content
stringlengths
31
27.4k
चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिवार नेपाल आउने पक्का काठमाडौं– चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको औपचारिक मिति सार्वजनिक भएको छ ।  परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै सीको भ्रमणबारे औपचारिक जानकारी दिएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गर्ने तय भएको  हो । परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति सीले अक्टोबर १२ र १३ (असोज २५–२६) गते नेपाल भ्रमण गर्नेछन् । चिनीयाँ राष्ट्रपति अक्टोबर ११ मा भारतको चेन्नाई पुग्ने र त्यसपछि १२ मा सिधै काठमाडौँ आइपुग्ने कार्यक्रम रहेको छ । भारत भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उनले मल्लापुरममा दोस्रो शिखर बैठक गर्नेछन् । विश्व सम्पदा सूचीमा रहेको मल्लापुरममा मोदीसँगै सांस्कृतिक कार्यक्रममा समेत सी सहभागि हुनेछन् ।
गुण्डुमा पाथिभरा माताको मन्दिर काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका गुण्डुमा आज पाथिभरा माताको मन्दिर स्थापना गरिएको छ। गुण्डुको पाँच रोपनी क्षेत्रफलमा प्रसिद्ध पाथिभरा माताको ३५० केजीको अष्ट धातुबाट निर्माण गरिएको मन्दिरको आज प्राणप्रतिष्ठा गरिएको हो। पाँच महीना लगाएर ११ लाखमा निर्माण गरिएको पाथिभराको मन्दिरको निर्माणसँगै भक्तपुरमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा वृद्धि हुने आयोजकले जनाएका छन्। मन्दिर निर्माणका लागि श्रीमद्देवी भागवत ज्ञान महायज्ञको समेत आयोजना गरिएको छ। पण्डितहरुले पाथिभरा वैष्णोदेवी मन्दिरको प्राण प्रतिष्ठा गरेका थिए। सांसद महेश बस्नेतले मन्दिरको उद्घाटन गरे।
कञ्चनपुरमा नृत्य टोलीसँगै बडा दशैँको टीका कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका वडघर रामप्रसाद चौधरीले कोसेलीसहितको नृत्य टोलीसँगै देशबन्धिया गुरुवाको घरमा पुगेर दशैँको अवसरमा टीका थापे। थारु समुदायमा देशबन्धिया गुरुवाको स्थान उच्च रहने गर्छ। सधैँ सखिया नृत्य टोलीसँग टीका थाप्नका लागि आइपुग्थे। उनले भने, “यस पटक झुम्रा नृत्य टोलीसँगै पुगेर टीका थापे।” गुरुवासँग टीका थापेर आर्शिवाद लिएपछि झुम्रा नृत्यसँग सखिया नृत्यको सबै गाउँलेसँग बसेर मनोरञ्जन मात्रै लिएनन् सधैँ कामको सिलसिलामा गाउँभन्दा बाहिर बस्नेहरुको हालचाल बुझ्नाका साथै भलाकुसारी गर्नसमेत भ्याए। थारु समुदायको बडादशैँको टीका थाप्न जाँदा नृत्यसहित पहुरा (कोसेली) लिएर जानुपर्ने परम्परागत चलन रहेको छ । कोशेलीका रुपमा टीका, जमरा, बेवरी, चामल र मदिरा लिएर जाने चलन रहेको छ। गुरुवासँगै गाउँका मान्यजन वडाध्यक्ष, सदस्य, वडघर, केसौका र चौकिदारको घरमा कोसेलीसहित पुगेर टीका थाप्नुपर्ने पुरानो चलन छ। शुक्लाफाँटा नगरपालिका–३ का वडाध्यक्षको घरमा पुगेरसमेत पिपलाडी र जोनापुरको सखिया, झुम्रा नृत्य टोलीसहित गाउँका सबैले टीकासमेत थापे। यस पटक वडा कार्यालयले दशैँका अवसरमा आयोजना गरेको कार्यक्रममा नगर प्रमुख दिलबहादुर ऐरले मान्यजनबाट टीका थापे भने आफूभन्दा सानालाई टीका लगाएर आशीर्वादसमेत दिए। पालो पर्खंदै पहुरा ९कोसेली० लिएर थारु समुदायका बालबालिका, बूढापाका, महिला र तन्नेरी टीका थाप्नका लागि मान्यजन कहाँ जाने गरेका छन्। टीका थाप्न गाउँ गाउँबाट सखिया, छोक्रा, लठुवा र छोक्रा नाचसँगै पहुरारुपसहित मान्यजनकहाँ जाने चलन रहेको स्थानीयवासी परदेशी चौधरीले बताए। गाउँका मान्यजनका रुपमा समाजले सामाजिक र सांस्कृतिक कार्य गर्न चुनेका बडघर, गुरुवा र केशौकाबाट पहिलो टीका थापेर आशीर्वाद लिनुपर्ने परम्परागत चलन रहेको उनले बताए। “हाल जनप्रतिनिधिकहाँ पुगेरसमेत टीका थाप्न थालेका छौँ”, उनले भने। बडघरपछि गुरुवा, केसौका जनप्रतिनिधि र मान्यजनबाट पालो पालो सामूहिक रुपमै थारु समुदायले टीका थाप्ने गरेका छन्। टीका थाप्नेहरुका लागि टीका लगाउने बडघर र गुरुवाको घरमा चामलको पिठोबाट बनेको ढिक्री, दालभात, माछा मासु र तरकारी खुवाउने व्यवस्था मिलाएको हुन्छ। आज दिनभर सखिया नाचको रौनक हुने भएकाले थारु गाउँमा उमङ्ग थपिएको छ। रासस
चितुवाको आक्रमणबाट बालकको ज्यान गयो काठमाडौं । चितुवाको आक्रमणबाट तनहुँको भानु नगरपालिकामा आज एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा भानु नगरपालिका–१ जामुनेगैह्रा बस्ने विष्णु बानियाँका छोरा चार वर्षीय आशिष बानियाँ रहेका छन्। घर नजिकै रहेको परालको टौवामा हालेको पिङ खेल्दै गर्दा चितुवाको आक्रमणबाट घाइते बालकको डुम्रेस्थित लक्ष्मी अस्पतालमा साँझ उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक लीलाराज लामिछानेले जानकारी दिए। “दशैँको दिन टीका लगाएर घर नजिकै पिङ खेल्ने क्रममा चितुवाले आक्रमण गरेको रहेछ”, प्रहरी नायब उपरिक्षक लामिछानेले भने, “भानु नगरपालिकामा चितुवाको त्रास रहेकाले बालबालिकालाई एक्लै नछाड्न आग्रह गर्दछु।” भानु नगरपालिकामा यसअघि पनि चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु भएको छ । चितुवाको आक्रमणबाट यसअघि दुई बालक र दुई बालिकाको मृत्यु भएको थियो। विसं २०७४ फागुन १ गते भानु नगरपालिका–३ दोरदोरका छ वर्षीय विशाल श्रेष्ठ, २०७५ कात्तिक २९ गते भानु नगरपालिका–४ जोखानेका चार वर्षीया रञ्जिता लम्साल, मङ्सिर १५ गते भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङ र जेठ २४ गते भानु नगरपालिका–२ भकुण्डथोक निवासी नौ वर्षीया पुष्पा अधिकारीको मृत्यु भएको थियो। यसअघि असोज १५ गते भानु नगरपालिका–२ स्थित सामुदायिक वनमा निर्माण गरिएको खोरमा एउटा चितुवा नियन्त्रणमा लिइएको थियो। पुनः चितुवाले आक्रमण गरेपछि भानु नगरपालिकामा अन्य चितुवा पनि रहेको अनुमान गरिएको छ। चितुवाले पुनः आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित भएका छन्।रासस
सप्तरीमा आफ्नै श्रीमती र छोराले गरे बुवाको हत्या सप्तरी । सप्तरीमा एक ज्येष्ठ नागरिकको हत्या आरोपमा उनकी श्रीमती र छोरा आज पक्राउ परेका छन्। कुटपिटबाट मृत्यु भएपश्चात् फरार महादेवा गाउँपालिका–१ पकरीकी ५० वर्षीया जमुनी खातुन र उनका छोरा २३ वर्षीय नइम पमरियालाई सप्तरी प्रहरीले पक्राउ गरेको जनाइएको छ। आइतबार राति मदिरा सेवन गरेका नइम र जमुनीको कुटपिटबाट ६२ वर्षीय मो.गफुर पमरियाको मृत्यु भएको बताइएको छ। गफुरलाई उनकै श्रीमती जमुनी र कान्छा छोरा नइमले कुटपिट गरी हत्या गरेको भन्दै मृतकका भाइ मो. इसराइल पमरियाले सोमबार जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेका थिए। आरोपितलाई पक्राउ गरी थप अनुसन्धान कार्य शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए।रासस
चरेश कारोवार मुद्दाका फरार अभियुक्त पक्राउ काठमाडौं । लागुऔषध (चरेश) कारोवार मुद्दामा फरार रहेका पनौती नगरपालिका–९ का २३ वर्षीय राजीव थापालाई आज प्रहरीले पक्राउ गरेको छ। थापा दशैँमा टीका लगाउन घर आउने क्रममा पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक जयराज सापकोटाका अनुसार फरार रहेका थापा पर्सा जिल्ला अदालतबाट तीन वर्ष कैद र रु दुई लाख जरिवाना सुनाइएका व्यक्ति हुन्। “जिल्ला अदालत पर्साले कैद फैसला सुनाएका राजीव थापा दशैँमा टीका लगाउन पनौती घर आएका बेला पक्राउ परेका हुन्”, प्रहरी प्रमुख सापकोटाले भने, “पक्राउ परेका थापालाई दशैँ बिदा सकिएलगत्तै जिल्ला अदालतमा बुझाउँछौँ।”
सौराहामा विदेशी पर्यटकले मनाए दशैँ काठमाडौं । तेस्रो पर्यटकीय गन्तव्य सौराहामा घुम्न आउने पर्यटकले पनि दशैँ मनाएका छन्। पर्यटकले सौराहाको सपना भिलेजमा टीका लगाएर दशैँ मनाएका हुन्। ब्राजिलदेखि सौराहा घुम्न आएका ४३ वर्षीय पर्यटक रिमाडो टिकोलीले यस पटक टीका र जमरासँगै नेपालीहरुको दशैँ मनाउन पाउँदा निकै खुशी देखिन्थे। “मैले नेपाल घुम्न आउँदा नेपाली परम्परामा रमाएको कुरा सुनेको मात्र थिएँ, तर आज सौराहा आएर टीका र जमरा लगाएर दशैँ मनाएको छु, धन्यवाद नेपालीहरु”, उनले भने। अर्का पर्यटक जोसिलो कोस्टा पनि निकै हर्षित देखिन्थे। उनले आगामी वर्ष पनि नेपालमा आएर दशैँ मनाउने बताए। सौराहाको सपना भिलेजले हरेक वर्ष जस्तै यो वर्ष पनि दुर्गा पूजा गर्दै पर्यटकलाई समेत दशैँ मनाउने परम्परालाई निरन्तरता दिएको सपनाका प्रबन्ध निर्देशक ध्रुव गिरीले बताए। उनले भने, “पर्यटकलाई हाम्रो संस्कृतिसमेत पहिचान गराउनुपर्छ भनेर शुरु गरेका हौँ, दशैँमा नेपाल घुम्न आउने पर्यटकलाई संस्कृति सिक्ने प्याकेज बनाउन चाहान्छौँ।” “विभिन्न देशका संस्कृति र परम्परालाई प्रत्यक्ष रूपमा अनुभव गर्न पाइने भएकाले चाडपर्वका बेला घुम्न आउँछु”, विदेशी पर्यटक मेरिकोलले भने। चितवनको सौराहामा यतिबेला पर्यटकीय मौसम शुरु भइसकेको छ भने यहाँ आउने विदेशी पर्यटकलाई हरेक होटलले दशैँ मनाउने परम्परा बनाएका छन्। पर्यटकलाई यहाँका वन्यजन्तु, बाघ, गैँडा, हिमाल र पहाडले मात्र तान्दैन, दशैँ, तिहारलगायत चाडबाडले पनि आकर्षित गर्ने गरेका छन्। विदेशीलाई दशैँको माहोल विशेष लाग्ने गर्छ। जमरा, टीका र चङ्गा चेटमा उनीहरू रमाउने गरेका छन्। रासस
राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीलाई लगाइदिइन् दशैँको टीका र जमरा काठमाडौँ । राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दशैँको टीका लगाइदिएकी छिन्। राष्ट्रपति भण्डारीले मंगलबार अपरान्ह १ बजेर ३५ मिनेटमा राष्ट्रपति भवन सितल निवास पुगेका प्रधानमन्त्री ओलीलाई बडा दसैंको टीका, जमरा र जमराको माला लगाई दिएकी हुन् । त्यसैगरी राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यलाई पनि टीका लगाइदिएकी छिन्। उनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु, सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई पनि दशैँको टीका लगाइदिएकी छिन्। अहिले राष्ट्रपति भण्डारीले राष्ट्रपति भवन सितल निवासमा सर्वसाधारणलाई पनि टीका लगाई रहेकी छिन् । यस अघि उनले बिहान १० बजेर ३५ मिनेटको शुभसाइतमf आमा मिथिला पाण्डेबाट दशैँको टीका ग्रहण गरेकी थिइन्।
उपराष्ट्रपति पुनले लगाए आफन्तहरुलाई विजया दशमीकाे टीका काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले आफ्ना सचिवालय सदस्य, सुरक्षाकर्मी र केही आफन्तहरुलाई टीका लगाई दिँदै।
आफन्तलाई दशैँको टीका लगाउँदै राष्ट्रपति विद्यादेवी भण्डारी  (फोटो फिचर) काठमाडौँ ।  राष्ट्रपति विद्यादेवी भण्डारी विजया दशमीका दिन मङ्गलबार राष्ट्रपति कार्यालयमा आफन्तलाई टीका लगाइदिँदै।
दशैँको टीका ग्रहण गर्दै राष्ट्रपति भण्डारी काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीको टिका लगाएकी छन् । उनले मंगलबार दिउँसो पुजारी र आफन्तबाट दशैंको टिका लगाएकी हुन् ।
मिनिबस र मोटरसाइकल ठक्कर खाँदा एक युवकको मृत्यु भादगाउँ। काठमाडौँबाट बनेपातर्फ जाँदै गरेको बा ५ ख ४३६७ नम्बरको मिनिबस र विपरीत दिशाबाट आउँदै गरेको बा २४ प २७४० नम्बरको मोटरसाइकल सूर्यविनायक नगरपालिका ८, भातेढिकुरमा ठक्कर खाँदा एक युवकको मृत्यु भएको छ भने अर्को एक जना घाइते भएका छन्। मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार रामेछाप लिखु गाउँपालिका–४ घर भई हाल भक्तपुर सूर्यविनायक–९ नलिञ्चोक बस्ने ३५ वर्षीय रामबहादुर भुजेल रहेका छन् । मोटरसाइकल चालक सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका ३ घर भई हाल नलिञ्चोक बस्ने २९ वर्षीय अर्जुन थामीको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा घाइते भुजेलको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले बताए। घाइते भुजेललाई उपचारका लागि तत्काल उद्धार गरी सल्लाघारीस्थित डा इवामुरा अस्पताल लगिएकोमा थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो। घटनामा संलग्न दुवै सवारीसाधन र बस चालक दोलखा भीमेश्वर नगरपालिका–८ भीरकोट बस्ने २६ वर्षीय विनोद खत्रीलाई महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरको नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको प्रनाउ पोखरेलले जानकारी दिए।
आज विजयादशमी, मान्यजनका हातबाट टीका जमरा लगाएर आर्शिवाद थापिँदै काठमाडौं। दुर्गापक्षको मुख्य दिन आज विजयादशमी घटस्थापनाका दिन स्थापित घडाबाट अभिषेक गरी मान्यजनका हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ। आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत बिहान ८ः४५ बजे रहेको जनाएको छ। टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने बिहान १०ः३५ बजे उत्तम रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिए। विजयादशमी आफैंँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पनि उनले जानकारी दिए। “राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ, राज्य सञ्चालकले शुभ साइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकाले साइत दिइएको हो, साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ”, अध्यक्ष गौतमले भने। मङ्गलबार चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइने मानिस पूर्व फर्कनुपर्छ। टीका लगाइदिनेले भने पश्चिम फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ। चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने अध्यक्ष गौतमले सुनाए। आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ। जमराले विभिन्न रोगव्याधिमा औषधिका रुपमा काम गर्ने तथ्य वैज्ञानिकरुपमा समेत पुष्टि भइसकेको छ। घटस्थापनाका दिन स्थापित पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभर शान्ति हुने भएकाले आज मान्यजनबाट टीका र प्रसाद लगाउनुअघि अभिषेक गर्ने गरिएको हो। असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडादशैंँकै सबैभन्दा महत्वपूर्ण दिन हो। त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ। आज गुरु पुरोहित, हजुरबा, हजुरआमा, बाआमा, मान्यजन तथा ठूलाबडाका हातबाट नवदुर्गाभवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरुबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ। आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरुप टीका, जमरा र आशीर्वाद थाप्न हिंँड्ने मानिसको बाटामा भीड देख्न सकिन्छ।
नागरिकको जीवनमा परिवर्तन देखिएको छ : प्रधानमन्त्री ओली दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा सुशासन कायम गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्। वडादशैँ, शुभ दीपावली तथा छठ पर्वका अवसरमा आज आफ्नो गृह क्षेत्र झापा क्षेत्र नं. ५ को दमकमा आयोजित ‘शुभकामना आदानप्रदान कार्यक्रम’मा उनले आफूले कुनै पनि भ्रष्टाचार नगर्ने र गर्नेलाई छुटसमेत नहुने बताए। प्रधानमन्त्री ओलीले नियम र कानून हरेक नागरिकका लागि समान रहेको उल्लेख गर्दै भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्न सरकारले कुनै पनि सम्झौता नगर्ने दृढता व्यक्त गरे। वर्तमान सरकार गठनपछि विपन्न नागरिकको जीवनमा परिवर्तन शुरु भएको बताउँदै उनले हुनेखानेको भन्दा पनि हुँदा खानेको जीवनमा परिवर्तन देखिएको भने। प्रधानमन्त्री ओलीले भने, “वास्तविकरुपमा जो सर्वहारा छन्, विपन्न छन्, उनीहरुमा सरकारको अनुभूति पुगेको छ ।” कतिपयले धर्मको नाममा र जातको नाममा राजनीति गर्न खोजेपनि त्यस्ता कुराले समाजमा गलत प्रभाव मात्र पार्ने छ भन्दै उनले भौतिक पूर्वाधारदेखि विकासका हरेक पक्षमा सरकारले प्राथमिकताका साथ लागि परेकाले परिवर्तनको प्रभाव देख्न धैर्यता गर्नुपर्नेमा जोड दिए। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले हरेक वर्षको दशैँंमा नवमीको दिन पारेर गृह जिल्लामा शुभकामना आदनप्रदान कार्यक्रम गर्दै आएका छन्। यस अघिका वर्षमा उनले झापाको विर्तामोडमा यो कार्यक्रम गर्दै आएका थिए । यस वर्ष भने उनले आफ्ने गृहनगर दमकमा कार्यक्रमको आयोजना गरेका हुन्। कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपाली समाजको सद्भाव र एकतालाई बलियो पार्न हरेक चाडवर्पको भूमिका महत्वपूर्ण रहेको बताए । नेकपाका प्रदेश नं. १ का ईन्चार्ज भिम आचार्यले सुशासन र विकास निर्माणमा सरकार र पार्टी प्रतिवद्धरुपमा लागि परेको भन्दै केही भ्रमलाई चिर्न सवै एक हुनुपर्नेमा जोड दिए। स्थानीय कस्मिक पार्टी प्यालेसमा आयोजित कार्यक्रममा प्रदेश नं. १ का प्रमुख डाक्टर गोविन्द तुम्बाहाङ्गले चाडपर्वलाई सांस्कृतिसंगै मौलिकताका रुपमा मनाउनुपर्ने बताए। कार्यक्रममा झापाका आदिवासी सन्थाल जातिको सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो। प्रधानमन्त्री ओली आजै काठमाडाँै फर्किनुभएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले वताए।
मोटरसाइकलको ठक्करबाट एकको मृत्यु चितवन । चितवनमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा इच्छाकामना गाँउपालिका–६ की ७० वर्षीया इजली मिया रहेका छन्। इच्छाकामना गाँउपालिका–६ पाँचकिलोमा मुग्लिनबाट नारायणगढतर्फ आउँँदै गरेको ग ७ प १९९६ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी मियाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस
‘समृद्ध नेपाल निर्माणको राष्ट्रिय आकांक्षाका पूरा गर्न विजया दशमीले प्रेरित गरोस्’ काठमाडौं । नेपालीहरुको महान् पर्व विजयादशमीको अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रको निरन्तर समुन्नति, समृद्धिका साथै स्वदेश–विदेशमा रहेका सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, सु–स्वास्थ्य समृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्। विजया दशमीको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भागौलिक विविधताले भरिपूर्ण धर्मनिरपेक्ष राष्ट्र हाम्रो संविधानले सबै धर्म संस्कृतिका समुदायलाई आफ्नो धर्म संस्कृतिको संरक्षण एवम् सम्बद्र्धन गर्न पाउने अधिकार प्रत्याभूत गरेको स्मरण गराएका छन्। हाम्रो देशमा मनाइने सबै चाडपर्वले नेपालीहरुका बीच आपसी सद्भाव, सहिष्णुता, भ्रातृत्व र राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्दै आईरहेका छन् भन्दै उपराष्ट्रपतिले सन्देशमा विजया दशमीको माध्यामबाट त्यो अक्षुण्ण रहने र अझ उन्नत हुँदै जाने विश्वास व्यक्त गरेका छन्। ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षाका साथ समृद्धिको मार्गमा अग्रसर रहेको राष्ट्रिय एकता, आर्थिक सामाजिक रुपान्तरणसहितको समृद्ध राष्ट्र निर्माणको लागि सबै नेपालीहरुलाई एकताबद्ध गर्दै आपसी सहमति, सहयोग र सहकार्यको बाटोमा अघि बढ्न विजया दशमीले प्रेरित गर्ने अपेक्षासंविधान कार्यान्वयनका बाँकी कार्यहरु यथाशीघ्र पूरा गर्दै देशको सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डता र नेपाली जनताको स्वतन्त्रतालाई अझै बलियो बनाउन विजया दशमीले सबैलाई थप प्रेरित गरोस् भन्ने कामना उपराष्ट्रपतिले सन्देशमा लेखेका छन्।
दशै पनि नभनी गौतमबुद्ध विमानस्थलको प्रगति हेर्दै मन्त्री भट्टराई काठमाडौं । नेपालीको महत्वपूर्ण चाड दशैँले सबैलाई छोएको छ । शहरमा बस्ने गाउँघर तिर गएका छन् । विदेशमा भएका स्वदेश फर्किएका छन् । आज दशैँको नवौ दिन अर्थात् महानवमी । यस्तो दिनमा समेत चाडबाड नभनी मुलुक निर्माणको अभियानमा केन्द्रीत गर्नेहरु पनि यही बेला सक्रिय छन् । चाडबाड पनि नभनी आफ्नो मन्त्रालय मातहतको आयोजनाको अवस्था के छ भनेर बुझ्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई आज दिनभर भैरहवा आसपासमा सक्रिय रहे। निर्माणाधिन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र अन्तरराष्ट्रिय बुद्धिस्ट कन्फरेन्स तथा मेडिटेशन हलको स्थलगत निरीक्षणमा उनी व्यस्त भए। सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ। राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सो विमानस्थललाई सकेसम्म चाँडै सम्पन्न गर्ने सरकारको लक्ष्य छ । विमानस्थलको काम के भइरहेको छ, अवस्था के छ भन्ने कुराको जानकारी लिन मन्त्री भट्टराई नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, इन्जिनियर प्रदीप अधिकारीसहितको टोली लिएर आज निर्माणाधिन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल पुगेका थिए। मध्य दशैँमा पनि विमानस्थल निर्माणको काम चलीरहेको छ, अरु दिन जस्तै । मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल साघुरो भएका कारण विकल्पका रुपमा गौतमबुद्ध विमानस्थल निर्माण शुरु गरिएको हो । पूरानो तालिका अनुसार यही असोज महिना भित्रै पूर्णरुपमा सम्पन्न गर्ने लक्ष्य राखिएको भएपनि काम गर्दै जाँदा थप केही समय लागेको छ, गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सम्पन्न गर्न । विशेष गरी शान्तिका अग्रदूत भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी आउन चाहने पर्यटकलाई केन्द्रमा राखेर सो विमानस्थल निर्माण गरिएको हो । यही असोज ५ गते बसेको राष्ट्रिय समस्या समाधान समितिको ४६ औँ बैठकमा पेश भएको विवरणअनुसार सो विमानस्थलको कूल भौतिक प्रगति ८० प्रतिशतको हाराहारीमा पुगेको छ । तोकिएको समयमा नै काम भएको खण्डमा राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा पहिले पूरा हुने आयोजनाको रुपमा सोही आयोजना देखिएको छ । आगामी पुसभित्र निर्माण सक्ने लक्ष्यमा मन्त्रालय छ । सोही लक्ष्यअनुसार काम भइरहेको छ । आगामी चैतदेखि त व्यवसायिक उडान नै गर्ने लक्ष्य तय गरिएको छ । विमानस्थलको भौतिक निर्माणका काम करिब करिब अन्तिम चरणमा पुगेका छन् । यस्तै सूचना तथा सञ्चारसँग जोडिएका उपकरण आउने क्रममा नै छन् । ब्यागेज ह्यान्डिलिङ सिस्टमको डीएचएस र लिफ्टका सामान सिंगापुरबाट आउने चरणमा छन् । चीनबाट ल्याउनुपर्ने केही सामान आइसकेको छ । सेन्ट्रल एसी र लाइटको सामान चीनबाट आयात भई जडानको क्रममा छन् । यस्तै धावनमार्गमा राखिने बत्तीको काम भइरहेको छ । आयोजनामा चिनियाँ ठेकेदार ‘नर्थवेष्ट सिभिल एभिएसन’ले काम गरिरहेको छ । लामो समय विवादको घेरामा परेको सो विमानस्थल निर्माणलाई पूर्वमन्त्री रविन्द्र अधिकारीले एउटा ‘ट्रयाक’मा ल्याएका थिए। नियमित अनुगमन, परामर्श एवम् सक्रियताले आयोजनाको कामले गति लिएको हो । अधिकांश ठूला आयोजना समस्यामा परेको बेला सरकारको सकारात्मक प्रयासले उक्त विमानस्थल निर्माणको अन्तिम चरणमा पुगेको छ । कूल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्ग पनि निर्माण भइसकेको छ । निर्माणाधिन विमानस्थलमा छ वटा जहाज पार्किङ गर्न सकिने एप्रोन निर्माण सकिएको छ । जहाज धावनमार्गतर्फ निस्कने तीनवटा ट्याक्सी वे, छ तले कन्ट्रोल टावर, यात्रु आवतजावत गर्ने टर्मिनल भवन र विमानस्थलको प्रशासनिक भवन निर्माण करिब सकिनै लागेको छ । बाँकी रहेको कामलाई सम्पन्न गर्न, साजसज्जा तथा अन्य भित्री काम गर्न, उडान तथा अवतरणको निम्ति आवश्यक उपकरण जडानसहितको एरोनटिकल इलेक्ट्रिकको काम केही बाँकी रहेको छ । एसियाली विकास बैंकको ऋण सहयोगमा यो विमानस्थल दक्षिण एसिया पर्यटन पूर्वाधार विकास आयोजनामार्फत निर्माण गरिएको हो । कूल सात करोड अमेरिकी डलर लागतको सो विमानस्थल निर्माणका लागि एडीबीले ४० दशमलव ५ प्रतिशत ऋण र १८ प्रतिशत अनुदान दिएको छ । ओपेक फन्ड फर इन्टरनेसनल डेभलपमेन्टको ३० दशमलव ५ प्रतिशत ऋण र प्राधिकरणको ११ प्रतिशत लगानी रहेको छ । सो विमानस्थल सञ्चालनका लागि ‘जि टु जि’को अवधारणा अगाडि सारिएको छ । सोहीअनुसार जर्मनी कम्पनी म्युनिखलाई दिने तयारी गरिएको छ । यसै सन्दर्भमा आफ्ना मन्त्रालय मातहतका आयोजनाको अवस्था के छ? कसरी काम भइरहेका छन्? तोकिएको समयमा पूरा हुन्छ कि हुँदैन ? समस्या के के छन् ? ती समस्यालाई कसरी समाधान गर्न सकिन्छ ? भन्ने चासोका साथ आफू भैरहवा पुगेको मन्त्री भट्टराईको भनाइ छ । उनले काम सकिन लागेपछि केही नयाँ नयाँ खालका समस्या देखापरेको र त्यसलाई समाधान गर्न आफूले निर्देशन दिएको जानकारी दिए। उनले भने ‘मैले विभिन्न १९ वटा विषयमा के कसो भएको हो, समाधान कसरी गर्न सकिन्छ भन्ने बारेमा कार्यालय खुलेको तीन दिनभित्र मन्त्रालयमा पेश गर्न निर्देशन दिएको छु ।’ विमानस्थलको भौतिक निर्माण सकिन लागेको भएपनि केही सामान भन्सारमा आएर रोकिएका छन् भने केही आउने क्रममा रहेका छन् । केही नयाँ सामान पनि आएकाले त्यसलाई कसरी भन्सारमा मूल्यांकन गर्ने भन्ने बारेमा उच्च सरकारी स्तरमा नै निर्णय गर्नुपर्ने देखिएको छ । दशैँको विदासमेतको परवाह नगरी के नेपाली, के विदेशी सबैले उत्तिकै मेहनत गरेर काम गरिरहेकोमा आफूलाई असाध्यै खुसी लागेको मन्त्री भट्टराईको भनाइ छ । यस्तै मन्त्री भट्टराईले नवमीका दिन पनि काम भएकोमा खुसी व्यक्त गरे। उनले आजै लुम्बिनीमा निर्माणाधीन अन्तरराष्ट्रिय बुद्धिस्ट कन्फरेन्स तथा मेडिटेशन हलको पनि निरीक्षण गरे। मध्य दशैँमा पनि १०० जनाभन्दा बढी श्रमिक काममा व्यस्त रहेको पाएपछि प्रसन्नता व्यक्त गर्दै मन्त्री भट्टराईले सबै क्षेत्रमा यसरी नै काम हुनसके देश बन्न धेरै समय नलाग्ने विश्वास व्यक्त गरे। एकै साथ पाँच हजार मानिसले ध्यान गर्न मिल्ने भवनको आगामी बुद्ध जयन्तीमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ।रासस
