content
stringlengths
31
27.4k
चार बिघा जग्गा दोदा नदीले कटान गरी बगायो कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका– ४ सिकलपट्टि जाइका किसानको जग्गा दोदा नदीमा आएको बाढीले कटान गरी बगाउन थालेको छ।तीन दिनको अवधिमै नदीमा लगातार आएको बाढीले ४० परिवारको चार बिघा खेती लगाइएको जग्गा कटान गरी बगाएको छ। नदीको बाढीले मकै र धानबाली रोपेको खेत बगाउन थालेको वडाध्यक्ष बहादुर रानाले बताए । लगातारको वर्षासँगै नदीमा आएको बाढीले जग्गा बगाउन थालेपछि बस्तीसमेत जोखिममा रहेको छ। उनले भने, “तत्काल जग्गा कटानको कार्य नरोकिए बस्तीनै विस्थापनमा पर्छ।” नदी नियन्त्रणका लागि गाउँपाललिकाले तत्काल अल्पकालीन योजना अगाडि बढाउनुपर्ने स्थानीयवासी लक्ष्मण रानाले बताए । ५०० मिटरको क्षेत्रमा नदीले लगातार जग्गा कटान गरिहेकाले स्थानीय बासिन्दा पानी पर्नासाथ अनिदोमै रात बिताउन थालेका छन्। नदीले मकै रोपेको १० कठ्ठा जग्गा तीन दिनको अवधिमै बगाएर लगेको स्थानीयवासी मनोज रानाले बताए । उनले भने, “थोरै जग्गा थियो, त्यही पनि नदीले बगाएर बेघर बनाउन थालेको छ । घरनै बगाउने चिन्ता छ ।” गुरुयोजनासहित नदी नियन्त्रणका लागि योजना ल्याई बस्ती विस्थापन हुनबाट जोगाउनुपर्ने स्थानीय बासिन्दाको भनाइ छ। नदीले जग्गा कटान गरिहेको क्षेत्रको अवलोकनका लागि पुग्नुभएका नेपाल रेडक्रस सोसाइटी शाखा कञ्चनपुरका सभापति टेकराज उप्रेतीले विपद्को जोखिममा परेका बासिन्दासँगै रेडक्रस रहेको बताए । तत्काल गाउँपालिका, प्रदेश र केन्द्र सरकारले जग्गा कटान भइरहेको क्षेत्रमा तारजालीसहितको ढुङ्गाको तटबन्ध बनाउनका लागि पहल गर्नुपर्ने आवश्यकता छ। स्थानीय तहले जग्गा कटान हुनबाट जोगाउनका लागि प्रयास गर्नुपर्ने उनको भनाइ छ। नदीमा पानीको बहाव उच्च रहेकाले जग्गा कटान जारी छ। वितग पाँच वर्षको अवधिमै यस क्षेत्रका बासिन्दाको २०० बढी बिघा जग्गा नदीले कटान गरी बगरमा परिणत गरिसकेको छ।
खलङ्गा नजिकैको पासागाड खोलामा ५ वर्षदेखि पुल निर्माण अलपत्र जाजरकोट । सदरमुकाम खलङ्गाबाट आधा घण्टाको दूरीमा रहेको पासागाड खोलामा दैनिक यात्रा गर्ने जनसाधारणले दुःख कष्ट भोग्दै आएका छन्। पाँच वर्षअघि यो खोलामा पुल निर्माणको ठेक्का लागे पनि काम भने अहिलेसम्म अगाडि बढेको छैन। यो बाटो यात्रा गर्दा आकाश हेरेर मात्र यात्रा गर्नुपरेको यात्रुहरु बताउँछन्। पानी पर्नेबित्तिकै गाडी जाँदैन, कसरी मन शान्त होला र ? नलगाड नगरपालिका–८ का हरिबहादुर खत्रीले भने । छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत पर्ने यो सडक निर्माण भएको पनि अहिले करीब ११ वर्ष बितेको छ। सडक कालोपत्र भएको पनि चार वर्ष बितेको छ। पुल निर्माणका लागि पाँच वर्षअघि ठेक्का सम्झौता भएको थियो। पासागाड खोलामा गलत डिजाइनका कारण पाँच वर्षदेखि पुल अलपत्र परेको हो । सडक विभाग र आइएमई आरसी कन्सल्टेन्सी ललितपुरको लापरवाहीको कारण पुल निर्माण अलपत्र परेको छ। परामर्शदाता कम्पनीले रु सात लाख लागतमा पुलको डिजाइन बनाएको कार्यालयले जनाएको छ । दुई वर्षमै निर्माण सम्पन्न गर्नुपर्ने पुलको काम अझै शुरु भएको छैन । परामर्शदाताले हचुवामा गरेको डिजाइनका कारण पुल निर्माणकार्य हुननसकेको सडक डिभिजन कार्यालय चौरजहारीका डिभिजन प्रमुख नरेन्द्र भट्टले बताए । पुल निर्माणका लागि पाँच वर्षअघि रु तीन करोडमा लुम्बिनी–आशिष जेभी निर्माण सेवा काठमाडौँले सडक विभागसँग सम्झौता गरेको थियो । पुल निर्माणस्थलको भौगोलिक अवस्था र डिजाइनबीच तालमेल नमिल्दा काम शुरु नभएको डिभिजन प्रमुख भट्टले बताए । उनका अनुसार सम्झौताअनुरुपको लागत र निर्माण कार्यको तालमेलसमेत मिलेको छैन। प्राविधिकले तीन वर्षअघि निर्माण कम्पनीलाई निर्माणस्थल देखाउने क्रममा गलत डिजाइन भएको पत्ता लागेको हो। सडक विभागले फेरि डिजाइन गरेर ठेक्का सम्झौताअनुरूप भुक्तानी दिने निश्चित भए तत्काल काम शुरु गर्ने कम्पनीले जनाएको छ। आइएमई आरसी कन्सल्टेन्सीलाई नै पुलको ‘रि–डिजाइन’ गर्न लगाएर पुल निर्माण प्रक्रिया अघि बढाउन लागेको डिभिजन प्रमुख भट्ट भनाइ छ। दुई साताभित्र रि–डिजाइन स्वीकृतिका लागि विभागमा पेश हुने उनको भनाइ छ। स्टिमेट बदलिने तर ठेक्का नबदलिने उनको भनाइ छ। यो पुल निर्माण नहुँदा जाजरकोट मात्र होइन, छिमेकी जिल्ला रुकुमपश्चिम र डोल्पालाई समेत असर गरेको छ।
‘गैरकानूनीरूपमा खाडीतर्फ इन्धन आपूर्तिमा सम्लग्न जहाज’ इरानी कब्जामा तेहरान, इरान । इरानी सामुद्रिक सुरक्षा गार्डले खाडीतर्फ गैरकानूनीरूपमा इन्धन आपूर्तिमा सम्लग्न भएको आरोपमा पुनः अर्को एक जहाजलाई इरानबाट कब्जामा लिएको इरानी सञ्चारमाध्यमले शनिबार जनाएका छन् । इरानले कार्गो बोक्ने उक्त पानी जहाजमा चालक दलका सदस्यसहित कम्तीमा १२ जनालाई पनि आफ्नो नियन्त्रणमा लिएको इकोफार समाचार संस्थाले जनाएको छ । नियन्त्रणमा लिइएका चालक दलका सबै सदस्य फिलिपिनी नागरिक रहेका समाचारहरूमा उल्लेख गरिएको छ । जहाजमा दुई लाख ८३ हजार ९०० लिटर डिजेल रहेको र नियन्त्रणमा लिइएको इन्धनसहितको जहाज र चालक दलका सदस्य सबैलाई आवश्यक कानूनी कारबाहीका लागि इरानी न्यायलयमा मुद्दा दायर भएको पनि इकोफारले जनाएको छ । इरान र अमेरिकाबीचको बढ्दो तनाबबीच इरानी सामुद्रिक सुरक्षा गार्डले खाडीतर्फ जाँदै गरेको कार्गो जहाजलाई नियन्त्रणमा लिएका हुन् । अमेरिकी ट्रम्प प्रशासनले सन् २०१५ मा अमेरिका, रुस, वेलायत, फ्रान्स, जर्मनी र चीनसहित विश्वका छ प्रमुख शक्तिले इरानसँग गरेको सम्झौता अमेरिकाको हितमा नभएको भन्दै यसलाई गत बर्षको मेदेखि अमान्य घोषणा गरेको थियो । सम्झौता अनुसार इरानले आफ्नो आणविक शक्तिलाई कटौती गर्ने तथा सम्झौतामा सामेल भएका मुलुकहरूले इरानमाथि लगाइएको आर्थिक नाकाबन्दीलाई हटाउने उल्लेख भएको थियो । तर अमेरिकाले गत बर्ष सम्झौता आफूलाई मान्य नभएको घोषणा गरेपछि अमेरिकाले इरानमाथि सम्झौतापूर्व लगाउँदै आएको आर्थिक नाकाबन्दीलाई पुनः निरन्तरता दिँदा अमेरिका र इरानबीच राजनीतिक तनाब सिर्जना भएको छ । इरानले सम्झौतामा सामेल भएका अन्य मुलुक पनि सम्झौताप्रति जिम्मेवार बन्न र अमेरिकी निर्णयका कारण इरानलाई परेको समस्यामा साथ दिन आग्रह गर्दै आएको छ भने उनीहरूले सम्झौतालाई जोगाउनुको विकल्प नरहेको बताउँदै आएका छन् । पछिल्लो समय अमेरिका–इरानबीचको राजनीतिक तनावका कारण इरानले आफ्नो सामुद्रिक क्षेत्रको प्रयोग गर्दै विभिन्न देशमा जाने इन्धन बोक्ने जहाजहरूलाई कब्जामा लिईसकेको छ भने केहीलाई अनुसन्धानपछि छोडिदिएको छ ।
सगरमाथा क्षेत्रबाट फोहर सङ्कलन गरिने काठमाडौं। निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले ‘सगरमाथा हिमाल सफाइ अभियान–२०१९’ अन्तर्गत सगरमाथा क्षेत्रबाट थप ३० टन पुनः प्रयोग गर्न मिल्ने फोहर सङ्कलन गर्ने भएको छ । कम्पनीले यसअघि सफाइ अभियानका साझेदार संस्थाको सहयोगमा उक्त क्षेत्रबाट ४५ टन पुनः प्रयोग गर्न मिल्ने फोहर सङ्कलन गरिसकेको जनाएको छ । यती एयरलाइन्सले भगिनी संस्था तारा एयरमार्फत सफाइ अभियानका साझेदार संस्था सगरमाथा प्रदूषण नियन्त्रण समिति, हिमालय क्लब लुक्ला र खुम्बु पासाङल्हामु गाउँपालिकाको सहयोगमा नकुहिने फोहर जम्मा गरेको विज्ञप्तिमार्फत जनाएको छ । ‘रिसाइक्लिङ’ गर्ने संस्था ‘ब्लु वेस्ट टु भ्यालु’ र राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडिपी)सँगको सहकार्यमा एयरलाइन्सले फोहर उठाएको कम्पनीका वरिष्ठ प्रबन्धक भीमराज राईले जानकारी दिए। उनले यही सेप्टेम्बर महीनाभित्र थप ३० टन पुनः प्रयोग गर्न मिल्ने फोहर जम्मा गर्ने र ‘एयरलिफ्ट’ गरेर काठमाडौँ ल्याउने योजना रहेको बताए। पर्वतारोहण र पदयात्राजस्ता गतिविधिबाट उत्पन्न भएका नकुहिने फोहरको ‘एअरलिफ्टिङ’ को शुरुआत १७ मार्च २०१८ बाट भएको थियो । दिगो विकास लक्ष्यअन्तर्गत जैविक विविधता संरक्षण एसडिजी १५ र जलवायु परिवर्तन एसडिजी १३ सँग सम्बन्धित प्रतिबद्धतास्वरुप यती एयरलाइन्सले २०१८ मा सगरमाथा क्षेत्रबाट १०० टन पुनः प्रयोग गर्न मिल्ने फोहर सङ्कलन गरेर ‘रिसाइक्लिङ’का लागि ल्याउने लक्ष्य लिएको थियो । सगरमाथा सफाइ अभियानका साझेदार संस्थाको सहकार्यमा खुम्बु गाउँपालिकाले सगरमाथा क्षेत्रबाट नकुहिने फोहर सङ्कलन गर्नेछन् । यसरी सङ्कलन भएको फोहर तारा एयरमार्फत लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलबाट ‘एयरलिफ्ट’ गरी काठमाडौँ ल्याइने जनाइएको छ । सङ्कलन गरिएका फोहरमा बियरका बोतल, फुड क्यान, पर्वतारोहण र ट्रेकिङमा प्रयोग गरी फालिएका उपकरणलगायत हुन्छन् । यी वस्तुलाई ‘रिसाइकल’ गरी धातुका भाँडाकुँडा र निर्माण सामग्रीमा परिणत गरिने गरिएको छ । रासस
प्रतिक्रियावादीले पार्टी भित्रको तिललाई पहाड बनाए : दाहाल काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी भित्रको एकतालाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। अध्यक्ष दाहालले पार्टीले थप सफलता हासिल गर्न पनि आन्तरिक एकता थप सदृढ हुनुपर्ने पनि स्पष्ट पारे। बिहीबार पार्टीको विदेश मामिला विभागको पदस्थापन कार्यक्रममा बोल्दै उनले पार्टीको नीति र योजनालाई अन्तराष्ट्रिय क्षेत्रमा पनि अभियानको रुपमा संचालन गर्नुपर्ने आवश्यक्ता औंल्याए। अध्यक्ष दाहालले प्रतिक्रियावादीहरुले पार्टी भित्रको सानो कम्जोरीलाई पनि उछालेर बदनाम गराउने कोसिस गरिरहेको उल्लेख गर्दै सचेत रहन पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे। कार्यक्रममा बोल्दै पार्टीका विदेश मामिला विभाग प्रमुख माधवकुमार नेपालले कम्युनिष्ट पार्टीलाई कम्जोर बनाउने खेल विश्वका प्रतिक्रियावादीहरुले गरिरहेको उल्लेख गर्दै त्यसलाई निस्तेज पार्नेगरी पार्टीको वैदेशिक नीति तय गर्ने प्रतिवद्धता व्यक्त गरे। मुलुकको राष्ट्रिय स्वतन्त्रता, स्वाभिमान र भौगोलिक अखण्डता नै पार्टीको पनि वैदेशिक नीति तय गर्ने मुख्य आधार भएको पनि नेता नेपालको भनाई थियो । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकीकरणको बाँकि काम छिट्टै सम्पन्न गरेर पार्टीलाई गतिशील ढंगले अघि बढाउन लागिएको बताए।
एकचौथाइ कैदीबन्दीमा भाइरल ज्वरो जलेश्वर । महोत्तरी, धनुषा र केही वर्षदेखि सर्लाही जिल्लाको संयुक्त कारागारको रुपमा रहेको जलेश्वर कारागारमा बस्दै आएका कैदीबन्दीमध्ये एकचौथाइ कैदीबन्दीमा भाइरल ज्वरोको प्रकोप देखिएको छ। अत्यधिक गर्मीका बीच क्षमताभन्दा करीब चार गुणा बढी कैदीबन्दीको चाप बढेकाले जलेश्वर कारागारका एकचौथाइ कैदीबन्दीमा भाइरल ज्वरोको सङ्क्रमण देखिएको जेलर कन्हैयाकुमार मिश्रले बताए। उनका अनुसार १३५ कैदीबन्दी राख्ने क्षमता भएको यस कारागारमा अहिले विभिन्न न्यायिक र अर्धन्यायिक निकायको आदेशमा कैदीबन्दीको सङ्ख्या ५०० पुगेको छ। ४५१ पुरुष, ४५ महिला र ४ आश्रित बालबालिकासहित अहिले जलेश्वर कारागारमा जम्मा ५०० कैदीबन्दी छन्। अत्यधिक चापकै कारण मान्छे–मान्छेबीच उत्पन्न हुने गर्मी र माथिबाट चर्को घामका कारण जलेश्वर कारागारमा अहिले करीब १४० कैदीबन्दीमा भाइरल फिवरको प्रकोप देखिएको मूलकैदी (चौकीदार) श्यामसुन्दर यादवले बताए। अहिले जलेश्वर कारागारबाट दैनिक एक दर्जन बढी कैदीबन्दी उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाइने गरिएको जलेश्वर कारागारका सूचना अधिकारी मकसुदन महासेठले बताए। उनले अत्यधिक गर्मीकै कारण कैदीबन्दी अहिले उकुसमुकुस भएर बाँचिरहेको र एउटा न एउटा कैदीबन्दी बिरामी भइरहने अवस्था रहेको बताए। दैनिक दर्जनौँको सङ्ख्यामा बिरामी हुने कैदीबन्दीमध्ये धेरैलाई कारागारमै दरबन्दी भएका सिनियर अहेवले भित्रै गएर र बाहिर निकालेर पनि उपचार गरेका छन् भने सिकिस्त बिरामीलाई उपचारका लागि जिल्ला अस्पताल पठाउने गरिएको उनले बताए । यता जिल्ला अस्पताल जलेश्वरका डा मृत्युञ्जयकुमार ठाकुरले पनि जलेश्वर अस्पतालमा उपचार गराउन आउने बिरामीमध्ये एकचौथाइ बिरामी कारागारबाटै आउने गरेको बताए। चर्को घाम र अत्यधिक गर्मीले अहिले जलेश्वर कारागारबाट प्रायः सबै कैदीबन्दी कुनै न कुनै रुपले प्रभावित भइरहेका छन् भने एकचौथाइ कैदीबन्दी भाइरल ज्वरोको सिकार भएर उपचारमा रहेका छन्।
ज्येष्ठ नागरिकले सामाजिक सुरक्षाभत्ता नपाएको गुनासो दार्चुला । शैल्यशिखर नगरपालिकाका ज्येष्ठ नागरिकले गत आर्थिक वर्ष २०७५/७६ को तेस्रो चौमासिक सामाजिक सुरक्षाभत्ता अझै पाएका छैनन्। चालू आर्थिक वर्षको दुई महीना बित्नै लाग्दासमेत नगरपालिकाको लापरवाहीले गत वर्षको सामाजिक सुरक्षा भत्ता नपाएका हुन्। तेस्रो चौमासिक रकम बैंकमार्फत वितरण गर्ने बताएपछि हालसम्म वृद्धवृद्धाले रकम पाउन सकेका छैनन्। यहाँका नौ वडाका सामाजिक सुरक्षाभत्ता पाउने व्यक्ति रकम नपाउँदा निराश छन् । शैल्यशिखर नगरपालिका–४ रानीशिखरका रामपति भट्ट यसपालिको गौरा निकै खल्लो महसुस भएको बताउँछन् । गौराका लागि नयाँ लुगा लगाउने सपना पूरा नहुँदा गौराजस्तो चाडमा निराश हुुनुपर्यो, उनले भने। नगरपालिकाले हरेक चार महीनामा वितरण गर्दै आइरहेको सामाजिक सुरक्षाभत्ता नपाउँदा नयाँ लुगा किन्ने र गौरा मनाउने सपनामा निराशा छाएको हो। शैल्यशिखर नगरपालिकाले सामाजिक सुरक्षाभत्ता वितरणमा लापरवाही गरेपछि यहाँका सामाजिक सुरक्षाभत्ता पाउने ज्येष्ठ नागरिक दलित गैरदलित, पूर्ण र आंशिक अपाङ्गता भएका व्यक्ति, एकल महिला, विधवा महिला, दलित बालबालिका, लोपोन्मुख आदिवासीलगायतले सामाजिक सुरक्षाभत्ता पाउन नसकेका हुन् । गत आर्थिक वर्ष २०७५/७६ को तेस्रो चौमासिकको सामाजिक सुरक्षाभत्ता रकम नपाएपछि भट्टजस्तै शैल्यशिखर नगरपालिकाका झण्डै दुई हजार बढी सामाजिक सुरक्षाभत्ता पाउने व्यक्तिको गौरापर्व निराश भएको छ। तेस्रो चौमासिकको भत्तावापतको रकम जेठ या असार महीनामै पाउनुपर्नेमा आर्थिक वर्ष २०७६/७७ को दुई महीना बित्नै लाग्दा पनि रकम नपाउँदा उनीहरु निराश भएका छन्। सामाजिक सुरक्षा भत्ता पाउँदै आउनुभएका स्थानीय गोपी भट्ट भन्छन्, “विगतमा गाविस, जिविस हुँदा सहजरूपमा भत्ता पाइन्थ्यो । अहिले झन् सिंहदरबार गाउँमै आएपछि सामाजिक सुरक्षाभत्ता पाउन सकस भएको छ। घरदैलोमा पाइने सामाजिक सुरक्षाभत्ता बैंकमार्फत वितरण गर्ने भनेपछि वृद्धवृद्धा समस्यामा परेका छौँ”, उनले गुनासो गरे। “बैंकमै पुग्न गाउँबाट तीन घण्टा लाग्छ, उकालो बाटो छ, बैंक पुगे पनि भनेअनुसार समयमै काम हुँदैन”, भट्टले भने । बुढेसकालमा दस्तखत मिल्दैन, अरुलाई पठाए बैंकले रकम दिन आनाकानी गर्छ उनको गुनासो छ । पहिले घरघरमा सामाजिक सुरक्षाभत्ता रकम पाइन्थ्यो, सहज थियो, अहिले त्यही रकम पनि समयमै आउँदैन। वडा नं ४ का वडाध्यक्ष देवदत्त भट्ट पनि सामाजिक सुरक्षाभत्ता रकमबारे अनविज्ञ छन् । वृद्धवृद्धाले हामीलाई सामाजिक सुरक्षाभत्ता रकम माग्ने गर्छन्, उनले भने, “तर हामीलाई समेत किन वितरण भइरहेको छैन भन्नेबारे जानकारी छैन। एकले अर्कोलाई दोष देखाउँछन्। सामाजिक सुरक्षा रकम वितरणमा बदमासी गरेको आशङ्का छ”, उनले भने। शैल्यशिखर नगरपालिका–८ का वडासचिव मनोरथ जोशी सामाजिक सुरक्षाभत्ता अहिले वृद्धवृद्धाहरुको बैंक खातामा जम्मा भएको जानकारी आएको बताउँछन् । भदौ आधा भएपछि उनीहरुको खातामा जम्मा भएको मोबाइलमा म्यासेज पुगेको खबर छ, उनले भने, “किन ढिलाइ भयो भन्नेबारे जानकारी छैन। गत आर्थिक वर्षको दोस्रो चौमासिकको अन्तिमदेखि सबै सामाजिक सुरक्षाभत्ता बैंकमार्फत वितरण गर्ने भनेपछि ढिलाइ भएको जनाइएको छ । हामीले समयमै निकासा दिएका हौँ, शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र विष्टले भने, तर बैंकमा तथ्याङ्क भेरिफिकेसनमा ढिलाइ भयो। गोकुलेश्वरस्थित मेघा बैंकमार्फत सामाजिक सुरक्षाभत्ता वितरण भइरहेको हो । बैंकमा कहिले इन्टरनेट कहिले तथ्याङ्क प्रमाणीकरणमा ढिलाइले गर्दा समयमै सामाजिक सुरक्षाभत्ता रकम दिन नसकिएको उनको भनाइ छ। अहिले बैंकमार्फत सामाजिक सुरक्षाभत्ता निकासा भइसकेको उनले जानकारी दिए । नगरपालिकाका वडा नं १, २, ३, ५ र ८ का सेवाग्राहीले सामाजिक सुरक्षाभत्ता रकम पाएका छन् । बाँकी चार वडाका सेवाग्राहीको रकम निकासा भइरहेको बताइएको छ। रासस
युवा सङ्घका अध्यक्ष राईमाथि छुरा प्रहार दमक । नेकपा निकट युवा सङ्घ नेपाल झापास्थित शिवसताक्षी नगर अध्यक्ष सुरज रिङ्गालुङ्ग राईमाथि बुधबार छुरा प्रहार भएको छ । झापाको शिवसताक्षी नगरपालिका–८ को कार्यालयमा वडाध्यक्षसँग कुरा गरिरहेका युवा सङ्घका नगर अध्यक्ष राईमाथि छुरा प्रहार भएको हो । प्रहरीका अनुसार स्थानीय २२ वर्षीय सागर तिम्सिनाले राईमाथि अन्धाधुन्द छुरा प्रहार गरेका थिए । घाइते राईको बिर्तामोडको बी एन्ड सी अस्पतालमा उपचार भइरहेको छ । वडाध्यक्ष केहरसिंह बस्नेतले अध्यक्ष राईसँग मेरो समसामयिक विषयमा कुरा भइरहेको बेला अचानक सागर आएर दाहिने तर्फको कोखामा दुई पटक छुरा हानेको बताए । छुरा प्रहारबाट घाइते राई खतरामुक्त रहेको बी एन्ड सी अस्पताल बिर्तामोडले जनाएको छ । छुरा प्रहार के कारणले भयो भन्नेबारेमा केही खुल्न सकेको छैन । तिम्सिनालाई इलाका प्रहरी कार्यालय झिलझिलेको प्रहरी टोलीले तत्कालै गिरफ्तार गरेको छ । यसैबीच युवा सङ्घ झापाले अध्यक्ष राईमाथि भएको आक्रमणको भत्र्सना गर्दै कारवाहीको माग गरेको छ । युवा सङ्घका जिल्ला अध्यक्ष शम्भु भण्डारीले आज विज्ञप्ति निकालेर अध्यक्ष राईमाथि भएको आक्रमणको कडा शब्दमा निन्दा गर्दै आक्रमणमा संलग्नलाई हदैसम्मको सजाय दिन माग गरेका छन् । रासस
जीप दुर्घटनामा तीनको मृत्यु वालिङ। स्याङ्जाको गल्याङमा बुधबार भएको जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । गल्याङ प्रहरी चौकीका अनुसार मृत्यु हुनेमा पाल्पाको रम्भा गाउँपालिका– १ की ७० वर्षीया सीता नेपाली, रम्भा गाउँपालिका १ कै ३४ वर्षीया मञ्जु भण्डारी गैह्रे र वालिङ नगरपालिका १३ का नौ महीनाका पल्सन परियार रहेका छन् । घाइतेको पाल्पास्थित युनाइटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज तानसेन पाल्पा तथा गल्याङ सामुदायिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । बुधबार दिउँसो पाल्पाको रम्भा गाउँपालिकाको हुँगीबाट गल्याङतर्फ आउँदै गरेको लु१ज ३८४१ नम्बरको जीप बुटवल पावर कम्पनीको कार्यालय नजिकै सडकबाट झण्डै ४०० मिटर तल खसेको थियो । दुर्घटनापर्नेमा तीज मनाएर घर फर्कंदै गरेका महिला धेरै छन् । ओभर लोडका कारण दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ । रासस
शैक्षिक क्षेत्रलाई राजनीतिक भर्ती केन्द्र बनाउनुहुँदैन : मुख्यमन्त्री गुरुङ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शैक्षिक क्षेत्रलाई राजनीतिक भर्ती केन्द्र बनाउन नहुनेमा जोड दिएका छन् । तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको आज यहाँ आयोजित १०औँ वार्षिक साधारणसभा तथा ३३औँ वार्षिकोत्सव उद्घाटन गर्दै उहाँले विद्यालय र क्याम्पस राजनीतिक भर्ती केन्द्रको रुपमा विकास भइरहेका कारण शिक्षा क्षेत्र धरासायी हुँदै गएको बताए । राजनीतिक आस्थाका आधारमा विद्यालय र क्याम्पसमा पदाधिकारी र प्राध्यापक नियुक्त हुने परम्परा अन्त्य गर्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री गुरुङले भने, “शिक्षा क्षेत्रमा राजनीतिक आस्था हेर्नु हुँदैन, क्षमता हेर्नुपर्छ तबमात्र शैक्षिक विकास सम्भव हुन्छ।” आवश्यकताको आधारमा मात्रै शिक्षण संस्था खोल्नुपर्नेमा नेताको लहर, अहङ्कार र अस्वस्थ प्रतिस्पर्धाले अन्धाधुन्ध विद्यालय र क्याम्पस खोल्ने प्रवृत्ति बढेकाले त्यसले समाजलाई बोझ थोपरेको चर्चा गर्दै उनले जोड दिए, “यसको अन्त्य नभएसम्म हाम्रो समाजको उत्थान पनि राम्रो हुँदैन र शिक्षाको गुणस्तर पनि वृद्धि हुन सक्दैन।” यस क्याम्पसले उल्लेख्य प्रगति हासिल गर्न गरेकामा खुशी व्यक्त गर्दै उनले समुदायले पनि यति राम्रोसँग क्याम्पस चलाउन सक्ने रहेछ भन्ने उदाहरण आदिकविले प्रस्तुत गरेको बताए । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले यस क्याम्पसले शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएकाले यसको विस्तार र विकासका लागि प्रदेश सरकारको सहयोग रहने बताए । प्रदेश सभासद् केदार सिग्देल आशा कोइराला, डोबाटे विक, सरिता गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेलगायतले विद्यार्थी, अभिभावक र प्राध्यापकको लगावका कारण क्याम्पसले सफलता प्राप्त गरेको र अब यसमा प्राविधिक शिक्षा थप गर्नुपर्ने आवश्यकता औँल्याए । क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले क्याम्पसको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेको सो कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष रामचन्द्र बस्नेतले शैक्षिक बजारको माग अनुसारको जनशक्ति उत्पादनलाई जोड दिइएको र महिला, जनजाति, दलित, अल्पसङ्ख्यक, तथा विशेष क्षमता भएका विद्यार्थीको भरोसाको केन्द्रको रुपमा यो क्याम्पस स्थापित हुन सफल भएको बताए । सोही अवसरमा उक्त क्याम्पसलाई सहयोग गर्ने व्यास नगरपालिका–२का रमेशदत्त वाग्ले, व्यास नगरपालिका–१०का विष्णु ढकाल, म्याग्दे गाउँपालिका–२का विष्णुबहादुर अधिकारी, व्यास नगरपालिका–१२का वेदनाथ कैनी, व्यास नगरपालिका–२का सन्तकुमार श्रेष्ठलाई सम्मान गरिएको थियो। विसं २०४४ मा समुदायबाट सञ्चालित उक्त क्याम्पसमा दुई हजार ५०० विद्यार्थीमध्ये दुई हजार (८० प्रतिशत) छात्रा रहेको क्याम्पसले जनाएको छ।कूल विद्यार्थीमध्ये ९५ प्रतिशत विद्यार्थी ग्रामीण भेगका छन् भने १८ प्रतिशत दलित र ७० प्रतिशत विद्यार्थी विपन्न समुदायका छन् । क्याम्पसले भर्नाको क्रममा दलित विद्यार्थीलाई विशेष प्राथमिकता दिने गरेको छ। उक्त क्याम्पसले प्रदान गर्ने छात्रवृत्ति र प्राथमिकताका कारण विद्यार्थी क्याम्पसमा अध्ययनका लागि आकर्षित हुने गरेको क्याम्पसले जनाएको छ। रासस
रिसको झोकमा होटलका कामदारलाई गेस्ट हाउसको तेस्रो तलबाट खसालिदिएपछि… काठमाडौं। नेपाल प्रहरीले कलङ्कीको नारायणी गेस्ट हाउसको तेस्रो तलाबाट सोनाम सुनारलाई फाल्ने तीनजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले सोमबार राति अर्डर गरेको खाना सुनारले पुर्याउन जाँदा खानाको विषयलाई लिएर फाल्ने मकवानपुरका वाइबा लामा, गुल्मीका सविन अर्याल र रामेछापका निशान धमलालाई मंगलबार दिउँसो पक्राउ गरेको हो । परिसरका प्रवक्ता होविन्द्र बोगटीले खानाकोे विषयमा लिएर झगडा गर्दा सुनारलाई फालेर फरार रहेका पाँचमध्ये तीन जनालाई पक्राउ गरिएको जानकारी दिए। फरार दुई जनाको खोजी भइरहेको बोगटीले बताए । गम्भीर घाइते सुनारको उपचारका लागि शहीद मेमोरियल अस्पतालमा उपचारका लागि लगिएकामा त्यहाँ उपचार हुन नसकेपछि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
हात्तीको आक्रमणबाट मृत्यु भएका परिवारलाई राहत इनरुवा । जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएका पीडित परिवारलाई राहत रकम प्रदान गरेको छ। कोशी गाउँपालिका–३ का अनमोल मुखियाको शनिबार हात्तीकोे आक्रमणबाट घटनास्थलमै मृत्यु भएको थियो। गाउँपालिकाले सोमबार मृतक मुखियाको परिवारलाई किरिया खर्चबापत रु २५ हजार प्रदान गरिएको समाजसेवी धर्मेन्द्र विश्वासले जानकारी दिए। गाउँपालिकाका अध्यक्ष अयुव अन्सारीको अगुवाइमा गएको टोलीले मृतक परिवारलाई राहत रकम हस्तान्तरण गरेको गाउँपालिकाले जनाएको छ। माछा मार्ने क्रममा कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको जङ्गली हात्तीले आक्रमण गर्दा मुखियाको मृत्यु भएको थियो। रासस
१९८९ जनालाई सरकारी जागिर खुल्यो, कुन पदमा कति ? (सूचनासहित) काठमाडौं । गृहमन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले करारमा १९८९ जना कर्मचारी माग गरेको छ। गृहमन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आज मंगलबार गोरखापत्रमा एक सूचना जारी गर्दै सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत ७५३ वटै स्थानीय तहका लागि करार कर्मचारी माग गरेको हो। उक्त सूचनामा एम. आई. एस. अपरेटर र फिल्ड सहायक पदमका लागि १९८९ जनालाई दरखास्त दिन आव्हान गरेको छ। जसमा एम.आई.एस. अपरेटर पदमा ९९४ जना र फिल्ड सहायक पदमा ९९५ जना माग गरेको हो। आवेदन दिन चाहने योग्यता पुगेका इच्छुक व्यक्तिहरुले विभागको वेबसाईड https://donidcr.gov.np मा गई https://application.donidcr.gov.np मा गएर अनलाईनबाटै पनि आवेदन दिन सक्नुहुनेछ ।
