content
stringlengths
20
64.1k
नवीनबाबु गुरूङ चन्द्रमासअनुसार पहिलो साउने सोमबारको व्रत असार २५ गते सोमबारदेखि सुरु भएको छ ।, सौरमासअनुसार यस वर्ष साउन महिनामा अधिकमास परेको छ । चान्द्रमासअनुसार दुईवटा सोमबारपछि अधिकमास सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख गरिएको छ।, पशुपतिनाथ मन्दिरमा चान्द्रमासअनुसार साउन लागेदेखि नै भक्तजनको भीड बढ्न थालेको छ।, साउन महिनाका सोमबारमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनलाई सहजरुपमा प्रवेश गराउन सबै तयारी पूरा गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।, साउन महिना र सोमबार भगवान् शिवको महिना र बार मानी धेरै दर्शनार्थीले पशुपतिमा दर्शन गर्ने भएकाले विशेष तयारी गरिएको हो ।, साउन महिनामा शिवलाई शुद्ध जल चढाए मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ।साउनको सोमबार व्रत बसी शिवको आराधना गरे अटल सौभाग्य प्राप्ति हुने विश्वासले पनि पशुपतिमा महिलाको भीड लाग्ने गर्छ।,  तस्बिरहरूः,  , पशुपतिनाथमा सुरू भयो साउने सोमबारको व्रत (तस्बिरहरू)
एजेन्सी चीनको दक्षिणपूर्वी प्रान्त गुवाङदोङमा सोमबार चक्कु प्रहार गरी ६ जनाको हत्या गरिएको छ।, स्थानीय प्रहरीलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेअनुसार सोमबार बिहान लियाङजियाङको एक किन्डरगार्टेनमा चक्कु प्रहारको घटना भएको हो।, घटनामा ज्यान गुमाउनेमा किन्डरगार्टेनका शिक्षक, अभिभावक र तीन जना बालबालिका छन्। एक जना घाइते भएका छन्। चक्कु प्रहार गर्ने २५ वर्षीय युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, उनले किन चक्कु प्रहार गरेका हुन् भन्ने खुल्न बाँकी छ।, चीनमा विद्यालयहरूमा हिंसाका घटना बिरलै हुने गर्छन्।,  , चीनको एउटा किन्डरगार्टेनमा चक्कु प्रहार, तीन बालबालिकासहित ६ जनाको मृत्यु
सेतोपाटी संवाददाता हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।, अहिले कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा साथै कोशी प्रदेशको मोरङ जिल्ला र आसपासका क्षेत्रहरूमा भारी वर्षा मापन भएको उसले जानकारी दिएको छ।, आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश भई बहने नदीहरूमा बहाव बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।, उसले यी भेगका तटीय क्षेत्रमा सतर्कता अपनाउना पनि आग्रह गरेको छ।,  , कोशी प्रदेशका केही स्थानमा भारी वर्षा
सेतोपाटी संवाददाता नवलपरासी(पश्चिम) मा भाउजूको हत्या गरेको आरोपमा देवर पक्राउ परेका छन्। , रामग्राम नगरपालिका-१० मंझरिया बस्ने २५ वर्षीया मिरा चौधरीको हत्या गरेको आरोपमा उनकै देवर २७ वर्षीय चन्दन चौधरीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो। , जग्गाको विषयमा विवाद र झगडा हुँदा चन्दनले मोटरसाइकलको शकरले प्रहार गर्दा भाउजू मिरा गम्भीर घाइते भएकी थिइन्।, उनको उपचारको लागि जिल्ला अस्पताल परासी हुँदै मेडिकल कलेज भैरहवा रूपन्देहीमा पठाइएको थियो। , उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जानकारी दिएको छ। , प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।, भाउजूको हत्या गरेको आरोपमा देवर पक्राउ
रोहित महतो धनुषाको लक्ष्मीनियाँ गाउँपालिका-२ स्थित सिनरजोडाको बस्तीका साँघुरो गल्ली छिचोल्दै गएपछि एउटा कल भेटिन्छ। बस्तीको पुछारमा रहेको यो कल वरिपरि  बिहानदेखि रातिसम्म मान्छेको लाइन हुन्छ। , पिउन तथा घरायसी काममा प्रयोग गर्नका लागि सिंगो बस्तीले यहीँबाट पानी ओसार्छन्। महिला होस् वा पुरूष सबैले नुहाइधुवाई पनि यहीँ गर्ने हो।, गएको शुक्रबार हामी पुग्दा नुहाउनका लागि महिला र पुरूषहरूको झगडा चलिरहेको थियो। गर्मीको मौसम भएकाले नुहाउनेहरूको भीड धेरै हुन्छ। , एउटै कलमा पानी भर्नुपर्ने बाध्यताका कारण यहाँ दिनदिनै झै-झगडा हुनु समान्यजस्तै भइसकेको स्थानीय गालो सदाले बताइन्।, ‘गर्मीमा पानीको खपत धेरै छ। एउटा परिवारमा कम्तीमा ६/७ जना छन्। सबैले नुहाइधुवाई गर्ने, सरसफाई र घरायसी कामका लागि पानी भर्न टोलमा एउटै कल छ,’ उनले भनिन्, ‘कोही मान्छे कताबाट काम गरेर थाकेर आएको हुन्छ, कसैलाई तुरन्तै नुहाइधुवाई गरेर निस्किनुपर्ने हुन्छ। तर यो लाइन टुटिरहेकै हुँदैन। म पहिले त म पहिले पानी भर्ने भन्दै भनाभन हुन्छ र झगडा पर्छ।’, तराईमा अति विपन्न मानिएको मुसहर समुदायका ४७ परिवारको यो बस्तीमा एउटा मात्रै कल छ। तीन जनाले व्यक्तिगत पैसा लगाएर आ-आफ्नो घरमा कल गाडेका छन्, जसमा अरू पानी भर्न जाँदैनन्।, तीबाहेक सबैजसो परिवारका लागि आफ्नै पैसाले कल गाड्नु फलामको च्युरा चपाउनुजस्तै अप्ठ्यारो रहेको स्थानीय शिवशंकर सदा बताउँछन्।, ‘यहाँ सबै गरिब छन्, मजदुरी गरेर परिवार पाल्छन्। परिवार सबैका ठूला छन् महिनाको कमाइ भन्दा खर्च धेरै हुन्छ। सबैका सबै ऋणमा डुबेका छन्। पेटबाट उब्रिएपछि न हो कल गाड्नेबारे सोच्ने,’ उनले गुनासो पोखे ‘अरू टोलमा सडकहरू ढलान भए, कल र बोरिङ नै गाडिए तर हामी सानो जातका भएर पनि होला कसैले वास्तै गर्दैन।’, यहाँका नेताहरूलाई स्थानीयको एउटै माग छ- खानेपानीका लागि कल गाडिदिनु। शौचालय बनाइदिनु।, तर कसैले नसुनदिँदा दिक्क लागेको फुलोदेवी सदाले सुनाइन्।, ‘वडाध्यक्ष चुनावमा भोट माग्न आउँदा तपाईंहरूको सबै काम गरिदिन्छौँ भनेका थिए तर अहिले तिमिहरूको भोटले जितेकै होइन, भोटै नपाएको ठाउँमा किन काम गर्नुपर्‍यो? जसलाई भोट दिएका छौं उसलाई गएर भन भन्छ। हार्नेले पनि भन्छ तिमीहरूले भोट नदिएर मैले हारेँ। त्यसोभए हाम्रो भोट कहाँ गयो त?,’ उनले भनिन्।, त्यही एउटा कल समेत बिग्रेपछि निकै सास्ती हुने उनले सुनाइन्। किनभने कल बिग्रेपछि पानीका लागि धेरै टाढासम्म पुग्नुपर्छ।, ‘टाढाबाट पानी ल्याउन जाँदा वर्षामा चिप्लेर हामी लड्छौं। पानी परिरहेको बेला धेरै अप्ठयारो हुन्छ। सामुहिक पैसा उठ्न टाइम लाग्छ त्यसैले बिग्रियो भने १०-१२ दिनपछि मात्रै कल ठीक हुन्छ,’ उनले भनिन्।, खानेपानीजस्तै यो बस्तीमा ठूलो समस्या शौचालयको छ। यो मुसहर बस्तीमा एकाध बाहेक कसैको शौचालय छैन। यहाँका स्थानीय करिब एक किलोमिटरको दुरीमा रहेको दुधमती नदी किनारमा शौचालय जान्छन्। नत्र छेउछाउका खेतमा। बालबालिका भने त्यती टाढा जान नसक्दा घर वरिपरि नै शौच गर्छन्। जथाभावी दिसापिसाबले घरवरिपरि दुर्गन्धित छ।, आफ्नो जग्गा नहुनेले अरूको जग्गामा दिसापिसाब गरिदिए  झगडा पर्छ। , ‘अहिले वर्षामा हाम्रो घर छेउछाउ सबै डुबानमा पर्छ। बाटोघाटो सबैतिर दिसैदिसा हुन्छ। बच्चाहरू बुझ्दैनन् बालीमै दिसा गरिदिन्छ अनि खेतबलाले जहिल्यै गाली गर्छन्,' स्थानीय निर्मला सदाले भनिन्। , उनका अनुसार महिलालाई सबैभन्दा धेरै समस्या हुन्छ।, बिहान बेलुका अँध्यारोमै ट्वाइलेट गर्न जानुपर्छ। महिलाहरूलाई त झन् धेरै समस्या छ। त्यसमाथी  लाज शरम बिर्सेर टवाइलेट बस्नुपर्छ। एक लाइन पुरूष हुन्छ बसेको त्यहीँ नजिकै महिला पनि बस्ने हो,' उनले भनिन्, 'बस्तीभरको यति मान्छे सधैँ कहाँ जाने?  नेताहरूले हामी गरिब मान्छे, दलित मान्छेको लाजै हुन्न भन्ठान्छन्। नभए हाम्रा लागि टवाइलेट व्यवस्था गरिदिन्थे नि!’, राति सर्प-कीराको डर हुँदाहुँदै पनि शौच गर्न चौरीमा जानुपर्ने स्थानीयको बाध्यता छ। वर्षामा खेतमा जमेको पानी तरेर स्थानीय खोला छेउमा जान्छन्। स्थानीय कुशेशरी सदाले पनि महिलाहरूलाई धेरै अप्ठेरो पर्ने गरेको सुनाइन्।, ‘अहिले गर्मी भएकाले चौरीमा सर्प-कीरा बढी हुन्छ । डराउँदै शौच गर्न जानुपर्छ। चौरीमा महिलालाई अझ गाह्रो हुन्छ किनकि दिउँसो चौरीभरि मान्छे पनि हुन्छ। त्यसमाथि  महिनावारी हुँदा सबैभन्दा धेरै समस्या हुन्छ,' उनले भनिन्,'बालबच्चाहरूलाई तुरून्ता तुरून्तै पखाला लागिरहेको हुन्छ। अस्पताल जाँदा डाक्टरले खानेपानीको मुहानभन्दा पर दिसापिसाब गर्न भन्छन्। सरसफाइ राख्न भन्छन्। त्यासे गर्न कहाँ शौचाल जाने, बच्चाहरूलाई कहाँ लाने ?’  , खानै लाउनै धौधौ परिरहेकाले शौचालय बनाउन आफूहरूको क्षमताले भ्याउनै नसक्ने उनले बताइन्। , खानेपानी र शौचालयको व्यवस्थापन गर्नु राज्यको जिम्मेवारी भएकोले मुसहर बस्तीको पनि समस्या समाधान गर्न तीनै तहका सरकारले गम्भीर भएर काम गर्नुपर्ने अधिकारकर्मी एवं अनौपचारिक सेवा केन्द्र इन्सेकका मधेश प्रदेशका संयोजक राजु पासवानले बताए।, ‘खानेपानी र शौचालय मानिसको आधारभूत आवश्यकता हो। यो स्वास्थ्यको अधिकार अन्तर्गत पर्छ। मधेस प्रदेशमा अन्य ठाउँहरूमा पनि मुसहर समुदायको अवस्था यस्तै छ। सडकमै शौच गर्नुपर्ने, एउटै कोठामा सासु ससुरा र दुई जना छोरा बुहारी सुत्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘यी कुराहरूको सम्बोधन नेपालको संविधानको मौलिक हक अन्तर्गत सम्बोधन गर्नुपर्ने देखिन्छ। यो जनताको आधारभूत अधिकार हो। सरकारले तुरन्त यी अधिकारको प्रत्याभूति नागरिकलाई गराउनुपर्छ। संविधान जारी भएको ८ वर्षमा यी अधिकार जनताले पाउन नसक्नु दुःखद हो।', यी समस्या सामाधानका लागि आफूहरूले पनि पहल थाल्ने उनले बताए।, वडा नम्बर २ का वडाध्यक्ष लालजी साह तेलीले मुसहर बस्तीमा खानेपानी र शौचालयको समस्याबारे आफू अवगत रहेको बताटए। उनले यो दोष मुसहर बस्तीका अशिक्षित बासिन्दा र  अघिल्लो कार्यकालका वडाध्यक्षको भएको भन्दै आरोप समेत लगाए। , ‘हाम्रो वडामा पहिले केही कामै भएन अब अहिले शिक्षातर्फ ध्यान दिउँ कि सडक बनाउन कि खानेपानीको व्यवस्था गरू? मुसहर समुदाय अशिक्षित भएकाले पनि समस्या आएको हो,’ उनले भने।, उनले यो बस्तीमा खानेपानी र शौचालयको समस्या समाधान गर्न यो वर्ष नसकिने उनको भनाइ छ।  , ‘यो आर्थिक वर्षमा त्यो बस्तीमा एउटा कल अझै गाडदिन्छु तर शौचालयको व्यवस्थापन अहिले सम्भव छैन किनकी आर्थिक वर्षको सबै कार्यक्रम बनिसकेको छ,’ उनले भने।, आर्थिक वर्ष २०८१/०८२ मा शौचालय व्यवस्थापनका लागि आफूले काम गर्ने वडाध्यक्ष साहको भनाइ छ। उनले भोट नदिएकै कारण आफूले मुसहर बस्तीमा काम नगरेको आरोप अस्वीकार गदै विपक्षीले उक्साएर उनीहरू त्यस्ता आरोप लगाएको दाबी गरे।, झण्डै ५० परिवार पर्छन् एउटा कलको भर
सेतोपाटी संवाददाता बैतडीमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।, पञ्चेश्वर बाट महेन्द्रनगर जाँदै गरेको लु २ ख २०११ नम्बरको बस आज दिउँसो १ बजे मेलौली नगरपालिका-७ स्वाखानी पिपलको रुख नजिक दुर्घटना भएको हो।, जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक योगेश खत्रीका अनुसार बस अनियन्त्रित भइ सडकबाट झन्डै चार सय मिटर तल खसेको हो। सडकबाट खसेको बस रूखमा अडिएको अवस्थामा रहेको उनले बताए। , दुर्घटनामा गम्भीर घाइते भएका पञ्चेश्वर नगरपालिका-६   रनपोलीका अन्दाजी २८ वर्षीय उमेश भण्डारीको उपचारका केशरपुर प्राथमिक अस्पतालमा मृत्यु भएको हो।, दुर्घटनामा ३९ जना घाइते  भएका छन्। तीमध्ये  २६ जनाको अवस्था गम्भीर रहेको इन्सपेक्टर खत्रीले जानकारी दिए।, उनीहरूलाई थप उपचारका लागि डडेलधुरा पठाइएको छ। बाँकीको स्वास्थ्य अवस्था मध्यम रहेकाले स्थानीय अस्पतालमा उपचार भइरहेको इन्सपेक्टर खत्रीले जानकारीले दिए।, बस चालक पञ्चेश्वर-६ रनपोलीका  ३६ वर्षीय  देवसिंह भण्डारीको अवस्था मध्यम छ। दुर्घटनाका घाइतेहरूको विवरण संकलनको काम भइरहेको इन्सपेक्टर खत्रीले जानकारी दिए।, बैतडीमा ४० यात्रु सवार बस भीरबाट खस्यो
सेतोपाटी संवाददाता पाकिस्तानकी सीमा र भारतका सुरजको प्रेम कहानी अहिले भारत र पाकिस्तानका मिडियामा चर्चाको विषय बनेको छ।, शुक्रबार नोयडाको एउटा अदालतले पक्राउ परेका उनीहरू दुबै जनालाई धरौटीमा रिहा गर्न आदेश दिएपछि यो फिल्मी प्रेम कहानीले तत्कालका लागि सुखद मोड लिएको छ।, पाकिस्तानको कराँचीकी सीमा र भारत उत्तर प्रदेशका सुरज मीनाको देश, उमेर, धर्म केही पनि मिल्दैनथ्यो। तर उनीहरूको मन मिल्यो। दुबै जनाको मन मिलेपछि तीन वर्षपछि यो जोडी सँगै बस्न स्वतन्त्र भएको छ।, सन् २०२० मा कोरोनाभाइरसको महामारी थियो। भारत र पाकिस्तान दुबै देशमा लकडाउन थियो। त्यही बेला सीमा र सुरज पब्जी खेल्न थाले।, पब्जी खेल्ने क्रममा उनीहरूबीच चिनजान भयो। चिनजान पछि मोबाइल नम्बर साटासाट भयो। कुराकानी बाक्लिन थाल्यो। कुराकानीसँगै उनीहरूबीच प्रेम झाँगिन थाल्यो।, झाँगिएको प्रेमलाई विवाहमा परिणत गर्न सहज थिएन। एकातिर भारत र पाकिस्तानको राजनीतिक सम्बन्धले नागरिकहरू सहजै एक-अर्काको देशमा आउजाउ गर्न पाउँदैनन्। अर्कातिर सीमाको विवाह भइसकेको थियो। उनका चार वटा बच्चा थिए। यता सुरजको आर्थिक अवस्था मजबुद् थिएन। उनी भिसा लगाएर, जहाज चढेर पाकिस्तान जान सक्दैनथे।, सीमाले हिम्मत गरिन्। दुबै जनाले काठमाडौंमा भेट्ने योजना बनाए। सीमा नै भिसा लगाएर काठमाडौं आउने भइन्।, उनले नेपालको भिसा लगाइन्। जहाजको टिकट काटिन्। पहिलो पटक जहाज चढेर उनी दुबई पुगिन्।, ‘जहाज चढ्नासाथ मेरा दुबै कान बेस्सरी दुखेका थिए। पहिला कहिल्यै जहाज नचढेकाले होला,’ बिबिसी हिन्दीसँगको अन्तर्वार्तामा सीमाले भनेकी छन्,‘दुबईमा ११ घन्टा कुर्नुपर्‍यो। मलाई धेरै डर लागेको थियो, निदाउन  पनि सकिनँ।’, 'मैं मर जाऊंगी, लेकिन लौटकर पाकिस्तान नहीं जाऊंगी...', 'मुझे कोई बहला-फुसलाकर भारत नहीं लाया है, मैं प्यार की ख़ातिर अपनी मर्ज़ी से यहां आई हूं...', पाकिस्तान के कराची से भारत के ग्रेटर नोएडा पहुंची सीमा और उनके प्रेमी सचिन क्या-क्या बोले?, वीडियो: अभिनव गोयल और शाहनवाज़ अहमद ,pic.twitter.com/UZIaeICbdG, — BBC News Hindi (@BBCHindi) ,July 10, 2023, मार्च १० तारिखको साँझ सीमा त्रिभुवन विमानस्थलमा झरिन्। सुरज त्यो दिन बिहानै काठमाडौं आइसकेका थिए।, मार्च १३ गते यो जोडीले पशुपतिनाथमा हिन्दु परम्पराअनुसार विवाह गर्‍यो। सचिनले सीमाको सिउँदोमा सिन्दुर हालिदिए।, ‘पशुपतिमा हिन्दु परम्पराअनुसार विवाह गरेपछि उनी हिन्दु भइन्। सात दिन सँगै बसेर उनी पाकिस्तान गइन्, म भारत फर्किएँ,’ सचिनले भनेका छन्,‘छुट्टिएपछि थाहा भयो, हामीलाई त एक-अर्काबिना बाँच्न निकै मुस्किल रैछ।’, त्यसपछि सीमाले सधैँका लागि भारत आउने योजना बनाइन्। १० वर्षअघि १७ वर्षको उमेरमा विवाह भएकी सीमाका पति साउदी अरब गएका थिए। उनका बुवा आमा बितिसकेका थिए। एक भाइ र बहिनी पनि आफ्नै काम गरेर पाकिस्तानमा बसिरहेका छन्।, उनले आफ्नो नाममा रहेको सम्पत्ति बेचिन्। आफ्ना चार जना छोराछोरीको पनि नेपाल आउने भिसा लगाइन्।, गत मेमा फेरि उनी नेपाल आइन्। बच्चासँगै नेपाल आएकी उनी बस चढेर पोखरा पुगिन्। त्यहाँबाट दिल्ली गइन्।, ‘नेपाल-भारत सीमामा के-के चेकिङ हुन्छ भनेर म नेपालका महिलाहरूलाई सोध्थें। उनीहरूले मलाई सबै बताइदिन्थे,’ सीमाले भनेकी छन्,‘मेरा बच्चाहरू पनि देखेर होला सीमामा सुरक्षाकर्मीले मलाई अलि दया देखाए। म भारत आउन पाएँ।’, उनी मे १३ मा भारत पुगिन्।, सचिनले नोयडानजिकैको आफ्नो ठाउँमा सीमालाई बस्ने सबै व्यवस्था बनाएका थिए।  एक महिनासम्म उनीहरू लुकिछिपी बसे।, पशुपतिमा विवाह गरेका उनीहरूले छोराछोरीको जन्मदर्ता र पढाइ लेखाइका लागि भारतमा कानुनी विवाह गर्नुपर्ने ठाने।, ‘हामीले एक जना वकिललाई यो कुरा भन्यौं। वकिलबाट कुरा प्रहरीकहाँ पुगेछ। प्रहरीले हामीलाई पक्राउ गर्‍यो,’ सचिनले भने।, सीमालाई भिसाबिना गैरकानुनी रूपमा भारत प्रवेश गरेको र सचिनले उनलाई सेल्टर दिएको अभियोगमा प्रहरीले उनीहरूलाई हिरासतमा लिएको थियो।, ‘मलाई त अब केही महिना जेलमै बस्नुपर्छ होला भन्ने लागेको थियो तर अदालतले धरौटीमा रिहा गरिदियो,’ सीमाले भनेकी छन्,‘मलाई निकै खुसी लागेको छ। अब त म भारतीय भइसकें। कागजमा मात्र पाकिस्तानी छु।’, जस्तोसुकै परिस्थिति आए पनि सचिनलाई छोडेर पाकिस्तान फर्केर नजाने उनले बताएकी छन्। पहिलाका पतिसँग आफ्नो तलाक भइसकेको उल्लेख गर्दै सीमाले औपचारकिताका लागि कागज पठाइदिने बताइन्।  , ‘पाकिस्तान पनि एउटा देश हो। जहाँ म जन्मिएँ, हुर्किँए ठूली भएँ तर अब भारतमै बस्छु,’ सीमाले भनिन्,‘कसैले पाकिस्तान जानुपर्छ भन्यो भने बरू म विष खाइदिन्छु तर उनलाई छोडेर पाकिस्तान जान्नँ,’ उनले भनिन्।, २२ वर्षका सचिनले पनि सीमाका बच्चालाई आफ्नै बच्चाजस्तो ठानेको बताएका छन्।, ‘उनका बच्चा मेरा पनि बच्चा हुन्,’ सचिनले भने,‘अहिले बच्चा खुसी छन्, उनी खुसी छिन्, म खुसी छु।’,  (एनडिटिभी, बिबिसी हिन्दीलगायत भारतीय सञ्चारमाध्यमका विवरणमा आधारित।), पशुपतिमा विवाह गरेका भारतीय र पाकिस्तानीको जोडी
सेतोपाटी संवाददाता गैरकानुनी रूपमा कतारबाट सुन ल्याएको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ।, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गैरकानुनी रूपमा कतारबाट सुन ल्याउने १२ जना नेपालीलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ।, उनीहरूले भन्सार छली गर्दै सुन ल्याएको आरोप छ।, नेपाल वायु सेवा निगमको जहाजबाट आइतबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रेका १२ जनालाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरूको साथमा स-साना परिमाणका सुनका गहना फेला परेका थिए।, सुनिलकुमार महरा, दिनेशकुमार यादव, सन्तुगुलाम मुराउ, नरेश पंजियार, भुमबहादुर वली, विनोदकुमार साह, सञ्जुकुमारी साह, दुर्गाप्रसाद यादव, देवानन्द साह, शिवसुन्दर राउत, मोहनकुमार यादव, निभाइ साहलाई प्रहरीले पक्राउ गरेको हो।, प्रहरीका अनुसार उनीहरूले करिब २ अर्ब ३७ करोड ८२ लाख ३६ हजार ५ सय ४९ बराबरको सुनलगायत कारोबार गरेको देखिएको छ।, गैरकानुनी रूपमा कतारबाट सुन ल्याएको आरोपमा १२ जना पक्राउ
सेतोपाटी संवाददाता पोखरा–मुग्लिन सडक विस्तार गर्न पोखराका सडक दायाँ-बायाँको संरचना भत्काउन थालिएको छ।, पोखरा महानगरपालिकाले सोमबार पृथ्वीचोकदेखि विजयपुर खोलासम्म सडक दायाँ-बायाँको संरचनामा डोजर लगाएर भत्काउन थालेका हो।, एसियाली विकास बैंक (एडिबी) को सहयोगमा पृथ्वी राजमार्ग अन्तर्गत पोखरा–मुग्लिन सडक विस्तार गरी ४ लेन बनाइँदैछ।, सडक आयोजनाको मापदण्ड अन्तर्गत पोखरा खण्ड ४६ मिटर चौडाइ हुनेछ।, सडकको बीच भागबाट २३/२३ मिटर दायाँ-बायाँका संरचनामा डोजर चलाएको महानगरका मेयर धनराज आचार्यले बताए। , महानगरले अहिले सडकको दायाँ-बायाँका अस्थायी संरचनामा डोजर लगाएको छ।, महानगरले एक महिनाअघि नै सोमबार भत्काउन लागिएका संरचना आफैं भत्काउन सूचना दिएको थियो। सडक मापदण्डभित्र पर्ने स्थायी संरचना मुआब्जा वितरण सकिएपछि भत्काउन थालिने मेयर आचार्यले बताए। , पोखरा–मुग्लिन सडक आयोजना अन्तर्गत पोखरा महानगरभित्र मात्रै १७० घर भत्काउनुपर्ने आयोजनाले जनाएको छ। जसमा हालसम्म ११२ वटा घर एवं भौतिक संरचनाको मुआब्जा वितरण गरिसकेको सडक आयोजनाको पश्चिम खण्ड प्रमुख अमित श्रेष्ठले जानकारी दिए। उक्त संरचनाका १३० जना घरधनी रहेकोमा हालसम्म ८४ जनाले मुआब्जा बुझिसकेका छन्। , सडक विस्तार आयोजन अन्तर्गत पश्चिम खण्डमा २ करोड ७० लाख रुपैयाँ मुआब्जा वितरण सकिएको आयोजना प्रमुख श्रेष्ठले बताए। उनका अनुसार अझै ६ करोड रुपैयाँ मुआब्जा वितरण गर्न बाँकी छ। , मुग्लिन पोखरा सडक विस्तार आयोजना अन्तर्गत पोखरादेखि जामुनेसम्म ३८ किमी सडकको ठेक्का चिनिया कम्पनी एनहुई केयुयन हाइवे एण्ड ब्रिजले पाएको छ।, कम्पनीसँग २०७८ जेठ ३ गते पश्चिम खण्ड विस्तार गर्न ७ अर्ब ४० करोड रुपैया (सेती पुलबाहेक) ठेक्का सम्झौता भएको थियो।, सेती नदीमा हाल भएको पुलभन्दा माथि र तल २/२ लेनको दुइटा पुल बनाउन १ अर्ब ७ करोड रुपैयाँमा नेपाली कम्पनी रसुवा कन्स्ट्रक्सनले ठेक्का पाएको श्रेष्ठले बताए। यी दुबै पुल आकर्षक सिग्नेचर पुल बन्ने उनले बताए।, सेती पुलबाहेक राजमार्गको पश्चिम खण्डमा ४ वटा ठूला र १२ वटा साना पुल बन्नेछन्।, मुग्लिन पोखरा सडकको पोखरा खण्डमा सडक विस्तारको काम हालसम्म जम्मा ८ प्रतिशत सकिएको आयोजना प्रमुख श्रेष्ठले बताए।,  ,  ,  ,  , पोखरा–मुग्लिन सडक विस्तार गर्न पोखरामा भत्काउन थालियो अस्थायी संरचना (तस्बिरहरू)
सेतोपाटी संवाददाता रुपन्देहीका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने ‍गिरोह नै पक्राउ परेको छ। इलाका प्रहरी कार्यालय बुटवलले चोरी गरिएका १४ वटा मोटरसाइकलसहित १३ जनालाई पक्राउ गरेको हो।, पक्राउ परेकाहरुमा रुपन्देहीको, बुटवल उपमहानगरपालिका वडा नं. ३ ज्योतीनगर बस्ने वर्ष १९ को तरुन राना, पश्चिम नवलपरासीको  रामग्राम १४ बस्ने वर्ष ४३ को सुनिल कुमार चौधरी, रामग्राम १६ बस्ने वर्ष २० को करन थारु, गुल्मी घर भई हाल रुपन्देहीको तिलोत्तमा-५ बस्ने वर्ष २६ को सरोज थापा, गुल्मी घर भई हाल जिल्ला रुपन्देही, तिलोत्तमा-५ बस्ने वर्ष २६ को दिपक रेगामी मगर, तिलोत्तमा ६ बस्ने वर्ष २४ को दिपेश थापा रहेका छन्।, त्यस्तै तिलोत्तमा ६ बस्ने वर्ष २५ को हितेश राना, बाग्लुङको बरेङ-५ सुखौरा बस्ने वर्ष १९ को आशिष सामत, वर्ष २० को दिपक सामत, वर्ष २९ को गोरे भन्ने प्रमोद पुर्जा, बरेङ ५ भित्रीवन बस्ने वर्ष २२ को मिलन खत्री र रुपन्देहीको तिलोत्तमा ४ बस्ने वर्ष १८ को आकाश नेपाली रहेका छन्।, ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक दान बहादुर थापाले१३ जनामध्ये ६ जना एउटा समुहमा रहेको र अन्य सातजना विभिन्न समुहमा रहि चोरिमा संंलग्न रहदै आएको पाईएको जानकारी दिए।, गत फागुन यता हराएका मोटरसाईकल खोजीका लागी डेढ महिनादेखि थालिएको चोरी अपरेसनबाट उक्त गिरोहलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ।, रूपन्देहीमा मोटरसाइकल चोरी गर्ने गिरोह नै पक्राउ
