text
stringlengths
1
75.3k
यी सबै नौ दिनसम्म मञ्चमा बसेर मिहीन ढंगले नियालेका प्रचण्डलाई जारी बैठक पूर्वएमालेभित्र स्पेस बनाउने महत्त्वपूर्ण अवसर बन्यो ।
बिहीबारको सम्बोधनलाई लिएर साविक एमालेका एकनेता अर्थ्याउँछन् बिहीबारको सम्बोधन सुन्दा प्रचण्डमा राजनेताको छनक पायौँ ।
केपी ओलीप्रति कटाक्ष गर्दै ती नेताले थपे अर्का अध्यक्ष केपी शर्मा ओली सानो चित्तबाट कुरा शुरू गर्नुहुन्थ्यो । उहाँले आफ्नो गुट समूह पूर्वमाओवादी केन्द्रको लिग्यासीसमेत भुलेर ठूलो आयातनमा प्रस्तुत हुनुभयो उहाँको प्रस्तुतिले नेतृत्वको कार्यशैलीलाई लिएर पार्टीभित्र उत्पन्न असन्तुष्टि अन्तरविरोधको सम्बोधन भएको छ ।
बैठक सकिएलगत्तै बाहिरिएका झलनाथ खनालले पनि प्रचण्डको सम्बोधनले समाधानको बाटो देखाएको प्रतिक्रिया दिएका थिए । प्रचण्डको सम्बोधनले हामी सबैलाई उत्साही बनाएको छ । विद्यमान समस्याको हल हुनेछ भन्ने विश्वास हामीले लिएका छौँ प्रशन्न मुद्रामा प्रस्तुत भएका खनालले भनेका थिए ।
बैठकमा अध्यक्ष प्रचण्डले पार्टी एकता हठात् हतारहतारमा वा बाहिर भनिएझैँ छापामार शैलीमा नभई एमाले र माओवादीबीच जनयुद्धताकादेखि नै भएको छलफल वार्ताको विकसित रूप भएको दृष्टान्त पस्किएका थिए । उनले द्विअध्यक्षात्मक प्रणाली नेकपाका लागि मात्रै नभएर आफ्नो लागि पनि नितान्त नवीन नूतन प्रयोग भएको बताउँदै यसले आफूलाई अल्मल्याएको बताएका थिए ।
द्विअध्यात्मक व्यवस्था मेरा लागि नौलो पनि हो कतिपय सन्दभर्मा मलाई अप्ठ्यारो पनि बनाउँछ उनले बैठकमा भनेको एक सदस्य उद्धृत गर्छन् तथापि म सम्हालिनुपर्छ । सम्हालिएको छु । यसबाट म दायाबाँया हुनेबित्तिकै असमझदारी बढ्छ । यसले पार्टी एकतालाई धरापमा पार्छ ।
उनको यसप्रकारको जिम्मेवार र माथिल्लो ओहोदाको अभिव्यक्तिले सारा शंका दूर गरिदिएको निष्कर्ष स्थायी कमिटी सदस्यहरूले निकालेका छन् ।
प्रचण्डले कहिलेकाहीँ आफूलाई नखाएको विषको समेत सिकार हुनुपरेको बताउँदै वामदेव प्रकरणमा आफ्नो संलग्नताबारे अस्वीकार गरे । वामदेव प्रकरणसँगै जोडेर हेरिएको नेकपाभित्रको ध्रुवीकरणमा उनको संलग्नतालाई पनि अध्यक्ष प्रचण्डले इन्कार गरे ।
धम्की चिरेर एकता अबको बाटो समाजवाद
त्यस्तै उनले प्रलोभन र धम्की चिरेर पार्टी एकतालाई निष्कर्षमा पुर्‍याएको बताउँदै स्थायी कमिटी सदस्य साविक एमालेकाको मन जित्ने प्रयत्न गरे । शान्ति प्रक्रियासँग सम्बन्धित केही काम थाति रहेको अवस्था पुराना टुंगिन बाँकी केही काम देखाएर आफूलाई बारबार धम्क्याएको र त्यही शक्तिले एमालेसँग नमिल्न पनि डर र भय देखाउन खोजेको दृष्टान्त पस्किएका थिए ।
एमालेसँग नमिल्न शुरूमा पदको प्रलोभन देखाइयो त्यसमा सहमत हुन नसकेपछि धम्क्याउन थालियो प्रचण्डको भनाइ उद्धृत गर्दै ती सदस्य दाबी गर्छन् ।
पार्टी एकताले नेपालको कम्युनिस्ट आन्दोलनलाई मात्र नभई अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनलाईसमेत त्राण दिएको बताउँदै यसलाई धरापमा पार्न दिनुनहुने र नेतृत्वले सानो चित्त पनि राख्न नहुने उनको जोड थियो । त्यस्तै उनले पार्टीभित्र एकता हार्दिकता वरीयताको भावनालाई तलमाथि पार्न दिन नहुने र सबैको सम्मान सहअस्तित्व नै पार्टीको सम्पत्ति भएको जिकिर गरेका थिए ।