नेपाल-भुटान व्यापारमा ‘ठूलो खाडल’, नेपाली बजारमा आलु पनि पठाउँछ भुटान काठमाडौँ । भारत लगायत सामान आयात गरिने मुलुकहरूसँगको व्यापारमा बढ्दो घाटा बेहोरिरहेको नेपालले भुटानसँग पनि बर्सेनि घाटा बेहोरिरहेको छ। भूगोल, जनसङ्ख्या तथा यातायात पूर्वाधारका हिसाबले आफूभन्दा सानो मुलुक भुटानलाई नेपालले गत आर्थिक वर्षमा करिब १३ करोड रुपैयाँ बराबरको सामान मेची भन्सार कार्यालय काँकरभिट्टा हुँदै पठाएको थियो। सोही आर्थिक वर्षमा भुटानबाट आठगुणा बढी अर्थात् झन्डै एक अर्ब ५५ करोड रुपैयाँ मूल्य बराबरका सामान नेपाल आयात भएको थियो। आर्थिक वर्ष २०७४/७५ मा भुटानबाट एक अर्ब नौ करोड रुपैयाँ मूल्य बराबरका सामान नेपाल आयात भएको मेची भन्सार कार्यालय काँकरभिट्टाले जनाएको छ। सोही आर्थिक वर्षमा नेपालबाट भुटान झन्डै साढे चार करोड मूल्य बराबरका सामान निर्यात भएको थियो। भुटानबाट नेपाल आयात गरिने वस्तुहरूमा निर्माण सामग्री उत्पादनका लागि कच्चा पदार्थ विशेष छन्। सिमेन्ट उद्योगहरूमा चाहिने कच्चा पदार्थ, कोइला, विभिन्न प्रकारका पेय पदार्थ, विद्युतीय उपकरणहरू भुटानबाट नेपाल आयात हुने गरेको मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालले बताए। नेपालबाट भुटान निर्यात गरिने वस्तुहरूमा नेपालमा उत्पादित साबुन, चीज बल्स, जुत्ता, नेपाली हस्तकलाका वस्तु आदि छन्। भुटानबाट आलु आदि कृषि उत्पादन पनि नेपाल आयात हुनेगर्छ। तर ती वस्तुको मात्रा अन्य वस्तुको तुलनामा कम छ। नेपालबाट कृषि वस्तु भुटान लैजाने गरिएको छैन। नेपाल र भुटानबीच भएका पहिलो र दोस्रो व्यापारसम्बन्धी वार्ता भएको करिब आठ वर्षपछि केही दिनअघि तेस्रो वार्ता भएको छ। पहिलो वार्ता २०१० र दोस्रो वार्ता २०११ मा भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले बताए। उनले तेस्रो वार्ताले भुटानसँग व्यापार सम्झौताका लागि बाटो खुलेको जानकारी दिए। ढकालले भने, “त्यत्रो समयसम्म गाँठो परेको अवस्थामा रहेको भुटानसँगको व्यापार सम्बन्धलाई जगाउने प्रयास हामीले गरेका छौँ।” उनले आगामी डिसेम्बर महिनामा हुने वार्तामा आयात तथा निर्यातका वस्तुलाई सूचीकृत गर्ने र ती वस्तुलाई नेपाल तथा भुटानमा भन्सार शुल्क मिनाहा वा छुट दिने विषयमा निर्णय हुने बताए। भुटान र नेपालबीच द्विपक्षीय व्यापार सम्झौताको मस्यौदा ‘ट्रेड अग्रीमन्ट ड्राफ्ट फ्रेमवर्क’मा प्राविधिक रूपमा सहमति भएको उनले जानकारी दिए।ढकालका अनुसार व्यापार सम्झौताका लागि एउटा मस्यौदा नेपाल र भुटानलाई मान्य हुनेगरी तयार पार्ने सहमति भएको छ। नेपाल र भुटानबीचको व्यापारका लागि मुख्य नाका पूर्वी नाका काँकरभिट्टा रहेको मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालले बताए। मेची भन्सार कार्यालय काँकरभिट्टा हुँदै नेपालबाट भुटान सामान निर्यात तथा भुटानबाट नेपाल सामान आयात हुने गरेको छ। नेपालको अन्य कुनै पनि नाकाले भुटानको स्थलमार्गलाई छोएको छैन। पूर्वी द्वार काँकरभिट्टाबाट करिब चार घन्टाको यात्रापछि भुटान र भारतबीचको सीमा जयगाउँ-फुन्त्सोलिङ पुगिन्छ। यो नेपाल तथा भारतबाट भुटान प्रवेशका लागि मुख्यद्वार मानिन्छ। नेपालबाट भुटान सामान निर्यात गर्दा होस् वा भुटानबाट नेपाल सामान आयात गर्दा भारतको पनि बाटो प्रयोग गर्नुपर्ने हुन्छ।
सुनसरीमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु इनरुवा । सुनसरीको कोशी गाउँपालिका–३ मा हात्तीको आक्रमणबाट आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३२ वर्षीय अनमोल मुखिया रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीय खरेखोलामा माछा मार्ने क्रममा कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएको जङ्गली हात्तीले आक्रमण गरेपछि मुखियाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए। तीन दाजुभाइसँगै माछा मारिरहेका बेला आरक्षबाट आएको हात्ती देखेपछि दुई भाग्न सफल भएका र अनमोल हिलोमा भेटिएको अवस्थामा हात्तीले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको उनले बताए। मृतक अनमोलको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।रास
नक्कली तमसुक बनाएर ठगी गर्ने श्याम परदेशी पक्राउ सर्लाही । नक्कली तमसुक बनाउँदै ठगी गर्ने श्यामकृष्ण साह कलवार (श्याम प्रदेशी) पक्राउ परेका छन्। मलंगवा नगरपालिका ४ का परदेशीलाई आइतबार साँझ ८ बजेतिर प्रहरी कार्यालय सर्लाहीको टोलीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक प्रतीतसिं राठौरले जानकारी दिए। स्थानीयलाई ठगी गरेको अभियोगमा उजुरी परेको हुँदा उनलाई पक्राउ गरेको डिएसपी राठौरले बताए।
धाकधम्की दिदै रकम असुल्ने ३ जना काठमाडाै‌ंबाट पक्राउ काठमाडौं । बिभिन्न सरकारी कार्यालयका प्रमुखहरुलाई आफू नेकपा विप्लव समुहको काठमाडौं जिल्ला ईन्चार्ज हुँ भन्दै घरमा बम पड्काउने र जिउज्यान लिनेसम्मको धाक–धम्की दिई रकम असुल्ने कार्यमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौं बानेश्वर बस्ने झापा गौरादह नगरपालिका ७ ठेगाना भएका ४२ वर्षीय विश्वराज शर्मा, भक्तपुर मध्यपुर नगरपालिका ३ गठ्ठाघर बस्ने झापा भद्रपुर नगरपालिका ८ ठेगाना भएका ४१ वर्षीय सुवाष कोइराला र काठमाडौं काडाँघारी बस्ने झापा भद्रपुर नगरपालिका ८ ठेगाना भएका २४ वर्षीय सुभम घिमिरे रहेका छन्। उक्त कार्यमा संलग्न उनीहरुलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले शुक्रबार र आइतबार उपत्यकाका बिभिन्न स्थानहरुबाट पक्राउ गरेको हो। उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको र थप अनुसन्धान कार्य जारी रहेको सो महाशाखाले जनाएको छ।
गोरु काट्ने ४ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा उदयपुर । उदयपुरको चौदण्डी नगरपालिका–३ हात्तीसारका चार जना गोरु काट्नेलाई इलाका प्रहरी कार्यालय बेल्टारले पक्राउ गरी आज जिल्ला अदालतमा मुद्दा चलाइएको छ । अवैधरूपमा गोरु काट्दै गरेको अवस्थामा पक्राउ गरी प्रहरीले मुद्दा चलाएकामा चौदण्डी–३ का ५५ वर्षीय रामप्रसाद राई, २८ वर्षीय रामकुमार राई, २१ वर्षीय मनिष राई र २२ वर्षीय प्रविन राई रहेका इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक बुद्धिप्रसाद चौलागाईंले बताए। अभियुक्तलाई शनिबार स्थानीय गाउँ नजिकैको स्थानमा गोरु काटिरहेका अवस्थामा प्रहरीले रङ्गेहात पक्राउ गरेर आज म्याद थप गरी फौजदारी संहिता २०७५ को गोरु काटेको महलअनुसार हुने मुद्दा र सजायअनुसार मुद्दा चलाइएको प्रहरी निरीक्षक चैलागाईंले बताए।
घुस लिएको आरोपमा प्रहरी हवल्दार र जवानविरुद्ध मुद्दा दायर काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोक बनेपाका प्रहरी हवल्दार रामहरि मानन्धर र प्रहरी जवान हरिचन्द्र बाँनियाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। मेलम्चीदेखि काठमाडौँतर्फ बालुवा लिई आउने क्रममा राजमार्गमा पर्ने बनेपा ट्राफिक पोष्टसमेतका कर्मचारीले नदीजन्य पदार्थ ढुवानी गरेवापत सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा केही समय पहिले आयोगले नियन्त्रणमा लिएको थियो। आयोगले उनीहरुबाट रु दुई हजार रकम र विभिन्न कम्पनीका रु दुई लाख ९०० बराबरका रिचार्ज कार्डसमेत बरामद गरेको थियो। यस्तै आयोगले जिल्ला खेलकूद विकास समिति मुगुका तत्कालीन अध्यक्ष लालबहादुर रावत र कोषाध्यक्ष हस्तबहादुर शाहीसमेत चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। जिल्ला खेलकूद विकास समितिका तत्कालीन अध्यक्ष रावत र कोषाध्यक्ष शाहीले रु एक लाख २० हजार बराबरको भ्रष्टाचार गरेको आरोप लागेको छ। खेलमैदान निर्माणमा विनियोजित रकम समितिको बैंक खाताबाट निकासा गरी विद्यालयमा सम्पूर्ण रकम उपलब्ध नगराई हिसाब मिलान गरेर मास्ने नियत राखेको पाइएको आयोगले जनाएको छ। आयोगले लेखापरीक्षक बालकृष्ण खरेल र मतियारको भूमिका निर्वाह गर्ने वीरेन्द्रजङ्ग राना क्षेत्रीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।रासस
रामपुरमा ‘कपडा बैंक’ : गरीब, विपन्नलाई सित्तैमा कपडा पाल्पा । गरीब तथा विपन्न वर्गलाई लक्षित गरेर पाल्पाको रामपुरमा ‘कपडा बैंक’ सञ्चालनमा आएको छ। रामपुर युवा क्लबले आर्थिक अवस्था नाजुक भएका व्यक्ति स्वयं उपस्थित भएर आफूलाई चाहिएका कपडा सित्तैमा रोजेर लगाउन मिल्ने गरी ‘कपडा बैंक’ सञ्चालनमा ल्याइएको हो। कपडा बैंकमा महिला र पुरुषले लगाउने विभिन्न कपडा जस्तैः सारी, चोलो, पेटिकोट, कुर्था सुरुवाल, सल, टिसर्ट, पेन्ट, सर्ट, हाफपेन्टलगायतका तयारी कपडा राखिएको छ। रामपुर युवा क्लबको कार्यालयमा विभिन्न व्यक्तिबाट सङ्कलन भएका कपडा जम्मा गरेर राखिने र इच्छुक व्यक्ति आफैँले गएर रोजेर लैजानसक्ने व्यवस्था मिलाइएको क्लबका सचिव सुन्दर कँडेलले बताए । उनका अनुसार कपडा वितरण र अभिलेखका लागि एक कर्मचारी खटाइनेछ । कर्मचारी र क्लबसँग सम्पर्क गरेर सित्तैमा कपडा लैजान सकिनेछ। कपडा बैंकमा नयाँ र पुराना, सुकिला र सफा लुगा मात्र सङ्कलन गरिएको छ । गरीब र असहायका लागि सहयोग पुगोस् भनेर कपडा बैँक स्थापना गरिएको क्लबका अध्यक्ष छमबहादुर दरै बताउँछन् । “विभिन्न भैपरी आउने घटना, विपन्न परिवारलाई राहतस्वरुप रामपुरमा कपडा बैंकको शुरुआत गरेका हौँ”, उाले भने । सामाजिक हितका लागि यो कार्य राम्रो रहेकाले नगरपालिकाले सक्दो सहयोग गर्दै जाने र हाललाई नगरपालिकाको तर्फबाट रु ५० हजार सहयोग गर्ने रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले बताए । आपत्विपत परेका, गरीब, विपन्न व्यक्तिका लागि यो कार्यक्रमले सहयोग पुग्ने र उद्योग वाणिज्य सङ्घले पनि यस कार्यक्रम सञ्चालन गर्न सक्दो सहयोग गर्ने रामपुर उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष रुद्रनारायण श्रेष्ठले बताए। रामपुरका विभिन्न बजारका पसलमा नबिकेका, गोदाम र पसलमा मौसम सकिएर थन्किएका कपडा सङ्कलन गरेर कपडा बैंकमा जम्मा गर्ने व्यापारीले बताएका छन्। घरमा प्रयोग नभएका कपडासमेत खोजीखोजी बैंकमा लगिएको छ । रामपुरमा ‘कपडा बैंक’ स्थापना भएपछि गरीब तथा अति विपन्न परिवारलाई ठूलो राहत पुग्ने देखिएको छ। रासस
सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु काठमाडौं । अछाम, रोल्पा, रुपन्देही र झापामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ। अछाम, मेल्लेख गाउँपालिका ७ नदेगडास्थित सडकमा साँफे बगरबाट मेल्लेखतर्फ जाँदै गरेको से १ ज ९८६ नम्बरको जिप सडकबाट अन्दाजी ३ सय मिटर तल खसेर शुक्रबार साँझ दुर्घटना हुँदा जिपमा सवार मेल्लेख गाउँपालिका ७ नदेगडा बस्ने ३० वर्षीया कौशी साउद र ३१ वर्षीया किथ्थी साउदको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका चालक सहित ५ जनालाई उपचारको लागि न्याय हेल्थ अस्पताल बयलपाटा लगिएको छ। रोल्पा, रोल्पा नगरपालिका ७ निम्रीस्थित सडकमा ना १ ज ४६५६ नम्बरको जिप सडकबाट अन्दाजी ८ सय मिटर तल माडी खोलाको बिचमा खसेर शुक्रबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका १० धङसी बस्ने ३२ वर्षीय दिल बहादुर बुढाको मृत्यु भएको छ। रुपन्देही, सैनामैना नगरपालिका १ रानीकुवा चोकस्थित सडकमा लु १ ज १७४६ नम्बरको जिपको ठक्करबाट गम्भीर घाइते भएकी पैदलयात्री सोही ठाउँ बस्ने ७० वर्षीया नन्दाकली सुबेदीको प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको छ। जीप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। झापा, कन्काई नगरपालिका १ जामुनवारी चोकस्थित सडकमा को १ ख ७२०४ नम्बरको बसले मे ११ प ८९७७ नम्बरको स्कुटरलाई शनिबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएकी स्कुटर चालक भद्रपुर नगरपालिका(९ बस्ने २८ वर्षीया सुजना पोख्रेलको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको छ। स्कुटरलाई ठक्कर दिई बस आफै अनियन्त्रित भई पल्टिँदा घाइते भएका अन्य १७ जनाको सोही अस्पतालमा उपचारको भइरहेको छ। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
ट्र्याक्टर दुर्घटनामा परी दुईको मृत्यु रुकुमपश्चिम । रुकुम आठबीसकोट नगरपालिका–६ मन्काबगरमा आज बिहान ट्र्याक्ट दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा आठबीसकोट नगरपालिका–५ का १६ वर्षीय धनबहादुर विक र नाम नखुलेका एक जना रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए। दुर्घटनामा परी घाइते भएका ट्र्याक्टर चालक आठबीसकोट नगरपालिका–६ दामाचौरका २० वर्षीय चन्द्रबहादुर वादी, सोही ठाउँका १७ वर्षीय बलबहादुर विक र सोही वडाको छिमीका १५ वर्षीय मोहन बोहराको आठबीसकोट नगर अस्पतालमा उपचार भइरहेका प्रहरी नायब उपरीक्षक खड्काले बताए। घाइतेमध्ये चालक वादीको स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था सामान्य रहेको उनको भनाइ छ। दामाचौरबाट करपगार जाँदै गरेको भे १ च ७८९३ नंको ट्र्याक्टर सडकबाट करीब १०० मिटर तल भेरी नदीको किनारामा खसेर दुर्घटना भएको थियो।
भन्सार छलि ल्याएका विभिन्न आयुर्वेदिक औषध सहित १० जना पक्राउ वर्दिया । ठाकुरबाबा नगरपालिका १ बस्ने राम प्यारी थारु समेत १० जनालाई भन्सार छली अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको अन्दाजी १ लाख ८४ हजार ६ सय ११ रुपैयाँ मूल्य बराबरका बिभिन्न आयुर्बेदिक औषधी सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले मधुवन नगरपालिका ५ बाट उक्त आयुर्बेदिक औषधी सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
साढे ७ किलो अवैध लागूऔषधसहित ३ जना पक्राउ काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका १० कपन रुद्रमती चोक बस्ने तेह्रथुम आमल गाउँपालिका ५ घर भएका ३० वर्षीय सुमन लिम्बुलाई लागूऔषध आईस २ दशमलब ३० ग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो। मोरङको लेटाङ गाउँपालिका २ बुधबारे बस्ने ६० वर्षीय हरिन्द्र कुमार राईलाई अवैध लागूऔषध गाँजा करिब १ किलो ५ सय ग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो। नवलपरासी (पूर्व)को देवचुली नगरपालिका १७ बस्ने ७४ वर्षीय मिन बहादुर मल्ललाई अवैध लागूऔषध गाँजा ५ किलो ५ सय ग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरीले उनको घर खानतलासी गर्ने क्रममा लुकाई छिपाई राखेको अवस्थामा उक्त परिमाणको लागूऔषध गाँजा फेला परेको हो। यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
जग्गा विवादले कालीगण्डकी प्रसारण करिडोरको लाइन निर्माण ठप्प लक्ष्मीप्रसाद सापकोटा काठमाडौँ । कालीगण्डकी प्रसारण करिडोरअन्तर्गत २२० केभी क्षमताकोको खुर्कोटदेखि म्याग्दीको दानासम्मको प्रसारण लाइनको टावर निर्माण ठप्प बनेको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पोखरेबगर, बैसरी र रातोपानीका पीडित बासिन्दाले विरोध गरेपछि काम ठप्प बनेको हो। आयोजना र पीडित घरधनीबीच दुई वर्षदेखिको विवादले प्रसारण लाइन निर्माण रोकिँदा जलविद्युत् आयोजना निर्माणमा ढिलाइ हुनाका साथै उत्पादित विद्युत् खेर जाने स्थिति सिर्जना भएको छ। बस्ती र घरलाई असर नपर्ने गरी प्रस्तावित टावर र प्रसारण लाइनको नक्सा परिवर्तन गर्न, मुआब्जा समायोजन र वातावरण संरक्षणको काम गर्नुपर्ने स्थानीयवासीको मागमा सहमति जुट्न नसकेपछि पोखरेबगर क्षेत्रका छ टावर निर्माण अघि बढ्न सकेका छैनन्। आँगनमै टावर राखेर बस्तीको बीचबाट प्रसारण लाइन लैजान लागिएकाले विकल्प खोज्न भनिए पनि आयोजनाले बेवास्ता गरेको पोखरेबगरका रामबहादुर बरुवालले बताए। सहमति नजुटेपछि जग्गाधनीले मुआब्जासमेत बुझेका छैनन्। आयोजना अप्ठ्यारोमा परेको छ। मागको सुनुवाइ नभएसम्म काम गर्न नदिने स्थानीयवासीको अडान छ। उनीहरुले टावरको जग खन्न परिचालन भएका मजदूर र डोजरलाई फर्काउँदै आएका छन्। म्याग्दीको दानादेखि पर्वतको खुर्कोटसम्मको ३९ किलोमिटर दूरीमा रहेका ११४ मध्ये १०७ टावर निर्माण भइसकेका छन्। धेरैजसो ठाउँमा तार तान्ने काम पनि भइरहेको छ। जग्गा धनीसँगको विवादले पर्वतको जलजला गाउँपालिकाको मल्लाजमा एउटा टावर पनि बन्न सकेका छैनन्। पोखरेबगरमा प्रस्तावित ठाउँमा टावर निर्माण गर्दा धनबहादुर बरुवाल, रामबहादुर जिसी, वीरबहादुर खत्री र सोमबहादुर भण्डारीका परिवार विस्थापित हुने भएका छन्। अहिलेको नक्साअनुसार टावर र प्रसारण लाइन निर्माण गर्दा पोखरेबगरस्थित गाउँपालिकाको भवन निर्माणस्थल र शिव मन्दिरसमेत जोखिममा पर्ने देखिएको छ। स्थानीयवासीको मागअनुसार टावर र प्रसारण लाइनको नक्सा परिवर्तन गर्न आर्थिक, प्राविधिक, सामाजिक र वातावरणीय हिसाबले सम्भव भए/नभएको विषयमा स्थलगत अध्ययन गर्न लागिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए। स्थानीयवासीले अहिलेकै नक्साअनुसार टावर र लाइन बनाउन नदिने तथा आयोजनाले नक्सा परिवर्तन गर्न नमिल्ने अडान राख्दै आएका छन्। अन्नपूर्ण-६ का वडाध्यक्ष कृष्णप्रसाद बरुवालले प्रभावित बासिन्दा र आयोजनाबीच छलफलको माध्यमबाट निकास निकाल्न प्रयत्न भइरहेको बताए। आयोजना प्रमुख चन्दनकुमार घोषले प्राविधिक र आर्थिक हिसाबले नक्सा परिवर्तनको सम्भावना नभएको बताए। नेपाल विद्युत् प्राधिकरणले एशियाली विकास बैंकको सहयोगमा कालीगण्डकी करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत सन् २०१६ को मेदेखि शुरु गरेको दाना, खुर्कोट सवस्टेशन र प्रसारण लाइन गत कात्तिकमै सक्ने लक्ष्य थियो। पहिलोपटक छ महीना थपिए पनि काम नसकिएपछि गत असारमा दोस्रोपटक तीन महीनाको म्याद थपिएको आयोजना प्रमुख घोषले बताए। सवस्टेशन र अन्य ठाउँमा प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको छ। रु दुई अर्ब ९० करोडमा टाटा प्रोजेक्ट्स र चिन्ट इलेक्ट्रिक जेभीले सवस्टेशन तथा प्रसारण लाइन बनाउने ठेक्का लिएको थियो। सन् २०१८ को नोभेम्बरमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना विवादले करीब एक वर्षपछि धकेलिएको छ। हालसम्म ९० प्रतिशत काम सकिए पनि स्थानीयवासीको अवरोध चुनौती बनेको छ। म्याग्दी र मुस्ताङमा कालीगण्डकी र सहायक नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत केन्द्रीय प्रसारण लाइनमा जोड्न सवस्टेशनका साथै प्रसारण लाइन निर्माण गर्न लागिएको थियो।रासस
सडकमै चालकको आँखा र रक्तचाप परीक्षण काठमाडौँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको दमौली–डुम्रे सडकखण्डको छिर्कनेमा ट्राफिक प्रहरी खटिए। उनीहरुले सवारी रोक्दै चालकलाई बोलाउन थाले। सवारी चालक कारवाहीमा परिने हो कि भन्ने डरले झस्किए। गाडीबाट निस्केर बाहिर आएपछि उनीहरुले थाहा पाए, स्वास्थ्य परीक्षणका लागि बोलाइएको रहेछ। आँखाको कमजोरीका कारण हुनसक्ने सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि जिल्ला प्रहरी कार्यालय तनहुँ र ट्राफिक प्रहरी कार्यालय तनहुँले सडकमै सवारीचालकको स्वास्थ्य परीक्षण गरेको छ। लामो दूरीका सवारीसाधन र मालवाहक ट्रकका कारण धेरै दुर्घटना हुने गरेकाले दोस्रोपटक सवारी चालकको स्वास्थ्य परीक्षण गरिएको प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए। दमौली अस्पतालको प्राविधिक सहयोगमा भएको आँखा शिविरमा १२६ चालकको आँखा र रक्तचाप परीक्षण गरिएको ट्राफिक प्रमुख प्रहरी नायब निरीक्षक पूर्णबहादुर अधिकारीले जानकारी दिए। ती चालकमध्ये तीन जनाको आँखा कमजोर देखिएकाले थप उपचारका लागि सुझाव दिइएको उनले बताए। त्यस्तै १६ जना चालकको रक्तचाप उच्च देखिएकाले औषधि प्रयोग गर्न सुझाव दिइएको थियो।
अछाममा जीप दुर्घटना : २ जनाको मृत्यु, ५ घाईते अछाम । अछाममा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्। साफेबगरबाट मेल्लेख गाउँपालिकातर्फ जाँदै गरेको से १ ज ९८६ नं जीप मेल्लेख गाउँपालिका ७ नन्देगडामा जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक तथा प्रवक्ता रमेशदत्त अवस्थीले जानकारी दिए। उनका अनुसार शुक्रबार साँझ ५ बजे दुर्घटना हुँदा सोही ठाउँकी कौशी साउँद र किथ्थी साउँदको मृत्यु भएको छ। भने अन्य ५ जना घाइते भएका छन्। थप विवरण आउन बाँकी नै छ।
सुडान काण्डका फरार ठेकेदार शम्भु भारती पक्राउ काठमाडौं। नेपाल प्रहरीको सुडान शान्ति मिसनको सुरक्षा बन्दोवस्ती सामान खरिद प्रकणमा भ्रष्टाचार गरेका नेपाली ठेकेदार शम्भु भारती शुक्रबार पक्राउ परेका छन्। भारती ललितपुरबाट पक्राउ परेको प्रहरी प्रधान कार्यालयका सहप्रवक्ता एसएसपी उमेशराज जोशीले डिसी नेपाललाई जानकारी दिए। उनले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको बताए। सर्वोच्च अदालतले भारतीलाई १४ करोड २० लाख विगो र जरिवानासहित एक वर्ष जेल सजाय फैसला गरेको थियो । भारती निर्माण कम्पनी अस्योर्ड रिक्स लिमिटेड, लन्डनका स्थानीय प्रतिनिधि एवं भगवती ट्रेडर्सका सञ्चालक थिए। यही कम्पनीबाट खरिद भएको सामानमा अनियमितता भएको सार्वजनिक भएको थियो । सुडानको डाफरमा शान्ति मिसनका लागि खटिएको नेपाल प्रहरीको बन्दोवस्तीको सामाना (एपीसी) खरिदमा करोडौं भ्रष्टाचार भएको थियो। सो प्रकरणमा नेपाल प्रहरीका तीनजना महानिरीक्षकहरुले जेल सजाय भोगिसकेका छन्।  भारती ती सामान उपलब्ध गराउने अन्तर्राष्ट्रिय सप्लायर्सका नेपाली एजेन्ट थिए।
छोरीको हत्या गरि फरार बाबु १९ वर्षपछि पक्राउ बुटवल । छोरीको हत्या गरी फरार अभियुक्तलाई १९ वर्षपछि रुपन्देही प्रहरीले पक्राउ गरेको छ । गैडहवा गाउँपालिका–६ गुलरीयाका ६३ वर्षीय पूर्णवासी लोनीयालाई प्रहरीले सिद्धार्थनगर नगरपालिका–५ मालपोत कार्यालय अगाडिबाट पक्राउ गरेको हो । पक्राउ परेका लोनीयालाई आज जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमार्फत जिल्ला अदालत रुपन्देहीमा पेश गरिएको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए। लोनीयाकी १५ वर्षीया छोरी कान्ती २०५४ साउन २३ गते हराएकी थिइन् । हराएकी कान्तीको कङ्काल २०५४ भदौ १३ गते खेतमा भेटिएको थियो । उनको कपडाको आधारमा पहिचान गरिएको थियो । घट्नापछि लोनिया फरार थिए ।
घुससहित यातायात कार्यालय धनगढीका ३ कर्मचारी पक्राउ धनगढी । घुससहित यातायात कार्यालय धनगढीका निमित्त प्रमुखसहित तीन जनालाई अख्तियारको टोलीले पक्राउ गरेको छ। गाडी बिक्री गरेवाफत नामसारी गर्दा रकम माग गरेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरबाट खटिएको टोलीले कार्यालयका निमित्त प्रमुख शाखा अधिकृत गम्भीर सिंह विष्ट, शाखा अधिकृत (सातौँ तह) भुवन जोशी र अधिकृत छैटौँ जयराज कारिगरलाई १ लाख ६६ हजार एक सय रुपैयाँसहित रंगेहात नियन्त्रणमा लिएको आयोगको शाखा कार्यालय महेन्द्रनगरका सूचना अधिकृत टोप बहादुर विष्टले बताए। उनीहरु तीनै जनालाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाईएको आयोगले जनाएको छ।