सेतोपाटी संवाददाता वान एक्स बेटिङमार्फत् सट्टेबाजी गराएको एवं विज्ञापन गरेको आरोपमा ११ जनाविरूद्ध अदालतमा मुद्दा दर्ता भएको छ। , सरकारी वकिलको कार्यालय काठमाडौंले आइतबार काठमाडौं जिल्ला अदालतमा ११ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो। जसमध्ये १० जना पक्राउ परेका छन् भने एक जना फरार छन्। , कैलाली घर भई काठमाडौं बस्ने २८ वर्षीय दिनेश खड्का र उनकी श्रीमती अनिता धिताललाई सट्टेबाजी गराएको आरोपमा प्रहरीले प्रमुख अभियुक्तको रूपमा पेश गरेको छ। , यस्तै विज्ञापन गरेको आरोपमा कलाकार एवं युट्युबरहरूलाई पनि प्रहरीले पक्राउ गरेको थियो। , युट्युबर एवं कलाकारहरू जलन घर्मिमगर, अलिश राई, गणेश देवकोटा(जिडी), बेगम नेपाली (भटभटे माइला), मरिचमान श्रेष्ठ (बल्छी ध्रुबे), राजु पौडेल (राजु मास्टर), सरोज घिमिरे (ढेडु बुढो), रोशन खतिवडा (पिके भाइन्स- पवन खतिवडा) लाई प्रहरीले पक्राउ गरेको थियो।, उनीहरूले प्रहरीसमक्ष बयान दिँदा २० सेकेन्डको विज्ञापन गर्दा २५ देखि ८० हजारसम्म लिएको बताएका छन्।, यस्तै, प्रहरीले एक जना युट्युबरलाई पनि फरार प्रतिवादी बनाएको छ। मोरङ विराटनगरका २४ वर्षीय कुशल पोखरेललाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो। , सरकारी वकिलले अभियुक्त दिनेश र अनिताले नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार कसुर गरेको भन्दै उनीहरूसँग ६४ करोड ९४ लाख २९ हजार ८२० रुपैयाँ बिगो माग गरेको छ। , राष्ट्र बैंकको ऐन अनुसार बिगो जफत गरी बिगो रकमको तीन गुणासम्म जरिवाना वा सात वर्षसम्म कैद वा दुबै सजाय हुने उल्लेख छ। , मुलुकी अपराध संहिता, २०७४ दफा १२५ अनुसार जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरअनुसार एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना गर्न पनि माग गरेको छ। त्यसबाहेक उनीहरू दुबैविरूद्ध एकीकृत कसुर बापत थप सजायको माग गरेको छ। , त्यस्तै युट्युबरहरू एवं कलाकारहरूविरूद्ध विज्ञापन (नियमन गर्ने) ऐन २०७६ अनुसार कसुर मागदाबी गरिएको हो।, उक्त कसुरको दफा २५ को उपदफा १ र २ बमोजिम सजायको माग सरकारी वकिलले गरेको छ। उनीहरूलाई एक वर्षसम्म कैद र १० हजार रुपैयाँ जरिवाना गर्न माग गरेको छ।, वानएक्स बेटका प्रमुख एजेन्ट दिनेशसँग झन्डै ६५ करोड मागदाबीसहित अदालतमा मुद्दा दर्ता
सेतोपाटी संवाददाता कञ्चनपुरमा डुबेर एक जनाको मृत्यु भएको छ। , बेदकोट नगरपालिका–१० नयाँ गाउँका ६० वर्षीय नवलसिंह रावलको आइतबार नदीमा डुबेर मृत्यु भएको हो।, बनकट्टी खोला र चौधर नदीको दोभानमा डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसी प्रकाश डाँगीले जानकारी दिए।, कञ्चनपुरमा डुबेर एक जनाको मृत्यु
सेतोपाटी संवाददाता रूपन्देहीको तिलोत्तमा नगरपालिकाले कुनै निश्चित ठाउँ र पसल तोकेर विद्यार्थी र अभिभावकलाई पोशाक खरिद गर्न बाध्य नबनाउन विद्यालय तथा क्याम्पसहरूलाई निर्देशन गरेको छ।, क्याम्पस तथा विद्यालयहरूले पोशाकको नाममा निश्चित व्यापारीसँग मिलेर विद्यार्थी र अभिभावकहरूलाई महंगोमा पोशाक खरिद गर्न लगाएको गुनासो आएको भन्दै त्यस्तो कार्य नगर्न निर्देशन गरेको हो।, सोमबार नगरपालिकाका शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले विज्ञप्ति जारी गर्दै कतिपय विद्यालयहरूले कुनै एक ठाउँबाट मात्र पोशाक खरिद गर्न बाध्य गरेकोप्रति तिलोत्तमा नगरपालिकाको  ध्यान आकर्षित भएको उल्लेख गरेका छन्।, नगरपालिकाले विद्यार्थी र अभिभावकको भावनाविपरीत कुनै कार्य नगर्न र नगराउन आग्रह गर्दै कसैले नियमविपरीत यस्ता कार्यहरू गरेको पाइएमा नियमअनुसार कारबाही गरिने समेत जनाएको छ।, ‘नगरपालिकाभित्र सञ्चालित सामुदायिक, संस्थागत विद्यालय तथा क्याम्पसहरूले विद्यार्थीहरूको पोशाकका सम्बन्धमा निश्चित व्यापारीहरूसँगको मिलेमतोमा टेण्डरमार्फत पोशाक खरिद गर्ने प्रक्रिया मिलाई विद्यार्थी र अभिभावकलाई बाध्यात्मक परिस्थिति सृजना गरेको गुनासो प्राप्त भएको छ,’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘नगरभित्र सञ्चालित कुनै पनि शैक्षिक संस्थाले अभिभावक र विद्यार्थीको भावनाविपरीत त्यस्तो कार्य नगर्नू/नगराउनू हुन जानकारी गराइन्छ, साथै नियमविपरीत यस्ता कार्यहरू गरेको पाइएमा नियमानुसार कारबाही गरिने व्यहोरा समेत जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ।, तिलोत्तमाले विद्यालयहरूलाई भन्यो–निश्चित पसल र ठाउँ तोकेर पोशाक खरिद गर्न विद्यार्थीलाई बाध्य नबनाउनू
डा.जितेन्द्र ठाकुर झट्ट भारी उठाउने, धेरै ठूलो भारी उठाउने अनि बसाइको पोजिसन नमिलाउँदा मेरूदण्डको नसा च्यापिने समस्या हुन्छ।, मेरूदण्डको नसा च्यापिँदा सुरूमा ढाडमा दुख्छ। त्यसपछि खुट्टातिर दुःखाइ जान्छ। समस्या बढ्दै गएपछि खुट्टा झमझम गर्ने र निदाउने हुन्छ। धेरैजसो नसा च्यापिने समस्याको उपचार भनेको औषधि र थेरापी नै हो। सयमा नब्बे प्रतिशतलाई अपरेसन गर्नु पर्दैन। नियमित औषधि र थेरापीले नसा च्यापिने समस्याको उपचार हुन्छ। तर चिकित्सकको सल्लाह र सुझावमा उपचार गर्नुपर्छ।, हिँड्नै गाह्रो भयो अनि औषधिले समेत निको भएन भने अपरेसन गर्नुपर्छ। जटिलतातर्फ गइसकेको छैन भने मेरूदण्डको नसा च्यापिने समस्याको उपचार हुन्छ। , हिजोआज अपरेसन गर्ने तरिका समेत बदलिएको छ। प्रविधिले अपरेसन सहज बनाएको छ। दुरबिनको माध्यमबाट उपचार गराउन सकिन्छ।, नसा च्यापिने समस्यालाई लापरबाही गरियो भने नसा बिग्रिँदै गएर दिसा पिसाब भएको चाल नपाउनेसम्म हुनसक्छ। त्यस्तो अवस्थामा २४ घण्टाभित्र अपरेसन गर्न सकिएन भने कहिले पनि निको हुँदैन। त्यसैले स्पाइन सर्जनको निगरानीमा उपचार गर्नुपर्छ।, नसा च्यापिने समस्या युवा उमेरमै देखिन सक्छ। जतिबेला धेरै भागदौड हुन्छ, त्यही बेलामा समस्या देखिन्छ।, मेरूदण्डको नसा च्यापिने समस्या हुनै नदिने भन्ने हुँदैन। तर नसा च्यापिने समस्यालाई कम गर्न भने सकिन्छ। त्यसको लागि बसाइको पोजिसन मिलाउनुपर्छ। लामो समयसम्मय एउटै कुर्सीमा बस्न हुँदैन। कम्तीमा ४५ मिनेट बसेमा ३ देखि ५ मिनेटको ब्रेक लिनुपर्छ। बस्दाखेरी जहिले पनि पछाडि अडेस लगाउनुपर्छ। बिहान हिँड्नु धेरै राम्रो हुन्छ।, (मेरूदण्डको नसा च्यापिने समस्या र यसको उपचार लगायतका विषयमा हामीले मेडिसिटी अस्पतालमा कार्यरत अर्थोपेडिक स्पाइन सर्जन डा.जितेन्द्र ठाकुरसँग भिडिओ कुराकानी गरेका छौं।), ४५ मिनेट कुर्सीमा बसेपछि किन उठ्नुपर्छ? (भिडिओ)
रासस डोटीमा घर भत्किँदा एक जना महिलाको मृत्यु भएको छ।, शुक्रबार राति दिपायल सिलगढी नगरपालिका–५ गैराकी ३० वर्षीया गंगा मालासीको मृत्यु भएको हो। , जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार गएराति एकतले घर भत्किँदा सुतिरहेकी मलासीको च्यापिएर मृत्यु भएको हो।, प्रहरी नायव निरीक्षक आनसिंह धामीको नेतृत्वमा १० जनाको टोली राति नै उद्धारको लागि खटिएको थियो। तर उद्धारको प्रयास गरे पनि मलासीको शव शनिबार बिहान मात्र निकाल्न सकेको प्रहरी निरीक्षक जोशीले बताए।, डोटीमा घर भत्किँदा एक जना महिलाको मृत्यु
रासस ककनीको पानी हङकङ र मकाउ निर्यात गर्न सुरु गरिएको छ। डेढ दशकदेखि ‘बोतलबन्द पानी’को व्यापारमा संलग्न चार व्यवसायी मिलेर हङकङ र मकाउमा नेपालबाट पानी निर्यात सुरु गरेका हुन्।, गुणस्तर परीक्षणका लागि हवाईमार्गबाट पठाइएको पानीको नमूना स्वीकृति भएपछि कम्पनीले गत जेठदेखि निर्यात सुरु गरेको वेभ नेपाल प्रालिका सञ्चालक विकास खत्रीले बताए।, हङकङको नियमअनुसार पानीको मापदण्ड पूरा गरी हङकङको एसएल ट्रेडिङ कम्पनीमार्फत कम्पनीले पानी हङकङ निर्यात सुरु गरिएको उनले जानकारी दिए। , ‘हाल हङकङमा पानीको औसतमा मूल्य प्रतिबोतल ९० देखि एक सय पर्छ । नेपालबाट निर्यात हुने तुलनात्मक रुपमा पानी सस्तो पर्ने भएकाले हङकङमा नेपाली कम्पनीले प्रतिस्पर्धा गर्नसक्ने विश्वास छ,’ उनले भने।, यद्यपि, पानीको प्रोसेसिङदेखि निर्यातसम्मको खर्च जोडेपछि मात्रै पानीको बिक्री मूल्य कति राख्ने भन्ने निर्णय हुने कम्पनीको भनाइ छ ।, ‘कम्पनी हङकङ र मकाउमा पानी निर्यातका लागि स्वीकृत पाइसकेको छ,’ उनले भने, ‘पहिलो चरणमा एक कन्टेनरमा ११ सय कार्टुन पानी हङकङ निर्यात भइसकेको छ।’ उनका अनुसार तत्कालका लागि हङकङ र मकाउमा मात्रै मासिक १० कन्टेनर बराबरको पानी निर्यात गर्न सकिने सम्भावना छ।, सामान्यतयाः यहाँबाट ४० दिनमा हङकङमा पानी निर्यात गर्न सकिन्छ । अन्य देशमा पनि माग भएमा मासिक आठदेखि १० कन्टेनर अर्थात् करिब एक लाख लिटर पानी निर्यात गर्न सकिने क्षमता कम्पनीसँग रहेको उनले जानकारी दिए।, यद्यपि, माग बढेको अवस्थामा क्षमता विस्तार गर्नेसमेत योजना रहेको उनले सुनाए। सञ्चालक खत्रीका अनुसार कम्पनीसँग हाल दैनिक औसतमा एक लाख लिटर पानी फिल्टरिङ र प्याकिङ गर्न सक्ने क्षमता छ।, ‘हङकङ र मकाउपछि बङ्गलादेशमा पानी निर्यातका लागि प्रक्रिया निकै अगाडि बढेको छ,’ उनले भने, ‘त्यसबाहेक कतार, साउदी अरब र अष्ट्रेलियमा पनि पानी निर्यातका लागि काम भइरहेको छ।’, कम्पनीले काठमाडौँको तारकेश्वर नगरपालिका–३ मा करिब १२ करोड लगानीमा चार रोपनी क्षेत्रफलमा उद्योग स्थापना गरेको छ। कम्पनी सञ्चालकमा विकास खत्री, शालिग्राम ढुङ्गाना पुनकाजी महर्जन र राजु रिमाल छन्।, चार जना मिलेर सन् २०१७ देखि वेभ नेपाल प्रालि सञ्चालन गरेका थिएर यसअघि उनीहरु छुट्टाछुट्टै प्रोसेस पानीको व्यापार गर्दै आएका थिए।, कम्पनीले पानी शुद्धीकरणका लागि अमेरिकन प्रविधि ‘अल्ट्रा फिल्टरेसन’ प्रयोग गरेको छ।, पानी शुद्धीकरणमा ‘ह्युमन ह्याण्ड’ कतै पनि प्रयोग नहुने र प्रोसेस सकिएपछि प्रत्येक बोतल र जारमा भरिने पानीको ल्याबमा परीक्षणसमेत गरिने उनको भनाइ छ।,  ‘एक कन्टेनर पानी हङकङ निर्यातका लागि प्रतिकन्टेनर २८ सयदेखि तीन हजार डलर पर्ने अनुमान छ। बीस फिटको कन्टेनरमा ११ सय कार्टुन पानी अट्छ। हाल तीन सय, पाँच सय र एक लिटरको बोतलमा हाल निर्यात भइरहेको छ,’ उनले भने।, कम्पनीको प्रयोग गर्ने पानीको स्रोत छ हजार छ सय ७० फिट उचाइमा रहेको ककनीमा पर्छ। स्प्रिङ वाटरको महत्व बुझाउन सक्ने हो भने भारतमा मात्रै पनि ठूलो परिमाणमा पानी निर्यात गर्न सकिने सम्भावना रहेको कम्पनीको बुझाइ छ।, कम्पनीले हाल निर्यात गरिरहेको पानी ट्राउट जातको माछापालनका लागि पनि योग्य मानिन्छ। , उनका अनुसार नेपालमा बिक्री गर्ने पानीको तुलनामा हङकङमा निर्यात गर्ने पानीको मूल्य बढी पर्छ । ‘हङकङ निर्यातका लागि सोहीअनुसारको बोतल आवश्यक पर्छ, जसले पानीको मूल्य बढी पर्छ,’ उनले भने। कम्पनीमा हाल प्रत्यक्ष ३३ र अप्रत्यक्ष करिब पाँच सय जनाले रोजगारी पाइरहेको उनको भनाइ छ।, हङकङ र मकाउ निर्यात हुन्छ ककनीको पानी
सेतोपाटी संवाददाता मकवानपुरमा ट्रक जुधेर आगलागी हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ।, आज बिहान १ः४५ बजे मनहरी गाउँपालिका-६ नयाँबस्ती डिपाट गाउँस्थित पूर्वपश्चिम सडकखण्डमा हेटौंडाबाट चितवन जाँदै गरेको ना ६ ख ६६६७ र विपरित दिशाबाट आउँदै गरेको ना ६ ख ६३१ नम्बरको ट्रक ठोक्किएपछि आगलागी भएको थियो।, जिल्ला प्रहरी कार्यालय मकवानपुरका ‍डिएसपी टेक कार्कीका अनुसार आगलागीबाट दुवै ट्रक पूर्ण रूपमा क्षति भएको छ भने ३ जनाको मृत्यु भएको छ। चालक र सहसचालक गरी ३ जनाको मृत्यु भएको हो, २ जना घाइते छन्।, ना ६ ख ६६६७ नम्बरको ट्रक चालक चितवनका २८ वर्षीय रिहान रूम्बा तामाङ, सोही ट्रकका सहचालक गण्डकी गाउँपालिका-२ गोरखाका २१ वर्षीय  सुमन चेपाङ  र अर्को ट्रकका सहचालक मनहरी गाउँपालिका-३ मकवानपुरका २० वर्षीय अमृत प्रजाको मृत्यु भएको प्रहरीले जनाएको छ।, शव पोस्टमर्टमका लागि भरतपुर अस्पताल पठाइएको छ। ‘शव सग्लो अवस्थामा छैन, घाइतेसँगको सोधपुछ गरेपछि उनीहरूको परिचय खुलेको हो,’ कार्कीले भने।, घाइते राप्ती नगरपालिका-३ का  ३५ वर्षीय विवेक तामाङ र ट्रकका चालक मनहरी गाउँपालिका-३ का ३२ वर्षीय अर्जुनकुमार प्रजाको भरतपुर अस्पतालमा उपचार भइरहेको र दुवैको स्वास्थ्य मध्यम रहेको डिएसपी कार्कीले जानकारी दिए।, ट्रक दुर्घटना भएपछि पूर्वपश्चिम राजमार्ग बिहानसम्म अवरूद्ध भएको थियो। आगो निभाउन हेटौंडा उपमहानगरपालिकाबाट दमकल पठाइएको थियो।, कार्कीका अनुसार बिहान ५ बजेमात्रै आगो नियन्त्रणमा आएपछि एकतर्फी सडक खुलाइएको थियो। सडक बिहान ७ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको थियो।, ट्रक आगलागी हुँदा मकवानपुरमा ३ जनाको मृत्यु
सेतोपाटी संवाददाता डोटीमा घर भत्किदा एक महिलाको मृत्यु भएको छ।, शनिवार राती दिपायल सिलगढी नगरपालिका–५ गैराकी ३० वर्षीया गङ्गा मलासीको घर भत्किएर च्यापिँदा मृत्यु भएको प्रहरीले जनाएको छ।, चार कोठा भएको एक तले घर भत्किँदा सोही घरमा सुतेकी मलासीको च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको हो ।, घटनापछि राति नै जिल्ला प्रहरी कार्यालय डोटीबाट प्रहरी नायव निरीक्षक आनसिंह धामीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।, सो टोलीले बिहान ५ बजे मलासीको शव निकालेको थियो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।, डोटीमा घर भत्किदा ३० वर्षीया महिलाको मृत्यु
सेतोपाटी फोटो टिम सेतोपाटी फोटो टिमले देशको राजनीति, सामाजिक, कला, घुमफिरलगायत क्षेत्रबाट छानिएका तस्बिरहरूको संगालो ‘यो साताका तस्बिर’ मा प्रस्तुत गरेको छ।, आजको श्रृंखलामा हामीले असार १६ गते देखि असार २२ गतेसम्मका तस्बिर समेटेका छौं।, तस्बिरहरू:, काठमाडौंको चाल्नाखेलस्थित खेतमा धान रोप्दै गरेका स्थानीय किसानहरू। तस्बिर: नवीनबाबु गुरुङ/सेतोपाटी, काठमाडौं उपत्यका नजिकै कीर्तिपुरमा रहेको पर्यटकीय गन्तव्य टौदह वरपरको रमणीय दृश्य। तस्बिर: नवीनबाबु गुरुङ/सेतोपाटी, गोरखाको अजिरकोट गाउँपालिकामा पर्ने ढोडेनीबजार। मूलबाटो अन्तै मोडिएपछि कुनैबेला चल्तीको यो बजार हिजोआज सुनसान बनेको छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, ललितपुरको लगनखेलमा प्रहरी चौकी हटाएर व्यापारिक कम्प्लेक्स बनाउन लागेको भन्दै ललितपुर महानगर अगाडि विरोध प्रदर्शन। तस्बिर: निशा भण्डारी/सेतोपाटी, जुम्ला र दाङमा भएको विभेदका घटनाको विरोधमा काठमाडौंको माइतीघरमा प्रदर्शन। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, काठमाडौंको बिजुलीबजारस्थित पुलमा राखिएका फुलका गमला। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, ललितपुरको खोकनामा धान रोपाइँ सकिएसँगै आकाशबाट देखिएको दृश्य। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, घाम-पानीबाट जोगिन मोटरसाइकल चालकले लगाएको जुक्ति। तस्बिर: सेतोपाटी, रिङरोड सडकअन्तर्गत ललितपुरको कुसुन्तीमा सवारीको गति जाँच गर्न स्पिड गन क्यामेरा जडान गरिँदै। तस्बिर: विवेक राई/सेतोपाटी,  शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्न र नयाँ शिक्षा ऐन जारी गर्न माग गर्दै नेपाल समाजवादी विद्यार्थी युनियनले माइतीघरमा गरेको प्रदर्शन। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, काठमाडौं महानगरले बसन्तपुर दरबार स्क्वायर क्षेत्रमा सवारीसाधन निषेध गर्ने निर्णय गरेको छ। यद्यपि पूर्ण रूपमा लागु हुन सकेको छैन। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, साताका तस्बिर
सेतोपाटी संवाददाता एसइईको पूरक परीक्षा साउन २६ र २७ गते हुने भएको छ।, राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले एक सूचना प्रकाशित गरी पूरक परीक्षा साउन २६ र २७ गते हुने जनाएको छ।, अन्तिम ग्रेड ‘सी’ वा ‘सी’भन्दा कम प्राप्त गरेका विद्यार्थीले पूरक परीक्षा दिन पाउने छन्। बढीमा दुई विषयसम्म अनुपस्थित रहेका परीक्षार्थीले पनि पूरक परीक्षा दिन पाउने बोर्डले जनाएको छ।, ग्रेडवृद्धिका लागि साउन २१ गतेभित्र फारम भरेर विद्यालयबाट शिक्षा विकास तथा समन्वय एकाइमा पेस गर्नुपर्ने उक्त सूचनामार्फत जनाइएको छ।, परीक्षा रद्द भएका परीक्षार्थीले पूरक परीक्षा दिन पाउने छैनन्। एक विषयको मात्र पूरक परीक्षा दिनुपर्ने विद्यार्थीले पहिलो दिन परीक्षा दिनुपर्नेछ।, ग्रेडमा चित्त नबुझेमा पुनर्योगका लागि आगामी साउन ५ गतेसम्ममा आवेदन दिन सक्नेछन्।  , साधारण र प्राविधकतर्फ नियमित तथा ग्रेडवृद्धि परीक्षामा सहभागी विद्यार्थीले तोकिएको ढाँचा तथा प्रक्रियाबमोजिम गराउन आवेदन दिन सक्नेछन् ।, सोका लागि बोर्डको कार्यालय या सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमा तोकिएको आवेदन दिन सक्नेछन्। सोकोलागि आवश्यक व्यवस्था मिलाउन सबै एकाइहरुलाई बोर्डले भनेको छ।, गत चैत १७ गतेदेखि सञ्चालन गरिएको एसइईको नतिजा यही असार २१ गते सार्वजनिक गरिएको थियो। त्यसमा २२ हजार चार सय ७५ विद्यार्थीले ‘ए प्लस’ ग्रेड ल्याएका थिए।, एसइईको पूरक परीक्षा साउन अन्तिममा, पुनर्योगका लागि ५ गतेसम्म आवेदन दिनुपर्ने
सेतोपाटी संवाददाता खोटाङको हलेसी तुवाचुङ नगरपालिका ९ सल्लेमा विद्यालयको अगुवाइ करिब ४ किलोमिटर सडक मर्मत गरिएको छ। , निरन्तरको वर्षातका कारण जीर्ण भएको सडक सल्लेपोखरी–महादेव खोला दोभान सडक जनता माध्यमिक विद्यालयको अगुवाइमा जनश्रमदानबाटै मर्मत गरिएको हो।, सल्लेपोखरीबाट जयरामपाखा हुँदै दोभानसम्मको सडक सहज रुपमा सवारी सञ्चालन गर्न सकिने गरी मर्मत गरिएको विद्यालयका शिक्षक लक्ष्मीप्रसाद खनालले जानकारी दिए। , मर्मत कार्यमा हलेसी तुवाचुङ नगरपालिका जनप्रतिनिधि, जनता माध्यमिक विद्यालयका शिक्षक, विद्यार्थी, स्थानीयवासी, वद्धिजिवी, वडा सचिव चित्र राना, कर्मचारी लगायतको सहभागिता रहेको थियो।, शिक्षकले शिक्षण पेशामात्र नगरेर समाज परिवर्तनको संवाहकको रुपमा समेत काम गर्न सकिने उदाहरण पेश गर्न समेत विद्यालयले अभियान थालेको शिक्षक खनालले बताए।,  , खोटाङमा विद्यालयको अगुवाइमा ४ किलोमिटर सडक मर्मत
सेतोपाटी संवाददाता पहिरो खस्दा मुग्लिन-नारायणगढ सडकखण्ड अवरूद्ध भएको छ। , शनिबार अपराह्न सवा ४ बजे इच्छाकामना गाउँपालिका-६ कालिखोलामा पहिरो खसेको हो। पहिरो खसेसँगै राजमार्ग दुबै तर्फ अवरूद्ध भएको मुग्लिनका ट्राफिक इन्चार्ज सई चुडामणि पोखरेलले जानकारी दिए। , पहिरोले मानवीय क्षति नगरेपनि चौपायलाई पुरेको आशंका छ। यद्यपि यकिन भइसकेको छैन। , अवरूद्ध भएको सडक खुलाउन ८-९ घण्टा लाग्ने उनले बताए।, पहिरोले मुग्लिन-नारायणगढ सडकखण्ड अवरूद्ध
सेतोपाटी संवाददाता हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ।  , जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार  हाल  कोशी,  लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।, दिउँसो देशभर आंशिक  देखि सामान्य बदली रही सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।, त्यस्तै  लुम्बिनी  र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।, राती देशभर आंशिक  देखि सामान्य रही कोशी  र गण्डकी  प्रदेश लगायत देशका तराईका केही  स्थानहरुमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।, कोशी , गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।  , भारी वर्षाका कारण सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू  र दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने महाशाखाको अनुमान छ।, त्यसकारण  हावा हुरी भारी वर्षा, मेघ गर्जन/चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। , आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
सेतोपाटी संवाददाता प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले ३० निर्माण व्यवसायीलाई कालोसूचीमा किन नराख्ने भनेर सात दिने लिखित स्पष्टीकरण सोधेको छ।, २५ निर्माण व्यवसायी/आपूर्तिकर्ताहरूलाई कालो सूचीमा राख्न सार्वजनिक निकायहरूबाट लेखी आएकोले कालो सूचीमा राख्न नपर्ने आधार प्रमाण भए ३० दिनभित्र खरिद कार्यालयमा लिखित स्पष्टीकरण पेश गर्न भनेकोमा उनीहरूले अटेर गरेका हुन्।, त्यसपछि सात दिने अर्को स्पष्टीकरणको पत्र काटिएको कार्यालयले जानकारी दिएको छ।, ‘निर्माण व्यवसायीहरूको ठेगानामा सूचना पठाइएकोमा हालसम्म पनि लिखित स्पष्टीकरण पेस हुन नआएकोले यो सूचना प्रकाशन गरिएको छ । तसर्थ सो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न हुन सम्बन्धित निर्माण व्यवसायी, आपूर्तिकर्ताहरूको जानकारीका लागि सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४१ को उपनियम (४क) को प्रयोजनार्थ यो सूचना प्रकाशित गरिएको छ,’ उसले भनेको छ।, सार्वजनिक खरिद अनुगमन कार्यालयले सोध्यो २५ निर्माण व्यवसायीलाई स्पष्टीकरण
सेतोपाटी संवाददाता नारायणगढ-मुग्लिन सडक फेरि अवरूद्ध भएको छ।, शनिबार अपराह्न इच्छाकामना गाउँपालिका- ६ कालीखोलामा सुख्खा पहिरो खसेर अवरूद्ध भएको सडक राति करिब १ बजे दुईतर्फी नै सञ्चालनमा आएको थियो। , तर, बिहान पौने ५ बजे इच्छाकामना गाउँपालिका-५ तीन नम्बर पुलमा पहिरो खसेपछि सडक पुन अवरूद्ध भएको छ।, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी वरिष्ट नायब निरीक्षक सुरेन्द्र विष्टकाअनुसार ९ घन्टापछि खुलेको सडक पहिरोका कारण पुनः अवरूद्ध भएकोछ।, तीन नम्बर पुलमा पहिरो जाँदा सडक एकतर्फी मात्रै सञ्चालन भइरहेको विष्टले जानकारी दिए।, अहिले स्काभेटर प्रयोग गरी अवरूद्ध सडक खुलाउने काम भइरहेको उनले बताए।, तीन नम्बर पुलमा पहिरो, नारायणगढ-मुग्लिन सडक फेरि अवरूद्ध
सेतोपाटी संवाददाता नारायणघाट- मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ।, आज बिहान पौने ५ बजे तीन नम्बर पुलमा पहिरो खस्दा सडक अवरूद्ध भएको थियो। झन्डै एक घन्टा लगाएर पहिरो पन्छाइएपछि अहिले दुइतर्फी सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख राजकुमार तामाङले जानकारी दिए।, ‘पहिरो सानो थियो, पन्छाउन धेरै समय लागेन। अहिले सडक दुइतर्फी नै सञ्चालनमा छ,’ तामाङले भने।, यसअघि शनिबार अपराह्न ४ बजे इच्छाकामना गाउँपालिका-६ कालीखोलामा पहिरो खस्दा ९ घन्टा सडक दुईतर्फी नै अवरूद्ध भएको थियो।, तीनवटा स्काभेटर प्रयोग गरी राति १ बजे पहिरो पन्छाइ सडक दुइतर्फी सञ्चालन गरिएको थियो।, नारायणघाट- मुग्लिन सडकखण्ड दुइतर्फी सञ्चालन