सभापति देउवाद्वारा विजया दशमीको शुभकामना व्यक्त सभापति देउवाद्वारा विजया दशमीको शुभंकामना व्यक्त काठमाडौं । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले विजया दशमीको शुभकामना व्यक्त गरेका छन्। सोमबार एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले भनेका छन्, ‘आज विजया दशमीको पावन दिनमा म सम्पूर्ण दाजुभाइ तथा दिदी–बहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।’ यस्तो छ उनको विज्ञप्ति विजया दशमी हाम्रो एक धार्मिक र सांस्कृतिक पर्व हो । अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने यो पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताको रुपमा मनाउँदै आएको छ । नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक राष्ट्र हो । मौलिक भेषभूषा सहितका यिनै विविधता हाम्रो राष्ट्रिय पहिचान बनेका छन् । हामीमा निहित बन्धुत्व भावले विविधता बीचमा पनि अनुपम एकता कायम गरेको छ । विविधता बीचको एकता नेपालीको विशेषताको रुपमा परिचायक पनि हो । विजया दशमीले हामी बीचको एकतालाई अझ मजबूत बनाएको छ । नेपाली कांग्रेसको नेतृत्वमा तीनै तहको निर्वाचन सम्पन्न भई मुलुकले संघीय समावेशी लोकतान्त्रिक गणतन्त्रतात्मक नेपालको बलियो जग खडा गरिसकेको छ । लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई कृयाशील र संस्थागत गर्न सक्यौं भने मात्र मुलुकलाई एक समृद्ध राष्ट्रमा रुपान्तरण गर्न सक्छौँ भन्ने मैले ठानेको छु । संसारभरि शान्तिको सन्देश फैलाउने देशको रुपमा नेपाललाई चिनिन्छ । एकता, मेलमिलाप र सद्भावका रुपमा मनाइने विजया दशमी पर्वले हामी बीचमा केही मतभेदहरु छन् भने तिनीहरुलाई विर्सेर, देशको सर्वांगीण हितमा संलग्न हुने पर्वको रुपमा ग्रहण गर्न सके यसको महत्व अझ बढ्नेछ । विजया दशमीले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर बनाउन हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु। आजको यो पुनीत अवसरमा म आफु र आफ्नो पार्टी नेपाली कांग्रेसको तर्फबाट स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी–बहिनीहरुमा सदा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु । जय नेपाल ! शेरबहादुर देउवा (सभापति) नेपाली काँग्रेस
अर्घाखाँची जीप दुर्घटना: ज्यान गुमाएका दुईको सनाखत, घाईते ४ जनालाई बुटवल रिफर काठमाडौँ । दशैंको मुखैमा अर्घाखाँचीमा जीप दुर्घटना भएको छ । दुर्घटनामा परि तीन जनाको घटनास्थलमै मृत्यु भएको छ, भने ६ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। मृत्यु हुनेमा अर्घाखाँची ढाकाबाङबाट हाल लमही नगरपालिका ५ मिलन चोक दाङमा बसाई सरेका बर्ष ५१ का घनश्याम खनाल र निजको श्रीमती ४६ वर्षीय श्यामकला खनाल रहेको र बाँकी एक जनाको भने अहिलेसम्म सनाखत भैनसकेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले डिसी नेपाललाई बताए। दुर्घटनामा परि घाईते भएका  ६ जना मध्ये ४ जनालाई अर्घाखाँची अस्पतालबाट बुटवल रिफर गरिएको छ । बुटवल रिफर गरिएका घाइतेहरूमा भूमिकास्थान नगपालिका–१० का ३० वर्षीय उमेश रेग्मी, अर्घाखाँची ढाकाबाङबाट हाल लमही नगरपालिका ५ मिलन चोक दाङमा बसाई सरेका १६ वर्षीया बिन्दु खनाल र उनकी १२ वर्षीया बहिनी अनिता खनाल, गाडीका चालक गोरुसिङ्गे कपिलवस्तुका २४ वर्षीय विरेन्द्र श्रेष्ठ रहेका छन् । त्यस्तै भूमिकास्थान नगपालिका–१० की १९ वर्षीया सिमा रेग्मी र उनकी १ वर्षीया छोरी आदित्या रेग्मीको भने सन्धिखर्कमै उपचार भैरहेको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिएका छन्। मृतक घनश्याम र श्यामकला घाईते बिन्दु र अनिता खनालको वुवा आमा रहेको बुझिएको छ। कृष्णनगरबाट अर्घाखाँची सन्धिखर्कका लागि छुटेको लु १ ज ४३२९ नम्बरको यात्रुबाहक जीप सोमबार दिउँसो नरपानीमा ब्रेक फेल भएर दुर्घटना भएको थियो ।
अर्घाखाँचीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, ६ घाईते काठमाडौँ । अर्घाखाँचीमा जीप दुर्घटना भएको छ । दुर्घटनामा परि तीन जनाको घटनास्थलमै मृत्यु भएको छ, भने ६ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। मृत्यु हुनेमा २ पुरूष र १ महिला रहेका छन् । मृतकको पहिचान खुलेको छैन्। घाइतेहरूलाई उपचारको  लागि अर्घाखाँची अस्पताल सन्धिखर्कमा लगिएको छ। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले डिसी नेपाललाई बताएअनुसार कृष्णनगरबाट अर्घाखाँची सन्धिखर्कका लागि छुटेको लु १ ज ४३२९ नम्बरको यात्रुबाहक जीप सन्धिखर्क नगरपालिका–६ नरपानीमा दुर्घटना भएको  हो। उनकाअनुसार गाडी सडकबाट अन्दाजी ३ सय मिटर तल खसेको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भैरहेको  विष्टले बताए।
महोत्तरीका बस्तीमा बँदेल आतङ्क महोत्तरी । बडादशैँ पर्वमा रमाउने बेलामै जङ्गली बँदेलले बाली सखाप पार्दै उधुम मच्चाएपछि महोत्तरीका किसान हैरान भएका छन् । पर्वको तयारीमा घरतिर व्यस्त रहेको बेलामा जङ्गली बँदेलको हुल नै खेतबारी पसेर बाली सखाप पारेपछि यहाँका किसान हैरान भएका हुन् । दशैँकै बेला जिल्लाका भङ्गाहा, गौशाला र बर्दिवास नगरपालिकाका बस्तीमा बँदेल आतङ्क बढेको छ। पछिल्ला तीन दिनयता १०÷१२ को सङ्ख्यामा बारी पसेका बँदेलले चार कट्ठाभन्दा बढीको कोभी तरकारीका हुर्कदो बिरुवा उखेलेर र माडेर मैदान बनाएको भङ्गाहा–४ का किसान चन्देश्वर राय दनुवारले बताए । भङ्गाहा नगरपालिकाको रामनगर, थारुटोलबनरा, प्रेमनगर, सीतापुर धतियाटोल र राजपुरमा जङ्गली बँदेलको बिगबिगी बढेको छ। त्यसैगरी बर्दिवासको मनहरीपुर, फुलबारीटोल र पशुपतिनगरमा पनि जङ्गली बँदेलले तरकारी बाली र केराका थाम उखेलेको किसानले बताएका छन्। पछिल्लोपटक बँदेलसँगै दुम्सी पनि बस्ती नजिकका उखुघारीमा बढेका पशुपतिनगरका किसान महेन्द्रसिंह कुशवाहाले बताए। जिल्लाको गौशाला नगरपालिकाको भरतपुर खोर, बटुवा, लक्ष्मीनियाँ र इँटाटार बस्तीमा बँदेलले बाली निकै नोक्सान गरेको किसानको गुनासो छ। यसबाहेक पूर्वपश्चिम राजमार्गदेखि दक्षिण क्षेत्रका बर्दिवास नगरपालिकाका कृष्णपुर, खजुरियाटोल र करमटोकीमा पनि बँदेल बाक्लै पसेका छन्। उखु र तरकारीखेती गरिने जिल्लाको उत्तरी क्षेत्रमा बँदेल दिनभरि उखुबारीमा लुकेर प्रत्येक रातजसो तरकारी नोक्सान गर्न समूहमा आउने गरेको किसान बताउँछन्। मिरमिरे उज्यालो नभएसम्म कोभी फाँडेर बँदेल घारी पस्ने गरेको पशुपतिनगरकी किसान शैल महतोले गुनासो गरे। आफ्नो बस्तीमा दशैँ शुरु भएयतामात्र तीन÷चार बिघाको कोभी खेती नोक्सान गरेको बर्दिवास–९ पशुपतिनगरका वडाध्यक्ष टेकवीर रखालको भनाइ छ। बँदेलले बारीमा सबैभन्दा बढी कोभी, लौका र काँक्रा नोक्सान गर्ने गरेको किसानको भनाइ छ। बँदेलले झम्टने डरले किसान बाली रुँग्न पनि डराउने गरेका छन्। वन क्षेत्रबाट बस्तीतिर पसेका बँदेल, दुम्सी र नीलगाई औरही नगरपालिकाको चेप्कोट, औरहीबजार नजिकको जङ्घा नदी किनार र गौशाला नगरपालिकाको भाण्टाबारी, रजखोर, रामनगर, कुष्माढी र बेलगाछीमा छ्यापछ्याप्ती देखिने गरेका छन्। करीब मध्यरातदेखि बिहान ४ बजेसम्मको समयमा बँदेल आतङ्क बढेको सर्वसाधारणको भनाइ छ।रासस
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट काठमाडौं । काठमाडौं महानगरपालिका ८ जय बागेश्वरीस्थित रौतहट घर भएका ४० वर्षीय राम बहादुर मिश्रको प्लाष्टिकको भाँडाहरुको गोदाममा आइतबार बिहान आगलागी हुँदा करिब १५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ। रौतहट, राजपुर नगरपालिका २ बस्ने रामबिश्वाश मुखियाको गोठमा बिद्युत सर्ट भई शनिबार राति आगलागी हुँदा गोठ पूर्णरुपमा जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ। स्याङजा, भिरकोट नगरपालिका ५ गढी भञ्ज्याङ बस्ने राम उचाईको कटेज रेष्टुरेन्टमा ग्याँस सिलिण्डर पड्कन गई आइतबार बिहान आगलागी हुँदा कटेज पूर्णरुपमा जलेर करिब ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ। स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।
झरनामा खसेको छावाको उद्धार गर्न जाँदा जङ्गली हात्तीको बथानको एकै चिहान बिबिसी । थाईल्यान्डमा एउटा विकट झरनामा आफ्नो बथानको एउटा सदस्य खसेपछि उद्धार गर्न गएका अन्य पाँचसहित छवटा जङ्गली हात्तीको मृत्यु भएको छ। काओ आई निकुञ्जका अधिकारीहरुका अनुसार एउटा छावा चिप्लिएर झरनामा खसेको थियो। त्यसपछि उद्धार गर्न एकपछि अर्को गर्दै हात्तीहरू तल झरनाको खोँचमा ओर्लिएका र त्यहीँ फसेका थिए। तीमध्ये अधिकांशको मृत्यु भयो भने नजिकैबाट दुईवटा हात्तीलाई जीवितै उद्धार गरिएको छ। हाएउ नारोक वा ‘हेल्स फल’ भनेर चिनिने त्यो झरनामा पहिला पनि त्यस्ता दुःखद घटना भएका थिए। सन् १९९२ मा त्यही स्थानमा आठवटा हात्ती मरेका थिए। त्यो घटनाको देशका सञ्चारमाध्यमहरूले ठूलो चर्चा गरेका थिए। झरनातिर जाने बाटो हात्तीको बथानले अवरुद्ध भएको देखिएपछि शनिवार स्थानीय समयानुसार ३ बजे अधिकारीहरूलाई बोलाइएको थियो। तीनवर्षे छावाको मृत शरीर तीन घण्टा पछि फेला पर्‍यो। लगत्तै पाँचवटा हात्तीका शव पनि फेला परे। उद्धार गरिएका अन्य दुईवटा हात्तीको स्थिति आफूहरूले अनुगमन गरिरहेको निकुञ्जका प्रमुखले बीबीसीलाई बताएका छन्। वाइल्ड लाइफ फ्रेन्ड्स फाउन्डेशन थाईल्यान्डका संस्थापक एड्विन विएकका अनुसार हात्तीको सुरक्षा र आहार खोज्नका लागि ठूलो बथानको आवश्यकता पर्ने हुँदा ती दुई हात्तीलाई पछि जीवित रहन कठिन हुन सक्छ। उक्त घटनाले ती हात्तीमा भावनात्मक असर पनि पर्न सक्छ। हात्तीहरू आफ्नो बथानका सदस्यको मृत्यु हुँदा शोकमग्न हुने गर्छन्। ‘यो घटना तपाईँले आधा परिवार गुमाए जस्तै हो’, विएकले बीबीसीलाई बताए। थाईल्यान्ड झन्डै सात हजारवटा एशियाली हात्ती छन्। तीमध्ये आधा हात्तीलाई मानिसले पालेका छन्।
कञ्चनपुरमा एक बृद्धले वडा कार्यालयलाई गरे जग्गा दान भीमदत्तनगर । वडा कार्यालय भवन निर्माणका लागि कञ्चनपुरको भीमदत्त नगरपालिका–१ बाराकुण्डाका एक वृद्धले जग्गादान गरेका छन्। वडा कार्यालय भवन निर्माणका लागि स्थानीय ८५ वर्षीय वृद्ध गणेश विष्टले निःशुल्क जमीन दिएको वडाध्यक्ष आसेफ कुवँरले बताए। उनले ५२ लाख पर्ने बजार मुल्य बराबरको जग्गा दान गरेका छन्। सदरमुकाम भीमदत्तनगरदेखि उत्तर करीब पाँच किलोमिटरको दूरीमा वडा भवन बनाउन सहयोग गरेकोप्रति वडाध्यक्ष कुवँरले धन्यवाद ज्ञापन गरे। स्थानीय तहको निर्वाचनपछि कुँवरले वडा कार्यालय शहरी स्वास्थ्य कार्यालय भवनमा सञ्चालन हुँदै आएको बताए। ‘स्वास्थ्य संस्थामा वडा कार्यालय हुँदा काम गर्न अलि असहज थियो’, वडाध्यक्ष कुवँरले भने, ‘अब आफ्नै भवनमा भएपछि जनताको सेवा गर्न पनि सहज हुनेछ।’ दान दिइएको उक्त जग्गा दशैँपछि नामसारी हुनेछ। वडाध्यक्ष कँुवरले पनि विगत दुई वर्षदेखि लगाताररूपमा आफूले पाउने तलब सुविधा गाउँकै ज्येष्ठ र अपाङ्गता भएका व्यक्तिलाई वितरण गर्दै आए।
दक्षिण अफ्रिकामा सडक दुर्घटनाबाट बर्सेनी १४ हजारको मृत्यु केप टाउन (रासस/सिन्ह्वा) । दक्षिण अफ्रिकामा सडक दुर्घटनाका कारण हरेक वर्ष करिब १४ हजारको मृत्यु हुने गरेको दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले बताएका छन्। उनले विश्वमै सडक दुर्घटनाबाट यतिठूलो संख्यामा मानिसको ज्यान जाने मुलुक दक्षिण अफ्रिका भएकामा चिन्ता व्यक्त गरे। सडक दुर्घटनाका कारण मानिसको ज्यान जाने मात्र होइन सम्पत्तिको पनि उत्तिकै क्षति हुने गरेको अध्ययनले देखाएको छ। अफ्रिकाको गाउटेन प्रान्तमा आयोजित सडक सुरक्षासम्बन्धी कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति रामाफोसाले हरेक वर्ष करिब ९ अर्ब ८० करोड बराबरको सम्पत्ति नोक्सान हुने गरेको जानकारी दिए। उनले मानिसको जीवन रक्षाका लागि सरकारी प्रयत्न कमी रहेकामा चिन्ता व्यक्त गर्दै सरकारले सडक सुरक्षाका लागि तत्काल जनचेतनामूलक अभियानका साथै ट्राफिक नियममा कडाई गर्नुपर्ने आवश्यकता महसुस गरेको बताए। उक्त कार्यक्रममा सडक दुर्घटनाका पीडितहरुले आफ्नो जीवनका दुःखद क्षण र भोगाई बारे बताएका थिए।रासस
कारबाहीमा करिब ९० तालिबान मारिए काबुल (रासस/एएनआइ) । अफगानिस्तानको तहार प्रान्तमा तालिबान लडाकूविरुद्ध गत २४ घण्टाभित्र भएका सुरक्षा कारबाहीमा परी कम्तीमा ८९ तालिबान लडाकू मारिएका रक्षा मन्त्रालयले शनिबार जानकारी दिएको छ। ‘तालिवानको बिरूद्ध अफगानिस्तानमा चलिरहेको सुरक्षा कारबाहीमा धेरै इलाकाहरुबाट तालिबान पछि हट्न बाध्य भएका छन्। विगत २४ घण्टामा तहार प्रान्त मात्र ८९ तालिबानी मारिए र ६७ जना घाइते भएका मन्त्रालयका प्रवक्ता रोहउल्लाह अहमदजाई एक पत्रकार सम्मेलनमा बताएका छन्। अफगानिस्तान लामो समयदेखि अस्थिर सुरक्षा अवस्थाबाट पीडित रहेको छ। तालिबान लडाकू समूह अफगान सरकारसँग युद्धरत रहेका छन्।
मध्यदशैँमा कृष्णबहादुर महरामा पर्न गएको मार… काठमाडौं । धेरैका लागि अकल्पनीय तर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा छरपष्ट ‘बलात्कार प्रयासको मुद्दा’ मा पूर्वसभामुख कृष्णबहादुर महरा अनुसन्धानका लागि बडा दशैँको अष्टमीका दिन प्रहरी हिरासतमा राखिएका छन्। महरालाई उनले यसअघि सभामुख हुँदा प्रयोग गर्नुभएको बालुवाटारस्थित सरकारी निवासबाट आज साँझ करीब ६ः३० बजे सादा पोशाकमा गएका प्रहरीले पक्राउ गरी उहाँको निजी सवारीसाधनमा राखेर महानगरीय प्रहरी वृत्त, सिंहदरबारमा ल्याएका थिए। उक्त वृत्तमा समाचार सङ्कलनमा लागि साँझ पुगेका केही सञ्चारकर्मीलाई ‘सोमबार बिहान आउनु’ फर्काइएको थियो। वृत्त परिसर बाहिर उहाँका कार्यकर्ता वा शुभेच्छुक देखिएका थिएनन्। प्रहरीले महरालाई पक्राउका लागि आजै जिल्ला अदालत, काठमाडौँबाट अनुमति लिएको थियो। महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीका अनुसार हाल महरालाई बलात्कार प्रयासको मुद्दामा थप अनुसन्धानका लागि अन्य आरोपीसरह हिरासतमा राखिएको छ। मुलुकमा बलात्कार, यौन दुव्र्यवहार र महिला हिंसाका घटना सार्वजनिक र कारवाही हुने क्रम बढे पनि उपल्लो तहका राजनीतिक पदाधिकारी जोडिएको यो पहिलो घटना हो। यही असोज १२ गते काठमाडौँको शान्तिनगरस्थित ‘डिप्रेसन’ को औषधि सेवा गर्दै आएकी संसद् सचिवालयमा कार्यरत एक महिलाको निवासमा भएको भनिएको सो घटनामा पीडित महिलाले सार्वजनिकरूपमा परस्पर विवादित प्रतिक्रिया दिए पनि प्रहरीलाई किटानी जाहेरी दिएकाले थप अनुसन्धानका लागि महरालाई प्रहरी हिरासतमा राखिएको हो। ती महिलाको सार्वजनिक पहिलो भिडियोमा आफू महराबाट बलात्कृत भएको उल्लेख छ भने दोस्रो भिडियोमा महरासँग लामो पारिवारिक सम्बन्ध रहेको र बाबुसमान व्यक्तिबाट त्यस्तो घटनाको कल्पना गर्न नसकिने उल्लेख छ। आरोप सार्वजनिक भएपछि तत्कालीन सभामुख महराको सचिवालयले पीडित भनिएकी महिलाको निवासमा त्यस दिन महरा नगएको र उक्त आरोप आधारहीन एवं षडयन्त्रपूर्ण भएको जिकिर गरेको थियो। दशैँ बिदाका क्रममा घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म अदालत बन्द रहने भएकाले घटनाबारे अनुसन्धान जारी रहे पनि सुनुवाइ रोकिने हुँदा त्यसबीचमा महरा हिरासतमै रहनुपर्नेछ। पूर्वप्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको निधनमा शोक मनाउन सर्वोच्च अदालतले यही असोज २७ गते मुलुकका सबै अदालतमा बिदा दिने निर्णय गरेकाले २८ गतेमात्र अदालत नियमित खुल्नेछ। अन्य घटनामा जस्तै यस घटनामा पनि प्रहरीले थप अनुसन्धान गरी प्रतिवेदन तयार गर्नेछ। उक्त प्रहरी प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले अभियोगपत्र तयार गरी अदालतमा पेश गर्नेछ। यस प्रकारको घटनाको अध्ययनमा संलग्न अधिवक्ता स्वागत नेपालले पीडितले वक्तव्य वा बयान फेर्नु वा नफेर्नुले अनुसन्धानमा खास असर नपर्ने जनाउँदै पीडितको मानसिकता त्यही घटना दोहोरिरहने हुनाले बयान फेर्न सक्ने गरेका अन्य घटना पनि भएको र पीडकलाई अदालतले कारवाही गराएका उदाहरण रहेको टिप्पणी गरे। तर उच्च तहका पदाधिकारी (हाइ प्रोफाइल) का व्यक्तिहरुले कतिपय यस्ता घटना छिपाएर राख्ने गरेको पनि अधिवक्त नेपालको भनाइ छ । घटनाबारे पक्ष विपक्षमा टीका टिप्पणी भएपछि यही असोज १४ गतेको सम्पन्न सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले महरालाई प्रतिनिधिसभाको सभामुख र सांसद पदबाट राजनीमा दिई अनुसन्धानलाई सघाउन आग्रह गरेको थियो। महराले असोज १५ गते आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनी सभामुख पदबाट नैतिकताका आधारमा राजीनामा दिएका थिए। सोही दिन उपसभामुख डा शिवमाया तुम्बाहाम्फेको आदेशमा संसद् सचिवालयले सूचना टाँस गरी राजीनामा बारे जानकारी दिएको थियो। प्रतिनिधिसभा नियमावली, २०७५ को २११ अनुसार त्यसरी राजीनामा दिएको सूचना टाँस गरेपछि पद रिक्त भएको मानिनेछ। उनले सांसद पदबाट भने राजीनामा दिनुभएको थिएन। प्रहरीले अदालतमा मुद्दा दायर गरेमा सांसद पद निलम्बित हुनेछ। मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद– १८ करणी सम्बन्धी कसुरमा उक्त मुद्दा चल्ने देखिएको छ। सो परिच्छेदको दफा २१९ मा ‘जबर्जस्ती करणी गर्ने व्यक्तिलाई त्यसरी करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरी’ सजाय तोकिनेछ। सो दफाको उपदफा २ ९ङ० मा ‘अठार वर्ष वा अठार वर्षभन्दा बढी उमेरकी महिला भए सात वर्षदेखि दश वर्षसम्म’ सजाय हुने व्यवस्था छ। उपदफा २ मा ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिने’ भनिएको छ।रासस
छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु काठमाडौं । काठमाडौं, सिन्धुपाल्चोक, उदयपुर, बर्दिया, सोलुखुम्बु र सुर्खेतका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका २६ मित्रनगरस्थित सडकमा बा १९ च ३५५५ नम्बरको जिपको ठक्करबाट गम्भीर घाइते भएका हाल वतन नखुलेका अन्दाजी ६५ वर्षीय कृष्ण राज ढकालको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा शनिबार राति मृत्यु भएको छ। जीप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सिन्धुपाल्चोक, चौतारा साँगाचोक गढी नगरपालिका ५ स्थित सडकमा बा २ ख ६५८५ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएका सोही नगरपालिका घलेगाउँ बस्ने भिम बहादुर घलेको छोरी ३ वर्षीया प्रेरणा घलेको जिल्ला अस्पताल चौतारा मा उपचारको क्रममा शनिबार दिउँसो मृत्यु भएको छ। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उदयपुर, कटारी नगरपालिका २ स्थित सडकमा को १ ज ३४०० नम्बरको जिपले ज ५ प ७५५७ नम्बरको मोटरसाइकलसालाई शनिबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सिन्धुली दुधौली नगरपालिका ९ लदाह भिर बस्ने ३४ वर्षीय रूपेन कुमरको उपचारको लागि धरानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ। जीप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बर्दिया, बाँसगढी नगरपालिका ८ स्थित सडकमा भे ५ प ३१८० नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री सोही ठाउँ बस्ने ४७ वर्षीय बालकृष्ण थारुको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा शनिबार राति मृत्यु भएको छ। मोटरसाइकलको ठक्करबाट घाइते भएकी मृतकको श्रीमती ४५ वर्षीया सिता प्यारी थारुको सोही अस्पतालमा उपचार भइरहेको छ। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलका चालक बाँसगढी नगरपालिका ७ देउडा बस्ने २३ वर्षीय दिनेश थारुको मेडिकल कलेज कोहपुरमा उपचार भइरहेको छ। सोलुखुम्बु, दुधकुण्ड नगरपालिका ११ बरडाँडास्थित सडकमा बा १५ च ९४२० नम्बरको बलेरो जीप शनिबार राति अनियन्त्रित भई सडकबाट खसेर ना १ ज ५३४२ नम्बरको टाटा सुमो जीप माथि खस्दा बलेरो जीप चालक नेचा सल्यान गाउँपालिका २ बस्ने २१ वर्षीय लेख बहादुर खडकाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका ना १ ज ५३४२ नम्बरको टाटा सुमो जीपका चालक समेत ९ जनालाई उपचारको लागि जिल्ला अस्पतालतर्फ पठाइएको छ। सुर्खेत, बिरेन्द्रनगर नगरपालिका १४ राता नाग्लास्थित सडकमा भे १ ज १०८४ नम्बरको जिप अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका जिपमा सवार जुम्ला गोठीचौर गाउँपालिका ४ बस्ने २५ वर्षीय सुरेन्द्र शाहीको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका चालक समेत अन्य ९ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
