title
stringlengths
10
138
summary
stringlengths
17
955
text
stringlengths
111
16.8k
कोरोना भाइरस भारतः कोभिड-१९ पीडितका आफन्तहरूको चीत्कार
भारत कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट नराम्ररी प्रभावित भएको छ।
सङ्क्रमित हुनेहरूको सङ्ख्या दिनानुदिन बढिरहँदा उपचारका लागि शय्या पाउन हम्मेहम्मे भएको छ। अक्सिजन चाहिने कतिपय बिरामी अक्सिजन नपाएकै कारण ज्यान गुमाइरहेका छन्। त्यहाँको हृदयविदारक अवस्था झल्काउने एक भिडिओ हेर्नुहोस्।
कोरोना भाइरस नेपालः विगत १७ दिनमा ५० को मृत्यु, बढ्दो मृत्युदरले के सङ्केत गर्छ
नेपालमा कोरोनाभाइरस सङ्क्रमणका कारण शनिवारसम्म १०२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ।
मृतकहरूमध्ये एक भारतीय नागरिक र एक चिनियाँ नागरिक रहेका छन्। मृतक १०० नेपालीमध्ये पहिलो ५० जना ७४ दिनको समयावधिमा र त्यसपछिको ५० जनाको १७ दिनभित्र मृत्यु भएको हो। पहिलो ५० मृतक र पछिल्लो ५० मृतकको तथ्याङ्क विश्लेषण गर्दा के-कस्तो प्रवृत्ति देखिन्छ त? नेपालमा कोभिड-१९ ले कसको ज्यान लिइरहेको छ? मृत्यु हुनेमा धेरै पुरुष मृत्यु हुनेमा ७८ प्रतिशत पुरुष र २२ प्रतिशत महिला रहेका छन्। पहिलो ५० जनामा पनि ११ जना महिला रहेकोमा पछिल्लो ५० मा पनि उत्तिकै सङ्ख्यामा महिला रहेका छन्। जनस्वास्थ्यविद्हरू नेपालमा कोरोनाभाइरस सङ्क्रमण पुरुषमा बढी देखिनु र मृत्यु हुनुलाई उनीहरूको कामका लागि घर बाहिर निस्कनुपर्ने बाध्यता र रहरसँग जोड्छन्। कुन उमेर समूह खतरामा? मृत्यु हुनेमा सबैभन्दा बढी ४० देखि ४९ वर्षसम्ममा व्यक्तिहरू रहेका छन्। सो समूहका २४ जनाको मृत्यु भएको छ। त्यसपछि ७० वा सोभन्दा माथि उमेरका २० जनाको, ६० देखि ६९ वर्षका १७ जनाको र ५० देखि ५९ वर्षका १५ जनाको मृत्यु भएको छ। यसरी हेर्दा मृत्यु हुनेमध्ये चार जनामध्ये तीनजना ४० वर्षभन्दा माथिका र ५२ प्रतिशत ५० वर्ष उमेर काटेका मानिसहरू छन्। पहिलो ५० जना मृतकमा तीनजना १० वर्षभन्दा कमका रहेकामा पछिल्लो ५० जनामा त्यो उमेर समूहका मानिसको मृत्यु भएको छैन। पछिलो ५० जनामा उल्लेख्य वृद्धि भएको उमेर समूह ७० वा सोभन्दा माथि हो जहाँ ५० प्रतिशतले मृत्यु बढेको छ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले यो मृत्युले पछिल्लो समयमा सङ्क्रमणको प्रवृत्ति परिवर्तन भएको देखाएको बताए। उनले भने, "लक्षण सहितका सङ्क्रमित देखिने पुरानो केही रोग भएकाहरू सङ्क्रमित हुँदै जानुलाई पहिलाभन्दा स्थिति बिग्रिएको रूपमा हेरिएको छ।" जनस्वास्थ्यविद डा. सुरेश तिवारीले भने, "यसले सङ्क्रमण बिस्तारै भारतबाट काम गरेर फर्किएका युवाहरूबाट नेपालमै भएका ६० वर्षमाथिको समूहमा जान लागेको देखिएको छ। यसले समुदाय स्तरमा सङ्क्रमणको सङ्केत गरिरहेको छ।" इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा. बाबुराम मरासिनी भने एकाएक मृत्य हुनेको सङ्ख्या बढ्नुलाई कोरोनाभाइरस समुदाय स्तरमा गएको पहिलो लक्षण भएको बताउँछन। "कोही कतै नगएका, कसैसँग सम्पर्कमा नगएका, विदेशबाट आफन्त कोही नआएका, सङ्क्रमितलाई हेर्न नगएका बालबालिका र पाका मानिसहरूलाई सङ्क्रमण देखिनु र मृत्यु हुनुले यो समुदायमा फैलिसक्यो भन्ने देखाउँछ।" पुरानो रोग भएकालाई झन् खतरा? मृत्यु हुनेहरूमा ३७ प्रतिशतलाई कोरोनाभाइरस सङ्क्रमण हुँदा पुरानो रोग नरहेको र सङ्क्रमणकै कारणले मात्रै मृत्यु भएको मन्त्रालयको तथ्याङ्क छ। बाँकी ६३ प्रतिशतमा भने पहिलेदेखि कुनै पुरानो रोग रहेको देखिन्छ। पुरानो रोगमा सबैभन्दा बढी ३३ प्रतिशतमा श्वासप्रश्वास वा फोक्सोसम्बन्धी समस्या देखिएको थियो। त्यस्तै २० प्रतिशतमा मधुमेह, १७ प्रतिशतमा मुटुसम्बन्धी समस्या, १४ प्रतिशतमा मिर्गौलासम्बन्धी समस्या र १२ प्रतिशतमा अन्य समस्या रहेका थिए। धेरैजसो पुरानो रोग भएकाहरूमा दुई वा दुईभन्दा बढी समस्या रहेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ। इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाका पूर्वप्रमुख मरासिनी श्वासप्रश्वासको रोग भएकालाई बढी असर गर्ने बताउँछन्। उनले भने, "कोरोनाभाइरसले श्वासप्रश्वासमा नै असर गर्ने हो पुरानो श्वासप्रश्वासको रोग भएको मानिसमा रोगविरुद्ध लड्ने शरीरको प्रणाली बिग्रिएको हुने र त्यसले गर्दा चाँडै प्रभाव गर्छ र निमोनिया हुने तथा निको हुन गाह्रो हुने अवस्था आउने गर्छ।" तर मधुमेह हुँदैमा उनीहरूको मृत्यु नहुने मरासिनीको भनाइ छ। "नियमित रूपमा औषधि खाइरहेको, तोकिएका नियम पालना गरेको व्यक्तिलाई कोरोनाभाइरस सङ्क्रमण हुँदैमा मृत्यु हुने अवस्था देखिँदैन। तर नियमित औषधि नखाएको लगायतका नियम पालना नगर्दा त्यसले रोगप्रतिरोधी क्षमता कमजोर भएकालाई बढी असर गर्न सक्छ।" कहाँ मृत्यु? अहिलेसम्म ८० प्रतिशत कोरोनाभाइरस सङ्क्रमितको मात्रै अस्पतालमा उपचाररत रहँदा मृत्यु भएको पाइएको छ। बाँकी २० प्रतिशतको अस्पताल पुर्‍याउने क्रममा वा अन्य कारणले बाटोमा अथवा घर वा क्वारन्टीनमा मृत्यु भएको छ। पहिलो ५० जनामध्ये तीन जनाको क्वारन्टीनमा मृत्यु भएको भए पनि त्यसपछि क्वारन्टीनमा मृत्यु भएको छैन। शनिवारसम्म १४ हजारभन्दा बढी क्वारन्टीनमा रहेका छन्। घरमा मृत्यु हुनेको सङ्ख्या पनि घटेको छ। पहिलो ५० जनामा १० प्रतिशतको घरमै मृत्यु भएको थियो भने पछिल्लो ५० जनामा चार प्रतिशतको मात्रै घरमा मृत्यु भएको छ। तर हाल सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढ्दै गएपछि अस्पतालमा शय्या नभएको एवम् घरमै आइसोलेशनमा राख्ने गरिएको छ। यसरी घरमै राख्दा उपचार नपाएर मृत्यु हुने हो कि भन्ने आशङ्का गर्न थलिएको छ। शुरूवाती दिनमा लक्षण नदेखिएका व्यक्तिलाई अस्पतालमा ल्याएर राख्ने अनि केही दिन राखेर परिक्षण गरेर पठाउने मात्रै भएको सङ्क्रमित बढदै जाँदा लक्षण नभएकालाई घरमै आइसोलेशनमा राख्न भनिएको स्वास्थ्यमन्त्रालका अधिकारीहरू बताउँछन्। मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले भने, "लक्षण देखिएर गाह्रो भएका व्यक्तिलाई अस्पतालमा सेवा दिन सकियोस् भनेर लक्षण नभएकालाई घरमै राख्न भनिएको हो। तर उनीहरू स्वास्थ्यकर्मीको निगरानीमै बस्नुपर्छ भनिएको छ र त्यो अनुसारको प्रबन्ध गर्न स्थानीय तहलाई भनिएको छ।" जनस्वास्थ्यविद् डा. सुरेश तिवारी लक्षणविहीनलाई घरमै राख्नु उत्तम भए पनि उनीहरूमा कतिबेला लक्षण देखिन्छ भन्ने निश्चित नहुने भएकोले त्यस्ता व्यक्तिलाई त्यतिकै घरमै राख्न नहुने बताउँछन्। "होम आइसोलेशनको लागि स्पष्ट क्लिनिकल प्रोटोकल बनाउन जरुरी छ। त्यसमा तोकिएको स्वास्थ्य संस्थाको तोकिएका स्वास्थ्यकर्मीले उनीहरूको नियमित स्वास्थ्य निगरानी गर्नुपर्छ।" इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाका पूर्वप्रमुख मरासिनी विदेशमा पनि लक्षण नदेखिएका व्यक्तिलाई घरमै आइसोलेशनमा राख्ने गरिएको तर घरमै हुँदा पनि उसले नियमित परामर्श पाउनुपर्ने व्यवस्था मिलाइएको बताउँछन्। "टेलिमेडिशिन सेन्टर जस्तो खडा गरेर सङ्क्रमितले नियमित रूपमा टेलिफोनबाट सम्पर्कमा रहने व्यवस्था, केही समस्या हुँदा भन्ने र त्यसको प्रबन्ध गर्ने जस्ता व्यवस्था हुनुपर्छ जुन भएको छैन।" कहाँ कति मृत्यु? मृत्यु भएका १०० जना नेपालीमध्ये सबैभन्दा धेरै प्रदेश नं २ मा ४४ जनाको मृत्यु भएको छ। त्यसपछि वाग्मती प्रदेशमा १७ जना, प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा ८-८ जना, गण्डकी प्रदेशमा छजना र कर्णाली प्रदेशमा चार जनाको मृत्यु भएको छ। जिल्लागत हिसाबले सबैभन्दा धेरै पर्सामा १८ जनाको मृत्यु भएको छ भने प्रदेश २ कै धनुषामा नौजना र बारामा सात जनाको मृत्यु भएको छ। मोरङ्गमा आठ जनाको मृत्यु भएको छ भने काठमाण्डूमा सात जनाको र कैलालीमा चार जनाको मृत्यु भएको छ। तीन-तीन जनाको मृत्यु भएका जिल्लामा सिन्धुपाल्चोक, कपिलवस्तु, बाँके, गुल्मी, सप्तरी र सिराहा रहेका छन्। त्यस्तै ललितपुर, सुर्खेत, स्याङ्जा, चितवन, रौतहट र अछाममा दुई-दुई जनाको मृत्यु भएको छ। अन्य १७ जिल्लामा एक-एक जनाको मृत्यु भएको छ। ७७ वटै जिल्लामा फैलिसकेको कोरोनाभाइरसबाट अहिलेसम्म ३५ जिल्लामा मृत्यु पुष्टि भएको छ। थप मृत्युबारे अनुमान स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. अधिकारी सङ्क्रमणको चक्र रोक्न सक्नुपर्ने बताउँछन्। "यदि त्यो चक्र रोक्न सकिएन भने स्थिति अझै खराब हुनसक्छ। मानिसहरूको व्यवहारमा सुधार नभएमा यो अझै बढ्नसक्छ। सरुवा रोगलाई एकाएक रोक्न गाह्रो हुन्छ। जनस्वास्थ्यविद् डा. तिवारी समुदाय स्तरमा सङ्क्रमण भएका र अन्य रोग भएका व्यक्तिको मृत्यु बढ्दै जाने बताउँछन्। "हाल विश्वको मृत्युदर ३.४ को हाराहारीमा हुँदा नेपालमा मृत्युदर ०.४ को हाराहारीमा छ। हालको सङ्क्रमणले नेपाल पनि अब विश्वकै हाराहारीमा जाने देखिन्छ।" इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाका पूर्वप्रमुख डा. मरासिनी नेपालभित्रै सङ्क्रमित हुनेको सङ्ख्या बिस्तारै बढ्दै गएकाले रोगको प्रभाव र त्यसले हुने मृत्युका बारेमा अझै आकलन गर्न गाह्रो हुने बताउँछन्। "नेपालभित्रै सङ्क्रमित हुनेको सङ्ख्या बिस्तारै बढ्दै गएको छ। कुन समूहलाई बढी लाग्छ, महिला-पुरुष कसलाई बढी सङ्क्रमित बनाउँछ, दीर्घरोगीलाई कस्तो प्रभाव पर्छ, सामान्य मानिसमा कस्तो असर गर्छ भन्ने कुराले मृत्युबारे आकलन गराउन सक्छ।"
म महिला हुँ त के भो: 'पुरुषसरह बक्सिङ खेल्छु'
सुदूरपश्चिम बाजुराकी पुनम रावल बक्सिङकी राष्ट्रिय खेलाडी हुन्।
व्यवहार नरम र स्वभाव लजालु। खेलकुदको यो चुनौतीपूर्ण विधामा भने नितान्त भिन्न रूप। यही विरोधाभासलाई आफ्नो परिचय बनाएर रावल सात वर्षदेखि निरन्तर बक्सिङ खेलिराखेकी छन् र राम्रो अन्तर्राष्ट्रिय खेलाडीका रूपमा स्थापित पनि भएकी छन्। अहिले उनी आसन्न एशियाली खेलकुद प्रतियोगितामा सहभागी हुन छानिएकी छन् र त्यसैका लागि तयारी गर्दैछिन्। उपहास र सम्मान विकट बाजुराकी यी चेलीलाई खेलकुदमा आफ्नो भविष्य बनाउन त्यति सहज थिएन। त्यसमाथि बक्सिङ खेल्न थालेको थाहा पाएर घरगाउँलेले उपहास पनि गरेका थिए। उनी भन्छिन्, "पहिला कतिले पागल भन्थे। अहिले गाउँमा मात्र हैन, पूरा देशमै सम्मान पाइएकी छु।" पुनम भन्छिन् पुरुष सहकर्मी र अभिभावकको राम्रो साथ छ। सङ्घर्ष गाउँमा बक्सिङ प्रशिक्षक योगेन्द्र थापाले उनलाई बक्सिङको आधारभूत प्रशिक्षण दिएका थिए। राष्ट्रिय प्रतियोगिताको रूपमा रहेको लुम्बिनी च्याम्पियनशिपमा नेपाली सेनाकी खेलाडीविरुद्ध उत्कृष्ट प्रदर्शन गरेपछि उनलाई सेनामै भर्ना हुने निम्तो आयो। त्यो आकर्षक निम्तो थियो। त्यसैले आफ्नो बक्सिङ करिअरलाई नै नयाँ मोड दिएको रावल बताउँछिन्। "यसले केही गर्न सक्छे भनेर आँट र हिम्मत सेनाका अभिभावकहरूले सधैँ दिनुहुन्थ्यो। त्यसले मेरो आत्मविश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्यो," उनी भन्छिन्। बक्सिङमा महिला खेलाडीहरु कम तर आँटिला छन् 'कम छैनौँ' शारीरिक शक्ति अत्यन्त आवश्यक पर्ने अनि कुट्ने र कुटाइ खानुपर्ने बक्सिङ खेलको प्रकृति कतिले महिला सुहाउँदो मान्दैनन्। तर रावल त्यो मान्यतासँग विमति राख्छिन्। भन्छिन्, " हामी महिला कुनै कुरामा पुरुष भन्दा कम छैनौँ। उनीहरू जति दौडिन्छन्, हामी पनि त्यति नै हो। प्रशिक्षण बराबरी नै हो। शक्तिमा पनि हामी कम छैनौँ।" रावलका अनुसार बक्सिङ खेल्दा पुरुष र महिला खेलाडीबीच प्रशिक्षणका बेला वा अरू व्यवहार र सुविधामा कुनै भेदभाव हुँदैन। सबैबाट सहयोग पाएको बताउँछिन्। भन्छिन्, "‍हामीलाई प्रशिक्षणमा सघाएकै छन्। कमजोरीहरू खुट्याइदिन्छन्।" लक्ष्य कुट्ने र कुटाइ खाने अनुभव बारे उनको भनाइ पनि रोचक छ। भन्छिन्, "बक्सिङ खेलाडी भएर पनि अलिअलि कुटाइ सहन सकिएन भने के बक्सिङ खेलाडी? अनि कुट्ने बेला माया गर्न थाल्यो भने कसरी जित्ने?" राष्ट्रिय च्याम्पियन रावलसँग केही अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव छ। भारतबाट गएको वर्ष उनले कास्य पदक जितेकी थिइन्। उनको अबको लक्ष्य - इन्डोनेशियामा हुने एशियाली खेलकुदमा पदक जित्ने। भन्छिन्, " विपक्षीको पनि दुई हात हो र हाम्रो पनि। मेहनत र भाग्यले साथ दिए इन्डोनेशियाबाट पदक लिएर आइन्छ।" जिल्लाकै अग्रणी कृषि फर्म चलाउँदै महिला
हराएको ४० बर्षपछि भारतको कोलकाताको जेलमा भेटिए दीपक जैसी तिम्सिना
घरबाट हराएको मानिस ४० वर्षपछि जिउँदो भेटिने घटना विरलै हुन्छ।
४० वर्षपछि छोरा फेला परेकोमा हर्षित आमा धनमाया तिम्सिना तर २०३७ सालमा इलामबाट हराएका एक नेपाली पुरुष भारतको कोलकाताको एउटा कारागारमा भेटिएका छन्। इलामको एक तप्पाबाट हराउँदा २० वर्षका युवक रहेको दीपक जैसी तिम्सिनालाई उनका परिवारका सदस्यले केही दिन अघि भेटेका छन्। तर कर्तव्य ज्यान मुद्दामा पक्राउ परेको उनको चार दशकसम्म सुनुवाइ हुन नसकेको हुँदा घर फर्कन भने पाएका छैनन्। मार्च १५ सोमवारको दिन अदालतमा पेशी तोकिएको र उनी निर्दोष प्रमाणित भएका उनी नेपाल फर्कन पाउने बताइएको छ। कसरी हराएका थिए दीपक? परिवारका सदस्यहरूका अनुसार दीपक ज्योतिष विद्यामा चासो राख्थे। सानोतिनो काम गर्दै गरेका दीपकको घरको आर्थिक अवस्था निकै नाजुक थियो। एक दिन उनी तोरीको पोको बेच्न भनेर इलामको मङ्गलबारे हिँडे। तर त्यसपछि कहिले पनि घर फर्केर आएनन्। हराएको धेरै वर्षसम्म घर नआएपछि परिवारका सदस्यले उनको मृत्यु भइसकेको आशङ्का गरे। हराएको केही वर्षपछि भारतको दार्जिलिङमा गोर्खाल्याण्ड आन्दोलन चर्क्यो। उनीहरूले आन्दोलनमा दीपकको मृत्यु भयो भन्ने पनि सोचे। कारागारमा उनलाई भेट्न गएका वकिललाई आफ्नो घर परिवारबारे यसरी लेखेर बुझाउने प्रयत्न गरेका थिए दीपकले दीपकका काकाका छोरा प्रकाशचन्द्र तिम्सिनाका अनुसार नेपालका कैयौँ स्थानमा उनलाई खोजियो। व्रतबन्ध पनि नभएका दीपक बाँचेको आस मारेको उनले सुनाए। उनले भने, "देश बाहिर खोज्ने हाम्रो हैसियत पनि थिएन। नेपालमा खोज्दा नभेटिएपछि दाजुको मृत्यु भइसक्यो भन्ने लागेको थियो।" दीपकको अवस्था कस्तो छ? दीपक कोलकाताको दमदम कारागारमा छन् भन्ने कुरा थाहा पाएपछि गत फागुन ८ गते काँकडभिट्टामा रहेको विश्व सेवा विस्तार मञ्च नाम गरेको संस्थाको सहयोगमा प्रकाशचन्द्र कोलकाता पुगे। फागुन १० गते भेट्दा 'सुगाको ठुङ्ने चुच्चो फुस्केको जस्तो' अवस्थामा आफ्नो दाजुलाई भेटेको प्रकाशचन्द्रले बताए। उनले भने, "शरीर कामेको, डर र त्रासले बाँचेको जस्तो अवस्थामा उहाँलाई भेटेँ।" आफ्नो दाजु हो वा होइन भनेर प्रकाशचन्द्रले दीपकलाई परिवारका सदस्य तथा गाउँका बारेमा सोधे। उनले तिनका बारेमा बताएपछि दाजुसँग हात मिलाएको र अङ्कमाल गरेको प्रकाशचन्द्रले बताए। दीपकसँग भेटघाटका क्रममा सुरुमा मानसिक रूपमा विचलित देखिए पनि करिब तीन घण्टाको संवादपछि उनको अवस्था केही हदसम्म सामान्य बनेको प्रकाशचन्द्रले बताए। उनले भने, "अदालतले दाजुको मानसिक स्वास्थ्यको जाँच गर्न आदेश दिए पनि कहिले पनि स्वास्थ्य जाँचको रिपोर्ट अदालतमा पेस गरिएको रहेनछ।" दार्जिलिङको एक अदालतले दिएको आदेशको प्रति ४० वर्षसम्म मुद्दा किनारा लागेन रोजगारीको खोजीमा उनी भारतको दार्जिलिङ गएका रहेछन्। दार्जिलिङमा बस्दै जाँदा उनलाई प्रहरीले पक्राउ गर्‍यो र उनीमाथि कर्तव्य ज्यान मुद्दा लागेको प्रकाशचन्द्रले बताए। सोही मुद्दामा उनी विभिन्न जेल हुँदै अहिले कोलकाताको दमदम कारागारमा पुगेका बताइएको छ। उनको मुद्दा ४० वर्षसम्म पनि किनारा नलागेको र सोही मुद्दाको सुनुवाइ यही सोमबार हुने बताइएको छ। दीपककी आमा धनमाया र कान्छो भाइ धर्मानन्द २०७० सालमा दीपकको नामबाट परिवारले एउटा चिठ्ठी पाएका थिए। त्यसपछि कानुन व्यवसायी सतिशकृष्ण खरेल र अरुण सिंह लगायतले प्रकाशचन्द्रलाई सम्पर्क गरे। कारागारमा रहेका दीपक उनका दाजु हो वा होइन भनेर निर्क्योल गर्न कोलाकातास्थित महावाणिज्य दूतावासबाट पनि फोन आयो। त्यसपछि उनी कोलकाता पुगेका थिए। परिवारका सदस्य तरङ्गित लामो समयदेखि हराएको घरको सदस्य बाँचिरहेका छन् भन्ने खबरले इलामको माई नगरपालिका वार्ड नं १० मा बसोबास गर्ने उनका परिवारका सदस्य तरङ्गित भएका दीपकका भान्जा डा. डिएन फुँयालले बताए। दीपककी वृद्ध आमा धनमायाको दाहिने हात काटिएको छ। अहिले कान राम्ररी सुन्दिनन् तर छोरो आउने खबरले उनी उत्साहित बनेकी छन्। फुँयालले भने, "छोरो जिउँदो छ भन्ने खबरले हजुरआमाको मुहारमा हाँसो देखिन थालेको छ।" दीपक भेटिएको खबरले परिवारमा खुसीयाली छाएको दीपकका भाइका छोरा गोपाल तिम्सिनाले बताए।
प्रियंका चोपडा र निक जोनासका थरीथरीका विवाह
बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनासले आइतवार एउटा हिन्दु परम्परा अनुसार जोधपुरको उमेद भवन प्यालेसमा विवाह गरेका छ्न्।
यसअघि आफूहरूले डिसेम्बर १ तारिखका दिन इसाई विवाह गरेको उक्त जोडीले बताएको थियो। चोपडा र जोनासले आफ्ना साथीहरूमार्फत् एकअर्कालाई भेटेको बताइएको छ। उनीहरू सन् २०१७ को 'मेट गाला'मा पहिलोपटक सार्वजनिक रुपमा सँगै देखिएका थिए। तर सुरुमा भने उनीहरूले आफूहरूबीचको प्रेम सम्बन्ध अस्वीकार गरेका थिए। प्रियंकासँग 'कुरा छिनिएका' युवक कस्ता छन् जब सामाजिक सञ्जालमा सेलीब्रेटीहरूले उनीहरूबारे प्रतिक्रियाहरू जनाउन थाले त्यसपछि उनीहरूको सम्बन्धबारे बाहिर चर्चा हुन थालेको हो। निकको पालो जब प्रियंका निकको काकाका छोराको विवाहमा सरिक भइन् त्यसपछि उनीहरूको सम्बन्ध स्पष्ट रुपमा देखापरेको थियो। प्रियंकाले निकको परिवारसँग पहिले नै भेटघाट गरी आफ्नो प्रभाव देखाइसकेकी थिइन्। अब प्रियंकाको परिवार सामु राम्रो प्रभाव देखाउने पालो निकको हो।
कोरोना भाइरस नेपाल: महामारीका बेला तीज कसरी मनाउने
तीजलाई विशेषगरी नेपाली महिलाहरूले रमाइलोसँग भेटघाट र नाचगान गरेर मनाउने गर्दछन्।
तर यो वर्ष कोरोनाभाइरस महामारीका कारण यसको रमझम कम देखिएको छ। बीबीसी न्यूज नेपालीले केही महिलाहरूसँग यो वर्ष तीज कसरी मनाउँदै हुनुहुन्छ भनेर सोधेको थियो। हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको भिडिओ। अनि यो पनि:
प्रधानमन्त्री ओलीको गृहनगरमा पूर्वराजा ज्ञानेन्द्र शाहको एक महिने बसाइ
पूर्वराजा ज्ञानेन्द्र शाह एक महिने बसाइका लागि बुधवार झापा पुगेका छन्।
चन्द्रगढी विमानस्थल भद्रपुरमा अवतरण गरेका पूर्वराजा शाहलाई स्वागत गर्न सयौँको सङ्ख्यामा उनका समर्थक भेला भएका थिए। शाहका निकटवर्तीहरूका अनुसार उनी करिब एक महिना प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकामा रहेको आफ्नो स्वामित्वमा रहेको चिया बगानमा रहनेछन्। हिउँद सुरु भएपछि पूर्वराजा शाहले प्रायः हरेक वर्ष पूर्वी पहाडी जिल्लाहरूमा बिताउने गरेको बताइन्छ। पूर्वराजा किन बर्सेनि झापा पुग्छन्? गत वर्ष पनि यही बेला पूर्वराजा शाहले झापाको दमकलाई मुकाम बनाई पाँचथर र इलामको भ्रमण गरेको २०६२ सालमा उनको शासनकालमा सहायकमन्त्री रहेका टेकनारायण राजवंशीले बताए। शाह वंशीय राजाहरू बर्सेनि दमकमा रहेको चिया बगानमा अवस्थित निवासमा आएर महिना दिन बिताउने परम्परा रहेको दमकका 'राजावादी' नेता राम थापाले बताए। उनले भने, "कुनै वर्ष छुट्यो होला तर प्रायः बर्सेनि शाह राजाहरूको जाडोको समयमा आएर दमकमा बस्ने परम्परा नै छ।" अर्का 'राजावादी' नेता तथा शाहको प्रत्यक्ष शासनकालमा अञ्चल प्रशासक भएका प्रजापति कोइरालाका अनुसार केही हदसम्म पूर्वराजाको भ्रमण 'राजनीतिक' पनि हो। कोइरालाले भने, "यहाँ आएका बेला आफ्ना समर्थकका कुरा सुन्ने र अब मैले के गर्नुपर्छ भनेर सोध्ने काम पनि हुन्छ। त्यो बेला हामी हाम्रा सुझाव राख्ने गर्छौँ।" पूर्वसहायक मन्त्री राजवंशी पूर्वराजा शाह झापा आएर बस्नुका मुख्य तीन कारण भएको मान्छन्। १. देवस्थलको भ्रमण गत वर्ष पूर्वराजा ज्ञानेन्द्र शाह झापा रहेका बेला इलाम, पाँचथर तथा झापाका देवस्थलको भ्रमण गरी मन्दिरहरूमा पूजाअर्चना गरेका थिए। देवस्थलहरूमा पूजा गर्न गएका बेला उनका समर्थकहरूले उनलाई घेरा हालेर पुष्पगुच्छा दिने गर्छन्। यस पटक शाहको भ्रमण तालिका सार्वजनिक भइनसकेकाले कुन-कुन स्थानको भ्रमण हुन्छ भनेर भन्न नसकिने शाहका निकट रहेका फणिराज पाठकले बताए। उनले भने, "पहिला दमकलाई केन्द्र बनाएर उहाँ बस्नुहुन्छ। त्यसपछि भ्रमण तालिका बन्छ।" राजवंशीले यस पटक संखुवासभा तथा धनकुटाका देवस्थलहरूको भ्रमण र त्यहाँका शुभचिन्तकहरूका कुरा सुन्ने योजना बनाउन आफूहरू प्रयासरत रहेको बताए। २. समर्थकका सुझाव लिन पूर्वराजा शाह आउँदा 'जनता'सँग प्रत्यक्ष कुराकानी गरेर उनीहरूका सुझाव लिने गरेको राजवंशीले बताए। उनले शाहले आफ्ना कुरा भन्नुभन्दा पनि समर्थकका कुरा सुन्ने गरेको बताए। राजवंशीले भने, "जनतासँगको सम्बन्ध सधैँ यथावत् रहोस् वा बढोस् भन्ने कामनाले जनताको कुरा सुन्न रुचाउनुहुन्छ।" "देशको राजनीतिक वातावरणका बारेमा चासो राख्ने पनि गर्नुहुन्छ।" ३. काठमाण्डूको जाडो छल्न पूर्वराजा शाह जाडोयाममा नै झापा आएर बस्ने गरेका छन्। गत वर्ष पनि फागुनमा एक महिना उनी झापा बसेका थिए। काठमाण्डूमा जाडो बढेका कारण पूर्वी तराईलाई केन्द्र बनाएर पूर्वी नेपालको भ्रमण गर्ने उनको परम्परा रहेको उनका निकटवर्तीहरूले बताएका छन्। राजवंशी भन्छन्, "काठमाण्डूभन्दा यहाँ अलि न्यानो नै हुन्छ। त्यही भएर पनि जाडो छल्नका लागि उहाँको यता सवारी हुन्छ।" दमकका राप्रपाका नेता राम थापाका अनुसार आफ्नो सम्पत्तिको हेरचाह तथा रेखदेखका लागि पनि पूर्वराजा दमक आएर बस्ने गरेका हुन्।
अमेरिका निर्वाचन परिणामः बाइडनले खेप्नुपर्ने चुनौती 'विभाजित देश'
डोनल्ड ट्रम्प राष्ट्रपति हुँदा अमेरिकामा विभाजन मौलायो।
उनको राष्ट्रपतीय कार्यकाल सकिनै लाग्दा के उनका समर्थकहरू जो बाइडनका मतदाताहरूसँग मतभिन्नता टुङ्ग्याउन इच्छुक छन् त? हेर्नुहोस् यो भिडिओ। अनि यो पनि
चितवन राष्ट्रिय निकुञ्ज: गैँडा मर्ने क्रम बढ्नुका यी हुन् पाँच प्रमुख कारण
दुर्लभ एकसिङ्गे गैँडाको एक प्रमुख वासस्थानको रूपमा रहेको चितवन राष्ट्रिय निकुञ्जमा गैँडाको मृत्यु हुने क्रम बढेपछि अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागितामा त्यस्का कारणबारे एक विस्तृत अध्ययन हुन लागेको छ।
सन् २०१५ को गैँडा गणनाले नेपालको तराई क्षेत्रका चार राष्ट्रिय निकुञ्जमा गैँडाको कुल सङ्ख्या ६४५ देखाएको थियो। तीमध्ये चितवनमा सर्वाधिक ६०५ वटा गैँडा थिए। तर गैँडाको सङ्ख्या सर्वाधिक रहेको चितवनमा केही वर्षयता गैँडाको मृत्यु हुने क्रम बढेपछि वन्यजन्तु अधिकारी तथा विज्ञहरू गैँडाको मृत्युको कारण पत्ता लगाउँदै त्यो प्रजातिको दीर्घकालीन संरक्षणका उपायबारे अध्ययन गर्न लागेका छन्। चितवन राष्ट्रिय निकुञ्जले उपलब्ध गराएको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५-७६ का ११ महिनामा चितवन निकुञ्जमा ४० वटा गैँडाको मृत्यु भइसकेको छ। अघिल्लो आर्थिक वर्ष २०७४-७५ मा त्यो सङ्ख्या २६ थियो। ६०५ चितवन राष्ट्रिय निकुञ्ज २९ बर्दिया राष्ट्रिय निकुञ्ज ८ शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज ३ पर्सा राष्ट्रिय निकुञ्ज 'शून्य चोरीसिकार' चितवन निकुञ्जमा विगत तीन वर्षयता चोरी सिकारको क्रममा कुनै गैँडा नमरेको निकुञ्जका अधिकारीहरू बताउँछन्। यस्तो बेला गैँडाको मृत्यु हुने क्रम किन बढ्यो भनेर संरक्षणविद् तथा प्रकृतिप्रेमी चिन्तित भएका हुन्। प्रश्न उठेका छन् - के ती सबै गैँडा कालगतिले नै मरेका हुन्? यदि होइन भने यति धेरै सङ्ख्यामा गैँडाहरू के कारणले मरिरहेका छन्? गैँडा र अन्य दुर्लभ वन्यजन्तु संरक्षणमा खटिएका सरकारी अधिकारी तथ विज्ञको भनाइ विश्लेषण गर्दा चितवनमा हालैका वर्षहरूमा गैँडाको मृत्यु हुने क्रम उच्च हुनुका विभिन्न कारणहरू छन्। ती र अन्य सम्भावित कारणबारे विज्ञहरूले विस्तृत अध्ययन गर्न बाँकी नै छ। तर मूलरूपमा उनीहरूले गैँडाको मृत्यु हुने पाँच कारण औँल्याएका छन्। १) प्राकृतिक विपद् नेपाली वन्यजन्तु अधिकारीहरुले बाढीका कारण भारत पुगेका गैँडाहरुलाई स्वदेश फर्काइरहेका छन्। डढेलो, बाढी, पहिरो, डुबानजस्ता प्राकृतिक विपद्को मारमा मानिसहरू मात्र परिरहेका छैनन्। हालैका वर्षहरूमा डढेलो र बाढीका कारण निकुञ्ज क्षेत्रमा कैयौँ वन्यजन्तुहरूको मृत्यु भएको विवरण राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका प्रकाशनहरूमा पढ्न सकिन्छ। उदाहरणको लागि २०७४ सालको बर्खामा राप्ती र नारायणीजस्ता नदीमा आएको बाढीले चितवनका कम्तीमा नौवटा गैँडा बगायो। "बाढीले अन्य वन्यजन्तुहरू पनि बगायो होला, तर हामीले नेपालबाट बग्दैबग्दै गण्डक बाँधपारिपट्टि भारतीय भूभाग पुगेका गैँडालाई निकै दु:ख गरेर फिर्ता ल्यायौँ," चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) ‍वेदकुमार ढकालले बीबीसीसँग भने। लगभग त्यही बेला विभिन्न स्थानमा तीन वटा गैँडा मरेको स्थानमा समेत भेटिए। ढकाल र अन्य संरक्षणकर्मीको डर यस्तो छ - २०७४ सालको बाढी र अन्य प्राकृतिक विपद्का बेला केही गैँडा मरेका पनि हुन सक्छन्। तर त्यसको प्रमाण तत्कालै भेटिन्न। उनी भन्छन्, "बाढीले बगाएर नवलपरासीको त्रिवेणीभन्दा तल पुगेर गैँडा मरेको रहेछ भन्ने त थाहा नहुन पनि सक्छ। कहिलेकाहीँ शव वा कङ्काल निकै ढिलो मात्रै भेटिन्छ। कहिले त भेट्दै नभेटिन पनि सक्छ।" २) आपसी द्वन्द्व गैँडाहरू पर्याप्त पानी भएका नदी वा ताल किनारका घाँसेचउर वा चरनक्षेत्रमा बस्न रुचाउँछन्। तर चितवनमा सबैतिर गैँडाको विचरणका लागि त्यस्ता स्थान छैन। नौ सय ५२ वर्ग किलोमिटर क्षेत्रफल रहेको चितवन निकुञ्ज पश्चिममा नारायणी नदीदेखि पूर्वतिर मनहरीदेखि ठोरी क्षेत्रसम्म फैलिएको छ। ढकाल भन्छन्, "एकातिर माइकेन्या (तीव्र गतिमा फैलिने एक प्रकारको मिचाह झार) र जलकुम्भीजस्ता झारले घाँसेमैदान नासिरहेको छ भने अर्कोतिर पानीका स्रोतहरू सुकिरहेका छन्।" त्यसैले गैँडाको सङ्ख्या घाँसेचउर र तालतलैया तथा राप्ती तथा नारायणी नदी बग्ने पश्चिम चितवनका टेम्पल टाइगर सुकिभार, अमलटारीजस्ता सीमित स्थानमा केन्द्रित हुन थालेको पाइएको छ। ढकाल भन्छन्, "त्यसले गर्दा खासगरी प्रजनन र अन्य समयमा भाले गैँडाहरूबीच घमासान द्वन्द्व हुने गर्छ। त्यस्तो बेला पनि आपसी द्वन्द्व वा भिडन्तका कारण गैँडाको ज्यानै समेत जाने गरेको छ।" "केही गैँडाको ज्यान त्यसरी आपसमा लडेका कारण पनि गएको छ।" ३) अन्य वन्यजन्तुको आक्रमण पहिला खाग र अन्य अङ्गका लागि गैँडाको चोरीसिकार हुनेगर्थ्यो। चोरीसिकारमा लाग्ने मानिस गैँडाको प्रमुख शत्रु थियो। चोरीसिकारकै कारण सन् १९५० तिर करिब १,००० को सङ्ख्यामा रहेका गैँडा सन् १९७० तिर १०० मा झरे। माओवादी सशस्त्र द्वन्द्व चर्किएका बेला निकुञ्जको सुरक्षाका लागि खटिएका सैनिकका टोली अन्यत्र खटाइँदा त्यो क्रम फेरि बढ्न पुग्यो। तर द्वन्द्वको सकिएपछि चोरीसिकार पुन: नियन्त्रण हुन पुग्यो। पछिल्ला केही वर्षदेखि निकुञ्जभित्र चोरीसिकार "शून्यमा झरेको" भन्दै संरक्षण अधिकारीहरू गर्व गर्दछन्। तर त्यस्को अर्थ गैँडालाई कसैले आक्रमण गर्दैन भन्ने होइन। निकुञ्ज बाहिरका क्षेत्रमा पुग्ने गरेका गैँडा अझै पनि सिकारको जोखिम रहन सक्छन्। निकुञ्जभित्र विचरण गर्ने गैँडा बेलाबेलामा बाघ र गोहीजस्ता जन्तुको आक्रमणमा परिरहन्छन्। ढकाल भन्छन्, "आक्रमणको जोखिम ठूलाभन्दा गैँडाका बच्चा (केटाकेटी) लाई बढी हुने गर्छ। हालै हामीले बाघले गैँडाको बच्चा खाइदिएको र मगर गोहीले गैँडाको बच्चा खाइदिएको प्रमाण फेला पारेका छौँ।" तर हालैको वर्षमा ठ्याक्कै कतिवटा गैँडाका केटाकेटी अरू जीवजन्तुको आक्रमणमा परे भन्ने सङ्ख्या स्पष्ट छैन। ४) अज्ञात कारण चितवनको नदीकिनार वा ताल क्षेत्रमा संरक्षणकर्मीहरूले कहिलेकाहीँ गैँडाको शव वा कङ्काल फेला पार्छन्। ढकाल भन्छन्, "हामीले हालसालै देवी तालमा एउटा कङ्काल फेला पार्‍यौँ। कहिले कुनै घोलमा गैँडा मरेको भेटिन्छ। त्यस्तो अवस्थामा गैँडा के कारणले मरेको हो थाहा हुँदैन। हामी त्यस्तो बेला मृत्युको कारणलाई अज्ञात मान्छौँ।" चितवन निकुञ्जवरपर वन्यजन्तु विचरण गर्ने मध्यवर्ती क्षेत्र पनि रहेको छ। त्यस क्षेत्र र वरपर पछिल्लो समयमा सहरीकरणको क्रम तीव्र भइरहेकोप्रति पनि विज्ञहरूले चिन्ता व्यक्त गर्न थालेका छन्। "माथिल्लो तटीय क्षेत्रमा भूक्षय भएर चितवनका नदीको सतहमाथि आइरहेको छ," वार्डेन ढकाल भन्छन्। "माथिल्लो तटीय क्षेत्रका औद्योगिक गतिविधिका कारण नदीको जल प्रदूषित हुन थालेको छ।" त्यसको असर गैँडा र अन्य वन्यजन्तुको स्वास्थ्यमा पनि परिरहेको हुन सक्ने विज्ञहरूको चिन्ता छ। विश्व वन्यजन्तु कोषका वन्यजन्तुविद् डाक्टर शान्तराज ज्ञवालीले बीबीसीसँग भने, "गैँडाहरू कुनै रोग वा प्रदूषणका कारणले त मरिरहेका छैनन्? कुनै अदृश्य कारण त छैन। हामीले त्यसबारे अनुसन्धान गर्नुपर्ने भएको छ। ५) उमेर र कालगति गैँडा प्रागैतिहासिक काल अर्थात् दशौँ हजार वर्षअघि देखि नै अस्तित्वमा रहेका जीव हो। एकसिङ्गे गैँडा दक्षिण एशियामा भारतको आसामको काजिरङ्गा राष्ट्रिय निकुञ्ज (करिब २,४००) र नेपालमा पाइन्छ। शाकाहारी भएपनि निकै बाक्लो छाला र भीमकाय यो प्रजातिको आयु झन्डै २५ देखि ३० वर्षको हुने विज्ञहरू बताउँछन्। ढकाल भन्छन्, "नेपालमा द्वन्द्व चर्किएका बेला वयस्क भएका गैँडाहरू अहिले निकै पाका भइसकेका छन्। तिनीहरू विस्तारै कालगतिले मरिरहेका हुन सक्छन्।" पाका गैँडाको मृत्यु कसरी हुन्छ? गैँडाहरू प्राय: चितवनका घाँसेमैदान वा पोखरी वा पानीको 'घोल'मा लामो समयसम्म उग्राएर बसिरहेको देख्न सकिन्छ। उमेर पुगेपछि उनीहरू क्रमश: शिथिल र कमजोर हुँदै मृत्युको मुखमा पुग्छन्। कुनै गैँडा अग्ला घाँसको झाडीभित्र मृत भेटिन्छन्। वार्डेन ढकाल भन्छन्, "कहिलेकाहीँ त पाका उमेरका गैँडा 'घोल'मा बसेको बस्यै पनि मरिरहेको हुन सक्छ।" गैँडाहरू प्राकृतिक वातावरणमा त्यसरी कालगतिबाट मर्ने क्रमबारे पनि अब अनुसन्धान हुने विज्ञहरू बताउँछन्। नयाँ अध्ययन कस्तो? अब हुन लागेको अध्ययनमा नेपाली र विदेशी विज्ञ तथा अधिकारीहरू सहभागी हुँदैछन्। राष्ट्रिय निकुञ्ज विभागका उपमहानिर्देशक डाक्टर रामचन्द्र कँडेलका अनुसार अध्ययन टोलीमा विभागका अतिरिक्त राष्ट्रिय प्रकृति संरक्षण कोष, विश्व वन्यजन्तु कोष, जूअलोजिकल सोसाइटी अफ लन्डन र एशियन राइनो स्पेसियलिस्ट ग्रूपका विज्ञहरू सहभागी छन्। उनीहरूले चितवनको स्थलगत भ्रमण गरेपछि अध्ययनको विधि र तौरतरिका टुङ्गो लगाउने योजना छ। अध्ययन टोलीमा रहेका विश्व वन्यजन्तु कोषका वन्यजन्तुविद् शान्तराज ज्ञवाली भन्छन्, "हामीले वासस्थानमा आएका परिवर्तन, गैँडालाई अहाल अभाव, माइकेन्या जस्ता मिचाह झारको विस्तार आदि समस्याका अतिरिक्त कुनै अदृश्य कारणले गैँडा सङ्कटमा पर्न लागिरहेका छन् कि? हामी गैँडाको संरक्षण र बासस्थानसँग सम्बन्धित ती र अन्य विषयको अनुसन्धान गर्दैछौँ।" चीनलाई गैँडा हस्तान्तरण
तीन गम्भीर रोगका बिरामीलाई दिइने भत्ता 'खारेज'
क्यान्सर एवम् मिर्गौलाका गम्भीर रोग भएका र स्पाइनल इन्जुरी अर्थात् मेरुदण्डमा चोटपटक लागेका बिरामीलाई जीविकोपार्जनका लागि मासिक पाँच हजार रुपैयाँ भत्ता दिने अघिल्लो सरकारको निर्णय वर्तमान सरकारले काटेको भन्दै पीडित बिरामीहरूले दु:ख व्यक्त गरेका छन्।
भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमा डायलाइसिस गराउँदै बिरामीहरू अर्थ मन्त्रालयका अधिकारीहरूका अनुसार बजेटमा ती तीन थरी रोगबाट पीडित भएकालाई भत्ता दिने व्यवस्था नभएकोले भत्ता वितरण गर्न सम्भव नहुने बताएका छन्। अर्थ मन्त्रालयका प्रवक्ता झक्कप्रसाद आचार्यका अनुसार क्यान्सर, मिर्गौला र मेरुदण्डमा चोटपटक लागेका बिरामीलाई दिने भनी भनिएको जीविकोपार्जन भत्ता दिने व्यवस्था नयाँ आर्थिक वर्षको बजेटमा छैन। उनले भने, "बजेट विनियोजन पनि नभएको र त्यो विषय सम्बोधन नभएकोले त्यो खारेज नै भएको भन्ने बुझ्नुपर्‍यो।" निवेदन सरकारको बजेटमा नराखिएका कारणले तीन थरी रोगका ‍हजारौँ बिरामी‍ निराश हुने देखिएको छ। जिल्ला स्वास्थ्य कार्यालय र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको स्वीकृति लिएर बल्लबल्ल बिरामीको प्रमाणपत्र पाएका झन्डै दुई हजार व्यक्तिले उक्त भत्ताका लागि निवेदन दिइसकेका थिए। बाँकी बिरामी पनि निवेदन दिने तरखरमा थिए। गत वर्ष पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अस्पतालमा गएर केही बिरामीलाई भत्ता वितरण पनि गरेका थिए। तर बाँकी बिरामीलाई भने भत्ता दिइएको थिएन। चेतावनी मेरुदण्डमा चोटपटक भएका केही बिरामीले घोषणा गरेको तर भत्ता नदिएकोमा असन्तुष्टि प्रकट गर्न चक्काजाम र धर्ना गर्दै आएका थिए। भत्ता खारेज भएको सङ्केत पाएपछि उनीहरूले त्यसको सशक्त विरोध गर्ने चेतावनी दिएका छन्। स्पाइनल इन्जुरी पीडित संघर्ष समितिका संयोजक बाबुराम मिश्रले भने, "अब हामी आन्दोलन गर्छौँ। पहिले रिले अनशन गर्छौँ।" यस विषयमा सुनुवाइ नभए आफूहरू आमरण अनशनमा बस्ने उनले बताए। 'राजनीतीकरण' कतिपयले देउवा सरकारको मन्त्रिपरिषद्ले चार महिनाअगाडि उक्त निर्णय गर्दै वितरणका लागि १२ करोड रुपैयाँ विनियोजन गरिसक्दा पनि रकम वितरण नहुनुलाई राजनीतीकरण भएको मानेका छन्। तर स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका निर्देशक विकास देवकोटाले स्रोतको निरन्तरताको समस्या रहेकोले वितरण नभएको बताए। उनले भने, "अहिले निवेदन दिएका बिरामीलाई मात्र भत्ता वितरण गर्नु ठूलो कुरा होइन। मुख्य कुरा अर्को सालको लागि बजेट छैन भने हामीले कहाँबाट दिने? हिजो भत्ता रोकिएको कारण पनि त्यही होला।" अघिल्ला सरकारले गरेको निर्णयहरुलाई निरन्तरता नदिने नेपाली राजनीतिक चलनको खासगरी विपक्षी दलहरूबाट आलोचना हुने गरेको छ। यो पनि हेर्नुहोस् क्यान्सर रोगको उपचार गर्ने नयाँ विधि प्रभावकारी
जलवायु परिवर्तनः 'पृथ्वीको दुई ध्रुवमा ठूलो मात्रामा बरफ पग्लिएको देखियो'
अन्तरिक्षसम्बन्धी अमेरिकी निकाय नासाको पछिल्लो जलवायुसम्बन्धी अनुसन्धानले ध्रुवीय क्षेत्रहरू ग्रीनल्यान्ड र एन्टार्क्‌टिकामा ठूलो मात्रामा बरफ पग्लिएको तथ्य फेला पारेको छ।
सन् २००३ देखि सन् २०१९ सम्म अर्थात् १६ वर्षमा ५,०००अर्ब टन बरफ ध्रुवीय क्षेत्रबाट हराएको हिसाब वैज्ञानिकहरूले निकालेका छन्। यसरी पग्लिएको बरफले अमेरिकाको मिसिगन ताल भरिन सक्ने र त्यति मात्रा पानीले समुद्री तह १४ मीमीले बढाउने बताइएको छ। अनि यो पनि: चन्द्रमा खुम्चिँदा ५ रिक्टर स्केलको चन्द्रकम्प आठ हजार प्रकाशवर्ष टाढा एउटा 'बाह्यचन्द्र' मङ्गल ग्रहमा फेला पर्‍यो पानीको ताल
के सिरियामा भएको हमला कानुनसम्मत छ?
के सिरियामा गरिएका हमलाहरू अन्तर्राष्ट्रिय कानुनसम्मत छन् त?
अमेरिका, यूके र फ्रान्सले सिरियामा हवाई हमला गर्नु पर्नाका कारण भनी विभिन्न तर्कहरू अघि सारेका छन्। तिनको केन्द्रमा रासायनिक अस्त्रको प्रयोगमाथि जारी अन्तर्राष्ट्रिय प्रतिबन्ध कायम राख्‍नु पर्ने आवश्यकता, राष्ट्रपति असदको रासायनिक अस्त्र भण्डारमा क्षति पुर्‍याउने र सिरियामा गैरसैनिकहरू विरुद्ध थप रासायनिक अस्त्र हमला हुन नदिने आदि रहेका छन्। ब्रिटिश प्रधानमन्त्री टरिजा मेको तर्क छ यूके जहिले पनि आफ्नो देशको हित र समग्रमा सङ्गठित अन्तर्राष्ट्रिय समुदायको हितलाई ध्यानमा राख्दै विश्वव्यापी नियम र मान्यताहरूको प्रतिरक्षामा उभिने गरेको छ। आक्रमण भएका स्थानहरू कानुनी हिसाबले हेर्दा यो अवस्थाले विश्वलाई संयुक्त राष्ट्रसङ्घको बडापत्र जारी हुनुभन्दा अघिको युगमा लैजान्छ। उक्त बडापत्रले देशहरूलाई आफ्नो प्रतिरक्षामा बल प्रयोग गर्न अनुमति दिन्छ। साथै के पनि तर्क गर्न सकिन्छ भने आफ्नै सरकारको हातबाट निर्मूल हुने जोखिममा रहेका जनताको रक्षाका लागि पनि त्यस्तो बल प्रयोग गर्न सकिन्छ। व्यापक अर्थमा अन्तर्राष्ट्रिय सुरक्षा अवस्था कायम राख्नका लागि पनि बल प्रयोग गर्न सम्भव छ। तर त्यस्तो कदमका लागि संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को म्यान्डेट आवश्यक पर्दछ। त्यस्तो प्रावधानले वास्तविक र सम्भावित हमलाको मुखमा आफ्नो सुरक्षा गर्नका लागि राज्यहरूले बल प्रयोग गर्नुपर्ने आवश्यकतालाई अन्तर्राष्ट्रिय राजनीतिको नियमित उपायका रूपमा बल प्रयोगको अवस्था आउन नदिनेको दाँजोमा सन्तुलित राख्‍ने प्रयास गर्दछ। त्यसैले, सन् १९४५ देखि अन्तर्राष्ट्रिय कानुनले सैन्य कारबाहीलाई 'जवाफी हमला' का रूपमा प्रयोग हुनबाट रोक्ने गरेको छ। बदला स्वरूप गरिने कारबाही सैद्धान्तिक रूपमा गैरकानुनी हुन्छ। तर त्यस्तो कारबाहीबाट आक्रमणकारी राज्यलाई आफ्नो अन्तर्राष्ट्रिय दायित्व पालना गर्न पुन: बाध्य पार्न सकिने अवस्था रहेमा त्यसले छुट पनि पाउने गरेको छ। त्यसैले सन् १९८१ मा इराकस्थित ओसिराक परमाणु केन्द्रमा इजरेलले हमला गर्दा संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले निन्दा गरेको थियो। इजरेलले उक्त केन्द्रले भविष्यमा आमनरसंहारको अस्त्र उत्पादन गर्न सक्ने भनी आफ्नो तर्क प्रस्तुत गरेको थियो। केन्या र तान्जनियामा रहेका अमेरिकी दूतावासहरूमा भएका हमलाको जवाफमा सन् १९९८ अमेरिकाले सुडानस्थित एउटा आरोपित रासायनिक अस्त्र भण्डारमा गरेको हमलाको पनि आलोचना भएको थियो। हालको घटनामा सिरियामा हवाई हमला गरेका तीन देशहरूले सिरियालाई रासायनिक अस्त्रसम्बन्धी महासन्धिअन्तर्गत सो देशको दायित्व पालना गर्न बाध्य तुल्याउने जिम्मा आफैँले लिएका छन्। सिरियाले सन् २०१३ मा उक्त महासन्धिमा सहभागिता जनाएको थियो। पूर्वी गुटा क्षेत्रमा भएको रासायनिक हमलापछि यूके र अमेरिकाले हवाई हमला गर्ने भनी दिएको धम्की कार्यान्वयन हुन नसकेपछि गरिएको कूटनीतिक समाधानको एक भागका रूपमा सिरिया उक्त महासन्धि मान्न तयार भएको थियो। उक्त महासन्धिअनुसार रासायनिक अस्त्रको उत्पादन गर्न, त्यस्तो अस्त्र साथमा राख्‍न र प्रयोग गर्न प्रतिबन्धित छ। संसारका १९२ जति देशले उक्त महासन्धिमा हस्ताक्षर गरेका छन्। तर त्यसयता सिरियामा रासायनिक अस्त्र प्रयोग भएको भनिएका विभिन्न ४० वटा घटना भइसकेका छन्। रासायनिक अस्त्र प्रयोगविरुद्धको सङ्गठन 'ओपीसीडब्ल्यू'ले त्यस्तो अस्त्र प्रयोग भएनभएको बारे छानबिन गर्न एउटा अनुसन्धान टोली पठाउने क्षमता राख्दछ। उक्त सङ्गठनले राष्ट्रसङ्घीय सुरक्षा परिषद्सँग मिलेर एउटा संयुक्त संयन्त्र पनि स्थापना गरेको छ। तर गत वर्ष त्यस्तो संयन्त्रले असद सरकारमाथि औँला ठड्याउँदा रुसले उक्त संयन्त्रलाई नवीकरण नगर्न भिटो प्रयोग गरेको थियो। डुमामा पछिल्लो पटक भएको रासायनिक अस्त्र हमलामा संलग्नहरूको जिम्मेवारी स्थापित गर्नका लागि नयाँ संयन्त्र स्थापना गर्ने प्रयास पनि सुरक्षा परिषद्‌मा रुसले भिटो प्रयोग गरेपछि असफल भएको थियो। सिरियामा हस्तक्षेप गरेका तीन राष्ट्रहरूले सिरियाले गरेको रासायनिक अस्त्र प्रयोगलाई चुनौती दिनका लागि राष्ट्रसङ्घीय सुरक्षा परिषद्बाट अनुमति लिने अवस्था नरहेको बताएका छन्। सिरियामा हमला गरेर आफूहरूले अन्तर्राष्ट्रिय जिम्मेवारी पालना गरेको दावी गरेका छन्। तिनीहरूले आफ्नो कदम रासायनिक अस्त्रको प्रयोगमाथिको प्रतिबन्ध प्रतिको विश्वसनीयताको प्रतिरक्षा गर्ने र सिरियालाई उसको दायित्व पालना गर्न लगाउनेतर्फ केन्द्रित रहेको बताएका छन्। अति महत्त्वपूर्ण अन्तर्राष्ट्रिय कानुन पालना गर्न लगाउन कारबाही थाल्ने जिम्मेवारी सुरक्षा परिषद्को साटो ती तीन देशहरूले लिएको भन्ने दावीलाई केहीले चुनौती दिएका छन्। रुसले ती हमलाले बल प्रयोगमाथि प्रतिबन्ध लगाउने अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरेको बताएको छ। राष्ट्रसङ्घीय महासचिवले पनि सुरक्षा परिषद्को सर्वोच्चतालाई सम्मान गरिनु पर्ने आवश्यकतामा जोड दिएका छन्।
कालापानी: भारतीय नक्साबारे लिखित विरोध दर्ता नगराउनु 'नेपालको कूटनीतिक कमजोरी'
नेपालले आफ्नो भन्दै आएको कालापानी क्षेत्रलाई भारतले आफ्नो नक्सामा राखेपछि उत्पन्न परिस्थितिलाई नेपालको परराष्ट्र मन्त्रालयले सही ढङ्गले उठाउन नसकेको कूटनीतिक मामिलाका विज्ञहरूले बताएका छन्।
उनीहरूले उक्त नक्साबारे नेपालले औपचारिक रूपमा भारत सरकारसमक्ष आफ्नो विरोध दर्ता गराउनुपर्ने र त्यसलाई आफूले मान्यता नदिने धारणा स्पष्टसँग राख्नुपर्नेमा जोड दिएका छन्। भारतले उक्त नक्साले आफ्नो देशको सार्वभौम भूभागलाई प्रतिविम्बित गर्ने प्रतिक्रिया दिँदै त्यसमा नेपाल-भारत सीमा परिवर्तन नगरिएको प्रतिक्रिया दिइसकेको छ। प्रधानमन्त्री केपी ओलीले 'एक इन्च नेपाली भूमि पनि कसैलाई मिच्न नदिने' बताउँदै आइतवार राजधानीमा आयोजित एउटा सार्वजनिक कार्यक्रममा देशको नाम उल्लेख नगरी कालापानीमा रहेका विदेशी सैनिक फिर्ता हुनुपर्ने बताएका थिए। 'भारतसँग स्पष्टीकरण सोध्नुपर्छ' गत हप्ता प्रधानमन्त्री ओलीले उक्त नक्सा र कालापानीको विषयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित अन्य नेताहरूसँग सर्वदलीय बैठक गरेका थिए। यो हप्ता उनले भारतको नक्सा सच्याउने भन्दा पनि उक्त भूमि फिर्ता लिनु महत्त्वपूर्ण भएको भन्दै आफ्नो सरकारले नेपाली भूमि फिर्ता गराउने सार्वजनिक टिप्पणी गरे। तर कूटनीतिक मामिलाका जानकारहरू सार्वजनिक वक्तव्यबाजीभन्दा पनि नेपालले कूटनीतिक रूपमा यो विषय उठाउनुपर्नेमा जोड दिन्छन्। कालापानीमा भारतीय सुरक्षाक्रमीहरूले आफ्नो शिविर राखेका छन् रणनीतिक मामिलाका जानकार तथा राजनीतिशास्त्री प्राध्यापक धुव्रकुमारले राष्ट्रिय सुरक्षा र भौगोलिक अखण्डता जोडिएको संवेदनशील विषयमा नेपालका तर्फबाट गम्भीर त्रुटि भइरहेको प्रतिक्रया दिएका छन्। उनले भने, "हाम्रो तर्फबाट ठोस काम गर्नेभन्दा पनि बोल्ने मात्र भइरहेको छ। राष्ट्रिय सुरक्षा र भौगोलिक अखण्डताजस्ता संवेदनशील विषय जोडिएको मामिलामा परराष्ट्र मन्त्रालयबाट हस्ताक्षरित विज्ञप्तिमा सरकारको तर्फबाट गम्भीर त्रुटि भएको स्पष्ट देखिन्छ।" "यो विवाद नेपालको नक्सामा गरिएको आक्रमण हो। परराष्ट्र मन्त्रालयले भारतीय राजदूतलाई बोलाएर स्पष्टीकरण सोध्नुपर्थ्यो र औपचारिक विरोधपत्र दर्ता गराउनुपर्थ्यो।" जम्मू-कश्मीर र लद्दाखलाई केन्द्रशासित प्रदेशका रूपमा राख्दै भारतको सर्वेक्षण विभागले तयार पारेको नक्सा नोभेम्बरको सुरुमा सार्वजनिक गरिएको थियो। त्यसमा नेपाल, भारत र चीनको त्रिदेशीय सीमाबिन्दुनजिकै अवस्थित कालापानीलाई भारतीय भूभागका रूपमा निरन्तरता दिइएको भारतीय अधिकारीहरूले बताउने गरेका छन्। भारतीय सर्वेक्षण विभागका प्रमुख गिरीश कुमारले बीबीसी नेपालीलाई दिएको अन्तर्वार्तामा ७० वर्षदेखि चलिरहेको सीमाका आधारमा कुनै परिमार्जन नगरी उक्त नक्सा बनाइएको दाबी गरेका थिए। तर त्यसयता भारतले आफ्नो नक्सामा केही परिमार्जन गर्दै सीमावर्ती मान्ने गरिएको काली नदी लेखिएको भाग हटाएर अर्को नक्सा आफ्नो सर्वेक्षण विभागको वेबसाइटमा राखेको छ। नेपालको प्रतिक्रिया यस्तो उक्त नक्साप्रति नोभेम्बर ६ तारिखमा प्रतिक्रिया जनाउँदै परराष्ट्र मन्त्रालयले कालापानी नेपालको भूभाग भएको उल्लेख गर्दै दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमासम्बन्धी विषयमा एकपक्षीय निर्णय नेपाललाई मान्य नहुने बताएको थियो। मन्त्रालयले दुई देशका परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकले नेपाल र भारतबीचका समाधान हुन बाँकी सीमासम्बन्धी विषय समाधानका लागि परराष्ट्र सचिवहरूलाई काम गर्न जिम्मेवारी दिइएको उल्लेख गरेको थियो। नेपालमा आफ्नो नक्सालाई लिएर असन्तुष्टि व्यक्त भएपछि भारतले काली नदी उल्लेख गरिएको नक्साको खण्डबाट नदीको नाम हटाएको छ त्यसबाहेक सीमा समस्या समाधान ऐतिहासिक कागजपत्र एवम् तथ्य प्रमाणहरूको आधारमा कूटनीतिक माध्यमबाट हुनुपर्ने मान्यतामा दृढ रहेको पनि जनाइएको थियो। तर भूतपूर्व परराष्ट्र सचिव मधुरमण आचार्य परराष्ट्रसचिवस्तरीय संयन्त्रमा सीमा विवादबारे खासै प्रगति नभएको उल्लेख गर्दै त्यहाँबाटै कालापानीजस्तो गम्भीर विषयमा समाधान निस्कने अवस्था नदेखिएको बताउँछन्। उनले बीबीसीसँग भने, "कालापनीको सीमा विवाद एउटा जटिल प्रकृतिको विषय हो। परराष्ट्रसचिव स्तरबाट टुङ्गिने अवस्था देखिएन भने हामीले सकेनौँ, अझ माथिल्लो तहबाटै यसलाई हल गरौँ भनेर निर्णय गरी त्यसैअनुसार दुवै देशले कुराकानी गर्नुपर्छ।" उनले लिखित रूपमा भारतीय नक्साप्रति नेपालले आफ्नो विरोध कूटनीतिक रूपमा दर्ता नगराएसम्म त्यसलाई देशभित्र खपतका लागि व्यक्त गरिएका प्रतिक्रियाका रूपमा मात्रै बुझ्न सकिने उल्लेख गरे। संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि भएर काम पनि गरेका आचार्य थप्छन्, "परराष्ट्र मन्त्रालयले विरोधपत्र दर्ता गराएपछि यो अभिलेखमा रहन्छ। भारतले पनि त्यसको उत्तर दिनुपर्ने अवस्था निम्तिन्छ।" "नेपालले 'हाम्रो भूमि तिमीहरूको नक्सामा पर्‍यो, त्यसैले यो नक्सा हाम्रो हकमा लागु हुनसक्दैन' भनेर आफ्नो औपचारिक असहमति दर्ता गराउनुपर्थ्यो। त्यस्तो गर्दा भारतले 'यो हाम्रो नक्सा भए पनि नेपालको हकमा हाम्रो सीमा क्षेत्र विवादित छ र दुवै देशबीच पछि हुने सहमतिका आधारमा परिमार्जन गरिनेछ' भन्न सक्ने अवस्था आउन पनि सक्थ्यो," उनले भने। "तर अहिले नेपालले लिखित रूपमा कुनै पनि कुरा नराखेको भएर यथास्थितिमा दुवै देशका परराष्ट्र सचिवले नै कुरा गरे पनि हामीले भारतको अहिलेको नक्सालाई मान्यता दिएर वार्तामा बसेको जस्तै अवस्था बन्छ।" प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानीको सीमा समाधानका उपायबारे छलफल गर्न शनिवार सर्वदलिय बैठक आयोजना गरेका थिए। तर प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापा कालापानीको विषयलाई टुङ्गोमा पुर्‍याउन प्रधानमन्त्री ‌ओली दृढ सङ्कल्पित रहेको बताउँछन्। उनले भने, "कालापानी, लिम्पियाधुरा र लिपुलेकका सन्दर्भमा भारतका तर्फबाट एकतर्फी रूपमा नक्सा सार्वजनिक भयो। हाम्रो परराष्ट्र मन्त्रालयले मान्य छैन भनिसकेपछि त्यो कागजको खोस्टोभन्दा बढी अब केही पनि रहेन।" उनले थपे, "प्रधानमन्त्रीले यसबारेमा सर्वदलीय र सर्वपक्षीय बैठक गरेर देशलाई एउटा अडानमा उभ्याउनुभएको छ। प्रमुख प्रतिपक्ष एवम् तराईकेन्द्रित दलहरू पनि त्यहाँ उपस्थिति थिए। त्यसले एउटा म्यान्डेट दिएको छ।" "त्यसअनुसार हाम्रा प्रमाणहरूलाई व्यवस्थित गर्ने र कूटनीतिक तथा राजनीतिक तहमा पनि पहलकदमी गरेर यसलाई टुङ्ग्याउने भनिएको छ। यसबारेमा सरकार व्यवस्थित र तथ्यको आधार निर्माण गरेर अघि बढ्न लागिपरेको छ।" नेपालको नक्सामा कालापानी र लिपुलेक यसरी राखिएको छ नोभेम्बरको सुरुमा जारी गरिएको भारतको नक्सामा कालापानीलाई भारतीय सीमाभित्र राखिएको छ र काली नदी पनि देखाइएको छ परराष्ट्र मन्त्रालयसम्बद्ध स्रोतले कालापानी विवादका बारेमा भारतसँग विभिन्न तहमा कुराकानी भइरहेको उल्लेख गर्दै 'परराष्ट्र सचिव एवम् राजनैतिक तह दुवैमा अनौपचारिक छलफलहरू भइरहेको' उल्लेख गरेको छ। नक्साको विवाद सार्वजनिक भइसकेपछि भारतका लागि नेपालका राजदूत नीलाम्बर आचार्यले भारतीय विदेशसचिव विजय गोखलेसँग भेटवार्ता गरेको सार्वजनिक भएको थियो। विवाद समाधानमा विगतको प्रयास नेपाल र भारतले आफ्नो सीमा क्षेत्रलाई व्यवस्थित बनाउन सन् १९८१ मा गठन गरेको संयुक्त संयन्त्रले सुस्ता र कालापानीबाहेक अन्य भूभागको नक्साङ्कन सम्पन्न गरिएको भन्दै आफ्नो प्रतिवेदन बुझायो। उक्त संयन्त्र सन् २००७ मा भङ्ग भयो। उक्त संयन्त्रले उसबेला नै माथिल्लो तहमा सुस्ता र कालापनीको विवाद समाधान गर्न सुझाव दिएको थियो। सप्तरीको छिन्नमस्ता गाउँवासीहरू नेपालको भूभाग मिचिएको दाबी गर्ने गरेका छन् त्यसयता भारतले प्राविधिक तहमा सहमति भएका ९८ प्रतिशत भूभागको नक्साङ्कनलाई दुवै देशले अनुमोदन गर्नुपर्ने प्रस्ताव गरे पनि नेपालले सबै सीमासम्बन्धी विषय एकमुष्ट समाधान गरिनुपर्नेमा जोड दिएको छ। भारतको बिहार सरकारले सुस्तामा गण्डक नहरनजिकै पाँच हजार हेक्टर भूमि नेपाली पक्षबाट अतिक्रमण भएको दाबी गरेको छ। विभिन्न स्थानमा भारतले नेपाली अतिक्रमण गरेको स्थानीयवासीहरू बताउने गर्छन्। यही मेसोमा दुवै देशका परराष्ट्रमन्त्रीस्तरीय आयोगको निर्णयानुसार दशगजा क्षेत्र खाली गराउने, सीमास्तम्भको निर्माण र मर्मत आदि जिम्मेवारीसहित बाउन्ड्री वर्किङ ग्रूप सन् २०१४ मा गठन गरिएको थियो। सन् २०१४ को अगस्टमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको दिल्ली भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले परराष्ट्रमन्त्रीको तहमा सुस्ता र कालापानीसहितका विवादको समाधान आवश्यकतानुसार उक्त संयन्त्रको प्राविधिक सुझाव लिएर गर्ने जिम्मेवारी परराष्ट्रसचिवहरूलाई दिने निर्णय गरिएकोमा त्यसको स्वागत गरिएको संयुक्त विज्ञप्तिमा उल्लेख छ। तर जानकार अधिकारीका अनुसार उक्त निर्णय भएयता सीमा विवादमा छलफल हुनेगरी नेपाल र भारतका परराष्ट्रसचिवको बैठक बसेको छैन। भारतले आफ्नो नक्सामा उत्तराखण्डमा राखेको कालापानीलाई लिएर नेपालसँग सीमा विवाद रहेको आफ्ना दस्ताबेजहरूमा स्वीकार गर्ने गरेको छ। त्रिदेशीय मुद्दा बन्ने सम्भावना कति? नेपाल, भारत र चीनको त्रिदेशीय सीमाबिन्दुनजिकै ३५ वर्ग किलोमिटर क्षेत्रमा अवस्थित कालापानीलाई भारतले पिथौरागढ जिल्लामा राखेको छ। त्यहाँ उसले इन्डो-टिबेटन बोर्डर पुलिस नामक सुरक्षा बल परिचालन गरेको छ। भारतीय सीमा सुरक्षाविद् एवं रणनीतिकारहरूले चीनको सीमा क्षेत्रलाई निगरानी गर्न कालापानीमा आफ्नो नियन्त्रण भारतका लागि अनिवार्य रहेको बताउने गरेका छन्। कालापानी क्षेत्रको सीमा विवादबारेको एउटा प्रश्नमा सन् २००१ मा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले नेपाल र भारत दुवै आफ्ना असल छिमेकी रहेको उल्लेख गर्दै दुवै देशले उपयुक्त ढङ्गले यसको समाधान खोज्ने अपेक्षा गरिएको बताएका थिए। तर सन् २०१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका क्रममा बेइजिङले कालापानी नजिकैको लिपुलेक पासहुँदै भारतसँग व्यापारिक कारोबार गर्ने निर्णय गर्‍यो। त्यसलगत्तै लिपुलेक आफ्नो भूभाग भएको भन्दै नेपालले असहमति जनायो। ८,१८१भारत र चीनसँगका सीमामा रहेका ३५ जिल्लामा सीमास्तम्भ सङ्ख्या ४,५००सग्लो अवस्थामा रहेका सीमास्तम्भ ३,६६०मर्मत गर्नुपर्ने अवस्थामा रहेका सीमास्तम्भ १,७५१ किमिभारतसँगको सीमा लम्बाइ १,४१४ किमिचीनसँगको सीमा लम्बाइ अहिले पनि भारतीय तीर्थयात्रीहरूले तिब्बतको कैलाश मानसरोवर यात्रा गर्दा नाथुला पास र लिपुलेकको मार्ग प्रयोग गर्छन्। कतिपय विज्ञहरूले नेपाल, भारत र चीनबीच त्रिदेशीय सीमा क्षेत्रमा रहेका विवाद तीन देशबीचको छलफलबाट टुङ्गो लगाउनुपर्नेमा जोड दिने गरका छन्। तीन दिशामा भारतसँग १,७५१ किलोमिटर खुला सीमा रहेको नेपालको उत्तरमा चीनसँग १,४१४ किलोमिटर सीमा रहेको छ।
कोरोना भाइरस उपचारः कुनै बेला 'एशियाका सबैभन्दा गम्भीर बिरामी' मानिएका एक विमानचालकको चेतावनी, 'हेलचेक्र्याइँ नगर्नुहोस्'
कोरोनाभाइरसको सङ्क्रमण भएपछि स्कटल्यान्डका स्टीभन क्यामरन भियतनाममा दुई महिना कोमा अर्थात् पूरै अचेत अवस्थामा परे। कोभिड महामारीबारे भियतनाममा सतर्कता बढाइँदा उनले उक्त भाइरसले कतिसम्म गर्न सक्छ भन्ने कुराको आफू प्रत्यक्ष उदाहरण भएको बीबीसीलाई बताएका छन्। उनले उक्त रोगबारे हेलचेक्र्याइँ नगर्न चेतावनी दिएका छन्।
स्टीभन क्यामरन विमान चालक हुन् आफ्नो घर स्कटल्यान्डभन्दा १०,००० किलोमिटर टाढा भियतनाममा कोभिड-१९ सँग सङ्घर्ष गरिरहँदा उनको जीवित रहने सम्भावना १० प्रतिशत रहेको बताइयो। उनलाई ६८ दिन भेन्टिलेटरमा राखेर उपचार गरियो। "मेरो शरीरका विभिन्न भागमा रगत जमेको थियो र मिर्गौला काम नगर्ने भएको थियो। अरू अङ्गहरूले पनि काम गरिरहेका थिएनन्। एउटा बिन्दुमा मेरो फोक्सोले १० प्रतिशतमात्रै काम गरिरहेको थियो," कोमाबाट बिउँतिएपछि स्टीभन क्यामरनले भने। उनको अवस्था अत्यन्त नराम्रो भएकाले भियतनामका चिकित्सक, सरकारी निकाय र सञ्चारमाध्यम सबैले त्यसप्रति गहिरो चासो व्यक्त गरेका थिए। "मलाई एशियाकै सबैभन्दा सिकिस्त बिरामी भएको बताइएको थियो," उनी भन्छन्।" कोरोनाभाइरस महामारीका माझ भियतनामका चिकित्सकहरूले उपचार गरेकामध्ये सबैभन्दा गम्भीर अवस्थाका बिरामी उनी नै थिए। बयालीय वर्षीय क्यामरनलाई बिरामी नम्बर ९१ भनेर चिनिन्छ। उनको उपचारमा अझै लामो समय लाग्ने चिकित्सकहरूले बताएका छन्। उनी चाहिँ भाइरससँग निर्धक्क नहुन र हेलचेक्र्याइँ नगर्न अरूलाई चेतावनी दिन्छन्। स्कटल्यान्डस्थित अस्पतालको शय्याबाट उनले बीबीसीसँग भने, "भाइरसले केसम्म गर्नसक्छ र त्यो कति गम्भीर हुनसक्छ भन्ने कुराको म जीवित उदाहरण हुँ। यसलाई उन्मूलन नगरेसम्म हामीहरू थाक्नु हुँदैन।" क्यामरनलाई जुलाई १२ मा यूके लगियो 'शव लैजाने तयारी' कोमामा रहेको अधिकांश बेला क्यामरनको जीवन रक्षार्थ एउटा विशेष उपकरण प्रयोग गरिएको थियो। उक्त उपकरणले बिरामीको शरीरबाट रगत लिएर त्यसमा अक्सिजन मिसाइदिन्छ र पुनः शरीरलाई उपलब्ध गराउँछ। एउटा बिन्दुमा विदेश मन्त्रालयले उनको जीवित रहने सम्भावना १० प्रतिशत मात्रै भएको बताएको उनी संस्मरण गर्छन्। "मेरा साथीले मेरो घर खाली गरे तथा शव लैजान अरूले जस्तो तहारी गर्छन् त्यस्तै गर्न थाले," हो ची मिन्ह सहरस्थुत अस्पतालमा हुँदै उनले बीबीसीसँग भनेका थिए। दुःख खेप्नुपरे पनि क्यामरनले भियतनाममा बिरामी परेकोमा आफूलाई भाग्यमानी ठानेका छन्। झन्डै साढे नौ करोड जनसङ्ख्या भएको भियतनाममा ६०० जति व्यक्ति सङ्क्रमित भएका छन् भने केवल तीन जनाको मृत्यु भएको छ। केही बिरामीहरूलाई सघन उपचार कक्षमा राखिएको छ। क्यामरनका दुवै फोक्सोले न्यून मात्रामा मात्र काम गरेका थिए "पृथ्वीमा अन्यत्र कतै भएको भए भने म मरिसकेको हुन्थेँ। अरूहरूले ३० दिनपछि उपचार बन्द गरिसकेका हुन्थे," गत जुन महिनामा उनले बीबीसीलाई बताएका थिए। उनी भियतनामी जनता र आफ्नो उपचारमा संलग्न चिकित्सकहरूप्रति कृतज्ञ भएको बताउँछन्। अभूतपूर्व स्कटल्यान्ड फर्किएपछि क्यामरनको श्वासप्रश्वास प्रणालीको उपचारमा संलग्न चिकिस्तक मनीष पटेलका अनुसार लामो समयसम्म त्यस्तो खालको कोमामा रहेर बाँच्नु 'अभूतपूर्व' हो। डा. पटेलले बीबीसीसँग भने, "मानिसहरू सघन उपचार कक्षमा जानु नै म्यारथन दौडिनु जस्तै हो भन्ने गर्छन्। मलाई लाग्छ उनी एउटाभन्दा धेरै म्यारथन दौडिरहेका छन्।" कोमामा परेपछि ३० केजी तौल गुमाएका उनी निरन्तरको उपचारपछि पनि अझै हिँड्न सङ्घर्ष गरिरहेका छन्। "जब म पहिलो पटक बिउँझिए मलाई 'के म फेरि हिँड्न सक्छु?' भन्ने लाग्यो। मलाई पक्षाघात भएको छ कि छैन, मैले थाहा पाइनँ। मेरो पैतालामा संवेदना थिएन।" क्यामरनले 'अर्को वर्षको सुरुमा' आफू पुन: विमान उडाउन सक्ने अवस्थामा फर्किने लक्ष्य लिएका छन्। तर उनको पुनर्स्थापना र उपचार लामो र जटिल हुनेछ। त्यसबाहेक कोरोनाभाइरसको महामारीले निम्त्याएको ठूलो क्षतिका कारण एशियाको हवाई उद्योगमा रोजगारी समेत जोखिममा पर्न सक्ने ठानिएको छ।
सन्तोष साहुखल फुटबल लिगमा १०० गोल गर्ने पहिलो खेलाडी
आफूले प्रहार गरेको बलले जाली छोए पछि सन्तोष साहुखल मुसुक्क मुस्काए।
१०० औं गोल गरेपछि सन्तोष साहुखल दशरथ रंगशाला मैदानमा एकैछिन कुदे। सहयात्रीहरुको बधाई स्वीकारे। बस्, यतिमै सकियो सन्तोष साहुखलले गोल गरेको खुसीयाली। यति छोटो खुसीयाली साहुखलले नेपाली फुटबलमा हासिल गरेको उपलब्धिको हिसाबले पर्याप्त थिएन। उनले पाएको सफलता सानोतिनो होइन, उनी छ दशक पुरानो शहिद स्मारक लिगमा १०० गोल गर्ने पहिलो खेलाडी बनेका हुन्। यो दुर्लभ उपलब्धि हासिल गर्न उनले १६ वर्ष लामो तपस्या गरेका छन्, स्कुल ड्रेसमै मैदान पुगेर गोल गरेका छन्। परीक्षा छोडेका छन्, २०६० सालदेखि लगातार लिग खेलेको छन् र विदेशी भूमिलाई कर्मथलो बनाए पनि फुटबलकै लागि पटकपटक देश फर्केका छन्। खेलजीवनमा कुनै पनि वर्ष लिग खेल्न नटुटाएका साहुखल ए डिभिजन लिगकै सर्वाधिक सफल खेलाडी हुने नै भए। भुटानलाई हराउँदै नेपाल साग फुटबल विजेता विना स्विकृती नेपालमा कसरी खेलिरहेछ अफ्रिकाको फुटबल क्लब पूर्वराष्ट्रिय खेलाडी उपेन्द्रमान सिंह भन्छन्, "यो गजबको उपलब्धि हो। आधुनिक नेपाली फुटबलमा यस्तो इतिहास दोहोरिन लामो समय कुर्नुपर्छ। "यति लामो धैर्यता अबका पुस्तामा शायदै भेटिएला।" साहुखल बाहेक लिग फुटबलको इतिहासमा ५० भन्दा वढी गोल गर्ने खेलाडीहरु बसन्त थापा, सुरेन्द्र तामाङ, जेविश पाण्डे र रमेश वुढाथोकी छन्। यी सबै खेलाडीहरुले खेलाडी जीवनबाट सन्न्यास लिइसकेका छन्। अहिलेका स्ट्राइकरहरुको गोल संख्या लिगमा कमै मात्र छ। सयौँ गोल नेपाल पुलिस क्लब बिरुद्ध साहुखलले आफ्नो १०० गोल पूरा गरेका हुन्। त्यो खेलको १८ औं मिनेटको समय थियो। च्यासल एक गोलले खेलमा पछि परिसकेको थियो। त्यतिबेला डि बक्समा अनमार्क रहेका साहुखलले हेमन्त श्रेष्ठले प्रहार गरेको फ्रि किकमा 'वान टच' प्रहार गर्दै बललाई पोष्टको दिशा देखाए। डेढ दशकको लिग यात्रामा त्यो उनको सयौं गोल संख्या बन्यो। उनी त्यतिमा रोकिएनन्। दोस्रो हाफमा च्यासल २-१ ले फेरी खेलमा पछि पर्‍यो। तर ४९ औं मिनेटमा फेरी उनले एक जना विपक्षीलाई छक्याउंदै ब्यक्तिगत दोस्रो गोल गरेर खेल बराबरीमा ल्याए। वर्षाका कारण भिजेको बुधवारको र‌ंगशालाको चिसो मौसम साहुखलकै नाममा रह्यो। दुई गोल गरेसंगै उनी जारी लिगमा सर्वाधिक गोलकर्ता (५ गोल )को सूचीमा अग्रस्थानमा पुगेको छ। उनी खेलका म्यान अफ द म्याच पनि भए। अन्तर्मुखी साहुखलको जवाफ खेलपछिको पत्रकार सम्मेलनमा उनको आफ्नो स्वाभाविक बानी फेरी देखियो। न उनी सय गोलको खुशी साट्न आतुर देखिए, न रोमाञ्चित भएर आफ्नो सफलताको गाथा नै सुनाए। सय गोलको कोसेढुंगा पूरा गर्ने एक्लो नेपाली हुनुको खुशी बारे सोधिएको प्रश्नमा उनको जवाफ थियो - " सय गोल मेरो लागि महत्वपूर्ण होइन। टिमलाई जिताउन सकेको भए खुशी हुने थिएँ।" पत्रकारहरुले बारम्बार उपलब्धि कोट्याउन खोज्दा उनको एउटै जवाफ थियो -"सय गोल भन्दा टोलीको प्रदर्शन मेरो लागि ठूलो हो। म मेरो टिम माथी आएको हेर्न चाहन्छु।" बरु उनी पत्रकार सम्मेलन छोडेर खेलको क्रममा घाइते भएका आफ्ना जापानी साथीसंग भेट्न आतुर देखिएका थिए। तर उनले आफुले ५० गोल गर्दा भने निकै खुशी लागेको बताए। भने, " सिनियर दाजुहरुले गोल गरेको देख्दा त्यतिबेला ५० गोल गर्न पाए हुन्थ्यो जस्तो लागेको थियो। गोल संख्या ५० पुग्दा निकै खुशी पनि भएको थिएँ।" साहुखलले आफ्नो कीर्तिमान युवा खेलाडीहरुले चाँडै तोड्न सकोस् भनी शुभकामना दिंदै भने, " युवाहरुलाई प्रेरणा मिलोस् मेरो शुभकामना छ।" साहुखल अन्तर्मुखी देखिएपनि उनका प्रशिक्षक बालगोपाल साहुखलले भने भाईको सफलतामा निकै रमाए। च्यासलका प्रशिक्षक उनले भने, " भाईको बानी नै यस्तै हो। धेरै बोल्दैनन्। तर एउटा परिवारको सदस्यको नाताले हामी उनको सफलतामा गौरवान्वित छौं।" प्रतिद्धन्द्वी नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्त थापाले साहुखललाई बधाई दिए। अनि ठट्यौली पारामा भने, " सन्तोषले हाम्रै खेल कुरेर बसिरहेका रहेछन्। आज हामीलाई अप्ठेरोमा पार्‍यो। उनको सफलता भने ठूलो हो। बधाई छ।" च्यासल युवा क्लबबाट खेलिरहेका साहुखलले पहिलो दुई गोलमा ३ गोल गरेपछि उनको लिग गोल संख्या ९९ पुगेको थियो। त्यसपछि उनको १०० गोलको चर्चा र प्रतिक्षा भयो। तर त्यसपछिको दुई खेलमा उनले गोल गर्न सकेनन्। एनआरटी र जावलाखेल युथ क्लब विचको खेलमा उनी गोल विहिन मात्र भएनन्, दुबै खेलमा च्यासल पराजित हुन पुगेको थियो। स्कुलबाटै खेलमा थ्रीस्टार क्लबका पूर्वअध्यक्ष स्वर्गीय ललितकृष्ण श्रेष्ठले हुर्काएका खेलाडी हुन् साहुखल। भक्तपुर बोडेको स्कुलमा पढ्दै गरेका फुच्चे साहुखलको प्रतिभा दखेर श्रेष्ठले उनलाई सोझै थ्रीस्टार क्लबमा अनुबन्धित गरिदिए। १७ वर्षीय ठिटोले सङ्कटाविरुद्ध खेलेको ए डिभिजन लिगको आफ्नो पहिलो खेलमा नै गोल गरेर आफूलाई प्रमाणित गरिदिए। त्यसयता न साहुखलबाट थ्रीस्टार निराश हुनु पर्‍यो न थ्रीस्टारबाट साहुखल बेखुशी भए। उनी थ्रीस्टारको पर्याय बने। त्यही क्लबबाट साहुखल चम्के, झन्डै एक दशक नेपाली फुटबलको अब्बल स्ट्राइकरको छवि बनाए र राष्ट्रिय टिमको जर्सी लगाए। लिगको १० सिजनमध्ये छ सिजन उनले थ्रीस्टारबाट खेले र क्लबका लागि ७१ गोल गरे। बाँकी २९ गोल भने मनाङ मर्स्याङदी, एपीएफ र च्यासलका लागि खेल्दा गरेका हुन्। सर्वाधिक महँगा खेलाडी विसं २०६८ मा उनी थ्रीस्टार छोडेर त्यतिबेलाको सर्वाधिक मूल्यमा मनाङ मर्स्याङ्दी क्लबमा अनुबन्धित हुँदा ठूलै चर्चा पाए। मनाङका लागि उनले १६ गोल गर्दै आफ्नो भूमिकामा न्याय गरे। तर उनी मनाङमा निरन्तर बस्न सकेनन् र थ्रीस्टार फर्किए। अहिले च्यासलबाट खेलिरहँदा पनि उनी भन्छन्, "थ्रीस्टारले नबोलाएकोले मात्र च्यासल आएको हुँ।" गत वर्षदेखि उनी च्यासल क्लबबाट खेलिरहेका छन्। उनी ए डिभिजनमा गत वर्षमात्र उक्लिएको च्यासललाई नयाँ परिचय दिने क्रममा छन। साहुखलको क्षमता साहुखल बल साथमा हुँदा निकै बलिया बन्छन् र पोस्टमा आक्रमण बुन्ने क्रममा विपक्षी रक्षकलाई आच्छुआच्छु नै पार्छन्। गोल गर्ने शैली गजबकै मानिन्छ। त्यही क्षमताले एक दशक उनले नेपाली अग्रपङ्क्तिमा राज गरे। तर राष्ट्रिय टोलीमा भने उनको उपस्थिति जमेन। अधिकांश समय उनले बेञ्चमा बस्नुपर्‍यो। त्यतिबेला राष्ट्रिय टोलीको अग्रपङ्क्तिमा अनिल गुरुङ र जुमानु राई थिए। प्रशिक्षकको हेराइमा उनी वैकल्पिक रहे। उनले राष्ट्रिय टोलीबाट जम्मा तीन गोलमात्र गरेका छन्। स्वभावले पछाडि साहुखल हठी स्वभावका थिए। जिद्दी गर्थे। खेल्ने उनको आफ्नै शैली थियो, मेहनत नगरे जस्तो। निकै कम बोल्ने। आवश्यकता भन्दा बढी सक्रिय नहुने। उनको दाजु तथा च्यासल क्लबका प्रशिक्षक बालगोपाल साहुखलले भन्छन्, "मैदानमा धेरै कुद्ने र अभ्यासमा प्रशिक्षकको कुरा मान्ने मात्रै रोजाइका खेलाडी बने र साहुखलको प्रतिभा छाँयामा परेकै हो।" "उनी नेपालका उत्कृष्ट खेलाडी हुन् तर प्रशिक्षकहरू उनलाई बुझ्न सकेनन्।" फिस्स मुस्कानको कथा साहुखल निकै अन्तर्मूखी खेलाडी हुन्। अनि राम्रो भएपनि, नराम्रो भएपनि फिस्स हाँस्ने उनको परिचय हो। तर यही बानीले उनी समस्या पनि परेका छन्। एउटा किस्सा त खुब चर्चित बन्यो। सन् २००८ मा जर्मन प्रशिक्षक थोमस फ्ल्याटले कम्बोडियामा हुने एएफसी च्यालेन्ज कप र माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको लागि टीम बनाउँदै थिए। बन्द प्रशिक्षणमा पोस्टमा बल प्रहार गर्ने अभ्यास थियो र साहुखलको प्रहार लक्ष्यमा पुगिरहेको थिएन। तर उनी जतिपटक प्रहार बिगार्थे ,फिस्स हाँसेर फर्किन्थे। प्रशिक्षक फ्ल्याटलाई लाग्यो उनी खेलमा गम्भीर छैन र गल्तीमा हाँसिरहेको छ। उनले बोलाएर सोधे र साहुखलले फिस्स हाँस्दै गम्भीर भएको बुझाउन खोजे। फ्ल्याटले उनलाई टीमबाट आउट गरिदिए। हठी साहुखल पनि के कम, उनले प्रशिक्षक फ्ल्याटको प्रशिक्षणमा कहिल्यै खेल्दिन भनिदिए। घाटा साहुखल र नेपाली फुटबललाई नै भयो। फेरिएका साहुखल जापान गएर त्यहाँको व्यवसायिक फुटबल खेल्न थालेपछि साहुखल फेरिए। विसं २०६८ मा जापान लागेका उनी अहिले त्यहाँको आठौं डिभिजनको क्लब एसएस इजुबाट खेल्छन्। नेपाली खेलाडीहरू विदेश पुगेपछि उतै हराएका छन्। तर साहुखल हरेक लिग खेल्न नेपाल फर्किन्छन्। उनी भन्छन्, " जापानमा खेलेर फुटबलको नयाँ अध्याय सिके। नेपालमा भएकै बेला सिक्न पाएको भए के के गर्थें हुँला।" च्यासलको जिम्मेवारी अहिले दुई जापानी खेलाडीसहित च्यासल सम्हालिरहेका कप्तान साहुखलकै कारण क्लब अधिकारीहरू जोसिएका छन्। उनी सिकेको कुरा नेपाली क्लबलाई पनि हस्तान्तरण गर्ने अभियानमा छन्। उनी भन्छन्, "सानासाना कुराहरू जस्तै समयमै अभ्यासस्थलमा आइपुग्ने, मन लगाएर प्रशिक्षण गर्ने, निश्चित डाइट खाने, समयमै सुत्ने सिकाउन खोजिरहेछु।" "यति काम पनि सफल खेलाडी बन्न ठूलो हो। " उमेरले ३४ लागेका साहुखल अब अल्लारे छैनन्। एक सय गोल पछि के? थुप्रै प्रशिक्षकहरूको भनाइमा साहुखल अहिले फर्ममा छन्। त्यसो भए राष्ट्रिय टोलीमा पुगिन्छ त? उनी फिस्स हाँस्दै भन्छन्, "बोलाए र समय मिलेमा किन नखेल्ने?" तर उनका लागि राष्ट्रिय टोलीमा फर्किने विषयमा प्राथमिकता होइन। अहिले लिग खेलिरहेकाहरूमा विजय गुरुङ र उनीमात्र हुन् विसं २०६० को लिग खेल्ने खेलाडीहरू हुन्। बाँकी खेलाडी उनीहरूको छेउछाउ पुग्ने पनि छैनन्। स्ट्राइकरहरु त झन् धेरै नयाँ छन्, भर्खरै गोल गर्न थालेका छन्। त्यसैले उपेन्द्रमान सिंहले भने जस्तै 'एक सय गोलको कोशेढूंगा छुने' दोस्रो स्ट्राइकर नेपाली फुटबलले पाउन अझै धेरै समय लाग्नेछ। जितपछि फुटबल खेलाडी: ‘यो जित सारा नेपालीलाई खुसी बनाउन'
कोरोना भाइरस महामारीः कोभिड-१९ किन यति सजिलै फैलिरहेको छ?