सेतोपाटी संवाददाता बुटवलको तिनाउ पुल नजिक एक युवक मृत फेला परेका छन्।, ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल ५ शान्ति टोल बस्ने २० वर्षीय सुमन विक आइतबार विहान मृत फेला परेका हुन्।, तिनाउ नदिमा डुबेको अवस्थामा युवकको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।, अहिले शवलाई नदिबाट निकाली पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताए।, घटनाबारे थप अनुसन्धान शुरु गरिएको उनले बताए।, तिनाउ पुलनजिक मृत भेटिए २० वर्षीय युवक
नवीनबाबु गुरूङ गायक रोविन तामाङलाई श्रद्धाञ्जली अर्पण गर्न आइतबार बिहान उनको शव संगीत तथा नाट्य एकेडेमीको प्रांगणमा राखिएको छ।, बिहानैदेखि उनलाई श्रद्धाञ्जली अर्पण गर्न एकेडेमी परिसरमा कलाकार र फ्यानहरूको बाक्लो उपस्थिति छ। उनको शव ११ बजेसम्म राखिने छ।, त्यसपछि अन्तिम संस्कारको लागि बिजेश्वरीस्थित शोभा भगवतीमा लैजाने कार्यक्रम छ।, रोविनको गत मंगलबार निधन भएको थियो। उनी बूढानीलकण्ठस्थित निवासमा मृत भेटिएका थिए। , तस्बिरहरूः,  , श्रद्धाञ्जलीका लागि नाट्य एकेडेमीमा राखियो गायक रोविन तामाङको शव (तस्बिरहरू)
रासस सर्लाहीको पर्सा गाउँपालिका–४ जिङ्गडवास्थित बाँके खोलामा तटबन्ध निर्माणका लागि खनिएको खाल्डोमा डुबेर दाजुभाइको मृत्यु भएको छ।, मृत्यु हुनेमा स्थानीय नागेन्द्र महतोका १२ वर्षीय छोरा प्रिन्स  र १० वर्षीय दिपु  रहेको  जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक दीपेन्द्र पन्जियार थारूले जानकारी दिए।, शनिबार दिउँसो घरबाट निस्केका बालकद्वय राति अबेरसम्म नफर्केपछि अभिभावकले खोज्दै जाँदा गए राति  घरभन्दा तीन सय मिटरको दूरीमा रहेको बाँके खोलामा खनिएको खाल्डोमा  शव डुबिरहेको अवस्थामा फेला परेको थियो। , दुईमात्र सन्तान रहेका नागेन्द्रको दुवै छोराको मृत्यु भएपछि अहिले पूरै जिङ्गडवा गाउँ शोकमा डुबेको छ।  , सर्लाहीमा तटबन्ध निर्माणका लागि खनिएको खाल्डोमा परी दाजुभाइको मृत्यु
सेतोपाटी संवाददाता हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ अवस्थित रहेको जल तथा मौसम विज्ञानले बताइरहँदा आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको आकलन गरिएको छ।, बाढी पूर्वानुमान महाशाखाले आइतबार कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूमा जलसतह बढ्ने प्रक्षेपण छ।, सतर्कता तहभन्दा तलै रहने भए पनि जलसतह बढ्दो हुने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाइराख्न उसले नियमित बुलेटिनमार्फत् आग्रह गरेको छ।,  , आज यी जिल्लाका नदीमा बढ्न सक्छ बहाव
राजेश घिमिरे नेपाल सरकारले हाल काठमाडौंका दुई अस्पतालबाट मात्रै मुटुका बिरामीहरूले नि:शुल्क अप्रेसन गर्न सक्ने व्यवस्था गरेको छ। १४ वर्षभन्दा कम र ७५ वर्ष भन्दा बढी उमेरका मुटु रोगी तथा मुटुको बाथका सबै बिरामीको काठमाडौंस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र र मनमोहन कार्डियोथोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा नि:शुल्क उपचार हुन्छ।, यो सेवा दुई अस्पतालमामात्रै सीमित बन्दा बिरामीले महिनौंसम्म पालो कुर्नुपर्छ।, नि:शुल्क सुविधा पहिले धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि थियो। २०७३ सालमा सुरू भएको नि:शुल्क शल्यक्रियाको सुविधा धरानले एक वर्षभन्दा लामो समय दिन पाएन।  , प्रतिष्ठानका कार्डियो थोरासिस एण्ड भास्कुलर सर्भिस(सिटिभिएस) सर्जन डा.लोकेश शेखर जैसवालले नि:शुल्क शल्यक्रियाको सेवालाई निरन्तरता दिन आग्रह गरेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पटक–पटक पत्र पठाउँदा पनि बेवास्ता गरेको बताए।, ‘मुटु र बाथका बिरामीलाई नि:शुल्क अप्रेसनको व्यवस्था गर्नुपर्छ भनेर सुरूमा मैले नै अग्रसरता देखाएको थिएँ। सरकारले तीनवटा सरकारी अस्पतालमार्फत नि:शुल्क सेवा दिन थाल्यो तर अकस्मात धरानमा बन्द गरियो। किन गरियो मलाई पनि थाहा छैन,’ डा.जैसवालले भने, ‘यता बिरामी सुविधा भएन भन्छन्। सरकार सुरू गरिसकेको सेवा पनि बन्द गर्छ।’, नि:शुल्क सेवा सुरू भएपछि धरानमा २५ जना बिरामीको नि:शुल्क शल्यक्रिया गरिएको थियो। अहिले विपन्न समुदायका बिरामीलाई सरकारले उपलब्ध गराउने एक लाख र स्वास्थ्य बीमाको एक लाख रुपैयाँ बराबरको सेवामात्रै यहाँ निशुल्क हुन्छ।, चितवन मेडिकल कलेज शिक्षण अस्पतालका सिटिभिएस सर्जन प्रा.डा.अनिल आचार्य नि:शुल्क उपचारको सुविधा विकेन्द्रीकरण भए धेरै बिरामीले उपचार पाउने बताउँछन्।, ‘मेचीदेखि महाकालीसम्मका सबै बिरामी यो सुविधा लिन काठमाडौं नै पुग्नुपर्ने अवस्था छ। जटिल अवस्थाका बिरामीसँग त त्यहाँसम्म पुग्ने समय पनि हुँदैन,’ आचार्य भन्छन्, ‘चितवनबाट पश्चिमतर्फ लागेपछि मुटुको अपरेसन गर्ने अस्पताल नै छैनन्। कम्तीमा यहाँ त्यो सुविधा भएको भए काठमाडौंको मात्र भर पर्नुपर्ने थिएन।’, टाढादेखि काठमाडौं पुगेका बिरामीहरुले उपचार नि:शुल्क पाए पनि लामो समय त्यहाँ बस्दा अन्य खर्च धेरै हुने गुनासो बिरामीहरूले गर्ने गरेको डा.आचार्यले बताए।, पूर्वमा धरान र विराटनगरमा मुटुको शल्यक्रिया हुन्छ। काठमाडौंमा केही निजी अस्पतालहरूले पनि मुटुको शल्यक्रिया गर्छन्। वीर अस्पताल, मानव अंग प्रत्यारोपण केन्द्रसँग पनि मुटुको शल्यक्रिया गर्नसक्ने क्षमता छ। तर ती अस्पतालमा पनि सरकारले उपलब्ध गराउने नि:शुल्क सेवा छैन।, ‘प्रशस्त पैसा हुनेहरू त उपचारका लागि विदेश पनि जान्छन्। उपचार पाइहाल्छन्। विपन्न समुदायका लागि अप्ठेरो छ। सरकारले सुविधामा विकेन्द्रीकरण गर्न सक्यो भने उनीहरूले पनि सहजरूपमा उपचार पाउने थिए,’ डा.आचार्यले भने।, सेवा, सुविधा विस्तार हुन नसक्दा नेपालमा मुटु रोग सम्बन्धी पढेका जनशक्ति पनि कम रहेको उनले बताए। उनकाअनुसार नेपालमा अहिले वर्षमा ८ देखि १० हजार जना मुटुको शल्यक्रिया गर्नुपर्ने अवस्थाका बिरामीहरू हुन्छन्। तर वर्षमा ३ हजार जनाकोमात्रै शल्यक्रिया हुने गरेको छ।, ‘अन्यले कुर्ने हो। कतिपय रोगीसँग कुर्ने समय पनि हुँदैन। त्यो अवस्थामा समस्या हुन्छ,’ डा.आचार्यले भने।, धरानस्थित प्रतिष्ठानका सर्जन डा.जैसवाल सरकारले नि:शुल्क शल्यक्रियाको कार्यक्रम फेरि पठाए स्तरीय सेवा दिन सकिने बताउँछन्।, ‘हामीकहाँ दिल्ली, लण्डनमा पाइने सबै सुविधा पाइन्छ। सरकारले कार्यक्रम दिनुपर्‍यो स्तरीय उपचार गर्छौं,’ उनले भने। उनले उपचार गर्नसक्ने क्षमता भएका सबै सरकारी अस्पताललाई सो सेवा दिनुपर्ने बताए।, ‘सकेदेखि निजी अस्पतालहरूले पनि नि:शुल्क सेवा दिए हुन्छ,’ जैसवालले भने, ‘अहिले त विपन्न बिरामीलाई उपचार गर्नै गाह्रो छ।’, प्रतिष्ठानमा वर्षमा एक सय जनाभन्दा बढी बिरामीको मुटुको अपरेसन (ओपन हर्ट सर्जरी) हुने गरेको छ। दुई सय ५० जनाभन्दा बढी बिरामीको सिटिभिएस (मुटु, फोक्सो, छाती, अन्ननली, रक्तनली) अपरेसन हुन्छ।, चितवन मेडिकल कलेज शिक्षण अस्पतालले दुई वर्षको अवधिमा पाँच सय बढी ‘सिटिभिएस अपरेसन’ गरेको छ। अस्पतालका सिटिभिएस सर्जन डा.आचार्य नेतृत्वको समूहले २०७८ सालको साउनयता ५ सय बढी शल्यक्रिया गरेको हो। डा.आचार्यका अनुसार यो अवधिमा ५० जनाको मुटु, ३५ जनाको छाती र बाँकीको रक्तनलीको शल्यक्रिया गरिएको हो।, ‘दुई वर्षको अवधिमा हामीले एक किलो तौल भएको एक महिनाको नवजात शिशुदेखि ७८ वर्षका वृद्धसम्मको शल्यक्रिया गर्‍यौं,’ डा.आचार्यले भने।, उनका अनुसार बच्चाहरूमा जन्मजात मुटुको समस्या र वृद्धवृद्धामा मुटुबाट बाहिर निस्कने रक्तनली च्यातिने(टाइप–ए ओर्टिक डिसेक्सन)को समस्या बढी देखिने गरेको छ। वृद्धवृद्धाको बेन्टल अपरेशन(च्यातिएको रक्तनलीको भाग फेर्ने र टाँसिएको मुटुको भल्ब फेर्ने) गरिन्छ। बच्चाहरुमा मुटुबाट बाहिर निस्कने नलीहरु उल्टोपाल्टो भएको(टिजिए) समस्या देखिने गरेको छ। आर्टेरियल स्विच अपरेशन गरेर बच्चाहरुलाई निको बनाएको डा.आचार्यले बताए।, ‘प्रायः बिरामी रक्तनली चुडिएको, फुटेको अवस्थामा अस्पताल आइपुग्छन्। यो धेरैजसो दुर्घटनाका कारण हुने गरेको छ। रक्तनली बन्द भएको अवस्थामा पनि बिरामी आउँछन्,’ उनले भने, ‘यी अवस्थाका बिरामीहरूको जतिसक्दो छिटो अपरेसन गर्नुपर्छ। समयमै अपरेसन गरेर हामीले उहाँहरूलाई अंगभंग हुनबाट जोगाउन सकेका छौं।’, चितवन मेडिकल कलेजले पहिलो १० महिनामा १०० जना बिरामीको शल्यक्रिया गरेको थियो। त्यसपछिको १५ महिनामा ४०० शल्यक्रिया गरेको आचार्यले बताए।, ‘चितवन मेडिकल कलेजमै क्यान्सर सेन्टर स्थापना भएका कारण फोक्सोको क्यान्सरका बिरामीको संख्या पनि बढेको छ। छातीमा भएका ट्युमर, छातीमा हुने खानाको नली, छातीको चोटपटकका बिरामीहरू शल्यक्रिया पनि हामी गर्छौं,’ आचार्यले भने, ‘हामीसँग दक्ष जनशक्तिको समूह र गुणस्तरीय अपरेसन थिएटर र उपकरणहरू भएकाले उपचारमा सहज भइरहेको छ।’, मुटुको उपचार महँगो छ। मुटुको साधारण प्वाल टाल्न साढे २ लाखदेखि ३ लाख रूपैयाँसम्म खर्च लाग्छ। मुटुको दुईवटा भाल्भ फेर्न ४ लाख रूपैयाँजति लाग्छ। डा.आचार्य विपन्न समुदायका बिरामीलाई मुटुको उपचार गर्न असाध्यै गाह्रो हुने गरेको बताउँछन्।, अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले मुटुको समस्या भएर आएका बिरामीलाई नेपाल सरकारले उपलब्ध गराउने विपन्न नागरिकको सुविधाबाट पनि सेवा दिने गरेको बताए।, सरकारले विपन्न समुदायलाई जटिल खालका रोगहरुको उपचार गर्न एक लाख रूपैयाँसम्मको सुविधा दिने गरेको छ।, ‘एक लाख रूपैयाँ बराबरको उपचार विपन्नको सुविधाबाट गर्न सकिन्छ। बाँकी खर्च जुटाउन बिरामीलाई समस्या भइरहेको छ,’ देवकोटाले भने, ‘उपचारको खर्च महँगो हुने भएकाले विपन्नको एक लाख रूपैयाँ सुविधाले मात्रै पुग्दैन।’, काठमाडौं बाहिर कहिले सुरू हुने मुटुको नि:शुल्क अपरेसन?
सेतोपाटी संवाददाता डोटीमा जंगली बिषालु च्याउँ खादा ११ जना बिरामी परेका छन।, दिपायल सिलगढी नगरपालिका-५ मा बिषालु च्याउ खाएर ११ जना बिरामी परेको जिल्ला प्रहरी कार्यालय डोटीका एसपी राजेन्द्र धमलाले जानकारी दिए।, उनका अनुसार सिलगढी नगरपालिका-५ का  १८ वर्षीय अनमोल डुरा, ३९ को बाशु बोगटी, ६० वर्षीया गंगा डुरा, १४ वर्षीया एलिजा डुरा, १० वर्षीया मिना बोगटी, १२ वर्षीय सुनिल खड्का, ४३ वर्षीया सकुन्तला खड्का बिरामी परेका छन्। , त्यस्तै १२ वर्षीया निशा बोगटी, ३९ वर्षीया बर्मा देवल, ५० वर्षीय बबर देवल, १९ बर्षीया सानु बोगटी  बिरामी परेको एसपी धमलाले जानकारी दिए।, शनिबार बेलुका जंगली च्याउ खाँदा बिरामी परेपछि  तत्काल उपचारका लागि जिल्ला अस्पताल डोटी लगिएको थियो।  त्यहाँ ‍बाट थप उपचारका लागि  राति १२ बजे डडेल्धुरा अस्पताल पठाइएको थियो।, अहिले सबैको अवस्था सामान्य रहेको एसपी धमलाले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको पनि उनले बताए। , बिषालु च्याउ खाँदा डोटीमा ११ जना बिरामी
भगवती पाण्डे बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसलाई मानित विश्वविद्यालयको रुपमा स्थापित गर्दै बहुसंकाय क्याम्पसको रूपमा विकास गर्ने योजना अगाडि सारिएको छ।, क्याम्पस व्यवस्थापन तथा विकास परिषद्को १३औं सभामा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष मोतीलाल पाण्डेले उक्त योजना अगाडि बढाएको बताएका हुन्।, जिल्ला समन्वय समिति रूपन्देहीका प्रमुख उमाकान्त चपाईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सभामा अध्यक्ष पाण्डेले हाल व्यवस्थापन संकायको मात्र पठनपाठन हुँंदै आएकोमा भविष्यमा मानित विश्वविद्यालयको रूपमा स्थापित गर्दै विज्ञान तथा प्रविधि संकाय थप गरी बहुसंकाय क्याम्पसको रूपमा विकास गर्ने योजना अगाडि बढाइएको बताए।, अध्यक्ष पाण्डेले क्याम्पसलाई मानित विश्वविद्यालयको रूपमा स्थापित गर्न बुटवल-१२ तामनगरस्थित चारपाला सामुदायिक वनको ३० विगाह जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढाएको र जग्गा प्राप्त भएपछि विश्वविद्यालयको लागि आवश्यक संरचना निर्माण गरिने बताए।, अध्यक्ष पाण्डेले क्याम्पसले हाल त्रिभुवन विश्वविद्यालयबाट स्वीकृति प्राप्त गरी ५ वटा स्वायत्त कार्यक्रमहरू संचालन गरिरहेको जानकारी दिए।, पाण्डेका अनुसार सेमेष्टर प्रणालीमा आधारित २ वर्षे मास्टर अफ म्यानेजमेन्ट स्टडिज र चार वर्षे व्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन इन इन्फरमेसन टेक्नोलोजी संचालनका लागि पाठ्यक्रम निर्माण गरी त्रिभुवन विश्वविद्यालयमा पेश गरिसकेको छ।, जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईले बुटवलको विकासमा लुम्बिनी वाणिज्य क्याम्पसको योगदान महत्वपूर्ण रहेको बताए।, उनले यहाँका विद्यार्थीहरूलाई उच्च शिक्षा अध्ययनको वातावरण बनाउनका लागि पनि लुम्बिनी वाणिज्य क्याम्पसलाई मानित विश्वविद्यालय र बहुसंकाय क्याम्पसको रूपमा स्थापित गर्नुपर्ने बताए।, क्याम्पस प्रमुख प्राध्यापक डा. ताराप्रसाद उपाध्यायले सबै संकायमा गरी ३ हजार २१२ जना विद्यार्थी अध्ययनरत क्याम्पसले हालसम्म २०६८ र २०७५ सालमा गरी दुईपटक विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता एवं प्रत्यायन (क्यूएए) प्राप्त गर्न सफल भएको उल्लेख गरे। क्याम्पसले तेस्रो पटकको लागि पनि क्यूएए प्राप्तिको प्रक्रिया अगाडि बढाएको क्याम्पस प्रमुख उपाध्यायले जानकारी दिए।, तत्कालीन बुटवल नगर पञ्चायत तथा बुटवलका उद्योगी व्यवसायीहरूको अग्रसरतामा २०३७ सालमा लुम्बिनी व्यवस्थापन अध्ययन संस्थानको नामबाट अनौपचारिक कक्षा संचालन गरेको लुम्बिनी वाणिज्य क्याम्पसले २०३८ सालमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी आइकम कक्षा सुरू गरेको थियो।, पाँच वर्ष पछि २०४२ सालमा स्नातक तहको बि.कम. र २०५७ सालमा स्नातकोत्तर तहको एमविएस कक्षा संचालन गरेको क्याम्पस २०६३ सालमा ए स्किममा पर्न सफल भएको थियो।, २०७० सालमा पहिलोपटक सेमेष्टर प्रणालीको वि.वि.एम. कक्षा संचालन गरेको थियो। त्यस्तै २०७४ सालदेखि स्वायत्त कार्यक्रम अन्तर्गत एम.वि.ए. वि. एफ, २०७६ सालमा वि.वि.एफ.ए र एम.वि.एस. फाइनान्स तथा २०७७ सालबाट वि.वि.एम अप्लाइड र वि.एम.एस.का कक्षाहरू संचालन गर्दै आएको छ।, क्याम्पस प्रमुख उपाध्यायले व्यवस्थापन विषय अध्यापन गराउने लुम्बिनी प्रदेशमा मात्र नभई देशकै उत्कृष्ट क्याम्पस रहेको दावी गरे।, उपाध्यायका अनुसार २०७५ सालमा देशभरका सामुदायिक क्याम्पसहरूमध्ये सर्वोत्कृष्ट बनेको लुम्बिनी वाणिज्य क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले त्रिभुवन विश्वविद्यालयमै उत्कृष्ट नतिजा सहित १९ पटक गोल्डमेडल प्राप्त गरेका छन्।, हाल ३० जना स्थायी र १४ जना आंशिक करार गरी ४४ जना प्राध्यापक तथा २४ जना कर्मचारी कार्यरत रहेको क्याम्पसले हरेक वर्ष २ जना प्राध्यापकलाई एम.फिल. तथा पि.एच.डी. अध्ययनको लागि ३ वर्षे तलबी अध्ययन विदा उपलब्ध गराउँदै आएको क्याम्पस प्रमुख उपाध्यायले जानकारी दिए।, लुम्बिनी वाणिज्य क्याम्पसलाई बहुसंकाय क्याम्पसको रूपमा विकास गरिने
सेतोपाटी संवाददाता नेपाल नर्सिङ काउन्सिलको परीक्षाको प्रश्नपत्र लिक गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। , काठमाडौं महानगरपालिका-१६ बनस्थलीस्थित सिद्धार्थ बनस्थली इन्स्चिट्युडबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।, शनिबार बिहान ९ बजेदेखि साढे ११ बजेसम्म सञ्चालन भएको नेपाल नर्सिङ काउन्सिलको नाम दर्ता परीक्षण परीक्षामा सहभागी भएका तीन जनालाई पक्राउ गरेको हो। , कास्की पोखराकी २० वर्षीया समिक्षा थापा, २० वर्षीया भावना गुरुङ र धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-३ की २३ वर्षीया सबिना आलेमगर पक्राउ परेका हुन्। , उनीहरू तीनै जना पोखराको अल ब्राइट इन्स्चिट्युडका विद्यार्थी हुन्। उनीहरूलाई पोखराबाट इन्स्चिट्युडका गाडी चालक तनहुँ व्यास नगरपालिका-५ का ५० वर्षीय चिजकुमार श्रेष्ठले काठमाडौं ल्याएका थिए।, उनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो। तर चिट चोर्नेमा उनको भूमिका नदेखिएपछि प्रहरीले उनलाई बोलाएको बेलामा उपस्थित हुनेगरी छाडेको थियो। , प्रहरीका अनुसार सबिना आले मगरले फोनबाट प्रश्नपत्र मेसेन्जर ग्रुपमा पठाएका थिए। त्यसपछि इन्स्चिट्युडका सदस्यले नै उत्तरहरू ग्रुपमा पठाएका थिए। उत्तर आएपछि विद्यार्थीहरूले चिट चोरेको पाइएको हो।, उनीहरूमाथि शिक्षा ऐन अनुसार कारबाही अघि बढाउने परिसरले जनाएको छ। , उक्त परीक्षामा १९३४ जना सहभागी भएका थिए।, नर्सिङ काउन्सिलको परीक्षाको प्रश्नपत्र लिक गरेको आरोपमा तीन जना पक्राउ
नवीनबाबु गुरूङ मिटरव्याजविरूद्ध कानून बनाउन माग गर्दै संघीय संसद भवन घेराउ भएको छ।, काठमाडौंको बानेश्वरस्थित संघीय संसद भवन अगाडि आइतबार मिटरव्याजपीडितहरूले मिटरव्याजविरूद्ध कानून छिटो बनाउन माग गर्दै घेराउ गरेका हुन्।, सरकारले मिटरव्याजविरूद्ध अध्यादेश ल्याए पनि संसदको दुवै सदनबाट प्रतिस्थापन विधेयक ६० दिनभित्र पारित नहुँदा निष्क्रिय भएको थियो।, सरकारले मिटरव्याजविरूद्ध नयाँ विधेयक संसदमा अघि बढाउने तयारी गरिरहेको छ।, तस्बिरहरू:, मिटरव्याजविरूद्ध कानून बनाउन माग गर्दै संसद भवन अगाडि घेराउ (तस्बिरहरू)
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकाका विभिन्न स्थानमा श्रृंखलावद्ध रूपमा सुनको सिक्री लुटपाट गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले लुटपाटमा प्रयोग भएका २ वटा चोरीकै मोटरसाइकलसहित ४ जनालाई पक्राउ गरेको हो।, पक्राउ पर्नेमा रामेछापको लिखु- १ दुरागाउँ घर भएका ३२ वर्षीय रविन दमाई, सुनसरी धरानका रवि विश्वकर्मा, काभ्रे पाँचखालका उमेश क्षेत्री, धनकुटा लेगुवाका राहुल माझी छन्।, उनीहरूले लुटेका सुनका सिक्री किन्ने भारत पश्चिम बंगालका ४२ वर्षका श्रीकान्ता माइतीलाई पनि प्रहरीले हिरासतमा लिएको छ। माइतीले असनमा सुन पसल चलाउँथे।, सुनको सिक्री लुटपाटका मुख्य योजनाकार रविन दमाई भएको कार्यालयका एसएसपी मनोज केसीले जानकारी दिए।, सिक्री लुटन् उनीहरूले मोटरसाइकलमा हिँड्ने गर्थे। बिहानपख हिँडडुल गर्ने महिलाहरूलाई लक्षित गरी उनीहरूले सुनको सिक्री लुट्ने गरेको केसीले बताए।, असार १ गतेदेखि २० गतेसम्म उनीहरूले टोखा, नार्गाजुन नगरपालिकाको बुद्धचोक, काठमाडौं ३ चक्रपथ बंगलामुखी मन्दिर नजिक, काठमाडौं १५ चागलमा गरी ८ स्थानमा महिलाको सुनको सिक्री लुटेका थिए।, उनीहरूको साथबाट प्रहरीले दुई वटा चोरीको मोटरसाइकल, गलाएको सुनको ढिक्कोसमेत बरामद गरेको छ।, काठमाडौंमा मर्निङ वाक गएकाहरूको सिक्री लुट्ने ४ जना पक्राउ
रासस हिमाली जिल्ला मनाङको तिल्चे गाउँ अझै जोखिममा छ।, दुई वर्षअघि ०७८ असार १ गतेको भारी वर्षापछि मर्स्याङ्दी नदी र स-साना खोलाहरूमा आएको बाढीले ठूलो क्षति पुर्‍याएको थियो।, त्यतिबेला दूधखोलामा आएको बाढीले नासोँ गाउँपालिका–६ र ७ स्थित तिल्चे गाउँको बस्ती जोखिममा परेको थियो।, बाढी आएको दुई वर्ष बितिसक्दा पनि वस्तिलाई सुरक्षित बनाउन सकिएको छैन। अझ वर्षायाम सुरुआत भएपछि पानी पर्दा  यहाँको बस्ती थप जोखिममा परेको स्थानीयवासीको गुनासो छ।, बस्ती संरक्षणका लागि तटबन्ध निर्माण गरी केही मात्रामा जोखिम न्यूनीकरण गरिए पनि अझ बलियो र सुरक्षित बनाउन बजेट अभाव रहेको स्थानीयवासीको भनाइ छ।, यस बस्तीलाई सुरक्षित बनाउन सङ्घीय ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, गण्डकी प्रदेश र खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयको विशेष भूमिका रहेकाले  अझै थप सुरक्षित बनाउन पहल गरिदिन स्थानीयवासीले माग गरेका छन् ।, आर्थिक वर्ष २०८०/८१ मा दूध खोला नियन्त्रण योजनाका लागि बजेट विनियोजन नभए पनि व्यवस्थापन गर्ने प्रयासमा रहेको खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका प्रमुख ढाकारामा आचार्य बताउँछन्।, ‘यस क्षेत्र दूधखोलाको जोखिममा रहेकाले  समन्वयमा लागिरहेका छौं,’ उनी भन्छन्, ‘खोला तथा नदी नियन्त्रण कार्यलाई निरन्तरता दिनेछौँ।‘, चालु आर्थिक वर्षमा उक्त बस्तीको जोखिम न्यूनीकरणका लागि तटबन्ध गरिएको छ, तर बजेट अभावका कारण कामलाई पूर्णता दिन सकिएको छैन । नासों गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङ तिल्चेवासीको सुरक्षाका लागि बजेट उपलब्ध गराउन पहल गरिरहेको बताउँछन्।, ‘बजेट अभाव भए पनि यस क्षेत्रलाई सुरक्षित बनाउन आवश्यक छ, आगामी आर्थिक वर्षमा यस क्षेत्रका लागि प्रदेश सरकारबाट बजेट परेको छैन तर समन्वय र सहकार्य गरेर पनि सुरक्षित बनाउने प्रयासमा  छौँ,’ उनी भन्छन्।, गाउँपालिकाको बजेट कम हुँदा आफ्नै बजेटबाट यहाँको सुरक्षाका लागि काम गर्न सम्भव नभएको अध्यक्ष गुरुङको भनाइ छ । तिल्चेवासी वर्षायाममा पानी पर्न थालेपछि विगतमा झैँ खोलामा बाढी आएर बस्ती नै लैजाने हो कि भनेर तर्सिने गरेकाले यस क्षेत्रलाई सुरक्षित बनाउन प्रदेश सरकार र सङ्घीय सरकारबाट सहयोगका लागि अपिल गरिहाल्नुपर्ने अवस्था रहेको  स्थानीयवासी बताउँछन् ।, पानी पर्न थालेपछि रातभर पनि निन्द्रा नलाग्ने गरेको उनीहरुको भनाइ छ। यहाँको समस्याको समाधान प्रदेश सरकार र सङ्घ सरकारले मात्रै गर्न सक्ने भएकाले गुहार्नुपरेको गाउँपालिकाले जनाएको छ।, पानी परे रातभर निदाउँदैन तिल्चे गाउँ
एजेन्सी भारतको जम्मु-कश्मिरमा बाढीमा बगेर दुई सैनिकको मृत्यु भएको छ।, बिबिसी हिन्दीका अनुसार शनिबार जम्मु-कश्मिरको पुन्च क्षेत्रमा गस्तीमा गएका सैनिकहरू एउटा नदी तर्ने क्रममा बगेका थिए।, बाढीमा बगेका नायब सुबेदार कुलदीप सिंह र लान्स नायक तेलु रामको मृत्यु भएको भारतीय सेनाले पुष्टि गरेको छ।, जम्मु-कश्मिरमा भारी वर्षाका कारण जनजीवन प्रभावित भएको छ। त्यहाँका धेरै सडक अवरूद्ध भएका छन् भने स्थानीय नदीको बहाव निकै बढेको छ।, भारतको मौसम विभागले अझै केही दिन उत्तर पश्चिमी भारतमा भारी वर्षाको चेतावनी दिएको छ।, जम्मु-कश्मिरमा बाढीमा बगेर दुई भारतीय सैनिकको मृत्यु
