेरमा स्कुल, जिल्ला हुँदै राष्ट्रियस्तरमा पहिचान बनाइन्। कक्षा ६ मा पढिरहेका बेला उनले राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा सहभागी भएर तेस्रो स्थान हात पारेकी थिइन्। ‘खेल्दै गएँ, जित्दै गएँ। जितेपछि परिवार, साथीभाइले गर्ने प्रसंशाले मलाई प्रेरित गर्यो। बिस्तारै खेल मेरा लागि मनोरञ्जनमा मात्र सीमित रहेन’, कान्छी भन्छिन्।,उनलाई प्रेरित गर्ने सबैभन्दा महत्वपूर्ण उनकै पहिलो गुरु मुनिराम कर्मचार्य थिए। एथ्लेटिक्समा ‘केटाभन्दा केटीहरुको राम्रो स्कोप छ’ भन्दै मोटिभेट गर्थे मुनिराम। जिल्लास्तरीय प्रतियोगितामा सफलता हात पारेपछि मुनिरामले स्कुलमै लिन आएका थिए कान्छीलाई। त्यसपछि नियमितरुपमा प्रशिक्षण गराउन थाले।, ,‘बिहानको स्कुल लाग्दा ५ बजे नै ट्रेनिङ्ग गर्न आइपुग्थ्यो। जतिबेला पनि ट्रेनिङ्गमा उपलब्ध हुन्थ्यो। ज्यादै मिहेनती थियो’, केही दिनअघि सिद्धपोखरीमा कान्छीसँगै भेटिएका मुनि भन्छन्। मुनिले नै कान्छीलाई दशरथ रंगशाला लगेर प्रशिक्षण गराए। काठमाडौँ जान थालेपछि एथ्लेटिक्सका ठूला नामहरुसँग कान्छीको चिनजान भयो। कान्छी राष्ट्रिय खेलकुदमा घुलमिल हुँदै गइन्।,सुरुमा खेल्नेभन्दा पढ्नमा जोड दिने कान्छीका बुवा उनको सफलता र चर्चाले बिस्तारै ‘छोरीले राम्रै गरिछ’ भन्न थाले। सन् १९९६ जापानमा आयोजित एसियन जुनियर क्रस कन्ट्री, सन् १९९७ मा बैंककमा आयोजित एसियन जुनियर एथलेटिक्स च्याम्पियनसिप, सन् १९९८ मा थाइल्यान्डमै आयोजित एसियाली खेलकुद हुँदै सन् २००४ मा ग्रिसमा आयोजित ओलम्पिकमा कान्छी सहभागी भइन्। कान्छीकै शब्दमा ओलम्पिक सहभागिताले उनको सपना पूरा भएको थियो, आम खेलाडीले देख्नेजस्तै ओलम्पियन बन्ने। तर नेपाली खेलकुदमा उनको यात्रा त्यत्तिमै सीमित थिएन। कान्छीले अझै धेरै दिन र धेरै देखाउन बाँकी थियो। जापानबाट फर्किएपछि कान्छीको प्रदर्शन अझ सुधार भयो। उनले थप तीन स्पर्धामा राष्ट्रिय कीर्तिमान बनाइन् अनि धेरैपटक सुधार गरिन् । ५ हजार, १० हजार, हाफ म्याराथन र फुल म्याराथनमा कान्छीको नाममा राष्ट्रिय कीर्तिमान छ।,सन् २०१५ को भूकम्पले देशलाई हल्लाइरहेका बेला एथ्लेटिक्स वृतमा एउटा चर्चा चल्यो– क्यानडामा एउटा स्पोर्टस कार्यक्रम मिलाएर कान्छी अब उतै सेटल हुँदैछ। १० वर्षको मल्टिपल भिसा लागेकाले पनि कान्छी अब फर्कनेमा शंका थियो। ‘चाहने हो भने त आज पनि जान सक्छु। तर त्यतिबेला उतै बस्ने गरी गएको थिइन्। स्पोर्टस् कार्यक्रममा सहभागी भएपछि त्यहाँ हुने केही प्रतियोगितामा सहभागी हुन सुझाब पाएँ। त्यसैले केही समय उतै बसेकी हुँ। पहिलो प्रतियोगितामा तेस्रो र दोस्रो प्रतियोगितामा पहिलो भएँ। तर ५० किलोमिटरको दौडमा भनेँ म घाइते भएँ। त्यसपछि सामान्य उपचार गरेर फर्किएँ, कान्छीको दाबी छ। नेपाल फर्किएपछि पनि उनको रफ्तार उस्तै छ।,दुई वर्षअघि आयोजित सातौँ राष्ट्रिय खेलकुदमा कान्छीले ५ हजार मिटर र १० हजार मिटर दौडमा पहिलो स्थान हात पारिन्। यसै वर्ष आयोजित नेपालगन्ज म्याराथन र काठमाडौँ म्याराथनमा पनि कान्छी पहिलो भइन्। यसै वर्ष माल्दिभ्समा आयोजित अदु सिटी म्याराथनमा पनि कान्छी पहिलो भइन्। यतिबेला कान्छी आठौँ राष्ट्रिय खेलकुदको तयारीमा व्यस्त छिन्। पछिल्लो समय उनी पाँच हजार र १० हजार मिटरभन्दा बढी म्याराथनमा केन्द्रित छिन्।, ,‘यो उमेरसम्म यसरी ट्रेनिङ्ग गर्ने महिला खेलाडी मैले आजसम्म देखेको छैन’, पूर्व प्रशिक्षक सुशिलनरसिंह राणा भन्छन्, ‘नयाँ पुस्तालाई उनले ठूलो टार्गेट सेट गरिदिएकी छन्।’ यता कान्छीका पहिलो गुरु मुनि पनि दंग छन्। किशानको छोरीले ‘पिछडिएको’ भक्तपुरलाई ओलम्पियनको जिल्ला बनाउनु आफ्ना लागि चेलीले दिएको उच्चतम सम्मान ठान्छन्। ‘ट्रेनिङमा उनको मिहनेत र लगनशीलता देखेर म छक्क पर्छु’, एथलेटिक्स राष्ट्रिय टिम तयारीका प्रमुख प्रशिक्षक धनिराम चौधरी भन्छन्। कान्छी हरेक दिन भक्तपुरको व्यासीबाट उज्यालो नहुँदै हल्चोकस्थित एपिएफ क्लब पुग्छिन्, पुसको ठन्डीमा पनि।,जिन्दगीमा कान्छीले कति कुरा ‘सेक्रिफाइस’ गर्नु परेको छ, उनले कहिल्यै हिसाब गरिनन्। ‘जब सफलता पाउँछु र मान्छेहरुले चर्चा गर्छन् त्यो नै सबैभन्दा ठूलो लाग्छ। खेलकुदमा लागेकै कारण आज मलाई सबैले चिनेका छन्, सबैले माया गर्छन्’, अविवाहित कान्छीलाई लाग्छ।,कान्छी नेपाली खेलकुदकै ‘आईरोनी’ हुन् जसलाई एकातर्फ आम खेलकुदप्रेमीको माया छ जसले उनलाई खेलिरहुँ लाग्छ। अर्कातर्फ भविष्यको पनि चिन्ता उत्तिकै छ जसले बेलाबखत विदेश जाउँ र उतै सेटल हुँ भन्ने विचार ल्याउँछन्। ‘यो नेपाली खेलकुदकै विडम्बना हो । राज्यले यी इस्युलाई सम्बोधन गर्नैपर्छ’, प्रशिक्षक राणा भन्छन्।,भिडियो यहाँ हेर्नुहोस्: | लोकेन्द्र प्रसाई |
असह्य पीडामा रुँदै बाहिरिए नेइमार | स्टार स्ट्राइकर नेइमार गम्भीर पीडामा रुँदै मैदानबाट बाहिरएका छन् र उनी आफ्नो अवस्थाबारे चिन्तामा परेका छन् । नेइमारको आँसुसँग विश्व फुटबलका अधिकांश शुभचिन्तक परिचित छन्।,रुसमा गएको वर्ष भएको विश्वकपमा नेइमारलाई सामान्य कारणमा पनि मैदानमा लडेको र रोएको आरोप लाग्यो ।,नेइमारले भने आफूलाई समस्या भएर नै रोएको वा लडेको बताए । नेइमार फेरि एकपटक मैदानबाट रुँदै बाहिरिएका छन् र कारण कसैको गुनासो होइन । उनी गम्भीर चोटका कारण रुँदै बाहिरिएका हुन् ।,फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) का स्टार खेलाडी नेइमार बुधबार राति फ्रेन्च कप अन्तर्गत स्ट्रासबर्गविरुद्धको खेलमा मैदानमा थिए ।,पिएसजीले यो खेलमा २–० को जित निकाल्यो । जितका लागि एडिन्सन काभानी र एन्जल डी मारियाले गोल गरे । घरेलु मैदानमा भएको खेलमा नेइमारले राम्रो खेल कौशल प्रदर्शन गरेका थिए ।,तर उनी दोस्रो हाफमा मैदानमा अप्ठ्यारोसँग लडे । उनको गोलीगाँठोमा गम्भीर चोट लाग्यो । उनको गोलीगाँठो गम्भीर पीडा हुने गरी फर्कियो । नेइमार ६० औँ मिनेटमा आँसु झार्दै मैदानबाट बाहिरिए ।,च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा म्यानचेस्टर युनाइटेडसँग प्रतिस्पर्धा गर्नु तीन हप्ताअघि नेइमार चोटग्रस्त भएका हुन् । यसले उनलाई चिन्तामा पारेको छ र पिएसजीलाई पनि । पिएसजीले आउँदो फेब्रुअरी १२ मा अन्तिम १६ को पहिलो लेगमा युनाइटेडसँग खेल्दै छ ।,गएको वर्षको फेब्रुअरीमा चोट लागेकै गोलीगाँठोमा अहिले फेरि चोट लागेका कारण नेइमार चिन्तामा रहेको पिएसजीका प्रशिक्षक थोमस टुसिलले बताएका छन् ।,लिग वान लिडर पिएसजीका लागि बार्सिलोनाका पूर्व स्ट्राइकर समेत रहेका नेइमारले यो सिजन अहिलेसम्म सबै प्रतियोगितामा गरेर २० गोल गरेका छन् ।,गएको वर्षको फेब्रुअरीमा चोट लागेर बाँकी पूरै सिजन गुमाएकै गोलीगाँठोमा चोट लागेका कारण नेइमार बढी चिन्तामा परेका हुन् । अघिल्लो वर्ष चोटपछि ब्राजिलका नेइमार विश्वकपका लागि मात्रै फिट भएका थिए ।,प्रशिक्षक थोमसले भने, ‘उनलाई एकपछि अर्को गरी विपक्षी खेलाडीले फउल गरे । रेफ्रीले केही गरेनन् । उनको पाइताला फर्कने गरी गोलीगाँठोमा चोट लाग्यो ।’,नेइमार अहिले अस्पतालमा छन् । उनको अवस्था कस्तो छ भन्ने बारे डाक्टरले गरेका परीक्षणपछि मात्रै थाहा हुने जनाइएको छ ।,स्ट्रासबर्गका केही खेलाडी तथा प्रशिक्षकले नेइमारको बानीले विपक्षी खेलाडीलाई उक्साएको र चोट लागेको आरोप लगाएका छन् । तर पिएसजी प्रशिक्षक थोमसले भने त्यसको आलोचना गरेका छन् । | null |
नेपालगञ्ज रंगशालामा ‘बर्मुडा दुबो’ | ‘यो बर्मुडा घाँस हो। नेपालमै पहिलो पटक यो घाँस रंगशालामा रोपिएको छ, ५ नम्बर प्रदेश खेलकुद परिषद्का अध्यक्ष भीम वली भन्दै थिए, आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपालगञ्ज रंगशाला हेर्न लायक हुन्छ।’,फाल्गुन अन्तिममा आयोजना गर्ने तयारी भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटनस्थल नेपालगञ्ज रंगशालामा बिहीबारदेखि बर्मुडा घाँस रोप्न शुरु गरेपछि अध्यक्ष वली यस्तो प्रतिक्रिया दिदै थिए।,राखेपका सदस्य सचिव केशवकुमार विष्टले बर्मुडा घाँस रोपेर रंगशालालाई दुबोमय बनाउने कामको शुरुवात गरे। उनी दिनभरी रंगशालामै व्यस्त थिए। भारतको कलकत्ताबाट ६ दिनमा नेपालगञ्ज आइपुगेको एक ट्रक घाँस धमाधम रोप्ने काम भइरहेको हो।,नेपालगञ्ज रंगशालामा चार ट्रक घाँस लाग्छ। सोमबार अर्को ट्रक आइपुग्ने अध्यक्ष वलीले बताए। नेपालकै चर्चित घाँस व्यवसायी काभ्रेका रविन गौतम (गौतम नर्सरी) नेपालगञ्ज रंगशालालाई दुबोमय बनाउन लागि परेका छन्।,‘दुबोमय हुने बित्तिकै नेपालगञ्ज रंगशाला देश कै नम्बर वान हुन्छ, तेस्रो संस्करण नेपालगञ्ज गोल्डकप गरिसकेका बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले भने, अब नेपालगञ्ज गोल्डकपमा मैदान राम्रो भएन भन्ने गुनासो हट्ने भो।’ यही रंगशालामा भएको दोस्रो गोल्डकपमा मनाङ मस्र्याङ्दीका प्रशिक्षकले आफ्नो टीम रुपन्देहीसँग पराजित हुँदा मैदानको कारणले हारेको टिप्पणी गरेका थिए।,नेपालगञ्ज रंगशालालाई घाँस रोप्ने अवस्थासम्म पुर्याउदा धेरै काम भएका छन्। २८ हजार घनमिटर माटो, चार हजार एक सय घनमिटर ग्राभेल, चार हजार घनमिटर चिप्स, ८ हजार पाँच सय स्क्वायर मिटर जियो टेक्स टायल जाली, दुई हजार दुई सय ५० मिटर पाइप, दुई हजार ६ सय घनमिटर बलौटे माटो लागेको छ। मैदानको लम्बाई एक सय १५ मिटर रहेको छ।,नेपालगञ्ज रंगशालामा दुबोमात्रै ४० लाखको रोपिदैछ। आठौंको उद्घाटनस्थललाई भब्य बनाउन राखेप लागि परेको छ। रंगशालामा भीआइपी प्याराफिट बनाउने काम भइरहेको छ। त्यसका लागि जी स्टेन्डर्ड प्रविधिको प्याराफिट चाइनाबाट ल्याइदैछ।,यसको पहिलो लट २४ गते आइपुग्ने वलीले जानकारी दिए। त्यसका साथै रंगशालामा ६ करोडको सेन्थेटिक ट्याक बनाउने तयारी भइरहेको छ। रातीसमेत खेल्न मिल्ने गरी उज्यालोको व्यवस्था गरिदैछ। नेपालगञ्ज रंगशालामा ३१ करोडको काम भइरहेको छ।,आठौंलाई लक्षित गरेर नेपालगञ्ज र आसपासमा एक अर्ब बढीको भौतिक संरचना तयार हुँदैछन्। २०४२ सालपछि निर्धारित दुई वर्षमै हुन थालेको आठौंले नेपालगञ्ज र आसपासलाई खेलकुदका राम्रा संरचना दिएर जाने पक्का भएको छ।,‘यो नेपालगञ्ज र आसपासका लागि गौरवको विषय हो। दोस्रो पटक नेपालगञ्जले आठौ पनि गर्ने र एक अर्बबढीको भौतिक संरचना पनि पाउने भएको छ, अध्यक्ष वलीले भने।, | कुमार श्रेष्ठ |
रेडकार्पेटमा क्रिकेट नायकको मार्च, समर्थकको जय-जयकार | नेपाली क्रिकेट टोली विमानबाट अवतरण गर्नुअघि नै त्रिभुवन विमानस्थलबाहिर क्रिकेट समर्थक र खेलप्रेमीको घुँइचो लागेको थियो। विदेशमा सफलता हात पारेर आउँदा नेपाली टोलीलाई गरिने स्वागत यसपटक फरक बनाईएको थियो। उनीहरुलाई आगमन कक्षमा रेडकार्पेट ओछ्याएर स्वागत गरिएको थियो।,राष्ट्रिय टोलीका कप्तान पारस खड्कासहितका खेलाडीहरु केही छिनमै समर्थकको भिडमा पुगेका थिए।,समर्थकले खेलाडी र नेपाली क्रिकेटको नाम लिँदै जयजयकार गरे।नेपालले यूएईसँगको एकदिवशीय र टीट्वेन्टी क्रिकेट शृंखला जितेर सोमबार स्वदेश फर्किएको हो।,नेपालले तीन खेलका दुवै शृंखला समान २–१ ले जितेको थियो। गत वर्ष एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता पाएको नेपाली क्रिकेटले एकदिवशीय र टीट्वेन्टी दुवैमा पहिलो पटक शृंखला जितेको हो। युएइको यस भरमणमा नेपाली टोलीले अन्य केही ऐतिहासिक सफलता र खेलाडिले दुई वटा विश्व कीर्तिमान बनाएका थिए।, , , , , , , , , | सञ्चार संवाददाता |
२१ वर्षमै रेफ्री बनेकी कृति, अन्तर्राष्ट्रिय खेल खेलाउने सपना | प्याराफिटमा बसेर फुटबल हेर्ने कृति सेनलाई सानैदेखि रहर थियो–रेफ्री बनेर मैदानभित्रै दौडिने।,उमेर र अनुभवले रोकिइन् उनी।रेफ्री बन्नुअघि खेलाडी बनेर मैदानभित्र दौडिइन् कृति। पश्चिमाञ्चल टीमबाट फुटबल खेलिन्। कुनै प्रतियोगितामा राम्रो गरिन् त कुनैमा सन्तोषजनक।,रुपन्देहीका चल्तीका प्रतियोगिताहरु तिलोत्तमा गोल्डकप, झरना कप, सञ्जिवनी कप, जनज्योति कप हेर्दाहेर्दै उनमा खेलाडीभन्दा रेफ्री बन्ने चाहना बलियो बन्दै गयो।,व्यवस्थापनमा स्नातक गर्दै गरेकी कृति २१ वर्षको उमेरमै जिल्लास्तरको खेल खेलाउन पाउने गरी एन्फा रेफ्री बनेकी छिन्। रुपन्देही तिलोत्तमा नगरपालिका वडा नं. ३ की बासिन्दा कृति पश्चिम क्षेत्रकै पहिलो महिला रेफ्री हुन्।,‘महिला रेफ्रीहरु एकदमै कम हुनुहुन्छ’,७ दिनसम्म प्रशिक्षण दिएका पूर्व फिफा रेफ्री लव खत्री भन्छन्,‘यो तालिमबाट एकजना सेलेक्ट हुनुभएको छ, हेरौं उहाँले राम्रो गर्नुहुनेछ।’,रुपन्देही फुटबल संघले रेफ्री उत्पादन गर्ने उदेश्यले ७ दिनसम्म चलाएको तालिममा पास भएर कृतिले जिल्लास्तरको रेफ्रीको ब्याच र प्रमाणपत्र पाइन्।,
‘मलाई सानैदेखि नै रेफ्री बन्ने रहर थियो’, ब्याच र प्रमाण पाएपछि कृतिले भनिन्, ‘यो रहर मात्रै हैन, करिअरकै रुपमा अघि बढाउँछु।’,उनले राष्ट्रिय हुँदै अन्तर्राष्ट्रियस्तरको रेफ्री बन्ने सपना देखिसकेकी छिन्। ‘नेपालमा महिला रेफ्रीहरु एकदमै कम हुनुहुन्छ रे’, उनले भनिन् ,’ यो क्षेत्रमा महिलाको उपस्थितिलाई बलियो बनाउनेछु, धेरै मेहनत गरेर अघि बढ्नेछु।’,हुनपनि नेपाली फुटबल क्षेत्रमा पुरुषहरुको तुलनामा महिलाको संख्या कम छ। त्यसैमाथि महिला रेफ्री ! एकदमै कम प्रतियोगिता हुने भएकाले पनि महिला रेफ्री थोरै छन्।,‘अहिले महिला रेफ्रीको स्कोप पनि राम्रो छ’ , फिफा असिस्टेन्ट रेफ्री विना श्रेष्ठ भन्छिन्,’ मेहनत र लगाव चाहिन्छ, त्यसमा युवाहरुले धेरै गर्न सक्छन्, युवाहरुले नै फुटबललाई राम्रो बनाउने हो।’,श्रेष्ठका अनुसार अहिले नेपालमा महिला रेफ्रीको संख्या १५ जनाको हाराहारीमा छ। १ जना फिफा रेफ्री अस्मिता मानन्धर, असिस्टेन्ट रेफ्री विना श्रेष्ठ र अरु ७ जना जति राष्ट्रियस्तरका रेफ्री छन् भने ५ जनाजति एन्फा रेफ्री छन्। पुरुष भने ७५ जना जति छन्।,रेफ्रीको संख्यासँगै क्षमता वृद्धि गर्दै लैजानका लागि एन्फा रुपन्देहीले ३६ जनालाई सहभागी गराएर तालिम गरेको थियो। जसबाट १३ जनाले मात्रै ब्याच पाएको रुपन्देही फुटबल संघका महासचिव लोक पुनले बताए।,‘रेफ्री उत्पादनलाई प्राथमिकतामा राख्दै हामीले रुपन्देही, कपिलवस्तु, नवलपरासी र पाल्पाबाट सहभागी गराएका थियौ’, रुपन्देही फुटबल संघका उपाध्यक्ष मुकेश कुँवर भन्छन्, ‘आगामी दिनमा पनि यसलाई हामीले निरन्तरता दिन्छौं।’ | सी. पी. खनाल |
पोखरामा मेयर हलो जोत्ने, पर्यटकहरु हिलोमा मस्त! (१० तस्बिरहरु) | खेतको वरिपरि कोही छाता ओढेर बसेका छन् भने कोही ब्यानरहरु लिएर। कतै धान दिवस लेखेर ब्यानर टाँगिएका छन्। हिलाम्मे खेतमा गलामा धानको माला, हातमा लौरी र कालै-कालो एक हल गोरु जोतिरहेका छन् सर्टपाइन्ट लगाएका एक व्यक्ति।,उनी अरु कोही नभएर पोखराको महतगौँडामा आयोजित उक्त महोत्सवमा सहभागी पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी हुन्। उनीसँगै तीन चार हलगोरु सँगै जोतिरहेका छन्।,राष्ट्रिय धान दिवसको अवसरमा पोखरामा १६औं असारे महोत्सवमा उनी आफैं रोपाइँमा सरिक भए र बाउसेहरुलाई सघाए।,पोखरामा आयोजित उक्त महोत्सवमा त्यहाँ घुम्न आएका पर्यटकहरु समेत हिलोमा रमाए।,उनीहरुले नेपाली संस्कृति निक्कै उत्साहजनक भएको प्रतिक्रिया दिए।, , , , , | ईश्वर देवकोटा |
डाक्यो मर्दी पदमार्ग र माछापुच्छ्रे हिमालले | पोखराबाट केही दिनको यात्रामै छोटो तथा लामो दूरीमा रहेका पुनहिल, मर्दी हिमाल, अन्नपूर्ण बेस क्याम्प, माछापुच्छ्रे बेस क्याम्पमा पर्यटकको उपस्थिती बाक्लो हुन्छ ।,यी ट्रेकिङ्ग रुट मध्ये छोटो पदयात्रा गर्न रुचाउने पर्यटकका लागि पछिल्लो समय मर्दी हिमाल पदमार्ग उपयुक्त रोजाइ बन्ने गरेको छ । मध्य पहाडी भेगमा बसोबास गर्ने गुरुङ समुदायको संस्कार, संस्कृति, प्राकृतिक सौन्दर्यताका साथै गगनचुम्बी हिमशृङ्खला यस पदमार्गका खास आकर्षण हुन् ।,कास्की माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ र ९ मा पर्ने मर्दी पदमार्गमा अनेकन विविधताको थुङ्गा गाँसिएको छ । यात्रालाई रोमाञ्चक बनाइरहन सहयोग गर्ने पदमार्गसँग जोडिएका सामाजिक सद्भावले पर्यटकलाई पुलकित बनाइरहन्छ । पदमार्गको सुरुवाति दिनहरुमा प्रचारको अभावको कारण व्यापकता पाउन नसके पनि अहिले यसको महत्व त्यसैकारण पनि चुलिएको छ ।,यहाँको पदमार्गलाई स्थापित गराउन स्थानीयबासीहरुले होस्टेमा हैसे गरिरहेका छन् । फलस्वरुप पछिल्लो तीन वर्ष यता पर्यटकको संख्यामा वृद्धि आएको मर्दी होटल व्यवस्थापन समितिका प्रतिनिधि आईतबहादुर तामाङ बताउँछन् । ‘नेपाली र विदेशी पर्यटक गरेर त्यस्तै ७५ प्रतिशतले वृद्धि भएको छ’, उनले भने, ‘समितिले राख्ने गरेको रेकर्ड अनुसार दैनिक ५ सय जनाले यहाँ पाइला टेक्छन् ।’,सो पदमार्गको संरक्षणको जिम्मेवारी अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले लिएको छ । तर आन्तरिक तथा बाह्य पर्यटकसँग छुट्टाछुट्टै दस्तुर लिए पनि पदमार्ग व्यवस्थापनमा भने त्यति सुधार आउन नसकेको स्थानीयहरुले गुनासो गर्छन् । पर्यटकको जति चासो छ, उत्तिकै सम्बद्ध जिम्मेवारवाला निकायको तदारुकता भएमा मर्दी टे«क फस्टाउनेमा कुनै शंका छैन् । सरकारले मुलुकका १ सय नयाँ स्थानलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न लागेको परिप्रेक्ष्यमा भने मर्दी पदमार्ग र आसपासको क्षेत्रलाई समेट्न नसकिएको यसको अध्याँरो पाटो हो ।,अन्नपूर्ण पदमार्ग लगायतका अन्य मार्ग डुलिसकेका पर्यटकहरुको मुख्य रोजाई मर्दी पदमार्ग पर्ने गरेको ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल पोखरा अध्यक्ष हरि भुजेल बताउँछन् । ‘नयाँ र नौलो पदमार्गको रुपमा मर्दी पदमार्ग विकसित भएको छ, यसको सम्भावना भोलिका दिनमा अझै बढेर जाने संकेत देखिएको छ’, उनी भन्छन् । पदमार्गलाई व्यवस्थित गर्न सके सरकारले लिएका महत्वाकांक्षी योजना सफल हुनेमा सन्देह नरहने पर्यटन व्यावसायिहरु सुनाउँछन् । निजी क्षेत्रको बुतामा मात्रै पर्यटकीय क्षेत्रको विकास पर्खेर बस्नु उपयुक्त नहुने समेत उनीहरुको भनाई छ ।,गण्डकी प्रदेश पर्यटनको राजधानी औपचारिक रुपमै घोषणा गरिनुपर्दछ भन्ने लबिङमा छ यतिबेला प्रदेश सरकार । पश्चिमी मुलुकका मानिसहरुले सौख राख्ने साहसिक पर्यटनको थलो हो गण्डकी । ११ महीनामै १० लाख पर्यटक भित्र्याएर सेलिब्रेसन गरेको नेपाल सरकारले सम्भवतः गण्डकी प्रदेशमा भएका पर्यटकीय गन्तव्यलाई नजर दिँदै आगामी वर्ष सन् २०२० मा २० लाख पर्यटकलाई निम्तो दिएको अनुमान लगाउन सकिन्छ ।,सन् २०२२ मा गण्डकी प्रदेशले मात्रै २२ लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ । चालु आर्थिक वर्ष २०७५/०७६ को साउन यता मंसिर मसान्तसम्म ५ महीनामा १ लाख ४४ हजार १ सय ९५ पर्यटक आएको प्रदेश पर्यटन मन्त्रालयको तथ्यांकमा छ । यहि तथ्यांकलाई आधार मान्ने हो भने अबको तिन वर्ष पछाडी २२ लाख पर्यटक भित्रिने योजना सफल होला भन्ने शंका उब्जन्छ । शंकाको वास्तविक जड पर्यटक तान्ने पदमार्गहरु र त्यसको सुगमतासँग जोडिएर आउने गर्दछ ।,उदाहरणकै लागि मात्रै मान्ने हो भने पनि मर्दी हिमाल पदमार्गमा पर्यटककको गतिविधि बढिरहँदा त्यहाँ न्यूनतम आवश्यकताका संरचनाहरु निर्माण हुन भने सकिरहेका छैनन् । पर्यटकहरुका लागि बसोबास गर्ने होटलहरु नहुँदा पर्यटकहरुले धेरै बसाइँको लागि दुःख खेप्नुपरेको छ ।,सरोकार राख्ने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले पर्यटकबाट लिने दस्तुर बाहेक अन्य पूर्वाधार तयारमा चासो नराख्दा समस्या चुलिँदै गएको आम गुनासो छ । संरक्षण क्षेत्रभित्र अनुमति बेगर संरचना निर्माण गर्न नपाइने अर्को तर्फ आवश्यकता अनुसारका पूर्वाधार एक्यापले निर्माण गर्ने ल्याकत नराख्नु अनिश्चयको बन्दी मात्र हो ।,लामो समयदेखि संरक्षण क्षेत्रको नीति परिमार्जन गर्न स्थानीयहरुले पहल गरे पनि चासो दिइएको छैन् । स्थानीय श्रमशक्ति परिचालन हुन नसक्नु र उत्पादन हुन सक्ने पुँजी ह्रास हुनुले प्रदेशमा पर्यटनलाई उद्योगको रुपमा स्थापित गर्न सकिने कुरा मेल खाँदैन ।, , , , , , , , , , | ईश्वर देवकोटा |
पोखरामा अब ‘हट बेलुन’मा उडेर दृश्यवलोकन गर्न पाइने | सुन्दर नगरी पोखरामा पर्यटकले अबदेखि ‘हट एयर’ बेलुनमा उडेर पोखराका आसपासका दृश्य अवलोकन गर्ने पाउने भएका छन्। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शनिबार यसको उद्घाटन गरे।,उनले पोखरा आउने पर्यटककालागि बेलुन उडानले थप मनोरञ्जन दिने बताए। सरकारले अघि सारेको भ्रमण बर्ष सफल बताउन नीजि क्षेत्रको भुमिका पनि शसक्त हुने भन्दै नयाँ नयाँ गतिविधिले पर्यटकलाई आर्कषक गर्न सकिने उनको भनाई थियो।,प्रदेशको समृद्धिको आधार पर्यटन भएको भन्दै ‘२०२२ सम्म हामीले गण्डकी प्रदेशमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको बताए। साहासिक खेलको रुपमा समेत प्रसिद्ध पाएको पोखरामा प्याराग्लाइडिङदेखि बञ्जीजम्प, जीप फ्लायर, क्यानोनिङ लगायत अब बेलुनमा बसेर पोखराका आसपासका रमणीय दृश्यको मजा पर्यटकले लिन पाउने भएका छन्।,हट एयर बेलुन उडाउन प्रालिले डेढ करोड रुपैयाँ खर्च गरेको छ। प्रालिले इटलीबाट यो बेलुन मगाएको हो। बेलुन प्रालि नेपालका प्रवन्ध निर्देशक प्रवीण महर्जनले जानकारी दिए। उनले पोखराको पर्यटन विकासमा हट बेलुन नयाँ प्रडक्टको रुपमा थपिएको बताए।,बेलुन चढ्न नेपाली पर्यटकले ११ हजार रुपैयाँ र विदेशी पर्यटकले १ सय ६० डलर तिर्नुपर्ने प्रवन्ध निर्देशक प्रवीण महर्जनले जानकारी दिए। सानो बेलुनमा ६ जना र ठूलो बेलुनमा ८ जनासम्म उडाउन सक्ने यसको क्षमता छ। बेलुन चड्ने प्रत्येक यात्रुको २० हजार डलरको इन्सोरेन्स गरिएको निर्देशक महर्जनले बताए।,कास्कीको धम्पुस र पोखरा महानगरपालिका २३ बाम्दीबाट उडान गर्ने उनले जानकारी दिए। धम्पुसबाट उडेको बेलुन मर्दी खोला किनारमा अवतरण गर्ने छ। उडानका लागि प्रालिले स्पेनको अल्ट्राम्याजिक बेलुन कम्पनीसँग बेलुन खरीद गरिसकेको छ।,बेलुनका लागि आवश्यक पूर्वाधारको काम भइरहेको छ भने उडान सुरक्षित बनाउन भारतबाट तालिम प्राप्त बेलुन पाइटल आएको उनले बताए। १ करोड ५० लाखको लागतमा शुरु भएको बेलुनसँग २५ जनाले रोजगारी पाएका छन्।,संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिरणबाट इजाजत लिई गरेको मर्हजनले बताए। उनले निकट भविष्यमा ‘हट एयर’ बेलुनबाटै स्काइडाइभ, बन्जी जम्प र हट एयर बेलुनसँग सम्बन्धित अन्य सहासिक कार्यक्रम गर्दै जाने र त्यसको सम्भाब्यता अध्ययन भइरहेको बताए। | जमुना वर्षा शर्मा |
थारु संस्कृति बचाउन कस्सिए युवा पुस्ता | घोराही उपमहानगरपालिका वडा नम्बर १७ ढिकपुर निवासी विमला चौधरी थारु पोशाक र गहनामा सजिएकी छिन्। गलामा पैसाबाट बनेकाे माला, माली, सुतिया, ठोर्या, गुर्या लगाएकी छिन्।,उनलाई आफ्नो समुदायको पोशाक, गहना र संस्कृति मनपर्छ। तर, उनले सधैं गहना र पोशाक लगाउँदैनिन्। उनले आफ्नो समुदायको पोशाक र गहना माघ पर्वमा, दसैं र मेला महोत्सवमा लगाउने गर्छिन।`सधैं त लगाउदिन। माघमा, दसैंमा, मेला महोत्सवमा लगाउछु´विमलाले भनिन-`हाम्रो संस्कृति, परम्परा लोप हुन थाल्यो भनेर हामीले लगाउन थाल्यौं।´,सरिता चौधरीलाइ पनि आफ्नो संस्कृति प्यारो छ।उनले अफ्नो बुवा, आमा, बाजे, बोइबाट आफ्नो समुदायको कला, संस्कृतिबारे थाहा पाएकी हुन।`हाम्रो कला संस्कृति लोप हुन थाल्यो। हामी जस्ता युवाले ध्यान दिनुपर्छ´उनले भनिन-`सबैले आफ्नो भाषा, कला, संस्कृतिको माया गर्नुपर्छ ।´,दाङमा शुक्रबारबाट माघ महोत्सव सुरु भएको छ। विमला र सरिता जस्ता अन्य थारु युवाहरु आफ्नो समुदायको संस्कृति झल्कने पाेशाक, गहना लगाएर झाँकीमा सहभागी भएका छन्।,यति मात्र होइन थारु समुदाय भित्रको विवाह संस्कृति, पूजा संस्कृति, माघ, दसैंमा गाउने गित, नाच्ने नाच रहेका छन । सबै संस्कृति र कलालाई माघ महोत्सवमा सहभागी गराइएको छ।,हुर्दुङ्गा, झुम्रा, हात्ती घोडा, मयूर, लाठी नाच तथा झाँकी प्रदर्शन गरिएको छ। नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर थारु समुदायको हस्तकलाको बजारिकरण हुने विश्वास गरिएको छ।,थारु समुदायको जीवन पद्धति, उत्पादन, कला संस्कृतिलाई पर्यटन संग जोड्नुपर्नेमा जोड दिइएको छ।पर्यटन बर्ष २०२० प्रदेश ५ सचिवालय सदस्य सुन्दर गौतमले थारु समुदायको जीवन पद्धतिलाई संरक्षण गर्दै पर्यटनसँग जोड्न सुझाव दिन्छन्।,थारु बुद्धिजीवी केवी चौधरीले थारु समुदायभित्र सामाजिक जागरण, सांस्कृतिक रुपान्तरण, सामाजिक न्यायसहितको समृद्धि, पर्यटनबाट आर्थिक उन्नयन लगायत बिषयमा बहस चलाउनु पर्ने आवश्यकता औल्याए।,थारु कल्याणकारी सभा दाङले चार दिन सम्म चल्ने महोत्सवको आयोजना गरिएको हो। महोत्सवको प्रदेश ५ का भाोतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले उद्घाटन गरेका छन।,थारु समुदायमा चेलीबेटीलाई माघमा उपहार (निसराउ) दिने चलन छ। मन्त्री चौधरीले प्रतिनिधि सभा सदस्य गंगा थारुलाइ निसराउ (चामल, उर्द, नुन)दिएर महोत्सवको उद्घाटन गरेका हुन।, , , , | दशरथ घिमिरे |
यी हुन् प्रदेश ५ का घुम्नै पर्ने पर्यटकीय स्थल | बुटवल – प्रदेश नम्बर ५ लाई मिनीनेपालको स्वरुप भनिन्छ । हावापानी, भौगोलिक बनोट, बसोबासजस्ता कुराले यो प्रदेश सम्पूर्ण नेपालको एउटा प्रतिनिधिमूलक अंश जस्तो छ । यहाँ चर्को गर्मी हुने तराईदेखि चिसो हिमालसम्मको भूभाग छ । पूर्व–पश्चिम फैलिएको यो प्रदेशमा त्यस्तै विविधता भएका पर्यटकीय स्थलहरु छन् ।,तराईका समथर भूभागमा रहेका धार्मिक र ऐतिहासिक स्थल हुन् वा हिमाल पहाडको काखमा रहेका मनोरम दृश्य, सहज गन्तव्य र ध्यान तान्नसक्ने कला प्रस्तुत गर्नसके यहाँ सजिलै पर्यटक आउँछन् ।,बुद्ध जन्मेको लुम्बिनी, हुर्केको तिलौराकोट, मावली र ससुराली थलो देवदह वा अस्तु धातु रहेको रामग्राम, यहाँको प्रचार हुन सके सजिलै पर्यटक आउँछन् । क्रकुच्छन्द बुद्धको नगरी गोटिहवा, कनकमुनि बुद्धको जन्मस्थल निग्लिहवाको अध्ययन, अनुसन्धान हुनै बाँकी छ ।,बाँके–बर्दिया राष्ट्रिय निकुञ्ज, प्यूठानको स्वर्गद्वारी, पाल्पाको रानीमहल, बाँकेको बागेश्वरी, बाह्रकुने दह, जुंगे महादेव, सिस्ने हिमाल, जनयुद्ध प्रारम्भ भएको रुकुम–रोल्पाका गाउँहरु पनि यहाँका प्रमुख पर्यटकीय क्षेत्र हुन् । नेपालगञ्ज पर्यटकका लागि ट्रान्जिट प्वाइन्ट बनेको छ ।,मानसरोवर जाने पर्यटकहरु नेपालगञ्ज भएर जाने गर्छन् । यतिमात्रै हैन, मानवपुर्खाको इतिहास भेटिएको बुटवलको रामापिथेकस, अंग्रेज फौजलाई हराएको जितगढी किल्ला, गुल्मीको रेसुङ्गा, रुरुक्षेत्र, अर्घाखाँचीको पाणिनी तपोभूमि, अर्घादरबारसहितका दर्जनौँ पर्यटकीय स्थल ओझेलमै छन् ।,समग्रमा, प्रदेश ५ घुम्नलायक प्रदेशमा पर्छ । आउनुस् घुमौँ प्रदेश ५ का घुम्नलायक ठाउँ ।,शान्तिका अग्रदुत गौतम बुद्धको जन्मभूमि हो लुम्बिनी । ईसापूर्व ६२३ मा यहाँको बगैँचामा मायादेवीको कोखबाट बौद्ध प्रणेता गौतमबुद्धको जन्म भएको हो । यो भूमि संसारभरका बौद्धमार्गी र शान्तिप्रेमीहरुका लागि विश्व शान्तिको रुपमा प्रसिद्ध छ । सन् १९९७ देखि यो स्थल विश्वसम्पदा सूचिमा समावेश छ ।,नेपाल भ्रमण वर्षका अवसरमा यो स्थलमा हरेक दिन बुद्धको जीवनी र बुद्ध शिक्षासम्बन्धी सन्ध्याकालीन वृत्तचित्र प्रदर्शन गर्ने योजना प्रदेश सरकारको छ । लुम्बिनी–ढोरपाटन–डोल्पाको दुनै बजार हुँदै उपल्लो डोल्पासम्मको पदयात्रा अनुसन्धान, पहिचान र प्याकेज कार्यकम समेत तयार पार्ने योजना सरकारको छ । यसका कारण पर्यटकहरुको बसाई अवधि एक रात भएपनि लम्बाउन सकिने प्रदेश ५ का पर्यटनमन्त्री लिला गिरी बताउँछन् ।,लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि लुम्बिनी भ्रमण वर्षका अवसरमा समेत विभिन्न गतिविधि सञ्चालन गरिएको छ । लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतका अनुसार वार्षिक १६ लाख स्वदेशी तथा विदेशी पर्यटक लुम्बिनी घुम्न आउँछन् । आर्थिक वर्ष २०७६ लाई प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्ष घोषणा गरि पर्यटन प्रवर्द्धनका कार्यक्रम गरेपछि यो संख्या बढ्ने अपेक्षा छ । तर भौतिक पूर्वाधार निर्माणको कामले गर्दा अपेक्षा गरिए जति पर्यटक लुम्बिनी आएका छैनन् । भैरहवादेखि लुम्बिनीको सडक निर्माणको क्रममा रहेकाले पर्यटकलाई आवत जावतमा समस्या भएपछि सोचेअनुरुप पर्यटक आउन नसकेको होटल संघ लुम्बिनीका अध्यक्ष मिथुनमान श्रेष्ठले बताए ।,तिलौराकोटमा शाक्यवंशको राज्यको राजधानी थियो । राजा शुद्धोधन र रानी मायादेवीका छोरा सिद्धार्थ गौतमले आफ्नो जीवनकालको २९ वर्ष बिताएको ठाउँ हो तिलौराकोट । चिनियाँ यात्री फाइयानले गरेको यात्रा वृतान्तसँग ठ्याक्कै मिल्दाजुल्दा संरचनाहरु भेटिएका कारण नै यो क्षेत्र प्राचीन कपिलवस्तुको राजधानी रहेको पुष्टि भएको छ ।,यहाँ पटकपटक विश्व प्रसिद्ध पुरातत्वविद्हरुले उत्खनन् गरेर ३ हजार वर्षअघिसम्मका संरचनाहरु भेटाएका छन् । यो स्थल बुद्धजन्म स्थल लुम्बिनीदेखि २२ किलोमिटरको दूरीमा पर्छ । अर्कोतर्फ तिलौराकोटमा पर्याप्त पर्यटकीय संरचना नहुँदा पर्यटकको आकर्षणको केन्द्र हुन सकेको छैन ।,यहाँ क्रकुछन्द बुद्धको जन्मस्थान गोटिहवा, कनकमुनि बुद्धको जन्मस्थान निग्लिहवा, हजारौँ शाक्यहरुको नरसंहार गरिएको क्षेत्र सगरहवा, कुदान, अरौराकोट, सिसहनिया, कपिलधाम र जगदिशपुर ताल जस्ता महत्वपूर्ण क्षेत्रहरु पनि छन् । पर्यटकमैत्री संरचना पर्याप्त नहुँदा लुम्बिनी आउने १० प्रतिशत पर्यटक मात्र तिलौराकोट पुग्ने गरेका छन् ।,त्यसलाई बढाउनका लागि नेपाल भ्रमण वर्षका अवसरमा प्रदेश सरकारले पर्यटकहरुका लागि तिलौराकोट भ्रमण विशेष प्याकेजको तयारी गरेको प्रदेश ५ पर्यटन मन्त्रालयका अधिकृत तथा नेपाल भ्रमण वर्ष प्रदेश सचिवालयका प्रमुख गणेश घिमिरेले बताए ।,बौद्ध ग्रन्थअनुसार गौतमबुद्धको महापरिनिर्वाणपछि विभिन्न आठ स्थानमा अष्टधातु राखिएको थियो । जसमध्येको एक रामग्राम हो । रामग्रामका तत्कालीन राजाले बनाएको यो स्तुप हेर्न वर्षेनी हजारौँ पर्यटक जाने गरेका छन् । तर पूर्वाधार र प्रचारप्रसारको अभावले पर्यटकहरुको संख्या बढ्न सकेको छैन ।,रामग्रामको संरक्षण तथा पर्यटक आगमनलाई वृद्धि गर्न लुम्बिनी विकास कोषले रामग्रामको छुट्टै गुरुयोजना तयार पारेको लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव सरोज भट्टराई बताउँछन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले रामग्रामसहित नवलपरासीको त्रिवेणीलाई मध्यनजर गरेर प्रचार प्रसार तथा पर्यटन प्रवद्र्धनका लागि बजेट विनियोजन गरेको छ ।,पाल्पाको तानसेन बजारबाट ८ किलोमिटर उत्तर कालीगण्डकीको किनारमा छ नेपालको ताजमहलका नामले चिनिने रानीमहल । यो महल तत्कालीन पाल्पा राज्यका राजा खड्ग शमशेरले आफ्नी दिवंगत पत्नी तेजकुमारीको सम्झनामा बनाएका हुन् । पछिल्लो समय यो महल हेर्नका लागि जाने पर्यटकको संख्या धेरै छ । विदेशी भन्दा स्वदेशी पर्यटकहरु यहाँ पुग्ने गरेका छन् ।,पछिल्ला वर्षहरुमा हिल स्टेशनको रुपमा प्रचार गरिएपछि यहाँ भारतीय पर्यटकहरु ओइरिन थालेका छन् । रानीमहलसम्म जाने सडकको अवस्था तथा पर्यटकमैत्री संरचना नहुँदा त्यहाँ पुग्ने पर्यटकहरु भने खिन्न हुन्छन् । नेपाल भ्रमण वर्षका क्रममा प्रदेश ५ सरकारले यस महललाई राणाकालीन ढाँचाबाट सिंगारेर पर्यटकीय आकर्षणको केन्द्र बनाउने योजना पर्यटन मन्त्रालयले बनाएको छ ।, ,प्यूठान जिल्लाको सदरमुकाम खलंगाबाट करिब २६ किलोमिटर पश्चिममा रहेको धार्मिक पर्यटकीय स्थल हो स्वर्गद्वारी । पौराणिक कालमा पाण्डवहरु स्वर्ग जाँदा यहाँको बाटो भएर गएको द्वार हुनाले स्वर्गद्धारी नाम रहेको हो । यहाँ पुगेपछि मनले चिताएको पूरा हुने जनविश्वासका साथ स्वदेशी र विदेशी पर्यटकहरु यहाँ जान्छन् ।,यहाँ स्वदेशी भन्दा बढी भारतीय पर्यटकको भीड लाग्ने गरेको छ । तर भारतीय पर्यटकले यहाँ खासै खर्च नगर्ने हुँदा पर्यटन व्यवसायी यसमा खासै ध्यान दिएका छैनन् । प्रदेश सरकारले स्वर्गद्धारीमा एक लाख भारतीय पर्यटकहरुलाई महाअभिषेक गर्ने योजना बनाएको छ ।,घोराही उपमहानगरपालिका वडा नं ५ मा अवस्थित धारपानी धाम दाङको प्रमुख धार्मिक पर्यटकीय स्थल हो । पाण्डवेश्वर मन्दिरको नामले पनि चिनिने धारापानीधाम शहरी क्षेत्रदेखि नजिकै पर्ने भएकाले पर्यटनको उत्कृष्ट गन्तव्य बन्दै गएको छ ।,यस धाममा सुन, चाँदी, पितल, तामा र फलामबाट तयार गरिएको मुलुककै अग्लो भनिएको त्रिशूल स्थापना गरिएको छ । पश्चिम क्षेत्रकै एक चर्चित धाम हो रिहार । यसलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा चिनिन्छ । यो धामको अवलोकलन गर्न भारतको उत्तरप्रदेशबाट ठूलो मात्रामा पर्यटकहरु आउने गर्छन । यो वर्ष धाममा आउनेको संख्या अझै बढेको जनाइएको छ ।,यो मन्दिर गोरुसिंगे–सन्धिखर्क सडक खण्डको सुपा खोलाको पश्चिम क्षेत्रमा रहेको छ । नरपानी र फलामे दुवै अग्ला महाभारत पर्वत श्रृंखलाको बिचमा झण्डै ४ हजार ५ सय फिटको उचाइँको कहालीलाग्दो भीमकाय खोँचमा यो मन्दिर अवस्थित छ । यहाँ भाकल र दर्शन गरेपछि आँटेको काम सफल हुने किंवदन्तीअनुसार अहिले पनि यहाँ भाकल गर्ने र भाकल चढाउनेहरुको भीड लाग्छ ।,यो प्रसिद्ध धार्मिक शक्तिपीठको स्थापनाबारे विभिन्न जनश्रुतिहरु पाइन्छन् । भगवान रामकी पत्नी सीताले बनाएको चुलो, जाँतो, आदिका शिलाहरुबाट त्रेतायुगदेखि नै यहाँ शक्ति थियो भन्ने मान्यता छ । यहाँ भाकल गरेपछि मनोकामना पूरा हुने र भाकल गरेर चढाउँछु भनेको कुरा नचढाएमा देवी रिसाउँछिन् भन्ने मान्यता छ ।,लाहुरेले भाकल गरेर भाकल पूरा नगरेकाले नजिकैको भीरमा रहेको चट्टानमा लाहुरे टाँसिएको किंवदन्ती छ । यहाँ एकादशी, औँशी, कृष्णजन्माष्टमी, ऋषिपञ्चमी, शिवरात्री, रामनवमी, श्रीपञ्चमीलगायतका पर्वमा पूजा गर्ने र भेटी चढाउनेको भीड लाग्छ ।,नेपालकै विशेष सांस्कृतिक तथा प्राकृतिक सम्पदा मानिने रेसुङ्गा भृगु ऋषिको तपोभूमि, रुरुको शिरोभाग, पुलस्य पुलह ऋषिको तपोभूमि, महर्षि, राजर्षि, देवर्षी एवं ब्रह्मर्षी बासस्थानयुक्त सुनौलो पुरास्थल हो ।,रेसुङ्गाबाट रमणिय हरीयाली दृष्य देखिनुका साथै तराइका फाँटदेखि भारतको भुभागसमेत देख्न सकिन्छ । रिडी नेपालका चारधाममध्येको एक विशेष धाम हो ।,कालीगण्डकी रिडी खोलाको संगम तथा स्याङ्जा, गुल्मी र पाल्पा जिल्लाको त्रिकोणात्मक मिलन क्षेत्रमा अवस्थित रिडी ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक एवं प्राकृतिक दृष्टिले विशेष आकर्षक स्थल हो ।,सुरुमा कर्णाली वन्यजन्तु आरक्षको रूपमा स्थापित यो निकुञ्जपछि बर्दिया वन्यजन्तु आरक्ष बन्यो । २०४५ मंसिर २० गते बर्दिया राष्ट्रिय निकुञ्जको रूपमा घोषणा भएको थियो । यस निकुञ्जमा पाटेबाघ, एकसिंगे गैँडा, चितुवा, घोडगधा, जरायो, चित्तल, लगुना, बाह्रसिङ्गा र जंगलीहात्तीलगायत ५६ प्रजातिका स्तनधारी वन्यजन्तु पाइन्छन् ।,जलचरहरूमा घडियाल गोही, मगर गोही, सोंस र विभिन्न किसिमका माछा यहाँ पाइन्छन् । यस निकुञ्जमा हालसम्म ४ सय ३८ थरी रैथाने र बसाई सरी आउने चराहरूको अभिलेख गरिएको छ । पर्यापर्यटनको प्रचुर सम्भावना रहेको यस निकुञ्जमा वर्षेनी पर्यटकको संस्था बढिरहेको छ ।,नेपाल भ्रमण वर्ष अवधिमा ‘घुम्न जाँउ बर्दिया’ विशेष प्याकेज कार्यक्रम, पर्या–पर्यटन, जङ्गल सफारी, साँस्कृतिक कार्यक्रम, होमस्टे व्यवस्थापन जस्ता कार्यक्रम हुँदैछन् । नजिकै कृष्णसार संरक्षित क्षेत्र पनि नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको छ ।,सिस्ने हिमाल उत्तरी सिमानामा अवस्थित रमणीय एवम् सुन्दर हिमाल हो । यो हिमालालाई स्थानीय भाषामा मुर्कट्टा हिमाल भनिन्छ । यो हिमाल कान्जिरोवा हिमश्रृंखला अन्तर्गत पर्दछ । यसको उचाई ५ हजार ८ सय ४१ मिटर छ ।,नेपाल भ्रमण वर्षको अवसरमा सिस्ने हिमालको कमल दहदेखि ढोरपाटनसम्म माउन्टेन बाइक रेस आयोजना गरिएको छ । यस्तै पोखरा आउने पर्यटकहरु लाई ढोरपाटन हुदै पूर्वी रुकुमको कमलदह सम्मको ट्राभल प्याकेज कार्यक्रम तय गरिएको भ्रमण वर्ष सचिवालयले जनाएको छ ।,बागेश्वरी मन्दिर नेपालगञ्जमा रहेको एक प्रसिद्ध मन्दिर हो । यो मन्दिरमा सतिदेवीको जिव्रो पतन भएको विश्वास गरिन्छ । यस मन्दिरमा पुजाआजाका लागि भारतबाट समेत श्रद्धालुहरु आउने गर्दछन् । यो मन्दिर प्यागोडा शैलीबाट बनेको छ । यहाँ करिब ७० मिटर उच्च कोषमाथि दुर्गाको मूर्ति राखिएको छ । जसलाई छत्रले ढाकिएको छ ।,यस मूर्तिमुनि गहिरो खाडल छ । खाडल माथि राखिएका फलामे जालीमाथि राखिएको चाँदीको सिंहासन र त्यसमाथि राखिएको शिलालाई नै देवीको शास्वत रुप मानी पूजा गरिन्छ । देवीको प्रतिमा मूनि रहेको खाल्डो सतिदेवीको पतन भएको जिब्रो धान्न नसकी भएको थियो भन्ने किंवदन्ती छ ।,बाँके राष्ट्रिय निकुञ्ज सन् २०१० जुलाई १२ मा नेपालको दशौँ राष्ट्रिय निकुञ्जको रूपमा स्थापित गरिएको थियो । यहाँ जैविक विविधताको दृष्टिले ८ वटा इकोसिष्टम, १ सय २४ वनस्पति प्रजाति, ३२ प्रजातिका स्तनधारीहरू, ३ सयभन्दा बढी प्रकारका चराका प्रजातिहरू, ५८ प्रजातिका माछाहरू, २२ सरीसृप तथा ६ प्रकारका उभयचरहरू पाइन्छन् ।,११ प्रजातिका दूर्लभ तथा संकटापन्न स्तनधारीहरू र ५० प्रजातिका अन्तर्राष्ट्रिय स्तरमै दूर्लभ चराहरू यहाँ पाइन्छन् । बाँके, दाङ र सल्यान जिल्लाको ३४३ वर्ग कि.मि. क्षेत्रलाई समेटेर निकुञ्जसँगै यसको मध्यवर्ती क्षेत्रको पनि घोषणा भएको थियो ।,यो निकुञ्ज पश्चिममा बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको हुँदा ठूला वन्यजन्तुको लागि एकदमै महत्वपूर्ण बासस्थानको रूपमा रहेको छ । यहाँ सरकारले भ्रमण वर्षको अवसर पारेर जंगल सफारीका लागि सर्वसाधारणलाई खुला गरेको छ ।,जलजला र थवाङ रोल्पाको ऐतिहासिक तथा धार्मिक पर्यटकीय क्षेत्र हुन् । यहाँ जलजलादेवीको मन्दिर लगायत विभिन्न धार्मिक संरचना निर्माण गरिएको छ । त्यस्तै थवाङ जनयुद्धको उद्गम स्थल हो ।,जहाँबाट माओवादीले सशस्त्र युद्ध सुरु गरेको थियो । यो क्षेत्रमा गुरिल्ला ट्रेक मार्ग पहिचान गरेर पर्यटन प्रवर्द्धनका काम भइरहेका छन् । | सी. पी. खनाल |
उत्तरी भेगबाट आएकाहरुले हिउँद बिताउने बढैया ताल | आप्रबासी चराका लागि प्रमुख गन्तव्यमा पर्छ बर्दियाको बढैया ताल । जोडो छल्न आउने हिउँदे आगन्तुक चरा मध्ये सिमसारमा आश्रित हाँस प्रजातिका चराका लागि उपयुक्त स्थानमा पर्छ बढैया ताल ।,हिउँद बिताउन आउने चराको संख्या केही कम भएको छ, तर आगन्तुक चराहरुले बिर्सीएका छैनन् परम्परा । सिमसारमा आश्रित हाँस प्रजातिका चराहरुको गन्तब्य नेपालका तराईका जिल्ला हुन्छ, भने अन्य चरा नेपाल भरि मनलागेको ठाउँ जान्छन् ।,अहिले हिउँदे आगन्तुक चरा नेपाल आइरहेका छन् । नेपाल आएका चराहरुले अबको ६ महिना हिउँद यहाँ बिताएर पुनः पुरानो स्थानमा पुग्छ । पृथ्वीले सूर्यलाई केही टाढाबाट परिक्रमा गर्छ, त्यसैले पृथ्वी चिसो हुन्छ ।,दक्षिणी ध्रुबको तुलनामा पृथ्वीको उत्तरी ध्रुबमा बढी चिसो हुन्छ । त्यहाँ आहारा पनि पाइँदैन । चिसो बढ्दै गर्दा त्यहाँका चराहरु बाच्नका लागि बसाई सर्ने गर्छन् । उनीहरुको रोजाइमा पर्छन् नेपाल, भारत, बंगलादेशका विभिन्न क्षेत्र ।,साइबेरीयाबाट हजारौँ किलोमिटर दूरी पार गरेर चराहरु यहाँ आउँछन् । त्यही समूहमा मिसिएर केहीमाथि चीनको मानसरोबरबाट अर्को एक समूह आउँछ र मंगोलियाबाट पनि । जसमा अधिकांश हाँस प्रजातिका चरा हुन्छन् ।,नेपालमा रहेका सीमसार क्षेत्रमा उनीहरुको बास हुनेछ । त्यहाँका माछा आहार बन्छन्।,कपिलवस्तुको जगदिसपुर जलासय, कैलालीको घोडाघोडी ताल, बर्दियाको बढैया ताल, कास्कीको फेवाताल, सुनसरीको वर्जु ताल, रुपन्देहीको गैडहवा ताल, चितवनको बिसहजारी तालसहितका सिमसार क्षेत्रमा हाँस तथा गिद्ध प्रजातिका आप्रवासी चराले हिउँद बिताउने गरेका छन् । यी ताल आसपास रहेका पानी जम्ने केही भूभागमा पनि उनीहरुको बास रहन्छ ।,हेम राज थारुको घर बढैया ताल छेउमा छ । उनी यो ताल सँगै हुर्किए । सानो छदाँ तालमा मुख धोए, नुहाए र कहिले ढुङ्गा पनि हाने । सबै उनको मनमा अझै ताजा छ । मुसुक्क मुस्कुराउदै उनी भन्छन् ‘त्यो त केटाकेटी हुँदाको कुरा थियो, अब त त्यस्तो कहाँ गर्नु ।’ अहिले कसैले त्यस्तो गरे सम्झाउँछन् उनी ।,उनी हुर्किँदै गए, ताल भने खुम्चिँदै गयो । उनी भन्छन्, ‘पहिला त चरा आकास भरी हुन्थे, आकास नै ढाक्ने गरी तर अहिले चराको संख्या घटेको छ ।’,उनका अनुसार तालको क्षेत्रफल पनि खुम्चिएको छ । करिब १५० बिघा क्षेत्रफलको ताल हाल १०९ बिघामा सीमित भएको छ । त्यसमा पनि केही भाग जग्गा सम्बन्धी मुद्दा बिचाराधिन छ । कतिपटक तालको केही भाग हडप्ने प्रयास भयो तर स्थानीयले सफल हुन दिएका छैनन् ।,बढैया ताल बर्दीयाको बढैयाताल गाउँपालिकामा पर्छ । महेन्द्र राजमार्गमा पर्ने बर्दियाको बाँसगढीबाट सिधा दक्षिण तर्फ छ । यसको पहरा गरेर बसेका छन् हेमराज थारुसँगै अरु दुईजना । हरेक दिन बिहान ६ बजेदेखि बेलुका १० बजेसम्म उनीहरुको दिन तालको रेखदेखमै बित्छ ।,हिउँद लागेसँगै तालमा रौनक बढेको छ । चराहरुको संख्या थपिएको छ । ताल वरिपरी पातलो बस्ती छ र खेत अनि माछा पालनका लागि कृतिम पोखरी । ती क्षेत्रमा पनि चराहरु देखिन्छन् ।,आगन्तुक चराहरु बासस्थानसँगै आहारा पाइने क्षेत्र रहेका ठाउँमा पुग्ने गरेको चराविद डा. हेमसागर बरालले बताए । उत्तरी क्षेत्रमा अत्याधिक चिसो हुँदा जाडोसँगै आहाराको पनि अभाव हुन्छ । आहाराको खोजीमा आइपुगेका चराहरु बढैया तालसँगै त्यसवरपरको खेती योग्य जमिनमा पनि देखिन्छन् ।,लामो समयदेखि चरासम्बन्धी अध्ययन गरिरहेका राम शाह अनुसार नेपालमा अहिले ४३ प्रजाति (हाँस प्रजातीका) चराहरु आउँछन् । जसमा कर्याङकुरुङ र खोया हाँस बढी छन् ।,पश्चिम तर्फ कर्णाली नदी र पूर्व तर्फको कोसी नदी माथी उनीहरुको बाटो छ । दुश्मनको डर भए र केहि आपद परे जोगिन सजिलो होस् भनेर उनीहरुले सो मार्ग प्रयोग गर्ने गरेको शाहले बताए ।,यसरी आएका मध्ये सिमसार क्षेत्रमा बास हुने चराको रोजाइमा पर्ने बढैया तालको संरक्षण गर्नु पर्ने चराविदहरुको भनाई छ । आगन्तुक चराहरुले सन्देश लिएर आउने गरेकाले उनीहरुको यो परम्परा जोगाइ राख्नका लागि ताल संरक्षण तथा वन एवम् घाँसे मैदान जोगाइ राख्नु पर्ने उनीहरुले बताए । | प्रभात खनाल |
दसैँ मनाउन घर फर्किएका नेपालीहरु रुपैडिहा नाकामा ठगिँदै, यात्रु सहायता कक्ष देखावटी मात्रै | नेपालगञ्ज- भारतबाट दसैँ मान्न घर फर्किएका नेपालीलाई नेपालगञ्ज नाकामा रिक्सा र टाँगा चालकले ठग्ने गरेका छन्।,भारतका विभिन्ने शहरमा काम गरेर फर्किएका नेपालीलाई रुपैडिहा बसपार्कदेखि नेपालगञ्ज आउँदा टाँगा र अटोरिक्सा चालकले ठग्ने गरेका हुन्।,भारतबाट फर्किनेमा प्रायः कर्णाली प्रदेशका मानिसहरु छन्। उनीहरुलाई नेपाल र भारतका टाँगा तथा अटोरिक्सा चालकले मनोमानी भाडा लिएर ठगीरहेका छन्।,रुपैडिहादेखि नेपालगञ्जसम्म ६ जना आउँदा टाँगा चालकले एक हजार सात सयसम्म लिएको पाइएको छ। जबकी रुपैडिहादेखि नेपालगञ्जमा तीनदेखि चार सयमा बुकिङमा आउने गर्दछन्।,टाँगा चालकले रुपैडिहादेखि नेपालगञ्जको छोटी भन्सारसम्म आउँदा चार सय भारतीय रुपैयाँ लिएका छन्।,अटोरिक्साले रुपैडिहादेखि नेपालगञ्जसम्म आउँदा एकजनाको दुई सय लिएको पाइएको छ। रुपैडिहादेखि नेपालगञ्जसम्म एकजनाको ५० रुपैयाँ मूल्य निर्धारण गरिएको छ।,भारतमा काम गरेर फर्किएका आफन्तलाई लिन नाकामा पुगेकी जमुना डाँगीले रुपैडिहादेखि छोटी भन्सारसम्म आउँदा भारु चार सय रुपैयाँ तिरेकाे बताइन्।,भारतको सिम्ला, प्रयाग, कालापहाड, हरिद्वारलगायतका ठाउँमा मजदुरी गरेर फर्किएका नेपालीलाई नाकामा टाँगा, अटोरिक्सा र नेपालगञ्जका होटल सञ्चालकसम्मले दुःख दिने गरेका छन्।,होटल सञ्चालकहरु रुपैडिहामै पुगेर आफ्नो होटलमा ल्याउन प्रतिस्पर्धा गरिरहेका छन्। उनीहरुले टाँगा र अटोरिक्सालाई साथमा लिएर नेपालीहरुलाई आफ्नो होटलमा ल्याउने गरेका छन्।,भारतबाट फर्किएकालाई नाकामा कुनै प्रकारको दुःख, हैरानी, सास्ती नहोस्, कोही नठगिउन् भनेर बाँके प्रहरीले नाकामा यात्रु सहायता कक्ष राखेको छ। तर त्यसले नेपालीहरुलाई ठग्नबाट बचाउन सकेको छैन।,देखावटी यात्रु सहायता कक्षमा बसेका प्रहरीले भारतबाट फर्किएका नेपालीलाई ‘तिमीलाई कसैले दुर्व्यवहार गर्यो की?, टाँगा र अटोरिक्सामा कति भाडा तिरेर नेपालगञ्जसम्म जाँदैछौ’ भनेर पनि साेध्ने नगरेकाे पिडितकाे गुनासाे छ।,दसैँको माहोलमा नाकामा बसेको प्रहरी आफैलाई गोजी भर्न भ्याइ–नभ्याई रहेकाले परदेशीहरु ठगिए कि ठगिएनन् भनेर सोध्ने फुर्सद नभएको पिडितको आरोप छ।,बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले नाकामा कसैलाई हैरानी नहोस् भनेर सहायता कक्ष राख्नेदेखि सादा पोशाकका प्रहरी खटाएर निगरानी बढाएको दावी गरे। ‘भारतीय प्रहरीसँग समन्वय गरेर नाकामा निगरानी बढाइएको छ’, एसपी वलीले भने, ‘बाँके प्रहरीले सार्वजनिक गरेको ३१ बुँदे सुरक्षा रणनीतिमा नाकाको सुरक्षालाई प्राथमिकतामा राखिएको छ।’,भारतका विभिन्न शहरमा मजदुरी गरेर फर्किनेहरुमा धेरैजसाे जाजरकोट, दैलेख, रुकुम, रोल्पा, सल्यान, प्यूठानका मानिसहरु छन्। आफ्नो खेतको उत्पादनले वर्षभरी खाना नपुग्ने नेपालीहरु ‘मौसमी’ कामका लागि भारतका विभिन्न शहरमा जाने गर्दछन्।,दसैँ शुरु भएकाले परदेशीहरु घर फर्किरहेका छन्। पहाडी जिल्लाका मानिसहरु भएकाले उनीहरुलाई रुपैडिहादेखि नेपालगञ्जसम्मको भाडा थाहा हुँदैन। त्यसैले टाँगा र अटोरिक्साले जति भने त्यति दिन बाध्य हुन्छन्। त्यसमाथि होटल सञ्चालकको टाँगा र अटोरिक्सासँगकाे मिलेमताेले गर्दा उनीहरुलाई ठगिएको थाहा नै हुँदैन। | कुमार श्रेष्ठ |
प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गर्दै लुम्बिनीमा परित्राण पाठ | प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गर्दै बुद्ध जन्मस्थल लुम्बिनीमा परित्राण पाठ गरिएको छ।,मृगौलाको उपचारका लागि सिंगापुर रहेका प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्दै लुम्बिनी मायादेवी मन्दिर अगाडि परित्राण पाठ गरिएको हो।,लुम्बिनी विकास कोष र लुम्बिनी स्थित विभिन्न देशका बौद्ध विहारको संयुक्त आयोजनामा परित्राण पाठ गरिएको लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईले जानकारी दिए।,बुद्धले आफ्ना अनुयायीलाई आशिर्वाद दिन र भयबाट रक्षा गर्न पाली भाषामा पाठ गर्नु भएको केही सुत्रहरुको पाठ नै परित्राण पाठ हो।,परित्राण पाठ (सुत्र) विश्वभरिका बौद्ध भिक्षुहरुले गर्ने एक सुपरिचित बौद्ध अभ्यास हो।,यो अभ्यास विशेष गरी पाली भाषा प्रयोग गर्ने थेरवादी बुद्धिष्ट मुलुकहरूमा बढी प्रचलन छ। परित्राण पाठ जन्म दिन, घरमा स्वस्थ शान्ति, गृह दोष, रोगी बिरामी, आपत-विपत अवस्थामा अग्रज भिक्षुहरुबाट गराइन्छ।,परित्राणको पाठ मानसिक सुदृढता, खराब विचार, दुर्भाग्य, अस्वस्थता, ग्रहदशाको दुस्प्रभावबाट रक्षा गर्नको लागि गर्ने चलन छ । यो पाठ भिक्षुहरु बाट विभिन्न लयमा गर्ने गरिन्छ।,परित्राण पाठ गर्दा भिक्षुहरुले शुद्ध उच्चारण र उपयुक्त लयमा पाठ गर्नु पर्ने हुन्छ। यसरी गरिएको सुत्रहरुको पाठबाट महान शक्तिहरुको संचार हुन्छ भन्ने विश्वास छ।,ती शक्तिहरु भनेको बुद्ध, धर्म र संघ (तीन रत्न ) हो। जसको समिश्रण नै बुद्ध धर्म हो। त्यसैले परित्राण पाठ गर्दा र सुन्दा मान्छेलाई ठूलो लाभ मिल्दछ भन्ने मान्यता बौद्धमार्गीहरुमा छ।, | सी. पी. खनाल |
काकाकूल कोइलाबास | दाङ (कोइलावास) – मध्य वर्षा । बल्लतल्ल केही कुवामा पानी रसाएको छ । तीन महिना यो कुवाको पानीले प्यास मेटाउन पुग्छ । तर, बाँकी ९ महिना उही भारतीय एसएसबीको क्याम्पमा रहेको धारामा पुग्नु पर्ने बाध्यता । यसरी पानीको लागी कोइलाबासका नागरिकले दुःख भोग्नु परेको एक दशक हुनै लाग्यो । त्यो भन्दा अगाडी कोइलाबासमा पानीको दुःख थिएन ।,एक समय थियो, बजारभरि इनार थिए, आँगनमै खोलाको ‘कलकल’ आवाजले बजारको रौनक अझैँ बढ्थ्यो । कोइलावासमा खोला छ तर, पानी छैन । कोइलाबास खोला चार मिटर गहिरिइसकेको छ, हेर्दा खोलाको पिँध नै भेटाउन मुश्किल हुन्छ ।,कारण हो, खोलाको अनियन्त्रित उत्खनन् । यो उत्खनन् आज भन्दा झण्डै १६ वर्ष अघि गरिएको हो ।,तत्कालीन जिल्ला विकास समितिले लगाएको ठेक्का मार्फत कोइलावास खोलामा भएका ढुङ्गा र बालुवा भारत निकासी गरे । यहाँबाट निकालिएको ढुंगा र बालुवा कानपुर सम्मको रेवले स्टेसन निर्माण गर्नको लागि प्रयोग गर्न लगिन्थ्यो । अनियन्त्रीत रुपले ढुंगा उत्खनन हुदा नियन्त्रण गर्ने कोही भएन ।,कोइलाबास ‘विस्थापित’ भइसकेको थियो । नाका खुल्ला थियो । त्यो अनियन्त्रित उत्खनन्ले खोला गहिँरिदै गयो । खोलामा पानी सुक्यो । जमिन खुख्खा भए । भएका इनारहरु पनि सुक्दै गए । इनारमात्रै रहे, भित्रको पानी सुक्यो । अहिले ती इनारभरि झारमात्रै छन्, पानी छैन ।,कोइलाबास ‘विस्थापित’ भएपछि पनि केही कोइलाबासबासीहरुमा झिनो आशा थियो ‘कोइलावास फेरि बन्नेछ ।’,त्यही आशा राख्नेहरु त्यहाँ बसे ।,तर, जीवन बाँच्न पानी त चाहियो नि ?,दशगजामै क्याम्प बाँधेको भारतीय एसएसबीले आठ वर्ष अघि चार सय फिट गहिरो बोरिङ धस्यो । त्यही समयमा नेपाल सरकारले कोइलावासमा खानेपानीको लागी भूमिगत पानी निकाल्न बजेट बिनियोजन नगर्दा बोरिङ्ग धस्न सकिएन ।,तर, भारतीय भूमिमा बिजुली छैन, कोइलाबासमा छ । अनि सुरु भयो ‘एक्सेचेन्ज’ अफर, ‘एसएसबीले कोइलाबासबाट बिजुली लैजाने र, कोइलाबासबासीलाई भारतीय भूमिको बोरिङबाट पानी दिने ।’,कोइलाबासमा रहेको भारतीय सीमा सुरक्षा वल एसएसबीका प्रहरी निरीक्षक एलएस मिनाले पानीले नेपाल र भारत बिचमा सम्वन्ध राम्रो बनाएको बातए । ‘पानी दिदा खुसी प्राप्त हुन्छ’ उनले भने ‘हाम्रो तर्फ चार सय फिट गहिरो बोरिङको पानी छ । यहाँको पानी नेपाल जान्छ । अनि नेपालको बिजुली हामीलाई प्राप्त भएको छ ।’,मासिक एक हजार भन्दा बढीको बिल उठ्ने गरेको छ । एसएसबीले धेरै जसो जेनेरेटर चलाउने हुदा बिजुलीको विल कम उठ्छ । बिजुलीको विल भन्दा धेरै पानी नेपालीले उपभोग गर्ने गरेको वडा अध्यक्ष सद्धाम सिद्धिकीले बताए ।,कोइलाबासमा खानेपानीको संकट निम्तिएछि हरेक वर्ष झैँ तत्कालीन गाविस र जिल्ला विकास समितिबाट बजेट आएपनि त्यसको सदुपयोग नहुदा पानीको समस्या जस्ताको त्यस्तै रहन पुग्यो । ‘कुवामा पानी सुकेपछि धारा मार्फत पानी ल्याउने योजना भयो । बोक्सरेबाट पानी त आयो तर, धेरै समय टिकेन’ गढवा गाउँपालिका वडा नं. ८ कोइलावासका वडा अध्यक्ष सद्धाम सिद्धिकीले भने–‘हरेक वर्ष १०–१५ लाख बजेट खानेपानीका लागि भनेर आउँथ्यो । त्यो बजेट धाराको लागि पाईप खन्दै र पुर्दैमा सकियो ।’,स्थानीय सरकार गठन भएपछी कोइलाबासमा नेपाली भूमिबाटै निस्किएको पानी खुवाउने योजनाका साथ कामअघि बढाइएको छ । एक सय ७५ मिटर गहिराईबाट निस्किएको पानी वितरणको योजना छ । कोइलाबास बजारमै खानेपानीको लागि डिप बोरिङ्ग धसिएको हो । प्रदेश सरकार अन्तरगत खानेपानी डिभिजन कार्यालयको बजेट बाट खानेपानीको काम भैरहेको हो ।,दाङको गढवा गाउँपालिका वडा नं. ८ कोईलावासमा बर्षौं अघि खनिएका ईनारमा पानी सुकेको डेढ दशक भैसक्यो । ईनारमा पानी सुकेपछि खानेपानीको लागि ०६५ सालमा धारा जडान गरियो । बोक्सरे भन्ने ठाउँमा पाँच वर्षअघि देखि पानीको मुहान क्रमिक रुपले सुक्दै गयो ।,त्यसपछि कोइलाबासको धारामा पानी आउनै छोड्यो । एक सय २० घर धुरी रहेको कोइलाबास बजारका नागरिक खानेपानीको लागि छिमेकी भारतमा भरपर्नु परेको छ । ‘पानी सुक्यो भने त हामी सबै एसएबी क्याम्पमा जाने हो । त्यो भन्दा माथी त पाउदै पाउदैन् ‘स्थानीय कमला केसीले भनिन् ‘पहिले पहिले त २० रुपैयाँ डिब्वा पानी भराएर गाडीमा ल्याएर आउथिम जरुवादेखि । अहिले एसएबीले दिन्छ ।’,कोइलाबासमा सीमा सुरक्षाको लागी नेपाल सशस्त्र प्रहरी वलको पोष्ट छ । सुरक्षामा खटिएका प्रहरीले एसएसबीले दिएको पानी खाने गरेका छन् । ‘हाम्लाई भन्दा बढी जनताहरुलाई समस्या भएको देखिन्छ । चैत वैशाखमा पानीको निकै अभाव हुने भएको हुनाले जनताले निकै दुःख पाउनु भएको छ’शसस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय कोइलाबासका प्रहरी निरीक्षक ईश्वर खनालले भने, ‘हामीले त एसएसबीसँग समन्वय गरेर तै बिसेक प्रयाप्त नभए पनि कमै मात्र भएपनि खानलाई चाहिँ पुगेको छ ।’,सशस्त्र प्रहरीको गेट बाटै स्थानीयहरु पानी लिन भारतीय सीमा सुरक्षा बलको क्याम्पमा जाने गर्छन् । ‘हाम्रै गेट अघीबाट नेपाली दाजु भाई दिदीबहिनीहरु ग्यालेन बोकेर एसएसबी क्याम्पमा जानुहुन्छ । शुद्ध खानेपानीका लागि भरेर आउनुहुन्छ । हाम्ले देख्छौँ । हामीलाई नै दुःख लाग्छ । के गर्नु हामी पनि पानी ईण्डियाबाट लिएर खाएका छौँ ।’,कुवा सुकेपछि खोलामा खाडल खनेर त्यहाँ जम्मा भएको पानी स्थानीयले खाने गरेका थिए । जर्किन, गाग्रीको मद्धतले यहाँका नागरिकले हरेक दिन पानी ल्याउने गरे ।,पूर्व पश्चिम राजमार्ग नखुल्दैदेखि दाङको कोइलावास चिनिन थालेको हो । त्यही बेलादेखि कोइलाबासको वेग्लै पहिचान थियो । दाङको माथिल्लोभेग तथा अन्य पहाडि गाउँबाट नुन–तेल किन्न आउने बजार थियो, कोइलाबास । यो यस क्षेत्रको चर्चित नाकाकै रुपमा परिचित थियो ।,भारतको बलरामपुर जिल्लाको जरुवा सिमानामा पर्ने कोइलाबासको जनसंख्या ११ सय ९७ छ । स्थानीय तह पुनसंरचना हुनुअघिसम्म कोइलाबास एउटा सिंगो गाविस थियो । तर अहिले यो गढवा गाउँपालिका वडा नं. ८ मा पर्छ । जहाँ पुग्नलाई तुलसीपुरबाट मुस्किलले अहिले दैनिक एउटा बस चल्छ ।,स्थानीय ६० वर्षीय सई सिद्धिकीले कोइलाबासको कुवामा पानी सुक्नुको कारण कोइलाबास खोलामा ढुंगा उत्खनन रहेको बताए ।,‘ढुंगाको काम गर्ने बेला ठेकेदारहरु ढुंगा सबै निकालेर लगिसके । कुवाको लेवल माथितिर भैगो । सोता तलतिर भैगो । पानी छैन्’सिद्धिकीले भने–‘१४–१५ वटा कुवा छ । ढुंगा निकाल्ने बेला खोलाको लेबिल तल तिर गैगो । झन गड्डा हुँदै गयो । कुवाको पानी खोलै तिर बग्न थाल्यो ।’,
स्थानीय बासिन्दाका अनुसार मनपरी रुपमा ढुंगा गिटी उठाउन थालिएपछि भूमिगत पानी सुक्न थालेको हो ।,कोइलाबास खोलामा पानी बग्दासम्म त्यहाँका ईनारमा प्रशस्त पानी आउँथ्यो । यही क्रममा कोइलाबास खोलामा बनाईएको बाँध भत्कियो । तत्कालीन जिल्ला विकास समिति मार्फत ठेक्का लगाइएको थियो । २०६२ देखि ०६६ सम्म मनपरी रुपमा ढुंगा उत्खनन् गरेर भारत निकासी गरियो । त्यसपछि खोलाको सतह घट्यो । ईनारको गहिराई भन्दा खोलाको गहिराई धेरै भएपछि पानीको सतह घट्न पुग्यो । त्यसपछि कोइलाबासमा पानीको संकट पर्न गएको बुझाई कोलााबास घर भएका जावेद अहमद सिद्धिकीको छ । ‘जव खोलाबाट ढुंगा निकासा भयो । खोला भैगो डाउन । डाउन हुदा कुवा सबै सुक्यो’ उनले भने ‘पानीको सबै भन्दा समस्या अहिले कोइलावासमा छ । मान्छे यहाँ देखि ५ किलोमिटर पर ईण्डिया गएर ल्याउने गर्छन् ।,खानेपानीको संकट बढ्दै गएपछी खानेपानी तथा सरसफाई डिभिजन र भूमिगत जलस्रोत तथा सिंचाई डिभिजन कार्यालयको पहलमा ६ ठाउँ डिप बोरिङ खनिएको छ । तर, पानी आएन् । सातौँपटक एक सय ७५ मिटर गहिरो डिप बोरिङ खन्दा मुश्किलले पानी भेटिएको छ । मुश्किलले भेटिएको पानीलाई ट्यांकी मार्फत स्थानियलाई वितरण गर्ने तयारी भैरहेको गढवा गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष सद्धाम सिद्धिकिले बताए । ‘पाँच ६ महिना पहिला यहाँ डिप बोरिङ गरेका हौँ । अहिले हाम्लाई यो ठाउँ हेरेर प्रसस्त पुग्नेजती पानी बोरिङमा पाएका छौँ’ उनले भने ‘सप्लाईको लागि हामीसँग बजेट नभएको कारणले गत वर्ष त्यसको काम गर्न सकेनौँ । अहिले स्टिमेट आईसक्यो । खानेपानीको यहाँ समिति छ । उ पनि एक्दमै सकृय छ । खानेपानी टंकी निर्माणको काम सकिएको छ ।’,कोइलाबासमा पानी पुर्याउन प्रदेश सरकारबाट योजना परेको हो । ‘अहिले सम्म ६० लाख जती खर्च भैसकेको छ । लास्ट सम्म कती खर्च हुन्छ । त्यतीबेला कति खर्च भयो भनेर थाहा हुन्छ’ खानेपानी डिभिजन कार्यालयका प्रमुख गुणनिधि पोखरेलले भने ‘तीन चार महिनाको बिचमा पानी वितरण गर्ने योजना छ ।’,भूमिगत पानीको संकट कोइलाबासमा मात्रै छैन् । अहिले दाङको माथिल्लो क्षेत्रमा चुलिदै गएको छ । नदी किनार भन्दा टाढाका बस्तीमा भूमिगत पानी गहिरिँदै गएको छ । गर्मी सुरु नहुँदै कुवाको पानी सकिँदै जानु, मुहानहरु सुक्दै जानु यसका प्रत्यक्ष देखिएका प्रभावहरु हुन् ।,भूमिगत पानीका मुहान सुक्नुमा तराई क्षेत्रमा भएको चुरे दोहन पनि कारक भएको खानेपानी तथा ढल व्यवस्थापन विभागका डी विपिन ठाकुरले बताए । ‘भूमिगत पानी सुक्नुको धेरै कारण मध्य एउटा कारण चुरे दोहन हो’ उनले भने ‘जमिनमाथिबाट जती धेरै पानी जमिनमुनि गयो, उतिनै भूमिगत पानी बढ्ने हो । चुरे दोहनले जमिनमुनी पानी जानबाट रोक्यो ।’ चुरे बिनास हुँदा ठूला चिराहरु पुरिने, छिद्रा परेका ढुंगा, चट्टानहरु नासिने हुदा पानी जमिनमुनि जानबाट रोकिन्छ । जसले गर्दा भूमिगत पानीको स्रोतमा अवरोध हुदा पानीको संकट उत्पन्न हुने गरेको ठाकुरले बताए ।,उनका अनुसार कमलो ढुङ्गामाटोले बनेको क्षेत्र पर्यावरणीय दृष्टिले अत्यन्त संवेदनशील मानिन्छ । चुरेको फेदीमा नदीले बगाएर ल्याएका ढुंगा, गिट्टी, बालुवा र कंकडले बनेको भावर क्षेत्र को समथर भूभाग छ । यसले दक्षिणी समथर तराईका लागि पानी सञ्चित गरी भूमिगत जल भण्डारणमा महत्वपूर्ण भूमिका खेल्छ । चुरे नासिदै जाँदा भूमिगत जलको संकट उत्पन्न हुदै गएका संकेतहरु देखिन थालेका छन् । यती मात्रै होइन परम्परागत पोखरी, सिमसार क्षेत्र नासिदै जाँदा भूमिगत पानीको संकट देखिन थालेको हो ।,काठमाडौँ उपत्यकामा भूमिगत पानीको अवस्थाको बारेमा अध्ययन गरिएको पाइए पनि देशका अन्य भागमा भने यस बारेमा विस्तृत अध्ययन गरेको पाइएको छैन् । तर, काठमाडौँमा गरिएको सर्भेले भूमिगत पानीको अवस्था कमजोर हुँदै गएको देखाएको छ । स्यालो ट्यूवेल प्रोजेक्ट हुँदा खानेपानी तथा ढल व्यवस्थापन विभागबाट भूमिगत पानीको अवस्था जाँच गर्न सर्भे गर्ने कार्यक्रम थियो ।,तर, अहिले स्थानीय सरकार बनिसकेपछि सर्भेको काम ठप्प जस्तै छ । तराई क्षेत्रको भूमिगत पानी घटेको भए पनि त्यस बारेमा वृहत अध्ययन हुन सकेको छैन् ।,‘दाङ अथवा तराईकै भूमिगत पानी कति लेबलमा घट्यो भनेर भन्न सक्ने अवस्था छैन’ डिभिजन खानेपानी कार्यालय दाङका प्रमुख गुणनिधी पोख्रेलले भने ‘पहिले पानी भएका तर, अहिले पानी नभएका कुवाहरु भने गाउँ घरमा भेटीएका छन् । यसको अर्थ के हो भने जमिनमुनिको पानी घट्दो क्रममा छ ।’,भूमिगत जलस्रोत विकास समितिले काठमाडौँ उपत्यककाको दुई ठाउँमा पानीको सतहको अध्ययन गरेको हो । जस मध्य काठमाडौको कीर्तिपुर टौदह र ललितपुरको लभुमा गरेको अध्ययन अनुसार पानीको सतह घटेको तथ्याङ्क छ । सन् २००१ मा कीर्तिपुर ८ टौदह क्षेत्रमा अध्ययन गरेको थियो ।,भूमिगत पानीको संरक्षण आवश्यक छ । अन्य पानीको मुहानहरुको संरक्षण गरे जस्तै जमिनमुनिको पानीको पनि संरक्षण आवश्यक रहेको जल वैज्ञानिक देवकुमार स्याङवोले बताए । उनका अनुसार रिचार्ज पोखरी निर्माण गर्ने, पानीको पुर्नभरण हुने ठाउँ जस्तै सिमसार क्षेत्र, चिरा, छिद्र परेका ठाउँहरुको संरक्षण गरे भूमिगत पानी जोगिन सक्छ ।,‘आकाशको पानीलाई रोकेर जमिनमुनि अधिकतम भन्दा अधिकतम समयसम्म छिर्न दिनुपर्छ । त्यसका लागि रिचार्ज पोखरी बनाउने, सिमसार क्षेत्रको संरक्षण गर्नुपर्छ’उनले भने ‘पानीको पुर्नभरण हुने चुरे पहाडलाई जोगाई राख्नुपर्छ ।’,यती मात्रै होइन भूमिगत पानीको संरक्षणको लागि फोहर मैला व्यवस्थापन पनि प्रमुख सवाल रहेको उनले बताउ । ‘हाम्रो शहरीकरण बिस्तार हुँदै गएपछाडि अहिले जसरी फोहर मैलाको व्यवस्थापन भैरहेको छ । यसमा कुहिने पनि छ । न कुहिने पनि छ । दिर्घकालीन हाम्रो स्वास्थ्यलाई असर पार्ने तत्वहरु पनि छ’उनले भने ‘त्यो फोहर मैलालाई डिस्पोज गर्दा खेरी चाही जमिनमुनिको पानीसँग नजोडिने तरिकाले त्यसको व्यवस्थापन गर्नुपर्यो ।’,भूमिगत पानी निकाल्न अव्यवस्थित ट्यूबेल गाड्ने गरिएको छ । यो पनि एउटा चुनौति हो । ‘अव्यवस्थित तरिकाले ट्यूबेल संरचना निर्माण गर्ने काम लाई नियमन गर्नुपर्यो’ उनले भने ‘जसले पनि ट्यूबेल गाड्न नपाउनेगरी कानून बनाएर एक ठाउँबाट मात्रै काम गर्ने बातावरण मिलाउनु पर्छ ।’,खानेपानी तथा ढल व्यवस्थापन विभागका डी विपिन ठाकुरले भूमिगत पानीको संरक्षणको लागि नेपाल सरकारले ठोस कार्यक्रम ल्याउनु पर्ने सुझाव दिए । पुराना पोखरी, सिमसार क्षेत्र, छिद्र परेका ठाउँहरु मासेर संरचना बनाउन रोक लगाउनु पर्ने र ती क्षेत्रको संरक्षण गर्नुपर्ने बताए । ‘दिनप्रतिदिन भूमिगत पानी तल गैरहेको अवस्था छ’उनले भने ‘पानीको लेवल कसरी म्यानेज गर्ने भनेर विस्तृत कार्यक्रम आएको छैन् । विस्तृत कार्यक्रम भित्र भूमिगत पानीलाई जोगाउन गरिने कृयाकलपाहरु समावेश हुनैपर्छ ।’,तराईमा राकिलो भूभागमा पानी बगाइदिने, खाल्डो वा पोखरी निर्माण गरेर पानी जम्मा गरिदिने विधि प्रयोग गर्नसकिन्छ । खोल्साहरुमा चेकड्याम बनाउदा पानी पुर्नभरण हुन्छ । भिरहरुमा पानी छिटो बगेर जान नदिई रोक्ने विधि अपनाउनुपर्छ । यसका साथै घरको छतमा जम्मा हुने पानी संकलन गरेर जमिनमुनि पठाउने प्रविधि तयार पार्न स्थानीय तहले नीति बनाउन आवश्यक रहेको उनले सुझाव दिए । | दशरथ घिमिरे |
नेपाली युवायुवतीलाई ठग्दै ‘ओरियन्स कम्पनी’ | नेपालगञ्ज- नेपाली युवायुवती भारतीय नेटवर्किङ कम्पनीमा फसिरहेको पाइएको छ। ओरियन्स नामक कम्पनीले विभिन्न जिल्लाका युवायुवतीलाई प्रलोभनमा पारेको हो।,कम्पनीको सदस्यता र सामान बेचेवापत राम्रो कमिसन पाइने लोभमा युवायुवती फसिरहेका हुन्। यसरी फस्नेमा प्रायःजसो ११ र १२ कक्षा पढ्दै गरेका युवायुवती छन्। शुरुमा सदस्यता दिलाउने र चार दिनको आधारभूत प्रशिक्षण दिने गरिएको छ।,प्रशिक्षणपछि उनीहरुलाई अरुलाई सदस्यता बनाउन र सामान बेच्न पठाउने गरिन्छ। युवायुवतीलाई सदस्य बनाउने, प्रशिक्षण दिने काम भारतीय शहरमा हुने गरेको छ। सामान भने नेपाल र भारत दुवैतिर बिक्री गर्ने गरिन्छ।,भारतीय सीमा सुरक्षा बल (एसएसबी) को सहयोगमा बाँके प्रहरीले सोमबार सीमावर्ती शहर रुपैडिहाबाट ओरियन्स कम्पनीको प्रशिक्षणमा बसेका ४४ जना युवायुवतीलाई नियन्त्रणमा लिएपछि वास्तविकता बाहिर आएको छ। रुपैडिहामा छात्राबास खोलेर दाङ, कैलाली र सल्यानका युवायुवतीलाई प्रशिक्षण दिने काम भइरहेको थियो।,दाङका २९, कैलालीका ११ र सल्यानका चार जना युवायुवतीलाई बाँके प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ। बाँके प्रहरी प्रमुख एसपी बीरबहादुर वलीले ठूलो संख्याका नेपाली युवायुवतीलाई रुपैडिहामा राखेर प्रशिक्षण दिने गरेको सूचनाका आधारमा भारतीय प्रहरीसँग मिलेर छापा मार्दा उनीहरुलाई पक्राउ गरिएको बताए। उनका अनुसार, नियन्त्रणमा लिइएका सबैसँग सोधपुछ पछि युवतीहरुलाई माइती नेपालमा पठाइएको छ।,ओरियन्स कम्पनीले शुरुमा युवायुवतीलाई सदस्यता बनाउने गर्दछ। फाराम भरेको दुई हजार पाँच सय लिन्छ। सदस्यका दुई प्रकार हुन्छन्, टुडी र थ्रीडी। टुडी बनेपछि ३४ हजार रुपैया तिर्नुपर्छ। थ्रीडी बन्दा एक लाख रुपैया बुझाउनु पर्छ। जस्तो, टुडी सदस्य बनेका व्यक्तिले पैसा बराबरको औषधी पाउँछन्। त्यो औषधी घरपरिवारलाई खुवाउने या अरुलाई बेच्ने उसको हातमा हुन्छ। एकजनाले दुई जना सदस्य बनाउनु पर्छ। एकजना सदस्य बनाएवापत १० प्रतिशत उसले पाउँछ। जस्तो, थ्रीडीवाला सदस्य बनाएमा उसले २० हजार पाउँछ।,‘आफू स्वस्थ रहौ, अरुलाई पनि स्वस्थ बनाऔं’ ओरियन्सको मूल नारा रहेको छ। ओरियन्सले शुरुमा रुपैडिहामा प्रशिक्षण दिने, त्यसपछि बहराइच, दिल्ली र चेन्नाई प्रशिक्षण दिने पक्राउ परेकाहरुले बताएका छन्।,ओरियन्सले उत्पादन गरेका आयुर्वेदिक औषधीहरु हुन्। ओरियन्सको दाङको तुलसीपुरमा कार्यालय रहेको छ। एसपी वलीले रुपैडिहा, बहराइच, दिल्ली, चेन्नाई हुँदै खाडीमुलुकसम्म मार्केटिङ गर्न युवतीहरुलाई पठाउने आशंका गर्नुभयो। ‘यो त एकप्रकारले मानव तस्करी नै हो, मैले राम्ररी बुझ्दैछु, एसपी वलीले भने, कमिसनको नाममा युवायुवतीलाई फसाउने काम भइरहेको छ।’,भारतमा एकताका ताज, फेसन र विन–विन नामक यस्ता नेटवकिङ कम्पनीले नेपाली युवायुवतीलाई यसरी नै ठग्ने गरेका थिए, नेपालमा युनिटी जसरी। | कुमार श्रेष्ठ |
धान धितो राखेर ऋण, किसानले लिदैनन् भण्डारण र बिक्रीको चिन्ता | पोखराबारीका विष्णु गाहालाई यसपटक खेतैबाट धान बेच्नु परेन। थन्क्याउने ठाउँको जोहो पनि गर्नुपरेन । छिमेकीसँग सहयोग माग्नुपरेन ।,धान स्याहारेर सुकाए, अनि सहकारीको गोदाममा लगेर धन्क्याए। ‘३५ क्वीन्टल धान राखेको छु, कुनै समस्या भएन, गाहा भन्छन्–धान राख्न पनि पाईने, त्यसको बदलामा आफूलाई चाहिएको ऋण पनि पाइने, एकदमै सजिलो भयो।’,गोदाममा थन्क्याएको धान मूल्य बढेको बेलामा उनले बेच्नेछन् । ‘खेतबाटै बेच्दा बजारभाउअनुसारको मूल्य पाइँदैनथ्यो, अब त्यो समस्या पनि हट्यो’–उनी भन्छन्।,दुवौलीका शोभाकान्त अर्याल, पोखराबारीका ओमनारायण थारुले पनि सहकारीमै धान थन्क्याए । शोभाकान्त भन्छन्–हामीजस्ता खेतीकिसानीमा लागेका र पर्याप्त ठाउँ नभएका किसानलाई एकदमै सजिलो भएको छ।’,यस्तो कार्यक्रम बुटवल उपमहानगरपालिका वडा नं. १७ मा सञ्चालित छ । स्थानीय सिम्रिक सहकारीसँग सम्झौता गरी बुटवल उपमहानगरपालिकाले कार्यक्रम सञ्चालन गरिरहेको छ।,जसका लागि उपमहानगरपालिकाले सहकारीलाई एक क्वीन्टल धान भण्डारण गरेवापत् ५० रुपैयाँ रकम दिएको छ । चालु आर्थिक वर्षमा उपमहानगरपालिकाले २ लाख ५० हजार रुपैयाँ रकम सहकारीका लागि छुट्ट्याएको छ।,किसानले त्यही सहकारीको गोदाममा धान भण्डारण गर्छन्। भण्डारण गरेवापत् किसानले पैसा तिर्नुपर्दैन । बरु, किसानले ऋण लैजान सक्छन्।,
धान भण्डारण गरेका विष्णु गाहाले ३५ क्वीन्टल धान राखेर ५५ हजार, शोभाकान्त अर्यालले २५ क्वीन्टल धान राखेर ४० हजार, ओमनारायण थारुले ३० क्वीन्टल धान राखेर ४० हजार ऋण लगेका छन्।,पहिलो चरणको कार्यक्रममा पाँच हजार क्वीन्टल धान धितोका रुपमा आएको सहकारीका अध्यक्ष गणेशबहादुर गाहाले जानकारी दिए।,
यसले किसानलाई बाली लगाउँदा हुने खर्च व्यवस्थापनमा सजिलो बनाएको छ।,गत वर्ष ‘सहकारी संस्थामा धानबाली धितो राखी ऋण दिनेबारेको कार्यविधि २०७५’ बमोजिम बुटवल उपमहानगर र वडा नं. १७ मा रहेको सिम्रिक सहकारी संस्थासँग भएको सम्झौताअनुसार पहिलो चरणमा एक सय ३५ किसानले प्रत्यक्ष फाइदा लिएको सहकारीका व्यवस्थापक खिमानन्द पाण्डे ‘राजु’ ले बताए।,बुटवल–१७ का दुवौली, पोखराबारी, मोतिपुर, सौराहा, सौरहिया, विनायकपुर, कृष्णगञ्ज, पत्थरगञ्ज, रानीगञ्ज, नहरपुर, मनोहरापुर, बेलभरिया र मोतीगञ्जलगायतका टोलका किसानहरुले चार क्वीन्टलदेखि तीन सय क्वीन्टलसम्म धान धितो राखेर ऋण लिइरहेको बुटवलका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिए।,सेमलार र मोतीपुर क्षेत्रका खेतीयोग्य जमीनलाई थप प्लटिङ हुन नदिई र अहिलेको बस्तीलाई समेत व्यवस्थित गर्नका लागि उपमहानगरपालिकाले काम थालेको नगरप्रमुख शिवराज सुवेदीले बताए।,‘आफूले उत्पादन गरेको धान सहकारी संस्थामा धितो राखी सहकारी संस्थाको नियमानुसार ऋण लिने र पछि धानको बजार मूल्य राम्रो भएको बेलामा सहकारी संस्थाले किसानकै सहमतिमा बिक्री गर्छ,–नगरप्रमुख सुवेदीले प्रक्रियाबारे बताए-त्यसपछि सहकारीले साँवाब्याज, सेवाशुल्क आदि लिएर बाँकी रकम किसानलाई उपलब्ध गराउने गरी यो कार्यक्रम सुरु गरिएको हो।’ | सी. पी. खनाल |