धुलो रोक्ने महानगरको अभियानमा अवरोध काठमाडौं । काठमाडौँ खुलामञ्चस्थित अस्थायी बसपार्कमा अत्यधिक धुलो उडेपछि त्यसलाई रोक्न शुरु भएको कालोपत्रे र ढलानको काममा जनप्रतिनिधिकै उपस्थितिमा अवरोध गरिएको छ। नेपाली काङ्ग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य भीमसेनदास प्रधान, काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी र वडा नं २८ का वडाध्यक्ष भाइराम खड्गीकै उपस्थितिमा काममा अवरोध गरिएको हो। दुई पक्षीय विवादका कारण अहिले यहाँको काम रोकिएको छ भने ढलान गरिएको ठाउँमा गाडी कुदाएर क्षति पुर्याइएको छ। धुलो रोक्ने उद्देश्यले गत बुधबारको महानगरको निर्णयअनुसार गाडीको चाप हुने ठाउँमा ढलान र अन्य क्षेत्रमा कालोपत्रे गरेर धुलो रोक्न जलेश्वर स्वच्छन्द विकोइ विल्डर्सलाई जिम्मा दिइएको महानगरपालिकाको सार्वजनिक निजी साझेदारी एकाइ प्रमुख ध्रुव काफ्लेले जानकारी दिए। चिनियाँ राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणको तयारीका क्रममा काठमाडौँका मुख्य क्षेत्रमा सजावट र कालोपत्रेलगायतको काम जारी छ। सोही क्रममा खुलामञ्चबाट धुलो उडेर आसपास क्षेत्र प्रभावित हुने भएकाले अस्थायी समाधानका लागि यहाँ काम गर्न लागिएको थियो तर जनप्रतिनिधिकै उपस्थितिमा उक्त काममा अवरोध गरिएको हो। सो विषयमा महानगरका उपप्रमुख खड्गीले कालोपत्रे मात्रै गर्ने भनिए पनि रड नै राखेर ढलान गरिएकाले स्थानीय जनता विरोधमा उत्रिएपछि आज बिहान आफू त्यहाँ पुगेको र असन्तोष देखिएकाले तत्कालका लागि ढलान रोक्न भनिएको बताइन्। ‘हामीलाई पनि यो विषयमा जानकारी थिएन, कुराकानीका क्रममा मेयर ज्यूले कालोपत्रे गर्न लागिएको छ भनेर जानकारी दिनुभएको थियो, हेर्न जाँदा ढलान नै गरेको देखिएपछि स्थानीयले अवरोध गरेका हुन्’, खड्गीले रासससँग भनिन्। उनले कालोपत्रे मात्रै गरिएको भए समस्या नआउने भन्दै ढलान गर्न खोज्दा समस्या आएको बताइन्। यस क्रममा आज बिहान यहाँ लगाइएको बारसमेत भत्काइएको छ भने भर्खरै ढलान गरिएको स्थानमा गाडी गुडाएर क्षति पुर्याइएको छ। महानगरपालिका–२८ का अध्यक्ष भाइराम खड्गीले आफ्नै वडामा हुन लागेको कामको विषयमा आफूलाई नै जानकारी नभएको बताउँदै स्थायीरूपमै सिमेन्ट ढलान गर्न लागिएको पाइएकाले अवरोध भएको बताए। महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले कालोपत्रे गर्ने ठाउँमा डण्डी राखेर ढलान गरेको भन्दै विवाद निस्किएको देखिएको बताएका छन्। प्रहरीका अनुसार अवरोधका क्रममा खुलामञ्चमा जनप्रतिनिधिसहित सम्पदा संरक्षण अभियानका प्रतिनिधि सहभागी भएका थिए। रासस
२७ सय ग्राम चरेशसहित डडेल्धुराबाट दुई पक्राउ डडेल्धुरा । डडेल्धुरामा दुई किलो ७०० ग्राम चरेशसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। डडेल्धुरा जिल्ला प्रहरी कार्यालयको लागुऔषध नियन्त्रण अभियान र दशैँ तिहार सुरक्षा योजनाअनुरूप परिचालित प्रहरीद्वारा विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराले अमरगढी नगरपालिका–७ खोस्रेखानमा सवारीसाधन चेक जाँच गर्ने क्रममा सोही नगरपालिका वडा नं ७ भाटगाउँ बस्ने वर्ष २६ का शेरबहादुर भण्डारीले चलाइराखेको से ३ प ४५३१ नामको मोटरसाइकल बैतडीबाट डडेल्धुरा आउँदै गरेको अवस्थामा चेकजाँच गर्दा निजको झोलाबाट ७०० ग्राम चरेश बरामद गरेको थियो। साथै अमरगढी–६ भालुमारे बस्ने वर्ष ३८ को वीरबहादुर बोहरालाई निजको घरबाट दुई किलोग्राम चरेशसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए। उक्त लागुऔषध (चरेश) बरामद गरी दुवै जनालाई पक्राउ गरी मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए। रासस
सुर्खेतमा भएको जीप दुर्घटना १ को मृत्यु, ९ जना घाइते सुर्खेत । नेपालगञ्जबाट जुम्लातर्फ जाँदै गरेको जीप आज बिहान सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ रातानाङ्लामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार जुम्ला हिमा गाउँपालिका–१ का २५ वर्षीय सुरेन्द्रकुमार शाहीको सो दुर्घटनामा मृत्यु भएको हो। उनको उपचारको क्रममा मृत्यु भएको हो भने चालकसहित नौजना घाइतेको उद्धार गरिएको छ। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते जुम्ला गोठीचौर गाउँपालिका–४ का ३२ वर्षीय धनानन्द पाण्डे र २९ वर्षीय धर्मदत्त देवकोटाको प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) रवि रावलले जानकारी दिए। भे १ ज १०८४ नम्बरको बोलेरो जीप अनियन्त्रित भई सडकदेखि करीब एक सय मिटर तल खसेको प्रहरीको भनाइ छ। घाइते हुनेमा जुम्लाको चन्दनाथ नगरपालिका–७ का १८ वर्षीय नन्दा रावल, १७ वर्षीय निर्मल रावल, १८ वर्षीय प्रकाश रावल, गोठीचौर गाउँपालिका–४ का २६ वर्षीय लोकेन्द्र जैशी, ३५ वर्षीय हरिचन्द्र न्यौपाने, ६३ वर्षीय भवानीप्रसाद पाण्डे र सुर्खेत भेरीगङ्गा नगरपालिका–१२ छिन्चुका ३१ वर्षीय गोविन्द सिंह रहेका छन्। घाइतेको वीरेन्द्रनगरस्थित माया नर्सिङ होममा उपचार भइरहेको छ ।रासस
लालपुर्जा देखाई ठगी गर्ने ४ जना पक्राउ ललितपुर । मालपोत कार्यालय ललितपुरबाट जारी भएको भनी विभिन्न व्यक्तिहरुको नाममा रहेको लालपुर्जा देखाई ठगी गर्ने कार्यमा संलग्न ४ जनालाई काठमाडौं र ललितपुरका विभिन्न स्थानबाट शुक्रबार महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा भक्तपुर सूर्यबिनायक नगरपालिका १ सिरुटार बस्ने ३७ वर्षीया सुष्मा श्रेष्ठ, काठमाडौं महानगरपालिका २५ बाङ्गेमुडा बस्ने ४७ वर्षीया निर्मला श्रेष्ठ, काठमाडौं सितापाइला बस्ने काठमाडौं महानगरपालिका १७ ठहिटि घर भएका ३६ वर्षीया निलिमा श्रेष्ठ र ललितपुर महालक्ष्मी नगरपालिका १ ईमाडोल बस्ने ४२ वर्षीय निरज ताम्राकार रहेका छन्। उनीहरुको साथबाट कम्प्युटर सेट ,मोबाइल, बल्यु प्रिन्ट, ट्रेस नक्सा, जग्गा धनि प्रमाणपत्रमा प्रयोग हुने बाहिरी रातो कवर १० थान, रबर स्टयाम ४ थान, स्याम प्याड र बिभिन्न व्यक्तिको नाममा रहेको १५ थान किर्ते लालपुर्जाहरु समेत बरामद भएको उक्त परिसरले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
सदरमुकाम सुनसान : गाउँमा दशैँको चहलपहल डोटी । दशैँ नजिकिँदै गर्दा जिल्लाका विभिन्न गाउँमा स्थानीयवासीको चहलपहल बढेको छ । जिल्ला सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायल भने सुनसान बन्दै गएको छ। यहाँका जिल्ला सदरमुकाममा अध्ययन गर्ने विद्यार्थी, कर्मचारी व्यापार व्यवसाय गरी बस्ने व्यापारी र सरकारी कार्यालयमा बिदा पछि कर्मचारीसमेत बाहिरिएपछि सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायल सुनसान बनेको हो। रोजगार, अध्ययन र अन्य कामका लागि गाउँबाट बहिरिएका चाडबाडका लागि गाउँ फर्केपछि यहाँका ग्रामीण वस्तीमा भने निकै चहलपहल छाएको सायल गाउँपालिकाका स्थानीय सिद्धराज जोशीले बताए। उनले भने, ‘कामको सिलसिलामा गाउँ छोडेर गएका अहिले धमाधम गाउँ फर्किन थालेपछि यहाँका गाउँमा दशैँको निकै चहलपहल बढेको छ, तर शहर बजार भने खाली हुँदै गएका छन्।’ शनिबारदेखि सदरमुकामका बजार करीब करीब सुनसान बनेको दिपायल पिपल्लास्थित अमरपुस्तक पसलका सर्वजित देउवाले बताए। उनले भने, ‘सबै मान्छे आ–आफना गाउँ फर्किन थालेका छन्, बजारमा व्यापारसमेत घटेको छ।’ बजारमा व्यापार आधाभन्दा बढी घटेको पिपल्लाका अर्का व्यवसायी सन्तोष नेपालीले बताए। उनले भने, ‘बजारमा खासै मान्छे देखिदैनन्, ग्राहक नहुँदा बजारसमेत सुनसान बन्दै गएको छ।’ यहाँका बजारमा व्यापार व्यवसाय गर्ने आधाभन्दा बढी ग्रामीण क्षेत्रका विभिन्न गाउँबाट आएका छन् भने कतिपय जिल्ला बाहिरबाट आएर व्यापार व्यवसाय गरीरहेका छन्। उनीहरूसमेत अधिकांश पसल बन्द गरेर गाउँ फर्केपछि यहाँको बजार अहिले सुनसान हुन थालेको हो। बजारभरिमा सुरक्षाकर्मी मात्रै देखिने गरेका छन्। सदरमुकाम बाहिरका गाउँमा भने चहलपहल निकै बढेको छ। ग्रामीण क्षेत्रका दर्जनौ गाउँमा चर्खे र लिङ्गे पिङले रमाइलो बढाएको केआईसिंह गाउँपालिका–५ रानागाउँका स्थानीय सुरेन्द्रविक्रम शाहीले बताए। उनले भने, ‘गाउँमा निकै रमाइलो भएको छ, गाउँबाट बाहिरीएका सबै गाउँघर फर्किदैछन्, अहिले त यहाँका गाउँ बजार भन्दा कम छैनन्।’ त्यस्तै यहाँका ग्रामीण क्षेत्रका पसलमा व्यापार व्यवसाय पनि निकै फष्टाएको स्थानीयबासी बताउँछन्। त्यस्तै यहाँका ग्रामीण क्षेत्रमा रहेका पुराना दरवार, कोट तथा भगवतीका मन्दिरमा दैनिक हुने पूजापाठसमेतले गाउँको रौनक छुट्टै बनाएको छ। यहाँका निरौलीकोट, धुर्कोकोट, जोरायल, गड्सेरा, बोगटान, बडिकेदारमा रहेका कोट तथा भगवतीका मन्दिरमा घटस्थापनादेखि नै पूजापाठ गर्नेको भीड लाग्ने गरेको छ। सबै कोटमा एक सातासम्म पूजापाठ गरेर नवमीका दिन पञ्चवलि दिइने चलन रहेको छ। पहिला सधैं सुनसान लाग्ने यहाँका गाउँमा अहिले निकै रमाइलो र चहलपहल बढेको स्थानीयबासी बताउँछन्। सदरमुकामको तुलनामा ग्रामीण बजारमा व्यापार व्यवसायसमेत बढ्दो क्रममा रहेको जोरायल गाउँपालिका–१ गैराका स्थानीय छपेस मल्लले बताए। सडक सुविधाले गाउँमै खोजेरोजे अनुसारका सबै सामग्री पाइने भएपछि गाउँका बजारमा दिनहुँ भीड लाग्ने गरेको उनले बताए। अधिकांश गाउँलाई सडक यातायातले छोएका कारण पनि स्थानीय अहिले धमाधम आफना गाउँघर फर्किन थालेका हुन्। पिपल्ला, अत्तरिया, सिलगढीमा नै दशैंको किनमेल गर्नेले अहिले जिल्लाकै ग्रामीण बजारमा किनमेल गर्ने गरेका छन्। यहाँका ग्रामीण क्षेत्रका बजारमा दशैँको किनमेल गर्नेको भीड बढेको व्यवसायी बताउँछन्। दशैँसँगै गाउँमा सांस्कृतिक कार्यक्रमको रौनकसमेत बढ्दै गएको छ। स्थानीय युवा क्लब र काठमाडौँमा बस्ने गरेका यहाँका कलाकारले गाउँ फर्केका बेला रमाइलो गर्ने उद्देश्यले एक दर्जन गाउँमा दशैँको अवसर पारेर सांस्कृतिक कार्यक्रम आयोजनासमेत गरिरहेका छन्।रासस
आत्मीयता र सामीप्यता हराउँदै गएकामा चिन्ता काठमाडौं । बडा दशैँ शुरु भएसँगै लाहुरेको जिल्ला भनेर परिचय पाएको म्याग्दीका गाउँहरूमा रौनक छाएको छ। दशैँ मनाउन परदेश र स्वदेशका विभिन्न ठाउँमा मानिसहरू गाउँमा आएपछि विगतमा युवाविहीन भएका रित्ता गाउँहरू केही समयका लागि भए पनि भरिन थालेका छन्। सदरमुकाम बेनीबजारलगायत गलेश्वर, बाबियाचौर र दरवाङ आदि ग्रामीण बजारहरूमा मानिसको चहलपहल कम भएको छ। अध्ययन, जागिर, छोरीछोरी पढाउन आदि कारणले बजारमा बस्दै आएका व्यक्तिहरू आ–आफ्नो गाउँ फर्किएपछि बेनी बजार सुनसान जस्तै बनेको छ। आफन्तहरू विदेश वा शहरबाट गाउँमा आएपनि दशैँ केवल औपचारिकतामा सीमित हुन थालेकामा बूढापाकाहरूको गुनासो रहेको छ। बल्ल बल्ल घरमा आएका छोराछोरी, नातिनातिना र आफन्तजनहरू पनि मोबाइल र इन्टरनेटमा व्यस्त हुने हुँदा मन खोलेर कुराकानी गर्न नपाइने बाबियाचौरका दधिराम शर्माले बताए। ‘एक ठाउँमा बस्दा पनि सामीप्यताको अनुभूति नै हुँदैन, सबै आ–आफ्नो तालमा व्यस्त हुन्छ, सोधेको कुरा मात्रै संक्षेपमा भन्छन् बढी कुरा गर्ने समय नै हुँदैन’, शर्माले भने ‘प्रविधिले सामिप्यता र आत्मियतामाथि नै अतिक्रमण गरेको छ। दशैं मनाउने शैलीमा परिवर्तन करिव चार दशकअघिको दशैं र अहिलेको दशैंमा धेरै भिन्नता आइसकेको स्थानीय बृद्धबृद्धाहरूले बताएका छन्। युवा विदेश पलायन, सामाजिक संस्कारमा आएको विचलन र प्रविधिको विकासले दशैंलाई फरक बनाउँदै लगेको उनीहरूको भनाइ रहेको छ। त्यसैगरी भौतिक पूर्वाधारमा आएको विकासका कारण अव घर सिंगारपटार, लिपपोत गर्ने चलन हराउँदै गएको छ। लिंगे पीङ र चमच्चा गाउँघरमा देखिन छोडेका छन् भने युवा र बालबालिकाहरू मोवाइल, ल्यापटप लगायतका प्रविधिमा व्यस्त हुने गरेका म्याग्दीका साजिक विकास विज्ञ हरिकृष्ण आचार्यले बताए। गुञ्जिनै छोड्यो मालाश्री धुन दशैंमा गाउँका घरघरमा पुगेर क्लाँटा बाजा बजाउँदै मालाश्री धून बजाउने चलन हट्दै गएको छ। अहिले त्यो धुन रेडियो, टेलिभिजनमा प्रशस्त सुन्न पाइन्छ। मालाश्री धुन कस्तो हुन्छ? अहिलेका पुस्तालाई थाहा नै नभएको बेनी नगरपालिका २ का ८३ वर्षिय बेदप्रसाद शर्माले बताए। संचारमाध्यमहरूमा दशैंको समयमा व्यापकरूपमा मालाश्री धुन वज्ने भएपनि म्याग्दीका नेवार समुदायलाई बाहेक अन्यलाई मालाश्री धुनको वारेमा केही जानकारी नै छैन भन्दा अत्युक्ति हुँदैन। शान्त रसमा करुणाको सञ्चार प्रवाह गराउने मालाश्री धुनको सट्टामा अहिले गाउँघरमा पनि आधुनिक र आयातित गीत सङ्गीत बजाएर दशैं मेला आयोजना गरिएका छन्। न गरिन्छ चण्डी पाठ, न बढाइन्छ श्रमदानमा हात दर्शैंलाई नवरात्र पनि भनिन्छ। नवरात्र अवधिभर घरघरमा शक्ति स्वरुपा दुर्गाका ९ ओटा स्वरुपको वर्णन गर्दै दुर्गासप्तशति (चण्डी) पाठ गर्ने गरिन्थ्यो। तर, अव चण्डी पाठ एकादेशका कथामा परिणत भैसकेको स्थानीय बूढापाकाहरूको भनाइ रहेको छ। ‘दशैंको पहिलो दिन घटस्थापना (जमरा राखेपछि) गरेपछि साँझ विहान घरघरमा दुर्गा सप्तशति पाठ गर्ने गरिन्थ्यो’, बेनपा २ का ८३ वर्षिय बेदप्रसाद शर्माले भने ‘तर अहिले दुर्गा सप्तशतिको पाठ गर्नु त परको कुरा दुर्गा सप्तशतिको पुस्तक समेत देख्न पाइदैन।’ त्यसैगरी दशैंमा सार्वजनिक स्थल (बाटो,मठ मन्दिर,विद्यालय,चौतारी आदि) को मर्मत तथा सरसफाइका लागि श्रमदान गर्ने चलन थियो। तर पछिल्लो समय त्यो चलन पनि हटेर गएको बूढापाकाहरूको भनाइ रहेको छ। रासस
क्यान्सर पीडित बालिकालाई आर्थिक सहयोग काठमाडौं । लामो समयदेखि कलेजोको क्यान्सर भएकी बालिकालाई आर्थिक सहयोग गरिएको छ। महाङ्काल खेलकूद विकास समितिले लामो समयदेखि कलेजको क्यान्सरबाट पीडित चन्द्रागिरि नगरपालिका–७ बस्ने आयुषा बजगाईंलाई ४२ हजार १०५ आर्थिक सहयोग गरेको हो। विजया दशमी तथा शुभ दीपावलीका अवसरमा शुरु भएको ब्याटमिन्टन प्रतियोगिताको अवसर पारेर समितिका अध्यक्ष देवेन्द्र महतले क्यान्सर पीडित आयुषाका बुबा साधुराम बजगाईंलाई आज बिहान उक्त रकम हस्तान्तरण गरेका हुन्। सो अवसरमा अध्यक्ष महतले मानवसेवा ठूलो धर्म भएकाले मानवसेवाका लागि थोरै भए पनि समितिका तर्फबाट सहयोग गरेको बताए। ‘आगामी दिनमा पनि समितिले गरीब, दुःखीका लागि यस्तो सहयोग गर्नेछौँ’, उनले भने। महाङ्काल खेलकूद समितीले विभिन्न अवसर पारेर खेलकूद र सामाजिक कार्य गर्दै आइरहेको छ। उक्त समितिको अगुवाइमा हाल एक करोड बराबर लागतमा चन्द्रागिरिमा कभर्ड हल निर्माण गर्न लागिएको छ। रासस
राष्ट्रपति भण्डारीद्वारा पलाञ्चोक भगवतीको पूजा-अर्चना (फोटो फिचर) काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित पलाञ्चोक भगवतीको आज बिहान पूजा–अर्चना गरेकी छन्। उनले महाअष्टमीको अवसरमा पलाञ्चोक भगवतीको पूजा–अर्चना गरेकी हुन्। राष्ट्रपति भण्डारीले भगवतीको पूजा–अर्चनापछि मन्दिर परिक्रमा गरी स्थानीय जनप्रतिनिधिसँग मन्दिरको पुनःनिर्माणबारे चासो राखेका थिए। साथै, आजकै दिन दशैँघर, कोतलगायत विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गर्ने चलन पनि रहँदै आएको छ । बडादशैँको नवरात्रिभर दूर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्त्रोत पाठ गरिन्छ ।रासस
जीप दुर्घटना हुँदा एकको मृत्यु सुर्खेत । नेपालगञ्जबाट जुम्लातर्फ जाँदै गरेको जीप आज बिहान सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ रातानाङ्लामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार जुम्ला हिमा गाउँपालिका–१ का २५ वर्षीय सुरेन्द्रकुमार शाहीको सो दुर्घटनामा मृत्यु भएको हो । उनको उपचारको क्रममा मृत्यु भएको हो भने चालकसहित नौजना घाइतेको उद्धार गरिएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते जुम्ला गोठीचौर गाउँपालिका–४ का ३२ वर्षीय धनानन्द पाण्डे र २९ वर्षीय धर्मदत्त देवकोटाको प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक (डिएसपी) रवि रावलले जानकारी दिए। भे १ ज १०८४ नम्बरको बोलेरो जीप अनियन्त्रित भई सडकदेखि करीब एक सय मिटर तल खसेको प्रहरीको भनाइ छ । घाइते हुनेमा जुम्लाको चन्दनाथ नगरपालिका–७ का १८ वर्षीय नन्दा रावल, १७ वर्षीय निर्मल रावल, १८ वर्षीय प्रकाश रावल, गोठीचौर गाउँपालिका–४ का २६ वर्षीय लोकेन्द्र जैशी, ३५ वर्षीय हरिचन्द्र न्यौपाने, ६३ वर्षीय भवानीप्रसाद पाण्डे र सुर्खेत भेरीगङ्गा नगरपालिका–१२ छिन्चुका ३१ वर्षीय गोविन्द सिंह रहेका छन् । घाइतेको वीरेन्द्रनगरस्थित माया नर्सिङ होममा उपचार भइरहेको छ । रासस
फेसबुकको लिब्रालाई झड्का, पेपल बाहिरियो सान फ्रान्सिस्को (रासस/सिन्ह्वा) । संयुक्तराज्य अमेरिकाको निकै लोकप्रिय अनलाइन भुक्तानी कम्पनी पेपल होल्डिङ्सले फेसबुकको अग्रसरतामा गठन भएको लिब्रा एसोसिएसनबाट बाहिरिने घोषणा गरेको छ। फेसबुकको अग्रसरतामा रहेको डिजिटल मुद्रा परियोजनाका २८ वटा सदस्यमध्ये पेपल एक थियो। पेपलले शुक्रबार एक विज्ञप्ति प्रकाशन गरी विश्वव्यापी यस क्रिप्टोकरेन्सी क्लबबाट बाहिरिने घोषणा गरेको हो। यस क्लबमा भिसा, उबर, लिफ्ट र मास्टरकार्ड समेतका कम्पनीहरु सदस्य छन्। अमेरिकाको सान जोजेमा मुख्यालय रहेको पेपलले जारी गरेको विज्ञप्तिमा कम्पनीले हालकै संरचना र विधिबाट बढीभन्दा बढी प्रयोगकर्तालाई सुरक्षित र भरपर्दो सेवा प्रवाह गर्ने जनाएको छ। गत जुन २०१९ मा औपचारिक रुपमा घोषणा गरिएको लिब्राबाट संस्थापक सदस्य बाहिरिएको यो पहिलो कम्पनी हो। अरु सदस्यको साझेदारीमा आगामी सन् २०२० को जुनमा लिब्रालाई प्रयोगमा ल्याउने घोषणा गरिएको थियो। तर पेपलले फेसबुकसँगको सहकार्यलाई निरन्तरता दिने जनाएको छ। अमेरिकी अखबार वालस्ट्रिट जर्नलले लिब्राको सदस्यबाट भिसा र मास्टरकार्ड समेतका अरु कम्पनीले पनि संस्थापक सदस्य त्याग्न लागेको खबर छापेसँगै पेपलले यस्तो निर्णय गरेको छ।रासस
राष्ट्र र जनताका अपेक्षा पूरा गर्नुपर्छ : मुख्यमन्त्री गुरुङ पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्र र जनताको अपेक्षा पूरा गर्नका लागि तीनै तहका सरकार लाग्नुपर्ने बताएका छन्। नेकपा कास्कीद्वारा विजया दशमीलगायत विभिन्न चाडपर्वको अवसरमा आज पोखरामा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना भई संविधानसमेत कार्यान्वयन भइसकेको बताए। समृद्ध नेपाल सुखी नेपाली सबैको साझा अभियान भएको बताउँदै उनले संविधानतः निर्दिष्ट गरिएका अधिकारलाई आपसी समन्वयसमेतका आधारमा उपयोग गर्नुपर्नेमा जोड दिए। नेकपा स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेश इन्चार्जसमेत रहेका उनले सङ्घीयताको मर्मअनुसार अघि बढ्न सके संविधान कार्यान्वयनले पनि सही गति लिनुका साथै राष्ट्र र जनताका आवश्यकतालाई सम्बोधन गरी अघि बढ्नुको विकल्प नभएको बताए। विजया दशमीलगायतका विभिन्न चाडपर्वले देशमा भ्रष्टाचार निर्मूल भई सुशासनयुक्त समृद्ध राष्ट्र निर्माण गर्न प्रेरणा दिने विश्वास लिइएको उनको भनाइ छ। नेकपा गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डेले कास्की निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनमा पार्टीको उम्मेदवारलाई विजयी गराउन कार्यकर्ता सङ्गठित भएर लाग्नुपर्नेमा जोड दिए। पार्टी कास्की जिल्ला कमिटीका अध्यक्ष एवं गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले विकासका लागि जनप्रतिनिधि र कार्यकर्ता एकजुट भएर लाग्नुको विकल्प नरहेको बताए।
दक्षिण एशियाली मुलुकको विकासका लागि सबै देशहरुबीच सुुमधुर सम्बन्ध हुनुपर्ने काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले भारतको नयाँ दिल्लीमा भएको विश्व आर्थिक मञ्चको कार्यक्रममा दक्षिण एशियाली मुलुकको आर्थिक परिदृश्य विषयमा सम्बोधन गरेका छन्। सम्बोधनका क्रममा अर्थमन्त्री डा. खतिवडाले दक्षिण एशियाली मुलुकको विकासका लागि देशहरु बीच एक आपसमा गहिरो आवद्धता, यातायात, उर्जा, सञ्चारलगायतमा वढी कनेक्टिभिटी र वित्तीय एकीकरण हुनुपर्नेमा जोड दिए। उनले आर्थिक विकासको चरण, मानव स्रोत तथा प्राकृतिक स्रोतले दक्षिण एशियाको आर्थिक वृद्धिदर औसत ७ प्रतिशतको हाराहारीमा भइरहन सक्ने उल्लेख गर्दै यस क्षेत्रका वस्तु र सेवाको बाह्यमागले समेत यसमा असर पार्ने बताए। दक्षिण एशियाली मुलुकबाट वैदेशिक रोजगारीमा कामदार जाने गरेका र यसबाट प्राप्त रेमिट्यान्स र पर्यटनमा विश्व अर्थतन्त्रमा आएको सुस्तताले असर गर्न सक्ने बताए। अर्थमन्त्री डा. खतिवडाले दक्षिण एशियाली व्यापारका क्षेत्रमा दक्षिण एशियाली राष्ट्रहरुविच एक अर्कामा प्रतिष्पर्धा गर्ने क्षेत्र धेरै भएपनि पर्यटन क्षेत्रमा भने प्रतिष्पर्धा होइन परिपूरक भूमिका रहन सक्ने बताए। यस क्षेत्रमा पर्यटनको विकासबाट रोजगारी सिर्जना र आम्दानीको पुनर्वितरणमा सहयोग हुने बताउँदै उनले दक्षिण एसियाली मुलकहरुको सहकार्यबाट पर्यटन विस्तार भई आर्थिक वृद्धिलाई सहयोग पुग्ने कुरा बताए। गौतम वुद्धको जन्मस्थल लुम्विनी र सगरमाथाको देश नेपालले पर्यटकहरुलाई धेरै कुरा दिनसक्ने बताउँदै उनले सन् २०२० लाई नेपालले भ्रमण वर्षको रुपमा मनाउने भएकोले नेपाल भ्रमण गर्नका लागि सहभागीहरुलाई आव्हान गरे। सम्बोधनका क्रममा अर्थमन्त्री डा. खतिवडाले नेपालले पूर्वाधार क्षेत्रमा वित्तीय अभाव वाँष्लबलअष्लन न्बउ पुरा गर्न सार्वजनिक निजी साझेदारी, समिश्रित वित्त तथा सम्भाव्यता न्यून परिपूर्ति कोष (ख्न्ँ) लगायतका लगानीका विभिन्न माध्यम अपनाएको जानकारी गराए। भारत र चीन नेपालमा धेरै वैदेशिक लगानी गर्ने देश भएको उल्लेख गर्दै उनले नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण भएको बताए। उनले नेपालमा सार्वजनिक ऋणको अंशकुल गार्हस्थ्य उत्पादनको ३० प्रतिशत भएको उल्लेख गर्दै ऋणको उपयोग गरी लगानी वढाउने र आर्थिक वृद्धि गर्ने ँष्कअब िक्उबअभ भएको बताए। माननीय अर्थमन्त्री डा. खतिवडाले अमेरिकाका वाणिज्य मन्त्रीविलवर रोस, भारतका वाणिज्यमन्त्री पियुस गोयल तथा विभिन्न देशका अर्थमन्त्री र वरिष्ठ अर्थशास्त्री सम्मिलित अनौपचारिक भेटघाटको सेसनमा पनि आफ्नो भनाई राखे। उक्त सेसनमा अन्तर्राष्ट्रिय व्यापारमा देखिएका चुनौती, द्विपक्षीय तथा बहुपक्षीय व्यापारका विविध पक्ष, वैदेशिक लगानी, रोजगारी सिर्जना, विश्व व्यापार संगठनको प्रभावकारिताका लागि चाल्नुपर्ने कदम, विश्व अर्थतन्त्रमा दक्षिण एशियाली मुलुकको भूमिकालगायत समसामयिक विषयमा छलफल भएको थियो । कार्यक्रमको समयमा अर्थमन्त्री डा.युवराज खतिवडा र विश्व आर्थिक मञ्चका अध्यक्ष बर्ज ब्रेण्ड बीच द्धिपक्षीय भेटघाट भएको छ। भेटका क्रममा अर्थमन्त्री डा. खतिवडाले नेपालको विकास एजेण्डा, आर्थिक स्थिति, संघीयताको कार्यान्वयनमा भएका कार्य, लगानीको वातावरणमा भएको सुधार, राजस्व क्षेत्रमा भएका सुधारलगायतका विषयमा जानकारी गराएका थिए। विश्व आर्थिक मञ्चका अध्यक्ष बर्जले पछिल्ला वर्षमा नेपालको उत्साहजनक आर्थिक वृद्धि भएकोमा खुशी व्यक्त गर्दै दुई ठूला देश चीन र भारतको बीचमा नेपाल अवस्थित भएकोले यी देशबाट नेपालले आर्थिक लाभलिन सक्नुपर्ने बताए। विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुनआएको अवसरमा अर्थमन्त्री डा. युवराज खतिवडा र भारत सरकारका समकक्षी वित्तमन्त्री निर्मला सीतारमण बीच भारतको वित्त मन्त्रालयमा शिष्टाचार भेट भई उनीहरु बीचद्विपक्षीय आर्थिक सहयोग, व्यापार र लगानीका विषयमा छलफल भएको थियो।
किराँत राई सोसाइटी पोर्चुगलद्वारा क्यान्सरपीडितलाई सहयोग काठमाडौं । किराँत राई सोसाइटी पोर्चुगलले क्यान्सर पीडित १५ वर्षीया ज्योति राईको उपचारका लागि आर्थिक सहयोग गरेको छ। भर्ला बोटे इलाम घर भएकी उनी हाल भक्तपुर क्यान्सर अस्पतालमा जिब्रोको अर्बुदरोगको उपचारत छिन्। सानो सहयोगले गर्दा कसैको ज्यान बचाउन सकिन्छ भन्ने उद्देश्यले (५२६.११ युरो) ६५ हजार नेपाली रकम भक्तपुर क्यान्सर अस्पतालमा पुगेर गायक शम्भु राई र प्राबन राईले पीडितकी आमालाई सहयोग रकम हस्तान्तरण गरे। पीडित राईको आर्थिक स्थिति निकै कमजोर भएको र उपचारका लागि निकै कठिनाइ भएको जानकारी आएलगत्तै पोर्चुगलमा रहेका सहयोगी मनसँंग आह्वान गरी सङ्कलित रकम पीडित उपचारका लागि पठाइएको सोसाइटीका अध्यक्ष राजकुमार राईले बताए।