सेतोपाटी संवाददाता ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार थप दुई जनालाई पक्राउ गरेको हो।, पक्राउ पर्नेमा समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे र तत्कालीन नापी अधिकृत ध्रुव अर्याल रहेको ब्युरोका  एसएसपी दिनेश आचार्यले जानकारी दिए।, सरकारको नाममा रहेको ललिता निवासको जग्गा व्यक्तिको नाममा पुर्‍याउन उनीहरूको भूमिका रहेको देखिएकाले पक्राउ गरिएको आचार्यले बताए।, पञ्चायतकालमा सरकारले सुवर्णसमशेरलाई राजद्रोहको अभियोग लगाएर उनको नाममा भएको ललिता निवासको १४ रोपनी जग्गा जफत गरेको थियो।, ललिता निवासको बाँकी २८५ रोपनी जग्गा सरकारले २०२१ सालमा अधिग्रहरण गरेको थियो। अहिले सोही जग्गा चार चरण गरी विभिन्न व्यक्तिहरूले १४३ रोपनी जग्गा आफ्नो नाममा गरेका हुन्।  , बहुदल आएपछि २०४७ सालमा राणा परिवारले जफत गरिएका आफ्ना जग्गा फिर्ता गर्न सरकारसँग माग गरे। कृष्णप्रसाद भट्टराई सरकारले जफत गरेको जग्गा छानबिन गरेर फिर्ता गर्ने निर्णय गर्‍यो।, मालपोत कार्यालयले भने छानबिन नगरी सोझै त्यही निर्णयका आधारमा १ सय १२ रोपनी जग्गा सुवर्णशमसेरका हकवालाको नाममा सारेको देखिन्छ। ,  , ललिता निवास प्रकरणमा थप दुई जना पक्राउ
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हुम्लामा खानेपानी ट्याङ्की बनाउँदा ६ लाख ४८ हजार ७ सय ८६ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृतमाथि मुद्दा दायर गरेको छ।, चंखेली गाउँपालिका वडा नम्बर २ देवकोटाबाडास्थित खानेपानी ट्याङ्की बनाउन आर्थिक वर्ष २०७८/०७९ मा मुख्यमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत बजेट बिनियोजन भएको थियो।, उक्त ट्याङ्की उपभोक्ता समितिलाई निर्माणको जिम्मा दिइएको थियो। तर आधा काम बाँकी हुँदा ट्याङ्की निर्माणको काम सकियो भनेर प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले फर्जी बिल भरपाई पेश गरेर सबै रकम निकासा गरी हिनामिना गरेको अख्तियारको आरोप छ।, नभएको कामलाई भएको भन्दै ६ लाख ४८ हजार ७ सय ८६ रुपैयाँ हानीनोक्सानी पुर्‍याएको शाहीमाथि आरोप छ।, साथै इन्जिनियर मानबहादुर ऐडी, सबइन्जिनियर गोभधन बोहरा र लेखापाल नवीन रेग्मीमाथि पनि अख्तियारले मुद्दा दायर गरेको छ। उनीहरूले नभएको काम पनि भएको भन्दै प्रतिवेदन दिएका थिए।, साथै वडा नम्बर २ का तत्कालीन वडाध्यक्ष हरिहर उपाध्याय, देवकोटाबाडा खानेपानी ट्याङ्की निर्माण उपभोक्ता समिति अध्यक्ष गोपाल विश्वकर्मा, सचिव प्रयोगलाल जैसी, कोषाध्यक्ष नन्दादेवी देवकोटा धिताललगायतलाई पनि अख्तियारले मुद्दा दायर गरेको छ।, खानेपानी ट्याङ्की बनाउँदा साढे ६ लाख भ्रष्टाचार गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृतमाथि मुद्दा
प्रकाश ढुंगाना ललिता निवास जग्गा प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन्।, प्रहरीले आइतबार राउतलाई नियन्त्रणमा लिएको हो।, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोकी एआइजी किरण बज्राचार्यले सञ्चार सचिव राउतलाई पक्राउ गरिएको जानकारी दिइन्।, राउत २०७८ पुस २१ मा सचिव भएका थिए।, राउतविरूद्ध यसअघि नै पक्राउ पुर्जी जारी भएको थियो। उनलाई आइतबार त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको हो।, भौतिक पूर्वाधार मन्त्रालयमा शाखा अधिकृत हुँदा राउतले नक्कली मोहीलाई ललिता निवासको जग्गा दिने निर्णयको टिप्पणी उठाएका थिए।, उनको त्यही भूमिकाबारे थप अनुसन्धान गर्न प्रहरीले उनलाई पक्राउ गरेको हो।  , ललिता निवास जग्गा प्रकरणमा पक्राउ परे सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत
सेतोपाटी संवाददाता चन्द्रागिरि नगरपालिकामा विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन्। , बिहीबार चन्द्रागिरि नगरपालिका-१ दहचोकको श्री कृष्ण माध्यमिक विद्यालयका शिक्षक एकराज पण्डितलाई प्रहरीले पक्राउ गरेको हो।, उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसरका एसपीका सीताराम रिजालले पुष्टि गरेका छन्। , पण्डितले कक्षा ८ मा पढ्ने छात्रा अस्मिता परियारमाथि कुटपिट गरेको आरोप छ। , विद्यालयका प्रध्यानाध्यापक बलराम कार्कीका अनुसार शिक्षक पण्डितले दिउँसो ३ बजे कक्षामा छात्राको कानमा हिर्काएका थिए। , त्यसरी हिर्काएपछि अस्मिता बेहोस भएकी थिइन्। बेहोस भएकी अस्मिताको ओम समाज अस्पतालमा उपचार जारी छ। अहिले उनको होस खुलिसकेको छ। , यसरी कुटपिट गरेपछि विद्यालयले छात्राकी परिवारलाई बोलाएर प्रहरीलाई खबर गरेको थियो। , एकराजले यसअघि पनि तीन जनामाथि कुटपिट गरेको आरोप लागेको थियो। त्यतिबेलामा पनि प्रहरीको रोहबरमा छलफल गरेपछि उनी छुटेका थिए।,  , चन्द्रागिरिमा विद्यार्थी कुटेको आरोपमा शिक्षक पक्राउ
रासस भारतको गोरखपुरमा 'लेडी डन' का नामले कुख्यात गीता तिवारीलाई भैरहवाबाट पक्राउ गरिएको छ।, उनलाई विभिन्न चोरीको घटनामा संलग्न रहेको आरोपमा रूपन्देही प्रहरीले पक्राउ गरेको हो। चोरी, लुट, हत्या लगायतका घटनामा संलग्न रहेको आरोपमा भारतीय प्रहरीको हिरासतमा रहेकी उनी धरौटीमा रिहा भएकी थिइन्।, रूपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विश्वकर्माका अनुसार तिवारी भैरहवामा भएको सिलसिलेवार चोरी घटनाकी मुख्य आरोपी हुन्।, भारतको गोरखपुर बस्ने ४३ वर्षीया तिवारीले वैशाख ९ गते सिद्धार्थनगर नगरपालिका–३ बस्ने हेमन्तकुमार हलवाइको घरबाट सुनका गरगहनासहित ५० लाख रूपैयाँ बराबरको चोरी गरेको प्रहरी उपरीक्षक विश्वकर्माले जानकारी दिए।, त्यस्तै वैशाख २३ गते सिद्धार्थनगर नगरपालिका–३ बस्ने डा. नरेन्द्र चौधरीको घरबाट सुनचाँदीका गहना, ल्यापटप र ३ लाख ८० हजार रूपैयाँ नगद चोरी गरेको र जेठ ३ गते सिद्धार्थनगर नगरपालिका–८ बस्ने हुमनाथ पाण्डेको घरबाट ६० हजार नगदसहित ल्यापटप, मोबाइल, सुनको औठी चोरी गरेको प्रहरीले आरोप लगाएको छ।, तिवारीकै समूहले असार ११ गते सिद्धार्थनगर नगरपालिका–९ बस्ने श्यामसुन्दर अग्रवालको घरबाट सुनको गहना, ल्यापटप मोबाइल लगायत नगद १ लाख १५ हजार लुटेको प्रहरीको दाबी छ।, प्रहरीले तिवारीलाई सिद्धार्थनगर नगरपालिका–३ बस्ने दीपक यादवको घरबाट पक्राउ गरेको जनाएको छ।, प्रहरीले तिवारीबाट कटुवा पेस्तोलजस्तो देखिने पेस्तोल एक थान, केएफ–७ दशमलव ६५ लेखेको गोली तीन राउन्ड, दुईवटा खुकुरी, एउटा चक्कु, सलाई रिन्च तीनवटा, छिनो एक, एक मोटरसाइकल, भारतीय नम्बर प्लेट भएको स्कुटर एक, ग्यासकटर, ७ हजार ६ सय ६५ नेपाली रूपैयाँ र ५ हजार ४ सय ४५ भारतीय रूपैयाँ बरामद भएको प्रहरी उपरीक्षक विश्वकर्माले बताए।, पक्राउ परेकी तिवारीलाई चोरी तथा डाँकासम्बन्धी कसुरमा पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको उनले जानकारी दिए। त्यस्तै हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा समेत अनुसन्धान भइरहेको विश्वकर्माको भनाइ छ।, उनका अनुसार तिवारी समूहका अन्य सदस्यको समेत खोजी भइरहेको छ।, गोरखपुरकी 'लेडी डन' भैरहवाबाट पक्राउ
राजेश घिमिरे भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यकारी प्रमुखको पद रिक्त भएको दुई महिना हुन लाग्यो। गत वैशाख २४ गते डा. देजकुमार गौतमको कार्यकाल सकिएपछि मन्त्रिपरिषदले नयाँ निर्देशक नियुक्ति गर्नुपर्ने हो।, तर आर्थिक वर्ष सकिनै लाग्दा पनि नयाँ निर्देशक नियुक्त नहुँदा अस्पताल लथालिंग बन्न थालेको छ।, मन्त्रिपरिषदले २०७९ चैत २० गते डा. विजयराज न्यौपानेलाई अस्पतालको सञ्चालक समितिको अध्यक्ष नियुक्त गरेको थियो।, सरकारले १४ सदस्यीय सञ्चालक समितिका लागि सदस्यहरू पनि नियुक्त गर्न सकेको छैन। सञ्चालक समितिमा चार जना पदेन सदस्य हुन्छन्। अहिले समितिमा अध्यक्षसहित पाँच जना मात्रै भएकाले बैठक बसेर कुनै निर्णय गर्न गणपूरक संख्या पनि पुग्दैन।, अस्पतालको दैनिक प्रशासन चलाउने कार्यकारी अधिकार बोकेको निर्देशक र नीतिगत निर्णय गर्ने सञ्चालक समितिका सदस्यहरूको पद लामो समयदेखि रिक्त हुँदा त्यसको प्रत्यक्ष असर बिरामीले पाउने सेवामा पर्न थालेको छ।, अस्पतालका प्रशासन प्रमुख रहेका सूचना अधिकारी गृहनारायण महतोले अति आवश्यक औषधि, उपचार, शल्यक्रियाका लागि आवश्यक पर्ने सामान, ल्याबका लागि अवश्यक पर्ने किट, रेडियोलोजी केमिकल, फिल्महरू सकिन थालेको बताए। बिरामीका लागि अक्सिजन पनि व्यवस्था गर्न नसक्ने अवस्थामा अस्पताल पुगेको महतोले बताए।, 'स्टोरमा रहेका सामान सकिन थाल्यो। नयाँ टेन्डर आह्वान गर्न कार्यकारी निर्देशक चाहिन्छ। अन्य कर्मचारीले टेन्डर आह्वान गरेर औषधि, उपचार सामग्री खरिद गर्न मिल्दैन,' महतोले सेतोपाटीसँग भने, 'यो अवस्थामा अब कसरी बिरामीको उपचार गर्ने?', अक्सिजन सकिएपछि अस्पतालले दुई बुलेट अक्सिजन सापटी खोजेर चलाइरहेको उनले बताए। एक बुलेट अक्सिजनको पाँच लाख ४२ हजार रूपैयाँ पर्छ।, 'सधैं हामीलाई सापटी कसले दिन्छ र? यो सकिएपछि बिरामीलाई अक्सिजन दिन पनि नसकिने अवस्था आउँछ,' महतोले भने।, क्यान्सरका बिरामीहरूले सरकारले दिने सुविधाबाट निःशुल्क पाउने गरेको केमोको स्टक पनि सकिनै लागेको छ।, 'केमो अब मुश्किलले २ दिनलाई पुग्छ होला। विपन्नले निःशुल्क पाउँदै आएको ९० किसिमका औषधिमध्ये धेरै सकिएका छन्। बाँकी पनि केही दिनमा सकिन्छ,' अस्पतालकी फार्मेसी अफिसर निशा ढकालले भनिन्, 'बिरामी आउँछन्, रून्छन्, कराउँछन्। तर हामीसँग उनीहरूलाई दिने औषधि नै छैन।', ढकालका अनुसार निर्देशक डा. गौतमको कार्यकालको अन्तिम दिन वैशाख २४ गते, अन्तिम पटक औषधिहरू माग गरिएको थियो। मागअनुसार सप्लायर्सहरूले पठाएको औषधि अब सकिन लागेको छ।, 'सामान्यतया औषधि एक महिनाका लागि आर्डर गरेर ल्याउने चलन थियो। यसपालि त्यसैले दुई महिनालाई चलाइसकियो,' उनले भनिन्।, प्रशासन प्रमुख महतोले बाँकी औषधि नयाँ निर्देशक आएपछि टेन्डर आह्वान गरेर मात्रै प्राप्त गर्न सकिने बताए। त्यसको सबै प्रक्रिया सकिएर औषधि आइपुग्न दुई महिनाभन्दा बढी लाग्छ।, 'तुरून्तै कार्यकारी निर्देशक नियुक्त भएर आइहाले पनि औषधि आउन समय लाग्छ। त्यति समय कसरी काम चलाउने हो थाहा छैन,' महतोले भने।, क्यान्सर अस्पतालले हरेक वर्ष औषधि मात्रै करिब २५ करोड रूपैयाँको खरिद गर्छ। अस्पतालका फार्मेसीहरूले औसत दैनिक ९–१० लाख रूपैयाँको औषधि बेच्थे। तर अहिले तीन लाख रूपैयाँ जतिको मात्रै बिक्री हुने गरेको छ। यसअघिका वर्षमा सामान्यतया जेठ महिनामा टेन्डर आह्वान गरेर असार १५ सम्ममा प्रक्रिया सकिने गरेकाले नयाँ आर्थिक वर्षको सुरूबाटै औषधि तथा आवश्यक सामग्रीहरू आउन थाल्थ्यो।, नियुक्तिमा गरिएको ढिलाइले गर्दा औषधि, उपचार सामग्री अभावका अलावा अस्पतालमा धेरै समस्या आइपरेका छन्।, अस्पतालका कर्मचारीले चैतपछि तलब पाएका छैनन्। उनीहरुको नाममा अस्पतालले सञ्चय कोषमा जम्मा गर्नुपर्ने रकम जम्मा नगरेको महिनौं भयो। अस्पतालले कर्मचारीको तलब, औषधि, उपचार सामग्रीको समेत गरेर करिब ४० करोड रूपैयाँ भुक्तानी गर्नुपर्ने छ।, कार्यकारी निर्देशक नहुँदा अस्पतालको चालु तथा पुँजीगत खर्चका लागि कोष तथा लेखा नियन्त्रण कार्यालय मार्फत आउने साढे ४ करोड रूपैयाँ फ्रिज भएको छ। साथै बिग्रिएका मेसिन बनाउन समस्या भएको, बीमाको पैसा बुझाउन नसक्दा गाडीहरू थन्किएका महतोले बताए।, अस्पतालले आवश्यक जनशक्ति व्यवस्थापन पनि गर्न सकेको छैन। विभिन्न मितिमा डाक्टर, नर्सका लागि विज्ञापन गरिए पनि कार्यकारी निर्देशक नहुँदा छनोट गरेर नियुक्त गर्न नसकिएको महतोले बताए।, 'एकातर्फ भएका कर्मचारीलाई काम लगाउने मान्छे छैन। कर्मचारीले काम गरे पनि, नगरे पनि, आन्दोलन, धर्ना जे गरे पनि भएको छ। उनीहरुलाई जिम्मेवारीमा बाँध्ने मान्छे नै छैन। अर्कोतिर जनशक्ति थप गर्न नसक्दा नियमित सेवा प्रभावित भएका छन्,' उनले भने।, अस्पतालले आगामी आर्थिक वर्षका लागि कार्यक्रम बनाएर सञ्चालक समितिले स्वीकृत गर्ने चलन छ। तर कार्यकारी प्रमुख नहुँदा कार्यक्रम नै बन्न सकेको छैन। बने पनि त्यसलाई स्वीकृत गर्ने सञ्चालक समिति पूर्ण भएको छैन।, अस्पतालको प्याथोलोजी विभागमा कार्यरत कर्मचारी प्रदिप हमालले प्याथोलोजीले दिने सेवामा अहिलेसम्म समस्या नरहेको बताए।, 'ल्याबका लागि चाहिने रिएजेन्ट लगायत सामग्रीको भने स्टक सकिन लागेको सुनेको छु। सकिएर नयाँ आएन भने समस्या हुन्छ,' उनले भने, 'समयमा तलब नपाए पनि हामी जिम्मेवार ढंगले काम गरिरहेका छौं। तर आवश्यक सामान नै भएन भने त कसरी काम गर्न सकिन्छ र?', अस्पतालमा भेटिएका बिरामी र बिरामीका आफन्तहरूले रेडियोलोजी विभागको सेवा असाध्यै सुस्त भएको गुनासो गरे।, 'कहिले मेसिन बिग्रियो भन्छन्, कहिले बन्दैछ भन्छन्। सिटी स्क्यान, एमआरआई गर्न हप्तौंसम्म कुर्नुपर्ने अवस्था छ,' बाराबाट उपचारका लागि आएका एक बिरामीका आफन्तले भने। उनले डाक्टरले लेखिदिएको औषधि लिन जाँदा फार्मेसीले छैन भनेर फर्काउने गरेको बताए।, भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचारका लागि तराई तथा मधेसका विपन्न समुदाय बढी आउँछन्। उनीहरूको भरोसा भनेकै सरकारले विपन्नका लागि उपलब्ध गराउने सुविधा हो। तर त्यो सुविधामार्फत पाउनुपर्ने औषधि नै नपाएपछि क्यान्सरका बिरामीहरू मर्कामा परेका छन्।, अस्पतालका हाडजोर्नी रोग विशेषज्ञ डा. सुशील अधिकारीले स्वास्थ्य परीक्षण गरेपछि सिफारिस गरेको औषधि पाइएन भनेर बिरामीहरू रोइकराइ गर्ने गरेको सुनाए। शल्यक्रिया, थेरापी, रगत परीक्षण सबै प्रभावित हुन थालेको प्रशासन प्रमुख महतोले बताए।, अस्पतालका चिकित्सक डा. शिवजी पौडेलले हालकै अवस्था कायम रहे केही दिनमा अस्पतालका सबै सेवा ठप्प हुने बताए।, 'अहिलेसम्म त कर्मचारी मात्रै आन्दोलनमा छन्। अब केही दिनमा उपचार पाइएन भनेर बिरामीले आन्दोलन सुरू गर्न सक्छन्,' उनले भने, 'अहिले पाइरहेको सेवाबाटै बिरामी सन्तुष्ट छैनन्। अब सेवा पाउनै छाडेपछि अवस्था के होला?', नेपाल चिकित्सक संघका अध्यक्ष रहेका क्यान्सर अस्पतालका चिकित्सक डा. अनिलविक्रम कार्कीले बालुवाटार र सिंहदरबारको प्राथमिकतामा बिरामीको समस्या नपरेको बताए।, 'अस्पतालमा धेरै दिन कार्यकारी प्रमुख रिक्त हुन हुँदैन भनेर हामीले सबैतिर दबाब दिएका छौं। तर सुनुवाइ भएन। स्वास्थ्य मन्त्रीले सञ्चालक समितिका सदस्यहरू नियुक्त गर्ने प्रस्ताव लैजानुभएको रहेछ। त्यो मन्त्रिपरिषदमै थन्किएर बसेको छ,' उनले भने, 'यहाँको विषयमा प्रधानमन्त्री र स्वास्थ्य मन्त्री बीचमा समन्वय कम भयो जस्तो लाग्छ।', अस्पतालका अध्यक्ष डा. विजयराज न्यौपानेले निर्देशक, उप–निर्देशक र सञ्चालक समितिका सदस्यहरू नियुक्त गर्ने विषयमा प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीसँग पटक पटक कुरा भएको बताए।, 'उहाँहरू सकारात्मक हुनुहुन्छ तर नियुक्ति हुन सकेको छैन। ती पदहरू रिक्त हुँदा ठूलो समस्या भइरहेको छ। यो कुरा पनि मैले मन्त्रालयमा अवगत गराएको छु,' डा.न्यौपानेले भने, 'छिट्टै नियुक्ति होला भनेर आशा गरेको छु।', क्यान्सर अस्पतालमा गत माघबाटै अध्यक्षको पद खाली थियो। सञ्चालक समितिका सदस्यहरूको कार्यकाल भने त्यसपछि पनि दुई महिना थियो।, डा. निर्मल लामिछानेको कार्यकाल सकिएको करिब तीन महिनामा डा. न्यौपाने अध्यक्ष भएका थिए। तर उनी अध्यक्ष हुँदा सञ्चालक समितिका सदस्यहरूको कार्यकाल सकिएको थियो। त्यतिखेर स्वास्थ्य मन्त्रीको पद पनि खाली थियो। वैशाख २० गते नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत स्वास्थ्य मन्त्री बने। उनले सञ्चालक समितिमा सदस्यहरू नियुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेका थिए। तर ती नाम पारित भएनन्।, 'माघबाट सञ्चालक समितिको बैठक बस्न पाएको छैन। म आएपछि बोर्डलाई पूर्णता दिन, अस्पतालमा समस्या आउन नदिन प्रयास त गरिरहेको छु तर म एक्लोले केही गर्न सक्ने कुरो भएन,' अध्यक्ष डा. न्यौपानेले सेतोपाटीसँग भने, 'मन्त्रिपरिषदले नियुक्त गर्ने कुरो हो। सबै पदमा नियुक्ति भए अस्पताल सुधारका लागि काम गरेर देखाउन सकिन्थ्यो।', क्यान्सर अस्पतालको निर्देशक पूर्वनिर्देशक डा. विजयराज आचार्य र डाक्टर शिवजी पौडेलमध्ये एक बन्ने सम्भावना छ।, निर्देशक नहुँदा भद्रगोल बन्दै क्यान्सर अस्पताल, औषधिकै हुन थाल्यो अभाव
रासस ललितपुरको ग्वार्कोमा सार्वजनिक गाडीमा यात्रा गरिरहेका विष्णु अधिकारीले बोकेको झोलाबाट ७ हजार ४७ डलर (९ लाख २३ हजार १ सय ५७ रूपैयाँ) चोरी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।, चोरी भएको जाहेरी परेपछि खोजतलास क्रममा दुई लाख नगदसहित सञ्जीव तामाङ, आइतमान तामाङ, सविना तामाङ र मंगललक्ष्मी श्रेष्ठलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।, उनीहरूलाई प्रहरीले बिहीबार सार्वजनिक गरी थप कारबाहीका लागि ललितपुर प्रहरीमा बुझाएको छ।, उनीहरूका साथबाट दुई लाख नगदसहित मोबाइल बरामद गरिएको छ। उक्त डलर साट्ने कार्यमा मंगललक्ष्मी श्रेष्ठ संलग्न रहेको फेला पारेपछि उनलाई पनि पक्राउ गरिएको छ। उनीहरूलाई चोरीसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर जावलाखेल बुझाइएको रेग्मीले जानकारी दिए।, ग्वार्कोमा सार्वजनिक गाडीबाटै ९ लाखभन्दा बढी रकम चोरी, चार जना समातिए
नारायण खड्का सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा घाइते भएका बसधनीको पनि उपचारका क्रममा बिहीबार दिउँसो दाङको तुलसीपुरमा मृत्यु भएको छ।, बसधनी सल्यान छत्रेश्वरी गाउँपालिका–६ का ३७ वर्षीय महेन्द्र वलीको उपचारका क्रममा दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्ले बताए।, गाडीधनी वलीलाई कपुरकोटरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि दाङको तुलसीपुर ल्याइएको थियो। त्यसअघि घटनास्थलमै करेन्ट लागेर रोल्पाको गंगादेव गाउँपालिका –४ का  ७० वर्षीय कालुराम डाँगी र उनका छोरा ४२ वर्षीय टोपलाल डाँगीको मृत्यु भइसकेको थियो।, एक आफन्तका अनुसार उपचार गराउन भनेर तीन दिन अगाडि बाबुछोरा दाङको तुलसीपुर आएका थिए।, ‘बुवालाई धेरै बचाउन उपचार गराउन लगेर छोरा पनि सँगै जानु भएको थियो,’ उनले भने, ‘दैवलिला उहाँहरू घर पुग्न नपाई बाबुछोराको एकै साथ दुःखद् मृत्यु भयो।’, बुवालाई तुलसीपुरस्थित प्रादेशिक अस्पतालमा उपचार गरी बिहीबार बिहान घरतर्फ फर्किने क्रममा उनीहरू सवार बसमा करेन्ट लागेको थियो।, राप्ती लोकमार्ग अन्तर्गत दाङ–सल्यान सडक खण्डको कपुरकोट–३ चोरखोला नजिक सडक छेउमा गाडिएको विद्युत पोलको सपोर्टबाट रा १ ख ८३४ नम्बरको बसमा साढे दश बजेतिर  करेन्ट लागेपछि बाबुछोराको घटनास्थलमै मृत्यु भएको थियो।, ‘साँघुरो बाटोमा सुख्खा पहिरो खुसेको हुँदा त्यसको प्रभावले लत्रिएको सपोर्ट तारबाट बसमा करेन्ट लागेको सल्यान जिल्ला प्रहरी प्रमुख डिएसपी दामोदर केसीले बताए।, ‘घटनास्थलमा साँघुरो बाटो रहेको र त्यसमाथि सुख्खा पहिरो झरेका कारण चालकले केही किनारमा च्यापेर जाँदा पहिरोका कारण लत्रिएको पोलको सपोर्ट तारले छोएछ,’ उनले भने, ‘त्यही लत्रिएको तारले करेन्ट लागेको रहेछ।’, बसमा २० जना यात्रुमध्ये तीन जनाको मृत्यु भएको थियो। अन्य सबै यात्रुको अवस्था सामान्य छ।, बाबुलाई करेन्ट लागेपछि तान्न गएका थिए छोरा, इलाका प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रेम बोहरासहितको टोली घटनाबारे खबर सुनेलगत्तै घटनास्थलमा खटेका थिए।  , घटनास्थल कपुरकोट–३ चोरखोलामा पुगेर उनले घटना कसरी भयो भन्नेबारे बसमा सवार यात्रुदेखि अन्य प्राविधिक पाटोसमेत विश्लेषण गरे।  , चालकले सुख्खा पहिरोको कारण विद्युत पोलका लागि राखिएको सपोर्ट तार जमिनमा लत्रिएको आफूले नदेखेको भनेर बयान गरेको प्रहरी निरीक्षक बोहराले बताए।, गुडिरहेको बसमा करेन्ट लागेको जस्तो छ भनेर कराउने व्यक्ति बसको पछाडि बसेका एक जना युवक थिए।, उनी त्यति बोलेपछि बस पनि रोकियो। किनभने बसको तल्लो मागमा लत्रिएको सपोर्ट ताल अल्झिएको थियो। यात्रुहरू कोही झ्यालबाट र कोही ढोकाबाट धमाधम हाम फाल्न थाले।, बस साहु सल्यान छत्रेश्वरी गाउँपालिका–६ का ३७ वर्षीय महेन्द्र वली सुरूमै झरिसकेका थिए।, सबै बसका मानिस एकपछि अर्कौ गर्दै हतार हतार झरेपछि रोल्पाको गंगादेव गाउँपालिका –४ का  ४२ वर्षीय टोपलाल डाँगी पनि बसबाट झरिसकेका थिए। उनका बुवा ७० वर्षीय कालुराम डाँगीले पनि जमिनमा झरिसकेका थिए। तर, फेरि उनी झोला लिन जान्छु भन्दै बसमा उक्लन खोजे। बुढ्यौली शरीर एउटा खुट्टा जमिनमा र अर्को हात बसको ढोकाको ह्याण्डलमा समाते। यहीनेर अन्जानमै उनले गल्ती गरेको प्रहरी ठान्छ।, जसै उनले एउटा खुट्टा जमिनमा टेकेर अर्को हातले ढोकाको ह्याण्डलमाथि उक्लनलाई समाते त्यसले अर्थिङको काम गर्‍यो। तत्कालै कालुरामलाई करेन्टले काबुमा पारिसकेको थियो। बुवालाई करेन्ट लागेको देखेर छोरा टोपलालले आफूलाई सम्हाल्न सकेनन्।, उनी तुरून्तै बुवा भन्दै दौडिएर आफैं छुटाउन भनेर लागे। त्यसरी करेन्ट लागेका व्यक्तिलाई आफैंले छुनुहुन्न, सुकेको काठ वा करेन्ट प्रवाह नहुने वस्तुले मात्रै छुनुपर्छ भन्ने हेक्का उनले राखेनन् र बुवा कालुरामलाई करेन्टबाट छुटाएर ल्याउन भनेर गएका छोरा टोपलाललाई पनि करेन्टले आफ्नो काबुमा पार्‍यो। उनीहरूमध्ये केहीबेरमै बाबु बसको ढोका र  छोरा जमिनमा फत्रकै लडे। , त्यही बीचमा आसपासको चिसो जमिनमा अर्थिङ फैलिसकेको थियो। जब कालुराम लडे सबैको ध्यान त्यतै पर्‍यो। त्यही क्रममा चिसो जमिनमा उभिएका बसधनी महेन्द्र वलीलाई पनि करेन्टले लडाइसकेको थियो। उनको पनि उपचारका क्रममा मृत्यु भइसकेको छ।, ‘यदि सुरूमै कालुराम डाँगीले जस्तै गरी एउटा खुट्टा जमिनमा र अर्को हात ढोकाको ह्याण्डलमा राखेर कोही बसबाट झर्ने प्रयास गरेको भए ठूलो दुर्घटना हुने थियो,’ प्रहरी निरीक्षक बोहराले भने, ‘अन्य यात्रुले त्यो गल्ती नगरी धमाधम हाम फालेको हुँदा उहाँहरू जोगिनु भयो।’, लत्रिएका तारहरू समयमै मर्मत र व्यवस्थापनमा ध्यान नदिनु पनि विद्युत प्राधिकरणको लापरबाही मान्नुपर्ने प्रहरी अधिकारीहरू बताउँछन्।, घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरी अधिकारीहरूले  बताएका छन्।, २० जना यात्रु सवार बसमा एक्कासि कसरी लाग्यो करेन्ट?