खरानी खोस्रिदै आगलागी पीडित | अंगार र खारानी खोस्रिदै केही भेटिने आशामा थिइन पेमा सुनार। तर, त्यो खरानीमा के नै भेटिन्थ्यो र?छोरा छोरीले लगाउने कपडा, उनीहरुले लेख्ने कापी, पढ्ने किताब सबै जलेर खरानी भएको छ। ‘छोरा छोरीले विद्यालय जादा ड्रेस खोज्छन।,खरानी भित्र कसरी भेटिन्थ्यो र कपडा ! ‘केटा केटी खै हाम्रो घर भन्छन। खरानी खोस्रिन्छन’पेमाले भनिन्–‘आगाले घर जलेर खरानी भयो। एक मुठ्ठी अन्न छैन। ओढ्ने, फेर्ने कपडा छैन।’,होलिको उत्सव। सबै शुभकामना साटासाटमा व्यस्त थिए। अकस्मात बावुराम सुनारको घरमा धुँवा पुत्तायो। क्षणभरमा घर जलेर खरानी भयो। त्यो आगो उडेर लोकबहादुर सुनारको घरमा पनि सल्कियो। घर खरानी भएको चार दिन पुगिसक्यो। तर, पेमा सुनारको आँखा अझै ओभाएका छैनन्। आगनमा रहेको मकैको सोली बाहेक अरु केही बचेन।,राजपुर गाउँपालिका वडा नम्बर १ बरुवा नाकामा २ घर जलेर खरानी भएपछि आगलागि पिडितको बिचल्ली भएको छ। लोकबहादुर सुनार र बाबुराम सुनारको घर जलेर खरानी भएको हो। दुई घरका १२ सदस्य बिस्थापित भएका छन।,आगलागी पिडित आफ्नतको सरणमा पुगेका छन।‘भाँडा कुडा, लत्ताकपडा, अन्न सबै जलेर खरानी भयो’पेमाले भनिन्–‘यो नाकामा बाच्न गाह्रो छ। त्यसमा पनि हाम्रो सर्वश्व नासियो।’,पेमाको परिवार देवरको घरमा आश्रय लिएर बसेको छ।‘त्रिपाल सम्म छैन। कसरी अब घर बनाउनु’लोकबहादुर सुनारले भने–‘अहिले सम्म राहत केही आएन। दक्षिण भारत छ। उत्तर पहाड। हिडेर आउन, जान पनि सकिदैन। राहत बोकेर को आउथ्यो र ?’,वडा सदस्य केशमाला सुनार र प्रहरी आएर घटना बारे अध्ययन गरे। तर, सरकारी राहत पुग्न सकेको छैन्। आगो नियन्त्रण गर्न सकस पर्यो। आगो निभाउन पानीले पुगेन। माटो खोस्रिएर निभाउने प्रयास गरियो। तर, आगोको अघि कसैको केही लागेन।,सन्देश घर्तिमगर साउदि अरबमा छन्। पटौली नाका निवासी बिरबहादुर घर्तिका छोरा हुन्। उनको छोराले फेसवुकमा आगलागी घटनाको बारेमा सूचना पोष्ट गरेपछि शरद बुढाथोकीले थाहा पाए।,शरद बुढाथोकीको पहलमा वडा नम्बर ५ का अध्यक्ष सहित केही सञ्चारकर्मी बरुवा नाका पुगेका हुन्। शरद बुढाथोकीले पहिलो राहत स्वरुप नगद १६ हजार प्रदान गरे।,यस्तै वडा अध्यक्ष नरेन्द्र सिंह भण्डारीले आगलागी पिडितलाइ नगद १० हजार सहयोग हस्तान्तरण गरे।।‘हामिले दिएको यो राहत थोरै हुन सक्छ। तर, तपाईंको पिडा साटासाट गर्न हामी यहाँ आयौं’शरद बुढाथोकीले भने–‘फेसवुकमा देखेर थाहा पायौं। राहतको लागि सबैको ध्यानाकर्षणको लागि पनि हामी आएका छौं।’ | दशरथ घिमिरे |
संकटमा गिद्धको बासस्थान, संरक्षणको पहल सुरु | बाढी पडित बनेकाहरुको बसोवास रहेको लमही–७ कप्तानगञ्जमा रुख सुकाउन रुखका बोक्रा ताछिएपछि गिद्धका बासस्थान संकटमा परेको छ।,मानवीय क्रियाकलापबाट गिद्धको बासस्थान संकटमा परेपछि जोगाउन पहल शुरु भएको छ। २८ वटा गिद्धको गुड रहेको लमही–७ कप्तानगञ्जमा गिद्धको वासस्थानका लागि संरक्षणको पहल थालिएको हो।,पर्यावरणीय दिगो विकास तथा अनुसन्धान केन्द्र दाङले गिद्धको बासस्थान संरक्षण गर्न स्थानीय तह, सामुदायिक वन, डिभिजन वन कार्यालय, प्रहरी प्रशासन, पत्रकारहरूसंग छलफल गरेको छ। छलफलमा गिद्धको बासस्थान संरक्षणका लागि समुदायकोे सहभागीता र सरोकारवाला निकायहरूको समन्वयमा हुनपर्ने विषय उठेको छ।,कप्तानगञ्जमा डंगर जातको गिद्ध फेला परेको छ। एकै ठाउँमा २८ वटा गुड भएको कप्तानगञ्ज नेपालमै पहिलो रहेको संरक्षणकर्मी तथा पर्यावरणीय दिगो विकास तथा अनुसन्धान केन्द्रका अध्यक्ष डिल्लिबहादुर रावतले बताए। ‘हामीले अध्ययन, अनुसन्धान गर्दा कप्तानगञ्जमा २८ वटा गिद्धका गुड छन्। ती गुडमा ५६ वटा गिद्ध र २८ वटा बच्चा छन्।’ उनले भने–‘यो एकै स्थान धेरै गुड भएको नेपालमै पहिलो स्थान हो। डंगर जातको गिद्ध लोपन्मुख भित्र पर्छ। प्रकृतिको कुचिकारको रुपमा रहेको गिद्धको संरक्षण आवश्यक छ।’,नेपाल पंक्षी संघका ईश्वरीप्रसाद चौधरीले कप्तानगञ्जमा गिद्धको गुड बाक्लो रहेको बताए। ‘गुड बाक्लो छ । बस्ति बसेको ठाउँ हो। गिद्ध बसेको रुखहरु खेत बारीमा छ।’उनले भने–‘रुखको बोक्रा ताछेर रुखलाई सुकाइएको छ। गिद्ध बास रहेको अग्ला रुख नासिने अवस्थामा छ।’,नेपालमा नौँ प्रकारका गिद्ध पाइन्छन्। जस मध्य डंगर, सानो खैरे, लामो ठुँटे र सुन गिद्ध गरी चार प्रजातिका गिद्ध अति संकटापन्न अवस्थामा छन्। कप्तानगञ्जमा पाइने डंगर जातको गिद्ध हो। संरक्षण र बासस्थानको अभावमा डंगर प्रजातिको गिद्ध लोपन्मुख अवस्थामा छ। सन् २०११ मा प्रकाशित एक अध्ययनले नेपालमा डंगर प्रजातिको गिद्ध ९१ प्रतिशतले घटेको देखाएको छ।,गिद्धको बासस्थान रहेको स्थानका नागरिकलाई प्रोत्साहन हुने खालका कार्यक्रम तर्जुमा गर्दै समुदायका नागरिकको सहभागीतामा गिद्दको संरक्षण गर्नुपर्ने नर्ति सामुदायिक वन समन्वय समितिका सल्लाहकार गोपाल ज्ञवालीले बताए।,लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले गिद्धको बासस्थान संरक्षणसंगै गिद्ध संरक्षणमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे। वन डिभिजन कार्यालय लमहीका प्रमुख शंकरप्रसाद गुप्ताले गिद्धको बासस्थान जोगाउन ठूला रुखहरुको संरक्षण गर्न नाप नक्सा र नम्बरीङ गरिने बताए। | दशरथ घिमिरे |
सय वर्ष पुरानो गउँको लालपुर्जा छैन ! | सम्पत्तिको नाममा एउटा घरमात्रै छ । घर भएको जग्गाको पनि लालपूर्जा छैन। जग्गाको लालपुर्जा बनाउनको लागि हिड्दा हिड्दा चप्पल फाटेका छन्। तर उनीहरुको आवाज कसैले सुनेको छैन। लालपुर्जाको आशा गरेर बसेको दुई-तीन पुस्ता भइसक्यो।,लमही नगरपालिका वडा नं. ६ बेल्दमार, घोँडेबास, कुलमोड लालपुर्जाविहीन बस्ती हो। सरकारले बिजुली पुर्याएको छ। सडक पुर्याएको छ। खानेपानीको लागि योजना छ। तर पनि जग्गाको लालपुर्जा छैन्। जग्गाको लालपुर्जा नहुँदा विकास पुर्याउन संघर्ष गरेका यहाँका नागरिकहरुले जग्गाको पुर्जा कहिले पाइन्छ भनेर प्रश्न गर्न थालेका छन्।,‘थोरै भएपनि आफ्नो नाममा जग्गा होस्। आफ्नो त्यहि पनि छैन’ लमही–६ बेल्दमार निवासी पुष्पा तामाङले भनिन्–‘चुनाव जितेपछि पुर्जा दिन्छौं भन्नुभयो। तर, अझै पुर्जा आएन। अब कहिले आउँछ जग्गाको लाल पुर्जा?’,लमही–घोराही सडक खण्डको बेल्दमार, कुलमोड र घोँडेबास अव्यवस्थित बसोबास भएको क्षेत्र हो। धेरै बर्ष पुरानो बस्ती रहेको भन्दै जग्गाको लालपुर्जा उपलब्ध गराउन स्थानीयले माग गरेका छन। ‘सानो तिनो बास छ। तर, त्यसको पक्को आधार छैन्। हरेक दिन झसङ्ग झसङ्ग भैरहन्छु’ सुब्बा लामा तामाङले भने–‘यो सय बर्ष पुरानो बस्ती हो । तर, हाम्रो बस्तीको नापी भएन।’,बेल्दमार र घोँडेबासमा ४० घरधुरी छन्। यहाँका नागरिकको दैनिकी कष्टकर त छँदैछ, त्यसमा जग्गाको नापी नहुँदा आधारविहीन जस्तै बनेका छन्। यस्तै समस्या कुलमोड बासिन्दाले भोगेका छन ।,०५६ सालतिरको घटना हो। वन कार्यालयले कुलमोडका बासिन्दाको घर उजाड्न थाल्यो। तत्कालीन समयमा चैलाही गाविस अध्यक्ष भएका रेवतीरमण शर्मा हालका प्रदेश सभा सदस्य हुन्। त्यतीबेला शर्मा कुलमोड बासिन्दाको पक्षमा उभिए। गाविसबाट बसोबासको आधार दिएपछि बस्ती उजाडिनबाट जोगिन पुग्यो।,बिहीबार बेल्लमारका स्थानीयसँग विगत सम्झँदै शर्माले अव्यवस्थित बसोबासलाई व्यवस्थित गरेर पुर्जा दिने सरकारको योजना रहेको बताए। ‘भूमिहिनको पक्षमा उभिँदा सिडिओले जेल हाल्छु भनेर समेत धम्की दिएका थिए। तर, म जनताको पक्षमा उभिएँ। अब ती बस्तीलाई पाको बनाउने तर्फ ध्यान दिन्छु’ शर्माले भने–‘संघीय संसदमा भूमि नीतिको मस्यौदा पेश भएको छ। त्यहाँ पारित भएपछि प्रदेशले कानुन बनाउँछ र स्थानीय सरकारले कार्यान्वयन गर्छ।’ | दशरथ घिमिरे |
प्रदेश ५ सरकार लुम्बिनी भ्रमण वर्षको तयारीमा | बुटवल-प्रदेश ५ सरकारले आगामी वर्ष २०७६ साललाई लुम्बिनी भ्रमण वर्षको रुपमा मनाउन तयारी थालेको छ।,गौतम बुद्धको जन्मभूमि लुम्बिनीको पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्याउन ०७६ साललाई भ्रमण वर्षका रुपमा मनाउन थालिएको प्रदेश ५ सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले जानकारी दिए।,‘लुम्बिनीमा आन्तरिक र बाह्य पर्यटक वृद्धि गर्ने र यस क्षेत्रमा पर्यटनका मार्फतबाट अर्थतन्त्रमा समेत टेवा पुर्याउने उदेश्य लिएर लुम्बिनी भ्रमण वर्ष २०७६ मनाउन लागिएको हो’-उनले भने।,‘लुम्बिनीमा आउने पर्यटकले लुम्बिनीमा बिताउने समयको अवधि लम्ब्याउनका लागि लुम्बिनी भ्रमण वर्ष फलदायी हुनेछ भन्ने हाम्रो विश्वास हो,– प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले भने।,उनका अनुसार बुद्ध र लुम्बिनीसँग सम्बन्धित अन्य स्थलहरुलाई लुम्बिनीसँग जोडेर विकास गर्ने गरी कार्यक्रम अघि बढ्नेछ। लुम्बिनी, तिरौलाकोट, रामग्राम, देवदहलगायतका स्थलहरुलाई जोडेर नै भ्रमण वर्षका कार्यक्रम सञ्चालन हुने मन्त्री गिरीको भनाइ छ।,पर्यटनलाई प्रदेशको मुख्य आम्दानीको श्रोत मानेको प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्ष मनाएपछि लुम्बिनी आउने आन्तरिक र बाह्य पर्यटकको संख्या वृद्धि हुने र पर्यटकको बसाई लम्बिने आशा गरेको छ।,प्रदेश सरकारले भ्रमण वर्ष मनाउन लुम्बिनी भ्रमण वर्ष २०७६ कार्यक्रम स्वीकृत गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यक्रम स्वीकृत गर्दै मुख्यमन्त्री शंकर पोखरलको संयोजकत्वमा मूल समिति र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीको संयोजकत्वमा कार्यकारी समिति बनाउने गरी तयारी थालेको छ।,चैतसम्ममा मूलसमिति तथा कार्यकारी समिति वनाउने र कार्यक्रमको तयारी तीव्र पारिने पर्यटनमन्त्री गिरीले बताए। सरकारले बुद्धकालीन घटनाक्रमहरु, मान्यताहरुलाई समेत भ्रमण वर्षका अवसरमा कार्यक्रमका रुपमा प्रस्तुत गर्ने योजना बनाएको छ।,सरकारले लुम्बिनी भ्रमण वर्षको कार्यक्रम स्वीकृत गर्दै ४ करोड १९ लाख रुपैयाँ बजेट समेत छुट्ट्याएको छ। कार्यक्रम अन्तरगत लुम्बिनीमा मायादेवी प्रसुति मार्ग (लुम्बिनी–तिलौराकोट) घोषणा तथा प्रसुति उत्सव, लुम्बिनी खाना महोत्सव, सुजाता खिर उत्सव, लुम्बिनीस्थित मायादेवी मन्दिरमा दैनिक दीप प्रज्ज्वलन, मासिक फुल मुन डे उत्सव, धार्मिक यात्रा, त्रिपिटक वाचन र पुजाआजाका कार्यक्रम हुनेछन्।,यस्तै प्रदेश सरकारले भ्रमण वर्षकै अवसरमा योग तथा ध्यान शिविर चलाउने छ भने ठाउँठाउँमा स्वागत गेट निर्माण, सडक प्रर्दशनी, बुद्ध सर्किट सूचना तथा होडिङ बोर्ड निर्माण गरेर प्रचारप्रसार गरिने पनि मन्त्री चौधरीले बताए।उनका अनुसार भ्रमण वर्ष मनाउनुको उद्देश्य लुम्बिनीको महत्व देश–विदेशसम्म पुर्याउनु हो।,लुम्बिनीको महत्व तथा बुद्धको शान्तिको सन्देशलाई संसारभर फैलाएर संसारभरका बौद्धमार्गीहरुका अलवा शान्तिप्रेमीहरुलाई लुम्बिनी भ्रमण गराउन भ्रमण वर्षको कार्यक्रम फलदायी हुने विश्वास प्रदेश सरकारको छ। सरकारले बुद्ध दर्शनसँग जोडेर निबन्ध प्रतियोगितादेखि विभिन्न खालका साहित्यिक कार्यक्रमहरु आयोजना हुने पर्यटनमन्त्री गिरीले बताए।,मन्त्री गिरीका अनुसार आगामी वैशाख पूर्णिमामा भ्रमण वर्षको उद्घाटन गरिने छ। एक वर्षभरका १२ वटा पूर्णिमामा लुम्बिनी भ्रमण वर्षसँग जोडेर विभिन्न कार्यक्रमहरु आयोजना हुनेछन्।०७७ सालको वैशाखपूर्णिमा भन्दा अगाडिको पूर्णिमामा कार्यक्रमको समापन गरिने छ। | सी. पी. खनाल |
जोन सर र एलियम्मा म्याडमसँग दुई घण्टा | राहदानी चाहिन्थ्यो नेपाल पस्नका लागि । उनी भारतका विभिन्न क्षेत्र घुमेर नेपाल घुम्ने रहरले भीमफेदीसम्म आएका थिए विसं २००७ साल अघि ।,तर राहदानी थिएन। महाशिवरात्रीको बेला पनि थिएन त्यो। शिवरात्रीको बेला परेको भए दुई हप्ताका लागि बिना राहदानी नेपाल पस्न पाइन्थ्यो । भीमफेदीसम्म आएका उनी नेपाल हेर्ने रहर तत्कालका लागि थाँती राख्दै फर्किए । त्यो बेला नेपाल भनेर काठमाडौँ उपत्यकालाई मात्र चिनिन्थ्यो ।,शायद १७–१८ वर्षका थिए, नागपुरमा स्नातक पढ्दै गरेका । अहिलेको महाराष्ट्रमा पर्ने नागपुर त्यो बेला भारतको सेन्ट्रल प्रोभिन्स अर्थात सिपीमा पर्थ्यो ।,स्नातक पहिलो वर्षमा अध्ययनरत केरलाका जोर्ज जोन गर्मी बिदाको बेला पारेर आफ्ना साथीसँग भारतका पटनासँगै, विहार सहितका क्षेत्र घुमेर नेपाल हेर्ने रहरले भीमफेदीसम्म आएका थिए। काठमाडौँ खाल्डो छिर्न नेपालीलाई नै बडाहाकिमले तोक लगाइदिनु पर्ने समयमा भारतबाट आएका जोर्ज जोन राहदानी बिनै पस्न पाउने कुरो थिएन । उनी फर्किए ।,तर केही वर्षपछि जोनको रहरको बाटो खुल्यो । नेपालमा व्यवस्था परिवर्तन भयो । प्रजातन्त्र आयो । अनि खुला भयो प्रवेश । जोनले स्नातक तहको अध्ययन पूरा गरिसकेका थिए । उनलाई नेपाल हेर्ने यसअघिको अपूरो सपना पूरा गर्ने र खुला आँखाले कल्पनाको ठाउँ हेर्ने रहरले तान्यो।,२००९ सालको चैतमा जोर्ज जोनले पहिलोपटक काठमाडौँ अर्थात नेपाल देखे । अहिलेको जस्तो बाक्लो बस्ती थिएन । काठमाडौँ खाल्डो साँघुरो थियो। अधिकांशले चिन्थे एकअर्कालाई । औसत भन्दा केही होचो कद, कालो वर्णका जोर्जले धित मरुन्जेल काठमाडौँका गल्ली चाहारे । घुमे ।,रक्सौलबाट अमलेखगञ्जसम्म रेल र बसमा आएका उनी त्यो वेलाको प्रचलित पैदल मार्ग भीमफेदीबाट हिँडेर नेपाल (काठमाडौँ) पसेका हुन् । उनले काठमाडौँलाई हेर्न थालेको हप्ता दिन हुँदै थियो । नयाँ सडक क्षेत्रमा घुम्दै थिए । त्यहाँ एक पाकिस्तानीले ‘ड्राईक्लीन’ पसल खोलेका थिए।,पर्यटकका लागि नेपाल खुल्ला भएकाले ‘ड्राईक्लीन’ चल्न थालेको थियो । त्यसका मालिकले जोर्जसँग कुरा गरे । अंग्रेजी राम्रो रहेकाले जोर्जलाई उनले आफ्नो काममा सहयोग गर्न आग्रह गरे । घुम्न आएका जोर्जले केही महिना काम पनि हुने, धित मरुन्जेल काठमाडौँ घुम्न पनि पाइने सोचे अनि प्रस्ताव स्वीकारे ।,२० वर्षका जोर्जलाई टेनिस खेल्न मन पर्थ्यो । एक बिहान टेनिस कोर्ट खोज्दै उनी डिल्लीबजारसम्म पुगे । त्यहाँ भेटिए प्राध्यापक नरेन्द्र बस्नेत । काठमाडौँमा भर्खर नेपाल नेशनल कलेज (हालको शंकरदेव क्याम्पस) खुलेको थियो । नरेन्द्र बस्नेत त्यहिँ पढाउँथे ।,टेनिसको बहानामा जोर्ज र नरेन्द्रको कुरा बाक्लियो । नरेन्द्रले जोर्जमा आफ्नो कलेजको विद्यार्थी देखे र प्रस्ताव गरे, ‘बेलुकामा हाम्रो कलेजमा पढ, दिउँसो काम छँदैछ ।’ स्नातक गरेका जोर्जले फेरि आइएबाट पढ्न थाले, कारण उनलाई काठमाडौँको बानी पर्न थालेको थियो ।,जोर्ज जोन नेशनल कलेजमा मानविकीका विद्यार्थी बने । दुई–तीन महिनामा फर्किने सोचले आएका उनले यहिँ फेरि अध्ययनको बाटो समाते । जीविकाका लागि काम थियो, खोजेको जस्तो ठाउँको बसाई अनि अब पढाई पनि ।,घुम्न आएका जोर्जले काम गर्न थाले । पढ्न थाले । सुरुमा ड्राइक्लिनर्समा काम गरेका उनले त्यसपछि टाइपराइटिङ सिकाउन थाले । ११ कक्षाको परीक्षापछि भारतमै हुँदा सिकेको कुरा यहाँ काम लाग्यो ।,आइए पढे, बिए पढे । अनि अंग्रेजीमा एमए गरे नेशनल कलेजबाट। त्यसबेला नेपालको एम.ए. परीक्षा पटना विश्वविद्यालयले सञ्चालन गथ्र्यो त्रिभुवन विश्वविद्यालयबाटै। अध्ययन अवधिमा उनको नेपाल बसाईको ७–८ वर्ष भइसकेको थियो । आनन्ददेव भट्ट र जोर्जले नेशनल कलेजबाट अंग्रेजीमा स्नातकोत्तर गरे ।,विद्यार्थी रहेकै बेला जोर्ज अध्यापक बनेका थिए । ट्युसन पठाउने गर्दा उनको समय त्यसै बित्थ्यो । अध्ययनपछि उनी अध्यापनमा रमाउन थालेका थिए । केरलामा रहेका उनका मातापिता बोलाइरहन्थे, घरबाट चिट्ठी आउँथ्यो । उनलाई भने यतैको माहोलले आफ्नो बनाइसकेको थियो ।, ,काठमाडौँ बसाईको ८ वर्ष बितेको थियो । नेशनल कलेजबाट स्नातकोत्तर गरेका जोर्जले ट्युसन पढाएर राम्रो आय गरिरहेका थिए । महिनाको तीन हजार हाराहारीमा कमाउँथे । कुरा २०१७ सालको हो, पोखराको एक विद्यालयका शिक्षक विमलबहादुर थापा जोर्जसँग एमएको परीक्षाका लागि ट्युसन पढ्न काठमाडौँ आएका थिए । उनले जोर्जलाई पोखरा आउन बारम्बार आग्रह गरे। पोखरामा कलेज खोल्ने तयारी थियो ।,दुई महिना ट्युसन पढ्ने क्रममा विमलले जोर्जलाई पोखराका लागि प्रस्ताव गरिरहे । जोर्जले लगातारको आग्रहलाई ‘क्याजुअली’ स्वीकार गरे ।,विमल त्यसको हप्ता दिनमा पोखरा पुगेर जोर्जका लागि नियुक्ति पत्र पठाए, पृथ्वीनारायण इन्टर कलेजको । नियुक्ति पत्रमा तीन सय रुपैयाँ तलब र ५० रुपैयाँ भत्ता थियो । अर्थात जोर्जका लागि महिनाको ३५० रुपैयाँको नियुक्ति पत्रको बोलावट आयो । उनी आफ्नो वचन पूरा गर्न पोखरा गए केही महिनाका लागि । प्रस्तावित कलेजका सचिव शिवबहादुर थापाले हस्ताक्षर गरेको नियुक्ति पत्रले तानिएका थिए उनी ।,पोखरा पुग्दा उनले नियुक्ति पाएको कलेजको आधार नै थिएन । नयाँ कलेजका लागि २५ हजार रुपैयाँ रहेको देखाउनु पर्ने थियो त्यो बेला । तर पोखरामा त्यसको सम्भावना थिएन । १७ हजार रुपैयाँको प्रतिबद्धता थियो । पैसा थिएन ।,देवीरमण सुवेदी नाम गरेका नेपाली पठाउने गुरु थिए, अनि जोर्ज जोन । जोर्जले अंग्रेजी, राजनीति शास्त्र, अर्थशास्त्रसहितका विषय पढाउन पर्ने। कलेजको आफ्नो भवन थिएन । नदीपुरको कन्या स्कूलको भवनमा रातिमा पढाई हुन्थ्यो । विद्यार्थी २० जना थिए ।, ,जोर्ज जोन पोखरा गएर पढाउन थालेको दुई महिना भएको थियो । नदीपुरको रत्नराज्यलक्षमी कन्या स्कुलमा एक रात उनी पढाउँदै थिए । एकजना आएर उनीहरुलाई त्यहाँबाट जान भने । किनकी त्यो बेलाका मन्त्री सूर्यप्रसाद उपाध्याय पोखरा आउँदै थिए र जोर्ज जोनले आफ्ना विद्यार्थीलाई पढाई रहेको स्कुलको अर्को कोठामा छात्राहरुले साँस्कृतिक कार्यक्रमको अभ्यास गरिरहेका थिए ।,छात्राले अभ्यास गरेको ठाउँमा जवान केटाहरु उपस्थित हुनु अमर्यादित मानिन्थ्यो । जोर्ज र उनका विद्यार्थीलाई त्यहाँबाट जान भनियो त्यो रात ।,यो घटनाको असर विद्यार्थीमा गहिरो पर्यो । त्यसपछिका दिनमा जोर्जका विद्यार्थीले केही तल रहेको पौवामा पढ्न थाले । त्यहि पौवामा २०१७ मंसिर १७ गते पृथ्वीनारायण कलेजको औपचारिक उद्घाटन भयो ।,सधैँ पौवामा पढाई सम्भव थिएन, यो कुरा विद्यार्थीलाई थाहा थियो । स्थानीय ठूलाबडाको त्यति साथ थिएन । कलेजका पक्षमा चासो विशेष गरि थप अध्ययनका लागि काठमाडौँ वा अन्यत्र जान नसक्ने परिवारका विद्यार्थीको बढि थियो । उनीहरुले नै साँस्कृतिक कार्यक्रम गरे । १२ सय रुपैयाँ संकलन भयो । त्यो बेला यो रकम ठूलो थियो, तर कलेज बनाउनका लागि पर्याप्त भने थिएन ।,साँस्कृतिक कार्यक्रमले केही रकमको जोहो भएको थियो । तर पौवाको पढाई आफ्नै छाप्रोमा सार्न पुग्ने थिएन । विद्यार्थीहरुले त्यसपछि रातिमा पढ्ने बिहानैदेखि गाउँलेसँग बाँस तथा खरसहितका सामग्री माग्ने क्रम सुरु गरे । बाँस र घरको जोहो भयो र अब छाप्रो बनाउने कहाँ ?,यसको उत्तर त्यो बेलाका बडाहाकिम नारायणप्रसाद शर्माले दिए । पोखरामा बस्ती पातलो थियो, बडाहाकिमले त्यो बेलाको भीमकालीपाटनमा ठाउँ दिए । संकलित बाँस र खरको सहयोगमा त्यहिँ छाप्रो बनाए ।,यहिबिचमा जोर्ज जोनका माता पिताले घरबाट चिट्ठी पठाएका थिए, उनको बिहेका लागि । विसं २०१८ को जेठमा जोर्ज जोनको विवाह केरलाकी एलियाम्मासँग भयो । एलियाम्मा विज्ञानमा स्नातक गरेकी । बिहेपछि उनी पनि जोर्जको साथ लागेर पोखरा आइन् । भीमकालीपाटनमा छाप्रोसँगै जोन दम्पतीका लागि क्वाटर पनि थियो, त्यस्तै छाप्रो । छाप्रो तयार हुँदै गर्दा बेलुका जोर्ज नदीपुरको पौवामा पढाउन जान्थे, एलियाम्मा छाप्रोमा एक्लै हुन्थिन् । विलकुलै नयाँ परिवेशमा आएकी एलियाम्माले कति रात डरमा बिताइन् तर जोर्जलाई पढाउन जानबाट रोकिनन् ।,कलेजको छाप्रो बनाउन विद्यार्थी र जोर्ज जोनले सबै काम गरे । एलियाम्माले सघाइन् । त्यहिँबाट सुरु भएको पृथ्वीनारायण कलेज अहिले नेपालको ठूला क्याम्पस मध्ये एक बनेको छ ।,पृथ्वीनारायण क्याम्पसको यात्रामा जोन दम्पतीले धेरै अप्ठ्यारा भोगे । त्यो उनीहरुको रोजाई थियो। विद्यार्थीका लागि आफ्ना सुखहरुको वास्ता गरेनन् । एलियाम्माले पनि त्यहिँ पढाउन थालिन् । छोरी अनीला र छोरा अनु जन्मिए । जिम्मेवारी थपियो । भन्नेले ‘कहाँको धोती यहाँ आएर बसेको छ’ पनि भने । तर जोर्जले आफ्नो बाटो छोडेनन् । त्यस्ता टिप्पणीलाई वास्ता पनि गरेनन्।,उता केरलामा माता पिताले फिर्ता बोलाइरहन्थे । जोर्जको मन भने यतैको भइसकेको थियो, एलियम्माले पनि जोर्जलाई साथ दिइन् । २०२४ साल तिर जोर्जले नेपाली नागरिकता लिए । काठमाडौँमा जोर्जसँगै पढेका सूर्यप्रसाद श्रेष्ठ अञ्चलाधीश बनेर पोखरा आएका थिए । उनैले नागरिकता लिन भने । जोर्जले त्यसका लागि प्रक्रिया सुरु गरे । उता मातापिताको मनमा चिसो पस्यो । छोरा फर्किने भएन भन्ने पीर बढ्यो। सबैले विरोध गरे । तर जोर्जको मन नेपालमै बस्यो । नेपाली बने ।,एलियाम्माले पनि पोखरामै शिक्षा सेवा गरिरहेकी थिइन् । असजिलोहरु पार गर्दै त्रिविबाट एमएस्सी गरिन् । त्यसपछि माछामा विद्यावारिधी गरिन् पटना विश्वविद्यालयबाट । जोर्जले बाग्लुङमा पढाए, त्यसपछि त्रिविमा आए । अनि फेरि पृथ्वीनारायण क्याम्पसमै गए । जीवन शिक्षा सेवामा लगाए ।,८६ वर्षका भए जोर्ज जोन अहिले । अनि एलियाम्मा ८२ वर्षकी । केही हप्ताअघि पोखरा गएका बेला हामी जोन दम्पतीलाई भेट्न पोखरा बुद्ध चोकमा रहेको उनीहरुको घर पुग्यौँ । साँझ परेको थियो, जोन दम्पतीको घर पुग्दा । झण्डै दुई घण्टाको बसाईमा जोन दम्पतीले आफ्नो जीवन यात्राका केही स्मृतिहरु सुनाएका हुन् ।,पृथ्वीनारायण क्याम्पसको इतिहास बताए । आफ्ना सजिला–अप्ठ्याराका कुरा गरे । तर सबैमा उनीहरु दुवैमा गर्व थियो । गुनासो कतै देखिएन। जन्मी–खेली हुर्केको माटो भन्दा आफ्नो कर्मले सिन्चेको माटोको सुगन्ध प्रिय रहेको जोर्ज जोनले बताए । एलियम्माका लागि पनि यहि माटो प्यारो बनेको छ ।,आफूले पढाएकाहरु कति देशको नेतृत्वमा पुगे । कति सरकारी सेवामा । कोही उनीजस्तै शिक्षा सेवामा लागे । ती सबैले ‘जोन सर’ र ‘एलियाम्मा म्याडम’ भनेर गर्ने आदरले जोन दम्पतीलाई चम्किलो बनाउने गरेको छ । जोर्ज जोनले आफ्नो कुराको बिट मार्दै हामीसँग भनेका थिए, ‘अप्ठ्यारो त जहाँ पनि छ । त्यो भन्दा ठूलो कर्म हो । हामीले त यहाँ कर्म मात्रै गरेका हौँ । यो कर्मले नै हामीलाई परिचय दिएको छ । यो भन्दा के चाहियो र ? जीवन धन्य भएको छ ।’,जोन दम्पतीसँगको बसाईपछि हामी बाहिरियौँ । पोखरा बुद्ध चोकमा रहेको जोन दम्पतीको रातो रंगको तीन तले घरको मुल गेटमा लेखिएको थियो–करुणालय । जोर्ज एलियाम्मालाई करुणा भनेर बोलाउँछन् ।,हाम्रो प्रवेशका लागि करुणालयको गेट खोलेका जोर्जले अँध्यारिँदै गरेको साँझमा बाहिरिने बेलामा पनि उनले खोले । करुणालयबाट बिदा भयौँ, ती समर्पित ऋषि दम्पत्तिको सत्कर्मको कथा लिएर । | टंक ढकाल |
गृहिणीको जीवनस्तर उकास्दै रेशम उद्योग | छ जनाको परिवार। घर खर्च चलाउन पनि मुस्किल। श्रीमान्ले कमाएको पैसाले साँझ विहानको छाक जुटाउन मुस्किल।दुई वर्षअघि गाउँमा रेशम खेती शुरु भएपछि भने गढवा गाउँपालिका वडा नं. ४ हडैया निवासी जुनी चौधरीको ‘जूनी’नै एक प्रकारले परिवर्तन हुन पुग्यो।,जुनीले रेशम उद्योगमा काम पाइन्।‘घरको काम धन्दा सकेर उद्योगमा आउँछु।मासिक १२÷१५ हजार रुपैयाँ कमाइ भैरहेको छ।’उनले भनिन्–‘हातमा दुई चार रुपैयाँ नहुँदा अरुको भर पर्नुपर्ने थियो। तर, आफै कमाउन लाग्दा सजिलो भएको छ।’,जुनी जस्ता २४ जना महिलाले उद्योगमा रोजगारी पाएका छन्। वसन्ता रायमाझीले मासिक एक हजार रुपैयाँ समूहमा बचत गर्दै आएकी छिन्।‘घर खर्चबाट बचेको मासिक एक हजार समूहमा बचत गर्छु’ उनले भनिन्-‘गाउँमा उद्योग नखुलेको भए दुई चार रुपैयाँ देख्न पनि मुस्किल पर्थ्यो।उद्योगले हाम्रो परिवारमा खुसी भित्र्याएको छ।’,हातमा सीप नहुँदा लक्ष्मी चौधरीलाई काम गर्न सक्दैन की भन्ने डर लागेको थियो।तर, अहिले चर्खा नचलाई निद्रा लाग्दैन्।‘हातमा सीप भयो भने कामको लागि अन्यत्र जानै नपर्ने रहेछ’ उनले भनिन्–‘घरमा बसी बसी पनि आम्दानी गर्न सकिदो रहेछ।’,हडैया र आसपासका गाउँका विपन्न महिलाहरु रेशम उद्योगमा रोजगारी पाएपछि उनीहरुको जीवनस्तरमा सुधार आएको छ।,दाङ जिल्लामा रेशम खेती फस्टाउदै गएको छ।दुई वर्षअघि एउटा फर्म स्थापना गरेर शुरु भएको रेशम खेती अहिले पाँच वटा फर्म मार्फत ४५ बिगाहा जमिनमा गरिदै आएको छ।,गढवा गाउँपालिका वडा नं-४ निवासी रामलक्षमण शाहले दुई विगाह जमिनमा रेशम खेती गरेका छन्। ‘रेशमको धागाको बजार राम्रो रहेकाले यस खेतीमा आवद्ध भएको हुँ’शाहले भने–‘किमु खेति गरेको छु।केही महिना भित्र कोकुन उत्पादन सुरु हुन्छ र त्यसपछि आम्दानी पनि सुरु हुन्छ।’पहिलो पटक दाङमा ब्यवसायीक रुपमा रेशमको खेती भित्र्याउने रामनाथ अधिकारी र उनका छोरा महेश दत्त अधिकारी हुन। धादिङबाट रेशम प्रशोधन उद्योग खोल्न उनीहरु दाङ आए। त्यसपछि रेशम खेतीले चर्चा पायो।,अधिकारीले दश बिगाहा जग्गा भाडामा लिएर स्वर्गद्धारी रेशम खेती विकाश अनुसन्धान तथा प्रशोधन स्रोत केन्द्र गठन गरेर खेती शुरु गरे । दुई बर्षको अवधीमा गढवा बाट मात्रै दुइ टन कोकन उत्पादन भएको छ।,उद्योगबाट प्रशोधन गरेर तयार पारिएको धागोबाट कपडा तयार भएर अमेरिका, जापान निर्यात भैरहेको छ।रेशमको धागो प्रति केजी चार हजार रुपैयामा बिक्री हुन्छ।,किम्बुको घाँस रेशमी किराले मन पराउने गर्छन्। रेशमी किराले किम्बुको पात खाएर लार्भा बनाउने गर्छन्। र त्यही लार्भालाई संकलन गरेर तातो पानीमा तताएर चर्खाको मद्दतबाट धागो कात्ने गरिन्छ।,गढवा गाउँपालिकामा खोलिएको रेशम प्रशोधन उद्योग नेपालमै सबै भन्दा ठूलो उद्योग भित्र पर्छ। गाँउपालिकाभित्र रेशम खेती फस्टाउदै गएपछि र यसबाट आम्दानी गर्न सकिने भएकाले गाउँपालिकाले गढवा गाउँपालिकालाई रेशम खेतीको जोनको रुपमा विकास गर्ने निर्णय गरेको छ।,‘परम्परागत खेतीबाट उत्पादन गरेको खाद्यान्नको मुल्य र बजार राम्रो छैन्।रेशम खेतीको कोकन बेचेरै राम्रो कमाई गर्न सकिन्छ’गढवा गाउँपालिकाका अध्यक्ष शहजराम यादवले भने–‘रेशम जोनमा जाने भनेर निर्णय गरेका छौं। कसरी किसानलाई सहुलियत दिने भन्ने बिषयमा कार्यविधि बनाएर अघि बढ्छौं।’ | दशरथ घिमिरे |
दासत्वको जञ्जिरदेखि मुक्तिको नेतृत्वसम्म | अभिभावका काखमा लुट्पुटिने बेला मालिकको घरमा जुठा भाँडा माझ्न थालिन्। कापीकलम च्यापेर स्कुल जाने रहर मनमै रह्यो। पढेर ‘ठूलो मान्छे’ बनिन्छ भन्ने कुरा कहिलेकाहिँ अरुले भन्दा कानमा पर्थ्यो उनको ।,गढवा गाउँपालिका वडा नं. ७ मानपुरकी उर्मिला चौधरीलाई जब ‘बँधुवा कमलरी’ बनाइयो उनको जीवनका रंगहरु फिक्का बने। ११ वर्षको ‘बँधुवा कमलरी’ जीवनमा हाँस्न बहाना खोज्नु पर्थ्यो उनले । तर समय सधैँ एकनास हुँदैन ।,संघर्षले उनको जीवनले कोल्टे फेर्ने मौका पायो । मनको अठोटले फेरि एउटा अवसर पायो। दासत्वको जीवन स्वीकारेकी तिनै उर्मिलाले पश्चिम नेपालको कमलरी मुक्त अभियानको नेतृत्व गरिन्।,आफ्नो सँगै हजारौँ कमलरीको ओठमा हाँसो फर्काइन्। राष्ट्रिय मात्रै होइन अन्तर्राष्ट्रिय मञ्चमा पुगेर कमलरी र महिला हिंसाविरुद्ध आवाज उठाइन र जीवन अर्थपूर्णबनाइन्।,दशजनाको परिवार। बिहान साँझ छाक जुटाउन हम्मेहम्मे। यो दैनिकी नियति थियो उनको परिवारको। परिवार पाल्न उर्मिलाको बुवा फुलपत कमैया बसे। अभावबाट ग्रस्तहरु कमलरी बस्ने थारु समुदायमा परम्परा नै थियो। कलिला छोरीहरु नै त्यसका लागि रोजाईमा पर्थे ३/३ जना दाई र दिदी, एउटा भाइ । कान्छी छोरी थिइन् ।,दिदीहरु सबैलाई कमलरी बसालेपछि उर्मिलाको पनि पालो आयो ६ वर्षकै छँदा । घर भन्दा धेरै टाढा, अञ्जान ठाउँमा । आँसु झार्दै काठमाडौँस्थित मालिकको घर आइपुगिन्। पढाउने सर्तमा ल्याइएको थियो उनलाई काम लगाउन। तर अध्ययनबाट वञ्चित भइन् उनी । फेरि जीवन अनिश्चिततामा भासिए जस्तो भयो । १३ जना को त्यो परिवारमा घाम झुल्कनु भन्दा पहिलेदेखि राती अबेरसम्मको कामले उनको ज्यान गलेको हुन्थ्यो । मालिकको व्यवहार त्यतिकै रुखो थियो। आँसुसँगसँगै भात निल्थिन् ।,८ वर्षसम्म उनले त्यहाँ कस्टकर जीवन बिताइन्। कमलरीबाट मुक्तिको आस पनि टुट्न थाल्यो । पछि तिनै मालिकको आफन्तकहाँ सरिन् उनी । तर हैसियत फेरिएन । भाँडा माझेको ज्याला वार्षिक चार हजार तोकियो । त्यो पनि हातमा परेन। मुस्किलले एक÷दुई जोड कपडाका भरमा उनको वर्ष कट्थ्यो । उर्मिलासँगै उनको गाउँबाट ८ जना बालिकालाई कमलरी बसाल्न राजधानी ल्याइएको थियो। उनीहरुबिच खासै कुनै सम्पर्क थिएन।,कमलरीका प्रथाले दासत्वमा आधारित थियो, एउटा मालिक, अर्को कमलरी अपमानित जीवन अपवाद थिएन। मालिकविरुद्ध उभिन सक्ने परिस्थिति पनि थिएन । घर चलाउनु थियो उनीहरुलाई।,२०६३ मंसिर पुसमा राजधानीमा मुक्त कमैयाको ठूलै आन्दोलन सुरु भयो। उर्मिलाका दाइ पनि कमैया मुक्ति आन्दोलनमा संलग्न भए। बाध्यताले कमलरी बनेकी बहिनीलाई मुक्त गराउन चाहान्थे उनका दाइ। । आन्दोलन चर्किदै जाँदा उनले उर्मिला कमलरी बसेको ठेगाना खोज्न थाले ।,एक दिन घर मालिकको कपालमा तेल लगाएर मालिस गरिरहेका बेला उर्मिलाले टेलिभिजनबाट मुुक्त कमैया आन्दोलनकारीहरु देखिन्, आन्दोलनमा एउटा अनुहार उनको दाइको पनि थियो । कम्मल ओढेर बसिरहेका थिए उनी। त्यसबाट उर्मिलालाई एकाएक हौसला बढ्यो।,तर घर मालिकका अघि केही बोलिनन् । दाइले केही दिनपछि उर्मिलालाई त्यो घरबाट निस्क भन्दै फोन गरे। तर उर्मिलाई सहज थिएन निस्कन । केही सिप नलागेपछि दाइले आफै घरमालिकलाई भेटे । तर पनि आफूसँग लग्न सकेनन् बहिनीलाई ।,कमलरीबाट बहिनीलाई मुक्त गराउन नसकेकोमा उनलाई हिनताबोध भयो । उनले गाउँमा आन्दोलन चर्काए। उर्मिलालाई राजधानीबाट झिकाउन दबाब बढ्यो । अन्ततः २०६३ साल माघ १ गते उर्मिला दासत्वबाट मुक्त भइन् ।,घर पुगे लगत्तै एकाएक आत्मविश्वास बढ्यो । नजिकैको ज्ञान ज्योती विद्यालयमा पुगिन्। ‘सानो मान्छे स्कुलमा, ठूलो मान्छे काममा, कमलरी राख्न पाईदैन’ भन्ने नारासहितको कमलरी मुक्ति अभियानमा संलग्न भइन्। आन्दोलनको नेतृत्व गर्न थालिन्, आफैले भोगेको अनुभव र पीडाले अरुलाई समेत संगठित बनायो ।,कमलरीका घरघरमा पुगिन्, कमलरी छुटाउन मद्दत गरिन्। ‘आफू कमलरी बसेको पीडा मसँग थियो। अरुलाई त्यो पीडाबाट मुक्त गराउन चाहान्थँे । त्यसैले म त्यो अभियानमा निरन्तर लागेँ र सफल पनि भएँ’, उर्मिला भन्छिन्। कमलरी मुक्ति अभियानमा लाग्दा उनका विरुद्धमा समाजमा धेरै जालहरु बुनिए। तर पूर्व कमलरी जीवनले उनलाई अघि बढ्न प्रेरित गर्यो ।,२०६५ सालमा शान्तिपूर्ण आन्दोलनको लागि पश्चिम नेपालका कमलरीहरु राजधानी आए, उर्मिला पनि आइन्। मुक्ति पछि पुनर्स्थापनामा राज्यको सहयोग चाहिने माग पनि उनीहरुको अभियानले बोकेको थियो। अन्ततः सरकारले १२ करोड रुपैयाँ मुक्त कमलरीको शिक्षाको लागि विनियोजन गर्यो । २०६९ सालमा फेरि मुक्त कमलरीको आन्दोलन चर्कियो ।,राजधानीमा कमलरी बसेकी देउखुरी मौरीघाटकी सृजना चौधरीको जलेर भएको मृत्युले आन्दोलन तताएको थियो। त्यसपल्ट आन्दोलन सिंहदरबार पुग्यो । आन्दोलनकारी र प्रहरीबिच झडप भयो। । १५ जना घाइते भए। उर्मिला चर्चामा आइन्, घाइते र बेहोस भएपछि । ७५ जना प्रहरी नियन्त्रणमा परे। अन्ततः सरकारले दश बुँदै सम्झौता सँगै २०७० असार १३ गते मुलुकमा कमलरी मुक्तिको घोषणा गर्यो । अझै ९३ जना कमलरी बसेको रेकर्डमा छन्। लागि परेकी छन् उनीहरुको खोजी र मुभिक्तमा ।,कमलरीबाट मुक्त उर्मिलालाई पढ्न मन लाग्यो। उमेर र समाजले छेक्ने भय पनि थियो । तर शिक्षा चेतना बिना मुक्तिले जीवनमा र समाजमा ठूलो परिवर्तन ल्याउँदैन भन्ने उनले कठोर भोगाइबाट बुझिसकेकी थिइन्। उनी घर पुग्दा मुक्त कमलरीहरुलाई ‘ब्रिजकोर्ष’ गर्न निःशुल्क कक्षा सञ्चालनमा आएको थियो। त्यसमा संलग्न भइन्। कक्षा ३ र ४ को परिक्षा दिएर ५ मा भर्ना भई जनता माध्यमिक विद्यालयमा औपचारीक शिक्षा सुरु गरिन् ।,अध्ययन र कमलरी मुक्ति अभियान सँगसँगै अघि बढाइन् । डेढ महिनामा मात्रै ९३ जना कमलरी बालिका छात्राबासमा राखिए। घरमा पुनर्स्थापना हुन नसकेका, अभिभावक बिहीन बालिकाहरु छात्राबासमा राखिए। कमलरी मुक्तिका लागि साझा मञ्चको अगुवाईमा टोलटोलमा कमलरी बालिकाहरुको तथ्यांक खोजी हुन थाल्यो।,चुनौतीको दायरा झन फराकिलो बन्यो । तर त्यसलाई अवसरका रुपमा लिइन उनले। अहिले कक्षा १२ पढ्दै गरेकी उर्मिला भन्छिन्’, इच्छाशक्तिले नै हो सोचेको काम पूरा हुने । त्यसमा न उमेर न समाजले नै छेक्छ ।’,यसबिचमा उर्मिला अन्तर्राष्ट्रिय मञ्चमा उभिन सफल पनि भएकी छन्। । कमैया परिवारमा जन्मेकी र कमलरी जीवन बिताएकी उर्मिला ‘फ्रिडम फ्रम फियर’ को अवार्डबाट सम्मानित नेपालको पहिलो व्यक्ति बन्न पुगिन् । नेल्सन मण्डेला, आङसाङ सुकी, चार्ल्स एञ्जिला, मलालाले हात पारेको यो अवार्ड पाएपछि थप दायित्वबोध भयो उनलाई ।,नदरल्याण्डसमा त्यो सम्मान हाँसिल गर्नु अघि उनले जर्मनी पुगेर दश हजार यूरोको ‘ह्याकर प्राईज’ पाएकी थिइन् । त्यसको ठूलो भाग मुक्त कमलरी विकास मञ्चलाई दिइन्। उर्मिलाको संघर्षको आधारमा (बेचिएकी चेली) नेपाली अनुवाद समेत प्रकाशन भयो। सन् २०११ मा बिक्री भएका किताब थियो त्यो। त्यसले उनलाई चर्चाको शिखरमा लग्यो ।,उनको जीवनमा आधारित ‘मेमोरीज माई पावर’ नामक चलचित्र पनि बनेको छ । कमलरी भूमिहिन र सुकुम्बासीको पुनर्स्थापनका लागि काम गरिरहेको ‘सोसाइटी वेलफेयर एक्सन नेपाल’ को कार्यसमितिको सचिवमन रुपमा काम गरिरहेकी छन्।,अहिले पनि उनको नाम चर्चामा छ । तर ३९ वर्षीया उर्मिला भन्छिन्, ‘जुन कामले मलाई चिनायो त्यो म बाँचुञ्जेल गर्छु । अहिले पनि कुनै न कुनै रुपमा कमलरी प्रथा जारी छ। शोषणबाट बालिका मुक्त छैनन्। त्यस विरुद्ध म लागिरेहेकी छु।’ | दशरथ घिमिरे |
नातिनिको हातबाट दसैँको टीका थापेकी ज्ञानीमैया कुसुण्डा | दाङ – अर्जुनखोलाबाट उत्तरको कुलमोहर गाउँ । दसैँको तस्रो दिन, ८१ वर्षकी ज्ञानीमैया कुसुण्डाको हातबाट टीका थाप्नेहरुको चहलपहल । रातो टीका, जमरासँगै आर्शिवाद लिनेहरु पुगेका छन् ।,कुसुण्डा भाषा लोपन्मुख भाषा हो । यहि लोपन्मुख भाषा बोल्न जान्ने जीवित रहनु भएकी एक मात्र वक्ता ज्ञानीमैया कुसुण्डाले २० वर्षकी नातिनि कल्पना पुन मगरको हातबाट दसैँको टीका लगाइन् । आफू भन्दा ठूला मान्यजन नभएपछि कन्याको हातमा टीका लगाएकी हुन् ।,‘मैले मान्ने मान्यजन जीवित छैनन् । त्यही भएर नातिनिको हातबाट टीका लगाएँ’ ज्ञानीमैयाले भनिन्, ‘बुढा (श्रीमान) छैनन् । बुढा भएको भए उहाँको हात बाट टिका लगाउथे । बुढा नभएपछि नातिनिको हात बाट टीका लगाएँ ।’,भाषा लोप हुन थालेकोमा ज्ञानीमैया चिन्तित छन् । उनलाई आफ्नो शेषपछि कुसुण्डा भाषा कसले बोलिदेला भन्ने चिन्ता छ ।,‘म मपरेपछि भाषा पनि मर्छ’ उनले भनिन्, ‘भाषा सिक्न खोज्छन् तर, जान्दैनन् । घरमा पनि म बोलेको बुझदैनन् । त्यही भएर नेपाली भाषामा कुरा गर्छु ।’,नातिनि कल्पनाले यसअघि पनि हजुरआमा ज्ञानीमैयालाई दसैँको टीका लगाइदिएकी थिइन् ।,‘हजुरआमा भन्दा ठूलो मान्यजन कोही छैनन् । उहाँको निधार रित्तै हुने भयो । त्यही भएर कन्याले टीका लगाइदिन मिल्ने भएकाले मैले नातिनिको तर्फबाट टीका लगाइदिएको हुँ’ कल्पनाले भनिन्, ‘हजुर आमाले बोल्ने भाषा अर्के उल्टो जस्तो लाग्छ । एक दुईवटा शब्द भन्न सक्छु तर, पूरै जान्दिनँ ।’,नेपालमा एक सय ५० जना मात्रै कुसुण्डा जाती छन् । जस मध्य दाङ जिल्लामा सबैभन्दा धेरै ७० जना कुसुण्डा जाती छन् । २०६८ सालको जनगणनामा नेपालमा २ सय ७३ जना कुसुण्डा जाती रहेको उल्लेख छ । तर, यो गणनामा वसोवास नभएको जिल्लामा पनि कुसुण्डा भेटिएको विवरण रहेकाले संख्या बढेको पाइएको हो ।,अन्तरजातीय विवाहको कारणले कुसुण्डा भाषा ओझेलमा छ । कुसुण्डा भाषाको व्याकरण बनाउन जरुरी छ । भाषाको अस्तित्व जोगाएर राख्न सकिन्थ्यो ।, | दशरथ घिमिरे |
इन्द्रेणी रंगहरुमा आफ्नो कथाको खोजी | सम्भव क्षेत्री गणेश मन्दिरअघि उभिएका छन् । नेपाल वायुसेवा निगम हुँदै भुगोलपार्क (न्यूरोड) जाने बाटो व्यस्त छ, यात्रु र गाडीचाप बढेकाले।,उनी बाटोपारिको भिड हेरिरहेका छन् । मन्दिरअघिको पेटीमा साइकल अड्याएर बाटो पारि नै हेरिरहेका बेला उनकै आडमा उभिएको थिएँ ।,केहीबेर पारिको रंगिन दृष्य र भिड हेरेपछि भनेँ, ‘यो सडक त साँच्चै रंगीन भएछ ।’ सम्भवले मतिर हेरे। ‘भिड देख्दा डर लाग्छ । तर इन्द्रेणी छाताहरुले यो ठाउँलाई सुन्दर बनाएछ । फुरुङ्ग भएको छ मन ।’,केहीबेर त्यहीँ उभिएर टेबहालको दृष्य हेरेँ । सम्भवसँग कुरा हुँदै थियो । उनले कुरैकुरामा आफ्नो बारे बताए ।,काठमाडौँमा जन्मिहुर्केका उनी पछिल्लो केही वर्षदेखि अध्ययनका लागि भारतको नयाँ दिल्ली बस्ने रहेछन् । हालै घर फर्किएका उनी सामाजिक सञ्जालमा धेरै चर्चा भएको देखेर पुरानो टेबहालको नयाँ स्वरुप हेर्न आएका थिए ।,उनलाई टेबहालको सडकमाथि राखिएका इन्द्रेणी छाताहरुले आफ्नो प्रतिनिधित्व गरे जस्तो लागे छ ।,उनले खुलाउँदै गए, ‘यो मार्ग लैंगिक तथा यौनिक अल्पसंख्यक (एलजिबिटिआइक्यू प्लस) समुदायको सारथी बनेछ, कम्तिमा मलाई यस्तो लाग्दैछ । त्यो भिड (टेबहालको मार्गमा ठेलमठेल हुनेगरि उभिएकाहरु) लाई थाहा छ–छैन इन्द्रेणी रंगले बोकेको एउटा गर्वको कथा, मलाई भने मेरो कथाको प्रतिनिधित्व लाग्दैछ यो सबै दृष्य ।’,२७ वर्षीय सम्भव चिकित्सा विज्ञानका विद्यार्थी हुन् । कुराकानी हुँदै जाँदा उनले आफ्ना बारेमा बताए । ‘म समयौनिक पुरुष हुँ । र यो इन्द्रेणी रंगका छाताहरुले म र म जस्तै यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको स्वतन्त्रता बोले जस्तो लागेको हो’, सम्भवले भने ।,सम्भवसँगको कुराकानीको बिचमा मैले आफ्नो परिचय दिएको थिएँ । कुरा सुन्दै गएपछि ‘भाइरल’ बनेर ‘अम्ब्रेला स्ट्रिट’ का नामले चिनिन थालेको टेबहाल मार्गले सम्भव र अरु सम्भवहरुलाई दिएको फरक अपनत्व र स्वतन्त्रताको चित्र उतार्ने रहर जाग्यो ।,उनलाई योजना सुनाएर थप बिस्तारमा कुरा गर्न प्रस्ताव गरेँ । उनी राजी भए । परिवारका सदस्य र केही नजिकका साथीभाइमा आफ्नो यौनिकता खुलाएका सम्भवलाई अझैसम्म सार्वजनिक रुपमा जीवनको नितान्त व्यक्तिगत पाटो खुलाउने आँट आइसकेको छैन ।,उनले कुरा गर्ने तर आफ्नो परिचय परिवर्तन गरेर प्रस्तुत गर्न आग्रह गरे । सोही अनुसार उनी यो सामग्रीमा सम्भवका रुपमा प्रस्तुत गरिएका छन् ।,मोबाइल तथा क्यामरालाई हेरेर मुस्काइरहेका वा नाचिरहेकाहरुको भिडतिर जान व्यस्त बाटो काट्नु पर्ने थियो । बाटो काट्ने भन्दा पनि कोरोना भाइरसको महामारीको काल भएकाले त्यो भिडमा जान आँट आइरहेको थिएन ।,तर कुराकानीमा मस्त सम्भव ट्राफिक प्रहरीको सहयोगमा बाटो काटेर टेबहाल सडकतिर लागे । उनलाई पछ्याउँदै म पनि इन्द्रेणी रंगतर्फ हानिएँ ।,सडक प्याक छ । छेउको पेटी केही खुकुलो छ । मास्क राम्रोसँग लगाएका सम्भव पेटीमा उभिए । भिडको तस्बिर खिचे । आकाशतिर मोबाइल तेर्स्याएर माथि टाँगिएका छाताहरु खिचे । त्यसपछि भने, ‘इन्द्रेणी रंगको झण्डालाई एलजिबिटिक्यूआईप्लस समुदायले आफ्नो गौरव र स्वतन्त्रताको प्रतिकका रुपमा लिन्छन् । यो मार्ग अहिले त्यसैको प्रतिक बनेको जस्तो लाग्दैछ ।’,सम्भवले प्राइड फ्ल्यागको इतिहास र अर्थहरुबारे बताउँदै गर्दा हामी टेबहालको छाताले ढाकिएको मार्गको यात्रा पूरा गर्दै थियो ।,हिँड्दै गर्दा साथीलाई मोबाइल दिएर नाच्दै गरेकी युवतीलाई केहीबेर अलमलाएर मैले सोधेको थिएँ । आँकलन अनुसार नै उनले टिकटक बनाउँदै थिइन् । दोस्रोपटक आएकी रहिछन् । ‘टिकटकमा भाइरल देखेर आएको, आज दोस्रो पटक हो । टिकटक नै बनाउँदै छु’ उनले भनिन् ।,मैले इन्द्रेणी रंगले बोल्ने अर्थहरुबारे जान्ने प्रयास गरे उनीबाट । एकछिन रोकिएर ती युवतीले भनिन्, ‘अँ…अब यो त इन्द्रेणी भयो । यस्तो रंगिन टीका तिहारमा लगाइन्छ । त्यही त हो ।’,उनका तीन साथीहरुले पनि त्यसैमा स्वर मिलाए । उनीहरुले एलजिबिटिआइक्यूप्लस समुदाय र इन्द्रेणी रंगको सम्बन्धबारे जानकारी नरहेको बताए ।,यो सबै सुनिरहेका सम्भवले भने, ‘उहाँहरुलाई थाहा भएन भनेर मेरो मन सानो हुँदैन । हामीले धेरै कुरा जान्न बाँकी छ र त्यो क्रम चलिरहन्छ । उहाँहरुलाई पनि यसको त्यो पाटो थाहा छैन । भोलि थाहा होला ।’,त्यसो त छाता राख्ने संकटा क्लबलाई नै इन्द्रेणी रंगले बोकेको गौरवको कथा थाहा रैनछ । क्लबका सचिव आशीषमान श्रेष्ठले सर्वसाधारणको आकर्षणका लागि छाता राखिएको बताए ।,सम्भवले बाटोको छेउमा चिया पकाउँदै गरेकी आमासँग छाता राखिएपछि बढेको भिड र उनको व्यापार बारे जान्न खोजे ।,दूधको प्याकेट काटेर डेक्चीमा खन्याउन व्यस्त आमाले भनिन्, ‘मान्छे मात्रै बढेका छन्, यिनीहरुले चिया खाने होइनन् । मेरो व्यापारमा केही फरक परेको छैन । पुराना ग्राहक जति हुन् त्यति नै छन् मेरो चियाका ।’,आमा केट्लीमा उम्लिँदै गरेको चिया चलाउँदै थिइन् । उनी विगत ३० वर्षदेखि सोही पेटीमा चिया बेच्दै आएकी छन् । चियाका ग्राहक नथपिए पनि छाताले थपेको सडकको रौनकताले उनलाई केही रमाइलो लागेको पक्कै छ । तर त्यो भन्दा धेरै संक्रमणको त्रास दिएको छ ।,स्टीलको गिलासमा चिया हाल्दै उनले भनिन्, ‘धेरैपछि मान्छेको यस्तो भिडभाड देख्दा रमाइलो त नलागेको होइन । तर कोरोनाको डरले छोडेको छैन । यी यसरी ठेलमठेल छन्, के गरेका हुन् कुन्नी दिनभरि नाच्छन् मात्रै ।’,सम्भव चियाका पारखी रहेछन् । आमाबाट पेपर कपमा चिया लिए, हामी अघि गएकै तिर लाग्दै थियौँ ।,चिया बेच्ने आमासँग सम्भवले गरेको कुराकानीले मलाई कपडा व्यापारीसँग कुरा गर्न उक्सायो । बाटोको भिड हेर्दै बसेका रेडिमेड कपडा पसलेले व्यापारमा खासै वृद्धि नभएको प्रतिक्रिया दिए । चहलपहल हेर्न भने मज्जा लागेको उनीहरु भन्दै थिए ।,हामी पुनः न्यूरोड सडकको पेटीमा आइपुग्यौँ । सम्भव भूगोलपार्क तिर लागे । ‘इन्द्रेणी झण्डाबारे लेख्दा यससँग जोडिएका अरु अर्थहरु छन् भने पनि खोज्न नभुल्नु है’ भन्दै उनी बिदा भए । म पुनः बाटो काटेर साइकल भएको तिर गएँ ।,विशेष गरी जुन महिना (प्राइड मन्थ) मा विश्वभरका यौनिक तथा लैंगिक अल्पसंख्यकहरुले स्वतन्त्रता र अधिकारको प्राप्ति तथा त्यसका लागि त्याग गर्नेहरुको स्मरणमा र्यालीसहितका गौरव यात्रा गर्ने गर्छन् ।,विश्वभर त्यस्ता अभियानमा इन्द्रेणी रंगको झण्डा तथा सोही रंगको ब्याण्ड प्रयोग बढी हुन्छ । एलजिबिटिक्यूआइ प्लस समुदाय तथा उनीहरुसँग ऐक्यवद्धता जनाउनेहरुले इन्द्रेणी रंगको झण्डा तथा व्याण्ड प्रयोग गर्छन् ।,यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकारसँग इन्द्रेणी झण्डाको सम्बन्धको इतिहास सन् १९६९ को स्टोन वाल प्रदर्शनसँग जोडिएको छ ।,अमेरिकाको न्यूयोर्क स्थित ग्रीनविच भिलेजमा रहेको स्टोनवालमा प्रहरी र समयौनिक अधिकारकर्मीहरुबिच भएको हिंसात्मक भिडन्त (२८ जुन १९६९) को स्मरण तथा सम्मानमा जुन महिनालाई प्राइड अर्थात गौरवको महिनाका रुपमा मनाइन्छ ।,स्टोनवाल आन्दोलनले जगाएको अधिकारको आन्दोलनलाई प्रतिनिधित्व गर्ने प्रतिकको खाँचो थियो । सन् १९७८ मा कलाकार गिल्बर्ट बाकर (समयौनिक पुरुष) ले पहिलो इन्द्रेणी झण्डा बनाए ।,उनलाई समयौनिक समुदायको गौरवको प्रतिक बनाउनका लागि अधिकारकर्मी हार्बी मिल्कले भनेका थिए । मिल्क अमेरिकाको इतिहासमा पहिलो समयौनिक निर्वाचित अधिकारी हुन् ।,गिल्बर्टले गौरव प्रदर्शन गर्ने सबैभन्दा शक्तिशाली माध्यमका रुपमा झण्डा ठानेर इन्द्रेणी झण्डा बनाए । उनले एक अन्तर्वार्तामा भनेको कुरा ब्रिटानिकाले यसरी उद्धर्त गरेको छ, ‘समयौनिक व्यक्तिका रुपमा हाम्रो काम भने बाहिर आउनु, देखिनु, सत्यमा बाँच्नु अनि झुटहरुबाट मुक्त हुनु हो । झण्डाले त्यो मिशनको साँचो प्रतिनिधित्व गर्छ । यसबाट आफ्नो पारदर्शिता दाबी गर्न सकिन्छ।’,गिल्बर्टलाई आकाशमा देखिने आफूहरुको स्वतन्त्रता र गौरवको प्राकृतिक झण्डा लाग्यो र त्यही बनाए ।,गिल्बर्टले बनाएको झण्डामा आठ रंग थिए र ती हरेक रंगको आफ्ना अर्थहरु पनि । गाढा गुलाबी रंग यौनको प्रतिक, रातो जीवनको प्रतिक, सुन्तला रंगले ‘हिलिङ्ग’, पहेँलोले सूर्यको किरण, हरियोले प्रकृति, समुद्री निलो रंगले कला, इन्डिगो रंगले सौहार्दता तथा वैजनी (भ्वाइलेट) रंगले आत्माको प्रतिनिधित्व गर्छ ।,इन्द्रेणी रंगको झण्डा पहिलो पटक सन् १९७८ को जुन २५ मा सन फ्रान्सेस्सको गे फ्रिडम डे परेडमा फहराइएको थियो । गिल्बर्ट र उनका साथीहरुले हातैले सो झण्डा बनाएका थिए ।,अहिले विश्वव्यापी रुपमा एलजिबिटिक्यूआई प्लस समुदायले प्रयोग गर्दै आएको झण्डामा ६ रंग छन् । गुलाबी र समुद्री निलो रंग हटाइयो र इन्डिगोलाई निलो रंगले प्रतिस्धापित गरेको छ ।,सबैभन्दा माथि रातो भागसहित इन्द्रेणी जस्तै झण्डा अहिले विश्वव्यापी रुपमा।,झण्डामा रहेका विविध रंगहरुले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय भित्रको विविधतालाई प्रतिनिधित्व गर्छ । यस्तै इन्द्रेणी रंगले स्वच्छन्दता र स्वतन्त्रताको प्राकृतिक स्वरुपलाई पनि दर्शाउँछ ।,सन् १९९४ मा आएर इन्द्रेणी रंगको झण्डा एलजिबिटिक्यूआई प्लस समुदायको प्रतिकका रुपमा राम्रोसँग स्थापित भयो ।,त्यसयता विश्वभर झण्डासहित सो रंगका लुगा, ब्याण्डहरु तथा अरु विविध सामग्रीहरुलाई पनि एलजिबिटिक्यूआइ प्लस समुदायको स्वतन्त्रता, गौरव र त्यागको प्रतिनिधिका रुपमा प्रस्तुत गरिन्छ।,टेबहाल मार्गको पारीपट्टी न्यूरोड सडक (महांकाल तर्फबाट जाँदा) को दायाँ तर्फ रहेको गणेश मन्दिर अघि उभिएर सम्भवले देखेको प्रतिनिधित्वको कुरा यहि इन्द्रेणी झण्डासँग जोडिएको छ ।,इन्द्रेणी रंगको छाताले मार्ग ढाकिएको देख्दा उनलाई यौनिक तथा लैंगिक अल्पसंख्याकहरुको स्वतन्त्रता, गौरव र पारदर्शिता उजागर भएको जस्तो महसुस भएको हो ।,विशेष गरि बर्खा याममा आकाशमा देखिने इन्द्रेणी सम्भवलाई खुबै मन पर्छ, उनी भन्दै थिए । इन्द्रेणी पर्नुको वैज्ञानिक कारण पनि छ । मौसमविद शान्ति कँडेलका अनुसार वायुमण्डलमा बर्खायाममा पानीका कण हुन्छन्, घामको किरण हावाबाट ती पानीका छिटामा प्रवेश गर्ने क्रममा प्रतिबिम्ब बनेर इन्द्रेणी पर्छ ।,इन्द्रेणी छाताले ढाकिएको टेबहाल मार्ग हेरेर बिदा हुने बेला सम्भवले हालै अनुभूत गरेकाे आनन्दको अर्को कारण पनि खुलाएका थिए । संयोगले सो कारण पनि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको प्रतिनिधित्वसँग जोडिएको थियो ।,‘केही दिन अघि मात्रै निरञ्जन कुँवरको मेमोयर , पढेको थिएँ । निकै आनन्द आयो । अहिले यो इन्द्रेणी मार्ग हेर्दा प्रफुल्ल भएँ’ गएको शनिबार टेबहालबाट बिदा हुने बेला सम्भवले भनेका थिए । | टंक ढकाल |
हिमालसँग दावाको लुकामारी | दोलखाको रोलवालिङ्ग उपत्यकाकी दावा याङ्गजुम शेर्पा हिमालकै हावापानीमा हुर्किइन् । हिमालसँगै रमाइन् र अहिले हिमाली क्षेत्रमै सक्रिय छन् ।,२८ वर्षकी दावा हिमाली क्षेत्रमा पाहुनालाई गाइड गर्न पाउने अन्तर्राष्ट्रिय मान्यता पाउने पहिलो नेपाली महिला हुन्, अर्थात नेपालकी पहिलो महिला ‘इन्टरनेशनल माउन्टेन गाइड’ ।,उनलाई माउन्टेन गाइडहरुको अन्तर्राष्ट्रिय एसोसिएसनले उनलाई गाइडको आधिकारिकको प्रमाणपत्र दिएको हो । सन् २०१२ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पाइला टेकेकी दावाले कठिन परीक्षणहरु पार गरेर प्रमाणपत्र पाएकी हुन् ।,हिमाली गाउँमा हुर्किएकी दावाले अचेल पाहुनाहरुलाई हिमालहरु र त्यस वरपरको बस्ती चिनाइरहेकी छन् । त्यसमै रमाएकी छन् । नेपालमा वर्षको आधा समय हुने दावा बाँकी आधा समय अमेरिका र दक्षिण अमेरिकासहितका क्षेत्रका हिमाली भेगमा हुन्छिन् ।,दोलखामा हिमाल हेर्दै हुर्केकी दावाले माउन्टेन गाइडको पेशा अपनाएको ११ वर्षको अवधिमा विश्वका धेरै हिमाललाई नजिकबाट नियालेकी छन् र पाहुनाहरुलाई चिनाएकी छन् । खुशी छन् दावा, तर यो खुशीको यात्रा तय गर्दा उनले धेरै कुराको माया मार्नु परेको छ ।,समय हिमाल र पाहुनाहरुकै लागि दिँदा नपुग्ने भएकैले उनलाई रहर भएर पनि प्रेमिल सम्बन्धमा अडिन पाएकी छैनन् ।,शरीरमा बल र मानसिक रुपमा तन्दुरुस्त हुनु पर्छ हिमालमा बाटो देखाउन । दावा आफूलाई फिट पाउँछिन् । तर छोरी भएकै कारण सुरुमा सधैँजस्तो घरबाहिर हुनु पर्ने पेशाप्रति परिवारले खासै मन गरेका थिएनन् ।,तर अहिले परिवारका सबै खुशी छन् । गर्व गर्छन् र त दावाको अनुहारमा चम्किलो खुशी फुलेको छ । | बर्षा शाह |
गाउँ-गाउँ सारङ्गी रेट्दै, जीवन धान्दै | चरीले रनवन डुलेझैँ भद्र र विष्णुबहादुर गन्धर्व गाउँघर डुल्छन्। लोकलयमा जनजीवनका सुखदुःख, संवेदना सुसेल्छन्। जसरी वनतिर चरी चिरबिर गर्छन्। यसपालि झरीले गन्धर्व जोडीको यात्रा छोटियो।,चार दिनअघि बागलुङ नगरपालिका-१२, अमलाचौरस्थित घरबाट निस्केका उनीहरु बिहीबार घर फर्के।“घम्जा गाउँ गएका थियौँ”, भद्रले भने, “झरी पर्यो, धेरै नघुमी फर्कियौँ।”,काठखोला गाउँपालिका–३ मा धम्जा गाउँ पर्छ। चिप्लो बाटो हुँदै झरी छलेर घरघर पुग्न गाह्रो भएको भद्रले राससलाई सुनाए। घर फर्कनुपूर्व बागलुङ बजारमा भेटिनुभएका उहाँले दिन घमाएपछि फेरी गाउँ जाने बताए।भद्र र विष्णुबहादुर छिमेकका दाजुभाइ पर्छन्।,सारङ्गी रेट्दै जुन गाउँ पुग्दा पनि उनीहरुसँगै हुन्छन्। “सात वर्षको उमेरबाट सारङ्गी बजाउन सिकेको हुँ”, ५५ वर्षीय विष्णुबहादुरले भने, “हाम्रो खेती नै यही हो।” सानैमा बुबा बितेपछि मामाघर बसेका उनले मामा मतिलालसँग सारङ्गी सिकेका थिए।,श्रीमती, एक छोरी र छोरासहितको परिवारको जीविका विष्णुबहादुरकै सारङ्गी बजाउने कलामा टिकेको छ। एक छोरीको विहेवारी भइसकेको छ।“घरखर्च, छोराछोरीको पढाइ जेनतेन धानिन्छ”, विष्णुबहादुरले भने। खेतीपाती गर्न गन्धर्व परिवारलाई जग्गा अभाव छ।,“हाम्रो पुख्यौली चलन र पेशा नै यही हो”, ६२ वर्षीय भद्रबहादुरले भने, ‘वर्षभरी गाउँघर डुल्दै, गाउँदै जीवन चलेको छ।” गाउँघर पुग्दा गन्धर्वलाई अन्नपात र नगद दिने चलन छ। अन्न बोकेर हिँड्न गाह्रो भएपछि बढीजसो नगद दिन्छन्।,“लाहुरे आएको घर र दानी व्यक्तिले राम्रै पैसा दिन्छन्”, भद्रबहादुरले भने, “हप्तादिन घुम्दा दुई, चार हजार हात पर्छ।” उनलाई पनि श्रीमती रम्बासहित एक छोरा र छोरीको जिम्मेवारी छ। दुई छोरीको विहेवारी भइसकेको छ।,अमलाचौरमा १८ गन्धर्व परिवार छन्। गन्धर्व बस्तीलाई गायकथर भनेर पनि चिनिन्छ। पुर्ख्यौली गायन पेशा अङ्गालेका चार/पाँच जना मात्र छन्। गन्धर्व परिवारका अधिकांश युवा रोजगारीमा विदेश छन्।,नयाँ पुस्तामा गायन र सारङ्गी वादनको सीप हस्तान्तरण हुन नसके गन्धर्व जातिको पेशा नै हराउने चिन्ता छ। आफ्नो १८ वर्षीय छोरा सन्दीपले सारङ्गीमा रुची नदेखाएको विष्णुबहादुरले बताए। “नयाँ युवालाई चासो नै छैन”, उनले भने।,नेपाली मौलिक बाजा सारङ्गी नै लोप भएर जाने हो कि भन्ने चिन्ता गन्धर्व समुदायमा छ। समाज र जीवनका विविधतालाई शब्दमा टिपेर सारङ्गीमा लय भर्ने गन्धर्वहरुको कलागत पेशा जोगाउनु चुनौतीपूर्ण देखिन्छ।,भद्र र विष्णुबहादुर सारङ्गी बजाउँदै बागलुङ, पर्वत र म्याग्दीको गाउँगाउँ पुग्छन्। सारङ्गी रेट्दै गाउँघर चहार्दाका तीतामिठा अनुभव उनीहरुसँग छन्। गाएरै जीविका धान्नेहरु अहिले पनि सारङ्गीलाई नै ‘खेती र जागिर’ मान्छन्।,परिवार धान्ने आधार नै सारङ्गी बनेको छ। जीवन, जगत्, ईश्वरीय महिमा, युद्ध, प्राचीन कथा, घटना, दुर्घटना आदिलाई शब्दमा टिपेर सारङ्गीमा लयबद्ध गर्दै गन्धर्वहरु गाउने गर्छन्।,घटना विशेषलाई कथानक बनाउने र त्यसलाई सारङ्गीको तालमा गाउने गन्धर्वहरुको विशेषता हो।यथार्थपरक र मार्मिक गीतहरुलाई ‘कर्खा’को रुपमा गाउने गर्छन्। | रासस |
एक युगका सक्रिय साक्षी | बिहान फोनमा कुरा गर्दा हतारमा सुनिएका उनले बेलुका आउन भनेका थिए । भनेकै समयमा गएर पर्खिँदा पनि उनी आइपुगेनन् । साँझ पर्नै लाग्दा उनी गेटबाट छिरे । आँगन र पिँढीमा उनलाई पर्खिरहेकाहरुको जमात थियो ।,अभिवादन गर्दै छेवैको सोफामा बसे । सुस्केरा हाले । दौरा–सुरुवालसँग मिलेको रंगको टोपी फुकाले । निधारको पसिना पुछे । अनि बल्ल यताउता आँखा डुलाए । सबैलाई मुस्कुराएर अभिवादन फर्काए । दिनभरिको दौडधुपको थकाई बिसाए साँझ साढे ६ बजेतिर वाङ्मय शताब्दी पुरुषका रुपमा परिचित सत्यमोहन जोशीले ।,सोमबार जीवनको ९९ वर्ष पूरा गरेर १०० औँ वर्षमा प्रवेश गरेका सत्यमोहनलाई दुई दिनअघि भेट्न जाँदा देखिएको दृश्य हो यो ।,पिता १०० वर्ष लाग्दै गरेको हर्षोत्सवमा सामेल हुन अमेरिकाबाट आएकी कान्छी छोरी खड्गलक्ष्मी शाक्यले पिताको दर्शन पाएकी थिइनन् । सोफामा बसेर दुई–चार सुस्केरा मारेपछि सत्यमोहनले छोरीलाई देखे । पानी पिउँदै गर्दा आँखाको सारमा हालखबर सोधे । छोरी खड्गलक्ष्मीको अनुहारभरि पितृस्नेह भरियो ।,खुट्टा खापेर बसेका सत्यमोहनले बिस्तारै जुत्ताको तुना फुकाले । तुना लत्र्याउँदै सिँढी उक्लेर पिँढी हुँदै ढोका भित्र पसे । सत्यमोहन केहीबेर भित्रै हराए ।,पिँढीमा पर्खिरहेका मध्ये थिइन् विगत ८२ वर्षदेखि उनको बाटो यसैगरि हेरिरहेकी राधादेवी जोशी अर्थात उनकी धर्मपत्नी । बिहे हुँदा उनी १४ वर्षकी थिइन् ।,पति भन्दा चार वर्षले कान्छी राधादेवी हिँडडुल गर्न सक्दिनन् । आँखा र कान भने तगडा छन् । अघिपट्टिकाे एउटा दाँत बाँकी छ । अरु अधिकांश झरेको धेरै भो ।,पतिको व्यस्ततासँग झण्डै एक जुगको साक्षात्कार संगालेकी राधादेवीलाई घर भरिभराउ हुँदा रमाइलो लागेको छ । त्यसमाथि पति आएपछि बाँकी रहेको सुनो पन सकियो ।,सत्यमोहनले ढोकाबाट पस्दै गर्दा राधादेवीतिर आँखा पारेनन्, राधादेवी भने उनैतिर हेरिरहेकी थिइन् ।,१४ वर्षको हुँदा बिहे भयो १९ वर्षका सत्यमोहनसँग, त्यहाँदेखि सुरु भएको साथमा नमिठो अनुभव शायदै होला राधादेवीसँग । केहीबेर हामीसँग बातचित गर्दा उनले सत्यमोहनसँग साटेको जीवनको विगत सम्झिइन् ।,तीन वर्ष भएछ उनी घरको आँगन कटेर बाहिर ननिस्केको । यहि आँगन, पिँढी र घर उनका साथी मात्र हैन उनको संसार पनि बनेका छन् । अरु समय व्यस्त रहने पति अहिले व्यस्त नहुने त कुरै भएन ।,राति अबेर कुरा गर्ने मेसो मिल्छ ।,हुर्केर आफ्नो गुँड र बचेराको तारतम्य मिलाउन व्यस्त सन्तानका कुरा सुनाउँछिन् केहीबेर । दिनभरि कसले फोन गरे, के भने भनेर बताउँछिन् । के खान्छौ भनेर सोध्छिन् । आफै बनाउन नसके पनि सहयोगीलाई निर्देशनबाट सन्तुष्टि अनुकुल खाना प्राप्त हुन्ट सत्यमोहनलाई ।,८ सन्तान जन्माएकी उनका तीन छोरा र तीन छोरी बाँकी छन् । बस्दै आएको घरमा भने बुढाबुढी र एक सहयोगीको मात्रै बास छ । अरु सबै आ–आफ्नै जीविकामा मग्न छन् । कैलेकसो भेट्न आउँछन्, दिनकैजसो फोन गर्छन् ।,सम्झिँदै जाँदा हातगोडा बलिया हुँदै कुरा मनमा आएछ, पलेँटी कसेर बसेकी उनी मज्जाले हाँसिन् । कारण रहेछ, उ बेला पनि त यस्तै थिए यी । यी अर्थात पति सत्यमोहन ।,उनलाई स्पष्ट याद छ सत्यमोहनले कहिल्यै टोकसो गरेनन् । पति–पत्नीबिच ठाकठुक त परेका थिए, तर छिनभर पनि नबोली बसेनन् उनीहरु । ‘नबोली बस्न सक्दैनथ्यौँ’, केहीबेर विगतले दिएको मुस्कान बाँचेर राधादेवीले भनेकी हुन् ।,दिनभरि काममा व्यस्त हुने उनी घरको, सत्यमोहन बाहिर हुन्थे । घर आएपछि पनि लेखपढमै व्यस्त । खानपिन गरेर सुत्नु पर्दैन भन्दा ‘यति लेखिसकेर सुत्छु’ भन्थे । अहिले पनि उस्तै छ दैनिकी । मात्रै फेरिएको छ, उमेर र त्यसले दिएका अनुभवहरु ।,जीवनको लामो साथले राधादेवीलाई सत्यमोहनप्रति गुनासो गर्न होइन सम्मान गर्न सिकायो । र सत्यमोहनले पनि उनलाई उसै गरे । लेखपढ आउँदैनथ्यो । बिहेपछि नै सिकेकी हुन् उनले बाह्रखरी । तर घरव्यवहार उनैले सम्हालिन् । सत्यमोहनले कहिले प्रश्न गरेनन् मात्रै साथ दिए ।,पतिले गरेको कर्म र उनले बाँचेको यति लामो उमेरको साथी र साक्षी हुन पाएकोमा उनी औधी खुशी छन् । पतिले आराम गरुन् भन्ने मनमा त लाग्छ । तर उनको जीवन नै यसरी बित्यो भने अबको बाँकी समय पनि उसै गरि चलोस् भन्ने सतकामना छ राधादेवीको ।,अघि भित्र पसेका सत्यमोहन हातमा केही खाम लिएर बाहिरिन खोज्दै थिए ढोकाबाट । उनलाई पर्खिरहेका मध्ये केही पिँढीमा थिए, भित्रैबाट सत्यमोहनले उनीहरुका हातमा थमाए ती खामहरु । खाम थमाउने क्रममा अड्कल गरिरहेका थिए ।,त्यसपछि आँगनमा आएका उनले अर्को कुनामा बसेका एक आगन्तुकलाई बल्ल देखेछन् । नेवारी भाषामा कुरा गरे, हावभावले बुझिन्थ्यो हालचाल सोधेका थिए । छिनभरको भलाकुसारीपछि उनले कोटको खल्तीबाट कालो ‘वालेट निकाले’ ।,पत्रिका ल्याउन दिने खुद्रा पैसा खोज्दै थिए । केहीबेरमा उनकी एक नातिनी आफूसँग भएको खुद्रा पैसा लिएर पत्रिका लिन बाहिरिइन् । अर्की एक आगन्तुकले सिसाको गिलासमा पानी दिइन् । उनले आधा खाएर टेबुलमा राखे ।,अघिदेखि पितालाई हेरिरहेकी छोरी खड्गलक्ष्मीलाई शायद प्यास मेटिएन जस्तो लाग्यो पूरै पानी पिउन भनिन् ।,उनी दिउँसो मात्रै आइपुगेकी अमेरिकाबाट । पितासँग बसेर हाल सुनाउने मौका पाएकी थिइनन् । आफ्ना पिताले गरेको काम र त्यसले नेपाली भाषा, साहित्य एवम् कला संस्कृतिमा दिएको योगदानको ख्याल छ उनलाई । त्यहि भएर देशैले मनाउन लागेको आफ्ना पिताको सयौँ जन्मोत्सवमा सामेल हुन सात समुद्र पारीबाट हानिएकी उनी यो माइती देश ।,आफै ६० वर्ष पुगेकी उनलाई अब अवकाशपछिको जीवन बिताउने समय आयो जस्तो लाग्छ । तर १०० वर्षका पिताको सक्रियता र जाँगरले होइन जस्तो लाग्छ । अमेरिकामा कार्यरत उनलाई पितासँग बोल्ने मौका मुश्किलले जुर्ने रहेछ फोनमा पनि । बिहान भेट होला भनेर पर्खेर बस्यो १५–२० दिनमा एक पटक मेसो मिल्छ हालखबर बुझ्ने अनि आफ्नो बताउने ।,आफ्नो पाक्दै गरेको केश र उकालो चढ्दै गरेको उमेरमा पनि सक्रिय पिताको स्नेह पाउनु सौभाग्यको कुरा लाग्छ उनलाई ।,दिनभरिको व्यस्तताले थाकेका सत्यमोहनको सक्रियता घरमा आएर पनि उस्तै थियो । भन्न त उनलाई भेट्न पर्खिरहेकाहरुले ‘थाक्नु भएको छ’ भनिरहेका थिए । तर बोल्ने र शुभकामना दिने रहर भने कहाँ मार्न सकिन्थ्यो र उनीहरु त्यसमै व्यस्त थिए ।,यी सबै भिडभाडको बिचमा सक्रिय एक बृद्धा थिइन् । उमेर कतिभयो भन्दा, ‘जंकु गर्ने बेला भयो’ भन्ने जवाफ दिएकी थिइन् उनले । अर्थात ७७ वर्ष पुग्ने बेला भएको रैछ ।,उनी अर्थात चिरुमाया अवाले । उनको नाता केही छैन रगतको सत्यमोहनसँग तर उनी सबैभन्दा नजिक छन् र आफन्त हुन् सत्यमोहन र उनकी श्रीमती राधादेवीकी ।,पर पिँढिमा रहेकी राधादेवीले उनको परिचय दिइन् ‘हाम्री सहयोगी हुन्, हेरविचार गर्ने ।’,चिरुमाया अवालेले सत्यमोहन दम्पतीको ख्याल राख्न थालेको ३० वर्ष नाघ्यो । दिनभरि घर भरिभराउ हुन्छ । बेलुका उनीसहित तीनजना मात्रै हुन्छन् । आउने पाहुनाहरुका लागि चिया पानीको व्यवस्था र बिहान बेलुकाको खानाको जोहो गर्दै बित्छ उनको दैनिकी ।,चिरुमायालाई अचम्म लाग्छ, अझै पनि सत्यमोहन फुलउठेको मकै खान खुब चाख गर्छन् ।,खसीको मासु विशेष स्वादले खान्छन् ।,चिउरा, गुन्द्रुक खाने रहर गरिरहन्छन् । यस्तो खान्न, यो मिठो भएन भनेको या खानामा खोट लगाएको अहिलेसम्म यादै छैन । र त उनलाई हरेक पटक भान्छा तयार गर्न उस्तै जाँगर लाग्छ ।,बिहान पाँच नबज्दै उढ्ने र राति अबेर सुत्ने । दिनभरि व्यस्त हुने सत्यमोहनको सक्रिय जीवनको राज खोट नलगाइ खाने बानी नै हो जस्तो लाग्छ उनलाई । खाना अलिक गिलो भयो भने हुन्छ । अरु खासै केही ‘डिमाण्ड’ हुँदैन ।,चिरुमायाले मुस्कुराउँदै, अघिल्तिरको दाँत फुत्केको गिँजा छोप्दै भनिन्, ‘खुशी पार्न सजिलो छ ।’,झमक्क साँझ परेको थियो । बेलुकाको साढे सात हुनै लाग्दा सत्यमोहन आँगनको दक्षिण तर्फको कोठामा छिरे । उनीसँग बाँकी रहेका केही आगन्तुक पनि पसे । उनीहरु निम्तो कार्ड लिन पसेका थिए । उनको जन्मोत्सव समारोहको कार्ड थियो त्यो ।,अघि कुनामा बसेका एक आगन्तुक जसलाई सत्यमोहनले ढिलो गरि देखेका थिए, उनले हालचाल बुझ्ने मौका पाएका थिए । केहीबेर उनीसँग अल्झिएपछि बल्ल हामीतिर हेरे सत्यमोहनले ।,घर पस्दै गर्दा देखेका उनलाई थाहा थियो केही समय लिने छौँ भन्ने । केहीबेर पछि भनेको घण्टापछि मिल्यो समय ।,‘लौ अब कुरा गरौँ, थाकेको छु, लामो नगरौँ है’, भन्दै थिए उनी ।,कुराको सुरुवात उनले बाँचेको उमेरबाटै भयो । उनलाई आफूले पूरा गर्दै गरेको ९९ वर्ष र टेक्दै गरेको १०० औँ अर्थात उमेरको शताब्दीसँग लगाव छ तर भयंकर भने लागेको छैन ।,अंकहरुमा बाँचेको वर्षले शताब्दी लागे पनि कर्मले त्यसको छिनो अंश पनि पूरा गरेको छैन जस्तो ठान्छन् उनी । हुन त उनले आफ्नो जीवनको अधिकांश समय भाषा, साहित्य तथा कला–संस्कृतिकै सेवामा लगाएका छन् ।,उनलाई आफूले नापेका हरेक पदचापको ख्याल छ र ती पदचापहरुमा गर्न सकिने अझै धेरै बाँकी थियो जस्तो पनि लागि रहन्छ । काटेको समय र बिताएको उमेर भन्दा पनि गरेका काम र अझ गर्न सकिने के थियो भन्ने ख्यालहरु बढि आँउदा रहेछन् ।,तर कमैले मात्रै यति लामो समयसम्म सक्रिय कर्म गर्न, आफ्नो कर्मलाई केलाउन र त्यसलाई थप परिस्कृत गर्ने मौका पाउँछन् भन्ने थाहा छ उनलाई । त्यसका लागि भने उनलाई आफू भाग्यमानी छु जस्तो लाग्छ ।,कोठाका भित्ताभरि सम्मान पत्रहरु छन् । वरिपरि पुस्तकको चाङ छ । बिचभागको छेउतिरको सोफामा बसेका सत्यमोहनले आफूलाई बुढ्यौली उत्सव जस्तो लागेको बताए । उत्सव यो अर्थमा कि अझै पनि सक्रिय हुन सकेकोमा । आफनो रुचिको काम जारी राख्न सकेकोमा ।,तर दिनभरि व्यस्त भइरहँदा अरुले जस्तो बुढ्यौली बाँच्न पाइनकी जस्तो पनि लाग्छ । बिहान उदाएको सूर्य बेलुका अस्ताउँछ र फेरि भोलिपल्ट उसै गरि उदाउँछ । उनलाई यसको रहस्य के होला ? भन्ने गमेर बस्ने मन छ ।,मोह र लोभ त छैन । तर त्यसबाट पूर्णरुपमा मुक्त हुने रहर छ । र पनि कला–संस्कृतिको काममा सक्रिय हुन पाएकोमा उनलाई आफ्नो जीवन त्यसमाथि अहिले बाँचिरहेको बुढ्यौली उत्सव जस्तो लागेको छ ।,कुराकानीमा उनले कात्तिक नाचको वियोगान्त पक्षको कुरा उप्काए । ‘संसारमा वियोगान्त नाचहरु विख्यात थिए, अधिकांश देशमा हराउँदै गए । हामीले जीवित राखेका छौँ ।’ यसो भन्दा उनको अनुहारको उज्यालो अर्कै भयो ।,इतिहासको कुरा गरे । मुर्तिकलाको प्रामाणिक इतिहास पाँचौँ शताब्दीबाट दोस्रो शताब्दीमा पुगेको छ नेपालको । उनले पछिल्लोपटक लेखेको मुर्तिकला सम्बन्धी पुस्तकका ती पुराना मुर्ति र तिनका कलाबारे उल्लेख गरेका छन् ।,सबै कर्महरुले उनलाई अहिले बाँचीरहेको पाको उमेर भव्य उत्सव लागेको छ । तर पाको हुँदा हड्डीहरु पहिले जस्तो बलिया छैनन्, चाँडै थाक्छन् । यत्ति मात्रै हो कमजोरी, तर यो पनि त उमेरको विशेषता हो भनेर बुझेका छन् उनले ।,फेरिएका विभिन्न व्यवस्थाहरुको साझी बनेका सत्यमोहनलाई भिन्न परिवेशहरुसँग खासै गुनासो छैन । समयसँगै व्यवस्थाहरु फेरिन्छन् । राजनीतिक परिवर्तनहरुसँग खासै गुनासो छैन भन्ने कुरालाई नकारात्मक पाटोबाट नहेरौँ भन्छन् पनि ।,तर राजनीतिक वा आर्थिक परिवर्तनले मात्रै देशको इज्जतको आकार फराकिलो बन्दैन । यसका लागि भाषा–साहित्य तथा कला–संस्कृतिको पक्ष बलियो बन्नु पर्छ । सानो भूगोलमा अनेक जाति र तिनका आफ्नै भाषा, साहित्य, संस्कृति र जीवनशैलीले नेपाली परिवेशलाई भरिपूर्ण बनाएको छ भन्छन् । तर यहि विविधताको संरक्षणका लागि चाहिने जति काम हुन नसकेकोमा उनलाई गुनासो छ । तर होला की भन्ने आशसँग पनि मिसिएको छ त्यो गुनासो ।,‘काम गर्नलाई कानूनले रोक्दैन । संस्कृति सम्बन्धी कानून छ, गर्ने हो भने सबै काम गर्न त्यसले बाटो खोलेको छ । तर राज्य सत्तामा समृद्धिको आधार संस्कृति पनि हो भन्ने ख्याल हुनु पर्छ ।’ यति भनेका उनले आफ्ना व्यक्तिगत सपनाहरु भने नरहेको बताए ।,‘केही छैन व्यक्तिगत चाह र सपनाहरु । मात्रै यो संस्कृतिको सेवालाई काम राख्न सकुँ ।’,केहीबेरको कुराकानीमा उनले भाषा, साहित्य, र कला संस्कृतिकै कुरालाई जोड दिए । फेरिएका व्यवस्थाहरुसँगै नफेरिएको सांस्कृतिक व्यवस्थापन प्रतिको चासोप्रति केही मन साँघुरो बनाए । अनि व्याप्त विविधतामाथि गर्वले छाती फुलाए ।,अँध्यारो चिर्न बालिएको बिजुली बत्तिको प्रकाशमा प्रकाशित पत्रिकाहरु नियाल्न थाले, अघि नातिनीले ल्याइदिएकी थिइन् प्रकाशित अधिकांश पत्रिकाहरु ।,उनी पत्रिकाका पाना पल्दाउँदै थिए । आँखाहरु त्यहाँबाट हटेका थिएनन् । शताब्दी बाच्दै गरेका सत्यमोहनले आफूलाई व्यस्त बनाइरहे ।,हामी निस्कँदै गर्दा ढोका बन्द गरिदिन भनेका उनी पत्रिकाहरुमा घोत्लिरहे । | टंक ढकाल |
अनि सुरु हुन्छ, ‘लौ आयो अचम्मको समाचार…’ | काठमाडौँ – ‘लौ आयो अचम्मको समाचार, उल्काको खबर, दिनभरीको संकलन रातभरिको छपाई……’ वीर अस्पतालको बाहिर यो आवाज गुन्जियो।,
तर यतिमै रोकिएन, ‘चौध अञ्चल पचहत्तरै जिल्ला भरीकै कुनाकाप्चाका, पहाड, पर्वत, तराई–मधेश सारा संसारका समाचार ।,डुङ्गा, झोलुङ्गे पुल तर्दै, हिमाल–पहाड चढ्दै, हिमालबाट चिप्लेर तल आइपुगेको, हिजो दिनभरीको संकलन, रातभरीको छपाई, बिहानको वितरण समाचार बासी छैन, तातै छ, भित्र छामेर लैजानु पैसा तिरेर ।,सलक्क पाना पल्टाएर पढ्नु भयो भने देश र अन्तर्राष्ट्रिय समाचारले मनै दङ्ग पर्ने छ । एउटै ठेलामा उपलब्ध छ । मेरो बेच्ने काम, तपाईको किन्ने काम।’,यसैगरी गीत गाउँदै वीर अस्पताल बाहिर पत्रिका बेचिरहेका थिए एक बृद्ध। उनको पत्रिका बेच्ने शैली फरक छ अरुकोभन्दा। पशलमा, कुनै चोक पार्टीमा होइन, ह्वील चेयरमा पत्रिकाको व्यापार। काभ्रेका क्षेत्रबहादुर भण्डारी ६३ वर्षका भए। उनले यो कामलाई पेशा नै बनाएको ११ वर्ष पुग्यो।,उनले रहरले फरक तरिका अपनाएका होइनन्। फरक तरिका अपनाउनु पर्ने बाध्यता बन्यो। क्षेत्रबहादुर नेपाल प्रहरीको जागिरे थिए। १० वर्ष भइसकेको थियो सरकारी जागिर खाएको। तर बढुवामा गर्ने क्रममा उनको चित्त बुझेन। पेनशन हुन लागेको जागिर हाप्ने निर्णयमा पुगे। जागिर छाडेर घर बस्न थालेका क्षेत्रबहादुरलाई सुगर रोगले च्याप्न थाल्यो।,त्यतिबेला श्रीमती भने बितिसकेकी थिइन्, छोरा–बुहारी साथमै थिए। दुई महिनासम्म सँगै बसेका क्षेत्रबहादुरलाई त्यसपछि भने छोराबुहारीले पनि छाडे। उनलाई भने रोगले झन्झन् च्याप्दै लगेको थियो।,छाडेर गएको दुई महिनापछि बुहारी फर्किन्। तर बुढेसकालको ससुरालाई भेट्न खुशीको खबर लिएर आएकी थिइनन्। उनले भनिन्, ‘भोलि बिहान १० बजेसम्ममा कोठा खालि गरिदिनुस्, अब तपाई जे गर्ने गर्नुस् आफ्नो लागि आफैं गर्नुस् हामी सक्दैनौं।’,बुढेसकालको सहारा बन्लान् भनेका छोराबुहारीले बचन लाउँदै छाडेपछि क्षेत्रबहादुरले गरिखाने मेलो गर्नु पर्यो। यता सुगर बढ्दै गएपछि दुवै खुट्टा काट्नु पर्यो। अरु बलको काम गर्न आफ्नै शरीरले साथ दिएन।,बुहारीले गाली गरेको भोलिपल्ट टेकूको पिपलको रुखमुनि गएर बसे। त्यो दिनदेखि त्यही रुखको फेदमा बासस्थान बन्यो। सुगरले च्यापेपछि एक दिन आफन्तले ट्याक्सीमा वीर अस्पताल पुर्याइदिए।,खुट्टो काट्नु पर्यो। दायाँ गोडा काटिएपछि भाइबुहारी सँग बस्न थाले। एक महिना उनीहरुसँग बसे। त्यहाँ पनि उनलाई राम्रो गरेनन्। आफ्ना सन्तान नभएका होइनन् तर आवश्यक पर्दा उनका लागि सहारा बन्न सकेनन्।,दुई छोरा र एक छोरी छन्। सबैकोे विहे भइसक्यो, नातिनतिना छन्। कोहि विदेशमा छन् भने कोहि व्यापार व्यवसाय गर्छन्। २०६५ साल मंसिर १३ गते देब्रे खुट्टा पनि काट्नु पर्यो। त्यसपछि दुवै खुट्टाविहिन भएका थिए क्षेत्रबहादुर। तर बाँच्ने अरु आधार देखेनन्। अनि सुरु भएको हो, पत्रिकाको व्यापारका लागि हरेक बिहान ६ बजे ह्विलचेयरमा टेकूबाट वीर अस्पताल हुँदै शहीदगेटसम्मको यात्रा।,पत्रिका पढ्नेहरु प्रायः बिहान मात्रै हुन्छन्। दिउँसोका लागि उनले पानीका बोतल र तौल नाप्ने मेसिन पनि राखेका छन्। यी तीनैचिजको व्यापारले धानेको छ, क्षेत्रबहादुरको जीवन। हुँदा दिनमा २ सय रुपैयाँसम्म कमाई हुन्छ । तर फुटपाथको व्यापारको के भर र! पानी परेको दिन आफैं ओता लाग्ने ठाउँ पाउँदैनन्। ती दिनलाई पनि केही त साँच्नै पर्यो।,दुवै गोडा छैनन्, हातका औंला पनि ठुट्टै छन्।,२०३७ सालमा भर्ती भएको नेपाल प्रहरीको जागिर सम्झनामा छ, तर के गर्नु फेरि फर्कन नमिल्ने। आजकाल कहिले कहिँ उनलाई लाग्छ, बढुवा नभएको भएपनि त्यो जागिर नछोडेको भए हुन्थ्यो र’छ।,त्यो विगत उनको साह्रै सम्झन लायक छ। कुरा २०४४ सालतिर हो । भाथ्यो के भने तत्कालिन राजाको जन्मोत्सवमा एउटै मोटर साइकलमा १२ जना चढाएर गुडाएका थिए। उनले यस्तो गरेको देखेर सबै अचम्मित भए। आज आफ्नै ज्यान भारी भएका बेला ती दिन साह्रै गज्जवका लाग्छन्।,त्यतिबेला काठमाडौँमा सार्क शिखर सम्मेलन हुँदा भुटानका राजाको ड्राइभर खटिएका थिए। त्यो क्षण तक्माले सम्मानित भएको सम्झिन्छन्। तर अहिलेको आफ्नो ज्यान सम्झिँदा अत्यास लाग्छ। बेसाहरा भण्डारीले साहराका लागि विभिन्न संघसस्थाहरुलाई गुहारे। कसैले साहरा दिएनन्।,एकदिन उनलाई एक जनाले भने, ‘म हजुरलाई एक जनाको फोन नम्बर दिन्छु उहाँलाई फोन गर्नुस्, उँहाले हजुरलाई ह्विलचियर दिनुहुन्छ। तर तपाई आफै नगए दिँदैनन्।,त्यसपछि क्षेत्रबहादुरले वीर अस्पतालका गार्डलाई फोन गरिदिन आग्रह गरे। उनले फोन गरिदिएपछि वीर अस्पतालकै एम्बुलेन्समा दुईजना सहयोगीसँग क्षेत्रबहादुर अनामनगर पुगे। उनलाई त्यहाँ राकेश हमालले ह्विलचियर दिए, जसमा लेखिएको छ ‘नेपाल अमेरिकाको सहयोग।’,त्यही ह्विलचियरमाथिबाट खोज्न थाले आत्मनिर्भरको बाटो। राष्ट्र र जनताको सुरक्षामा हिँडेको सिपाहीलाई रोगले सडकमा ल्याइपु¥यायो। त्यो पनि दुवै खुट्टाबिहिन बनाएर।,तर पनि उनले बाँच्नु त थियो नै। विकल्पहरु खोज्दै थिए। ह्विलचियर गुडाउँदै गर्दा बाटोमा भेटिएका एक जनाले खाना खानु भनेर ४० रुपैयाँ दिए। त्यो पैसाले खाना खाएनन्। बरु त्यहीबाट सुरु गरेका थिए पत्रिकाको व्यापार। त्यो पनि हिजोआज त घट्दै गएको छ।,‘किन त?’,क्षेत्रबहादुर भन्छन्, ‘मान्छेहरु अनलाइन पढ्न थाले, पत्रिका बिक्नै छाड्यो ।’ ‘अब कसरी चलाउने त जीवन?’,‘अहिलेसम्म त जसोतसो चलाइरहेकै छु। सडकको हालत यस्तो छ, कुनबेला गाडीले ठोकेर मार्छ पत्तो हुन्न। सरकारले हामीलाई हेर्दैन, हामी पनि यो देशका नागरिक हौं जस्तै गर्दैन’, उनले दुखेसो पोखे तर विकल्प बताएनन्।,‘बृद्धाश्रम बस्ने कि?’ मेरो प्रश्न नसकिँदै जवाफ दिए, ‘त्यस्तो आपतमा पर्दा त कसैले हेरेनन्। अब त के जान्थें! इण्डियन लाहुरेको छोरो नेपाली चाउरे पोत’, आफैमाथी मजाक गरे।,साँझ परिसकेको थियो। दिनभरि ह्विलचियर गुडाउँदा थाकिसकेका क्षेत्रबहादुरको ह्विलचियर शहीदगेटबाट टेकूतिर लाग्यो। जहाँ अम्बे कम्प्लेक्सको आडमा चिसो भूईंलाई आफ्नो डेरा बनाएका छन्। यहीँबाट हरेक भोलिपल्ट सुरु हुन्छ, ‘लौ आयो अचम्मको समाचार….’ | पूर्णिमा बिक |
