content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता काठमाडौंको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर सेन्टरमा फार्मेसीका कर्मचारी मृत भेटिएका छन्।, सेन्टरको फार्मेसीमा कार्यरत अर्घखाँचीका ३६ वर्षीय अमृत पोखरेल शुक्रबार बिहान पौने ८ बजे मृत भेटिएका हुन्।, सेन्टरको दुई तलामाथि उनी मृत भेटिएको प्रहरीले जनाएको छ। , जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक सीताराम रिजालले सेन्टरका कर्मचारी पोखरेल स्टोर रूमको भर्‍याङमा झुण्डिएको अवस्थामा मृत फेला परेको बताए।, घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको रिजालले बताए।, मनमोहन कार्डियोथोरासिक सेन्टरमा मृत भेटिए फार्मेसीका कर्मचारी
एजेन्सी भारतले शुक्रबार चन्द्रमाका लागि रकेट पठाएको छ। , स्थानीय समयअनुसार शुक्रबार दिउँसो २:३५ बजे आन्ध्रप्रदेशको स्पेसपोर्टबाट चन्द्रयान-३ नाम दिइएको रकेट टेकअफ भएको टाइम्स अफ इन्डियाले जनाएको छ।, योजनाअनुसार सबै काम भए यो रकेट आगामी अगस्ट २३ वा २४ मा चन्द्रमाको सतहमा पुग्नेछ।, चन्द्रयान-३ को रोभरले चन्द्रमाको सतहमा सफल अवतरण गरेमा भारत चन्द्रमामा यान पठाउने विश्वको चौथो मुलुक हुनेछ। यसअघि संयुक्त राज्य अमेरिका, रूस र चीनले मात्र आफ्नो यान चन्द्रमामा पुर्‍याउन सकेका छन्।, VIDEO | India's ambitious moon mission, Chandrayaan 3, launched from Satish Dhawan Space Centre in Andhra Pradesh's Sriharikota., Chandrayaan-3 mission is a follow up to the second lunar mission and ISRO is aiming for a soft landing on the surface of the moon by late August. ,pic.twitter.com/z5WY8Cpot4, — Press Trust of India (@PTI_News) ,July 14, 2023, भारतले चन्द्रमाका लागि यान पठाएको यो तेस्रो पटक हो। सन् २००८ मा भारतले चन्द्रयान-१ पठाएको थियो तर त्यो चन्द्रमाको सतहमा अवतरण भएन।, सन् २०१९ मा भारतले पठाएको चन्द्रयान-२ पनि चन्द्रमामा अवतरण हुन असफल भयो। अवतरण हुन लाग्दा त्यसको रोभर दुर्घटनामा परेको थियो।  , चन्द्रयान-३ को तौल ३ हजार ९ सय किलोग्राम छ भने यो बनाउन ६.१ अर्ब भारतीय रुपैयाँ लगानी भएको छ।, भारतले चन्द्रमाका लागि पठायो चन्द्रयान-३
सेतोपाटी संवाददाता बुढानिलकण्ठमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।, बुढानिलकण्ठ नगरपालिका-९ मण्डिखाटार बस्ने सिन्धुपाल्चोक बलेफी-३ का २३ वर्षीय सुजन श्रेष्ठको शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।, प्रहरीका अनुसार मण्डिखाटारस्थित ग्रिल पसलमा वेल्डिङ गर्ने क्रममा करेन्ट लागेर उनी घाइते भएका थिए। उपचारको क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो।, घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।, ग्रिल पसलमा वेल्डिङ गर्दा करेन्ट लागेर बुढानिलकण्ठमा एक युवकको मृत्यु
सेतोपाटी संवाददाता रोल्पामा जंगली च्याउ खाँदा ६ वर्षीय एक बालकको मृत्यु भएको छ भने सात जना बिरामी परेका छन्। , लुग्री गाउँपालिका वडा नं. ५ का ६ वर्षीय प्रेम गुरूङको उपचारका क्रममा बुटवलमा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसी श्याम सारु मगरले जानकारी दिए। , बालककी आमा ३३ वर्षीया भीिमा गुरूङ र उनका  ११ वर्षीय छोरा सुशील गुरूङको उपचार भइरहेको छ। , डिएसपी मगरका अनुसार गुरूङ परिवारले असार २६ गते साँझ स्थानीय जंगलबाट ल्याएको च्याउ खाएका थिए। २७ गते बिहान पनि गुरूङ परिवारले च्याउ खाएका थिए।, ११ वर्षीय सुशील विद्यालय गएको समयमा बेहोस भएपछि उनलाई छोड्न घरमा गएको समयमा उनकी आमा र भाइ पनि अचेत अवस्थामा फेला परेपछि अस्पताल लगिएको कुरा खुलेको डिएसपी मगरले जानकारी दिए।, जिल्लामा उपचार सम्भव नभएपछि उनीहरूलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको थियो। , ६ वर्षीय बालक प्रेमको उपचारका क्रममा बिहीबार बिहान ६ बजेतिर मृत्यु भएको थियो। तर प्रहरीलाई भने करिब ९ बजे बिहान मात्रै सूचना दिइएको डिएसपी मगरले जानकारी दिए।  , आमा भिमा र छोरा सुशीलको स्वास्थ्य अवस्था सुधार उन्मुख रहेको भनेर खबर आएको पनि प्रहरीले बताएको छ। भिमाका श्रीमान भने रोजगारीका सिलसिलामा विदेशमा छन्। बालकको शव पोष्टमर्टमाको लागि अस्पतालमा राखिएको छ। , लुग्री गाउँपालिका – ५ का थप पाँच जना पनि जंगली च्याउ खाएका कारण बिरामी रहेको डिएसपी मगरले जानकारी दिए। , उनीहरूको जिल्लामै उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको भन्ने कुरा चिकित्सकले जानकारी दिएका छन्। , जंगली च्याउ खाएर सर्वसाधारण बिरामी पर्ने क्रम बढेपछि प्रहरी प्रशासनले सार्वजनिक सूचना जारी गरी आफूले नचिनेको र जंगली च्याउ नखान अपिल जारी गरेको छ।, जंगली च्याउ खाँदा रोल्पामा एक बालकको मृत्यु, सात जना बिरामी