चिनियाँ राष्ट्रपतिको भ्रमणपछि पर्यटनको विकास अझै हुन्छ : पूर्वपरराष्ट्रमन्त्री पाण्डे चीनका राष्ट्रपति सी चीन पिङ निकट भविष्यमै नेपालको भ्रमणमा आउनुहुने भएको छ। यसै सन्दर्भमा नेपाल चीन सम्बन्ध, बिआरआई र यसबाट नेपालले लिनसक्ने लाभ सम्बन्धमा नेपालका पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसँग सञ्चिता घिमिरे र शरद शर्माले लिएको अन्तर्वार्ताको सम्पादित अंश। १. नेपाल र चीनबीचको सम्बन्ध विगतदेखि अहिलेसम्म कस्तो रहेको पाइन्छ ? – नेपाल र चीनबीचको सम्बन्ध प्राचीनकालदेखि शुरु भएको हो । स्रङचङ गम्पो, भृकुटी अंशुवर्माका समयदेखि नै दुई देशबीचको सम्बन्ध विकास भएको हो। भृकुटीको विवाह भयो, जुन विवाह राजनीतिक किसिमको विवाह हो । दौत्य सम्बन्ध सुधार गर्न यो विवाह भएको पनि भनिन्छ। यसले पनि दुई देशबीचको सम्बन्धलाई कसिलो बनाउने काम गरेको छ। लिच्छविकाल र मल्लकालमा आइपुग्दा पनि दुई देशबीचको सम्बन्ध उत्तिकै सौहार्दतापूर्ण थियो। नेपाल र चीनबीच त्यतिबेलादेखि नै आर्थिक सम्बन्ध पनि रहेको छ । भोटबाट नुनलगायत सामान ल्याउने गरिएको थियो । केही समय पहिलेसम्म भोटबाट यहाँ राडीसम्म पनि आउने गरेको थियो। विसं २०१६ मा सगरमाथा विवाद उत्पन्न भएको थियो जुन अहिले समाधान भइसकेको छ। यो समस्या नेपाल र चीन सरकारका प्रतिनिधि बसेर समाधान गरिएको थियो। अहिले आएर दुई देशबीचको सम्बन्ध अझै कसिलो हुँदै गएको छ। २. नेपालले चीनसँगको सम्बन्धबाट किन पर्याप्त फाइदा लिन सकिएको छैन? –चीनसँगको सम्बन्धमा हामीले प्रविधिलगायतका क्षेत्रमा चीनमा भएको विकासबाट सिक्नुपर्छ । उनीहरुले मारेर दिएको माछा खाने होइन, माछा मार्ने सीप हामीले उनीहरुसँग सिक्नुपर्छ। नेपालमा पहिले चीन र रुसको सहयोगमा कलकारखाना खुलेका थिए तर उदारवादी नीति भन्दै उद्योग कलकारखाना बन्द भएर गए । चीनले तिब्बतको पनि विकास गरिरहेको छ तर हामी भने सुविधाका मात्रै कुरा गर्दा पछि परेका छौँ । चीन आफ्नो विकासमा पनि अवरोध नआओस् र छिमेकीहरुसँग सम्बन्ध पनि सुदृढ र सुमधुर होस् भन्ने चाहन्छ। नेपाल र चीनका बीच पारस्परिक सम्बन्ध एकअर्कालाई सम्मान गर्ने हिसाबले अघि बढेको पाइन्छ। ३. बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) परियोजनाबाट नेपालले लिन सक्ने फाइदा के के हुन सक्छन् ? – अहिले पनि नेपालमा उत्तरी र दक्षिणी छिमेकी विकासमा अघि बढेका छन् त्यसको फाइदा लिनुपर्छ भनिन्छ। भाषण गरेर वा माला जपेर फाइदा लिने होइन, फाइदा लिने हो भने कार्यक्रम बनाउनुपर्यो। हामीले उत्पादन बढाउनुपर्छ, उनीहरुको प्रविधि लिनुपर्छ, उनीहरुबाट हामीले सिक्नुपर्छ। हाम्रो शिक्षा, स्वास्थ्य अघि बढ्नुपर्छ, राष्ट्रिय योजना आयोगले योजना बनाउनुपर्छ। जनतालाई सुदृढ बनाउने गरी अघि बढाउनुपर्छ। ‘बिआरआई’ पहिलेको सिल्क रोडमा आधारित भएर चीनले ल्याएको नयाँ अवधारणा हो।बिआरआई अहिलेसम्म हेर्दा यसमा सेना प्रयोग भएको छैन। नेपाल असंलग्न आन्दोलनको संस्थापक सदस्य भएका नाताले हामी कुनै पनि सैनिक गतिविधिमा संलग्न हुँदैनौँ। यो परियोजनामा सबैभन्दा ठूलो कुरा अर्थतन्त्र र सौहार्द सम्बन्ध विकास गर्ने कुरा रहेको छ। सम्बन्ध सुधार गर्ने र विश्वका सबै मुलुकसँगको ‘कनेक्टिभिटी’ स्थापना गर्ने रहेको छ । हामीले शुरुदेखि नै यससम्बन्धी सहमतिमा सही पनि गर्यौँ। अहिले हामी ‘कनेक्टिभिटी’मा लागेका छौँ। चिनियाँ परराष्ट्रमन्त्री नेपाल आउँदा तीनचार नाकाबारे छलफल भएको थियो। राष्ट्रपतिको भ्रमणका क्रममा कतिपय सहमतिहरु हुन्छन्। आन्तरिक रुपमा पनि टनेल बनाउने, बाटो सुधार तथा विस्तार गर्ने कुरा पनि आएका छन्। काठमाडौँ उपत्यकाभित्र र बाहिर चीनसँग जोडिने सडकहरुमा उसको चासो छ र हाम्रो आवश्यकता पनि छ। यसलाई नकारात्मक टीकाटिप्पणी गर्न आवश्यक छैन। हामीले हाम्रो राष्ट्रिय हित, सामाजिक परिवर्तन, शिक्षा, विज्ञान, प्रविधिलगायतका कुरामा अरू मुलुुकबाट सिक्नुपर्छ। ४. बिआरआइका लागि हाम्रो तयारी कस्तो पाउनुभएको छ ? – सरकार यसमा लागेको छ भन्नेमा म विश्वस्त छु। चिनियाँ राष्ट्रपति आउनुभन्दा अगाडि हाम्रो तालुक मन्त्रालयले तयारी गरिरहेको छ। सबैले आफ्नो क्षमता योग्यताअनुसार गर्नुपर्छ। सरकारका निकाय क्रियाशील रहेका छन्। ५.चीनमा भएजस्तो विकासलाई नेपालले किन पछ्याउन नसकेको हो? – हामीले चीनले प्रगति गरेको क्षेत्रमा ध्यान दिएनौँ। हामीले चीनतिर के–के अन्वेषण भएको छ त्यतातिर ध्यान दिन सकेनौँ। हामी आफैँ पनि अन्वेषण गर्नुपर्दछ भनेर अझै योजनाबद्ध तरिकाले लागेका छैनौँ। हामी अहिले बहस र छलफलमा रहेका छौँ। अनुसन्धान राजनीतिक नेता र कर्मचारीतन्त्रले गर्ने नभई विश्वविद्यालयका प्राध्यापकले चीनबाट हामीले के फाइदा लिन सक्दछौँ भनेर अनुसन्धान गर्नुपर्दछ। राष्ट्रिय–अन्तरराष्ट्रिय तहमा भएको अनुसन्धानमा भएका निष्कर्ष के हुन् भनेर त्यसको सन्दर्भ नेपालका लागि के कति उपयुक्त हुन्छ, ती उपयुक्त हुने कुरा लागू गर्नुपर्दछ। यो कुरामा हामी भर्खर लागेका छौँ। नेपाली नागरिकको चेतनामा हाल वृद्धि भएको छ। अब चाहिँ हामीले भारत, चीन, अमेरिका, युरोपमा भएका अध्ययन–अनुसन्धानका कुरालाई समेटेर आफैँ अन्वेषण गर्ने हो। ६. चीनसँग रेल, सुरुङ, सडकको स्तरोन्नति, ट्रान्समिशन लाइन, नाका खुलाउनेबाहेक अरू कुन कुन सम्झौता/परियोजनामा सहकार्य गर्न सकिन्छ ? – संसारमा नेपालजस्तो भौगोलिक अवस्थाको अर्को मुलुक छैन । संसारमा पाइने सबै प्रकारको हावापानी हाम्रो नेपालमा पाइन्छ । काठ, जडीबुटी, फलफूल, खाद्यान्न खेती सबै यहाँ हुन्छ । यी क्षेत्रका बारेमा हामीले कहीँकतै कहिल्यै अनुसन्धान गरेनौँ । यी कुरामा हामी चीनसँग अनुसन्धानमा सहभागी हुन सक्दछाँै । उहाँहरुलाई हामीले सहभागी गराएर कृषि, उत्पादनको क्षेत्रमा हामी अनुसन्धान गर्ने र त्यहीअनुसार उत्पादन बढाउनका लागि चिनियाँ सहयोग लिन सक्दछौँ । अर्को, हाम्रो कृषि स्रोत–साधनमा आधारित भएका उद्योग–कलकारखानामा सहयोग लिन सक्दछौँ । त्यो उद्योगबाट उत्पादन भएका सामग्री चीन र अरू मुलुकमा निर्यात गर्न सक्दछौँ। ऊर्जाको क्षेत्रमा पनि हामीले सहयोग लिएर विद्युत् उत्पादन गर्ने र त्यो ऊर्जा बेच्न सक्दछौँ। चीनमा हामी चिकित्सक, इन्जिनीयरिङ पढ्न पठाउँछौँ तर ती विषय पढे पनि अनुसन्धानमूलक भएनन् । त्यहाँ अनुसन्धानात्मक पढाइ गरेर त्यसलाई हामीले यहाँ प्रयोग गर्नुपर्दछ । प्रविधि, सामाजिक परिवर्तनका बारेमा पनि चीनबाट सहयोग लिन सकिन्छ । चीनले जनतालाई एक ढङ्गले सिकाएर राष्ट्रप्रति बफादार नागरिक उत्पादन गरेको छ । त्यो पनि हामीले सिक्न सक्दछौँ । राष्ट्रलाई सुदृढ गर्नका लागि जनताको चिन्तन प्रणालीमा सुधार गर्नुपर्दछ, त्यो पनि हामीले चीनबाट सिक्न सक्दछौँ । ७. तपाँई मन्त्री भएको बेला नेपाल र चीनबीच सम्बन्ध बढाउन के के काम भएका थिए ? – म मन्त्री भएको बेला हामी संविधान निर्माणको चरणमा रहेका थियौँ । संविधान निर्माण गर्ने भएकाले कतिपय धेरै कुरा चाहेर पनि गर्न सकेनौँ । म परराष्ट्रमन्त्री भएको समयमा सार्क सम्मेलनको तयारीमा जुट्यौँ र सार्क सम्मेलन गर्यौँ। सार्क सम्मेलनमा चीन पनि पर्यवेक्षण गर्न आएको थियो। सहभागी बनेर चीनले सार्कलाई सुदृढ गर्नका लागि आफ्नो स्रोतबाट यसलाई सहयोग गर्ने वचनबद्धता दिएको छ। सार्क विश्वविद्यालय चलाउनमा पनि चीनको सकारात्मक दृष्टिकोण पाइएको छ। चीनका परराष्ट्रमन्त्रीसँग व्यापारका विषयमा द्विपक्षीय वार्ता भएको थियो। त्यस वार्तामा व्यापारलाई कसरी बराबरी गर्ने, दुई देशबीचको सम्बन्धलाई कसरी सुदृढ गर्ने विषयमा छलफल भएको थियो तर हाम्रो सम्पूर्ण ध्यान संविधान निर्माण गर्नुपर्नेमा रहेको थियो। एकपटक विघटन भइसकेको संविधानसभा पुनः विघटन नहोस् भनेर सकेसम्म अरूतिर ध्यान नजाओस् भनेर हामीले अरू केही गर्न सकेनौँ। संविधान घोषणा भइसकेपछि चीनले धेरै कुरामा सहयोग गरेको छ। यतिखेर शान्तिपूर्ण रुपमा विकास र अर्थतन्त्रमार्फत समाजलाई परिवर्तन गरेर जाने र विज्ञान प्रविधिलाई विकास गरेर जाने क्षेत्रमा हामीले चीन, भारत, अमेरिकासँग हात बढाउन सक्छौँ। ८. अहिले चीनबाट उच्चस्तरीय भ्रमण हुन लागेको छ। यसबाट नेपालले के अपेक्षा राख्न सक्छ? – जहाँ जहाँ चीनका राष्ट्रपतिको भ्रमण भएको छ त्यस त्यस ठाउँमा पर्यटनको विकास राम्रोसँग भएको छ। माल्दिभ्समा उहाँ जानुभयो त्यहाँ चिनियाँ पर्यटकको आकर्षण बढ्यो। यस्तै श्रीलङ्का, बङ्गलादेशमा पनि बढेको छ। भारतसँग पनि उहाँहरुबीचको सम्बन्ध सुदृढ हुँदै गएको छ। व्यापार व्यवसाय दुईवटै देशको राम्रो भएको छ। पर्यटक पनि जान्छन्। चिनियाँ बौद्धिक व्यक्तित्वहरु पनि अहिले भारत जाने गरेका छन्। भारतमा नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि उहाँ धेरै पटक चीन जानुभएको छ। मलाई नै चिनियाँहरुले तपाईहरुको देशमा पर्यटक आउन कुनै गाह्रो छैन, दश लाख पर्यटक चीनबाट आउने ठूलो कुरा होइन भनेका छन्। तपाँईहरु बस्न, खानका लागि पूर्वाधार तयार पार्नुहोस् भनेका छन्। एउटा त पर्यटनको क्षेत्रमा यसले योगदान गर्दछ। अर्को आफ्नो देशलाई सुरक्षित गर्दा छिमेकीहरुलाई विस्तारै उन्नतिमा लैजान सक्यो भने उन्नति भएको छिमेकीले पनि सहयोग गरेर आफूहरु समृद्ध हुन्छौँ भन्नेमा चिनियाँहरु रहेका छन्। राष्ट्रपतिको भ्रमण भइसकेपछि आर्थिक, पर्यटनको क्षेत्रमा स्रोतसाधनलाई पहिचान गरेर उपयोग गर्न सकिन्छ। शिक्षा, स्वास्थ्यको क्षेत्रमा यो भ्रमणले योगदान गर्दछ। चीनका राष्ट्रपतिले नेपालको भ्रमण गरिसकेपछि अरू मित्रराष्ट्रको आँखामा पनि नेपाल पर्दछ। त्यसले गर्दा अरू देशको पनि हामीप्रति सौहार्द सम्बन्ध र सहयोग बढ्छ। त्यसमा हामीले सहयोग लिन जान्नुपर्दछ। उनीहरुको नभई हाम्रो चाहनामा काम हुनुपर्दछ । चीनको राष्ट्रपतिको नेपाल भ्रमणपछि अरू मित्रराष्ट्रको पनि सहयोग नेपाललाई हुन्छ। राष्ट्रपतिको भ्रमणपछि चीनसँगको सम्बन्ध अझै सुदृढ हुन्छ। तत्कालका लागि होइन भविष्यसम्मका लागि हामीले सकारात्मक सम्बन्ध बनाउने, सहयोगी बनाउने र सौहार्द वातावरणमा अन्तरराष्ट्रिय सङ्घसंस्था संयुक्त राष्ट्र सङ्घ, क्षेत्रीय सहयोग सङ्गठन, जी–२० जस्ता संस्थाबाट हामीले अपेक्षा गरेअनुसार ढङ्ग पुर्यायौँ भने मुलुकमा सहयोग आउने र हाम्रो अर्थतन्त्रमा सुधार आउनेछ। यसले गर्दा सन् २०२२ मा विकासशील मुलुक हुने, सन् २०३० सम्म दिगो लक्ष्यका उपलब्धि हासिल गर्ने जस्ता कुरामा हामी सहज रुपमा जान सक्दछौँ।रासस
विप्लव समूहका सेक्रेटरीसहित दुई पक्राउ, विष्फोटक पदार्थ बरामद काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) समूहका मोरङ जिल्ला सेक्रेटरीसहित दुई जनालाई प्रहरीले पक्राउ गरी आज यहाँ सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङमा आयोजित पत्रकार सम्मेलनमा मोरङको बूढीगङ्गा गाउँपालिका–३ बस्ने विप्लव समूहका सेक्रेटरी आभाष भन्ने कुमार खतिवडालाई विराटनगर–४ को इक्राइबाट को २०प ५८८८ नंको मोटरसाइकल साथ प्रहरीले बिहीबार साँझ ५ बजे पक्राउ गरेको जनाएको छ। निजले दिएको जानकारीबाट बूढीगङ्गा गाउँपालिका–७ धरहरा बस्ने कुमार डाँगीलाई विष्फोटक पदार्थ र त्यसमा प्रयोग हुने सामग्री तीन फिट माटोमुनि प्लाष्टिकमा लुकाइछिपाइ राखेको अवस्थामा बरामद गरिएको छ। प्रहरीले निओजल ९० लेखिएको (जिलेटिन) विष्फोटक पदार्थ ४३ थान, एरियलसहितको सेतो रिमोट एक, तार जोडिएको बक्स एक, रातो टेप र तारसहितको डेटकार्ड एक, केप दुई, मसिनो तार एक र मोबाइल एक प्रहरीले बरामद गरेको हो। यसैगरी निजहरुका साथबाट विप्लव समूहका विभिन्न दस्तावेज, प्रेस विज्ञप्ति, झण्डा, आर्थिक सहयोग पत्र, सहयोग रसिद दुई ठेलीलगायतका अन्य सामग्री बरामद गरेको पत्रकार सम्मेलनमा जनाइएको छ। प्रदेश प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवालीले चन्दा माग्ने समूह आउना साथ प्रहरीलाई जानकारी गराउन आग्रह गर्दै मोरङमा सो समूहका २० जना अदालतको आदेशमा जेलमा रहेको र २६ अनुसन्धानमा रहेको जानकारी दिए। उनले खुला सीमाका कारण विष्फोटक पदार्थ भित्रिने भएकाले त्यसका लागि सुरक्षा व्यवस्था कडा पारिएको र मोरङ जिल्लामा शान्ति सुरक्षा सुदृढ रहेको विश्वास दिलाए। जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख विश्व अधिकारीले विप्लव समूहका गतिविधि मोरङमा निस्तेज गरिएको बताउँदै चन्दा सङ्कलन र विष्फोटनका गतिविधि गरिने भएकाले त्यसलाई नियन्त्रण गर्न समयमा सूचनाका लागि आग्रह गरे।रासस
नेपाली सेनाद्धारा टुँडिखेलमा फूलपातीको हर्षबढाइँ काठमाडौँ । बडादशैंकाे सातौँ दिन शनिबार काठमाडौँको सैनिक मंच टुँडिखेलमा फूलपातीको हर्षबढाइँ गरिएको छ । काठमाडौंको बसन्तपुरस्थित दशैँघरमा बडा दशैँको सातौँ दिन फूलपाती भित्र्याएपछि सैनिक मंच टुँडिखेलमा एक विशेष समारोहका बीच फूलपातीको हर्षबढाइँ गरिएको हो। समारोहमा राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरुलगायतको उपस्थिति रहेको थियो। समारोहमा नेपाली सेनाले बढाईका विभिन्न कौशल प्रर्दशन गरेको थियो भने नेपाली सेनाको हेलिकप्टरद्धारा पुष्प वृष्टि तथा तोप बढाई पनि गरिएको थियो। नेपाली सेनाले दशैँको फूलपातीको दिन हरेक वर्ष एक विशेष समारोहका बीच फुलपातीको हर्षबढाइँ गर्दछ। यसै अवसरमा जमरा राखिएका घरहरुमा पनि विधिपूर्वक फूलपाती भित्र्याउने गरिन्छ।
सप्तरीमा गाडिको ठक्करबाट एक वृद्धाको ज्यान गयो सप्तरी । कञ्चनरुप–फत्तेपुर सडकअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–६ क्वाटर मलेठमा आज भएको दुर्घटनामा एक ज्येष्ठ नागरिकको मृत्यु भएको छ। मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–६ क्वाटर मलेठ बस्ने ७२ वर्षीया टंककुमारी खतिवडा रहेको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ। कञ्चनरुपबाट फत्तेपुर जाँदै गरेको स १ च १३६० नम्बरको पिकअप गाडीले दिएको ठक्करले घटनास्थलमै उनको मृत्यु भएको छिमेकी चित्रबहादुर कटवालले जानकारी दिए। राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा शव परीक्षण भएको छ।
भाइको हत्या गरेको अभियोगमा दाई पक्राउ भक्तपुर । आफ्नै भाइ ४० वर्षीय नेत्र बहादुर अछामीलाई भर्याचङबाट धकेलेर हत्या गरेको अभियोगमा चाँगुनारायण नगरपालिका २ दुवाकोट तल्लो हाइट बस्ने गोरखा पालुङ्टार नगरपालिका २ घर भएका खिला अछामीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ। खिलाले भर्यातङबाट धकेल्दा लडेर गम्भीर घाइते भएका नेत्रको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको हो। साथै खिलाका २२ वर्षीय छोरा वेसन अछामी समेतलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
‘गुजारामुखी नभई समृद्धिका लागि कृषि’ काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रविधियुक्त कृषि प्रणालीले मुलुकको विकास र समृद्धिको नेतृत्व गर्ने बताएका छन्। बर्दिवास नगरपालिकाअन्तर्गतको कृषि विकास बोर्डले नमूना कृषि गाउँ (मोडल एग्रो भिलेज) मा आयोजना गरेको वृक्षरोपण कार्यक्रमको शुभारम्भ गर्दै उनले अबको कृषि गुजारामुखी नभई विकास र समृद्धि प्राप्त गर्ने उद्देश्यको हुनुपर्ने बताए। ‘अब केही मन कोदो, केही धान वा केही अन्य बाली उब्जाएर गुजारा गर्ने कुराले दिन चल्दैन”, मन्त्री पोखरेलले भने, ‘विकास र समृद्धिको यात्रामा अघि बढ्न किसानले अब अत्याधुनिक कृषि प्रविधि अपनाउनुपर्छ।’ स्थानीय, प्रदेश र सङ्घीय सरकारका सारा प्रयत्न अहिले विकास र समृद्धिसँग जोडेर अघि बढाइएको उनको भनाइ छ। उनले प्रत्येक काममा जनसहभागिता बढाउन नगरपालिका नेतृत्वसँग आग्रह गरे। ‘जनताको सहभागिता नभएका कार्यक्रम जतिसुकै राम्रा भनेर प्रचार गरिए पनि फ्लप हुन्छन्’, मन्त्री पोखरेलले भने, ‘त्यसैले योजना छनोट गर्दा होस् वा कार्यसञ्चालनमा होस् जनसहभागिता जुटाउन भरमग्दुर प्रयत्न गर्नुहोस्।’ वडा नं ६ किसाननगरमा पर्ने पश्चिमी रातु नदी उकास जग्गामा नगरपालिकाले कृषि कार्यक्रमअन्तर्गत नमूना कृषि गाउँ निर्माणको काम थालेको छ। सो गाउँमा दुई हजार २०० आँप र लिचीका बिरुवा रोपिएका छन्। आज रोपिएका बिरुवामा रोप्नेको नाउँ लेखेर टाँसिएको छ। जुनसुकै बेला नमूना कृषि गाउँमा आइपुग्दा आफूले रोपेको बिरुवा रोप्ने आफैँले हेरचाह गर्न पाउन् भन्ने उद्देश्यले त्यस्तो गरिएको बर्दिवास कृषि विकास बोर्डका अध्यक्षसमेत रहेका नगरप्रमुख बिदुरकुमार कार्कीले बताए।रासस
दशैंका यात्रु बोकेर गएको मिनि बस दुर्घटना, ३ जनाको मृत्यु, २५ घाइते, ५ को अवस्था गम्भिर काठमाडौं । काठमाडौंबाट सिराहा जादै गरेको बा ३ ख २३५९ नम्बरको मिनि बस काभ्रे र सिन्धुलीको सिमानामा दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने २५ जना घाइते भएका छन्। सुनकोसी गाँउपालिका १ स्थित विपी राजमार्गको दुम्जामा उक्त मिनि बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। सिन्धुली प्रहरीका अनुसार दुर्घटनामा परी घाइते भएका मध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइते भएकालाई उपचारका लागि धुलिखेल पठाइएका प्रहरी कार्यलय सिन्धुलीले जनाएको छ। मृतकको पहिचान हुन सकेको छैन। घटनाका पूर्ण विवरण आउन बाँकी छ।
काठमाडाैंमा खसी/बाेका व्यापारीहरु मारमा काठमाडौं । सरकारले दशैं, तिहारजस्ता चाडपर्वलाई लक्षित गरेर खसी/बोकाको मूल्य तोकिदिएपछि व्यापारीहरु मारमा परेका छन्। सरकारले दसैंका लागि प्रतिकेजी ५५० रुपैयाँ खसी/बोकाको मूल्य तोकि दिएपछि काठमाडौं आएका व्यापारीहरु लाखौंको घाटा व्यहोर्न बाध्य भएका हुन्। फूलपातीको दिन काठमाडौंको भृकटीमण्डवमा भेटिएका काभ्रेका व्यापारी दीपक प्रसाद वन्तले सरकारले आफूखुसी मूल्य तोकिदिँदा आफूहरुले लाखौंको घाटा व्यहोर्नु परेको भन्दै आक्रोश व्यक्त गरे। उनले किसानसँग प्रतिकेजी ६०० रुपैयाँ हालेर ल्याएको खसी/बोका ५५० मा विक्री गर्दा भएको घाटा कसले व्यहार्ने पनि प्रश्न पनि गरे। ‘आफूले ७ लाख हालेर ल्याएको खसी/बोकाको मूल्य ४ लाख पनि उठेन,’ खसी व्यापारी वन्तले प्रधानमन्त्री ओलीप्रति आक्रोश व्यक्त गर्दै भने,‘मैले व्यहोरेको ३ लाख घाटा कसले पूरा गरि दिन्छ?’ दसैंका बेला घाटामा गएपछि व्यापारीहरुले सरकारले आफैले पालेजसरी खसी/बोकाको मूल्य तोकेर किसानहरुलाई मारमा पारेको दुःखेको पनि व्यक्त गरे। व्यापारीहरु फूलपातीको दिन भएको खसी व्यापारबाट निराश छन्। अष्टमीको दिन केही होलाकी भन्ने आशामा आफूहरु रहेको अर्का व्यापारी रामकृष्ण लोभोमीले बताए। उनले भारतबाट पनि खसी/बोका आयात भएकाले पनि आफूहरु मारमा परेको गुनासो गरे। दसैंका लागि खसी/बोका भारतबाट आयात नगर्ने सरकारले बताएपनि त्यसमा प्रतिबन्ध लगाउन नसकेकोमा व्यापारीहरुको आपत्ति छ। दसैंमा खसी/बोकाको व्यापारमा घाटा खाएका व्यापारीहरुले सरकारले चिनीको मूल्य भने प्रतिकेजी ७० रुपैयाँ बढाएर १०० रुपैयाँ बनाउने तर मासुको मूल्य भने गत वर्षको जत्तिनै राखेकोमा असन्तुष्टि व्यक्त गरे। केही नाफा हुने आसमा खसी/बोका लिएर काठमाडौं आएका व्यापारीहरु निराश भएर फर्कने तयारीमा रहेका छन्। अष्टमीको दिन केही आशातित व्यापार हुने उनीहरुको अपेक्षा छ। खसी/बोकाको मूल्य तोकेर काठमाडौंमा सुपथ मूल्य पसल नै संचालन गरेको सरकारले व्यापारीहरुले खाएको घाटालाई कसरी सम्बोधन गर्ने हो? त्यो भने हेर्न बाँकी छ।
यौन दुर्व्यवहार गरेको आरोपमा रोशनीले दिइन् महराविरुद्ध उजुरी काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध ‘पीडित’ भनिएकी रोशनी शाहीले यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएकी छन्। जबरजस्तीकरणीको प्रयास गरेको अभियोगमा पीडित भनिएकी रोशनीले महानगरीय प्रहरी वृत्त, बानेश्वरमा जाहेरी दिएको प्रहरीले जनाएको छ। गत आइतबार आफूमाथि हिंसा भएको दाबी गर्दै विभिन्न सञ्चारमाध्यममा बयान दिएकी रोशनीले ६ दिनपछि उजुरी दर्ता गरेकी हुन्। रोशनीको जाहेरीपछि महरालाई प्रहरीले पक्राउ गर्ने प्रहरी श्रोतले जनाएको छ।
निशुल्क प्राथमिक उपचार तालिमको अभियान लिएर नेपालका ३८ जिल्लामा पुगे उप्रेती काठमाडौँ । युएईमा सिकेको सीप नेपाली जनताहरूलाई निशुल्क सिकाउने लक्ष्यका साथमा युएईका व्यावसायी तथा सामाजिक अभियन्ता ओमप्रसाद उप्रेतीले सञ्चालन गर्दै आएको निशुल्क प्राथमिक उपचार तालिमको अभियान अहिलेसम्म नेपालका ३८ वटा जिल्लामा सम्पन्न भएको छ। आफ्नो अभियानको चौथो चरणको तालिम सुदूर पश्चिमका १२ जिल्लाहरूमा सम्पन्न गरेसँगै यो अभियान आधा नेपालमा पुर्याउन सकेको अभियन्ता ओमप्रसाद उप्रेतीले बताएका छन्। ‘राष्ट्रको लागि योगदान’ भन्ने मूल नारा रहेको यो प्राथमिक उपचार तालिममा प्राकृतिक विपत्ति, आकस्मिक अवस्था, दुर्घटनामा हरेक मानिसलाई कसरी जोगाउने भन्ने आधुनिक विधि र पद्धतिबारे सिकाइने गरिन्छ। मानव जीवनमा अति उपयोगी यो अभियान नेपालका ७७ वटै जिल्लामा आयोजना गरिदैछ। अहिलेसम्म चार चरणमा ३८ वटा जिल्लामा सम्पन्न भएको यो अभियान अब बाँकी जिल्लाहरूमा आगामी दिनहरूमा निरन्तरता दिइने डिस्कभरी रोयल स्पोर्ट्स एलएलसीका प्रबन्ध निर्देशक समेत रहेका यो अभियानका परिकल्पनाकार तथा मुख्य प्रशिक्षक उप्रेतीले बताए। सुदूर पश्चिमका १२ जिल्लामा चौथो चरणको तालिम सम्पन्न असोज ५ देखि १७ गतेसम्म सुदुर पश्चिमका विकट जिल्लाहरूमा तालिम कार्यक्रमको संयोजन हेमन्त पौडेलले गरेका थिए, भने सरु दुलालले व्यवस्थापनमा सहयोग गरेकी थिइन्। गत असोज ५ देखि १७ सम्ममा सुदुर पश्चिमका १२ जिल्लामा भइरहेको तालिम अभियान असोज १७ मा दाङमा समापन भएको हो। गत असोज ५ गते आइतबार  दार्चुला जिल्लाको नौगाड गाउँपालिकाको कार्यलयमा  तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको अभियान सहयोगी दामोदर सिंहले बताएका छन्। दोश्रो दिन असोज ६ गते, सोमबारमा  बैतडीको जगन्नाथ बहुमुखी क्याम्पसमा सोही तालिम आयोजना गरिएको र उक्त तालिममा जिल्ला प्रहरी कार्यालय बैतडीका इन्चार्ज डीएसपी डिल्लीनारायण पाण्डेको सहकार्यमा रहेको अभियन्ता उप्रेतीले बताएका छन्। अभियानको तेस्रो दिन असोज ७ गते, मंगलबार बझाङ जिल्लाको शिक्षोदय मावि, बाघथलामा  तालिम आयोजना भएको थियो। चौथो चरणको चौथो दिन असोज ८ गते, बुधबार डडेल्धुरा जिल्लाको पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गाउँ गन्यापुरमा रहेको सरस्वती माविमा सोही तालिम आयोजना गर्ने योजना गरिएको अभियान सहकर्मी तथा संयोजक हेमन्त पौडेलले जानकारी दिएका छन्। अभियानको पाचाैँ दिन असोज ९ गते, बिहीवार डोटीको पवित्र माविमा प्रधानाध्यापक टीना थापाको सहजिकरणमा तालिम सम्पन्न भएको थियो। यसैगरी, असोज १० गते, शुक्रबार  अछाममा तालिम आयोजना  गरिएको सम्पर्क व्यक्ति भवानी जोशीले बताए। अभियानको साताैँ दिन असोज ११ गते, शनिबार बाजुरामा तालिम सञ्चालन गरिएको सम्पर्क व्यक्ति उमेश शाही हिक्मत थापा र महेश कार्कीले जानकारी दिए। यही तालिम असोज १३ गते, सोमबार कंचनपुर जिल्लामा भव्यताका साथमा सम्पन्न भएको सम्पर्क व्यक्ति पदम बिस्ट र कर्ण चन्दले जनाएका छन्। असोज १४ गते, मंगलबार स्  कैलाली जिल्लाको सामुदायिक प्रहरी भवन, हसनपुर, पिपल चौतारा, धनगढीमा यो तालिम आयोजना भएको सम्पर्क ब्याक्ति धनीराम भण्डारी र चेतन थापाले जनाएका छन्। असोज १५ गते, बुधबार बर्दियामा यो तालिम आयोजना गरिएको थियो भने असोज १६ गते, बिहीवार बाँके जिल्लाको स्वस्तिक होटल, न्युरोड, नेपालगन्जमा निशुल्क प्राथमिक उपचार तालिम भब्य रूपमा उत्साहजनक उपस्थितिका बीचमा आयोजना गरिएको सम्पर्क व्यक्ति राहुल कौशलले जानकारी दिएका छन्। चौथो चरणको समापन कार्यक्रम असोज १७ गते, शुक्रबार दाङ जिल्लामा भएको थियो । लमही उध्योग बाणिज्य संघको सभाहलमा आयोजना भएको सम्पर्क व्यक्ति शान्त गिरी र ताराप्रसाद खनालले बताए। समापन कार्यक्रम आयोजना गरिएको र उल्लेख्य उपस्थिति रहेको दाङ–देउखुरी सेवा समाज युएईले समन्वय गरेको दाङ–देउखुरी सेवा समाज युएईका अध्यक्ष कमल गिरीले जानकारी दिएका छन् ।