चन्द्रिका ठाकुर: जसले आरन चलाएरै छोरालाई इन्जिनियर बनाए | उमेरले नेटो काट्नै लागिसक्यो, राम्रोसँग आँखा देख्दैनन्, तर चश्मा लगाएरै भए पनि आँगनमा आरन चलाउँछन् उनी। यही आरन चलाएर उनले छोरालाई स्कुल पढाए, एसएलसी पास गराए, क्याम्पसमा इन्जिनियरिङ पढाए र सरकारी जागिरेको उच्च ओहदामा पुर्याए।,भनिन्छ, जहाँ इच्छा त्यहा उपाय। यही उखान लागू भएको छ वीरगञ्ज महानगरपालिकाका वडा नम्बर-३० निवासी चन्द्रिका ठाकुरको जीवनमा।,चन्द्रिका ठाकुरको उमेर ६८ वर्ष भयो। उनी अहिले पनि बिहान बेलुका तथा शरीरले भ्याएसम्म फलाम पिट्ने कार्य अर्थात आरन चलाउने गर्दछन्। आफनो पुर्ख्यौली पेशा अँगालेका ठाकुरले दिनरात मिहेनत गरी फलाम पिटेरै छोरालाई इन्जिनियर बनाउन भ्याए। ठाकुर बिहानैदेखि फलाम पिट्नमा ब्यस्त हुन्छन्।फलाम पिटेर अर्थात आरन चलाएर उनी आफ्नो तथा बाल बच्चाको समेत जिवीकोपार्जन गर्दै आएका छन्।,गाँस, बास र कपास जोडजामपछि हरेक बुवा आमाको चाहना हुन्छ, छोरा-छोरी भविष्यमा डाक्टर, इन्जिनियर बनोस्। सामान्य परिवारलाई डाक्टर इन्जिनियर पढाउनु र बनाउनु निक्कै चुनौतीको विषय बन्दै आएको छ। तर, आरन चलाएरै छोरालाई इन्जिनियर बनाउन सफल भए।,समान्य परिवार जन्मिएका ठाकुरले बाल्यकालदेखि नै आफ्नो पुर्ख्यौली पेशा आरनलाई सम्हाले। सुरुमा आरन चलाउँदा १६ वर्षका थिए उनी। त्यतिबेला जम्मा २५ पैसामा काम गरेको अनुभव सुनाए।,उनी भन्छन्, ‘पहिला पहिला जब म सिक्ने क्रममा थिए ५२ वर्ष अघिको कुरा गर्दैछु” ‘मान्छेहरुले मलाई २५ पैसामात्रै दिने गर्दथे।’ ठाकुर त्यो बेलाको अनुभव सुनाउँछन्, ‘त्यो बेला २५ पैसामा राम्रो नास्ता भने खान पाइन्थयो,अरु पछि सिक्दै गएपछि बिस्तारै पैसा पनि कमाई हुँदै गयो।’ ठाकुरले आरन चलाउन भने आफ्नो बुवा बाट नै सिकेका हुन्।आफनो बुवाले आरन चलाएको हेरेर उहासँग बसेर बिस्तारै सिक्दै जाँदा चलाउन आएको ठाकुरको भनाई छ ।,समान्य परिवार चलाउँदै आएका ठाकुरको छोरा पढाइमा सुरु देखि नै अब्बल र तेज निक्लिए। कक्षामा सुरुदेखि नै उत्कृष्ट अंक ल्याउँदै गए। चन्द्रिकाले पनि घर खर्च कटाएर छोरालाई पढ्न उत्साह थप्दै गए। बेला बेला खर्चको दुर्बलताले उनलाई नछोपेको भने होइन। तर जब छोराले उत्कृष्ट अंकसहित एसएलसी पास गर्यो। त्यो बेला चन्द्रिकाको छाती चौडा भयो। उनी खुसीले गदगद भए।,अब छोरालाई के पढाउने के गर्ने आफूसित भएको एक मात्र पेशा त्यसले पनि बढीसम्म घर खर्च मात्र टार्न आएका चन्द्रिका निक्कै अन्योलमा परे। तर छोराको इच्छालाई ध्यानमा राख्दै छोरालाई कर्जा लिएर भए पनि इन्जिनियरिङ पढ्नको लागि जसोतसो कलेजमा नाम लेखाएको चन्द्रिकाले बताए। उनी भन्छन्, ‘कर्जा लिएपछि तिर्नु पनि पर्यो। त्यही भनेर एकाबिहानै आरन लिएर चन्द्रिका ठाकुरले राति अबेरसम्म पनि काम गर्न थाल्नु ‘,केही वर्षमा नै छोरा ईन्जिनियर बन्न सफल भयो ,अहिले कुनैपनि कर्जा बाँकी राखेको छैन सबैलाई तिरिसकेको छु चन्द्रिका मुस्कुराउदै भन्छन्।अहिले त छोराको जागिर पनि सरकारी भएको छ।अहिले कुनै समस्या छैन।’आखिरमा दु:ख गरेपछि सुख पाइदो रहेछ’. चन्द्रिकाले भने।,आरन अलाउन कठिन मात्रै नभई जोखिमयुक्त पनि रहेको चन्द्रिकाको भनाइ छ। आरन चलाउँदै गर्दा फलामाको टुक्राले आँखामा लागेर झण्डै आखा नै गुमाउन पुगेको सम्झना अहिले पनि उनको दिमागमा ताजा भएर आउँछ।,उनी त्यो क्षण सम्झिँदै भन्छन्, ‘एकदिन बिहानै आरन चलाउँदै थिए’ ठाकुरले भने, ‘अचानक फलामकाे टुक्रा उछ्ट्टिएर आँखामा गएर लाग्यो।आँखाबाट रगत समेत आयो।’ पछि डाक्टरसँग चेक गराउन जाँदा अप्रेसन गर्नुपर्छ भन्यो, अप्रेसन पनि गराए तर डाक्टरले त्यसपछि पनि आँखाले हेर्न सक्नु हुन्छ कि हुन्न भनेर कुनै ठेकान गर्न सकेनन।,‘झण्डै आँखाका सेतो भागमा चोट लागेको रहेछ” “चन्द्रिका भने“,कालो भागमा चोटले छोएको थिएन ,“अनि आँखा बच्यो पछि हेर्न पनि थाले“।आखामा चोट लागेपछि एक वर्ष त आरन नै नचलाएको चन्द्रिकाले बताए । घरमा आराम गरेर बसे थुप्रै मानिसहरु फलामको विभिन्न कामहरु लिएरर घरमा आउथे ।तर आँखामा चोट लागेपछि एक वर्ष काम गर्न नसकेको उनले बताए ।आरन चलाउँदा कम्तीमा पनि ५० डिग्रीको तापक्रमा बसेर निरन्तर काम गर्नुपर्ने हुन्छ ।,चन्द्रिकालाई आरनमा बसेर तामा फलामका भाँडा नबनाएसम्म आफूलाई काम नै नगरेको जस्तो लाग्ने गरेको बताउँछन्।उनी भन्छन्, ‘अहिले त छोरा-बुहारी भइसक्यो। छोरो ईन्जिनियर हो। तर के गर्ने काम भनेको काम हो। यो त गर्नु पर्यो नि।’,उनी कामलाई पूजा ठान्छन्। कर्म नगरी कसैले पनि त्यसै जीवन बिताउन नहुने उनको भनाई छ। उनी भन्छन्, ‘ काम नगरी त खाना कसरी खानु। काम गर्ने बानी नै लागेको छ, जबसम्म आरन चलाउँदिन। केही गर्ने मन लाग्दैन।तर अब पहिला जस्तो स्वास्थ्यले साथ दिँदैन।’,उनी ५० वर्षदेखि तामा, फलामका सामग्रीलाई हातले कुँदेर कलात्मक रुप दिई विभिन्न सामग्री तयार पार्दै आएका छन्। तामा र फलामका सामग्रीलाई कुँदेर आकर्षक रुपमा विभिन्न सामग्री बनाएर उनले मासिक हाल मासिक २० हजारसम्म आम्दानी गर्ने गरेका छन्। तामाबाट गाग्री, ताउला, आम्खोरा, आरी, माना, पाथी तथा फलामबाट कुटो, कोदालो, बन्चरो, हँसियालगायत सामग्री बनाउँदै आएका छन्।,उनी भन्छन्, ‘कामलाई हेला गर्नु हुन्न। सच्चा दिलले गर्यो भने एक दिन त्यही कामले दाम, नाम र इनाम दिलाउछ।दिल खुस गराउँछ।’ | राम मण्डल |
होलीको रङ्ग परीक्षण: रातो, हरियो र निलो शरीरका लागि घातक ! | होली रङको पर्व हो। रंग सँगसंगै होलीमा आपसमा खुसी र प्रेम साटासाट गरिन्छ। फागुन शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्व विशेषगरी हिन्दु धर्मावलम्बीहरुले मनाउने गर्छन्।,होलीमा घरपरिवार-साथीभाइ एक आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाइन्छ। केटाकेटी, युवायुवती देखि लिएर बुढापाकासम्म होेलीले नछुने कोही हुँदैन। होलीको रङले सबैमा उत्साह र उमङ्ग ल्याएर आएको हुन्छ। रङको प्रयोगमा सावधानी अपनाउन नसक्दा होली सधैं उल्लासमय नहुन सक्छ। रङमा प्रयोग हुने विभिन्न रासायनिक पदार्थ, लिड (सिसा) जस्ता केमिकलले गर्दा मानव स्वास्थ्यमा नकारात्मक असर पर्ने चिकित्सहरु बताउँछन्।,होली खेल्दा आँखामा रंग पर्ने समस्या सबैभन्दा हुने गरेको छ। जसले गर्दा आँखामा एलर्जि हुनुका साथै आँखा रातो हुने, चिलाउने र आँखाको दृष्टिसमेत गुम्नसक्ने चिकित्सकले बताएका छन्।,विज्ञहरुले होलीमा रासायनिक रंगको उपयोग खतरनाका हुने चेतावनी दिएका छन्। उनीहरुले सकेसम्म प्राकृतिक रङको प्रयोग गर्न सुझाएका छन्। पछिल्लो समय प्राकृतिक रंग नपाइने भएका कारण रसायनयुक्त रंग नै प्रयोग गर्नु पर्ने बाध्यता रहेको छ। त्यसैले रङको प्रयोगमा गर्दा विभिन्न अपनाउने पर्ने विज्ञको सुझाव छ।,होलीमा प्रयोग हुने रङले स्वास–प्रश्वास, किड्नी, स्नायु प्रणाली, कानको जाली फुट्न सक्ने समस्या, छालासम्बन्धी विभिन्न समस्याले देखापर्न सक्ने चिकित्सकले बताएका छन्।,छाला रोग तथा सौन्दर्य विषेशज्ञ डा. धमेन्द्र कर्णका अनुसार, बजारमा पाइने धेरैजसो रङ्गमा ‘हेभी मेटल्स’ हुन्छ। हरियो रङ्गले आँखामा एलर्जी वा स्थायी अन्धोपन निम्त्याउन सक्छ। यस्तै, नीलो रङ्गले छालामा एलर्जीे, रातो रङ्गले स्मरणशक्तिलाई हानी, चम्किलो रङ्ग क्यान्सरको कारक, बैजनी रङ्गले दम र एलर्जीे, कालो रङ्गले मृगौलामा समस्या उत्पन्न गराउन सक्दछन्।,उनले भने,‘होली खेलेपछि छाला पोल्ने, छालाको रङ्ग परिवर्तन हुने वा छाला सुक्खा हुने समस्याले देखिन्छ। होली खेल्दा नङ्ग काटेर, टोपी लगाएर, शरीरको प्रायः सबै भाग छोपिने गरी कपडा लगाएर खेल्नुपर्छ। उनले होली खेल्नु अघि शरिरमा तेल वा मोइस्चराइजर लगाएर मात्र खेल्नु पर्ने सुझाव दिए।,‘होलीको रङ्ग पखाल्दा छालालाई बारम्बार साबुन लगाएर रगड्नु हुदैन। यसो गर्दा छाला सुक्खा हुने र पोल्ने समस्या बढ्न सक्छ।’ डा. कर्णले भने,‘शरिरमा भएको सुख्खा रङ्ग पुछेपछि मात्रै नुहाउनु पर्छ। शरीर मजाले पखालेर तेल वा मोस्चराइजर लगाउँदा छालाको सुक्खापन पनि हट्छ।’,अझ कतिपयले होलीमा शरिरका विभिन्न ठाऊँमा पेन्ट गर्ने गरेको समेत पाइन्छ। त्यस्तो पेन्ट कार्वनयुक्त हुने हुँदा शरीरका लागि विष सावित हुने गरेको डा. कर्णले बताए। कार्वनयुक्त पेन्टले आँखा, छालामा असर गर्ने हुँदा त्यसको प्रयोग गर्ने नहुँने उनको सुझाव छ।,लिड एउटा गरुङ्गो धातु तथा घातक रसायन हो। जसले विशेषगरी बालबालिका र वयस्कहरूलाई हानी गर्नसक्छ। लिडले मानिसलाई बौद्धिक रुपमा अशक्त बनाउँछ। यसले मानसिक रूपमा विविध समस्या देखिनुका साथै शारीरिक रूपमा राम्ररी कामगर्न नसक्ने अवस्थामा पुर्याउन सक्छ। जसले बालबालिकाको विकास, व्यवहार, र सिक्ने क्षमतामा ह्रास आउन सक्छ।,विश्व स्वास्थ्य संगठनले समेत लिड (सिसा) लाई विश्वव्यापी रूपमा जनस्वास्थ्यमा असर पुर्याउने प्रमुख १० रसायनमध्ये एउटा प्रमुख घातक रसायन भएको जनाएको छ।,लिडले व्यक्तिपिच्छे फरक–फरक असर गर्ने भएतापनि विशेषगरी बालबालिका गर्भवती महिला र उनीहरूबाट जन्मिने बच्चाहरूमा शारीरिक तथा मानसिक समस्या देखिने गरेको जनस्वास्थ्य तथा वातावरण प्रवद्धन केन्द्रका कार्यकारी निर्देशक एवं वातावरण वैज्ञानिक रामचरित्र साहले बताए। उनले केही औषधि, मसला र सौन्दर्य सामाग्री, चक्लेट र खानामा समेत पनि लिडको मात्रा पाइएको बताए।,‘मानव शरीरमा लिडको कुनै सुरक्षित मात्रा हुँदैन। लिडले खासगरी बालबालिकाको शारीरिक, मानसिक एवं बौद्धिक विकासमा असर पुर्याउँछ।’ साहले भने,‘विश्व परिवेशको तथ्यांक अनुसार लिडको सम्पर्कबाट हुने दीर्घकालीन स्वास्थ्यसम्बन्धि समस्याहरूले बर्षेनि करिब आठ लाख मानिसको मृत्यु हुने गरेको छ।’,देश सञ्चारले बजारमा उपलब्ध केही रङ्गहरुको नमुना संकलन गरी तीनको परीक्षण गरेको छ। उ्रक्त परिक्षणमा रातो, हरीयो, र निलो रङ्गमा क्याड्मियम (टक्सिमेटल) [cadmium (toximetal)] र लिड (टक्सिमेटल) [lead (toximetal)] को मात्र फेला परेको छ। जसले बौद्धिक क्षमतामा ह्रास, किड्नी, कलेजो, मस्तिष्क, हड्डि, यौनाङ्ग जस्ता अङ्गमा क्यान्सर हुनसक्ने सम्भावना हुन्छ। जसले वातावरण तथा जीवजन्तुमा नकारात्मक असर परी पर्यावरणीय सन्तुलनमा गम्भिर असर गर्नका साथै खाद्यपदार्थलाई विषाक्त बनाउने गर्छ।,परीक्षण गरिएका चार रङ्गका नमुनामा प्रतिकेजीमा क्याड्मीयम (पिपिएम) [cadmium, (ppm)] को मात्रा पहेलोमा देखिएको छैन भने, रातो रङ्गमा ५.५६, निलोमा २.८१, हरियोमा १.९३ देखिएको छ। त्यसैगरी लिड (पिपिएम) [lead, (ppm)] को मात्रा हरियो रङ्गमा ९.६४ देखिएको छ भने रातो, पहेलो र निलोमा देखिएको छैन। परीक्षणको नतिजा अनुसार प्रयोगका लागि पहेंलो रङ्ग उपयुक्त रहेको ‘नेपाल इन्भारोमेन्ट एण्ड साइन्टिफिक सभिसेज’ ल्याबरोटरी प्रमुख सुनील बाबु खत्रीले बताए।,खत्रीले परीक्षणको नतिजा अनुसार रातो, हरियो र निलो रङ्गले मानव स्वास्थ्यका साथै वातावरणमा असर गर्ने भएकोले यी रङ्गको प्रयोग नगर्न सुझाव दिएका छन्।,रङ्गहरु होलीका लागि मात्रै होइन, अन्य चाडपर्वका लागि समेत भारतबाट आयात गरिन्छ। सरकारले विभिन्न कस्मेटिक सामानहरुमा यस्ता रसायनिक तत्वहरुको सीमित मापदण्ड तोकेको भएता पनि रङ्ग, अविर, सिन्दुरमा भने कुनै मापदण्ड तोकेको छैन।,यस्ता रासायनिक तत्वहरु मानव शरीर तथा वातावरणका लागि कुनै आवश्यक नपर्ने विज्ञहरु बताउँछन्। जुन शरीरभित्र प्रवेश गरेमा स्वास्थ्यमा गम्भिर हानी गर्ने गर्दछ। त्यसकारण यस्ता रसायनयुक्त चिजहरु प्रयोग नगर्न उनीहरुको सुझाव छ। | प्रतिभा चन्द |
थारु परिकारको स्वाद चखाउँदै ‘बरघर रेस्टुरेन्ट’ | कीर्तिपुर पाँगा सुन्दर बजारमा एउटा रेस्टुराँ छ जहाँ मानिसहरु फरक स्वादको लागि आउ-जाउ गरिरहेका छन्।,माथि टीनको छानो, भित्र इँट्टाले बनाएको पर्खाल, पर्खालको भित्ताभरी हातले बुनेका हस्तकलाका सामग्रीहरु टाँगिएका छन्।,त्यसमा पनि सामग्रीको आ-आफ्नै नामहरु नामाकरण गरिएका छन्।,जस्तै माछा मार्ने ढरिया, जोत्ना टोपी, बेररी, पौवा, डिल्या, सिरट्टा, ढकिया। यी सामग्रीहरुको बीचमा काठले बनेको नेमप्लेटमा लेखिएको छ, ‘बरघर रेस्टुरेन्ट’।,शनिबार थारु परिकारहरुको स्वाद चाख्न मात्र होइन कला, संस्कृति र संस्कारको बारेमा बुझ्न पनि यहाँ आउनेक्रम चलिरहेको छ।,तीन जना युवतीहरु बरघर रेस्टुरेण्ट खोज्दै आइपुग्छन् पाँगा सुन्दर बजार।,‘एक्सक्युज मी दाइ, थारुको परिकार खान पाइने रेष्टुरेन्ट यही हो ?’ एक युवती सोध्छिन्।,टेबल पुछिरहेका युवक जवाफ दिन्छन्, ‘हो, बस्नुस् न। हजुरलाई के सेवा गरौं?’,खुसी हुँदै ती युवतीले भन्छिन्, ‘धन्यवाद दाइ, हामी त बानेश्वरबाट खोज्दै आएका थारु परिकार चाख्न। आज शनिबार हो, हाम्रो अफिस छुट्टी पनि छ।’,साथीहरुलाई ती युवतीले इसारा देखाउँदै भित्रै जान भन्छिन्। उनीहरु सरासर भित्र जान्छन्।,उनीहरु टेबलमा बसेर मेनुतिर आँखा लगाइरहेका हुन्छन्। त्यतिबेलै वेटर आइपुग्छन्।,‘तपाईहरुलाई के खान मन?’ वेटरले सोध्छ।,उनीहरु मुखामुख गर्छन्। तीमध्ये एक युवतीले भन्छिन्, ‘हाम्रो पूर्वतिर त थारुहरुले घोङ्गी धेरै खान्छन्। त्यो खाउँ न दाइ।’,वेटरले अर्डर लिन सुरु गर्छन्।,अर्कीले भन्छिन्,’मलाई त गंगटो, झिँगे माछा, ढिक्री र घोङ्ही खान मन छ। यो पनि खाउँ न है, हुन्न?’,तिनै जनाले हुन्छको सहमतिमा टाउको हल्लाउँछन्। वेटरले फेरि अर्डर टिप्छन्।,थारु परिकार घुङ्गी, गंगट्टा र ढिक्रीको अर्डर दिइसकेपछि त्यहा राखिएका हस्तकलाका सामग्रीतिर आँखा हेराहेर गर्छन्।,हातको इसाराले बोलाउँछन्, ‘दाइ, तपाई एकछिन् यहाँ आउनुस् न।’,‘भन्नुस्। केही अर्डर गर्न छुट्यो कि !’ युवकले सोध्छन्।,युवतीले भन्छिन्, ‘छुटेको होइन दाइ, तपाईसँग थारु परिकार र ह्याण्डिक्राप्टबारे केही कुरा गरौँ की भनेर।’,‘हुन्छ,’ उसले सहमति दिन्छ।,‘तपाईँलाई यस्तो रेस्टुरेन्ट खोल्ने सोच कसरी आयो?’ ऊतिर हेर्दै युवतीले प्रश्न गरिन्।,‘एकदिन भाइहरुले मकहाँ कफी सप खोलौँ भन्ने प्रस्ताव लिएर आए। तर मैले कफी, म: म चाउमिन धेरै भए, हामीले कुनै नयाँ नयाँ स्वाद दिन सक्यो भने ग्राहक तान्न सजिलो हुन्छ भनेर यो काम गर्ने निष्कर्षमा पुग्यौँ।’,उनले सामग्रीतिर देखाउँदै भने, ‘दुई जनाको पार्टनरसीपमा एकदमै न्यूनतम बजेटमा २०७५ सालको नयाँ बर्षदेखि थारु परिकार पाउने बरघर रेस्टुरेन्टको सुरुवात गर्यौँ।’,कुरा चल्दै गर्दा अघि अर्डर गरेको खाना र परिकारहरु आइपुग्यो।,प्लेटमा भरिएको ढिक्री, टपरीभरी ग्रेभीमा बनाइएको घोङ्ही। अर्को प्लेटमा झिंगे माछा।,यो देखेर सबै जनाको मुहारमा उज्यालो छायो। उनीहरु खुसी भए।,एउटीले घोङ्गी चुस्दै सोधिन्,’ दाई हामीलाई घुङ्गी साह्रै मनपर्छ। तपाईले कहाँबाट ल्याउनुहुन्छ नि?’,‘तराईबाट’, उसले जवाफ दियो।,अर्कीले गंगटा टोक्दै सोधिन्, ‘अनि तपाईँहरु रेस्टुरेन्टबाट सन्तुष्ट हुनुहुन्छ त?’,‘मैले रेस्टुरेन्ट तीन चार वटा उद्देश्य लिएर खोलेको हो। पहिलो उद्देश्य थारु भाषा, साहित्य र सस्कृति सम्बन्धि कार्यक्रम गर्छौँ, अहिले ६४औं भाग पूरा गरिसकेका छौ।’,उसले संग्रहालय देखाउँदै भने, ‘बरघर रेस्टुरेन्ट अलि फरक बिशेषता बोकेको छ। यहाँ हामीले मिनी संग्रहालय बनाएका छौँ जहाँ थारुको परिकारको स्वाद लिदै थारुले प्रयोग गर्ने हस्तकला लगायत थारु संस्कृति सम्बन्धि किताबहरु उपलब्ध गराउँछौँ। यो परिकार बेचेर पैसा कमाउने मात्र होइन कि थारुको हरेक पहिचानलाई देश विदेशमा चिनाउन चाहन्छौँ। त्यसकारण हामी त सन्तुष्ट छौँ।’,कुराकानीसँगै उनीहरुले घोङही, ढिक्री र गंगटा सके।,‘साँच्चै गफैगफमा तपाईँको नाम त सोध्नै भुलेछौँ, दाइ, हजूरको नाम भन्नु न।’,युवाले भन्यो, ‘ सीताराम थारु, बर्दिया स्थायी ठेगाना। हाल कीर्तिपुर। ‘,युवतीले आफ्नो परिचय दिँदै भनिन्, ‘हामी त पूर्व इटहरीका हौँ। म कञ्चन कटुवाल, ऊ मेरो साथी तारा राई र सुमिता। धन्यवाद है नयाँ टेस्ट चखाउनु भएकोमा।’,‘तपाईँहरुलाई पनि धेरै धेरै धन्यवाद आएर थारु परिकारको स्वादसँगै लिइ दिनुभयो। खुसी लाग्यो। फेरि-फेरि आउनुहोला। ‘,‘हस् धन्यवाद दाई’ भन्दै तीनै जना युवतीहरुले थारु हस्तकलाका सामग्री लगाए, सेल्फि खिचे अनि ‘बरघर रेस्टुरेन्ट’बाट बाहिरिए। | सहदेव चौधरी |
तल्लो पेट दुख्ने कारण महिनावारी मात्रै हो ? | कलंकीकी राधिका घले (नाम परिवर्तन) लाई सधैँ पेट दुखिरहन्थ्यो। उनले काठमाडौँका धेरै अस्पतालमा उपचारको लागि धाइन्, धेरै महिला रोग विशेषज्ञको सल्लाहमा औषधि खाइन् तर उनलाई निको भएन।,विवाहित राधिकालाई श्रीमानसँगको सहबासमा धेरै दुखाई हुन्थ्यो। उनका श्रीमानले राम्रो अस्पतालमा जचाँउन जाउ भनेका थिए। तर जति अस्पताल जाँदा पनि उनको समस्या निको भएन।,उनलाई महिनावारी सुरु हुनुभन्दा धेरै अगाडिबाट पेट दुख्ने समस्या थियो । उनले यो दुखाईलाई सामान्य रुपमा लिएकी थिइन्।,तर महिनावारीको बेलामा पेट दुख्नु सधैँ सामान्य हुँदैन ।,महिनावारी सुरु भएपछि हरेक मासिक चक्रमा पेट दुख्नु सामान्य हो। चिकित्सकले पनि बिरामीलाई यो प्राकृतिक प्रक्रिया भनेर बुझाउने गरेका छन्।,– महिनावारी हुन्भन्दा एक साता अगाडिदेखि पेट दुख्नु,,– भइसकेपछि झन् धेरै दुख्ने,,– महिनावारीमा ढिका ढिका रगत जाने,,– सात दिनपछिसम्म रगत बग्नु,महिनावारी हुँदाको पेटको दुखाई सामान्य हो। दुखाई कम गर्ने औषधि खाएर ठीक हुन्छ। तर यसलाई सधैँ सामान्य र प्राकृतिक हो भनेर बस्नु हुँदैन।,महिनावारी सुरु भएको पहिलो दिन अलि अलि दुख्ने र दोस्रो दिनमा अलि बढी दुख्छ भने त्यसलाई सामान्य मान्न सकिन्छ।,अरु समस्या नभएर महिनावारीले गर्दा मात्र पेट दुखेको छ भने तेस्रो दिनबाट कम हुँदै जाने डा. वैद्य बताउछिन्। दुखाई कम गर्न ‘हट व्याग’ पनि प्रयोग गर्न सकिन्छ।,तर,,महिनावारी हुनुभन्दा ७–१० दिन अगाडिदेखि दुखाई हुने, महिनावारी भएपछि अझै धेरै दुख्ने, रगत धेरै हुने, महिनावारी सुरु भएको ७–८ दिनसम्म पनि रगत नरोकिने भएमा यो अप्राकृतिक भएको बुझ्नु पर्छ।,२१ दिन पछाडिदेखि ३७ दिन भित्र महिनावारी भएमा त्यो सामान्य प्रक्रिया हुन्छ। तर २१ दिन भन्दा कम अनि ३७ दिनभन्दा पछि महिनावारी हुनु असामान्य महिनावारी हुन्।,यस्तै महिनावारीमा देखापर्ने रगत २ दिनभन्दा कम भयो अथवा रगत हुँदै भएन भने त्यो असामान्य हुन आउँछ । यस्तै महिनावारी सुरु भएको सातौँ दिनसम्म पनि रगत रोकिएन भने सामान्य मानेर बस्नुहुँदैन।,महिनावारी हुँदा दुईदेखि ७ दिनसम्म रगत हुनु सामान्य हो। दुई दिनभन्दा कम रगत भएमा अथवा ७ दिन भन्दा पछि सम्म रगत हुन्छ भने त्यसलाई रोग मान्नुपर्छ।,जसलाई दुई दिनभन्दा कम रगत देखिएको छ, त्यसले कम हुनुको कारण र महिनावारी ७ दिनभन्दा बढि देखिएको छ भने त्यसको कारण थाहा पाउनुपर्छ।,महिलाको पाठेघरको दुवैभागमा रहने डिम्बासयमा हरेक मासिक धर्मपछि नयाँ अण्डा बढ्न थाल्छ। १४ दिनमा त्यो अण्डा बयस्क भएर डिम्बबाट पाठेघरमा आइपुग्छ।,बयस्क अण्डासँग दुई देखि तीन दिनभित्र शुक्रक्रिटको भेट नभएको अवस्थामा त्यही अण्डा अर्को १४ दिनपछि नष्ट हुन्छ । यो प्रक्रिया महिलाको महिनावारीको प्रक्रिया हो।,तर कोहीकोही महिलामा महिनावारीमा कम रगत कम देखिन्छ, यसको कारण निम्न अनुसार रहेका छन्।,– पिसियोस अर्थात पाठेघरका दुईओटा डिम्बमा बढ्ने अण्डाहरु बढ्न नसक्नु र पाठेघरसम्म आइपुग्न नपाउनु। यस्तो हुँदा डिम्बासयमा नै अपरिपक्क अण्डा अड्कन्छ अनि महिनावारीमा कम रगत देखिन्छ,– हर्मोनको उत्पादन नियमित, सन्तुलित नहुनु,– पाठेघरको टि. भीको समस्या भएमा,– हर्मोनको परिवर्तन,डा. वैद्यका अनुसार यस्तो अवस्थामा पाठेघरको भित्र केही समस्या छ की भनेर बुझ्नु पर्छ। कहिलेकाँही पाठेघरको भित्तामा मासु पलाएको हुन सक्छ।,– बिनायन ट्युमर, पाठेघरको भित्तामा सेतो सेतो मासु पलाउनु, क्यान्सर नहुने ट्युमर,– एडिनोमायोसिस् अर्थात् पाठेघरको भित्ताको मांशपेशीमा भएको एन्ड्रो मेटरियल लाइनिङ मांशपेशीमा छिर्छ र हरेक महिनाको महिनावारीको बेलामा लाइनिङ्बाट पनि रगत बाहिर निस्कने गर्छ र अत्याधिक दुखाई हुन्छ। एडिनोमायोसिस् हुँदा पाठेघरको मांसपेशी सुन्निछ र महिनावारीमा रगत धेरै हुन्छ।,डा. वैद्य यसलाई असाध्यै दुखाई हुने समस्या भन्छिन्। साधारणतथा यो समस्यालाई पाठेघर सुन्निले समस्या भनेर बुझिन्छ।,महिनावारीको समयमा पेट दुख्नु प्राकृतिक हो तर महिनावारी नभएको बेलामा पनि पेट दुख्नु एडिनोमायोसिस् हुन सक्छ। यस्तै भारी सामान उचाल्दा दुख्छ, महिनावारीमा धेरै दुख्ने अनि लामो समयसम्म रगत जाने हुन्छ।,यस्तै श्रीमान्सँगको सहबासमा महिलालाई धेरै पिडा हुनु पनि यो एडिनोमायोसिस् हो। यसलाई एन्डोमेट्रोसिस् पनि भनिन्छ।,पाठेघरको चारै भित्ता मांशपेशीले बनेको हुन्छ। यो मांशपेशी पछाडि पातलो झिल्ली हुन्छ । यो झिल्लीलाई एन्डोमेटरियल लाइनिङ भनिन्छ। यसले गर्ने हरेक क्रियाकलाप हर्मोन उत्पादनसँग सम्बन्धित हुन्छ।,महिनावारी हुँदा हुने हर्मोनको उतारचढावले यसलाई पनि प्रभाव पारेको हुन्छ र रगत बग्दा योनीबाट बग्छ।,तर एडिनोमायोसिस्को समस्या हुँदा योनीबाट रगतसँगै बग्दा पाठेघरको मांशपेशीमा पुग्छ, डिम्बासयमा पनि पुगेको हुन्छ र महिनावारी हुँदा यो पनि सक्रिय हुन्छ र असाध्यै पीडा हुन्छ।,पाठेघरभन्दा बाहिर पुगेका टिस्युबाट निस्कले रगत बाहिर जान नपाउने अवस्था हुन्छ र त्यो त्यही जम्न थाल्छ। पछि यो इन्डोमेट्रिक सिस्ट हुन्छ। यसलाई पछि शल्यक्रिया गरेर निकाल्नुपर्छ।,कहिलेकाँही यो आन्द्रा, पिसाब नलि, पिसाब थैलीमा जम्मा हुँदा पिसाब गर्न, दिसा गर्न समस्या हुने, ढाड दुख्ने समस्या हुन्छ। उठबस गर्दा दुख्ने।,
डा. वैद्यका अनुसार यस्तो बिरामीलाई सँधै दुख्छ।,प्राकृतिक दुखाई,,दुखाई कम गर्ने औषधिले निको हुन्छ,दीर्घकालीन समस्या होइन,इन्फेक्सन भएको भन्ने बुझाई,टिबी भएको बुझाई,यस्ता बिरामीको गलत उपचार भइरहेको डा. वैद्य बताउछिन्। उनीहरु एक वर्षसम्म एन्टिबायोटिक खाइरहेका हुन्छन्।,यो रोग महिलाको पाठेघर लगायत अंगको बनावटले नै यस्तो समस्या हुन्छ।,यो रोग पहिचानको लागि डाइग्नोस्टिक ल्याप्रोस्कोपिक गर्नुपर्छ। यो एडिनोमायोसिस् भएको थाहा पाउने एक पद्धति हो। बिरामीको स्वास्थ्यको इतिहासलाई राम्ररी हेरियो भने पनि रोग पत्ता लगाउन सकिने डा. वैद्य बताउँछिन्।,एन्ड्रोमेट्रोसिस भएका महिललको गर्भाधानमा समस्या देखिन्छ।,डा. वैद्यका अनुसार कतिपय महिला सन्तान नभएको भन्दै जाँच गर्न आउँदा एन्ड्रोमेट्रोसिस भएको पत्ता लाग्छ। यदि महिलालाई पेट दुखाईको समस्या छ भने टिबि मात्र हैन एन्ड्रोमेट्रोसिस पनि भएको होकी भनेर बुझ्न आवश्यक छ।,जुनसुकै बेलामा दुखिरहनु, दुखाई कम गर्ने औषधि खानु। यसले मानिसको दिनचर्या बिगार्छ।,रोगको पहिचान हुन नसक्नुले पनि बिरामीलाई सही उपचार पाउँदैन। यो समस्या अल्ट्रा साउन्डमा नदेखिने भएकोले पनि रोग पहिल्याउन समस्या हुँदा बिरामीलाई धेरै दुखाई हुने उनले बताइन्।,मासनिस रुपमा तनाव,प्रजननमा समस्या,अस्वस्थ्य यौन जीवन,यो समस्याको उपचार बिरामीको उमेर चाहना अनुसार गर्ने गरीन्छ। बिरामीलाई दुखाई मात्र कम गर्ने छ भने ट्याबलेट औषधि दिइन्छ।,१४ देखि माथि उमेरको महिलालाई दिइन्छ। २१ देखि २८ वटा चक्कीको नियमित प्रयोगले महिनावारीलाई रोक्ने काम गर्छ र दुखाई हुँदैन। यो ३ देखि ६ महिना खाने गरिन्छ। पछि नदुख्ने हुनसक्छ।,तत्कालै बच्चा चाहिएको अवस्थामा यसको उपचार फरक तरिकाको हुन्छ।,यो समस्या भएका ४५ वर्ष भन्दा माथिको महिलालाई शल्यक्रिया गर्दा ध्यान दिनुपर्ने ।,पेट दुखेको कारणले एन्टिबायोटिक प्रयो गर्नुपूर्व एन्ड्रोमेट्रोसिस भएको हो की भनेर सोच्नु आवश्यक छ।,इन्फेक्सन भएको हो की होइन भनेर चिकित्सक र बिरामीनै सचेत हुनुपर्छ।,बिरामीले चिकित्सककोमा फलोअपमा जाने । | सुजाता खत्री |
पानी–पुरी, चाट ! ‘अमिलो–पिरो ट्वाक्क’ | अमिलो–पिरो ट्वाक्क। यही स्वाद लिन पारखीले चाट र पानीपुरी रोज्ने गरेका छन्। बाटैमा उभिएर चाट र पानीपुरी खाने धेरै भेटिन्छन्।यो यस्तो परिकार हो, घरको भन्सा कोठामा भन्दा पनी सडकमै खान रुचाने बढी हुन्छन्।,पूर्व पश्चिम राजमार्गको दाङ खण्ड स्थित लमही बजारमा पाईने चाट र पानीपुरीको स्वाद लिन पारखीहरु टाढा–टाढा बाट आउने गर्छन्। थोरै पैसामा पाइने र मिठो पनि उत्तिकै हुने भएकोले अधिकांश युवायुवती लगायत सबैको रोजाईमा चाट र पानीपुरी पर्छ। त्यसैले त, घरभित्र डाइनिङ टेबलमा बसेर मात्रै खाना खानेहरुसमेत बाटोमै उभिएर नास्ताको रुपमा चाट वा पानीपुरी खाईरहेका भेटिन्छन्।,ठूल्ठूला होटल र लजमा बसी महङ्गा परिकार खाने व्यक्तिलाई पनि आकर्षित गरिरहेको हुन्छ, बाटोघाटोमा राखिएका चाट र पानी पुरीले। दाङका बजारका चौक÷चौक, कुना तथा बाटो छेउमा यस्ता थुप्रै चाट पसलहरु सञ्चालनमा आएका देखिन्छन्।,कतिपयले भने घरमा वा कोठा भाडामा लिएर ब्यवस्थित रुपमा यो व्यवसाय गर्दै आएका छन्। तर अधिकांश चाट व्यापारीहरु ठेलामै चाट र पानीपुरी खानेकुरा घुमाइरहेका भेटिन्छन्।,यही मध्यका एक बिष्णु जैशवालले लमहीमा पानी पुरी र चाटको ब्यापार गर्न थालेको १३ बर्ष भयो। यो अवधीमा उनले धेरै नियमित ग्रहाक भेट्टाए।‘लमहीमा पाईने पानी पुरी र चाटको टेस्ट अन्न पाईदैन् भनेर खोजी खोजी आउछन्’उनले भने–‘अमिलो, पिरो मन पराउनेहरु चाट र पानी पुरी रोज्छन्।’,उनको पाँच जनाको परिवार यही व्यवसाय बाट धानिएको छ।‘धन कमाउन विदेश जानै पर्छ भन्ने छैन्। चाट, पानी पुरी बेचेर परिवार धानेको छु’उनले भने–‘काम, सानो ठुलो हुन्न, मान्छेको सोचाई चाँही सानो ठुलो हुन्छ।’,बसपार्कमा आधा दर्जन चाट व्यवसायी छन्। सटरमा पसल गर्ने पनि उत्तिकै छन्। सटरमा दिउसो ३ बजेपछि पारखीको भिड नै लाग्छ। बसपार्कमा राखिएका ठेलामा यात्रुको रोजाई हुन्छ। चाट व्यवसाय राम्रै भएपनी नगरपालिकाले दुःखदिने गरेको व्यवसायीले गुनासो गर्छन्।,बसपार्कमा लामो दुरीका सवारी साधन कमै पस्छन्। जसले गर्दा उनीहरुको व्यापारमा मन्दी आएको छ।‘नगरपालिकाले ध्यान दिन्छौं भने तर, अहिले फर्किएर आएका छैनन्’मुकेश सोनीले भने–‘वसपार्कमा गाडि पस्नु पर्यो।’ | दशरथ घिमिरे |
क्यान्सरका अधिकांश प्रकार तथा लक्षण र उपचार तथा बच्ने उपाय | फेब्रुअरी ४ अर्थात आज (सोमबार) क्यान्सर दिवस । ‘म हुँ र म गर्न सक्छु’ भन्ने मुल नाराका साथ विश्वभर विभिन्न कार्यक्रम गरेर मनाईँदै छ ।,सुरुमै क्यान्सर रोगको उपचार भएमा बिरामी पूर्ण रुपमा निको भएकाले यसबारे सर्वसाधारणमा जनचेतना बढाउन नेपालमा पनि रहेक वर्षको फेब्रुअरी ४ मा यो दिवस मनाउँदै आइएको हो ।,विश्वको तथ्याङ्क हेर्ने हो भने एक वर्षमा १ करोड ८१ लाख मानिसलाई क्यान्सर रोग लाग्ने गरेको छ । त्यस मध्ये पनि करिव ९० लाख मानिसको क्यान्सरबाटै मृत्यु भइरहेको उल्लेख गरिएको छ ।,नेपालमा आधिकारिक तथ्याङ्क नभएता पनि एक वर्षमा करिब २६ हजार मानिसहरु क्यान्सरबाट पीडित र १९ हजारको मृत्यु भइरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उनीहरुका अनुसार नेपालमा करिब ५०–६० हजार क्यान्सरका विरामीको उपचार भइरको छ ।,चिकित्सकका अनुसार क्यान्सर जटिल रोगहरु मध्य एक हो । जटिल भएता पनि निको नहुने भन्ने पनि होइन । क्यान्सरको उपचार पद्धतिले अन्य जटिल रोगहरुको तुलनामा निकै फड्को मारिसकेको छ ।,तर पनि अझ धेरै मानिसहरुमा यसको उपचार महंगो र असम्भव छ भन्ने धारण रहेको छ । तर पछिल्लो ५ वर्षको अवधिमा ४३ हजार क्यान्सरका बिरामीले यसको उपचार गराए । निको भए र उनीहरुले क्यान्सरलाई जिते । क्यान्सरको उपचार पश्चात उनीहरु पुनः आफ्नो दैनिकीमा फर्किए ।,मानिसको शरीरमा लाखौँ कोषहरु हुन्छन् । जस अन्तर्गत पुराना कोष मर्ने र नयाँ कोष जन्मिने प्रकृया चलिरहन्छ । शरीरका विभिन्न भागहरुमा कोषहरू मर्ने र असामान्य रूपमा ती कोषहरु वृद्धि हुन थालेपछि, त्यसले क्यान्सर पैदा गर्छ ।,शरीरमा भएका कोषमा असामान्य परिवर्तन आएर अनियन्त्रित तथा अनावश्यक वृद्धिबाट बन्ने गिर्खा, गाँठागुँठी, छालामा हुने परिवर्तन, रगत बग्ने र घाउ निको नहुने, उपचारपछि पनि लामो समयसम्म घाउ निको नहुने जस्ता विभिन्न लक्षण क्यान्सरका हुनसक्ने चिकित्सकले बताएका छन् ।,क्यान्सर हुनु भनेको जीवनको अन्त्य हुनु होइन । यो केवल एक रोग हो । समयमै यसको उपचारमा ध्यान दिन सकेको खण्डमा क्यान्सर पनि पूर्ण रुपमा निको हुने डा. विजेसराज घिमिरेले बताएका छन् । उनले भने, ‘स्वास्थ्य सम्बन्धी ज्ञानको कमीका कारण कतिपय मानिसलाई क्यान्सर भए पनि थाहा पाउन सकेका छैनन् ।’,क्यान्सरको उपचारका लागि समय एकदमै महत्वपूर्ण हुन्छ । समयमै क्यान्सर पत्ता लागेमा यसको उपचार गरेर सामान्य जीवनमा फर्कन सकिन्छ । क्यान्सरलाई जीतेका यस्ता कैयौँ व्यक्ति छन्, जसले क्यान्सरको उपचार पश्चात पनि सहज जीवनयापन गरिहेका छन् ।,सूर्ती जन्य पदार्थको सेवन, जीवनशैली, प्रदूषण, खानपान जस्ता विभिन्न कारणले कोषहरु जन्मिने र मर्ने ठाउँमा बाधा पुग्ने हुन्छ । जसले गर्दा क्यान्सरको सम्भावना धेरै हुने गर्छ । त्यस्तै शरीरको कुनै पनि एउटा अंगमा देखिएको क्यान्सर अन्य कुनै पनि अंगमा सर्न सक्छ ।,क्यान्सर जुन–जुन अंगमा सर्यो, त्यही अंगमा असर देखाउँछ । जसले गर्दा बेहोस हुने, प्यारालाइसिस हुने, अंग नचल्ने समस्या उत्पन्न हुन सक्ने सम्भावना हुन्छ । त्यस्तै, फोक्सोमा गएमा खोकी लाग्ने, फोक्सोमा पानी जम्ने, स्वाँ स्वाँ हुने हुन्छ । जुन क्यान्सरको चौथो चरण हो ।,क्यान्सर यही कारणले हुनछ भनेर ठ्याक्केै भन्न नसकिने चिकित्सकहरुले बताउँदै आएका छन् । तर केही चिजहरु यस्ता छन्, जसले निश्चित क्यान्सर रोग बढाउनमा मद्दत गर्ने गर्दछन् ।,१. सुर्तीजन्य पदार्थको सेवन,२. खानपिन,३. प्रदूषित वातावरण,४. वंशाणुगत,५. विकिरण,६. व्यायमको कम अभ्यास,७. पाको उमेरसम्म बच्चा नजन्माउदा,८. स्तनपा नगराउने महिलाहरुमा,९. बोसोयुक्त मासु खाँदा,१०. तारेको, पोलेको खाना खाँदा,११. नुन तथा पुराना अचार खाँदा,क्यान्सर धेरै प्रकारका हुन्छन् । त्यसकारण यसका लक्षण पनि लक्षण विभिन्न प्रकारका हुन्छन् । शरीरको कुनै ठाउँमा फोका वा गाँठो देखा पर्नु, अचानक शरीरको कुनै भागबाट रगत बग्नु, छालामा असामान्य बद्लाब आउनु, भोक कम लाग्नु, बढी खोकी लग्नु, क्यान्सरका सामान्य लक्षण रहेको चिकित्सहहरु बताउने गरेका छन् ।,शरीरको कुनै पनि ठाउँमा रोग देखा परेको एक महिनासम्ममा उपचार गरेर पनि निको नभएमा पनि ब्यान्सर हुने सम्भावना धेरै हुन्छ । त्यसैले शरीरमा यस्तो समस्याहरु द्येखा पर्ने बित्तिकै अस्पताल गएर क्यान्सर रोगको परीक्षण गराउन आवश्यक रहेका चिकित्सकले बताउने गरेका छन् ।,क्यान्सरका रागका प्रकार यति नै छन् भनेर यकिनका साथ भन्न सकिदैन । तर पनि केही प्रचलित क्यान्सर रोगलाई हामीले औल्याउने कोशिश गरेका छौँ ।,१. पाठेघरको मुखको क्यान्सर,२. स्तन क्यान्सर,३. फोक्सोको क्यान्सर,४. ब्लड् क्यान्सर,५. बोन म्यारो क्यान्सर,६. घाँटीको क्यान्सर,७. मुखको क्यान्सर,८. कलेजोको क्यान्सर,९. डिम्बासयको क्यान्सर आदि,अन्य देशहरुको तुलनामा नेपालमा पाठेघरको मुखको क्यान्सर प्रमुख रहेको छ । सहरी क्षेत्रमा भन्दा पनि ग्रामीण क्षेत्रमा यसको पाठेघरको मुखको क्यान्सर धेरै देखिने गरेको छ ।,जनचेतनाको कमीका कारण, सुविधाको पहुँच नहुनाले, समयमा उपचार गराएमा यो रोग निको हुन्छ भन्ने थाहा नभएकाले, महिलाको स्वास्थ्यलाई न्यून प्राथामिक्ता दिने वा आफ्नो रोग लुकाउनले वर्षेनी पाठेघरको मुखको क्यान्सरका कारण महिलाहहरुको मृत्यु भइरहेको चिकित्सकहरुले बताएका छन् ।,विभिन्न अनुसन्धानको निचोडका अनुसार ९९ प्रतिशत माहिलाहरु पाठेघरको मुखको क्यान्सरमा ह्युमण प्यापिलोमा भाईरस (एचपीभी) को संक्रमण देखिएको छ ।,ह्युमण प्यापिलोमा भाईरस (एचपीभी) को संक्रमण देखिनु सामान्य हो । यो यौन सम्पर्कद्वारा सर्ने गर्छ । यस्तो संक्रमण कुनै उपाचार नगरेरै हाम्रो शरिरले रोगसँग लड्ने क्षमताले नै निको पारिदिन्छ ।,तर यदि ह्युमण प्यापिलोमा भाईरस १६ र १८ ले संक्रमण गरेमा हाम्रो शरिरको रोगसँग लड्ने क्षमताले उक्त संक्रमणलाई हटाउँन नसकेमा पाठेघरको मुखको क्यान्सर हने सम्भावना धेरै हुन्छ ।,१. कलिलै उमेरमा बिहे गरेकामा,२. सानै उमेरदेखि यौन क्रियाकलापमा सक्रिय भएमा,३. धेरै सन्तान जन्माएमा,४. असुरक्षित गर्भपतन गराएमा,५. एक वा एक भन्दा धेरै पुरुषसँग यौन सम्र्पक राखेमा,६. धुम्रपान तथा मध्यपान गरेमा,१. गर्भासयको श्रव परीक्षण,२. ह्युमण प्यापिलोमा भाईरस (एचपीभी)को जाँच,३. पाठेघरको मुखको क्यान्सरको परीक्षण,४. प्याप स्मेयरको परीक्षण,शरीरका अन्य अंगहरुमा जस्तै महिलाको स्तनमा पनि कोषहरु बन्ने र नष्ट हुने क्रिया भैरहेको हुन्छ । स्तनमा रहेका कोषहरु मर्ने र असामान्य रूपमा वृद्धि हुन थालेपछि स्तन क्यान्सरको सम्भावना रहन्छ ।,कोषहरूको वृद्धि र विभाजन शरीरको आवश्यकता अनुसार हुने गरेको चिकित्सक बताउँछन् । तर, जब छिटो–छिटो र अत्यधिक मात्रामा कोषहरूको वृद्धि र विभाजन हुन्छ, तब पुराना कोषहरू टाँसिएर पुरानै ठाउँमा रही रहन्छन् । त्यसपछि मात्र स्तनमा गिर्खा वा ट्युमर बन्ने प्रक्रिया सुरु हुने क्यान्सर विशेषज्ञ डा. घिमिरे बताउँछन् ।,स्तनमा भएका कोषमा असामान्य परिवर्तन आएर अनियन्त्रित तथा अनावश्यक वृद्धिबाट बन्ने गिर्खा, गाँठागुँठी, स्तनको छालामा हुने परिर्वतन, निप्पल भित्रतिर भासिने, स्तनबाट रगत बग्ने र घाउ निको नहुने, स्तन क्यान्सरका लक्षण हुन् । यस्ता लक्षणहरुले क्यान्सर नै हुन्छ भन्ने छैन।,कहिलेकाहिँ अरु कारणले पनि यस्ता लक्षणहरु देखिन सक्छन् । क्यान्सर हुने प्रकृतिका ट्युमरले आफ्नो वरिपरी रहेका तन्तुहरु नष्ट गर्छन् । यस्ता ट्युमर शरीरका अन्य भागहरुमा फैलिन सक्ने डा. घिमिरेको भनाई छ ।,यस्ता ट्युमरलाई शल्यक्रिया गरेर शरीरबाट फाले पनि फेरि उत्पन्न हुन सक्ने सम्भावना हुन्छ । स्तन क्यान्सर प्रायजसो दूध उत्पादन हुने नलीबाट सुरु हुन्छ र शरीरको अन्य कुनै पनि भागमा फैलन सक्छ । स्तन क्यान्सर फैलिएर कलेजो, फोक्सो, मस्तिष्क जस्ता शरीरका अन्य भागमा पनि ट्युमर हुन सक्छ ।,विश्वभर महिलामा हुने क्यान्सर मध्ये स्तन क्यान्सर पहिलो नम्बरमा पर्छ। नेपालमा भने पाठेघरको मुखको क्यान्सर हुने बिरामीको संख्या सबै भन्दा धेरै छ । त्यसपछि स्तन क्यान्सर हुने बिरामीको संख्या दोस्रो नम्बरमा रहेको छ ।,जीवनशैली, मोटोपन, शरीरिक व्यायामको कमी, जाड रक्सीको सेवन, अस्वस्थकर खानपान, महिनावारी नियमित नहुनु, महिनावारी समयभन्दा ढिलो वा छिटो सुक्नु, बढी उमेरमा बच्चा जन्माउनु, वंशाणुगत लगाएतका कारणले महिलाहरुमा स्तन क्यान्सर हुने गर्छ । त्यस्तै स्तनपान नगराएका महिला, लामो समयसम्म गर्भनिरोध चक्कीको सेवन गरिरहेका महिलाहरुमा समेत स्तन क्यान्सर हुने जोखिम हुन्छ ।,महिलाहरुमा स्तन क्यान्सर सुरु हुने बित्तिकै पत्ता लगाउन सकिने डा.घिमिरे बताउँछन् । विदेशमा ९० प्रतिशत महिलाहरु स्तन क्यान्सरको पहिलो स्टेजमा नै अस्पताल पुग्छन् । नेपालमा अन्य क्यान्सरका करिब दुईतिहाई विरामी तेस्रो र चौथो स्टेजमा अस्पताल पुग्ने गरेको चिकित्सकले बताएका छन् । तर स्तन क्यान्सरमा भने धेरै बिरामी दोस्रो स्टेजमा नै अस्पताल पुग्ने गरेका छन् । स्तन क्यान्सर अन्य क्यान्सरको तुलनामा छिटो थाहा हुने भएका कारण अन्य क्यान्सरको तुलनामा स्तन क्यान्सरका बिरामी बाँच्ने दर बढी हुन्छ । पहिलेको तुलनामा अचेल क्यान्सरका बारेमा मानिस सचेत भइरहेका छन् ।,विकसित मुलुकमा ४० वर्ष पछि मात्र स्तन क्यान्सर हुने गरेको पाइएको छ । नेपालमा भने ३५ वर्षदेखि नै महिलाहरुमा स्तनको समस्या देखिने गरेको पाइएको छ । डा. घिमिरेले भने, ‘यसको कारण यही हो भनेर पत्ता लाग्न सकेको छैन, १७–१८ वर्षका किशोरीमा समेत स्तन क्यान्सर भएको पाइएको छ। तर सामान्यतयाः स्तन क्यान्सर ४० वर्ष भन्दा माथिका महिलामा देखिन्छ ।’,नियमित शारीरिक व्यायाम, स्वस्थकर खानपान, उपयुक्त उमेरमा बच्चा जन्माउने, स्तनपान गराउने, समय–समयमा स्तनको चेकजाँच गराउने, लामो समयसम्म गर्भ निरोधक चक्कीहरुको प्रयोग नगर्ने जस्ता कुरामा ध्यान दिन सके केही हदसम्म स्तन क्यान्सरबाट जोगिन सकिने डाक्टरहरुको सुझाव छ ।,अझै पनि महिलाहरुमा क्यान्सर भएमा बाँचिदैन भन्ने डर रहेको पाइन्छ । तर समयमै क्यान्सर पत्ता लागेर पहिलो र दोस्रो स्टेजमा नै उपचार हुन सकेमा क्यान्सरका बिरामी पनि अन्य सामान्य व्यक्ति सरह जीवनयापन गर्न सक्छन् ।,अन्य विभिन्न क्यान्सर मध्ये फोक्सोको क्यान्सर पनि एक प्रमुख नै मानिन्छ । फोक्सोको क्यान्सर विशेष गरी सूर्तीजन्य पखार्थको सेवन गर्ने व्यक्तिहरुमा धेरै देखिने गरेको छ ।,यसमा रगतमा रहेका कोष र प्लाज्मा हुने गर्दछ । जस अन्तर्गत रातो (रेडबीसी) वा सेतो (डब्लुबीसी) कोषमा क्यान्सर हुने गर्छ । नेपालमा अधिकांश रूपमा देखिने रगतको क्यान्सर लिक्युमिया हो, जुन सेतो रगतमा देखिन्छ ।,ब्लड क्यान्सर नेपालमा मात्र नभएर विश्वमै धेरै देखिने गरेको छ । यसको उपचारका लागि बिरामी अस्पताल ढिलो पुगेमा उनीहरुको ज्यान नै जाखिममा रहने चिकित्सहरुले बताए ।,विभिन्न उपाय अपनाएर सबै प्रकारका क्यान्सहरु बाच बच्न सकिन्छ भन्ने नभएता पनि यस्ता सावधानी अपनाउँ केही हदसम्म क्यान्सर रोग लाग्नबाट बच्न सकिन्छ ।,१. धुम्रपान तथा सुर्तिजन्य वस्तु सेवन नगर्ने,२. खानपानमा ध्यान पुर्याउने,३. पर्याप्त व्यायाम गर्ने,४. जीवनशैली परिवर्तन,५. बोसोयुक्त मासु नखाने,६. तारेको, पोलेको खाना नखाने,७. नुन तथा पुराना अचार कम खाने,८. समयमै बच्चा जन्माउने,९. बच्चालाई स्तनपान गराउने,१०. नियमित स्वास्थ्यपरिक्षण गराउने,११. सरसफाईमा विशेष ध्यान दिने,क्यान्सर भएको पहिलो र दोस्रो स्टेजमा अस्पताल पुगे भने समयमा नै क्यान्सर रोगका विरामी निको हुने गरेका छन् । नेपालको सन्दर्भमा प्रायः जसो क्यान्सर लागेका मानिसहरु तेश्रो र चौथो स्टेजमा अस्पताल पुग्ने गरेको पाईएको छ । यो स्टेजमा बिरामी अस्पताल पुग्दा धेरै ढिलो भएसको हुन्छ ।,क्यान्सरक जोखिम ४० वर्ष कटेका व्यक्तिहरुमा रहेको चिकित्सकले बताएका छन् । तर पछिल्लो समयमा क्यान्सर जुनसुकै उमेरमा पनि लाग्ने गरेको छ ।,यद्यपि ४० वर्ष पार गरिसको व्यक्तिले आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्न जरुरी छ । यो उमेर पार गरेका व्यक्तिहरुले समय–समयमा स्वास्थ्य परीक्षण गराउनु पर्छ ।,क्यान्सरको उपचार गर्ने चिकित्सकलाई अन्कोलोजिस्ट भनिन्छ । अन्कोलोजिस्टलाई तीन श्रेणीमा विभाजित गरिन्छ, जसमा सर्जिकल अन्कोलोेजिस्ट, मेडिकल अन्कोलोजिस्ट तथा रेडियो अन्कोलोजिस्ट पर्छन् ।,१.सर्जिकल अन्कोलोेजी–शल्यक्रियाद्वारा क्यान्सरको उपचार गर्ने विधिलाई सर्जिकल अन्कोलोजी भनिन्छ । यस विधीमा चिकित्सकहरुले क्यान्सरको प्रकृति र अंगको आधारमा शल्यक्रिया गर्ने गर्दछन् ।,२. मेडिकल अन्कोलोजी–औषधीको प्रयोगद्वारा क्यान्सर रोगको उपचार गर्ने विधिलाई मेडिकल अन्कोलोजी भनिन्छ । जस अन्र्तगत केमोथेरापी पनि पर्ने गर्दछ ।,३. रेडियो अन्कालोजी–यसले क्यान्सर रोगका आक्रमान्त कोषहरुलाई नष्ट गर्ने गर्छ । तर पछिल्लो समयमा क्यान्सरका कोषिका र तन्तुहरुलाई जोगाएर क्यान्सर रोगसँग लड्ने क्षमतालाई नष्ट गर्ने प्रविधि भित्री सकेको छ । | प्रतिभा चन्द |
के भयो भने क्यान्सर हुन सक्छ ? | शरीरमा कोषहरुको अनियन्त्रित वृद्धि भएको अवस्था क्यान्सर हो। मानिसको कपाल र नङ बाहेक हरेक अंगमा क्यान्सर हुने चिकित्सकहरु बताउँछन्। क्यान्सर नसर्ने रोग हो, यसको सहि समयमा सहि उपचार भएन भने यसले मानिसको ज्यान लिन सक्छ।,क्यान्सर लागेको अंग र क्यान्सरको चरणले बिरामी ठीक हुने अथवा नहुने कुरा निर्धारण गर्ने नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टर जावलाखेलका क्यान्सर रोग विशेषज्ञ तथा वरिष्ठ छाती रोग विशेषज्ञ डा. मदन कुमार पिया बताउँछन्।,हरेक वर्ष फ्रेब्रुअरी ४ मा क्यान्सरको बारेमा जनचेतना फैलाउन विश्वभर नै विश्व क्यान्सर दिवस मनाइन्छ। सन् २००८ देखि यूआई सिसी (इन्टरनेशनल युनियन अगेन्स्ट क्यान्सर) ले यो दिवस विभिन्न नारा सहित मनाउन थालेको हो। यो वर्षको नारा ‘म छु, म हुन्छु।’ भन्ने रहेको छ।,क्यान्सर बेलैमा पहिचान भए निको हुन्छ भनेर जनचेतना फैलाईरहँदा क्यान्सर भएका बिरामीहरु ढिलो गरी अस्पताल आइपुग्ने गरेको डा. पिया बताउँछन्।,उनका अनुसार बिरामीलाई अझैपनि क्यान्सर भएको थाहा हुँदैन। नेपालमा अहिले धुम्रपान सेवनबाट हुने क्यान्सर धेरै भएको बताउँदै डा. पियाले यस्ता लक्षण देखिएमा क्यान्सर हुन सक्ने बताए।,१. तौल घट्नु,,२. छालामा भएका कोठी, मुसाको रंग बदलिदै जानु,,३. स्तनमा नदुख्ने गाठा आउने,,५. कुनै ठाउँको मासु, हड्डी छिटो छिटो बढेमा,,६. दिशा पिसाब गर्दा रगत देखिएमा,,७. लामो समय खोकी लागेमा,,८. खाना निल्न समस्या भएमा, मुख भित्र भएको घाउ निको नभएमा,,९. शरीरको जुनसुकै अंगमा असामान्य दुखाई भएमा।,नेपालमा पछिल्लो समय क्यान्सरको उपचार भइरहेको छ। क्यान्सर सम्बन्धि के कस्तो उपचार नेपालमा गर्न सकिन्छ भन्ने बारेमा क्यान्सर रोग विशेषज्ञ तथा छाती रोग विशेषज्ञ वरिष्ठ डा.मदन कुमार पियाले देश सञ्चारलाई बताएका छन्। | सुजाता खत्री |
रेस्टुरेन्टमा आएका हरेक पाहुनासँगै रमाउँछिन् मिसिको मल्ल | दिउँसो दुई बजेतिर हात्तीसारको एउटा अग्लो भवन अगाडि उनी आइपुगिन् । सिद्धार्थ बैंकसँगै रहेको ठूलो भवनको पहिलो तलामा स्काइ लाउञ्ज छ।,आज अलि हतार छ उनलाई, सरासर भर्याङ्ग उक्लिएर लाउञ्जमा छिरिन्। छिर्ने बित्तिकै दायाँ पट्टि बसेका एक टोलीलाई देखेर उनी मुसुक्क हाँसिन्। अंकमाल गर्दै हालखबर सोधिन्, नम्र भएर बोलिन्।,मिसिको मल्ल, उनी हरेक दिन यसरी नै स्काई लाउञ्जमा आउछिन्, पाहुनालाई स्वागत गर्छिन्, पाहुनासँगै हाँस्छिन्, खुशी हुन्छिन्। मल्ल भन्छिन्, ‘उहाँहरु आउँदा आउँदै मेरो साथी हुनुभएको हो।’ त्यो टोलीभन्दा अगाडि बसेको अर्को टोलीलाई देखेर पनि मिसिको मुस्कुराइन्। उनको व्यवहारले सबै खुशी देखिन्छन् त्यसैले सम्झी, सम्झी आउँछन्।,ठ्याक्कै एक वर्ष भयो, मिसिकोले हस्पिटालिटीको व्यवसायमा आफूलाई जोडेको, यसैलाई आफ्नो करियर बनाउने अठोट गरेको। भारतमा बिएसडब्लुको पढाई सक्दा सक्दै उनले हस्पिटालिटिमा आफ्नो भविष्य देखाउने सपना मनमनै बुनेकी थिइन्।,भनिन्छ नि ‘सपनाको कुनै आकार हुँदैन’ अनि सपना सारै मिठा हुन्छन्। चाहे निदाएको बेलामा देखेको सपना होस् अथवा खुला आँखाले देखेको, थाहै नपाई मिठो स्वाद चखाएर गएको सपना विपनामा रहर बन्छन्। अनि सुरु हुन्छ त्यसलाई पूरा गर्ने दौडधूप । बाटो जतिसुकै कठिन हुन्, जोश चढेपछि जसरी पनि पूरा भइछाड्छन्।,२४ वर्षकी मिसिको मल्लको जन्म जापानमा भएको हो। उनका परिवार जापानमा बस्दा उनी र उनको दाजु जन्मिएका हुन् । जापानमा नै जन्मिएकोले उनको नाम मिसिको भयो । जापानको अहिलेकी महारानीको नाम पनि मिसिको हो । भन्छिन्, ‘मिसिको सन् १९५० मा महिलाहरुको एकदमै चलेको नाम हो । किनभने जापानको राजकुमारले सामान्य महिला मिसिकोलाई विवाह गरेपछि यो नाम एकदमै चर्चित भएको थियो ।’,जन्म जापानमा भए पनि उनको पढाई लेखाई भारतमा भयो । साथीभाइ भेट हुने, घुम्न जाने उनको धेरै शोख मध्येको एक । बाहिर घुम्न जाँदा उनलाई रेष्टुरेन्टमा गरिने आदर सत्कार एकदमै मन पथ्यो । आफूलाई पनि यस्तै काम गरौँ जस्तो लाग्थ्यो तर पढाईले सामाजिक सेवा सम्बन्धी विषय रोजेको थियो ।,अहिले उनको परिवार संयुक्त राज्य अमेरिकामा बस्छ। परिवारले पढाई सक्काउ, अनि यतै सेटल होउ भन्छ, तर उनलाई आफ्नो सपना खोज्न अमेरिका जान मन लागेन । भारतमा पढाई सक्काउने बित्तिकै उनी नेपालमा आइन् र आफ्नो रहरलाई पूरा गर्ने यात्रा सुरु गरिन् ।,‘स्काई लाउञ्ज सुरु गर्दा म यहाँ थिइनँ, साथीहरु यहाँ बसेर काम गर्न थालिसकेका थिए । कलेजपछि म नेपाल फर्के, फ्रेब्रुअरी ९ बाट म पनि पार्टनरसिपमा काम गर्न थाले । लगानी गर्नलाई परिवारको सहयोग पाए, नपुगेको आफन्तसँग लिए। अहिले रिटर्न गरिसकेको छु । तर परिवारमा छोरीमान्छे भएर हस्पिटालिटि सेक्टरमा के गर्ला ? छोरी मान्छेलाई गारो हुन्छ भन्ने कुरा भइरहन्थ्यो, त्यसैले मैले पढ्न पाइन ।’,सानोमा बाबाममीले रेष्टुरेन्टमा लैजाँदा उनको आँखा त्यहाँको लाइट, इन्टेरियर डिजाजइन सारै मन पर्थ्यो र मनै मनले ठूलो भएपछि यस्तो ठाउँ बनाउँछु भन्ने सोच आउँथ्यो । तर उनलाई किन यस्तो सोच आयो भन्ने थाहा भएन ।,काम जब सुरु भयो, तब उनका दुई खालका संघर्ष सुरु भए, घर परिवारलाई मनाउन । अनि आफ्नो करियरलाई अगाडि बढाउन । किनभने कामको सुरु सुरुमा उनको दिनरात एकै थियो ।,‘एक त काम नयाँ, यहाँ भिज्न, काम सिक्न मलाई सारै गारो थियो। अर्को परिवारलाई मैले गरेको काम पटक्के मन परेको थिएन। कन्भिञ्ज गर्न सारै गारो भयो । तर बिस्तारै बिस्तारै सबै समाधान हुँदै गयो । मैले गरेको काम उहाँहरुले देख्नुभयो । अहिले मलाई सपोर्ट गर्नुहुन्छ ।’,यो क्षेत्रमा आएपछि उनले कमाएको भनेको सम्बन्ध छ । पेशाले उनलाई अलि परिपक्क बनाएको छ । घरमा केही परि आयो भने, उनी अगाडि सर्ने भएकी छन् । समाधान गर्न पाउँदा परिवार खुशी हुन्छिन्। यहि नै मिसिकोको लागि गर्वको कुरा भएको छ ।,शिक्षित परिवार भए पनि उनलाई केही यो पेशामा लाग्नलाई प्रोत्साहन थिएन । उनी छोरी भएकोले नै अहिले समाजले के भन्छ अनि भविष्यमा के भन्लान् भन्ने विचारले उनलाई बारम्बार घोचिरह्यो । त्यसैले उनलाई परिवारलाई राजी गर्न गारो भयो । सम्झँदा चलचित्रको दृश्य जस्तै लाग्छ मिसिकोलाई ।,‘तर मलाई म माथि विश्वास छ, मेरो यात्रा के हो। जुनसुकै क्षेत्रमा पनि राम्रो नराम्रो पाटोहरु त छन् । मलाई थाहा छ म कसरी अगाडि बढ्ने हो । मलाई अरुलाई पनि देखाउन मन छ। म आफै आफ्नो सर्तमा हिँडिरहेकी छुँ, म एकदमै खुशी छु ।’,उनले रेष्टुरेन्टलाई रक्सी, मोज रमाइलोको रुपमा मात्र हेरेकी छैनन्, परिवारको लागि राम्रो समय बिताउने ठाउँको रुपमा लिन सकिने उनको विचार छ । यस्तै, रेष्टुरेन्टले खानेकुराको संस्कारलाई पनि विकास गरेको हुन्छ । नराम्रा कुराहरुलाई हेर्दै नहेरेर उनी राम्रो पाटो औल्याउँदै अगाडि बढिन् ।,नेपाली एक उखान अहिले मिसिकोको जीवनसँग मिलेको छ, ‘त आँट म पुर्याउँछु।’,स्काई लाउञ्जमा उनी हरेक दिन दिउँसो १ बजे आउँछिन् । बेलुका १२ बजे हिसाब किताब गरेर जान्छिन् । हुन त उनका पार्टनरहरु छन् त्यहाँ तर उनी साथीहरुसँग बसेर सबै काम सकाएर जान्छिन् । उनको रेष्टुरेन्ट क्षेत्रको करियरमा उनलाई साथीभाइको सहयोग धेरै छ, त्यसैले उनी सधैँ उनीहरुको साथ दिइरहन्छिन् ।,बाबा आमा अमेरिका बसेको तीन वर्ष भयो, यता आएको बेलामा उतै जाम भन्नु हुन्छ । उनी बाहिर जान्छिन्, उताको सजावट, तरिकाहरु सिकेर आउँछिन् । दुवई, भारतका विभिन्न ठाउँमा सिकेको कुरा एक्सप्लोर गर्छिन्। बाहिर सेटल हुने उनको परिवारको आग्रह उनले मानेकी छैनन्।,किनकी मिसिकोको गन्तव्य, लक्ष्य अब नेपालमा नै छ। साथी सर्कल, कामको कन्ट्याक्ट नेपालमा नै भएकोले अब उनलाई बाहिर जानु छैन । बरु सबै भनेको जस्तै भए, चाँडै नै अर्को व्यवसाय पनि सुरु गर्नु छ उनलाई ।,रहर त अनेक हुन्छन्, अन्त्यमा मिसिको भन्छिन्, ‘सबै सोचेको जस्तै हुँदै गयो भने आफूले पढेको विषयको उपयोग गर्दै वोल्ड होम खोल्ने रहर छ।’,
| सुजाता खत्री |
कपाल काटेरै जीवन ‘इन्जोय’ गरिरहेका युवक |
,कवि दैवज्ञराज न्यौपानेको ‘किसानको रहर’ कविताका यी हरफ प्रायः सबैको मनमा बसेको छ। स्मृतिमा अमिट छ। यिनै हरफ सम्झँदै–बिर्सँदै, फेरि सम्झिने प्रयास गर्दै हुँर्केका हुन्, असिम सारु मगर। २६ वर्षका लक्का जवान ठिटो भए असिम।,कविताको भावजस्तै सानैदेखि उनलाई घरको परिस्थितिले ‘माम खानलाई काम गर्नुपर्छ’ भनेर सिकायो। मामको जोहोको यात्राले उनको पहिचान पनि बनाएको छ। ‘हेयर डिजाइनर’ असिम सारु मगर भएका छन् उनी।,कैलालीको टीकापुरमा जन्मी हुर्केका असिमको परिवारमा बहिनी अनि आमा छन्। बुवा उनी सानै हुँदा बिते। बुवाको छत्रछायाँबाट वञ्चित भएका उनी अहिले कम्तिमा ‘मानो’ जोड्ने हिसाबमा आमा र बहिनीका संरक्षक बनेका छन्।,‘गाउँमा आमालाई हामीलाई हुर्काउन सारै गाह्रो थियो’, मगर भन्छन्, ‘आमालाई सानैदेखि सहयोग गर्थेँ।’ उनकी आमा जानकी सारु मगरले किराना पसल खोलेकी थिइन्, हेल्थपोस्टको स्वयंसेवक पनि थिइन्। त्यहि कामले जोरजाम गरेको पैसाले छोरा–छोरी पढाइन्। उनको आशा जेठो छोरा थिए।,असिमले आमाले आफूमाथि गरेको भरलाई बुझेका थिए, चाँडै नै आमाले बोकेको जिम्मेवारीको भारी बाँड्नु थियो। आमाको काँध हलुका पार्नु थियो। आफ्नो थाप्लोमा जिम्मेवारीको भारी सार्नु मन थियो, रहरले होइन आमालाई हुलुको बनाउने चाहले।,एसएलसी पास गरे, अनि गाउँ छोडे। प्लस टू मा व्यवस्थापन सम्बन्धी अध्ययन गरे। त्यसपछि उनको बाटो मोडियो। उनी भारत गए, कपाल काट्ने कला सिक्न। ‘मेरो अंकल हुनुहुन्थो इन्डियामा। मैले तालिम लिने कुरा गरेँ, उहाँले सहयोग गर्नुभयो।’,सन् २०१२ देखि उनको जीवनको अघिको बाटो तय भयो। मुम्बईको ‘बिएलसिसी’ मा उनले कपाल काट्ने तालिम लगायत अन्य काम सिके। ‘डिप्लोमाको कोर्स भन्छन्, त्यसलाई’ मगर भन्छन्, ‘त्यसपछि मैलै ८ हजार आइसीमा काम गर्न सुरु गरेँ।’,असिमलाई विभिन्न कुराको शोख थियो, फुटबल खेल्न सारै रुचाउँछन्। फुटबलमा उनको लगाव देखेर ‘फुटबलमा भविष्य छ’ भनेका थिए गुरुहरुले। तर एसएलसीपछि उनले पहिला जसरी फुटबल खेल्न पाएनन्। फुटबल चाख लाग्दो विषय थियो उनका लागि व्यक्तिका कपाल काटेर थरिथरीका ‘स्टाइल’ दिनु।,‘घर नजिकैको पसलमा कपाल काटेको हेर्ने रहर खुब हुन्थ्यो, पछि पछि त्यहाँको दाइले कपाल मिलाउन दिन्थे पनि’ मगर भन्छन्, ‘बिस्तारै सिकेँ।’,‘मगरको छोराले नाई काम गर्ने’ भनेर पहिले खिस्याउनेले पनि अहिले उनको लगाव अनि उनले देखेको सम्भावनाको खुलेर प्रशंसा गर्छन्।,स्कूल पछाडि फूटबल छुटे पनि कपाल काट्ने उनको शोख भने त्यतिबेला जुरमुरायो। प्लस टू सकिनै लाग्दा उनले यसपछि के गर्ने भन्ने विचार गरे। त्यसपछि अध्ययन। स्कोप हेरे, कमाई हेरे। त्यसपछि आधिकारिक मान्यता अनि विभिन्न तरिकाको सीप विकास गर्न लागे। आमासँग कुरा गरे, नाइनास्ति आएन। अनि उनी लागि परे आफ्नो शोखलाई पूरा गर्न।,उनलाई नक्कल पार्न सारै मन लाग्थ्यो। घरी कपाललाई जेल लगाएर ठाडो पार्थे, घरी सपक्क। आफ्नो कपाल मिलाउँदा मिलाउँदै उनले पेसा नै त्यही बनाए।,६ वर्षपछि उनले समाएको बाटो सहि भएको सावित भएको छ। उनी महिनामा ४० हजार कमाउँछन्। आमा र बहिनीलाई काठमाडौँ ल्याएका छन्। बहिनी नर्सिङ्ग पढ्दै छिन्। काठमाडौँको बसाई र बहिनीको पढाइ उनकै कमाईले चलेको छ।,जुनदिनबाट हातले व्यवसायिक उद्देश्यले कैँची उठायो, त्यो दिनदेखि उनलाई फर्केर हेर्नुपरेको छैन। भारतमा काम अनि कमाई राम्रो थियो तर परिवारसँग आफ्नै देशमा काम गर्न मन लाग्यो।,एकपल्ट सिंगापुर जाने तयारी पनि गरेका हुन् तर अब नेपालमा नै केही गर्ने सोच द्धृढ भएको छ।आफ्नो कमजोरी केलाउँदै, त्यसलाई सुधार्दै अगाडि बढिरहेका छन् असिम। ‘मोबाइलमा धेरै समय जान्छ मेरो। कम चलाउन सिक्दैछु।’,काठमाडौँ मलको चौथो तलाको फेसल हाउसमा निलो ज्याकेट लगाएर काम गरिरहेका हुन्छन् असिम। बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म उनलाई त्यहाँ भेट्न सकिन्छ। धेरै जसो समय हातमा कैँची हुन्छ, कि त हेयर ड्रायर।,उनलाई सौन्दर्य सम्बन्धी अरु काम पनि आउँछ तर फेसल हाउसमा आउने धेरैले उनलाई कपाल सम्बन्धी काम गर्न अनुरोध गर्छन्। एकपल्ट सेवा लिएका मानिसहरु सम्झेर फेरि उनीसँगै सेवा लिन्छन्।,६ वर्ष पूरा भयो यो क्षेत्रमा काम गर्न थालेको। अब भने उनलाई आफै व्यवसाय सुरु गरौँ कि भन्ने लागको छ।,‘केही वर्षपछि त्यो पनि सम्भव होला।’ असिम कन्फिडेन्ट देखिए, कामको दुःख नै हुन्न भन्दै उनले भने, ‘जबसम्म मान्छे संसारमा हुन्छन्, तबसम्म मैले गर्ने काम भइरहन्छ।’ | सुजाता खत्री |
माघ १ : दिन एक, पर्व अनेक | आज माघ १ गते । मितिले माघ १ भए पनि यो दिनलाई धेरै नामबाट चिनिन्छ ।,माघे संक्रान्ति –धनु राशिबाट मकर राशिमा सूर्य प्रवेश गर्ने दिन, यसलाई मकर संक्रान्ति पनि भनिन्छ ।,तिलुवा संक्रान्ति–पूजा विशेषमा प्रयोग हुने तिल माघ १ मा विशेष परिकार बन्छ, तिलमा सख्खर मिसाएर लड्डु बनाइन्छ।,माघी–थारु समुदायको लागि नयाँ आर्थिक वर्ष, आजदेखि उनीहरुको नयाँ बहिखाता सुरु हुने दिन। हरुवा–चरुवा कमलरीहरुको जागिर परिवर्तन हुने दिनका रुपमा मनाइन्छ। (हरुवा–चरुवा र कमलरी पर्था मानवअधिकारको विरुद्धका परम्परा रहेकाले सरकारले यसलाई उन्मुलनको घोषणा गरेको छ । थारु समुदायमा अहिले समुदायको नाइके छानेर तथा आर्थिक गतिविधिको नयाँ खाता सुरु गरी अनि नयाँ अन्नहरुका मिठा परिकार खाएर मनाउने गरिएको छ ।),नयाँ वर्ष–मगरले नयाँ वर्षको रुपमा माघ १ लाई लिन्छन् भने राई लिम्बुले आजको दिन एल वर्ष सुरु हुने विश्वास गर्छन्।,परिकारको पर्व–माघ १ घ्यू चाकू, तरुल, तिलको लड्डू खाने दिन हो। अझै धेरैको घरमा सखरखण्डा, पिँडालु, मासको बारा, सेलरोटी पाक्ने गर्छ। यो दिन खाइने खाना र धार्मिक कर्महरुले पनि यो पर्वलाई विशेष बनाउँछ।,नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङका अनुसार यो परम्परा कहिलेदेखि सुरु भयो भन्न सकिँदैन। तर जाडो मौसममा मानिसको स्वास्थ्यको लागि आश्यक खानेकुरालाई पहिचान गराउन यो पर्व सुरु भएको उनको भनाई छ।,‘माघ १ मा खाइने सबैजसो खानेकुरा शरीरलाई न्यायो गराउने छन्’, उनी भन्छन्, ‘माघ १ मध्य जाडोको समय भएकोले आज सांकेतिक रुपमा यी खानेकुरा प्रयोग हुन्छ।’,तरुलमा पाइने पौष्टिक तत्व बाहेक यो रेसा भएको खानेकुरा हो, रेसेदार खानेकुराले पेट सफा गर्न मद्दत गर्छ।,तिल लेसिलो खानेकुरा हो, तिलको लड्डुले पनि पेट सफा गर्न मद्दत गर्छ।,शरीर तातो बनाउन सहयोगी खानेकुरा हो घ्यू, चिल्लोले शरीरलाई न्यायो बनाउँछ। तर धेरै घ्यू खाँदा रक्तचाप घट्ने सम्भावना भएकोले घ्यूसँगै चाकू खाने परम्परा आएको हो।,गुरुङ भन्छन्, ‘अहिले हामीलाई रक्तचाप कम भएको बेलामा चिनी, चकलेट खान दिइन्छ, हाम्रो पुर्खाले यही समस्या समाधान गर्न चाकु खाने गर्थे।’ जाडोमा शरीर न्यानो बनाउने खाना अदुवा पनि हो।,आजको दिन स्नानको पनि धेरै महत्व छ। मकर गंगाको प्रतिक मानिन्छ। त्यसैले गंंगामा स्ना गर्न माघ १ महत्वपूर्ण मानिन्छ। आफ्नो पायक पर्ने पँधेरा, खोला पनि स्नान गर्ने चलन छ।,नेपालमा माघे संक्रान्तिका प्रसिद्ध मेला लाग्ने गर्छन्, रुरु क्षेत्रमा हुने ‘रिडि मेला’ अनि देवघाट नुहाउने मेला। यो बाहेक, उपत्यकामा बाग्मति र मनमति अर्थात मनहराको संगम स्थल संखमुलमा पनि मेला लाग्छ।,स्नानपछि परिवारका सदस्यलाई मासको पिठोमा चामल मिसेर टिका लगाइदिने चलन छ। उपकुलपछि गुरुङ भन्छन्, ‘अहिले रातो अक्षताको चलन आयो।’,गुरुङ भन्छन्, ‘मनाउने परम्परामा परिवर्तन आयो। हामीले धेरै कुरा छोड्दै छौँ। नयाँ पुस्तामा सीप हस्तानतरण नहुँदा सँस्कृति मासिने जोखिम छ।’,उनका अनुसार आजका युव वैज्ञानिक कुरामा विश्वास गर्छन्। नयाँ पुस्तालाई वैज्ञानिक तर्कसहित सँस्कृति नबुझाउँदा देखावटीमा जोड भइरहेको छ। | सुजाता खत्री |
सत्कारको कर्ममा रमेकी राधा | चितवन (घटगाईँ) – उमेर दुई बिस पुग्न लाग्यो । उर्जा भर्खर २० को आसपासका युवाको जस्तो छ । र जाँगर अटुट छ । उनले हाँस्न जानेकी छन्, भित्र जस्तो हुण्डरी चले पनि । किनकी उनको पेशा नै यस्तै छ, पाहुनालाई स्वागत गर्ने । उनीहरुको ख्याल गर्ने र रमाइलो परिवेश सिर्जना गर्ने ।,चितवनको घटगाईँकी राधा खड्का पर्यटन व्यवसायमा छिन् । त्यो भन्दा पनि उनी सत्कारको कर्ममा छिन् भन्दा उपयुक्त हुन्छ । कुरा गर्दै जाँदा उनले आफ्नो उमेर ३९ वर्ष पुगेको बताएकी थिइन् । अनि कुरैकुरामा थाहा लागेको थियो कि उनले बिहे गरेकी छैनन् वा बिहे गर्ने फुर्सदै मिलेन ।,राधाले चलाउन त ‘रिभर भ्यू लज एण्ड रेस्टुरेन्ट’ नाममा व्यवसाय गर्दै आएकी छन् । तर उनको लजमा पुग्ने पाहुनाले लज भन्दा घरको अनुभव गर्छन् । आत्मियता पाउँछन् । राधा मुस्कुराउँदै सबैलाई आफ्नो सत्कारको जीवनमा समाहित गर्छिन् । उनको लज होमस्टे त होइन, तर होमस्टेको जस्तो ‘स्वाद’ भने दिन्छ।,एसएलसीसम्मको पढाई गरेकी राधाले सानैदेखि बुवाआमालाई होडल सञ्चालनमा सहयोग गर्दै आएकी थिइन् । यहि कारण हुन सक्छ उनमा पाहुनाको स्वागत–सत्कार गर्ने बानी बस्यो । अनि १५ वर्षअघि उनले आफ्नै काँधमा जिम्मेवारी लिएर सञ्चालन गर्दै आएकी हुन् यो लज ।,राधाको लजमा विदेशी पाहुना पुग्छन् । उनको हातबाट बनेका परिकारको स्वाद लिन्छन् । कोही भान्छामै पुगेर उनले पाउँदै गरेको हेर्छन् । कोही पाककला सिक्न खोज्छन् । रमाउँछन् उनीहरु र राधालाई पनि रमाइलो लाग्छ । स्वदेशी पाहुनाहरु पनि पुग्छन्, अनि उसैगरी रोमाञ्चित हुन्छन् । सानातिना अप्ठ्याराहरु आउँछन् र ति टर्दै पनि गएका छन् ।,राधाकोमा पुग्ने पाहुनाहरु अधिकांश सौराहको बसाईपछि त्यहाँ पुगेका हुन्छन् । उनले सकेसम्म आफ्नै उत्पादनहरुका परिकार पाहुनालाई पस्किन्छिन् । उनले काममा सघाउनका लागि काम गर्ने सहयोगी पनि राखेकी थिइन् । तर उनी विदेशी पाहुनासँगै बिहे गरेर गएपछि अहिले राधा एक्लैले सबैकाम भ्याउँदै आएकी छन् ।,सबै काम आफैले गर्ने भए पनि उनलाई गाह्रो भने लागेको छैन, आफ्नै ठाउँमा आँटले गरेको सत्कारको पेशामा राधाको मन बसेको छ र कर्म त्यहि अनुसार चलेको छ ।, , , | बर्षा शाह |
जो राजा वीरेन्द्रको दौरा सुरुवाल सिलाउँथे | १२ वर्षको फुच्चेलाई बुबाले हातमा सियो र धागो थमाइदिए। मनले समात्न मानेकै थिएन। तर बुबाको अगाडि ठाडो शीर उठाएर हेर्ने हिम्मत नभएको बेला ‘नाई’ भन्ने शक्ति हेमराज शाक्यलाई आउँदै आएन। जे अराएको हो, ‘हस’ भनेर गर्ने शाक्यलाई ७७ वर्षको हुँदा त्यही सीप खर्च जोहो गर्ने माध्यम बनेको छ।,वि सं १९९९ मा हेमराज शाक्यको जन्म पाटनको न्हः टोलमा भयो। एउटा मात्र छोरा, बाबुआमाको सहयोगी। शाक्यका दिदी र बहिनी छन्। शाक्यको परिवारको पुर्ख्यौली पेशा हो सिलाई। शाक्यका बुबा दरबारमा काम गर्थे। २०२८ सालबाट बुबाले दरबारमा सिलाइ बुनाइको काम गर्न थाले। २०३६ सालमा बुबा स्वर्गे भएपछि हेमराज दरबार छिरे। पुर्ख्यौली बिँडो थाम्दै।,राजा वीरेन्द्रको वंश नाश भएपछि दरबार जाने उनको बाटो पनि बन्द भयो। ‘धेरै अगाडिदेखि म दरबार गएको नै थिइन।’,ललितपुर महानगरपालिका भवन भन्दा पछाडि पर्छ न्हःटोल। बाटोको छेवैमा भएको गणेश मन्दिरको साइडमा सानो गल्ली छिर्ने बाटो छ। ढोकाको माथिपट्टि सानो होडिङ्ग बोर्ड। भित्र थोरै खुल्ला ठाउँ। वरिपरी घर। त्यहाँ उभिएका अग्ला घरहरुमध्ये एउटा घरको ढोका नजिकै बाहिरको जस्तै बोर्ड छ। बोर्डमा लेखिएको छ, ‘एचआर टेलर्स’ ढाकाको दौरा सुरुवाल लगाएका एउटा पुरुष नमस्कार गरिरहेका छन्।,होचो ढोका भित्र उनकी श्रीमति चन्द्रदेवी शाक्य सामान मिलाउँदै थिइन्। भर्याङ उक्लेपछि पहिलो तलाको देब्रे पट्टिको कोठामा शाक्य दौरा सुरुवालको कपडा मिलाउँदै थिए। दुई खाट, एउटा टेबल भएको यो कोठा हेमराजको संसार हो। घर त्यति पुरानो त देखिँदैन, तर उनीहरुले बताएअनुसार १९९० सालको भूकम्पमा नढलेको हो। भित्तामा १४ इन्चको टेलिभिजन छ। त्यसको तलपट्टि खाट अनि खाटको सिरानमा अक्सिजनको सिलिन्डर। ‘मलाई दम छ। काम गर्दा बेलाबेलामा आधा घण्टा जति सिलिन्डर लगाउँछु।’,खाटको सिरानी पट्टी बाहिर निस्कले झ्याल छ, बाहिरको बार्दलीमा सिलाइ लक गर्ने मेशिन। टेबलमा शाक्य उभिएर काम गरिरहेका हुन्छन्। उनको पछाडि अर्को खाटमा उनकी श्रीमति, सिलाई टिपिरहेकी हुन्छिन्, मोटो चश्मा लगाएर। उनीहरुको दैनिकी सधैँ जसो उस्तै छ।,बिहान चार बजे उठ्ने, मुख धुने, नित्य पूजा गर्ने। अनि काम गर्न थाल्ने। उनलाई पूजा गर्न अलि समय लाग्छ। आधाघण्टा, कहिलेकाँही ४५ मिनेट पनि। बेलुका पनि सुत्दा ११ नै बज्छ। कम निदाउछन् शाक्य। उनी भन्छन्, ‘बानी नै भईसक्यो, सानैदेखि बाले १ दुई घण्टामात्र सुत्न दिन्थे।’ उनको परिवारमा राणा शासन जस्तो व्यवस्था थियो। शाक्यका बुवा एकदमै कडा स्वाभावका, हातका केही खत देखाउँदै उनले भने, ‘निन्द्राले झुम्म पार्दा पार्दै काम गर्दा कतिपल्ट सियोले घोचेको छ।’,भित्तामा रातो बत्ति छ। झ्यालबाट आएको बत्तीको प्रकाश कम भयो भने उनी त्यही बत्ती पिलिक्क बालिहाल्छन्।,तर अहिले पनि उनी त्यही काममा छन् जसलाई उनले निन्द्रामा झुलि झुलि, हातमा खोपी खोपी सिके। दौराको बाउला कैँचीले काट्दै उनले भनेँ, ‘मैले मेरो सन्तानलाई यो काम सिकाइन।’,उनको परिवार अहिले ५ जनाको छ। हेमराजका बुढाबुढि अनि उनको छोराको परिवार। छोरा र नाति हस्तकलाका काम गर्छन्। दुई नातिमध्येका जेठा प्रदिप शाक्य थांका चित्र कोर्दै थिए।,तर श्रीमति चन्द्रदेवी शाक्य भने उनको सहयोगी भईन्। काम पहिला जानेको थिएन, सघाउँदा सघाउँदै आयो।,२०१५ सालमा उनीहरुको विवाह भयो। विवाह पछि चन्द्रदेवीले सासुको खटनी खानु पर्यो। ससुराको अगाडि त छिस्रिक्क गर्न सक्ने थिइनन्। श्रीमान्ले आफूलाई सघाए हुन्थ्यो जस्तो गर्ने, सासुले श्रीमान् नजिक भएको देखि नसहने। यसो गर्दा गर्दै समय बित्यो। बिस्तारै सबै ठीक भयो। हेमराज घरमा बसेर काम गर्न थालेपछि उनी पनि रोजगार भइन्। शाक्य दरबारमा काम गर्न जानेभएपनि चन्द्रदेवी कहिले पनि दरबार जान पाइनन्।,हेमराज कपडामा आइरन घस्दै थिए, अलि पुरानो भएकोले आइरन आवाज निकाल्दै थियो। चन्द्रदेवी एकाएक हाँस्न थालिन्, ‘मलाई बेला-बेलामा त तर्साए पनि। उनलाई भेट्न धेरै केटी पनि आउँथे।’,श्रीमतिको कुरा सुनेर हेमराज मुसुमुसु मुस्कुराए मात्र । ‘विवाह गर पनि भन्थे, म केही भन्ने थिइन’ उनी सुनाउन थालिन्, ‘मलाई केही भन्न आउँदैन थ्यो, तर भगवानले छुटाइदिए।’,चन्द्रकुमारीले सानैमा आमा गुमाएकी थिइन्, उनको बुबाले नै उनी र उनको बहिनी हुर्काएका थिए। घरमा मायामा हुर्केकी उनलाई विवाह गरेपछि केही समस्या झेल्नुनैपर्यो। तर हेमराजले उनलाई धोका दिएनन्। कोठाका भित्तामा यो दुवैको विभिन्न उमेरका जोडी फोटा छन्। जोडी ढुकुर जस्तै।,यो जोडीलाई अहिले पनि एक अर्काको सारथी छन्। उमेर बढ्दै गएपछि अनेक रोगले शरीरलाई गाजेको छ, दुवैले दुवैको ख्याल पनि राख्छन्। चन्द्रदेवीलाई सुगर छ, औषधि खाइरहेकी छन्। हेमराज बेला बेलामा ‘ग्लूको मिटर’ ले सुगरको मात्रा पनि नापी दिन्छन्। बाथको औषधि खान सम्झाउँछन्।,चन्द्रदेवीको पनि दायित्व छ, त्यस्तै किसिमको। बोल्दा बोल्दै शाक्य खोक्दै थिए। सुकेको स्वरमा उनको आवाज सानो निस्कन्थ्यो, घाँटी बसेको जस्तो। दम भएर औषधि खाएपछि उनको स्वर बसेको रे , उनले पिरो, अमिलो, चिल्लो, काउली, बन्दा, गोलभेडा लगायत सर्दी हुने खानेकुरा खान छोडेको निकै वर्ष भयो। खाने भनेको हरियो सागपात, दाल भात मात्रै।,बाहिर निस्कदा पनि कहाँ जाँदैछु भनेर सोचेर जानुपर्छ, उनी भन्छन्, ‘थोरै हेलचेक्राई गर्यो की गयो।’,यो अवस्थालाई सहजीकरण गर्नकै लागि भए पनि हेमराज काम गरिरहेका छन्। उनले कमाएको पैसाले दुई बुढाबुढीको जसोतसो खर्च टरेको छ, नसकेको बेलामा छोराले सहयोग गर्छन्।,हेमराज बाथको औषधि पनि बेच्छन्। कुरा गर्दै गर्दा एक जना मानिस आए र पैसा तिरेर औषधि लगे।,पातलो जिउडाल, अनुहारमा उमेरको मुजा परेको छ, नाकमा चश्मा अडेको छ। कान चनाखै सुन्छन्। फोटो खिच्न उनलाई खुब मन पर्छ। त्यो सानो कोठाको भित्तो हेमराज र चन्द्रदेवीको धेरैवटा फोटोले ओगटेको छ। हेमराज एकपछि अर्को फोटो देखाउन थाले, ‘राजकुमारी श्रुतिको विवाहको बेलामा खिचेको, यो चाँही स्वयम्भूमा’ ।, उनले धेरै फोटोहरु राखेका छन्, बेलाबेलामा पल्टाउँछन् अनि दंगीएर बस्छन्। उनले आफ्नो आमाबाबाको फोटो पनि सम्हालेर राखेका रहेछन्, फोटो हेरेर उनी मख्ख परे।,आमाको फोटो भन्दा बुवाको फोटोको रंग अलि धमिलिएको थियो र उनले भनेँ, ‘प्रिन्ट गर्दा रंग फरक पारिदिए।’,शाक्य एउटा ब्राण्ड बनिसकेका छन्। उनलाई खाली बस्नु परेकै छैन। न ठूलो साइनबोर्ड, न विज्ञापन। त्यही पनि उनलाई दौरा सुरुवाल नसिलाई बस्न फुर्सद नै हुँदैन। अहिले काम गर्ने उनी एक्लै छन्। पहिला धेरै थिए। उनी भन्छन्, ‘काम सिकेपछि आफ्नै व्यवसाय सुरु गरे। ’,अहिले उनलाई एचआर टेलर्सको एकलौटी जिम्मेवारी छ। बिहान भगवानको पूजाआजा सकेपछि सुरु भएको ड्यूटी बेलुका अबेरसम्म पनि चलिरहन्छ। साँझ बिहान समय हेरेर एकछिन हावा खान घर बाहिर निस्कन्छन् पनि।,उनलाई लेजिड जेन्स सबै किसिमको कपडा सिलाउन आउँछ। तर केही समय अघिदेखि उनले राष्ट्रिय पोशाक मात्र सिलाउँछन्। उनको त्यही सानो कोठाको भित्ते दराजमा दौरा सुरुवाल सिलाउने कपडाहरु छन्। कपडा सिलाउन आउँनेले त्यहीबाट कपडा छान्छन्। भर्याङको दायाँपट्टी कपडा सिलाउने मेशिन छ। बेला बेलामा उनी त्यही मेशिनलाई घिर-घिर पार्छन् र दौरा सुरुवाल बनाउँछन्।,महिनाको ३० देखि २० हजार रुपैयाँ आम्दानी हुन्छ। उनले सिलाइको नयाँ नयाँ कामहरु धेरै ठाउँमा घुमेर सिकेका हुन्। उनी भन्छन्, ‘जसजसले काम गराउँछन्, प्रायः दोहोराएर आउँछन्, साथी ल्याउछन्। अहिलेसम्म ‘नो कम्प्लेन।’,पट्टाइएको कपडामा कालो डटपेनको सुन्दर अक्षर थिए। हेमराजले लेखेका हुन्। शाक्यको औपचारिक शिक्षा जम्मा पाँच कक्षासम्म मात्र छ। त्यतिबेला पढ्नुपर्छ भन्दा पनि काम गर्नुपर्छ भन्ने भावना थियो। उनले पढेका विद्यालय बालबिनोद विद्याश्रम र श्री चन्दी विद्या आश्रम हुन्। उनी भन्छन्, ‘जमाना फेरियो, अहिले त पहिला पढ्नुपर्छ अनि मात्र काम गर्नुपर्छ भन्छन्।’,उमेर ढल्कदैँ गईरहेको छ, उनको जाँगर एक रति पनि घटेको छैन। हेमराज छोरा हुँदा पाँच जनाको परिवार थियो, अहिले छोरा, छोरी, नाति, नातिनी समेत गरेर ४० जना भन्दा बढि पुगिसकेको छ। ‘रातो मछिन्द्र नाथको जात्रामा घरमा सबै आफन्तहरु भेटिन्छन्’। यही नै उनको सम्पत्ति हुन्।,‘त्यो बेला सहज थिएन।’ उनी आफ्ना अतित सम्झन थालेँ, ‘२००७ सालमा खेल्ने समय थियो। जब काम गर्न थालेँ व्यवहारिकताले सबै सिकायो।’ बाजेको पालादेखिनै दरबार र राणाको कपडा सिलाउने पेशा भएकोले दरबार र राणा शासनको धेरै किस्सा सुनेका छन् उनले।,‘मान्छेभन्दा ठूला चाङ्ग हुन्थे रे कपडाका’, उनी भन्न थाले, ‘त्यो बेला महिलाका साडी पनि एक दमै लामो हुन्थे, त्यसका पनि कारण छुट्टै छ।’,बसेकै स्वरमा उनी भन्न थाले, ‘बाले सुनाउथे, राणाको काम गर्नु भनेको तरवारमा हिँडे जस्तै थियो, केही गल्ति भयो खैरियत छैन।’,उनी आफैले अनुभव गरेको दरबार भनेको राजा वीरेन्द्रको समय हो। धेरै कम पटक मात्र उनको वीरेन्द्रसँग भेट भएको थियो, उनलाई राजा जाति लाग्थे। दरबारमा काम गर्दा पाएको बक्सिस, विवाह वर्तबन्धमा दरबारबाट आउँने सहयोग उनका मीठा स्मृति हुन्।,२०३६ सालमा उनी दरबार छिर्दा नेपालका राजप्रमुख राज वीरेन्द्र थिए, त्यसबेलादेखि राजा वीरेन्द्रको निधन अवधिसम्म उनी दौरा सुरुवाल लगायत अरु कपडा सिलाउन दरबार जान्थे। तर दरबारहत्याकाण्ड भन्दा केही समय अगाडिबाट नै दरबार नपुगेका शाक्यलाई त्यहाँ के भयो होला भन्ने कौतुहलता छ, सबै नेपालीलाई भएजस्तै।,जागिर छुटेपनि सीप छुटेन, उनले आफूले जानेको सीपलाई छाडेनन्। त्यसको लागि कुनै कार्यलय चाँहिएन। आफ्नै घरको दुई कोठा सिलाउन, मिलाउन, भण्डारन गर्न काफी छ। कमाएको पैसा थोरै सहकारीमा पनि जम्मा गर्छन्। जङ्कु गर्ने बेला भएको छ शाक्यको। ज्यानले साथ दिएसम्म दौरा सुरुवाल सिलाउने नै मनसाय छ।,तस्बिरहरु सुलभ श्रेष्ठ | सुजाता खत्री |