केपी ओलीको कार्यशैलीलाई दिएर यावत् प्रश्नको सामना बैठकले गरिरहेका बेला अध्यक्ष प्रचण्डले नेतृत्व गुटबन्दीमा लाग्न नहुने हिजोकै एमाले माओवादी केन्द्रको आँखाबाट हेर्ने आफ्नै विचारसमूह गुटलाई जीवित राख्न नहुने तर्क गरे ।
यसले नेकपाभित्र प्रचण्डलाई बहुआयामिक गतिशील नेतृत्वको रूपमा उभ्याएको छ । पार्टीभित्रको गतिरोध र सरकार सञ्चालमा देखिएको नेतृत्वको समस्याको हल प्रचण्डमा छ भन्ने तथ्यको उजागर गरेको छ नेकपाका एक स्थायी सदस्य बताउँछन् ।
प्रचण्डले सत्तापक्ष र प्रतिपक्ष संसदमा मात्रै हुने पार्टीभित्र पनि त्यही प्रकारको अभ्यास निषेध उषेधको भूमिका जीउँदो राख्न नहनुे तर्क गर्दै गुटहरूको आवश्यकता र औचित्काबारेमा प्रश्न उठाएका थिए ।
लामो आन्दोलन सङ्घर्षबाट हामीले दुईतिहाइको सफलता हात पारेका छौँ यसबेलमा हामीले उपलब्धिको रक्षा गर्दै मुलुकलाई समाजवादको दिशामा हिँडाउनुपर्नेछ । आफैँभित्रको समस्यामा अल्झियौँ भने त्यो लक्ष्य पूरा हुँदैन प्रचण्डको जोड थियो ।
मदन भण्डारी सम्झँदै माधवगुटकालाई फकाउँदै
गत जेठ ३ गते पार्टी एकताको बिहान मदन–आश्रित दिवसका दिन मदन भण्डारीसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको भन्दै एमाले पंक्तिको मन जितेका अध्यक्ष प्रचण्डले बिहीबारको सम्बोधनमा पनि मदन भण्डारीलाई स्मरण गर्न छुटाएनन् । त्यसले जनताको बहुदलीय जनवाद र त्यसैको आलोकमा तयार पारिएको जनताको जनवादप्रति प्रचण्डले निष्ठा झल्काएको साविक एमालेका नेताको बुझाइ छ ।
बारबार मदन भण्डारी उच्चारण गरेपछि पूर्वएमाले र विशेषगरी एमालेभित्रको संस्थापन पक्षलाई खुसी पार्न सकिन्छ भन्ने प्रचण्डको ठम्याइ छ त्यो बिहीबारको बैठकमा पनि प्रकट भयो स्थायी कमिटीका एक सदस्य बताउँछन् ।
मदनप्रति अनन्य निष्ठा प्रकट गरेका अध्यक्ष प्रचण्डले अबको बाटो निःसन्देह समाजवाद रहेको र न्यूनतम समाजवादी कार्यक्रम लागु गर्न ढिला गर्न नहुने तर्क गर्दै घनश्याम भुसालको विचारलाई आड भरोसा दिएका थिए ।
समाजवादी कार्यक्रमको पृष्ठपोषण गरेर नवौँ महाधिवेशनताका घनश्याम भुसालले उठाएको विचारलाई प्रचण्डले छोएका छन् स्थायी कमिटीका ती नेता भन्छन् घनश्याम भुसालको विचारको पक्षधर नेतालाई आफूतिर आकर्षित गर्ने प्रचण्डको रणनीति हो ।
काठमाडौँ । विश्लेषकहरू भन्छन्– पुष्कमल दाहाल प्रचण्ड अस्थिरताको अर्को नाम हो । ३५ वर्षदेखि पार्टी प्रमुख रहँदै आएका प्रचण्डको राजनीतिक निर्णयलाई लिएर अनेक विम्ब खडा गरिएका छन् । अद्यपर्यन्त जारी छ– त्यो सिलसिला ।
कतिपयले उनलाई ढुलमुले चरित्रको उपमा दिन्छन् भने कतिपयले उनलाई आवेग र उत्तेजना बाट निर्देशित अनुग्रहित हुने राजनीतिक चरित्रका रूपमा अर्थ्याउछन् । र उनीहरूको नजरमा राजनीतिक परिवर्तनको महत्त्वपूर्ण कदम पुष्टि भइसकेको जनयुद्ध पनि त्यस्तै बहुलट्ठीपूर्ण निर्णयको अर्को कडी थियो । जनयुद्ध का उपलब्धिलाई सिंहदरबारको पोल्टामा सुम्पिएर एमालेसँग पार्टी एकता गर्दा पनि उनले त्यस्तो आरोपको सामना गर्नुपरेकै हो ।
त्यसो त जनयुद्धको आँधिबेहरीलाई शान्तिपूर्ण रूपमा अवतरण गराउन सफल प्रचण्डलाई जोखिम बहन गर्न सक्ने नेतृत्वको रूपमा बुझ्नेहरूको जमात ठूलो छ । खैर जे होस् नेपालको गणतान्त्रिक आन्दोलन धर्मनिरपेक्षता संघीयता समावेशिता सहितको संविधानको प्रचण्डपथकै गर्भगृहमा वीजारोपण भएकाले पुष्पकमल दाहाल आजको राजनीतिको मियो हुन् । अतः नेपालको राजनीति र प्रचण्ड अलगअलग च्याप्टर होइनन् । एकअर्कामा पूरक र समपूरक हुन् ।