नेपाली रेडियो क्यालगरीद्वारा धुमधामसँग मनाइयो तीज विशेष कार्यक्रम क्यानडा । गत अगस्ट २७ तारिकका दिन नेपाली रेडियो क्यालगरीले ५० औं एपिसोडको अवसरलाई केन्द्रित गरेर महिलाहरूलाई स्वागत गर्दै तीज पर्व सम्बन्धि विभिन्न प्रश्नहरूको साथै मनोरञ्जनात्मक सांगेतिक कोशेलीहरूमा महिला दिदी, बहिनी र आमाहरूको नित्र्य लाईभ प्रदर्शन समेत गराएर दर्शक तथा स्रोताहरूलाई मनोरञ्जन दिएको थियो। अतिथिहरूमध्ये भ्यानकुभरबाट रेडियो लाईभमा थिइन् मीनु राजभंडारी दाहाल । उनी President of Nepali Canadian Women’s Society of BC Canada आएकी १८ वर्ष हुनुको साथ साथै नेपाली समाजको विकासमा अति सक्रिय भएर volunteer गर्दै आएकी पनि १८ वर्ष नै भईसकेको छ। नेपाली समाजको विकासको लागि कहिले सक्रिय कहिले असक्रिय भई सेवा गर्दै आएकी उनी अहिले ब्रिटिश कोलम्बिया प्रोभिन्सको नेपाली क्यानाड़ा महिला समाजको सभापतिको पद दोस्रो पटक पनि सम्हालीसकेकी छन् भने उनी समयले भ्याउन्जेलसम्म सेवा गर्ने अठोट राख्छिन्। त्यसैगरि हाम्रो अर्को अतिथि शर्मिला रानाभाट थिइन्। उनी विगतका दिनहरूमा त्रिचन्द्र क्याम्पस ग्रामिण विकास बिभागमा विभागीय प्रमुख तथा उपप्राध्यापकको रूपमा काम गर्दै आएकी थिइन भने हाल आएर Mount Royal University मा कार्यरत छिन्। उनले नेपाली रेडियो क्यालगरीलाई कार्यक्रम उत्पादन गर्नुको साथ साथै कार्यक्रम प्रस्तोताको रूपमा सहयोग पनि गर्दै आएकी छन्। उनी हाम्रो धर्मसंस्कृतिका राम्रा पक्षहरुलाई प्रोत्साहान गर्दै रुढिबादी परम्पराहरु लाई हाम्रै पुस्ताबाट अन्त्य गरिनुपर्छ भन्ने मान्यता राख्नु हुन्छ भने उनी तीज पर्वलाई ब्यस्त जीवन, काम, घरपरिवार, बालबच्चा प्रतिको जिम्मेवारी र सामाजिक दायित्वहरु एकछिन थाती राख्दै दिदी–बहिनी, आमा–छोरी मिलेर दुःख सुख साट्दै रमाइलो गर्ने एउटा महिलाहरूको महान पर्वको रुपमा लिने गरेको बताउँछिन्। त्यसैगरी देवी घिमिरे समय अनुसार परिवर्तित विचार र व्यवहार भएको र तीजलाई सम्पुर्ण नारीहरूले आ आफ्नो तरिकाले मनाउन पाउनु पर्छ र त्यसले परिवार, समाज र देशमा विकृति भने ल्याउनु हुँदैन भन्ने विचार बोकेको एक अनुभवि महिला हुन् । त्यसैगरी चन्द्रकला घिमिरे, एन्सिएस्सी नेपाली पाठशालाकी शिक्षिका हुन्। उनी त्यस संस्थामा आब्बध भएर नेपाली भाषा अध्यापन गराउन थालेको करिव पाँच वर्ष भएको छ भने उनलाई आफ्नै देशको माया भाषा, कला, सस्कृति अनि चाडपर्व धेरै प्यारो लाग्ने भएकाले उनी विदेशमा रहेर पनि स–साना भाइ बहिनीलाई आफ्नै देशको नेपाली भाषा, कला र संस्कृति सिकाउँदै आएकी छन्। त्यसैले उनको अवधारणामा भने हामी नेपालीहरू जहाँ जसरी रहेपनि यी अमुल्य चाड पर्व र संस्कृति हाम्रा भावी सन्ततिलाई हस्तान्तरण गर्नुपर्दछ भन्ने मान्यता रहेको छ। उनीहरूले पालै पालो महिलाहरूको महान चाड मानिने तीजपर्व कहिलेबाट किन मनाउन शुरू गरियो, यसको नामकरण कसरी गरियो? यो पर्व किन महिलाको लागि मात्र विशेष मानियो? यस पर्वलाई कतिपय महिलाहरूले यस पर्वलाई फरक–फरक ढंगले मनाउने गरेको पाईन्छ भने त्यस्तो प्रवृतिलाई कसरी लिने त? यस पर्व मात्र महिलाको लागि भनिन्छ तर पुरूषहरूलाई भगवान मानेर पानी पनि नपिई पुजा गरेर श्रीमतीहरूले आ–आफ्नो श्रीमानको गोडाको पानी खाने प्रचलन पनि पाईन्छ जुन कुरा हिन्दु ग्रन्थमै उल्लेख गरिएको होला त? तीज पर्वमा पानी पनि नखाई वर्त वस्नाले साँचै पुरूषहरूको आयु बढ्ला त? यस पर्वलाई कसरी मनाउँदा सदाको लागि जीवन्त बनाउन सकिएला त? भन्ने जस्ता प्रश्नहरूको वास्तविक जवाफहरू प्रस्तुत गरेका थिए। कार्यक्रम प्रोड्यूसर लक्ष्मी लम्साल खनालले महिलाहरूको महान पर्व मानिने तीज विशेष पर्व सम्बन्धि विभिन्न प्रस्नहरूलाई केलाउँदै तीज पर्वलाई सदाको लागि जीवन्त बनाउन बिगत, वर्तमान र भविस्यलाई तुलनात्मकरूपले हेरेर सहि ढंगले मनाईनु पर्दछ जुन सबैका लागि मान्य हुनुपर्दछ र यस सम्बन्धि सरकारले कानुनी व्यवस्था कायम गर्नै हो भने यस पर्व सबैकालागि समानता रूपमा परिणत हुन्थ्यो कि भन्ने अवधारणा प्रस्तुत गर्नुको भएको थियो भने कार्यक्रम सहयोगीको रूपमा रहेकी लिजा भट्टराईले समेत तीज पर्व ठुला दिदि, आमाहरूको लागि मात्र नभई हामी बालबालिकाहरूलाई पनि यसको महत्वबारे जानकारी हुनुपर्दछ भन्ने जस्ता प्रस्न उठाएकी थिईन्। कार्यक्रम संयोजक कुसुम ज्ञवालीले तीज पर्व रेडियो क्यालगरिमा लाईभ गरिएको ईतिहासमै पहिलो पटक हो भन्दै अत्यन्त हर्ष उल्लासका साथ व्यक्त गरेकी थिइन्। उनले आत्मीयताका साथ महिला दिदि बहिनी र आमाहरूलाई सेल रोटी तरकारी अचार जस्ता खानपान र कार्यक्रम लाईभ क्यामराको समेत व्यवस्था गरेकी थिइन्। कार्यक्रम लाईभ उद्भघोषक भावाना पोख्रेलले प्रत्येक महिला दिदी बहिनी र आमाहरूको परिचय गराउनुको साथै आफू समेत छम–छमी निर्त्य प्रदर्शन गरेकी थिइन तर रेडएफको लाईभ प्रत्यक्ष प्रसारणमा गुणस्तर कमि आएको थियो तर त्यैपनि कार्यक्रमको अन्त्य सम्म आमा, दिदी, बहिनी र साथीहरू भने छम छम नाचेकी थिइन। त्यसैगरी कार्यक्रममा एकल निर्त्य प्रस्तुत गर्नैहरूमाः यानी दुलाल, पुनम गौतम अधिकारी, कोपिला रूपाखेती खनाल, शोभा गौतम कार्की र देवी घिमिरे थिइन भने दुकल नृत्यहरूमा सम्बृद्धि पान्डे, रिया श्रेष्ठ, चन्द्रकला घिमिरे र सारिक्सा देवकोटा थिइन् भने त्यसैगरी समुह नृत्य गर्नैहरूमा मिना सापकोटा, मैया न्यौपाने, डिमा देवी खनाल, रूकमणी पुर्णासैनी, बालकुमारी खनाल, गंगा शर्मा, जानुका अर्याल, शोभा खनाल, सुरूती उप्रेती, वृत्ति राई, नानु अधिकारी रुक्मणी श्रेष्ठ, बशु भन्डारी, लुना भट्टराई, रूक्मणी गजुरेल, अमृता लुईटेल, अधिकारी ढकाल थिए भने कार्यक्रममा स–साना नानी वावुहरू विजेस भट्राई आर्यान श्रेष्ठ, अनुभा लुईटेल, लिजा खनाल रअभि ग्यावलीको पनि उपस्थित थियो। रेडियो सदस्य बाहेक कार्यक्रम सहयोगीहरूमा गंगा शर्मा, वंशु भन्डारी, मिना सापकोटा, शोभा गौतम कार्की, भागवत भन्डारी, कोपिला रूपाखेती खनाल, पुनम अधिकारी, यानी दुलाल, बिक्रम भट्टराई, गोविनद लुँईटेल र गोपाल खनाल थिए। कार्यक्रममा प्राविधिक रूपमा सहयोग गर्न सर्वण गिरी र अभिषेक भण्डारी उपस्थित थिए। (हेर्नुहाेस् भिडियाे सहित)
मालपोत कार्यालय बुटवलका खरिदार र लेखापढी व्यवसायी घुससहित पक्राउ काठमाडौं । मालपोत कार्यालय बुटवलका खरिदार र लेखापढी व्यवसायी घुस रकमसहित पक्राउ परेका छन्। खरिदार जीवनाथ पाण्डे र लेखापढी व्यवसायी कमल पाण्डेले जग्गा नामसारी र लालपूर्जा दिने कार्यको सहजीकरणका लागि सेवाग्राहीसँग विभिन्न बहाना बनाई घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक विज्ञप्ति जारी गर्दै खरिदार पाण्डे र लेखापढी व्यवसायी पाण्डेलाई सेवाग्राहीसँग १ लाख २० हजार घुस वापतको रकम लिइसकेको अवस्थामा पक्राउ परेका हुन्। उनीहरुलाई मालपोत कार्यालय बुटवल अगाडि रहेको ढकाल-पाण्डे लेखापढी सेवाको कार्यालयबाट घुस रकम सहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।
तीज संस्कृति : हराउँदै नारी बेदनाका गीत हरेक समाजका आफ्ना आफ्नै रीति रिवाज, धर्म र संस्कृति हुन्छन्। यसैले समाजमा विविधता कायम भएको छ। र, यही विविधता नै समाजको सौन्दर्यता पनि हो। एउटै फूलको बगैंचा भन्दा थरिथरिका फूल फूलेको बगैंचा नै बढी सुन्दर देखिन्छ। त्यसै गरी सास्कृतिक विविधता भएको समाज नै एउटै मात्र संस्कृति भएको समाज भन्दा बढी सुन्दर देखिन्छ। यही विविधताले भरिएको समाजमा अनेक धर्मावलम्बी मानिस बस्दै आएका छन्। र, त्यही धर्मसँग जोडिएर सस्कृति र रीति रिवाज पनि बन्दै र पालन हुँदै आएका छन्। नेपाली महिलाहरुको महान पर्व तीज नेपालीका घर आँगनमा आइसकेको छ। तीज आउनु महिनौं अघिदेखि महिलाहरु भेला भइ दर खाने कार्यक्रम चलिरहेको छ। हिन्दु महिलाको महान पर्व तीज धार्मिक आस्था र सांस्कृतिक महत्वका साथ मनाइने भएपनि आधुनिकताका नाममा नचाहिँदो तडक भडक पार्टी प्यालेसदेखि पाँचतारे होटलसम्म दर खाने, ख्वाउने र बहुमूल्य वस्तुको प्रदर्शनी गर्ने होड चल्न थालेपछि तीज पर्वकोे वास्तविक मौलिकता हराउन थालेको छ। पछिल्ला केही वर्षदेखि विभिन्न संघसंस्था, राजनीतिक दलहरु र तिनका भातृ संगठनको आयोजनामा सामूहिक रुपमा दरखाने अभियान चलिरहेको छ। कुनै पनि चाड पर्व आफ्नो हैसियत अनुसार मनाउनुपर्छ। धर्म संस्कृतिको सम्वद्र्धन र प्रवद्र्धन गर्नुपर्छ। केही हदसम्म समय क्रम अनुसार परिवर्तन पनि गर्नुपर्छ। तर पछिल्लो समय तीज भड्किलो भन्दै गएको छ। हुने खानेले पार्टी प्यालेसदेखि पाँच तारे होटलसम्म तीजको दर खाने र वैभव देखाउन चलनले आर्थिक अवस्था कमजोर भएका मानिसलाई यसले प्रत्यक्ष रुपमा प्रभावित बनाएको छ। यसकारण कुनै पनि चाड पर्व धर्म संस्कृतिको रुपमा मनाउनुपर्छ, यसलाई देखासिखीको रुपमा मनाउनु हुँदैन। समयक्रमसँग नेपालमा तीज मनाउने चलन फेरिएको छ। सांस्कृतिक र पारिवारिक महत्व बोकेको तीज मनाउने क्रममा आएको परिवर्तनले तीजमा सस्तो र अभद्र माया प्रेमको विषयले ठाउँ पाएको छ। तीजका पुराना लोकभाका र सन्देश आधुनिकतासँगै हराएको छ। तीज आउनुभन्दा महिनौं अघिदेखि यसको सांगीतिक माहोल तयार भइसकेको हुन्छ। धार्मिक र सांस्कृतिक मौलिकतालाई चटक्कै बिर्सेर तीजलाई समयानुकूल परिस्कृत गर्ने नाममा तीज आउनु महिनौ अघिदेखि पार्टी प्यालेस र होटलमा महँगा गरगहना कपडा प्रदर्शनी गर्ने र टिकट बिक्री गर्ने प्रचलन बढेको छ। पार्टी प्यालेस घर टोल र सडक तीजमय देख्न पाइन्छ दिदीबहिनीहरु महँगा पहिरन र गहनामा सजिएर दर खान हिँड्ने र डिस्कोमा जस्तै जथाभावी उफ्रिने प्रचलन हावी भएको छ। हिजोआज तीजमा गाइने मिठा सामाजिक सन्देश बोकेका र गम्भीरलय तथा भाव भएका गितहरु सुनिन छोडेका छन्। लेखिका केटा केटी अमर्यादित पाराले नाचिरहेका दृश्यहरुले टेलिभिजनका पर्दाहरु र युटुयुब रंगिएका छन्। सामाजिक सञ्जालका भित्तामा महँगा गहना र महँगा भेषभुषलाई प्राथमिकता दिएर रंगिएका देखिन्छन्। आर्थिक हिसाबले पनि तीज झन खर्चिलो र भड्किलो फेसन अस्वस्थकर खानपान आदिले एकातर्फ सामाजिक जनजीवनमा नकारात्मक प्रभाव पार्छन् भने अर्कोतर्फ फजुल खर्च र उपभोग्य प्रवृत्तिको विकासलाई सहयोग पुर्याइरहेको छ। तीज मनाउने क्रममा हुनेखाने महिलाहरुले हुँदाखाने महिलाहरुलाई पछाडि पारेका छन्। अर्थात् तीजमा आएको विकृति र भड्किलो फेसनले कमजोर आर्थिक हैसियत भएका महिलाहरुले तीज मनाउन नसकिरहेको स्थिति छ । केही वर्ष अघिसम्म तीजलाई महिलाहरुले आफनो विशिष्ट चाडका रुपमा मनाउँथे। आफना पिर, व्यथा, वेदना अनि सुख दुखलाई गीत संगीतका माध्यमबाट अभिव्यक्त गर्थे। तीजका गितहरुमा महिलाहरु एकत्रित भएर नाच्थे एकापसमा गाउँथे तर अहिले त्यस्ता गित सुन्न पाइँदैनन्। समयाक्रमसँगै तीजको संस्कृति विकृतिमा परिणत भएको छ। तीजका गितहरु रत्यौली र झ्याउरे जस्ता भएका छन महिनौं दिन देखि तीजका नामा दर र दारु खाने परम्पराले संस्कृति जगेर्ना गर्न सक्दैन। त्यसैले तीजलाई नाच्ने र गाउने चाडको रुपमा मात्र नलिई परम्परा र संस्कृति धान्ने चाडका रुपमा लिनु उपयुक्त हुन्छ। हाम्रा परम्परा संस्कार र संस्कृतिमा हाम्रो मोह बढेको छ। आफनो माटोको मायाले होला जुन चाड पनि हामीले अत्यन्तै रमाइलोको साथ मनाउने गरेका छौं। महिलाहरुले मात्र मनाउने प्रमुख चाड हो तीज। आजभन्दा तीन वर्ष अगाडि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भड्िकलो र खर्चिलो गरि तीज मनाउनेलाई सामाजिक सुधार ऐन अनुसार कारबाही गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको थियो। त्यसयता केही सुधार पनि नभएको होइन् । तरपनि सम्बन्धित निकायले त्यस कार्यलाई निरन्तरता दिन नसकेकाले तीज पुनः भड्किलो र खचिलो बन्दै गईरहेको पाइन्छ । सर्वसाधारण परिवारमा पार्ने आर्थिक भार र मानसिक असरलाई ध्यानमा राखेर चार्डपर्व भडकिलो र खर्चिलो नगरीकन मनाऔ । सबैलाई तीजको शुभकामना ब्यक्त गर्दछु ।
तनहुँमा कारको ठक्करबाट एक युवतीको मृत्यु डुम्रे । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ चुनपहरामा आज बिहान पर्यटक कारको ठक्करबाट एक युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँ बस्ने १८ वर्षीया मनिषा परियार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा१य १३९७ नं को कारले पैदलयात्री परियारलाई ठक्कर दिए पछि सख्त घाइते उनको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए। ठक्कर दिने कार र चालक प्रहरी नियन्त्रणमा छन्।
गोर्खा ब्रुअरी प्रशासकीय पुनरवलोकनमा जाँदै काठमाडौँ । अन्तःशुल्क निर्धारणसम्बन्धी सर्वोच्च अदालतको आदेश चित्त नबुझेपछि गोर्खा ब्रुअरी प्रशासकीय पुनरवलोकनमा जाने भएको छ।प्रशासकीय पुनरावलोकनमा जान जम्मा गर्नुपर्ने २५ प्रतिशत रकम कम्पनीले आन्तरिक राजश्व कार्यालय भरतपुरमा जम्मा गरिसकेको छ। कार्यालय प्रमुख शुवप्रसाद रिजालका अनुसार भदौ ९ गते कूल रकमको २५ प्रतिशत रकम रु २१ करोड ७८ लाख ब्रुअरीले कार्यालयमा जम्मा गरेको छ। अन्तःशुल्क ऐन, २०५८ को दफा १९ मा अन्तःशुल्क अधिकृतले अन्तःशुल्क निर्धारण तथा असुलीका सम्बन्धमा गरेको निर्णयउपर चित्त नबुझेमा त्यस्तो सूचना पाएको मितिले ३० दिनभित्र प्रशासकीय पुनरावलोकनका लागि महानिर्देशकसमक्ष निवेदन दिनसक्ने उल्लेख छ। सर्वोच्चको फैसलापछि आन्तरिक राजश्व कार्यालयले साउन १२ गते ब्रुअरीलाई अन्तःशुल्क भूक्तानीका लागि पत्र पठाएको थियो। यो मितिले ३० दिन नाघेको भए पनि म्याद गुज्रेको अवस्थामा महानिर्देशकले मनासिव देखिएमा ३० दिन थप गर्नसक्ने उल्लेख छ। ब्रुअरीले समय थप मागेर प्रशासकीय पुनरावलोकन गर्ने जनाएको छ। सर्वोच्चको आदेश स्वीकार गरेको भए ब्रुअरीले पत्र पाएको सात दिनभित्र रकम दाखिला गर्नुपर्ने हुन्थ्यो । रिजालले २५ प्रतिशत रकम भूक्तानी गरिसकेकाले अबको बाटो पुनरावलोकन भएको जानकारी दिए। अदालतको फैसलासँगै आन्तरिक राजश्व कार्यालय भरतपुरले गोर्खा ब्रुअरीलाई अन्तिम अन्तःशुल्क निर्धारण आदेश जारी गरेको थियो। कार्यालयले दुई आर्थिक वर्षको तिर्न बाँकी रहेको रु ८७ करोड १४ लाख ९७ हजार ५७८ सात दिनभित्र दाखिला गर्न आदेश जारी गरेको हो। कार्यालयले आर्थिक वर्ष २०७३/७४ को रु ५३ करोड २१ लाख ५७ हजार ६१५ र आर्थिक वर्ष २०७४/०७५ को रु ३३ करोड ९३ लाख ३९ हजार ९६३ अन्तःशुल्क, जरिवाना र विलम्ब शुल्क दाखिला गर्न पत्राचार गरेको हो। सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले साउन ८ गते यसअघि उच्च अदालत पोखराले गरेको आदेशलाई उल्ट्याएपछि कर सङ्कलन गर्ने बाटो खुलेको थियो। दुई प्रतिशत मात्र जर्ती पाउने भए पनि फ्लोमिटर बिग्रिएको भन्दै ब्रुअरीले ३।५ प्रतिशत जर्ती कटाएपछि राजश्व कार्यालयले सोको कर निर्धारण गरेको थियो। निर्धारण गरेको करमा असहमति जनाउँदै ब्रुअरीले जेठ १९ गते उच्च अदालत पोखरामा रिट दायर गरेको थियो। अदालतले असार ११ गते कार्यालयका नाममा प्रारम्भिक कर निर्धारण कार्यान्वयन नगर्न र यथास्थितिमा राख्नु भनी अन्तरिम आदेश जारी गरेको थियो। सोपश्चात ब्रुअरीविरुद्ध आन्तरिक राजश्व कार्यालय भरतपुरले साउन ७ गते सर्वोच्च अदातलमा रिट दायर गरेको थियो। सोही रिटको सुनुवाइ गर्दै प्रधानन्यायाधीश जबराले उच्च अदालत पोखराले गोर्खा ब्रुअरीको पक्षमा जारी गरेको अन्तरिम आदेश कार्यान्वयन नगर्नु÷नगराउनु भनी आदेश जारी गरेको थियो । यससँगै आन्तरिक राजश्व कार्यालयले ब्रुअरीको अन्तिम कर निर्धारण गर्न बाटो खुला भएको थियो। ब्रुअरीले यसअघिका तीन वर्षमा पनि सोही शीर्षकमा कर तिर्न बाँकी रहेको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०७०/७१ को रु सात करोड, २०७१/७२ को रु १५ करोड र २०७२/७३ को रु २९ करोड अन्तःशुल्क बुझाउन बाँकी छ।  अघिल्ला दुई वर्षको राजश्व न्यायाधीकरण र पछिल्लो एक वर्षको सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेकाले टुङ्गो लाग्न नसकेको रिजालले जानकारी दिए। यसमा पनि प्रशासकीय पुनरावलोकन चित्त नबुझेमा ब्रुअरीलाई राजश्व न्यायाधीकरणमा जाने बाटो खुला रहनेछ। उद्योगको फ्लोमिटर राखेर चलेको अवस्थामा ३।५ प्रतिशतसम्म जर्ती कटाउन सक्ने प्रावधान रहेको छ। फ्लोमिटर नरहेको र बिग्रिएको अवस्थामा दुई प्रतिशत मात्रै जर्ती काट्न सक्नेछ। तर ब्रुअरीले फ्लोमिटर राखेर पनि चलाएको छैन। तर ३।५ प्रतिशत जर्ती दाबी गर्दै आएपछि हरेक आर्थिक वर्षमा कर निर्धारणको विषयमा विवाद हुँदै आएको हो। विसं २०४५ देखि नवलपरासीको मुकुन्दपुरमा सञ्चालन हुँदै आएको ब्रुअरीले गत आर्थिक वर्षमा रु ११ अर्ब अन्तःशुल्क तिरेको छ। त्यसअघिका दुई वर्षमा रु आठ अर्ब र रु पाँच अर्ब अन्तःशुल्क तिरेको थियो। यस कार्यालयमा सङ्कलन हुने अन्तःशुल्कको ४० प्रतिशत गोर्खा ब्रुअरीले तिर्ने गर्दछ। सो उद्योगले गोर्खा, काल्सवर्ग र टुबोर्ग बियरसँगै एप्पल साइडर उत्पादन गर्दै आएको छ।
राजपाभित्रको विवाद उत्कर्षमा काठमाडौं। राजीतिक समितिको बैठक बोलाउने विषयलाई लिएर राष्ट्रिय जनता पार्टी (राजपा) भित्रको विवाद उत्कर्षमा पुगेको छ। चक्रीय प्रणाली अपनाएको राजपाका अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले अध्यक्ष मण्डलका सदस्यसँग विना परामर्श राजनीतिक समितिको बैठक बोलाएपछि विवाद उत्पन्न भएको हो। संयोजक यादव र अध्यक्ष मण्डलका सदस्य अनिल झा बाहेक अन्य सदस्य राजनीतिक तत्काल राजनीतिक समितिको बैठक बोलाउन नहुने पक्षमा छन्। तर संयोजक यादव भने पार्टीलाई गतिशिल बनाउन र कार्यकर्तालाई क्रियाशिल बनाउन राजनीति समितिको बैठक बोलाएको बताउँछन्। ‘यो विवाद गर्नु पर्ने विषय नै होइन,’ संयोजक यादवले डिसी नेपालसँग भने, ‘कसैको फरक मत वा विचार भए राजनीतिक समितिकै बैठकमा राख्नुपर्ने हो। यसरी मिडियामार्फत विवाद गर्नुको औचित्य छैन।’ राजनीतिक समितिको बैठक अध्यक्ष मण्डलको सहमतिमा बोलाउनुपर्ने भन्दै अर्को पक्षले भने राजनीतिक समितिको बैठक बहिष्कार गर्ने चेतावनी दिएको छ। ‘अध्यक्ष मण्डलका सदस्यसँगको सहमतिमा मात्रै राजनीतिक समितिको बैठक बोलाउन मिल्छ। तर संयोजकले आफू खुशी बैठक बोलाउनु भएको छ। यो बैठकको औचित्य छैन,’ राजपा महासचिव केशव झाले डिसी नेपालसँग भने। पार्टीलाई गतिशिल बनाउन, संविधान संशोधन लगायतका राष्ट्रिय र समसामयिक विषयमा पार्टीको औपचारिक धारणा बनाउन राजनीतिक समितिको बैठक बोलाइएको हाे। यतिबेला समाजवादी र राजपाबीच एकीकरणको प्रयास भइरहेको छ। असन्तुष्ट पक्षले संयोजक राजकिशोर यादवले समाजवादी पार्टीसँग एकता गर्न नचाहेका कारण राजनीतिक समितिको बैठक बोलाएको आरोप लगाएको छ। असन्तुष्ट पक्षले समाजवादी पार्टीसँग एकता गरेपछि मात्रै एकता महाधिवेशन गर्नुपर्ने पक्षमा छ। त्यसैलाई रोक्न यादवले राजनीति समितिको बैठक बोलाएको असन्तुष्ट पक्षको आरोप छ। तर यो आरोपमा संयोजक यादव सहमत छैनन्। ‘समाजवादी पार्टीसँग एकता गर्न पार्टीले जिम्मेवार नेतालाई जिम्मेवारी दिएको छ। उहाँहरुले आफ्नो काम गरिरहनु भएको छ। म एकताको विरोधी होइन,’ संयोजक यादवले भने। उनले पार्टीलाई गतिशिल बनाउन, संविधान संशोधन लगायतका राष्ट्रिय र समसामयिक विषयमा पार्टीको औपचारिक धारणा बनाउन राजनीतिक समितिको बैठक बोलाइएको बताए। राजनीतिक समितिमा भएका नेताहरुले बैठक बोलाउन आफूलाई दवाब दिएपछि आफूले बैठक बोलाएको उनले भनाइ छ। उनले आफू सबै नेताहरुसँग सम्पर्कमा रहेको र सहमतिबाटै निकास खोज्ने बताए। पार्टीभित्रको विषय मिडियामार्फत सार्वजनिक भएको भन्दै आफ्ना भनाइ राजनीतिक समितिको बैठकमा राख्नुपर्ने उनको भनाइ छ। उनले राजनीतिक समितिको बैठकलाई एकता प्रक्रियासँग जोड्न नहुनेमा जोड दिए। ‘एकता प्रक्रिया आफैंमा गम्भीर विषय हो। राजनीतिक समितिको बेठकलाई एकता प्रक्रियासँग जोड्नु हुँदैन,’ उनले भने, ‘एकताका लागि जिम्मेवार नेतालाई जिम्मेवारी दिइएको छ। एकता प्रक्रियालाई लिएर शंका नगर्न आग्रह गर्छु।’ राजपामा राजनीतिक समिति अध्यक्ष मण्डलपछिको शक्तिशाली मानिन्छ। ३४ जना सदस्य रहने राजनीतिक समितिमा सात जना सचिवालय सदस्य आमन्त्रित सदस्यका रुपमा रहने व्यवस्था छ। आफू युवा भएकाले आफ्नो काम गर्ने शैली फरक भएको उल्लेख गर्दै उनले पार्टीलाई गतिशिल र चलायमान बनाउन राजनीतिक समितिको बैठक बोलाएको बताए। उनले सहमतिकै आधारमा केन्द्रीय समितिको बैठक पनि बोलाउने उल्लेख गरे। राजपामा राजनीतिक समिति अध्यक्ष मण्डलपछिको शक्तिशाली मानिन्छ। ३४ जना सदस्य रहने राजनीतिक समितिमा सात जना सचिवालय सदस्य आमन्त्रित सदस्यका रुपमा रहने व्यवस्था छ। समन्वयकारी भूमिकामा रहनु पर्ने संयोजकले गुटबन्दी गर्ने प्रयोजनले बैठक बोलाएको भन्दै राजपाभित्र असन्तुष्टि बढेको छ। संयोजक यादवले बोलाएको बैठक स्थगित गर्न अध्यक्ष मण्डललाई कार्यकर्ताले दवाब दिन थालेका छन्। ‘सामुहिक नेतृत्वमा चलेको पार्टीमा संयोजकले आफूखुशी गर्नलाई बैठक बोलाउनु भएको हो,’ महासचिव झाले भने, ‘उहाँले आफ्नो अधिकारीको दुरुपयोग गर्नु भएको छ। यसले पार्टीलाई फाइदा गर्दैन।’ संंयोजक यादवले शुक्रबार र शनिबार बस्ने गरी राजनीतिक समितिको बैठक बोलाएका छन्।
लागुऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ लहान । प्रतिबन्धित लागुऔषध खैरो हिरोइनसहित हिजो साँझ सिरहा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले खैरो हिरोइनसहित गोलबजार नगरपालिका–६ दोहोटिया निवासी २१ वर्षीय भरत पासवान र २२ वर्षीय वीरेन्द्र यादवलाई पक्राउ गरेको हो। स५प ५०९४ नंको मोटरसाइकलमा सवार पासवान र यादवले लागुऔषध खैरो हिरोइन लुकाइछिपाइ राखेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले प्लाष्टिकको पोकामा तयार पारी राखेको ठूलो एक पोका, सानो ८९ पोका गरी आठ ग्राम खैरो हिरोइन बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए। पक्राउ परेका दुवैको साथबाट रु २० हजार ७६० नेपाली र एक हजार ७०० भारतीय रुपैयाँ तथा एक थान मोबाइल सेटसमेत बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवैमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ। यस्तै प्रहरीले गोलबजार नगरपालिका–६ दोहोटियामा ५०० लिटर अवैध घरेलु मदिरा र एक हजार लिटर कच्चा पदार्थ नियन्त्रणमा लिई नष्ट गरेको छ। रासस
जापानको ओसाका उड्यो राष्ट्रिय ध्वजाबाहक काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले बुधबार रातिदेखि जापानको ओसाका व्यावसायिक उडान शुरु गरेको छ ।निगमको वाइड बडी ए ३०३० जहाजले पहिलोपटक ओसाका गन्तव्यमा सिधा उडानको औपचारिक शुरुआत गरेको हो । जापान उडानको बुधबार राति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक समारोहकाबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले उद्घाटन गरेका छन् । विमानस्थलमा औपचारिक उद्घाटनपछि वाइड बडी जहाज राति २ः३० बजे ओसाका उडान गरेको हे । करीब सात घण्टाको उडान पछि ओसाका कन्साई इन्टरनेशनल एयरपोर्टमा ध्वजाबाहक जहाज अवतरण हुनेछ। त्यहाँ पनि औपचारिक उद्घाटन कार्यक्रम गरिने कार्यक्रम रहेको छ। ओसाका उडानमा पर्यटनराज्यमन्त्री धनबहादुर बुढा, छ जना सांसद, मन्त्रालयका उच्च अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरण र निगमका प्रतिनिधि तथा सरकारी सञ्चारमाध्यम राष्ट्रिय समाचार समिति ९रासस० र नेपाल टेलिभिजनका प्रतिनिधि भ्रमण टोलीमा सहभागी छन् । उनका अनुसार ओसाकाको पहिलो उडानमा यात्रु तथा भ्रमण टोलीका सदस्यसहित १३० जना सवार छन्। निगमले २७४ यात्रु क्षमताको वाइड बडी ए ३३०–२०० जहाजबाट साताको तीन मङ्गलबार, बिहीबार र शनिबार काठमाडौँ–ओसाका नियमित उडान गर्ने जनाएको छ। निगमले ओसाका रुटका लागि एकतर्फी काठमाडौँ–ओसाकाको मूल्य अभिवृद्धि करसहित रु ३६ हजार ९९९ नयाँ भाडादर निर्धारण गरेको छ। उक्त गन्तव्यमा दुई तर्फी भाडा रु ७२ हजार ८१४ कायम गरिएको छ । यो प्रवद्र्धनात्मक भाडा दर हो । एक महिनापछि नयाँ भाडादर कायम गरिने निगमले जनाएको छ । काठमाडौँदेखि ओसाका उडानको समयावधि छ घण्टाको छ भने ओसाका–काठमाडौँ साढे सात घण्टाको उडान हुनेछ। विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार विमानस्थलको मर्मतको काम भइरहेको सन्दर्भमा निगमको उडान अवधिमा आधा घण्टा विमानस्थल खुला गरिनेछ। विमानस्थलको ‘ट्याक्सी वे’ को मर्मतको काम आगामी सेप्टेम्बर १ देखि डिसेम्बर ३१ तारिखसम्म चल्लने छ। उक्त अवधिमा निगमको उडान हुने तीन दिन ३० मिनेट विमानस्थल सञ्चालन गरिनेछ। जहाज उड्ने दिन राति २ बजे विमानस्थल सञ्चालन गरी राति २ः३० बजे पुनःबन्द गरेर काम गरिनेछ। मर्मतको सामान्य अवस्थामा राति ११ः३० देखि बिहान ६ः३० बजेसम्म विमानस्थल बन्द गरिने विमानस्थलले जनाएको छ। राष्ट्रिय ध्वजाबाहकको सेवालाई मध्यनजर गर्दै मर्मतको अवधिमा आधा घण्टा विमानस्थल सञ्चालन गरिनेछ। डेड महीनाअघि अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग स्तरोन्नति ‘रनवे रिह्याब’ तीन महिनाको अवधिमा सम्पन्न गरिएको थियो। नेपाल भ्रमण वर्ष २०२० अभियानलाई लक्षित गर्दै जापान उडानको योजना बनाइएको निगमले उल्लेख गरेको छ। नेपाल पर्यटन बोर्डका अनुसार जापानबाट सन् २०१८ मा २९ हजार ८१७ पर्यटन नेपाल आएका छन्। सन् २०१७ मा २७ हजार ३२६ पर्यटक नेपाल भ्रमणमा आएका थिए। निगममले वाइड बडी जहाज भित्र्याएको एक वर्षपछि लामो गन्तव्यमा पहिलोपटक उडान भर्न लागेको हो । निगमले गत वर्ष असार र साउन महीनामा दुई नयाँ वाइड बडी जहाज खरीद गरेको थियो। निगमले जापान उडान १३ वर्षपछि पुनः शुरु गर्न लागेको छ । यसअघि अक्टोबर ३० सन् १९९४ मा निगमले ओसाका उडान शुरु गरेको थियो । जुन उडान काठमाडौँ र चीनको साङ्घाई हुँदै जापानको ओसाका थियो । अप्रिल १२ सन् २००७ मा जहाज अभाव भएको भन्दै निगमले ओसाका उडान बन्द गरेको थियो। रासस