अरू रोगसँग तुलना गर्दा कोभिड-१९ तीव्र गतिमा र सजिलै फैलिएको देखिन्छ।
कोरोनाभाइरसले हामीलाई सङ्क्रमण गर्ने शैली, बिरामी बनाउने अवधि र हामीले कसरी अरूलाई सार्छौँ भन्ने कुराले पनि यो रोग फैलाउन सघाएका छन्। हेर्नुहोस् यो भिडिओ। अनि यो पनि
कोरोना भाइरस नेपाल: कोभिड-१९ बाट मृत्यु हुने मानिसको बढ्दो सङ्ख्याबारे चिकित्सकहरू के भन्छन्
नेपालमा पछिल्लो समय कोरोनाभाइरसबाट सङ्क्रमित हुने मानिसको सङ्ख्या तुलनात्मक रूपमा कम देखिए पनि मृत्यु हुने सङ्क्रमतिको सङ्ख्यामा देखिएको वृद्धिले सङ्क्रमण फैलिने क्रम आधिकारिक रूपमा गरिएको आकलनभन्दा बढी हुनसक्ने विज्ञहरूले ‌औँल्याएका छन्।
कोरोनाभाइरस मृत्यु नेपालको पछिल्लो अवस्थाबारे तथ्याङ्क हेर्दा सङ्क्रमितहरूको सङ्ख्या बढ्दै अस्पतालहरू समेत खचाखच हुँदाको अवस्थाभन्दा हाल मृत्यु हुनेहरूको अनुपात बढिरहेको देखिन्छ। अधिकांश मानिसमा लक्षण देखिँदा घरमै आइसोलेशनमा बस्ने र सिकिस्त भएपछि मात्रै अस्पताल पुग्ने हुँदा पनि मृत्यु धेरै भएको हुन सक्ने जानकारहरू बताउँछन्। "सङ्क्रमित भइसकेकाहरू परीक्षण नगरीकनै घर बस्ने र निश्चित अवधि पछि परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आउने हुँदा समग्रमा सङ्क्रमितहरूको सङ्ख्या कम देखिएको हुन सक्छ," सङ्क्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले बीबीसीसँग भने। त्यस्तै विदेश जानका लागि कुनै पनि किसिमका लक्षण नभएकाहरूले परीक्षण गर्ने गरेको र त्यसकै आधारमा सङ्ख्या घटे जस्तो देखिएको हुन सक्ने उनी बताउँछन्। सरकारले कनट्याक्ट ट्रेसिङ अर्थात् सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएकाहरूको पहिचान गरी परीक्षण समेत गर्न छाडेको अवस्थामा नयाँ सङ्क्रमितहरूको सङ्ख्याका तुलनामा मृत्यु हुनेहरूको सङ्ख्या बढेका रूपमा व्याख्या गर्न नमिल्ने चिकित्सकहरू बताउँछन्। अझ अस्पताल पुर्‍याउँदा पुर्‍याउँदै वा अस्पतालमा मृत्यु भएकाहरूको समेत कोभिड परीक्षण नगर्ने सरकारी निर्देशनका कारण हाल उपलब्ध तथ्याङ्कमा भर परिहाल्न मिल्ने अवस्था समेत नरहेको जानकारहरूको मत छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल क्लिनिकल अनुसन्धान एकाइ प्रमुख डा. शेरबहादुर पुन पछिल्ला केही महिनाका तुलनामा हाल कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु हुनेहरूको सङ्ख्या बढिरहेको उनी कार्यरत अस्पतालमा देखिएको बताउँछन्। "मूलतः ६० वर्ष भन्दा बढी उमेर भएकाहरूको मृत्यु हुने क्रम बढेको मेरो बुझाइ छ," उनले भने। तथ्याङ्क स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो तथ्याङ्कका अनुसार नेपालमा शुक्रवार अपराह्णसम्म २,३८,८०० भन्दा केही बढी मानिसमा कोभिड-१९ पुष्टि भएको छ। तीमध्ये झन्डै ९३ प्रतिशत सङ्क्रमित निको भइसकेका छन्। सङ्क्रमितमध्ये ०.७ प्रतिशत मानिसको मृत्यु भएको सरकारी तथ्याङ्क छ। अहिले सक्रिय सङ्क्रमितहरूको सङ्ख्या १५,४४७ को हाराहारीमा छ। तीमध्ये सर्वाधिक काठमाण्डू उपत्यकामा छन्। कुल सङ्क्रमितमध्ये एकतिहाइ महिला छन्। उमेर समूह हेर्दा सबैभन्दा बढी २१ देखि ३० वर्ष सम्मका मानिसहरूमा सङ्क्रमण पुष्टि भएको छ। त्यसपछि सबैभन्दा बढी सङ्क्रमित ३१ देखि ४० वर्षभित्रका छन्। पाको उमेरका मानिसमा तुलनात्मक रूपमा कम सङ्क्रमण भएको देखिएको भए पनि उनीहरूले ज्यान गुमाउन सक्ने सम्भावना भने बढी हुने चिकित्सकहरू बताउँछन्। "कोभिड-१९ लाग्दा एक्लै बस्नुपर्ने हुँदा वृद्ध मानिसहरूमा बढी समस्या देखिने र उनीहरूलाई तुलनात्मक रूपमा आफ्नो अवस्थाबारे जानकारी गराउन कठिन हुनेहुँदा समेत मृत्यु बढी भएको हो भन्ने मेरो बुझाइ छ," डा. पुनले भने। 'घरमा बस्दा समस्या' केही समयअघि सङ्घीय राजधानी काठमाण्डूका अस्पताल कोरोनाभाइरस सङ्क्रमितहरूबाट भरिएको अवस्थामा सरकारले सर्वसाधारणहरूलाई सकेसम्म अस्पताल नजान अनुरोध गरेको थियो। तर हाल अस्पतालहरूमा चाप घटेको र त्यो पनि बढ्दो मृत्युदरसँग सम्बन्धित रहेको चिकित्सकहरू बताउँछन्। "अक्सिजन थोरै घट्दा अस्पताल आइपुग्ने अधिकांश मानिसहरूलाई हामी बचाउन सफल भएका छौँ," डा. सुवेदीले भने। डा. पुन पनि त्यो कुरा स्वीकार्छन् र अवस्था जटिल भएपछि अस्पताल आउँदा ज्यान जाने सम्भावना बढी हुने बताउँछन्। "भेन्टिलेटरमै राख्नुपर्ने अवस्थामा जे पनि हुन सक्छ। त्यो कुनै जादुको छडी होइन," उनले थपे। कस्ता गतिविधि सुरक्षित, कस्ता जोखिमपूर्ण "एघार दिनसम्म ज्वरो आउँदा समेत घरमै बसेको अनि लगातार दुई तिन दिनसम्म श्वासप्रश्वासमा समस्या हुँदा समेत घरमै बसेका बिरामी मैले भेटेको छु।" धेरै मानिसमा घरमै बस्दा आफ्नो अवस्था कस्तो रहँदा के गर्ने भन्ने विषयमा पर्याप्त जानकारी नहुँदा समस्या बढ्दै गएको उनी बताउँछन्। नेपालमा हाल जाडो मौसम चलिरहेको अवस्थामा प्रतिबन्ध लगाइएका विभिन्न क्षेत्रहरू क्रमिक रूपमा खुला हुँदै गर्दा आगामी दिनहरूमा सङ्क्रमित थपिने वा सङ्क्रमितहरूको अवस्था गम्भीर हुन सक्ने सम्भावना रहेको चिकित्सकहरू औँल्याउँछन्।
लगानी सम्मेलनबारे जान्नै पर्ने पाँच कुरा
हुन त नेपालमा लगानी सम्मेलन भएको यो पहिलो पटक होइन।
यसपटक सरकारले स्थिरता र समृद्धिको नारा सहित विदेशी लगानीकर्तालाई आकर्षित पार्न निकै कोशिश गरिरहेको छ। के छन् यसपालिको लगानी सम्मेलनको खास खास विशेषता? हामीले पाँचवटा मुख्य विशेषता समेटेका छौँ। १. ३० खर्ब बराबरका खास परियोजनाका विवरण लगानीकर्ताहरूलाई बनिबनाउ विवरण सहित सार्वजनिक क्षेत्रका ५० र निजी क्षेत्रका २७ गरि ७७ वटा परियोजना प्रस्तुत गरिएको छ। तिनलाई प्राथमिकता प्राप्त कृषि, जलविद्युत, उद्योग, पर्यटन, यातायात, सहरी पूर्वाधार एवं शिक्षा तथा स्वास्थ्य जस्ता क्षेत्रमा वर्गीकरण गरिएको छ। हरेक आयोजनाको छोटकरी विवरण र अनुमानित लगानी अनि त्यसको सम्पूर्ण प्रक्रिया राखिएको छ। उदाहरणका लागि यातायात पूर्वाधार अन्तर्गत राखिएको काठमाण्डू उपत्यका मेट्रो परियोजनाका लागि कति लम्बाईको हुने, कति रुट हुने अनि त्यसका लागि साढे पाँच खर्ब रुपैयाँ हाराहारी आवश्यक पर्ने सहित सम्पूर्ण विवरण दिइएको छ। २. ३० वर्षपछि हुन लागेको नीतिगत सुधारको फड्को झण्डै ३० वर्षपछि करिब आधा दर्जनभन्दा धेरै आर्थिक सुधारसम्बन्धी नयाँ कानुन बन्दै छन्। सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन अनि विदेशी लगानीसम्बन्धी ऐन तथा विशेष आर्थिक क्षेत्र ऐन संशोधन भइसकेको छ। त्यति मात्र होइन औद्योगिक व्यवसाय विकास प्रतिष्ठान ऐन २०५३ लाई संशोधन गर्न बनेको विधेयक; व्यापार नियमनका लागि आवश्यक सेफगार्डस्, एन्टी डम्पिङ तथा काउन्टरभेलिङ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक; अनि राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको द्रुततर निर्माण तथा विकासको व्यवस्था गर्न बनेको विधेयक पनि संसदमा विभिन्न चरणमा विचाराधीन छन्। लगानी सम्मेलनको संघारमा संसदमा पेश भएका ती प्रस्तावित कानुनले नीतिगत सुधारमा ठूलो फड्को मार्न सघाउने सरकारको विश्वास छ। यो भन्दा पहिले २०४९ सालतिर नेपालमा प्रजातन्त्रको पुनर्स्थापनालगत्तै यसरी आर्थिक उदारीकरण तथा सुधारका निम्ति नौला कानुनहरू ल्याइएका थिए। ३. आशयलाई लगानीमा परिणत गराउने प्रयास विगतमा भएका लगानीका प्रतिबद्धता केवल कागजमा सीमित भएका उदाहरण प्रशस्त छन्। भूकम्पपछि आयोजना गरिएको वृहत् दाता सम्मेलनमा साढे चार खर्ब रुपैयाँ बराबरको प्रतिबद्धता भए तर व्यवहारमा त्योभन्दा निकै कम पैसा आयो। दुई वर्ष अगाडि आयोजित लगानी सम्मेलनमा १३ खर्ब रुपैयाँभन्दा बढी लगानीका आशय व्यक्त भए। तर व्यवहारमा निकै कम मात्र आयो। त्यसैले यसपाली सरकार आशय व्यक्त भएका लगानीकर्ताहरूसँग निरन्तर सम्पर्कमा रहेर तिनलाई ल्याइछाड्ने मनस्थितिमा रहेको देखिन्छ। उनीहरूको पछि लाग्ने काम लगानी बोर्डलाई दिइनेछ। ४. एकल विन्दु सेवा केन्द्रको प्रस्ताव पटक पटक विभिन्न सरकारहरूले कहिले वान विन्डो त कहिले वान स्टप शप भन्ने नाममा लगानीकर्ताहरूलाई एकीकृत सेवा दिने बताउँदै आए। तर ती व्यवहारमा प्रभावकारी नभएको गुनासो लगानीकर्ताहरूले गरि नै रहे। यसपाली सरकारले यसै साता पारित गर्ने गरि एउटा प्रस्ताव अघि सारेको छ। एकल विन्दु सेवा केन्द्र निर्माणको प्रस्ताव। उद्योग विभागमा राखिने त्यस्तो केन्द्रले झन्डै एक दर्जन सरकारी निकायहरूले दिने सेवा एकै ठाउँबाट दिनेछन्। लगानीकर्तासँग सम्बन्धित चाहे भिसाको विषय होस् वा विदेशी विनिमय सुविधा, सबै सेवा एउटै विन्दुबाट उनीहरूले पाउनेछन्, त्यो पनि समयबद्ध तरीकाबाट। ५. कहाँ कहाँबाट को को सहभागी? यसपटकको लगानी सम्मेलनमा ४० देशका ६ सयभन्दा धेरै सहभागी छन्। सबैभन्दा धेरै चीन र त्यसपछि भारतका सहभागी छन्। विश्व ब्याङ्क तथा एसियाली विकास ब्याङ्कका उपाध्यक्षहरू पनि सहभागी छन्। त्यस्तै विभिन्न सत्रमा बोल्न निम्त्याइएकाहरूमध्ये भारतीय केन्द्रीय विद्युत नियमन आयोगका सचिव सनोजकुमार झा, पावर चाइनाका महाप्रबन्धक सोङ् डोङ्शेङ् तथा अरूण तेस्रोमा लगानी गरेको एसजेभिएनएलका अध्यक्ष नन्दलाल शर्मा रहेका छन्। माइक्रोसफ्ट, अमेजन, चाइना रेलवे तथा युनिलिभर जस्ता कम्पनीका प्रतिनिधिपनि बोलाइएका छन्।
कोभिड नेपाल: सम्पूर्ण परिवारलाई कोभिड हुँदाको भोगाइ
म संयुक्त परिवारमा बस्छु। यस पटक कोरोनाभाइरसले हाम्रो तीन पुस्ता गरेर सबै नौ सदस्यलाई सङ्क्रमित गरेको छ।
मेरी ८४ वर्षीया सासूको शरीरमा अक्सिजनको मात्रा घटेकाले भक्तपुरस्थित अस्पताल लगियो। उहाँलाई निमोनिया भइसकेको रहेछ। अस्पतालमा शय्या पाउन पनि निकै मेहनत गर्नुपर्‍यो, कृत्रिम अक्सिजन दिनुपर्‍यो। तर अक्सिजनको अभाव भएकाले त्यो अस्पतालले 'हामी सक्दैनौँ' भन्यो। अहिले बल्लबल्ल चाँगुनारायणस्थित एउटा नयाँ अस्पतालमा ल्याएका छौँ। म र मेरी जेठानी आफू पनि औषधि खाँदै सासूको स्याहारमा खटेका छौँ। अहिले उहाँको स्थिति सुधारोन्मुख छ। बिरामी आफैँ कुरुवा बनेका छौँ। अघिपछिको जस्तो अरूको सहयोग पनि नपाइने यो कस्तो पीडादायक अवस्था हो! अस्पताल र बिरामीहरूको अवस्था देख्दा कहिलेकाहीँ त रुन मन लाग्छ। तर भावुक भए पनि हामीले संयम गुमाएका छैनौँ। कोरोनाभाइरस सङ्क्रमण जटिल भएको वा नभएको छुट्टाउने चार सङ्केत घरमा हुँदा सासूलाई अस्पताल ल्याउनुअघि म कहिले आफ्नो निधार छाम्थेँ त कहिले अरूको। घरमा चारवटा थर्मोमिटर थिए। नौ जनाको ज्वरो नाप्न पालो कुर्नुपर्थ्यो। त्यसैले निधार छामेर ज्वरोको अनुमान लगाउने बानी पर्‍यो। बिहान सबेरै सबैको लागि गुर्जो हालेर पकाएको पानी दिइन्थ्यो। कसैलाई कालो चिया, कसैलाई दूध हालेको, कसैलाई दूध मात्रै। सिटामोल खाएर पनि ज्वरो आइरहेकाहरू तीन जनालाई तीनवटा कोठामा अलग्ग राखिएको थियो। खाना र पानी पनि त्यहीँ लगेर दिइन्थ्यो। शरीरमा अक्सिजनको मात्रा र ज्वरोको मापन पनि बेलाबेलामा गरिन्थ्यो। बाँकीको खान्की भने साबिककै जस्तो थियो। सबै जनाले मल्टिभिटामिन सेवन गरियो। आराम गर्न जोड दिइयो। कसैलाई असहज भएको छ कि भनी संवेदनशील बनेका थियौँ। 'ज्वरो आइहाले सिटामोल खाने है' भनी संयुक्त सहमति गरेका थियौँ। सिटामोल र भिटामिनको बक्सा नै ल्याएर राखेका छौँ। केही दिनपछि खानाको स्वाद बिस्तारै कम हुन थाल्यो। तरकारीमा मसला अलि बढाउन थाल्यौँ। जसरी हुन्छ यो कोभिड-१९ लाई पराजित गर्नु पर्छ भन्ने भावना हामीमा थियो। कस्ता सावधानी कोभिडको पहिलो लहरमा सङ्क्रमित हुँदाको पीडा बिर्सन नपाउँदै दोस्रो लहरको कोभिडले फेरि गाँज्यो हामीलाई। बजार जाँदा होस् वा ब्याङ्कमा जाँदा होस् मास्कको प्रयोग छाडेका थिएनौँ। भोजभतेर र ठूला भेटघाट लगभग सबै बहिष्कार गर्‍यौँ। खानपानमा विशेष सजगता अपनाएकै थियौँ। खोप पनि एक एक डोज लगभग सबैले लगाएका थियौँ। हामीलाई हतपत कोभिडले छुन सक्दैन जस्तो लागेको थियो। तर सबै जना सङ्क्रमित भयौँ। चिन्ताका विषय घरभरिको मान्छे सङ्क्रमित भन्दा जोकोही आत्तिने रहेछन्। सुरुमा हामी पनि अत्तालियौँ। कोही रक्तचापका बिरामी, कसैलाई थाइराइडको समस्या। मधुमेह भएका र हुन लागेका सदस्य पनि छन्। तलमाथि होला भन्ने चिन्ता सबैलाई रह्यो। चालीस वर्षमुनिकालाई पनि कोभिड-१९ ले नराम्रो गरेको खबर पढिरहेका छौँ। हिजो वृद्धवृद्धालाई विशेष ध्यान दिनुपर्छ भन्ने थियो। आज सबैलाई ख्याल गर्नुपर्ने दिन आएको छ। वृद्धा सासूलाई गम्भीर लक्षण देखियो। सत्र र छ वर्षका बाबुहरूबारे पनि चिन्ता लाग्छ। आत्मबल मलाई गत वर्ष पनि सङ्क्रमण भएको थियो। त्यति बेला ज्वरोले नछोडेसम्म मैले आफूलाई निकै लाचार पाएकी थिएँ। घरमै एकान्तवासमा रहँदा कष्टकर समय बिताएकी थिएँ। स्वाद हरायो, गन्ध हरायो, खोकीले सास फेर्ने मुस्किल बनायो। शरीरमा अक्सिजनको मात्रा ९० मुनि पुर्‍यायो। आइसोलेशनमा बस्दा सँगै नहुनुको चिन्ता हुँदो रहेछ। आफूलाई केही भइहाल्ला कि भन्ने अर्को चिन्ता पनि हुने रहेछ। विभिन्न किसिमका चिन्ताले अरुचि‚ अनिद्रा गराउने रहेछ। यी सबै परिस्थितिसँग लड्न मेरो परिवारले सधैँ हौसला दिएको थियो। कोठाबाहिरबाट‚ मेसिन्जरबाट‚ फोन नै गरेर पनि कोरोनाभाइरससँग लड्न हिम्मत जुटाएकी थिएँ। मन नभए पनि खान छाडिनँ, दिनको तीनचार पटक बाफ लिन टुटाइनँ, तातो पानी धेरै पिएँ। चिकित्सकको सल्लाहअनुसार सिटामोल र भिटामिन नियमित सेवन गरेँ। इन्टरनेटमा राम्राराम्रा सामग्रीहरू हेरेँ। अक्सिजन लेभल बढाउन श्वासप्रश्वासको अभ्यास दिनमा तीनचार पटक गरिरहेँ। बिस्तारै लडेको शरीरमा तागत भरिएर आयो। म फेरि परिवारको साथमा भएँ। हो त्यही अनुभव आज मेरो आत्मविश्वास बनेको छ। एक पटक जितिसकेको युद्ध फेरि पनि जित्छु र सबैलाई सुरक्षित राख्छु भन्ने बलियो आत्मबलले यतिबेला काम गरिरहेको छ। कठिन परिस्थिति हाम्रो परिवारमा कोभिडको दोस्रो लहर पसेको दुई हप्ताजति भयो। निरन्तर १०० माथिको ज्वरोले थलिएका कान्छो देवर दालको रस‚ पातलो सुप र जीवनजलको भरमा बसे। चिकित्सकसँग सोध्दा 'सिटामोल प्रत्येक चार घण्टाको फरकमा दुई चक्की दिनू' भन्छन्। उनलाई ज्वरोले यतिसम्म गाल्यो कि बिहान बेलुकाको फरक छुट्याउन सकेनन्। औषधि खाए नखाएको पत्तो पाएनन्। बाफ लिए नलिएको चाल पाएनन्। एउटा सोध्यो जबाफ के दिने थाहै पाएनन्। यस्तो अवस्थामा लिनुपर्ने कदमबारे चिकित्सकले भने 'अक्सिजन लेभल ९० भन्दा कम नभए फेरि पनि सिटामोल खुवाउँदै गर्नू'। चिन्ताले उनलाई अनिद्रा र अरुचि भएको बताइयो। तर अर्को दिन पखालाले बितायो। दिनसँगै समस्या पनि फेरिइरह्यो। अनिद्राको लागि औषधि खुवाउने लन्डनबाट आमाजूको सल्लाह भो। चिकित्सकले सिटामोलबाहेक कुनै औषधिको नामै लिएनन्। आमाजूको कुरा सुन्ने कि नसुन्ने भन्ने भो। छ दिनसम्म सुत्न नसकेको बिरामीलाई निद्राको औषधि खुवायौँ। त्यसको भोलिपल्ट दिनभरि सुते। त्यसपछि हामी फेरि अत्तालियौँ। घुरघुर निदाइरहेको अवस्थामा पनि औँलामा अक्सिमिटर राखेर लेभल परीक्षण गरिरह्यौँ। विज्ञहरूको लेखमा ९४ भन्दा कम भयो भने समस्या हुन सक्छ भन्ने पढेका थियौँ। 'मलाई सुत्न देओ' उठाउन खोज्दा उनी यसै भन्थे। उनी मात्र सङ्क्रमित भइदिएको भए हामी कोही उनको नजिक पर्दैनथ्यौँ। भौतिक दूरी कायम गर्ने क्रममा उनको अवस्था कति नाजुक बन्न सक्थ्यो भन्ने सोचेर चिसिन्छ मुटु। नौ दिनमा आएपछि बल्ल ज्वरो अलि थामियो। दुई गाँस भात मुखमा हाले। हामीले लामो सास फेर्‍यौँ। 'छोटो समयमा धेरै शव व्यवस्थापन निकै चुनौतीपूर्ण': नेपाली सेना यता सासू 'पितृको सराप लागेर खान पनि मन नभएको' भनिरहनुहुन्थ्यो। उहाँ पनि जीउ दुखेर निकै गल्नुभयो, ज्वरोले थलिनुभयो। नजिक गएर उहाँलाई औषधि दिने खाने खुवाउने काम सीमित सदस्यले गरेका थियौँ। सबैको रिपोर्ट पोजिटिभ भए पनि सकभर एकअर्कासँग दूरी कायम गर्ने सहमति गरेका थियौँ। आफैँ 'नर्स' घरका सबै कोठामा बिरामी थिए। हरेक तलामा स्यानिटाइजरको बोतल राखेका थियौँ। सबै जनाले मास्क प्रयोग गरेका छौँ। घरको सरसफाइ र निर्मलीकरणमा सकभर ध्यान दिइरहेका छौँ। अक्सिमिटरले अक्सिजनको मात्रा निगरानी गरिह्यौँ। बेलाबेलामा श्वासप्रश्वासको अभ्यास पनि गर्‍यौँ। घरमा कपडा फेर्ने, कोठा सफा गर्ने काम सधैँ भइरहेको छ। जेठानी भन्नुहुन्थ्योः "कमजोर बन्नु हुन्न। कोही पनि अस्पताल जानुपर्ने अवस्था आउन दिनु हुन्न।" हामी नर्सले जसरी सबैको स्याहार गरिरह्यौँ। तर सासूलाई अस्पताल नलगी नहुने भयो। अनि हामी जेठानी-देउरानी अहिले पनि सासूको स्याहारमा खटेका छौँ। कोभिड-१९ हुँदा मान्छेको शरीरमा के हुन्छ? सहयोग सबैको रिपोर्ट पोजिटिभ आएदेखि हामीहरू कोही बाहिर निस्किएनौँ। दैनिक रूपमा आवश्यक पर्ने दूध तथा अन्य अत्यावश्यक सामग्री ल्याउन आफन्तको सहयोग लियौँ। घरभित्रको काम मात्र पनि असीमित लाग्ने रहेछ! हामी जेठानी-देउरानीलाई थकाउन प्रसस्त छ। हामीले परिवारका अन्य सदस्यलाई पनि घरको काममा सहभागी गरायौँ। संयुक्त परिवारको संयुक्त जिम्मेवारी र महत्त्वबोध गर्ने अवसर पायौँ। कोभिड नबेहोरेकालाई यो अहिले पनि केही होइन भन्ने लागेको होला। तर भोग्नेलाई त्यसपछिको जीवन नयाँ झैँ हुन्छ। पहिलो लहरमा आफै सङ्क्रमित हुँदा जे जस्तो भोगेथेँ अहिलेको भोगाइ अलग छन्। थाहा छैन फेरि नयाँनयाँ के भोग्नुपर्ने हो। अहिले पनि जनस्वास्थ्यका मापदण्डको सबैले पालना गरेनन् र आफ्नो आचरणमा सुधार गरेनन् भने कोभिड-१९ ले योभन्दा भयानक परिणाम निम्त्याउनेछ। मतिना त्वनाबासुले बीबीसी नेपाली सेवाको रेडियो कार्यक्रममा महिला केन्द्रित साप्ताहिक कार्यक्रम गर्दै आएकी छन्।
चीनको ओबिओआरबाट नेपाललाई के फाइदा?
लामो समययताको आशंका अन्त्य गर्दै नेपाल सरकारले अन्तत: चीनको बहुचर्चित योजना 'वान बेल्ट वान रोड' ओबिओआरमा हस्ताक्षर गर्ने औपचारिक निर्णय गरेको छ। एसिया, युरोप र अफ्रिकालाई व्यापारिक रुपमा जोड्ने पुरानो सिल्क रोड अर्थात् रेशम मार्गको नवीन स्वरुप भनिने यो ओबिओआरबाट नेपाललाई फाइदा के होला? बेइजिङ्मा रहेका नेपाली पत्रकार तुफान न्यौपानेको विश्लेषण:
ओबिओआरमा हस्ताक्षर गर्ने नेपालको निर्णयले काठमाण्डू, दिल्ली र बेइजिङबीच सहकार्यको ढोका खोल्ला वा थप संशय बढाउला अहिले नै स्पष्ट भइसकेको छैन। करिब डेढ महिनाअघि आफ्नो चीन भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले जनाएको प्रतिवद्धताले सोमबारमात्रै औपचारिक स्वरुप ग्रहण गरेको छ। बैशाख ३१ र जेठ १ गते बेइजिङमा हुने ओबिओआर शिखर सम्मेलनअघि नै काठमाण्डूमा समझदारीपत्रमा हस्ताक्षर गर्ने योजना बनाइएको छ। विश्वका दुई दर्जन भन्दा बढी देशबाट सरकार वा राष्ट्रप्रमुख सहभागी हुने टुङ्गो लागिसकेको ओबिओआर सम्मेलनमा नेपालबाट उपप्रधान तथा अर्थमन्त्रीको नेतृत्वमा एउटा उच्चस्तरीय टोली पनि सहभागी हुँदैछ। नेपाली पक्षले ओबिओआरबाट मूलत: ठूल्ठूला योजनाहरुमा सहयोग मिल्ने अपेक्षा गरेको पाइन्छ। अपेक्षा प्रधानमन्त्री प्रचण्डले चीन भ्रमणकै क्रममा प्रधानमन्त्री प्रचण्डले ल्हासा र लुम्बिनीलाई जोड्ने गरी रेल सञ्जाल निर्माण गर्दा नेपाल, चीन र भारत तीनवटै देशलाई फाइदा पुग्ने बताएका थिए। त्यसबाहेक चीनसँगको सिमावर्ती केरुङ र काठमाण्डू जोड्ने रेल सेवा निर्माणको योजना र कार्यक्रम अघि बढ्दै गरेको उल्लेख गरेका थिए। सीमा वारपार आर्थिक क्षेत्र घोषणा देखि पेट्रोलियम पदार्थको भण्डारणसम्ममा चीनको मद्दतको अपेक्षा गरिएको नेपाली अधिकारीहरु बताउँछन्। विज्ञहरु चाहिं चीनले परिकल्पना गरेको ओविओआर मार्गमा नेपाल नपरेपनि यस परियोजनामा सहभागी भएपछि द्विपक्षीय योजनाहरुमा लगानी भित्र्याउन सजिलो हुने बताउँछन्। नेपाल र चीनले एप्रिलमा पहिलो पटक संयुक्त सैन्य अभ्यास गरेका थिए। साथै नेपालमा लगानीको प्रतिबद्धता जनाएका चिनियाँ कम्पनीले थप सहजता महशुस गर्ने बताइन्छ। भारतको नयाँ दिल्लीस्थित 'इन्स्टिच्युट अफ पिस एण्ड कन्फ्लिक्ट स्टडिज' मा चीन सम्बन्धी मामिलाका अनुसन्धानकर्ता प्रमोद जयसवाल भन्छन्, "नेपालसंग धेरै अवसर छन्। नेपालले ओबिओआरबाट तीन तरिकाले लाभ लिन सक्छ। पहिलो द्धिपक्षीय तहमा, दोस्रो, बंगलादेश-चीन-भारत-म्यानमार आर्थिक करिडोरबाट पनि नेपालले लाभ लिनसक्छ र तेस्रो, नेपाल, भारत र चीनबीच जलविद्युत आयोजना जस्ता मुद्दाहरुमा पनि त्रिपक्षीय साझेदारी हुनसक्छ।" चूनौती यद्यपि भारत भने यो परियोजनामा आवद्ध हुन नचाहेको जस्तो देखिन्छ। ओबिओआरकै एक हिस्सा, विवादित कश्मिरको भूभाग हुँदै अगाडि जाने चीन-पाकिस्तान आर्थिक करीडोरमा भारतले विरोध जनाएको पाइन्छ। ओबिओआर परियोजना अन्तर्गत नेपालमा लगानी भित्र्याउन सजिलो हुने कतिपयको अपेक्षा छ। चिनियाँ विश्लेषकहरु भने नेपाल सहभागी भएर उपलब्ध अवसरहरू छोपिहाल्नुपर्ने बताउँछन्। चीनको बेइजिङ इन्टरनेसनल स्टडिज युनिभर्सिटीमा अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्राध्यापक सु लियाङ भन्छन्, "चीनले नेपाललाई पारवाहन संरचना निर्माण, वस्तु उत्पादन, स्वतन्त्र औद्योगिक प्रणाली, आवास निर्माण, कृषि जस्ता क्षेत्रमा सहयोग गर्नसक्छ।" यसका साथै नेपालसामु चीनसँग सडक तथा रेलमार्फत जोडिने, अन्तरदेशीय प्रसारण लाइन बनाइ विद्युत बजार विस्तार गर्ने तथा पर्यटन विकासका लागि सहकार्य गर्ने जस्ता अवसर रहेको विज्ञहरु बताउँछन्। तर यस्ता परियोजनामा ओबिओआर अन्तर्गतनै काम गर्ने चिनियाँ चाहनाका कारण यसको हिस्सा बन्न नेपाली पक्षमाथि दबाब परेको ठान्नेहरुको पनि कमी छैन।
मार्क्सवादी दृष्टिकोणबाट सरकारको समीक्षा: 'काम गर्ने शैलीलाई हेर्दा सन्तुष्ट हुने ठाउँ छैन'
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकार स्थापना भएको पनि एक वर्ष पूरा भएको छ।
यो एक वर्षमा सरकारले गरेका काम कारबाहीहरू हेरेर भावी चार वर्षमा सरकारले के गरिभ्याउला त भन्ने लख काट्न सकिन्छ। स्वयम् सरकारको नेतृत्व गरिरहनु भएका प्रधानमन्त्रीले पनि यो एक वर्षलाई आधार तयार भएको वर्षको रूपमा प्रस्तुत गर्नुभएको छ। सरकारको समीक्षा गर्ने सन्दर्भमा हामी के कस्तो मूल्याङ्कन विधि, प्रक्रिया अवलम्बन गर्छौँ, त्यसले पनि मूल्याङ्कनमा असर पार्दछ। जनताको ओज, आँत र ओत मूल रूपमा नेपाली समाज बहुवर्गीय अर्थात् सामाजिक आर्थिक रूपमा विभिन्न अखटोमा विभाजित भएकाले फरकफरक अखटोबाट हेर्दा सरकारको काम फरकफरक देखिनु पनि स्वाभाविक नै हो। सरकारको मूल्याङ्कन गर्ने सन्दर्भमा बहुसङ्ख्यक नेपालीले अनुभव गर्ने सजिलो अप्ठेरोलाई नै आधार बनाउनु मनासिब हुन्छ । यो कुरामा करिबकरिब मतैक्य नै छ कि व्यक्ति र समाजले स्वतन्त्र र खुसी अनुभव गर्नु नै विकासको मूल सार हो। उदार प्रजातन्त्रका हिमायतीहरू व्यक्तिबाट समाजतिर जान्छन् भने यो सरकारका हामी कर्णधारहरूले समाज स्वतन्त्र र खुसी रहँदा व्यक्ति पनि स्वतन्त्र र खुसी रहन्छ भन्ने मान्यतामा आधारित रहेर आफ्नो राजनीतिक नारा तय गरेका थियौँ। सरकार सञ्चालन गर्ने पार्टीको वैचारिक आधारशीला मार्क्सवाद भएकोले मार्क्सवादी दृष्टिकोणबाटै यो सरकारको समीक्षा गर्नु सबभन्दा बढी उपयुक्त हुनेछ। जहाँ अङ्क र आँकडा भन्दा जनताको ओज, आँत र ओतलाई विकासको सूचक मानिन्छ। त्यसरी हेर्दा सरकारको गठन प्रक्रिया, नीति निर्माण तथा कार्यक्रम तय गर्दा समाजवादी ढाँचा, काइदालाई खासै वास्ता गरेको पाइएन। समाजवाद बाहेकका विचारधारा र राजनीतिले जनतालाई प्रत्येक पाँच वर्षमा एकपटक मत जाहेर गर्ने औजारको रूपमा मात्र बुझ्छ। तर समाजवादीहरू ज्ञान, शक्तिको स्रोत जनता र जनताको व्यवहारलाई मान्छन्। सरकारको निर्माण अभूतपूर्व त्यसैले नीतिनिर्माणमा जनतालाई सामेल गराउनै पर्दछ भन्ने समाजवादीहरूको दृढ मत रहेको छ। सामाजिक जीवनको हरेक गतिविधिमा बहुसङ्ख्यक जनतालाई सहभागी बनाउनु समाजवादीहरूको ध्येय हुन्छ। त्यसबाट आर्जित शक्तिले नै समाजवादको बाटो तय गर्छ। यो सरकार गठन भएपछि सरकारका नीति र कार्यक्रम तर्जुमा गर्ने बेलामा सांसदहरू बेखबर रहेको तथ्यले नीति निर्माण र कार्यक्रम तर्जुमा गर्ने विधि, पद्धति र सोचमा समाजवादको नयाँ बाटो होइन यसअघिको विधि, पद्धति र सोचको निरन्तरता देखियो । सम्भवतः इतिहासमै पहिलो पटक संसारको यो भागमा निर्वाचनद्वारा लोकप्रिय मत पाएर कम्युनिस्ट पार्टीले एउटा देशमा सरकार सञ्चालन गर्दै छ। यो र योबाहेक कतिपय दृष्टिले यो सरकारको निर्माण अभूतपूर्व रह्यो। स्वाभाविक नै हो यसले सबै तहका जनतामा सुखद आशा र प्रगतिको आकाङ्क्षा जन्मायो। तर सरकार निर्माणपछि नीति र काम कारबाहीमा अतीतको परम्परासँग विच्छेद गरेर जनताप्रति उत्तरदायी नयाँ परम्पराको सुरुवात गरेको पाइएन। अब हामी सङ्क्षिप्तमा केही बुँदाहरूमा नै सरकारको काममा कसी लगाउने प्रयास गरौँ। शिक्षाको क्षेत्र शारीरिक श्रमलाई तुच्छ मान्ने र जातीय विभाजनलाई यथावत् राख्ने, विकसित देशको पीआर (स्थायी बसोबास अनुमतिपत्र) पाउँदा भोज खाने-खुवाउने विद्यमान शिक्षा सम्बन्धी सोचमा गुणात्मक परिवर्तन ल्याउने हिसाबले शिक्षा नीतिको निर्माण गर्नुपर्ने ऐतिहासिक जिम्मेवारीबाट जोगिँदै पुरानै शिक्षा सम्बन्धी सोच र प्रणालीलाई निरन्तरता दिइयो। नीति बनाउने तहमा रहेकाहरूलाई शिक्षाको व्यापारमा सहभागी बन्नबाट वञ्चित गर्नेसम्मको प्रावधान पनि बन्न सकेन। स्वास्थ्यको क्षेत्र शिक्षा र स्वास्थ्य नै त्यस्ता ब्यारोमिटर हुन, जसले तेस्रो विश्वमा परिवर्तनको झलक प्रदान गर्छन्। 'जनभाषा'मा स्वास्थ्य शरीर हो शिक्षा मष्तिष्क हो। यी दुई क्षेत्रमा आत्मनिर्भर र मौलिक बन्न नसके देशको प्रगति नहुने कुरा किटानीका साथ भन्न सकिन्छ। स्वास्थ्यको क्षेत्रमा सुधार ल्याउनेसम्मको विधान बनेको छ, तर नीतिनिर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने राजनीति र कर्मचारीतन्त्रमा उपल्ला तहमा रहेकाहरू नै शिक्षा र स्वास्थ्यको व्यापारमा संलग्न रहुन्जेल स्वास्थ्यमा सुधार ल्याउने यो सिद्धान्त व्यवहारमै अनुवाद हुने कुरा शङ्काको घेराभित्र छ। सङ्घीयता कार्यान्वयनको क्षेत्र हिजो सिंहदरबारले उपभोग गरिरहेको प्रशासनिक, वित्तीय र राजनीतिक अधिकार गाउँटोलसम्म प्रत्यायोजित होओस्, नीतिनिर्माण र विकासका काम नोकरशाहीको जालोमा अड्किनु नपरोस्, सुकुल र चौतारीमा बसेरै जनताको सहभागितामा महत्त्वपूर्ण निर्णयहरू पारित हुन सकून्, भन्ने उद्देश्यसहित लागु हुँदै गएको सङ्घीयता क्रमशः बोझिलो र महँगो साबित हुँदै गएको छ। सिंहदरबारका मन्त्रीले उपभोग गरेको सेवा र सुविधा (व्यक्तिपिच्छे आयातित फर्निचर सहितको कार्यालय, आयातित गाडीहरू) हरेक तहमा निर्वाचित जनप्रतिनिधिले उपभोग गर्न खोज्ने आर्थिक सुरक्षा मुख बाएर आउँदै गरेको देखिन्छ। यो एक वर्षमा आवश्यक नियम र कानुनहरू बनाउने दिशामा सरकारले प्रशंसायोग्य काम गरेको छ। तर विभिन्न तहमा विनियोजित बजेटको दुरुपयोगलाई रोक्ने जनअनुमोदित संयन्त्र निर्माण गर्न नसके केही वर्षभित्रमा नै सङ्घीयता मुखमा पर्न गएको तातो दूध साबित हुनेछ। कृषि र भूमिसुधारको क्षेत्र नेपालमा भूमिको स्वास्थ्य र स्तर उन्नतिको निम्ति मल्लकालपछि सरकारले बिल्कुल ध्यान नै दिएको छैन भन्ने केही अध्येताहरूको दाबी छ। आज पनि जनसङ्ख्याको ठूलो भाग कृषिमा आश्रित छ र कृषिले थाम्न नसकेकाहरू रोजगारीका निम्ति बाहिरिएका छन्। युवाको ठूलो हिस्सा विदेशिएकै स्थितिमा नेपाल समृद्ध बनाउने कुरा मजाक बाहेक केही हुँदैन। वित्तपुँजीलाई निगमन गरेर कृषिलाई उद्योगमा रूपान्तरण गर्न पुँजीको विन्यास गर्न सक्यो भने रोजगारीहरू सृष्टि हुनेछन्। यो पनि हेर्नुहोस् पाँच वर्षभित्रमा हामी यति रोजगार नेपालमा सिर्जना गर्नेछौँ भन्ने ठोस योजना र नीति अझै बनिरहेको छैन। सामान्यतः समाजमा अशान्ति, अन्याय र अराजकता नहोस् छिटफुट भएका त्यस्ता घटनालाई सुरक्षा संयन्त्रले समयमै नियन्त्रण गरोस्, अदालत लगायत संवैधानिक निकायहरूप्रति जनताको भरोसा होस्, संवैधानिक निकायहरू आफ्नो मर्यादामा चल्न सकून्, सञ्चार गृहहरू व्यापार केन्द्रमा सीमित नबनेर जनताको अन्तस्करणलाई वाणी दिने सेवा केन्द्र बनून्। राम्रो सरकार त्यसैलाई भनिन्छ जसले माथि भनेको स्थिति सिर्जना गर्न सकोस्। अहिलेसम्म बन्दै भत्किँदै गरेका पुराना सरकारसँग तुलना गर्दा वर्तमान सरकार राम्रै प्रतीत हुन्छ। तर यो सरकार बनाउने अभियानमा जुटेका खटेका श्रमजीवी जनताले साँचेको आकाङ्क्षासँग सरकारले तय गरेको प्राथमिकता र काम गर्ने शैलीलाई हेर्दा सन्तुष्ट हुने ठाउँ छैन। आफ्नै पार्टीको सरकार भएको हुनाले मेरो यो लेखलाई आत्मसमीक्षाको रूपमा बुझ्दा उचित हुनेछ। यो सरकारको नीति र कार्यक्रम बाहिर आउनासाथ नेपाली कांग्रेसलाई प्रजातान्त्रिक समाजवाद भन्ने 'थोत्रो' विचार र 'नीति'बाट मुक्त गरेर बजार अर्थतन्त्रको जुवामुनि जोत्न ल्याउने वैश्वीकरण र बजार अर्थतन्त्रका नेपाली प्रणेताहरूले रिपोर्ट कार्डमा राम्रै अङ्क चढाएको देख्नासाथ अझै पनि समाजवादी मूल्य र मान्यता बोकेर हिँड्नेहरूको मनमा झस्को पसेको थियो। नयाँ पात्रको उदय दिन बित्दै जाँदा कम्युनिस्ट पार्टीको सरकार भएको देशमा कर्पोरेट हाउसहरूले मार्क्सवादीहरूलाई गिज्याउने परिस्थिति तयार भएको छ। यो एक वर्षबाट शिक्षा लिएर हामीले आगामी चार वर्षको निम्ति हाम्रो नीति र कार्यक्रम निर्माणको तौरतरिका, काम गर्ने शैली आदिलाई समाजवादतर्फ केन्द्रित गर्‍यौँ भने समाजवादको निर्माण गर्ने प्रयास गरेको ठहरिने छ। दलाल र नोकरशाही पुँजीपतिसँगको न्यानो समृद्ध कोखिलाबाट बाहिर आएर राष्ट्रिय पुँजीको निर्माण गर्न जुट्यौँ भने भावी पिँढीले समाजवादको लामो बाटो तय गर्नेछन्। अन्यथा सन्तानलाई बाहिर पठाई भ्याएका दलाल र नोकरशाह पुँजीपतिहरूले जीवनको उतरार्ध पश्चिम युरोप, अमेरिका र अस्ट्रेलियामा नातिनातिना खेलाएर बिताउनेछन्। अझै केही समय बहुसङ्ख्यक नेपालीहरू शोषण र अभावको चक्रमा निस्सासिँदै आँसु पिएर जीवन धान्न बाध्य हुनेछन्। तर प्रत्येक दश वर्षमा आन्दोलन हाँक्न समर्थ र बलिदानका निम्ति तत्पर सन्तानहरू जन्माउने नेपाल आमा बाँझी भएकी छैनन्। त्यसैले ढुक्कसाथ भन्न सकिन्छ उन्नत नेपाल निर्माण गर्ने यो अभूतपूर्व अवसर हामीले गुमायौँ भने रथमा हामीभन्दा उन्नत, साहसी, धैर्यवान्, विवेकी र मातृभूमिका प्यारा पात्रहरू आउनेछन् र तिनले हामीलाई कुल्चँदै आफ्नो रथ अगाडि बढाउने छन्। (यो लेखकको निजी विचार हो।)
प्लास्टिक प्रदूषण: भूस्वर्ग मानिने इन्डोनेशियाली द्वीप सुमात्रामा जताततै प्लास्टिक
इन्डोनेशियाको सुमात्रा द्वीपको समुद्री तटमा प्लास्टिक थुप्रिने क्रम बढ्दो छ।
भूस्वर्ग मानिने सो द्वीपमा स्थानीय व्यवसायीहरूले विचारै नपुर्‍याई प्लास्टिक फ्याल्ने गरेका छन्। सन् २०२५ सम्ममा प्लास्टिक प्रदूषण ७० प्रतिशतले घटाउने इन्डोनेशियाको लक्ष्य चुनौतीपूर्ण देखिन्छ। हेर्नुहोस् यो भिडिओ। अनि यो पनि
यी हुन् संसद्‍को हिउँदे अधिवेशनका सर्वाधिक विवादित पाँच विधेयक
सङ्घीय संसद्को हिउँदे अधिवेशनका क्रममा दर्ता, छलफल र पारित भएका केही विधेयकहरू निक्कै विवादित बनेका छन्।
ती विधेयकहरूमा राखिएका कतिपय प्रावधानहरूका विषयमा संसद्‌भित्र र बाहिर समेत बहसहरू भए। विवादबीच केही विधेयकहरू संसद्का दुवै सदनबाट पारित भइसकेका छन् भने केही विधेयक अझै छलफलमा छन्। केही विधेयकका विषयमा संसद्‌भित्र सत्तापक्ष र प्रतिपक्षबीच वादविवाद समेत चल्यो। कतिपय विधेयकका प्रावधानलाई लिएर भने सार्वजनिक मञ्चहरू र सामाजिक सञ्जालमा पनि सरकारको विरोध भएका थिए। गत आइतवार सकिएको संसद्को हिउँदे अधिवेशनमा विवादित बनेका केही विधेयक बारेका चर्चा अझै पनि जारी छन्। उक्त अधिवेशनमा सबैभन्दा धेरै चर्चामा रहका वा विवादित बनेका पाँच विधेयकहरू यी हुन् - १. राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसद्को हिउँदे अधिवेशनमा सबैभन्दा विवादित बनेको विधेयक हो- राष्ट्रिय चिकित्सा शिक्षा विधेयक। गत असार २२ गते संसद्‍मा दर्ता भएको उक्त विधेयकलाई संसद्‍का दुवै सदनबाट सत्तारूढले "बलजफ्ती पारित गरेको" प्रतिपक्षीको आरोप छ। प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद्हरूले विरोध र होहल्ला गरिरहेका बेला गत माघ ११ गते उक्त विधेयक प्रतिनिधिसभाबाट पारित भएको थियो। उस्तै वातावरणमा उक्त विधेयकलाई राष्ट्रिय सभाबाट पनि माघ १७ गते पारित भयो। उक्त विधेयक विवादित बन्नुको प्रमुख कारण थियो- चिकित्सा शिक्षाको सुधार गर्न माग गर्दै पटकपटक आमरण अनशन बसेका चिकित्सक डा. गोविन्द केसीका मागहरूलाई बेवास्ता गरिनु। सो विधेयक संसद्‌बाट पारित हुँदै गर्दा पनि केसी आमरण अनशनमै थिए। विधेयक पारित भएपछि भने नागरिक समाजका अगुवाहरूको आग्रहमा उनले २४ औँ दिनमा अनशन तोडेका थिए। सरकारले डा. केसीसँग गत साउन १० गते एउटा सम्झौता गरेको थियो। विधेयकमा उक्त सम्झौताका चारवटा मुख्य बुँदाहरू नसमेटिएको भन्दै उनले विरोध गरिरहेका थिए। प्रमुख प्रतिपक्षी कांग्रेसले केसीका ती मागहरू पूरा हुनुपर्ने भन्दै उक्त विधेयकको विरोध गरेको थियो। त्यसबेला कांग्रेसले आफ्ना दिवङ्गत दुई नेताको नाममा स्थापना गरिएका दुई अस्पतालहरूलाई सङ्घीय सरकार मातहत नराखेकोमा पनि विमति जनाइरहेको थियो। २. कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक हिउँदे अवधिवेशनमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयकजस्तै चर्चा र विवादमा रहेको अर्को विधेयक हो- कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक। मुलुक सङ्घीय संरचनामा गएपछि त्यसैअनुरूप निजामती कर्मचारीको समायोजन गर्न सहज बनाउने उद्देश्यले ल्याएको भए पनि यसले धेरै खाले विवाद निम्त्याएको थियो। संसद्को अधिवेशन सुरु हुनै लागेका बेला सरकारले 'कर्मचारी समायोजन अध्यादेश' ल्यायो। उक्त अध्यादेशलाई नै पछि विधेयकका रूपमा संसद्‍मा दर्ता गरिएको हो। अध्यादेश ल्याएदेखि नै स्वयम् कर्मचारीहरूले त्यसको विरोध गरे। आफ्नो वृत्तिविकास रोक्नेगरी विधेयक ल्याइएको भन्दै कर्मचारीले नै विरोध गरेपछि उक्त अध्यादेश विवादमा परेको थियो। पछि सरकारले कर्मचारीहरूसँग सहमति गरी त्यसलाई संसद्‍मा पेस गरेको थियो। संसद्‍मा उक्त विधेयक प्रस्तुत हुने दिन पनि प्रमुख प्रतिपक्षी दलका सांसदहरूले त्यसको विरोध जनाएका थिए। उनीहरूले संसदीय प्रक्रियालाई कमजोर तुल्याउन सरकारले अधिवेशनको पूर्वसन्ध्यामा अध्यादेश ल्याएको र कर्मचारीको वृत्तिविकास रोक्नेगरी प्रावधानहरू राखिएको भन्दै विरोध गरेका थिए। गत माघ १८ गते संसद्‍मा दर्ता भएको उक्त विधेयक गत फागुन ३ गते प्रतिनिधिसभाबाट पारित भएको थियो। राष्ट्रिय सभाबाट भने उक्त विधेयक गत फागुन ८ गते पारित भएको हो। ३. नेपाल नागरिकता ऐन-२०६३ लाई संशोधन गर्न बनेको विधेयक संसद्को अघिल्लो अधिवेशनमा दर्ता भए पनि संसद्‌भित्र र बाहिर धेरै चर्चा र विवाद सिर्जना गरेको अर्को विधेयक हो- नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक। यो विधेयक विवादमा पर्नुको कारण मुख्य कारण भनेको यसले आमाका नाममा नागरिकता दिन सहज गरेन भन्ने हो। एकथरीका भनाइमा यो विधेयकमा राखिएका प्रावधानहरूले महिलालाई "दोस्रो दर्जाको नागरिकसरह" बनाएको छ। अर्काथरीले भने यसमा आमाको नाममा दिइने नागरिकतामा कडाइ गरिनुको उद्देश्य उनीहरूकै शब्दमा "राष्ट्रियताको रक्षा"का लागि हो। गत साउन २२ गते संसद्‍मा पेस भई हिउँदे अधिवेशनमा समेत छलफल भएको यो विधेयक निक्कै विवादित बनेको छ। र, हालसम्म छलफलकै चरणमा रहेको छ। यो विवादले नागरिकता र महिलाको अधिकारका विषयमा ठूलै बहस सिर्जना समेत गरेको छ। सार्वजनिक कार्यक्रमहरूमा र सामाजिक सञ्जालमा समेत यो विधेयकमाथि पक्ष र विपक्षमा टीकाटिप्पणीहरू भइरहेका छन्। संसद्को राज्यव्यवस्था समितिमा यो विधेयकबारे सहमति जुट्न नसकेपछि शीर्षस्थ नेताहरूसँग समेत छलफल गर्ने भन्दै उक्त समितिले एउटा उपसमिति पनि बनाएको छ। दुईवटा अधिवेशनबाट टुङ्गोमा नपुगेको यो विधेयक संसद्को अर्को अधिवेशनमा समेत चर्चा र विवादमा फस्ने सङ्केत देखिन्छ। ४. सूचनाप्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक हिउँदे अधिवेशनमा दर्ता भएको यो विधेयक पनि सुरुदेखि नै विवादमा फसेको थियो। उक्त विधेयक संसद्‍मा गत फागुन २ गते दर्ता भएको हो। यो विधेयकमा सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीहरू नेपालमा दर्ता हुनुपर्ने प्रावधान राखिएको भन्दै व्यापक आलोचना भयो। उक्त प्रावधानलाई कतिपयले "सबै सामाजिक सञ्जाल प्रयोगकर्ताले सरकारी निकायमा दर्ता हुनुपर्ने" रूपमा अर्थ्याए भने कतिपयले त्यसलाई "अभिव्यक्ति स्वतन्त्रताको हनन"का रूपमा व्याख्या गरे। सामाजिक सञ्जालदेखि सार्वजनिक बहसमा त्यसको व्यापक आलोचना भएपछि सरकारले उक्त विधेयकको प्रतिरक्षामा बोल्नुपर्ने अवस्था सिर्जना भयो। सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटा स्वयंले त्यसको बचाउ गर्दै सामाजिक सञ्जाल नियन्त्रण गर्न नखोजिएको बताए। तर उक्त विषयले संसद्‍मा समेत प्रवेश पाएको थियो। प्रतिपक्षी दल नेपाली कांग्रेसका केही सांसदले संसद्‍मा पनि उक्त विधेयकको विरोध गरे। अहिले उक्त विधेयक संसद्‍मा विचाराधीन छ। ५. राष्ट्रिय सुरक्षा परिषद्को काम कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक गत फागुन २९ गते संसद्‍मा दर्ता भएको यो विधेयकले पनि निक्कै विवाद सिर्जना गर्‍यो। विशेष गरी उक्त विधेयकमा राखिएका प्रावधानलाई टेकेर प्रधानमन्त्रीले सोझै सेना परिचालन गर्नसक्ने भन्दै त्यसको विरोध भएको हो। यसलाई प्रतिपक्षी दल कांग्रेसले "प्रधानमन्त्रीले शक्ति केन्द्रित गरेको" रूपमा अर्थ्याएको छ। सत्तापक्षले भने त्यसको खण्डन गरेको छ। यस विषयलाई लिएर संसद्‍मा मात्र होइन सार्वजनिक बहसमा पनि सरकारको आलोचना भइरहेको छ। सामाजिक सञ्जालमा पनि कतिपयले सरकारको विरोध गर्दै प्रधानमन्त्रीले अधिकार केन्द्रित गर्न खोजेको आरोप लगाइरहेका छन्। सरकारका पक्षधरहरूले भने त्यसको प्रतिरक्षा गर्ने गरेका छन्। संसद्‍मा पेस गरिएको उक्त विधेयक छलफलको क्रममै रहेको छ। विवादित र चर्चित अन्य विधेयक यी बाहेक संसद्‍मा छलफलमा रहेका, दर्ता भएका र पारित भएका अन्य विधेयकहरू पनि चर्चा र विवादमा रहेका छन्। विवादित र चर्चित अन्य विधेयकहरू यी हुन् अधिकारीहरूका अनुसार हिउँदे अधिवेशनमा प्रतिनिधिसभामा २३ वटा र राष्ट्रिय सभामा सातवटा विधेयक दर्ता भएकामा प्रतिनिधिसभामा उत्पत्ति भएका १३ र राष्ट्रिय सभामा उत्पत्ति भएका तीनवटा विधेयक पारित भएका थिए। आलोचना यो अधिवेशनमा विवादित विधेयकहरूलाई सत्तापक्षले बलपूर्वक संसद्‌बाट पारित गरेको भन्दै कतिपयले यसलाई संसदीय अभ्यासको गलत परम्पराका रूपमा अर्थ्याएका छन्। विपक्षीहरूले त सत्तारूढ दलले प्रधानमन्त्रीमा शक्ति केन्द्रित गर्ने खालका प्रावधान राखिएका कतिपय विधेयकहरू समेत पारित गर्न संसद्‍मा भूमिका खेलेको आरोप समेत लगाउने गर्छन्। राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारी भन्छन्, "संसद्‍मा आएका विधेयकहरू हेर्दा सरकारले शक्ति केन्द्रीकृत गर्ने र प्रधानमन्त्रीलाई मजबुत बनाउने तर जनतालाई आधारभूत अधिकारबाट पर राखेर कमजोर पार्ने प्रवृत्ति देखिएको छ।" यो पनि पढ्नुहोस् उनले सत्तापक्षले संसद्‍मा "दुईतिहाइको बलमा जे पनि पास गर्न सकिन्छ" भन्ने प्रवृत्ति देखाएको आरोप लगाए। केही विवादित विषयमा भने संसद्‍मा प्रतिपक्ष मात्र होइन सत्तापक्षकै सांसदहरूले समेत सरकारप्रति प्रश्न भने गर्ने गरेको पाइएको छ। यो अधिवेशनमा पनि त्यस्तै कतिपय विवादित विधेयकका छलफलमा सत्तापक्षकै सांसदले समेत सरकारको आलोचना गरेका थिए। सरकारी मूल्याङ्कन सत्तापक्षले भने संसद्को यो अधिवेशनलाई सफल मानेको छ। आइतवार हिउँदे अधिवेशन समापन हुनुअघि संसद्लाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि त्यही दाबी गरेका थिए। उनले सरकारले एक वर्ष पूरा गरेको तथा संसद्को तेस्रो अधिवेशन समाप्त भएको कुरालाई आफ्नो सफलताको रूपमा अर्थ्याउने प्रयास गरे। उनले सरकार र संसद्को पहिलो वर्ष आधार वर्षको रहेको दोहोर्‍याएका थिए। "यो पहिलो संसद्का अगाडि संविधानको भावी कार्यान्वयनका निम्ति बाटो बनाउने अभ्यासहरू, नजिरहरू, दृष्टान्टहरू स्थापित गर्ने र कानुनहरू निर्माण गरेर मौलिक हकहरू कार्यान्वयन गर्ने, संरचनाहरू तयार गर्ने र थिति बसाउन कार्यान्वयन गर्नुपर्ने थियो," उनले भनेका थिए। उनले यी सबै काम सहज ढङ्गले पूरा भएको दाबी गरे। ओलीले गएको एक वर्षमा एक सय २६ वटा कानुन पारित भएको भन्दै त्यसलाई 'ऐतिहासिक सफलता'का रूपमा अर्थ्याएका थिए। सत्तापक्षको यस्तो दाबीका बीच कतिपय आलोचकहरूले भने संसद् पनि सत्तापक्ष र सरकारको छायाजस्तो बनेको र शक्ति पृथकीकरणको अभ्यास कमजोर भएको आरोप लगाइरहेका छन्।
कालापानी, लिपुलेक र लिम्पियाधुरा भएको नयाँ नेपाली नक्सालाई स्वीकार गरिनेछैन: भारत
भारतले नेपालको नयाँ राजनीतिक नक्सा नस्वीकार्ने बताएको छ।
नेपालले सीमासम्बन्धी विवाद कूटनीतिक वार्ताबाट समाधान गर्ने द्विपक्षीय सहमतिविरुद्ध कार्य गरेको भन्दै भारतले त्यस्तो प्रतिक्रिया जनाएको हो। बुधवार नेपालले सीमाभित्र कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई समावेश गरेर नयाँ राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेको थियो। नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र समेटेर जारी गरेको नक्साबारे भारतको विदेश मन्त्रालयले बुधवार साँझ आफ्नो औपचारिक प्रतिक्रिया जनाएको हो। विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले ती क्षेत्रहरू भारतीय भूभाग भएको दाबी गरेका छन्। "नेपाल सरकारले आज नेपालको परिमार्जित नक्सा सार्वजनिक गरेको छ जसमा भारतीय भूभागहरू पनि परेका छन्," भारतका विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन्, "यो एकतर्फी कार्य ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैन।" 'कृत्रिम रूपमा विस्तार' नेपालले आफ्नो भूमिलाई कृत्रिम रूपमा विस्तार गरेको भन्दै श्रीवास्तवले भारतले त्यसलाई अस्वीकार गर्ने बताए। भारतले गत वर्ष आफ्नो नक्सामा कालापानी क्षेत्र देखाएपपछि नेपालमा त्यसको विरोध भएको थियो यो विषयमा भारतको निरन्तरको अडानबारे नेपाललाई राम्ररी थाहा भएको भन्दै उनले नेपाल सरकारलाई "नक्सासम्बन्धी अनुचित दाबी नगर्न" र "भारतको सार्वभौमिकता र भौगोलिक अखण्डतालाई सम्मान" गर्न आह्वान गरेका छन्। "नेपालको नेतृत्वले सीमासम्बन्धी विद्यमान विषय समाधान गर्न कूटनीतिक वार्ताका लागि सकारात्मक वातावरण सिर्जना गर्छ भन्ने हामी अपेक्षा गर्छौँ," श्रीवास्तवले भनेका छन्। नयाँ नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई स्पष्ट रूपमा नेपाली सीमाभित्र देखाइएको छ मन्त्रिपरिषद्ले अनुमोदन गरेको दुई दिनपछि नेपाल सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्सा औपचारिक रूपमा सार्वजनिक गरेको हो। काठमाण्डूमा नक्सा सार्वजनिक गर्दै भूमिव्यवस्था, सहकारी विकास र गरिवी निवारण मन्त्री पद्‌मा अर्यालले "ऐतिहासिक तथ्यले देखाएको सत्यको आडमा" पहिले छुटेको नेपाली भूमि समेटिएको बताएकी थिइन्। विरोधको शृङ्खला गत वर्ष भारतले आफ्नो राजनीतिक नक्सामा भारतीय सीमाभित्र ती क्षेत्र समावेश गरेको भन्दै नेपालमा चर्को विरोध भएको थियो। भारतको पिथौरागढ जिल्लाको गर्वाधारबाट सुरु भई नेपालको लिपुलेक हुँदै चीनको मानसरोवर जोड्नेगरी भारतले निर्माण गरेको विवादित सडक केही दिनअघि भारतले लिपुलेक हुँदै चीनको तिब्बत जोड्ने बाटोको उद्घाटन गरेपछि नेपाल सरकारलाई आफ्नो नक्सा सार्वजनिक गर्न दबाव परेको थियो। सन् २०१५ मा भारत र चीनले लिपुलेकबाट व्यापारिक मार्ग खोल्ने सहमति गरेपछि नेपालले त्यसको कूटनीतिक माध्यमबाट विरोध गरेको थियो। भारतका रक्षामन्त्री राजनाथ सिंहले लिपुलेक हुँदै मानसरोवार जाने बाटो उद्घाटन गरेपछि नेपाल सरकारले नेपालस्थित भारतीय राजदूतलाई बोलाएर कूटनीतिक विरोधपत्र दिएको थियो। भारतले नेपाली भूमिमा बाटो बनाएको भन्दै काठमाण्डूस्थित भारतीय दूतावास भएको क्षेत्रनजिकै विरोधप्रदर्शन भएको थियो
कोरोना भाइरस नेपाल: दुर्लभ सेतो गिद्ध काठमाण्डूको आकाशमा
कोराोनाभाइरसको सङक्रमण रोक्नका लागि गरिएको लकडाउनका कारण चराप्रेमीहरू अहिले चरा हेर्न बाहिर निस्कन पाएका छैनन्।
तर लकडाउनका कारण स्वच्छ बनेको वातावरणमा मानवबस्तीमा सहजै नदेखिने दुर्लभ चराहरू आजकल देखिन थालेका छन्। त्यस्ता चराहरूको तस्बिर खिच्न हौसला दिन नेपाल पंक्षी संरक्षण सङ्घले ‘बर्डिङ फ्रम माइ ब्याकयार्ड’ अनलाइन अभियान नै संचालन गरेको छ। लकडाउनका बेला चराप्रेमीका घर वरपर कस्ता चरा देखिए त? हेर्नुसे सिर्जना श्रेष्ठले तयार पारेको एक भिडिओ। अनि यो पनि:
गौरीशंकर क्षेत्रमा हिउँचितुवा भेटिएपछि उत्साह, दुर्लभ हिमाली जन्तु संरक्षणका चुनौती के-के?
मध्य नेपालको गौरीशंकर संरक्षण क्षेत्रमा दुर्लभ हिउँचितुवा रहेका नयाँ प्रमाण फेला परेपछि नेपाली संरक्षणकर्मी तथा अधिकारीहरू निकै हौसिएका छन्।
गौरीशंकर संरक्षण क्षेत्रकै रोलवालिङ उपत्यकामा पनि 'क्यामेरा ट्र्याप' जडान गरेर हिउँचितुवा र अन्य वन्यजन्तुबारे अध्ययन अनुसन्धानको क्रम अहिले चलिरहेको छ तर हिमाली पर्यावरणीय स्वच्छताको प्रतीक मानिने त्यो प्रजातिको संरक्षणका लागि नेपालले अझै धेरै काम गर्न बाँकी रहेको तथ्य विज्ञहरूले औँल्याएका छन्। गौरीशंकर संरक्षण क्षेत्रमा हालै पहिलो पटक दुर्लभ हिउँचितुवाको तस्बिर खिच्ने सफलता मिलेपछि विज्ञहरूले त्यो प्रजातिको दीर्घकालीन संरक्षणका लागि नेपालमा हिउँचितुवाबारे विस्तृत अध्ययन गर्नुपर्ने बताउँदै, नेपालले हिमाली सीमा जोडिएका चीन र भारतसँग सहकार्य गर्नु पर्ने सुझाव दिएका छन्। राष्ट्रिय प्रकृति संरक्षण कोषको अगुवाइमा हालै गरिएको अनुसन्धानको क्रममा गौरीशंकर संरक्षण क्षेत्रको तामाकोसी नदीको शिरतिर अवस्थित लप्ची उपत्यकामा ४,०८७ मिटरको उचाइमा 'क्यामेरा ट्र्यापिङ्' (क्यामेराको पासो थापेर स्वचालित रूपमा वन्यजन्तुको तस्बिर खिच्ने विधि) को क्रममा एक हिउँचितुवाको फोटो खिचिएको थियो। हिमालपारी तिब्बतको चुमोलङ्मा प्रकृति आरक्षसँग सीमा जोडिएको गौरीशंकर संरक्षण क्षेत्रले प्रसिद्ध गौरीशंकर हिमालदेखि पूर्व र पश्चिमका उच्च हिमाली क्षेत्रलाई समेटेको छ। नेपालको हिमाली क्षेत्रमा पूर्वमा कञ्चनजङ्घादेखि पश्चिममा अपि नाम्पा संरक्षण क्षेत्रसम्म फैलिएका १२ वटा संरक्षित क्षेत्रहरूमा हिउँचितुवाको बासस्थानहरू रहेको विज्ञहरू बताउँछन्। नेपालका संरक्षित क्षेत्रहरूमा ३०० देखि ५०० हिउँचितुवाहरू रहेको अनुमान छ। जसका कारण हिउँचितुवा पाइने देशहरूको नक्सामा मङ्गोलिया र चीनपछि नेपालले महत्त्वपूर्ण स्थान ओगटेको छ ती संरक्षित क्षेत्रहरूमा ३०० देखि ५०० हिउँचितुवाहरू रहेको अनुमान छ। जसका कारण हिउँचितुवा पाइने देशहरूको नक्सामा मङ्गोलिया र चीनपछि नेपालले महत्त्वपूर्ण स्थान ओगटेको छ। तर नेपालमा अहिलेसम्म हिउँचितुवाको देशव्यापी अध्ययन भने भएको छैन। हालैका वर्षमा नेपालमा गरिएको अनुसन्धानको क्रममा नेपालका हिउँचितुवा हिमाल पारि तिब्बत र हिमाली सीमा जोडिएको भारतको सिक्किमका उच्च भूभागमा समेत विचरण गर्ने गरेको प्रमाणित भइसकेको छ। त्यसैले हिमाल वारिपारि ओहोरदोहोर गरिरहने हिउँचितुवाको "प्रभावकारी तथा व्यवहारिक संरक्षणका लागि" नेपालले चीनको तिब्बत र भारतको सिक्किम तथा उत्तराखण्डका संरक्षणकर्मीहरूसँग हातेमालो गर्नु पर्नेमा विज्ञहरूले जोड दिइरहेका छन्। गौरीशंकर संरक्षण क्षेत्रमा अनुसन्धानमा परामर्शदाताको रूपमा खटिएका त्रिभुवन विश्वविद्यालयका जीवशास्त्री प्राध्यापक मुकेशकुमार चालिसेले बीबीसीसँग भने, "अन्तरसीमा बैठक भन्दै भोज-भतेर गरेर काम हुँदैन। परिणाम आउने गरी, स्थानीय बासिन्दाले हिउँचितुवा संरक्षणको लाभ पाउने गरी, आपसमा मिलेर काम गर्न ढिला हुन लागिसक्यो।" गौरीशंकर क्षेत्रमा अहिले के हुँदैछ? गौरीशंकर संरक्षण क्षेत्रमा हिउँचितुवा रहेको र तिनले याक, चौँरी र अन्य चौपाया खाइदिने गरेका विवरण यसअघि पनि संरक्षणकर्मीहरूले सुन्ने गर्दथे। तर हालै त्यहाँ एक हिउँचितुवाको तस्बिर खिचिएपछि त्यो फोटो गौरीशंकर क्षेत्रमा हिउँचितुवा विचरण गर्ने गरेको पहिलो वैज्ञानिक प्रमाण बन्न पुग्यो। त्यसमा गुराँस र धूपिका रुख पाइने ओसिलो क्षेत्रमा हिउँचितुवा डुलिरहेको देखियो। गौरीशंकर संरक्षण क्षेत्रको लप्ची उपत्यकाको ओसिलो क्षेत्रमा हिउँचितुवा डुलिरहेको तस्बिर 'क्यामेरा पासो'मा कैद भएको हो त्यसपछि उत्साहित राष्ट्रिय प्रकृति संरक्षण कोषका अधिकारी तथा विज्ञहरूले अहिले त्यही क्षेत्रकै रोलवालिङ उपत्यकामा वन्यजन्तु ओहोरदोहोर गर्ने विभिन्न स्थानमा १२ वटा स्वचालित क्यामेराहरू जडान गरिसकेका छन्। उनीहरूले त्यहाँ थप हिउँचितुवा हुनसक्ने अनुमान गरेका छन्। त्यो काममा खटिएका कोषका संरक्षण अधिकृत विष्णुप्रसाद पाण्डेले भने, "ती क्यामेराले हिउँचितुवा र अन्य जन्तुका थप नयाँ-नयाँ तस्बिर खिचिरहेको छन्। केही समयपछि हामीले ती क्यामेराले खिचेका तस्बिरहरू हेरेर विश्लेषण गर्नु पर्ने छ।" तिनै तस्बिरका आधारमा गौरीशंकर क्षेत्रमा के, कति र कस्ता हिउँचितुवा हुन सक्छन् भनी थप आकलन गर्न सकिने जीवशास्त्री चालिसे बताउँछन्। सन् १९८१ देखि १९८५ सम्म डोल्पाको शे-फोक्सुण्डो निकुञ्जको माथिल्लो डोल्पोमा हिउँचितुवाको विस्तृत अनुसन्धान गरेका अमेरिकी विज्ञ रोड्नी ज्याक्सनको टोलीले नाउर (सेतो रङको हिमाली भेडो जस्तो जनावर) को सङ्ख्या बाक्लो भएका स्थानमा हिउँचितुवाको घनत्व धेरै भएको पाएको थियो। गौरीशंकर क्षेत्रको रोलवालिङ उपत्यकामा उपल्लो डोल्पामा जस्तो बग्रेल्ती नाउर नपाइएपनि त्यसक्षेत्रमा हिउँचितुवाले झारल, घोरल र अन्य वन्यजन्तुलाई आहारा बनाएर बाचिरहेको हुनसक्ने पाण्डेले बताए। त्यहाँको रोलवालिङ उपत्यकामा राखिएका स्वचालित क्यामेराहरू अब केही सातापछि निकाल्ने योजना छ। हिउँचितुवा किन जोगाउने? हिमाली वा पर्वतीय खाद्यचक्रमा सबैभन्दा माथि रहने हिउँचितुवाले नाउर, झारल जस्ता जन्तुको सिकार गरी खाने गर्दछ। आहारा नपाउँदा याक, चौँरी र अन्य चौपायालाई सिकार बनाउने गरेको पाइएको छ एउटा वयस्क हिउँचितुवाको तौल ५५ किलोसम्म हुन्छ। शिरदेखि पुच्छरसम्म १२ फिटसम्म लामो यो जीव दुई फिट जति अग्लो हुन्छ। बाक्लो भुत्लायुक्त हुने हिउँचितुवालाई स्वस्थ हिमाली पर्यावरणको प्रतीक मानिन्छ। हिमाली वा पर्वतीय खाद्यचक्रमा सबैभन्दा माथि रहने यो जन्तुले नाउर झारल जस्ता जन्तुको सिकार गरी खाने गर्दछ। तर यदाकदा हिउँचितुवाले सानातिना याक,चौँरीलाई समेत आहारा बनाइदिन्छ। त्यसले गर्दा हिमाली क्षेत्रका पशुपालक समुदाय र हिउँचितुवाबीच द्वन्द्व बढ्ने गरेको छ। "आफ्ना चौपाया मारिएपछि हिमाली क्षेत्रका बासिन्दाले रिसको झोकमा हिउँचितुवालाई मारिदिने गरेका छन्। त्यसले गर्दा हिउँचितुवा संरक्षणमा चुनौती थपिएको छ," हिमाली पर्यावरणबारे अध्ययन गरेका विश्व वन्यजन्तु कोषका नेपाल प्रतिनिधि डाक्टर घनश्याम गुरुङले बीबीसीसँग भने। "त्यसलाई घटाउनु पनि उत्तिकै आवश्यक छ।" अन्तरदेशीय हातेमालो किन? पश्चिम नेपालको अपि नाम्पा र शे-फोक्सुन्डो निकुञ्जसहितको भेग नेपालको हिउँचितुवाको सङ्ख्या सबैभन्दा बाक्लो रहेको क्षेत्र हो। भारत र चीनको तिब्बतसँग सीमा जोडिएको त्यो क्षेत्रमा मात्रै ३०० देखि ४०० हिउँचितुवा रहेको अनुमान छ। त्यसपछिको बाक्लो सङ्ख्या अन्नपूर्ण र मनास्लु क्षेत्र सहितको हिमाली भेगमा रहेको ठानिन्छ। जहाँ ६ देखि २४ हिउँचितुवा रहेको अनुमान छ। तेस्रो स्थानमा सगरमाथा निकुञ्जदेखि पूर्वी हिमालयको कञ्चनजङ्घा क्षेत्रमा छ, जहाँ १३ देखि २१ हिउँचितुवा रहेको आकलन छ। केही वर्षअघि कञ्चनजङ्घा क्षेत्रमा हिउँचितुवाको गतिविधि अनुगमन गर्न पटक पटक गरी, चार वटा हिउँचितुवाको घाँटीमा अवस्थिति पत्ता लगाउने 'जीपीएस' भनिने उपकरण जडित 'रेडियो कलर' लगाइएको थियो। कञ्चनजङ्घाका हिउँचितुवा चीनको तिब्बत र भारतको सिक्किम पुगेका प्रमाण फेला परेका थिए। "त्यतिबेला यताका हिउँचितुवा भारतको सिक्किमसँम्म पुगेको भेटियो," विश्व वन्यजन्तु कोषका गुरूङले भने। "अर्को हिउँचितुवा त चीनको चुमोलङ्मा आरक्ष क्षेत्रसम्म पुगेको पाइयो। त्यसले हिमालय वारिपारि २,००० वर्ग किलोमिटर क्षेत्रमा हलचल गरेको पाइयो।" हालै गौरीशंकरमा भेटिएको हिउँचितुवा पनि तिब्बतसँगको सीमावर्ती क्षेत्रमा भेटिएको हो। "त्यो पनि नेपालभित्रै बसिरह्न्छ भन्ने छैन। त्यो हिउँचितुवा सजिलै तिब्बत पुग्न सक्छ," कोषका संरक्षण अधिकृत पाण्डे भन्छन्। "हिउँचितुवा हिमाली क्षेत्र वारपार गरिरहन्छन्। नेपालको एउटा संरक्षण क्षेत्रबाट तिब्बत पुगेको हिउँचितुवा फेरि नेपालको अर्को हिमाली क्षेत्रमा आइपुग्न पनि सक्छ।" त्यसैले हिउँचितुवाको अनुगमन सहज छैन। समुद्र सतहदेखि ३,००० मिटर देखि ४,००० मिटरको उचाइमा विचरण गर्ने हिउँचितुवा यति दुर्लभ हुन्छ कि त्यसलाई विज्ञ तथा अनुसन्धानकर्ताहरूले समेत सजिलै भेट्टाउन सक्दैनन्। सन् २००१ देखि सन् २००७ सम्म वर्षैपिच्छे हिउँचितुवाबारे अध्ययन गर्न लाङटाङ निकुञ्ज पुगेका जीवशास्त्री चालिसेले आफूले सन् २००७ मा मात्र पहिलो पटक एउटा हिउँचितुवा देख्न सफल भएको बताउँछन्। "त्यो पनि निकै टाढा, दुरबिन लगाएर हेर्दा मात्रै देखियो," उनी भन्छन्। अनुसन्धान र त्रिदेशीय हातेमालो विज्ञहरूका अनुसार पछिल्लो समय नेपालका उत्तरी जिल्लाहरूमा पनि सडक र अन्य पूर्वाधारहरू बनाउने लहर नै चलेको छ। त्यसबाट स्थानीयबासिन्दालाई लाभ मिल्न थालेको छ। "तर हिउँचितुवा पाइने क्षेत्रमा सडकहरू पुग्न थालेपछि ती जन्तुहरू तिब्बततिर पनि भौँतारिने क्रम बढेको हुन सक्छ," चालिसे भन्छन्। गौरीशंकर क्षेत्रको रोलवालिङ उपत्यकामा जडित 'क्यामेरा पासो'। तस्बिरहरूको विश्लेषणपछि मात्र त्यो उपत्यकामा हिउँचितुवा भए-नभएको थाहा हुने छ हिउँचितुवा संरक्षणप्रति औपचारिक रूपमा प्रतिबद्धता जनाउँदै आएको नेपालका अधिकारीहरू हिउँचितुवासम्बन्धी अन्तर्राष्ट्रिय मञ्चहरूमा पनि नियमित रूपमा सहभागी हुँदै आएका छन्। नेपालले हिउँचितुवा पाइने मध्य एशिया र हिमाली क्षेत्र आसपासका देशहरूको तर्फबाट बेला बेलामा संरक्षणमा अगुवाइ पनि गर्दै आएको छ। तथापि नेपालमा हिउँचितुवाको यकिन सङ्ख्या वा तिनका प्रकार, सम्भाव्य उपप्रजाति र अन्य विशेषता पत्ता लगाउन अहिलेसम्म कुनै राष्ट्रियस्तरको अध्ययन वा गणना हुन सकेको छैन। सन् १९८० को दशकको सुरुमा अमेरिकी अनुसन्धानकर्ता रोड्नी ज्याक्सनको टोली माथिल्लो डोल्पोमा गरेको अध्ययनलाई अहिलेसम्मकै सबैभन्दा विस्तृत अध्ययन मानिन्छ। विश्व वन्यजन्तु कोषका नेपाल प्रतिनिधि डाक्टर घनश्याम गुरुङका विचारमा हिउँचितुवाको दीर्घकालीन संरक्षण गर्ने हो भने नेपालले सबभन्दा पहिले राष्ट्रियस्तरको हिउँचितुवा अध्ययन गर्नु पर्छ। "त्यसको लागि हामी सहयोग गर्न तयार छौँ।" "त्यसपछि चीन र भारतसँग 'ट्रान्सबाउन्ड्री कोअपरेशन' (अर्थात् अन्तरसीमा सहकार्य)को काम अघि बढाउनु आवश्यक छ। त्यसलाई तीव्रता दिन जरुरी छ। नत्र हिउँचितुवा संरक्षण गर्न सजिलो छैन," उनले भने। नेपाल सरकार के गर्दैछ? राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काका अनुसार देशव्यापी हिउँचितुवा अध्ययनको सुझाव अहिले छलफलको क्रममा छ। "यो निकै खर्चिलो र हिमाली क्षेत्रमा गर्नु पर्ने कठिन काम भएकोले के, कसरी अगाडि बढ्न सकिन्छ भनेर हामी छलफल गर्दैछौँ," उनले भने। उनका अनुसार बाघ र गैँडा जस्ता दुर्लभ जन्तु जोगाउन भारतीय संरक्षणकर्मीसँग जुन स्तरको अन्तरसीमा सहकार्य र हातेमालो भइरहेको छ हिउँचितुवाको लागि त्यस्तो हुन सकेको छैन। "चीनका संरक्षण अधिकारीहरूसँग बेला बखत बैठकहरू हुने गरे पनि भाषा, सञ्चारजस्ता कारणले हिउँचितुवाका विषयमा अझै त्यतिधेरै सहकार्य हुन सकेको छैन," उनले भने।
कोरोना भाइरस भारतः महामारीले निम्त्याएको दुरवस्था चित्रण गर्ने केही तस्बिर
भारतमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढिरहेकाले राजधानी दिल्ली र देशका अन्य स्थानका अस्पतालहरूमा बिरामीको चाप बढेको छ। बिरामी राख्ने शय्या र मेडिकल अक्सिजनको चरम अभाव भएकाले अस्पतालहरूले भर्ना गर्न पनि सकिरहेका छैनन्।
शय्या पाइहालिएको अवस्थामा पनि अक्सिजन दिने उपकरण जडित एम्बुलेन्सको अभावका कारण बिरामीलाई अस्पताल लैजान समस्या पर्न थालेको छ। दिल्लीमा कृत्रिम अक्सिजन नपाएर बिरामीहरू मर्न थालेका छन्। त्यहाँको अवस्था निकै गम्भीर देखिएको छ। धेरै अस्पतालहरू भरिएका र स्वास्थ्यकर्मीहरू थाकेकाले बिरामीहरूलाई भर्ना लिन नसक्ने अवस्थामा छन्। भारतमा कोरोनाभाइरस सङ्क्रमण ह्वात्तै बढेको र मानिसहरू गम्भीर बिरामी पर्न थालेकाले सर्वसाधारणमा शोक र चिन्ता फैलिएको छ दिल्लीमा भएका अस्पताल र स्वास्थ्योपचार केन्द्रहरूलाई भारतमा राम्रो मनिन्छ। तर तिनका सघन उपचार कक्षमा उपलब्ध शय्याहरू लगभग पूरै भरिएका छन् अक्सिजनको आपूर्ति मागअनुसार नभएकाले धेरै बिरामीहरू अस्पतालमा भर्ना हुन पाएका छैनन् अन्तिम संस्कार गर्न पनि कठिन शवदाहगृह र समाधिस्थलहरूमा खिचिएका तस्बिरले महामारी कति घातक छ भन्ने चित्रण गर्छन्। कोभिडका कारण ज्यान गुमाउने मानिसका शोकाकुल परिवारले अन्तिम संस्कारका लागि घण्टौँ पालो कुर्नुपरेको छ। मृतकको सङ्ख्या बढेकाले सामूहिक अन्तिम संस्कार गर्ने क्रम पनि बढेको छ। दिल्लीस्थित शवदाहगृहमा ठाउँ नपुगेर सामूहिक दाहसंस्कार गर्न थालिएको छ विभिन्न सहरमा मृत्यु भएका मानिसको सरकारी तथ्याङ्कलाई स्थानीय पत्रकारले चुनौती दिएका छन्। उनीहरूका अनुसार केही स्थानमा मृतकको सङ्ख्या सरकारी तथ्याङ्कभन्दा १० गुना भएको आकलन गरिएको छ। सुरत सहरमा बिनाविश्राम सञ्चालित एउटा शवदाहगृहको चिम्नी पग्लिन थालेको गत साता बीबीसी गुजरातीले जनाएको थियो। मुम्बईमा आफन्तको अन्तिम संस्कार गर्नुअघि पीपीई लगाएका एक व्यक्ति आराम गर्दै दिल्लीमा आफ्ना नातेदारको दाहसंस्कारको तयारी हुँदै गर्दा एक व्यक्ति शोकाकुल मुद्रामा कोभिड-१९ का कारण मृत्यु भएका एक बिरामीको अन्तिम संस्कारको तयारी हुँदै गर्दा लखनऊमा एउटा मसानघाटमा जलिरहेका चिता। उत्तर प्रदेश राज्यको राजधानी पनि नराम्ररी प्रभावित भएको छ मुम्बईको एउटा घाटमा कोभिडका कारण मृत्यु भएका व्यक्तिहरूको अन्तिम संस्कार गर्दै आफन्त र महानगर निगमका कर्मचारीहरू सबै तस्बिरको सर्वाधिकार सुरक्षित
कोरोना भाइरस नेपाल: थप ३३४ जनामा कोभिड-१९ पुष्टि , पाल्पामा मृत्यु भएका एक जनामा पनि सङ्क्रमण देखियो
नेपालमा थप ३३४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।
यससँगै अहिलेसम्म देशभरि सङ्क्रमितको कुल सङ्ख्या २,६३४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। तीमध्ये २९० जना निको भइसकेका छन्। यो अहिलेसम्म दैनिक वृद्धि भएको सर्वाधिक सङ्ख्या हो। कोभिड-१९ भएका थप एक व्यक्तिको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जनाएका छन्। मृतक भारतबाट पाल्पा फर्किएका व्यक्ति हुन्। भारतबाट फर्किएर क्वारन्टीनमा बस्दा स्वास्थ्य बिग्रिएपछि उनलाई पाल्पास्थित मिशन अस्पतालमा भर्ना गरिएको थियो। उनको जेठ २० गते मृत्यु भएको र अहिले नमुना परीक्षण गर्दा कोरोनाभाइरस सङ्क्रमण देखिएको डा. देवकोटाले बताए। यससँगै नेपालमा अहिलेसम्म कोरोनाभाइरस सङ्क्रमण भएका १० जनाको मृत्यु भएको पुष्टि भएको छ। मन्त्रालयका अनुसार विगत २४ घण्टामा ३,८६७ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो। जेठ २२, बिहीवार अपराह्ण ४:३० बजेसम्मको तथ्याङ्क २,६३४कुल सङ्क्रमण ६५ प्रभावित जिल्ला पीसीआर विधिबाट कुल परीक्षण ८४,१३४ चिकित्सकीय निगरानीमा अलग्गै२,३३५ देशभरि क्वारन्टीनमा१,६१,२६२ अहिलेसम्म मृत्यु र निको१०/२९० बुधवार २४ घण्टाभित्र २०१ जनामा सङ्क्रमण पुष्टि भएपछि उक्त सङ्ख्या २,३०० पुगेको थियो। अहिले देशभरि क्वारन्टीनमा १,६१,००० जनाभन्दा बढी व्यक्ति छन्। तीमध्ये कर्णाली प्रदेशमा हुनेको सङ्ख्या ५८,२४१ भएको मन्त्रालयले जनाएको छ। अहिले सबै प्रदेश र ७७ मध्ये ६५ जिल्लामा कोभिड-१९ पुगिसकेको छ। तीमध्ये प्रदेश नं २ र ५ सर्वाधिक प्रभावित भएको देखिएको छ। क्वारन्टीनमा भएका मानिसको परीक्षणमा तीव्रता दिइएकाले सङ्क्रमितको सङ्ख्या बढेको मन्त्रालयको भनाइ छ। केही सातादेखि सङ्क्रमण पुष्टि भएका अधिकांश व्यक्ति क्वारन्टीनमा थिए। को हुन् सङ्क्रमित? मन्त्रालयले बिहीवार पुष्टि गरेका सङ्क्रमित विभिन्न जिल्लाका हुन्। तीमध्ये केही बालबालिका पनि छन्। तर अधिकांश व्यक्ति पुरुष र युवा हुन्। जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि भएका १०६ जनामध्ये १०५ जना दैलेख जिल्लाका र एक जना मुगुका छन्। त्यसैगरी सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका अन्य आठ जनामा पनि कोभिड-१९ पुष्टि भएको छ। त्यसैगरी कोभिड-१९ पुष्टि हुनेमा रौतहटका ६४, बाँकेका ४२, कपिलवस्तु २९, दाङका १५, सप्तरीका १३, बाराका १२ र बागलुङका १० जना छन्। अन्य सङ्क्रमित झापा, मोरङ, ताप्लेजुङ, खोटाङ, सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही, म्याग्दी, पर्वत, स्याङ्जा र डोटी जिल्लाका हुन्।
कोरोना भाइरस: 'संसार बदल्न कोरोनाभाइरसको सङ्कट हाम्रा लागि एउटा मौका हो'
सन् २०२० ले विश्वलाई बदलेको कुरा हामीलाई थाहा छ।
इतिहासकार तथा लेखक रटगर ब्रेगमन महामारी विश्वमा राम्रो परिवर्तन ल्याउने एक मौका ठान्छन् विश्वभर कोरोनाभाइरसको सङ्क्रमण फैलिरहँदा यसले थुप्रै देशको स्वास्थ्य र सम्पत्ति ध्वस्त बनाएको छ र यसअघि कहिल्यै नदेखिएको र लामो समयदेखि रहँदै आएको जातिवादको असर, असमानता र सामाजिक अन्याय थप स्पष्ट रूपमा देखिएको छ। थुप्रै मानिसले ब्ल्याक लाइभ्स म्याटर आन्दोलन देखि लैङ्गिक असमानताविरुद्ध र्‍यालीहरू निकालेका छन्। के मानिसहरूले महामारीको समयलाई सुन्दर समाज निर्माण गर्ने मौकाको रुपमा प्रयोग गर्न सक्छन्? इतिहासकार तथा सामाजिक सञ्जालमा समेत चर्चित रहेका रटगर ब्रेगमनलाई लाग्छ यो हाम्रा लागि उत्कृष्ट अवसर हो। अर्बपतिहरूमाथि प्रश्न इतिहास, दर्शन र अर्थशास्त्रबारे किताब लेखेका ब्रेगमनका पुस्तकहरू ३० भन्दा बढी भाषामा अनुवाद भएका छन् र विश्वभर उनलाई लाखौँ मानिसले पढ्छन्। डाभोसमा अर्बपतिहरू भेला भएको विश्व आर्थिक मञ्चमा राखेका कुराले उनी एकाएक चर्चामा आए। "पृथ्वीको विनास हामी कसरी गर्दैछौँ भनेर वातावरणविद्लाई सुन्नका लागि १५ सय निजी विमानहरू उडेका छन्," उनले भने। मूर्खतापूर्ण कल्याणकारी योजनाहरूबारे बोल्न छोडेर अर्बपतिहरू कर छलीको खास मुद्दामा केन्द्रित हुनुपर्ने उनले बताएका थिए। प्रत्येक सङ्कट एउटा निर्णायक मोड हुनसक्छ बीबीसीसँग बोल्दै ब्रेगमनले भने, “कोरोनाभाइरसको सङ्कटले अध्याँरो बाटोतर्फ लैजाने कुरा कल्पना गर्न धेरै सजिलो छ तर इतिहासलाई हेर्दा सङ्कटको समयलाई शक्तिमा हुनेहरूले दुरुपयोग गरेका छन्।” अमेरिकामा सेप्टेम्बर ११ को जस्तो सङ्कटले परिवर्तन ल्याउने रटगरको विश्लेषण छ तर आशावादी हुने राम्रा कारणहरू पनि छन्। केही वर्ष अघिसम्म कट्टर लाग्ने योजनाहरू अहिले विस्तारै “मूलधारतर्फ उन्मुख छन्।” “धनीलाई धेरै कर, जलवायु परिवर्तनको समस्याका लागि नयाँ सम्झौताहरू र गरिबी उन्मुलनका लागि विश्वव्यापी रुपमा आधारभूत आम्दानी” जस्ता कुराहरू आशावादी छन्। पाँच वर्षअघि यी कुनै पनि विषय एजेण्डा पनि हुँदैन थिए। तर अहिले त्यसबारे विश्वभरी नै नीतिनिर्माता र राजनीतिज्ञहरू कुरा गर्न थालेका छन्। अमेरिका र विश्वभर ब्ल्याक लाइभ्स म्याटर आन्दोलन चल्नु पनि त्यही भएको ब्रेगमन बताउँछन्: "हामीलाई लाग्नसक्छ कि जातिवाद झन् खराब हुँदैछ भनेर तर हामी पहिला कहिल्यै नगरेजसरी यसबारे कुरा गर्दैछौँ।" "जातिवाद हाम्रो इतिहासमा गहिरो गरी गडेको छ तर विश्वभर प्रदर्शनकारीहरूले विरोध गरेको देख्दा आशा गर्ने ठाउँहरू छन्: हामीले परिवर्तन गर्नसक्छौँ र गर्नैपर्छ भन्ने यसले देखाएको छ।" समाजमा कसले अर्थ राख्छ भन्ने बोध गर्नु ब्रेगमनका लागि महामारीका बेला देखिएको एउटा रोचक क्षण भनेको विश्वभर सरकारहरूले अत्यावश्यकीय क्षेत्रका कामदारको सूची बनाएको बेला हो। यो भनेको सर्वसाधारणको स्वीकारोक्ति हो कि साँच्चै अर्थ राख्ने मानिस भनेका फोहोर उठाउनेहरू, शिक्षक र नर्स हुन्। "हामीले कामको मूल्यबारे पुनर्विचार गर्नसक्छौँ। सन् १९८० र ९० को दशकमा युवाहरूलाई सफल हुनुको अर्थ वालस्ट्रीट जानु वा सिलिकन भ्याली जानु हुनसक्थ्यो।" तर अहिलेका युवा पुस्ताले सोच्न सक्छन्, "सायद म अर्थ राख्ने केही काम गर्न चाहन्छु। केही योगदान पुग्ने काम गर्न सक्छु।" उचित ज्याला र कामको सम्मान "हामी यहाँ दुईवटा कुरा गर्दैछौँ: कामको सम्मान र त्यसबाट पाइने आम्दानी।" हामी आशावादी हुने हो सकारात्मक होइन- यी दुई भिन्न कुरा हुन् "हालैका अनुसन्धानहरूले आधुनिक अर्थतन्त्रमा करिब २५ प्रतिशत कामदारलाई आफूले गरेको कामले कुनै अर्थ नराख्ने लाग्छ भन्ने देखाएका छन्।" धेरैजसो अवस्थामा यी मानिसहरूले राम्रो तलब पाउँछन् र उत्कृष्ट विश्वविद्यालयमा जान्छन् तर पनि उनीहरूलाई उनीहरूको योगदानले के अर्थ राख्छ भन्ने थाहा नभएको ब्रेगमनले बताए। "यो चाहिँ सही अर्थमा बेहोर्न नसकिने अवस्था हो। कोरोनाभाइरसले यसलाई पनि निर्णायक विन्दु बनाउने म आशा गर्छु।" विश्व बदल्ने पुस्ता अहिलेका युवाहरू विश्वले अहिलेसम्म देखेका मध्येकै सबैभन्दा प्रगतिशील पुस्ता हो। परिवर्तन गर्ने मौका यही हो "उनीहरू लोकतन्त्रका समर्थक हुन्, परिवर्तन चाहन्छन् र जलवायु परिवर्तनले निम्त्याउने सङ्कटबारे जानकार छन्। उनीहरू बढ्दो असमानताबारे पनि आक्रोशित छन्।" ब्रेगमन भन्छन् यदि ४० वर्षमुनिका मानिसले मात्रै मतदान गर्न पाउने हो भने हामीले अहिले सत्तामा फरक प्रकृतिका विश्व नेताहरू पाउँथ्यौँ। सम्भ्रान्त र उनीहरूको सहन नसकिने खालको व्यवहारले युवा पुस्तालाई झक्झकाइरहेको उनी बताउँछन्। "सम्भ्रान्तहरूले नै बाँकी मानिसका लागि नियमहरू बनाउँछन् र ती नियमहरू उनीहरू स्वयंका लागि भने लागु भएको देखिँदैन।" उनले त्यसका लागि डोमिनिक कमिङ्ग्सको उदाहरण दिए जसले युकेमा लकडाउनको नियम तोडेको स्पष्ट देखिए पनि राजीनामा दिनुपरेन। युवालाई सन्देश ग्रेटा थनबर्ग 'यो विश्वले देखेको सबभन्दा प्रगतिशील पुस्ता'को एक सदस्य रहेको ब्रेगमन बताउँछन् ब्रेगमन चाहन्छन् कि युवाहरूले “सबैकुरा ठिक हुन्छ” भन्ने सन्देशलाई विश्वास गर्न हुँदैन। उनी भन्छन्, "जलवायु परिवर्तन, विभिन्न प्रजातिहरू लोप हुने जस्ता साँच्चै चिन्तित हुनुपर्ने विषयहरू छन्। र, हामीले यसअघि नगरेका कामहरू गर्नुपर्नेछ: केही दशकभित्रै हामीले पूरै अर्थतन्त्रमा सुधार ल्याउनका लागि क्रान्ति गर्नुपर्नेछ।" त्यसो भए तपाईँ के गर्न सक्नुहुन्छ? "मलाई लाग्छ तपाईँ परिवर्तनको सम्भाव्यताबारे आशावादी बन्न सक्नुहुन्छ। समाधानको एउटा हिस्सा बनेर काम गर्नसक्नुहुन्छ।"
जितले खुसी छौँ, अब सागमा राम्रो गर्छौँ: भलिबल कप्तान शाही
एउटा अन्तर्राष्ट्रिय प्रतियोगितामा माल्दिभ्सलाई हराउँदै प्रथम भए लगत्तै नेपाली महिला भलिबल टोलीकी कप्तान अरूणा शाहीले बीबीसी न्यूज नेपालीलाई प्रतिक्रिया दिँदै आफूहरू अत्यन्त खुसी भएको र अब आफूहरूको ध्यान दक्षिण एसियाली खेलकूद साग प्रतियोगितामा राम्रो गर्नमा केन्द्रीत हुने बताइन्।
"हामी एकदमै खुसी छौँ। म कप्तान भएपछि यो पहिलो विजय पनि हो। सागमा अझ राम्रो गर्ने हाम्रो अपेक्षा छ," शाहीले भनिन्। नेपाली महिला भलिबल टोलीले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो स्थान प्राप्त गरेको यो नै पहिलोपटक हो। बिहीवार बाङ्ग्लादेशको राजधानी ढाकामा पाँच देशमाझ भएको प्रतियोगितामा नेपाली महिला टोली प्रथम भएको हो। फाइनल खेलमा नेपाली टोलीले तीन सोझो सेटमा माल्दिभ्सलाई पराजित गर्‍यो। सबैलाई जित्यो यसअघि उक्त प्रतियोगितामा नेपालले बाङ्ग्लादेश तथा किर्गिस्तानलाई पनि पराजित गरिसकेको थियो। बाङ्गामाता एसियन सिनियर सेन्ट्रल जोन नामक उक्त भलिबल प्रतियोगितामा विजयी भएको केही सातामै नेपालमा दक्षिण एसियाली खेलकूद प्रतियोगिता हुँदैछ। सो अन्तर्गत महिला भलिबलको प्रतियोगिता पोखरामा हुँदैछ। उक्त प्रतियोगितामा तुलनात्मक रूपमा बलिया मानिने भारत तथा श्रीलङ्का पनि हुनेछन्। "भलिबल हाम्रो राष्ट्रिय खेल हो। प्रबर्धन गर्न राज्यको सहयोग भए भविष्य राम्रो छ," शाहीले भनिन्।
निष्पक्ष छानबिनका लागि केसीको आग्रह
सर्वोच्च अदालतले साधारण तारेखमा रिहा गरेको भोलिपल्ट बिहीवार डाक्टर गोविन्द केसीले प्रधानन्यायाधीशबारे आफूले उठाएका केही विषयमाथि अदालतले नै आदेश दिएको छानबिनको निष्पक्षता उनी पदमा बहाल हुञ्जेल सम्भव नहुने दाबी गरेका छन्।
डाक्टर केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामाको माग गर्दै आफूले थालेको अनशन जारी राख्ने पनि जनाएका छन्। डा गोविन्द केसी रिहा, अनशनलाई निरन्तरता अदालतको आदेशपछि डा. गोविन्द केसी पक्राउ सर्वोच्चको इजलासले प्रधानन्यायाधीशसँग जोडिएका विषयबारे छानबिनको आदेश दिएपछि प्रधानन्यायाधीशले अब के गर्नुपर्छ भन्ने बारेमा कानूनविद्हरूमाझ फरक फरक धारणा पाइएको छ। दायरा अदालतको अवहेलनाको आरोपमा सोमवार अचानक सर्वोच्चको आदेशमा पक्राउ परेका डाक्टर गोविन्द केसीलाई साधारण तारेखमा रिहा गर्दै बुधवार सर्वोच्चको इजलासले प्रधानन्यायाधीश गोपाल पराजुलीको दुईवटा नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्रको प्रतिलिपि झिकाउन पनि भनेको थियो। पराजुलीमाथि ती विषय लगायत अन्य विभिन्न प्रश्न उठाउँदै केसीले अनशन थालेका थिए। बिहीवार एक विज्ञप्ति प्रकाशित गर्दै डाक्टर केसीले सो आदेशले प्रधानन्यायाधीशलाई पनि न्यायिक छानबिनको दायरामा राखेको टिप्पणी गरेका छन्। तर सँगसँगै उनले त्यो आदेशले पराजुली देशको सर्वोच्च न्यायालयको नेतृत्व गर्न योग्न नभएको स्पष्ट पारेको भन्दै उनी पदमा रहुञ्जेल त्यस्तो छानबिन निष्पक्ष हुन नसक्ने दाबी पनि गरेका छन्। फरक धारणा तर त्यसबारे कानूनविद्हरूको भने फरक फरक धारणा आएका छन्। कतिपयले प्रधानन्यायाधीश नियुक्त हुँदाका बखत नै उनको योग्यताबारे न्यायपरिषद, संसदीय सुनुवाइ समिति तथा संवैधानिक परिषद्‌मा परीक्षण भइसकेको मान्नुपर्ने तर्क गरेका छन्। यस्तै मत राख्ने संविधानविद् डा. सूर्य ढुंगेलले भने, "योग्यताको परीक्षण गर्ने विषय अदालतको इजलासको अधिकारक्षेत्रमै पर्दैन।" "अब प्रधानन्यायाधीशले प्रतीक्षा गर्नुपर्छ। इजलास निष्पक्ष नै हुन्छ र त्यसले कस्तो निर्णय गर्ला भनेर त हामीले भन्न सक्दैनौँ। तर मलाई के लाग्छ भने यो विषय त्यो इजलासको अधिकारक्षेत्रमै पर्दैन," ढुंगेलले बताए। तर अन्य कतिपय कानूनविद्हरूले चाहिँ अदालतकै इजलासले विषय उठाइसकेकाले अब प्रधानन्यायाधीशले न्यायिक स्वतन्त्रताको गरिमाका निम्ति पनि 'मार्ग प्रशस्त' गर्नुपर्ने ठान्छन्। पूर्व कानूनमन्त्री अग्नि खरेलले भने, "वहाँसँग गाँसिएको मुद्दाको पेशी अब कसले तोक्छ? प्रधानन्यायाधीशको हैसियतले वहाँले तोक्नुपर्ने हुन्छ। तर यति ठूलो सार्वजनिक विवादको विषय यो बनिसकेको छ। योग्यताको नै प्रश्न उठेको अवस्थामा त्यसबारे अदालतले स्वतन्त्र ढङ्गले नबोलेसम्म वहाँलाई अदालतको काम कारबाही गर्न अप्ठेरो हुन्छ र स्वयम् न्यायालय पनि अप्ठेरोमा पर्न सक्ने म देख्छु।" देशभरिका वकिलहरूको छाता सङ्गठन नेपाल बार एसोसिएशनले यस प्रकरणमा आफ्नो धारणा सार्वजनिक गर्न भोलि शुक्रवार बैठक डाकेको एसोसिएशनका अध्यक्ष शेरबहादुर केसीले बीबीसीलाई बताए।
ताप्लेजुङ हेलिकप्टर दुर्घटनाः बिहीवार राष्ट्रियशोक, राजकीय सम्मानका साथ मन्त्री रवीन्द्र अधिकारीको अन्तिम संस्कार गरिने
संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको ज्यान जानेगरी बुधवार भएको हेलिकप्टर दुर्घटनापछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले बिहीवार राष्ट्रियशोक मनाउने निर्णय गरेको छ।
ऊर्जामन्त्री वर्षमान पुनका अनुसार दिवङ्गत मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्तिम संस्कार गर्ने र उच्चस्तरीय छानबिन आयोग गठन गर्ने निर्णय समेत मन्त्रिपरिषद्ले गरेको छ। यसअघि मन्त्री अधिकारी चढेको हेलिकप्टर पूर्वी नेपालको ताप्लेजुङमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै सात जनाको मृत्यु भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले पुष्टि गरेका थिए। पहिला एपीवन टेलिभिजनसँग कुरा गर्दै उद्धारमा खटिएको सिम्रिक एयरका पाइलटले आफूले शवहरू देखेको बताएका थिए। एयर डाइनेस्टीको सो हेलिकप्टरमा चालकसहित सात जना भएको सो हेलिकप्टर कम्पनीका प्रबन्धक बालकृष्ण पण्डितले बताए। सम्भाव्यता मन्त्री अधिकारीलाई लिएर सो हेलिकप्टर काठमाण्डूबाट बुधवार एउटा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न ताप्लेजुङ गएको बताइएको थियो। त्यहाँबाट हेलिकप्टर प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरतिर गएको थियो। हेलिकप्टर दुर्घटना पाथीभरानजिकै भएको स्थानीयवासीहरूले बताएका छन्। ठूलो आवाज आएको र आगो लागेको सूचना स्थानीय बासिन्दाहरूबाट पाएको प्रहरीले बताएको छ। हेलिकप्टरमा को को थिए?
नेपालले गर्छ अर्बौँ रुपैयाँको खाद्यान्न आयात, अमेरिकी देशबाट पनि आउँछन् चामल र मकै
देश राजनीतिक विवादमा अल्झिएका बेला भन्सार विभागले हालै सार्वजनिक गरेको विवरणले नेपालमा ठूलो मात्रामा खाद्यान्न आयात हुने देखाएको छ। पहिला कृषिप्रधान देशको परिचय बनाएको नेपालमा अहिले चामल, मकै र गहुँजस्ता अन्न भारतबाट मात्र होइन अमेरिकी देशहरूबाट समेत आइरहेका छन्।
त्यति मात्र होइन विश्वका साना तथा द्वन्द्वग्रस्त देशसँगको व्यापारमा पनि नेपालले घाटामा छ। ठूला र सम्पन्न देशसँग त व्यापार घाटा ठूलै थियो। अर्थतन्त्रमा ठूलै नकारात्मक प्रभाव नदेखाए पनि नाइजिरिया, मडागास्कर, लाट्भिया र ग्वाटेमालादेखि माली, माल्टा र मङ्गोलियासम्मको व्यापारमा पनि नेपाल तलै छ। भन्सार विभागका अनुसार यो आर्थिक वर्षको पहिलो छ महिनामा भारतबाट ३० करोड केजी र अमेरिकाबाट सात लाख ३३ हजार केजी चामल नेपाल भित्रिएको छ। त्यस्तै ३३ करोड केजी मकै भारतबाट भित्रिँदा झन्डै २४-२४ लाख केजी दक्षिण अमेरिकी देश ब्रजिल र आर्जेन्टिनाबाट अनि साढे तीन लाख केजी दक्षिण अफ्रिकाबाट आएको छ। त्योसहित विदेशी धान, गहुँ, कनिका, फापर, कोदो, जौ र जुनेलो नेपालीले किन्दा झन्डै ४२ अर्ब रुपैयाँ विदेशिएको छ। त्यो रकम तरकारी, फलफूल, मासुमाछा आदि खाद्य उत्पादन र सामानबाहेकको हो। भात खान अगाडि नेपाली इन्टरन्याश्नल राइस रिसर्च इन्स्टिट्यूट (एईआरआरई) का नेपालका लागि राष्ट्रिय प्रतिनिधि कृष्णदेव जोशीका भनाइमा सरदर एक नेपालीले वर्षेनि झन्डै १३८ किलो चामल खपत गर्छ। उनी भन्छन्, “पहिले मकै, कोदो र फापर पनि खाने गरिन्थ्यो, अहिले त्यसको खपत घट्दो र चामलको खपत बढ्दो क्रममा छ। हामी एशियामै धेरै चामल खपत गर्ने देशमा पर्छौँ।” सरदर एक नेपालीले एक वर्षमा झन्डै १३८ किलो चामल खपत गर्ने गरेको बताइन्छ नेपालमा खेती गरिने जमिनको करिब ४७ प्रतिशत क्षेत्रफलमा धानखेती हुन्छ। कृषि विभागका महानिर्देशक गोविन्दप्रसाद शर्माले दिएको जानकारी अनुसार यो वर्ष ५६ लाख २१ हजार ७१० मेट्रिक टन धान उत्पादन भएको छ। उनका अनुसार यो परिमाण अघिल्लो वर्षको भन्दा बढी हो। विश्वभरि ९० प्रतिशत धानको उत्पादन र खपत पनि एशियाकै देशहरूमा हुने गरेको जानकारहरूको भनाइ छ। कृषि मन्त्रालयका भनाइमा सबैभन्दा धेरै उत्पादन चीन र त्यसपछि भारत, बाङ्ग्लादेश, इन्डोनेशियामा हुन्छ। नेपाल पनि विश्वमा धेरै धान उत्पादन गर्ने २० देशभित्र पर्छ। तैपनि नेपालको खेतबारीमा फलेको अन्नबालीले नेपालीको पेट भर्न नपुगेर विदेशबाट ल्याउन थालेको भर्खर मात्र होइन। तर साढे तीन दशकअघि परिस्थिति फरक थियो। नेपालमा खेती गरिने जमिनको झन्डै ४७ प्रतिशत क्षेत्रफलमा धानखेती हुन्छ नेपालले बेच्ने पनि दिन थिए अधिकारीहरूका अनुसार शासकीय व्यवस्थालाई सीमारेखामा मान्ने हो भने पञ्चायतकालको अन्त्यतिरसम्म नेपालले किन्नेभन्दा धेरै खाद्यवस्तु विदेशमा बेच्ने गर्थ्यो। तीसको दशकसम्म त त्यसको निम्ति सरकारले धान-चामल निर्यात कम्पनीनै खडा गरेको थियो। तर त्यो बेलाको भन्दा जनसङ्ख्या अहिले दोबर भएको छ। त्यसले गर्दा उत्पादन अपुग स्वाभाविक होइन त? एआरआरईका नेपाल प्रतिनिधि कृष्णदेव जोशीका बुझाइमा जनसङ्ख्या र उत्पादनको वृद्धि दरको तालमेल पनि मिलेको छैन। तर जनसङ्ख्या वृद्धिदर चुनौती नभएको बताउँदै उनले विगत ५० वर्षमा धानबालीको उत्पादकत्व प्रतिवर्ष डेढ प्रतिशतले मात्र बढेको जानकारी दिए। कृषिविज्ञ हरि दाहालका भनाइमा पनि दक्षिण एशियामा नेपालको उत्पादकत्व निकै कम छ। “हरेक वर्ष मलखादको प्रयोग बढ्नुपर्ने तर त्यसको भरपर्दो छैन भने सिचाइ पनि निकै अनिश्चित छ, त्यसैले आकाशे पानीको भर पर्नुपर्ने भएकाले उत्पादकत्व बढ्ने सम्भावना कम छ,” उनले भने। उत्पादनशील जग्गा खण्डीकरण भइरहेका छन्। घडेरीको रूपमा विकास गरिँदैछ। त्यसले भएका परम्परागत सिचाइको माध्यम कुलो-नाला पनि नाश गरेको कृषि विभागका महानिर्देशक शर्मा पनि स्वीकार गर्छन्। धेरै नेपालीले भात खाने गरेका छन् राम्रो बीउको अभाव विज्ञहरूका भनाइमा पुरानो बीउको उत्पादकत्व कम हुन्छ। त्यसैले त्यो हरेक वर्ष वा २-३ वर्षमा फेर्नुपर्छ। कृषिविज्ञ दाहाल भन्छन्, “किसानले उन्नत बीउ पर्याप्त मात्रामा पाएका छैनन्।” उन्नत बीउ प्रयोग गर्दा १५ देखि २० प्रतिशत उत्पादकत्व वृद्धि गर्न सकिने सरकारको विश्वास पाइन्छ। त्यसको निम्ति कृषि मन्त्रालयले गत वर्ष उन्नत बीउ उत्पादनमा प्रोत्साहन अनुदान र उन्नत बीउ प्रयोगकर्तालाई मूल्य अनुदान कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको थियो। अधिकारीहरूका अनुसार त्यसअनुसारको बजेट स्थानीय तहमा पठाइएको छ। अर्को चुनौती कृषिमा प्रविधिको प्रयोग पनि हो। जानकारहरूका अनुसार नेपालमा ‘पुरानो आधुनिक प्रविधि’ प्रयोग भइरहेको छ। जोशीका विचारमा त्यसलाई समयानुकूल परिस्कृत गर्नुपर्छ र सरकारको लगानी बढाउनुपर्छ। मान्छेले खाने पशुपक्षीले 'मान्छेकै भाग खोस्दै' भन्सार विभागका विवरणमा देखिएको विदेशबाट आएको मकै, कोदो, कनिका र फापर पशुपक्षीको निम्ति पनि ल्याइएको हुनसक्ने सरकारी अधिकारीहरूकै अनुमान छ। त्यो कुरा मानिसको खानेबानीको परिवर्तनसँग जोडिएको छ। पछिल्ला वर्षहरूमा मान्छेको आम्दानी बढेसँगै मासु र दुग्धजन्य उत्पादनको माग बढेको छ। त्यसले गर्दा बस्तुभाउ धेरै पाल्नुपर्छ र उनीहरूले मान्छेको खुराक खोस्दैछन्। कृषिविद् हरि दाहाल भन्छन, “विश्वबजारको कुल खाद्य उत्पादनको करिब ४० प्रतिशत पशुपक्षीको खुराक बन्छ। गाइबस्तुलाई पनि खुवाउनुपर्‍यो भने त मान्छेको भाग त उता गयो नि। त्यसले पनि खाद्यान्न अभावमा सघाएको छ।” कृषि विभागले एउटा लिखित दस्तावेजमा उल्लेख गरेका यी हुन् मुख्य चुनौती: तर आईआरआरईका विज्ञ जोशीका भनाइमा कृषि विश्वविद्यालयहरूमा हुने पढाइ पुरानै सोच तरिका र प्रविधिमा आधारित छ। त्यसबाट नयाँ परिणाम निकाल्न गाह्रो हुन्छ। उनी भन्छन्, “त्यसको रूपान्तरण र स्तरोन्नति गरियो र त्यो जनशक्ति कृषिसँग सम्बन्धित निकायहरूमा पुगेपछि नयाँ खालको परिणाम देख्न सक्छौँ।” युवापुस्ता वैदेशिक रोजगारीमा जाँदा जग्गा बाँझो रहेका खबरहरू पनि आइरहेका छन्। कृषि किन परेन प्राथमिकतामा त्यसैले कृषिकर्मप्रति युवाको विकर्षण अर्को प्रमुख चुनौती भएको जोशीको ठम्याइ, “किनकि युवा पुस्ताको जीविकाको सोचलाई टेवा दिने खालको उत्पादन र उत्पादकत्व कृषिमा छैन।” कृषिमा भएका युवालाई प्रोत्साहित गर्ने नीति नरहेको कृषिविद् दाहालको बुझाइ छ। उनी भन्छन्, “प्रयोगशाला लगायतका कारण निर्यातका लागि परिस्थिति निकै कमजोर, यसले गर्दा अलिकति बढी उत्पादन गर्दा बजार हुँदैन र त्यसले किसानलाई निरुत्साहित गर्छ।” तथ्याङ्क अध्ययन गर्दा र विज्ञहरूको ठम्याइ सुन्दा देशको अर्थतन्त्र र मानिसको मुखको माडसँग जोडिएको उक्त विषयमा राजनीतिक गम्भीरताको खाँचो देखिन्छ। राजनीतिक विषय र विवादमा मात्र दल र नेताहरू अल्मलिँदा प्राथमिकतामा कृषि क्षेत्रको समस्या परेको छ त? नेकपाको आन्तरिक किचलोपछिको राजनीतिक परिस्थितिमा कृषिमन्त्रीको पद त्यागेर आन्दोलनमा जुटेका घनश्याम भुसाल भन्छन्, “सामान्यतया मन्त्री कृषिमा तत्काल केही देखाउने दबावमा हुन्छन्, त्योबाहेक अरूलाई कृषिमा चासो नै हुँदैन। त्यसको मुद्दा उनीहरूलाई थाहा नै हुँदैन।” तर कृषि मन्त्रालयमा आजको भोलि केही देखाउन खोज्दा त्यसले कृषिलाई झन् पछाडि धकेल्ने उनको ठम्याइ छ। “त्यो भनेको अनुदान बाँड्ने र अल्पकालीन परियोजनाको कुरा गर्ने हो, त्यसले कृषिमा दीर्घकालीन लगानी र मेहनतको आवश्यकतालाई कमजोर बनाइदिन्छ,” भुसालको ठम्याइ छ। उनले आफूले कृषिको दीर्घकालीन, नीतिगत, संरचनागत सुधारमा ध्यान दिएको तर प्रधानमन्त्रीले नीति-कार्यक्रममा र पछि अर्थमन्त्री त्यसको निम्ति तयार नभएको गुनासो सुनाए।
म्यान्मार सैन्य कू: देशमा एक वर्षको लागि सङ्कटकाल घोषणा
म्यान्मारको सेनाले देशलाई आफ्नो नियन्त्रणमा लिएको पुष्टि गरेको छ।
चुनावमा मतदान गर्दै नेत्री सू ची नेत्री आङ सान सू ची लगायतका नेताहरूलाई पक्राउ गरको केही घण्टापछि सेनाले उक्त जानकारी दिएको हो। नागरिक सरकार र सेनाबीच हालैको चुनावलाई लिएर उत्पन्न विवादकाबीच सैनिक कूको खबर आएको छ। सेनाको टेलिभिजनले एक वर्षको निम्ति सङ्कटकाल घोषणा गरिएको जनाएको छ। सडकमा सेना शासन सत्ता हातमा लिएका सेना प्रमुख मिन ओङ ह्लाइङ यसअघि सन् २०१७ को डिसेम्बरमा नेपाल भ्रमणमा आएका थिए सन् २०११ मा प्रजातान्त्रिक सुधारअघिसम्म बर्मा भनेर परिचित म्यान्मारमा सेनाले शासन गर्दै आएको थियो। गत नोभेम्बर महिनामा भएको चुनावमा सू चीको पार्टी न्याश्नल लीग फर डेमोक्रेसी (एनएलडी) ले सरकार गठन गर्ने बहुमत प्राप्त गरेको थियो। सेनाले उक्त चुनावमा धाँधली भएको आरोप लगाउँदै आएको छ। नयाँ निर्वाचित तल्लो सदनको पहिलो बैठक पहिलो पटक सोमवार (आज) बस्ने योजना थियो। तर सेनाले उक्त बैठक अहिलेलाई स्थगित गर्न माग गर्दै आएको थियो। बीबीसीका दक्षिण पूर्व एशिया संवाददाता जोनाथन हेडले राजधानी र मुख्य सहर यान्गुनका गल्लीहरूमा सेनाहरूको उपस्थिति देखिएको बताएका छन्।
पश्चिम सेती: प्राधिकरण, थ्री गोर्जेज्‌बीच लगानी सम्झौता
सरकारले एक चिनियाँ कम्पनीसँग बुढीगण्डकी जलविद्युत आयोजना निर्माण सम्बन्धी सम्झौता खारेज गरेको एकसाता पनि नबित्दै सरकार नियन्त्रित नेपाल विद्युत प्राधिकरणले चीनको अर्को सरकारी कम्पनी थ्री गोर्जेज्‌सँग ७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागि एक सम्झौता गरेको छ।
बिहीवार दुई पक्षबीच भएको सम्झौता अनुसार अनुमानित १ खर्ब ९० अर्ब रुपियाँको सो आयोजना निर्माणका लागि ७५ प्रतिशत थ्री गोर्जेज् र २५ प्रतिशत विद्युत प्राधिकरणले लगानी गर्ने भएका छन्। थ्री गोर्जेज्‍सँग भएको सम्झौताले लामो समयदेखि अड्किएको पश्चिम सेती आयोजना निर्माणको ढोका खोलेको विद्युत प्राधिकरणका अधिकारीहरुको बताएका छन्। लामो समयसम्म अष्ट्रेलियाली कम्पनी स्मेकले काम अघि नबढाएपछि झण्डै ५ वर्षअघि पश्चिम सेती जलविद्युत आयोजना निर्माणको जिम्मा चीनको सरकारी कम्पनी थ्री गोर्जेज्‌लाई दिने निर्णय सरकारले गरेको थियो। संयुक्त लगानी तर पछिल्लो समय उक्त कम्पनीले पनि आयोजना निर्माणका लागि चासो नदेखाएको भन्दै सरकारले ताकेता गरिरहेका बेला बिहीवार संयुक्त लगानीमा निर्माण गर्ने सम्झौता भएको हो। विद्युत प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले भने, "संयुक्त लगानीमा काम गर्ने भएका छौं। यसमा नेपाल विद्युत प्राधिकरणको २५ प्रतिशत शेयर हुने छ भने थ्री गोर्जेज्‌को ७५ प्रतिशत रहने छ। अब संयुक्त निर्माण कम्पनी दर्ताको लागि आवश्यक प्रकृया अघि बढाइने छ।" सम्झौतामा थ्री गोर्जेज्‌को ७५ प्रतिशत शेयरबाटै प्रभावित क्षेत्रका मानिसहरुलाई अनिवार्य रुपमा १० प्रतिशत शेयर दिइने व्यवस्था गरिएको बताइएको छ। त्यसका अतिरिक्त उक्त कम्पनीले चाहेमा थप १४ प्रतिशतसम्म शेयर नेपाली लगानीकर्तालाई दिन सक्ने व्यवस्था समेत गरिएको छ। प्राधिकरणको २५ प्रतिशत लगानीका लागि उसले रकम जुटाउन समस्या परेमा चिनियाँ कम्पनीले सघाउने सम्झौतामा उल्लेख गरिएको छ। अन्योल बिहीवारको सम्झौताले अब पश्चिम सेती निर्माणको अन्यौल हटेको प्रवक्ता अधिकारीले बताए। उनले भने, "चिनियाँ भरपर्दो कम्पनी भएको र नेपाल विद्युत प्राधिकरण पनि संलग्न रहेको र लगानी सुनिश्चित रहेकाले आयोजनाबारेका अन्योल हटेको छ।" निर्माण शुरु भएको ६ वर्ष ७ महिनामा सक्ने लक्ष्य रहेको उक्त आयोजना, जलाशययुक्त भएका कारण बाँध निर्माण तथा वस्ती स्थानान्तरण, अनि मुआब्जा वितरण लगायतका थुप्रै चुनौती रहेको बताइन्छ।
यो यातना बन्द गर: विज्ञानको डिग्री, रेष्टुराँमा टेबुल पुछ्ने काम, अहिले आप्रवासी कामदारको पीडा गाएर भाइरल बनेका र्‍याप गायक
र्‍यापर ड्यूल रकर कोभिड-१९ लकडाउनमा आप्रवासी कामदारले भोग्नुपरेको पीडामाथि आक्रोशित ‍‍र्‍याप गायन गरेर भाइरल बनेका छन्।
हातमा विज्ञानका डिग्री भएर पनि गरिबीका कारण यी दलित युवकले टेबुल सफा गर्ने काम गर्दै आएका थिए। उनी अहिले पूर्वी उडिशास्थित आफ्नो गाउँमा छन्। उनी सर्वसाधारणको कठिनाइबारे र्‍याप गीत लेख्ने र गाउने कामलाई निरन्तरता दिइरहने आशामा छन्। अनि यो पनि:
रेमिट्यान्स पठाउँदा अर्बौं डलर बिचौलिया कहाँ यसरी पुग्छ
आप्रवासी कामदारहरू धेरैजसो न्यून ज्याला आउने काम गर्छन्।
उनीहरूले कडा मेहनत गरेर कमाएको पैसा आफ्नो जन्मदेशमा परिवारको भरथेगका लागि पठाउने गर्छन्। तर कामदार कहाँबाट उनका घर पैसा पुर्‍याउने कम्पनीहरूले ठूलो मात्रामा शुल्क लिन्छन्। सन् २०१८ मा यसरी बीचका कम्पनीहरूले पाएको पैसा सारा अफ्रिकाका लागि विदेशी सरकारले उपलब्ध गराएको सहयोग भन्दा बढी थियो। तर किन शुल्क यति महँगो छ र त्यो कम गर्न कसरी सकिन्छ? अनि यो पनि कतारः रेमिट्यान्स सहज बनाउन पहल मलेशिया रोजगारीको गाँठो खुलेपनि 'व्यर्थमा गयो १५ महिना' रेमिट्यान्स आप्रवाह घट्योःराष्ट्र ब्याङ्क
कोरोना भाइरस नेपाल: लकडाउन खुलेपछि तपाईँ सबैभन्दा पहिला के गर्नुहुन्छ?
कोरोनाभाइरस फैलिन दिन सरकारले विगत एक महिनाभन्दा बढी समयदेखि लकडाउन लगाएको छ। मानिसहरू अत्यावश्यकबाहेक अन्य कामका लागि बाहिर निस्किन पाएका छैनन्।
व्यक्तिगत सुरक्षा र जनस्वास्थ्यका लागि लामो समयदेखि मानिसहरू घरभित्र सीमित भएका छन्। अहिले धेरै मानिसको दैनन्दिनी फेरिएको छ, केही मानिस पूर्ववत् गतिविधि गर्न नपाएर छट्पटिएका पनि छन्। बीबीसी संवाददाता सृजना श्रेष्ठले काठमाण्डूका केही मानिससँग लकडाउन खुलेपछि तपाईँ सबैभन्दा पहिला के गर्नुहुन्छ भनेर सोधेकी थिइन्। हेर्नुहोस् यो भिडिओमा उनीहरूको उत्तर। अनि यो पनि
ह्वीलचेअरमा बसेर सरिता थुलुङ यसरी नाच्छिन्
बाल्यकालमा पोलियो लागेदेखि सरिता थुलुङको दाहिने खुट्टा चल्दैन।
उनी ह्वीलचेअरमा बसेर हिँडडुल गर्छिन्, ह्वीलचेअरमै बसेर नाच्छिन् र अरूहरूलाई नाच्न पनि सिकाउँछिन्। उनी भन्छिन्,"ह्वीलचेअरमै बसेर भएपनि आफूमा भएको कला प्रस्तुत गर्न पाउँदा खुसी लाग्छ।" "पोलियोले मेरो खुट्टा थल्यायो, मेरो मनोबल हैन।" हेर्नुहोस् यो भिडिओ। (भिडिओ: सृजना श्रेष्ठ)
प्लास्टिक प्रदूषण: आर्क्टिकको हिउँ र हावामा सूक्ष्म कण
आर्क्टिक क्षेत्र प्लास्टिकका सूक्ष्म कणका कारण प्रदूषित भएको छ।
वैज्ञानिकहरूले एक लिटर हिउँमा माइक्रोप्लास्टिक, रबर र फाइबर गरेर १० हजारभन्दा बढी कण फेला पारे। प्लास्टिकका कण युरोप र एशियाबाट हावामा मिसिएर आर्क्टिकसम्म पुग्ने गरेको बताइन्छ। हेर्नुहोस् यो भिडिओ। अनि यो पनि
कोरोना भाइरस नेपाल: स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई तुरुन्त पक्राउ गरिने प्रहरीको प्रतिबद्धता, मुद्दा चल्न सक्ने
कोरोनाभाइरस सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरूमाथि राजधानी काठमाण्डूसहित देशका विभिन्न भागहरूमा दुर्व्यवहार भएका विवरणहरू आइरहेका बेला स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले त्यस्ता गतिविधिमा संलग्न व्यक्तिलाई "तत्काल पक्राउ गरी कारबाही गर्न" माग गरेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ताले उक्त मागबारे गृह मन्त्रालयलाई पहिले पनि जानकारी गराइसकिएको र आवश्यक परे फेरि पनि आग्रह गरिने" बताए। नेपाल प्रहरीले भने पहिले नै देशैभरिका प्रहरी कार्यालयहरूलाई त्यस्ता कार्यबारे जानकारी आए तुरुन्त कारबाही अघि बढाउन निर्देशन दिइएको जनाएको छ। प्रहरीले स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेहरूलाई विभिन्न कसुरमा मुद्दा चलाउन सकिने चेतावनी पनि दिएको छ। पछिल्लो घटना अधिकारीहरूले शनिवार राजधानी काठमाण्डूमै स्वास्थ्यकर्मीमाथि भएको एउटा दुर्व्यवहारको घटनापश्चात् कारबाहीको चेतावनी दिएका हुन्। शनिवार काठमाण्डूको बानेश्वरस्थित एउटा होस्टलमा सिभिल अस्पतालका केही स्वास्थ्यकर्मीहरू क्वारन्टीनमा बसेको थाहा पाएपछि केही स्थानीयवासीहरूले दुर्व्यवहार गरेको बताइएको छ। उक्त होस्टल सञ्चालक रोहित रानामगरका अनुसार बिहान ७ बजेतिर टोल सुधार समितिको अगुवाइमा आएका केही व्यक्तिहरूले उनीसहित स्वास्थ्यकर्मीहरूलाई धम्क्याएका थिए। सङ्क्रमित यी स्वास्थ्यकर्मी भन्छिन्, 'मानसिक यातना पाएँ' उनले बीबीसीसँग भने, "उक्त समूहबाट 'काट्छौँ/मार्छौँ' सम्मको धम्की आयो। त्यसपछि मैले प्रहरीलाई खबर गरेर प्रहरी आएपछि मात्र उहाँहरू तितरबितर हुनुभयो।" उक्त होस्टलमा सिभिल अस्पतालका स्वास्थ्यकर्मीहरू गत बिहीवारदेखि क्वारन्टीनमा बस्न आएको रानामगरले जानकारी दिए। उनका अनुसार शनिवार केहीबेर स्थानीयवासीले होस्टेल घेराउ समेत गरेका थिए। तर उक्त स्थान पर्ने काठमाण्डू महानगरपालिका-३१ का वडाध्यक्ष नारायणप्रसाद भण्डारीले चाहिँ "खासै ठूलो घटना नभएको तर धेरै मिडियाबाजी भएको" बताए। बीबीसीसँग उनले भने, "यो कुनै दुर्व्यवहार भएको पनि होइन हेर्नूस्… उहाँहरू (स्थानीयवासी) ले सम्झाउँदा सम्झिनुहुन्छ। अलि बढी मिडियाबाजी भएछ। तर हामीले दुवै पक्षलाई राखेर समाधान गर्नुपर्छ भनेर म लागिरहेको छु।" बानेश्वर घटनाबारे आइतवार वडा कार्यालयमा दुवै पक्षबीच सहमति भएको छ। वडाध्यक्ष, निजामती अस्पताल, होस्टल तथा टोल सुधार समितिका प्रतिनिधिबीच सहमति भएको हो। सहमतिमा स्थानीयवासीले स्वास्थ्यकर्मीको आवासस्थललाई सुरक्षित र तनावरहित बनाउने उल्लेख छ। अन्य स्थानमा पनि दुर्व्यवहार नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. लोचन कार्कीका अनुसार देशका विभिन्न भागहरू चिकित्सकहरूमाथि दुर्व्यवहार भएका घटनाहरू जानकारीमा आएको छ। कोरोनाभाइरसको नमुना सङ्कलनदेखि परीक्षण र उपचारमा संलग्न विभिन्न स्वास्थ्यकर्मीहरूलाई कोभिड महामारीविरुद्धको सङ्घर्षमा अग्रपङ्क्तिमा रहेर काम गरिरहेका छन् उनले भने, "धेरै ठाउँबाट त्यस्ता गतिविधिका विवरण आएका छन्। यो एकदमै दु:खलाग्दो कुरा हो। चिकित्सकहरूले जीवनलाई दाउमा राखेर काम गरिरहेका बेला मनोबल बढाउनु पर्नेमा दुर्व्यवहार हुनु चिन्ताजनक विषय हो। यसमा ध्यान दिन हामी सरकारलाई आग्रह गर्छौँ।" उनले वीरगन्ज, चितवन, विराटनगर र अन्य स्थानमा पनि दुर्व्यवहार भएको विवरण आएको बताए। नेपाल नर्सिङ सङ्घकी अध्यक्ष मनकुमारी राईका अनुसार देशका विभिन्न भागहरूमा नर्सहरूलाई दुर्व्यवहार गरिएको विवरण पनि आएको छ। उनका अनुसार करिब एक दर्जन त्यस्ता घटनाबारे नर्सहरूले सङ्घलाई जानकारी गराएका छन्। राईका अनुसार कतिपय स्थानमा घरपरिवार र आफन्तले पनि दुर्व्यवहार गरेको पाइएको छ। त्यस्तै टोलवासी र डेरामा बस्नेलाई घरधनीले समेत दुर्व्यवहार गरेको पाइएपछि सम्बन्धित व्यक्तिसहित स्थानीय सरकारसँग समन्वय गरेर विवाद मिलाइएको उनले बताइन्। के भन्छ स्वास्थ्य मन्त्रालय? स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले त्यस्ता विवरण आएकोले मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको बताए। मन्त्रालयले पटकपटक त्यस्ता कार्य नगर्न सार्वजनिक रूपमा पनि आग्रह गरेको तर त्यो क्रम दोहोरिनु चिन्ताजनक रहेको उनको भनाइ छ। उनका अनुसार भोकप्यास केही नभनी शौचालय पनि जान नपाउने हुँदा डाइपर लगाएर काम गर्ने स्वास्थ्यकर्मीलाई आक्रमण वा दुर्व्यवहार हुनु निन्दनीय कृत्य हो। "आज स्वास्थ्यकर्मीहरू खाजा खान नपाएर, पानी पिउन नपाएर, डाइपर लगाएर आईसीयूमा उपचार गरिरहेका छन्। त्यसरी खटिएका व्यक्तिलाई दुर्व्यवहार गर्नु अत्याचार हो," उनले भने। "काठमाण्डूजस्तो ठाउँमा समेत दुर्व्यवहार भयो। ती मान्छेलाई पक्रेर कानुनअनुसार पक्राउ गर्नुपर्छ।" उनका अनुसार गृह मन्त्रालयलाई त्यस विषयमा जानकारी गराइसकिएको र कारबाहीको प्रक्रिया पनि सुरु भइसकेको हुनुपर्ने बताए। के भन्छ नेपाल प्रहरी? नेपाल प्रहरीका प्रवक्ता कुवेरसिंह कडायतले यस्ता गतिविधि गर्न नपाइने बताए। उनले प्रहरी प्रधान कार्यालयले मातहतका सबै कार्यालयलाई स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेहरूलाई कारबाही गर्न निर्देशन दिइसकेको जानकारी दिए। उनले भने, "यदि कसले दुर्व्यवहार गरे त्यसविरुद्ध विभिन्न घटनाको प्रकृति हेरेर मुद्दा चल्न सक्छ। कुटपिट भएको छ भने त कुटपिटमा मुद्दा चलिहाल्छ। त्यसबाहेक सङ्क्रामक रोग ऐनअनुसार पनि कारबाही हुने व्यवस्था छ।" प्रहरीले केही समययता दुर्व्यवहार भएका घटना सार्वजनिक भएपछि मातहतका कार्यालयहरूलाई तुरुन्तै कदम चाल्न निर्देशन दिइसकेको उनले बताए।
स्वर्ण विजेता नवीन रसाइली: 'लामो प्रतीक्षा सकियो'
करातेमा नवीन रसाइलीले मङ्गलवार नेपालका लागि स्वर्ण पदक जितेका छन्।
रसाइलीले ६७ केजी तौल समूहको फाइनलमा पाकिस्तानी खेलाडीलाई पराजित गरेका हुन्। जितपछि रसाइलीले भने, "मैले स्वर्ण जित्दा यहाँसम्म आइपुग्न विगतमा गरेको सङ्घर्ष सम्झेँ।" हेर्नुहोस् कमल परियारले बनाएको भिडिओ। अनि यो पनि
कोरोना भाइरस नेपाल: सङ्क्रमण नियन्त्रण गर्न जनस्वास्थ्य सङ्कटकाल उपयुक्त उपाय हो कि हैन
राजधानीसहित विभिन्न ठाउँमा कोरोनाभाइरस सङ्क्रमण बढेको भन्दै केही विज्ञहरूले "जनस्वास्थ्य सङ्कटकाल" (पब्लिक हेल्थ इमर्जेन्सी) लगाउनुपर्ने धारणा व्यक्त गरेका छन्। तर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले त्यसको सम्भावना अहिले नरहेको जनाएको छ।
मन्त्रालयका प्रवक्ताले अहिले सरकारले त्यस्तो विकल्प नसोचेको र सङ्क्रमितहरूको पहिचान गर्ने कुरालाई बढी प्राथमिकता दिएको बताए। मन्त्रालयका एक अवैतनिक सल्लाहकारले चाहिँ जनस्वास्थ्य सेवा ऐनबमोजिम सङ्कटकाल व्यवस्था लागु गरिए समग्र स्वास्थ्य प्रणाली कोभिड-१९ विरुद्ध परिचालन गर्न सहज हुने धारणा राखेका छन्। मन्त्रालयअन्तर्गत रहेको इपिडिमियोलोजी तथा सङ्क्रामक रोग नियन्त्रण विभागका महाशाखाका प्रमुखले त्यस्तो व्यवस्था लागु गरिए तीन तहका सरकारहरूबीचको समन्वय प्रभावकारी हुनसक्ने भएपनि कडाइका व्यवस्थाले अरू स्वास्थ्य सेवामा नराम्रो असर पार्न सक्ने टिप्पणी गरे। केही महिनाअघि जनस्वास्थ्य सङ्कटकाल घोषणा गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लगेको एउटा प्रस्ताव मन्त्रिपरिषद्ले अघि बढाउन मानेको थिएन। जनस्वास्थ्य सङ्कटकालका पक्षधर के भन्छन्? शुक्रवारसम्मको तथ्याङ्कअनुसार नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ६१,५०० नाघेको छ भने ३९० जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले ज्यान गएको छ। शुक्रवार २४ घण्टाको अवधिमा २,००० भन्दा बढीमा सङ्क्रमण पुष्टि भयो। मन्त्रालयका अवैतनिक सल्लाहकार डा. सुरेश तिवारी सामुदायिक तहमा सङ्क्रमण पुगिसकेकाले स्रोत र समुदाय दुवैलाई परिचालन गर्न जनस्वास्थ्य सङ्कटकाल लगाउन आवश्यक रहेको ठान्छन्। अहिले काठमाण्डू उपत्यकामा दिनहुँ सयौँ सङ्क्रमित फेला परिरहेका छन् उनले भने, “काठमाण्डूमा सङ्क्रमणदर उच्च सङ्ख्यामा क्रमिक रूपमा बढिरहेको छ। ढिलो गरेरभन्दा अहिले नै सङ्कटकाल घोषणा गरेर अघि बढ्दा सङ्क्रमण फैलिने दर नियन्त्रण गर्न प्रभावकारी काम गर्न सकिन्छ। पूरै देशभरि एक पटक सङ्कटकाल घोषणा गर्न नसक्ने हो भने पनि सरकारले ५०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लाबाट यो व्यवस्था कार्यान्वयन गर्नुपर्छ।” अहिले काठमाण्डू उपत्यकाका तीनसहित नौवटा जिल्लामा ५,०० भन्दा बढी सक्रिय सङ्क्रमित छन्। उनी थप्छन्, “गाउँगाउँमा स्वास्थ्यकर्मीको नेतृत्वमा जनस्वास्थ्य प्रणाली परिचालित हुने र अहिले विभाजित रहेर खटिएका स्वास्थ्य सेवाहरू एकीकृत गर्नुपर्छ। यो कामलाई एउटै सिक्काको दुई पाटो बनाएर लैजाने कानुनी उपाय भनेको जनस्वास्थ्य सङ्कटकाल हो। त्यो गर्दा विभिन्न ठाउँमा छरिएर रहेका मानवस्रोत एक ठाउँमा ल्याउन सकिन्छ। सरकारको नेतृत्वमा रहेका स्वास्थ्यसंस्थामा अरू निजी र गैरनाफामूलक संस्था राखेर नियन्त्रणमा नेतृत्व लिने संयन्त्र बनाउन पनि सकिन्छ।” के हो जनस्वास्थ्य सङ्कटकाल? यसअघि कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि लकडाउन गरिएको जेठको तेस्रो साताको अवधिमा जनस्वास्थ्य सङ्कटकालसम्बन्धी प्रस्ताव स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रिपरिषद्‌मा राखेको थियो। त्यस बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्कटकाल भन्दा लकडाउनलाई कडाइपूर्वक पालना गराउन निर्देशन दिएको समाचार आएको थियो। जनस्वास्थ्य सेवा ऐन २०७५ को धारा ४८ को उपधारा ४ मा एकभन्दा बढी प्रदेशहरूमा विपद् देखा परेको अवस्थामा सरकारले जनस्वास्थ्य विपद् अवस्था घोषणा गर्न सकिने उल्लेख गरिएको छ। सङ्क्रामक रोग नियन्त्रणसम्बन्धी ऐन २०२० ले कुनै पनि सङ्क्रामक रोग फैलिन नदिन आवश्यक कदम चाल्न र त्यसका लागि निश्चित अधिकारी तोक्न सरकारलाई अधिकार दिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हाल जनस्वास्थ्य विपद् घोषणा गर्नेबारे केही नसोचिएको बताए। उनले भने, “तीन-चार महिनाअघि सोचिएको रहेछ, तर पछि त्यस्तो अवस्था रहेनछ। अहिले पनि हामीले त्यता सोचेका छैनौँ।“ अन्यत्र सङ्क्रमणदर घटिरहेको र काठमाण्डूमा मात्रै बढिरहेको उल्लेख गर्दै उनले भने, “सङ्ख्या बढिरहेको काठमाण्डू उपत्यकामा हो। हाम्रो विधि भनेको चाहिँ परीक्षण, पहिचान र एक्ल्याएर राख्ने नै हो। हामीले व्यवस्थापन गरिरहेका छौँ।” विज्ञहरू के भन्छन्? मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले ५०० जनाभन्दा बढी सक्रिय सङ्क्रमित देखिएका ठाउँहरूमा विशेष ध्यान दिनुपर्ने बताए। उनले सङ्क्रमित हुने महिला, बालबालिका र जेष्ठ नागरिकको सङ्ख्या बढिरहेकाले ‘प्रारम्भिक चरणमा देखिएको समुदाय स्तरको’ सङ्क्रमण नियन्त्रणका लागि कडाइ गर्नुपर्ने बताए। तर जनस्वास्थ्य विपद् वा सङ्कटकाल घोषणा गर्ने उपाय चुनौतीपूर्ण रहेको उनको भनाइ छ। “उक्त व्यवस्था गर्दा धेरै विषय आकर्षित हुन्छन्। अहिले मानसिक स्वास्थ्यदेखि कुपोषणसम्मका समस्या देखिएका छन् र खोप लगाउने कार्यक्रम पनि प्रभावित भएको छ। सङ्कटकाल लगाउनुभन्दा अघि धेरै कुराहरू सोच्नुपर्छ।” जनस्वास्थ्य विपद् घोषणा गरिए तीन तहका सरकारबीचको समन्वयमा वृद्धि हुने र कतिपय झन्झटिला प्रशासनिक प्रक्रियाले सेवा प्रवाहमा विलम्ब नहुने उनी बताउँछन्। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा. बाबुराम मरासिनी जनस्वास्थ्य सङ्कटकाल लगाउँदैमा अवस्था सुधार हुनेमा आफूलाई विश्वास नलागेको बताउँछन्। उनले भने, “विश्व स्वास्थ्य सङ्गठनले नै सङ्कटकाल भनेपछि अहिले पनि सङ्कटकालकै परिस्थिति हो। सीमा बन्द गरिएको छ, यातायात र अन्य सेवाहरू बन्द गरिएका थिए। शब्दमा मात्रै नभनिएको त हो। शब्दमा भनेर मात्रै केही फरक हुन्छ र? सङ्कटकाल लगायो भने कसैले बढी बजेट दिने स्रोत उपलब्ध गराउने हुन्छ जस्तो मलाई लाग्दैन।” उनले थपे, “अहिले नेपालसँग धेरै विकल्प छैन। हामीले सीमापारि भारततर्फ हेर्नुपर्छ। त्यहाँ आगो लागेपछि हाम्रोतर्फ आइहाल्छ। जबसम्म भारततर्फ सङ्क्रमण नियन्त्रणमा आउँदैन नेपालामा पनि सङ्क्रमण नियन्त्रण आउने सम्भावना म देख्दिनँ ।” भारतले सबैभन्दा बढी सङ्क्रमित देखिएका संयुक्त राज्य अमेरिकालाई सङ्क्रमितको सङ्ख्यामा चाँडै उछिन्ने केही विज्ञहरूको भनाइ छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका विज्ञ सल्लाहकार तिवारीले विश्व स्वास्थ्य सङ्गठनको सहायतामा गरिएको प्रक्षेपणले नेपालमा सङ्क्रमण बढ्दै जाने र आगामी माघ १२ गतेयता सक्रिय सङ्क्रमितको सङ्ख्या ५,००० माथि नै रहने देखाएको जानकारी दिए। उनका अनुसार त्यसपछि उक्त सङ्ख्या कम हुने र क्रमश: घट्दै जाने प्रक्षेपण गरिएको छ। सरकारले खराब अवस्थामा आगामी छ महिनामा कोभिड-१९ को नियन्त्रण, उपचार र व्यवस्थापनमा २४ अर्ब रुपैयाँसम्म खर्च हुनसक्ने आकलन गरेको बताइन्छ। परिवारविहीन बालबालिकाको लागि बालमैत्री क्वारन्टीन
यी बालकलाई निदायो कि किन चिमोटिरहन्छिन् आमा…
भारतको राजधानी दिल्लीका यी ६ महिनाका बालक यथार्थलाई एक दुर्लभ आनुवंशिक रोग लागेको छ।
गहिरो निद्रामा पर्ने बित्तिकै उनको श्वासप्रश्वास रोकिन सक्छ। त्यसैले हरदम उनका आमाबाबु चिन्तित रहन्छन्। आफ्नो छोरा गहिरो निद्रामा पर्ला र ज्यान तलमाथि होला भन्ने त्रासले हरदम चिन्तित उनका आमा मिनाक्षी बाध्यतावश यथार्थलाई चिमोटिरहन्छिन्। उनको स्वास्थ्य उपचारका लागि आवश्यक भनिएको शल्य चिकित्सालाई ५० हजार डलर खर्च हुने बताइएको छ। त्यति धेरै पैसा आफूहरूसँग नभएको ती आमाबाबुले बताएका छन्। हेर्नुहोस् भिडिओ।
के बिटक्वाइनको ऊर्जा खपतले यसलाई ओरालो झार्छ
हामीले धेरै बिटक्वाइन अर्बपतिको कथा सुनेका छौँ।
त्यसमा सबैभन्दा नयाँ इलोन मस्क हुन्। मस्कको विद्युतीय कार कम्पनी टेस्लाले फेब्रुअरीको सुरुमा डेढ खर्ब डलरको बिटक्वाइन खरिद गरेयता त्यो कारोबारबाट कागजमा उनले झन्डै ९० करोड डलर नाफा गरेको देखिएको छ। उनको कारोबारको कारण एउटा बिटक्वाइनको मूल्य ५८,००० डलरभन्दा धेरै भयो। तर क्रिप्टोकरेन्सी भनिने विद्युतीय मुद्राको मूल्य मात्रै माथि गएको होइन, यसको ऊर्जा खपत पनि उत्तिकै बढेको छ। बिटक्वाइनको ऊर्जा खपत र त्यसको वातावरणीय असरहरूको विवरण आउन थालेपछि मस्कको आलोचना पनि बढेको छ। अमेरिकी राष्ट्रपति जो बाइडनका आर्थिक सल्लाहकारले बिटक्वाइनलाई 'कारोबारका लागि असाध्यै अप्ठेरो तरिका' भन्दै 'बिटक्वाइन चल्तीका लागि आवश्यक ऊर्जाको मात्रा अत्यधिक' भएको बताएका छन्। बिटक्वाइनले कति ऊर्जा खपत गर्छ भन्ने स्पष्ट छैन। तर बिटक्वाइनको प्रविधि एकदमै ऊर्जा खर्चालु भएको कुरामा दुई मत छैन। केम्ब्रिज विश्वविद्यालयको एउटा अध्ययनले बिटक्वाइनले वार्षिक ४० देखि ४४५ टेरावाट ऊर्जा खपत गर्ने अनुमान गरेको छ। सो अध्ययनले सामान्यतया यसले वार्षिक १३० टेरावाट ऊर्जा खर्च गर्ने देखाएको छ। यूकेले वार्षिक ३०० टेरावाट ऊर्जा खर्च गर्छ भने आर्जेन्टिनाले लगभग १३० टेरावाट खर्च गर्छ। इलोन मस्कले बिटक्वाइन कारोबारबाट झन्डै ९० करोड डलर नाफा गरेका छन् बिटक्वाइनले खर्च गर्ने धेरै ऊर्जाको स्रोत भने प्रदूषक हुन्। सो अध्ययनले बिटक्वाइन नेटवर्क व्यवस्थापन गर्ने मानिसहरूको ऊर्जाको स्रोतबारे अध्ययन गर्दा दुई तिहाइको स्रोत खनिज इन्धन रहेको पाएको छ। क्रिप्टोकरेन्सीले प्रयोग गर्ने ब्लकचेन प्रविधिका लागि ठूलो कम्प्युटर शक्ति आवश्यक पर्छ र त्यसको अर्थ ठूलो ऊर्जाको खपत हो। यस प्रविधिमा धेरै कम्प्युटर जोडिएका हुन्छन्। ती प्रत्येक कम्प्युटर बिटक्वाइन माइनर हुन् जसले नयाँ बिटक्वाइन बनाउन सहयोग गर्ने मात्रै होइन, बिटक्वाइनको प्रत्येक कारोबारलाई प्रमाणित गर्ने र तथ्याङ्क राख्ने गर्छन्। वास्तवमा माइनरले पाउने नयाँ बिटक्वाइन त्यो तथ्याङ्क राखिदिए एवम् प्रमाणित गरिदिए बापतको उपहार हो। यो प्रत्येक १० मिनेटमा चल्ने चिट्ठाजस्तो भएको सिकागो विश्वविद्यालयकी गीना पिटर्स बताउँछिन्। बिटक्वाइनले कम्प्युटरको धेरै प्रशोधन शक्ति प्रयोग गर्छ संसारभरिका डेटा प्रशोधन केन्द्रहरू ती तथ्याङ्कहरू बिटक्वाइन प्रविधिलाई मान्य हुने अवस्थामा राख्न प्रशोधन ऊर्जा खर्च गरिरहेका हुन्छन्। माइनरले रोजेको सङ्ख्या बिटक्वाइनको त्यो समयको सङ्ख्यासँग मिलेमा र नयाँ कारोबारको पहिलो तथ्याङ्क भएमा लगभग ५० हजार डलर बराबरको बिटक्वाइन उपहार दिइन्छ। एउटा चिट्ठा पर्ने बित्तिकै नयाँ सङ्ख्या निकालिन्छ र फेरि यो प्रक्रिया सुरु हुन्छ। प्राध्यापक पिटर्सका अनुसार जति धेरै बिटक्वाइनको मूल्य बढ्छ त्यति नै धेरै कम्प्युटरहरू यो प्रक्रियामा सहभागी हुन चाहन्छन्। र बिटक्वाइनलाई धेरै ऊर्जा चाहिने अर्को कारण पनि छ। यसको सफ्टवेयरले प्रति १० मिनेटमा नयाँ चिट्ठा खोल्छ। जति धेरै माइनरहरू भए त्यति नै त्यो चिट्ठा प्रक्रिया कठिन हुन्छ र त्यो समाधान गर्न प्रत्येक माइनरका कम्प्युटरको धेरै प्रशोधन ऊर्जा खर्च हुन्छ। बिटक्वाइन कम्प्युटरको शक्तिलाई बढाउने गरी बनाइएको छ जसका लागि धेरै ऊर्जा आवश्यक पर्दै जान्छ। बिटक्वाइन प्राप्त गर्न कम्प्युटरको कति प्रशोधन ऊर्जा खर्च भइरहेको छ भन्ने थाहा पाउन सकिन्छ। अहिले प्रतिसेकेन्ड बिटक्वाइनसम्बन्धी १६०,०००,०००,०००,०००,०००,००० वटा कुल हिसाब संसारभरिका कम्प्युटरले गरिरहेका छन्। ती सबै कम्प्युटरका काम बिटक्वाइनको खाता राख्नेबाहेक अरू कुनै उपयोगी काममा प्रयोग हुँदैनन्। बिटक्वाइन विज्ञ एलेक्स डेभेरिस भन्छन्: "यदि बिटक्वाइनलाई विश्वभरि चलाउने हो भने प्रतिबिटक्वाइनको मूल्य दशौँ लाख हुन्छ र माइनरहरूसँग अमेरिकाले विद्युत्‌मा खर्च गर्नेभन्दा धेरै पैसा हुनेछ।" "हामीले त्यसकै लागि अहिलेको ऊर्जा उत्पादनलाई दोबर बनाउनुपर्छ।" बिटक्वाइनका लागि प्रयोग हुने धेरै ऊर्जाको स्रोत खनिज ऊर्जा हो यसले गर्दा बिटक्वाइन उपयोगी मुद्रा हुन नसक्ने उनको दाबी छ र त्यो दाबीलाई धेरै अर्थशास्त्रीहरूले सही मान्छन्। हार्भर्ड विश्वविद्यालयका प्राध्यापक एवम् विश्व मुद्रा कोषका पूर्वप्रमुख अर्थशास्त्री केन रोग्अफ भन्छन्, मुद्रा सफल हुनका लागि चाहिने दुई आवश्यक कुरा सटहीको प्रभावकारी व्यवस्था र मूल्यको स्थिरता हो। उनको विचारमा बिटक्वाइनमा यो दुवै विशेषता छैन। उनको विचारमा अहिले बिटक्वाइन एक धनी व्यक्तिले अर्कोलाई बेच्ने मात्रै हो र त्यसको कुनै अन्तिम प्रयोग छैन। त्यसो भए के बिटक्वाइन असफल हुन्छ त? रोग्अफ भन्छन्: "मेरो कुरा त्यही हो। तर म कहिले त्यस्तो हुन्छ भन्न सक्दिनँ।"
अफगानिस्तान युद्ध: ज्यान गुमाउने मानिस को हुन्
सेप्टेम्बर २००१ मा आफ्नो देशमा आतङ्कवादी आक्रमणहरू भएपछि अमेरिकाले अल-कायदालाई संरक्षण दिएको भन्दै अफगानिस्तानमा धावा बोल्यो।
त्यति बेलादेखि नै अफगानिस्तानमा युद्ध भइरहेको छ। त्यहाँ द्वन्द्वमा उच्च मानवीय क्षति हुने गरेको छ। बीबीसीले गत अगस्ट महिनामा अफगानिस्तानमा भएका हिंसात्मक घटनाको नालीबेली केलाएको छ। प्रत्येक दिन ७४ जनाको दरले सो महिनामा कुल २,३०७ जनाको मृत्यु भएको पुष्टि भएको छ। मृत्यु हुनेमा अधिकांश तालिबान लडाकु र सरकारी सुरक्षाकर्मी रहेका छन्। तथ्याङ्कले तालिबान पक्षमा ठूलो क्षति पुगेको देखाउँछ। ज्यान गुमाउनेमध्ये सर्वसाधारण नागरिकको सङ्ख्या पाँच भागको एक भाग छ। तालिबान र अफगान सरकार दुवैले बीबीसीको तथ्याङ्कको वैधानिकतामाथि प्रश्न गरेका छन्। हेर्नुहोस् यो भिडिओ। अनि यो पनि
हङ्‌कङ प्रदर्शन: पहिलो गोली प्रहारको निम्ति केले प्रेरित गर्‍यो
गृष्मकालीन मौसमदेखि हङ्‍कङमा एउटा राजनीतिक सङ्कट उत्पन्न भएको छ र त्यो उपनगरीय आवास क्षेत्रदेखि अत्याधुनिक बजार रहेको स्थानसम्म हरेक क्षेत्रमा फैलिएको छ।
यो कहिलेकहीँ हिंस्रक झडपहरूमा पनि बदलिने गरेको छ। गत जुनपश्चात्‌ पहिलो पटक आइतवार अगस्ट २५ मा कामदारहरू बसोबास गर्ने सुन वान जिल्लामा प्रदर्शन भयो। केहीले एकदमै खराब हिंसा अन्त्य भएको आशा गरेका थिए। तर त्यो नयाँ तीव्रताका साथ भड्कियो। एकजना प्रहरी अधिकारीले चेतावनीस्वरूप एउटा गोली प्रहार गरे। यो गत जुनमा प्रदर्शन सुरु भएयताको पहिलो प्रत्यक्ष गोली प्रहार थियो। अनि पहिलो पटक नै पानीको फोहोरा पनि प्रयोग गरियो। पक्राउ परेका दर्जनौँ मानिसहरू मध्येमा सबैभन्दा कान्छा एक १२ वर्षका पनि थिए। यी सबै घटनाहरूले एउटा नयाँ खाले अनिष्टतर्फ सङ्केत गरेको भावना उत्पन्न गराएका छन्। हङ्‍कङमा एक साँझ यो हङ्‍कङको एक साँझको कथा हो। सुन वानको प्रदर्शन अन्य क्षेत्रकै जस्तो गरि सुरु भएको थियो। त्यहाँका मानिसहरूको एउटा समूह उनीहरूको प्रदर्शन आफ्ना छिमेकी क्षेत्रहरूमा पनि चिनियोस् भन्ने चाहन्थे। त्यस्तो प्रदर्शनका लागि एउटै माध्यम इन्क्रिप्टेड भनिने आदानप्रदान गरिएको सन्देश पठाउने र पाउनेले मात्र हेर्न मिल्ने प्रणाली भएको एप टेलिग्राम मात्र थियो। जहाँ दर्जनौँ समूहहरू प्रदर्शन जीवित, रणनीतिक, व्यवस्थित र सहभागीहरूको आगमन कायम रहोस् भन्ने सुनिश्चित गर्न चाहन्थे। हजारौँ सदस्यहरूका केही समूहरूले रणनीतिबारे छलफल गरे। साना खाले च्यानलहरूले बन्दोबस्तीको व्यवस्थापन र प्रदर्शनको प्रत्यक्ष प्रसारण गरे। कतिपय व्यक्तिगत च्यानलहरूले आवश्यक सामग्रीको आपूर्ति र प्राथमिक उपचारका सामग्री प्रदान गर्नुका साथै पोस्टरहरू बनाए। क्वाई चुङ र सुन वानका करिब एक दर्जन अथवा धेरै नै अपरिचितहरू अगस्ट २५ को प्रदर्शन आयोजना गर्न गत जुनमा टेलिग्राममा जोडिएका थिए। त्यसमध्येका एकजना २६ वर्षका कुमाले पनि थिए। उनले भने, "हामीले कहिल्यै पनि सोचेका थिएनौँ हामी आफैँले यो गर्नेछौ।" केही दिन भित्रै प्रवर्द्धन, स्वास्थ्यसम्बन्धी स्वयम्‌सेवी, आपूर्ति खरिदकर्ता र चालकहरू समेतका पूर्णत: स्थापित ती टेलिग्राम समूहहरूले सुन वानको र्‍यालीलाई कार्यान्वयनमा ल्याए। त्यसमा र्‍यालीको अनुमतिका लागि प्रहरीसँग कसरी समझदारी गर्ने भन्ने सम्मको सल्लाह गरिएको थियो। आइतवार २५ अगस्ट: र्‍यालीको तयारी आपूर्ति समूहले १० वटा ठूला पानीका थैलाहरू, मल्हम पट्टीहरू र अन्य आवश्यक सामग्रीहरू जम्मा पारे। त्यो त्यहाँका बासिन्दाहरूले दान गरेका थिए। "र्‍यालीभन्दा अगाडि हामीले सम्भावित स्थलहरू पहिचान गरेका थियौँ, जसले गर्दा हामीले केही आवश्यक कुराहरू र सुरक्षात्मक कुरा नजिकै राख्न सक्थ्यौँ", एकजना स्वयम्‌सेवक भिटाले भने। सबैजनाले आफ्नो स्थानबाट सकेको योगदान गरेकाले त्यो प्रदर्शन ठूलो भएको ती कुमालेले बताए। तर उनले आफू उक्त प्रदर्शनको नेता नभएको बताए। वास्तवमा कसैले पनि आफूलाई नेता भनेर चिनाउँदैनन्। उक्त प्रदर्शनको नेता को हो भनेर नचिनिदाँ सरकारलाई त्यसमा अवरोध गर्न कठिन हुन्छ भन्ने प्रदर्शनकारीलाई थाहा थियो। उनीहरूले सार्वभौमिक मताधिकारको माग गर्दै सन् २०१४ मा गरिएको छाता आन्दोलनबाट पाठ सिकेका थिए। केन्द्रीय हङ्‌कङमा कब्जा जमाएको ७९ दिन लामो उक्त छाता आन्दोलनले कुनै माग सम्बोधन गराउन सकेन र सरकारले त्यसका नेताहरूलाई जेल हाल्यो। यसपटक भने आन्दोलनलाई कतातिर लाने भन्नेबारे महत्त्वपूर्ण निर्णय गर्नका लागि लोकप्रिय म्यासेजिङ फोरम एलआईकेजी प्रयोग गरिएको थियो। त्यहाँ गरिएका पोस्टबारे हजारौँले मत हालेका थिए र जुन रणनीतिले सबैभन्दा धेरै मत पायो त्यसैलाई कार्यान्वयनमा ल्याइयो। उक्त प्रदर्शनमा उग्र सोच राख्नेहरू नभएका होइनन्। तर उनीहरूको सङ्ख्या एकदमै थोरै थियो। दिउँसो ३ बजे: प्रदर्शन सुरु सुन वानको मुख्य स्थानभन्दा करिब साढे दुई किलोमिटर टाढा वर्षाकाबीच हजारौँ मानिसहरू बिस्तारै भेला हुन थाले। उनीहरूले 'हङ्‌कङका मानिसहरू उर्जा जोड' अर्थात् 'अघि बढौँ' भन्दै नारा लगाएका थिए। पहिले त्यहाँ हिंसा नभड्किएकाले साना बालबालिका सहितका परिवार, वृद्धवृद्धा र युवापुस्ताका मानिसहरू पनि सहभागी थिए। केही युवाहरूले त्यहाँको यातायात अवरोध गर्न बारहरू लगाए। र्‍यालीको आधिकारिक अन्त्य गर्ने भनिएको सुन वान पार्कमा मानिसहरूको भीड पुगेपछि त्यहाँबाट कता जाने भन्ने उनीहरूले तय गर्न सकिरहेका थिएनन्। त्यसै बेला केही मिटर पर येङ युक रोडमा अवरोधहरू सिर्जना गरिएका थिए। त्यहाँ सयौँ कालो लुगा र पहेँलो ह्याट लगाएका अतिवादी प्रदर्शनकारीहरू भेला भइरहेका थिए। त्यसमध्येका केहीले शान्तिपूर्ण प्रदर्शनतर्फ पाइला अघि बढाए। अतिवादी प्रदर्शनकारीहरू प्रहरीलाई उत्तेजित पार्ने र सरकारले केही कडाखाले कदम चालोस् भन्नेमा विश्वास गर्छन्। उनीहरू अश्रुग्याँस र रबरका गोली सामना गर्न तयार भएका थिए। उनीहरूले प्रहरीतर्फ फ्याक्नका लागि फुटपाथबाट इँटा निकाले, धातुका टुक्राहरू र बाँसका खम्बाहरू जम्मा पारे। यद्यपि यस्ता दृश्य हङकङका लागि अहिले सामान्य भए पनि अतिवादी समूह चाहिँ उग्र बन्दै गएका छन्। यसबेला उनीहरू पेट्रोल बमका साथमा आएका थिए। दिउँसो ४:५० बजे: दङ्गा प्रहरीको आगमन टेलिग्राममा दङ्गा प्रहरी आउँदै गरेको सूचना आयो। प्रदर्शन सुरु भएदेखि प्रदर्शनकारीहरूका लागि प्रहरी घृणाका पात्र भएका छन्। कतिपयले नारा लगाइरहेका थिए भने प्रहरीले जानाजान कानुन तोडेको भन्दै केही मानिस कराए। अकस्मात् उग्रवादी प्रदर्शनकारीहरूले उनीहरूका अवरोधलाई प्रहरीतर्फ ५० मिटरजति अघि बढाए। उनीहरूले अवरोधका गर्न लगाएका बार पछाडि इँटा र धातुका वस्तु लुकाएका थिए। प्रहरीलाई अघि बढ्नबाट रोक्नका लागि केहीले प्रहरीतर्फ अण्डाहरू हुत्याए केहीले भने जमिनमा साबुन र ब्याट्री लडाए। त्यसपछि प्रहरीले चेतावनीको रातो झण्डा देखायो। त्यसको सङ्केत भनेको भिडलाई तितरबितर पार्नु थियो। त्यसको केही मिनेटमै प्रहरीले अश्रुग्याँस प्रयोग गर्ने सङ्केत स्वरूप कालो झण्डा देखायो। स्वास्थ्य टोली साँझ ५:१५ बजे: झडप सुरु प्रहरीले अश्रुग्याँस छेक्ने मास्क लगाए र प्रहारका लागि तयार भए। प्रहरी कार्यविधिका अनुसार प्रदर्शनकारीहरूलाई भाग्न दिनका लागि चेतावनी र अश्रुग्याँस प्रहारबीच केही समय हुनुपर्छ। तर प्रदर्शनकारीहरू पनि जब्बर थिए, किनकि अचेल अश्रुग्याँस प्रहार गरिनु नियमित जस्तै भएकाले उनीहरूले पनि मास्क लगाए। तनावका २० मिनेट गुज्रिए। अश्रुग्याँसको पहिलो प्रहारपश्चात् प्रदर्शनकारीले मोलोटोभ ककटेल्स प्रहार गरे। धुँवा निस्किए पछि त्यहाँ पहिलो पेट्रोल बम प्रहार भयो। अश्रुग्याँसको असर कम गर्न कतिपयले पानीका थैला फ्याँके भने अझ धेरै इँटा र धातुहरू प्रहरीमाथि प्रहार भए। कतिले त छाताले तानेर अश्रुग्याँसको डल्लै प्रहरीतर्फ फर्काइदिए। नजिकैको सपिङ मलमा बसेका स्वयम्‌सेवकहरूले घाइते प्रदर्शनकारीको प्राथमिक उपचार गरे। साँझ ६ बजे टेलिग्राममा उक्त क्षेत्रमा पानीको फोहोरा ल्याइएको खबर आयो। त्यसरी त्यहाँ प्रदर्शनकारीमाथि प्रहार गर्न पहिलो पटक पानीको फोहोरा ल्याइएको थियो। साँझ ६:३० बजे धेरै प्रदर्शनकारी जुन अवस्थामा थिए त्यसै अवस्थामा बसे। कतिपयले रेलिङमा बाँस र धातुका छडीले हानिरहेका थिए। केहीले त आकाशे पुलमा चढेर पनि प्रहरीमाथि इँटा प्रहार गर्न थाले। दर्जनौँ प्रहरीले उनीहरूलाई रोक्ने प्रयास गरिरहेका थिए। साँझ ६:५३ बजे पानीका फोहोरा हान्ने दुईवटा ट्याङ्कहरूलाई प्रहरीको पङ्ति रहेको सडक मुन्तिर लडाए पछि मात्र मुख्य लडाइँ समाप्त भयो। त्यहाँ भएको त्यस्तो घटनाले पनि हङ्‍कङलाई खासै धेरै अचम्म बनाएन। किनकि अचेल हङ्‌कङमा यस्तो भइहरेकै छ। त्यसपछिको घटनाले भने सबैलाई अचम्म पार्‍यो। त्यस दिनको प्रदर्शनका क्रममा गैरकानुनी काम गरेको र प्रहरी अधिकारीहरूमाथि हमला गरेको आरोपमा पक्राउ गरिएका ५४ जनामध्ये एकजना १२ वर्षका बालक पनि छन्। उनको पक्राउको समाचार अनलाइनभरि फैलियो। पक्राउ हुँदै गर्दा उक्त बालकले कराएर आफ्नो परिवारका सदस्यको नाम र फोन नम्बर भनेका थिए। पछि उसका अभिभावकसँग सम्पर्क गर्ने र बालकलाई धरौटीमा रिहा गराउने सामाजिक कार्यकर्तालाई हामीले भेट्यौ। त्यो घटनापछि युवाहरूको एउटा सानो समूह सुन वानको सडकमा केही आक्रमण गर्ने वस्तु लिएर घुमेको थियो। साँझ ७:३० बजे: हावामा गोली चलाइयो करिब साँझ ७:३० बजे प्रहरी अधिकारीहरूको एउटा समूह प्रदर्शनकारीहरूको एउटा समूहसँग आमनेसामने भयो। ढाल पक्रदैँ एकजना अधिकारीले हावामा गोली चलाए। १२ साताको प्रदर्शनमा यो पहिलो प्रत्यक्ष गोली प्रहार थियो। अन्य पाँचजना प्रहरी अधिकारी पनि बन्दुक ताक्दै प्रदर्शनकारीतर्फ अघि बढे। केही व्यक्तिलाई बन्दुक ताकेको प्रहरीको तस्बिर अनलाइनहरूमा व्याप्त भयो र त्यसलाई प्रहरीको बर्बरताको रूपमा अर्थ्याइयो। कतिपयले ३० वर्ष पहिलेको तियानआन्मेनको घटनासँग पनि यसको तुलना गरे। तर सबैतर्फबाट त्यसदिन खिचिएको भिडिओ फुटेज हेर्दा उक्त घटना थप जटिल देखिन्छ। घटनापछि जारी प्रहरीको वक्तव्यमा प्रहरी अधिकारीले आफ्नो सुरक्षाका लागि अन्य विकल्प नभएको जनाइएको छ।
बाघ र सिंहका डमरु कुकुरका छाउरासँग यसरी खेल्छन्
चीनको राजधानी बेइजिङस्थित एउटा वन्यजन्तु उद्यानमा साना जनावरहरू खेलिरहेको देखिने तस्बिरहरूले सामाजिक सञ्जालमा धेरैको ध्यान आकर्षित गरेका छन्।
गत हप्ता बिहीवार खिचिएका ती तस्बिरमा गोल्डन रिट्रिभर जातका कुकुरका छाउराहरू सेतो बाघ र सिंहका डमरुसँग खेलिरहेको देखिन्छ। सञ्चारमाध्यममा प्रकाशित विवरणहरूका अनुसार साइबेरियन बाघ, सेतो बाघ, हुँडार र अफ्रिकी सिंहका आठवटा बच्चालाई तिनका माउले परित्याग गरिदिएका थिए। त्यसपछि तिनलाई एउटी पोथी कुकुरले आफ्ना छाउरासँगै स्तनपान गराएकी थिई। ती छाउरा र डमरुहरू सँगसँगै हुर्किएका छन् र उनीहरूमा मित्रता पनि छ। बेइजिङ वाइल्डलाइफ पार्कले आफूले भालू, कङ्गारू र बाँदरलगायत विभिन्न वन्यजन्तुका परित्यक्त बच्चाहरू सफलतापूर्वक हुर्काएको जनाएको छ। छाउरा र डमरुका तस्बिरहरू सामाजिक सञ्जाल ट्विटरमा हजारौँ जनाले शेअर गरेका छन्।
कोभिड भारत: भारतीय तीर्थस्थल कसरी कोरोनाभाइरस सङ्क्रमणको केन्द्रबिन्दु बन्यो
गत महिना कोरोनाभाइरसको दोस्रो लहरसँग भारत जुधिरहेको थियो।
गंगामा नुहाउँदा त्यसले आफ्ना पापहरू पखालिने विश्वास हिन्दुहरू गर्छन् त्यही बेला हरिद्वारमा लाखौँ हिन्दुहरू कुम्भमेलाका लागि भेला हुँदा धेरैले यो मेला कोरोनाभाइरस सङ्क्रमणको केन्द्र हुनेमा आशङ्का व्यक्त गरेका थिए। जसले आशङ्का गरेका थिए अहिले हेर्दा ती सही देखिएका छन्। किनभने कुम्भमेलामा फर्किनेहरूमा कोरोनाभाइरस देखिएको भन्ने खबरहरू देशका विभिन्न भागबाट आएका छन्। मार्च १५ तारिखमा महन्त शङ्कर दास मेलामा भाग लिन हरिद्वार पुग्दा नै भारतका विभिन्न भागमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढ्न थालिसकेको थियो। मेला आधिकारिक रूपमा सुरु भएको चार दिनपछि एप्रिल ४ तारिखमा ८० वर्षीय दासमा कोरोनाभाइरस देखियो र उनलाई एउटा शिविरमा क्वारन्टीनमा बस्न सुझाइयो। तर अलग्गै बस्नुको सट्टा उनले झोला बाँधे र १,००० किलोमिटर टाढा पर्ने वाराणसीको यात्राका लागि रेलमा चढे। त्यहाँ उनको छोरा नगेन्द्र पाठकसँग उनको भेट भयो र उनीहरू २० किलोमिटर टाढा पर्ने मिर्जापुर जिल्लामा रहेको आफ्नो गाउँमा एउटै ट्याक्सीमा गए। हरिद्वारमा गएको एप्रिलमा कुम्भमेलाका लागि ९० लाख भन्दा बढी मानिसहरूले भाग लिएका थिए आफ्नो घरबाट मसँग फोनमा कुरा गर्दै महन्त दासले हालसालै आफू "अहिले स्वस्थ एकदमै राम्रो" रहेको बताए र फर्किएपछि घरमै क्वारन्टीमा बसेको बताए। उनले आफूले भाइरस कसैलाई नसारेकोमा आश्वस्त पार्न खोजे तर केही दिनमै उनका छोरा र अन्य केही गाउँलेमा कोभिडको लक्षणहरू देखिन थाल्यो। अहिले पूर्ण रूपमा ठिक भइसकेका पाठकले उनको गाउँमा 'विगत १५ दिनमा ज्वरो र खोकीका कारण १३ जनाको मृत्यु भएको' बताए। गाउँमा देखिएको सङ्क्रमण महन्त दासका कारण भएको वा नभएको दुवै हुनसक्छ। तर स्वास्थ्य विज्ञहरूले उनको व्यवहार गैरजिम्मेवारपूर्ण भएको बताएका छन्। भिडभाडयुक्त रेलमा यात्रा गर्दा र एउटै ट्याक्सीमा चढ्दा उनले गाउँ फर्किँदासम्म कोरोनाभाइरस धेरै फैलाएको हुनसक्ने विज्ञहरू बताउँछन्। सरुवा रोग विशेषज्ञ डा. ललित कान्तका अनुसार 'बिनामास्क भक्तजनहरूको ठूलो समूहहरू नदीको किनारमा गङ्गाको महिमा गाउँदै बस्दा' त्यसले भाइरस फैलाउने एउटा वातावरण बनाइदियो। "गिर्जाघर र मन्दिरमा सामूहिक रूपमा गाउँदा त्यसले छिटो भाइरस फैलिन्छ भन्ने हामीलाई थाहा भइसक्यो," उनले भने। अधिकारीहरूका अनुसार हरिद्वारमा धार्मिक नेतासहित २,६४२ भक्तहरूमा कोरोनाभाइरस देखिएको थियो। छिमेकी उत्तर प्रदेश राज्यका पूर्वमुख्यमन्त्री अखिलेश यादव र नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहमा पनि घर फर्किएपछि कोरोनाभाइरसको सङ्क्रमण देखिएको थियो। बलिवुडका सङ्गीतकार श्रवणको कुम्भमेलाबाट फर्किएलगत्तै मुम्बई अस्पतालमा निधन भयो। अर्को एउटा समूहका नौ जना हिन्दु सन्तहरूको पनि निधन भयो। कुम्भमेलाबाट फर्किनेहरूले अन्यलाई सार्न सक्ने बढ्दो आशङ्का रहँदा थुप्रै चिन्तित राज्यहरूले १४ दिन अनिवार्य क्वारन्टीनमा बस्न निर्देशन दिए। केही राज्यले पीसीआर परीक्षण अनिवार्य गर्नुपर्ने बताए। तर केही राज्यमा मात्रै यात्रुको तथ्याङ्क राख्ने डेटाबेस छ भने सीमा प्रवेश गर्नेको पहिचान र परीक्षणको प्रणाली भने कसैमा छैन। कुम्भमेलाका बेला कम्तीमा नौ जना सन्तहरूमा कोरोनाभाइरस देखिएको अधिकारीहरूले बीबीसीलाई बताएका छन् विगत १५ दिनमा कुम्भमेलाबाट फर्किएकामा कोरोनाभाइरस देखिएको खबर भारतभरिबाट आएका छन्: "यो विनाशकारी हो," डा. कान्तले भने। "र यो सङ्ख्या असाध्यै सानो हो। भिडभाडयुक्त रेल र बसमा यात्रा गर्ने धार्मिक यात्रुको समूहले सङ्क्रमितको सङ्ख्या उल्लेख्य बढाउन धेरै प्रभाव पारेको छ। म कुनै दुबिधाबिना नै भन्न सक्छु कि भारतमा बढ्दो सङ्क्रमितको सङ्ख्याको एउटा मुख्य कारण कुम्भमेला नै हो।" भारतमा सङ्क्रमितको दैनिक सङ्ख्या बढिरहेका बेला र अस्पतालहरूले शय्या, मेडिकल अक्सिजन र जीवनरक्षक औषधिहरूको अभावमा सेवा दिन नसकेका बेला कुम्भमेला रद्द गरेको भए राम्रो हुन्थ्यो कि भनेर सोध्दा महन्त दास जङ्गिए। "त्यसो भए पश्चिम बङ्गालमा सरकारले चुनावी र्‍याली र चुनाव गर्नु कसरी ठिक हो? हामी भक्तहरूलाई मात्रै भेला गर्नु गलत हो भन्न कसरी मिल्छ?" उनले भने। भेला रद्द गर्न प्रधानमन्त्री नरेन्द्र मोदीले अनिच्छा देखाउनुमा महन्त दासजस्ता हिन्दु धर्मका नेताहरूबाट हुने सम्भावित प्रतिक्रिया रहेको आलोचकहरूले बताएका छन्। पुजारी, सन्त र तपस्वीहरू पार्टीका ठूला समर्थक हुन् र चुनावका बेला हिन्दु मत ल्याउनमा उनीहरूले ठूलो भूमिका खेल्छन्। कुम्भमेलाको पहिलो दिन एप्रिल १२ तारिखमा भारतमा सङ्क्रमितको दैनिक सङ्ख्या एक लाख ६८ हजारभन्दा बढी थियो र त्यही दिन ३० लाखभन्दा बढी भक्तजनहरूले आफ्नो पाप पखालिने विश्वासमा गङ्गा नदीमा डुबुल्की मारेका थिए। गत साता कार्यक्रम आयोजकले हरिद्वारको भ्रमण ९१ लाख भक्तजनले भ्रमण गरेको बताएका छन्। के नयाँ भेरिअन्टका कारण भारतमा कोरोनाभाइरस सङ्क्रमण ह्वात्तै बढेको हो कुम्भमेला गर्दा त्यसले खतरा बढाउने भनेर सुरुदेखि नै चिन्ताहरू व्यक्त भएका थिए। स्वास्थ्य विज्ञहरूले मार्च महिनाको सुरुमा नै 'एउटा नयाँ बढी सङ्क्रामक प्रकारको भाइरस देशमा देखा पर्न लागेको' र त्यसले बिनामास्कका लाखौँ मानिसहरूको भेला विवेकसङ्गत नहुने भन्दै सरकारलाई चेतावनी दिएका थिए। उत्तराखण्डका पूर्व मुख्यमन्त्री त्रिवेन्द्रसिंह रावतले विज्ञहरूले 'महामारी छिट्टै नसकिने भनेकाले' आफूले कुम्भमेलालाई सुरुदेखि नै 'सीमित र साङ्केतिक कार्यक्रम' बनाउने योजना गरेको बताए। "यो मेलामा भारतका मात्रै नभई थुप्रै क्षेत्रका मानिसहरूलाई आउँछन्। मलाई स्वस्थ मानिस आएर सङ्क्रमण जताततै लैजालान् भन्ने चिन्ता लागेको थियो।" तर मेलाको केही दिनअघि मात्रै रावतलाई नयाँ मुख्यमन्त्री तिरथसिंह रावतले विस्थापित गरे जसले 'गङ्गाको आशीर्वाद रहिरहँदासम्म कोरोना हुने छैन' भनेका थिए। नयाँ मुख्यमन्त्रीले मेलामा भाग लिन कोभिड नभएको रिपोर्ट देखाउन नपर्ने र 'कसैलाई पनि नरोकिने' केवल सुरक्षा मापदण्ड अपनाए पर्याप्त हुने बताएका थिए। तर हरिद्वारमा लाखौँ मानिस आउँदा सुरक्षाका नियम लागु गराउन अधिकारीहरूलाई सम्भव थिएन। उत्तराखण्डमा रहेको थिङ्कट्याङ्कका संस्थापक अनुप नौतियालले बीबीसीसँग भने, "त्यो सङ्ख्याको भीडलाई नियम पालना गराउन असम्भव भयो। कागजमा धेरै राम्रो देखिन्छ तर कार्यान्वयन गराउन असम्भव हुन्छ।" नौतियालले सन् २०२०को मार्च महिनादेखि नै राज्यको आँकडा राख्दै आएका छन्। सन् २०२१ को मार्च १४ देखि २० सम्मको सातामा ५५७ सङ्क्रमित सङ्ख्या देखिएको थियो र त्यति बेला भक्तजनहरू भर्खरै आउन सुरु गरेका थिए। ‘निको भएपछि कोभिड बिरामीको सेवामै फर्किन्छु’ त्यसपछि सङ्क्रमितको सङ्ख्या उल्लेख्य बढ्न थाल्यो र मेलाको अन्तिम साता २५ एप्रिलदेखि मे १ सम्म ३८,५८१ पुग्यो। "यो सबै सङ्ख्या मेलाकै कारण बढ्यो भन्नु गलत हुन्छ तर सङ्क्रमितको सङ्ख्या बढ्नु र मेला हुनु सँगै भयो," उनले भने। उक्त भेलाले पारेको क्षति नियन्त्रणका लागि भारतले अहिले केही गर्न सक्छ? डा. कान्तले भने, "कसैले भनेका छन् कि भक्तजनले कोरोनाभाइरसलाई भगवानको प्रसादका रूपमा लिनेछन् र फैलाउने छन्। तीर्थयात्रीले सङ्क्रमण जताततै पुर्‍याएका छन् र त्यो दु:खलाग्दो छ।" "अवस्थालाई सुधार्न के गर्न सकिन्छ भनेर म सोच्न सकिरहेको छैन। समुद्रमा हाम्रो जहाज धेरै टाढा पुगिसक्यो। यो एकदमै धेरै दुखलाग्दो छ। म केवल सङ्क्रमण मध्यमस्तरको होस् र मानिसले यसबाट मुक्ति पाउन् भन्ने प्रार्थना गर्न सक्छु।" कोरोना भाइरस भेरिअन्टः भाइरसमा उत्परिवर्तन भयो भने के हुन्छ?
कोरोना भाइरस र वातावरण: जलवायु सम्बन्धी एक ‘बृहत् प्रयोग’
"कतै ज्यादा हुन्छ कि भनेर म निकै चिन्तित हुने गर्थेँ," मेल्बोर्नकी लर्ड मेयर स्याली क्यापले महामारीभन्दा अघिको समयमा जलवायुसम्बन्धी आफ्नो नेतृत्वबारे यसो भन्छिन्।
अस्ट्रेलियाको दोस्रो सबभन्दा धेरै जनसङ्ख्या भएको शहरकी नेताले कोभिड-१९ ले कसरी उनलाई व्यक्तिगत रूपमा अनि मेयरको रूपमा आफ्ना महत्त्वपूर्ण जिम्मेवारीबारे स्पष्ट हुन सघायो भनेर बताएकी छन। "म आफ्ना मूल्यमान्यताप्रति थप प्रतिबद्ध भएकी छु, मानवताको प्राथमिकता अनि वातावरण संरक्षणबारे थप सचेत भएकी छु ताकि तिनले मेरा एजेन्डालाई निर्देशित गर्न सकून्।" महामारीले सन् १९३० ताकाको ग्रेट डिप्रेसन यताको सबभन्दा गम्भीर आर्थिक सङ्कट अनि इतिहासकै एक गम्भीर जनस्वास्थ्य सङ्कट निम्त्याएको छ। यसले उब्जाएका अस्तित्वसम्बन्धी जोखिमले कैयन् व्यक्ति, शहर तथा राष्ट्रिय नेताहरूलाई नयाँ मार्गमा पुर्‍याइदिएको छ। महत्त्वपूर्ण के हो भन्ने निर्क्योल क्यापको सन्दर्भमा यसको मतलब वातावरण सम्बन्धी निर्णयमा आएको बदलाव हुनेछ। उनी चाहन्छिन् यो प्रवृत्ति कोभिड-१९ पछिको दुनियाँमा पनि जारी रहोस्। वास्तवमा महामारीपश्चात् सुधार गर्न खासगरी जलवायु सङ्कटको सन्दर्भमा बदलाव ल्याउन ठूलै आन्दोलन भइरहेको छ। भावनाहरू बदलिरहेका छन्। तर व्यक्तिगत रूपमा जतिसुकै असल नियत भएपनि खास परिवर्तन गर्न उद्योग अनि राष्ट्रिय तथा स्थानीय सरकारहरूमा त्यो देखिनुपर्छ। के महामारीले हामीलाई जलवायु सङ्कटसँग जुध्न आवश्यक परिवर्तन गराउन सघाएको छ? लकडाउनका बेला विश्वभरि कैयन् मानिसले एकदमै भिन्न-भिन्न अनुभव गरे। स्वस्थ्य रहने चाहनाले व्यवहारमा नाटकीय परिवर्तन ल्याइदियो जसलाई कतिपय प्राज्ञहरूले वृहत् प्रयोगसँग तुलना गरेका छन्। कतिपय यस्ता परिवर्तनको दिगो आयाम पनि छ - जस्तो कि लामो दूरीका यात्रामा भएका कटौती। यात्रामा भएका कटौतीले कार्बन उत्सर्जनमा हालसम्म रेकर्ड गरिएको सबभन्दा ठूलो कमी देखियो। लकडाउनका बेला उत्पन्न व्यवहारगत परिवर्तन लकडाउनपछि पनि जारी नरहला - तर के तिनले हाम्रो दृष्टिकोण बदलिदिन्छ? हाम्रो वरपरको संसार बदलिँदै गर्दा त्यसले वातावरणप्रति हाम्रो धारणा र व्यवहार कसरी बदलिदिएको छ? सेन्ट पल तथा मिनियापोलिसको सेन्ट टोमस विश्वविद्यालयकी मनोविज्ञान प्राध्यापक इलिस एमेल भन्छिन् जब मानिसहरूले उनीहरूको कामले उब्जाउने प्रभाव प्रत्यक्ष देख्छन्, उनीहरूले भिन्न व्यवहार गर्छन्। "जब तपाइँ घरमा समय बिताउनुहुन्छ, चाहे घरबाट काम गर्नु परेका कारण होस् वा रोजगारी गुमाएको कारण होस्, तपाइँले पहिलोपटक कति ऊर्जा खर्च भइरहेको अनि कति खाना खेर फालिरहेको भन्ने बारे सोच्नुहुन्छ। त्यसले तपाइँलाई एकछिन रोकिएर सोच्न अनि व्यवहार परिवर्तन गर्न घच्घच्याउँछ," एमेलले भनिन्। यदि हामीले हिँड्न तथा साइकल चलाउन जारी राख्यौँ भने त्यसले वातावरणलाई राम्रै असर परिरहनेछ। उदाहरणका लागि प्लास्टिकको पुन: प्रयोग गर्न थालेमा हामी पृथ्वी जोगाउन सचेत छौँ भन्ने पहिचान स्थापित हुन्छ र त्यसपछि हामी थोरै मासु खान रुचाउनेछौँ। तर युनिभर्सिटी कलेज लण्डनका अनुसन्धानकर्ता जो हेलको भनाइमा यदि हामीले वातावरणलाई राम्रो हुने एकथरी काम गर्‍यौँ भने अर्कोथरी नराम्रो हुने काम गर्न अनुमति मिलेको पनि ठान्न सक्छौँ। एउटा राम्रो काम गरेपछि आफ्नो भूमिका सकिएको ठान्ने खतरा हुनसक्छ। लकडाउनले कसरी हामीलाई र विश्वलाई परिवर्तन गर्‍यो प्रकृतिमा रमाउने अनुभूतिले वातावरणप्रति हाम्रो व्यवहारलाई प्रभाव पार्छ लकडाउनमा घरभित्र वा स्थानीय क्षेत्रमा खुम्चनु पर्दाको एउटा परिणाम के रह्यो भने धेरै मानिसले प्रकृतिसँग रमाउने मौका पाए। गुगल ट्रेन्ड्सका अनुसार विश्वभरि लकडाउनका बेला अनलाइनमा मानिसहरूले "चराका आवाज", "बोटबिरूवाको पहिचान", तथा "बिरूवा रोप्ने" जस्ता विषयमा गत वर्षको यही अवधिमा भन्दा दोबरको परिमाणमा खोजी गरे। अनुसन्धानहरूका अनुसार प्रकृतिमा डुब्दा त्यसले वातावरणप्रति हाम्रो व्यवहारमा प्रभाव पर्छ। एक्सेटर विश्वविद्यालयका वातावरण मनोवैज्ञानिक म्याथ्यु ह्वाइटले कोभिड-१९ भन्दा अगावै एक विशाल प्रयोग गरेका थिए जसमा प्रकृतिसँगको लगाव र त्यसले व्यक्तिको वातावरणप्रति व्यवहारमा सोझो सम्बन्ध भेटिएको थियो। यो नयाँ दृष्टिकोणले हामीलाई अरूप्रति तथा हाम्रो पृथ्वी ग्रहप्रति थप कल्याणकारी हुन प्रोत्साहन गर्छ। तर जब हामी बिदामा घुम्न जान्छौँ त्यतिखेर यो सम्बन्धले काम गर्दैन। महामारी अगाडि गरिएका अनुसन्धानमा प्रकृतिमा समय बिताउनुसँग हामीले बाहिर घुम्न जाँदा प्लेन चढ्ने निर्णय गर्नुसँग सम्बन्ध नभएको पाइयो। नयाँ दिल्लीदेखि लस एन्जलससम्म हामीमध्ये कैयौँले यात्रामा बन्देज लगाएका कारण उत्सर्जन कम हुँदा सफा आकाश र स्वच्छ हावापानीको अनुभव गर्‍यौँ। तर लागेको बानी सजिलै छुट्दैन। "जब स्वाभाविक जीवनशैली फर्कन्छ मानिसहरू पुरानै बानीमा फर्कन्छन्। जस्तो कि गाडी चलाइहाल्ने," साउदर्न क्यालिफोर्निया विश्वविद्यालकी बानीबेहोरासम्बन्धी प्रख्यात प्राध्यापक वेन्डी वुडले भनिन्। परिवर्तनको विन्दु वातावरणसम्बन्धी नीति सुरुमा लोकप्रिय नभए पनि तिनको प्रभाव देखिएपछि मानिसहरूले समर्थन गर्छन् तर वुडको विश्वास छ महामारीले ल्याइदिएको उथलपुथलले दिगो जीवनशैलीतर्फ लाग्न मानिसहरूलाई प्रेरित गरेको छ। तर नेतृत्वले निर्णायक कदम लिएमात्र त्यो सार्थक हुन्छ। वुड लस एन्जलस शहरको मेट्रोको परामर्श समितिमा छिन् र उनीहरूले मानिसहरूलाई निजी गाडीको साटो सार्वजनिक यातायात प्रयोग गराउन प्रेरित गर्न ध्यान दिन्छन्। तर अहिलेको अवस्थामा धेरै मानिस चढ्ने सार्वजनिक यातायात पनि स्वस्थ्य विकल्प होइन। त्यसैले त्यसको पनि दिगो विकल्पको खोजी भइरहेको छ। "मेरो अपिल यातायात निकायहरूसमक्ष के छ भने विस्तारै शहरहरू खुल्दै गर्दा साइकल, स्कुटर तथा पैदल यात्रीलाई सहज बनाइदिनुपर्छ।" अनुसन्धानले के पनि देखाएको छ भने राजनीतिज्ञहरू जीवनशैलीमा परिवर्तन गराउने निर्णय लिन हिच्किचाउँछन् तर सुरुमा त्यस्ता वातावरणसम्बन्धी नीति लोकप्रिय नभएपनि विस्तारै मानिसहरूले साथ दिन्छन्। उदाहरणका लागि प्लास्टिकका झोला प्रयोगमा शुल्क लिनु होस् वा गाडी पार्किङमा थप शुल्क लिनु होस् त्यसको फाइदा आफ्नो शहर र वातावरणमा पुगेको मानिसहरूले देख्न थालेपछि त्यस्ता नीतिमा जनसमर्थन बढ्दै जान्छ। हरित सुधार निश्चय पनि लकडाउनका बेला लागु भएका सकारात्मक परिवर्तनबारे केवल सरकारहरूले मात्र प्रोत्साहन गर्नुपर्छ भन्ने होइन। व्यापार व्यवसायहरूले पनि दिगो नीति लागु गर्न भूमिका खेल्न सक्छन्। ट्विटरले आफ्ना कर्मचारीले सधैँका लागि घरबाटै काम गर्न पनि अनुमति दिएको छ। सरकार र व्यवसायहरूको कार्यमा पनि निकट सम्बन्ध हुन्छ। यूकेका कतिपय ठूला व्यवसायहरूले सरकारलाई पत्र लेख्दै अबको सुधार 'हरित सुधार' हुनुपर्ने बताएका छन्। तर के राजनीतिक नेताहरू पृथ्वीलाई जोगाउन तथा मानवसिर्जित जलवायु परिवर्तनलाई सम्बोधन गर्न आवश्यक कदम चाल्न तयार छन्? यो चुनौती किनपनि निकै सान्दर्भिक छ भने अधिकांश नेताहरू अहिले जटिल आर्थिक अवस्थाको सामना गर्दैछन् जहाँ उनीहरूले हालसम्मकै व्यापक बेरोजगारीको समस्या झेल्नुपरिरहेको छ। त्यसमाथि सार्वजनिक यातायात असुरक्षित ठान्दै धेरै मानिसहरू पुन: निजी गाडीको प्रयोगमा फर्किएका छन्। कसले गर्ने परिवर्तन? मेलबोर्नकी मेयर स्याली क्याप जलवायुसम्बन्धी कदम चाल्न प्रतिबद्ध छिन् शायद यो परिवर्तन देशहरूले होइन, शहरहरूले गर्नेछन्। मार्क वाट्स जलवायु परिवर्तनको सम्बोधनमा लागिपरेको सी फोर्टी नामक विश्वका महानगरहरूको सञ्जालका प्रमुख हुन्। कोभिड-१९ यता उनले नियमित रूपमा ठूला नगरका मेयरहरूसँग महामारी तथा हरित सुधारसम्बन्धी बैठक गरेका छन्। उनी भन्छन् भर्चुअल रूपमा आयोजित यी बैठकमा सम्भावनाबारे निकै चर्चा भएका छन्। "मेयरहरूले यसलाई ठूलै परिवर्तनको बाहकको रूपमा लिएका छन्। महामारीले उनीहरूलाई एकदमै दबावपूर्ण अवस्थामा पुर्‍याएको छ किनभने उनीहरूको शहरहरूमा लाखौँ मानिसहरूको ज्यान गएको छ।" "तर सरकारप्रति बढ्दो जनआस्थाका माझ उनीहरू ठान्छन् वातावरण जोगाउन आवश्यक महत्त्वपूर्ण कदम चाल्ने सही मौका यही हो।" दुई वर्ष अगाडि पद सम्हाले यता मेलबोर्नकी मेयर क्यापले जलवायुसम्बन्धी प्रतिबद्धता दर्शाउँदै आएकी छन्। सन् २०१९ मा उनले जलवायु तथा जैविक विविधताको आपत्‌काल घोषणा गरिन्। तर कोभिड-१९ ले उनलाई वातावरणीय सुधारका कदम तीव्र गतिमा लिन अनुमति दिएको छ। "अब हामी साइकल मार्ग एक वर्षमै बनाउने योजना गर्दैछौँ। यसअघि हामीले त्यो काम एक दशक लगाएर गर्ने योजना गरेका थियौँ," उनले भनिन्। सो शहरले आगामी छ महिनाभित्र डेढ लाख रुख रोप्ने अनि झाडी तथा घाँस उमार्ने योजना गरेको छ। थप अनुसन्धान केट प्रोभोर्नायाबाट यो सामग्री तयार पार्न आवश्यक यात्रामा शून्य किलोग्राम कार्बनडाइअक्साइड खर्च भएको छ किनभने सबै अन्तर्वार्ता भर्चुअल रूपमा गरिएका छन्। यो सामग्रीको डिजिटल उत्सर्जन १२ ग्रामदेखि ३६ ग्राम प्रति पेजभ्यू हुने अनुमान छ। यसको हिसाब हामीले यसरी गर्‍यौँ।
इजरेल-गाजा हिंसाः हवाई आक्रमणमा यसरी ढल्यो 'हमासको कार्यालय भएको भवन'
इजरेली सेनाले हवाई आक्रमण गरेर गाजास्थित एउटा भवन भत्काइदिएको छ।
उक्त भवनमा हमास समूहको कार्यालय भएको बताइएको छ। प्रतिक्रियास्वरूप हमास समूहले इजरेलको तेल अभिभ सहरमा रकेटहरू प्रहार गरेको छ। उक्त क्षेत्रमा केही दिनदेखि तनाव चुलिएको छ। अनि यो पनि
'कोभिड-१९ का कारण मैले हातखुट्टा गुमाएँ'
ब्रिटिश महिला क्यारोलिन कोस्टरले कोरोनाभाइरसका कारण भएको निमोनिया बिग्रेपछि हातखुट्टा गुमाउनु पर्‍यो।
मार्चमा भाइरस सङ्क्रमण भएपछि उनलाई एक महिनासम्म कोमामा राख्नुपर्‍यो र दुई पटक मृत्युको नजिक पुगिन्। उनी चुनौती भए पनि आफ्नो दोस्रो जीवनमा खुसी भएको बताउँछिन् र मानिसहरूलाई कोरोनाभाइरसलाई गम्भीरतापूर्वक लिन आग्रह गर्छिन्। हेर्नुहोस् एउटा भिडिओ।
सगरमाथा: ‘चीनले आफैँ नापिसकेपछि मात्रै संयुक्त रूपमा उचाइ सार्वजनिक गरिने’
नेपालले पहिलोपटक सगरमाथाको उचाइ नाप्ने काम अन्तिम चरणमा पुर्‍याउँदा चीनले पनि आफ्नो तर्फबाट सगरमाथाको उचाइ नाप्ने प्रयास अघि बढाएको छ।
अघिल्लो हप्ता चीनको राज्य नियन्त्रित पत्रिका चाइना डेलीले स्थानीय भाषामा चोमोलोङ्मा भनिने सगरमाथाको हालसम्मकै सबैभन्दा विस्तृत र वैज्ञानिक सर्वेक्षण चीनले अघि बढाएको जनाएको हो। त्यसका लागि ३० भन्दा बढी चिनियाँ सर्वेक्षकहरूले उक्त हिमाल आरोहण गर्न लागेका छन्। अघिल्लो वर्ष चिनियाँ राष्ट्रपति सी जीनपिङको नेपाल भ्रमणका क्रममा नेपाल र चीनले सगरमाथालाई मित्रताको प्रतीक मान्दै संयुक्त रूपमा त्यसको उचाइ घोषणा गर्ने वाचा गरेका थिए। चिनियाँ उचाइ मापन नेपाललाई 'थाहा छ' भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले चीनले तिब्बती मोहडाबाट उचाइ मापनका लागि आरोहण अघि बढाएकोबारे नेपाल सरकार जानकार रहेको बताएकी छन्। उनले भनिन्, "नेपालको तर्फबाट अत्यन्त न्यून काम गर्न बाँकी छ। तर चीनले हामी आफ्नोतर्फबाट पनि नाप्छौँ र त्यसपछि संयुक्त रूपमा उचाई घोषणा गरौँला भन्ने अनुरोध गरेकाले केही ढिलाइ भएको हो।" उनले थपिन्, "हाम्रोमा तथ्याङ्क प्रशोधनको काम भइरहेको छ। चीनका तर्फबाट भर्खर आरोहण भइरहेको छ। उसले पनि छिट्टै तथ्याङ्क प्रशोधन गर्ला र त्यसपछि संयुक्त रूपमा उचाई घोषणा गर्ने भन्ने हाम्रो सल्लाह हो।" परराष्ट्र मन्त्रालयका एकजना अधिकारीले पनि आफ्नो प्रयासबारे चीनले नेपाल सरकारलाई जानकारी गराएको बीबीसीलाई पुष्टि गरे। नापी विभागका अधिकारी आधार शिविरमा तिब्बती मोहडाबाट चिनियाँ सर्वेक्षकहरूले गरिरहेको सगरमाथा आरोहणलाई उनले नेपाल र चीन मिलेर संयुक्त रूपमा उचाइ सार्वजनिक गर्ने अभियानको अङ्ग भएको बताए। नापी विभागका सूचना अधिकारी दामोदर ढकालका अनुसार नेपाली पक्षले अघि बढाएको शिखरको उचाइ नाप्ने अभियान अन्तर्गत 'फिल्ड' मा गर्नुपर्ने काम सम्पन्न भएको छ र हाल लकडाउन नभएको भए तथ्याङ्क प्रशोधनको काम अघि बढिसकेको अवस्थामा हुने थियो। चुचुरोमा जाँदै चिनियाँ टोली चाइना डेलीका अनुसार चीनको परराष्ट्रसहित दुईवटा मन्त्रालय, खेलकुद हेर्ने निकाय र तिब्बतको स्थानीय सरकारले संयुक्त रूपमा उक्त 'मिसन' अघि बढाएका हुन्। चीनले ग्लोबल न्याभिगेशन स्याटेलाइट सिस्टम रिसिभर, गुरुत्वाकर्षण नाप्ने यन्त्र, हिमपातबारे जानकारी दिने रेडार र मौसमसम्बन्धी जानकारी दिने उपकरण उचाइ नाप्न खटिएको 'पहिलो बिग्रेडले सगरमाथाको चुचुरोमा लैजान लागेको' उक्त समाचारमा उल्लेख छ। हालसम्मकै आधुनिक प्रणाली अपनाइएको र त्यसमा घरेलु सर्वेक्षण उपकरणदेखि थ्री डी प्रविधिसम्म प्रयोग गरिने चीनको भनाइ छ। कोरोनाभाइरसको विश्वव्यापी महामारीका माझ नेपालले यसपालीको बसन्तयाममा आफ्नो तर्फबाट ८ हजार ८४८ मिटर अग्लो सगरमाथाको सबै किसिमको आरोहणमा बन्देज लगाएको छ। चीनले तिब्बती मोहडाबाट चाहिँ विदेशीहरूका लागि मात्रै आरोहणमा बन्देज लगाइएको जनाएको थियो। यो वर्ष तिब्बती मोहडाबाट पहिलो सफल सगरमाथा आरोहण भएको ६० वर्ष पुग्दैछ। चीनले यस वर्षलाई आफ्नो तर्फबाट सगरमाथाको पहिलो पटक वास्तविक उचाइ नापिएको ४५ वर्षका पुगेको पनि उल्लेख गरेको छ। उचाइ नाप्ने विभिन्न प्रयास नेपाल र विश्वले सन् १९५४ मा सर्वे अफ इण्डियाले सार्वजनिक गरेको ८ हजार ८ सय ४८ मिटरलाई सगरमाथाको उचाइका रूपमा मान्यता दिँदै आएका छन्। सबैभन्दा पहिलो पटक 'द ग्रेट ट्रिगोनोमेट्रिक सर्वे' अन्तर्गत ब्रिटिश उपनिवेशकालीन समयमा भारतीय उपमहाद्वीपको वैज्ञानिक नक्साङ्कन गर्ने क्रममा सन् १८४७ मा सर्वे अफ इण्डियाले सगरमाथाको उचाइ ८ हजार ८ सय ७८ मिटर रहेको घोषणा गरेको थियो। शुरूमा 'पिक-XV' भनिएको सगरमाथालाई सन् १८६५ सर्वे अफ इण्डियाका तत्कालीन सर्वेयर जेनरल कर्णेल जर्ज एभरेष्टको सम्मानमा अङ्ग्रेजहरूले माउन्ट एभरेष्ट नामाकरण गरेका थिए। इतिहास शिरोमणि बाबुराम आचार्यले पछि नेपाली नाम सगरमाथा दिएका थिए। सर्वे अफ इण्डियाका विभिन्न दस्ताबेजमा जनाइए अनुसार शुरूमा हिमालयलाई संसारको सर्वोच्च हिमशृङ्खला ठानिएको मात्रै भए पनि सन् १८५० को प्रारम्भमा भएका अध्ययनले त्यसलाई पुष्टि गरेको थियो। सगरमाथाको पहिलो नक्सा भारतको सर्वे अफ इण्डियाले बनाएको थियो सर्वे अफ इण्डियाले प्रारम्भिक चरणमा देहरादुनदेखि डेढ सय किलोमिटर उत्तरपूर्व बिहारमा अवस्थित अवलोकन केन्द्रहरूबाट सगरमाथाको उचाइबारे अध्ययन गरेको थियो। सन् १८४९/५० को अध्ययनले हिमालको उचाइ ८ हजार ८ सय ४० मिटर देखाएको थियो। सन् १८८० देखि ८३ सम्म र १९०२ मा भएका प्रयासमा दार्जिलिङबाट हिमालयको उचाइको अध्ययन गरिएको थियो। त्यसअन्तर्गत कर्णेल बुर्राड नेतृत्वको टोलीले उचाइ ८ हजार ८ सय ८२ मिटर भएको निष्कर्ष निकालेको पनि सर्वो अफ इण्डियाका दस्ताबेजमा उल्लेख छ। त्यसैगरी सन् १९५२ देखि ५४ सम्म अघि बढाइएको मापन प्रकियालाई वैज्ञानिक बनाउन सावधानी अपनाइएको थियो र आठवटा स्थानबाट सगरमाथालाई अवलोकन गरिएको थियो। विगतमा सगरमाथालाई अवलोकन गर्न गलत ठाउँ र उचाइमा केन्द्रहरू राखिएको भन्दै त्यसबेला गरिएको सो मापनले अहिलेको उचाइ दिएको बताइन्छ। जर्ज एभरेष्टको नाममा सगरमाथाको अङ्ग्रेजी नामकरण गरिएको हो सन् १९६६-६८ मा चीनले आफ्नो तर्फबाट सगरमाथा मापनको काम अघि बढाएको थियो। पहिलो पटकको चिनियाँ सर्वेक्षणमा सगरमाथाको उचाइ ८ हजार ८ सय ५० मिटर देखिएको थियो। चीन एक्लैले चार पटक र अमेरिका अनि इटलीसँग संयुक्त रूपमा गरी जम्मा ६ पटक सगरमाथाको मापन गर्ने प्रयास गरेको दस्ताबेजहरूमा उल्लेख छ। विभिन्न दस्तावेजहरूका अनुसार सन् १९९९ मा अमेरिकाको न्याशनल जिओग्राफिक सोसाइटीले जीपीएसको सहायताले सगरमाथाको उचाइ ८ हजार ८ सय ५० मिटर रहेको निष्कर्ष निकाल्यो जसलाई नेपालले स्वीकार गरेन। सन् २००५ तिर चिनियाँ नापी सर्भेपछि सगरमाथाको उचाइ ८ हजार ८ सय ४४ दशमलब ४३ जति रहेको र त्यसमा हिउँको उचाइ चार मिटर जति रहेको निष्कर्ष निकालियो। त्यसपछि उचाइ विवाद झनै चर्किन पुग्यो। सन् २०१० तिर मात्रै नेपाल र चीनबीच सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर नै हो भन्ने सहमति जुटेको थियो। नेपाली प्रयास लगभग अन्तिम चरणमा सगरमाथा उचाइ मापन सचिवालयका अनुसार सन् २०१७ को डिसेम्बरमा अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठी सम्पन्न गरेपछि नेपालले पहिलो पटक आफैँले सगरमाथाको उचाइ नाप्ने प्रक्रिया अघि बढाएको हो। उक्त परियोजनाका प्रमुख सर्वे अधिकृत तथा संयोजक सुशील डङ्गोल भन्छन्, "अब हाम्रो जम्मा पाँच प्रतिशत काम सम्पन्न हुन बाँकी रहेको छ।" समुद्री सतहबाट सगरमाथाको उचाइ मापन, सगरमाथा देखिने १२ वटा बिन्दुबाट हिमाल अवलोकन र जीपीएस एवम् गुरुत्वाकर्षण सर्वेको काम सम्पन्न हुँदा झण्डै ३०० वटा बिन्दुबाट सर्वेक्षकहरूले तथ्याङ्क सङ्कलन गरिसकेका छ त्यसबाहेक दुईजना नापी विभागका अधिकारीहरूले सन् २०१९ को वसन्तयाममा सगरमाथाको आरोहण गरेका थिए। डङ्गोलका अनुसार शेर्पाहरूको सहयोगमा जीपीएस उपकरणसहित चुचुरोमा पुगेका उनीहरूले त्यहाँ १ घण्टा १६ मिनेट अवलोकन गरेका थिए। चीनका तर्फबाट भइरहेका उचाइ मापनका कामबारे आफू खासै जानकार नरहेको नापी विभागका अधिकारीहरू बताउँछन्। उचाइबारे फरक मत सगरमाथाको ठ्याक्कै उचाइ कति हो भन्नेबारे सर्वेक्षकहरूको फरकफरक राय पाइन्छ। त्यही भएर विश्वभरिका भौगोलिक अध्येताहरूले यस विषयमा लामो समयदेखि रुचि राख्ने गरेका छन्। भूगर्भविद्हरू चाहिँ हिमालय क्षेत्र मुनितिर रहेको भूगर्भमा भारतीय र युरेशियाली प्लेटको हलचलले हिमालयको उचाइलाई प्रभाव पारिरहेको ठान्छन्। सन् २०१५ मा नेपालमा आएको विनाशकारी भूकम्पका कारण सगरमाथामा पनि त्यस्तो हलचलको असर परेको कतिपय वैज्ञानिकले बताइरहँदा यसपाली धेरैले उचाइ मापनलाई व्यग्रतासाथ कुरिरहेका छन्। त्यसबाहेक भारतको सर्भे निकायले घोषणा गरेको उचाइले मान्यता पाइरहेका बेला उच्चस्तरीय राजनीतिक समझदारीपछि नेपाल र चीनले संयुक्त रूपमा अघि बढाएको प्रयासको भूराजनीतिक आयामहरूबारे पनि थप चासो प्रकट भएको पाइन्छ।न्।
कोरोना भाइरस भारतः कोभिड-१९ ले मृत्युदर बढेपछि चौबीसै घण्टा सामूहिक दाहसंस्कार
कोरोनाभाइरस महामारीका कारण भारत अहिले अभूतपूर्व सङ्कटमा परेको छ।
कोभिड-१९ को दोस्रो लहर फैलिन थालेपछि बिरामी र मृतकको सङ्ख्या ह्वात्तै बढेको छ। भारतमा कोभिड-१९ का कारण मृत्यु हुने मानिसको सङ्ख्या दुई लाख नाघिसकेको छ। यहाँ प्रस्तुत गरिएका केही तस्बिरले कसैकसैलाई विचलित पार्न सक्छन्। दिल्लीस्थित एउटा मसानघाटमा कोभिड-१९ का कारण मृत्यु भएका मानिसको दाहसंस्कार गरिँदै विगत सात दिनमा भरतमा अन्य देशमा भन्दा धेरै मानिसमा कोभिड-१९ पुष्टि भएको छ। अस्पतालमा शय्या तथा अक्सिजन र औषधि नपाएर बिरामीहरूको मृत्यु भएको छ। अस्पतालहरू बिरामीहरूको भार नसक्ने अवस्थामा पुगिसकेका छन्। अहिले अन्तिम संस्कार गर्ने ठाउँमा पनि ठूलो चाप बढेको छ। केही मसानघाटहरू अहोरात्र सञ्चालित छन्। त्यहाँ काम गर्ने कर्मचारीहरू आफूले विश्रामबिना नै दाहसंस्कार गरिदिनुपरेको बताउँछन्। हिन्दू धर्मावलम्बीहरूका लागि अन्त्येष्टि अर्थात् दाहसंस्कार एकदमै महत्त्वपूर्ण मानिन्छ। भारतको राजधानी दिल्लीका घाटमा शव जलाउन ठाउँ नपुगेर नयाँ चिता बनाउपरेको छ। त्यहाँ घाटनजिकैका खाली ठाउँमा दाहसंस्कार गरिएको छ। अन्तिम संस्कारका लागि आवश्यक दाउरा जुटाउन सहरका उद्यानमा भएका रूखहरू काट्न थालिएको छ। मृतकका शोकाकुल आफन्तहरूले अन्त्येष्टिका लागि लामो समय पालो कुर्नुपरेको छ। दिल्लीमा मृतकका आफन्त र मसानघाटका कर्मचारीहरू अन्त्येष्टिमा सहभागी भएका केही तस्बिरहरू प्रस्तुत गरिएको छ। पीपीई लगाएका एक व्यक्ति आफ्ना आफन्तको अन्त्येष्टिका लागि चिता बनाउन दाउरा ओसार्दै दाहसंस्कारका लागि बनाइएका चितानजिकै एक स्वास्थ्यकर्मी सामूहिक अन्त्येष्टिका लागि चिता तयार पारिँदै (तल र माथि) केही मसानघाटमा अहोरात्र चिताहरू जलिरहेका छन् घाटका कर्मचारीहरू बिनाविश्राम काम गरिरहेका छन् केही सातादेखि कोभिड-१९ का कारण मृत्यु बढेकाले दाहसंस्कार गर्ने स्थानमा चाप बढेको छ ड्रोनबाट खिचिएको यो तस्बिरमा दिल्लीनजिकै सामूहिक दाहसंस्कार भएको दृश्य देखिन्छ यी बालक आफ्ना पिताको अन्तिम संस्कारका बेला शोकाकुल देखिन्छन् आफन्तको अन्तिम संस्कारका बेला यी दुई दिल्लीवासी भाविह्वल छन् अरू एकअर्कालाई सान्त्वना दिइरहेका छन् धेरै मानिसले आफ्ना स्वजनको अन्त्येष्टि गर्न घण्टौँ पालो कुर्नुपरेको छ परिवारका सदस्यहरू चितानजिकै बसेका छन् यो घाटमा धुवाँ उडिरहेको छ सबै तस्बिरको प्रतिलिपि अधिकार सुरक्षित
ट्रम्पका पर्खालको नमूना बनाइने
ट्रम्प प्रशासनले राष्ट्रपतिले ठूलो प्रचार प्रसार गरेको मेक्सिकोसँगको सीमामा लगाउने भनेको सीमा पर्खालका लागि कंक्रिटको नमूना बनाउन चार कम्पनी चुनिएका छन्।
अमेरिका मेक्सिकोबीचको सीमाको केही भागमा अहिले नै पर्खाल छ मेक्सिको पर्खाल राष्ट्रपति ट्रम्पले दिएका पाँच कार्यकारी निर्देशनमध्ये एक हो जसले दुवै मुलुकमा विरोध निम्त्याएको छ। अमेरिकी सीमा गस्तीका प्रमुख तथा डेपुटी कमिशनर रोनाल्डो भिटीएलोले प्रेस सम्मेलनमा भने अनुसार अलाबामा, एरिजोना, टेक्सस र मिसिसिपिका कम्पनीहरुसँग सम्झौता गरिएको छ। चार कम्पनीहरु हरेकलाई पाँचलाख डलरसम्म तिरेर तीस फुट लामो कंक्रिटको नमूना सीमा पर्खाल बनाइने भएको छ। चुनावी प्रचार प्रसारका बेला ट्रम्पले पर्खाल अमेरिकाले बनाउने र पैसा मेक्सिकोलाई तिराउने भनेका थिए। नमूना पर्खाल स्यानडियागो क्यालिफोर्नियामा बनाइने भएको छ।
'मोटोपन पनि सुन्दर' सन्देश दिँदै प्लस साइज मोडलहरू
हामी सबैको वजन एकै प्रकारको हुँदैन। तर मोटा भएकै कारण धेरै मानिस व्यङ्ग्यका पात्र बन्छन्।
सामाजिक छेडपेचका बीच आफ्नो शरीरलाई माया गर्न सिकेका महिलाहरू प्लस साइज मोडल बनेर सकारात्मक सन्देश फैलाउने प्रयासमा छन्। सुन्दरताको पहिचान शरीरको आकार प्रकारले हुँदैन भन्ने चारजना प्लस साइज मोडलहरू आफूले जीवनमा भोगेका अनुभव र मोटोपनका बारेमा के भन्छन्? हेर्नुहोस् सृजना श्रेष्ठको भिडिओ - अनी यो पनि
कोरोना भाइरस: कसरी जोखिम बेहोरेर सेवारत छन् ब्रिटेनमा कार्यरत नेपाली नर्सहरू
संसारका अरू मुलुकहरू जस्तै ब्रिटेनमा पनि कोरोनाभाइरसको महामारीले जनजीवन अस्तव्यस्त छ।
सरकारले मानिसहरूलाई अत्यावश्यक काम नभएसम्म बाहिर ननिस्कन भनेको छ, तर रश्मिता दर्लामीलाई बिहानै उठेर काममा जान हतार हुन्छ। लन्डनस्थित सेन्ट मेरीज हस्पिटलको स्त्रीरोग सम्बन्धी विभागमा कार्यरत रश्मिताले अस्पतालले अहिले अन्य रोगका बिरामीहरूका सबै 'अपोइन्टमेन्ट' रद्द गरेर कोभिड -१९ (कोरोनाभाइरस सङ्क्रमणबाट लाग्ने रोग)बाट सङ्क्रमित बिरामीहरू मात्रै हेरिरहेको बताइन्। "मेरै वार्डका २/३ जना साथीहरू बिरामी हुनुभएको छ, एकान्तवासमा बसिरहनु भएको छ, त्यसैले थोरै जनशक्तिले धेरै काम गर्नु पर्ने वातावरण छ," वार्ड म्यानेजरको रूपमा काम गरिरहेकी रश्मिताले बताइन्। मुख्य समस्या यो महामारीले पारेको मानसिक दबाब रहेको नर्स रश्मिता दर्लामीले बताएकी छन् "सुरुमा सङ्क्रमितहरूसँग सम्पर्कमा आउनुअघि स्वास्थ्यकर्मीहरूले लगाउनु पर्ने व्यक्तिगत सुरक्षा उपकरण (पीपीइ) आइनपुगेर तनाव भएको थियो भने अहिले हरेक घण्टामा फेर्नु पर्दा नपुग्ने अवस्था आउने गरेको छ," उनले भनिन्। "हामी पब्लिक हेल्थ इङ्ग्ल्याण्डले जारी गरेको निर्देशिका पालना गर्छौं जसअनुसार निलो सर्जिकल मास्क, प्लास्टिकको हाफ एप्रोन र पन्जा लगाउँछौँ, तर मुख्य समस्या चाहिँ यो रोगले उत्पन्न गर्ने मानसिक दबाब नै हो," रश्मिताले भनिन्। कैयन् नेपालीको मृत्यु ब्रिटेनमा अहिले कोभिड-१९ रोगका कारण दिनहुँ सयौँको ज्यान जान थालेको छ। एउटा सरकारी निकाय, पब्लिक हेल्थ इङ्ग्ल्याण्डका अनुसार शनिवार (११ एप्रिल) मा मात्रै ९१७ जनाको ज्यान गएको थियो। अहिलेसम्म ब्रिटेनमा झन्डै ७९ हजार जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएको छ भने झन्डै १० हजार जनाको मृत्यु भइसकेको छ। तीमध्ये ब्रिटेनमा बसोबास गर्ने चारजना भूतपूर्व गोर्खा सैनिक सहित कम्तीमा ६ जना नेपालीहरूको दु:खद निधन भएको बताइएको छ। अभूतपूर्व दबाब गएको १४ वर्षदेखि ब्रिटेनको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस)मा कार्यरत वरिष्ठ नर्स प्रसुना कंडेल अहिले जत्तिको काममा दबाब र तनाव यसअघि कहिल्यै नबेहोरेको बताउँछिन्। "एकातिर सक्दो प्रयास गर्दा पनि ठूलो सङ्ख्यामा बिरामीहरूको आफ्नै आँखा अगाडि निधन भै रहेको छ भने सङ्क्रमणबाट आफू कसरी जोगिने भन्ने चिन्ता पनि छ," लन्डनस्थित नर्थवेस्ट एनएचएस ट्रस्ट अन्तर्गतको एक अस्पतालको सघन उपचार कक्षमा सिनियर सिस्टरको रूपमा कार्यरत प्रसुनाले भनिन्। "पहिलो पटक बुवाले पनि नेपालबाट फोन गरेर छोरी जागिर छाडिदेउ भन्नु भयो, मन नै अमिलो भयो।" त्यसो त नेप्लिज नर्सेस एसोसियशन युकेकी पूर्व अध्यक्ष प्रसुना आफू मात्रै होइन ब्रिटेनमा कार्यरत अरू नेपाली नर्सहरूको मनोबल बढाउन पनि खटिरहेकी छिन्। काममा अरूको हेरचाहका साथसाथै आफू कसरी जोगिने भन्ने चिन्ता पर्ने प्रसुना कंडेल बताउँछिन् उनले एउटा भिडिओ बनाएर आफ्नो सन्देश आफ्नै फेसबुक पेजमा पोस्ट गरिन्। उनले साथीहरूलाई फोन गरेर हालखबर बुझ्ने पनि गरिरहेकी छिन्। "काम सकेर घर फर्किँदा निकै थाकेकी हुन्छु, तर खाना खाएर सुत्नु अघि युट्युबमा गाइडेड मेडिटेसन लगाएर ध्यान गर्छु। यसले राम्रो निद्रा परेको अनुभव गरेकी छु," उनले भनिन्। कति नेपाली नर्स छन् ब्रिटेनमा? ब्रिटेनको नर्सिङ्ग एण्ड मिडवाइफरी काउन्सिलको तथ्याङ्क अनुसार सन् २०१७ सम्ममा झन्डै १७ सय नेपाली नर्सहरू उक्त काउन्सिलमा दर्ता भइ विभिन्न अस्पताल र स्वास्थ्य केन्द्रहरूमा कार्यरत थिए। तर काउन्सिलमा दर्ता नभइकन विभिन्न हेरचाह केन्द्रमा कार्यरत नेपाली नर्सहरूको सङ्ख्या त्यसको दोबर हुन सक्ने वरिष्ठ नर्सहरू नै बताउँछन्। न त कुनै खोप, न कुनै उपचार, महामारीको रूपमा फैलिएको कोभिड-१९ रोगले आम मानिसलाई जस्तै अग्रपङ्क्तिमा रहेका स्वास्थ्यकर्मीहरूलाई पनि त्रसित बनाएको छ। ब्रिटेनमा अहिलेसम्म नर्स, डाक्टर लगायत कम्तीमा १९ जना स्वास्थ्यकर्मीहरूको कोरोनाभाइरस सङ्क्रमणका कारण ज्यान गइसकेको छ। महामारी फैलँदै जाँदा हरेक दिन सैयौँको सङ्ख्यामा बिरामीहरू अस्पताल भर्ना हुने गरेका छन्। कोरोनाभाइरसबाट सङ्क्रमित ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनलाई सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो। कोरोनाभाइरसबाट सङ्क्रमित भएका स्वास्थ्यमन्त्री म्याट ह्यानकक निको भएपछि अहिले काममा फर्किसकेका छन्। स्वाभाविक त्रास "यस्तो बेला अग्रपङ्क्तिमा रहेका हामी स्वास्थ्यकर्मीहरू त्रसित हुनु स्वाभाविक हो। हामी सबैको आफ्नो परिवारको रेखदेख गर्नु पर्ने जिम्मेवारी छ। त्यसले गर्दा पनि महामारीले स्वास्थ्यकर्मीहरूमाथि निकै दबाब र तनाव थपिदिएको छ," ऐल्सबेरीस्थित स्टकम्यान्डभिल अस्पतालमा कार्यरत वरिष्ठ नर्स अजिता सिम्खडाले भनिन्। कोरोनाका लक्षणहरू देखिएकाले गर्दा झन्डै २ सातासम्म घर मै एकान्तवासमा बसेपछि अजिता अहिले निको भएर आफ्नो काममा फर्किसकेकी छन्। मानसिक चिन्ताबाट पार पाउन गीत सङ्गीतका साथै साथीहरूसँग मनका कुरा र ध्यानको अभ्यास गरिरहेको अजिता सिम्खडाको भनाइ छ धेरै नेपाली नर्सहरूले कामको दबाब र मानसिक तनाव बेहोरिरहेको थाहा पाएपछि अहिले उनले हरेक दिन बेलुका अनलाइन परामर्श शुरू गरेकी छिन्। "यसमा हामी गीत, सङ्गीत सुन्छौँ। साथीहरूले आफ्ना मनका कुरा, चिन्ता निर्धक्क बाँड्नुहुन्छ र केही समय ध्यानको अभ्यास पनि गर्छौं," नेप्लिज नर्सेस एसोसियशन युकेकी संस्थापक अध्यक्ष समेत रहेकी अजिताले भनिन्। नर्सको भूमिका महत्त्वपूर्ण सङ्क्रामक महामारीको बेलामा मात्रै हैन, सामान्य अवस्थामा पनि बिरामीको हेरविचार गर्न नर्सहरूको भूमिका निकै महत्वपूर्ण हुन्छ। बिरामीको तापक्रम, रक्तचाप इत्यादी मापन गर्ने, समय समयमा औषधी दिने, शल्यक्रिया गर्दा विशेषज्ञ डाक्टरलाई सघाउने जस्ता काम नर्सले नै गर्दछन्। ब्रिटेनमा गत चार दशकदेखि एनएचएसमा कार्यरत वरिष्ठ चिकित्सक डा. राघवप्रसाद धिताल अग्रपङ्क्तिमा काम गरेका नेपाली नर्सहरूले आफ्ना सहकर्मी र बिरामीहरूको मन जितेको बताउँछन्। "तर अहिलेको जस्तो सङ्कटको अवस्थामा त्यसरी काम गर्ने नर्स र स्वास्थ्यकर्मीहरूलाई उनीहरूको परिवारले ढाडस दिनु र सहयोग गर्नु पर्दछ। दिनभरि ड्युटी गरेर थाकेर आएकी श्रीमतीले घरमा आएर खाना पकाइ दिउन्, छोराछोरी हेरी दिउन् भन्ने मानसिकता राख्नु हुँदैन। सक्दो हौसला र सहयोग गर्नु पर्दछ," उनले भने। परिवारको सहयोग ब्रिटेनमा स्वास्थ्यकर्मीहरूले यसअघि यस्तो सङ्कटसँग जुध्नु परेको डा. धिताललाई कुनै सम्झना छैन। "अग्रपङ्क्तिमा काम गर्ने नर्स तथा चिकित्सकहरूले जोखिम बेहोरेरै काम गरिरहेका छन्। व्यक्तिगत सुरक्षा उपकरण (पीपीइ) नदिएर काम गर भन्नु सैनिकलाई हतियार नदिएर लड्न जाउ भन्नु जस्तै हो। अहिले पीपीइको अभाव धेरै हदसम्म समाधान भएको छ, तर यो नयाँ रोग भएको र औषधि आइनसकेकाले स्वास्थ्यकर्मीहरूमा पनि त्रास छँदैछ।" यस्तो त्राससँग जुध्न सघाउन परिवारको भूमिका महत्त्वपूर्ण हुन्छ। एनएचएसका स्वास्थ्यकर्मी अग्रपङ्क्तिमा खटिएका छन् रश्मिताका श्रीमान मिन दर्लामी एक वित्तीय परामर्शदाता हुन्। अहिले उनले धेरैजसो काम घरबाटै गर्ने गरेका छन्। "म बिहान श्रीमतीलाई आफ्नै मोटरमा अस्पताल पुर्‍याउन र लिन जान्छु। यात्रा गर्दा मैले उनका कुराहरू ध्यान दिएर सुन्छु र सकेसम्म सल्लाह पनि दिन्छु। उनलाई मैले घरमा पनि सघाउने गरेको छु," दर्लामीले भने। रश्मिता अनिश्चय र सङ्कटको यो बेला आफ्ना श्रीमान जस्तै सबै नेपाली नर्सहरूका श्रीमान, श्रीमतीलाई आफ्नो जीवनसाथीको कुरा सुनिदिन र सक्दो सहयोग गर्न सुझाव दिन्छिन्। "हरेक दिन जोखिम बेहोरिरहेका पेशाकर्मीहरूले आफ्नै परिवारबाट यति अपेक्षा त गर्नै प-यो नि," उनले भनिन्। हरेक बिहिबार राति ८ बजे ब्रिटेनभरि मानिसहरू घर बाहिर निस्केर आफ्नो ज्यान जोखिममा राखेर सङ्कटको यो घडीमा पनि अग्रपङ्क्तिमा सेवा पुर्‍याइरहेका नर्स, डाक्टर र अन्य सेवाकर्मीहरूको प्रशंसा गर्दै ताली पिट्ने गर्दछन्। यसले गर्दा आफूहरूको मनोबल बढेको वरिष्ठ नर्स अजिता सिम्खडाले बताइन्। "हामीले जोखिम बेहोरेर सेवा गरिरहँदा तपाईंहरू सकभर घरभित्रै बसिदिनुहोस्। सरसफाइमा ध्यान दिनुहोस्, तातो सुप, झोल पदार्थ पिउनुहोस्। हामी सबैले एक अर्कालाई सघायौँ भने सङ्कटको यो घडी कसो पार गर्न नसकिएला र?" उनले भनिन्।
'वैदेशिक रोजगारीबाट फर्किँदा नेपालीबाटै यसरी लुटिएँ'
दशैँ, तिहार र छठजस्ता चाडपर्वलाई लक्षित गर्दै अपराध नियन्त्रणका लागि विशेष सुरक्षा र अनुगमन कार्य बढाइए पनि ती कार्ययोजना प्रभावकारी नदेखिएको गुनासो पीडितहरूको छ।
त्यसको मारमा वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरू पर्ने गर्छन्। खासगरी उनीहरू सीमा क्षेत्र र बसपार्कहरूमा लुटिने गर्छन्। दशैँको मुखमा दक्षिण कोरियाबाट घर फर्केका दाङ्गका रामबहादुर सिंह र पाँचथर घर भइ हाल साउदी अरेबियाबाट फर्किएका अमृतबहादुर साम्बाहाम्फेले नेपालीबाटै लुटिनुपरेकोमा चिन्ता व्यक्त गरेका छन्। उनीहरूमध्ये सिंहलाई नसालु पदार्थ खुवाएर र साम्बाहाम्फेलाई कुटपिट गरेर बसपार्क क्षेत्रबाट लुटिएको बताइएको छ। चाडपर्वका बेला बसपार्कमा चाप बढ्ने र त्यही अनुसार नागरिकका गुनासालाई सम्बोधन गर्न तत्कालै परिचालन हुनसक्ने विशेष टोलीहरू सक्रिय रहेको प्रहरीको भनाइ छ। हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ। अनि यो पनि वैदेशिक रोजगारीमा 'जाँदा आशा, फर्किँदा निराशा'
चीनमा अलपत्र नेपाली महिला कामदार: कसरी पुगे, किन फर्कन चाहन्छन्
चीनमा ४० जनाभन्दा बढी नेपाली महिला म्यान पावर कम्पनीमार्फत् एउटा गार्मेन्ट फ्याक्ट्रीमा पुगेको तर ती महिलाहरूसँग कामका लागि आवश्यक किसिमको राहदानी नभएको, आवश्यक सीप पनि नरहेको र भनेको भन्दा निकै कम तलबमा काम गर्नुपरेको खबर सार्वजनिक भएका छन्।
परिचय बचाउन तस्बिर सम्पादन गरिएको छ ती महिलासँग सम्पर्कमा रहेका चिनियाँ अन्तर्राष्ट्रिय रेडियो सीआरआइ नेपाली सेवा बेइजिङमा कार्यरत पत्रकार चेतनाथ आचार्यसँग गरिएको कुराकानीको सम्पादित अंश: चेतनाथजी, गार्मेन्ट फ्याक्ट्रीमा ४४ जना दुःख पाएर बसेको खबरहरू आए। अहिले चीनमा नेपाली महिलाहरू काम गर्न जाने सङ्ख्या बढेको हो? चीनमा काम गर्न आउने नेपाली महिलाको सङ्ख्या बढेको होइन। यसभन्दा अगाडि यसरी खासै आएका पनि थिएनन्। नयाँ 'केस' हो। चीनको ल्याओनिङ प्रान्तको एउटा गार्मेन्ट फ्याक्ट्रीले नेपालको म्यानपावर कम्पनीसँग सम्झौता गरेर र नेपालको श्रम विभागबाट श्रम स्वीकृति लिएर पठाएको रहेछ। चीनमा अरू देशबाट पनि विदेशी कामदार ल्याउने गरिएको छ? आएका छन्। जस्तो म आफैँ पनि चीनमा 'वर्किङ भिसा'मा काम गरिरहेको छु। यहाँ काम गर्न आउन पहिलो कुरा त स्नातक पास गरेको हुनुपर्छ। र उसको कामको क्षमता के हो त्यो काम कुन ठाउँमा आवश्यक छ भन्ने कुरा पुष्टि हुनुपर्छ। चीन सरकारले स्वीकृति दिएपछि मात्रै कामकाज गर्ने 'जेड' भिसा प्राप्त हुन्छ। दोस्रो कुरा जुन ठाउँमा अहिले ४४ जना नेपाली महिला अलपत्र छन् त्यो ठाउँ भनेको उत्तर कोरियाको सीमा नजिकै पर्छ र त्यस क्षेत्रमा केही उत्तर कोरियाली नागरिकहरू काम गर्छन्। तर त्यो चाहिँ अलि फरक घटना हो। जस्तो केरुङमा एक हजार नेपाली काम गर्छन्। उनीहरूले वर्किङ भिसा लिएका छैनन्। त्यसै गरेर हुम्लाको ताक्लाकोटको पारीपट्टि तिब्बततिर पनि लगभग पाँच सय नेपाली काम गर्छन्। उनीहरूलाई पनि वर्किङ भिसा चाहिँदैन। सीमा क्षेत्रका नागरिकहरूलाई एक प्रकारको समझदारीमा पाँच छ महिना काम गर्छन्। फेरि आउँछन्, त्यो हिसाबले त्यो ल्याओनिङ प्रान्तमा उत्तर कोरियाका नागरिकलाई त्यो सुविधा प्राप्त भएको हुन सक्छ। तर नेपालीलाई छैन। त्यसो भए नेपालीहरूले अवैध रूपमा काम गरिरहेका हुन् त? सबै कुराको बदमाशी नेपालको म्यानपावर एजेन्सीले गरेको छ। तर उनीहरूले श्रम मन्त्रालयको स्वीकृति लिएर आएका होइनन र? हुनत हो। तर जे का लागि जसरी ल्याइनुपर्थ्यो त्यसो गरिएको छैन।गार्मेन्ट फ्याक्ट्रीमा सिलाउने काम गर्न आउनुपर्ने तर अहिले आएका महिला कोही पनि सिलाउन जान्ने मान्छे होइन । कोही पढ्दै नपढेको मान्छे र कोही प्लस टुसम्म पास गरेको मान्छे छन् भने एकदुईजना विदेशमा पहिले काम गरेर फर्केको। सिलाइको मेसिन छुँदै नछोएको मान्छेहरू म्यानपावर एजेन्सीले पठायो। काम नजानेको भएर दु:ख पाए भन्नुभएको? हो। सम्झौता अनुसार मासिक ३५ हजार नेपाली रुपैयाँ दिने भन्ने थियो। अनि बस्ने ठाउँ दिने, खान दिने। टेलिफोन सुविधाहरू दिने। हप्ताको छ दिन मात्रै काम गर्ने। दिनको आठ घण्टाभन्दा बढी काम नगर्ने। यहाँ आइसकेपछि महिनाको जम्मा पाँच हजार रुपैयाँ दिइयो। पछि काठमाण्डूमा म्यान पावर कम्पनीलाई गुनासो गरेपछि चिनियाँ कम्पनीको प्रतिनिधि रातको बाह्र बजे आएर तलब बढाइदिएको भन्ने कुरा छ। अहिले ती महिला कहाँ छन्? ती ल्याओनिङ प्रान्तमा बसिरहेका छन्। दु:खको कुरा उनीहरूलाई काममा नगएपछि खान दिइँदैन। तपाईँसँग उनीहरू कसरी सम्पर्कमा आए? चीनस्थित नेपाली दूतावासमार्फत् त्यहाँ नेपालीहरू काममा आएका छन् भन्ने थाहा पाएँ। त्यसपछि 'वीच्याट' ठेगाना लिएर कुराकानी गरेँ। उनीहरूले भिडिओ कल गरेर बस्ने ठाउँ देखाए। उनीहरूको अवस्था सबै मलाई सुनाए। अहिले पनि उनीहरू त्यही गार्मेन्ट फ्याक्ट्रीमा छन् उसो भए? गार्मेन्ट फ्याक्ट्रीको कम्पाउण्डभित्र बस्ने ठाउँ दिएको छ। एउटा कोठामा चारवटा खाट छ जसमा आठजना बस्छन्। उनीहरू भन्छन् हामी काम गर्न जान्दैनौँ हामी नेपाल फर्किन्छौँ। त्यहाँ बिहे गरेर जाने नेपाली महिलाले दुःख पाएको समाचार पनि तपाईले प्रेषित गर्नुभएको थियो। अनि चिनियाँ डान्स रेष्टुराँहरूमा पनि नेपाली युवतीहरू पुर्‍याइएका छन् भन्छन् नि। डान्स रेष्टुराँको कुरा केरुङको हो। अरुतिर चीनमा कहिँपनि त्यस्तो छैन। पहिला तातोपानीको कुरा पनि थियो। पहिले तातोपानी सीमा खुला हुँदात्यो कुरा आएको थियो। तातोपानी नाका बन्द भएपछि डान्स रेष्टुराँको कुरा पनि बन्द भयो। बिहे गरेर आएकामध्ये मैले दुई दर्जन जति भेटेको छु। आठ नौजना नेपाल फर्किसके। बाँकी जो मैले भेटेको छु उनीहरूको राम्रो छ। उनीहरू आफ्ना श्रीमान् र बच्चासँग नेपाल आउजाउ पनि गर्छन्। नेपालबाट विभिन्न देशमा काम गर्न चाहने महिलाहरू देश छोड्ने क्रम बढ्दो छ। भारत खाडी र अब चीन। चीन जान चाहने महिलाहरूको व्यवस्थापन कसरी गरे ठीक होला? पहिलो कुरा त चीनमा काम गर्न आउने अवस्था नै छैन। अहिले म्यानपावर कम्पनीले झुक्याएर ल्याएको हो। चीनमा विदेशीले काम गर्न पाइँदैन। कि ठूलो वैज्ञानिक हुनपर्‍यो वा उच्च दक्षता प्राप्त व्यक्ति हुनुपर्‍यो। सामान्य श्रम काम गर्न चीनमा पाइँदैन। तर अहिले पनि मानव तस्करी गर्ने दलालहरूले हङकङ जान पाइन्छ, धेरै पैसा कमाउन पाइन्छ भन्ने प्रलोभन देखाएर चीनमा ल्याएर बेलाबेलामा छाडिदिने गरेका छन्। यो सन्देश हामीले सबैलाई पुर्‍याउन आवश्यक छ। कुरा त्यति प्रस्ट छ भने नेपालको श्रम मन्त्रालयले ती महिलाहरूका लागि कसरी स्वीकृति दियो त? कसरी सम्भव भयो? श्रम ऐन अन्तर्गत कुनै पनि देशमा श्रमिक आवश्यक भयो भने त्यही देशको दूतावासले स्थलगत भ्रमण गरेर ठीक छ भने सिफारिश गर्न सक्ने ऐन रहेछ। चीनको कम्पनीले गत अक्टोबरमा बेइजिङस्थित नेपाली दूतावासमा निवेदन दियो। दूतावासबाट फेब्रुअरीतिर स्थलगत भ्रमणमा जानुभयो दूतावासका अधिकारीहरू। त्यहाँ देख्दा ठिकै देखियो। तर कानूनी जटिलताको कुरा त्यहाँ खुलेन। चिनियाँ कम्पनीले भन्यो उत्तर कोरियाका मान्छे पनि काम लगाइरहेको छु। म नेपालीहरू ल्याउन चाहन्छु। तीन सय जनालाई काम दिन्छु। उसले राम्रा शर्त राखेको थियो। सबै खर्च बेहोर्ने हरेक दुई वर्षमा देशमा जाने हवाई खर्च बेहोर्ने पैसा राम्रो दिन्छ भनेपछि दूतावासले सिफारिस गरिदियो। त्यो म्यानपावर कम्पनीले दूतावासको सिफारिसमा टेकेर नेपालको श्रम मन्त्रालय अन्तर्गतको श्रम विभागबाट त्यो स्वीकृति लिएको देखिन्छ। यदि उसले दक्ष जनशक्ति पठाएको भए यहाँ समस्या हुँदैनथ्यो। स्नातक पास गरेका सिलाइ कटाइ जानेका मान्छे भएको भए समस्या हुँदैनथ्यो। तर उसले सर्वसाधारण मान्छेहरू खोज्यो। सिलाइ होइन प्याकिङको काम भनेर झुक्याएर म्यानपावर एजेन्सीले पठायो। नेपाली महिला कामदारहरू सुरक्षित तुल्याउने उपाय के के होलान्।
चीनको बीआरआई: नेपाललाई कस्ता लाभ हुन सक्छन्
शुक्रवार विश्वकै ध्यान बेइजिङमा केन्द्रित रह्यो। जहाँ दर्जनौँ देशका सरकार प्रमुख तथा राष्ट्रप्रमुख र वरिष्ठ अधिकारीहरूका सामु चिनियाँ राष्ट्रपति सी जिनपिङले उनको एक मुख्य एजेण्डा रहँदै आएको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) भनिने महत्त्वाकाङ्क्षी योजनामार्फत् उच्च गुणस्तरका तथा दिगो पूर्वाधार निर्माण गरिने बताएका छन्।
बीआरआईलाई नयाँ रेसम मार्गको रूपमा पनि अर्थ्याइएको छ राष्ट्रपति सी जिनपिङले सन् २०१३ मा यो अभियानको शुरूवात घोषणा गरेका थिए। त्यसयता चीनको उदाउँदो विश्व छवि र त्यससँग जोडिएको रणनीतिक वर्चस्वको स्वार्थको एक कडीको रूपमा समेत अर्थ्याइएको बीआरआईमा १२५ देश सहभागी भइसकेका छन्। ठ्याक्कै नभनिए पनि यस परियोजना अन्तर्गत सयौँ अर्ब डलर लगानी हुने बताइन्छ। खासगरी बेल्ट अन्तर्गत चीन हुँदै दक्षिण तथा मध्य एशिया र युरोपसम्म सडक तथा रेल कनेक्टिभिटी वा सञ्जालमा जोड दिइएको छ भने रोड अन्तर्गत सामुद्रिक मार्ग तथा बन्दरगाहहरूमार्फत् दक्षिणपूर्वी एशिसिया, खाडी क्षेत्र, उत्तर अफ्रिका तथा युरोपसम्म जोड्ने सञ्जालको कुरा गरिएको छ। तर त्यो केवल त्यतिमा मात्र सीमित नभई ऊर्जा, सञ्चार एवम् व्यापार सहजीकरणजस्ता विषय पनि त्यसमा गाभिएका छन्। नेपाल र बीआरआईको के साइनो? सन् २०१३ देखि नै चर्चा चल्दै आएको भए पनि नेपालले आधिकारिक रूपमा बीआरआईलाई अँगालेको चाहिँ सन् २०१७ को मे १२ मा मात्र हो। शुक्रवार बेइजिङमा बीआरआईको दोस्रो फोरममा सहभागी नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसमा नेपालको चासो प्रकट गर्दै बीआरआईले दिगो विकासका लक्ष्य कार्यान्वयन गर्न सघाउने बताइन्। उनले भनिन्, "नेपालजस्तो भूपरिवेष्ठित मुलुकका लागि सामाजिक, आर्थिक विकासका लागि कनेक्टिभिटी अति महत्त्वपूर्ण छ। नेपाल-चीन सीमापार रेलवे समेटिएको हिमालयपार बहुआयामिक कनेक्टिभिटी सञ्जालको विकासले नेपाल र चीनमात्र नभई यस क्षेत्रका अन्य देशबीच पनि सम्पर्क बढाउनेछ।" हाल बीआरआई अन्तर्गत नेपालले रेल, सडक, ऊर्जा गरी आठ दशवटा परियोजनामा चिनियाँ लगानी भित्र्याउन खोजिरहेको भनिए पनि आधिकारिक रूपमा तिनको पहिचान भइसकेको छैन। "यस्ता मामिलामा बढीभन्दा बढी पारदर्शीता भएको नै राम्रो हो। हामीले कुन कुन क्षेत्रमा लगानी खोजिरहेका छौँ भनेर गुपचुप राख्नुपर्ने स्थिति होइन। खुला भए त्यसको लाभहानिको लेखाजोखा गर्न पनि सकिन्छ," पूर्वपरराष्ट्र सचिव एवम् दिगो विकास केन्द्रका अध्यक्ष ज्ञानचन्द्र आचार्यले बताए। तीन लाभका विषय शुक्रवार राष्ट्रपति भण्डारीले बेइजिङमा नेपालको सम्पर्क सञ्जाल वा कनेक्टिभिटीबारे रहेको चासो प्रकट गरेजस्तै यहाँका विज्ञहरूले पनि नेपालको ध्यान अहिलेका लागि त्यही विषय हुनुपर्ने औँल्याएका छन्। "नेपालले खासगरी रोजगारी बढाउने, आम्दानी बढाउने तथा आर्थिक वृद्धि हुने खालका परियोजना छनोट गरेर बीआरआईमार्फत् लगानी जुटाउनुपर्छ। यो लगानी सित्तैमा आउने होइन त्यसकारण त्यस्तो ऋण लिँदा हामीले विचार पुर्‍याउनुपर्छ," चीनका लागि पूर्व नेपाली राजदूत राजेश्वर आचार्यले बताए। अहिलेका निम्ति बीआरआईमार्फत् पूरा हुनसक्ने नेपालका तीन प्रमुख आवश्यकता वा प्राथमिकता रहेको त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्धसम्बन्धी विभागका प्रमुख खड्ग केसीले बताए। "राम्रा सडक, ऊर्जाको प्रसारण लाइन तथा जलविद्युत् नै अहिले तत्कालका निम्ति हाम्रा मुख्य आवश्यकता हुन् जस्तो लाग्छ," उनले भने। रेलको सपना नी? तर अहिले चीनको बीआरआईलाई नेपालमा धेरैले तिब्बतबाट रेल ल्याउने माध्यमको रूपमा समेत अर्थ्याइरहेका छन्। सरकारले पनि सोही ढङ्गले सोचिरहेको कुरा राष्ट्रपति भण्डारीले सीमापार रेल्वेको प्रसङ्ग उठाउनुबाट पनि प्रस्ट हुन्छ। चीनको बीआरआईसम्बन्धी आधिकारिक दस्तावेजमा पनि चीन र नेपाल जोड्ने रेलवेको पूर्वसम्भाव्यता अध्ययनबारे उल्लेख छ। अघिल्लो वर्षको जेठमा चिनियाँ टोली नेपाल आएर रेलमार्ग निर्माण गरिने स्थानहरूमा गएर अध्ययन गरेको थियो। करिब एक सय किलोमिटर लामो हुने अनुमान गरिएको उक्त रेलमार्गले हिमाली भूभाग पार गर्नुपर्नेछ। पूर्वसम्भाव्यता अध्ययनले सम्भावना रहेको तर उच्च प्रविधिको प्रयोगको आवश्यकता ‌औँल्याएको बताइएको थियो। उक्त रेलमार्ग निर्माणको लागतका बारेमा भने अहिलेसम्म टुङ्गो लागिसकेको छैन। प्रारम्भिक अनुमानमा केरुङ-काठमान्डू रेलमार्ग निर्माणका लागि दुई सय ८० अर्ब लाग्ने अनुमान गरिएको थियो। मार्को पोलोले प्राचीन रेसम मार्गमा यात्रा गरेका थिए त्यत्रो पैसा अनुदानमा मात्रै नआउने हुनाले त्यसबारे लाभहानि तौलेर अगाडि बढ्नु पर्ने नेपाली विज्ञहरूको सुझाव छ। "त्यस्तो लाभहानिको विश्लेषण केवल आर्थिक कोणबाट मात्र नभई हाम्रो भौगोलिक रणनीतिक हिसाबबाट पनि समग्रमा गरिनु उपयुक्त हुन्छ," ज्ञानचन्द्र आचार्यले बताए। विशेषगरी पश्चिमाहरूले सावधान गराउँदै आएको बीआरआईमार्फत् चीनको ऋणको चङ्गुलमा पर्ने खतराबाट त्यस्ता विश्लेषणले जोगाउने विज्ञहरू बताउँछन्। छेउकै छिमेकीले त्यत्रो महत्त्वाकाङ्क्षी परियोजना अघि सार्दा सकेसम्म त्यसमा समेटिएर आफ्नो लाभहानि विश्लेषण गरी फाइदा उठाउन नेपालले ढिलो गर्न नहुने उनीहरूको सुझाव छ।
बाढी: कमला नदी किनारमा गुलाबदेवी मण्डल यसरी सङ्घर्ष गर्दैछिन्
अविरल वर्षापछि बाढी र डुबानको आघात सहन बाध्य नेपालको तराईका जिल्लाहरूमा बुधवार र बिहीवार चर्को घाम लाग्यो। नदी, खोला र खहरेहरूमा पानीको भेल निकै घटिसकेको थियो।
बाढीग्रस्त इलाकाका महिला अहिले आफ्नो पीडा भुल्न सङ्घर्षरत छन् बिहीवार मध्याह्न टन्टलापुर घाम लागिरहेको बेला सिरहा ईटारी प्रसाही गाउँकी गुलाबदेवी मण्डल भने गाउँका अन्य महिलाहरूसँगै गाई चराउन कमला नदी किनारको पूर्वी तटबन्धमाथि पुगेकी थिइन्। चर्को घामबाट बच्न उनीहरूले छाता ओढेका थिए। हामी बाढीको क्षति आकलन गर्ने क्रममा असिनपसिन हुँदै तटबन्धमै उक्लियौँ। हामीलाई देखेपछि दुई दिदीबहिनी हामी नजिक आए र मैथिली भाषामा आफ्नो घर खेतमा बाढीले ठूलो क्षति पुर्‍याएको र त्यसैले आफूहरू निकै पीडामा रहेको बताए। १२-१५ जनाको समूहमा गुलाबदेबी मण्डल, ३८, ले मात्रै नेपाली भाषा बोलिन्। उनले भनिन्, "बाढीले हाम्रो ठूलो क्षति भयो। हिँड्नुहोस् हाम्रो घर हेर्न।" विनाश उनको घरमा बाढी पसेको पनि पाँच दिन बितिसकेको छ। अचानक आएको बाढीले गुलाबदेवीको जीवनमा कष्टै कष्ट ल्याइदिएको छ अब त पानी पनि सुक्न थालिसकेको छ। बर्खा र बाढी अघि चर्किएको घाम फेरि उस्तै भइरहेको छ। तर बर्खा भर्खर त सुरु भएको छ। अर्को बाढी फेरि पनि त आउन सक्छ। बाढी र डुबान घटेपनि पीडितहरूको क्षतिको हिसाब उस्तै छ। उनीहरूको पुनर्स्थापना हुन र बाढी अघिको अवस्थामा फर्किन अझै निकै धेरै लाग्ने निश्चित छ। ठूलाठूला नेता तराई झरेपनि उनीहरूको रित्तिएको भकारी भरिएको छैन। उनीहरू आउने दशैँ, तिहार वा छठबारे चिन्तित हुन थालिसके। के खाने के लाउने भनेर। त्यो रात के भयो? सिराहाका महिला अनि पुरुष अहिले पीडामा छन्। बालसुलभ क्रीडामै रमिरहेको देखिएपनि बालबालिकाहरू पनि सायद आफ्नै खाले पीडामा छन्। पीडामा भएपनि गुलाबदेवी तथा उनका छिमेकी दिदीबहिनीहरू आफ्नो परम्परागत रङ्गीचङ्गी फरियामा सजिएका थिए। गुलाबदेवी चाहिँ नीलो रङ्गको फरियामा थिइन्। ती रङ्ग-रङ्गका वस्त्रधारी सिराहाका बाढीपीडित महिला घाम लागेको समयमा कमला नदी किनारमा सेता रङ्गका आफ्ना गाई चराउन गएका रहेछन्। ईटारी प्रसाही गाउँ र सिराहा, सप्तरी अनि धनुषा आदि जिल्लाका गाउँ तथा सहर बजारका थुप्रै पुरुषहरू वैदिशक रोजगारीमा गएका छन्। कोही भारतमा छन् त कोही खाडी वा मलेशिया पुगिसकेका छन्। गुलाबदेवीका श्रीमान् पनि विदेशिएका छन्। घरमा पाँचवटा लालाबाला छन्। तीन छोरी र दुई छोरा। गुलाबदेवीले नै ती सबैजना र सासुआमाको हेरचाह गर्छिन्। "त्यो रात बाढी आएपछि भागेर ज्यान जोगाउन हामीलाई साह्रै गाह्रो भयो," उनी भन्छिन्। हुन पनि अलिक पर उत्तरी क्षितिजमा चुरे अनि दक्षिणतिर अलि परै भारतको बिहार रहेको, हरिया खेत र आँप सिसौ आदी रूखैरूख रहेको उनको गाउँले यो साता "कहिल्यै नभोगेको जस्तो विपद्" भोगेको छ। पूर्वतिरबाट घुर्मी नदी र पश्चिमबाट कमला नदीको बाँध फुटेर गाउँमा पानीको ठूलो भेल पसेपछि केहीको घर भत्किएको रहेछ भने केहीको घरसँगै अन्नपात पनि नष्ट भएको रहेछ। उत्तरतिरको बसाह खोलाको भेल पनि ईटारी प्रसाही पसेछ। बचेखुचेका धान, गहुँ र गेडागुडी महिलाहरूले घर बाहिर सडकमा बिस्कुन लगाएर सुकाइरहेका थिए। बाँसको चोयाले बेरेर हिलो लिपिएका ससाना घरभित्र पानीको भेल पसेपछि गुलाबदेवी र उनका छरछिमेकका एक हजार जति सदस्यहरू पीडित हुन पुगेका रहेछन्। मौसमको अनौठोपना कस्तो अनौठो लाग्ने मौसम। मौसममा हुने कुनै पनि गडबडीले पहिलो प्रहार स्थानीय समुदाय र अझ महिलाहरूलाई नै गर्ने गर्छ कहिले खडेरी त कहिले पानीपानी। गएको असार १५ गते सम्म नेपालमा पर्याप्त पानी नपरेर किसानहरूको धान रोपाइँ प्रभावित भइरहेको थियो। असारको अन्तिम सातातिर भने तीन दिनसम्म अविरल वर्षा भएपछि नेपालमा धेरै मानिसहरू अहिले जलोत्पन्न प्रकोपपीडित बनेका छन्। नहुन् पनि किन? पूरै महिनामा पर्ने पानी तीन दिन भित्रै दर्किदिएपछि। ठाउँठाउँमा आरी घोप्टाएजस्तै गरी वर्षा भइदियो। क्षणभरमै विनाशलीला मच्चियो। पहाडमा आकस्मिक बाढी र आकस्मिक पहिरो आयो भने तराईमा ठूलो बाढीपछि गाउँबस्ती र घरखेतहरू जलमग्न हुन पुगे। तटबन्ध छेउको तनाव ईटारी प्रसाही गाउँमा मात्र होइन सिराहाका अन्य गाउँमा पनि बाढीले निम्त्याएको पीडा उस्तै छ। कारण पनि उस्तै छन्: नदी किनारका गाउँबस्तीमा बढी क्षति हुन पुगेको छ। मानवनिर्मित तटबन्ध, पुल र नहर छेउछाउका बस्तीमा विपद् आइपरेको छ। गुलाबदेवी र उनका छिमेकी दिदीबहिनीजस्तै सिराहामा हजारौँ मानिस पीडित हुन पुगेका छन्। सिराहा पूर्वको सप्तरीमा पनि सप्तकोशी नदीवरपर र नेपाल-भारत सीमानजिकै बनाइएका तटबन्धछेउछाउ बाढी र डुबानको समस्या यो वर्ष फेरि दोहोरिन पुगेको छ। सप्तरी उत्तरका जिल्ला र पूर्वका जिल्लामा पनि क्षति भएकै छ। देशभरि ९० जना भन्दा बढीको ज्यान गइसकेको छ। नारायणी नदीदेखि पूर्व र कोसीदेखि पश्चिमका प्रदेश २ का जिल्लाहरूमा मात्र करिब १० हजार परिवार बाढी र डुबानको प्रत्यक्ष मारमा परेका छन्। विपद्को मारमा ससाना घरमा बस्ने ईटारी प्रसाहीकी किसान एवं गृहिणी गुलाबदेबीजस्ता मानिस बढी परेको देख्न सकिन्छ। गुलाबदेवीको आस गुलाबदेवी र उनका छिमेकी दिदीबहिनीहरूले हामीले उनीहरूलाई राहत वा पुनर्वासको लागि सहयोग गर्न सक्ने मानिस ठानेछन् क्यार। आफ्नो घरमा पुगेको क्षति हेर्न आउन भने। हाम्रो डायरीमा उनीहरुको पनि नाम लेख्न अनुरोध गरे। गुलाबदेवी मण्डल मात्र होइन। अमृता मण्डल। उनकी सासुआमा सुशीला मण्डल। उनकी छिमेकी रामकुमारी मण्डल। अर्की छिमेकी रिता मण्डल। बाढीले पुर्‍याएको क्षतिपछि तङ्ग्रिने प्रयासमा पीडितहरू लागेका छन् यस्तैयस्तै नाम हामीले डायरीमा लेख्यौँ। सोच्यौँ उनीहरूको नाम, जिल्ला र प्रदेशका उच्च अधिकारीले पनि लेखे होलान् राहत दिनु पर्ने पीडितको सूचीमा। गुलाबदेवीको सानो घर बाहिर उनकी सासू धान सुकाउँदै थिइन्। पहेँलो रङ्गको फरिया लगाएकी। नमस्कार भन्दा उनले पनि नमस्ते गरिन्। मैथिलीमा के के भनिन्। सबै नबुझेपनि उनको शब्दहरूमा पीडा नै झल्कन्थे। बाढीबाट मुसहरहरू विस्थापित गुलाबदेवीको ईटारी प्रसाही गाउँका प्राय: घर बाँसले बनेका छन्। खरले छाएका र भित्ताहरू माटोले लिपिएका, नजिकैका बसाह र घुर्मी खोला अनि कमला नदी, उनीहरूका ससाना केटाकेटी हाँसी खेलिरहेको देख्न सकिन्छ। तर उनीहरू विपद्का कारण शिक्षाबाट वञ्चित हुनु परिरहेको छ। विद्यालय जति आश्रयस्थल उनीहरू पढ्ने गाउँका विद्यालहरू यतिखेर बाढी पीडितको सुरक्षित आश्रयस्थल बन्न पुगेका छन्। गुलाबदेवीकै गाउँको श्री ईटारी प्रसाही निम्न माध्यामिक विद्यालय अहिले उनी, उनकी सासू र लालाबाला तथा उनीजस्ता थुप्रै पीडित परिवारको आश्रयस्थल बन्न पुगेको छ। बाढी आएको शनिवारको रात त्रासदीपूर्ण थियो। धेरै ठाउँमा स्थानीय विद्यालयनै आश्रयस्थल बनेका छन् "रातिको समयमा घरभित्र पानी पस्यो। पानी बढ्दै गयो। रोकिएन। यहाँसम्म पानी आयो," उनले आफ्नो घाँटीतिर हात लैजाँदै भनिन्। "त्यसपछि म आफ्ना बच्चाहरू र सासूलाई लिएर गाउँको पल्लोपट्टि रहेको स्कूलतिर भागेँ।" त्यही विद्यालय अहिले गुलाबदेवी र उनका सयभन्दा बढी पीडित छिमेकीको आश्रयस्थल बनेको छ। त्यस्तो अवस्था कहिलेसम्म रहने हो त्यो निश्चित छैन किनभने बर्खायाम सकिएको छैन र पीडितहरूलाई सुरक्षित बासको बन्दोबस्त गर्न कुनै पहल सुरु भइसकेको छैन। साहस अझै बाँकी त्यसैले गुलाबदेबी, उनकी सासू केटाकेटी आफ्नो भविष्यबारे निकै चिन्तित छन्। उनकी छिमेकी रामकुमारी मण्डल पनि चिन्तित छिन्। उनको घर क्षतविक्षत छ। चिसो छ। अन्नपात भित्रै भिजेका छन्। कि बगाइसकेको छ भेलले। तैपनि रामकुमारीले हरेस खाएकी छैनन्। विपद्ले जतिसुकै पीडा दिएपनि त्यसले महिलाहरूको आँट र साहस मार्न सकेको छैन उनी बचेखुचेको अन्नपात जोगाउन लागिपरिरहेकी छन्। घर मर्मत गर्न लागिसकेकी छिन्। उनीजस्तै गुलाबदेवी र अन्य महिलापनि विपद् पछि बिस्तारै तङ्ग्रिँदै छन्। उनीहरूले हरेस खाएका छैनन्। साहसी भएर पुन: आफ्नो जीवन सहज बनाउन कडा परिश्रम गर्न थालिसकेका छन्। राहत आउँदै गर्ला। अरू सहयोग के हो कहिले हो टुङ्गो छैन। विपद् पछिको यो घडीमा गुलाबदेवी माथि पाँच बच्चाबच्ची र वृद्धा सासू आश्रित छन्। श्रीमान् विष्णुदेव खतबे १० वर्ष दिल्लीमा बसे। सिकर्मीको काम गर्दै। एक महिनादेखि उनी खाडी देश यूएईको दुबईमा छन्। त्यहाँ उनी सिकर्मी काम नै गर्छन्। घरमा बाढी पसेको खबर विष्णुदेवले पाइसकेका छन्। उता उनी चिन्तित छन्। यता गुलाबदेवी चिन्तित छिन्। भन्छिन्, "बाढीले यत्रो विपद् ल्यायो। तर बूढा विदेशमा छन्। चार-पाँच लाख रुपैयाँ ऋण लिएर गएका छन्। कहिले फर्किने होलान्? कहिले त्यो चुक्ता गर्ने होला?" "यहाँ हामीलाई यस्तो दु:ख आइपरेको छ।"
नासाले १० वर्षमा खिचेका सूर्यका करोडौँ तस्बिर
अमेरिकी अन्तरिक्ष संस्थाले १० वर्ष सूर्यका तस्बिरहरू खिच्यो।
नासाको वेधशालाबाट प्रत्येक ०.७५ सेकन्डका दरले खिचिएका ४२.५ करोडवटा उच्च गुणस्तरीय तस्बिरहरू थप अध्ययनका लागि उपयोगी बनेका छन्। हेर्नुहोस् यो भिडिओ। अनि यो पनि:
सगरमाथा आरोहण: त्यसपछि सगरमाथा जान इच्छा लागेन
सन् १९५३ मे २९ मा पहिलोपटक न्यूजील्यान्डका सर एडमण्ड हिलारी र नेपाली तेन्जिङ् नोर्गे शेर्पाले सगरमाथाको सफल आरोहण गरेको शुक्रवार ६७ वर्ष पुगेको छ।
सगरमाथामा थुप्रै नेपाली र विदेशी पुगेपनि लामो समयसम्म कुनै नेपाली महिलाले सगरमाथा शिखरमा टेक्न सकेका थिएनन्। सन् १९९३ मा नेपाली महिलाहरूको टोली सगरमाथा शिखरमा टेक्न कस्सियो। त्यो टोलीमा पासाङ ल्हामु शेर्पा र ल्हाक्पा फुटी शेर्पा सहित अन्य नेपाली महिलाहरू थिए। पासाङ ल्हामु शेर्पा सगरमाथा शिखरमा टेक्ने पहिलो नेपाली बनिन्। तर त्यही दलका अरू महिला सदस्य भने शिखरमा पुगेनन्। त्यही दलकी सदस्य ल्हाक्पा फुटी शेर्पा त्यसपछि कहिल्यै सगरमाथा चढ्न चाहिनन्। पासाङ ल्हामु शेर्पाको ओर्लने क्रममा मृत्यु भएको थियो। ल्हाक्पा फुटी भने घरमा छोराहरूले नजानु भनेका कारण त्यसपछि सगरमाथा चढ्ने इच्छा नगरेको बताउँछिन्। हेर्नुहोस् एउटा भिडिओ। अनि यो पनि:
शरीर जोडिएका जुम्ल्याहा दिदीबहिनीले चिकित्सकलाई पनि पारे चकित
जन्मिएको दिनदेखि नै उनीहरू जीवनमरणको दोसाँधमा भएको मानिन्थ्यो।
तर त्यस्तो विषम परिस्थितिमा बाँचेका शरीर जोडिएका यी जुम्ल्याहा दिदीबहिनीहरू अहिले शिशुकक्षा जाने तरखर गर्दैछन्। सेनेगलमा जन्मिएका मारिएम र न्डेये अहिले वेल्समा बस्छन्। उनीहरूको गतिविधि र स्वास्थ्यस्थितिमा भएको प्रगति देखेर चिकित्सकहरू पनि चकित भएका छन्। हेर्नुहोस् यो भिडिओ। अनि यो पनि
कोभिड भारत: अमेरिकाका प्रमुख सङ्क्रामक रोग विशेषज्ञलाई प्रश्न- तपाईँ मोदी सरकारमा भएको भए के गर्नुहुन्थ्यो?
अमेरिकी राष्ट्रपति जो बाइडनले नेतृत्व गरेको प्रशासनका चिकित्सा सल्लाहकार र ख्यातिप्राप्त महामारी विशेषज्ञ डा. एन्थोनी फाउचीले भारतमा फैलिरहेको कोरोनाभाइरस सङ्क्रमण रोक्नका लागि तत्काल केही हप्ताका लागि लकडाउन गर्न जरुरी रहेको बताएका छन्।
डा. एन्थोनी फाउची अमेरिकाका प्रमुख सङ्क्रामक रोग विशेषज्ञ हुन्, उनले सातजना अमेरिकी राष्ट्रपतिसँग काम गरिसकेका छन् कुनै पनि राष्ट्र बन्द रहन नचाहने तर भारतमा तत्काल केही हप्ता लामो लकडाउन गर्नाले सङ्क्रमणको साङ्लो (चेन) तोड्न सकिने उनले बताए। यसले भारतलाई कठिन अनि निराशाजनक अवस्थाबाट निस्कनका लागि तत्कालीन, मध्यकालीन अनि दीर्घकालीन महत्त्वपूर्ण कदम उठाउनका लागि समय दिने उनको भनाइ छ। डा. फाउची अमेरिकाका प्रमुख सङ्क्रामक रोग विशेषज्ञ हुन्। उनले सातजना अमेरिकी राष्ट्रपतिसँग काम गरेका छन्। भारतीय पत्रिका द इन्डियन एक्सप्रेससँगको अन्तर्वार्तामा उनले भारतको अवस्थाबारे चर्चा गरेका छन्। डा. फाउचीसँगको कुराकानीको अंश यस्तो छः तपाईँ सरकारको साथमा भए के गर्नुहुन्थ्यो? सबैभन्दा पहिलो कुरा के भने म भारतले कोरोनाभाइरस सङ्क्रमणको स्थितिलाई कसरी सम्हाल्यो भन्ने विषयबारेको आलोचनामा सामेल हुन चाहन्नथेँ किनभने यो राजनीतिक मुद्दा बन्ने थियो। म यस्तो गर्न चाहन्न किनकि म स्वास्थ्य क्षेत्रसँग जोडिएको छु र म कुनै राजनेता होइन। मलाई लाग्छ भारत अहिले निकै कष्टकर र निराशाजनक स्थितिमा छ। जब तपाईँ यस्तो अवस्थामा रहनुहुन्छ तपाईँले तुरुन्तै समग्र रूपमा विचार गर्नुपर्ने हुन्छ। सबैभन्दा पहिले के हेर्नुपर्छ भने तपाईँले तत्काल कस्तो कदम उठाउन सक्नुहुन्छ र आगामी दुई हप्तामा तपाईँ के गर्न सक्नुहुन्छ? खोप लगाउनु एउटा उपाय हुन सक्छ। यो अत्यन्तै जरुरी पनि छ। तर यसले अक्सिजन, अस्पताल भर्ना हुनुपर्ने अवस्था र उपचार जस्ता आवश्यकताहरूलाई कम गर्न भने सक्दैन किनकि खोपको असर हुन केही समय लाग्छ। त्यसैकारण हालको अवस्थामा सर्वसाधारणको ख्याल राख्नुपर्ने हुन्छ। मलाइ लाग्छ यस्तो एक आयोग वा आपत्‌कालीन समूह बनाउनुपर्छ जसले अक्सिजन प्राप्त गर्ने र अन्य कुराहरू आपूर्ति गर्ने, चिकित्सकीय उपकरण र औषधि प्राप्त गर्ने जस्ता विषयमा योजना बनाउन सकोस्। यसका लागि अन्य देशहरू र विश्व स्वास्थ्य सङ्गठनको सहयोग लिन सकिन्छ। अन्य राष्ट्रहरू भारतको मद्दतका लागि अगाडि सर्नुपर्छ किनभने यसअघिको सङ्कटका बेला भारतले अन्य देशहरूलाई सहयोग गर्ने कुरामा निकै उदारता देखाएको थियो। त्यसपछि मध्यकालीन उपाय चीनको जस्तो हुनुपर्छ। तपाईँलाई याद होला चीनले केही दिनदेखि केही हप्ताभित्र अस्थायी अस्पताल तयार गरेको थियो जसलाई देखेर पूरै दुनियाँ अचम्ममा परेको थियो। भारतमा पनि मानिसहरू अस्पताल र उपचार खोजिरहेका छन्। दोस्रो कुरा तपाईँ सरकारका विभिन्न समूहलाई परिचालन गर्न सक्नुहुन्छ। जस्तो कि के सेनाले यसमा मद्दत गर्न सक्छ? यसमा अमेरिकाजस्तै तपाईँ तुरुन्त सेनाको मद्दत लिन सक्नुहुन्छ। खोप वितरणमा अमेरिकाले न्याशनल गार्ड्सको मद्दत लिएको थियो। मलाइ लाग्छ यस विषयमा गम्भीर रूपमा विचार गरिनुपर्छ। युद्धका बेला 'फिल्ड अस्पताल' जसरी बनाउँछन् त्यसैगरी अस्पताल बनाउन तपाईँ उनीहरूको मद्दत माग्न सक्नुहुन्छ। यो युद्धजस्तै अवस्था हो जसमा भाइरस तपाईँको दुश्मन हो। अन्तिममा दीर्घकालीन उपायका रूपमा मानिसहरूलाई खोप लगाउनका लागि जे सम्भव हुन्छ त्यही उपाय गर्थेँ। भारतजस्तो देशमा अहिलेसम्म दुई प्रतिशत मानिसहरूलाई मात्रै पूर्ण रूपमा खोप लगाइएको छ। यो निकै गम्भीर स्थिति हो। तपाईँ अनि सर्वसाधारणहरूलाई खोप लगाउनुपर्छ। तत्कालीन समस्याको समाधानका लागि तत्काल लागु हुने खाले कदमहरू उठाउनुपर्छ र त्यसपछि लामो ससमयमा काम लाग्ने खाले उपाय अपनाउनुपर्छ। दिल्लीमा बिरामीका आफन्त अक्सिजन खोज्न यताउता भौँतारिँदै के दुनियाँभरि यसको सुरुवाती सङ्केत थिए? यसको सुरुवाती सङ्केत हुन जरुरी छैन। यो भाइरसले के गर्न सक्ने क्षमता राख्छ भन्ने कुराको हेक्का राख्नुपर्छ। यसको आफ्नै हालमा छोडिदिने हो भने समाजमा विस्फोटक स्थिति ल्याउन सक्ने यो भाइरसले देखाएको छ। यो अमेरिकामा भइसकेको छ। म एक अमेरिकीको हिसाबले भनिरहेको छु। अमेरिका केही समयका लागि कोरोनाभाइरसबाट विश्वमा सबैभन्दा बढी प्रभावित भएको देश बनेको थियो र अमेरिका विश्वको सबैभन्दा धनी राष्ट्र पनि हो। हाम्रो तयारी सबैभन्दा राम्रो हुनुपर्ने थियो तर हामी सबैभन्दा नराम्रोसँग प्रभावित भयौँ। यसको अर्थ के हो भने भाइरसले तपाईँ कति धनी, विकसित वा उन्नत हुनुहुन्छ भनेर हेर्दैन। यदि तपाईँले यसको क्षति पुर्‍याउन सक्ने क्षमतालाई चिन्न सक्नुभएन भने यसले तपाईँलाई व्यापक अप्ठेरोमा पारिदिन सक्छ। मलाइ लाग्छ यो कुरा हेरिनुपर्थ्यो कि समयभन्दा निकै पहिले नै जित घोषित गरिएको थियो। खोप कार्यक्रमलाई कसरी विस्तार गर्न सकिन्छ? तपाईँले आपूर्ति बढाउनुपर्ने हुन्छ। तपाईँले कैयौँ कम्पनीहरूसँग सम्झौता गर्नुपर्ने हुन्छ। अहिले धेरै कम्पनीहरूले खोप बनाइरहेका छन्। तपाईँले उनीहरूसँग कुरा गर्नुपर्छ। मैले सुनेको छु कि भारतमा हालसम्म जम्मा दुई प्रतिशत सर्वसाधारणलाई पूर्ण रूपमा खोप दिइएको छ। तपाईँले निकै लामो यात्रा तय गर्न बाँकी छ। भारत विश्वको सबैभन्दा ठूलो खोप उत्पादक हो। यस्तो अवस्थामा उसले आफ्नो क्षमताहरूमा पनि काम गर्नुपर्छ। छोटो अवधिको लकडाउनबाट कम नोक्सान मलाई लाग्छ देशमा तुरुन्त अस्थायी लकडाउन लगाइनुपर्छ। यो समयमा अक्सिजन, चिकित्सकीय उपकरण, व्यक्तिगत सुरक्षा पोसाकको किट र उपचारको उपलब्धता सबैभन्दा महत्त्वपूर्ण विषय हुन्। तर लकडाउन यो समय तुरुन्त गर्न सकिने सबैभन्दा जरुरी उपाय हो। एक वर्षअघि जब चीनमा यस्तै विस्फोटक स्थिति आएको थियो उसले देशमा पूर्ण रूपमा लकडाउन लागु गरेको थियो। यदि तपाईँले तत्काल यस्तो गर्नुभयो भने छ महिनाका लागि लकडाउन गर्नुपर्दैन। यसले तपाईँ सङ्क्रमणको चेन तोड्न सक्नुहुन्छ। कोही पनि आफ्नो देश बन्द गर्न चाहँदैन। तपाईँले छ महिनाका लागि यस्तो गर्नुभयो भने समस्या हुन सक्छ। तर केही हप्ताका लागि यस्तो गरिन्छ भने महामारीको फैलने क्षमता माथि महत्त्वपूर्ण प्रभाव पार्न सकिन्छ। यो पनि हेर्नुहोस् 'शव जलाउने ठाउँ पनि छैन': भारतमा कोभिडले सिर्जना गरेको भयावह स्थिति
कोभिड नेपाल: कोरोनाभाइरसबारे तपाईँका ११ प्रश्नमा विज्ञको उत्तर
नेपालमा कोरोनाभाइरसको दोस्रो लहर फैलिने क्रम जारी नै छ।
कोरोनाभाइरस तुलनात्मक रूपमा हेर्दा कोरोनाभाइरसको यस पटकको लहरको प्रभाव बढी पाइएको छ। सङ्क्रमितहरूको सङ्ख्या र मृत्यु हुनेको सङ्ख्या पनि यस अघिको लहरका तुलनामा बढी रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ। यस्तो अवस्थामा कोरोनाभाइरस सङ्क्रमणबारे तपाईँहरूले हाम्रो फेसबुक र ट्विटरमा राखेका केही जिज्ञासाहरूको उत्तर खोज्ने प्रयत्न गरेका छौँ। तपाईँका जिज्ञासाको जवाफ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम र शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुको क्लिनिकल रिसर्च युनिटका प्रमुख डा. शेरबहादुर पुनसँग लिएका छौँ। त्यस्तै बीबीसी न्यूज नेपालीले यस अघि प्रकाशन गरेका जानकारीमूलक सामाग्रीहरूबाट पनि हामीले केही प्रश्नका उत्तर साभार गरेका छौँ। कतिपय प्रश्नहरू दोहोरिएकाले हामीले त्यसलाई केही सम्पादन गरी विज्ञहरू समक्ष राखेका छौँ। पढ्नुहोस् तपाईँका जिज्ञासामा विज्ञहरूको जवाफ: सुदीप घिमिरे: सङ्क्रमणको शङ्का लागेमा कहाँ र कसलाई सम्पर्क गर्ने ? १२ दिन आइसोलेसनमा बसेपछि परीक्षण गर्नु पर्छ कि पर्दैन? सङ्क्रमित समस्या भयो भने कुन अस्पताल लैजाने ? कसलाई सम्पर्क राख्ने? डा. गौतम: सबैभन्दा पहिला त कोरोनाभाइरसको आफूलाई शङ्का लागेको छ भने नजिकको अस्पतालमा गएर जँचाउने। अहिले पीसीआर परीक्षण नै गर्नुपर्छ भन्ने छैन। त्यसकारण जिल्ला अस्पतालहरूमा एन्टिजन परीक्षण उपलब्ध छ जुन सहजै गर्न सकिन्छ। त्यस्तै परीक्षण गर्दा पोजेटिभ आएको १० दिन आइसोलेसन बसेपछि पछि पुनः परीक्षण गर्नुपर्दैन किनभने एक-डेढ महिनासम्म पनि नतिजा पोजेटिभ आउन सक्छ। भाइरस नभएर भाइरसको 'डेड पार्टिकल'हरू परीक्षणले हेर्न सक्ने हुँदा परीक्षण गरिराख्न जरुरी छैन। कोरोनाभाइरस सङ्क्रमण जटिल भएको वा नभएको छुट्टाउने चार सङ्केत तेस्रो कुरा कोरोनाभाइरसको लक्षण देखिएको अवस्थामा अस्पतालमा आईसीयू, भेन्टिलेटर वा अक्सिजन सोध्ने होइन। नजिकको अस्पतालको इमर्जेन्सीमा जानुपर्छ। त्यहाँ आवश्यकता अनुसार बिरामी हेरिन्छ। काठमाण्डूको कुरा गर्दा अहिले १३ वटा सरकारी अस्पतालमा कोभिड ओपिडी सञ्चालनमा छन्। चिकित्सकहरूले विभिन्न कुराहरू हेर्नुहुन्छ। जरुरी परे अक्सिजन दिनुहुन्छ, नपरे यसरी बस्नूस्, यो औषधि खानूस् भनेर आइसोलेशनका लागि घर पठाइदिनुहुन्छ। यदि कसैलाई गम्भीर नै लक्षण रहेछ भने अस्पताल भर्ना गर्ने पनि व्यवस्था मिलाइएको छ। त्यस्तै हालसालै बीबीसीले कोभिडको लक्षण देखिएर अहिलेको अवस्थामा के गर्ने भनेर राखेको जिज्ञासामा स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समीर अधिकारीले यस्तो सुझाव दिएका थिए: परीक्षण गर्दा पोजेटिभ देखिए, नेगेटिभ भए पनि लक्षण देखिए वा गाह्रो महसुस भए ११३३ र १११५ नम्बरको हटलाइन सेवामा सम्पर्क गर्न सकिने छ। त्यसबाहेक ९८५१२५५८३९, ९८५१२५५८३७ नम्बरका मोबाइल नम्बरबाट चौबीसै घण्टा चिकित्सकहरूले सल्लाह दिने गरेको छ। आफूलाई लक्षण के छ, आफूलाई गाह्रो के भएको छ भनेर त्यहाँ सम्पर्क गर्न सक्छौँ। त्यो गर्दा चिकित्सकले घरमै बस्दा गर्न सकिने उपाय भन्नुहुन्छ भने नजिकमा कुन स्वास्थ्य संस्थामा (शय्या) खाली छ भन्ने कुराको प्रबन्ध गरिदिनुहुन्छ। आशा तिम्सिना: मलाई ज्वरो आएको थियो र ठिक भयो। तर छाती दुखिरहेको छ। अब यो कोरोनाभाइरस हो कि हैन कसरी थाहा पाउने? डा. पुनः ज्वरोसँगै खोकी लाग्ने, स्वाद र गन्ध थाहा नपाउने, श्वासप्रश्वास समस्या आउने यी नै अहिले पनि कोरोनाभाइरसका मुख्य लक्षण हुन्। र यदि केही गरी तपाईँले आफ्नो सम्पर्कमा रहेका व्यक्तिमा कोरोनाभाइरस पुष्टि भएको थाहा पाउनु भयो र त्यसपछि आफूलाई पनि लक्षण देखियो भने अहिलेको समयमा कोरोनाभाइरस हुनसक्ने सम्भावना बढी हुन्छ। यद्यपि यसका लागि परीक्षण नै निर्णायक हुन्छ। चिसो, फ्लू र कोभिड-१९ का लक्षण कसरी छुट्याउने हेम शर्मा: कोरोनाभाइरस महामारीबाट केही अनुभव लिएर तेस्रो लहरले झन् उग्र रूप नलियोस्। तेस्रो लहर को तयारी आम समुदायले कसरी गर्ने? डा. गौतम: यसका दुई वटा पाटा छन्। तेस्रो लहर सकभर नआओस् भन्ने हामी चाहन्छौँ। तर हाम्रो चाहनाले मात्रै हुँदैन। तेस्रो लहर नआओस् भनेर सबैभन्दा पहिले ध्यान दिनुपर्ने कुरा मास्क लगाउने, दुई मिटरको दुरी कायम गर्ने, हात धुने र स्यानिटाइजर गर्ने नै हुन। यी कुरा छाड्नु हुँदैन। यसले अब दुई चार वर्ष हामीलाई छोड्दैन। त्यस कारण यो फेरि नआओस् भनेर ती कुरा गर्नुपर्छ। सरकारले पनि सीमाहरू र मानिसहरू नेपाल प्रवेश गर्ने विन्दु व्यवस्थित गर्नुपर्छ। त्यसका साथै अस्पतालहरूमा शय्या, अक्सिजन, भेन्टिलेटर र परीक्षणका लागि किटहरूको व्यवस्थापनका विषयमा सरकारले फेरि अर्को लहर पनि आउँदै छ है भनेर छिटोछिटो तयारी गरेर जानु पर्छ। सबै नेपालीले सावधानी अपनाए, सीमामा व्यवस्थापन गर्न सकियो र बिरामी परे निदानका लागि परीक्षण राम्रोसँग गर्न सकियो भने तेस्रो, चौथो जुनसुकै लहर आए पनि हामीले त्यसलाई नियन्त्रण गर्न सकिन्छ। समय अधिकारी: सुरुमा हावाबाट कोरोनाभाइरस सर्छ भनियो। पछि सर्दैन भनियो। अहिले फेरि सर्छ भनिँदै छ। किन? यो पटक सङ्क्रमण किन धेरै? डा. पुन : कोरोनाभाइरस हावाबाट सर्छ भन्ने कुरा यस अघिको लहरका बेला समेत चर्चा भएको थियो। दुई सयभन्दा बढी अनुसन्धानकर्ता र वैज्ञानिकले विश्व स्वास्थ्य सङ्गठनलाई खुला पत्र लेखेका थिए जसमा यो हावाबाट सर्छ भनिएको हो। तर यो हावाबाट सर्छ भन्ने बित्तिकै घर बाहिर वा चौरमा जाँदा सर्छ भन्ने होइन। सामान्यता एउटै कोठामा धेरै जना भएको र हावा आवतजावत गर्ने व्यवस्था नभएको अवस्थामा सर्न सक्ने भनेर अनुसन्धानहरूले देखाएको छ। अहिले यो समयमा परिवारका अधिकांश सदस्य सङ्क्रमित भएको देखिन्छ। पहिलो कुरो त कोरोनाभाइरसको नयाँ भेरिअन्ट तीव्र गतिमा फैलिन्छ भन्ने कुराको पुष्टि भइसकेको अवस्था छ। त्यो एउटा कारण हुनसक्छ भने अर्को चाहिँ हामीले परिवार भित्र पसिसकेको पत्तै पाएनौँ। र तत्पश्चात् निषेधाज्ञा भयो र घरमा बसिराख्दा परिवारका धेरै सदस्य सँगै सङ्क्रमित हुने क्रम भयो। जनस्वास्थ्यको मापदण्ड अनुसरण भएन र घरमा पनि धेरै ध्यान दिन नसकेको हुँदा फैलिएको हो। के परिवर्तनले कोरोनाभाइरसलाई झन् घातक बनाउँछ? एड्सको लागि बनेको औषधि कोरोनामा किन परीक्षण गरिँदै छ र हामी किन त्यही रेम्डेसिभिरखोज्दै छौँ? रेम्डेसिभिरको वास्तवमा इबोलाका लागि भनेर बनाइएको औषधि हो, एड्सको लागि होइन। यो त्यसका लागि प्रयोग गरिएता पनि कोरोनाभाइरसको महामारीमा विभिन्न एन्टीभाइरल औषधि प्रयोग गर्ने क्रम सुरु भयो। जसमा चाहिँ यो रेम्डेसिभिरले केही फाइदा भएको हो कि भन्ने कुरा आएको छ। अमेरिकाले यसलाई स्वीकृत पनि गरेको छ। र उसको अनुसन्धानको नतिजाले पाँच दिन अस्पताल भर्नाको लम्बाइ घटाएको भनिएको थियो। विश्व स्वास्थ्य सङ्गठनले भने यसको प्रभावकारिता छँदै छैन भन्ने किसिमको नतिजा निकालेको अवस्था छ। यद्यपि नेपालमा यसको व्यापक माग देखिन्छ। चिकित्सकहरूको अनुभव लिने हो भने कसैलाई ठिकै काम गरेको कसैलाई नगरेको भन्ने छ। यसको मतलब यो ठिक हो भन्ने कुरा होइन रहेछ भन्ने कुरा बुझिन्छ। तर पनि मानिसहरू कोरोनाभाइरसका कारण जब आइसीयू वा भेन्टिलेटर पुगेका बेला चिकित्सकले केही हुन्छ कि भनेर लेखिदिएको हुन्छ। अर्को चाहिँ बिरामीका आफन्तले औषधि चलाउन पाए हुन्थ्यो भन्ने आशय देखाउने हुँदा अहिले पनि यसको माग उत्तिकै देखिन्छ। दुपन राई : होम आइसोलेशनमा बसेका व्यक्तिले चाँडै निको हुनलाई के-के कुरामा ध्यान दिनुपर्छ? सेल्फ आइसोलेशन कसरी गर्ने? डा. गौतम: होम आइसोलेशनमा (घरमै एकान्तवासमा बस्नु) बसेकाले छिटो ठिक हुन पहिलो कुरा त मनोबल उच्च बनाउने। अरूको सम्पर्कमा नआउने। मास्क लगाउने, आफ्नो सामान आफै धुने। मन लागेको कुरा पढ्ने, लेख्ने, सिनेमा हेर्ने। आफूलाई व्यस्त बनाउने। आधा घण्टाभन्दा बढी एकै ठाउँमा नबस्ने र राम्रोसँग खाना खाने। समस्या परेको खण्डमा कहाँ खबर गर्ने हो स्वास्थ्य संस्थामा नम्बर पनि टिपेर राख्ने। आचार्यजी: यो भाइरस कहिले सकिएला? डा. पुन : तत्काल यो समयमा गएर सकिन्छ वा ओरालो लाग्छ भन्न नसकिएता पनि पछिल्लो तथ्याङ्कले केही स्थिर भएको देखिन्छ। यो चाहिँ हामीले अझै केही दिन हेर्नुपर्ने हुन्छ। बढ्ने क्रम जारी नभएकाले यसलाई हामीले राम्रै मान्नु पर्छ। कमी हो होइन साँच्चै हेर्न चाहिँ केही दिन अरू हेर्नुपर्ने हुन्छ। बोधनाथ पौडेल: मास्क कति दिनसम्म प्रयोग गर्न सकिएला? एउटा मास्कको सट्टा दुई वटा मास्क प्रयोग गर्दा बढी सुरक्षित भइन्छ? डा. पुनः सामान्यता पहिले हामीले एउटा मास्क लगाउने गरेकामा पछिल्लो समय दुई वटा भनिएको छ। पक्कै पनि दुइटा मास्क लगाउँदा केही न केही प्रभावकारी हुन्छ भन्ने छ। हामीले लगाउने मास्क फरकफरक किसिमको हुन्छ। विशेषगरि बढी प्रयोग गरिने मास्कमा सर्जीकल मास्क, कपडाको मास्क र एन-९५ मास्क हुन। एन-९५ भनेको अस्पतालमा स्वास्थ्यकर्मीहरूले लगाउने मास्क हो। कोरोनाभाइरस सङ्क्रमणबाट जोगिन कुन मास्क उपयुक्त सर्जीकल मास्क 'युज एन्ड थ्रो' अर्थात् एक पटक प्रयोग गरेपछि फेरि प्रयोग नगर्दा राम्रो हुन्छ। धोएर लगाउँदा पनि पत्रहरू बिग्रिएर जति मात्रामा फाइदा हुनुपर्ने हो त्यति फाइदा नहुन सक्छ। कपडाको मास्क पनि प्रभावकारी छ भनिएको छ। यसलाई भने धोएर पनि प्रयोग गर्न सकिन्छ। नर्मजङ्ग रोकाया: कोरोनाभाइरस कति दुरीसम्म हावाको माध्यमबाट फैलिन सक्छ? पुनः सङ्क्रमित हुन सक्ने सम्भावना रहन्छ कि रहँदैन? सबैलाई घरबाट निस्किन नदिने गर्न मिल्छ कि मिल्दैन? डा. गौतम: सबैभन्दा पहिले त रोग नलागोस् भनेर मानिसहरू आफैले ध्यान दिनुपर्छ। सरकारले कडा गरेर नियन्त्रण गर्नुपर्ने कुरा दुखद हो। मानिस आफै चनाखो भएर बस्नुपर्छ। हावाबाट कोरोनाभाइरस सर्दैन। थुकको छिटाबाट यो सर्ने हो। मास्क लगाएको खण्डमा दुई मिटर टाढाको दुरीमा रहँदा यो सर्दैन। तर कुनै कोठामा धेरै मान्छेहरू पोजेटिभ भएर बसे र त्यहाँ हावा राम्रो सञ्चालन भएन भने त्यसबाट पनि कहीँ कतै सरेको भन्ने रिपोर्ट आएको छ। त्यस कारण कोठाको झ्यालढोका खोलेर हावा सञ्चालन हुने गरी बस्नुपर्ने हुन्छ। कोरोनाभाइरस लागिसकेका जोकोहीलाई पुन लाग्न सक्छ। देवकी भट्ट: कोरोनाभाइरसबारे जति मान्छे त्यति नै कुरा हुने गरेका छन्। यसपटक कोरोनाका लक्षण वास्तवमा के-के हुन्? डा. पुनः(पहिलेको र अहिलेको लक्षणमा) तात्त्विक भिन्नता छैन। अहिले पनि मैले धेरै बिरामीहरूको लक्षण हेर्दा खोकी, श्वासप्रश्वासमा समस्या, ज्वरो, स्वाद र गन्ध थाहा नपाउने जस्ता समस्या देखिन्छ। पछिल्लो समय बान्ता आउने, पखाला लाग्ने र जिउ चिलाउने गरेको भनिएको छ। ती कुराहरूको आधारमा कोरोनाभाइरस हो या होइन भन्ने कुरा यो गर्मी महिनामा सहजै अनुमान गर्न सकिँदैन। तर यदि खोकी लाग्यो, सास फेर्न गाह्रो भयो, स्वाद वा गन्धमध्ये एक वा दुवैमा समस्या आयो भने कोरोनाभाइरसबाट सङ्क्रमित भएको हुने सम्भावना बढी हुन्छ। यद्यपि परीक्षण भने गर्न आवश्यक हुन्छ। रवि पौडेल: कोरोनाभाइरस अब विश्वव्यापी समस्या भयो। यो भाइरसको उत्पत्ति कसरी भयो? गत वर्ष बीबीसीमा प्रकाशित एउटा सामग्रीका अनुसार आनुवंशिक संरचनामा आरएनए (RNA) भएका भाइरस अर्थात् विषाणुको एउटा समूहलाई वैज्ञानिकहरूले कोरोनाभाइरस नामाकरण गरेका थिए। भाइरसको बाह्य रूप किरीट अर्थात् श्रीपेचजस्तै भएकाले अङ्ग्रेजीमा उक्त नाम दिइएको थियो। सन् २०१९ को डिसेम्बरमा चीनमा मानिसमा सङ्क्रमण गर्न थालेको भाइरस सो समूहमा राख्न मिल्ने नयाँ भाइरस भएको पत्ता लाग्यो। चीनको वुहाननजिकै पशुपक्षी व्यापार हुने एउटा बजारमा पहिलो पटक यसको सङ्क्रमण देखिएको उक्त भाइरस केही महिनामै विश्वभरि फैलियो। उक्त भाइरसको वैज्ञानिक नाम सार्स-कोभ-२ (Sars-CoV-2) हो। सङ्क्रमणबाट हुने रोगलाई कोभिड-१९ भनिन्छ। दोस्रो पटक कोभिड भए पनि बिरामीको उपचारमा खटिएकी नर्स
खगोलशास्त्र: सन् २०२१ का मुख्य आकर्षण
नयाँ वर्ष, नयाँ तारामण्डल अवलोकनका योजना!