नेकपाको बैठक ९ दिनदेखि पार्टी मुख्यालय धुम्बाराहीमा जारी छ । तेस्रो भनिए पनि मनमा मस्को लगाउने गरी पहिलोपटक छलफल भइरहेको छ नेकपामा ।
स्थायी कमिटी सदस्य तथा माक्र्सवादी चिन्तक घनश्याम भुसालको भनाइको शब्दलाई हुबहु सापटी लिने हो भने नेकपामा मात्रै होइन एमालेमै पनि यसप्रकारको छलफल यसअघि शायदै भएको थियो । बाहिर बाझाबाझ नै बुझिए पनि पार्टीभित्र मयल फाल्ने गरै माझामाझ भएको उनको निष्कर्ष छ ।
आमन्त्रित समेत गरी ५१ जना सदस्य रहेको स्थायी कमिटीको जारी बैठकमा बोल्नका लागि प्रत्येक सदस्यलाई बीस मिनेट समय निर्धारण गरिएको थियो । झन्डै एक हप्ता सदस्यहरूले बोल्न नै खर्चिए । र अधिकांश सदस्यले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनलाई आधार बनाएर नेतृत्वको कार्यशैलीको उछित्तो काढे ।
बुधबारको बैठकमा राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ पार्टी अध्यक्षले दिने कार्यसूची थियो । र पार्टीका एउटा अध्यक्ष पुष्पकमल दाहालले झन्डै दुई घन्टा आफ्ना धारणा राखे ।
अहिले प्रचण्डले बैठकमा गरेको सम्बोधनलाई लिएर नेकपाभित्र अलग्गै तरङ उत्पन्न भएको छ । मुर्झाइसकेको पार्टी आन्दोलनलाई सञ्जीवनी बुटी पिलाएर त्राण दिएको चर्चा नेकपावृत्तमा हुन थालेको छ ।
जेठ ३ गते मदन–आश्रित स्मृति दिवसको अवसर पारेर पार्टी एकता भएको पुस ३ गते सात महिना पूरा भयो । यो बीचमा न नेकपाले खुट्टा टेक्न पाएको छ न नेता–कार्यकर्ताले बिजनेश नै पाएका छन् । पार्टी एकता गतिशून्य बन्दा साविक एमालेका कार्यकर्ता ज्यादा असन्तुष्ट थिए । पूर्वमाओवादी केन्द्रभित्र खासै पिरलो थिएन । पोलिट्ब्युरो गठन हुन नसकेको जिम्मेवारी नपाएर केन्द्रीय सदस्य सडकमा बरालिनुपरेको र सरकार र पार्टी नेतृत्वको आलोचना गर्दै दिन कटाउनु परेको विषय बैठकमा महत्त्वका साथ उठ्यो । र पूर्वएमाले नेताहरुबीच आरोप–प्रत्यारोप नै चल्यो ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर निर्मम रूपमा प्रस्तुत भइरहँदा पुष्पकमल दाहालले साविक एमालेभित्र ओलीविरुद्धको असन्तुष्टिलाई क्यास गर्न सफल भएका छन् । त्यसो त उनको शुरूदेखिको भूमिका सन्तुलनकारी कै थियो ।
सरकार र पार्टी सञ्चालका क्रममा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीबाट भएका प्रक्रियागत कमजोरीको सैद्धान्तिक र विधिसम्मत हल गर्ने पक्षमा थिए प्रचण्ड । त्यसैले हुनुपर्छ उनले पूर्वमाओवादी केन्द्रलाई संयमित रहन नै अपिल गरेका थिए । प्रचण्डको अपेक्षा बमोजिम बैठकमा पूर्वमाओवादी केन्द्र संयमित देखियो । बैठक सकिएपछि पनि पूर्वमाओवादी केन्द्रका नेताहरू प्रतिक्रियाविहीन रहनु त्यसकै त्यसकै अभिव्यक्ति हो । यसबाट के प्रष्ट्याउँछ भने पूर्वमाओवादी केन्द्र प्रचण्डको कमाण्डबाट उम्किइसकेको छैन । एमालेमा आएपछि झनै जब्बर भएको छ ।
तर यसको विपरित थियो पूर्वएमाले । पार्टी नेतृत्व विशेष गरेर केपी ओली प्रतिको असन्तुष्टि बैठकमा छताछुल्ल भयो । त्यसको राजनीतिक लाभ अर्का अध्यक्ष प्रचण्डको पोल्टामा पर्‍यो ।
प्रचण्डले राजनेताको भूमिका देखाए