सेतोपाटी संवाददाता दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानविरूद्ध शुक्रबार पनि नाराबाजी जारी छ। , घोराही उपमहानगरपालिका–३ का ११ वर्षीय आक्रोश नेपालीको मृत्युको विषयलाई लिएर बिहीबार दिनभरजसो प्रतिष्ठानमा नाराबाजी भएको थियो। जसका कारण प्रतिष्ठानको उपचार सेवा पनि प्रभावित बनेको छ। , सुत्केरी हुनका लागि पुगेका महिलाहरू आन्दोलनका कारण बाहिर जान बाध्य पारिएको अस्पताल प्रशासनले जानकारी दिएको छ।आन्दोलन चर्किंदै गएपछि प्रतिष्ठान परिसरमा शुक्रबार पनि बिहानैदेखि प्रहरी परिचालित छन्। , मृतकका आफन्तले आज पनि नाराबाजी गर्दै प्रतिष्ठान घेराउ गरेका छन्। बालकको मृत्युबारे सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग पीडित पक्षको छ।, जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले प्रतिष्ठानको अगाडि ट्राफिक चोकमा पीडित पक्षले नाराबाजी र आन्दोलन जारी राखेको जानकारी दिए। , पीडित पक्ष र प्रतिष्ठान प्रशासनबीच बिहीबार वार्ता भएको थियो। आन्दोलनरत पक्षले बालकको मृत्युपछि प्रतिष्ठानले उचित क्षतिपूर्ति पाउनु पर्ने माग गर्दै आएका छन्। स्रोतका अनुसार उनीहरूले २५ लाख क्षतिपूर्ति माग गरेका छन्। प्रतिष्ठान प्रशासनले भने त्यति ठूलो रकम उपलब्ध गराउने अधिकार आफूहरूलाई नरहेको बताएको छ।, प्रतिष्ठान प्रशासनले बालककी आमालाई प्रतिष्ठानमा रोजगारीको व्यवस्था मिलाइदिने वचन दिए पनि त्यसमा पीडित पक्ष राजी भएको छैन। , पीडित पक्षले क्षतिपूर्तिबापत ठूलो रकम मागेको हुँदा समस्या समाधान हुन नसकेको स्रोतले बताएको छ। , बिहीबार सरोकारवालाहरू बीचको वार्तामा शुक्रबार बिहान ८ बजेदेखि पुनः वार्ता गर्ने सहमति भएको थियो। तर, पीडित पक्षले बिहानैदेखि वार्ताभन्दा पनि आन्दोलनलाई महत्व दिएको हुँदा समस्या भइरहेको प्रहरी अधिकारीहरू बताउँछन्।, यो पनि:, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ११ वर्षीय बालकको मृत्यु भएपछि तनाव, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज पनि आन्दोलन जारी
सेतोपाटी संवाददाता कर्णाली प्रदेश अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण कार्य सफल भएको छ।, बिहीबार रोल्पाको रोल्पा नगरपालिका–२ का ३७ वर्षीया बिरामीको मिर्गौला प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ।, प्रदेश अस्पतालमा नियमित रूपमा मिर्गौला प्रत्यारोपण गर्ने योजना अनुसार सबै कानुनी तथा व्यवस्थापकीय प्रक्रिया पुर्‍याएर दोस्रो पटक सफल प्रत्यारोपण गरिएको अस्पतालका निर्देशक प्रा.डा. डम्बर खड्काले बताए।, दोस्रो पटक प्रत्यारोपण गरिएका बिरामीलाई उनकी ५५ वर्षीया आमाले मिर्गौला दान गरेकी हुन्।, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठ र अस्पतालका निर्देशक डा. खड्काको समूहले मिर्गौला प्रत्यारोपण गरेको हो।, यसअघि यही टोलीको नेतृत्वमा २०७९ माघ २१ गते कर्णाली प्रदेश अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो।, नेपालका सबै प्रदेशहरूमा मिर्गौला प्रत्यारोपण सेवा विस्तार गर्ने राष्ट्रिय प्रत्यारोपण केन्द्रको योजनाअन्तर्गत कर्णाली प्रदेश अस्पताल र केन्द्रबीच २०७८ चैत १० गते यो सेवा सुरू गर्ने सम्झौता भएको थियो।, कर्णाली प्रदेश अस्पतालमा नियमित रूपमा प्रत्यारोपण सेवा सुरू गर्ने योजनासहित अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा प्राविधिकको सम्बन्धित क्षेत्रको क्षमता बढाउन तालिमको लागि राष्ट्रिय प्रत्यारोपण केन्द्रमा पठाउने योजना रहेको निर्देशक खड्काले जानकारी दिए।, ‘सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मिर्गौला बिरामीको चापलाई ध्यानमा राख्दै देशव्यापी रूपमा विस्तार गर्ने लक्ष्य लिएर कर्णाली प्रदेशमा पनि नियमित सेवा सुरू गर्न प्राविधिक सहयोग गरेको छ, आगामी दिनमा पनि सहयोगको प्रतिबद्धता जनाएको छ,’ प्रदेश अस्पतालका निर्देशक प्रा. डा. खड्काले भने।, राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले नेपालको पश्चिमी क्षेत्रमा मिर्गौला प्रत्यारोपण गर्ने चलन नबसेको बताए।, ‘हाम्रोमा पनि यताको तुलनामा पूर्वका धेरै बिरामीहरूले प्रत्यारोपण गर्नुहुन्छ, यो क्षेत्रमा यसको चलन नभएको देखियो,’ उनले भने, ‘यहाँको प्रदेश अस्पतालले नियमित सेवा सुरू गरेपछि यताका पनि बिरामीहरूले मिर्गौला प्रत्यारोपण गर्न सकिन्छ भन्ने थाहा पाउनेछन्, यसका लागि हाम्रो तर्फबाट सक्दो सहयोग रहन्छ।’, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव देवकुमारी गुरागाईंले कर्णाली प्रदेश अस्पतालको सेवा विस्तार तथा गुणस्तरका लागि सम्बन्धित मन्त्रालयको तर्फबाट गर्न मिल्ने सहयोग रहने प्रतिबद्धता जनाइन्।, कर्णाली प्रदेश अस्पतालमा दोस्रो पटक मिर्गौलाको सफल प्रत्यारोपण
राजेश घिमिरे प्रहरीले बेला–बेलामा मकवानपुर र चितवनका पहाडी भूभागमा पुगेर गाँजा खेती नष्ट गरेको त हामीले सुन्दै आएका छौं। मकवानपुरको राक्सिराङ गाउँपालिकामा व्यावसायिक रूपमै गाँजा खेती हुने गरेको छ। यहाँको सिको गर्दै मकवानपुर र चितवनका अन्य पहाडी क्षेत्रमा पनि गाँजा खेती हुँदै आएको छ।, प्रहरीले ती क्षेत्रमा पुगेर गाँजा फाँड्ने, उनीहरू फर्किएपछि स्थानीयले फेरि खेती सुरू गर्ने नियमित प्रक्रिया चलिरहेकै छ।, चितवनको राप्ती नगरपालिकाका धनबहादुर मास्के यी ठाउँमा गाँजा खेती र कारोबारमा संलग्नहरूलाई विकल्प दिनसक्दा मात्रै त्यो प्रक्रियाको अन्त्य गर्न सकिन्छ भनेर लागिपरेका छन्। उनले गाँजाको विकल्पमा कफी खेतीको अभियान चलाइरहेका छन्। उनको अभियानमा नेपाल प्रहरीले पनि साथ दिएको छ।, राप्तीको गड्यौलीमा सुपरमार्केट, होटल, रेष्टुरेन्ट लगायतका व्यवसाय सञ्चालन गर्दै आएका मास्केको मास्के मल्टिप्रपोज एग्रिकल्चर एण्ड रिसर्च प्रालिले अहिले चितवनको राप्ती–१ परेवाकोट र मकवानपुरको राक्सिराङ गाउँपालिकालाई लक्षित गरेर निःशुल्क कफीका बिरूवा वितरण गरिरहेको छ। बिरूवा रोप्न र स्थानीयबासीलाई प्रोत्साहन गर्न प्रहरीले सघाएको छ।