अवैध लागूऔषधसहित विभिन्न ठाउँबाट ५ जना पक्राउ काठमाडौं । मकवानपुर, हेटौंडा उपमहानगरपालिका १५ पिपल चौतराबाट पर्सा बीरगंज महानगरपालिका १९ बस्ने ३२ वर्षीय शेख मेहताब र सोही ठाउँ बस्ने २० वर्षीय आकाश गुप्तालाई अवैध लागूऔषध उइड्रेक्स १४ बोतल सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले वीरगंजबाट हेटौंडातर्फ जाँदै गरेको ना ४३ प ३६२० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार मेहताब र मोटरसाइकल चालक गुप्तालाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो। नवलपरासी (पूर्व), कावासोती नगरपालिका ८ स्थित पूर्वपश्चिम राजमार्गबाट लागूऔषध फेनारगन २५ एम्पुल, नोफिन २५ एम्पुल र डाइजेपाम २५ एम्पुल सहित कास्की पोखरा महानगरपालिका ५ मालेपाटन बस्ने समिर मगर लगायत ४ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ। सोही ठाउँस्थित खटिएको प्रहरीले ग १ ख ९२८६ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो। सिराहा, गोलबजार नगरपालिका ६ दोहोटियाबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने वस्तु करिब ८ ग्राम, नेपाली नगद २० हजार ७ सय ६० रुपैयाँ, भारतीय नगद १ हजार ७ सय रुपैयाँ र मोबाइल १ थान सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २१ वर्षीय भरत पासवान र २२ वर्षीय बीरेन्द्र यादव रहेका छन्। यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
तुर्किस्तान पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा पक्राउ काठमाडौं । तुर्किस्तान पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा काठमाडौं जोरपाटी बस्ने रामेछाप गंगा गाउँपालिका ३ घर भएका ३४ वर्षीय हर्क बहादुर तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। हर्क बहादुरले भोजपुर पौवादुम्मा गाउँपालिका ६ बस्ने व्यक्तिलाई तुर्किस्तानमा सेक्युरिटी गार्डमा जागिर लगाई दिने र मासिक १ हजार २ सय डलर तलव र खान बस्न समेत दिने भन्दै प्रलोभन देखाई नक्कली टिकट समेत बनाई ३ लाख रुपैयाँ ठगी गरी सम्पर्क विहिन भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा जोरपाटी एरियामा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानको क्रममा उनले अन्य ४ जना व्यक्तिबाट समेत जनही ३ लाख रुपैयाँ दरले रकम लिई ठगी गरेको खुल्न आएको सो महाशाखाले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
घुस लिएको अभियोगमा मालपोतका नासुविरुद्ध मुद्दा दायर काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भक्तपुरमा कार्यरत नायब सुब्बा हरिनारायण उपाध्याय र लेखापढी व्यवसायी हीरामणि निरौलाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। कार्यालय समयमा सेवाग्राहीको भीडभाड बढी हुने भनी लेखापढी व्यवसायी निरौलाले काम सहज गरिदिने भन्दै सेवाग्राहीसँग रु चार हजार घुस लिएको अभियोग लागेको छ। निरौलामार्फत नायब सुब्बा उपाध्यायले घुस लिएको पाइएकाले बिगोबमोजिम कारवाहीको माग गरी मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। यस्तै आयोगले मावि रझेना घोराही दाङमा कार्यरत शिक्षक गणेश केसीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । डिप्लोमा इन सिभिल इञ्जिनीयरिङको प्रवेश परीक्षा उत्तीर्ण गराइदिने भन्दै शिक्षक केसीले विद्यार्थीसँग रु १० हजार घुस लिएको अभियोग लागेको छ। त्यस्तै आयोगले नगराइन नगरपालिका, धनुषाका सब इञ्जिनीयर उमेश मण्डलविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ। विभिन्न योजनाको कार्य सम्पन्न भई रकम भुक्तानी लिन सहज गराइदिने बहानामा सेवाग्राहीसँग मण्डलले रु ५५ हजार घुस लिएको अभियोग लागेको छ। रासस
श्रीमतीसहित तीन जना कारागार चलान भोजपुर । श्रीमान्लाई विष खुवाई हत्या गरेको अभियोगमा श्रीमतीसहित तीन जनालाई जिल्ला अदालतले आज पुर्पक्षका लागि कारागार चलान गरेको छ। षडानन्द नगरपालिका–९ किमालुङ भैँसेका मानबहादुर तामाङलाई विष खुवाई हत्या गरेको अभियोगमा उनकी २३ वर्षीया श्रीमती कविता तामाङ, तामाङकै सासू षडाननन्द नगरपालिका–३ खार्ताम्छाकी ४५ वर्षीया पम्फा तामाङ र सुनसरीको धरान उपमहानगरपालिका–१५ का ३५ वर्षीय पूर्णबहादुर राईलाई कारागार चलान गरिएको जिल्ला अदालतका निमित्त स्रेस्तेदार नवीन कोइरालाले जानकारी दिए। उनीहरुले जेठ २ गते ससुराली आएका बेला विष सेवन गराई हत्या गरेको भन्दै मानबहादुरका आफन्तले प्रहरीमा उजुरी दिएका थिए। प्रहरीले कविता र पम्फालाई असार २० गते र पूर्णलाई साउन १२ गते पक्राउ गरेको हो।रासस
भालुको पित्तसहित सामाखुशीबाट एक पक्राउ काठमाडौं । नेपाल प्रहरीले दुर्लभ वन्यजन्तु भालुको पित्तसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–२६ सामाखुशी रानीबारीबाट भालुको पित्तसहित तेह्रथुमका ३१ वर्षीय विमल सोदेम्बालाई आज दिउँसो पक्राउ गरेको हो। वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक सन्तोषसिंह राठौरले दुर्लभ वन्यजन्तुको पित्त अवैध कारोबार गर्दै गरेको अवस्थामा सोदेम्बालाई नियन्त्रणमा लिएको जानकारी दिए। प्रहरीले सोदेम्बासँग ज्याकेटको खल्तीमा लुकाएर ल्याएको १७ ग्राम पित्तसमेत बरामद गरेको छ। पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको राठौरले बताए।रासस
प्रतिनिधिसभा बैठकः राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक पारित काठमाडौं । प्रतिनिधिसभाले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक २०७५ लाई पारित गरेको छ। प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा गृहमन्त्री राम बहादुर थापाले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहित विधेयक पारित गरियोस् भनी राखेको प्रस्ताव बहुमतले पारित भएको हो। यसअघि विधेयकमाथिको छलफलमा सहभागी हुदै सांसदहरुले विधेयक नआउदै परिचयपत्र बाँड्ने काम भएको भन्दै सरकारको कार्यशैलीले संसदको अपमान गरेको भन्दै आक्रोश पोखेका थिए। सांसद अतहर कमाल मुसलमानले विधेयक नै नल्याईकन राष्ट्रिय परिचयपत्र वितरण भईसकेको भन्दै यसप्रति सदन गम्भीर हुनुपर्ने धारणा राखे। उनले भने, ‘यो विधेयक संगसंगै राष्ट्रिय परिचय पत्र छपाई ठेक्का व्यवस्थापन विधेयक २०७६ एउटा अंग बनोस भनेर जोडदिने हो भने मलाई लाग्छ गृहमन्त्रालयले गर्न खोजेको उद्देश्य परिपूर्ति हुन्छ । किन भने त्यसैको लागि जी टु जी मार्फत ठेक्का गरिएको छ।’ उनले लगभग ६÷७ अर्बको ठेक्का छ । र त्यो ठेक्का व्यवस्थापन कसरी हुन्छ भनेर विधेयक नआउँदै परिचयपत्र वितरण भईसकेको छ । सफ्टवेयर खरिद भईसकेको छ । विधेयक पास हुन्छ कि ? कि संसोधन हुन्छ कि ? फिर्ता हुन्छ कि ? केही जानकारी नभईकन काम अगाडि बढेको छ । यसरी अत्यन्तै संवेदनशील विषय उठेको छ । यसमा सदन गम्भीर हुनुपर्ने बताए। विधेयकहरुमा मन्त्रालयको शाखाले पछि निर्धारण गरे अनुसार हुनेछ भनेर राख्ने गरिएको भन्दै उनले त्यस किसिमको व्यवस्था प्रति पनि आपत्ति जनाए। यो व्यवस्थाले मन्त्रालयभित्र लगेर सदनलाई बन्दगी राख्ने काम भएको भन्दै यो प्रावधान हटाउनुपर्नेमा जोड दिए। सांसद भरत कुमार शाहले विधेयक आउनु पुर्व राष्ट्रिय परिचयपत्र वितरणको आधार बारे प्रश्न गरे। विधेयक आउनु पुर्व वितरण गरिएको राष्ट्रिय परिचयपत्र संसोधन गर्नुपर्ने अवस्था आए त्यसको जिम्मेवारी कसले लिने भनी प्रश्न गरे। सांसद प्रेम सुवालले विधेयक पारित नहुदै राष्ट्रिय परिचय पत्र वितरण गर्नु र त्यसैलाई विधेयकले समर्थन गर्नुले संसदको अवहेलना भएको धारणा राखे। सांसद रामकुमारी झाँक्रीले राष्ट्रिय परिचयपत्रमा समावेश गर्ने जानकारीको एकिकृत सुचना संकलनको काम नहुदै परिचयपत्र वितरणको काम सुरु गरिएको भन्दै सरकारको कार्यशैलीको आलोचना गरिन्। विधेयक नै नआउदै १५ वटा जिल्लामा परिचयपत्र वितरणको काम सुरु हुनु तथा तथा कार्ड छाप्ने काम गरि सरकारले हतारमा काम गरेको टिप्पणी गरे। सांसद सरिता गिरीले नागरिकताको समस्या समाधान नगरिकन र नागरिकता ऐन नल्याईकन यो विधेयक ल्याएर सरकारले नागरिकको अपमान गरेको टिप्पणी गरिन्। नागरिकता बन्न नसकेका नागरिक राष्ट्रिय परिचय पत्रमाथिको पहुँचमा नपुग्ने भएकाले यसले नागरिकलाई विभेद गरेको उनको तर्क थियो। सांसद उमाशंकर अरगरियाले नागरिकता विधेयक संसदीय समितिमा रहेको १ बर्ष भईसक्दा पनि त्यो विधेयकलाई अन्तिम रुप नदिई यो विधेयक ल्याएको भन्दै आपत्ती जनाए। उनले नागरिकता विधेयक कता हरायो भनी प्रश्न गरे।
‘सुदूरपश्चिम विकास: फलाम रोपौं, हिरा फलाऔं’ अमेरिका । “विष्णु तिम्रो घर बझाङ हैन?, सुदूरपश्चिम को देउडा साह्रै मिठो हुन्छ रे ल एउटा देउडा सुनाऊ न हामी सबैलाई”, नेपालीहरूको भेटघाट गर्न राखिएको शुक्रवारको मम पार्टीमा सबिन दाइले आग्रह गर्नुभयो। मैले गाएँ, डोटी राम्रो डडेलधुरा, अछाम राम्रो साँफे… खप्तड पाटन उडाई लैजा नौउरंगी डाँफे! आज म अध्ययनको सिलसिलामा भूगोलको पश्चिमी गोलार्धमा भएपनि सपनामा म मेरो जन्मस्थल सुन्दर सुदूरपश्चिममै विचरण गरिरहेको हुन्छु। कहिले खप्तडका पाटनमा दौडिरहेको हुन्छु, कहिले मस्टा, कैलाश र मालिका पुग्छु। कहिले सेती, कालीका बगरमा विचरण गरिरहेको हुन्छु त कहिले गौरा पर्वमा देउडा खेल लगाउँदै नाचिरहेको हुन्छु। मलाइ लाग्छ, साँच्चै नै मेरो सुदूरपश्चिम भू-स्वर्ग नै हो! यो प्राकृतिक साधन स्रोत हुँदाहुँदै पनि शिक्षा, स्वास्थ्यका आधारभूत सेवा-सुविधा र रोजगारीका अवसर नहुँदा म जस्तै लाखौँ पश्चिमेली युवा विदेशीन बाध्य छन्। निन्द्राको सपनामा पश्चिम त देखिरहन्छु, तर आजकल मेरो एउटा अर्को सपना छ जसले मलाई आरामका साथ सुत्न दिँदैन, त्यो हो, सुन्दरका साथ-साथै मेरै जीवन कालामा संवृद्ध सुदूरपश्चिम देख्ने। पछिल्लो समयमा मेरो सुदूरपश्चिमलाई हाम्रै पुस्तामा संवृद्ध कसरी बनाउने भन्ने बारेमा बझाङ, अछाम ,डडेलधुरा, कैलाली लगायत देश-विदेशमा रहेका नेपाली युवा साथीहरूसँग प्रत्यक्ष र सामाजिक सञ्जाल मार्फत परिचय अनि कुराकानी भई रहेको छ। नेपालीहरू जहाँ भए पनि मन नेपाली नै हुन्छ। भौतिक रूपमा सबै जना नेपाल फर्किन नसके वा नचाहे पनि आज विदेशमा रहेका लाखौँ नेपाली मनहरू देशको लागि केही गर्ने चाहनाले ओतप्रोत भएको देखेको छु मैले। उनीहरू सँग साधन, स्रोत, र पुँजी छ तर आफ्नै गाउँ-ठाउँमा त्यो पुँजी परिचालन गर्न समय र स्थान छैन। अर्कोतिर गाउँ-घरमै केही गर्न चाहने युवा मित्रहरू छन् जो सँग समय र जोस-जाँगर त छ तर अवसर अनि साधन-स्रोत छैन। यदि आफ्नो गाउँ ठाउँ आफ्नै पुस्तामा संवृद्ध बनाउने साझा सपना बोकेका यी सब युवाहरू हातेमालो गरी अघि बढ्ने चौतारी र सञ्जाल बनाउन पाए हाम्रो स्थानीय आर्थिक विकास दिगो हुनसक्छ। गाउँठाउँका सफल उद्यमी र समाजसेवी युवाका उदाहरणहरू एकातिर हाल अमेरिकाको न्यूयोर्क निवासी डडेलधुराका टेक खड्का, कोरियामा भएका दीपक जोशी, मुम्बई निवासी अछामका गङ्गा प्रसाद भट्टराई, दिल्लीमा बसोबास गरिरहेका बझाङका हरीष ढाँट, हाल बैंगलोर स्थित प्रतापी बिस्ट जस्ता युवाको केही समयपछि नेपालमै आ-आफ्नै गाउँठाउँमा आफ्नो योग्यता दक्षता अनुसारको उद्यम गर्ने गराउने योजना छ। अनि अर्कोतिर नेपालमै बसेर बझाङका अशोक मल्ल जस्ता युवाहरू स्वास्थ्य क्षेत्रमा जनसेवामा समर्पित भई बाल-आश्रम बनाउने जस्ता परोपकारी कार्यमा समर्पित छन्। आफ्नो परोपकारी संस्था नेपाली मनको बारेमा मल्लजी भन्छन्, ‘समाजमा आफ्नै प्रतिष्ठित पेसा भएका व्यवसायी र उद्धमी युवाहरू मिलेर सुरु गरेको यो संस्थामा हामी स्वइच्छाले समय, श्रोत र सके जति पुँजीगत सहयोग गर्दै आएका छौँ।’ देश-विदेशमा छरिएर बसेका फराकिलो मन भएका केही दाताहरूले हृदय खुला गरेर हाम्रो कामको समर्थन र आर्थिक सहयोग पनि गर्ने गरेका छन्। हामी यो परोपकारी संस्थामा आएको रकमको एक पैसा पनि हाम्रो व्यक्तिगत काममा लाग्दैनौं। केही शुभेच्छुक मित्रहरूले विवाह भोज, पार्टीहरूमा खर्च घटाई हामीलाई सहयोग गर्नुभएको छ।’ अहिले बझाङ जिल्लाका असहाय, द्वन्द्व पीडित र अनाथ बालबालिका हरुको लागि उचित शिक्षा, स्वास्थ्य र आवासको व्यवस्था गर्ने गरी जयप्रिथ्वी बहादुर नगरपालिका वडा नम्बर ९ मा सुविधा सम्पन्न ५ कोठे भवन निर्मांड अन्तिम चरणमा पुगेको छ। यसलाई दिगो बनाउन स्तहनिय र प्रदेश प्रशासन सँग सहकार्य पनि गरेका छौँ। हामी दृढ सङ्कल्प, एकता र उदार हृदय भए आफ्नै गाउँठाउँमा परोपकारी काम गर्न सकिन्छ भन्ने उदाहरण बन्न चाहन्छौँ।’ त्यस्तै, कैलालीका चुन्नू केसीजस्ता युवाहरू आफ्नै स्वतन्त्र उखु जुसको व्यवसाय गरी भविष्यमा तेस्लाई सञ्जालको रूपमा बिस्तार गर्ने योजनमां छन्। चुन्नुजी भन्छन्, “युवा उधमशिल भए देश समृद्ध हुन्छ। चुन्नु जुस पसलको उद्देश्य युवाहरू लाई स्वाबलम्वन र स्वरोजगार तर्फ बढाउने हो। अरबमा बरफ बेच्नु भन्दा देशमै सुन फलाउने हो। समाज परिवर्तन मा केही सहयोग होस र दिन दुखी हरुको भलो होस भन्ने उद्देश्यका साथ समाज सेवामा आम्दानी को २५% लगाउने हो। आफ्नो लागि त सबै ले गर्छन् तर हामी मानव सामाजिक प्राणी भएपछि अरूको लागि गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो।’ गाउँठाउँमा उद्यम गर्न चाहनेहरूका चुनौतीहरू: पत्रकारितामा स्नातक गरी ३ वर्ष पत्रकारिताको अनुभवका साथै राजनीतिशास्त्रमा स्नातकोत्तर गरेर समाजमा खबरदारी र सेवामुखी काम गर्दै आएका बझाङ बित्थड़चिर गाउँपालिकाका हर्क ढाँटले भेट्नेरीको अध्ययन गरी, १० ओटा बाख्रा लिई सानो पायलट प्रोजेट सुरु गर्नुभएको छ। उहाँ भन्नुहुन्छ, “मलाई ४१,००० महिनाको जागिरको प्रस्ताव आएको थियो तर म आफ्नै गाउँठाउँमा स्वतन्त्र व्यवसाय गर्न चाहन्छु। मेरो १० बाख्राको फार्मलाई १०० बाख्राको बनाई म एक वर्षभित्र आत्मनिर्भर व्यवसायी बनी समाज सेवा गर्न चाहन्छु। तर मलाई जिल्लाका व्यतिय संस्था र बैङ्कले ऋण दिएनन्, गाउँका साहुकारहरू चर्को व्याज माग्छन्, इष्टमित्र साथीहरू सहयोग गर्छु भन्छन् तर उनका आ-आफ्नै समस्या छन्।’ यस्ता विविध समस्याहरूले गाउँका दक्ष, उद्देमी युवाहरू निराश छन्। त्यस्तै परदेश पलायन हुनुभन्दा आफ्नै ठाउँमा मेहनत गर्ने प्रण लिएर कैलाली बहुमुखी क्यम्पस र रेडक्रस जस्ता संस्थाहरूमा पनि संलग्न भई रक्तदान र अन्य समाजमा चेतानामूखी कार्यक्रमहरू सञ्चालन गर्दै आएका कैलालीका उर्जावान युवा समीर जोशी आधुनिक प्रविधिको प्रयोग गरी माछा, गाई, हाँस कुखुरा पालन गरी यसबाट निस्किने प्राङ्गारिक मल प्रयोग गरी ओर्गानिक तरकारी फलफुल खेती गर्दै आफ्नो क्षेत्रलाई माछा मासु तथा तरकारी फलफुलमा आत्मनिर्भर बनाउन चाहन्छन् र यस्तो बहु-उदेश्यीय फार्म सञ्चालन गर्न लगानी कर्ताको खोजीमा छन्। हर्कजी र समीर जस्ता उद्यमशील युवाहरूको प्रयासलाई समर्थन गर्न मैले काठमान्डु अनि विदेशमा बसेर व्यावसायिक सफलता आर्जेका नेपाली र नेपालप्रति लगाव राख्ने आप्रवासी नेपालीहरूसँग मैले गाउँ-घरका समस्याहरूप्रति संवेदनशील भई तिनको समाधान गर्न रचनात्मक भूमिका निभाउन अनुरोध गरिरहेको छु। परदेशमा भएका धेरै युवा मित्रहरू आर्थिक क्रान्ति ल्याउनमा इच्छुक हुनुहुन्छ। आफ्नो क्षमता र दक्षतालाई प्रयोग गरी नेपालमै केही उद्योग-व्यवसाय खोल्ने इच्छा दर्साउनु हुन्छ। तर यो सिक्काको अर्को पाटो पनि छ। विदेशमा बस्ने नेपालीको वस्तुगत स्थिति र नेपालमा बस्ने आफन्तहरूको भ्रम पूर्ण बुझाई: दैलेख-सुर्खेत-काठमाडाैं हुँदै हाल अमेरिकाका नागरिक महेन्द्र सापकोटा भन्छन्, “विदेशमा कति दुःख गरेर, दिनरात काम गरी, नखाई नलाई हामी कमाउँछौँ, नेपालमा आफन्त यहाँ डलर रूखमा टिप्न पाइन्छ भन्ठान्छन्। हाम्रो पैसाको गन्ती नै छैन! छैन भने पत्याउँदैनन्, नदिए रिसाउँछन्, दिए जति दिए पनि पुग्दैन।” यस्तो सहयोग दिगो रुपमा चल्न सक्दैन। अब परदेशिएका युवा साथीले विदेशमा कमाएको पुँजीलाई आ-आफ्नै गाउँ-ठाउँमा विप्रेषण मात्र नगरी गाउँमै भएका युवालाई रोजगारी समेत सृजना गर्ने गरी लगानी गर्ने सञ्जाल विकसित गर्नु आवश्यक छ। आज सामाजिक सञ्जालको जमाना छ। आउनुहोस् विदेश बस्ने आफन्त साथीभाइलाई आई-फोन, डीएसएलआर क्यामरा मात्रै नमागौं। चन्दा र अनुदान मात्रै दिनुहोस् पनि नभनौं। आउनुहोस् लगानी गर्नुहोस् भनौँ ! विदेश बसेर पनि सदा देशको बारेमा चिन्ता गरिरहने काठमाडाैँका हाल नब्रास्का निवासी स्वदेश सुबेदी सँग मैले विदेशमा बसोबास भएका या आप्रवासी नेपालीहरूले नेपालको गाउँघरमा केही व्यापार, फार्ममा लगानी गर्ने सम्भाव्यताको कुरा गरेको थिएँ। स्वदेश दाइ भन्छन्, ‘मुख्य कुरा विश्वास, पारदर्शिता र नेटवर्कको हो। व्यक्तिगत रूपमा मैले तिमीलाई विश्वास गरेर यहाँ लगानी गरौँला, तिमीले कसै अरूमाथि विश्वास गरेर नेपालको गाउँ-घरमा लगाउला तर भोलि त्यो लगानी डुब्यो भने को जिम्मेवार हुने ? त्यो लगानीले रचनात्मक उद्यम भइरहेको छ या कसैले रक्सी खाएर उडाउँदै छ यसको अनुगमन कसले गर्ने?’ यस्ता पक्षहरू लाई सम्बोधन गर्न सक्ने वैधानिक संस्था या सञ्जाल हुनुपर्छ तब मात्र यो हातेमालोको सपनाले मूर्तरूप लिन सक्छ।पछिल्लो समयमा नेपाल फर्कौं महाअभियान त्यस्तै सञ्जालको रूपमा विकसित हुँदै छ। के गर्दै छन् त नेपाल फर्केका अभियन्ता? बिनिशा श्रेष्ठ, हेमराज ढकाल र राजेन्द्रप्रसाद पंगेनीजस्ता युवा नेपाल फर्कौं महाअभियानमा सक्रिय छन्। उहाँहरू अभियानको वेबसाइट तयार गरेर फर्कन चाहनेहरूको योग्यतालाई लक्षित गरी टिम निर्माण, सम्पर्क बिस्तार, सामूहिक लगानी तथा परामर्श मार्फत नेपाल फर्किन चाहने र फर्की सकेकाको लागि उत्प्रेरणाको काम गर्दै आउनुभएको छ। बिनिशा भन्छिन्, ‘विदेश पठाउने सयौँ सङ्घसंस्था छन्। तर नेपाल फर्की आफ्नै देशमा केही गरौँ भन्ने चाहना भएका नेपालीलाई फेरि नेपालमै स्थापित हुन सहयोग गर्ने, उनीहरूका अधिकार सुरक्षित गर्ने, उद्योग-व्यवसाय दर्ताको प्रक्रिया सहज बनाउन मद्दत गर्ने संस्थाको रूपमा नेपाल फर्कौं महाअभियानलाई विकसित गर्दै लैजाने हाम्रो लक्ष्य हो।’ हेमराज जी भन्नुहुन्छ, “७ नम्बर प्रदेशको लागि कुनै पायलट प्रोजेक्टको थालनी गर्नका लागि हाम्रो पहिलो कदम एउटा गतिशील र ग्राहक मैत्री मञ्चको स्थापना गर्नु हुनेछ जहाँ हरेक सदस्य एक-अर्कासँग सजिलै संवाद गरी जोडिन सकोस्। मैले त्यस्तो मञ्च सञ्जालको निर्माण गरिसकेको छू र यस्तै सोच भएका व्यक्तिहरू यदि ठोस योजनाका साथ सहकार्य गर्न इच्छुक छन् भने यो मञ्चको ढोका खुल्ला छ। यो मञ्चले धेरै फाइदा गर्न सक्छ। उदाहरणका लागि म यसका दुई प्रमुख फाइदाहरूको चर्चा गर्न चाहेँ। पहिलो, यो मञ्चले लगानीकर्ताहरू लाई सम्भावित परियोजनाहरूको पहिचान र छनोट गरी लगानी गर्न मद्दत गर्छ। दोस्रो, यो मञ्चले समान विचार भएका व्यक्तिहरुला बिच विश्वास र कुनै परियोजनामा मैत्री पूर्ण सहकार्यको प्रवर्धन गर्नेछ। सङ्क्षेपमा भन्नुपर्दा, यो मञ्चले दुइटै महत्त्वपूर्ण पाटाहरू। लगानी कर्ताको पहिचान र परियोजना सञ्चालन लाई एउटै धरातलमा उभ्याउने छ।’ राजेन्द्र दाइ भन्छन् “हामीले विदेशमा रहेको भौतिक र व्यक्तिगत केही सुविधा त्यागेर आफ्नै देश फर्केर सामूहिक योगदान दिन सकेनौँ भने विदेशमै जन्मे हुर्केका हाम्रा सन्ततिको पुस्ताले हाम्रो देश बनाउने कुरा झनै अकल्पनीय हो। आफ्नो गाउँ–ठाउँ र देशका लागि हामीले यति योगदान नगर्दासम्म मुलुक बन्न मुस्किल नै हुन्छ। यसको लागि आफ्ना गाउँबाट बिदेसिएका व्यक्तिहरूले सामाजिक सञ्जालको सदुपयोग गरेर एउटा सञ्जाल निर्माण गरौँ। गाउँमै गएर केही गर्ने वातावरण निर्माण गरौँ। यही सञ्जाललाई मूर्तरूप दिन नेपाल फर्कौं अभियान अन्तर्गत हामी एउटा पायलट प्रोजेक्ट सुदूरपश्चिममा सुरु गर्ने बिचार गरेका छौँ। सुदूरपश्चिम विकास तथा लगानी मञ्च स्थापनाको अवधारणा: प्रधानमन्त्री रोजगार योजनाको बजेट असारे घाँस काटेरै सक्कियो। कर्णाली प्रदेशका मन्त्रीहरूलाई गाडी किन्ने फुर्सद छैन। अब हाम्रो गाउँघरमा जे परिवर्तन हेर्न चाहन्छौँ हामीले आफैँ त्यो परिवर्तनको उदाहरण भएर देखाउने बेला आयो। आउनुहोस् हामी सबै मिली एउटा यस्तो मञ्च संरचना तैयार गरौँ जहाँ व्यक्ति, समाज र राष्ट्र सबैको भलो होस्। आउनुहोस् आत्मनिर्भरता तर्फ बामे सरी रहेका हाम्रा गाउँठाउँका दाजुभाइहरूलाई सहयोगको हात बढाऔँ। वहाँहरूलाई आफ्नै खुट्टामा उभिन मद्दत गरौँ। सुदूरपश्चिम विकास तथा लगानी कोष स्थापनाको विस्तृत कार्ययोजना निर्माण र समीक्षा अहिले केही विज्ञ र ढृढसंकल्पित साथीहरू माझ भइरहेको छ। सङ्क्षेपमा: गाउँ ठाउँ सुहाउने मौलिक नयाँ व्यापार, व्यवसाय चलाउने विचार र योजना हरूमाथि पनि छलफल गर्ने र सञ्चालन ल्याउन चाहिने बौद्धिक र सीप भएका युवाहरू बिच सकारात्मक बहस र सहकार्य गर्ने थलोका रूपमा यो मञ्चलाई विकसित गर्दै लाने हो। देश-विदेशमा रहेका नेपाली नेपाली मूलका नागरिक हरूले सामूहिक लगानी गरी एउटा कोष स्थापना गर्ने। कोषमा अनुदान दिने र लगानी गर्ने सबै दाताहरू सहितको कोष सञ्चालन समिति बन्ने जसले गाउँ-ठाउँ बाट व्यवसाय, फार्म सञ्चालन गर्न आएका प्रस्तावहरू माथि छलफल गरी, स्थलगत निरीक्षण गरी, बहुमतले पारित भएमा उक्त योजनाको सफल हुने सम्भाव्यताको आधारमा त्यसमाथि लगानी गर्ने। लगानी किस्तामा स्थलगत प्रगतिको अनुगमन अनुसार निरन्तरता दिने नदिने निर्णय बहुमतको आधारमा गरिने। सङ्घीय सरकार, स्थानीय सरकार र समान बिचार भएका सङ्घ-संस्थाहरू सँग पारदर्शी रूपमा सम्भव भएसम्म सहकार्य गरिने। व्यवशायहरु चली नाफा हुन थालेपछि लाभप्रार्थीले आफ्नो लाभको केही अंश ऐच्छिक अनुदान यो लगानी कोषमा गरी यसलाई दिगो र नाविकरनिय बनाउन मद्दत गर्न सक्नेछन्। यहाँ जाती, प्रदेश या राजनैतिक आस्थाका आधारमा भेदभाव गरिने छैन। सेवा, स्वावलम्बन को प्रोत्साहन, पारदर्शिता र नवीकरनीयता यस कोषका चार प्रमुख स्तम्भ हुने छन्। यसबारे विस्तृत रूपमा म आउने स्तंभाहरुमा निरन्तर लेख्ने छु। प्रतीक्षा गर्नुहोला… कतिलाई हाम्रो जीवन यहाँ चलेकै छ, हामी किन टाउको दुखाउने भन्ने पनि लाग्ला। तर के हाम्रो आफ्नो गाउँ ठाउँ र देशप्रति दायित्व छैन? के हाम्रो विज्ञता, साधन स्रोत र विदेशको बसाई दुई चार पैसा कमाई महँगा गाडी र फोनहरू किनी, देश विदेश घुमेका सेल्फी र लाइभ विडीओहरु सामाजिक सञ्जालमा हाली, आफ्नै बखान गरी, लाइक र कमैंट्स गन्दै बस्नका लागि मात्रै हो? होइन भने आउनुहोस् आफ्ना गाउँ ठाउँका दाजुभाइहरूलाई मद्दत गर्न अघि सर्नुहोस्! यहाँनेर म अमेरिकामा उच्च शिक्षा, त्यसपछि देश बनाउने प्रबल इच्छा भएर फर्केकी सफल उद्यमी तथा कुशल गृहिणी समीक्षा, समीक्षा बास्कोटाको कविताका केही हरफ प्रस्तुत गर्न गइरहेको छु। दुवै आँखा खोलेर म देख्दछु – एउटा सपना आफ्नै बारी खनेको सपना आफ्नै खेत जोतेको सपना आफ्नै उद्यम गरेको सपना देशमै पसिना बगाएको सपना कोरिया, कतार जानेको लर्को- घटेको सपना अमेरिका, बेलायत उडेको मन नेपालमै बसेको सपना आउनुहोस् यो सपना साकार पारौँ! तर कतिले हामीले यहाँबाट एक दिन माछा दिएर पुग्छ पनि भन्लान्। हो हामीले एक दिन माछा वितरण गर्ने गोष्ठी या रोपाईछोड़ी मध्य असारमा १५ दिन घाँस उखेल्ने रोजगारको परिकल्पना गरेका हैनौँ! आउनुहोस् बल्छी दिऊँ, जाल दिऊँ, मारिएका माछा भन्दा पनि जिउँदा रोहू, कटला र असलाका जोडी दिई मत्स्य-पालनलाई प्रोत्साहन गरौँ। गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ, यो देशको मुहार फेर्नलाई उठ! सरकारले यस वर्षलाई वृक्षारोपण वर्ष घोषणा गरेको छ।आउनुहोस् सुन्तला, कागती, स्याउ, लिची र आँपका बिउ बाँडौँ। हुन त ई बिउ लगाउने सर्वोत्तम समय १० वर्ष अघि थियो। त्यसो गरेका भए आज विषादीयुक्त फलफुल भित्र्याउनु पर्दैन थियो होला। तर १० वर्ष नेताले संविधान र युवाले कंसल्टेंसी धाउनमै बिताए! याद राख्नुहोस्, फलफुल लाउने सर्वोत्तम समय १० वर्ष अघि भए पनि दोस्रो उत्तम समय आज, अहिले हो! आज बीउ रोप्ने पुस्तालाई भोलि फल खाने पुस्ताले धन्यवाद दिनेछ।आज हामीले आफ्नो गाउँठाउँमा गरेको योगदानले स्थानीय अर्थतन्त्र बलियो, दिगो र नवीकरणीय बनाउन मद्दत गर्‍यो भने भोलि हाम्रा भाइबहिनी, छोरानातीले आफ्नो गाउँ ठाउँ छोडी बिदेसिनु पर्ने बाध्यता कम हुनेछ। देश बनाउन एक पुस्ताले त्याग र मेहनत गर्नैपर्छ। आउनुहोस् नेपाल फर्कौँ महाअभियानको पवित्र गङ्गाको पानी लिई आ-आफ्नै गाउँठाउँका बाँझा खेतबारीमा उद्यमशीलताको रोपाई गरौँ। बिष्णु प्रसाद जोशी ठेगाना : खप्तड छान्ना गाउँपालिका ५ बझाङ्ग हाल : यूनिवर्सिटी अफ म्यसचुसेट्स, अमेरिका ट्वीटर:@BishnuJoshi999 (नाेट: यस स्तम्भमा वर्णित सबै घटना र पात्र वास्तविक हुन्। म जस्तै लाखौँ नेपाली युवाको जीवनी सँग मेल खाएमा केही संयोग हुनेछैन!)