युनिक श्रेष्ठ १६ वर्षीया नाबालिगको बलात्कारको घटनामा ठमेलको लर्ड अफ ड्रिंक्स (एलओडी) का सञ्चालक पक्राउ परेका छन्।, सञ्चालक राजुसिंह सुवाललाई बिहीबार बालुवाटारबाट पक्राउ गरेको ललितपुरका प्रहरी प्रमुख एसएसपी शिद्धिविक्रम शाहले बताए। , कम्पनीको प्रबन्धपत्रमा रूदिलबल्लव श्रेष्ठ र राजुसिंह सुवाल सञ्चालक छन्। उनीहरूविरूद्ध असार १३ गते नै पक्राउ पुर्जी जारी भएको थियो।, घटनाबारे थप अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइने एसएसपी शाहले जानकारी दिए।, यस घटनामा प्रहरीले जबरजस्ती करणी भएको भन्दै नाबालिगले प्रहरीलाई खबर गरेपछि आरोपित पुरूषलाई पक्राउ गरिसकेको छ। , बलात्कार अभियोगमा पक्राउ पर्नेमा पोखरा घर भई बागडोलमा बस्ने ५० वर्षीय सुदन कोइराला छन्।, नाबालिगको बलात्कार भएपछि प्रहरीले एलओडी क्लबलाई कारबाहीको दायरामा ल्याउनुपर्ने भन्दै दुई सञ्चालकविरूद्ध जिल्‍ला अदालत ललितपुरबाट पक्राउ अनुमति लिएको हो। , प्रहरी स्रोतका अनुसार १६ वर्षीया नाबालिग जेठ ३१ गते राति फेसबुकबाट चिनजान भएकी एक साथीसँग क्लबमा पुगेकी थिइन्। यसरी क्लबभित्र पसेकी पीडितको भेट कोइरालासँग भएको थियो। , ‘फेसबुकमा भेट भएको साथीसँग एलओडी गएकी रहेछन्। घुम्न जाऔं भनेपछि त्यहाँ पुगेको देखिन्छ,’ स्रोतले भन्यो, ‘त्‍यसपछि साथीचाहिँ कहाँ गइन् थाहा हुन्न। पीडितले साथीसँगै घर जान्छु भनेकी हुन्छ। तर पुरूषले साथी भएकै ठाउँमा लग्छु, मसँगै छ भनेर बागडोल पुर्‍याएको देखिन्छ।’ , घटना भएयता किशोरीकी ती साथी सम्पर्कविहीन छिन्। , सुदन फाइबरको एक कम्पनी चलाउँछन्। उनको बागडोलस्थित अफिसमा पुर्‍याएर नाबालिगमाथि बलात्कार भएको प्रहरीले जनाएको छ। , बलात्कार भएको खबर पाएपछि प्रहरीले सुदनलाई पक्राउ गरेको थियो।, यी पनि:, ललितपुरको नाबालिग बलात्कार घटनामा कसरी जोडिए एलओडीका सञ्चालक?,  , ललितपुरको नाबालिग बलात्कार घटना: एलओडीका सञ्चालक पक्राउ
रासस ललितपुर जिल्ला अदालतका कर्मचारी र वकिलबीचको विवाद सहमतिमा टुंगिएको छ।, ललितपुर बार एसोसिएसनका पदाधिकारी र अदालतका कर्मचारीको रोहवरमा बिहीबार दुई पक्षबीच सहमति भएपछि विवाद सल्टिएको हो। सहमतिपछि जारी सूचनामा सबै विरोध कार्यक्रम स्थगन गरिएको जनाइएको छ।, अदालतका कर्मचारी प्रेमिका तामाङले आफूलाई कुटपिट तथा अभद्र व्यवहार गरेको भनेर प्रहरीमा जाहेरी दिएपछि वकिल अमिर लामिछानेलाई अभद्र व्यवहार कसुरमा नियन्त्रणमा लिइएको थियो।, ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले लामिछानेलाई आवश्यक प्रक्रिया पूरा गरी छाडिएको जानकारी दिए।, उक्त घटनाको विरोधमा वकिल तथा कर्मचारी आन्दोलित भएका थिए। उनीहरूबीच बिहीबार भएको सहमतिपत्रमा अदालतमा सेवा लिने–दिने क्रममा हुन गएको घटनाबारे विभिन्न कार्यक्रम र विज्ञप्तिमार्फत विषयान्तर भएको महसुस भएकाले द्वेषभाव नराखी विवाद अन्त्य गरेर आ–आफ्नो सेवामा खटिने उल्लेख छ।, सहमतिपत्रमा ललितपुर जिल्ला अदालतको सिसिटिभी अविलम्ब मर्मतका लागि अनुरोध गर्ने, नेपाल बार एसोसिएसन र निजामती कर्मचारीबाट घोषित विरोध कार्यक्रम बिहीबारैदेखि स्थगन गरी सेवा सञ्चालन गर्ने पनि सहमति बनेको छ।, त्यस्तै सहमतिपत्रमा ललितपुर जिल्ला अदालत र बार एसोसिएसनबीचको सम्बन्ध सुमधुर राखी निरन्तरता दिँदै यसबीच सेवाग्राहीमा पर्न गएको असुविधाप्रति क्षममायाचना गरिएको छ। घटना यही असार १३ गते भएको थियो।, यो पनि हेर्नुहोस्:, ललितपुर जिल्ला अदालतकी कर्मचारीमाथि कुटपिट गर्ने कानुन व्यवसायी पक्राउ,  , ललितपुर जिल्ला अदालतका कर्मचारी र वकिलबीचको विवादमा सहमति
सेतोपाटी संवाददाता हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर  आंशिक देखि सामान्य बदली  रही कोशी प्रदेशका केही स्थानहरू साथै कर्णाली, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा  भइरहेको छ।, दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही कोशी, बागमती, गण्डकी, र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। , त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना छ। देशको तराई भू-भागका केही स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।, महाशाखाका अनुसार आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ।, राति कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षा हुने महाशाखाको आकलन छ।  देशको तराई भू-भागका केही स्थानहरूमा रातिपनि हावाहुरीको पनि सम्भावना रहेको छ।, वर्षााले त्यसैले  सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू  र दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने महाशाखाले जनाएको छ।  तसर्थ  भारी वर्षा, मेघ-गर्जन/चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका कारण हुनसक्ने  जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। , आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
सेतोपाटी संवाददाता कक्षा ११ मा छात्रवृत्ति कोटा निर्धारण गरेर त्यसको विवरण बुझाउन काठमाडौं महानगरपालिकाले निजी शिक्षण संस्थालाई निर्देशन दिएको छ।, कक्षा ११ मा भर्ना गरिने विद्यार्थीहरूलाई कोटा निर्धारण गरेर छात्रवृत्ति उपलब्ध गराउन आवश्यक भएकोले सम्बन्धित शिक्षण संस्थालाई निर्देशन दिइएको काठमाडौं महानगरले सूचना प्रकाशित गरेर भनेको छ।, ‘यस प्रयोजनका लागि काठमाडौँ महानगरपालिकाअन्तर्गत सञ्चालित कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने सबै शिक्षण संस्थाहरूलाई शैक्षिक सत्र २०७९/०८० मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीको संख्या आषाढ मसान्तभित्र पठाउनुहुन सूचित गरिन्छ,’ महानगरले भनेको छ।, क्यूआर स्क्यान गरेर महानगरपालिकाको वेब पेजको सूचना परिपत्र खण्डमा गएर पत्रमा क्लिक गरेपछि खुल्ने पेजको अन्तिममा देखिने फारममा विवरण भर्न महानगरले बताएको छ।, यसैबीच काठमाडौं महानगरले माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजा सार्वजनिक भएको मितिबाट कम्तीमा १५ दिनसम्म आवेदन दिनसक्ने गरी कक्षा ११ वा सो सरहका तहमा भर्ना कार्यक्रम तय गर्न सबै शिक्षण संस्थालाई निर्देशन दिएको छ।, ‘राष्ट्रिय परीक्षा बोर्डबाट कक्षा १० को माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजा प्रकाशन भइसकेको छ। विगतमा कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने सम्बन्धमा शिक्षण संस्थाहरूले फरक फरक भर्ना तालिका तय गरेर छोटो अवधिको सूचना प्रकाशन गर्ने गरेको अनुभव छ। यसबाट देशका दूर्गम क्षेत्रबाट भर्नाका लागि काठमाडौँ आउने विद्यार्थीहरू आवेदन दिने अवसरबाट वञ्चित भएको गुनासोप्रति काठमाडौँ महानगरपालिकाको ध्यानाकर्षण भएको छ,’ उसले भनेको छ।, कक्षा ११ को छात्रवृत्तिको विवरण बुझाउन निजी शिक्षण संस्थालाई दियो काठमाडौं महानगरले निर्देशन
सेतोपाटी संवाददाता कलाकार सारूक ताम्राकार मृत भेटिएका छन्।, उनी गएराति काठमाडौंको रातोपुलस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए।, ३१ वर्षीय ताम्राकार घरको भर्‍याङको रेलिङमा प्लास्टिकको पाइपको पासो लगाइ झुण्डिएको अवस्थामा मृत  भेटिएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए।, प्रहरीले घटनास्थलको मुचुल्का गरी अहिले शव पोष्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको एसपी रिजालले जानकारी दिए।, घटनाबारे थप अनुसन्धान भइरहेको पनि उनले बताएका छन्।, सारुक कलाकार सानु ताम्राकारका छोरा हुन्। सारुकले फिल्म ‘इन्टु मिन्टु लण्डनमा, मेरी मामु, रानी’ लगायतका फिल्ममा अभिनय गरेका छन्।, उनी हाल फिल्म ‘ह्यासट्याग माया’ को छायांकन गरिरहेका थिए। फिल्ममा उनीसंगै नम्रता श्रेष्ठको मुख्य भूमिका छ।,  , रातोपुलस्थित आफ्नै घरमा मृत भेटिए कलाकार सारूक ताम्राकार
विनोद सापकोटा इलाममा एक पुरुषले श्रीमतीको हत्या गरी आफैंले पनि आत्महत्या गरेका छन्। माईजोगमाई २ टारसिंहका पिताम्बर खतिवडाले ५२ वर्षीया राधिका खतिवडाको हत्या गरी आफैंले पनि आत्महत्या गरेका हुन्। , राधिका पिताम्बरका जेठी श्रीमती हुन् । , गएराति करिब साढे १० बजेतिर अचानक चिच्याएको आवाज सुनेपछि छिमेकीहरू घरमा गएका थिए। घरभित्र चुकुल लगाएकै अवस्थामा श्रीमती राधिका लडिरहेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।, छिमेकीहरूको खबरपछि प्रहरी चौकी गोर्खेबाट प्रहरी सहायक निरीक्षक मदन बस्नेतको कमान्डमा ३ जनाको टोली घटनास्थल पुगेको थियो। साथै प्रहरी चौकी जौबारीबाटसमेत प्रहरी सहायक निरीक्षक धनप्रसाद रिमालको कमान्डमा दुई जना प्रहरी घटना स्थल पुगेको थियो। , श्रीमती राधिकाको घटनास्थलमा नै मृत्यु भएको इलामका प्रहरी प्रमुख दिलिपकुमार घिमिरेले जानकारी दिए। उनका अनुसार श्रीमती राधिकाको बायाँ गालाको भागमा दुईवटा गहिरो चोट लागेको फेला परेको छ। प्रहरीले धारिलो हतियारको प्रयोग भएको हुन सक्ने बताएको छ। , श्रीमतीको हत्यापछि घर नजिकैको रूखमा गएर खतिवडाले झुन्डिएर आत्महत्या गरेको प्रहरीले बताएको छ।, आमाको हत्या बुवाले नै गरेको १४ वर्षीया छोरी रचना खतिवडाले बताएको प्रहरीे जानकारी दिएको छ। घटनास्थल सुरक्षित राखिएको प्रहरीले बताएका छन्।, दुई दिनअघि इलामको माई नगरपालिकामा जेठाजुले बुहारीको हत्या गरेका थिए।,  , इलाममा श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या
रासस अविरल वर्षापछि मेलम्चीमा आएको बाढीले ह्युमपाइप राखेर बनाइएको दुई पुलमा क्षति पुर्‍याएको छ।, गएरातिको वर्षाले मेलम्ची तथा इन्द्रावती दुवै नदीको ह्युमपाइपमा क्षति भएको फट्टेका स्थानीय दशरथ दनुवारले जानकारी दिए। ‘फट्टेबाट अब सवारीसाधन चल्ने अवस्था छैन,’ उनले भने।, फट्टेको पुल क्षति हुँदा मेलम्ची नगरपालिका–७ र ८, हेलम्बु गाँउपालिका–२ र ३ तथा पाँचपोखरी थाङपाल गाउँपालिका–१ र २ का बासिन्दा प्रभावित भएका छन्।, इन्द्रावती नदीमा भने आज बेलीब्रिजको उद्घाटन हुँदैछ।  , मेलम्चीमा बाढी, दुई पुलमा क्षति
सेतोपाटी संवाददाता आज देशका ९ वटा नदीहरूमा पानीको बहाब उल्लेख्य बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।, कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई लगायतका नदीहरूको केही सहायक नदीहरूमा पानीको बहाब उल्लेख्य बढ्ने पूर्वानुमान् छ।, महाशाखाका अनुसार तमोर, त्रिवेणी, तामाकोशी, सुनकोशी, ‍त्रिशुली, सेती,भेरी, महाकाली र कन्काइ नदीमा पानीको बहाब उल्लेख्य बढ्नेछ। अन्य नदीहरूमा पनि जलसतह सामान्य बढ्ने बताइएको छ।, महाशाखाले इलाम, झापा, पाँचथर, दोलखा, सिन्धुपाल्चोक र आसपास भएर बहने केही स-साना नदीहरूमा आकस्मिक बाढीको जोखिम रहेको बताएको छ।, ताप्लेजुङ, ओखलढुंगा, सोलुखुम्बु, ललितपुर, काभ्रेपलाञ्चोक, रसुवा, गोरखा, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बाग्लुङ, सल्यान, रोल्पा, रूकुम पूर्व, रूकुम पश्चिम, डोटी, कञ्चनपुर, डडेलधुरा, बैतडी, दार्चुला र आसपास भइ बहने केही ससाना नदीहरूमा बहाब बढ्न सक्ने महाशाखाले जानकारी दिएको छ।  , नौ नदीहरूको बहाव उल्लेख्य बढ्ने, पाँच जिल्लामा आकस्मिक बाढीको जोखिम
रासस वर्षा कम भएपछि मात्र मेलम्चीको पानी काठमाडौँ उपत्यकामा ल्याइने भएको छ।, मेलम्ची नदीको माथिल्लो क्षेत्रमा नियमित वर्षा भइरहेकाले लेदोसहितको बाढी आउँदा हाल सुरुङ बन्द गरिएको छ ।, नदीमा सफा पानी बग्न थालेपछि मात्र पानी काठमाडौँ ल्याउन सकिने मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिए।, ‘आयोजनाले काठमाडौँ उपत्यकामा पानी यति नै महिना बन्द गर्ने भनी निर्णय त गरेको छैन । तर वर्षापछि बाढी आउने हुँदा हाललाई सुरुङ बन्द गरिएको छ,’ उनले भने।, वर्षा रोकिए सङ्लो पानी भएको अवस्थामा पुनः पानी काठमाडौँ उपत्याकामा ल्याइने पन्तको भनाइ छ।, आयोजनाले काठमाडौँ उपत्यकामा पानी यस वर्ष वर्षाभर नै बन्द नगर्ने गरी योजना बनाएको थियो।, लेदोसहितको पानी आएपछि सुरुङ केही समय बन्द गरिएको हो ।  आयोजनामा संलग्न दातृ निकाय र परामर्शदाता कम्पनीले चलाउँदै बन्द गर्दै गर्दा सुरुङमा समस्या आउनसक्ने सम्भावना भएकाले वर्षा हुँदासम्म बन्द गर्न सुझाब दिएको उनले बताए।, ‘पानी पठाउँदा बालुवा र माटो थुप्रिन सक्ने भएकाले बन्द गरिएको हो,’ पन्तले भने। , मेलम्चीको पानी विगत वर्षमा पनि हिउँदमा काठमाडौँ ल्याइएको भए पनि वर्षामा सुरुङ बन्द गरिएको थियो। विसं २०७८ असार १ गते मेलम्चीमा बाढी आउँदा आयोजनामा क्षति पुगेको थियो। क्षति भएका संरचनाको पुनःनिर्माण बाँकी छ। , वर्षा कम भएपछि मात्र मेलम्चीको पानी काठमाडौँ ल्याइने
सेतोपाटी संवाददाता १६ वर्षीया नाबालिग बलात्कार घटनामा ठमेलको लर्ड अफ ड्रिंक्स (एलओडी) का अर्का सञ्चालक रूदिलबल्लव सिंह पक्राउ परेका छन्।, उनलाई आज बिहान ९:३० बजे कुपन्डोलबाट पक्राउ गरिएको ललितपुर जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी शिद्धिविक्रम शाहले जानकारी दिए।, एसएसपी शाहकाअनुसार पक्राउ परेका सिंहलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।, यसअघि एलओडीका अर्का सञ्चालक राजुसिंह सुवाल बिहीबार बालुवाटारबाट पक्राउ परेका थिए।, नाबालिका बलात्कार घटनामा उनीहरूविरूद्ध असार १३ गते पक्राउ पुर्जी जारी भएको थियो।, यस घटनामा प्रहरीले जबरजस्ती करणी भएको भन्दै नाबालिगले प्रहरीलाई खबर गरेपछि आरोपित पुरूषलाई पक्राउ गरिसकेको छ। , बलात्कार अभियोगमा पक्राउ पर्नेमा पोखरा घर भई बागडोलमा बस्ने ५० वर्षीय सुदन कोइराला छन्।, नाबालिगको बलात्कार भएपछि प्रहरीले एलओडी क्लबलाई कारबाहीको दायरामा ल्याउनुपर्ने भन्दै दुई सञ्चालकविरूद्ध जिल्‍ला अदालत ललितपुरबाट पक्राउ अनुमति लिएको हो। , १६ वर्षीया नाबालिग जेठ ३१ गते राति फेसबुकबाट चिनजान भएकी एक साथीसँग क्लबमा पुगेकी थिइन्। यसरी क्लबभित्र पसेकी पीडितको भेट कोइरालासँग भएको थियो। , ‘फेसबुकमा भेट भएको साथीसँग एलओडी गएकी रहेछन्। घुम्न जाऔं भनेपछि त्यहाँ पुगेको देखिन्छ,’ प्रहरी स्रोतले भन्यो, ‘त्‍यसपछि साथीचाहिँ कहाँ गइन् थाहा हुन्न। पीडितले साथीसँगै घर जान्छु भनेकी हुन्छ। तर पुरूषले साथी भएकै ठाउँमा लग्छु, मसँगै छ भनेर बागडोल पुर्‍याएको देखिन्छ।’ , घटना भएयता किशोरीकी ती साथी सम्पर्कविहीन छिन्। सुदन फाइबरको एक कम्पनी चलाउँछन्। उनको बागडोलस्थित अफिसमा पुर्‍याएर नाबालिगमाथि बलात्कार भएको प्रहरीले जनाएको छ। , बलात्कार भएको खबर पाएपछि प्रहरीले सुदनलाई पक्राउ गरेको थियो।, यो पनिः ,ललितपुरको नाबालिग बलात्कार घटनामा कसरी जोडिए एलओडीका सञ्चालक?, नाबालिग बलात्कार घटनामा पक्राउ परे एलओडीका अर्का सञ्चालक
रासस म्याग्दीको मङ्गला गाउँपालिका–१ कुहुँका वडाध्यक्ष एकजित रोकाले पढाइ छाडेको २१ वर्षपछि एसइई परीक्षामा उत्तीर्ण भएका छन्।    , माध्यमिक शिक्षा परीक्षा, २०७९ (एसइई) मा दीपशिखा मावि कुहुँबाट परीक्षामा सहभागी भएका वडाध्यक्ष रोका२.६५ जिपिए ल्याएर उत्तीर्ण भएका हुन्।  , विसं २०५८ मा एसएलसी परीक्षा दिएका रोकाले अनुत्तीर्ण भएपछि पढाइ नै छाडेका थिए। एसएलसीमा अनुत्तीर्ण भएपछि उनले वैदेशिक रोजगारको सिलसिलामा मलेसिया र अफगानिस्तानमा आठ वर्ष बिताएका थिए।  , वैदेशिक रोजगारबाट २०६९ सालमा घर फर्किएपछि रोका स्थानीय देउराली युवा क्लबलगायतका सङ्घसंस्थामा आबद्ध भएका थिए।  , उनी गत वर्षको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट उम्मेदवार बनेर वडाध्यक्षमा निर्वाचित भएका थिए। सामाजिक र राजनीतिक जीवन सुरु गरेपछि धेरै आफन्तबाट पढाइलाई निरन्तरता दिन सुझाव आएको र आफूलाई समेत पटक–पटक पढाइको आवश्यकताको महसुस भएपछि एसइई परीक्षा दिएको वडाध्यक्ष रोकाको भनाइ छ।,  , २१ वर्षअघि पढाइ छाडे, वडाध्यक्ष बनेपछि एसइई उत्तीर्ण गरे
भगवती पाण्डे बचतकर्ताहरूको बचत रकम अपचलन गरेपछि तीन महिनादेखि बन्द रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले भाडामा लिएको भवन प्रहरीको रोहबरमा घरधनीले खाली गराएका छन्।, २०६९ असोज २८ गते सहकारी विभागबाट दर्ता प्रमाणपत्र लिई भक्तपुरको कौशलटारमा केन्द्रीय कार्यालय रहेको शिवशिखर सहकारीले देशभर व्यावसायिक नेटवर्क बनाउने भन्दै बुटवलमा पनि २०७८ सालदेखि शाखा कार्यालयमार्फत् सयौं बचतकर्ताहरूबाट बचत रकम संकलन गर्दै आएको थियो।, साथै बुटवल उपमहानगरपालिकाबाट व्यवसाय दर्ता प्रमाणपत्र लिएर बुटवल १० योगीकुटीमा गार्डेन मार्ट डिपार्टमेन्टल स्टोर्स सञ्चालन गरेको थियो। बचत रकम अपचलन गरी विगत चार महिनादेखि सहकारी संस्थाको कार्यालय र डिपार्टमेन्टल स्टोर्स पनि बन्द रहेको थियो।, शुक्रबार सहकारी संस्था र डिपार्टमेन्टल स्टोर्सका लागि भाडामा लिइएको घरधनी ईश्वर मल्लले प्रहरी, सहकारीका कर्मचारी, जनप्रतिनिधि र पत्रकारहरूको रोहवरमा डिपार्टमेन्टल स्टोर्स खाली गराएका हुन्।, यसअघि सहकारी संकटमा परी बन्द गरिएपछि संचालकहरूलाई पटकपटक घर खाली गरिदिन आग्रह गरे पनि खाली नगराएपछि बाध्य भएर प्रहरी, जनप्रतिनिधि, सहकारीका कर्मचारी र पत्रकारहरूको रोहबरमा खाली गराउन लागेको मल्लले बताए।, मल्लका अनुसार उक्त सहकारी र डिपार्टमेन्टल स्टोर्सले घर भाडावापत ५० लाखभन्दा बढी रकम बुझाउन बाँकी छ।, पुरानो भाडा रकम समेत उठाउन नसकिएको अवस्था सहकारी र डिपार्टमेन्टल स्टोर्स समेत बन्द भएपछि घर खाली गराउन लागिएको मल्लले बताए।, बुटवल बेलहिया ६ लेन सडक किनारको योगीकुटी चोकमै रहेको उक्त भवन दुई वर्ष पहिले मात्र मल्ले व्यावसायिक रूपमा निर्माण गरेका थिए।, सहकारीको भवन खाली गराउने जानकारी पाएपछि शुक्रबार सहकारीका बचतकर्ताहरू समेत कार्यालयमा उपस्थित भएका थिए।, शिवशिखर सहकारीका संचालकहरूले देशभरबाट  १४ अर्ब रुपैयाँभन्दा बढी रकम संकलन गरी अपचलन गरेको आरोप लागेको छ। तर, बुटवलमा कति बचतकर्ताहरूबाट कति रकम संकलन गरिएको छ भन्ने यकिन छैन।, बुटवल उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख गुणाखर खनालले हालसम्म १५/१६ जना बचतकर्ताले सहकारीबाट ठगिएको भन्दै उपमहानगरपालिकामा निवेदन दिएको भए पनि सहकारीबाट कति बचतकर्ता ठगिएका छन् भन्ने यकिन नभएको बताए।, शिवशिखर सहकारी संघमा दर्ता भएको र रूपन्देहीमा व्यवसाय सञ्चालन गर्ने अनुमति लिए पनि बचत संकलनको कुनै अनुमति नलिएकोले यत्ति नै सदस्यहरू ठगिएका छन् भन्ने यकिन नभएको उनले बताए।, लुम्बिनी प्रदेशको अर्थ तथा सहकारी मन्त्रालयका सचिव नेत्र सुवेदीले शिवशिखर सहकारी संघमा दर्ता भएकाले प्रदेशले कुनै कारबाही गर्न नसक्ने बताए।, सहकारीको रकम अपचलन गरी फरार भएका सहकारीका पूर्वअध्यक्ष केदारनाथ शर्मासहित केही संचालकहरू पक्राउ परेका छन्।, शिवशिखरको भवन खाली गराए घरधनीले
रासस बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा चार जना पूर्वसचिवविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।, ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने काममा संलग्न भएको भन्दै तत्कालीन सचिव दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायणगोपाल मलेगोविरूद्ध पक्राउ पुर्जी जारी भएको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुँवेर कडायतले जानकारी दिए।, उनका अनुसार पूर्वसहसचिव सुधीर शाह पक्राउ परिसकेका छन् भने अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्तसमेत रहेका दीप बस्न्यात भने फरार छन्। , ललिता निवास प्रकरणमा चार जना पूर्वसचिवविरूद्ध प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिएको हो।, ललिता निवासको एक सय १४ रोपनी जग्गा व्यक्तिको नाममा कीर्ते गरेर किनबेच गर्नेमाथि प्रहरीले फेरि अनुसन्धान सुरू गरेको हो।, ललिता निवास प्रकरण: चार पूर्वसचिवविरूद्ध पक्राउ पुर्जी जारी
सेतोपाटी संवाददाता मोरङको सुन्दरहरैंचा नगरपालिकाका लेखा अधिकृत दुई लाख घुससहित पक्राउ परेका छन्। , अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अधिकृत शेखर खनाललाई दुई लाख घुस लिइसकेको अवस्थामा पक्राउ गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए।  , विभिन्न मर्मत सम्भार कार्यको भुक्तानी प्रयोजनको लागि उनले घुस माग गरेका थिए। , घुस मागेको भन्ने सूचना पाएपछि इटहरीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। , उनीमाथि अख्तियारले थप अनुसन्धान अघि बढाएको प्रवक्ता दाहालले बताए।,  , सुन्दरहरैंचाका लेखा अधिकृत २ लाख घुससहित पक्राउ
सेतोपाटी संवाददाता नेपालमा सवारी दुर्घटनाको अवस्था भयावह देखिएको छ।, नेपाल प्रहरीले आज सार्वजनिक गरेको तीन महिने कार्यप्रगतिमा उल्लिखित विवरणअनुसार तीन महिनाको अवधीमा ५८१ जनाको मृत्यु सवारी दुर्घटनाबाट भएको छ।, प्रहरीको रेकर्डमा चैत्र १५ गतेदेखि असार १५ सम्म ६ हजार ४२० सवारी दुर्घटनाका घटनाहरू दर्ज भएका छन्।, जसमा तीन महिनामै ५८१ जनाले ज्यान गुमाएको  र  १ हजार ६२७ जनाको अवस्था गम्भीर रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।, त्यस्तै सो ६ हजार ७२१ जना सामान्य घाइते भएका छन्।, तीन महिनाको अवधिमा ७ लाख ३६ हजार ४७० सवारी साधनलाई कारबाही गरिएको छ।, सवारी दुर्घटनाको घटनाबाट प्रहरीले ५६ करोड ४६ लाख ५४ हजार २ सय रूपैयाँ राजस्व संकलन गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।, प्रहरीको केन्द्रीय प्रवक्ता डिआइजी कुबेर कडायतले तीन महिनाको अवधिमा ठुलाठुला सवारी दुर्घटना हुँदा मृतकको संख्या बढेको बताए।, यो वर्ष तुलनात्मक रूपमा सवारी दुर्घटनाको घटना अघिल्लो वर्षको तुलनामा बढेको डिआइजी कडायत बताउँछन्। मृतकको संख्या भने अघिल्लो वर्षको यही समयको तुलनामा केही कम रहेको उनले बताए।, सवारी दुर्घटनाको भयावह अवस्थाः तीन महिनामा ५८१ जनाको मृत्यु
सेतोपाटी संवाददाता चितवन राष्ट्रिय निकुञ्जभित्र एक सिंगे गैंडा मारेको अभियोग लागेका व्यक्ति २५ वर्षपछि पक्राउ परेका छन्।, निकुञ्जले उपलब्ध गराएको जानकारीअनुसार २०५५ सालको कात्तिक २८ गते गस्तीमा रहेका कर्मचारीहरुले चितवन राष्ट्रिय निकुञ्जको अमृते पोष्टबाट करिब १.५ किलोमिटर पूर्व पन्ना खोला नजिक खाल्डोमा पारी खाग काटेर लगेको अवस्थामा मृत गैंडा भेटेका थिए।, अनुसन्धान अधिकारी तोकी उक्त घटनाको अनुसन्धान गर्दै जाँदा १७ जना प्रतिवादीहरूको संलग्नता रहेको देखिएको थियो। तिनै १७ जना मध्येका एक थिए कालिका नगरपालिका-२ बस्ने भीमबहादुर थापा क्षेत्री। उनी मिने साइँला नामले चिनिन्थे।, निकुञ्जले मीनबहादुर थापा क्षेत्रीका छोरा हाल कालिका नगरपालिका वडा नम्बर-२ बस्ने मिने साइँलालाई दस वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना ठहर गरी २०५७ माघ २५ गते फैसला गरेको थियो।, घटना भएको २५ वर्षदेखि लुकीछिपी बस्दै आएका उनलाई निकुञ्ज कार्यालय र निकुञ्ज सुरक्षार्थ खटिएको खड्गदल गणको संयुक्त टोलीले बिहीबार साँझ पौने सात बजेतिर कालिका-२ बाट पक्राउ गरेको हो।, उनलाई शुक्रबार जिल्ला कारागार भरतपुरमा बुझाइएको चितवन निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिए।, २५ वर्षपछि पक्राउ परे गैंडालाई खाल्डोमा पारेर मार्ने मिने साइँला
सेतोपाटी संवाददाता दुबईको बुर्ज खालिफामा काम गर्दागर्दै इञ्जिनियर बनेका विनोद कुमार विक एसइई उत्तिर्ण भएका छन्।, एसइई परीक्षाको बिहीबार प्रकाशित भएको नतिजा अनुसार उनले ३.५ जिपिए ल्याएर उत्तिर्ण भएका हुन्। , पोखराको पामे निवासी विनोद डेढ वर्षअघि मात्र मलेसियाबाट नेपाल फर्केका थिए।, मलेसियामा पनि उनले टावर बनाउन इञ्जिनियरको काम गरेका थिए। उक्त टावरको काम सकिएपछि नेपाल फर्केर स्कुल भर्ना भएको विनोदले बताए। , ‘पहिलो पटक काम गर्न दुबई जाने बित्तिकै पढाइलाई निरन्तरता दिन फर्किने सोचमा थिएँ, अहिले आएर निरन्तरता दिएँ,’ उनले सेतोपाटीलाई भने, ‘अब पढाइ र काम दुबैलाई साथसाथ लैजान्छु।’, स्कुल पढ्दै गर्दा एसएलसी परीक्षा फेल भएपछि उनी सन् २००३ मा दुबई पुगेका थिए।, लेबर काममा दुबई पुगेका उनले विश्वकै अग्लो बुर्ज खालिफा टाउन बनाउने काम पाएका थिए। त्यहीँ काम गर्दागर्दै उनलाई कम्पनीले सर्भेयरमा पदोन्नति गरिदिएको थियो। , सोही कम्पनीमा काम गर्दागर्दै विनोद भारतको मुम्बईमा इञ्जिनियरका रूपमा काम गर्न पुगेका थिए।, भारतमा काम गर्दा कम्पनीले दिएको सर्टिफिकेट र सिफारिसका आधारमा उनले भारतको खुला विश्वविद्यालयबाट इञ्जिनियरिङमा स्नातक गरेका थिए।, दुबईमा बुर्ज खालिफा बनाउँदा बिसिक्स कम्पनीमा काम गरेका विनोदले मुम्बईमा सोही कम्पनीको सिफारिसमा सामसुङ सिएनटी इञ्जिनियरिङमा काम गरेका थिए। , मलेसियाको काम सकेर नेपाल फर्किएपछि उनले पामेमै कृषि फार्म खोलेका थिए।, उक्त फार्म बिक्री गरेर उनले अहिले निर्माण कम्पनी खोलेका छन्।, विनोद कुमार कन्स्ट्रक्सन स्थापना गरेर उनले बाटो निर्माण, इनार, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पर्खाल निर्माण लगायतका काम गरेका छन्।, यो पनि:, एसएलसी फेल भएर दुबई गए, बुर्ज खालिफामा काम गरेर ‘इञ्जिनियर’ बने, दुबईमा बुर्ज खालिफा बनाउँदा इञ्जिनियर बनेका विनोदले ल्याए एसइईमा ३.५ जिपिए
नवीनबाबु गुरूङ नेपाल समाजवादी विद्यार्थी युनियनले सरकारविरूद्ध प्रदर्शन गरेको छ।, शुक्रबार शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर र नयाँ शिक्षा ऐन जारी गर भन्दै उनीहरूले प्रदर्शन गरेका हुन्।, उनीहरूले शिक्षा मन्त्रालयविरूद्ध शंख फुकेर र थाल बजाएर माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन्।, तस्बिरहरू:, शिक्षा मन्त्रालयविरूद्ध शंख फुकेर र थाल बजाएर प्रदर्शन (तस्बिरहरू)
रासस गौरीगञ्ज गाउँपालिका–६ मा आज बिहान चट्याङ लागेर एक किशोरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।, मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका–६ स्थित खजुरगाछीका १५ वर्षीय विजय सरदार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।, खेतमा काम गर्न जाने क्रममा पानीसँगै परेको चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले बताए।, घटनामा भारतको फुलाबारी घर भई हाल सोही वडामा बस्दै आएका २० वर्षीय शिकन्दर आलाम र १६ वर्षीय मनिजुर आलाम घाइते भएका छन्। , घाइतेलाई उपचारका लागि गौरादहस्थित मेडिम्याक्स अस्पताल पठाइएको उनले जानकारी दिनुभयो । , चट्याङ लागेर एकको मृत्यु, दुई घाइते
सेतोपाटी संवाददाता सप्तरीमा श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ परेका छन्। , जिल्लाको सम्भुनाथ नगरपालिका-५ मोहनपुर बस्ने ३२ वर्षीया किरणकुमारी चौधरीको हत्या भएको प्रहरीले जानकारी दिएको छ।, मंगलबार दिउँसो कोठामा बेहोस अवस्थामा भेटिएकी थिइन्। उनलाई तत्काल उपचारका लागि कठौनास्थित कृष्ण अस्पताल पुर्‍याइएपनि उनलाई  मृत घोषणा थियो।  , अस्पतालमा किरणको मृत्यु भएपछि उनका श्रीमान् ईनरदेव चौधरी मंगलबार नै पक्राउ परेका थिए। , सामान्य सोधपुछका क्रममा उनले श्रीमतीमाथि कुटपिट गरेको थाहा पाएपछि उनलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ।, प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ। , सप्तरीमा श्रीमतीको हत्या आरोपमा पक्राउ परे ३२ वर्षीय पुरूष
सेतोपाटी संवाददाता चितवनको मेघौलीमा बस्तीमा पसेर आतंक मच्चाएको बाघलाई नियन्त्रणमा लिइएको छ।, बेहोस बनाउने औषधि राखिएको सुइँलाई बन्दुकमा लोड गरेर प्रहार गरी वन्यजन्तुलाई नियन्त्रणमा लिइन्छ। यो बाघले गएराति भरतपुर–२७ बुद्धनगर गाउँमा पसेर भैंसीलाई आक्रमण गरेको थियो।, घण्टौंसम्म बस्ती नजिकैको जंगलमा रुँगिराखेपछि स्थानीय बासिन्दा त्रसित भएका थिए। , उक्त बाघलाई चितवन निकुञ्जका हात्तीहरूले घेरेर निकुञ्ज तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु प्राविधिकहरूले नियन्त्रणमा लिएका थिए। , नियन्त्रणमा लिइएको बाघको अवस्था हेरेर कता राख्ने भन्ने निर्णय गर्ने चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए।, अहिले निकुञ्जका इन्क्लोजरहरूमा पाँच वटा बाघ छन्। मान्छेमाथि आक्रमण गरेपछि ती बाघहरूलाई नियन्त्रणमा लिइएको थियो। निकुञ्जमा अब एउटा पुरानो इन्क्लोजरमात्रै बाँकी छ।, मेघौलीमा आतंक मच्चाएको बाघलाई नियन्त्रणमा लिइयो
सेतोपाटी संवाददाता राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा यही शुक्रबारभित्रै सार्वजनिक गर्ने तयारी गरेको छ।, बोर्ड अध्यक्ष महाश्रम शर्माले शुक्रबारभित्रै एसइईको नतिजा सार्वजनिक गर्ने गरी तयारी भइरहेको सेतोपाटीलाई बताए।, एसइईको नतिजा रूजु गर्ने र इन्ट्री गर्नेजस्ता काम भइरहेका छन्।, २०७९ चैतमा भएको एसइई परीक्षामा चार लाख ८५ हजार ३ सय ९६ जना विद्यार्थी सहभागी थिए।, एसइई नतिजा शुक्रबारभित्रै सार्वजनिक गर्ने तयारी