टर्कीबाट देखिएको रातको आकाश यदि तपाईँ रातमा आकाश अवलोकन र अन्तरिक्ष अवलोकनको पारखी हुनुहुन्छ भने अहिलेदेखि नै योजना बनाउन थाल्नूस् है किनभने सन् २०२१ रोमाञ्चक र सुन्दर खगोलशास्त्रीय दृश्य र घटनाले भरिपूर्ण हुनेछ। नजिकका आकाशगङ्गाहरू, खग्रास चन्द्रग्रहण, आगोका लप्काका घेराहरू, उल्कापात, मङ्गल ग्रहमा अवतरण गर्न उडिरहेका लागेका दुईवटा अन्तरिक्ष यानहरू र अन्तरिक्ष अवलोकन गर्न नयाँ शक्तिशाली टेलिस्कोपजस्ता विषयहरूले यो वर्ष अरूभन्दा विशेष हुने अनुमान गरिएको छ। यो वर्ष पहिलो पटक देखिन लागेका केही दृश्यदेखि बेलाबखत देखिने अदभूत दृश्यहरू हेर्न पाइनेछ। १. बुध ग्रह दायाँमा रहेको बुध अनि बृहस्पति र शुक्र ग्रह हाम्रो सौर्यमण्डलको सबैभन्दा सानो र सूर्यसँग सबभन्दा नजिक दूरीमा रहेको ग्रह बुध तपाईँले कहिल्यै देख्नुभएको छैन भने ज्यानुअरी २४ का दिन राम्ररी हेर्न सक्नुहुनेछ। आँखाको ज्योति राम्रा भएकाहरूका लागि यो ग्रह पश्चिमी क्षितिजमा देखिनेछ तर बाइनोकुलरले हेर्ने हो भने झन् प्रस्ट हुनेछ। बुधले सूर्यको एक पटक परिक्रमा गर्न ८८ दिन लाग्छ। धेरैजसो समय हामी बुध ग्रह देख्न सक्दैन किनभने त्यो या छोपिएको हुन्छ या तारामण्डलका अन्य प्रकाशले देख्न नसक्ने तुल्याइदिन्छन्। तर ज्यानुअरीको अन्त्यतिर यो ग्रह असाध्यै चम्किलो देखिनेछ। त्यसैले हेर्नुहोला। २. दक्षिणी गोलार्द्धमा देखिने आकाशीय पीण्डहरू चीलेबाट देखिएको रातको आकर्षक आकाश भूमध्यरेखाको दक्षिणतिरबाट तारामण्डल अवलोकन गर्नु सिकारु र दक्ष खगोलशास्त्रीहरूका लागि बडो रोमाञ्चक दृश्य हुनसक्छ। शुरूवातकर्ताहरूका लागि आकाशगङ्गाको मार्ग यति स्पष्ट र चम्किलो हुन्छ कहिलेकाहीँ त आकाशमा तारैताराको इन्द्रेणीजस्तो देखिन्छ: क्षितिजदेखि क्षितिजसम्म बहुरङ्गी अर्ध गोलाकार दृश्य। यो क्षेत्रबाट विभिन्न आकाशीय पीण्डहरू र खगोलिय गतिविधि नाङ्गो आँखाले देख्न सकिन्छ। ३. उत्तरी गोलार्द्धको हिउँदको रात 'सेभेन सिस्टर्स' भनिने तारापुञ्ज हिउँदमा लामा रात हुन्छन् । चिसो हुने भए पनि खगोलशास्त्रीहरूका लागि तारापुञ्ज अवलोकनका लागि लामो समय उपलब्ध हुन्छ। अँध्यारो रात रोज्नुहोस् जस्तो कि ११ फेब्रुअरी औँसीको रात जब आकाशमा चन्द्रमा देखिँदैन त्यसबेला आकाशमा अन्य वस्तु राम्ररी देख्न सकिन्छ। त्यसो गर्दा सेभेन सिस्टर्स भनिने ताराहरूको सुन्दर समूहलाई तपाईँ शहरी क्षेत्रबाट पनि देख्न सकिन्छ। अझ तपाईँ आकाश अवलोकनमा अभ्यस्त हुँदै जानुभयो भने हाम्रो नजिकै रहेको अर्को आकाशगङ्गा पनि देख्न सक्नुहुन्छ। ४. ओरियन तारामण्डल ओरियनलाई कैयौँ संस्कृतिमा 'जाडो ल्याउने तारा'का रूपमा लिने गरिन्छ खगोलबारे जान्न मन छ भने दुवै गोलार्द्धबाट देखिने तारामण्डल अवलोकनबाट शुरू गर्न सकिन्छ। ओरियन हिउँदमा राम्ररी देख्न सकिन्छ। उत्तरी गोलार्द्धमा भए दक्षिण-पश्चिमी आकाशमा र दक्षिणी गोलार्द्धमा भए उत्तर-पश्चिमी आकाशमा यो तारापुञ्ज देख्न सकिन्छ। अङ्ग्रेजीमा 'द हन्टर' पनि भनिने यो तारामण्डलमा रहेको एउटा भागमा नयाँ ताराहरू जन्मिरहेका हुन्छन्। ५. मङ्गल ग्रहतर्फ गएका अन्तरिक्ष यान चीनको टियानवेन-१ यान एप्रिलमा मङ्गल ग्रहमा अवतरण गर्ने अपेक्षा राखिएको छ यो वर्ष तपाईँले एक होइन दुई अन्तरिक्ष यानहरू मङ्गल ग्रहमा अवतरण भएको देख्न सक्नुहुनेछ। फेब्रुअरी १८ मा नासाको यान मङ्गल ग्रहमा अवतरण गर्ने अपेक्षा छ। त्यसमा विभिन्न क्यामेराहरू जडान गरिएका छन् जसले मङ्गल ग्रहको माटोको अध्ययन गर्न सहयोग पुग्नेछ। यसले पूर्व र अहिलेको मङ्गल ग्रहमा हुनसक्ने जीवनको सङ्केतहरू खोज्नेछ। एप्रिलमा चीनको टियानवेन-१ यान मङ्गल ग्रहमा अवतरण हुनेछ। यसले मङ्गल ग्रहको सतहभित्र रहेको सम्भावित पानीका स्रोतहरू खोज्ने र त्यहाँबाट सामग्री ल्याएर पृथ्वीमा अनुसन्धान गर्ने सम्भावनाको खोजी पनि गर्नेछ। ६. उल्कापात डिसेम्बर महिनामा देखिने उल्कापात सबभन्दा आकर्षक हुने बताइएको छ प्राकृतिक आतसबाजी हेर्न मध्यरात पछिको समय कुर्नुपर्छ। र जहाँ कम प्रदूषण छ त्यहाँ पुग्नु राम्रो हुन्छ। "मे महिनाको ४ तारिख एउटे त्यस्तै उल्कापात हुनेछ।" अर्को उल्कापात अगस्टको ११ तारिख हुनेछ। तर सबभन्दा राम्रो उल्कापात हेर्न भने वर्षको अन्त्यसम्म कुर्नुपर्नेछ। "१३ डिसेम्बरका दिन हुने उक्लापात असाध्यै रङ्गीचङ्गी हुनेछ" रोयल अबजरभेटरी ग्रेनीच सम्बन्धित खगोलशास्त्री ग्रेग ब्राउन भन्छन्। ७. खग्रास चन्द्र ग्रहण चन्द्रमामा पृथ्वीको छाया पर्दै मे २६ का दिन चन्द्रमा पृथ्वीको छायाले छोपिनेछ। प्रशान्त क्षेत्रमा रहनेहरूले यो खग्रास चन्द्रग्रहण अवलोकन गर्न सक्नेछन्। सबैभन्दा उपयुक्त अवलोकन स्थल संयुक्त राज्य अमेरिकाको हवाइबाट हुनेछ। ८.गोलाकार सूर्य ग्रहण चन्द्रमामा पृथ्वीको छाया पर्दै जून १० का दिन चन्द्रमाको छायाँसूर्यमा पर्नेछ - यो साधारण सूर्य ग्रहण मात्रै हुनेछैन। यो अवसरमा चन्द्रमा पृथ्वीबाट ४० लाख ४ हजार ३ सय किलोमिटर टाढा मात्र हुनेछ। त्यसको अर्थ चन्द्रमाको छायाले सूर्यलाई पूर्ण रूपमा छोप्न सक्ने हुनेछैन। त्यसैले सूर्यमा एउटा गोलो घेरा देखिनेछ। त्यसबेला सूर्यलाई प्रत्यक्ष हेर्नुहुँदैन भन्ने स्मरण राख्नुहोला। ग्रहणमा लगाउन मिल्ने चस्मा लगाउनुहोला। सूर्यमा गोलो घेरा क्यानडा, उत्तर-पश्चिमी ग्रीनल्यान्ड र उत्तर-पूर्वी साइबेरियाबाट र इन्टरनेटमार्फत् त सम्पूर्ण विश्वभरिबाट देख्न सकिनेछ। ९.ग्रहहरू आमनेसामने तपाईँको बाल्कोनीबाट बृहस्पति र शनि देख्न पाउने कल्पना गर्नूस् त सौर्यमण्डलका सबै ग्रह सूर्यको वरिपरि घुम्ने भएकाले बेलाबखत पृथ्वी सूर्य र अरू ग्रहको ठिक बीचमा पर्ने गर्छ त्यसैलाई खगोलशास्त्रीहरूले 'इन अपोजिशन' अर्थात् आमनेसामने भन्ने गर्छन्। "पृथ्वीका नजिक पर्ने ग्रहहरू कुनै उपकरणविना नाङ्गा आँखाले नै देख्न सकिन्छ। आमनेसामने हुँदा विभिन्न ग्रह झन् राम्ररी देख्न पाइन्छ," रोयल अबजरभेटरी ग्रेनीच सम्बन्धित खगोलशास्त्री धरा पटेल बताउँछिन्। पटेल भन्छिन्, "शनि र बृहस्पति आगामी २ र २० अगस्टमा आमनेसामने हुनेछन्। ती दिनमा यी ग्रहको दूरी सबैभन्दा कम हुनेछ। तपाईँसँग टेलिस्कोप छ भने भूमध्यरेखातिर हेर्नुहोला राति १ बजेतिर। त्यसबेला बृहस्पतिको वरिपरिको घेरा झलझल परेको देख्न पाइन्छ। १०. नयाँ टेलिस्कोपसार्वजनिकीकरण हबल स्पेस टेलिस्कोपले अदभूत तस्बिरहरू खिचेको थियो अब जेडब्ल्यूएसटीप्रति उच्च अपेक्षा राखिएको छ खगोलशास्त्रीहरू अक्टोबर ३१ को प्रतीक्षामा छन्। ३१ अक्टोबरमा जेम्स वेब स्पेश टेलिस्कोप अथवा जेडब्ल्यूएसटी नाम दिइएको नयाँ टेलिस्कोप सार्वजनिक गर्ने भनिएको छ। यो नयाँ विशाल टेलिस्कोपले इन्फ्रारेड एस्ट्रोनोमीमा नयाँ युग शुरू गर्ने ठानिएको छ। त्यसपछि खगोलशास्त्र झन् झन् परिस्कृत हुँदै जाने खगोलविदहरू बताउँछन्।
आर्थिक मन्दी भनेको के हो?
कोरोनाभाइरस महामारीका कारण विश्वभरिको आर्थिक गतिविधि ठप्प प्राय: छ।
विज्ञहरूले इतिहासकै सबैभन्दा नराम्रो आर्थिक मन्दीको चेतावनी दिएका छन्। तर आर्थिक मन्दी भनेको के हो? यसले हामीलाई कसरी असर गर्छ? हेर्नुहोस् एउटा भिडिओ। अनि यो पनि:
सगरमाथा र अन्य पाँच हिमाल सफा गर्ने सरकारको योजना, पैसा 'फेरि खेर जान सक्ने' पर्वतारोही कामिरिता शेर्पाको चेतावनी
नेपाल सरकारले यो वसन्तऋतुमा सगरमाथासहित पाँचवटा हिमालमा सफाइ अभियान गर्ने योजना सार्वजनिक गरेको छ। तर २४ पटक विश्वको सर्वोच्च शिखरको आरोहण गरेका कामिरिता शेर्पासहित अन्य पर्वतारोहीहरूले हिमालले सफा गर्ने सरकारी शैलीबारे गम्भीर प्रश्न उठाएका छन्।
गत वर्ष विभिन्न सरकारी, गैरसरकारी तथा निजी क्षेत्रको सहकार्यमा गरिएको सफाइ अभियानबाट सगरमाथा क्षेत्रबाट १०,००० किलोग्रामभन्दा बढी फोहोर सङ्कलन गरिएको नेपाली सेनाको भनाइ छ। यसपालि सगरमाथा क्षेत्रदेखि पूर्व र पश्चिमका हिमालमा पनि उक्त अभियान विस्तार गर्ने योजना छ। तर पोहोर सङ्कलित अधिकांश फोहोर सगरमाथा आधार शिविरभन्दा तलका "सजिला स्थानबाट जम्मा गरिएको" भन्दै पर्वतारोहीहरूले नेपाली सेनाको आलोचना गरिरहेका छन्। हालैको समयमा वर्षैपिच्छे सफाइ अभियान सञ्चालन भएको पाइन्छ। तर आरोहीहरूका अनुसार मानिसहरूको भिड हुने सगरमाथा, ल्होत्से, आमादब्लम जस्ता हिमालका माथिल्ला क्षेत्रमा दशकौँ अघिदेखि छरिएर रहेका शव, धातु, प्लास्टिक लगायतका फोहोर अझै तल झार्न सकिएको छैन। हिमाल सफा गर्ने नयाँ योजना नेपाली सेनाका एक अधिकारीले विगतबाट पाठ सिकेर आउने वसन्तमा छ हिमाली क्षेत्रमा सफाइ कार्यक्रम सञ्चालन गरिने र त्यसक्रममा झन्डै ३५,००० किलोग्राम फोहोर सङ्कलन गर्ने योजना बनाइएको बीबीसी न्यूज नेपालीलाई बताए। नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयले नेपाल भ्रमण वर्ष सन् २०२० को अवसरमा सगरमाथासहित छवटा हिमाल सफाइ गर्ने योजना सार्वजनिक गर्दै त्यसको जिम्मेवारी नेपाली सेनालाई दिइएको जनाएको छ। नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार ती हिमाल सफाइका लागि नेपाली सेनाले आठ करोड ५९ लाख रुपैयाँ प्राप्त गर्दैछ। चैत महिनादेखि सफाइ टोलीलाई तालिम दिने, वैशाखदेखि ती टोलीलाई हिमाली क्षेत्रमा खटाउने र जेठको तेस्रो सातासम्म सफाइ कार्यक्रम सम्पन्न गर्ने सेनाको योजना छ। २०,००० किलोग्रामसगरमाथा, ल्होत्से र पुमोरी ५,००० किलोग्राम मकालु, धौलागिरि र आमादब्लम प्रत्येकमा कुन हिमालमा कति फोहर पर्वतारोहीहरूका अनुसार आरोहीहरूको धेरै भिड हुने सगरमाथा क्षेत्रमा अवस्थित सगरमाथा, ल्होत्से, पुमोरीमा धेरै फोहोर जम्मा भएको छ। सेनाले यसपालि ती हिमालका आधार शिविरमाथि र तलका क्षेत्रबाट झन्डै २०,००० किलोग्राम फोहोर सङ्कल गर्ने योजना बनाएको छ। सगरमाथा क्षेत्रका हिमशिखरमध्ये आरोहीहरूको सर्वाधिक भिड हुने आमादब्लम हिमालमा अत्यधिक फोहोर भएको आरोहीहरू बताउँछन्। त्यो हिमालको आधार शिविरमाथि र तलका क्षेत्रबाट ५,००० किलोग्राम फोहोर उठाउने सेनाको योजना छ। सगरमाथाभन्दा पूर्वमा अवस्थित मकालु हिमालको आधार शिविरमाथि र तलका क्षेत्रबाट ५,००० किलोग्राम फोहोर जम्मा गर्ने योजना छ। पश्चिम नेपालको धौलागिरि हिमालमा आरोहीहरूको भिड तुलनात्मक रूपमा कम हुने गर्छ। यो वसन्तऋतुमा त्यो हिमालको आधार शिविरमाथि र तलका क्षेत्रबाट झन्डै ५,००० किलोग्राम फोहोर उठाउने योजना नेपाली सेनाले बनाएको प्रवक्ता विज्ञानदेव पाण्डेले बताए। "हिमाल सफाइका लागि आवश्यक समन्वय, तालिम, उपकरण र हेलिकप्टर व्यवस्था गर्न परामर्श थालिसकेका छौँ," उनले भने। कामिरिता शेर्पा किन आक्रोशित गत मेमा २४ औँ पटक सगरमाथाको शिखरमा पाइला टेकेका कामिरिता शेर्पाले आउने वसन्तऋतुमा २५ औँ पटक सगरमाथा आरोहण योजना बनाएका छन्। यो वर्ष फेरि नेपाली सेनाकै अगुवाइमा हिमाल सफा गर्ने नेपाल सरकारको योजनाको उनले आलोचना गरे। "यो वर्ष पनि पोहोरजस्तै तलतलको फोहर टिप्ने हो भने हिमाल सफाइको कुनै अर्थ हुँदैन। फेरि त्यसो गरियो भने सरकारको ढुकुटीको पैसा खेर जान्छ।" उनको विचारमा शिखरको माथिमाथि जाने शेर्पा आरोहीहरूलाई राम्रो पारिश्रमिक दिएर हिमाल सफाइमा बढीभन्दा बढी अनुभवी शेर्पाहरू परिचालन गर्न सकिए माथिल्ला क्षेत्रमा वर्षौँदेखि थुप्रिएका शव तथा अन्य फोहोर सफा गर्न सकिन्छ। "शेर्पाहरूलाई किलोको ६०० रुपैयाँ दिएर पनि फोहोर तल आउँछ। उनीहरूलाई किलोको २,००० वा २,५०० रुपैयाँसम्म दिन सक्यो भने फोहोर ल्याउन सकिन्छ। हिमाल सफाइको काममा नेपाली सेनाभन्दा पनि अनुभवी आरोहण कम्पनी लगाउन सक्यो भने केही प्रगति हुन्छ।" अर्का आरोही फुर्बाटाशी शेर्पाले २१ पटक सगरमाथा चढिसकेका छन्। उनका विचारमा आरोहीको भिड हुने मनास्लु हिमालको माथिल्लो क्षेत्रमा पनि सफाइ अभियान सञ्चालन आवश्यक छ। यस पटक सफाइका लागि सरकारले छानेका हिमालमा मनास्लु परेको छैन। विगतका सफाइ अभियान नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सेनाले "विगतका कमीकमजोरीबाट पाठ सिकेर" यस पटकको हिमाल सफाइ अभियान प्रभावकारी बनाइनेमा जोड दिए। उनले पोहोर सगरमाथा क्षेत्रबाट सङ्कलित अधिकांश फोहोरमैला पुन: प्रयोग गर्ने सामग्री बनाउने एउटा कम्पनीलाई दिइएको बताए। आरोहीहरूका अनुसार सगरमाथा र अन्य हिमाली क्षेत्रमा सन् १९५० को दशक र त्यसअघिको कालखण्डदेखिका फोहोरमैला रहेका छन्। दिवङ्गत आरोहीका शव, आरोहण गर्दा लगाउने पोसाक र जुत्ता, अक्सिजन र ग्यासका सिलिन्डरजस्ता उपकरण हिउँ पग्लिँदा देखिने र अरू बेला छोपिने गरेको उनीहरू बताउँछन्। सन् ११९० को दशकमा सगरमाथाको फोहरमैलाबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समाचारसामग्री छापिन थालेपछि विभिन्न सफाइ अभियान हुन थालेका हुन्। सन् १९९९ र सन् २००१ मा जापानी आरोही तथा पर्यावरणवादी केन नगुचीको अगुवाइमा भएका सफाइ अभियानपछि सगरमाथा क्षेत्रबाट झन्डै २४,००० किलोग्राम फोहोर सङ्कलन भएको थियो। त्यसपछिका वर्षमा पनि प्रत्येक वर्षजसो सफाइ अभियान सञ्चालन हुने गरेका छन्। त्यसको आधिकारिक तथ्याङ्क भने उपलब्ध छैन। सर्वोच्च शिखर सगरमाथाको सफाइ
'राष्ट्रिय सहमति'को एमसीसी किन अप्ठेरोमा पर्‍यो, कसरी होला पारित
अमेरिकी अनुदान परियोजना 'मिलेनीअम च्यालेन्ज कर्पोरेशन' (एमसीसी) को कार्यान्वयनको तालिका नजिकै आइसक्दा संघीय संसद्‌बाट उक्त परियोजना तीन साताभित्रै अनुमोदन गराउनु प्रधानमन्त्री केपी शर्मा ओलीको निम्ति चुनौतीपूर्ण बन्न पुगेको छ।
एमसीसी सम्झौतामा सन् २०१७ मा हस्ताक्षर भएको थियो प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले साथ दिने वचन दिए पनि प्रधानमन्त्रीकै दलभित्र देखा परेको यथास्थितिमा अनुमोदन गर्न नहुने अडानले एमसीसीको भविष्यलाई लिएर अन्योल देखा परेको हो। उक्त परियोजना अमेरिकाको इन्डो-प्यासिफिक रणनीति (आईपीएस) को अङ्ग भएको र त्यसमा कतिपय प्रावधान राष्ट्रिय हित र परराष्ट्र नीति प्रतिकूल रहेको भन्दै नेकपाकै नेताहरूले त्यसमा संशोधन हुनुपर्ने मत राखिरहेका छन्। पार्टीले आधिकारीक रूपमै यस मामिलामा सरकारलाई नियन्त्रणमा लिएको छ। पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ भन्छन्, "एमसीसीको बारेमा छिट्टै पार्टी सचिवालयमा छलफल गर्ने र त्यसकै निर्णय अनुसार संसद्‍मा एमसीसी अघि बढाउने कि नबढाउने निधो सरकारले गर्ने निर्णय पार्टी सचिवालयले गरेको छ।" एमसीसीलाई संसद्को ढोका खुला होला? एमसीसी सम्झौताको कार्यान्वयन यही जुन महिनाभित्र सुरु हुनुपर्ने समयतालिका छ। त्यसैले कुनै विकल्प खोजेर नेकपाले संसद्‌बाट त्यो अनुमोदन गर्नसक्ने बाटो देखेको छ? एमसीसी सम्झौताका बारे अध्ययन गरी सुझाव प्रस्तुत गर्न सत्ताधारी नेकपाले पार्टीका वरिष्ठ नेता झलनाथ खनालको स‌ंयोजकत्वमा एक कार्यदल समेत बनाएको थियो। सो सम्झौता अनुमोदनको निम्ति दुईवटा काम हुनुपर्ने नेता झलनाथ खनालको भनाइ छ, "पहिलो- एमसीसी आईपीएसमा नरहेको स्पष्ट हुनुपर्‍यो। दोस्रो- सम्झौतामा भएका कतिपय असम्मानजनक र त्रुटिपूर्ण प्रावधान वार्तामार्फत् सच्याउनु पर्‍यो।" संशोधनको निम्ति अमेरिका तयार भयो भने पनि देशको सिनेटबाट अनुमोदन गरिएको विषयमा त्यो सम्भव नहुने कतिपय ठान्छन्। नेता खनाल कोरोनाभाइरसका कारण विश्वव्यापी सङ्कटलाई लिएर एमसीसीको कार्यान्वयनको तालिका पनि पछाडि सार्न सकिने ठान्छन्। एमसीसी सम्झौतामा फेरबदल गर्न समय घर्किसक्यो: अमेरिकी राजदूत एकथरीका बिचारमा यस्ता सम्झौताका मूल कुरा परिवर्तन नगरेर कतिपय ब्याख्या वा बुझाइमा एकरूपता ल्याउनुपर्ने भएमा 'लेटर अफ एक्सचेन्ज'लाई सम्झौता बराबरको मान्यता दिने कुटनीतिक अभ्यास छ, त्यसो गरेर अनुमोदन गर्न सकिन्छ। त्यो सम्भावना नेता खनालले पनि पूर्ण अस्वीकार गरेनन्। उनी भन्छन्, "दुईवटा विषय सच्याउने कुरा भयो भने त गर्न सकिन्छ नि।" नेकपाका एक नेताका अनुसार पछिल्लो सचिवालय बैठकमा प्रधानमन्त्रीले पनि 'अमेरिकासँग कुराकानी गरौँला नि' भनेका छन्। 'राष्ट्रिय सहमतिको सम्झौता' एमसीसी सम्झौताअनुसार अमेरिकाले पाँच वर्षमा झन्डै ६० अर्ब रुपैयाँ नेपाललाई अनुदान दिने छ। विशेषगरी अन्तरदेशीय विद्युत प्रसारण लाइन विकासको निम्ति त्यो तोकिएको समयमै सुरु भएर तोकिएको समयमै सकिनुपर्छ। त्यसमा नेपालले करिब १५ अर्ब रुपैयाँ खर्च गर्नु पर्नेछ। तर पछिल्ला केही महिनायता त्यसलाई लिएर विवाद लम्बिँदै गएपछि कार्यान्वयनमै आशङ्का उत्पन्न हुने देखिएको छ। जबकी यो सम्झौतामा माओवादी र कांग्रेसको संयुक्त सरकार हुँदा हस्ताक्षर भएको हो भने एमाले सरकारमा छँदा पनि यो सम्झौता अघि बढाउन धेरै कामहरू भएका थिए। नेकपाकै एक नेताका भनाइमा करिब राष्ट्रिय सहमतिको सम्झौता हो, देशको 'लेगेसी' र विश्वसनीयताका कारणले पनि यो अनुमोदन गर्नुपर्ने बाध्यता छ। नेपाल र अमेरिकाबीच लामो समयपछि सन् २०१८ को डिसेम्बरमा परराष्ट्रमन्त्रीस्तरीय भेटवार्ता भएको थियो अमेरिकी धारणाको खोजी ती नेताको बुझाइमा प्रधानमन्त्रीले पार्टीमा सामान्य छलफल नै नगरेर संसद्‍मा दर्ता गरेपछि निहुँ खोज्नेहरूलाई थप बहाना मिलेको हो। एमसीसीलाई लिएर नेपालमा विवाद बढ्दै गएपछि गत वर्षको अन्त्यतिर नेपालस्थित अमेरिकी दूतावासले १० वटा बुँदामा त्यसबारे स्पष्ट पारेको थियो जसमा सम्झौता 'कुनै सैन्य मामिलासँग नजोडिएको' लगायतका विषय थिए। तर आईपीएसको अङ्ग भए नभएको त्यसमा खुलाइएको थिएन। नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले बीबीसीसँगको कुराकानीमा भनेका थिए, "एमसीसी र आईपीएस बिल्कुल फरक हुन्।" तर उनले संशोधनको समय घर्किसकेको आशय पनि व्यक्त गरेका थिए। स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था इप्पान नेपालका कुमार पाण्डेका बिचारमा त्यसको निम्ति समय घर्किसकेको छ। तर संशोधन गर्नुपर्ने कुरा यी हुन् भनेर पनि अनुमोदन गर्न सकिने ठाउँ छ। उनी भन्छन्, "तर कुनै कुटनीतिक राजनीतिक पहल पनि गरेको छैन। किन कि सरकारले संशोधन गर्नुपर्छ भन्ने स्वीकार गरेको छैन।" अमेरिकी राजदूतावासले धारणा सार्वजनिक गरेपछि नेकपाका एक पूर्वप्रधानमन्त्रीसँग राजदूत बेरीको भेटवार्ता भएको थियो। नेकपाका एक नेताका अनुसार ती पूर्वप्रधानमन्त्रीले राजदूतलाई राजदूतावासले सार्वजनिक गरेका लगायतका धारणा औपचारिक रूपमा लेखेर दिन कति सम्भव छ भनेर सोधेका थिए। जवाफमा राजदूतले 'तपाईँहरूले सोध्नु भयो भने यहाँबाट मैले लेखेर पठाउन सक्छु वा वासिङ्गटनबाटै चाहिने भए मैले विदेश मन्त्रालयबाट लेखाएर पठाइदिन्छु' भनेका थिए। नेकपाभित्र किन शङ्का? ती नेताका अनुसार परराष्ट्रमन्त्री भने त्यसमा प्रवेश नै गर्न चाँहदैनन्। उनले भने, "उहाँले त अमेरिकाले मान्दै मान्दैन, कि हामीले छोड्नुपर्छ कि स्वीकार्नुपर्छ भन्नुहुन्छ।" उनका अनुसार नेकपाका नेताहरूलाई एमसीसीका सन्दर्भमा धेरै आशङ्का हुनुका दुई कारणमध्ये त्यहो एउटा हो। दोस्रो भनेको अमेरिकाले परराष्ट्रमन्त्री ज्ञवालीको अमेरिकी विदेशमन्त्रीसँगको भेटपछि आईपीएसमा नेपालको भूमिकालाई लिएर सार्वजनिक रूपमा विश्वास दर्शायो तर परराष्ट्रमन्त्रीले त्यसको खण्डन नगर्नु हो। ती नेताले भने, "पहिलो कुरा उहाँ किन मौन बस्नु भयो? दोस्रो- अमेरिकासँग यो-यो कुरा संशोधन वा स्पष्ट गरौँ भन्दा परराष्ट्रमन्त्रीले पहिल्यै अमेरिकाले मान्दै मान्दैन भन्नुहुन्छ। किन कि आईपीएसमा हामी जान सक्दैनौँ, जबकी एमसीसी त धेरै पुरानो हो।" तर परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई बीबीसीले सम्पर्क गर्दा उनले एमसीसीबारे टिप्पणी गर्न अस्वीकार गर्दै आफूले यो विषयमा लामो समयदेखि आफ्ना विचार सार्वजनिक रूपमा राखि नै रहेको बताए। भूराजनीतिक चासो उनले अन्तर्राष्ट्रिय प्रचलन, मान्यता र अन्य विकास सहायताका प्रावधानहरूलाई एमसीसी सम्झौतामा पछ्याइएको उल्लेख गर्दै नेपाल कुनै पनि रणनीतिक गठबन्धनमा नरहने बताउने गरेका छन्। भूराजनीतिक अवस्थिति त्यसमा पनि एमसीसीमार्फत् नेपाल अमेरिकी रणनीतिक गठबन्धनमा जान्छ कि भन्ने चीनको आशङ्काले पनि काम गरेको ठान्नेहरू पनि छन्। तर चीनले नेपाल आफ्नो आर्थिक विकासको निर्णय गर्न स्वतन्त्र रहेको औपचारिक प्रतिक्रिया दिएको छ। तर नेकपाभित्र प्रधानमन्त्रीले 'चीनसँगको असन्तुष्टिका कारण एमसीसी अचानक दर्ता गरेको' ठान्नेहरू पनि छन्। त्यस्तो धारणा राख्नेहरूको बुझाइमा चीनका राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा चीनले काठमाण्डूमा रेल ल्याइदिने घोषणा गर्ने लगायत प्रधानमन्त्रीको अपेक्षा धेरै थियो। त्यसो नभएपछि प्रधानमन्त्रीले पार्टीमा छलफल नगरेर हतारमा एमसीसी बढाउन खोजेको आशङ्का पनि गर्ने गरिन्छ। 'आर्थिक र प्राविधिक लाभको चर्चा कम' स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था इप्पान नेपालका कुमार पाण्डेका बिचारमा सम्झौतालाई लिएर आर्थिक र प्राविधिक लाभको चर्चा कम भएको बताउँछन्। उनको बिचार: अहिले हामी यसको आर्थिक र प्राविधिक पक्षको कुरा गरिरहेका छैनौँ। हामीले व्यवसायिक मान्छेले दस्तावेज पढेर देशलाई हुने आर्थिक र प्राविधिक रूपमा दीर्घकालसम्म हुने लाभ हेर्ने हो। यसको ऐतिहासिक पृष्ठभूमि हेर्ने हो भने, यो परियोजना नेपालमा १४-१५ घन्टा लोडशेडिङ रहेका बेला तर्जुमा भएको हो। त्यति बेला हामीले नेपालमा विकासको सबभन्दा ठूलो बाधक भनेको विद्युतको अभाव हो भन्यौँ। बिजुली, डिलेज, पेट्रोलदेखि मैनबत्ति पनि किन्नु पर्ने स्थिति थियो। त्यसैले विद्युत सहज नहुँदासम्म विकास सम्भव छैन भन्ने कुरा त्यतिखेरका नीति निर्माता, राजनीतिज्ञ, कर्मचारीतन्त्र सबैले स्वीकार गरेर यो अघि बढेको हो। यसो समस्यालाई ध्यानमा राखेर परियोजना विकासको योजना बनाएको देखिन्छ। नेपालको केन्द्रीय भाग भैरहवाहुँदै पोखराको नजिक तनहुँ र काठमाण्डू ल्याएर प्रशारण लाइन हेटौँडा-बीरगन्ज पुर्‍याइन्छ। यो सबैभन्दा बढी बिजुली खपत हुने विद्युत प्रशारणको मेरूदण्ड हो। यो भेगमा तीन ठूला नदी त्रिशुली, मर्स्याङ्दी र कालीगण्डकी छन्। ती नदिनबाट ८-१० हजार मेगावाट छिट्टै बिजुली पनि उत्पादन हुने र यो सबैभन्दा बढी खपत हुने क्षेत्र पनि हो। यहीँबाट अन्तर्देशिय व्यापार पनि गर्न सकिने। आर्थिक रूपले ती नदीमा भविष्यमा जलविद्युत उत्पादन केन्द्र निर्माण भएपछि यो बिजुलीको व्यापारिक बाटो बन्न पुग्छ। त्यसबाट बिजुली निर्यात गर्न सकिन्छ। काठमाण्डू, पोखरा, बीरगन्ज, हेटौडा, भैरहवाका उद्योगहरूलाई बिजुली नपुग्दा त्यही प्रशारण लाइनबाट आयात गर्न पनि सकिन्छ। त्यसैले उत्पादन, खपत र व्यापार यी तीनवटै लक्ष्य हासिल गर्ने गरी योजना तर्जुमा गरेको देखिन्छ। आर्थिक र प्राविधिक रूपले यो छनौट हो। तर अहिलेको उठाइएका कुरा राजनीतिक हो। सरकारका एकथरी मान्छेले पारित गर्नुपर्छ भनिरहेका छन्। अर्काथरी नेताले संशोधन गर्नुपर्छ भन्छन्। उनीहरूको आन्तरिक द्वन्द्वका कारण कार्यक्रम अवरुद्ध भएको छ।
मालश्री धुन बजाउने पाटनकी पूर्वकुमारी
पाटनकी पूर्वकुमारी समिता बज्राचार्य अन्य कुमारीभन्दा फरक छिन्।
उनी आठ वर्षको उमेरमा कुमारी भएकी थिइन् र ११ वर्षमा घर फर्किइन्। कुमारी रहेकै बेला उनले सङ्गीत सिक्ने मौका पाइन्। उनी सरोद बजाउन पोख्त छिन् र सुमधुर मालश्री धुन बजाउँछिन्। मालश्री सङ्गीतशास्त्रका अनुसार रागिनीको एक प्रकार हो जुन रागमा दसैँमा बिहानबेलुकी गाइने दुर्गादेवीको स्तुति भएको गीत रहेको छ। सत्र वर्षीया बज्राचार्यले कलेजको कार्यक्रमहरूमा समेत सरोद बजाउने गर्छिन्। हेर्नुस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ। अनि यो पनि:
डेङ्गी सङ्क्रमण: काठमाण्डू उपत्यका र अन्य जिल्ला पनि उच्च जोखिममा, यी हुन् यो रोगबाट जोगिने उपाय
लामखुट्ट्टेको टोकाइबाट सर्ने डेङ्गी रोग काठमाण्डू उपत्यकासहित मुलुकका विभिन्न स्थानमा देखा परेको छ। डेङ्गी भाइरसका कारण हुने उक्त रोग प्रकोपकै रूपमा फैलिन सक्ने हुँदा तत्काल सतर्कता अपनाइनुपर्ने धारणा जनस्वास्थ्यविज्ञहरूले राखेका छन्।
डेङ्गी भाइरस सार्ने लामखुट्टेले प्राय: मानिसलाई दिउँसो टोक्छ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले दिएको पछिल्लो विवरणअनुसार काठमाण्डूमा मात्र करिब एक दर्जन व्यक्ति उक्त रोगबाट सङ्क्रमित भएका छन्। तर यो विवरण राजधानीका केही अस्पतालहरूबाट सङ्कलित सूचनामा मात्र आधारित भएकाले त्यो सङ्ख्या झन् बढी हुन सक्ने अनुमान गरिएको छ। विशेषत: उष्ण क्षेत्रमा देखा पर्ने उक्त रोग केही समययता जलवायु परिवर्तनका कारण बढ्दै गएको तापमानका कारण काठमाण्डू उपत्यका र पहाडी भूभागसहित ४५ भन्दा बढी जिल्लामा देखा परेको सरकारी अधिकारीहरू बताउँछन्। केही हप्ताअघि पूर्वी नेपालको धरानमा डेङ्गीको प्रकोप फैलिएको थियो। निकै प्रयास गर्दा पनि सो रोग डेङ्गी नियन्त्रण गर्न नसकिएको भन्दै प्रदेश नं १ को सरकारले जनचेतना अभिवृद्धि गर्ने मात्र नभएर दण्ड जरिवानाको प्रावधानबारे पनि छलफल गरेको थियो। सामाजिक विकासमन्त्री जीवन घिमिरेलेका अनुसार डेङ्गी नियन्त्रण गर्न जनचेतना आवश्यक भएको र प्रदेश सरकारले त्यसतर्फ काम गरिरहेको छ। भारतमा पनि दण्डको प्रावधान रहेको दाबी गर्दै उनले बीबीसीसँगको कुराकानीमा भने, "जनचेतना अभियानपछि पनि कसैको घरमा लार्भा भेटिए दण्ड सजायको प्रावधानबारे समेत छलफल गरिरहेका छौँ।" फैलिनुका कारण के हुन्? इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गी रोगसम्बन्धी घटनाहरू विश्वव्यापी रूपमै बढ्दो क्रममा छ। विश्व स्वास्थ्य सङ्गठनले पनि डेङ्गीलाई जनस्वास्थ्यको एउटा प्रमुख चुनौती मानेको छ। संसारभरि यसको सङ्क्रमण ३० गुणाले बढिरहेको सो सङ्गठनले जनाएको छ। काठमाण्डू उपत्यका तथा अन्य स्थानमा डेङ्गी सार्ने लामखुट्टेका दुवै प्रजाति भेटिएको डेङ्गीबारे अनुसन्धान गरेकी त्रिभुवन विश्वविद्यालय केन्द्रीय सूक्ष्मजीवविज्ञान विभागकी उपप्राध्यापक रेश्मा तुलाधर बताउँछिन्। सुनसरी जिल्लामा एकै गाउँमा यो वर्ष मात्रै तीन हजार भन्दा बढी व्यक्तिलाई डेङ्गीको सङ्क्रमण भएको पुष्टि भएको सरकारी तथ्याङ्कले देखाउँछ। जमेको पानीमा लामखुट्टेले फुल पार्ने र त्यसबाट विकसित लामखुट्टेले डेङ्गीको सङ्क्रमण फैलाउँछ भर्खरै दक्षिणपूर्वी एशियासम्बन्धी मामिला हेर्ने विश्व स्वास्थ्य सङ्गठनको एउटा टोलीले काठमाण्डूका विभिन्न स्थानको अवलोकन गर्दा डेङ्गी रोग सार्ने लामखुट्टेको फुल र लार्भा प्रशस्त भेटिएको महाशाखा प्रमुख डाक्टर विवेक कुमार लालले जानकारी दिए। डेङ्गी रोग फैलाउने लामखुट्टेले सफा पानीमा फुल पार्ने हुँदा मनसुन र उक्त अवधि सकिएको एक महिनासम्म उच्च जोखिम हुने विज्ञहरू बताउँछन्। उक्त रोग दिनको समयमा टोक्ने लामखुट्टेबाट सर्ने हुँदा रातको समयमा झुल टाँगेर सुत्ने वा लामखुट्टे मार्ने धूप बाल्दैमा त्यसबाट बच्न नसकिने भुवन विश्वविद्यालयको केन्द्रीय सूक्ष्मजीवविज्ञानकी उपप्राध्यापक रेश्मा तुलाधर बताउँछिन्। डेङ्गीको लक्षण कस्तो हुन्छ? उच्च ज्वरो डेङ्गी रोगको प्रमुख लक्षणमध्ये एउटा हो। सुरुमा मन्द ज्वरो आउने र त्यो बढ्दै जान्छ। केही व्यक्तिमा हाडका जोर्नी र मांसपेसी दुख्ने, छालामा डाबर अथवा बिमिरा आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने एवम् आँखाको गेडी र हड्डी दुख्ने हुन्छ। "बेहोस हुने तथा उच्च रक्तस्राव हुने जस्ता लक्षण पनि कतिपयमा देखिन्छ," डा. लालले भने। "विश्व स्वास्थय सङ्गठनका अनुसार समयमै उपचार गरे मृत्यु दर एक प्रतिशतभन्दा कममा राख्न सकिन्छ।" रोगबाट बच्ने के कस्ता उपाय छन्? उपप्राध्यापक रेश्मा तुलाधरका अनुसार डेङ्गीबाट बच्न निम्न कार्य गर्न सकिन्छ: डेङ्गी सङ्क्रमण रोक्ने मुख्य उपाय भनेको लामखुट्टे नियन्त्रण हो कस्ता मानिसले थप सतर्कता अपनाउनुपर्छ? विज्ञहरूका अनुसार डेङ्गीबाट ज्यानै जाने सम्भावना भने कम हुन्छ। तर यो रोग जुनसुकै उमेर समूहका मानिसहरूलाई लाग्न सक्ने भए पनि प्रतिरोधात्मक क्षमता कम हुने हुँदा बालबालिका र वृद्धवृद्धाले विशेष ध्यान दिनुपर्ने जनस्वास्थ्यविज्ञ तथा चिकित्सकहरूको सुझाव छ। डेङ्गी लागेको अवस्थामा सुरुमा सामान्य ज्वरो आउने र मानिसको रक्तकोश घट्न जाने अवस्था सिर्जना हुने र त्यसको अवस्थामा प्रतिरोधात्मक क्षमता कम हुने मानिसहरुलाई असर पार्ने जानकारहरू बताउँछन्। डेङ्गी सार्ने भाइरस मूलत: चार प्रकारका हुन्छन्। एक प्रकारको विषाणुबाट डेङ्गी भइसकेको व्यक्तिलाई अर्को प्रकारको विषाणु भएको लामखुट्टेले टोकेको अवस्थामा भने अवस्था निकै घातक हुने जाने उनीहरू चिकित्सकहरू बताउँछन्। नेपालमा डेङ्गी कहिले सुरु भयो? इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा पहिलो पटक सन् २००४ मा डेङ्गी सङ्क्रमण चितवनमा आएका विदेशी पर्यटकमा देखा परेको थियो। त्यसपछि सन् २००६ यता यो प्रकोपका रूपमा क्रमश: बढ्दै गएको छ। त्यस यता नेपालमा कम्तीमा १४ जनाले डेङ्गीका कारण ज्यान गुमाइसकेका छन्। सन् २०१७ मा सबैभन्दा बढी दुई हजार एक सय ११ जनामा यो सङ्क्रमण देखिएको थियो। डेङ्गी सार्ने लामखुट्टेले सफा र जमेको पानीमा फुल पार्छ नेपालमा डेङ्गी भारतलगायतका देशबाट आएको भनिए पनि केही वर्षयता रैथाने डेङ्गी भाइरस पनि देखा परेको छ। स्वास्थ्य सेवा विभागको वार्षिक प्रतिवेदन अनुसार नेपालका पहाडदेखि तराईका विभिन्न जिल्लामा डेङ्गी रोगको सङ्क्रमण बढ्ने क्रम जारी छ।
कामिरिता शेर्पा: 'पच्चीस पटक सगरमाथा चढेपछि विश्राम लिन्छु'
गत वर्ष बाइसौँ सगरमाथाको चुचुरोमा पाइला टेकेका कामिरिता शेर्पाले यसपटक आफ्नै कीर्तिमान भङ्ग गर्ने उद्देश्यसहित पुन: सगरमाथा आरोहण गर्न गएका छन्।
उनको लक्ष्य ५० वर्षको उमेरभित्र २५ पटक सगरमाथाको सफल आरोहण गर्नु हो। उनी ४९ वर्ष पुग्न लागेका छन्। विगतको तुलनामा आरोहण सहज बने पनि विभिन्न समस्याका कारण आरोहणप्रति शेर्पा पथप्रदर्शकहरूको आकर्षण घट्दै गएको उनले बताएका छन्। केही वर्षभित्रै आरोहण दलमा शेर्पाहरू पाउन कठिन हुने उनको दाबी छ। हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ। अनि यो पनि
कोरोनाभाइरस: नेपाल-भारत नाकामा कतै कडाइ, कतै बेवास्ता
भारतले आइतवारदेखि लागु हुनेगरी नेपालसँगको सीमामा चारवटा नाकाबाट मात्र यात्रुहरूको आवतजावत हुन दिने निर्णय गरेपछि तिनमा उच्च सतर्कता अपनाइएको नेपाली अधिकारीहरूले बताएका छन्।
नेपालको पूर्वी नाका काँकडभिट्टामा ज्वरो मापन गरिँदै नेपाल-भारत सीमाका विभिन्न नाका पुगेका बीबीसी संवाददाताहरूका अनुसार आवतजावत खुला रहेका नाकामा शरीरको तापक्रम नापेर मात्र मानिसहरूलाई आवतजावत गर्न दिइएको छ। त्यस्तै बन्द गरिएका भनिएका केही नाकामा पनि मानिसहरूको आवतजावत नरोकिएको पाइएको बीबीसी संवाददाताहरूले जनाएका छन्। भारतको गृह मन्त्रालयले शनिवार राति एउटा सूचना जारी गर्दै नेपाल र भारतबीचका चारवटा नाकाबाट मात्र मानिसहरूको आवतजावत हुन दिने जनाएको थियो। उक्त सूचनाअनुसार रानीगन्ज (काँकडभिट्टा), रक्सौल (वीरगन्ज), सुनौली (भैरहवा) र बनबासा (महेन्द्रनगर) बाट मात्र मानिसहरूले आवतजावत गर्न पाउनेछन्। भारतले तोकिएकाबाहेक नेपाल, बाङ्ग्लादेश र म्यान्मारसँगका अन्य नाका आइतवार र पाकिस्तानसँगका नाका सोमवारदेखि मानिसहरूका लागि बन्द गर्ने निर्णय गरेको हो। भारतमा अहिलेसम्म १०२ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ। तीमध्ये दुई जनाको मृत्यु भइसकेको छ। के छ काँकडभिट्टा नाकाको अवस्था? मानिसको आवतजावतका लागि खुला राखिएको नेपालको पूर्वी नाका काँकडभिट्टा पुगेका बीबीसीका झापा संवाददाता उमाकान्त खनालका अनुसार त्यहाँ दुवै पक्षले उच्च सतर्कता अपनाइएको पाइएको छ। भारतबाट नेपाल आउँदा र नेपालबाट भारत जाँदा दुवै देशका सीमामा तापक्रम अनिवार्य नापेर मात्र आवागमन गराउन थालिएको छ। भारत तथा अन्य देशबाट आउने सामान ल्याउने सवारीसाधनको सङ्ख्या ह्वात्तै घटेको छ। त्यसले गर्दा भन्सार कार्यालयका कर्मचारीलाई समेत भारतबाट नेपाल आउने मानिसहरूको ज्वरो नाप्नका लागि व्यवस्था मिलाउन खटाउन लागिएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले जानकारी दिएका छन्। भारतबाट नेपाल आउने मानिसहरूलाई अनिवार्य तापक्रम नाप्न लगाउन प्रहरी खटाइएको छ। सशस्त्र प्रहरीको राजस्व गस्ती तथा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरीहरूले ज्वरो नाप्नका मानिसहरूलाई मेचीनगर नगरपालिकाले स्थापना गरेको हेल्थ डेस्क पठाउने गरेका छन्। प्रमुख जिल्ला अधिकारी रानाले भने, "हामीसँग अहिले भएका स्रोत परिचालन गरेर सकेसम्म कोरोनाभाइरस छिर्न नदिनका लागि खटिएका छौँ। बढी तापक्रम देखिए हामी सीधै आइसोलेशनमा पठाउँछौँ।" काँकडभिट्टामा तापक्रम नाप्न लागेको भिड कसरी जाँचिन्छ तापक्रम? नाकामा स्वास्थ्य सहायता कक्ष भए नि पर्याप्त स्रोत र जनशक्ति नहुँदा तापक्रम नाप्नेहरूको भिड लाग्ने गरेको छ। तर एक पटकमा दुईजना मात्र स्वास्थ्यकर्मी काममा खटेको देखिन्छ। सामान्य एप्रन, चस्मा र सर्जिकल पन्जा लगाएर उनीहरूले थर्मल स्क्यानरबाट तापक्रम (ज्वरो) नाप्ने गरेका छन्। तर पर्याप्त स्वास्थ्य उपकरण र सामग्रीहरू नपाइएको गुनासो स्थानीय सरकारका अधिकारीहरूले गरेका छन्। मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले प्रदेश सरकारलाई गुहार्दा पनि समस्या समाधान नभएको बताइन्। उनले भनिन्, "तर हामी व्यवस्थित गर्दै लान्छौँ।" के छ विराटनगर नाकाको स्थिति? विराटनगर-जोगबनी नाकामा मानिसहरू निर्वाध रूपमा आवतजावत गरिरहेका छन् विराटनगरस्थित बीबीसी संवाददाता विक्रम निरौलाका अनुसार भारतले मानिसहरूको आवागमन बन्द गरेको भनिए पनि उक्त नाकामा निर्वाध रूपमा मानिसहरू आवतजावत गरिरहेका छन्। उनका अनुसार विराटनगर-जोगबनी नाकामा मानिसहरूको चहलपहल पहिलेभन्दा कम देखिए पनि आवतजावत रोकिएको छैन। जोगबनीतर्फ भारतीय भूमिमा समेत पुगेर फर्किएका निरौलाका अनुसार सीमाका दुवैपट्टि राखिएका स्वास्थ्य सहायताकक्षमा आवातजावत गर्ने सबैको अनिवार्य स्वास्थ्य परीक्षण गरिएको छैन। नेपालतर्फको स्वास्थ्य सहायता कक्षमा रहेका स्वास्थ्यकर्मीहरूका अनुसार रेलबाट यात्रा गरेर आउनेहरूलाई मात्र अनिवार्य ज्वरो नाप्ने गरिएको छ। मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले चाहिँ भारतले उक्त नाकाबाट मानिसहरूको आवतजावत रोकेको भन्ने खबर सुने पनि आधिकारिक जानकारी नआएकाले कडाइ नगरिएको बताएका छन्। उनले तेस्रो मुलुकका नागरिकका हकमा भने आवतजावत रोकिएको तर भारतीय र नेपालीका हकमा त्यो लागु नभएको बीबीसीलाई बताएका छन्। के छ वीरगन्ज नाकाको स्थित? वीरगन्जस्थित बीबीसी संवाददाता माधुरी महतोका अनुसार वीरगन्ज नाकामा बिहान ४ बजेदेखि राति १२ बजेसम्म आवतजावत गर्ने मानिसहरूको ज्वरो नाप्ने गरिएको छ। उक्त नाकाबाट नेपाल प्रवेश गर्ने भारतीय र नेपाली दुवैलाई ज्वरो नापेर मात्र छाड्ने गरिएको वीरगन्ज महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख अरुणकुमार महतोले बताए। वीरगन्ज नाकामा खटिएका स्वस्थ्यकर्मीहरूले पर्याप्त उपकरण र मास्कको अभाव रहेको गुनासो गरेका छन् उक्त नाकाबाट दैनिक १०,००० भन्दा बढी मानिस नेपाल प्रवेश गर्ने गरेका छन्। नाकामा आलोपालो काम गर्न सात स्वास्थ्यकर्मी खटाइएको छ। धेरै मानिसहरूको आवतजावत हुने तर एक पटकमा दुई स्वास्थ्यकर्मीले मात्र तापक्रम नाप्नुपर्दा समस्या भएको स्वास्थ्यकर्मीले गुनासो गरेका छन्। त्यस नाकामा खटिएका स्वास्थ्यकर्मीले पनि मास्क र अन्य उपकरणको अभाव रहेको बताए। बीबीसी संवाददाता महतोले आइतवार दिउँसो उक्त नाकाबाट सवारीसाधन चढेर नेपाल प्रवेश गरेका कतिपय मानिसको तापक्रम नजाँचिएको देखिन्। कतिपयले भने ज्वरो नाप्न अस्वीकार गर्ने गरेकाले प्रहरीले दबाव दिएरै भए पनि जाँच गराउने गरेको सुरक्षाकर्मीहरूले बताए। केहीले भने विभिन्न पहुँचका आधारमा चेकजाँच नै गर्न नमानेको सीमामा खटिएका सुरक्षाकर्मीले बीबीसीलाई बताएका छन्। के देखियो भैरहवा नाकामा? भैरहवा-सुनौली नाकामा भने भारतले दशगजा क्षेत्रमै जाँचकेन्द्र राखेर नेपालबाट भारततर्फ जानेहरूको जाँच गर्न थालेको बीबीसी संवाददाता माधव नेपालले जनाएका छन्। यसअघि नाकाभन्दा एक किलोमिटर टाढाको जाँचकेन्द्रमा मात्र मानिसहरूको ज्वरो नाप्ने गरिएको थियो। भैरहवा नाकाको दशगजा क्षेत्रमै भारतले स्वास्थ्य जाँचकेन्द्र राखेको छ शनिवारदेखि नेपालबाट सुनौलीतर्फ किनमेलका लागि जाने नेपालीहरूको पनि तापक्रम अनिवार्य रूपमा नाप्न थालिएको छ। स्थानीयवासी मधु पन्थीका अनुसार ज्वरो नाप्न नमान्नेहरूलाई भारतीय अधिकारीहरूले सुनौलीतर्फ जान दिएका छैनन्। नेपालतर्फ पनि स्वास्थ्य सहायताकक्ष राखिएको छ। उक्त कक्षबाट नेपाल भित्रने भारतीय र नेपालीहरूलाई पनि अनिवार्य रूपमा ज्वरो नाप्ने गरिएको अध्यागमन कार्यालय बेलहिया प्रमुख गिरिराज खनालले बीबीसीलाई बताए। उक्त कक्षमा अहिले थर्मल स्क्यानर पनि राखिएको छ। मालवाहक सवारीसाधनहरू बिनारोकतोक आइरहेको अधिकारीहरूले बताएका छन्। के हुँदैछ नेपालगन्जमा? नेपालगन्जस्थित बीबीसी संवाददाता विमला चौधरीका अनुसार भारतले मानिसहरूको आवतजावतमा बन्देज लगाएको उक्त नाकामा पनि आवतजावत जारी रहेको छ। आइतवार दिउँसो उक्त नाका पुगेकी चौधरीका अनुसार दुवैतर्फ स्वास्थ्य सहायताकक्षहरू राखिएका छन्। तर नेपालतर्फ भने भारतमा काम गरेर फर्किएकाहरूलाई मात्र जाँच गर्ने गरिएको छ। किनमेल गर्न जाने र आउनेहरूको ज्वरो पनि मापन गरिएको छैन। यसैबीच दुवैतर्फका सीमा अधिकारीहरूको बैठक बसेको छ। सीमा अधिकारीहरूको नियमित बैठक भए पनि यसपाली नाकामा अनपाउनु पर्ने सतर्कताबारे छलफल भएको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले नियमित बैठक भए पनि कोरोनाभाइरसबारे छलफल भएको बताए। के छ सुदूरपश्चिमका नाकाको स्थिति? धनगढीस्थित बीबीसी संवाददाता उमीद बागचन्दका अनुसार सुदूरपश्चिमका साना र ठूला सबै नाकाहरूमा खासै सतर्कता अपनाइएको छैन। भारतले बनबासा (महेन्द्रनगर) नाकाबाट मात्र आवतजावत गर्न दिने भने पनि अन्य नाकाहरूबाट पनि मानिसहरूको आवतजावत जारी छ। अधिकारीहरूका अनुसार कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, बेलौरी‚ बैतडीको झुलाघाट र दार्चुला खलङ्गामा मानिसहरूको तापक्रम नाप्ने व्यवस्था मिलाइएको छ। अन्य साना नाकामा आवतजावत जारी रहेको र खासै सतर्कता नअपनाइएको पाइएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले अनुसार मुख्य नाकामा स्वास्थ्यकर्मी सहितको सहायताकक्ष राखेर नियमित ज्वरो नापिएको बताएका छन्। राष्ट्रिय समाचार समितिका अनुसार कञ्चनपुरको भीमदत्तनगरबाट सञ्चालन हुँदै आएको नेपाल-भारत मैत्री बससेवा आइतवारदेखि बन्द भएको छ। भारतको उत्तराखण्ड प्रदेशले कोरोनाभाइरस महामारीको कारण देखाउँदै बस सञ्चालन नगर्न अनुरोध गरेपछि सेवा बन्द गरिएको महाकाली यातायातका अध्यक्ष डम्बर पन्तले राससलाई बताएका छन्।
रोहिन्ज्या सङ्कट: 'उनीहरू रातिराति शरणार्थीका शवहरू डुङ्गाबाट समुद्रमा फाल्थे'
खादिजा बेगम स्मरण गर्दै भन्छिन्, "कसैलाई थाहा थिएन कति मानिसहरूको मृत्यु भयो। पचास जना पनि हुनसक्छन्, त्यसभन्दा बढी पनि।"
खादिजा बेगमको स्केच पचपन्न वर्षीया खादिजा बाङ्ग्लादेशको तटीय रक्षा बलले बचाएका ३९६ जनामध्ये पर्छिन्। उनी चढेको डुङ्गामा दुई महिनादेखि समुद्रमा अलपत्र परेको थियो। उनका छोरा धर्मगुरु बनेर डुङ्गामा ज्यान गुमाएका मानिसको अन्तिम संस्कारको विधि फुकाइदिन्थे। त्यसैका आधारमा उनले मृतकको सङ्ख्या अनुमान गरेकी हुन्। मानव तस्करहरूले उक्त डुङ्गालाई मलेशिया लैजान खोजेका थिए। तर कोही पनि गन्तव्यसम्म पुग्न पाएन। खादिजा म्यान्मारमा हिंसा चर्किएपछि आफ्नो घर छाडेर भागेकी थिइन्। उक्त हिंसालाई संयुक्त राष्ट्रसङ्घीय अनुसन्धानकर्ताहरूले 'जातीय नरसंहारको एउटा उदाहरण' भनेका छन्। मलेशियातर्फ मानिसहरू ओसार्न प्रयोग गरिएको डुङ्गामा शरणार्थीहरू राति शव फालिन्थ्यो छिमेकी बाङ्ग्लादेशले उनलाई शरण दियो। म्यान्मारबाट भागेका रोहिन्ज्या मुस्लिमहरूलाई शरण दिएपछि त्यहाँ विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविर बनेको छ। बाङ्ग्लादेशको कक्स बजारमा झन्डै १० लाख रोहिन्ज्याहरू रहेका छन्। खादिजाजस्ता त्यहाँका कतिपय मानिसहरूले मलेशियामा सुखी जीवनको सपना देखेका थिए। तर उनका हकमा त्यो एउटा डरलाग्दो सपना हुनपुग्यो। खादिजा डुङ्गामा रहेका मानव तस्करहरूले कसरी मानिसहरूको मृत्युलाई लुकाउँथे भन्ने स्मरण गर्छिन्। उनी भन्छिन्, "उनीहरू लाश फाल्दा निस्कने पानीको आवाज नसुनियोस् भन्नका लागि डुङ्गाका दुवै इन्जिनहरू चलाउँथे।" उनी प्राय: रातमा शव बाहिर फालिने गरेको बताउँछिन्। "कम्तीमा १४-१५ जना महिलाहरू मरे होलान्," उनी भन्छिन्। शरणार्थीसहित दुई महिनासम्म डुङ्गा समुद्रमा तैरिरह्यो डर उनी अहिले पनि आफ्नै सामुन्ने बसेकी एक महिलाले मृत्यु वरण गरेको सम्झिँदा तर्सिन्छिन्। ती महिलाको शरीरमा पानीको मात्रा कम भएको थियो। सुरुमा उनी विचलित भइन् र बिस्तारै अनौठो व्यवहार देखाउन थालिन्। चालकहरूले ती महिलालाई डुङ्गाको माथिल्लो छतमा लगे। खादिजा उनको त्यहीँ मृत्यु भएको बताउँछिन्। "म अहिले पनि उनको मृत्यु सम्झेर डराउँछु। उनी मेरै अगाडि मरिन्," खादिजा भन्छिन्। ती महिलाका चार सन्तान पनि सँगै आएका थिए। खदिजा भन्छिन्, "मेरो छोराले तीमध्ये सबैभन्दा जेठी १६ वर्षीया छोरीलाई उनकी आमाको मृत्युबारे जानकारी दिएको थियो।" अनाथ बालबालिका खादिजाका पनि चार सन्तान छन्। उनी भन्छिन्, "ती महिलाका तीन बालबालिकालाई आमालाई के भयो थाहा थिएन। उनीहरू रोइरहेका थिए। त्यो मन दुखाउने घटना थियो। उनको शवलाई तत्कालै पानीमा फालियो।" सन् २०१७ मा उनका पति र छोरा म्यान्मारको रखाइन प्रान्तमा एउटा सैन्य कारबाहीमा मारिएपछि खादिजा घरबार र देशविहीन भएकी थिइन्। खादिजाको छोराले अन्तिम संस्कारको विधि गर्नुपर्‍यो उनको गाउँमा आगो लगाइयो र उनलाई आफ्ना बालबच्चाका साथमा बाङ्ग्लादेशको कक्स बजारमा पुगेर शरणार्थी शिविरमा बस्न बाध्य पारियो। आफ्नी जेठी छोरीको विवाह गरेपछि आफ्ना बाँकी छोरा र छोरीका साथ एउटा सुखी जीवन व्यतीत गर्ने उनको रहर थियो। उनी भन्छिन्, "हाम्रो जीवन निकै कष्टपूर्ण थियो। मैले शरणार्थी शिविरमा पनि कुनै भविष्य देखेकी छैन।" समुद्र तरेर गरेर मलेशिया पुग्ने रोहिन्ज्या मुस्लिमहरूको सुखी जीवनको खबरले उनलाई आकर्षित गर्थ्यो। गहना विक्री खादिजाले आफ्ना गहना बेचिन् र ७५० डलरजति रकम मानव तस्करहरूलाई दिइन्। फेब्रुअरीको एक रात उनलाई फोन आयो, जसको उनी प्रतिक्षामा थिइन्। "फोन गर्ने मान्छेले मलाई तेक्नाफ बस स्ट्यान्ड आउन भन्यो," उनी भन्छिन्। उनले यसबारे कसैलाई पनि बताइनन् र एउटा सानो झोलामा कपडा राखेर बचेका गहना पनि साथमै बोकेर हिँडिन्। "मैले मेरा साथीहरू र छिमेकीलाई उपचारका लागि बाहिर जान लागेको बताएँ," उनीले बीबीसीलाई बताइन्। उनले घरमा ताला लगाइन् र रातको अँध्यारोमा आफ्ना छोराछोरीलाई लिएर हिँडिन्। बस बिसौनीमा एक व्यक्तिसँग उनको भेट भयो। उसैले उनीहरूलाई एउटा फार्म हाउससम्म लिएर गयो। त्यहाँ उनले आफूजस्तै सयौँ मानिसहरू देखिन्। त्यहाँबाट उनीहरू एउटा सानो समुद्री डुङ्गामा बसेर बाङ्ग्लादेशको सेन्ट मार्टिन्स टापु र म्यान्मारको सिट्वे बीचबाट बङ्गालको खाडीतर्फ निस्किए। नयाँ सपना उनी भन्छिन्, "महिनौँदेखि मैले योजना बनाएकी थिएँ। मैले एउटा नयाँ देशमा नयाँ सपना देखेकी थिएँ।" दुई दिनपश्चात् उनीहरूलाई अर्को ठूलो डुङ्गामा सारियो। त्यहाँ मानिसहरू भरिभराउ थिए। त्यसमा गोडा राख्ने ठाउँ समेत नभएको खदिजा स्मरण गर्छिन्। "महिला र बालबालिकाका साथमा रहेका परिवारहरू त्यहाँ थिए। मलाई त्यसमा ५०० भन्दा बढी मानिस भए जस्तो लाग्छ," उनी भन्छिन्। त्यो डुङ्गा दक्षिण एशियामा प्रयोग गरिनेभन्दा केही ठूलो त थियो तर त्यत्रो सङ्ख्यामा मानिसहरू बोक्न सक्ने क्षमताको थिएन। सबैभन्दा माथि चालकहरू बसे, बीचमा महिलाहरू र सबैभन्दा तल पुरुषहरूलाई पठाइयो। शौचालयमा मृत्यु अचम्मको कुरा के भने त्यो डुङ्गाका चालकहरू बर्मेली मूलका मानिस थिए। खादिजा भन्छिन्, "सुरुमा त मलाई डर लागेको थियो। मलाई थाहा थिएन कि अब के हुने हो। तर जब एक पटक त्यहाँ बसेपछि म फेरि सपना देख्न थालेँ। मलाई लाग्यो हामी सुखी जीवन पाउनेछौँ, त्यसैले जेजस्तो दु:ख पाएका थियौँ त्यो खासै केही लागेको थिएन।" डुङ्गामा पानी तथा सरसफाइ जस्ता अत्यावश्यक सुविधाको कमी थियो। खादिजा आफैँले पनि दुई महिनामा केवल दुई पटक नुहाउन पाइन्, त्यो पनि समुद्रको पानी तानेर सबैका सामुन्ने। काठले दुईपट्टि घेरेर शौचालय बनाइएको थियो। त्यसको बीचमा प्वाल थियो। उनी भन्छिन्, "हामीले मलेशियातर्फ यात्रा सुरु गरेको केही दिनपछि एउटा केटो शौचालयको त्यही प्वालबाट समुद्रमा खस्यो र मर्‍यो।" उक्त डुङ्गामा उनले देखेका मृत्युमध्ये यो पहिलो मृत्यु थियो त्यो। तुहिएको सपना सात दिनको यात्रापश्चात् आखिर उनीहरूले मलेशियाको तट देखे। त्यहाँ उनीहरूलाई उक्त सातो डुङ्गाले जमिनसम्म पुर्‍याउने ठानिएको थियो। तर कोही पनि पुग्न सकेनन्। कोरोनाभाइरस महामारीका कारण मलेशियाली सुरक्षाकर्मीहरूले गस्ती बढाएका थिए। त्यसले गर्दा उनीहरूलाई छलेर मलेशियाभित्र पुग्न कठिन थियो। प्रमुख चालकले शरणार्थीहरूलाई मलेशियामा उनीहरू ओर्लिन नसक्ने कुरा जानकारी गराए। यो महामारीले खादिजाको सपना चकनाचुर पारिदियो। पानीको समस्या उनीहरू पछि हिँड्नुपर्‍यो। डुङ्गामा खाना र पानीको अभाव हुन थाल्यो। उनीहरू मलेशियातर्फ जाँदा उनीहरूलाई दिनमा दुई पटक भात खान दिइएको थियो। कहिलेकाहीँ दाल पनि दिइन्थ्यो। र, उनीहरूले एक जग पानी पनि पाउँथे। तर समस्या सुरु भएपछि उनीहरूले त्यस्तो सुविधा पाएनन्। उनी भन्छिन्, "पहिले एक दिनमा एक पटक खाना पाइन थाल्यो, त्यसपछि दुई दिनमा एक पटक त्यो पनि निस्तो भात मात्र।" पिउने पानीको अभावले कष्टकर अवस्था सिर्जना भयो। खादिजाका कतिपयले समुद्रकै पानी समेत पिएको बताउँछिन्। "मानिसहरूले आफ्नो कपडा पानीमा डुबाएर त्यसलाई निचोर्दै केही थोपा पानीले आफ्नो प्यास मेटाउने प्रयास गर्थे," उनी भन्छिन्। खादिजा बेगम दोस्रो अवसर कैयौँ दिनपश्चात् थाईल्यान्डको तटमा मानव तस्करहरूले एउटा सानो डुङ्गाको व्यवस्था गरे। त्यसलाई अत्यावश्यक सामानहरू ल्याउन प्रयोग गरियो। उनीहरू मलेशिया प्रवेश गर्ने दोस्रो प्रयासमा लागे। त्यसैबेला उनीहरूलाई बर्माको जलसेनाले रोक्यो। "उनीहरूले क्याप्टेन र चालक दलका अन्य तीन जनालाई गिरफ्तार गरे। तर पछि उनीहरूलाई छाडियो। मलाई लाग्छ उनीहरूबीच केही सम्झौता भयो होला," उनी भन्छिन्। मलेशिया जाने उनीहरूको दोस्रो प्रयास पनि असफल भएको थियो। डुङ्गामा विद्रोह डुङ्गामा रहेका सबैलाई अब आफूहरू कतै पनि जान नपाउने थाहा भइसकेको थियो। उनी भन्छिन्, "हामी समुद्रको चारैतिर बग्दै हिडिरहेका थियौँ। हामीले आफैँसँग सोध्न थालेका थियौँ कि यसरी कति दिनसम्म हामी बाँचौला?" शरणार्थीहरूको एउटा समूह चालक दलसमक्ष गयो। उनीहरूले चालकहरूलाई कि त बाङ्ग्लादेश नत्र म्यान्मारमै आफूहरूलाई ओराल्न आग्रह गरे। तर चालकहरूले त्यसलाई अस्वीकार गरे। उनीहरूले यो जोखिमपूर्ण हुने बताए। आफूहरू गिरफ्तार पर्ने र डुङ्गा पनि जफत हुनसक्ने बताए। एकातिर डुङ्गा समुद्रमा तैरिरहेको थियो भने अर्कातर्फ चालक दलका सदस्यहरूलाई बलात्कार र यातनाको आरोप लागिरहेको थियो। त्यो कुरा डुङ्गाभरि फैलिएको थियो। "अवस्था नियन्त्रणबाहिर गइरहेको थियो," खदिजा भन्छिन्, "मैले चालक दलका एक सदस्यलाई मारेर समुद्रमा फ्याँकिएको कुरा सुनेँ।" त्यहाँ ४०० शरणार्थीका बीचमा १० जना मात्र बर्मेली थिए। "उनीहरूका लागि झगडा गरेर जित्न मुस्किल थियो," उनी भन्छिन्। फेरि बाङ्ग्लादेश चालकहरूले साना बोट भाडामा लिएर तीमार्फत् उनीहरूलाई तटसम्म छाड्नका लागि थप रकम माग गरे। डुङ्गामा भएकाहरूले १२०० डलर रकम उठाए। केही दिनपश्चात् एउटा सानो डुङ्गा उनीहरूतर्फ आयो। लगत्तै क्याप्टेनसहित चालक दलका अधिकांश सदस्यहरू त्यसमा हामफाले र भागे। डुङ्गामा रहेका दुई चालकहरूको सहायतामा उनीहरूले डुङ्गालाई बाङ्ग्लादेशतर्फ घुमाउन सफल भए। खबदिजा भन्छिन्, "दुई महिनापछि जमिन देख्दा म धेरै खुसी भएकी थिएँ।" उनीहरू फेरि फर्किएर बाङ्ग्लादेश पुगेका थिए। दुई साताको क्वारन्टीन बसाइपछि खादिजा शरणार्थी शिविर फर्किन्। त्यहाँ उनको स्थानमा अरू कोही बसिसकेका रहेछन्। उनलाई म्यान्मार फर्कन पाउँछु भन्ने आशा छैन। उनी अहिले एउटा सानो क्षेत्रमा उनका छोराछोरीसँगै बस्छिन्। शान्त मुद्रामा खदिजा भन्छिन्, "मैले आफ्नो सपनाका लागि सबै थोक गुमाएँ। अब फेरि कहिल्यै पनि यस्तो गल्ती गर्दिनँ।"
उग्रवादको पञ्जाबाट पाकिस्तान कहिल्यै बाहिर आउला?
पाकिस्तानमा भएको एउटा आतंकवादी हमलामा कम्तीमा ८० जनाको ज्यान गएपछि त्यसले त्यहाँ बढिरहेको उग्रवादलाई नियन्त्रण गर्नुपर्ने आवश्यकता झन् उजागर गरिदिएको छ। केही दिन पहिले एकजना लेखक तथा पत्रकार अहमद रसिदले बढ्दो उग्रवाद नियन्त्रण गर्न पाकिस्तानले असहज सत्यको सामना गर्ने चाहना देखाउनुपर्ने र आफ्ना संस्थाहरुलाई बलियो बनाउनुपर्ने तर्क गरेका थिए। प्रस्तुत छ, उनको एउटा विश्लेषण:
पाकिस्तानले बढ्दो इस्लामी उग्रवाद, भिजिलान्ते प्रवृत्ति, अल्पसंख्यक समुदायमाथिको आक्रमण जस्ता नयां जोखिमहरु व्यहोरिरहेको छ। तर बाहिरबाट नभई देशभित्रैबाट प्रोत्साहित हुँदा यी खतराहरु बढ्दै गएका हुन् भन्ने स्वीकार गर्न पाकिस्तानीहरुलाई गाह्रो भइरहेको छ। उग्रवादविरुद्ध राज्यका सबै निकाय र नागरिक समाजको साझा दृष्टिकोण के हो भन्ने पनि अस्पष्ट देखिन्छ। आंतकवाद र उग्रवादले सम्पूर्ण सार्वजनिक जीवनलाई प्रभाव पारिरहेको भए पनि त्यसको नियन्त्रणका लागि लिनुपर्ने नीतिमा अस्पष्टता हुँदा केहि उग्रवादी समूहलाई राज्यकै निकायहरुले स्वीकार गरिरहेका छन्। कमजोर झण्डै दुई वर्षअघि सन् २०१४ डिसेम्बर १६ मा पेशावरमा सेनाले सञ्चालन गरेको विद्यालयमा भएको आक्रमणमा अधिकांश केटाकेटी सहित १ सय ५० जनाको ज्यान गएपछि सरकार, विपक्षी दल र सेना सबैले आतंकवादसंग जुध्ने योजना ल्याउनुपर्ने आवश्यकता बोध गरेका थिए। पहिलोपटक २० बुँदे राष्ट्रिय योजना ल्याइएको थियो, जसलाई सेना र राजनीतिक दल दुवैले अनुमोदन गरेका थिए। तर ती २० बुँदालाई साझा अवधारणा या विस्तृत रणनीतिका रुपमा कहिल्यै परिणत गरिएन र त्यसयता उग्रवादविरुद्धको लडाईं झन् झन् कमजोर भइरहेको छ। सेनाले ६ महिना पहिले अप्रेसन जर्ब ए-अज्ब शुरु गर्यो जसले दर्जनौं उग्रवादी समूहहरुको आधार क्षेत्र मानिने उत्तर वजीरिस्तानबाट कैयौं विदेशी सहितका उग्रवादीहरुलाई त्यहाँबाट धपाएको थियो। अरु सैनिक कारबाहीहरु पनि गरिए जसका कारण नाटकीय रुपमा देशभर हुने बम हमलाहरुको संख्या घट्यो। तर त्यस्ता चलाखीपूर्ण रुपमा गरिने हमलाहरु नियन्त्रणका लागि सरकारले आवश्यक रणनीतिक योजनाहरु ल्याउनु पर्थ्यो। शिक्षामा सुधार, रोजगारी श्रृजना, गुप्तचर निकायहरु बिचको समन्वय र कानूनी पुर्नसंरचना, घृणायुक्त सार्वजनिक अभिव्यक्तिमा बन्देज र देशका युवाहरुलाई उग्रवादबाट मुक्त गर्ने रणनीतिको तर्जुमा गर्ने दायित्व नागरिक सरकारको थियो। चातुर्यपूर्ण सैन्य कारबाही बाहेक सरकारले अपनाउनुपर्ने यी सबै रणनीतिहरु अहिलेसम्म अवलम्बन गरिएका छैनन् र सरकार निष्प्रभावी र सुस्त देखिएको छ। यही बिचमा सरकारले इस्लामावादको भारत र आफगानिस्तानप्रतिको विदेश नीतिलाई समर्थन गर्ने उग्रवादी समूहहरुलाई खुल्ला प्रवेश दिन थाल्यो। रणनीतिको अभाव र राज्यबाट केही समूहले पाइरहेको सहयोगका कारण उग्रवादी समूहहरुको दुस्साहस बढिरहेको ठानिन्छ। पछिल्ला केहि हप्तामा पाँचजना ब्लगरहरु बेपत्ता भएका थिए। ति मध्ये एकजना उदारवादी अभियानकर्ता सलमान हैदरसहित तीनजना आफ्नो घर फर्किएका छन्। धम्की खेपेका केहि पत्रकार र नागरिक समाजका अगुवा विदेशिएका छन् भने गैरसरकारी संस्थाहरुलाई देशभक्ति नदेखाएको आरोप लगाइएको छ। अहमदी समुदायमाथि कठोर आक्रमण गरिएको छ र अल्पसंख्यक शिया मुसलमानहरुको आमहत्या भइरहेको छ। मुख्यगरी टेलिभिजनसहित केहि सञ्चार माध्यमहरुमा घृणाको अभिव्यक्तिले प्रश्रय पाइरहेको छ। पत्रकार र अन्यलाई कानूनी रुपमा प्रतिरक्षाको कम अवसर पाइने धर्मनिन्दाको आरोप लगाउने चेतावनीहरु दिइएका छन्। सार्वजनिक रुपमा उत्तेजनात्मक अभिव्यक्ति आउनु र फौजी कारबाही जारी रहनुले गर्दा निर्दोष मानिसहरुको जीवन जोखिममा परिरहेको छ। केही हप्ताअघि अमेरीका र भारतले मुम्बइ आक्रमणका लागि जिम्मेवार भनि आरोप लगाएका एकजना धर्मगुरु हाफिज सइदलाई घरमै नजरबन्दमा राख्ने निर्णय गरियो। अमेरिकाले सइदको जमात उद दावा नामक संस्थालाई आंतकवादीहरुको मोर्चाका रुपमा हेर्ने गरेको छ र ट्रम्प प्रशासनले त्यसलाई प्रतिबन्ध लगाउनसक्ने ठानिएकाले उक्त कदम चालिएको हुनसक्ने अनुमान गरिन्छ। तर एकजना सैनिक अधिकारीले सो नीतिगत निर्णय भएको र त्यसमा कहीँकतै विदेशी दवाव नरहेको जनाए। विदेशी पाकिस्तानभित्र हुने आतंकवादी गतिविधिका लागि छिमेकीहरु जिम्मेवार रहेको भन्ने अडान व्यक्त हुनु उग्रवादीहरुको दुस्साहस बढ्नुको एउटा प्रमुख पक्ष हो। पूर्व सेनाप्रमुख जनरल रहिल शरिफले तीन वर्षअघि सेनाको नेतृत्व सम्हाल्दा, उग्रवादविरुद्ध लड्न देशभित्रकै समस्या हेर्नुपर्ने र विदेशी शक्तिहरुलाई आरोप लगाउन नहुने बारम्बार बताएका थिए। तर पछिल्ला वर्षहरुमा राज्यले सबैजसो प्रमुख आतंकवादी गतिविधि देशभित्रका आतंकवादी समूह भन्दा पनि या त भारत या अफगानिस्तानले गराएको आरोप लगाउने गरेको छ। यसबिचमा नागरिक सरकार अनिर्णयको बन्दी बनेको छ र कसलाई अरोप लगाउने भनेर अलमलमा पनि पर्ने गरेको देखिन्छ। आफ्नो पकड रहेको पञ्जाबमा उग्रवादी समूहलाई फैलने अवसर उसले दिइरहेको छ। नागरिक र सैन्य संगठनहरुको विवादका कारण सर्वसाधारण भने अन्योलमा छन् जसले उग्रवादी धारणा विस्तारका लागि थप ठाउँ बनाइरहेको छ। यसले उग्रवादलाई नियन्त्रण गर्न आवश्यक साझा र एकिकृत अवधारणा निर्माण गर्नुपर्छ भन्ने धारणामा एक किसिमको ग्रहण नै लगाइदिएको छ। अहिलेसम्म नयाँ सेनाप्रमुख जेनरल कमर बाज्वाले आतंकवाद घरेलु नभई विदेशीद्वारा श्रृजित समस्या हो भनेर भनेका छैनन्। भारत र अफगानिस्तानसँगको सम्बन्ध पनि एकदमै खराब भएको छ र छिमेकीहरु पनि पाकिस्तानबाट टाढिएका छन् जसलाई कैयौं विज्ञहरुले क्षेत्रीय रुपमा पाकिस्तान एक्लिँदै गएको भनेर दाबी गरेका छन्। उपाय यदी पाकिस्तानले उग्रवादलाई पराजित गर्ने हो भने नेताहरु र सेनाले एउटा विस्तृत रणनीति र साझा अवधारणा ल्याउनैपर्छ र त्यसको कार्यन्वयन गरिनुपर्छ। दुवैथरीले राज्यका सबै अंगहरुले त्यसको कार्यन्वयन गर्ने कुरा पनि सुनिश्चित गर्नुपर्छ। सरकारी निकायहरुले बनाउने त्यस्तो अवधारणा स्थिर हुनुका साथै त्यसले युवाहरुमा रहेको उग्रवादी भावनालाई निरुत्साहित गर्न अत्यावश्यक भइसकेको सामाजिक सुधारका कामहरु अघि बढाउनुपर्छ। पाकिस्तानलाई एकल, सकारात्मक, बुद्धिमत्तापूर्ण र समावेशी अवधारणा चाहिएको छ जसले सर्वसाधारणलाई अलमल्याउन भन्दा पनि उनीहरुको मनोबललाई उक्साउन सकोस्।
पुराना साधनमा प्रतिबन्ध, निजीबारे निर्णय 'पछि'
सरकारले बीस वर्ष अघि उत्पादन भएका बस, ट्रक जस्ता सार्वजनिक सवारी साधनमाथि आगामी फागुन १७ देखि प्रतिबन्ध लगाउने तयारी गरेको छ।वायु प्रदूषणका एक प्रमुख कारक ठानिने लामो समय सडकमा गुडिसकेका त्यस्ता सवारी साधन हटाउनु सकारात्मक रहेको वातावरणवीदले बताएका छन्।
देशभरबाटै बीस वर्ष पुराना सार्वजनिक सवारी साधन हटाइने सरकारले बताएको छ सार्वजनिक सवारी हटाइसकेपछि लाखौंको संख्यामा रहेका पुराना निजी साधनबारे निर्णय लिइने अधिकारीहरुले बताएका छन्। बीस वर्ष पुराना ट्याक्सी स्वत: हट्ने नियम छँदैछ; नयाँ नियमले बीस वर्ष पुराना बस, ट्रक, टेम्पोजस्ता सवारी साधनमाथि प्रतिबन्ध लाग्नेछ। नियन्त्रण यसले ध्वनी र वायु प्रदूषण कम गर्न सघाउ पुग्ने तर्क गर्छन् यातायात व्यवस्था विभागका प्रवक्ता तोकराज पाण्डे। उनी भन्छन्, "२०७३ साल फागुन १७ गतेदेखि कानूनी रुपमा चल्न अयोग्य हुन्छ सवारी साधन। कसैले जोर जबर्जस्ती गरेर सडकमा सञ्चालनमा ल्याउँछ भने हामी ट्राफिक प्रहरीको मद्दतबाट हामी नियन्त्रणमा ल्याउँछौं। त्यस्ता सवारी साधन देख्दैमा पनि चिनिन्छ। ब्लुबुकले पनि प्रमाणित गर्छ।" त्यसरी हट्नुपर्ने सवारी साधनको संख्या सरकारले अहिले संकलन गरिरहेको र त्यस्तो संख्या अनुमानत: काठमाण्डूमा दुई हजार र राजधानी बाहिर थप दुई हजारजति हुनेछ। वातावरणवीद भूषण तुलाधार त्यसले प्रदूषण कम गर्न सहयोग पुग्ने बताउँछन्। उनी भन्छन्, "पुरानो प्रविधिले बनेका दिनरात गुडिरहने सार्वजनिक गाडिहरुले तुलनात्मक रुपमा धेरै प्रदूषण गर्छन। दोश्रो धेरै चलेपछि घिस्रेर पनि बढि धुवाँ फाल्ने हुन्छन्। त्यसले केही हदसम्म प्रदूषण नियन्त्रण गर्ला तर त्यतिले मात्रै काठमाण्डूको प्रदूषण ह्वात्तै घट्दैन।" नयाँ नियम हाललाई निजी सवारीमा भने लगाइने छैन। निजीलाई 'पछि' काठमाण्डूमा मात्र करिब चार लाख बीस वर्षभन्दा पुराना निजी सवारी साधन रहेको अनुमान छ। सार्वजनिक सवारी साधनमा प्रतिबन्धपछि निजीलाई के गर्ने भन्ने निर्णय गरिने यातायात व्यवस्था विभागका प्रवक्ता तोकराज पाण्डेले बताए। उनले भने, "यसले कस्तो फिडब्याक दिन्छ त्यो अनुसार क्रमश हामी कार्यान्वयन गर्दै जान्छौं। त्यसको अर्थ हो सुधार निरन्तर जारी छ। १५ वर्ष हुन्छ कि २५ वर्ष उपयुक्त हुन्छ अध्ययन गरेर निश्चित गर्छौं।" जति नयाँ भयो त्यति कम प्रदुषण गर्ने साधन उत्पादन गर्ने प्रयत्न भइरहेकाले प्रदूषण नियन्त्रण गर्नकै लागि पनि धेरै मुलुकमा निश्चित वर्ष नाघेका सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाउने गरिएको छ। पुराना साधनमा प्रतिबन्धसँगै विकसित मुलुकले जस्तै बिजुली जस्ता वातावरण मैत्री उर्जाबाट चल्ने र एकैपटकमा धेरै यात्रु बोक्न सक्ने ट्राम, ट्रलीबस, रेल वा ठूला बस सञ्चालन गरे मात्र प्रदूषण कम हुने र ट्राफिक व्यवस्थापन पनि सहज हुने जानकारहरु बताउँछन्।
चाडपर्वका बेला महिलामाथि हुने कामको बोझ यसरी घटाउन सकिन्छ
चाडपर्वका बेला रमाइलो गर्न कसलाई मन लाग्दैन र?
तर नयाँ लुगा लगाएर, मीठामीठा खानेकुरा खाँदै आफन्तजनसँग भेटघाट गर्दै गर्दा यी सबै कुराको चाँजोपाँजो मिलाउन कत्तिको गाह्रो हुन्छ भन्नेबारे तपाईँले ध्यान दिने गर्नुभएको छ? पूजाका लागि सामग्री मिलाउनेदेखि रमाइलो गर्ने मेसो मिलाइदिने जिम्मेवारी प्रायः घरपरिवारमा महिलाकै काँधमा पर्ने गर्छ। सोही कारण अघिपछिको कामबाहेक आउने थप जिम्मेवारीले चाडपर्व मनाउने फुर्सद नै नपाउने गरेको उनीहरूले गुनासो गर्ने गरेका छन्। जिम्मेवारी अझ कामकाजी महिलाको हकमा त चाडपर्वका समयमा बोझ थपिने गरेको उनीहरू बताउँछन्। परिवारका अन्य सदस्यबाट सहयोगको उपेक्षा उनीहरूले राखेका हुन्छन्, तर सामाजिक बनोटका कारण खुलेर भन्न नसकेका मात्र हुन् भन्छिन् महिला अधिकारकर्मी तथा अनुसन्धानकर्ता रीता साह। प्रशासन भन्छ तीजमा 'विकृति', महिला भन्छन् स्वतन्त्रता खोस्न पाइँदैन नेपाली संस्कृतिमा केक "पारिवारिक बनोट, सामाजिक संरचना, सांस्कृतिक र धार्मिक पक्ष, श्रीमान्-श्रीमतीको सम्बन्ध र बालबच्चा हेर्ने विषयमा हाम्रो जुन परम्परागत सोच छ, त्यसले गर्दा चाडपर्वका बेला विवाहित महिलाको जिम्मेवारी ह्वातै बढ्ने गरेको छ," साह भन्छिन्। "अचेल महिलाले घरभित्र गर्ने तर नदेखिने कामका बारेमा केही महिला बोल्न थालेका छन्। तर हाम्रो जस्तो पितृसत्तात्मक समाजमा धेरै जसो महिलाहरू जति नै काम थपिए पनि त्यो उनीहरूको मात्र जिम्मेवारी हो भन्ने सोचेर चुपचाप काम गरिरहन्छन्।" कामको तनाव दशैँ शुरू भएसँगै मन्दिर र बजारमा निकै भिड हुन थालिसकेको छ। साहका अनुसार दशैँको टीकाको दिन नजिकिँदै जाँदा घर सफा गर्ने, घरभित्र र विभिन्न मन्दिरमा गएर पूजा गर्नेदेखि टीका लगाउन आउने आफन्तजनका लागि पहिले नै केही परिकार तयार पार्ने काम प्रायः महिलाहरूकै काँधमा पर्ने गर्छ। यसरी अघिपछि भन्दा चाडपर्व र अन्य चाडभन्दा लामो समयसम्म मनाइने दशैँका बेला धेरै कामको बोझ र निभाउनुपर्ने जिम्मेवारीका कारण महिलाहरूमा नकारात्मक असर पनि परेको देखिएको केही विज्ञहरूले बताएका छन्। यसबारे मनोपरामर्शविद्‌ गङ्गा पाठक भन्छिन्, "चाडपर्वका समयमा जति काम गरेपनि सकिँदैन। त्यसैले सबै कसरी गर्ने होला र अरूले भन्दा राम्रो कसरी गर्ने भन्ने कुराले धेरै महिलाहरूमा तनाव बढ्ने गरेको पाएकी छु।" इस्लामिक देशमा प्रवासी नेपालीको दशैँ कामकाजी महिलाको बोझ पछिल्लो समय चाडपर्व भड्किलो हुँदै गएको र त्यसको मारमा महिलाहरू परेको उनी बताउँछिन्, "एकल परिवारमा बस्ने व्यक्तिलाई त अझ धेरै तनाव भएको देखिन्छ। त्यस्तै भेटघाट भन्दा खानपिनमा जोड दिन थालिएको छ। त्यसैले पनि महिलामाथि बोझ थपिएको छ।" दशैँमा परिवारका सदस्यहरूबीच जमघट हुने गर्दछ। अघिपछि जस्तै गुजारा चलाए पनि वर्ष दिनको अवसरमा आफन्तसँग मिलेर गच्छे अनुसारको सक्दो मीठोमसिनो खाने चलन रहेको छ। यस्ता जमघट रमाइलो गर्ने र आ-आफ्ना चलन अनुसारका खानेकुरा तयार पार्ने जिम्मेवारी अधिकाशं घरमा महिलाहरूकै हुने गरेको छ। अघिपछि भन्दा दशैँका बेला धेरै बिदा पाउने भए पनि त्यो पर्याप्त नभएको महसुस गरेको कतिपय कामकाजी महिलाहरू बताउँछन्। बोझनमानौँ दशैँका समयमा थपिने यस्ता जिम्मेवारीबारे एकजना निजामती कर्मचारी तथा सानी छोरीकी आमा सृजना अर्यालले बताइन्। "महिलाले अघिपछि पनि काम नगर्ने होइन। तर चाडपर्वका समयमा अघिपछिभन्दा धेरै काम थपिन्छ। यो समयमा तेहोरो नै हुन्छ हाम्रो जिम्मेवारी। त्यसैले थाकिन्छ पनि।" आफन्त र छरछिमेककीसँग मिलेर काम गर्दा पनि धेरै यस्तो समयमा धेरै सहज हुने भनाइ उषा पोखरेलको छ। शहर, बजारमा लोप भइसकेको पर्माको चलनको उदाहरण दिँदै उनले भनिन्, "सबैजना मिलेर एक अर्कालाई सघाउने चलन हो पर्मा। त्यसो गर्न सक्दा धेरै जनाको सहयोग लिन सकिन्छ र एउटै व्यक्तिमा कामको बोझ थुप्रिँदैन। यो सामाजिक सम्बन्धलाई राम्रोसँग राख्ने चलन हो।" सहयोग गरौँ उनले यस्तो भनी रहँदा पाठक भने परिवारभित्रकै सदस्यसँग पनि सहयोग लिन सकिने बताउँछिन्। "एकैजनाले यत्तिका धेरै काम गर्न सक्दैन। त्यसैले म त्यस्तो आँट पनि गर्दिनँ। म परिवारका सबैजानालाई उनीहरूले गर्न सक्ने जस्ता कामको बाँडफाँट गरिदिन्छन्। श्रीमानले किनमेल गर्नु हुन्छ भने बच्चाहरु सरसफाइ गरिदिन्छन्," आफ्नो अनुभव साट्दै उनले भनिन्, "अनि अरूले के गरेका छन् भनेर तनाव पनि लिइँदैन। आफूले जानेको गर्ने हो। आत्मीयता देखाउने चाड हो। यसलाई त्यही अनुरूप लिनुपर्छ। खाने परिकार कहिले धेरै होला नसक्दा थोरै होला।" चाडपर्वलाई सबैका लागि उत्तिकै उल्लासमय बनाउन घरका सदस्यको भूमिका निकै धेरै रहने महिला अधिकारकर्मीहरू बताउँछन्। तर सबैले काम धेरै भयो भनेर गुनासो गर्ने वा मद्दत माग्न नसक्ने भएकाले घरका ठूलाबाडाले नै परिवारको सदस्यको रुचि अनुसार कामको उचित बाँडफाँट गर्नुपर्ने सुझाव उनीहरूले दिएका छन्।
मेसीः जसको गोलपछि शहरमा ‘कम्पन हुन्छ’
स्पेनका वैज्ञानिकहरूले अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसीले बार्सिलोना फुटबल टीमका लागि गोल हान्दा बार्सिलोना शहरमा 'साँच्चै नै कम्पन हुने गरेको' पाइएको बताएका छन्।
अनुसन्धानकर्ताहरूले क्याम्प नोउ रंगशाला नजिकै कम्पन मापन गर्ने सिस्मोमिटर जडान गरेका थिए। र, मेसीले गोल हानेपछि भीडले खुसियाली मनाउँदा त्यस क्षेत्रमा मानिसहरूले महसुस गर्न सकिने कम्पन हुने गरेको उनीहरूले बताएका छन्। 'विश्वकप फुटबलमा अब भीएआर प्रविधि' नेयमार: विश्वकै महँगा फुटबल खेलाडी गोल हानेको खुसियालीमा समर्थकहरू उफ्रिँदा र तल झर्दा कम्पन बढ्ने गरेको अनुसन्धानकर्ताहरूले उल्लेख गरेका छन्। शरणार्थीबाट फुटबल स्टार अर्थ साइन्सेस् इन्स्टिच्युटका अनुसन्धानकर्ताहरूले बार्सिलोनामा हुने फुटबल खेलसँग जोडिएका मानवीय गतिविधि र मोटरकारहरूको ट्राफिकले उत्पन्न गर्ने कम्पनहरूबारे अध्ययन गरिरहेका छन्। उनीहरूले ती कम्पनले त्यहाँका भवनहरूमा पार्ने प्रभावबारे समेत तथ्याङ्क सङ्कलन गर्न गइरहेका छन्।
#BBC100Women: भारतमा बलात्कारको मुद्दामा महिला नै पीडित हुनुपरेका तीन घटना
भारतले यति भयावह रूपमा बलात्कारका घटनाहरूको सामना गरिरहेको छ कि त्यसले देशभित्रका मात्र नभई विश्वव्यापी सञ्चार माध्यममा समेत प्राथमिकता पाउने गरेको छ।
राजधानी दिल्लीमा सन् २०१२ मा भएको नृशंस सामूहिक बलात्कारको घटनापछि त्यहाँको कानुनमा कडाइ गरियो तर प्रहरीमा दर्ता हुने बलात्कारका घटनाको सङ्ख्या बढ्दो छ। कतिपयले महिलाविरुद्ध हुने यौन हिंसाबारे गरिएको चर्चालाई त्यसको कारण ठान्ने गरेका छन्। अन्यले भने सरकारले गरेको मृत्युदण्डको व्यवस्थाजस्ता कानुनी सुधारका कारण बताउने गरेका छन्। तर केही विज्ञहरूका भनाइमा त्यस्ता व्यवस्था खोक्रो लोकप्रियतामुखी छन् र ती समस्याको गहिराइसम्म पुग्न सकेका छैनन्। #BBC100Women (बीबीसी हन्ड्रेड विमिन) शृङ्खलाअन्तर्गत हामीले तीनवटा घटना खोतलेका छौँ। जसले भारतको कडा कानुनले पनि बलात्कारका सिकार भएका महिलाको पक्षमा काम गर्न सकिरहेको छैन भन्ने देखाउँछ। 'न्याय पाएको हेर्न बाँचेका छौँ' आज यो गाउँको परिचय: "त्यो गाउँ जहाँ किशोरीहरू झुन्डिएको अवस्थामा भेटिएका थिए।" दाजुभाइका १५ र १२ वर्षका दुई छोरीहरू यही गाउँको आँपको रूखमा झुन्डिएको अवस्थामा फेला परेका थिए। उनीहरूका परिवारका सदस्यहरूले बलात्कारपछि हत्या गरिएको दाबी गरेका छन्। दिल्लीको चर्चित बलात्कार घटनापछिको यो पहिलो ठूलो मुद्दा बनेको थियो। छोरीको बलात्कार र हत्या भएको छ वर्षपछि पनि बुवा न्यायको खोजीमा छन् छ वर्षभन्दा पहिलेको घटना भए पनि कैयौँले यो बिर्सेका छैनन्। उनीहरूलाई अहिले पनि यो हिजोकै जस्तो लाग्छ। उत्तर प्रदेशको बदायूँ जिल्लाको साँघुरो सडकमा मानिसहरूलाई बाटो सोध्दा सबैले हामी जानुपर्ने ठाउँ ठ्याक्कै भनिदिन्थे। तर बदायूँका पीडित परिवारले आफ्नो न्यायको लडाइँ "सीधा अघि नबढिरहेको" बताए। सन् २०१४ को गर्मीयाममा मैले उनीहरूसँग भेटेकी थिएँ। पीडित एक किशोरीका बुवाले मसँग आफ्नी छोरी झुन्डिएको त्यही रूखमुनि कुराकानी गरे। उनले स्थानीय प्रहरीले सहयोग गर्न अस्वीकार गरेको बताउँदै आफूहरू निकै डराएको सुनाएका थिए। उनमा प्रतिशोध लिने चाहना पनि छ, "ती मानिसलाई सबैको अगाडि फाँसी दिइनुपर्छ जसरी उनीहरूले हाम्री छोरीहरूलाई गरे।" कडा कानुन गराउनुको उद्देश्य महिला र युवतीहरूले प्रहरीमा उजुरी दिन सजिलो होस् भन्ने थियो। बलात्कारीलाई मृत्युदण्डको सजायको व्यवस्था गरियो र मुद्दाको सुनुवाइ तीव्र गतिमा गर्ने फास्ट ट्र्याकको प्रावधान घोषणा गरियो। त्यसको एउटा प्रावधानअनुसार नाबालिकविरुद्धको बलात्कारको मुद्दा एक वर्षभित्र टुङ्ग्याउने भनिएको छ। तर पनि मुद्दाको किनारा लाग्न ढिलो भइरहेका घटना बढिरहेका छन्। सरकारी तथ्याङ्कअनुसार त्यसरी ढिलो भएका मुद्दाको बढिरहेको छ। बदायूँमा म फेरि त्यही रूखतर्फ गएँ तर किशोरीका बुवाको दृष्टि भुइँतिर थियो। उनले भने, "पुरानो सम्झनाले निकै पीडा हुन्छ।" उनी निकै निर्धो देखिन्थे। वास्तविक उमेरभन्दा बढी लाग्थे। आमा भन्छिन् न्याय पाएको हेर्न नै बाँचेको जस्तो लाग्छ आक्रोश उस्तै छ तर वास्तविकता पनि महसुस भएको छ कि न्याय प्राप्त गर्ने लडाइँ लामो हुँदोरहेछ र त्यो एक्लै लड्नु पर्दोरहेछ। उनले भने, "कानुनले मुद्दाको सुनुवाइ छिट्टो गर्ने भने पनि अदालत बहिरो छ। अदालत धाइरहेको छु तर गरिबले न्याय पाउन गाह्रो रहेछ।" घटनाको अनुसन्धान तीव गतिमा भयो र बन्द गरियो। अनुसन्धानकर्ताहरूले बलात्कार र हत्या पुष्टि गर्ने यथेष्ट प्रमाण नभएको बताए त्यसैले सन्दिग्धहरू ‍छुटे। परिवारले त्यसलाई चुनौती दिए र मुद्दाको फेरि ब्युँताए। तर अदालतले अपहरण र सताएको आरोपमा कम सजायका अभियोगमात्र स्वीकार गर्‍यो। अहिले परिवार फेरि बलात्कार र हत्या अभियोग ब्युँताउनका निम्ति लडिरहेको छ। भारतको न्याय प्रणालीमा बजेट र कर्मचारी दुवैको अभाव छ। बदायूँ घटनाको सुनवाइ फास्ट ट्र्याक अदालतमा भइरहेको छ। तर उनीहरूका वकिल ज्ञान सिंहले त्यहाँ विशिष्ट सुविधा नरहेको बताए। उनी भन्छन्, "फास्ट ट्र्याक अदातले तीव्र सुनुवाइको प्रयास गर्छ तर कहिलेकाहीँ फरेन्सिक र कहिलेकाहीँ अन्य रिपोर्टमा ढिलाइ हुन्छ। डाक्टर र अनुसन्धान अधिकृतहरूको सरुवा भइदिन्छ र साक्षी बकाउन पनि ढिलो हुन्छ।" पीडित किशोरीकी आमाको निम्ति यो लडाइँ निकै लामो भइसक्यो, म त्यहाँबाट फर्किएपछि उनका शब्दहरू मेरो कानमा गुन्जिरहेका छन्, "हामी अहिले पनि न्याय पाएको हेर्न बाँचेका छौँ भन्ने मेरो आशा छ।" 'मेरै आमाबुवाले मेरो प्रेमीलाई बलात्कारको अभियोगमा जेल पठाए' उषा १७ वर्षकी छँदा उनका आमाबुवाले स्थानीय युवासँग उनको प्रेम सम्बन्धबारे थाहा पाए। गुजरातको पञ्चमहल जिल्लाको सानो गाउँमा यो असामान्य घटना थिएन। तर त्यो जोडीले युवतीको परिवारबाट मान्यता पाएन। आफ्नै आमाबुवाविरुद्ध उभिएकी उषा त्यसपछि उनीहरू घरबाट भाग्ने निधोमा पुगे। तर उनीहरू केही दिन मात्र स्वतन्त्र रहन पाए। उषाका अनुसार उनका बुवाले दुवैलाई पत्ता लगाए र उनलाई घर फर्काए। उनी भन्छिन्, "उहाँले मलाई पिट्नुभयो, भोकभोकै राख्नुभयो र भारु एक लाख २५ हजारमा अर्कैसँग मलाई बेचिदिनुभयो।" तर उनी ती व्यक्तिको घरबाट बिहे भएकै राति भागिन्। प्रेमीसँग गइन्, बिहे गरिन् र गर्भवती भइन्। तर त्यो प्रेमकथामा अर्को ठूलो समस्या आइलाग्यो। कानुनमा सुधार गर्न किशोरीलाई यौन सम्बन्ध राख्न पाउने उमेर हद १६ बाट बढाएर १८ बनाइसकिएको थियो। कानुनी रूपमा उषाले यौन सम्बन्ध राख्न नपाउने भनियो त्यसैले बुवाआमाले उनका प्रेमीलाई बलात्कारको आरोप लगाएर जेल पठाए। ती युवकका परिवार पनि सुरक्षित भएनन्। आमामाथि उषालाई बलात्कारपछि अपहरण गर्न षड्यन्त्र गरेको आरोप लगाइयो। युवककी आमा भन्छिन्, "म दुई हप्ता जेल परेँ। केटीका परिवारले हाम्रो घर लुटे, ढोका फोडे, हाम्रा बस्तुभाउ लिएर गए। ज्यान जोगाउन हामी लुक्नु पर्‍यो।" कानुनले सुरक्षा गर्नुपर्ने उषाको नामबाट दर्ता गरिएको बलात्कारको झुटो मुद्दा हो। सामाजिक कार्यकर्ता सीमा शाहका अनुसार कानुनको दुरुपयोग भइरहेको छ यस्ता झुटा मुद्दा कति अदालतमा पुग्छन् भन्ने तथ्याङ्क छैन। तर वकिलहरूका अनुसार यस्ता उदाहरणले न्यायप्रणालीमा दबाव पारिरहेको छ। विज्ञहरू उक्त घटनाले कानुनले परिवर्तन गर्न नसक्ने गहिरो समस्या उजागर गरेको बताउँछन्। गरिमा जैन भन्छिन्, "कम उमेर र आर्थिक रूपमा परनिर्भर कम उमेरका युवतीले परिवारविरुद्ध निर्णय लिनु निकै गाह्रो काम हो।" उनले नेदरल्यान्ड्सस्थित टीलबर्ग विश्वविद्यालयको इन्टरन्याश्नल भिक्टिमोलजी इन्स्टिट्यूटटमा आफ्नो शोधपत्रका लागि बलात्कार पीडित महिलाको मनोविज्ञानबारे अनुसन्धान गरिरहेकी छन्। "मैले देखेको कुरा के हो भने जब बलात्कारको झुटो मुद्दामा प्रेमीलाई जेल हालिन्छ त्यसले उनीहरूको सम्बन्ध पनि ध्वस्त बनाइदिन्छ र महिला गम्भीर त्रासमा पर्छन् अनि उनीहरूलाई परिवारको थप नियन्त्रणको जोखिम हुन्छ।" उषाले आनन्दी नामक गैरसरकारी संस्थाबाट सहयोग पाइन् र उषाले पतिका परिवारलाई धरौटीमा रिहा गराउन सकिन्। आफ्ना आमाबुवाविरुद्ध उभिइन्। उमेर १८ पुग्नेबित्तिकै उनले आफ्नै आमाबुवाविरुद्ध तस्करीको आरोप दर्ता गरिन्। तर उनले त्यो गर्नुपरोस् भन्ने चाहेकी थिइनन्। "यदि केटीले आफूले छानेर बिहे गर्न पाएमा यो संसार झन् धेरै खुसी रहने थियो," उनले भनिन्। माया कानुन पढ्दैछिन् ग्रामीण भेगमा उमेरसम्बन्धी कानुनको व्यापक दुरुपयोग हुने गरेको छ। उक्त गैरसरकारी संस्थाले सन् २०१३ देखि २०१५ सम्म गरेको उजुरीको अध्ययनले ९५ प्रतिशत उजुरी आमाबुवाको तर्फबाट दिइएको देखाएको छ। आनन्दीसँग सम्बद्ध समाजिक कार्यकर्ता सीमा शाहले भनिन्, "न्याय प्राप्तिको निम्ति कानुनको राम्ररी प्रयोग भइरहेको छैन। जहाँ युवतीलाई वस्तुको रूपमा हेरिन्छ र स्वतन्त्र रूपमा बोल्न दिइन्न त्यहाँ यो ठूलो समस्याको रूपमा देखिन्छ।" 'चुप लाग्न बाध्य पारिएका दलित महिलाको पक्षमा लड्न कानुन पढ्ने निर्णय गरेँ' माया आफ्नो पीडायुक्त कथा मलाई सुनाउन चाहन्छिन्। तर घाउ ताजै छ र बारम्बार उनको गला अवरुद्ध हुन्छ। दलित समुदायकी माया इन्जिनियर बन्न पढ्दै थिइन्। उच्च जातका मानिसले पछ्याउन थाले। मायाको तर्फबाट 'नाइँ' सुन्न अस्वीकार गर्दै ती मानिसले आफ्नो नाडीको नसा काटे र अन्तत: उनलाई बलात्कार गरे। उनले सुनाइन्, "उनको ज्यान ठूलो थियो, मैले प्रयास गरेँ तर उसलाई रोक्न सकिनँ।" उनका अभिभावकले प्रहरीमा उजुरी गर्न उनलाई सहयोग गरे तर ती पुरुषले बिहेको प्रस्ताव गरेपछि समाजको दबावमा उजुरी फिर्ता लिए। दलित महिला अधिकारकर्मी कानुन प्रभावकारी नभएको ठान्छिन् आमाबुवाले छोरीलाई बलात्कार पीडित भएको सामाजिक कलङ्कबाट जोगाएको ठाने। तर बिहे अर्कै किसिमले नर्क बन्न पुग्यो। रुँदै उनले भनिन्, "मेरा पतिका परिवारले 'तिमी फोहर ढलजस्तै दलित हौँ, हामी तिमीलाई हेर्दा पनि घृणा लाग्छ' भन्थे।" पति मदिरा पिएर घर पुग्थे। "प्रहरीमा उजुरी दिएकोमा मलाई गाली गर्थ्यो, यातना दिन्थ्यो, पिट्थ्यो र मैले अस्वीकार गर्दा पनि अप्राकृतिक यौन सम्बन्धको निम्ति बाध्य पार्थ्यो।" मायाका अनुसार उनले आफूलाई असहाय ठान्न थालिन् र उनमा आत्महत्या गर्ने विचार उत्पन्न हुन थाल्यो। पतिले बिर्सिएर एक दिन ढोका खुला नै छाडेका बेला उनी त्यहाँबाट भागिन्। दलित वकिल तथा समाजिक कार्यकर्ता मनीषा मशालसँग भेटेपछि उनलाई वास्तविक स्वतन्त्रताको स्वाद आयो। मनीषाले हरियाणामा दलित महिलामाथि भएका बलात्कारका घटनाको अध्ययन गरिरहेकी थिइन्। उनका भनाइमा जातीय विभेद अन्त्य र यौन हिंसा नियन्त्रणका निम्ति कानुन अप्रभावकारी छ किनकि दलित महिला ती कानुनबारे पूर्ण जानकार छैनन्। दलितको तुलनामा अभियुक्तको आर्थिक र राजनीतिक पृष्ठभूमि बलियो हुन्छ। मनीषाका अनुसार प्रशासन, प्रहरी र न्यायपालिकामा पनि जातीय असमानता छ। महिलाहरू बैठकमा अधिकारीबारे छलफल गर्दै दलित महिलाको सशक्तीकरणका निम्ति उनले माया जस्ता बलात्कार पीडितलाई कानुन पढ्न सहयोग गर्न थालिन्। त्यो पढाइ मायाको निम्ति बाँच्ने नयाँ कारण बन्यो। उनले आफूले बेहोरेको बलात्कारको उजुरी फेरि गरिन् त्यसमा अप्राकृतिक यौन सम्बन्धको आरोप पनि सामेल गरिन्। मनीषासँग भेट भएपछि नै आफूलाई आवाज उठाउने र जिन्दगीप्रति सकारात्मक बन्ने आत्मविश्वास प्राप्त भएको उनको अनुभव छ। माया भन्छिन्, "त्यसपछि मैले कानुन पढ्ने निधो गरेँ, जसले गर्दा अत्याचार विरुद्ध मजस्तै मौन बस्न बाध्य पारिएका दलित महिलाको पक्षमा लड्न सकूँ।" (भारतीय कानुन अनुसार यो समाचारमा बलात्कार पीडितको नाम परिवर्तन गरिएको छ।) (थप रिपोर्टिङ: तेजस वैद्य)
श्रीलङ्का आक्रमण: विस्फोटन योजनाका सन्दिग्ध नाइकेकी बहिनी भन्छिन्, 'दाजु नै भए पनि उनको कार्यको निन्दा गर्छु"
श्रीलङ्काको सरकारले गत आइतवार साढे तीन सयभन्दा बढी व्यक्तिको ज्यान जानेगरी र पाँचभन्दा बढी घाइते हुनेगरी भएका आत्मघाती बम विस्फोटनका घटनाहरू रोक्न नसक्नुमा आफ्नो गुप्तचर संयन्त्रमा "गम्भीर त्रुटि' भएको स्वीकारेको छ।
यसै महिनाको पहिलो हप्ता एउटा योजनाबद्ध आक्रमण हुनसक्ने भनी भारतले दिएको सूचनाबारे सम्बन्धित अधिकारीहरूले उचित तरिकाले जानकारी नदिएको संसद्लाई बताइएको छ। राष्ट्रपति मैत्रीपाल सिरिसेनाले सम्भावित आक्रमणबारे प्राप्त गुप्त सूचनाको जानकारी दिन असफल भएको भन्दै त्यहाँका रक्षासचिव र प्रहरीप्रमुखलाई पदमुक्त गरिदिएका छन्। सिरिसेनाले एउटा टेलिभिजन सम्बोधनमा त्यहाँका विभिन्न सुरक्षानिकायमा व्यापक परिवर्तन गर्ने बताएको एक दिनपछि उनीहरूलाई पदबाट हटाइएको हो। सन्दिग्ध व्यक्तिकी बहिनी के भन्छिन्? आक्रमणकारीहरूको नाइके भएको शङ्का गरिएका एक व्यक्तिकी बहिनीले भने आफ्नो दाजुको निन्दा गरेकी छन्। प्रहरीले देशका विभिन्न स्थानमा शृङ्खलाबद्ध बम विस्फोटन गराउने योजनाको नेतृत्व कट्टरपन्थी इस्लामिक प्रवचक जहरान हासिमले गरेको शङ्का गरेको छ। उनकी बहिनीले बीबीसीसँग कुराकानी गर्दै आफ्ना दाजुका गतिविधिबारे कुनै पनि जानकारी आफूलाई नभएको बताएकी हुन्। हासिम कहाँ छन् भन्ने स्पष्ट छैन। गत मङ्गलवार कट्टरपन्थी इस्लामिक समूहले सार्वजनिक गरिएको भिडिओमा उनी देखिएका थिए। तर उनले एउटा मात्र आत्मघाती घटना गराए वा उनी ठूलो योजनामा संलग्न थिए भन्ने पत्ता लगाउन सकेको छैन। बीबीसीसँग उनकी बहिनी हसिम मदानियाले भनेकी छन्, "मैले सञ्चारमाध्यमबाट यो गतिविधिबारे थाहा पाएँ। मैले कहिल्यै पनि उनले यस्तो गर्लान् भनेर सोचेकी थिइँ। उनी मेरा दाजु भए पनि उनले गरेको यो कार्यको म निन्दा गर्छु। म यस्तो कुरालाई कुनै पनि हालतमा स्वीकार्न सक्दिनँ र उनी अहिले जहाँसुकै हुन् मलाई मतलब छैन।" के भन्छ मुस्लिम समुदाय? श्रीलङ्काको सबैभन्दा ठूलो इस्लामिक सङ्गठनका अर्कम नूरमिथले बीबीसीसँग कट्टरपन्थी व्यक्तिहरू यो तहको आत्मघाती घटनामा संलग्न भएकोमा आफू अझै विश्वस्त हुन नसकेको बताएका छन्। यो घटनाबाट आफूहरूलाई एकदमै चिन्तित बनाएको उनले बताए। उनले भने, "समुदायका रूपमा हामीले वास्तवमै त्यसलाई पहिचान गर्न सकेका थिएनौँ। तर हाम्रो समुदायले कम्तीमा १० वर्षदेखि यस्ता घटनाबारे सकेसम्म सचेत गराइरहेको थियो। समुदायका नेताहरूले केही कट्टर युवाहरूले अन्तर्राष्ट्रिय सञ्जालसँग सम्बन्ध राख्न थालेको भनेर बताउने गरेका थिए।" अधिकारीहरूका अनुसार नौ आक्रमणकारीमध्ये आठ जना श्रीलङ्काका नागरिक भएको स्पष्ट भएको छ। गिर्जाघर र होटलहरूमा भएका शृङ्खलाबद्ध आत्मघाती आक्रमणहरूमा अतिवादी इस्लामिक समूह इस्लामिक स्टेटको संलग्नता रहेको वा नरहेकोबारे सरकारले अनुसन्धान गरिरहेको जनाएको छ। श्रीलङ्का फर्कनुअघि आक्रमणकारीमध्ये एक जनाले यूके र अस्ट्रेलियामा अध्ययन गरेको खुल्न आएको छ। कसको उत्तरदायित्व? देशमा गृहयुद्ध समाप्त भएपछि यो नै सबैभन्दा ठूलो आक्रमणको घटना थियो। घटना भएपछि देश हाँक्ने नेताहरूबीच विवाद रहेको र सरकारी निकायमै समन्वय नभएको देखिएको छ। सहायक रक्षामन्त्री रुवान विजेवार्देनेले रुवान विजेवर्दनेले भने, "यदि जासुसी सूचना उपयुक्त स्थानमा पुर्‍याइएको भए यो आक्रमण टर्न सक्थ्यो वा क्षति कम गर्न सकिन्थ्यो। दुर्भाग्यवश त्यसो हुन सकेन हामीले उत्तरदायित्व लिनुपर्छ।" संसद्का नेता लक्ष्मण किरिएलाले अधिकारीहरूले नियतवश सूचना नदिएको बताए। "कुनै निश्चित उद्देश्यका साथ उच्च अधिकारीहरूले जासुसी सूचना लुकाएका हुन्," उनले भनेका छन्, "सूचना थियो तर शीर्ष सुरक्षा अधिकारीहरूले कारबाही गरेनन्।" उनले भारतीय सङ्केत एप्रिल ४ मा नै पाइएको रोएटर्स समाचार संस्थालाई बताएका छन्। राष्ट्रपति सिरिसेना र प्रधानमन्त्री रनिल विक्रमसिङ्घले उक्त सूचना नपाएको बताएका छन्। राष्ट्रपति सिरिसेनाले रक्षासचिव हेमसिरी फर्नान्डो र प्रहरी प्रमुख पुजिथ जयसुन्दरालाई हटाएका छन्। कसले गर्‍यो आक्रमणको दाबी? श्रीलङ्का सरकारले स्थानीय इस्लामिक समूह न्याश्नल तौहिद जमातले आक्रमण गराएको आरोप लगाएको छ। श्रीलङ्कामा सन्दिग्ध आक्रमणकारी गिर्जाघर छिरेको भिडिओ प्रधानमन्त्री विक्रमसिङ्घले "घटना स्थानीय स्तरबाट मात्र गराइएको हुन नसक्ने" बताएका छन्। यसअघि न्याश्नल तौहिद जमात ठूला घटनामा सहभागी भएको थाहा थिएन। तर गत वर्ष बुद्धका केही मूर्ति भत्काएपछि यो समूह चर्चामा आएको थियो। उक्त समूहले आइतवारको घटनाबारे केही बोलेको छैन। आईएसविरुद अमेरिकी नेतृत्वमा आक्रमण गर्ने देशका नागरिक र श्रीलङ्काका इसाईलाई लक्षित गरिएको आईएसले दाबी गरेको छ। तर सामाजिक सञ्जालमा केही सन्दिग्ध आक्रमणकारीका तस्बिर राख्नुबाहेक उसले घटनामा संलग्न भएको पुष्टि हुने कुनै पनि प्रमाण दिएको छैन। को पक्राउ परे? प्रहरीले अहिलेसम्म ६० जनालाई पक्राउ गरेको छ। घटनापछि देश राष्ट्रिय सङ्कटकाल लगाइएको छ। तर त्यहाँ फेरि आक्रमण होला भन्ने डर व्याप्त छ। प्रहरीले अझै पनि कतिपय शङ्कास्पद व्यक्तिहरूको खोजी गरिरहेको छ। "देशभित्र भइरहेका आतङ्कवादी गोप्य योजना"प्रति सावधान हुनुपर्ने बताउँदै श्रीलङ्काका लागि अमेरिकी राजदूत एलिना टेप्लिजले सञ्चारकर्मीहरूलाई आतङ्कवादी आक्रमण बिनाचेतावनी हुन सक्ने बताइन्। उक्त घटनापछि श्रीलङ्काले मङ्गलवार राष्ट्रिय शोक घोषणा गरेको थियो र त्यस धेरै मृतकहरूको सामूहिक अन्तिम संस्कार गरिएको थियो। मृत्यु हुने को हुन्? शृङ्खलाबद्ध विस्फोटनमा परेर श्रीलङ्काका नागरिक र विदेशीहरू पनि छन्। श्रीलङ्कालीमध्ये अधिकांश इस्टरको प्रार्थना गर्न गिर्जाघरमा भेला भएका इसाई धर्मावलम्बीहरू छन्। घटनामा ३८ जना विदेशीको पनि ज्यान गयो। तीमध्ये आठ ब्रिटिश र ११ भारतीय नागरिक हुन्। श्रीलङ्काको वर्तमान इतिहास सन् २००९ मा गृहयुद्ध समाप्त भएपछि श्रीलङ्कामा केही छिटपुट हिंसाका घटनाहरू हुने गरेका थिए। अल्पसङ्ख्यक तमिलहरूका लागि छुट्टै राज्य माग गर्दै २६ वर्ष युद्ध गरेको तमिल टाइगर्सलाई सरकारी फौजले हराएपछि त्यहाँको गृहयुद्ध सकिएको थियो। उक्त गृहयुद्धमा ७० देखि ८० हजार मानिसहरू मारिएको ठानिन्छ। त्यो गृहयुद्धको अन्यपछि त्यहाँको बहुसङ्ख्यक बौद्ध सिन्हला समुदायका मानिसहरूले मस्जिदहरू र मुस्लिमहरूको स्वामित्व रहेका सम्पत्तिमा आक्रमण गर्ने गरेका खबरहरू आउने गरेका थिए। बौद्ध र मुस्लिम समुदाबीच हिंसा चर्किँदा गत वर्ष मार्चमा पनि त्यहाँ राष्ट्रिय सङ्कटकाल घोषणा भएको थियो।
समाजवादी पार्टी: सहमति तोडेको आरोप लगाउँदै उपेन्द्र यादवको दल सरकारबाट बाहिरियो
उपप्रधानमन्त्री तथा कानुनमन्त्री उपेन्द्र यादवको दल समाजवादी पार्टी सरकारबाट बाहिरिएको छ।
मङ्गलवार आकस्मिक रूपमा बसेको पार्टी पदाधिकारीहरूको बैठकले सरकार छोड्ने निर्णय गरेपछि उपप्रधानमन्त्री यादव र सहरी विकासमन्त्री मो ईस्तियाक राईले राजीनामा दिएका छन्। यादवले राजीनामामा सोमवार मन्त्रिपरिषद्‌को बैठकमा कानुनमन्त्रीको हैसियतमा आफूले संविधान संशोधनको प्रस्ताव प्रस्तुत गर्न खोज्दा प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेर एकतर्फी रूपमा दुईबुँदे सहमति भङ्ग गरेको उल्लेख गरेका छन्। उनले 'नैतिकताका आधारमा सरकारमा बसिरहन औचित्य नभएको हुँदा' पदबाट राजीनामा दिएको जनाएका छन्। गत वर्ष जेठमा सत्तारूढ दल नेकपासँग संविधान संशोधनसम्बन्धी दुईबुँदे सहमति गर्दै समाजवादी पार्टी सरकारमा सहभागी भएको थियो। सरकार छोड्ने निर्णय गर्नुको कारण यसअघि उक्त दलका उपाध्यक्ष रकम चेम्जोङले समाजवादी पार्टीले सरकार छोड्न लागेको पुष्टि गरेका थिए। "मूलभूत रूपमा हाम्रो दल संविधान संशोधन गर्न सरकारमा गएको थियो," चेम्जोङले भने। "हिजो कानुनमन्त्रीको हैसियतमा उपन्द्र यादवले मन्त्रिपरिषद्‌मा संविधान संशोधन गर्न एउटा कार्यदल बनाऔँ भनेर प्रस्ताव लग्नुभएको थियो।" दुईबुँदे सहमति गरेर उपेन्द्र यादव सरकारमा सहभागी भएका थिए "तर प्रधानमन्त्रीले संविधान संशोधनमा नजाने भन्दै उक्त प्रस्ताव अस्वीकार गरिदिएकाले सरकारमा बस्नुको औचित्य देखेनौँ," उनले भने। चेम्जोङका अनुसार बुधवार बस्ने दलको केन्द्रीय समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने किन नलिने भनेर औपचारिक निर्णय गर्नेछ। पहिलादेखि असन्तुष्ट केही हप्ताअघि प्रधानमन्त्री केपी शर्मा ओलीले यादवलाई स्वास्थ्य मन्त्रालयबाट कानुन मन्त्रालयमा सरुवा गरिदिएका थिए भने उनको दलबाट नियुक्त राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई हटाइदिएका थिए। मन्त्रिपरिषद् पुनर्गठन गर्दा उपेन्द्र यादव भारतमा थिए। मन्त्रालय हेरफेरप्रति असन्तुष्टि प्रकट गर्दै उनले बीबीसीसँग 'राजनीतिक संस्कृति र संस्कारको नेपालमा ठूलो अभाव' भएको टिप्पणी गरेका थिए। कैयौँले यादव स्वयं र उनको दलप्रति प्रधानमन्त्री असन्तुष्ट रहेको तथा यादवले सरकार छाडिदिऊन् भन्ने सन्देश दिन उनको सरुवा गरिएको अर्थ लगाएका थिए। उनकै दलका नेताहरूले मन्त्रिपरिषद् पुनर्गठनप्रति सार्वजनिक असन्तुष्टि जनाएका भए पनि यादवले तत्काल सरकार छाडेनन्। कानुन मन्त्रालयको पदभार ग्रहण गरेपछि आफ्नै कार्यकक्षमा पत्रकारहरूसँग कुरा गर्दै उनले जिम्मेवारी हेरफेर हुनुलाई असामान्य रूपमा हेर्न नहुने बताए। "...यो सामान्य कुरा हो। प्रधानमन्त्रीले गर्न सक्छन्," उनले भनेका थिए। यादवले नेतृत्व गरेको सङ्घीय समाजवादी पार्टी र बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टीको एकीकरणपछि समाजवादी पार्टी गठन भएको थियो।
एअर कन्डिशनरले तत्काल शीतल भए पनि पृथ्वीमा गर्मी बढाउँछ
गर्मी हुँदा शीतल र जाडो हुँदा तातो बनाउन प्रयोग गरिने उपकरणले पृथ्वीको तापमान बढाइरहेको छ।
एअर कन्डिशनिङमा प्रयोग हुने एचएफसी (HFC) अर्थात् हाइड्रोफ्लोरोकार्बन नामक रसायन वायुमा फैलिने भएकाले यो स्थिति उत्पन्न भएको हो। कार्बन डाइअक्साइडभन्दा एचएफसी हजारौँ गुना शक्तिशाली हरितगृह ग्यास हो। वायुमण्डलमा पुगेपछि एचएफसीले पृथ्वीको तापक्रम बढाउन सघाउँछ। डर्वुड जिल्के विश्वलाई हानिकारक एचएफसीको 'लत' त्याग्न आग्रह गर्छन्। उनको अभियानको प्रभावका कारण पृथ्वीको तापमान न्यून मात्रामै भए पनि बढ्नबाट केही जोगिएको छ। हेर्नुहोस् यो भिडिओ। अनि यो पनि
नामिबियामा दिनभरि चिकित्सक, राति गायक
नामिबियामा कोभिड-१९ का थोरै बिरामी मात्रै छन् र मार्चमा लगाइएको लकडाउन बिस्तारै खुल्दैछ।
यो समयमा कोरोनाभाइरसविरुद्ध काम गरिरहेकी एक चिकित्सक भने आफ्नो बाँकी समय र्‍याप गाउँछिन्। बीबीसी अफ्रिकाको ह्वाट्स न्यू नामक कार्यक्रमका लागि उनले दिएको अन्तर्वार्तामा आधारित यो भिडिओ हेर्नुहोस्। अनि यो पनि:
हातै नभएकी बालिकाले जितिन् हस्तलेखन प्रतियोगिता
सारा हिनेस्लेका दुवै हत्केला छैनन्, उनी कृत्रिम हत्केला पनि प्रयोग गर्दिनन् तर सुन्दर अक्षर लेख्छिन्।
यी १० वर्षीया बालिकाले अमेरिकाको राष्ट्रिय हस्तलेखन प्रतियोगिता जितिन्। अनि बेसबल खेलको उद्घाटन गर्ने मौका पाइन्। उनी चेस खेल्न, साइकल चलाउन, पौडी खेल्न र मूर्ति बनाउन शौखिन छिन्। चीनमा जन्मेर छ वर्षको उमेरमा अमेरिकी दम्पतीले धर्मपुत्रीको रूपमा अपनाएका थिए। हेर्नुहोस् यो भिडिओ - अनि यो पनि -
कोरोना भाइरस नेपाल: कोभिड-१९ बाट जोगिन गृहिणीका सुझाव यस्ता छन्
देशका अधिकांश जिल्लामा कोरोनभाइरस सङ्क्रमण रोक्न लागु गरिएको निषेधाज्ञा र लकडाउनको अवधि थप गर्ने कार्य जारी छ।
घरपरिवारका दैनिक आवश्यकता परिपूर्ति गर्न अग्रणी भूमिका निर्वाह गर्ने गृहिणीका चिन्ता केही फरक छन्। चुनौतीबीच पनि आफ्नो परिवारका सदस्यलाई सङ्क्रमणबाट जोगाउन उनीहरूले गरेको प्रयासबारेमा केही महिलाहरूसँग गरिएको कुराकानीमा आधारमा कमल परियारले तयार गरेको यो भिडिओ हेर्नुहोस्। अनि यो पनि:
गुर्जा हिमाल: आरोहीहरूको 'खोजी कार्य आइतवार बिहानै'
खराब मौसमका कारण शनिवार उद्धारका लागि काठमाण्डूबाट गएको हेलिकोप्टर अवतरण गर्न नसकेपछि म्याग्दी जिल्लामा पर्ने गुर्जा हिमालमा देखिएका आरोहीहरूको शव ल्याउन तथा हराइरहेकाहरूलाई खोजी गर्न आइतवार बिहानै देखि तालिमप्राप्त व्यक्तिहरू पठाइने अधिकारीहरूले बताएका छन्।
नेपाल विश्वकै सबैभन्दा अग्ला हिमालहरूको लागि प्रख्यात छ। धौलागिरि हिमश्रृंखलामा पर्ने कम नाम सुनिएको गुर्जा हिमाल आरोहणमा गएका पाँचजना दक्षिण कोरियाली र चारजना नेपालीमध्ये सातजनाको शव देखिएको र थप दुईजना अझै हराइरहेको अधिकारीहरूले बताएका छन्। आरोहीहरू, हिमाल आरोहणपश्चात् वा आरोहणमा जाने क्रममा, कुन अवस्थामा दुर्घटनामा परेको हुन् त्यो प्रष्ट भइसकेको छैन। खराब मौसमका कारण शनिवार उद्धारका लागि काठमाण्डूबाट गएको हेलिकप्टर अवतरण गर्न नसकेकाले आइतबार बिहानैदेखि तालिमप्राप्त उद्धारकर्ता सहित शव ल्याउन र हराइरहेकाहरूलाई खोजी गर्न प्रयास गरिने अधिकारीहरूले बताए। धौलागिरि हिमश्रृंखलाको दक्षिण पश्चिममा पर्ने झण्डै सात हजार दुई सय मिटर अग्लो गुर्जा हिमालको आधार शिविरमा शवहरू छरिएको अवस्थामा रहेको अधिकारीहरूको भनाइ छ। गुर्जा हिमाल आरोहणमा गएका ‘सातजनाको शव देखियो’ हिमतालहरूमा छैन पूर्वसूचना प्रणाली माछापुच्छ्रे: आरोहण बहस दुवै खुट्टा नभएका आरोही सगरमाथा शिखरमा उचाइ धौलागिरि हिमश्रृङ्खलाको दक्षिणपश्चिममा अवस्थित गुर्जा हिमाल आरोहण गर्न गएको टोली प्रतिकूल मौसमी अवस्थाबीच विपदमा परेको आशंका गरिएको छ। म्याग्दी जिल्लास्थित धौलागिरि गाउँपालिका-१ मा पर्ने घटनास्थल करिब तीन हजार पाँच सय मिटर उचाइमा रहेको बताइएको छ। हिम पहिरो, हिमताल बिस्फोट वा हिम आँधीमध्ये के कारणले उक्त दुर्घटना भएको भन्ने पुष्टी हुन नसकेको अधिकारीहरू बताउँछन्। हालै आरोहरणका लागि खुला गरिएको उक्त हिमालको आधार शिविरका उच्च भागमा त्रिपालहरू टाँगिएकाले आँधीका कारण उक्त घटना भएको हुनसक्ने अनुमान गरिएको छ। उद्धारका लागि काठमाण्डूबाट गएको एउटा हेलिकप्टर अवतरण गर्न नसकेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताए। प्रयास उनले भने, "सेना पनि तयारी अवस्थामा छ। आइतबार तालिमप्राप्त जनशक्ति सहित हेलिकोप्टरबाट उद्धारको प्रयास हुन्छ।" आरोहण दलमा ८ हजार मिटरका १४ वटा हिमालहरू विना अक्सिजन चढिसकेका एकजना कोरियाली आरोही किम चाङ हो समेत रहेको बताइएको छ। दुर्घटना गत बुधवार वा बिहीवार भएको हुनसक्ने अधिकारीहरूको अनुमान छ। ती पर्वतारोहीहरू ट्रेकिङ क्याम्प नेपाल नामक एजेन्सी मार्फत् आरोहणका लागि गएका थिए। जानकारी उक्त संस्थाका प्रबन्ध निर्देशक वाङ्चु शेर्पाले भने, "एकजना ७५ वर्षका वृद्ध भएकाले उनी एकजना गाइड लिएर तलै बसेका थिए। एकजना भरिया र एकजना गाइड माथि आधार शिविरमा गएकामा बिहीवारसम्म फर्कनु पर्ने नआएपछि खोजिनीति गर्दा घटना पत्ता लाग्यो।" पर्वतारोहीहरूका अनुसार धौलागिरि श्रृंखलामा पर्ने हिमालहरूवरपर प्राय: हिमआँधी आउने गर्छ। नेपालको हिमाली क्षेत्रमा अझै पनि भरपर्दो पूर्व सूचना प्रणाली नभएकाले हिमआँधी, हिम पहिरो वा हिमताल फुट्ने जस्ताबाट विपदबाट निम्तिने जोखिम धेरै रहेको भन्दै कतिपयले चिन्ता व्यक्त गर्ने गरेका छन्।
सन् २०१९ मा खिचिएका अन्तरिक्षका केही अद्भुत तस्बिर
सन् २०२० को दशकमा ठूला अन्तरिक्ष अभियानहरू हुँदैछन्।
बृहस्पति ग्रहमा नासाले पठाएको जूनो अन्तरिक्षयानले आफ्नो छाया देखिनेगरी खिचेको तस्बिर सन् २०१९ मा भने अन्तरिक्षबाट हाम्रो सौर्यमण्डलका केही अद्भुत तस्बिर प्राप्त भए। त्यस्तै पृथ्वीमा रहेका टेलिस्कोपहरूले पनि अन्तरिक्षका केही राम्रा तस्बिरहरू खिचे। तीमध्येका केही उत्कृष्ट तस्बिरहरू यी हुन् - जूनोबाट देखिएको बृहस्पति ग्रह नासाको जूनो अन्तरिक्षयानले वृहस्पति ग्रहको बादलको तस्बिर सन् २०१६ देखि पठाउन थालेको हो। मे २९ मा खिचिएका चारवटा तस्बिरबाट निर्मित यो दृश्यमा बृहस्पति ग्रहमा बादलले बनाएको रमाइलो स्वरूप देखिन्छ। त्यो समयमा जूनो बृहस्पतिभन्दा ८०० देखि १,८०० किलोमिटर टाढा थियो। हिममानव अर्रोकोथ नासाले सन् २०१५ मा न्यू होराइजन्स अन्तरिक्षयानलाई वरुण ग्रहभन्दा पर रहेको कुइपर बेल्टमा पठाएको थियो। त्यहाँ जमेका हजारौँ चिसा वस्तु छन् जसले हाम्रो सौर्यमण्डलको प्रारम्भिक समयबारे जानकारी दिन सक्छन्। सन् २०१४ मा पत्ता लागेको र एमयू६९ नाम रखिएको एउटा वस्तुको वैज्ञानिकहरूले अध्ययन गरिरहेका छन्। पछि अल्टीमा थुले र अहिले अर्रोकोथ नामले चिनिने सो वस्तु ३९ किलोमिटर लामो छ र दुईवटा गोलो वस्तु जोडिएर बनेको छ। आतसबाजी एट करिनी पृथ्वीभन्दा ७,५०० प्रकाशवर्ष टाढा रहेको तारामण्डल हो। त्यहाँ कम्तीमा दुईवटा तारा छन् जसले हाम्रो सूर्यभन्दा ५० लाखगुना ऊर्जा निकाल्छ। तीमध्ये एउटा ताराले तातो ग्यास निकालिरहेको छ र त्यसबाट बलूनको जस्तो आकार बन्छ। यो ताजा तस्बिर भने हबल टेलिस्कोपले खिचेको हो। मङ्गलको सेल्फी नासाको क्यूरीओसिटी अन्तरिक्षवाहन सन् २०१२ देखि मङ्गल ग्रहको सतहमा छ। सो रोबोटले माउन्ट शार्पको भिरालो देखिनेगरी सेल्फी खिचेको छ। यस स्थानमा गरिएको उत्खननमा माटोमा हुने खनिज पदार्थ एकदमै धेरै रहेको देखाएको छ। माटो बन्नका लागि पानी चाहिन्छ र यो खोजले मङ्गल ग्रहमा कुनै बेला पानी रहेको हुन सक्ने सङ्केत गर्छ। चन्द्रमाको अर्को पाटो यो वर्ष ज्यानुअरी ३ मा चीनको चाँग इ-४ चन्द्रमाको पृथ्वीतर्फ नफर्किएको भागमा अवतरण गर्ने पहिलो अन्तरिक्षयान बन्यो। त्यसको केही दिनपछि त्यहाँ पुगेको वहान र यानले एकअर्काको तस्बिर खिचे। चाँग इ-४ सो यानमा क्यामराहरू, चन्द्रमाको भूमिमुनि उत्खनन गर्ने उपकरण, खनिज पदार्थ चिन्ने उपकरण र त्यहाँ वनस्पति उमार्ने सानो प्रयोगशाला छ। उडान द प्ल्यानटरी सोसाइटीको लाइटसेल परियोजनाले पृथ्वीको माथिल्लो भागमा सौर्य ऊर्जा प्रयोग गरी उडान गर्न सम्भाव्यता अध्ययन गर्छ। सौर्य ऊर्जा प्रयोग गरेर अन्तरिक्षयानलाई उडाउने योजना लामो समयदेखिकै हो। जुन २५ मा प्रक्षेपण गरिएको लाइटसेल २ को उडानको यो तस्बिर जुलाई २३ मा खिचिएको हो। सबै तस्बिरको सर्वाधिकार सुरक्षित छ।
कोरोनाभाइरस: चीनबाट फैलिएको महामारी वन्यजन्तुका लागि यसरी वरदान बन्न सक्छ
मध्यचीनको वुहान सहरस्थित एउटा माछा बजारबाट नयाँ कोरोनाभाइरसको सङ्क्रमण सुरु भएको वैज्ञानिकहरूले शङ्का गरेका छन्। उक्त भाइरस झन्डै १७,००० हजार मानिसमा सरेको र त्यसका कारण ३६१ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ।
त्यो बजारमा सर्प, दुम्सीआदि जीवलाई पिँजडामा राखेर खाना वा औषधिको रूपमा प्रयोग गर्न बेच्ने गरिन्थ्यो। तर त्यस क्षेत्रमा पशुस्वास्थ्यको जाँच सुरु भएसँगै त्यो क्रम रोकिएको छ। चीन वैध र अवैध वन्यजन्तुजन्य उत्पादनका लागि सबैभन्दा ठूलो उपभोक्ता हो। अस्थायी प्रतिबन्ध विश्व स्वास्थ्य सङ्गठनका अधिकारीहरूका अनुसार चमेराहरू कोरोनाभाइरसका मुख्य स्रोत हुन सक्छन्। तर मानिसमा सर्नुअघि त्यो भाइरस चमेराबाट अन्य जीवमा सरेको हुन सक्छ। तर त्यसको पहिचान भइसकेको छैन। चीनमा धेरै वन्यजन्तुका उत्पादनहरू स्वादका लागि खाने गरिन्छ। केहीलाई ‍औषधिका रूपमा पनि प्रयोग गर्ने परम्परा रहेको छ। चीनका कैयौँ स्थानमा रेस्टुराँहरूमा चमेराको मासुको सूप तथा बाघको अण्डकोषको सूपजस्ता परिकार बेच्ने गरिन्छ। कतैकतै गोमन सर्प, भालुका पन्जाका परिकार र बाघको हाड हालिएका रक्सी पाइन्छ। साना बजारमा चाहिँ मुसा, बिराला र सङ्कटमा परेका विभिन्न पक्षीका परिकार पाइन्छ। चीनमा धेरै अध्ययन गरेका एक अन्तर्राष्ट्रिय अनुसन्धान संस्थाका एक अनुसन्धानकर्ता भन्छन्: 'येवेई' (अर्थात् चिनियाँ भाषामा जङ्गली स्वाद) शब्द चीनभरि नै चलनचल्तीमा रहेको छ। त्यसको सांस्कृतिक अर्थ साहस, कौतूहल र सम्मानको मिश्रण हुन्छ। वन्यजन्तुबाट बनाइएका परिकार खानाले नपुंसकता तथा बाथ रोग निको हुने चिनियाँ विश्वास रहिआएको छ। लोपोन्मुख कत्लालाई औषधिको रूपमा प्रयोग गरिने सालकको माग बढेपछि त्यो जनावर चीनबाट लोप भइसकेको छ। अरू देशहरूमा पनि सालकको चोरीसिकार बढेको छ। गैँडाको सिङलाई चिनियाँ ‌औषधिमा प्रयोग गरिएकाले त्यो वन्यजीव पनि सङ्कटग्रस्त भइसकेको छ। मानिसमा हुने नयाँनयाँ सङ्क्रमण वन्यजन्तुबाटै सर्ने गरेको बताइन्छ। अहिलेको सङ्क्रमणले फेरि चीनको वन्यजन्तु व्यापारतर्फ संसारको ध्यान खिचिदिएको छ। अहिले चीनले वन्यजन्तुको व्यापारमा अस्थायी प्रतिबन्ध लगाएको बेला संरक्षणकर्मीहरूले त्यसलाई स्थायी प्रतिबन्धमा बदल्न दबाव दिइरहेका छन्। के चीनले सुन्ला? विज्ञहरूका अनुसार त्यो निकै चुनौतीपूर्छ हुनेछ। सार्स र मेर्सजस्ता भाइरस पनि चमेराबाट सिभेट बिरालो र उँट हुँदै मानिसमा सरेको बताइन्छ। विश्व स्वास्थ्य सङ्गठनको पोषण तथा खाद्यसुरक्षा विभागका डा. बेन एम्बरेक भन्छन्, "हामी यसअघि कहिल्यै सम्पर्कमा नआएका वन्यजन्तु र तिनको वासस्थानसँगको सम्पर्कमा आइरहेका छौँ। त्यसैले नयाँनयाँ भाइरस, ब्याक्टेरिया र परजीवीसँग सम्बन्धित रोगहरू देखा परेका छन्।" हालैको एक अध्ययनअनुसार विश्वका ३२,००० हाड भएका जीवमध्ये २० प्रतिशत वैध वा अवैध रूपमा किनबेच गर्ने गरिएको छ। विश्वमा झन्डै २० अर्ब डलर बराबरको वन्यजन्तुको अवैध व्यापार हुने गरेको छ। खतराको घण्टी विश्व वन्यजन्तु कोषले एउटा वक्तव्यमा भनेको छ, "सङ्कटमा परेका जीवजन्तु वा तिनका अङ्गलाई घरपालुवा, खाना वा औषधिको रूपमा भइरहेका प्रयोग अन्त्य गर्नको लागि यो स्वास्थ्यसङ्कटले खतराको घण्टीको काम गर्नुपर्छ।" तर चिनियाँ सरकारले वन्यजन्तु व्यापारमा लगाइएको अहिलेको प्रतिबन्ध अस्थायी प्रकृतिको हुने बताइसकेको छ। सन् २००२ को सार्स सङ्क्रमणको बेला पनि चीनले यस्तै अस्थायी प्रतिबन्ध लगाएको थियो। बढ्दो निगरानी आगामी सेप्टेम्बर महिनामा बेइजिङले जैविक विविधता महासन्धिबारे एक अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्दैछ। हालै प्रकाशित एउटा अन्तर्देशीय प्रतिवेदनका अनुसार अहिले झन्डै १० लाख प्रजातिहरू लोप हुने जोखिममा छन्। यस्तो सङ्कट यसअघि कहिल्यै आएको थिएन। पछिल्लो कोरोनाभाइरस सङ्क्रमणपछि पनि चीनका सरकारनियन्त्रित सञ्चारमाध्यमका सम्पादकीयहरूले देशका अनियन्त्रित वन्यजन्तु बजारको आलोचना गरेका छन्। लन्डनस्थित वातावरण अनुसन्धान संस्थाकी डेबी ब्याङ्क्स भन्छिन्, "हामी यसलाई परम्परागत चिनियाँ औषधिका लागि वन्यजन्तु पालन, उत्पादन र प्रयोग अन्त्य गर्ने अवसरको रूपमा लिन सक्छौँ।" तर विज्ञहरू वन्यजन्तु संरक्षणको प्रयास चीनमा मात्र सीमित नगरेर विश्वव्यापी बनाउनुपर्नेमा जोड दिन्छन्।
मालास्वामी अन्नादुराई: भारतको विपन्न गाउँदेखि अन्तरिक्ष अभियानको नेतृत्वसम्म पुगेका वैज्ञानिक
"म कक्षा सुरु हुनु अघि गोबर फाल्थेँ। कक्षाकोठामा बस्दा हात धोए पनि त्यसको गन्ध आइरहन्थ्यो।"