केपी ओलीविरुद्ध स्थायी कमिटीमा रहेका झलनाथ खनाल माधव नेपाल वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठका अघोषित मोर्चावन्दी नै थियो । वामदेवले झलनाथ समेतको साथ लिएर १६ पाने आलोचना पस्किएर प्रधानमन्त्री एवम् पार्टी नेतृत्वविरुद्ध सक्नेजत्ति आलोचना गरे । नारायणकाजी श्रेष्ठ पनि प्रचण्डको रणनीतिको घेराभित्र अटाएनन् । उम्किएर सरकारविरुद्ध बुताले भ्याएसम्म आलोचना गरे ।
विधि पद्धति मापदण्ड अनुरुप प्रदेश कमिटी नबनेको एकता गतिशून्य भएको र सरकार सञ्चालनमा पार्टीभन्दा पनि व्यक्ति हावी भएको भन्दै केपी ओलीविरुद्ध जाइ त लागे । तर युनिभर्सल पिस फेडेरेशनले आयोजना गरेको एशिया प्रशान्त सम्मेलनको अध्यक्षताले नेतृत्वविरुद्ध आलोचना गर्न सक्ने हैसियतको धरातल गुमाए । अनुहार बचाउनै हम्मेहम्मे पर्‍यो । आफू निकटका नेताले नै माधव नेपाललाई सुनपानी छर्किएर चोख्याउनुपर्छ भन्न थालेपछि माधव नेपालको असहमतिको कुनै गुञ्जायस रहेन ।
यी सबै नौ दिनसम्म मञ्चमा बसेर मिहीन ढंगले नियालेका प्रचण्डलाई जारी बैठक पूर्वएमालेभित्र स्पेस बनाउने महत्त्वपूर्ण अवसर बन्यो ।
बिहीबारको सम्बोधनलाई लिएर साविक एमालेका एकनेता अर्थ्याउँछन् बिहीबारको सम्बोधन सुन्दा प्रचण्डमा राजनेताको छनक पायौँ ।
केपी ओलीप्रति कटाक्ष गर्दै ती नेताले थपे अर्का अध्यक्ष केपी शर्मा ओली सानो चित्तबाट कुरा शुरू गर्नुहुन्थ्यो । उहाँले आफ्नो गुट समूह पूर्वमाओवादी केन्द्रको लिग्यासीसमेत भुलेर ठूलो आयातनमा प्रस्तुत हुनुभयो उहाँको प्रस्तुतिले नेतृत्वको कार्यशैलीलाई लिएर पार्टीभित्र उत्पन्न असन्तुष्टि अन्तरविरोधको सम्बोधन भएको छ ।
बैठक सकिएलगत्तै बाहिरिएका झलनाथ खनालले पनि प्रचण्डको सम्बोधनले समाधानको बाटो देखाएको प्रतिक्रिया दिएका थिए । प्रचण्डको सम्बोधनले हामी सबैलाई उत्साही बनाएको छ । विद्यमान समस्याको हल हुनेछ भन्ने विश्वास हामीले लिएका छौँ प्रशन्न मुद्रामा प्रस्तुत भएका खनालले भनेका थिए ।
बैठकमा अध्यक्ष प्रचण्डले पार्टी एकता हठात् हतारहतारमा वा बाहिर भनिएझैँ छापामार शैलीमा नभई एमाले र माओवादीबीच जनयुद्धताकादेखि नै भएको छलफल वार्ताको विकसित रूप भएको दृष्टान्त पस्किएका थिए । उनले द्विअध्यक्षात्मक प्रणाली नेकपाका लागि मात्रै नभएर आफ्नो लागि पनि नितान्त नवीन नूतन प्रयोग भएको बताउँदै यसले आफूलाई अल्मल्याएको बताएका थिए ।
द्विअध्यात्मक व्यवस्था मेरा लागि नौलो पनि हो कतिपय सन्दभर्मा मलाई अप्ठ्यारो पनि बनाउँछ उनले बैठकमा भनेको एक सदस्य उद्धृत गर्छन् तथापि म सम्हालिनुपर्छ । सम्हालिएको छु । यसबाट म दायाबाँया हुनेबित्तिकै असमझदारी बढ्छ । यसले पार्टी एकतालाई धरापमा पार्छ ।
उनको यसप्रकारको जिम्मेवार र माथिल्लो ओहोदाको अभिव्यक्तिले सारा शंका दूर गरिदिएको निष्कर्ष स्थायी कमिटी सदस्यहरूले निकालेका छन् ।
प्रचण्डले कहिलेकाहीँ आफूलाई नखाएको विषको समेत सिकार हुनुपरेको बताउँदै वामदेव प्रकरणमा आफ्नो संलग्नताबारे अस्वीकार गरे । वामदेव प्रकरणसँगै जोडेर हेरिएको नेकपाभित्रको ध्रुवीकरणमा उनको संलग्नतालाई पनि अध्यक्ष प्रचण्डले इन्कार गरे ।
धम्की चिरेर एकता अबको बाटो समाजवाद
त्यस्तै उनले प्रलोभन र धम्की चिरेर पार्टी एकतालाई निष्कर्षमा पुर्‍याएको बताउँदै स्थायी कमिटी सदस्य साविक एमालेकाको मन जित्ने प्रयत्न गरे । शान्ति प्रक्रियासँग सम्बन्धित केही काम थाति रहेको अवस्था पुराना टुंगिन बाँकी केही काम देखाएर आफूलाई बारबार धम्क्याएको र त्यही शक्तिले एमालेसँग नमिल्न पनि डर र भय देखाउन खोजेको दृष्टान्त पस्किएका थिए ।