मर्माहित हुँदै बाबुराम भट्टराईले महरालाई लेखे यस्तो पत्र काठमाडौं। समाजवादी नेपाल, पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले यौन काण्डमा मुछिएका पूर्व सभामुख कृष्णबहादुर महरालाई पत्र लेखेका छन्। उनले सामाजिक संजाल फेसबुक मार्फत महरालाई पत्र लेखेका हुन्। पत्रमा भट्टराईले हालैको तपाईं सम्बन्धित घटनाले सम्पूर्ण देश र केही हदसम्म अन्तर्राष्ट्रिय जगत पनि तरंगित भएको भन्दै त्यसबाट आफू अत्यन्त मर्माहत भएको बताएका छन्। यस्तो छ भट्टराइले फेसबुकमा लेखेको पत्र प्रिय महराजी, हालैको तपाईं सम्बन्धित घटनाले सम्पूर्ण देश र केही हदसम्म अन्तर्राष्ट्रीय जगत पनि तरंगित त छँदैछ म ब्यक्तिगत रूपमा समेत अत्यन्त मर्माहत भएको छु ! यो तपाईंको मात्र प्रश्न नभएर ऐतिहासिक माओवादी आन्दोलन, हामीले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र र हामीले परिकल्पना गरेको महिलामुक्ति तथा उन्नत संस्कृतिको प्रश्नसंग जोडिएको विषय पनि हुनाले यहाँ केही बोल्ने धृष्टता गरेको छु! १.माओवादी नेतृत्व तहमा हामी (विशेषतस् प्रचण्ड र म ) सुरेश वाग्ले र तपाईंलाई उच्च नैतिकवान् र इमान्दार पात्र मान्थ्यौं ! हामी वीच विवाद पर्दा तपाईं दुइ जनाको कुरालाई हामीले विशेष महत्व दिन्थ्यौं! प्रचण्ड र मेरो वीचमा २०५५-५६ मा पहिलो ठुलो वैचारिक-सांगठनिक वहस हुँदा २०५६ साउनरभदौमा पन्जाबको रोपडमा भएको पोलिटब्युरो बैठकमा तपाईं दुइजनाको सुझाव मानेर हामीले विवाद हल गरेका थियौं! (दुर्भाग्यवश त्यो बैठक सकेर फर्कने वित्तिकै भदौ २३ गते गोरखामा सुरेश वाग्लेले गौरवपूर्ण सहादत प्राप्त गर्नुभएको थियो!) पछि पोष्टबहादुर बोगटी र तपाईँ पार्टीका आदर्श पात्र मानिन थाल्नुभयो! २०७१सालमा बोगटीजीको दुस्खद निधन र पार्टीको क्रमशस् ओरालो लाग्दो नैतिक धरातलले आम जनतालाई समेत माओवादी आन्दोलनप्रति वितृष्ण बनाउँदै लग्यो! कांग्रेस-एमाले पहिले नै भ्रष्टाचार र सुरासुन्दरी काण्डले बदनाम भैसकेका थिए! तपाईंको यो पछिल्लो प्रकरण त्यसैले तपाईंको एउटा निजी मामिला मात्र नभएर नेपालको क्रान्तिकारी आन्दोलनको वैचारिक-राजनीतिक र नैतिक संकटको एउटा अत्यन्त नकारात्मक बिम्ब बन्न पुगेको छ।यसलाई तपाईं हामी सबैले स्वीकार्नैपर्छ! २. माओवादी आन्दोलन यो रसातलको बिन्दुसम्म कसरी पुग्यो रु त्यसको सांगोपांगो विश्लेषण र संश्लेषण छुट्टै गरौंला।हामीले नेपाली क्रान्तिलाई संघीय लोकतान्त्रिक गणतन्त्रको शिखरसम्म पुर्याएकै हो।यसमा हामीले सामुहिक गर्व गर्नुपर्छ! तर रोजा लक्जेम्बर्गले भने झैं क्रान्ति स्थीर भएर बस्दैनस कि त त्यो अघि बढाइनुरबढ्नु पर्छ, नत्र त्यो पछाडि हट्छ।त्यस्तै अर्को भनाइ छ- शिखर चढ्न सजिलो हुन्छ तर त्यहाँ टिक्न गाह्रो हुन्छ! अझै अर्को भनाइ छ- क्रान्ति सम्पन्न भएको भोलिपल्ट हिजोका क्रान्तिकारीहरू प्रन्तिक्रान्तिकारीमा बदलिन्छन्! यहींनेर हामी चुक्यौं!मैले यो एउटा शिखर चढेपछि अर्को शिखर चढ्न नयाँ बाटो खोजौं भनेको थिएँ। तर मैले साथीहरूलाई मनाउन सकिनँ! साथीहरू पुरानै शिखरमा बसिराख्न खोज्नुभयो तर वैज्ञानिक रूपमा त्यो सम्भव थिएन! त्यसैले अब क्रमशस् साथीहरू पुरानो शिखरबाट खुर्मुरिइरहनुभएको छ! तपाईं (महराजी) को पछिल्लो प्रकरण त्यसैको एउटा नमूना हो ! ३.यो प्रकरणमा तपाईं दोषी हुनुहुन्छ वा हुनुहुन्न म किटेर भन्न सक्दिनँ! सत्य कि तपाईंलाई थाहा छ कि सम्बन्धित महिलालाई थाहा छ! तर अहिलेसम्म बाहिर आएका कुराबाट शंकाको सुई तपाईंतिर सोझिन्छ!हामीले SLC मा पुष्कर शमशेरको “परिबन्द” कथा पढ्थ्यौं! त्यहाँ परिबन्दले निर्दोष व्यक्ति दोषी ठहरिन्छ! यौन मामिलामा महान् व्यक्तित्वहरू पनि कसरी चुक्छन् भन्नेवारे स्कूलमा पढ्दा गुरूले सुनाएको यो संस्कृत श्लोक सम्झिन्छुस् ‘विश्वामित्र परासर प्रभृत्तयो वाताम्बु पर्णाशना। तेपिस्त्री मुखपंकजं सुललितम् दृष्ट्वैव मोहम् गता।। साल्यान्नम् सघृतम् पयोदधियुतम् भुन्जन्ति ये मानबास्। तस्याम् इन्द्रीय निग्रहो यदि भवेत् विन्ध्यस्तरेत् सागरम्।।’ तर प्राकृतिक कारण र ऐतिहासिक उदाहरण दिएर सामाजिक दायित्व बहन गर्ने मान्छेले यौन उच्छृंखलता गर्न मिल्दैन!अझै गम्भीर कुरा त महिलालाई उपभोग्या वस्तुको रूपमा प्रयोग गर्नु र सत्ताशक्ति र धनको वलमा महिलाको अस्मिता हरण र यौनशोषण गर्नु कानूनी दृष्टिले समेत दण्डनीय हुन्छ! हाम्रो जस्तो पितृसत्तात्मक समाजमा अधिकांश रूपमा महिला नै पीड़ित हुने भए पनि कहिलेकाहिं पुरूष पनि उत्पीडन वा प्रतिशोधरषड्यन्त्रको जालमा पर्नसक्छ। तपाईंको हकमा पनि अन्यथा भएको हुनसक्छ। त्यसनिम्ति पनि तपाईंले सत्यतथ्य बाहिर ल्याएर कानून बमोजिम न्यायको निरूपण गर्न र आफुलाई निर्दोष सावित गर्न स्वतन्त्र र निष्पक्ष अनुसन्धानको माग गर्नुपर्छ र त्यसलाई सघाउनुपर्छ१ त्यसले तपाईंको प्रतिष्ठा घटाउने हैन बढाउनेछ! यदि जानेर वा नजानेर गल्ती वा अपराध भएको हो भने त्यसलाई खुला रूपले स्वीकार्नु र प्रायश्चित्त गर्नु नै तपाईं स्वयम्, क्रान्तिकारी आन्दोलन र देशको हितमा हुनेछ।भनिन्छ( गल्ती गर्नु अपराध हैनस गल्ती नसच्याउनु अपराध हो! तपाईंको शुभेच्छुक, बाबुराम
बडादशैँको आज सातौँ दिन घर-घरमा फूलपाती भित्र्याइँदै काठमाडौं। आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँ घरमा फूलपाती भित्र्याइँदैछ। प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ। घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरी पूजाआजा गरिएको दशैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ। नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको प्रतीकको रुपमा भित्र्याइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिए। “केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आवाहन गरी पूजा गरिन्छ, यी देवी नवदुर्गाका पार्षद्अर्थात् सहायक हुन्”, उनले भने। देवीलाई बलियो बनाउन सहायक देवीको भूमिका हुने शास्त्रीय मान्यता छ। फूलपाती भित्र्याएपछि नववटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ। फूलपाती भित्र्याउनका लागि साइतको आवश्यक्ता नपर्ने पनि प्रा डा गौतमले जानकारी दिए। हनुमानढोका दरबारको दशैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ। गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दशैँघरका पुजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिड जिल्लाको जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहिआएको छ। जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिन्छ। राजतन्त्र रहुञ्जेलसम्म हनुमानढोका दरबारको दशैँघरमा फूलपाती भित्र्याउने क्रममा राज्य प्रमुखका नाताले राजाको पनि उपस्थिति रहने गरेकोमा गणतन्त्रको स्थापनापछि भने संस्कृतिमन्त्री उपस्थित हुने गरेको हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले जनाएको छ। यस वर्षको फूलपाती शनिबार अपराह्न ३ बजे भित्र्याइने कार्यक्रम रहेको दशैँ पर्वको संयोजन गरिरहेका समितिका कर्मचारी मिठाराम पुडासैनीले बताए। कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, काठमाडौँका प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिलाई निमन्त्रणा गरिएको दरबार हेरचाह अड्डाले जनाएको छ। आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि शुरु हुने नेपालीहरुको महान् चाड दशैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्दछ। आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न मानिस सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रुपमा टीका थाप्न आ आफ्नो घर फर्कने क्रम अझ तीव्र हुने गर्दछ। फलस्वरुप नेपालका ग्रामीण भेगमा आजैका दिनदेखि दोबाटो, चौतारो र चौबाटामा हालिने लिङ्गे पिङ र रोटे पिङले दशैँको रौनकतालाई अझ बढाउने गर्दछ।
सुर्खेतमा ५ हजार १६१ लिटर घरेलु मदिरा नष्ट सुर्खेत । जिल्ला प्रहरी कार्यालयले विभिन्न स्थानबाट सङ्कलित अवैध घरेलु मदिरा नष्ट गरेको छ । स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मीको रोहबरमा आज प्रहरीले बरामद गरिएको पाँच हजार १६१ लिटर मदिरा नष्ट गरेको हो । जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रवि रावलले कार्यालयकै हाताभित्र खाडल खनेर अवैध घरेलु मदिरा र गाँजा नष्ट गरेको जानकारी दिए । उनका अनुसार तयारी अवस्थाको एक हजार ३५४ र कच्चा पदार्थका रूपमा रहेको तीन हजार ८०७ लिटर अवैध घरेलु मदिरा नष्ट गरिएको हो। सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत स्थानीय तहका जनप्रतिनिधि, आमा समूहको सक्रियतामा जिल्लाका विभिन्न स्थानबाट अवैध घरेलु मदिरा बरामद गरिएको प्रहरीको भनाइ छ । सबैभन्दा बढी वीरेन्द्रनगर नगरपालिकाबाट बरामद गरिएको थियो। मदिरासहित बरामद गरिएका भाडाकुँडा प्रहरी कार्यालयमै राखिएको छ। जिल्ला प्रहरी प्रवक्ता रावलले पहिलोपटक सचेत गराउने र दोस्रोपटक अवैध मदिरा उत्पादन गरेको पाइएमा सङ्कलित प्रमाणसहित आन्तरिक राजश्व कार्यालयमा पठाइने बताए। गाउँघरमा छ्याप्छ्याप्ती पाइने घरेलु मदिराका कारण दशैँ तिहारमा हिंसात्मक घटना हुनसक्ने भएकाले प्रहरीले केही दिन अघि जिल्लाका सबै स्थानीय तहमा समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरी अवैध मदिरा बरामद गरेको थियो। त्यस्तै, प्रहरीले एक हजार १५५ गाँजाका बोटसमेत नष्ट गरेको छ ।रासस
छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु काठमाडौं । मकवानपुरको हेटौँडा उपमहानगरपालिका १ चाइनागेटस्थित पूर्वपश्चिम सडकमा ना ८ ख ३८७२ नम्बरको ट्याङकरले ना ५६ प ३९३५ नम्बरको मोटरसाकललाई शुक्रबार बिहान ठक्कर दिंदा मोटरसाइकलमा सवार ३५ वर्षीया सीता न्यौपानेको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४५ वर्षीय शशी न्यौपानेको हेटौंडा अस्पतालमा उपचार भैरहेको छ। ट्याङकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मोरङ, सुन्दरहरैंचा नगरपालिका ७ ठडिया चोकस्थित पूर्वपश्चिम राजमार्गमा को १ ज ३१६८ नम्बरको पिकअप भेन र को ३५ प १४२२ नम्बरको मोटरसाइकल शुक्रवार बिहान एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक बेलबारी नगरपालिका २ बस्ने २० वर्षीय योगेश निरौलाको बिराटनगर न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १९ वर्षीय सुसन कार्कीको सोही अस्पतालमा उपचार भइरहेको छ। यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
नक्कली चाँदीसहित एक जना पक्राउ काठमाडौं । नेपाल प्रहरीले १५ किलोग्राम नक्कली चाँदीसहित एक जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले नक्कली चाँदीसहित धादिङ घर भई ललितपुरको महालक्ष्मीस्थान–११ इमाडोल बस्ने ३३ वर्षीय राज सापकोटालाई आज पक्राउ गरेको हो। वृत्तका प्रमुख, प्रहरी नायव उपरीक्षक उमेश लम्सालले नक्कली चाँदिलाई सक्कली चाँदी भनेर बेच्न हिँडेको अवस्थामा धुम्बाराहीबाट सापकोटालाई पक्राउ गरिएको जानकारी दिए। उक्त चाँदीको मूल्य रु १० लाख ५० हजार बराबर रहेको छ। घटनाबारे अनुसन्धान भइरहेको छ। रासस
चाडपर्वले राष्ट्रिय एकता मजबुत बनाउँछ : प्रदेश प्रमुख कुँवर पोखरा । गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले दशैँ, दीपावली, छठपर्व तथा नेपाल सम्वत्को अवसरमा सम्पूर्ण प्रदेशवासी दाजुभाइ दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन्। शुक्रबार शुभकामना सन्देश दिँदै उनले गण्डकी प्रदेशवासी सबै दिदीबहिनी दाजुभाइप्रति सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, आपसी सद्भाव, एकता, भातृत्व र अपनत्व एवं उत्तरोत्तर प्रगतिको कामना गरेका हुन्। वडादशैँले मौलिक, परम्परा र सांस्कृतिक महत्व बोकेको बताउँदै प्रमुख कुँवरले बहुजातीय बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधता र यही विविधतायुक्त धार्मिक, सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई मजबुत बनाउन योगदान दिएको उल्लेख गरेका छन्। दशैँले विविध धर्म र संस्कृति मान्ने प्रदेशवासी तथा देश विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा भातृत्व र अपनत्व, आपसी सद्भाव तथा धार्मिक सहिष्णुता कायम राख्न अझ बढी प्रेरणा र बल प्रदान गर्नेछ भन्ने विश्वास उनले सन्देशमा व्यक्त गरेका छन्।
नारायणी नदीको किनारामा एक महिलाको शव फेला नवलपुर । नारायणी नदी किनारमा एक महिलाको शव फेला परेको छ । नदीको गैँडाकोटतर्फको किनारमा शव फेला परेको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक दीपककुमार कार्कीले जानकारी दिए। बाराको जितपुर–सिमरा उपमहानगरपालिका–१५ कि ५५ वर्षीया देवी भट्टराईको शव फेला परेको हो। आज बिहान नदी किनारमा शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। उनको शव नारायणी नदीको पुलबाट करीब एक किलोमिटर दक्षिणमा भेटिएको प्रहरीले जनाएको छ । शवको मुचुल्का उठाएर स्वास्थ्य परीक्षणका लागि भरतपुर अस्पतालमा पठाइएको प्रहरी निरीक्षक कार्कीले बताए। नवलपुरको गैँडाकोट नगरपालिका–१ मा उनको छोरीज्वाइँ बस्ने भए पनि बाराबाट गैँडाकोट आएकोबारे कसैलाई जानकारी नभएको उनले बताए। घटनाको प्रारम्भिक अनुसन्धानबाट भट्टराईले आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ। भट्टराईले बोकेको झोला नारायणीको पुलमुनि किनारमा भेटिएपछि प्रहरीले परिवारलाई घटनाको बारेमा जानकारी गराएको छ। रासस
सल्यानमा विवाह मण्डपबाटै दुलाहा दुलहीसहित ७ जना पक्राउ सल्यान । सल्यानमा बालविवाह गर्ने गराउने सातजनालाई प्रहरीले पक्राउ गरेको छ । सिद्धकुमाख गाउँपालिका–४ चाँदेकरेञ्जीमा बाल विवाह गरिरहेको अवस्थामा विवाहको मण्डपबाटै बेहुलाबेहुलीसहित सातजनालाई आज प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिद्धकुमाख गाउपालिका– ४ चाँदेकरेञ्जीका बेहुला १९ वर्षीय रत्नबहादुर बोहरा र सोही ठाउँकी बेहुली १९ वर्षीया भुमाकुमारी रावत रहेका छन्। बेहुला लोकबाहादुर बोहराको घरमा विवाह भइरहेको भन्ने गोप्य सूचनाका आधारमा पुगेको प्रहरीले बेहुलाका बुबा ४१ वर्षीय लोकबहादुर बोहरा र उहाँकी श्रीमती माया बोहरा, बेहुलीकी आमा ४० वर्षीया कलौटी रावत र बुबा ४२ वर्षीय रत्नबहादुर रावत तथा बालविवाह गराउने पण्डित कुशे नगरपालिका–९ जाजरकोट घर भएका २५ वर्षीय नवीन आचार्यलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाका अनुसार बाल विवाह भइरहेको भन्ने प्राप्त गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको टोलीले उनीहरुलाई मण्डपबाटै पक्राउ गरी प्रहरी हिरासतमा राखिएको छ। पक्राउ परेका सबैलाई अनुसन्धान गरी मुद्दा दायर गरिने प्रहरी नायब उपरीक्षक खतिवडाले जानकारी दिए। सल्यान जिल्लामा बालविवाहको दर उच्च रहेकाले यसको न्यूनीकरणमा प्रहरीले कुनै कसर बाँकी नराख्ने उनको भनाइ छ। रासस
धर्म संस्कृतिप्रति सरकार उदासिन हुँदा बिकृति बढ्यो : कमल थापा काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्म संस्कृतिप्रति उदासिन हुँदा बिकृति बढेको बताएका छन्। उनले भने, ‘समाजमा भगवानको अस्तित्व स्विकार नगर्ने बढदो प्रवृत्ति तथा धर्मप्रतिको आस्था कमजोर हुँदै गएका कारण व्यभिचार, बलात्कार, भ्रष्टाचार र अत्याचार बढदै गएको हो। त्यसर्थ, ‘सनातन धर्म र संस्कृतिको रक्षा गरौं’ भन्ने मुल नाराका साथ काठमाडौं जिल्ला कमिटीद्वारा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै थापाले धर्म संस्कृतिले मानिसलाई मर्यादा, आचारण, अनुशासन र जिम्मेवारीबोध गराउन ठूलो भूमिका खेल्ने विचार व्यक्त गरे। भगवानसंग डर नहुदा अन्याय, अत्याचार र बढेको भन्दै थापाले चाडपर्वहरुलाई मितव्ययी ढंगले आपसी सद्भाव, प्रेम र आत्मियता अभिबृद्धी हुने गरि मनाउनु पर्नेमा जोड दिए। धर्म, सस्कृति र पहिचान जोगाउन आवश्यक भएको कुरा जनतामा बुझाउने काममा दशै बिदालाई सदुपयोग गर्न समेत नेता कार्यकर्तालाई थापाले आग्रह गरे। गत निर्वाचनमा पार्टीको पराजयलाई ‘इख’को रुपमा लियर काम गर्नुपर्नेमा जोड दिदै थापाले आफन्त, परिवारजन र जनतामा रहेको भ्रमहरु चिर्नेगरी मेहनत गर्न समेत कार्यकर्ताहरुलाई निर्देशन दिए।
मध्यपुरथिमिमा जलवायु कूटनीति सप्ताह शुरु काठमाडौं । मध्यपुरथिमि नगरपालिकामा हरियाली मध्यपुर अभियान शुरु भएको छ। मध्यपुरथिमि नगरपालिकाको आयोजनामा ‘मानिस, पार्क र ग्रह’ शीर्षकमा रहेर यो अभियान शुरु भएको मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठले जानकारी दिए। सेप्टेम्बर २४ देखि ६ अक्टुबरसम्मलाई जलवायु कूटनीतिको सप्ताहका रुपमा विभिन्न कार्यक्रम गरी मनाउने क्रममा युरोपेली युनियन (इयु)ले मध्यपुर थिमि नगरपालिकासँगको सहकार्यमा अभियान शुरु गरेको उनले जानकारी दिए। इयूले विश्वभरनै जलवायु कूटनीति सप्ताह मनाउन शुरु गरेकोमा मध्यपुरथिमिसँगको सहकार्यमा वृक्षरोपण गरेर नेपालमा यो अभियान शुरु गरेको हो। नेपालस्थित इयू दूतावासका भेरेनिका कोडीले बिरुवा रोपेर मध्यपुरथिमि नगरलाई हरियाली बनाउने अभियान शुरु गर्नुभएको नगरप्रमुख श्रेष्ठले जानकारी दिए। नगरप्रमुख श्रेष्ठले इयूसँगको सहकार्यमा खाली क्षेत्रमा पर्यावरण संरक्षणको कार्य शुरु भएको बताउँदै आगामी दिनमा विकास निर्माणलगायतका मानवीय कार्यमा समेत सहकार्य गरेर अघि बढ्ने बताए। बेवारिसे सडक मानवमुक्त बनाउने अभियान शुरु भक्तपुरलाई बेवारिसे सडक मानवमुक्त बनाउने अभियान सुरु भएको छ। अभियानका क्रममा आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले मानव कल्याण समाज (सेवा घर)लाई आर्थिक तथा लत्ताकपडासहित सहयोग हस्तान्तरण गरे। भक्तपुरलाई सडक मानवमुक्त बनाउने मुख्य उद्देश्यका साथ चाँगुनारायण नगरपालिकामा सञ्चालनमा रहेको उक्त सेवा घरलाई सांसद बस्नेतले आफ्नो तर्फबाट दशैँ खर्चस्वरुप रु १० हजार, इजरायलमा बसोवास गर्ने नेपालीको संस्था सलोम नेपाल मुभमेन्ट सोसाइटीद्वारा उक्त सेवा घरलाई रु एक लाख ३५ हजारको चेक संस्थाकी अध्यक्ष सुमित्रा चौलागाईंलाई हस्तान्तरण गरेका हुन्। नेकपाकी नेतृ तथा अखिल नेपाल महिला सङ्घ भक्तपुर क्षेत्र नं २ की अध्यक्ष हीरामाया शेर्पाले सेवाघरमा रहेको अनाथ, असाह्य मानवका लागि लत्ताकपडासहितको सहयोग प्रदान गरिन्। कार्यक्रममा सांसद बस्नेतले भक्तपुरमा मानवताको विजारोपण मानव सेवा घरले नै गरेको चर्चा गर्दै भक्तपुरलाई अब सडक मानवमुक्त जिल्ला घोषणा गर्न कुनै समस्या नहुने बताए। उनले भक्तपुरमा सडक मानवमुक्त बनाउने पहिलो अभियानकर्ता संस्थाको रुपमा मानव कल्याण सेवा घर भएको बताउँदै उक्त संस्थाले सडक मानवको सवालमा गरेका कार्य अतुलनीय रहेको बताए। संस्थाका अध्यक्ष चौलागाईंले विगत २६ औँ दिनदेखि नियमित रुपमा सडक मानवलाई प्रत्येक राति उद्धारका कार्य गर्दै आइरहेको बताउँदै आगामी २५ गते सामूहिक दशैँको टीका लगाउने कार्यक्रम रहेको जानकारी गराए। स्थापनाको करीब डेढ वर्षमा सेवा घरले भक्तपुर जिल्लाभित्रका १५० जनालाई उद्धार गरी पारिवारिक स्नेहसहितको सेवा र ६० जनालाई पारिवारिक पुनर्मिलनसमेत गराइसकेको छ। सेवा घरले भक्तपुरको सडकमा रहेको करीब ९५ प्रतिशत बेवारिसे मानवको उद्धार गरिसहेको दाबी गरेको छ भने हाल सेवा घरमा ७० जनाले सेवा पाइरहेका छन्।रासस