सेतोपाटी संवाददाता नदीको बहाव बढेपछि मेलम्ची खानेपानीको सुरूङ बन्द गरिएको छ।, सुरूङभित्र धमिलो पानी पस्न थालेपछि आइतबारदेखि नै काठमाडौं पानी पथान्तरण रोकिएको मेलम्ची खानेपानी परियोजनाका प्रवक्ता राजेन्द्र पन्तले सेतोपाटीलाई जानकारी दिए।, ‘धमिलो पानी पठाउँदा सुरूङभित्र थेग्रिनी पस्ने र सफा गर्न गाह्रो हुने निष्कर्ष निस्किएपछि बन्द गर्ने निर्णय गरेका थियौं,’ उनले भने, ‘तीन-चार दिन अघिदेखि नै काठमाडौंमा पानी ल्याउन रोकिएको छ। खोलामा धमिलो पानी बगुञ्जेल काठमाडौं पानी पठाउन सकिन्न।’, गत जेठमा सुरूङभित्र ढुंगा-बालुवा नछिरोस् भनेर उपकरण राखिएको थियो। तथापि थेग्रिनी पस्न थालेपछि सुरूङ बन्द गरिएको पन्तले बताए।, २०७८ असार १, साउन १६ र १७ गते भ्रेमथाङबाट आएको भेलबाढीले मेलम्ची खानेपानीको हेडवर्क्स तहसनहस बनाएको थियो।, अहिले पनि पुरिएको बाँध क्षेत्र खोतलिएको छैन। संरचनाहरू जस्ताको तस्तै छन्।, परियोजनाले झन्डै २० करोड खर्च गरेर अस्थायी तवरले पानी ल्याउँदै आएको छ।, गत असार २ गते बाँध क्षेत्रको अवलोकन गर्न पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यथाशीघ्र पहुँचमार्ग निर्माण गर्ने बताएका थिए।, मेलम्ची पुलबजारबाट २२ किलोमिटर उत्तरपश्चिममा रहेको बाँध क्षेत्र पुग्न अहिले कतै खोलाको किनार, कतै खोलैबाट अस्थायी बाटो बनाइएको छ। मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाले आफ्नै स्रोत सामर्थ्यबाट बाटो बनाएका हुन्।, संघीय सरकारले चनौटेको रातो पुल रहेको ठाउँमा नेपाली सेना लगाएर बेलिब्रिज हालेको छ। तर, अम्बाथान अडिट र मुख्य बाँध क्षेत्र पुग्न पुलको अभाव छ।, प्रधानमन्त्री प्रचण्डले सरकारले निर्णय गरेर स्थायी तवरले पहुँचमार्ग बनाउने प्रतिबद्धता जनाएका थिए।, भू-गर्भविदहरूले मेलम्ची खानेपानी परियोजनाभन्दा माथिको क्षेत्र भ्रेमथाङमा झन्डै एक करोड ५ लाख घनमिटर गेग्रान थुप्रिएर रहेको अनुमान गरेका छन्।, तीन किलोमिटर लम्बाइ-चौडाइको समथर भूभागको छेउबाट पहिरो चल्दा मेलम्ची परियोजनाको बाँध क्षेत्र पुरिएको थियो भने तल्लो तटीय क्षेत्र बगरमा परिणत भएको थियो।, बाँध क्षेत्रमाथि पहिराको जोखिम रहेकाले सार्नुपर्ने परियोजनाको दातृ निकाय एशियाली विकास बैंकले प्रारम्भिक निष्कर्ष निकालेको छ। यद्यपि उसले विस्तृत प्रतिवेदन तयार पारिसकेको छैन।, अहिले बनाइएको बाँध क्षेत्रमाथि दोरिङको पहाडै खस्न ठिक्क परेकाले त्यहाँबाट सार्नै उपयुक्त हुने सुझाव उसको छ। परियोजना रहेको क्षेत्र हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पा पनि बाँध सारिनुपर्ने बताए।, यस विषयमा पनि अवलोकन क्रममा प्रधानमन्त्री प्रचण्डले चासो राख्दै भनेका थिए, ‘इन्टेकको पनि समस्या देखियो। पहिरो जाला कि भन्ने डर छ। हामीले वैकल्पिक तयारी पनि गर्नुपर्ने देखियो।’, सरकारले मेलम्चीसँगै याङ्ग्री र लार्के खोलाको पानी काठमाडौं ल्याउने योजना अघि सारेको छ। मेलम्ची खोलाबाट दैनिक १७ करोड लिटर पानी ल्याउने र यसले मात्रै काठमाडौंको माग धान्न नसक्ने हुँदा याङ्ग्री र लार्के खोलाबाट पनि दैनिक १७ करोड लिटर पानी थप्ने योजना थियो। अहिले ट्र्याक खोल्ने काम मात्रै भएको छ।, सुरूङमार्फत् मेलम्चीको पानी काठमाडौं ल्याउन अहिलेसम्म ३१ अर्ब खर्च भएको आयोजनाका प्रवक्ता पन्त बताउँछन्। त्यस्तै उप-आयोजना अन्तर्गत् काठमाडौं उपत्यकामा पानी वितरणका लागी प्रणाली तयार पार्न ३१ अर्ब नै खर्च भएको छ। यो काम आयोजना कार्यान्वयन निर्देशनालयले गरिरहेको छ।, बन्द गरियो काठमाडौं पानी पठाउने मेलम्चीको सुरूङ
नवीनबाबु गुरूङ जुम्ला र दाङमा भएका जातीय विभेदका घटनाविरूद्ध काठमाडौंमा प्रदर्शन भएको छ। , बुधबार समाजवादी दलित मुक्ति संगठन नेपालले जुम्लामा अन्तरजातीय विवाह गरेको विरोधमा घर जलाइएको, दाङमा डेरा बाट निकालिएकोलगायत देशैभरि भएका जातीय विभेदका विरूद्ध माइतिघरमा खबरदारी कार्यक्रम गरेको हो।, आइतबार बिहान जुम्लाको तातोपानी गाउँपालिका-४ गिदीखोलास्थित भरत नेपालीको घरमा आगजनी भएको थियो। उक्त घरमा आगजनी गरेको आरोपमा प्रहरीले सोही ठाउँका २२ वर्षीय हिक्मत गिरीलाई पक्राउ गरेको छ। , उनलाई आइतबार राति नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी प्रल्हद कार्कीले जानकारी दिए। हिक्मतमाथि आगजनी कसूरमा अनुसन्धान भइरहेको छ। , घरमा आगजनी हुनुको कारण भरतका कान्छा भाइ मुकुन्दले गरेको अन्तर्जातीय विवाह हो।, भरतका अनुसार २२ वर्षीय मुकुन्द नेपालगन्जमा अध्ययन गरिरहेका थिए। तर केही महिनादेखि उनी गाउँमै थिए। त्यसैबीच उनले हिक्मतकी अन्दाजी १४ वर्षीया बहिनीलाई असार ११ गते भगाएका थिए।, यस्तै दाङमा दलित भएकै कारण घरबेटीले अछामका महेन्द्र बिकलाई घरबाट निकालेको घटना सार्वजनिक भएको थियो। ,पढ्नुस् : ,दाङमा जातका कारण तीन दिनमै डेराबाट निकालिए महेन्द्र,  , जुम्ला र दाङ घटनाको विरोधमा काठमाडौंमा प्रदर्शन (तस्बिरहरू)
सेतोपाटी संवाददाता  ललितपुर महानगरपालिकाका ६० हजार घरले घर नम्बर पाएका छन्। , महानगरले सडक सञ्जालमा आधारित मेट्रिक ठेगाना प्रणालीमा ६० हजार ९ सय ८८ घरलाई घर नम्बर दिएको महानगरका पूर्वाधार महाशाखा प्रमुख इन्जिनियर कुमार महर्जनले जानकारी दिए। , उनका अनुसार घर नम्बर वितरणको काम अहिले अन्तिम चरणमा पुगेको छ। अब १० प्रतिशत काम मात्रै बाँकी छ।, केही ठाउँमा सडक र टोलको नामको विवादका कारण घर नम्बर विवरणमा समस्या भएको हुँदा बाँकी रहेको महानगर प्रमुख चिरीबाबु महर्जनले बताए। , ‘नम्बर वितरण गर्दा समस्या भए वडाले नै सम्बोधन गर्नुपर्छ, त्यस्ता समस्या महानगरमा पठाउनु हुँदैन,’ उनले भने। , महानगरले एकल बसोबास ,संयुक्त आवास, बहुतल्ले आवास, व्यवसायिक भवन, कार्यालय तथा संस्था ,मठमन्दिर लगायतलाई घर नम्बर पाएक छन्।  , यस्तै महानगरभित्रका एक हजार दुई सय ८५ मुख्य सडकको नामाकरण भएको भएको महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले बताए। , उनका अनुसार यसरी घर नम्बर वितरणले राजश्व संकलनमा पनि सहज हुन्छ।, 'सडक सञ्जालमा आधारित घर नम्बर लागू गर्दा सडकको मुख्य चोकबाट दायाँतर्फ जोर नम्बर र बायाँतर्फ बिजोर नम्बर प्रदान गरिएको छ,' उनले भने, 'सडक सुरू विन्दुबाट नाप्न सुरू गरी घरको मूल गेटसम्मको दुरी जति हुन्छ, त्यसकै आधारमा नम्बर वितरण गरिएको छ।', घर नम्बरले सहरलाई सुन्दर बनाउनुका साथै र व्यवस्थित बनाउन निकै सहयोग पुर्‍याउने उनको भनाइ छ।  , अर्यालका अनुसार सडक सञ्जालको नामाकरण गर्दा स्थानीय प्रचलित नामलाई प्राथामिकता दिइएको छ। विभूतिको नाम, सांस्कृतिक नाम र चलनचल्तीको नामलाई समेत प्राथामिकता दिइएको महानगरले जनाएको छ।, महानगरले घर नम्बर वितरण काम एक वर्षभित्र सम्पन्न गर्ने कार्ययोजना बनाएको जनाएको छ।  , ललितपुर महानगरका ६० हजार घरले पाए घर नम्बर
सेतोपाटी संवाददाता निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद गौचनको हत्याका मुख्ययोजनाकार समिरमान बस्नेत र काले भन्ने अमरबहादुर रानालाई जन्मकैदको सजाय भएको छ।, बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेले बस्नेत र रानालाई हत्यामा दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको सूचना अधिकारी दीपक दाहालले जानकारी दिए। , उनीहरूले २०७४ असोज २३ गते काठमाडौंको शान्तिनगरमा गौचनको हत्या गरेका थिए। कर्तव्य ज्यान कसुरमा अदालतले असार १२ गते नै बस्नेतलगायतलाई दोषी ठहर गरेको थियो।, गौचनको हत्यामा पक्राउ परेका लोप्चन लामा भन्ने सोम तामाङलाई १५ वर्ष कैद र माया शेरचनलाई १० वर्ष कैद सुनाएको छ। , माया शेरचनलाई पूरक अनुसन्धानबाट अदालतमा पेश गरिएको थियो। उनलाई योसँगै हतियारसम्बन्धी कसुरमा पनि सजाय निर्धारण गरेको सूचना अधिकारी दाहालले बताए। , हतियार्सम्बन्धी कसुरमा भने उनलाई ६० हजार रुपैयाँ जरिवानासमेत सुनाएको छ।  , त्यस्तै, धनराज योङहाङ, गुम्बी भन्ने श्यामबहादुर गुम्बी, कालेदारी भन्ने रोशन बुढाथोकी र राजिव तामाङ भन्ने राजिव स्याङतानलाई जनही पाँच वर्ष कैद निर्धारण भएको छ। , बसन्त थेबे र मनोज पुन भन्ने मनोज बुढामगरको दाबी भने खारेज भएको छ। उनीहरूको निधन भइसकेको हुँदा इजलासले खारेज गरिदिएको सूचना अधिकारी दाहालले बताए। , यस मुद्दामा प्रतिवादी भएर अहिले पनि सात जना फरार छन्। , उनीहरूलाई भने इजलासले मुल्तबीमा राखेको छ।   , ‘सात जना फरारहरूको हकमा मुल्तबीमा राखिएको छ। त्यो भनेको पक्राउ परेपछि फेरि मुद्दा जागेर उनीहरूको हकमा फेरि फैसला हुन्छ,’ उनले भने, ‘तत्काल केही भएन तर पक्राउ परी आएपछि थुनछेक भएर मुद्दाको कारबाही अघि बढ्छ।’, फरार हुनेमा गंगाप्रसाद लिम्बु, अजय थापा, समिकला राई, प्रवेश नायब, सुजा थक्सु बाजी, सुधीरकुमार शाह र प्रदीपकुमार झा छन्। , इजलासले सात जनालाई सफाइसमेत दिएको छ। , प्रकाश बुढाथोकी, सन्तोष गुरूङ, शिवजी महतो कमकर, सुर्यबहादुर बाजी, राजकुमार शाह, मुकेशकुमार पाण्डे र श्याम गुप्ताले सफाइ पाएका हुन्।, निर्माण व्यवसायी शरद गौचनको हत्यामा समिरमान र अमरबहादुरलाई जन्मकैद
सेतोपाटी संवाददाता महोत्तरीमा कुकुरलाई मोटरसाइकलले ठक्कर दिएको विषयमा विवाद हुँदा गोली चलेको छ।, मंगलबार साँझ पौने ६ बजे रामगोपालपुर नगरपालिका-१ बसबिट्टी बजारमा गोली चलेको थियो। गोली लागेर स्थानीय ४४ वर्षका श्रवण यादव घाइते भएका छन्। उनको जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार जारी छ।, उनीमाथि गोली प्रहार गरेको आरोपमा प्रहरीले लक्ष्मीपुरका ३८ वर्षीय कौशल मण्डल पक्राउ गरेको छ। , मण्डलको साथबाट प्रहरीले एउटा पेस्तोल र तीन वटा गोली बरामद गरेको छ। , जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी दिलिपकुमार गिरीका अनुसार उनीहरूबीच कुकुरको विषयमा झगडा भएको थियो। , मंगलबार साँझ कौशल मोटरसाइकल चलाएर बजार पुगेका थिए।, त्यहीबेला उनले चलाएको मोटरसाइकलले श्रवणको कुकुरलाई ठक्कर दिएको डिएसपी गिरीले बताए। , ‘मोटरसाइकल चलाएर आउँदा कुकुरलाई लागेको रहेछ। त्यसपछि श्रवणले किन ठक्कर दिइस् भनेर उनीहरूबीच त्यहीँ विवाद सुरू भएको रहेछ,’ उनले भने। , विवादकै क्रममा श्रवणले अपशब्द बोलेर कौशलमाथि कुटपिट समेत गरेको डिएसपी गिरीले बताए।, कुटपिट नै गरेपछि ‘गोली हान्छु’ भनेर कौशल मोटरसाइकल लिएर हिँडेका थिए। तर केही बेरमा फर्किँदा उनले पेस्तोल बोकेर आएका थिए। , ‘एउटै गाउँका भएकाले सामान्य चिनजान त थियो। तर उनीहरूबीच पहिलेदेखिको दुश्मनी देखिन्नँ,’ डिएसपी गिरीले भने, ‘कुकुरलाई छोएको निहुँमा कुटपिट पनि भएपछि उनले गएर पेस्तोल लिएर आएका हुन्।’, त्यसपछि कौशलले श्रवणमाथि दुई राउन्ड गोली प्रहार गरेको हो। , कौशलले पेस्तोल कहाँबाट ल्याए भन्नेबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ। , स्रोतका अनुसार पक्राउ परेका कौशलले प्रहरीसमक्ष पेस्तोल भेटाएको दाबी गरेका छन्। , ‘खोला किनारका झाडीहरूमा शौचालय गर्न जाँदा भेटाएको भन्छन्। केही दिनअघि भेटाएपछि अर्कै ठाउँमा लुकाएँ भनेका छन्,’ स्रोतले भन्यो, ‘उनले भनेको कुरा पत्याउन सक्ने अवस्था छैन।’ , प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।, महोत्तरीमा मोटरसाइकलले कुकुरलाई ठक्कर दिएको निहुँमा गोली चल्यो
सेतोपाटी संवाददाता रूपन्देही कोटहीमाई गाउँपालिकाका इन्जिनियर अर्विन्दकुमार यादव ४५ हजार घुससहित पक्राउ परेका छन्।, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले इन्जिनियर यादवलाई बुधबार घुस रकमसहित पक्राउ गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए। , वडा नम्बर ७ अन्तर्गतको सडक पिसिसी र ग्राभेल गर्ने कामको नापजाँच पछि भुक्तानी दिनको लागि सेवाग्राहीसँग घुस माग गरेका थिए। , घुस मागेको सूचना पाएपछि खटिएको अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो। , उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।, कोटहीमाई गाउँपालिकाका इन्जिनियर घुससहित पक्राउ
राजेश घिमिरे गत माघमा करेन्ट लगाएर गैंडाका माउ बच्चा मार्ने र खाग बिक्रीमा सहभागी व्यक्तिलाई बुधबार अदालतमा पेस गरिएको छ।, गत माघ ६ गते बिहान चितवन राष्ट्रिय निकुञ्जको नन्दभाउजु उपभोक्ता समितिमा पर्ने पश्चिम नवलपरासीको मध्यविन्दु नगरपालिका-२ सीतापुरमा दुई गैंडा मृत भेटिएका थिए।, क्रान्तिघाटदेखि दक्षिणतर्फ तीन सय मिटर पर नारायणी नदीको भंगालोमा विद्युतीय धराप थापेर १४ वर्षको पोथी र ४ वर्षको केटो(गैंडाको भाले बच्चा) मारिएको थियो।, माउ खाग काटिएको अवस्थामा भेटिएको थियो।, घटनामा संलग्नको खोजी गर्ने क्रममा गत जेठ १२ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले कृष्णबहादुर महतोसहित तीन जनालाई पक्राउ गरेको हो।, नवलपरासीको रामग्राम नगरपालिका–१८ धरमपुर (मन्दिर टोल)स्थित होमबहादुर बिकको आँगनमा विक, कृष्णबहादुर र नाताले उनका फुपाजु पर्ने सिखाराम थारूलाई नियन्त्रणमा लिइएको थियो।, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार कृष्णबहादुर महतोले शिद्देश्वर मन्दिरबाट बिजुलीको तार र घर बनाउँदा प्रयोग हुने ब्यान्डिङ तार प्रयोग गरी विद्युतीय धराप थापेका थिए।, ‘पहिले विद्युत पोलतिरबाटै हुक गरेर तारमा छोडेको रहेछ। त्यसले काम नगरेपछि मन्दिरबाट तार तानेर धराप थापेको रहेछ,’ पुनले भने।, पुनका अनुसार कृष्णबहादुरले बयानमा युट्युब हेरेर खाग महँगोमा बिक्री हुने थाहा पाएपछि गैंडा मार्ने उपाय खोजी गरेको बताएका थिए। उनी सो क्षेत्रमा ज्यामी काम गर्थे। , चितवन निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीकाअनुसार कृष्णबहादुर लगायतका व्यक्तिहरूले माघ ५ गते राति मन्दिरबाट करेन्ट जोडेर विद्युतीय धराप थापेका थिए।, गैंडा मारेर खाग काटिसकेपछि त्यसलाई बिक्री गर्ने क्रममा कृष्णबहादुरको सिखाराम, होमबहादरसँग सम्पर्क भएको देखिन्छ।, सिखाराम यसअघि पनि गैंडा चोरी सिकारीमा संलग्न भएर सजाय भोगिसकेका व्यक्ति हुन्। नाताले फुपाजु पर्ने भएकाले सिखारामले कृष्णबहादुरलाई खाग बिक्रीमा सहयोग गरेको देखिन्छ।, ‘प्रहरी ग्राहक बनेर उनीहरूसम्म पुग्यो। अनि खागसहित पक्राउ गर्‍यो,’ प्रमुख संरक्षण अधिकृत पुनले भने, ‘६ गते बिहान गैंडा मारी माउको खाग काटेर चोरी निकासी गरेको, महतो, थारू र विक मिलेर बिक्री गरेको कसुर प्रमाणित भइसकेको छ।’, घटनामा संलग्न देखिएका अन्य दुई जना फरार छन्। उनीहरूको खोजी भइरहेको निकुञ्जले जनाएको छ।, वन कार्यालयको क्षेत्रभित्र पक्राउ परेकाले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले तीन जनालाई डिभिजन वन कार्यालय नवलपरासीमा बुझाएको थियो। तर घटना चितवन निकुञ्जको क्षेत्रमा भएकाले सरकारी वकिलको कार्यालयको निर्देशनमा वनले चितवन निकुञ्जलाई बुझाएको थियो।, उनीहरूले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा ५ को उपदफा १ को देहाय खण्ड (क) ले निषेध गरेको कसुर अपराध गरेको भन्दै बुधबार जिल्ला अदालत नवलपरासी(बर्दघाट, सुस्तापूर्व) कावासोतीमा अभियोगपत्र पेश गरिएको हो।, अदालतबाट यो कसुर प्रमाणित भए ५ देखि १० लाख रुपैयाँसम्म जरिवाना, १० देखि १५ वर्ष कैद हुन्छ।, चितवन निकुञ्जको क्षेत्रमा बाली जोगाउन, गाउँसँगको सीमा क्षेत्रमा जोडिएको करेन्ट लागेर गैंडा मरे पनि मारेर खाग बिक्री गर्ने नियतले विद्युतीय धराप थापिएको यो पहिलो घटना हो।, युट्युब हेरेपछि गैंडा मार्न विद्युतीय धराप थापेका थिए कृष्णबहादुरले
सेतोपाटी संवाददाता वानएक्स बेटको विज्ञापन गरेको आरोपमा पक्राउ परेका कलाकार र युट्युबरविरूद्धको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको छ। , जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार सरकारी वकिल कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएको एसपी सीताराम रिजालले जानकारी दिए।, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जेठ ३१ गते हास्य कलाकार र युट्युबर आठ जनालाई पक्राउ गरेको थियो।, गोरखा घर भई वनस्थलीले ३५ वर्षीय हास्य कलाकार 'बल्छी ध्रुवे' मरिचमान श्रेष्ठ, धनकुटा घर भई भक्तपुर बस्ने २८ वर्षीय 'म्याकुरी' पवन खतिवडा, पोखरा घर भई नयाँ बजार बस्ने ‘राजु मास्टर’ राजु पौडेल र उदयपुर घर भई ललितपुरको टीकाथली बस्ने युट्युबर एलिश राई पक्राउ परेका थिए।, त्यस्तै, रोल्पा घर भई कीर्तिपुर बस्ने २४ वर्षीय युट्युबर जलन घर्तीमगर 'जलन', मुगु घर भई टिकाथली बस्ने युट्युबर गणेश देवकोटा (जिडी), मोरङ घर भई भक्तपुर ठिमी बस्ने २५ वर्षीय सरोज घिमिरे (ढेडु बुढो) र प्युठान घर भई कलंकी बस्ने बेगम नेपाली (भटभटे माइला) लाई पनि प्रहरीले पक्राउ गरेको थियो।, त्यसै गरी प्रहरीले अर्का एक जना युट्युबरलाई पनि पक्राउ गरेको थियो। असार ९ गते‍ राजकुमार तामाङलाई प्रहरीले पक्राउ गरेको हो।, उनीहरूविरूद्ध प्रहरीले मुलुकी अपराध संहिताको दफा १२५ अनुसार सजायको मागदाबी गरेको छ। जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसुर अन्तर्गत एक वर्ष कैद र १० हजार रूपैयाँ जरिवानाको राय पेस गरेको छ।, अब सरकारी वकिल कार्यालय काठमाडौंले अनुसन्धान प्रतिवेदन अध्ययन गरी काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गर्नुपर्ने हुन्छ। अनुसन्धान गर्न नपुगेमा भने सरकारी वकिलले थप अनुसन्धान गर्नू भनेर फिर्ता समेत पठाउन सक्नेछ। , वानएक्स बेटमा पक्राउ परेका कलाकार र युट्युबरविरूद्धको अनुसन्धान सकियो
नवीनबाबु गुरूङ काठमाडौं महानगरपालिकाले गत बुधबारदेखि बसन्तपुरमा सवारी साधन प्रवेशमा रोक लगाएता पनि पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन। , विश्व सम्पदा क्षेत्र बसन्तपुरमा २४ सै घण्टा सवारी साधन निषेध भनेर भनेता पनि विभिन्न सरोकारवाला निकायले सहयोग नगर्दा यो नियम शतप्रतिशत लागू गर्न नसकिएको सम्पदा अभियन्ता एवं महानगरपालिकाका सम्पदा सल्लाहकार यादवलाल कायस्थले जानकारी दिए। , उनका अनुसार बसन्तपुरस्थित नेपाली सेना, बैंक, हनुमानढोका हेरचाह अड्डा र त्यहाँका स्थानीयहरूले सहयोग गरेका छैनन्।, 'हनुमानढोकाजस्तो विश्व सम्पदा क्षेत्रलाई संरक्षण गर्न लाग्नुपर्ने सरोकारवाला निकायले नै सहयोग गरेनन्,' उनले भने, 'हामीले शून्य सहनशीलता नीति कार्यान्वयन गर्न लागिपर्दा सवारी साधन भित्र अझै छिरिरहेका छन्।', यस्तै, हनुमानढोकाको मार्ग प्रयोग नगरी वैकल्पिक बाटो रोजेर यस अभियानलाई साकार पार्न कायस्थले आग्रह गरे। , गत बुधबार कायस्थले कुनै पनि गाडी लैजान पाइँदैन भन्दै 'भिआइपी' को गाडीलाई समेत प्रवेश गर्न दिएका थिएनन्। , 'ठूला सवारी साधन छिर्दा सम्पदालाई असर पुग्छ। त्यसका साथै सम्पदा क्षेत्र नै कुरूप देखिन्छ,' कायस्थले भने, 'जथाभावी सवारी साधन छिराउँदा र पार्किङ गर्दा यहाँ आउने पर्यटकलाई पनि नराम्रो लाग्छ। त्यसैले हामीले सवारी साधन प्रवेशमा रोक लगाएका हौं।', हनुमाढोका क्षेत्रमा मात्र नभई वरपर पार्किङ गरिएका सवारी साधन समेत महानगरले हटाइरहेको छ।, 'विश्व सम्पदा सबैका लागि, विश्व सम्पदा सधैंका लागि' भन्ने नारासहित आफूहरू अगाडि बढेको कायस्थ बताउँछन्।, सन् १९७९ मा विश्व सम्पदा सूचीमा सूचीकृत भएको हनुमानढोका दरबार परिसरमा रासन-पानी, सामान लैजानका लागि सवारी साधनलाई सरकारले बेलुका ८ देखि बिहान ८ बजेसम्मको समय तोकेको थियो। , तस्बिरहरूः, बसन्तपुरमा पूर्ण रूपमा लागु भएन 'नो भेहिकल जोन' (तस्बिरहरू)
सेतोपाटी संवाददाता नागरिकतासम्बन्धी कसुरमा सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मिरा चौधरी पक्राउ परेकी छन्। , जिल्ला प्रहरी कार्यालय सप्‍तरीले बुधबार डाक्नेश्वरी-५ बस्ने चौधरीलाई पक्राउ गरेको एसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिए। , उनका श्रीमान महेन्द्र यादवविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। तर यादव हाल फरार छन्। यादव भारतीय नागरिक हुन्।, एसपी कार्कीका अनुसार उपमेयर चौधरीको नाम भारतीय मतदाता नामावलीमा भेटिएको थियो। त्यसरी नाम भेटिएपछि चौधरीले भारतीय र नेपाली नागरिकता लिएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो। , उच्च अदालत राजविराजले उनीहरूलाई पक्राउ गर्न परामादेश जारी गरेको थियो। , परामादेशको पत्र प्रहरीले पाएसँगै मंगलबार जिल्ला अदालत सप्तरीबाट पक्राउ अनुमति लिएको थियो।, अनुमति लिएर प्रहरीले आज चौधरीलाई पक्राउ गरेको हो। , नागरिकतासम्बन्धी कसुरमा डाक्नेश्वरी नगरपालिकाकी उपमेयर पक्राउ
सेतोपाटी संवाददाता हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर  आंशिकदेखि सामान्य बदली रही कर्णाली, गण्डकी, बागमती, र कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।, आज दिउँसो  कोशी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ  कोशी  र मधेश प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ। , अन्य स्थानमा हल्कादेखि मध्यम वर्षाकोसम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। , त्यस्तै राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको छ।, महाशाखाका अनुसार कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको र तराई भू-भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना छ। , वर्षा र हावाहुरीले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू  र दैनिक जनजीवन समेत प्रभावित  हुनसक्ने महाशाखाले जनाएको छ। , त्यसकारण भारी वर्षा, मेघ-गर्जन/चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका कारण  हुनसक्ने जोखिम वा क्षतिबाट बच्न  आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। , आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
सेतोपाटी संवाददाता जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले बिहीबार १३ वटा जिल्ला भई बहने नदी, खोलाको जल सतह बढ्ने प्रक्षेपण गरेको छ।, उसले बिहान ७ बजे नियमित बुलेटिन निकालेर संखुवासभा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ जिल्ला भएर बहने नदीको जल सतह बढ्ने अनुमान गरेको हो।, त्यस्तै उसले गोरखा, लम्जुङ, कास्की, सल्यान, रूकुम पश्चिम, डोटी, डँडेलधुरा आसपास भई बहने नदीको पनि सतह बढ्ने अनुमान गरेको छ।, अहिले बिहान साढे ८ बजे कैलालीको टीकापुर आसपासमा भारी वर्षा भइरहेको महाशाखाले बताएको छ।, टीकापुरमा पछिल्लो तीन घन्टामा १२० मिलिमिटर वर्षात् मापन गरिएको छ।,  , यी जिल्लाका नदी, खोलामा बढ्न सक्नेछ बहाव
रासस बाँकेको नेपालगञ्जस्थित कारागारमा एक कैदी मृत फेला परेका छन्।, जानकी गाउँपालिका–६ का २३ वर्षीय नीरज गुप्ताले आज बिहान शौचालयमा झुण्डिएको अवस्थामा मृत फेला परेको  बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले जानकारी दिए।, मृतक गुप्ता तीन वर्षदेखि कैद सजाय भोग्दै आएका थिए।, घटनाबारे मृतकको परीवार र आफन्तलाई खबर गरिएको र घटनाबारे प्रहरीले अनुसन्धान थालेको प्रजिअ आर्चायले बताए।, नेपालगञ्ज कारागारभित्र मृत भेटिए कैदी
रासस राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ।, बोर्डले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुर्‍याएको र आज साँझसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।  , परीक्षा नियन्त्रणा कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले उत्तरपुस्तिका परीक्षणको काम सकिएपछि प्राविधिक काम पनि करिब सम्पन्न भइसकेको, नम्बर कम्प्युटरमा चढाउने, सम्परीक्षण गर्ने, रुजु गर्नेलगायतका प्राविधिक कार्य भइसकेको जानकारी दिए। ,     , उनले भने, ‘एसइईको नतिजा आज साँझसम्ममा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेका छौँ, प्राविधिक समस्या नआए आजै नतिजा सार्वजनिक हुन्छ। प्राविधिक समस्या आएमात्रै भोलि पुग्ने हो अन्यथा नतिजा आजै सार्वजनिक हुन्छ, त्यसकै तयारीमा हामी जुटेका छौं।’     , बोर्डले अन्तिम पटक २०७२ सालको पद्धतिअनुसार नतिजा प्रकाशित गर्ने निर्णय गरिसकेको छ।, विसं २०७२ को प्रणालीअनुसार  सैद्धान्तिक र प्रयोगात्मकको जोडेर ३५ प्रतिशत अंक ल्याए पनि विद्यार्थी उत्तीर्ण हुने व्यवस्था छ। विसं २०७२ को पद्धतिअनुसार ९० देखि १०० प्रतिशत ल्याउनेलाई ए प्लस, ८० देखि ९० भन्दा कम ल्याउनेलाई ए, ७० देखि ८० भन्दा कम ल्याउनेलाई बी प्लस, ६० देखि ७० भन्दा कम ल्याउनेलाई बी, ५० देखि ६० भन्दा कम ल्याउनेलाई सी प्लस, ४० देखि ५० भन्दा कम ल्याउनेलाई सी, ३० देखि ४० भन्दा कम ल्याउनेलाई डी प्लस, २० देखि ३० भन्दा कम ल्याउनेलाई डी तथा २० भन्दा कम ल्याउनेलाई ई ग्रेड प्रदान गरिन्छ। , नयाँ निर्देशिका २०७८ अनुसार सैद्धान्तिक विषयमा विद्यार्थीले अनिवार्य ३५ प्रतिशत अंक ल्याउनुपर्ने व्यवस्था छ।, नयाँ पद्धतिअनुसार सबै विषयमा ३५ प्रतिशतभन्दा कम अंक ल्याउनेलाई नन ग्रेडेडमा राख्ने व्यवस्था छ। यो व्यवस्था आगामी वर्षदेखि लागु हुने भएको छ।, गत चैत १७ गतेदेखि २९ गतेसम्म देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा देशभरका सामुदायिक र निजीका गरी १२ हजार ८३ विद्यालयका कूल चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थीको सहभागिता रहेको थियो।, परीक्षामा दुई लाख ४२ हजार सात सय १२ जना छात्रा र दुई लाख ४२ हजार छ सय ७४ जना छात्रले परीक्षा दिएका छन्। प्राविधिक धारतर्फका १५ हजार चार सय ६१ जना परीक्षार्थीसमेत एसइईमा सहभागी थिए।, यसरी हेर्न सकिन्छ नतिजा:  , एसइईको नतिजा आउने भन्ने थाहा पाएलगत्तै विद्यार्थी तथा अभिभावकलाई जति सक्दो छिटो नतिजा हेर्न पाए हुन्थ्यो भनेर आतुर हुन्छन् तर नतिजा कसरी छिटो थाहा पाउन सकिन्छ भन्ने जानकारी नहुँदा धेरै अभिभावक तथा विद्यार्थी यताउता भौंतारिने गर्छन्।, राष्ट्रिय परीक्षा बोर्डले आज प्रकाशित गर्न लागेको एसइई परीक्षाको नतिजा सहजै हेर्ने व्यवस्था गरेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए। यसका लागि विद्यार्थीले वेबसाइट, एसएमएस र आइभिआरबाट हेर्न सकिने उनले बताए।, परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गरी प्राप्त निर्देशनअनुसार नतिजा जान्न सकिने व्यवस्था गरेको छ।, त्यस्तै, एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ। परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाइटमा नतिजा हेर्न सक्ने व्यबस्था गरेको उनले बताए। , एसएमएसका लागि १६००, ३१००३, ३४९४९,  ३५००१ र ३१०६४ मा डायल गर्न सक्ने व्यवस्था गरेको छ। नतिजाका हेर्नका लागि राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको कक्षा १० को परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट www.see.gov.np  मा हेर्न सकिने बोर्डले जनाएको छ। , त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीको www.neb.gov.np,  नेपाल टेलिकमको www.see.ntc.net.np, www.khaltif\.com, www.neemaacademy.com, www.ekantipur.com, www.theconncetplus.com, www.see.edusanjal.com, www.admissionnepal.com, www.seenicasiabank.com, www.neemaaacademy.com, www.mypay.com.np, www.nepaleducatipnportal.com, www.ayoresult.com, ww.results.matraeducation.com, www.tuteeline.com  बाट नतिजा हेर्न सकिने व्यवस्था गरिएको छ। , 'प्राविधिक समस्या नआए एसइईको नतिजा आजै सार्वजनिक हुन्छ'
सेतोपाटी संवाददाता सत्तारूढ नेपाली कांग्रेसले जिल्ला सभापतिहरूको भेला आज बस्दैछ।, दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा क्रियाशील सदस्यता र कांग्रेस सदस्यताको वितरण, नवीकरण र अभिलेखीकरणको विषयमा छलफल हुने  बताइएको छ।, त्यस्तै विधान बमोजिम गर्नुपर्ने पार्टीका विभिन्न तहका सम्मेलनका विषय पनि बैठकको कार्यसूचीकारूपमा अघि सारिएको छ।, जिल्ला सभापतिहरूको भेलामा पार्टी संचालन तथा व्यवस्थापन लगायतका अन्य विविध सांगठनिक विषय पनि छलफल हुनेछन्।, यसैबीच पार्टीका महामन्त्री गगनकुमार थापाले तीन दिनअघि नै सूचना जारी गर्दै विवरणसहित उपस्थित हुन भनेका थिए।, ‘आफ्नो जिल्लाअन्तर्गतका प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति÷प्रदेश सभा क्षेत्रीय कार्यसमिति/गाउँ, नगर पालिका कार्यसमिति/वडा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको नामावली र सम्पर्क नं., त्यस जिल्लामा वडा तहदेखि जिल्लासम्म विधान बमोजिम हुनुपर्ने सम्मेलनहरू कुन-कुन तहको सम्मेलन सम्पन्न भए, कुन-कुनको हुन वाँकी छ सो को विवरण र योजना समेत लिई उपस्थित हुनुहोला,’ उनले सूचनामा भनेका थिए।, यसैबीच कांग्रेसले एकवर्षपछि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। बैठक असार २७ गते काठमाडौंमा बस्नेछ।,  , किन बस्दैछ आज कांग्रेस जिल्ला सभापतिहरूको बैठक?