एमालेसँग नमिल्न शुरूमा पदको प्रलोभन देखाइयो त्यसमा सहमत हुन नसकेपछि धम्क्याउन थालियो प्रचण्डको भनाइ उद्धृत गर्दै ती सदस्य दाबी गर्छन् ।
पार्टी एकताले नेपालको कम्युनिस्ट आन्दोलनलाई मात्र नभई अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनलाईसमेत त्राण दिएको बताउँदै यसलाई धरापमा पार्न दिनुनहुने र नेतृत्वले सानो चित्त पनि राख्न नहुने उनको जोड थियो । त्यस्तै उनले पार्टीभित्र एकता हार्दिकता वरीयताको भावनालाई तलमाथि पार्न दिन नहुने र सबैको सम्मान सहअस्तित्व नै पार्टीको सम्पत्ति भएको जिकिर गरेका थिए ।
केपी ओलीको कार्यशैलीलाई दिएर यावत् प्रश्नको सामना बैठकले गरिरहेका बेला अध्यक्ष प्रचण्डले नेतृत्व गुटबन्दीमा लाग्न नहुने हिजोकै एमाले माओवादी केन्द्रको आँखाबाट हेर्ने आफ्नै विचारसमूह गुटलाई जीवित राख्न नहुने तर्क गरे ।
यसले नेकपाभित्र प्रचण्डलाई बहुआयामिक गतिशील नेतृत्वको रूपमा उभ्याएको छ । पार्टीभित्रको गतिरोध र सरकार सञ्चालमा देखिएको नेतृत्वको समस्याको हल प्रचण्डमा छ भन्ने तथ्यको उजागर गरेको छ नेकपाका एक स्थायी सदस्य बताउँछन् ।
प्रचण्डले सत्तापक्ष र प्रतिपक्ष संसदमा मात्रै हुने पार्टीभित्र पनि त्यही प्रकारको अभ्यास निषेध उषेधको भूमिका जीउँदो राख्न नहनुे तर्क गर्दै गुटहरूको आवश्यकता र औचित्काबारेमा प्रश्न उठाएका थिए ।
लामो आन्दोलन सङ्घर्षबाट हामीले दुईतिहाइको सफलता हात पारेका छौँ यसबेलमा हामीले उपलब्धिको रक्षा गर्दै मुलुकलाई समाजवादको दिशामा हिँडाउनुपर्नेछ । आफैँभित्रको समस्यामा अल्झियौँ भने त्यो लक्ष्य पूरा हुँदैन प्रचण्डको जोड थियो ।
मदन भण्डारी सम्झँदै माधवगुटकालाई फकाउँदै
गत जेठ ३ गते पार्टी एकताको बिहान मदन–आश्रित दिवसका दिन मदन भण्डारीसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको भन्दै एमाले पंक्तिको मन जितेका अध्यक्ष प्रचण्डले बिहीबारको सम्बोधनमा पनि मदन भण्डारीलाई स्मरण गर्न छुटाएनन् । त्यसले जनताको बहुदलीय जनवाद र त्यसैको आलोकमा तयार पारिएको जनताको जनवादप्रति प्रचण्डले निष्ठा झल्काएको साविक एमालेका नेताको बुझाइ छ ।
बारबार मदन भण्डारी उच्चारण गरेपछि पूर्वएमाले र विशेषगरी एमालेभित्रको संस्थापन पक्षलाई खुसी पार्न सकिन्छ भन्ने प्रचण्डको ठम्याइ छ त्यो बिहीबारको बैठकमा पनि प्रकट भयो स्थायी कमिटीका एक सदस्य बताउँछन् ।
मदनप्रति अनन्य निष्ठा प्रकट गरेका अध्यक्ष प्रचण्डले अबको बाटो निःसन्देह समाजवाद रहेको र न्यूनतम समाजवादी कार्यक्रम लागु गर्न ढिला गर्न नहुने तर्क गर्दै घनश्याम भुसालको विचारलाई आड भरोसा दिएका थिए ।
समाजवादी कार्यक्रमको पृष्ठपोषण गरेर नवौँ महाधिवेशनताका घनश्याम भुसालले उठाएको विचारलाई प्रचण्डले छोएका छन् स्थायी कमिटीका ती नेता भन्छन् घनश्याम भुसालको विचारको पक्षधर नेतालाई आफूतिर आकर्षित गर्ने प्रचण्डको रणनीति हो ।
काठमाडौं । मुलुकको आर्थिक उद्योग एवं व्यवसायको प्रवद्र्धनमा सरकारले केही क्षेत्रमा गरेको नीतिगत एवं प्रक्रियागत निर्णयबाट निजीक्षेत्रले राहत महसुस गरेको छ । निर्यात प्रोत्साहनका लागि दिइने नगद अनुदानमा वृद्धि बैंक तथा वित्तीय क्षेत्रमा देखिएको तरलता समाधानगर्न नेपाल सरकार राष्ट्र बैँकले लिएको कदमका साथै नेपालमा उत्पादित विजुली भारत र भारत भएर तेस्रो देशमा निर्यात गर्न सक्ने प्रावधान व्यवसाय विकासको दृष्टिले सकारात्म ककदमको रुपमा लिइएको हो । नेपाल उद्योग परिसंघले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरेर सरकारको यी कदमको सराहना गरेको छ ।