टाकुला खोलाको बाढीले सडक बगाउँदा कर्णाली राजमार्ग अवरुद्ध मान्मा । तिलागुफा नगरपालिका वडा नं ७ र ८ को टाकुला खोलामा आएको बाढीले सडक बगाउँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ। सोमबार बेलुकादेखि राजमार्ग अवरुद्ध हुँदा यातायातका साधन चल्न सकेका छैनन्। अवरुद्ध राजमार्ग खुलाउनका लागि सडक डिभिजन कार्यालय जुम्लाको डोजर कालीकोट सदरमुकामबाट जाँदै गरेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ। सोमबार बेलुकादेखि अवरुद्ध भएको राजमार्ग खुलाउने प्रयास भइरहेको तिलागुफा नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले बताए। “अहिले अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको छ”, उनले भने, “आजबाट नै राजमार्ग खुलाउने गरी काम भइरहेको छ।” रासस
तनहुँ जलविद्युत् आयोजना निर्माणमा एक वर्ष ढिलाइ तनहुँ । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाकोे निर्माणकार्य एक वर्षपछि धकेलिएको छ। आयोजनाको पहिलो प्याकेज अन्तर्गतको ठेक्का पाएको सिएमसीसँग ठेक्का रद्द भएर पुनः बोलपत्र आह्वान भएपछि आयोजनाको निर्माणकार्य एक वर्षपछि धकेलिएको हो। बाँधलगायत पहिलो प्याकेजका संरचना निर्माणका लागि आयोजनाले पुनः बोलपत्र आह्वान गरेको थियो । त्यसका लागि १९ कम्पनीले चासो देखाए पनि चार कम्पनीले बोलपत्र पेश गरेका छन्। चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेड चाइना, सिनो हाइड्रो कर्पोरेशन लिमिटेड चाइना, चाइना नेशनल इलेक्ट्रिक इञ्जिनीयरिङ कर्पोरेशन लिमिटेड र सोङ डा कर्पोरेशन भियतनाम÷कालिका कन्ट्रक्सन/नेपाल जेभीले पेश गरेको बोलपत्रको मूल्याङ्कन गर्ने काम भइरहेको तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्धक रमेशमान श्रेष्ठले जानकारी दिए । उनका अनुसार कम्पनीहरुले पेश गरेको प्राविधिक बोलपत्रकोे मूल्याङ्कन गरी सारभूतरुपमा प्रभावग्राही कम्पनीको मात्रै वित्तीय प्रस्ताव खोलिनेछ। “प्राविधिक बोलपत्रको मूल्याङ्कन सम्पन्न गरी सहमतिका लागि एडिबीमा पठाउने अन्तिम तयारी गरेका छौँँ”, उनले भने, “एडिबीबाट सहमति आएपछि वित्तीय प्रस्ताव खोल्नेछौँ।” आगामी कात्तिकको दोस्रो साता (अक्टोवर २०१९) भित्रमा ठेक्का सम्झौता गर्ने र पुसको दोस्रो साता (डिसेम्बर २०१९) भित्रमा आयोजनास्थलमा निर्माण व्यवसायी कम्पनी परिचालन गर्ने तयारी थालेको छ। पहिलो संरचना निर्माणका लागि इटालियन कम्पनी सिएमसीसँग भएको ठेक्का सम्झौता रद्द गरिएपछि तनहुँ हाइड्रोपावरले गत वैशाख १२ गते पुनः अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो। आयोजनाका प्रबन्धक श्रेष्ठका अनुसार हालसम्म आयोजनाको भौतिक प्रगति १६.१७ र आर्थिक प्रगति १२.३३ प्रतिशत रहेको छ। सिएमसीसँग ठेक्का तोडेर नयाँ ठेक्का आह्वान गर्दा निर्माणको काम एक वर्ष ढिलाइ भएको श्रेष्ठले बताए। आयोजनाको २०० मिटर टेष्ट टनेल खनिसकिएको छ भने एक हजार २०० मिटरको मुख्य टनेल खन्न बाँकी छ। “ठेक्का रद्द नभएको भए अहिलेसम्म केही कामहरु शुरु भइसक्थे”, उनले भने, “पुनः बोलपत्र आह्वान गर्दा काम प्रभावित भएको छ, यसले आयोजनाको निर्माणकार्यलाई पछाडि धकेलेको छ।” निर्माण व्यवसायी कम्पनीले आयोजनाको १४० मिटर अग्लो कङ्क्रिट बाँध, नदी फर्काउने दुई सुरुङ, अस्थायी बाँधलगायतका संरचना निर्माण गर्नेछ।पहिलो प्याकेजको संरचना निर्माणका लागि दातृ निकाय एशियाली विकास बैंक (एडिबी) र युरोपेली लगानी बैक (इआइबी) को सहुलितपूर्ण ऋण परिचालन हुनेछ। आयोजनाको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत दोस्रो प्याकेजका लागि सिनो हाइड्रो कर्पोरेशन लिमिटेडले आयोजनस्थलमा काम गरिरहेको छ। सिनो हाइड्रोले अहिले आयोजनास्थलमा कार्यालय भवन, श्रमिक आवासगृहलगायतका संरचना निर्माण, आयोजनाको प्रवेशमार्ग र अन्य संरचनाको सर्वेक्षण, डिजाइन र निर्माण गरिरहेको आयोजनाका साइट इन्चार्ज विदुर अधिकारीले जानकारी दिए। सिनो हाइड्रोले आयोजनाको पहुँचमार्गसम्म पुग्न एक हजार १०० मिटर ट्र्याक खोलिसकेको छ भने ४०० मिटर ट्र्याक खोल्न बाँकी छ। आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी केइसीसँग ठेक्का सम्झौता भइसकेको छ। कम्पनी आयोजनास्थलमा परिचालन भई प्रसारण लाइनको चेक सर्भे गरिरहेको अवस्था छ। आयोजनाको कूल लागत अमेरिकी डलर ५० करोड ५० लाख (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) रहेको छ।यसमध्ये एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १८ करोड ४० लाख, इआइबीले आठ करोड ५० लाख र नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणले आठ करोड ७० लाख अमेरिकी डलर व्यर्होने गरी वित्तीय व्यवस्थापन गरिएको छ। यसका लागि सम्बन्धित दातृ निकाय र नेपाल सरकारबीच ऋण सम्झौता तथा नेपाल सरकार र प्राधिकरण एवं प्राधिकरण तथा उक्त कम्पनीबीच सहायक ऋण सम्झौता सम्पन्न भइसकेका छन्। आयोजनाको समग्र निर्माण विसं २०८१ को असार दोस्रो साताभित्र (सन् २०२४ जुन) सम्पन्न गर्ने लक्ष्य रहेको छ। रासस
मुग्लिन कुरिनटार सडकमा स्वास्थकर्मीसहितको एम्बुलेन्स सञ्चालन मुग्लिन । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यस्थापन तालीम शिक्षालय कुरिनटार चितवनले स्वास्थ्यकर्मीसहितको एम्बुलेन्स सञ्चालनमा ल्याएको छ।नेपाल एम्बुलेन्स सर्भिस (एनएसको) को सहकार्यमा आकस्मिक सेवा तथा उद्धार प्रयोजनका लागि आइतबारदेखि उक्त एम्बुलेन्स सञ्चालनमा ल्याएको हो। उक्त एम्बुलेन्समा एक जना स्वास्थ्यकर्मी साथमा रहने नेपाल एम्बुलेन्स सर्भिसका महासचिव शारदाभक्त रञ्जितले बताए। एम्बुलेन्सभित्रै अत्यावश्यक प्राथमिक उपचार गरिने भएकाले दुर्घटनाका घाइतेको बाटैमा मृत्यु हुने सम्भावना कम हुने उनले बताए। अत्यधिक दुर्घटना हुने हाइवे क्षेत्र भएकाले यस सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालीम शिक्षालय कुरिनटारमार्फत एम्बुलेन्स सञ्चालन गरिएको महासचिव रञ्जितको भनाइ छ। उनका अनुसार अत्याधुनिक उपकरण, अत्याधुनिक उपचार विधि र आकस्मिक स्वास्थ्यकर्मी (इएम्टीएस्) साथमा उपलब्ध भएकाले गर्दा हस्पिटल पुग्नुभन्दा पहिला नै एम्बुलेन्सभित्र अत्यावश्यक चिकित्सा सेवा प्रदान गरिन्छ। (एनएस) को लक्ष्य भनेको बिरामीका लागि आकस्मिक स्वास्थ्यकर्मीसहितको द्रुत एम्बुलेन्स, उपचारको सुनिश्चितता गर्नका लागि पूर्ण सुविधा र आवश्यक अस्पतालबीच समन्वय सेवा परिचालन गर्नु हो। उनले एनएसले देशभर १० वटा एम्बुलेन्स सञ्चालनमा ल्याएको जानकारी दिए। बढी मात्रामा सडक दुर्घटनाका बिरामीलाई तत्काल स्वास्थ्य उपचार दिँदै अस्पतालसम्म पुर्याउनु पर्ने अधिक आवश्यकता रहेको हुनाले एम्बुलेन्स सञ्चालनसँगै अबदेखि घाइतेको उद्धारपश्चात सुरक्षित उपचार पनि सम्भव हुने सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन शिक्षालय कुरिनटारका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक किशोर प्रधानले बताए। रासस
चितवनमा सवारी दुर्घटनामा परी एकको मृत्यु भरतपुर । चितवनमा आइतबार राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। पुल्चोकबाट शिवघाटतर्फ जाँदै गरेको ना ५५ प ३५६८ नम्बरको स्कुटरले सोही दिशातर्फ जाँदै गरेको ना ६० प ४४३७ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा घाइते मोटरसाइकल चालक भरतपुर महानगरपालिका–२३ का ४० वर्षीय सूर्यबन्दु खनाल क्षेत्रीको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। स्कुटर र स्कुटर चालकलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ। शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ। रासस
तनहुँ र महोत्तरीमा सवारी दुर्घटनामा २ जनाकाे मृत्यु काठमाडौं । तनहुँको ब्यास नगरपालिका १३ ढाडस्थित सडकमा ग १ ख २७०३ नम्बरको बसले आइतबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएकी पैदलयात्रीलाई ब्यास नगरपालिका १३ बस्ने ४० वर्षीया गोमा पन्तको दमौलीमा उपचारको क्रममा मृत्यु भएको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। त्यस्तै महोत्तरीको बर्दिबास नगरपालिका ४ बरडाँडा माईथानस्थित सडकमा ना ५ त ६९५३ नम्बरको ट्याक्टर खेत जोत्ने क्रममा अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका ट्याक्टरमा काम गर्ने सोही नगरपालिका ४ बस्ने २२ वर्षीय बुद्ध थिङको सिटी केयर अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको छ। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
नेपाली विमानको युरोप प्रतिबन्ध हटाउन चीनले सहयोग गर्ने काठमाडौं। नेपाली उड्डयन क्षेत्रमा छिमेकि दुई देश भारत र चीनको सहयोग प्राप्त हुने भएको छ । नागरिक उड्डयन प्राधिकरणले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै भदौ ३ गते देखि ७ गते सम्म काठमाडौँमा भएको आइकाओ सदस्य राष्ट्रका नागरिक उड्डयनका बरिष्ठ अधिकारीहरुको सम्मेलनमा भारत र चीनका अधिकारीहरुले नेपाल नागरिक उड्डयन लाई सहयोग गर्ने बताएका जानकारी दिएको हो । नेपाली वायु सेवाले युरोपको आकाशमा उडान भर्न नपाई रहेको बेला छिमेकी चीनका अधिकारीले चीनको आकाशमा नेपाली जहाज उड्न सक्ने आश्वाशन दिएका हुन् । नेपाली बायुसेवा कम्पनि हिमालय एयरलाइन्सले चीनको विभिन्न क्षेत्रमा उडान भरिरहेको दृष्टान्त दिदै चिनिया अधिकारीहरुले नेपाली वायु सेवाले हवाई सुरक्षाको सबै मापदण्ड पुरा गरेकोले प्रतिबन्ध लगाइरहनु नपर्ने बताएको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए। छलफलमा चिनिया अधिकारीले युरोपको आकाशमा लागेको प्रतिबन्ध हटाउन चिन सरकारले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेको पनि महानिर्देशक पोखरेलले बताए। यस्तै छलफलमा भारतीय अधिकारीहरुले नेपालको हवाई ट्राफिकलाई ब्यबस्थापन गर्न हवाई रुट र होल्डिङ्ग एरिया उपलब्ध गराउन सकिने बताएको पनि नागरिक उद्द्यांले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । यस्तै निकट भविष्यमा संचालनमा आउन लागेको गौतम बुद्ध बिमानस्थलमा अन्तराष्ट्रिय वायु सेवाका विमानले अवतरणको समयमा केहि भारतीय भूभाग पनि छुने हुँदा के गर्ने भन्ने समस्या थियो यसलाई भारतीय पक्षले सकारात्मक रुपमा लिँदै तत्काल समस्या नहुने बताएको छ । पत्रकार सम्मेलनमा महानिर्देशक पोखरेलले भारतीय पक्षको आस्वाशनले ठुलो समस्या हल भएको बताए। यस्तै दक्षिण कोरियाका अधिकारीले पनि नेपाल दक्षिण कोरिया जान नेपाली बायु सेवाले अवसर पाउन सक्ने बताएको छ । नेपालको हवाई उड्डयन सुरक्षामा कुनै समस्या नरहेको भन्दै प्रक्रियागत रुपमा सेफ्टी अडिट गरेर अगाडि जान सकिने कोरियाली अधिकारीले प्रतिबद्धता जनाएको पनि महानिर्देशक पोखरेलले जानकारी दिए। काठमाडौँमा ५ दिन चलेको सम्मेलनमा ३६ देशका प्रतिनिधिहरु सहभागी थिए।
पोखरा विश्वविद्यालयमा नमूना युवा संसद् पोखरा । पोखरा विश्वविद्यालय, मानविकी तथा सामाजिकशास्त्र सङ्काय र टोनी हागन फाउण्डेशन, काठमाडौँको संयुक्त आयोजनामा पोखरा विश्वविद्यालयमा एक दिवसीय नमूना युवा संसद् अभ्यास गरिएको छ। गण्डकी प्रदेशका लागि प्रभावकारी पर्यटन नीति र कार्यक्रमहरूमा संसदीय प्रस्ताव विषयक नमूना संसद्मा पोखरा क्षेत्रका ११ महाविद्यालय तथा कलेजमा अध्ययनरत ३२ महिला र २४ पुरुष गरी जम्मा ५६ स्नातक तहका विद्यार्थीको सहभागिता थियो। विद्यार्थीलाई प्रजातान्त्रिक प्रणालीअनुसार संसद्मा हुने संसदीय काम कारवाहीका विषय र पद्दतिका सम्बन्धमा यही भदौ ६ गते नेपाल संसद्का पूर्वसचिव तोयानाथ भट्टराई र पूर्वसांसद फटिक थापाले एक दिवसीय अभिमुखीकरण तालीम दिएका थिए। सोही तालीमका आधारमा विद्यार्थीले संसद्मा हुने र सञ्चालन गरिने पद्दतिका विषयमा विभिन्न भूमिका निर्वाह गरेका थिए। नमूना संसद्मा विद्यार्थीले ज्येष्ठ सांसद, सभामुख, पर्यटनमन्त्री, प्रमुख विपक्षी दलका नेता, सत्तापक्षका सचेतक, विपक्षी दलका सचेतक, सचिवालय सदस्य, वक्ता, मर्यादापालकजस्ता खास–खास पदको भूमिका निभाएका थिए। कार्यक्रममा प्रस्ताव दर्ता गर्ने, तिनको छनोट गर्ने, सभामुखबाट स्वीकृति प्रदान गर्ने, प्रस्तावको समर्थन र विरोध, अन्य पदाधिकारी छनोटका साथै सङ्कल्प प्रस्ताव पारित गर्न नमूना युवा संसद्मा मतदानसमेत गरिएको थियो। कार्यक्रममा टोनी हागन फाउण्डेशनका तर्फबाट फाउण्डेशनका अध्यक्ष प्रा डा. प्रमोदकुमार झाले आगामी दिनमा यस्तो कार्यक्रमका लागि प्राविधिक सहयोग गर्न सकिने बताए । पोखरा विश्वविद्यालय, मानविकी तथा सामाजिकशास्त्र सङ्कायका डिन प्रा डा इन्द्रप्रसाद तिवारीले गण्डकी प्रदेशका विभिन्न महाविद्यालय तथा क्याम्पससँग सहकार्य गरी नमूना युवा संसद् सञ्चालन गर्न सकिने बताए । कार्यक्रमको अन्त्यमा टोनी हागनले नेपालका विभिन्न स्थानमा अध्ययन भ्रमणका क्रममा सङ्कलित सामग्रीका आधारमा बनाइएको ‘उहिलेको नेपाल’ नामक वृत्तचित्र देखाइएको थियो। कार्यक्रममा प्रा डा. कृष्ण पौडेल र वसन्त थापाले नेपालका लागि टोनी हागनले गरेका महत्वपूर्ण योगदानको बारेमा समेत चर्चा गरे । फाउण्डेशनका तर्फबाट अध्यक्ष झाले टोनी हागनको केही प्रसिद्ध पुस्तक पोखरा विश्वविद्यालयलाई हस्तान्तरण गरे । सो अवसरमा नमूना संसद्मा सहभागी विद्यार्थीलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो। रासस
नेपाल प्रहरीमा ३८ सय ३१ जनालाई जागिर खुल्यो, कुन पदमा कति ? काठमाडौँ । नेपाल प्रहरीले ३ हजार ८ सय ३१ जनाको संख्यामा दरखास्त आह्वान गरेको छ । प्रहरीले (शुक्रबार) निकालेको सूचना अनुसार प्रहरी जवानमा ३ हजार ५ सय ९६ जनाको माग गरेको छ । त्यस्तैगरी कार्यालय सहयोगी भान्छेका लागि १८० जना, प्रहरी कार्यालय सहयोगी हजाममा १० जना तथा कुचिकारमा २० जनाको माग भएको छ।प्रहरीले प्रहरी कार्यालय सहयोगी खेलाडीमा पनि २५ जना माग गरेको छ । प्रहरीमा भर्ना हुन चाहने योग्यता पुगेका इच्छुकले आगामी असोज ६ गते साँझ ५ बजेसम्म दरखास्त दिन सक्ने प्रहरीले जनाएको छ । पूरा जानकारीका लागि हेर्नुहोस् सूचना
नेपाल–भारत संयुक्त आयोगको बैठकपछि पञ्चेश्वर परियोजना अघि बढ्ने नयाँ आशा काठमाडौं। यसै हप्ता काठमाडौंमा विदेशमन्त्रीहरू सहभागी नेपाल–भारत संयुक्त आयोगको बैठकपछि पश्चिम नेपाल र भारतबीचको सामरिक महत्त्वको सीमा नदी महाकालीमा निर्माण हुने भनिएको बहुचर्चित पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाका काम अघि बढाउने वातावरण तयार भएको अधिकारीहरूले बताएका छन्। भारतका विदेश मन्त्री एस जयशङ्कर र नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहित दुई देशका अधिकारीहरू सहभागी बैठकमा अन्य विषयका अतिरिक्त वर्षौँदेखि चर्चामा रहेको पञ्चेश्वर परियोजनाका बारेमा पनि छलफल भएको बताइएको छ। बैठकपछि सो परियोजना बारेका विमतिहरू हल गर्न दुवै देशका अधिकारीहरूलाई निर्देशन दिइएको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बताएका छन्। बिहीवार संयुक्त आयोगको बैठकले द्वीपक्षीय हितका विषयमा छलफल गर्ने क्रममा ‘पञ्चेश्वर परियोजनाको बाँकी मुद्दा टुङ्ग्याएर डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) बनाउन दुवै देशका सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिइएको’ जानकारी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रतिनिधि सभालाई गराए। सुदूरपश्चिममा महाकाली नदी बग्ने पहाडी क्षेत्रमा विशाल बाँध निर्माण गरेर ५,००० मेगावाटभन्दा बढी बिजुली उत्पादन गर्ने र दुवै देशका लाखौँ हेक्टर कृषियोग्य जमिनमा सिँचाइ सुविधा पुर्‍याउने योजना वर्षौँ पुरानो हो। नेपालमा सन् १९८८ मा पञ्चेश्वर बहुउद्देश्यीय परियोजना कार्यालय नै स्थापना गरियो। सन् १९९६ को नेपाल–भारत सन्धिले त्यो परियोजना अघि बढाउन थप बल दियो। सन् २०१४ मा नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पञ्चेश्वरको डीपीआर छ महिनामा तयार गरिने आश्वासन दिए। तर मुख्य गरी पानीको बाँडफाँटबारे दुई देशबीच कुरा मिल्न नसक्दा अहिलेसम्म पनि महाकाली पञ्चेश्वर परियोजनाको डीपीआरलाई दुवै पक्षले अन्तिम रूप दिन सकेका छैनन्। पञ्चेश्वर बाँध निर्माण स्थल नेपाल–भारतबीचको एक प्रमुख सीमा विवाद क्षेत्र कालापानीदेखि दक्षिणतिर महाकाली नदीको तल्लो तटीय क्षेत्रमा पर्दछ। नेपालको उत्तर–पश्चिमी हिमाली जिल्ला दार्चुला पारी भारतको उत्तराखण्डको धार्चुला क्षेत्र पर्दछ भने उत्तरतर्फ चीनको स्वाशासित क्षेत्र तिब्बत पर्दछ। त्यही त्रिदेशीय क्षेत्रमा कालापानी क्षेत्र पर्दछ, जसलाई नेपाली सीमाविद्हरूले भारतीय अतिक्रमणमा परेको नेपाली भूभाग भन्ने गरेका छन्। त्यो विवाद अझै हल हुन सकेको छैन। जलस्रोतविद्हरूले प्रचुर सम्भावनाको खानी मानेको महाकाली नदीको उद्गमस्थल त्यही त्रिदेशीय सिमानाहरू जोडिने हिमाली क्षेत्रमा छ। एक हिन्दू देवीको नामसँग मिल्ने त्यो नदी दार्चुलाबाट, बैतडी र डडेलधुरा हुँदै कञ्चनपुर झर्दै भारतको उत्तर प्रदेशमा गएर गङ्गा नदीमा मिसिन्छ। भारतमा महाकालीलाई शारदा भनिन्छ। सन् १९५० को दशकदेखि त्यतिबेलाका भारत र नेपालका जलस्रोतविद्हरूले बाँध स्थलको रूपमा पहिचान गरेको पञ्चेश्वर चाहिँ नेपालको बैतडी र भारतको उत्तराखण्डको चम्पावत क्षेत्रको सीमा छुट्ट्याउने महाकाली नदीमा पर्दछ। त्यहाँ सिमानाको दुवैतिर पञ्चेश्वर महादेवका मन्दिरहरू समेत रहेका छन्। पञ्चेश्वरमा के प्रगति हुँदैछ? नेपालले सन् १९९५ मा नै पञ्चेश्वर परियोजनाको डीपीआरको खाका तयार गरिसकेको थियो। पञ्चेश्वर परियोजनाको विकासक्रम त्यसको एक वर्षपछि दुवै देशका प्रधानमन्त्रीहरूले महाकाली सन्धिमा हस्ताक्षर गरेपछि पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको डीपीआर छ महिनाभित्र तयार हुने भनियो। तर त्यसो हुन सकेन। सन् २००० मा पश्चेश्वर परियोजना अघि बढाउन नेपाल–भारत संयुक्त कार्यालय स्थापना गरियो। तर त्यो दुई वर्षपछि बन्द हुन पुग्यो। सन् २००३ मा भारतले पनि पञ्चेश्वर परियोजनाको आफ्नै डीपीआरको खाका तयार गर्‍यो। त्यसको ११ वर्षसम्म पञ्चेश्वरमा छाएको मौनता सन् २०१४ मा भएको भारतीय प्रधानमन्त्री मोदीको भ्रमण बेला तोडिईन पुग्यो। उनले पञ्चेश्वरको डीपीआर छिट्टै तयार हुने बताएपनि त्यसो भएन। तर मोदीले नेपाल भ्रमण गरेकै साल नेपालद्वारा पञ्चेश्वरको ईआईए (वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदन) तयार गर्‍यो। जसको एक वर्षपछि दुवै देशले पञ्चेश्वर विकास प्राधिकरण स्थापना गरे। त्यसको कार्यालय सुदूरपश्चिमको महेन्द्रनगरमा छ। सन् २०१६ मा नेपाल र भारतका डीपीआरहरूको खाकालाई मिलाएर संयुक्त डीपीआरको खाका तयार पार्ने काम भयो। त्यसपछि सन् २०१७ मा पञ्चेश्वरबारे नेपाल र भारतको संयुक्त विज्ञ टोलीको पहिलो र दोस्रो बैठक भयो। त्यसको अर्को बैठक सन् २०१९ को फेब्रुअरी महिनामा सम्पन्न भयो। अब के होला? त्यो बैठकमा सहभागी नेपालको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव एवम्‌ प्रवक्ता प्रवीणराज अर्यालले भने, ‘अब (नेपाल–भारत) संयुक्त आयोगको निर्देशन अनुसार डीपीआरलाई अन्तिम रूप दिन विज्ञ समूहको अर्को बैठक बस्नुपर्ने हुन्छ। त्यो कहिले हुन्छ अझै प्रस्ट छैन।’ अधिकारीहरूका अनुसार विज्ञ समूहको अर्को बैठकले अब महाकाली नदीको पानीको बाँडफाँट, सिँचाइ र ऊर्जाका क्षेत्र दुई देशलाई हुने फाइदा र अन्य प्राविधिक विषयका सम्बन्धमा रहेका विमितिहरू हल गर्नु पर्नेछ। फाइदा के हुन्छ? यदि दुवै देशबीच निकट भविष्यमा सहमति जुटेर पञ्चेश्वर बहुउद्देश्यीय परियोजना अघि बढ्ने अवस्था आएमा सबभन्दा पहिले त लगानीको जोहो गर्नुपर्ने छ। पछिल्लो डीपीआर अनुसार परियोजनाका लागि कम्तीमा ६ खर्ब नेपाली रुपैयाँ लगानी आवश्यक पर्ने छ। त्यसको जोहो हुन सकेमा बैतडी जिल्लाको पञ्चेश्वर गाउँपालिकामा नेपाल(भारत सिमानामा ३१५ मिटर अग्लो बाँध निर्माण गर्ने महत्त्वाकाङ्क्षी परियोजनाको काम सुरु हुनेछ। परियोजनाका एक अधिकारीले भने, ‘त्यति अग्लो बाँध बनाउनको लागि नदीमा दुई किलोमिटर क्षेत्रको भूभागसम्म चट्टान र अन्य निर्माण सामग्री हाल्दै र पुर्दै बाँध ठड्याउनुपर्ने हुन्छ। बाँध बनेपछि नदीमा करिब ६५ किलोमिटर माथिको तटीय क्षेत्रसम्म पानी भरिँदै जाने छ।’ बाँध निर्माण सकिएपछि पञ्चेश्वरको मुख्य विद्युत्‌ गृहबाट ४,८०० मेगावाट बिजुली उत्पादन हुनेछ। बाँधबाट बग्दै जाने पानीलाई पुनः व्यवस्थापन गर्न पञ्चेश्वरदेखि २५ किलोमिटर तल्लो तटमा पर्ने रुपालीगढमा अर्को बाँध र विद्युत्‌ गृह निर्माण गर्ने योजना छ। त्यसबाट २४० मेगावाट बिजुली उत्पादन गर्ने अनुमान छ। उत्पादित बिजुली नेपाल र भारतले आधा आधा पाउनेमा मोटामोटी सहमति भइसकेको छ। तर पञ्चेश्वर परियोजना अन्तर्गत निर्माण गरिने सिँचाइ नहरहरूमा दुवैतर्फ ४ लाख हेक्टरभन्दा बढी जमिन सिँचाइ हुन सक्ने भनिएको छ। तर महाकालीको पानी बाँडफाँटबारेको विवाद अझै टुङ्गिन सकेको छैन। दुवै पक्षले पञ्चेश्वर परियोजनाबाट तल्लो तटीय क्षेत्रमा डुबान तथा बाढीको समस्या समाधान हुने समेत अपेक्षा गरेका छन्। नेपाल र भारतका अधिकारीहरूले पञ्चेश्वरबाट ठूलो आर्थिक लाभ प्राप्त हुने उद्घोष गरिरहेका छन्। त्यसको ठिक विपरीत भारत र नेपालका वातावरणवादीहरूले भने त्यो विशाल परियोजनाका कारण नेपालको सुदूरपश्चिम र भारतको उत्तराखण्डको जैविक विविधता, आदिवासी संस्कृति तथा जीवनशैलीमा क्षति पुग्न सक्ने भनी चिन्ता व्यक्त गर्ने गरेका छन्। परियोजनका कारण नेपालतिर ४,००० र भारततिर ७,००० हेक्टर जमिन डुबानमा पर्ने अनुमान गरिएको छ। दुवैतर्फ हजारौँ परिवार विस्थापित हुने र तिनीहरूलाई क्षतिपूर्ति तथा पुनर्बास गराउनुपर्ने योजना परियोजनाको डीपीआरको खाकामा उल्लेख गरिएको अधिकारीहरू बताउँछन्। भारतीय विज्ञहरू भन्छन् महाकाली पञ्चेश्वर क्षेत्र भारतका लागि सामरिक दृष्टिले निकै महत्त्वपूर्ण त छ नै तर त्रिदेशीय सिमाना नजिकैको त्यो क्षेत्रमा भूकम्पको उच्च जोखिम समेत रहेको छ। त्यस्तो जोखिमलाई सम्बोधन गर्ने विषयलाई अहिले बनेको डीपीआरको खाकामा समेटिएको नेपाली अधिकारीहरू बताउँछन्। सन् २०१४ को अगस्ट महिनामा नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुईपक्षीय हितका थुप्रै कामहरू अघि बढाउने वाचा गर्ने क्रममा महाकाली नदीको त्यो सुषुप्त अवस्थामा रहेको परियोजनालाई पुनर्जीवन दिने प्रतिबद्धता जनाए। दुवै हात फैलाउँदै नेपाल र नेपालीको मुक्तकण्ठले प्रशंसा गर्दै, मोदीले नेपालको संविधानसभाको बैठकमा ऐतिहासिक सम्बोधन गर्ने क्रममा पञ्चेश्वर परियोजना अघि बढाउने उद्घोष गरेपछि संविधानसभा सदस्यहरूको तालीको आवाजले गुञ्जायमान भयो। नेपालको जलस्रोतको विकासमा सघाउने प्रतिबद्धता व्यक्त गर्दै मोदीले भनेका थिए, ‘पानी र जवानी पहाडमा रहँदैन।’ त्यसो भन्दै उनले दुईपक्षीय हितका लागि जलस्रोतको विकास गरिहाल्नु पर्नेमा जोड दिएका थिए। तर उनले सम्बोधन गरेको पाँच वर्ष बितिसक्दा पनि बैतडी र उत्तराखण्डको सीमाक्षेत्रमा महाकालीमा विशाल बाँध बनाएर पञ्चेश्वर बहुउद्देश्यीय परियोजना अघि बढाउने दिशामा उल्लेखनीय प्रगति हुन सकेको छैन। केही काम भएको छ। तर अझै निकै धेरै धेरै काम गर्न बाँकी नै छ। यो साता भारतीय विदेशमन्त्री जयशङ्करसँगको भेटमा सुदूरपश्चिम घर भएका भूतपूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पनि पञ्चेश्वर परियोजना छिटो अघि बढाउने विषयमा चासो दिएका विवरणहरू सार्वजनिक भएका छन्। पञ्चेश्वर परियोजनाले अब थप बामे सर्ने सङ्केतहरू देखिएका छन्। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव अर्याल भन्छन्, ‘अब हुने पञ्चेश्वरको विज्ञ समूहको बैठकले मात्रै डीपीआरबारेका विवाद हल गर्न सक्छ। त्यसपछि मात्रै के हुन्छ भन्न सकिन्छ।’ (बीबीसी नेपालीबाट साभार)