रासस बाँकेको कोहलपुरमा पाटेबाघको छाला र हड्डीसहित चार जना पक्राउ परेका छन् । , प्रहरीको लुम्बिनी प्रदेश अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले कोहलपुर-११ हाम्रो बजारबाट पाटेबाघको एक थान छाला र छ किलो आठ सय १८ ग्राम हड्डीसहित उनीहरुलाई पक्राउ गरेको हो।, पक्राउ पर्नेमा दैलेखको भगवतीमाई गाउँपालिका–५ का ३३ वर्षीय प्रवीणकुमार केसी, दैलेखकै ठाँटीकाँध गाउँपालिका-४ का ३० वर्षीय सुनिल चुनारा, अछामको पञ्चदेवल गाउँपालिका-२ का ३६ वर्षीय लोकेन्द्र शाही र जाजरकोटको बारकोट गाउँपालिका–३ का ५२ वर्षीय कर्णबहादुर रोकाय रहेका छन्। , डिभिजन कार्यालय बाँकेका वन अधिकृत अजितकुमार कर्णका अनुसार छाला र हड्डी वयस्क पोथी बाघको हो। छालाको लम्बाइ नौ फिट आठ इञ्च रहेको छ। घाँटीमा दुई ठाउँमा गोलीको प्वाल फेला परेको छ । बरामद गरिएको हड्डी कतिवटा बाघको हो भन्नेबारे अनुसन्धान भइरहेको उनले बताए।   , राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ को उपदफा १ का अनुसार पक्राउ परेका चारै जना दोषी भएको पुष्टि भएमा पाँचदेखि १५ वर्षसम्मको कैद वा पाँच लाखदेखि १० लाख रूपैयाँसम्म जरिवाना अथवा दुवै सजाय हुनसक्ने वन अधिकृत कर्णले बताए। चारै जनाबारे थप अनुसन्धन डिभिजन वन कार्यालय गरिरहेको छ। , पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ
सेतोपाटी संवाददाता बाँकेको नेपालगञ्ज कारागारमा एक युवकले जेल परेको १५ दिनमै कारागार भित्रै मृत फेला परेका छन्।, जिल्लाको जानकी गाउँपालिका– ६ का २३ वर्षीय निरजकुमार बानियाँ बिहीबार बिहान पाँच बजे कारागारको बाथरुममा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले सेतोपाटीलाई जानकारी दिए।, बानियाँ असार ५ गते मात्रै पक्राउ परेका थिए।, २०७९ चैत्र २२ गते बाँके जिल्ला अदालतले डाँका चोरी मुद्दामा उनलाई तीन वर्ष कैद र ३० हजार जरिवाना हुने फैसला सुनाएको थियो ।, त्यसयता फरार रहेका बानियाँ १५ दिन अगाडि मात्रै पक्राउ परेका हुन्।, अहिले पोष्टमर्टमका लागि बानियाको शव नेपालगंजस्थित भेरी अस्पतालमा पठाइएको डिएसपी डाँगीले जानकारी दिए।, १५ दिनअघि मात्रै पक्राउ परेका थिए नेपालगञ्ज कारागारमा मृत भेटिएका युवक
निशा भण्डारी ललितपुरको लगनखेलस्थित सार्वजनिक जग्गामा व्यापारिक भवन बनाउन ललितपुर महानगरले निजी कम्पनीलाई ठेक्का दिएको भन्दै स्थानीय विरोधमा उत्रिएका छन्। , बिहीबार बिहान पुल्चोकस्थित महानगरपालिकाको भवन अगाडि स्थानीयले प्रदर्शन गरेका हुन्।, वडा नम्बर १२ लगनखेलमा प्रहरी चौकी र वडा कार्यालय रहेको भवनलाई हटाएर सार्वजनिक जग्गामा व्यापारिक भवन बनाउन लागेको भन्दै प्रदर्शन गरेको लगनखेल समाजका अध्यक्ष पवन रानामगरले जानकारी दिए। उक्त जग्गामा मच्छिन्द्र कम्प्लेक्स बनाउनको लागि महानगरले केबी एभी जोइन्ट भेन्चरलाई  ठेक्का दिएको थियो। , उक्त खबर पाएपछि स्थानीयहरूले केही महिनाअघि नै मेयर चिरीबाबु महर्जनलाई ज्ञापनपत्र बुझाएका थिए। ज्ञापनपत्र बुझाएपछि छलफलका लागि बोलाउने भने पनि अहिलेसम्म नबोलाएपछि आफूहरूले प्रदर्शन गर्नुपरेको अध्यक्ष रानामगरले बताए। , ‘उहाँहरूले छलफलका लागि बोलाउने भनेर बोलाउनुभएन। हाम्रो माग सार्वजनिक जग्गामा कुनै पनि व्यापारिक भवन बन्न भएन भन्ने हो। त्यहाँ रहेको प्रहरी चौकी पनि हटाउन हुन्न भन्ने हो,’ उनले भने।, प्रदर्शनमा २१ वटा टोल सुधार समिति छन्। यसरी भवन बनाउन लागेको विरोधमा उनीहरूले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पनि उजुरी दिएका छन्।, ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन भने आफूहरूले विधिसम्मत् तवरले भवन निर्माणको लागि काम अगाडि बढाएको बताएका छन्। , उनले प्रहरी आइजिपी बसन्तबहादुर कुँवर, एसएसपी शिद्धीबिक्रम शाहलगायत सरोकारवालाहरू सबैसँग छलफल गरी निर्माण गर्ने प्रक्रिया अघि बढाएको बताए। , विधिसम्मत् तरिकाले नै काम अगाडि बढाएकाले आफू पछि नहट्ने उनले बताए। , ‘नजिकका अन्य बिजनेश कम्लेक्सहरूले यसलाई रोक्न खोजेको हो। हामीले मानेनौं। महानगरपालिकाले सबै फुटपाथ पनि हटाउन लागेको छ। पार्किङ पनि हटाउन लागेको छ भनेकाले उहाँहरू आउनुभएको छ,’ मेयर महर्जनले भने, ‘उहाँहरू स्थानीयहरू पनि हुनुहुन्न। एक जना पनि स्थानीय हैनन्।’, महानगरपालिकाले त्यहाँ रहेको वडा कार्यालय भत्काइसकेको छ। प्रहरी चौकी भने विवाद भएपछि नहटेको पनि उनले बताए। , चार तलाको व्यापारिक कम्प्लेक्स बनेपछि वडा कार्यालय र प्रहरी चौकीलाई पनि त्यहीँ राखिने उनले बताए। , ‘अहिले जसरी वडा कार्यालय र प्रहरी चौकी राखिएको छ, त्यसैगरी नै राख्न लागिएको हो,’ उनले भने, ‘कुनै केही किसिमको गल्ती भएको छैन।’ , १८ महिनाभित्र यो भवन निर्माण सम्पन्न गरिसक्ने तयारी छ। त्यतिञ्जेलको लागि वडा कार्यालय र प्रहरी चौकी भाडाको भवनमा राखिने उनले बताए। , ‘प्रहरीलाई राख्नका लागि हामीले भाडामा लिइसकेका छौं। निर्माणको काम हुन्जेल प्रहरी रहँदा अप्ठ्यारो हुन्छ भनेर उता सारिएको हो,’ उनले भने,‘निर्माण सकेपछि उहाँहरू फर्किन सक्नुहुन्छ।’, मेयर महर्जनले प्रदर्शनरतहरूलाई पनि नभेट्ने बताए। ज्ञापनपत्र भए दर्ता शाखामा दर्ता गराएर जान सक्ने उनले बताए।, तस्बिरहरू:, सार्वजनिक जग्गामा व्यापारिक कम्प्लेक्स बनाउन लागेको भन्‍दै ललितपुर महानगरविरूद्ध प्रदर्शन (तस्बिरहरू)
सेतोपाटी संवाददाता १६ वर्षीया नाबालिगको ललितपुरमा बलात्कार भएको घटनामा प्रहरीले लर्ड अफ ड्रिंक्स (एलओडी) क्लबका दुई सञ्चालकविरूद्ध पक्राउ अनुमति लिएको छ। , जिल्ला प्रहरी परिसर ललितपुरले ललितपुर जिल्ला अदालतबाट दुई जना कम्पनीका सञ्चालकविरूद्ध पक्राउ पुर्जी जारी गरेको स्रोतले बतायो। सञ्चालकहरू रुदिलबल्लव श्रेष्ठ र राजुसिंह सुवालविरूद्ध पुर्जी जारी भएको हो। कम्पनी रजिस्ट्रार कार्यालयमा कम्पनी उनीहरूको नाममा छ। , गत जेठ ३१ गते बुधबार राति ललितपुरको बागडोलमा १६ वर्षीया नाबालिगको बलात्कार भएको थियो। त्यसको भोलिपल्टै नाबालिगले प्रहरीलाई जानकारी दिएपछि आरोपी पोखराका ५० वर्षीय सुदन कोइराला पक्राउ परेका थिए। उनी बागडोलमा एक प्राइभेट कम्पनी चलाएर बसेका थिए। , प्रहरी स्रोतका अनुसार नाबालिगलाई कोइरालाले एलओडी क्लबमा भेटेका थिए। नाबालिग एसइई परीक्षा दिएर बसेकी थिइन्। , त्यसराति फेसबुकबाट चिनेका साथीले उनलाई एलओडीमा घुम्न जाने भनेर लगेका थिए। तर त्यहाँ नाबालिगको कोइरालासँग भेट भएको थियो। , ‘नाबालिगले साथीसँगै जान्छु भनेकी रहेछन्। साथी पनि मसँगै जाने हो भनेपछि नाबालिगलाई आफ्नो गाडीमा हालेर बागडोल पुर्‍याइएको रहेछ,’ स्रोतले भन्यो। , यसरी नाबालिगलाई क्लबमा प्रवेश दिँदा बलात्कार भएको भन्दै परिसरले सञ्चालकहरूविरूद्ध पनि पक्राउ पुर्जी जारी गरेको हो।, प्रहरीले यस घटनामा अनुसन्धान गरिरहेको जनाएको छ।, नाबालिग बलात्कार घटनामा एलओडी क्लबका दुई सञ्चालकविरूद्ध पक्राउ पुर्जी
रासस धवलागिरि क्षेत्रको ‘लाइफ लाइन’का रूपमा रहेको मध्यपहाडी राजमार्गको पोखरा–बागलुङ खण्ड अवरूद्ध बनेको छ। पर्वतको मोदी गाउँपालिका–६ स्थित महभिरमा सडकमाथिबाट पहिरो खस्दा गए रातिदेखि सडक अवरुद्ध बनेको हो। , भारी वर्षाका कारण भिरबाट ठूला–ठूला ढुङ्गासहितको पहिरो  खसेर सडक पुरिएको हो। अवरूद्ध सडक खुलाउनका लागि जेसिबी र सुरक्षाकर्मीलाई परिचालन गर्ने तयारी भइरहेको पर्वतका ट्राफिक प्रहरी प्रमुख सुमन न्यूरेले जानकारी दिए। वर्षा नरोकिएका कारण सडक खुलाउन समस्या भएको छ। , सडक अवरूद्ध हुँदा पोखरातर्फबाट धवलागिरिका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङतर्फ आएका सवारीसाधन नयाँपुलमा रोकिएका छन् भने यस क्षेत्रबाट अन्यत्र जाने लामो तथा छोटो दूरीका सवारीसाधन डिमुवामा रोकिएका छन्। अहिले पनि यस क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ। ठूलो वर्षाका कारण केही ग्रामीण सडकमा समेत आवतजावत बन्द भएको छ। , पहिराले महाकाली लोकमार्ग अवरुद्ध, वर्षासँगै आएको बाढी र पहिराका कारण महाकाली लोकमार्ग अवरूद्ध भएको छ। शैल्यशिखर नगरपालिका–६ पनेबाज क्षेत्रमा पहिरो खस्दा महाकाली लोकमार्गअन्तर्गतको गोकुलेश्वर–खलङ्गा सडक क्षेत्र बन्द भएको हो।, सोमबार रातिदेखि सुरू भएको वर्षासँगै ठाउँ-ठाउँमा खसेको पहिराले सडक अवरुद्ध भएको छ। खलङ्गाबाट महेन्द्रनगर–काठमाडौंका लागि छुटेका बस सडक अवरूद्ध हुँदा बाटोमै रोकिएका छन्।, पानी पर्दा बेला–बेलामा महाकाली लोकमार्गअन्तर्गत गोकुलेबाट पनेबाज–ऐरीछानासम्म सडक अवरुद्ध हुने गरेको छ। सडक अवरूद्ध भएपछि छोटो तथा लामो दूरीका सवारीसाधन गन्तव्यमा पुग्न सकेका छैनन्।, महेन्द्रनगर, धनगढीबाट खलङ्गाका लागि छुटेका रात्रिबससमेत बाटोमै रोकिएका कारण यात्रु समस्यामा परेका छन्। पहिरो सफा गर्न बिहानैदेखि डिभिजन सडक बैतडी पाटनको लोडरले प्रयास गरिरहेको भए पनि लगातार परिरहेको वर्षाका कारण अवरुद्ध लोकमार्ग खुलाउन समस्या भएको सडक विभागका सुपरभाइजर राजेन्द्रसिंह धामीले जानकारी दिए।, पहिरो खस्दा पोखरा–बागलुङ खण्ड र महाकाली लोकमार्ग अवरूद्ध
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले हनुमानढोका दरबार क्षेत्रको मौलिकता र सौन्दर्यको जगेर्ना गर्न सवारी आवतजावत रोकिएको बताएका छन्।, महानगरले केही दिन पहिले विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा सवारी छिर्न नदिने बताएका थियो।, मेयर बालेनले र परिसरको वातावरण शान्त, स्वच्छ र सुरम्य बनाउन यसो गरिएको बताएका छन्। , ‘काठमाडौं मुख्यरूपमा प्राचीन र ऐतिहासिक कालिगढीको उदाहरण हो। काठमाडौंको पहिचान भनेकै यहाँका सम्पदाहरू हुन्। विश्वलाई गौरवसाथ देखाउन सक्ने, हामीले शानसँग व्यवसाकिकता अँगाल्न सक्ने भनेकै यिनै सम्पदा र यिनको प्राचीन मौलिकता पनि हुन्। यही हेर्न, अनुभव गर्न र रमाउन लाखौं पर्यटकहरू आउन सक्छन् ।  वसन्तपुर हनुमानढोका यसमध्येकै एक हो, जहाँ दिनमा हजारौं पर्यटकहरू आउने र लाखौं आउन सक्ने सम्भावना छ। यिनीहरूको मौलिकता, सौन्दर्य र परिसरको वातावरण शान्त, स्वच्छ र सुरम्य हुन अत्यावश्यक छ। यसैले हनुमानढोका परिसरभित्र सवारी साधनहरूलाई निषेध गरिएको छ,’ उनले भनेका छन्।,  , मौलिकता र सौन्दर्य जोगाउन हनुमानढोका परिसरभित्र सवारी साधन निषेध गरियोः मेयर बालेन
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकासहित देशभर बिहानैदेखि वर्षा भइरहेको छ।, पछिल्लो ६ घन्टामा देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र लुम्बिनी, गण्डकी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।, यसैबीच तिनाउको जल सतह निरन्तर बढ्ने क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।, तिनाउको अहिले जल सतह ६.४२ मिटर रहेको महाशाखाले बताएको छ। , पछिल्लो तीन घन्टा स्याङजा, तनहुँ, पाल्पा, गुल्मी, अर्घाखाँची, रूपन्देही, कपिलवस्तु, दाङ र आसपास अति भारी वर्षा भएको पनि महाशाखाले बताएको छ। उक्त स्थानका खहरे खोलाहरूमा आकस्मिक बाढी आउने सम्भावना औंल्याइएको छ। त्यस्तै पहाडका कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेको बताइएको छ।, त्यस स्थानमा दिउँसो १ बजेसम्म भारी वर्षाकै सम्भावना रहेको पनि महाशाखाले बताएको छ।, पाल्पाको तानसेन स्टेसनमा पछिल्लो २४ घन्टामा १ सय ६३ .८ मिलिमिटर वर्षा मापन गरिएको छ।, त्यस्तै पाल्पाकै बल्ड्याङगडीमा पछिल्लो २४ घन्टामा २ सय ५५.८ मिलिमिटर मापन गरिएको छ। यता दाङको कोइलाबास क्षेत्रमा पछिल्लो २४ घन्टामा १ सय ३८.४ मिलमिटर मापन गरिएको छ। अर्घाखाँचीमा पछिल्लो २४ घन्टामा १ सय ५५.८ मिलिमिटर मापन भएको छ।,  , लुम्बिनी, गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा, तिनाउको जल सतह बढेको बढ्यै
नारायण खड्का दस दिनपछि छुटेका शान्तिनगर गाउँपालिका- २ का वडाध्यक्ष सुनिल वलीले घोराहीमा पत्रकार सम्मेलन गरेका छन्।, दस दिन प्रहरी हिरासतमा बसेर सोमबार बेलुका छुटेका वलीले बेलुका अबेर नेपाल पत्रकार महासंघ दाङ शाखाको कार्यालयमा पत्रकार सम्मेलन गरि आफूले अनियमितता रोक्न खोज्दा सुनियोजित रूपमा फसाइएको भन्दै आफ्नो बचाउ गरेका थिए । , अध्यक्ष वलीले योजनाको डुब्लिकेसनको आशंकामा कुरा उठाउँदा आफूलाई फसाइएको बताए । , स्थानीय जनकल्याण माध्यामिक विद्यालय सिमसुन्दरपुरमा पुस्तकालय स्थापनाको विषयमा आफूले बुझ्न खोज्दा कर्मचारीले नै वडाध्यक्ष भनेको को हो ? भनेर प्रश्न गरेपछि आफूसँग विवाद भएको उनले जानकारी दिए । , ‘वडामा हुने अधिकांश विकास निर्माणका कामहरू वडाध्यक्षको सिफारिसमा हुने गरेको छ, तर जनकल्याण माध्यामिक विद्यालयमा पुस्तकालय स्थापना गर्ने योजनाहरू कसरी पर्‍यो भनेर मैले बुझ्न मात्रै खोजेको थिए,’ वडाध्यक्ष वलीले भने, ‘तर कर्मचारीले नै वडाध्यक्ष भनेको को हो? भनेर अपमान नै गरेपछि सामान्य विवाद भएको हो।’, त्यही  सामान्य विषयलाई लिएर राजनीतिक पहुँचका आधारमा आफूलाई फसाइएको उनले बताएका थिए । , स्वतन्त्र रूपमा निर्वाचित वडाध्यक्ष वलीले असार ७ गते दिउँसो ४ बजेतिर गाउँपालिकाको कार्यालयमा प्रवेश गरी शिक्षा अधिकृत सुमन पाण्डेलाई हातपात गरेका थिए।, सोही आरोपमा फरार रहेका वलीलाई घोराही उपमहानगरपालिका–१० बाट असार ८ गते प्रहरीले पक्राउ गरेको  जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता नायब उपरीक्षक राजन गौतमले जानकारी दिएका थिए । , अध्यक्ष वलीले आफुले वडामा कुनैपनि भ्रष्टाचार नगरेको र गर्न पनि नदिएकाले आफूमाथि पटक-पटक जनप्रतिनिधि र कर्मचारीहरूले हतोस्ताहित गराउने प्रयास गरेको आरोप पनि लगाए।, शान्तिनगर गाउँपालिका शिक्षा शाखा प्रमुख समुन पाण्डेयले आफुमाथि हातपात र दुव्र्यवहार भएको भन्दै प्रहरीमा वडाध्यक्ष विरूद्ध किटानी जाहेरी दिएको हुँदा प्रहरीले उनलाई पक्राउ गरेको थियो। वली सोमवार धरौटीमा रिहा भएका हुन्। , गत फागुनमा पनि वडाध्यक्ष वलीले गाउँपालिका अध्यक्ष प्रमोद बस्नेत र प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्कामाथि कार्यकक्षमै हातपातको प्रयास गरेका थिए।, उनले कुर्सी उठाएर दुबै जनालाई त्यसैले हान्न खोजेका थिए। त्यसको विरोधमा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयमा लिखित निवेदन दिए पनि फेरि त्यस्तो कार्य नदोर्‍याउने सर्तमा कुरा मिलेको थियो।, यो पनि, गाउँपालिका अध्यक्षलाई कार्यकक्षमै टेबल उठाएर हान्न खोजे वडाध्यक्षले, शिक्षा अधिकृतलाई हातपात गर्ने शान्तिनगर गाउँपालिकाका वडाध्यक्ष सुनिल वली पक्राउ,  , दस दिनपछि छुटेका वडाध्यक्षले पत्रकार सम्मेलन गर्दै भने-अनियमितता रोक्न खोज्दा दुःख पाएँ
रासस वर्षासँगै आएको बाढी र पहिराका कारण बागलुङ–कुश्मीशेरा सडक अवरुद्ध भएको छ।, बागलुङ नगरपालिका–१० भकुण्डेको दव्ल्याङमा पहिरो खस्दा जिल्लाको दक्षिण क्षेत्र जोड्ने बागलुङ–कुश्मीशेरा सडक बन्द भएको हो।, सोमबार रातिदेखि सुरू भएको वर्षासँगै दव्ल्याङमा पहिरो खसेको हो। तीन वर्षअघिदेखि सुरु भएको पहिराले हिउँदमा सामान्य वर्षा हुँदासमेत सडक बन्द हुने गरेको थियो। आइतबारको वर्षापछि पहिराले उक्त सडक अवरुद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ।, सदरमुकाम बागलुङ बजारबाट बागलुङ नगरपालिकाको बलेवा क्षेत्र, जैमिनी नगरपालिका र बरेङ गाउँपालिका चल्ने सवारी सडक अवरूद्ध हुँदा मर्कामा परेका छन्। सडक अवरुद्ध भएपछि निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बाटो हुँदै गन्तव्यमा पुग्न सवारीसधानले प्रयास गरिरहेका छन्। तर सोही पहिराका कारण करिडोरसमेत अवरूद्ध छ।, पहिरो पन्छाउन नसक्दा पाँच दिनदेखि यातायात ठप्प, पहिरो पन्छाउन नसक्दा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा पाँच दिनदेखि यातायात सञ्चालन हुनसकेको छैन। जिल्लाको पहाडी क्षेत्रका लागि यातायात सञ्चालन हुने मुख्य सडक मार्गको ठाउँ–ठाउँमा पहिरो खसेर  यातायात पूर्णरूपमा अवरुद्ध भएको हो।, दलदले–कुसोत–पोखरी खण्डअन्तर्गत कुमसोत–पोखरी खण्डमा खसेको पहिरो पन्छाउन नसक्दा यातायात सञ्चालनमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक बेदप्रसाद पौडेलले बताए।, अविरल वर्षाका कारण विभिन्न खण्डमा पहिरो खसेसँगै गत बिहीबारदेखि सदरमुकामसँग  नवलपुरको पहाडी क्षेत्रको यातायात सम्पर्क पूर्णरूपमा टुटेको छ। जिल्लाको पहाडी क्षेत्रअन्तर्गत पर्ने पालिका बौदीकाली, बुलिङटार र हुप्सेकोटका केही क्षेत्रका लागि मुख्य मार्गका रूपमा रहेको खण्डमा पहिरो खसेपछि ती क्षेत्रमा कुनै सवारी सञ्चालन हुनसकेका छैनन्।, पहिरो पन्छाउने प्रयास गरिएको भए पनि पानी पर्ने र पहिरो झर्ने क्रम नरोकिँदा समस्या भएको प्रहरी नायब उपरीक्षक पौडेलले बताए। ‘पहिरो पन्छाउन निरन्तर प्रयास भइरहेको छ, तर विभिन्न क्षेत्रमा धेरै पहिरो खसेको छ, पानी पर्ने र पहिरो झर्ने क्रम पनि रोकिएको छैन, यसैले पहिरो पन्छाउन समस्या भएको छ’, उनले भने।, दलदले–कुमसोत–पोखरी खण्डअन्तर्गत हुप्सेकोट गाउँपालिका–५ पाङ्गे्र र पोखरी खण्डमा खसेको पहिरो हटाउन समस्या भएको उनले बताए। पोखरीबाट डेढगाउँ जाने खण्डमा समेत यातायात सञ्चालन हुनसकेका छैनन्।, पहाडी क्षेत्रको मुख्य मार्गका रूपमा सडकखण्ड बन्दा भएसँगै पहाडी क्षेत्रका बासिन्दालाई सदरमुकाम आउनसमेत समस्या भएको छ। पहिराले बाटो बन्द भएपछि जिल्लाको सदरमुकाममा कुनै अत्यावश्यक काम परे डेढगाउँ-भिमाद-खैरेनी-मुग्लिङ-नारायणगढ हुँदै घुमेर आउनुपर्ने बाध्यता सिर्जना भएको बौदीकाली-५ बबकका स्थानीय गेसबहादुर श्रेष्ठले बताए।, पहाडी क्षेत्रका लागि विकल्पको मार्गका रूपमा रहेको कालीगण्डकी करिडोरअन्तर्गत गैंडाकोट–बुलिङटार खण्डसमेत पहिराले अवरुद्ध हुँदा थप समस्या सिर्जना भएको उनको भनाइ छ। जिल्लाको पहाडी क्षेत्रका बासिन्दालाई वर्षायाममा कुनै समस्या परे कावासोती आउने बाटो बन्द हुने हुँदा भिमाद, खैरेनी पुग्नुपर्ने बाध्यता छ।, नवलपुरको पहाडी क्षेत्रमा बर्सेनि वर्षायाममा बाटो पहिराले बन्द हुँदा यस क्षेत्रका बासिन्दा समस्यामा पर्ने गरेका छन्। जिल्लाको सदरमुकाम जोड्ने मूल सडकखण्डको समयमै स्तरोन्नति हुन नसक्दा समस्या सधैं उस्तै रहेको बुलिङटारका स्थानीय टोलबहादुर रानाले बताए।, पहिराले ठाउँ-ठाउँमा सडक अवरूद्ध
सेतोपाटी संवाददाता अर्घाखाँची पाणिनी गाउँपालिका–१ कोप्चेमा मंगलबार बिहान पहिराले घर भत्काउँदा ३ जना बालबालिकाको मृत्यु भएको छ।, १ जना बालकको उद्धार गरेर उपचारका लागि पाल्पा अस्पताल लगिएको गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले जानकारी दिए।, उनका अनुसार बिहान ६ बजे घरमाथिको ढिस्को भत्कँदा गंगा रास्कोटीको घर पुरिएको हो।, मृत्यु हुनेमा ११ वर्षकी अन्जना रास्कोटी, १० वर्षका खुमबहादुर रास्कोटी र ९ वर्षका धनबहादुर रास्कोटी रहेका छन्। १४ वर्षका सचिन्द्र रास्कोटी गम्भीर घाइते रहेको न्यौपानेले बताए। मृतक र घाइते बालबालिका भाइभाइका छोरा हुन्।, परिवारका सदस्य उठेर काममा गएका बेला घरभित्रै सुतिरहेका बालबालिका पहिरोमा परेका थिए।, बालबालिकाको शव पोखराथोकमा रहेको स्वास्थ्य केन्द्रमा लैजाने र पोस्टमार्टमपछि परिवारलाई बुझाइने अध्यक्षले जानकारी दिए।,  , अर्घाखाँचीमा पहिराले घर भत्काउँदा ३ बालबालिकाको मृत्यु, १ जना घाइते
रोहित महतो हरेक दिन बेलुकी जनकपुरधामस्थित गंगासागर डिलको चारैतर्फ रमाउँदै फोटो खिच्नेको भिड लाग्छ। नेपाल तथा भारतका विभिन्न ठाउँबाट आएका कोही पर्यटक परिवारसहित खेलिरहेका हुन्छन्। कोही बोटिङमा रमाउँछन्।, यो भिडमै अचेल देखिन्छिन् दस वर्षे चाँदनी गुप्ता। उनको भने यहाँ आउनुको उद्देश्य बेग्लै छ।, गंगासागरको उत्तर-पश्चिम डिलमा उनी आउँछिन्। उनका साथमा हुन्छ- दुइटा पुराना क्रेट, सल, किताब, कापी, ज्यामिति बक्स र एउटा झोला।, आडैको बरन्डामा उनी दुइटा क्रेटको टेबलजस्तो बनाउँछिन्। त्यहाँमाथि सल ओछ्याउँछिन्। झोलामा ल्याएको मुरही र सोयाबिन (न्युटेला) का साना बीस/पच्चीस वटा प्याकेट निकाल्छिन्। किताबकापी र पुरानो ज्यामिति बक्स पनि फिँजाउँछिन्। अनि ग्राहक कुर्दै उनी आफ्नो गृहकार्य गर्न थाल्छिन्।, चाँदनी चार कक्षामा पढ्दैछिन्। , 'होमवर्क धेरै हुन्छ। काम पनि गर्नुपर्छ। अनि यहीँ सामान बेच्दै गर्छु,' उनले भनिन्।, उनी गृहकार्यमा यति डुब्छिन्, वरिपरिको कुनै रमाइलो दृष्यले उनको ध्यान भड्काउँदैन। पढ्न थालेपछि उनको घाँटीनिर भएको घाउको दुखाइमा समेत ध्यान दिन्नन्।, 'घरमा चामल सकिएको छ। खाना छैन। आमा बिरामी हुनुहुन्छ। त्यसैले स्कुल छुट्टी भएलगत्तै घर आएर केही होमवर्क गरेँ। दुई बजेपछि मुरही बेच्न आएँ। गंगा आरती हुन्जेल बेच्छु पनि पढ्छु पनि,' उनले भनिन्।, चाँदनी दस/दस रूपैयाँ प्याकेटमा मुरही र सोयाबिन बेच्छिन्। दिनमा १५/२० वटा बिक्छ। त्यसले उनी र उनकी दिदी दुबैको कापीकलम र पढाइमै चाहिने सान्तिनो सामान किन्ने पैसा जोहो हुन्छ।, 'बुवाको कमाइले मात्रै पढ्न पुग्दैन। होमवर्क यतिधेरै हुन्छ कि कापीकलम तुरून्तै सकिन्छ। यो बेचेर मैले पढाइका सामान किन्छु। बचेको पैसा ममीलाई दबाईका लागि दिन्छु,' उनले भनिन्।, कानुनले बालश्रम बन्देज गरे पनि चाँदनी आफ्नो घरको परिस्थितिले काम गर्न बाध्य छिन्।, उनको डाक्टर बन्ने सपना छ। यसकै लागि पढाइमा मेहनत गरिरहेको उनी बताउँछिन्।, 'अहिलेदेखि राम्ररी पढ्यो भने छात्रवृत्तिमा बिना पैसाकै डाक्टरी पढ्न पाइन्छ। सरहरूले होस्टलमा बसेको पैसा पनि लाग्दैन भन्नुभएको छ। म जसरी पनि पढेर डाक्टर बन्छु,' उनी भन्छिन्।, उनकी आमाको पाठेघरमा समस्या छ। बुवालाई फोक्सो सम्बन्धी रोग छ। दुवैको शल्यक्रिया गरिएको छ। कैयौं पटक मुश्किल अवस्थामा पुग्दा पनि डाक्टरले बचाइदिए भन्ने विश्वास छ चाँदनीमा। त्यसै बेलादेखि उनलाई पनि डाक्टर बनेर मान्छेको ज्यान बचाउन मन लागेको हो।, परिवारलाई ऋणको बोझले खान-लाउन हम्मे परिरहे पनि घरका दुई दिदीबहिनी निजी स्कुलमा पढ्छन्। चाँदनीकी आमा सञ्जु गुप्ताले आफू बाँचुन्जेल जसरी पनि दुवै छोरीलाई राम्रो शिक्षा र निजीमै पढाउने अड्डी कसेकी छन्।, 'सरकारी स्कुलमा न पढाइ राम्रो छ, न बच्चाको हेरचाह। टोलका कसैले छोराछोरीलाई सरकारीमा पढाउँदैनन्। आफू नपढेर पेट पाल्न गाह्रो भएको छ, भड्किरहेकी छु। मेरा बच्चाको यो अवस्था नहोस्,' सञ्जुले भनिन्, 'भोकै भएर भए पनि बच्चाको भविष्य बनोस् भन्ने चाहेकी छु।', आर्थिक हैसियत दयनीय देखेर छोरीहरू पढ्ने स्कुलले शुल्कमा केही छुट गरिदिएको उनले सुनाइन्। छोरीको सपना पूरा गर्न कुनै कसर बाँकी नराख्ने उनी बताउँछिन्।, उनलाई पनि विश्वास छ— गंगामाईको महिमाले मेरी छोरी एकदिन जरूर डाक्टर बन्छे!, छोरी पढाउन, औषधि उपचार र ऋण तिर्न सञ्जु र उनका श्रीमान गणेश आफू बिरामी भए पनि संघर्ष गरिरहेका छन्।, गणेश अटोरिक्सा चलाउँछन्। फोक्सो सम्बन्धी रोगको उपचार गराइरहेका उनलाई डाक्टरले अटोरिक्सा नचलाउन भनेका छन्। तर गर्जो टार्न अरू उपाय छैन। उनी हरेक दिन बिहान चार बजे रिक्सा हुइँक्याउँदै काममा निस्किन्छन्। राति ८ बजेपछि मात्रै घर फर्किन्छन्।, उनको कमाइले आफ्नो र श्रीमतीको उपचार, घर खर्च जोरजाम हुन्छ। छोरीहरूको पढाइका लागि सधैं ऋण लिइरहनुपर्छ। एक वर्षदेखिको शुल्क नतिर्दा स्कुलले पहिलो त्रैमासिक परीक्षाका लागि प्रवेशपत्र नदिएको सञ्जुले बताइन्। ऋण लिएर छोरीहरूको किताबकापी किने, अझै पुगेको छैन।, चाँदनीकी दिदी पनि अहिले घरको काम र आमाको स्याहारमा व्यस्त छिन्। अरू बेला सञ्जु गंगासागर छेवैको शिव मन्दिरअगाडि पूजाका सामग्री बेच्छिन्। दिनमा दुई/चार सय रूपैयाँको बिक्री हुन्छ।, 'स्कुल र अस्पतालमा पैसा तिर्दा तिर्दै थाकिसक्यो,' सञ्जुले भनिन्, 'शुल्क तिर्न नसक्दा दुई वर्ष दुइटै छोरीले पढाइ नै छाड्नुपर्‍यो। सरकारी स्कुलमा पढेको-नपढेको बराबरै देखेँ। बोर्डिङमा सित्तैमा पढाउँदैनन्। म पनि रोगी भइहालेँ।', प्रादेशिक अस्पताल जनकपुरमा राम्रो उपचार नपाएपछि भारतको बिहारस्थित दरभंगा अस्पतालमा उपचार गराइरहेको उनी बताउँछिन्। श्रीमानको उपचारका लागि पैसा नपुग्दा उनले चन्दा पनि संकलन गरिन्।, जनकपुरका केही दाताको सहयोगमा गणेश मृत्युको मुखबाट बचेर फर्किएका थिए। अहिले फेरि उनी आफ्नो ज्यानको पर्वाह नगरी परिवार पाल्न र छोरीहरू पढाउन काममा खटिएका छन्।, 'छोरा कमाउने उमेरका भइसकेको छ। तर कुलतमा फसेर परिवारको वास्तै राख्दैन,' सञ्जुले भनिन्।, 'मेरी छोरी एकदिन जरूर डाक्टर बन्छे!'
सेतोपाटी संवाददाता दाङको तुलसीपुरको बुद्ध चोकमा शुक्रबार बिहान दुई मोटरसाइकल आपसमा ठोक्किँदा घाइते भएकामध्ये एक जना शिक्षकको उपचारका क्रममा मंगलबार निधन भएको छ। , तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ का ५८ वर्षीय खोपीराम अधिकारीको उपचारका क्रममा मंगलबार बिहान पौने ८ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए। , अधिकारी तुलसीपुर–११ स्थित आधारभूत विद्यालय कटाहाका प्रधानाध्यापक थिए। दुर्घटना भएको दिन उनी मोटरसाइकलको पछाडि सवार थिए। उनको टाउको, अनुहार लगायतमा गहिरो चोट लागेको थियो। , अधिकारीलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि तत्कालै नेपालगञ्ज रिफर गरिएको थियो। , अधिकारी तुलसीपुर–१६ लहलौराका ५६ वर्षीय नवराज डाँगीले चलाएको मोटरसाइकलको पछाडि सवार थिए। डाँगी पनि शिक्षक हुन्। दाङ घोराहीस्थित गोरखा हस्पिटलमा उनको उपचार जारी रहेको प्रहरीले बताएको छ। , त्यस्तै, रा ४ प २८६६ नम्बरको मोटरसाइकल चालक तुलसीपुर–६ डुर्मीगाउँका २४ वर्षीय दिपेश चौधरीको बाँकेमा उपचार जारी छ। उनको पछाडि सवार सल्यान जिल्लाको शिद्धकुमाख गाउँपालिका–२ का १८ वर्षीय सुनिल बुढाथोकी उपचारपछि घर फर्किसकेको प्रहरीले बताएको छ। चौधरी मोटरसाइकल मेकानिक हुन्। , घाइते शिक्षक डाँगीले चलाएको रा १ प ८४४६ मोटरसाइकल तुलसीपुर बजारतर्फ आइरहेको समयमा तुलसीपुरबाट दक्षिणविपरीत दिशातर्फ गइरहेको तीव्र गतिको मोटरसाइकलले उनीहरूलाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ।, दुर्घटनामा घाइते प्रधानाध्यापकको उपचारको क्रममा निधन
सेतोपाटी संवाददाता अविरल वर्षापछि झरेको पहिरोले पाल्पाका विभिन्न सडक अवरूद्ध भएका छन्।, वर्षाका कारण सडकमा पहिरो र लेदो झर्दा आवतजावत अवरूद्ध भएको हो।, सिद्धार्थ राजमार्गको तानसेन पोखरा सडकखण्डको चिदिपानी धैरेनीमा लेदो र गेग्रान सहितको पहिरो खस्दा सडक अवरूद्ध भएको छ।  , धैरेनी क्षेत्रमा डिभिजन सडक कार्यालय पाल्पाको डोजर पुगे पनि लगातारको वर्षाले पहिरो हटाउन नसकिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। धैरेनी क्षेत्रमा सोमबार रातिदेखि नै सडक अवरूद्ध छ।, सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडकखण्डको गौंडेपुलमा खसेको पहिरो पन्छाउने काम भइरहेको डिभिजन सडक कार्यालय पाल्पाका डिभिजन प्रमुख प्रदिपमणि निरौलाले बताए।, निरन्तर पहिरो झरिरहने बुटवल तानसेन सडकखण्डको हिउँदे खोला, पानी मिल, बर्तुङ, आर्यभञ्ज्याङ लगायतका क्षेत्रमा स्काभेटर, लोडर, जेसिबी सहितको जनशक्ति परिचालन गरिएको निरौलाले बताए।, यस्तै, राम्दीदेखी रामपुर जाने कालीगण्डकी करिडोर क्षेत्र पनि अवरूद्ध भएको छ।, उक्त सडकखण्डको सेरामा लेदो र गेग्रानले सडक अवरूद्ध भएको प्रहरीले जनाएको छ।, करिडोरकै हुंगी क्षेत्रमा सर्दीखोलाको कारण सडक अवरूद्ध भएको छ।, पाल्पाकै जव्कादीदेखी बेलडाँडा सडकको सिलुवामा खसेको पहिरोबाट केही दिनदेखि सडक अवरूद्ध छ।, पूर्वखोलाको हेक्लाङ, रम्भाको फोक्सिङकोट सडकमा पनि पहिरो झरी केही दिनदेखि आवतजावत बन्द भएको प्रहरी चौकी ताहुँले जनाएको छ।,  , अविरल वर्षापछि आएको पहिरोले पाल्पाका सडक बन्द
सेतोपाटी संवाददाता भक्तपुरमा मोटरसाइकलको ठक्करबाट घाइते भएका पैदलयात्रीको उपचारको क्रममा मृत्यु भएको छ।, चाँगुनारायण नगरपालिका-८ का ४२ वर्षीय ज्ञानेन्द्र लोचन घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी परिसर कार्यालय भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए।, उनका अनुसार असार १३ गते कमलविनायकबाट जितपुर जाँदै गरेको बाग्मती प्रदेश ०२-०२६ प. ०६५३ नम्बरको मोटरसाइकलले घिमिरेलाई ठक्कर दिएको थियो। ठक्करबाट उनी गम्भीर घाइते भएका थिए।, उपचारको क्रममा सोमबार साँझ न्युरो अस्पताल काठमाडौंमा मृत्यु भएको डिएसपी पाठकले बताए।, प्रहरीका अनुसार मोटरसाइकल चालक चाँगुनारायण नगरपालिका-५का २० वर्षीय राजन थापा र मोटरसाइकल पछाडि बस्ने २४ वर्षीय साजन कार्की सामान्य घाइते भएका थिए। उनीहरूको स्वास्थ्य अवस्था समान्य छ।, मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको डिएसपी पाठकले बताए।, भक्तपुरमा मोटरसाइकलको ठक्करबाट घाइते पुरूषको उपचारको क्रममा मृत्यु
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले फिल्म हल, फन पार्कलगायतलाई ३० दिनभित्र  डिजिटल प्रणाली सञ्चालनमा ल्याउन र मनोरञ्जन करका लागि पहुँच दिन निर्देशन दिएको छ। , मंगलबार महानगरभित्रका मनोरञ्जन कर तिर्ने सबै संस्थाहरूलाई पत्र काटेर ३० दिनभित्र डिजिटल प्रणाली सञ्चालनमा नआएको भए सञ्चालनमा ल्याई सबै डिजिटल विवरणको पहुँच महानगरपालिलकालाई दिन आग्रह गरेको महानगरका राज‍स्व विभागका प्रमुख ध्रुव काफ्लेले जानकारी दिए।, उनका अनुसार कर छली गरिएको छ कि छैन भनेर नियमन गर्न मनोरञ्जन करदाताको डिजिटल प्रणालीको डाटा माग गरिएको हो। , 'डिजिटल प्रणालीमा भएका मनोरञ्जन करदाताले कर छली गर्नुभएको छ कि छैन भनेर हेर्न खोजेका हौं,' उनले भने, 'कतिपय मनोरञ्जन करदाता डिजिटल प्रणालीमा आउनु नै भएको छैन। जसले गर्दा दैनिक मनोरञ्जन कर तिर्नेको संख्या पनि थाहा पाउन सकिएको छैन।', यस्तै काफ्लेका अनुसार दैनिक मनोरञ्जन कर तिर्नेको संख्या र कर छली कसैले गरेको छ कि छैन भनेर जाँच गर्न सबैको डाटाको एक्सेस मागिएको हो। , महानगरले अष्टनारायण पिक्चर्स, कलंकी सिनेमा, सार्थक इन्टरटेन्मेन्ट, केएल सिनेमा सिटी, कोर प्लान विल्डर्स, गोपीकृष्ण मुभिज, ओकुलर होल्डिङ्स, दरबार सिनेम्याक्स, रञ्जना सिनेप्लेक्सलगायतलाई डिजिटल विवरण बुझाउन पत्र पठाएको छ। यस्तै काठमाडौं फनपार्क भृकुटीमण्डपलाई पनि पत्र पठाएको हो।, मनोरञ्जन करका करदाताले डिजिटल प्रणालीबाट प्रवेश शुल्क संकलन गरेको भएमा भने ३ दिनभित्र प्रणालीमा विवरण प्रविष्ट गर्न पनि भनेको छ। , मनोरञ्जन कर फनपार्क, सिनेमा हल, स्वीमिङ पुल, दोहोरी साँझ लगायतले तिर्ने गर्छन्। ,  ,  , मनोरञ्जन कर उठाउन फिल्म हल, फन पार्कसँग काठमाडौं महानगरले खोज्यो डिजिटल प्रणालीमा पहुँच
सरिशा अछामी रिमा कर्ण काठमाडौं, माइतीघर मण्डलमा बस्न थालेको आधा महिना भयो। उनी चौबीसै घन्टा त्यहीँ बस्छिन्।, जनकपुरकी २७ वर्षीया रिमा असार १ गतेदेखि यहाँ धर्ना बस्न थालेकी हुन्। उनी आरती साहको न्याय माग गर्दै यहाँ बसेकी छन्।, जेठ ७ गते आरती श्रीमानको घरमा झुन्डिएको अवस्थामा भेटिएकी थिइन्। माइती पक्षले हत्या भएको दाबी गरेका छन्। आरतीको श्रीमान र परिवारमाथि कारबाहीको माग गर्दै उनीहरू यहाँसम्म आइपुगेका हुन्। आरतीको माइती परिवारलाई साथ दिन आएकी रिमा आरतीकी माइजू पर्छिन्।, यो पनि पढ्नुहोस्-, २२ वर्षे छोरीको मृत्युपछि दिनरात सडकमा बसेर न्याय मागिरहेकाहरू, धर्ना बस्न थालेदेखि रिमालाई घामपानी र खानपिनभन्दा धेरै चिन्ता शौचको छ। बेलाबेला पिसाब लाग्ला भन्ने पिरले उनी पानी नै कम पिउँछिन्।, 'शौचालय गइरहनुपर्छ भनेर पानी पिउन पनि मन लाग्दैन,' उनले भनिन्, 'दिनमा एक/दुईपटक मात्र जान्छु।', माइतीघर मण्डलमा आफ्ना माग राख्दै धर्ना/अनसनमा बस्नेहरूका लागि शौचालय सुविधा छैन। वरिपरिका कुनै पसल वा होटलका शौचालय विकल्प हुन्। तर तिनमा ताला लगाइएको हुन्छ। त्यसैले शौचालय जानुपरे रिमा नजिकैको अन्नपूर्ण न्युरो अस्पताल पुग्छिन्। एउटै मानिस पटक/पटक जाँदा अस्पतालका सुरक्षा गार्डले पनि गाली गर्ने उनी बताउँछिन्।, 'यहाँ पानी पनि किन्नुपर्ने रहेछ। त्यसैले पिउँदिनँ,' उनले भनिन्, 'शौचालय जानुपर्ने डरले खाना पनि थोरै खान्छु।', नुहाउन त धर्ना बसेको दिनदेखि पाएको छैन।, रिमा आफू मात्र होइन, आफ्नी तीन वर्षीया छोरीलाई समेत धेरै खानेकुरा खुवाउँदिनन्। छोरीलाई पिसाब लागे सडकमै गराइदिन्छिन्। दिसा लागे कहाँ लैजाने थाहा छैन। त्यसैले खानेकुरा कम खुवाउने गरेको रिमाले बताइन्।, 'यहाँका होटल व्यवसायीले बच्चालाई समेत शौचालय प्रयोग गर्न नदिने रहेछन्,' उनले भनिन्, 'पैसा दिन्छु भन्दा पनि शौचालय प्रयोग गर्न दिँदैनन्।', माइतीघर मण्डल वरिपरि एउटा होटलले भने उनीहरूलाई शौचालय प्रयोग गर्न दिन्छ। त्यहाँ मास्क नलगाई जानै नसकिने उनको भनाइ छ।, माइतीघर मण्डलमा धर्ना बसेको आरती साहको परिवार। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी, ४४ वर्षीया सम्रिता राई पनि दिनभर माइतीघर मण्डलमा बस्छिन्। माइतीघर धाउन थालेको एक महिना भइसक्यो। उनी पनि शौचालय जान नपाउने भएकाले दिनभर पानी पिउँदिनन्।, उनी सन्धा सहकारी संस्थाविरूद्ध धर्नामा बसेकी हुन्। आफूले जम्मा गरेको ९० हजार रूपैयाँ पाउनुपर्ने माग उनको छ।, 'यहाँ शौचालय छैन। त्यसैले दिसापिसाब लागे चिया पिउने बहानामा होटल छिर्छु,' सम्रिताले भनिन्, 'वरिपरिका होटल व्यवसायीले शौचालय जान दिँदैनन्। सरकारले कुनै व्यवस्था गरेको छैन। सार्वजनिक शौचालय पनि छैन।', उनी धेरैजसो दिनमा धर्ना बस्छिन्। राति बस्नुपर्‍यो भने कोठामै पुगेर शौच गरेर आउँछिन्।, 'रातभर केही खाइँदैन। त्यसैले शौचालय जानु पर्दैन। आपत परे अन्नपूर्ण अस्पताल जान्छु,' सम्रिताले भनिन्।, रामेछापका ५५ वर्षीय खड्कबहादुर श्रेष्ठ पनि दिनभर माइतीघरमा बस्दा पानी पिउँदैनन्। जेठ २० गतेदेखि सहकारी संस्थाविरूद्ध आन्दोलन सुरू भएको थियो। खडक २१ गतेदेखि दैनिक माइतीघर मण्डलमा आउँछन् र दिनभर बसेर साँझ फर्किन्छन्।, 'वरिपरि सार्वजनिक शौचालय छैन। अलि टाढा जान गाह्रो लाग्ने भएकाले पानी पिउन मन लाग्दैन,' उनले भने, 'आपतकालीन अवस्थामा त जहाँ भए पनि जानैपर्‍यो।', आफूसँग पैसा हुँदा जहाँ खान गयो, त्यहीँको शौचालय प्रयोग गर्छन्। माइतीघरमा उनका साथीभाइ भेटघाट गर्न आउँछन्। उनीहरूले खान जाऊँभन्दा मात्र उनी होटल प्रवेश गर्छन्। त्यही मौकामा शौचालय जाने गरेको उनले बताए।, 'दु:ख गरेर दुई वर्षमा ५५ हजार रूपैयाँ जम्मा गरेको थिएँ, त्यो पनि लिन पाइनँ,' उनले भने, 'आफ्नो पैसा फिर्ता पाइन्छ भनेर दिनहुँ माइतीघर आउँछु।', उनी लामो समयदेखि ललितपुर महालक्ष्मी नगरपालिका-४ इमाडोलमा बस्छन्। उनी ठेलामा म:म बेच्थे। त्यहाँबाट कमाएको पैसा दैनिक एक सय/दुई सय रूपैयाँको दरले सन्धा सहकारी संस्थामा बचत गर्थे। सन्तानलाई आवश्यक पर्दा शैक्षिक सामग्रीमा खर्च गर्न पैसा बचत गरेका थिए। अहिले त्यही पैसा डुब्दा दिनहुँ माइतीघर धाउँछन्। सन्धा सहकारी संस्थाका सञ्चालक फरार भएको उनले बताए।, 'माइतीघरमा बस्न सजिलो छैन। यहाँ खानेपानी तथा शौचालय सुविधा छैन,' उनले भने, 'यहाँ एउटा होटलले मात्र शौचालय प्रयोग गर्न दिन्छ। त्यो पनि धेरै फोहोर छ।', ठूला होटल महँगा भएकाले त्यहाँ खर्च गरेर खाने र शौचालय प्रयोग गर्ने भन्ने कुरा भएन। फुटपाथसँग जोडिएका पसलमा शौचालय छैनन्। त्यसैले शौचालय नभएकाले बिजोग हुने गरेको उनले बताए।, ६६ वर्षीय रामनारायण साहको व्यथा उही हो। उनी पनि दिनभर धर्ना बस्दा चिया-पानी पिउँदैनन्। चिया पिइरहने बानी परे पनि माइतीघरमा आउनु एक घन्टाअघिदेखि केही खाँदैनन्। बिहान खाना खाएर आउँछन् र साँझ नपर्दै फर्किन्छन्। दिनभर केही नखाने गरेकाले शौचालय जानु नपर्ने उनले बताए।, पीडित लेनदेन संघर्ष समिति, जनकपुर यहाँ असार ५ गतेदेखि धर्ना बसिरहेको छ। समितिका सदस्य भएकाले रामनारायण ललितपुरमा छोराको कोठामा बसेर धर्नामा सहभागी भइरहेका हुन्।, २४ वर्षे राधिका देवकोटाले त पानी पिउनै छाडिसकिन्। पानी नपिएपछि शौचालय जानै नपर्ने उनले बताइन्।, 'यहाँ शौचालय छैन भन्ने थाहा पाएदेखि मैले पानी पिउन छोडेकी हुँ,' उनले भनिन्, 'दिनभरमा एक/दुई पटक मात्र जान्छु।', राधिका आफ्ना श्रीमान २६ वर्षीय वीरेन्द्र जैसीलाई साथ दिन माइतीघरमा बस्ने गरेकी छन्।, अनसन बसेका वीरेन्द्रलाई भने वरपरका एक/दुइटा होटलले शौचालय प्रयोग गर्न दिएका छन्। कैलाली जानकी गाउँपालिका-८ घर भएका वीरेन्द्र २०७३ सालमा प्रहरीको गोली लागेर घाइते भएका थिए। प्रहरी र काठ तस्करबीच भिडन्त हुँदा उनी प्रहरीलाई सघाउन गएका थिए। त्यसैले आफ्नो उपचार खर्च माग गर्दै असार १ गतेदेखि उनी धर्नामा छन्।, पढ्नुहोस्ः ,प्रहरीलाई सहयोग गर्न जाँदा घाइते भएका वीरेन्द्र भन्छन्- उपचार खर्च दिए बाँच्थेँ, वीरेन्द्र चौबीसै घन्टा यहीँ बस्छन्।, 'स्वास्थ्य अवस्था गम्भीर भएकाले होला एउटा होटलले शौचालय जान दिन्छ,' उनले भने, 'पानी किन्नुपर्ने भएकाले धेरै पिउँदिनँ।', माइतीघर मण्डलमा अनसनरत वीरेन्द्र जैसी। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी, ४५ वर्षीय विनोदप्रसाद शाहलाई दिनभर शौचालय जान पर्दैन। तर साँझ परेपछि शौचालय जानुपर्ने बानीले हैरान भएको दुःख पोखे।, 'होटलमा छिर्न पैसा हुँदैन। सार्वजनिक शौचालय पनि छैन। अस्पतालतिर पुग्छु,' उनले भने, 'राति ९ बजेपछि सडक सुनसान हुन्छ। त्यसैले अस्पतालसम्म जान पनि डर लाग्छ।', विभिन्न संस्थाले दिएको खानेकुरा पनि उनी दिनमा एकपल्ट मात्र खान्छन्। यहाँ स्वास्थ्यमा समस्या परे उपचार गर्न सकिँदैन भन्ने पिर उनलाई छ।, 'चिसो भुइँमा बसेकाले पटक/पटक शौचालय जानुपर्ने हुन्छ तर यहाँ छैन,' विनोदप्रसादले भने।, यी प्रतिनिधि मात्र हुन्।, न्याय माग गर्दै माइतीघर मण्डल आउनेहरूको सबैको पीडा हो यो। शौचालयको पिरले उनीहरूले खानपिनमा कडाइ गरेका छन्। दिनभर पानी नपिउँदा स्वास्थ्यमा समस्या हुन्छ। अझ चर्को घाममा खपिनसक्नु हुन्छ। साना केटाकेटी, बिरामी र वृद्धको त स्वास्थ्यमा अझै जटिलता देखिन सक्छ।, यहाँ आउने धेरैलाई यो कुरा थाहा नभएको होइन। तर यसको समाधान गर्न न उनीहरूको बुताले भ्याउँछ, न विकल्प नै छ।, आसपासका होटल व्यवसायीहरू पानी अभाव हुने भएकाले शौचालयमा ताला लगाउन बाध्य भएको बताउँछन्। माइतीघरमा दिनहुँ थुप्रै मानिस धर्ना र अनसनमा हुन्छन्। त्यो संख्यालाई दैनिक निजी शौचालय प्रयोग गर्न दिन नसकिने उनीहरू बताउँछन्। , आफ्नो नाम नखुलाउने शर्तमा त्यहीँको एउटा जुस सेन्टरका सञ्चालकले भने, 'हामीले पनि चर्पीमा किनेको पानी प्रयोग गर्ने हो। अब भन्नु पानी किनेर कहिलेसम्म हामीले अरूलाई शौचालय प्रयोग गर्न दिने?', अति गाह्रो भयो भन्दै आउनेलाई भने मन थाम्न नसकेर चाबी दिने गरेको उनले बताए।, माइतीघर मण्डलभरि एउटा होटलले भने सधैं आफ्नो शौचालय खुला राखिदिएको छ।, तृप्ति फुड कोर्ट भएको उक्त घरमा गाई फार्म र पार्किङसँगै भुइँतलामा शौचालय छ। माइतीघरमा धर्ना बस्ने सबै त्यहीँ जान्छन्। पानी नभएका बेला र शौचालय अति फोहोर भएका बेलाबाहेक चर्पी प्रयोग गर्न दिने गरेको होटलका सञ्चालकले बताए।, भुइँतलामा ज्वालामुखी स्टोर सञ्चालन गर्दै आएका कुवेर तिवारीले भने, 'शौचालय जान नपाएर कक्रक्क परेर आउँछन्, कसरी रोक्नु? त्यसैले प्रयोग गर्न दिन्छौं। मानवता भन्ने पनि कुरा हुन्छ होला नि।', उनी माइतीघरमा शौचालय र आकासे पुल अति आवश्यक भएको बताउँछन्। सरकारले यो व्यवस्था गरिदिनुपर्ने उनी बताउँछन्।, सार्वजनिक शौचालय व्यवस्थापनको जिम्मेवार निकाय काठमाडौं महानगरपालिकालाई पनि यसबारे हामीले सोध्यौं।, महानगरका प्रवक्ता नवीन मानन्धरले माइतीघरमा शौचालय बनाउन आवश्यक नरहेको तर्क गरे। त्यहाँ शौचालय बनाउनेभन्दा त्यहाँ बस्न नपर्ने गरी पीडितको माग सम्बोधन गर्न जोड दिनुपर्ने उनले बताए।, 'त्यो अनसन वा धर्ना बस्ने ठाउँ होइन। त्यसैले त्यहाँ सार्वजनिक शौचालय वा खानेपानी व्यवस्था गर्न आवश्यक देखिँदैन, यो सुविधा दिन सकिँदैन,' उनले भने।, उनका अनुसार रत्नपार्क, शान्तिवाटिका पार्कमा बस्दै आएका मिटरब्याजी पीडितलाई खानेपानी र शौचालय व्यवस्था गरिएको छ।, शौचालय पनि जान पाउँदैनन् माइतीघरमा आन्दोलन गर्नेहरू
रासस बैतडीको पाटन नगरपालिका–६ स्थित श्रीकृष्ण माविका शिक्षक धनबहादुर विष्टको हत्यामा एक दम्पतीको संलग्नता भएको पुष्टि गर्दै जिल्ला अदालतले जन्मकैद गर्ने आदेश दिएको छ।  , शिक्षक विष्टको हत्यामा संलग्न पुचौडी नगरपालिका–३ का २३ वर्षीय प्रजा बोहरालाई जन्मकैद र उनकी २२ वर्षीया श्रीमती विमलालाई छ वर्ष कैदको आदेश न्यायाधीश जयानन्द पनेरुको इजलासले दिएको हो।   , प्रजालाई मुलुकी अपराधसंहिता २०७४ को दफा १७७ (२) बमोजिम जन्मकैद र मतियार देखिएकी विमलालाई अपराधसंहिता २०७४ को दफा ३६ (३) (ख) बमोजिम छ वर्ष कैद गरिने अदालतका स्रेस्तेदार जनकसिंह बोहराले जानकारी दिए।  , सुर्नया गाउँपालिका–२ घर भएका ५५ वर्षीय शिक्षक विष्ट गत पुस २ गते श्रीकृष्ण माविको छात्रावास पछाडि मृतावस्थामा भेटिएका थिए। शिक्षकको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले बोहरा दम्पतीलाई नियन्त्रणमा लिएको थियो।, प्रहरीले गत पुस ७ गते पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको थियो। दुवै जनाविरूद्ध जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दामा दुईपटक म्याद थपेर अनुसन्धान गरिएकामा पुस अन्तिम सात दुवै जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिइएको  थियो। श्रीकृष्ण माविमा कम्प्युटर डिप्लोमा चौथो वर्षमा अध्ययन गरिरहेकी विमला छात्रावासमा बस्दै आएकी थिइन्। उनका श्रीमान पनि भेटघाटका लागि पाटन पुगेर छात्रावासमै बसेका थिए।, छात्रावासमै बस्दै आएका शिक्षक विष्टले पुस १ गते राति पौने १० बजे शौचालय गएकी विमलालाई अंगालो हाली दुर्व्यवहार गरेको प्रजाले देखेको र त्यसपछि आक्रोशित भएका उनले विष्टको छाती र मुखमा हिर्काउँदै छात्रावासबाहिर ल्याई थप कुटपिट गरी हत्या गरेको प्रजाले प्रहरीसमक्ष बयान दिएका थिए।, विष्टको मृत्युपश्चात् शवलाई प्रजा र विमलाले केत्तुकेको झारीमा फालेको प्रहरी अनुसन्धानबाट खुलेको थियो। , शिक्षक विष्टको हत्यामा संलग्नलाई जन्मकैद