निद्रा लाग्दैन ? यी सात उपाय अपनाइ हेर्नुस् त ! | हाम्रो शरीर एउटा प्रक्रियामा चलेको हुन्छ। सूर्य उदाएपछि दिन शुरु भएजस्तै मानिसको शरीर पनि चल्न शुरु हुन्छ। सूर्य अस्ताएसँगै शरीरले पनि आरम खोज्छ। दिनभरी चलायमान भएको शरीर रातमा आराम गरेर भोलिपल्ट फेरि सक्रिय हुन्छ, यसको लागि मानिस निदाउन जरुरी छ। भनिन्छ, एक स्वस्थ मानिसलाई ६ देखि ८ घण्टा निदाउनु पर्छ। मानिसको निन्द्रालाई मोबाइलसँग दाजेर भन्ने हो भने, निदाउनु भनेको रिचार्ज गर्नु हो।,तर कतिपय मानिसलाई निन्द्रा नलाग्ने समस्या हुन्छ। सुत्ने समयमा निन्द्रा नपर्नु, निन्द्रा परेपनि राति बिउँझनु र फेरि सुत्न नसक्नु, बिहान अति चाँडै आँखा खुल्नु अनिन्द्राको लक्षण हुन्। हुन त उमेरले ३० नाघेपछि अनिन्द्राको समस्या हुन्छ भन्ने डाक्टरहरु बताउँछन्। तर अनिन्द्राले विभिन्न समस्या ल्याउन सक्छ। अनिन्द्राको समस्या कम गर्न यस्तो तरिका अपनाउन सकिन्छ:,तपाईँको सुत्ने कोठा निदाउनको लागि मात्र हो, यसलाई बस्ने, पढ्ने अथवा छलफल गर्ने कोठाको रुपमा प्रयोग नगर्नुहोस्। सुत्ने कोठा तपाईँको ध्यान कक्ष जस्तै हो। रातमा कोठा शान्त र अध्यारो हुनुपर्छ। भनिन्छ, अँध्यारोमा शरीरले ‘मेलाटोनिन’ हर्मोन उत्पादन गर्न सहयोग गर्छ। मेलाटोनिन निन्द्रा लाग्न सजिलो पार्ने हर्मोन हो।,सम्भव भएमा आँखामा पट्टी बाँधेर सुत्नुपर्छ। मोबाइल फोन अफ गर्नु, कम्प्यूटरको स्क्रिन अफ गर्नुपर्छ। भनिन्छ, कम्प्युटरको निलो प्रकाशले मेलाटोनिन हर्मोन उत्पादनमा नकारात्मक प्रभाव पार्छ। सुत्ने डस्ना पनि उपयुक्त भएको नभएको याद गर्नुपर्छ।,अनि शारीरिक सम्बन्ध राख्नु पनि अनिन्द्राको समस्या कम गर्ने उपाय हो। सम्भोगले अनिन्द्राको समस्याबाट बाहिर आउनलाई सहयोग गर्ने अनुसन्धानले बताएको छ।,हाम्रो शरीर स्वस्थ हुनुमा सुत्ने बानीको ठूलो भूमिका हुन्छ। त्यसैले निन्द्रालाई प्रभाव पार्ने कुनै पनि काम गर्नुहुँदैन, चाहे त्यो दिउँसो होस् अथवा राति। सुत्ने समय भएपछि अरु काम छोडेर सुत्ने नै प्रयास गर्नुपर्छ। आफ्नो सुत्ने समयलाई रमाइलो, गुणस्तरीय बनाउन सकिन्छ । त्यसको लागि तातो पानीले नुहाउनु, सुत्ने समय भन्दा ४० मिनेट अगाडि फोन, कम्प्यूटर लगायत अरु सामान स्वीच अफ गर्नु अति आवश्यक हुन्छ। यस बाहेक किताब पढ्नु, रात्रीकालिन गीतहरु, धुनहरु सुन्नु उपयुक्त हुन्छ।,मादक पदार्थले तपाईको निन्द्राको समयलाई प्रभाव पार्न सक्छ। सुरुमा यसले तपाईलाई निदाउन मद्दत गर्छ तर पछि केही घण्टामा नै निन्द्रा खुल्ने हुन्छ। सुत्नु अगाडि धेरै खानु पनि राम्रो मानिँदैन। साथै चिल्लो, पिरो खाना खानाले छाती पोल्ने, पेट दुख्ने समस्या आउन सक्छ र यसले निन्द्रालाई प्रभाव पार्छ। दिउँसोको खाजा खाएपछि कफी नखानु निन्द्राको लागि राम्रो हुन्छ। सन् २०१७ मा सार्वजनिक भएको एक अध्ययनले ‘क्याफिन’ जन्य खानेकुराले निन्द्राको समय र गुणस्तरमा प्रभाव पार्ने उल्लेख गरेको छ।,हामी राम्ररी निदाउन नसक्नुको अर्को कारण भनेको भोलि उठ्नुपर्ने सम्झनाले हो। भोलिपल्ट केही महत्वपूर्ण काम गर्नुपर्छ र चाँडै उठ्नुपर्छ भने हाम्री रातमा घरी घरी बिउँझिन्छौँ। घडी हेर्दै सुत्दै गर्ने हामी धेरैको बानी नै हुन्छ। यसले हाम्रो समयलाई गुणस्तरीय बनाउनु भन्दा पनि हाम्रो लागि घाटा हुन सक्छ। त्यसैले घरी घरी घडी हेर्ने बानी बन्द गर्नुपर्छ।,तपाईँलाई ओछ्यानमा पल्टिएको आधाघण्टासम्म निन्द्रा आएन भने उठ्नुहोस्। ओच्छ्यान छोडेर पर बस्नुहोस् र केही सहज काममा आफूलाई व्यस्त राख्नुहोस्। जस्तै किताब पढ्ने, गीत सुन्ने गर्नुहोस् र जब थकान महशुस हुन्छ ओच्छ्यानमा आउनुहोस्। यसले तपाईलाई निदाउन मद्दत गर्छ।,प्रविधिको विकासले अहिले मानिलाई सहज बनाएको छ। अहिले धेरैओटा एप्लिकेसनहरु बनेका छन् जसले हामीलाई परेको समस्या समाधान गर्छन्। निदाउन सहयोग गर्ने एप्लिकेसनहरु पनि छन्। यस्ता एप्लिकेसनको सहयोगले पनि निदाउन सकिन्छ।,अनिन्द्राको उपचार आफू निदाएको समयको तथ्यांक राख्नु पनि हो। तपाईँ कहिले ओच्छ्यानमा जानुहुन्छ, निदाउन कति समय लाग्छ, कि रातभर अनिदो बस्नुहुन्छ? यदि यो सबै क्रियाकलापको तथ्यांक राख्नुभयो भने तपाईलाई आफ्नो बानी थाहा हुन्छ र यसलाई परिवर्तन गर्ने बाटो पनि। यसले हामीलाई निगरानी गरेको चिकित्सकलाई पनि सहयोग हुन्छ।,अनिन्द्रा निराशाको रोग अर्थात डिप्रेसनसँग जोडिएको हुन्छ। भनिन्छ केही मानिसलाई अनिन्द्रा हुनु डिप्रेशनको रोगको सुरुवाती लक्षण हो। त्यसैले यसको समयमा नै उपचार गर्न जरुरी छ। | null |
उदास हुनु हाम्रा लागि किन महत्वपूर्ण? | उदासी निकै महत्वपूर्ण इमोसन अर्थात भावना हो । जब कुनै व्यक्ति उदास हुन्छ, त्यसपछि दिवास्वप्न देख्न थाल्छ र मष्तिस्कमा विविध विचारहरु खेल्छन् वा लक्ष्यबिहीन विचारहरु आउँछन् ।,रचनात्मक यात्राका लागि यो निकै महत्वपूर्ण प्रक्रिया हो । यसलाई व्यक्तिले दैनिक जीवनमा लागु गर्न सक्छन् ।,यदी कुनै समस्यामा अल्झिएको महसुस भएमा वा कुनै विषयमा साँच्चिकै चिन्तित भएको अवस्था छ र त्यसबाट निस्कने विकल्प तत्कालका लागि स्पष्ट नभएको अवस्था छ भने उदासीको अवस्थालाई रहन दिनुपर्छ । मष्तिस्कलाई विकल्पको खोजी गर्न केही समय दिनुपर्छ, त्यसका लागि उदास भएरै बस्नु पर्छ ।,यसले गर्दा व्यक्तिको मष्तिस्कमा विविधि विचलित विचारहरु आइरहन्छन् । यहि प्रक्रियामा समस्याबाट बाहिर निस्कने रचनात्मक उपाय वा समाधान निस्कने गर्छ ।,यदी हामी जीवनमा उदासीलाई साँच्चिकै गम्भीर रुपमा लिएका छौँ भने उदासीलाई छल्ने वा हटाउने भन्दा पनि त्यसलाई केही समय दिनु पर्छ । उदासीलाई छल्ने वा भाग्ने गर्नु हुँदैन । उदास भएमा हामीले मोबाइल फोन वा अरु डिभाइस चलाउने गर्छौँ ।,उदासीबाट ट्याकल गर्ने उत्तम उपाय भनेको त्यसलाई भगाउने भन्दा पनि चाहिने जति समय दिनु हो । यसका लागि मोबाइल फोनसहितका अरु डिभाइस त्यो बेला नचलाउने र आफ्नो अवस्थालाई त्यस्तै अवस्थामा छोडिदिने र दिमागलाई विचलित विविध विचारहरु आउन दिने गर्नुपर्छ ।,र यो निकै महत्वपूर्ण हुन्छ । यसले उदासीलाई प्रयोग गर्ने र आफै त्यसलाई व्यवस्थापन गर्ने तरिका सिक्न सकिन्छ । | null |
‘रिक्साबाट कमाएको पैसाले छोरालाई पढाउँछु र पाइलट बनाउँछु’ | जनकपुरधाम -‘एउटी एक्ली महिला देखेर नानाथरी कुरा गर्न आउँछन्। धेरै जना (पुरुष)ले एक्लो पाएपछि मसँग हिड.. म सँग बस भन्छन् तर म भन्छु, जब मेरो श्रीमान्ले नै मेरो साथ दिएनन् भने अरु कस्ले दिन सक्छ? त्यसैले म अरुको कुरा एक कानबाट सुन्छु, अर्को कानबाट निकालि दिन्छु। मलाई अब मेरो कामसँग मात्रै मतलब छ। जसोतसो छोरालाई हुर्काउछु, पढाउँछु तर अरुको भर पर्दिन, अरुको पछि लाग्दिन।”,बिहान ४ बजे उठ्छिन्, नित्यकर्म पश्चात आफ्नो चार वर्षीय छोरालाई उठाउँछिन् र त्यसपछि छोरालाईसँगै लिएर रिक्सा निकालेर सडकमा कुद्छिन्। यो दैनिक दिनचर्या बनि सकेको छ, जनकपुरधाम उपमहानगरपालिका १३ पीडारीकी-२१ वर्षीय अमरिकला पासवानको।,चालकको सिटमा आफुसँगै छोरालाई बसाएर लगातार विहान ६ बजेदखि राति ९ बजेसम्म अमिरकला पासवान ‘उषा’ सडकमा अटोरिक्सा कुदाउँछिन्। लगातार १५ घण्टाको ‘ड्यूटी’ पछि उनी घर फर्किन्छिन्।,उनको घर समान्य घर नभएर एउटा काठको सानो पसल ‘कटघरा’ छ। पहिला जनकपुरको पीडारीचोकमा कोठा भाडा लिएर बस्थिन् तर पैसा तिर्न नसक्दा अहिले जनकपुरकै भ्रमरपुराचोक स्थित हाईवेमा सानो पसलमा उनी र उनको छोरा सुत्छन्।,उषाको कमाई दिनको बढीमा ८ सय हुन्छ, जसमध्ये उनलाई प्रत्येक दिन कमाएको पैसा मध्ये ६ सय रुपैयाँ साहुलाई तिर्नुपर्ने हुन्छ। जकनपुरमा सयौ अटो रिक्साचालकहरु मध्ये एक उनी पनि हुन् तर पुरुष जस्तो आफू अबेर रातिसम्म काम गर्न नसकेकोले बढी कमाई गर्न अप्ठ्यारो हुने गरेको उनको भनाई छ।,‘बच्चाले गर्दा कहिले काँही काममा जान पनि अप्ठ्यारो हुन्छ, कहिले ३ सय ४ सय मात्रै पैसा हुँदा आधी पैसा मात्रै साहुलाई तिर्ने गरेको छु’ उनी बताउँछिन्।,
उषा भन्छिन्, ‘पहिला त ऋण लिएर आफै रिक्सा किनेकी थिए तर पछि ऋण तिर्न नसक्दा त्यो रिक्सा बेचेर अब भाडामा रिक्सा लिएर चलाई रहेकी छु।’,जनकपुरधाम उपमहानगरपालिका १३ पीडारी घर भएकी २१ वर्षीय अमिरकला पासवान ‘उषा’ एक अटो रिक्साचालक छिन्। उषाको विवाह करीब पाँच वर्ष पहिले भारतको कानपुर घर भएका सोनु पासवानसँग भएको थियो। टेन्ट बनाउने काम गर्दै आएका सोनुले विवाहको केही दिनमै उषालाई मारपीट गरेर घरबाट निकालिदिए।,श्रीमान्को घरबाट निकालिएपछि काँखमा बच्चा लिएर उषा माइती घर पुगिन् र केही दिन माईतीमै बसिन्। तर आमा वितेपछि अब उनको बस्ने घर काठको कठघरा मात्रै छ।आमा बित्दा संस्कार गर्न समेत पैसा नहुँदाको क्षण उषालाई झल्झली याद आउँछ।,उनी त्यतिबेलाको क्षण सम्झिन्छिन र मनमनै भक्कानिए पनि आफ्नो हिम्मत हारिनन्। उनी मनमनै काम गरेर एक्लै भए पनि जीवन गुजार्ने दृढसंकल्प लिइनन्। त्यतिबेला जनकपुरका केही पत्रकार तथा समाजसेवीले पैसा जुटाएर उषालाई सहयोग गरेका थिए।,‘आमाको मृत्यु भयो, बस्ने घर समेत टुट्यो, बस्ने केही उपाय थिएन।त्यसपछि गाउँलेको सहयोगमा रिक्सा चलाउँन सिके।’ उनी त्यतिबेलाको दु:खलाई सम्झिदै केही भावुक हुन्छिन्। पछि काम गर्दै जाँदा किस्तामा एक दिन रिक्सा किन्न सफल हुन्छिन्।,बच्चा लिएर काम गर्दा अप्ठ्यारो भएर उनले रिक्साको रिन तिर्न सकिनन् र रिक्सा र्फिता गरिन्।उषा भन्छिन्,‘पहिले किस्तामा रिक्सा किने तर बाबु सानो छ, सधैं काम गर्न सक्दिन, त्यसैले रिन तिर्न गाह्रो भयो र मैले रिक्सा फिर्ता गरे।’,उनी भन्छिन्, ‘अप्ठ्यारो परेको बेला श्रीमान् श्रीमति दुबै काम गर्छन तर श्रीमान्ले नै कष्ट दिदाँ एक्लै काम गरेर बच्चा पाल्नु परेको छ।श्रीमान्ले छाडेर गएको ३ वर्ष भयो र नत मलाई हेर्न आउँछ न त बच्चालाई नै हेर्न आउँछ तर मैले रिक्सा चलाउन थालेको थाहा पाएपछि दुई पटक पैसा लिन आयो, मैले पैसा नदिदाँ मारपीट गरे। जसकारण मलाई १५ दिनसम्म अस्पतालमै बस्नुपर्यो।’,चोटको कारण आफू राम्ररी काम गर्न नसक्दा ऋण तिर्न समेत हम्मे हम्मे परेको थियो उषालाई त्यतिबेला। तर, अहिले उनी जनकपुरको मिथिला अटो रिक्साबाट भाडामा लिएर रिक्सा चलाउँदै आएकी छिन्। रिक्सा चलाएर उनी आफूसहित बच्चालाई हुर्काइ रहेकी छिन्।रिक्सा लिएर निस्कदाँ उषाको चार वर्षिय छोरा राज आमासँगै ड्राईभिंग सिटमा बसेर सघाइरहेका हुन्छन्।उनलाई आमाको माया ज्याँदै लाग्छ। भन्छन्, ‘ पछि पढेर आमालाई खुससँग पाल्छु।मेरो मामुलाई नयाँ गाडि किनिदिन्छु कमाएर।’,यता, उनको श्रीमान् भने कुलतमा नमज्जाले फसेको छ, बच्चा राख्ने कोही छैन, छोरालाई स्कुल भर्ना गर्ने पैसा छैन, त्यसैले सँगै लिएर हिड्ने गरेको उषाको भनाई छ। विहान ५÷६ बजे विहान ई-रिक्सा लिए निस्केपछि राति ९ बजे घर फर्किन्छन् उनी ।,हाल जनकपुरको बाटो खराब हुँदा धेरै ठाउँमा रिक्सा चलाउन गाह्रो हुन्छ, अप्ठेरो पर्दा उनी प्यासेन्जरसँग मद्दत लिने गर्छिन। अप्ठेरोको बेला प्यासेन्जरको समान समेत ओसार-पोसार गरिदिन्छन् उनी। भन्छिन्, ‘काम गरेर खान के को लाज ? चोरी डकैती पो गर्नु हुन्न। तर मानव जीवनमा काम गरेर खाएकी छु।यही नै मेरो मानव धर्म हो।’,जनकपुरधाममा करीब ६ जना महिलाले रिक्सा चालकको काम गर्दै आएकी छिन्। उनीहरुको कमाई पुरुषको तुलनामा कम रहेको उषाको भनाई छ।,
उनी भन्छिन्, ‘म जस्तै समस्या त धेरैको छैन तर अधिंकाशको श्रीमान्ले दिएको समस्याले रिक्सा चालक बनाएको छ।‘रिक्सा चलाउँदा समान्य रुपमा पुरुष र महिला दुवैलाई उतिकै समस्या छ तर कमाई भने पुरुषको तुलनामा महिलालाई कम हुने गरेको छ।’,हामी महिलाले राति ८ बजेपछि रिक्सा चलाउन गाह्रो हुन्छ, बच्चा परिवार हेरविचार गर्नुपर्ने जिम्मा एकातिर हुन्छ भने अर्कोतर्फ राति सडकमा रिक्सा कुदाउँदा हेरेपछि मान्छेले नानाथरी कुरा गर्छन्, जिस्काउँछन् जसले महिलालाई सुनियोजित रुपमै पुरुष प्रधान समाजमा असुरक्षित महसुस गराउँछ।’,रिक्सा मालिकले तोके अनुसार पैसा न तिर्दा रिक्सा खोस्ने डर हुन्छ उनलाई। तर, दुई छाक टार्न र बच्चाको भविष्यको लागि जनकपुरको टन्टलापुर घाम र बर्षातको पानी नभनीकन अनवरत रुपमा सडकमा रिक्सा कुदाउन बाध्य छिन्।, ,कक्षा- ७ सम्म पढेकी उषा भन्छिन्, ‘मेरो छोराले घरी घरी आफू ठूलो भएर प्लेन चलाउछु भन्ने गरेको छ, म त पाईलट बनाउन सक्दिन तर राम्रो शिक्षा दिलाउने मेरो सपना छ। तर, रिक्साको पैसाले घरबार चलाउनै गाह्रो छ।अब मेरो छोरालाई पाइलट बनाउन सहयोग कस्ले गरिदिने?’ उनी छोराको सपनालाई लिएर चिन्तित देखिन्छिन्।, | प्रतिभा झा |
शरीरको सही समय थाहा छ ?, आउँदैछ सजिलो उपाय | हामी सबैको शरीरले आन्तरिक समय अर्थात घडीको आधारमा काम गर्छ । मानव शरीरमा हुने आन्तरिक समय प्रणाली वा घडीलाई ‘सरकेडियन रिदम’ भनिन्छ ।,सरकेडियन रिदम र हामीले लगाएका घडीको समयमा तालमेल मिलेका बेला प्रायः सबै काम राम्रोसँग भइरहेको हुन्छ । शरीरको आन्तरिक घडी र हामीले प्रयोग गर्ने गरेको बाह्य घडीमा तालमेल नमिलेमा विभिन्न स्वास्थ्य समस्या देखिने गर्छ ।,सरकेडियन रिदम प्रतिकुल हुने गरी केही भएमा समस्या देखिन्छ । भिन्न टाइम जोनको यात्रा अर्थात समूद्र पारीको यात्रा, रातभर जागा बस्नु पर्ने अवस्था वा रातिको सिफ्टको जागिर भएमा सरकेडियन रिदम र बाह्य घडीबिचको तालमेल मिल्दैन । यसले गर्दा विभिन्न स्वास्थ्य समस्याहरु देखिने गर्छ ।,तर स्वास्थ्य विज्ञानमा भइरहेको प्राविधिक उन्नतिले अब चाँडै नै डाक्टरले सरकेडियन रिदम र बाह्य घडीबिचको तालमेल कतिले तलमाथि भएको छ भन्ने थाहा पाउन सक्ने भएका छन् । यसका लागि रगतको केही परीक्षण गरे पुग्ने भएको छ ।,सरकेडियन रिदमका बारेमा जति हामीले जान्दै जान्छौँ त्यति नै थाहा लाग्छ कि यसको महत्व हामीले गर्ने हरेक क्रियाकलापमा कति रहेछ भन्ने ।,शरीरको घडीले हामी निदाएको, उठेको, भोकाएको, दिसा–पिसाब लागेको, मांशपेशीले राम्रोसँग काम गरिरहेको, हामी बढी उत्पादनशिल भएको वा खाना तथा औषधिको मेटाबोलिजमका लागि पनि निर्देशन दिने गरिरहेको हुन्छ ।,सरकेडियन रिदम र व्यक्तिमा हुने मधुमेह, कार्डिओभास्कुलर डिजिज र न्युरोडिजेनेरेटिभ डिसअडर जस्तैः पार्किन्सन्स र हन्टिङ्थटनसहितका रोगसँग पनि सम्बन्ध रहेको अनुसन्धानकर्ताले बताएका छन् । सरकेडियन रिदम र बाह्य घडीबिच तालमेल मिलाउन सकेमा यी सबै जोखिमबाट धेरै हदसम्म पर हुन सकिने देखिन्छ ।,यसले गर्दा हाम्रो शरीरको घडीका बारेमा थाहा पाउनु रक्तचाप वा क्लेस्ट्रोलको स्तरका बारेमा थाहा पाउनु जत्तिकै महत्वपूर्ण हुन्छ शरीरको घडीबारे थाहा पाउनु । डाक्टरले यसलाई कुनै व्यक्तिको स्वास्थ्य अवस्थामा विभिन्न समस्याको जोखिम रहेको अवस्थामा मात्रै नभएर उपचारको समय निर्धारणका लागि पनि प्रयोग गर्ने गर्छन् ।,कुनै पनि औषधिको कम भन्दा कम डोजले त्यसले काम गर्न सक्ने माथिल्लो स्तरसम्म काम गर्ने बनाउनका लागि व्यक्तिको शरीरको घडीबारे थाहा पाउनु महत्वपूर्ण हुन्छ ।,अहिले शरीरको घडी थाहा पाउनका लागि डाक्टरले हरेक घण्टामा व्यक्तिको रगत लिएर त्यसमा मेलाटोनिनको स्तरबारे जानकारी लिने गरेका थिए । तर व्यक्तिको आन्तरिक घडीबारे थाहा दिने मेलाटोनिनमात्रै होइन ।,बायोलोजिस्ट रोजमेरी ब्राउनले द कन्भर्सेसनका लागि लेखेको लेख अनुसार व्यक्तिको हरेक सेलमा घडी हुने गर्छ । यही अनुसन्धानका लागि गएको वर्ष , पाएका थिए ।,शरीरमा रहेका ४३ प्रतिशतसम्म जिनहरुले सरकेडियन रिदमसँग काम गर्ने गरेका छन् । तिनै जिनमाथि अनुसन्धान गरेर सरकेडियन रिदमका बारेमा वास्तविक तथ्य थाहा पाउन सकिने र आफूहरु त्यसकै प्रयासमा रहेको ब्राउन र उनका सहयोगीले बताएका छन् ।,ब्राउनसँगै स्लिप मेडिसिन र सरकेडियन बायोलोजी विज्ञ फिलिस जी तथा रवी अलादाले सरकेडियन रिदमका बारेमा सही जानकारी दिने जिनबारे अनुसन्धान गरेका छन् ।,उनीहरुले सबैभन्दा पहिले एल्गोरिदममा ठूलो मात्रामा तथ्यांक राखे । त्यसका लागि हरेक दुई घण्टामा स्वयम्सेवकबाट दशौँहजार परीक्षण गरे । त्यस्तै खालको अनुसन्धान बाहिर पनि गरे । उनीहरुको एल्गोरिदमले प्राप्त तथ्यांकलाई क्याल्कुलेट गरेर सरकेडियन रिदमको सही जानकारी दिने जिनबारे थाहा पाएका हुन् ।,शरीरका ४१ प्रतिशत जिनले सरकेडियन रिदमको सही जानकारी दिने गरेको पाइएको ब्राउनले बताएकी छन् । अनुसन्धान कर्ताले हरेक जिनको समय र समग्र जिनको संयुक्त समय मिलाएर सरकेडियन रिदम बारे भन्न सकिने बताएका छन् ।,टाइम सिग्नेचर नाम दिइएको नयाँ एल्गोरिदमले व्यक्तिको आन्तरिक समयको सही जानकारी ९० मिनेट भित्र दिन सक्नेछ । शरीरको घडी र बाह्य घडीबिच तालमेल मिलाउने सबैभन्दा उत्तम उपाय भनेको समयको सुत्नु नै रहेको डाक्टरहरुले बताएका छन् । | null |
मोहनी पर्व दसैँ र देवीका विविध स्वरुपसँग जोडिएका तथ्यहरु | काठमाडौँ – सबै नेपालीले उल्लासका साथ मनाउने चाड दसैँ बुधबार (आज) देखि सुरु भएको छ । आज घटस्थापना दसैँको पहिलो दिन।,यसको सरल शाब्दिक अर्थ छ, घट–कलश र स्थापना–थापना गर्ने। गंगा जल भरिएको कलशलाई स्थापना गरेर भगवानको आरती गर्नु घटस्थापनाको मुख्य कर्म भनिन्छ।,यो दिन जमरा राखिन्छ। घटस्थापनाको साइत बिहान ७ बजेर १५ मिनेटमा शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।,दावन संघारको लागि आराधना गर्न कलश स्थापना गरिन्छ। वैदिक कालबाट नै चलिआएको यो परम्परले कलशमा स्वर्ग, मर्त्य पातालको सबै देवताको बास रहने मान्यता राख्छ। यस्तै संस्कृति शिरामणि हरिराम जोशीले भने, ‘हामी टंगालको जोशीहरु कलश स्थापना गरिसकेपछि देवताको पूजा गर्न बाहिर जाँदैनौँ, जसको घरमा कलश स्थापना गरिएको छ, बाहिर जानु पर्दैन।’,दानवहरुको राजा महिसासुरको अन्त्यसँग जोडिएको यो पर्वलाई मोहनी पर्वको रुपमा पनि हेर्ने गरिएको संस्कृति शिरोमणि जोशी बताउँछन्। ‘सत्ययुगमा महिसासुर दानवले आफ्नो शक्तिको दुरुपयोग गरेर देवता र मावनलाई दुःख दिएका थिए।,असाध्यै शक्तिशाली यी दैँत्यहरुले स्वर्ग मर्त्य र पाताल तीनै लोकमा आफ्ना नराम्रा कामले दुःख दिएपछि तीनै लोकबाट दुर्गालाई दैत्य संहारको लागि आराधना गरियो र दुर्गाले यी राक्षसको अन्त्य गर्न सुन्दर युवतीको भेष बदलेर दानवहरु आउजाउ गर्ने बाटो नजिक तपस्या गरेझैँ गरेर बसिन्।’,संस्कृति शिरोमणि जोशी भन्छन्, ‘देवीको सुन्दरतामा मोहित भएर उनलाई लैजान खोज्नेहरुसँग देवीले ‘युद्ध गर, जितेर लैजाउ’ भन्दै युद्ध गर्न थालिन् र सुम्भ निशुम्भसँगै सबै नाइके दानवलाई मार्दै नऔँ दिनमा दानव मैसासुरको वद् गरेकी थिइन्।’ यसै दिनको उत्सव विजया दशमी हो।,वैदिक कालदेखि नै यज्ञ गर्ने बेलामा जौको प्रयोग गरिन्छ, जौलाई संस्कृतमा अज भनिन्छ। दानव संहार गरिसकेपछि विजय उत्सवमा लगाउने फूल यहि अजको विरुवा रुप हो।,कहिँ कहिँ मकैको जमरा राख्ने चलन छ, संस्कृति शिरोमणि जोशी भन्छन्, ‘जौ नभएको ठाउँमा के अर्कै अन्न राख्नपर्यो नि। त्यसैले मकैको पनि जमरा राखिन्छ।’ नौ दिनको युद्ध सकेर दशमीको दिन विजय उत्सव मनाउनको लागि नौरथाको सुरुमा नै जमरा राख्ने चलन छ।,विजया दशमीमा टीका लगाएर जमरा लगाएर विजय उत्सव मनाइन्छ भने कोजाग्रत पूर्णिमादेखि एक महिनासम्म दीपावली गर्ने चलन पनि छ। यो चलन पौराणिक कालदेखि नै चलन सुरु भएको हो।,तर नेपालमा ७ सय वर्ष अगाडि नौरथा मनाउने गरेको तथ्य भएको संस्कृति शिरोमणि जोशी बताउँछन्। ‘यो लिच्छविकाल भन्दा पछाडि र मल्लकालभन्दा अगाडि देखि यो चलन सुरु भएको हो।,प्रतिपदाका दिन अर्थात् घटस्थापनाको दिन पूजाआराधना गरिने भगवतीको पहिलो स्वरूपको नाम शैलपुत्री हो। हिमालयका पुत्री भएकीले यी भगवतीलाई शैलपुत्री भनिएको हो। साँढेमा बसेकी यी देवीको दाहिने हातमा त्रिशूल र बायाँ हातमा कमलको फूल हुन्छ। पूर्वजन्ममा यिनी प्रजापति दक्षकी छोरीको रूपमा जन्मेकी थिइन् ।,नवरात्रीको दोस्रो दिन पूजा गरिने देवीको नाम ब्रहृमचारिणी हो। यो माता दुर्गाको दोस्रो स्वरूप हो। ब्रहृम शब्दको अर्थ तपस्या हुन्छ। तपको आराधना गर्ने देवी भनेर यिनलाई ब्रहृमचारिणी भनिएको हो। यो देवीको दायाँ हातमा जपको माला र बायाँ हातमा कमण्डलु हुन्छ। देवीको उपासना गर्नाले मानिसमा तप, त्याग, वैराग्य, सदाचार, संयम बढ्दै जाने उसलाई विजय हात लाग्ने विश्वास गरिन्छ।,माता दुर्गाको तेस्रो शक्तिको नाम चन्द्रघण्टा हो। चन्द्रघण्टा देवीको स्वरूप शान्तिदायक कल्याणकारी भएको मानिन्छ। यो देवीको १० वटा हात र दस हातमा खड्ग, वाण आदि शस्त्र, अस्त्र हुने विश्वास गरिन्छ। उनको टाउकोमा घण्टाको आकारको अर्धचन्द्र छ, यही कारणले गर्दा यिनीलाई चन्द्रघण्टादेवी भनेर चिनिएको हो।,चौथो दिन पूजा गरिने भगवतीको नाम कुष्माण्डा हो। सूर्यको जस्तो तेज भएकी र वाहन सिंह भएकी यी भगवतीको अट्टहासमा बहृमाण्डको सृष्टि र प्रलय हुने भएकोले उनलाई कुष्माण्डा भनिएको हो। यी देवीको आठ हात भएका हुनेभएकोले यीनलाई अष्टभुजा देवी पनि भनिन्छ।,नवरात्रीको पञ्चमीका दिन पूजा गरिने शक्तिस्वरूपा भगवती स्कन्दमाता हुन्। यिनी कमलको फूलमा आसिन हुन्छिन्। कमलको फूलमा आसन गर्ने भएकोले यीनलाई पद्मासना देवी पनि भनिन्छ।,नवरात्रीको षष्ठीका दिन पूजा गरिने देवीलाई कात्यायनी भनिन्छ। चार हात भएकी यी देवीको वाहन सिंह हो।,सप्तमी फूलपाति हो, यो दिन पूजा गरिने शक्तिस्वरूपा भगवती कालरात्रि हुन्। कालो घना वर्णकी, गधा वाहन भएकी, तीन आँखा भएकी, चार हात भएकी कालरात्रि हुन्। उनको टाउकाको झाँक्रो फिजाएको जस्तो देखिन्छ। घाँटीमा बिजुली जस्तै झल्कने माला हुन्छ। श्वास फेर्दा पनि कहिलेकाहीँ आगोको राँको निस्केको जस्तो हुन्छ भन्ने मान्यता छ।,नवरात्रीको महाष्टमीका दिन पूजा गरिने शक्तिस्वरूपा भगवती महागौरी हुन्। सेतो वर्ण र सेतो पहिरन गरेकी, वृष अर्थात् गोरुमा सवारी गर्ने चार हात भएकी देवीलाई महागौरी भनिन्छ। यी देवीको माथिल्लो दाहिने हातमा अभयमुद्रा, तल्लो दाहिने हातमा त्रिशूल हुन्छन्। यस्तै बायाँ हातको माथिल्लो हातमा डमरु र अर्को बायाँ हातमा वरमुद्रा छन्।,नवरात्रको अन्तिम दिन महानवमी हो। यो दिन पूजा गरिने शक्तिस्वरूपा भगवतीको नाम सिद्धिदात्री हो। यी देवी कमलको फूलमा बस्छिन्। यी देवीको दाहिनेपट्टिको तल्लो हातमा चक्र, अर्को हातमा गदा तथा बायाँपट्टिको तल्लो हातमा शंख तथा अर्को हातमा कमलको फूल हुन्छ।,नौ देवीको पूजा आराधनाको पहिलो दिन घटस्थापनाबाट उत्सवको १० दिन सुरु हुन्छ। यो एकताको संकेतात्मक पर्व हो। पारिवारिक जमघट, खबर आदान प्रदान गर्ने यो पर्वमा दानवीय प्रवृति त्यागेरमात्र अगाडि बढ्नपर्छ भन्ने सन्देश हुन्छ। | सुजाता खत्री |
योगमाया नै बनेर लेखेँ ‘योगमाया’ | नेपाली समाजको कूरीतिलाई जनस्तरमा आफ्नो कथा, कविता र साहित्यको माध्यमबाट जनस्तरमा पस्कँदै आएकी छिन् लेखिका निलम कार्की ‘निहारिका’। नारी शक्तिको बोध गराउन, चेतना जागृत गर्न सृजना उनको अस्त्र बनेको छ।,अग्रजले देखाएको बाटोमा पाइला चाल्न चुनौती भए पनि उनी त्यसलाई पछ्याउँदै छिन्। उनी त्यसलाई सफलताको रहस्य ठान्छिन्। नीलमले लेखन विधालाई सहर्ष स्वीकारे पनि त्यो ठूलो चुनौती बन्दैछ।,संघर्षका साथ त्यसको सामना त्यसको सामना गरिरहेकी छिन् उनले। त्योसँगसँगै योगमायाका अनुयायीहरुको पारिवारिक पृष्ठभूमि, प्रतिवद्धता योगदान आदिको तथ्याङ्क खोजी गर्न, बटुल्न उनले निक्कै मेहनत गर्नुपर्यो।,मौन जीवन, नियतिको खेल, ब्रेन फिभर, हवन, कागजमा दस्तखत, बेली, अर्की आइमाई, चीरहरण र अहिलेको चर्चित उपन्यास ‘योगमाया’ मार्फत समाजको संस्कारलाई नजिकबाट नियाल्दै उनले चिरफार गरेकी छिन्। खासगरी ‘योगमाया’मा योगवाणीहरु मार्फत जीवनको सत्यतालाई उनले देश सञ्चारसँग यसरी प्रस्तुत गरेकी छिन्।,पाल्पाको गोठादी जन्मिएकी निलमको बाल्यकाल पहाडमै बित्यो।आमा शिक्षिका भएकाले जीवनमा शिक्षाको पहुँचमा उनी रहिन्। तर इतिहासमा चाख बढ्दै जाँदा उनको विषय र उनको विषय र अध्ययन अन्यत्र मोडियो। उनी एक्लिइन् पनि। लेखन पेशमा उनका घर परिवारमा कोही पनि थिएनन्। पेशागत रुपमा सुरुमा आमाकै पेशा पछ्याइन्।पछि मिडिया क्षेत्रमा।,उनी त्यतिबेला रेडियो नेपालमा ‘साहित्य संसार, हाम्रो कला, हाम्रो संस्कृति’मा र नेपाल टेलिभिजनमा स्वास्थ्य जिज्ञासा,टेलिहेल्थ कार्यक्रम प्रस्तोता थिइन्। त्यतिबेला उनको भेट जागृति र चेतनाका प्रखर शिक्षक, साहित्यकार दाहाल यज्ञनिधिसँग भयो।,निलमलाई योगमाया उपन्यास लेख्न सधैं उत्प्रेरणा जगाउने व्यक्तित्व रहेछन् तिनै साहित्यकार दाहाल यज्ञनिधि। उनी सम्झिन्छिन्, ‘चीरहरण’ उपन्यास विमोचन समारोहमा उहाँले अब तिमीले योगमायाको विषयमा उपन्यास लेख्नुपर्छ भनेर सुझाउनुभयो। मेरो उहाँलाई हृदय देखि नै नमन।मेरो लागि योगमाया जस्तै संघर्षको पाइला अगाडि बढाउन उत्प्रेरक यज्ञनिधि दाहाल नै हुनुहुन्छ।’,योगमाया नारीहरुको लागि इतिहासमै पावरफुल महिलाको रुपमा उदाएकी एक नक्षत्र हुन, निलमको नजरमा। योगमाया लेख्दा ठूलै संघर्ष गर्नु पर्यो उनले योगमायालाई बुझ्न र सहज रुपमा प्रस्तुत गर्न। उनी भन्छिन्, ‘जब मैले योगमाया लेख्न सुरु गरे, मेरा अगाडि धेरै उल्झनहरु आइपरे। इतिहासका कतिपय कठिन गाँठो फुकाउँदै जानु पर्यो। म पनि लामो समय योगमाया जस्तै भएर बाँचे मनभित्र हृदयमा।’,योगमायाको लेखनयात्रामा आफूलाई नै योगमाया जस्तै बाँचेको र लेखेको अनुभव सुनाउँछिन् उनी। भन्छिन्, ‘बरु अहिले त शक्ति घट्दै गएको छ। तर योगमाया लेखनको त्यो समय थियो जतिबेला म आफूलाई योगमायाको जस्तै बाँचिरहेको महसुस गरिरहेकी थिएँ।त्यसमा सृजना, शक्ति र प्रेरणाको मिश्रण थियो।’ योगमायाबारे आफूले जानेको र त्यसपछिका ‘सेकेण्डरी’ डाटामा देखिएका उल्झनहरुलाई फुकाउन अध्ययन अनुसन्धानमा विभिन्न ठाउँमा गएर सान्दर्भिक र जानकार पात्रहरुलाई भेट्दै सत्यतथ्य खोज गरेको अनुभव सुनाइन्।,दाहाल यज्ञनिधिको प्रेरणाबाट उत्साहित निलमलाई योगमायाबारे थप खोज अनुसन्धान गर्न र त्यो खोजबाट आएको तथ्यलाई आख्यानको रुपमा पाठकमाझ ल्याउन दुई वर्ष लाग्यो।,उनी भन्छिन्, ‘योगमाया लेख्दा कति वर्ष लाग्यो त्यो महत्वपूर्ण कुरा होइन। तर कति समय त्यसमा बिताएँ, त्यो महत्वपूर्ण कुरा हो। मैले साच्चै भन्नुपर्दा त्यतिबेला कुनै कुनै दिन १४/१५ घण्टासम्म काम गरेकी छु। तर वर्षको हिसाबले छिटो नै लेखे। २ वर्षभित्रै पुस्तक तयार गरेँ।’,दुई वर्षभित्र योगमायालाई मूर्त रुप दिनु नै सफलता मान्छिन् उनी। भन्छिन्, ‘मैले गरेको मेहनत र लगनशीलताले पुस्तक चाँडै आयो। छिट्टै लेखे भन्छु आफैँले पनि। यसले समाजमा ठूलो जनचेताना ल्याएमा त्यसलाई अपेक्षित सफलता मान्ने छन् उनले।,योगमाया लेख्दा या अनुसन्धानका क्रममा भेटिएका व्यक्तिहरुले पनि आफूलाई सहजै साथ दिएको उनी बताउँछिन्। उनले त्यतिबेला योगमागाबारे अध्ययन र अनुसन्धान गरेका तथा उनका अनुयायीहरु र परिवारका सदस्यहरुलाई भेटिन्। सबैले सक्दो सहयोग गरे।,तर उनको लगन र अठोटमा समस्याहरु छायाँ जस्तै लागि रहे। तथ्याङहरुलाई केलाउँदा निक्कै पापड पेल्नु पर्यो।,त्यसबारे उनी भन्छिन्, ‘संकलित तथ्याङलाई केलाएर जब लेख्ने बेला आयो त्यै उल्झनहरु तेर्सिए। तिथि-मितिहरुलाई क्रमबद्ध तरिकाले लेख्नुपर्ने भयो। घटनाक्रमहरु योगमाया नेपाल फर्किएको देखि लिएर दास प्रथा उन्मुलन, सती-प्रथा उन्मुलन, योगमया काठमाडौंमा आएर चन्द्र शमशेर, जुद्ध शमशेरलाई भेटे। मिति मिल्नु र मिलाउनु पर्ने जटिलता पनि थपियो। तर कतिपय घटना र सन्दर्भहरु नमिलेको पनि भेटे।’,त्यो चरण उनका लागि निकै कठिन थियो। अरुलाई पनि चुनौतीको रुपमा लिए त्यसलाई।ती घटनाहरुलाई मिलाउन भित्तामा घटनाक्रमहरु तथा वंशावलीको शीलशिलाबद्ध चार्ट बनाएर राखेको अनुभव झलझली सम्झिइन्। उनले भनिन्, ‘घटनाक्रमहरुले पछि पाठकलाई उल्झन नहोस भनेर वंशावली चार्ट नै भित्तामा बनाएर राखेकी थिएँ।यसले मलाई ठूलो सहयोग गर्यो।’,योगमाया लेखनको अन्तिम चरणमा आइपुग्दा अर्थात तथ्य र तथ्याङको मेलमिलाप गराउँदा ब्लड प्रेसरको औषधि सेवन गर्नु पर्यो उनले।,पुराना ती दिन सम्झिइदै उनले भनिन्, ‘मलाई त लेखन र विमोचनको अघिल्लो तीन महिनासम्म हाइ ब्लड प्रेसर भयो। मैले औषधि पनि चलाए। फागुनमा योगमाया विमोचन भयो। तर चैतसम्म मलाई तनावले छोडेन। पछि म अमेरिका फर्केर गएँ। अहिले फर्केर आएपछि नर्मल महसुस गरिरहेकी छु।’,उपन्यासको मूल खण्डमा ५५ वटा अध्याय छन्। अन्य ३ खण्ड अझ शक्तिशाली छन्। सुरुवतको खण्डमा पारिजात र वार्वरा निम्री अजिज पदयात्राका क्रममा संखूवासभाको मनोकामनाको कुटीमा एकरात बस्दा मनमायाले गाएको योगमायाको भजनवाट प्रभावित भइ मझुवा बेंसी गएको प्रसँग उनले सुनाइन्।सामाग्री संकलन गरी काठमाण्डौ पुगेर ती नेपाली भाषाका कुरालाई अङग्रेजीमा अनुवाद गनृ पारिजातको सहयोग लिन पुगेकी छिन्। ‘,यसबारे उनी भन्छिन्, ‘ती सबै पात्रहरु कुनै पनि काल्पनिक होइनन्।शत प्रतिशत नै यथार्थ पात्रहरुलाई मैले उपन्यासमा पस्किएकी छु। उनीहरु सबै यथार्थमा आधारित पात्रहरु हुन। जसमा पारिजात र वार्वरा निम्री अजिजले पदयात्राका क्रममा संखुवासभाको मनोकामनाको कुटीमा गएको र सामाग्री सङ्कलन गरी काठमाण्डौ पुगेर ती नेपाली भाषाका कुरालाई अङग्रेजीमा अनुवाद गर्न पारिजातको सहयोग लिन पुगेकी छिन्।घटना सत्य हो । मैले कल्पनाको लेप लगाएकी हुँ।’,योगमाया उपन्यासको अस्थिपञ्जर सम्पूर्ण रुपमा यथार्थ भएको, अस्थिपञ्जरमा पनि मांशपेशी यथार्थकै भरिएको, तर त्यो भन्दा बाहिर छालाको तह भने आफ्नो कल्पनाको लेपले बेरिएको उनको भनाई छ। उनी भन्छिन्, ‘ पाठकलाई बुझाउन र त्यसलाई रवचक तथा पठनीय बनाउन त्यसो गरेकी हुँ।’,योगमायाले परिकल्पना गरेका कुराहरुलाई नजिकबाट नियाले। नारीले शिक्षा पाउनु पर्छ , वेद पढ्न पाउनुपर्छ भन्ने त्यतिबेला उनले उठाएका कुराहरु बुझ्न र देख्न पाउँदा साँच्चै खुसी लाग्यो। उनी भन्छिन्, ‘ योगमाया साच्चै नारीहरुको लागि मोक्ष प्रदायिका मात्र होइनन्, उनले गरेका संकल्पहरुले आज नारी चेतना, सामाजिक मुक्ति, यसका प्रयोग र प्रयासहरु सफल हुँदै गएका छन्।,आज शहरका महिलाहरु शिक्षित भइ करीब करीब समान अवसरहरु पाइरहेका छन्। चिन्तन र चेतनाको स्तर केही बढेको छ।यही कारण मलाई जीवनमा सबैभन्दा धेरै सुखी भए जस्तो लाग्छ।’,नारी माथि गाउँमा केही अझै चेतना छर्न बाँकी रहेको निलमको तर्क छ। उनी भन्छिन्, ‘नारीमाथि गाउँमा र शहरमा गरिने व्यवहार र प्रवृतिमा पृथकता छ। उनीहरु अहिले पनि शोषण र दमनको सिकार भइरहनु परेको छ। रुप फेरिएको छ, तर शोषण र दमनको यथार्थता कायमै छ।’ चाडपर्वमा नारीहरु पुजिने तर दिनदिनै नारीहरु बलात्कृत हुनु पर्ने बाध्यता छ। यो प्रवृति अझै पनि समाजमा कायमै छ।’,नारी पूजाको होइन समानता र सम्मानित हुन्छन्। उनी भन्छिन्, ‘ सम्मान सबैले पाउनुपर्छ। तर नारीको हैसियतले सम्मान पाउनुपर्छ। नारीलाई पूजा गरेर खोपीको देवता बनाउँदैमा नारी माथिको अत्याचार समाप्त हुँदैन।’ संस्कार र संस्कृतिलाई एकै पटक मेटिदैन। त्यसलाई समाप्त गर्न उचित प्रयास र धैर्यता चाहिन्छ।,उनी भन्छिन् ,’ हामीले लेखेको कुरा टिपेक्सले मेटाए जस्तै सजिलो हुँदैन। कु-संस्कार र कु-संस्कृतिलाई मेट्न। समयको खाँचो पर्छ। कागजमा दाग लगाएर लेखिएको कुरा मेटे जस्तै।’, ,……..,…..,………,……, | सहदेव चौधरी |
पाँच वर्षपछि चङ्गा उडाउने धीत मार्दै | मौसम गज्जब छ, नि..लो खुलेको आकाशमा सेता बादलका ढिक्का, खेतमा धानका बाला झुलेक, सिरसिर बतास लाग्ने, न तातो न चिसो। छर्लङ्ग खुलेको मौसमले दसैँ आयो दसैँ आयो भनिहाल्छ। खुल्ला मैदानमा बसेर हावालाई बोलाउँदै, बोलाउँदै हातमा चङ्गा र लट्टाई लिने बेला पनि यहि हो।,‘सब कथा जस्तै भइसक्यो’ उदयपुरको ठूला खुल्ला चौर, स्कूल छुटेपछि साथीभाइको भेटघाट, खैलाबैला। अनि चङ्गा र लट्टाई बोकेर फाँटमा दौडिएको उमेश गुरुङ्ले भुल्न सकेका छैनन्। ‘काठमाडौँ बस्न थालेदेखि लगभग छोडियो नै भनौँ’ बसन्तपुरको चिकमुगल चोकमा लट्टाई किन्दै गर्दा उनले चङ्गा स्मरण सुनाए, ‘५ वर्षजति भयो उडाएकै छैन, यसपाली साथी बटुलिदै छौँ।’,रहर एकदम छ, घरको छतबाट उडाउने गरेको पनि हो। तर केही वर्ष ब्रेक भयो । नगरकोट जाने योजना छ चङ्गा उडाउन। ‘अहिलेका टिनएजर्स सबै मोबाइल ग्याजेट्समा मात्र बिजी।’ उनलाई चङ्गा उडाउन छुटेको जस्तो लाग्यो।,उमेशसँग रमाइलो स्मरणहरु छन्, जसलाई बताउँदा उनी आफै पनि रोमाञ्चित हुन्छन्। ‘साथीको चङ्गा चेट पार्न एकदम मज्जा आउथ्यो, धागो धारिलो बनाउन भात मुछेर सिसाको धुलो हालेर धागोमा लगाउने गरिन्थ्यो, पञ्जा लगाउँदा पनि कहिलेकाहिँ हातबाट रगत नै आउने गरी।’ चङ्गा चेट पारेपछि साथीसँगको जिस्काजिस्की अनि ठुस्काठुस्की पनि उनको स्मरणमा ताजा नै छ।,मितिमा ठ्याक्कै यहि दिन हो भन्ने भेटिदैन चङ्गा कहिलेदेखि उडाउन थालियो भनेर। तर सन् ७१३ मा लेखिएको एक पुस्तकमा चीनका गोङ्ग सु–वानले काठ र बाँसको चरा आकारको चङ्गा बनाएर तीन दिनसम्म आकाशमा उडाएको कुरा इतिहासले भन्छ। त्यतिबेला चङ्गा जासुसी गर्न उडाइन्थ्यो रे। पछि युरोपमा पहिलो पटक सन् १८०४ मा लर्ड जर्ज क्यालीले १ सय ५४ वर्ग इन्चको चङ्गा बनाएर उडाएका थिए भन्ने तथ्यहरु भेटिन्छन्।,चङ्गा वैज्ञानिक अनुसन्धानमा पनि प्रयोग भएको पाइन्छ। सन् १८७४ मा स्कटल्याण्डका दुई वैज्ञानिक थोमस मेलविन र अलेक्जेन्डर विल्सनले चङ्गामा तापमापक यन्त्र, थर्मोमिटर बाँधेर वायुमण्डलको तापक्रम लिएका थिए । सन १८९३ मा अमेरिकाका वैज्ञानिक लरेन्स हाग्रेभले बनाएको बाकस आकारको चङ्गाले १२ वर्षसम्म अमेरिकाको मौसम विभागको लागि वायुको तापमान र हावाको दबाब नाप्ने काम गर्यो ।,बेलायतका ओलिभर तथा विलवर राइट नामका दुई भाइले सन् १९०३ मा हवाईजहाजलाई आकाशमा उडाउने अनुसन्धानका क्रममा चङ्गाको यथेष्ट प्रयोग गरेका थिए । वैज्ञानिक सर जर्ज केलेले सन् १९०४ मा चङ्गाकै आधारमा ग्लाइडरको आविष्कार गरे ।,तर उमेश भने चङ्गा मनोरञ्जनको लागि मात्र उडाइरहेका छन्। उनी लट्टाई हेर्न थालेँ, पसले भन्दै थिए, ‘चार सय पचास ।’,‘महंगो भन्नुभयो अनि मिलाइदिनुस् न ।’,‘भाइ जमानै महंगो।’,उनीसँगै आएका टिमेश श्रेष्ठ सिन्धुलीका हुन्। उनको स्मरण पनि उमेशसँग लगभग उस्तै। ‘चङ्गा जति जति माथि गयो, उती रमाइलो’ उनी भन्छन्, ‘आकाशमा अरुले उडाएको एरोप्लेन देखिन्छ, अनि दसैँमा हाम्ले उडाएको चङ्गा।’ सिन्धुलीको खुल्ला चौरमा चङ्गा उडाएका टिमेश ४ वर्षदेखि काठमाडौँ बस्छन्, चङ्गा उडाउने न्यास्रो मेट्न छतमा साथी जम्मा गर्छन्।,‘म ४६ वर्ष भए, मेरो पसल ४५’ बसन्तपुर चिकमुगल चोकको पसलमा चङ्गा मिलाउँदै, सजाउँदै गरेका रञ्जितकार यहि चोकमा बसेको ३० वर्ष भयो। ‘बाले म जन्मेपछि चलाउन सुरु गर्नुभएको रे यो पसल। बुवाको शेखपछि म आफै यहि छु।’ उनी माइला छोरा हुन्। जेठा दाजु बितिसके, कान्छो भाइको आफ्नै व्यवसाय छ।,चिकमंगलको गणेशमन्दिरको सत्तलमा उनको पसल छ, ग्रिलले बेरेको। सिजनल सामान बेच्ने गरेका रञ्जितकारको पसल अहिले भने रंगीबिरंगी चङ्गाले भरिएको छ। ‘म कहाँ भारतको धेरै लखनाउँ चङ्गा छैन, चाइनाको अलिअलि र विशेषगरी नेपालको चङ्गा पाइन्छ।’ नेपालमा चंगा बन्दैन सबै भारत र चिनबाट आउँछ भनिन्छ तर उनी आफै चङ्गा बनाउँछन्।,पसको बाहिर ग्रिल गेटको आडमा एङ्ग्री बर्डको चित्र भएको, लामा लामा पुच्छर निश्किएका कपडाका चाइनिज चंगा थिए। सामान राख्ने दराजमाथि भारतीय चङ्गाको चाङ्ग। अनि बिचबिचमा नेपाली कागजले बनेका सेता चङ्गाहरु झुण्डिएका, उनी कागजमा भाटा टाँस्दै थिए। सानो कागजको टुक्रामा गम लगाउँदै उनले भने, ‘हामीले दसैँमा चङ्गा बेच्दा नेपाली कागजको चङ्गा बेच्थ्यौँ, पछि किन्न जाँदा चङ्गा पाइएन अनि आफै बनाउन थाले।’,उनी चङ्गा बनाउनलाई गर्नुपर्ने तयारी सुनाउन थाले। ‘२० रुपैयाँको कागज, अनि बाँसका दुईवटा भाटा, गम चाहियो अनि सीप।’ मेरो डेढ महिना अगाडिबाट नै यसको तयारी सुरु हुन्छ। उनी घरी घरी उठेर पसलमा आएको ग्राहकलाई सामान बेच्छन्, ‘भारतीर चङ्गा ५ रुपैयाँ, १० अनि १५ देखि ५० रुपैयाँ सम्मको छन्। नेपाली कागजको चङ्गाको ५० रुपैयाँ।’ उनका अनुसार चाइनिज चङ्गा भने एकदमै कम जान्छ, सजाउनलाई लान्छन् फाट्टफुट्ट।,नेपाली चङ्गा अलि महंगो भएकोले कमैले मात्र लैजान्छन्। बाङ्गेमुडाबाट उनी नेपाली कागज ल्याउछन्। यो वर्ष उनले ६ सय रुपैयाँको कागज किलेर ल्याए। अर्डर आयो भने बनाउँछन्। रञ्जितकारको आँकलन छ, हिजोआज शहरको आकाशमा चङ्गाको संङ्ख्या कम छन्, तर बिक्री भने खासै फरक छैन, तीन दशकको अनुभवमा अहिलेको चलन भनेको चङ्गा विदेश जानु हो। ‘पहिला शहरको आकाशमा मात्र देखिने चङ्गा अहिले छरिएर अन्त अन्त पुगेको छ।’ उनले भने, ‘एउटै मानिसले ५० वटा भन्दा धेरै चङ्गा लैजान्छन्।’ एक वर्षको लागि ल्याएर बेच्दा बेच्दै बाँकि भएको चङ्गा प्याक गरेर अर्को वर्षको लागि सुरक्षित राख्छन्।,चङ्गा उडाउनु बनाउनु पहिला चाखको विषय थियो अब व्यवसाय। यहि व्यवसायले उनलाई हातमुख जोर्न सहज बनाएको छ। एउटी छोरी र श्रीमती पाल्नलाई सहयोग पनि गरेको छ।,रञ्जितकारको जीवन चङ्गाको व्यवसायिक पाटो जोडेको भएपनि चङ्गाले सांस्कृतिक महत्व पनि बोकेको छ।,हिन्दु संस्कारमा चङ्गाको धार्मिक महत्व छ, यो सञ्चारको माध्यमको रुपमा प्रयोग हुने गरेको संस्कृतिविद् ओम धौभडेलले बताए। सत्ययुगमा पृथ्वीका मानिसले स्वर्गका राजा इन्द्रसम्म ‘अब पृथ्वीमा पानी पुग्यो’ भन्ने सन्देश पु¥याउनलाई चङ्गा उडाइन्थ्यो भनिन्छ। धौभडेलका अनुसार भारत र नेपालमा चङ्गाको धार्मिक प्रचलन यसकै लागि हो।,जापान, चीनमा पनि चङ्गा उडाइन्छ, युद्ध जितेको उत्सवका रुपमा। नेपाल दुवै संस्कृतिबाट प्रभावित छ। ‘नेपाल कृषिप्रधान देश भएकोले इन्द्रलाई सन्देश पुयार्उन पनि चङ्गा उडाउने चलन आएको र नेपाल स–साना राज्यमा विभाजित भएको र युद्ध भएकोले बिजेताको हैसियतले पनि चङ्गा उडाउने प्रचलन रहेको छ।’,संस्कृतिविद् धौभडेल भन्छन्, ‘चङ्गा युद्ध नीति पनि हो, चङ्गा एक्लै उडाइँदैन, प्रतिस्पर्धिसँग उडाइन्छ। चङ्गा चेट गर्दा माथिबाट आएर तल आक्रमण गरेमात्र चेट पार्न सकिन्छ। यस्तै लडाइमा पनि दुश्मनलाई माथिबाट आक्रमण गर्नुपर्छ भन्ने नियमको सन्देश दिन्छ।’ यो नेपालीको मौलिक खेल हो।,यो मौसमसँग पनि सम्बन्धित छ। यो हावा चल्न सुरु गर्ने समय आयो, सरल ऋतु सुरु हुन लाग्यो भन्ने संकेत दिन पनि चङ्गा उडाइन्छ। वैज्ञानिक तथ्यलाई मान्ने हो भने हावा चल्न थालेपछि हावामा पानी कम हुन्छ। इन्द्र देवतासँग जोडिएको सँस्कृति पनि यसैसँग सम्बन्धित गर्न मिल्ने धौभडेलले बताए। अब पानी पर्दैन भन्ने सूचना दिएको हो।,यसरी चङ्गालाई तीन किसिमले हेर्न सकिन्छ।,धार्मिक,साँस्कृतिक,कला र मनोरञ्जन,तर नेपाली कागजका चङ्गा बनाउने दिपेन्द्र कुमार रञ्जितकारले भने चङ्गालाई जीवनसँग जोडेका छन्।,‘जीवन पनि चङ्गा जस्तै हो, रंगिन हुन्छ, रंगहिन पनि, कुनै चिटिक्क सजिएका हुन्छन् केही मन नपरेर फालिएका हुन्छन्। उड्दै अग्लो ठाउँमा पुग्छन्, काटिन्छन् पनि तर हामी हिँड्न छोड्न सक्दैनौँ।’, , , , , , , , | सुजाता खत्री |
कुकुरले हुर्काएको सिंह | आमाले लत्याएर के भो, माया गरेर हुर्काउने अर्कै प्रजातिको तर वास्तविक भन्दा पनि माया गर्ने आमा भेटिइन् । सन् २०१४ मा श्रीलंकाको चिडिया खानामा जन्मिएपछि सिंहको बच्चालाई उसको आमाले स्वीकार गरिनन् ।,चिडियाखानाका कर्मचारीहरुले आमाले लत्याएको सिंहको बच्चाका लागि उपयुक्त हुने परिवारको खोजी गरे । उनीहरुले सम्भावित परिवारको रुपमा देखे भर्खरै बच्चा जन्माएको कुकुरमा । सुरुमा आमा कुकुरले स्वीकार गर्न हिचकिचाएको उनका मालिक हेशान मेन्डिसले बताए ।,उनले भने, ‘तर ५/६ घण्टापछि उसको (आमा कुकर) व्यवहार परिवर्तन भयो । त्यसपछि आफ्नै बच्चाहरुलाई जस्तै व्यवहार थालिन् । उनले सिंहको बच्चालाई चाट्न थालिन् । र आफ्ना बच्चाहरुलाई भन्दा ज्यादा माया गर्न थालिन् ।’,बिबिसीले सेयर गरेको भिडियोमा आमा कुकुरले आफ्ना जैविक बच्चाहरुसँगै अपनाएको सिंहको बच्चालाई दूध चुसाएको पनि देखिएको छ ।,उनले सिंहको बच्चालाई तीन हप्तासम्म दूध चुसाइन् । बच्चा सिंह आफ्ना नयाँ दाजुभाइहरुसँग खेलेको देखियो । सिंहको बच्चा हुर्किँदै गएपछि उसलाई चिडियाखानामा पुनर्स्थापित गरियो ।,अहिले कुकुर आमाले हुर्काएको सिंह पूर्ण वयश्क सिंह बनेको छ ।,उसले मेन्डिसको घरमा बिताएको समय सायद भुल्यो होला । तर आफ्नो परिवारलाई भने भुलेको छैन । अहिले पनि सिंहले मेन्डिसलाई चिन्छ । मेन्डिस बेलाबेलामा उसलाई हेर्न चिडियाखाना जान्छन् । उ लुट्पुटिन्छ ।,सिंहले विभिन्न कारणले आफ्ना बच्चालाई अस्वीकार गर्ने गरेको ,ले जनाएको छ । दूध नपुग्ने, बलिया बच्चालाई रोज्नुसहितका विविध कारणले बच्चाहरु अस्वीकार गर्ने गरेको बताइन्छ ।,तर आमाको मायाको कुनै सीमा हुँदैन । आफ्नै आमाबाट अस्वीकृत भएको सिंहलाई कुकुर आमाले आफ्नै सन्तान जसरी हुर्काइन् । | null |
वर्षभरि कुकुर तिहार | शहर बाक्लिँदै गयो । १८ वर्षअघि यहाँ बसाईँ सर्दा बस्तीमा अहिलेको जस्तो बेथिति बाक्लो थिएन । अहिले त जता हेरे पनि घरैघर । खाली ठाउँहरु पनि खुला छैनन् । तर अनियन्त्रित रुपमा ठडिएका अग्ला घरहरुको बाक्लो बस्ती हरेक बिहान छिचोल्ने एक पात्र हुन्, पार्वती गुरुङ्ग ।,काठमाडौँ सामाखुशीको कपुरधारा चोक नजिकै पार्वतीको घर छ । उनको घर अघिल्तिरको गल्ली र मुल सडक हुँदै गाडी हुईँकिन्छन् । बिहानै मर्निङ्ग वाक गर्नेहरुको आहोरदोहोर ।,उदाएको घाम घरहरुको छेल छलेर आँगनमा पर्न थाल्दा उनको टोल यात्रा सुरु हुन्छ, नितान्त फरक उद्देश्य बोकेर । नियमित बिहान पाँच बज्दा नबज्दै उठेकी पार्वतीलाई सात बज्दासम्म यो तयारीमा लाग्छ । त्यसपछि निस्कन्छिन्, साथमा हुन्छन् जीवन–साथी राम गुरुङ्ग ।,बिहानभरि लगाएर पकाएको भात र मासु मिलाएर बाल्टी र बाँटामा राखिएको छ । फलामे गाडामा साना आकारका निला, हरिया अनि राता बाँटाहरु छन् । रामको साथमा पार्वती सेतो दुई तले घरको कालो गेट खोलेर बाहिर निस्किन्छिन् ।,मुल बाटो निस्केने बित्तिकै चार–पाँचवटा कुकुरहरु झम्टिन आउँछन् । पार्वतीले साना भाँडामा खाना राख्छिन्, कुकुरहरु आ–आफ्नो भागमा मस्त हुन्छन् । रामले अलि पर अर्को चोकमा रहेका त्यतिनै कुकुरका लागि पस्किएको खाना लिएर जान्छन् । ती मुक प्राणीहरुको पेट भर्ने कार्यबाट नै पार्वती र रामको दैनिकी सुरु हुन्छ हरेक दिन । कुकुर तिहार कुर्दैनन् उनीहरु ।,बाटो हिँड्नेहरु कोही कुकुरको भिडभाड देखेर तर्सिँदै–तर्किँदै थिए । कोही भने पर पुग्दासम्म आश्चर्यमा फर्कीफर्की हेरिरहेका । पार्वती वरिपरी घेरेका कुकुरलाई खाना खुवाउँदै ।,‘लाडे पल्टिन्छन्, एउटालाई दियो अर्को रिसाउँछ, अर्को तिर फर्कियो उ ठुस्किन्छ ।’ हड्डी खोज्दै गरेकी पार्वतीले उज्यालो अनुहार लगाउँदै भनिन्, ‘यिनीहरु पनि मान्छे जस्तै हुन्, माया गर्छन्, माया बुझ्छन् । तर अरुलाई भन्दा आफैलाई माया बेसी होस् भन्ने चाहन्छन् ।’,सायद यही करुणापूर्ण ममताका लागि पार्वती गुरुङ्गको परिचय सामाखुशी, कपुरधारा चोक वरपरको टोलमा ‘आमा’ को बनेको छ । टोलभरि र वरिपरी २०० सय भन्दा बढी छन् उनका सन्तानहरु । हरेक बिहान उनको बाटो हेरेर बस्छन् टोलका सबै कुकुरहरु । ‘छोराछोरी र यिनीहरुमा केही फरक लाग्दैन’ अघिल्लो चोक पुगेर जम्मा भएका अरु कुकुरहरुलाई खुवाउँदै गरेकी पार्वतीले भनिन् ।,५१ वर्षकी पार्वती र ५३ वर्षका रामका दुई छोरी छन् । एकको बिहे भयो, अर्की छोरी स्नातकोत्तर सकेर बसेकी छन् । सुखी परिवार छ । रातको ड्युटीबाट रामको बिहान ६ बजे घर फर्किन्छन् । पार्वतीले त्यो बेला आधाउधी तयारी सकेकी हुन्छिन् । रामले साथ दिन्छन् । अनि सँगै निस्कन्छन् ।,हामी बिहानै पार्वतीको घर पुग्दा छोरीहरु उठिसकेका थिएनन् । उनीहरुलाई बिस्तारामै छोडेर टोलभरि पर्खिरहेका कुकुरहरुलाई खुवाउन निस्किइन् पार्वती रामसँगै ।,बाटोका छेउ र चोकहरुमा उनको बाटो हेरेर बसकेका कुकुरहरुको अनुहार उज्यालिन्छ एकाएक । खुशीमा पुच्छर हल्लाउँदै भुक्न थाल्छन् । हरेक दिन प्रायः हरेक चोकमा नयाँ सदस्य थपिन्छन् । पार्वतीको सडक छेउको परिवार बिस्तार भइरहन्छ ।,खुशी त मिल्छ, तर यही खुशीका लागि पार्वतीले मुख छुचो बनाउनु नपरेको दिन सायदै होला । पार्वती र रामले अरुले भुस्याहा भनेर हेप्ने टोलका कुकुरहरुलाई मायाले खाना खुवाई रहँदा त्यहि बाटो भएर हिँड्ने यस्ता पनि छन् जो यसलाई बेकार ठान्छन् । भन्नै पर्दा ‘कुरा काट्दै’ हिँड्छन्, भन्छन्–यस्तो कुकुरलाई खुवायो, बाटोभरि फोहोर हुन्छ, बरु गरिब–खान नपाएकाहरुलाई दिनु नि ।,यसरी बोल्दै हिँड्नेहरुले नै जानुन् कि–उनीहरुले गरिबहरुलाई कत्तिको सहयोग गरेका छन् । तर पक्कै पनि कुकुरहरुलाई माया गर्नु त परको कुरा, अरुले गरेको स्नेहमा पनि खोट लगाउन पछि पर्दैनन् । यसले पार्वतीलाई असर गर्दैन । त्यो भन्दा बढी असजिलो सहनु पर्छ उनले ।,राम फलामे गाडा गुडाउँदै चोक छिचोलेर गल्लीतिर पसे । पार्वती भाँडा बडुल्दै पछिपछि लागिन् । गल्लीभरि भोको पेट भर्ने आशमा बसेकाहरुको समूह थियो । उसैगरी खाना निकाल्दै, खुवाउँदै गरे ।,बाटोको छेउमा खाना दिँदा पनि सचेत हुनुपर्दो रहेछ । आफ्नो घरअघि कुकुरलाई खाना दिएको नरुचाउनेहरु माथि कौशीबाट कराउन थाल्छन् । पार्वती र राम मुख फर्काउनु भन्दा गाली गर्नेहरुको घर भन्दा अलि पर खाना बाँड्छन् ।,र पनि कोही न कोहीसँग त बाज्नु नपरेको दिनै हुँदैन । भित्री गल्ली कटेर अर्को बाटो हुँदै चोक पुगेकी पार्वतीले त्यहाँ रहेका कुकुरलाई खुवाउँदै थिइन् । बाल्टीमा आधा जति भएको खानाको साथमा रहेका रामको छेउमा आएको कुकुरको माया लाग्यो ।,रामले हातमा थोरै खाना दिए, सुन पसलको अघि थियो त्यो । पसले महिला कराइन् । भूईँमा खाना राखेका थिएनन्, हातैले खुवाएका रामलाई रिस उठ्यो सायद । उनी पनि कराए । पार्वती आइन्, रोक्न खोजिन्, राम अघि लागे ।,हामीतिर फर्किएर पार्वती बोलिन्, ‘यस्तै हो, मान्छेहरु पनि कस्ता हुन् ? मर्दा लिएर जाने त कसैले पक्कै केही होइन होला ।’ पार्वती र रामले यस्तो हरेक बिहान झेल्नु पर्ने बाध्यता हो । यहि बाध्यतामा पनि अघाउँदै गएका कुकुरहरुको पेटले उनीहरुको अनुहारमा मुस्कान फुलाउँछ । र सबै अप्ठ्याराहरु सजिला बनिदिन्छन् ।,पार्वतीका आठ दिदी बहिनी, तीन भाइहरु । सबै राम्रो ठाउँमा छन्, व्यवस्थित छन् । अधिकांशको बसाई युरोप र अमेरिकातिर छ । प्रजातन्त्रवादी नेता बखानसिंह गुरुङ्गकी पनातिनी र शहीद लालबहादुर गुरुङ्गकी नातिनी हुन् उनी ।,दिदी–बिहीनीले विदेश घुम्न बोलाइरहन्छन् । तर पार्वतीलाई कुकुरको मायाले बाँधेको छ । पार्वतीले स्पष्ट पारिन्, ‘यहिँ यताउता जाँदा त कुकुरलाई के भयो होला, खान पाए पाएनन् भन्ने हुन्छ । विदेश नै गयो भने त के होला, कल्पना पनि गर्दिन ।’,उनलाई आफू अघिल्लो जन्ममा कुकुर नै थिएँ कि जस्तो पनि लाग्दो रहेछ । ‘नत्र यस्तो औधी कुन हुन्थ्यो र ?’ भन्छिन् उनी, ‘एक–दुई दिन घर छोडेर जाँदा देउरानीहरुलाई भन्छु, तर धेरै दिन बस्न सक्दिन । फर्किहाल्छु ।’ पार्वतीलाई उनको कुपरधारा चोक वरिपरिको दुनिया जित प्यारो अरु छैन । कुकुरहरु उनलाई ‘मिस’ गर्छन्, उनी आउने बाटो हेरिरहन्छन् ।,बिहान सात बजेपछि निस्किएका पार्वती र राम नौ बज्ने बेला घर फर्किए । निस्कँदा भरेर लगेका भाँडा खाली थिए । तर पार्वतीको मन भरिएको । गेटबाट पस्दै गरेकी पार्वतीले भनिन् ‘उनीहरुको पेट टम्म भएपछि बल्ल ढुक्क हुन्छ ।’,बाहिरकालाई त खुवाइन्, घरमा पनि पर्खिएका छन् । दुई छोरी अनि तीन थप सन्तानहरु (कुकुर) ले । दुई सेता र एउटा कालो कुकुर छ घरमा । पार्वतीले पर जान्छु भन्नै हुँदैन, काखमा आउँछन् । लुट्पुटिन्छन् । चाट्छन् । पार्वती पनि उसैगरी रमाउँछिन् । उनको घर र घर बाहिरको संसार कुकुरकै पेरिफेरिमा छ । प्रेम बाँड्छिन् र प्रेम पाएको सन्तुष्टि हुन्छ उनमा ।,घरको काममा व्यस्त भएकी पार्वतीले आफ्नो प्रेम प्रशंग पनि उप्काईन् । रामले अलि लाज माने । अनि प्रशंग बुढा–बुढी बिच हुने झगडाको पनि उठ्यो । पार्वती झगडाको कुरा हाँस्दै भन्दै थिइन्, ‘कहिले काहिँ त झगडा पर्छ नि, म रुन्छु । यिनीहरु (दुई कुकुर) मलाई टोलाएर हेरिरहन्छन् । रुँदारुँदै हाँसो लाग्छ ।’ अनि हाँसिन् पार्वती ।,हामीले घर बाहिरका कुकुरलाई हरेक दिन खुवाउने खर्चको कुरा गर्न खोजेका थियौँ । पार्वती त्यसबारे कुरा गर्न त्यति तयार भइनन् ।,तर भान्छामा पछ्याउँदै जाँदा, त्यहाँ कुकुरका लागि ल्याइएको मासु, चामलका बोरा र अरु सामानहरु थिए । कुरा गर्दै जाँदा थाहा भयो दिनको १५०० भन्दा बढीको मासु लाग्ने रहेछ । १०–११ माना चामलको भात । भात नखानेका लागि बिस्कुट । सबै गरेर महिनाको ६० हजार भन्दा बढी खर्च हुनेरहेछ ।,चिया बनाउँदै गरेकी पार्वतीले बोलेकी हुन्, ‘खर्चको चिन्ता छैन । मैले कसैको लागि गरेको होइन, म आफैलाई राम्रो लाग्छ, र गरेकी हुँ । पैसा भन्ने कुरा त आउँछ जान्छ । दिदीहरुले पनि साथ दिएका छन् ।’,कुरै कुरामा घरमा रहेका तीन कुकुरको त नागरिकता बनाएको भन्ने थाहा लाग्यो । नागरिकता साँच्चिको होइन, ख्याल ख्यालको । पार्वतीकी कान्छी छोरी (रक्षा) ले घरमा भएका कुकुरको नागरिकता बनाएकी रहिछन्, आफैले ।,पार्वतीलाई त्यो मन परेको छ । उनलाई कुकुरको परिचय स्थायी रुपमा स्थापित होस् भन्ने छ । कुकुर पाल्नेहरुले छोड्न नपाउने । सबैले बचेको खाना दिने । अनि कुकुरलाई कसैले हेला नगरेको संसार भए हुन्थ्यो भन्ने लाग्छ ।,कम्तिमा उनले आफूले भ्याएसम्म त्यसका लागि पहल गरेकी छन् । हामी थप केही बेर बसेर, पार्वती र उनको परिवारको सेवाजीवि जीवनको एक बिहान नियालेर फर्किँयौँ, निष्काम सत्कर्मको पनि उपल्लोस्तरलाई नमन गर्दै । | टंक ढकाल |
एउटा पुरानो तस्बिरको कथा | सम्झनाहरुको संग्रह बनेर बसेको एउटा तस्बिर, जसमा दुःखले मिलाएको फुर्सद र पहिलो पटक राम्री बनेर आफ्नै तस्बिर खिचाउँदाका रोमाञ्चकताहरु समेटिएका छन् । अझ भन्दा जीवनको अनुभव संगालिएको छ ।,चितवन रत्ननगर, टाँडीकी देवकुमारी पाण्डे र उनका अरु पाँच दिदीबहिनीको तस्बिर हो यो । तस्बिरको अघिल्लो क्रममा बायाँबाट उनकी जेठी दिदी मिठी, माइली दिदी चिनिया र साईँली दिदी भगवती । पछाडि उभिएका तीनमध्ये बिचकी हुन् देवकुमारी, उनको बायाँ तिर कान्छी बहिनी निर्मला छन्, दायाँतिरकी ठूलीकान्छी बहिनी सीता हुन् ।,ठ्याक्कै वर्ष याद भएन, तर तस्बिर २०२६–२७ सालको पुस–माघमा खिचेको हुनुपर्छ भन्छिन् ७२ वर्षकी देवकुमारी । अर्थात झण्डै आधा शताब्दी अघिको ‘ब्ल्याक एण्ड ह्वाइट’ फोटो । तर यसले दिएको रोमाञ्चकता यी ६ दिदी बहिनीको ‘श्याम–स्वेत’ जीवनमा रंग भर्ने माध्यम बन्यो ।,देवकुमारीका ६ बहिनी मध्ये साईँली अरु भन्दा अली टाठी, उनैले बनाएकी हुन् तस्बिर खिचाउने ‘परियोजना’ ।,परियोजना यो अर्थमा कि त्यो बेला बिहेपछि अझ सन्तान पनि भइसकेको अवस्थामा भेटघाटमा निस्कन त फुर्सद मिल्दैनथ्यो, त्यसमाथि फोटो खिचाउनका लागि रातै बिताउने गरी ‘शहर’ जाने समय र अनुमति मिल्न सजिलो थिएन ।,चितवनको पहाड तोलाङबाट जिल्लाकै तराई भटेनी झरेका गम्भीरध्वज घिमिरेका ६ बहिनी छोरी मध्ये पाँचवटीको बिहे भइसकेको थियो । कान्छी माइतमै थिइन् ।,साईँली भगवतीको घर माइत नजिकै ।,उनले चाल पाइन् त्यसबेला जिल्लाको एक मात्र शहर ‘नारायणघाट’ मा फोटो खिच्ने ठाउँ छ । त्यसपछि दिदीहरु र बहिनीहरुलाई जानु पर्छ भन्दै चाँजोपाँजो मिलाउन लागिन् । माइली चिनियाको पनि त्यो बेला भेटेनीमै घर थियो, अहिले भने गोरखा छ बसाई ।,बिहेपछि कोही पाण्डे, कोही अधिकारी त कोही बस्नेत अनि कोइराला र रायमाझी बनेका गम्भीरध्वजका छोरीहरुको परियोजना सफल भयो । भटेनीबाट उनीहरु ‘राम्री’ बनेर एक बिहान फोटो खिचाउने सपनासहित शहरका लागि हिँडे ।,तस्बिरबारे कुरा उप्काउँदै जाँदा चाउरिँदै गएको अनुहारमा त्यो भन्दा भव्य चमक थपिँदै गएकी देवकुमारी बोलिन्, ‘साईँली दिदीले फोटो खिच्नु पर्छ, अनि फिलिम पनि हेर्ने भनेपछि रमाइलो लाग्यो । हामी घिमिरेका छोरीहरु असाध्ये मिल्ने, योजना बनिहाल्यो नि ।’,योजना त बन्यो तर घरमा भन्नु परो, पैसा पनि जुटाउनु थियो । ‘हामी यहाँ भएकाहरु पनि जम्मा भयौँ, कसैले आफ्ना बुढालाई फकाए, कसैले धम्की देखाए, सबै मानी हाले । आँटेपछि कसको के लाग्छ र ?’ देवकुमारीले भन्दै गइन्, ‘सकेसम्म राम्री बनेर गएका थियौँ ।’,‘श्याम–स्वेत’ तस्बिरमा ६ बहिनी नै राम्रा देखिएका छन्, उनीहरुले राम्रो बन्नका लागि लगाएको भनिएको ‘लाली’ को रातो भने देखिँदैन । तस्बिरमा नदेखिएको लालीको रंग अहिले पनि देवकुमारीका दिदीबहिनीमा देखिन्छ ।,कान्छी बहिनी त्यो बेला ९ कक्षासम्म पढेर पढाउन थालेकी थिइन् । त्यसैले उनले स्कुलमा जागिर खाने प्रक्रियाका लागि फोटो खिचाइसकेकी थिइन् । बाँकी पाँच बहिनी इतिहास रच्दै थिए ।,देवकुमारीका दिदी बहिनी जंगलको बाटो हुँदै हिँडेर नारायणगढ पुगे । देवकुमारीले त्यो बेलाको अनुभव बताइन् ‘२–३ बजेको थियो होला शहर पुग्दा । चलचित्र हल नजिकै फोटो खिच्ने ठाउँ थियो, त्यहिँ खिचायौँ ।’,उनले अघि भनिन्, ‘हामी त नमिली बसेका थियौँ, फोटो खिच्ने ठिटोले नै मिलाइदिए ।’ फोटो खिच्नुअघि स्टुडियोमै रहेको ऐनामा हेरेर थप राम्री बनेको उनले बताइन् ।,सबैभन्दा कान्छी निर्मलालाई त्यो समयको सम्झना अहिले पनि ताजा छ । सबै मिलेर गएको त्यो दिनको सम्झना गर्दै उनले भनिन्, ‘औधी रमाइलो भाथ्यो नि, दिदीहरुसँग बसियो । फोटोको मजा छुट्टै, घर बाहिर बस्दाको आनन्द भिन्दै । अहिले त्यो फोटो हेर्दा उहि समयमा पुगिन्छ ।’,निर्मलाबाहेक देवकुमारी, मिठी, चिनिया, भगवती र सीताका लागि फोटो खिच्दाको नयाँ अनुभव थियो र रमाइलो पनि ।,तस्बिर हराएको थियो लामो समय, केही महिनाअघि निर्मलाले भेटिछन् । ‘यो फोटो त कस्तो मेहनत र तयारीले पो खिचेको छ । मैले भेट्टाएँ, अहिले त मोबाइलमा पनि राखेकी छु’ निर्मलाले उत्साहित हुँदै सुनाइन् ।,देवकुमारीकी माहिली दिदी चिनियासँग फोटोको कुरा गर्दा अझ रमाइलो कुरा थाहा लाग्यो ।,चिनियाले बताउँदै गइन्, ‘त्यो दिन गएर शहर घुमियो, फोटो खिचायौँ, अनि फिलिम हेरियो । बेलुका होटलमा बसेका थियौँ । ठुल्दिदी र मैले भात खाएनौँ, घरबाहिर खानु हँदैन भन्थे नि, रोटी खायौँ । बहिनीहरुले त भात खाए ।’,त्यो दिनको सम्झना गर्दा रोमाञ्चित बनेकी चिनियाले अघि भनिन्, ‘जाडो मौसम भएकाले होटलको सुताइ न्यानो हुने छाँट थिएन, साईँली बहिनी बाठी, उसले होटलवालाई–चिसो भयो भने त ओछ्यानमै पिसाब गर्न बेर लाग्दैन, भनि । होटलेले पनि डरले दियो न्याना लुगा, सुतियो मजाले ।’,यी दिदी बहिनीले फोटोमात्रै खिचाएका थिएनन्, नारायणगढको हलमा ‘फिलिम’ पनि हरेका थिए । ६ जनाले नै जीवनमा पहिलो पटक हरेका थिए चलचित्र ।,आधा शताब्दी हुँदा कुन फिलिम हेरियो भन्ने सम्झना चाहिँ भएन । देवकुमारी, निर्मला र चिनियाले सम्झिने प्रयास निकै गरे, तर पनि निचोड एउटै–फिलिम त नेपाली नै थियो र अति राम्रो पनि । टिकटको पाँच रुपैयाँ लागेको, तर नाम चाहिँ थाहा भएन ।,देवकुमारी बोलिन्, ‘सारै राम्रो थियो । तीन रुपैयाँ तिरे अगाडि बस्नु पर्ने, पछाडिबाट हेर्दा राम्रो हुन्छ भन्ने थाहा पाएर पाँच रुपैयाँ तिरेर हेरेको त्यो फिलिम । अहिले पनि हेर्न पाए हुने जस्तो लाग्छ ।’,नाम भुले पनि संगालेको रमाइलो क्षण भने जीवनपर्यन्त बनेको छ उनीहरुका लागि । अघिल्लो दिन फोटो खिचाएर फिलिम हेरी होटलमा रात बिताएका उनीहरु भोलिपल्ट ब्ल्याक एण्ड ह्वाइट फोटो लिएर घर फर्किएका थिए ।,छरछिमेकका दिदी बहिनीले त्यसपछि थाहा पाए । भनेका थिए रे, ‘कस्ता रैछन्, नभनी ग’का, भन्या भा’त हामी पनि जाँदाहौँ ।’,‘तर हाम्रा लागि हाम्रै हुल पुगेको थियो, अरुको के वास्ता हुनु’ देवकुमारीले बताइन् ।,फोटो खिच्दाको खर्चको यकिन छैन । तर केही जोहो भने गर्नै पर्ने थियो । यसको प्रमाण देवकुमारीको अर्को प्रशंग बन्यो । उनले दिदी बहिनीसँग मिलेर फोटो खिचाएपछि बुढासँग गएर पनि खिचाएकी रहिछन् ।,‘बुढा (लालबहादुर पाण्डे) लाई पनि लिएर गएँ, फोटो खिचाएँ नि’ उनले भनिन्, ‘कुकुरा बेचेको पैसाले गएर फोटो खिचेका थियौँ ।’,
देवकुमारीसँग अहिले पनि त्यो फोटो छ, चाँदीको फ्रेम हालेकी छन् । तस्बिरमा उबेलादेखि सँगै रहेका पति लालबहादुर केही वर्षअघि परलोक गए, फोटोमा उनी अहिले पनि उस्तै छन् ।,देवकुमारी, निर्मला र चिनियासँग कुरा गर्दा स्पष्ट हुन्थ्यो, उमेरले बुढेसकाल लागे पनि त्यो फोटो ती दिनका प्रमाणका रुपमा जीवित छ । सबै जम्मा हुने मन छ फेरि उसै गरी हल्ला गर्ने, राम्री हुने धोको छ ।,चिनियाले उत्साहित हुँदा हुँदै फेरि केही मलिन हुँदै भनिन्, ‘६ बहिनी नै भेला हुन त अब सकिँदैन, ठूल्दिदी (मिठी) परलोक लागिन् । अरु पाँच बहिनी भेला हुन मन छ ।’ मिठीको निधन भएको केही वर्ष भयो । एउटी बहिनी अस्ट्रेलियामा रहिछन्, अर्की पनि क्यानडा जाने तयारीमा । तर पाँच बहिनी जम्मा हुने धोको सबैमा छ । | टंक ढकाल |
चिटिक्कका लुगा बनाउने रविन | गएको मंसिर २५ गते धुमधामसँग चलचित्र मारुनीको घोषणा भयो। नायिका साम्राज्ञी राज्यलक्ष्मीदेवी शाह, नायक पुष्पल खड्का लगायत चलचित्रका कलाकार र्याम्पमा उत्रिए।,अभिनयमा पोख्त भनेर प्रशंसा बटुलेकी साम्राज्ञीतर्फ सबैको ध्यान आकर्षण हुनु समान्य थियो । त्यसैले त उनी पुगेको हरेक सभा समारोह उनको चर्चा हुन्छ ।,मारुनीको सेटमा रातो लेहेँगा चोलीमा पुगेकी साम्राज्ञीका कपडाको खुब चर्चा भयो । रातो रंगको खुलेको चोली अनि फरर परेको लेहेँगा लगाएर र्याम्पमा उनी टकटक हिँड्दा सबैको क्यामरा अनि मोबाइल उनैतिर सोझिए, सञ्चारमाध्यममा समाचार आयो, ‘रातो लेहेँगामा सजिएकी सुन्दरी साम्राज्ञी’।,‘यो समाचार पढ्दा मलाई धेरै खुशी लाग्यो । कामको प्रशंसा हुँदा रमाइलो हुन्छ नि ।’ रविन परियारले खुशी बाँडे ।,उनी मारुनी बनेकी साम्राज्ञीले लगाएको लेहेँगाको डिजाइनर हुन् । बानेश्वर शान्तिनगरको केही भित्रको एउटा घरमा उनी यस्तै यस्तै कपडाको डिजाइन गरिरहेका हुन्छन् ।,घरी इन्टरनेटमा हेर्छन्, कपडालाई ओर्काइ फर्काइ पनि गरिरहन्छन्, काममा एकोहोरो लागिरहन्छन् । उनले डिजाइन गरेको कपडा कसले बनाएको भनेर सोधिखोजी हुने भएकोले नै उनी धेरै ध्या दिन्छन् ।,२४ वर्षको खोटाङ्गे ठिटो, चुलबुले, भइरहेको चिजमा नयाँ कुरा थप्न मन लाग्ने उनको बानी। घरमा सबैभन्दा कान्छो सन्तान । बाबा पुलिसको जागिरे, आमा घरमा सिलाईबुनाई ।,रविनको एक दाई अनि चार दिदीहरु छन् । फुर्कनु स्वाभाविक हो, घरको जस्तो आर्थिक अवस्था, क्षमता थियो त्यही अनुसार इच्छा पूरा गरिदिन्थे। पुर्ख्यौली पेशामा उनले त्यति रुचि देखाएका थिएनन् । यद्यपी उनलाई मेसिन चलाउन भने राम्ररी आउँथ्यो ।,एलसलसी पछि उनले व्यवस्थापन अध्ययन गरे। होटेल म्यानेजमेन्ट पढ्ने भूत चढ्यो अनि उनी कलेज जान थाले । उनी करातेमा शोख राख्थे रे ।,‘प्लस टू सम्म पनि सिके, खेले’ आफूले राष्ट्रिय टोलीबाट तालिम समेत लिएको बताउने रविनले आफू ब्ल्याक बेल्ट भएको बताए । हामीलाई भेट्दा ट्राउजर र ज्याकेट लगाएका रविन खेलाडि जस्तै देखिएका थिए । तर बिस्तारै उनको बाटो मोडियो ।,‘प्लस टूको खाली समयमा म डिजाइन सिक्न गएको थिए’ रविन सम्झन्छन्, ‘त्यति बेला नै रस बसेछ, होटल म्यानेजमेन्ट पढ्न जाँदा जाँदै बिचमा नै छोडे।’,उनको परिवार पुर्खाले गर्दै आएको सीप हो सिलाई। घरमा सिलाई मेसिन घर–घर नचलेको होइन। उनले मेशिनमा धागो हाल्न, उध्रेको कपडालाई ठीक पार्न नजानेका होइनन्, उनले कक्षा ८–९ मा पढ्दा नै कपडा सिलाएको अनुभव छ ।,तर प्लस टू पछिको खाली समय उपयोग गर्नको लागि उनीले लिएको तालिमले उनलाई नयाँ काम सिकायो। ‘नयाँ भनेर कपडाको नाम नै फरक भन्ने हुँदैन, भइरहेका कपडालाई आकर्षक बनाउने हो।’,रविन भन्छन्, ‘समय कस्तो छ, चलिरहेको फेसन के हो र यसलाई नेपाल सान्दर्भिक कसरी बनाउन सकिन्छ भन्नु नै चुनौतिपूर्ण कुरा हो।’,सानो ठाउँमा प्रतिस्पर्धा हुने कुराबाट उनी अपरिचित छैनन्। तर जति डिजाइनर छन्, उनीहरु भन्दा फरक सोचेर काम गर्न डराउँदैनन्, उनको प्रयासलाई उनको क्लाइन्टले मन पराइरहेका छन् ।,यसको उदाहरण ‘मारुनी’ चलचित्रको कस्ट्युमको जिम्मा उनले पाए, यो भन्दा अगाडि उनले साइनो, शुभ लभ, ऐश्वर्य, कान्छि, ड्रिम गर्ल लगायतका चलचित्रमा काम गरिसकेका छन् । म्यूजिक भिडियो उनले गनेका नै छैनन्।,नयाँ नयाँ जिम्मेवारी थपिएसँगै उनको जीवनशैली पनि बदलिएको छ । उनी चलचित्र हेर्दा पहिला मनोरञ्जनको लागि हेर्थे अहिले कपडाको डिजाइनमा ध्यान जान्छ । उनको कुनै स्टाइल त छैन तर उनी अन्तर्राष्ट्रिय डिजाइनरहरुलाई पछ्याउँछन् ।,उनी आफ्नो कामलाई खुशी पोर्ने काम भन्छन्, ‘वाउ ! सुन्न मन लाग्छ अनि घोटिन मन लाग्छ।’ उनले फेसन डिजाइनमा नै भविष्य देखेर लागि परेको दुई वर्ष भयो।,डिजाइनिङ्गको कोर्ष सकेपछि उनी फटाफट काममा लागे, बाटो त्यहीबाट कोरियो। राम्रो काम गर्यौ भनेर हौसाए, कामको लागि हात खाली पनि भएन अनि नजानेरै अगाडि बढे। उनलाई अब साथी साथीबाट पनि क्लाइन्ट पाइन्छन्।,सुरु सुरुमा उनको कामको बारेमा परिवारका धेरैले थाहा पाएनन्। रबिनको आमा ५५ वर्षकी हुनुभयो, अहिलेसम्म कपडा सिलाउँदै हुनुहुन्छ। उनी सम्झिन्छन्, ‘घरमा सेलिब्रेटि आउँदा आमाले चिन्नुहुने थिएन। पछि टेलिभिजनमा देख्दा जिल्ल।’,उनले अहिलेसम्म अशिष्मा नकर्मी, दीपिका प्रसाई, श्वेता साम्राज्ञी लगायत धेरैजनासँग काम गरिसकेका छन् ।,उनले पहिलो पटक ¥याम्पमा उक्लेको अहिलेसम्म भुलेका छैनन्। ‘म कसरी भुल्न सक्छु’, एकदम डर लागेको थियो’, रबिन सम्झन थाले, ‘बच्चाहरुको बिउटी प्याजेन्ट थियो, म जज बनेर गएको थिए।’,मानिसलाई आफ्नो वरपरको वातावरणले प्रभाव पार्छ । प्लस टू पढिसकेपछि उनका साथीहरु भटाभट बाहिर जान थाले । आमाले रविनलाई पनि आग्रह गरिन्, बाहिर जाने । हो कि लाग्नु रविनलाई स्वाभाविक थियो त्यसैले उनी पासपोर्ट बनाउन गए । जाम जाम जस्तो लाग्यो ।,त्यही समय डिप्लोमा गरीरहेका रविनलाई बिउटी प्याजेन्टको कन्ट्रयाक आयो । अनि त्यसपछि यात्रा निरन्तर चलिरहेको नै छ ।,
बिस्तारै बिस्तारै काम आउन थाले, र्याम्पमा उनी पनि हिड्न थाले । रविन भन्छन्, ‘र्याम्पमा मलाई हिँड्न थालेको देखेर आमा एकदमै भक्कानिनुभयो ।’,आमाको खुशीको आँसु नै रविनको प्रेरणा बन्यो । त्यसैले त एक जनाले गर्ने काममा उनले ४ जना सहयोगी राखेका छन्, छुट्टै पसल पनि बनाइसकेका छन्।,अहिले बिस्तारै कन्ट्याक्ट बढेका छन्, सबै राम्रो भयो भने महिनामा एक, डेढ लाखको कमाई पनि हुन्छ । त्यसैले उनमा बिदेश कमाई गर्न जाने सोच नै आएको छैन । | सुजाता खत्री |
अरुलाई सजिलो बनाउँछिन् जो, कृपा सिग्देल | दुखाउनलाई कुनै धारिलो सामानले काट्नु पर्दैन, तिखोले घोच्न पर्दैन। हामीले गर्ने व्यवहार अनि बोली नै कोक्काउने पीडाको कारण बन्छ।,आफ्ना हरेक समस्यामा परिवारको साथ खोज्ने कृपाले सोचेकै थिइनन्, उनी यस्तै अनगिन्ती पीडा सुन्छिन्, बुझ्छिन् अनि चिन्दै नचिनेका मानिसको भरोसा बन्छिन्।,हुन त हामीलाई चिन्दै नचिनेको मानिसलाई दुःख परेको देख्दा ‘च्व च्व’ गर्न आउँछ। अरुको आँखामा आँसु देखे आफ्नै आँखा रसाउँछ, तर अरुलाई दुःख परेको कारण जानेर समाधान गर्ने सामर्थ्य र हिम्मत कमैमा हुन्छ। हाम्रो अर्कै खालको स्वाभाव भनेको हामी दुःखबाट भाग्न खोज्नु, पीडाबाट उम्कन खोज्नु हो। आफैलाई केन्द्रमा राखेर अगाडि बढ्दा मनमा चसक्क घोच्ने कुरालाई ‘स्किप’ गर्न खोज्छौँ।,अवसर पायो कि आफ्नो दुःखेसो अरुलाई सुनाउन खोज्छौँ, कृपा सिग्देलले अरुको पीर सुन्ने काम गर्छिन्।,उनको जन्म नवलपरासीको गैँडाकोटमा भएको हो। २८ वर्षकी भइन्। घरकी जेठी छोरी कृपा काठमाडौँ बस्न थालेको १२ वर्ष भयो।,पेसाले शिक्षिका हुन्। गोल्डन गेट कलेज र पद्मकन्या क्याम्पसमा साइकोलोजी (मनोविज्ञान) पढाउँछिन्।,उनी साइक–विज्ञान नेटवर्क नेपालमा संस्थापक सदस्य हुन्, अहिले उनी यहि संस्थाको कार्यकारी निर्देशक भएर काम गरिरहेकी छन्।,उनले मानिसका सम्बन्धमा आउने समस्या अनि युवालाई ‘काउनसिलिङ्ग’ (मनोविमर्श) गर्छिन्। एडोलोसेन्स, माइन्ड डिप्रेशन, एन्जाइटी उनका कार्यक्षेत्र हुन्।,स्नातकोतरसम्म अध्ययन सकेकी छन्।,पढाईमा अब्बल थिइन्। कक्षा ९–१० मा पढ्दा एकाउन्ट विषयमा उनको नम्बर एकदमै राम्रो आउथ्यो। उनलाई पनि लेखाको टेबल बनाउन, डेबिट क्रेडिट छुट्याउन सारै रमाइलो लाग्थ्यो। साथीहरुले हौसाउथे, शिक्षकले तारिफ गर्थे।,मनमनै ‘चार्टर एकाउन्टटेन्ट’ बन्ने सपनाले आकाश छुँदै थियो। सिग्देलले आफूलाई कोट पाइन्ट लगाएर हातमा ल्यापटप बोकेर एउटा अफिसमा छिर्ने ‘एकाउन्टेन्ट’ युवतिको कल्पना गरेकी थिइन्।,तर…,एसएलसीमा आएको नजिताले उनको सपना भन्दा फरक बाटो हिँडायो। ‘उत्कृष्ट श्रेणीमा उत्तिर्ण भएपछि घर तिर साइन्स पढ्नुपर्छ भन्न थाल्नुभयो।’ कृपाले सम्झिइन्, ‘त्यो बेलामा ८० प्रतिशत कटेपछि त साइन्स नै पढ्नुपर्छ भन्ने मान्यता थियो।’ परिवारमा प्लस टू पछि पनि एकाउन्ट पढ्न सक्छौ भने, उनले भनेको मानिन्।,एसएलसीपछि उनको पढाई ‘ए लेबल’ मा भयो। उनलाई विज्ञानसँगै अर्को विषय रोज्न पाउने छुट पनि थियो। उनले विज्ञानसँगै ‘एकाउन्ट’ को अध्ययन गरिन्। पास हुने बेलामा विशुद्ध विज्ञान नै भयो ।,उनका बाबा आमा खुशी भए। छोरीलाई डेन्टिस्ट बनाउने सपना थियो। त्यसको लागि उनले एउटा खुड्किला उक्लेकी थिइन्।,स्नातकमा भर्ना हुनु अगाडि कृपाको कुराकानी उनकै एक शिक्षकसँग भयो, जो ‘साइकोलोजी’ पढ्न गएको थाहा पाइन्। विषयको नाम थाहा पाएको पनि यही बेला हो।,धेरैलाई स्नातक तह सक्काउने बेलामा के के विषय हुन्छन्, आफ्नो उद्देश्य पूरा गर्न कुन विषय पढ्नुपर्छ भन्ने थाहा हुन्छ। कृपाले ए लेबल सक्काएपछि नाम सुनेको विषको बारेमा खोजी गरिन्। चासो बढेर आयो। अनि सामाजिक कार्य र मनोविज्ञानमा स्नातकको अध्ययन गरिन्।,मुस्काउँदै उनले भनिन्, ‘म जासुस सम्बन्धी किताब पढ्थेँ, विषयको बारेमा खोजी खबर गर्न अल्छि लागेन।’,