बन्यजन्तुको सिङ्ग जस्तो देखिने वस्तुसहित अष्ट्रेलियन नागरिक पक्राउ काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट खैरो रङको वन्यजन्तुको सिंङ जस्तो देखिने वस्तु १ थान सहित अष्ट्रेलियन नागरिक राहदानी नम्बर पिए ९७१४५२९ वाहक ३४ वर्षीय LEONID POEL लाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। थाई लायोन एयरको उडानद्घारा काठमाडौंबाट अष्ट्रेलिया जान लागेका उनलाई अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङमा जाँच गर्ने क्रममा उक्त वस्तु फेला परेको हो। अष्ट्रेलियन नागरिकलाई थप आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि महानगरीय प्रहरी वृत्त गौशाला पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ।
बलात्कार प्रयासको आरोपमा वडा सचिवविरुद्ध मुद्दा दर्ता ओखलढुङ्गा । ओखलढुङ्गाका एक वडा सचिवविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको छ। जिल्लाको सुनकोशी गाउँपालिका-७ का वडा सचिव ४५ वर्षीय चेतबहादुर कट्वालविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको हो। वडा सचिव कट्वाल सुनकोशी गाउँपालिकाको च्यानमका स्थानीय बासिन्दा हुन्। भदौ १ गते स्थानीय एक २३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको उजुरीका आधारमा वडा सचिव कट्वालविरुद्ध मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको ओखलढुङ्गाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए। पीडितको जाहेरीपछि आरोपित फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ। यसैगरी प्रहरीले बलात्कार आरोपमा एक सरकारी कर्मचारीसहित दुई जनाविरुद्ध जबर्जस्ती करणीको मुद्दा दर्ता गरेको छ। सात वर्षीया बालिका बलात्कार गरेको अभियोगमा मोलुङ गाउँपालिका–६ श्रीचौरका १८ वर्षीय कुमार तामाङविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता भएको हो। नाताले भाञ्जी पर्ने ती बालिकालाई घरैमा गएर मङ्गलबार बलात्कार गरेपछि अभिभावकको उजुरीका आधारमा घरैबाट पक्राउ गरेर मुद्दा चलाइएको प्रहरी निरीक्षक श्रेष्ठले बताए । रासस
मानवाधिकार आयोगको टोली दक्षिण अफ्रिका प्रस्थान काठमाडौँ । राष्ट्रिय मानवाधिकार आयोगको टोली दक्षिण अफ्रिकाको मानवअधिकारको अवस्थाबारे जानकारी लिनका लागि त्यसतर्फ गएको छ। आयोगका सदस्यद्वय प्रकाश वस्ती र सुदीप पाठक तथा सचिव वेद भट्टराईसहितको पाँच सदस्यीय टोली दक्षिण अफ्रिकाको राष्ट्रिय मानवअधिकार आयोगको निमन्त्रणामा त्यहाँका मानवअधिकारको अवस्था अध्ययन तथा अनुभव आदान–प्रदानका लागि शुक्रबार गएको आयोगका निर्देशक मुरारीप्रसाद खरेलले जानकारी दिए। उनका अनुसार टोलीले दक्षिण अफ्रिकाको मानवअधिकार आयोगबाट मानवअधिकार संरक्षण र संवद्र्धनको क्षेत्रमा हुँदै आएका विभिन्न कार्य, उजुरी ग्रहण, अध्ययन अनुसन्धान प्रक्रिया सम्बन्धमा छलफल तथा जानकारी लिनेछ। सोही अवसरमा त्यहाँ रहँदा टोलीले सत्य निरूपण तथा मेलमिलाप आयोगको गठन, कार्य प्रक्रिया, सिफारिश तथा कार्यान्वयन सम्बन्धमा तत्कालीन पदाधिकारी, नागरिक समाजलगायत अन्यसँग भेटघाट छलफल तथा अवलोकन गर्ने कार्यक्रम रहेको छ। रासस
भौगर्भिक समाजको अध्यक्षमा घिमिरे काठमाडौँ । नेपाल भौगर्भिक समाजको अध्यक्षमा रामप्रसाद घिमिरे निर्वाचित भएका छन् । समाजको १९औँ कार्यकारीणी समितिको शुक्रबार भएको निर्वाचनबाट घिमिरेको अध्यक्षतामा आठ सदस्यीय समिति चयन भएको हो। समाजको उपाध्यक्षमा नारायणगोपाल घिमिरे, महासचिव कुमार खड्का, उपमहासचिव उमेशचन्द्र भुसाल, कोषाध्यक्ष जयलक्ष्मी सिंह निर्वाचित भएको भूगर्भविद् डा कृष्ण देवकोटाले राससलाई जानकारी दिए। यसैबीच, सदस्यमा दीपक गौतम, गोपाल भण्डारी र सुभास आचार्य निर्वाचित भएका छन् । निर्वाचन हुने आठ पदमध्ये अध्यक्ष र सदस्यबाहेक सबै पदमा विद्युतीय माध्यमबाट मतदान भएको थियो। कूल ११ सदस्य हुने समाजमा तीन सदस्य अध्यक्षले पछि मनोनित गर्नेछन्। दुई वर्षे कार्यकालका लागि भएको समाजको निर्वाचनमा ९३४ मतदाता रहेकामा ५४८ मत खसेको थियो। नवनिर्वाचित अध्यक्ष घिमिरेले सबै भूगर्भविद्लाई समेटेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । भूगर्भविद्ले विशेषत बाढी, पहिरो र भूकम्पको क्षेत्रमा काम गर्दै आएका छन्। रासस
रेल सञ्चालन गर्न रेलवे कम्पनी ब्युँत्याइँदै काठमाडौँ । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्मको रेल तिहारसम्ममा सञ्चालन गर्न सरकारले रेलवे कम्पनीलाई ब्युँताउने भएको छ। कम्पनीमा दक्ष प्राविधिकसहित झण्डै २०० कर्मचारीको प्रस्ताव गरिएको रेल विभागले जनाएको छ। हालको रेलवे कम्पनी नाम मात्रैको भएको विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए । कम्पनीमा हाल न्यून जनशक्ति छन् । ती पनि रेलसम्बन्धी ज्ञान र क्षमता भएका व्यक्ति नभएको महानिर्देशक मिश्रको भनाइ छ । रेल सञ्चालन गर्न उक्त कम्पनीलाई बलियो बनाउने काम भइरहेको छ। उनले भने, “सरकार आफैँले गर्दा खातालगायतका समस्या आउने हुँदा कम्पनीमार्फत सञ्चालनको तयारी गरिरहेका छौँ।” कम्पनी चलाउन २०० बढी जनशक्ति आवश्यक पर्छ। एक प्रमुख, सञ्चालन, मर्मतलजस्ता काममा प्राविधिक, प्रशासन, लेखालगायतका कर्मचारी आवश्यक भएकोले विभागले कर्मचारी माग गरेको हो। मुलुकमा रेलसम्बन्धी छुट्टै नियम छैन । पहिले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अन्तर्गत नै यो सञ्चालन भएकोमा अहिले रेल सञ्चालनको छुट्टै विनियमावली बनिरहेको बताइएको छ। उनले भने, “रेल सेट आउँदै गर्दा हामीले विनियमावली र सङ्गठन संरचना बनाउने काम अघि बढाएका छौँ।” भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माणाधीन सो रेल कात्तिकसम्ममा सञ्चालन गर्ने लक्ष्य रहेको विभागले जनाएको छ। सरकारले भारत सरकारसँग दुई रेल सेट खरीद प्रक्रिया गत वर्ष अघि बढाएको थियो । विभागका प्रवक्ता अमन चित्रकारले दुई महीनाभित्रमा रेल नेपाल आइपुग्ने बताए । पहिलोचरणमा एउटा सेट मात्र आउनेछ। भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत रेल खरीद गर्न लागिएको हो । डिजेल, इलेक्ट्रिक, मल्टिपल युनिट प्रविधिको सो सेटमा एउटामा पाँच डिब्बा रहने छ। दुई सेट खरीद गर्दा त्यसमा जम्मा १० डिब्बा रहन्छन्। यसको क्षमता एक हजार २०० सम्म यात्रु बोक्नेछ। प्रवक्त चित्रकारले भने, “अहिलेको क्षमताभन्दा एक/दुई सय तलमाथि हुनसक्छ।” भारतको जयनगरबाट धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको यो रेलमार्गका अरु भौतिक पूर्वाधार निर्माण भइसकेको छ। रेल लाइन तथा रेल्वे स्टेशन तयार भइसकेको उहाँको भनाइ थियो । यसमा कुर्थाबाट बिजलपुरा खण्ड १७ किलोमिटरसहित ५२ किलोमिटर आगामी फागुनसम्म सम्पन्न हुने र त्यसपछि रेल त्यहाँसम्म विस्तार हुने मन्त्रालयले जनाएको छ। गत महीनाको निरन्तर वर्षाका कारण कमला नदीको तटबन्ध बगाउँदा रेलमार्गमा क्षति पुगेको थियो। क्षति पुगेका ठाउँमा निर्माण कम्पनीले केही समयमा नै काम गरिसक्ने जनाइएको छ। प्रवक्ता चित्रकारले भने, “हस्तान्तरण भइनसकेकाले भारतीय कम्पनीले नै काम गर्नेछ।” जनकपुर–कुर्था रेलमार्ग निर्माणका लागि भारत सरकासँग सन् २०१० मा सम्झौता भएको झण्डै एकवर्षपछि काम शुरु भएको थियो । भारतको सहयोगमा सीमाक्षेत्रमा पाँच स्थानमा रेलमार्ग निर्माण हुनलागेको चित्रकारले जानकारी दिए । तीमध्ये जयनगर–कुर्था र विराटनगर–जोगबनीबाहेक अरु तीन स्थानमा निर्माणको काम शुरु हुनसकेको छैन । रेलमार्गतर्फ नै विराटनगरबाट बथनाहासम्म १८ किलोमिटर रेलमार्गमा १० किलोमिटरको काम सम्पन्न भएको भौतिक योजना तथा यातायात मन्त्रालयले जनाएको छ । १० किलोमिटर रेलमार्ग सञ्चालनका लागि तयार भइसकेको छ। सीमाक्षेत्रमा निर्माण गर्ने भनिएको अरु तीन रेलमार्गमा जलपाइगुडी–काकडभिट्टा, नौतनहवा–भैरहवा र नेपालगञ्जरोड–नेपालगञ्ज रहेका छन्। यी सबै रेलमार्ग भारत सरकारले नै निर्माण गर्ने गरी सम्झौता भएको थियो। रासस
कैलाशले उडायो नयाँ हेलिकोप्टर काठमाडौँ । दुई वटा हेलिकप्टरबाट सेवा पुर्याइरहेको कैलाश हेलिकप्टर सर्भिस प्रालिले थप एक थान नयाँ हेलिकप्टर सञ्चालनमा ल्याएको छ। कम्पनीको हालै भित्र्याएको हेलिकोप्टरले शुक्रबारबाट उडान शुरु गरेको हो । योसँगै कम्पनीसँग उडानका लागि तीन हेलिकप्टर भएका छन्। कैलाश हेलिकप्टरका बजार निर्देशक प्रतापजङ पाण्डेले ‘नाइन एन एमटी एएस– ३५०’ कलसाइन भएको बी ३ ई हेलिप्टरले आजबाट उडान शुरु गरेको जानकारी दिए । थपिएको हेलिकप्टरले सङ्घारमा रहेको नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सहयोग पुर्याउने विश्वास लिइएको छ। विपद्मा उद्धार, राहत वितरण तथा विदेशी पर्यटकलाई लक्षित गरिएको छ। पछिल्लो समय हेलिकप्टरको सेवा प्रयोग गर्ने नेपालीको सङ्ख्या बढ्दो छ। कैलाशले बिरामीको तत्काल उपचारका लागि गन्तव्यसम्म पुर्याउने, ‘कर्पोरेट फ्लाइट,’ ‘ह्युमन कार्गो स्लिङ अपरेसन्स’, ‘हाइअल्टिच्युट अपरेसन’, ‘एरियल सर्भे, दृश्यावलोकन’, ‘माउन्टेन फ्लाइट’, ‘स्पेसल एड्भेञ्चर मिसन’, ‘फिल्मिङ’, ‘स्काई डाइभिङ’ तथा प्राकृतिक प्रकोप उद्धार सेवा दिइरहेको जनाएकोे छ। मुलुकभित्र अहिले १० ओटा हेलिकप्टर सेवा प्रदायक कम्पनी सञ्चालनमा छन्। रासस
सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भक्तपुर । मध्यपुर ठिमी नगरपालिका ४ नयाँठिमी चारदोबाटोस्थित सडकमा बा ७३ प ९७२१ नम्बरको मोटरसाइकल र बा ६७ प ६७५४ नम्बरको स्कुटर आपसमा ठक्कर खाई शुक्रबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक मध्यपुर ठिमी नगरपालिका ५ कमेरेटार बस्ने २२ वर्षीय राजेश गोजाको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका स्कुटर चालक भक्तपुर नगरपालिका ५ तौमढी बस्ने ३१ वर्षीय प्रबिण लोहलाको सोही अस्पतालमा उपचार भइरहेको छ। दुबै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।
एक वर्षका लागि बिदा भए देवीदेवता मध्यपुरथिमि । मध्यपुरथिमि नगरपालिकाका विभिन्न टोलमा आएका विभिन्न देवी देवताहरू चार दिन चार रातपछि आगामी एक वर्षका लागि बिदा भएका छन्। गाईजात्राको भोलिपल्ट रातिदेखि मध्यपुरथिमिको लाय्कू दरबारबाट निस्किएर यहाँका विभिन्न क्षेत्रमा चार रातसम्म घुमेको लाय्कू भैल (भैरव) लगायतका देवताहरूलाई भोज खुवाएर बिदाई गरिएको छ। थिमिको लाय्कू भैल प्याखँमा ज्यापुँगः एक, न्हापा र लिपा गरी दुई भैरव र न्हापा र लिपा दाय्गी अर्थात दुई कुमारी गरी पाँच देवीदेवतालाई शास्त्रीय र तान्त्रिक विधिद्वारा विभिन्न मुद्रामा नाच प्रस्तुत गरेपछि यस वर्षका लागि बिदाई गरिएको हो। भैलः प्याखँमा भैरवले खड्ग र कुमारीले डमरु लिएर नाच्छन् भने ज्यापुँगःले कपासको बियाँ, अक्षता र ताय् (लावा) भएको भाँडा हातमा लिएर नाच्छन्। ज्यापुँगःले भैरव र कुमारी नाच्दा नाच्दै क्रोधित भएर काम्ने बेला कपासको बियाँले हानेर शान्त पार्ने काम गर्दछन्। भैलः प्याखँमा पाँच देवीदेवताले नाच प्रस्तुत गर्ने भए पनि वाद्यवादन, सहयोगी र व्यवस्थापक गरी करीब तीन सय जनाको समूह अहोरात्र खटिनुपर्ने लाय्कू भैलः सञ्चालन समितिका संयोजक अर्जुन श्रेष्ठले जानकारी दिए। चाररातसम्म थिमिको लाय्कू, बालकुमारी, दथुटोल, लाय्कू, ईनायटोल, दिगुटोल, चपाचो, गुँगचिभा र भुँलाखेललगायतका क्षेत्रमा चाररात नाचेका देवीदेवतालाई बिदाई गरिएको संयोजक श्रेष्ठले बताए। त्यसैगरी मध्यपुरथिमिको नगदेशबाट चार रात टोलटोलमा नाचेकी महाकालीलाई पनि एकवर्षका लागि बिदाई गरिएको छ। महाकाली, महालक्ष्मी, कुमारी, सिंह, बेटा, भूत भैरव, ख्याक, माक, महिषासुर, मयूरलगायतका देवीदेवता र राक्षससहितको महाकाली नाचका सबैलाई बिदाई गरिएको छ। नगदेशको च्वे त्वाः गाः, कुमालाछी, छ्वास त्वाः, नृत्यनाथ, बाहः ननीस्थित उःननी र थःननी, झ्वापुननी, क्वें त्वाः गाः र पुखुसीमा पनि प्रदर्शन गरिन्छ। दश ठाउँमध्ये नृत्यनाथ, च्वे त्वाः गा, छ्वास त्वाः र उःननी, लाछी टोललगायतका क्षेत्रमा प्रदर्शन गरिएको यो नाच चार रात प्रर्दशन पछि बिदाई गरिएको नाचका गुरु भक्तबहादुर घजुले जानकारी दिए। गुरु घजुका अनुसार मुहाली बाजा, नायखिँ, धा बाजा, ताः, मृदङ्ग, भुस्याय्, छुस्याय्लगायतको बाजाको संयुक्त ताल एवं २१ तालमा उक्त नाच प्रस्तुत गरिन्छ। यता बोडेको ऐतिहासिक नीलवाराही नाच चार दिन चार रात बोडेको विभिन्न स्थानमा प्रदर्शन गरी बिदाई गरिएको छ। यो नाच बोडेको नारायणस्थान लाछीबाट शुरु भई लायकु छेँ, विष्णुघाट, महालक्ष्मी थान, भाँगुटोल, खोंसी टोल, नीलवाराही स्थान हुँदै पुनः नारायणथानमा प्रदर्शन गरेर समापन गरिन्छ। नाचमा धा बाजा, भुस्या, काँय, पोङ्गा बाजाको तालमा परम्परागत शैलीमा देवी र देवगणहरू नाच्ने गुठीका नाइके प्रेमचन्द्र अदुवा श्रेष्ठले बताए। यो नाच फरकफरक दिन र समयमा फरकफरक स्थानबाट शुरु गर्ने परम्परा रहेको गुठी नाइके श्रेष्ठले बताए। नीलवाराही नाचमा भैरव एक, वाराही चार, कुमारी चार, सिहं चार, द्वारपाल दुई र गणेश चार गरी १९ देवीदेवता रहेका हुन्छन्। देवगणका ज्वकुलु (सहयोगी) र वाद्यवादक गरी सय जनाभन्दा बढी व्यक्तिहरू यो नाचमा क्रियाशील हुने श्रेष्ठले जानकारी दिए। नीलवाराही गणनाच तान्त्रिक विधि विधानयुक्त नाच हो। थिमिका तीनवटै नाच नामुद शास्त्रज्ञ, तान्त्रिक र विद्वान गुरुहरूले तान्त्रिक विधिद्वारा मानिसमा विभिन्न देवीदेवताहरू जगाएर रातभर नचाउन शुरु गरी भूतप्रेत, पिशाच, डाकिनी, प्रेतात्मा, दानवलगायतलाई भगाउन गाईजात्राको भोलिपल्टदेखि चार रात मध्यपुर थिमिमा भैरव, महाकाली, निलवाराही लगायतका देवीदेवता जाग्ने गरेको बताइन्छ।
प्रतिबन्धित भारतीय रुपैयाँसहित ईनरुवाबाट एकजना पक्राउ पर्सा । वीरगंज महानगरपालिका १६ ईनरुवास्थित शंकाराचार्य गेटबाट प्रतिबन्धित भारतीय रुपैयाँ २ लाख ५० हजार सहित भारत बिहार वैशाली थाना लालगंज पोष्ट खन्जाहचक बस्ने ३६ वर्षीय मिथलेश कुमारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले कुमारलाई प्रतिबन्धित भारतीय रुपैयाँ २ हजार दरका ४६ थान र ५ सय दरका ३ सय १६ थान सहित फेला पारी पक्राउ गरेको हो। पक्राउ कुमारलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि राजश्व कार्यालय पथलैया बारा पठाइएको छ।
लुकाइछिपाई ल्याएको अवैध लागूऔषध सहित ४ जना पक्राउ काठमाडौं । रुपन्देही, तिलोत्तमा नगरपालिका २ शान्तिकुन्जबाट अवैध लागूऔषध ब्राउन सुगर १ सय ६० ग्राम सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा नवलपरासी (पश्चिम) सरावल गाउँपालिका ६ बस्ने २८ वर्षीय मुन्ना कहार र २९ वर्षीय रमेशराज कहार रहेका छन्। ५ नम्बर प्रदेश प्रहरी ब्युरो र ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले लु २७ प ७२ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो। कास्की, पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित बसपार्कबाट नवलपरासी बर्दघाट नगरपालिका–१ बस्ने २१ वर्षीय शिव यादवलाई नियन्त्रित लागूऔषध डाइजेपाम ५० एम्पुल, नुरफिन ५० एम्पुल र फेनारागन ५० एम्पुल सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ। अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो। बर्दियाको गुलरिया नगरपालिका ४ तुल्सिपुरबाट सोही ठाउँ बस्ने १९ वर्षीय रामचन्द्र केसीलाई अवैध लागूऔषध ब्राउन सुगर १ पुरिया र १८ वर्षीय दीपक चौधरीलाई अवैध लागूऔषध गाँजा करिब १० ग्राम सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ। सशस्त्र प्रहरी सेनामुख बर्दियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
सांस्कृतिक परम्पराले समाजलाई एकताको सूत्रमा बाँधेको छः राष्ट्रपति काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ऐतिहासिक सांस्कृतिक परम्पराले समाजलाई एकताको सूत्रमा बाँधेको बताएकी छन् । श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना सन्देश दिँदै उनले श्रीकृष्ण जन्माष्टमीजस्ता ऐतिहासिक सांस्कृतिक परम्पराले समाजलाई एकताको सूत्रमा बाँध्नुका साथै सामाजिक तथा धार्मिक सहिष्णुता एवं सद्भाव अभिवृद्धि गर्न ठूलो मद्दत पु¥याएको बताएकी छन् । “हाम्रा सांस्कृतिक सम्पदा, प्रचलन र मान्यता राष्ट्रिय जीवनका अमूल्य निधि हुन्”, सन्देशमा उनले भनेकी छन्, “मुलुकको सभ्यता र सम्पन्नताको सूचकसमेत मानिने यस्ता मौलिक परम्परा र संस्कृतिको प्रवद्र्धधन गर्नु हामी सबैको साझा दायित्व हो ।” उनले श्रीकृष्ण जन्माष्टमी पर्वले हामीबीच सदाचार, सत्कर्म, प्रेम र करुणा जागृत गर्न सकोस् भनी कामनासमेत व्यक्त गरेकी छन् ।
श्रीमतीलाई बलात्कार गरेको अभियोगमा श्रीमान् पक्राउ भक्तपुर । आफ्नै श्रीमतीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आफू बिरामी हुँदा श्रीमान्ले बलात्कार गरेको जाहेरी श्रीमती सावित्री (नाम परिवर्तन) ले महानगरीय प्रहरी परिसर भक्तपुरमा दिएपछि प्रहरीले श्रीमान् मोहन (नाम परिवर्तन)लाई बिहिबार पक्राउ गरेको हो । रामेछाप घर भई हाल चाँगुनारायण नगरपालिका–८ जीतपुर बस्दै आएका ३० वर्षीय श्रीमान्ले २६ वर्षीया श्रीमतीलाई बलात्कार गरेको जाहेरी आएपछि श्रीमान्लाई पक्राउ गरिएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए । १० वर्षअघि विवाह भएको यो दम्पतीको आठ वर्षको एक छोरा रहेको उनले जानकारी दिए । प्रहरीले थापाथलीस्थित प्रसूतिगृहमा श्रीमतीको स्वास्थ्य परीक्षण गरिएको र श्रीमान्को आज स्वास्थ्य परीक्षण गरी अदालत पेश गर्ने र थप अनुसन्धान गर्ने प्रवक्ता पोखरेलले जानकारी दिए ।
जुवातास खेल्ने वातावरण मिलाइदिन आग्रह गर्दै प्रहरीलाई घुस दिन खाेज्ने पक्राउ काठमाडौं । महागनरीय प्रहरी परिसरमै गएर घुस दिनेलाई पक्राउ गरिएको छ। प्रहरी परिसर भक्तपुरमा मुद्दा फाँटका प्रहरी निरीक्षक कृष्णप्रसाद विष्टलाई कार्यकक्ष मै गएर घुस दिने व्यक्तिलाई परिसरबाटै पक्राउ गरिएको हो। आज प्रहरी निरीक्षक विष्टको कार्यकक्ष मै गएर जुवातास खेल्ने वातावरण मिलाइदिन आग्रह गर्दै रु ४० हजार घुस दिने भक्तपुर नगरपालिका–१ सल्लाघारीका ५६ वर्षीय गङ्गालाल श्रेष्ठलाई प्रहरीले परिसरबाटै पक्राउ गरेको हो। पक्राउ परेका श्रेष्ठलाई आजै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाइएको प्रहरी नायब उपरीक्षक देवतीरमण पोखरेलले जानकारी दिए। त्यसैगरी धनमाल चोरी गरी फरार हुँदै गर्दा प्रहरीले सिन्धुपाल्चोक सिमपाल घर भई हाल भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने २३ वर्षीय दीपक गिरीलाई पक्राउ गरेको छ। चागुँनारायण नगरपालिका–८ रानीबारीका ५६ वर्षीय श्रीराम खत्रीको घरबाट सुनका गहना र नगद गरी रु तीन लाख २५ हजार बराबरको धनमाल चोरी गरी भाग्दै गर्दा गिरीलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए। घटनाबारे अनुसन्धान भइरहेको छ।
अवैध लागूऔषध सहित विभिन्न ठाउँबाट ७ जना पक्राउ काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमनतर्फ भन्सार कार्यालय अगाडिबाट कतार एयरवेजको फ्लाइटद्वारा दोहाबाट काठमाडौं आएका आइबेरीकोष्टका नागरिक राहदनी नम्बर १८ एटी ९५५१४ बाहक ३५ वर्षीय मार्सल गौहीलाई अवैध लागूऔषध कोकिन १ किलो ६ सय ग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो। त्यस्तै काठमाडौं महानगरपालिका ९ गौशला पिंङ्गलास्थानबाट अवैध लागूऔषध खैरो हेरोइन ३ ग्राम, डिजिटल तराजु २ थान, नगद ५० हजार रुपैयाँ र मोबाइल २ थान सहित ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका २ घर भएका २५ वर्षीय हेम पाण्डे, उदयपुर त्रियुगा नगरपालिका १० घर भएका २० वर्षीय निराजन घिमिरे र ललिपुर, ललितपुर महानगरपालिका २२ बुङ्गती घर भएकी २७ वर्षीया अन्जना मालाकार रहेका छन्। लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो। यसैगरी काठमाडौं महानगरपालिका २६ नर्सिङचोक ठमेलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन ६ ग्राम, डिजिटल तराजु र नगद ३५ हजार रुपैयाँ सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा पाँचथर फिदिम नगरपालिका ५ घर भएका २८ वर्षीय सुरेन्द्र गुरूङ र पाँचथर मिक्लाजुङ गाउँपालिका ४ घर भएका २८ वर्षीय पाल्देन तामाङ रहेका छन्। लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो। मकवानपुर, भिमफेदी गाउँपालिकाबाट दोलखा वैदेश्वर गाउँपालिका १ घर भई काठमाडौं बौद्ध बस्ने पासाङ लामालाई नियन्त्रित लागूऔषध फेनारगन ५० एम्पुल, डाइजोल्याब ५० एम्पुल र नोर्फिन ५० एम्पुल सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय भिमफेदीबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना १ ज ५५२३ नम्बरको सुमो जाँच गर्ने क्रममा सुमोमा सवार लामालाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
साउनमा ४१ वटा फर्ममाथि जरिवाना काठमाडौं। सरकारले चालु आर्थिक बर्षको एक महिनामा नै ८४ वटा व्यवसायीक फर्महरुको अनुगमन गरेको दावी गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार पत्रकार सम्मेलन गरी साउन महिनामा मात्रै ८४ वटा व्यवसायीक फर्महरुको अनुगमन गरेको जानकारी दिएको हो । अनुगमन गरिएको मध्ये ४१ वटा फर्मलाई विभागले जरिवाना गराएको छ भने २५ वटालाई स्पष्टिकरण सोधिएको, ३ वटालाई सिलवन्धी गरिएको, ४ वटाको गुणस्तर परिक्षणका लागि नमुना पठाइएको तथा एउटा फर्म विरुद्ध मुद्दा दर्ता गरेको विभागका निर्देशक शोभाखर रेग्मीले जानकारी दिए। ती फर्महरुबाट जरिवाना वापत ३ लाख ३७ हजार रुपैयाँ असुली गरिएको उनले जानकारी दिए। विभागले गत आर्थिक बर्षमा १ हजार ६ सय ६१ वटा अनुगमन गरेकोमा १ सय ६१ वटाबाट जरिवाना वापत ४३ लाख २१ हजार रुपैया राजश्व संकलन गरेको छ । पत्रकार सम्मेलनमा उपभोक्ता अधिकारकर्मीहरुले विभागको अनुगमन प्रभावकारी नभएको भन्दै बजारमा प्रभाव पार्ने गरि अनुगमन गर्न सुझाएका थिए । उपभोक्ता अधिकारकर्मीले बजारमा अस्वभाविक मुल्यवृद्धि काममै रहेको, गुणस्तरहीन बस्तु विक्रिमा नरोकिएको गुनासो गरेका थिए ।
अब भिडियो कन्फ्रेंसिंगबाटै मन्त्रिपरिषद् बैठक बस्न सक्ने काठमाडौं। नेपाल सरकारको मन्त्रि परिषद्को बैठक अब देखि भिडियो कन्फ्रेंसिंगबाट पनि हुने भएको छ । मन्त्रिपरिषदको बैठकले भिडियो कन्फ्रेसिंगबाटै मन्त्रिपरिषद बैठक बस्ने सक्ने निर्णय गरेको हो। बिहीबार मन्त्रिपरिषदको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्रि गोकुल बास्कोटाले मन्त्रिपरिषद्को बैठक भिडियो कन्फ्रेसिंगबाट पनि गर्न सकिने निर्णय भएको बताए। मन्त्रिपरिषद्को बैठकले नेपाल सरकारको कार्यसम्पादन नियमावली २०६५ लाई संसोधन गरि प्रधानमन्त्री स्वदेश वा विदेश भ्रमणमा रहेको समयमा पनि भिडियो कन्फ्रेंसिंग लगायतका सुचना प्रविधिको प्रयोग गरेर मन्त्रिपरिषदको बैठक बस्न सक्ने गरि नियमावली संसोधन गरिएको संचार मन्त्रि बास्कोटाले जानकारी दिए। सरकारले गरेको यो निर्णयबाट स्वास्थ्य परिक्षणको शिलशिलामा सिंगापुर रहेका प्रधानमन्त्रीले भिडियो कन्फ्रेंसिंग मार्फत बैठकको अध्यक्षता गर्दै निर्णय गर्न सक्ने छन्। यस्तै मन्त्रि परिषदको बैठकले तराई मधेश द्रुत मार्गको केहि स्थानमा बाटो परिवर्तन गर्ने निर्णय पनि गरेको छ । विगत ३ वटा मन्त्रिपरिषद बैठकले विभिन्न ३५ वटा निर्णय गरेको प्रवक्ता बास्कोटाले जानकारी दिए।