, चितवनको परेवाकोटमा कफी खेती शु​​​भारम्भ गर्दै बागमती प्रदेश प्रहरी प्रमुख डिआइजी किरण राणा, मास्के मल्टिप्रपोज एग्रीकल्चर एण्ड रिसर्च प्रालिका सञ्चालक धनबहादुर मास्की, चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीलगायत। तस्विर : राजेश घिमिरे/ सेतोपाटी, बिहीबार बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक किरण राणाको नेतृत्वमा परेवाडाँडा पुगेका दर्जनौं प्रहरीहरूले करिब ३ हजार कफीका बिरूवा रोपे। यो गाउँमा डेढ सय परिवारमध्ये एक सय परिवारले आफ्नो खेतमा कफी लगाएका छन्। एउटा परिवारले पाँच सयदेखि ४ हजार वटासम्म कफीका बिरूवा रोपेका छन्।, प्रहरी नायब महानिरीक्षक राणाले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत पहाडी क्षेत्रमा कफी खेती कार्यक्रमलाई प्रोत्साहन गर्न लागेको बताइन्।, ‘मकवानपुर र चितवनका पहाडी क्षेत्रमा गाँजा खेतीको धेरै प्रभाव छ। कतिपय ठाउँमा त अहिले अफिम पनि खेती हुन थालेको छ। यो दीर्घकाललाई हुने पेशा होइन। त्यसैले गाँजा, अफिम खेतीको विकल्प दिएर स्थानीयवासीको आर्थिक अवस्थामा दीर्घकालीन सुधार गर्नुपर्छ,’ उनले भनिन्, ‘संघीय र स्थानीय सरकारको उद्देश्य पनि पहाडी क्षेत्रका विपन्न परिवारको आर्थिक अवस्था उकास्नुपर्छ भन्ने छ। त्यसका लागि हामीले गाँजा, अफिम खेती र कारोबारको विकल्प दिनै पर्छ।’  , राणाले लागूऔषध गाँजा, चरेसलगायतका सेवन तथा कारोबारले धेरै युवाको भविष्य बिगारेको बताइन्।, ‘धेरै युवाहरू मकवानपुर र चितवनका कारागार तथा हिरासतमा छन्,’ उनले भनिन्, ‘अबको दिनमा यसलाई नियन्त्रण गर्न नयाँ विकल्पहरू पनि ल्याउनेछौं। विकल्पका कार्यक्रमहरू सबैतिर लैजान्छौं।’, बागमती प्रदेश प्रहरी कार्यालयकाअनुसार भिमफेदी कारागारमा रहेका १ हजार ७८ जना कैदी, बन्दीमध्ये ३३९ जना लागूऔषध सम्बन्धी मुद्दाका छन्। ३५१ जना फरार छन्। फरारमध्ये ५२ जना राक्सिराङ गाउँपालिकाका हुन्। लागूऔषध सम्बन्धी मुद्दामा अनुसन्धानका लागि ६७ जना मकवानपुरका प्रहरी हिरासतहरूमा छन्।, भरतपुर कारागारमा ४७ जना कैदी, बन्दी लागूऔषध सम्बन्धी मुद्दाका छन्। २४ जनाको जिल्ला प्रहरी कार्यालय र मातहतका हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।  , कारागार, हिरासतमा रहेका तथा फरार अधिकांश गाँजा, चरेस, अफिमको खेती, कारोबार, सेवन गर्नेहरू हुन्। , लागूऔषध ऐनले २५ वटा बोटसम्म गाँजा लगाउनेलाई तीन महिनासम्म कैद वा ३ हजार रूपैयाँ जरिवाना, त्यसभन्दा बढी बोट लगाउनेलाई ३ वर्ष कैद वा ५ हजारदेखि २५ हजार रूपैयाँसम्म जरिवानाको व्यवस्था गरेको छ।, त्यस्तै २५ बोटसम्म अफिम लगाउनेलाई १ देखि ३ वर्ष कैद वा ५ देखि २५ हजार रूपैयाँ जरिवाना, २५ भन्दा बढी लगाउनेलाई ३ देखि १० वर्ष कैद र २५ हजार देखि २ लाख रूपैयाँसम्म जरिवानाको व्यवस्था गरेको छ।, सजिलो र छिटो धेरै कमाई हुने लोभमा पहाडी क्षेत्रमा गाँजा, अफिमको खेती भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी रामेश्वर कार्कीले बताए।, ‘कतिपय त थोरै पैसाको लोभमा गाँजा ओसारपोसारमा संलग्न भएर फसेका छन्। टाठाबाठाले सोझासाझालाई भरियाका रूपमा प्रयोग गर्ने गरेको पाइएको छ,’ एसपी कार्कीले भने, ‘अब गाँजा फाँड्ने हतियार होइन, विकल्प लिएर गाउँ जाने हो। आयआर्जनको भरपर्दो स्रोत भएपछि उनीहरू गैरकानुनी काममा लाग्दैनन् भन्ने विश्वास छ।’, मास्के मल्टिप्रपोज एग्रिकल्चर एण्ड रिसर्च प्रालिका प्रमुख धनबहादुर मास्केले परेवाकोट गाउँमा तीन लाख बढी कफीका बिरूवाहरू रोप्ने लक्ष्य रहेको बताए। त्यसका लागि उनले त्यहाँ आफ्नै जमिनमा बिरूवा उत्पादन गरेका छन्।, ‘मेरो आफ्नै ४ बिघा जमिनमा कफी, एभोकाडो, आँप, सुन्तलालगायतका बिरूवाहरू लगाएको छु। स्थानीयवासीलाई उनीहरूले मागेजति बिरूवा निःशुल्क उपलब्ध गराएको छु,’ उनले भने, ‘पहाडी क्षेत्रमा कफीको माध्यमबाट समृद्धि ल्याउने मेरो लक्ष्य।’, बिरूवा उत्पादनमा प्रतिगोटा ३५ रूपैयाँसम्म खर्च लागेको मास्केले बताए।, उनले मकवानपुरमा चार ठाउँमा बिरुवा तयार गरेका छन्। राक्सिराङ गाउँपालिकाका लागि छुट्टै नर्सरीबाट कफीका बिरुवा उत्पादन गरेका छन्। त्यहाँ पनि बागमती प्रदेश प्रहरीको सहयोगमा वितरण गर्ने लक्ष्य रहेको उनले सुनाए। यहाँ गाँजा खेती हुँदै आएको जमिनमा कफी खेती सुरु गर्न प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।, मास्केकाअनुसार अहिले रोपेको बिरुवाले बढीमा तीन वर्षमा उत्पादन दिन थाल्छ। त्यसपछि ३५ देखि ७० वर्षसम्म उत्पादन दिइराख्छ।, एक कट्ठा जमिनमा ८० वटा कफीका बिरुवा रोप्ने गरिएको मास्केले बताए। बीचमा एभोकाडो रोप्ने र अन्तरबालीका रुपमा स्ट्रबेरी, किवी पनि लगाउन सकिने उनले बताए।, ‘भित्र मिलाएर मकै, कोदो पनि लगाउन सकिन्छ। दुई–तीन वर्षपछि त कफीले आम्दानी दिन थालिहाल्छ,’ मास्केले भने।, उनले उत्पादन भएको कफी आफैंले किनिदिने बाचा किसानसँग गरेका छन्।, ‘मैलै रासायनिक विषादीको प्रयोग नगरी उत्पादन गर्न आग्रह गरेको छु। नेपालमा कफीको उत्पादन अहिले असाध्यै कम छ। बजार बढ्दै गएको छ। आयात प्रतिस्थापन गर्न पनि हामीले ठूलो मात्रामा कफी उत्पादन गर्नुपर्छ,’ मास्के भन्छन्, ‘यहाँको माग पूरा भएपछि निर्यात पनि गर्न सकिन्छ।’