इनटर्नसीप गर्दागर्दै कामको अफर आयो, बिस्तारै अफिस खोलिन्, काउनसिलिङग गर्न थालिन्। स्नातकोत्तर सकेर आफै पढेको कलेजमा पढाउन थालिन्।,उनले १० कक्षामा पढ्दा देखेको सपना केही यथार्थमा परिणत हुँदै थिए, उनी ल्याप्टप बोक्ने भइन्, अफिस जाने पनि भइन् तर एकान्टेन्ट होइन, अब उनी काउन्सिलर भईन्।,मनोविज्ञान सामाजिक विज्ञानको विषय हो। केही समय यस्ता पनि थिए, जहाँ साइन्स, म्यानेजमेन्ट बाहेक अरु विषयलाई पढ्ने विषय नै मानिदैन थियो।,‘मले सोसल वर्क पढ्दा सामाजिक विषयलाई विषवस्तु नै मानिदैन थियो, धेरै इनटर्नसीप जानुपर्ने भएकोले आफन्त भेट हुने थिएन।’ उनी भन्छिन्, ‘साइकोलोजी सोसल साइन्स हो यसमा हामी बायोलोजीको कुरा गर्छौँ, बायोलोजीको पस्पेक्टिभ मेथड्स पनि पढ्नु पर्छ।’ आफन्तले परिवारलाई सोध्थे रे छोरी गर्छे चाँही के ? सधैँ बिजी हुने छोरीको आउटपुट केही देखिएको थिएन।,पछि पत्रपत्रिकामा लेख आउन थाल्यो, त्यो लेख पढ्न थालेपछि। काममा उनी इन्गेज हुन थालेपछि अब भने सबैले उनको कामलाई अलि अलि बुझे।,उनको काम अरुको पीडा सुन्ने र त्यसलाई समाधान गर्नका लागि विकल्पहरुको खोजीका लागि सहयोग गर्ने हो भन्नेमा अब कसैलाई कन्फ्यूजन छैन।,कृपाले यो क्षेत्रमा काम गर्न थालेको सन् २०१४ बाट हो।,पद्मकन्या क्याम्पसको खालि चउरमा उनी पलेटी मारेर साथी सुजन श्रेष्ठसँग गफ गर्दै थिइन्। उनी आफ्नो कामको बारेमा भन्न थालिन्, ‘कति पीडाहरु साँच्चै नै अप्ठ्यारा हुन्छन्। सुन्ने मान्छे चाहिएको हुन्छ। हामी उनीहरुको सबै कुरा सुन्नलाईमात्र सुन्दैनौँ। त्यसको समाधानको बाटो खोज्नु पर्छ। तर त्यो समाधान उनीहरुकै सम्भावनाहरुबाट उनीहरुलाई नै सक्रिय बनाएर खोजिने हो। हामीले त्यसका लागि सहजीकरण गर्ने।’,कुनै कुनै समस्या असाध्यै जटिल हुन्छन्, ‘मैले इनटर्नसीपको बेलमा भेटेको एक पात्र असाध्यै अनौठो थिए, साइकोटिक केसेज भन्छौ हामी, ‘आउट फ्रम रियालिटि’ जुनियर असिस्टेन्ट भएर काम गर्दा एक महिलाले काउनसिलिङ्ग गरिराख्नुभएको म्यामलाई भनिन् ‘पछाडि खुर्पा लिएर मेरो सासु बस्नु भएको छ।’ त्यो कुरा हाम्रो लागि वास्तविक होइन, तर उनी त्यसैमा बाँचिरहेकी थिइन्। उसलाई स्किजोफेनिकको बिरामी भनिन्छ। उसलाई काउनसिलिङ्ग र औषधि दुवै आवश्यक छ।’,‘तपाईँ डाक्टर हुनुभयो है ?’,हाँस्दै उनले भनिन्, ‘पिएचडी गरे भने, पक्कै भन्न सकिन्छ।’,२०७२ सालको भूकम्पपछि मनोवैज्ञानिक समस्याको बारेमा कुरा गर्ने वातावरण केही सहज भएको छ। यो भन्दा अगाडि मनोवैज्ञानिक समस्यालाई पागलपनको नाम दिने गरिन्थ्यो। तर अहिले मनोवैज्ञानिस समस्यालाई काउन्सिलिङ् गर्दा ठीक हुन्छ भनेर विश्वास गर्नेको जमात पनि बढेको छ।,त्यसैले पहिला भन्दा अलि धेरै मानिस आउँछन्, मनको भारी बिसाउछन्। अनि खुशी अनुहार लिएर जान्छन्।,स्वाभाव आफ्नै आफ्नै, कसैलाई लिएर खुशी मिल्छ कसैलाई दिएर। कृपा अरुको समस्या सुनेपछि अरुलाई हलुका महशुस गराउँछिन् अनि आफू पनि खुशी हुन्छिन्।,एक दुई कामहरु भए जसले उनलाई गर्वान्वित महशुस गराएको छ।,– स्नातकमा युनिभर्सिटि टप गर्दा, उनलाई बुझेर पढ्दा सकिने रहेछ भन्ने लाग्यो।,– आफ्नो काम देखेर बाबाआमा मख्ख पर्दा,,– कोही कोही भाइबहिनीले ‘तपाईँको कारणले साइकोलोजी पढ्न गएको’ भन्छन्।,गर्नु त धेरै छ, तर उनलाई यस्ता खुसीले ‘होस्टेमा हैसे’ बनाइदिन्छ।,अरुको पीडाको गाथा सुन्दा मन भारी हुनु स्वाभाविक हो। उनी दिनहुँ जसो समस्या मात्र सुनेर आउछिन्, आफूमा प्रभाव नपरोस् भन्ने प्रयास त हुन्छ तर सधैँ सफल भइँदैन। यस्तो बेलामा कृपाकी आमा साथी हुन्छिन्। आमा गृहणी हुन्।,असाधारण केसहरु आएमा उनी आफ्नो आमासँग कुरा गर्छिन्। सबै समस्याको समाधान हुन्छ। भोलिपल्ट जोश उस्तै जाँगर पनि उस्तै।,उनको परिवारमा बाबा, आमा अनि भाइ छन्। बुबाको ट्राभल एजेन्सी छ ।,भाइ अमेरिकामा मेकानिकल, एरोस्पेस इन्जिनियरिङ, पढ्दैछन्।,उनलाई लाग्छ, ‘राम्रो काउनसिलर हुन परिवार राम्रो हुनपर्छ नत्र सकिँदैन। काम पनि राम्रो हुन्न दाम पनि राम्रो हुन्न।’,ए लेबल पढ्दा उनका साथीहरुबाहिर गए, उनी पनि जान खोजिन्। तर छोरीलाई एक्लै नपठाउ भन्ने परिवारको प्रतिक्रिया आयो।,मनोविज्ञान पढेपछि उनले बाहिर सेटल हुन जाने सोचिनन्। पैसाचाँही चाहेको जत्ति हुँदैन। काममा सन्तुष्ट भएर उनले अरु पेसाबाट हुने कमाईमा आफ्नो कामलाई कम्पेयर ने गरिनन्।,प्रोजेक्ट आएको बेलामा कमाएको पैसाले व्यवहार चल्छ। अरु बेलालाई साइड काम छँदैछन्। जुन काममा लागिन् त्यसैभित्र सम्भावना खोजिन्।,पहिला पहिला जुनियर काउनसिलर, लेक्चरर अनि अहिले काउन्सिलिङ्ग पनि।,उनलाई अवसर रुखलाई ढाकेर बसेको लहरा जस्तै लाग्छ, ‘सुरुमा लहरा भेट्न गारो, भेटेपछि जति ताने पनि आइरहन्छ।,साउनको १५ मा जन्मेकी हुन् कृपा। नेपालीहरुले त्यो दिन खिर खान्छन्। आफ्नो काम पनि पनि खिर जस्तै मिठो मान्दै उनी अगाडि बढ्दैछिन्। | सुजाता खत्री |
कामलाई नामजस्तै बनाएका ‘सहज’ | ‘परिश्रमको फल मिठो हुन्छ’,तर, कति मिठो हुन्छ अनि चाख्नलाई कति कसरत गर्नुपर्छ भन्ने भोग्नेलाई मात्र थाहा हुन्छ।,महाराजगञ्जको ‘द स्ट्यान्डर्ड नर्सरी’ को एक कुनामा हल्का खैरो रंगको स्वीटर अनि फर्मल प्यान्ट, जुत्ता लगाएका एक युवक बँगैचामा खसेका न्याफ्किन पेपर टिप्दै थिए। ‘मिटिङ्ग हल’ को टेबलको खुम्चिएको कपडा (टेबल पोस) तन्काउदै थिए।,बेलाबेलामा पाहुनाले खाजा खाएको प्लेट पनि उनको हातमा देखिन्थ्यो। को आयो, कसलाई के चाँहिएको छ सबै ख्याल राख्दै थिए। त्यहाँ आउँने जति सबैलाई बस्न, खानलाई सहज बनाउँदै थिए।,सहजनाथ खड्का,वर्ष २६,पेशा – हस्पिटालिटी,‘अराउन्ड द कर्नर’ का एक मालिक।,यो रेस्टुरेन्ट ‘द स्ट्यान्डर्ड नर्सरी’ भित्र २ रोपनी जग्गामा छ।,२६ वर्षका सहज हस्पिटालिटी बिजनेश गर्छन्। उनको पुर्खौली घर दोलखा हो। उनी सानैमा काठमाडौँ आएका हुन्। विद्यालयपछि प्लस टू भिएस निकेतनमा अनि स्नातक सिल्भर माउनटेन स्कूलमा होटल म्यानेजमेन्टमा गरेका हुन्।,‘एस एलसी पछि पढ्न खोज्दा कि ‘बुम’ कि हस्पिटालिटी पढ्न पाइन्थ्यो। मलाई यही पढौँ जस्तो लाग्यो।’ सहजलाई एस एलसी पछिको पढाई अगाडि बढाउँदा अरु अप्सन थिएन। उनी भन्छन्, ‘जे लिएर पढेछु ठीकै भएछ।’,स्नातक अध्ययनको क्रममा उनी मलेसिया र दुबई इनटर्नसीपको लागि गएका थिए। नेपालका केही होटलमा पनि उनले इनटर्नसीप गरेका छन्। त्यसपछि २०७२ सालको भूकम्पपछि उनले आफ्नै व्यवसाय सुरु गर्ने अवसर पाए।,अहिले अराउण्ड द कर्नरको आफ्नै ब्रान्च सुकेधारमा छ। यो कर्नर विशेषगरी कफीको लागि बनाइएको सहजले बताए। उनले यो दुई बाहेक अरु पाँचवटा व्यवसायमा पार्टनरसीप गरिसकेका छन्।,५० रोपनीमा फैलिएको स्ट्याण्डर्ड नर्सरीमा पहिलादेखि नै ‘अराउण्ड द कर्नर’ रेस्टुरेन्ट थियो। जापनिज एक महिलाले सञ्चालन गरिरहेकी थिइन्। बिचमा बन्द भयो।,भूकम्पपछि सामाजिक काममा हिँड्दै गर्दा उनलाई चिन्नेले रेस्टुरेन्ट फेरि सञ्चालन गर्ने प्रस्ताव राखे, अनि सुरु भयो उनको व्यवसायिक यात्रा। उनलाई प्रस्ताव आउँदा उनी मलेसिया थिए। सुरुमा पाँच लाख लगानी गरेका थिए, अहिले सिजनको बेलामा पाँच देखि ८ लाख आम्दानी हुन्छ।,उनी प्रस्ट अंग्रेजी बोल्छन्। उनीमा नेतृत्वको क्षमता छ। अनि कहिले काहिँ सामाजिक काममा पनि हिँड्ने गरेकोले उनी केही व्यक्तिहरुबिच परिचित छन्, सम्बन्ध राम्रो छ। उनी यो सबै सीप उनमा ‘हस्पिटालिटी’ को अध्ययनले विकास गरेका बताउँछन्।,सामाजिक काम गर्न उनलाई मन लाग्छ। उनले केही समय ओमन फर पिस डेमोक्रेसी नेपाल भन्ने गैरसरकारी संस्थामा काम गरेका छन्। भूकम्पमा उनी र उनका टोली मिलेर उद्धार अनि राहतको काम गरेको थियो। उनी कुकुर प्रेमी हुन्।,उनको रेस्टुरेन्ट अनि घरमा गरेर जम्मा १३ वटा कुकुर छन्। अराउण्ड द कर्नरमा ‘टाइगर र माया’ नामका कुकुर बाहिर देखिन्थे।,फागुन २ गते उनी आफ्नो रेष्टुरेन्टबाट केही युवाहरुको सहयोगमा गल्लि वरपरको कुकुरलाई खाने कुरा खुवाईरहेका थिए।,सहजले काम गर्ने अवसर पाउँदा उनी मलेसिया थिए। यहाँ आएर नयाँ काम सुरु गर्नु उनको लागि चुनौति र अवसर दुवै थिए। खड्काले सुरु सुरुमा रेष्टुरेन्टमा प्रचारको लागि धेरै इभेन्टहरुको आयोजना गरेका थिए।,‘यो गार्डेन रेस्टुरेन्ट हो। मलाई बन्द भइसकेको ठाउँमा फेरि छ भनेर थाहा दिन गारो भएको थियो।’ सहज भन्छन्, ‘सुरुमा तीनजनालाई लिएर काम गरेको थिए। खाना पकाउने, सरसफाई, डेकोरेशन अनि व्यवस्थापनको काम आफै हेर्नुपर्थ्यो।’,अहिले उनको व्यवसाय ठूलो भयो। काम गर्ने मान्छे थपिए। उनलाई रेस्टुरेन्टको प्रगतिको बारेमा सोच्ने समय मिलेको छ। तर जब जब अलि ठूलो इभेन्ट हुन्छ, उनलाई निन्द्रा लाग्दैन। कसरी कार्यक्रमलाई परफेक्ट बनाउने भन्नेमा उनको ध्यान जान्छ। बिहान उठ्नलाई अलार्म चाहिँदैन।,फागुन २ गते उनको रेस्टुरेन्टमा ठूलो इभेन्ट भएको थियो। उनलाई बिहान पाँच बजे नै आँखा खुल्यो। अध्यारो नै भएकोले आधाघण्टा सुतेर रेष्टुरेन्ट आएको उनले भने।,घरको जेठा सन्तान हुन् सहज। जिम्मेवारी पनि छ। उनको दुई बहिनीहरु छन्। सहजका बुवा आर्मीमा छन् भने आमा अहिले घरमा नै बस्नुहुन्छ।,खड्काले सुकेधाराको कफी सपको जिम्मा एक बहिनीलाई दिएका छन् भने अराउन्ड द कर्नरमा अर्की बहिनीले उनलाई सघाउछिन्। धेरै कार्यक्रमहरु एकै दिनमा परे भने आमा पनि आएर सघाउनुहुन्छ। बिस्तारै पारिवारिक व्यवसाय हुन लागिसकेको छ।,उनको दिमागमा एउटा भनाई सधैँ आइरहन्छ, ‘काम गधा जस्तरी गर’। जोश जाँगरको बेलामा काम ग¥यो भनेमात्र पछिलाई सञ्चय गर्न सकिन्छ। मरीमेटेर काम गर्यो भनेमात्र राम्रो आम्दानी हुन्छ।,कुनै पनि निर्णय लिइसकेपछि त्यसलाई पाउने चाहना पूरा गर्नको लागि मानिस जे गर्न पनि तयार हुने सहजको विश्वास छ। नेपालमा आइडियामात्र भएर हुँदैन, त्यसलाई एक ठाउँसम्म पुर्याउन आफैँ लागिपर्नुपर्ने हुन्छ। त्यसैको पछाडि छन् सहज।,इनटर्नसीपको समयमा उनले सिकेको, देखेको कुराले उनलाई चस्स मन घोच्छ, नेपालमा कति सम्भावना छ तर मानिसको लगनशिलता छैन। चाँडै नै कामको प्रतिफल खोज्ने बानी पनि कमजोरी हो भन्छन् सहज। इनटर्नसीपमा उनी २० घण्टा काम गर्नुपर्छ। यहाँ त्यति मेहनत गर्न मन लाग्दैन।,हामी नेपाली युवा बिग्रीरहेका छौँ।,‘हामी नेपालीहरु सारै धनी। बाँहिर १६ वर्षदेखि आफ्नो लागि आफै कमाउन हिँड्छन्। हामीलाई २४ वर्षसम्म बाबुआमाले पाल्छन्।’ सहजले आफ्नो अनुभव सहित सुनाए, ‘मलेशियामा २० वर्षको केटा सेफ थियो। दुई चार वर्षमा उ सिनियर सेफ हुन्छ। अनि उसको भविष्य कहा हो कहाँ।’,सीपमा आफूलाई पोख्त बनाउनु पर्छ, अनि काम चाँडै थाल्नुपर्छ भन्छन्। नेपाली युवाहरु ढिलो गरी काम सुरु गर्छन्, अनि सीप सिकेर पोक्त हुने बेलासम्म समय बितिसक्छ। यसले गर्दा निराशाजनक अवस्था आउँछ। प्रगति हुन सक्दैन।,सहजलाई यहाँ नै धेरै सम्भावनाको खोजी गर्नु छ। उनले थालेका कामहरु सफल भइरहेका छन्। अब आउँदो दिनमा उनलाई आफूजस्तै युवालाई उत्प्रेरणा दिनु छ।,नयाँ सोचको विस्तार गर्नु छ। एक्सप्लोर गर्नु छ।,रेस्टुरेन्ट सुरु गरेको एक वर्षसम्म उनलाई परिवारले बाहिर सेटल हौ भन्थे। ‘दुई जनालाई खुवाएर के हुन्छ ?’,अहिले बिस्तारै भएको प्रगति अनि आम्दानीले यो कुरा आउँन छोडेको छ। सुरुदेखि नै बाबाले उनलाई सहयोग गरेका थिए। त्यसैले सजिलो भयो।,अहिले उनले धेरै संभावना देखेका छन्। अवसर आइरहेका छन्। उनलाई अझै फोकस हुनु छन्। र भविष्यमा आफ्नै ठूलो, राम्रो रिसोर्ट पनि खोल्नु छ।,यही लक्ष्यको पछाडि उनी अहिले हिँडिरहेका छन्। उनले आफ्नो कामलाई नामजस्तै ‘सहज’ बनाएका छन्। | सुजाता खत्री |
नेपाली खानामा रमाएको एउटा अमेरिकी जिब्रो | स्मृतिहरु सजीव छन् । उनलाई पोखरामा एक हजुरआमासँग भान्छामा चकटी ओछ्याएर दाल–भात खाएको सम्झनाले पनि त्यो खानालाई थप स्वादिलो बनाउँछ ।,उनी नेपाली नजान्ने, हजुरआमा अंग्रेजी नबुझ्ने । हजुरआमाले उनको समस्या बुझिन् । उनले हजुरआमाको इसाराको भाषा सम्झिए ।,अमेरिकाको अर्कान्ससबाट नेपाल घुम्न आउँदाका अमिट सम्झनाहरु म्याक्स म्याकफार्लिनले समेटेर राखेका छन् । नेपाल बसाईका सम्झनाहरुमा प्रिय बनेकी पोखराकी हजुरआमासँगै खाएको दाल–भातको स्वाद म्याक्सको जिब्रोमा भन्दा बढि मस्तिष्कमा गाढिएको छ अझै पनि ।,चकटीमा बसेर हातले खान थाल्दा नजानेको देखेर ती हजुरआमा हाँसेकी थिइन् । अनि नयाँ बनेको नातिलाई उनले हातले खान सिकाइन् । हजुरआमा–नातिको ‘बोण्ड’ बलियो बन्यो ।,केही हप्ताका लागि नेपाल आएका २६ वर्षे म्याक्सले हजुरआमासँग धेरै समय बिताउन पाएनन् । हातले खाने कलामा पोख्त हुन भ्याएनन् । र पनि स्मृतिमा हजुरआमाको अनुहारमा फुलेको मुस्कान अहिले पनि आँखाअघि झलझल्ती आइरहन्छ ।,म्याक्स खानाका पारखी हुन् र नयाँ ठाउँ घुम्ने रहरले बाँधिएका । बाँधिएका यो अर्थमा कि उनी जहाँ पुग्छन् त्यहाँको परिवेशसँग आफूलाई सकेसम्म मिलाउने प्रयास गर्छन् । त्यहिँको हुने प्रयत्न भइरहन्छ उनको ।,म्याक्सलाई गएको केही महिनाअघि नेपाल आउँदा यहाँ घुलमिल हुन त्यति अप्ठ्यारो परेन, स्वाद लिएर नयाँ परिकार खाने उनको बानीले सजिलो बनायो ।,यहि स्वादको यात्रामा भेट भएकी पोख्रेली हजुरआमाको स्मृति लिएर नेपालबाट अघिल्लो यात्रामा निस्किए, एक महिनाअघि ।,तीन दाजुभाइ मध्ये कान्छा म्याक्सको बाल्यकाल हजुरआमा हनीसँग बित्यो । बुवाआमा काममा व्यस्त । अर्कान्ससको पशु फर्ममा हजुरआमाको घर, उनी त्यहिँ हुर्किए ।,हनीसँग जोडिएका बाल्यकालका धेरै सम्झनाहरु छन् म्याक्ससँग । ठूलो पारिवारिक जमघट भइरहने । त्यसका लागि हनीले सबै परिकार आफै बनाउने । म्याक्सले भान्छामा हनीलाई सघाउने ।,यहि क्रमले बाल्यकाल बित्दै गर्दा म्याक्सलाई परिकारशास्त्रमा मन बस्यो । उनलाई सम्झना छ, चार वर्षको हुँदादेखि नै म्याक्स हजुरआमा हनीसँग मिलेर खाना बनाउँथे ।,हनीलाई ठूलो पारिवारिक जमघटका लागि परिकार तयार गर्न झण्डै दुई दिन लाग्थ्यो । म्याक्सलाई रमाइलो ।,सन् २०१४ को मार्चमा हनीले देह त्यागिन् । म्याक्सलाई यसको गहिरो चोट पर्यो । हनीले जोडिदिएको खानासँगको नाता बलियो त थियो, तर हनी हुँदाको जस्तो स्वादिलो रहेन ।,‘हनी हुन्जेल पारिवारिक जमघट भइरहन्थे, थुप्रै खाना बन्थ्यो । स्वादको उत्सवजस्तै हुन्थ्यो’ म्याक्सले हनी बितेपछि ती सबै उनीसँगै बिलुप्त हुँदै गएको देखे, ‘उनी गएपछि पारिवारिक जमघट हुन छाड्यो । परिकारको विविधता कम भयो । मेरो बाल्यकालसँग जोडिएको सबैभन्दा प्रिय स्मृतिहरुको अन्त्य हुँदै गयो।’,त्यसपछि म्याक्सले खानासँग जोडिएको आफ्नो नातालाई आकार दिने मन गरे । उनलाई अधिकांश परिकार बनाउन आउँथ्यो, हनीले आफ्नो हातको सीप म्याक्समा सारेर गएकी त थिइन् नै ।,म्याक्सलाई भान्छामै सीमित हुने मन भने भएन । अनि खानासँगै आफ्नो अर्को ‘प्यासन’ यात्राको बाटो समाते । यात्रा र खानालाई जोडेर लैजान चाहे ।,सुरु गरे यात्रा । उनी यहि क्रममा नेपाल आए । केही दिन काठमाडौँ बिताएपछि पोखरा जाँदा एक पोख्रेली हजुरआमासँग भेट भयो । उनमा म्याक्सले हनीको रुप देखे ।,अहिले पोख्रेली हजुरआमाको नाम याद छैन, तर म्याक्सलाई उनले पकाएर दिएको दाल–भात र हातले खान सिकाएको कुराले म्याक्स पोखरासँग अभिन्न नै महसुश गरिरहेका छन् ।,खानाले त्यससँग जोडिएको समुदाय र परिवेशको सँस्कृति बताउँछ । म्याक्सलाई खाना हुँदै नयाँ ठाउँको सँस्कृतिको अध्ययन गर्न सजिलो लाग्छ ।,म्याक्सले भने, ‘परिकारले परिवारको मात्रै होइन, समुदायको परिचय बोल्छ । खानासँग भोग मात्रै होइन, त्यसमा समुदायको इतिहास र पुर्खाले दिएको सीप जोडिएको हुन्छ । मलाई त्यो सीपको कथा प्यारो हुन्छ।’,खानाले नयाँ परिवेशमा घुलमिल हुन सजिलो बनाउने म्याक्सको यात्रा अनुभवले सिकाएको छ । उनी आफ्नी हजुरआमा हनीबाट सिकेको पाककला र परिकारहरुसँग जोडिएको कथा र उपकथा बताउँछन् । अनि अरुबाट पनि सुन्छन् चाख मानेर ।,यात्राको क्रममा पुगिने नयाँ ठाउँमा उनको पहिलो रोजाइ त्यहाँको स्थानीय परिकार पाइने क्षेत्र बन्ने गरेको छ । स्थानीयको स्वाद आफूले पनि लिने रहरले नै नयाँ ठाउँ र नयाँ परिकारमा तानिने गरेका हुन् म्याक्स ।,अरु देशमा जस्तै केही हप्ताको नेपाल बसाईमा उनले धेरै ठाउँ घुमे, त्यो भन्दा बढि धेरै परिकारको स्वाद लिए । स्वादसँग जोडिएको रेसिपी बुझे र त्यसको साँस्कृतिक पक्ष जान्ने प्रयास पनि ।,दुई हप्ता केही दिनको नेपाल बसाईमा म्याक्सले काठमाडौँ र वरपरको क्षेत्र घुमे । त्यसपछि पोखरासम्म पुगे । उनी जहाँ पुगे त्यहाँ नयाँ परिकारको स्वाद लिए ।,काठमाडौँमा खाएको नेवारी परिवकार होस् या पोखरामा खाएको थकाली खाना सबै स्वादिला छन् उनका लागि ।,चट्पटे पिरोमा बानी परेको जिब्रो म्याक्सको होइन । तर पिरो स्वाद भएका नेवारी परिकार खाए । गुलियो स्वाद लिए । उनलाई चटामरी मन प¥यो । योमरी स्वादिलो लाग्यो । यस्तै झोल मम पनि खाए, अहिले पनि सम्झना आइरहन्छ ।,उनलाई थकाली थाली सारै मन परेको परिकारमा पर्छ । त्यसमा भएको गुन्द्रुकको अचार स्वादिलो लागेको रहेछ । अरु धेरै फरक स्वादका परिकार खाएका म्याक्सलाई पोखरामा नाम भुलेकी पोख्रेली हजुरआमासँग बसेर खाएको दाल–भात विशेष लाग्छ ।,‘त्यो दाल–भात बेग्लै थियो, विशेष थियो । मलाई हनीको सम्झना बलियो बनाउने माध्यम बनेको खाना हो त्यो । पोख्रेली हजुरआमाले भान्छामा उसैगरि बनाउनु भयो, जसरी मेरी हजुरआमा हनीले बनाउँथिनन् विभिन्न परिकार । मैले उसैगरि हेर्न पाएँ । त्यो दाल–भातको सम्झना सदैव प्रिय हुनेछ ।’,खाँदै गर्दा स्वादले फेरिने अनुहारको आकृति र त्यसले दिने मुस्कानले नयाँ ठाउँ उनलाई प्रिय लाग्छ । अहिलेसम्म अमेरिका बाहेक विभिन्न १० देश घुमेका र त्यहाँका खानाको स्वाद लिएका म्याक्सलाई नेपाली खानाको स्वादले दिएको सन्तुष्टि मिठो लागेको छ ।,चिया, सेलरोटीसहितका केही परिकार पाइने काठमाडौँको सानो ठाउँ र त्यहाँ भेटिएका चिया पारखीहरुसँगको भेटघाट म्याक्सले सम्झिरहन्छन् ।,सानैमा टेलिभिजनमा नेपालबारे हेर्दै र सुन्दै हुर्केका म्याक्सको नजिकबाट नेपाललाई नियाल्ने रहर त पूरा भएको छ । तर नेपाल र नेपाली परिकारलाई जान्ने समय भने मिलेको छैन । यसपटकको पहिलो भ्रमण काठमाडौँ र पोखरा आसपासमा मात्रै सीमित भयो ।,म्याक्सले भने, ‘नेपाल पुग्ने रहर म्याक्सले भने, ‘नेपाल पुग्ने रहर पूरा भयो, तर नेपाल हेर्ने र त्यहाँको परिकारहरुसँग घुलमिल हुने समय मिलेन धेरै । मलाई नेपालका गाउँहरु जानु छ । गाउँघरका भान्छामा बन्ने परिकारको स्वाद लिनु छ र त्यसको कथा भन्नु छ ।’,नेपाल अधिकांश विदेशीले चिनेको हिमाल, मन्दिर र मम मात्रै नरहेको र आफ्नो ‘फुड स्टोरी टेलिङ’ मार्फत सकेसम्म नेपालको स्वादको पाटो चिन्ने चिनाउने प्रयास रहने म्याक्सको मन छ ।,म्याक्स आफ्नो ,मार्फत भन्ने गर्छन् । म्याक्स भन्छन्, ‘अवश्य फेरि आउने छु, अनि घुम्ने छु भ्याएसम्मका गाउँहरु, लिने छु नयाँ स्वादहरु, पक्कै भन्ने छु त्यससँग जोडिएका कथाहरु ।’, | टंक ढकाल |
भाषाले जुराएको पेशा र सन्तुष्टि: रुदाक्ष कारोबार र चाइनिज भाषा | संखुवासभाको खाँदबारीस्थित एक होटलमा भेटिएकी हसिलो स्वाभावकी निलिमा तामाङको जन्म धादिङ जिल्ला रुबी भ्यालीमा भएको हो।२२ वर्ष अघि जन्मिएकी निलिमा भाषा रुपान्तरण अर्थात दोभासे पेशामा आवद्ध छिन्। मुख्यतः निमाले बोल्ने भाषा चीनको रहेको छ। गएको ६ वर्ष अघिबाट चीनियाँ लवचलाई अनुसरण गर्दै अघि बढेकी निलिमा यतिबेला पूर्वी पहाडमा रम्दै हिड्न थालेकीछिन्। सन्दर्भ, भाषा सिक्नु र त्यसबाटै जीवनयापनका लागि तयार हुनु। निलिमाको चीनियाँ भाषाप्रति न विगतमा सम्बन्ध थियो न त कुनै पारिवारिक रुची नै। तर, पनि भाषाले उनलाई यतिबेला ब्यस्त बनाइदिएको छ।,निलिमाले कक्षा १ देखि १० सम्मको अध्ययन काठमाडौँको गोठाटारस्थित अर्किड पुपिल स्कुलमा पुरा गरिन् र त्यसपछि निलिमाले चावहिलस्थित सेन्ट लोरेन्स कलेजबाट १२ कक्षाको अध्ययन पुरा गरिन्। यसबीच काठमाडौंको बसाइ सहज थिएन्। उनी कामको खोजीमा पशुपति मन्दिर परिषरमा रहेको एक धार्मिक पसलमा पुगिन्। जहाँ रुदाक्षको व्यापार हुने गथ्र्यो।,सो पसलमा काम गरिरहदाँ उनले आफै फरक तरिकाबाट काम गर्ने योजना बुनिन्। सोही क्रममा उनीको निकटता चीनका व्यापारीसंग बढ्दै गयो। चीनमा बोलिने विभिन्न भाषा मध्ये मन्डारिय बोल्न र बुझ्न थालेकी युवतीले आफ्नो भविष्य रुदाक्ष र भाषामा भेटिइन्।,अफ–सिजनका क्रममा संखुवासभा जिल्लाको खाँदबारीमा भेटिएकी निलिमा चीनका व्यपारीमाझ रुदाक्ष पहिचान गर्ने क्रममा व्यस्त थिइन्। रुदाक्ष देखाउने क्रममा रहेकी निलिमाले भनिन्,‘चीनमा रुद्राक्षको राम्रो बजार रहेको छ। त्यहाँ हुने दैनिक बजार भाउले यहाँको बजार समेत प्रभावित हुनेगर्छ।’,रुद्राक्षको व्यवसाय त फस्टाउँदो छँदैछ र सँगसंगै चीनको भाषा बोल्नेलाई समेत यसले सहज बनाएको छ। उनी भन्छिन्, ‘नेपालमा काम छैन भन्दै विदेशिनु पर्ने अवस्थाको विकल्पका रुपमा यसलाई लिन सकिन्छ। चीनको भाषा बुझ्ने र रुपान्तरण गर्न सक्ने हो भने, यहीँ सहज रुपमा कमाइ गर्न सकिन्छ।’ हास्दै भनिन्, ‘चावहिल हुँदा करिब दुई महिना सामान्य कक्षा लिए त्यसपछि व्यापारकै क्रममा चीनको भाषा सिकें।’,तामाङ परिवारको एक्ली छोरी निलिमाकै अग्रसरतामा दाइ नारायण र भाइ निशान दुवैजना यसै पेशामा रहेकाछन्। कामको सुरुआती समय आमा तारा तामाङलाई सम्झाउन भने निक्कै गाह्रो भएको निलिमाले गुनासो गरिन्। उनले भनिन्, ‘आमाले एक्लै टाढा–टाढा जाँदा गाह्रो हुन्छ भन्नुहुन्थ्यो। म सम्झाउँथें। तर, समाजलाई छेक्न सकिन्न रहेछ। सुरु सुरुमा कुरा काट्ने भेटिए। सम्झाउन गाह्रो भयो। तर अब कामबाट सबै खुशी छन्। आफू भलो त जगत भलो भने झैँ।’,निलिमाको बुझाईमा चीनियाँ भाषा राम्ररी बोल्न र बुझ्न सके यहाँ कमाई राम्रो रहेको छ। उनी भन्छिन्, ‘यहाँ रुद्राक्षको मात्र कुरा होइन। भाषामा पोख्त भए यहाँ निर्माण हुने चिनियाँ लगानीका हाइड्रो, मोबाइल व्यवसायमा राम्रो कमाइ छ।’,उनले भदौबाट रुदाक्षको सिजन सुरु हुने भएपनि यसपटक भने फाल्गुन अन्तिमसम्म पनि चीनबाट व्यापारी आइरहेको बताइन्। रुद्राक्षका लागि मुख्यतः भदौदेखि पुषसम्म सिजन हुन्छ। भदौको सुरुवाती समयको रुद्राक्षको माग धेरै हुने उनले बताइन््।’ उनले भनिन्, ‘सिजनमा २५ देखि ३० लाख रुपैयाँ बराबरको रुद्राक्षको कारोबार हुन्छ। त्यसमा पनि पूर्वी पहाडी जिल्ला धनकुटा, खोटाङ, भोजपुर, संखुवासभा, ताप्लेजुङ, तेह्रथुम, इलाम तथा सुनसरीको धरान र मोरङको लेटाङमा उत्पादन हुने रुद्राक्षको व्यापारिक केन्द्र भनेको खाँदबारी बन्दै गएको छ।,मुख्यतः चिनियाँ व्यापारीहरुले थेप्चो, चिप्लो, बुट्टे, मदने किसिमका रुद्राक्षमा आकर्षण रहेको हुन्छ। यो संगै स्टार(तारा) दाना भए सुनमा सुगन्ध हुने निलिमाले बताइन्। ‘चारै गुण भएको दानाका लागि ज्यापारीले लाखौं रकम हाल्ने गर्छन। उनीहरुले आर्थिक रुपमा सबल हुन र शान्तिका लागि रुद्राक्षबाट ब्रासलेट, माला, सिटको कभर इत्यादि बनाउने गर्छन्।’, ,रुद्राक्ष व्यवसायी संघ संखुवासभाका अध्यक्ष चक्र विशुन्केले यसै सिजन कार्तिकमा भारत हरिद्धारका एक व्यापारीले ३९ लाख रुपैयाँमा २१ मुखे रुदाक्ष खरिद गरेको जानकारी दिए। यस सिजनमा चीनबाट मात्र करिब १ सय ५० जना व्यापारी रुद्राक्षका लागि खाँदबारी पुगेको उनको भनाइ छ। यूवा दोभाषेहरुको संख्या बढ्दै गएका बताएका विशुन्के भन्छन्, ‘चीनको भाषा जान्ने र रुद्राक्षको विषयमा जानकारी भएकाहरुको लागि आय आर्जन गर्न सहज छ। भाषाकै भरमा धेरै नेपालीले समेत काम पाएका छन्।’,हवाई मार्गबाहेक सडकबाट निर्यात हुने रुद्राक्षको विषयमा यकिन आँकडा नभएपनि वर्षेनी एक अर्व रुपैयाँ बराबरको खरिदविक्री हुने गरेको अध्यक्ष विशुन्केले जानकारी दिए। मुख्यतः चीनमा चार र पाँच मुख भएको रुद्राक्ष बढि खपत हुने गरेको छ। त्यसैगरि, सातमुख भन्दा बढि मुखहुने रुद्राक्ष भने भारतीय व्यवसायीहरुले खरिद गर्ने अनुभव रहेको उनको भनाइ छ। अध्यक्ष विशुन्केका अनुसार मुखद्धार भएका रुद्राक्ष हेरिकन एउटैलाई २० देखि २५ लाख रुपैयासम्म पर्ने गर्छ। | अभयकुमार राई |
बोझ होइनन् यी चम्किला ताराहरु हुन्, जो जमिनमा ओर्लिए | आफ्नो बच्चासँग खेल्ने र बोल्ने रहर कसलाई पो हुँदैन होला र? कतिपयको त्यो रहर पूरा हुन्छ भने कतिको अधुरै रहन्छ। उनीहरुले आफ्ना बालबालिकाका लागि देखेका सपना पूरा हुन पाउँदैनन्।,यस्तै आफ्ना सन्तानलाई अटिजम भएका आमा–बाबुको रहर पनि केवल रहरमै सीमित हुन्छ। सामान्य बालबालिका जस्तो अटिजम भएका बालबालिकासँग घुलमिल हुन सकिँदैन। बाबुआमाले आफ्ना सबै काम छोडेर उनीहरुको हरेचाहको लागि संघर्ष गरिरहेका हुन्छन्।,जसको एक ज्वलन्त उदाहरण हुन्, धनगढीकी मञ्जु बुढाथोकी। जसले अटिजम भएका आफ्ना सात वर्षका छोरा अजितका लागि आफ्नो पेशालाई समेत त्यागेकी छन्।,अजित अहिले सात वर्षका भए। उनलाई अटिजम भएको कुरा मञ्जुले केहि महिना पहिले मात्रै थाहा पाइन्। पेशाले शिक्षिका रहेकी उनी अस्पताल भन्दा धामीझाँक्रीमाथि विश्वास गर्न थालिन्। उनलाई अटिजमको बारेमा केही थाहा थिएन। त्यसैले छोरालाई दिनभरी कोठामा बन्द गरेर काममा जान्थिन्।,कोठामा एक्लै थुनिँदा अजित झनझन् निष्कृय हुँदै गए। पढाउन जानुपर्ने भएकोले छोरालाई कोठामा थुनेर जानु उनको बाध्यता थियो। जब उनलाई अटिजमको बारेमा थाहा भयो, तब उनी आफ्नो काम छोडेर पूर्ण रुपमा आफ्नो छोराको स्याहारसुसारमा लागेकी छन्।,मञ्जु जस्ता कैयौँ आमाहरु छन्, जसले आफ्नो बच्चाको लागि आफ्नो सबथोक छोडेका छन्। कतिपय बाबु–आमालाई आफ्ना बालबालिकालाई अटिजम भएको छ भन्ने समेत थाहा हुँदैन। अहिले पनि समाजमा चेतनाको अभावका कारण पूर्व जन्मको पापका कारण यस्ता बालबालिकाको जन्म हुन्छ भन्ने रुढिवादी सोच राख्नेहरुको संख्या कमी छैन। तर अटिजम कुनै पूर्वजन्मको पापबाट हुने होइन।,रुढीवादी सोचका कारण अटिजम भएका बालबालिकालाई मानसिक सन्तुलन गुमाएको भन्दै दाम्लोले बाँधेर राख्ने, कोठामा बन्द गरेर राख्ने गरिन्छ। कतिपयले समाजको डर, लाजका कारण त्यस्ता बालबालिकालाई घरभित्रै लुकाएर राख्ने गरेका कारण उनीहरुले विभिन्न समस्याहरु खेपिरहेका छन्। समयमै व्यवहारिक तालिमहरु नपाउँदा त्यस्ता बालबालिकाको जीवन झन् बढी जोखिममा पर्ने गरेको छ।,अटिजमको सहि समयमा पहिचान हुँन नसक्दा पनि अटिजम भएका बालबालिकाले विभिन्न समस्याहरु खेपिरहेका छन्। यस्ता बालबालिकाको उपचारका लागि अस्पतालमा गरिने विभिन्न स्वास्थ्य परीक्षण रिपोर्ट सामान्य आउने भएकाले धेरै अभिभावकलाई आफ्नो बच्चालाई अटिजम भएको भन्ने थाहा हुँदैन। अझ कतिपय त धामी झाँक्री, झारफुक गर्न तर्फ लागिरहेका हुन्छन्।,अटिजम केयर नेपाल सोसाइटीले विगत १० वर्षदेखि अटिजम भएका बालबालिकाका अभिभावकलाई अटिजमको बारेमा जानकारी दिँदै आइरहेको छ। अटिजम भएका बालबालिकालाई पढाउनेदेखि विभिन्न सिप सिकाउँदै आइरहेको संस्थाका प्रशासकीय निर्देशक सुरेन्द्र बज्राचार्यले बताए।,उनले भने, ‘हामी अटिजम भएका बालबालिकाको अवस्थालाई पहिचान गरेर विभिन्न समूहमा विभाजन गछौँ र सँगै सिप र व्यवहारिक कुराहरु सिकाउछौँ।’,अटिजम केयर नेपाल सोसाइटीमा धेरै अभिभावकहरु आफ्नो बच्चाको अवस्था थाहा नहुँदा आँखामा आँसु लिएर आउँछन् र फर्किदा पनि आँखा भरी आँसु नै लिएर फर्किन्छन्। फर्किने बेलामा भने आफ्नो बच्चाको अवस्था बुझ्दा खुशीको आँसु देखिने बज्राचार्यले बताए।,भक्तपुरकी निलम गौतमले छोरा दिक्षान्तलाई अटिजम भएको चार वर्षको उमेरमा मात्रै थाहा पाइन्। अहिले दिक्षान्त १६ वर्षका भए। ४ वर्षको भइसक्दा पनि छोराको बोली आएन। उनले छोराको उपचारका लागि डाईलोसिसपछि मात्र अटिजम भएको थाहा पाएकी थिइन्।,१२ वर्ष अगाडि उनलाई अटिजमको बारेमा थाहा थिएन। थाहा पाउन इन्टरनेटको साहरा लिइन्। उनले भनिन्,‘त्यो समयमा अहिलेको जस्तो अटिजमको बारेमा थाहा थिएन, डाक्टरले अटिजम भएको छ भनेपछि मैले पहिलो पटक अटिजमको बारेमा सुनेकी थिए।’,त्यो समयमा आफू हतोत्तसाहित नभएर छोरालाई विभिन्न प्रकारले थेरापीहरु गराउँदै अटिजम केयर सोसाइटी नेपालमा आवद्ध भएको उनले बताईन्।,
छोरालाई आफै धेरै कुरा सिकाउन बाँकी भएपनि उनको बानी व्यवहारहरु सुधार हुँदै गएको उनले बताइन्। उनले भनिन्,‘उनीसँग एक जना साथी बसिदिनु पर्छ, उनले आफ्ना धेरै जसो कामहरु आफै गर्ने गर्दछन्।’,निलमका अनुसार बच्चालाई सानै उमेरमा अटिजम भएको थाहा पाउन सकियो भने धेरै कुरालाई सुधार गर्न सकिन्छ।,उनी संस्थाकी वोर्ड सेक्रेटरी तथा भोकेसनल ट्रेनर पनि हुन्। उनले अटिजम भएका बालबालिका र अभिभावकलाई अटिजमको बारेमा प्रशिक्षण दिँदै आइरहेकी छिन्।,अटिजम कुनैपनि बालबालिकालाई जन्मजात रुपमा हुने एक विशेष प्रकारको अपाङ्गता हो। यसलाई मस्तिष्क विकासको विकार ‘neuro developmental disorder’ भनिन्छ। यसले मस्तिष्कको सामान्य कार्यहरुलाई प्रभावित पार्दछ।,अटिजम प्रायःजसो बच्चा जन्मेको तीन वर्ष भित्र प्रष्ट रुपमा देखिन्छ र जुन जीवनभर रहिरहन्छ। अटिजमका लक्षणहरु बालबालिका अनुसार फरक–फरक देखिन्छन्। तर मुख्य समस्याको रुपमा तीनवटा पक्षमा जटिल समस्याहरु देखिन्छन्।,ती हुन्,‘सञ्चारलाई बुझ्न र प्रयोग गर्न कठिनाई, सामाजिक सिप बुझ्न र प्रयोग गर्न कठिनाई र दोहोर्याएर गर्ने व्यवहारिक समस्या तथा सोच्न सक्ने क्षमतामा एकरुपता नहुनु’ यी समस्याहरु अन्य अपाङ्गतामा भने देखिँदैन। यो अटिजमको विशेष प्रकार हो। अटिजमका लक्षणहरुहरु पनि व्यक्ति पिच्छे फरक–फरक हुने भएका कारण यसलाई इस्पेक्ट्रम डिस्अडर’spectrum disorder’ को रुपमा लिइन्छ।,अटिजम भएका व्यक्तिहरुलाई साधारण सञ्चार र सामाजिक कठिनाईदेखि लिएर जीवनयापनमा समेत अन्य व्यक्तिको सहायता आवश्यक पर्छ।,आँखामा आँखा नजुधाउने,,एक्लै बस्ने बानी,,कुनै वस्तुसँग अनौठो लगाव,,बोलाउदा नबोल्नुका साथै कहिलेकाहिँ नसुने जस्तो गरिदिने,,असान्दर्भिक तरिकाले हाँस्ने,,अरु केटाकेटीसँग नखेल्ने तथा घुलिमल नहुने,,कुनै काम राम्रोसँग गर्न सक्ने तर सामाजिक काम गर्न नसक्ने,,शब्द तथा वाक्यांश दोहो¥याउने,,कुनै पनि वस्तु घुमाइरहने,,अत्याधिक चकचके वा अति निस्क्रिय हुने,,बिना कारण रुने, कराउने वा चिन्तित हुने,,सामान्य शिक्षण विधीबाट नसिक्ने,,घाउ, चोट अथवा दुखाई प्रति कुनै वास्ता नगर्ने,,कहिलेकाहिँ अरुले छोएको वा अँगालो हालेको मन नपराउँने,,असामान्य व्यवहार जस्तैः हल्लिने, मच्चिने, हात हल्लाउने, उफ्रिने आदि,,अटिजम के कारणले हुन्छ भन्ने अहिलेसम्म पनि ठोस रुपमा पत्ता लाग्न सकेको छैन। त्यसकारण पनि हुन सक्छ, विश्वमै अटिजमको उपचार सम्भाव्यता शून्य नै रहेको चिकित्सकहरुले बताउने गरेका छन्।,उपचार सम्भव नभएता पनि सानै उमेरमा पत्ता लगाउन सकिएमा व्यवहारिक रुपमा व्यायम, थेरापीद्वारा यसलाई केही हदसम्म रोकथाम गर्न सकिने शिक्षण अस्पतालकी बालरोग विषेशज्ञ डा. मेरिना श्रेष्ठ बताउँछिन्। डा. श्रेष्ठले प्रत्येक दिन एक जना अटिजम भएको बच्चा उपचारको डाइग्नोसिसको लागि आउने गरेको बताइन्।,विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को तथ्याङक अनुसार विश्वमा जन्मिने ६८ जना बालबालिका मध्ये १ जनालाई अटिजम भएको पाइएको छ। तर नेपालमा अटिजम भएका बालबालिका सम्बन्धी कुनै यकिन तथ्याङ्क नभए पनि करिव ३ लाखलाई अटिजम भएको अनुमान गरिएको छ।,‘यस्ता बालबालिका लागि केही वर्ष अगाडि शिक्षा विभागले अटिजम मैत्री पुस्तक प्रकाशनका लागि पहल गरेको थियो’, अटिजम केयर नेपाल सोसाइटीका प्रशासकीय अधिकृत सुरेन्द्र बज्राचार्यले भने,‘पछिल्लो समय भने उनीहरुका लागि महिला तथा बालबालिका मन्त्रालयले धेरै बजेट छुट्याएको भन्दै आएतापनि बर्सेनि पाँच लाख रुपैयाँ मात्रै प्रदान गर्दै आएको छ।’,जुन रकम अटिजम भएका बालबालिका र उनीहरुका अभिभावकलाई प्रशिक्षण दिन समेत नपुग्ने उनको गुनासो छ। | प्रतिभा चन्द |
खाना खाएपछि दाँत माझ्न पाइएन भने के हुन्छ ? | मानव स्वास्थ्यको अभिन्न पाटो मुख स्वास्थ्यसँग जोडिएको हुन्छ। हाम्रो शरीरलाई चाहिने खानेकुरा मुखबाट नै प्रसार हुने भएकोले मुखको सरसफाई अति महत्वपूर्ण भएको चिकित्सिकहरु बताउँछन्।,तर फेरिएको दैनिकीले हाम्रो आनीबानीलाई पनि फेरेको छ। हिजोआज हामीहरु एकाबिहानै घरबाट हिड्ने अनि रातमा फर्कने धेरै छौँ। पढाई सँगसँगै काम गर्ने समुदायको त खाना कतिबेला खाने भन्ने पनि टुंगो हुँदैन। घरमा पाकेको खाना ८ बजे खाने अनि १० बजे कार्यलय पुग्ने वा कलेज स्कूल जाने दैनिकी सीमित मानिसहरुको मात्र हुन्छ।,शरीरलाई आवश्यक परेको खाना पसलहरुमा उपलब्ध हुन्छन्, तर खाना खाइ सकेपछि गरिने सरसफाईमा भने धेरैजसोको ध्यान जाँदैन । खाना खानु अगाडि साबुन पानीले हात धुने जनचेतनामूलक सामग्री रेडियो, टेलिभिजन पत्रपत्रिका सबैतीर देख्न सकिन्छ। तर खाना खाएपछि दाँत सफा गर्नुपर्छ भन्ने कुरा अस्पताल गएपछि मात्र थाहा हुन्छ। यस्ता सामग्री दन्तमञ्जन बेच्ने कम्पनीले व्यापारिक प्रयोजनका लागि मात्र बनाउने गर्छन्।,यसले गर्दा मानिसहरुमा दाँत कसरी माझ्ने अथवा दाँत माझेन भने के हुन्छ भन्ने बारेमा चासो समस्या परेपछि मात्र राख्ने गरिन्छ। तर यतिबेला सम्म दाँतलाई किराले सखाप पारिसकेको हुन्छ।,खानेकुरा र दाँतको सम्बन्ध र दाँत माझ्ने तरिकाको बारेमा दन्तरोग विशेषज्ञ डा. सुशील कोइराला र डा. कुम्भ राज जोशी यस्तो भन्छन्, | सुजाता खत्री |
अनि आवाजको जन्म भयो | १६ वर्ष पहिले नै हो उनले जन्म लिएको, आमाको कोखबाट बाहिर निस्किएकी उनी रोएकी थिइन् अरु जस्तै। त्यो रुवाई उनी आफैले भने सुन्न सकिनन् शायद। जन्मेको १६ हिउँद काटेपछि बल्ल उनको आवाजको जन्म भयो, अर्थात सुन्न सकिन् हावाको सुस्केरा, पानीको बहाव।,उनले आफैलाई नजिकबाट सुन्न सकिन्, तब मात्रै जिन्दगी आफ्नो लाग्यो, प्यारो बन्यो। पहिलोपटक चराको चिरबिर सुनिन्। पहिलो पटक नै पानीको तप तप आवाजको महशुस गरिन्। त्यही बेला आमाको आवाजलाई प्रष्टसँग बुझिन्।,त्यही दिन थियो, निता केशरी भट्टराईले अन्य व्यक्ति जसरी आवाजलाई सुनिन्। आवाज सुनेर शब्दमा उतारिन्। आफ्नै आवाज सुनिन्, म बोल्दा यस्तो हुने रहेछ थाहा पाइन्।,क्यानडाका एक डाक्टरले उनलाई दोस्रो जन्म दिएका थिए। त्यसपछिका दिनहरुमा अन्य व्यक्ति जस्तै सामान्य जीवन बिताउन सक्ने आभास भएको थियो उनलाई। उनको खुशीको सीमा रहेन। उनी सुन्न सक्ने भएकी थिइन्।,एसएलसीपछि निताकी आमाले उनलाई उपचारका लागि क्यानडा लागिन्। डाक्टरले जाँच गरे। उनलाई श्रवण यन्त्र (हियरिङ् यड) दिए। उनले अब सबै आवाज सुन्न सक्ने भइन्।,उनको बोली प्रष्ट थिएन। डाक्टरले स्पिच थेरापी गराए। केही हदसम्म उनीमाथि सुधार भयो। बिस्तारै उनले शब्दहरु सिक्न थालिन्। जुन यो भन्दा आगाडि थाहा थिएन। बल्ल उनले ‘लाइफमा इन्जोय’ गर्न सिकिन्। जिन्दगीको महत्व बुझ्न थालिन्।,क्यानडा पुग्नु भन्दा पहिला बोलेको कुरा प्रष्ट सुन्न सक्दिनथिन् निता। कोही बोलेको बुझ्न उनलाई मुश्किल हुन्थ्यो। उनी सुन्ने र बोल्ने कुरामा त्यति धेरै चासो हुँदैनथ्यो। उनको बोली स्पष्ट थिएन। उनलाई लाग्थ्यो ‘म अरु भन्दा फरक छु’ तर उनको परिवारले उनलाई सधैँ तिमी अरु समान छौ भन्ने आश्वासन दिइरह्यो। सामान्य बालबालिकाले पढ्ने स्कूलमा उनको भर्ना गरियो।,निताको कानमा समस्या छ भन्ने कुरा परिवारले उनी चार वर्षकी हुँदा थाहा पाएको थियो। निता चार वर्षकी हुँदा उनलाई हाँडे भएको थियो। त्यसपछि दिदीहरुले आमालाई बहिनीले कान नसुन्ने कुरा बताए। छोरीको कानमा समस्या भएको थाहा पाएपछि बुवाले जाँचका लागि नितालाई बनारस लगे। डाक्टरले निताको ‘परमानेन्ट हेरिङ्ग ड्यामेज’ भएको बताएका थिए।,शायद डाक्टरले त्यो बेला निताको कानमा मेसिन लगाइदिनु पर्छ भन्ने जानकारी दिएनन्। त्यसैले त बुवाले यति ठूलो कुरालाई वास्ता गरेनन्। त्यहि बेवास्ता गरेको सानो कुराले बिकराल रुप लेला भन्ने निताका बा–आमाले कुनै हेक्का पनि राखेनन्।,दुई दिदी पछाडिकी कान्छी छोरी थिइन् निता। घरमा सबैकी प्यारी। निताले घरमा दुई दिदी र आफूमा परिवारले गर्ने कुराहरुमा कुनै प्रकारको भेदभाव पाइनन्।,तर उनी जति ठूली हुँदै गइन्, कुराहरु बुझ्दै गइन्।,आफन्त, समाजले नितालाई श्रुति बिहीनको संज्ञा दिने गरेता पनि निताकी आमाले सधैँ ‘मेरी छोरी ठीक छे, मेरी छोरी पढ्छे, सुन्छे’ भन्दै हौसला दिइरहिन्। निताकी आमाले छोरीलाई आपाङ्ग भन्न कहिल्यै पनि रुचाइनन्। त्यसैले त सधैँ अरुको कुरालाई सोझै नकारिदिन्थिन्।,धेरै आफन्तले नितालाई श्रुति बिहीनले पढ्ने स्कूलमा पठाउन उनकी आमालाई सल्लाह दिने गर्थे। उनीहरु सधैँ भन्ने गर्थे,‘आखिर कान सुन्दिन, यसलाई अरुले पढ्ने स्कूलमा पठाएर के काम भो र?’,तर निताको परिवारले होइन नितालाई सामान्य बच्चाहरुले पढ्ने स्कुलमै पढानुपर्छ भन्ने सोच राख्यो। र पढायो पनि।,निताकी आमा उनको प्रेरणाको स्रोत भइन्।,घर भित्र भिन्नता नपाए पनि स्कूलमा भने उनलाई आफू फरक क्षमताकी छु भन्ने महशुस भइसकेको थियो। यो कुरा थाहा पाउन उनलाई ८ वर्ष लाग्यो। उनलाई स्कूल जानुपर्छ, पढ्नुपर्छ भन्ने थाहा थियो।,तर कक्षामा सरहरुले पढाएको कुरा उनले थाहा पाइनन्। न त गृहकार्य के दिइयो भन्ने कुरा नै थाहा पाउँथिन्। उनलाई आफ्नो कक्षामा बस्न अल्छि लाग्थ्यो। कक्षामा सरले पढाइरहँदा पूरै कक्षा शान्त हुन्थ्यो, त्यही मौका छोपेर सरले ब्ल्याक बोर्डमा लेखिरहेको मौका छोपेर उनी कक्षा कोठाको झ्यालबाट भागेर दिदीको कक्षामा पुग्थिन्।,एकछिन दिदीसँग बसेर उनी खुसी हुन्थिन्, तर त्यो खुसी क्षणिक मात्र हुन्थ्यो। उनलाई फेरि फर्केर त आफ्नै कक्षा कोठामा आउनुपर्थ्याे। उनी आफ्नो कक्षामा आउँथिन्। फेरि शिक्षकको पिटाई भेटिहाल्थिन्।,तर पनि उनलाई स्कूलका शिक्षकहरुले माया भने गर्थे। उसो त उनको स्कूलका सबै शिक्षकहरुलाई उनले कान सुन्दिनन् भन्ने कुरा थाहा थियो।,उनको यस्तो अवस्था देखेर निताका बुवाले एक जना क्यानडियनसँग निताका लागि कानमा लगाउने यन्त्र किनिदिए। त्यति बेला उनी कक्षा ४ मा पढ्दै थिइन्। कान सुन्ने मेसिन लगाएर निता स्कूल पुगिन्।,कानमा मेसिन लगाएर स्कूल पुग्दा नितालाई लागेको थियो, अब सब ठीक हुन्छ। उनले नसुनेका आवा सुनिन्, झन रमाइलो लाग्यो। तर उनको त्यो रमाइलो धेरै बेर टिक्न सकेन। उनले सोचेको जस्तो भएन, विपरित भइदियो। आँखामा मोटो पावरवाला चस्मा अनि कानमा मेसिन लगाएर स्कूल पुगेकी उनलाई गिज्याउनेको संख्या कम भएन।,उनलाई कसैले बुढी, कसैले बज्यै, कसैले लाटी भनेर गिज्याउन पछि परेनन्। नितालाई साथीहरुले गिज्याइरहँदा आफैप्रति हिनताबोध भयो। उनलाई कानमा मेसिन लगाएर हिँड्न मन लागेन। मेसिन लगाएको तीन चार दिनमै फ्याँकिदिइन्।,नितामा फेरि पनि उही समस्या दोहोरियो। बोलेको प्रष्टसँग सुन्न सकिनन्। बुझ्न सकिनन्। पढ्न सकिनन्। अब भने निता शिक्षकको पिटाईबाट बच्नका लागि अनेक उपाय अप्नाउन थालिन्। सबै भन्दा अगाडि स्कूल पुगेर साथीको गृहकार्य सार्न थालिन्। तर पनि उनी सरको पिटाइबाट बच्न सकिनन्। अरुको गृहकार्य सारेको भन्दै झनै पिटाइ खान थालिन्।,निताले हिम्मत हारिनन्। अन्य बालबालिका जस्तो नक्कल गर्न खोजिन्। तर उनी नक्कल उर्तान सफल भइनन्। जे गर्न खोज्यो त्यसको ठीक उल्टो भइरहयो उनको जीवनमा।,उनलाई लाग्थ्यो म यस्तै हरेछु। मेरो दिमाग बोधो रहेछ भन्ने लाग्थ्यो। आफ्नो अवस्था देखेर कहिलेकाहीँ नितालाई आत्महत्या गर्ने सोच नआएको पनि होइन, तर निताका दिदीले सधै उनलाई ढाडस दिए। उनका लागि सधैँ जिउने उर्जा बने।,त्यसैले निता जसो तसो पढाइलाई निरन्तरता दिँदै गइन्। निता ९ कक्षा पढ्दासम्म कहिल्यै पनि पास भइनन्। तर वार्षिक परिक्षामा आफ्नो दया लागेर शिक्षकहरुले आफूलाई पास गरिदिने गरेको उनी बताउँछिन्। उनी भन्छिन, ‘स्कूलको त्रैमासिक परीक्षामा कहिल्यै पास भइँन, तर वार्षिकमा पास भएर अर्को कक्षा जान्थेँ। शायद मेरो अवस्था देखेर सरहरुले पास गरिदिनु हुन्थ्यो होला।’,१० कक्षा अर्थात एसएलसीमा उनलाई न त माया गरेर पास गरिदिन मिल्थ्यो, न त दया गरेर नै। यो समयमा पास हुनका लागि आफूले धेरै गर्नु पर्ने उनलाई महशुस भयो। उनले धेरै मेहनत गरिन्। पढ्नका लागि अनेक उपाय अपनाउन थालिन्। साथीको झोलाबाट नोट चोरिन्।,उदाहरणहरु हेर्दै प्रयाक्टिस गर्न थालिन्। जसको फल स्वरुप उनी एसएलसी उतिर्ण भइन्। उनी पास भएको देखेर उनलाई पठाउने शिक्षकका समेत आँखा रसाए।,निताका दिदीहरुले एसएलसीपछि विज्ञान विषय लिएर पढेका थिए। उनका दुईजना दिदीले डाक्टरी पढे। डाक्टर बने। दिदीहरुलाई देखेर नितालाई घरीघरी लाग्ने गर्थ्याे, ‘म पनि डाक्टर बन्न पाए।’ उनको विज्ञान पढ्ने ठूलो सपना थियो। तर उनले आफ्नो विज्ञान पढ्ने सपना पूरा गर्न सकिनन्।,उनी भन्छिन्, ‘दिदीहरु डाक्टर हुनुहुन्छ, मलाई कहिलेकाँही जेयलस हुन्छ।’,उनले एसएलसीपछि विज्ञानको साटो व्यवस्थापनलाई रोजिन्। क्यानडा पुगेर कानमा लगाएको मेसिनले गर्दा अब उनी केही हदसम्म कक्षामा सरले पढाएको कुरा राम्रोसँग सुन्न सक्ने उनी भइसकेकी थिइन्। ११–१२ पढ्न उनलाई स्कूलको जस्तो साथीहरुको नोट चोर्न पर्ने अवस्था रहेन। उनले आफै सुनेर, बुझेर पढिन्। र राम्रोसँग पास गरिन्।,उनलाई धेरै पढ्न मन थियो। त्यसैले उनी ब्याच्लर पढ्नका लागि शंकरदेव क्याम्पसमा पुगिन्। ठूलो सपना बोकेर क्याम्पस गएकी उनी निरास भइन्। आफूले सोचे जसरी पढ्न सक्ने वातावरण क्याम्पसमा थिएन। विद्यार्थी धेरै भएकाले गर्दा कक्षामा धेरै हल्ला हुन थाल्यो।,हाल्लाले गर्दा उनको मेसिनले राम्रोसँग काम गर्न सकेन। उनलाई इरिटेटिङ्ग आवाजहरुले टाउको दुख्ने समस्या हुन थाल्यो। निता कक्षामा बस्नु भन्दा साथीहरु बटुलेर घरमै बस्न थालिन् र स्वअध्ययन सुरु भयो।,तर ब्याच्लर सकिएपछि भने उनको जीवनमा केही परिर्वतन आयो। आमाले सम्हालेकी नितालाई अब एक परिवार सम्हाल्नु पर्ने भएको थियो। उनको बिहे भयो। उनले जीवन साथीको रुपमा जीवनलाई नै पाइन्, अर्थात जीवन भट्टराई। बिहे भएको केही समय निता घरमै बसिन्।,त्यसको केही समय पश्चात जीवन पिएचडीका लागि जापान जाने भए। निता पनि जीवनसँगै जापान गइन्। उनी १० वर्ष जापानमा बसिन्। त्यो १० वर्षले उनको जीवनमा धेरै परिर्वतन ल्यायो। त्यही समयमा उनले आफू को हूँ भन्ने कुरा थाहा पाइन्।,नितालाई आफ्नौ छुट्टै परिचय बनाउनु पर्छ भन्ने लाग्थ्यो। उनी सधैँ नितालाई नयाँ नयाँ रिसर्चका किताबहरु पढ्न दिने गर्थे। जसले नितालाई श्रवण शक्तिमा कमी र सुस्त श्रवणका विषयमा नयाँ नयाँ कुराहरु बुझ्दै गइन्। श्रवण शक्तिमा कमी र सुस्त श्रवणका लागि काम गर्ने विभिन्न संघ संस्थाहरुमा जोडिन पुगिन्। यस्तै संस्थाहरुमा भोलेन्टेरिङ् गर्न थालिन्।,त्यसपछि मात्र आफू अपाङ्ग रहेछु भनेर थाहा भएको उनले बताइन्। उनी भन्छिन्, ‘जापान जानुभन्दा अगाडि मलाई म अपाङ्ग हुँ भन्ने कुरा थाहा थिएन, मेरी मुवालाई मलाई अपाङ्ग भनेको मन पर्दैनथ्यो।’ त्यसैले त नितालाई कसैले केही भन्ने हिम्मसमेत गरेनन्।,बिहे पछाडि जिन्दगी नै परिर्वतन भएको महशुस गर्छिन्, उनी।,निता भन्छिन्, ‘श्रीमान् मेरो ब्याकबोन हुनुहुन्छ। मलाई हरेक कुरामा सर्पोट गर्नुहुन्छ, केही कुरा गर्नका लागि इन्करेज गर्नुहुन्छ। आई एम सो लक्की कि मैले उहाँ जस्तो बुझकारी श्रीमान् पाएँ।’,निता र जीवनका २० वर्षकी छोरी र १७ वर्षका छोरा छन्।,नेपाल फर्किके बित्तिकै उनलाई जापानमा धेरै सोधिएको प्रश्न साईन ल्याङ्गोइज थियो। उनले सांकेतिक भाषा सिकिन्। यो भाषा सिकेपछि मात्र उनले कानै नसुन्ने र कान कम सुन्नेहरु बीचको भाषिक समस्या थाहा पाइन्। उनीहरु भाषमा मात्र नभएर शिक्षामा पछाडि परेका छन्। उनीहरुका लागि कुनै पढ्ने सामग्री छैन।,उनीहरुमा ‘कम्यूनिकेसन ग्याप’ भएको निताले बताइन्। यस्तै व्यक्तिहरुका लागि काम गरिरहेको रोतो पुलमा रहेको एक संस्थामा काम पनि गरिन्।,त्यसै समयमा उनले श्रुति बिहीन र श्रुति शक्तिमा कमी भएका व्यक्तिबीचको फरक थाहा पाउने मौका पाइन्। त्यही समयमै उनले श्रुति शक्तिमा कमी भएका व्यक्तिहरुले श्रवण यन्त्रको प्रयाेग गर्न नजानेका समस्यालाई नजिकबाट नियाल्ने मौका पाइन्।,यसै कुराले उनलाई केही गर्ने हौसला प्रदाग गर्याे। उनी लगायत सात जना मिलेर सन् २०१२ मा श्रुति नामक संस्था खोले। संस्थाले श्रवण शक्तिमा कमी र सुस्त श्रवण भएका बालबालिकाहरुका लागि काम गर्दै आएको छ। यस्ता बालबालिकाका लागि निता लागि परेकी छन्। उनी उक्त संस्थाकी अध्यक्ष हुन्।,उनले कुनै दिन आफू अरुका लागि काम गरुँला भन्ने सोचेकी थिइनन्। तर उनका श्रीमान सधैँ उनको प्रेरक बनिरहे। सहयात्री बने। निताको उर्जा बने।,उनका श्रीमानले निता भित्रको प्रतिभालाई बाहिर निकाल्न मद्दत गरे। अहिले पनि उनी आफ्नो कामबाट फुर्सद हुने बित्तिकै निताको अफिसका पुग्ने गर्छन्। जीवन छेउमा भए नितालाई हरेक काम गर्ने आँट आउँछ, साहस बढ्दै जान्छ।,श्रीमानकै हौसलाका कारण नितालाई आफ्नो छुट्टै परिचय बनाउन मन लाग्यो। उनलाई जीवन भट्टराईको श्रीमती भनेर भन्दा पनि निता केशरी भट्टराई भनेर चिनिने रहर जागेर आयो। जुन पूरा गर्न उनी सफल भएकी छन्।,बिहेपछि छोडेको पढाईलाई निरन्तरता दिइन्। समाजशास्त्रमा स्नातकात्तर सकेर थेसिस गरिरहेकी छन्।,बाल्यकालमा उनको जस्तो समस्याबाट कुनै पनि बालबालिका गुज्रनु नपरोस् भन्ने उनलाई लाग्छ। र उनी लागि परेकी छन्। | प्रतिभा चन्द |
संक्रमितहरुको फोहोर उठाउने ज्ञानु घिमिरेलाई दिनभरि पछ्याउँदा… (भिडियो स्टोरी) | कोरोना भाइरस संक्रमितको उपचार हुने अस्पतालमा काम गर्ने भन्दै धेरैले छिःछिः, दुरदुर गरे। आफन्तले पनि तिमीबाट कोरोना सर्छ, मेरो घर नआउनु भन्दै सन्देश छोडेका थिए । त्यो बेला कोरोना भाइरस महामारीको पहिलो लहर चलिरहेको थियो।,‘अब यसले गाउँमा कोरोना सार्ने भई’, छिमेकीहरुले भनिरहेका थिए। तर उनलाई कसैका केही कुराले फरक भने पारेन। आफू राम्रो हुनु पर्छ सब ठीक हुन्छ, यही दृढताका साथ उनी काम गर्दै गइन्। आफूलाई नराम्रो भन्नेहरुलाई वास्ता गर्न छोडिदिइन्।,साथीभाइ, आफन्तको साथमा भन्दा पनि एक्लै रमाउन थालिन्।,र अहिले परिस्थिति एक वर्ष अगाडिको भन्दा भयावह बनेको छ। संक्रमितले अस्पताल भरिएका छन्। उपचार नपाएर बिरामीले मृत्यु वरण गर्नु परेको छ । संक्रमितको संख्या निरन्तर बढिरहेको छ ।,यो दोस्रो लहरका बेला समयमा उनको भोगाइ भने विल्कुलै फरक छ।,पहिलो लहरमा ‘संक्रमित छौँ’ भन्नेहरुको तारन्तार फोन आइरहन्छ। कोरोना भाइरस संक्रमितको उपचार हुने अस्पतालमा काम गर्ने उनलाई फोन गर्नुको उद्देश्य एउटै हुन्छ, ‘अस्पतालमा बेड मिलाइदेऊ’।,तर बेड मिलाउनु उनको बसमा छैन। समय पहिलाको जस्तो पनि छैन। बेड नमिलाइदिएको भन्दै कति रिसाए। कति उनीसँग बोल्नै छोडे। कति अझै आशामा बसिररहेका छन्।,अहिले उनी आफन्तका आशालाई पूरा गर्न सक्ने स्थितिमा छैनन्। र सक्दिनन् पनि।,आफ्नै काम भ्याई नभ्याई छ, टेकू स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको फोहोर व्यवस्थापनमा खटिएकी हरिसिद्धीकी ३८ वर्षीया ज्ञानु घिमिरेलाई।,
अस्पताल निस्कनुअघि घरमा तयार हुँदै ज्ञानु । तस्बिर : बर्षा शाह/देश सञ्चार,उनको घरबाट अस्पताल पुग्न करिव ४५ मिनेट लाग्छ। बिहानको सिफ्टमा काम गर्दै आएकी उनी ५ः३० बजेतिर उठ्छिन्। आफ्नो नित्यकर्म सकेर भान्सातिर लाग्छिन्। चुलो बाल्दै गरेकी उनले भनिन्, ‘हेर्नुस् यहाँको दूध कति बाक्लो हुन्छ।’ एउटा चुलोमा दूध र अर्को चुलोमा अण्डा उसिन्न थालिन्, उनले।,केही बेरमै दूध उम्लियो। उम्लिँदै गरेको दूधलाई चुलोबाट बाहिर निकाल्दै उनले भनिन्, ‘अब अण्डा उसिनिन्जेल म लुगा लगाएर तयार भइसक्छु। अफिस जानलाई छिटो हुन्छ।’,यति भन्दै उनी ‘बेडरुम’मा छिरिन्।,दराज खोलिन्। मिलाएर राखिएका लुगामा सरसर्ती आँखा डुलाइन्। एक जोर कुर्ता सुरुवाल झिकिन्। लुगा लगाइसकेपछि अगाडि पछाडि गर्दै उनी आफूलाई हेरिन्। त्यसपछि अनुहारमा अलिकति क्रिम लगाई कपाल कोरिबाटी गरिन्।,ज्ञानु तयार भइसक्दसम्म चुलोमा बसालेका अण्डा पाकेका थिए । ‘अण्डा भइसक्यो। आज चिया खानु पर्ला’, यति भन्दै उनले एउटा चुलो निभाइन्। अर्को चुलोमा चिया बसालिन् ।,उता चुलोमा चिया बिस्तारै उम्लिँदै थियो। यता ज्ञानुले अण्डा खाइसकेकी थिइन्। केही बेरमै चिया उम्लियो। चिया छानेर कपमा हालिन् । छेउकै कुर्सिमा बसिन्। अनि टोस्ट चियामा चोपिन् र मुखमा हालिन्। खाइसक्दा बिहानको साढे ६ भइसकेको थियो। गलामा परिचयपत्र भिरिन्। अनि हतारिँदै निलो रंगको स्कुटर गेट बाहिर निकालिन्। डिक्कीमा झोला राखिन्। हेल्मेट लगाइन्, कालो चस्मा पनि। उनी कामका लागि निस्किइन् घरबाट।,बिहानको समय चेकिङ्ग कडा थियो। प्रहरीले जाँचका लागि बिचमा रोक्दै गर्दा उनी कार्ड देखाउँदै झर्को नमानी उत्तर दिन्थिन्, ‘टेकु अस्पताल।’ प्रहरीले जानुस् भनेर हात हल्लाउँथे। अनि उनी फेरि स्कुटर हुइकाउँथिन्। हरिसिद्धिबाट टेकुसम्म पुगुन्जेल धेरैपटक उनले यसो गरिन् । करिब ४० मिनेटमा उनी अस्पताल पुगिन्।,स्कुटरलाई अस्पतालको पार्किङ्गमा राखिन् । प्रशासनमा गएर हाजिर गरि उनीफेरि आएर स्कुटर स्टाट गर्दै उनले भनिन्, ‘हाम्रो अफिस त पछाडिपट्टि हो नि।’,उनी अस्पतालको पछाडि लागिन्। पहेँलो रंगको घरमा ‘शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, अस्पताल फोहोर मैला व्यस्थापन केन्द्र’ लेखेको बोर्ड देखाउँदै उनले भनिन्, ‘यही हो हाम्रो अफिस।’,अस्पतालले उनीहरुका लागि ‘चेन्जिङ्ग रुम’ दिएको छ। घरबाट लगाएर लुगाले काम गर्न मिल्दैन। अस्पतालकै लुगा लगाएर काम गर्नु पर्छ। अझ यो बेलामा त विशेष ख्याल गर्दै।,ज्ञानुले नै बुझेकी छन्। अस्पतालले त्यसैगरी बुझाइएको पनि छ। उसो त उनी फोहोर व्यवस्थापनका लागि तालिम लिँदै गर्दा यी सबै कुरा सिकाइएको थियो, पहिले नै। अस्पतालमा जम्मा हुने फोहोर जन्य कुराहरु जोखिम नै हुन्छन्। अझै बढि सरुवा रोग सम्बन्धी उपचार हुने अस्पतालमा।,फोहोर जन्य वस्तुहरु उठाउँदै गर्दा आफूमाथि आइपर्ने हरेक समस्यालाई लिएर सजक छिन्, उनी। सोही अनुसार काम गर्दै आएकी छन्। ज्ञानु सबै भन्दा पहिला आफ्नो अफिसको ढोका खोल्छिन्।,अनि लुगा फेर्नका लागि ‘चेन्जिङ्ग रुम’मा छिर्छिन्। लुगा फेर्नु भन्दा पहिला उनीले मोबाइललाई फ्लाइट मोडमा राखिन्। र भनिन्,‘कहिँ कतै आफै संक्रमित भइहाले पनि अस्पतालमा बेड नपाउने स्थिति छ। यो बेलमा मैले अरुका लागि कसरी बेड मिलाइदिनु। मोबाइल नै अफ गर्यो भने आनन्दै।’,मोबाइल झोलामा थन्काउँदै उनले काम गरिन्, सबै भन्दा पहिला हातमा सेनेटाइजर प्रयोग गरिन्। अस्पतालको हरियो रंगको लुगा लगाइन् । त्यसपछि पीपीई–टाउकोमा क्याप, गाउन, पञ्जा, मास्क, फेस सिल्ड, बुट।,‘हामी सरुवा रोगको उपचार हुने अस्पतालमा काम गर्छौँ। अहिले अझ कोरोना भाइरस संक्रमितको उपचार भएरहेको आफूलाई संक्रमणबाट जोगाउनका लागि हाम्रो शरीरमा कतैबाट पनि हावा छिर्नु हुँदैन’, मास्क लगाउँदै गर्दा उनले भनिन्।,काम गर्ने बेला मास्क तल माथि सर्न सक्ने भएका कारण उनी मास्कलाई टेपले वरिपरिबाट मज्जाले बन्द गर्दै थिइन्, कतैबाट हावा नै नछिर्ने गरी। अस्पतालमा विभिन्न वार्डमा फोहोर उठाउन तयारी गर्दै गरेकी उनी पटक–पटक भनिरहेकी थिइन्, ‘सुरक्षित भएर काम गर्दा डराउनु पर्दैन।’,त्यही आँटले उनलाई अहिलेसम्म केही भएको पनि छैन। र हुँदैन होला पनि।,शरीरको कुनै पनि अङ्ग नदेखिने गरि उनी वार्डमा जना तयार भइसकेकी थिइन्। ‘ल म भित्र जना रेडी भएँ। अब एकपटक अफिसमा पसेर जानु पर्छ’, फेस सिल्डको इलास्टिक टाउकोमा छिराउँदै भनिन्। र फोहोर व्यवस्थापन केन्द्र तर्फ लागिन्।,केन्द्रभित्र छिरेकी ज्ञानुले मेसिन देखाउँदै भनिन्, ‘प्रयोग नहुने फोहोर (डिस्पोज नहुने) लाई यसैमा राखेर मेसिन चलाउँछौँ।’ उनले मिसिन चलाउनलाई ‘स्वीच अन’ गरिन्। मेसिनमा केही समस्या देखियो। स्वीच अफ गर्दै भनिन्, ‘इको आइराको छ। बनाउन बोलाउनु पर्ने भए छ।’,मेसिन चलाउने कोशिस फेरि गरिन्। तर सफल भइनन्।,मेसिनमाथि राखिएको ठूलो सुई देखाउँदै भनिन्,‘यो सुई भित्र कालो रंग आयो भने हामीले बुझ्न पर्छ। फोहोरमा भएका सबै किटाणुहरु नष्ट भइसकेको छ। तर सुई भित्र कालो रंग आएको छैन भने किटाणु नष्ट भएको छैन भन्ने बुझ्नु पर्छ।’,यति बुझाउँदै उनी केही साना बट्टा हातमा लिइन्। अनि केही थान कालो प्लास्टिक पनि। केन्द्र बाहिर राखिएका ठूला दुईवटा फोहोर उठाउने ट्रली झिक्न थालिन्। उनलाई ट्रली झिक्न मद्दत गरिन्, उनीसँगै फोहोर उठाउन हिडेकी महिलाले।,ट्रलीको एक साइडमा साना बट्टालाई प्लास्टिकमा राख्दै भनिन्, ‘यो औषधि हो। यही औषधि हाले पछि मात्र फोहोर उठाउँछौँ। कुनै वार्डमा औषधि हालेर राखेको हुन्छ, कुनैमा आफै औषधि हालेर फोहार उठाउनु पर्छ।’,दुवैजना मिलेर ट्रली गुडाइरहेका अगाडि बढे। सबै भन्दा पहिला उनीहरु आकश्मिक कक्षमा पसे। बिरामी खचाखच थिए। यत्रतत्र बिरामी सुतिरहेका। खाली ठाउँ कतै देखिँदैनथ्यो। भित्र पस्ने गेटमै राखिएको बेडले ट्रली भित्र छिराउनउनीहरुलाई हम्मेहम्मे भयो। बेडसँगै राखिएको अक्सिजनको सिलिन्डर अझै बाधक बन्यो। दुवै जना मिलेर सिलिन्डर सार्ने प्रयास गरे। सिलिन्डर हलचल गरेन। धेरै पटक कोशिस गरे। तर सक्दै सकेनन्।,ट्रलीलाई बाहिरै छोडे। हातमा औषधिको बट्टा बोके र भित्र पसे। रातो, हरियो बल्टिनमा राखिएका फोहोर पोको पारेर एक–एक गर्दै ट्रलीमा राखे।,सुई जन्य फोहोर भने उनीहरु अझै होसियारिका साथ उठाइरहेका थिए। अन्य फोहोर भन्दा यी जोखिमपूर्ण मानिन्छन्। ट्रलीमा फोहोर थुप्रिँदै थियो।,सबै ठाउँको फोहोर एकै पटक उठाउन सम्भव थिएन। ट्रलीमा चुलिँदै गरेको फोहोर हेर्दा उनीहरुले धेरै खेप गर्नु पर्ने देखिन्थ्यो। र गरे पनि।,भरिएको फोहोरलाई बाहिर ल्याउँदै व्यवस्थापन गरे। अनि फेरि ट्रली गुडाउँदै वार्डमा छिरे। फोहोर उठाए। ट्रली भरिँदै थियो। एक माथि अर्को, पहिलाको जसरी नै चुलिँदै गएका थिए, फोहोरका पोका। अर्को पटक पनि उनीहरु बाहिर जानु पर्ने अवस्था आइसकेको थियो। र गए पनि।,तीन खेप गरेपछि उनीहरुले सबै वार्डको फोहोर उठाए ।,अस्पताल परिसर र ल्याबको भने अझै पनि बाँकी नै थियो। उनीहरु वार्डपछि त्यतै मोडिए। सुरुमा ल्याबमा छिरे। त्यहाँको फोहोर उठाए। त्यसपछि मात्रै पालो आयो, अस्पताल परिसरको।,प्राङ्गणमा फोहोर छरपष्ट थियो। तर फोहोरका लागि राखिएका बाल्टी भने खाली थिए। ज्ञानुले खाली बाल्टीमा भएका केही टुक्राटाक्री प्लास्टिकमा हालिन्। तर बाहिर छरिएको फोहोर भने उठाइनन्।,अस्पतालको आँगन वरपर छरिएको केही फोहोर देखाउँदै उनले भनिन्, ‘फोहोर राख्नका लागि बाल्टी राखिदिएका हुन्छौँ। तर बाहिर फालिएको हुन्छ। बाहिर फालेको फोहोर हामी उठाउदैनौँ। यो फोहोर उठाउने काम हाम्रो होइन।’,यति भन्दै उनी ट्रली गुडाउँदै पुरानै ठाउँ तिर लागिन्। वार्डबाट निकालिएको फोहोर जन्य बस्तु छुटयाए। केही बाँकी फोहोर ट्रलीमै राखेर केन्द्र तर्फ लागे।,केन्द्र अगाडि ठूलो टेबलमा मिलाएर राखेका केही कार्टुनहरु थिए। छुट्याउन ल्याएको बाँकी फोहोर ट्रलीबाट टेबलको आडैमा राखे। पोकाको मुख खोल्दै फोहोर हेरे। ज्ञानुले साथीलाई भनिन्, ‘तिमी यो (कार्टुन) मिलाउँदै गर। म इमरजेन्सीमा एउटा बाल्टी राखेर आउँछु है।’,बाल्टी लिएर आकश्मिक कक्ष पुगेकी ज्ञानु एकैछिनमा फर्किइन्। र फोहोर छुट्याउन थालिन्। मास्क, पञ्जा, पानीका बोतल, स्लाइनका पाइप–बोतल, अक्सिजनका पाइप, सुई लगायत सबै कुरालाई सानो चिम्टाले एउटा एउटा गर्दै फरक फरक भाँडोमा राखिरहेकी थिइन्।,स्लाइनका बोत्तल छान्दै गरेकी उनले भनिन्, ‘यी बोतल दुई प्रकारका हुन्छन्। एउटा पातलो खालको र अर्को बाक्लो । पातलो सस्तोमा बिक्छ। बाक्लो वाला महङ्गोमा। अरुलाई भने प्रशोधित गर्नु पर्छ। त्यो काम सबै मेसिनले गर्छ।’,अस्पतालबाट निस्कने अधिकाशं फोहोर बेच्ने गरेको उनले बताइन्। उनले भनिन्, ‘हामीले उठाएको फोहोर मध्य एकदमै कम मात्रै फाल्नु पर्छ। अरु त सबै बिक्री हुन्छ।’,उनको काम अन्तिम–अन्तिम तिर पुगिसकेको थियो। वरवरका सामान मिलाइन्। र भनिन्,‘अब हाम्रो काम सक्कियो। यो सबै सफा गरेर हामी लुगा फेर्न जान्छौँ।’,एकजनाले भुईँ पुछे। अर्कोले बाल्टीबाट पानी खन्याउँदै फोहोर बगाए।,लगाएको आ–आफ्नो गाउन उतारे । नजिकैको बाल्टीमा फ्याँके। ‘हामीले लगाएको अरुले प्रयोग नगरुन भनेर यसलाई च्यालेर फाल्नु पर्छ’, उनले बाल्टीमा गाउन हाल्दै भनिन्।,अस्पताल सरसफाइको काम सके। तर आफ्नो भने बाँकी नै थियो। ज्ञानु बाथरुम छिरिन्। सुरुमा एक पत्र पञ्जा निकालिन् र डस्टबिनमा फ्याकिन्। त्यपछि पीपीई खोलिन्। पानी भरिँदै गरेको बाल्टीमा केही झोल पदार्थ दुई बिर्को जति हालेर घोलिन्। अनि पीपीईलाई त्यही पानीमा एकछिसम्म डुवाइन्।,‘यो औषधि हो। यसले किटाणु मार्छ। काम गर्दा लगाएका लुगा जुत्ता सबै यही पानीमा एकछिन डुबाएर सुकाउनु पर्छ’, उनले बुझाइन् ।,आफूले प्रयोग गरेका पीपीई, क्याप, पञ्जा, मास्क, जुत्ता लगयातका सबै निकालिन् र प्रयोग गर्न मिल्ने चिजलाई धोइन्। नमिल्नेलाई डस्टबिनमा फ्याँकिन्।,उनको शरीरमा उही अस्पतालको हरियो रंगको लुगा मात्र बाँकी थियो। उनलाई त्यही पनि फेर्नु पर्ने थियो। त्यो भन्दा अगाडि उनी हात साबुन पानीले मिचिमिची धोइन्। त्यही बेला उनले भनिरहेकी थिइन्, ‘चाहे जो सुकै होस्। सरसफाइमा ध्यान दियो भने रोग लाग्नबाट जोगिन्छ।’,उनले लगाइरहेको हरियो रंगको लुगा अस्पतालको पोशाक हो। ‘यो ड्रेस दुई जोर छ। एक धोएर अर्को लगाउनु पर्छ’, चेन्जिङ्ग रुमको एउटा कुना तिरबाट लुगा तान्दै उनले बताइन्।,केही बेरमा फेरि उही कपडा धोएर सुकाइन्।,सरसफाईको काम सकिसक्दा साढे ११ भइसकेको थियो। अब भने उनले खानाको जोहो गर्न थालिन्। चेन्जिङ्ग रुमको एक कुनामा सानो टेबलमाथि राखिएको थियो, हिटर। अनि भित्तामा झुन्डिएको सानो र्याक र केही भाँडाकुँडा। अस्पतालले बिहानको खाना उनीहरुलाई त्यही पकाएर खाना अनुमति दिएको छ।,सोही अनुसार उनी खाना पकाउने तयारी गर्दै थिइन्। ‘तरकारी के खाने?’, ज्ञानुले साथीलाई सोधिन्। उनको उत्तर आउन नपाउँदै फेरि उनले भनिन्, ‘मैले घरबाट थोरै तरकारी लिएर आएकी छु। त्यही अलिअलि पुगिहाल्छ। बरु तिमी अण्डा लिएर आऊ है।’,केही पैसा ज्ञानुले साथीको हातमा थमाइदिईन्। निस्किँदै गरेकी साथीलाई अनुरोध गरिन्, ‘प्याज पनि ल्याऊ है।’ यता कुकरको सिट्टी बजिरहेको थियो।,ज्ञानुको ड्यूटी दिउँसोको १ बजे सकिन्छ। खाना खाएपछिको समयमा उनी अस्पतालमै बस्छिन्, यता उता रेखदेख गर्छिन्। कसैलाई आफ्नो आवश्यकता पर्न सक्ने भन्दै उनी सधैँ तयारी अवस्थामै हुन्छिन्। ड्यूटी सकिएपछि उनी अस्पतालबाट सिधै घर जान्छिन्। घर पुगेर उनी सबै भन्दा पहिला बाथरुममा छिर्छिन्। नुवाई–धुवाई गर्छिन्। अनि मात्र उनी दिउँसोको खाजाको तयारीमा लाग्छिन्।,आफ्नो सरसफाईमा विशेष ध्यान दिने उनी घर पुगेर ननुहाएसम्म कसैको पनि सम्पर्कमा आउँदिनन्।,उसो त उनी एक्लै बस्छिन्। उनी बस्ने ठाउँबाट केही पर छ आमाको घर। ‘उता (आमाको घर) बुहारी, आमा, भादा र भदैनी छन्। भाइ विदेशमा छ’, उनले भनिन्, ‘कामबाट आएर म कसैको पनि सम्पर्कमा रहनन्। कहिले काहिँ आमालाई भेट्न मन लाग्छ। टाढैबाट बोलाउँछु। एकछिन कुरा गरेर फर्किन्छु।’,आमालाई छुँदा कतै संक्रमणले भेटिहाल्यो भने भन्ने डर हुन्छ उनलाई । ‘अझ मम्मीबाट अरुलाई सर्यो भने चाहिने नचाहिने सुन्न पर्छ। त्यो भन्दा आफै सतर्क भयो आनन्दै’, उनले थपिन्।,उनलाई सुईदेखि निकै डर लाग्छ। नलागोस् पनि कसरी केही समय अगाडि फोहोर उठाउँदै गर्दा उनको हातमा सुई रोपिएको थियो। डरले उनी अस्पताल नै भर्ना हुनु पर्ने अवस्था आएको थियो।,खित्का छोडेर हाँस्दै उनले भनिन्, ‘सुई घोचेपछि म धेरै अत्तालिएकी थिएँ। डाक्टरहरुले केही हुँदैन भनेर सम्झाउनु भएको थियो। तर पनि मनले मानेन। डर हट्दै हटेन एक हप्तासम्म उठ्नै नसक्ने भएर अस्पताल नै भर्ना गर्नु परेको थियो। पछि टेस्ट गरेका सबै रिपोर्टमा केही नभएको देखाएपछि ठीक भएको थियो।’,त्यसैले अहिले पनि उनीलाई सकेसम्म सुई राखिएको फोहोर उठाउन नपरे हुन्थ्यो भन्ने लाग्छ।,अहिले अस्पतालभरि कोरोना भाइरस संक्रमितको उपचार भइरहेको छ। अस्पतालबाट संक्रमणकै कारण मृत्यु भएका व्यक्तिको दैनिक रुपमा शव निकालिन्छ। यो दृश्य देख्न नपरोस् भन्ने उनी सोच्छिन्। तर उनलाई लाग्छ, मैले मात्र सोचेर पुग्दैन।,उनी आफूलाई सम्हाल्छिन्। एक न एक दिन हामी सबै जानु नै छ। मात्र कोही चाँडो जान्छन्, कोही ढिलो।,अहिले पनि अस्पतालमा मृत्यु हुनेको बढ्दो नै छ। महामारी भन्दा पहिले टेकु अस्पातालमा यसरी मृत्यु हुनेको संख्या एकाध मात्रै थियो।,तर त्यही एकाध घटना अझैसम्म पनि उनको मनसपटलमा ताजा छ। रेबिज भएर अस्पताल भर्ना भएका दोलखाका एक युवकको मृत्युको घटना ज्ञानुले भुलेकी छैनन्।,‘उहाँ अन्तिम स्टेजमा आइसीयूमा भर्ना हुनु भएको थियो। गाह्रो हुँदा बेस्सरी उफ्रिनु हुन्थ्यो। डाक्टर, नर्स गएर समाउन समेत गाह्रो हुन्थ्यो उहाँलाई। अस्पताल भर्ना भएको केही दिनमै उहाँको मृत्यु भयो। त्यो कुरा सम्झियो भने अझै नि गाह्रो हुन्छ ।’,‘अहिलेसम्म नछोएको संक्रमणले आफूलाई नसमातोस्’ यही चाहना छ, उनको। यही चाहनासँग जोगिएको छ, सम्मान। ‘कोरोना अस्पतालको सफाईमा काम गरेर पनि संक्रमित नभएको भनेर अवार्ड जित्न पाए हुन्थ्यो भन्ने लागेको छ। हेरौँ के हुन्छ’, उनले मुस्कुराउँदै भनिन्।,‘इमान्दारीका साथ काम गर्दै गयो भने एक न एक दिन त त्यो दिन आउँछ भन्ने कुरामा विश्वस्त छिन् उनी।,अहिले अस्पतालमा काम गर्ने सबैलाई जोखिम उत्तिकै छ। फ्रन्टलाईमा काम गरिरहेका डाक्टर चिकित्सक, नर्स लगायत स्वास्थ्यकर्मीको काम सबैले देखेका छन्। उनीहरुलाई हौसला प्रदान गरिरहेका छन्। किनकी उनीहरु बिरामीको ज्यान जोगाउन दिन रात तल्लीन छन्।,हो, उनीहरु जस्तै अस्पतालको सफाईमा खटिएका उनीहरु छायाँमा परेका छन्। अस्पतालमा उपचारका साथसाथै सरसफाईको पनि उत्तिकै महत्व छ। त्यसैले टेकु अस्पतालमा पनि ज्ञानु र उनका साथहिरुले महत्वपूर्ण भूमिका खेलिरहेका छन्। | प्रतिभा चन्द |
संक्रमणको जोखिम मोलेरै खोप लिँदै छन् युवाहरु | काठमाडौँ – टेकु अस्पतालमा भीडभाड हुनु स्वाभाविकै हो। थेग्नै कठिन मानिसको भीड पनि अस्पतालले थेगेकै छ। तर, त्यहाँ स्वास्थ्य सुरक्षाको मापदण्ड भने अपनाएको पाइएन।,आइतबार पनि अस्पतालमा देखियो उस्तै भीड। अस्पतालको प्रांगणको एउटा कुनामा बनाइएको खोप केन्द्रबाट सुरु भएको लामो लाइन अस्पताल छिर्ने गेटभन्दा २५ मिटर अगाडिसम्म थियो।,लाइनमा लस्करै उभिरहेका, कोही छाता ओढिरहेका थिए, कोही शीतल छहारीको खोजीमा त कोही आफूले लगाएको बाहिरी वस्त्र फुकालेर टाउकामा राखेर यत्रतत्र गरिरहेका। कसरी हुन्छ, उनीहरू मध्याह्नको घामबाट जोगिने प्रयासमा थिए।,तर, लाइनमा बसेका उनीहरूले आफूलाई घामबाट जति जोगाउन कोसिस गरे पनि संक्रमणको जोखिम भने मोलिरहेका थिए।,सरकारले भीडभाड नगर्नुका साथै दूरी कायम गर्न बारम्बार सबैलाई आग्रह गर्दै आएको छ। कोरोना भाइरसको संक्रमणबाट बच्न खोप लगाउन अस्पताल पुगेका उनीहरूले दूरी कायम गरेका थिएनन्। दूरी कायम गरेर लाइन लाग्न उनीहरूका लागि त्यति सम्भव पनि थिएन।,खोप लगाउन आएका कोही व्यक्ति संक्रमित भएको खण्डमा उनीबाट अरूलाई पनि संक्रमण सर्ने सम्भावना प्रबल थियो। तर, यो कुरालाई उनीहरू बिल्कुलै बेवास्ता गरिरहेका थिए। सावधानी नअपनाउँदा आफू संक्रमित भइएला कि भन्ने कुरामा सचेत हुनुको साटो खोप कतिबेला लगाउन पाइएला भन्दै खोपकै पखाईमा थिए।,किनकि बिहान ८ बजेबाट खोप लगाउनकै लागि लाइन बसेकाहरूले दिउँसो १ बजेसम्म पनि पालो पाएका थिएनन्। केन्द्रमो गेटअगाडि उभिएर स्वास्थ्यकर्मीले आफन्तलाई बीचबीचमा घुसाएको भन्दै झगडा गरिरहेका थिए।,त्यही झगडाले केही बेर ठूलै रूप लियो। खोप लगाउन बसेका स्वजास्थ्यकर्मी र खोप लगाउन आएका उनीहरू बाजाबाज गरे।,खोप लगाउन आएकाहरू भन्दै थिए, ‘हामी बिहानैबाट लाइनमा बसेर पालो कुरिरहेका छौँ। तपाईहरू आफ्नो मान्छे ल्याउँदै हाम्रो पालो मिच्दै खोप लगाइदिँदै हुनुहुन्छ ? हामी अझै कति बेर पालो कुरेर बसिरहने? तपाईहरूको मान्छेलाई जस्तो हामीलाई पनि लाइन बस्न रहर छैन। नियम सबैका लागि हुनुपर्छ।’,एकपछि अर्को गर्दै उनीहरू यसैगरी कराइरहेका थिए। स्वास्थ्कर्मीको व्यवहारले उनीहरू झन् आक्रोशित हुँदै थिए। रिसले चुर भइरहेका थिए, उनीहरू।,लाइनमा लागेका व्यक्तिहरू शान्त बनाउन हो वा उनीहरूलाई धम्क्याउन एक जना स्वास्थ्यकर्मी बेजोडले हुइँकेर गेटनजिक आइन् र भनिन्, ‘म यो अस्पतालमा काम गर्न थालेको यत्रो वर्ष भयो। म यहाँको स्टाफ हो। मैले मेरो आमा, दिदी–बहिनीलाई लाइनमा नबसाएर सिधै खोप लगाउन नपाउने?’,उनले टेकु अस्पतालमा काम गर्न थालेको कति वर्ष भयो त्यो भने खुलाइनन्। र, अस्पतालका कर्मचारीको आफन्तका लागि कुनै नियम छैन भन्ने कुरा उनले देखाएको रबाफले प्रस्ट पाथ्र्याे।,केही बेरको चर्काचर्कीपछि माहोल शान्त भयो। खोप लगाउने लाइन विस्तारै सरिरहेको थियो। लाइन लागेकालाई भने खोप लगाउने हतारो थियो। त्यही हतारोमा थिए, १७ वर्षका बिर्जेस श्रेष्ठ। उनी ११ कक्षामा पढ्छन्।,श्रेष्ठलाई उनकी आमाले खोप लगाउन अस्पतालसम्म ल्याएकी थिइन्। बिर्जेस आफँैलाई थाहा छैन, उनले खोप लगाउन पाउँछन् या पाउँदैनन्। किनकि अहिलेसम्म कोरोना भाइरसविरुद्ध प्रयोग भइसकेका खोप १८ वर्षमाथिका व्यक्तिलाई मात्रै दिने गरिएको छ।,१७ वर्षमुनिका बालबालिकाका लागि कोरोना भाइसविरुद्ध बनेको कुनै पनि खोप प्रयोगमा ल्याइएको छैन। उसो त सरकारले शनिबारबाट १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिलाई खोप लगाउने निर्णय गरेको छ। शनिबार र आइतबार गरी दुई दिनसम्म यो उमेर समहका जोसुकै व्यक्तिले पनि खोप लगाउन पाउनेछन्।,त्यसैले त कलेज पढ्न जाने भएका कारण आफूलाई संक्रमण जोखिम उच्च भएकाले खोप लगाउन अस्पताल पुगेको श्रेष्ठले बताए।,उनले भने, ‘फेरि संक्रमण फैलिरहेको छ। मलाई संक्रमण नहोस् भनेर ममीसँग खोप लगाउन आएको हुँ। लगाउन पाए, लगाएर जान्छु नपाए यत्तिकै जान्छु।’,पछिल्लो समय बढ्दै गएको संक्रमण दरका कारण धेरै मानिस खोपप्रति आकर्षित भएको विज्ञहरूले बताएका छन्। केही दिनयता संक्रमितको संख्या उकालो चढिरहेको छ। संक्रमितको संख्या मात्र नभएर मृत्यु हुनेको संख्या पनि वृद्धि भएको तथ्यांकले देखाएको छ।,यस्तै, संक्रमणबाट जोगिनका लागि खोप आवश्यक छ भन्ने कुरा बुझेपछि खोप लगाउन अस्पताल पुगेका हुन्, २० वर्षका आशिष पुन पनि। संक्रमण दर बढ्दै गएपछि आफू सुरक्षित हुनुपर्छ भन्ने आफूलाई खोप लगाउन अस्पताल पुगेको उनले बताए।,उनले भने, ‘खोप लगाएपछि ‘इम्युनिटी पावर’ बढ्छ। संक्रमित हुने सम्भावना कम हुन्छ। र, सुरक्षित भइन्छ भनेर दिदीले बुझाउनुभयो। अनि खोप लगाउन आ’को।’,यस्तै, लामो समयसम्म लाइन लागेर खोप लगाएका मैतीदेवीका २९ वर्षका सागर श्रेष्ठले खोप लगाउनेको हुलबाट बाहिर निस्कँदै ज्याकेटको बाउला दायाँ हातमा छिराए।,‘बल्ल–बल्ल पालो आयो’, उनले विस्तारै भने। पहिलो चरणको खोप अभियान सञ्चालन हुँदै गर्दा उनी संक्रमित भएका थिए। संक्रमित भएर निको भएको ८ देखि १२ हप्तासम्म खोप लगाउन नमिल्ने भएका कारण त्यो समयमा आफू खोप लगाउनबाट वञ्चित भएको उनले बताए।,उनले भने, ‘खोप लगाउनुपर्छ भन्ने थियो। त्यही बेला संक्रमित भए। लगाउन मिलेन। अहिले समय पुग्यो र लगाउन आएको। खोप लगाइसकेपछि एक प्रकारले ढुक्क भइन्छ नि।’,सुरु–सुरुमा खोपप्रतिको विश्वसनीयतामाथि प्रश्न उठे पनि अहिले त्यो जमात कम हुँदै गएको छ।,विश्वका विभिन्न देशलगायत छिमेकी मुलुक भारतमा दैनिक लाखौँ व्यक्ति संक्रमित भइरहँदा संक्रमणको भय नेपालमा पनि देखिएको छ। जसकारण अन्तिम विकल्प खोप नै रहेको छ।,कोरोना भाइरसविरुद्धको चिनियाँ खोप ‘भेरोसेल’को पहिलो डोज लगाउने पहिलो चरणको कार्यक्रम आइतबार अन्तिम दिन हो। सरकारले चैत २५ गतेदेखि यो खोप काठमाडौँ उपत्यकाका तीनसहित सात जिल्लामा तोकिएका उमेर र कार्यक्षेत्रसँग सम्बन्धित व्यक्तिलाई दिने गरी सुरु गरेको थियो। तर, चैत ३१ गतेदेखि त्यही सात जिल्लाका २३ वटा खोप केन्द्रबाट ४० देखि ५९ वर्ष उमेर समूहका आमसर्वसाधारणलाई पनि खोप अभियानमा सहभागी हुन आह्वान गरेको थियो।,पछिल्लो तीन दिनयता भने जिल्लाहरूले निजी अस्पताललाई समेत खोप केन्द्र थपेर १८ देखि ५९ वर्ष उमेर समूहका सबै सर्वसाधारणले चाहेको खण्डमा खोप लगाउन सक्ने निर्णय गरेको थियो।,स्वास्थ्य सेवा विभागका अनुसार शनिबारसम्म ९२ हजार २२३ जनाले भेरोसेल खोप लगाएका छन्। यस्तै, भेरोसेल र कोभिसिल्डसमेत गरी देशमा हालसम्म १९ लाख १२ हजार बढीले पहिलो डोज खोप लगाइसकेका छन्।,स्वास्थ्य मन्त्रालयले पहिलो डोज कोभिसिल्ड लगाएकाहरूलाई दोस्रो डोज वैशाख ७ गतेदेखि ११ गतेसम्म लगाउने जनाएको छ।,पहिलो डोज भेरोसेल लगाएकाहरूका लागि भने मन्त्रालयले वैशाख ११ गतेपछि निर्णय हुने जनाएको छ।,चीन सरकारले अनुदानस्वरूप ८ लाख डोज ‘भेरोसेल’ नेपाललाई दिएको थियो।, , , , | प्रतिभा चन्द |