‘सीको भ्रमणले हिमाली क्षेत्रको जनताको जीवनस्तर उकास्न भूमिका खेल्ने विश्वास छ’ काठमाडौं । चीनका राष्ट्रपति सी चीन पिङको नेपाल भ्रमणको पूर्वसन्ध्यामा नेपाल–चीनको सम्बन्धका बारेमा दश वर्षदेखि निरन्तर रुपमा क्रियाशील भएर नेपाल–चीन हिमालयमैत्री समाज स्थापना गरी काम गर्दै आउनुभएका समाजका संरक्षक तथा पूर्वपर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलसँग गरेकाे कुराकानीको सम्पादित अंश। १. नेपाल–चीन सम्बन्धलाई यहाँले कसरी लिनुभएको छ ? नेपाल–चीन सम्बन्धलाई दुई ढङ्गले परिभाषित गर्नुपर्छ, एउटा जनता र जनताबीचको सम्बन्ध छ जुन पाँचौँ शताब्दीमा बुद्धभद्रदेखि शुरु भएको छ । चीनका भिक्षु हुएन साङ, फाहियानमार्फत लुम्बिनीमा गौतम बुद्ध नेपालमा जन्मिएको भनेर प्रमाणित गर्ने आधार पनि बनेको छ । नेपाल–चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि विवादरहित सम्बन्ध रहेको छ । हिमाली क्षेत्रमा लामो सीमा जोडिएको भए पनि कुनै पनि सीमा विवाद छैन । दुई देशबीच अत्यन्त राम्रो र सौहार्दपूर्ण सम्बन्ध रहिआएको छ । २. दुई देशबीचको सम्बन्धको महत्व के छ? नेपाल भूपरिवेष्ठित राष्ट्र हो। लामो समयदेखि हामी भारतवेष्ठित भएर रह्यौँ। त्यही कारणले धेरै पटक नाकाबन्दी पनि नेपालले व्यहोर्नुपर्यो। विसं २०७२ मा नाकाबन्दी व्यहोरेपछि हामी उत्तरी छिमेकीसँग पनि टे«ड एण्ड ट्रान्जिट सम्झौता गर्ने अवस्थामा पुग्यौँ । भर्खरै हामीले सातबुँदे सम्झौतामा हस्ताक्षर गरेका छौँ, जसले गर्दा निर्बाधरुपमा चीनका चार वटा बन्दरगाहमा पुग्ने अवसर प्राप्त भएको छ। सुख्खा बन्दरगाहको पहुँच पनि पुगेको छ। चीनबाट पाइपलाइनमार्फत नेपालमा तेल ल्याउने र ट्रान्समिसन लाइन बनाउने कुरा पनि भएको छ । यसरी नेपाल चाहिँ जमीनबाटै जोडिएको देशका रुपमा विकास भएको छ। नेपालले दुवै छिमेकीसँग राम्रो सम्बन्ध बनाएको छ। नेपाली जनताको यो ऐतिहासिक उपलब्धि हो । यसबाट दुई देशबीचको सम्बन्ध अझ प्रगाढ र अझ विश्वासिलो बनाउन सहयोग पुगेको छ। नेपालले एक चीन नीतिलाई समर्थन गरेको छ, नेपाली माटोमा कुनै पनि विदेशीलाई चीन विरोधी गतिविधि गर्न नदिने प्रतिबद्धता व्यक्त गरेको छ। नेपालले पूर्णरुपमा असंलग्न परराष्ट्र नीतिलाई आत्मसात् गरेर दुई देशको सम्बन्धलाई अघि बढाएको छ जसले गर्दा नेपालको आर्थिक, सामाजिक, भौतिक पूर्वाधार विकास र सांस्कृतिक विकासमा ठूलो सहयोग पुग्ने अनुभूति सबै नेपालीले गरेका छन्। ३. नेपाल–चीनबीचको वर्तमान सम्बन्ध कस्तो छ ? नेपाल–चीन सम्बन्धको चर्चा गर्दा २३ वर्षपछि महामहिम राष्ट्रपति सी चीन पिङ नेपाल आउने अवस्था सिर्जना भएको छ। यसले प्रष्ट हुन्छ कि चीनले नेपाललाई महत्व दिएको छ। दुई देशको सम्बन्ध प्रगाढ र हार्दिकतापूर्ण छ। चीनले नेपाललाई भरपर्दो मित्रका रुपमा लिएको छ। भूराजनीतिक दृष्टिकोणले पनि चीनले नेपाललाई महत्व दिएको छ। नेपालको उत्तरी हिमाली जिल्लाका तिब्बत र चीनका जनताबीच संस्कृति र परम्परा मिल्छ, बिहेवारी पनि चल्छ। चरन क्षेत्र, खोला, झरना, संस्कृति, हिमाल, हिउँको बाँडेर मिलेर साझेदारी रुपमा प्रयोग गरेका छौँ। दुई देशबीचको सम्बन्ध अत्यन्त व्यवस्थित, आत्मीय, उच्च सद्भाव र विश्वासका साथ अगाडि बढेको महसुस गरेका छौँ। ४. यो सम्बन्धलाई अझै सुदृढ बनाउन के गर्नुपर्ला? चीनका राष्ट्रपति सीले आफ्ना छिमेकी मुलुकका सम्बन्धलाई प्रगाढ बनाउन छिमेकी पहिले भन्ने नीति अगाडि सार्नुभएको छ जसले गर्दा विशाल चीनसँग जोडिएका धेरै मुलुक सन् २०१३ मा अगाडि सारेको बिआरआई (बेल्ट एण्ड रोड) एउटा व्यापारिक मार्ग हो। यसले भौतिक विकासको सम्बन्धलाई र भौतिक विकास तथा आर्थिक एकीकरण जस्ता कुरालाई अगाडि सारेर विश्वव्यापीरुपमा सम्बन्ध बढाउने नीति ल्याएको छ। उपलब्ध समृद्धिलाई सिङ्गो मानव समुदायमा केन्द्रित गर्ने भनेर अघि सारेको छ। नेपाल पनि बिआरआईभित्र प्रवेश गरेको छ। नेपालमा सबैभन्दा ठूलो विदेशी लगानी गर्ने मुलुक चीन भएको छ। ठूलो लगानी नेपालमा भित्रिएको छ। ठूला विकास निर्माण गर्ने चीनले प्रतिबद्धता गरेको छ। ५. चीनका राष्ट्रपतिले अघि सार्नुभएको बिआरआई योजनाबाट नेपालले कसरी लाभ लिन सक्छ? अहिलेको विश्वव्यापी सम्बन्धलाई बिआरआइ नेपाल मात्र होइन विश्वव्यापीरुपमा चर्चा र छलफलको विषय भएको छ। विश्वलाई ग्लोबल होम बनाउने सोच छ। त्यो सोचअनुसार बिआरआइमा नेपालले सन् २०१७ मा हस्ताक्षर गरेको दुई वर्ष भयो। यसमा संलग्न राष्ट्रहरु श्रीलङ्का, बङ्गलादेश, माल्दिभ्सलगायतका मुलुकले यसबाट काम शुरु गरेर निकै फाइदा लिइसकेका छन्। नेपालले चाहिँ अहिलेसम्म प्राथमिकता तोकेर काम शुरु गर्न सकेको छैन। नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी बिआरआइको दोस्रो परिषद् बैठकमा भाग लिन चीन भ्रमणमा जानुभएको थियो । त्यस बेलामा बिआरआइको ३५ बुँदे घोषणा जारी भएको छ । त्यसको २३ औँ बुँदामा बिआरआइमा ट्रान्स हिमालय रेलवे कनेक्टिभिटी तथा सातौँ कनेक्टिभिटी तयार गर्दैछ भन्ने कुरा लेखिएको छ । सातौँ कनेक्टिभिटीमा दक्षिण एशियाका साथै नेपालमा रसुवा–काठमाडौँ–पोखरा–लुम्बिनी रुटका रुपमा विकास हुनेछ। दक्षिण एशियाकै विकासका क्रममा नेपाल एउटा गेटवे हुन्छ । निर्बाधरुपमा दुई देश आउन जान पाउनुपर्छ भन्ने सरकार र नेपाली जनताको चाहना हो । त्यो चाहनालाई वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन घोषणापत्रमा र पटकपटक चिनियाँ मित्रलाई अनुरोध गरिरहनुभएको छ। चीनले पनि बिआरआई दोस्रो परिषद् बैठकबाट सैद्धान्तिकरुपमा सम्बोधन गरेको छ। सातौँ कोरिडोरको रुपमा विकास गर्न सके यो ऐतिहासिक कुरा हुन्छ। चीनका धेरै शहरमा नेपालका जहाजहरु जाने सम्भावना भएको छ । नेपालका जहाज बेइजिङ, कुन्मिङ, गोन्जाउ, छेन्दुजस्ता शहरमा जाने स्थिति तयार भएको छ। व्यापारदेखि व्यापारसम्म र जनतादेखि जनतासम्म सम्बन्धको काम पनि शुरु भएको छ । नेपाल चीनबीच पर्यटन प्रवद्र्धनको काम पनि शुरु भएको छ। भौतिक पूर्वाधारको क्षेत्रमा काठमाडौँ–तातोपानी–खासाको बाटोलाई चार लेनको बनाउने, रसुवा–केरुङ गल्छी सडकलाई चार लेनको बनाउने, टोखा–छहरे सुरुङमार्ग बनाउने जस्ता कुरा पनि यसमा आएका छन्। अरु आर्थिक कोरिडोर बनाउने र सुख्खा बन्दरगाह बनाउने पनि योजना छन् । चीनले यसमा महत्वपूर्ण सहयोग पुर्याइरहेको छ । नेपालको आर्थिक वृद्धिका लागि पनि ठूलो भर हुनेछ । ६. बिआरआइमा नेपालको प्रतिबद्धता र तयारी कत्तिको सन्तोषजनक छ? यसबारेमा सापेक्षतामा लिनुपर्छ । बिआरआइसँगको चर्चा भइरहँदा संसारभरका आँखा नेपालमा छन् । नेपालले स्वतन्त्र ढङ्गले मुलुकको सार्वभौमसत्ता, स्वतन्त्रता, राष्ट्रिय हितका पक्षमा र स्वाभिमानको संरक्षण गर्ने र नेपालको हितमा हुने गरी निर्णय गर्छ । बिआरआइको पक्ष राष्ट्र भएको हुनाले नेपाली जनता र सरकारको विकासको आकाङ्क्षा पनि पूरा हुन्छ भन्ने अवसरको रुपमा लिनुपर्छ । सरकारले त्यहीअनुसार काम अघि बढाउनुपर्छ। ७. राष्ट्रपति सीको भ्रमणले नेपाल–चीन सुदृढ बनाउन कत्तिको सहयोग पुग्ला? दुई देशबीच सम्बन्ध सुदृढ छ । सातबुँदे सम्झौतामा हस्ताक्षर गरेका छौँ । त्यसको चार नम्बरमा हिमाली क्षेत्रको जनताको जीविका रक्षा गरी जीवनस्तर उकास्ने विषयमा लेखिएको छ । नेपालका १५ वटा हिमाली जिल्ला तिब्बतसँग जोडिएका छन्। नेपालको उत्तरी छिमेकीमा जुन खालको समृद्धि छ, त्यसको दक्षिण भागमाहिमाली जिल्ला तिब्बतसँग जोडिएका छन् । नेपालको उत्तरी छिमेकीमा जुन खालको समृद्धि छ।
कृष्णबहादुर-रोशनी प्रकरण : घटना अनुगमन गर्न उच्च स्तरीय टोली गठन काठमाडौं । यौन काण्डमा मुछिएका पूर्व सभामुख कृष्णबहादुर महरा र रोशनी शाहीबीच भएको घटनाबारे अनुगमन गर्न उच्च स्तरीय छानविन टोली गठन भएको छ। राष्ट्रिय मानव अधिकार आयोगका सचिव तथा प्रवक्ता वेद भट्टराईद्वारा जारी प्रेस विज्ञप्तिमा घटनाको सुक्ष्म अनुगमन गरी प्रतिवेदन पेश गर्न टोली गठन गरिएको बताइएको छ। मानव अधिकार आयोगका निर्देशकको नेतृत्वमा तीन सदस्यीय उच्चस्तरीय अनुगमन टोली गठन गरेको छ जनाएको छ।
११ किलो चाँदीसहित भारतीय युवक पक्राउ महोत्तरी । महोत्तरीको जलेश्वर–भिठ्ठामोड सडकखण्डमा पर्ने खैराचौकमा बिहीबार ११ किलो चाँदीसहित एक भारतीय युवक पक्राउ परेका छन्। पक्राउपर्नेमा भारतको विहार राज्यको सीतामढी जिल्लाको हनुमाननगर ग्राम पञ्चायत वडा नं १ बस्ने राजेन्द्र साहका छोरा २५ वर्षीय सीताराम साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए। १२ प ७३३ नंम्बरको मोटरसाइकलमा चढी जलेश्वरबाट भिठ्ठामोडतर्फ जाँदै गरेका साहलाई खैराचौकमा खटिएका प्रहरीको टोलीले शङ्का लागि चेकजाँच गरेका थियो । चेकजाँचको क्रममा उनको साथबाट १० किलो ९०० ग्राम चाँदी बरामद भएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए। युवक साहले नेपालबाट चाँदी तस्करी गरी भारतमा लैजान लागेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो । चाँदीसहित पक्राउ परेका युवक साहलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याई अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
आज दशैंको छैटौं दिन, कात्यायनी देवीको पूजा गरिँदै काठमाडौं। नेपालीहरुको महान् चार्ड बडादशैं अन्तर्गत नवरात्रीको छैटौं दिन आज, कात्यायनी देवीकोे पूजाआजा गरिँदैछ। घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गरिन्छ। आज देवी दुर्गाका स्वरूपमध्ये अष्टमातृका भगवतीको छैटौं शक्तिका रूपमा प्रादुर्भाव भएकी कात्यायनी भगवतीकोे पूजा हुन लागेको हो। आजको दिनमा कात्यायिनी भगवतीको पूजा गरे रोग, शोक, भय, दुःख दरिद्रजस्ता संकट नाश हुने धार्मिक विश्वास रही आएको छ। धर्मशास्त्रमा उल्लेख भएबमोजिम प्राचीन युगमा कात्या नाम गरेका महर्षिका छोरा कात्यायान ऋषिको छोरीको रूपमा भगवतीले जन्म लिएको हुनाले उनको नाम कात्यायिनी रहन गएको कथन देवीभागवत पुराणमा उल्लेख गरिको छ। नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ।
छुट्टाछुट्टै ठाउँमा १० जना मृत अवस्थामा फेला काठमाडौं । बारा, फेटा गाउँपालिका-४ बतरा बस्ने ३५ वर्षीय जोगा मुखियाको घरमा रहेको खाली सुख्खा सेफटी ट्यांकीमा बुधबार बिहान ५ जना मृत अवस्थामा शव फेला परेका छन् । मृत फेला पर्नेहरुमा जोगा मुखिया, उनकी ३० वर्षीया श्रीमती लालमणी बिन, १२ वर्षीया छोरी सुमनी बिन, ३० वर्षीय महेन्द्र मुखिया बिन र हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय बाबा भनि बोलाउने पुरुष रहेका छन् । सुनसरी, ईटहरी उपमहानगरपालिका-१२ खनार डेरा गरी बस्ने रसुवा घर भएका २४ वर्षीय राम तामाङ सुतेकै स्थानमा बिहीबार बिहान मृत अवस्थामा फेला परेका छन् । महोत्तरी, गौशाला नगरपालिका-१० थापाटोल बस्ने बोल्न नसक्ने २२ वर्षीया शर्मिला दनुवार बिहीबार बिहान सोही ठाउँस्थित खेतमा मृत अवस्थामा फेला परेकी छन् । ललितपुर, ललितपुर महानगरपालिका-१३ कुसुन्ती डेरा गरी बस्ने सिन्धुपाल्चोक साँगा चोक घर भएका ४४ वर्षीय सोम तामाङ खाना खाई सुतेकोमा बिहीबार बिहान मृत अवस्थामा फेला परेका छन् । दोलखा, शैलुङ गाउँपालिका-६ फस्कु बस्ने ७० वर्षीय खड्क माया बिक घरदेखि करिब ५ सय मिटर पर खोल्सामा बिहीबार बिहान मृत अवस्थामा फेला परेकी छन् । ताप्लेजुङ, मैवाखोला गाउँपालिका-४ चौरेनी वाङगेलाम बस्ने २९ वर्षीय सुरेन्द्र तामाङ सोही गाउँपालिका-३ तालखर्कस्थित खोल्सामा बिहीबार बिहान मृत अवस्थामा फेला परेका छन् ।  यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
अवैध लागूऔषध सहित ४ जना पक्राउ काठमाडौं । काठमाडौं महानगरपालिका-२९ सामाखुसीबाट लागूऔषध (मनोद्विपक पदार्थ) मेथ एम्फेटामाईन (ICE) १ केजी सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका-२६ विजयपुर ठेगाना भएका ३७ वर्षीय भुवन अधिकारी र पर्सा पोखरिया नगरपालिका-८ ठेगाना भएका २२ वर्षीय हाजिफ नसिम अख्तर तेली रहेका छन्। साथै उनीहरुको सूचनाको आधारमा अनुसन्धान गर्दै जाँदा काठमाडौं महानगरपालिका-१४ कलङकीबाट लागूऔषध (मनोद्विपक पदार्थ) एम्फेटामाईन (YABA) ४.५ ग्राम र लागूऔषध खात जस्तो देखिने सुकेको पात १ सय ग्राम सहित थप ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा पर्सा पोखरीया नगरपालिका-८ ठेगाना भएका २८ वर्षीय महमद शहिद अख्तर, तनहुँ शुक्ला गण्डकी नगरपालिका-९ ठेगाना भएकी २३ वर्षीया रजिया खातुन र भारत बेथेल ऐजोल मिजोरम ठेगाना भएका ३१ वर्षीय जोसाङ लियाना रहेका छन्। लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। कैलाली, गोदावरी नगरपालिका-२ अत्तरीया बसपार्कबाट अवैध लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ ६ केजी सहित बझाङ सुर्मा गाउँपालिका-४ बस्ने २३ वर्षीय सुरेश पुजारालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय मालाखेती कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा आलुको बोरामा लुकाई छिपाई राखेको उक्त परिमाणको पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो। नवलपरासी (पश्चिम) सरावल गाउँपालिका-१ बासाचोकस्थित महेन्द्र राजमार्गबाट नियन्त्रित लागूऔषध फेनारगन १ सय एम्पुल, डाईजेपाम १ सय एम्पुल र नुर्फिन १ सय एम्पुल सहित रुपन्देही सिद्धार्थनगर नगरपालिका-१० बस्ने दिपक सुनारलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले लु.१ ज ३१२९ नम्बरको भ्यानलाई जाँच गर्ने क्रममा भ्यानमा सवार सुनारको साथमा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो। उक्त भ्यान चालक सोही ठाउँ बस्ने २२ वर्षीय सेराज आलमलाई समेत अनुसन्धानको लागि भ्यान सहित प्रहरीले नियन्त्रणमा लिएको छ। यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
दुर्घटनामा एकको मृत्यु, तीन गम्भीर घाइते नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका–८ सिमखेतमा आज मिनीट्रकले दुईवटा मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । तीन जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाकइलमा सवार रसुवाको आमाछोदिङ्मो गाउँपालिका–१ का गम्बो छिरिङ तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए। बा २ ख ५९३६ नं को मिनीट्रकले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका २८ वर्षका तामाङलाई जिल्ला अस्पताल त्रिशूली लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो। दुर्घटनामा परेर गम्भीर घाइते भएका रसुवाको आमाछोदिङ्मो गाउँपालिका–१ का उत्तम तामाङ तथा उतरगया गाउँपालिका–१ का देव तामाङ र चन्दा तामाङलाई उपचारका लागी ट्रमा सेन्टर काठमाडौ पठाइएको छ। प्रहरीको अनुसार उनीहरु चढेको बा ६३ प ४३४ नंम्बर र ग७प ८१३८ नम्बरको मोटरसाइकललाई मिनीट्रकले गल्छी–देवीघाट सडक खण्डको सिमखेत स्थित घुम्तीमा ठक्कर दिएको हो।
नेपाली क्रिकेटले चाँडै निकास पाउँछ : क्यान अध्यक्ष चन्द काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेटले चाँडै निकास पाउने बताएका छन्। अध्यक्षमा निर्वाचित भएपछि पहिलो पटक आफ्नो गृह जिल्ला आएका अध्यक्ष चन्दले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले आगामी बैठकबाट निलम्बन फुकुवा गरी नेपाली क्रिकेटलाई निकास दिने विश्वास व्यक्त गरे। देहिमाडौँ बजार व्यवस्थान समिति तथा स्थानीय क्लबद्वारा आयोजित स्वागत तथा बधाई कार्यक्रममा क्यान अध्यक्ष चन्दले आइसीसीले भनेअनुसार नै क्यानको साधारणसभावाट नयाँ नेतृत्व निर्वाचित आएकाले निलम्बलन फुकुवा हुनेमा आफू ढुक्क रहेको बताए। ‘साधारण सभाको आसिसीले स्वागत गरिसकेको छ, चाँडै निकास पाउँछौँ’, उनले भने। सबै मिलेर नेपालको क्रिकेट विकासमा लाग्नुपर्नेमा उनले जोड दिए। क्रिकेटलाई राजनीतिबाट मुक्त बनाइने अध्यक्ष चन्दको भनाइ थियो। ‘निलम्वन फुकुवापश्चात् नेपालमा थुप्रै घरेलु प्रतियोगिता आयोजना गरिने छन्’, उनले भने, ‘भौतिक पूर्वाधार निर्माण तथा खेलाडीको सम्मानमा ध्यान दिने छौँ।’ आजै शाहीलेक बजार व्यवस्थापन समितिको आयोजनामा भएको कार्यक्रममा अन्तर्राष्ट्रिय क्रकेट खेलाडी रितु कनौजिया, कविता भट्ट, मञ्जु बोगटीलगायत खेलाडीले अध्यक्ष चन्दलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका छन्। कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्ट, बैतडी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष लालबहादुर चन्द, पूर्व अध्यक्ष रमेश बोहरा, नेपाली काङ्ग्रेसका जिल्ला सभापति नरेन्द्रसिंह थापालगायतले बधाई ज्ञापन गरेका थिए।
झापाको दमकमा चिनियाँ लगानीमा औद्योगिक पार्क निर्माण हुने काठमाडौं । चिनियाँ लगानीमा झापाको दमकमा औद्योगिक पार्क निर्माण हुने भएको छ। लगानी बोर्ड र चिनियाँ कम्पनी लासा इकोनोमिक एण्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङपिङ जोईन्ट कन्स्ट्रक्सन कम्पनीबीच बिहीबार काठमाडौंमा सो औद्योगिक पार्क निर्माण गर्ने समझदारी पत्रमा हस्ताक्षर गरिएको हो । कम्पनीले यस अघि नै सो पार्क निर्माणका लागि आवश्यक विस्तृत परियोजना प्रतिवेदनकोे कामलाई पनि अघि बढाईसकेको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवको उपस्थितिमा भएको समझदारीमा ६४ अर्ब लगानीमा सो पार्क निर्माण कार्य सम्पन्न हुने उल्लेख गरिएको छ । प्रमुख कार्यकारी अधिकृत अधिकारीले नेपाल सरकारले सात वटै प्रदेश औद्योगिक पार्क निर्माण गर्ने उद्देश्य अनुसार चिनियाँ लगानीमा सो पार्क निर्माण कार्य सुरु गरिएको पनि स्पष्ट पारे । चिनियाँ लगानीमा निर्माण गर्न लागेको सो पार्कको नाम ‘चाईन–नेपाल फ्रेण्डसिप इन्डष्ट्रियल पार्क’ राखिएको छ। सरकारले सात वटै प्रदेशमा ‘औद्योगिक पार्क’ र सबै स्थानीय तहमा ‘औद्योगिक ग्राम’ बनाउने गरी आवश्यक नीतिगत व्यवस्था पनि गरिसकेको छ।
नेप्से परिसूचक ८.६९ विन्दुले बढेर एक हजार १४९.४० विन्दुमा पुग्याे काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ। बुधबार दोहोरो अङ्कले ओरालो लागेको नेप्से परिसूचक दशैँअघि शेयर कारोबार गर्ने अन्तिम दिन आज ८.६९ विन्दुले बढेर एक हजार १४९.४० विन्दुमा पुगेको छ। यस्तै सेन्सेटिभ परिसूचक पनि २.१९ विन्दुले बढेर २५१.९७ मा पुगेको छ। नेप्से उकालो लागे पनि कारोबार रकममा भने अपेक्षित वृद्धि हुन सकेन। कूल १५३ कम्पनीको ६ लाख ४७ हजार ५६२ कित्ता शेयर रु १७ करोड ६६ लाख ३३ हजार ५१४ मूल्यमा खरीद बिक्री भए। स्टकका अनुसार कारोबार भएका कूल ११ उपसमूहमध्ये आज १० उपसमूहको शेयर उकालो लागेको छ भने एक उपसमूहको मात्रै शेयर घटेको छ। वित्त उपसमूहको शेयर ३.२८ विन्दुले घटेको छ। बैंकिङ ६.१५, होटल २२.४६, विकास बैंक १३.०४, जलविद्युत् ७.६८, निर्जीवन बीमा ३९.८, उत्पादन ८३.१५, अन्य १.२९, लघुवित्त १४.२४, जीवन बीमा ४९.५१ र सामूहिक लगानी कोष ०.०२ विन्दुले बढेको छ । कारोबारका आधारमा आज सोल्टी होटल लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो होटलको रु तीन करोड १३ लाख ९९ हजार २०० मा कारोबार भई शीर्ष स्थानमा रहेको छ । यस्तै सिद्धार्थ बैंकको रु एक करोड ५५ लाख ५९ हजार ७२९, शिवम सिमेन्ट रु ९२ लाख १३ हजार ६४५, प्रभु बैंक रु ७९ लाख ८० हजार ८७, स्वावलम्बन लघुवित्त वित्तीय संस्था रु ४७ लाख १८ हजार ६०७ र एभरेष्ट बैंक लिमिटेडको रु ४६ लाख २० हजार ६९० बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ। स्टकका अनुसार युनिलिभर नेपालका लगानीकर्ताले १० प्रतिशतले कमाउँदा सप्तकोशी डेभलपमेन्ट बैंक ४, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संस्थापक शेयर ३.९६, कालिका पावर कम्पनी ३.९५, सिटी एक्सप्रेस फाइनान्स कम्पनी ३.७० र लक्ष्मी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.६९ प्रतिशतले कमाए। त्यस्तै, युनाइटेड फाइनान्स ९.३१, अरुण भ्याली हाइड्रोपावर ४.०८, नेपाल हाइड्रो ४, बैंक अफ काठमाडौँ ३.७८, मिथिला लघुवित्त वित्तीय संस्था ३.७३ र रिडी हाइड्रोपावरका शेयरधनीले ३.६१ प्रतिशतले गुमाए।रासस
मेडिकल कलेजहरुको शुल्क तत्काल निर्धारण गर्न चिकित्सक संघको माग काठमाडौं । नेपाल चिकित्सक संघले मेडिकल कलेजहरुको शुल्क तत्काल निर्धारण गर्न सरकारसँग माग गरेको छ। चर्को शुल्क असुली गरेको भन्दै मेडिकल कलेजहरुविरुद्ध आन्दोलन भईरहँदा नेपाल मेडिकल कलेजका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले तत्काल शुल्क निर्धारण गर्न सरकारसँग माग गरेका हुन्। उनले वरिष्ठ चिकित्सक गोविन्द केसीसँग गरिएको सहमति अनुसार चिकित्सा क्षेत्रको सुधारमा सरकार लागि नपरेको आरोप पनि लगाए। बिहीबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले राष्ट्रिय चिकित्सा शिक्षा ऐन कार्यान्वयनको कामलाई प्रभावकारी बनाउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए। अध्यक्ष श्रेष्ठले चिकित्सा शिक्षा आयोगको बैठक समेत सरकारले नबोलाएका कारण यस क्षेत्रको समस्या समाधानका लागि आवश्यक निर्णय लिन कठिनाई भईरहेको पनि स्पष्ट पारे।
क्रान्तिका नाममा रीतिरिवाज तोड्न हुँदैन : उपप्रधानमन्त्री पोखरेल काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सांस्कृतिक क्रान्तिका नाममा परम्परागत पहिचान र रीतिरिवाजलाई तोड्न नहुने बताएका छन्। विजया दशमीका अवसरमा हाँडीगाउँमा त्रिशक्ति युवा क्लबले आज आयोजना गरेको दुर्गा पूजा समारोहमा उपप्रधानमन्त्री पोखरेलले कसैले पनि कसैको आस्था र विश्वासमा प्रहार गर्ने काम गर्न नहुने बताए। उपप्रधानमन्त्री पोखरेलले भने, ‘मानिसको आस्था र विश्वासको सम्मान गर्नुपर्छ। धर्म, संस्कृति हाम्रा पुर्खाको देन हो, त्यसको संरक्षण गर्नु हाम्रो दायित्व हो।’ पूर्वअर्थमन्त्री रामशरण महतले समाजको सांस्कृतिक परम्परा जोगाउन क्लबले गरेको प्रयास धेरैका लागि अनुकरणयोग्य भएको बताए। हाम्रो परम्परागत धर्म, संस्कृति पनि समृद्धि र पहिचानका आधार रहेको उल्लेख गर्दै उनले सरकारले पनि यसबारे अलि गम्भीर हुनुपर्ने बताए। साहित्यकार रोचक घिमिरेले हाँडीगाउँ संस्कृति र धार्मिक परम्पराले समृद्ध रहेको बताए। पूजा व्यवस्थापन समितिका अध्यक्ष सुदीप समद्दारले भाषा, संस्कृति र परम्परागत रीतिरिवाजका हिसाबले नेपाल विश्वकै धनी मुलुक भएको बताए।
विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन अर्थमन्त्री खतिवडा भारत प्रस्थान काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा अक्टोवर ३ र ४ (असोज १६ र १७ गते) भारतमा हुने विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन आज नयाँ दिल्ली प्रस्थान गरेका छन्। सो कार्यक्रममा अर्थमन्त्री डा. खतिवडाले दक्षिण एशियाको आर्थिक परिदृश्य विषयमा अतिथि वक्ताको रुपमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। साथै, उनले नेपालको विकास एजेण्डा, आर्थिक स्थिति, लगानीको वातावरणमा भएको सुधार, राजस्व क्षेत्रमा भएका सुधारलगायतका विषयमा समेत सहभागीहरुलाई जानकारी गराउने छन्। कार्यक्रमको समयमा अर्थमन्त्री डा. खतिवडाले विश्व आर्थिक मञ्चका अध्यक्ष बर्ज ब्रेण्डसँग द्विपक्षीय भेटघाट गर्ने छन्, भने विश्वका आर्थिक क्षेत्रका नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम छ। भ्रमणका अवसरमा अर्थमन्त्री डा. खतिवडा र भारतीय समकक्षी अर्थमन्त्री निर्मला सिथारमणबीच भारतको अर्थ मन्त्रालयमा द्विपक्षीय भेटघाट हुने कार्यक्रम छ। उनीहरु बीच पछिल्लो आर्थिक स्थिति, नेपाल–भारत सम्बन्ध, भारतले नेपालमा सहयोग गरेका आयोजनाको अवस्थालगायत समसामयिक विषयमा छलफल हुनेछ। अर्थमन्त्री डा. खतिवडा असोज १८ गते स्वदेश फर्कनु हुनेछ।
अवैध लागूऔषध सहित ५ जना पक्राउ काठमाडौं । रुकुम (पश्चिम), सानीभेरी गाउँपालिका ५ गोलचौर बस्ने ३२ वर्षीय रन्जित खत्रीलाई अवैध लागूऔषध अफिम ४ केजी ९ सय ग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ। बाफीकोट गाउँपालिका ७ स्थित जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी मग्माबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो। कास्की, पोखरा महानगरपालिका ६ खहरेस्थित होटल कोकनबाट लागूऔषध एनफेटागन ४५ पिस र अन्दाजी १ सय ५० ग्राम लागूऔषधजन्य सुकेको पात सहित ४ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका ९ पृथ्बीचोक बस्ने २२ वर्षीय हसिद नसिब अख्तर अली, भारत मिजोराम साउथ ईण्डिया बस्ने ३९ वर्षीय मिजोराम नियाना, पोखरा महानगरपालिका ९ पृथ्बीचोक बस्ने पर्सा घर भएका २८ वर्षीय सहिद अख्तर मियाँ र तनहुँ शुक्लागण्डकी ९ बस्ने २३ वर्षीया रजिया खातुन रहेका छन्। लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौं, वडा प्रहरी कार्यलय वैदाम कास्की र लागूऔषध नियन्त्रण संघीय व्यूरो पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