‘१९५० को सन्धिको पुनरावलोकन र नेपाल भारत प्रबुद्ध वर्गको प्रतिवेदन कार्यान्वयन हुनेमा विश्वस्त छु’ काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल भारत संयुक्त आयोगको पाचौ बैठकबारे संघीय संसदलाई जानकारी दिएका छन्। प्रतिनिधिसभाको विहिबारको बैठकमा सार्वजनिक महत्वको विषयमा समय लिएर बोल्दै उनले बैठकले गरेका निर्णय र छलफलका विषयबारे जानकारी गराएका हुन्। उनले गत १५ महिनामा दुईदेशका प्रधानमन्त्रीहरुले ४ पटक उच्चस्तरको संवाद गरेको र त्यसयता नेपाल-भारत सम्बन्धपनि नयाँ गति र उचाईमा पुगेको अनुभव आफूहरुले गरेको स्पष्ट पारे। बैठकले १९५० को सन्धिको पुनरावलोकनको ठोस खाका तय गर्नका लागि दुवै देशका परराष्ट सचिवलाई मार्गचित्र ल्याउन र प्रबुद्ध वर्गको प्रतिवेदन बुझाउनका लागि सचिवालयलाई आवश्यक तयारी गर्न भनेको जानकारी गराए। उनले बैठकमा १९५० को सन्धिको पुनरावलोकन र नेपाल भारत प्रबुद्ध बर्गको प्रतिवेदन पेस गर्ने सन्दर्भमा पनि छलफल भएको र आवश्यक निर्देशन पनि भएकाले प्रतिवेदन कार्यान्वयन हुनेमा आफु विश्वस्त रहेको बताए। उनले दुवै देशका साझा हितलाई निरन्तरता दिने तथा अन्तरदेशीय रेलमार्गलगायत विषयलाई पनि बैठकले प्राथमिकता दिएको उनले स्पष्ट पारे। बैठकमा मुख्य गरि राजनीतिक सुरक्षा र सिमा, कनेक्टीभिटी र आर्थिक सहयोग, व्यापार तथा पारवहन, उर्जा र जलस्रोत, संस्कृति एवं शिक्षालगायत विविध विषयमा छलफल भएको थियो। यसअघि प्रश्नोत्तर कार्यक्रम अन्र्तगत सांसदहरुले राखेको मौखिक प्रश्नको जवाफ दिदै उनले नेपाल भारतसंग विगतमा भएका सन्धिहरुको समग्र पुनरावलोकनको पक्षमा रहेको स्पष्ट पारेका थिए। उनले विगतका सन्धि सम्झौताको लाभ र हानीहरु, तत्कालिन पृष्ठभूमि र सन्र्दभलाई सरकारले गहिराईका साथ अध्ययन गरिरहेको पनि स्पष्ट पारे। बेलायती सेनामा भर्ना भएका नेपाली सेनाको समस्या सम्बोधन हुनुपर्छ भन्ने विषयलाई नेपाल सरकारले गम्भीरतापुर्वक लिएको र राष्ट्रिय हित अनुकुल हुने गरि सम्बोधन गर्नुपर्छ भन्नेमा सरकार दृष्ढ रहेको बताए। नेपाल, भारत र संयुक्त राज्यबीच सम्पन्न १९४७ को त्रिपक्षीय सन्धिको अधिनमा रही नेपालीहरुलाई भारतीय र बेलायती सेनामा गरिदै आएको थियो। तर विगतमा भएको त्रिपक्षीय सम्झौताको सान्दर्भिकता नरहेको भन्दै नेपालले भारत र वेलायतसंग छुट्टा छुट्टै कुरा गर्न चाहेको विषय अवगत गराउने काम भईसकेको उनले स्पष्ट पारे।
गेर्खु खोलाको ‘डाइभर्सन’ बाढीले बगाउँदा पासाङल्हामु राजमार्ग अवरुद्ध काठमाडौँ । पासाङल्हामु राजमार्गको त्रिशूली–बेत्रावती सडकखण्डको गेर्खुखोलामा राखिएको डाइभर्सन बगाउँदा सडक अवरुद्ध भएको छ। गए राति वर्षाको कारण खोलामा आएको बाढीले डाइभर्सन बगाएको हो। विदुर नगरपालिका वडा नं १ र १० को सीमामा रहेको गेर्खुखोलाले गत वर्षको वर्षामा पुल भत्काएपछि अस्थायीरूपमा बनाइएको डाइभर्सन यसपालि बगाएको हो। डाइभर्सन बगाएपछि यातायात ठप्प भएको विदुर नगरपालिका– १० का वडाध्यक्ष गणेशकुमार नेपालले बताए । “गत वर्ष नै पुल भत्काएपछि नयाँ बनाउन पटक–पटक ताकेता गरे पनि निर्माण गरिएन, अहिले पनि दुःख पाइयो”, वडाध्यक्ष नेपालले भने। गल्छी त्रिशूली मैलुङ–स्याफ्रु सडक योजनामा परेको यो सडकको पुल आयोजनाले बेलैमा नबनाउँदा अहिले समस्या आएको हो । एक वर्षअघि नै पुल निर्माण थालिए पनि अहिलेसम्म पूरा भएको छैन् । गत वर्ष खोलाले पुरानो पुल भत्काएपछि डाइभर्सन राखेर यातायात सञ्चालन हुँदै आएको थियो। “अवरुद्ध यातायात सञ्चालनका लागि अर्को डाइभर्सन बनाउने काम शुरु भइसकेको छ”, प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले भने, “साँझसम्ममा यातायात सञ्चालन हुन्छ।” डाइभर्सन बगाएका कारण नुवाकोट, रसुवाको यातायात ठप्प भएको छ । रसुवाबाट काठमाडौँ आउनेजाने सवारीसाधान यहाँ रोकिएका छन्। रसुवा जानका लागि वैकल्पिक सडक त्रिशूली, तुप्चे, मनकामना पहिरेबेँसी सडक पनि पहिरोले ठाउँठाउँमा अवरुद्ध भएको छ। रासस
सैनिक ब्यारेकमा करेन्ट लागेर कामदारको मृत्यु मध्यपुरथिमि । चाँगुनारायण नगरपालिका ५ खरिपाटीस्थित नेपाली सेनाको ब्यारेक सैनिक प्रतिष्ठान खरिपाटीमा करेन्ट लागेर आज एक मजदूरको मृत्यु भएको छ। आज महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरीले नायब उपरीक्षक रेवतीरमण पोखरेलले नेपाली सेनाको उक्त ब्यारेक भवनमा टायल मार्बलको काम गर्ने भारत मोतिहारी घर भई हाल सोही ब्यारेक भवनमा बस्दै आएका १९ वर्षीय प्रदीपकुमार हजामको करेन्ट लागेर मृत्यु भएको जानकारी दिए। करेन्ट लागेर घाइते भएका हजामको भक्तपुर अस्पताल उपचारका क्रममा मृत्यु भएको जानकारी दिँदै प्रहरीले घटनाको अनुसन्धान शुरु गरेको जानकारी दिए।
छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु काठमाडौं । कपिलवस्तु, सप्तरी, चितवन र नवलपरासी (पूर्व)मा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ। कपिलवस्तु, कपिलवस्तु नगरपालिका १ गौरीचोकस्थित तौलिहवा–जितपुर सडकखण्डमा मंगलबार राति ग १ ख ६२३७ नम्बरको बसको ढोकाबाट खसेर गम्भीर घाइते भएका बसमा सवार सोही नगरपालिका शिवमन्दिर टोल बस्ने २४ वर्षीय सुजित बर्माको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ। बस सहित चालक कास्की पोखरा महानगरपालिका १७ बस्ने ४८ वर्षीय राजिन्द्र कुमार गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। त्यस्तै सप्तरीको रुपनी गाउँपालिका ६ वीरेन्द्र बजारस्थित पूर्व–पश्चिम राजमार्गमा धरानबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ९४७९ नम्बरको बसको ठक्करबाट साईकलयात्री सोही ठाउँ बस्ने १८ वर्षीय बिजय स्माती मगरको मंगलबार राति मृत्यु भएको छ। बसको ठक्करबाट गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो। बस सहित चालक उदयपुर, उदयपुर नगरपालिका ५ बस्ने ३१ वर्षीय सन्तोष थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ। त्यस्तै चितवनको राप्ती नगरपालिका–४ लक्ष्मीनारायण मन्दिरनजिक पूर्व–पश्चिम राजमार्गमा बा १८ च ९४९६ नम्बरको स्कारपियो जिपको ठक्करबाट साईकलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुषको मंगलबार राति मृत्यु भएको छ। जिपको ठक्करबाट गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो। जिप र चालक नुवाकोट बागेश्वरी गाउँपालिका ४ बस्ने २१ वर्षीय राजकुमार गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नवलपरासी (पूर्व), बिनयी त्रिबेणी गाउँपालिका–२ ज्यामिरेको उकालोस्थित पूर्व–पश्चिम राजमार्गमा आरजे ०५ जिवि ४१६७ नम्बरको ट्रक आफै अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका ट्रक चालक भारत उत्तर प्रदेश जोगारा बस्ने ३५ वर्षीय सुल्तान सिंहको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका ट्रकका सहचालक भारत घर भएका ३१ वर्षीय जोगेन्द्र सिंहको सोही अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
रक्तचन्दनको तेल सहित ३ जना पक्राउ काठमाडौं । काठमाडौं महानगरपालिका १६ नयाँबजारबाट अन्दाजी ४५ लिटर रक्तचन्दनको तेल सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक मेलम्ची ईन्द्रावती गाउँपालिका ५ घर भएका ४३ वर्षीय जित बहादुर लामा, धादिङ धुनिबेशी नगरपालिका ३ घर भएका ५३ वर्षीय अच्यूत केसी र नुवाकोट वेलकोटगढी नगरपालिका ११ घर भएका २६ वर्षीय सुजन पौडेल रहेका छन्। उक्त स्थानमा अवैध रुपमा रक्तचन्दनको तेल कारोवार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले जित बहादुर लामाको कोठा खानतलासी गर्दा प्लाष्टिकको बोराले बेरेर लुकाई छिपाई राखेको २ वटा सिल्भरको गाग्रीमा रहेको उक्त तेल फेला पारी उनीहरुलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रधानमन्त्रीको स्वास्थ्यको जानकारी पाउने हक नागरिकलाई छ कि छैन? काठमाडौं । प्रधानमन्त्री के पी ओलीको स्वास्थ्य अहिले चर्चामा छ। ओलीले सर्वसाधारणका लागि आफ्नो ‘स्वास्थ्य सामान्य रहेको छ’ भन्ने सिङ्गापुरबाट फर्केकै दिन आफ्नो ट्वीटर मार्फत् जानकारी दिए। तर उनी र उनीसँग सिङ्गापुर गएका निकटस्थ र फर्केपछि प्रचण्ड लगायतलाई ओलीको स्वास्थ्यमा गम्भीर गडबडी आएको छ भन्ने जानकारी छ। ओली स्वयंले पार्टीको स्थायी कमिटी बैठकमा जानकारी दिएको उल्लेख गर्दै एक सदस्यले भने, ‘अरूलाई दिँदा छ घन्टामा पास हुने औषधि मेरो शरीरमा पास हुन छ दिन लाग्यो।’ आफ्नो एक दशक भन्दाअघि प्रत्यारोपण गरिएको मृगौलामा समस्या आएपछि आफ्ना निजी चिकित्सक, परिवारजन र निकटस्थ व्यक्ति साथ लिएर प्रधानमन्त्री ओली सिङ्गापुर लागेका थिए। उपचारका दुई उपायः जानकारहरूका अनुसार सिङ्गापुरका चिकित्सकले ओलीलाई दुई उपाय सुझाएका छन्। एउटा, मृगौलाको काम भरथेग गर्ने औषधिले कतिन्जेल धान्छ त्यसमा बस्ने। अर्को, दोस्रोपटक मृगौला प्रत्यारोपण गर्ने। दोस्रोपटक मृगौला प्रत्यारोपण गर्ने सम्भावना पनि कायमै राखेर उनी नेपाल फर्केका थिए। यसले प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या रहेको सन्देश प्रवाह भएको थियो। सिङ्गापुरमा बाह्र दिन बिताएर फर्केको भोलिपल्ट प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत आफ्नो स्वास्थ्य सामान्य रहेको बताए। उनका प्रमुख सल्लाहकार विष्णु रिमालले ओलीको समस्यामा कुनै समस्या नरहेको बताउँदै ुअफवाहुहरूको खण्डन गरेका थिए। सिङ्गापुरका डाक्टरले फेरिदिएको औषधिले उनलाई टाउको दुख्ने र हल्का ज्वरो आउने ‘साइड इफेक्ट’ भएको बताइएको छ। तर क्रमशः नयाँ औषधिले काम गर्न थालेको भन्नेहरू पनि छन्। प्रधानमन्त्रीको स्वास्थ्यले दुई किसिमको बहस निम्त्याइदिएको छ। प्रधानमन्त्रीको स्वास्थ्यको यथार्थ जानकारी जनताले जान्न पाउनु पर्छ कि पर्दैन? एक थरीको मत छ पाउनुपर्छ। यस्तो विश्वास गर्नेहरू भन्छन् – उनी सार्वजनिक व्यक्ति हुन्। सार्वजनिक ओहोदामा बसेको त्यसरी देश र जनताको नाममा काम गर्ने व्यक्तिको स्वास्थ्य ठीक छ कि छैन भन्ने जानकारी जनताले पाउनुपर्छ। यदि स्वास्थ्यका कारण उनले कामको चाप थेग्न सक्दैनन् भने उनी वरपरको घेरा नीति–निर्णयमा प्रभावी हुन सक्छ, जसलाई न त्यसो गर्न अधिकार प्राप्त छ न त्यो जिम्मेवार निकाय हो। अर्को थरीको मत छ – कुनै पनि व्यक्तिको स्वास्थ्य उसको निजी मामिला भएकाले त्यसलाई सार्वजनिक गर्नुपर्छ भन्ने कुनै कर छैन। देशको कार्यकारीको स्वास्थ्य निजी मामिला मात्र हो भनेर मान्ने हो भने पनि जनतालाई गुमराहमा राख्ने अधिकार भने प्रधानमन्त्रीसँग पक्कै छैन। उनले भन्न नचाहने हो भने प्रष्ट रुपमा म यसलाई निजी मामिला ठान्छु, त्यसैले गोप्य नै राख्न चाहन्छु भनेर भन्न सक्नुपर्दछ। अनि उनको स्वास्थ्यको गडबडीबाट अन्य तत्वुहरूले फाइदा उठाउन सक्दैनन् भन्ने कुराको पनि सार्वजनिक सुनिश्चितता जरुरी हुन्छ। नत्र वास्तविकता जे हो त्यो प्रष्ट राखिदिनुपर्‍यो। मृगौलाले काम गर्न छोड्नु सामान्य कुरा होइन। त्यसमाथि प्रत्यारोपण गरिएको मृगौलामा समस्या आउनु र दोस्रो प्रत्यारोपणको कुरा गरिनु ओलीको उमेरका मानिसका लागि साधारण वा सामान्य स्वास्थ्यको कुरा हैन। उनी अहिले ६८ वर्षमा छन्। स्वास्थ्य गडबड हुन सक्छ तर त्यसलाई प्रधानमन्त्री र प्रधानमन्त्रीका मुख्य सल्लाहकारले भन्न नचाहनु या कतिपयका शब्दमा ुसपाट झुठु बोल्नुलाई धेरैले सामान्य अर्थमा लिन सकेको देखिन्न। के औषधी दिइयो, त्यसले के काम गर्छ? दोस्रो प्रत्यारोपणका लागि मृगौलाको व्यवस्था कसरी गरिँदै छ? जस्ता विस्तृत विवरण खुलाउन आवश्यक नहोला। तर प्रधानमन्त्रीको मृगौलामा समस्या आएको छ उपचार गर्नुपर्नेछ भन्ने जानकारी पाउने हक नागरिकको हुने जानकारहरू बताउँछन्। उपचार नेपालमा हुन्छ कि हुँदैन? नेपालमै हुने उपचार पनि नेता र मन्त्री भएपछि विदेशमा जाने गरेको भनेर पनि आलोचना हुँदै आएको छ। प्रधानमन्त्री ओलीको मृगौलाको उपचार नेपालमा हुन नसक्ने कसैले भनेका छैनन्। एकजना डाक्टर रामेश कोइरालाले नेताहरूको विदेश उपचार मोह र सर्वसाधारणको उपचारमा पहुँचबारे आफ्नो ट्वीटरमा कटाक्ष गरेका छन्। खर्चमा अपारदर्शिता प्रधानमन्त्री ओलीको स्वास्थ्य उपचारसँग जोडिएको आर्थिक पाटो पनि सन्देहमूलक हुनु अर्को विडम्बना हो। राष्ट्र प्रमुखको स्वास्थ्यमा गडबडी आउँदा राज्यको ढुकुटीबाट खर्च गरिनु धेरैले अस्वाभाविक मान्दैनन्। तर यो पालि उनले आफ्नो उपचार खर्च सरकारबाट नलिने घोषणा गरे। पछिल्लोपटक सिङ्गापुरमा दलबलसहित गएर गरिने उपचार र बसोबासको खर्च कस्को भन्ने प्रश्न टड्कारो बनेको छ। राज्यले यदि प्रधानमन्त्रीको उपचार खर्च गर्दैन भने ओलीले स्वयंले गर्नुपर्‍यो। दशौँ लाख खर्च ओलीले गर्ने हो भने त्यसको स्रोत पनि खुलाउनु पर्‍यो। होइन, कोही तेस्रो व्यक्तिले ओलीको स्वास्थ्योपचारको खर्च बेहोर्ने हो भने त्यो खुलाइनु पर्‍यो। नत्र तेस्रो व्यक्तिको स्वार्थ के हो र त्यसले कुन घडीमा के स्वार्थपूर्ति गर्ने हो भन्ने आशङ्का पैदा भइरहनेछ। यस अघि पनि प्रधानमन्त्री वा राष्ट्रपति वा पूर्व राजा बिरामी हुँदा स्वास्थ्य विज्ञप्ति जारी गर्ने चलन नेपालमै रहँदै आएको छ। त्यसैलाई मान्दै नियमित विज्ञप्ति जारी गरिदिएको भए न अनेकथरी समाचार आयो भनेर प्रधानमन्त्रीको सचिवालयले आक्रोश पोख्नुपर्थ्यो न आफ्ना प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी पाउने सुविधाबाट नागरिक वञ्चित हुन्थे। (बीबीसी नेपालीबाट साभार, सबै तस्वीर बीबीसी)
क्लिन फिडको व्यवस्थासहित विज्ञापन नियमन विधेयक समितिबाट पारित काठमाडौं । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले विज्ञापन नियमन गर्ने सम्बन्धमा बनेको विधेयक पारित गरेको छ। समितिको आजको बैठकले राष्ट्रियसभाले संशोधनसहित पारित गरेका केही बुँदालाई साविककै रुपमा पारित गर्ने निर्णय गरेको सभापति कल्याणीकुमारी खड्काले जानकारी दिइन्। राष्ट्रियसभाले सरकारले राजपत्रमा सूचना प्रकाशित गरेपछि तोकेको मितिका आधारमा ‘क्लिन फिड’ लागू हुने व्यवस्थासहित विधेयक पारित गरेको थियो। समितिले भने तत्कालै लागू हुने व्यवस्था गरेको छ। ऐन लागू हुनुअघि विदेशी प्रशारण संस्थासँग सम्झौता गरी विज्ञापन बजाइरहेका प्रशारण माध्यमले भने एक वर्षभित्र ‘क्लिन फिड’ लागू गर्नुपर्नेछ। यसैगरी विधेयकमा टेलिफोन र विद्युत्का पोलमा विज्ञापन गर्न नपाइने प्रावधानसमेत राखेको छ। विधेयकमा सरकारी विज्ञापन गर्दा विज्ञापन बोर्डमार्फत वितरण गर्नुपर्र्ने व्यवस्था गरिएको छ। बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विधेयक पारित भई ऐनका रुपमा कार्यान्वयनमा आएपछि अव्यवस्थित देखिएको विज्ञापन बजार नियमन हुने बताइन्। यसले अर्थतन्त्रमा समेत टेवा पुग्ने उनको विश्वास थियो। रासस
श्रोत नखुलेको १५ लाख ७९ हजार भारतीय रुपैयाँसहित ५ जना पक्राउ दाङ । लमही नगरपालिका ९ जलकुण्डीस्थित पूर्व पश्चिम राजमार्गबाट श्रोत नखुलेको भारतीय रुपैयाँ १५ लाख ७९ हजार ५ सय ८० र नेपाली नगद ३ हजार ४ सय ९५ रुपैयाँ सहित ५ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा बाँके कोहलपुर नगरपालिका २ प्रेमनगर बस्ने ४२ वर्षीय ससे बिक, ३३ वर्षीया मन कुमारी खत्री, रोल्पा त्रिवेणी गाउँपालिका ९ बस्ने ४३ वर्षीय प्रकाश केसी, जाजरकोट बारेकोट गाउँपालिका ८ बस्ने २७ वर्षीय शिव सिंह भनिने पूर्ण बिक र दाङ तुलसीपुर उपमहानगरपालिका ५ बरुवा बस्ने २७ वर्षीया हिरा बिक रहेका छन्। ईलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
एनआरएनए जापानको कोषाध्यक्षमा संगिता अधिकारीको उम्मेदवारी घोषणा टोकियो । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए/एनसीसी) जापानको आगामी कार्यकालको कोषाध्यक्षमा संगिता सुवेदी अधिकारीले उम्मेदवारी घोषणा गरेकी छिन् । उनी वर्तमान कार्यसमितिको सदस्यको जिम्मेवारीमा छिन्। एनआरएनए जापानको कोषलाई सबल र समुन्नत बनाउने अठोटसहित  २०१९–२०२१ कार्यकालको लागि कोषाध्यक्ष पदमा उम्मेदवारी दिन लागेको अधिकारीले बताइन्। आफूले जित प्राप्त गरेमा एनआरएनए जापानको आय व्ययलाई पारदर्शी बनाउने र आर्थिक अनुशासनको मापदण्ड बनाउने प्रतिवद्धतासमेत उनले गरेकी छिन्। संस्थालाई आर्थिक रुपमा सवल बनाउने, सहभागितामूलक आर्थिक योगदानको नीति अवलम्बन गरेर एनसीसी जापानको कोषलाई दरिलो बनाउन अधिकतम प्रयास गर्ने, कोषको पारदर्शिता र मितव्ययी परिचालनमा आफू केन्द्रित रहने प्रतिवद्धतासमेत उनले गरेकी छिन्। विगत १५ वर्षदेखि जापानमा कार्यरत रहेकी अधिकारी विभिन्न सामाजिक कार्यमा पनि सक्रिय छिन्। जापानस्थित विभिन्न संघसंस्था तथा कम्पनीहरूसँग हातेमालो गरी एनआरएनए जापानलाई सवल र सक्षम बनाउन भरपुर प्रयत्न गर्ने उनको भनाई छ।
नेपाली सेनामा २५० जना सेकेन्ड लेफ्टिनेन्टका लागि जागिर खुल्यो (सूचना सहित) काठमाडौँ । नेपाली सेनामा २५० जना अधिकृत क्याडेट (सेकेन्ड लेफ्टिनेन्ट) का लागि भर्ना खुलेको छ। नेपाली सेनाले २ सय ५० जना अधिकृत क्याडेट पदका लागि आज बुधबार गोरखापत्र दैनिकमा सूचना प्रकाशित  गरेर दरखास्त आह्वान गरेको हो। नेपाली सेनामा दरखास्त आह्वान भएको २५० जनामा खुलातर्फ १३१ छ। जसका लागि सैनिक तालिम वा आफ्नो कर्तव्य गर्दा गर्दै कुनै शारीरिक चोटपटक लागि सोही कारणबाट शारीरिक रुपमा अशक्त भएका र कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका नेपाली सैनिकका सन्ततीले ७ सिटमा आवेदन दिन पाउँनेछन्। त्यस्तै समावेशीतर्फ महिलाले २२ सिटमा आदिवासी जनजातिले ३६ सिटमा मधेशीले ३१ सिटमा दलितले १७ सिटमा र पिछडिएको क्षेत्रले ७ सिटमा अधिकृत क्याडेको लागि आवेदन दिन पाउने नेपाली सेनाको भर्ना छनौट निर्देशनालयले जनाएको छ। उक्त सूचनाअनुसार योग्यता पुगेको इच्छुक नेपाली नागरिकले यही भदौ ४ गतेदेखि असोज २ गतेसम्म आवेदन दिन सक्नेछन्। थप विवरण नेपाली सेनाको वेबसाईड www.nepalarmy.mil.np मा गएर पनि हेर्न सकिने छ । गोरखापत्रमा प्रकाशित आवेदन
नवलपरासीमा भारतीय ट्रक दुर्घटना, चालकको मृत्यु, सहचालक गम्भीर नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको ज्यामिरेमा आज बिहान ट्रक अनियन्त्रित भएर पल्टिँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी एक घाइते भएका छन्। विनयी त्रिवेणी गाउँपालीका–२ ज्यामिरेको उकालोमा बुटवलबाट नारायणगढतर्फ आउँदै गरेको भारतीय आरजे०५जिबी ४१६७ नंको ट्रक दुर्घटनामा परेको हो। ट्रक आफैँ अनियन्त्रित भएर सडकछेउ विद्युत्को पोलमा ठोक्किएर सडकदेखि करीब २० मिटर तल खस्दा चालक भारत उत्तर प्रदेश जोगरा बस्ने ३५ वर्षीय सुल्ताङ सिंहको मृत्यु भएको हो। चालक सुल्ताङको उपचारका क्रममा पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले बताए। दुर्घटनामा परेर घाइते भएका सहचालक ३१ वर्षीय जोगेन्द्र सिंहको अवस्था चिन्ताजनक रहेको र भरतपुरमा उपचार भइरहेको उनले जानकारी दिए। रासस
स्वास्थ्य सेवाका दुई समूहको समायोजन सूची सार्वजनिक काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रेडियोग्राफर समूहका १३० र डार्करुम समूहका ४३ जना कर्मचारीको समायोजन सूची सार्वजनिक गरेको छ। आज सार्वजनिक गरिएको समायोजन सूचीमा सातौँ तहका वरिष्ठ रोडियोग्राफर निरीक्षक, छैटौँ तहका रेडियोग्राफर निरीक्षक तथा पाँचौँ तहका रेडियोग्राफर रहेका छन्। ती अधिकांश रेडियोग्राफरको समायोजन प्रदेश र सङ्घमा भएको छ भने केही रेडियोग्राफर स्थानीय तहमा पनि समायोजित भएको मन्त्रालयले जनाएको छ। त्यसैगरी मन्त्रालयले नै डार्करुम उपसमूहका समायोजित हुनेमा छैटौँ तहका डार्करुम असिस्टेन्ट, निरीक्षक छैटौँ तह, वरिष्ठ डार्करुम असिस्टेन्ट पाँचौँ तह र डार्करुम असिस्टेन्ट चौथो तहका कर्मचारी रहेका छन्। सो उपसमूहका अधिकांश कर्मचारीको समायोजन प्रदेशअन्तर्गत भएको छ भने केही कर्मचारी मात्र सङ्घमा समायोजित भएको मन्त्रालयले जनाएको छ। सातौँ तहका वरिष्ठ कविराज निरीक्षक, छैटौँ तहका आयुर्वेद निरीक्षक, पाँचौँ तहका कविराज सहायक उपसमूहका ३३५ कर्मचारीको समायोजन सूची पनि मन्त्रालयले सार्वजनिक गरेको छ। ती अधिकांश कर्मचारी स्थानीय तहमा समायोजित भएका छन्। मन्त्रालयले स्वास्थ्य सेवाका विभिन्न समूह÷उपसमूहमा कार्यरत कर्मचारीहरुको समायोजन प्रक्रिया छिटोभन्दा छिटो सम्पन्न हुने र समायोजन भएको पत्र छिटो साधनद्वारा कर्मचारी कार्यरत रहेकै स्थानमा पुग्नेगरी पठाउने व्यवस्था मिलाएको छ। रासस
‘माना पाथी जोखे’ जस्तो पार्टीमा सन्तुलन मिल्दैन : ईश्वर पोखरेल काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले ‘माना पाथी जोखे’ जस्तो पार्टीमा सन्तुलन नमिल्ने बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी क्षेत्र नम्बर ५ ले मंगलबार राजधानीको बसुन्धरामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दे उपप्रधानमन्त्री पोख्रेलले पार्टी भित्रको जिम्मेवारी बाँडफाँडलाई तुलोमा जोख्न नमिल्ने बताएका हुन्। उनले नमिलेका विषयलाई प्रक्रियाबाट नै मिलाउदै जानुपर्ने बताए। उनले भने, ‘प्रक्रियाबाट नमिलेका कुराहरु मिलाउदै जाने हो। एकैचोटी मानापाथी जोखे जस्तो सबै कुरा मिल्दैन पार्टीमा। एकदम ढ्याक्क ढ्याक्क कति किलो जस्तो हुदैन। यो जोखे जस्तो हुदैन। नमिलेका कुराहरु भोली व्यवहारमा मिलाउदै जाने हो।’ उनले दुई पार्टी मिलेर एउटै पार्टी बनेकाले अब नेतृत्वको निर्णयलाई स्वीकार गर्दै अघि बढ्न कार्यकर्तालाई निर्देशन दिए। उनले छिट्टै काठमाडौं जिल्ला कमिटीले पूर्णता पाउने विश्वास पनि दिलाए। काठमाडौं अन्र्तगत १० वटै निर्वाचन क्षेत्रमा निर्वाचन क्षेत्रिय स्तरका कमिटीले पूर्णता पाएका छैनन्।
यसरी पक्राउ परे काठमाडौंमा नक्कली कागजात बनाउँदै आएका विनोद र रेनु काठमाडौं । नक्कली छाप तथा कागजात बनाउने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट मंगलबार पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा विगतमा मेजुकी जापानिज ल्याङ्ग्वेज ईन्सिच्युटका संचालक काठमाडौं नागार्जुन नगरपालिका ८ का ३३ वर्षीय बिनोद बरूवाल र नागार्जुन नगरपालिका ५ बस्ने काठमाडौं महानगरपालिका १५ किमडोल ठेगाना भएकी ३३ वर्षीय रेनु लामा रहेका छन्। विगत केही समयदेखि काठमाडौं उपत्यकाभित्र विभिन्न सरकारी तथा गैह्र सरकारी कार्यालयका महत्वपूर्ण कागजातहरु तथा छापहरुको दुरुपयोग भइरहेको भन्ने सूचनाको आधारमा सो महाशाखाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। प्रहरीले उनीहरुको साथबाट विभिन्न व्यक्तिहरूको नाममा जारी भएको राहदानी १७ थान, डिलक्स लेखिएको विभिन्न विद्यार्थीहरुको नाम सहित विवरण भएको रजिष्ट्रर ४ थान, विभिन्न सरकारी तथा गैह्र सरकारी कार्यालयको नामको रबर छापहरू ३९ थान, विभिन्न कम्पनीको पेन ड्राइभ ११ थान र विभिन्न व्यक्तिहरूको नाममा रहेको प्रमाण प्रत्र समेत बरामद गरेको छ। पक्राउ परेका दुबै जनालाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ।