, उनले कफीको उत्पादनसँगै प्रशोधन र विक्री वितरण पनि आफैंले गर्ने लक्ष्य लिएका छन्।, मास्केले गाउँको माटो परीक्षण गरेर कृषि विज्ञहरूसँगको सल्लाहपछि उपयुक्त जातको कफी खेती सुरू गरेका हुन्।, ‘समुद्र सतहदेखि ५ सय मिटर उचाईमा राम्रो उत्पादन हुने रहेछ। यसको उत्पादन एक सिजनमा प्रतिबोट कम्तीमा दस किलो हुन्छ। राम्ररी स्याहार गरे उत्पादन बढी हुन्छ। अहिले बजारमा प्रतिकिलो ९०–१०० रुपैयाँमा बिक्री भइरहेको छ,’ मास्के भन्छन्, ‘मकै र कोदो उत्पादनले आफैंलाई खान पनि पुगेको छैन। कफीले बचाउन पनि सकिन्छ। जीवन चलाउन गैरकानुनी काम गनुपर्ने, विदेश जानुपर्ने बाध्यता हटाउँछ।’, राप्ती–१ परेवाकोटका सुरेन्द्र लामाले २९ सय बोट कफी लगाएका छन्। पहिले मकै र कोदोमात्र उत्पादन हुने गरेको खेतमा उनले यसपाली कफी रोपेका हुन्।, ‘केही वर्षमा आम्दानी दिने देखेर गाउँले सबैले कफी रोपेका छन्,’ उनले भने, ‘मैले एक विघामा लगाइसकें। बाँकी केही जमिनमा पनि थप्ने सोच छ।’, राप्ती–१ परेवाकोटमा मास्के मल्टिप्रपोज एग्रीकल्चर एण्ड रिसर्च प्रालिले गरेको कफी खेती। तस्विर : राजेश घिमिरे/ सेतोपाटी, सोही गाउँका ३२ वर्षीय अर्जुन चेपाङ ४ वर्ष मलेसिया बसेर फर्किएका हुन्। मलेसियामा खासै राम्रो कमाई नभएपछि उनी गाउँमै फर्किएर कृषिमा लागेका थिए।, ‘अरू खेतीबाट आधा वर्षलाई खान पनि पुग्दैन। अहिले कफी खेतीबाट राम्रो आम्दानी हुन्छ भनेर निःशुल्क बिरूवा वितरण गरिएको छ। मैले पनि एक हजारवटा बिरूवा रोपेको छु,’ चेपाङले भने।, उनले यातायातको पहुँच राम्रो नहुँदा उत्पादित वस्तुको ढुवानीमा समस्या भइरहेको बताए।, परेवाकोट पूर्व–पश्चिम राजमार्गको लोथरबाट करिब १० किलोमिटर उत्तरतर्फ पर्छ। राजमार्गबाट यहाँ पुग्ने आधा भन्दा बढी सडक कच्ची छ। उक्त सडक हुँदै राजमार्ग पुगेर फर्कन अटो रिक्सालाई ५ सय रूपैयाँ भाडा तिर्नुपर्छ।, राप्ती–१ का वडा सदस्य मोचनलाल तामाङले राजमार्गदेखि परेवाकोटसम्मको सडक स्तरोन्नती वडाको प्राथमिकतामा रहेको बताए। परेवाकोटको कृषि र पर्यटनको विकासका लागि सडक स्तरोन्नती गर्नैपर्ने उनले बताए।, ‘वडासँग कम बजेट हुन्छ। तैपनी हामीले अन्यत्र भन्दा यहाँको सडकलाई बढी बजेट पारेका छौं,’ उनले भने, ‘किसानहरूलाई कृषिमा र बजारीकरणमा सघाउने खालका कार्यक्रम पनि ल्याउँदैछौं।’, चितवनका प्रहरी प्रमुख एसपी कार्कीले मकवानपुरको राक्सिराङ र त्यससँग जोडिएका मकवानपुर र चितवनका गाउँहरूमा भइरहेको गाँजा खेतीलाई कम गर्न कफी खेती महत्वपूर्ण हुने बताए। चितवनको राप्ती, कालिका र इच्छाकामना गाउँपालिकाका केही क्षेत्रमा गाँजा खेती हुने गरेको छ। एसपी कार्कीले परेवाकोटमा सुरू भएको कार्यक्रमलाई अन्यत्र पनि लैजान पहल गर्ने बताए।, ‘विपन्न समुदायको बसोबास रहेको क्षेत्रमा दिगो आर्थिक विकासका कार्यक्रम लैजान सकियो भने यसको सकरात्मक प्रभाव अपराध न्यूनीकरणमा पर्छ,’ उनले भने, ‘हामी चितवनका पहाडी क्षेत्रहरूमा यो अभियान फैलाउन सघाउँछौं।’, गाँजाको विकल्पमा कफी खेती फैलाउने धनबहादुरको अभियानमा प्रहरीको साथ (भिडिओ)
सेतोपाटी संवाददाता आफ्नो तजबिजी अधिकार प्रयोग गरेर ४० औं वरीयताका कर्मचारीलाई कृषि अनुसन्धान परिषद् (नार्क)को कायममुकायम कार्यकारी निर्देशक बनाएका कृषिमन्त्री बेदुराम भुसालले यसको विरोध गर्ने दुई वैज्ञानिकलाई सरूवा गरेका छन्।, नार्कको पदेन अध्यक्षसमेत रहेका मन्त्री भुसालले ४० औं वरीयतामा रहेका ध्रुवराज भट्टराईलाई गत असार १ गते नार्कको कायममुकायम कार्यकारी निर्देशक बनाएका थिए।, मन्त्री भुसालको कदमविरूद्ध नार्ककै वैज्ञानिकहरू समेत आवद्ध रहेका सोसाइटी अफ एग्रिकल्चरल साइन्टिस्ट्स नेपाल (सास) ले विरोधमा विज्ञप्ति निकालेको थियो।, मन्त्री भुसालको कदममा असहमति जनाएको भन्दै सासका अध्यक्षसमेत रहेका वरिष्ठ वैज्ञानिक डाक्टर रामप्रसाद घिमिरे र उपाध्यक्ष युवराज भुसाललाई सरूवाको पत्र थमाइएको हो।, राष्ट्रिय चरण तथा घाँसेबाली अनुसन्धान केन्द्रका संयोजक रहेका घिमिरेलाई कृषि अनुसन्धान निर्देशनालय लुम्लेमा सरूवा गरिएको पत्र भट्टराईले थमाएका थिए।, यस्तै राष्ट्रिय कृषि सूचना तथा प्रविधि केन्द्रका प्रमुख रहेका अर्का वैज्ञानिक युवराज भुसाललाई राष्ट्रिय बागवानी अनुसन्धान केन्द्रमा जिम्मेवारी नतोकी सरूवा गरिएको घिमिरेले सेतोपाटीलाई बताए। घिमिरेले गत २७ गते र भुसालले २६ गते सरूवाको पत्र पाएका थिए।, ‘हामीले नार्कको पद्धति नबिगारौं भनेर आवाज उठाएका थियौं, आफैं कार्यकारी अध्यक्ष बन्न खोजेका थिएनौं,’ घिमिरेले भने, ‘तर मन्त्रीज्यूको गलत कदमविरूद्ध आवाज उठाएबापत सरूवाको पुरस्कार पाइयो।’, लुम्लेमा दरबन्दी नभएका कारण आफूलाई काज सरूवाको पत्र थमाएको उनले बताए।, सम्बन्धित समाचार:, ४० औं वरियताका भट्टराईलाई नार्कको नेतृत्वमा ताने कृषि मन्त्री भुसालले, कनिष्ठलाई कायममुकायम कार्यकारी निर्देशक बनाएको विरोध गर्दा मन्त्री भुसालले गरिदिए नार्कका दुई वैज्ञानिकको सरूवा
सेतोपाटी संवाददाता नेपालका एफएम, रेडियोले सरकार रेडियोमैत्री नभएको भन्दै इजाजत पत्र तथा लाइसेन्स नवीकरण अवज्ञा गर्ने घोषणा गरेका छन्। , सामुदायिक रेडियो प्रसारक संघ 'अकोराब' र ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल 'वान' ले आज सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई ध्यानाकर्षण पत्र बुझाउँदै तत्काल आफ्ना माग सम्बोधन नभए आन्दोलनमा जानुको विकल्प नहुने जानकारी पनि गराएका छन्। , ध्यानाकर्षण पत्रमा चालु आर्थिक वर्षमा रेडियोहरूको नवीकरण तथा रोयल्टी शुल्क छुटका लागि विशेष व्यवस्था गर्न, मिटर ब्याजभन्दा पनि चर्को, सयौं प्रतिशतसम्म जरिवाना र इजाजत खारेजीको अन्यायपूर्ण र गैरसंवैधानिक व्यवस्था संशोधन गर्न, संगीत रोयल्टीलाई व्यवस्थित, पारदर्शी र सर्वस्वीकार्य बनाउने र यी व्यवस्था नहुन्जेल हाललाई संगीत रोयल्टीका नाममा नवीकरण प्रक्रियामा भइरहेको अवरोध हटाउन सरकारसँग माग गरिएको छ। , ज्ञापनपत्र बुझाउँदै अकोराबका अध्यक्ष अर्जुन गिरी, बानका अध्यक्ष कुमार भट्टराईले आफूहरूले पटक पटक यसबारेमा ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको र यसले सरकारले रेडियोको भूमिकाको अवमूल्यन गरेको स्पष्ट भएकाले अब कठोर कदम चाल्न बाध्य हुनुपर्ने बताए। , ध्यानाकर्षण पत्र बुझ्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले चालु आर्थिक वर्षका लागि एफएम रेडियोहरूको नवीकरण शुल्क मिनाहा तथा रोयल्टी शुल्क छुटको प्रक्रिया तत्काल सुरू गर्ने प्रतिवद्धता व्यक्त गरिन्। , मन्त्रालयमा आज सामुदायिक रेडियो प्रसारक संघ, नेपाल (अकोराब) र ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल (बान) ले संयुक्त रूपमा बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री शर्माले एफएम रेडियोका नवीकरण जस्ता तत्काल गर्नुपर्ने कामको प्रक्रिया आजैदेखि सुरू गर्ने र दीर्घकालीन प्रकृतिका मागलाई नियमावलीमार्फत् सम्बोधन गर्ने बताइन्।, मन्त्रालयका निमित्त सचिव नेत्रप्रसाद सुवेदीले एफएम रेडियोहरूको नवीकरण शुल्क मिनाहा तथा रोयल्टी शुल्क छुटको लागि आजै अर्थ मन्त्रालयसँग समन्वय प्रक्रिया सुरू गर्ने बताए।, ध्यानाकर्षण पत्रमा रेडियोले प्रसारण सामग्री उत्पादन तथा प्रसारण गर्ने इजाजत लिई सो इजाजत पत्रको वार्षिक नवीकरण समेत गरिरहेको तर रोयल्टीका नाममा लिइरहेको रकम अव्यवहारिक, अवैज्ञानिक र दोहोरो भएकाले यसको स्थायी खारेजीको माग पनि गरिएको छ। , रेडियोले बौद्धिक सम्पत्तिको सम्मान गर्दै सङ्गीत रोयल्टी तिर्ने कुराको निरन्तरतामा सहमति जनाउँदै यसको व्यवस्थित र पारदर्शी सङ्कलन तथा वितरणका लागि सरकारी स्थायी संरचना तयार गरी सो अनुसार गर्न माग गर्दै हालको संरचना अनुसार रोयल्टी तिर्न नसकिने बताएका छन्। , यस्तै, इजाजत पत्र तथा उपकरणको छुट्टाछुट्टै शुल्क सहितको अव्यवहारिक र दोहोरो, तेहरो नवीकरण व्यवस्थालाई समायोजन गरी सुलभ, सहज र वैज्ञानिक बनाउन, लोक कल्याणकारी विज्ञापनको वितरण वैज्ञानिक रूपमा मासिक भुक्तानी हुने व्यवस्था गर्न पनि रेडियोले माग गरेका छन्।,  , सरकार रेडियोमैत्री नभएको भन्दै लाइसेन्स नवीकरण अवज्ञा गर्ने एफएम, रेडियोको घोषणा
सेतोपाटी संवाददाता छात्रवृत्ति विवरण नबुझाउने निजी स्कुलहरूलाई इटहरी उपमहानगरले एक लाख रुपैयाँसम्म जरिवाना तिराउने भएको छ। , उपमहानगरको शिक्षा शाखाले १५ वटा निजी विद्यालयलाई जरिवाना तिराउने निर्णय गरेको नगरका प्रेस संयोजक धनबहादुर पुरीले जानकारी दिए।  दस वटा आधारभूत र पाँच वटा माध्यमिक विद्यालयलाई जरिवाना तिराउने निर्णय भएको हो। , आधारभूत तहका विद्यालयलाई ५० हजार र माध्यमिक विद्यालयलाई एक लाख रुपैयाँ जरिवाना तिराउने निर्णय भएको हो।, छात्रवृत्ति विवरण नबुझाउने आधारभूत तहका विद्यालयमध्ये वडा नं. ४ मा सञ्चालित जेलिन मन्टेश्वरी स्कुल, किड्स ग्लो मन्टेश्वरी, वडा नं. १३ मा सञ्चालित पिस एण्ड हर्ट इङ्लिस बोर्डिङ स्कुल, वडा नं. ९ मा सञ्चालित पोल्सान मन्टेश्वरी स्कुल, वडा नं. १४ को सृजना किण्डर गार्टेन मन्टेश्वरी र वडा नं. ५ को हेप्पील्याण्ड चाइल्ड डे केयर छन्। , यस्तै, आधारभूत तहकै वडा नं. २० को इन्द्रेणी स्कुल, वडा नं. १० मा सञ्चालित इटहरी नमूना स्कुल, वडा नं. १ मा सञ्चालित सुनाखरी विद्या मन्दिर र वडा नं. १६ को जानकी मन्टेश्वरी स्कुलले पनि छात्रवृत्ति विवरण बुझाएका छैनन्। यी विद्यालयलाई प्रति विद्यालय ५० हजारका दरले जरिवाना तिराउने निर्णय भएको छ। , यस्तै, माध्यमिक विद्यालयतर्फ वडा नं. १७ मा सञ्चालित गोल्डेन फ्यूचर इङ्लिस बोर्डिङ स्कुल, वडा नं. ६ को इटहरी चिल्ड्रेन स्कुल, वडा नं. ४ को इटहरी मोडल सेकेण्डरी स्कुल, वडा नं. ६ को ह्वाइट सोल एकेडेमी र इटहरी वडा नं. २ को लिटिल केयर बोर्डिङ स्कुललाई एक लाख रुपैयाँका दरले जरिवाना तिराउने निर्णय भएको छ। , नगरप्रमुख हेमकर्ण पौडेलले छात्रवृत्ति दिन चासो नदिने विद्यालयलाई सात दिनभित्रमा जरिवाना तिर्न पत्राचार गर्ने निर्णय भएको बताए।, उपमहानगरपालिकाको शिक्षा ऐनमा उपमहानगरको निर्देशन पालना नगर्ने विद्यालयको स्वीकृति, अनुमति रद्द गर्न सकिने व्यवस्था छ। , निजी विद्यालयलाई उपमहानगरपालिकाले तीन पटकसम्म छात्रवृत्ति विवरण बुझाउन सूचना जारी गरेर असार २८ गतेसम्मको अन्तिम समयसीमा तोकेको थियो।, छात्रवृत्ति विवरण नबुझाउने इटहरीका निजी स्कुललाई उपमहानगरले तोक्यो जरिवाना
सेतोपाटी संवाददाता काठमाडौंको ठमेलस्थित ओम्निया क्लबका सञ्चालकमाथि कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्।, कुटपिट गरेको आरोपमा शुक्रबार पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए।, पक्राउ पर्नेमा नुवाकोटको ककनीका ३३ वर्षीय सानुभाइ भन्ने युवराज गुरूङ, टोखा नगरपालिका-१० का ३३ वर्षीय विक्रम अधिकारी, तनहुँ दमौलीका ३२ वर्षीय सुवास कायस्थ, दमौलीकै ३० वर्षीय सुरज कायस्थ र नुवाकोटका २९ वर्षीय कमल तामाङ छन्।, उनीहरूले असार १५ गते राति ठमेलको क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरूङमाथि कुटपिट गरेका थिए। गुरूङसँगै क्लबका बाउन्सरहरूमाथि पनि कुटपिट गरेको आरोप छ।, उक्त घटनाको सिसिटिभी फुटेज पनि बाहिरिएको थियो। परिसरले उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको छ।, ठमेलको क्लबमा सञ्चालकमाथि कुटपिट घटनामा ५ जना पक्राउ
सेतोपाटी संवाददाता काठमाडौंको लाजिम्पाट क्षेत्र जलमग्न भएको छ।, शुक्रबार साँझ ६ बजेपछि परेको वर्षाले सडक जलमग्न भएको हो।, पानी तालिएपछि सवारी साधन चलाउन समेत गाह्रो भएको छ।, काठमाडौंमा एक/दुई घन्टा पानी पर्दा सडक र चोकहरू जलमग्न हुन्छन्। भल निकास हुने ठाउँ पर्याप्त नहुँदा बर्सेनि यो समस्या काठमाडौंवासीले भोग्दै आएका छन्।, तस्बिरहरू: विष्णु विश्वकर्मा/सेतोपाटी, लाजिम्पाट क्षेत्र जलमग्न (तस्बिरहरू)
शोभा शर्मा खोटाङस्थित शुभम फाउन्डेसनमा बस्दा संस्थापक मदन राईको यौन दुर्व्यवहारमा परेको बताएका बालिकाहरूको संरक्षणमा नेपाल सरकार र सुरक्षा संयन्त्रले बेवास्ता गरेको छ।, ती बालिकाहरूलाई तत्काल उद्धार गर्नुपर्ने भन्दै बाल अधिकार परिषदले बिहीबार महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई प्रतिवेदन बुझाइसकेको छ।, प्रतिवेदन अहिले बुझाए पनि झन्डै डेढ महिनाअघि ती बालिकासहित फाउन्डेसनको अवस्थाबारे परिषदले मन्त्रालयका सचिव सुमनराज अर्याल, सहसचिव यमलाल भुषाल र गृह मन्त्रालयका उपसचिव अर्जुन अर्यालसहितको बैठकमा जानकारी गराएको थियो।, तर कुनै पनि मन्त्रालयले ती बालिका र शुभम फाउन्डेसनका अन्य बालबालिकाको संरक्षण गर्नेतर्फ एक कदम चालेका छैनन्।, राईले गरेको बाल यौन दुर्व्यवहारबारे गत वैशाख अन्तिम साता ,सेतोपाटीले स्टोरी ,गरेको थियो। हामीसँग ६ जना किशोरीले राईबाट यौन दुर्व्यवहारमा परेको बताएका थिए। ,त्यसपछि एक पीडितले दिएको जाहेरीका, आधारमा राईमाथि अदालतमा मुद्दा परेको छ।, फाउन्डेसनमा बसेका अन्य चार बालिकाहरूले पनि आफूहरू यौन दुर्व्यवहारमा गरेको भन्दै नेपाल प्रहरी र बाल अधिकार परिषदको टोलीसँग बताएका थिए।, तर उनीहरूमाथि भएको दुर्व्यवहारको थप अनुसन्धान अघि बढाउन न प्रहरीले सकेको छ, न त सरकारले बालिकाहरूको संरक्षणमा कुनै कदम चालेको देखिन्छ।, सेतोपाटी,ले बालबालिका मन्त्रालयका सचिव अर्याललाई शुभम फाउन्डेसनका बालबालिकाको संरक्षणबारे के निर्णय गर्नुभयो भनेर सोधेको छ।, अर्यालले आफूलाई त्यहाँका बालिकाबारे सबै कुरा जानकारी भएको बताए। तर आफूहरूले के गर्ने भन्ने कुरा अझै निर्णय भइनसकेको जानकारी दिए।, गृह मन्त्रालयका उपसचिव अर्जुन अर्यालले पछिल्लो समय शुभम फाउन्डेसनमा बालिकाहरू 'सुरक्षित नै रहेको' बुझिएको भन्दै थप केही गर्नुपर्ने भए गर्ने जवाफ दिए।, 'त्यो बैठकपछि हामीले सुरक्षा र प्रशासन संयन्त्रसँग कुराकानी गरेका छौं। अहिले त्यहाँ बालबालिकाहरूको सुरक्षामा केही खतरा नभएको बुझेपछि हामीले थप केही कदम चालेनौं। तर परिषद, महिला-बालबालिका मन्त्रालयबाट सुरक्षा गर्न भन्दै थप कुरा आए गर्छौं,' उनले भने, 'हामी आफैंले केही गर्ने कुरा हुँदैन।', परिषदका पदाधिकारी तथा कर्मचारीहरूले जेठमा भएको बैठकमा बालिकाहरू शुभम फाउन्डेसनमा कति असुरक्षित छन् भनेर आफूले देखेका सबै कुराहरू भनेको बताउँछन्।, 'हामीले मात्र शुभम फाउन्डेसनका बालबालिकाको उद्धार गर्न सक्ने अवस्था थिएन। चार बालिकालाई हामीसँगै ल्याउन खोज्दा स्थानीय सरकारका केही जनप्रतिनिधिले अवरोध गरे। त्यसमाथि त्यहाँ अरू बालबालिका पनि सुरक्षित नभएकाले सरकारकै हस्तक्षेप चाहिएको भनेर हामीले सचिवज्यू, गृह मन्त्रालयका उपसचिवज्यूलाई जानकारी गराएका थियौं,' परिषदका एक कर्मचारीले भने।, गृह प्रशासनले आफैं नबुझेपछि महिला तथा बालबालिका मन्त्रालयका सचिव र उनको टिमले शुभमका बालबालिकाको संरक्षणका लागि पहल गर्नुपर्थ्यो। तर उनीहरूले बेवास्ता गरेको देखिन्छ।, मन्त्रालयहरू मात्र होइन, परिषद आफ्नै पनि यसबारे धेरै संवेदनशील भएको देखिँदैन।, आफूले यौन दुर्व्यवहारमा परेका बालिकालाई उद्धार गर्न नसकेपछि काठमाडौं फर्किएको टोलीको कुरा सुनेपछि परिषद नेतृत्वले सरकारसँग तत्काल कुरा गर्नुपर्नेमा आठ दिनपछि बल्ल सचिवलाई ब्रिफिङ गरेको देखिन्छ। टोलीले दिएको प्रतिवेदन तयार पारेर मन्त्रालयलाई बुझाउन पनि परिषदले अर्को एक महिना लगायो।, खोटाङ प्रहरीले पनि सोधपुछका क्रममा यौन दुर्व्यवहार गरेको भनेर बालिकाहरूले भनिसकेपछि त्यसलाई सूचना मानेर अनुसन्धान अघि बढाउन सक्थ्यो। प्रहरीलाई यस्तो अधिकार मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ४ का विभिन्न व्यवस्थाले दिएका छन्। कुनै अपराध भएको सूचना कुनै स्रोतबाट प्राप्त गरेमा वा प्रहरीले आफैं प्राप्त गरेमा त्यसलाई एउटा प्रतिवेदन खडा गरेर दर्ता गर्न पनि सक्ने व्यवस्था उक्त दफाको उपदफा ४ मा उल्लेख छ।, झन् यौन दुर्व्यवहारमा परेको र आरोपीकै संरक्षणमा रहेका बालबालिकाको हकमा त प्रहरी अझ संवेदनशील हुनुपर्ने सरकारी वकिलहरू बताउँछन्।, तर प्रहरी उनीहरूका तर्फबाट जाहेरी कुरेर बस्यो। बालअधिकार परिषदले संरक्षणमा लिएपछि जाहेरी पर्छ र अनुसन्धान गर्ने भन्दै सजिलो बाटो हेर्‍यो।, स्थानीय सरकारका पदाधिकारीले समेत बालिकाहरूको उद्धार गर्ने, संरक्षण गर्ने र उनीहरूको न्याय सुनिश्चितता खोजेको देखिएन।, हामीले दिक्तेल रूपाकोट नगरपालिकाका मेयर तीर्थराज भट्टराईलाई बालिकाहरूको उद्धार र संरक्षणमा परिषदलाई किन सहयोग नगरेको भनेर सोधेका थियौं।, उनले आफूले सहयोग नै गरेको भन्दै अहिले शुभममा रहेका बालबालिका सुरक्षित रहेको जवाफ दिए।, परिषदले आफ्नो प्रतिवेदनमा भने स्थानीय तह लगायत सरकारका अन्य निकायले स्थानीय स्तरबाट काम हुन सक्ने अवस्था नरहेको बताएको उल्लेख गरेको छ।, 'स्थानीय तह लगायत जिल्लामा रहेका निकायहरूका पदाधिकारीले स्थानीयवासीको ठूलै दबाब तथा प्रभावमा परेका कारण स्थानीय स्तरबाट घटना सम्बोधन गर्न सक्ने अवस्था रहेको छैन भनी जानकारी गराउनुले यस्तो अवस्थामा स्वयं पीडित बालबालिकाले खुलेर नै सबै सत्यतथ्य कुरा बताउन वा भन्न सक्ने अवस्था रहेन,' परिषदको प्रतिवेदनको निष्कर्षमा उल्लेख छ।, त्यैसैले नेपाल सरकारले नै भयरहित वातावरण तयार गरेर बालिकाहरूको उद्धार गर्नुपर्ने परिषदको भनाइ छ।, 'यसकारण नेपाल सरकारका सम्बन्धित मन्त्रालय तथा अरू निकायले भयरहित वातावरण निर्माण गरी बालबालिकाको तत्काल उद्धार तथा सम्पूर्ण अधिकार, हकहितको संरक्षण र कार्यान्वयनको सुनिश्चितता गर्नुपर्ने देखिन्छ,' प्रतिवेदनमा उल्लेख छ।, परिषदसँग काठमाडौं आउन तयार भएका बालिकाहरू को को हुन् भन्ने कुरा शुभम फाउन्डेसनका सञ्चालकहरूले थाहा पाइसकेका छन्। त्यसरी आफ्नो पहिचान समेत खुलेपछि आरोपी मदन राईकै बोलवाला रहेको संस्थामा बस्न बालिकाहरूलाई जोखिम हुने बाल अधिकार परिषदका कर्मचारीहरू बताउँछन्।, 'त्यो ठाउँ बालबालिकालाई राख्न लायक नै छैन। त्यसमाथि ती बालिकाहरूको पहिचान खुलिसकेपछि उनीहरू थप जोखिममा परेका छन्। त्यसैले कम्तीमा उनीहरूको त यथाशीघ्र उद्धार गर्नुपर्ने भनेर मन्त्रालयका सचिवज्यूहरूलाई भनेको हो,' परिषदका ती कर्मचारीले भने।, परिषदले दिएको प्रतिवेदनमा के छ?, बाल अधिकार परिषदले स्थलगत अध्ययनपछि शुभम फाउन्डेसनले कानुनको पालना नगरेको भन्दै कारबाही गर्न सिफारिस गरेको छ।, 'बालबालिका आवासीय रूपमा राख्न सक्ने कानुनी आधार नदेखिएकोले नेपाल सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ७२ को उपदफा (८) बमोजिमको कानुनी कारबाही समेत उक्त संस्थालाई गर्नुपर्ने,' प्रतिवेदनमा उल्लेख छ, 'यसका लागि नेपाल सरकार तथा सुरक्षा निकायबाट यस सम्बन्धी आवश्यक भएमा थप विशेष अनुसन्धान गर्नुपर्ने।', त्यसबाहेक यौन दुर्व्यवहारमा परेका बालिकालाई तत्काल उद्धार गर्ने, पुनर्स्थापना र मनोपरामर्श दिनुपर्ने परिषदको सुझाव छ। बालबालिकालाई यौन दुर्व्यवहार गर्ने गराउनेलाई कानुनी कारबाही गर्नुपर्ने पनि परिषदले सुझाएको छ।, सबै बालबालिकाबारे थप अध्ययन गर्नुगर्ने, उद्धार, मनोपरामर्श र परिवारमा पुनर्स्थापना गर्न प्रतिवेदनमा भनिएको छ। बालबालिकाको संरक्षण, सम्वर्द्धन, सम्मान, प्रवर्द्धन र परिपूर्तिका लागि सम्बन्धित स्थानीय तह, न्यायिक समिति, स्थानीय बाल अधिकार समिति र बाल कल्याण अधिकारी जिम्मेवार हुनुपर्ने, साथै सरकार र प्रदेश सरकारले सकारात्मक हस्तक्षेप गर्नुपर्ने परिषदको सुझाव छ।, मदन राईबाट यौन दुर्व्यवहारमा परेका बालिकाको न संरक्षण, न उजुरी दर्ता
सेतोपाटी संवाददाता  पछिल्लो चौबिस घन्टामा ६ जिल्लामा भारी वर्षा मापन भएको छ।, जल तथा मौसम विज्ञान विभाग,बाढी पूर्वानुमान महाशाखाका अनुसार पाल्पा, नवलपुर, नवलपरासी, तनहुँ, कास्की र महोत्तरीमा भारी वर्षा मापन भएको हो।, महोत्तरीमा पछिल्लो एक घन्टामा ६० मिलिमिटर वर्षा हुँदा तीन घन्टामा १२० मिलिमटर वर्षा मापन भएको छ।, कास्कीमा पछिल्लो चौबिस घन्टामा १६६.२,  तनहुँमा १४९ मिलिमिटर, नवलपरासीमा १४३ मिलिमिटर,  नवलपुरमा १४१.४ मिलिमिटर  र पाल्पामा १३६.४ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ।,  वर्षाका कारण विनयी, अरूण, गिरूवारी खोला लगायत ती जिल्ला आसपास भएर बहने खोलाहरूमा आकस्मिक  बाढीको सम्भावना रहेकाले यात्रामा निस्कने तथा डुबान भइरहने होचो भुभाग  तथा तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।, यी ६ जिल्लामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह
सेतोपाटी संवाददाता हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशखाका अनुसार  मनसुनको न्यून चापीय रेखा  पश्चिम तिर सरदर स्थान भन्दा दक्षिण तर्फ तथा पूर्व  तिर सरदर स्थान भन्दा उत्तर तर्फ (नेपाल नजिक) अवस्थित रहेको छ।, मनसुनी वायुका  कारण हाल देशभर सामान्य देखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका केहि स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको महााशखाले जनाएको छ। , आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षा को समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। , महाशाखाका अनुसार राति देशभर आंशिक देखि सामान्य बदली रही सबै प्रदेशका थोरै स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना छ। , वर्षा र हावाहुरीका कारण  सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने  भएकाले  हावा-हुरी, भारी वर्षा, मेघ गर्जन/चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। ,  , आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