चन्द्रयान-१ अगाडि बसेका डा. अन्नादुराई डा. मालास्वामी अन्नादुराई अहिले जुन क्षेत्रमा छन् त्यसका लागि उनले आवश्यक शिक्षा भने पाएका थिएनन्। यी भारतका एक उच्चकोटीका अन्तरिक्ष वैज्ञानिक हुन्- चन्द्रमा र मङ्गलग्रहमा भारतको सफल अवतरणका एक प्रमुख व्यक्ति हुन्। विद्यालयका प्रथम तीन वर्ष उनले रूखमुनि, गाउँको मन्दिरको बरन्डामा र गाईगोठमा बसेर पढे। उनी उच्च प्रविधि उद्योगको पनि उच्चतम स्थानमा कसरी पुगे त? सुरुको लक्ष्य सानो हुँदा अन्नादुराईसँग एक जोर जुत्ता पनि थिएन। आठ वर्षको हुँदा उनको गाउँमा बिजुली आएको थियो। तर विश्व त्यसबेला द्रुत गतिमा परिवर्तन भइरहेको थियो। नौ वर्षको उमेरमा आफ्ना सहपाठीहरूसँग अन्नादुराई सन् १९६० ताका अमेरिका र रुसबीच अन्तरिक्षमा जाने प्रतिस्पर्धा चलिरहेको थियो। भारतले पनि अन्तरिक्षबारे काम गर्न थाल्यो र नोभेम्बर २१, १९६३ मा पहिलो रकेट प्रक्षेपण गर्‍यो। तर त्यो महत्त्वपूर्ण उपलब्धिको असर भारतीयहरूको जीवनमा न्यून मात्र परेको थियो। अन्नादुराई भारतको दक्षिणी प्रदेश तामिलनाडुको कोढावाडी गाउँमा हुर्किरहेका थिए। औद्योगिक युगभन्दा अगाडिको युगमा त्यसबेला उनीजस्तै धेरै भारतीयहरूको स्वास्थ्य र शिक्षामा सीमित मात्र पहुँच थियो। मेधावी विद्यार्थी आर्थिक रूपमा कमजोर अवस्थाले उनको पढाइलाई कुनै असर गर्न सकेन। उनलाई विज्ञान र गणित असाध्यै मन पर्थ्यो तर इतिहास मन पर्दैनथ्यो। आफ्ना भाइहरूसँग अन्नादुराई (‍बीचमा) उनले बीबीसीलाई भने, "मेरा बुवा भन्नुहुन्थ्यो इतिहास पढ्ने त इतिहास कसरी बनाउने भन्ने सिक्नलाई हो नि।" उनका बाबु विद्यालयका शिक्षक थिए। उनी लुगा सिलाउने सीपबाट उनी अलिकति थप कमाइ गर्थे। एक पटक त अन्नादुराईलाई उच्च शिक्षार्जन गर्न पठाउने कि नपठाउने पनि निश्चित थिएन। तर कतैबाट यी बालकले जीवन परिवर्तनकारी अवसर पाए। "म १२ वर्षको हुँदा रेडियोमा ग्रामीण विद्यार्थीका लागि सरकारी छात्रवृत्तिबारे सुनेँ। त्यसमा मैले आवेदन हालेँ।" छात्रवृत्तिले उनको आर्थिक चिन्ता केही कम गर्‍यो र उनले नजिकैको सहरको विद्यालयमा पढ्न जान पाए। "त्यसबेला मेरा बुवाले प्रति महिना १२० रुपैयाँ तलब पाउनुहुन्थ्यो। मैले पाएको छात्रवृत्ति वर्षको १००० रुपैयाँ थियो।" उनले विद्यालय शिक्षा पूरा गर्दा जिल्लाकै प्रथम बन्न पुगे। प्रदेशमा उनको स्थान ३९ औँ थियो। यसले थप आर्थिक सहयोग प्राप्त गर्न उनलाई सहयोग पुर्‍यायो। सङ्घर्ष अन्नादुराईले इन्जिनियरिङ कलेजमा अध्ययन थाल्दा सन् १९७५ मा रुसको सहयोगमा भारतीय अन्तरिक्ष निकाले आर्यभट्ट नामको पहिलो स्याटलाइट प्रक्षेपण गर्दै थियो। स्याटलाइटबाट तथ्याङ्कहरू प्राप्त गर्न बेङ्ग्लोरका केही शौचालयहरूलाई हतारहतार तथ्याङ्क केन्द्रमा परिवर्तन गरिएको थियो। उक्त स्याटलाइट छ महिना काम गर्न सक्नेगरी डिजाइन गरिएको थियो। तर चार दिनमै त्यसले काम गर्न छोड्यो। सन् १९८०को सुरुतिर अन्नादुराई चार वर्षपछि भारतले आफ्नै देशमा बनेको स्याटलाइट पनि बोक्न सक्ने रकेट प्रक्षेपण गर्‍यो। तर त्यो पनि असफल भयो। अन्नादुराई सन् १९८० को सुरुतिर भारतीय अन्तरिक्ष निकाय इन्डियन स्पेस रिसर्च अर्गनाइजेशन (आईएसआरओ)मा काम गर्न गए। "हामी सामान्य भवनमा काम गरिरहेका थियौँ र हरेक चार वर्षमा स्याटलाइट प्रक्षेपण गरिरहेका थियौँ।" तामिल मातृभाषा भएकाले अङ्ग्रेजी या हिन्दीमा संवाद गर्न उनलाई कठिनाइ भएको थियो। "कहिलेकाहीँ मेरो अङ्ग्रेजी सुनेर मानिसहरू हाँस्थे।" उनले काम गरेको पहिलो स्याटलाइट पृथ्वीको कक्षदेखि ४०० किलोमिटर टाढा रहनेगरी डिजाइन गरिएको थियो। तर योजनाबमोजिम त्यसले काम गरेन र त्यो बङ्गालको खाडीमा खस्यो। चन्द्रमाको यात्रा सुरुवात राम्रो हुन नसकेपनि उनले आठवटा आएनएसएटी स्याटेलइट लक्ष्यहरूमा काम गरे। इन्स्याटहरू भारतीय अन्तरिक्ष कार्यक्रमका महत्त्वपूर्ण अङ्ग हुन्। मौसम भविष्यवाणीदेखि स्रोतको आकलन र प्रसारणसम्म यिनको प्रयोग हुने गरेको छ। सन् २००३ मा उनी अन्तरिक्ष एजेन्सी छोडेर निजी क्षेत्रमा राम्रो सुविधायुक्त काममा जाने विचारमा थिए। तर उनलाई भारतको पहिलो चन्द्रमा लक्ष्यका लागि चयन गरियो। अन्नादुराई भन्छन् - अन्तरिक्ष कार्यक्रमले भारतीय कृषकहरूलाई धेरै नै फाइदा पुर्‍याएको छ "हाम्रो मुख्य लक्ष्य अघिल्ला मिशनहरूले गर्न नसकेका कुराहरू पत्ता लगाउनुथियो। हामी चन्द्रमामा कति पानी छ र कसरी त्यो बनेको छ भन्ने पत्ता लगाउन चाहन्थ्यौँ। " अक्टोबर २००८ मा मनसुनको मध्यतिर चन्द्रयान मिशन चेन्नईको १०० किलोमिटर उत्तरस्थित श्रीहरिकोटाबाट प्रक्षेपण गरिएको थियो। त्यसले चन्द्रमामा भारतीय झण्डा गाड्यो र त्यहाँ पानी रहेको पुष्टि गर्‍यो। भारतीय सञ्चारमाध्यमले त्यो सफलताको उत्सव मनायो। तर कैयौँले यस्ता आयोजनामा रकम खर्च गर्नुको उपादेयताबारे प्रश्न उठाए। दशौँ लाख मानिसहरूले आधारभूत आवश्यकता पाउन सकेका उनीहरूको तर्क थियो। डा. अन्नादुराई भने प्रष्ट थिए, "गरिबीको एउटा मुख्य कारण हामी औद्योगिक क्रान्ति गर्न नसकेर हो। यति धेरै मानवस्रोत भएको राष्ट्र भएका नाताले हामी अन्तरिक्ष अध्ययनका ठूलो अवसरलाई त्यतिकै छोड्न सक्दैनौँ।" मङ्गलतिर र त्यसभन्दा पनि पर केही वर्ष पछि उनको नेतृत्वमा भारत पहिलो प्रयासमै मङ्गल ग्रहमा रकेट पठाउन सफल पहिलो मुलुक बन्न पुग्यो। रकेटभित्र राखिएको मङ्गलयान "चन्द्रमामा पुग्न हाम्रो स्याटलाइटले १ किमि प्रतिसेकेन्डको गतिमा यात्रा गर्नुपर्छ। यसका लागि बृहत् योजना र गणना आवश्यक पर्छ।" भारतको मङ्गल यानलाई "रातो ग्रह" पुग्न साढे दश महिना लाग्यो। सात करोड ३० लाख खर्च लाग्यो तर यो नै मङ्गलमा सबैभन्दा सस्तोमा पुगेको अभियान हो। २००० रुपैयाँ नोटमा छापिएको मङ्गलयान "मेरा गुरु प्राध्यापक यूआर रावलाई मैले भनेँ - तपाईँको स्याटलाइट आर्यभट्ट दुई रुपैयाँको नोटमा छापिएको थियो। अहिले मेरो मङ्गल ग्रहको यान २००० रुपैयाँको नोटमा छापिएको छ। हाम्रो वृद्धि १००० गुणाले भएको छ।" भविष्यका चुनौती तर भारतले पहिलो अन्तरिक्ष पाइला चालेको ११ वर्षमा धेरै कुरा परिवर्तन भइसकेको छ। रकेट पुनर्प्रयोग गर्ने प्रविधिले खर्च पनि निकै जोगाएको छ। "हामी पनि त्यसतर्फ लाग्नुपर्छ। हामी पनि पुनर्प्रयोग गर्न मिल्ने रकेट बनाउने काममा लागिपरेका छौँ," उनी भन्छन्। भारतले पुनर्प्रयोग गर्न मिल्ने रकेट बनाइरहेको छ भारतीय अन्तरिक्ष कार्यक्रम दुर्लभ सफलताको कथाका रूपमा लिइन्छ र राष्ट्रिय समर्थन प्राप्त छ। यसमा प्राप्त सफलताले भारतलाई प्राविधिक शक्तिका रूपमा परिचित हुन सहयोग पुर्‍याउनेछ। वर्तमान प्रमुखसहित अहिले पनि आईएसआरओका उच्चकोटीका वैज्ञानिकहरू अन्नादुराई जस्तै ग्रामीण भेग या साना नगरहरूबाट आएका व्यक्ति हुन्। चन्द्रयान-२ जुलाई महिनामा भारतले निर्धारित समयभन्दा धेरै ढिला गरेर चन्द्रमामा जाने रकेट प्रक्षेपण गर्दैछ। चन्द्रयान-२ चन्द्रमामा पुगेको ११ वर्षपछि। भारतीय अभियान यस पटक चन्द्रमाको सतहमा केन्द्रित रहनेछ तथा र पानी, खनिज र चट्टान बन्ने प्रक्रियाको तथ्याङ्क सङ्कलन गर्नेछ। यदि योजनाअनुसार अगाडि बढ्यो भने चन्द्रमाको दक्षिणी ध्रुवमा अन्तरिक्षयान अवतरण गर्ने भारत पहिलो मुलुक बन्नेछ डा. अन्नादुराईले सुरुमा यसको नेतृत्व गरेका थिए। उनी भन्छन्, "यो अहिलेसम्मकै सबभन्दा जटिल आयोजना हो।" यदि सफल भएमा चन्द्रमाको सतहमा अवतरण गर्ने भारत चौथो मुलुक बन्नेछ। यसअघि अमेरिका, तात्कालिक सोभियत सङ्घ र चीन पुगिसकेका छन्। मानसम्मान डा. अन्नादुराई चन्द्रमामा जाने दोस्रो लक्ष्य पनि पूरा भएको हेर्न चाहन्थे। तर उनले सन् २०१८ को जुलाई महिनाको अन्तिममा अवकाश पाएका छन्। उनले अन्तरिक्षको शान्तिपूर्ण प्रयोगका निम्ति बनाइएको संयुक्त राष्ट्रसङ्घीय समितिको दुई वर्ष नेतृत्व गरे। स्याटलाइट राखेको अनुगमन गर्दै डा. अन्नादुराई उनले कैयौँ राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कार पाएका छन्। सरकारले दिने तेस्रो ठूलो पुरस्कार पनि पाएका छन्। "म जब १० वर्षको थिएँ, मलाई पौडी सिक्न मन लाग्यो। त्यसैले मेरा साथीहरूले खेतीपातीका लागि खनिएको ठूलो इनारमा लगेर खसालिदिए। " "मैले तैरिरहन हात खुट्टाहरू चलाउनुपर्थ्यो, मैले छिटै पौडी खेल्न सिकेँ। मेरा कठिन परिस्थितिहरूले गरिबीबाट निस्कने एक मात्र उपाय शिक्षा हो भन्ने महसुस गराए।" उनी नियमित रूपमा आफ्नो गाउँ गइरहन्छन्। उनले आफू पढेको विद्यालय भवन पुनर्निर्माणका लागि रकम सङ्कलन गर्ने काम गरिरहेका छन्। इतिहास डा. अन्नादुराई एउटा सानो कार चलाउँछन् र सामान्य क्षेत्रमा बस्छन्। जीवन मजाको बितेको र आफ्ना लागि धन मुख्य चासोको विषय नभएको उनी बताउँछन्। डा. अन्नादुराई आफ्ना बाबुआमा र परिवारका अरू सदस्यसँग "जब हामी चन्द्रयान-१ मा काम गरिरहेका थियौं म मेरा सहकर्मीहरूलाई भन्ने गर्थेँ - यो एउटा अर्को आयोजना मात्र होइन, हामी इतिहास निर्माण गर्दैछौँ।" उनी विद्यालयमा इतिहास पढ्न मन पराउँदैनथे तर उनी अहिले इतिहास बनेर कक्षाकोठामै पुगेका छन्। उनको गृहप्रदेश तामिलनाडुमा उनको जीवनको कथा विद्यालय पाठ्यक्रममा राखिएको छ।
निर्वाचन आयोगः केपी शर्मा ओलीको अभिव्यक्ति र चुनावबारे सरकारले गरेका निर्णयले गरेका तीन सङ्केत
दुई समूहमा विभाजित नेकपाको एउटा समूहको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली मङ्गलवार निर्वाचन आयोग पुगेर आयोगको नियमावलीअनुसार "निर्वाचन अवधि प्रारम्भ भएपछि दलसम्बन्धी कुनै पनि विषयमा छलफल गर्न नहुने" बताएको आयोगले जनाएको छ।
विवादको एक पक्ष रहेका र देशको कार्यकारी भूमिका भएका ओलीले आयोग पुगेर दिएको उक्त अभिव्यक्तिलाई विभिन्न व्यक्तिहरूले फरक-फरक ढङ्गले अर्थ्याइरहेका छन्। कतिपयले पछिल्ला दिनहरूमा सरकारले आयोगको "क्षेत्राधिकार र स्वायत्तता"मा असर पर्नेगरी कदमहरू चालेको भन्दै ओलीको पछिल्लो अभिव्यक्तिलाई पनि त्यसैसँग जोडेका छन्। यद्यपि सरकार पक्षले चाहिँ ओली निर्वाचनको तयारीबारे जानकारी लिन मात्र आयोगमा पुगेको बताएको छ। नेकपाको अर्को खेमाका नेताहरूले भने त्यसलाई निर्वाचन आयोगमा "कार्यकारीको हस्तक्षेप" भन्ने आरोप लगाएका विवरणहरू पनि सार्वजनिक भएका छन्। निर्वाचन आयोगका पूर्वप्रमुखहरू के भन्छन्? निर्वाचन आयोगका पूर्वप्रमुखहरूका अनुसार देशको कार्यकारी प्रमुखले निर्वाचन आयोगमा पुगेर निर्देशन दिन सक्दैनन् तर केही आग्रह गर्न सक्छन्। निर्वाचनको तयारीबारे जानकारी लिन र अहिले विवादको एउटा पक्ष भएकाले त्यसबारे आफ्नो मत राख्न पनि पाउँछन्। तर उनीहरूका भनाइमा सरकारले निर्वाचनको घोषणा गरेर त्यसपछि गरेका कतिपय निर्णयले आयोगको स्वायत्ततामा प्रश्न उठेको देखिन्छ। त्यसले निर्वाचनको विश्वसनीयतामा प्रश्न उठ्ने भएकाले आयोग सचेत हुनुपर्ने देखिन्छ। पूर्व प्रमुख निर्वाचन आयुक्तहरूका अनुसार सरकारका पछिल्ला केही निर्णय र ओलीले मङ्गलवार दिएको अभिव्यक्तिले सङ्केत गरेका तीन कुरा: १. आयोगको स्वायत्ततामा प्रश्न सरकारले गरेका पछिल्ला केही निर्णयले आयोगको स्वायत्ततामाथि प्रश्न उठ्ने अवस्था बनेको भूतपूर्व प्रमुख निर्वाचन आयुक्तहरूको भनाइ छ। तीमध्येका एक भोजराज पोखरेलका भनाइमा अहिलेको परिस्थिति हेर्दा स्वायत्त निकायहरूमा स्वायत्ततामा क्षयीकरण देखिएको छ। "कार्यकारीका अगाडि अरू लत्र्याकलुत्र्युक पर्ने गरेको देखिन्छ, त्यो राम्रो होइन," उनले भने। पोखरेलका भनाइमा हालैका केही घटनाले निर्वाचन आयोगको स्वायत्तताप्रति चिन्ता सिर्जना गरिदिएको छ। उदाहरण दिँदै उनले यी तीनवटा घटना उल्लेख गरे अर्का भूतपूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले पनि आयोगले निर्वाचन घोषणा भइसकेपछि पनि दलको विवाद निरूपण गर्न पाउने व्यवस्थासहित नियमावली संशोधन गरेको प्रसङ्गमा आयोग कार्यकारीको दबावमा देखिएको बताउँछन्। उनले भने, "निर्वाचन आयोगले नियमावली बनाउने अधिकार छ कानुनले दिएको त्यो अधिकार प्रयोग गरेर बनाएको नियमावली राजपत्रमा निकाल्न नदिनु चाहिँ सरकारको गल्ती हो र सरकारले निर्वाचन आयोगलाई क्षमताविहीन बनाउन खोजेको हो। र आफ्नो एउटा महाशाखाको रूपमा देख्न खोजेको हो।" २. निर्वाचनको विश्वसनीयतामा प्रश्न उठ्न सक्ने पूर्वप्रमुख आयुक्तहरू निर्वाचन सबैलाई मान्य हुने र विश्वसनीय हुन नसके त्यसको अर्थ नरहने बताउँछन्। सबैलाई मान्य र विश्वसनीय होस् भनेर नै नेपालको जस्तो राजनीतिक प्रणाली अपनाएका देशहरूमा निर्वाचन घोषणापश्चात् निर्वाचनसम्बन्धी शक्ति आयोगमा जाने गरेको पोखरेलले बताए। तर अहिलेका गतिविधिले आयोगमा जानुपर्ने शक्ति कार्यकारीबाट निर्देशित भइरहेको देखिनु चिन्ताजनक भएको उनको भनाइ छ। त्यसले निर्वाचन नै नहुने र वातावरण अन्यत्र पो जान्छ कि भन्ने भय पैदा भएको पोखरेलले बताए। ३. आयोगले नेकपामा विवाद छैन भन्ने अर्थमा लिओस् भन्ने प्रधानमन्त्रीको चाहना पूर्वप्रमुख निर्वाचन आयुक्त उप्रेतीले मङ्गलवार ओलीले आयोगमा पुगेर दिएको अभिव्यक्तिले आयोगले दलमा विवाद छैन भन्ने अर्थमा लिइदिओस् भन्ने सङ्केत गरेको बताए। उनका अनुसार दलमा विवादै छैन भन्ने अर्थमा लिइदिओस् भन्ने चाहना प्रधानमन्त्रीमा देखिएको छ। प्रधानमन्त्रीले नियामलावलीमा निर्वाचन प्रारम्भ भएपछि दलको विवादसम्बन्धी छलफल गर्न नहुने भन्ने कुरामा जोड दिन खोजेको देखिएको पनि उप्रेतीको भनाइ छ। तर अहिले दलको दुईवटा समूह सडकमा ओर्लिएकाले त्यो विवादको समाधान खोजेर मात्र निर्वाचन हुन सक्ने अवस्था रहेको उप्रेतीको भनाइ छ। केही समयअघि आयोगले छलफलमा बोलाउँदा आफूले पनि आयोगलाई सोही सल्लाह दिएको उनले बताए। कार्यकारीले आयोगलाई सल्लाह दिने कुरा पनि निकै संवेदनशील हुने भएकाले त्यस्ता भेटघाट र छलफलहरू सञ्चारमाध्यमसमक्ष नै हुँदा पारदर्शी हुने पोखरेलको धारणा छ। आफूले आयोगले केही अघि छलफलमा बोलउँदा पनि सोही सल्लाह दिएको पोखरेलले बताए। प्रधानमन्त्री पक्षको भनाइ के छ? मङ्गलवार आयोग पुगेर ओलीले दिएको अभिव्यक्ति र सरकारका पछिल्ला कतिपय निर्णयलाई लिएर पूर्वआयुक्तहरूले नै प्रश्न उठाएपछि प्रधानमन्त्री निकटस्थहरूले निर्वाचन आयोग पुगेर ओलीले चुनावको तयारीबारे जानकारी मात्र लिएको बताएका छन्। सरकारका प्रवक्ता पार्वत गुरुङले मङ्गलवारको नियमित पत्रकार सम्मेलनमा पनि उक्त कुराबारे जानकारी दिएका थिए। त्यस्तै ओलीले आयोग पदाधिकारीसँग छलफल गरेपश्चात् सञ्चारकर्मीहरूलाई जानकारी दिँदै ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भनेका थिए, "निर्वाचन आयोगले गरेको तयारीबारे जानकारी लिन प्रधानमन्त्री आयोग आउनुभयो। प्रमुख निर्वाचन आयुक्त र आयुक्तसँग उहाँले तयारीबारे छलफल गर्नुभयो।" उनले आयोगको तयारी सन्तोषजनक रहेको बताएको जानकारी पनि दिएका थिए। उनले दलको विवादबारे पनि कुराकानी भएको तर मङ्गलवारको छलफलको मुख्य विषय निर्वाचन तयारी नै भएको बताएका थिए। आयोगले पनि मङ्गलवार प्रधानमन्त्रीसहित उच्च सरकारी अधिकारीहरूलाई निर्वाचनको तयारीबारे जानकारी गराएको उल्लेख गरेको छ। आयोगले मङ्गलवार वक्तव्य जारी गर्दै उक्त जानकारी दिएको थियो भने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले पनि बीबीसीलाई सोही विवरण दिएका थिए।
कोरोना भाइरस: 'फूल नष्ट गर्दै किसानहरू रोएका छन्'
कोरोनाभाइरसको सङ्क्रमण फैलिन नदिन लगाइएको लकडाउनका कारण फूल व्यवसाय नराम्ररी प्रभावित भएको कृषक तथा व्यवसायीले बताएका छन्।
अहिले फूल व्यवसाय ठप्प भएको र किसानले दैनिकजसो लाखौँ रुपैयाँको फूल नष्ट गरिरहेको फ्लोरिकल्चर असोसिएशन नेपालको दाबी छ। अध्यक्ष कुमार कसजु श्रेष्ठका अनुसार फूलहरू गाईवस्तुलाई खुवाउने, मल बनाउन कुहाउने र नि:शुल्क वितरण गर्ने गरिएको छ। उनले भने, "दैनिक फूल नष्ट गर्नुपर्दा कृषकहरू फोन गरेर रुन्छन्। त्यो पिडा मैले व्यक्त गर्न सक्दिन।" हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ। अनि यो पनि:
कोरोना भाइरस नेपाल: त्रासबीच क्वारन्टीनमा साङ्गीतिक कार्यक्रम
क्वारन्टीनमा सकारात्मक भावना बढाउन र उकुसमुकुस भएर बसेका मानिसहरूमा उत्साह थप्न सुर्खेतका दुई साङ्गीतिक समूहले क्वारन्टीनमै संयुक्त रूपमा प्रस्तुति दिएका छन्।
कतिपय क्वारन्टीनको अवस्था दयनीय भएको र मानिसहरूको अवस्था पनि निराशाजनक पाएको बताउँदै उनीहरूले नयाँ अनुभवले ऊर्जा थपेको बताएका छन्। निश्चित दूरी कायम गरेर आयोजना गरिएको उक्त प्रस्तुति प्राविधिक दृष्टिले कठिन भए पनि क्वारन्टीनमा मानिसहरू रहेसम्म यस्तो कार्यक्रमलाई निरन्तरता दिने 'मोटिभेशनल एन्ड म्यूजिकल थेरापी' नाम दिइएको यस अभियानका आयोजक बताउँछन्। हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ। अनि यो पनि
प्रधानन्यायाधीशमा जोशी अस्वीकृत, पक्ष र विपक्षमा १० तर्क
प्रधानन्यायाधीशमा सिफारिस गरिएका कायममुकायम प्रधान्यायाधीश दीपकराज जोशीको नाम संसदीय सुनुवाइ समितिको दुईतिहाई बहुमतबाट अस्वीकृत भएको छ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका तर्फबाट समितिमा सदस्य रहेका चार सांसदहरूले प्रस्तावित नाम अनुमोदन नगर्ने उद्देश्यले बसेको समितिको बैठक बहिष्कार गरेका छन्। गत फागुन ३० गते न्यायपरिषद्ले गोपालप्रसाद पराजुली प्रधानन्यायाधीश पदमा बहाल नरहेको जनाएपछि वरिष्ठताका आधारमा जोशी कायममुकायम प्रधान्यायाधीश बनेका थिए। सत्ता पक्षले जोशीको नाम अस्वीकृत गर्नु पर्ने आधार र विपक्षीले समितिको बैठक बहिष्कार गर्नु पर्ने कारण पेस गरेका छन्। सत्ता पक्षबाट सार्वजनिक गरिएका प्रमुख पाँच आधार समितिमा रहेका प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद्ले पेस गरेका तर्क 'न्यायाधीश नियुक्त गर्ने संरचनामै समस्या'
डेनमार्ककी महारानीका श्रीमान्‌को निधन
डेनमार्ककी महारानी मार्गरेटा द्वितीयाका श्रीमान्‌को निधन भएको छ।
महारानी मार्गरेटा द्वितीया र राजकुमार हेनरिक (फाइल तस्वीर) ८३ वर्षीय राजकुमार हेनरिकलाई अन्तिम दिनहरू बिताउन अस्पतालबाट कोपेनहेगनस्थित फ्रेडेन्सबर्ग राजदरबारमा सारिएको थियो। दरबारका एकजना प्रवक्ताले बताएअनुसार राजकुमार हेनरिकको देहान्त हुने बेलामा उनको छेउमा महारानी र युवराज फ्रेडेरिकसहित दुई छोरा उपस्थित थिए। अन्तर्राष्ट्रिय ओलिम्पिक समितिका सदस्य समेत रहेका युवराज फ्रेडेरिक शीतकालीन ओलिम्पिक्समा सहभागी भएर दक्षिण कोरियाको प्युङ्चाङबाट फर्केका हुन्। फोक्सोमा संक्रमण भएपछि राजकुमार हेनरिकलाई गत महिना अस्पताल भर्ना गरिएको थियो। गत वर्ष उनलाई बिर्सने रोग डिमेन्सिया भएको पत्ता लागेको थियो। असन्तुष्ट फ्रान्समा जन्मिएका हेनरिकको विवाह सन् १९६७ मा डेनमार्ककी राजसिंहासनकी उत्तराधिकारी राजकुमारी मार्गरेटासँग भएको थियो। मार्गरेटा सन् १९७२ मा महारानी बनिन्। तर आफूलाई महाराजको साटो राज‍कुमारको उपाधिमै सीमित राखिएकोमा हेनरिकले आफ्नो असन्तुष्टि लुकाएनन्। राजकुमार हेनरिक फ्रान्समा जन्मेका थिए 'प्रिन्स कन्सोर्ट' अर्थात् 'राजकुमार श्रीमान्'को उपाधि त्याग्दै राजकुमार हेनरिकले सन् २०१६ मा औपचारिक दायित्वबाट अवकाश लिएका थिए। तत्पश्चात् अधिकांश समय उनी फ्रान्सस्थित निजी अंगुरको बगैँचामा बस्दथे। राजदरबारका अधिकारीहरूका अनुसार महारानी बराबरको सम्मान नदिइएको असन्तुष्टिका कारण गत वर्ष राजकुमार हेनरिकले महारानी मार्गरेटासँगैको आफ्नो समाधि नगिरियोस् भन्ने चाहना व्यक्त गरेका थिए। महारानी मार्गरेटाले आफ्ना पतिको सो निर्णय स्वीकार गरेको बताइएको छ। यसो हुँदा डेनमार्कको राजपरिवारमा चलेको ४५९ वर्षे परम्परा भंग हुनेछ। डेनमार्कमा शरणार्थी सम्बन्धी कडा नियम सर्वाधिक अनुभवी अन्तरिक्षयात्रीको निधन
मोबाइल इन्टरनेट: किन विश्वकै सबैभन्दा सस्तो मूल्यमा बेच्छन् भारतीय दूरसञ्चार सेवाप्रदायक
भारतमा मोबाइल फोनमा चलाइने डेटाको मूल्य घटेर न्यून विन्दुमा पुगेको छ। बीबीसीको पछिल्लो रिपोर्टअनुसार भारतमा मोबाइल ब्रोडब्यान्डको मूल्य विश्वकै सबैभन्दा सस्तो छ। त्यो कसरी सम्भव भयो भन्नेबारे प्रविधि विश्लेषक प्रसान्तो के रोयको आलेख।
मूल्यहरूको तुलना गर्ने ब्रिटेनस्थित एउटा वेबसाइटलाई उद्धृत गर्दै बीबीसीले आफ्नो रिपोर्टमा जनाएअनुसार भारतमा एक जीबी मोबाइल डेटाको ०.२६ अमेरिकी डलर पर्छ भने संयुक्त राज्य अमेरिकामा १२.३७ डलर, ब्रिटेनमा ६.६६ र विश्वमा औसत ८.५३ डलर पर्छ। तर धेरै भारतीय प्रयोगकर्ताहरू आफूले प्रतिजीबी ०.१० डलरभन्दा कम तिरिरहेका बताउँछन्। अमेरिका र ब्रिटेनस्थित प्रयोगकर्ताले सर्वेक्षणमा भनिएको भन्दा आफूहरूले कम मूल्य तिर्ने गरेको बताएका छन्। अन्तभन्दा धेरै सस्तो वास्तविक मूल्य जे भए पनि के कुरा प्रस्ट भने भारतमा मोबाइलमा चलाइने डेटा अन्यत्रभन्दा सस्तो नै छ। तर त्यो सधैँका लागि नहुन पनि सक्छ। केही भन्छन् - मोबाइल सेवा प्रदायक ठूला कम्पनीहरू नयाँ ग्राहक पाउने प्रतिस्पर्धामा रहेकाले कम मूल्य केही समयका लागि मात्रै हुन सक्छ। लन्डनस्थित एउटा लगानी कम्पनीमा काम गर्ने सौरभ सेनका अनुसार उनी आफ्नो मोबाइल सेवाका लागि प्रतिमहिना तीनदेखि चार कप कफीको मूल्य बराबर अर्थात् १३ डलर रकम तिर्छन्। त्यति तिरेपछि उनी ईयूमा रोमिङ र तीन जीबी डेटासहित ब्रिटेनमा असीमित भ्वाइस र टेक्स्ट सेवा पाउँछन्। सबैतिर वाईफाई निःशुल्क पाइने भएकोले उनलाई त्योभन्दा बढी डेटा आवश्यक पर्दैन। सस्तो दरमा उपलब्ध गराउने ब्रिटेनसँग केही योजना त छन्, तर सबैतिर वाईफाईको उपलब्धताले एशियासँगको वास्तविक तुलना गर्न गाह्रो भएको हो। आफू भारत जाँदा झन्डै ६.६३ डलरमा प्रतिएमबी पाउने उनी बताउँछन्, जुन स्थानीय प्रयोगकर्ताले तिर्नेभन्दा ७० हजार गुणा बढी छ। दिल्लीको बाहिरी भेगमा पर्ने गुडगाँवका रामनाथ मण्डल पेसाले सवारीचालक हुन्। असीमित निःशुल्क कलका लागि उनी प्रत्येक महिना तीन डलरभन्दा कम तिर्छन्। त्यति तिरेपछि उनी फोरजी डेटाको ४२ जीबी डेटामध्ये प्रतिदिन डेढ जीबी पाउँछन्। त्यसको प्रयोग उनी भिडिओ हेर्न र बिहारमा रहेका आफ्ना परिवार एवम् साथीहरूसँग ह्वाट्सएपमा कुराकानी गर्छन्। त्यो प्रतिजीबी छ सेन्ट पर्न आउँछ। यो रकम सेनले लन्डनमा फोरजीका लागि तिर्नेभन्दा ७० गुणाले सस्तो हो। निःशुल्क परीक्षण सेवा मण्डलले सेवा लिइरहेको रिलायन्स जियोबाट हो, यो कान्छो दूरसञ्चार सेवाप्रदायकले सस्तो, तीव्र गतिको मोबाइल डेटा र निःशुल्क कल सेवा उपलब्ध गराएर भारतीय बजारमा तहल्का मच्चाएको छ। जियो सन् २०१६ को सेप्टेम्बरमा निःशुल्क परीक्षण सेवासहित आक्रामक रूपमा बजारमा आएको थियो। ऊ छ महिनाभित्रै एक करोड ग्राहक बनाउन सफल भयो। यो पनि पढ्नुहोस् दुई वर्षभित्रै जियो भारतको तेस्रो ठूलो दूरसञ्चार सेवाप्रदायक कम्पनी बनेको छ, जसको सन् २०१८ को डिसेम्बरसम्ममा २८ करोड प्रयोगकर्ता भएका छन्। उसले फिर्ता हुनेगरी २१ डलरमा फोरजी विशेषता भएको जियो फोन उपलब्ध गराउँछ। यो योजनाअन्तर्गत प्रतिमहिना एक डलरभन्दा पनि कम पर्न आउँछ। भारतको दूरसञ्चार नियामक निकाय टीआरएआईका अनुसार सन् २०१८ को डिसेम्बरको अन्त्यसम्ममा भारतमा मोबाइल ब्रोडब्यान्डका ५० करोड प्रयोगकर्ता छन्, तारसहितको ब्रोडब्यान्डका प्रयोगकर्ता चाहिँ एक करोड ८० लाख छन्। मुकेश अम्बानी एक अर्ब १७ करोड मोबाइल प्रयोगकर्तामध्ये ५५ प्रतिशत सहरी क्षेत्रका छन्। मोबाइल ब्रोडब्यान्डको प्रयोगकर्ता सबैभन्दा बढी जियोबाट भएका छन्। देशको सबैभन्दा पुरानो दूरसञ्चार सेवाप्रदायक कम्पनीले जियोसँग प्रतिस्पर्धा गर्नुपर्‍यो। त्यसका लागि उसले फोरजीको मूल्य घटाउनुका साथै उपहारहरू दिने गरेको देखियो। दिल्लीमा काम गर्ने अर्का चालक कलिपदा सस्मलले जियोको सेवा लिने विचार गरे। तर उनले प्रयोग गर्ने एयरटेलले प्रतिमहिना छ डलरमा ४० जीबी डेटा, बचेको डेटा अर्को महिना प्रयोग गर्न मिल्ने र एक वर्षका लागि एमेजन प्राइमको भिडिओ सेवा दिने भयो। त्यसपछि उनी एयरटेलमै अडिग भए। जियोले भारतमा स्पष्ट रूपमा डेटाको मूल्यमा कमी ल्याएको छ। के बजारमा यो मूल्य कायम रहन सक्छ? विश्लेषकहरू भन्छन्, जियोले ग्राहक तान्न र प्रतिस्पर्धी कम्पनीलाई जित्न सहुलियत दिइरहेको छ। जियो सञ्चालनमा आउँदा भारतमा १० वटा दूरसञ्चार सेवाप्रदायक कम्पनी अस्तित्वमा रहेकोमा अहिले जम्मा चारवटा छन्। 'डेटाको मूल्य बढ्नेछ' सेलुलर अपरेटर्स एसोशिएशन अफ इन्डियाका प्रमुख राजन म्याथ्युजका अनुसार अत्यधिक प्रतिस्पर्धाका कारण उपभोक्ताले आफूले चाहेको भन्दा पनि कम मूल्य तिर्नुपर्ने अवस्था भएको हो। "यदि सेवाप्रदायकहरूले नेटवर्कको पहुँच, गुणस्तर र नयाँ प्रविधिमा लगानी गर्ने हो भने डेटाको अहिलेको न्यून मूल्य कायम रहन सक्दैन।" जियोले आफ्नो क्षमताको पाँच भागको एक भागमात्र प्रयोग गरेको भन्दै रिलायन्स इन्डस्ट्रिजका प्रमुख मुकेश अम्बानीले अगाडि बढ्ने ठाउँ रहेको बताएका छन्। जियोका २१ करोड ५० लाख ग्राहक रहेका बेला गत जुलाईमा कम्पनीको वार्षिक साधारणसभामा बोल्दै उनले भने, "हामी अब अतिरिक्त लगानीविना पनि आफ्ना ग्राहक ठूलो सङ्ख्याले बढाउन सक्छौँ।" तर अति प्रतिस्पर्धाको स्थिति सधैँ रहन नसक्ने भएकोले डेटाको मूल्य बढ्ने सक्ने बताउँछन् डिजिटल अधिकारको पक्षमा वकालत गर्ने निखिल पाह्वा। अरू दूरसञ्चार सेवाप्रदायक कम्पनीले जियोबाट दबाव महसुस गरिरहेको बताइन्छ। पाह्वा भन्छन्, "जियो आउनुअघि बजारमा एक प्रकारको कार्टेलजस्तै थियो, जसले मूल्य उच्च राखे। मूल्यमा आएको गिरावटका कारण कतिपय कम्पनीहरू गाभिए र अहिले जम्मा चारवटा छन्।" जियो निकटस्थ एउटा स्रोतका अनुसार सो कम्पनीले तोकेको मूल्यमा सहुलियत दिइएको होइन, बरु आर्थिक रूपमा सम्भव कुरा नै हो। हुन त जियोको लामो परीक्षण सेवाअन्तर्गत नै करिब १० करोड ग्राहक बनेका हुन्। तर उसका ग्राहकले अरू कम्पनीका ग्राहकले भन्दा बढी खर्च गर्ने गरेको पाइएको छ। भारतमा चालक, खाना पकाउने कुक, आप्रवासी, विद्यार्थी र सबै प्रकारका कामदारले भिडिओ हेर्ने तथा शेयर गर्ने प्रवृत्ति बढेसँगै गत दुई वर्षमा औसतमा डेटा खर्च गर्ने दर १० प्रतिशतले बढेको छ। भारतीयहरूले प्रतिमहिना १० जीबीभन्दा बढी खर्च गर्ने गरेका छन्, जुन अमेरिकीहरूले प्रयोग गर्ने हाराहारीमै छ। सार्वजनिक स्थलमा निःशुल्क वाईफाईमा भारतीयहरूको पहुँच कमै छ। यद्यपि गुगल र रेलटेल कर्पोरेशनको रेलवायरले झन्डै ४०० रेल्वे स्टेशनमा उच्च गतिको निःशुल्क वाईफाई उपलब्ध गराइरहेको छ। प्रयोगकर्ताको मोबाइलमा अर्को कम्पनीको सिम भए पनि निःशुल्क भ्वाइस कलसेवा भएको जियोको प्रिपेड सेवा चाहिँ मेरुदण्डको रूपमा रहेको छ, अहिलेका लागि विश्वकै सबैभन्दा सस्तो मोबाइल डेटा। प्रसान्तो के रोय दिल्लीस्थित प्रविधि विश्लेषक हुन्।
सङ्क्रमणमुक्त १९ वर्षीय युवती भन्छिन्, "गार्‍हो भए पनि होम आइसोलेशन प्रभावकारी हुन्छ"
सप्तरीकी १९ वर्षीय ईशा दासलाई कोरोनाभाइरस सङ्क्रमण भएपछि अस्पतालको शय्याभन्दा घरमै आइसोलेशनमा बस्न सहज भयो।
उनी झन्डै तीन साता होम आइसोलेशन अर्थात् घरमै परिवारबाट छुट्टै बसिन् र सङ्क्रमणमुक्त भइन्। दास भन्छिन्, "होम आइसोलेशनमा बस्दा केही कठिन भए पनि परिवारको सहयोगले प्रभावकारी बन्छ।" अहिले नेपालमा रहेका सङ्क्रमितमध्ये झन्डै ६,२१० जना होम आइसोलेशनमा बसेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क छ। दाससँग गरिएको कुराकानीका आधारमा कमल परियारले तयार पारेको यो भिडिओ हेर्नुहोस्। अनि यो पनि
म्यान्मार सैन्य कू: 'प्रजातन्त्रकी प्रतिमूर्ति' आङ सान सू चीको प्रतिष्ठा कसरी ओरालो लाग्यो
सोमवार देशलाई आफ्नो नियन्त्रणमा लिनुअघि बिहान सबेरै म्यान्मारको सेनाले नेत्री आङ सान सू चीसहित अन्य नेतालाई गिरफ्तार गर्‍यो।
नवनिर्वाचित संसद्को पहिलो सत्र सुरु हुनुभन्दा केही घण्टाअघि म्यान्मारको सेनाले आङ सान सू चीलगायत अन्य वरिष्ठ नेताहरूलाई गिरफ्तार गरेको छ विवादित चुनावलाई लिएर सू चीको सरकार र सेनाबीच तनाव बढिरहेका बेला म्यान्मारमा सैन्य कू भएको हो। गत वर्ष नोभेम्बरमा भएको निर्वाचनमा सू चीको न्याश्नल लीग फर डेमोक्रेसी (एनएलडी) ले सरकार गठनका लागि पर्याप्त सीट जितेको थियो। सोमवार नवनिर्वाचित संसद्को पहिलो सत्र बस्नुअघि सेनाले "निर्वाचनमा धाँधली" भएको भन्दै सत्ता सेनाप्रमुखलाई सुम्पन लागेको बताएको थियो। सेनाको टीभीले सत्ता सेनाको हातमा गएको र एक वर्षका लागि देशमा सङ्कटकाल लगाइएको घोषणा गरेको थियो। आङ सान सू चीले आफ्ना समर्थकहरूलाई "यसलाई अस्वीकार गर्न" र "कूविरुद्ध प्रदर्शन" गर्न भनेकी छन्। बर्मा पनि भनिने म्यान्मारमा सन् २०११ मा प्रजातान्त्रिक सुधार हुनुअघि सेनाले शासन चलाएको थियो। सन् २०१५ मा दशकौँपछि खुला प्रतिस्पर्धाको पहिलो चुनाव भएपछि त्यसमा आङ सान सू चीले उल्लेख्य मतसहित चुनाव जितिन् र सत्तामा पुगिन्। सेनाका जेनरलहरूको कठोरतालाई चुनौती दिन उनले आफ्नो स्वतन्त्रता त्यागेको भन्दै उनलाई प्रजातन्त्रकी प्रतीकको रूपमा हेरिन्थ्यो। बौद्ध धर्मावलम्बीको बाहुल्य भएको देशमा उनी व्यापक रूपमा लोकप्रिय छिन्। तर रोहिन्ज्या सङ्कटका बेला उनको प्रतिक्रियालाई लिएर अन्तर्राष्ट्रिय रूपमा उनको छवि गुम्यो। सत्ताको बाटो आङ सान सू चीले सन् १९८९ देखि सन् २०१० सम्म झन्डै १५ वर्ष नजरबन्दमा बिताइन्। सन् १९९१ मा उनलाई घरमै नजरबन्दमा रहेका बेला नोबेल शान्ति पुरस्कारले सम्मानित गरियो। उनलाई "शक्तिहीनहरूको शक्तिको अद्भुत उदाहरण" मानिन्थ्यो। प्रजातान्त्रिक सुधारहरू भएपछि ओबामा प्रशासनले म्यान्मारमाथिका प्रतिबन्धहरू हटाएको थियो त्यतिबेलाको सैन्य शासनका बेला थिचोमिचोको सामना गर्दै प्रजातन्त्र ल्याउनका लागि उनले गरेको व्यक्तिगत सङ्घर्षले उनलाई अन्तर्राष्ट्रिय रूपमा शान्तिपूर्ण प्रतिरोधको प्रतीक बनायो। सन् २०१५ मा भएको चुनावमा उनले नेतृत्व गरेको एनएलडी पार्टीले बहुमत ल्याएको थियो। उक्त चुनाव २५ वर्षमा भएको पहिलो खुल्ला प्रतिस्पर्धात्मक चुनाव थियो। उनका सन्तान विदेशी नागरिक भएकाले म्यान्मारको संविधानअनुसार उनी राष्ट्रपति बन्न पाउँदिनन्। तर ७५ वर्षीया सू ची पदमा नरहे पनि सत्ता उनैबाट निर्देशित भएको मानिन्थ्यो। आधिकारिक रूपमा भने उनी स्टेट काउन्सलर हुन्। राष्ट्रपति विन मियन उनका निकट सहयोगी हुन्। 'म तटस्थ हुन सक्दिनथेँ' आङ सान सू ची म्यान्मारका स्वतन्त्रता सेनानी आङ सानकी छोरी हुन्। सन् १९४८ मा म्यान्मारले ब्रिटिशको औपनिवेशिक शासनबाट मुक्ति पाउनु केही समयअघि आङ सानको हत्या भएको थियो। त्यतिबेला सू ची जम्मा दुई वर्षकी थिइन्। सन् १९६० मा उनी आफ्नी आमासँग भारत गइन्। उनकी आमा म्यान्मारको तर्फबाट भारतीय राजदूत नियुक्त भएर दिल्ली गएकी थिइन्। त्यसको चार वर्षपछि उनी यूकेको अक्स्फर्ड विश्वविद्यालय गइन् जहाँ उनले दर्शनशास्त्र, राजनीतिशास्त्र र अर्थशास्त्र पढिन्। त्यहाँ उनले प्राज्ञ माइकल एरिसलाई भेटिन् जोसँग उनले पछि विवाह गरे। थोरै समय जापान र भुटानमा काम गरेपछि दुई सन्तान एलेक्जेन्डर र किमलाई हुर्काउनका लागि उनी यूकेमै बसिन्। तर म्यान्मार उनको विचारबाट कहिल्यै पनि टाढा गएन। सन् १९७३ मा लन्डनमा माइकल एरिस र छोरा एलेक्जेन्डरसँग आङ सान सू ची सन् १९८८ मा आफ्नी बिरामी आमाको रेखदेख गर्न यान्गुनमा फर्किँदा म्यान्मारमा राजनीतिक तनाव चुलिएको अवस्था थियो। प्रजातान्त्रिक सुधारको माग गर्दै हजारौँ विद्यार्थी, कर्मचारी र भिक्षुहरू सडकमा ओर्लिएका थिए। "जे भइरहेको थियो त्यसमा म मेरो बुवाको छोरी भएर तटस्थ रहन सक्दिनथेँ," सन् १९८८ अगस्ट २६ मा यान्गुनमा बोल्दै उनले भनिन्। जेनरल नी विनको शासनविरुद्धको विद्रोहको उनले नेतृत्व गरिन्। घरमै नजरबन्द अमेरिकी नागरिक अधिकारका नेता मार्टिन लुथर किङ र भारतका महात्मा गान्धीको अहिंसात्मक अभियानहरूबाट प्रभावित रहेकी सू चीले देशभरि र्‍यालीको आयोजना गरिन्। उनले ती भ्रमणहरूमा स्वतन्त्र चुनाव र शान्तिपूर्ण प्रजातान्त्रिक सुधारहरू हुनुपर्ने माग गरिन्। तर सन् १९८८ को सेप्टेम्बर १८ मा कू गरेर सत्ता हत्याएको सेनाले ती प्रदर्शनहरूलाई निर्मम तरिकाले दबाएको थियो। सन् १९९० को मे महिनामा सैनिक सरकारले राष्ट्रिय चुनावको आह्वान गर्‍यो र त्यसमा सू चीको एनएलडीले जित्यो तर त्यतिबेला सत्ता चलाइरहेको सेनाले हस्तान्तरण गर्न अस्वीकार गर्‍यो। सू ची यान्गुनमा छ वर्षसम्म घरमै नजरबन्दमा रहिन् र सन् १९९५ को जुलाईमा उनलाई रिहा गरियो। सन् २००० को सेप्टेम्बरमा यात्रा प्रतिबन्धको अवज्ञा गर्दै मान्डलेको यात्रामा निस्किने प्रयास गर्दा उनलाई फेरि घरमै नजरबन्दमा राखियो। उनी सन् २००२ को मे महिनामा फेरि रिहा भइन् तर त्यसको एक वर्षभन्दा बढी समयपछि उनका समर्थक र सरकार समर्थकबीच झडप भएपछि उनलाई जेलमा हालियो। सन् २०१० मा नजरबन्दबाट रिहा गरिएपछि समर्थकहरूलाई धन्यवाद दिँदै आङ सान सू ची पछि उनलाई घर फर्किन अनुमति दिइयो तर फेरि पनि उनी घरमा नजरबन्दमै बस्नुपर्ने भयो। बेलाबेला एनएलडीका अधिकारीहरू र केही कूटनीतिज्ञहरूसँग उनले भेट्न पाएको भए पनि नजरबन्दमा रहेको सुरुका वर्षमा त उनी एकान्तमै थिइन्। उनले आफ्ना पति र छोराहरूलाई पनि भेट्न पाइनन्। उनका पतिको सन् १९९९ मार्च महिनामा क्यान्सरका कारण मृत्यु भयो। पति निकै बिरामी भएका बेला सैनिक अधिकारीहरूले उनलाई यूके जानेबारे प्रस्ताव गरेका थिए तर फेरि देश फर्किन अनुमति नदिइने हो कि भन्ने भयले उनले यूके जान अस्वीकार गरिन्। राजनीतिमा पुन: प्रवेश दुई दशकमा पहिलोपटक भएको सन् २०१० नोभेम्बर ७ को चुनावमा सू चीलाई पाखा लगाइयो तर त्यसको छ दिनपछि घरमै बस्नुपरेको नजरबन्दबाट मुक्त गरियो। नयाँ सरकार सुधारको प्रक्रियामा रहेका बेला सू ची र उनको पार्टी पुन: राजनीतिक प्रक्रियामा जोडियो। सन् २०१२ को एप्रिलमा भएको उपनिर्वाचनमा उनीहरूले ४५ मध्ये ४३ स्थानमा जिते। सू चीले सांसदका रूपमा शपथ लिइन् र विपक्षी दलको नेतृत्व गरिन्। त्यसलगत्तै मे महिनामा उनले २४ वर्षमा पहिलो पटक म्यान्मार छोडिन्। त्यसले त्यतिबेलाका नयाँ नेताहरूले उनलाई देश फर्किन दिनेछन् भन्ने आत्मविश्वास थियो भन्ने सङ्केत गर्छ। सन् २०१५ को नोभेम्बरमा भएको चुनावमा एनएलडी पार्टीले ठूलो विजय प्राप्त गरेको थियो रोहिन्ज्या सङ्कट म्यान्मारको स्टेट काउन्सलर भएयता उनको नेतृत्वलाई उनले अल्पसङ्ख्यक रोहिन्ज्या मुस्लिमलाई कसरी व्यवहार गरिन् भन्ने कुराले व्याख्या गर्छ। सन् २०१७ मा सेनाले रखाइन प्रान्तका प्रहरी केन्द्रहरूमा घातक आक्रमण गरेपछि लाखौँ रोहिन्ज्या भागेर छिमेकी बाङ्ग्लादेश छिरे। त्यतिबेलाको घटनालाई लिएर म्यान्मारविरुद्ध नरसंहारको आरोपसहित अन्तर्राष्ट्रिय न्यायिक अदालतमा मुद्दा दर्ता भएको छ। तर फौजदारी मुद्दा हेर्ने अन्तर्राष्ट्रिय अदालतले मानवताविरुद्ध अपराध गरेको भन्दै अनुसन्धान गरिरहेको छ। सू चीका पहिलाका अन्तर्राष्ट्रिय समर्थकहरूले उनले बलात्कार, हत्या र सम्भावित नरसंहार रोक्न केही नगरेको र अझै शक्तिशाली सेनाको निन्दा नगरेको आरोप लगाए। कठिन इतिहास भएको र धेरै जातजाति भएको देशमा शासन गर्न उनले प्रयास गरिरहेको भन्दै केहीले सुरुमा तर्क गरे। तर गत वर्ष द हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा उनले सेनाको कदमको व्यक्तिगत रूपमा प्रतिरक्षा गरेपछि भने उनको बचेको थोरै अन्तर्राष्ट्रिय प्रतिष्ठा पनि गुम्यो। तर देशभित्र भने सू चीकी नामले परिचित उनी बौद्धबहुल समुदायमाझ निकै लोकप्रिय छिन्। सुधारहरू ठप्प सत्तारोहण गरेपछि सू ची र उनको एनएलडी सरकारले उपनिवेशकालीन कानुनहरू प्रयोग गरेर पत्रकार र अभियानकर्मीविरुद्ध मुद्दा चलाएको आरोप लागेको छ। केही क्षेत्रमा प्रगति भए पनि सेनाले संसद्को एकचौथाइ सीट ओगटेको छ र रक्षा, गृह र सीमा मामिलासम्बन्धी महत्त्वपूर्ण मन्त्रालयहरू उसकै नियन्त्रणमा थिए। म्यान्मारको प्रजातान्त्रिक रूपान्तरण ठप्प भएको देखिएको विश्लेषकहरूले बताएका छन्। "सेनाको पछिल्लो कदम धृष्टतापूर्ण देखिएको र त्यसले म्यान्मारलाई खतरनाक बाटोमा लगेको छ," बीबीसी न्यूजका दक्षिण पूर्वी एसिया संवाददाता जोनाथन हेडले भने। राजधानीमा सडकहरू बन्द गर्न सेनाहरूलाई खटाइएको छ दक्षिणपूर्वी एशियाका देशमध्ये म्यान्मारमा यसअघि नै कोभिड-१९ को महामारीले अवस्था खराब छ। त्यसमाथि स्वास्थ्यसेवा प्रणाली पहिल्यै कमजोर रहेको छ। त्यहाँ कोरोनाभाइरसको नयाँ प्रकार पनि देखिएको छ र लकडाउनका कारण जनजीवन कठिन बनेको छ। तर सू ची भने लोकप्रिय नै छिन्। सन् २०२० मा गरिएको सर्वेक्षणका अनुसार ७९ प्रतिशत मानिसहरूले उनलाई विश्वास गर्छन्। त्यसभन्दा अघिल्लो वर्ष विश्वास छ भन्नेहरूको प्रतिशत ७० थियो। म्यान्मारका लागि अमेरिकी राजदूत डेरेक मिचेलले बीबीसीसँग भने: "आङ साङ सू चीको कथा उनको आफ्नो सँगसँगै हामीबारे पनि हो। उनी परिवर्तन नभएकी हुनसक्छिन्। उनी सधैँ यस्तै थिइन् होला र उनी को हुन् भन्ने पूरै कुरा हामीलाई थाहा थिएन।" "हामीले के विचार गर्नुपर्छ भने हामीले कसैको प्रतीकात्मक छवि मानवीय क्षमताभन्दा परको बनाइदिनु हुँदैन।"
अमेरिकी चुनाव २०२०: राष्ट्रपतीय निर्वाचनमा प्रयोग हुने चुनावी मत भनेको के हो
अमेरिकामा एक सय दिनभन्दा कम समयमा राष्ट्रपतीय निर्वाचन हुनेछ।
तर आमजनताले धेरै मत दिएका उम्मेद्वार विजयी नहुन पनि सक्छन्। मतदाताको प्रत्यक्ष मतबाट राष्ट्रपति नछानिने भएकोले त्यो सम्भावना छ। राष्ट्रपति प्रत्यक्ष मतबाट नभई त्यसको आधारमा हुने चुनावी मतका आधारमा हुन्छ। त्यसैलाई इलेक्टोरल कलेज भनिन्छ। त्यसो भए अमेरिकीहरूले कसलाई मत दिइरहेका छन्? राष्ट्रपतीय निर्वाचनमा मत हाल्न जाँदा अमेरिकीहरू खासमा इलेक्टोरल कलेजका अधिकारीहरूको समूहलाई भोट हाल्न जान्छन्। "कलेज" शब्दले यहाँ सामान्यत: मानिसको एउटा समूहलाई जनाउँछ। यो समूहमा रहेका मानिसलाई इलेक्टर्स भनिन्छ र उनीहरूको काम भनेको राष्ट्रपति र उपराष्ट्रपतिको चयन गर्नु हो। इलेक्टोरल कलेज प्रत्येक चार वर्षमा हुने चुनावको दिनको केही सातापछि हुन्छ जसले राष्ट्रपति र उपराष्ट्रपति छान्ने काम गर्छ। इलेक्टोरल कलेजले कसरी काम गर्छ? प्रत्येक राज्यमा त्यहाँको जनसङ्ख्याको आकार अनुसार इलेक्टर्सको सङ्ख्या तोकिएको हुन्छ। इलेक्टर्सको जम्मा सङ्ख्या ५३८ रहेको छ। क्यालिफोर्निया राज्यमा सबैभन्दा बढी ५५ इलेक्टर्सहरू छन् भने सानो जनसङ्ख्या रहेका अलास्का र नर्थ डकोटा राज्यमा तीन जना छन्। प्रत्येक एक इलेक्टरले एउटा इलेक्टोरल भोटको प्रतिनिधित्व गर्छ र उम्मेद्वारले राष्ट्रपतीय निर्वाचन जित्नका लागि २७० वा त्योभन्दा बढी इलेक्टोरल मत प्रात्प गर्नुपर्छ। सामान्यतया, आम मतदाताले जसलाई धेरै मत दिन्छन् उक्त राज्यमा उसैलाई सबै इलेक्टोरल कलेजको मत दिइन्छ। उदाहरणका लागि, रिपब्लिकनतर्फको उम्मेद्वारले ५०.१ प्रतिशत मत टेक्सस राज्यमा ल्याएर जिते उक्त राज्यको सबै ३८ इलेक्टोरल कलेजको मत नै उसैलाई दिइन्छ। तर मेइन र नेब्रास्का यी दुई राज्यले भने प्रत्येक उम्मेद्वारले पाएको मत अनुसार इलेक्टोरल कलेजको मतमा भाग लगाउँछन्। त्यसैले देशभर धेरै मतदाताको मत जित्ने कोसिसभन्दा पनि राष्ट्रपतीय निर्वाचनका उम्मेद्वारले मत जता पनि जानसक्ने खालका "स्वीङ राज्यहरू"लाई खास लक्षित गर्छन्। उनीहरूले जित्ने प्रत्येक राज्यले उनीहरूलाई आवश्यक २७० इलेक्टोरल कलेज मत ल्याउनका लागि नजिक पुर्‍याउँछ। आमजनताको धेरै मत ल्याएर पनि राष्ट्रपति नबन्ने हुन्छ? पक्का हुन्छ। राष्ट्रिय रुपमा मतदातामाझ सबैभन्दा चर्चित भएर पनि २७० इलेक्टोरल मत ल्याउन नसक्ने सम्भावना पनि रहन्छ। खासमा पछिल्ला पाँच निर्वाचनमध्ये दुईवटा निर्वाचनमा त्यस्तै उम्मेद्वारहरूले राष्ट्रपतीय चुनाव जितेका हुन् जसले आफ्ना प्रतिद्वन्द्वीभन्दा आमजनताबाट कम मत पाएका थिए। सन् २०१६ मा डोनल्ड ट्रम्पले हिलरी क्लिन्टनभन्दा झण्डै ३० लाख मत कम ल्याएका थिए, तर इलेक्टोरल कलेजले उनलाई बहुमत दिएका कारण उनी राष्ट्रपतिमा निर्वाचित भए। सन् २००० मा, जर्ज डब्ल्यू बुसले २७१ इलेक्टोरल मत पाएर निर्वाचित भएका थिए तर डेमोक्र्याटिक उम्मेद्वारले भने उनको भन्दा पाँच लाखभन्दा बढी 'पपुलर भोट' पाएका थिए यो निर्वाचन प्रणाली किन छानियो? सन् १७८७ मा अमेरिकाको संविधान बनाइँदै गर्दा राष्ट्रिय 'पपुलर भोट'बाट राष्ट्रपति निर्वाचित गर्नका लागि देशको आकार र सञ्चारको कठिनाइका कारण व्यवहारिक रुपमा सम्भव थिएन। त्यही बेला राजधानी वासिङ्टन डिसीमा राष्ट्रपति छान्नका लागि सांसदलाई अनुमति दिने विषयमा पनि थोरै उत्साह थियो। त्यसैले संविधान निर्माताहरूले प्रत्येक राज्यले इलेक्टरहरू छान्न पाउने गरी इलेक्टोरल कलेज बनाए। राज्यको जनसङ्ख्याका आधारमा इलेक्टोरल मतहरूको सङ्ख्या निर्धारण हुने भएकोले राष्ट्रपति निर्वाचित गर्नका लागि दक्षिणी राज्यहरूको प्रभाव बढी हुन्छ। इलेक्टरहरूले उम्मेद्वारलाई मत दिनुपर्छ? केही राज्यहरूमा इलेक्टरहरूले आफूलाई जुन उम्मेद्वार मनपर्छ उसैलाई मत दिनसक्छन्। तर व्यवहारमा भने इलेक्टरहरूले त्यो राज्यमा जसले आममतदाताबाट धेरै मत पाएको छ उसकै उम्मेद्वारलाई मत दिन्छन्। उक्त राज्यले राष्ट्रपतिका लागि भनेर जुन उम्मेद्वारलाई दिएको हुन्छ त्योभन्दा फरकलाई यदि इलेक्टरले मत दियो भने उसलाई "विश्वासघाती" को संज्ञा दिइन्छ। यदि कुनै उम्मेद्वारले पनि बहुमत पाएनन् भने के हुन्छ? अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा त्यसपछि राष्ट्रपति निर्वाचित गर्नका लागि मतदान हुन्छ। तर यो एकपटक मात्रै भएको छ। सन् १८२४ मा चार उम्मेद्वारमा इलेक्टोरल भोट बाँडिदा कसैको पनि बहुमत आएको थिएन। अमेरिकाको निर्वाचन प्रणालीमा अहिले दुईवटा पार्टी हाबी भएकाले आजको दिनमा यो हुने सम्भावना देखिँदैन।
ह्वावेई: पश्चिमा विश्व किन यो विशाल चिनियाँ कम्पनीसँग डराउँछ?
दूरसञ्चार अग्रणी ह्वावेई चीनको सबैभन्दा सफल एउटा विश्व स्तरको कम्पनी भइरहँदा पनि किन यसले पश्चिमा देशहरूमा आलोचना सिर्जना गरिरहेको छ?
अमेरिकाले चिनियाँ सरकारसँग उसको रहेको सुमधुर सम्बन्ध र अर्को पुस्ताको मोबाइल प्रविधि मानिएको फाइभ जीमा विश्वभर आधिपत्य जमाउने उसको योजनालाई जोडेर सो कम्पनीलाई शङ्काको घेरामा ल्याएको छ। उसले ठान्छ- यसले बेइजिङ्लाई पश्चिमा नागरिक, संस्था र सरकारहरूका सूचना संकलन गर्न सघाउनेछ। वासिङ्टनले ह्वावेईलाई 'राष्ट्रिय सुरक्षा खतरा' मान्दै आफ्ना संघीय सरकारी अङ्गका बोलपत्रमा सहभागी हुन प्रतिबन्ध लगाएको छ। उसले आफ्ना साझेदारहरूलाई समेत उसको फाइभ जी मोबाइल नेटवर्क प्रयोग नगर्न दबाब दिँदै आएको छ। वासिङ्टनले त्यसमा अटेरी गर्दै 'अविश्वसनिय विक्रेता'को प्रयोग गर्ने देशहरूमाथि आफ्ना सूचना साझेदारीमा समेत कडाई गर्ने भन्दै तर्साएको छ। तर के ह्वावेईमाथि लागेका आरोपहरू पुष्टि भएका छन्? उक्त कम्पनीले आफू चिनियाँ सरकारलाई सूचना बाँड्नुपर्ने दबाबमाा रहेको भन्ने आरोपलाई बारम्बार अस्वीकार गर्दै आएको छ र अमेरिकी प्रतिबन्धलाई चुनौति दिनेगरी ऊविरुद्ध मुद्दा दायर गरेको छ। संस्थापक रेन जेङ्फीले सीएनएनसँग कुरा गर्दै आफूहरूविरुद्धको अमेरिकी अभियान 'आधारहीन' रहेको बताएका छन्। "विश्वभर सबैले साइबर सुरक्षाबारे कुरा गरिरहेका छन् र उनीहरूले ह्वावेईलाई अलग गर्न खोजिरहेका छन्। त्यसो भए इरिक्सनको के छ? सिस्कोको के छ? के उनीहरूसँग साइबर सुरक्षा मुद्दा छैनन्?"- उनले भने। यो विवादले अमेरिका र चीनबिचको व्यापारका मुद्दामा तनाव बढाएको छ। यो विवाद के हो भनेर हामीले यहाँ पाँच विभिन्न विषयलाई हेर्दैछौँ। सूचनामा अवरोध ह्वावेई चीनको सबैभन्दा ठूलो प्रविधि कम्पनी हो र विश्वमै दोस्रो ठूलो स्मार्टफोन उत्पादनकर्ता। गतवर्ष मात्र यसले विश्वभर २० करोड मोबाइल फोनहरू बेचेको थियो। चिनियाँ सैनासँग रहेको यस कम्पनीको नजिकको सम्बन्धले अमेरिकालाई सबैभन्दा बढी असहज बनाएको छ। रेन जेङ्फी चिनियाँ कम्युनिष्ट पार्टीका सदस्य मात्र नभई चिनियाँ सेनाका इन्जिनियर समेत हुन्। चीनमा यो कुनै असामान्य पृष्ठभूमि त होइन तर अमेरिका र पश्चिमा विश्वमा यसैले संशयहरू सिर्जना गरिरहेको छ। अमेरिकाको दाबी छ- यदि चीनले उक्त कम्पनीले संकलन गर्ने सूचना माग गर्‍यो भने ह्वावेई त्यो दिन बाध्य हुनुपर्छ। गोपनियता नियन्त्रणको मामिलामा अमेरिकी प्रतिस्पर्धी कम्पनीजस्तो चिनियाँ कम्पनीहरू नहुने वासिङ्टनको भनाइ छ। सन् २०१२ अघि अमेरिकी संसदको एक जाँचबुझ समितिले जारी गरेको एक प्रतिवेदन अनुसार ह्वावेई र जेडटिईजस्ता कम्पनीलाई आफ्नो देशमा प्रवेश दिइए त्यसले सूचना चुहिन सक्ने बताएको थियो। त्यसले अमेरिकाको उर्जा संयन्त्रजस्ता पूर्वाधारमा साइबर हमला हुनसक्ने जोखिम औँल्याएको थियो। र गतवर्ष अमेरिकी संसदमा दिइएका बयानमा सीआईए र एफबिआई सहितका अमेरिकाका ६ मुख्य जासुसी निकायका प्रमुखहरूले ह्वावेईका उपकरण र सेवा प्रयोगमा सजग गराएका थिए। 'पछाडिको बाटो' विज्ञहरु भन्छन्- प्रविधि कम्पनीहरूले आफ्ना हार्डवेयरमा पूर्ण नियन्त्रण गर्न 'पछाडिको बाटो' अपनाउन सक्छन्। त्यो भनेको सुरक्षा नियमहरू उलंघन गर्दै आपतकालिन अवस्थामा पहुँच दिनु हो। रेन जेङ्फीले भनेअनुसार चिनियाँ अधिकारीहरूले कहिल्यै 'अनधिकृत सूचना' मागेका छैनन्। 'ह्वावेई निजी कम्पनी हो र यसको चिनियाँ सरकारसँगको सम्बन्ध भनको कर तिर्नुसँग मात्र जोडिएको छ।' सीएनएनको रिपोर्टले सुझाए अनुसार ह्वावेईले 'हतियारको रुपमा' मोबाइल फोन टावरहरू अमेरिकाको मध्यपश्चिमको राज्य मोन्टानामा राख्न सक्छ र नजिकैका हवाई अड्डाका अन्तरमहादेशिय ब्यालिस्टिक क्षेप्यास्त्रको प्रतिरक्षा संयन्त्रमा हस्तक्षेप गर्नसक्छ। "हामीलाई थाहा छ चिनियाँहरू अमेरिकाविरूद्धको ठूलो जासुसी अभियानमा छन्," सीएनएनले वासिङ्टनमा रहेको सेन्टर फर स्ट्रयाटेजिक एन्ड इन्टरनेसनल स्टडिजका विज्ञ जेम्स लेविसलाई उदृत गर्दै लेखेको छ। चिनियाँ विज्ञहरू त्यस्तो सोचलाई 'हास्यास्पद' र 'पूर्ण रूपबाट असंगत' भन्ने गर्छन्। पाँच आँखे गठबन्धन यो शब्दावली विज्ञानको दन्त्यकथा जस्तो लाग्छ तर यो दशकौँदेखि चर्चित् छ। 'फाइभ आइज्' गठबन्धन अंग्रेजी बोलिने पाँचवटा देशहरूको जासुसी निकायहरूको संगठन हो जसमा अमेरिका, ब्रिटेन, अस्ट्रेलिया, क्यानाडा र न्यूजिल्याण्ड छन्। यो गठबन्धन दोस्रो विश्वयुद्धको अन्त्यसँगै सुरु भएको हो। शीतयुद्धका बेला यसको प्राथमिकता सोभियत संघ र उसको प्रभावमा रहेका देशहरूको सञ्चारलाई नियमन गर्नु हुन्थ्यो। सोभियत संघको विघटनपछि 'फाइभ आइज्'ले आफ्नो ध्यान प्रतिआतङ्कवादमा मोड्यो र अहिले त्यो चीन र उसका 'देशबाहिरका गतिविधि'मा केन्द्रित छ। यो सञ्जालबाट अमेरिकाको ह्वावेईप्रतिको चासो घटेको छैन बरू झन् बढिरहेको छ। अमेरिकी सुरक्षा अधिकारीहरूले ब्रिटेन र जर्मनीलाई दबाब दिँदै फाइभ जी प्रविधि सञ्जाल लागु गर्दा 'आपूर्तिचक्रिय सुरक्षा'लाई बलियो बनाउन भनेका छन्। जसको अर्थ हो- ह्वावेईबाट सचेत रहनु। स्वाभाविक रूपमा धेरै अमेरिकी साझेदारहरूले आफ्ना फाइभ जी प्रविधि सञ्जालबाट ह्वावेईलाई हटाइने बताएका छन्। अमेरिकाले आफ्नो सूचना साझेदारीमा कटौती गर्ने चेतावनी दिएपछि जर्मनीले आफ्नो दूरसञ्चार पूर्वाधारमा उच्चस्तरको सुरक्षा मापदण्ड सुनिश्चित गर्न चाहेको बताएको थियो। सरकारका प्रवक्ता अलराइक डेम्मरले पत्रकारहरूलाई भनिन्: "हामीले कस्ता ठोस छलफलहरू के गरिरहेका छौँ भनेर त म भन्दिन तर हामी हाम्रा जासुसी साझेदारहरूसँग सघन छलफलमा छौँ। जसमा स्वाभाविक रूपमा अमेरिका समेत छ।" जासुसी कानुन जुन २०१७ मा चिनियाँ कम्युनिष्ट पार्टीले एउटा राष्ट्रिय जासुसी कानुन पारित गरेपछि त्यसमार्फत धेरै आलोचकहरूले जासुसीलाई वृहत परिभाषा दिएको बताए। जसअनुसार कुनै पनि रूपमा संकलन गरिएका विवरणका लागि ढोका खुलै हुनेछ। पश्चिमा देशहरू खासगरी उक्त कानुनको धारा ७ का कारण सजग देखिन्छन्। उक्त व्यवस्थाले संस्थाहरू र नागरिकलाई राष्ट्रिय गुप्तचरी कामका लागि कानुन बमोजिम सहयोग र सहकार्य गर्नुपर्ने आदेश दिन्छ। यद्यपि चिनियाँ कानुनविद्हरूले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा उक्त व्यवस्थाको प्रतिरक्षा गरिरहेका छन्। फाइनान्सियल टाइम्समा लेख्दै बेइजिङ् फरेन स्टडिज युनिभर्सिटीका डा गु बिनले भनेका छन्, "चिनियाँ कम्पनीमा पार्टीको प्रभावबारे पश्चिमाहरूको चिन्ता हदभन्दा बढी हो।" उनले धारा ७ लाई 'धेरैजसो गलत बुझिएको' र त्यसले 'पूर्वसावधानीका रूपमा जासुसी गर्ने अख्तियारी नदिने' भन्दै "राष्ट्रिय जासुसी कार्य रक्षात्मक प्रकृतिको हुनुपर्ने" बताए। जेसुकै भएपनि ह्वावेईले अहिले अन्तर्राष्ट्रिय अविश्वासको मार खेपिरहेको छ। जब चिनियाँ कम्पनीले अन्य देशमा सञ्जाल पूर्वाधारहरू तयार पार्छन् उनीहरू स्थानीय सरकारका विश्वास जित्न समस्या झेलिरहेका हुन्छन्। व्यापार युद्ध यो सबै विवाद अमेरिका र चीनबिच चलिरहेको व्यापार विवादकामाझ भइरहेको छ। डिसेम्बरमा जब अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङ जी २० को मेसो पारेर अर्जेन्टिनामा यसबारे कुरा गरिरहेका थिए, क्यानाडाको प्रहरीले भने ह्वावेईकी प्रमुख आर्थिक अधिकृत मङ्ग वान्जूलाई भेनकुभर विमानस्थलबाट पक्राउ गरेको थियो। रेनकी छोरी मङ्गमाथि छल र इरानमाथिको अमेरिकी प्रतिबन्ध उल्लंघन गरेको आरोप लागेको छ। चीनमा विश्लेषकहरूले उनको पक्राउलाई अपहरणको संज्ञा दिएका छन्। उनीहरूले त्यो र व्यापारिक उपायका कुराहरू एउटै योजनाको पाटो भएको बताउँछन्। उनीहरूका भनाइमा त्यसको अन्तिम लक्ष्य चीनलाई विश्व अर्थतन्त्रमा प्रभाव पार्ने अवस्थाबाट रोक्नु हो। चीनले कहिल्यै विश्वव्यापी दबदबा नचाहेको कुरा दोहोर्‍याउँदै आएको छ, ह्वावेईकीका शीर्ष कार्यकारीहरूले आफ्नो महत्त्वाकांक्षा लुकाएका पनि छैनन्। फेब्रुअरी २०१८ मा ह्वावेईका ग्राहक व्यवसायका अध्यक्ष यु चेङ्गदोङ्ले बीबीसीलाई बताए अनुसार 'अमेरिकी बजार सहित वा त्यसबिनै हाम्रो बजार हिस्सा विश्वको एक नम्बर बन्न सक्छ।' अमेरिकी राजनीतिज्ञहरूले किन ह्वावेईलाई विश्वास गर्दैनन् भन्ने सवालमा उनी भन्छन्: "अमेरिकामा केही मानिसहरूले राजनीतिक अस्त्र प्रयोग गरेर हामीलाई रोक्न खोजेका छन्। किनभने हामी निकै प्रतिस्पर्धी छौं, हामीले प्रविधि र नविनतामा नेतृत्व गरिरहेका छौं। हामी निकै बलियो भयौँ भन्ने उनीहरूको चिन्ता हो।" ह्वावेईविरुद्धको आरोप अमेरिकी राजनीतिज्ञ र विचारकहरूमा रहेको गहिरो अविश्वासको एउटा पाटो हुनसक्छ। अमेरिकी कङ्ग्रेसमा चीनलाई मानव अधिकारको कसीमा आलोचना गर्ने डेमोक्र्याटहरू र राष्ट्रिय सुरक्षामा बल दिने रिपब्लिकनहरू दुवै यस कम्पनीमाथि प्रतिबन्ध लगाउन सहमत देखिन्छन्। ह्वावेईको घटनाक्रमले अमेरिका र चीनबिचको बढ्दो तनावको सङ्केत गर्छ। हामीलाई थाहा छैन दुई देशहरू यस तनावलाई थप फैलन दिनबाट रोक्छन् कि यो त्योभन्दा निकै पर झन् खराब अवस्थामा पुग्छन्।