कपिलवस्तुमा बैंकबाट निकालेको ३ लाख रुपैयाँ लुटेर फरार काठमाडौं । कपिलवस्तुमा दिउँसै ३ लाख लुटेर २ जना फरार भएका छन्। मंगलबार राष्ट्रिय वाणिज्य बैंकबाट ३ लाख रुपैयाँ निकालेर आएका रामकुवेर धोबीको रुपैयाँ बाटोमै २ जना अपरिचित व्यक्तिले लुटेर फरार भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता सुनिल मल्लले जानकारी दिए। डिसी नेपालसंग कुरा गर्दै मल्लले भारतीय नं प्लेटको मोटरसाइकलमा आएका अपरिचित २ जनाले धोबीको पैसा लुटेकाे बताए। उनले फरार लुटेराहररुकाे खाेजी कार्यका लागि प्रहरी परिचालन गरेकाे जानकारी दिए। उनका अनुसार ‍आज मंगलबार दिउँसो १ बजे २ लुटेराहरुले बैंकबाट पैसा निकालेर आएका  धाेवीकाे पैंसा लुटेर फरार भएका थिए। उनीहरुकाे खाेजी कार्यका लागि ठूलाे संख्यामा प्रहरी परिचालन गरिएकाे छ।
बैतडीको वनारसीधाममा विश्वनाथ र रामेश्वरम् ज्योर्तिलिङ्ग स्थापना गरिने बैतडी । जिल्लामा विश्वनाथ र रामेश्वरम् ज्योर्तिलिङ्ग स्थापना गरिने भएको छ। मानसखण्ड पुराणमा उल्लेख भएअनुसार पाटन नगरपालिका–६ को चौखुडामा रामेश्वरम् र वडा नं ३ को वनारसीधाममा विश्वनाथ ज्योर्तिलिङ्ग स्थापना गर्न लागिएको हो। नेपालका प्रथम ऐतिहासिक जगत्गुरु बालसन्त मोहनशरण देवाचार्यले अध्ययन तथा अनुसन्धान गरेअनुसार ज्योर्तिलिङ्ग स्थापना गर्ने कार्य शुरु गरिएको रामेश्वरधाम संरक्षण समितिका संयोजक कमल बोहराले जानकारी दिए। पातालभुवनेश्वर धामबाट बग्ने रामगङ्गा नदी (बगडी) र सरयु नदी ९सुर्नया०को सङ्गमस्थल वडा नं ६ चौखुडामा ज्योर्तिलिङ्ग स्थापना गरिने बोहराले जानकारी दिए। यस्तै पौराणिक सरयु ९सुर्नया० नदीको किनार वडा नं ३ स्थित बनारसीधाममा विश्वनाथ ज्योर्तिलिङ्ग स्थापना गरिने भएको छ। दुवै ठाउँमा ज्योर्तिलिङ्ग स्थापनाका लागि मन्दिर निर्माण गर्न जगत्गुरु देवाचार्यको उपस्थितिमा शिलान्याससमेत गरिएको छ। विश्वनाथधाममा मन्दिर निर्माणका लागि धनीदत्त भट्ट र रामेश्वरधाममा मन्दिर निर्माणका लागि रामसिंह विष्टको अध्यक्षतामा समितिसमेत गठन गरिएको छ। जिल्लालाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न ज्योर्तिलिङ्ग स्थापनाले महत्वपूर्ण भूमिका खेल्ने जगत्गुरु देवाचार्यले बताए। पुराणमा लेखिएका कुराका बारेमा जानकारी नहुँदा र यहाँका धार्मिकस्थलको प्रचारप्रसार नहुँदा प्रसिद्ध धाम ओझेलमा परेका उनले बताए। यहाँका तीर्थको महिमाका बारेमा पुराणमा उल्लेख गरिएको भए पनि प्रचारप्रसार अभावमा ओझेलमा परेका जगत्गुरुको भनाइ छ। तीर्थाटनका लागि हजारौँ खर्च गरेर भारतका विभिन्न स्थानमा जाने परिपाटी भएकाले आफ्नै ठाउँका तीर्थको पहिचानका लागि आफूले अभियानसमेत चलाएको उनले बताए । रासस
आज मौसममा सामान्य बदलीभइ केही स्थानमा वर्षा हुने काठमाडौं । मनसुनको न्यून चापीय रेखा औसत स्थानको आसपासमै रहेकाले आगामी बिहीबारसम्म मौसममा सामान्य बदली भई पुर्वी तथा पश्चिमी क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मुलुकका अधिकांश स्थानमा मंगलबार सामान्य बदली रही मध्य, पूर्व र पश्चिमी पहाडी क्षेत्रमा मेघ गर्जन र चट्टयाङसहित हल्का देखि मध्यम वर्षा हुनेछ। त्यस्तैगरी बिहीबारसम्म पश्चिमी तथा पूर्वी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। अहिलेपनि देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जनसहित हल्का वर्षा भईरहेको छ।
गोर्खा ब्रअरीको मुद्दामा मुछिएका न्यायाधीश अधिकारीद्वारा राजीनामा काठमाडौं। उच्च अदालत पोखराका न्यायाधीश जीवनहरि अधिकारीले आफ्नो पदबाट राजीनामा दिएका छन्। न्यायाधीश अधिकारीले न्याय परिषद्मार्फत प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासमक्ष राजीनामा दिएको न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए। प्रवक्ता कार्कीका अनुसार राजीनामा पत्रमा घरायसी समस्या भएको कारण पदबाट राजीनामा दिएको उल्लेख छ । घरायसी समस्याका कारण राजीनामा दिएको भनिए तापनि गोर्खा ब्रुअरीको अन्तःशुल्कको मुद्दामा क्षेत्रधिकार विवाद भएपछि उनी छानबिनमा परेका थिए। उनले ४० वर्ष न्याय सेवामा काम गरेका थिए। न्याय परिषद्ले उक्त विवादसम्बन्धमा सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधानको नेतृत्वको छानबिन समितिसमेत गठन गरेको थियो । रासस
आफ्नै श्रीमानको हत्यारासँग पैसा असुल्ने महिला पक्राउ भोजपुर । श्रीमानको हत्याको घटना लुकाउन हत्यारासँग पैसा लिएको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर नगरपालिका–४ सिद्धेश्वर दावाकी मीना मिजार सार्की रहेकी छिन् । घटनामा संलग्न रहेको आरोपमा अन्य पाँच जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । विसं २०७४ माघ २७ गते स्थानीय पूर्णबहादुर सुयललाई छिमेकी मोहनबहादुर रम्तेलले चम्पिरा खोलाको भिरबाट धकेलेर हत्या गरेको आरोप छ। घटनापछि छिमेकी हरिबहादुर लम्सालले घटना लुकाउन अभियुक्तसँग रु तीन लाख मागेको बयानमा उल्लेख छ। केही समयपश्चात् मृतक पूर्णबहादुरकी श्रीमती मीनाले मुख्य अभियुक्त रम्तेलसँग पैसा मागेको खुल्न आएपछि उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले जानकारी दिए। स्थानीय मनकुमार मिजार, सन्तोष मिजार र विष्णु बयलकोटीले मीनालाई हत्याराबाट पैसा दिलाउन सहयोग गरेको आरोप लागेको छ। रम्तेलसँग मीनाले रु दुई लाख लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ। आफ्नै पतिको हत्याराबाट लिएको सो रकम सदरमुकामस्थित एक सहकारी संस्थामा रु एक लाख ७० हजार र रु ३० हजार आफ्नी सासूलाई भैँसी किन्न दिएको बयानका क्रममा खुलेको छ। रासस
विपन्न परिवारलाई निःशुल्क मिटरबक्स वितरण जाजरकोट । नेपाल विद्युत् प्राधिकरण जाजरकोट वितरण केन्द्रले भेरी नगरपालिकाका विपन्न परिवारलाई निःशुल्क रूपमा विजुलीको मिटरबक्स वितरण गरेको छ। सो नगरपालिका को १, ३, ४, १०, ११, १२ र १३ वडाका विपन्न परिवारलाई ती वडा कार्यालयले गरेको सिफारिशका आधारमा ४९३ थान मिटर निःशुल्क रूपमा वितरण गरिएको हो। विद्युत् प्राधिकरण जाजरकोट वितरण केन्द्रका प्रमुख लोकबहादुर खड्काले उज्यालो नेपाल कार्यक्रमअन्तर्गत सबैको घरको अन्धकार हटाउन प्राधिकरणको केन्द्रीय योजनाअनुसार मिटर बक्स निःशुल्क वितरण गरिएको जानकारी दिए। यो अभियानले विद्युत् चोरीको अन्त्य हुने उहाँले आशा व्यक्त गरे । वडा नं १ का वडाध्यक्ष दीपक रानाले सधैँ आसपासका धनी मानिसको घरको उज्यालो हेरेर बस्नु पर्ने परिस्थिति अन्त्य गर्न विद्युत्ले निकै उदारणहरणीय भूमिका निर्वाह गरेको बताए। यसअघि प्राधिकरणले आफ्नो कार्य क्षेत्रअन्तर्गत पर्ने सुर्खेतको सिम्ता गाउँपालिकामा पनि निःशुल्क मिटर बक्स वितरण सकिसकेको छ। जिल्लामा एउटा मिटर बक्सको मूल्य सेवा शुल्कसहित रु दुई हजार ५०० पर्छ । त्यो जडान गर्न आवश्यक तारसहित सबै जोडेर एउटा मिटर बक्सको कूल रु चार हजार २०० देखि चार हजार ५०० सम्म पर्ने खड्काले बताए। पहिला हामी नगरपालिकाका विकट बस्तीमा वितरण गर्न थालेको बताए । विद्युत्को लाइन विस्तार कार्य जारी रहेकाले मिटर बक्स वितरण कार्यसँगै बढेको खड्काको भनाइ छ। रासस
डोकोको भरमा खानेपानी पाल्पा । सरकारले एक घर एक धाराको नीति ल्याएपनि कार्यान्वयन हुन नसक्दा डोको र नाम्लोको भरमा पानी बोकेर ल्याउनुपर्ने बाध्यता हटेको छैन।तानसेन–१२ को मौवरडाडामा जिल्ला सदरमुकामको चहलपहल हुने क्षेत्रदेखि करीब तीन चार किलोमिटर नजिकैको दूरीमा खानेपानीको चर्को समस्या रहेको छ। बाह्रै महिना उकालोमा पानी बोकेर ल्याउनुपर्ने बाध्यता नहटेको स्थानीयवासी फूलमाया विकले गुनासो पोखिन। “न हिउँद भन्नु छ, न वर्षायाम डोकोमा ग्रागी हालेर पानी बोक्नुपर्ने बाध्यता हटेको छैन्”, विश्वकर्माको भनाइ छ। पसिनै पसिना हुँदै पानी बोकेर ल्याउनुपर्छ, बोकेर ल्याएको पानी पर्याप्त नहुने विश्वकर्माको भनाइ छ। तानसेन क्षेत्र रहेको बस्तीमा वर्षायाममा पनि १५ मिनेट जति ओरालो झरी पानी बोकेर उकालो बाटो ल्याउनुपर्ने बाध्यता नहटेको विश्वकर्माको झै स्थानीय बासिन्दाको गुनासो छ। हिउँद महीनामा पानी पाइँदैन, ३० मिनेट तल खोलामा झरे नुहाउनु र कपडा धुनुपर्ने र खानेपानी ल्याउनु पर्ने बाध्यता छ। स्थानीय पृथ्वीसिंह विश्वकर्माले स्वदेशमा केही गरौँ भनेर कुखुरापालन व्यवसायमा हात हाले। पछि कुखुरापालनका लागि पानी नहुँदा सो व्यवसायबाट विस्थापित हुनु परेकोमा दुखित छन्। “हाम्रो समस्या कस्ले बुझ्छ र, गाउँमा बसेर केही गरौँ भन्ने सोचेर पहिला कुखुराको पालन गर्न थाले पनि अहिले पानीका अभावमा रोकिएको छ।” उनले भने। गर्मी मौषममा पानी नै हुँदैन कुखुरालाई कसरी पुर्याउने भन्ने समस्या छ। तानसेन नगरपालिका क्षेत्रमा डोकोमा पानी बोकेर खानेपानी समस्या मात्र होइन, यहाँ खेतीयोग्य जमीनमा किसानले उत्पादन गरेको अन्नबालीसमेत बाँदरले नष्ट गरेको छ। करीब १८ घर परिवार रहेको यो बस्तीमा दुई जना मगर र अन्य दलित समुदाय बसोबास गर्छन। दलित बस्तीमा मोटरबाटोको समेत पहुँच नहुँदा व्यवसाय गर्न समस्या रहेको छ। तानसेन नगरपालिका–१२ का वडा सदस्य पविसरा विश्वकर्माले खानेपानी र सडकका लागि पहल भएको र आयआर्जनका लागि यस आवमा कार्यक्रम सञ्चालन गर्ने बताए। रासस
पूर्व राजदूत हत्या प्रकरण : सुरक्षा गार्ड तामाङ पक्राउ काठमाडौं। पूर्व राजदूत केशव झाको हत्या गरेको आरोपमा प्रहरीले झाकै घरमा सुरक्षा गार्डका रुपमा काम गरेका काभ्रेका कान्छाराम तामाङलाई पक्राउ गरेको छ । तामाङलाई काठमाडौं प्रहरी परिसरको टोलीले शुक्रबार काभ्रेबाट पक्राउ गरेको हो । केशव झाको हत्या प्रकरणमा उनलाई यसअघि अपराध महाशाखाको टोलीले पक्राउ गरेको थियो । तर, जिल्ला अदालत काठमाडौंले १५ हजार धरौटीमा उनलाई रिहा गरेको थियो । स्वर्गीय झाकी श्रीमतीले किटानी जाहेरी दिएपछि उनलाई पुनः पक्राउ गरिएको प्रहरीले जनाएको छ । गत वर्ष भदौमा ८० वर्षीय झा बबरमहलस्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएका थिए । टाउको र घाँटीमा चोट लागेको अवस्थामा मृत भेटिएका उनीमाथि किचनको चक्कु प्रहार भएको आशंका गरिएको थियो ।
शनिबार राती ५ लाख ८१ हजार बराबरको धनमाल चोरी काठमाडौं । मोरङ, कानेपोखरी गाउँपालिका ७ बरगाछीस्थित नमुखी बचत तथा ऋण सहकारी संस्थाबाट शनिबार राति नगद ५ लाख २६ हजार ५ सय ५१ रुपैयाँ र सिसिटिभीको एनभिआर बक्स चोरी भएको छ। धनुषा, कमला नगरपालिका ४ सागरास्थित ४ नम्बर वडा कार्यालयबाट शनिबार राति कम्प्युटर १ थान, प्रिन्टर १ थान, राजस्व काटेको ठेली र नगद १० हजार ४ सय समेत गरी करिब ५५ हजार ४ सय रुपैयाँ बराबरको धनमाल चोरी भएको छ। चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
‘संहिता कार्यान्वयनको प्रभावकारिता’ विषयक विचार गोष्ठी सम्पन्न काठमाडौं । फौजदारी संहिता लागू भएको एक वर्ष पुगेको सन्दर्भमा प्रहरी प्रधान कार्यालय कार्य एवम् अपराध अनुसन्धान विभागद्वारा आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित ‘संहिता कार्यान्वयनको प्रभावकारिता’ विषयक विचार गोष्ठी सम्पन्न भएको छ। उक्त अवसरमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नागरिकले अनाहकमा दुस्ख नपाउन्, निरअपराधी पीडितको रुपमा रहन नपरोस र पीडक कानुनको दायरामा आउन भन्ने अभिप्रायका साथ आएको कानुन संरक्षण एवम् कार्यान्वयन गर्न नेपाल प्रहरी अभ्यस्त हुँदै गएको बताए। नयाँ कानून कार्यान्वयन गर्ने क्रममा नेपाल प्रहरीले फड्को मारेको चर्चा गर्दै उनले राष्ट्रको निर्णय र प्रहरीलाई सुम्पिएको जिम्मेवारी इमान्दारीपूर्वक सम्पन्न गर्न नेपाल प्रहरी नमूनाको रुपमा प्रस्तुत भएको बताए। प्रहरी महानिरीक्षक खनालले प्रहरीले गर्ने अनुसन्धान वस्तुनिष्ठ, वैज्ञानिक र प्रमाणमुखी हुनुपर्ने धारणा अनुरुप नेपाल प्रहरीले उपलब्ध साधन स्रोतलाई अत्यधिक प्रयोग गरी काम गर्दै महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्नुपर्ने बताए। नेपालीहरुले विश्वमै अत्यन्त परिष्कृत सेवा पाउँछन् भन्ने कुराको नमूना प्रस्तुत गर्न आएको नयाँ कानुनलाई अवलम्बन गर्ने दिशामा नेपाल प्रहरी दृढ संकल्पित भई अपेक्षित परिणामतर्फ उन्मुख रहेको विचार उनले व्यक्त गरे। राज्यले लिएको नीति र कानुनको प्रावधान परिपूर्ति गर्न नेपाल प्रहरी सरोकारवाला निकायसँग समन्वय गर्दै अगाडि बढ्ने उहाँले बताए। उक्त अवसरमा पूर्व महान्यायाधिवक्ता प्राडा युवराज संग्रौलाले संहिता कार्यान्वयन सन्दर्भमा सुझाव प्रस्तुत गर्दै अनुसन्धान तथा अभियोजनकर्ताले आफ्नो भूमिकामा खरो उत्रिएका छौं कि छैंनौ भन्नेतर्फ ध्यान दिनुपर्ने बताए। संहिता प्रहरीको हितमा रहेको चर्चा गर्दै प्राडा संग्रौलाले नेपाल प्रहरीले ऐन कानुनबारे बृहद छलफल र विश्लेषण गर्नुपर्ने उल्लेख गरे। गोष्ठीमा उच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुङ्गानाले संहिता कार्यान्वयनमा देखिएका प्रभावकारिता र चुनौतीबारे चर्चा गर्दै कानुनको विश्वव्यापी मान्यता अनुसार कालजयी परिवर्तन लिएर ठूलो उपलब्धीका साथ संहिता आएको उल्लेख गरे। संहिता कार्यान्वयनको पक्षमा नेपाल प्रहरीले गति लिएको चर्चा गर्दै न्यायाधीश ढुङ्गानाले आगामी दिनमा अदालत, महान्यायाधिवक्ताको कार्यालय, सम्बन्धित मन्त्रालय र नेपाल प्रहरीले आपसी समन्वय र सहकार्य गर्दै कार्यान्वयन पक्षलाई घनीभूत रुपमा लैजानुपर्नेमा जोड दिए। उक्त अवसरमा नेपाल ल क्याम्पसका प्रमुख डा डिएन पराजुलीले संहिताका प्रावधान कार्यान्वयनको प्रभावकारिता, त्यसमा खट्किएका पक्ष, कानूनी क्षेत्रमा हुने सुधारका विषय लगायत संहितामा आधारित पाठ्यक्रम परिवर्तन सम्बन्धमा चर्चा गरे। संहिता कार्यान्वयनलाई प्रभावकारी बनाउन संहिताबारे जनचेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकता रहेको उनले बताए। कार्यक्रममा महान्यायाधिवक्ताको कार्यालयका सह–न्यायाधिवक्ता श्याम कुमार भट्टराईले संहिता कार्यान्वयनमा देखिएका अवस्थाबारे चित्रण गर्दै यसको कार्यान्वयनमा महान्यायाधिवक्ताको कार्यालय नेपाल प्रहरीसँग हातेमालो गर्दै सँगसँगै अगाडि बढ्दै आएको विचार व्यक्त गरे। समाजलाई रुपान्तरण गर्ने यस्ता कानुनलाई व्यवहारमा लागू गर्न सके सफल भइने उल्लेख गर्दै उनले थप उपलब्धी हासिल गर्नतिर लाग्न आग्रह गरे। उक्त अवसरमा गृह मन्त्रालय कानुन महाशाखाका सहसचिव पुष्कर सापकोटाले संहिताले नयाँ संविधान, अन्तर्राष्ट्रिय कानुन र न्यायका सिद्धान्तलाई समेटेको उल्लेख गरे। यसको कार्यान्वयन गर्ने दायित्व र जिम्मेवारी थपिएको महसुस भएको उल्लेख गर्दै उनले कार्यान्वयनमा समन्वय गर्न गृह मन्त्रालय सकारात्मक रहने प्रतिबद्धता व्यक्त गरे। संविधानविद् टिकाराम भट्टराईले अपराध अनुसन्धानमा नेपाल प्रहरीले गुणात्मक फड्को मारिरहेको विचार व्यक्त गर्दै संहिता कार्यान्वयनमा प्रहरीलाई सहयोग गर्न कानुन व्यवसायी तयार रहेको बताए। संविधानले कोरेको मार्गनिर्देशन अनुसार अगाडि बढेमा सफल हुन सहज हुने उनले बताए। कार्यक्रममा प्रहरी प्रधान कार्यालय कार्य एवम् अपराध अनुसन्धान विभागका प्रहरी नायब महानिरीक्षक पिताम्बर अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै कार्यक्रमको उद्देश्य र नेपाल प्रहरीले संहिता कार्यान्वयनको सन्दर्भमा गरेका कार्यहरुको विवेचना गरे। संहिताले समेटेको आधुनिक मूल्य मान्यतालाई आत्मसात् गर्दै यसलाई कार्यान्वयन गर्नुपर्ने दायित्व र अवसर नेपाल प्रहरीलाई रहेको उनले बताए। मूलुकी संहिता कार्यान्वयनको प्रभावकारिताको लेखाजोखा गर्ने, एक वर्षको अवधिमा नेपाल प्रहरीबाट संहिता कार्यान्वयनको क्रममा प्राप्त जिम्मेवारी अन्तर्गत भएका कार्यहरुका बारेमा सरोकारवालाहरुको पृष्ठपोषण प्राप्त गर्न र संहिता कार्यान्वयनको क्रममा अनुभव आदानप्रदान गरी अपराध अनुसन्धान कार्यलाई थप परिणाममुखी, सफल र वस्तुनिष्ठ बनाउँदै लैजाने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। उक्त अवसरमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी प्रधान कार्यालय कार्य एवम् अपराध अनुसन्धान विभागद्वारा प्रकाशित CID Magazine र पूर्व महान्यायाधिवक्ता प्राडा युवराज संग्रौलाले दोस्रो प्रादेशिक सम्मेलन २०७६ स्मारिका विमोचन समेत गरेका थिए। कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायब महानिरीक्षकहरु, विभिन्न कानून क्याम्पसका विद्यार्थीहरुलगायत प्रहरी अधिकृतहरु समेतको उपस्थिति रहेको थियो।
एसइईको पूरक (ग्रेडवृद्धि) परीक्षा शुरु काठमाडौँ । माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइईको पूरक (ग्रेड बृद्धि) परीक्षा आजबाट शुरु भएको छ।राष्ट्रिय परीक्षा  बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज बिहान ८ बजेबाट देशभरका ३०४ परीक्षा केन्द्रबाट एकैसाथ परीक्षा शुरु गरेको छ। परीक्षामा करीब एक लाख ५० हजार परीक्षार्थी सहभागी भएको परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिए । आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन भएको छ। सबैभन्दा धेरै गणित विषयमा एक लाख ५० हजार विद्यार्थी र त्यसपछि विज्ञान र अङ्ग्रेजी विषयमा परीक्षार्थीको सहभागिता रहने उनले बताए। गत असार १२ गते सार्वजनिक गरेको एसइईको नतिजामा ‘सी’ वा ‘सी’भन्दा कम ग्रेड प्राप्त गरेका विद्यार्थीले आफूले चाहेको विषयमा ग्रेडवृद्धि गर्न पाउने व्यवस्था गरेपछि यस वर्ष परीक्षार्थीको सङ्ख्या बढेको थियो। परीक्षा यही भदौ ११ गतेसम्म सञ्चालन हुनेछ। रासस
खुर्पा प्रहार गरी श्रीमतीको हत्या गोरखा । गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा गए राति श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् ।  स्थानीय २० वर्षीय याकुब परियारले आफ्नी १९ वर्षकी श्रीमती पूजा परियारको खुर्पाले घाँटी रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिए । “छिमेकीहरुले दिएको सूचनाको आधारमा प्रहरी तत्काल घटनास्थल पुगेको थियो”, उनले भने, “१० बजेतिर घटना भएको रहेछ, प्रहरी पुग्दा पूजाको घटनास्थलमै मृत्यु भइसकेको अवस्थामा शव भेटियो ।” प्रहरीका अनुसार मृतकका श्रीमान् याकुव मानसिक रोगी हुन् । हत्याका आरोपित याकुवलाई गए राति नै नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ । “उनी मानसिक रोगको औषधि खाँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ”, प्रहरी उपरीक्षक अधिकारीले भने, “घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।” मृतकको शव परीक्षणका लागि अहिले जिल्ला अस्पताल गोरखामा राखिएको प्रहरीले जनाएको छ ।
प्रतिबन्धित लागुऔषधसहित २ जना पक्राउ लहान । प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले गए राति जिल्लाको छुट्टाछुटै स्थानबाट दुई युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले प्रतिबन्धित लागुऔषधसहित सिरहाको लहान नगरपालिका–१ निवासी २६ वर्षीय मनोजप्रसाद खत्वे र सिरहा नगरपालिका–१७ माडरबाट ठेगाना नखुलेका २७ वर्षीय विजयकुमार पासवानलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सीमावर्ती प्रहरी चौकी हरकट्टीको गस्ती प्रहरी टोलीले खत्वेको साथबाट फेनारगन ५६ एम्पुल, नोर्फिन ५८ एम्पुल, डाइजिल्याप ५५ एम्पुल, एक थान सिरिञ्ज र पासवानको साथबाट नाइट्रभेट १५० ट्याब्लेट बरामद गरेको हो। पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ। घरेलु मदिरा नष्ट सिरहा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट ३४० लिटर घरेलु मदिरा नष्ट गरेको छ । अवैध मदिरा नियन्त्रण अभियानअन्तर्गत प्रहरी टोलीले सुखीपुर नगरपालिका–२, कर्जनहा नगरपालिका–८ कर्जन्हा र सिरहा नगरपालिका–५ बसभिट्टाबाट ३४० लिटर घरेलु मदिरा, एक हजार ७५ लिटर कच्चा पदार्थ र मदिरा बनाउने चार थान मेसिन नियन्त्रणमा लिई नष्ट पारेको हो। नियन्त्रणमा लिएको घरेलु मदिरा, भाँडाकुँडा र कच्चा पदार्थ स्थानीयवासी र वडाध्यक्षलगायतको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ। रासस
सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु, ४ घाइते काठमाडौं । मकवानपुर, चितवन, धादिङ र सप्तरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ। मकवानपुर, मनहरी गाउँपालिका १ मकरीस्थित सडकमा ‘अनटेष्ट’ लेखिएको बसको ठक्करबाट शुक्रबार साँझ पैदलयात्री सोही ठाउँ बस्ने ४५ वर्षीय नकुल बहादुर बखतीको घटनास्थलमै मृत्यु भएको छ। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। चितवन, राप्ती नगरपालिका ५ भण्डारा चोकस्थित सडकमा ना ५ ख ३१६६ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री सोही ठाउँ बस्ने ७० वर्षीय शुक्र चौधरीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको छ। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। धादिङ, धुनिबेशी नगरपालिका ८ बाहुनडाँडास्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हाल, नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुषको शुक्रबार राति घटनास्थलमै मृत्यु भएको छ। ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ। सप्तरी, कंचनरुप नगरपालिका ११ बक्सहा चोकस्थित सडकमा बा।१६ च २२३५ नम्बरको पिकप बलेरो गाडी अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका गाडीमा सवार रुपन्देही तिलोत्तमा नगरपालिका १ बस्ने ४० वर्षीय डाइल्स अधिकारीको उपचारको लागि अंचल अस्पताल राजबिराज सप्तरीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका गाडीमा अन्य ४ जनालाई उपचारको लागि नोबेल अस्पताल बिराटनगरतर्फ लगिएको छ। दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
२४ जना जुवाडे काठमाडौंबाट पक्राउ काठमाडौं । बुढानिलकण्ठ नगरपालिका १२ कपन बस्ने काभ्रे पाँचखाल नगरपालिका २ घर भएका ४३ वर्षीय बद्री प्रसाद सापकोटाको हाम्रो दुध डेरीभित्र जुवातास खेलिरहेको अवस्थामा सापकोटा समेत ७ जनालाई नगद १५ हजार ९ सय २० रुपैयाँ र तीन बुक ताससहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। यसैगरी बुढानिलकण्ठ नगरपालिका १० कपनस्थित खोटाङ, खोटेहाङ गाउँपालिका ५ घर भएका ३६ वर्षीय निरज राईको अस्मिता खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा निरज राई समेत ६ जनालाई नगद १५ हजार ५ सय ५० रुपैयाँ र तीन बुक ताससहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। यसैगरी बुढानिलकण्ठ नगरपालिका १ मुहान पोखरीस्थित जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ६८ वर्षीय ध्रुव बहादुर कार्की समेत ११ जनालाई नगद १७ हजार ३ सय ९० रुपैयाँ र ६ बुक तास सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ। यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
अटोमेटिक पेस्तोल तथा गोली सहित एक पक्राउ काठमाडौं । चन्द्रागिरी नगरपालिका २ नागढुंगास्थित चेक प्वाईन्टबाट अटोमेटिक पेस्तोल २ थान र गोली २० राउण्ड सहित ललितपुर कोन्ज्योसम गाउँपालिका २ बस्ने अन्दाजी २८ वर्षीय मुनाल भन्ने सुलभ लामालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ। उक्त स्थानमा खटिएको प्रहरीले धादिङबाट काठमाडौं आउँदै गरेको बा २ ख १९८० नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार लामाको साथमा रहेको झोला जाँच गर्ने क्रममा झोलाभित्र उक्त पेस्तोल तथा गोली लुकाई छिपाई राखेको अवस्थामा फेला परेको हो। साथै लामाको साथबाट उषा लेखिएको ९० एमएलको तेल रहेको बोतल २ थान, बाइनाकुलर १ थान, मोबाइल ५ थान तथा विभिन्न सम्पर्क नम्बरहरु भएको डायरी तथा कागजातहरु समेत प्रहरीले बरामद गरेको छ। लामालाई थप आवश्यक कारवाही तथा अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ।