title
stringlengths
10
138
summary
stringlengths
17
955
text
stringlengths
111
16.8k
मलेसियाली विमान आकाशमै 'टुक्रा टुक्रा'
मलेसियाका प्रधानमन्त्री नजीब रजाकले युक्रेनमा दुर्घटनाग्रस्त भएको मलेसिया एअरलाइन्सको विमानका सम्बन्धमा नेदरल्याण्ड्सले प्रस्तुत गरेको पहिलो आधिकारीक प्रतिवेदनमा उक्त विमानलाई क्षेप्यास्त्र हमला गरेर खसालिएको भन्ने निष्कर्ष बलियो रुपमा प्रस्तुत गरिएको बताएका छन्।
विमानमा रहेका सबै २ सय ९८ जनाको मृत्यू भएको थियो, त्यसमध्ये धेरै नेदरल्याण्ड्सका थिए। नेदरल्याण्ड्सका विशेषज्ञहरुका अनुसार, गत जुलाई महिनामा युक्रेनी आकाशमा उडिरहेको मलेसिया एअरलाइन्सको एमएच सेभेन्टिन विमान, तीव्र गतिमा रहेका विभिन्न वस्तुहरुको मारमा परेपछि हावामा नै टुक्रा-टुक्रा भएको थियो। यो नयाँ प्रतिवेदनले उक्त घटनामा कुनै प्राविधिक वा मानवीय त्रुटीको कुनै पनि प्रमाण नभेटिएको जनाएको छ। संवाददाताहरु भन्छन्, “छानविन प्रतिवेदनको निष्कर्ष उक्त एमएच सेभेन्टिन विमानमा क्षेप्यास्त्र हमला भएको भन्ने दाबीसँग मिल्न गएको छ।” खतरनाक यो नयाँ प्रतिवेदन तयार पारेका अनुसन्धानकर्ताले निष्कर्षका निम्ति ककपीटबाट प्राप्त जानकारी, एअर ट्राफिक कन्ट्रोल र तस्वीरहरुको भर परेका थिए। किनकि पूर्वी युक्रेनमा रहेको दुर्घटनास्थलमा सरकारी सेना र विद्रोही लडाकुहरुबीच लडाईं चर्किरहेको अवस्थामा, स्थलगत रुपमा अनुसन्धान गर्नको लागि निकै खतरनाक रहेको छ। उक्त एमएच १७ विमान नेदरल्याण्ड्सको एम्सटरड्यामबाट मलेसियाको क्वालालम्पुर तर्फको उडानमा रहेको थियो र त्यो पूर्वी युक्रेनमा विद्रोही नियन्त्रित इलाकामा खसेको थियो। त्यसबेला उक्त विमानलाई रुस समर्थक विद्रोहीहरुले हमला गरी खसालिदिएका विवरणहरु आएका थिए। दुर्घटनाको छानबिन गरिरहेको, नेदरल्याण्ड्सको सुरक्षा बोर्डका अध्यक्षले भने यो समग्र प्रकरणबारेको अन्तिम प्रतिवेदन प्रकाशित गर्न एक वर्षको समय लाग्ने बताएका छन्। अनुमान बीबीसीका यातायात सम्बाददाता रिचर्ड वेस्टकट भन्छन्, "यो प्रतिवेदनले स्पष्ट रुपमा एमएच सेभेन्टिन विमानलाई क्षेप्यास्त्र प्रहार गरी खसालिएको भनेर त भनेको छैन तर त्यसले अरु लगभग सबै विकल्पलाई नकारेको भने छ।" उडानमा रहेको उक्त विमानमा कुनै आपतकालिन अवस्था थिएन, कुनै प्राविधिक समस्या थिएन र विमानचालकहरुले पनि कुनै गल्ती गरेका थिएनन्। बरु प्रतिवेदनले उक्त विमानलाई आकाशमा उडिरहेका बेला तीव्र गतिमा रहेका वस्तुहरुले प्वालै प्वाल पारेर खसालिदिएको हुन सक्ने भनेको छ। जुन बीयुके भनिने क्षेप्यास्त्र प्रणालीले गर्ने हमलाको प्रकृति संग मिल्छ। त्यस्ता क्षेप्यास्त्रले आफ्नो हमलाको निशानामा ठोक्किएर भन्दा पनि निशानाको नजीकै पुगेर विस्फोट भई टुक्राहरुद्वारा अत्यधिक क्षति पुर्याउने गर्छन्। तर यो सबै विवरणले सबैभन्दा अहम् प्रश्नको जवाफ भने दिएको छैन, कि त्यस्तो क्षेप्यास्त्र प्रहार कस्ले गर्यो? युक्रेनको द्वन्द्वका दुवै पक्षले त्यस्तो क्षेप्यास्त्रको प्रयोग गर्ने गर्छन्। उडीरहेको विमान खसाल्ने गल्ती कस्ले गर्यो भन्ने पत्ता लगाउन अनुसन्धानकर्ताहरुले जमीनको कुन ठाउंबाट त्यस्तो क्षेप्यास्त्र प्रहार भएको थियो भन्ने यकिन गर्नु पर्ने हुन्छ। र एकजना विशेषज्ञले घटनास्थलमा रहेका प्रमाण र रेडारको डेटाबाट अन्तत: त्यो कुरा पनि पत्ता लाग्ने जनाएका छन्।
महिला सांसदको कुरा सुनिन्छ कि सुनिँदैन
दक्षिण एशियाली देशहरूमध्ये नेपालको संसद्‍मा महिला उपस्थिति बलियो छ।
तर के संसद्‌मा भएको लैङ्गिक चेतना चित्तबुझ्दो छ? लामो सङ्घर्ष गरेर संसद्‌मा पुगेका महिला सांसदहरूले महिलाका मुद्दादेखि अन्य विषयमा आवाजहरू उठाउने गरेका छन्। तर के उनीहरू कुरा सुनिन्छ? तीन महिला सांसदहरूसँग कुराकानी गरेर सृजना श्रेष्ठले तयार पारेको यो भिडिओ । अनि यो पनि
कोरोनाभाइरसका कारण बन्द वुहानको अवस्था
कोरोनाभाइरसको प्रकोप बढेपछि चीनको वुहान शहर बन्द गरिएको छ।
वुहानमा विमान र रेल सेवाका साथसाथै अन्य सार्वजनिक यातायातहरू पनि बन्द गरिएको छ। यो बन्दका बीच वुहानमा के भइरहेको छ त? हेर्नुहोस् यो भिडिओ। अनि यो पनि: कोरोनाभाइरस: के नेपाल जोखिममा छ? के मास्कले भाइरस छेक्न सक्छ
सान फ्रान्सिस्कोमा जडान गरिएको 'संसारको सबैभन्दा पुरानो वेबक्याम' बन्द गरिने
विश्वको सबभन्दा पुरानो निरन्तर चलिरहेको वेबक्याम २५ वर्षपछि बन्द गरिँदैछ।
सन् १९९४ मा जडित वेबक्यामले पुरानो वेबपेजकै शैलीमा चित्र देखाउँछ सन् १९९४ मा उक्त 'फग क्याम' जडान गरिएको थियो। त्यसको उद्देश्य सान फ्रान्सिस्कोको स्टेट युनिभर्सिटी क्याम्पसमा मौसम कसरी परिवर्तन भइरहन्छ भनेर अवलोकन गर्नुथियो। त्यसपछि उक्त वेबक्यामले नियमित मर्म सम्भारको बेलाबाहेक निरन्तर प्रसारण गरिरह्यो। यसका निर्माताहरूले अब उक्त वेबक्याम राख्ने उपयुक्त स्थान नभएकाले बन्द गर्न लागिएको बताएका छन्। ड्यान वङसँग मिलेर उक्त वेबक्याम जडान गरेका जेफ स्वार्जले अगस्ट ३० मा बन्द हुने बताए। "हामीलाई लाग्यो अब यो बन्द गरिनुपर्छ," स्वार्जले एसएफ गेट पत्रिकालाई भने। वेबसाइट भने चलिरहने सो फगक्याम बन्द गरिएपनि यसले प्रसारण गर्ने भिडिओ देखाउने वेबसाइट भने चलिरहनेछ। स्वार्जका अनुसार सन् १९९३ मा केम्ब्रिज विश्वविद्यालयमा राखिएको संसारकै पहिलो लाइभ-क्यामबाट प्रेरित भई उक्त वेबक्याम उनले जडान गरेका हुन्। केम्ब्रिजको सो लाइभ-क्याम सन् २००१ मै बन्द भएको थियो। सन् १९९४ ताका स्वार्ज र वङ उदाउँदा प्रोगामर थिए। वेबक्याम प्रोजेक्टलाई उनीहरूले कोडिङको अभ्यास गर्न र प्राम्भिक चरणको वेब प्रविधि बुझ्न प्रयोग गरेका थिए। "यो सानो पहल थियो तर यसको आफ्नै जीवनजस्तो बन्यो," उनले पत्रिकालाई भने। "मानिसहरूले रुचाएका कारण हामीले यसलाई चलाइरह्यौँ।" "हाम्रो वेबक्याम इन्टरनेटका प्रारम्भिक दिनहरू सम्झाउने प्रतीक पनि हो," स्वार्जले भने। यो पनि पढ्नुहोस्
जलवायु परिवर्तन: चीनका पग्लिरहेका हिमनदीको ड्रोनबाट खिचिएको मनमोहक भिडिओ
वैज्ञानिकहरू उत्तरपश्चिम चीनका हिमनदीहरू केही दशकमा हराउने अनुमान गर्छन्।
जलवायु परिवर्तनका कारण ती हिमनदीहरू तीव्र गतिमा पग्लिरहेका छन्। हिमयुगको समयमा बनेका हिमनदीहरूले तल्लो तटका कृषकहरूलाई सिँचाइका लागि पानी उपलब्ध गराउँछन्। हेर्नुहोस् एउटा भिडिओ।
भेनेजुएला मामिलामा सरकार र पार्टीको धारणा फरक हुनसक्छ: वाँस्कोटा
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका एकजना अध्यक्ष प्रचण्डले विज्ञप्ति जारी गर्दै भेनेजुएलाको आन्तरिक मामिलामा अमेरिका र उसका सहयोगी राष्ट्रबाट भएको हस्तक्षेपको निन्दा गरिरहँदा सरकारका प्रवक्ता गोकुल वाँस्कोटाले भने उक्त विषयमा पार्टी र सरकारको धारणा एकै भए पनि प्रतिक्रिया भने फरक हुन सक्ने बताएका छन्।
नेपाल कम्युनिस्ट पार्टीलेका अध्यक्ष पुष्पकमल दाहाल। शुक्रवार उनले प्रधानमन्त्री तथा पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओली स्वदेश फर्केपछि सरकारले आधिकारिक धारणा व्यक्त गर्ने बताए। ओली शनिवार काठमाण्डू आइपुगेका छन्। तर त्यसबारे धारणा भने दिइसकेका छैनन्। तर प्रचण्डको भनाइबारे सामाजिक सञ्जालमा विभिन्न पक्षबाट टिप्पणी भइरहेका छन्। 'चुनौती' सत्तारूढ दलका एकजना अध्यक्ष प्रचण्डद्वारा जारी विज्ञप्तीमा भेनेजुएलाका विपक्षी दलका सांसद हुँवान गुएइदो राष्ट्रपति रहेको भनिएको स्वघोषित अन्तरिम सरकारलाई अमेरिका र उसका सहयोगी राष्ट्रहरूले समर्थन गर्नुलाई भेनेजुएलाको आन्तरिक मामिलामाथिको हस्तक्षेप भनिएको छ। प्रचण्डले अमेरिकी कदमलाई संयुक्त राष्ट्रसङ्घीय बडापत्रमाथिको सीधा चुनौती भनेका छन्। उनले कुनै पनि मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप र साम्राज्यवादी सत्ताकब्जाको कोसिस स्वीकार्य नहुने धारणा विज्ञप्तिमा उल्लेख गरेका छन्। सरकारका प्रवक्ता वाँस्कोटाले भने विश्व जनमत फरक रहेको अवस्थामा उक्त विषयबारे बुझाइ र मत फरक हुन सक्ने बताउँदै सरकारको मत पार्टीको भन्दा फरक हुनसक्ने जानकरी दिए। ''शब्दावलीको हकमा एउटा राजनीतिक दलले जे शब्द प्रयोग गर्छ सरकारले सत्तारुढ दल हुँदा पनि त्यहि नै प्रयोग गर्छ भन्ने हुँदैन,'' उनले भने। ' 'तर दृष्टिकोणमा कहीँ न कहीँ समानता भेटिन सक्छन् र कहिलेकाहिँ कूटनीतिक विषयलाई कूटनीतिक हिसाबले नै व्याख्या गर्नुपर्ने हुन्छ।'' नेकपाले जारी गरेको विज्ञप्ति। उनले पार्टीको उक्त धारणाले नेपाल र अमेरिकाबीचको दौत्य सम्बन्धमा कुनै असर नपर्ने दाबी गरे। असंलग्न परराष्ट्र नीति अख्तियार गरेको मुलुकको सत्ता हाँकेको दलले सोही अनुरूप धारणा तय गरेका कारण उक्त विषयले दुई देशबीचको सम्बन्धमाअसर नपर्ने उनले दावी गरे। सरकारले पार्टी र दलबीचको धारणा फरक हुनसक्ने बताइरहँदा सत्तारुढ दलका कतिपय नेताहरूले भने परराष्ट्र मामिलामा सरकारले पनि पार्टीकै नीतिलाई पछ्याउनुपर्ने ठान्छन्। नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता समेत रहेका नेता नारायणकाजी श्रेष्ठले पार्टीकै नीतिमा सरकार सञ्चालन भएको अवस्थामा उक्त पार्टीको धारभन्दा सरकार फरक रूपमा जान नहुने बताउँछन्। ''पार्टी नीतिकै अनुरूप सरकार सञ्चालन भइरहेको छ। सरकारले स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गरेकै छ। त्यस कारण सरकारले पनि यही नीति अवलम्बन गर्छ भन्ने विश्वास छ,'' उनले भने। परराष्ट्र मामिलाका कतिपय जानकारहरूले भने सत्तारुढ दलका अध्यक्षको उक्त कदमका कारण नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्धमा असर पर्नसक्ने बताउँछन्। भेनेजुएलाका विषयमा सरकारका प्रवक्ताले सत्तरूढ दल र सरकारको धारणा फरक हुनसक्ने बताइरहँदा कतिपय विज्ञहरू भने दाहालको विज्ञप्तिलाई हलुका रूपमा लिन नसकिने बताउँछन्। ''यो असाधारण अभिव्यक्ति हो। सरकारले पनि यसलाई बेवास्ता गर्न सक्दैन। तर सरकारले के धारणा राख्छ भन्ने कुरा चाहिँ आधिकारिक रूपमा आउनुपर्‍यो,'' एकजना पूर्व परराष्ट्र मन्त्री भेषबहादुर थापाले भने। बीबीसीसँग कुरा गरेका विज्ञहरूले सत्तारुढ दलको जिम्मेवार व्यक्तित्वबाट आएको अभिव्यक्ति अपरिपक्व र कूटनीतिक दायराभन्दा बाहिर गएको टिप्पणी गरे। ''विज्ञप्तिमा उल्लेख भएका कुराको भाव नमर्ने गरी कूटनीतिक रूपमा लेख्न सकिन्थ्यो,'' नाम नखुलाउने सर्तमा एकजना परराष्ट्र मामिलाका जानकारले भने, ''हामीले हलुका रूपमा लिए पनि अमेरिका लगायतका मुलुकले अभिलेख राख्ने हुँदा भविष्यमा समेत असर पर्न सक्छ।''
ब्ल्याक होल: के हो र यसका विशेषता के हुन्? स्टिभन हकिङ यसो भन्छन्
पहिलो पटक खगोलशास्त्रीहरूले ब्ल्याक होलको तस्बिर खिचेका छन्। त्यसमा एउटा चम्किलो आभामण्डल देखिन्छ।
प्रसिद्ध भौतिकशास्त्री स्टिभन हकिङले ब्ल्याक होलबारे अनुसन्धान गरेका थिए। तर यो उपलब्धि भने उनले देख्न पाएनन्। उनको गत वर्ष निधन भयो। उनका अनुसार ब्ल्याक होलहरू पहिला भन्ठानिए जस्तो कालो हुँदैनन्। यो भिडिओमा हकिङले ब्ल्याक होलबारे व्याख्या गरेका छन्। अनि यो पनि
बीच भलिबल: पहिलो पटक साग गेम्समा समावेश, तर नेपालमा कोर्ट निर्माण र प्रशिक्षणमा समस्या
समुद्रको किनारामा बालुवामा खेलिने बीच भलिबल खेल भूपरिवेष्ठित देश नेपालमा हुने १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता साग गेम्समा पहिलो पटक समावेश हुने निश्चित भएको छ। तर बीच भलिबल कोर्ट निर्माणदेखि खेलाडीको बन्द प्रशिक्षण भने अनिश्चित देखिएको अधिकारीहरुले बताएका छन्।
पुरुष इन्डोर भलिबल खेलको साग गेम्सकेन्द्रित बन्द प्रशिक्षण नेपालमा सुरु भएको दुई हप्ता भइसकेको छ। महिला इन्डोर भलिबल टोलीको प्रशिक्षण पनि गत हप्ताबाट काठमाण्डूमा थालिसकिएको छ। तर साग गेम्समा नयाँ खेलको रूपमा थप गरिएको बीच भलिबलको प्रारम्भिक टोलीको छनोट (पुरुष र महिला) बाहेक बाँकी काम अगाडि बढ्न सकेको देखिँदैन। नेपाल भलिवल सङ्घका अनुसार पहिलो पटक अन्तर्राष्ट्रिय रूपमा आयोजना गर्न लागिएको बीच भलिबलको नेपालमा खेल्ने मैदान निर्माण गर्न बाँकी छ। त्यसैले खेलाडीहरूको प्रशिक्षण सुरु गर्न नसकिएको सङ्घका अधिकारीहरूले बताएका छन्। के हो बीच भलिबल? बीच भलिबल खासगरी समुद्र छेउको बालुवामा खेलिने फरक प्रकृतिको खेल हो। यसमा टोलीमा दुई जना खेलाडी खेल्छन्। नेपालमा समुद्र नभएकोले पोखराको फेवाताल छेउमा बालुवाको कोर्ट बनाएर यो खेल खेलाउने योजना बनाइएको छ। नेपाल भलिवल सङ्घका महासचिव जितेन्द्र चन्द भन्छन्, "फेवाताल छेउमा खेलाउँदा समुद्रवरिपरि खेलाएजस्तै अनुभूति हुने भएकोले स्थानको समस्या छैन। तर दुईवटा मुख्य कोर्ट र अभ्यासका लागि अरू दुईवटा गरी चारवटा कोर्ट भने बनाउन आवश्यक छ। " लुगा अन्तर्राष्ट्रिय नियमानुसार बीच भलिबलमा पुरुष खेलाडीहरुले हाफ प्यान्ट्स र टीशर्ट लगाउनुपर्छ भने महिला खेलाडीहरुले टूपीस लगाएर खेल्नुपर्छ। उनीहरूसँग दुई जोडी लुगा, घाममा लगाउने क्रीम र रुमाल अनिवार्य हुनुपर्छ। चीनमा भएको दोस्रो एशियन बीच गेम्समा सहभागी नेपाली खेलाडी कोपिला उप्रेती (बायाँ) दर्शकहरूको चासो बढ्ने बीच भलिबलको यो एउटा आकर्षक पक्ष मानिन्छ। तर आयोजक राष्ट्रले सम्बन्धित देशको संस्कृतिअनुसार लुगाको सन्दर्भमा नियम परिवर्तन गर्न सकिने भलिबल सङ्घका महासचिव चन्द बताउँछन्। उनले भने, "आयोजकले सहमतिमा नियम परिवर्तन गर्न सक्छ। जस्तै पाकिस्तानी महिलाहरूले त्यस्तो लुगा लगाउन सक्दैनन्। हाम्रा खेलाडीहरूले पनि सक्दैनन्। त्यसैले टूपीस लगाउने नियम चाहिँ परिवर्तन हुनेछ। " दाबी नेपाल भलिवल सङ्घले पुरुष र महिलाको तीन-तीन टोली गरी छ खेलाडी छानेको छ। त्यसमा अन्तिम चरणमा एउटा टोली फ्याँकिनेछ र दुई टोलीले साग गेम्स खेल्नेछन्। खेलाडीहरू भने बन्द प्रशिक्षणको प्रतीक्षा गरिरहेका छन्। बीच भलिबलको प्रारम्भिक टोलीमा छानिएकी खेलाडी कोपिला उप्रेती भन्छिन्, "बीच भलिबल टोलीमा परिएको छ। नेपालको जर्सी लगाएर आफ्नै देशमा हुने प्रतियोगितामा खेल्न पर्खिरहेकी छु। तर अझैसम्म प्रशिक्षणको बारेमा केही जानकारी आएको छैन।" खेलाडीहरूका अनुसार बन्द प्रशिक्षण निम्ति अहिले नै बालुवाको कोर्ट नभए पनि हुन्छ। अर्की खेलाडी नीता शाह भन्छिन्, " फिटनेसको लागि भएपनि बन्द प्रशिक्षण सुरु गरिहाले राम्रो हुने थियो।" महिला टोलीले सागमा पदक जित्ने दाबी पनि गरिएको छ। त्यसका लागि बीच भलिबल मैदान निर्माण र प्रशिक्षण तत्कालै सुरु गर्नुपर्ने खेलाडीहरूको माग छ। शाह भन्छिन्, "बीच भलिबलमा श्रीलङ्का सबैभन्दा बलियो छ। हामीले यो क्षेत्रमा विगतमा स्वर्ण पनि जितिसकेका छौँ। त्यसैले राम्रो प्रशिक्षण पाए कम्तिमा रजत नत्र स्वर्ण जित्न सक्छौँ।" विसं २०६० बाट दक्षिण एशियाली बीच गेम्समा भाग लिन थालेको नेपाली पुरुष र महिला दुवै टोलीले अन्तर्राष्ट्रिय पदक जितिसकेका छन्। एशियन बीच गेम्स र दक्षिण एशियाली बीच गेम्समा पनि खेलाडीहरूले भाग लिइसकेका छन्। घरेलु स्तरमा नेपाल भलिबल सङ्घले पनि बीच भलिबलको सातौँ राष्ट्रिय प्रतियोगिता आयोजना गरिसकेको छ। पीडा बीच भलिबालमा छानिएका खेलाडीहरूको अर्को पीडा पनि छ। भलिबलको मुख्य प्रतिस्पर्धाको रूपमा रहने इन्डोर भलिबलमा नपरेका खेलाडीहरूले मात्र बीच भलिबलमा प्रतिस्पर्धा गर्न पाउने नियम छ। नेपालका २५ उत्कृष्ट खेलाडीहरू इन्डोर टोलीमा छानिएका छन्। त्यसमा नपरेका खेलाडीहरू बीच भलिबलमा छानिएका हुन्। त्यसैले कतिपय खेलाडीहरू बीच भलिवलको टोलीमा पररेकोमा भन्दा इन्डोर भलिबलमा नपरेकोमा दु:खी देखिन्छन्। इन्डोर भलिबलमा छनोट नभएकोमा खिन्न मनीषा चौधरी भन्छिन्, " किन इन्डोर भलिवलमा परिनँ भनेर आश्चर्यमा छु। तर अब बीचमा नै मेहनत गर्छु।" तर इन्डोर र बीचको खेलाडी छुट्याइनु लाभदायक हुने नेपाल भलिबल सङ्घकी केन्द्रीय सदस्य सुनकेशरी मालीको भनाइ छ। उनी भन्छिन्, "इन्डोर र बीच भलिबलका खेलाडी फरकफरक हुने नियमले किन फाइदा छ भने अब खेलाडीहरू आफ्नो खेलमा केन्द्रित हुनेछन्। यसले नेपाललाई पदक दिलाउन सक्छ।" सागमा पहिलो पटक साग गेम्समा बीच भलिबल समावेश गरिएको पहिलो पटक हो। ओलिम्पिक खेलमा भने यो खेल सन् १९९६ मा एट्लान्टाबाट समावेश गरिसकिएको थियो। त्यसको दुई वर्षपछि सन् १९९८ को ब्याङ्कक एशियाली खेलकुदको १३ औँ संस्करणबाट बीच भलिबलले एशियाली खेलकुदमा पनि प्रवेश पायो। त्यसैले बीच भलिबल साग गेम्समा पनि समावेश गर्नेबारे दक्षिण एशियाली ओलिम्पिक काउन्सिल बैठकमा बारम्बार चर्चा हुने गरेको थियो। विभिन्न २७ वटा खेल साग गेम्समा समावेश गरिने निर्णय भइसकेकोमा अब बीच भलिबल र थ्री-अन-थ्री बास्केटबल थपिएसँगै कुल खेल सङ्ख्या २९ पुगेको छ। नेपाल ओलिम्पिक कमिटीकी उपाध्यक्ष ज्योति राणा भन्छिन्, " ह्यान्डबलजस्तो अरू खेल पनि थपिने विषयमा छलफल भएको थियो। यसपालि दुई खेल मात्र थपियो। आगामी सागमा बीच गेम्सका अन्य खेलहरू पनि थपिँदै जाने सम्भावना छ।"
कोरोना भाइरस: महामारीसँग सङ्घर्ष गर्ने स्वास्थ्यकर्मीको उपचारमा कुकुर
मेक्सिकोमा विशेष पहिरन लगाएर कोरोनाभाइरससँगको सङ्घर्षमा एउटा कुकुर पनि खटिएको छ।
'थेरपी डग' का रूपमा उक्त कुकुर मेक्सिको सिटीस्थित अस्पतालका कर्मचारीलाई मानसिक रूपमा स्वस्थ रहन सघाइरहेको छ। उसले त्यहाँ कोभिड-१९ नियन्त्रणमा खटिएका चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी र कर्मचारीलाई दैनिक दुई घण्टा मनोरञ्जन गराउँछ। हेर्नुहोस् यो भिडिओ। अनि यो पनि
बुवाले मूलधारमा ल्याए पनि हामी मान्दैनौँ: विप्लवका छोरा प्रकाश चन्द
केही समययता 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले विभिन्न हिंसात्मक गतिविधि गरेको भन्दै सरकारले उक्त समूहमाथि प्रतिबन्ध लगाएको छ।
सो पार्टीका अधिकांश नेता पछिल्लो समय लगभग भूमिगत छन्। उक्त पार्टीका महासचिव नेत्रविक्रम चन्दका छोरा प्रकाश चन्द भने अहिले चितवनको एक चिकित्साशास्त्र कलेजमा एमबीबीएसको पढाइ पूरा गर्ने क्रममा प्रशिक्षार्थी चिकित्सकको रूपमा काम गरिरहेका छन्। प्रकाश चन्द सो पार्टीको स्वास्थ्य सङ्गठनको केन्द्रीय महासचिव पनि रहेका छन्। उनलाई चाहिँ उनको बुवाको नेतृत्वमा रहेको सङ्गठनले गरेका गतिविधि कस्तो लाग्दैछ? उनीसँग यसै साता हाम्रा चितवनस्थित सम्वाददाता ईश्वर जोशीले कुरा गरेका थिए। प्रस्तुत छ, उनीसँगको कुराकानी सङ्क्षेपमा। तपाईँले डाक्टरी किन पढ्नुभएको? यो धेरै पुरानो र पहिलेका कुरासँग जोडिएको छ। बाल्यकालसँग पनि जोडिएको छ। १० वर्षे द्वन्द्वकालमा देखेको चित्र र म आफैँले भोगेको पीडा पनि छ। त्यो बेलामा रोल्पामा हजारौँ कमरेडहरूले आफ्नै आँखा अगाडि दिएको बलिदान र क्रान्तिले त्यतिखेर भोग्नु परेको क्षति- यिनै विषयले मलाई कता कता प्रोत्साहन पनि दियो र पढ्नुपर्छ भन्ने मलाई त्यतिखेर नै लागेको थियो। हामीले ठूलो क्षति बेहोरेका थियौँ। त्यतिखेर युद्धमा लाग्ने जनमुक्ति सेनालाई स्वास्थ्य उपचारको सामान्य भन्दा सामान्य विषय नजान्दा धेरै क्षति भएको थियो। त्यसलाई कहीँ न कहीँ हल गर्न सकिन्छ भन्ने हिसाबले मलाई लाग्थ्यो र मैले बुवासँग पनि छलफल गरिराख्थेँ। त्यही सिलसिलामा कता कता बाट मिलेर आयो र डाक्टरी पढियो। पढेर के गर्ने विचार छ? यसमा धेरै ठूलो इच्छा र आकाङ्क्षा केही पनि छैन। यसमा मेरा दुईवटा योजना छन्। ९५ प्रतिशत के छ भने मेरो तन मन सबै अब नेपालको एकीकृत जनक्रान्तिमा छ। हामीहरूले कसरी हुन्छ मैदानमा नेतृत्व गर्ने गरी जोस र जाँगरसहित अगाडि आउनुपर्छ र पहिलाको हाम्रो जुन क्षति थियो त्यसलाई रोक्नुपर्छ भन्ने नै उद्देश्य अहिले छ। कुनै कारणले त्यो भएन भने एउटा व्यावसायिक जीवनमा फर्कनुपर्ने पनि हुन सक्छ। यही दुईवटा कुराको सेरोफेरोमा नै रहेर अगाडि बढ्छु। तपाईँका बुवा नेत्रविक्रम चन्द विप्लव निकै चर्चामा हुनुहुन्छ। अहिले तपाईँ उहाँको बारेमा के भन्नुहुन्छ? व्यक्तिगत र भावनात्मक हिसाबले भन्नुपर्दा तपाईँ जहाँ भए पनि सुरक्षित हुनूस् र आफ्नो स्वास्थ्यको ख्याल गर्नूस् भन्ने भइहाल्यो। त्योभन्दा महत्त्वपूर्ण कुरा चाहिँ के हो भने अहिले उठाएको क्रान्तिको जुन लाइन छ त्यसलाई छाड्नु हुँदैन। हिजो १० वर्षको जुन पीडा भोगेका छौँ त्यसलाई भुलाउनेगरी, विजयको झण्डा लहराउनेगरी अनि हजारौँ शहीदहरूको सपना पूरा गर्ने गरी क्रान्तिको मार्गदर्शन नछाड्नूस् भन्ने हो। जस्तो किसिमको बलिदानी दिन पनि हामी तयार छौँ। बुवासँग कुराकानी नियमित हुन्छ? अहिले यो प्रश्न त्यति जायज भएन। अहिले जुन परिवेश र हिसाबले राजनीति अगाडि बढिरहेको छ, यो बेला यो प्रश्न त्यति सुहाउँदैन। मैले तपाईँलाई हुन्छ भनेँ भने त्यो उत्तर पनि सही नहुन सक्छ, र हुँदै हुँदैन भन्ने पनि होइन। बुवाले तपाईँलाई के भन्नुहुन्छ, अथवा यो गर त्यो नगर भन्ने के सुझाव दिने गर्नुहुन्छ? बुवा छोराको सम्बन्ध भइसकेपछि बुवाले छोरालाई गर्ने मार्गनिर्देशन सधैँभरि गरिरहेको हुन्छ। व्यक्तिगत रूपमा यो नगर त्यो नगर भन्नुभन्दा पनि आन्दोलन र सङ्घर्षसँग सम्बन्धित योजना र अरू कार्यक्रमहरूको विषयमा बढी छलफल हुन्छ। तपाईँजस्ता मान्छेलाई अब तपाईँको बुवाको आह्वानमा मार्न र मर्न पनि हिचकिचाउन नहुने स्थिति आइपर्न सक्छ। तपाईँ मान्छे बचाउने पेशामा लाग्ने तरखरमा हुनुहुन्छ। कुरा नमिलेजस्तो लाग्दैन? कुनै पनि पेशा राम्रो वा नराम्रो भन्नु भन्दा त्यो पेशालाई तपाईँले कसरी अगाडि बढाउनुहुन्छ र कसरी आफ्नो जीवनमा ढाल्नुहुन्छ भन्ने कुरा हो। मैले कहिले पनि मान्छे मार्नुपर्छ वा हाम्रो पार्टीको महासचिवले पनि त्यसो गर्नुपर्छ भनेर कसैले पनि गरेको छैन। डाक्टरले मान्छे बचाउनु‍पर्छ मात्र भन्नुभन्दा पनि अहिलेको परिस्थितिमा डाक्टरले के गर्दा चाहिँ राष्ट्रमा शान्ति कायम हुन्छ वा कसरी समृद्ध हुन्छ अनि पूँजीवादी दलाल व्यवस्थाबाट तपाईँ हामी कसरी स्वतन्त्र हुन्छौँ, अन्तराष्ट्रिय शक्तिबाट हामी कसरी स्वतन्त्र हुन्छौँ भन्ने कुरामा हाम्रो जोड बल भएको कारण हाम्रो ध्यान त्यता हुने भइहाल्यो। कसैले सङ्घर्षमा दुस्मनलाई प्रतिवाद गर्दै जाँदा भवितव्यले केही घटना पनि हुन सक्छ। त्यसबाट हामी जोगिने जोगाउने कुरा भइहाल्यो तर मर्न नै पर्छ भन्ने कुरा हाम्रो पनि छैन। पेशाको हिसाबले पनि मान्छे बचाउनुपर्छ भन्दै गर्दा म त्यहाँ पनि मान्छे बचाउन नै जाने हो। मेरो बाल्यकालदेखिको सपना पनि त्यही हो। अबका क्रान्तिहरूमा मैले प्रत्यक्ष भाग लिन पाइयोस् र कोही पनि त्यस्ता स्वतन्त्रता सेनानीहरूले अनाहकमा ज्यान गुमाउन नपरोस् भन्ने मेरो भित्री आत्मादेखिको चाहना हो। बुर्जुवा शिक्षा भनेर आलोचना गर्ने तर आफ्ना छोराछोरीलाई त्यही शिक्षा दिलाउने अनि जनताका छोराछोरीलाई मर्न पठाउने भनेर आलोचना हुने गरेको छ नि तपाईँको बुवाको? आलोचना गर्नका लागि गरिने विषयहरूमा हाम्रो भन्नु केही छैन। तर हाम्रो बाल्यकाल हेर्नूस् - हामी कस्तो खालको भोगाइबाट गुज्रिएका छौँ र कस्तो खालको शिक्षादिक्षाबाट अगाडि बढेका छौँ भन्ने कुरा सबै युवाले बुझ्न जरूरी छ। मेरो बाल्यकालको कुरा गर्ने हो भने रोल्पाको बमबारी र बारुदभित्र गुजारेका ती रातहरू, आँखै अगाडि रक्ताम्मे भएर ढल्दै गरेका लाशहरू अनि मेरै बुवाको मरेको भन्ने चिठ्ठी पढ्दाताकाका मेरा भावनाका कुराहरू, यी सबै कुरा जोडिएर आउँछन्। यहाँ कसैले बुर्जुवा शिक्षा पढ् वा नपढ् भन्ने भन्दा पनि शिक्षा लिने कुरामा बुर्जुवा होस् वा जे होस् लिने कुरा ठूलो हो त्यसैले अहिले शिक्षा लिने मौका छ लिनुपर्छ भन्ने हो। अहिले जुन विषय आएका छन् आफ्ना छोराछोरी पढाउने अरूको छोराछोरी मार्न लगाउने भन्ने - खास विषय त्यो होइन। हामी पनि वा म पनि क्रान्तिको मैदानमा हुनेछु। आज म एमबीबीएस पढ्दै छु। भोलि वातावरण बिग्रदै गएको अवस्थामा म तुरुन्तै हिँड्न तयार छु। क्रान्तिको लागि कसले कहाँबाट बलिदानी दिने भन्ने कुरा हो। त्यसका लागि हामी सधैँ तयार छौँ। बुवा राजनीतिक मूलधारमा आइदिए हुन्थ्यो जस्तो लाग्छ कि लाग्दैन? यही धारमा यही अवस्थामा मूलधारमा आउनु हुँदैन। विप्लवले मूलधारमा ल्याए पनि हामी मान्दैनौँ त्यो कुरा। पारिवारिक हिसाबले मेरो बुवा भए पनि यो तीन करोड नेपाली जनताको मुक्ति कि मृत्यु भन्ने विषय बनिसक्यो। तपाईँजस्तो डाक्टर पढ्न ठूलो रकम आवश्यक पर्छ। तपाईँको खर्च कहाँबाट जुट्छ? यसमा धेरै साथीहरूको पनि सहयोग रहेको छ। सीएमसी कलेजले हाम्रो अनुरोधमा धेरै खर्च लिएको छैन। हाम्रो परिवार डाक्टरी पढ्नै नसक्ने, मोटरसाईकल चढेर हिँड्न नसक्ने, राम्रो लुगा लगाउनै नसक्ने खालको परिवार पनि होइन। हामी ठकुरी खानदान भएको हिसाबले पनि लाहुरे परिवारको पृष्ठभूमि छ। त्यसकारणले गर्दा डाक्टरी पढ्नै नसक्ने विषय होइन। हाम्रो परिवारको जुन स्थिति छ त्यो भन्दा निकै तल गएर हामीले हाम्रो बालापन बिताएका छौँ। तपाईँ महँगो मोटर साईकलमा चढ्नुहुन्छ भनेर आलोचना हुने गरेको छ। आम्दानीको स्रोत के हो? त्यो विषय कहाँबाट आयो भन्ने कुरा बुझ्न जरूरी हुन्छ। जुन 'हार्ले डेभिडसन' मोटर साईकलको कुरा हो, काठमाण्डूमा सामान्य पार्किङ्ग गरी राखेको अवस्थामा मैले चढेर फोटो खिचेर सामाजिक सञ्जालमा हालेको थिएँ। त्यो आजको कुरा पनि होइन, करिब २/३ वर्ष अगाडिको कुरा हो। केही मिडिया र केही सामाजिक सञ्जालका समूहहरूले यसलाई ठूलो विषय बनाएर, मसला हालेर, रङ्गरोगन गरेर अगाडि ल्याएपछि आलोचना त हुने नै भयो। त्यो (मोटर साईकल) मेरो पनि होइन। वर्तमान राजनितिक परिवेशलाई कसरी हेर्नुहुन्छ? यो राजनीति धेरै टिक्नेवाला छैन। हामी माथि जुन हिसाबले प्रतिबन्ध लगाउने, युद्ध थोपर्ने र अनावश्यक रूपमा उत्तेजित गर्ने प्रपञ्च भइराखेका छन्, उनीहरूले खनेको खाल्डोमा उनीहरू नै पर्नेछन्।
को हुन् रोबोट सोफिया?
सोफिया नागरिकता पाउने विश्वकी पहिलो रोबोट हुन्।
गत अक्टोबर २५ मा साउदी अरेबिया सरकारले उनलाई आफ्नो देशको नागरिकता दिएको थियो। हङकङको हान्सन रोबोटिक्स कम्पनीद्वारा निर्मित रोबोट सोफियाले साउदी अरेबियाको नागरिकता पाए पनि त्यहाँका महिलाले लगाउनैपर्ने अबाया र टाउको छोप्ने स्कार्फ प्रयोग गर्दिनन्। नागरिकता पाएपछि त्यतिबेला उनले भनेकी थिइन्, "यसका लागि म निकै सम्मानित र गौरवान्वित महसुस गरिरहेकी छु। नागरिकता पाउने विश्वकै पहिलो रोबोट हुन पाउनु ऐतिहासिक हो।" नागरिकता पाउने विश्वकी 'पहिलो' रोबोट असाधारण क्षमता सोफिया उत्तरहरू समेटेर पहिल्यै तयार पारिएको कार्यक्रमबाट चल्दिनन्, बरू मान्छेहरूको अभिव्यक्ति बुझ्न उनले यन्त्रको प्रयोग गर्छिन्। वाइफाइसँग जोडिएपछि उनको मस्तिष्कले काम गर्छ र त्यसमा शब्दावलीहरूको लामो सूची छ। सोफियामा केही असाधारण क्षमता भए पनि उनमा चेत चाहिँ अझै छैन। ‘ज्यानमारा रोबोट’को विकास रोक्न आग्रह तर डेविड ह्यान्सन भन्छन्, हामीले केही वर्षभित्र त्यो हुन सक्ने अपेक्षा गरेका छौँ। छोरी पाउने चाहना गत नोभेम्बरमा सोफियाले बच्चा पाउन चाहेको बताउँदै 'परिवार हुनु महत्त्वपूर्ण कुरा' भएको उल्लेख गरेकी थिइन्। संयुक्त अरब एमिरेट्सको खालिज टाइम्सलाई दिएको अन्तर्वार्तामा उनले आफूले पाउने छोरीको आफ्नै नाम दिने बताएकी थिइन्। उनले भनेकी थिइन्, "परिवार हुनु साँच्चै महत्त्वपूर्ण कुरा हो जस्तो लाग्छ। मेरो विचारमा यदि तपाईँसँग माया गर्ने परिवार छ भने तपाईँ भाग्यमानी हुनुहुन्छ र यदि तपाईँको परिवार छैन भने बनाउनुपर्छ।" छोरीको नामबारे जिज्ञासा राख्दा उनले सहज ढङ्गले भनिन्, "सोफिया।"
क्रिकेटमा नेपाल घरेलु मैदानमा ओमानसँग पराजित
विश्वकप क्रिकेट लिग २ खेलमा ओमानले नेपाललाई १८ रनले पराजित भएको छ।
टस हारेर ब्याटिङ गर्न उत्रिएको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाई १ सय ९७ रन बनाएको थियो। ४६.५ ओभरमा १७९ रन जोड्दै नेपाली टोली अल आउट भएको थियो। नेपालका लागि करण केसीले सर्वाधिक ४ विकेट लिए। ब्याटिङमा भने नेपालको सुरुवात राम्रो हुन सकेन। दोहोरो अङ्कको स्कोर नबनाउँदै २ विकेट गुमाएको नेपाल त्यसपछि भने केही स्थिर देखियो। कप्तान ज्ञानेन्द्र मल्लले १२ बलमा एक रन बनाए भने अनुभवी खेलाडी तथा पूर्वकप्तान पारस खड्काले तीन रन जोडेका थिए। नेपालका लागि सर्वाधिक ५५ रन शरद भेषावकरले जोडे। उनले १०८ बलको सामना गरेका थिए। भेषावकरलाई क्रिजमा दिपेन्द्र सिंह ऐरीले साथ दिएका थिए। ५७ बल खेलेका ऐरी पाँच चौका र एक छक्का प्रहार गर्दै ३६ रन जोड्न सफल भएका थिए। ओमानका लागि भने सर्वाधिक ६९ रन मोहम्मद नदिमले जोडे। ९६ बलको सामना गरेका उनले अविजित पारी खेले। त्यस्तै आईसीसी विश्वकप लिग-२ अन्तर्गत ओमानविरुद्धको एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपाली बलर सुसन भारीले तीन विकेट लिएका छन्। १० ओभर बलिङ गरेका उनले १४ रन दिएका थिए।
सगरमाथा आरोहणलाई कसरी व्यवस्थित बनाउने?
सगरमाथा आरोहणलाई कसरी व्यवस्थित बनाउन सकिन्छ?
यो विषयमा पर्यटन विभागकी पर्वतारोहण हेर्ने निर्देशक मीरा आचार्य र नेपाल पर्वतारोहण सङ्घकी उपाध्यक्ष माया शेर्पासँगको कुराकानी बीबीसी बहसमा।
संसारमा अहिले 'नातिनातिनीभन्दा बाजेबजै धेरै', यसले तपाईँलाई कसरी प्रभाव पार्ला?
इतिहासमा पहिलो पटक विश्वमा बच्चाहरूको भन्दा वृद्धहरूको जनसङ्ख्या धेरै हुन पुगेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ।
सन् २०१८ को अन्त्यमा पाँच वर्षमुनिका बच्चाहरूको जनसङ्ख्या भन्दा ६५ वर्ष माथिका वृद्धको सङ्ख्या धेरै भएको जनाइएको छ। अहिले संसारमा ६५ वर्षभन्दा माथिका ७० करोड ५० लाख मानिसहरू छन् भने चार वर्षसम्मका बच्चाको सङ्ख्या ६८ करोड रहेको छ। बढ्दो अन्तर यही प्रवृत्ति कायम रहने हो भने सन् २०५० सम्ममा यो अन्तर झन् बढ्दै जानेछ। त्यतिबेला भरखर जन्मेदेखि चार वर्ष उमेर समूहको एक व्यक्तिबराबार दुई जनाभन्दा बढी ६५ वर्ष माथिका व्यक्तिहरू हुनेछन्। जनसङ्ख्याविद्‌हरूले दशकौँ देखि राख्दै आएको अभिलेखले एउटा प्रवृत्ति देखाउँछ - सबैजसो मुलुकमा हाम्रो बाँच्ने उमेर लम्बिँदै गएको छ र आवश्यक सङ्ख्यामा बच्चा जन्माउन छोडेका छौँ। विश्वव्यापी प्रजनन दर सन् १९६० मा प्रतिमहिला पाँच जनाबाट घटेर २.४ पुगेको छ यसले तपाईँलाई कसरी प्रभावित बनाउँछ वा प्रभावित बनाइसकेको छ? आवश्यक भन्दा कम 'आगमन' वाशिङ्टन विश्वविद्यालयमा स्वास्थ्यसम्बन्धी तथ्याङ्कहरू विश्लेषण गर्ने निकायका निर्देशक क्रिस्टोफर मुरेले बीबीसीलाई भने, "अब निकै कम बच्चाहरू हुनेछन् र धेरै मानिसहरू ६५ वर्ष माथिका हुनेछन् जसले विश्वव्यापी रूपमै सामाजिक कठिनाइ उत्पन्न हुनेछ। सन् २०१८ मा प्रकाशित उनको एउटा लेखमा संसारका आधा जति मुलुकले बच्चा कम हुने समस्या भोगेको बताइएको थियो। यसको अर्थ हुन्छ जनसङ्ख्या स्थिर कायम राख्न आवश्यक बालबच्चा कम भएका छन्। उनी भन्छन्, "नातिनातिनीभन्दा बाजेबजै धेरै भएको समाजको सामाजिक र आर्थिक प्रभावबारे एकपटक विचार गरौँ न।" विश्व ब्याङ्कका अनुसार सन् १९६० मा एक महिलाले सरदर पाँच बच्चा जन्माउँथिन्। झन्डै ६० वर्षपछि अहिले त्यो आधामा पुगेको छ- अहिले एक महिलाको भागमा सरदर २.४ बच्चा पर्छन्। यसै समयावधिमा आर्थिक सामाजिक विकासका कारण यो संसारमा जन्मने मानिसहरूले निकै फाइदा पाएका छन्। सन् १९६० मा मानिसहरूको औसत उमेर ५२ वर्ष भन्दा केही बढी थियो जबकि सन् २०१७ मा त्यो औसत उमेर ७२ वर्ष पुगेको छ। त्यसको अर्थ हामी सबैको उमेर लम्बिएको छ र जति बूढो भयो त्यति बढी स्रोत उपयोगको माग बढ्दै गएको छ। उदाहरणका लागि पेन्सन र स्वास्थ्य प्रणालीमा बूढाबूढी धेरै भएका कारण दबाव बढ्दो छ। पाका मानिसहरूको सङ्ख्या विकसित मुलुकमा वृद्धवृद्धाहरूको सङ्ख्याको समस्या अझ टड्कारो देखिएको छ। त्यहाँ जन्मदर अझ कम छ र त्यो आर्थिक सम्पन्नतासँग जोडिएको छ। बालमृत्युदर कम छ र जन्म नियन्त्रण गर्ने उपायमाथि सजिलो पहुँच छ। बच्चा हुर्काउने काम तुलनात्मक रूपमा महँगो हुन सक्छ। त्यस्ता मुलुकहरूमा महिलाहरू अलि परिपक्व उमेर भएपछि बच्चा जन्माउँछन् त्यसैले बच्चा पनि थोरै मात्र जन्माउँछन्। जापानमा जन्मदर घटेको छ तर ६५ वर्ष माथिका मानिसहरूको सङ्ख्या एकतिहाइ पुगिसकेको छ जीवनको गुणस्तर राम्रो हुनुको अर्थ यी देशहरूमा मानिसहरू "लामो उमेर" सम्म बाँच्छन्। एउटा प्रमुख उदाहरण जापान हो जहाँ औसत उमेर ८४ छ। यो संसारको सबभन्दा ठूलो (राष्ट्रिय औसत) सङ्ख्या हो। सन् २०१८ मा ६५ वर्ष माथिका मानिसहरूको सङ्ख्या जापानमा २७ प्रतिशत थियो जुन विश्वकै सबभन्दा ठूलो सङ्ख्या हो। जापनमा पाँच वर्ष मुनिको जनसङ्ख्याको अनुपात कस्तो छ त? संयुक्त राष्ट्र सङ्घका अनुसार कुल जनसङ्ख्याको जम्मा ३.८५ प्रतिशत मात्रै। यो दोहोरो चुनौतीले जापानी अधिकारीहरू दशकौँदेखि पिरोलिएका छन्। गत वर्ष सरकारले अवकाश लिने उमेर ६५ बाट बढाएर ७० वर्ष घोषणा गरेको छ। यो यदि कार्यान्वयनमा आयो भने जापानमा कामदारहरू संसारभरिमै सबभन्दा उच्च उमेरमा अवकाश लिनेमा पर्नेछन्। तर असन्तुलित जनसङ्ख्याले विकासोन्मुख मुलुकहरूलाई पनि खतरामा पार्दैछ। चीनमा ६५ वर्ष माथिका मानिसको जनसङ्ख्या जापानको तुलनामा कम छ - अर्थात् जम्मा १०.६ प्रतिशत। सन् १९७० मा कार्यान्वयनमा ल्याइएको बच्चाको जन्मनियन्त्रण कार्यक्रमका कारण त्यहाँका महिलाहरूको प्रजनन दर पनि कम नै छ - अर्थात् १.६ बच्चा प्रति महिला। पाँच वर्षमुनिका बच्चाको सङ्ख्या कुल जनसङख्याको छ प्रतिशत मात्र छ। अफ्रिकी मुलुकहरूमा संसारमै उच्च जन्मदर छ तर बालमृत्युदर पनि उच्च नै छ बच्चाहरूको सङ्ख्या र जीवनको गुणस्तर अफ्रिकी मुलुकहरू जन्मदरको सन्दर्भमा गुणस्तर र सङ्ख्याबीच रहेको अन्योलका राम्रा उदाहरण हुन्। त्यहाँ उच्च जन्मदर छ। उदाहरणका लागि नीजेरमा सन् २०१७ मा प्रतिमहिला बालजन्मदर ७.२ छ। तसर्थ यसलाई विश्वको "सबैभन्दा उर्वर मुलुक" मान्न सकिन्छ। तर यही मुलुकमा सबैभन्दा उच्च बालमृत्युदर पनि छ- नीजेरमा जन्मिएका १००० बच्चामध्ये ८५ को मृत्यु हुने गरेको छ। थुप्रै मुलुकहरूमा जनसङ्ख्या स्थिर राख्न आवश्यक सङ्ख्या २.१ भन्दा कम जन्मदर रहेको छ स्थिर राख्नका लागि आवश्यक दर जनसङ्ख्याको हिसाबले २.१ विशेष अङ्क हो। जनसङ्ख्याविद्‌हरूका अनुसार जनसङ्ख्या स्थिर राख्नका लागि जन्मदर २.१ कायम हुनुपर्छ। तर संयुक्त राष्ट्र सङ्घको सबैभन्दा पछिल्लो तथ्याङ्कले संसारका आधाभन्दा केही बढी अर्थात् ११३ मुलुकले मात्रै त्यो जन्मदर कायम राखेका छन्। अनुसन्धानकर्ताहरूले उच्च बालमृत्युदर भएका र कम औसत आयु भएका देशहरूमा जन्म दर २.३ आवश्यक पर्ने र अहिले त्यस्तो दर ९९ देशमा मात्र रहेको बताइन्छ। यसरी जन्मदर घटेपछि धेरै मुलुकहरूको जनसङ्ख्या उल्लेख्य रूपमा घट्दै जानेछ। त्यसो भएपनि संसारको जनसङ्ख्या भने बढ्दै जानेछ जुन सन् २०२४ सम्ममा आठ अर्ब पुग्ने अनुमान गरिएको छ। नराम्रो जन्मदर भएको मुलुकमध्ये रुस पनि एक हो। प्रतिमहिला जम्मा १.७५ मात्र जन्मदर भएकाले त्यहाँको जनसङ्ख्या आउँदा दशकमा निकै घट्ने ठानिएको छ। संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या निकायले अहिलेको अवस्था कायम रहिरहे सन् २०५० सम्ममा रुसी जनसङ्ख्या १४ करोड ३० लाखबाट घटेर १३ करोड २० लाखमा पुग्ने अनुमान लगाएको छ। रुसमा जन्मदर घट्दै गएको छ आर्थिक असर घट्दो जन्मदर र वृद्धवृद्धाको बढ्दो सङ्ख्या हुनुको अर्थ काम गर्न सक्ने मानिसहरूको सङ्ख्या कम हुनु हो। यसबाट आर्थिक उत्पादकत्व घट्नेछ जसले अन्तत: आर्थिक वृद्धिदरलाई नकारात्मक असर पार्नेछ। गत नोभेम्बर महिनामा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले आगामी ४० वर्षमा जापानको बढ्दो वृद्धहरूको सङ्ख्याका कारण जापानको अर्थतन्त्र २५ प्रतिशत भन्दा बढीले खुम्चिन सक्ने चेतावनी दिएको छ। "जनसङ्ख्याले हाम्रो जीवनको हरेक पक्षलाई असर गर्नेछ। आफ्नो घरको झ्यालबाट सडकमा हिँडिरहेका मानिसहरू, घर, ट्राफिक, उपभोग हेर्दा सबै नै जनसङ्ख्याबाटै परिचालित देखिन्छन्," अक्सफोर्ड इन्स्टिट्युट अफ पपुलेशन एजिङका जर्ज लिसनले बीबीसीलाई बताए। के प्रविधिले बूढो हुँदै गएको जनसङ्ख्याको आर्थिक प्रभावलाई न्यून बनाउन सहयोग गर्ला? नीति र राजनीति एउटा कुरामा भने सर्वसम्मति छ - वृद्ध जनसङ्ख्याको 'टाइम बम'लाई सरकारहरूले निष्क्रिया पार्नुपर्नेछ र उनीहरूले त्यो प्रयत्न गरिरहेका पनि छन्। चीनले उसको "एक बच्चा नीति" सन् २०१५ मा समीक्षा गरेर परिवर्तन गर्‍यो र सन् २०१८ मा अर्को वर्ष सम्ममा जन्मदरमा लगाइएको प्रतिबन्ध नै अन्त्य गर्ने सङ्केत गरेको छ। राज्यद्वारा सञ्चालित पत्रिका द पीपल्ज डेलीमा प्रकाशित एउटा लेखमा बच्चा जन्माउनु परिवार र राष्ट्र दुवैको चासोको विषय भएको उल्लेख छ। चीनमा बच्चा जन्माउनमा लगाइएको कडाइ खुकुलो गरेर खासै समस्या समाधान भने भएको छैन। सन् २०१८ मा चीनमा १५ करोड दुई लाख जन्म भएको छ जुन ६० वर्षमा पहिलोपटक सबभन्दा न्यून सङ्ख्या हो। चिनियाँ प्राज्ञहरूले जन्मदर घट्नुको कारण प्रजनन गर्न सक्ने महिलाको सङ्ख्या घट्नु र परिवारहरूले आर्थिक अवस्थाका कारण बच्चा जन्माउने योजना स्थगित गर्नु र पढेलेखेका महिलाहरूले परम्परागत रूपमा महिलाहरूले गर्दै आएको स्याहारसुसारको जिम्मा लिन मन नगर्नु आदि हुनसक्ने बताएका छन्। श्रम बजारमा वृद्धहरूबाट फाइदा हुन सक्ने क्षेत्र पनि छन् बढ्दो उमेर र शक्ति जनसङ्ख्याविद्‌हरू वृद्ध बन्दै जाने जनसङ्ख्याको प्रभाव कम गर्न वृद्धहरूको स्वास्थ्य क्षेत्रमा काम गर्ने नीतिहरूले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने हुन्छ भन्छन्। यसको मुख्य तर्क हो - मानिसहरू स्वस्थ्य रहे भने उनीहरू लामो समयसम्म र सशक्त भएर काम गर्न सक्छन् जसले गर्दा स्वास्थ्य सेवाको मूल्य कम हुन सक्छ। तर विश्वव्यापी रूपमा हेर्दा महिलाहरूको श्रम बजारमा उपलब्धता ४८.५ प्रतिशत रहेको छ जुन पुरुषहरूको तुलनामा २५ प्रतिशतले कम हो। "महिलाहरूको कार्यक्षेत्रमा सङ्ख्या धेरै भएको अर्थतन्त्रमा वृद्धिदर खस्कने कम देखिएको छ। महिला कामदारहरू धेरै भएका ठाउँमा आर्थिक सङ्कट परेका बेला पनि अर्थतन्त्र धरमराउँदैन। धेरै महिलाहरू काममा भएका ठाउँमा उनीहरू गरिबी कम गर्ने सशक्त माध्यम पनि हुन पुग्छन्," आईएलओका अर्थशास्त्री एकहर्ड अर्न्स्टको भनाइ छ। तर समय घर्कँदैछ।
मङ्गोल डार्बी अर्थात् १० दिन चल्ने घोडादौड प्रतियोगिता
मङ्गोलियामा प्रत्येक वर्ष आयोजना हुने मङ्गोल डार्बीमा भाग लिन संसारभरिबाट घोडचढीहरू आउँछन्।
मङ्गोल डार्बीलाई संसारकै सबैभन्दा लामो र कठिन घोडादौड मानिन्छ। मङ्गोलियाका सम्राट जङ्गिज खानले आफ्नो साम्राज्यमा छिटो सूचना आदानप्रदान गर्न घोडचढी सन्देशवाहकहरू प्रयोग गर्ने गरेको बताइन्छ। त्यसकै संस्मरणमा मङ्गोलियाको विशाल मैदानमा यो प्रतियोगिता सुरु गरिएको आयोजकहरू बताउँछन्। हेर्नुहोस् यो भिडिओ। अनि यो पनि
कोरोना भाइरस: सङ्क्रमणबीच यस्तो देखिने छ सङ्घीय संसद्को बजेट अधिवेशन
सङ्घीय संसद्को बजेट अधिवेशन आज दिउँसो सुरु हुँदैछ।
कोरोनाभाइरसको विश्वव्यापी महामारीकाबीच हुन लागेको संसद्को अधिवेशनमा ठूलो सङ्ख्यामा सांसद, सुरक्षा निकायका अधिकारीहरू सहित सरकारी कर्मचारीहरूको उपस्थिति हुने हुँदा पनि उक्त बैठकलाई सामान्य अवस्थाभन्दा बढी चासोका साथ हेरिएको छ। संवैधानिक प्रावधान अनुरूप जेठ १५ गते सरकारले बजेट पेस गर्नुपर्ने हुँदा लकडाउन सहित अन्य प्रतिबन्धात्मक व्यवस्थाकाबीच संसदीय सत्र अघि बढाइएको बताइएको छ। संसद् सचिवालयका अधिकारीहरूका अनुसार आज सुरु हुने बैठकमा उच्च सुरक्षा सतर्कता अपनाइने छ र उक्त कार्यक्रम सकेसम्म छोटो अवधिमा टुङ्ग्याउने तयारी छ। "हामीले विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य मन्त्रालयले तय गरेको मापदण्डका आधारमा तयारी गरेका छौँ र सकेसम्म सामाजिक दुरी कायम गर्ने गरी तयारी मिलाएका छौँ," सङ्घीय संसद्का प्रवक्ता रोजनाथ पाण्डेले बीबीसीलाई भने। यस्तो छ तालिका संसद् सचिवालयका अनुसार बजेट अधिवेशनको सुरुमा राष्ट्रपति विद्यादेवी भण्डारीको पत्र पढेर सुनाइने छ। त्यसपछि प्रमुख प्रतिपक्ष सहित विभिन्न दलका नेताहरूले बैठकलाई सम्बोधन गर्ने छन्। संसद्को तालिका अनुसार २८ र २९ गते 'प्रि बजेट' छलफल हुनेछ। राष्ट्रपति भण्डारीले जेठ २ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन्। जेठ ४ गते पछि त्यसमा आधारित छलफल चल्ने छ। त्यसको अवधि भने कति लामो छलफल हुन्छ भन्ने विषयले निर्क्योल गर्ने छ। त्यसपछि जेठ १३ गते अर्थमन्त्री युवराज खतिवडाले आर्थिक सर्वेक्षण पेस गर्ने छन्। र जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिने छ। कस्तो छ तयारी? अर्थमन्त्री युवराज खतिवडाको नमुना परीक्षण गरिँदै प्रवक्ता पाण्डेका अनुसार हाल संसद्को अधिवेशन हुने सभाहललाई 'स्यानिटाइज' गरिँदै छ। त्यस्तै बैठकमा सहभागी हुने सबै सांसदहरूको 'स्वाब' को नमुना परीक्षण गर्ने कार्य भइरहेको छ। "तीन बजेसम्ममा सबैको परीक्षण रिपोर्ट आइसक्ने छ," पाण्डेले भने। "मेरो जानकारी अनुसार हालसम्म २६९ जना सांसदहरूको परीक्षण भइसकेको छ।" परीक्षणको रिपोर्ट नआउँदासम्म सांसदहरूलाई संसद् प्रवेश नगर्न अनुरोध गरिएको बताइएको छ। "यो सबैको स्वास्थ्यको सवाल हो। संसद्का सदस्यहरूलाई विभिन्न माध्यमबाट यसबारे जानकारी गराइएको छ।" प्रतिनिधि सभामा हाल २७१ जना सांसद छन्। त्यस्तै राष्ट्रिय सभामा हाल ५८ सदस्य रहेको पाण्डेले जानकारी दिए। प्रतिपक्षीको के छ तयारी? नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रवारको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ। काङ्ग्रेस नेता प्रकाशशरण महतका अनुसार प्रतिपक्षी दलले यो अधिवेशनमा बजेटको प्राथमिकता बारेमा मत राख्नेछ। "सीमित स्रोतसाधनमा व्यापक लाभ हुने र लक्षित वर्ग लाभान्वित हुने हिसाबले बजेट ल्याइनुपर्छ" महतले भने। "पार्टी सभापतिको सम्बोधनमा यी कुराहरू आउने छन्।" त्यस्तै कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण तथा रोकथाममा सरकारको पहल पर्याप्त नरहेको विषयमा पनि काङ्ग्रेसले सरकारको ध्यानाकर्षण गराउने छ। नेतृ डिला सङ्ग्रौलाले कोरोनाभाइरसको महामारीकाबीच विदेशमा अलपत्र परेका नेपालीका विषयमा सरकारको ध्यानाकर्षण गराउने बताइन्। "कुवेत र मलेशियाजस्ता देशहरूले उनीहरूलाई फिर्ता लान भन्दै हाम्रा राजदूतावासलाई पत्र पठाइसकेको अवस्था छ। धेरैले रोजगारी गुमाइसकेका छन्। यो कुरालाई काङ्ग्रेसले उठाएकै छ," उनले बीबीसीसँग भनिन्। त्यस्तै राहत वितरणमा पनि राजनीतिकरण भएको काङ्ग्रेसको बुझाइ रहेको र त्यसविरुद्ध पनि आवाज उठाइने उनीहरू बताउँछन्। "पीसीआर परीक्षण, कन्ट्याक्ट ट्रेसिङलगायत अत्यावश्यक सामान उपलब्ध गराउने विषयमा पनि सरकार चुकेको देखिन्छ। स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको विषय पनि प्रमुख प्रतिपक्षले यस अघि नै उठाएको हो र त्यसलाई पनि प्राथमिकता दिइने छ," सङ्ग्रौलाले भनिन्। त्यस्तै सरकारले ल्याएर फिर्ता लिएका दुई अध्यादेशका विषयमा पनि काङ्ग्रेसले संसदमा उठाउने बताइएको छ। सांसद सुरेन्द्र यादवलाई अपहरण शैलीमा काठमाण्डू ल्याइएको विषयमा कारबाही गरिनुपर्ने माग काङ्ग्रेसको रहेको उनले बताइन। यसरी कायम गरिँदै छ दुरी सभाहलभित्र सांसदहरू बस्ने स्थानमा डेढ मिटरको दुरी कायम राखिएको बताइएको छ। सामान्यतया लस्करै बस्ने गरेका सांसदहरूबिच कम्तीमा दुई वटा कुर्सीको अन्तर हुनेछ। एकजना सांसदले एकपटक प्रयोग गरेको कुर्सी फेर्न पाउने छैनन्। सबै सिट अङ्कित गरिएको छ जसका आधारमा को कहाँ बसेको थियो भन्ने कुरा थाहा पाउन सहज हुने छ। सामान्य अवस्थामा संसद् बजेट अधिवेशनमा सहभागी भइरहँदा सांसदहरूले मास्क अनिवार्य लगाउनुपर्ने छ। त्यस्तै संसद् परिसरमा एम्बुलेन्स सहितको स्वास्थ्य टोली तयारी अवस्थामा रहने छन्। संसद् प्रवेश गर्ने र बाहिर निस्कने फरक फरक बाटो तय गरिएको छ। क-कस्लाई प्रवेश? पाण्डेका अनुसार मर्यादापालक र आवश्यक कर्मचारी बाहेक अरूले सभाहलमा बस्न पाउने छैनन्। सामान्यतया आमन्त्रित सदस्य र सञ्चारकर्मीहरू बस्नका लागि छुट्टाइएको माथिल्लो भागमा रहेको स्थानमा पनि सांसदहरू बस्ने छन्। "सामाजिक दुरी कायम गर्नका लागि यस्तो गर्नु परेको हो।" करिब ६० जना मर्यादापालक सहित करिब ३५० को संसद् भवनमा उपस्थिति हुने बताइएको छ। सुरक्षाकर्मीहरूको पनि परीक्षण गरिएको छ। सरकारी सञ्चार माध्यमहरूले बैठक प्रत्यक्ष प्रसारण गर्ने र संसद् पुगेका सञ्चारकर्मीहरूलाई भने चमेना गृह नजिकै टेलिभिजन स्क्रिनबाट कार्यक्रम हेर्ने व्यवस्था मिलाइने बताइएको छ।
कोरोना भाइरस नेपाल: 'नेपालको स्वास्थ्य प्रणालीले अधिकतम १० हजार सङ्क्रमित धान्न सक्ने अवस्था रहेको बताइएको छ'
विश्वव्यापी रूपमा फैलिरहेको कोरोनाभाइरस सङ्क्रमणको प्रभाव नेपालमा पनि देखिएको छ। परीक्षणको दायरा बढाइएसँगै नेपालमा पछिल्ला केही हप्ता देखि सङ्क्रमित हुनेहरूको सङ्ख्यामा व्यापक वृद्धि देखिएको छ। कोभिड-१९ मुलत: स्वास्थ्यसँग सम्बन्धित समस्या रहेका कारण यसको प्रभाव सङ्क्रमित र त्यसबाट मृत्यु हुनेहरूका रूपमा अघि आएको भए पनि आर्थिक सामाजिक लगायतका अन्य विभिन्न क्षेत्रमा समेत यसको दूरगामी प्रभाव रहने बताइएको छ। यसै सन्दर्भमा बीबीसी संवाददाता संजीव गिरीले नेपालका लागि संयुक्त राष्ट्र सङ्घीय आवासीय संयोजक भ्यालरी जुलियण्डसँग कोभिड-१९ महामारीकाबीच नेपालको पछिल्लो अवस्था, सम्भावित प्रभाव र नेपालमा केन्द्रित रहेर राष्ट्रसङ्घको पहल लगायतका विषयमा कुराकानी गरेका थिए। प्रस्तुत छ कुराकानीको सम्पादित अंश। महामारी पछिको विश्वव्यापी अवस्थालाई संयुक्त राष्ट्रसङ्घले कसरी हेरेको छ? नेपालमा त्यसको कस्तो प्रभाव पर्ने देखिन्छ?
हामीले अहिले जे भोगिरहेका छौँ त्यो अभूतपूर्व सङ्कट हो। यसका दुईटा पाटा छन्। यो अभूतपूर्व भएकाले हामीसँग यो महामारीसँग जुझ्न कुनै पनि किसिमको स्थापित विधि छैन। यो सङ्कटले मानिसहरूको स्वास्थ्यमा समस्या पारिरहेको छ। तर यो भाइरससँग जुझ्नका लागि अवलम्बन गरिएका उपायहरूले स्वास्थ्य मात्र नभएर विभिन्न क्षेत्रमा प्रभाव पारिरहेको छ। नेपालको विषयमा कुरा गर्नुपर्दा यो आर्थिक वर्षका लागि वृद्धिदर परिमार्जन गरेर ७ बाट करिब २ वा २.२ प्रतिशत कायम गरिएको छ। जसको अर्थ अर्थतन्त्रमा ह्रास आउनेछ। यो सङ्कटले पहिले देखिनै कायम असमानतालाई बढाइ दिएको छ। हामीले त्यो महिलाहरूमा देखिरहेका छौँ। आफूमाथि दुर्व्यवहार हुँदा समेत उनीहरू त्यस्तो गर्ने व्यक्तिसँगै बस्न बाध्य छन्। नेपाल जस्ता देशहरूले पछिल्लो २ दशकदेखि सहस्राब्दी विकास लक्ष्यका उद्देश्य प्राप्त गर्न र हाल दिगो विकास लक्ष्यको उद्देश्य प्राप्त गर्न ठुलो प्रयास गरेको छ। हामीले नेपाल तथा अरू देशमा प्राप्त गरिसकिएका ती उपलब्धि समेत गुम्न सक्ने खतरा देखेका छौँ। कोरोनाभाइरसको विश्वव्यापी महामारीकाबीच संयुक्त राष्ट्रसङ्घले नेपाललाई के कस्ता सहयोग गरिरहेको छ र यो महामारीको अन्त भएपछिको अवस्थाका लागि के कस्ता नीति तर्जुमा गरिएको छ? हामीले अहिले सरकारलाई सङ्कटसँग जुझ्नका लागि आवश्यक तयारीमा साथ दिइरहेका छौँ। खास गरी स्वास्थ्य क्षेत्रमा। अति कम विकसित मुलुकमा पर्ने नेपालमा अझै पनि श्रोत र साधन को कमी छ तर यहाँ अहिले १९ भन्दा बढी प्रयोगशाला बनिसकेका छन्। सबै प्रदेशमा कोभिड अस्पताल बनेका छन्। यो एक प्रकारको प्रगति हो र हामीले त्यसमा सहयोग गरिरहेका छौँ। कोभिड-१९ पछिको अवस्थाको कुरा गर्दा हामीले कुन क्षेत्रमा बढी प्रभाव पर्छ भन्ने कुरा बुझ्न जरुरी छ। हामीले अहिले यो महामारी अघि नै असुरक्षित रहेकाहरूको पछिल्लो अवस्थाको मूल्याङ्कन गरिरहेका छौँ। अनौपचारिक क्षेत्र, दैनिक ज्यालादार मजदुरमा बढी प्रभाव देखिनुका साथै गरिब भन्न सकिने थप मानिसहरू देखा पर्नेछन्। उदाहरणका लागि विदेशमा रोजगारी गरिरहेकाहरू देश फर्किने छन्। जब उनीहरू यहाँ आउँछन् उनीहरूसँग रोजगारीको अवसर हुने छैन। उनीहरूका परिवार जसको आम्दानीको स्रोत विप्रेषण हुन्थ्यो उनीहरू पनि गरिबकै श्रेणीमा पर्नेछन्। हामीले हेरिरहेको अर्को क्षेत्र भनेको साना, मझौला तथा लघु उद्यम पनि हो। लामो लकडाउनका कारण ती मध्ये धेरै टाट पल्टिन लागेका हुन सक्छन् र आर्थिक सङ्कटको सामना गर्न असक्षम हुन सक्छन्। यसबारे प्रभाव अध्ययन गरेर हामी अहिले सरकारसँग योजना निर्माणमा काम गरिरहेका छौँ। तर के कुरा निश्चित छ भने हामीले पहिले जस्तै गरी प्रतिक्रिया भने जनाउन सक्दैनौ। किनकि कोभिड-१९ ले हाम्रो प्रणालीका धेरै कमजोर पाटाहरू देखाइदिएको छ। अहिले नेपालभरि एक लाख जनाभन्दा बढी मानिसहरू क्वारन्टीनमा छन् यसको अर्थ अबका दिनमा राष्ट्र सङ्घीय निकायहरूको ध्यान केही क्षेत्रमा मात्रै बढी केन्द्रित हुनेछ भन्ने हो? बजेटदेखि लिएर धेरे समस्या देखिएका छन्। नेपालमा संयुक्त राष्ट्र सङ्घले गर्दै आएका कामहरूमा केही परिवर्तन हुने छन्? मेरो विचारमा हामी सबै बदलिन जरुरी छ। सञ्चार माध्यमहरू परिवर्तन हुन जरुरी छ, संयुक्त राष्ट्र सङ्घमा परिवर्तन जरुरी छ र सरकारहरू परिवर्तन हुन जरुरी छ। नेपाल जस्तो देशमा व्यक्तिहरू मात्र नभएर निकै महत्त्वपूर्ण आर्थिक क्षेत्रमा पनि प्रभाव परेको छ। त्यस मध्य एउटा क्षेत्र पर्यटन हो जसमा ४० करोड अमेरिकी डलर भन्दा बढीको ह्रास आएको छ। हिमाली क्षेत्रमा हुने पदयात्रा मा मात्रै जोडिएकाहरूको सङ्ख्या १५ लाख भन्दा बढी छ। र उनीहरूले रोजगारी गुमाएका छन्। त्यसकारण हामी सबै परिवर्तन हुन जरुरी छ। राष्ट्रसङ्घमा परिवर्तन नहुने कुरा भनेको दिगो विकास लक्ष्य हो किनभने यसमा हामीले अहिले देखिरहेका समस्याका समाधान समेत छन्। दिगो विकास लक्ष्यले कसैलाई पनि पछि नछोड्न, समावेशी हुनु, बराबर हुनु र वातावरणको सम्मान गर्ने समाज निर्माणका लागि आवश्यक प्रणाली विकाश गर्नु लगायतका विषय समावेश छ। कोभिड-१९ महामारीले के कुरा देखाएको छ भने हामीले गरेको विकास दिगो छैन र न्यायसङ्गत छैन जसकारण हामी बदलिन जरुरी छ। राष्ट्र सङ्घले त्यस तर्फ खबरदारी गरि नै रहने छ। नेपालबारे संयुक्त राष्ट्रसङ्घले गरेको अध्ययनले के देखाउँछ? संयुक्त राष्ट्रसङ्घको तर्फबाट विभिन्न अध्ययन भएका छन्। त्यसका निचोड बारे मैले भर्खरै पनि उल्लेख गरेँ। संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)ले कोभिड-१९ को सङ्क्रमणका कारण आर्थिक सामाजिक क्षेत्रमा परेको प्रभाव बारे प्रथम मूल्याङ्कन हालसालै मात्रै तयार पारेको छ। त्यसमा पर्यटन र कृषि लगायतका विषय समेटिएका छन्। उक्त प्रतिवेदनमा समस्यामा रहेका क्षेत्रहरू पुरानै लयमा फर्किन नसके २५ प्रतिशत भन्दा बढी रोजगारी कटौती हुन सक्ने निजी क्षेत्रको अनुमान रहेको उल्लेख गरिएको छ। अविकसित राष्ट्रमा सूचिकृत नेपालका आफ्नै किसिमका समस्या छन् र कोभिड-१९ महामारीले ती समस्या झन् बल्झाइदिएको छ। नेपालमा सबै भन्दा बढी प्रभाव कुन कुन क्षेत्रमा पर्ने देखिन्छ र प्राथमिकतामा राख्नुपर्ने विषय के के हुन्? संयुक्त राष्ट्रसङ्घको हस्तक्षेप हुने तीन वटा क्षेत्र छन्। त्यसमा एउटा स्वास्थ्य हो। र हामी अहिले स्वास्थ्यसँग सम्बन्धित सङ्कटबाट बाहिरिन सकेका छैनौँ। त्यस कारण हामी स्वास्थ्य क्षेत्रमा निरन्तर काम गरिरहने छौँ। हाम्रो ध्यान सङ्क्रमण फैलिन नदिनेमा केन्द्रित हुने छ ताकि अस्पतालहरूमा चाप कम होस्। नेपालको स्वास्थ्य प्रणालीले अधिकतममा १० हजार सङ्क्रमित मात्र धान्न सक्ने अवस्था रहेको नेपाली अधिकारीहरूले स्वीकार गरेका छन्। १० हजार भन्दा बढी मानिस सङ्क्रमित भए नेपालका लागि निकै गाह्रो हुने छ। दोस्रो पाटो भनेको स्वास्थ्य बाहेकका अन्य मानवीय विषय हुन्। हामीले पोषण, पानी र सरसफाइ र खाद्य सामग्री वितरण जस्ता विषयमा ध्यान दिन जरुरी छ। तेस्रो पाटो भनेको आर्थिक सामाजिक क्षेत्र हो। र यसमा हामीले विभिन्न तहबाट नियालिरहेका छौँ। पिछडिएका वर्गको क्षमता अभिवृद्धि गरेर रोजगारीको अवसर सृजना गर्नुपर्ने छ। विदेशबाट फर्किएका श्रमिकहरूको सीपको उचित प्रयोग गर्ने विषय महत्त्वपूर्ण छ। नेपालको ८० प्रतिशत भन्दा बढी जनसङ्ख्या प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कृषि क्षेत्रमा जोडिएको अवस्थामा यो क्षेत्रको विकास पनि प्राथमिकतामा पर्नुपर्छ। त्यो किन पनि भने यो क्षेत्रमा धेरै कामदारहरूको आवश्यकता हुन्छ र यसले नेपालको आत्मनिर्भरता पनि बढाँउछ। तपाईँले कोभिड-१९ को प्रभाव नियत्रन्त्रणमा खटिएका उच्च अधिकारीहरूसँगै नेतृत्वकर्ताहरूसँग नियमित भेट गरिरहनु भएको छ। उनीहरूसँग कुराकानी गर्दा सरकारको तयारी कस्तो पाउनु भएको छ? हामीले आर्थिक सामाजिक पाटा बारे अर्थ मन्त्रालय लगायतका निकायहरूसँग छलफल गरिरहेका छौँ। संयुक्त राष्ट्रसङ्घ सहित अन्य अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूको सहयोगमा राहत, सबलीकरण र पुनरुत्थान सम्बन्धी योजना बनाउने काम पनि भइरहेको छ। मेरो विचारमा नेपाल अन्तर्राष्ट्रिय जगतबाट सल्लाह र सिफारिस लिन इच्छुक देखिन्छ। तर कसैसँग पनि चमत्कारिक उत्तर छैन। किनभने प्रत्येक स्थिति फरक छ। त्यस कारण म के कुरा दोहोर्‍याउन चाहन्छु भने नेपालमा संयुक्त राष्ट्रसङ्घले सामाजिक क्षेत्रलाई सरकारी योजना र त्यसबाहेक पनि प्राथमिकता पाओस् भन्ने विषयमा लागिनै रहने छ।
सम्राट अलेक्जेन्डर द ग्रेटका हराएका सिक्काहरू
माछा मार्ने केही व्यक्तिहरूले गाजाको तटीय क्षेत्रमा प्राचीनकालका केही दुर्लभ सिक्काको खजाना फेला पारे।
गाजाका माछा मार्ने मान्छेहरूका लागि पुराना सिक्का आम्दानीको अतिरिक्त स्रोत बनेको छ सिक्का विशेषज्ञ उट वर्टन्बर्ग भन्छिन्, "यो एउटा महत्त्वपूर्ण खोज हो र निस्सन्देह नै अलेक्जेन्डर द ग्रेटको डेकाड्र्याम (सिक्का) ठूलो सङ्ख्यामा पाइएको यो नै हो।" सन् २०१८ को वसन्तऋतुमा समुद्रबाट अलेक्जेन्डरका सिक्काको खजाना निकालिनुभन्दा पहिलेका दर्जनौँ त्यस्ता सिक्काबारे उनले आधिकारिक अभिलेख राखेकी छन्। "जब मैले [एउटा सिक्का] लाई आफ्नो हातमा राखेँ तब म झस्केँ र आश्चर्यचकित भएँ," गाजाका पुरातत्त्वविद् फेडल अलाटलले भने। पुरातत्त्वविद् फेडल अलाटल उनले नै सबैभन्दा पहिले ती सिक्का २३०० वर्षअघिका मेसेडोनियाली शासक अलेक्जेन्डरको कालका थिए भनेर पत्ता लगाएका थिए। अलेक्जेन्डर द ग्रेट ग्रीसदेखि भारतसम्म फैलिएको एउटा विशाल साम्राज्यका प्रमुख थिए। इजिप्टसम्म पुग्ने आफ्नो अभियानको एउटा भागका रूपमा रणनीतिक रूपमा महत्त्वपूर्ण गाजा उनले एउटा रक्तपातपूर्ण घेराबन्दीपश्चात् कब्जा गरेका थिए। हराएका सिक्काहरू फेडल अलाटलले पहिचान गरेपछि ती सिक्काहरू हराए। सम्भवत: बेचिए। उनले भने, "ती सिक्काहरू तिनका हातमा थिए जसले ती के हुन् भन्ने जान्दैनथे, ती किन यहाँ छन् र हाम्रो देशका लागि तिनले के प्रतिनिधित्व गर्छन् भन्ने थाहा पाउँदैनथे। यो एकदमै दु:खद हो।" केही महिनापछि ती सिक्काहरू विश्वभरिका लिलामीकेन्द्रले विक्रीका लागि प्रदर्शनमा राख्न थाले। सन् २०१७ को वसन्तदेखि विश्वभरिका लिलामीकेन्द्रबाट अलेक्जेन्डरका सिक्काहरू बेचिएका छन् लन्डनस्थित एउटा लिलामीकेन्द्र रोमा न्यूमिज्म्याटिक्समा एउटा अलेक्जेन्डर डेकाड्र्याम एक लाख पाउन्डमा विक्री भयो। अघिल्ला दुई वर्षमा कुल १९ वटा सिक्का बजारमा देखा परे। तीमध्ये ११ वटा रोमा न्यूमिज्म्याटिक्सले बेच्यो। गाजामा उक्त खजाना भेटिनुअघि त्योभन्दा दोबर सङ्ख्यामा अलेक्जेन्डर डेकाड्र्याम कि त आधिकारिक अभिलेखमा राखिएका वा विक्रीका लागि गरिएका विज्ञापनका आधारमा सार्वजनिक जानकारीमा आएका थिए। उत्पत्ति तर ती दुर्लभ सिक्का स्वामित्त्वको इतिहासबारे प्रकाशित विवरण अर्थात् 'उत्पत्तिको प्रमाण' उपलब्ध छैन। त्यसो भए कहाँबाट आए त ती सिक्का? "कथित उत्पत्ति, 'निजी क्यानेडाली', 'निजी उत्तर अमेरिकी', 'निजी युरोपेली सङ्कलन' जस्ता कुरा मेरा लागि अर्थहीन छन्। त्यस्तो उत्पत्तिलाई तपाईं कसरी प्रमाणित गर्न सक्नुहुन्छ? उनीहरूले सम्भवत: भन्नेछन् - निजी मार्शन (मङ्गल ग्रहको) सङ्ग्रहबाट," सिक्का विशेषज्ञ प्राध्यापक टमस बुजो भन्छन्। उनलाई गाजाबाट अलाटलले खजानाको तस्बिर पठाएका थिए। त्यस बेलादेखि उनी विश्वभरिका लिलामीकेन्द्रमा ती सिक्का दाँज्न खोजिरहेका छन्, तर मिलाउन सकिरहेका छैनन्। सिक्काको उत्पत्ति कहाँ हो भन्ने जानकारी नदिईकन तिनको लिलामी गर्नु लिलामी उद्योगमा गैरकानुनी र असामान्य होइन। तर एकदमै दुर्लभ सिक्का यसरी बेच्नु चाहिँ निकै नै असामान्य हो। उत्पत्तिको प्रमाणीकारण नभईकन कसैलाई पनि लिलाम गरिएका सिक्का कहाँबाट आए भन्नुको कुनै तुक छैन। जेम्स रेट्क्लिफ हराएका प्राचीन वस्तुको खोजी गर्ने विशेषज्ञ हुन्। उनले बीबीसी न्यूज अरबिकलाई भने, "यदि म यो किन्न खोज्दै थिएँ भने म उनीहरूलाई विशेष रूपमा सोध्थेँ। यदि उनीहरूले त्यसका विक्रेताबारे बताउन सक्ने भए ती को थिए, कहाँ र कहिले तिनले यसलाई किने र यी त्यस बेला कहाँबाट ल्याइएको थियो भनेर जानकारी दिइएको थियो भन्नेबारे म सोध्नेथिएँ।" विक्रीका कानुन संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य र अधिकांश युरोपेली देशमा यदि कुनै पनि प्राचीन वस्तु एकदमै दुर्लभ भन्ने थाहा पाइएमा वा शङ्का गरिएमा पनि त्यसको विक्रीलाई अवैध बनाउन सक्ने कडा कानुन छन्। एउटा लिलामीकेन्द्रमा बीबीसी अरबिक पुगेको थियो कतै पनि सन् १९७३ पछि अलेक्जेन्डर डेकाड्र्यामको खजाना पाइएको जानकारी छैन। तर विक्रीका लागि राखिने यी सिक्काहरू ती कानुन कार्यान्वयनमा आउनुपूर्व नै कहिल्यै अभिलेख नराखीकन ल्याइएका हुन सक्छन्। त्यसैले अहिलेका कानुनहरू उल्लङ्घन नगरीकनै तिनको किनबेच गर्न सकिन्छ। एक लाख पाउन्डमा सिक्का विक्री भएको र नयाँ खजाना पाइएको हल्लाले सङ्कलनकर्ताहरूलाई आफ्ना वैध सिक्काहरू बजारमा ल्याउन प्रोत्साहित गरेको हुन सक्छ। अलेक्जेन्डर डेकाड्र्याम विक्रीका लागि राख्ने रोमा न्यूमिज्म्याटिक्स र अन्य सातवटा लिलामीकेन्द्रसँग बीबीसीले ती सिक्काबारे जानकारी माग गरेको थियो। तर कसैले पनि विक्रीका लागि सिक्का लिएर आउने व्यक्तिको नाम बताउन सकेकन्। उनी सामान ल्याउने व्यक्तिका रूपमा उक्त बजारमा चिनिने गरेका छन्। स्रोतको पहिचान तर हाम्रो अनुसन्धानले सन् १९१७ को वसन्तदेखि विक्रीका लागि राखिएका १९ वटा अलेक्जेन्डर डेकाड्र्याममध्ये ६ वटाको स्रोत पत्ता लागेको छ। तारिक हानीले बीबीसीलाई दिएको प्रमाण सिक्का सङ्कलन गने चर्चित प्यालेस्टिनी परिवारको तारिक हानी कलेक्शनको फेसबुक र इन्स्टाग्राम पेजमा हामीले अलेक्जेन्डर डेकाड्र्यामका तस्बिरहरू भेट्यौँ। ती सिक्का हाम्रा विशेषज्ञले पहिले कहिल्यै देखेका थिएनन्। सामाजिक सञ्जालमा तारिक हानी कलेक्शनले भनेअनुसार लिलामी गरिएका पाँचवटा सिक्का लिइएको थियो। ती सिक्का क्लासिकल न्यूमिज्म्याटिक्स ग्रूप, न्यूमिज्म्याटिक्स नौमान नोमोस एजी र हेरिटेजमार्फत् विक्री गरिएका थिए। उक्त परिवारले बीबीसी अरबिकलाई एउटा प्रमाण देखाएको छ। त्यसअनुसार ती पाँच सिक्काका साथै अर्को एउटा लिलामीकेन्द्र इरा एन्ड ल्यारी गोल्डबर्गद्वारा सेप्टेम्बर २०१९ मा लिलामी गरिएको अर्को एउटा सिक्का पनि उनीहरूबाट लिइएको थियो भन्ने देखिन्छ। अर्थोडक्स चर्च बीबीसीलाई दिइएका कागजपत्रअनुसार सन् १९६७ देखि यी सिक्काहरू गाजाको अर्थोडक्स चर्चले आफ्नो गुम्बजमा राखेको देखिन्छ। यो प्राचीन वस्तु विक्री नियन्त्रण गर्ने चर्चको कानुन कार्यान्वयन हुनुपूर्वको कुरा हो। त्यसैले यो अहिले विक्रीका लागि कानुनी हो। त्यो स्रोतबारे कुनै पनि विस्तृत विवरण प्रकाशित नगरी वा कुनै इतिहासविना सन् २०१७ को वसन्तदेखि विश्वभरिका लिलामीकेन्द्रले विक्री गरेका १३ अत्यन्त दुर्लभ सिक्काका ती कुरा उजागर गर्न सक्षम छ। पुरातत्त्वविद् फेडल अलाटल हामीले सम्पर्क गरेका कुनै पनि विशेषज्ञले माछा मार्ने व्यक्तिहरूले भेटेका र पुरातत्त्वविद् फेडल अलाटलले खिचेका सिक्काको तस्बिर लिलामीकेन्द्रले विक्रीका लागि राखेका सिक्काका तस्बिरसँग मिलान गर्न सकेनन्। त्यसो भए रोमा न्यूमिज्म्याटिक्सले लिलामी गरेका ११ वटा अलेक्जेन्डर डेकाड्र्यामहरू के हुन् त? तिनीहरू कहाँबाट आए त? एक लाख पाउन्डको सिक्का सन् २०१७ मा रोमाद्वारा एक लाख पाउन्डमा विक्री गरिएको सिक्काबारे थप जानकारी लिन हामीले रोमा न्यूमिज्म्याटिक्सका निर्देशक रिचर्ड बिल्सलाई भेट्यौँ। रोमा न्यूमिस्म्याटिक्समा गरिएको अलेक्जेन्डरका सिक्काको विज्ञापन उक्त सिक्का "निजी क्यानेडाली सङ्कलन"बाट आएको उल्लेख गरिएको थियो। उनले क्यामरामा अन्तर्वार्ता दिन मानेनन्। हामीले भेट्दा पनि लिलामीका लागि बनाइएको क्याटलगमा दिएकोबाहेक अरू जानकारी उनले हामीलाई दिन सकेनन्। लिलामीकेन्द्रले सिक्काको स्रोत पत्ता लगाउन उचित प्रयास गरून् भन्ने अरूको अपेक्षा हुन्छ। तर उनीहरूले सिक्का कहाँबाट आएको हो भन्नेबारे सिक्का ल्याउने मान्छेले भनेका कुरामा विश्वास गरेका हुन्छन्। हालका वर्षमा रोमा न्यूमिज्म्याटिक्सका प्रत्येक क्याटलगमा "विशेष धन्यवाद" लेखिएको भाग हुन्छ। र त्यसमा हामीले चिन्ने एउटा नाम भेटियो- सलेम अलशदाइफत। अलशदाइफतको नाम हामीले गाजाको समुद्री तटमा अचानक सुनेका थियौँ। माछा मार्नेहरूको सम्पर्क त्यहाँ माछा मार्ने व्यक्तिले बीबीसीलाई अलशदाइफतको सिक्का किन्ने एक जोर्डनीसँग सम्पर्क रहेको र उनीहरूले ती व्यक्तिलाई सिक्का बेच्ने गरेको बताएका थिए। उनीहरूले हाम्रा (बीबीसीका) निर्मातालाई फेसबुकमा उनको तस्बिर देखाए। बीबीसीले गाजामा भेटिएको उक्त खजानासँग उनको सम्बन्ध स्थापित गर्न सक्षम भएन। अलशदाइफत रोमा न्यूमिज्म्याटिक्सको व्यापारका साझेदार हैनन्। तर रोमाका निर्देशक रिचर्ड बिल्स उनको कम्पनी एथेना न्यूमिस्म्याटिक्सका सहनिर्देशक थिए। अलशदाइफतको फेसबुकमा हामीले रोमा न्यूमिज्म्याटिक्सले सन् २०१८ सेप्टेम्बर २६ मा ४०,००० पाउन्डमा बेचेको एउटा अलेक्जेन्डर डेकाड्र्यामहरूका तस्बिर पायौँ। त्यसमा उनले यस्तो वर्णन गरेका छन्, "हाम्रो साझेदार रोमा न्यूमिज्म्याटिक्सँग छ महिनाको प्रयास र कडा मेहनतपश्चात् हामी पहिलो पटक केही अतिदुर्लभ ग्रीसेली सिक्का प्रस्तुत गर्छौँ।" अलशदाइफतको फेसबुकमा हामीले रोमा न्यूमिस्म्याटिक्सले सन् २०१८ सेप्टेम्बर २६ मा ४०,००० पाउन्डमा विक्री गरेको एउटा अलेक्जेन्डर डेकाड्र्यामको तस्बिर फेला पार्‍यौँ हामीले उनलाई सेप्टेम्बर २०१७ यता रोमा न्यूमिज्म्याटिक्सले लिलामी गरेका एक लाख पाउन्डको सिक्कासहित अन्य अलेक्जेन्डर डेकोड्र्यामको लिलामीमा उनी संलग्न थिए कि थिएनन् भनेर सौध्यौँ। उनले कुनै पनि अलेक्जेन्डर डेकाड्र्यामको विक्रीमा आफू संलग्न नभएको बताए। उनले हामीसँग भने, "एक विक्रेताबाट किनेको बीजक र पैसा पठाएको प्रमाणसहित मसँग दुईवटा अलेक्जेन्डर डेकाड्र्याम छन्। ती दुई सिक्काको गाजासँग कुनै सम्बन्ध छैन।" लिलामीकेन्द्रको भनाइ रोमा न्यूमिज्म्याटिक्सका निर्देशक रिचर्ड बिल्सले बीबीसीलाई भने, "सिक्काहरू लिएर आउने मानिस(हरू)लाई हामीले चिनेका थियौँ र उनीहरूले व्यावसायिक र भरपर्दो अभिलेख राखेका थिए। त्यसैले हामी सन्तुष्ट थियौँ। अझ ती वस्तु पाइएको मुलुकको आपत्तिविनै ती वस्तुहरू यूके प्रवेश गरेको भनेर हामीलाई जानकारी दिइएको थियो।" उनले थप भने, "सिक्का लिएर आउने व्यक्ति(हरू)ले दाबीका साथ आफूले थाहा पाएसम्म उक्त सिक्का कुनै अवैध उत्खननबाट नल्याइएको बताएका थिए।" हामीले बिल्सलाई सिक्काहरू कहाँ र कहिले पाइएका थिए भनेर सौध्यौँ। उनले आफूलाई त्यसबारे थाहा नभएको र त्यो कुरा यो व्यवसायमा असामान्य नभएको बताए। क्लासिकल न्यूमिज्म्याटिक्स ग्रूप (सीएनजी) ले नोभेम्बर २०१८ मा स्वामित्व परिवर्तन गरेको छ। नयाँ सञ्चालकले बीबीसीलाई भने, "म ती दुईवटा विक्रीमा संलग्न थिइनँ र तिनको उत्पत्ति कहाँबाट भएको थियो र कसले ल्याएका थिए भन्ने मलाई व्यक्तिगत रूपमा पनि जानकारी छैन।" लिलामीकेन्द्र हेस डिभोले उनीहरूको सिक्का विक्रीबारे भन्यो, "यदि मैले साँच्चै सम्झिएको हुँ भने सिक्का ल्याउने व्यक्ति यूकेका एक सम्मानित सङ्कलनकर्ता थिए।" नोमोसले बीबीसीलाई हेस डिभोमा विक्री नभएपछि उनीहरूले सिक्का पाएको बताएको छ। उनीहरूले भने, "हेस डिभोमा लिलामी हुनुपूर्व कहाँबाट त्यो सिक्का आयो भन्ने वा को व्यक्तिगत रूपमा उक्त सिक्का ल्याउने व्यक्ति थिए भन्ने हामीलाई कुनै पनि जानकारी छैन । सैद्धान्तिक रूपमा हामी अर्को लिलामीकेन्द्रमा नदेखिएसम्म कुनै पनि सिक्कालाई स्वीकार्दैनौँ।" हेरिटेजले ती सिक्काहरू उद्योगमा चिनिएका व्यक्तिहरूबाट आउने गरेको बताएको छ। ती व्यक्तिहरू प्रमाणसहित अनुबन्धित हुन्छन् र उनीहरूमाथि शङ्का गर्नुपर्ने कुनै प्रमाण र कारण हुँदैन। न्यूमिज्म्याटिक्स नौमानले भन्यो, "हामीसँग ती सिक्काहरू दशकौँदेखि सङ्कलन गरिएका थिए भन्ने प्रमाण छ।" अनि अन्त्यमा आइरा एन्ड ल्यारी गोल्डबर्ग र सुल्मान बीभीले बीबीसीद्वारा प्रतिक्रियाका लागि गरिएको आग्रहको उत्तर दिएनन्। हामीले सम्पर्क गरेका कुनै पनि विशेषज्ञ र इतिहासकारहरूले ती माछा मार्ने व्यक्तिहरूले भेटेका सिक्काहरू र विश्वभरिका लिलामीकेन्द्रमा विक्रीका लागि राखिएका सिक्काहरूको तस्बिरलाई एक अर्कामा मिलाउन सकेनन्। नुन र बालुवा टाँसिएका र समुद्रको पीँधबाट निकालिएका जुनसुकै सिक्काहरूलाई माछा मार्नेहरूले सफा गर्छन् सिक्का उद्योगका लागि बनेका कानुनहरूले अहिले जसरी काम गर्छन् त्यसले वास्तवमै सिक्काको इतिहास र उनीहरूको प्राचीन स्थान कहाँ थियो भन्ने पत्ता लगाउन निकै कठन बनाएको छ। लुप्त इतिहास नयाँ नीतिहरू बनाउनुपर्ने आह्वान भएको भए पनि लिलामीकेन्द्र र सिक्का विक्रेताहरूलाई सिक्काको स्रोत खुलाउनुपर्ने बाध्यता छैन। वास्तवमा डेटा संरक्षण कानुनले त ती सूचनाहरू सार्वजनिक गर्न रोक्न सक्छ। हाम्रो अनुसन्धानले हालैमा लिलामी गरिएकामध्ये केही सिक्काहरू मात्र कहाँबाट आएका थिए भन्ने पत्ता लगायो। गाजाको खजाना कहाँ पुग्यो भन्ने सायद हामी कहिल्यै पत्ता लगाउन सक्षम हुनेछैनौँ। "गाजाबाट आउनुले यसलाई थप आकर्षक बनाइदिन्छ किनकि यसलाई अलेक्जेन्डरका सैनिक र सेनापतिहरू त्यो क्षेत्र भएर आउँदै गर्दा त्यहाँ केही गरी उक्त खजाना डुबाए होलान् भन्ने हिसाबले हेरिन्छ," उट वर्टन्बर्ग भन्छिन्, "सबै ऐतिहासिक सन्दर्भ गुमाउनुभन्दा उचित उत्खनन भए उत्तम हुने थियो।" गाजामा माछा मार्ने एक व्यक्ति डिजिटल खोज बोर्डसमक्ष र आधा घण्टा लामो वृत्तचित्रमा प्रस्तुत फुटेज, अन्तर्क्रियात्मक एनिमेशन, तस्बिर तथा कागजपत्र 'ट्रेजर हन्टर्स 'डिजिटल परियोजनामा उपलब्ध छन्।
अधिकमासः दशैँ कसैले भदौमा मनाए, कसैले असोजमा -‍ तर यसपालि धेरैको टीका किन कात्तिकमा
भदौमा पितृपक्ष अर्थात् सोह्रश्राद्ध सकिएलगत्तै असोजमा घटस्थापना, अनि त्यसको दशौँ दिनमा विजयादशमी...। दशैँबारे सोच्नेबित्तिकै धेरैको मनमा आउने कुरा यही हो।
फाइल तस्बिर तर यसपालि? "अँ, सोह्रश्राद्ध सकिएको धेरै भइसक्यो तर अझै दशैँ आएको छैन," तपाईँलाई यस्तै लाग्दो हो। हो, यसपालि पोहोरभन्दा दशैँ ढिलो छ। सरकारले छापेको भित्तेपात्रो र प्रचलनमा रहेका अधिकांश पञ्चाङ्गमा पोहोर असोज २१ गते दशैँको टीका थियो, यसपालि कात्तिक १ गते घटस्थापना र कात्तिक १० गते टीका परेका छन्। तिहार त झन् मंसिरमा पुगेको छ। त्यसको कारण हो- सोह्रश्राद्ध र दशैँको बीचमा 'अधिकमास' पर्नु। नेपालमा अधिकांश सांस्कृतिक र धार्मिक पर्वहरू तिथिका आधारमा मनाइने भएकाले यसपालि दशैँ र तिहार एक महिना पछाडि सरेका हुन्। अधिकमास के हो? अधिकमासलाई मलमास वा पुरुषोत्तम महिना पनि भन्छन्। अधिकमास परेका वर्ष प्राय: भदौ महिनामा सोह्रश्राद्ध र कात्तिकमा दशैँ मनाइने गर्छ। त्यसको कारणबारे अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका अध्यक्षसमेत रहेका प्राध्यापक डा. माधव भट्टराई भन्छन्, "हाम्रो पञ्चाङ्गमा चन्द्रमान र सौर्यमान दुवै अनुसार गणना गरिन्छ। चन्द्रमानका आधारमा तिथिको चलन छ, सूर्यमान अनुसार गतेको।" "यी दुईटा विधिअनुसार गरिने गणनामा हरेक वर्षका दिनहरू कम र बढी हुन्छन्। ती दिनहरू तीन वर्षमा जोडिएर एक महिना पुग्छ। त्यसलाई मिलाउनका लागि अधिकमास वा क्षयमास राख्नुपर्ने हुन्छ।" ज्योतिषशास्त्रीहरूका भनाइमा सूर्यमानअनुसार एक वर्षमा ३६५ दिन १५ घडी र ३१ पला हुन्छ। फाइल तस्बिर चन्द्रमानअनुसार भने एक वर्षमा ३५४ दिन २२ घडी र १ पला हुन्छ। त्यस आधारमा सूर्यमान तथा चन्द्रमानबीच वर्षमा १० दिन ५३ घडी ३० पला फरक पर्छ। त्यसलाई अर्को भाषामा भन्दा वर्षमा लगभग ११ दिन अन्तर आउँछ। त्यसलाई हिसाब गर्दा तीन वर्षमा लगभग ३३ दिनको अन्तर पर्छ। त्यसलाई मिलाउँदा हरेक तीन वर्षमा अधिक वा क्षयमास पर्न जाने प्रा. भट्टराई बताउँछन्। अधिक र क्षयमासमा के फरक छ? अधिक होस् वा क्षय यस्तो महिनालाई चलनचल्तीमा मलमास नै भनिन्छ। यो महिनामा 'पुरुषोत्तम'को व्रत लिइने भएकाले र केही धार्मिक कथाहरू जोडिएकाले धार्मिक तथा सांस्कृतिक रूपमा यसलाई 'पुरुषोत्तम' महिना भन्ने चलन पनि छ। हिन्दू धार्मिक कथाहरू अनुसार 'पुरुषोत्तम' भनेका विष्णुको आठौँ अवतार कृष्णको अर्को नाम हो। तर अधिक र क्षयमासमा निकै फरक रहेको भट्टराई बताउँछन्। "जस्तो यो वर्ष अधिकमास परेकाले असोज महिनाभित्र दुईवटा औँसी तिथि पर्‍यो। क्षयमासमा त्यस्तो हुँदैन," उनले भने। "जुन वर्ष एकै महिनामा कुनै तिथि दुई पटक पर्छन् भने त्यसलाई अधिकमास भनिन्छ। कुनै महिनामा कुनै तिथि एक पटक पनि भएन भने त्यसलाई क्षयमास भनिन्छ। क्षयमास चाहिँ निकै दुर्लभ हुन्छ।" धार्मिक मान्यता के छ? अधिकमासमा शुभकार्य गर्नु हुँदैन भन्ने मान्यता छ। फाइल तस्बिर त्यसले यस महिना विवाह, व्रतबन्धलगायतका कार्य नगरिने गरिएको संस्कृतिविद्हरू बताउँछन्। यसै महिनामा 'पुरुषोत्तम'को व्रत बस्ने र मालपुवा दान गर्ने चलन छ। हिन्दू धर्मका भगवान् कृष्णसँग जोडिएको एउटा कथामा आधारित भएर यो व्रत सुरु भएको विश्वास गरिन्छ। अधिकमासबारे किन विवाद? अधिकमास गणनाबारे ज्योतिषविद्‌बीच विवाद देखिने गरेको छ। विशेषगरी दृग्गणितवादी भनेर चिनिएका ज्योतिषीहरूले विभिन्न काल र समयको गणना सूर्यमानअनुसार मात्र गर्नुपर्ने भन्ने मान्यता राख्दै आएका छन्। पूर्वीय पञ्चाङ्ग चलाउने समुदायका यो दृष्टिकोण राख्ने ज्योतिषहरूले लामै समयदेखि हाल चलनचल्तीमा रहेको पञ्चाङ्गको विरोध गर्दै आएको जानकारहरूको भनाइ छ। विसं २०२० सालमा पनि त्यस्तै विवाद भएको ज्योतिषका ज्ञाता समेत रहेका इतिहासकार नयराज पन्तले लेखेका छन्। संशोधन मण्डलले नै प्रकाशित गर्ने पूर्णिमाको २५ पूर्णाङ्कमा त्यस वर्ष पञ्चाङ्ग विवेचक समिति र दृग्गणितवादीबीच विवाद भएको उनले लेखेका हुन्। फाइल तस्बिर त्यस क्रममा इतिहासशिरोमणि बाबुराम आचार्य पनि दृग्गणितवादीका पक्षमा उभिएको उनले उल्लेख गरेका छन्। त्यसबाहेक नेपालमा वैदिक पञ्चाङ्गअनुसार काल गणना गरेर चलाउनुपर्छ भन्ने मान्यता राख्ने र पर्वको समय सच्याउनुपर्छ भन्नेहरूले पनि अहिले प्रचलनमा रहेको पात्रोलाई 'अशास्त्रीय र अशुद्ध' मान्दै आएका छन्। उनीहरूका भनाइमा "वैज्ञानिक रूपमा ऋतु र महिनाहरू अघि सार्नुपर्ने" अवस्था आइसकेको छ। त्यसै अनुसार पर्वहरूको सुधार गर्नुपर्ने माग पनि यो पक्षका ज्योतिषहरूले राखेका छन्। वैदिक पञ्चाङ्गवादीहरूको तर्क के हो? वैदिक पञ्चाङ्ग प्रयोगको अभियान चलाइरहेका र सोही पात्रो प्रयोग गर्दै आएका वाल्मीकि क्याम्पसका सहप्राध्यापक एवम् पूर्वमीमांसा तन्त्र विभागका विभागाध्यक्ष प्रमोदवर्धन कौण्डिन्न्यायन वैदिक पञ्चाङ्ग 'प्राचीन र ऐतिहासिक' भएकाले त्यसको महत्त्व रहेको बताउँछन्। त्यस्तै गणनामा गल्तीका कारण अहिले चलिरहेको पात्रोमा कतिपय अशुद्धिहरू रहेकाले त्यसलाई सच्याउन पनि वैदिक पञ्चाङ्ग चलाउनुपर्ने उनको तर्क छ। हिन्दू धर्मको मूल ग्रन्थ मानिने वेदका छ अंगहरू छन्- शिक्षा, कल्प, व्याकरण छन्द र ज्योतिष। उनी भन्छन्, "ज्योतिष पनि वेदाङ्ग भएकाले यसलाई वेदजस्तै गरेर अध्ययन गर्ने चलन रह्‍यो। तर पछि त्योअनुसार गणना पद्धति बसेन र अर्को पद्धति आयो त्यसलाई सिद्धान्त वा गणित ज्योतिष भनियो, जुन अहिले प्रचलनमा छ।" "सिद्धान्त ज्योतिषमा ग्रहहरूको गणना गरेर चन्द्रमा र अरुको हिसाब निकालेर मान्ने चलन चल्यो। वेदाङ्गमा चाहिँ सूर्य र चन्द्रमाको गतिलाई लिएर गणना गर्ने र प्रयोग गर्ने बेलामा आकाशमा चन्द्रमाको गतिलाई हेरेर नै गर्ने चलन चल्यो।" नेपालमा वैदिक पात्रोको प्रयोग कति? वैदिक पञ्चाङ्ग वेदकै अङ्गका रूपमा आएको र नेपालमा लिच्छविकालसम्म लोकव्यवहारमा पाइएको दाबी यसको वकालत गर्नेहरूको छ। कौण्डिन्न्यायन भन्छन्, "नेपालमा लिच्छविकालमा पाँचौँदेखि १०औँ शताब्दीसम्म वेदाङ्ग ज्योतिष मसिएको र त्यसैअनुसार अधिकमास मानिएको पाइन्छ।" "मल्लकालमा चाहिँ यसको उल्लेख भएको पाइन्छ।" उनका अनुसार ऐतिहासिक रूपले नेपालमा पछिसम्म यस्तो पञ्चाङ्गको निर्माण हुने गरेको तथ्य भेटिएकाले यो ऐतिहासिक पद्धति हो। तर यसबारे उनका पिता वेदाङ्गज्योतिषविद् शिवराज आचार्य कौण्डिन्न्यायनले लामो अध्ययन गरेर पछि स्वाध्यायशालामा त्यसबारे पढाइ पनि भएको उनी बताउँछन्। विसं २०५३ सालदेखि यो पात्रोबारे प्रचारप्रसार गरिएको र २०६७ सालबाट वैदिक पञ्चाङ्गको प्रकाशन पनि सुरु गरिएको उनले जानकारी दिए। अहिले पनि वैदिक पञ्चाङ्ग मान्नेहरूले सोही पात्रोका तिथिमिति अनुसरण गर्ने गरेका छन्। तर उनीहरूको सङ्ख्या न्यून छ। प्रचलनमा रहेका पञ्चाङ्गमा के फरक छ? कौण्डिन्न्यायनका अनुसार हाल चलिरहेको पञ्चाङ्ग र वैदिकमा दुई/तीनवटा कुरामा सैद्धान्तिक रूपले नै भिन्नता रहेको छ। अहिलेको चल्तीको पात्रोमा माघ १ गतेलाई उत्तरायण (सूर्य उत्तरतर्फ पर्ने) मान्छ भने साउन १ गतेलाई दक्षिणायन (सूर्य दक्षिणतर्फ पर्ने) मान्छ। तर यो गणना १,५०० वर्षअघिको आधारमा गरिएकाले अहिले ठ्याक्कै नमिल्ने वैदिक पञ्चाङ्ग पक्षधरको भनाइ छ। उनीहरूका अनुसार माघ १ गते सुरु हुने भनिएको उत्तरायण पुस ७ गते नै सुरु हुन थालिसकेको छ। त्यसको प्रभाव ऋतु, महिनादेखि तिथिसम्ममा परेको उनीहरूको तर्क छ। त्यसैले अहिलेको पात्रोलाई २४ दिन अघि सारेर तिथिमिति मिलाउनु पर्ने वैदिक पञ्चाङ्ग पक्षधरहरूले बताउँदै आएका छन्। त्यस्तै तिथिमिति मिलाउने क्रममा अहिलेको पात्रो अनुसार कुनैबेला दशैँका तिथिहरू जस्तो फूलपाती र महअष्टमी वा महानवमी र विजयादशमीजस्ता तिथिहरू एकैदिन पर्ने पनि गरेका छन्। कहिलेकहीँ एक दिन पछि सर्ने पनि गरेका छन्। वैदिक पञ्चाङ्गले भने यस्ता तिथिलाई खप्ट्याउने वा दुई दिन एउटै तिथि बनाउने गर्नु हुँदैन भन्ने सिद्धान्त बोकेको कौण्डिन्न्यायनले बताए। अहिलेकै पात्रो पछ्याउने काठमाण्डू उपत्यकाका नेवार समुदायले पनि सो कुरालाई अहिलेसम्म पछ्याइरहेको उनी बताउँछन्। वैदिक पात्रोमा कहिले हुन्छ अधिकमास? अधिकमास कति वर्षमा आउँछ भन्नेमा पनि वैदिक पात्रो मान्ने र चलनचल्तीको पात्रो मान्नेबीच मतभिन्नता रहेको छ। वैदिक ज्योतिषहरूले हरेक साढे दुई वर्ष वा ३६ महिनामा अधिकमास मिलान गर्ने गर्छन् भने अहिले चलनमा रहेको पात्रो मान्नेहरूले हरेक तीन वर्षमा। जसलाई न दशैँ, न तिहार त्यही फरकले गर्दा यसपालिको अधिकमास वैदिक पात्रो मान्नेले चाहिँ गत साल नै मानेका छन्। उनीहरूका अनुसार गत वर्ष २०७६ सालको मंसिर ११ गतेदेखि पुष ९ गतेसम्म अधिकमास परेको थियो। गत वर्ष नै अधिकमास परेको मानेकाले वैदिक पात्रो मान्नेहरूले यस पटकको दशैँ मनाइसकेका छन्। वैदिक पात्रोअनुसार गत असोज १० गते विजयादशमी परेको थियो। पर्व सुधार गर्न चाहनेहरू के भन्छन्? पर्व सुधार गर्नुपर्ने माग गर्नेहरूले अरूले मनाउने समयभन्दा अगाडि नै दशैँ र अन्य पर्व पनि मनाउँदै आएका छन्। उनीहरूका तर्कमा पर्व सुधार गर्दा मलमास परेकै वर्षबाट गणना गरेर सुधार गर्नुपर्छ। पर्व सुधारको अभियान चलाउँदै आएका अभियानकर्मी हरिनारायण मल्ल भन्छन्, "वैज्ञानिक हिसाबले पनि हरेक ७२ वर्षमा एक दिन सर्ने रहेछ। त्यस हिसाबले करिब २,००० वर्षमा एक महिना पछि सर्ने देखिन्छ।" "नेपालमा अहिले चलिरहेको पञ्चाङ्गको समय पनि निकै अघिदेखि चलिरहेको छ। पहिले माघे सङ्क्रान्तिलाई वर्षको सबैभन्दा छोटो दिन भनिन्थ्यो। अहिले त्यो छोटो दिन पुषको ६/७ गते आइसक्यो। त्यसैले हामीले एक महिनाअघि सार्नुपर्छ भनेको मतलब पुस १ गतेलाई नै माघ १ गते मान्नुपर्छ।" उनी त्यसरी पर्व र महिना सार्नका लागि चाहिँ अधिकमास परेकै वर्षदेखि सुरु गर्नुपर्ने बताउँछन्। आफूले चाहिँ सात वर्षअघिकै मलमासलाई आधार मानेर पहिले नै दशैँ मनाउँदै आएको मल्लको भनाइ छ। उनले यो वर्षको दशैँ भदौमै मानिसकेको बताए। "हरेक तीन वर्षमा अधिकमास मिलाउँदा पनि समय पूरा मिलिसकेको हुँदैन रहेछ। त्यो २,००० वर्ष पुगेपछि एक महिना फेरि अधिक हुने रहेछ। अनि त्यो समायोजन गर्ने कार्यलाई 'मन्वन्तर' भनिँदो रहेछ। त्यस्तै एक-एक महिना सारेर १२ महिना सर्नलाई २६,००० वर्ष लाग्दो रहेछ त्यसलाई एक कल्प भन्छन्।" त्यसैलाई आधार मानेर अहिले भन्ने गरिएको मन्वन्तर नै परिवर्तन भइसकेको उनको दाबी छ। त्यसबारे २०६५ सालमा नै सरकारले निर्णय समेत गरिसकेकाले अब आगामी मलमास आउने वर्षदेखि त्यसको कार्यान्वयन गर्नुपर्ने बताए। त्यसबेला सरकारले गरेको निर्णय विवादमा परेको थियो र पञ्चाङ्ग निर्णायक समितिले पर्वहरू एक महिना अघि सार्ने सरकारी निर्णयअनुसार पञ्चाङ्ग बनाएको थिएन। फाइल तस्बिर कति वैज्ञानिक, कति शास्त्रीय? उक्त विवादका बेला उक्त समितिका अध्यक्ष रहेका भट्टराई चाहिँ पर्व वा महिना अघि सार्नुपर्छ भन्ने मानिसहरूको मत वैज्ञानिक नभएको बताउँछन्। "उहाँहरूको कुरा शास्त्रीय रूपमा पनि मिलेको छैन, वैज्ञानिक पनि छैन," उनले भने। "मन्वन्तर सर्‍यो भन्ने उहाँहरूको मान्यता छ। त्यस अनुसार अहिलेसम्म २२/२३ दिन बढी भयो भन्ने छ। एक महिना अघि सार्नु भन्ने उहाँहरूकै मतअनुसार पनि वैज्ञानिक देखिएन नि!" तर पञ्चाङ्गबारे अहिले खासै विवाद नरहेको र विश्वभरि सबै हिन्दूहरूले मान्ने गरेको अहिलेको पञ्चाङ्ग नै ठिक रहेको उनी बताउँछन्। तर पर्व सुधारका अभियानकर्मी मल्ल आफ्नो कुरा वैज्ञानिक भएको दाबी गर्छन्।
कोरोनाभाइरस: महामारीको त्रासका कारण नेपालमा पनि 'अन्धविश्वास बढिरहेको छ'
कोरोनाभाइरस महामारीको त्रास फैलिएको बेला नेपालीहरूले पनि पूजापाठबाहेक घरको मूलढोका अगाडि आँगन खनेर त्यहाँबाट निस्किने कालो माटोको टीका लगाउने, बत्ती बाल्ने तथा शङ्घ र घण्ट बजाउने जस्ता गतिविधिहरू गरिरहेको भन्दै सामाजिक सञ्चालमा चर्चा भइरहेको छ।
कतिपयले त्यसो गर्दा लाभ हुने कुनै वैज्ञानिक आधार नभएको भन्दै त्यसो गर्नेलाई "अन्धविश्वासी" भनिरहेका छन् भने कतिले त्यसको प्रतिरक्षा पनि गरेका छन्। केहीले भने रोग नियन्त्रणका लागि सरकारले अत्यावश्यक काममा बाहेक अरू बेला घरमै बस्नु भनेकाले बढ्दो मानसिक तनाव कम गर्न "त्यस्ता गतिविधिमा सहभागी लिएको" प्रतिक्रिया जनाएका छन्। विज्ञहरूले भने विश्वभरि कोरोनाभाइरससँग जोडेर विभिन्न खाले मिथ्या कुराहरू फैलाउने क्रम बढेको भन्दै नेपालमा भइरहेका यी गतिविधिलाई पनि त्यस्तै क्रियाकलापसँग जोडेर हेर्नुपर्ने बताएका छन्। नेपालमा कस्ता क्रियाकलाप सामाजिक सञ्जालमा कोरोनाभाइरस सङ्क्रमण सुरु भएदेखि नै मानिसहरूले विभिन्न धार्मिक अनुष्ठान गरेका तस्बिर र भिडिओहरू सार्वजनिक भइरहेका छन्। केहीअघि नेपालकै कतिपय स्थानमा कोरोनाभाइरस नेपालमा भित्रिन नदिन भन्दै यज्ञ र पूजाआजा गरिएका भिडिओ सार्वजनिक भएका थिए। सामाजिक सञ्जालमा सार्वजनिक ती भिडिओको आधिकारिकता बीबीसीले स्वतन्त्र रूपमा पुष्टि भने गर्न सकेको छैन। त्यस्तै कास्कीमा एक इसाई पादरीले कोरोनाभाइरस भगाउन भन्दै चिच्याएर गरेको प्रार्थना सामाजिक सञ्जालमा भाइरल बनेको थियो। उनले आफ्नै ट्विटरमा पनि त्यस्ता सामग्रीहरू राखेका थिए। त्यसैका आधारमा कोरोनाभाइरसबारे भ्रम फैलाएको भन्दै उनलाई स्थानीय प्रशासनले कारबाही गरेको खबर पनि सार्वजनिक भएको थियो। केही दिनअघिदेखि मध्यतराई तथा पश्चिम नेपालका केही क्षेत्रमा मानिसहरूले घरको मूल ढोकाको ठिक अगाडि आँगनमा खनेर त्यहाँबाट निस्केको कालो माटोको टीका लगाएको भिडिओ सामाजिक सञ्जालमा व्यापक भइरहेको छ। त्यस्तो टीका लगाउँदा कोरोनाभाइरस नलाग्ने दाबी गरिएका ती भिडिओको आधिकारिता पनि बीबीसीले पुष्टि गर्न सकेको छैन। यसै बीच सामाजिक सञ्जालमार्फत् नै मानिसहरूले आह्वान गरेका आधारमा आइतवार साँझ धेरै नेपालीहरूले घरमा दीपावली र शङ्खध्वनि गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा आइतवार नै भारतमा पनि कोरोनाभाइरस विरुद्ध एकताबद्ध हुन भन्दै उस्तै खाले दीपावली गरिएको थियो। नेपालमा भने आइतवार "रवि प्रदोष व्रत"का रूपमा दीपावली गरिएको कतिपय त्यस्तो कार्यमा सामेल हुनेहरूले बताएका छन्। केहीले दीपावलीका साथ ताल समेत ठटाएका भिडिओहरू सामाजिक सञ्जालमा बाँडिएका छन्। के भन्छन् विज्ञ? सामाजिक सञ्जालमा भाइरल भइरहेका यस्ता गतिविधिबारे बीबीसीले समाजशास्त्री, मनोवैज्ञानिक, संस्कृतिविद् र त्यस्तै क्रियाकलापमा सहभागी व्यक्तिसँग जिज्ञासा राखेको थियो। समाजशास्त्री र मनोवैज्ञानिकहरूले यस्ता क्रियाकलापहरूलाई अन्धविश्वासको रूपमा अर्थ्याएका छन्। तर बीबीसीसँग कुरा गरेका एकजना संस्कृतिविद्ले भने यस्ता क्रियाकलापमा पनि वैज्ञानिक तत्त्व रहेको बताए। कतिपय धर्म र संस्कृतिसँग जोडिएका यस्ता क्रियाकलापबारे समाजशास्त्री मनोवैज्ञानिक र संस्कृतिविद्ले व्यक्त गरेका विचार उनीहरूकै शब्दमा 'आलोचनात्मक चेतको कमी' विन्दु पोखरेल, समाजशास्त्री डर र त्रास बढी भएका बेला मानिसहरूको धर्म र अन्धविश्वासप्रति आस्था बढ्न जान्छ। अहिले कोरोनाभाइरसका कारण मानिसमा डर पैदा भएको छ। यसबेला मानिसहरूले पुर्खादेखि गर्दै आएको कुरा हो गर्दा के बिग्रेला र भन्ने सोचेर यस्ता गतिविधिमा लाग्छन्। कतिले अन्धविश्वासका कारणले, कतिले रमाइलोका कारणले र कतिले लहैलहैमा लागेर पनि यस्ता गतिविधि गरिरहेका हुन्छन्। डर र त्रासका बेला यस्ता गतिविधि बढ्ने गरेको विभिन्न अध्ययनहरूले देखाएका छन्। अर्को भनेको मानिसले केही कुराको आशा राखेर पनि यस्तो गर्छन्। खासमा धर्मको आरम्भ नै डर र आशाका कारण भएको हो। नेपालमा आइतवार धेरै अध्ययन गरेका मानिसहरूले पनि लहैलहैमा लागेर दीपावली गरेको देखियो। यसको कारण भनेको हाम्रो आलोचनात्मक चेतनामा कमी छ भन्ने हो। हाम्रो शिक्षा प्रणालीले नै हामीलाई प्रश्न गर्न सिकाएको छैन। अरूले गरे हामी पनि गरौँ न त भन्ने उद्देश्यले धेरैले गरेका हुन सक्छन्। 'डर र चिन्ताको प्रतिक्रिया' शिशिर सुब्बा, मनोवैज्ञानिक कोरोनाभाइरस आएपछि मानिसमा अहिले डर र चिन्ता बढेको छ। त्यसले आक्रोश पनि बढाएको देखिन्छ। यी कुराहरू खासमा व्यक्तिले महसुस गर्ने हो। तर कहिलेकहीँ यो सामूहिक पनि भइदिन्छ। अहिले त झन् मानिसहरूले अनिश्चयका कारण असहाय महसुस गरेका छन्। यस्तो अवस्थामा चिन्ता बढ्नु स्वाभाविक हो। अनि अहिलेको यो सामूहिक चिन्ताले प्रतिक्रिया पनि सामूहिक नै हुनपुग्छ। त्यसैले अहिले जेजति अन्धविश्वासयुक्त कुराहरूमा मानिसहरूले सहभागिता जनाइरहेका छन् त्यो भनेको डर र चिन्ताको सामान्य प्रतिक्रिया हो। यस्तो बेलामा 'कग्नटिभ क्ल्यारटी' अर्थात् सङ्ज्ञानात्मक स्पष्टता आउँदैन। त्यसैले मानिसहरू पुराना कुरातर्फ फर्कन्छन्। हामी लामो समय केही नगरी सोचेर मात्र बस्यौ भने यादहरूमा भुल्छौँ त्यस्तै गरि अनिश्चय र केही पार नलाग्ने रहेछ भन्ने भएपछि पुरानै धार्मिक, सामाजिक र सांस्कृतिक मान्यतामा मान्छेले विश्वास गर्न थाल्छ। त्यसको कारण भनेको अहिले एक्लो भएको महसुस गर्नुपरेका बेला समूहिकताको भावना आउनु पनि हो। यदि यस्तै अन्धविश्वासयुक्त गतिविधि सामेल हुँदा तपाईंले समुहमा भएको महसुस गर्नुहुन्छ भने पक्कै त्यस्ता क्रियाकलाप गर्नु नै हुन्छ। यसले केही हदसम्म आफैँलाई सान्त्वना त दिन्छ तर मानसिक रूपमा स्वस्थ बनाउँछ भन्ने होइन। विपदका बेलामा यस्ता गतिविधि धेरै बढ्ने गरेको देखिन्छ। 'यसमा विज्ञान पनि छ' जगमान गुरुङ, संस्कृतिविद् तथा उपकुलपति नेपाल प्रज्ञा प्रतिष्ठान आइतवार रवि प्रदोष पनि परेकाले मानिसहरूले बत्ती बालेका हुन्। मैले पनि फेसबुकमा बाल्दा राम्रो हुन्छ भनेर लेखेको थिएँ। भारतको प्रधानमन्त्रीले पनि आह्वान गरेका थिए। उनी त राजनीतिज्ञ मात्र होइनन्, सिद्धपुरुष पनि हुन् नि! उनले ब्रह्मले देखेको कुरा भनेका हुन्। कोरोनाभाइरसले धेरै मान्छे मरेका छैनन्। बरु त्यो लागेपछि सातो गएर धेरै मानिसहरू मरेका छन्। त्यसकारण कोरोनाभाइरसँग लड्न सबभन्दा पहिले मन बलिलो हुनुपर्‍यो। मन बलियो बनाउन हाम्रा यस्तै अनुष्ठानहरूले साथ दिन्छन्। यो अन्धविश्वास त होइन नि! यज्ञ र धूपबत्ती गर्दा वायुमण्डल सफा हुन्छ नि! त्यसले भाइरस भगाउन पनि सहयोग गर्छ। यस्ता कुरामा विज्ञानको तत्त्व पनि छ। तर बत्ती बाल्ने भन्दैमा मैनबत्ती बालेर हुँदेन। कि त तोरीको तेलमा कि शुद्ध घ्यूमा बाल्नुपर्‍यो नि! 'मनोवैज्ञानिक प्रभावका लागि बत्ती बालेको हो' सन्तोष आचार्य, दीपावली र शङ्खध्वनि गर्ने एक व्यक्ति आइतवार रविप्रदोष व्रत हो र बेलुका बत्ती बाल्यो भने आरोग्य हुन्छ भन्ने एउटा भिडिओ भाइरल भएको थियो। मैले पनि त्यो भिडिओ हेरेँ। हाम्रो शास्त्रले पनि रविप्रदोषमा दीपावली गर्दा आरोग्य हुने भन्दो रहेछ। मेरो घरमा केटाकेटी र बूढाबूढी हुनुहुन्छ। कोरोनाभाइरस फैलिएपछि उहाँहरू धेरै नै चिन्तामा हुनुहुन्छ। त्यसैले मनोवैज्ञानिक उपचार होस् भनेर बत्ती बालेको हो। यसै पनि बत्ती बाल्नु भनेको अन्धकारबाट उज्यालोमा जाने हो। फेरि छिमेकी मुलुकले पनि गर्दा हामी पनि ऐक्यबद्धता जनाउन पनि गरेका हौँ।
तुइन चढाएर एम्बुलेन्स डोल्पा लगियो
जिल्ला अस्पताल डोल्पामा कार्यरत उदय जीसीले एम्बुलेन्सलाई तुइनबाट नदी तार्दै गर्दा खिचेको भिडिओ अहिले सामाजिक सञ्जालमा चर्चामा छ।
सुर्खेतबाट झन्डै पाँच दिनमा तुइनका साथै डोजरको सहयोगमा उक्त एम्बुलेन्सलाई 'पहिलो पटक' डोल्पा पुर्‍याइएको हो। झन्डै दुई दर्जन मानिसले चार घण्टा लगाएर एम्बुलेन्सलाई तुइनमा ठूली भेरी नदी तारेर सदरमुकाम दुनै पुर्याइएको जीसीले बताए। जिल्ला अस्पतालमा कार्यरत चिकित्सक डा. प्रशन्न कार्कीले उक्त एम्बुलेन्स दुर्गम डोल्पाको स्वास्थ्य सेवा सुधारमा सहयोगी बन्ने आशा व्यक्त गरेका छन्। हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।
प्रचण्ड: नेकपाका शीर्ष नेता भन्छन्, 'एमसीसी सम्झौता परिमार्जन नै हुन नसक्ने बाइबलजस्तो होइन'
चर्को विवादमा परेको अमेरिकी अनुदान सहयोगसम्बन्धी मिलेनीअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अध्ययन गर्न सत्तारूढ दलले गठन गरेको कार्यदलले त्यसमा केही परिवर्तन गर्ने सुझाव दिएको भोलिपल्ट उक्त दलका एक शीर्ष नेताले एमसीसी परिमार्जन नै हुन नसक्ने दस्तावेज नभएको बताएका छन्।
अझ सम्झौता भइसकेपछि पनि विगतमा त्यसको दुई पटक परिमार्जन गरिएको नेपाल कम्युनिस्ट पार्टीका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुलासा गरेका छन्। शनिवार नवलपुरमा प्रेस सङ्गठनद्वारा आयोजित एउटा पत्रकार सम्मेलनमा एमसीसीसँग सम्बन्धित प्रश्नको उत्तर दिँदै प्रचण्डले उक्त टिप्पणी गरेका हुन्। नेकपाको कार्यदलले शुक्रवार साँझ नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डलाई एमसीसीमा केही परिवर्तन गर्ने सुझावसहित आफ्नो प्रतिवेदन बुझाएको थियो। के भने प्रचण्डले? लामो समयदेखि खासगरी सत्तारूढ दलभित्रै विवादमा परेको एमसीसी सम्झौताको संसदीय अनुमोदनको विषयमा कार्यदलले दिएका सुझाव केही दिन लगाएर आफूहरूले अध्ययन गर्ने अनि पार्टीको सचिवालयमार्फत् टुङ्गोमा पुर्‍याइने प्रचण्डले बताए। पत्रकार सम्मेलनमा प्रचण्डले सुरुमा एमसीसीमार्फत् दशौँ अर्ब रुपैयाँ बराबर अनुदान नेपालमा आउने भएकाले सबैले सकारात्मक मानेको स्मरण गरे। तर पछि सो सम्झौतापत्र अध्ययन गर्दै जाँदा विभिन्न बहस सुरु भएको भन्दै उनले त्यसैको सन्दर्भमा पार्टीको केन्द्रीय समितिमा पनि यसलाई राष्ट्रको हित हुनेगरी टुङ्ग्याउनुपर्छ भन्ने मत आएकाले अध्ययन कार्यदल गठन गरिएको बताए। केही दिनअघि अमेरिकाका कङ्ग्रेस सदस्यहरूको भ्रमण भएका बेला पनि एमसीसीमा परिमार्जन हुन सक्ने विषयमा कुरा चलेको उनले बताए। "अमेरिकी कङ्ग्रेस सदस्यहरूसँग कुराकानी हुँदा प्रधानमन्त्रीजी (केपी शर्मा ओली) ले पनि हामीलाई ब्रीफिङ् गराउनुभएको थियो कि यो एमसीसी भनेको कुनै बाइबल त होइन केही परिवर्तन नै हुन नसक्ने।" "हामीकहाँ कुनै चासो आयो भने त केही परिमार्जन वा संशोधन गरेर पनि जान सकिन्छ भनेर अस्तिको दिन प्रधानमन्त्रीजीले नै बताइसक्नुभएको छ," उनले भने। कहिले भयो परिमार्जन? यसै साता बीबीसी नेपाली सेवासँगको अन्तर्वार्तामा अमेरिकी राजदूत र्‍यान्डी बेरीले यतिखेर एमसीसीमा कुनै संशोधनका निम्ति समय घर्किसकेको स्पष्ट पारेका थिए। तर शनिवार प्रचण्डले नेपालसँगको एमसीसी सम्झौतामा विगतमा 'दुई पटक' संशोधन भइसकेको बताए। एमसीसी सम्झौतामा फेरबदल गर्न समय घर्किसक्यो: अमेरिकी राजदूत "यो आयोजना अघि बढाउने सन्दर्भमा कार्यालय स्थापना गर्दा, कर्मचारी राख्दा यावत् खर्च एमसीसी आयोजनाकै खर्च हुने भन्ने प्रावधान छ। तर अनुमोदन नहुँदै कार्यालय र कर्मचारी राख्नुपरेपछि पैसा कसको हाल्ने भन्ने हुँदा त्यो प्रावधानलाई संशोधन गरेर अहिले नेपाल सरकारले नै खर्च गर्ने र पछि अनुमोदन भएपछि एमसीसीबाट गर्ने भनेर अर्को प्रावधान त्यहाँ संशोधन वा परिमार्जन गरिएको छ," उनले भने। "त्यसैले यो परिमार्जन हुनै नसक्ने दस्तावेज होइन।" के छ कार्यदलको प्रतिवेदनमा? "अहिले कार्यदलले पनि नेपालको संवेदनशीलतासम्बन्धी विषयलाई पुनर्व्याख्या गरेर वा केही परिमार्जन गरेर वा केही कुरालाई परिवर्तन गरेर अगाडि बढाउनुपर्छ भन्ने ढङ्गबाट (सुझाव दिएको) छ," प्रचण्डले भने। एमसीसी सम्झौता अनुमोदन गर्न भएको ढिलाइका सन्दर्भमा सोधिएको अर्को प्रश्नको उत्तरमा प्रचण्डले आफूहरूले राम्ररी अध्ययन गरेर परिपक्व ढङ्गबाट अघि बढ्न खोजेको बताए। "यो हामी तर्सिएको होइन। अलि परिपक्व ढङ्गले अघि बढ्न पो खोज्या हो।" पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफू नेतृत्वको कार्यदलले एमसीसीअन्तर्गत नेपाल र अमेरिकी सरकारबीच भएको अनुदान सम्झौतालाई सुधार नगरी पारित गर्न नसकिने सुझाव दिएको शुक्रवार बीबीसीलाई बताएका थिए। एमसीसीअन्तर्गत विशेषगरी उच्च क्षमताका विद्युत् प्रसारण लाइन निर्माणमा लगानी गरिनेछ पार्टीको केन्द्रीय समितिमा लामो विवाद भएपछि नेकपाले खनालको नेतृत्वमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र नेता भीम रावल सम्मिलित कार्यदल गठन गरेको थियो। बीस दिन काम गरेपछि उक्त कार्यदलले शीर्ष नेतालाई आफ्नो प्रतिवेदन बुझाएको हो। किन भयो विवाद? अमेरिकासँगको विशाल अनुदानसम्बन्धी उक्त सम्झौता सन् २०१७ मा सम्पन्न भएको हो। उक्त सम्झौतालाई प्रतिनिधिसभामा अनुमोदनका निम्ति दर्ता गरिएको सात महिनाभन्दा धेरै भइसकेको छ। नेपालसँग गरिएको एमसीसी सम्झौताबमोजिम यहाँको विद्युत् प्रसारण लाइन निर्माणमा केन्द्रित हुनेगरी अमेरिकाले करिब ६० अर्ब रुपैयाँ अनुदान दिने उल्लेख छ। पाँच वर्षमा सम्पन्न हुनुपर्ने भनिएको सो आयोजनामा नेपाल सरकारले करिब १५ अर्ब रुपैयाँ दिनुपर्नेछ। तर केही महिनायता नेकपाभित्रै यो सम्झौता उचित छ कि छैन भन्ने बारे विवाद भयो। कतै यो सम्झौता अमेरिकाले हालसालै अघि सारेको इन्डो-प्यासिफिक सामरिक रणनीतिको अङ्ग त होइन भन्ने संशय अनि यसले माग गरेको छिमेकी भारत समेतका सहमतिजस्ता कारण देखाउँदै यसको कतिपयले विरोध गरिरहेका छन्।
कोरोना भाइरस महामारी: मानसिक स्वास्थ्य राम्रो बनाउन के-के खाने?
कोरोनाभाइरस महामारीको समयमा मानसिक स्वास्थ्यको हेरचाह गर्नु निकै महत्त्वपूर्ण छ।
सही तरिकाको पोषण खान सके यस्तो समयमा आफ्नो मानसिक स्वास्थ्य राम्रो बनाउन सकिने र तनाव समेत घटाउन सकिने पोषणविद्हरू बताउँछन्। हेर्नुस् पोषणविद् सुप्रिया भट्टराईसँग सृजना श्रेष्ठले कुराकानी गरेर बनाएको एक भिडिओ। अनि यो पनि हेर्नुहोस्:
कोरोना भाइरस: उच्च जोखिमयुक्त क्षेत्रमा के हुन्छ?
काठमाण्डू उपत्यका र भारतसँग सीमा जोडिएका जिल्लासहित झन्डै २८ जिल्लालाई कोरोनाभाइरस सङ्क्रमण फैलिन सक्ने ‘रेड जोन’ अर्थात् सबैभन्दा उच्च जोखिम भएको क्षेत्रका रूपमा वर्गीकरण गरिएको छ।
सङ्क्रमणको जोखिम र सङ्क्रमितको सङ्ख्याका आधारमा सरकारले रेड (रातो), येलो (पहेँलो) र ग्रीन (हरियो) गरी आन्तरिक रूपमा तीन किसिमको क्षेत्रमा वर्गीकरण गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। मानिसहरू लुकीछिपी धेरै भित्रिएकाले सङ्क्रमण सङ्ख्या कम देखिएपनि काठमाण्डू उपत्यकालाई ‘रेड जोन'मा राखिएको हो। 'रेड जोन' सबैभन्दा उच्च जोखिम भएको क्षेत्र हो र ‘ग्रीन जोन’ ले सुरक्षित क्षेत्रलाई सङ्केत गर्छ। झन्डै एक महिना नयाँ सङ्क्रमित नभेटिएका जिल्ला ग्रीन जोन हुने बताइएको छ। हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ। अनि यो पनि
अमेरिका: जुन २०१९ सम्म मात्रै नेपालीलाई टीपीएस सुविधा
तीन वर्षअघिको नेपालमा विनाशकारी भूकम्प गएपछि अमेरिकामा उचित कागजात नभएका नेपालीहरूलाई त्यहाँ बस्न, काम गर्न र नेपाल आउजाउ गर्न दिन दिँदै आएको टीपीएस अर्थात् अस्थायी बसोबास सुविधा सन् २०१९ को जुनबाट खारेज गर्ने अमेरिकी सरकारले निर्णय गरेको छ।
अमेरिकाको आन्तरिक सुरक्षा मन्त्रालयले भूकम्पले निम्त्याएको मानवीय सङ्कट समाधान हुँदै गएको भन्दै स्वदेश फर्कन वा आफ्नो हैसियत बदल्न एक वर्ष समय दिइएको जनाएको छ। तीन वर्षयता नेपालीहरूले प्राप्त गरेको टीपीएस सुविधाको म्याद आगामी जुन २४ मा समाप्त हुन लागेको थियो। म्याद सकिएपछि उक्त कार्यक्रम कटौती हुने खबर अमेरिकी अखबारहरूले प्रकाशन गरेका थिए। थप पछिल्लो अमेरिकी निर्णयबारे वाशिङ्टन डीसीस्थित नेपाली राजदूत अर्जूनकुमार कार्कीले भने, "अमेरिकी सरकारले एउटा सूचना जारी गर्दै भूकम्पपछिको अवस्थामा नेपालमा सुधार आएकाले टीपीएस सेवा लिइरहेकाहरूले एक वर्षभित्र आफ्नो हैसियत परिवर्तन गर्नुपर्ने वा नेपाल फर्कनुपर्ने भन्ने उल्लेख गरेको छ।" अमेरिकाको डिपार्टमेन्ट अफ होम्‌ल्यान्ड सिक्युरिटिले राष्ट्रपति ओबामाको कार्यकालका क्रममा सुरुमा १८ महिनाका लागि दिइएको यस्तो सुविधालाई अर्को एक पटक त्यतिनै समयका लागि थपेको थियो। अमेरिकाको डिपार्टमेन्ट अफ होमलेण्ड सेक्युरिटीकी मन्त्री क्रिश्चेन नेल्सनले नेपालीलाई दिइएका टीपीएस सुविधाबारे घोषणा गरेकी हुन्। टीपीएसले भूकम्पपीडित नेपालीहरूलाई राहत पुगेको भन्दै सो सुविधा नरोक्न अमेरिकी सरकारसँग आग्रह राजदूत कार्की बताउँछन्। "नेपाल सरकारले अमेरिकामा टीपीएस लिएर बसोबास गरिरहेका नेपालीहरूलाई यो सुविधा थपियो भने नेपालको आर्थिक, सामाजिक र पुनर्निर्माण अभियानमा सहयोग पुग्छ भनेर हामीले अमेरिकी सरकारलाई भन्दै आएका छौँ।" अमेरिकास्थित नेपाली दूतावासका अनुसार सुरुमा करिब ११ हजार नेपालीले टीपीएस लिएका थिए। हाल आएर यस्तो सुविधा लिएर बस्ने नेपाली करिब ९ हजार छन्। केही दिनअघि अमेरिकाको एक पत्रिका वाशिङ्टन पोस्टले नेपाललाई दिइँदै आएको टीपीएस सुविधा डिपार्टमेन्ट अफ होमल्यान्ड सिक्युरिटिले हटाउन लागेको भन्ने विवरण दिएको थियो। के हो टीपीएस? नेपाल अमेरिकाको कति प्राथमिकतामा? टीपीएसले धेरै राहत दिएको भन्दै उक्त सुविधा लिएका कतिपय नेपालीले त्यस्ता खबरप्रति दुःख व्यक्त गरेका थिए। एकजना ५० वर्षीया नेपाली महिला मोना लामाले भनिन्, "हामीले ब्याङ्क खाता खोल्न, खुलेर हिँड्न र सजिलै स्वास्थ्य परीक्षण गर्ने जस्ता धेरै सुविधा पाएका थियौँ। टीपीएस सेवा खारेज गर्ने कुराले हामीलाई डर लागेको छ।" टीपीएस भनेको स्वदेशमा प्राकृतिक विपद् वा सशस्त्र द्वन्द्व भएमा अमेरिकामा बसिरहन दिन ती देशका नागरिकलाई दिइने अस्थायी सुविधा हो। त्यहाँको संसद्ले सन् १९९०मा टीपीएसको प्रावधान ल्याएको थियो र त्यसयता थुप्रै देशका नागरिकले यस्तो सुविधा लिँदै आएका छन्। तर अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले टीपीएस सुविधा लामो समयको लागि नभएको भन्दै हेइटी, निकारागुवा लगायतका केही देशलाई दिँदै आएको यो सुविधा नथप्ने निर्णय गरेका थिए। त्यसलगत्तै नेपाल पनि त्यही सूचीमा पर्ने हो कि भन्ने चर्चाको विषय बन्दै आएको थियो।
'प्रहरीद्वय विष्ट र भट्ट बर्खासी सिफारिस प्रक्रियामा'
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाको अनुसन्धानमा लापरवाही भएको भन्दै बर्खास्त गर्न सिफारिस गरिएका प्रहरी उपरीक्षक डिल्लीराज विष्ट र प्रहरी निरिक्षक जगदीश भट्टको स्पष्टीकरण लिने प्रक्रिया अगाडि बढाइएको गृह मन्त्रालयले जनाएको छ।
आइतवारबाट शुरू भएको बताएको उक्त प्रकृयाले केही समय लिन सक्ने गृहका अधिकारीहरूले बताएका छन्। झण्डै तीन महिनाअघि उक्त घटना हुँदा विष्ट र भट्ट दुवै कञ्चनपुरमा कार्यरत थिए। उनीहरूलाई भदौकै अन्तिम साता गृहको एक उच्चस्तरीय छानबिन समितिको सिफारिसमा निलम्बन गरिएको थियो। त्यसपछि नेपाल प्रहरीले उनीहरूलाई असोज २९ गते सेवा निष्कासनका लागि सिफारिस गरेर गृह मन्त्रालयलाई पत्राचार गरेको थियो। प्रकृया मन्त्रालयले सेवा निस्कासनका लागि प्रक्रिया अघि बढाएको गृह सचिव प्रेमकुमार राईले बीबीसीलाई बताए। उनले भने, "पहिले सफाईको मौका दिनुपर्छ अनि स्पष्टीकरण लिने काम हुन्छ।" आइतवारबाट शुरू गरेको बताएको उक्त प्रक्रियाले केही समय लिन सक्ने गृहका अधिकारीहरूले बताएका छन्। नेपाल प्रहरीले थुप्रै आधारहरूमा टेकेर यस्तो निर्णयमा पुगेको प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले बताए। अधिवक्ता सुष्मा गौतमसँग "गृहकै छानबिन समितिको प्रतिवेदनका अलावा प्रहरी महानिरीक्षकको स्थलगत भ्रमणमा भेटिएका तथ्य र घटनाको छानबिनमा संलग्न प्रहरीहरूको भूमिकामाथि अनुसन्धान गर्न डीआईजी धिरू बस्न्यातको संयोजकत्वमा गठित उच्चस्तरीय समितिको प्रारम्भिक विवरणका आधारमा यस्तो सिफारिस गरिएको हो।" निर्मला प्रकरणलाई लिएर सरकारमाथि सडकदेखि सदनसम्म चर्को दबाब परिरहँदा समेत अहिलेसम्म अनुसन्धान दोषी पत्ता लगाउन सकिराखेको छैन।
विश्वकप: पांच आश्चर्य, पांच निराशा
विश्वकप फुटबलको समूह चरणको खेल पूर्णस्तरमा चलिरहेको छ।
कोस्टारिकाले युरुग्वेलाई पराजीत गर्नुलाई विश्लेषकहरुले अनपेक्षित मानेका थिए हरेक टोलीले कम्तीमा एक खेल खेलिसकेको अवस्थामा बीबीसी स्पोर्टका स्टीभन फोट्रेलले हालसम्मका सबैभन्दा आश्चर्यलाग्दा र निराश तुल्याउने केहि तथ्यहरु भेला पारेका छन्। पांच आश्चर्यजनक घटना कोस्टारिका यो मध्य अमेरिकि टोली वरियताको हिसाबले सबैभन्दा अप्ठ्यारो समूहमा परेको थियो। इंग्ल्याण्ड, इटली र सन् २०१० को विश्वकपमा चौथो स्थानमा रहेको युरुग्वे संग। तर तिनीहरुले एक गोलले पछाडी परेको अवस्थामा पनि युरुग्वेलाई ३-१ ले पराजीत गरी आफ्नो खेल सफलताका साथ शुरु गरेका छन्। गोल र गोल संख्या यो विश्वकपमा पहिलो गोल खेल आरम्भ भएको ११ मिनेटमा भएको थियो, जुन बेला ब्राजीलका डिफेन्डर मार्सेलोको खुट्टामा लागेर आत्मघाती गोल हुन पुगेको थियो। शुरुको चार खेलमा मात्रै १५ वटा गोल भएका थिए। हालसम्म औसतमा प्रति खेल तीन गोल भएको देखिएको छ, जुन सन् १९५८ यताको सबैभन्दा बढी औसत हो। ब्राजीलसंगको खेलमा मेक्सिकोका गोर रक्षकको खेल कौशलको सर्वत्र प्रशंसा भएको थियो मेक्सिकोका गोलरक्षकको कौशल समूह चरणको दोस्रो खेलमा ब्राजीललाई मेक्सिकोले गोलरहित बराबरीमा रोकेको थियो, जस्मा गोलरक्षक गिएर्मो ओचावाको उल्लेख्य योगदान रह्यो। उक्त खेलमा उनले दर्शनीय खेल प्रदर्शन गरी गोलहरु बचाएका थिए। विशेषगरी नेएमारले गरेका हेडबललाई उनले जसरी बचाए त्यसलाई ब्राजीलका ट्वीटर प्रयोगकर्ताहरुले सन् १९७० को विश्वकपमा पेलेको हेड प्रहारलाई इंग्ल्याण्डका गोर्डन ब्यांक्सले छेकिदिएका घटनासंग दांजेर चर्चा गरेका थिए। दक्षिण अमेरिकी फुटबलमा बर्षौं देखि प्रचलनमा रहेको स्प्रे रंगको प्रयोग यो विश्वकपमा पहिलो पल्ट भित्र्याइएको हो। विलाएर जाने स्प्रे रंग पेनाल्टी क्षेत्र नजीकै फ्री-किकको बेला रेफ्रीहरुले बल प्रहार गर्ने ठाउं र डिफेन्सको वाल उभिनु पर्ने ठाउंको चिनो लगाउन विलाएर जाने खालको स्प्रे रंगको प्रयोग गर्दा दर्शकहरु अचम्ममा परेका थिए। त्यस्तो खाले स्प्रे रंगको प्रयोग दक्षिण अमेरिकी फुटबल केहि बर्ष अघि देखि नै प्रचलनमा थियो तर विश्वकपमा त्यसको प्रयोग भने यो पहिलो पल्ट हो। उक्त रंगले लगाएको चिनो एक मिनेट पछि आफै विलाएर जान्छ। रहीम स्टरलिंग इंगलिश प्रिमिएर लिगका प्रशंसकहरु लिभरपुलबाट खेल्ने यि १९ बर्षे खेलाडीको कौशलसंग परिचित नै छन् तर विश्वकपमा इंग्ल्याण्डको टोलीमा यि सबैभन्दा कान्छा खेलाडीलाई देख्दा धेरै जसो अचम्भीत भएका थिए। जमैकामा जन्मेका यि युवा खेलाडीले इटलीसंगको खेलमा देखाएका खेलले यिनी धेरैको आंखामा चढ्न सकेका छन्। गत विश्वकपको विजेता स्पेन यसपटक समूह चरणबाटै बाहिरिएला भन्ने अनुमान कमैले मात्र गरेका थिए पांच निराशाजनक घटना स्पेनको शुरुआती प्रदर्शन गत विश्वकपको विजेता स्पेनले विश्व फुटबल जगतमा छ बर्षसम्म दबदबा कायम गरेको थियो। त्यसक्रममा सन् २००८ र २०१२ को युरोपेली च्याम्पियनशीप र २०१० को विश्वकप उस्को कब्जामा रह्यो। यसपटक पनि नेदरल्याण्डस् विरुद्ध एक गोलको अग्रता रहुञ्जेल स्थिती योजना अनुसारकै देखिएको थियो। तर नेदरल्याण्डस् पक्षले चार बर्ष फाइनलमा बेहोर्नु परेको पराजयको बदला ५-१ को अन्तरले जसरी लियो त्यो साल्भाडोर रंगशालामा उपस्थित दर्शकले अनुमान नै गरेका थिएनन्। अन्तत: दोस्रो खेलमा चिलीसंग पनि पराजीत भएपछि डिफन्डींग च्याम्पियन स्पेन यो विश्वकपबाट बाहिरिन पुगेको छ। रेफ्रीको काम ब्राजीलमा केहि खेल ‌अधिकारीहरुको प्रदर्शनको शुरुमै आलोचना भएको थियो। आयोजक ब्राजील र क्रोएशियाबीचको प्रारम्भीक खेलमा जापानी रेफ्री युइची निशीमुराबाट पेनाल्टी दिने जुन निर्णय भयो त्यहिंबाट विवादहरु आरम्भ भए। अर्को चर्को विवादास्पद निर्णय स्पेन र नेदरल्याण्डस् बीचको खेलका क्रममा देखियो, जुन खेलमा इटलीका रेफ्री निकोला रिजोलीले स्पेनका डिएगो कोस्टालाई नेदरल्याण्डस् का विरुद्ध पेनाल्टी दिएका थिए। विश्वकपमा पहिलो पल्ट गरिएको गोललाइन प्रविधिको प्रयोगले अन्योल ल्याइदिएको थियो विश्वकपमा पहिलोपल्ट “गोललाइन” प्रविधि धेरै चर्चा गरिएको गोललाइन प्रविधि फ्रान्सले ३-० ले जितेको होन्डुरससंगको खेलमा खास अन्योलको कारक बन्न पुग्यो। गोल भए नभएको निर्णय गर्न विश्वकपको उक्त खेलमा नै पहिलोपल्ट यो प्रविधिको प्रयोग गरिएको थियो। त्यस खेलमा पहिले रिप्लेमा गोल नभएको ग्राफिक देखाइयो र पछि बलले होन्डुरसका गोलरक्षकसंग ठोक्किएर गोललाइन पार गरेको भन्ने निर्णय लिइयो। जस्बाट होन्डुरसका कोच, उनका फ्रान्सेली समकक्षी र रंगशालामा उपस्थित दर्शक सबै नै अन्योलमा परेका थिए। नाइजेरिया र इरानको बराबरीको खेल विश्वकपको शुरुआती खेलहरु चाखलाग्दो तरिकाले अघि बढ्दै थिए र गोलहरुको संख्या पनि प्रसस्तै थियो। छांटकांट हेर्दा बराबरीमा खेल टुंगीएको हेर्न नपर्ने आशा दर्शकहरुको थियो। तर नाइजेरिया र इरानबीच कुनै उल्लेख्य चर्चा र प्रतिस्पर्धा विना खेल बराबरीमा टुंगीएको भनी आलोचना भएको थियो। तर खेलमा नतिजा बराबर भएको भएतापनि इरानमा भने ठूलो खुशीयाली मनाइएको थियो। अर्जेन्टीनाका लियोनेल मेस्सीले आफूले जानाजान मस्कटलाई बेवास्ता नगरेको बताउंदै क्षमा मागेका छन् एकजना मस्कटको निराशा बोस्नीया हर्जगोभिनासंगको खेलमा अर्जेन्टीनाका लियोनेल मेस्सीबाट ठूलो आशा गरिएको थियो जस अनुसार नै उनले खेल जित्नमा आफ्नो योगदान दिए। तर उनले उक्त खेल शुरु हुनुभन्दा अघिको चरणमा एकजना उत्साही मस्कट बालकले मिलाउनका लागि आफूतर्फ बढाएको हात उनले देखेनन्। जस्बाट ति बालक निकै निराश देखिएका थिए। सामाजीक संजालहरुमा समेत यो घटनाले ठूलो स्थान पाएको थियो। लियोनेल मेस्सीले ति बालकलाई आफूले जानाजान बेवास्ता नगरेको बताए र पछि ति बालकलाई खोजेर उनले माफी पनि मागेका थिए।
‘१९५० को सन्धिका विवादित प्रावधान बदल्न महत्त्वपूर्ण प्रगति’
नेपाल-भारत प्रबुद्ध व्यक्तिहरुको समूहले सन् १९५० को शान्ति तथा मैत्री सन्धि रहेका विवादस्पद प्रावधानहरु बदल्ने दिशामा महत्त्वपूर्ण प्रगति हासिल गरेको बताइएको छ।
उक्त समूहमा नेपाली टोलीका नेतृत्वकर्ता भेखबहादुर थापाले सुरक्षा, खुला सीमा, एकअर्काका नागरिकलाई समान हैसियत दिने जस्ता विगतका विवादित विषय सुल्झाउन प्रगति भएको बीबीसीलाई बताएका हुन्। तर उनले कस्ता परिवर्तन हुनेछन् भन्नेबारे खुलाएनन्। '१९५० को सन्धिमाथि औपचारिक पुनर्विचार हुने' आश्वासन आइतवार काठमाण्डूमा सकिएको उक्त समूहको सातौं बैठकपछि भारतीय पक्षका टोली नेता भगतसिंह कोश्यारी पनि दुवैलाई मान्य हुने समाधान निस्कनेमा आश्वस्त देखिए। उनले भने, "जब अन्तिम बैठक पछि हामी दुवै सरकारलाई प्रतिवेदन दिन्छौं, त्यसबेला तपाईँहरु कोही पनि निराश हुनु हुनेछैन। सबै खुशी हुनुहुनेछ। म यो कुरा भारतीय सरकारको तर्फबाट आश्वस्त तुल्याउन सक्छु"। आगामी जुलाईसम्म समयावधि रहेको प्रबुद्ध व्यक्तिहरुको समूहको अर्को बैठक दिल्लीमा हुनेछ।
'कसरी एउटा भुस्याहा कुकुरले मेरो जीवन सदाका लागि फेरि दियो'
साहसिक खेल साइक्लिङ गर्ने इसबेल होम्सलाई १६ वर्षको उमेरमा आमाले घरबाट निकालेपछि उनी आत्महत्या गर्न चाहन्थिन्। त्यसको पाँच वर्षपछि घरविहीनहरू बस्ने आश्रयस्थलबाट निकालि न लाग्दा उनलाई अब जीवन बदल्नुपर्छ भन्ने लाग्यो। उनले त्यसपछि साइक्लिङ गरेर विश्व भ्रमण गर्न थालिन् - त्यही बेला उनको भेट एउटा भुस्याहा कुकुरसँग भयो जसले उनको जीवन सदाका लागि परिवर्तन गरिदियो।
बाइकमा चढेको मेरो सबैभन्दा पुरानो अनुभव म्यान्चेस्टरको हो। त्यहाँ म केही सस्तो पर्ने २० किलो आलुको बोरा किन्न बुवासँग साइकलमा बसेर सहरभरि घुम्थेँ। म त्यतिबेला डाइपर लगाउने उमेरमै थिएँ र बुवाको सीटपछाडि बस्थेँ। मेरो पछाडि आलुको बोरा हुन्थ्यो। आमालाई पहिलो चोटि भेट्दा र उहाँहरू प्रेममा पर्दा बुवा पढ्दै हुनुहुन्थ्यो। यो इरानी क्रान्तिको बेला हो र इरानले एक्कासि विदेशी विद्यार्थीहरूलाई पैसा दिन रोकेको थियो। आफ्ना देशका नागरिकलाई प्रोत्साहन गर्न सकियोस् भनेर इरानले त्यसो गरेपछि बुवालाई आर्थिक अभाव हुन थाल्यो। र, बाँच्नका लागि साइकल हाम्रो महत्त्वपूर्ण साधन बन्यो। म दुई वर्षकी हुँदा हामी स्कटल्यान्ड सर्‍यौँ। बुवा कामको खोजीमा हुनुहुन्थ्यो। तर विवाह टिक्न सकेन र बुवाआमा छुट्टिनुभयो। एकचोटि म बुवालाई भेट्न गएकी थिएँ। बुवासँग चिनजान भएका एक व्यक्तिले मलाई उनको काखमा राखे र आफ्नो हात मेरो खुट्टामा पुर्‍याए। म त्यति बेला त्यस्तै सात वर्षजति थिएँ होला। त्यसो गर्दा मलाई एकदमै नराम्रो लागेको मात्रै सम्झन्छु। मलाई म एकदमै खराब केटी हुँ कि जस्तो लाग्यो। सम्भवत: त्यति बेलादेखि मैले आफूलाई घृणा गर्न थालेँ। बुवाले मलाई त्यसपछि एक पटक भेट्नुभयो र सम्पर्कविहीन हुनुभयो। मेरो गल्तीका कारण उहाँले मलाई परित्याग गर्नुभयो कि जस्तो लाग्थ्यो। लुसीसँग इसबेल टर्कीमा मेरा दुई भाइ र म हुर्किएसँगै आमाको सङ्घर्ष पनि बढ्दै गयो। उहाँले परिवारको सबै समस्याको दोष मलाई लगाउन थाल्नुभयो। हामीबीच सबै कुरा एकदमै तनावपूर्ण र दु:खदायी हुनथाल्यो। मेरो १६ औँ जन्मदिन नजिकिँदै आमा अब मप्रति जिम्मेवार हुनुहुन्न भन्ने लागेर म निकै दु:खी थिएँ। जन्मदिनलगत्तै आमाले मलाई घरबाट निकालिदिनुभयो। उहाँले घरको ढोका बन्द गरेको क्षण मेरो जीवनको सबैभन्दा कठिन क्षण थियो। घरबाहिर बाटोमा उभिएको त्यो क्षण मसँग त्यहाँबाट अन्यत्र जानुबाहेक अरू विकल्प थिएन। म सुस्त गतिमा हिँडे, हिँडिरहेँ। यो पनि पढ्नुहोस् अन्तत: त्यो यात्राले मलाई जीवनमा अगाडि बढायो। तर म त केवल घर फर्किन चाहन्थेँ। मेरो परिवारले मलाई फिर्ता बोलाओस् भनेर मैले नाम सुनेका सबै भगवान् पुकारेँ। एउटा शनिवार म कामबाट फर्किदै थिएँ। तालतिर जाने बाटो सोध्न एउटा कार रोकियो। कारमा पुरुषहरूको एउटा समूह थियो। मलाई त्यही ठाउँमा फिर्ता ल्याइदिने वचन दिँदै उनीहरूले मलाई बाटो देखाइदिन आग्रह गरे। म कारमा बसेँ, तर उनीहरूले मलाई तत्काल फिर्ता ल्याइदिएनन्। उनीहरूले त्यहाँबाट मलाई लगे र बलात्कार गरे। मैले कसैलाई पनि भनिनँ किनभने त्यो मेरै गल्ती हो भन्ने मलाई लाग्यो। म खराब भएका कारण मलाई दण्ड दिइएको भन्ने मलाई लाग्यो। त्यति बेलासम्म मनपरी गर्न खोज्ने मानिससँग अभ्यस्त भइसकेकी थिएँ। म सँग कुनै आत्मसम्मान थिएन। म राम्री खान्नथेँ। म आफूलाई यति घृणा गर्थेँ कि म मर्न चाहन्थेँ। आन्टाल्या जाने क्रममा घाम ताप्दै लुसी ती पुरुषहरू फेरि फर्किएर आए तर म कारमा चढ्न मानिनँ। म भागेँ। म निकै आतुर थिएँ म फोन भएको ठाउँमा पुगेँ र आमालाई फोन गरेँ। मैले याचना गरेँ। म रोइरहेको थिएँ उहाँले जे चाहनुहुन्छ म त्यही गर्छु भनेँ। "तपाईँ जस्तो चाहनुहुन्छ म त्यस्तै बन्न सक्छु," मैले भने। "खराब कुराहरू भइरहेको छ।" मैले ममाथि के भयो त्यो भनेँ। उहाँले यतिमात्रै भन्नुभयो त्यो मेरै गल्ती हो र मैले परिवर्तन हुनुपर्छ। त्यसपछि म केवल मर्न चाहन्थेँ। एउटा ताका म प्रत्येक २० मिनेटमा आत्महत्या रोक्ने नम्बरमा फोन गर्थेँ। २१ वर्षको उमेरमा मलाई घरविहीनहरूको आश्रय स्थलले पनि निकालिदियो। त्यहाँ काम गर्ने एकजना मुख्य महिला म सधैँ दुर्दिनमा हुनेछु भनेर कराउँथिन्। उनमा केही थियो- उनले त्यो भनेपछि मलाई सोच्न कर लाग्यो। "म त्यो हुन दिन्नँ।" मलाई लाग्यो मैले एउटा निर्णय गर्नुपर्छ। मैले बाँच्ने प्रतिबद्धता आफैँसँग गर्नुपर्छ र मर्ने विचार त्याग्नुपर्छ। इसबेल र इरानी महिला साइकल टोलीका अरू सदस्य मेरो लागि मनोबल उच्च राख्नु एकदमै गाह्रो थियो। तर म अकस्मात् केवल 'सुपरवुमन' मात्रै भइनँ म जहाँ थिएँ त्यहाँबाट घस्रिएर बाहिर पनि निस्किएँ। कलेजमा भर्ना भएँ। बसभन्दा सस्तो र छिटो भएकोले पुरानो बाइक पनि किनेँ। स्थानीय बाइक क्लबबाट साइकल चलाउन पनि थालेँ। त्यहाँ म मात्रै महिला थिएँ र मैले आफैँले सिकेँ। मैले त्यसलाई निरन्तरता दिएँ। म तीव्र गतिमा साइकल चलाउन मन पराउँथे किनभने त्यसले सबै कुराबाट भाग्न सकिन्थ्यो। मेरो जीवनमा पनि सुधार हुँदै गयो। म यतिधेरै साइकल चलाउँथे कि मेरो मस्तिष्कबाट सुखद अनुभूति गराउने इन्डोर्फिन नामक हर्मोन एकैपटक धेरै निस्किन्थ्यो होला। मलाई पहिलो पटक जहाँसुकै गए पनि आफ्नोपन अनुभव पनि हुन थाल्यो। सन् २०१४ को कमनवेल्थ गेम्सका लागि साइक्लिङ गर्ने भेलोड्रोम बनेपछि म त्यहाँ पनि गएँ। त्यहाँ र त्यति नै बेला मैले ग्लाज्गोमा एउटा प्रतिस्पर्धी समूहमा खेल्ने प्रस्ताव पाएँ। मेरो पहिलो ठूलो प्रतिस्पर्धामा अघिल्लो कमनवेल्थ गेम्सका पदक विजेताभन्दा पहिला भएर स्वर्णपदक जितेँ। यो त्यतिबेला हो जतिबेला मैले इरान जाने अवसर पाएँ। फर्किएर हेर्दा म त्यहाँ जानका लागि सही समय थिएन, तर मेरो परिवार त्यहाँ भएकाले त्यसले तानेको हुनुपर्छ। तेहरानमा मलाई इरानी टोलीका लागि खेल्ने प्रस्ताव आयो। मलाई लाग्यो, "त्यो मेरा लागि आफ्नो बुवा र त्यो देशसँग जोडिने मौका हो।" त्यसैले मैले स्कटल्यान्डमा कमनवेल्थ गेम्समा छानिनका लागि समय खर्चिनुभन्दा इरानकै लागि खेल्ने निधो गरेँ। म त्यसभन्दा पहिला कहिल्यै पनि महिला अधिकारका विषयमा संलग्न भएकी थिइनँ। तर इरानमा त अति नै थियो। साइकल कुदाउने महिलाहरूमाथि जस्तो व्यवहार गरिन्थ्यो म त्यसविरुद्ध बोल्न थालेँ। बोलिभियाली एल्टिप्लानोमा इसबेल हामीले हिजाब लगाउनुपर्थ्यो, उखरमाउलो गर्मीमा त्यो निकै कठिन हुन्थ्यो। महिलाहरूबाट मोबाइल फोन खोसिन्थ्यो- महिलाबाट, पुरुषबाट होइन। महिलाहरूले पुरुषलाई सन्देशहरू पठाएर ध्यान अन्त नजाओस् भनेर त्यसो गरिएको भनेर उनीहरूले मलाई भनेका थिए। मैले त्यस्तो भेदभाव र थिचोमिचोविरुद्ध बोलेँ, तर केही परिवर्तन भएन। अन्तत: मैले त्यो ठाउँ छोडेँ। म तेहरानबाट टर्की गएँ, जहाँ मैले मौकाले एकजना मानिसलाई भेटेँ जो महिनौँदेखि साइकलमा विभिन्न ठाउँहरू घुमिरहेका थिए। मैले तत्कालै मेरो इच्छा पनि त्यस्तै भएको अनुभूत गरेँ। म त्यहाँबाट स्कटल्यान्ड फर्किएँ र आफ्ना सबै सामान बेचेर निस्किएँ। म फ्रान्सको निस जाने विमान चढेँ र त्यहीँबाट साइकलमा विश्वभ्रमण सुरु गरेँ। इसबेलले साइकलमा एक्लै २० वटा देशको भ्रमण गरिसकेकी छन् लुसीसँग कसरी भेट भयो? टर्कीको मरमारा समुद्रनजिकै मैले लुसीलाई भेटेँ। मधुरो रङ्गको कुकुरलाई साइकलको पछाडिको पाङ्ग्रामा घस्रिएको देखेँ। मैले साइकलको पाउदान दबाएँ र त्यहाँबाट अघि बढ्न खोजेँ। तर कुकुरले मलाई पच्छ्याउन छोडेन। मैले साइकल रोकिनँ। म विश्वभ्रमण गर्दैथिएँ - गल्लीको कुकुरसँग के गर्नु थियो र? कुकुर पछिपछि आइरहेको थियो, तर उसको आकृति टाढा हराउँदै गयो। एकछिनपछि मलाई लाग्यो, "यो गलत हो, इसबेल।" मैले ब्रेक दबाएँ। अन्तत: कुकुरले मलाई भेट्यो, एक मिटर पर बस्यो। मैले मेरो हात अघि बढाएँ, तर ऊ केही पर नै बस्यो। मनजिकै बस्ने ठाउँ खोज्न निस्किएँ र उसले मलाई पच्छायो। त्यसको भोलिपल्ट म उसलाई उसको गाउँ फर्काइदिने सोच्दैथिएँ तर उसलाई कुकुरहरूको हुलले आक्रमण गर्‍यो। कुकुरहरूको बथानमा पुगेपछि मैले भेटेको कुकुरले जनाएको प्रतिक्रियाले मलाई मेरो १६ वर्षको उमेरमा पुर्‍यायो। त्यो पोथी कुकुर त्यहाँबाट भाग्न चाहिन। उनीहरूसँग जुध्न खोजेन। म त्यस्तै थिएँ, मानिसहरूलाई ममाथि अन्याय गर्न दिन्थेँ। सबै कुरा धमिलो भयो। मैले मेरो साइकल फालेँ र चिच्याउन थाले, र मलाई नै थाहा नभएको शक्ति मैले महसुस गरेँ। कसरी कसरी मैले तिनीहरूलाई भगाएँ। म केही पाइलापछि हटेँ र लुसीका लागि रुन थालेँ। तर साँच्चै म आफ्ना लागि रोइरहेकी थिएँ। मैले सबै कुरालाई रोकेर जीवन बाँचिरहेकी थिएँ र यो त्यतिबेला के भएको थियो भन्ने महसुस गर्ने क्षण थियो। लुसीसँग इसबेल उसलाई सुरक्षित ठाउँमा पुर्‍याउने उद्देश्य मैले बनाएँ किनभने सुरक्षाबिना जीवन कस्तो हुन्छ भन्ने मलाई राम्रोसँग थाहा थियो। यात्राको त्यो हिस्साले केही परिवर्तन गर्‍यो - यो शक्ति, यो आत्मसम्मान, यही कुकुरबाट प्राप्त भयो। म एकदमै फरक भएँ। म अब पीडित थिइनँ। मैले सोचिरहेँ, "मैले आफैँलाई जोगाउन नसकेका बेला यो कुकुरलाई कसरी जोगाए?" मैले आफैँलाई माया गर्न थाल्नुपर्छ भन्ने बुझेँ र कसरी भन्ने थाहा थिएन। तर मैले जसरी लुसीको हेरचाह गरेँ सम्भवत: त्यसैगरी। ऊ सुरक्षित र संरक्षित छ र उसले खाएकी छ भन्ने ख्याल गरेँ। र, अन्तत: मैले उसलाई जस्तो व्यवहार गरेँ आफैँलाई पनि स्वत: त्यसै गर्न सकेँ। मैले परिणाममा केही नचाहीकन निस्वार्थ प्रेम गरेको महसुस पहिलो पटक गरेँ। त्यो एकदमै परिवर्तनकारी थियो। म आफ्नोबारे के ठान्थेँ भन्ने सबै मेरा बुझाइहरू विकृत भएका थिए। म भर्खरै ब्युँझिएँ जस्तो भएँ। म चकित परेँ। म सम्झन्छु लुसी मेरो पालबाहिर मेरो जीवन त्यस्तो थियो भन्ने अविश्वासमा बसेको। मैले त्यतिखेर मात्र सोचेँ, "वाह इसबेल, तैँले जे हासिल गरिस् त्यो साँच्चै अपत्यारिलो छ।" त्योभन्दा अगाडि म कहिल्यै पनि आफ्नोबारेमा गर्व गर्दिनथेँ। मैले लुसीलाई वाचा गरेँ म विश्वका अरू सबै लुसी र उसका साथीहरूलाई सहयोग गर्छु। एउटा कुकुर, एउटा भुस्याहा कुकुरले मेरो जीवन परिवर्तन गर्‍यो। कुनै मानवले गर्न नसक्ने त्यस्तो कुरा उसले गरिदियो। उसले मेरो उद्धार गर्‍यो। ओलिभिया ल्याङसँग गरिएको कुराकानीमा आधारित। इसबेलको पुस्तक 'म, मेरो साइकल र भुस्याहा कुकुर लुसी' यूकेको ब्र्याड्ट ट्राभलले प्रकाशित गरेको छ। अमेरिकी अङ्क भेलोप्रेसले प्रकाशित गरेको हो। उनी worldbikegirl.com र ishbelholmes.com मा ब्लग लेख्छिन्।
ललिता निवास जग्गा प्रकरण: बाबुराम भट्टराई भन्छन्, 'आवश्यक परे नीलकण्ठ बन्न तयार छु, तर निर्दोषलाई फसाउने नहोस्!'
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवास हाताको सरकारी जग्गा विभिन्न व्यक्तिको नाममा सारिएको घटनामा भ्रष्टाचार भएको निष्कर्षसहित पूर्वमन्त्री, पूर्वसचिव र सरकारी कर्मचारीहरूसहित १७५ जना विरुद्ध मुद्दा चलाएपछि त्यसबारे सामाजिक सञ्जालमा ठूलो चर्चा भएको छ।
धेरैले भ्रष्टाचारविरुद्ध चालिएको कदमको स्वागत र प्रशंसा गरेका छन्। तर दुई पूर्वप्रधानमन्त्री र एक पूर्वमुख्यसचिव तथा सत्तारूढ दलका एक नेतालाई सफाइ दिइएकोमा प्रश्न गरेका छन्। यस विषयमा चर्चा गर्नेमा सर्वसाधारणदेखि राजनीतिक दलका नेता पनि छन्। आयोगको कदमलाई "स्वागतयोग्य" भन्दै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले "कतिपय त्रुटि र अपूर्णता" भएको टिप्पणी गरेका छन्। उनले मन्त्री दोषी तर प्रधानमन्त्री निर्दोष देखिँदा आफूलाई असहज लागेको पनि उल्लेख गरेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र भट्टराईलाई उक्त प्रकरणमा मन्त्रिपरिषद्‌बाट सामूहिक रूपमा गरेका नीतिगत निर्णय भएकाले उनीहरूविरुद्ध मुद्दा दायर गर्नु नपर्ने निष्कर्ष निकालेको छ। आयोगका अनुसार ललिता निवास क्याम्पभित्रको सरकारी, सार्वजनिक जग्गा सम्बन्धमा सरकारका विभिन्न मन्त्रालय, निकाय र अन्तर्गतका कार्यालयबाट विभिन्न मितिमा गरिएका गैरकानुनी कार्यलाई वैधानिकता दिलाउने, त्यस्ता जग्गामा अनधिकृत व्यक्तिको हक र स्वामित्व स्थापित गराउनेगरी सम्बन्धित मन्त्रालयबाट प्रस्ताव पेस भएअनुसरूप मन्त्रिपरिषद्‌बाट विभिन्न मितिमा भएका निर्णय आफ्नो क्षेत्राधिकारभित्र पर्ने देखिएन। तर आयोगले पूर्वउपप्रधानमन्त्री विजय गच्छदार र पूर्वमन्त्रीद्वय चन्द्रदेव जोशी र डम्बर श्रेष्ठलाई भने प्रतिवादी बनाएको छ। प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारमा मन्त्री पनि भएका पूर्वसचिव छविराज पन्त तथा पूर्वसचिवद्वय बस्न्यात र दिनेशहरि अधिकारी पनि प्रतिवादी छन्। विश्वकल्याणका लागि शिवले कालकूट विष पिएको पौराणिक कथा उद्धृत गर्दै भट्टराईले लेखेका छन्, "...कालकूट विष पिएर शिवजी नीलकण्ठ बने झैँ देशलाई आवश्यक पर्छ भने म पनि 'नीलकण्ठ'बन्न तयार छु!" "तर दोषीलाई छोड्ने, निर्दोषलाई फसाउने नहोस्! वा जानीजानी दुष्कर्म गर्नेले सत्ताको छहारी पाउने तर परिबन्दले अघि देखिने चैँ फस्ने नहोस्!" उनी तत्कालीन माओवादी पार्टीबाट प्रधानमन्त्री बनेका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७५ जना विरुद्ध बुधवार विशेष अदालतमा मुद्दा दायर गरेको हो नेपाली काङ्ग्रेसको आपत्ति नेपाली काङ्ग्रेसका नेता र समर्थकहरूले आयोगको कदमलाई पूर्वाग्रहपूर्ण मानेका छन्। रामचन्द्र पौडलले सत्तारूढ दलका नेतालाई मुद्दा नचलाइएकोमा आयोगप्रति प्रश्न गर्दै फेसबुकमा लेखेका छन्, "लाल झण्डा ओढेपछि जुनसुकै खत पनि माफ हुन्छ भन्ने भनाइ कतै पूरा हुने त होइन ? नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटरमा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा निर्णय गरिएको तथा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका एक प्रभावशाली नेताले विवादास्पद रूपमा बालुवाटारको जग्गा लिएको आशय व्यक्त गर्दै आफ्ना दलका नेता विजय गच्छदारलाई मुद्दा हालिएकोमा आश्चर्य प्रकट गरेका छन्। उनका छोराको नाममा ललिता निवास हाताभित्रको जग्गा नामसारी भएको पाइएपछि नेकपाका महासचिव विष्णु पौडेलको नाम पनि उक्त प्रकरणमा मुछिएको छ। पौडेलले त्यो जग्गा किनेको दाबी गर्दै आएका छन्। नेपाली काङ्ग्रेसले बिहीवार अपराह्ण सवा चार बजे पत्रकार सम्मेलन गर्ने जनाएको छ। कोको छन् आरोपित? बुधवार दायर मुद्दामा पूर्वमन्त्री र पूर्व सचिवहरूबाहेक दर्जनौँ सरकारी कर्मचारी, जग्गाधनी र मोही भनिएका व्यक्ति, सरकारी जग्गा कमिसनका रूपमा बकस गरिलिने व्यक्तिहरू छन्। मुद्दामा कुल ११० जनालाई भ्रष्टाचारको कसुरमा र ६५ जनालाई जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको छ। अख्तियारका पूर्वप्रमुख आयुक्त दीपकुमार बस्न्यातलाई तत्कालीन सचिव हुँदा उनको भूमिकाका कारण मुद्दा दायर गरिएको हो। गच्छदारलाई विसं २०६७ मा भौतिक योजना तथा निर्माणमन्त्री हुँदा भ्रष्टाचार गरेको आरोप छ। आरोपितहरूमा मालपोल कार्यालय, भूमि सुधार तथा व्यवस्था विभाग, नापी कार्यालय, भूमिसुधार कार्यालय, भूमिसुधार तथा व्यस्था मन्त्रालय, भवन निर्माण सम्भार डिभिजन कार्यालय, सहरी विकास तथा भवन निर्माण विभाग, भौतिक योजना तथा निर्माण मन्त्रालय र गुठी संस्थानलगायत विभिन्न कार्यालयका कर्मचारीहरू छन्। सबैभन्दा बढी बिगो सरकारी जग्गा कमिसनको रूपमा बकस गरी लिनेमध्येका रामकुमार सुवेदीविरुद्ध आयोगले ५२ करोड ५१ लाख रुपैयाँ दाबी गर्दै मुद्दा दायर गरेको छ। त्यसरी जग्गा लिनेमा व्यापारी मीनबहादुर गुरुङ पनि छन्। उनीविरुद्ध ३९ करोड २७ लाख रुपैयाँ बिगो दाबी गर्दै अख्तियारले मुद्दा दायर गरेको छ। जग्गा धनी र मोही भनिएका व्यक्तिका रूपमा व्यापारी गुरुङविरुद्ध थप ११ करोड २० लाख रुपैयाँ बिगो दाबी गरिएको छ।
श्रीमतीका लागि हवाईजहाज जस्तो घर
नाइजिरियाको राजधानी अबुजामा साइद जमालले एउटा घर बनाउन बीस वर्ष खर्च गरिसकेका छन्।
उनले आफूलाई सबैले चिनून् भनेर परिवार तथा देशका लागि उपहारस्वरूप हवाईजहाज जस्तो देखिने घर बनाएका हुन्। यो घर अहिले पर्यटकको आकर्षण बनेको छ। हेर्नुहोस् एउटा भिडिओ अनि यो पनि:
नेपाललाई अन्तर्राष्ट्रिय वित्तीय निगरानीको तनाव
वित्तीय अपराध र आतङ्कवादी गतिविधिसँग संलग्न आर्थिक क्रियाकलापको निगरानी गर्ने अन्तर्राष्ट्रिय कार्यदल फाइनान्सियल एक्सन टास्क फोर्स एफएटिएफले आगामी वर्ष नेपालको समीक्षा गर्दा नेपाल उक्त निकायको अनुगमनमा पुन: पर्नसक्ने चिन्ता प्रकट भएका छन्।
उक्त समीक्षा अगावै कतिपय कानुनमा संशोधन र वित्तीय अपराधसँग जोडिएका भ्रष्टाचारका मुद्दाहरूमा ठोस प्रगति नभए नेपाल निगरानीमा पर्न सक्ने आकलन सरकार स्वयंको छ। एफएटिएफको अनुगमनमा पर्नु सजाय पाउनु सरह भएको र त्यसबाट वैदेशिक व्यापार र लगानी सहितका क्षेत्रमा असर पर्ने जानकारहरू बताउँछन्। प्रधानमन्त्री कार्यालयका एकजना अधिकारीले भने एफएटिएफका मापदण्डलाई सरकारले उच्च प्राथमिकता दिएको र अनुगमनबाट जोगिन रणनीति मस्यौदा गर्न लागिएको बीबीसीलाई बताए। एफएटिएफ के हो? सन् १९८९ मा अन्तर सरकारी निकायका रूपमा स्थापित एफएटिएफले 'कालो' धन र आतंकवादी गतिवधिसँग जोडिएका लगानी तथा आन्तराष्ट्रिय आर्थिक व्यवस्थाका जोखिम नियन्त्रणलाई आफ्नो मुख्य उद्देश्य बनाएको छ। नीतिगत निर्णय गर्ने यो निकाय अन्तर्गतको एसिया प्यासिफिक ग्रुपमा नेपाल पर्छ र आगामी वर्ष सन् २०२०/२१ मा नेपालको समीक्षा हुने कार्यसूची उसले तय गरेको छ। यसअघि सन् २००९ मा अन्तर्राष्ट्रिय अनुगमनमा परेको नेपाल कानुनी र नियामक संरचनाहरूको निर्माणपछि सन् २०१४ मा उक्त सूचीबाट बाहिरिएको थियो। तर तेश्रो पटक हुन लागेको नेपालको समीक्षा सन् २०१२ मा एफएटिएफले तय गरेका नयाँ मापदण्डमा केन्द्रित हुने र त्यसमा कानुनी एवं संस्थागत प्रगतिबाहेक कार्यान्वयनमा समेत चासो व्यक्त गरिने कतिपय सरकारी अधिकारीहरू बताउँछन्। आन्तरिक मूल्याङ्कनले के भन्छ? बीबीसीले प्राप्त गरेको एउटा आन्तरिक सरकारी मूल्याङ्कनमा अहिलेको नयाँ मापदण्ड र अनुगमनका आधारहरूलाई ध्यान दिँदा नेपालको अवस्था पहिलेको भन्दा कमजोर देखिएको उल्लेख छ। सन् २०१६ मा गरिएको जोखिम मूल्याङ्कनले नेपालमा भ्रष्टाचार, कर छली, मानव बेचबिखन र यौन शोषण, आप्रवासी कामदारको अवैध ओसारपोसार अनि कालोबजारीको उच्च जोखिम रहेको देखाएको थियो। त्यसबाहेक लागुऔषध ओसार पोसार, संगठित अपराध, चन्दा आतंक, जालसाजी, ब्याङ्किङ कसुर, नक्कली मुद्रा, वातावरणसँग जोडिएका अपराधको मध्यम जोखिम रहेको त्यसमा उल्लेख छ। अपहरण तथा व्यक्ति बन्धक बनाउने सम्बन्धी कसुर, डकैति र चोरी, चोरिएका सामग्रीको तस्करी, किर्ते गतिविधि र बजार चलखेललाई पनि मध्यम जोखिमको अपराधका रूपमा लिइएको छ। उक्त मूल्याङ्कनले नेपालमा हतियारको कारोबार र आंतकवादको जोखिम भने कम रहेको आकलन गरेको छ। अन्तराष्ट्रिय अनुगमनको 'सम्भावना प्रबल' तर मौजुदा कानुनको पालना नभएका र नियमन एवं अनुसन्धानको क्षेत्रमा कानुनको प्रयोग न्यून रहेकाले नेपाल अन्तर्राष्ट्रिय अनुगमनमा जाने प्रबल सम्भावना रहेको आन्तरिक सरकारी मूल्याङ्कनमा उल्लेख छ। सन् २०१२ मा तय गरिएका मापदण्ड अनुरूप कानुनी तथा संस्थागत व्यवस्था गर्न बाँकी रहेको र एक अर्कामा बाझिएका करिब ५० वटा कानुन संशोधन गर्नुपर्ने आवश्यकता रहेको बीबीसीलाई प्राप्त दस्तावेजमा जनाइएको छ। अपराध नियन्त्रण, वित्तीय क्षेत्र, गैर सरकारी क्षेत्र, पारस्परिक कानुनी सहायता, घरजग्गा, बहुमूल्य धातु र सम्पत्ति पहिचान सहितका विषयसँग ती कानुन जोडिएका छन्। त्यसबाहेक अहिले भएकै कानुनको सशक्त कार्यान्वन गर्नुपर्ने अनि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले ठूला ठूला अन्तर्राष्ट्रिय प्रकृतिका कालो धनसँग जोडिएका अनुसन्धानमा मुद्दा चलाउनुपर्ने उल्लेख गरिएको छ। सन् २०२०/२१ मा हुने समीक्षामा फाइनान्सियल एक्सन टास्क फोर्सले नेपाललाई अनुगमनमा राखे त्यसबाट देशको अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्न सक्ने उक्त प्रतिवेदनमा जनाइएको छ। सम्भावित पाँच असर पहिलो: नेपाली ब्याङ्कहरूले जारी गरेका प्रतीतपत्र अन्तर्राष्ट्रिय तहमा स्वीकार्य नहुन सक्छन्। त्यसको कारण नेपालको अन्तराष्ट्रिय व्यापारमा प्रत्यक्ष असर पर्न सक्छ। कतिपय विकसित देशहरूका ब्याङ्कले नेपालसँग सम्बन्धित ब्याङ्कका खाता खोल्न समेत अस्वीकार गर्न सक्छन्। सन् २००९ देखि २०१४ सम्म नेपाल अनुगमनमा परेका बेला संयुक्त राज्य अमेरिकास्थित नेपाली राजदूतावासको ब्याङ्क खाता खोल्न नाम चलेका अमेरिकी ब्याङ्कहरूले अस्वीकार गरेको तत्कालीन नेपाली राजदूत शंकर शर्मा सम्झन्छन्। उनी भन्छन्, "ठूला ठूला अमेरिकी ब्याङ्कहरूले खाता खोल्न नमानेपछि त्यसबेला हामीले पाकिस्तान मुख्यालय रहेको ब्याङ्कको अमेरिकास्थित शाखामा हाम्रो खाता खोलेका थियौँ। त्यसबेला तत्कालीन विदेशमन्त्री हिलरी क्लिन्टनले अमेरिकी ब्याङ्कहरूलाई खाता खोल्न दिन अनुरोध नै गर्नुपरेको थियो। त्यसो हुँदा उनीहरूले सकारात्मक संङ्केत पनि दिएका थिए। तर ती अमेरिकी ब्याङ्कहरू पनि नियम कानुनको परिधि भित्र बस्नै पर्थ्यो।" दोस्रो: अन्तर्राष्ट्रिय निगरानीमा परेपछि नेपालमा विप्रेषण अर्थात रेमिट्यान्स पठाउने शुल्क बढ्न सक्छ। त्यसका कारण हुण्डी लगायतका कारोबार बढ्ने र अनौपचारिक अर्थतन्त्र फस्टाउने जोखिम रहन्छ। ठूलो परिमाणमा डलर बोक्दा थप कागजपत्रहरू जुटाउनुपर्ने अवस्था आउन सक्छ। तेश्रो: पर्यटन क्षेत्रमा पनि त्यसको प्रभाव देखिन सक्छ। किनभने कैयौँ अन्तर्राष्ट्रिय स्तरका ठूला ब्याङ्कहरूले पर्यटकहरूले नेपालमा प्रयोग गर्ने क्रेडिट वा डेबिट कार्डहरूमा निगरानी वा नियमन समेत गर्न सक्छन्। चौथो: नेपालको वित्तीय प्रणालीमाथिको निगरानीले नेपालमा वैदेशिक लगानीको वातावरणलाई पनि प्रभावित पार्न सक्छ। कतिपय विकसित देशहरूले आफ्ना देशका लगानीकर्तालाई अनुगमनमा परेका देशमा लगानी गर्दाका जोखिमबारे नियमित सूचनाहरू जारी गर्ने गर्छन्। अर्थविद् समेत रहेका पूर्वराजदूत शर्मा भन्छन्, "प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउनका लागि लगानीकर्ताहरूले विश्वास गर्नुपर्छ। त्यसका लागि नेपाल आतंककारी कार्यमा लगानीको लागि सुरक्षित गन्तव्य होइन भन्ने पुष्टि हुनुपर्छ। एफएटिएफका सुझावहरू कार्यान्वयन नगरी नेपाललाई सुखै छैन। नेपालकै आर्थिक स्वास्थ्यका लागि पनि यो एकदमै महत्त्वपूर्ण छ।" पाचौँ: वित्तीय अपराध नियन्त्रणका विषयमा अन्तर्राष्ट्रिय अनुगमनमा पर्दा नेपालबारे 'बाह्य चासो अत्यधिक' रूपमा बढ्ने सरकारी मूल्याङ्कनको निष्कर्ष छ। रणनीति ल्याउँदै सरकार एफएटिएफको समीक्षालाई ध्यान दिँदै सरकारले सम्पति शुद्धिकरण तथा आतङ्ककारी कृयाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी पाँच वर्षे राष्ट्रिय रणनीति तथा कार्ययोजना बनाउन लागेको एकजना अधिकारीले जानकारी दिए। मस्यौदा भइरहेको उक्त रणनीतिले कानुनी, संस्थागत र कार्यान्वयनमा सुधारको प्रस्ताव गरेको छ। साथै 'मुलुकको सुशासन, विदेशी लगानी र अन्तर्राष्ट्रिय प्रतिष्ठासँग जोडिएको' यो विषयमा भएका कार्यसम्पादनको राजनीतिक स्तरबाट नै अनुगमन गरी त्यसको अवस्था र जोखिमका बारेमा नियमित रूपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् समक्ष जानकारी पेश गर्नुपर्ने प्रस्ताव गरिएको छ। विगतमा अर्थ मन्त्रालयले एफएटिएफबाट हुने नेपालको समीक्षालाई संयोजन गर्ने गरेको भएपनि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग आफ्नो मातहत ल्याएपछि यसपटक प्रधानमन्त्री कार्यालयले सोझै यो विषय हेरिरहेको सम्बद्ध अधिकारीहरू बताउँछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको शासकिय सुधार महाशाखाका प्रमुख यामलाल भुषालले एफएटीएफको मूल्याङ्कनमा आफूलाई खरो रूपमा उतार्ने गरी सरकारले तयारी गरिरहेको बताए। उनले भने, "यो नेपाल सरकारले उच्च महत्त्व दिएको विषय हो। यस वर्षको नीति र कार्यक्रम अनि वार्षिक बजेटमा नै एफएटीएफका सुझावहरू अनुसार सुधार गर्नका निम्ति सम्पत्ति शुद्धिकरण तथा आतंकवादी कृयाकलापमा वित्तीय लगानी निवारण गर्ने विषयलाई हल्का फुल्का रूपमा नलिइकन पाँच वर्षे रणनीति बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ।" त्यसबाहेक बहुमूल्य धातु तथा पत्थर र घरजग्गा कारोबार, क्यासिनो जस्ता व्यवसाय, अनि धितोपत्र र कम्पनी रजिष्टार जस्ता नियमनकारी निकायलाई थप मजबुत बनाउन अलग्गै निर्देशिका जारी गर्न लागिएको उनको भनाइ छ। "हामीसँग जति पनि समय बाँकी छ त्यसको भरमग्दुर उपयोग गर्ने र मूल्याङ्कनमा खरो उत्रने गरि तयारी गरिरहेका छौँ। यसलाई शासकिय सुधारसँग जोडेकाले अनि तत्कालीन र दीर्घकालीन दुवै हिसाबले तयारी गरिरहेकाले मूल्याङ्कनमा हामी उत्तीर्ण हुन्छौँ र अन्तर्राष्ट्रिय जगतमा विश्वस्नीयता कायम गर्न सफल हुन्छौँ।" तर अर्थविद् शंकर शर्मा जस्ता विज्ञहरू चाहिँ नेपालमा प्रशासनमा रहेका कमजोरीलाई प्रमुख चुनौति देख्छन्। "पहिला जस्तै अब फेरि नेपाल अनुगमनमा पर्‍यो भने त्यसले सकारात्मक सन्देश जाँदैन। हाम्रो शासन प्रणालीमा कमजोरी छ, त्यसबाहेक हामीले गर्न नसक्ने भन्ने केही छैन। क्षमता अभिवृद्धिका लागि आवश्यक प्राविधिक सहायताहरू उपलब्ध गराउनका लागि हामी तयार छौँ भनेर अन्तर्राष्ट्रिय निकायहरूले बारम्बार भन्ने गरेका छन्।"
कोरोना भाइरस: वैशाख १५ सम्म 'लकडाउन' जारी राख्ने निर्णय, 'थप कडाइ गरिने'
काठमाण्डू पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएको एक परिवारका दुई जनामा कोरोनाभाइरस सङ्क्रमण भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेकै दिन मन्त्रिपरिषद्ले देशभर जारी 'लकडाउन' वैशाख १५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ।
तीन सातायता मानिसहरूको हिँडडुल र सवारी आवतजावतमा लगाइएको प्रतिबन्ध थप १२ दिनको थप्न लागिएको उर्जामन्त्री वर्षमान पुन र शिक्षामन्त्री गिरिराजमणी पोखरेलले बीबीसीसँग पुष्टि गरेका हुन्। मङ्गलवार नै छिमेकी भारतले त्यहाँ लगाइएको 'लकडाउन' वैशाख २१ गतेसम्म लम्ब्याउने निर्णय गरेको थियो। 'आयातित' सङ्क्रमण रोक्न लकडाउन लम्ब्याइने मङ्गलवार पेप्सीकोलामा सङ्क्रमित पुष्टि हुनेहरू लण्डनबाट चैत पहिलो साता नेपाल आएको बताइएको छ। "काठमाण्डूमा समेत सङ्क्रमण पाइएको अवस्थामा अब राजधानीमा लकडाउन अझ कडा बनाइनेछ," मन्त्री पुनले भने। भारतसँगको खुला सीमा नाकाहरू थप कडा पार्नेबारे समेत सुरक्षा निकायहरूलाई निर्देशन दिने निर्णय गरिएको मन्त्री पुनले बताए। अन्तर्राष्ट्रिय विमानको आवतजावत र अन्य सीमा नाकाहरूमा भने १८ वैशाखसम्म लगाउने रोक बताइएको छ। चिन्ता हालसम्म नेपालमा १६ जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएकोमा लगभग सबैजना विदेशबाट आएकाहरू रहेका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने: "यसअघि नै 'लकडाउन' भएपनि राष्ट्रिय गौरवका आयोजना तथा अत्यावश्यक उद्योग धन्दालाई सहजीकरण गरिने बताइँदै आएको छ।" भारतमा लगातार सङ्क्रमणका सङ्ख्या बढेपछि नेपालमा पनि चिन्ता बढिरहेको छ। त्यहाँ करिब १० हजारलाई सङ्क्रमण भएको बताइएको छ भने तीन सयभन्दा धेरैको ज्यान गइसकेको छ। पछिल्लो समय भारतसँगका खुला सिमानामा नेपालले सशस्त्र प्रहरी गस्ती बढाएको छ।
राष्ट्रिय झण्डाको गणितबारे डिजाइनर शङ्करनाथ रिमाल
नेपालको राष्ट्रिय झण्डाको आधिकारिक डिजाइन गरेका आर्किटेक्ट शङ्करनाथ रिमालले झण्डा बनाउँदा यसको गणितलाई ध्यान दिन आग्रह गरेका छन्।
पहिलेदेखि नै दुई त्रिभुजमा चन्द्र र सूर्य राख्ने चलन भएपनि विसं २०१९ अघि नेपालमा निश्चित मापदण्डको झण्डा थिएन। हाल ८५ वर्ष पुगेका रिमालले २६ वर्षको हुँदा झण्डा डिजाइन गर्ने मौका पाएका थिए। झण्डामा अङ्कित चन्द्र र सूर्यको स्थान तथा गणितीय मापदण्डबारे आर्किटेक्ट रिमालको भनाइ हेर्नुहोस् कमल परियारले तयार पारेको यो भिडिओमा। अनि यो पनि:
कोरोना भाइरस नेपाल: थप नौ जनामा सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या ३०० नाघ्यो
नेपालमा थप नौजनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थय प्रयोगशाला, काठमाण्डूमा गरिएको परीक्षणमा थप नौजनामा सङ्क्रमण पुष्टि भएसँगै नेपालमा कोभिड-१९ बाट सङ्क्रमित हुनेहरूको सङ्ख्या ३०४ पुगेको छ। सोमबार बिहान अद्यावधिक गरिएको तथ्याङ्कका अनुसार सङ्रक्रमित मध्य आठजना रौतहटका हुन। ती मध्य सातजना पुरुष र एकजना महिला छन्। बाराका एकजना ३८ वर्षीय पुरूष पनि सङ्क्रमित भएका छन्। उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ। यसअघि आइतवार पनि रौतहटमा १० जना नयाँ सङ्क्रमित फेला परेका ‍थिए। मन्त्रालयका अनुसार नयाँ सङ्क्रमित रौतहट ईशनाथ नगरकालिकाका सातजना र माधवनारायण नगरपालिकाका एकजना र बारा करैयामाइका एकजना छन्। 'धमाधम आउँदैछन्' रौतहटको ईशनाथ नगरपालिकाका प्रमुखले भारतबाट आएकाहरूमा आइतवार सङ्क्रमण पुष्टि भएको जनाएका थिए। नगर प्रमुख सन्तोष कुमार मेहताका अनुसार उनीहरू दिल्लीबाट आएका थिए। उनले भने, "अहिले २०० जना जति क्वारन्टीनमा छन्। अरु पनि आइरहेका छन्।" मेहताले करिब १,२०० लाई राख्न सकिने गरी क्वारन्टीनको व्यवस्था गरिएको जानकारी दिए।
कोरोना भाइरस नेपाल: विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि भन्छन्, 'नेपालमा कोभिड-१९ महामारी प्रारम्भिक चरणमा छ"
विश्वव्यापी रूपमा फैलिएको कोभिड-१९ महामारीबाट नेपाल पनि प्रभावित भएको छ। भारतसँग सीमा जोडिएका जिल्लाका क्वारन्टीनमा धेरै सङ्क्रमित फेला परेका छन्। सङ्क्रमण अन्यत्र पनि फैलिन सक्ने भन्दै धेरैले चिन्ता व्यक्त गरिरहेका छन्।
केही जनस्वास्थ्यविज्ञले नेपालमा कोरोनाभाइरसको सङ्क्रमण उत्कर्षमा पुग्न तीव्र गतिमा बढ्न लागेको चेतावनी दिइरहेका छन्। यसैबीच कोरोनाभाइरस सङ्क्रमणसम्बन्धी नेपालको पछिल्लो स्थिति, तयारीको अवस्था र सरकारले कडाइका साथ लागु गरेको लकडाउन लगायतका विषयमा बीबीसी संवाददाता संजीव गिरीले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)को नेपालस्थित कार्यालयका प्रतिनिधि जोस भ्यान्डिलियरसँग कुराकानी गरेका छन्। प्रस्तुत छ उक्त कुराकानीको सम्पादित अंश - नेपालको अवस्थालाई डब्ल्यूएचओले कसरी मूल्याङ्कन गरेको छ? नेपालको अवस्था विशेष छ। त्यो के अर्थमा भन्दा धेरैजसो सङ्क्रमण सर्वसाधारणमा व्यापक रूपमा देखिएको छैन, हामीले 'हटस्पट' भन्ने गरेको ठाउँमा देखिएको छ। सरकारले कोरोनाभाइरस सङ्क्रमितहरू भएको हुनसक्ने सम्भावित स्थानमा हेरिरहेको छ र हालसम्मको अवस्था हेर्दा त्यस्ता व्यक्तिहरू प्राय: भारतबाट फर्केका र क्वारन्टीनमा बसिरहेका छन्। भारतबाट आएर प्राय: क्वारन्टीनमा बसिरहेका मानिसमा सङ्क्रमण देखिएको छ। तर उनीहरूमा कुनै पनि किसिमको लक्षण देखिएको छैन। त्यसको अर्थ ती मानिसहरू बिरामी नभए पनि परीक्षण गर्दा केहीमा कोरोनाभाइरस सङ्क्रमण देखिएको हो। विगत केही सातामा सङ्क्रमण वृद्धि हुनुको कारण मूलत: भारतबाट फर्केका व्यक्तिको परीक्षण हुनु नै हो। हामी आगामी दिनमा पनि सङ्क्रमण बढेको देख्न सक्नेछौँ। यसको सङ्केत के हो त? नेपाल यो महामारीको तेस्रो चरणमा प्रवेश गरिसकेका छ कि अहिले पनि दोस्रो चरणमै छ? अहिलेसम्मका घटनाहरू क्वारन्टीनमा एकीकृत भएको देखिन्छ। विदेशबाट आएकाहरू दुई हप्ता क्वारन्टीनमा बसिरहेका छन् र उनीहरूको त्यहाँ परीक्षण भइरहेको छ। हामीसँग समुदाय स्तरमा कोभिड-१९ को सङ्क्रमण फैलिएको प्रमाण छैन। प्रत्यक्ष रूपमा यात्रा नगरेकाहरूमा पनि कोरोनाभाइरस सङ्क्रमित भएको केही घटना हुनसक्छ। तर हामीसँग अझै पनि बृहत् स्तरमा कोरोनाभाइरस फैलिरहेको छ भन्ने कुनै प्रमाण छैन। सबै त नभनौँ अधिकांश सङ्क्रमण भारतबाट फर्केका व्यक्तिमा देखिएको छ। अहिले नेपालभरि एक लाख जनाभन्दा बढी मानिसहरू क्वारन्टीनमा छन् तपाईँले क्वारन्टीनमा भएकाहरूमा कोरोनाभाइरस सङ्क्रमण देखिएको बताउनुभएको छ। बीबीसीले हालै ती स्थलको अव्यवस्थाबारे रिपोर्ट प्रकाशन गरेको थियो जसमा डब्ल्यूएचओको मापदण्ड पनि पालना नभएको उल्लेख छ। क्वारन्टीनमै मृत्यु पनि भएको छ। यस्तो अवस्थामा सरकारले सञ्चालन गरिरहेको क्वारन्टीनको व्यवस्थापनलाई डब्ल्यूएचओले कसरी हेरिरहेको छ? कतिपयले कमजोर व्यवस्थापनका कारण भविष्यमा क्वारन्टीनबाटै समस्या सुरु हुन सक्ने समेत बताएका छन् नि? तपाईँले भने जस्तै क्वारन्टीनको प्रयोजन भनेको मानिसहरूलाई एकअर्काबाट टाढा राख्नु हो। भारतबाट नेपाल फर्केकाहरूलाई नेपालमा बसिरहेकाहरूसँग छुट्टै राखिएको छ जसकारण कोही कसैले कोरोनाभाइरसको सङ्क्रमण बोकेर आएको रहेछ भने पनि त्यसलाई तत्कालै मानिसहरूलाई सार्न सक्दैनन्। क्वारन्टीनको प्रयोजन यही नै हो। र क्वारन्टीनमा राख्ने थुप्रै तरिका हुन्छन्। एउटा समूहलाई अर्कोसँग छुट्याएर राख्नुपर्छ। मानिसहरूलाई अरूहरूसँग अलग्गै घरमा पनि क्वारन्टीनमा राख्न सकिन्छ। नेपालले स्थापना गरेका क्वारन्टीनमा धेरै मानिस छन्। मानिसहरू ठूलो सङ्ख्यामा नेपाल प्रवेश गरेका कारण त्यस्तो भएको हो। सामान्य अवस्थामा हेर्ने हो भने क्वारन्टीनमा बसेकाहरूका लागि खाना, पिउने पानी र एक अर्कामा सङ्क्रमण नसरोस् भन्नका लागि आवश्यक दूरी कायम गर्ने व्यवस्था आवश्यक छ। चीनमा गत वर्षको नोभेम्बर महिनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको थियो र डब्ल्यूएचओले पनि यसलाई विश्वव्यापी महामारीको रूपमा घोषणा गरेको दुई महिनाभन्दा बढी भइसक्यो। छिमेकी राष्ट्र चीनबाट सङ्क्रमण फैलिन सुरु गरेका कारण पनि नेपाललाई तयारी गर्ने पर्याप्त समय रहेको कतिपयको बुझाइ छ। तसर्थनेपालको तयारी अवस्थालाई डब्ल्यूएचओले कसरी हेरेको छ? नेपालमा सङ्क्रमणको पहिलो घटना ज्यानुअरीमा देखिएको थियो भने दोस्रो घटना मार्च महिनामा। दोस्रो सङ्क्रमण देखिनासाथ सरकारले लकडाउन गर्‍यो। त्यसले के गर्‍यो भन्दा सङ्क्रमण भएको अवस्था भए पनि त्यसलाई फैलिन समय लाग्ने अवस्था सिर्जना भयो। लकडाउनले मानिसहरूलाई घरभित्रै राखेको छ र त्यसकारण सङ्क्रमण पनि फैलने जोखिम कम भएको छ। एकै पटक सङ्क्रमणको सङ्ख्या व्यापक रूपमा नबढोस् र स्वास्थ्यसंस्थाहरूमा अत्यधिक चाप नहोस् भन्नका लागि लकडाउन आवश्यक थियो। सरकारले यस बीचमा 'हटस्पट'हरूमा परीक्षण पनि बढाएको छ। गत ज्यानुअरीमा नेपालमा पीसीआर परीक्षण गर्नका लागि एउटा मात्र प्रयोगशाला भएको अवस्थामा अहिले २० वटा प्रयोगशाला तयार पारिनुले आवश्यक तयारी भइरहेको देखिएको जनाएको छ। कोभिड-१९ बाट सङ्क्रमित भएकाहरूलाई उपचार गर्नका लागि अस्पतालहरू तयार गर्न निकै मेहनत लागेको छ। अस्पताल मात्र हैन त्यहाँ काम गर्ने अधिकारीहरूलाई समेत तालिम दिइएको छ। छोटकरीमा भन्नुपर्दा सरकारले यो महामारी सुरु भएयताको समय राम्रो सँग तयार हुनका लागि प्रयोग गरेको छ। हामीले के कुराको पनि ख्याल राख्नुपर्छ भने नेपाल आर्थिक हिसाबले समृद्ध नभएकाले नेपालजस्ता देशहरूले गर्ने तयारी पनि आर्थिक हिसाबले सबल राष्ट्रहरूले गर्ने तयारीभन्दा फरक हुन्छ। तर हाल देखिएका घटना र भविष्यमा देखिन सक्ने घटनाबारे तयार रहन धेरै प्रयासहरू गरिराखिएको छ। कोभिड-१९ बारे थाहा हुन बाँकी कुरा पक्कै पनि नेपालसँग निश्चित स्रोत र साधन छ। तर कतिपय जनस्वास्थ्यविज्ञहरूले लकडाउन लामो समयका लागि उपाय हुन नसक्ने बताएका छन्। मानिसहरूको जीविकामा प्रभाव परेको छ। त्यस्तै गर्भवती महिलादेखि लिएर खोप लगाउने विषय समेत प्रभावित भएको छ। नेपालजस्तो मुलुकका लागि लकडाउनबाहेक अन्य केही विकल्प छ कि छैन? डब्ल्यूएचओले यसको विकल्प सरकारलाई सुझाएको छ कि छैन? तपाईँले भने जस्तै नियमित सेवा जारी रहन जरुरी छ। कोभिड-१९ का कारण लकडाउन लागु गरिएको भए पनि गर्भवती महिलाहरूले जन्म दिनुपर्छ, खोप आवश्यकता भएका बच्चाहरू छन् र सामान्य अवस्थामा जस्तै शल्यक्रिया आवश्यकता पर्नेहरू पनि छन्। तसर्थ पनि नियमित स्वास्थ्यसेवा जारी नै रहनुपर्छ। अहिलेको महत्त्वपूर्ण कार्य भनेको हामी यो महामारीको गति कम गर्न चाहन्छौँ र त्यसका लागि हामी धेरै मानिस सङ्क्रमित नहुन भन्ने चाहन्छौँ। र यी सबका लागि लकडाउन तुलनात्मक रूपमा "निर्मम अस्त्र" हो। आर्थिक सामाजिक क्षेत्रमा यसले पक्कै पनि प्रभाव पारेको छ। धेरैले जीविकोपार्जन गुमाएका छन्। र आर्थिक क्षेत्रमा कठिनाइहरू छन्। तसर्थ आर्थिक सामाजिकलगायतका क्षेत्रमा धेरै गहिरो खाडल नपरोस् भन्ने विषयमा सोच्न जरुरी छ। सरकारले लकडाउन खुकुलो पार्ने योजना बनाएको खण्डमा सर्वसाधारणहरूले डब्ल्यूएचओले सुझाएका सामाजिक दूरी कायम गर्ने, नियमित हात धुने र खोक्दा वा हाच्छिउँ गर्दा आवश्यक पर्ने सावधानिका उपाय अपनाउनुपर्ने हुन्छ। डब्ल्यूएचओले विभिन्न देशहरूको अवस्था हेरिहरेको छ। नेपालमा जनस्वास्थ्यविज्ञहरूले कोरोनाभाइरस सङ्क्रमण उच्चबिन्दुमा पुगिनसकेको बताइरहेका छन्। त्यसबारे डब्ल्यूएचओले केही अध्ययन वा कुनै किसिमको अनुमान गरेको छ? हामीसँग अहिले त्यसबारे कुनै जानकारी छैन। मैले अघि भने जस्तो परीक्षणको दायरा बढेसँगै सङ्क्रमितहरूको सङ्ख्या पनि वृद्धि भएको छ। सङ्क्रमितहरूको सङ्ख्या थप बढ्ने अनुमान गरिएको छ। तर त्यो कुन अवधिमा हुन्छ वा कत्तिलाई उच्चबिन्दु भन्ने विषयमा अहिले नै केही भन्न सकिने अवस्था छैन। वास्तवमा कोरोनाभाइरस के हो? भारतको अवस्था हेरेर नेपालमा कुनै किसिमको अनुमान गर्न सकिने अवस्था छ कि छैन? त्यसरी तुलना गर्न निकै गाह्रो छ। भारतमै पनि फरकफरक किसिमका अवस्था देखिएको छ। सबै राज्यको अवस्था एकै खालको छैन। त्यसकारण पनि नेपालको अवस्था अन्य कुनै देशसँग तुलना गर्न सहज छैन। कोरोनाभाइरस सङ्क्रमण फैलिन नदिने एउटै विकल्प परीक्षण, परीक्षण र थप परीक्षण रहेको बताइएको छ। परीक्षणको हिसाबले हेर्दा नेपालको अवस्था कस्तो देखिन्छ? नेपालमा पीसीआर परीक्षणको दायरा व्यापक रूपमा वृद्धि भएको छ। यो पक्कै पनि राम्रो कुरा हो। परीक्षण, परीक्षण र परीक्षण भनिरहँदा त्यसको दोस्रो भाग पनि छ - त्यो हो लक्षण देखिएका सबै जनाको परीक्षण। नेपालमा लक्षण देखिएका घटनाहरू निकै कम छन्। बिरामी नै परेका मानिसहरू निकै कम छन्। यस्तो अवस्थामा सरकारले विदेशबाट नेपाल आएकाहरूको परीक्षणमा ध्यान दिएको छ। तर त्यसमा पनि अधिकांश बिरामी परेका छैनन्। उनीहरूमा कुनै पनि किसिमको लक्षण नदेखिएको भए पनि परीक्षण गर्दा सङ्क्रमण देखिएको छ। पर्याप्त मात्रामा परीक्षणको क्षमताबारे कुरा गर्दा के बुझ्नु जरुरी छ भने परीक्षणको आवश्यकता नेपाल प्रवेश गरेका मानिसहरूको सङ्ख्यामा आधारित हुन्छ। अहिले सरकारले गरे जस्तै सबैको परीक्षण गर्ने हो भने थप परीक्षणको आवश्यकता पर्ने छ। वर्तमान अवस्थाको कुरा गर्नुपर्दा परीक्षणमा पक्कै पनि केही ढिलाइ भएको छ। प्रयोगशाला र अहिले प्रयोग गरिएको परीक्षणको विधिबारे पनि सरकार सचेत रहेको देखिन्छ। आरडीटी परीक्षणबारे तपाईँको धारणा के छ। धेरैले यसको विश्वसनीयता बारे प्रश्न उठाएका छन्। नेपालमा भने यसको प्रयोग झन् व्यापक बनाइएको छ नि। आरडीटी परीक्षणले मूलत: एन्टीबडीलाई हेर्छ। एन्टीबडी भनेको कुनै पनि सङ्क्रमणको प्रतिक्रियास्वरूप शरीरले उत्पादन गर्ने तत्त्व हो। एन्टीबडीको समस्या के छ भने त्यो कुनै पनि व्यक्ति सङ्क्रमित भएको १० देखि १४ दिनपछि मात्रै विकसित हुन्छ। यो तपाईँको प्रतिरक्षा प्रणालीको अङ्ग हो। त्यसकारण एन्टीबडी परीक्षण वा एन्टीबडी हेर्न खोज्दा कोही सङ्क्रमित छ कि छैन हेर्न निकै ढिला भइसकेको हुनसक्छ। किनभने ती व्यक्ति एक वा दुई हप्ता पहिले नै सङ्क्रमित भइसकेका हुनसक्छन्। प्राय: बिरामी व्यक्ति फेरि स्वस्थ भइसकेको हुनसक्छ। त्यसैले व्यक्तिगत तहमा हेर्दा कोही सङ्क्रमित भएको छ वा छैन छुट्ट्याउन आरडीटी परीक्षण उपयुक्त नहुन सक्छ। पीसीआर परीक्षणले भाइरस वा भाइरसको कण छ कि छैन भनेर हेर्छ। आरडीटी परीक्षण जनसङ्ख्याको कति प्रतिशत सर्वसाधारण सङ्क्रमित भएका छन् त्यो हेर्न उपयोगी हुन्छ। तर त्यसले वर्तमान समयमा नभएर विगतको नतिजा देखाउँछ किनभने यसले एन्टीबडी हेर्छ जसले पहिले भइसकेको सङ्क्रमणलाई हेर्छ। त्यसैले यी दुईमध्ये परीक्षणको कुन विधि सही हो त भन्दा यी दुवै परीक्षण निकै फरक प्रकारका छन्। दुवैका आफ्नै विशेषता छन्। कोरोनाभाइरस परीक्षण किन महत्त्वपूर्ण नेपालमा कति मानिस सङ्क्रमित होलान् भन्ने विषयमा वैज्ञानिक अध्ययन भएको छ ? तपाईँले जनसङ्ख्याको कति प्रतिशत मानिस सङ्क्रमित भएका छन् भन्ने जान्न चाहनु भएको हो भने त्यसबारे हामीले सङ्ख्या भन्न सक्ने अवस्था छैन। मैले अघि पनि भने प्राय: सङ्क्रमण देखिएकाहरू क्वारन्टीनमा छन्। त्यसैले उनीहरू नेपालभित्रको जनसङ्ख्याको अङ्ग होइनन्। कोभिड-१९ को सङ्क्रमण फैलिन नदिन कन्ट्याक्ट ट्रेसिङ पनि निकै महत्त्वपूर्ण मानिएको छ। नेपालमा डेटा व्यवस्थापन गर्न सहज नभएका कारण र भारतसँगको खुला सीमाका कारण यो प्रक्रिया जटिल रहेको बताइएको छ। कन्ट्याक्ट ट्रेसिङको सन्दर्भमा नेपालको अवस्था कस्तो छ र यसमा डब्ल्यू एचओले के कस्तो सहयोग गरिरहेको छ? कन्ट्याक्ट ट्रेसिङ भनेको सङ्क्रमितसँग सम्पर्कमा आएका व्यक्तिहरूको पहिचान गर्ने प्रक्रिया हो। त्यसपछि करिब दुई हप्तासम्म पटकपटक सम्पर्क गरेर उनीहरूको अवस्थाबारे जानकारी लिनुपर्ने हुन्छ। त्यो फोनबाट समेत गर्न सकिन्छ। उनीहरू बिरामी भएको अवस्थामा चिकित्सकीय निगरानीमा राख्नुपर्छ र उनीहरूमा कोभिड-१९ भए नभएको बुझ्नुपर्छ। यो एक प्रकारको जटिल काम हो किनभने उनीहरूलाई दुई हप्तासम्म पछ्याउनुपर्ने हुन्छ। नेपालमा हालसम्म प्राय: सङ्क्रमण देखिएकाहरू क्वारन्टीनस्थलमै रहेकाले उनीहरू सम्पर्कमा रहेकाहरू पनि त्यहीँ नै छन्। तर भविष्यमा बाहिर पनि सङ्क्रमणका घटना देखिन थालेपछि भने कन्टयाक्ट ट्रेसिङ अझ महत्त्वपूर्ण हुनेछ। त्यसैले हामी तयार रहन सरकारसँग काम गरिरहेका छौँ। डब्ल्यूएचओलाई अमेरिकाले दिँदै आएको बजेटमा कटौती गर्ने भनिरहेको छ। त्यस्तै आर्थिक हिसाबले सम्पन्न राष्ट्रहरू पनि आफैँ समस्याग्रस्त रहेको विवरणहरू सार्वजनिक भइरहेका छन्। यस्तो अवस्थामा डब्ल्यूएचओमा कस्तो प्रभाव पर्न सक्छ र त्यसले नेपालका लागि कस्तो अर्थ राख्छ? हाम्रो संस्थाले अहिले पछिल्लो घटनाक्रमको अध्ययन गरिरहेको छ। हामी अहिले कोभिड-१९ को सन्दर्भमा कुरा गरिरहेका छौँ। तर हामी सन् १९४८ देखि नेपालमा कार्यरत छौँ। डब्ल्यूएचओले २० प्रतिशत रकम नियमित बजेटमार्फत् प्राप्त गर्छ। त्यो भनेको सदस्यहरूको योगदान हो र बाँकी ८० प्रतिशत स्वैच्छिक रूपमा आउँछ जुन मूलत: परियोजना विशेषमा आधारित हुन्छ। यो ८० प्रतिशत रकम त्यति लचिलो हुँदैन। स्वैच्छिक रकम विभिन्न राष्ट्रका साथै आंशिक रूपमा संस्थाहरूबाट प्राप्त हुन्छ। यस्तो अवस्थामा एउटा सदस्यराष्ट्रले आफूले तिर्नुपर्ने शुल्क रोक्का गरे त्यसले डब्ल्यूएचओको बजेटमा कस्तो प्रभाव पार्छ भन्ने विषय अझै अस्पष्ट छ र एउटा कार्यक्रमको तुलनामा अर्कोमा प्रभाव बढी पर्छ वा पर्दैन भन्ने विषय पनि त्यति स्पष्ट भएको छैन। नेपालमा कोभिड-१९ को सन्दर्भमा कुरा गर्नुपर्दा कैयौँ दातृनिकायहरू सहयोगका लागि अघि बढेका छन्। ती निकायहरूले सरकारलाई पनि साथ दिइरहेका छन्। कोभिड-१९ को सङ्क्रमणविरुद्ध खोप कहिलेसम्म विकास होला? प्राय: खोप बन्न वर्षौँ समय लाग्छ। कोभिड-१९ का लागि आवश्यक पर्ने खोपको विकास गर्ने कार्यलाई पनि तीव्रता दिइएको छ। गुणस्तर वा सुरक्षामा कुनै सम्झौता नगरीकनै खोप विकासको कार्यलाई तीव्र बनाइएको छ र एकै पटक विभिन्न विधि अपनाइएको छ। अहिले सम्मको अवस्था हेर्दा करिब एकदेखि डेढ वर्ष समय लाग्ने सङ्केत देखिएको छ। नेपालजस्तो देशका लागि यो खोपको पहुँचबारे पनि चासो व्यक्त भएका छन् नि! पक्कै पनि। खोपमा सबैको पहुँच होस् भनेर कैयौँ पहल भइरहेका छन्। केही दातृनिकायहरूले यो विषयलाई अघि बढाएका छन्। खोप विकस गर्ने कार्यमा जति ध्यान केन्द्रित गरिएको छ त्यति नै ध्यान खोप विकास भए पछि नेपालजस्ता देशलाई पनि आर्थिक रूपमा समृद्ध राष्ट्रहरूसँगै खोप उपलब्ध कसरी गराउने भन्ने विषयमा केन्द्रित भइरहेको छ। यो एउटा विश्वव्यापी समस्या हो र यसका लागि विश्वव्यापी रूपमै समाधान आवश्यक छ र त्यो न्यायसङ्गत रूपमा गरिनुपर्छ। यो प्रकोपबाट बाहिरिइसकेपछि नेपालका लागि भनेर डब्ल्यूएचओले के कस्ता योजना तयार पारेको छ? नेपालमा हामी यो महामारीको प्रारम्भिक चरणमा छौँ। मैले पहिले भने जस्तै सङ्क्रमितहरूको सङ्ख्या बढ्नेछ। यो महामारी कहिलेसम्म रहन्छ वा कति मानिस सङ्क्रमित हुन्छन् भन्ने कुरा यकिन गर्न गाह्रो छ। तर उच्चबिन्दु पार गरेपछि भने हामीले गरेका कार्यहरूको मूल्याङ्कन गर्दै आगामी महामारीबाट कसरी सुरक्षित रहने भन्ने विषयमा सोच्नुपर्छ। के कोरोनाभाइरसको दोस्रो लहर आउँछ?
साउनदेखि लागु हुने सामाजिक सुरक्षा कोष के हो? के होइन?
सामाजिक सुरक्षा कोषले यही साउनदेखि निजीक्षेत्रका व्यवसाय एवम् संघसंस्थाका कर्मचारीहरूको निश्चित कोष मासिक रूपमा जम्मा गर्ने तयारी गरेको छ।
योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयन गर्न आठ वर्ष अगाडि स्थापित कोषले २०७४ मा पारित ऐन बमोजिम तयारी गरेको हो। तर योसँगै यसभन्दा पहिले सञ्चय कोष वा नागरिक लगानी कोषमा जम्मा रकमका बारेमा आशङ्का व्याप्त छ। ती रकम र कोषको हकमा अब के हुने अनि ती कोषले प्रदान गरेकै जस्ता सुविधा सामाजिक सुरक्षा कोषले देला कि नदेला भन्ने प्रश्नहरू उठेका छन्। यसै सन्दर्भमा बीबीसी नेपाली सेवाका सञ्जय ढकालले सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीसँग भेटेर कुराकानी गरेका थिए। सामाजिक सुरक्षा कोष भनेको खासमा के हो? वास्तवमा निजी क्षेत्रको पेन्सन तथा बीमा जस्ता विषय जुन थिएन त्यसलाई व्यवस्थापन गर्नको लागि र श्रम ऐनले श्रमिकका लागि तोकेका सुविधा व्यवस्थापन गर्न सामाजिक सुरक्षा कोष स्थापना भएको हो। यसको उद्देश्य भनेको जसरी अहिले विभिन्न रोजगारदाताहरूले छुट्टाछुट्टै आफ्ना कर्मचारीको सामाजिक सुरक्षाबारे व्यवस्था गरिरहेका छन् तिनको त्यो दायित्वलाई सरकारले सामाजिक सुरक्षा कोषमार्फत सञ्चालन गर्न सुरु गरेको हो। कतिपय निजी संघसंस्थाले त विद्यमान कर्मचारी सञ्चय कोष वा नागरिक लगानी कोषमार्फत नै गराइराखेका पनि छन्। तिनको हकमा यो सामाजिक सुरक्षा कोष भनेको साटोमा आउने हो वा परिपूरक हो? अहिले सञ्चय कोष वा लगानी कोषमा स्वैच्छिक रूपमा त्यसरी जम्मा भएका छन्। तर सामाजिक सुरक्षा कोष भनेको अनिवार्य हो। अहिले करिब एक लाख निजी क्षेत्रका श्रमिकको रकम सञ्चय कोषमा जम्मा भएको छ। हामी दुईवटा संस्था बसेर त्यो कोषको व्यवस्थापनबारे छलफल गरिरहेका छौं। र, अब साउनदेखि यो कोषले सञ्चय कोषको सबै रकम लिन थाल्नेछ। जहाँसम्म पहिलेको ऋण सापटी वा सञ्चयकर्ताहरूले पाइरहेका सुविधा अनि उनीहरूको त्यहाँ जम्मा भएको रकमको प्रश्न छ त्यसबारे चाहिँ हामी संस्थागत रूपमै छलफल गरेर समाधान निकाल्छौँ। अहिलेको प्रावधान अनुसार सामाजिक सुरक्षा कोषमा आबद्ध भइसकेपछि नागरिक लगानी कोषमा उपदानको पैसा जम्मा गर्ने र सञ्चय कोषमा पैसा जम्मा गर्नु पर्दैन। आधार (बेसिक) तलबको ३१% रकम - जसमा श्रमिकहरूले आफ्नो तर्फबाट सञ्चय कोषमा जम्मा गर्ने १०% रकम, रोजगारदाताले राखिदिने १०% अनि श्रम ऐन अनुसारको काम सुरु गरेदेखिकै उपदानका लागि कटाइने ८.३३% गरेर २८.३३% रकम, अहिलेसम्म सामाजिक सुरक्षाको लागि तिरेको १% गरि हुन आउने २९.३३% को साथमा रोजगारदाताले थप्ने १.६७% गरि पुग्ने ३१% रकम यो कोषमा आउँछ। यो कुलमध्ये २८.३३% रकम चाहिँ पेन्सन योजना अन्तर्गत प्रयोग हुन्छ भने बाँकी २.६७% रकम चाहिँ सामाजिक बीमाका लागि प्रयोग हुन्छ। यो बीमा सुविधा अन्तर्गत श्रमिकले मातृत्व सुरक्षा, बिरामी हुँदाका सुविधा, उपचार खर्च, तथा व्यवसायजन्य रोग लागेमा खर्च गर्ने गरि तय गरिएको छ। सञ्चय कोष वा नागरिक लगानी कोषमा आबद्ध भइरहेकाहरूलाई अब त्यहाँबाट छाडेर अनिवार्य सामाजिक सुरक्षा कोषमा आउनैपर्छ? यो साउन १ गतेदेखि एकमुष्ट रूपमा हिसाब मिलान गरेर हामी व्यवस्थापन गर्छौँ भनेर हाम्रो र सञ्चय कोषको बीचमा कुराकानी भइरहेको छ। त्यसको टुङ्गो लगाएर हामी सूचना प्रकाशित गर्छौँ। त्यो संस्थागत रूपमै टुङ्गो लगाइन्छ। व्यक्तिपिच्छे आफैँ हिसाब मिलान गर्नु पर्दैन। साउन १ गतेदेखि हामी नै योगदान रकम सङ्कलन गर्न थाल्छौँ। तर योगदानकर्ताहरूको जति रकम वा कोष, सञ्चय कोष वा नागरिक लगानी कोषमा हालसम्म जम्मा भएर बसेका छन् त्यो पनि यही सामाजिक सुरक्षा कोषले तान्छ? त्यसको हिसाब मिलान गर्ने अथवा त्यो पैसा लगानी गर्ने कुराको हामी व्यवस्थापन गर्छौँ। तर मानिसहरूले लामो समयदेखि सञ्चय कोष वा लगानी कोषमा जम्मा गरिराखेका छन् र त्यसबाट सापटी सुविधा पनि लिएका छन्। त्यही रकमको हिसाब गरेर उनीहरूले भविष्यका योजना पनि बनाएका छन्। त्यसमा तलमाथि होला कि भन्ने त्रास वा अन्योल छ नी? त्यसमा तलमाथि हुने स्थिति आउँदैन। यो कोषले कार्यसञ्चालन गर्दा उसको कार्यक्षेत्र पूरै घट्ने अथवा उसको पैसाको लगानीमा अप्ठेरो हुने गरी हामी काम गर्दैनौँ। तर यता आइसकेपछि उता जानु पर्दैन भन्नेमा म जोड दिन चाहन्छु। उसो भए यो कोषमा आइसकेपछि उताबाट प्राप्त हुने जस्ता सापटी वा अन्य सुविधा हुन्छ कि हुँदैन? सञ्चय कोष र यसको अन्तर भनेको यो एउटा सामाजिक ऐक्यबद्धताको विषय हो। धेरै तलब खाने होस् वा थोरै तलब खाने होस् एउटाले अर्कोलाई परस्पर सहयोग गर्ने पद्दतीको हिसाबमा यो बनाइएको हो। यस्ता किसिमका सामाजिक सुरक्षाको योजनामा सिद्धान्तत: सापटी सुविधा हुँदैन। कोषको क्षमतालाई लिएर कतिपयले चिन्ता व्यक्त गरेका छन् तर एउटा ठाउँ के हुन सक्छ भने अहिले पेन्सनबारे अन्तर्राष्ट्रिय प्रचलन १८ देखि २०% रहेको पाइन्छ जबकि हामीकहाँ २८.३३% छ। साथै ऐनले नै सञ्चय कोष र उपदान भनेर छुट्टाछुट्टै शीर्षकमा पैसा उठाइरहेको हुनाले हामीले एउटा ठाउँ के राखेका छौँ भने पेन्सन योजनामा धेरै पैसा भए एकमुष्ट फिर्ता पाउने भन्ने छ। सापटी सुविधाको विषय चाहिँ लगानी कार्यविधिमा समावेश हुन्छ। यो कार्यविधि हामी बनाउँदैछौँ। सुरुमै सापटी पाउने भन्ने स्थिति हुँदैन तर तीन, चार वा पाँच वर्ष पैसा जम्मा गरिसकेपछि सापटीको व्यवस्था राख्ने हो कि भनेर कुराकानी भइरहेको छ। त्यसको टुङ्गो लाग्न बाँकी छ। यो कोषको कार्यविधि हेर्दाखेरि ६० वर्ष पुगेपछि मात्र योगदानकर्ताले पैसा फिर्ता पाउने भन्ने बुझिन्छ। तर कसैले बीचैमा जागिर छाडे के हुन्छ? ६० वर्ष भन्दा पनि ऐनको प्रावधानचाहिँ ५८ वर्षको छ। अहिले त्यो बढ्छ भन्ने अनुमानको आधारमा त्यो ६० वर्ष उल्लेख भएको छ। त्यो संशोधन हुन पनि सक्छ। तर चाहे ५८ होस् वा ६०, बीचैमा जागिर छाडे के हुन्छ भनेर धेरैले प्रश्न गरेका छन्। तर पद्दतीगत रूपमा के विकास गरिएको छ भने कसैले कुनै जागिर छाडेपनि अर्को रोजगारदाता चयन गर्न सक्ने वा स्वरोजगारमा जाने हुनसक्छ। उसले नियमित आफ्नो खातामा १५ वर्ष जम्मा गरेपछि पेन्सन योजनामा समाहित हुन्छ। तर १५ वर्षपछि कसैले म त एकमुष्ट उपदानको रूपमा लिन्छु पेन्सन लिन्न भनेर रोज्न पाउँछ कि पाउँदैन? अहिलेको असार मसान्तसम्मका श्रमिकहरूका लागि वैकल्पिक कुरा राखिएको छ - उसले मेरो अवधि पुग्छ त्यसैले स्वैच्छाले पेन्सन योजनामा जान्छु भन्न पनि पाउँछ वा एकमुष्ट झिक्छु भन्न पनि पाउँछ। सामाजिक सुरक्षा सुरु गर्दा ४२ वा ४५ सम्मका उमेर समूहका मानिसले ५८ वर्षसम्म कुनै न कुनै रोजगारमा आबद्ध रहनेछन् र पेन्सन लिन सक्नेछन् भन्ने आधारमा उनीहरूलाई वैकल्पिक रूपमा राखिएको हो भने साउन १ गतेदेखि नयाँ नियुक्त हुने कर्मचारीहरूका हकमा चाहिँ उनीहरू पूरै पेन्सन योजनामा जानेछन् भन्ने तय गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१८ को नोभेम्बरमा सामाजिक सुरक्षा योजनाको उद्घाटन गरेका थिए कसैले पाउने पेन्सन कसरी गणना गरिन्छ? पेन्सन सुविधा पाउनका लागि न्यूनतम १५ वर्ष योगदान गरेको हुनुपर्छ। त्यो कुल योगदान रकममा कोषले दिने मुनाफा प्रतिफल पनि जोडिन्छ। त्यसलाई १८० ले भाग गरिन्छ। जति निस्कन्छ प्रति महिना त्यति रकम बाँचुञ्जेल पेन्सन दिइनेछ। योगदानकर्ताको पहिले नै निधन भयो भनेदेखि परिवारलाई पेन्सन तथा बालबच्चाको छात्रवृत्तिको पनि व्यवस्था छ। साथै योगदानकर्ताले केही गरी काम गर्न नसक्ने अवस्था भयो भने पनि पेन्सन दिन सकिने व्यवस्था छन्। तर कसैले १५ वर्ष योगदान गर्न सकेन र आंशिक मात्र गर्‍यो भने के हुन्छ? अहिलेको प्रावधानमा यी विषय उल्लेख छैनन्। यो कोष अन्तर्गत योगदान गरेको आधारमा नै सुविधा पाउने हो। त्यसैले उसले योगदान गरेको रकम फिर्ता हुने गरी प्रावधान बनाउनु पर्ने देखिएको छ। यो कोषबाट योगदानकर्ताले पाउने अन्य सुविधा के के हुन्? पहिलो त उसले बिरामी भए सुविधा पाउँछ। घरैमा बसेर गरेको उपचारको सुविधा पाउँछ। बीस हजारसम्मको त्यस्तो उपचार र चिकित्सकको परामर्श खर्च पाउँछ। हाल रोजगारदाताले १२ दिनसम्मको बिरामी विदा सुविधा दिइआएकोमा अब त्यो बाहेक १३ हप्तासम्म आधार तलबको आधारमा सुविधा दिने कुरा छ। मातृत्व सुरक्षाका हिसाबले धेरै सुविधा दिइनेछन्। कार्यस्थलमा हुने दुर्घटनाको सम्पूर्ण कभरेज हुनेछ। त्यस्तो उपचार गर्दा लाग्ने पूरै खर्च कोषले बेहोर्नेछ। अन्य दुर्घटना बीमा पनि छ। व्यवसायजन्य रोग वा काम गर्दा कुनै गम्भीर प्रकृतिको रोग लागेमा त्यसको असीमित कभरेज हुनेछ वा बेहोरिनेछ। कोही काममा फर्कन सकेन वा आंशिक कामको क्षमतामा क्षति भए स्वास्थ्य परीक्षण समितिले गरेको मूल्याङ्कनको आधारमा सुविधाहरू दिइनेछन्। काममा फर्कन नसक्ने अवस्थामा उसको परिवारलाई सहयोग र बालबच्चालाई छात्रवृत्तिको विषय पनि छ। यति धेरै जिम्मेदारी यो कोषले लिने रहेछ। सोही अनुसारको जनशक्ति तथा क्षमता कोषमा भइसक्यो त? कि कतै स्मार्ट लाइसेन्स भनेर ल्याउने तर वर्षौँसम्म संस्थानै अस्तव्यस्त भइरहने र सेवाग्राहीले दु:ख पाइरहने जस्तो अवस्था त दोहोरिने होइन? जनशक्तिका लागि विज्ञापन भइरहेको छ। अहिलेसम्म ३३ सय रोजगारदाता र १३ हजार श्रमिक हामीकहाँ दर्ता भइसकेका छन्। म के आश्वस्त गराउन चाहन्छु भने यो कोष भनेको त्रिपक्षीय हिसाबले व्यवस्थापन गरिन्छ। नेपाल सरकारको सचिव यसको सञ्चालक समितिको अध्यक्ष रहन्छन् भने रोजगारदाताको तर्फबाट निजी क्षेत्रका छाता संगठनका प्रतिनिधिहरू तथा ट्रेड युनियनका प्रतिनिधिहरू पनि यसमा रहन्छन्।
कोरोना भाइरस नेपाल: अहिले कोभिड खोप नपाएका ६० देखि ६५ वर्ष उमेरका मानिस 'सङ्क्रमणको उच्च जोखिममा'
सरकारले अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सञ्चारकर्मी र अन्यलाई कोरोनाभाइरसविरुद्धको दोस्रो खोप उपलब्ध गराउन थालेको छ। तर तर स्वास्थ्यकर्मीहरूले जोखिममा रहेको भनिएका ६० देखि ६५ वर्ष उमेर समूहका मानिसहरूले पहिलो चरणको खोप नै लगाउन पाएका छैनन्।
त्यही उमेर समूहमा पर्ने अरुणध्वज अधिकारीले खोप लगाउन नपाएको विषय उठाउँदै मङ्गलवार साँझ ट्विटरमा प्रश्न गरे, "मेरो पालो कहिले आउँछ?" उनले सन्दर्भ जोड्दै ट्वीट गरेका छन्ः "मैले पहिलो मात्रा खोप पाउन बाँकी नै छ। मानिसहरूले दोस्रो लगाउँदैछन्। ६० देखि ६५ उमेर समूहका मानिसको जीवनले पनि अर्थ राख्छ।" बीबीसीसँग कुरा गर्दै उनले भने, "६५ वर्षमाथिका मानिसलाई लगाइँदा बुवाले भारतबाट आएको खोप लगाउनुभयो, भाइबुहारीहरूले चीनबाट आएको खोप लगाए। म चाहिँ सरकारले ल्याउँछ अनि लगाउँला भनेर पर्खिएर बसेको छु। मेरो घरमा १२/१५ जनामध्ये म मात्रै खोप लगाउन बाँकी छु। मेरो पालो कहिले आउँछ खोइ?" अधिकारीले ट्वीट गरेपछि जलस्रोतविद् दीपक ज्ञवालीले पनि आफ्नी श्रीमतीले ६० देखि ६५ वर्ष उमेर समूहमा परेका कारण खोप लगाउन नपाएको भन्दै ट्वीट गरेका थिए। उनले ट्वीटरमा लेखेका छन्, "मेरी श्रीमती भारतीय खोपका लागि कम उमेरकी भइन् र चिनियाँ खोपका लागि बढी उमेरकी भइन्। उनी पनि खोपको प्रतीक्षामा छिन्।" उनीहरू जस्तै ६० देखि ६५ उमेर समूहका अधिकांश मानिसले खोप लगाउन पाएका छैनन्। सरकारले भारतबाट सुरुमा ल्याएको कोभिशील्ड खोप अग्रपङ्क्तिमा रहेर काम गर्ने वर्ग तथा ६५ वर्ष माथिका नागरिकलाई दिएको थियो। तर झन्डै एक महिनाअघि भारतले आफ्नै देशमा सङ्क्रमितको सङ्ख्या बढ्न थालेको र खोपको माग धान्न गाह्रो भएको भन्दै खोप निर्यातमाथि अस्थायी रोक लगायो। त्यसपछि चीनबाट नेपालमा भेरो सेल खोप त भित्रियो तर त्यसको तेस्रो चरणको परीक्षणका बेला ६० वर्ष माथिकालाई नसमेटिएको भन्दै खोप नलगाउन सुझाइयो। खोप लगाउन गएका ठाउँमा ६० वर्षभन्दा माथिकालागि भेरो सेल खोप दिन मिल्दैन भनेर फर्काइएको गुनासो मानिसहरूको रहेको छ। तर कतिपयले भने अन्य खोप आउने अन्योलमाझ ६० देखि ६५ वर्षकै उमेर समूहमा रहँदा पनि चीनको भेरो सेल खोप लगाएको बताएका छन्। अरुणध्वज अधिकारीले ६० देखि ६५ उमेर समूहमै पर्ने आफ्ना भाइबुहारीले पनि भेरो सेल खोप लगाएको बताए। तर सरकारले भने त्यसलाई सुझाएको छैन। नेपालमा अहिलेसम्म सबै गरी १९ लाखलाई खोप दिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। कहिले पाउलान् खोप? स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले भने, "भारतबाट आउने खोपको निर्यात रोकिएको र चीनबाट आउने खोप ६० वर्षमाथिका मानिसमा परीक्षण नभएकोले ६० देखि ६५ वर्ष उमेरका मानिसहरूले खोपको पहिलो मात्रा लगाउन पाउनुभएको छैन।" भारतबाट खरिदका लागि भुक्तानी भइसके पनि कोभिशील्डको थप मात्रा नेपाल भित्रिन अझै कति समय लाग्ने निश्चित नभएको उनी बताउँछन्। "उक्त खोप कहिलेबाट आउँछ भन्ने निश्चित छैन तर अब ६० देखि ६५ वर्ष उमेर समूहकाले यही खोप पाउने सम्भावना धेरै देखिन्छ," उनले भने। भारतले झन्डै एक महिनाअघि कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढिरहेको र आउँदा साताहरूमा घरेलु माग बढ्ने भन्दै खोप निर्यातमा अस्थायी रोक लगाएको थियो। भारतको उक्त कदमले एप्रिलको अन्त्यसम्म आपूर्तिमा असर गर्ने ठानिएको थियो। कोभिड-१९ हुँदा मान्छेको शरीरमा के हुन्छ? यो उमेर समूहमा कति मानिस र कस्ता जोखिम छन्? सङ्क्रमणको उच्च जोखिममा रहने यो उमेर समूहमा पर्ने मानिसको सङ्ख्या करिब ९ लाख रहेको केन्द्रीय तथ्याङ्क विभागको तथ्याङ्कले देखाउँछ। उक्त उमेर समूहमा पर्ने जनसङ्ख्या रोग सङ्क्रमणका हिसाबले जोखिममा रहेको मधुमेह रोग विशेषज्ञ डा. ज्योति भट्टराई बताउँछिन्। पल्मनरी एन्ड क्रिटिकल केअर विशेषज्ञ डा. रक्षा पाण्डे पनि मधुमेह, उच्च रक्तचापजस्ता समस्या यो उमेर समूहका मानिसमा धेरै हुने भएकोले खोपको प्राथमिकतामा उनीहरूलाई राखिनुपर्ने बताउँछिन्। "उमेर बढेसँगै कोरोनाभाइरसले हुने जटिलता र कडा कोरोनाभाइरस हुने सम्भावना बढ्दै जान्छ। ५५ वर्ष माथिका मानिसमा रोगसँग लड्ने क्षमता कम हुन्छ त्यसैले कोरोनाभाइरस भइहाल्यो भने सिकिस्त हुने सम्भावना बढी हुन्छ," डा .पाण्डेले बीबीसीसँग भनिन्। सरकारले पनि ६० वर्षमाथिका मानिसमा सङ्क्रमणको जोखिम रहने र रोग लागे निको हुन गाह्रो हुने भन्दै स्वास्थ्य मापदण्डको पालना गर्न आग्रह गर्दै आएको छ। किन कोभिड खोपबीच तुलना गर्न मिल्दैन?
चिनीलाई पनि चुरोटलाई जस्तै हानिकारक मान्ने बेला आयो कि?
गएको दशकमा धूमपानलाई सीमान्तकृत र कलङ्कित बनाइएको छ।
ब्रिटेनमा सन् २००७ मा धूमपान प्रतिबन्धित गरियो, त्यसको एक दशकपछि सामान्य खोल राख्नुपर्ने बाध्यकारी व्यवस्था गरियो। त्यो सबै मानिसहरूलाई चुरोट खानबाट निरुत्साहित गर्न गरिएको हो। र, चिनी पनि चुरोटकै बाटो लागिरहेको देखिन्छ। ब्रिटेनमा गुलियो पेय पदार्थमाथि कर लगाइएको छ। र अहिले अग्रणी थिङ्क ट्याङ्कले गुलिया पदार्थको आवश्यकता भन्दा बढी खपतका कारण चिनी प्रयोग हुने सबै खाद्यपदार्थहरूलाई आकर्षक नबनाइयोस भनेर साधारण खोल राखेर बेच्नुपर्ने व्यवस्था गर्न माग गरिएको छ। उक्त माग इन्स्टिट्यूट फर पब्लिक पोलिसी रिसर्च (आइपिपिआर) ले आफ्नो नयाँ प्रतिवेदनमा गरेको छ। गुलियो पेयपदार्थले 'असामयिक मृत्युको सम्भावना बढाउँछ' कति चुरोट बराबर एक बोतल रक्सी? सामान छान्न उपयोगी आइपिपिआरका निर्देशक टम किबासी यसले साँच्चै फरक पार्ने विश्वास गर्छन्। "साधारण खोलले हामीलाई राम्रो सामान छान्न मद्दत गर्छ र व्यस्त अभिभावकलाई सामान किनिदिन कर गर्ने बच्चाले गर्ने पिरलोमा कमी ल्याउँछ," उनले भने। यसको साथै तयारी खानेकुराहरूको विज्ञापनमा पनि प्रतिबन्ध लगाउने लगायतका अरू उपायहरू अपनाइएको उनी हेर्न चाहन्छन्। त्यसबारे पहिल्यै मन्त्रीहरूले सोचिसकेका छन्। तर के साधारण खोल हाल्ने कदम सफला होला? एनर्जी ड्रिङ्कलाई प्रतिबन्ध? कदमविरुद्ध उद्योग उद्योगहरूले यसबारे आपत्ति जनाइसकेका छन्। खाद्यान्न र पेय पदार्थसम्बन्धी महासङ्घले सामानको ब्र्याण्डिङ गर्न पाउनु आफ्नो "आधारभूत व्यवसायिक स्वतन्त्रता" र "प्रतिस्पर्धा विपरित" भएको दाबी गरेका छन्। त्यस्तै खालको तर्क चुरोट उद्योगहरू पनि अघि सारेका थिए। तर एकपछि अर्को सरकारले त्यसपछि कडा अडान राख्दै आएका छन्। तर गुलिया खानेकुराहरूमा साधारण खोल हाल्ने कुरालाई भने सरकारले निर्देशन दिइसकेको छैन। बरु, स्वास्थ्य र सामाजिक सुरक्षासम्बन्धी मन्त्रालय डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसियल केअरले इङ्गल्याण्डका प्रमुख मेडिकल अधिकृत प्राध्यापक डेम स्याली डेभिसले के भन्छिन् त्यो सुन्न पर्खिरहेको जनाएको छ। किन? किनभने सन् २०३० सम्ममा बालबालिकामा देखा पर्ने मोटोपनाको समस्या आधा कम गर्ने लक्ष्य पूरा गर्न साहसिक कदम चाल्न आवश्यक छ। त्यसका लागि कुनै पनि कसर बाँकी नराखिएको सुनिश्चित गर्नका लागि डेम स्यालीलाई त्यस्ता कदमहरूको समीक्षा गर्न भनिएको छ। खासमा, उनले आइपिपिआरले अघि सारेको अर्को उपाय अपनाउन पनि सुझाव दिइसकेकी छन्। त्यो उपाय भनेको चाहिँ गुलियो पेय पदार्थदेखि अन्य अस्वस्थकर खानेकुरासम्म कर बढाउनु एउटा सहि विकल्प हुने उनको सुझाव छ। र, उनी साधारण खोलको उपायबारे पनि खुला छिन् जुन अझै कडा कदम हुने पक्का छ। बच्चाको मोटोपन घटाउन आमाबुबाको के भूमिका सबै चुरोटहरूले स्वास्थ्यमा हानी पुर्याउने सचेतना सन्देशसहित हरियो सादा खोलले बेरेर बेच्नुपर्छ बितेको दशकबाट के स्पष्ट भएको छ भने जे सम्भव छैन भन्ने देखिएको थियो त्यो छिट्टै सम्भव हुनसक्छ। सन् नब्बेको दशकको सुरुमा स्वास्थ्य अभियानकर्मी र प्राज्ञिक निकायहरूले सार्वजनिक स्थलमा धूमपान गर्न प्रतिबन्ध लगाउनुपर्नेमा निरन्तर दबाब दिइरहेका थिए। सरकारले एकपछि अर्को गर्दै उक्त कदमलाई निरूत्साहित गर्‍यो। तर पेट्रिसिया हेविट स्वास्थ्यमन्त्री भएपछि अवस्था विस्तारै परिवर्तन हुनथाल्यो एकपछि अर्का कडा उपायहरू अवलम्बन गरियो। उनको त्यस्तो प्रयासले काम गरेको देखिन्छ किनकि विगत १० वर्षमा चुरोट पिउनेको दरमा एक तिहाईले कमी आएको छ। चुरोटको विकल्पमा विद्युतीय उपकरणमार्फत निकोटिन मिश्रित वाफ तान्ने र फाल्ने 'भ्यापिङ'को वृद्धिका कारण पनि चुरोट पिउनेको सङ्ख्यामा कमी आएको हो। तर जनस्वास्थ्यबारे चालिएका कडा नियमहरूको पनि त्यसमा भूमिका रहेकोमा कुनै शङ्का छैन। सुर्तीजन्य उत्पादनमा सादा खोल हाल्नुपर्ने नियम पहिलोपटक लगाउने अस्ट्रेलियाकै उदाहरण हेर्ने हो भने पनि त्यस्तो कदमले धूमपान दरमा कमी ल्याउन उल्लेख्य भूमिका खेल्ने देखाएको छ। मोटोपनाबारे बहस तीब्र रुपमा बढिरहँदा चिनीमाथि चालिने कडा कदमहरूको पक्षमा धेरै कुरा सुन्न पाइने अपेक्षा गर्नुहोस्। मधुमेहका कारण र लक्षण
बीबीसी वर्षको उत्कृष्ट भारतीय महिला खेलाडी को बन्ला
बीबीसीले भारतमा पहिलोपटक 'बीबीसी इन्डियन स्पोर्ट्सवुमन अफ द इयर' वा वर्षको उत्कृष्ट महिला खेलाडी छनोट गर्न पाँच खेलाडीको नाम मनोनयन गरेको छ।
धावक दुती चंद, प्यारा ब्याडमिन्टन खेलाडी मानसी जोशी, बक्सिङकी मेरी कोम, ब्याडमिन्टनकी पीभी सिन्धु र पहलमान विनेश फोगट रहेका छन्। भारतीय भाषाका बीबीसीका साइटहरूमा पाठकहरूले फेब्रुअरी १७ सम्म मत हाल्न सक्ने व्यवस्था गरिएको छ। भारतीय भाषा सेवाकी सम्पादक रुपा झा भन्छिन्, "भारतीय महिलाले इतिहास रचेका छन् तर उनीहरूप्रति अझ पनि हामी आकर्षण पैदा गर्न सकेका छैनौँ।" "बीबीसीले महिलाको योगदानबारे सोच्छ र त्यसमा हाम्रो प्रतिबद्धता पनि छ।" मार्च ८ मा नयाँ दिल्लीमा एक कार्यक्रम गरेर विजेताको नाम घोषणा गरिने बीबीसीले जनाएको छ। दुती चंद दुती चंद चंद उडिशाको जाजपुर जिल्लाकी हुन्। उनको परिवारमा छ दिदीबहिनी र एक भाइ गरी नौ जना छन्। उनका बाबु कपडा बुन्ने काम गर्थे। उनले धावक बन्न धेरै समस्याको सामना गर्नुपरेको थियो। उनकी दिदी सरस्वती चंद पनि राष्ट्रिय धावक थिइन्। दिदी दौडेको देखेर उनले पनि खेलाडी बन्ने निश्चय गरेकी थिइन्। उनी भन्छिन् "मेरी दिदीले मलाई दौडन प्रेरित गरिन्। पढाइ शुल्क तिर्न पैसा थिएन। यदि खेल्यो र स्कूलमा च्याम्पियन बन्यो भने पढाइको खर्च स्कूलले नै दिन्छ र खेल क्षेत्रमा जागिरे नै हुन सकिन्छ भनेर दौडन सुरु गरेँ।" तर न जुत्ता थियो, न दौड्ने ट्र्याक, न त सिकाउने गुरु नै। सुरुमा एक्लै दौडिइन्। सन् २००५ मा सरकारी खेल होस्टलका लागि उनी चुनिइन्। पहिलो कोच चितरञ्जन महापात्राले उनलाई दौड सिकाउन थाले। उनले २००७ मा पहिलो राष्ट्रिय पदक जितिन्। तर अन्तर्राष्ट्रिय पदक पाउन उनले २०१३ कुर्नुपर्यो। हार्मोनको विवाद सन् २०१४ को राष्ट्रमण्डल खेलमा उनको नाम अचानक हटाइयो। उनको शरीरमा पुरुषको हार्मोन्स धेरै पाइएको भनिएको थियो। सन् २०१५ मा उनले कोर्ट अफ आर्बिट्रेशनमा अपील गरिन् र मुद्दा जितिन्। त्यसले सन् २०१६ को रियो ओलम्पिकको तयारीमा पनि असर परिसकेको थियो। "रियोको तयारीका लागि मसँग एक वर्ष थियो। मैले मेहनत गरेर छनोटमा परेँ।" रियोमा उनले पदक जित्न सकिनन् तर त्यसपछि उनको प्रदर्शन राम्रो बन्दै गयो। सन् २०१७ को एशियन एथलेटिक्स च्याम्पियनशीपमा उनले दुई कास्य पदक जितिन्। समलिङ्गी सम्बन्धबारे खुलासा उनले सन् २०१९ मा आफू समलिङ्गी सम्बन्धमा रहेको खुलाइन्। त्यसपछि उनले परिवार र गाउँको विरोध सामना गर्नुपर्‍यो तर उनले हार मानिनन्। आज पनि उनी आफ्नी पार्टनरसँग बस्छिन्। अब टोक्यो ओलम्पिकमाथि उनको नजर छ। उनले ओलिम्पिकमा पदक प्राप्त गर्ने अभिलाषा राखेकी छन्। खेल जीवनबाट अवकाश लिएपछि बच्चाहरूका लागि एकेडेमी खोल्ने र राजनीति गरेर देशको सेवा गर्ने उनको योजना छ। सन् २०१९ मा प्रतिष्ठित टाइम म्यागजीनको १०० नायकमा पनि उनी परेकी थिइन्। मानसी जोशी मानसी जोशी मानसी जोशी एक दिनमा ७ देखि ८ घण्टा तालिम गर्छिन्। हरेक दिन मध्यान्हमा आराम गर्छिन्। शनिवार र आइतवार किताब पढेर या बगैँचामा काम गरेर बिताउँछिन्। ३० वर्षीया जोशी भारतीय प्यारा ब्याडमिन्टन खेलाडी हुन्। सन् २०१५ देखि प्यारा ब्याडमिन्टन खेलिरहेकी उनले सन् २०१९ मा विश्व च्याम्पियनशीप जितेकी थिइन्। सन् २०११ मा एउटा दुर्घटनामा उनले एउटा खुट्टा गुमाइन्। उनी भन्छिन् "ब्याडमिन्टन खेल र खेलस्थलमा गएकाले नै मलाई ठीक हुन मद्दत मिल्यो।" छ वर्षको उमेरदेखि उनले ब्याडमिन्टन खेल्थिन्। खासमा उनी सफ्टवेयर इन्जिनियरिङ हुन्। दुर्घटनापछि कार्यलयमा भएको प्रतिस्पर्धामा भाग लिएपछि उनलाई एक खुट्टाले पनि खेल्न सक्छु भन्ने लाग्यो। "मानिसहरू मलाई खाली दुर्घटनाबारे सोध्छन् । मलाई वाक्क लागिसक्यो। मलाई त अब जुन कुरा मैले सिकेकी छु त्यसबारे सोध्नुपर्‍यो नि।" उनले पहिलोपटक सन् २०१५ मा लण्डनमा भएको प्यारा ब्याडमिन्टन च्याम्पियनशीपमा मिक्स्ड डबलमा रजत पदक पाइन्। सन् २०१६ र सन् २०१७ मा प्यारा ब्याडमिन्टन च्याम्पियनशीपमा कास्य पदक जितिन् र सन् २०१९ मा स्वर्ण जितिन्। मेरी कम मेरी कोम 'बक्सिङमा मेरी कोम एकजना छिन् र एक नै रहने छिन्। दोस्रो मेरी कोम बनाउन मुश्किल छ।' यो भनाइ निकै सुनिन्छ। उनी सात पटक विश्व च्याम्पियन बनिसकेकी छन्। ३७ वर्षीया उनीसँग विश्व ओलिम्पिकको कास्य पदक र एशियन एवम् राष्ट्रमण्डल खेलको स्वर्ण पदक छ। उनले धेरैजसो पदक आमा बनेपछि जितेकी हुन्। सन् २००५ मा उनले जुम्ल्याहा बच्चा जन्माएकी थिइन्। उनले बीबीसीसँग भनिन् "प्रशिक्षक, समर्थक र परिवारले एक हदसम्म मात्र समर्थन गर्न सक्छन्। रिङमा त एक्लै परिन्छ। रिङमा नौ देखि १० महत्त्वपूर्ण मिनेटमा आफ्नो लडाइँ एक्लै लड्नुपर्छ।" "म यो कुरा बारम्बार सोच्छु। नयाँ तरिका सिक्छु। म प्रतिद्वन्द्वीको खेल कस्तो छ, त्यो बुझ्छु र राम्ररी खेल्न प्रयत्न गर्छु।" उनको बाल्यकाल चुनौतीपूर्ण थियो। परिवार असाध्यै गरिब थियो। मुक्केबाजी कति सजिलो? कोमले १५ वर्षको उमेरमा बक्सिङ सुरु गरिन्। उनी होची र कम तौलकी थिइन् त्यसैले उनलाई धेरैले हराइदिन्थे र उनको अनुहारमा अक्सर चोट लाग्थ्यो। सन् २००० मा प्रान्तीय प्रतिस्पर्धामा जितेपछि उनले पछाडि फर्केर हेर्नु परेन। उनले २००५ मा विवाह गरिन् र श्रीमानले घरमा बच्चा हेरिदिए पछि उनले मुक्केबाजीको तालिम गर्न थालिन्। सन् २०१६ मा भारतीय राष्ट्रपतिले कोमलाई राज्य सभाको सदस्यमा मनोनित गरेका थिए। पीवी सिंधु पीभी सिन्धु सन् १९९५ मा हैदराबादमा जन्मेकी सिन्धुले ओलम्पिकमा ब्याडमिन्टनको रजत पदक जितिसकेकी छन्। बीबीसी उनीसँग कुरा गर्न पुग्दा करिब चार घण्टा कोर्टमा अभ्यास गर्दा एकपटक पनि सिन्धुको ध्यान भङ्ग भएन। एकपटक पनि उनले आफ्नो फोन छोइनन्। लगातार अभ्यास गरिरहिन्। साथीभाइसँग ठट्टा भने चलिरह्यो। विश्व च्याम्पियनशीप जितेकी उनलाई रातारात सफलता मिलेको भने होइन। आठ वर्षको उमेरदेखि "मैले आठ वर्षको उमेरदेखि ब्याडमिन्टन खेल्न सुरु गरेँ। मेरा आमाबाबु भलिबल खेलाडी हुन्।" "मेरा बाबाले भलिबलमा अर्जुन पुरस्कार प्राप्त गरेका छन्। उनी रेलवे ग्राउन्डमा भलिबल खेल्न जाँदा नजिकै ब्याडमिन्टन कोर्ट थियो।" "महबूब अली मेरा पहिलो कोच थिए र १० वर्षको उमेरमा म गोपीचन्द एकेडेमी आएँ। अहिलेसम्म यहीँ छु।" सिन्धुले सन् २००९ मा जुनियर एशियन ब्याडमिन्टन च्याम्पियनशीपमा कास्य पदक जितिन्। "रियो ओलम्पिक विशेष छ। म घाइते थिएँ, त्यसैले डर लागिरहेको थियो तर मेरा बाबुआमा र प्रशिक्षकले ढाडस दिए।" "मैले रजत जितेँ। भारतमा गल्ली गल्लीमा मानिसहरू स्वागतका लागि बसेका थिए।" सिन्धु भारतकी सबभन्दा सफल महिला खेलाडी मात्रै होइनन्, सबैभन्दा धेरै कमाउने खेलाडीका रूपमा पनि परिचित छिन्। सन् २०१८ मा उनले खेलेर पाँच लाख डलर कमाइन् भने विज्ञापनबाट ८० लाख डलर कमाइन्। सफलताको मन्त्रबारे उनी भन्छिन्, "चाहे जे होस सधैँ आफूमाथि विश्वास राख्नु। यो नै मेरो तागत हो । म अरूका लागि होइन, मेरै लागि खेलिरहेकी छु।" विनेश फोगाट विनेश फोगाट सन् १९९४ को अगष्ट महिनामा हरियाणाको बलाली गाउँमा जन्मेकी फोगट कडा मेहनत, हिम्मत र हौसलाले सबभन्दा राम्रो पहलमानमा गनिएकी छन्। "मेरा ठूलाबा एक पहलमान थिए। मेरा हजुरबा पनि पहलमान थिए। हामी बच्चै हुँदा ठूलाबाले घरका केटीहरूलाई पनि कुस्ती सिकाउने निश्चय गरे। म त्यसबेला छ वर्षकी मात्र थिएँ।" गीता र बबिता महावीर फोगाटका छोरी थिए र विनेश भतिजी। "२० साल पहिलाको हरियाणाको गाउँमा केटीहरूलाई कुश्ती सिकाउनेबारे सोच्न पनि गार्हो थियो।" जब उनी १९ वर्षकी भइन् उनले राष्ट्रमण्डल खेलकुदमा स्वर्ण पदक जितिन् । ‍अरू खेलाडी जस्तै उनलाई पनि हार्न पटक्कै मन पर्दैन। सन् २०१८ को एशियन गेम्समा स्वर्ण जित्ने पहिलो भारतीय महिला पहलमान बनिन्। विश्व च्याम्पियनशीपमा सन् २०१९ मा विनेशले कास्य पदक जितिन्। सन् २०२० को सुरुमा उनले रोममा स्वर्ण पदक जितेकी छन्। अब उनको दोस्रो पटक ओलिम्पिक खेल्ने र पदक जित्ने सपना छ।
‘दुई छिमेकीभन्दा पछि परिरहनु खतरनाक’
अमेरिकाका प्रतिष्ठित अर्थशास्त्री प्राध्यापक जेफ्रि स्याक्स गरीबी निवारणका एक विज्ञ र अभियानकर्मीका रुपमा चिनिन्छन्। दिगो विकास लक्ष्यका लागि राष्ट्रसंघका महासचिवका विशेष सल्लाहकार समेत रहेका स्याक्स छोटो समयका लागि काठमाण्डू आएका क्रममा उनलाई हाम्रा सम्वाददाता सञ्जय ढकालले भेटेर कुराकानी गरेका थिए। प्रस्तुत छ उक्त कुराकानीको सम्पादित अंश: प्राध्यापक स्याक्स तपाईं सन् १९९४ मा यहाँ आउनु भएको थियो र अब २०१६ मा आइपुग्नुभएको छ। यो अवधिमा तुलनात्मक रुपमा के फरक वा सुधार पाउनुभयो?
नेपालले गत २० वर्षमा गरेको प्रगतिले म खुशी छु। साथै म आगामी २० वर्षमा नेपालले अझ तीव्र विकास गर्नेछ भन्ने आशा राख्दछु। केही उपलब्धिबारे आँफैले हेरेर वा सुनेर मैले अब दिगो विकास तीव्र पार्न के गर्न सकिन्छ भनेर यस पटक छलफल गरेको छु। विगतमा भूपरिवेष्टित हुनु बेफाइदा भनिन्थ्यो। तर अचेल दुई छिमेक चीन र भारतको तीव्र विकासले अवसर दिन्छ भनिन्छ। यी दुई बिच चेपिएको नेपालले हालसम्म त्यस्तो कुनै फाइदा लिन सकेको देखिन्न। किन होला? अमेरिकी अर्थशास्त्री जेफ्री स्याक्ससंग कुराकानी नेपालका दुई छिमेकी विश्वकै तीव्रतम विकास गरिरहेका विशाल देश भए पनि मलाई लाग्दैन नेपालले सक्ने जति वा गर्नु पर्ने जति काम यस दिशामा गर्न सकेको छ। यी दुई विशाल देशसंग कामकारवाही गर्नु निश्चय पनि जटिल कार्य हो। नेपालका सामु विशाल बजार तथा विशाल अवसर छन् किनभने चीन र भारत दुवैको अर्थतन्त्र प्रति वर्ष सात प्रतिशतका दरले बढ्दैछ। तर नेपालले आफ्नो अर्थतन्त्र त्यति धेरै दरमा वृद्धि गर्न सकेको छैन। त्यसो किन भयो भने जुन ठूला लगानी हुनुपर्थ्यो ती भएनन्, उदाहरणका लागि जलविद्युतका क्षेत्रमा एक पुस्ता भन्दा बढी समय अगाडि देखि चर्चा भएका ठूलठूला विस्तारका योजना कार्यान्वयन भएका छैनन्। त्यसैले ठूला लगानी हुने हो भने नेपालले अहिलेको भन्दा तीव्र विकास गर्न सक्छ। तपाईंले खनिज इन्धनमा आधारित २० औ शताब्दीको विकासको मोडेल अब धान्न सकिंदैन, हरित अर्थतन्त्र आवश्यक छ भन्ने गर्नुभएको छ। नेपाल जस्तो एउटा विकासोन्मुख देश, जोसँग हरित अर्थतन्त्रका लागि चाहिने प्रविधि र खर्च सहज उपलब्ध छैन, उसका लागि अब के विकल्प रहन्छन्? वास्तवमा नेपाल त हरित अर्थतन्त्रबाट फाइदा लिन एकदमै उपयुक्त परिस्थितिमा छ। ऊ संग जलविद्युतको विशाल सम्भावना छ। यो भनेको हरित, सफा अनि कार्बन रहित उर्जा हो। यदी नेपालले धेरै जलविद्युत उत्पादन गर्ने हो भने, त्यसमध्य केही निर्यात गर्ने हो भने अनि विद्युतलाई घरेलु यातायात प्रणालीमा प्रयोग गर्ने हो भने उसको हावापानी स्वच्छ हुनुका साथै अर्थतन्त्रपनि हरित र थप प्रभावशाली हुनेछ। तपाईंले खासगरी भूगोल र देशको विकासमा त्यसको भूमिका बारे अफ्रिकी देशहरुको अध्ययन गर्नुभएको छ। नेपाल पनि भूपरिवेष्टित तथा अतिकम विकसित मुलुकको एउटा विशिष्टै उदाहरण मनिन्छ जहाँ जातिय विविधता, द्वन्द्व र असमानता सबै छन्। तपाईंको अन्तर्राष्ट्रिय अनुभव नेपालले कस्तो आर्थिक विकासको मोडल पछ्याउनुपर्ला भन्ने लाग्छ? भूपरिवेष्टित भएकै कारण नेपालका सबै पक्ष चाहे इतिहास होस् वा संस्कृति वा अर्थतन्त्रमा प्रभाव परेका छन्। तर अहिले सबभन्दा उल्लेखनीय पक्ष के छ भने नेपालका दुवै छिमेकी तीव्र गतिमा वृद्धि भइरहेका अर्थतन्त्र हुन्। नेपाल चीन वा भारत दुवैभन्दा गरीब छ। यसको अर्थ हो नेपालले यी दुवै देशमा आफ्ना लागि बजार भेट्टाउन सक्छ। मेरो दृष्टिकोणमा यो नेपालका लागि अवसर मात्र होइन आवश्यकता नै हो ताकि उसले छिटो विकास गरी दुई छिमेकीभन्दा धेरै पछाडी नपरोस्। किनभने, त्यसो भयो भने यो देशको लागि वास्तवमै खतरा उत्पन्न हुन्छन्। तपाईं सन् ८० ताका निकै परम्परावादी अनि आर्थिक अनुशासनका कट्टर हिमायती अर्थशास्त्री मानिनु हुन्थ्यो। तर अहिले आएर झण्डै झण्डै मानवतावादी जस्तो देखिनु, सुनिनु हुन्छ। तपाईंमा आएको यस परिवर्तनबारे केही बताइदिनोस्? यो कुनै व्यक्तिगत परिवर्तन होइन। मैले त जस्तो समस्या देख्छु सोही अनुसार विश्लेषण गर्ने गर्छु। सन् ८० को अन्ततिर जब मैले पूर्वी यूरोपेली देशहरुको बारेमा काम गरें त्यतिखेरको उनीहरु कम्युनिष्ट शासन शैलीबाट बाहिरिने प्रयत्न गर्दै थिए। त्यो शासन निकै खराब सावित भएको थियो त्यसैले उनीहरुलाई बजारमा सुधारको आवश्यकता थियो। त्यतिखेर उनीहरुलाई त्यही चाहिन्थ्यो। जब म अफ्रिकामा काम गर्दै थिएं, त्यतिबेला रोगहरुको नियन्त्रण सबभन्दा मूल विषय थियो। त्यसैले मैले त्यसैमा ध्यान दिएं। नेपाललाई हेर्दा मेरो विचारमा सबभन्दा प्रमुख समस्या भौतिक संरचनाहरुको छ। त्यसमा उर्जा, सडक, सञ्चार तथा गुणस्तरीय सामाजिक सेवाहरु पर्छन्। त्यसैले राम्रो अर्थतन्त्र भनेको आफुसामुको समस्या बुझ्नु हो। अन्य देशमा अन्य समयमा देखिएका समस्या बुझिरहनु होइन।
नेपाली कांग्रेस: पराजयको 'मुख्य कारण वाम गठबन्धन'
सङ्घीय संसदीय एवम् प्रदेशसभाका निर्वाचनमा खेप्नुपरेको पराजयको समीक्षा गरिरहेको प्रमुख विपक्षी नेपाली कांग्रेसले त्यसको जिम्मेवारी पार्टी सभापतिले मात्रै नभई संयुक्त रूपमा केन्द्रीय तप्काले लिने निष्कर्ष निकालेको छ।साथै दलभित्र तीव्र विवादको विषय रहेको बहुचर्चित महासमितिको बैठक भदौ महिनामा गर्ने निर्णय गरेको छ।
चैतको पहिलो साताबाट सुरु भई बीचमा रोकिँदै अनि बस्दै आएको पार्टी केन्द्रीय समिति बैठकलाई आइतवार विश्राम दिँदै कांग्रेसले त्यस्तो निर्णय लिएको हो। सरसर्ती हेर्दा पार्टी सभापति शेरबहादुर देउवापक्षले उठाएका अधिकांश विषयले औपचारिकता पाएजस्तो देखिन्छ तर असन्तुष्ट पक्षले आफूहरूका कतिपय माग पनि पूरा भएकाले पछिल्लो निर्णयमा सहमति जनाएको बताएको छ। हारको मुख्य कारण यसपालिको निर्वाचनमा चार वर्षअघिको भन्दा मत प्रतिशतमा सुधारको भएको उल्लेख गर्दै विपक्षी दलहरूको गठबन्धन आफू हार्नुको मुख्य कारण भएको तर्क कांग्रेसले गरेको छ। कांग्रेसद्वारा जारी गरिएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णयमा भनिएको छ , "विपक्षी कम्युनिस्ट गठवन्धनले भारतले लगाएको नाकाबन्दीका कारण पीडित नागरिकको मत आफ्नो पक्षमा प्रभावित पार्न सफल भयो।" त्यसबाहेक उम्मेदवारी चयन प्रक्रियामा अपर्याप्त गृहकार्य, अनुशासनहिनता एवम् आन्तरिक व्यवस्थापनमा कमजोरी जस्ता कारणले गर्दा पनि दलले क्षति बेहोर्नु परेको निष्कर्ष निकालेको छ। 'चुनावी हारको देउवामात्रै एक्ला दोषी होइनन्' विमति चुनावी हारको समीक्षा गर्न केन्द्रित कांग्रेस केन्द्रीय कार्य समितिको बैठकमा पराजयको जिम्मेवारी कसले लिने भन्ने विषयमा पार्टी सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच विमति थियो। त्योलगायतका कारणले बैठकलाई विश्राम दिन कांग्रेसले सकेको थिएन। देउवापक्ष निर्वाचनमा पराजयको जिम्मेवारी संसदीय बोर्डका सबै सदस्यले लिनुपर्ने अडानमा थियो भने अर्को पक्ष नेतृत्वकर्ताको हैसियतले देउवा जिम्मेवार रहेको धारणामा थियो। तर अब त्यो विषय सल्टिएजस्तो देखिन्छ। आइतवार साँझ सकिएको बैठकको निर्णयबारे नेता गोपालमान श्रेष्ठले भने, "पराजयको बारेमा सामूहिक जिम्मेवारी लिएका छौँ। नेकपा एमाले र माओवादी केन्द्रबीच भएको चुनावी गठबन्धनले पनि हाम्रो पराजय भएको हो। अब हामीले लोकतन्त्रवादी साथी र दलहरूलाई नेपाली कांग्रेसको छातामा एकबद्ध भएर अगाडि बढ्न आह्वान गरेका छौँ।" 'एकता' लामो समय स्थगित हुँदै आएको कार्यसमिति बैठकमा आइतवार महामन्त्री शशांक कोइरालाले प्रस्ताव गरेको जिल्ला सभापतिहरूको भेला र महासमिति बैठकको मिति पनि पारित भएको बताइएको छ। नेता गोपालमान श्रेष्ठले भने, "जेठ महिनाको अन्त्यतिर सभापतिहरूको सम्मेलन गर्ने र भदौ महिनामा महासमितिको बैठक गर्ने भन्ने निर्णय गरेका छौं। तर यसको मिति तोकिएको छैन।" चुनावी हारको जिम्मेवारी र महासमिति बैठकको मितिबारे रहेको तीव्र विवाद हल भएर पार्टी एकमत रहेको सन्देश कांग्रेस नेताहरूले दिन खोजेकोजस्तो देखिन्छ। तर अझै विवाद रहेको नेता नवीन्द्रराज जोशीको यो भनाइमा झल्किन्छ। उनी भन्छन्, "संसदीय बोर्ड विधानविपरीत भएकोले त्यसलाई विघटन गर्ने र कार्य सम्पादन समिति विघटन गर्ने र पुनर्गठन गर्ने कुरा आएका छन्। त्यसैले गर्दा धेरै ठूलो असन्तुष्टि हुँदाहुँदै पनि पार्टी एकताको सन्देश जाओस् भन्ने उद्देश्यले सहमति जनाएका हौँ।" यो वा त्यो पक्षमा विभक्त देखिने कांग्रेसको विवाद अहिलेलाई केही साम्यजस्तो भएपनि महासमिति बैठक र पदाधिकारी नियुक्तिमा अझ प्रकट हुने जानकारहरू ठान्छन्।
यी १५ वर्षे शरणार्थी गर्भवती छिन्
युनिसेफका अनुसार म्यानमारबाट विस्थापित रोहिंज्यामध्ये झन्डै पाँच लाखजति कलिला शरणार्थीहरू गम्भीर सङ्कटमा रहेका छन् र उनीहरू 'हराएको पुस्ता' हुनसक्ने खतरा रहेको छ।
गत वर्ष सुरक्षाकर्मीका केही चौकीमा रोहिंज्या लडाकुहरूले आक्रमण गरेपछि म्यानमारको सेनाले रोहिंज्या बस्तीहरूमा व्यापक दमन गर्‍यो। संयुक्त राष्ट्रसङ्घले त्यसलाई 'जातीय सफाया' मानेको छ। बीबीसीले गरेको एउटा अनुसन्धानमा बाङ्ग्लादेशको कक्स बजारको शिविरमा शरण लिइराखेका रोहिंज्या बालिकाहरू विभिन्न किसिमको शोषणमा पर्ने गरेको पाइएको छ। हेर्नुहोस् यो भिडिओ।
एउटा यस्तो ग्रह जहाँ चट्टानको वर्षा हुन्छ, लाभाको समुद्र छ अनि ध्वनिभन्दा तीव्र वेगमा हुरी चल्छ
केटू-१४१बी (K2-141b) नामक ग्रहमा पानीको होइन, चट्टानको वर्षा हुन्छ। त्यहाँका समुद्रहरू ज्वालामुखीबाट निस्किने लाभाबाट बनेका छन् र ती १०० किलोमिटर गहिरा छन्। अनि त्यहाँ चल्ने हुरी ध्वनिको गतिभन्दा चार गुना बढी वेगले चल्छन्।
कुनै कालखण्डमा पृथ्वी पनि K2-141b ग्रहभन्दा धेरै भिन्न देखिँदैनथ्यो "यो अत्यन्तै गजबको ग्रह छ जहाँ मौसम चरम खालका छन्, जहाँ खनिजको वर्षा र हिमपात हुन्छ अनि जहाँ ध्वनिभन्दा धेरै वेगमा हुरी चल्छ," खगोलशास्त्री तथा प्रमुख लेखक ट्यु ग्याङ् नगुयेनले बीबीसीलाई बताए। "यो बस्नलाई उचित ठाउँ होइन तर अध्ययन गर्नको निम्ति गजबको ग्रह हो। हामीले पृथ्वीमा त्यतिकै ग्रहण गरिरहेका कुराहरूको तुलना गर्दा त यो ग्रह बिछट्टको छ!" उनका सह-अन्वेषक प्राध्यापक निकोलस कोवनले भने। भारत तथा क्यानडाका खगोलशास्त्रीहरूसँग मिलेर उनीहरूले केटू-१४१बी ग्रहका पछिल्ला खोजबारे नयाँ लेख प्रकाशित गरेका छन्। 'लाभाको ग्रह'मा स्वागत छ करिब २०२ प्रकाश वर्ष टाढा रहेको एक्वारियस तारामण्डलमा... केटू-१४१बी लाई अर्को नाम इपिक २४६३९३४७४.०१ बाट पनि चिनिन्छ। यो ग्रह २०२ प्रकाश वर्ष टाढा रहेको एक्वारियस तारामण्डलमा पर्छ। यो अग्निज्वालायुक्त र बस्न अयोग्य संसारमा समय पनि चाँडै व्यतीत हुन्छ: केटू-१४१बी ग्रहले उसको तारालाई सात घण्टामै एक फन्को लगाइसक्छ। यसको तारालाई खगोलशास्त्रीहरूले 'अरेन्ज ड्वार्फ' प्रकृतिको भएको बताउँछन् - जुन हाम्रो सूर्यभन्दा निकै चिसो छ - र मधुरो पनि छ जसले गर्दा पृथ्वीबाट देख्न पनि सकिँदैन। "यो ज्वालामुखीको लाभाको ग्रह हो," भारतको विज्ञान शिक्षा एवम् अनुसन्धान इन्स्टिच्यूट (कोलकाता), योर्क विश्वविद्यालय (टोरन्टो, क्यानडा) र मक्गिल विश्वविद्यालय (मन्ट्रीओल, क्यानडा) का वैज्ञानिकहरूको भनाइ छ। साथै यसलाई "सुपर-अर्थ" पनि भनिएको छ किनकि आकारमा यो हाम्रो पृथ्वीजत्रै भए पनि यसको पिण्ड पृथ्वीको भन्दा पाँचगुना धेरै छ। अर्थात् केटू-१४१बी को गुरुत्वाकर्षण शक्ति पृथ्वीको भन्दा पाँचगुना शक्तिशाली छ। केटू-१४१बी लाई सबभन्दा पहिले सन् २०१८ मा केप्लर स्पेस टेलिस्कोपको "केटु मिशन," ले पत्ता लगाएको भए पनि अहिले आएर अनुसन्धानकर्ताहरूले यो ग्रहको विचित्र गुणहरू थाहा पाउँदैछन्। त्यहाँको मौसम कस्तो छ? म्याग्मा र चिसा चट्टानको भूखण्डको कल्पना गर्नुस्, केटू-१४१बी को सतह लगभग त्यस्तै दखिन्छ केटू-१४१बी ग्रहले केही घण्टामै आफ्नो ताराको परिक्रमा गरिसक्ने भएपनि यो ग्रह पृथ्वीजस्तै आफ्नै अक्षमा पनि भने घुम्दैन। "जसको अर्थ हुन्छ: यो ग्रहको दुईतिहाइ भूभाग सधैँ प्रकाशतर्फ फर्किएको हुन्छ र जहिल्यै पनि दिनमात्र हुन्छ। त्यो भूभागमा तापक्रम ३,००० डिग्री सेल्सीअससम्म पुग्छ," प्राध्यापक कोवनले बताए। अनि विपरीत भूभागमा भने सधैँ रात हुन्छ र तापक्रम माइनस २०० डिग्रीमा झर्छ। तापक्रममा यति धेरै फरक हुनाले त्यहाँको मौसम पनि चरम प्रकारको हुन्छ… अनि खगोलशास्त्रीहरूले भनेजस्तै "चट्टानको वर्षा" हुन्छ। पृथ्वीको जलचक्रलाई एक पटक स्मरण गरौँ - सतहबाट पानी बाफिएर उड्छ, बादलमा परिणत हुन्छ र वर्षाका रूपमा झरेर ताल तथा समुद्रमा पानी घट्न दिँदैन। यही प्रक्रिया चलिरन्छ। "तर केटू-१४१बी ग्रहमा भने यही चक्र पानीको होइन चट्टानको चलिरहन्छ!" प्राध्यापक कोवनले भने। 'अनौठो र गजबको' "वर्षाजस्तै, तर चट्टान र अतिउच्च वेगको हुरीका साथ" "तपाइँले के बुझ्नुपर्‍यो भने यो ग्रहमा सबैथोक चट्टानले बनेको छ," उनले भने। प्रकाश पर्ने ग्रहको भागमा "तापक्रम यति धेरै हुन्छ कि चट्टान पग्लिएर अनि वाष्पीकृत भएर पातलो वातावरणमा उड्छ। एकदमै अनौठो!" "तर प्रका नपर्ने अँध्यारो भागमा भने वातावरण नै छैन। एकदमै चिसो र जमेको छ," उनले भने। ग्रहको उज्यालो [तातो] र अँध्यारो [चिसो] भागबीच तापक्रम र चापमा यस्तो धेरै फरकका कारण त्यहाँ ध्वनिभन्दा धेरै वेगमा हुरी चल्छ - झन्डै ५,००० किलोमिटर प्रतिघण्टा वेगमा। त्यस्तो हुरीले "वाष्पीकृत चट्टानका कण उडाएर अँध्यारो भूभागमा पुर्‍याइदिन्छ जहाँ चिसोका कारण ती चट्टान ससाना कणमा जम्छन्," प्राध्यापक कोवनले भने। "त्यसबाट चट्टानको वर्षा वा चट्टानको हिमपात हुन्छ जो तल म्याग्मा समुद्रमा खस्छन्," उनले थपे। "केटू-१४१बी ग्रहबारे यो अध्ययनले पहिलो चोटि मौसमको अनुमान गरेको छ," नगुयेनले भने। "सयौँ प्रकाश वर्ष टाढाबाट अत्याधुनिक टेलिस्कोपको प्रयोग गरेर" यसो गर्न सम्भव भएको बारे उनले उत्साह प्रकट गरे। हामीलाई किन चासो? टाढाका ग्रहबाट धेरै थोक जान्न सकिन्छ यो सबै रमाइलो छ तर हामी पृथ्वीवासीलाई त्यसको के अर्थ? "केटू-१४१बी ग्रहको अध्ययनले हामीलाई पृथ्वीको विगत बुझ्न सहयोग गर्छ किनकि कुनै समय पृथ्वीमा पनि म्याग्मा (उच्च तापले पग्लिएको अवस्थामा रहेको चट्टान) नै म्याग्मा थियो," नगुयेनले भने। "लाभा ग्रहले ग्रहहरूको विकास क्रमबारे दुर्लभ तस्बिर देखाउँछ," प्राध्यापक कोवनले थपे, "पृथ्वीलगायत सबै चट्टानी ग्रहहरूको विकास यस्तै अवस्थाबाट सुरु भए र पछि तीव्र गतिमा चिसिए।" त्यसैले केटू-१४१बी बाट जानकारी हासिल गरेर हामीले पृथ्वीकै उत्पत्ति र विकासबारे थप थाहा पाउन सक्छौँ। त्यसबाहेक अर्को फाइदा पनि छ। "यो अध्ययनले भविष्यमा अनगिन्ती लाभा ग्रहहरूको अध्ययन गर्न आधार खडा गर्न सक्छ। अनि यो सौर्यमण्डलभन्दा बाहिर रहेका पृथ्वीजस्तै र बस्न योग्य संसार खोज्न पनि सघाउनेछ," नगुयेनले भने। "यी लाभा ग्रह अध्ययन गर्नका निम्ति असाध्यै रुचिकर छन्। धेरै अनौठा कुरा थाहा पाइन्छ!" प्राध्यापक कोवनले थपे। यदि तपाइँसँग दशौँ अर्ब डलर पर्ने महँगा टेलिस्कोपको पहुँच छैन भने पनि आफ्नै कुर्सीमा आरामसँग बसेर नासा क्याटलग मार्फत् केटू-१४१बी ग्रह र यस वरपरको वैज्ञानिक रूपमा तथ्यपरक मोडलको अध्ययन गर्न सक्नुहुन्छ।
सारेगमप: भारतीय साङ्गीतिक रियालिटी शोमा चम्किँदै दुई नेपाली बालक
'बचना ए हसीनों, लो मैं आ गया…' सुनसरीको इटहरी उपमहानगरपालिका का ११ वर्षीय बालक प्रितम आचार्यले भारतको जी टिभीको साङ्गीतिक रियालिटी शो 'सारेगमप लिल च्याम्प्स'को आइतवारको प्रसारणमा गीत गाउँदा त्यहाँको माहोल एकाएक तात्न पुग्यो।
प्रितम आचार्य भारतीय गायिका ऋचा शर्मा तथा गायकद्वय शान तथा अमाल मल्लिक उनको गीत सुनेर निकै हौसिएका थिए। निर्णायकहरूको ठूलो समूह 'ग्रान्ड ज्युरी'ले प्रितमलाई शतप्रतिशत अङ्क दियो। त्यसको अघिल्लो दिन शनिवार सिन्धुपाल्चोक स्थायी घर भई हाल भक्तपुरको नयाँ ठिमीमा बसोबास गर्ने अर्का प्रतियोगी १२ वर्षीय आयुष केसीले 'कुछ ना कहो…' बोलको गीत गाएका थिए। निर्णायक शानले आयुषको प्रस्तुतिको मुक्तकण्ठले प्रशंसा गरे। बच्चाहरूको सङ्गीतिक प्रतिभा प्रस्तुत गरिने जी टीभीको सो प्रतियोगितात्मक कार्यक्रमको २०१९ को संस्करणमा दुई नेपाली बालक प्रितम आचार्य र आयुष केसी प्रतिस्पर्धामा छन्। उनीहरू डिजिटल राउन्ड, विभिन्न स्थानमा भएका अडिशन, मेगा अडिशन हुँदै अहिले उत्कृष्ट १६ मा पुगेका छन्। नेपाली गायकगायिका के भन्छन्? प्रितम र आयुषका लागि अबको प्रतिस्पर्धा त्यति सहज नहुने नेपाली गायकगायिकाहरू बताउँछन्। नेपालकै एउटा सङ्गीतिक रियालिटी शोमा निर्णायकको भूमिका निर्वाह गरिसकेका र अहिले प्रितम र आयुषको प्रस्तुतिलाई नजिकबाट हेरिरहेका गायक प्रमोद खरेल अबका दिनमा उनीहरूले अझै मेहनत गर्नुपर्ने बताउँछन्। उनले भने, "अब सबै उत्कृष्ट रहेकाले प्रस्तुतिमा सानो त्रुटिले पनि उनीहरू प्रतियोगिताबाट बाहिरिन सक्छन्। त्यसैले दह्रो मेहनत गर्नुपर्छ।" गायिका आस्था राउतले उनीहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा सक्दो प्रयास गर्न सुझाव दिएकी छिन्। गीतको शब्दमा डुबेर गाउनुपर्ने सल्लाह उनले दिइन्। "निकै ठूलो प्रतिस्पर्धामा डुबेर गाउन सकेनन् भाइहरूले भने गाह्रो हुन्छ अबको प्रतिस्पर्धा।" आमाबुवासँग आयुष केसी आमाबुवाका नजरमा प्रितमकी आमा राधिकाले आफ्नो छोराको प्रस्तुतिले आफूलाई गौरवान्वित बनाएको बताइन्। "बाबुले राम्रो गरिरहेको छ। एउटा प्रस्तुतिमा बाहेक सबै प्रस्तुतिमा शतप्रतिशत अङ्क ल्याइरहेको छ। हामी हर्षित छौँ।" आयुषका बुबा रामकृष्णले आफ्नो छोराले राम्रो प्रस्तुतिका लागि सक्दो प्रयास गरिरहेको बताए। "छोराले सुरुदेखि नै राम्रो गर्ने प्रयास गरिरहेको छ। अहिले ऊ नेपालकै छोरा भएको छ।" प्रितम र आयुष साथी हुन्। उनीहरू करिब तीन वर्षअघि नेपालमै आयोजना गरिएको 'सुरशाला जुनियर आइडल'का प्रतियोगी थिए। प्रितम त्यसबेला आयुष पहिलो र प्रितम दोस्रो भएका थिए। हाल जी टिभीको सारेगमप लिल च्याम्प्सका यी दुई प्रतियोगी बालकमा अस्वाभाविक प्रतिभा भएको परिवारका सदस्यले बताएका छन्। आयुषका बुबा रामकृष्णले भने, "आयुषको साथी नै सङ्गीत हो। गीत नसुन्नू भन्यो भने रुन्थ्यो।" यो पनि पढ्नुहोस् प्रितमकी आमा राधिकाका अनुसार अहिले उनका छोराले सङ्गीत सिक्ने र प्रस्तुति दिने राम्रो स्थान पाएका छन्। "उसकै कारण अहिले हामीले गर्व गर्ने अवस्था आएको छ," राधिकाले भनिन्, "उसको अस्वाभाविक प्रतिभा देखाउने अवसर भएको छ।" कडा प्रतिस्पर्धा गत फेब्रुअरी ९ बाट आरम्भ भएको उक्त रियालिटी शोका उत्कृष्ट १६ प्रतियोगीबीचको प्रतिस्पर्धा झन् कडा हुने ठानिएको छ। पाँच वर्षदेखि १४ वर्षसम्मका बालबालिकाबीच प्रतिस्पर्धा गराइने उक्त प्रतियोगिताको अबको बाटो त्यति सहज नभएको आयुष र प्रितमलाई राम्ररी थाहा भएको उनीहरूका अभिभावकले बताएका छन्। आयुष र प्रितम प्रस्तुतिमा अब्बल उत्कृष्ट १६ जनामा अझ अब्बल साबित हुनका लागि कडा मेहनतमा लागेको उनीहरू बताउँछन्। आयुषका बुवा रामकृष्णले भने, "त्यत्रो ठूलो प्रतियोगितामा अझ उत्कृष्ट बन्नका लागि झन् धेरै मेहनत गर्नु परेकाले आयुष कडा अभ्यासमा छ।" प्रितमकी आमा राधिकाले अहिले आफ्नो छोराको परीक्षा भएकाले कडा मेहनत गर्नु परिरहेको बताइन्। शुभकामनाको ओइरो दुवै बालकले सामाजिक सञ्जालमार्फत् जितको शुभकामना पाइरहेका छन्। देश तथा विदेशमा रहेका धेरै नेपालीहरूले शुभकामना दिइरहेका छन्। भारतीय कलाकारले पनि उनीहरूको प्रस्तुति हेरेपछि खुलेर प्रशंसा गरेका छन्। शोमा प्रितमले गाएको बोर्डर चलचित्रको गीत 'सन्देश आते हैं, हमे तड्पाते हैं…' हेरेर उक्त चलचित्रका अभिनेता सुनील शेट्टी ले 'सास रोक्ने प्रस्तुति' भनेर ट्वीट गरेका छन्। अनिल कपुर र मनीषा कोइरालाद्वारा अभिनित चलचित्रको गीत 'कुछ ना कहो…' आयुषले गाउँदा प्रतियोगितामै उपस्थित भएका अनिल कपुरले 'यो गीत मेरो लागि कि मनीषा कोइरालाका लागि?' भन्दै आयुषलाई जिस्क्याएका थिए। प्रितम कक्षा छ र आयुष कक्षा सातमा अध्ययनरत छन्।
सगरमाथाको उचाइ: विश्वको सर्वोच्च शिखर नाप्ने काम 'अहिलेसम्मकै सबैभन्दा बढी विश्वसनीय'
संसारको सबैभन्दा अग्लो हिमाल सगरमाथाको उचाइ पहिले मानिआइएको ८,८४८ मिटरभन्दा ८६ सेन्टिमिटर बढेको पाइएको पछिल्लो मापन प्रक्रिया र त्यसको नतिजा 'अहिलेसम्मकै सबैभन्दा बढी विश्वसनीय रहेको' अधिकारी एवं विज्ञहरूले बताएका छन्।
नेपाल र चीनको सीमा पर्वतका रूपमा रहेतापनि अहिलेसम्म चीन र नेपालले सगरमाथाको फरक-फरक उचाइलाई आधिकारिक मान्दै आएका थिए। बेइजिङ्ले सन् २००५ मा गरेको मापनमा सगरमाथाको उचाइ ८,८४४.४३ मिटर पाइएको बताएको थियो। छुट्टाछुट्टै मापन भए पनि विवरणहरू साटासाट गरेर संयुक्त रूपमा सार्वजनिक गरिएपछि अब नेपाल र चीन उक्त हिमालको उचाइका बिषयमा एकठाउँ पुगेका छन्। प्रक्रिया अहिलेसम्मकै सबैभन्दा भिडभाडयुक्त मानिएको सन् २०१९ को बसन्त याममा दुईजना नेपाली नापी अधिकृतहरू सगरमाथाको चुचुरोमा पुगेका थिए। वायुमण्डलमा अक्सिजनको मात्रा निकै घट्ने परिवेशमा शारीरिक एवं मानसिक रूपमा लखतरान भएर चुचुरोमा पुग्ने काम हरेक आरोहीका लागि एउटा ठूलो सफलता मानिने गर्छ। "हाम्रो लागि भने त्यहाँ पुगेपछि बल्ल काम सुरु हुँदैथियो," मापनका क्रममा चुचुरो पुगेका प्रमुख नापी अधिकृत खिमलाल गौतमले बीबीसीलाई सुनाए। अर्का सहकर्मी रविन कार्कीसहित तीनजना शेर्पा लिएर चुचुरो पुगेका गौतम नेतृत्वको टोलीले त्यहाँ दुई घण्टा बिताएर साथै लगिएको यन्त्रका सहायताले भूउपग्रहीय विवरणहरू लिए। त्यतिका धेरै समय त्यहाँ बिताउँदा गौतमको खुट्टाको एउटा औँला नै हिउँले खाएको थियो। त्यहाँ उनीहरूले लगेको 'जिपिएस' यन्त्र र तल जमिनमा ८ ठाउँमा राखिएका ग्लोबल न्याभिगेसन स्याटलाइट सिस्टम (जीएनएनएस)ले एकैसाथ आफ्नो अवस्थितिबारे भूउपग्रहको सञ्जालका सहायताले विवरणहरू सङ्कलन गरेका थिए। यसरी गरियो सगरमाथाको नयाँ उचाइको घोषणा यूनिभर्सिर्टी अफ कोलोराडो बोल्डरमा भूगर्भविज्ञानका प्राध्यापक पिटर हल मोल्नरले बीबीसीलाई भने: "जीपीएसको सहायताले एक सेन्टिमिटर वा अझै कम तलमाथि पर्नेगरी हामीले पृथ्वीको केन्द्रभाग सम्मको दूरी नाप्न सकिन्छ।" "हामीले उचाइको मापन समुद्री सतहसँग तुलना गरेर गर्छौँ। तर सगरमाथाको मुनि रहेको समुद्री सतह नाप्ने काम भने निकै कठिन छ।" पृथ्वीको गुरुत्वाकर्षण र हाम्रो ग्रहमा असमान रूपमा रहेको पिण्डका कारण व्यवहारिक रूपमा समुद्री सतह समेत एउटै हुँदैन। प्रमुख नापी अधिकृत खिमलाल गौतम भन्छन्: "त्यसैले यो उचाइ सम्भावित सबैभन्दा नजिकको विवरण हो। हामीले जेजस्तो तरिका र प्रविधि अपनायौँ त्यसका आधारमा यो अहिलेसम्म नाप्दा पाइएको सबैभन्दा विश्वासिलो उचाइ हो।" खिमलाल गौतमको दलले उक्त विवरण लामो दायरामा सङ्कलन गर्न सोचिएभन्दा झण्डै दोबर अर्थात् दुई घण्टा समय चुचुरोमा बिताउने जोखिम मोलेको थियो। "विगतमा भएका मापन र यसपटक नै चिनियाँ नापी अधिकारीहरूभन्दा फरक हामीहरूले विहानको तीन बजे चुचुरोमा पुग्ने समय रोज्यौँ। सूर्यको प्रकाशमा निकै थोरै तलमाथि पर्न सक्ने विवरण पनि नहोस् भनेर हामीले त्यसो गरेका थियौँ।" पछिल्लो समयको जिपिएस मापन बाहेक नापी टोलीले १९औँ शताब्दीदेखि प्रयोग गरिएको 'लेबलिङ सर्वे' समेत अपनाएको थियो। जुन विधिमा उचाइ समुद्री सतहको तुलनामा मापन गरिन्छ। 'सटिक' यूनिभर्सिटी अफ कोलोराडो बोल्डरकै भूगर्भशास्त्री प्राध्यापक रजर बिलमले हिमालय क्षेत्रको लामो समयदेखि अध्ययन गरेका छन् र उनी विगतका केही उचाइ मापनमा समेत संलग्न भएका थिए। उनले बीबीसी नेपालीलाई भने: "नेपाली नापी अधिकारीहरूले गुरुत्वाकर्षण र औसत समुद्री सतहको सटिक समीक्षा गरेर मिहिन ढङ्गले उचाइलाई सच्याएका छन्। पछिल्ला मापनमा त्यस्तो विवरण उपलब्ध थिएन।" एकभन्दा बढ्ता तरिका अपनाइएकाले गौतमले मङ्गलवार घोषणा गरिएको सगरमाथाको उचाइ 'सबैभन्दा सटिक' भएको दाबी गर्छन्। प्राध्यापक रजरका भनाइमा सन् १८५७ मा समुद्री सतहलाई कराची र कोलकातामा एक महिनाका विवरण लिएर मापन गरिएको थियो। जसकै आधारमा भारतको विहारका केही ठाउँहरूको उचाइ नापिएको थियो। जसलाई ज्यामितिय आधारका रूपमा लिएर सगरमाथाको उचाइ नापिएको थियो। चिनियाँ नापी टोलीले समेत चुचुरोमा जिपिएस उपकरण जडान गरेको थियो। तर उसले अमेरिकी स्वामित्वको जिपीएस प्रणाली प्रयोग नगरिकन उसको प्रतिस्पर्धी चीनको बेडो नेभिगेसन स्याटलाइट प्रयोग गरेको थियो। पुर्नमापनको आवश्यकता हिमालय क्षेत्र झण्डै पाँच करोड वर्ष अगाडि चरणबद्ध भूकम्पहरूका कारण बनेको हो। यूनिभर्सिटी अफ अक्सफर्डका भूगर्भशास्त्रका प्राध्यापक माइक सिअर्लीका अनुसार सन् २०१५ को भूकम्पका बेला हिमालय देशान्तरमा रहेको नेपालको उत्तर-दक्षिणतर्फ एक मिटरसम्म उचाइ घटेको पाइएको छ। जबकी काठमाण्डू उपत्यकाको उत्तरतर्फका पर्वतहरूमा एक मिटरसम्म उचाइ बढेको बताइन्छ। चीनले यसअघि दुईपटक सगरमाथाको उचाइ मापन गरेको थियो। पछिल्लोपटक उसले सार्वजनिक गरेको उचाइ ८,८४४.४३ मिटरमा मा हिउँको तहलाई आधार मानिएको थिएन। यस मापनमा दुई देशका अधिकारीहरूले चुचुरोमा जम्ने हिउँको तहलाई समेत आधार मानेको बताएका छन्। प्राध्यापक सिअर्ली थप्छन्: "चुचुरोमा जम्ने हिउँ हरेक याममा केही मिटरले नै फरक पर्छ। मनसुनका बेला हुने हिमपातले चुचुरोमा अझ बढ्ता हिउँ जमाउँछ। यद्यपि त्यसलाई पश्चिमी वायुले उडाइ पनि हाल्छ।" गर्वको विषय विश्व परिवेशमा चिनाउने आफ्नो महत्वपूर्ण सम्पत्ति भइकन पनि नेपालले अहिलेसम्म विदेशी मापनका विवरणलाई मान्नु पर्ने बाध्यता थियो। "सीमितताकै बिच हाम्रा लागि यो एउटा चुनौति थियो। तर हामीमा देशको रूपमा नेपालले लिनुपर्ने स्वामित्वले गर्दा हरक्षण जिम्मेवारीबोध र प्रेरणा मिल्यो," खिमलाल गौतमले भने। "यो नेपालको एउटा सामूहिक प्रयास थियो। हामी धेरैले आफ्नो बुद्धिविवेक प्रयोग गर्यौँ र व्यक्तिगत रूपमा चुचुरो पुग्दा हामीले जीवनकै जोखिम उठायौँ।" विज्ञहरूले मापनको यो काम एउटा जटिल र लम्बे प्रक्रिया भइकन पनि आर्थिक हिसाबले धेरै खर्चिलो नभएको बताउँछन्। उपकरणहरू झण्डै एक लाख डलरमै किन्न सकिने उनीहरूको भनाइ छ। "यसको लागि खास आवश्यकता पर्ने भनेको साङ्गठनिक व्यवस्थापन, जोश र क्षमता हो," प्राध्यापक रजर विलमले उचाइ सार्वजनिक हुनुअघि बीबीसी नेपालीसँग भनेका थिए। "नेपाली टोलीको विवरण विश्वासिलो हुनेछ किनकि उनीहरूले विगतका मापन सुधार गर्न निकै मिहिन र आशावादी भएर काम गरे।" नेपाल संलग्न भएर यो काम पहिलोपटक फत्ते गरे पनि ब्रिटिश भारतले १६१ वर्षअघि पहिलो वैज्ञानिक मापन गरेको थियो। ब्रिटिशहरूले उत्तरतर्फबाट सन् १९२० को दशकमा आधा मापनको काम गरेका थिए भने सन् १९६० को दशकमा चिनियाँहरू संलग्न भएका थिए। सन् १९९९ मा न्याश्नल जिओग्राफिक सोसाइटीले गरेको मापनमा सगरमाथाको उचाइ ८,८५० मिटर देखा परेको थियो। तर नेपालले त्यसलाई स्वीकार गरेको थिएन।
कोभिड नेपाल: ‘हामीलाई चाहिने औषधि र उपकरण भयो भने हामी जसरी पनि महामारी पन्छाएर छाड्छौँ’
नेपालमा अहिले कोरोनाभाइरस महामारीको दोस्रो लहर छ।
अस्पतालमा भिड भएर शय्या नपाइएको, अक्सिजनको अभाव भएको र स्वास्थ्यकर्मीहरूले निकै खट्नपरेका विवरण आइरहेका छन। कोभिड उपचार हुने एक प्रमुख सरकारी अस्पताल शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको अवस्था कस्तो छ? चिकित्सक र नर्सहरूले कसरी त्यहाँ बिरामीको उपचार गरिरहेका छन्? सो अस्पतालको आकस्मिक विभागका डा. श्रवणकुमार मण्डलसँग कुराकानी गरेर सृजना श्रेष्ठले बनाएको यो भिडिओ हेर्नुहोस्।
सामाजिक सञ्जालमा ख्याति कमाएकाहरूलाई 'मोटो रकमसहित यौन प्रस्ताव'
इन्टरनेटको सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताले पछ्याउने ख्यातिप्राप्त र प्रभावशाली महिला 'इन्फ्लुएन्सर'हरूलाई दैनिकजसो नचिनेका मानिसले मोटो रकमको प्रलोभन दिँदै यौन सम्पर्कका लागि प्रस्ताव पठाउने गरेको खुलासा बीबीसीको भिक्टोरिया डार्बिशर कार्यक्रममा गरिएको छ। एक प्रसिद्ध इन्फ्लुएन्सरले त सामाजिक सञ्जाल पुरुषहरूलाई नयाँ महिला खोज्ने क्याटलग अर्थात 'सूचि' बनिरहेको बताइन्।
"यो त अब धेरै धनी मानिस सामेल भएर निकै धेरै रकम खर्च गरिने वेश्यावृत्ति जस्तै भएको छ। कसैले मलाई त्यस्तो प्रस्तावसहित सन्देश पठायो होला भनेर सोच्न पनि डर लाग्छ। उनीहरूले इन्स्टाग्रामका हजारौँ सुन्दरी केटीहरूलाई त्यस्तै सन्देश पठाइसकेको हुन सक्छ," टाइन-लेक्सी क्लार्सन भन्छिन्। टाइन-लेक्सी क्लार्सनलाई इन्स्टाग्राममा लाखौँ मानिसले पछ्याइरहेका छन्। उनी भन्छिन् उनलाई २० हजार पाउन्ड (झन्डै ३० लाख नेपाली रुपैयाँ) सहित साँझको खाना र पेय पदार्थको लागि आउन भन्दै कसैले सन्देश पठाउँदा उनी १९ वर्षकी थिइन्। लभ आइल्यान्ड भन्ने टेलिभिजन कार्यक्रमको दोस्रो भागमा काम गरिसकेपछि उनलाई एउटा एजेन्सीले दुबईमा पाँच रात बिताउनका लागि ५० हजार पाउन्ड (झन्डै ७५ लाख रुपैयाँ) दिने प्रस्ताव गर्‍यो। त्यसमा के के काम हुनेछ भन्ने विवरण गोप्य राख्नु पर्ने एउटा सर्त पनि थियो। टाइन-लेक्सी भन्छिन् उनले त्यो प्रस्ताव अस्वीकार गरिन्। तर उनको चिन्ता छ कि उदाउँदै गरेका 'इन्फ्लुएन्सर'हरू आफूलाई चाहिने विलासी सामग्री खरिद गर्न र आफ्नो "आवरण तथा भेषभूषा चुस्त दुरुस्त राख्नका लागि" त्यस्ता कारोबारहरूमा फस्न सक्ने जोखिम रहिरहन सक्छ। "केही मानिसका लागि त्यो एकदमै धेरै पैसा हो, त्यो जीवन नै बदलिदिन सक्ने परिमाणको पैसा हो।" 'महत्त्वपूर्ण कारोबार' लभ आइल्यान्ड भन्ने टेलिभिजन कार्यक्रमको तेस्रो भागमा काम गरेकी रोजी विलियम्स् भन्छिन् उनलाई दुबईको एक पुरुषले आफ्नी मित्र बनिदिए बापत एक वर्षमा एक लाख पाउन्ड (झन्डै डेढ करोड रुपैयाँ) र सबै कपडा र झोलाहरू किनिदिने प्रस्ताव गरेका थिए। उनले आफूलाई दुबई शहरमा रहेको बताउने एक पुरुषबाट आफूलाई प्राप्त एक सन्देश हामीलाई देखाइन्। त्यो सन्देशमा ती पुरुषले "एक महत्त्वपूर्ण कारोबार"बारे कुरा गर्ने उल्लेख गरेका छन्। रोजीका अनुसार त्यस्ता सन्देशहरूमा यस्ता शब्दावाली सामान्य हुन्। तर उनी भन्छिन् जत्ति नै पैसाको प्रस्ताव गरिएपनि उनी कुनै प्रलोभनमा पर्ने छैनन्। रोजी भन्छिन् सामाजिक सञ्जालमा चर्चित हुनाको एउटा बेफाइदा यही हो: "तपाइँलाई मानिसले जिस्क्याउने वा उडाउने ट्रोलिङ प्रवृत्तिबारे चेतावनी दिइएको हुन्छ। तपाइँलाई जीवन नाटकीय रूपमा बदलिन सक्छ भन्नेबारे चेतावनी दिइएको हुन्छ। तर तपाइँलाई पुरुषहरूले खरिद गर्न पनि सक्छन् भन्ने बारेमा कहिल्यै कसैले सजग गराइएको हुँदैन।" उनी भन्छिन् यस्ता विषयमा 'इन्फ्लुएन्सर'हरूको सञ्जालमा पनि कुरा गर्ने गरिँदैन: "हामीले त्यस्तो कुरा गर्ने परिस्थिति नबनेको हुन सक्छ। सायद हामी यस्ता विषयमा कुरा गर्न निकै लज्जित हुने गरेका छौँ।" 'शान कम भएको अनुभब' भिक्टोरिया डार्बिशर प्रोग्रामले सामाजिक सञ्जालमा धेरैले पछ्याइरहेका इन्फ्लुएन्सरहरूले पाएका धेरै सन्देशहरू हेरेको छ। तिनमा पुरुषहरूले सीधै यौनको कुरा गरेकोदेखि कुनै धनाढ्य ग्राहकका लागि बिचौलियाको रूपमा पठाइएका सन्देशहरू पाइए। हामीले नाम खुलाउन नचाहने एक ब्रिटिश रियलिटी स्टार दाबी गर्ने एक महिलालाई पठाइएको लिखित प्रमाण पायौँ। त्यसमा विदा मनाउने क्रममा यौन सम्पर्कका लागि १० हजार पाउन्ड (झन्डै १५ लाख रुपैयाँ) दिने प्रस्ताव गरिएको थियो। एउटा टेलिभिजनको ट्यालेन्ट शोमा सहभागी भएकी "इसाबेल"लाई आफूभन्दा १० वर्ष जेठो पुरुषले इन्स्टाग्राममार्फत सन्देश पठाए। "मलाई राम्रो डिजाइनर ब्यागहरू दिने प्रस्ताव गरियो। ऊ धनाढ्य हुनुमा गर्व गर्दथ्यो र मलाई महङ्गा ब्याग किनिदिएर उसले सन्तुष्टि लिने गर्दथ्यो," उनले भनिन्। "मलाई आफ्ना अनलाइनका प्रशंसकहरूलाई व्यस्त राख्नु थियो। त्यसैले सायद मैले त्यो प्रस्ताव स्विकारेँ।" उनले ती पुरुषलाई १८ महिनासम्म भेटिनन् तर एक दिन भेटिन्। "उनी एकदमै रमाइला थिए। साँझको खाना खाँदा हामीले केही मदिरा पियौँ। उनले मेरो वचतको बारेमा सोधे। मैले मेरो केही हजार पाउन्ड ऋण भएको बताएँ। त्यसपछि उनले भने: 'म सँग यौन सम्पर्क गरे म तिमिलाई त्यसको दुई गुणा बढी रकम दिन्छु।'" त्यसपछि "इसाबेल" उनको होटेलको कोठामा गइन्। "तर मलाई मेरो आत्मसम्मान नै झरे जस्तो लाग्यो, आफैदेखि रिस उठ्यो र ममाथि कुनै अन्याय भएको जस्तो लाग्यो।" उनी भन्छिन् यो कुनै प्रकारको वेश्यावृत्ति होइन: "यो यस्तो सम्बन्ध हो जुन समयसँगै अघि बढ्दै जान्छ … तर वेश्यावृत्तिमा तपाईँ केही रकम लिएर नचिनेको मानिसँग यौन सम्बन्धकालागि सहमत हुनुहुन्छ।" शोषण तर महिलालाई यौनको बस्तुका रूपमा प्रस्तुत गर्ने कार्य वा सोचकाविरुद्ध अभियान चलाइरहेको एक नारीवादी समूह अब्जेक्ट भन्छ महिलाले "अति नै लोभलाग्दा" प्रस्ताव स्विकार्ने कारणहरू उसले बुझेको छ। हेदर ब्रन्स्केल-इभान्सले भनिन्: "यस्ता कार्यमा संलग्न महिलाले वेश्यावृत्ति भन्ने शब्द सुन्न चाहँदैनन्। तर वास्तविकता यो हो कि उनीहरूले पैसाको लागि आफ्नो शरीर बेचिरहेका छन्। "उनीहरूलाई हौस्याउनेहरूले महिलालाई 'इन्फ्लुएन्सर' बन्न चाहिने सबैथोक दिइरहेका हुन्छन्। तर अन्ततोगत्वा त्यो उनको शोषण नै हो। किनभने ती महिलाले त्यही पैसाकै लागि त्यो सबथोक गरिरहेकी हुन्छिन्। त्यसले उनलाई लज्जित तुल्याइदिने छ।" सेलेब्रिटी अर्थात् ख्यातिप्राप्त व्यक्तिका एक एजेन्ट रब कुपर भन्छन् सामाजिक सञ्जालका चर्चित महिलाहरू मात्र नभई पुरुषहरूले पनि त्यस्ता खालका सन्देशहरू पाइरहेका हुन्छन्। उनी भन्छन् सामाजिक सञ्जालका खातालाई पनि पासपोर्ट वा बिमा नम्बर जस्तै महत्त्व दिएर प्रयोगकर्ताहरूलाई पनि जबाफदेही बनाउने बेला भइसकेको छ। रोक्का गरिएको सामाजिक सञ्जालको खाता पुन: खुलाउन निवेदन दिनु पर्ने व्यवस्था गरेर त्यसो गर्न सकिने उनको तर्क छ। फेसबुक कम्पनीका एक प्रवक्ताले भने: "इन्स्टाग्राम मार्फत् यौन कारोबार सह्य हुँदैन र जसले हाम्रो निर्देशिकाको बेवास्ता गर्छ त्यसलाई प्रतिबन्ध लगाइने छ। हामी इन्स्टाग्राम मानिसहरूलाई आफ्ना अभिव्यक्ति दिनका लागि सुरक्षित स्थल होस् भन्ने चाहन्छौँ। हाम्रा यस्ता मञ्चहरूमा कसैले पनि दुर्व्यवहार भोग्नु नपरोस् भनेर हामीले विभिन्न औजार र प्रविधिमा धेरै लगानी गर्छौँ।"
प्रधानमन्त्रीले सिफारिस फिर्ता नलिए ‘पार्टी जुनसुकै हदमा जान सक्छ’: प्रचण्ड
प्रधानमन्त्री केपी ओलीले पार्टीभित्र आन्तरिक कलह चर्कँदै गर्दा संसद् विघटन गर्न राष्ट्रपतिलाई सिफारिस गरेपछि नेपाल कम्युनिस्ट पार्टीका अर्का अध्यक्ष प्रचण्डले उक्त सिफारिसका बारे आइतवार नै बस्ने स्थायी समितिको बैठकमा छलफल हुने बताएका छन्।
केहीबेर अगाडि बीबीसीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले भने, "यो निर्णयको विरुद्ध सबै एकजुट हुनुको विकल्प छैन। सरकारले यो सिफारिस अविलम्ब फिर्ता नलिए (प्रधानमन्त्री)विरुद्ध पार्टी जुनसुकै हदमा जानसक्छ।" 'निरङ्कुशताको प्रस्ट सङ्केत' प्रचण्डले प्रधानमन्त्रीको निर्णय सिधै संविधानको मर्म र भावना विपरीत भएको अनि त्यसले लोकतन्त्रको उपहास गरेको बताए। "संसदको अधिवेशन बोलाउनु पर्ने बेला लोकतान्त्रिक प्रणाली विपरीत यस्तो सिफारिस भएको छ। यो निरङ्कुशताको प्रस्ट सङ्केत हो," उनले बीबीसीलाई बताए। "आजै पार्टीको स्थायी कमिटीको बैठक बोलाइएको समयमा यस्तो निर्णय गरिनु दलगत प्रणालीको पनि विरुद्ध छ।"
सिद्धबाबा प्रकरण: बलात्कार मुद्दा यसरी पुग्यो उच्च अदालतमा
बलात्कार मुद्दामा जिल्ला अदालत सुनसरीबाट धरौटीमा छुटेका चतराधामका सिद्धबाबा कृष्णदास भनिने कृष्णबहादुर गिरी र वादी सरकारी वकिलको कार्यालय दुवैले जिल्ला अदालतको आदेश कानुन सङ्गत नभएको दाबी गर्दै उक्त आदेशविरुद्ध उच्च अदालत विराटनगर पुगेका छन् ।
मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ ले थुनछेक वा तोकिएको धरौटी, जमानत वा ब्याङ्क जमानतमा चित्त नबुझ्ने पक्षले एक तहसम्म्म पुनरावेदनका लागि अदालतमा निवेदन दिन सक्ने कानुनी व्यवस्था छ। दुवै पक्ष असन्तुष्ट एउटै मुद्दाका वादी र प्रतिवादीले अलग-अलग माग राखेर निवेदन दर्ता गरेपछि उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले मुद्दा पेशीमा राख्न आदेश दिएको उच्च अदालत विराटनगरका रजिस्ट्रार जितेन्द्रबाबु थपलियाले बताए। उक्त मुद्दाको पेशी आगामी बिहीवारका लागि तोकिएको छ। पेशीमा परेपछि वादी र प्रतिवादी दुवै पक्षका कानुन व्यवसायीहरुले थुनछेक बहस गरेपछि प्रारम्भिक आदेश ठीक भए नभएको बारे उच्च अदालतले अन्तरकालीन आदेश दिन्छ। "तर त्यो आदेश अन्तिम निर्णय हुँदैन," रजिस्टार थपलियाले भने। "उक्त मुद्धामा पनि नियमित सुनुवाइको प्रकृया अनुसार नै चल्छ।" गत पुस १४ गते जिल्ला अदालत सुनसरीका न्यायाधिश राधाकृष्ण उप्रेतीको इजलासले गिरीसँग तीन लाख रुपैयाँ धरौटी माग गरेको थियो। एक महिला अनुयायीमाथि बलात्कारको अभियोग लागेका ४६ वर्षीय गिरीलाई धरौटीमा छाड्ने जिल्ला अदालतको आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले समेत उच्च अदालत विराटनगरमा पुस १६ गते निवेदन दिएको थियो। सरकारी वकिल के भन्छन्? उच्च सरकारी वकिलको कार्यालयले गिरीलाई धरौटीमा छाडने जिल्ला अदालत सुनसरीको आदेश आफूहरूलाई चित्त नबुझेको बताउँदै उनलाई थुनामा राखेर मुद्दाको अनुसन्धान गर्न निवेदन दिएको जनाएको छ। उक्त निवेदनका आधारमा मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले पुस १८ गते मिसिलसहितको कैफियत प्रतिवेदन झिकाउने आदेश दिएको थियो। कैफियत प्रतिवेदन माग्नु भनेको प्रारम्भिक आदेश न्यायसम्मत छ कि छैन भनेर मुद्दाका आधार र प्रमाणको परीक्षण गर्ने प्रक्रिया हो। उक्त मुद्दाको कैफियत प्रतिवेदन उच्च अदालत विराटनगरमा आइसकेको बताइएको छ । 'सिद्धबाबा'लाई पनि चित्त बुझेन आदेश प्रतिवादी गिरीले पनि पुस २२ गते आफू साधारण तारेखमा बसेर मुद्दाको छिनोफानो होस् भन्दै उच्च अदालत विराटनगरमा निवेदन दायर गरेका थिए। गिरी पक्षले पनि धरौटी लिने जिल्ला अदालतको आदेश खारेज गर्नुपर्ने माग निवेदनमा गरेको छ । एक २९ वर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा सुनसरी प्रहरीमा उजुरी दिएपछि गत मंसिर पहिलो साता गिरी विराटनगरस्थित एक निजी अस्पतालमा भर्ना भएका थिए। मुटुसम्बन्धी बिरामी भएको भन्दै सघन उपचार कक्षमा उपचार गराइरहेका बेला प्रहरीले उनलाई पक्राउ गरि जिल्ला अदालत सुनसरीमा उपस्थित गराएको थियो। अनुसन्धान अवधिभर अस्पतालमै बसेका गिरी अदालतले धरौटीमा छाडन आदेश दिएको केहि दिनपछि डिस्चार्ज भएर चतरास्थित पूर्ववत आश्रममा फर्किएका थिए। गिरीले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन्।
गुगल अर्थले यसरी देखाउँछ पृथ्वीको परिवर्तित रूप
भूउपग्रहले ३७ वर्षअघि खिचेका तस्बिर प्रयोग गरेर गुगल अर्थले टाइम-ल्याप्स फीचर सुरु गरेको छ।
त्यसबाट प्रयोगकर्ताहरूले पृथ्वी यो अवधिमा कसरी फेरियो भनेर हेर्न सक्छन्। त्यसले जलवायु परिवर्तन र मानवको गतिविधिले कसरी पृथ्वीमा प्रभाव परेको छ भनेर देखाउने गुगलको अपेक्षा छ। हेर्नुहोस् यो भिडिओ।
उँटको दूधः 'सेतो सुन' बेच्दै केन्याका किसान
चिल्लो तत्त्व कम भएको तथा औषधीय गुणयुक्त ठानिएकाले उँटको दूध निकै लोकप्रिय हुन थालेको छ।
पूर्वी अफ्रिकाका सुक्खा क्षेत्रमा विश्वमा भएका उँटमध्ये ६० प्रतिशत छन्। त्यहाँका किसानहरूले उँटको पोषिलो दूध बेचेर आर्थिक लाभ लिन थालेका छन्। बीबीसीको स्मार्ट मनीका पिटर वाकाबाले केन्याका उँटपालक दम्पतीसँग भेटेका छन्। उनीहरू दैनिक १०,००० देखि १५,००० लिटर दूध बेच्छन्। हेर्नुहोस् यो भिडिओ।
८३ वर्षमा पहिलो कमाइ
काठमाण्डूको गणबहालमा आफ्ना छोरा र बुहारीसँग बस्ने ८३ वर्षीया दिलहिरा तुलाधरलाई कमाउनु पर्ने आवश्यकता छैन।
तर ढाकाको रूमाल बनाउन जानेको सीप प्रयोग गरेर उनले जीवनमै पहिलो पटक कमाउन थालेकी छन्। आठ वर्षको उमेरमा विवाह भएको उनलाई आफूले कमाइ गर्नुपर्छ भनेर कहिल्यै लागेन। तर अहिले उनको विचार परिवर्तन भएको छ। एक अनलाइनले उनको सामान बेच्छ र उनलाई समय कटाउन सजिलो भएको छ। आफूले कमाएको पैसा भने उनी दु:ख पाएका बच्चाहरूको पढाइ र आर्थिक स्थिति कमजोर भएका मानिसहरूका लागि खर्च गर्छिन्। हेर्नुस् सृजना श्रेष्ठले बनाएको भिडिओ। अनि यो पनि:
नेपालमा पनि भित्रियो 'पार्टी बस'
गुड्दै गरेको बसमा पार्टी आयोजना गर्ने भन्दा धेरैलाई अचम्म लाग्न सक्छ तर नेपालमै यस्ता बसको सञ्चालन भएको छ।
'पार्टी अन ह्वील' अर्थात् गाडीमा पार्टी आयोजना गर्ने सोचसहित नेपालमा त्यस्ता दुई बस सञ्चालनमा आएको हो। विभिन्न समारोहका लागि डीजेको सङ्गीत र पेयपदार्थको सुविधासहित पार्टी गर्ने मिल्ने ती बस भारतमा बनेका हुन्। 'पार्टी बस नेपाल'का सञ्चालक रमेश काफ्लेका अनुसार अहिलेका लागि बसले काठमाण्डू उपत्यकाका विभिन्न चार ठाउँमा मानिसहरूलाई चढाउने र ‌ओराल्ने गर्नेछ। त्यसका लागि अग्रीम बुकिङ गर्नुपर्ने हुन्छ। कस्तो छ त पार्टी गर्न मिल्ने बस? हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ। अनि यो पनि
जहाजको ढोका घरको छतमा खस्दा…
भारतको दक्षिणी शहर हैदरावादको एउटा परिवारले आफ्नो घरको छतमा हवाईजहाजको ढोका खस्दा एउटा नराम्रो झट्का महसुस गर्यो।
हवाईजहाजको ढोकाको तौल २० किलो रहेको बताइएको छ छतमा रंगरोगनको काम गरिरहेका मानिस भने भाग्यमानी रहेछन् कि उनी उक्त घटना हुँदा खाजा खान गएका थिए। एकजना प्रहरी अधिकारीले एउटा जहाज प्रशिक्षणका क्रममा कम उचाइमा उडिरहेको बेला उक्त घटना भएको बीबीसी तेलेगु सेवालाई बताए। बारम्बार उनका अनुसार ४ सिट क्षमताको उक्त जहाजका पाइलट र उनका प्रशिक्षार्थी सुरक्षित छन् र घटनाका सम्बन्धमा छानबिनको आदेश दिइएको छ। प्रहरी इन्सपेक्टर करनकुमार सिंहले त्यस इलाकामा कम उचाइमा प्रशिक्षण उडान भइरहने गरेको बताए। त्यही क्षेत्रमा गत सेप्टेम्बर महिनामा त्यस्तै खालको एउटा विमान सामान्य क्षतिका साथ अवतरण गराइँदा एकजना पाइलट र उनका प्रशिक्षार्थी सामान्य घाइते भएका थिए।
७२ वर्षीय लतंभक्त प्रजापति भन्छन्, 'जात्रामा तिर्खाएकालाई पानी खुवाउँदा खुसी लाग्छ'
भक्तपुरका लतंभक्त प्रजापति उमेरले ७० कटिसके पनि जोस र जाँगरमा कमी नआएको बताउँछन्।
काठमाण्डू उपत्यकामा हुने जात्राहरूमा खर्पनमा पानी बोकेर जात्रूको तिर्खा मेटाउन उनी अझ बढी खुसी लाग्ने बताउँछन्। बाजेको पालादेखि पानी खुवाउन थालेकोले यस्तो चलन हराउन नहुने उनको भनाइ छ। कोरोनाभाइरस सङ्क्रमण जोखिमका कारण रातो मच्छिन्द्रनाथको रथ तान्न ढिलाइ भएकोप्रति भने उनी खुसी देखिदैनन्। हेर्नुहोस् उनीसँग गरेको कुराकानीका आधारमा कमल परियारले बनाएको यो भिडिओ। अनि यो पनि:
कोरोना भाइरस सङ्क्रमणः मानिसको प्रतिरक्षा प्रणाली कसरी बूढो हुन्छ अनि त्यो प्रक्रियालाई कसरी सुस्त बनाउन सकिन्छ
कोभिड-१९ ले हाम्रो प्रतिरक्षा प्रणालीको महत्त्वलाई उजागर गरिदिएको छ।
प्रतिरक्षा प्रणाली नै सङ्क्रमण तथा रोगहरूलाई परास्त गर्ने मुख्य अस्त्र हो प्रतिरक्षा प्रणाली कोष, तन्तु र अङ्गहरूको यो एउटा जटिल जालो हो। अनि यो नै सङ्क्रमण तथा रोगहरूलाई परास्त गर्ने मुख्य अस्त्र हो। यसले हामीलाई सबै प्रकारका रोगहरूबाट बचाइरहेको हुन्छ। तर शरीरका सबै अङ्गप्रत्यङ्गजस्तै प्रतिरक्षा प्रणाली पनि वर्षैपिच्छे बूढो हुँदै जान्छ। चिकित्साविज्ञहरूले ६५ वर्षमाथिका मानिसहरूमा कोभिड-१९ हुने सम्भावना बढी हुने र उनीहरूमा थप कडा खाले रोगहरू विकास हुनसक्ने विश्वास गर्नुमा यो पनि एउटा कारण हो। यद्यपि प्रतिरक्षा प्रणालीमा क्षय हुने क्रम हाम्रो उमेरमै निर्भर गर्छ भन्ने छैन। उमेरले पनि हाम्रो प्ररिरक्षा प्रणालीमा प्रभाव पार्छ इजरेलको टेक्निअन इन्स्टिट्यूट अफ टेक्नोलजीका प्रतिरक्षा प्रणालीविज्ञ शाइ शेन-ओर भन्छन्, "हामी ८० वर्षको मानिसमा पनि ६५ वर्षको जस्तो प्रतिरक्षा प्रणाली पाउन सक्छौँ अनि कहिलेकाहीँ ठ्याक्कै त्यसको विपरीत पनि हुनसक्छ।" एउटा राम्रो खबर के हो भने शृङ्खलाबद्ध रूपमा केही सामान्य चरण अनुसरण गरेर पनि हामी उक्त प्रक्रियालाई सुस्त बनाउन सक्छौँ। तर त्यी चरणबारे जान्नुअघि हामीले प्रतिरक्षा प्रणालीले कसरी काम गर्छ थाहा पाउनु आवश्यक हुन्छ। न्यून सङ्ख्यामा टी र बी कोष प्रतिरक्षा प्रणालीका दुईवटा हाँगा हुन्छन्। प्रत्येक हाँगा भिन्न किसिमको श्वेत रक्तकोषबाट बनेको हुन्छ। ती कोषहरू विशेषगरी हाम्रो शरीरलाई बचाउन संलग्न हुन्छन्। हाम्रो शरीरमा अन्तर्निहित प्रतिरक्षा प्रणाली हाम्रो पहिलो पङ्क्तिको रक्षा प्रणाली हो। श्वेत रक्तकोषले बाह्य तत्त्वको आक्रमणबाट शरीरलाई जोगाउँछ यो हाम्रो शरीरमा कुनै पनि बाह्य तत्त्व वा जीव प्रवेश गरेको थाहा पाउनेबित्तिकै सक्रिय हुन्छ। उक्त प्रतिक्रियामा तीनखाले कुराहरू हुन्छन्- न्यूट्रोफिलले मुख्य रूपमा ब्याक्टेरियालाई आक्रमण गर्छ, मोनसाइटले प्रतिरक्षा प्रणालीलाई सङ्गठित गर्न सहयोग गर्छ र अन्य प्रतिरक्षा कोषलाई सङ्क्रमण छ भनेर चेतावनी दिन्छ। अनि एनकेहरू अर्थात् घातक कोषहरूल भाइरस वा क्यान्सरसँग लड्छन्। बर्मिङ्‌गम यूनिभर्सिटीस्थित इन्स्टिट्यूट अफ इन्फ्लमेशन एन्ड एजीङकी निर्देशक ज्यानेट लर्ड भन्छिन्, "जब हामी बूढा हुन्छौँ यी तीनवटा कोषहरूले राम्ररी काम गर्दैनन्।" त्यसपछि कुनै परजीवीसँग लड्न टी र बी लिम्फोसाइट सम्मिलित छुट्टै प्रतिकार हुन्छ। त्यसका लागि केही दिन लाग्छ तर एक पटक भइसकेपछि भविष्यमा त्यो प्रतिक्रिया प्रणालीले उक्त परजीवीलाई चिन्छ र फेरि त्यसले आक्रमण गरेमा पुन: निस्तेज बनाउन खोज्छ। ज्यानेट भन्छिन्, "तपाईँ बूढो हुँदै जाँदा नयाँ लिम्फोसाइट कम बनाउन थाल्नुहुन्छ तर सार्स-कोभ-२ को जस्तो सङ्क्रमणसँग लड्नका लागि तपाईँलाई त्यो आवश्यक हुन्छ।" उमेर बढेसँगै सबै प्रतिरक्षा प्रणालीको कार्य कमजोर बन्दै जान्छ। सधैँ उमेर कारण हुँदैन तर यसरी प्रतिरक्षा प्रणाली कमजोर बन्दै जानुमा उमेर मात्र कारण हुँदैन। त्यसमा वंशाणु र जीवनशैलीले पनि प्रभाव पार्छन्। हालसम्म पनि हाम्रो प्रतिरक्षा प्रणालीको आयु पत्ता लगाउन सम्भव थिएन। तर शेन-ओर र उनको समूहले स्ट्यान्डफर्ड यूनिभर्सिटीसँग मिलेर यस्तो जानकारी हासिल गर्न सकिने विधि बनाएका छन्। यसबाट सफल उपचारमा सहायता पुग्ने ठानिएको छ। शारीरिक रूपमा सक्रिय रहने मानिसमा अत्यधिक टी सेल पाइएको छ सक्रिय रहनुहोस् प्रतिरक्षा प्रणाली बूढो हुने क्रमलाई सुस्त बनाउन सकिने कुराहरू पनि रहेका छन्। मुख्य कुरा भनेको शारीरिक रूपमा सक्रिय रहनु हो। ज्यानेट लर्डका अनुसार शारीरिक रूपमा सक्रिय रहने मानिसहरू अत्यधिक टी सेल पाइएको छ। त्यस्तै अर्को एउटा अध्ययनमा दैनिक १०,००० पाइला हिँड्ने मानिसमा न्यूट्रोफिल २० वर्षको मानिसमा जस्तो पाइएको छ। तर यो सबै व्यक्तिको तन्दुरुस्तीको अवस्थामा भर पर्ने गर्छ। यद्यपि विज्ञहरू सामान्य शारीरिक अभ्यासले पनि प्रतिरक्षा प्रणालीको बुढ्यौलीलाई सुस्त पार्ने बताउँछन्। त्यस्तै सन्तुलित भोजन र पर्याप्त निद्राले पनि यसलाई सहयोग गर्ने बताइन्छ। यसका साथसाथै वैज्ञानिकहरूले प्रतिरक्षा प्रणालीलाई पुरानै अवस्थामा फर्काउने प्रयासस्वरूप विभिन्न अध्ययन गरिरहेका छन्। कोभिड-१९ हुँदा मान्छेको शरीरमा के हुन्छ?