१ निर्यातलाई प्रोत्साहनः नेपाल सरकारले निर्यातमा दिँदै आएको नगद अनुदानको दरमा वृद्धि गरेको छ । यसले मुलुकले हाल व्यहोर्दै आईरहेको व्यापार घाटालाई कम गर्ने अपेक्षा परिसंघले लिएको छ । परिसंघ लगायत निर्यातकर्ताले निर्यातमा प्रोत्साहन थप र व्यवस्थित गरिनु पर्ने माग गर्दै आएका थिए ।
यसअघि निर्यातमा १ देखि २ प्रतिशत सम्म नगद अनुदान दिने प्रावधान रहेकोमा हाल यसलाई ३ देखि ५ प्रतिशत सम्म पुर्याइएको छ । परिसंघले भनेको छ यसले नेपाली उत्पादन निर्यातमा थप हौसला प्रदान हुने विस्वास परिसंघले लिएको छ । यद्यपि निर्यातमा अनुदान पाउने वस्तुको सूचीलाई भने अझै बढाउन आवश्यक रहेको परिसंघले औंल्याएको छ ।
२ तरलता तथा पुँजीबजार व्यवस्थापनः मुलुकको हालको आर्थिक तथा वित्तिय स्थिति र भुक्तानी सन्तुलन जस्ता आधारभूत परिसूचकमा समय सापेक्ष सुधार हुन नसकी बैंक तथा वित्तिय सस्थाहरुमा चरम तरलता रहेको अवस्थामा सरकारबाट मुद्रा तथा पुँजी बजारमा देखिएका प्रवृत्तीको समग्र मुल्यांकन गरी वित्तीय स्थायित्व एवं लगानीको लागि गठित समितिको प्रतिवेदनपश्चात् ब्याजदर लगायत अन्य क्षेत्रमा लिइएको कदमबाट निजी तथा औद्योगिक क्षेत्रले केहि राहतको महसुस गरि समग्र औद्योगिक विकासमा केही राहत पुग्ने परिसंघको ठहर छ ।
३ भारतको अन्तर देशीय विद्युत व्यापार निर्देशिका नेपालका ऊर्जा उत्पादकको लागि अवसर भारत सरकारले हालै जारी गरेको अन्तरदेशीय विद्युत व्यापार निर्देशिकाले नेपालमा निजी क्षेत्रले उत्पादन गरेको विद्युत भारत लगायत भारत भएर तेश्रो मुलुकमा समेत निर्यात गर्ने बाटो खुल्ला गरेको सन्दर्भमा भारतीय सरकार वा त्यहाँका कम्पनीहरुले नेपाल सरकारको परियोजना मार्फत् उत्पादित वा नेपालस्थित भारतमा विद्युत निर्यात गर्न स्वीकृति पाएका कम्पनीमार्फत विद्युत खरिद गर्न सक्ने प्रावधानले नेपाली लगानीकर्ता उत्साहित भएको परिसंघले महसुस गरेको छ ।
नयाँ निर्देशिकामा विगतको जस्तो विद्युत उत्पादन गर्ने कम्पनीको स्वपुँजीको संरचना तोकिएको छैन । भारतीय ऊर्जा मन्त्रालयले तोक्ने निकालले स्वपुँजीको संरचना हेरेर भारतमा विद्युत आयात गर्न अनुमति दिने कुरा उल्लेख छ ।
भारतले सन् २०१६ डिसेम्बरमा जारी गरेको निर्देशिकाले नेपालको सरकारी वा भारतीय लगानीकर्ताको ५१ प्रतिशत लगानी भएको कम्पनीले उत्पादन गरेको विद्युत मात्र आयात गर्नसक्ने प्रावधान राखेको थियो । यस्तो प्रावधानले नेपालमा निजी क्षेत्रबाट उत्पादित विद्युत निर्यातमा समस्या हुने भएपश्चात् नेपाल सरकारले निरन्तर सो निर्देशिका पुनरावलोकन गर्न आग्रह गरिरहेको थियो । यस्तो प्रयासका लागि परिसंघले नेपाल सरकारलाई आभार व्यक्त गरेको छ ।
बीबीसी । अंग्रेजी नयाँ वर्षको सुरुवात भइसकेको छ । यो भारतका लागि चुनावी वर्ष पनि हो । प्रधानमन्त्री नरेन्द्र मोदी चुनावी मोडमा आइसकेका छन् । यो वर्ष आक्रामक प्रचार वाला वर्ष हुने भएकाले मोदीले यसको सुरुवात नै राजनीतिक बयानबाजीबाट गरेका छन् ।
यो वर्ष भारतमा लोकसभा चुनाव हुँदैछ । नयाँ वर्षको पहिलो दिनमा नै आफ्नो सन्देश जनतासम्म पुर्याउन मोदीले आफ्नो पूरानो प्रचारवाजीको पहिचानलाई कायमै राखेका छन् ।
उनी मिडियालाई कहिले र कहाँ अनि कति प्रयोग गर्ने भन्नेमा राम्रो जानकारी राख्दछन् । मोदी एउटा कुशल कम्युनिकेटर हुन । म जान्दछु कि १ जनवरीको चयन उनको स्ट्राटेजी को हिस्सा हो ।
जहाँसम्म राम मन्दिरमाथि कानुनी प्रक्रिया पूरा भए पछि अध्यादेश ल्याउनमा उनी पछाडि हट्ने छैनन् भन्नेमा म निश्चिन्त छु । यो उनको दोहारो रवैया पनि हुन सक्छ किनकी प्रधानमन्त्री मोदी हरेक परिस्थितिमा अलग–अलग कुरा गर्दै आएका छन् ।
आक्रामकतामा आयो कमी प्रधानमन्त्री मोदी अन्तरवार्ताका क्रममा पेस भएको अवस्थालाई गौर गरेर हेर्नुपर्ने देखिन्छ । अन्तरवार्तामा उनी केही विनम्र देखिएका छन् । भाषण र कुराकानीका क्रममा देखिने मोदीको आक्रामकता अन्तर्वार्तामा कम देखिएको छ ।
उनी र्यालीहरुमा दबंग शैलीमा पेस हुँदै आएका थिए । मोदीले ५६ इञ्चको छातीको जिकिर गर्छन् । कडा शब्दको प्रयोग गर्छन । तर एएनआई लाई दिएको अन्तर्वार्तामा उनी कठोर देखिएनन् । अन्तर्वार्तामा मोदी नरम वक्ताका रुपमा प्रस्तुत भएका छन् ।
उनले नरम वक्ताका रुपमा आफूलाई प्रस्तुत गरेर मिडिल क्लास र सहरिया भोटरलाई आकर्षित गर्ने प्रयास गरिरहेको प्रष्टसँग देखिन्थ्यो । कयौं राज्यहरुमा भोगेको हार पछि भाजपाले कट्टर हिन्दूत्वको मुद्दाबाट पार लाग्न नसकिने महशुस राम्रोसँग गरेको छ ।
जुन प्रकारले गौरक्षाको नाममा हिंसा भइरहेकोछ बुलन्द सहरमा जुन घटना भएको छ नसीरुद्दीन शाहले जुन ढंगले आफ्नो डरको जिकिर गरेका छन् ती सबैले भाजपालाई कहिँ न कहिँ प्रभावित गरेको छ । यो डरले मिडिल क्लास नागरिकको मनमा डेरा जमाइरहेको छ । यस्तो अवस्थामा प्रधानमन्त्री मोदी त्यो डरलाई उनीहरुको मनबाट निकाल्ने प्रयास गरिरहेको देखिए भने आफ्नो हिन्दूत्ववादी एजेण्डालाई अलग राखेर उनले अन्तरवार्तामा कुराकानी गरे ।
रवैया नरम किन मोदीले अन्तरवार्तामा तीन राज्यमा पार्टीको हार स्वीकार गरे । उनले अब आक्रामक रवैयाले काम नगर्ने बारेमा राम्रोसँग बुझिसकेका छन् । यसै कारण पनि उनको रवैया अब फेरिदै गएको छ । अन्तरवार्तामा नरम देखिए जबकी उनी चुनावभन्दा अगाडिका र्यालीहरुमा भिन्नै ढंगबाट प्रस्तुत भएका थिए ।
मोदीले आफ्नो बोल्ने शैली जनताले मन नपराएको र यसले अब आगामी दिनमा नसघाउने कुरो बुझिसकेका छन् । मोदीको यो नरम रवैया कति दिनसम्म कायम रहन्छ यसका बारेमा केही भन्न सकिदैन । किनकी चुनावी माहोलमा हरेक कुराहरु परिवर्तन भइरहेका हुन्छन् । बीबीसीबाट

थाइल्याण्ड । आँधीपछि थाइल्याण्डमा आएको बाढी र विद्युत कटौतीका कारण झण्डै तीस हजार जनालाई अन्यन्त्र सारिएको छ ।
थाइल्याडको दक्षिणी भागमा रहेका शरणार्थी स्थलहरुका करिब तीस हजार शरणार्थीलाई शनिबार सारिएको बताइएको छ । थाइल्याण्डको दक्षिणी क्षेत्रमा शुक्रबार भीषणरुपमा आँधी आएको र त्यसपछि विद्युत कटौती हुनुका साथै बाढी पनि आएको अधिकारीहरुले जनाएका छन् ।
यद्यपी यस आँधीबाट पर्यटकहरु भने सुरक्षित नै रहेका समाचारमा जनाइएको छ । प्रति घण्टा ७५ किलोमिटरको गतिमा सो आँधी आएको थियो ।
अत्यधिक तिव्र गतिको आँधी त्यसपछिको बर्षा र बर्षापछिको बाढीका कारण विजुलीका संरचनाहरुमा ठूलो असर परेकाले विद्युत सेवा पनि बन्द भएको छ ।
घटनामा परी दक्षिणी पत्तानी प्रान्तमा एक जना माझी मारिएको र अर्का एक जना बेवत्ता रहेका अधिकारीहरुले जनाएका छन् । मारिएका ती माझी ३५ वर्षका रहेका बताइएको छ ।
प्रमुख पर्यटकीय केन्द्रका रुपमा रहेको कोह सामुइ कोह फान्गान र कोह ताओमा ठूलो मात्रामा पर्यटक तथा यात्रु रहेका थिए । उनीहरुले प्रयोग गर्ने उडान र डुङ्गा सेवा पनि अवरुद्ध भएको थियो । रासस÷एएफपी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वाइड बडी विमान खरीदलगातका विषयमा संसदलाई जवाफ नदिएको भन्दै सांसद गगनकुमार थापाले विरोध जनाएका छन् ।
प्रधानमन्त्री ओलीले आइतबारको बैठकमा सार्वजनिक महत्वका विषयमा बोल्दा विमान खरिदको विषय सिक्टा सिँचाइ आयोजना सञ्चालनमा भएको ढिलासुस्ती र बुढीगण्डकी परियोजनाका बारेमा सदनमा नबोलेको भन्दै उनले विरोध गरेका हुन् ।
सार्वजनिक महत्वका विषयमा प्रधानमन्त्रीले आफ्ना धारणा राखेपछि प्रतिपक्ष दलका सांसदले प्रश्न गर्न पाउनुपर्ने माग राखेका थिए ।
प्रधानमन्त्रीलाई प्रश्न सोध्ने अवसर नपाएको भन्दै उनीहरुले विरोध गरेका हुन् । नेता थापाले सार्वभौमसत्ता सम्पन्न जनताले सांसद अख्तियार राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय न्यायालयका बारेमा प्रश्न गर्न पाउने अधिकारलाई कुण्ठित गरेको आरोप लगाए ।
सभामुख कृष्णबहादुर महराले प्रतिपक्षबाट सदन अवरोध गरेपछि आइतबार नै १५ मिनेटका लागि सदन स्थगन गरेका थिए । सांसद बालकृष्ण खाँणले सभामुख महरासँग प्रधानमन्त्रीबाट व्यक्त सार्वजनिक महत्वका विषयमा सवाल गर्न पाउनुपर्ने धारणा राखेको सञ्चारकर्मीलाई जानकारी दिए ।
उनले आगामी बैठकमा प्रधानमन्त्रीबाट व्यक्त सार्वजनिक महत्वका विषयमा सवाल जवाफ हुने सहमति भएको जानकारी दिए । प्रतिनिधिसभाको अर्को बैठक पुस २५ गते बुधबार दिनको १ बजे बस्ने जनाइएको छ । रासस
काठमाडौं । नेपाल वायुसेवा निगमको वाइड बबडी जहाज खरिद प्रकृयामा अनियमितता त्रुटी एवं बदनियत भएनभएको सत्यतथ्य पत्ता लगाउन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले आग्रह गरेका छन् ।
विमान खरीदका विषयमा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा छानविन जारी रहेका बेला आफूले जिम्मेवारी सम्हालेपछि मन्त्रालयका समग्र प्रगतिसहित विमान खरीदबारे उठेका प्रश्नको जवाफ दिँदै सोमबार उनले अनियमितताका विषयमा छानविनका लागि आफूले पनि सघाउने बताएका हुन् ।
नेपाली नागरिकको साझा सम्पत्तिको रूपमा रहेको नेपाल वायुसेवा निगम हामीलाई संसारसँग जोड्ने प्रमुख रणनीतिक माध्यम रहेको कुरा निर्विवाद छ । ६० वर्षको इतिहास र विगतमा यस निगमप्रति रहेको अन्तर्राष्ट्रिय शाखलाई पुनः प्राप्त गर्न नवीनतम प्रविधिको प्रयोग सेवामा गुणस्तर सक्षम जनशक्ति विकास व्यवस्थापनका आधुनिक अवधारणाको उपयोग गरी आवश्यकता अनुरूप न्यारो बडी एवं वाइड बडी जहाजहरुको संख्यामा बृद्धि गर्नै पर्दछ उनले भनेका छन् सरकारले लिएको समृद्ध नेपाल सुखी नेपाली को महाअभियानलाई सार्थक बनाउने कार्यमा निगमको महत्वपूर्ण भूमिका रहने कुरामा म स्पष्ट छु । जहाज खरिद प्रकृयामा अनियमितता त्रुटी एवं बदनियत भएको भनि सार्वजनिक रूपमा एवं सञ्चार माध्यममा उठेका विषयका सम्बन्धमा अनुसन्धान कार्यको लागि अख्तियार प्राप्त सबै निकायलाई कानून बमोजिम पारदर्शी र निश्पक्ष ढंगले विस्तृत रूपमा छानविन गरी सत्य तथ्य बाहिर ल्याउन हार्दिक आह्वान गर्दछु ।
पूर्णपाठ