कोरोना भाइरसको महामारीः नाका व्यवस्थापनमा कहाँ चुक्यो सरकार? | झापा – गत चैत ११ गते लकडाउन सुरु हुन अघिदेखि नै भारतबाट नेपालीहरू नेपाल आउन सुरु गरिसकेका थिए। तर, जुन बेला भारतबाट नेपालीहरु आउन सुरु गरे नेपाल–भारतका सीमा क्षेत्रमा एक किसिमको त्रास थियो।,कतै ती आउने नेपालीहरूमा कोरोना भाइरसको संक्रमण त छैन ! भारतमा कोरोना भाइरसका संक्रमितहरू दिनहुँ बढ्ने क्रममा थिए भने नेपालमा एकाध जनामा मात्र संक्रमण पुष्टि भएको थियो।,नेपालीहरू भारतबाट आउन थालेका केही दिन सीमा नाकाहरू अस्तव्यस्त बनेका थिए।,कोरोना भाइरसबाट संक्रमित बन्नेहरुको संख्या छिमेकी मुलुक भारतमा बढ्दै जाँदा नेपाल-भारत सीमाका काँकरभिट्टा (झापा), रक्सौल (वीरगञ्ज), सुनौली (भैरह्वा) र बनबासा (कञ्चनपुर) गरी चार वटाबाहेक अन्य नाकाहरू बन्द गरिएको घोषणा नेपालले गरेको थियो। तर, बन्द गरिएका नाकाहरूबाट पनि नेपालीहरूको आउने क्रम रोकिएन। विशेषगरि रातको समयमा उनीहरू नेपाल प्रवेश गर्ने गर्थे।,सीमामा रहेका सुरक्षाकर्मीले भेटेको खण्डमा उनीहरूलाई क्वारेन्टिनमा राख्ने काम गरे। तर, कतिपय लुकेर आएर गाउँरघरमा पसे।,कतिपय गाउँमा भने गाउँका मानिसले प्रहरीलाई खबर गरेपछि भारत वा अन्य मुलुकबाट आएका मानिसहरूलाई क्वारेन्टिनमा राख्न सहज भयो।,चैत ११ गते लकडाउन भएयता अहिलेसम्म चार लाख १० हजार नेपाली भारतबाट नेपाल आएका छन्। प्रदेश १, २, ५ र सुदूरपश्चिम प्रदेशका नाकाहरू हुँदै त्यतिको संख्यामा नेपाली भारतबाट आएका सरकारी अधिकारीहरूले बताएका छन्।,प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता कमलबहादुर थापाका अनुसार लकडाउन सुरु भए यता २२ हजार २ सय ४४ जना नेपाली प्रदेश १ का विभिन्न नाका हुँदै भारतबाट नेपाल आएका हुन्। प्रदेश १ का मुख्य नाकामा इलामको पशुपतिनगर, झापाको काँकरभिट्टा तथा मोरङको विराटनगर हुन्।,त्यस्तै प्रदेश २ प्रहरी कार्यालयको तथ्यांक अनुसार लकडाउनपछि अहिलेसम्म प्रदेश २ का नाका हुँदै ३१ हजार २ सय ८१ जना नेपाली भारतबाट आएका छन्।,प्रदेश ५ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार प्रदेश ५ का नाकाहरू प्रयोग गरेर ९८ हजार ९ सय २३ नेपाली भारतबाट आएका छन्। त्यस्तै सुदूरपश्चिम प्रदेशका जिल्लाका नाकाहरूबाट २ लाख ५७ हजार ४ सय २७ जना नेपाली नेपाल प्रवेश गरेको प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ।,सुरुवाति दिनमा अन्य नाका बन्द गरेसँगै खुल्ला रहेका चार नाका हुँदै भारतबाट आउनेहरूलाई ज्वरो नाप्दै नेपाल प्रवेश गराउने काम गरियो। भारत तथा तेस्रा मुलुकहरुबाट आउने सामानका सवारी साधनहरु ह्वात्तै घटेसँगै भन्सारका कर्मचारीलाई समेत भारतबाट नेपाल आउने मानिसहरुको ज्वरो अनिवार्य नाप्नका लागि व्यवस्था मिलाउन खटाइएको थियो।,काँकरभिट्टा नाकामा स्थापना गरिएको हेल्थ डेस्कमा बिहानदेखि ज्वरो नाप्ने मान्छेको भीड लाग्ने गरेको थियो। सामान्य एप्रोन, चस्मा र सर्जिकल ग्लोब्स लगाई थर्मल स्क्यानरमार्फत स्वास्थ्यकर्मीहरूले ज्वरो नापिरहेका हुन्थे।,तर, भारतवाट प्रवेश गर्नेहरु चाहिं अन्य नाकाबाट लुकेर आए। आवागमनका लागि नेपाल–भारतबीच तोकिएका भन्दा अन्य नाकाहरूमार्फत भारतबाट नेपालीहरू लुकीछिपी नेपाल आउने क्रम रोकिएन। विशेषगरि भारतसँग सीमा जोडिएका प्रदेश १ र प्रदेश २ का सीमावर्ती क्षेत्र बढी जोखिममा परे।,भारतका प्रमुख शहरहरूबाट लुकीछिपी आएका नेपालीलाई दसगजामै प्रहरीले पक्राउ गरेर क्वारेन्टिनमा समेत राख्यो। झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाका अनुसार त्यो बेला त्यति सजग नभइदिएको भए स्थिति थप भयावह हुने अवस्था थियो।,उनले भने, ‘जुन बेला भारतबाट नेपालीहरू आउन सुरु गरिसकेका थिए हामीले सीमामा थप बल थप्नुपर्छ भन्ने लागेर सीमा सुरक्षाका लागि प्रहरीका पोस्टहरू स्थापना गर्ने सुरु गर्यौं।’,भारतमा रेल सेवा खुलेपछि दिनहुँ मान्छे लुकीछिपी नेपाल प्रवेश गर्न खोजेकाले स्थिति थप जटिल बनेको उनले बताए। क्वारेन्टिनमा राखिएकाहरूको पिसिआर परीक्षण नगरी घर जान दिइएन।,तर सुदूरपश्चिमका नाकाहरूबाट नेपाल प्रवेश गर्नेहरूको संख्या दैनिक हजारौँ भएपछि नेपाली सीमा क्षेत्रमा बसेका सुरक्षाकर्मीको केही जोड चलेन। नाकाबाट सबैलाई आ-आफ्ना घर जान दिइएको त्यो बेला भारतबाट आएका कैलालीका एक जना १९ वर्षीय युवकले बताए।,उनी पनि त्यही समूहमा थिए। उनले भने, ‘गौरीफन्टा नाकाबाट म नेपाल प्रवेश गर्दा त्यहाँ रोक्नसक्ने अवस्था थिएन। हामी करिब चार हजार जना थियौँ। घर आएपछि परीक्षण गर्दा कोरोना भाइरस पोजिटिभ आयो अनि आइसोलेसनमा बसियो।’ उनी जस्ता हजारौँ परीक्षणबिनै समुदायमा गएको उनले बताए।,नेपाल तथा भारतमा शुरु भएको लकडाउनको करिब एक महिनापछि भारतमा ट्रेन चल्न थालेकाले भारतको विभिन्न स्थानबाट नेपालीहरू पूर्वी नेपालको सीमावर्ती बजारहरूमा जम्मा हुन थाले।,भारतीय सीमामा रहेका नेपालीहरूलाई कसरी व्यवस्थित गरेर राख्ने भन्ने विषयमा धेरै पटक छलफल भए पनि एक महिनासम्म पनि निर्णय हुन सकेन। पूर्वी नाका काँकडभिट्टा र विराटनगरको नाकाहरूमा हजारौँको संख्यामा नेपालीहरू जम्मा भए। त्यसो त नेपालगञ्ज तथा सुदूरपश्चिमका नाकाहरुको समस्या पनि उस्तै रह्यो।,संघीय सरकारले सीमावर्ती नेपाली भूमिमा क्वारेन्टाइन राख्ने भने पनि पालिकाहरूले उनीहरूलाई राख्नका लागि पर्याप्त क्वारेन्टाइनको निर्माण नै गरेका थिएनन्।,भारतबाट आएकाहरू सिधै समुदायमा गए कोरोना भाइरसको संक्रमण झन् तीब्र बन्ने विज्ञहरूले त्यतिबेलादेखि नै चेतावनी दिएका थिए।,नेपालमा जमिन भाडामा लिएर खेती गर्न दिनहुँ नेपाल आउन खोज्ने भारतीय नागरिकहरुका कारण बन्दाबन्दीका बेला सीमा सुरक्षामा चुनौति दिएको थियो।,अहिले पनि सीमा बन्द छ । तर, नेपालका जमिन भाडामा लिएर खेती गर्नेहरू अहिले पनि नेपाल आउन खोज्दा सीमामा समस्या हुने गरेको छ।,पूर्वदेखि पश्चिम तराईसम्मका नेपालका सीमावर्ती क्षेत्र नजिकका जमिनमा भारतीय नागरिकले खेती गर्दै आएका छन्। उनीहरु भारतबाटै दिनहुँ नेपाल आएर खेती गर्ने गरेको प्रदेशका कृषि मन्त्रालयहरुले जनाएका छन्।,तर, नेपालमा जारी बन्दाबन्दीका कारण नेपालमा खेती गर्न आउन खोज्ने उनीहरुलाई सीमाबाटै फर्काइने गरिएकाले कतिपय स्थानमा नेपाली सुरक्षाकर्मीमाथि भारतीय नागरिकबाट दुर्व्यवहारसमेत भयो।,गत वैशाख २१ गते झापाको कचनकवल गाउँपालिकाको सीमावर्ती क्षेत्रमा नेपालमा खेती गर्न आउन खोज्ने भारतीय नागरिक नेपाल छिर्न नपाएपछि सीमामा विवाद उत्पन्न भएको थियो।,कचनकवल गाउँपालिकाकै सीमावर्ती क्षेत्रमा त्यसरी नै भारतीय नागरिक नेपाल छिर्न खोज्दा नेपाली सुरक्षाकर्मीले छिर्न नदिएको र भारतीयहरुले खेती गर्दा प्रयोग गरिने हतियार नेपालतिर फाल्दा सुरक्षाकर्मीलाई लागेको घटना पनि छ।,झापाका प्रहरी प्रमुख कृष्ण कोइरालाका अनुसार नेपालमा खेती गर्ने भारतीयहरू नेपाल आउन खोज्नु सीमा सुरक्षाको चुनौतीको विषय बन्न पुगको छ।,प्रदेश नं २ का प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक धिरजप्रताप सिंहले पनि भारतका केही राज्यमा बन्दाबन्दी खकुलो बनाइदिएकाले नेपाल छिर्न खोज्नेहरुले समस्या उत्पन्न गराइदिएको बताए।,कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण तथा रोकथामका लागि भारत तथा नेपालमा जारी बन्दाबन्दीले भारतका सीमा क्षेत्रमा रहेका नेपालीलाई नेपाल ल्याउन करिब डेढ महिना लागेको थियो। पूर्वदेखि पश्चिमसम्म धेरै संख्यामा नेपाल आउन चाहने नेपालीहरु भारतका क्वारेन्टिनस्थलहरुमा डेढ महिनासम्म बस्नुपर्यो।,पूर्वी सीमा काँकडभिट्टासँग जोडिएको भारतको पानीटेंकी नाकामा पनि ८७ जना नेपालीहरु त्यहाँको क्वारेन्टाइनमा डेढ महिनासम्म बसे। त्यो बेला झापा क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङदेनलगायत केही व्यक्तिहरूको पहलमा रातको समयमा उनीहरूलाई नेपाल ल्याइएको थियो। पानीटेंकीमा कालीकोट, दैलेख, सुर्खेत, बाजुरालगायत जिल्लाका नेपालीहरु थिए।,भारतीय सीमामा रहेका नेपालीहरुलाई ल्याउन अघि उनीहरुलाई राख्ने स्थान बनाउने अन्यौल भने कायमै थियो। क्वारेन्टिनको व्यवस्था गरिएको थिएन भने गृह मन्त्रालय पनि अलमलमै थियो। यता पश्चिमका सीमावर्ती क्षेत्रबाट महाकाली नदी पौडेर धेरै नेपालीहरु नेपाल आएका विवरणहरु त्यतिवेला सञ्चार माध्यममा आएका थिए।,छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै जाँदा भारतबाट आउने मानिस नेपाल पस्न नसकुन भनेर सीमामा सशस्त्र प्रहरी तथा नेपाल प्रहरी खटाइयो। छुट्टा छुट्टै पोस्ट खडा गरेर सशस्त्र तथा नेपाल प्रहरी सीमामा खटिए।,उनीहरू नयाँ पोस्ट खडा गरेर नाकामा बसेका बेला पोस्टहरूमा पुग्दा उनीहरूको विजोग देखिएको थियो। पूर्वी नेपालको मेची नदी किनारमा रहेका पोस्टहरूमा पर्याप्त जनशक्ति थिएनन्।,नेपाल प्रहरीको मेची नदी किनारमा बाँसको टहराको एउटा पोस्टमा पुग्दा दुई जना कनिष्ठ प्रहरी थिए। यहाँसम्म कि उनीहरूका लागि शौचालय थिएन। खाने पिउनेको व्यवस्था त परको कुरा।,इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार त्योबेला भारतबाट नेपाल आउन खोज्नेलाई रोक्न निकै ठूलो जनशक्ति चाहिने अवस्था थियो।,खासगरि १, २, ५ र सुदूरपश्चिम प्रदेशका सीमा नाकाहरू भारतसँग जोडिने भएकाले ती नाकाहरूबाट भारतबाट आउनेहरू लुकीछिपी नेपाल प्रवेश गर्ने थालेपछि केही सुरक्षाकर्मी बढाइयो तर त्यो पनि पर्याप्त थिएन।,बस्तीबाट निकै टाढा रहेका बेस क्याम्पमा कार्यरत सुरक्षाकर्मीलाई पिउने पानी, विद्युत्, शौचालय, खानालगायतको समस्या थियो। कतिपय स्थानहरूमा ती समस्या अझै पनि छन्। सुदूरपश्चिम प्रदेशका नाकामा रहेका सुरक्षाकर्मीहरुले पिउने पानी र खानाको जोहो गर्न निकै समस्या थियो।,प्रदेश नं २ को वीरगञ्ज महानगरपालिका कोरोना भाइरसको संक्रमणका कारण सुरुका दिनमा सबभन्दा बढी प्रभावित भयो। जगदम्बा इन्टरप्राइजेजका ५६ वर्षीय प्रमुख कार्यकारी अधिकृतको कोरोना संक्रमणका कारण मृत्यु भयो। उनलाई साउन ६ गते लक्षणसहित कोरोना संक्रमण भेटिएको थियो।,प्रदेश–२ को आठवटै जिल्लाको सीमा भारतको बिहार राज्यसँग जोडिएको छ। भारतीय राज्य बिहारमा कोरोना भाइरसको संक्रमण निकै तीव्र रूपमा फैलिँदै गएको जाँदा प्रदेश २ का सीमा नाकाबाट हजारौं नेपाली नागरिक भारतबाट आए।,प्रदेश–२ मा पछिल्लो समय फैलिएको संक्रमणको लहरो पारिबाटै जोडिएको चिकित्सक बताउँछन्। वारिपारि सहज आवत जावत हुने गरेका कारण सीमा जोडिएका जिल्लामा संक्रमण घट्नुको साटो बढिरहेको चिकित्सकहरूको भनाई छ।,जनस्वास्थ्यविज्ञ डा. विन्ज्वाला श्रेष्ठका अनुसार निश्चित नाकाबाहेक अन्य नाकाबाट मान्छे छिर्नै दिन नहुने हो। उनले भनिन्, ‘निश्चित नाकामा पनि क्वारेन्टिनमा राखी पिसिआर परीक्षण गरेर नेगेटिभ रिपोर्ट आएपछि मात्र घर पठाउनुपर्थ्यो। तर, त्यसो नगर्दा समस्या भयो।’,दुई देशबीचको सीमा औपचारिक रूपमा बन्द गरिएपनि लुकिछिपी आउजाउ गर्ने नरोकिएका कारण प्रदेश-२ का सीमावर्ती पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी जिल्लामा संक्रमण बढ्दै गएको छ। प्रदेशका सबै जिल्लाका प्रायः उद्योगमा भारतीय कामदार रहेकाले संक्रमण बढेको कतिपयले बताउने गरेका छन्।,प्रदेश सरकारका स्वास्थ्य निर्देशनालयका अनुसार चैतदेखि कोरोना भाइरसका संक्रमित भेटिन थाले। पहिला तेस्रा मुलुकहरूबाट आउनेहरूमा संक्रमण देखिएको थियो भने पछि भारतबाट आएका नेपालीहरू भटाभट संक्रमण पुष्टि हुन थाल्यो।,भारतबाट आउने नेपालीहरूलाई कोरोना भाइरस संक्रमणको विश्वसनीय पिसिआर परीक्षण नगरि घर पठाउने गरिएकाले अहिले समुदायमा संक्रमण तीब्र बनेको जनस्वास्थ्य विज्ञ डा. श्रेष्ठको भनाई छ।,नाकामा गर्नुपर्ने व्यवस्थापन नगरिएकाले समुदायमा कोरोना भाइरसको संक्रमण व्याप्त भएको उनले बताइन्। श्रेष्ठले भनिन्, ‘सबभन्दा पहिला त आरडिटी गर्दै घर पठाउनु गल्ती भयो। त्यसपछि पीसीआर परीक्षण नै नगरि कतिपय मानिस घर गए। अहिले समुदायमा कोरोना भाइरसको संक्रमण बढ्नुको कारण यिनै हुन्।’,सीमा नाकाबाट निश्चित समयको अन्तरालमा भारतबाट आउने नेपालीलाई प्रवेश गराएर क्वारेन्टिनमा राखेपछि पीसीआर परीक्षण गरेर व्यवस्थापन गर्नुपर्नेमा महिनौंसम्म चुप लागेर बसेर पछि एकै चोटी हजारौँको भीड नेपालले थाम्न नसकेको कोरोना नियन्त्रणका लागि खटिएका चिकित्सकहरू बताउँछन्।,कोशी अस्पताल विराटनगरको कोभिड उपचार केन्द्रका चिकित्सक डा. डेनप्रसाद आचार्यका अनुसार नेपाल-भारतबीचको नाका पूर्ण रुपमा बन्द गर्न नसकिए पनि निश्चित नाका तोकिदिएर तालिकबद्ध तरिकाले नेपालीलाई छिराएर व्यवस्थापन गर्न सकिने अवस्था थियो।,डा. आचार्यले भने, ‘नाकाबाट केही स्थानका समुदायमा संक्रमण गयो। लकडाउन खुलेपछि त्यो संक्रमण अस्पतालहरूमा पुग्यो। अनि अस्पतालबाट संक्रमण अझ बढी फैलियो।’,संक्रामक रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाका अनुसार नेपाललाई भारतबाट आएको संक्रमणले नै अहिलेको अवस्थामा पु¥याएको हो। उनको पनि नाका व्यवस्थित गर्नु पर्ने कुरामा नेपाल चुकेको मत छ।,उनले भने, ‘नाकाबाट मान्छे लुकेर आएर सोझै घर गए। घरका मान्छेलाई संक्रमित बनाए। अनि बिस्तारै समुदायमा फैलिँदैछ। काठमाडौँमा पनि अधिकांश संक्रमण भारतबाट आएका मानिसहरूले ल्याएका छन्। केही स्थानमा हजामले ल्याए केहीमा निर्माण मजदुरले।’ | उमाकान्त खनाल |
भारतबाट फर्केका युवाहरुमा आर्थिक संकट चुलियो, रोजगारी नपाउँदा बाटो बिराउने खतरा | वीरेन्द्रनगर-कोरोना महामारीका कारण जीवन सुरक्षाका लागि घर फिरेका कर्णाली प्रदेशका युवाहरु आर्थिक, सामाजिक मात्रै होइन भौतिकरुपमा समेत असुरक्षित बन्दै गएका छन्।,घर फिरेको करिब पाँच महिना बितिसक्दा पनि सरकारको प्रतिबद्धता र आश्वासनअनुसार रोजगारी नपाउँदा निराश बनेका युवाहरु आर्थिक संकट र सामाजिक विभेदको पात्र बनेका छन् नै विप्लब माओवादी समूहले घोषणा गरेको अर्को सशस्त्र द्वन्द्वमा सामेल हुने दबाब समेत उनीहरुमा पर्न थालेको बुझिएको छ।,भारतबाट स्वदेश फर्केका युवाहरुको अवस्था बुझ्न सुर्खेतका विभिन्न गाउँ छिचोल्दा यस्ता धेरै युवा भेटिए जसमा निराशा धेरै, उत्साह कम देखिन्थ्यो। कतिपयले जीवनदेखि हार खान थालेको पीडादायी अनुभव सुनाए।,यो वर्ष आत्महत्या गर्ने युवाहरुको संख्या सुर्खेतमा बढेको जिल्ला प्रहरी कार्यालयबाट विवरण प्राप्त गरेको भोलिपल्ट युवाहरुको अवस्था बुझ्न गाउँ छिचोल्ने निधो गरेको थिएँ।,शुक्रबार, शनिबार, आइतबार लगातार तीन दिन भारतबाट फर्केका करिब एक दर्जन युवाहरु र केही वडाका जनप्रतिनिसँग कुराकानी गर्दा आफ्नो सीप, क्षमता र चाहना अनुसार युवाहरुले गाउँमा रोजगारी पाउन नसकेको र रोजगारी पाएका केही युवाहरुले आफ्नो श्रमअनुसार ज्याला या तलब नपाउँदा एकदुई महिनामै काम छोडेको बताएका छन्।,घाम डुब्नै लागेको छ। सुर्खेत वडा नम्बर १२ र ७ लाई छुट्याउने इत्राम खोला सुस्याइरहेको छ। वर्खाले गर्दा खोलामा पानीको बहाव बढेको छ। किनारामै निर्माण गरिएका घरका लागि खोलाको सतह बढ्नु खतराको संकेत हो ।,केही वर्षअघि निर्माण गरिएको पुलको आडमै रहेको ऐलानी जग्गामा उभिएको २१ वर्षीय खड्क नेपालीको सानो झुपडीले खोलाको बहावलाई थेग्न सकेन।,कोरोनाका कारण भारतबाट बेरोजगार बनेर खड्क फर्किदा उनकी आमा जितमाया नेपाली रभाइको उठिबास भइसकेको थियो। खड्क सानै छँदा उनका बुवा बितेका थिए। वास्तवमा उनको परिवारसँग न जग्गा, न घर न रोजगारी छ।,मासिक दुई हजार तिर्ने शर्तमा नजिकै इट्टको बान्नो भएको घरको एउटा अध्यारोँ कोठामा बास बस्न पाएकी थिइन् जितमाया।,दुई महिनादेखि त्यो भाडा तिर्न सकेकी छैनन् उनले। यो कोठामा हाल खड्ककी दिदी पवित्रा नेपाली, उनका तीन छोरी पनि बस्छन्।,पवित्राका श्रीमान पनि खड्कजस्तै भारतमा मजदुरी गर्छन्। लकडाउनले उनी घर आउन सकेनन् ।,यता एउटा कोठामा सीमित ८ जना परिवारका सदस्यका लागि खाना जोहो गर्दैमा खड्कले गत चैत ३ गते भारतबाट आउँदा साथै ल्याएको पैसा सके।,उनी भारतमा छँदा पहिले होटलमा भाँडा माझे। विस्तारै ‘कुक’को काम सिके। टेम्पो पनि चलाउन आउँछ उनलाई।,मिस्त्रीको काम समेत जानेका छन्। कुनै कार्यालय या घरमा सुरक्षा ‘गार्ड’ पनि बन्न तयार छन् उनी। त्यसका लागि उनले भारतबाट आएदेखि नै सम्बन्धित निकायमा सोधपुछ गरे। तर, केही उपाय लागेन । थाके उनी ।,वडामा बेरोजगारीको सूचिमा नाम समेत दर्ता गराए। वडाले प्रधानमन्त्री तथा मुख्यमन्त्री रोजगार कार्यक्रमलगायत विभिन्न कार्यक्रमले उनलाई समेटेन। उनी भन्छन्, ‘मैले यहाँ रोजगारी नपाउनुको कारण न म टाठोबाठो परे न राजनीतिक पहुँचवाला।’ त्यसो भन्दै गर्दा उनको गला एकाएक अवरुद्ध भयो।,अब उनी कामका लागि धेरै पर्खने पक्षमा छैनन् । चाँडोभन्दा चाँडो भारतनै जान चाहन्छन्। तर भारत जाने बाटो बन्दछ हालका लागि। त्यसमाथि भारतमा कोरोना महामारी दिनप्रतिदिन भयावह बन्दै गएको छ । सीमा नाका बन्द छन्।,खड्ककी आमा जितमायाको अनुहारमा गरिबीको पीडा छचल्किरहेको छ। उनी भन्छिन्, ‘हामी गरिबलाई खोलाका किनारमा पनि बास छैन। हामी गरिबका लागि सरकारले के गर्दै छ? बुझेर भनिदिनु है।’ हुन पनि जितमायाले ६० वर्षको उमेरसम्म पीडा बाहेक अरु भोगेकी छैनन्। खड्क १४ वर्षकै उमेरमा भारत जान थाले।,आर्थिक अवस्था कमजोर हुँदा खड्काको पढाई छुट्यो। खड्कका भाइलाई पनि उनले पढाउन सकिनन्। छोरी पवित्राले पनि १५ वर्षमै विवाह गरिन्। लगातार तीन छोरी पाए पछि परिवारबाट अपहेलित बनेकी पवित्रा अन्ततः आमा जितमायाकै सहारामा बाँचिरहेकी छिन्।,श्रीमानले खर्च नपठाएको धेरै भयो। खड्क भन्छन्, ‘अरु केही चाहिँदैन, रोजगारी भए पुग्छ, क्षमता छ, सीप छ। ८ जनाको परिवार मज्जाले पाल्थेँ। तर हामीलाई यहाँ कसैले पत्याउँदैनन्।’,खड्कले यहाँ तत्कालै रोजगारी नपाउनुमा अर्को कारण पनि छ। कोरोना महामारी बढिरहेको भारतबाट आउँदा कोरोना ल्याएर आएको भन्दै उनीदेखि मानिस पन्छिन्छन्।,गाउँमै पनि उनलाई हेर्ने नजर फरक छ। ‘पहिले पहिले हामी आउँदा लाहुरे आए भन्दै सम्मान गर्थे। अहिले हामीलाई देख्नासाथ मानिसहरु भाग्छन्। आफ्नै अगाडि कुरा काट्छन्।’,बेरोजगार देखेर होला उनलाई केही व्यक्तिले पार्टीमा लागौँ भन्ने प्रस्ताव समेत गर्न भ्याइसकेका छन् । तर उनले कुन पार्टीमा त्यस्तो प्रस्ताव आएको भन्ने खुलाएनन्।,तर उनी निकट एक युवाले भने, ‘कालिकोटलाई ‘हब’ बनाएर बसेका विप्लव माओवादी समूहका प्रतिनिधिले खड्कलाई पार्टीमा लाग्न दबाब दिएका हुन्। तर उनी मौन छन्। यस्तै अवस्था हुने हो भने उनी विप्लवसँग जान बाध्य हुने छन्।’,खड्कसँग छुटिएपछि म खोला किनार हुँदै दक्षिणतर्फ लाग्छु। खोला किनारैमा वडा नम्बर १२ मा पर्ने भावर टोलमा हालै दुई छाने इट्टाको बान्नो भएको घरको पेटीमा १९ वर्षीय विनोद परियार, उनकी बुढी आमा र सानो भाइ टोलाइरहेका थिए।,६ महिना वा वर्ष दिन भारतको मनालीमा स्याउ फल्ने सिजनमा स्याउ हेर्ने र अघिपछि मजदुरी गर्दै लामो समय विताइसकेका विनोदले त्यसबाट प्राप्त हुने आम्दानीले आफ्नो र परिवारको जीवन धान्दै आएका थिए।,पाँच वर्षअघि बुवा बितेपछि पारिवारिक जिम्मेवारी बढेको अनुभव गरेका विनोद कोरोनाको महामारीको हल्लाहुनासाथ भारतबाट घर आए।,बिजुली, खानेपानी र सडकबिहिन हुम्ला, जैरे ६ का स्थायी ठेगाना भएका विनोदको परिवार ९ वर्ष अघि सुर्खेत झरेको थियो विनोदका बुवाको उपचारका लागि।,आर्थिक अभावले विनोदले बुवालाई बचाउन सकेनन् न त उनी जुम्लानै फर्के त्यसपछि। बुवा अघि विनोदले सशस्त्र द्वन्द्वका बेला आफ्ना दाइ गुमाएका थिए।,उनका अनुसार विनोदका दाइ माओवादीमा आबद्द थिए। ११ वर्षीय उनका भाइ बिरामी छन्। भाइको उपचारका लागि लागेको ३५ हजार ऋण तिर्न सक्ने अवस्थामा विनोद छैनन्।,भारतबाट बचाएर ल्याएको पैसाले चार महिना जेनतेन परिवारको खर्च धाने । अब के गर्ने? उनी पनि खड्कजस्तै चिन्तामा डुबेका छन्।,विनोदको हातमा पनि खड्कको जस्तै रोजगारी गर्ने सीप छ। उनले भारतबाट फर्केर आएपछि दुईवटा होटलमा काम गर्ने प्रयास गरे।तर श्रम र समयअनुसार उनलाई तलब दिइएन। त्यसैले बीचैमा काम छाडे।,विनोद भन्छन्, ‘मलाई इन्डियन, चाइनिज, नेपालीलगायत परिकार बनाउन आउँछ। तर मेरो सीपअनुसार काम पाउन सकेको छैन।’ विनोद आफूलाई माओवादी पार्टीको कार्यकर्ता पनि रहेको बताउँछन्। उनले विप्लव माओवादीका गतिविधिबारे पनि सुनेका छन्।,तर आफूलाई उनीहरुले बोलाउन पनि सक्ने संकेत गरे। उनले भने, ‘म माओवादी नै हो। हामीमाथि चरमण शोषण भएपछि त्यो बेला मेरो दाइ मोआवादीमा आबद्द हुनुभएको थियो। तर उहाँ शहीद हुनुभयो।’,‘देशमा ठूल्ठूला परिवर्तन आयो भनियो। तर हामी जस्ता गरीबको जीवनमा कहिल्यै परिवर्तन आएन। कमाईका लागि अर्काको मुलुकमा पसिना झार्नुको विकल्प छैन। कति सहनु यस्तो अन्याय र पीडा?’ विनोदले पनि मुख्यमन्त्री रोजगार कार्यक्रममा सामेल हुन वडामा पुगेर नाम लेखाए। तर उनले कामबारे कहिल्यै जानकारी पाएनन्।,उनले भने, ‘यो देशमा खान नपाएर मरिन्छ भने अरु के को आस गर्नु ?’,विनोदको टोलबाट केही किलोमिटर पर पूर्वतिर वडा नम्बर १२ को गुह्य खोला आउँछ। खोलाको किनारैमा सिमेन्टको पिल्लरमा बाँसले बारेको घरमा दिउँसो चर्को घाममा पसिना झार्दै गिट्टी कुट्दै थिए ३६ वर्षीय दलबहादुर कुँवर। कुँवरका हात राता थिए।,बाँसले बारेको त्यो घर उनको आफ्नो भाइको थियो। त्यही घरका लागि उनी गिट्टी कुट्न ब्यस्त थिए। आफ्नो घर छैन उनको। श्रीमती बेपत्ता भएको लामो समय भयो।,दुई छोरीको रेखदेखको जिम्मा उनका सासुससुराले लिएका छन्। उनी नौ वर्षदेखि वर्ष भारतको उत्तराखण्डको चमोली, गढ्वालमा बर्सेनि ६ महिना मजदुर गर्न जाने गरेका थिए ।,चमोलीमा उनले गर्ने काम पनि यस्तै थियो– गिट्टी कुट्ने, ढुंगा बोक्ने, फोड्ने आदि। कोरोना महामारीले उनले गर्दै आएको मजदुरी टुट्यो । साथीले भाडा हाल्दिएपछि उनी जन्मभूमि टेक्न पाएका थिए गत चैतमा। सरकारले बनाएको स्कूलको क्वरेन्टिनमा बसे १५ दिन।,त्यसपछि २१ दिन होम क्वारिन्टनमा बस्न भनियो। गत जेठदेखि उनले ‘मिस्त्री’ को काम खोज्न थालेका हुन्। उनी पनि खड्क र विनोद जस्तै थाकेका छन्।,दलबहादुर भन्छन्, ‘मेरो कोही पनि आफ्नो मान्छे छैन। नचिनेकाले काम दिन्नन्। केही सीप नलागेपछि भाइको घर बनाउन गिट्टी कुट्न थालेको हुँ। भाइबाट ज्याला लिने कुरा भएन।’,दलबहादुरलाई पनि भारतबाट आएको भन्दै गाउँलेहरु अपहेलना गर्छन्। उनी भन्छन्, ‘हेपेको या नहेपेको भन्ने कुरा गाउँले या छिमेकीको व्यवहारबाट थाहा हुन्छ। कोरोना ल्याएको शंका गर्दै हामीलाई हेपिन्छ। तर पनि सहन परेकै छ।’,आर्थिकरुपमा विपन्न दलबहादुरका मनमा धेरै नकारात्मक कुरा खेल्न थालेका छन् । उनी भन्छन्, ‘राम्रो गर्दागर्दै श्रीमतीले छोडी। छोरीहरु अर्काको सहारामा छन्। आफू बेरोजगार भइयो। भाइबुहारीलाई कति सताउने? जीवनदेखि हार खान थालेको छु।’,दलबहादुरका ६५ वर्षीय बुवा पनि भारतमै मजदुरी गर्थे। कोरोनाले उनी पनि छोरासँगै गाउँ आएका छन्। उनका लागि पनि यहाँ कमाउन मुस्किल छ, अब।,दलबहादुरको घरभन्दा केही माथि खोलाको डिलमै सानो कटेरो बनाएर बसेका छन् २१ वर्षीय गणेश नेपालीको ५ जनाको परिवार बस्छन्।,दैलेख गगनपानी स्थायी घर भएका गणेश पनि भारतबाट दलबहादुर जस्तै साथी भाइसँग ऋण मागेर घर आइपुगेका हुन्।,लकडाउन खोलेपछि गणेशले वीरेन्द्रनगर बजारमा कामका लागि साता दिन धाए। भनेजस्तो काम नपाएपछि दैलेख हानिए।,दैलेखबाटै फोन सम्पर्कमा आएका गणेश नेपाली भन्छन्,‘हामीलाई सरकारले न रोजगारी दिन्छ न पहिल्यैकै ठाउँमा कामका लागि पठाउन सक्छ। कामबारे सोच्दासोच्दा निकै नराम्रो लागेको छ।’,गणेशको कमाईमा भर पर्दै आएका उनका बुवाआमा खर्च सकिएपछि हाल आएर ६०/६५ वर्षको उमेरमा मजदुरीका लागि हिँड्न थालेका छन्। गणेशले दैलेखमा पनि काम खोजे।,तर त्यहाँ कोरोना सर्छ भनेर कसैले काम दिएन। जब कि उनको पिसिआर रिपोर्ट नेगेटिभ छ। मनकुमारी ढकालका श्रीमान खडानन्द दुई वर्ष अघि रोजगारीकै लागि कतार पुगेका थिए ।,लकडाउनले खडानन्द घर आउन पाएका छैनन्। खडानन्द कतार गएपछि मनकुमारी छोरा प्रदीप र छोरीलाई पढाउन सुर्खेत वीरेन्द्रनगर झरिन्।,प्रदीप ८ कक्षामा पढ्दापढ्दै १५ वर्षको उमेरमा साथीहरुसँग भागेर भारत पुगे। त्यहाँ उनले काम सुरु गर्न नपाउँदै कोरोना महामारी फैलियो। जसातसो घर आएका प्रदीपको पढाइ त छुट्यो नै मन पनि बिग्रियो।,मनकुमारीको छोरालाई पढाउन चाहना अधुरै रह्यो। वीरेन्द्रनगरमै एउटा कोठा भाडा लिएर बस्दै आएकी मनकुमारीको परिवारको हातमुख उनको जेठो छोरोको कमाईले जोडेको थियो।,गाह्रो भएपछि प्रदिपलाई उनले दैलेखस्थित आफन्तकहाँ पठाएकी छिन्। मनकुमारी अब डेरामा बस्ने स्थिति छैन। ‘भाडा नतिरेको ९ महिना भयो। अब छिट्टै गाउँ नगई सुख छैन’ उनले आफ्नो दुःखको पोयो फुकाइन् । प्रेसर र थाइराडकी बिरामी उनलाई औषधि खाने पैसा जुटाउन मुस्किल छ।,अर्कोतिर बीचमै पढाई छोडेर भारत पुगेर आएको छोरा प्रदिपको पनि त्यत्तिकै चिन्ता छ। भन्छिन्, ‘छोराले कहाँ गएर के गल्ती गर्ने हो त्यसको चिन्ता छ। न उ पढ्छ, न उसले काम पाउँछ।’,वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १२ का अध्यक्ष लोकप्रसाद चालिसेलाई गाउँमा बेरोजगार युवा छ्याप्छ्याप्ती हुँदा तनाव बढेको छ।,उनका अनुसार मजदुरी गरेर आफू र आफ्नो परिवारलाई बचाइरहेका भूमिबिहीन या सुकुम्बासी समुदायमा बेरोजगारीको समस्या चर्को छ।,यस्ता समुदायका अधिकांश पुरुष मजदुरीका लागि भारत जाने गरेको र अहिले त्यहाँबाट रोजगारीविहीन अवस्थामा घर फर्कन बाध्य हुँदा उनीहरुमा निराशा थपिएको चालिसे बताउँछन्।,उनी भन्छन्, ‘जग्गा र घर नभएपनि पहिले उनीहरु डेरामा बस्थे। घरका कोही न कोही पुरुष सदस्य भारत या अन्य देशमा मजदुरी गरेर पैसा पठाउँथे। अहिले त्यो ठप्प भयो।,बिचल्ली भएको छ।’ चालिसे स्थानीय, प्रदेश र संघीय सरकारले तत्काल रोजगारी दिन सक्ने अवस्था नभएको र त्यसको आक्रोश वडा कार्यालयहरुमा बढेको बताउँछन्।,उनी भन्छन्, ‘लामो बन्दाबन्दीले विकास निर्माणका काम फटाफट हुन सकेका छैनन्। योजनाहरु ठप्प छन्। रोजगारी कसरी दिने? हामीलाई स्रोतसाधन प्राप्त भएको छैन।’,प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि सूची तयार पारेको तर युवाहरुको मागअनुसार आफूहरुले रोजगारी दिनका लागि निर्देशन नआएको उनी बताउँछन्।,उनको भनाईमा वडा कार्यालयहरुले स्वास्थ्य, शिक्षा, प्राविधिक, मजदुरीलगायत काम गर्न सक्ने भन्दै रोजगारीको माग गरेका छन्।,प्रधानमन्त्री तथा मुख्यमन्त्री रोजगार कार्यक्रममा कामदारभन्दा सामग्रीमा पैसा धेरै खर्च हुने गरेको छ।,यो वडामा गत वर्ष यी दुवै कार्यक्रमका लागि ८ लाख रुपैयाँ आएको थियो। त्यो पनि योजना तोकेर पठाइएको थियो। बेरोजागरले ७ दिन काम पाए।,गोरेटो बाटो र खोलामा जाली लगाउन सामग्री किन्दैमा धेरै पैसा सकिएको चालिसेले बताए । जबकि वडा नम्बर १२ मात्रै अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा ५७६ जना बेरोजगार युवाहरुले नाम टिपाएका थिए।,सुर्खेतको चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही आफ्नो गाउँपालिकामा मात्रै करिब चार हजार युवाहरू भारतबाट फर्किएको बताउँछन्। उनीहरुलाई कसरी रोजगारी दिलाउने र गाउँमै टिकाउने भन्ने चिन्ता थपिएको उनी बताउँछन्।,कर्णाली प्रदेश सरकारले गत असार २ गते आगामी आर्थिक वर्ष २०७७/७८ मा ल्याएको वार्षिक बजेटको तेस्रो उद्देश्य रोजगारीका अवसर सिर्जना गर्ने भन्ने छ। र, त्यही उद्देश्य प्राप्तिका लागि भन्दै रोजगार कार्यक्रमअन्तर्गत २ अर्ब ५८ करोड रुपैयाँ बिनियोजन गरिएको छ।,तर कस्तो रोजगार कार्यक्रम भन्ने सरकारले स्पष्ट पारेको छैन। कर्णाली प्रदेशका अर्थमन्त्री प्रकाश ज्वालाका अनुसार ‘खाद्यान्नको लागि श्रमसहितको रोजगारी कार्यक्रम’ सञ्चालन गरिएको बताउँछन्।,युवाहरुलाई सहुलियत कर्जा र ब्याज अनुदान दिने समेत उनले बजेटमार्फत् घोषणा गरेका थिए। तर गाउँ फर्केका युवाहरुले ती घोषणाअनुसार कुनै अवसर पाएका छैनन् ।,उनीहरुको अवस्था र उनीहरुका समस्या पहिचानमा तीनै तहका सरकारले बेवास्ता गरेका छन्। कर्णालीका करिब ५० प्रतिशत युवा रोजगारीका लागि भारतमा निर्भर छन्।,यसपटक कोरोनाका कारण झण्डै ३५ हजार युवा बेरोजगार बनेको अनुमान छ। कर्णाली जेठयता मात्रै ४८ हजार नागरिक भारतबाट फर्किएका आएका छन्।,अब भारत जान्न भन्दै आएकाहरुमध्ये अधिकांशले भनेजस्तो रोजगारी नपाएपछि फेरि भारत नै जाने मनस्थिति बनाएका छन्। तर तत्काल भारत जाने स्थिति छैन। खेतबारी भएका युवाहरु केही महिना खेतीपातीमा व्यस्त भए ।,तर, यो वर्षको खेतीपाती सकिएपछि अब के गर्ने भन्ने चिन्तामा डुबेका छन् उनीहरु। सरकारी तथ्यांकअनुसार ५१ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको यो प्रदेशमा तीन तहका सरकारले ठूलो संख्यामा रोजगारी सिर्जना गर्नुपर्ने अवस्था छ।,तर, त्यसका लागि आवश्यक गाम्भीर्यता भने उनीहरुमा देखिँदैन । जसले गर्दा यी युवाहरुमा निराशा छाउने मात्र नभएर बाटो नै बिराउने जोखिम बढेर गएको छ । | दिपा दाहाल |
मातृभूमि छिरेपछि धर्मराएका गर्भवतीहरु | सबेरैदेखि सुरु भएको बर्खे झरी रोकिएको थिएन। हिलाम्मे सडक पेटीमा मानिस मुश्किलले आउजाउ गर्दै थिए।,सुर्खेत यात्राका लागि शुक्रबार साँझ ६ बजे कंलकी पुगेकी म कोरोना भाइरसका कारण विदेशमा अलपत्र परेपछि सरकारको समन्वयमा त्रिभुवन अन्नर्राष्ट्रिय विमानस्थलमा झरेर, होल्डिङ सेन्टर हुँदै गन्तव्य (विभिन्न प्रदेशहरु) मा जान तयार नागरिक बोकेका लामबद्ध बसहरु देखेपछि रोकिएँ।,ती नागरिकलाई गन्तव्यमा पुर्याउन ‘स्कर्टिङ’ का लागि सैनिक तैनाथ थिए । सुरक्षार्थ खटिएका केही सैनिक यात्रुको विवरण पुनः जाँच गर्दै थिए।,सबैभन्दा अघिल्लो बसको ढोकाको दायाँबायाँ समातेर अर्घाखाँचीकी ९ महिने गर्भवती माया गाहा मुश्किलले तल झरिन्।,नजिकैको किराना पसलका साहुजीलाई शौचालयबारे सोधिन् । कोरोना भाइरस सर्ने डरले होला, साहुजीले छेउमै शौचालय हुँदाहुँदै पनि नभएको संकेत गरे। वास्तवमा त्यहाँ ताला मारिएको थियो।,त्यसपछि उनी शौचका लागि पसलको छेउतिरको चिप्लोओरालो बाटो लागिन्। घरीघरी पेट सुम्सुमाइरहेकी उनले लामो सुस्केरामा आफ्नो पीडा बिसाउने प्रयास गरिन्।,निर्धारित समयमा बस अघि नबढेपछि उनको छट्पटी बढ्दै गएको थियो । सुरक्षार्थ खटिएका सेनालाई उनले पटकपटक भनिन्, ‘छिटो जाउँ । मलाई गाह्रो भइरहेको छ। मेरो भन्दा बच्चाको पीर लाग्न थाल्यो।’,दुबईबाट काठमाडौँ उत्रिएकी माया दुई दिनदेखि भोकै थिइन्। पानीसम्म राम्ररी पिउन नपाएकी उनको नियमितरुपमा खानुपर्ने औषधि खान छुटेको थियो।,पट्यारलाग्दो उडानको प्रतिक्षा, विमानस्थलमा ओर्लेपछि लगेजको प्रतिक्षा, स्वास्थ्य परीक्षण, होल्डिङ सेन्टर पुगेपछि व्यक्तिगत विवरण पेश गर्ने जस्ता प्रक्रिया पार गर्दा माया गलिसकेकी थिइन्।,कंलकी पुग्दासम्म उनको स्वर मलिनो भइसकेको थियो। उनले भनिन, ‘पेटमा बच्चा चल्न छोडेको छ। बाटोमा झन दुःख होला जस्तो छ?’,हुन पनि मायाको पूर्वानुमान वास्तविकतामा परिणत भयो। माया चढेको बस अघि बढ्न चार घण्टा लाग्यो।,बिहान साढे सात बजे विमानस्थल ओर्लिएका यात्रु चढेको सवारी साधनलाई साँझ ६ बजे ‘स्कर्टिङ’ गर्न तयार भए पनि सेना अघि बढ्न सकेन।,बरु सेनाका जवानहरु पानीमा रुझेर आफ्नो डियुटी गरिरहे। साँझ ओर्लेकाहरुलाई पनि सँगसँगै लैजानु पर्ने सरकारको दबाबपछि कंलकी पुगेका बस पनि रोकिए ।,खपिनसक्नु भएपछि मायासँगै त्यो बसमा रहेका २० जना गर्भवति र अन्य यात्रु सडकमा ओर्लिए।,ड्यिुटीमा रहेका सैनिकप्रति उनीहरुको आक्रोश थियो, ‘बाटोमा भोकभोकै अलपत्र पार्नुभन्दा हामीलाई होल्डिङ सेन्टरमा किन नराखेको?’,विदेशबाट आएका अधिकांशमा संक्रमण भएको भन्दै उनीहरुलाई व्यवस्थित र सुरक्षित घर पुर्याउन सेना खटाइएको थियो।,तर यात्रुहरुले निकै बेर सैनिकलाई र्याखर्याख्ती पारे। मौन रहनु सेनाको बाध्यता थियो। राति १० बजे स्कर्टिङका लागि कंलकीबाट सेनाको अर्को टोली खटियो।,नागढुंगा पुग्दा जाम निकै ठूलो थियो। नेपाली सेनाले स्कर्टिङ गरेर लगेको यात्रुको विवरण फेरि त्यहाँ खटिएका नेपाल प्रहरी, ट्राफिक, सशस्त्र र अनुसन्धान विभागका प्रतिनिधिले छुट्छुट्टै राखे।,एकद्धार प्रणालीबाट विवरण राखेको भए चार निकायबाट खटिरहेका सुरक्षाकर्मीलाई पनि संक्रमणको जोखिम हुने थिएन। लामो जाम पनि हुने थिएन। उनीहरु पानी पानीमा यात्रुको नजिकै पुगेर बिना मास्क चर्को स्वरमा यात्रुको विवरण लेखिरहेका थिए। कतिपयको घाँटी नै सुकेको थियो।,नागढंगाबाट ती बसलाई सेनाको अर्को टोलीले स्कर्टिङ सुरु गर्यो। पानी रोकिएको थिएन। गर्भवती महिलाले शौचालय खोजे। त्यहाँका शौचालय पनि बन्द थिए।,बाटोमा स्कर्टिङका लागि सेनाको टोली बदल्ने क्रम चलिनै रह्यो । तर मुङलिङदेखि अघि बढेर कालीखोला नजिक पुग्नासाथ बस रोकियो ।,पहिरोले गर्दा बाटो एकतर्फीमात्र चलाइएका कारण अघिल्लो दिनदेखिकै सवारीसाधनहरुको ताँती लागेको थियो । त्यहीँ ठाउँमा शनिबार बिहान ती बसहरु करिव चार घण्टासम्म रोकिए।बिहानको ५ बजिसकेको थियो।,पहिरोका कारण बस रोकिएको होला भन्ने बुझाई ती गर्भवती महिलालाई परेको थियो। तर विदेशबाट आएका नागरिक बोकेर काठमाडौँबाट अघि बढेका बसहरुलाई कुर्नुपर्ने बाध्यता फेरि सेनलााई आइपरेको थियो। यात्रुको आक्रोश सहेर भएपनि उनीहरु सुरक्षा दिइरहे।,यता माया बोल्ने अवस्थामा थिइनन्। सुस्साइरहेको त्रिशूली नदीको किनारमा छेउ लागेर माया टोलाइरहिन्। उनको खुट्टा सुन्निएका थिए।,बस चल्ने प्रतिक्षामा रहेका अन्य गर्भवती महिलाको छटपट्टी पनि मायाको जस्तै बढ्दै थियो। दुबईबाटै स्वदेश फर्किएकी बर्दियाकी ६ महिने गर्भवती सुस्मिता सिंहले गुनासो गरिन्, ‘आफ्नो ठाउँमा आएर सुरक्षित हुन्छौँ भन्ने विश्वास थियो। तर झन् झन् जोखिम बढ्यो।’,सुस्मिताले दुबईबाट हिड्नु पहिले पीसीआर परीक्षण गरेकी थिइन्। सम्बन्धित दूतावासका कर्मचारीले नेपाल पुगेपछि काठमाडौँमै केही दिन आराम गर्न मिल्ने व्यवस्था गरेको उनलाई सुनाएका थिए।,त्यसैअनुसार काठमाडौँमा केही दिन आराम गर्ने अनि निजी गाडी बुक गरेर बर्दिया पुग्ने योजना बनाएकी सुस्मितालाई काठमाडौँ ओर्लिएपछि नै सरकारको व्यवस्थापन देखेर तनाव बढेको सकेको थियो।,होल्डिङ सेन्टरमा आराम गर्ने ठाउँ थिएन। प्याकेटमा बाँडिएको ‘फ्राइ राइस’ उनलाई स्वस्थकर नलागेपछि खाइनन्। तीनदिनको भोको पेटमा उनी पनि बोल्ने अवस्थामा थिइनन्।,मात्र उनको प्रश्न थियो, ‘संकटका बेला हामीलाई सरकारले केही न केहीमा त हेर्न पर्ने हो। तर हामीले जहाजदेखि बस भाडासम्म चार गुणा मंहगो तिर्नु पर्यो किन?’ ९ महिनाकी अर्की गर्भवती नवलपरासी सुनवलकी अनिता भुर्तेल भट्टराईको पनि ओठमुख सुकेको थियो।,उनका पीडा माया र सुस्मिता भन्दा फरक थिएन। चिकित्सकबाट यही असारको अन्तमा ‘डेलिवरी’ को समय पाएकी उनलाई निकै पिर छ। नेपालमा कोरोनाका कारण एक सुत्केरी महिलाको मृत्यु भएको खबर सुनेकी उनले कहाँ गएर डेलिवरी गर्ने भन्ने सोच्न सकेकी छैन्। माया, सुस्मिता र अनिताका श्रीमान दुबईमै छन्।,लामो प्रक्रियाबाट शनिबार २ बजे मात्रै बुटवल पुगेका उनीहरु त्यहाँ झनै चिन्तित देखिए, कारण उनीहरुलाई सेनाले त्यहाँसम्म मात्रै स्कर्टिङ गर्ने नियम थियो।,माया र अनिताले अब लामो यात्रा गर्न नपरेपनि सुस्मिताले निकै लामो यात्रा गर्नु पर्ने थियो। अझै करिब तीन सय किलोमिटरको यात्रा तय गर्न बाँकी थियो।,उनले भनिन, ‘यसबारे पहिल्यै जानकारी भएका भए सायद यति धेरै दु:ख पाउने थिएनौँ। हामीलाई सरकारले सहुलियत हैन सास्ती दियो। यो एक एकसिमले यातना हो यस्तो बेला हाम्रा लागि।’ अनिता भन्दै थिइन, ‘प्रेसर लो भएको छ। रिंगटा चलिरहेको छ। अब के हुने हो थाहा छैन ।’,मैले उनीहरुको पीडामा हौसला बढाउने र सान्त्वना दिने बाहेक अरु के पो गर्न सक्थे थिए र ? त्यसैले मौन रहेरै उनीहरुबाट बिदा भए।,ढिलै भए पनि कोरोना महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपाली नागरिक ल्याउने सरकारको निर्णयलाई सबैले सकारात्मक रुपमा लिएका थिए । त्यसमाथि बालबालिका, अशक्त, वृद्ध र गभवर्तीहरुलाई पहिलो प्राथमिकतामा राखिएको थियो ।,जसले गर्दा दुबईबाट काठमाडौं आउने यात्रुहरुको सूचिमा माया, सुष्मिता र अनिताजस्ता ६० प्रतिशत गर्भवती अटाएका थिए । तर, उनीहरु काठमाडौँ ओर्लेपछि आ-आफ्नो गन्तव्यमा पुगिन्जेलसम्मको व्यवस्थापनमा कमजोरी देखियो।,कोरोना भाइरस सर्ने डरमा राजमार्गका अधिकांश होटल बन्द छन्। फाट्फुट चलेका नास्ता पसलेहरु अत्यन्तै डराएको पाइयो। उनीहरुले पैसा आगोमा सुकाएर मात्रै लिए। शौचालय बन्द राखेका छन्। खाने कुरा पाउन मुश्किल परेको छ।,त्यसमा ध्यान दिएको भए सरकारले थप वाहवाही पाउने थियो । तर, त्यसो भएन । जसले गर्दा माया, सुस्मिता र अनिताले स्वदेश ओर्लन त पाए तर, घर पुग्दासम्म नसोचेको पीडा खेप्नु पर्यो ।,र, यो पीडाले स्वदेश फर्कँन पाउँदा उनीहरुमा पलाएको खुशीलाई लामोसमयसम्म थिचिरहनेछ । शायद उनीहरुका लागि काठमाडौँबाट बाहिरिएपछि बाटोमा भोगेका पीडाले पछिसम्म पछ्याइ रहने छ । | दिपा दाहाल |
सयौँ सेनाले बचाएका यी युवाको मर्दै अनि बाँच्दै गरेको सपना | काठमाडौँ– प्रायः मानिसले आफ्नो आर्थिक र सामाजिक परिवेशभित्रै रहेर सपना देख्छन्। सपना पूरा हुने संकेत नदेखिए कोहीले मन बुझाउँछन् अर्थात सम्झौता गर्छन्।,कोहीले सपनालाई यथार्थमा बदल्न कोशिस गरिरहन्छन्। तर स्वास्थ्यले साथ नदिए के गर्ने? रोग निको पार्न संकलन गरिएको चन्दा पनि सकिए, अर्को विकल्प के?,यस्तै दुविधाको भूमरीमा परेका छन्- सुर्खेत भेरीगंगा–८ का १९ वर्षीय युवा घनश्याम विष्ट। चिकित्सक बन्ने र गरिबको सेवा गर्ने सानैमा देखेको सपना पूरा गर्ने उनको अठोट असीमित छ। अझै जीवन्त छ।,बोनम्यारोले शरीरमा रगत उत्पादन कार्य छोडेपछि सात वर्षदेखि उपचार गर्न संघर्ष जारी राखेका घनश्यामले आफ्नो सपनालाई मर्न दिएका छैनन्। घर र अस्पतालको कष्टपूर्ण दैनिकीका बीच एसईई पास गरेर छोडे। तर हाल आएर उनको सपना संकटमा परेको छ।,घनश्यामको उपचारमा लागि उनका बुवा (नेपाली सेनाबाट अवकाश)ले प्राय: मुलुकका सबै ब्यारेकमा पुगी संकलन गरेको करिब एक करोड रुपैयाँ सकिएको छ। छोरोको जीवन रक्षा र अगाडिको अध्ययनको चिन्तामा उनी परेका छन्।,नेपालमा सम्भव नभएपछि भारतमा पुगेर बोनम्यारो प्रत्यारोपण गरेका घनश्यामले दुई वर्षदेखि पढाइलाई निरन्तरता दिन पाएका छैनन्। यता लकडाउनसँगै चुलिएको आर्थिक अभावले भारतनै पुगेर गर्नुपर्ने उनको ‘फलोअप’ रोकिएपछि उनको बलियो अठोट धर्मराउन थालेको छ।,स्थानीय बालदेव पब्लिक युनाइटेडमा पाँच कक्षा अध्ययन गर्दैगर्दा घनश्यामको लगनशीलतालाई लिएर शिक्षकले तारिफ गर्दा दंग पर्ने अभिभावक अचानक संकटमा होमिए जब घनश्यामको मुखमा जमेको रगत देखा पर्यो।,स्थानीय मेडिकल हुँदै २०६९ चैत्र १७ गते बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएका घनश्यामलाई सात दिनको उपचारका क्रममा बुवा रामबहादुरले नै ‘ए पोजेटिभ’ रगत दिएर बचाए।,रगतको मात्रा २ दशमलब २ पाउण्ड मात्रै भएका बेला घनश्याम नेपाललगञ्ज पुगेका थिए। छोरालाई बचाउने रामबहादुरको प्रयासले हालसम्म पनि निरन्तरता पाएको छ।,तर घनश्यामको शरीर झन् सुक्दै जानु र रामबहादुरको आँखा ओभानो बन्नु संयोग बनेको छ।,घनश्यामको शरीरको हड्डीभित्रको तरल पदार्थ ‘बोनम्यारो एस्पिरेसन’ जाँच छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भयो। कारण पहिचान भएन।,उत्पन्न समस्या व्यवस्थापनमा केन्द्रित रहनु पर्ने बाध्यतामा सैनिक अस्पतालका चिकित्सक परे। घनश्यामको शरीरले रगत माग्ने क्रम बढ्यो।,ब्लड बैंकबाट रगत पाइँदैन थियो। ‘प्लेटलेट्स’, ‘पिआरपी’, ‘आरबीसी’लगायत रगत सेनाले उपलब्ध गराउन थाले। घनश्यामलाई बचाउन सेनाले हालसम्म पनि प्रयास गर्दै आएका छन्।,तत्कालीन बाल रोग विभागका प्रमुख डा. अरुण न्यौपानेको विशेष पहलमा बानेश्वरस्थित सिभिल अस्पतालमा कार्यरत डा. विशेष पौडेलले घनश्यामको परीक्षण सुरु गरे। तर सिभिलमा भएको ‘बोनम्यारो एस्पिरेसन’ले पनि वास्तविक रोग पहिचान भएन।,घनश्याम भन्छन्, ‘मेरो लक्षणलाई आधार मानेर उपचार सुरु गर्नुभयो। त्योसँगै उहाँले मलाई ‘चाइल्डहुड माइलोडी प्यलास्टिक सिन्ड्रोम डिजिज’ भएको बताउनुभयो। त्यसैअनुसार मैले औषधि खाएँ।’,तर घनश्यामको बोनम्यारोले रगत उत्पादन गर्न सकेन। वैकल्पिक औषधि चलाइयो। तर त्यसले पनि काम गरेन। रगत उत्पादन बढेन। यतिञ्जेल रामबहादुरले व्यारेकमा संकलन गरेको करिब १५ लाख रुपैँया चन्दा सकिसकेको थियो।,घनश्याम विगत सम्झिन्छन्, ‘हप्ता–हप्तामा अस्पताल जानु, रगत चढाइरहनु, भन्ने बित्तिकै रगत नपाउनु, मुखमा रगत देखिरहनु, नयाँ–नयाँ संक्रमण फैलिरहनु, ज्वरो आइरहनु, चोटपटक लाग्दा निलो डाम बस्नु, थकाइ लाग्नुले म अब बाँच्दिन कि झै लाग्थ्यो। तर मलाई बाँच्न मन थियो।’,घनश्यामको बोनम्यारो प्रत्यारोपण गर्न डा. पौडेल सक्षम भए पनि सिभिल अस्पतालले त्यसको अनुमति पाएको थिएन। रामबहादुरको अनुनयपछि डा. पौडेलले उनलाई भने, ‘सरकारबाट अनुमति ल्याउनुहोस्, म बोनम्यारो प्रत्यारोपण जसरी पनि गरिदिन्छु।’,रामबहादुरले आफ्नो संघर्ष स्वास्थ्य तथा जनसंख्या मन्त्रालयतर्फ सोझ्याए। मानव अंग प्रत्यारोपण संशोधन ऐन २०५५ ले बोनम्यारो प्रत्यारोपण गर्न मिल्ने भएपनि त्यसका लागि अस्पतालले अनुमति पाएको थिएन।,स्वास्थ्य मन्त्रालयको कानुन शाखाले रामबहादुरलाई तत्कालीन मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरको राय ल्याउन भन्यो। फाइल बोकेर रामबहादुर केन्द्र पुगे। फलोअपका लागि फेरि केन्द्रमा जाँदा फाइल हरायो भनियो।,केही सिप नलागेपछि डा. पौडेलले नोवेल अस्पताल (निजी)का लागि अनुमति लिने प्रयास गरे। त्यसका लागि रामबहादुर पनि स्वास्थ्य मन्त्रालय धाए। सरकारको अनुमतिको प्रतीक्षा गर्दागर्दै घनश्यामको अवस्था गम्भीर बन्न थाल्यो।,जटिलता उब्जिने क्रम रोकिएन। मुटुको समस्या देखापरेपछि शल्यक्रिया भयो। पुरानो रोगको उपचारका लागि दिल्लीस्थित अल इन्डिया इस्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) पुगेर पुनः जाँच सुरु गरेका घनश्यामलाई ‘एप्लास्टिक एनिमिया’ भएको रिपोर्ट आयो। विकल्प बोनम्यारो प्रत्यारोपण नै थियो।,तर अस्पतालको लामो ‘क्यू’ कारण प्रत्यारोपण दुई वर्षपछि हुने भयो। औषधिका भरमा घनश्यामले नेपाल-भारत यात्रा गरिरहे ‘फलोअप’का लागि। उनका लागि रगत जुटाउन भारतका प्राध्यापकहरु समेत जुटे। भारतमा पनि नेपालमा जस्तै रगत जुटाउन समस्या थियो।,२०१७ जुलाई १३ मा घनश्यामको बोनम्यारो प्रत्यारोपण सफल भयो। उनको भाइ उनका लागि दाता बने।,त्योसँगै उनको चिकित्सक बन्ने सपना ब्युँतियो। प्रत्यारोपणका बेला अपरिचित ठाउँमा बस्नु, खानु र उपचार गराउनु घनश्याम र उनको परिवारलाई सहज थिएन। तर नेपालबाट सेनाका सकल दर्जाहरुले रकम जुटाएर भारत पठाइरहे।,प्रत्यारोपणको ६ महिनापछि एक–एक महिनामा ‘फलोअप’ गर्ने शर्तमा नेपाल फर्किएका घनश्यामले दुई वर्षसम्म त्यो शर्त पूरा गरे यसैबीच। २०७५ सालमा एसईई पास पनि भए।,तर उनको जीवन सोचे जसरी फेरि पनि अघि बढेन। बोनम्यारो प्रत्यारोपणपछि सामान्यतया उत्पन्न हुन सक्ने उत्पन्न हुने समस्या ‘ग्राफ्ट भर्सेज होस्ट डिजिज’ (जिभिएचडी) देखापर्यो।,तुरुन्त दिल्ली जाँच गर्दा घनश्यामको कलेजो, आँखा, फोक्सोलगायत संवेदनशील अंगमा ‘जिभिएचडी’ भएको रिपोर्ट आयो। त्यसका लागि फेरि उपचारका लागि अधिकांश समय बिताउनुपर्ने बाध्यतामा उनी परे।,औषधि लिएर नेपाल फर्किएका घनश्यामको ‘फलोअप’ गर्नुपर्ने बेला कोरोनाको महामारी नेपाल पनि प्रवेश गर्यो। अन्तर्राष्ट्रिय उडानसँगै भारतसँगका सीमानाका बन्द भए। हाल आएर लकडाउन खुकुलो भएको छ। तर भारत पुगेर ‘फलोअप’ गर्नका लागि घनश्यामको परिवारसँग पैसा छैन।,घनश्याम भन्छन्, ‘पढाइ अघि बढाउन मन छ तर सक्दिन। चाहेको कुरा गर्न नपाउँदा नराम्रो लाग्छ। साथीभाइले १२ कक्षा पास गरिसकेका थिए। स्वस्थ भइदिएको भए मैले पनि पास गर्थेँ होला। एमबीबीएस पढ्ने सपना छ। आमाबुवालाई सहयोग गर्न मन छ। उहाँहरुलाई धेरै नै सताइरहेको छु कि जस्तो लाग्छ। मैले खाने औषधि नेपालमा पाइँदैन।’,पछिल्लो पटक भारतबाट सुर्खेत पुगेका घनश्यामको अनुहारमा संक्रमण फैलियो। कोरोना त्रासले गर्दा उनको त्यहाँ उपचार सम्भव भएन।,काठमाडौँसम्मको एम्बुलेन्स भाडा ३० हजार रुपैयाँ हाल नगरकोट शिक्षालयमा कार्यरत नेपाली सेनाका प्रमुख सेनानी प्रशान्त विक्रम राणाले हालिदिए। यसअघि पनि दुई लाख रुपैयाँ भन्दा बढी सहयोग गरेका थिए।,यसो त छोराको उपचारका लागि रामबहादुरलाई विदा दिने र सहयोगका लागि साथी पठाउने काम पनि रामबहादुर कार्यरत तत्कालीन गणका गणपति उनै राणाले नै गरेका थिए। रामबहादुर राणालाई भगवान ठान्छन्।,तर हाल वीरेन्द्र सैनिक अस्पतालमा उपचाररत घनश्याम र रामबहादुर अर्को तनाबमा परेका छन्। अस्पताल बसाइ सकिएपछि के गर्ने? गहिरो पीडामा छन् उनीहरु।,छोरोको उपचारमा अहोरात्र खटिएका रामबहादुर हाल आएर निराश छन्। छोराको उपचारकै क्रममा रामबहादुरले डिग्री पास गरेर स्थानीय देउती इंग्लिस् बोर्डिङ स्कुलमा पढाउन थालेका थिए। ‘मलाई व्यारेकबाट छोराको उपचार गर भन्नुभयो। मैले छोराको उपचारलाई आफ्नो ड्युटी सम्झिए। र आफ्नो पनि अध्ययन पूरा गरेँ’, रामबहादुर भन्छन्।,छोराको उपचार गर्दागर्दै रामबहादुरले सेनाबाट अवकाश पाए। तर सात वर्ष उनलाई सेनाले यति सहयोग गर्यो कि विदा लिएर डेरामा छोरालाई राखेर उपचार गरिरहे। सेनामा चन्दा उठाउने नियम नभए पनि रामबहादुरसँग अर्को विकल्प थिएन।,डा.न्यौपानले रामबहादुर कार्यरत रुकुमको गणलाई पठाउन सहयोग गरेको एउटा लिखित आग्रहले चमत्कार गरेको थियो। उपत्यकासहित पूर्वदेखि पश्चिमसम्मका गणहरु र घनश्यामको स्कूलबाट एक करोड रुपैयाँ चन्दा संकलन भयो। तर त्यो सबै उपचारमा सकिएको छ।,‘रामबहादुरकाे छोरा हाम्रो पनि छोरा हो। हामी सबै मिलेर रकम जुटाउछौँ भन्दै मेरा सकल दर्जाका साथीहरु अहोरात्र खटिए। उनीहरुले मैले गर्नुपर्ने ड्युटी पनि गरिदिए। तर अहिले छोरालाई बचाउन नपाउने हो कि भन्ने चिन्तामा छु म’, रामबहादुरले भने।,घनश्यामको फोक्सोमा पछिल्लो पटक देखिएको समस्याको उपचारका लागि एम्समा करिब २ लाख भारतीय रुपैयाँ लाग्ने अनुमान छ। तर लकडाउन र कोरोना संक्रमणका कारण उनले चन्दा उठाउन सकेका छैनन्।,सेनाबाहेक अन्यन्त्र कतै सम्पर्क पनि छैन उनको। सुरुवाती दिनमा दुई चार पटक स्वास्थ्य तथा जनसंख्या मन्त्रालय धाएका उनले कुनै सहयोग पाएनन्।,भिडियो हेर्नुहोस्: | दिपा दाहाल |
शव व्यवस्थापनका योद्धा: ब्यारेकदेखि अस्पताल हुँदै पशुपतिसम्म पछ्याउँदा…(भिडियो स्टोरी) | स्वरकिन्नरी तारादेवीको स्वरमा रहेको दिनेश अधिकारी लिखित तथा नातिकाजीले संगीतवद्ध गरेको सदाबहार गीत ‘सोचे जस्तो हुन्न जीवन’ अहिले विश्वभरका मानव जातिको अवस्थासँग मेल खान्छ भन्दा फरक नपर्ला। कोरोना भाइरसको महामारीका कारण दैनिकी फेरिएका छन् र प्रभावित भएका छन् ।,चीनको वुहानबाट गएको वर्ष (सन् २०१९) को अन्त्यतिर सुरु भएको कोरोना भाइरसको महामारीले यति लामो समयसम्म विश्वलाई प्रभावित पारिराख्छ र जनजीविका बन्धक बन्छ भनेर शायदै सोचिएको थियो । तर महामारी अहिले झन विकराल अवस्थामा पुगेको छ । र ‘जीवन सोचे जस्तो भएको छैन’ अधिकांशको ।,रुपनारायण श्रेष्ठले अहिले नसोचेको जीवन बाँचिरहेका छन्, जीवन गुमाएकाहरुको अन्तिम बिदाइमा सामेल भएर ।,रुपनारायण श्रेष्ठ नेपाली सेनाका प्यूठ हुन् । चितवनका ३१ वर्षे रुपनारायणले सेनामा सेवा गर्न थालेको १२ वर्ष भयो । यो एक दर्जन वर्षहरुमा उनले प्राकृतिक तथा भइपरी आउने विपत्तिहरु देखे, उद्धार तथा राहतको प्रयासमा सामेल भए । तर अहिलेको जस्तो अवस्था उनले देखेका थिएनन् ।,उनी कोरोना भाइरसको महामारीको यो समयमा निरन्तर सेवामा छन् र उनको सेवा विगतको भन्दा भिन्न र निराशाले घेरिएको छ । कोरोना भाइरसको महामारी आफूले कल्पनासम्म पनि नगरेको बताउने रुपनारायणले त्यही अकल्पनीय महामारीका कारण ज्यान गुमाएकाहरुको अन्तिम बिदाइ गरिरहेका छन् । उनी कोभिड–१९ का कारण मृत्यु भएकाहरुको सुरक्षित रुपमा अन्तिम संस्कार गर्ने कार्यमा खटिएका छन् ।,‘यसलाई पनि राष्ट्र सेवा त भन्ने होला’, रुपनारायणले भने, ‘सुरुमा सरहरुले कोभिड–१९ बाट निधन भएकाहरुको शव व्यवस्थापनको जिम्मेवारी हामीले पूरा गर्नु पर्ने भएको छ र तिमी पनि सो समूहमा छौ भन्दा डर नलागेको होइन । मनमा के होला, कसो होला भन्ने थियो ।’,कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएकाहरुको शव ‘व्यवस्थापन’ गर्दा संक्रमण सर्ला कि भन्ने पनि लागेको थियो उनलाई । तर वीरेन्द्र छाउनी अस्पतालमा भएको तालिममा सहभागी भएपछि धेरै हदसम्म मनको डर हट्यो र प्रश्नहरुको उत्तर पनि पाए उनले ।,उनले भने, ‘जस्तोसुकै जिम्मेवारी आए पनि पछि हट्ने कुरा भएन । तालिममा सहभागी भएँ । कसरी शव व्यवस्थापन गर्ने भनेर जानकारी पाइयो ।’ त्यहाँ लिएको तालिम दुर्गा बक्स बटालियनका उनले कार्यस्थलमा निरन्तर अभ्यास गरिरहेका छन् ।,पहिलोपटक उनी अरु सहकर्मी साथीसँग हेम्स् अस्पतालमा कोरोना भाइरसको संक्रमणबाट निधन भएकाको शव व्यवस्थापन गर्न पुगे ।,पहिलोपटक उठाएपछि आफूमा आत्मबल आएको र डर लाग्न छोडेको आफ्नो अनुभव उनले सुनाए । भन्छन्, ‘ त्यसपछि मनमा रहेका थप प्रश्नहरु पनि हट्यो।’,त्यसपछि आफूहरु क्वारेन्टिनमा बसेको र पीसीआर परीक्षण भयो, रिपोर्ट नेगेटिभ आयो । दोस्रोपटक, उनको समूह सशस्त्र प्रहरी अस्पताल बलम्बुमा संक्रमणबाट मुत्यृ भएकाको शव व्यवस्थापनमा गए । त्यहाँ भने आफूहरुलाई अलि गाह्रो भएको उनले सुनाए ।,उनले भने, ‘शव प्याक गरिसकेको भनिए पनि पुग्दा त्यसै रहेछ । हामीले नै सबै गरेका थियौँ । त्यसरी शव प्याक गरेर व्यवस्थापनको काम गरेको पहिलो पटक भएकाले केही गाह्रो भएको थियो ।’,त्यसयता उनीसहितको टोली निरन्तर शव व्यवस्थापनमा खटिरहेको छ । उनको दैनिकी सामान्य भन्दा विलकुल फरक भएको छ । उनले भने, ‘सामान्य अवस्थामा साथीहरुको समूहमै बसेर खाना खाइन्थ्यो । परेड खेलिन्थ्यो । खाली समयमा साथीहरुसँग जमघटमा गफगाफ हुन्थ्यो । अहिले त त्यो पूरै फेरियो । घर जान पाइएको छैन । भेटघाट शून्य छ । शव व्यवस्थापनमा खटिएका साथीहरु मात्रै छौँ ।’,उनी घर नगएको ६ महिना हुन लाग्यो । श्रीमती तथा बुवा आमासँग फोनमा कुरा गर्छन् । तर भेटे जस्तो हुँदैन, कहिले काहिँ अत्यास लाग्छ । तर जिम्मेवारीबाट पछि हट्ने कुरा भएन ।,उनले भने, ‘पहिले जस्तो भनेका बेला फोनमा कुरा गर्न पनि पाइँदैन । शव व्यवस्थापनामा खटिएको बेला कुरै हुँदैन । आमाले जहिले चिन्ता गर्नु हुन्छ–तँलाई केही भए हामी के गरौँला । श्रीमतीको पनि चासो उस्तै हो । तर आफ्नो जिम्मेवारी नै यहि हो भनेर बुझाउँछु ।’,उनले अगाडि थपे, ‘मैले नगरे कसले गर्छ? देशको सेवाका लागि सेना भएको हुँ । यो पनि देशकै सेवा हो । मैले यसो भनेपछि परिवारले केही भन्न सक्दैनन् ।’ साना छोराछोरीेलाई उनले घर बाहिर धेरै नजान र आमाले भनेको मान्नुँ भन्ने गर्छन् फोनबाटै ।, ,उनी सेनामा भर्ती हुनु अघि र पछि पनि गाउँघरमा मान्छे बित्दा मलामी गएका थिए । अहिले उनी अहिले जाने गरेको मलामी जस्तो थिएन त्यो । नजिकबाट पनि नियालेका थिएनन् र यसरी आफैले शवलाई अन्तिम बिदाई गर्ने सबै काम गरेका थिएनन् ।,अहिले उनी र उनी जस्तै शव व्यवस्थापनामा खटिएकाहरु संक्रमणबाट मृत्यु भएकाहरुको आफन्त र मलामी दुवै भएका छन् । शव व्यवस्थापनबाट फर्किँदा आफूले धेरै नसोच्ने गरेको बताउँछन् ।,मानिसले धेरै गहिरिएर सोच्न थाल्यो भने आफूलाई पनि त्यसले गाह्रो बनाउन सक्ने उनले बताए । ‘त्यसैले पनि म त्यस्तो केही सोच्दिन । बरु हामी एक–अर्कोले काम नै कसरी गर्ने? आफूहरुले पाएको जिम्मेवरी सफल रुपमा कसरी पूरा गर्ने भनेर नै ध्यान दिन्छौं । केही नजाने बरु एक अर्कोलाई सिकाउँछाैँ।’, ,उनले आफ्ना तिता अनुभव पनि बेलिविस्तार लगाए। ‘सबै भन्दा दुःख त्यतिबेला लाग्छ । जब मुत्यृ भएकाको आफन्तले उहाँहरुलाई टाढाबाट नियाल्नु पर्ने बाध्यता देख्छु । त्यो सबै उहाँहरुको सुरक्षाको लागि नै हो । प्रोटोकल अनुसार पनि त्यहि भएकोले पनि हामीले उहाँहरुलाई नजिक आउन दिन मिल्दैन । तर दुःख भने लाग्छ । तर पनि हामीले आफ्नो जिम्मेवारी पूरा गर्नु पर्छ ।’,सुरक्षाका सबै उपाय अपनाएर उनीहरु पीपीई लगाई शव व्यवस्थापनमा निस्किने गर्दछन्। उनले भने, ‘पीपीई लगाएपछि गाह्रो त पक्कै हुन्छ । सहने शक्ति ल्याउने कोशिश गरिहन्छु । केही फिल नभए जस्तो गर्छु ।’,शव गाडीमा राखेर पशुपति लैजाने क्रममा आफ्नो अघि रहेको शव चाँडो सुरक्षित रुपमा व्यवस्थापन गर्ने बारे नै सोच्ने गरेको उनले बताए ।,पशुपतिमा आएका मलिन आफन्तलाई साक्षी राखेर अन्तिम सलामी दिइ आफन्त मध्येका एकजनालाई केही चडाउनु पर्ने भए अलि टाढाबाट चढाउन दिएपछि उनीहरुले शवलाई व्यवस्थापनको बाँकी काम गर्छन् ।,उनले मनमा आउने कुराहरु सुनाए, ‘कहिले काहिँ सोच्छु, मैले गरिरहेको काम के खराब हो र ? तर फेरि त्यहि बेला सोच्छु–होइन । नचिनेका मान्छेलाई आफन्त जसरी नै मैले अन्तिम श्रद्धान्जली दिन पाएको छु । राष्ट्रमा दुःखको समयमा देश र जनताको सेवा गर्ने पाएको छु । सबैले यस्तो पूण्यको काम गर्न कहाँ पाउँछ र ?’,ब्यारेकबाट केही पर रहेको क्वारेन्टिनमा बस्दा सबै भन्दा धेरै साथीहरुको याद आउने उनले बताए । उनले भने, ‘साथीहरु आए हुने, कुरा गर्न पाए हुने भन्ने लाग्छ । रमाइलो गर्न पाए हुने भन्ने लाग्छ। फेरि अर्को मनले साथीहरु नआए पनि केहि छैन भनेर मनलाई बुझाउँछु । मोबाइलमा गीत बजाउँछु, त्यहाँ भएका साथीभाइसँग नाच्छु ।’,महामारी कहिले सकिन्छ र घर कहिले जान पाइन्छ भन्ने यकिन छैन । तर उनलाई आफ्नो संगठनले पाएको जिम्मेवारी खुशी रहेको उनी बताउँछन् ।,हरेकपटक शव व्यवस्थापन गरेपछि आफू सुरक्षित रहेको जानकारी घर परिवारलाई गराउँछन् उनले । दाहसंस्कारका बेला अपरिचत नै भए पनि आफूले मृतकको आत्माले चीर शान्ति प्राप्त गरोस् भनेर कामना गर्ने गरेको उनले बताए ।,उपत्यका पृतनामा रहेको दुर्गा बटालियनको क्वारेन्टिनमा दिउँसोको करिब २ बजे पुग्दा प्यूठ रुपनारायण श्रेष्ठ लगायत प्यूठ सन्तोष परियार, हवाल्दार डम्बर श्रेष्ठ, सिपाही दिनेश चन्द शव व्यवस्थापनमा जाने तयारीमा थिए ।,उनीहरुले पीपीई लगाउँदै थिए । तयार भएर निस्किए उनीहरु । सुरुमा सेनाको स्कर्टिङ्ग गाडी, त्यसपछि क्रमशः शव वाहन र व्यवस्थापन खटिने टोली रहेको गाडी लस्करै गुडे ।,सुरुमा पाटन अस्पतालमा रहेका दुई शवलाई लिएर टोली पशुपति आर्यघाट पुग्यो । मृतकका आफन्त पहिले नै त्यहाँ पुगेका थिए । अवस्था निकै मौन र भावविह्वल थियो । प्रक्रिया पूरा गरेर दुई शव विद्युतीय शव दाह गृहमा व्यवस्थापन गरेपछि रुपनारायणसहितको टोली ललितपुरमै रहेको मेघा अस्पताल पुग्यो । सुरुमा जानकारी लिँदा शव तयारी अवस्थामा छ भनिएको थियो । तर शव प्याक गरिएको रहेनछ । उनीहरु गाडीमा रहेको प्लाष्टिक र नियम अनुसारको शव राख्ने व्याग बोकेर उनीहरु अस्पताल भित्र गए ।,चौथो तलामा रहेको शव प्याक गरेर वाहनमा चढाए । फेरि पशुपति तिर लागे । यो सबै प्रक्रियामा उनीहरुलाई गाह्रो भएको छ भन्ने स्पष्ट देखिन्थ्यो व्यक्त नगरे पनि ।,शव आफै प्याक गर्ने र पशुपति लैजाँदासम्म काम सहज बनाउने प्रयासहरु भएका थिए र पनि गाह्रो भइरहेको थियो ।,घाम चर्केको सोही दिन उनीहरु गंगालाल अस्पताल लागे । त्यहाँ शव तयारी अवस्थामा थियो । तर औषधि उनीहरुले त्यहाँ फेरि बनाए । वाहनमा शव राखेर उनीहरु ह्याम्स अस्पताल गए । ह्याम्समा प्लाष्टिकले शवलाई र्याप गरेपनि ब्यागमा नराखेकाले गाडीबाट ब्याग ल्याएर प्याक गरे । वाहनमा राखेर उनीहरु पुनः पशुपति गए ।,शव व्यवस्थापनका क्रममा गाह्रो भएपछि लखतरान रुपनारायण।पशुपति पुगेर शव व्यवस्थापन गरे । उनीहरुले त्यो दिन पाँचवटा शव व्यवस्थापन गरे । सबै शवको काम सक्दा झमक्कै साँझ परेको थियो । एकअर्कालाई सहज बनाउन खोजी रहेका थिए शव व्यवस्थापनमा खटिएकाहरु, कमाण्डर चाहिँ ब्यारेकमा फोन गरी ग्लुकोज पानीसहितको व्यवस्था गर्न भनिरहेका थिए ।,काम अप्ठ्यारोमा आफन्त बिना मृतकहरुको बिदाई गर्ने भए पनि सकेपछि उनीहरुले त्यो दिनका लागि राहतको सास फेरे । त्यसपछि उनीहरु उपत्यका पृतनातिर लागे ।,पृतना पुगेर लगाएको पीपीई सावधानीपूर्वक खोली जलाए । गाडी डिस्इन्फेक्ट गरियो । नुहाइधुवाई गरेर क्वारेन्टिन भवनमा गए । क्वारेन्टिन भवन बाँसको गाँज नजिकै एक्लै छ ।,यसरी नेपाली सेनाले पाएको शव व्यवस्थापनको जिम्मेवारीमा खटिएका मध्ये रुपनारायण एक पात्र हुन् । उनी जस्तै, देशभर नै सैनिकहरु शव व्यवस्थापनमा खटिएका छन् ।,यसरी खटिएकाहरुलाई प्रधानसेनापति प्रशंसा पत्र दिइने गरेको नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए । पौडेलका अनुसार उनीहरु सबैको स्वास्थ्य बिमा र कोरानो विषेश बिमा पनि गरिएको छ ।,प्रवक्ता पौडेलले भने, ‘जोखिम, शव व्यवस्थापन गर्नेलाई मात्रै होइन अग्रपंक्तिमा रहेर काम गर्ने सबैलाई छ । त्यसैले सैनिक कल्याणकारी कोषबाट प्राप्त हुने सहुलियत काममा खटिँदा भइपरि आएमा सबैलाई मिल्ने गरि दिइने गरिन्छ। हामीले सरकारले भने अनुसार अग्रपंक्तिमा रहेर काम गर्नेलाई ७५ प्रतिशत भत्ताका लागि पनि उनीहरुको नाम पठाएका छौँ ।’,यसरी अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मीले सरकारले दिने भनेको भत्ता अझै पाएका छैनन्। अर्थ मन्त्रालयबाट अझै जवाफ नआएको उनले बताए । उनको विश्वास छ, ‘भत्ता आएपछि उनीहरुले त्यो पनि पाउने छन्।’,पौडेलका अनुसार काममा खटिँदा संक्रमण भए सम्पूर्ण खर्च नेपाली सेनाले ब्यहोर्ने छ। | बर्षा शाह |
निषेधाज्ञामा सुनसान बने वसन्तपुर, पाटन र भक्तपुर दरबार स्क्वायर (फोटो फिचर) | काठमाडौँ- उपत्यकामा कोरोना भाइरस दिनदिनै बढ्दै जाँदा सम्पदा सूचीमा सूचीकृत काठमाडौँको वसन्तपुर दरवार स्क्वायर, ललितपुरको पाटन दरवार स्क्वायर र भक्तपुरको ५५ झ्याले भक्तपुर दरवार स्क्वायर सुनसान देखिएका छन्।,तीनवटै नगरपालिका मेयरहरूले कोरोना संक्रमणबाट बच्न तीनवटै जिल्लामा निषेधाज्ञा गर्ने निर्णय गरेसँग विश्व सम्पदा सूचीमा सुचिकृत रहेका यी धार्मिक तथा ऐतिहासिक स्थलहरू सुनसान देखिएका हुन्।,सम्पदाहरूमा सरकारले प्रहरी प्रशासन खटाएको छ भने मानिसहरूको चहलपहल निक्कै पालतिएको छ। मानिसहरूलाइ जथाभावी हिड्न दिइएको छैन।,ठाउँ ठाउँमा प्रहरी प्रशासनले कडा निगरानी तथा अनुगमन गर्ने गरेका छन् भने अत्यावश्यक बाहेक सबै सवारी साधनलाई पूर्णता रोक लगाइएको छ।,देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले खिचेका तस्बिरहरू:, , , , , , , , | सुलभ श्रेष्ठ |
‘एसिडले जलेको मेरो अनुहार हेरेरै काममा राख्दैनन्’ | सुन्निएका आँखा चिम्रा पार्दै उनले बाथरुमको ऐनामा आफ्नो अनुहार हेरिन्। प्रष्ट देख्न सकिनन्। बाहिर आइन् र बुवालाई बाथरुमको ऐना हटाइदिन आग्रह गरिन्।,त्यस दिनदेखि उनलाई लामो समयसम्म ऐना हेर्न दिइएन। छर्लैङ्ग अनुहार देखिने कुनै पनि चिज वरपर राख्न निषेध गरिएको थियो।,सुन्निएका उनका आँखा विस्तारै उघारिँदै गए। त्यसपछि उनलाई आफ्नाे अनुहार हेर्ने उत्सुक्ता जाग्न थाल्यो। तर परिवारले ऐना हेर्न दिएनन्।,अनुहार कसरी हेर्ने ? उनले जुक्ति निकाल्न थालिन्।,अन्ततः बुवासँग मोबाइल मागिन्। मोबाइलको स्क्रिनमा आफ्नो अनुहार हेरिन्।,आफ्नाे अनुहार हेर्दा उनी आफैँ तर्सिइन्। आफैलाई स्वीकार्न सकिनन्। यस्तो अनुहार लिएर कसरी बाँचुला भन्ने कुराले पिरोल्न थाल्यो। शरीरको पीडाले भन्दा पनि मनको पीडाले भत्भति पोल्न थाल्यो।,जलेको अनुहार। घमिलो देखिने आँखा। गुमेको सुन्दर अनुहारको सम्झनाले बर्रबर्र आँखाबाट आसु झर्न थाले। तर जति आँसु झरे पनि सहनुको विकल्प थिएन। लामो समयसम्मको अस्पताल बसाईपछि डिस्चार्ज भइन्, हेटौंडाकी बिन्दवासिनी कंसाकार।,शरीरको घाउ सुक्दै गएपनि मनको घाउ भने बल्झिरह्यो। उनका आफन्तले कठै ! भनेर दया देखाउन थाले। उनलाई सहानुभूतिभन्दा हिम्मतको खाँचो थियो त्यो बेला। जसका कारण उनी मानिसहरुबाट तर्केर बस्न खोज्थिन्।,कसैको नजिक पर्न चाहिनन्।,गल्ती बिनै यति ठूलो सजाय भोग्नु पर्याे बिन्दवासिनीले। गल्ती थियो त उनको ‘प्रेम प्रस्ताव’ अस्वकार गर्नु।,२०७० साल वैशाख ९ गते बिहान ११ बजेतिर उनी पसलमा बसिरहेकी थिइन्। करिब ३७ वर्षका दिलीप राज केशरी नाम गरेका पुरुष पसलमा आए। उनी चिनजानकै व्यक्ति थिए। उनले हातमा महको बट्टा समातेका थिए। हात बिन्दवासिनीतर्फ लम्काउँदै महको बट्टा दिन खोजे। र भने,‘यो मह तिम्रो हजुरआमालाई दिनु।’,हजुरआमालाई दिनु भनेपछि बिन्दवासिनीले बट्टा तान्न हात अगाडि बढाउँदै थिइन्। बट्टा दिनुको सटो केशरीले बिर्को खोल्न थोले।,बिन्दवासिनीलाई लागेको थियो– बट्टाको मह नै हो।,उनका अगाडि बढेका हात रोकिए। उनको अनुहार एकाएक पोल्न थाल्यो। छ्पटाउन थालिन्।,असह्यय पीडा भयो।,महको बट्टा समात्न अगाडि बढेका हातले अनुहारमा फ्याकिएको तरल पदार्थ रोक्न सकेनन्। उनले तातो पानी अनुहारमा छ्यापेको भन्ने सोचिन्। अनुहारमा एसिड परुन्जेलसम्म उनलाई थाहा थिएन, एसिड भनेको के हो? एसिडको पोलाइले कस्तो हुन्छ?,उनकाे चिच्याहट सुनेर बुबा, आमा आत्तिँदै आए। छोरीको अनुहारमा एसिड खन्याइदिएको थाहा पाए। शरीरमा पानी खन्याउन थाले। अस्पताल नपुगन्जेलसम्म उनकाे शरीरमा पानी खन्याइरहे।,एसिड उनको अनुहारमा सिधै छ्यापे पनि चस्मा लगाएकाले आँखा पूरै जल्न पाएनन्। तर गहिरो असर भने पर्याे।,उनलाई नजिकैको हेटौंडा सामुदायिक अस्पताल पुर्याइयाे। सामुदायिक अस्पतालले नजिकैको आँखा अस्पताल रिफर गर्याे। प्राथामिक उपचारपछि उनलाई काठमाडौँको जोरपाटीस्थित नेपाल मेडिकल कलेज पुर्याइयाे। उनको अनुहार सुन्निँदै गयो र आँखा बन्द भए। आँखाको उपचारका लागि फेरि उनलाई तिलगंगा आँखा अस्पतालमा पुर्याइयाे।,आँखाको उपचारपछि फेरि उनलाई भोलिपल्ट थप उचारका लागि मेडिकल कलेज पुर्याइयाे। उपचार सुरु भयाे। चिकित्सकहरुले उनको उपचारका सक्दो कोशिस गरिरहे। उपचारपछि विन्दवासिनीका आँखा अलिकति निको भए।,उनको शरीरको घाउ ओभाउने कुनै छाँटकाँट थिएन। चिकित्सकले बिन्दवासिनीको तिघ्राको छाला काटेर अनुहारको जलेको भाग सर्जरी गरे।,तीन वर्ष नेपाल तथा भारतका विभिन्न अस्पतालहरूमा बित्यो।,१९ वर्षकी बिन्दवासिनी कक्षा १२ मा पढ्दै थिइन्।,फुपूको छोराको विवाहमा केशरीसँग विन्दवासिनीको पहिलो पटक भेट भयो। फुपूको छोराको साथी भनेपछि उनी केशरीलाई दाइ भनेर सम्बोधन गर्थिन्।,विस्तारै बिन्दवासिनीको पसलमा केशरी आउन थाले। उनलाई पछ्याउन थाले। एकदिन केशरीले उनलाई बिहेको प्रस्ताव राखे। उनले, ‘यस्तो कुरामा मलाई वास्ता छैन। मेरो परिवारसँग कुरा गर’ भन्दै पन्छिन खोजिन्।,केशरीको हर्कतकाे बारेमा घरमा जानकारी गराइन्, ‘मलाई दिलिपराज केशरीले बिहे गरम् भनेर ‘टर्चर’ गरिरहेको छ।’,अर्को दिन केशरी फेरि पसलमा आए। त्यसबेला भने बिन्दवासिनीका बुवा पसलमै थिए। बुवाले उनलाई साेधे। तर केशरीले ‘केही होइन अङ्कल म यत्तिकै भेट्न मात्रै आ’को’ भन्दै तर्किन खोजे। बिन्दवासिनीका बुवाले उनलाई अबदेखि यता नआउनु भन्दै सम्झाए।,‘ल, ल ठिक छ’, भन्दै केशरी पसलबाट हिँडे।,तर १०/१५ दिनपछि उनी फेरि देखा परे र बिन्दवासिनीमाथि एसिड आक्रमण गरे।,पछिल्लो समय उनी खुलेर हिड्न थालेकी छन्। उसो त उनी चाहेर पनि सामान्य मानिसहरु जसरी बाहिर हिड्न सक्दिनन्। किनकी उनलाई धूलो, धूवाँ र घामबाट जोगिनुपर्छ। अन्यथा एलर्जी हुन्छ। आँखाको सुरक्षाका निम्ति चस्मा नलगाई हिँड्ने अवस्था छैन।,अहिलेसम्म उनको २० पटक सर्जरी भइसकेको छ।,तर तुलनात्मक रुपमा बिन्दवासिनी निको हुने क्रममै छिन्। उनी आफूले आफैलाई दिन प्रतिदिन बलियो बनाइरहेकी छन्। उनको जीवनमा घटेको अप्रत्यासित घटनालाई पछाडि छोड्दै अगाडि बढ्ने कोशिस गरिरहेकेकी छन्। टुटेको मनलाई एक–एक गर्दै जोडिरहेकी छन्।,‘समाजमा खुलेर हिड्न गाह्रो छ। हामीलाई हेर्ने समाजकाे नजर अझै फेरिएकाे छैन’,भावुक हुँदै उनले भनिन्,‘सोचाई त कत्ति पनि परिर्वतन हुनै सकेको छैन। उल्टै हामीलाई दोष लगाउँछ समाज।’,यस्ता कुराले कहिलेकाहीँ आफूलाई निराश बनाउने गरेको उनले बताइन्।,उनले थपिन्,‘तर पनि मैले हार मानेकी छैन।’,२०७१ साल फागुन १० गते बिहान वसन्तपुरमा रहेको एक ट्यूसन सेन्टरमा संगिता मगर र सिमा बस्नेतमाथि भएकाे एसिड आक्रमणको घटनाले उनलाई एकाएक झस्कायाे। उनलाई लाग्याे– अब पनि नबाेल्ने हाे भने समाजले हामीलाई बाँच्न दिँदैन।,नजिकिँदै गरेको एसएलसीको तयारीमा जुटिरहेका दुई किशाेरीमाथि भएकाे उक्त एसिड आक्रमण भएको खबर सुन्दा उनलाई चुपचाप सहेर बस्न मन लागेन।,उनको घाउ ताजै थियो। तर पनि उनी अनुहारमा पट्टी बाँधेर हेटौँडाबाट काठमाडौँ आइन्।,एसिड आक्रमणविरुद्ध आवाज उठाइन्।,उनलाई लाग्यो– आफूमाथि जे भयो त्यो अरु कसैले पनि भोग्नु नपरोस्। पछिल्लो समय उनी एसिड आक्रमणका घटना सुन्ने वित्तिकै उक्त ठाउँमा पुग्ने गर्छिन् र पीडित र उनीहरुको परिवारलाई परामर्श दिने गर्छिन्।,‘म र मेरो परिवार जुन पीडाबाट गुज्रियौँ। त्यो समय हामीलाई यसका बारेमा सम्झाउने बुझाउने कोही थिएन’, उनले भनिन्।,उनी आफू जे छन्, त्यसैलाई स्वकारेकी छन्। परिवर्तन भएको आफ्नो स्वरुपलाई माया गर्छिन्।,उनी आफूले आफैलाई स्वकारे पनि पहिले र अहिले धेरै फरक भएको बताउँछिन्। आक्रमण हुनुभन्दा पहिले उनलाई देख्ने जो कोहीको मुखबाट फ्याट्ट निस्किहाल्ने शब्द थियो, ‘कति राम्री !’,उनी मुसुक्क मुस्कुराइन्, अनि भनिन्,‘मेरो रिलेटिभ्स मा सबैभन्दा मिलेको फेस र राम्री म नै थिए रे !’,तर उनको सुन्दरतामा आँखा लाग्यो।,युवा अवस्थामा प्रवेश गर्दै गरेकी उनी मेकअपको शाेखिन थिइन्। राम्रो लुगा लगाउनु, राम्रो मेकअप गरेर राम्री हुन उनलाई असाध्यै मन पर्थ्याे।,तर पछिल्ला ६ वर्षयता उनले आफूले चाहे जसरी मेकअप गर्न पाएकी छैनन्। अनुहार सर्जरी गरिएका कारण कस्मेटीकको प्रयोग गर्न नमिल्ने भएको छ।,अरु बेलाभन्दा पनि उनलाई आफू बिहे, पार्टी जस्तो सामाजिक समाराेहमा सामेलमा जाँदा अनुहारमा समस्या भएको कुराले धेरै पिरोल्ने गर्छ।,उनले भनिन्,‘अरुले मेकअप गरेको देख्दा मलाई पनि गर्न मन लाग्छ तर मलाई मेकअप गर्न डाक्टरहरुले अनुमति दिएका छैनन्।’,यद्यपि उनको अनुहार ठिक हुन अझै कति समय लाग्छ, चिकित्सले अहिलेसम्म भन्न सकेका छैनन्।,आक्रमण हुनभन्दा अगाडि उनको दैनिकी सामान्य थियो। पढाइ–लेखाइ, क्याम्पस–घर, घरपरिवार–साथीभाइ यही थियो, उनको दैनिकी। अनि कहिलेकाहीँ बिदा हुँदा पसलमा बसेर बुवालाई सघाउनु।,पछिल्ला दिनहरुमा पनि उनी यस्तै कुरा गर्छिन्। तर उनी अन्य कुराभन्दा पनि आफ्नो अनुहारको स्याहारमा धेरै लाग्छिन्। ताकी उनको सानो लापरवाहीका कारण अनुहारमा ‘एलर्जि’ नहोस्। कुनै प्रकारको समस्या खेप्नु नपरोस्।,धुवाँ, धुलो अनि घामबाट बचेर हिड्छिन्।,सर्जरी गरेको अनुहार संवेदनशील हुने भएकाले यसको धेरै ख्याल राख्नु पर्ने उनी बताउँछिन्।,उनी बीबीएस चौथो वर्षमा अध्यनरत छिन्।,चौथौ वर्षमा पुगेपछि बीबीएसका विद्यार्थीलाई क्याम्पसले बैंकमा इन्टर्न गर्न पठाउँछ। बिन्दवासिनी पनि इन्टर्नका लागि धेरै बैंकमा पुगिन्। तर उनले कतै पनि सम्भावना देखिनन्।,उनी सँगै पढ्ने साथीहरुले काम सुरु गरिसकेका छन्। तर उनको भने अत्तोपत्तो छैन।,उनले हिम्मत हारेकी छैनन्। प्रत्येक बैंकहरुमा आफ्नो सिभी छोड्दै आएकी छन्। जहाँ पनि उनले एउटै उत्तर पाउँछिन्,‘हामी तपाईलाई खबर गर्छौँ।’,उनले भनिन्,‘म सँगै पढिरहेका साथीलाई खबर आउँछ तर मलाई आउँदैन।’,यस्तो बेला न त उनी बैंकमा पुगेर सोध्ने हिम्मत गर्छिन् न त उनी चुपचाप सहेर बस्न सक्छिन्।,यस्तै विभेदका कारण आफूभित्रको आँट डग्मगाउने गरेको उनी बताउँछिन्।,उनले फेरि थपिन्,‘इन्टर्नका लागि त यति भौतारिनु पर्छ झन् जागिरकै लागि के होला ?’,‘भ्याकेन्सि’ खुलेको ठाउँमा उनले निवेदन दिन भने छाडेकी छैनन्।,‘अहिलेसम्म सिधै हुन्न भनेर भन्नुभएको छैन। तर उहाँहरुले भन्न खाेजेको कुरा म बुझिहाल्छु। कसैले ‘क्वालिफिकेशन’ पुगेन भन्नुहुन्छ। कसैले काममा अनुभव नभएको भन्दै अस्वीकार गर्नु भएको छ’, उनी भन्छिन्,‘एउटा न एउटा बाहाना बनाएर रिजेक्ट गरिहाल्नुहुन्छ। काम नै गर्न नदिएर हामी कसरी अनुभव बनाउन सक्छौँ र?’,आफू कामका लागि योग्य हुँदाहुँदै पनि आफ्नो अनुहार हेरेर वा एसिड आक्रमणको घटनाले गर्दा काम नदिने गरेको बिन्दवासिनीको गुनासाे छ।,पहिला पनि उनी ‘विजनेस वुमेन’ बन्न चाहन्थिन्। एसिड आक्रमणले उनको सपना फेरिएको छैन।,उनलाई लाग्छ– एसिडले उनको स्वरुप फेरिएको हो, सपना होइन।,‘जस्तोसुकै परिस्थिति किन नआओस्, म आफ्नो सपना परिर्वतन गर्न सक्दिन’ उनले भनिन्।,दिलिप राज केशरीलाई मकवानपुर र बारा प्रहरीको संयुक्त टोलीले साढे ६ वर्षपछि प्रकाउ गरेको छ।,यो अवधिभर आफू र आफ्ना परिवारले भोग्नु परेको पीडा शब्दमा वर्णन गर्न नसकिने उनले बताइन्। ६ वर्षपछि उनलाई फेरि न्याय पाउने आशा पलाएकाे छ। उनी भन्छिन्, ‘प्रहरीले पीडकलाई पक्राउ गरेको छ। आश मारिसकेको कुरा पूरा हुँदा खुसी लाग्दोरहेछ।’,एसिड आक्रमण गर्ने केशरीलाई मृत्यु दण्ड वा जन्मकैदको फैसला हुनु पर्ने उनकाे माग छ। ‘८/१० वर्ष सजाय दिएर मेरो वा हामी जस्ता कुनै पनि पीडितको पीडा कम हुनै सक्दैन’, उनले भनिन्।,थुनछेक बहसपछि जिल्ला अदालत मकवानपुरका न्यायाधीश कमलराज विष्टको एकल इजलासले एसिड प्रहार गर्ने मुख्य अभियुक्त भारतीय नागरिक दिलिपराज केशरीका साथै उनलाई भगाउने तथा एसिड किन्न सहयोग गरेको आरोप लागेका सञ्जय मण्डललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका थिए।,आदेशसँगै दुवै जना अभियुक्तलाई गत मंसिर १० गते भीमफेदी कारागार चलान गरिएको छ।,मुलुकी अपराध संहिता ऐनको दफा १९३ मा कसैले तेजाब वा यस्तै प्रकारका अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरी वा छर्किई वा त्यस्तो पदार्थले पोली, डामी, दली, घसी जिउमा पीडा गराउने वा अनुहार वा शरीरको कुनै अङ्ग कुरुप पार्ने काम गर्नु वा गराउनु हुँदैन भन्ने उल्लेख गरिएको छ।,– कसुर गर्ने व्यक्तिलाई कसुरको प्रकृति हेरी अनुहार कुरुप पारेमा ५ वर्षदेखि ८ वर्षसम्म कैद र एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना।,– शरीरको अन्य अङ्ग कुरुप पारेमा वा शरीरमा पीडा पुर्याएमा ३ वर्षदेखि ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिवाना।,बिन्दवासिनीले नेपालमा कानुनी व्यवस्था फितलो हुँदा यस्ता आपराधिक घटनाहरु दोहोरिरहेको दावी गरेकी छन्।,