माओवादी केन्द्रः रामबहादुर थापा 'बादल'सहित अन्य पूर्वमाओवादी नेतासँग स्पष्टीकरण मागिने, ओली सरकारलाई दिएको समर्थन फिर्ता लिन अझै बाँकी
तत्कालीन नेकपामा विवाद चर्किँदा प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएका तथा अहिले नेकपा एमालेमा बसेका पूर्वमाओवादी नेताहरूलाई पदत्याग गरी सरकारबाट फिर्ता हुन पार्टीको केन्द्रीय कार्यालयले प्रस्ताव गरेअनुसार आइतवार बसेको नेकपा मओवादी केन्द्रको केन्द्रीय समितको बैठकले औपचारिक रूपमा निर्देशन दिने निर्णय गरेको छ।
तर सरकारलाई दिएको समर्थन फिर्ता लिने अनुमान गरिएको भए पनि आफूहरूले अहिलेसम्म समर्थन फिर्ता लिई नसकेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्। "हाम्रो पार्टीका कतिपय केन्द्रीय समिति र विभिन्न समितका सदस्यहरू अर्को पार्टीमा रहनुभएको भन्ने सार्वजनिक सूचना प्राप्त भएको छ। यस आधारमा माओवादी केन्द्र परित्याग गरेको हो होइन र आफ्नो पार्टी कुन हो सुसूचित गर्न र आफ्नो स्थिति स्पष्ट गर्नका निम्ति स्पष्टीकरण माग्ने कार्यालयको प्रस्तावका विषयमा आजको केन्द्रीय कमिटीले निर्णय गरेको छ," उनले भने। नेताहरूलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन भनिए पनि पत्र प्राप्त भएको २४ घण्टा भनिएकाले त्यस विषयमा थप निर्णय गर्न समय पुगिनसकेको उनले बताए। तर उक्त विषयमा दलीय नियमानुसार अघि बढ्ने र स्पष्टीकरण लिएर आवश्यक कदम चाल्ने विषयमा पार्टीमा सर्वसम्मति रहेको नेता देव गुरुङले बीबीसीलाई बताए। माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सोमवार फेरि बस्नेगरी टुङ्गिएको छ। बैठकले छवटा विषयमा विमर्श गर्ने श्रेष्ठले जानकारी दिए। आइतवारको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक परिस्थिति, कम्युनिस्ट आन्दोलन र पार्टीको चुनौतीबारे रिपोर्टिङ र दिशानिर्देश गरेको बताइएको छ। गृहमन्त्री रामबहादुर थापासहित केही पूर्वमाओवादी नेताहरू सरकारमा छन् त्यसबाहेक विभिन्न केन्द्रीय र प्रदेशस्तरीय नेताहरूले पनि पार्टीको अवस्थाबारे आइतवारको बैठकमा रिपोर्टिङ गरेका थिए। गृहमन्त्री रामबहादुर थापासहित ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रममन्त्री गौरीशङ्कर चौधरी सरकारमा छन्। यीमध्ये थापा राष्ट्रिय सभा सदस्य हुन् भने रायमाझी, साह, भट्ट र चौधरी प्रतिनिधिसभा सदस्य हुन्। 'एमालेमै बस्ने' माओवादीका तर्फबाट मन्त्री चुनिएका नेताहरूले सार्वजनिक रूपमै आफूहरूले ओलीको साथ नछाड्ने बताउँदै आएका छन्। गत पौष महिनामा प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेसँगै विभाजित भएको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा ओली समूहमा लागेको माओवादी नेताहरूले एमाले र माओवादी केन्द्रको पुनः अस्तित्वमा आए पनि आफ्नो पुरानो दलमा फर्कन इच्छुक देखिएका छैनन्। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई साथ दिने पूर्वमाओवादी नेताहरूलाई नेकपा एमालको केन्द्रीय समितिमा मनोनीत गरिसकेका छन्। शनिवार बीबीसीसँगको कुराकानीका क्रममा एमाले प्रवेश गरेका दुई माओवादी नेताले आफूहरू "वैचारिक रूपमै" प्रचण्डसँग टाढिएकाले अब माओवादीमा "फर्केर राजनीति गर्ने अवस्था नरहेको" बताएका थिए। माओवादी नेता झपटबहादुर बोहराले गत पौष २२ गते नै आफ्नो कित्ता प्रष्ट पार्दै आफू "इप्रदेश सरकारको] मन्त्री पद समेत त्याग्न" तयार भएको बीबीसीलाई बताए। "त्यसकारण अहिले भइरहेका कुराले कुनै माने राख्छ जस्तो मलाई लाग्दैन। पत्र प्राप्त भएपछि प्रत्युत्तर लेखेर पठाइन्छ," उनले भने। उनी सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीको भूमिकामा छन्। "म आएँ केका लागि? जानुपर्ने के का लागि। आखिर जनताको अदालतमा त मैले पनि त्यो कुरा छिनोफानो गर्नुपर्ला नि त।" पार्टीले कारबाही समेत गर्ने बताएका अवस्थामा के गर्नु हुन्छ भन्ने प्रश्नमा उने भने, "मन्त्री पद छोडेको मान्छेलाई सांसद पद त गौण नै भयो नि।" अनि यो पनि प्रचण्डलाई प्रश्नः अबको प्रधानमन्त्री शेरबहादुर देउवा कि तपाईँ?
हवाई सुरक्षा कालो सूची: नीतिगत, प्राविधिक र भौतिक पूर्वाधारमा सुधार गरेको नेपालको दाबी
सन् २०१३ यता नेपाली हवाई आकाशलाई कालोसूचीमा राख्दै आएको युरोपेली सङंघ (ईयू)ले नेपाललाई गम्भीर सुरक्षा चासो (एसएससी) सूचीबाट हटाउने सङ्केत गरेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
यद्यपि त्यसका लागि नेपाल सामु राखिएका सुधारका काम भने अझै बाँकी रहेको प्राधिकरणका प्रवक्ता राजकुमार छेत्रीले जनाएका छन्। प्राधिकरणलाई नियामक र सेवा प्रदायकका रूपमा औपचारिक रूपमा छुट्टाएपछि कालोसूची पूर्ण रूपमा हट्ने उनको भनाइ छ। विगत केही वर्षयता नेपालले नीतिगत, प्राविधिक र भौतिक पूर्वाधार लगायतका विभिन्न आठवटा क्षेत्रमा उल्लेख्य सुधार गरेको प्राधिकरणको दाबी छ। प्रवक्ता छेत्रीसँगको कुराकानीमा आधारित कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्। अनी यो पनि:
'पञ्चेश्वरमा स्वार्थ नछाड्न प्रमको निर्देशन'
प्रधानमन्त्री शेरबहादुर देउवाले पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मा नेपालले गर्ने लागत, उत्पादन हुने विद्युत र त्यसबाट हुने लाभबारे राष्ट्रिय स्वार्थ नछाडेर सहमति जुटाउन सरकारी विज्ञ टोलीलाई निर्देशन दिएका छन्।
डीपीआरबारेमा भारतसँग सहमति गर्न भारत जान लागेको सरकारी टोलीले भारतीय पक्षले तयार पारेको प्रतिवेदनका बुँदा र त्यसबारे सरकारको धारणा लिन प्रधानमन्त्री र सम्बन्धित मन्त्रीसँग छलफल गरेको थियो। यही महिना काठमाण्डूमा भएको द्वीपक्षीय छलफलमा सहमति हुन सकेको थिएन। निर्देशन भारतीय पक्षले प्रतिवेदनमा नेपाल असहमति जनाएको थियो। सहमतिको थप प्रयास गर्न नेपाली विज्ञ समूह सोमबार भारत जाँदैछ। विज्ञ समूहलाई प्रधानमन्त्री देउवाले दिएको निर्देशनबारे जानकारी दिँदै उर्जामन्त्री महेन्द्रबहादुर शाहीले भने, "कम विद्युत उत्पादन गर्ने भारतीय प्रस्ताव नमान्ने र पानीको उपयोग जसले धेरै गर्नेले लगानी पनि धेरै गर्नेमा सहमति भयो भने मात्रै डीपीआर अगाडि बढाउन भन्नु भएको छ।" छलफलपछि विज्ञ समूहलाई केही अधिकार समेत दिइएको छ। प्रस्ताव सिंचाईमन्त्री संजय गौतमले भने, "केही निश्चित अधिकार दिएर उहाँहरुलाई अघि बढ्न भनेका छौँ। दुई पक्षबीच केही समस्या आएमा फेरि छलफल गर्छौँ।" परियोजनामा नेपालले ३७ प्रतिशत र बाँकी भारतले लगानी गर्ने प्रस्ताव राख्न भनिएको बताइएको छ। दुई दशकदेखि अड्किएको यो आयोजना निर्माण भएमा नेपालले विद्युतबाट २९ अर्ब, सिंचाईबाट साढे चार अर्ब र नदी नियन्त्रणबाट २५ लाख वार्षिक आम्दानी गर्ने अनुमान गरिएको छ। भारतले विजुलीबाट पाउने लाभ बराबर भए पनि सिंचाई र नदी नियन्त्रणबाट दोम्बर आम्दानी गर्ने बताइन्छ।
घोषणासभामा ओली र प्रचण्डका उल्लेख्य पाँच बोली
एमाले र माओवादी केन्द्र औपचारिक रूपमा मिलेर एकीकृत पार्टी बनेपछि उक्त दलका शीर्ष नेताहरूले एकतासँगै मुलुकमा नयाँ युगको थालनी भएको टिप्पणी गरेका छन्।
अध्यक्षद्वय केपी ओली र पु्ष्पकमल दाहाल 'प्रचण्ड'ले घरेलु तथा बाह्य शक्तिहरूलाई आश्वस्त पार्ने प्रयत्न गरेका थिए अध्यक्षद्वय केपी ओली र पु्ष्पकमल दाहाल 'प्रचण्ड'ले एकता कसैप्रति लक्षित नरहेको भन्दै घरेलु तथा बाह्य शक्तिहरूलाई आश्वस्त पार्ने प्रयत्न गरेका थिए। बिहीवार राजधानीमा आयोजित एकता घोषणासभामा झलनाथ खनालबाहेक दुवै पक्षका शीर्षस्थ नेताहरू र कार्यकर्ताहरू उपस्थित थिए। पार्टीको नयाँ मर्यादाक्रममा अध्यक्षद्य ओली र दाहालपछि माधवकुमार नेपालसँगै वरिष्ठ नेताका रूपमा राखिएका खनाल चीनको भ्रमणमा गएकाले उपस्थित हुननसकेको एक नेताले जानकारी दिएका छन्। ओलीले के भने? प्रचण्डले के भने? यो पनि पढ्नुहोस्
महिला सीडीओका अनुभव: कोही 'रुन्छन्', कोही 'फाइल पुरुषतिर लान्छन्'
नेपालका सतहत्तर जिल्लामध्ये हाल सात जिल्लामा महिलाहरू प्रमुख जिल्ला अधिकारी (प्रजिअ) का रूपमा कार्यरत छन्।
नेपालको प्रशासनिक इतिहासमै यति धेरै महिला प्रजिअ बनेको यो पहिलो पटक हो। निजामती प्रशासनमा निकै चुनौतीपूर्ण पद मानिने प्रजिअका रूपमा काम गर्ने महिलाको सङ्ख्या बढ्नुलाई सकारात्मक रूपमा हेर्नुपर्ने प्रशासनविद्हरू बताउँछन्। हाल प्रजिअका रूपमा कार्यरत सातैजना महिलासँग उनीहरूको अनुभवबारे बीबीसी नेपालीका संवाददाता विष्णु पोखरेलले गरेको कुराकानी जस्ताको तस्तैः महिलालाई अलि बढी नै निगरानी गर्छन् चन्द्रकला ओली, तेह्रथुम मलाई सानैदेखि समाजसेवा, राष्ट्रसेवा गर्ने इच्छा थियो। सानैदेखिको त्यो इच्छाअनुसार नै म निजामती सेवामा प्रवेश गरेँ। म २०६३ सालमा शाखा अधिकृतका रूपमा प्रवेश गरेकी हुँ। मेरो जन्मस्थान झापाको बुद्धशान्ति गाउँपालिका हो। हालको ठेगाना काठमाण्डूको बूढानीलकण्ठ नगरपालिका हो। यसअघि मैले मोरङ जिल्लामा करिब एक वर्ष सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा काम गरेकी थिएँ। त्यसपछि तेह्रथुममा गत भदौ ५ गतेदेखि प्रजिअ बनेकी हुँ। विगतमा हाम्रो पुरुषप्रधान समाजमा महिलालाई नेतृत्वमा भएको सहजै स्वीकार गर्ने अवस्था थिएन। तर तेह्रथुममा म आउनुभन्दा अगाडि पनि महिलाहरू प्रजिअ बनेर गइसक्नुभएकाले खासै अप्ठ्यारो महसुस भएन। महिला प्रजिअ बनेपछि सरोकारवालाले अलि बढी नै निगरानी गर्ने गर्छन्। बढी नै सचेत भएर हेर्ने गर्छन्। त्यसैले काम गर्दा एकदमै होसियारीपूर्वक गर्नुपर्ने हुन्छ। कामको बोझले यसरी थिचिएका छन् कर्णालीका महिला जन्मिनेबित्तिकै कर्णालीमा छोरीको नाममा ब्याङ्क खाता र मासिक भत्ता निजामती प्रशासनभित्र पनि महिलाले काम कम गर्छन्, घर व्यवहारमा बढी ध्यान दिन्छन् भन्ने सोच अझै पनि बाँकी छ। त्यो चाहिँ मलाई हाम्रो सामाजिकीकरणकै कुरा हो जस्तो लाग्छ। महिलाले दोहोरो जिम्मेवारी लिनुपर्ने अवस्था छ। कार्यालयमा अझै पनि गहन जिम्मेवारी पाउन निक्कै गाह्रो हुन्छ। हामीले यहाँसम्म आइपुग्न निकै सङ्घर्ष गर्नुपर्‍यो। कति हाम्रो सामाजिक जीवनलाई त्याग्नुपर्‍यो। जस्तो मैले अहिले नै मेरा बालबच्चा छाडेर यहाँ आएकी छु। नयाँ आउने महिलाहरूलाई म एकदमै उत्साहित गर्न चाहन्छु। अहिले संविधानमै भएको व्यवस्थाले पनि सामाजिक सोचमा परिवर्तन आइरहेको छ। सामाजिक धारणा बदल्न पनि हामीले चुनौती उठाउनुपर्छ। म त महिलाहरूलाई यो चुनौती होइन अवसर हो भन्छु। त्यसैले नयाँ पुस्ताका महिलाहरूलाई लोकसेवामार्फत् निजामती सेवामा प्रवेश गर्न र गृह प्रशासनमा आउन म आग्रह गर्छु। ज्येष्ठ नागरिकहरू मलाई देखेर रुनुहुन्छ लीलाकुमारी केसी पाण्डे, रामेछाप म ओखलढुङ्गामा जन्मिएकी हुँ। मैले एसएलसीसम्म त्यही पढेँ। त्यसपछि मैले उच्च अध्ययन काठमाण्डूमा गरेँ। ताहाचल क्याम्पसबाट मैले शिक्षाशास्त्र सङ्कायमा स्नातकसम्म अध्ययन गरेँ। स्नातकमा म देशभरिकै सबैलाई जितेर गोल्डमेडलिस्ट भएँ। त्यसपछि मैले जनसङ्ख्या अध्ययनमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेँ। मैले स्नातक सक्ने बित्तिकै शाखा अधिकृतमा परीक्षा दिएँ र पास पनि भएँ। म २०५९ सालमा शाखा अधिकृत भएकी हुँ। त्यसपछि मैले जनसङ्ख्या तथा वातावरण अनि त्यसपछि स्वास्थ्य मन्त्रालयमा काम गरेँ। त्यसपछि सामान्य प्रशासन मन्त्रालय र योजना आयोग हुँदै गृह मन्त्रालयमा आएकी हुँ। मैले एक वर्ष मन्त्रालयमै बसेर योजना शाखा हेरेँ र त्यसपछि नौ महिनाअघि रामेछापमा प्रजिअ भएर आएकी हुँ। सर्वप्रथम निजामती सेवामा प्रवेश गर्न मलाई बुवाले प्रेरणा दिनुभएको हो। जब म बुझ्न सक्ने भएँ मलाई आफू आफ्नो खुट्टामा उभिने हुनुपर्छ र समाजमा केही रूपान्तरणकारी भूमिका निर्वाह गर्नुपर्छ भन्ने लाग्यो। त्यसैले म यो सेवामा आएकी हुँ। छोरीमात्र जन्माए एक लाख पुरस्कार महिला प्रजिअका रूपमा मैले महिला भनेर कुनै पनि चुनौती सामाना गर्नु परेन। म सानैदेखि पनि त्यस्तो नसोच्ने भएकाले पनि हुन सक्छ। तर प्रजिअ भएपछि जिम्मेवारी अलि फरक हुने रहेछ। धेरै प्रकारका विषय र सरोकारवालासँग हामीले समन्वयमा रहनुपर्ने हुन्छ। महिला प्रजिअ कम हुने भएकाले समाजको अनुभूति चाहिँ मैले फरक पाएँ। त्यो एकदमै उत्प्रेरक रहेको छ किनकि धेरैले मलाई उत्प्रेरणा नै दिइरहनुभएको छ। कतिले त हाम्रा छोरी र बुहारीले पनि गर्न सक्ने रहेछन् भन्ने सोच बनाउनुभयो। त्यो एकदमै उत्प्रेरक लाग्छ मलाई। छोरीलाई पनि पढाउनुपर्ने रहेछ भन्ने सोच आएको पनि मैले पाएँ। रामेछाप आएपछि विभिन्न स्थानमा गएर हामीले अन्तरक्रिया गरिरहेका छौँ। त्यो किन पनि गरेको हो भने हाम्रो जिम्मेवारी भनेको शान्ति-सुरक्षा पनि हो। त्यसका लागि भूगोल बुझेपछि रणनीति बनाउन सजिलो हुन्छ भनेर म र नेपाल प्रहरीका जिल्ला प्रमुख भएर यस्तो कार्यक्रम गरिरहेका छौँ। त्यस क्रममा धेरै ठाउँमा पुग्दा मेरो बुवाको उमेरका बुवाहरू निकै भावुक हुनुभयो। कति त रुनु पनि भयो। आखिर हाम्रा छोरीहरूले पनि गर्न सक्ने रहेछनन् भन्ने उहाँहरूको कुरा रहेछ। गुञ्ची भन्ने स्थानमा त एकजना बुवाले आएर मलाई "तिमी मेरी छोरी हौ, कालीकी रूप हौ" भन्नुभयो। त्यसले मलाई एकदमै उत्प्रेरणा मिल्यो। त्यसले मलाई थप ऊर्जा दिएको छ। नयाँ आउने महिलाहरूलाई हामी रूपान्तरण गर्न सक्छौँ भनेर आउन म आग्रह गर्छु। हामी अहिले जनसङ्ख्याको हिसाबले काम गर्ने उमेरको सङ्ख्या एकदमै धेरै भएको अवस्थामा छौँ। त्यसैले यसलाई उपयोग गर्न म दिदीबहिनीहरूलाई आग्रह गर्छु। सीडीओ सर नै हुन्छन् म्याडम/मिस हुँदैनन् भन्ने सोच छ गोमादेवी चेम्जोङ्ग, सिन्धुपाल्चोक गाउँगाउँमा गएर सेवा गर्न पाइन्छ भन्ने कुराले मलाई निजामती सेवामा प्रवेश गर्न मनबाटै प्रेरित गरेको हो। मेरो घर ताप्लेजुङ हो। मैले २०६३ सालमा शाखा अधिकृत पास गरेकी हुँ। खासमा जनजाति समुदायमा निजामतीतिर आकर्षित हुने मानिस कमै हुन्थे। तर क्याम्पस जीवनमा मेरा साथीभाईहरू धेरै क्षेत्री,बाहुन नै थिए। उनीहरू लोकसेवा अध्ययन गरिरहेका हुन्थे। त्यसैले मलाई निजामती सेवामा प्रवेश गर्न कसरी अध्ययन गर्ने भन्ने जानकारी दियो। म त्यसबेला त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्रमा स्नातकोत्तर गरिरहेकी थिएँ। म उपसचिव २०६९ सालमा बनेकी हुँ। गृह मन्त्रालय अन्तर्गत भने २०७४ सालमा मैले प्रवेश गरेँ। पहिलो कार्यकाल प्रजिअका रूपमा मैले भोजपुरमा काम गरेँ। त्यसपछि दोस्रो जिल्लाको रूपमा अहिले सिन्धुपाल्चोकमा आएकी हुँ। महिला प्रजिअ हुँदा मैले 'महिला पनि सीडीओ हुन्छ र?' भन्ने सोच रहेको पाएँ। त्यो एउटा ठूलो चुनौती हो। यस्तो पुरुषवादी सोच निजामती प्रशासनभित्र पनि छ। त्यसलाई हटाउन समय लाग्छ जस्तो लाग्छ। पुरुषकै बराबर काम गर्दा पनि महिलाले चाहिँ कम गरेको जस्तो व्यवहार हुन्छ। नेपालकी प्रथम महिला प्रहरी: 'जेल हाल्लान् भन्ने डरले प्रहरी भएँ' महिला आविष्कारकहरू किन निकै कम छन् पुरुषको दाँजोमा दाँजिनका लागि हामीले पुरुषभन्दा पनि १० प्रतिशत बढी काम गर्नुपर्छ। भोजपुरमा म प्रजिअ हुँदा धेरै ज्येष्ठ नागरिकहरू महिला पनि सीडीओ भएको रे! भन्दै हेर्न आउनुभएको थियो। कतिले त सीडीओ साहब कता हुनुहुन्छ? भन्दै सहायक प्रजिअतर्फ गएको पनि देखियो। अझै पनि हाम्रोमा 'सीडीओ सर नै हुन्छन् म्याडम वा मिस हुदैँनन्' भन्ने सोच बाँकी नै छ। तर हामीले यसलाई चुनौती र अवसर दुवै रूपमा लिनुपर्छ भन्ने लाग्छ। नयाँ आउने महिलाहरूलाई म के भन्न चाहन्छु भने- यो निजामती सेवा सबैभन्दा निष्पक्ष हुने भएकाले जो अध्ययनशील हुनुहुन्छ, उहाँहरूले अन्यत्रको साटो यतै प्रयास गर्नुहोला। अनि सेवामा प्रवेश गरेपछि म गृह प्रशासनमा प्रवेश गर्न आग्रह गर्छु। त्यसको कारण के हो भने गृह प्रशासनमा काम गरेपछि हाम्रो नेतृत्व क्षमता निकै बढ्छ। अझ प्रजिअ भएपछि त धेरै कुराहरूमा ध्यान दिनुपर्ने भएकाले यो एकदमै चुनौतीपूर्ण र नेतृत्व क्षमताका लागि राम्रो स्थान हो। नेपालको जनसङ्ख्यामा महिलाको हिस्सा बढी छ। त्यसैले जति पनि समस्याहरू आउँछन् त्यो महिलासँग सम्बन्धित धेरै हुन्छन्। त्यसैले महिला प्रजिअ भएमा ती समस्या हल गर्न पनि सहज हुन्छ। महिलाले के गर्न सक्छन् र? भन्ने सोच बाँकी नै छ हुमकला पाण्डे, भक्तपुर निजामती सेवा स्थायी सेवा रहेकाले र जनताका बीचमा बसेर काम गर्न पाइने भएकाले म प्रेरित भएकी हुँ। यसको स्थायित्व र प्रतिष्ठाले पनि मलाई आकर्षित गरेको हो। महिलाका समस्यालाई पनि स्थानीय तहमा नै रहेर समाधान गर्न सकिने भएकाले म यता आकर्षित भएँ। मैले निजामती सेवामा २०६३ सालमा प्रवेश गरेकी हुँ। भक्तपुरमा प्रजिअ भएर आउनुभन्दा अगाडि अख्तियार दुरुपयोग अनुसन्धान आयोजको प्रदेश नम्बर ३ को कार्यालय प्रमुखका रूपमा मैले काम गरेकी थिएँ। म प्रजिअका रूपमा भर्खरै आएकाले यसको चुनौतीबारे बुझ्दैछु। तर पहिले नै अर्धन्यायिक निकायको प्रमुखका रूपमा काम गरिसकेकाले मलाई काम गर्न सक्छु भन्ने विश्वास छ। महिला भएकाले भोग्नुपर्ने चुनौती त छदैँछ। 'महिलाले के गर्न सक्छन् र?' भन्ने सामाजिक दृष्टिकोण रहेको छ। तर मलाई त्यसलाई चिरेर काम गर्न सक्छु भन्ने विश्वास छ। महिलाहरूले जति पनि कार्यक्षेत्रमा गएर काम गरिरहनुभएको छ। महिलाहरू अहिले निजामती सेवामा २४ प्रतिशत जति छन्। महिलाको प्रवेश दर बढिरहेको छ। त्यसैले महिलाहरूले आफू केही गर्न सक्छु भनेर आउँदा सबैभन्दा राम्रो अवसर हो यो। महिलाहरू निजामती सेवामा आएमा महिलाले महिलाकै समस्या समाधान गर्न पनि निकै सहज हुन्छ। जनताले पनि विश्वास गर्छन्। सुरुमा कसरी काम गर्लान् भन्ने सोच देखिन्थ्यो, अहिले परिवर्तन हुँदैछ कल्पना घिमिरे नेपाल, पर्वत खास गरेर निजामती सेवामा प्रवेश गर्न परिवारले नै प्रेरणा जगाउनुभएको हो। त्यसपछि म आफैँलाई निजामती सेवाको उच्च तहमा जाने आकाङ्क्षा बढेको हो। म २०६६ सालमा शाखा अधिकृत भएकी हुँ। २०७२ सालमा म उपसचिव भएँ। उपसचिवका रूपमा मैले वातावरण विभाग, कृषि विकास मन्त्रालयमा काम गरेँ। त्यसै क्रममा म युरोपमा अध्ययनका लागि पनि गएँ। उताबाट फर्केपछि मैले अध्यागमन कार्यालयमा काम गरेँ। त्यसपछि मैले रुपन्देहीमा सहायक प्रजिअ भएर काम गरेँ अनि पर्वतमा प्रजिअ बनेको सात महिना भयो। खास गरेर सुरुमा आउँदा महिला प्रजिअले के कसरी काम गर्ने हो भन्ने खालको व्यवहार देखियो। करिब एक महिनासम्म अलि फरक व्यवहार थियो। अहिले भने त्यस्तो छैन। मैले यो पद लैङ्गिक पद होइन भन्ने सन्देश पनि दिएँ। त्यसले अहिले परिवर्तन आएको महसुस गरेकी छु। निजामती सेवामा र अझ गृह प्रशासनमा प्रवेश गर्न चाहने महिलालाई म के भन्न चाहन्छु भने हामीलाई परिवारको साथ र आफ्नो आँट भयो भने सहज हुन्छ। प्रजिअ हुन चाहनेले चाहिँ जुनसुकै बेला जहाँ पनि खटिन सक्छु र सबैलाई समन्वय गरेर जान्छु भन्ने सोच राख्नुपर्छ। कर्णालीका नागरिकले ममा आफ्ना छोरी-बुहारीको भविष्य देखे दुर्गा बञ्जाडे, जुम्ला मलाई निजामती सेवामा प्रवेश गर्न दुईवटा कुराले प्रेरित गरेको हो। पहिलो कुरा भनेको स्थानीय तहमा नागरिकको घरदैलोमा पुगेर सेवा दिन सकिन्छ भन्ने सोच हो। दोस्रो चाहिँ निजामती सेवा भनेको स्थायी संरचना हो। यसमा योग्यताक्रमबाट छानिएर आउने व्यक्तिहरूले नै अवसर पाउने भएकाले पनि मलाई यसमा आउन उत्प्रेरित गरेको हो। म निजामती सेवामा २०६८ सालमा शाखा अधिकृत भएकी हुँ। त्यसअघि पनि म निजामती सेवामा नै थिएँ। २०७४ सालमा म उपसचिव भएकी हुँ। पहिले मैले सिन्धुपाल्चोक जिल्लामा सहायक प्रजिअका रूपमा दुई वर्ष काम पनि गरेकी हुँ। जुम्लामा प्रजिअ भएको १० महिना भयो। प्रजिअका रूपमा रहँदा विभिन्न खाले चुनौती हुने नै भए। त्यसमा महिला र पुरुष प्रजिअले भोग्नुपर्ने चुनौती फरकफरक छन्। महिलाले हरेक पटक परीक्षा दिनुपर्ने अवस्था हुन्छ। तर त्यसलाई चुनौतीका रूपमा भन्दा मैले अवसरका रूपमा लिएकी छु। कानुनी रूपमा वर्जित भएकाले प्रत्यक्ष रूपमा महिलालाई विभेद त गरिदैँन तर त्यो कताकता देखिन्छ। म कर्णाली प्रदेशमै पहिलो महिला प्रजिअ भएर आएकाले यस क्षेत्रका धेरैले मलाई हेरेर ममाथि भविष्य पनि देख्नुभयो। कतिपयले आफ्ना श्रीमती, छोरी, बुहारी वा भाञ्जीमा महिला प्रजिअको भविष्य पनि देख्नुभयो। भविष्यमा निजामती सेवामा प्रवेश गर्न चाहने वा प्रजिअ बन्न चाहनेका लागि म के भन्न चाहन्छु भने- जो व्यक्ति जहाँ हुनुहुन्छ त्यहाँ पेशाप्रति इमानदार भएर काम गर्नुहोस्। म वर्गीकरणमा कहाँ पर्छु भन्ने भन्दा पनि चुनौती लिनुहोस्, अवसर तपाईँलाई पर्खिरहेको छ। चालक पनि महिला यात्रु पनि महिला सीडीओ साप भन्दै हट्टाकट्टा पुरुषतिर फाइल लिएर जान्छन् विनिता भट्टराई, हुम्ला स्थानीय महिलाहरूसँग हुम्लाकी प्रजिअ विनिता भट्टराई सुरुमा मैले निजामती सेवामा प्रवेश गर्ने सोचेकी थिइनँ। तर २०६२/६३ को आन्दोलनपछि हाम्रो कलेजमा संस्थागत रूपमा नै लोकसेवा भर्ने महिला कम भए भनेर अभियान चलाउन आएपछि मलाई निजामती सेवामा आउन प्रेरित गर्‍यो। त्यसपछि मैले फर्म भरेर लोकसेवा दिएँ र पास पनि गरे। म शाखा अधिकृतका रूपमा सेवामा प्रवेश गरेकी हुँ। डेढ वर्षअघि म गृह प्रशासनमा प्रवेश गरे। हुम्ला आएको पाँच महिना भयो। त्यसअघि केही समय मैले सुर्खेतमा सहायक प्रजिअका रूपमा काम गरेकी थिएँ। महिला प्रजिअ भएर आएपछि मैले यहाँ फरकफरक कुरा महसुस गरेँ। हुम्लामा धेरै महिला अशिक्षित हुनुहुन्छ। त्यसले पनि होला कतिपय महिलालाई महिला पनि प्रजिअ हुन्छन् र भन्ने पनि हुँदोरहेछ। कतिपयले महिलालाई प्रजिअ हो भन्ने नै ठान्ने नै रहेनछन्। कतिपयले त फाइल लिएर आउँदा म प्रजिअको कुर्सीमा बसेको भए पनि छेउमा हट्टाकट्टा पुरुष बसेको देखे भने 'सीडीओ साप' भन्दै उतै फाइल लाने गरेको पनि देखिन्छ। फेरि यहाँ त महिलालाई खासमा समान नागरिकको जस्तो व्यवहार कमै हुने भएकाले पनि होला। केही काम गर्न सहज पनि हुन्छ किनकि महिलालाई दबाव दिने कम हुन्छ। महिलाले त नियमबाहिर गएर काम गर्दैनन् भन्ने पनि हुन्छ। निजामती प्रशासनमा पनि कम गर्दैनन् भन्ने सोच भएको देखिन्छ। मैले आफैँले चाहिँ त्यस्तो अनुभव गरेकी छैन। प्रशासनिक क्षेत्रमा आउन चाहनेहरूलाई म के भन्छु भने- रुचि छ भने यस क्षेत्रमा आउँदा धेरै काम गरेर देखाउने अवसर छ। यो राजनीतिक पद पनि हो त्यसले गर्दा यहाँ चुनौती पनि छ, अवसर पनि छ। नेतृत्व विकास गर्नेका लागि प्रजिअ पद एकदमै उपयुक्त हो। मोटरसाइकलमा लोमन्थाङ
नेपाल-भारत सम्बन्ध: जयशङ्करको भ्रमणपछि पनि प्रबुद्ध समूहको प्रतिवेदनबारे अन्योल कायमै
भारतीय विदेशमन्त्री एस जयशङ्करले नेपाल-भारत प्रबुद्ध व्यक्तिहरूको समूह (ईपीजी) ले दुई देशबीचको भावी सम्बन्धका बारेमा एक वर्षअघि तयार पारेको प्रतिवेदन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उपयुक्त समयमा बुझ्ने जानकारी नेपाली पक्षलाई गराएको प्रधानमन्त्री केपी ओलीका विदेश मामिला सल्लाहकारले बताएका छन्।
अघिल्लो वर्षको असारमा नै तयार भइसकेको उक्त प्रतिवेदन ग्रहण गर्न भारतीय प्रधानमन्त्रीको समय पर्खिरहेको प्रबुद्ध समूहमा रहेका दुवै देशका अधिकारीहरूले बताउँदै आएका थिए। दुई देशको समग्र सम्बन्धमाथि छलफल गर्ने उच्चतम स्थायी थलो नेपाल-भारत संयुक्त आयोगको पाँचौ बैठकमा भाग लिन विदेशमन्त्री जयशङ्कर बुधवार काठमाण्डू आएका हुन्। नेपाल-भारत विदेशमन्त्री स्तरीय उक्त संयन्त्रको बैठकपश्चात् नेपालको परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस वक्तव्यमा बैठकमा १९५० को नेपाल-भारत सन्धि तथा प्रबुद्ध समूहले तयार पारेको प्रतिवेदन बुझ्नेबारे एकअर्काका 'धारणा साटासाट' गरिएको मात्र उल्लेख छ। ईपीजी प्रतिवेदनको चर्चा आफ्नो पहिलो कार्यकालमा विदेशसचिव रहेका एस जयशङ्करलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालको शपथ लिएलगत्तै विदेशमन्त्री बनाएका थिए। सन् १९८७ मा गठन भएको संयुक्त आयोगको बैठक १९८८, १९९१ र १९९४ मा बसेका थिए। त्यसपछि चौथो बैठक झन्डै २३ वर्षपछि मोदीको पहिलो कार्यकालमा मात्र बस्न सक्यो। यसपालिको बैठक पाँचौँ हो। उक्त संयन्त्रको बैठकमा भाग लिन आएका जयशङ्करले बैठकअगावै प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरेका थिए। नेपाल र भारत दुवैतिर बलियो सरकार रहेकाले द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने वातावरण रहेको भारतीय प्रधानमन्त्री मोदीको सन्देश त्यस क्रममा उनले सुनाएको प्रधानमन्त्री ओलीका विदेशमामिला सल्लाहकार राजन भट्टराईले संवाददाताहरूलाई बताए। त्यसबाहेक सन् १९५० को नेपाल-भारत सन्धिसहित द्विपक्षीय सम्बन्धका समग्र विषयबारे एक वर्षअघि दुई देशका प्रबुद्ध व्यक्तिहरूको समूहले तयार पारेको प्रतिवेदन दुवै देशका सरकार प्रमुखले बुझ्ने विषयमा पनि उक्त भेटमा छलफल भएको थियो। प्रधानमन्त्रीका सल्लाहकार भट्टराई भन्छन्, "हामीबीच एकदमै राम्रो र सौहार्दपूर्ण सम्बन्ध रहेको छ र यसलाई अझ उचाइमा लिएर जाने कुरामा अहिले जुन वातावरण छ त्यो सकारात्मक छ भन्ने सन्देश उहाँले सुनाउनुभयो। ईपिजीको एउटा प्रतिवेदन हो दुवै देशको उच्चस्तरीय तहबाट त्यो गठन भएकाले उपयुक्त समयमा हामीले त्यसलाई ग्रहण गर्छौँ भन्ने उहाँले भन्नुभयो।" विदेशमन्त्री जयशङ्करले प्रधानमन्त्री ओलीसँग लगभग एक घण्टा एक्लै कुराकानी गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भारतको आपत्ति, नेपाली पक्ष भन्छ 'विवाद छैन' दिल्लीबाट बीबीसीसँग कुरा गर्दै नेपाल मामिलाबारेका एक जानकार अवकाशप्राप्त मेजर जेनरल अशोक मेहताले प्रबुद्ध समूहले अघिल्लो वर्ष तयार पारेको प्रतिवेदनमा भारतका केही चासोहरू सम्बोधन नभएको आफूले थाहा पाएको बताए। उनी भन्छन्, "त्यो संयुक्त प्रतिवेदन अहिलेसम्म तयार छैन किनभने भारतले नेपाली प्रतिनिधिले प्रतिवेदनमा लेखेका केही कुरामा आफ्नो आपत्ति जाहेर गरेको थियो। के विषयमा असहमति छ मलाई थाहा छ, तर म भन्न सक्दिनँ। दुवै पक्ष बसेर त्यसलाई मिलाउनुपर्छ।" उक्त प्रबुद्ध समूहका नेपालतर्फका संयोजक एवम् पूर्वकूटनीतिज्ञ भेषबहादुर थापाले प्रतिवेदनका विषयमा कुनै विवाद नरहेको र आफ्ना निष्कर्षहरू नेपाल र भारत दुवैका लागि सुझावमात्रै भएको यसै साता बीबीसीलाई बताएका थिए। उनको भनाइ थियो, "दुवै देशतर्फका संयोजकसमक्ष प्रबुद्ध समूहले आफ्नो प्रतिवेदन जिम्मा लगाएको छ। हामीबीच संवाद भइरहेको छ। मेरो भारततर्फका संयोजकसँग भएको कुराकानीमा चाँडै हुन्छ भनेर उहाँले भन्नुभएको छ। मैले त्यसैमा आशा र अपेक्षा गरेका छु।" प्रबुद्ध समूहको भारततर्फ भारतीय जनता पार्टीका नेता भगतसिंह कोशियारीले नेतृत्व गरेका थिए। नेपालतर्फका सदस्य रहेका नीलाम्बर आचार्य हाल भारतका लागि नेपाली राजदूत बनेका छन् भने अर्का सदस्य भट्टराई प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहकार हुन्। यसअघि प्रबुद्ध समूहमा भारतका प्रधानमन्त्रीलाई सुरुमा र त्यसपछि नेपालका प्रधानमन्त्रीलाई उक्त प्रतिवेदन बुझाउने सहमति भएको थियो। संयुक्त आयोगको बैठक बुधवार संयुक्त आयोगको बैठक मूलरूपमा राजनीति, सुरक्षा र सीमा, सम्पर्क सञ्जाल र वित्तीय सहायता, वाणिज्य र पारवहन अनि ऊर्जा, जलस्रोत, शिक्षा र संस्कृति जस्ता द्विपक्षीय मामिलामा केन्द्रित भएको बताइएको छ। बैठकका क्रममा दुवै देशका अधिकारीहरूले खाद्य सुरक्षा तथा मापदण्डसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् भने हुलाकी सडक र भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले वाचा गरेको सहायता रकमको चेक हस्तान्तरण गरिएको छ। सो बैठकले मोतीहारी-अमलेखगन्ज पेट्रोलियम पाइपलाइन, हुलाकी सडकका चार खण्ड, जनकपुर-जयनगर तथा जोगबनी-विराटनगर रेलवे आयोजनामा भएका प्रगतिप्रति खुसी व्यक्त गरेको छ। डुबानले सीमा क्षेत्रका मानिसहरूलाई गम्भीर समस्या उत्पन्न भएको भन्दै बैठकले त्यसको एउटा कारण सीमाक्षेत्रमा पानीको प्राकृतिक प्रवाह नरोक्नेगरी निकासका उपाय पर्याप्त अपनाउन नसकिएको उल्लेख गरेको छ। र, त्यसको सम्बोधनको आवश्यकता औँल्याएको छ। साथै, नेपालले थप हवाईमार्ग माग गरेको सम्बन्धमा बैठकले दुवै देशका नागरिक उड्डयन निकायहरूबीच जारी कुराकानीले सकारात्मक परिणाम दिने बताइएको छ। सन् २०१५ मा संविधानसभाले नयाँ संविधान जारी गर्नुअघि आकस्मिक रूपमा प्रधानमन्त्री मोदीको सन्देश दिएर तत्कालीन विदेशसचिवको हैसियतमा जयशङ्करले काठमाण्डूको भ्रमण गरेका थिए। भारतीय सुझावविपरीत त्यस बेला संविधान जारी गरिएपछि नेपालले करिब छ महिना लामो नाकाबन्दी बेहोरेको थियो। भारतकै कतिपय विज्ञहरूले त्यसबेला दिल्लीले अपनाएको व्यवहारले नेपाल-भारत सम्बन्धमा आघात पुर्‍याएको भन्दै यस पटक विदेशमन्त्री बनेर काठमाण्डू आइपुगेका जयशङ्करले विगतको गल्तीप्रति पश्चात्तापको आशय दिने सन्देश दिनुपर्ने धारणा राखेका थिए।
२० वर्षदेखि साइकलमा कार्यालय
सीता बिष्ट सरकारी कर्मचारी हुन्। उनी राष्ट्रिय आवास कम्पनी लिमिटेडमा काम गर्छिन्।
दुई दशकदेखि साइकल चढेरै दैनिक ३० देखि ३५ किलोमिटर बाटो उनले ओहोरदोहोर गर्दै आएकी छन्। तर उनी भन्छिन् - यो उनको रहर हैन, बाध्यता हो। हेर्नुहोस् भक्तपुरको झौखेलस्थित घरबाट काठमाण्डूको बुद्धनगरस्थित कार्यालयसम्म उनको साइकलयात्रा र अनुभव यो भिडिओमा। भिडिओ: सृजना श्रेष्ठ, मतिना त्वानाबासु
'मलाई रजस्वला हुँदा आत्महत्याको सोच आउँछ'
रजस्वला हुँदा २० मध्ये एक महिलालाई आत्महत्या गर्ने विचार आउँछ। तर यो समस्याको सही पहिचान र सहयोगसम्बन्धी चेतनाको कमी छ।
यो समस्या भएका महिलाहरूमा रजस्वला हुनुअगाडि अवसाद (डिप्रेशन), चिन्ता, आत्महत्याको विचार र अनियन्त्रित भएको भावना आउँछ। गत वर्ष मात्रै विश्व स्वास्थ्य सङ्गठनले यसलाई एउटा मानसिक स्वास्थ्य समस्याको रूपमा पहिचान गरेको छ। यसलाई होर्मोनको उपचार र केही अवस्थामा शल्यक्रियाबाट सहज बनाउन सकिन्छ। हेर्नुहोस् यससम्बन्धी एउटा भिडिओ। अनि यो पनि
गगन थापाले संसद्‍मा किन गरे ठट्यौलो सम्बोधन
नेपाली कांग्रेसका नेता गगन थापाले मङ्गलवारको प्रतिनिधि सभा बैठकको शुन्य समयमा विवादास्पद बालुवाटार जग्गा प्रकरणबारे 'स्वस्थानी' व्रतको सन्दर्भ निकाले।
एक मिनेटको समयभित्र थापाले अख्तियार दुरूपयोग अनुसन्धान आयोग, प्रधानमन्त्री केपी शर्मा ओली, सत्तारूढ नेकपाका महासचिव विष्णु पौडेल र सरकारका प्रवक्ता गोकुल बाँस्कोटालाई व्यङ्ग्य गरेका थिए। संसद्‍को बैठकमा 'स्वस्थानी च्यात्नुपर्ने' प्रसङ्ग उठेको चर्चा चलेका कारण आफूले उक्त व्रत कथाका पात्र र कथा भन्ने शैलीलाई चयन गरेको थापाले बीबीसीलाई बताए। थापाको उक्त प्रस्तुतिबारे कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्। अनि यो पनि बालुवाटार जग्गा प्रकरणका आरोपितलाई अख्तियारको सार्वजनिक सूचना बालुवाटार जग्गा प्रकरण: 'अख्तियारले राजनीतिक सङ्केत पर्खेको हो?' आफ्नो चर्चित शैलीबारे सञ्चारमन्त्री बाँस्कोटा
कोरोना भाइरस: सङ्क्रमण भयो भने निको हुन कति समय लाग्छ
संसारभरि अहिलेसम्म करिब ११ लाख मानिसहरू कोरोनभाइरस सङ्क्रमणबाट निको भएका छन्।
तर सन्चो हुने समय भने व्यक्ति-व्यक्तिमा फरक पाइएको छ। धेरै मान्छेमा सामान्य लक्षण मात्रै हुन्छ जुन निको हुन एक हप्ता मात्र वा केही बढी समय लाग्न सक्छ। तर गम्भीर लक्षण भएकाहरू भने पूर्ण रूपमा निको हुन एक वर्षभन्दा बढी लाग्ने स्वास्थ्य विज्ञहरूले बताएका छन्। अनि यो पनि: ९८ वर्ष पुगेका यी चिकित्सक अझै थाकेका छैनन् इबोलाको औषधि कोरोनाभाइरस उपचारमा प्रभावकारी भएको अमेरिकी दाबी कोरोनाभाइरसमा देखिएको परिवर्तनले वैज्ञानिकहरू छक्क
'टिकटक भिडिओले जीवन बदल्न सक्छ'
भारतकी गीत उपनामले चर्चित संगीता जैन टिकटकमा प्रेरणादायी र अङ्ग्रेजी भाषा सिक्ने भिडि‌ओहरू बनाउँछिन्।
अभिनेत्री बन्ने रहर भएकी उनले टिकटकमा आफ्नो इच्छाहरू पूरा गर्न थालेकी हुन्। अङ्ग्रेजी भाषासम्बन्धी भिडिओहरू राख्न थालेपछि एक सातामै आफ्नो फलोअरहरू एक लाख पुगेको उनले बताइन्। हेर्नुहोस् एउटा भिडिओ। अनि यो पनि:
नेपालमा हवाई दुर्घटनाको शृङ्खला यस्तो छ
वैशाख १ गते तदनुसार एप्रिल १४ मा सोलुखुम्बु जिल्लाको लुक्ला विमानस्थलमा एउटा विमान धावनमार्गको छेउमा रहेका दुईवटा हेलिकप्टरमा गएर ठोकियो।
यसरी दुर्घटना हुँदा समिटर एअरको सो विमानका सहचालक र विमानस्थलमा खटिएका दुई सुरक्षाकर्मीको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। विमान कसरी चिप्लियो भन्ने स्पष्ट चाहिँ स्पष्ट छैन। विमान र हेलिकप्टरका चालकहरू भने घाइते भएका छन्। नेपालमा सन् १९४९ मा पहिलो चोटि विमान अवतरण गरेको थियो। त्यसपछि विमान र हेलिकप्टरका दर्जनौँ ठूलासाना दुर्घटनामा सयौँ जनाको ज्यान गएको छ। कमजोर पूर्वाधार, प्रतिकूल मौसम र उडानसम्बन्धी निर्देशिकाको पूर्णरूपमा पालना हुन नसक्दा पटकटक हवाई दुर्घटना हुने गरेको बताइन्छ। प्रस्तुत छ नेपालमा सन् २००६ देखि यता भएका ठूला हवाई दुर्घटनाको सूची
सशर्त सवारीसाधन चल्न दिने सरकारको निर्णय, विज्ञ भन्छन्: ‘सङ्क्रमणको ठूलो जोखिम’
सरकारले सार्वजनिक यातायात सशर्त सञ्चालन गर्न दिने निर्णय गरेको छ।
केही साताअघि गृहजिल्लाका स्थानीय निकायले व्यवस्था गरिदिएको सवारीसाधन चढेर काठमाण्डूबाट ठूलो सङ्ख्यामा मानिसहरू घर फर्किएका थिए मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजना गरिने नियमित पत्रकार सम्मेलनका क्रममा बिहीवार सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सवारीसाधन सञ्चालनसम्बन्धी निर्णयबारे जानकारी गराएका हुन्। कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामलाई ध्यानमा राख्दै गत जेठ २८ र असार १५ गते गरिएको सार्वजनिक यातायात बन्द गर्ने निर्णयमा सरकारले परिमार्जन गरेको हो। "काठमाण्डू उपत्यकाका तीन जिल्ला र उपत्याका बाहिरका सम्बन्धित जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक सवारीसाधन चल्न दिने निर्णय भएको हो," मन्त्री खतिवडाले भने। शर्तहरू के छन्? उनका अनुसार काठमाण्डू उपत्यकाभित्र र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र मात्र जोरबिजोर प्रणालीमा सञ्चालन हुने गरी निजी सवारीसाधन चालकबाहेक दुईजना र एकै परिवारको भए बढीमा पाँच वर्षसम्मको बच्चा जोडिएर दुई जनाबाहेक काखमा बस्ने गरी यात्रा गर्न पाउने छन्। ट्याक्सी सञ्चालनबारे पनि सरकारले यसअघिको निर्णयमा परिमार्जन गरेको छ। जसअनुसार काठमाण्डू उपत्यकाको हकमा उपत्यकाभित्र र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र मात्र सञ्चालन हुने ट्याक्सी चालकबाहेक बढीमा दुईजना र परिवारभित्रको भए पाँच वर्षभित्रका बालबालिका समेतले यात्रा गर्न पाउने छन्। काठमाण्डू उपत्यकाको हकमा उपत्यकाभित्र सबै जिल्लामा र अन्य जिल्लाको हकमा यात्रुवाहक सार्वजनिक यातायात चालकसहित सीट क्षमताको बढीमा ५० प्रतिशतसम्म यात्रु रहने गरी एक पङ्क्तिको एक सीटमा सामाजिक दूरी कायम हुने गरी एकजना यात्रु राख्नुपर्ने मन्त्री खतिवडाले बताए। लामो समयसम्म यातायात क्षेत्र सञ्चालन नहुँदा अन्य क्षेत्रमा पनि प्रतिकूल असर पर्ने व्यवसायीहरूको भनाइ छ सबै यात्रुले अनिवार्य रूपमा मास्कको प्रयोग गर्नुपर्ने, यात्रु चढ्ने सयममा सवारीसाधनको ढोकामा र भित्र स्यानीटाइजरको व्यवस्था गर्नुपर्नेछ। चालक तथा सहचालकले समेत अनिवार्य रूपमा मास्क, भाइजर र पञ्जा लगाउने तथा सवारीसाधनलाई दैनिक निःसङ्क्रमण गर्ने गरी सञ्चालन गर्नुपर्ने सरकारी निर्णय छ। भाडा बढ्यो ट्याक्सीबाहेक अन्य सवारीसाधनको हकमा व्यवसायीहरूले ५० प्रतिशत बढी भाडा लिन पाउने छन्। "५० प्रतिशतभन्दा बढी क्षमतामा नचलाउने भएपछि सञ्चालन खर्चलाई ध्यानमा राखेर कोभिड-१९ सम्बन्धी आदेश रहेसम्म थप भाडा लिन पाउने गरी निर्णय गरिएको छ,"मन्त्री खतिवडाले थपे। त्यसैगरी उद्योग, प्रतिष्ठान तथा निजी सेवा प्रदायकहरूले आफ्ना कर्मचारी ओसारपसार गर्दा पनि सामाजिक दूरी र सीट क्षमताको आधा मात्रा मान्छे राख्न पाउने छन्। सङ्क्रमणको जोखिम तर एकजना यातायातविद् आशिष गजुरेलले सरकारी मापदण्ड अनुसार सवारीसाधन सञ्चालन नगरिएमा त्यसले सङ्क्रमणको जोखिम अझ बढ्न सक्ने खतरा औँल्याउँछन्। बीबीसी न्यूज नेपालीसँग कुरा गर्दै उनले भने, "पहिलापहिला यात्रु कोचाकोच गरेर उनीहरू कमाउँथे। अहिले आएर सीटको आधा क्षमतामा यात्रु राख्न पाउने यो नियम मानेर चलाउनेमा मलाई शङ्का छ।" "यदि सरकारले भनेका कुरा पूर्ण रूपमा पालना नभए अब त सङ्क्रमण अझ बढ्ने जोखिम रहन्छ," उनले थपे। सङ्क्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी अहिले सार्वजनिक यातायात सञ्चालन गर्ने उपयुक्त समय भइनसकेकोतर्फ सचेत गराउँछन्। "अहिले आवागमन र भिडभाड बढ्नु खतरनाक हुन्छ, सार्वजनिक यातायात खोल्न दिने समय भएको छैन," बीबीसी न्यूज नेपालीसित उनले भने। "सरकारको तथ्याङ्कले के भन्छ थाहा छैन तर सङ्क्रमण एकदम फैलिसकेको देखिन्छ।"
मरुभूमिमाथि चील र बाज उडाएर प्राचीन खेलको सम्झना
इजिप्टको अलेक्जेन्ड्रियानजिकै रहेको मरुभूमिमा चील र बाज पाल्ने मानिसहरू भेला भएर एउटा प्राचीन खेलको सम्झना गरेका छन्।
बोर्ग अल‍-अरबमा भएको मेलामा यासेर अल खवान्की आफ्नो चीललाई चारा खुवाउँदैछन् मानिसहरूले 'गोल्डन इगल' अर्थात् सुपर्ण महाचील जातका पक्षी सयौँ वर्षदेखि सिकार गर्दा प्रयोग गर्दै आएका छन् सूर्योदयका बेला यी सिकारी पक्षीलाई एक ठाउँमा राखियो दर्शकहरूकै अगाडि उड्दै गएर उनीहरूले परेवा र खरायोलाई झम्टे सिकारी चरा प्रयोग गरेर सिकार गर्ने चलन प्राचीन कालदेखि नै इजिप्टमा थियो ११ वर्षीय ओमार पनि 'अश्कर' नाम गरेको चीलसँग नोभेम्बर १७ मा गरिएको सो कार्यक्रममा सहभागी भएका थिए तस्बिरको सर्वाधिकार सुरक्षित
सुन तस्करी काण्ड: प्रहरीसहित ६३ विरुद्ध मुद्दा
सङ्गठित रूपमा सुनको अवैध चोरीनिकासी, पैठारी र अपहरण तथा कर्तव्य ज्यान मुद्दामा संलग्न भएको आरोपमा सात बहालवाला प्रहरी अधिकारीसहित ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको सरकारी अधिकारीहरूले जनाएका छन्।
गत वर्ष भन्सार छली तिब्बतको केरुङबाट अवैध तरिकाबाट ल्याइएको ८८ केजी सुन काठमाण्डूमा बरामद भएको थियो उक्त घटनामा संलग्न भएको आरोपमा २९ जना पक्राउ परेका र बाँकी ३४ जना फरार रहेको अधिकारीहरूको भनाइ छ। गत माघमा दुबईबाट काठमाण्डू भित्रिएको भनिएको साढे ३३ किलो सुन हराएपछि उत्पन्न प्रकरणसँग यो मुद्दा जोडिएको छ। अभियुक्त को को? जिल्ला सरकारी वकिलको कार्यालय मोरङका न्यायाधिवक्ता पुण्यप्रसाद पाठकका अनुसार पक्राउ परेका सात प्रहरी अधिकारीसहित २८ जना र अन्यलाई फरार अभियुक्त बनाएर मुद्दा दर्ता गरिएको हो। मुद्दा चलाइएकाहरूमा बहालवाला प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपीद्वय प्रजित केसी र सञ्जय राउत, सई बालकृष्ण सन्जेल र प्रहरी जवान विष्णुबहादुर खड्का र पूर्वडीआईजी गोविन्दप्रसाद निरौला छन्। उक्त घटनामा संलग्न भनिएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्री भने फरार रहेको अधिकारीहरुले जनाएका छन्। यसैगरी मुद्दा चलाइएकामा विमानसेवाका केही कर्मचारी एवम् व्यापारीहरू रहेको बताइएको छ। सुन तस्करी प्रकरणका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती 'गोरे' भने अझै फरार छन्। बयान उक्त मुद्दामा बिहीवारदेखि अभियुक्तहरूको बयान लिन थालिने जिल्ला अदालत मोरङका स्रेस्तेदार नवराज दुलालले बताए। सो प्रकरणमा संलग्न भनिएका मोरङ उर्लाबारीका सनम शाक्यको अपहरणपछि भएको हत्याको अनुसन्धान गर्ने क्रममा सुन तस्करीमा उच्च प्रहरी अधिकारीहरूकै मिलेमतो देखिएको दाबी बुधवार दायर भएको मुद्दामा गरिएको छ। उक्त प्रकरणसँग जोडिएको भनिएको घटनामा शाक्यसहित तीन जनाको ज्यान गइसकेको बताइएको छ। छानबिन घटनाको छानबिन गर्न गृहमन्त्रालयका सहसचिव ईश्वर पौडेलको नेतृत्वमा गठित टोलीको प्रतिवेदनका आधारमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालयले बताएको छ। उक्त समूहले २०७० सालयता रु १७ अर्बभन्दा बढी मूल्यको सुनको तस्करी गरेको दाबी गरिएको छ। हराएको भनिएको सुन भने अझै पत्ता नलागेको प्रहरी अधिकारीहरू बताउँछन्। सुनको मालिक को?
कोरोना भाइरस नेपाल: लकडाउनका बेला मानसिक स्वास्थ्य हेरचाह गर्ने पाँच उपाय
लकडाउनका बेला थुप्रै मानिसहरूमा मानसिक समस्या बढेको तथ्याङ्कले देखाएको छ।
घरबाट बाहिर निस्कन नपाएको अवस्थामा आफ्नो मानसिक स्वास्थ्यको कसरी ख्याल गर्न सकिन्छ? मनोवैज्ञानिक रोजिना मानन्धरले सुझाएका पाँच उपायहरू के के हुन्? हेर्नुस् सृजना श्रेष्ठले तयार पारेको यो भिडिओ। अनि यो पनि:
पाल्माइरा: फर्केला त सिरियाको प्राचीन नगर पुरानै रूपमा?
सिरियामा गृहयुद्ध हुँदा प्राचीन नगर पाल्माइरा दुई पटक इस्लामिक स्टेट लडाकु समूहको कब्जामा पर्‍यो।
सो अतिवादी समूहले त्यहाँ भएका पुरातात्त्विक महत्त्वका स्मारक एवम् अन्य वस्तुमा आक्रमण गरे र पाल्माइरालाई ध्वस्तजस्तै बनाइदिए। सरकारी पक्षले सो स्थान आफ्नो नियन्त्रणमा लिएपछि युनेस्कोले प्राचीन पाल्माइरालाई पुरानै स्वरूपमा फर्काउने घोषणा गरेको छ। के फेरि बन्ला त पाल्माइरा पर्यटकीय आकर्षणको केन्द्र? हेर्नुहोस् यो भिडिओ। अनि यो पनि
महिलामैत्री जिमले कसरी आकर्षित गरिरहेको छ महिलालाई
महिलामात्रैका लागि खोलिएको टर्कीको सबैभन्दा ठूलो जिम बेड्रिए ह्यूल्यले बनाएकी हुन्। त्यसमा महिलामात्रैको स्वामित्व छ र त्यहाँ महिला कर्मचारीमात्रै छन्। त्यसैले ती जिमहरूले महिलालाई तन्दुरुस्त राख्नुको साथसाथै उनीहरूलाई रोजगारी पनि दिन्छ।
तर यसरी लिङ्ग अनुसार फरक फरक जिम खोल्दा त्यसले महिलालाई सघाउ पुर्याउँछ की विभाजनलाई स्थायी बनाउँछ? बीबीसी टर्कीका नेयरन एल्डेनको रिपोर्ट- इस्तानबुलस्थित एउटा पुरातनवादी छिमेक उम्रानियमा रहेको बी-फीट जिमबाहिरको पोस्टरमा भनिएको छ, "जिम जानुस्, जीउलाई राम्रो आकारमा ल्याउनुस्... खुसीसँग बाँच्नुस्।" सानो हाते अक्षरले ढोलामा लेखिएको छ: "पुरुषलाई अनुमति छैन।" टर्कीमा भएका २ सय २० वटा बी-फीट जिम केन्द्र मध्ये यो एक हो। उक्त जिम देशकै सबैभन्दा ठूलो जिमहरूको सञ्जाल हो जसमा झण्डै ६ लाख ५० हजार सदस्यहरू छन्। जिम आउने धेरै महिलाहरू पहिला कहिल्यै जिम नगरेकाहरू छन् र पछिल्ला वर्षहरूमा सबै सदस्यहरूको कूल मिलाएर करिब ६ लाख किलो वजन घटेको छ। कसरी सुझ्यो उपाय? बेड्रिए ह्यूल्यले सन् २००६ मा कम्पनी स्थापना गरेकी हुन्। उनले अमेरिकामा महिला मात्रैका लागि जिम देखेपछि आफूले पनि त्यस्तै जिम टर्कीमा खोलेकी हुन्। उनलाई अमेरिकाको उक्त जिम निकै मन पर्यो र सोचिन्, "हामीलाई पनि टर्कीमा यस्तै केहीको खाँचो छ सायद।" सुरुमा, मानिसहरूले उनलाई त्यसले काम नगर्ने बताएका थिए। "उनीहरूले भनेका थिए, 'यो सम्भव छैन किनभने टर्कीमा महिलाहरूले व्यायाम गर्दैनन्,' उनले भनिन्। "तर मैले त्यो दृष्टिकोणबाट हेरिनँ, मैले केवल अवसरको दृष्टिले हेरेँ।" आफ्नो कार्यालयमा बेड्रिए ह्यूल्य ह्यूल्यले टर्कीमा खेलमा खासगरी फुटबल क्लब, शारीरिक सुगठन गर्ने जिमहरू र बिलियार्ड खेल्ने क्लबहरू भएको पाइन्। तर सबै पुरुषका लागि। उनले सयौं महिलाहरूसँग कुरा गरिन् र थाहा पाइन् खासगरी व्यायाम गर्नबाट उनीहरूलाई तीनवटा कुराले रोकेको रहेछ। समय, पैसा र जाने ठाउँहरू। त्यसैले उनले एउटा नमुना तयार गरिन् जसले ती सबै अड्चनलाई पार लगाउँथ्यो। उनले जिमलाई निकै सस्तो बनाइन्, आधा घण्टामात्रैको व्यायामको तालिका तय गरिन् र प्रत्येक छिमेकमा एउटा जिम खोल्ने निधो गरिन्। महिलाका लागि कति सहज? ती जिमहरू फ्र्यान्चाइजका रूपमा सञ्चालित छन्- जसमा सबै स्वामित्व महिलाकै छ र कर्मचारी पनि महिला नै छन्। केवल ३४ प्रतिशतमात्रै महिला काम गर्ने र त्यसमा पनि आफ्नै व्यवसाय गर्ने महिला कम भएको देशमा त्यो महत्त्वपूर्ण हो। टर्कीमा जम्मा ९ प्रतिशत महिलामात्रै उद्यमी छन्। "टर्कीमा धेरै महिलाहरू एक्लिएर बसेका छन् र उनीहरू बाहिर जाँदैनन्," महिला र खेलमा अनुसन्धान गरेकी बाचिसहिर विश्वविद्यालयकी समाजशास्त्रकी प्राध्यापक निलुफेर नर्लीले भनिन्। "उनीहरू धेरै घण्टाहरू टिभी हेरेरै बिताउँछन् तर शारीरिक तन्दुरुस्तीका लागि उनीहरूले केही गरिरहनुपर्छ। स्वास्थ्यका लागि व्यायाम महत्त्वपूर्ण छ, र व्यक्तिको अभिव्यक्ति र अरू मानिससँगको घुलनमिलनका लागि पनि यो महत्त्वपूर्ण छ।" "टर्कीमा आज धेरै महिलाहरूले धार्मिक परम्परागत बाधाहरू झेलिरहेका छन्," उनले भनिन्। "उनीहरूका बुवा, दाजुभाइ, श्रीमान्, बिहे गर्ने व्यक्तिले उनीहरूलाई व्यायामका लागि नजानु नै राम्रो हुने भन्न सक्छन् र धेरै महिलासँग सामाजिक गतिविधि र मन बहलाउने खालका कामहरूका लागि पर्याप्त स्रोतहरू छैन।" मोटोपना टर्कीमा पनि बढिरहेको समस्या हो र पुरुष भन्दा महिला दोबरले बढी भएको देखिन्छ। सन् २०१८ मा स्वास्थ्य मन्त्रालयले गरेको अनुसन्धान अनुसार देशमा ४१ प्रतिशत पुरुषमा मोटोपना देखिएको छ भने ४१ प्रतिशत महिलामा देखिएको छ। विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार युरोपका देशमध्ये टर्कीमा सबैभन्दा धेरै महिलामा मोटोपना छ। जीमहरूले हाइड्रलिक मेसिनहरू प्रयोग गर्छन्। धेरै आम्दानी गर्ने र युवा महिलाहरूले व्यायाममा धेरै भाग लिने देखिन्छ। र यद्पि केही महिलाहरू महिला पुरुष दुवै जाने जीममा जान खुसी हुन्छन् भने अन्य चाहिँ पुरुषसँगै व्यायाम गर्न सजिलो मान्दैनन्। ह्यूल्य सक्दो धेरै महिलासम्म पुग्न चाहन्छिन्। त्यसैले उनीसँग महिलामात्रैका लागि हुने जिम खोल्नुको विकल्प नरहेको उनले महसुस गरिन्। "यदि जिम महिला पुरुष दुवैका लागि खोलिएको भए महिलालाई ल्याउन सहज हुँदैन थियो," ह्यूल्यले भनिन्। "उनीहरूका बुवा, दाजुभाइ, श्रीमान् वा छोरा नै हुनसक्छन्- उनीहरूले जीम जान पठाउँदैन थिए। तर हामी भने महिला जिममा आउन् भन्ने चाहन्थ्यौं।" सिईद कोचले सदस्यका रुपमा सुरु गरिन् र अहिले उनले तीनवटा जीम किनेकी छन्। "म सधैँ खेल र स्वास्थ्यमा रुचि राख्थेँ तर मैले व्यायाम गर्न सकिनँ किनभने मैले सहज लाग्ने जिम कहिल्यै भेटिनँ। साथै, टर्कीसँग केही समस्या छ: श्रीमान्‌ले डाहा गर्न सक्छन् र जिम जस्ता ठाउँ जान आफ्ना श्रीमतिलाई रोक्न सक्छन्। मेरा श्रीमान् पनि त्यस्तै हुन्," उनले भनिन्। "महिलेहरूले यहाँ जस्तो मन लाग्यो त्यस्तै लुगा लगाउन सक्छन्," उनले भनिन्। "म जस्तो पुरातनवादी सोच भएको महिलालाई यो एकदम महत्त्वपूर्ण छ। अरू केही छन् जो महिलापुरुषकै लागि खोलिएको जिममा जान्छन्। तर उनीहरू पुरुषले घुरेर हेरेको मन पराउँदैनन्। केहीले व्यायाम गरिरहँदा आफ्नो जीउ पुरुषलाई देखाउन सहज महसुस नगर्ने भएकोले यहाँ आउँछन्।" सईद कोचले तीनवटा जीमका फ्र्यान्चाइज सञ्चालन गर्छ धेरैजसो जिमभित्र ट्रेडमिल, टेलिभिजन र रोइङ मेसिनहरू छन् र त्यसको बनोट फरक देखिन्छ। खासमा ती कुनै पनि विद्युतबाट चल्ने होइन। यसले लागत कम गर्न सघाउँछ। बरु, फरक फरक मांसपेशीहरूका लागि काम गर्ने हाइड्रलिक मेसिनहरू वरिपरि गोलो हुने गरी राख्छन्। त्यसको बीचमा बसेर प्रशिक्षकले पालो अनुसार जिम गर्ने महिलालाई प्रशिक्षण दिन्छन्। केही सदस्यहरूले आफ्ना सन्तानलाई समेत त्यहाँ ल्याउँछन्- उनीहरूलाई समय बिताउनका लागि त्यहाँ किताबहरू र खेलौनाहरू समेत राखिएको छ। आफ्ना सदस्यहरूलाई नजिकबाट नियाल्ने कोचले महिलालाई नियमित आउन समस्या हुनसक्ने बताइन्। छुट्टै व्यवस्थाको विरोध "हामीले कसैलाई लगातार तीन दिनसम्म आएको देखेनौं भने कहाँ हुनुहुन्छ? किन नआउनु भएको? भनी फोन गर्छौं।" "मलाई पनि उनीहरूले फोन गर्ने गर्थे र मलाई मनपर्थ्यो मेरो बारेमा उनीहरूले सोचिरहेका छन् भनेर।" तर सबैजना भने महिलामात्रैलाई लक्षित गरिएको जिमको पक्षमा छैनन्। गुल्सुम कभ डाक्टर र महिला अधिकारकर्मी हुन्। महिला पुरुषका लागि छुट्टै हुने जिमले उल्टै असर गर्नसक्ने उनी ठान्छिन्। "यसले महिलालाई समाजबाट पृथक बनाउँछ," उनले भनिन्, "महिला भएकाले हामी यस्तै खालका महिला मात्रैको किनमेल केन्द्र, सार्वजनिक यातायात जस्ता छुट्टै व्यवस्थाको विरोध गर्छौं।" "महिलाले पनि पुरुषहरूले नै जिम गर्ने ठाउँमा असहज वा दुर्व्यवहार महसुस नगरी व्यायाम गर्न सक्नुपर्छ। हामीले जब पुरुषलाई अलग गर्छौं तब हामीले पुरुषको व्यवहार सुधार्न सक्दैनौं। हामीले बरु उनीहरूलाई दुर्व्यवहार गर्न मद्दत गरिरहेका हुन सक्छौं। त्यसैले मलाई यो खतरनाक लाग्छ।" गुल्सुम कभलाई महिला र पुरुषले स्वतन्त्र रुपमा सँगै व्यायाम गर्न पाउनुपर्छ भन्ने लाग्छ। र, मैले एउटा आइतवार पार्कमा केही मानिसलाई सोध्दा उनीहरूले कभको धारणामा सहमति जनाएका छन्। "यो किन महिला मात्रैका लागि हुनुपर्छ? पुरुषहरूले तिमीलाई खाँदैनन्!" एक महिलाले हाँस्दै भनिन्। "हामी सबै मानव हौं। र जिम पनि मिश्रित हुनुपर्छ।" तर बेड्रिया ह्यूल्य आफूले महिलाहरूलाई व्यायामका माध्यमबाट सशक्तिकरण गर्न मद्दत गरिरहेको विश्वास गर्छिन्। "जब महिलाले कुनै काम विशुद्ध आफ्ना लागि, आफ्नो स्वास्थ्यका लागि, आफ्नो शरीरका लागि गर्न थाल्छिन् - तब उनले फरक दृष्टिकोणबाट हेर्न थाल्छिन्। उनी पहिलाकै जस्तो फेरि कहिल्यै हुने छैनन्।" यो मनोभाव बेंगु टेन्यालले पनि अभिव्यक्त गरेकी छन् जो ३९ वर्षकी हुन् र तीन वर्षदेखि सदस्य रहँदै आएकी छन्। "म धेरै खुसी छु र महिलाको खुसी भनेको परिवारको खुसी हो," उनले भनिन्। "कुनै बेला म नाँच्दै घर जान्छु र मेरो छोरीले भन्छिन्: 'आमा, अरू आमाहरू घरमा आउँछन् तर हाँस्दैनन्। तर तपाईँ आउनुहुन्छ र मसँगै नाँच्नुहुन्छ!'" जुम्बा डान्स गर्दै महिला बितेका वर्षहरूमा ह्यूल्यले व्यायामले गर्दा मानसिक स्वास्थ्यमा सकारात्मक असर परेको देखेकी छन्। "हामीले बी-फिटमा सदस्य बनेका धेरै सदस्यहरू उनीहरूले सुरु गर्दा वितृष्णामा रहेको देखेका थियौं र केही हप्तामै हामीले उनीहरूमा त्यस्तो नैराश्यता हटेको देख्यौं," ह्यूल्याले भनिन्। उनले अहिले यो विषय विद्यावारिधि गर्दै छिन् र यी शिक्षाहरू आफूमा लागू गर्ने पक्का गरेकी छन्। "म दैनिक ‍व्यायाम गर्छु," उनले भनिन्। "यदि तपाईँले राम्रो जीवन चाहनुहुन्छ भने चल्नै पर्छ। व्यायाम गर्नैपर्छ।"
प्यालेस्टिनी बन्दूकधारीद्वारा ३ इजरेलीको हत्या
अधिनस्थ वेष्ट ब्यांकस्थित एक यहुदी बस्तीमा हमला गरि एक प्यालेस्टिनीले तीन इजरेली सुरक्षाकर्मीको हत्या गरिदिएका छन्।
प्रहरीका अनुसार हार अदर बस्तीमा काम गर्ने ती हमलाकारीले बस्तीको प्रवेशद्वार नजिक आउँदा शंकास्पद गतिविधि गरे। लगत्तै उसले गोली चलाउँदा तीन जनाको ज्यान गयो। हमलाकारीलाई पछि गोली हानी मारियो। हिंसा इजरेल तथा प्यालेस्टाइनबीच शान्ति वार्ता पुन: थाल्ने उद्देश्यका साथ अमेरिकी दूत जेसन ग्रीनब्लाट जेरुसलेम आइपुगेकै बेला यो घटना भएको छ। एक इजरेली मन्त्रीले कुनै पनि वार्ता शुरु हुनुभन्दा पहिले प्यालेस्टिनी आतंकवादी हमला रोकिनुपर्ने बताए। तर प्यालेस्टिनीहरु चाहिं ती हिंसा इजरेलको व्यवहारका कारण निम्तिएको बताउँछन्।
नेपाल वायुसेवा: ठूलो विमान खरिदबारे संसदीय समितिको चासो
संसद्को सार्वजनिक लेखा समितिले, नेपाल वायुसेवा निगमले दुईवटा ठूला आकारका विमानहरू खरिद गर्दा अपनाएको प्रक्रिया हेर्दा त्यसमा 'अनियमितता भएको शंका' उब्जिएको भन्दै त्यसको कानुनी आधार स्पष्ट पार्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई निर्देशन दिएको छ।
महालेखा परीक्षकको कार्यालयले समेत ठूला विमान किन्ने क्रममा ६ अर्ब २९ करोड रुपैयाँ बेरुजु देखाएपछि लेखा समितिले त्यसबारे चासो देखाएको थियो। गत असार र साउनमा गरी ल्याइएका ती विमानहरूले आफ्नो क्षमता अनुसारको गन्तव्य र उडान अवधि नपाउँदा निगम मासिक ३१ करोडको थप ऋणभारमा जान थालेको बताइएपछि निगमका अधिकारीहरू आलोचित बन्दै आएका छन्। स्पष्टीकरण संसद्को लेखा समितिले यसअघि पर्यटन सचिव र नेपाल वायुसेवा निगमका अधिकारीसँग यसबारे स्पष्टीकरण सोधिसकेपछि बुधवार सार्वजनिक खरिद अनुगमन कार्यालयका अधिकारीहरूलाई खरिदको प्रक्रियाबारे स्पष्ट पार्न भनेको थियो। लेखा समितिले अध्ययन गरी त्यसबारे जवाफ दिनका लागि उक्त कार्यालयलाई एक साताको समय दिएको छ। यस बीचमा संस्कृति, पर्यटन तथा नागरीक उड्डयन मन्त्री र महालेखापरीक्षकलाई समेत बोलाएर खरिद प्रक्रियाबारे छलफल गरिने बताइएको छ। किनिएको विमान नयाँ हो कि पुरानो हो भन्ने स्पष्ट नहुनु संशयको एक मुख्य कारण रहेको लेखा समितिका एकजना सदस्य राजन केसी बताउँछन्। "नयाँ विमान किन्दा उत्पादकसँगै किन्नुपर्ने व्यवस्था छ। तर एक हजार घण्टा उडेको भन्दै उनीहरूले पुरानोको रूपमा खरिद गरेका छन्। एक हजार घण्टा उड्नुलाई उड्डयन क्षेत्रमा पुरानो भन्न मिल्दैन त्यो नयाँसरह नै हो। हाम्रो शंका त्यहीँबाट सुरु भएको हो।" टेन्डर गर्नैपर्थ्यो त? महालेखापरीक्षकको कार्यालयले देखाएको बेरुजुको कारणमा समेत सोही एक हजार घण्टा उडेको भन्ने झिनो आधार देखाइएकोमा त्यसलाई कानुनसम्मत मान्न नसकिने उल्लेख छ। वायुसेवा निगमको विनियमावलीमा नयाँ विमान खरिदका बेला उत्पादक कम्पनीहरूबीच मात्रै प्रतिस्पर्धा गर्नुपर्ने प्रावधान रहेको छ। उक्त प्रावधानलाई मिचिएको र सुरुमै एयरबस भनेर विमान उत्पादन कम्पनीको ब्रान्ड उल्लेख गर्नु नियमविपरीत रहेको भन्दै बुधबार सांसदहरूले प्रश्न उठाएका थिए। नयाँ जहाज कहाँ उड्छन् सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मधुप्रसाद रेग्मीले भने विक्रेता कम्पनी एउटा मात्रै हुँदा बोलपत्रको प्रक्रियामा नै नगई सीधै उत्पादकसँग मोलमोलाइ गर्न सकिने बताउँछन्। "कुनै बस्तु एउटा कम्पनीले बाहेक अर्कोले उत्पादन नै गर्दैन भने उसैसँग सीधै खरिद गर्नुको विकल्प हुँदैन। त्यस्तो थुप्रै अवस्था हुन्छन् जसमा विना टेन्डर केही प्रक्रियाहरू पूरा गरेर अगाडि बढ्न सकिन्छ। यसमा प्रक्रियालाई कसरी पछ्याइएको थियो भनेर हामी बुझ्दैछौँ।" भार निगमका प्रवन्ध निर्देशक सुगतरत्न कंसाकारले महालेखाको तर्क संसद्‌मा सवालजवाफका बेला अस्वीकार गरेनन् तर कतिपयले त्यसमा उनको जवाफ चित्त बुझ्दो नभएको बताएका छन्। कम्पनीबाटै नयाँ विमान खरिद गर्दा मर्मतसम्भार, पाटपुर्जाको उपलब्धता एवं प्राविधिक सहायता, तालिमजस्ता पक्षमा हुने सहजतालाई बेवास्ता गरेको आरोप पनि निगमले खेपिरहेको छ। दैनिक १८ घण्टासम्म उड्न सक्ने ती विमानहरू अहिले औसतमा पाँच घण्टा मात्र उडिरहेका बताइएको छ। सांसदहरूले यति महँगोमा जहाज खरिद गरिरहँदा त्यसको निकै कमजोर व्यापारिक योजना बनाएको आरोपसमेत लगाएका थिए। नयाँ र लामो दूरीका गन्तव्यहरू तय नहुँदा त्यसले दैनिक एक करोड रुपैयाँभन्दा बढीको दरमा निगमको आर्थिक भार चुलिँदै गएको बताइन्छ।
र्‍याप गीतले १० वर्षीय बाङ्ग्लादेशी सडक बालकको जीवन फेरिदियो
दश वर्षीय मोहम्मद राना ढाकाका सडकमा फूल बेच्दै र्‍याप गीत गाउँदै हिँड्थे।
चार सन्तान भएकी उनकी आमा घरेलु कामदारका रूपमा काम गर्छिन्। उनले मोहम्मदको पढाइ खर्च धान्न सक्दिनन्। मोहम्मदले गाएको र्‍याप गीत सामाजिक सञ्जालमा चर्चित भएपछि अहिले उनले विद्यालय जाने अवसर पाएका छन्। हेर्नुहोस् उनको कथा एउटा भिडिओमा अनि यो पनि
जकार्ता: तीव्र गतिमा भासिइरहेको महानगर
इन्डोनेशियाको राजधानी जकार्तामा एक करोड मानिस बस्छन्। तर यो विश्वकै सबैभन्दा छिटो भासिँदै गरेको महानगर पनि हो।
उत्तरी जकार्ता हरेक वर्ष २५ सेमीको दरले भासिइरहेको छ। यो समस्याको समाधान नहुने हो भने यति ठूलो जनसंख्या भएको स्थान सन् २०५० भित्र पूरै भासिने अनुसन्धानकर्ताहरूले बताएका छन्। के जकार्तालाई जोगाउन ढिलो भइसक्यो त? दलदले माटोमाथि रहेको सहर जाभा समुद्रसँगै जोडिएको छ। त्यहाँ १३ वटा नदीहरू पनि छन्। त्यसैले जकार्तामा धेरै बाढी आउँछ। अनुसन्धानकर्ताहरुका अनुसार स्थिति अझै खराब भइरहेको छ। विगत २० वर्षदेखि बानदुङ इन्स्टिचियुट अफ टेक्नोलोजिमा जकार्ता भासिँदै गएको विषय अध्ययन गरिरहेका एरी एन्ड्रियास भन्छन्, "जकार्ता पानीमा डुब्न सक्ने सम्भावना छ भन्ने हाँसोको कुरा होइन। हाम्रो अनुसन्धान विश्लेषणलाई हेर्ने हो भने सन् २०५० सम्म उत्तर जकार्ताको करिब ९५ प्रतिशत जमिन भासिँदै छ।" हेरी एन्ड्रियासले पानी परेका बेला घरभित्र पानी नपसोस भनेर बनाइएका पर्खालहरु देखाउँदै हुनपनि उत्तर जकार्ता १० वर्षमा २.५ मिटर भासिसकेको छ र केही स्थानमा प्रति वर्ष २५ सेन्टिमिटरसम्म भासिरहेको छ। सो दर समुद्री तटको छेवैमा रहेका महानगरहरू भासिँनेभन्दा पनि दोब्बर धेरै हो। जकार्ता हरेक वर्ष एकदेखि १५ सेन्टिमिटरसम्म डुब्दै छ र झण्डै आधा शहर अहिले समुद्र सतहभन्दा मुनि छ। उत्तर जकार्तामा त्यसको असर तत्कालै देखिन थालेको छ। म्वारा बारु जिल्लामा एउटा सिंगो कार्यालय भवन नै छाडिएको अवस्थामा छ। कुनै बेला सो भवनमा माछासम्बन्धी व्यवसाय गर्ने एउटा कम्पनी थियो तर अहिले पहिलो तलाको बरन्डा मात्र काम गर्न सक्ने अवस्थामा छ। यो त्यतिकै छोडिएको घरको भुइँतला अहिले जमिनमुनी छ पानीमा एकदमै डुबेका भवनहरू यसरी विरलै मात्र छाडिन्छन् किनकि प्रायःजसो भवन मालिकहरूले त्यसलाई ममर्त गर्न, पुनर्निमार्ण गर्न तथा समाधानका लागि अल्पकालीन उपायहरू खोज्दथे। तर सो सहर रहेको जमिनलाई भासिनबाट रोक्न उनीहरूले सक्दैनन्। भुइँतलामा जमेको पानी खुला आकाश मुनिको एउटा माछा बजारसम्म पाँच मिनेटको गाडी यात्रामा पुगिन्छ। माछा बजारमा जानेआउने गरिरहने मुआरा बरूका एकजना बासिन्दा रिद्वानले भने, "सडकपेटीहरू घुमाउरा र खाल्डाखुल्डी सहितका छन्, मानिसहरू लड्न समेत सक्छन्।" जमिनमुनीको पानीको तह घट्दै जाँदा उक्त बजार जानेहरू डुबान झेलिरहेको असमान सतहमा हिंड्न विवश छन्। "वर्षेनी जमिन भासिरहेको मात्र छ," उनले सुनाए। यस्तो देखेर अचम्ममा परिराखेका उक्त बस्तीका उनी एक्ला चाहिँ होइनन्। एउटा माछा बजारमा देखिएको दरारले जमिन भासिएको प्रष्ट हुन्छ उत्तर जकार्ता इतिहासदेखि नै बन्दरगाहा भएको शहर हो जहाँ अहिले पनि इन्डोनेसियाको व्यस्तमध्येको एक बन्दरगाह तान्जुङ प्रिअक रहेको छ। जाभा समुद्रमा मिसिने सिलिवाङ नदी भएको रणनीतिक महत्वकै कारण डचहरूले १७औं शताब्दीमा त्यस भागलाई आफ्नो महत्त्वपूर्ण आधारको रूपमा राखेका थिए। अहिले सुस्ताउँदो बन्दरगाह व्यापार, गरिब तटीय समुदाय र धनी चिनियाँ-इन्डोनेसियालीहरूको उल्लेख्य मिश्रण सहित १८ लाख मानिसहरू उक्त नगरपालिकामा बस्छन्। फोर्टुना सोफिया समुद्रको दृश्य देखिने एक विलासी भिल्लामा बस्छिन्। उनको घर भासिएको सजिलै त देखिंदैन तर उनका अनुसार घरका भित्ता र सिमेन्टका खम्बामा हरेक ६ महिनामा चिराहरू देखिन्छ। फर्चुना भन्छिन् पानी परेका बेला उनको स्विमिङ पुल डुब्छ "हामीले मर्मत गरिराख्नुपर्छ," केही पछाडि निजी बार देखिने आफ्नो स्विमिङ पुल छेउ उभिएर उनले सुनाइनन्, "ती चिराहरू जमिन हलचल भएर सिर्जना भएका थिए।" उनी त्यहाँ चार वर्षयता बसिराखेकी छन् तर यहाँ थुप्रैपटक डुबान भइसकेको छ। उनी भन्छिन्, "समुद्रको भेल स्विमिङ पुलसम्म आएर पूरै भरियो। हाम्रा फर्निचरहरू पहिलो तलासम्म सार्नुपर्‍यो।" समुद्र छेउका साना घरहरूमा हुने असर बढाइचढाई गरिएको छ। कुनैबेला समुद्री दृश्य देख्ने बासिन्दाले अहिले समुद्री भेल रोक्ने उद्देश्यले बनाइएका बाँधहरू मात्र देख्छन्। एक मछवार महार्दीले भने, "प्रत्येक वर्ष समुद्री ज्वार पाँच सेन्टिमिटरले बढ्छ।" भासिँदैछ जकार्ता यी कुनै कुराले घर व्यवसायीलाई निरूत्साहित गरेको छैन। यी जोखिमकाबीच पनि उत्तर जकार्तामा नयाँ नयाँ गगनचुम्बी अपार्टमेन्टहरू बनिराखेका छन्। इन्डोनेसियाको एशोसिएसन अफ हाउजिङ डेभलपमेन्टको सल्लाहकार परिषद्का प्रमुख इड्डी गनीफोका अनुसार उनले सरकारलाई त्यहाँ थप पूर्वाधार निर्माण रोक्न अनुरोध गरेका थिए। तर, उनले भने, "हामीहरूले अपार्टमेन्ट बेच्न सक्दासम्म निर्माण पनि चलिरहन्छ।" जकार्ताको बाँकी भाग पनि भासिराखेको छ। यद्यपि त्यसको गति केही कम छ। पश्चिम जाकार्तामा जमिन वर्षेनी १५ सेन्टिमिटरसम्मले भासिराखेको छ, जुन शहरको पूर्वी भागमा १० सेन्टिमिटर, केन्द्र भागमा २ सेन्टिमिटर र दक्षिणी जकार्तामा एक सेन्टिमिटरले भासिइरहेको छ। जलवायु परिवर्तनसँगै बढेको समुद्री सतहका कारण विश्वभरकै तटीय सहरहरू प्रभावित भइरहेका छन्। गोलार्द्धीय बरफी चट्टानहरू बढ्दो चापका कारण पग्लिएपछि ती सहरमा समुद्री सतह बढिरहेको छ। तर जकार्ता भासिएको दर भने असामान्य रहेको विज्ञहरूले बताएका छन्। अचम्म लाग्न सक्छ तर जकार्ताका बासिन्दाहरूका केही गुनासा छन्। ती के भने उनीहरूका लागि जमिन भासिनु त दैनिक झेल्नुपर्ने थुप्रै पूर्वाधारका चुनौतीहरूमध्येको एक मात्रै हो। यस्तो किन भइरहेको छ भन्ने कथाको एउटा पाटो यो पनि हो। नाटकीय गतिबाट जकार्ता भासिनु एउटा कारण जमिन मुनिको पानीको अत्याधिक उपभोग पनि हो। सहरमा धेरैले त्यही स्रोतलाई पिउन, नुहाउन र अन्य दैनिक काममा प्रयोग गरे। पाइपबाट आउने पानी धेरै क्षेत्रमा नियमित नहुनुले मानिसहरूमा जमिनमुनि निकै तलबाट पम्प गरेर तानेर पानीको प्रयोग गर्नुको विकल्प रहेन। जकार्ताका धेरैजसो बासिन्दाहरु भूमिगत पानीमा आश्रित छन् हेन्ड्री भनेर चिनिने जकार्ताका एकजना घर मालिकले कोसकोसन भनिने लामो होस्टल जस्तो घरहरु बनाएका छन् र दश वर्षदेखि आफ्नो घरमा भाडामा बस्नेहरूलाई दश वर्षदेखि भूमिगत पानी निकालेर उपलब्ध गराइरहेका छन्। उनी यो सडकमा यसरी पानी निकाल्ने कैयौँमध्ये एक हुन्। "अधिकारीहरुमाथि भर पर्नुभन्दा आफै पानीको व्यवस्था गर्नु राम्रो हो। यस्तो खालको घरमा त धेरै पानी आवश्यक पर्छ।" स्थानीय सरकारले हालै मात्र भूमिगत पानी अवैधानिक रूपमा निकाल्ने काम समस्याका रुपमा रहेको स्वीकार गरेको हो। मे महिनामा जकार्ता सहरका अधिकारीहरुले मध्य जकार्ताका गगनचुम्बी भवन, शपिङ मल र होटलहरु रहेको क्षेत्रका ८० वटा भवनहरुको अनुगमन गरेका थिए। भूमिगत पानी निकाल्ने गरेका ५६ भवन मध्ये ३३ वटाले अवैधानिक रूपमा निकाल्ने गरेको पाइएको थियो। जकार्ताका गभर्नर एनीस ब्यासवेडन भन्छन्, "हरेकसँग भूमिगत पानी निकाल्ने अनुमति पत्र हुनुपर्छ जसका आधारमा उनीहरुले कति पानी निकाले भनेर नाप्न सकियोस्। अनुमति पत्र नलिइकन पानी निकाल्नेहरूको भवन निर्माण प्रमाणपत्र र त्यही भवनमा रहेका व्यवसायीहरुको पनि प्रमाणपत्र फिर्ता लिइनेछ।" धेरै भवनहरुले भूमिगत पानी अबैधानिक रुपमा निकाल्ने गरेका छन् जकार्ता वरपर समुद्रको किनारमा ३२ किलोमिटर लामो ग्रेट गरुडा नाम दिएर पर्खालहरु ठड्याइँदै छन् र १७ वटा कृत्रिम टापुहरु बनाइएको छ। ४० अर्ब डलर खर्चमा बनाइएका ती पर्खाल र टापुले भासिँदै गएको सहरमा उद्धार सहयोग गर्ने आशा अधिकारीहरुले राखेका छन्। उक्त आयोजनामा डच र दक्षिण कोरियाली सरकारले सहयोग गरेका छन्। यो कृत्रिम प्रयासले पानीको तह तल पुर्याउने र नदीको पानी बाहिर निस्कन सहयोग पुर्याउने ठानिएको छ। पानी परेका बेला हुने गरेको बाढी नियन्त्रणमा पनि त्यसले सहयोग पुर्‍याउने ठानिएको छ। समुद्र किनारमा बनाइएको पर्खालले सहरमा हुने बाढीको समस्या रोक्ने ठानिएको छ तर तीनवटा डच गैर नाफामूलक संस्थाहरूले सन २०१७ मा सार्वजनिक गरेको रिपोर्टले समुद्री पर्खाल या कृत्रिम टापुहरूले जकार्ता भासिने समस्या समाधान गर्छ भन्नेमा शंका व्यक्त गरेको छ। डच वाटर रिसर्च इन्स्टिच्यूट डेलटेयर्सका पानीविज्ञ ज्यान ज्याप ब्रिन्कमनको तर्क छ, त्यो त अन्तरिम उपाय मात्रै हो। त्यसले जकार्ताको भासिने क्रम २०-३० वर्ष पछाडि धकेल्ने मात्रै हो । उनी भन्छन्, "त्यसको एउटै मात्र समाधान छ र हरेकलाई त्यो समाधान थाहा छ।" समुद्रको किनारमा पर्खाल बनाउने काम भइरहेको छ विज्ञहरूका अनुसार समाधान यो हो: भूमिगत पानी निकाल्ने काम बन्द गर्नुपर्छ। पानीका अरू श्रोतहरु वर्षा या नदीको पानी या मान्छेले बनाएका पोखरीहरूबाट पाइपमा ल्याइएको पानी मात्र प्रयोग गरिनुपर्छ। जमिन भासिन नदिन जकार्ताले सन २०५० सम्ममा यो काम गर्नुपर्छ। पानीका वैकल्पिक श्रोत सिटारम नदी असाध्यै प्रदुषित छ यो सन्देशलाई गम्भिरतापूर्वक मनन गरिएको छैन र जकार्ताका गभर्नर एनीस ब्यासवेडन कम नाटकीय उपायबाट पनि सम्भव रहेको ठान्छन्। उनी भन्छन्, "बायोपोरी भनिने तरिकाले मानिसहरुले वैधानिक रूपमा भूमिगत पानी प्रयोग गर्न पाउने हुनुपर्छ।" यो प्रविधिमा एउटा १० सेमी ब्यास भएको र १०० सेमी गहिरो खाल्डो खनिन्छ त्यसले जमिनभित्र पानीको पुनर्भरण हुन्छ। आलोचकहरु भन्छन्, यस्तो तरिकाले पानीको माथिल्लो तह मात्रै पुनर्भरण हुन्छ जबकी जकार्तामा पानी सयौँ मिटर तलबाट निकालिएको हुन्छ। समुद्र हेर्न पाइने घरहरूका अघिल्तिर यहाँ पानी रोक्ने पर्खाल बनाइएका छन् भूमिगत पानीलाई धेरै तलसम्म पनि पुनर्भरण गर्ने प्रविधि छ तर त्यो धेरै महँगो छ। कृत्रिम पुनर्भरण भनिने यो प्रविधि जापानले ५० वर्षअघि गम्भीररुपमा जमिन खसेपछि यो प्रविधि प्रयोग गरेको थियो। सरकारले भूमिगत पानी निकाल्न रोकेको थियो र व्यवसायीहरुले पानी पुन: प्रयोग गर्न भनेका थिए। त्यसपछि जमिन भासिन रोकिएको थियो। तर जकार्ताले त्यस्तै गर्न पानीको वैकल्पिक श्रोत आवश्यक हुन्छ। ब्यानडुङ इन्स्टिच्यूट अफ टेक्नलोजका हेरी एन्ड्रियास भन्छन्, "नदी, बाँध र तालहरु सफा गर्न दश वर्षसम्म लाग्न सक्छ। त्यसपछि मात्रै भूमिगत पानीको श्रोत पुनर्भरणका लागि प्रयोग गर्न सकिनेछ।" राष्ट्रपति जोको वीडोडोले जर्काताका नदी सफा गर्न वर्षौं लाग्ने बताएका छन् जकार्ताका बासिन्दाहरु भासिदै गएको सहरको भविष्यबारे भाग्यवादी विचार राख्छन्। सोफिया फोर्टुनाले भनिन्, "यहाँ खतरा छ र मानिसहरूले त्यो खतरालाई स्वीकार गरेका छन्।"
'भूतप्रेतबाट मुक्त हुन' मेला भर्ने अनौठो चलन
'भूतप्रेतबाट पीडित भएको भनिएका' मानिसहरू सिराहा र धनुषाको सीमामा रहेको कमला नदीमा लाग्ने भूतमेला भर्न बर्सेनि आउने गरको आयोजकले बताएका छन्।
नदीमा स्नान गरेर तन्त्रमन्त्र गर्दा शरीरमा देवीदेवताको बास हुने र भूतप्रेत भाग्ने भक्तजनको विश्वास रहेको आयोजकको दाबी छ। साथै धामीझाँक्री तथा तान्त्रिक विद्या प्राप्त गर्नका लागि समेत मेला भर्नुपर्ने जनविश्वास रहेको भए पनि कतिपयले अशिक्षा र जनचेतनाको अभावका कारण यसले अन्धविश्वास बढ्ने चिन्ता व्यक्त गरेका छन्। महामारीका बेलामा समेत आयोजना भएको मेला भर्न छिमेकी भारतबाट आएका बताइएको छ। हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।
पुनर्स्थापना केन्द्रको अँध्यारो कुनादेखि सगरमाथाको शिखरसम्म
दृढ सङ्कल्प र आत्मविश्वास भए कठिन भन्दा कठिन परस्थितिलाई पार लगाउन सकिन्छ भन्ने उदाहरण ३६ वर्षीय वाङ्दा शेर्पाले दिएका छन्।
उनले जीवनको अमूल्य २० वर्ष लागु औषध दुर्व्यसनमा खेर फालेका उनले कुलतबाट निस्केको १८ महिनामा नै सगरमाथाको सफल आरोहण गरेका छन्। उनी अब अबका दिनमा आफूजस्तै अन्य युवाहरूका लागि प्रेरणाको श्रोत बन्न चाहन्छन्। हेर्नुस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ। अनि यो पनि:
नेपाल संसद्: एमाले र माओवादी केन्द्र भिन्न दल भएपछि कस्तो होला राजनीतिक समीकरण
नेकपाबारे सर्वोच्च अदालतको निर्णयपछि पुनर्स्थापित प्रतिनिधिसभामा नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) भिन्न दलका रूपमा स्थापित भएका छन्। त्यसबाट उत्पन्न परिस्थितिका कारण अब सरकार निर्माणका लागि समीकरण पनि परिवर्तन हुने स्पष्ट सङ्केत देखा परेको राजनीतिक विश्लेषकहरूले बताएका छन्।
नयाँ प्रधानमन्त्री चुनिन १३८ सांसदको समर्थन जुटाउनुपर्ने हुन्छ गत निर्वाचनमा तत्कालीन नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ले गठबन्धन गरेका थिए। पछि दुई दलबीच एकीकरण भयो जसबाट झन्डै दुईतिहाइ बहुमतसहितको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बन्न गयो। तर अदालतको आइतवारको फैसलाले आन्तरिक मतभेद र शक्तिसङ्घर्षका कारण विभाजनोन्मुख नेकपामा नयाँ तरङ्ग उत्पन्न हुन पुग्यो। केपी शर्मा ओली नेतृत्वको एमाले र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्र पुरानै हैसियतमा फर्किनुपरेका तथा प्रचण्ड वर्तमान सरकार तथा नेतृत्वप्रति असन्तुष्ट रहेकाले ओलीले एकलौटी सरकार चलाउन सक्ने अवस्था अन्त्य भएको छ। तर माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिँदासम्म ओली नेतृत्वको सरकार यथावत् नै रहन्छ। उसले समर्थन फिर्ता लिएको अवस्थामा भने सरकारले संसद्‌बाट विश्वासको मत लिनुपर्ने हुन्छ। नेपालको शासकीय स्वरूप र निर्वाचन पद्धतिले "खण्डित जनादेश" दिने भएकाले पछिल्लो राजनीतिक घटनाक्रमसँगै मुलुकको राजनीति सामान्य अवस्थामा फर्किएको भन्ने सकिने अवस्था नरहेको राजनीतिक विश्लेषक कृष्ण पोखरेल बताउँछन्। संसद्‌मा के छ अङ्कगणित? नेपालको प्रतिनिधिसभा २७५ सदस्यीय छ। सरकार गठन गर्नका लागि १३८ सांसदको आवश्यकता पर्नेछ। प्रतिनिधिसभामा नेकपाका कुल १७३ सांसद थिए। तर एमाले र माओवादी अस्तित्वमा आउँदा एमालेका १२१ र माओवादीका ५३ सांसद रहन्छन् जसको अर्थ एमाले संसद्‌मा सबैभन्दा ठूलो दलका रूपमा कायम नै रहनेछ। नेपाली काङ्ग्रेस ६३ सांसदसहित दोस्रो ठूलो दल र माओवादी तेस्रो दलका रूपमा रहनेछन्। प्रतिनिधिसभामा जनता समाजवादी पार्टी (जसपा) का ३४ सांसद छन्। काङ्ग्रेस र जसपा दुवैका दुई-दुई सदस्य निलम्बित छन्। त्यस्तै एमालेका एक सदस्यको मृत्यु भएको छ। संसद्‌मा राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टी सबैका एक-एक जना सदस्य छन् भने एकजना स्वतन्त्र सांसद छन्। संसद्‌मा हाल तीन दल कायम रहकोमा निर्वाचन आयोगले पुरानै दल कायम भएको वा अन्यथा गरेको जानकारी गराएपछि आवश्यक प्रक्रिया अघि बढाइने जानकारी प्रतिनिधिसभाका प्रवक्ता रोजनाथ पाण्डेले दिए। एमालेसहितको सम्भावना कस्तो छ? त्रिशङ्कु संसद् भएको अवस्थामा अब राजनीतिक दलहरूबीच नयाँ सत्ता समीकरणका लागि पहल सुरु हुने ठानिएको छ। सङ्ख्याका हिसाबले सबैभन्दा ठूलो दल एमालेकै नेतृत्वमा पनि नयाँ सरकार गठन हुन सक्छ। प्रधानमन्त्री ओली तत्काल राजीनामा नदिने मनस्थितिमा भएको बताइन्छ त्यसो त माओवादीले समर्थन फिर्ता नलिए वा कुनै किसिमको नयाँ समझदारी भए अहिलेकै सरकार कायम रहेर अघि बढ्न सक्ने सम्भावना पनि रहन्छ। तर राजनीतिक विश्लेषक कृष्ण पोखरेल ओलीकै नेतृत्वमा वामपन्थी धारबीच नयाँ समीकरण बन्न सक्ने ठान्दैनन्। "जुन किसिमको राजनीतिक तिक्तता एउटै पार्टीमा भएर देखियो त्यसको पृष्ठभूमिमा हिजोकै जस्तो दुई कम्युनिस्ट दल मिलेर सरकार बनाउँछन् भन्ने अवस्था म देख्दिनँ," उनले बीबीसीसँग भने। त्यस्तै एमालेले नेपाली काङ्ग्रेस वा जसपासँग पनि गठबन्धन गर्न सक्छ। तर काङ्ग्रेस नेताहरूले अब आफूहरूले अरूलाई नसघाउने बरु 'प्रणाली रक्षाका लागि आफ्नै नेतृत्वका लागि पहल गर्ने' बताइरहेका छन्। उता जसपाका केही नेताले संसद्‌मा ओली सरकारलाई विश्वासको मत नदिने ‍सार्वजिनक टिप्पणी गरेका छन्। एमालेबिना सरकार बन्ने सम्भावना कस्तो छ? संसद्‌मा सबैभन्दा ठूलो दल भए पनि एमालेबाहेकका दलहरूको समीकरण तयार हुन सक्छ। त्यसका लागि नेपाली काङ्ग्रेस, माओवादी केन्द्र र जसपाले गठबन्धन गर्नुपर्छ। अदालतको निर्णयपछि माधव नेपाल समूहले एमालेमै फर्किनुपर्ने भएको छ संविधान निर्माणपछि बनेका विभिन्न गठबन्धन सरकारकै जस्तो अवस्थामा अहिले देश फर्किएको पोखरेलको धारणा छ। त्यस बेला एमाले-माओवादीको गठबन्धन र नेपाली काङ्ग्रेस अनि माओवादी केन्द्रबीच आलोपालो नेतृत्वसहितको दुई किसिमको अभ्यास भएको थियो। "दोस्रो अभ्यासतिर जान्छ कि जस्तो मलाई लाग्छ," उनले भने। ओलीले राजीनामा दिएको अवस्थामा वामगठबन्धन कायम रहने सक्ने वा एकता प्रक्रिया फेरि अघि बढाइने सक्ने चर्चा समेत भइरहेको भए पनि यस्तो प्रयास विगतदेखि नै जारी रहेको तर त्यसमा ओली सहमत हुन सक्ने सम्भावना निकै कम रहेको राजनीतिक विश्लेषकहरू बताउँछन्। "राजनीतिमा असम्भव भन्ने त भएन। भन्नका लागि त ओलीले नै म अर्को पुस्तालाई छोड्छु, तपाईँहरू तयार हुनुहुन्छ भनेका हुन् नि। तर त्यो त 'मास कन्जम्शन'का लागि मात्रै भनिएको रहेछ भन्ने पछिल्ला घटनाक्रमहरूले देखाएका छन्," पोखरेलले भने। दल विभाजनको सम्भावना कति छ? विभाजनसँगै एमाले र माओवादी दुवै दलका केही नेताहरू अप्ठ्यारो परिस्थितिमा पुगेको आकलन गरिएको छ। प्रचण्डसँग मिलेर ओलीलाई "नेकपाको साधारण सदस्य पनि नरहनेगरी" कारबाही गरेको माधव नेपाल समूहले एमालेमै फर्केर उनीविरुद्ध सङ्घर्ष गर्ने बताएको छ। ओलीको नेतृत्वको सरकारमा मन्त्री कायम रहेका रामबहादुर थापा तथा अन्य पूर्वमाओवादी नेताहरूको अवस्था पनि सहज नहुने राजनीतिक विश्लेषक र नेताहरू ठान्छन्। नेपाली काङ्ग्रेस संसद्‌मा दोस्रो ठूलो दल हो तर दल विभाजन गरेर आफूखुसी गर्न सक्ने विक्लप असन्तुष्ट नेताहरूसँग छ। वर्तमान कानुनमा कुनै पनि राजनीतिक दल विभाजन गर्न केन्द्रीय समिति र संसदीय दल दुवैमा ४० प्रतिशत सदस्यले चाहेमा नयाँ दल बनाउन सकिने उल्लेख छ। दलको केन्द्रीय समिति वा संसदीय दल दुईमध्ये एकमा ४० प्रतिशत भए दल विभाजन हुन सक्ने ऐन ल्याएर मार्ग प्रशस्त गर्ने कार्य हुन सक्ने पोखरेलको अनुमान छ। "तर त्यो भनेको अब बन्ने नयाँ गठबन्धनले गर्ने हो," उनले भने। आफ्नो परम्परागत प्रतिद्वन्द्वी र 'वामपन्थी धारमा तुलनात्मक रूपमा शक्तिशाली' एमाले विभाजन गर्ने विषयमा नेपाली काङ्ग्रेसको असहमति नहुने ठानिन्छ। "देउवाले (काङ्ग्रेस सभापति) त तपाईँहरूलाई अप्ठ्यारो पर्छ भने (नेकपाको प्रचण्ड-माधव नेपाल समूह) त्यो अध्यादेशलाई 'फ्यासिलिटेट' गरेर ल्याउन तयार छौँ भनेर यो बीचमा पनि बोलेकै हो नि त," पोखरेलले भने। यसअघि नै चौतर्फी विरोधपछि ‌ओली नेतृत्वको मन्त्रिपरिषद् आफैँले ल्याएको दल विभाजन र संवैधानिक परिषद्सम्बन्धी दुई अध्यादेश फिर्ता लिएको थियो। अनि यो पनि प्रचण्डलाई प्रश्नः अबको प्रधानमन्त्री शेरबहादुर देउवा कि तपाईँ?