चाडपर्वका बेला नागरिकको सुरक्षार्थ प्रहरी थप सक्रिय हुनुपर्छ : खनाल काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नजिकिँदै गरेको नेपालीहरुको महान पर्व विजया दशमी, शुभ दिपावली एवम् छठ पर्वको अवसरमा नागरिकको जिउधनको सुरक्षार्थ प्रहरी कर्मचारीहरु थप सक्रिय रुपमा खटिनुपर्ने बताएका छन्। नेपाल पुलिस क्लब भृकुटीमण्डपमा बुधबार आयोजित कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरी तथा मातहत प्रहरी कार्यालयका प्रमुख र कार्यरत प्रहरी अधिकृतहरुलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताएका हुन्। चाड पर्वको अवसरमा हुन सक्ने चोरी, लुटपाट, डकैती लगायत आवाञ्छित गतिविधि नियन्त्रण गर्नकै लागि प्रहरीको आवश्यकता र महत्व हुने चर्चा गर्दै नागरिकहरुको सुरक्षामा कुनै पनि किसिमको त्रुटि र अप्रिय घटना नहुने गरी थप उत्कृष्ट कार्य सम्पादन गर्न प्रहरी महानिरीक्षक खनालले निर्देशन दिए। समुदाय–प्रहरी साझेदारी अवधारणा अनुसार समुदायसँग समन्वय गरेर प्रहरीले कार्य सम्पादन गर्नुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले सबैले आ–आफ्नो जिम्मेवारी पूरा गरी नमूना संगठन बताउनुपर्नेमा जोड दिए। हरेक प्रहरी कर्मचारीको बोली, वचन र व्यवहारमा विवेकशीलता झल्कनुपर्ने चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले सकारात्मक सोच, गर्वको भावना र उर्जाकासाथ कार्य सम्पादन गरी प्रहरीले राष्ट्र र नागिरकको सेवा गर्न पाएको अवसरको पूर्ण सदुपयोग गर्नुपर्ने उनले बताए। कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरु, प्रहरी वरिष्ठ अधिकृतहरु लगायत महानगरीय प्रहरी कार्यालय तथा मातहत कार्यालयका प्रमुख तथा कार्यरत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो। साथै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी प्रधान कार्यालयबाट १, २ र ३ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुखहरु तथा ३१ वटा जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुसँग नजिकै आउँदै गरेका चाडबाडका बेला शान्ति सुरक्षासँग सम्बन्धित कामहरु एवं समसामयिक विषयमा बुधबार भिडियो कन्फ्रेन्सद्वारा निर्देशन दिएका छन्।
भिडियो कन्फरेन्सबाट हेटौँडामा फोरजी उद्घाटन मकवानपुर । प्रदेश नं ३ को राजधानी हेटौँडामा फोरजी सेवाको उद्घाटन भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलबीच भिडियो कन्फरेन्सबाट हेटौँडामा फोरजी सेवाको उद्घाटन गरेकाे हाे। सो अवसरमा आयोजित समारोहमा मुख्यमन्त्री पौडेलले मुलुकमा नयाँ सूचना प्रविधिको प्रयोगबाट जनतालाई आर्थिक समृद्धितर्फ उत्प्रेरित गर्न सरकार प्रतिबद्धताका साथ कार्यक्रम लिइ लागि परेको बताए। उनले सञ्चार क्षेत्रमा नयाँनयाँ प्रविधिको प्रतिस्पर्धाबाट युवापुस्तालाई सूचना प्रविधिमा उन्मुख गराउँदै समृद्धिको बाटो पहिल्याउने सरकारको लक्ष्य रहेको उल्लेख गरे। कार्यक्रममा नेपाल टेलिकम काठमाडौँका निर्देशकद्वय अमरनाथ झा र राजेश उप्रेतीले नेपाल टेलिकमद्वारा सञ्चालित मोबाइल फोनको फोरजी सेवा सातवटै प्रदेशका ३२ जिल्लाको ५० वटा शहरमा आजदेखि सेवा शुरुआत गरिएको र जनतालाई नयाँ प्रविधिबाट सुविधायुक्त इन्टरनेट सेवा उपलब्ध गराइने बताए।
बाढी पीडितलाई पुनर्वासको व्यवस्था हुन्छ : मन्त्री थापा काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममायाँ थापाले म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटको कोटखोलाका बाढी पीडितलाई सरकारले पुनर्वासको व्यवस्था गर्ने बताएकी छन्। सङ्घीय सरकारका तर्फबाट दुई लाख बाढी पीडितलाई आज प्रदान गर्दै मन्त्री थापाले प्राकृतिक विपत्तिबाट पीडित भएकालाई सक्दो सहयोग गर्नु मानवीय कर्तव्य भएको बताइन्। मन्त्री थापाले बाढीका कारण घरवारविहीन भएका सात घरपरिवारलाई उचित स्थानको खोजी गरी छिटो पुनर्वासको व्यवस्था मिलाउन स्थानीय तहका जनप्रतिनिधिलाई निर्देशन दिइन्। बाढीका कारण विस्थापित भएका सात घरपरिवारमध्ये ६ परिवार स्थानीय सरस्वती आधारभूत विद्यालयमा आश्रय लिइरहेका छन् भने एक जना छोरी ज्वाइँकामा बसेका छन्। असोज ४ गते राति कोटखोलामा आएको बाढीले बगाउँदा दुई बालिकाको मृत्यु भएको थियो। एक बालिकाको शव प्राप्त भएको र एक बालिका अझैसम्म पत्ता लाग्न नसकेको बेनी नगरपालिका–२ का वडाध्यक्ष हीराबहादुर थापाले जानकारी दिए। बाढीका कारण बुद्ध एकेडेमीका १६ वटा कोठा पूर्णरुपमा क्षति पुगेको छ।रासस
टेलिकमको अप्टिकल फाईबर बिछ्याउने काममा ढिलाई गरे सैह्य हुने छैनः प्रधानमन्त्री ओली काडमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास, निर्माणको काममा अलमल नगर्न सबै निकायलाई सचेत गराएका छन्। प्रधानमन्त्री ओलीले नेपाल टेलिकमको अप्टिकल फाईबर बिछ्याउने काममा ढिलाई गरे सैह्य नहुने चेतावनी पनि दिए। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच ३२ जिल्लामा नेपाल टेलिकमको ‘फोरजी सेवा’ एकैसाथ शुभारम्भ गर्दै उनले समयमा काम सम्पन्न नगरेर जनतालाई सेवाबाट बञ्चित गराउन नपाईने पनि दोहोर्याए। प्रधानमन्त्री ओलीले फोरजी सेवाको ३२ जिल्लामा एकैसाथ शुभारम्भ गरेर मुलुकको विकासमा प्रविधिको प्रयोग र उपयोग गर्न सरकार सफल भएको दावी पनि गरे। उनले मुलुकको विकासका लागि प्रविधिको प्रयोग सफल र उपयोगी भएको पनि स्पष्ट पारे। प्रविधिको हस्तान्तरणको माध्यमबाट मुलुकको विकास, निर्माणको काममा योगदान पुर्याउन पनि सम्वद्ध सबैले योगदान दिनुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ। प्रधानमन्त्री ओलीले नेपाल टेलिकमलाई आफ्ना परियोजनाहरुको काम समयमै सम्पन्न गराउने काममा केन्द्रित हुन पनि निर्देशन दिए।
नियात्राकार युवराज नयाँघरेको ‘तनक्खा’ विमोचित काठमाडौं । नियात्राकार युवराज नयाँघरेको तनक्खा नियात्रा सङ्ग्रहको विमोचन भएको छ । नेपाल म्यानमार मैत्री परिषद्का अध्यक्ष शंकर घिमिरेले पुस्तक विमोचन गर्दै यो कृतिले नेपाल र बर्मामा रहेका नेपालीको धर्म, संस्कृति र जीवनशैली चिनाउन मद्दत पुग्ने चर्चा गरे । घिमिरेले भने, ‘धेरै नेपालीहरु रोजगारीसँग गाँसिएर बर्मा पुगे पनि उनीहरुले आफ्नो परम्परा र पहिचान जोगाइरहेकै छन् । तनक्खामा यसको अत्यन्तै राम्रो वर्णन पाइन्छ ।’ कृतिबारे समीक्षा गर्दै समालोचक महेश पौडेलले भने, ‘देश छाडेका नेपालीको हृदय गाँसिएको छ यो कृतिमा । नेपाली साहित्यमा यस्ता कृतिको निकै खाँचो छ ।’ पौडेलले भने, ‘यात्रा साहित्यमा यो एउटा अब्बल कृति हो । यसले बर्मा र नेपाली समाजको सम्बन्ध अझ गहकिलो पारेको छ ।’ साहित्यकार मोमिलाले भनिन्, ‘नयाँघरेको आफ्नो लेखकीय शैली तनक्खामा राम्रोसँग आएको छ । नेपालीहरुो जीवनशैली, संस्कृति र सभ्यताको राम्रो शल्यक्रिया भएको छ ।’ कृतिकार युवराज नयाँघरेले भने, ‘आफ्नो मूलथलो छोडेपछि नेपालीहरुको समग्र चरित्र र पहिचान कस्तो हुँदोरहेछ भन्ने अध्ययन र निष्कर्ष दिने मेरो प्रयास थियो । तनक्खामा बर्मामा रहेका नेपालीको इतिहास र वर्तमानको वर्णनसँगै भविष्यमा परिचय के हुन सक्छ भन्ने विवेचना पनि गरेको छु ।’ नयाँघरेले भने, ‘बर्मामा नेपालीले कृपा होइन कदर पाएका छन्, दया होइन सम्मान पाएका छन्, बहिस्कार होइन स्वीकारको वातावरण पाएका छन् । म्यानमारमा नेपालीको पहिचान ज्यादै सम्मानित छ । हिजो गाई पाल्न गएकाहरु आज ठूलो–ठूलो कारोबारी भएका छन् । तनक्खामा नेपालीको सबै पुस्ताको सुक्ष्म वर्णन छ ।’ विमोचन कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष राधेश्याम लेकाली, नेपाल म्यानमार मैत्री परिषद्का तुलसी ज्ञवाली लगायतले मन्तव्य राखेका थिए । नयाँघरेको यो १६औं कृति हो । मदन पुरस्कार प्राप्त नयाँघरेको यो कृति रत्न पुस्तक भण्डारले प्रकाशित गरेको छ । उनी निबन्ध र नियात्राका लोकप्रिय र सिद्धहस्त स्रष्टा मानिन्छन् ।
महरा-शाही प्रकरणमा को दोषी ? को निर्दोष ? यसो भन्छन् वरिष्ठ अधिवक्ताहरु काठमाडौं । नेपाल बार एशोसिएसनका महासचिव लिलामणी पौडेलले निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लागेको आरोपको बारेमा स्वतन्त्र र निश्पक्ष छानबिन भएर सत्य, तथ्य बाहिर आउनुपर्ने बताएका छन् । पौडेलले उक्त घट्नाबारे पहिलो सुचना दिने व्यक्ति र पीडित दुवै एकै व्यक्ति भएको सुनाए । तर, अहिले अनुशन्धानलाई अन्तै मोड्न खोजिएको पनि उनको आशंका छ । पौडेलले झुठा बकपत्र मुद्दा लागेको केशमा बाझिनेगरि बयान दिए मुलुकी ऐनको फौजदारी संहिताको दफा ४४ अनुसार पीडितले जाहेरी दिएपछि, बयान परिवर्तन गर्दा उसलाई पनि सजाय हुने नियम रहेको सुनाए । तर, अहिले पीडितले किटानी जाहेरी नदिएकोले ‘होस्टाईल’ नहुने पौडेलको भनाई छ । शाहीले पहिलो भिडियोमा महरा आफूकहाँ आएको र अर्को भिडियामो नआएको र महरा पितासरहको मान्छे भनेर बोलेको कुरा नै अस्वभाविक भएको उनको तर्क छ । महराले स्वयम्ले आफू शाहीको कोठामा पुगेको भनेर स्वीकार गरिसकेकोले अब शाहीले महरा पितासरहको मान्छे भन्नुको अर्थ नभएको पनि उनको टिप्पणी छ । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले महरा–शाही प्रकरण नेपालको राजनीतिक ईतिहासमै अनौठो घट्ना भएको सुनाए । उनले भने,‘संसद अहिले चालु छैन् । संविधानको धारा ९१ मै सभामुख र उपसभामुख फरक लिङ र फरक पार्टीको हुने व्यवस्था छ । अब त्यही हुनुपर्छ ।’ क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले महराले राजीनामा दिएपछि सभामुखको पद स्वतः खाली भएको बताए । उनले भने,‘संसदको विन्टर सेसन सुरु भएपछि जानकारी गराएर सभामुखको निर्वाचनमा संसद जान्छ ।’ रोशनी शाहीको अभिव्यक्ति नि फरक–फरक आएकोले बलात्कार भएको हो कि होईन भन्ने कुरा अनुशन्धान हुुनुपर्ने बताए । राजीनामा कहिलेपनि शर्तसहित नहुने भन्दै उनले राजीनामा शर्तरहित हुने स्पष्ट पारे । उनले भने,‘बलात्कार भएको हो कि होईन भन्ने कुरा अनुशन्धानबाट मात्रै थाहा हुन्छ, शाहीले जाहेरी नदिएपनि उनले नै हटलाईनमा सम्पर्क गरेर घट्नाको बारेमा जानकारी गराएकोले अनुशन्धान (प्रहरी) को जारी रहन्छ । यसमा लिखित उजुरी वा किटानी जाहेरी चाहिँदैन् ।’ पौडेलले आरोपको स्टेटमेन्ट बदलियो भने शाहीपनि दोषी हुने टिप्पणी गरे । कार्यक्रममा बरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले सभामुखको राजीनामा नै स्विकृत भएकोले उक्त पद रिक्त भएको बताए । महराले ‘क्लिन–चिट’ नै लिएपनि अब सभामुखमा फर्किने सम्भावाना नभएको भट्टराईको दाबी छ । उनले संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख फरक फरक दलको र फरक लिङ्गको हुनुपर्ने पनि बताए । अहिले संसद चालु नभएकोले अब चल्ने अधिवेशनमा संविधानबमोजिम निर्वाचन हुने उनले स्पष्ट पारे । भट्टराईले यो प्रकरणमा रोशनी शाहीमाथि अविलम्ब अनुशन्धान प्रारम्भ गर्नुपर्ने माग गरे । उनले भने,‘शाहीको अघिल्लो बयानले महरामाथि अनुशन्धान हुन्छ, तर, पछिल्लो बयानले शाहीमाथि पनि अनुशन्धान सुरु गर्नुपर्छ । उनीमाथि विद्युतीय कारोवार ऐनअनुसार कारवाही हुनुपर्छ ।’ उनले मन लाग्यो भन्दैमा कसैको ईज्जत, प्रतिष्ठा र मानमा धावा बोल्न नपाईने स्पष्ट पारे । उनले यदि शाही डिप्रेसनको विरामी हो भने त्यसबारेमा पनि चिकित्सकले परीक्षण गरेर पुष्टि गर्नुपर्ने बताए । उनले भने,‘महिलाको पनि ईज्जत छ, पुरुषको पनि ईज्जत छ । रोशनीजीको कुन चाहीँ स्टेटमेन्ट सही हो ?’ उनले शाहीले महरामाथि लगाएको आरोप पुष्टि भयो भने कसुरअनुसार सजाय हुनेपनि जिकिर गरे । उनले भने, ‘यौन दुव्र्यवहार, गाली गलौज, बलात्कार यी सबैमा कसुरअनुसार सजाय हुन्छ, बलात्कारको केसमा अधिकतम १५ वर्ष सम्म सजाय हुन्छ, सामान्य यौन दुव्र्यवहार हो भने ३ वर्ष र कुटपिट छ भने १ वर्षसम्म सजाय हुन्छ । कुन खालको अपराध हो, त्यो हरेर सजाय हुन्छ।’े शाहीले आफू डिप्रेसनको विरामी भएको भन्ने कुरा पत्यारलाग्दो नभएको पनि उनको भनाई छ । उनले भने, ‘यदि उहाँले भनेजस्तो हो भने यो कुरा मानसिक सन्तुलन गुमाएको कुरा चिकित्सकबाट प्रमाणित हुनुपर्छ ।’ उनले शाहीको भनाईलाई पनि अनुशन्धान गर्नुपर्ने बताए । संविधानविद् डा. चन्द्रकान्त ज्ञवालीले महराले राजीनामा दिएपछि सभामुख पद रिक्त भएकोले अब उक्त पदको लागि निर्वाचन हुनैपर्ने स्पष्ट पारे । उनले भने, ‘सभामुखको राजीनामा शसर्त हुँदैन् । राजीनामा भनेको राजीनामा नै हो । अब सभामुख पद रिक्त भयो । निर्वाचन हुनैपर्छ ।’ बहुदलीय प्रणाली भएकोले सभामुख र उपसभामुख फरक–फरक दल र फरक लिङ्गको हुनुपर्ने उनको भनाई छ । उनले यो प्रकरणमा ‘फस्ट ईन्फरमेशन’ का आधारमा प्रहरीले आफ्नो प्रतिवेदन दर्ता गर्नुपर्ने बताए । उनले भने,‘फस्ट ईन्फरमेशनका आधारमा प्रहरीले अनुशन्धान गर्नुपर्छ ।’ पीडित भनिने महिलाले अलग–अलग अभिव्यक्ति दिएपनि पहिलो सुचनाको आधारमा प्रहरीले अनुशन्धान सुरु गर्नुपर्ने उनको जिकिर छ । अहिले शाहीले बयान फेरेको कुरालाई उनले ‘एक्स्ट्रा जुडिसियल डकुमेन्ट’ भएको पनि बताए । यदि यो प्रकरणमा महराले क्लिन–चिट पाए महराको सांसद पद सुरक्षित रहनेपनि उनको भनाई छ । निर्दोष सावित भएपछि सांसद पद सुरक्षित हुने भएकोले सभामुखको निर्वाचनमा पार्टीले उम्मेद्धवार बनाएर सभामुख बन्नपनि सक्ने उनको तर्क छ । उनले शाहीको बाहिर आएको पहिलो भिडियाको आधारमा महराले सभामुखबाट राजीनामा दिएको बताए । यदि पहिलो भिडियोमा लगाएको आरोप गलत सावित भए उनलाई साईबर क्राईमको मुद्दा चलाउन सकिनेपनि उनको तर्क छ । शाहीमाथि यदि कसैले ज्यान मार्ने धम्की दिएको हो भने पनि कसले धम्की दिएको भन्नेबारे अनुशन्धान हुनुपर्ने ज्ञवालीले स्पष्ट पारे । कार्यक्रममा डेमोक्रेटिक लयर्स एशोसिएनकी महासचिव लक्ष्मी दाहाल रावलले शाहीमाथि जवरजस्ती करणी भएको हो कि दुव्र्यवहारमात्रै भएको हो भन्ने यकिन भएपछि दोषिमाथि सोहीअनुसारको सजाय हुने तर्क गरिन् । यो प्रकरणमा के भएको हो ? भन्ने कुरा सत्य, तथ्य बाहिर ल्याउनुपर्ने उनको माग छ । उनले भनिन्,‘यो घट्नाबारे सिंगो राष्ट्र नै जानकार छ । भोलि त्यस्तो घट्ना नहोस भनेर यो प्रकरणमा सत्य, तथ्य बाहिर आउनुपर्छ ।’ उनले उक्त घट्नाको चित्तबुझ्दो तरिकाले सेटलमेन्ट गर्नुपर्ने तर्क गरिन् । उनले भनिन्,‘यो त सभामुखको चरित्रहत्या मात्रै होईन, देशको बेईज्जति भएको छ । आरोपको आधार हेरेर छानबिन हुनुपर्छ ।’ शाहीले आफू डिप्रेसनको विरामी भनेर बोलेको कुरामा पनि चिकित्सकबाट प्रमाणित हुनुपर्छ । मानसिक रोगी भएको भए सरकारी जागिरेको लागि कसरी योग्य भईँन् ?’ उनले सत्ताको शक्तिले उक्त घट्नालाई मोड्न नहुनेपनि ध्यानाकार्षण गराईन् । उनले महिलालाई अन्याय भएको भए न्याय दिनुपर्ने र महरालाई पनि गलत आरोप लगाईएको हो भने प्रतिष्ठामा आँच पुगेको सुनाईन् ।
गान्धीले देखाएको अहिंसाको बाटो अनुशरण गर्न पार्टीका कार्यकर्तालाई देउवाको आग्रह काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गान्धीले देखाएको अहिंसाको बाटोलाई अनुशरण गरेर अघि बढन पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरेका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले गान्धीले देखाएको अहिंसाको बाटोबाटै अघि बढेर मुलुकलाई अघि बढाउन सकिने पनि स्पष्ट पारे। १५० औं गान्धी जयन्तिको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले गान्धीलाई विश्वकै दूरदर्शी महान नेताको रुपमा चित्रण गर्दै उनका अहिंसावादी दर्शनले नै नेपालको पनि उन्नति हुने बताए। गान्धीले अहिंसाको बलमा तत्कालीन अंग्रेज शासकलाई भारतबाट हटाएर विश्वलाई नै नयाँ दर्शन दिएको सभापति देउवाको भनाई थियो। सभापति देउवाले गान्धीलाई विश्वकै विकेन्द्रीकरणका प्रवक्ताको रुपमा पनि स्मरण गराए। कार्यक्रममा बोल्दै काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले गान्धीवादको प्रभाव नेपाल र विश्व राजनीतिमै परेको बताए। उनले नेपालमा प्रजातन्त्रको स्थापनामा पनि गान्धीवादको ठूलो आर्शिवाद रहेको स्पष्ट पारिन् । काँग्रेस नेता पौडेलले गान्धीवादले विश्वलाई नै शान्तिको सन्देश दिईरहेको पनि उल्लेख गरे।
ईप्पानद्वारा दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा काठमाडौं । आन्दोलनरत स्वतन्त्र उर्जा उत्पादक संघ, नेपाल (ईप्पान) ले आफ्ना मागको सुनुवाई नगरेको भन्दै सरकारविरुद्ध दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ। रुग्ण जलविद्युत आयोजनाका लागि सहुलियत उपलब्ध गराउनुपर्ने मुख्य मागसहित आन्दोलनरत इप्पानले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्ना माग सुनुवाई समेत नगरेको भन्दै सरकारविरुद्ध दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको हो। इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाईँले आफूहरुको माग पूरा नगरे रुग्ण २५ वटा जलविद्युत आयोजनाहरुको चावी कार्तिक १ गते सरकारलाई बुझाउने चेतानवीसहित दोस्रो चरणको आन्दोलनको कार्यक्रम सुरु गरिएको स्पष्ट पारे। बैंकको ब्याजदर ४० प्रतिशत वृद्धि गरिएको, विद्युत खरिद दरमा तथा प्रशारण लाईनमा देखिएका समस्या तत्काल समाधान गर्न माग गर्दै इप्पानले आन्दोलन गर्दै आएको छ। ती समस्याहरु समाधानका लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउनेलगायतका दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरिएको छ। आफ्ना सो माग तत्काल सम्बोधन नभए कार्तिक १ गते २५ वटा रुग्ण जलविद्युत आयोजनाहरुको चावी सरकारलाई बुझाउने इप्पानको चेतावनी छ। अध्यक्ष गुरागाईँले सरकारले आफ्ना मागहरु सम्बोधन नगरेकाले कडा आन्दोलनमा जानुपर्ने अवस्था आएको पनि बताए।
“किन हाम्रा दुःखप्रति सरकार बेखबर छ ?” सुर्खेत। आम नेपाली एकै समय भेटघाट एवं खुशी साटासाट गर्ने, आशिष लिने र दिने मिलनविन्दु अर्थात सङ्गम हो, दशँै तथा दीपावली । जसका लागि देश विदेशमा रहेका सबै नेपाली खुशी साट्न आफ्नो मातृभूमि फर्कने क्रम चलेको छ । तर विडम्बना, साविकको कर्णाली भने वर्षैपिच्छे दशैं तिहारको खुशी लिन निकै ठूलो सास्ती भोग्नुपर्ने बाध्यताबाट मुक्त छैन । जागीर, अध्ययन तथा विभिन्न कामले बाहिरिएका हुम्ली र डोल्पाली मुलतः यो समस्याबाट अत्यधिक पीडामा छन् । हुम्ली नागरिकलाई घर पुग्न हवाईजहाज चढ्नुको विकल्प छैन । डोल्पा पुग्ने सडकको अवस्था कमजोर हुँदा डोल्पालीलाई पनि जहाज चढ्नु अनिवार्य छ । तर त्यहीँ जहाज पाउन उनीहरुले महीनाँैं दिन कुर्नुपर्छ । शक्ति र पहुँच भएकाले सजिलै पाउने टिकट सोझासादाका निम्ति फलामको चिउरा चपाउनु जत्तिकै कठिन बन्छ । विमानस्थलमा टिकट पाउन मारामार गर्नुपर्छ । दुःख गरेर कमाएको पैसा टिकट पाउन कतिलाई जहाजका कर्मचारीको पाउ मल्दैमा समय जान्छ । त्यसमा पनि केही बिचौलियाको मारमा पर्छन् । धेरैको घर भेट्ने खुशी दुःख गर्दै सकिन्छ । अर्थ, श्रम र लगायतको मेहनत खेर जाँदा सरकारको अभिभावकीय भूमिकाप्रति कर्णालीवासी प्रायः प्रश्न तेस्र्याउँदै भन्छन् ः “किन हाम्रा दुःखप्रति सरकार बेखबर छ ?” यतिबेला हुम्ली र डोल्पालीले सङ्घ तथा प्रदेश सरकारलाई यही प्रश्न गरिरहेका छन् । दशैंँ तिहार मनाउन घर फर्केका उनीहरु जहाजको टिकट नपाउँदा यतिबेला सुर्खेत र नेपालगञ्जका विमानस्थलमा अलपत्र छन् । निकै शक्ति लगाएर टिकट पाउने युद्ध जितेको महसुस गर्छन् । नपाउनेहरु हारेको सिपाहीझैं आफ्नो ठाउँतर्फ फर्कन्छन् । टिकटको लागि दिनहुँ सुर्खेत विमानस्थल धाइरहेका हुम्ला निवासी विद्यार्थी दानबहादुर बोहोराले टिकट पाउने नपाउने कुरा अन्योल भएको बताए । “सहुलियत टिकट हामी सामान्य नागरिकका लागि आकाशको फल झैं छ,” बोहोराले भने, “महङ्गो भए पनि चार्टर मात्रै गरिदिएको भए दशैँमा घर पुग्थ्यौं ।” सहुलियतमा रु पाँच हजार पर्ने टिकट सुर्खेतबाट चार्टर गर्दा करीब रु १० हजार पर्ने उनको भनाइ थियो । सुर्खेत विमानस्थलका प्रमुख उमेशकुमार पन्थीले यात्रु सेवाका लागि जहाज जति हुनुपर्ने हो त्यति नभएको जानकारी दिए । “दुर्गममा सीता एयरलायन्सको नियमित उडान भइरहेको छ । तारा, समिट एयरलायन्सहरुले चार्टर गरिरहेका छन्,” उनले भने । यात्रुको मागलाई हेरेर निजी कम्पनीलाई पनि अनुरोध गरिएको कार्यालय प्रमुख पन्थीले बताए । जहाज थोरै त्यसमा पनि मौसमका कारण नियमित उडान रद्द हुँदा यात्रुलाई सास्ती भएको उनले बताए । उनका अनुसार नेपाल वायुसेवा निगमको सेवा राजधानी सुर्खेतबाट कर्णालीका अन्य जिल्लासंग जोडिएको छैन । गरीब नै महङ्गो टिकटको मारमा कर्णाली नेपालको सबैभन्दा गरीब प्रदेशको रुपमा दर्ज गरिएको छ । यद्दपि मुलुकभित्र आउन जान सबै प्रदेशका नागरिक भन्दा महङ्गो भाडा तिर्ने पनि कर्णालीवासी छन् । साविकको कर्णालीलाई काठमाडौँ जान र घर फर्कन मोटो रकम लाग्छ । त्यसमा अझै हुम्ली सामान्य नागरिकले एक पटक काठमाडौँ पुग्न रु ५० हजार खर्च गर्नुपर्छ । सुगममा बस्नेका लागि कर्णाली यात्राको बारेमा महसुस नै हुँदैन । तर कर्णालीवसीले वर्षेनी यस्ता खालका कष्ट भोगिरहनुपर्छ । यो समयमा विदेशबाट होस् वा स्वदेशको काठमाडौंँ, पोखरा, चितवन, बुटवलबाट दशैँं तिहारका लागि नेपालगञ्ज झर्ने हुम्ली डोल्पाली महङ्गो भाडाले नभइ घर जान नपाउने पिरोलोले बढी सताएको हुम्ला निवासी यात्रु सुशान्त बोहोराले बताए । बोहोराले सरकारले सहज सेवा दिनुको साटो पैसा तिर्छौं भन्दा पनि जहाज चढ्न नपाइएको गुनासो गरे । “हामी गरीब छौं, तर हामीले नै महङ्गो भाडा तिर्नुपर्छ,” उनले भने, “त्यो पनि भनेको बेला आफ्नो गन्तव्यमा जान पाइदैन ।” खुशी मनाउन जाँदा पनि थुपै्र अपहेलना, समस्या र दुःख भोग्नुपर्दा निकै मन अमिलो भएर आउने गरेको उहाँले दुखेसो पोखे । नेपाल वायुसेवा सञ्चालन हुनुपर्छ कर्णालीवासीले प्रदेशको राजधानी सुर्खेतबाट नेपाल वायुसेवा निगमको सेवा सञ्चालन हुनुपर्ने माग गर्दै आएका छन् । राजधानी सुर्खेतबाट वायुसेवा निगमको जहाजले कर्णालीका कुनै जिल्लामा सिधा सेवा सञ्चालन नगर्दा यहाँका नागरिकको आवतजावतमा समस्या भएको उनीहरुको गुनासो छ । हुम्लीसेवा समाजका सुर्खेतका अध्यक्ष कलबहादुर लामाले सरकारी जहाजको सेवा सञ्चालनका लागि प्रदेश सरकारसँग बारम्बार पहल गर्दै आएको राससलाई जानकारी दिए । कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले नेपाल वायुसेवा निगमको सरकारी जहाज सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग पटक/पटक पहल गरिएको बताए । नजिक आउँदै गरेको ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल पार्न नेपाल एयरलायन्ससहित हेलिकप्टर सञ्चालनका लागि सङ्घीय सरकारलाई अनुरोध गर्ने उहाँले जानकारी दिए । यात्रुहरुले सरकारी हवाईजहाजले सेवा नदिँदा निजी जहाजले मनपरी शुल्क असुल्ने गरेको बताएका छन् । सेवामुखी भन्दा पैसामुखी भएर उडान भर्ने निजी कम्पनीलाई सरकारले नियमन गर्नुपर्ने जुम्ला नागरिक समाजका अगुवा राजबहादुर महतले बताए । सरल, सहज र न्यायोचित सेवा नपाउँदा जनताले सङ्घीयताको महसुस नगर्ने उनको भनाइ थियो ।
जनावर बचाउन निकुञ्ज क्षेत्रमा ‘आकाशे पुल’ राझा । जङ्गली जनावार सडक वारपार गर्दा सवारी दुर्घटनामा हुनसक्ने क्षति न्यूनीकरण गर्न बाँके राष्ट्रिय निकुञ्जले राजमार्ग क्षेत्रमा क्यानोपी ब्रिज (आकाशे पुल) निर्माण गरेको छ। रुखमा चढ्ने जङ्गली जनावर बाँदर, लोखर्के, मुसालगायत रुखको हाँगामा बस्ने प्रजातिहरुका लागि ओहोरदोहोर गर्न आकाशे पुल निर्माण गरिएको निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी विष्णुप्रसाद थपलियाले जानकारी दिए। उनका अनुसार, रुखमा चढ्ने र रुखकोे हाँगामा बस्ने प्रजातिहरु पुलबाट ओहोरदोहोर गर्दा सडक दुर्घटनामा न्यूनीकरण हुने र जङ्गली जनावर सुरक्षित हुुने आशा गरिएको छ। निकुञ्जले पूर्वपश्चिम राजमार्ग र रत्न राजमार्गमा सडकको दायाँ–बायाँ रुखमा डोरी टाँगेर पुल बनाएको छ। जुट र रेशमको डोरी तथा स–साना काठ प्रयोग गरेर पुल निर्माण गरिएको छ। जङ्गली जनावरलाई सडक दुर्घटनाबाट जोगाउन निकुञ्ज क्षेत्रभित्र पर्ने राजमार्गका छ स्थानमा यस प्रकारका आकाशे पुल निर्माण गरी सञ्चालनमा ल्याइएको थपलियाले जानकारी दिए । उनले पूर्वपश्चिम राजमार्गको ओभरी–अगैयाकाबीचमा तीन स्थानमा र रत्न राजमार्गको चिसापानी क्षेत्रमा दुई स्थानमा आकाशे पुल सञ्चालनमा ल्याइएको बताए। पुलमा कुन वन्यजन्तुले कति प्रयोग गर्छ भन्ने सूचना प्राप्त गर्न कुडे ब्याक कम्पनीले उत्पादन गरेका नौ थान क्यामेरा जडान गरिएको छ। क्यामेरा छ महीनासम्म राखेर नियमितरुपमा अनुगमन गरिने थपलियाले बताए।