| प्रतिभा चन्द |
बेहाल त्रिवि शिक्षण अस्पताल (फोटो फिचर) | देशभरका बिरामीहरुको भरोसा तथा देशमा चाहिएको दक्ष चिकित्सक जन्माउने मुख्य थलो त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज आफैं बिरामी भएर थलिएको धेरै समय भइसक्यो।,देशभरबाट आउने विरामीहरुको उपचारका लागि उक्त शिक्षण अस्पतालसम्मको पहुँच निकै गाह्रो विषय हो। बिरामीहरुले हतपति भर्ना हुन बेड पाउँदैनन्। त्यस्का लागि ‘सोर्स’ चाहिन्छ।,आकस्मिक कक्षमा एउटा बेडमा तीनजनासम्म बिरामी सुताएर चिकित्सकले सेवा दिएको कुरा नौलो होइन।,बेडबाट एकजना बिरामी डिस्चार्ज हुनसाथ आफ्ना बिरामी भर्ना गराउन तँछाड मछाडको स्थिति हुन्छ। साँच्चै उपचार चाहिने बिरामी जताततै लडिरहेका भेटिन्छन्।,भीडभाड उत्तिकै छ। बहिरंग सेवाको टिकट काट्नका लागि निकै दह्रो पाखुरा भएको मान्छे नगइ संभव नै छैन। हेर्दा लाग्छ उक्त शिक्षण अस्पताललाई सुधार गर्न अर्को ‘कुलमान’ चाहिन्छ।, | उमाकान्त खनाल |
‘रिहानको मृत्यु यात्रा’: नेपालमा मेडिकल असफलताको लाजलाग्दो कथा | सामान्यतया: १८ महिनाको बच्चा तोतेबोली बोल्दै फाट्फुट हिँड्ने भइसकेको हुन्छ। तर उनी न त घरका कोठा-कोठा भुन्टुङ्–भुन्टुङ् गर्दै हिँड्छन्, न त उनी तोलेबोली बोल्दै आमाको काखमा लुट्पुटिन्छन्।,शायद उनी निको भएका भए उनी पनि उस्तै चुलबुले हुन्थे होला, अरु सामान्य बच्चाहरु जस्तै। भोक लाग्दा आमालाई सताउँदै काखमा बसेर दूध खान्थे। निन्द्रा लाग्दा रोएर आमा-बुवालाई पिरोल्थे। अफसोच, उनीमा यस्ता खालका कुनै पनि बचपना देखिँदैन।,उनको घरको बैठक कोठामा राखिएको टिभीको टेबल माथि छन् रिहान न्यौपानेका साना जुत्ता, जुन उनले लगाउन पाएका छैनन्। शायद अब रिहानले ती जुत्ता कहिल्यै लगाउन पाउने छैनन्।,रिहानका रात दिन उस्तै छ। न उनलाई भोक लाग्छ, न निद्रा, न हाँस्छन्, न रुन्छन्। मात्रै उनी जीवित छन् भन्ने मात्र छ उनको परिवारलाई। उनी निर्जीव वस्तुझैँ मात्र सुतिरहन्छन्। रिहानकी आमा एकता घिमिरे र बुवा सञ्जीव न्यौपानेलाई राम्रोसँग थाहा छ, अब उनीहरुको छोरा मात्र केही दिनको पाहुना हो।,बुवाआमा भइसकेपछि हरेकको चाहना हुन्छ, आफ्नो छोराछोरी आफूसँग खेलोस्। आफूलाई चाहिएको कुरा मागोस्। जन्मेको बच्चासँगै उनीहरुले नयाँ–नयाँ सपनाहरु देख्न थाल्छन्। धेरैका पूरा हुन्छन्।,कतिपयका भने अधुरै। तिनै कतिपयमध्येका एक हुन्, सञ्जीव न्यौपाने र एकता घिमिरे। बच्चा जन्मिँदै छ भन्ने थाहा पाएदेखि उनीहरुले दुईबाट तीन हुँदाका सपनाहरु बुन्न थालेका थिए।,तर, उनीहरुले देखेको सपना अधुरै रहे। उनीहरुका सपना एकएक गर्दै छरपष्ट भएर पोखिरहेका छन्। उनीहरुको खुशी धेरै दिन टिक्न सकेन।,सञ्जीव र एकतालाई छोरा एकपटक बोलिदिए मात्र पनि कस्तो हुँदो हो भन्ने लाग्छ। तर, रिहान विल्कुल शान्त छन्। विल्कुलै ‘सेन्सलेस’। उनलाई कुनै कुराको आभास छैन।,रिहान ‘संसार छोड्ने’ तयारीमा छन्। त्यसैले त उनका बुवा–आमा लाचार भएर छोराको मृत्यु कुरेर बसिरहेका छन्।,२०७५ असार १२ गते रिहानको जन्म भयो। उनी सञ्जीव र एकताको पहिलो सन्तान हुन्। रिहानको जन्म भएसँगै न्यौपाने परिवारमा खुशीयाली छायो। घरमा नयाँ सदस्यको आगमन भएको थियो।,झन् सञ्जीव र एकताको खुशीको सीमाना नै रहेन। उनीहरुले सपना देख्न थाले। छोरासँग यस्तो गरौँला, उस्तो गरौँला।,सञ्जीव र एकताले आफ्नो परिवार पूरा भएको अनुभूति गरे। उनीहरु दुईबाट अब तीन भएका थिए।,तर उनीहरुको खुशी धेरै दिन टिक्न सकेन।,उनी जम्मा १८ महिनाका भए। बुवा–आमाको माया महसुस गर्न सकेनन्। उनी बुवा–आमाको साथमा भए पनि आफू साथमै छु भन्ने आभास दिलाउन सकेका छैनन्।,उनीमा कुनै ‘सेन्स’ छैन।,एकता गर्भवती भएको पहिलो दिनदेखि रिहान जन्मिने दिनसम्म राम्रो काउन्सिलिङ भएको थियो। असार २२ गते डेलिभरी डेट दिइएको थियो। तर डाक्टरले उनलाई थाइराइड र फ्याटी लिभर (कलेजोमा बोसो भएको) भएका कारण शल्यक्रिया गर्नुपर्ने बताए। यसले गर्दा उनलाई दिइएको समयभन्दा अगाडि नै शल्यक्रिया गर्नुपर्ने भयो।,चिकित्सकको सल्लाह अनुसार उनीहरु शल्यक्रियाका लागि तयार भए। बच्चा जन्मियो अर्थात रिहानको आगमन भयो। रिहान जन्मिएको आधा घण्टा पछि स्वास फेर्न गाह्रो भयो। उनलाई एनआइसीयूमा भर्ना गरियो।,फेरि चिकित्सकहरुले ‘बच्चालाई एकदमै गाह्रो भयो, अब भेन्टिलेटरमा राख्नुपर्छ’ भने। चिकित्सकको भनाई स्वीकारे उनीहरुले। रिहानलाई भेन्टिलेटरमा राखियो। पाँच दिनपछि रिहान भेन्टिलेटरबाट डिस्चार्ज भए।,तर, चिकित्सकहरुले बच्चालाई भेन्टिलेटरको इन्फेक्सन सरेको बताए।,अस्पताल बसाइको २१ दिनपछि सबै निको भएको भन्दै अस्पतालले डिस्चार्ज गर्यो। तीन दिनपछि फलोअपका लागि बोलायो। उनीहरु अस्पताल पुगे। उनीहरुले भने,‘ ठीक छ।’,तर, अस्पतालबाट डिस्चार्ज भएको चार दिन र जन्मिएको २५ औँ दिन रिहानलाई ज्वरो आयो। २ घण्टा भित्रमै उनीहरुले रिहानलाई अस्पताल पुर्याए। सञ्जीवलाई थाहा थियो- बच्चालाई ज्वरो आउँदा स्वास्थ्यमा विभिन्न समस्या उत्पन्न हुन सक्छन्।,२६ औँ दिन एनआइसियूका चिकित्सकहरुले सन्जिवलाई भने, ‘बच्चाको सब ठीक छ, तर हामी २४ घण्टा अब्जर्वेसनमा राख्छौँ र भोलि डिस्चार्ज गरौँला।’,दुवै जना चिकित्सकको कुरामा सहमत भए। र घर फर्किए। एकताको मनले मनेन। उनले अस्पतालमा फोन गरेर सोधिन्, ‘बाबुले दूध खाएको छ कि छैन?’,उताबाट उत्तर आयो, ‘खाइरहेको छ। सबै ठीक छ।’,तर, दिउँसो तीन बजे तिर सञ्जीवलाई फोन आयो,‘रिहानलाई सिजर भएको छ। तपाईँहरु आउनुस् बच्चाको ढाडको पानी निकाल्नु पर्छ।’ सञ्जीव र एकता हतार–हतार अस्पताल पुगे। ढाडको पानी निकालेर चेक गर्न अनुमतिका लागि उनीहरुले साइन गरे।,मेनिनजाइटिस भएको छ या छैन भनेर पत्ता लगाउनका लागि यो तरीका अनाउने गरिन्छ।,तर रिहानको ढाडबाट पानी आउनु पर्ने ठाउँमा पिप आयो। यसको मतलव उनलाई मेनिनजाइटिस भएको पक्का भयो र त्यही दिनदेखि नै औषधि दिन थालियो। तर रेडियोलोजिस्टले एक पटक एमआरआई गर्न सल्लाह दिए। उनले रिर्पोट कार्डमा लेखेका छन्,‘बच्चाको टाउकोमा फोहोर जमेको छ, थप मुल्याङ्कनका लागि एमआरआई गर्न आवश्क छ।’,तर चिकित्सकहरुले उक्त कुरालाई टेरेनन्। मेनिनजाइटिस भएको हो, औषधि खुवाएर ठिक पर्ने भने उनीहरुको सल्लाह अनुसार सञ्जीव र एकता पनि राजि भए। र उक्त कुरालाई हलुकैसँग लगे।,४० दिनको बिहानसम्म पनि सन्जिव र एकतालाई अस्पतालले भन्यो,‘बच्चालाई ठीक छ, ७ दिनको औषधि खुवाएर घर पठाउछौँ।’,एकताले साँझ रिहानलाई भेटन जाँदा थाहा पाइन्, रिहानको टाउकोमा एकदमै धेरै पिप जमेको छ। शल्याक्रिया गरेर निकल्नु पर्छ। टाउकोमा पिप भए नभएको पत्ता लगाउन एमआरआई गरियो।,एमआरआई पछि ‘कन्फर्म’ भयो रिहानको टाउकोमा पिप जमेको छ।,अब शल्यक्रिया बाहेक कुनै बिकल्प थिइन।,भोलिपल्ट बिहान न्यूरोको टोली आयो। र रिहानको केस सिभियर भएको बताए। उनीहरुले भने,‘पिप एकदमै चाडो निकाल्नु पर्छ, नत्र यसले जीन्दगी बर्बाद बनाउन सक्छ।’,चिकित्सकले यस्तो भनिरहँदा कुन चाहिँ बुवा–आमाले नाई भन्ला र? सञ्जीवले स्वीकृति जनाए। पहिला एकता आत्तिइन्। ४० दिनको बच्चाको टाउको चिर्ने? तर उनले हिम्मत बनाइन्। छोरा निको हुन्छ भने ठीक छ।,रिहानको शल्यक्रिया भयो। सात दिनपछि फेरि सिटीस्क्यान गरे। चिकित्सकले अझै रिहानको टाउकोमा पिप भएको बताउँदै भने,‘फेरि शल्यक्रिया गर्नु पर्छ।’,फेरि पनि डा. अमित थापाको नेतृत्वमा दोस्रो शल्यक्रिया भयो। शल्यक्रिया पछि उनीहरु फलो अपमा अस्पताल पुगे। अझै रिहानको टाउकोमा पिप बाँकी थियो।,तेस्रो शल्यक्रिया भयो।,तेस्रो शल्यक्रिया भएको दुई हप्ता पछाडि फेरि थाहा भयो, पिप अझै बाँकी थियो। पिप निकाल्नका लागि रिहानको टाउको बाहिर ड्रेन (पाइप) राखिएको थियो। उक्त ड्रेन रिहानले हल्लाइदिए र पिप आउन बन्द भयो। चिकित्सकले पिप निकाल्नै पर्ने बताए।,सञ्जीवले भने,‘छोरालाई यस्तो भएपछि मैले एकदमै धेरै मेडिकल जर्नलहरू पढेँ। जसले गर्दा छोरालाई के भएको हो र उसलाई के गर्नु पर्छ भन्ने बारे सबै कुरा थाहा पाइसकेको थिए।’,७५ दिनको बच्चाको टाउको चौथो पटक चिरियो अर्थात रिहानको चौथो शल्यक्रिया भयो।,शल्यक्रियापछि डिस्चार्ज गरियो। खुशी हुँदै उनीहरु छोरो बोकेर घर फर्किए। तर चिकित्सकले उनीहरुलाई भनेका थिए,‘हरेक महिना फलोअपमा आउनुहोला।’,चौथो, पाँचौँ, छैठौँ महिना फलोअपमा गए। डाक्टरले भने,‘सबै ठीक छ।’,तर सातौँ महिना अल्ट्रासाउन्ड गर्दा रेडियोलोजिष्टले टाउकोमा ७.२ सेन्टिमिटरको हाइड्रोसेफालस (पानी जमेको ठाँउ) भएको रिपोर्ट सञ्जीवको हातमा थमाइदिए।,सञ्जीवले न्यूरो सर्जन डा. अमित थापालाई रिपोर्ट देखाए। रिपोर्ट हेरेर डा. थापाले हाइड्रोसेफालस नभएको बताए।,फेरि आठौँ महिनाको फलोअपमा गए। अल्ट्रासाउन्ड गर्दा रिहानको टाउकोमा ८.८ सेन्टिमिटरको हाइड्रोसेफालस भएको रिपोर्टमा उल्लेख गरिएको थियो।,तर डा. थापाले भने,‘८.८ सेन्टिमिटर होइन। यो ८.८ मिलिमिटर हुनुपर्छ। मिस्टेक भएर सेन्टिमिटर लेखिएको हुन सक्छ।’,डा. थापाको कन्फिडेटले सन्जिवलाई बलियो बनायो। उनी घर फर्किए।,उनीहरु फेरि नौ महिनामा फलोअप गए। अल्ट्रासाउन्ड गरे। ९.८ सेन्टिमिटर हाइड्रोसेफालस बच्चाको टाउकोमा भएको रिपोर्ट आयो।,
उनीहरु आत्तिए।,डा. थापाले,‘एमआरआई गर्न सल्लाह दिए।’,एमआरआई भयो, रिपोर्ट तुरून्तै आयो। डा. थापाले एमआरआइको रिपोर्ट हेरे र भने, ‘ल बच्चाको टाउकोमा पानी जमेको रहेछ। तुरुन्त शल्यक्रिया गर्नु पर्छ।’,यति हुँदासम्म पनि सञ्जीव र एकता उनीहरुले मनोवल कमजोर बनाएनन्। हिम्मत राखे।,पाँचौँ अप्रेसन भयो।,डाक्टरले बच्चालाई १२ घण्टा पोस्ट ओटीमा राख्नु पर्ने बताए। रिहानलाई क्याबिनमा सारियो।,नर्स रिहानलाई औषधि दिन थालिन्। एकताले नर्सलाई सोधिहालिन्,‘कुन औषधि हो?’,नर्सले उत्तर दिइन्,‘सिटमोल।’,एकताले फेरि सोधिन,‘कति एमएल?’,‘६६ एमएल’ भन्दै नर्सले उत्तर दिइन्।,एकताले थपिन,‘यति सानो बच्चलाई यति धेरै? हामीले घरमा त तीन/चार एमएल मात्र दिने गरेका थियौँ।’,बिरामीका विवरण भएको फाइलमा यही छ भन्दै नर्सले फाइल देखाइन्।,तर एकता चुप रहिनन्। उनले झगडा गरिन्। र डाक्टरलाई सोध्न पठाइन्।,नर्स फर्केर आइन। ए! चार एमएल पो रै’छ भन्दै चार एमएल दिएर गइन्।,अस्पताललाई थाहा भयो। रिहानलाई ओभर डोज भयो। उनीहरु बिच खैलाबैला हुन थाल्यो।,सञ्जीव र एकता गएर पनि भन्न सकेनन्– ‘तपाईँहरुले मेरो बच्चालाई ओभर डोज दिनु भयो।’ अस्पतालले पनि भन्न सकेन,‘हामीले ओभर डोज दियौँ।’,त्यतिकैमा नर्स आइन्। र कलेजो परिक्षण गर्नु पर्ने बताइन्।,बच्चालाई प्यारासिटामोल ओभर डोज भएको खण्डमा कलेजोले काम गर्न छोड्ने हुन्छ। रिहानको रिर्पोटमा त्यस्तो केही पनि देखिएन।,तर भोलिपल्ट न्यूरो टिमका एक जनाले भने,‘ओभर डोज भएको हो। यसको जिम्मा म लिन्छु। तपाईँ जे कारवाही गर्नु हुन्छ कारवाही गर्नु।’,सञ्जीव र एकतालाई कारवाही भन्दा पनि छोरा चाडो निको हास् भन्ने चाहाना थियो। तीन दिन पछि फेरि रिहानलाई ज्वरो आयो। पहिल्यै ओभर डोज भएका कारण औषधि खुवाउन मिलेन। चिकित्सकले पानी पट्टि लगाएर बस्न सल्लाह दिए।,सञ्जीवलाई असह्य भयो।,अस्पतालमा उनको भनाभन भयो। निर्देशक डा. चक्रराज पाण्डेले उनलाई भने,‘यो बच्चा मेरो नाति जस्तो हो। यसलाई म टप डाक्टर बोलाएर भए पनि निको बनाउँछु।’,तर उनीहरूसँग बच्चालाई दिने औषधि थिएन।,ज्वरो निको भएन।,केही दिनपछि बच्चाको ज्वरो निको भयो घर लैजानुस् भनेर फोन आयो।,उनीहरू अस्पताल गए।,डाक्टर पाण्डे लगायत अन्य डाक्टरहरुसँग बैठक भयो। सञ्जीवले अस्पतालले गरेका गल्ती बताए।,‘हामी केही गर्न सक्दैनौँ। तपाईँलाई चित्त बुझेको छैन भने नेपाल मेडिकल काउन्सिल जानुस्।’ भन्दै बैठकबाट सञ्जीवलाई पन्छ्याउन खोजियो।,सञ्जीवलाई अस्पताल र चिकित्सक प्रति शंका उत्पन्न भयो। उनले छोराको सबै रिर्पोट अन्य चिकित्सकलाई देखाए। सञ्जीव छाङ्गाबाट खसेझैँ भए।,उनले थाहा पाए की रिहानको बायाँ पट्टि दिमाग नै छैन।,दिमाग छैन भने किन पटक–पटक रिहानको कलिलो टाउको चिरियो। उनको मनमा प्रश्न उब्जिए । तर कतैबाट उनी उत्तर पाउन सकेनन्। अस्पतालले गल्ती स्वीकार्नुको साटो उल्टै काउन्सिल जान सल्लाह दियो।,उनका सपना बिलिन हुँदै गए। मनमा पलाएका आशा एक–एक गर्दै बिलिन हुँदै गए।,चिकित्सक प्रतिको विश्वास डग्मगायो।,छोरा बोकेर सञ्जीव र एकता ९ महिनापछि अस्पतालबाट घर फर्किए।,उनले भने,‘मैले मेरो बाबुलाई इन्फेक्सन भयो भनेर कहिल्यै पनि इस्यू बनाएको छैन, त्यो मेरो बाबुको ब्याडलक थियो। तर समस्या कहाँ हो भने अस्पतालले आफ्नो गल्ती स्वीकार गर्न किन सकेको छैन भन्ने मात्रै हो।’,अन्ततः उनीहरुले नेपाल मेडिकल काउन्सिलमा ग्रान्डी अस्पताल, प्रशासन र डाक्टरविरूद्ध उजुरी गरे।,काउन्सिलले यसको अध्ययनका लागि छानबिन समिति गठन गर्यो।,गत असोज १२ गते विज्ञहरूको समितिले प्रतिवेदन दियो। प्रतिवेदनमा बच्चाको उपचारका क्रममा अस्पतालले गम्भीर त्रुटी गरेको उल्लेख गरिएको छ।,– अस्पताल प्रशासन र उपचार गर्ने चिकित्सकबीच विरामी नवजात शिशुलाई आइसियुमा भर्ना गर्ने विषयमा फरक मत देखिएको, बिरामीको उपचारका क्रममा चिकित्सकको राय विपरीत अस्पताल प्रशासनले आइसियुमा राख्न लिखित निर्देशन नै दिएको देखिएको, उपचारकै क्रममा बिरामी शिशुलाई पारासिटामोल ओभर डोज दिएको र सो को स्वीकारसमेत गरिएको सन्दर्भमा अस्पतालका निर्देशकलाई सचेत गराउने,– न्युरो सर्जन डा. अमित थापालाई चिकित्सा विज्ञानको आधारभूत सिद्धान्त पालना नगरेको, सहानुभूति र करुणाको कमी भएको तथा रोगको निदानबारे स्पष्ट सल्लाह नदिएको हुँदा अब उप्रान्त त्यस्तो विषयमा गम्भीर बन्न डा. अमित थापालाई सचेत गराउने,– आवश्यकताभन्दा बढी डोज पारासिटामोल सिफारिस गर्ने डा. दीपिका ढकाललाई एक हप्ता सिनियर डाक्टरको मातहतमा राखेर काम गराउने,– परीक्षणको क्रममा सिटीरएमआरआई समय भित्रै गरिएको देखिएन, यस सम्बन्धमा बाल रोग विभागको स्पष्टीकरणमा बच्चाको स्वास्थ्यस्थितिको जोखिम र लाभ मुल्याङ्कन पश्चात केही समय ढिलाई गरिएको भनिएतापनि यस्तो प्रकारको जटिल स्वास्थ्योपचारमा अस्पतालभित्रै उपलब्ध सेवा सुविधा समयभित्रै उपयोग गर्न सुझाब दिने र इमेजिङ् गर्नलाई ढिला गर्ने वा गराउनुपर्ने कुनै कारण भएमा अभिलेख रहनेगरी नोट गरिराख्नु पर्ने विषयमा समेत सुझाव सहित ग्रान्डी अस्पतालका सम्बन्धित विभाग र व्यवस्थापनलाई सचेत गराउने,– अस्पतालभित्र स्वास्थ्योपचारको क्रममा हुने यस प्रकारका त्रुटि, कमजोरीहरु न्यूनीकरण गर्न अस्पताल गम्भीर र जवाफदेही हुनुपर्ने तथा आफ्नो स्वास्थ्यकर्मीहरुलाई पूनर्ताजती तालिको व्यवस्था गर्न गराउन अस्पताललाई निर्देशन दिने,काउन्सिलले आफ्नो छोराको उपचारको क्रममा भएको चिकित्सकको लापरवाही र अस्पताललाई कडा कारवाही गर्ला भन्ने विश्वास उनले लिएका थिए। तर कोउन्सिलले उनले सोचे जस्तो केही पनि गरेन।,तर काउन्सिलको यस्तो फितलो निर्णयले उनलाई निराश बनाएको छ।,उनले थपे,‘उहाँहरुले हामीले लिखित दिन मिल्दैन, अदालतमा जानुस् तपाईँहरुलाई सजिलो हुन्छ भन्नुभयो।’,उनी बिरामी छन्। केही कुरा महसुस गर्न सक्दैनन्। पटक–पकट बान्ता गर्छन्। ज्वरो आउँछ। कहिले रगत नै बान्ता गर्छन्। उनलाई कुनै पनि अस्पतालले भर्ना गर्न मान्दैन्। उनी दिनप्रतिदिन मृत्युसँग लडिरहेका छन्।,टाउको बढिरहेको छ भने उनको शरीर सुकिरहेको छ।,खाना खान सक्दैनन्।,‘यो केसको बारेमा नेपाल मेडिकल काउन्सिलले विज्ञहरुसँग सबै कुरा गरेर मात्र उसले आफ्नो ओपिनियन दिइसकेको छ।’,हामी बोलिरहन जरुरी छैन।,खासमा प्यारासिटामोलको ओभर डोजको इस्यू के हो भने विरामीको कन्डिसन ओभर डोजका कारण बिग्रेको होइन। विश्वभरको तथ्याङ्क अनुसार यहाँ प्यारासिटामोलको ओभर डोज ५.५ प्रतिशत छ। विश्वको त्रुटी बारेमा धेरैलाई ज्ञान छैन।,त्यसैले एउटा मात्र नभएर विश्वभर हेर्नु पर्छ।,तर रिहानको ‘करेन्ट प्रोब्लम’ सिटामोलको ओभर डोजबाट भएको होइन। त्यो भनेको उसको मेनिनइनजाटिस अनि डिफ्रेन्ट कम्पिलीकेसनहरुको सिक्वलली भएको हो।,हामीले के भन्यौ वा के गर्यौँ भन्ने कुरा छैन। खाली एउटा महत्वपूर्ण कुरा मिडिया जगतमा के हो भने कानुन छ, काउन्सिल छ, स्वास्थ्य मन्त्रालय छ, अदालत छ यि प्रोसेसबाट जानु पर्यो। यदी डाक्टरहरुको वा अस्पतालको हेलचेक्रयाइ, मनोमानि भयो भने देशको सिस्टम छ त्यसैबाट चल्नु पर्छ।,पार्टीहरुको एल्लो जर्नालिजम जस्तो मान्छेहरुलाई भर्टिक् आउनु भन्दा अगाडि नै जज पनि आफै बन्ने अनि दोष पनि आफै लगाउने कुरा गतल हो। त्यो बारेमा हामीले हाम्रो कुरा इभिडेन्स सहित प्रमाण काउन्सिललाई पेश गरिसकेका छौ। काउन्सिलले मल्टिपल टाइम्स हामीहरु सँग प्रश्न गर्यो।,हामीले उत्तर दियौँ।,हामीलाई काउन्सिलले के भन्यो भने हामीले तपाईँहरुको सबै कुरा हेर्यौ छलफल आयोगका विज्ञले के भन्नु भयो भने‘ओभर डोज दिने डाक्टरलाई एक हप्ता आफू भन्दा सिनियरको अन्डरमा काम गर्नु पर्छ।’,तर अर्को काउन्सिलले भनेको कुरामा भने मेरो सहमति छैन, जुन प्यासासिटामोलको ओभर डोजको भइसकेपछि त्यो बेलामा बच्चालाई हानी नहोस् भनेर ‘म एज अ डिरेक्टर’ अमेरीकाबाट मिटिङ् सक्काएर आउँदा एर्पोटबाट सिधै अस्पताल पुगेर भेटेको थिए।,र मैले आइसियू मै राखेर बच्चालाई केयर गरे। यो बच्चालाई प्यारासिटामोलको डोजबाट हुने साइड इफेक्ट वा केही भयो भने अस्पतालले जिम्मा लिन्छ वा निर्देशकको हैसियतले यो जिम्मेवारी मेरो हुन्छ भनेर जिम्मा लिए।,अस्पतालले प्यारासिटामोलको डोजबाट असर नगरोस् भनेर उपचारको क्रम अगाडि बढायौ।,तर बच्चालाई लिएर आइसियूमा राख्यो भनेर उनीहरुले के भने,‘ल पैसा बढी पाउनको लागि फेरी आएसियूमा राख्यो भनेर त्यसै प्रचार गरे।’,प्यारासिटामोलको ओभर डोज भएपछि सन्जिव भाइले डिपोजिट गरेर राखेको ५० हजार रुपैयाँ हामीले फिर्ता गरेको आफूलाई खुशी पार्न पैसा फिर्ता गरेको भनेर भन्नु भयो।,कुनै पनि व्यक्तिलाई मेनिनइनजाटिस हुँदा उसलाई जोगाउनका लागि पाँच पटक मात्र होइन १५ पटक पनि शल्यक्रिया गर्नु पर्ने हुन सक्छ।,मैले रिहानलाई एक पटक त्यही ओभर डोज भएको दिन मात्र देखेको छु। प्रष्ट भन्ने हो भने मसँग कुनै सरोकार थिएन। तर निर्देशकको हैसियतले म जिम्मेवार छु। र हुनु पनि पर्छ।,‘पेपरहरु सबै काउिन्सलमा छन्।’,यो कुरामा सञ्चार माध्यमले सबै भन्दा पहिला बुझ्न आवश्यक छ। काउन्सिलको डिसिजलाई मान्नु पर्छ।,‘यसको चित्त नबुझे अदालतमा जानुपर्छ।’,काउन्सिलले किन यस्तो खालको जजमेन्ट गर्यो र हामीलाई पनिस्मेन्ट दिएन भनेर बुझन जरुरी छ। हामीले अस्पतालको सबै कागजात र सबै प्रमाण नेपाल मेडिकल काउन्सिललाई बुझाइसकेका छौँ।,मैले कसैलाई केही जवाफ दिनु पर्दैन।,‘इट्स अल अवाउट इभिडेन्स्।’ | प्रतिभा चन्द |
‘म जन्मेकै क्यान्सरसँग लड्नलाई रहेछ जस्तो लाग्छ’ | पोखराको रामनगरमा १३ वर्ष अगाडि नर्बु याल्मो र रमना थापाकाे तेस्राे सन्तानकाे रुपमा रिम्पो याल्मो जन्मिए। दुई दिदीका एकमात्र भाइ रिम्पाे घरको सबैभन्दा सानो र प्रिय थिए।,दुई वर्षअघि रिम्पो ७ कक्षामा पढ्दै थिए। उनलाई खुट्टा दुख्ने, शरीरमा निलो दागहरु देखिने र ज्वरो आउने हुन थाल्यो। घरीघरी यस्तो समस्या देखिएपछि रिम्पोले आफ्नाे समस्या बुवालाई सुनाए।,बुवाले चेकजाँचका लागि उनलाई अस्पताल पुर्याए। डाक्टरको सल्लाह बमाेजम रिम्पोकाे स्वास्थ्य परीक्षण भयाे। परीक्षण रिपोर्ट हेरसकेपछि डाक्टरले रिम्पोलाई जतिसक्दो चाँडो काठमाडौँको कान्तिबाल अस्पताल पुर्याउन आग्रह गरे।,त्यस दिन उनीहरु अस्तालबाट फर्किएपछि घरमा सन्नाटा छायो। भोलीपल्ट बिहानै रिम्पोलाई कान्तिबाल अस्पताल पुर्याइयो। डाक्टरहरुले भने बमोजिम फेरी उनको स्वास्थ्य परीक्षण सुरु भयो।,रिम्पोको स्वास्थ्य परीक्षण रिपोर्ट हेरिसकेपछि डाक्टरले जुन कुरा सुनाए, त्यो परिवारले सामना गर्न सक्ने खालको थिएन। जे भएपनि सत्य त्यही थियो रिपोर्टमा रिम्पोलाई ब्लड क्यान्सर देखियो।,रिम्पोकाे तुरुन्तै उपचार सुरु भयो। उनलाई उपचारपछि क्यान्सर निको हुन्छ भन्ने थाहा थिएन। ‘मैले क्यान्सरको बारेका सुनेको थिएँ, तर उपचार गरेपछि निको भइन्छ भन्ने थाहा थिएन’, रिम्पो आफ्नो विगत सम्झिन्छन्, ‘मलाई बाँच्छु जस्तो लागेको थिएन तर मलाई मेरो बाबा, आमा र डाक्टरले धेरै हौसला प्रदान गर्नुभयो।’,कान्तिमा भर्ना भएका रिम्पोको उपचारमा संलग्न थिए डा. प्रकाश निधी तिवारी। डा. प्रकाश रिम्पोका लागि जिउँदो भगवान हुन्। उनी भन्छन्,‘उहाँले गर्दा म अहिले निको भएको छु र अहिले पनि उहाँसँगै उपचार गराइरहेको छु।’,उनी सुरुमा आफ्नो मनोबल कमजोर भएको बताउँछन्। ‘मेरा साथीहरु स्कूल जान्थे, म केमो लगाउन अस्पताल जान्थेँ। उनीहरुको हातमा किताब हुन्थ्यो, मेरो हातमा क्यानुला घोचिन्थ्यो’, भावुक हुँदै भन्छन्, ‘मानिसहरु मेरो नजिक आउन पनि डराउँथे। त्यतिवेला मलाई असह्य पीडा हुन्थ्यो। मन पोल्थ्यो।’,उनलाई केमो लगाउँदाको क्षण सम्झिन मन लाग्दैन। त्यो क्षणले उनलाई दुःखी बनाउँछ। अहिले उनको मेजर केमो सकिएको छ। तर औषधी भने सेवन गरिरहेका छन्।,केमाेथेरापीले उनको कपाल झर्याे। झरेको कपाल खानामा पर्न थालेपछि बुवाले अस्पतालमै आफ्नो कपाल खौरिन लगाएको उनी बताउँछन्।,अस्पतालमा बसिरहँदा उनले आफू जस्तै थुप्रै क्यान्सर भएका बालबालिकाहरुले उपचार गराइरहेको देखे। उनलाई लाग्यो,‘क्यान्सर लागेको म मात्र होइन रहेछु। म जस्ता धेरै बालबालिका रहेछन्।’,यसले रिम्पोलाई आत्मविश्वास दिलायो। मनोबल बलियो हुँदाहुदै पनि आफूलाई क्यान्सर लागेको भन्ने बित्तिकै मानिसहरुले डाक्टरले के भनेका छन् भनेर सोध्ने गरेको उनी बताउँछन्। भन्छन्,‘यस्तो प्रश्न सोध्दा कहिलेकाहीँ दिक्क लाग्थ्यो।’,उनी भन्छन्, ‘म जन्मेकै क्यान्सरसँग लड्नलाई रहेछ जस्तो लाग्छ।’,तर अहिले उनी निको भइसकेका छन्। उनले भविष्यका सुन्दर सपना बुन्न थालेका छन्। अरु बालबालिका जसरी खेल्न कुद्न थालेका छन्। रोगका कारण बीचमै रोक्नु परेको पढाईलाई फेरी निरन्तरता दिने सोच बनाएका छन् रिम्पोले।,उनी मुसुक्क मुस्कुराउँदै भन्छन्,‘मसँगै पढेका साथीहरु नौ कक्षामा छन्। मलाई पनि धेरै पढ्न मन छ। अब फेरी स्कुल जान्छु, बाबाले घर नजिकैको स्कुलमा पढ्नुपर्छ भन्नुभएको छ। मलाई पनि सजिलो हुन्छ नि स्कुल नजिक भयो भने।’,क्यान्सरले उनलाई रोग लाग्दैमा हार मान्नु हुँदैन भन्ने सिकायो। ‘क्यान्सर भयो भन्दैमा निरास हुनु हुँदैन, मात्रै हामीले भित्रैदेखि इच्छा शक्ति जगाउनुपर्छ’, उनी आफ्नो अनुभव सुनाउँछन्।,दिनप्रतिदिन स्वस्थ हुँदै गइरहेका रिम्पोलाई आजभोली लाग्न थालेको छ, ‘संसारमा असम्भव भन्ने केही रहेनछ।’,यति भन्दै गर्दा उनी आफ्नो उपचारमा संलग्न डाक्टर प्रकाश निधी तिवारी, डाक्टर अञ्जली पण्डित र झर्को नमानी आफ्नो स्याहारसुसारमा खटिने नर्सहरुलाई धन्यवाद भन्न बिर्सिदैनन्।,ब्लड क्यान्सरबाट पीडित आफूलाई उपचारको क्रममा रगत दिनेहरुलाई सम्झिन्छन्,‘विशेष धन्यवाद म उहाँलाई दिन चाहन्छु, जसले मलाई रगत दिनु भयो। म उहाँहरुको ऋणी छु।’ | प्रतिभा चन्द |
आँखा उपचारमा विश्वमै अग्रणी | अधिकांश नेपाली माझ परिचित नाम हो, तिलगंगा आँखा प्रतिष्ठान। नेपालका आँखा अस्पतालहरुको नाम लिनुपर्दा धेरैको मुखबाट सबैभन्दा पहिला यही अस्पतालको नाम निस्कने गर्छ।,२५ वर्ष अगाडि (सन् १९९४) मा स्थापना भएको अस्पतालले यति धेरै चर्चा बटुल्ला भन्ने कसैले सोचेका थिएनन्। नेपालमा आँखाका बिरामीहरुका लागि केही गर्नुपर्छ भन्ने सोचका साथ डा. रिता गुरुङ र डा. सन्दुक रुइतले त्यो समयमा तिलगंगास्थित एउटा भवनमा अस्पताल सञ्चालन गर्ने योजना बनाए।,दुवै डाक्टर मिलेर उक्त भवनको दुईवटा कोटाबाट सेवा सुरु गरेका थिए। उनीहरु पालैपालो एकले बिरामीको जाँच गर्ने गर्थे भने अर्कोले शल्यक्रिया गर्ने गर्थे। अहिले अस्पतालमा डाक्टर मात्रै ३२ जान छन्।,उनीहरुसँग त्यति धेरै पैसा पनि थिएन। दुईवटा कोठा। एउटा सानो शल्यक्रिया कोठा अनि अर्कोतिर ‘इन्ट्राअकुलर लेन्स’को लागि कोठा छुट्याइएको थियो। इन्ट्राअकुलर लेन्स अर्थात मोतिविन्दुको शल्यक्रिया पश्चात आँखामा राखिने लेन्स ।,त्यो समय अर्थात आजभन्दा २५ वर्ष अगाडि ‘इन्ट्राअकुलर लेन्स’को मूल्य असाध्यै महङ्गो थियो। १५० डलरदेखि २०० सम्म पर्ने गर्थ्यो। जुन नेपालीहरुको आर्थिक पहुँचभन्दा बाहिरको कुरा थियो।,तर अस्पतालले नेपालमा लेन्सको उत्पादन सुरु गरेर महङ्गो शुल्कबाट ७ डलरमा बेच्न सक्ने वातावरण बनाइदियो। अहिले भने अस्पतालले त्यो मूल्य दुई डलरमा झारेर बिरामीलाई लेन्स प्रदान गर्दै आएको छ।,अस्पतालकी कार्यकारी अधिकृत डा. रिता गुरुङका अनुसार मोतिविन्दुका बिरामीहरुका लागि तिलगंगा अस्पतालले गरेको सबै भन्दा ठूलो योगदान यही हो।,अहिले नेपालमा मोतिविन्दुको शल्यक्रिया गरिका एकदमै कम विरामी अर्थात लेन्सको प्रयोग गर्नै नमिल्ने विरामी बाहेक सबैले यो लेन्स प्रयोग गर्ने गर्छन्। यो सम्भव हुनुको कारण नेपालमै लेन्स उत्पादन हुनु मान्छन् अस्पतालका सञ्चालक डा. सन्दुक रुइत।,त्यो समयमा उपत्यकामा त्रिपुरेश्वरमा नेपाल आँखा अस्पताल मात्रै थियो। तिलगंगा सुरु हुँदा नेपाल आँखा अस्पताल उपत्यकाका बासिन्दा माझ पूर्ण रुपमा स्थापित भइसकेको थियो। तर तिलगंगा भने अलिक फरक ढङ्गले प्रतुस्त भयो। जसका कारण छोटो समयमा नै बिरामीको मन जित्न सफल भयो।,अस्पतालको सुरुवाती दिनहरुमा ४० देखि ६० जना बिरामी आँखा परीक्षणका लागि आउने गरेको स्मरण गर्दै डा. गुरुङले भनिन्, ‘अहिले एक दिनमा १४ सयदेखि १५ सयसम्म बिरामीको आँखा परीक्षण हुने गरेको छ ।’ उनले थपिन्, ‘हामी सकेसम्म कुनै पनि बिरामी सेवाबाट वञ्चित नहुन् भन्ने चाहन्छौँ र उनीहरुलाई अस्पताल पुगेर उपचार नगरी नफर्किउन् भन्ने चाहान्छौँ तर कहिले काँही सोचे जस्तो नभइदिन पनि सक्छ।’,डा. रुइत र डा. रीता आफ्नो कामप्रति लगनशील भएर लागि परेका थिए। अष्ट्रेलियाको गैर सरकारी संस्था फेड्रल्स फाउन्डेसनले डा. सन्दुक र डा. गुरुङलाई सहयोग गर्न चाहेको बतायो। फाउण्डेशन तिलगंगाको लागि पहिलो अन्तर्राष्ट्रिय साझेदार हो ।,फाउण्डेशनको सहयोग पश्चात अस्पतालले दुई कोठाबाट फराकिलो हुने अवसर पायो। डा. गुरुङले भनिन्, ‘हामीले एकै पटकमा होइन, अलि-अलि गर्दै यो सफलता पाएका हौँ, विस्तारै-विस्तारै हामीसँग अन्य डाक्टरहरु पनि थपिनु भयो।’ अहिले अस्पताललाई अन्य विभिन्न गैर सरकारी संस्थाहरुले सहयोग गर्दै आइरहेका छन्।,काम चाहे जुनसुकै किन नहोस्, निःस्वार्थ भावनाले गर्यो भने सहयोग गर्ने मानिसहरु धेरै आउने विश्वास डा. गुरुङको छ। उनले भन्छिन्, ‘हामीले गरेको कामलाई अरुले अवलोकन गरिरहेका हुन्छन्। राम्रो गर्यौ भने त अरु सहयोग गर्न आउने हुन नि। छलकपट गर्नेलाई कसले मन पराउँछ र? काममा सफल हुनका लागि काम प्रति दृढता भने हुनै पर्छ।’,त्यो समय उनीहरुले प्रत्येक मिनेटको महत्व राखे। न त शनिबार, न बिदाको दिन, न कुनै चाडपर्व नै उनीहरुका लागि खास भयो। उनीहरु लागि परे त केवल आफ्नो काममा। रात दिन कामकै बारेमा साच्न थाले। घरभन्दा धेरै समय कार्यलयमै बित्न थाले। कुनै दिन शनिबार घरमा बस्यो भने घरका मनिसहरुका लागि मजाका पात्र बन्न थाले उनीहरु।,डा. रिता गुरुङले त्यो क्षणलाई स्मरण गर्दै भनिन्, ‘म कुनै दिन अस्पताल नआएर घरमै बसेका बेला दीदीहरुले मलाई ओहो आज अचम्मै हुने भयो, तिमी घरमा बसिराको छौँ,आज कुन चाहिँ पर्खाल लड्ने हो भन्दै दिनभर जिस्काउनु हुन्थ्यो।’,वीर अस्पतालमा रहेको नेशनल एकेडेमी अफ मेडिकल साइन्ससँग सम्बन्धन लिएर अस्पतालले यूनिभर्सिटीमा अध्यापन कार्यक्रम चलाइरहेको छ।जहाँ २५ जना आँखाको डाक्टर बन्नका लागि अध्ययन गरिरहेका छन्। उनीहरुले अब जाँच दिएर उतीर्ण भए लगत्तै आँखाको डाक्टर बन्नेछन्। त्यस्तै अर्को फेलोशीप ट्रेनिङ्ग हुनेगर्छ।,जसमा आँखाको डाक्टर भइसकेका डाक्टरहरु फेरि सब इस्पेसिलिस्ट हुनका लागि उनीहरुलाई ‘ट्रेन’ गरिन्छ। अहिले १५ जना सब इस्पेसिलिस्टका लागि फेलोशीप गर्दैछन्। इस्पेसिफिक इस्पेसिलिस्ट बन्नका एक वर्षको टेनिङ्ग लिनु पर्ने हुन्छ।,अस्पतालमा फेलोसिपका लागि नेपालका अन्य आँखा अस्पतालहरुबाट समेत डाक्टरहरु आउने गरेका छन् भने वर्मा, माल्दिभ्स जस्ता देशहरुका डाक्टरहरु अस्पतालले फेलोसिप दिइरहेको छ।,त्यसैगरी अस्पतालले अप्थ्यामोल असिस्टेन ( आँखा स्टाफ नर्स) ट्रेनिङ्ग दिने गरेको छ। जुन सिटिभिटीसँग मिलेर सञ्चालन गर्दै आएको छ। अप्थोमेट्रिक ट्रेनिङ्ग वा कोर्स जसमा आँखाको अनि चश्माको ‘कन्ट्याक्ट लेन्स’को कामबारे ट्रेनिङ्ग दिने गरिन्छ।,अस्पतालले विभिन्न कुराहरुमा रिसर्च गर्दै आइरहेको छ। यो अस्पतालको सबै भन्दा बलियो पाटो भएको डा. गुरुङले बताइन्। उनीहरुले न्यासनल हेल्थ रिसर्च काउन्सिलसँग मिलेर काम गरिरहेका छन्।,रिसर्च गरेर रिसर्चमै राख्ने अस्पतालको उद्देश्य नभएको उनले बताइन्। उनले भनिन्, ‘रिसर्च गरेर जे फेला पर्छ, त्यसलाई कार्यान्वयनमा लानु पर्छ, रिसर्च गरेको कुरालाई सर्वसाधारणमा लैजान्छौँ, जसलाई अरुले पढ्न सकुन्।’,अस्पतालले कुन लेवलमा के काम गर्यो भन्ने कुरा उक्त रिसर्चहरुले देखाउने उनको बुझाइ रहेको छ। रिसर्चको प्रसाशनिक टोली र ३२ जान डाक्टरहरुको सबैभन्दा महत्वपूर्ण भूमिका रहेको उनले बताइन्।,अस्पतालले काठमाडौँ बाहिर हेटौँडामा समेत डेटौँडा सामुदायिक आँखा अस्पताल सञ्चालन गरेको छ जहाँ तीनजना डाक्टरहरुले सेवा प्रदान गरिरहेका छन्। उक्त अस्पतालमा मोतियाबिन्दुको शल्यक्रिया समेत हुने गर्दछ।,उक्त अस्पतालमा अहिले जेनरल अप्थ्यामोलोजिस्ट, अप्थोप्लास्टिक सर्जन, पिडियाट्रिक अप्थ्यामोलाजिस्ट गरी तीनजना सब इस्पेसिलिस्ट रहेका छन्। डाक्टरहरुले आफ्नो विशेषज्ञता अनुसार आँखाका विरामीलाई उपचार सेवा दिइरहेका छन्।,यो सामुदायिक आँखा अस्पताल बाहेक १६ वटा सामुदायिक आँखा केन्द्र (कम्युनिटी आई सेन्टर) रहेका छन्। जहाँ डाक्टरहरु हुँदैनन् तर ट्रेन गरिएका अप्थ्यामोल असिस्टेनहरु हुने गर्दछन्। सामुदायिक आँखा केन्द्र भनेका नेपाल सरकारका हेल्थ पोस्ट जस्तै हुन्।,तर यी केन्द्रले आँखाका लागि काम गर्ने गर्छन्। जहाँ बिरामीले प्राथामिक उपचार पाउने गर्छन्। जहाँ आँखाका बिरामीले आँखा जचाउन, चस्मा बनाउन, आकस्मिक उपचार तथा औषधि पाइरहेका छन्।,यी बाहेक अस्पतालले अहिले तीनवटा अस्पतालसँग समन्वय गरेर रिजनल आई केयर प्रोग्राम सेन्टर सञ्चालन गरेको छ। जुन गोल्छा आँखा अस्पताल विराटनगर, जानकी आँखा अस्पताल जनकपुर, नेटा आँखा अस्पताल धनगढी गरी तीन ठाउँमा सञ्चालन भइरहेका छन्। जसका लागि धेरै विदेशी संस्थाहरुले अस्पताललाई सहयोग गरिरहेका छन्।,काठमाडौँमा मात्र नभएर देशका धेरै जिल्लाहरुमा अस्पतालले आँखाका बिरामीका लागि सेवा पुर्याइरहेको छ। डा. गुरुङले भनिन्, ‘मनाङ्ग, मुस्ताङ, रसुवा जनसंख्या कम छ भएको जिल्लामा बिरामीहरु पनि छन्। तर बिरामी कम छन् भनेर हामी चुपचाप बस्दैनौँ। अस्पतालको एउटै मान्यता छ। उपत्यकाका बिरामीले जति सेवा सुविधा पाउँछन्। त्यति नै उक्त जिल्लाका बिरामीले पनि पाउँनु पर्छ।’,अप्थ्यामोलोजिमा हुने सबै सब–इस्पेसलिस्टहरु अस्पतालमा छन्। जसमा कर्निया, पर्दा, जलबिन्दु, अप्थोप्लास्टिक, बच्चाको आँखा, आँखाको नशा, आँखाको क्यान्सर, युभिआइटिस् रोग गरी विभिन्न ८ प्रकारका सब इस्पेसलिस्टहरु अस्पतालमा छन्।,सेवाको हिसाबले अस्पतालमा कहिले औषधि पाईँदैन कहिले अरु सामग्री पाइँदैन भनेर अरुमा भर पर्ने बाध्यता त नेपालमा छ नै। तर त्यो स्थिति यस अस्पतालले अहिलेसम्म बेहोर्नु परेको छैन।,कुनै पनि औषधि वा डाक्टर नभएका कारण बिरामी उपचारका लागि बाहिर जानु पर्ने अवस्था यो अस्पतालले अहिलसम्म पनि सृजना हुन नदिएको अस्पतालले दाबी गरेको छ।,चाहे जुन सुकै औषधि होस् वा कुनै विशेष विशेषज्ञ यो अस्पतालमा जुनसुकै अवस्थामा पनि बिरामीका लागि उपलब्ध हुने गर्छन्।,इन्ट्राकुलर लेन्स जसलाई जलबिन्दुको शल्यक्रिया पश्चात आँखामा राख्ने गरिन्छ त्यससलाई १९९४ देखि नै कमर्सियल प्रोडक्सनको रुपमा सुरु गरिएको थियो।,नेपाललाई चाहिने सबै ‘इन्ट्राकुलर लेन्स’ अस्पतालबाट अन्य अस्पतालहरुले लिन चाहेको खण्डमा अस्पतालले सबैलाई प्रदान गर्न सक्ने अवस्थामा रहेको छ। अस्पताल लेन्स उत्पादनमा पूर्ण रुपमा आत्मनिर्भर भएको डा. रुइतले बताए।,अस्पतालको अर्को महत्वपूर्ण कुरा भनेकै आँखा दान हो। सुरुवाती दिनदेखि नै अस्पतालले नेपाल आँखा दान अर्थात नेपाल आँखा बैंक सञ्चालन गर्दै आइरहेको छ। कुनै पनि आँखाको नानी दान गरेका व्यक्तिको उक्त नानी दुष्टिविहीनलाई प्रत्यारोपण गर्ने गरिन्छ।,सबैभन्दा पहिला दुई वटा आँखाको नानी प्रत्यारोपण गरेको अस्पतालले पछिल्लो पटक सन् २०१८ मा ११ सय ७८ वटा नानी प्रत्यारोपण गर्न सफल भएको छ।,नेपाल आँखा बैंक तिलगंगाको मात्रै आँखा बैंक होइन, यो नेपालमा भएका सम्पूर्ण आँखा अस्पतालको आँखा बैंक हो। जहाँ डा. गुरुङ जस्ता आँखाका नानीका डाक्टरले काम गर्ने गरेका छन्। अन्य अस्पतालहरुले पनि नेपाल आँखा बैंकबाट आँखाको नानी सजिलैसँग पाउने छन्।,हामी आत्मनिर्भर हुन सकेकै नेपाल आँखा बैंकले गर्दा हो।’ उनले भनिन्,‘जसले कर्निया दान गर्नु हुन्छ र त्यसको सबै प्रोसेस गरेर डाक्टर कहाँ पठाउनु हुन्छ, त्यसैले गर्दा हामी आत्मनिर्भर छौँ।’,अस्पतालले नेपालमा मात्र नभएर विदेशमा समेत यस्तो सिविर सञ्चालन गर्दै आइरहेको छ। घाना, म्यानमार, इन्डानेसिया, उत्तर कोरिया, कम्बोडिया जस्ता देशहरुमा छोटो समयमा सानो टोली गएर गुणस्तरीय सेवा कसरी दिने भनेर त्यहाँको डाक्टरहरुसँग मिलेर सेवा दिँदै आइरहेको छ।,कुनै पनि मनिस पैसा नभएका कारण आँखा देख्नबाट वञ्चित हुनु नपरोस् भन्ने नै अस्पतालको मुख्य उद्देश्य हो।,नविन्द्रराज जोशी उद्योग मन्त्री हुँदा सरकारले इन्ट्रअकुलर लेन्सका लागि १० करोड रुपैयाँ दिएको थियो। त्यो सहयोगलाई अस्पतालले अस्पतालका विभिन्न उपकरणहरु किन्नका लागि खर्च गर्ने गरेको छ।,जोशी त्योभन्दा अगाडि सरकारबाट कुनै पनि प्रकारको सहयोग अस्पताललाई भएको थिएन। सरकारी अस्पतालहरुलाई जसरी सरकारले नयाँ आर्थिक वर्षमा छुट्टै बजेट छुट्याउने गर्छ, त्यो प्रकारले कुनै पनि रकम अस्पतालका लागि सरकारले अहिलेसम्म छुट्याएको छैन।,त्यसैगरी अन्य क्यान्सरका बिरामीले एक लाख बराबरको अनुदान सरकारबाट पाइने गरेता पनि आँखाको क्यान्सरका बिरामीले पाउने गरेका छैनन्।तर सरकारले शुक्रबार अस्पतालमा अनुगमन गरे पश्चात अबको केही समयमै आँखाका क्यान्सरका बिरामीले अनुदान पाउने छन् भन्ने आशा अस्पतालले गरेको छ।,डा. गुरुङले भनिन्, ‘हामीलाई सर्वसाधारणदेखि लिएर विभिन्न संस्थाहरुले सहयोग गर्ने गरेका छन्। उनीहरुले सहयोग गरेर मात्र पनि हुँदैन अब हामीले कसरी अस्पताललाई चलाउने भन्ने कुरा सबैभन्दा महत्वपूर्ण हुनेछ ।’,उनले थपिन्, ‘अर्को महत्वपूर्ण कुरा भनेकै ‘वि ह्याभ भेरी गुड बन्च अफ पिपुल एण्ड हाम्रो टिम एकदमै फेन्टास्टिक छ’ जसका कारण हामीलाई यहाँसम्म पुग्न सजिलो भइरहेको छ। म एक्लै पनि यो काम सम्भव थिएन। डा. रुइत मात्रै भएर पनि यो सम्भव थिएन। हार्ड टिम वर्कका कारण यो सब सम्भव भएको हो।’,त्यस्तै, डा. रुइतले पनि आफूले सबै भन्दा राम्रो टीम पाएको बताए। उनले भने, ‘हाम्रो टिम एकदमै राम्रो छ, जुन नभएको भए आज हामी यो ठाउँमा शायदै हुँदैन थिएँ कि?’,यही जुन ४ देखि अस्पतालले विश्व स्वास्थ्य संगठनसँग सहकार्यमा कोलाबोरेट सेन्टर सञ्चालन गर्ने सहमति गरेको छ। नेपालको यो पहिलो संस्था हो, जसले विश्व स्वास्थ्य संगठनसँगको सहकार्यमा ‘कोलाबोरेट सेन्टर’ सञ्चालन गर्नेछ। सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले ‘कोलाबोरेट सेन्टर’ उद्घाटन गरेका छन्। | प्रतिभा चन्द |
सडकमै आन्दोलन, सडकमै उपचार | वीर अस्पतालमा बिहीबार पनि विरामीको चाप उस्तै थियो। तर माहोल भने अन्य दिनको भन्दा फरक। साँधुरो ठाउँ, सानो टेन्ट, चार वटा टेवल । त्यही टेबलको वरिपरि बेन्चमा बसेर बिरामी चेक गरिरहेका केही डाक्टरहरु।,अस्पतालको प्राङ्गन बिरामीले खचाखच भरिएको थियो। त्यही प्राङ्गनमै टेन्ट मुनी बसेर डाक्टरहरु बिरामी चेक जाँच गरिरहेको थिए।,
‘नहुनु भन्दा काँनै मामा ठिक’ भन्ने उखानले सार्थकता पाएको देखिन्थ्यो। हात हातमा बिरामी कार्ड र रिपोर्ट समातेर लाइनमा उभिरहेका थिए बिरामीहरु।,नेपालको सबै भन्दा जेठो अस्पताल, वीर अस्पताल। यहाँका केही न केही विषयले चर्चा बटुलिरहेको हुन्छ।,पछिल्ला ७ दिनदेखि सरकारी चिकित्सक संघ (गोदान)ले कर्मचारी समायोजनको बिरोध गर्दै आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्दै आन्दोलन गरिरहेको छ। उनीहरुले गरिरहेको आन्दोलनले बिरामीहरु मारमा परेका छन्। कयौँ बिरामी सेवा लिनबाट बञ्चित भइरहेको अवस्था छ। ,स्वयम्भूकी ५५ वर्षिया दया मास्केलाई एक महिना पहिले छालाको एलर्जी भएको थियो। उनले वीरमा उपचार गराइन्। डाक्टरले औषधि दिएर एक महिनापछि फलोअपमा बोलाएका थिए। एक महिनापछि उनी दुई दिन अगाडि अस्पताल आइन्। अस्पतालमा डाक्टरहरु आन्दोलन गरिरहेको देखेपछि उनी घर फर्किन्। बिहीबार फेरि वीर अस्पतालमा भेटिएकी दयाले भनिन्, ‘आज पनि आन्दोलन रैछ तर चेकअप गराउन भने पाएँ, उपचार नगराई घर फर्किनु भन्दा त यहि भए पनि ठिक भो ।’,त्यस्तै, पेप्सीकोलाकी २८ वर्षीय पवित्रा कटुवाल १८ महिनाको छोरा बोकेर यता उता गर्दै डाक्टरलाई खोज्दै थिइन्। उनी बालख छोराको नाक र घाँटीमा समस्या देखिएपछि अस्पताल पुगेकी हुन्। उनले भनिन्, ‘डाक्टरहरुको माग जायज हो भने सरकारले सुन्दिनु पथ्र्यो, अस्पतालको अवस्था यस्तो भएपछि हामी कहाँ जाने?’,सिन्धुपाल्चोककी सृजना लामा वीर अस्पताल धाउन थालेको तीन दिन भयो। तीन दिनपछि आजको माहोलले उनको मनमा झिनो आशा जगाएको देखिन्थ्यो । ,उनी वरपरका टेबलमा पुगेर डाक्टर बारे बुझ्दै थिइन्। ‘तपाइलाई हेर्ने डाक्टर आउँदै हुनुहुन्छ’ भनेर अन्य डाक्टरले आश्वासन दिइरहेका थिए। उनले भनिन्, ‘डाक्टरलाई देखाउन पालो कुरेर बसेको डाक्टर आउन समय लाग्छ भन्नु भएको छ, जे भए पनि चेक गराउन पाइने भयो, खुशी लागेको छ।’,आम नागरिकका लागि आन्दोलनमा उत्रिएका छौँ भन्दै सरकारी चिकित्सकहरुले अस्पताल नै अवरुद्ध पारेपछि बिरामीको बिचल्ली भएको छ। टाढा टाढाबाट आएका बिरामी यसको थप चपेटामा परेका छन्। ,आन्दोलनका कारण बिरामीलाई समस्या बढ्दै गएपछि अस्पतालकै प्राङ्गणमा अपचार सेवा सुरु गरेको डा. सुशील मोहन भट्टराईले बताए। ‘हाम्रो आन्दोलनले विरामीलाई असर पुगेको छ, तर त्यो असरलाई हामीले सकेसम्म कम गर्ने कोसिर गरेका छौँ’, उनले भने, ‘हामी सधै विरामीहरुसँगै छौँ, त्यसैले प्रत्येक नागरिकले हामीलाई बुझ्नेछन् र सरकार नाङ्गिदै गएको छ।’ ,सरकारले भने स्वास्थ्य सेवा नै ठप्प पारी आन्दोलनमा उत्रिएका चिकित्सकहरुलाई तत्काल सेवामा नफर्किए कारबाही गर्ने चेतावनी दिएको छ। तर सरकारको कुनै पनि धम्कीले नडराउने भन्दै चिकित्सकहहरुले ७२ घण्टे अल्टिमेटम दिएका छन्। सरकार र चिकित्सक आ–आफ्नो अडानमा लाग्दा यसको मर्का भने विरामीले भोग्नु परेको छ। | प्रतिभा चन्द |
सरकारी डाक्टरको आन्दोलनले विरामीको बिचल्ली | चितवनकी रञ्जिता श्रेष्ठ सात महिनाको छोरो लिएर मंगलबार विहान वीर अस्पताल पुगेकी थिइन्। टाउकामा चोट लागेको छोरो बोकेर रञ्जिता अस्पताल पुग्दा त्यहाँको माहोल फरक थियो।,सेता कोट लगाएका डाक्टरहरु हातमा प्लेकार्ड र ब्यानर बोकेर बाहिर उभिएका थिए। १५ दिन पहिले रञ्जिता छोराको टाउकोको सल्यक्रिया गराएर फर्किएकी थिइन्। १५ दिनपछि फलोअपमा आउनु भनेकाले उनी मंगलबार वीरमा पुगेकी थिइन्। तर डाक्टरहरु आन्दोलन गरिरहेका थिए।,आन्दोलन गरिरहेका डाक्टरलाई उनले आफ्नो पीडा सुनाइन्। रञ्जिताको कुरा सुनेपछि एकजना डाक्टरले त्यहीँ चेकजाँच गरे र औषधि लेखिदिए। हुन त उनको छोराको राम्रोसित उपचार भएन, तर पनि रञ्जिता बालख छोरो लिएर घर फर्किन्।,सिन्धुलीका बिष्णुबहादुर पाख्रिङ ८ दिन अगाडि उपचारका लागि वीर अस्पताल पुगेका थिए। उनलाई डाक्टरले चेकजाँचका लागि रगत, पिसाब परिक्षण गर्न लगाए र परिक्षणको रिपोर्ट शुक्रबार देखाउन बोलाएका थिए। तर बिष्णुबहादुर भने शुक्रबारदेखि रिपोर्ट देखाउन डाक्टरलाई अस्पतालको परिसरमा कुरिरहेका थिए ।,‘उपचारका लागि थोरै पैसा बोकेर आएका थियौँ, सकिन लाग्यो, काठमाडौँमा आफ्नो कोही छैन’, उनले पीडा पोखे, ‘उपचार नगरि फर्किन पनि भएन, केही दिनका लागि दिएको औषधी पनि सकियो, आफैले किनेर खानुभएन ।’,सर्लाहीका मनोजकुमार साहको हालत पनि रञ्जिता र बिष्णुबहादुरकै जस्तो छ। उनलाई डाक्टरले हेपाटाइटिस बी भएको बताएका थिए। उपचारका लागि मनोज काठमाडौँ आएको ५ दिन भयो । वीर अस्पतालका डाक्टरले ओपीडी नखुलेसम्म रिपोर्ट नहेर्ने बताएका छन्। मनोजले भने, ‘ऋणपान गरेर उपचार गराउन आएँ, यहाँ अस्पतालको अवस्था यस्तो छ, यो पैसा सकिएपछि कसरी उपचार गराउनु ?’,जुम्लाका कृष्ण सार्कीलाई पित्थरीको समस्या भएपछि उनको पिसाबमा रगत देखिने र पिसाब बन्द हुने समस्या देखिएपछि चेकजाँचका लागि जिल्ला अस्पताल जुम्लामा पुगे। पिसाब नलीमा पाइप जोडेर जिल्ला अस्पतालका डाक्टरले वीर अस्पताल रिफर गरे।,उनी वीर अस्पताल धाउन थालेको ५ दिन भयो। डाक्टरले सल्यक्रिया गर्नुपर्छ भनेका छन्, उनको सल्यक्रिया भने गरिदिएका छैनन् ।अस्पतालमा भटिएका यी चार जना विरामी मात्रै होनन्। स्वास्थ्य मन्त्रालयका अनुसार सरकारी चिकित्सकको आन्दोलनका कारण प्रत्येक दिन १० हजार बिरामी प्रभाबित भइरहेका छन्।,बिरामीलाई सेवा दिने अर्थात उनीहरुलाई निको बनाउनेहरु नै यसरी आन्दोलनमा उत्रिदा १ लाख विरामी उपचार सेवा लिनबाट बञ्चित भएका छन्।सरकारी चिकित्सक संघ (गोदान)ले कर्मचारी समायोजनको बिरोध गर्दै गएको शुक्रबारदेखि आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्दै आन्दोलन गरिरहेको छ। प्रधानमन्त्रीले चिकित्सकहरुसँग गरेको प्रतिवद्धता पुरा नगरेको भन्दै गोदानले आन्दोलन गरिरहेको हो।,सरकारले भने स्वास्थ्य सेवा नै ठप्प पारी आन्दोलनमा उत्रिएका चिकित्सकहरु तत्काल सेवामा नफर्किए कारबाही गर्ने चेतावनी दिएको छ।तर सरकारको कुनै पनि धम्कीले आफूहरु नडराउने गोदानका अध्यक्ष डा. दिपेन्द्र पाण्डेले बताए।,उनले भने, ‘हामी आफ्ना लागि लडेका छैनौँ, हामी त जनताका लागि लडिरहेका छौँ, त्यसैले सरकारको कुनै पनि धम्कीले डराउनेवाला छैनौँ । किनकी, हामी राजीनामा पत्र सँगै बोकेर हिडिरहेका छौँ। जागिर गए पनि सर्बसाधारण भएर सरकारको यो निर्णयविरुद्ध लडिरहन्छौं।’ | प्रतिभा चन्द |
क्यान्सर उपचारमा नेपाली किन बाहिर ? | क्यान्सर रोगको उपचारमा नेपाल सक्षम र सवल भइसकेको दाबी नेपाली चिकित्सकले गर्दै आएका छन्। यो उपचार लक्षित निजी क्षेत्रअन्तर्गत अस्पताल खोल्ने क्रम बढ्दो छ।,निजी क्षेत्रले ८० प्रतिशत क्यान्सरको जाँच र उपचार नेपालमै सम्भव भएको दावी गर्दै आएको छ। केही तथ्य सकरात्मक छन्। रक्त क्यान्सरको उपचारका लागि ‘बोनम्यारो’ प्रत्यारोपणको सेवा सरकारी अस्पतालमै सुरु भएको भएको छ।,र, स्वदेशकै उपचारले क्यान्सर रोगमाथि जित हासिल गर्नेहरु नभेटिएका पनि होइनन्। तर पनि यो रोगको उपचारका लागि भारतदेखि, बैंकक, सिंगापुर र अमेरिका धाउनेहरुको संख्यामा कमी आएको देखिँदैन।,विदेशमा उपचारका क्रममा जीवनभरको कमाई मात्र नभई पूरै जायजेथानै गुमाउनेको संख्यात्मक ग्राफ क्रमशः उकालो लाग्दो छ । एक तथ्याङ्क अनुसार मुलुकमा १० हजार क्यान्सरका बिरामी दर्ता छन्।,त्यति नै संख्याको हाराहारीमा क्यान्सरका बिरामी दर्ताबिहिन अवस्थामा छन् । दर्ता नभएका क्यान्सर रोगीहरुमध्ये अधिकांशले विदेसमा उपचार गराउने गराइरहेको दाबी चिकित्सकहरुको छ।,देशभित्रै उपचार सम्भव हुँदा हुँदै पनि आखिर किन बिरामी विदेश धाउने क्रम जारी त ? अनि विदेशमा उपचारको क्रममा बिरामीको अनुभव कस्तो छ त ? त्यसको केही तस्बिर यहाँ प्रस्तुती गरिएको छ ।,केही दिन अघि भक्तपुरस्थित क्यान्सर अस्पतालमा बिरामीका भिडमा रिर्पोटहरुले भरिएको झोलासहित भेटिए, पुरञ्जन शाह। मनको निराशा उनको हँसिलो अनुहारभित्र लुकेको छ। जीवनबारे भिन्न सपना बुन्दै गरेको ११ कक्षामा अध्ययनरत धादिङ त्रिपुरासुन्दरीका १७ वर्षिय शाह।,करिब तीन वर्षअघि छातीमा सानो गिर्खा महशुस गरेपछि आत्तिदै नेपाल मेडिकल कलेज जोरपाटी आइपुगे उनी। उनलाई भर्ना गरेर एक्सरे, सिटी स्क्यान र एमआरआई गरियो । छातीमा दाग देखियो, त्यो पनि हाडमै टाँसिएको। चिकित्सकले दागको ‘डाइग्नोस’ र उपचार आफ्नो अस्पतालमा संभव नभएको बताए ।,शाहले उपचार कहाँ संभव छ भन्ने स्पष्ट जानकारी समेत पाएनन्। चिकित्सकको जवाफ रुखो लाग्यो उनलाई । त्यसैले धेरै कुरा सोधेनन्।,तर विकल्प खोजी नै रहे । आफन्तको सल्लाहमा उनी बीर अस्पताल पुगे । ‘सिनियर’ चिकित्सकलाई भेट्न मौका पाएनन् । तर ‘जुनियर’ बाट पनि स्पष्ट सल्लाह पाउन सकेनन्। जाँचका लागि समय धेरै लाग्ने भनियो, कुर्न सक्ने अवस्था थिएन ।,दुखाई बढ्दै थियो र त्यही अनुपातमा नकारात्मक सोच पनि हाबी हुँदै थियो। शिक्षण अस्पतालको अवस्था पनि बीर भन्दा भिन्न थिएन। अन्ततः उनको पाइला निजीतर्फ मोडियो। र, बुद्धनगरस्थित ह्याम्स उनको गन्तव्य बन्यो।,त्यहाँ उनको सिटीस्यान गरियो तर, रिर्पोट धमिलो आयो भनियो। ग्रान्डी अस्पताल पुगे । तीन दिनपछि ‘बायोस्पी’ रिर्पोटले त्यो दाग क्यान्सर भएको पुष्टि गर्यो। तर चिकित्सकले क्यान्सर भनेर मुख खोलेनन्।,उनीहरुले पुरन्जनलाई कुनै एउटा रोग भने । त्यसपछि उनी हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पताल पुगे। हरिसिद्धिले ग्राण्डीबाट ‘बायोस्पी’ को ‘स्लाइड’ मगाएर भारत पठायो। सिटी, एक्सरे लगायतका जाँच फेरि ग¥यो। हरिसिद्धि पुगुञ्जेल उनले करिव एक लाख रुपैयाँ खर्च गरेका थिए तर रोगको स्पष्ट जानकारी पाएका थिएनन्।,भारतबाट रिर्पोट आयो । र, किमोथेरापी सुरु गरेपछि बल्ल उनले आफूलाई क्यान्सर भएको पत्तो पाए। सुरुमा तीन ‘साइकल’ लिएपछि गरिएको ‘एक्सरे’मा फोक्सोमा पानी जमेको देखियो ।,चिकित्सकले किमोथेरापीकै ‘साइड ईफेक्ट’ भएको र त्यसको उपचार आफूहरुले गर्ने बताए। उनी किमोथेरापीका बेला के गर्न हुन्छ के गर्न हुन्न भन्नेबारे जानकार थिएनन्। पुरञ्जनले सोधे, ‘एउटा रोग निवारण गर्न आएको म अर्को रोग बोकेर कसरी जाउँ?’ चिकित्सकले उनको फोक्सोबाट पानी निकाले । त्यसको जाँचका लागि २४ हजार तिरे ।,त्यसअघि एक ‘कोर्ष’ किमो र अस्पताल भर्ना शुल्कमै ३ लाख भन्दा बढी बुझाइसकेको उनको दाबी छ। पाँच–पाँच दिनमा रगत जाँच गर्नु पर्ने अर्को बाध्यता थियो उनका सामु । किमोको चौथो साइकल लिँदा पुरञ्जनले चिकित्सकलाई सोधे, ‘पहिले भन्दा धेरै गाह्रो भयो किन?’ चिकित्सकको जवाफ थियो, ‘कमजोरीले हो । तपाईँले सन्तुलित खान र सरसफाईमा विशेष ध्यान दिनुहोस संक्रमणबाट जोगिन ।’,उपचारका लागि पैसा जुटाउनु उनको प्रथामिकता थियो । सन्तुलित खाना, आराम, व्यायम वा सरसफाई त्यसपछिका चिन्ता बने । पाँचौ किमोको तयारी गर्दा उनको रगत ‘काउन्ट’ मा धेरै कमी आयो । करिब तीन हजारको एउटा ‘इन्जेक्सन’ २४ घण्टाको फरकमा लगाए सातादिनसम्म । रगत काउन्ट बढेपछि किमो चढाए । चिकित्सकले भने ‘शल्यक्रिया नगरी तिम्रो घाउ निको भने अब घर जाउ।’,पुर्नजीवन पाएको अनुभव गर्दै उनी गाउँ फर्किए, आफन्त र छिमकी पनि दंग परे । तीन महिनामा ‘फलोअप’ मा पनि आए। तर करिब ९ महिनामा नेपाली सेनामा भर्ति हुन गएका उनी स्वास्थ्य जाँचका क्रममा फालिए, छातीको एक्सरेले फेरि त्यही दाग देखायो । क्यान्सर पुरानै हो या नयाँ ठाउँमा फैलिएको भन्ने निधो पाउन सकेनन् र फेरि जोरपाटी हुँदै हरिसिद्धि पुगेर सिटीस्क्यान दोहोराउनु प¥यो उनलाई। चिकित्सकले भने, ‘क्यान्सर फर्किएको छ ।’,किमो दोहोराइयो तीन पटक। नतिजा राम्रो आएन। चिकित्सकले मुटु र फोक्सोको नजिक क्यान्सर देखिएको र त्यसको शल्यक्रिया जटिल भएको अनि शल्यक्रियाको सफलताको ग्यारेन्टी दिन नसक्ने बताए । ‘म निकै डराएँ,’ पुरञ्जनले सम्झिए, ‘विकल्पमा फेरी चार ‘साइकल’ किमो लिए । दाग घटेन ।’,अन्तत दिल्ली गए उनी केही ऋण आफन्तबाट लिएर । केही खेतबारी धितो पनि राखेर। नेपालका सबै रिपोर्ट हेरिसकेपछि दिल्लीको सर्वोदय अस्पतालका चिकित्सकले उनलाई सबैभन्दा पहिले ‘होल पेट सिटी’ गराए।,र भने,‘ तपाईको छातीमा वंशाणुगत क्यान्सर छ । उपचारका लागि शल्यक्रिया, किमो र रेडियोथेरापी पनि गर्नु पर्छ । उपचारको अनुमानित करिव २५ पर्थ्यो । ९ महिना बस्नु पर्ने भयो उनलाई । उनको बुवाको निदार खुम्चियो, पैसा जुटाउने कुनै माध्यम थिएन । उनको करिव २५ लाख खर्च भइसकेको थियो।,रित्तै नेपाल फर्किए पुरञ्जन। दिल्लीका चिकित्सकले उनको क्यान्सर दोस्रो ‘स्टेज’ मा रहेको र उपचार गरे निको हुने बताएका थिए। त्यसले उनलाई फेरि झस्कायो र विकल्पको रुपमा भक्तपुरस्थित क्यान्सर अस्पताल रोजे ।,तर शल्यक्रिया र किमोको निधो पाउन सकेनन् र रेडियोथेरापीका लागि तीन महिना पर्खनु पर्ने चिकित्सकले बताए। तर तीनै चिकित्सकले बाहिर आफ्नो क्लिनिक भएको र त्यहाँ रेडियोथेरापी डेढ लाखमा केही दिनभित्रै आश्वासन दिए। यो विन्दुमा पुग्दा उनले आफुसँग मुत्युको विकल्प नरहेको ठानेका छन्।,शायद सुरुमै भक्तपुर क्यान्सर अस्पतालकै चिकित्सकहरुले बाँकी जाँच र उपचार कहाँ गराउने भन्ने स्पष्ट जानकारी दिएको भए उनको शरीर र आर्थिक अवस्था यति जीर्ण हुने थिएन।,आफु विज्ञ नभए पनि सबै रोगको उपचार गर्न सक्छु भन्ने प्रवृति केही नेपाली चिकित्सकहरुमा छ। आफूले नसक्ने रोगको उपचारका लागि बिरामीलाई अन्य चिकित्सक वा अस्पताल मा पठाउने प्रवृति चिकित्सकहरुमा छुट्टै छैन ।,पुरञ्जनले पहिलो पटकनै त्यो समस्या भोगे । र उनी एक्ला छैनन् त्यस्तो समूहमा ‘क्यान्सरबाट ग्रस्त धेरै बिरामी १० ठाउँमा धाएर अन्तिम अवस्थामा मात्रै सम्बन्धीत विशेषज्ञकहाँ आइपुग्छन् तर धेरै ढिलो । सरकारीबाट निजी अस्पतालमा ‘रिफर’ गर्ने प्रवृति धेरै छ । तर निजीबाट जतिसुकै राम्रो र उपयुक्त भएपनि सरकारी अस्पतालमा ‘रिफर’ गर्ने चलन छै न। अक्सरी बिरामीको मुखबाट सुनिन्छ,‘ पैसा सकिएपछि सरकारी अस्पताल पठाइयो मलाई ।’,पुरञ्जनको गुनासो छ, ‘म गाउँको मान्छे । कुन डाक्टरलाई कहाँ भेट्ने थाहा थिएन । सिधै क्यान्सरको डाक्टरकहाँ जाउ भनिदिएको भए मेरो बाँच्ने रहर पूरा हुन्थ्यो कि।’,सरकारी अस्पालका एक क्यान्सर रोग विशेषज्ञ भन्छन्,‘ बिरामी धेरै ठाउँमा धाएर पैसा पनि सकेर अनि रोग पनि जटिल बनाएर मात्रै हामीकहाँ आपुगेका हुन्छन् । त्यो बेला हामीले सहयोग गर्ने संभावना कम मात्रै हुन्छ।,बिरामीको भोगेबाट एउटा निष्कर्ष निकाल्न सकिन्छः सरकारी अस्पालको कमजोर र सुस्त सेवा मुख्य कारक बिदेसिनुमा। त्यसो त क्यान्सर रोग लागेपछि आर्थिक हैसियत बलियो हुनेपनि एकपटक सरकारी अस्पताल पुग्ने गर्छन। र, तुरुन्तै विदेस हानिन्छन् । तर विपन्नहरुले भने धाउँदा धाउँदा प्राण नै त्याग गर्नु पर्ने स्थिति निम्तिन्छ।,क्यान्सरको उपचार सरकारी तहमा वीर र चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल मात्रै हुन्छ । चिकित्सकका अनुसार क्यान्सर उपचारका लागि शल्यक्रिया, किमोथेरापी र रेडियोथेरापी तीनवटै उपचार विधि महत्वपूर्ण मानिन्छन्।,तर यी तीनैवटा उपचार निजीमा अत्यन्तै मंहगो छ । यस्तै सामुदायिक भए पनि सरकारी अस्पतालको तुलनामा भक्तपुर क्यान्सर अस्पतालको उपचार महँगो छ । पालो पाउन कम्तिमा तिन महिना पर्खनु पर्ने अत्यास लाग्दो अवस्था छ ।,वीरले ४० रुपैयाँको ओपीडी टिकेटमा जाँचेर पाँच हजारमा रेडियोथेरापी दिँदै आएको थियो कुनै बेला बिरामीलाई । त्यो सेवा ठप्प भएपछि त्यहाँका प्राय चिकित्सकले बिरामीलाई भक्तपुर या भरतपुर पठाउँदै आएका छन् । जहाँ लामो प्रतिक्षा सूचि हुने गर्छ ।,लामो प्रतिपक्षाको विकल्पका रुपमा मुलुकका निजी अस्पताल या दिल्ली उनीहरुको विकल्प हुने गर्छ । स्वाभाविकरुपमा अन्तत नजिकको तीर्थ हेलाँहको बन्ने गर्छ।,वीर अस्पतालले सबैभन्दा पहिले क्यान्सरको उपचार थालेको थियो । तर अस्पतालभित्रको राजनीति र कमिसनको चक्करले यहाँको उपचार सबैभन्दा कमजोर छ। अस्पतालले जिन, क्रोमोजम लगायतका ‘डाइग्नोष्टिक टेस्ट’ लागि बिरामी बाहिर पठाउँछ, कतिपय ‘स्याम्पल’ पनि ।,शल्यक्रियाका लागि छुट्टै सर्जन र विभाग छैनन्। किमोका लागि बिरामीले प्रतीक्षा गर्नु पर्छ। रेडियोथेरापी सेवा ठप्प भएको तीन वर्ष बित्यो। पुरानो रेडियोथेरापी मेसिनको साटो नयाँ किन्ने प्रक्रिया थालिएको झण्डै पाँच वर्षसम्म पनि निश्चित हुन सकेको छैन।,अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतकाअनुसार नयाँ रेडियोथेरापी मेसिन ल्याउने र बिग्रिएको कोबाल्ट ६० रेडियोथेरापी मेसिनलाई लैजाने सम्झौता सम्बन्धीत कम्पनी ‘एकुरे’ सँग भए पनि कार्यान्वयन हुन सकेन।,फलतः करोडौको लागतमा तीन वर्ष खर्चिएर आएको नयाँ मेसिन राख्ने ठाउँ छैन। उक्त मेसिन खरिदका बेला अस्पतालका केही चिकित्सकबाटै समेत चलखेल भएपछि खरिद प्रक्रिया लम्बिएको थियो।,उक्त मेसिनलाई हाल अस्पतालको बाहिर सुरक्षाको घेरामा राखिएको छ। मेसिन सञ्चालनमा आएमा भए रेडियोथेरापीको एउटा ‘कोर्ष’ पूरा गरेको पाँच हजार रुपैयाँमा उपलब्ध हुन सक्छ। रेडियोथेरापीका लागि विरामीहरुले भक्तपुरमा ३५ हजार देखि चालिस हजार र निजी अस्पतालमा साढे दुई लाखसम्म तिर्नुपर्ने बाध्यता अहिले छ।,वीरमा उक्त सेवा नहुँदा भक्तपुरमा बिरामी चाप पनि बढ्दो छ। त्यसैले उनीहरुले निजीमा एक पटकका लागि डेढ लाख रुपैयाँ खर्च गरे भोलिपल्टै रेडियोथेरापी गर्न पाउने शर्त अघि सार्ने गरेका छन् । पुरन्जनसँग पनि त्यस्तै विकल्प छ । तर उनी अर्को निर्णयमा पुग्न सकेका छैनन्।,कमसेकम रेडियोथेरापी सेपा निःशुल्क उपलब्ध गराउनु पर्ने कति विज्ञहरुको धारणा छ । वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ प्राध्यापक डा. विष्णुदत्त पौडेल भन्छन्, ‘सरकारी सेवा चुस्त र स्तरीय नबनाएसम्म उपचारका लागि बिरामी बाहिर गए भन्नुलाई आश्चर्य मान्नु पर्दैन। गइरहेका छन् र जानेछन् ।’,स्वास्थ्य मन्त्रालयको क्यान्सर कोषका सदस्य समेत रहेका डा. पौडेलले वीर अस्पताल सबै क्यान्सरको निदान र उपचार गर्न सक्षम रहेको भन्दै तत्कालै सरकारी स्रोतबाटै ‘बृहत क्यान्सर उपचार केन्द्र’ बनाउन सकिने प्रस्ताव प्रधानमन्त्री केपी ओली समक्ष आफूले राखेको बताए ।,सरकारले सूर्तीजन्य उत्पादनमा लगाएको करबाट क्यान्सर कोषमा वर्षेनी करोडौँ रुपैयाँ जम्मा हुँदै आएको छ । तर, त्यो कोषलाई प्रभावकारी रुपमा परिचालन गर्ने सम्बन्धमा सरकारले कुनै प्रष्ट कार्ययोजना ल्याउन सकेको छैन ।,कोषको केही रकम अनुदानमा खर्च हुने गरेको छ । तर सरकार गम्भीर र सकारात्मक भएमा त्यही आम्दानीबाटै उक्त केन्द्र सन्चालन गर्न सकिने वरिष्ठ चिकित्सकहरुले दाबी गर्दै आएका छन् ।,क्यान्सर उपचारका लागि नेपाली विदेश जानुमा ‘पेट स्क्यान’ नहुनु अर्को कारण हो । एकातिर सरकारले आफै पेटस्क्यान सेवा दिन नसक्ने र अर्कोतर्फ निजीले सुुरु गरेको उक्त सेवा अत्यन्त मँहगो हुँदा बिरामीले सस्तो विकल्पका रुपमा विदेसको उपचार छनौट गर्ने गरेका छन् ।,चिकित्सका अनुसार पेटस्क्यानले क्यान्सरको उपचार कति प्रभावकारी भइरहेको छ भन्ने पत्ता लगाउँछ र त्यसका आधारमा चिकित्सक तथा बिरामी उपचार प्रक्रियालाई अघि बढाउँछन् । पुरन्जनको क्यान्सर एघार पटकसम्म केमो दिँदा पनि घटेको वा बढेको निधोमा पुग्न चिकित्सक नसक्नुका पछाडि शायद समयमा पेटस्क्यान नहुनु पनि कारण थियो ।,पुरन्जनलाई निजी क्षेत्रले सन्चालन गरेको पेटस्क्यान गर्न नसुझाइएको होइन । तर, सस्तो विकल्पको खोजीमा उनी भारत हानिए । त्यहाँ पुग्नासाथ सुरुमै पेटस्क्यान गराए । र, क्यान्सरका सबै उपचार शल्यक्रिया, केमोथेरापी र रेडियोथेरापी गर्नुपर्ने निष्कर्ष त्यहाँका चिकित्सकले सुनाए ।,पुरन्जनजस्तै नेपालमा पेटस्क्यान सेवा महँगो ठानेर विदेश जानेहरुको संख्या बर्सेनि बढ्दो छ । यता कमिसन र अकमर्णयताका कारण पेटस्क्यान खरिद रोकिएको छ।,२०७० सालमा राष्ट्रपति रामवरण यादवले ७३ लाख सरकारी रकम लिएर जापान पुगी आफ्ना्े ‘पेटस्क्यान’ गरे। त्यसको विरोध थामिनसक्नु भएपछि सरकार आफैले ‘पेटस्क्यान’ र त्यसका लागि चाहिने औषधि उत्पादन गर्ने मेसिन (मिनीसाइक्लोट्रोन) खरिद गर्ने घोषणा गर्यो बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका लागि ।,
अस्पतालले पनि तत्कालै अर्थात २०७० साल पुस १० गते विज्ञहरुसहितको छलफल डाक्यो र २९ गते ४० करोड ५० लाखमा ती दुई मेसिन खरिद र सञ्चालनका लागि बंकर निर्माण गर्न सकिने निर्णयसहितको प्रतिवेदन मन्त्रालयलाई बुझायो।,मेसिन खरिदका लागि मन्त्रालयका विशेषज्ञ डा. पदमबहादुर चन्दको संयोजकत्वमा एक उपसमिति पनि बन्यो। मन्त्रालयले आर्थिक वर्ष २०७१–७२ देखि लगातार तीन वर्ष उक्त मेसिन खरिदका लागि बजेट छुट्यायो । ‘ग्लोबल टेन्डर’ भयो । तर अस्पतालको सञ्चालक समितिले टेन्डर स्वीकृत गर्नु अगावै तत्कालीन स्वाथ्यमन्त्री खगराज अधिकारीले उक्त प्रक्रिया अघि नबढाउन निर्देशन दिएका थिए।,त्यसपछि टेन्डर प्रक्रियामा सहभागि सर्वोच्चमा पुगे। अघिल्लो वर्ष मुद्दाको फैसला पनि भयो । बजेट छुट्याउने क्रम जारी नै थियो तर चालु आर्थिक वर्षमा स्वाथ्य मन्त्रालयले अस्पतालले मेसिन खरिद गर्न नसकेको भन्दै त्यसमा हस्तक्षप गरि बजेट दिन छोड्यो।,बजेटमा मन्त्रालयको अनुगमन मूल्याकंन तथा योजना सुदृढीकरण कार्यक्रमअन्तर्गत पेटस्क्यान मेसिन खरिद गर्ने तथा तिनकुनेमा आधुनिक स्वास्थ्य प्रयोगशाला र मिर्गौला उपचार केन्द्र स्थापना शीर्षकमा ४३ करोड रुपैयाँ बिनियोजन गर्ने नयाँ निर्णय लियो। स्वास्थ्य सचिव डा. पुष्पा चौधरी पेटस्क्यान र त्यसका लागि चाहिने औषधि उत्पादन गर्ने मेसिन खरिदका लागि गृहकार्यमा मन्त्रालय लागेको दाबी गर्छिन्।,राजधानीमा सञ्चालित दुई निजी संस्था कुण्डलीनी र सौर्य डाईग्नोसिसले पेटस्क्यान मेसिन केही वर्षदेखि सन्चालनमा ल्याएका छन । एकपटक उक्त सेवा लिँदा बिरामीहरुले करिब ५५ हजार तिर्नुपर्छ । यहाँ त्यो रकम मंहगो भएको भन्दै बिरामी दिल्ली धाउँछन् ।,वीर अस्पतालका न्यूक्लिअर मेडिसिन विशेषज्ञ डा. सागर महर्जन अनुसार नेपालमा सुरु भएको पेटस्क्यान सेवामा प्रयोग गरिने औषधि साइक्लोटेन मेसिनबाट उत्पादन गरिन्छ । यो उत्पादन भएलगत्तै विकिरण निस्कन थाल्छ । जुन करिब दुई घन्टामा आधा हुन्छ । त्यसकारण उक्त औषधि भारतबाट ल्याउँदा निकै महँगो पर्छ । त्यसकारण नेपालमा पेटस्क्यान सेवा महँगो पर्न गएको महर्जनको तर्क छ । उनले कुण्डलीनीमा ‘पार्ट टाइम’ ‘पेटेस्क्यान’ चलाउँदै आएका छन्।,पेटस्क्यानका लागि आवश्यक औषधी नेपालमै उत्पादन गर्न सकिने र त्यो सरकारले गर्न सके निजी क्षेत्रले समेत सस्तोमा पेट स्क्यान सेवा दिन सक्ने महर्जनको सुझाव छ ।,महर्जन भन्छन, ‘सरकारले आफैले पेटस्क्यान र औषधि उत्पादन गर्ने मिनी साइक्लोट्रोन मेसिन खरिद गरेरर औषधी निजीलाई वितरण गर्न सक्यो भने सेवा सस्तो हुनेछ र त्यसका लागि बिरामीहरु विदेसीनु पर्दैन ।’ पेटस्क्यान प्रदेशका अस्पतालमा स्थापना गरी केन्द्रिय अस्पतालले सहजै वितरण गर्न सक्ने उनी बताउँछन् । त्यसका लागि जनशक्ति पनि नेपालमै भएको उनको दाबी छ ।,हरिसिद्धिमा पनि करिब ८० प्रतिशत उपचार संभव भएको त्यहाँका चिकित्सकले दाबी गर्छन्। हरिसिद्धि अध्यक्ष डा. सुदिप श्रेष्ठले भने आफूहरु भारतमा भन्दा सस्तो मूल्यमा सबै उपचार सेवा प्रदान गरेको बताउँछन् ।,उनी भन्छन्,‘ मेसिनलाई चाहिने सबै कुरा भारतबाट ल्याएर पनि हामीले संसारकै सस्तो मूल्यमा सेवा दिइरहेका छौँ । नेपालका बिरामीले सरकारी सहुलियतमा पाउने सेवा तुलना गर्दा मात्र हामीकहाँ आउँदा उहाँहरुलाई मंहगो लाग्ने हो । भारतमा सस्तो भनेर जानेहरुले त्यो भोगिसक्नु भएको छ ।’,विशिष्ट व्यक्तिहरुले उपचारका लागि सरकारबाट सहुलियत पाउँछन् । सरकारले पैसा दिने भएपछि ठूलै देश, ठूलै सहर र ठुलै अस्पताल पुगेर उपचार गराउने उनीहरुको मानसिकता छ। त्यतिमात्र होइन कतिपय पूर्वमन्त्री र सांसदहरुले सरकारी खर्च लिएर विदेश नै उपचार गरेका छन् ।,यो प्रवृत्तिका कारण आम सर्वसाधारणमा नेपालमा क्यान्सर लगायतका गम्भीर रोगको उपचार छैन भन्ने सन्देश प्रवाह भएको चिकित्सकहरु बताउँछन् । चिकित्सकका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीको रगतको क्यान्सर उपचार गर्न नेपालनै सक्षम थियो । तर उनले पनि सरकारी रकममा भारत पुगेर उपचार गराइन् ।,डा. पौडेल भन्छन्, ‘धेरै प्रकारका क्यान्सरको उपचार नेपालमै हुन्छ । हामी तपाईको उपचार गर्न सक्षम छौ भन्दाभन्दै पनि बिरामीहरु सहुलियत पाइएको छ एकपटक बाहिर गएर आउँन त भन्दै जानुहुन्छ । हामीले रोक्न मिल्दैन।’ समाजमा विशिष्ट छवी बनाएका व्यक्तिहरुले पनि नेपालको स्वास्थ्य सेवाप्रति अविश्वास गर्ने प्रवृत्तिले सामान्य नागरिकलाई पनि विदेश जान प्रेरित गर्ने गरेको उनको भनाई छ ।,आफ्नो नाम नभन्ने सर्तमा एक चिकित्सक भन्छन्,‘ नेताहरु सबै बाहिर जान खोज्छन् उपचारका लागि । नेपालको सरकारी स्वास्थ्य सेवा बलियो बनाउने भाषण मात्रै हो उनीहरुको ।’,नेपालमै उपचार संभव भएका क्यान्सरका बिरामीलाई कतिपय चिकित्सक र अस्पतालले कमिसनका लागि बाहिर भारत पठाउने गरेका छन्। यसबारेमा खासगरी केही निजी चिकित्सक र अस्पतालले भारतका विभिन्न अस्पतालसँगको सहकार्यमा कमिसनका लागि नेपालबाट बिरामी पठाउने गरेका छन् ।,त्यसको मारमा क्यान्सरका बिरामी धेरै परेका छन्। एकजना वरिष्ठ चिकित्सक भन्छन्, ‘कमिसनको कुरा गर्यो भने भुईचालो आउँछ । त्यसैले म यसबारे बोल्नै चाहन्न ।’ तर चिकित्सकले कमिसनका लागि आफूलाई भारत पठाएको भन्ने पत्तो भने बिरामीले पाउने गरेको छैनन्। नत भारतमा आफू उपचारका नाममा ‘लुटिएको’ नै थाहा पाउँछन् ।,नेपालकै अस्पताल र चिकित्सकले कमिसनका लागि भारतका विभिन्न अस्पताल पठाउने गरेको गुनासो बढेपछि नयाँ दिल्लीस्थित नेपाली दूतावासले परराष्ट्रमन्त्रालयलाई काठमाडौँमा रहेका भारतीय अस्पतालका सम्पर्क कार्यलय र त्यस्तो सिफारिस गर्ने निजी क्षेत्रका चिकित्सकमाथि अनुसन्धान गर्न तथा आवश्यक कारवाही गर्न पत्राचार गरेको थियो।,सरकारले केही वर्षयता क्यान्सरको उपचारका लागि विपन्नलाई एक लाख बराबरको उपचार सेवा निःशुल्क प्रदान गर्दै आएको छ । तर, त्यही सेवा लिन पनि विपन्नलाई हम्मेहम्मे पर्छ । कतिपयलाई जानकारी समेत छैन ।,त्यसमाथि केही चिकित्सकले अस्पतालभित्रको सामान्य एक्सरे लगायतको सेवा मात्रै निःशुल्कमा पार्ने र केमोथेरापीका लागि आवश्यक पर्ने औषधि बाहिर किन्न पठाएर कमिसन खाने गरेको गुनासो समेत हुँदै आएको छ । यही अविश्वासले पनि बिरामीहरु विदेशिने गरेको स्वयं चिकित्सकहरु समेत स्वीर्काछन् ।,करिब तीन वर्षअघि स्वास्थ्यमन्त्री गगन थापाका पालामा सरकारले ल्याएको निःशुल्क सेवालाई प्रभावकारी बनाउन लामो अध्ययनपछि बनाइएको एउटा प्रोटोकलमा क्यान्सरको चरण र बिरामीको उमेर हेरेर सरकारले निःशुल्क सेवा उपलब्ध गराउन प्रस्ताव गरिएको थियो । यो प्रस्ताव कार्यान्वयन भएको भए पुरञ्जनजस्ता बिरामी पर्यटकीय रोगी बन्नु पर्थेन ।,प्रोर्टोकल निर्माणमा सहभागि वीर अस्पतालकी क्यान्सर रोग विशेषज्ञ डा. सन्ध्या चापागाई भन्छिन्, ‘आर्थिक अवस्था कमजोर भएका बिरामी हुन्छन् । तर उनीहरुको उपचार सम्भव भएका क्यान्सरको उपचार गर्न सक्षम नहुँदा पनि समस्या भएको छ । त्यसमा सरकारले सहयोग गर्नु पर्छ भन्ने हाम्रो मान्यता हो ।’,एकातर्फ सरकारको निःशुल्क सेवा प्रभावकारी हुन सकेको छैन भने अर्कोतर्फ रोग नियन्त्रणका लागि ल्याइएको कानुनको कार्यान्वयन पनि फितलो छ । सरकारले क्यान्सर लगायतका रोग नियन्त्रणका लागि सूर्तिजन्य पदार्थको नियमन तथा नियन्त्रण सम्बन्धी ऐन ल्याएको थियो ।,तर त्यो ऐन स्वास्थ्य मन्त्रालय वा वीर अस्पतालको ढोकै अगाडि समेत कार्यान्वयन हुन सकेको छैन । मन्त्रालय र अस्पतालकै दैलोमा सूर्तिजन्य पदार्थको निर्वाधरुपमा हुँदै आएको कारोवारले राज्यको कानुन कार्यान्वयनको पक्ष कति निष्प्रभावी छ भन्ने पुष्टि हुन्छ ।,क्यान्सर रोगीहरु उपचारका लागि विदेसिनुमा सामाजिक मनोविज्ञान पनि त्यत्तिकै दोषी देखिन्छ । एक साता अघि आफ्नी ५४ वर्षीय आमा डोमी शेर्पालाई उपचारका लागि भक्तपुर क्यान्सर अस्पताल पुर्याइएकी सोलुखुम्बु खोरियाकी पेमा शर्मालाई अस्पतालका मेडिकल अंकोलोजिष्ट डा. रोशन प्रजापती भन्दै थिए, ‘तपाईँको आमालाई विदेश लग्न पर्दैन । यहाँ जे उपचार गरिन्छ त्यहाँ पनि त्यही हो अब । क्यान्सर चौथो स्टेजमा पुगिसकेको छ ।’,चिकित्सकका अनुसार डोमीको पेटमा देखिएको क्यान्सर कलेजोसम्म फैलिसकेको र त्यसले आन्द्रामा अवरोध पुगेर वान्ता हुने समस्या देखिएको छ । तर, पेमाको जवाफ थियो, ‘आमालाई एक पटक त जसरी पनि दिल्ली पुर्याउनु पर्छ हैन भने आफन्त र छिमेकीले कुरा काट्छन्।’,डा. प्रजापति भन्छन्, ‘सामाजिक मनोविज्ञानले गर्दा बाहिर लग्नै नपर्ने कतिपय बिरामीलाई अनाहकमा पैसा खर्च गरेर आफन्तले लगेका छन् । क्यान्सर अन्तिम चरणमा भए पनि मानिसलाई आफ्नो मान्छे बचाउने चाहना हुनु स्वभाविक पनि हो । तर निको नहुने क्यान्सरका लागि जहाँ लगेपनि उही अवस्था हो भन्ने बुझाउन गाह्रो छ ।’ कतिपय बिरामी सन्तुष्टीका लागि मात्रै पनि लाखाँै रुपैयाँ खर्च गर्न बाध्य छ ।,शेर्पाले बाध्यता पोख्दै भनिन्, ‘बाहिर नलग्दा पछुतो होला भनेर आफन्तले नै दबाब दिइरहेका छन्, जबकी यहाँको डाक्टरले स्पष्ट भनिसक्नु भयो यो क्यान्सरको उपचार जहाँ गए पनि एउटै हो अब । तर हामी बाध्य भएर आमालाई दिल्ली लग्दैछौँ । आमा पनि बाहिर जान चाहनुहुन्छ।’,शेर्पाले आमालाई लगेर त्यहाँका चिकित्सकलाई देखाउन मात्रै करिब ३ लाख खर्च हुने अनुमान गरेकी छन् । | दिपा दाहाल |