सीके राउत: पृथक्तावादी अभियान छोडेर राष्ट्रिय राजनीतिको मूलधारको आउने दाबी
स्वतन्त्र मधेश राज्यको मागसहित आन्दोलन गर्दै आएका एकजना विवादास्पद नेता सीके राउतले आफ्नो पृथक्तावादी अभियान परित्याग गर्न लागेको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीका एकजना अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई उद्धृत गर्दै जनाएका छन्।
श्रेष्ठका अनुसार शुक्रवार आकस्मिक रूपमा बसेको नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राउतसँग सरकारले गरेको वार्ता सफल भएको र उनी नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र संविधानलाई स्वीकार्दै पृथक्तावादी अभियान परित्याग गर्न सहमत भएको जानकारी दिएका थिए। सो बैठकमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पनि उपस्थित थिए। शुक्रवार दिउँसो प्रधानमन्त्री ओली र राउतले संयुक्त रूपमा एउटा राजनीतक सहमति गर्ने बताइएको छ। ओली निकटस्थ सूत्रले पनि प्रधानमन्त्रीले "मधेशको शान्ति र स्थिरताका लागि विशेष घोषणा" गर्ने बताएका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले प्रधानमन्त्रीले दिउँसो "विशेष महत्त्वको विषयमा सम्बोधन" गर्न लागेको भन्दै ट्वीट गरेका छन्। प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले "राजनीतिक सहमति घोषणा कार्यक्रम" भन्दै अर्को ट्वीट गरेका छन्। सर्वोच्च अदालतको आदेशपछि बिहीवार साँझ सीके राउत केन्द्रीय कारागार काठमाण्डूबाट रिहा भएका थिए। प्रधानमन्त्री ओली र सीके राउतले राष्ट्रिय सभागृहमा औपचारिक रूपमै राजनीतिक सहमति गर्न लागेको छ राउतलाई पाँच महिनाअघि रौतहट जिल्ला अदालतको परिसरबाट पक्राउ गरिएको थियो। उनलाई राज्यविरुद्ध सङ्गठित अपराध गरेको अभियोगमा मुद्दा चलाइएको थियो। उपचारका लागि काठमाण्डू ल्याइएका राउतलाई केन्द्रीय कारागारमा राखिएको थियो। यसअघि पनि उनी बारम्बार पक्राउ हुँदै र छुट्दै आएका थिए। प्रधानमन्त्रीको आग्रह राउत केन्द्रीय संयोजक रहेको स्वतन्त्र मधेश गठबन्धनका प्रवक्ता अब्दुल खानले प्रधानमन्त्रीले राउतलाई "मूलधारमा आउनुहोस्, संविधान मान्नुहोस्" भन्ने आग्रह गरेको बताए। उनका अनुसार राउतले आफूले कानुन पालना गरेकैले अदालत धाइरहेको बताइएका थिए। उनले भने, "आज एक घण्टा सँगै उपस्थित भएर त्यस्तो सन्देश दिन खोजिएको मात्र हो।" "स्वतन्त्र मधेश भनिएको कुरा देशलाई अलग पार्ने कुरा होइन। त्यसैले हामी मूलधारमा आयौँ भन्नु आवश्यक छैन। हामी मूलधारमै छौँ।" उनले अब निर्वाचनमा जाने कि नजाने भन्ने कुरा परिस्थिति कसरी विकसित हुन्छ त्यसमा निर्भर हुने बताए। आफूहरूले संविधान मानिरहेको र शान्तिपूर्ण बाटोमै रहेकाले निर्वाचनमा सहभागी भए आश्चर्य मान्नुनहुने उनको तर्क छ। "आन्दोलनलाई कसरी अगाडि बढाउने भन्ने हाम्रो आफ्नै योजना र समयसीमा छ। अहिले हाम्रो सङ्गठन निर्माण र प्रचारप्रसारको समय हो। हामी अहिले शान्तिपूर्ण रुपमै आन्दोलनमा जान्छौँ।" 'नयाँ बाटो फलामको चिउरा' चन्द्रकिशोर, विश्लेषक 'स्वतन्त्र मधेश गठबन्धन'मार्फत् मधेशमा पृथक्तावादी गतिविधि सञ्चालन गर्दै आएका सीके राउत मूलधारमा आउने सम्भावना निकै पहिलादेखि देखिएको थियो। तर उनी कसरी र कहिले आउँछन् भन्ने स्पष्ट थिएन। उग्र नाराको राजनीतिलाई नेपालको भौगोलिक अवस्थितिले पनि छुट दिँदैन। मधेशको राजनीतिमा मध्यमार्गी शक्तिका रूपमा चिनिएका फोरम र राजपाजस्ता दलले जनअपेक्षालाई पूरा गर्न नसकेको भन्दै गुनासो सुनिने गरेको छ। त्यसैले ताजा वैकल्पिक राजनीतिको आवश्यकता भएको मत कसैकसैको छ। राउतले आज बोल्ने कुराले उनको राजनीतिक सान्दर्भिकता तय गर्छ। अहिले मधेशमा देखिएको प्रतिक्रियाले राउतलाई नयाँ गोरेटोमा हिँड्नु फलामको च्युरा चपाउनुसरह हुन्छ। हालका लागि एउटा पृथक्तावादी शक्ति मूलबाटोमा आइदिँदा सरकारलाई सहज हुनेछ। राउतको अभियानको हाउगुजी देखाएर मोलमोलाइ गर्न खोज्ने मधेशी दलहरूसँग कस्तो व्यवहार गर्न भन्ने निर्णय गर्न पनि सरकारलाई पहिला भन्दा सहज हुनेछ। यसबाट प्रधानमन्त्री ओलीलाई राजनीतिक लाभ हुने देखिन्छ। को हुन् सीके राउत? सीके राउतको पूरा नाम चन्द्रकान्त राउत हो। उनी सप्तरीमा जन्मिएका हुन्। उनले क्याम्ब्रिज विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन्। सन् २०११ मा अमेरिकाबाट स्वदेश फर्केर उनले स्वतन्त्र मधेशको अभियान चलाएका थिए। नेपाल फर्कनुअघि उनले अमेरिकामा कम्प्युटर वैज्ञानिकका रूपमा काम गरेका थिए। उनले आफ्नो आत्मकथा 'डिनायल टु डिफेन्स' र मधेशसम्बन्धी अन्य दुईवटा पुस्तक पनि प्रकाशित गरेका छन्। स्वतन्त्र मधेश गठबन्धनका उनी केन्द्रीय संयोजक हुन्।
इन्डोनेशिया कोमोडो ड्र्यागन: विशाल छेपारो र मान्छे बस्ने टापुको कथा
इन्डोनेशियाको कोमोडो टापुमा बसोबास गर्ने ड्र्यागनहरूको चोरी शिकारी बढ्न थालेपछि तिनलाई जोगाउन गाउँलेलाई अन्यत्र सार्ने योजना स्थानीय सरकारले अगाडि सारेको छ।
स्थानीय अधिकारीहरूले कोमोडो टापु आगामी वर्ष बन्द गर्ने योजना बनाएका छन्। गत मार्चमा तस्करको सञ्जालले ४१ वटा कोनोडो ड्र्यागन विदेशमा बेचेपछि सरकारको यो योजना अगाडि आएको हो। तस्करहरूले एउटा ड्र्यागनको ३५ हजार अमेरिकी डलरमा बेचेको बताइएको छ। अधिकारीहरूले टापुलाई पर्यटकका लागि मात्र बन्द गर्न खोजेको होइन। पुस्तौँदेखि कोमोडो ड्र्यागनसँग बसोबास गर्दै आएका गाउँलेलाई पनि त्यहाँबाट निकाल्न खोजिरहेको छ। हेर्नुहोस् एउटा भिडिओ - अनि यो पनि नेपालमा चिम्पान्जी तस्कर पक्राउ
कोरोना भाइरस नेपालः प्रतिदिन १० हजार पीसीआर परीक्षण गर्ने योजना असफल, स्वास्थ्य मन्त्रालय भन्छ 'आवश्यक छैन'
असार १५ गते सम्ममा पीसीआर परीक्षणको दायरा व्यापक बनाउँदै प्रतिदिन १०,००० पुर्‍याउने सरकारले घोषणा गरेको थियो। तर तदनुरूप काम हुन नसकेको भन्दै आलोचना भइरहेको बेलामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भने तत्काल त्यतिको सङ्ख्यामा परीक्षणको आवश्यकता नदेखिएको बताएको छ।
केही सातायता प्रतिदिन सरदार ६,००० वटा परीक्षण भइरहेको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमको भनाइ छ। कुनै बेला देशभरि क्वारन्टीनमा झन्डै दुई लाख मानिस थिए। तर अहिले उक्त सङ्ख्या घटेर ६० हजारको हाराहारीमा आएको र त्यसमा पनि केहीको नमुना सङ्कलन गरिसकिएका कारण परीक्षणको दायरा बढाउनुपर्ने अवस्था नदेखिएको उनी बताउँछन्। "अब कन्ट्याक्ट ट्रेसिङको मात्रै गर्नुपर्नेछ। भएका प्रयोगशाला समेत पूरा क्षमतामा नचलाउनुपर्ने जस्तो अवस्था छ," उनले भने। "अहिलेको अवस्थामा प्रतिदिन १०,००० पुर्‍याउनुपर्ने देखिँदैन। आवश्यक पर्ने देखियो भने हामी त्यस अनुसार काम गर्ने छौँ।" "परीक्षणमा त राज्यको पैसा पनि जान्छ नि। एउटा परीक्षणको नै ५,००० देखि ५,५०० सम्म खर्च हुन्छ। त्यति धेरै खर्च गर्ने र? त्यसो भएर हामीले त्यसतर्फ त्यति धेरै जोड दिएका छैनौँ," उनले भने। कोरोनाभाइरस तत्कालका लागि परीक्षणको सङ्ख्या र दायरा बढाउनुपर्ने अवस्था नरहे पनि १० वटा प्रयोगशाला थप गर्ने निर्णय भएको तर त्यसमा पनि हतार भने नगरेको गौतम बताउँछन्। हाल नेपालका विभिन्न स्थानमा २३ वटा पीसीआर परीक्षण गर्न सक्ने प्रयोगशाला छन्। त्यस्तै हालसम्म दुई लाख टेस्ट किट प्रयोग भएको र कुल छ लाख परीक्षण गर्ने लक्ष्यनुसार आफूहरूसँग चार लाख टेस्ट किट बाँकी भएको सरकारी भनाइ छ। सङ्क्रामक रोग विशेषज्ञहरूले नेपालमा परीक्षणको दायरा आवश्यकताअनुरूप नबढाइएको बताइरहँदा मन्त्रालयले भने सङ्क्रमितहरूको सम्पर्कमै नआएका व्यक्तिहरूको परीक्षण गर्न जरुरी नरहेको र सरकारले कोरोनाभाइरसमा मात्रै ध्यान केन्द्रित गर्न नसक्ने बताएको छ। असार १५ गते सोमवार अपराह्ण ४:३० बजेसम्मको तथ्याङ्क १३,२४८कुल सङ्क्रमण ७७प्रभावित जिल्ला विगत २४ घण्टामा पीसीआर परीक्षण ७,७९१ चिकित्सकीय निगरानीमा अलग्गै १०,०८५ देशभरि क्वारन्टीनमा५७,३६८ अहिलेसम्म निको३,१३४ "राज्यले कोरोनाभाइरस सङ्क्रमितहरूको उपचार मात्रै गरेर हुन्छ? अरू रोगको उपचार गर्नुपर्दैन?" उनले प्रश्न गरे। "सीमित स्रोतसाधन पानी बगाए जस्तो बगाउन त मिलेन नि।" तर सरकार आफैँले नेपालमा अगस्ट महिनाको पहिलो हप्तासम्ममा ३० हजारदेखि ४० हजार सङ्क्रमित हुने प्रक्षेपण गरेको छ। सरकारले निजी अस्पतालहरूलाई पनि परीक्षणको स्वीकृति दिने निर्णय गरेको भए पनि परीक्षण सुरु भइसकेको छैन। हाल निजी प्रयोगशालाको मापदण्ड पुगे नपुगेको केन्द्रीय प्रयोगशालाले हेरिरहेको गौतमको भनाइ छ। के भन्छन् विज्ञ? सरकारी अधिकारीहरूले परीक्षणको दायरा बढाइहाल्नुपर्ने अवस्था नरहेको बताइरहँदा विज्ञहरूले भने ढुक्क हुन सक्ने अवस्था नरहेको बताइरहेका छन्। विश्वका केही देशहरूमा कहीँ सङ्क्रमण उत्कर्षमा पुगेर घट्न थालेको त कहीँ लगभग नियन्त्रणमा आएर लकडाउन खुकुलो पार्दै लगिएको भए पनि नेपालमा भने सङ्क्रमण बढ्दो चरणमा रहेको र विभिन्न सङ्केत हेर्दा सङ्क्रमण समुदायमा फैलिएको जस्तो देखिएको केही दिनअघि बीबीसी न्यूज नेपालीसँग कुरा गर्दै सङ्क्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले बताएका थिए। उनका अनुसार नेपालले सङ्क्रमणको दर नियन्त्रण गर्न सफल देखिएका श्रीलङ्का र भियतनामजस्ता राष्ट्रबाट धेरै कुरा सिक्न सक्ने अवस्था छ। "ती दुई मुलुकले विदेशबाट आएका व्यक्तिलाई निगरानीमा राख्न जोड दिएका छन्," सुवेदीले भने। "परीक्षणको दायरा बढाउनुका साथै उनीहरूले क्वारन्टीनमा ध्यान दिएको र त्यसको परिणाम अहिले देखिएको छ।" अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले सङ्कलन गरेको तथ्याङ्कका अनुसार दक्षिण एशियाली मुलुक श्रीलङ्कामा २,००० जनाभन्दा केही बढी सङ्ख्यामा सङ्क्रमित छन्। त्यहाँ हालसम्म कोभिड-१९ सङ्क्रमणका कारण ११ जनाले ज्यान गुमाएका छन्। कोरोनाभाइरस परीक्षण किन महत्त्वपूर्ण नेपालको अवस्था कस्तो छ? अहिले नेपालमा कोभिड-१९ बाट १३,००० जनाभन्दा बढी सङ्क्रमित भइसकेका छन्। त्यसमध्ये ३,१०० जनाभन्दा बढी निको भइसकेका छन् भने मृत्यु हुनेहरूको सङ्ख्या २९ छ। सोमवारसम्म क्वारन्टीनमा ५७,३६८ जना ए। उनीहरूमध्ये अधिकांश भारतबाट फर्किएका हुन्। अधिकांश सङ्क्रमितहरू युवा र पुरुष छन्।
पाकिस्तानमा हिन्दू किशोरीको धर्म परिवर्तन काण्डमा नयाँ मोड
हिन्दू किशोरीको अपहरण तथा धर्म परिवर्तनको मामिलामा त्यतिखेर नयाँ मोड आयो जब दुवै किशोरीले इस्लामाबाद उच्च अदालतका मुख्य न्यायाधीशसँग भने कि उनीहरूको उमेर १८ र २० साल पुगेको छ र उनीहरूले स्वेच्छाले इस्लाम धर्म अपनाएका हुन्।
बीबीसी संवाददाता फरहान रफीका अनुसार दुवै पीडित किशोरीले उक्त अदालतमा एक याचिका दायर गरेका छन् जसमा उनीहरूले सरकारी एजेन्सी तथा मिडियाले आफूहरूलाई दु:ख दिइरहेकाले त्यसमा रोक लगाउन माग गरेका छन्। आफ्नो जीवन जोखिममा परेको भन्दै उनीहरूले सरकारसँग सुरक्षा माग गरेका छन्। उनीहरूको माग बमोजिम अदालतले इस्लामाबादका डिपुटी कमिश्नरलाई उनीहरूलाई सुरक्षा प्रदान गर्न तथा आश्रयस्थलमा पठाउन आदेश दिएको छ। अदालतले डिपुटी कमिश्नरको अनुमति विना उनीहरूलाई इस्लामाबादबाट बाहिर जान नदिन एवं उनीहरूका पतिहरूलाई पनि सुरक्षा दिन आदेश दिएको छ। अदालतमा प्रस्तुत याचिकामा दुई किशोरीले पाकिस्तानको संविधान बमोजिम आफूहरूलाई धर्म रोज्ने स्वतन्त्रता भएको उल्लेख गरेका छन्। यसबीच उच्च अदालतका मुख्य न्यायाधीश अतहर मिनअल्लाहले केही शक्ति पाकिस्तानको छवि विगार्न प्रयासरत रहेको भनेका छन्। उनले भने, "पाकिस्तानमा अल्पसङ्ख्यकहरूको अधिकार पूर्ण रूपमा सुरक्षित छ। पाकिस्तानमा अल्पसङ्ख्यकहरूको अधिकार अन्य देशमा भन्दा ज्यादा छ।" तर भारत सायद पाकिस्तानका यी तर्कसँग सहमत छैन। विदेशमन्त्री सुष्मा स्वराजले यस मामिलालाई लिएर तीन ट्वीट गरेकी छन्। उनले भनिन्, "पाकिस्तानमा हिन्दू किशोरीको जबरजस्ती धर्म परिवर्तन: किशोरीहरूको उमेरलाई लिएर कुनै विवाद छैन। रवीना केवल १३ वर्षकी भइन् र रीना १५ वर्षकी। नयाँ पाकिस्तानका प्रधानमन्त्रीले पनि यो मान्ने छैनन् कि त्यति उमेरका किशोरीहरूले स्वेच्छाले धर्म परिवर्तन या विवाहको निर्णय लिन सक्छन्। दुवै किशोरीलाई न्याय मिलोस् र उनीहरूलाई परिवारसमक्ष लगियोस्।" पिताको बयान र किशोरीहरूको याचिका ती किशोरीहरूका पिताले आफ्ना दुवै छोरी नाबालिग रहेको र तिनको उमेर १३ र १५ वर्ष रहेको बताएका छन्। एउटा भिडिओ क्लिप पनि सार्वजनिक भएको छ जसमा पिता हरि लालले भनेका छन्, "उनीहरू बन्दूक लिएर आए र मेरा छोरीलाई अपहरण गरेर लगे। यो घटना भएको ८ दिन भइसक्यो तर यस मामिलामा अहिलेसम्म केही कारबाही भएको छैन।" "हामीलाई कसैले केही बताएको छैन। म खालि यति भन्न चाहन्छु कि कोही आउन् र मलाई मेरा छोरीहरू ल्याइदिउन्। प्रहरीले आज नभए भोलि यो मामिला सुल्झिन्छ भनेको छ। तर अहिलेसम्म केही भएको छैन।" त्योबाहेक अर्को एउटा भिडिओ पनि सामाजिक सञ्जालमा देखिएको छ जसमा दुवै किशोरी रोइरहेको र विवाहपश्चात् उनीहरूलाई मारपिट गरिएको बताएको देखिन्छ। तर मङ्गलवार इस्लामाबादको उच्च अदालतमा भने सो भिडिओबारे कुनै प्रसङ्ग उठेन। बीबीसीले ती दुवै भिडिओ सही हुन् कि होइनन् भनेर पुष्टि गर्न सक्दैन। पाकिस्तानी मन्त्री भन्छन्: हिन्दू हामीलाई उत्तिकै प्यारा ती किशोरीको मामिलालाई लिएर पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सिन्ध तथा पञ्जाब प्रान्त सरकारसँग जाँच गर्न आदेश दिएका छन्। त्यही मामिलामा भारतीय विदेशमन्त्री सुष्मा स्वराज तथा पाकिस्तानी सूचना मन्त्री चौधरी फव्वाद हुसैनबीच पनि ट्वीटरमा वादविवाद भएको छ। बीबीसीसँगको कुराकानीमा पाकिस्तानी मन्त्री हुसैनले पाकिस्तानमा अल्पसङ्ख्यकहरूप्रति सम्मान रहेको बताएका छन्। उनले भने, "जबदेखि इमरान खानले पाकिस्तानको सत्ता सम्हाले तबदेखि हामीले नयाँ पाकिस्तानको जग बसालिरहेका छौँ। हामी एकदमै स्पष्ट के छौँ भने हाम्रो देशको झन्डामा रहेको सेतो रङ्गसँग हामीलाई उत्तिकै प्रेम छ जति हामीलाई अर्को रङ्गसँग छ। अल्पसङ्ख्यकहरूप्रति हाम्रो प्राथमिकताबारेको उदाहरण त हालै पञ्जाबमा एक वरिष्ठ मन्त्रीले हाम्रा हिन्दू जनको मन दुख्ने बयान दिने वित्तिकै उनलाई हामीले हटाएबाट पनि देख्न सक्नुहुन्छ।" भारतीय विदेशमन्त्रीको टिप्पणीबारे बोल्दै उनले अन्य देशमा रहेका अल्पसङ्ख्यकहरूप्रति गरिने व्यवहारप्रति स्वराजले देखाएको अनुभूतिले खुसी दिलाएपनि त्यस्तो व्यवहारबारे आफ्नै देशमा भइरहेका गतिविधिमा केन्द्रीत भए अझ राम्रो हुने बताए।
बलिवूड अभिनेत्री श्रीदेवीको निधन
बलिवूडकी चर्चित अभिनेत्री श्रीदेवीको निधन भएको छ।
५४ वर्षीया श्रीदेवी दुबईमा एउटा वैवाहिक कार्यक्रममा सहभागी भएका बेला हृदयाघात भएको ठानिएको छ। उनको निधनप्रति चलचित्रकर्मी र शुभचिन्तकले शोक व्यक्त गरेका छन्। श्रीदेवीले मिस्टर इण्डिया, चाँदनी, चालबाज र सदमा जस्ता व्यावसायिक रूपमा निकै सफलसहितका डेढ सयभन्दा बढी चलचित्रमा अभिनय गरेकी थिइन्। बालकलाकार पुरूष कलाकारको सहयोग विनै सफल चलचित्र दिने थोरै अभिनेत्रीहरूमा श्रीदेवीको नाम आउँछ। उनको जन्म सन् १९६३ को अगष्ट १३ मा भारतको तमिलनाडुमा भएको थियो। बालकलाकारको रूपमा उनले चार वर्षको उमेरमा एउटा तमिल चलचित्रबाट काम शुरू गरेकी थिइन्। सर्वाधिक अनुभवी अन्तरिक्षयात्रीको निधन बालकलाकारकै रूपमा उनले तेलुगु र मलयालम चलचित्रहरूमा पनि अभिनय गरेकी थिइन्। दक्षिण भारतीय चलचित्रहरूमा काम गरेपछि श्रीदेवीले सन् १९७९ मा मुख्य कलाकारका रूपमा बलिवूड चलचित्र 'सोलहवा साल' बाट अभिनय शुरू गरिन्। सफल सन् १९८० को दशकलाई अभिनेत्रीहरूको दृष्टिकोणले बलिवूडलाई श्रीदेवीको दशकको रूपमा व्याख्या गर्ने गरिन्थ्यो। उनलाई 'लेडी अमिताभ बच्चन' पनि भन्ने गरिन्थ्यो। सन् १९९७ मा जुदाई नामक चलचित्रमा अभिनय गरेपछि १५ वर्षसम्म उनी चलचित्रमा देखिनन्। सन् २०१२ मा उनले इंग्लिश-विंग्लिश नामक चलचित्रमा अभिनय गरिन्। जुन व्यावसायिक रूपमा निकै सफल रह्यो। सन् २०१७ मा मम नामक उनको चलचित्र आएको थियो।
‘मेलम्ची सुरुङ्ग निर्माणलाई अझै एक वर्ष’
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको सुरुङ्ग निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले गत वर्षको भूकम्प र नाकाबन्दीका कारण काममा बाधा परेको भन्दै क्षतिपूर्तिका लागि थप समय माग गर्ने तयारी गरिरहेको आयोजनाका एक अधिकारीले बताएका छ्न्।
इटालेली ठेकेदार कम्पनी सीएमसीले सुरूङ्ग निर्माणको लागि पाएको समय अर्को महिना सकिंदैछ। ढिलाई तर २७ किलोमिटर लामो सुरुङ्ग निर्माणको काम अझै २० प्रतिशत बांकी रहेको बताइएको छ। ठेकेदारले थप समय माग्दा मेलम्ची आयोजनामा थप ढिलाई हुने चिन्ता बढेको छ। गत वर्षको गएको भूकम्प र त्यस लगत्तैको नाकाबन्दीका कारण उब्जिएको इन्धन संकटले झन्डै १ वर्ष काम गर्न नपाएको भएतापनि हाल सो कम्पनीले सुरुङ्ग निर्माणको काममा निकै प्रगति गरेको मेलम्ची खानेपानी बिकास समितिले जनाएको छ। तर क्षतिपूर्ति वापत उक्त कम्पनीले म्याद थपका लागि परामर्शदाता कम्पनी मार्फत मेलम्ची खानेपानी विकास समिति समक्ष अनुरोध गर्ने तयारी भइरहेको समितिका अधिकारीले बताएका छन्। विकास समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराईले ठेकेदार कम्पनीको समय थपको मागबारे निर्णय हुन बाँकी रहेको बताए। उनले भने, "भूकम्प र त्यसपछिको प्रभावलाई बेवास्ता गरेर ठेकेदार कम्पनीलाई केही पनि सुविधा पाँउदैनस् भन्न त मिलेन। तर कति समय दिने भन्ने कुरामा चाँही मत भिन्नता हुन सक्छ।" असर मेलम्ची खानेपानीको परामर्शदाता कम्पनीको रुपमा इपीसा सर्भिसेस रहेको छ। भूकम्पका कारण सुरुङ्गभित्र कुनै ठूलो क्षति नभएको बताइएपनि त्यहाँसम्म पुग्ने बाटाहरु बिग्रनु र इन्धनको अभावले पोहोर साल काममा लगातार असर परेको बताइन्छ। समयमा काम सम्पन्न नहुंदा परियोजनाको लागत अझ बढेको जनाइएको छ भने यसैवर्ष काठमान्डू उपत्यकामा पानी पुर्याउने योजना एक वर्ष पर धकेलिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ। कार्यकारी निर्देशक भट्टराईले भने, "अहिलेको कामको गतिलाई हेर्दाखेरी यो सुरुङ्ग निर्माण कार्य सम्पन्न गर्न अर्को एक वर्ष लाग्छ भन्ने अहिलेको मूल्यांकन हो।" अर्बौं रुपियाँको लगानीमा निर्माण भइरहेको मेलम्ची खानेपानी आयोजनाको मुख्य अंशको रुपमा रहेको सुरुङ्ग निर्माणको काम शुरुमा चिनियाँ कम्पनी चाइना रेल्वले थालेको थियो। तर उसले हात झिकेपछि नेपाल सरकारले इटालीको सीएमसी कम्पनीलाई सो काम दिएको थियो।
सेता थोप्ला भएको दुर्लभ जेब्रा
केन्याको मासाई मारा राष्ट्रिय निकुञ्जमा सेता थोप्ला भएको जेब्राको बछेडो फेला परेको छ।
जेब्राको शरीरमा सेता धर्सा हुन्छन्। तर छालाको रङ्ग कालो बनाउने मेलिनन अत्यधिक उत्पादन हुँदा यो जेब्रामा सेता धर्सा आंशिक रूपमा मात्रै बनेर थोप्लाको रूप लिएको अनुमान गरिएको छ। हेर्नुहोस् यो भिडिओ। अनि यो पनि
कोरोना भाइरस: के ब्रजिलमा खोपलाई जित्ने भाइरस उत्पत्ति भइरहेका छन्?
कोभिड फैलिरहेकै बेला खोपको पहिलो मात्रा लगाएका मानिसहरू खोप नलगाएका मानिसहरूसँग मिसिरहँदा त्यसले नयाँ प्रकारका कोरोनाभाइरसका लागि 'बलियो उत्पत्तिको धरातल' तयार पार्ने र हालका खोप प्रभावकारी नहुने वैज्ञानिकहरूले चेतावनी दिएका छन्।
यो खास गरी त्यस्ता ठाउँका लागि चिन्ताको विषय बनेको छ जहाँ सङ्क्रमण उच्च दरमा र खोप वितरणको काम सुस्त रहेको छ। ब्रजिलमा पी.१ भनिएको एउटा शक्तिशाली प्रकारको कोरोनाभाइरस फैलिरहेको छ। पी.१ अहिलेसम्म २५ भन्दा धेरै देशमा देखा परिसकेको छ। नयाँ उत्परिवर्तनको अनुगमन गरिरहेका विज्ञहरूले ब्रजिलमा त्यसले 'हटस्पट' बनाएर भयानक रूप लिन सक्ने बताउँछन्। सोमवार ब्रजिलमा कोभिड जोडिएका भएको मृत्युको सङ्ख्या झन्डै २ लाख ७८ हजार पुगेको थियो। बढ्दो मृत्युदर भए पनि राज्यका गभर्नरहरू र राष्ट्रपति जइर ब्रोल्सोनारोबीच राजनीतिक विवादका कारण ब्रजिलमा लकडाउन र सामाजिक दूरी कायम राख्ने काम कमजोर बनेको छन्। त्यसले खोप कार्यक्रमलाई समेत असर पारेको छ। त्यहाँ खोपको पहिलो मात्रा लिनेहरू जनसङ्ख्याको ४ प्रतिशतभन्दा केही बढि अर्थात् ८६ लाख मानिसहरू छन्। तीमध्ये २९ लाखले मात्र दोस्रो मात्रा पाएका छन्। वैज्ञानिकहरूले त्यसलाई खतरनाक सम्मिश्रण बताउँछन्। कमजोर बनिरहेका एन्टीबडी भाइरस फैलने क्रममा तिनमा उत्परिवर्तन आउँछ र तिनले हाम्रो प्रतिरक्षा प्रणाली बिगार्ने एवम् हाम्रा कोशिकाहरूलाई सङ्क्रमित पार्ने काम गर्छन्। यूकेको युनिभर्सिटी अफ लेस्टरका भाइरोलोजिस्ट जुलिअन टाङ्ग भन्छन्, "जब कोरोनाभाइरस कसैको शरीरमा प्रवेश गर्दा थोरै मात्रामा एन्टीबडी अर्थात् रोग प्रतिरोधी तत्त्व भेट्छ, त्यसले ती प्रतिरोधी तत्त्वसँग उत्परिवर्तनका माध्यमबाट प्रतिक्रिया जनाउन सक्छ।" यो भाइरस उत्पत्ति हुने प्रक्रियाको एउटा पाटो हो। डा टाङ्ग भन्छन्, "यदि तपाईँले आज खोप लिनुभयो भने तपाईँ तत्कालै सुरक्षित भइहाल्नु हुँदैन। रोग प्रतिरोधी तत्त्व देखा पर्न केही साता लाग्छ र त्यस बेला तपाईँ सुरुवाती भाइरस वा पी. १ बाट सङ्क्रमित हुन सक्नुहुन्छ।" खोप लगाइसकेका तर भाइरसबाट सङ्क्रमित भएका व्यक्तिमा उत्परिवर्तन भएका नयाँ भाइरस देखिन सक्छन्। खोप कार्यक्रम ठिकठिकै सफल भएको देशमा जब यस्तो काम धेरै मात्रामा हुन्छ त्यसले भाइरसलाई उत्परिवर्तन हुनका लागि 'जैविक' दबाव पर्छ। इम्पेरियल कलेज लन्डनको ग्लोबल हेल्स एन्ड डेभलपमेन्ट ग्रुपका सहनिर्देशक पिटर बाकेर भन्छन्, "त्यसले खोप लगाएका र नलगाएका मानिसहरू मिसिनु भनेको नयाँ भेरिअन्ट उत्पत्ति हुने जोखिम बढ्नु हो।" थप सङ्क्रामक प्रकार ब्राजिलमा ४ प्रतिसतभन्दा केही बढी जनसङ्ख्याले मात्र खोपको एउटा खेप लिएका छन्। विवरणहरूका अनुसार एउटा ठूलो मात्राको सङ्क्रमण भइरहेको बेला देखा परेको पी.१ भेरिअन्ट निकै सङ्क्रामक हुनसक्ने र पछिल्ला सङ्क्रमणबाट प्राप्त प्रतिरोधी क्षमताले नथेग्ने खाले हुन सक्छ। यो भेरिअन्टले भाइरसको कोशिकासँग टाँसिने क्षमता बढाउँछ र रोग प्रतिरोधी तत्त्वको प्रभावकारिता घटाउँछ। रिसर्च इन्स्टिच्युट फिओक्रजका अनुसार पी. १ भेरिअन्ट अहिलेसम्म ब्राजिलका २७ राज्यमा फैलिसकेको छ। त्यसबाहेक त्यहाँका आठमध्ये छ वटा राज्यमा ५० प्रतिशतभन्दा बढी कोभिडका नयाँ घटनाहरू अहिलेका तीन (पी.१, यूके भेरिअन्ट र दक्षिण अफ्रिका भेरिअन्ट) मध्ये एउटा भेरिअन्टका छन्। इम्पेरिअल कलेज लन्डनका सङ्क्रामक रोगका अध्ययनकर्ता चार्ली विट्कर भन्छन्, "नियन्त्रणका उपाय नचालिए पी.१ ले छिट्टै एउटा मुख्य भाइरस बनेर महामारी सिर्जना गर्न सक्छ।" खोपलाई जित्ने भेरिअन्ट ब्राजिलमा कोरोना भाइरस जोडिएका घटनामा अमेरिकापछि धेरै मानिसले ज्यान गुमाए। इम्पेरिअल कलेज, युनिभर्सिटी अफ साउ पाउलो र युनिभर्सिटी अफ अक्सफर्डका अनुसन्धानकर्ताहरूले गरेको एउटा छुट्टै अध्ययनले अनुमान गरे अनुसार ब्राजिलमा पी.१ सुरुवाती कोभिड भन्दा १.४ देखि २.२ गुणासम्म बढी सङ्क्रामक छ। र त्यसले प्रतिरोधी क्षमतालाई तोड्ने र २५ देखि ६१ प्रतिशत बीचका घटनामा पुन: सङ्क्रमण गराउन सक्छ। प्राध्यापक बाकेर भन्छन्, "जब भेरिअन्ट यसअघि नै प्रतिरोध क्षमता भएका वा पहिले सङ्क्रमण भइसकेका व्यक्तिमा पुग्छ, भाइरसलाई ती मानिसलाई पुनः सङ्क्रमण गराउने प्रयासस्वरुप उत्परिवर्तन हुने दबाव पर्छ।" "त्यसैले अहिलेको महामारी र विगतको महामारी मिसिनु भनेको उत्परिवर्तनको लागि एउटा बलियो उत्पत्ति धरातल खडा हुनु हो। हामीले ब्रजिलको सन्दर्भमा देखेको त्यही हो।"
कोरोना भाइरसः लकडाउन खुलेपछि जनजीवन कस्तो होला
लकडाउनपछि 'सामान्य जीवन' को परिभाषा फेरिन सक्छ।
कोरोनाभाइरस महामारी नियन्त्रण गर्न अवलम्बन गरिएका उपायहरू हाम्रो जीवनमा सामान्य बनेर प्रचलनमा बस्न सक्छन्। हेर्नुहोस् यो भिडिओ। अनि यो पनि:
इजरेल-गाजा संघर्षको पृष्ठभूमि
गाजा भूमध्य सागरको पूर्वी तटमा अवस्थीत सांघुरो भूभाग क्षेत्र हो।
गाजा भूमध्य सागरको तटवर्ती सांघुरो भूभाग हो त्यहांको क्षेत्रफल ३६५ वर्ग किलोमिटर छ र त्यहां १८ लाख प्यालेष्टीनीहरुको घनाबस्ती छ, ति मध्ये धेरै शरणार्थीहरु छन्। त्यस क्षेत्रलाई इजरेलले सन् १९७६ मा छ दिनसम्म चलेको युद्धका क्रममा कब्जामा लिएको थियो। सन् १९९३ मा इजरेलका प्रधानमन्त्री यित्जाक राबिन र प्यालेष्टिनी मुक्ति संगठन, पीएलओ, का तत्कालीन अध्यक्ष याशेर आराफातबीच ओस्लो शान्ति सम्झौतामा हस्ताक्षर हुनुअघि सम्म गाजा स्ट्रीप भनिने उक्त तटवर्ती सांघुरो भूभागमा इजरेलको नियन्त्रण रहेको थियो। उक्त सहमति अनुसार, गाजाको नव स्वायत्त क्षेत्र र वेस्ट ब्यांक स्थित जेरिको शहरको नियन्त्रण प्यालेष्टिनी राष्ट्रिय प्रशासन मातहत पुगेको थियो। सन् १९९४ मा याशेर आराफात २७ बर्षे निर्वासनपछि भव्य स्वागतका साथ गाजा स्ट्रीपमा फर्केका थिए। त्यसपछि सन् १९९६ मा उनी प्यालेष्टिनी प्रशासनका प्रथम अध्यक्ष नियुक्त भए। प्यालेष्टिनी प्रशासनका प्रथम अध्यक्ष बनेका याशेर आराफातको सन् २००४ मा निधन भएको थियो। यो शान्ति प्रकृयालाई द्वन्द्वको दुवै पक्षमा रहेका कट्टरपन्थीहरुले विरोध गरेका थिए। र सन् १९९५ मा यित्जाक राबिनलाई एकजना इजरेली दक्षिणपन्थी उग्रवादी यिगाल अमिरले हत्या गरे। प्रतिरोध आराफातको शान्ति स्थापना प्रयासले पनि इस्लामवादी संगठनहरु हमास र इस्लामिक जीहादको तर्फबाट कडा प्रतिरोधको सामना गर्नु पर्यो। ति विरोधी संगठनहरुले इजरेलको अस्तित्वलाई अस्वीकार गरे र छुट्टै प्यालेष्टीनी राज्य स्थापनाका लागि सशस्त्र प्रतिरोध एकमात्र उपाय रहेकोमा जोड दिए। एरिएल शरोन सन् २००१ मा अत्यधिक बहुमतका साथ निर्वाचित भएर प्रधानमन्त्री बनेका थिए इजरेल र विभिन्न पश्चिमी र गैरपश्चिमी सरकारहरुले ति दुवै संगठनहरुलाई आतंकवादी घोषणा गरेका छन्। सन् २००० सम्ममा प्यालेष्टिनी राष्ट्रिय प्रशासन वेस्ट ब्यांकका कतिपय शहरहरुमा नियन्त्रण कायम गर्न सफल भएको थियो भने त्यसको मुख्यालय वेस्ट ब्यांकको रमल्लाहमा स्थापना गरियो। तर शान्ति प्रकृयालाई अन्तिम रुप दिने वार्ताहरु भने अवरुद्ध हुन पुगे भने हमास र इस्लामिक जीहादले इजरेलभित्र श्रृंखलाबद्ध आक्रमण शुरु गरे। सन् २००० को सेप्टेम्बरमा दक्षिणपन्थी लिकुड पार्टीका नेता एरिएल शारोनले जेरुसलेमस्थित पवित्र टेम्पल माउण्टको भ्रमण गरे। उक्त भ्रमणलाई प्यालेष्टिनीहरुले एकदमै भड्काउने खाले व्यवहारका रुपमा लिए र त्यसपछि व्यक्त हिंसात्मक प्रतिक्रिया सन् २००१ र २००५ को बीचमा भएको प्यालेष्टिनी विद्रोह बन्न पुग्यो। अल अक्सा इन्तीफादाका नामले चिनीएको यो विद्रोहका क्रममा नै हमास र इस्लामीक जीहादले इजरेल विरुद्ध रकेट र आत्मघाती बम हमला शुरु गरेका हुन्। इजरेलले बदलामा सैनिक कार्वाही, घुसपैठ र हमास तथा जीहादका शिर्षस्थ नेताहरुको हत्या गर्ने गर्न थाल्यो। हमासले आफ्नो रकेट भण्डारलाई बलियो बनाएको छ निधन सन् २००१ को फेब्रुअरीमा शरोन अत्यधिक बहुमतका साथ इजरेलका प्रधानमन्त्री बने। सन् २००४ मा याशेर आराफातको निधन भयो र उनको स्थानमा महमुद अब्बास नियुक्त भए। त्यसपछि शरोनले गाजाबाट फिर्ता हट्ने योजना तयार पारे जुन सन् २००५ मा सम्पन्न भयो। इजरेलले गाजाबाट हुन सक्ने आक्रमणलाई रोक्न कडा समुद्री, स्थलगत र हवाइ नियन्त्रण कायम राख्यो जस्लाई गाजाबासीले आफूलाई घेराबन्दीमा राखिएको भन्दै गाजालाई खुला जेलका रुपमा लिए। सन् २००६ मा हमासले निर्वाचनमा विजय हासिल गर्यो र तुरुन्तै महमुद अब्बास नेतृत्वको फतह आन्दोलनसंग उक्त समूहको हिंसात्मक मतभेद शुरु भयो। सन् २००७ मा प्यालेष्टिनी इलाका फतह नियन्त्रणको वेस्ट ब्यांक र हमास नियन्त्रणको गाजा स्ट्रीपमा विभाजीत हुन पुग्यो। हमासले इजरेल र इजीप्टले लगाएको नाकाबन्दी तोड्न गाजा र इजीप्टबीचको सिमानामा तस्करी सुरुंगहरु खन्न थाल्यो। सन् २००८ देखि २०१४ को बीचमा हमास र इस्लामिक जीहादले आफ्नो रकेट अस्त्र भण्डारलाई बलियो बनाएका कारण हमास र इजरेल बीच तीन पटक ठूलो भिडन्त भैसकेको छ। र यो क्रममा इजरेल प्यालेष्टिनी शान्ति प्रकृयालाई व्युंताउने सबै प्रयासहरु असफल भएका छन्। गाजामा भएका इजरेली आक्रमणको मारमा गैरसैनिक महिला तथा बालबालिकाहरु नै धेरै परेका छन् कार्वाही गाजा स्ट्रीपबाट इजरेलमा रकेट हमला गर्ने हमासको क्षमतालाई कमजोर तुल्याने उद्देश्यले सन् २००८ र २०१२ मा इजरेलले दुईवटा ठूला सैनिक कार्वाही गरेको थियो। ति सैनिक कार्वाहीहरुले घोषित लक्ष्य हासिल गर्न सकेनन्। गाजा फेरि इजरेलसंग रक्तपातपूर्ण संघर्षमा लागेको छ। र पहिले पहिले जस्तै, हताहत हुनेमा गाजाका गैरसैनिकहरु नै बढी रहेका छन्।
'रोहिंज्याको सुरक्षित घरफिर्ती अझै असम्भव’
पश्चिम म्यानमारबाट भागेर छिमेकी देश बांग्लादेश पुगेका रोहिंज्या मुसलमानहरुलाई फिर्ता लिन आफू तयार भएकोमा म्यानमार सरकारले जोड दिएपनि उनीहरुलाई सुरक्षित घरफिर्ती गराउन सक्ने अवस्था अझै नबनेको एकजना संयुक्त राष्ट्रसंघीय अधिकारीले बताएकी छन्।
सात लाखभन्दा धेरै रोहिंज्या मुसालमानहरू अझै पनि बांग्लादेशमा अलपत्र छन्। गत वर्ष रोहिंज्याहरूलाई घरफिर्ती गराउन भएको एउटा समझदारी अन्तर्गत कोही पनि म्यानमार फर्किएका छैनन्। प्रतिदिन ३०० रोहिंज्या फिर्ता पठाइने रोहिंज्या शरणार्थी फिर्तीबारे भेटवार्ता अवरोध रखाइन राज्यस्थित म्यानमारका सेनाले जलाएको तथा भत्काइदिएको गाउँहरूको भ्रमण गरेपछि संयुक्त राष्ट्रसंघीय सहायक महासचिव उर्जुला मुलरले बीबीसीसँग कुरा गरेकी थिइन्। त्यहाँ रहेका शिविरहरूमा सीमित पारिएका चार लाख रोहिंज्याहरू निर्धक्क भएर हिँडडुल गर्ने नसक्ने उनले बताइन्। रोहिंज्याहरूमाथि भएको दमनको निन्दा गर्न असफल भएको भनेर म्यानमारकी नेत्री आङ सान सू चीको अन्तर्राष्ट्रिय स्तरमा भएको व्यापक आलोचनाको त्यहाँ कुनै प्रभाव नपरेको ती राष्ट्रसंघीय अधिकारीको भनाइ छ। कसले जलाउँदैछन् रोहिंज्या बस्ती?
रुस विश्वकप: फ्रान्स र क्रोएसियामध्ये को अब्बल?
यो एकदमै थौरै मानिसले परिकल्पना गरेको विश्वकपको फाइनल हो।
आइतवार हुने विश्वकप फाइनलमा पहिलो पटक उपाधि चुमेर इतिहास रच्ने लक्ष्य लिएको क्रोएसियाले दोस्रो पटक विश्वकप विजेता बन्न आतुर फ्रान्सको सामना गर्दैछ। क्रोएसिया पहिलो पटक विश्वकपको फाइनलमा पुगेको हो। तेस्रो पटक विश्वकपको फाइनलमा पुगेको फ्रान्सले २० वर्षअघि प्यारिसमा प्राप्त सफलता दोहोर्‍याउन चाहेको छ। अविश्वसनीय फ्रान्सलाई नेतृत्व दिइरहेका डिडे डेसाँले तेस्रो ठूलो प्रतियोगितामा टोलीको जिम्मेवारी वहन गरिरहेका छन् र उनी खेलाडी र व्यवस्थापकका दुवैका रुपमा उपाधि उचाल्ने तेस्रो व्यक्ति बन्ने दाउमा छन्। उनका समकक्षी ज्लाट्को डालिक जम्मा नौ महिनादेखि क्रोएसियाली टोलीका व्यवस्थापक छन्। क्रोएशिया पहिलोपटक विश्वकप फाइनलमा बेल्जियमलाई हराउँदै फ्रान्स फाइनलमा विश्वकप फुटबलमा नेपालको संघर्ष विश्वकप: पहिलो चरणमा को नायक, को खलपात्र उनी विश्व फुटबलको सबैभन्दा ठूलो सफलताबाट मात्रै ९० मिनेटको दूरीमा छन्। र, त्यसो भयो भने त्यो विश्वकप इतिहासकै सबैभन्दा अविश्वसनीय जित हुनेछ। क्रोएसिया: 'सपना, सपना, सपना' ४१ लाख ७० हजार जनसंख्या रहेको क्रोएसिया विश्वकप फुटबलको फाइनलमा पुग्ने सबैभन्दा सानो देश हो भन्ने तपाईँलाई लाग्नसक्छ। तर त्यो कीर्तिमान युरुग्वेले राखेको छ। सन् १९३० मा विश्वकपको उपाधि जित्दा युरुग्वेको जनसंख्या लगभग १७ लाख थियो। फिफाको विश्व वरीयतामा २०औँ वरीयतामा रहेको डालिक नेतृत्वको क्रोएसिया विश्वकपको फाइनलमा पुग्ने सबैभन्दा कम वरीयतामा रहेको टोली हो। विश्वकपको फाइनलमा पुग्ने १३ देशमध्ये एक क्रोएसिया हो। अहिलेसम्म फुटबलमा पाएको यो उनीहरूको सबैभन्दा ठूलो सफलता हो। २० वर्षअघि उनीहरू विश्वकप फुटबलमा तेस्रो स्थानमा पुगेका थिए। तर त्यसबेला पनि उनीहरू सेमिफाइनलमा फ्रान्सबाट पराजित भएका थिए। यसपटक उनीहरूको फाइनलसम्मको यात्राले इङ्ग्ल्याण्डको सपना समाप्त पारिदियो। साथै त्यसले जाग्रेब र अन्यन्त्र व्यापक हर्षबढाइँ गरिएको थियो। हजारौँ समर्थकले चोकमा आएर नाचगान गर्नुका साथै रातो, सेतो र निलो बुट्टा भएको झण्डा र पताका फहराएका थिए। "सपना, सपना, सपना! क्रोएसिया अब विश्वकपको फाइनलमा पुगको छ," स्पोर्ट्सकी नोभोस्ती समाचारपत्रले लेखेको छ, सन् १९९८ को भन्दा ठूलो उपलब्धितर्फ डोर्‍याएर डालिकले आफूलाई 'दन्त्यकथाको नायक' जस्तो स्थानमा पुर्‍याएका छन्। "हाम्रो तेजिलो टोली फाइनलमा पुगेको छ, हामी सपनामा छौँ र अब एक पाइलामात्रै अघि बढ्यौँ भने पनि उपाधि उचाल्नेछौँ," युटार्नयी लिष्टले लेखेको छ। फ्रान्सको अभिमत: सन् २०१६ को घाउको ओखती फ्रान्स स्वदेशमै भएको युरोपेली च्याम्पियनशीपको फाइनलमा पुगेको थियो र उत्कृष्ट टोली भनिएको भए पनि त्यसबेला पोर्चुगलबाट पराजित भएको थियो। त्यसबेलाको पराजयको सम्झनाले अहिले राष्ट्रिय टोलीलाई थप बलियो बनाइरहेको छ। सुड ओएस्ट अखबारले आइतवार दुई वर्षको घाउ निको पार्ने अवसर भएको उल्लेख गरेको छ। वास्तवमा मेस्सीको समस्या के हो? विश्वकप २०१८ बारे जान्नुपर्ने कुरा सात चित्रमा उसले भनेको छ, "यसबेलाको सन्दर्भ फरक छ, खेलाडीहरू थप परिपक्व भएका छन् र हामीसँग किलियान एमबाप्पे पनि छन्।" अग्रपङ्क्तिबाट खेल्ने एमबाप्पे एकदमै लयमा छन् र उनी विपक्षी क्रोएसियाले 'खडा गर्ने घेरा तोड्ने फ्रान्सको बलियो हतियार बन्नसक्ने' मध्येका एक खेलाडी हुन्। फ्रान्सका सञ्चारमाध्यमहरूले विश्वकप फाइनलका लागि टोलीले गरिरहेको थप प्रशिक्षणको पनि चर्चा गरिरहेका छन्। विश्वकप हेर्न जान नपाएर ख्याति उनीहरूले क्रोएसियाभन्दा २४ घण्टा अगावै सेमिफाइनल खेल्न पाए र उनीहरूले नकआउट चरणका आफ्ना सबै खेलहरू निर्धारित ९० मिनेटकै समयमा जिते। तर क्रोएसियालाई समूह चरणपछिका तीनवटै खेल जित्न अतिरिक्त समय आवश्यक पर्‍यो। दुईवटा प्रतिस्पर्धाको टुङ्गो पेनाल्टीमार्फत लागेको थियो। ले फिगरोका अनुसार क्रोएसिया एकदमै शक्तिशाली प्रतिस्पर्धा हो जोसँग क्षमतावान् खेलाडीहरू छन् र उसले जुनसुकै बेला समस्या निम्त्याउन सक्छ। ले पोइन्टले भने खेलाडीहरूको मनस्थितिलाई जोड दिएको छ। थप गरिएको समयमा खेल्दा पनि क्रोएसियाका खेलाडीहरूको मानसिक अवस्था 'त्रुटिरहित' रहेको छ र उक्त टोली 'अपराजित रहनसक्ने" देखिन्छ। सम्भवतः फाइनलमा कुनै एक खेलाडीको प्रतिभाले खेलको छिनोफानो गर्नेछ। विश्वकप शुरू हुँदा यो प्रतियोगिता पछिल्लो पुस्ताकै दुई महान् खेलाडीहरू पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र आर्जेन्टिनाका लियोनल मेस्सीबीचको प्रतिस्पर्धा बन्ने ठानिएको थियो। तर दुवै टोली अन्तिम १६ बाट अघि बढ्न सकेनन् र अन्य खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने र सम्मानित सुनको बलको उपाधि जित्ने अवसर खुल्यो। अहिलेसम्म केही खेलाडीहरूले उत्कृष्ट खेल देखाए पनि कुनै पनि खेलाडीले उक्त पुरस्कार प्राप्त गर्ने शैलीको खेल कौशल देखाएका छैनन्। के उसो भए उक्त सम्मानका लागि फाइनल खेल नै निर्णायक बन्ने हो त? रोचक के छ भने पछिल्लो ६ संस्करणमा सुनको बल जित्ने खेलाडीहरू विश्वकप विजेता टोलीका सदस्यहरू थिए। यो वर्ष त्यो परिवर्तन पनि हुनसक्छ। क्रोएसियाका मध्यपङ्क्तिका खेलाडी लुका मोडरिचले अहिलेसम्मको आफ्नो खेलका लागि व्यापक प्रशंसा पाएका छन्। आर्जेन्टिनाविरुद्ध समूह चरणमा उत्कृष्ट खेल्दा उनले म्यान अफ द म्याचको पुरस्कार पाएका थिए। विश्वकप २०१८: खेलाडीको ‘हेयर स्टाइल’ फ्रान्सका अग्रपङ्क्तिका खेलाडी एमबाप्पेले आर्जेन्टिनाविरुद्ध दुई गोल गर्दै आफूलाई अब्बल खेलाडीको कोटीमा उभ्याए। उनले सन् १९५८ को विश्वकप फाइनलमा किशोर उमेरका ब्रजिलका महानतम खेलाडी पेलेले गरे जस्तो प्रदर्शन क्रोएसियाविरुद्ध चाहना राखेका छन्। फाइनलमा एमबाप्पेसँगै फ्रान्सका लागि तीन गोल गरेका आन्ट्वान ग्रिजम्यानले कस्तो खेल देखाउलान भन्ने चासो पनि सर्वत्र छ। दुवै खेलाडीलाई फाइनलमा उनीहरूले हयाट्रिक अर्थात् तीन गोल गरे भने सुनको जुत्ताका लागि उनीहरूले ६ गोल गरेका इङ्ग्ल्याण्डका हेरी केनकै स्थानमा आफू उक्लिनसक्ने थाहा पाएका छन्।
विमान दुर्घटनाको छानबिन गर्न आयोग
नेपाल सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको यूएस-बांग्ला एअरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न पूर्वसचिवको नेतृत्वमा एउटा आयोग गठन गरेको छ ।
सोमवार दिउँसो भएको उक्त दुर्घटनामा परी ४९ जनाको मृत्यु भएको छ। पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा ६ सदस्यीय छानबिन आयोग गठन गरिएको वातावरण तथा जनसंख्या मन्त्री लालबाबु पण्डितले बीबीसीलाई बताए। आयोगलाई यथाशीघ्र छानबिन गरी प्रतिवेदन बुझाउन भनिएको पनि मन्त्री पण्डितले बताए। सोमवार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले विमान दुर्घटनामा परी ज्यान गुमाएकाहरू प्रति दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ। दुर्घटनास्थलबाट उद्धार गरी घाइतेहरूलाई काठमाण्डूका विभिन्न अस्पताल लगिएको थियो
कोरोना भाइरस: यौन सम्पर्क गर्दा सङ्क्रमण सर्छ कि सर्दैन? कोभिड-१९ महामारी फैलिएका बेला थाहा पाउनुपर्ने कुरा
के यौन सम्पर्कका कारण कोरोनाभाइरस सङ्क्रमण सर्न सक्छ?
यसबारे तपाईँले सोच्नुभएको होला तर सङ्कोच लागेर प्रश्न नगर्नुभएको पनि हुन सक्छ। यस विषयमा सही र गलत कुरा छुट्याउन बीबीसी रेडिओ वनको न्यूजबीटले यो प्रश्न विज्ञहरूलाई राखेको छ। डा. एलेक्स जर्ज चिकित्सक हुन् भने यौन विषयमा पत्रकारिता गर्ने एलिक्स फक्स बीबीसी रेडिओकी पूर्वप्रस्तोता हुन्। के कोरोनाभाइरस महामारीको समयमा यौन सम्पर्क सुरक्षित राख्नु सुरक्षित हुन्छ? डा. एलेक्स जर्ज: यदि तपाईँ सम्बन्धमा हुनुहुन्छ र त्यो मानिससँगै बस्नुहुन्छ र एउटै वातावरणमा रहनुहुन्छ भने तपाईँले यौन व्यवहारमा परिवर्तन गर्नुपर्दैन। तर यदि तपाईँहरूमध्ये एक जनामा कोरोनाभाइरसको लक्षण देखिएको छ भने तपाईँले घरमै पनि एकान्तवासमा बस्नुपर्छ। सबैभन्दा राम्रो त घरभित्रै पनि सबै जना एकअर्काबाट दुई मिटरको दूरीमा बस्नुपर्छ तर त्यो सधैँ सम्भव नहुन सक्छ। एलिक्स फक्स: आफूलाई लक्षण देखिँदा आफ्नो सहवासीलाई पनि देखिन्छ भनेर सोच्नु हुँदैन। यदि तपाईँलाई लक्षण देखिएको छ भने टाढा रहनु नै उचित हुन्छ। नयाँ मानिससँग यौन सम्पर्क राख्नु हुन्छ? डा. एलेक्स जर्ज: म यो अवस्थामा नयाँ मानिससँग यौन सम्पर्क राख्ने सल्लाह दिन्नँ। किनभने त्यसो गर्दा कोरोनाभाइरस सर्न सक्ने सम्भावना हुन्छ। एलिक्स फक्स: के नबिर्सिनुहोस् भने कोरोनाभाइरस भएका केही मानिसहरूमा लक्षण देखिएको हुँदैन। त्यसैले तपाईँ एकदमै ठिक देखिनुभएको छ भने पनि तपाईँबाट अरूमा चुम्बनबाट पनि भाइरस सर्न सक्छ। पहिले मैले कन्डम प्रयोग गरेको थिइनँ। के अब गर्नुपर्ला? एलिक्स फक्स: यसको उत्तर तपाईँ किन पहिले कन्डम लगाउनु हुन्नथ्यो भन्ने कुरामा निर्भर हुन्छ। यदि तपाईँहरू दुवै जनालाई कुनै यौन रोग नभएको वा गर्भाधान नहोस् बनेर अन्य उपाय अवलम्बन गरिएकाले कन्डम प्रयोग नगरेको भए केही फरक पर्दैन। तर यदि तपाईँ अन्य प्राकृतिक उपाय - जस्तो वीर्य स्खलन गर्ने वा एकअर्कालाई यौन रोग छैन भन्ने विश्वासमा कन्डम नलगाउनुभएको हो भने अब कन्डम लगाउनु नै उचित होला। के यौनाङ्ग छोएका कारण कोरोनाभाइरस सर्छ? डा. एलेक्स जर्ज: यदि तपाईँ एकअर्काको यौनाङ्ग छुनुहुन्छ भने त्यो समयमा तपाईँहरूले चुम्बन गर्ने सम्भावना ज्यादा हुन्छ र हामीलाई थाहा छ भाइरस थुकबाट सर्छ। मुखबाट हातमा, हातबाट यौनाङ्गमा, यौनाङ्गबाट हातमा र त्यसपछि हातबाट नाकमुखमा भाइरस सर्न सक्छ। अहिलेको अवस्थामा भाइरस सर्न सक्ने सबै खाले कुराहरू नगर्नु नै उचित हुन्छ। त्यसैले तपाईँसँगै नबसेका साथीसँग यो पनि नगर्नु नै उचित हुन्छ।
घण्टौँ लगाएर बनाएको कलाकृति एकैछिनमा मेटिन्छ, कलाकार भन्छन् - यो पनि कला हो
क्रोएशियाका निकोला फेलर चार घण्टाजति लगाएर नेरेट्भा नदीको डेल्टामा कलाकृति बनाउँछन्।
सतहमा बालुवा सुक्खा भए पनि मुनि ओसिलो हुन्छ र त्यसमा रेखाकृति बनाउन सकिन्छ। कहिलेकाहीँ उनले पूरा कृति बनाइनसक्दै एड्रिएटिक सागरमा आएको छालले त्यस्लाई मेटाइदिन्छ। कलाकार निकोला त्यो क्षणभङ्गुरतामा पनि कला देख्छन् - प्रकृतिको कला। हेर्नुहोस् यो भिडिओ। अनि यो पनि
नेकपा विवाद: प्रचण्ड भन्छन्, 'पार्टीमा सङ्कट टरेको छैन'
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एकजना अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टी एकतामा सङ्कट निम्त्याउने गरी "अर्का अध्यक्ष (केपी शर्मा ओली) समेतको सक्रियता"मा नेकपा एमालेको नाममा पार्टी दर्ताको प्रक्रिया अघि बढाइएको आरोप लगाएका छन्।
शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रममा प्रचण्ड शुक्रवार काठमाण्डूमा आयोजित एक कार्यक्रममा प्रचण्डले भने, "पार्टी सङ्कटमा छ किनकि हाम्रो पार्टीको बैठक चल्दाचल्दै निर्वाचन आयोगमा नेकपा एमालेको नाममा पार्टी दर्ताको प्रक्रिया हाम्रो पार्टीका अर्का अध्यक्ष (केपी ओली) समेतको सक्रियता र पहलमा भएको छ, त्यसकारण यसले सङ्कटलाई व्यक्त गरेकै छ। त्यो तपाईँहरूले देखिराख्नुभएको छ, सबैले देखेकै कुरा हो।" नेकपाभित्र चर्कँदो विवादबीच निर्वाचन आयोगमा नेकपा एमाले नामको पार्टी दर्ता गर्नमा प्रधानमन्त्रीको सक्रियता रहेको भन्ने आरोपको चर्चा पार्टीभित्र यसअघि नै सुनिएको हो। पार्टीका दुई अध्यक्षबीच सहमतिको खोजीमा विभिन्न चरणमा वार्ता भइरहेको भनिएका बेला त्यस्तो आरोप सावर्जनिक रूपमा नै अभिलेख हुने गरी बाहिर आएको छ। प्रचण्डको आधिकारिक फेसबुक पेजमा समेत राखिएको उक्त कार्यक्रममको भिडिओमा उनले सरकार र प्रधानमन्त्री ओलीको खुलेर आलोचना गरेका छन्। नेकपाका कतिपय नेताहरू समेत सहभागी उक्त कार्यक्रममा प्रचण्डले गरेका अर्का अध्यक्षको आलोचनाले नेकपाभित्र जारी विवाद र दुई अध्यक्षबीचको मतभेदको स्वरूप उजागर गरेको भन्ने अर्थमा बुझिएको छ। के भने प्रचण्डले? उनले भने, "मैले सार्वजनिक रूपमा पहिला पनि भनेको छु यहाँ पार्टी सङ्कटमा छ। साँचो कुरा के हो भने अहिले ठिकठाक छ भनेर मैले भनेँ भने त्यो सत्य होइन।" उनले पार्टीको केन्द्रीय कमिटीकै बैठक दुई वर्षसम्म पनि बस्न नसकेको र विचार मन्थन हुन नसकेको भन्दै त्यसमा पनि असन्तुष्टि व्यक्त गरे। उक्त कार्यक्रममा प्रचण्डले पार्टीलाई "सामूहिक निर्णय गर्ने थलो" र "विवेक"का रूपमा व्याख्या गर्दै "विवेकले सरकार अर्थात् सत्ता चलाउनुपर्ने"मा जोड दिएका थिए। तर अहिलेको सरकारले पार्टी निर्णयलाई नपछ्याएर "विवेक"लाई वास्ता नगरेको उनको दाबी थियो। उनले पार्टीले गत माघमै भारतले आफ्नो भू-भागमा राखेका नेपाली क्षेत्रहरू समेटेर नक्सा जारी गर्न निर्देशन दिएको तर सरकारले उक्त निर्णय कार्यान्वयन नगरेको बताए। नीति तथा कार्यक्रम सार्वजनिक हुने दिन पार्टी सचिवालय बैठकले निर्णय गरेर अन्तिम अवस्थामा मात्र उक्त कुरा नीति तथा कार्यक्रममा समेटिएको सुनाउँदै उनले त्यसको श्रेय प्रधानमन्त्रीलाई मात्र दिइएकोमा पनि प्रश्न उठाए। ओली पक्षका नेता के भन्छन्? नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रचण्डले दिएको उक्त अभिव्यक्तिबारे आफूलाई जानकारी नभएको बीबीसीलाई प्रतिक्रिया दिए। प्रचण्ड र ओली उनले भने, "त्यसबारे मलाई जानकारी भएन, मलाई विश्वास छ सहमति कामय गर्नुपर्छ भनेर लागेका पार्टीका नेताहरूले सार्वजनिक रूपमा त्यस्तो खालको नकारात्मक (जुन तपाईँले मलाइ सोध्नुभयो) त्यस्तो अभिव्यक्ति दिन्छन् भन्ने मलाइ विश्वासै छैन।" उनले पार्टी र दुई अध्यक्षबीचको विवाद मिलाउन आफूहरू लागिपरेको दोहोर्‍याए। उनले भने, "पार्टीमा सहमति भएन भने यस्ले यो जुन प्रणाली छ यो प्रणाली नै समाप्त होस् भनेर चाहना राख्नेहरूलाई मात्र खुसी बनाउँछ।"
इन्टरनेट बन्द: 'राज्यद्वारा गरिने दमन'को औजार बन्दै
गत वर्ष ३३ विभिन्न देशमा २०० पटक भन्दा बढी जानाजान इन्टरनेट बन्द गराइएको थियो।
सरकारको आदेशमा गरिएका यस्ता इन्टरनेट बन्दले विश्वका दशौँ लाख मानिसलाई प्रभावित पारेको छ। मानव अधिकारवादी समूहले इन्टरनेट बन्द गर्ने काम सरकारहरूको दमनको एउटा औजार बन्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्। अनि यो पनि:
बाक्लो हिमपातका बेला नेपालमा झन्डै १,२०० याक, चौँरीको मृत्यु, क्षतिको विवरण अझै अपूरो
गएको फागुन, चैत महिनामा मुस्ताङ, मनाङ, उत्तरी गोरखा र अन्य हिमाली भेगमा "बाक्लो हिमपातका कारण" झन्डै १,२०० याक तथा चौँरीगाईको मृत्यु भएको विवरण बीबीसीलाई प्राप्त भएको छ।
मुस्ताङ, मनाङ र उत्तरी गोरखामा ठूलो सङख्यामा याक, चौँरी र अन्य चौपाया मरेको थाहा भएको छ। मुस्ताङ पश्चिमको धवलागिरिदेखि पश्चिमका हिमाली क्षेत्रमा पनि क्षति भएको अनुमान गरिएपनि त्यस क्षेत्रको तस्बिर अझै प्रष्ट भइसकेको छैन। केही महिनाअघि राजधानी काठमाण्डू वरपरका पहाडसमेत सेताम्मे हुने गरी हिमपात भयो। लगभग त्यही बेला अनपेक्षित रूपमा बाक्लो हिमपात भएकाले मुस्ताङ मनाङ, गोरखासहित विभिन्न हिमाली जिल्लामा याक, चौँरीगाई, भेडा, च्याङ्ग्रा र गाई तथा गोरुको व्यापक क्षति भएको विवरण बीबीसीले सङ्कलन गरेको छ। काठमाण्डूस्थित सरोकारवाला निकायले क्षतिको पूर्ण विवरण अझै सङ्कलन गरिसकेका छैनन्। हिमपातपछिको असर कस्तो? बाक्लो हिमपातको मार पूर्वी हिमालयमा पनि परेको थियो। वसन्त ऋतु सुरु हुँदै गर्दा नेपालसँग सीमा जोडिएको भारतको सिक्किमको मुकुथाङ उपत्यकामा करिब ३०० याक तथा चौँरी मरेको विवरण बीबीसीलगायतका सञ्चारमाध्यममा सार्वजनिक भएका थिए। सिक्किमका अधिकारीले सञ्चारमाध्यमलाई बताए अनुसार "हिमपात भएको बेला याक तथा चौँरीहरू उच्च भूभागमा फसेपछि तिनलाई आहारा अभाव" भएको थियो। लगभग त्यही समयमा बाक्लो हिमपातका कारण नेपालको हिमाली भेगमा पनि त्यस्तै विपद् आइपर्‍यो: हिमपात नरोकिएपछि उच्च भूभागमा याक, चौँरीका अतिरिक्त थुप्रै घोडा, गाई तथा गोरु र सयौँ भेडा-च्याङ्ग्राको ज्यान गयो। त्यति धेरै सङ्ख्यामा चौपायाको मृत्यु हुनुको कारण र कारकबारे औपचारिक र विस्तृत अनुसन्धान भइसकेको छैन। तर स्थानीयबासिन्दा र अधिकारीहरूको भनाइमा सिक्किममा जस्तै "मौसमी प्रतिकूलता र उचित खानपानको अभावका कारण" नेपालको हिमाली भेगमा पनि उस्तै क्षति भएको हुन सक्छ। त्यो क्षतिको सबैभन्दा बढी असर अन्नपूर्ण र धवलागिरी हिमालबीच कालीगण्डकी नदी किनारमा फैलिएको मुस्ताङमा देखियो। मुस्ताङ पूर्वको मनाङ र उत्तरी गोरखामा पनि उस्तै विपद् परेको थाहा भएको छ। कहाँ कति क्षति? कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अधिकारीहरूका अनुसार उच्च भेगमा "अत्यधिक चिसो र उपयुक्त आहारा अभाव"का कारण मुस्ताङ, मनाङ र उत्तरी गोरखामा याक र चौँरीको सबैभन्दा धेरै क्षति भएको थियो। हिमपातका बेला मुस्ताङमा ५२२ र मनाङमा ११० याक चौँरीगाईको मृत्यु भएको थियो। ३०० भन्दा बढी याक चौँरीको क्षति बेहोरेको मुस्ताङको थासाङ गाउँपालिकाकी उपाध्यक्ष बालकुमारी शेरचनले बीबीसीसँग भनिन्, "हिउँ नपर्ने बेलामा बाक्लो हिउँ पर्‍यो। माथि लेकमा रहेका याक चौँरी अनि भेडा च्याङ्ग्रा तल झार्न सकिएन। खान पाएनन र धेरै चिसो भएपछि धेरै मरे।" मुस्ताङका अन्य गाउँपालिका र छिमेकी मनाङका लेकका खर्कहरूमा पनि क्षतिका उस्तै-उस्तै दृश्य देखिएको अधिकारीहरू बताउँछन्। फागुन चैतको अविरल हिमपातका बेला उत्तरी गोरखाका हिमाली गाउँमा पनि झन्डै ५०० याक चौँरी मरेको विवरण बिकट चुमनुब्री गाउँपालिकाका स्थानीय अधिकारीहरूले बीबीसीलाई उपलब्ध गराएका छन्। सामागाउँका वडाअध्यक्ष वीरबहादुर गुरुङ र चुमका वडाअध्यक्ष लामा पासाङका अनुसार ठूलो हिमपातको बेला चुममा १७० र सामागाउँमा २६३ याक चौँरी मरेका थिए। त्यस्तै साम्दोमा ३५ र छिमेकका अन्य दुई गाउँमा १५ र ६ वटा याक, चौँरी मरेका थिए। गुरुङले भने, "लो गाउँमा पनि त्यस्तै क्षति भएको छ।" त्यहाँको क्षतिको विवरण प्रष्ट छैन। ती गाउँमा केही घोडा पनि मरेको गुरुङले बताए। रुबी उपत्यका र लाङटाङमा क्षति गोरखादेखि पूर्वको जिल्ला धादिङको उत्तरी भेगमा पर्ने रुबी उपत्यकाको सोमदाङमा पनि "तीन वटा याकका साथै घोरल र झारल जस्ता वन्यजस्तुका शव फेला परेको" टिप्लिङ गाउँका दावा थापाले बताए। त्यही बेला काठमाण्डूदेखि उत्तरतिर रहेको रसुवाको लाङटाङ क्षेत्रमा करिब ५० याक, चौँरी मरेको जानकारी किसानहरूले आफूलाई दिएको गोसाईकुण्ड गाउँपालिकाका उपाध्यक्ष कार ग्याल्मु श्रेष्ठले बताइन्। "हिउँ परेको बेला क्यान्जिन क्षेत्रमा ३० वटा घोडा पनि मरेका रहेछन्," उनले भनिन्। त्यस्तै सोलुखुम्बुमा २१ याक तथा चौँरीगाई मरेको विवरण प्राप्त भएको छ। फागुन चैतको "बेमौसमी हिमपातको बेला" धवलागिरि पश्चिममा रहेका हिमाली जिल्लाहरूमा याक, चौँरी र अन्य चौपायाको क्षति भएका छिटपुट विवरण आएपनि त्यसको यकिन तथ्याङ्क सङ्कन गर्ने क्रम अझै जारी रहेको पशु सेवा विभागका सूचना अधिकारी डाक्टर चन्द्र ढकालले बीबीसीलाई बताए। सरकारी निकाय किन बेखबर? देशमा भएका याक, चौँरी र अन्य पशुपन्छीसम्बन्धी सरोकारवाला राख्ने निकाय हो कृषि तथा पशुपन्छी विकास मन्त्रालय। तर मन्त्रालयमा फागुन चैतको क्षतिबारे पूर्ण सूचना अझै उपलब्ध छैन। अहिले "सङ्घीय र प्रादेशिक ढाँचा अनुसार कार्यालयहरूको पुरसंरचनाको काम चलिरहेकोले" दुर्गम हिमाली "जिल्लाबाट समयमैँ सूचना तथा तथ्याङ्क थाहा पाउन नसकिएको बताइएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विपद् व्यवस्थापनका शाखाका वरिष्ठ कृषि अधिकृत गङ्गादत्त आचार्यका अनुसार "कार्यालयहरूको पुनसंरचनाको क्रममा सूचना प्रवाह संयन्त्र छिन्नभिन्न हुन पुगेकोले सूचना सङ्कलनमा ढिलाइ भएको हो।" उनले भने, "यो वर्ष मात्र त्यस्तो भएको हो। अर्को वर्षदेखि हाम्रो सूचना सङ्कलको काम चुस्तदुरुस्त हुने छ।" हिमाली भेगमा याक,चौँरीको महत्त्व नेपालको हिमाली भेग र तिब्बतको पठारमा विचरण गर्ने गाई जस्तै ठूलो जनावरको भालेलाई याक भनिन्छ। पोथीलाई चौँरीगाई भनिन्छ। याक तथा चौँरी स्थानीय बासिन्दाको पोषण र जीविकोपार्जनको एक प्रमुख स्रोत हो। शक्ति र समृद्धिको प्रतीक समेत रहेको याक तथा चौँरीको तिब्बत तथा नेपालको हिमाली क्षेत्रमा सामाजिक एवं सांस्कृतिक महत्त्व समेत रहेको छ। नेपालमा याक र चौँरीको संख्या कति छ त्यो प्रष्ट छैन। हिमाली खोँच तथा खर्क एवं पठार क्षेत्रमा याक, चौँरीलाई भारि बोकाउँदै सरसामान ढुवानीको लागि समेत प्रयोग गर्ने गरिन्छ। नेपालको हिमाली क्षेत्रमा एउटा याकको मोल एक लाख रुपैयाँभन्दा बढि तोकिएको हुन्छ। एउटा चौँरीगाईको मोल ७० हजार रुपैयाँ जति पर्छ। एउटा घोडाको मूल्य एक लाख वा त्यो भन्दा बढि पर्छ। मुस्ताङमा एउटा भेडा वा च्याङ्ग्राको मूल्य २० देखि ३० हजार रूपैयाँ पर्छ। क्षतिपूर्तिको प्रतीक्षा बेलैमा सूचना सङ्कलन हुन नसक्दा पीडित किसानहरू क्षतिपूर्ति पाउनबाट वञ्चित भएका छन्। उत्तरी गोरखाको अति दुर्गम चुमनुब्री गाउँपालिकामा पर्ने सामागाउँ चुम उपत्यका र लो जस्ता गाउँका किसानले त क्षतिपूर्तिको लागि अहिलेसम्म पहल समेत गरेका छैनन्। मुस्ताङका प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीका अनुसार मुस्ताङमा फागुन चैत महिनामा बाक्लो हिमपातपछि याक चौँरी, घोडा गाई गोरु र भेडाच्याङ्ग्रा गरी ४,६०० बढी चौपाया मरेको विवरण सङ्कलन भएको छ। ठूलो संख्यामा याक चौँरी तथा अन्य पशु एक्कासि मरेपछि तुलनात्मक रूपमा सुगम मुस्ताङमा चाहिँ किसानहरूलाई क्षतिपूर्ति दिलाउन स्थानीय जिल्ला तथा प्रादेशिक तहमा विभिन्न पहलहरू भइरहेका छन्। सङ्घीय संसदमा मुस्ताङका प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनको भनाइमा "प्रदेश सरकारले २० लाख र सङ्घीय सरकारले करिब ७० लाख रूपैयाँ क्षतिपूर्ति दिने आश्वासन दिएको छ।" मुस्ताङ अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्दछ। हिमपात पीडित किसानलाई अन्नपूर्ण क्षेत्र परियोजना एक्यापले "केही रकम क्षतिपूर्ति दिएको" थासाङ गाउँपालिकाकी उपाध्यक्ष बालकुमारी शेरचनले बताइन्। उत्तरी गोरखाको पीडा बाँकी नेपाली भूभागदेखि निकै पर रहेको प्रतीत हुने उत्तरी गोरखाको पीडा बेग्लै छ। चुमनुब्री १ का वडाअध्यक्ष वीरबहादुर लामाले बीबीसीसँग भने, "घरेपिच्छे ९-१० वटा जस्तो याक, चौँरी मरेका छन्। सरकारले क्षतिपूर्ति दिइहाल्यो भने पनि थोरै पाइन्छ। क्षतिपूर्ति लिन सदरमुकाम धाउन धेरै झन्झट् हुन्छ। गोरखा बजार पुगेर फर्किन नै आधा महिना लाग्छ। हामीले त क्षतिपूर्तिको माया नै मारिसक्यौँ।" पशुपन्छी मन्त्रालयका अधिकारीहरूका अनुसार हिमाली क्षेत्रका पशुपालक किसानले पशु बिमा नगरेको हुनाले याक, चौँरी गुमाएका किसानलाई उचित क्षतिपूर्ति दिलाउन समस्या देखिएको हो। पशु बिमा कार्यक्रम सुगम जिल्लाहरूमा बिस्तारै फैलने क्रममा रहेको छ। त्यस्तो बिमा कार्यक्रम मुस्ताङ, मनाङ, चुमनुब्री, रुबी, लाङटाङ र खुम्बुजस्ता नेपालका बिकट उच्च हिमाली क्षेत्रका याक, चौँरी किसानका घर तथा खर्कमा पुग्न कति सयम लाग्ने होला? जबाफ सहज छैन।