त्रिभुवन विमानस्थलबाट पास भएर ल्याएको सुनसहित चावहिलबाट दुई जना पक्राउ काठमाडौं । नेपाल प्रहरीले अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले नवलपरासीका ४० वर्षीय धुब्रबहादुर दर्लामी र बाग्लुङका २५ वर्षीय नीरबहादुर परियारलाई मङ्गलबार साँझ पक्राउ गरेको हो । वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक छेदुलाल कामतीले त्रिभुवन विमानस्थल हुँदै सुन ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । “त्रिभुवन विमानस्थलबाट पास भएर चावहिल ल्याइसकेको अवस्थामा पक्राउ गरेका हौँ”, उनले भने । पक्राउ परेकासँग प्रहरीले १६ तोला १४ लाल सुन बरामद गरेको छ । उक्त सुनको मूल्य रु १२ लाख बराबर रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैलाई थप अनुसन्धान र कारवाहीका लागि राजश्व कार्यालय पठाएको वृत्तले बताएको छ ।
डलर संस्कृतिले मुलुक खतरामा छ : प्रमुख सचेतक गुरुङ लमजुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देवप्रसाद गुरुङले दलालीकरणको संस्कार र संस्कृतिले गर्दा आफ्ना भाषा, संस्कार र संस्कृति छोडी डलरका निम्ति जस्तोसुकै कदम पनि चाल्ने प्रवृत्तिले मुलक खतरामा रहेको बताएका छन् । आज बेँसीशहरमा अनेरास्ववियु लमजुङद्वारा विजयदशमी, दीपावली तथा छठ पर्व २०७६ को अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले सो कुरा बताएका हुन् । विदेशीको संस्कार, संस्कृतिलाई अँगाल्दै डलरको पछि लागेर आमाबुबा, परिवार, देश बिर्संदै जाँदा जस्लाई मुलुकमा जतिबेला पनि अप्रिय घटनाहरु घट्न सक्ने उनको भनाइ छ। उनले भने, ‘व्यावहारिक र जनवादी शिक्षामा जोड दिनुपर्छ । नेपाली भाषा, संस्कार संस्कृतिको संरक्षण गर्नका लागि बेलैमा सचेत हुनुपर्ने समय आएको छ ।’ प्रमुख सचेतक गुरुङले डलरको पछि नलागी आफ्नो परिश्रम मिहिनेत गर्दै नव औपनिवेशिक संस्कृतिको विरुद्धमा आफ्नो संस्कार, संस्कृतिलाई जोगाउन जनवादी संस्कृति अवलम्बन गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा सङ्घीय सांसद, नेकपा केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका सहइन्चार्ज यशोदादेवी सुवेदी गुरुङ, साबिक अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य तथा जिल्ला इन्चार्ज दिव्यचन्द्र सोतीलगायतको उपस्थिति रहेको थियो ।
गाईगोरु मृत्यु प्रकरणः छानबिन समितिद्वारा प्रतिवेदन पेश राँझा । नेपालगञ्जका गाई–गोरु दैलेख लैजाने क्रममा सुर्खेतको कटकुुवामा मरेको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । समितिका संयोजक अधिवक्ता विकास आचार्यले उक्त प्रतिवेदन नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणालाई हस्तान्तरण गरेका हुन्। समितिले गरेको स्थलगत निरीक्षण, अनुगमन तथा सरोकारवाला निकाय र व्यक्तिहरुबाट सङ्कलित तथ्य र विवरणका आधारमा तयार गरेको २८७ पृष्ठको प्रतिवेदनमा कान्जी हाउसमा रहेका र नगरमा छाडा अवस्थामा रहेको गाईगोरुको उचित व्यवस्थापनका लागि सुझावहरुसमेत पेश गरिएको संयोजक आचार्यले जानकारी दिए। गत भदौ १२ गते बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले दैलेख पठाएको झण्डै ३०० गाईगोरुमध्ये ३५ गाईगोरु सुर्खेतको कटकुवा जङ्गल आसपास क्षेत्रमा मृत फेला परेका थिए । घटनापछि गाई–गोरुको अस्वाभाविक मृत्यु भएको भन्दै घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई कारवाहीको सिफारिस गर्न चौतर्फी दबाब भएपछि उपमहानगरपालिकाले नेपालगञ्ज बारका अध्यक्ष आचार्यको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिले घटनास्थलका साथै बाँके, सुर्खेत, दैलेखका सम्बद्ध अधिकारी, स्थानीय समुदाय, नेपालगञ्ज उपमहानगरपालिकाका पदाधिकारी, नगर प्रहरी, ट्रक चालकलगायतसँग भेटेर छलफल र स्थलगत अध्ययन गरी प्रतिवेदन तयार पारेको संयोजक आचार्यले जानकारी दिए । समितिले नेपालगञ्जको कान्जी हाउसबाट सुर्खेत÷दैलेख लैजाने क्रममा ३९ वटा गाईगोरु मृतावस्थामा पाइएको घटनामा सुरक्षित रूपमा पशु ढुवानी मापदण्ड पूरा नगरी ढुवानी गरेको, ढुवानीकर्ता र जिम्मा दिइएका कर्मचारीहरुले आवश्यक सतर्कता नअपनाएको र सम्बन्धित निकायमा समयमै सूचना नगरेको कारण अकल्पनीय घटना हुन पुगेको स्थलगत अनुगमन र छानबिनका क्रममा उपलब्ध तथ्यहरुले देखाएको उल्लेख गरिएको छ । छानबिन समितिले गाईगोरुको हत्या नियोजित रुपमा गरेको नभई समयमै अपनाउनुपर्ने सतर्कता नअपनाई लापरवाही गरिएको कारणबाट हुन गएको जनाएको छ। उपमहानगरपालिकाले जिल्ला प्रशासन कार्यालय, बाँकेलाई गाईगोरु ढुुवानीका लागि सहजीकरण गरी दिन पत्राचार गरेको देखिन्छ । दैलेखबाट गाईगोरु माग गरिएका कागजात लगायतका प्रमाणको कुनै अध्ययन नै नगरी अनुमति दिएको छानबिनका क्रममा देखिएको छ । छानबिन टोलीले आगामी दिनमा यस्ता घटना हुन नदिनतर्फ नेपालगञ्ज उपमहानगरपालिकाले आफ्नो क्षेत्रमा पालन गरेका पशुपक्षीहरुको तथ्याङ्क यकिन गर्ने, पशुपक्षी पालन गर्ने व्यक्ति÷सङ्घसंस्थालाई पूर्ण जिम्मेवार बनाउन ट्याकिङ गर्ने, पशु बीमा गर्ने र बेवारिसे छाड्नेलाई नीतिनियम तथा कार्यविधि बनाई लागू गर्नुपर्ने सुझाव दिएको छ । प्रतिवेदन बुझ्दै नगरप्रमुख राणाले प्रतिवेदनको सिफारिसका आधारमा दोषीलाई कारवाही गर्ने प्रतिबद्धता जनाउनु भएको छ। उपमहानगरपालिकाको अगुवाइमा ती गाईगोरुलाई यहाँको कान्जी हाउसबाट दैलेख पठाउने क्रममा उक्त घटना भएको थियो। उपमहानगरपालिकाले नियतवश घटना भएको अस्वीकार गर्दै आएको छ। रासस
हतियारसहित नागढुंगाबाट २ जना पक्राउ काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट कटुवा पेस्तोल र गोलीसहित दुई जनालाई आज प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सुनसरी धरान घर भएका २४ वर्षीय शैलेश तामाङ र दाङ घोराही नगरपालिका–९ का २० वर्षीय उज्वल गिरी रहेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले बुटवलबाट काठमाडौँतर्फ आउँदै गरेको लु १ ख ९९८८ नंको बस जाँच गर्ने क्रममा बसमा सवार शैलेशका साथमा कटुवा पेस्तोल र सोही बसमा सवार उज्वलको साथमा सोही पेस्तोलको गोली एक थान फेला पारेको थियो। उनीहरुलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु ल्याइएको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । लागुऔषधसहित दुई भारतीय नियन्त्रणमा यसैबीच काठमाडौँ महानगरपालिका–१४ स्युचाटारबाट नियन्त्रित लागुऔषध डाइजेल्याब ९६ एम्पुल, नुर्फिन ९६ एम्पुल र फेनरागन ९५ एम्पुलसहित दुई जनालाई आजै प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत मधुवन घर भएका २० वर्षीय सरेग मण्डल र सोही ठाउँका २० वर्षीय सुनिलकुमार चौधरी रहेका छन्। शङ्कास्पद अवस्थामा हिँडिरहेका उनीहरुलाई महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त लागुऔषध फेला परेको थियो ।
अभिभावकत्व लिइएका विद्यार्थीलाई प्रधानमन्त्रीको दशैँ खर्च काठमाडौँ । डेढ वर्षअघि भर्ना अभियानमा अभिभावकत्व लिइएका विद्यार्थीबारे चासो दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई दशैँ खर्च पठाएका छन्। सिरहाको कल्याणपुर नगरपालिका–११ स्थित रामदुलारी मावि र मुगुका दुई विद्यालयमा भर्ना गरी अभिभावकत्व लिइएका ती विद्यार्थीलाई प्रधानमन्त्री ओलीले नेपालीहरुको महान् चाड दशैँका अवसरमा प्रगतिको कामनासहित जनही पाँच हजार खर्च पठाएका छन्। ती सबै विद्यार्थी अहिले कक्षा २ मा अध्ययनरत छन् । उक्त खर्च निजी सचिवालयलमार्फत सोमबार सम्बन्धित विद्यालयको प्रधानाध्यापक र विद्यार्थीका अभिभावकको समन्वयमा बैंकमा जम्मा गराइएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले राससलाई जानकारी दिए। प्रधानमन्त्रीले देशका सबै बालबालिकाको उज्ज्वल भविष्यको कामना गर्दै उचित शिक्षाको प्रबन्धका लागि नीतिगत सुधारको पहल गर्दै आउनुभएको र थप सकारात्मक सन्देश प्रवाहका लागि ती विद्यार्थीलाई प्रतिनिधिका रूपमा सहयोग गरेको उनको सचिवालयले जनाएको छ। यसअघि ती विद्यार्थीलाई गत पुस र साउनमा पनि आर्थिक सहयोग र स्टेशनरी पठाइएको थियो। दुई वर्षभित्र मुलुकबाट निरक्षरता हटाउने घोषणासहित शुरु भएको भर्ना अभियानअन्तर्गत प्रधानमन्त्री ओली र उहाँकी धर्मपत्नी राधिका शाक्यले २०७५ वैशाख १ गते कर्णाली प्रदेशको मुगु र वैशाख ६ गते प्रदेश नं २ को सिरहामा कक्षा १ मा ती विद्यार्थी भर्ना गराई अभिभावकत्व ग्रहण गरेका थिए। सो दिन मुगुमा रारा पर्यटन महोत्सवको उद्घाटन, नयाँ वर्षमा देशवासीका नाममा सम्बोधन र विद्यार्थी भर्ना अभियानको थालनी भएको थियो। प्रधानमन्त्रीसहित अन्य राष्ट्रिय नेता र मन्त्रीहरुले विभिन्न जिल्लामा वैशाखको पहिलो साता विद्यार्थी भर्ना गराएका थिए। अभिभावकत्व लिइएका विद्यार्थीको पढाइ बिग्रिएको र नेताहरुले चासो नदिएको भन्ने समाचारसमेत प्रकाशन भएपछि ती नेताका सचिवालयले थप चासो दिन थालेको हो । प्रधानमन्त्री ओलीले मुगुको कार्मारोङ गाउँपालिका–८ का छिजु तामाङ र कार्मा टोन्डु लामाका छ वर्षीया छोरी थिल्ने साङ तामाङलाई बुद्ध मावि विद्यालय भर्ना तथा पाठ्यपुस्तक वितरणको शुभारम्भ गरेका थिए। प्रधानमन्त्रीपत्नी शाक्यले सोही विद्यालयमा छेरिङ छोन्तोम लामालाई भर्ना गराएका थिए। विसं २०७५ असोज १० गते पनि प्रधानमन्त्री ओलीका तर्फबाट सचिवालयका प्रतिनिधि तथा उहाँका प्रेस संयोजक चेतन अधिकारीले सिरहाको उक्त विद्यालयमा पुगी ती विद्यार्थीलाई सहयोग गरी उनीहरुको पढाइ र अन्य स्थिति बुझेका थिए। संयोजक अधिकारीले कल्याणपुरका दुई विद्यार्थीको पढाइ र पारिवारिक अवस्था बुझी प्रधानाध्यापक लालदेव शाहमार्फत स्टेनशरी र पोसाक खर्च प्रदान गरेका थिए। सचिवालयका तर्फबाट त्यसअघि मुगुमा भर्ना गरिएको विद्यार्थीबारे चासो दिई सहयोग गरिएको थियो। रामदुलारी माविमा भर्ना भएका पाँच वर्षीय पवन मल्लिक र छ वर्षीया रुपा खत्वेका बुबाआमा डोको र डालो बुन्ने काम गर्छन्। सोही विद्यालयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले भर्ना गराएका विद्यार्थी राहुल महरा पनि अध्ययनरत छन्। सो विद्यालयका प्रधानाध्यापक शाहले प्रधानमन्त्रीको सचिवालयले समयसमयमा रकम र स्टेशनरी पठाइरहेको र दशैँ खर्चसमेत पठाएको बताए। हाल विद्यालय जाने उमेरका विद्यार्थीको भर्नादर ९७ दशमलव ६ प्रतिशत छ । सरकारले घोषणा हुन बाँकी २० जिल्ला पूर्ण साक्षर गराउने तयारी गरेको छ । ‘एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, पहुँचमा सुनिश्चितता र सिकाइमा स्थायित्व’ भन्ने नाराका साथ सो वर्ष सञ्चालित पहिलो चरणको भर्ना अभियानमा विद्यालयबाहिर रहेका कक्षा १ देखि ५ -५ देखि ९ वर्ष उमेर समूहका) अठासी हजार २०७ मध्ये छयहत्तर हजार ६५७ विद्यार्थी भर्ना भएका थिए। सरकारले पहिलो चरणको विद्यार्थी भर्ना अभियानको सफलतापछि विद्यार्थीलाई टिकाइराख्न र बाँकी विद्यार्थीलाई विद्यालयमा ल्याउन अभियान सञ्चालन जारी राखेको छ ।
टिपरको ठक्करबाट एक जनाको मृत्यु काठमाडौं । चन्द्रागिरिमा टिपरको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ। थानकोटबाट कलङ्की आउँदै गरेको बा २६ प ४९०३ नंको मोटरसाइकललाई बा३ख ३८१७ नंको टिपरले ठक्कर दिँदा चितवनका २५ वर्षीय सुनिल अधिकारीको मृत्यु भएको हो। महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रमुख, प्रहरी निरीक्षक शङ्कर खड्काका अनुसार चन्द्रागिरि नगरपालिका–११ सतुङ्गलको बागेश्वरीमा ठक्कर दिँदा अधिकारीको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा ललितपुर महालक्ष्मी नगरपालिका–२ इमाडोलका ४१ वर्षीय टीकाबहादुर बाँनिया गम्भीर घाइते भएका छन्। उनको ओम समाज अस्पताल सतुङ्गलमा उपचार भइरहेको छ। मोटरसाइकल बाँनियाले चलाएका थिए। प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएको छ।रासस
गर्छु होइन, अब गरेँ : प्रधानमन्त्री काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका कामले तीव्रता पाएकाले ‘अब गर्छु होइन गरेँ’ भन्ने स्थिति आएको बताएका छन्। सत्तारूढ नेकपाका सांसद शान्ता चौधरीको सङ्घर्ष र रचनामा आधारित गीति भिडियोको आज प्रधानमन्त्री निवास बालुवाटारमा लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले विकास र परिवर्तनका सबै वाचा पूरा नभइसके पनि यसबीचमा धेरै काम शुरु भएको जिकिर गरे। प्रधानमन्त्री ओलीले भने, ‘अब कामका लागि खाडी वा विदेश जानु पर्दैन। त्यस्तो वातावरण र मनस्थिति छाडेर देशमै केही गर्न सबै उत्रनुपर्छ। पहिले पहिले पनि सरकार थिए तर पाइपलाइनबाट अमलेखगञ्जमा किन तेल झरेन? त्यसकाण अब गर्छु होइन गरेँ भन्दैछु।’ उनले मुलुकका ५७ लाख चर्पी निर्माण भएर खुला दिसामुक्त राष्ट्र घोषणा भएको र अन्य विकास निर्माणका काम भइरहेको विषयलाई पनि देख्न कलाकर्मीलाई आग्रह गर्दै सामाजिक सुरक्षा कार्यक्रम, तुइन विस्थापन, ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा र सयौँ पुल निर्माण भएको र अब नेपाललाई सडक मानवमुक्त बनाउने अभियान थालिएको जानकारी दिए। ‘किनारामा बसेर कुरा काट्ने प्रवृत्ति छ तर सरकारले गरेका एक वर्षपछिका कामहरु इतिहासमा मानिसहरुले नसुनेका कामहरु भएका छन्’, प्रधानमन्त्री ओलीको भनाइ थियो। ‘कमलरी उन्मूलनको प्रस्ताव हामीले दर्ता गरेका थियौँ। कमलरीको जीवन व्यतित गर्नेहरु अहिले संसद्मा पुगेका छन्। परिवर्तन यही हो। सयौँ वर्षदेखि जनतालाई लुटेर खाएर आफू जमीनदार भएर बसेको स्थितिमा गरिबी उन्मूलन हुनका लागि केही समय लाग्नु अन्यथा होइन।’ उनले चीन र भारतसँगको रेलसम्पर्क पनि जोडिने विश्वास व्यक्त गरे। हाल कक्षा ११ अध्ययनरत चौधरीलाई प्रधानमन्त्री ओलीले विद्यावारिधिसम्म हासिल गर्न शुभकामना दिए। नेकपा संसदीय दलका सचेतक चौधरीले आफूले गरिबीका कारण पढ्ने र खेल्ने उमेरमा बाबुआमाको साथ नपाई जमीनदारको घरमा श्रम गर्नु परेका सङ्घर्षका क्षणहरु समेटेर रचना गरिएको बताए। चार गीतको एल्बममा बद्री पङ्गेनी, शिशिर योगी, अञ्जु पन्त लगायतको स्वर र सन्तोष श्रेष्ठको सङ्गीत छ। चौधरीको ‘कमलरीदेखि सांसद्सम्म’ पुस्तक प्रकाशित छ। रासस
प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री पौडेल काठमाडौं । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताएका छन्। उनले प्रदेश सरकार कुनै पनि हालतमा प्रेसविरोधी हुन सक्दैन भने। सामुदायिक रेडियो सन्देशको वार्षिकोत्सवमा मुख्यमन्त्री पौडेलले पत्रकारिता क्षेत्रले सकारात्मक कुराहरु उठाउन सक्नुपर्ने धारणा राखे। उनले हामी सबैको लक्ष्य भनेको देश निर्माण नै हो भन्दै त्यसलाई पूरा गर्न सकारात्मक सोचसहित लाग्नुपर्नेमा जोड दिए। उनले देशमा जनचाहनाअनुसार काम गर्न धेरै कारणहरुले अप्ठ्यारो परिरहेको बताउँदै भने, ‘हामीले व्यवस्था परिवर्तन त गर्यौ तर यथास्थितीवादी सोचको कारण सोचेअनुसारको काम गर्न सकिरहेका छैनौँ।’ कार्यक्रममा राष्ट्रियसभाका प्रत्यायोजन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारीले नेपालको संविधानमा नै प्रेस स्वतन्त्रतालाई स्पष्टसँग लेखिएकाले समाचार लेखेकै भरमा पत्रपत्रिकाहरु बन्द नहुने व्यवस्था रहेको उल्लेख गरे।
जिम्बाबे भर्सेस नेपालः नेपालको कमजोर प्रदर्शन (लाईभ भिडियो) काठमाडौं। सिंगापुरमा जारी सिंगापुर त्रिकोणीय टि ट्वान्टी क्रिकेट सिरिजको मंगलबारको खेलमा जिम्बाबेले नेपाललाई १६१ रनको लक्ष्य दिएको छ। चुनौतीपूर्ण लक्ष्य पाएको नेपालले कमजोर ब्याटिंग गरेको छ। नेपालले पावर प्लेमै पारस खड्कसहित महत्वपूर्ण तीन विकेट गुमाएको छ। नेपालले पहिलो विकेट १ रनको स्कोरमा पवन सर्राफलाई गुमायो। तेस्रो स्थानमा ब्याटिंग गर्न आएका दिपेन्द्रसिंह ऐरी ४ रन बनाएर आउट हुँदा नेपालको स्कोर ५ रन थियो। ६ औं ओभरमा छक्का हान्ने प्रयासमा पारस आउट भए। नेपालले ६ ओभरमा ३९ रन बनाउँदा ३ विकेट गुमाएको छ। यसअघि सिंगापुरको इण्डियन एसोसिएशन मैदानमा पहिला ब्याटिंग गरेको जिम्बाबेले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६० रन बनायो। उसका लागि कप्तान सन विलियम्सनले सर्वाधिक ५३ रन बनाए। नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले २२ विकेट लिए। कप्तान पारस खड्का र अभिनाश बोहोराले ११ विकेट लिए। सिंगापुरसहित सहभागी सिरिजमा नेपाल मंगलबार जिम्बाबे विरुद्ध दोस्रो खेल खेलिरहेको छ। पहिलो खेलमा नेपाल जिम्बाबेसँग ५ विकेटले पराजित भएको थियो। उता जिम्बाबे घरेलु टिम सिंगापुरसँग पराजित भएको थियो भने नेपालले सिंगापुरलाई पराजित गरेको थियो। जारी सिरिजम तीनै टिमले एक एक खेल जितेका छन्। मंगलबारको खेलमा नेपाल विजयी भए फाइनल पुग्ने सम्भावना बढ्ने छ। नेपालले अर्को खेल सिंगापुरसँग खेल्न बाँकी छ।
चितवनमा गाई काटेको अभियोगमा ३ जना पक्राउ चितवन । कालिका नगरपालिका ३ जनप्रिय टोल बस्ने ३५ वर्षीया निरमाया तामाङ समेत ३ जनालाई गाई काटेको अभियोगमा मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। उक्त ठाउँमा गाई काटीरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पदमपुरबाट खटिएको प्रहरीले २ सय केजी गाईको मासु र ४ थान चक्कु सहित उनीहरुलाई पक्राउ गरेको हो। घटनामा संलग्न हाल फरार अन्य २ जनाको प्रहरीले खोजी गरिरहेको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से १०.१३ विन्दुले बढेर एक हजार १४५.६९ विन्दुले बढेको छ। यस्तै सेन्सेटिभ परिसूचक ३.१९ विन्दुले बढेर २५०.२१ विन्दुमा पुगेको छ। नेप्से उकालो लाग्दा कारोबार रकममा समेत सामान्य वृद्धि भएको छ। कूल १६४ कम्पनीको कूल १३ लाख ८६ हजार २८ कित्ता शेयर रु ३१ करोड १४ लाख ८८ हजार ६५२ मूल्यमा खरीद बिक्री भए। स्टकका अनुसार कारोबार भएका कूल ११ उपसमूह मध्ये आज तीन उपसमूहको शेयर ओरालो लागेको छ। होटल ७.९३, उत्पादन ५२.९२ र सामूहिक लगानी कोष ०.०१ विन्दुले घटेका छन्। यस्तै बैंकिङ १२.८१, विकास बैंक ३.८४, जलविद्युत् ५.१८, वित्त ९.६८, निर्जीवन बीमा ४९.१२, अन्य ९.१२, लघुवित्त ११.२९ र जीवन बीमा १६.६१ विन्दुले बढेको छ। कारोबारका आधारमा आज नेपाल बङ्गलादेश बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। सो बैंकको रु सात करोड एक लाख २५ हजार कारोबार भई शीर्ष स्थानमा रहेको छ। यस्तै शिवम् सिमेन्टको रु चार करोड ३० लाख तीन हजार ५१७, नेपाल इन्भेस्टमेन्ट बैंकको संस्थापक शेयर रु तीन करोड ३१ लाख ८७ हजार ९९६, मेगा बैंक रु एक करोड ३४ लाख ९७ हजार २७३, नेपाल दूरसञ्चार कम्पनी रु एक करोड २९ लाख ५० हजार ८०५, हिमालयन डिस्ट्रिलरी एक करोड ६ लाख ८७ हजार ७२० र सिद्धार्थ बैंक रु ९५ लाख २७ हजारमा कारोबार भई शीर्ष स्थानमा रहे। यस्तै कारोबारका आधारमा सिनर्जी पावरका लगानीकर्ताले ६.८५, युनियन फाइनान्स ६.५९, रिलायन्स फाइनान्स ६.३६, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ६ प्रतिशतले कमाए। यस्तै सप्तकोशी डेभलपमेन्ट बैंक ९.०९, शिवम् सिमेन्ट ५.४५, ओरियन्टल होटल ३.११, मल्टीपर्पोज फाइनान्स कम्पनी ३, साञ्जेन जलविद्युत् कम्पनी २.८७, र तिनाउ मिशन डेभलपमेन्ट बैंकका शेयरधनीले २.५८ विन्दुले गुमाए।रासस
त्रिकोणात्मक सिरिजः नेपाल र जिम्बावे भिड्दै (लाईभ भिडियो) काठमाडौं । सिंगापुरमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत नेपालले अहिले टेष्ट राष्ट्र जिम्बावेविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ । इन्डियन एसोसियसनको मैदानमा जिम्बावेविरुद्ध नेपालले टस जितेको छ र पहिले बलिङ गर्ने निर्णय गरेको छ । जिम्बावेले सुरुवातमा ब्याटिङ गरिरहेको छ ।
घुस लिएको अभियोगमा प्रधानाध्यापक र कार्यालय सहयोगी पक्राउ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालज्योति मावि विसनपुर कपिलवस्तुका प्रधानाध्यापक रवीन्द्रकुमार मौर्य र कार्यालय सहयोगी रामकुमार लोनियालाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ। शिक्षक नियुक्तिमा सहजीकरण गर्ने प्रयोजनाका लागि सेवाग्राहीसँग ४० हजार घुस लिएको अभियोग उनीहरुमाथि लागेको छ। आयोगको बुटवलबाट खटिई गएको टोलीले शिवराज नगरपालिका–५ चन्द्रौटास्थित न्यू सिद्धार्थ होटलबाट पक्राउ गरेको हो। आरोपीद्वयको अनुसन्धान भइरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।रासस
नेपाली काँग्रेसको चियापान कार्यक्रम असोज २६ गते काठमाडौं । नेपाली काँग्रेसले असोज २६ गते कोजाग्रत पूर्णिमाको दिन चियापान कार्यक्रम गर्ने भएको छ। नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले असोज २६ गते आईतबार कोजाग्रत पूर्णिमाको दिन दशैंको अवसर पारेर पार्टीले चियापान कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिएका हुन्। मंगलबार पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मलेन गरी उनले काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाको चियापान कार्यक्रम पार्टी केन्द्रिय कार्यालय सानेपामा हुने र अन्य जिल्लाको चियापान कार्यक्रमको संयोजन सम्बन्धित जिल्ला कार्य समितिले गर्ने पनि स्पष्ट पारे। काँग्रेसले पार्टी केन्द्रिय कार्यालय असोज २६ गते अपरान्ह दिउँसो एक बजेदेखि ५ बजेसम्म आयोजना हुने चियापान कार्यक्रममा सहभागी हुन संचारकर्मीहरुलाई पनि निमन्त्रणा गरेको छ। नेपाली काँग्रेसले २०३३ सालमा राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि विपी कोइरालाले २०३४ सालबाट सुरु गर्नु भएको चियापान कार्यक्रम दशंैको अवसर पारेर हरेक वर्ष आयोजना गर्दै आएको छ। पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले नेकपाका कार्यकर्ताले पार्टीका नेता मिनेन्द्र रिजालमाथि आक्रमण प्रयास गरेर नवमण्डले प्रवृत्ति देखिएको दावी गर्दै उनीहरुलाई सच्याउन पनि नेकपाका नेतृत्वलाई सचेत गराए।
आज बडा दशैँको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा आराधना गरी मनाईँदै काठमाडौं । आज बडा दशैँ अर्थात् नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरी मनाईँदै छ । आज देवी भगवतीको दर्शन र आराधना गर्न बिहानैदेखि शक्तिपीठहरुमा भक्तजनको घुईँचो लागेको छ । देवी दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ । घटस्थापनाको दिन घट स्थापना गरी जमराराखेपछि नवदूर्गामा ९ दिनसम्म फरक फरक देवीको पूजा गर्ने परम्परा छ । जसअन्तर्गत पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ। काठमाडौँका गुहेश्वरी, मैतिदेवी, दक्षिणकाली, कालिकास्थान, शोभा भगवती, तलेजुभवानी, विजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रयणीसहितका देवी दुर्गाका शक्तिपीठहरूमा पूजा गर्ने गरिन्छ। काठमाडौँ बाहिर पाेखराकाे बिन्ध्यवासिनी मन्दिर, धरानको दन्तकाली, भोजपुरको सिद्दकाली, ताप्लेजुङको पाथिभारा, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता र षखडा मन्दिरमा भक्तालुहरूको घुईंचो लागेको छ।