क्यान्सरलाई पराजित गरेपछि आमा बनेकी यशोधा | वर्ष गन्दा सात पुगेछ यशोधा दाहाललाई क्यान्सर भएको। वर्षहरु एकपछि अर्को थपिँदै जान्छन् उनलाई लागेको घाउँको खाल्टो उत्तिनै पुरिँदै जान्छ।,यशोधालाई थपिँदै गएका नयाँ वर्षहरुले नयाँ खुशीको अनुभव गराउँछ, उत्साह थप्छ, उमंग ल्याउँछ। बितेको सात वर्षसँग उनको जीवनको सबैभन्दा खुशी, सुखी पल अनि भयको सम्बन्ध छ।,उनी अहिले स्वस्थ छिन्, तर सात वर्ष अगाडि उनको ज्यानलाई सञ्चो थिएन।,यशोधाले सम्झना थालिन्, ‘मास्टर्स सकेर म घर गएको थिए, स्थानीय स्कूलमा पढाउन थालेको थिए। केही दिनदेखि ढाड दुख्न थाल्यो, जचाँउन मेची अस्पताल जाँच गर्दा अण्डासयमा सिस्ट देखियो।’,कीर्तिपुरमा बसेर पढेकी हुन् यशोधाले। अर्थशास्त्रमा स्नातकोत्तर सकिएपछि उनी झापा फर्केकी थिइन्। झापा फर्कनु अगाडि उनले लोक सेवा आयोगमा परिक्षा पनि दिएकी थिइन्।,स्कूल जाँदै गर्दा एकदिन उनलाई ढाड दुख्न थाल्यो। पीडा सामान्य थियो। तर पनि के भएको रहेछ भन्ने जानौँ भनेर उनी अस्पताल गईन्। उनलाई अस्पतालमा हेरेका डाक्टरले पत्थरी भएको शंका गरेका थिए। भिडियो एक्सरे गरेर हेर्दा पाठेघरको अण्डासयमा सिस्ट देखियो।,
उनलाई डाक्टरले सिस्ट झिक्नलाई अप्रेशन गर्नुपर्छ भने। उनीहरु त्यसपछि सिलिगुडीमा देखाउन गइन् उनी। उनलाई त्यहाँ कस्तो रोग हो, खतरा हुनसक्छ, क्यान्सर सम्बन्धी रगत जाँच गर्नु भने। यशोधाले भनेको जस्तै गरिन्।,‘उहाँले सी.ए.वान.२५ गर्न लगाउनुभयो’, दाहालले भनिन्, ‘परीक्षण गर्दा पोजिटिभ आयो।’,त्यसपछि उनीहरु छिट्टो गरेर काठमाडौँ आए। बुद्धनगरको ‘हेम्स’ अस्पतालमा शल्यक्रिया भयो। शिक्षण अस्पतालमा कार्यरत डा. पदम राज पन्तले दाहालको शल्यक्रिया गरेका हुन्। त्यसपछि उनी किमोथेरापीको लागि जावलाखेलको नेशनल क्यान्सर हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरमा जान थालिन्।,उनले अर्थशास्त्रमा स्नातकोत्तर गरेको भए पनि उनलाई क्यान्सरको बारेमा त्यति ज्ञान थिएन। ‘मलाई थाहा भएको भन्या नसर्ने रोग हो, यो रोग लागेपछि मान्छे मर्छन् भन्ने थियो।’ यशोदा सम्झन थालिन्, ‘ट्युमर पलाएपछि क्यान्सर पनि हुन सक्छ भन्ने मलाई थाहा थिएन।’,
जब थाहा भयो, उनका परिवारले चिन्ता गर्न थाले। पीर लिए तर उनलाई केही चिन्ता लागेन, मन मनमा निको भईहाल्छ नि भन्ने मात्र सोचिरहिन्।,‘रोगको बारेमा थाहा नभएर होला मलाई डर नै लागेन’, उनी निडर सुनिइन् । उनले भनिन्, ‘उपचार गर्दै जाँदा मात्र थाहा भयो, क्यान्सर लागेपछि मरिहाल्ने हैन रहेछ, उपचार पनि हुने रहेछ। निको हुने रहेछ।’,यशोदालाई क्यान्सर पहिलो चरणमा नै पत्ता लागेको थियो। क्यान्सरको उपचार गराईरहेका अरु बिरामीलाई भेटेपछि, अरुको अफ्ठेरो देखेपछि मात्र उनलाई डर लाग्यो रे।,डाक्टरहरु क्यान्सर उपचार गरेको पाँच वर्षसम्म फर्किएन भने निको भएको बताउँछन् । उनको क्यान्सर उपचार भएको सात वर्ष पुग्यो। उनको परिवारमा कसैलाई पनि क्यान्सर थिएन, तर उनलाई भयो। उनलाई क्यान्सर भएको थाहा हुँदा उनी २४ वर्षकी थिइन्।,उनलाई क्यान्सर किन भयो अन्जाद पनि छैन। ‘म जन्मजातै शाकाहारी, म रक्सी चुरोट केही पनि खाँदिन, तर पनि भयो।’ उनी भन्छिन्, ‘उपचार सहज भयो मेरो, किमोथेरापी गर्दा कपाल झरेन, दुखेन।’,उनलाई सुई लगाउँदा नसा नभेटिएर दुख्यो, किमो चढाएपछि खाना नरुच्ने, वान्ता होला जस्तो भयो तर कहिले पोलेन, कहिले दुखेन।,
उनलाई सँधै क्यान्सर निको हुन्छ जस्तै लाग्थ्यो।,उनले किमोथेरापि गरेको अस्पताल नेशलन हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरका क्यान्सर रोग विशेषज्ञ डा. मदन कुमार पियाले देशसञ्चारलाई भने, ‘उनी सधैँ हाँसिरहन्थिन्, चाँडै निको भयो।’,उनको उपचारको क्रममा जीवनका ठूला ठूला निर्णय भए। सरकारी जागिरमा नाम निस्कियो, विवाह भयो, छोरी जन्मिइन्।,‘अप्रेशन साउनको १३ गते भयो, २४ गते उनको लोकसेवा आयोगमा अन्तवार्ता थियो।’ यशोदा हाँस्दै भन्न लागिन्, ‘म घाउको टाँका नकाटि अन्तवार्ता दिन पुगेँ, २५ गतेबाट कार्यालयमा हाजिर भए।’,त्यो समय उनले रोगलाई सोचिनन्, मात्र अगाडि बढ्ने बाटो मात्र सोचिन्। एक साता कार्यालय गएपछि उनको उपचार प्रक्रिया अगाडि बढ्यो।,उनको विवाह पनि यहि बेला भयो। ‘डाक्टरले विवाह चाँडै गर्नु बच्चा जन्माउनु भन्नु भएको थियो।’ हाँस्दै यशोदाले भनिन्, ‘विवाह भयो, छोरी पनि जन्मिहालिन्।’,उनकी छोरी अहिले ४ वर्षकी छन्। विवाह कलेजमा आफूसँगै पढेका साथीसँग भयो।,‘प्रेम विवाह ?’,‘चिनजान हो, मेरो एउटा अण्डासय छैन भन्ने थाहा थियो, उहाँको परिवारले पनि मलाई स्वीकार गरे।’,विवाह पछि उनीहरु कार्यालयलाई पाइक पर्ने ठाउँमा बसाई सरे।,सानाठीमिको शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा आइतबार भेटिएकी हुन् यशोधा। निलो रंगको कुर्ता सलवार अनि कलेजी रंगको ज्याकेट लगाएकी थिइन। आँखामा गाजल, दुई आँखिभईको बिचमा सानो टिका, ओठमा हल्का लिपिस्टिक थियो। आँधा कपाल उनले पछाडि लगेर च्यापेकी थिइन्। उनको कर्मथलो अहिले उनलाई धेरै प्यारो छ। यहाँ काम गरेको पनि ७ वर्ष नै भयो।,हिजो आज उनी अरु क्यान्सर प्रभावितको प्रेरणा बनेकी छन्। डेढ वर्ष अगाडि क्यान्सर प्रभावितलाई आफ्नो कथा सुनाउन जाँदा उनको जस्तो उपचार गरेकी स्मृति तिमल्सिना भेटिइन् र खुसी भइन्। अहिले पनि उनी वर्षै पिच्छे क्यान्सर बेलैमा सहि उपचार गर्न सके निको हुन्छ भन्दै हिँड्छिन्। अनि अरु समयमा कार्यलय अनि घर गर्छिन्।,शैक्षिक जनशक्ति विकास केन्द्र थियो अहिले संघीयता लागू भएपछि तीन कार्यालय एक भएको छ। क्यान्सरको उपचारका क्रममा शल्यक्रिया गर्दा नाम निस्किएको ठाउँमा जागिर गर्दा उनले बेला बेलामा सोच्ने गर्छिन्, ‘कतिपय बिरामी अन्तिम अवस्थामा अस्पताल पुग्छन्, धन्न मैले ‘पुनजन्म’ पाएँ।’ | सुजाता खत्री |
प्रजनन् दर आधाले घट्यो, जनसंख्या तेब्बरले बढ्यो | विश्वभरमा प्रजनन् दर सन् १९५० यता आधाले कम भएको तर पनि जनसंख्या भने बढीरहेको एक अध्ययनले देखाएको छ । , जर्नलमा बिहीबार प्रकाशित भएको रिपोर्ट अनुसार प्रजनन् दर पछिल्लो ६८ वर्षमा आधाले कम भए पनि जनसंख्या भने निरन्तर बढ्ने क्रममा छ।,एक महिलाले आफ्नो प्रजनन् योग्य उमेरमा जन्माउने बच्चाको संख्या अर्थात प्रजनन् दर ठूलो मात्रामा घटेको देखिएको हो । प्रतिवेदन अनुसार सन् १९५० एक महिलाले जीवित बच्चा जन्माउने दर ४.७ रहेकोमा सन् २०१७ मा यो दर २.४ रहेको छ ।,तर विश्वको जनसंख्या भने सन् १९५० को तुलनामा अहिले तेब्बर भएको छ । सन् १९५० मा विश्वको जनसंख्या २.६ बिलियन रहेकोमा सन् २०१७ मा ७.६ बिलियन पुगेको छ । सन् १९८५ यता हरेक वर्ष विश्वमा झण्डै ८५ मिलियन जनसंख्या थपिने गरेको रिपोर्टमा उल्लेख गरिएको छ ।,अनुसन्धानकर्ता डा. क्रिष्टोफर मुरेले भने, ‘महिलाहरु शिक्षित हुँदै जानु तथा कामकाजी बन्दै जानु, स्वास्थ्य सेवामा पहुँच बढ्दै जानुले प्रजनन् दरमा तीव्र रुपमा कमी आएको छ ।,विशेषगरी युवा महिलामा यसको दर झन कम छ ।’ डा. मुरे अमेरिकाको वासिङ्गटन विश्वविद्यालयमा रहेको इन्स्टिच्युड फर हेल्थ मेट्रिक्स एण्ड इभ्यालुएनका निर्देशक हुन् ।,प्रजनन् दर घट्नुका अरु प्रमुख कारण शिशु जीवित रहने दर बढ्नु र ढिलो गरी हुने विवाह पनि रहेको उल्लेख गरिएको छ ।,विश्व स्वास्थ्य स्वास्थ्य संगठनको ह्युमन रिप्रोडक्सन टिमका संयोजक डा. जेम्स किएरीले भने, ‘महिलाले विवाह गर्ने उमेर बढ्दो क्रममा छ ।’,ब्लुएचओको डिपार्टमेन्ट अफ रिप्रोडक्टिभ हेल्थ एण्ड रिसर्च अन्तर्गत रहेको टिमका संयोजक डा. जेम्सले भने, ‘सन्तान जन्माउने प्रमुख माध्यमको रुपमा विवाह रहेको छ, विश्वभरि ।’,उनी यो अनुसन्धानमा संलग्न भने भएका थिएनन् । विश्वका १९५ देशमा नै प्रजनन् दरमा कमी आएको छ। | null |
ज्योति बाँड्दै डा. रीता गुरुङ | देश विदेशमा आँखा शिविरको समय तालिका, अनि आलोपालो त्यहाँ जानु डा. रीता गुरुङको व्यवसायीक बाध्यता हो। तर बाध्यता यस्तो कि जसले उनलाई खुशी ज्यादा दिन्छ ।,त्यो खुशी कसैको गुम्दै गरेको ज्योति फर्काउनु वा नभएकालाई दिलाउनुको हो । अबको उनको बाध्यता र दायित्व बढेका छन्। संस्था र कर्मचारीका समस्या समाधानले अतिरिक्त प्राथमिकता पाएका छन् उनको दैनिकीमा ।,तिलगंगा आँखा प्रतिष्ठानकी सिइओ (कार्यकारी निर्देशक) डा. रीता यही व्यस्तताबिच आफूलाई प्रस्तुत गर्न तयार भइन् देशसञ्चारका जिज्ञासालाई सम्बोधन गर्दै। आफ्नो सफलताबारे कुनै दम्भ प्रर्दशन गर्नु छैन उनलाई तर सफल भएकोमा त्यसको श्रेय ८६ वर्षीया आमा आशादेवी र पिता स्व.दानबहादुरलाई दिइन् निकै ठूलो मात्रामा।,‘कुराकानी समयमै सक्नु पर्छ है ।निर्देशन दिने ठाउँमा बसेपछि आफू पनि समयमै पुग्न पर्छ नि । ढिलो भयो भने मार्छन् मलाई’, दृढता र चिन्ता मिश्रित हाँसोसँगै डा. रीता मुस्कान सहित आफ्नो विगततर्फ मोडिइन् ।,विगतले उनको मनमा सबैभन्दा ठूलो तस्बिर ३० वर्षमै पति बिहीन उनकी आमा आशादेवीको बनाइदिन्छ। जसको सपना रीताले आफ्नो बनाइन् र त्यसलाई सार्थक तुल्याउन अठोटका साथ निरन्तर मेहेनेत मात्रै गरिरहिन्, ‘सोसल लाइफ’ र अन्य प्राथमिकतालाई छोट्याएर।,उनको साधनले अहिले उनी स्वयं एक आदर्श र प्रेरणा बनेकी छन्। उनले उपचार गरेका अनेकौँ मानिसका लागि मात्रै हैन, आफूले नेतृत्व गरेको अन्तर्राष्ट्रियस्तरमा पहिचान बनाउन सफल तिलगंगा आँखा प्रतिष्ठानका लागि पनि । झण्डै तीन दशक लामो निरन्तर सेवापछि उनकै संस्थाको सिइओ बन्न पुगेकी छन् उनी।,रीता सानै छँदा भारतीय सेना उनका बुवा दानबहादुरले सन् १९६५ को भारत—पाकिस्तान युद्धमा सहादत प्राप्त गरे। त्योसँगै रीता र उनका दिदी बहिनीको पालनपोषणदेखि भविष्य कोर्ने जिम्मेवारी आमा आशादेवीको काँधमा सर्यो।,एउट दृढ निश्चयी व्यक्तिमा विषम परिस्थितिलाई पनि आफ्नो अनुकुल बनाउने शक्ति हुन्छ भनिन्छ। रीताकी आमालाई त्यसको उदारण मान्न सकिन्छ। जसले छोरीलाई डाक्टर बनाउन अभाव, विपद् र प्रतिकुल परिस्थितिले उनको बाटो छेकेन।,छोरीहरुलाई ‘ठूलो मान्छे’ बनाउने पती दानबहादुरको चाहना आशादेवीले अरुको जीवन बचाउने डाक्टर भएको बुझिन। आफू साक्षर हुने मौका नपाएकी आशादेवीलाई डाक्टरले समाज सेवा गरेर उज्यालो छर्न सक्छन् भन्ने लाग्थ्यो। उनले त्यो सोचलाई प्रतिज्ञामा रुपान्तरण गरिन्।,छोरीहरुले साथ दिए। त्यतिबेला रीताको जन्मथलो घान्द्रुकमा छोरीका लागि पढाई टाढा थियो। ‘एक्लो हुँदाको पीडा र अभावमा रहेर पनि उहाँले हामीलाई पढाउनु भयो। शिक्षालाई शक्ति मान्नुहुन्थ्यो’, रीताले आमा आशादेवीलाई सम्झिन्।,त्यसैले रीताले सानैमा घर छोडिन्, पहिला काठमाडौंँको महेन्द्र विद्या भवन स्कुलमा र पछि चिकित्सा अध्ययन संस्थान हुँदै विदेशमा उच्च अध्ययनको मौका पाइन्। अध्ययनका लागि । छात्रवृतिबाटै विदेसमा नेत्ररोग विशेषज्ञता हासिल गरिन।,स्वदेश फर्किएर तीलगंगामा प्रवेश गरेपछि उनी त्यो संस्थाको पर्याय बनिन्, डा. सन्दुक रुइत जस्तै। ‘बुवाआमाले मलाई अनकुल वातावरण बनाइदिनु भयो । मैले त्यसको सदुपयोग मात्रै गरेँ। त्यसमा मेरो मेहेनेत पनि गासिएको छ’, रीता भन्छिन्।,सामाजिक परिवेशले नीति निर्माण र निर्णय दिने ठाउँमा पुग्न पुरुष भन्दा महिलाले अतिरिक्त मेहेनेत गर्ने पर्छ । त्यसले डा. रीताको सफलताले बढी महत्व राख्दछ।,‘मुखले बराबर भने पनि एउटै काम गर्न र पद सम्हाल्न महिलाले पुरुष भन्दा धेरै परिश्रम गर्ने पर्छ । जुन मैले गरे र अरुले पनि गरिरहेका छन्’, रीताले आफ्नो अनुभव सुनाइन् । त्यसका लागि धैर्यता र परिवारको सहयोगको पनि खाँचो पर्छ।,‘मेरो श्रीमान सहयोगी नभएको भए र मेरो छोरीले मेरो भाव नबुझेको भए म यहाँसम्म आउने थिएन । उहाँहरु प्रति पनि अनुग्रहति छु’, उनले भनिन्।,डाक्टरी जीवनले उनलाई सबैभन्दा धेरै सम्मान दिएको मान्छिन् डा. रीता । परिवार सदस्य, आफन्त, छिमेकी र आफ्ना दौँतरीले त्यही जीवनलाई सम्मान गर्छन्। ‘म र बिरामीबिच जुन प्रगाढ सम्बन्ध बनेको छ त्यो नै मेरो लागि सबैभन्दा ठूलो धन हो।,‘तपाईँले गर्दा गुमेको संसार पाएँ भन्दै दुर्गमबाट उपहार बोकेर बिरामी भेटन् आउँछन् । त्यसले दिने खुशीको मापन गर्न सक्दिन’,उनी भन्छिन् । गुमेको ज्योती बिरामीले पाउँदा रीता बढी खुशी हुन्छिन्।,उपचारका क्रममा उनको परामर्शबाट बिरामीको निराशा हट्छ। डा. रीताले यो अवधिमा ६० हजार मुतिबिन्दुको शल्यक्रिया गरेकी छन् भने २५ हजार ‘कर्निएल ट्रान्सप्लान्ट’ गरेकी छन्। ओपिडीमा पनि हजारौं बिरामीको जाँच गरेकी छन्।,परिणाम सँधै अपेक्षा गरे अनुसार आउँदैन। तर सकारात्मक सोचका साथ गरिने कर्मले अक्सर सकारात्मक परिणाम प्रदान गर्दछ । सिइओ जिम्मेवारी आफ्नो काँधमा आउनुलाई त्यही सकारात्मक सोच कर्तव्यलाई श्रय दिन्छिन्।,उनका पिता भन्थे,’सुरु गरेको काम पत्थे गरेर छोड्नु पर्छ, विचलित हुनुहुन्न। ‘मैले तिलगंगाको कार्यकारी हुन्छु भनेर कहिल्यै काम गरिन। काम गर्दै जाँदा समयसँगै त्यसको कदर मात्रै भएको हो’, रीताले भनिन्’, कसैले दया गरेको हो भन्ने पनि खोजेको होइन । मेरो क्षमताको कदर गरिएको हो। संस्थागत हितका लागि गरिएको कामको मूल्याङ्कन हो। नेतृत्वमा पुगेपछि कतिपयका आलोचनालाई कमजोरीको अस्वीकृतिका रुपमा नभएर स्वागतयोग्य प्रवृति मान्छिन् उनी।,‘नेतृत्वकर्तासँग सबै अनुभव र ज्ञान हुन्छ भन्ने छैन । नजानेको सहकर्मीबाट सिक्ने हो । जानेको उनीहरुलाई बाढ्ने हो’, रीताले भनिन् । रीता आज जुन ‘पोजिसन’ मा छन् त्यसबाट उनका परिवार र आफन्त प्रेरित छन् अनि अपरिचित समूह पनि। प्रेरणाको स्रोत उनको घरमै छ ।,रीताकी छोरीले पनि उनकै पथ समातेकी छन्। बाल्यकालमा रीतासँगै विकट गाउँ पाखा चाहारेकी र आमाको मेहेनेतबाट प्रभावित भइन् सायद उनी,‘ आमा म तिमी जस्तै बन्ने हो मलाई अरु विषयमा कर नगर है?,नेतृत्वले अरुलाई प्रेरित गर्न सक्नु पर्छ । त्यसका लागि अरुसँगै या परेमा बढी काममा खटिन र समयनिष्ट हुनु पर्ने रीताको मान्यता छ ।,‘म कार्यालयमा साढे सात बजे नै आए भने कसैले औला उठाउन सक्दैन। आधा घण्टा अघि आएर रहेका काम सके भने नयाँ दिनको सुरुवात राम्रो हुन्छ। अस्पताल अनुगमनका लागि समय मिल्यो भने जानकारी लिन र दिन सहज हुन्छ । अन्य कार्यक्रममा पनि समयमै भाग लिन सकिन्छ’, रीता भन्छिन्।,नेतृत्व चुनौति बिहीन हुँदैन, अझ महिलाका लागि। शिक्षा, योग्यता र अनुभवले रीताले प्रतिष्ठित संस्था हाँकिरहेपनि उनी महिलाका नाममा समस्या नतेर्सिएका होइनन्। पुरुषको भिडले कहिलेकाँही अटेरी गरेको हो कि भन्ने पनि लाग्छ रीतालाई ।,‘महिला भएकै कारण कहिलेकाँही फरक व्यवहारको सामना गर्नु पर्छ । तर पनि उनीहरुले मलार्इँ हेपेको या म मा हीन भावना पैदा गरेको निष्कर्ष निकाल्न चाहान्न’, रीताले अनुभव सुनाईन्।,‘जतिसुकै मेहेनेत गर्ने बानी र योग्यता भए पनि महिला नेतृत्वलाई हतपत्ति स्वीकार नगर्ने हाम्रो समाजको चलन छ भए पनि आफूले सुरक्षित अनुभव गरी अघि बढेमा व्यवधान पन्छिदै जान्छन्’, रीताले भनिन्, ‘त्यसका लागि महिलाले अतिरिक्त मेहेनेत गर्नै पर्छ ।’,भन्छिन्’, आफ्नो खुशी भन्दा संस्थागत खुशी हेरियो भने त्यसले दिने खुशी दीर्घकालीन हुन्छ । | दिपा दाहाल |
कस्तो छ विदेशबाट फर्केकाहरुको होटल क्वारेन्टिन अनुभव? (भिडियोसहित) | काठमाडौँ– सरकारले विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई उद्धार गर्न जेठ ३२ देखि असार ११ गतेसम्मको कार्ययोजना तयार गर्यो। त्यसपछि पनि उद्दार कार्य निरन्तर चलिरहेको छ। सरकारको कार्ययोजना अनुसार विदेशबाट उद्धार गरिने हरेक व्यक्तिले होटल या सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा बस्नुपर्ने थियो।,सोही कार्ययोजना अनुसार नै असार १६ गते इटालीबाट उद्धार गरिएका करिब २० जनाको टोली काठमाडाैँको हात्तिगौडास्थित सब्रीना होटलमा क्वारेन्टिनमा बस्दै आएको छ। उनीहरुले स्थानीय तहको क्वारेन्टिनभन्दा होटल बढी सुरक्षित हुने भएकाले आफूहरु होटलमा बस्न आएको बताए।,उक्त टोलीका सुरेश गिरी स्थानीय स्तरमा बनाएका क्वारेन्टिनहरुमा निकै लापरवाही हुने तथा कोरोना संक्रमण हुने जोखिम बढी भएकाले होटल क्वारेन्टिनमा बस्न उचित लागेको बताउँछन्।,उनले होटलमा सुरक्षाका उपाय अपनाउनुका साथै खाने, बस्ने तथा कर्मचारीहरुको व्यवहार पनि निकै राम्रो भएको बताए। उनले भने, ‘होटलमा बस्दा हामीलाई आफ्नो घरको जस्तो अनुभव भएको छ। खानाहरु पनि एकदमै राम्रो छ। स्टाफहरुले गर्ने व्यवहार पनि राम्रो छ। हामी विदेशबाट आएका भएपनि हामीलाई भेदभाव गरिएको छैन।’,उनको हवाई टिकट, होटलको व्यवस्था तथा खाने बस्ने खर्च पनि कम्पनीले व्यहाेरेको छ। उनी इटालीको क्रुजमा काम गर्छन्।,उनलाई इटालीमा हुँदा कोरोना भाइरसको संक्रमण देखिएको थियो। आफूलाई कोरोना लागेको थाहा पाउँदा उनी निकै आतिनुका साथै डराए पनि। तर उनले अरुलाई निको भएको सुन्दा आफूलाई आत्मबल बलियो बनाउन सजिलो भएको सुनाए।,‘सुरुमा डर लागेपनि मलाई केही हुन्न भन्ने आत्मबल बलियो बनाएँ’, उनले भने, ‘कोरोना भनेको त्यस्तो केही होइन भनेर तातोपानी खाने, पोसिलो खानेकुरा खाने, मेडिटेसन गर्ने गरेको थिएँ।’,उनी इटालीमा आइसाेलेसन बस्दा कुनै समस्या नभएको र राम्रो वातावरण भएको बताउँछन्। उनी इटालीमा क्वारेन्टिन तथा आइसाेलेसनमा बसेर पुनःचेक गराउँदा रिपाेर्ट नेगेटिभ आएपछि स्वदेश फर्किएका हुन्।,इटाली जस्ताे कोरोनाको अत्यन्तै जाेखिम भएको ठाउँमा आफूहरु तीन–चार महिनादेखि सरकारले उद्धार गर्ने आशामा पर्खिरहेका भएपनि अन्य देशले आफ्ना नागरिक लगेको देख्दा आफूहरुलाई अभिभावकविहीन जस्ताे अनुभव भएको उनको भनाइ छ।,‘सरकारले उद्धार गर्ने आशामा तीन–चार महिना पर्खिरहेका थियौँ’, उनले भने, ‘सरकारको यस्तो व्यवहारले आमाबुबा नभएका टुहुरा सन्तान जस्ता भएका थियौँ। त्यसमा कोरोनाको कहर एकातिर थियो भने अर्कोतिर आफूसँग काम पनि थिएन। जसले गर्दा हामीलाई मानसिक तनाव पनि सुरु भइरहेको थियो।’,ढिलै भएपनि सरकारले उद्धार गरेकोमा उनी दंग छन्। अब कोरोनाको जोखिम कम भएपछि नेपालमा नै केही व्यवसाय सुरु गर्ने उनले सोच बनाएका छन्।,सोही टोलीमा इटालीबाट नेपाल आएकी मना लामा पनि सब्रीना होटलमा क्वारेन्टिनमा बसेकी छन्। उनले आफ्नो देश आउन पाउँदा निकै खुसी लागेको बताइन्। कोरोनाको जोखिम कम भएपछि पुनःविदेश जाने उनको योजना छ।,नेपालको राजनीतिक अवस्था डामाडोल भएको अवस्थामा जनताका लागि सरकारले केही गर्छ भन्नेमा उनलाई विश्वास लागेको छैन। त्यसैले उनले विदेश जाने बाटो निश्चित भएको बताइन्।,‘नेपालको राजनीति पनि त्यस्तै छ। यस्तो अवस्थामा सरकारले हाम्रा लागि रोजगारी सिर्जना गर्ला जस्तो लाग्दैन। हाम्रो कमाइखाने भाँडो विदेश नै हो। नेपालमा काम पाएपनि तलब राम्रो हुन्न। त्यसका लागि विदेश नै जानुपर्छ। त्यहाँ राम्रो काम पनि छ। तलब पनि राम्रो छ। सबै राम्रो भएपछि विदेश नै जाने हो’, उनले भनिन्।,इटालीमा पानीजहाजमा काम गर्ने उनलाई कम्पनीले तीन महिनादेखि तलब दिएको थिएन। खान बस्न भने कम्पनीले नै व्यवस्था गरेको उनको भनाइ छ।,तर जहाजमा क्रु मेम्बर नेपालीहरु धेरै नभएकाले स्वदेश फर्कन भने उनलाई समस्या भयो। नेपाल आउन उनले कम्पनीसँग लडाई नै गर्नुपर्यो। लामो संर्घषपछि कम्पनीकै खर्चमा नेपाल आउन सफल भइन्।,‘हामीलाई कम्पनीले सजिलो गरी नेपाल पठाएको होइन’, उनले भनिन्, ‘सजिलो गरी पठाउने भए हामीलाई तीन महिना अघि नै पठाउथ्यो। हामीले नेपाल आउन कम्पनीसँग लडाइ गर्यौँ। त्यसपछि मात्र कम्पनीले सम्पूर्ण खर्च व्यहाेरेको हो।’,कम्पनीले पठाए पनि कतिपय नेपाली आउन चाहेर पनि खर्च नभएका कारण विदेशमा नै भएको उनले बताइन्। त्यस्ता नेपालीलाई सरकारले आफ्नो खर्चमा स्वदेश ल्याउनु पर्ने उनको भनाइ छ।,सब्रीना होटलका सञ्चालक निराजन थापाले क्वारेन्टिनमा बसेकाहरुको स्वास्थ्य सुरक्षामा कुनै सम्झौता नगरेको बताए। क्वारेन्टिनका लागि होटल छनोट भएदेखि सुरक्षाको व्यवस्था गरेको उनले जानकारी दिए।,‘हामीले होटलको मुख्य ढोकामा नै स्यानिटाइजर राखेका छौँ। मास्क, ग्लब्सको पनि व्यवस्था गरेका छौँ। स्टाफहरुले पनि मास्क, ग्लब्स प्रयोग गरी सामाजिक दूरी पनि कायम गरेर नै काम गरिरहेका छन्’, उनले भने।,क्वारेन्टिनमा बसेकाहरुले पनि सुरक्षाका उपाय अपनाएको उनले बताए।,‘हामीले क्वारेन्टिनमा बसेकाहरुलाई आफै बेडसिट चेन्ज गर्न आग्रह गर्यौँ र उहाँहरुले हाम्रो आग्रहलाई मान्नुभएको छ’, उनले भने, ‘त्यसैले उहाँहरुले रुमको बेडसिट आफै चेन्ज गर्नुहुन्छ र हामीले बुफेटमा खाना राख्छौँ। उहाँहरुले आफै खाना हालेर खानुहुन्छ। त्यसपछि खाएका भाँडाहरु पनि आफै धुनुहुन्छ। जसले गर्दा सामाजिक दूरी कायम भएको छ।’,उनले लकडाउनको अविधमा बन्द रहेपनि असार १ गतेदेखि होटल सञ्चालनमा ल्याएको बताए। अहिलेको अवस्थामा पैसा कमाउनेभन्दा पनि सरकारसँग मिलेर सेवाको उद्देश्य लिएर काम गरिरहेको थापाको भनाइ छ। | पूर्णिमा बिक |
मन्दिरबाट समेत निकालिएका जगत कहिले पुग्लान् घर? | आँखाभित्रै गढेको छ। ख्याउटे शरीर र कुप्रो ढाड। सायद, अपांगताको सूचीमा पर्छन् उनी। धुलोले कपाल फुस्रो छ।,कपडा फोहोर। प्लास्टिकको झोलामा केही लत्ताकपडा बोकेका छन्। आफ्नो परिचय दिन थालेपछि उनी डाँको छोडेर रोए। ६ दिनदेखिका भोका। तिर्खा कति रहेछ भने दुई बोतल पानी एकै पटक सके।,भारतको मुम्बईस्थित एक होटलमा ६ महिना भाँडा माझ्ने र ६ महिना दैलेखको नारायण नगरपालिका २ स्थित घरमा आएर खेती गर्ने जगत रेग्मीको दैनिकीलाई कोरोना भाइरसको महामारीले बिथोल्यो।,काम छोडेर तत्कालै उनीले नेपाल आउने असफल प्रयास गरे। उनीसँग न पैसा थियो, न पहुँच। अन्ततः होटलबाट उनी निकालिए। स्थानीय मन्दिरको शरणमा पुगेका उनले एक छाकमा केही महिना दिन कटाए। मन्दिर पुजारीले पनि उनलाई निकाले।,बाँडा माझ्ने ठाउँमा भन्दा उनी मन्दिरमा बढी अपहेलित भए। यता श्रीमती, दुई छोराछोरी रहेको घरमा चुल्हो बल्न छोड्यो। अर्काको खेतबारीमा गर्दै आएको श्रम रोकियो। पैसा नहुँदा जगत परिवारसँग चार महिनादेखि सम्पर्कबिहीन छन्।,परिवारले के सोच्यो होला? दुई दिन सडकमै बसेका उनले मुम्बईस्थित नेपाली बसोबास गर्ने ठाउँमा गएर आफ्नो उद्धारका लागि याचना गरे।,सरकारले अन्य मुलुकसँगै भारतमा अलपत्र परेका नागरिक आउन दिने आफ्नो नीति खुकुलो बनाएपछि भारतबाट नेपाल आउने सवारी साधनको संख्या बाक्लियो। पाँचदिन अघि उनले मुम्बईबाट गौरीफन्टा आउने बसमा ठाउँ पाए।,गौरीफन्टा छिरेपछि नियमअनुसार न उनलाई होल्डिङ सेन्टरमा पुर्याइयो, न कसैले सोधपुछ गरे। जगतसँग कर्णालीका अन्य दुई जना युवा पनि भारतबाट सँगै आएका थिए। स्वास्थ्यकर्मीले उनीहरुको ज्वरो नापेर नेपाल भित्रन दिए।,हारगुहार गर्दै गौरीफन्टाबाट बाँकेको कोहलपुरसम्म उनीहरु आउन सफल भए। त्यसका लागि अर्को एक दिन लाग्यो। कोहलपुर पुग्दा रात छिप्पिसकेको थियो। उनीरुका लागि त्यसदिन कोही पनि सहयोगी भेटिएनन्।,आफूलाई घर पठाउन सहयोग गरिदिनुहोस् भन्दै उनीहरु प्रहरीको शरणमा पुगे। तर प्रहरीले उनलाई वास्तै गरेन। खुल्ला चौरमा उनीहरु रात कटाए। लामखुट्टेले उनीहरुलाई टोक्नसम्म टोक्यो। अचाक्ली गर्मीमा उनीहरुले पानीसम्म पिउन पाएनन्।,भोलिपल्ट उनीहरु सहयोगकालागि स्थानीयको शरणमा पुगे। कोही मनकारीले उनीहरुको हातमा २ हजार थमाइदिए, अटोमा सुर्खेतसम्म पुग्नका लागि।,सुर्खेतको सीमानाका बबईमा आफूहरु रोकिने डर थियो। तर उनीहरु कसैको केरकारमा परेनन्। भारतका कैयौँ ठाउँमा प्रहरीले उनीहरुलाई लामै सोधपुछ गरेको थियो। कर्णालीमा हाल कोरोना भाइरसको संक्रमण उकालो लाग्नेक्रम रोकिएको छैन।,अधिकांश भारतबाट आउनेहरुमै संक्रमण पुष्टि भएको छ। बैंकमा कार्यरत कर्मचारीलाई समेत संक्रमण भएको छ। तर सीमानाकामा गम्भीरतापूर्वक जाँच गरिएको छैन।,जगत र उनीसँगै आएका अन्य युवा संक्रमित हुनसक्छन्। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका छिर्ने मुख्यनाका सुब्बा कुनामा समेत उनीहरुलाई रोकिएन।,सुब्बाकुनाबाट छिरेपछि जगतसँगै आएका सुर्खेत बाबियाचौर र जुम्लाका दुई युवा आफ्नो घरतिर लागेपछि एक्लै परेपछि जगत आफ्नो उद्धारका लागि अनुनय गर्न जिल्ला प्रहरी कार्यालय पुगे। केही प्रहरीले उनलाई सोधे, ‘नाकामा तपाईहरुलाई रोकेन?’ जगतले संक्षिप्त जवाफ दिए, ‘रोकेन। कसैले सोधेन।’,सुब्बाकुनाबाट सम्बन्धित जिल्लाका सम्बन्धित पालिकाले समन्वय गरेर बाहिरी जिल्लाबाट खासगरी भारत अन्य मुलुकबाट आएका यात्रीलाई सुरक्षित र व्यवस्थित लैजाने सरकारको निर्णय थियो।,निर्णय कार्यान्वय नभएको भए जगत र उनका साथीहरु सुब्बाकुनामा रोकिन्थे। र सम्बन्धित जिल्लाका पालिकाको समन्वयमा उनीहरु घर पुगेर क्वारेन्टिनमा बस्थे। जगतलाई अब कसैले रोक्ला भन्ने लाग्दैन। तर घर कसरी पुग्ने भन्ने ठूलो चिन्ता छ।,जगतको परिचय खुल्ने कुनै कागजात थिएन। उनी भारतबाटै आएका हुन त? उनको भनाईमा मात्रै विश्वास गर्ने अवस्था थिएन । जगतले आफूले झुट नबोलेको दाबी गरे।,बरु उनले आफ्नो बारेमा सत्यतत्थ्य बुझ्न आफ्नी हजुरआमाको फोन नम्बर दिए। जगतबारे सोधपुछ गर्दा हजुरआमा फोनबाट रोहिन्। उनले भनिन, ‘जगत मेरो नाती हो। इन्डिया जाने आउनेगर्छ।महिनादेखि फोन गरेको छैन। कहाँ होला मेरो नाती? कोरोना लागेर मर्यो कि? घरमा बोल्न नसक्ने श्रीमती र छोराछोरीको बिचल्ली भएको छ।’,मैले जगत सुर्खेत आइपुगेको खबर जगतकी हजुरआमालाई सुनाएँ। र जगतले पनि आफ्नी हजुरआमासँग कुरा गरेर लामो श्वास लिए। हजुरआमा निकै खुसी भइन्। उनले राम्ररी घर पठाइदिनुहोस् भन्दै मेरो काँधमा जिम्मेवारी थमाइदिन्। मैले उनलाई पठाउनका लागि प्रहरीसँग समन्वय गरेर उनीहरुको जिम्मा लगाएँ ।,जगतको उद्धार भयो या भएन? भोलीपल्ट फलो गर्दा प्रहरीले त्यो दिन उनलाई सुब्बाकुनामै लगेर उनलाई र शुक्रबार मात्रै उनलाई दैलेख पठाएको प्रहरीले बतायो। तर दैलेखस्थित जगतकी हजुरआमालाई फोन गरेर सोध्दा उनले जगत घर आइनपुगेको सुनाइन्।,जगत घर पुक्दै होलान् भन्ने आस छ। जगत अब फर्केर भारत जान चाहन्नन्। तर उनले गाउँमा काम पाउने सम्भावना मुस्किल छ। गरिबीको मारमा परेको जगतसँग आफ्नो परिवारका सदस्यलाई बचाउन फेरि पनि भारत धाउनुको विकल्प छैन।,उनले भने, ‘म अपांगता भएको व्यक्ति हुँ। संघसंस्थाले सहयोग गर्ने आश्वासन सँधै दिए। तर कहिल्यै कसैबाट सहयोग पाइनँ। गाउँमा काम खोज्न जाँदा त अपांगले केही काम गर्न सक्दैनस् भन्दै हेला गरे। त्यसपछि म भारत जान थालेको हुँ।’ अब त जगतको उमेर पनि ढल्कि सकेको छ।,भारतबाट आएको भन्ने बित्तिकै केही महिना यसैपनि गाउँले तर्सिने निश्चित छ। त्यतिञ्जेल आफ्ना र परिवारका लागि उनले खानाको जोहो कसरी गर्लान्? | दिपा दाहाल |
कोभिड–१९ः प्रवेशदेखि खोजपड्तालसम्म भएका यी त्रुटीहरु | संख्याका हिसाबले कोभिड-१९ बाट संक्रमित न्यून छन् नेपालमा तर यसको रोकथाम, नियन्त्रण र उपचारमा पर्याप्त तयारी नभएको देखिन्छ।,संक्रमण पहिचान भएकाको सम्पर्कमा आएका सबैको समयमै खोजपड्ताल (ट्रेसिङ) र विदेशबाट आएकालाई सुरक्षित क्वारेन्टाइनमा राख्न मात्र सरकारी संयन्त्र सक्षम भएको भए मनोवैज्ञानिक त्रासदीमा नेपाली बाँच्नु पर्ने थिएन।,सरकारी स्वास्थ्य सेवाको स्तरीयता, निर्णयको तौरतरिका र त्यसको कार्यान्वयन एकातिर र अर्कोतिर संक्रमितबारे अध्ययन गर्दा सरकार कयौँ ठाउँमा चुकेको पाइएको छ।,र, अब पनि संवेदनशिल नबने त्यसको मूल्य धेरैपछिसम्म सरकार, मुलुक र नागरिक चुकाउनु पर्ने देखिन्छ।,भानुभक्त ढकाल स्वास्थ्यमन्त्री नियुक्त भएको २२ दिनपछि मंसिर २७ गते वुहान शहरमा ४१ जना बिरामीमा देखिएको अनौठो निमोनियालाई कोभिड-१९ संक्रमण नामकरण गरिएपछि विश्वका धेरै मुलुकले चीनबाट आउने यात्रुको निगरानी तत्कालै सुरु गरे।करिब एक महिनापछि पुस २८ गते थाइल्याण्डमा कोभिड-१९ संक्रमण फैलिएसँगै यात्रु संक्रमणको सबैभन्दा ठूलो जोखिम वाहक भएको ठहर गरियो।,यात्रु निगरानीको तयारी के छ? भन्ने देशसञ्चारको प्रश्नको जवाफमा त्यतिबेला मन्त्री ढकालले भने, ‘नेपाल डराउन पर्दैन। आवश्यक पर्दा तयारी गरिन्छ।’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘हेल्थ डेस्क’बाट यात्रुको विश्वासनीय र स्तरीय जाँच सुरुमै गरिएको भए पुस १६ गते वुहानबाट रुघाखोकीसहित कुनमिङ हुँदै काठमाडौँ भित्रिएका धनुषाका ३१ वर्षीय युवालाई विमानस्थलबाटै सिधै अस्पताल पुर्याइने थियो। उनका कारण अन्यमा संक्रमण भयो /भएन भन्नबारे खोजी गरिएन।उनीबाट संक्रमण फैलियो कि भन्ने त्रास मेटिन सकेको छैन।,विमानस्थलको हेल्थ डेस्कमा यी युवाको जाँच भए/नभएको र उनीसँगै को–को आएका थिए?, विमानबाट ओर्लिएपछि को–कोसँग सम्पर्क गरे? त्यसबारे खोजपड्तालको मुख्य जिम्मेवारीमा रहेको स्वास्थ्य सेवा विभाग, महामारी तथा रोग नियन्त्रण महाशाखाकासँग कुनै ‘रेकर्ड’ या जानकारी छैन।,नेपाल छिरेको १३ औँ दिनमा ज्वरो बढेपछि मात्रै यी युवा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना भए। तर उनको ‘स्वाब’को रिपोर्ट आउनु पहिल्यै उनलाई ठिक भएको भन्दै अस्पतालले डिस्चार्ज गर्यो।,यस्तै हालसम्मका संक्रमितमध्ये नजिकका या पारिवारिक सदस्यबाहेक अधिकांशले चढेका जहाज, ट्याक्सी, सार्वजनिक बसलगायतका यात्रु र चालकको खोज पड्तालमा सरकार असफल भयो।,माघ १२ गतेको प्रधानमन्त्रीसहित मन्त्रीहरुको बैठकले विमानस्थलमा चिकित्सकसहित २४ सै घण्टा हेल्थ डेस्क सञ्चालन गर्ने निर्णय गरेपनि ज्वरो नाप्ने ‘थर्मल स्क्यानर’ जुटाउन अर्को पाँच दिन लाग्यो। डेस्कमा जडान गरिएका दुई ‘थर्मल स्क्यानर’मध्ये एउटा तीन दिनमै बिग्रियो। एउटा ‘थर्मल स्क्यानर’ बिग्रिएको र ‘थर्मल गन’को व्यवस्था नहुञ्जेल कयौँ बिरामी स्वास्थ्य परीक्षण नगरी बाहिरिएको विमानस्थल स्रोत बताउँछ।,‘सिमित स्रोतसाधनका कारण हेल्थ डेस्क प्रभावकारी रुपमा सञ्चालन गर्न सकेका थिएनाैँ। तर पछि प्रभावकारी बनायौँ,’ महाशाखाका निर्देशक डा. बासुदेव पाण्डे भन्छन्।,माघ १६ गते विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनस्वास्थ्य संकटकाल घोषणा गरेको र छिमेकी मुलुक भारतमा पहिलो संक्रमित देखिएको पृष्ठभूमिमा सरकारले तत्कालै विमानस्थलसँगै सीमा नाकामा पनि स्तरीय हेल्थ डेस्क स्थापना गर्नुलाई जरुरी ठानेन। फागनु २० गते मात्रै सरकारले विमानस्थल लगायत नेपाल प्रवेश नाकामा उपकरणसहित स्वास्थ्यकर्मीको व्यवस्था गर्ने निर्णय गर्यो। त्यसको पाँच दिन अर्थात फागुन २५ गते मात्रै ३७ स्थलमार्गका नाकामा स्वास्थ्यकर्मी पुगे।,सीमित स्वास्थ्यकर्मी परिचालन गरिएको नाकामा भारतबाट एकैपटक हजारौँको संख्यामा भित्रिएका नेपालीको राम्ररी ‘स्क्रिनिङ’ गर्न नसकेको त्यसमा संलग्न एक स्वास्थ्यकर्मी स्वीकार गर्छन्।,उनी भन्छन्,‘ यात्रुहरु हाम्रो नियन्त्रण बाहिर हुन्थे। एकातिर हामीले ज्वरो नआएकालाई भित्रन दियौँ भने अर्कोतिर कोभिड-१९ को लक्षण नदेखिन सक्ने जानकारीसहित तालिम लियौँ। अहिले पनि हामी ढुक्क छैनौँ यात्रुको ‘स्क्रिनिकङ’ गर्दा।’,चर्को दबाबपछि सरकारले फागुन ४ गते वुहानका १७५ नेपाली विद्यार्थीलाई सुरक्षित उद्धारसहित भक्तपुरस्थित क्वारेन्टाइनमा राख्यो। तर आफ्नो ढुकुटी रित्तिने देखिएपछि संक्रमणबाट प्रभावित अन्य मुलुकबाट आउनेलाई आफैले १४ दिन आफ्नै खर्चमा क्वारेन्टाइनमा नराख्ने निर्णय सरकारले गर्यो।,होम क्वारेन्टाइनमा बस्ने शर्तमा विमानस्थल र नाकाबाट छुटेकाको सरकारले कुनै निगरानी गर्न सकेन। सरकारले अति आक्रान्त चीन, दक्षिण कोरिया, इरान, इटाली तथा जापानका नागरिकलाई ‘अन अराइभल भिसा’ स्थगन गर्ने निर्णय गर्यो, तर त्यो बेला पनि ती देशहरुबाट नेपालीहरु आउने क्रम जारी रह्यो।,फागनु १९ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ प्रभावित, यसको उच्च जोखिममा रहेका र तेस्रो देशबाट ती मुलुक हुँदै आउने नेपालीलाई अनिवार्य रुपमा होम क्वारेन्टाइनमा राख्ने निर्णय गर्यो।,‘वुहानबाट विद्यार्थीलाई निःशुल्करुपमा क्वारेन्टाइनमा राखेर सरकारले अति उत्साह देखायो ।खर्चिलो अनुभवका कारण पछि संक्रमण प्रभावित मुलुकबाट आएकालाई होम क्वारेन्टाइनमा राख्ने निर्णय गर्यो सरकारले, र फलोअपमा अत्यन्तै लापरवाही अपनाइयो’, सरकारका एक उच्च अधिकारी भन्छन्।,विदेशबाट आएकालाई विमानस्थलमा ज्वरो नाप्दै ‘होम क्वारेन्टाइन’मा बस्ने शर्तमा छोडियो। तर उनीहरुले भरेका व्यक्तिगत विवरण ‘रिचेक’ गरिएन। सम्बन्धित व्यक्ति होम क्वारेन्टाइनमा बस्यो कि बसेन? त्यो खोजिएन। ती विवरणहरुमा कतै फोन नम्बर, कतै ठेगाना, कतै नाम गलत भेटिए। सयौँको फोन ‘स्वीच अफ’ पाइयो।,खोजपड्तालमा खटिएका एक चिकित्सक भन्छन्, ‘विदेशबाट आएकाले कागजमा एउटा ठेगाना लेख्ने र तर बस्ने अन्तै गरे। सीमाको अभिलेख त झन् भद्रगोल थियो। भारतले भन्दा एक साताअघि मात्रै हामीले हवाई सेवा बन्द गरेको भए अहिलेको परिस्थितिमा तात्विक भिन्नता आउने थियाे।’,फागुन २८ गते कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले डाकेको सर्वदलीय बैठकमा मुख्य सुझाव पेश भयो– अत्यावश्यक सामग्रीबाहेक भारतसँगको नाका तत्कालै बन्द गर्ने। तर त्यो कार्यान्वयमा सरकारले विलम्व गर्दा संक्रमित असुरक्षितरुपमा भित्रिए र जोखिम बढ्यो।,चैत्र ६ गते दुवईबाट काठमाडौँ ओर्लिएका धादिङका ३२ वर्षीय एक पुरुष ट्याक्सी चढेर बसुन्धारास्थित एक होटल पुगे। होटलमा रहँदा उनले साथीहरुलाई पार्टी दिए। रुघाखोकी लागेपछि होटल बसाईको चौथो दिनमा जाँचका लागि त्रिवि शिक्षण अस्पताल पुगे।,उक्त अस्पतालले उनलाई टेकु पठायो। भर्ना भएको दुई दिनपछि चैत्र १२ गते उनमा संक्रमण पुष्टि भयो। हालपनि उनी सोही अस्पतालमा उपचारार्थ छन्। विमानस्थलदेखि बसुन्धारासम्म उनले चढेको ट्याक्सी, चालक, पैसा साट्न गएको गाेंगबुको पसल पहिचान भएन।,खोजपड्तालमा सामेल महाशाखाका एक स्वास्थ्यकर्मी भन्छन्, ‘सार्वजनिक बसको पहिचान हाम्रो क्षमताभन्दा बाहिरको कुरा भयो। विमानस्थलको सीसीटिभी सर्भिलेन्स क्षेत्रभन्दा बाहिरबाट निस्केको ट्याक्सी पत्ता लागेन।’,महाराजगञ्जबाट त्रिपुरेश्वरसम्म उनले चढेको साझा यातायातको बस पत्ता लागेन। अस्पताल आउँदा यी युवाले आधा घण्टासम्म बिताएको बसका यात्रु र चालक ‘ट्रेस’ नै हुन सेकनन्। नेपालमा ट्याक्सी या सार्वजनिक बस सञ्चालनको रकर्ड राख्ने सिस्टम छैन। न त यात्रुको हातमा टिकट नै पर्छ।,चैत्र ७ गते दुवईबाट आएका ज्वरोले ग्रस्त धनगढीका ३४ वर्षीय पुरुष धापासीस्थित मामा घरमा ‘होम क्वारेन्टाइन’ बस्ने सर्तमा विमानस्थलबाट छुटे। तर भोलि पल्टै उनी धनगढी पुगे। यी पुरुषले चढेका कुनै पनि सार्वजनिक यातायातका यात्रु पहिचान भएनन्। यता कुनै आधिकारिक क्वारेन्टाइनको व्यवस्था नभएकोले मामा घर बस्ने उनको आश्वासनलाई नै पर्याप्त मानियो।,उनी चढेको बुद्ध एयरका यात्रुको मात्रै परीक्षण गरियो। उनको सम्पर्कमा आएकाहरुको खोजपड्तालमा संलग्न एक चिकित्सक भन्छन्, ‘विमानस्थलबाट उनलाई होम क्वारेन्टाइनमा बस्ने सर्तमा छोडिएको थियो। ज्वरोसहित आएकाले उनको यात्रामा बन्देज गरिएको थियो। तर उनी धापासीस्थित मामाघर बसेर भोलिपल्ट घर हानिए।’,धनगढी पुग्दा उनलाई ज्वरोसँगै रुघाखोकी पनि लागेको थियो। तेस्रो दिन मात्रै सेती प्रादेशिक अस्पताल भर्ना भए उनी। उनको स्वाब टेकुमा ल्याएर परीक्षण गरियो। चैत्र १४ गते रिपोर्ट पोजेटिभ आएपछि उनी निकै आत्तिए।,चैत्र ४ गते बेल्जियमबाट काठमाडौँ आएकी बाग्लुङकी १९ वर्षीय युवती र त्यसको केही दिनमा उनीसँगै आएकी बाग्लुङकै अर्की महिलालाई संक्रमण देखियो। विमानस्थलमा उनीहरुको स्वास्थ्य परीक्षण गर्दा संक्रमणको कुनै लक्षण नदेखिएको त्यसमा संलग्न कर्मचारी बताउँछन्।,तर काठमाडौँबाट पोखरासम्म उनीहरु गएको जहाजका यात्रुको खोजी गरिए पनि पोखराबाट माइक्रो चढेर बाग्लुङ पुग्दासम्म उनीहरु कति जना र कोसँग सम्पर्कमा आए? त्यसको खोजी हुन सकेन।,घरमा पुगेको १६ दिनपछि चैत्र १५ गते मात्रै ती युवतिमा संक्रमण देखियो। लगत्तै उनीसँगै आएकी अर्की वृद्धामा पनि चैत्र २० संक्रमण देखियो। यी दुबै धौलागिरी अञ्चल अस्पताल पोखरामा उपचार भएकोमा रिपोर्ट ‘नेगेटिभ’ आएपछि ती वृद्धा भने शनिबार डिस्चार्ज भइन्।,यता चैत्रको पहिलो साता विदेशबाट कति भित्रिए र कति क्वारेन्टाइनमा बसे भन्ने सरकारसँग कुनै रेकर्ड छैन।,अघिल्लो दिन गड्डाचौकीबाट १३ हजार, सुनौलीबाट १८ हजार नेपाली एकैपटक भित्रिएको घटनाले सरकारलाई सम्भवतः भारतसँगको सीमा नाका व्यवस्थापनमा आफू कति फितलो रहेछु भन्ने आभास दियो चैत्र ९ गते। सर्वदलीय बैठकमा प्रतिपक्षीले दिएको सुझाव ११ दिनपछि कार्यान्वयमा आयो, भारतसँगका सबै सीमा नाका बन्द गरियो।,सरकारले केही गम्भीरताका साथ लिन थाल्यो। लकडाउनको पहिलो दिन दिउँसो मेची पुल र राती इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट नेपाल छिर्न चाहानेहरुको भिडले थेगिनसक्नु भयो। सरकारले भारतसँग नाकामा कडाई गर्न सकेननै आफ्ना सबै नागरिकलाई सुरक्षित रुपमा ल्याएर क्वारेन्टाइनमा राख्न पनि असफल भयो।,लकडाउन घोषणाको पहिलो दिन नै भारतको मुम्बईबाट गौरीफन्टा नाका हुँदै आएका कैलाली लम्किचुहाका २१ वर्षीय पुरुष, उत्तराखण्डबाट कञ्चनपुरको ब्रम्हदेव नाकाबाट भित्रिएका सोही जिल्लाका बदकोटका ४१ वर्षीय पुरुषमा चैत्र २२ गते संक्रमण देखियो। तर उनीहरुको सम्पर्कमा आएका व्यक्तिको पहिचान हुन सकेन।,माथि उल्लेख धनगढी ५ का युवालाई संक्रमण पुष्टि हुनासाथ उनको परीवारका सातै जनालाई अस्पताल पुर्याई क्वारेन्टाइनमा राखियो। तर संक्रमणका लक्षण नदेखिए स्वाब परीक्षण नगर्ने सरकारको तत्कालिन नीति अनुसार उनीहरु कसैको पनि स्वाब परीक्षण भएन। संक्रमित युवा बाहेक सबैलाई पाँचौँ दिन घर पठाइयो।,तर चैत्र २२ गते नेपाली सेनाको समूहले ‘र्यापिड डाइग्नोनिष्टक टेस्टिङ’ गर्ने क्रममा ती युवाकी भाउजुमा संक्रमण देखियो। ‘रियल टाइम पिसिआर’ विधिबाट परीक्षण गर्दा त्यो संक्रमणको थप पुष्टि भयो।,यी महिलामा संक्रमण पाइएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमण ‘लोकल ट्रान्समिसन’ भएको घोषणा गर्यो। अर्थात संक्रमण दोस्रो चरणमा प्रवेश गरेको घोषणा गर्यो। यी पुरुषलाई संक्रमण पुष्टि भएकाे थाहा पाउनासाथ दिल्लीबाट उनीसँगै आएका विराटनगरका एक युवाले आफू ‘होम क्वारेन्टाइन’मा बसेको सुनाए।,वीरगञ्जमा चैत्र ३० गते संक्रमण देखिएका तीन जना भारतीय अहिले कोभिड–१९ संक्रमण विवादको केन्द्रमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट त्यहाँ खटिएका चिकित्सक बताउँछन्।,वीरगञ्ज–२ छपकैया मस्जिदमा बस्दै आएका ती तीनजना भारतको नयाँ दिल्लीस्थित निजामुद्धिनमा गत महिना आयोजित इस्लामिक भेलमा सामेल भएको प्रहरी स्रोत बताउँछ।,उनीहरु आफूहरुले चार महिनाअघि डिसेम्बर १५ मा नै प्रवेश गरेको दाबी गर्दै आएका छन्। उनीहरुसँग सोधपुछ जारी छ। कोभिड–१९ संक्रमण विवादसँगै नेपाल–भारत सीमा नाकाबाट आवजावत गर्नेहरुको ‘रेकर्ड’ राख्ने प्रणाली त्रुटीपूर्ण रहेको यसले देखाउँछ।,यी तीन भारतीय पुगेका स्थान र उनीहरुको सम्पर्कमा आएकाको खोजीका क्रममा उदयपुरमा शुक्रबार १२ जना अन्य भारतीयमा पनि संक्रमण पाइयो।,स्रोतका अनुसार यी १२ जना लुकेर बसेका थिए यतिका दिन। यस्तै शुक्रबार नै चितवनमा संक्रमण पुष्टि भएका दुई जनाको सम्पर्कमा आएकालाई पहिचान गर्न समेत कठिन भएको छ।,तीन जना भारतीयमा संक्रमण पुष्टि भएसँगै वीरगञ्जबासी त्रासमा छन्। उनीहरुमाथि आशंका कायमै रहेपछि वीरगञ्जका तीन स्थानमा करिब ३५ सय जनाको ‘र्यापिड डाइग्नोस्टिक टेस्टिङ’को अभियान सरकारले चलाएको छ।,वीरगञ्जमा चिया बेच्दै आएकी कैलालीकी एक महिलामा संक्रमण पुष्टी भएपछि झन् आशंका चुलिएको छ। यी महिलामा कसरीसंक्रमण फैलियो ? यो प्रश्नहरुले सरकारी चिकित्सकलाई समेत घोचिरहेको छ।,संक्रमितको सम्पर्कमा आएकाको खोजपड्तालमा खटिएका मन्त्रालयका एक चिकित्सक भन्छन्, ‘खोजपड्तालको काम जासुसी जस्तै हो। बिरामी र उनीहरुको आफन्तको मन जित्न सके मात्रै उनीहरुले साँचो कुरा बोल्छन्। हामीले त्यही अनुभव गरेका छौँ।’,कोभिड–१९ संक्रमितलाई कुनै बेला नेपालमा एचआईभी संक्रमितलाई गरिने व्यवहार दोहोरिएको छ समुदायमा यतिबेला। अपहेलित या बदनाम भइने त्रासमा संक्रमितले सकेसम्म आफ्ना पूर्ण विवरण र सम्पर्कमा आएकाको बारेमा बताउन चाहन्नन्।,वास्तविक सूचना लिन स्वास्थ्यकर्मीको नेतृत्वको समूहमा पत्रकार र स्थानीय व्यक्तिलाई सामेल गराउनु पर्ने चिकित्सकको ठहर छ।,भारतमा तीब्र रुपमा फैलिएको कोभिड–१९ संक्रमण निजामुद्दिनमा भएको इस्लामिक सभाका सहभागिहरुको ठूलो संख्यामा देखा परेपछि त्यसले कुनै किसिमको साम्प्रदायीक द्वन्द्व निम्त्याउने खतरा उत्पन्न भएको छ।,संक्रमितको सम्पर्कमा आएकाहरुको पहिचानमा प्रहरीले सूचना प्रविधिको सहयोग लिइरहेको छ। तर महामारी तथा रोग नियन्त्रण महाशाखाले भने यो प्रविधि प्रयोग गरेको छैन। अधुरो हाते कागजको भरमा कति मानिस कहाँबाट आए कसरी खोज्ने? चुनौति बनेको छ।,चीनमा कोभिड–१९ संक्रमणले तीब्र रुप लिएपछि डब्लुएचओको सहयोगबाट यसका लक्षणहरुबारे विश्वभरी जानकारी गराइयो। नेपालले यो संक्रमणका लक्षणबारे प्रचारप्रसार गर्यो। यो संक्रमणका ज्वरो आउनु, खोकी लाग्नु, स्वास फेर्न गाह्रो हुनु र घाँटी दुख्नुलाई मुख्य लक्षण मानियो।,यस्ता लक्षण नदेखिएकोहरुमा स्वाब परीक्षण गर्ने नीति स्वास्थ्य मन्त्रालयले लिएपछि विदेशबाट आएर अस्पतालमा पुगेकाहरुलाई लक्षण नदेखिएको भन्दै स्वाब परीक्षण नगरी फर्कायो। तर हाल आएर गरिएका परीक्षणमा लक्षण नदेखिएका मानिसमा पनि संक्रमण पुष्टि भएपछि सरकारले आफ्नो नीति बदल्यो।,शुक्रबार भेटिएका १२ जना संक्रमितमा कुनै लक्षण देखिएको थिएन। यता संक्रमण पुष्टि भएका ३० जनामध्ये तीन जना बाहेक अरुलाई ज्वरो नआएको पाइएको छ।,योसँगै सम्बन्धित चिकित्सकले नेपालको सन्दर्भमा थप अध्ययनका साथ कोभिड–१९ का लक्षणको परिभाषा परिवर्तन गर्न र सचेतना अभियान फैलाउन मन्त्रालयलाई प्रस्ताव गरेका छन्।,संक्रमितमध्ये फ्रान्सबाट आएकी प्रसिद्धी श्रेष्ठ र उनको परिवारले सबैभन्दा धेरै सावधानी अपनाएको पाइएको छ। चैत्र ४ गते फ्रान्सबाट कतार एयरको क्युआर ६५२ को फ्लाइटबाट काठमाडौँ आएकी १९ वर्षीय श्रेष्ठमा १० गते संक्रमण भेटियो।,मेडिकल पृष्ठभूमिको उनको परिवारले उनलाई उच्च सतर्कताका साथ विमानस्थलबाट घर पुर्याएका थिए। उनलाई अस्पताल पुर्याउँदा पनि त्यस्तै सावधानी अपनाइयो।,अस्पताल बसाईको २४ दिनपछि उनको शनिबार डिस्चार्ज भएको छ। तर उनले नेपाल प्रवेश गर्दाको परिस्थितिको भयाभह रुपबारे गरेको ट्वीटले विमानस्थलमा यात्रुको परीक्षण, अभिलेख राख्ने काममा कतिसम्म लापरवाही भएको थियो भन्ने स्पष्ट पार्छ।,उनी डिस्चार्ज भए लगत्तै उनका मामा नाता पर्ने विज्ञान लोहनीले उनले त्यतिबेला लेखेको ट्वीट सार्वजनिक गरेका हुन्।,भान्जी प्रसिद्धिले काठमाडौं अवतरण गरेको दिन पोस्ट गरेको यो स्ट्याटसले बताउछ सरकारको तयारी के थियो भनेर…..यताका उफ्रिने जमुरेहरु हेर तिम्रा मौलानाको दावी कति सहि थियो भनेर !!!,आफ्नो नागरिक कर्तव्य पुरा गर्दै आए देखि सेल्फ आईसोलेसनमा बसिन, धन्यवाद भान्जी !!! ,— बिज्ञान लोहनी (@B_lohani) | दिपा दाहाल |
कोभिड १९ को उपचारमा ‘डेक्सामिथासोन’ प्रभावकारी हुने बेलायती वैज्ञानिकहरुको दाबी | विश्वभर कोरोनाको आतंक फैलिरहेका बेला कोरोना भाइरस (कोभिड १९)विरुद्ध बे,ले मानिसको ज्यान बचाउने नयाँ औषधि पत्ता लगाएका छन्।,वैज्ञानिकहरुले ‘डेक्सामिथासोन’ नामक औषधिको प्रयोगबाट कोरोना भाइरसबाट ग्रसित बिरामी निको हुने पत्ता लगाएको बीबीसीले उल्लेख गरेको छ।,निक्कै सस्तो र सर्वसुलभ रुपमा उपलब्ध हुने उक्त औषधिले कोभिड १९ बाट संक्रमित विरामीलाई समेत बचाउने सक्ने अनुसन्धानकर्ताहरुले दाबी गरेका छन्। योसँगै कोरोनाविरुद्धको लडाइँमा बेलायतका वैज्ञानिकहरुले ठूलो सफलता हात पारेको बताइएको छ।,वैज्ञानिकहरुका अनुसार उक्त औषधिको सेवनले कोरोना संक्रमित विरामी भेन्टिलेटरमा रहँदा एक तिहाइले मृत्युको जोखिम घटाउनेछ भने अक्सिजन दिनुपर्ने अवस्थाका विरामीहरुमा समेत प्रभावकारी रुपमा काम गर्नेछ। वैज्ञानिकहरुले पाँचजनामध्ये चारजना उक्त अवस्थाको विरामीलाई निको पारेको दाबी गरेका अध्ययनमा उल्लेख गरेका छन्।,यस्तै अनुसन्धानकर्ताहरुले बेलायतमा कोरोना भाइरसको संक्रमणबाट हालसम्म ५ हजार मानिसको ज्यान बचाउन यही औषधिको प्रयोग गरेको दाबी गरेका छन्। त्यतिमात्रै होइन उनीहरुले यो औषधि सस्तो भएकाले यसले गरीब देशहरुका लागि निक्कै फाइदा पुग्ने बताएका छन्।,यता, बेलायत सरकारले आफूसँग २ लाख डेक्सामेथासोन रहेको र विरामीलाई उपलब्ध गराउने बताएको छ।,कोरोना भाइरस संक्रमित २० मध्ये १९ बिरामी अस्पतालमा भर्ना नै नभइकन ठीक हुने गरेका छन्। तीमध्ये पनि जो अस्पतालमा भर्ना हुन्छन्, उनीमध्ये अधिकांश ठिक भएका छन्। तर, केहीलाई भने अक्सिजन वा मेकानिकल भेन्टिलेसनको आवश्यकता पर्छ। र ती उच्च जोखिममा रहेका बिरामीलाई डेस्कामेथासोन औषधि प्रभावकारी हुने वैज्ञानिकहरुले बताएका छन्।,यो औषधि पहिलेदेखि नै शरीर सुन्निएको कम गर्नको लागि प्रयोग गर्ने गरिएको थियो। तर अब भने यसले कोरोनाका कारण हुने मानवीय क्षतिमा पनि अतुलनीय योगदान दिने विज्ञहरुले जिकिर गरेका छन्। उनीहरुले भनेका छन्, ‘जब-जब शरीरको प्रतिरक्षा प्रणाली (इम्युन सिष्टम) ओभरड्राइभमा जान्छ, तब यो औषधिले कोरोना भाइरसँग लड्न मद्दछ गर्छ।’,WATCH: Delighted to announce the first successful clinical trial for a life-saving , treatment- reducing mortality by up to a third & further protecting our NHS,This global first exemplifies the power of science- huge thanks to the team, , & Jonathan Van-Tam ,— Matt Hancock (@MattHancock) ,यो औषधिको परीक्षण अक्सफोर्ड युनिभसिर्टीको टिमले करीब दुई हजार अस्पतालमा पुगेर गरेको थियो।,कोरोनाले ग्रसित अनि भेन्टिलेटरमा राखिएको ती बिरामीमा यो औषधिको प्रयोगले मृत्युको जोखिम २८ देखि ४० प्रतिशतसम्म कम गरेको थियो। त्यतिमात्रै नभएर अक्सिजनको मात्रा आवश्यकता पर्ने बिरामीको जोखिम भने २० देखि २५ प्रतिशतसम्म कम गरेको देखिएको थियो।,यो औषधिको अनुसन्धानमा संलग्न रहेका प्रमुख नेतृत्वकर्ता प्रोफेसर पिटर हार्बीले भनेका छन्, ‘यो अहिलेसम्मको एउटा मात्रै औषधि हो, जसले मृत्युदर कम गर्न सक्षम भएको छ। यसले विरामीलाई रामवाण झै काम गरेको छ, यो विश्वमा एक ठूलो सफलता हो।’,यस्तै अर्का अनुसन्धानकर्ता प्रोफेसर मार्टिन ल्यान्ड्रले भनेका छन्, ‘भेन्टिलेटरमा उपचाररत कोरोनाका हरेक आठ बिरामीमा एकजनाको जीवन बचाउन सकिन्छ। अक्सिजन दिएर उपचार गरिएका बिरामीका लागि यो औषधिको प्रयोग गरेर उपचार गर्दा २५ जनामा एक जनाको ज्यान बचाउन सकिन्छ।’,यस्तै ल्याण्ड्रेले यो औषधि विश्वव्यापी रुपमा उपलब्ध भएकाले अस्पतालका विरामीहरुले ढिलो नगरी पाउनु पर्ने तर्क गर्छन्। उनि भन्छन्, ‘यो औषधि विश्वव्यापी रुपमा सर्वसुलभ भएकाले अस्पतालका विरामीहरुले ढिला नगरी पाउनुपर्छ। यसले ३५ प्रतिशतको जीवन जोगाउँछ।’ | सञ्चार संवाददाता |
बल्लतल्ल लरी चढेर गाउँ फर्के रञ्जित पटेल | रञ्जितले झोला खोलेर लरीका चालकलाई देखाए। ‘गाँजा पो छ कि’ भन्दै थिए भारतीय लरीका चालक, त्यसपछि १४ वर्षका रञ्जित पटेलले आफ्नो कालो झोलाको चेन खोलेर भित्र रहेका सामान देखाए। केही जोर लुगाले भरिएको थियो उनको झोला।,त्यसपछि लरी चालकले उनलाई आफू आडैको सिटमा बस्न स्वीकृति दिए। काठमाडौँमा सामान छोडेर रित्तै भारत फर्किन लागेको लरीमा उनी कलैयातिर लागे।,लकडाउनको १२ औँ दिन शनिबार अपराह्न सडक शून्य प्रायः थियो। कलंकीबाट थानकोट जाने बाटोमा भने केही चहलपल थियो।,अत्यावश्यक सामग्री ढुवानी गर्ने गाडीहरु केही आइरहेका थिए। केही गाडी सामान छोडेर फर्किँदै थिए।,ढुंगेअड्डा नजिकै बाटोको छेउमा झोला बोकेर उभिएका थिए रञ्जित पटेल, साथमा उनका दुई साथी पनि थिए। तीनजना मध्ये सबैभन्दा सानो उमेरका उनी।,१६ वर्षका मन्सुर अहमद थानकोट तिर जाने हरेक गाडीलाई रोक्ने आग्रह गर्दै हात हल्लाउँछन्। गाडी रफ्तारमा हुइँकिन्छ, उनी निराश हुँदै फेरि पेटीमा फर्किन्छन्।,मन्सुरको भन्दा मलिन हुन्छ हरेकपटक गाडी नरोकिँदा रञ्जित र उनका अर्का साथीको अनुहार। रञ्जित भन्दा पर बसेका अर्का किशोर बोल्न मानेनन्।,कपडाको मास्क लगाएका रञ्जितले सम्भावित तर अनिश्चित यात्राको कुरा गरे। ‘यहाँ खानै नपाएर बस्नु भन्दा हिँडेरै भए पनि घर जाने’ रञ्जितले भने, ‘बन्द (लकडाउन) भयो, खुल्छ कि भनेर यति दिन पर्खियौँ, खुलेन। कोठामा खाने कुरा पनि सकियो । काम छैन । यसरी बस्नु भन्दा घर जाने भनेर आएको गाडी नै पाएका छैनौँ। नपाए हिँडेरै भए पनि जाने।’,बाराको कलैया उपमहानगरपालिका–१४ का रञ्जित गएको कात्तिकमा पढाइ छोडेर कामका लागि काठमाडौँ पसेका थिए। ६ कक्षामा पढ्दै गरेका उनले कमजोर आर्थिक अवस्थाका कारण पढ्न पाएनन् र परिवारको आर्थिक स्रोतको माध्यम बन्न कामको खोजीमा आए।,स्वयम्भू नजिक पर्ने चमतीमा फर्निचर उद्योगमा हेल्परको रुपमा काम गर्दै थिए उनी। लकडाउनसँगै उनको काम रोकियो। फर्निचर मालिकले काम आउनु पर्दैन भने। रञ्जित र सँगै बस्ने साथीले ११ दिन यत्तिकै कटाए। कोठामा खाना सकियो, लकडाउन खुल्छ जस्तो लागेन, उनीहरुले झोला बोकेर पाए गाडी नभए हिँडेरै भए पनि घर फर्किने आँट कसे।,शनिबार घाम ढल्किँदा जाँदा थप निराश हुँदै गएका रञ्जित र उनका दुई साथीका लागि राहत बनेर आए भारतीय लरी । लरीका ड्राइभरले उनीहरुको इसारालाई माने, गाडी रोके। केहीबेर अनकन गरे। अनि भने, ‘दुःख पाएका रैछन् । एक–एकजना गरेर लैजाउँ । लरीका सहयोगी भनौँला।’,रञ्जित र उनका साथीहरुलाई कोरोना भाइरसको संक्रमण भन्दा पनि लकडाउन लम्बिँदै जाँदा खान नपाइने हो कि भन्ने चिन्ताले संकटका बेला पनि असुरक्षित यात्रा गर्न बाध्य बनाएको थियो।,चार भाइ र एक बहिनीसँगै आमाबुवालाई भेट्ने आशसहित रञ्जित र उनका अरु दुई साथी थानकोटतिर लागे…। | टंक ढकाल |
आफ्नै गाउँमा पसिना बगाउन तयार यी युवाहरुलाई राज्यले प्रोत्साहन गर्ला त? | कुनै बेला गाउँमै बस्नु पर्दा भाग्यले ठगेको भन्थे युवाहरु। कुटोकोदाली गर्नु या पुर्खाको पेशा अंगाल्नु पर्दा धेरै युवाले दिक्दारी ठाने।,सम्पति बेचेर, ऋण लिएर र बीचमै पढाई छोडेर शहर या विदेश हानिए। गाउँ उराठ बन्यो। घर छोडेका छोरोछोरीको सम्झनामा वृद्धवृद्धाहरुको आँखा ओभानो भएन। श्रमबिना धेरै खेतहरु बाँझो रहे।,सोचेजस्तो काम नपाएपनि विदेशबाट गाउँ फर्कन तयार भएनन् युवाहरु। बरु बिरानो ठाउँमा जस्तोसुकै परिश्रम गर्न तयार भए। कैयौँ युवाले विदेशमै प्राण त्याग गर्नुपर्यो। बाकसमा कैयौँको निर्जीव शरीर मात्र स्वदेश फर्कियो। कैयौँ युवा रोगग्रस्त बनेर आफ्नो देशको सहारा खोज्दै आए।,तर समयले परिवर्तनका संकेतहरु देखाउन थालेको छ। कोरोना भाइरस कारण बनेको छ त्यसको। रोजीरोटी मात्रै होइन विदेशमा उनीहरुको जीवनलाई संकटमा धकेल्यो। अन्तिम सहारा घर र गाउँ देखे।,ज्यान बचाउन पैदलै हिँडेर, बस या ट्रकमा कोचिएर, नदीमा पौडिएर यस्तैयस्तै अनेक उपायसहित गाउँ पसे उनीहरु। त्यो क्रम जारी छ।,गाउँ छिरेका युवा आफ्नो मात्रै होइन, परिवार र समुदायको उत्साहको केन्द्र बन्न पुगेका छन्, धेरै वर्षपछि। पहिले छोडेर गएको खेतहरुलाई आफ्नै हातले सुमसुम्याउन थालेका छन्। खेतीकिसानी उनीहरुको भरोसाको पेशा बन्न थालेको छ। त्यसमा भविष्य देख्न थालेका छन्।,केही दिन अघि यात्राका क्रममा सिन्धुलीस्थित झाँगाझोली, रातामाटा तीन बोहोरेबारको सकडमै दाउरा लिएर हिँडिरहेका एक युवालाई देखेपछि हामी रोकिन्छौँ। भारको बोझमा पनि हँसिलो देखिन्छन् उनी।,कोरोना भाइरसका कारण चैत्र एक गते मलेसियबाट फर्किएका उनमा बेग्लै उत्साह देखिन्छ। मलेसियास्थित एक कम्पनीमा ‘कनस्ट्रक्सन’ को काममा पाँच वर्ष बिताएका ३२ वर्षीय राजकुमार श्रेष्ठले अब फर्केर विदेश नजाने अठोट गरेका छन्।,उनी भन्छन्,‘ अब विदेश गइँदैन। जे–जे गर्ने हो अब गाउँमै गर्ने हो। पैसा मात्रै ठूलो हैन रहेछ जीवनमा।’ खेतीकिसानीलाई आफ्नो मुख्य पेशा बनाउने उनको योजना छ।,
विदेशको सुविधा भन्दा गाउँको उकाली–ओराली प्यारो लागेको छ। तुलना गर्दा परिश्रमको मात्रा र समय तलमाथि होला। तर गाउँको हावापानी, खाना र बसाई धेरै स्वस्थकर छ उनका लागि।,झाँगाझोलीमा राजकुमार यस्ता एक्ला युवा हैनन् जो विदेशबाट फर्केर खेतबारीमा पसिना चुहाँउदै छन्।,राजकुमारसँग बिदा भएर अघि बढ्दै गर्दा सिन्धुलीको सुनकोशी गाउँपालीका तीनमा अर्का एक युवा मल खन्दै गरेको देखिन्छन्। पसिना आइरहेको थियो उनको शरीरमा। उनीसँग कुरा गर्ने हाम्रो कौतुहलता बढ्छ।,२२ वर्षीय अनिल श्रेष्ठ दुबई पुगेर केही वर्ष त्यहाँ होटलमा र फर्केर छ वर्षदेखि ललितपुरस्थित जावलाखेलको एक रेस्टुरेन्टमा ‘कुक’को रुपमा काम गर्दै थिए। तर कोरोना भाइरसका कारण घर आउन बाध्य भए उनी।,लकडाउन घोषणाको अघिल्लो दिन चैत्र १० गते रात्री बस चढेर घर आइपुगेका अनिल वास्तवमा अति व्यस्त बनेका छन्। र, त्यसमा रमाइरहेका छन्।,आमाबुवाले गर्ने हरेक काममा सहयोग गर्न उनी अघि बढ्छन। उनले भने,‘ रमाइलो लागिरहेको छ। जोश थपिएको छ। शहरको भरोसा भएन। जागिर निश्चित भएन।’ आफ्नै बारीमा आफूलाई पुग्ने उत्पादन गर्ने योजना छ अब उनको।,अवस्था सामान्य भयो भने मात्रै शहर जाने योजना छ उनको। नत्र गाउँमै खेतीकिसानी गरेर आफू र आफ्नो परिवार पाल्न सकिने आत्मविश्वास उनमा बढेको छ।,कोरोना भाइरसको जोखिम बढेपछि स्कुल, क्याम्पस र विश्वविद्यालय एकाएक बन्द भए। अध्ययनका लागि शहरमा डेरा लिएर बस्ने विद्यार्थी सुरक्षित हुन गाउँ हानिए।,यी विद्यार्थीको भविष्य के होला भन्ने चिन्ता एकातिर छ। तर गाउँ छिरेका अधिकांश यस्ता विद्यार्थी अभिभावका सहयोगी बनेका छन्। यसअघि कहिल्यै नगरेको काम पनि उनीहरु गर्दैछन्। आफ्नो भविष्य सुनिश्चित गर्ने चुनौति बढेको छ।,कपनस्थित मल्टिपल क्याम्पसमा बिबिएस दोस्रो वर्षमा अध्ययनरत काभ्रेपलाञ्चोक, रोशीका प्रविण रायमाझी त्यसका उदाहरण हुन्। तरकारी लगाउने, गाईबस्तुलाई घाँस काट्ने काम सिकिसकेका छन् उनले।,प्रविणकी आमा तारा शिक्षक हुन्। विद्यालय बन्द भएपछि उनले शहरबाट फर्किएका प्रविण र उनका भाइलाई काम मात्रै सिकाएकी छैनन्, पढ्नका लागि पनि त्यतिकै प्रेरित गरिरहेकी छन्।,सिन्धुली र काभ्रेका केही गाउँका यात्रा सम्पन्न गरेर फर्किँदै गर्दा काठमाडौँको कोटेश्वरमा साँझ पख एक युवती भेटिन्छिन्।,आफ्नो उद्दारको पर्खाईमा थिइन्, आफ्ना गाउँका वडा अध्यक्षले बसका लागि त्यहाँ कुर्न लगाएका थिए उनलाई। बारा चन्द्रपुरकी १५ वर्षीया सोनी तामाङ लामो लकडाउनले डेराभित्रै उकुसमुकुस भएकी थिइन्।,उनी भन्छिन् ,‘ गाउँमा जे गरेर पनि खान सकिन्छ। बस्न सकिन्छ। त्यो भन्दा ठूलो हाँस्न पाइँन्छ। खुशी हुन पाइन्छ, झोक्रिएर बस्नु मात्र पर्या छ।’,सोनीले गाउँ फर्किएपछि घरका सदस्यहरुलाई मकै गोड्ने, घरको काममा सहयोग गर्ने योजना बनाएको बताइन्। गाउँ पुगे/नपुगेकोबारे सम्पर्क गर्दा उनी भन्छिन्,‘ बल्ल आनन्द आयो। अब त स्कुल पनि गाउँमै पढ्छु होला।’,बाध्यताका कारण भएपनि विभिन्न आशा र अपेक्षासहित गाउँ छिरेका र रमाएका युवालाई उनीहरुले भविष्य देखेको पेशामा कसरी टिकाउने? सरकारसँग के छ योजना ?,आगामी आर्थिक वर्षका लागि अर्थमन्त्री युवराज खतिवडाले सोमबार बजेटका प्राथमिकता र सिद्धान्त संसदमा पेश गरेका छन्।,कोरोना भाइरसका कारण संकटमा परेको अर्थतन्त्रलाई उकास्न गुमेको रोजगारीलाई पुनःस्थापित गर्नेमात्रै होइन कृषिलाई आधुनिकरण गर्ने योजना उनले सुनाए।,कृषिमन्त्री घनश्याम भुसाल गाउँ फर्केका युवालाई टिकाउन कृषि क्षेत्रमा विशेष कार्यक्रम लैजाने बताउँछन्।,तर सरकारका योजना मात्रै सुनेका र व्यबहारमा त्यो महसुश गर्न नपाएका राजकुमार, अनिल, प्रविण र सोनी जस्ता युवाहरुको सहयोगको प्रतिक्षामा छन्।,विगत कैयौँ दशकसमम कृषि पेशाले सरकारबाट उपेक्षित महसुश गरेको मात्रै हैन, सम्मान र सामान्य लाभबाट बञ्चित भएको पृष्ठभूमिमा कोरोना भाइरसले उब्जाएको आशलाई सरकारले मलजल गर्ला त ? | दिपा दाहाल |
बगिया: तिहार (सुकराइत) मा थारुको विशेष परिकार | नेपालीहरुको महान चाड तिहार धुमधामले मनाइँरहँदा थारु समुदायले पनि यसलाई आफ्नै मौलिक परम्परा,सामाजिक मूल्य र मान्यताका साथ मनाउँदै आएका छन्।,तराईमा बस्ने आदिवासी थारु समुदायले ,को भोलिपल्ट बिहानैदेखि घर-घरमा चामलको पीठोबाट ‘बगिया’ बनाउने गर्दछन्।,बगिया बनाउँदा उनीहरुले परिकारमा आफ्नो कलायुक्त तरिकाले विभिन्न आकारहरुमा बनाउने गर्दछन्। किनकी ती आकारहरुमा उनीहरुको सामाजिक रीतिथिति, रहन-सहन र बसोबाससँग सम्बन्धित भएका हुन्छ। बगिया परिकारमा खजन चिरै, सखारी-बखारी लगायत बनाउने गरिन्छ।,थारु समुदायले आफ्नो बालबालिकाको लागि छुट्टै आकारमा प्रकारमा खजन चिरै बनाउने गर्दछन्। खजन चिरै एक प्रकारको चराको नाम हो थारु भाषामा। यो चरा आकारमा सानो तर एकदमै चञ्चल स्वभावको हुन्छ।,मौसम विस्तारै चिसो हुन थालेपछि रुखबाट लड्दै-पड्दै घामको खोजीमा निस्किने गर्छ। ठीक त्यस्तै स्वभाव बालबालिमा पनि हुने गरेको र उनीहरुलाई जाडो मौसमबाट बचाउन बाफबाट बनेको शुद्ध बगियासँगै ‘खजन चिरै’को आकारमा बनाउन थालिएको संस्कृतिविद भुलाई चौधरी बताउँछन्।,उनी भन्छन्, ‘ खजन चिरै एक प्रकारको चरा हो। यसको स्वभाव निक्कै चञ्चल हुन्छ। चिसो मौसम सुरु भएपछि घाम खोज्न लड्दै पड्दै भए पनि निस्किन्छ। बालबालिकामा पनि त्यही स्वभाव भएकाले त्यसैको स्वरुप थारु समुदायमा बालबालिकालाई खजन चिरै बनाउन चलन आएको हो।बालसुलभ गुण र चञ्चलता बालबालिकाको विशेषता भएकाले उनीहरुलाई थारु समुदायले यही बनाइदिएको हो।’,यसका साथै खजन चिरै कुन दिशामा देखिन्छ सोही अनुसार फल मिल्ने सामाजिक तथा धार्मिक विश्वास थारु समुदायमा रहिआएको संस्कृतिविद चौधरी बताउँछन्।,यस्तै आकारमा सानो भएकाले बालबालिकालाई खजन चिरै खुब मन पर्ने भएकाले उनीहरुको लागि उक्त परिकार विशेष मानिन्छ। लक्ष्मी पूजाको भोलिपल्ट बिहानै थारु समुदायका बालबालिकाहरु ओछ्यानबाट उठ्ने बित्तिकै आफ्नी आमालाई त्यही ‘खजन चिरै’ माग्ने गर्दछन्। यसबारे थारु लोकगाथा पनि रहेको उनी सुनाउँछन्।,
,
,
,
,
,
,
,
,
,
,
,
,
,
,
,
,
,खासमा सखारी-बखारी पनि थारुको परम्परागत संस्कृतिको प्रतीक हो। पहिला तराइमा थारुहरुको प्रशस्तै खेत हुने गरेको र खेतमा उनीहरुले लगाएको धान मनग्यै फल्ने भएकाले उक्त धान त्यही बखारी (धान राख्न बाँसबाट बनाइएको गोलो ट्यांक) मा राख्ने गरिन्थ्यो।,उनीहरुले आफ्नो उक्त संस्कार र आफ्नो व्यवहारलाई समेत मौलिकाका साथ खाने परिकारमा समेत उतार्ने गर्दथे। यही परम्परालाई उनीहरु सुखको दिन अर्थात सुकराइतमा त्यसको प्रतीक स्वरुप सखारी-बखारी बनाउने गर्दथे।,थारु संस्कृतिविद् भुलाई चौधरी भन्छन् ‘तिहारलाई थारु समुदायले सुकराइत अर्थात सुखको दिन भन्दछन्। तराइको मैदानी भू-भागमा सबैभन्दा धेरै फल्ने चीज धान हो। थारु समुदाय ‘ल्याण्ड लर्ड अफ तराइ’ अर्थात धानको पूजारी थिए। धानलाई सुनको प्रतीक मानिन्छ। त्यसैले तराइलाई सुन फल्ने मैदान पनि भनिन्छ। अन्नको भण्डार पनि भनिन्छ। हो, उनीहरुले उब्जाएको धानको चामलबाट नै आफ्नो परिकारहरु बनाउँथे। त्यसमा उनीहरु आफ्नो बसोबास, रीतिरीवाज, संस्कार र परम्परालाई झल्किने गरी बनाउँथे।’,यसका साथै गाउँ-गाउँमा हबेली र थारुहरुको घर-घरमा बखारी हुने गर्दथे। कुनै गाउँमा धान वा चामल घटेमा वा प्रगन्ना भोजमा केही कमी भएमा यही बखारीबाट झिकेर दिने चलन थियो। यस परम्परालाई उनीहरुले आफ्नो चाडपर्वमा कायम गरेका थिए। शुद्ध चामल र पानीबाट बन्ने भएकाले यसलाई उनीहरुले प्रकृतिको प्रसाद भनेर ग्रहण गर्ने गर्नु पर्ने मान्यता राख्दथे।,यो परिकार बाफमा पाक्ने भएकाले थारु समुदायले यसलाई ‘बगिया’ नामाकरण गरेका हुन। उनी भन्छन्, ‘पहिलाका थारुहरुसँग अहिलेको जस्तो पित्तलको भाडो, स्टीलको भाँडो छदै थिएन। फलत: उनीहरु माटोबाटै बनेको भाँडोमा आफ्नो परिकार ‘बगिया’ बनाउने गर्दथे। माटोबाट बनाइएको उक्त भाँडोलाई ‘अट्नी’ भनिन्छ। अहिले त्यो लोप भइसकेको छ समुदायबाट नै किनकी आजभोलि केही प्रविधि र प्रयोगहरु परिवर्तन हुँदै गएका छन्। तर बगिया बनाउने संस्कार भने कायमै छ।’,थारु समुदाय समय र परिस्थितिसँग जुध्दा-जुध्दै उनीहरुको आफ्नो मौलिकपनमा ह्रास हुन थालेको उनको भनाइ छ। उनी भन्छन्, ‘अब युवाहरुले थारु संस्कार र संस्कृतिको जगेर्ना गर्नु पर्ने बेला आएको छ। यदि यसलाई जोगाउन सकिएन भने थार संस्कृति संस्कार लोप भएर जानेछ। थारुको अस्तित्व संकटमा पर्नेछ एकदिन।’ | सहदेव चौधरी |
ऐतिहासिक घाटमाथि गुरुयोजनाको बक्रदृष्टि | ‘देव कार्य र पितृ कार्यको संगम, पशुपतिको पहिचान हो । आशुतोष र संहारकर्ताको रुपमा रहेका महादेवप्रतिको आस्थाको केन्द्र हो पशुपति । पशुपति क्षेत्रसँग नेपाली मात्रै नभएर विश्वभरका हिन्दुहरुको आस्था जोडिएको छ । विश्वास गाँसिएको छ ।’,‘यो क्षेत्रको साँस्कृतिक तथा पुरातात्विक महत्व प्राचीनकालसँग जोडिएको छ । त्यसैले जिर्णोद्धार, निर्माण–पुनर्निर्माण वा विकासका कुनै पनि प्रयासहरु प्राचीनताको संरक्षण र आस्था–विश्वासको रक्षालाई केन्द्रमा राखेर गरिनु पर्छ । त्यसमाथि युनेस्कोले विश्व सम्पदा सूचिमा राखेकाले थप ख्याल गरिनु पर्छ ।’,पशुपति क्षेत्रको साँस्कृतिक पक्षमा विज्ञता हाँसिल गरेका डा. गोविन्द टण्डनका अभिव्यक्ति हुन् यी।,उनले पशुपति क्षेत्रको विवादित र त्यसका कारण हाल एक महिनाका लागि ,बारे टिप्पणी गर्दै सुधार, विकास वा सौन्दर्यीकरणका नाममा गरिने कुनै पनि प्रयासले त्यहाँका मूर्त–अमूर्त सम्पदा, आस्था–विश्वास र ऐतिहासिक पक्षलाई लेस मात्र पनि ठेस पुर्याउन नहुने बताए । बरु हरेक प्रयासहरु प्राचीनताको थप संरक्षण गर्ने खालको हुनु पर्ने सम्पदाविदको भनाई छ ।,पशुपति क्षेत्र विकास कोषले सञ्चालक परिषदबाट पारित गरेर सरकारमा पठाएको गुरुयोजनामा प्राचीनतामाथि प्रहार भएको, आस्थामा ठेस पुर्याउने तथा व्यापारिक स्वार्थ पूरा गर्ने निहीन स्वार्थ रहेको भन्दै सम्पदाविद, आस्थिक समूह र स्थानीय बासिन्दाले विरोध गरिरहेका छन् ।,संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको पहलमा भएको सम्वद्ध पक्षको छलफलपछि गुरुयोजनाको थप प्रक्रिया एक महिनाका लागि स्थगित गरी सबै पक्षसँग विस्तृत छलफल गरी सुझाव संकलन गर्न , भएको छ ।,मन्त्रायलयका दुई सहसचिव तथा पुरातत्व विभागका महानिर्देशकसहितको कार्यदलले प्रतिवेदन नबुझाउँदासम्म अहिलेको गुरुयोजना कागजमा सीमित रहने छ ।,तर विवादास्पद गुरुयोजना तयार पार्दा सम्पदाविद, स्थानीय बासिन्दा, स्थानीय निकाय तथा पुरातत्व विभागसँग परामर्श नगरिनु र त्यसमा समावेश विषय प्राचीनता विरोधी हुनुले त्यसमा आन्तरिक र बाह्य षड्यन्त्र भएको आशंका पनि बढेको छ ।,पशुपति क्षेत्र विकास कोषले तयार पारेको गुरुयोजनामा उल्लेख गरिएको घाट सम्बन्धी कुरामा पनि विवाद छ, ब्रह्मनाल सार्ने, पश्चिम ढोका भत्काउने र व्यापारिक मल बनाउने सम्बन्धी योजना आदिबारे ।,यसअघि गएको माघमा भारतमा रहेको , गर्ने प्रयषस भएको थियो । त्यसबेला पनि विवाद भएको थियो । गोवर्द्धनमठ पुरीपीठले सो कार्यमा , थियो ।,पशुपति मन्दिरको पूर्वी ढोकाको सिधा तल बागमती नदी किनारमा अवस्थित प्राचीन , नजिकै रहेका आर्यघाटका दुई चिता ‘हटाउने’ योजना रहेको भन्दै स्थानीयले विरोध गरिरहेका छन् । तर पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकाल भने आर्यघाट सार्ने वा हटाउने योजना नरहेको बताउँछन्।,पशुपति क्षेत्र विकास कोषले पूर्व सदस्य सचिव चेतोनाथ गौतमलाई संयोजन गर्न लगाएर तयार पारेको गुरुयोजनामा ब्रह्मनाल नजिकै रहेका दुई चितामा अन्तिम संस्कार गरिँदा पशुपतिनाथ मन्दिरको सौन्दर्यमा आँच आएको तथा दर्शनार्थीले लासको स्पर्श गर्नु परेकाले विकल्पका खोजिनु पर्ने उल्लेख छ ।,कोषका सदस्य सचिव भने आर्यघाट सार्ने कुरा उल्लेख हुँदै नभएको बताउँछन्।,गुरुयोजनामा भनिएको छ, ‘पशुपतिनाथको जललाई भस्मेश्वर दक्षिण ल्याएर तारकेश्वरको स्थापना गरी ब्रह्मनाल निर्माण गर्न आवश्यक देखिन्छ । यसो गर्दा भस्मेश्वर र विद्युत शवदाह गृह पार्थीव शरीरलाई दाह संस्कारका लागि लैजान सजिलो हुन्छ । पशुपति दर्शन गर्न जानेले पनि लास र मलामीको स्पर्श गर्नु पर्दैन।’,यसको अर्थ ब्रह्मनाल भस्मेश्वरमा लगेर अन्तिम संस्कारको व्यवस्थापन पूर्ण रुपमा त्यतै गर्नु नै रहेको विश्लेषण स्थानीय बासिन्दाको छ ।,पशुपति क्षेत्रको बागमती किनारमा रहेका घाटका सम्बन्धमा कोषका पूर्व सदस्य सचिव समेत रहेका डा. टण्डन भन्छन्, ‘ब्रह्मनालको नजिकै दक्षिण तर्फ रहेका दुई चिता काठमाडौँका मल्लराजा लक्ष्मिनरसिंह मल्लको पालामा बनाइएको उल्लेख छ । त्यसपछि विभिन्न समयमा सिँढी हाल्ने, चितालाई थप व्यवस्थित गर्ने काम भयो । पछि राणा कालमा आएर त्यहाँका दुई चितालाई वर्गिकरण गरियो–एक नम्बर चितामा राजपरिवारका सदस्य तथा दुई नम्बरको चितामा भाइभारदार (राणाहरु) को अन्तिम संस्कार हुने गरी ।’,हाल ती चितामा अधिकतम पाँच हजारसम्म तिर्न सक्नेहरु, विशिष्ट व्यक्तिहरु, पशुपति क्षेत्र विकास कोषका वर्तमान तथा पूर्व पदाधिकारीहरुसहितको अन्तिम संस्कार हुने गरेको छ ।,घाटको प्राचीनताबारे थप स्पष्ट पार्दै उनले भने, ‘इतिहास खोतल्दै जाने हो भने सबैभन्दा पुरोना घाट हाल राम मन्दिर रहेको दक्षिण तर्फ थियो भन्ने खुल्छ । बागमती नदीले धार परिवर्तन गरेपछि भस्मेश्वरमा घाट सारिएको हो । यसरी भन्दा भस्मेश्वरलाई हाल प्रचलनमा रहेका घाट मध्ये सबैभन्दा पूरानो या प्राचीन भन्न सकिन्छ । ब्रह्मनालमा अर्घ्य जल दिएर शव घाटमा ल्याइ जलाउने गरिन्थ्यो ।’,भस्मेश्वरमा सुरुमा दुईवटा मात्रै चिता थिए । पछि थपिँदै गए । अहिले त्यहाँ १० वटा चिता रहेका छन् । विद्युतीय शवदाह गृहमा क्षमता तीन चिताको भए पनि हाल एउटा मात्र सञ्चालनमा छ ।,ब्रह्मनाल नजिकका दुई चितामा शव जलाउँदा हावाले उडाएर खरानी मन्दिरसम्मै लगेको तथा पूजा गर्ने बेला गन्ध आएको भन्दै बेलाबेलामा पशुपतिका भट्टहरुले गुनासो गर्ने गरेका छन् ।,तर यसलाई सम्बोधन गर्न चिता भत्काउनु नपर्ने सम्पदाविद बताउँछन् । डा. टण्डन भन्छन्, ‘भट्टहरुको गुनासो सम्बोधन गर्ने हो भने त्यहाँका चिता भत्काइनु पर्दैन, त्यसलाई व्यवस्थापन गरे पुग्छ । सबै सरोबर हुने गरी विशिष्ट व्यक्तिको पनि भस्मेश्वरमै अन्तिम संस्कार गर्ने निर्णय गर्ने हो र त्यसका पक्षमा सबै उभिन सक्ने वा आफू विशिष्ट देखिन ब्रह्मनाल नजिकका दुई चितामा जल्ने चाह त्याग्न पहुँचमा रहेका व्यक्तिहरु सक्षम भए भने भइहाल्छ ।’,स्थानीय बासिन्दा र पवित्रता तथा पशुपतिको प्राचीनता सम्वर्द्धनको पक्षमा रहेकाहरुले पनि आर्यघाटका चिताका बारे प्रतिवद्ध तथा स्पष्ट हुनुपर्ने बताएका छन् । जनप्रतिनिधि तथा सम्पदा संरक्षणका पक्षपाती नरोत्तम वैद्यले भनेका छन्, ‘ती दुई चितामा अन्तिम संस्कार नगर्ने बारे निर्णय गर्नु पूर्व बृहत छलफल हुनु पर्छ । ब्रह्मनाललाई नचलाई अन्तिम संस्कार भस्मेश्वर र विद्युतीय शवदाह गृहमा गर्ने पक्षमा छलफल गरे सहमति हुन सक्छ । तर त्यसो भन्दैमा इतिहास बोकेका चिता भने भत्काउनु हुँदैन ।’,वैद्यले आफू पशुपति क्षेत्र विकास कोषको कोषध्यक्ष रहँदाको घटना स्मरण गर्दै भने, ‘त्यो बेलाका सदस्य सचिव सुशील नाहटा जी ती दुई चिता भत्काउने पक्षमा हुनुहुन्थ्यो । उहाँ आफै भत्काउन तम्सिनु भएको पनि थियो । हामीले त्यस्तो हुन दिएनौँ । तर भट्टहरुको गुनासो छ, मैले पनि सुनेको छु । त्यसका लागि चिता भत्काउनु पर्दैन, त्यहाँ अन्तिम संस्कार नगरे हुन्छ । यो निर्णय एकलौटी रुपमा गरेर हुँदैन, सबै पक्षसँग छलफल गरेर सहमति मार्फत गर्न सकिन्छ ।’,उनले भने, ‘ब्रह्मनालमा ल्याएर पशुपतिनाथको चरणकमलबाट आएको अर्घ्य जल प्रदान गरी भस्मेश्वर घाटमा लगि अन्तिम संस्कार गर्ने सनातन चलनलाई स्थापित गर्नका लागि छलफलको कुनै विकल्प छैन । एकलौटी रुपमा निर्णय गरिँदा आस्थामा ठेस लाग्छ, प्राचीनता मासिन्छ, त्यस्तो कदापि हुनु हुँदैन ।’ | टंक ढकाल |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.