सेतोपाटी संवाददाता हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले  मनसुनको न्यून चापीय रेखा पश्चिम तिर सरदर  स्थान भन्दा दक्षिण तर्फ तथा पूर्व  तिर सरदर स्थान भन्दा उत्तर तर्फ ( नेपाल नजिक) अवस्थित रहेको छ।, हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आँशिक देखि सामान्य  बदली रहेको  छ।, महाशाखाका अनुसार कोशी , मधेश कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका ‍केही र बाँकी प्रदेशका थोरै  स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। , कोशी र मधेश प्रदेशका एक दुई स्थानमा भारी वर्षा पनि भइरहेको छ।, आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही  कोशी, बागमती र गण्डकी प्रदेशका केही  र बाँकी प्रदेशका थोरै  स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।  , कोशी प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।मधेश प्रदेश र कोशी प्रदेशका  तराईका थोरै स्थानहरूमा हावा-हुरीको पनि सम्भावना रहेको  महाशाखाले जाकारी दिएको छ।, राति भने देशभर सामान्य देखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।कोशी र  गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ भने मधेश प्रदेश  र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा-हुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।, वर्षा र हावाहुरीका कारण सबाट सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका  क्षेत्रहरू र  दैनिक  जनजीवन  समेत प्रभावित हुनसक्ने महाशाखाको आकलन छ। , त्यसकारण हावा-हुरी, भारी वर्षा, मेघ गर्जन/चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
सेतोपाटी संवाददाता अविरल वर्षापछि आएको बाढी-पहिरोका कारण अहिले दुई वटा राजमार्ग पूर्णतया अवरूद्ध छन्। १८ वटा एकतर्फी सञ्चालनमा रहेको सडक विभागले जानकारी दिएको छ।, केचना-चन्द्रगढी, चारआली-इलाम-फिदिम गणेशचोक-ताप्लेजुङ-ओलाङचुङगोला जोड्ने मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलाको पुल बगाउँदा अवरूद्ध रहेको विभागले जानकारी दिएको छ।, त्यस्तै चतरा-मुलघाट-माझीटार-अमरापुरडाँडा-गणेशचोक जोड्ने तमोर करिडोरको सडक पनि पाँचथर माझीटारस्थित हेवा खोलामा अवरूद्ध छ।, मनसुन सुरू भएयता १७ वटा सडक ८९ स्थानमा अवरूद्ध भएको थियो।, अहिलेसम्म २४ करोड ९६ लाखको अनुमानित क्षति भएको विभागले जानकारी दिएको छ।,  , बाढी-पहिरोका कारण २ राजमार्ग अवरूद्ध, १८ वटा एकतर्फी
रासस गुल्मीमा चट्याङ लागेर १५ वर्षीया किशोरीको मृत्यु भएको छ।, मृत्यु हुनेमा मुसिकोट नगरपालिका–१ नेटा सिम्लेकी टीका बलाल छिन्।  , जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानका अनुसार बुधबार साँझ आफ्नै घरमा बसिरहेको समयमा चट्याङ लाग्दा बलाल घाइते भएकी थिइन् ।, उनको उपचारका क्रममा बागलुङको बुर्तिबाङ प्राथमिक केन्द्रमा मृत्यु भएको हो।, चट्याङ लागेर गुल्मीमा किशोरीको मृत्यु
सेतोपाटी संवाददाता पहाडी जिल्ला लमजुङ र हिमाली जिल्ला मनाङ जोड्ने एकमात्र बेँसीसहर–चामे सडक आजदेखि दुई बन्द हुने भएको छ।, यस सखडकखण्डको तिमाङ पावर हाउस खोलाको काठे पुल र स्यार्कु खोलाको काठे पुल भाँचिएकाले काठेपुल निर्माणका लागि आज बिहान १० बजेदेखि भोलि साँझ ५ बजेसम्मको लागि सडक बन्द हुने डुम्रे बेँसीसहर–चामे सडक योजना कार्यालयले जनाएको छ।, बेँसीसहर चामे सडकखण्ड अन्तर्गत मनाङको चामे गाउँपालिका–१ स्थित तिमाङ पावर हाउस खोलाको काठे पुल  र वडा नं २ स्थित स्यार्कु खोलाको काठे पुल गरी दुई ठाउँमा काठेपुल निर्माण गर्न लागेको र सो स्थानमा वैकल्पिक सडक नभएकाले सडक बन्द गरिएको डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयका इन्जिनियर सुमन अधिकारीले बताए।, ‘उक्त दुई स्थानमै दुई वर्षअघि काठे पुल निर्मापण गरेका थियौँ, अहिले पुलमा राखिएको काठ जीर्ण हुँदै गएको र लोड भएका सवारी साधनसमेत गुड्ने भएकाले कुनै क्षति नहोस् भनेर पुराना काठ हटाएर नयाँ राखेर निर्माण गर्न लागेका छौं,’ उनले भने।,  समयमै जीर्ण पुल मर्मत गर्नसकेमा कुनै मानवीय तथा भौतिक क्षति नहुने भएकाले तत्काल नयाँ पुल निर्माण गर्न लागेको अधिकारीको भनाइ छ।, उनका अनुसार तिमाङ खोलाको काठे पुल यसअघि सात मिटर रहेकोमा लम्बाइ नौ मिटर र चौडाइ साढे चार मिटर मिटरको बन्ने भएको छ। त्यस्तै, स्यार्कु खोलामा सात मिटर लम्बाइ र चार मिटर चौडाइको काठे पुल निर्माण हुने बताइएको छ।, पुल निर्माणको लागि मङ्गलबारबाटै रुख काट्ने, पुलको लागि फलेक बनाउनेलगायतका काम हुँदै आएको डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयका इन्जिनियर अधिकारीले बताए।, सो स्थानमा सवारी साधनलाई धेरै जोखिम हुँदै आएपछि मर्मतका लागि मनाङको जिल्ला प्रशासन कार्यालयलाई दुई दिनको लागि सडक बन्द गर्न सूचना प्रकाशित गर्न अनुरोध गरेर प्रशासनले समेत बुधबार सूचना जारी गर्दै सडक बन्द हुने ब्यहोरा जानकारी दिएको उनको भनाई छ ।, मनाङलाई सडक सञ्जालमा जोड्ने सरकारको योजनाअनुरुप विसं २०५१ बाट सडक डिभिजन कार्यालय दमौली तनहुँले बेँसीसहर चामे सडक निर्माण अघि बढाएको थियो तर पछि जनयुद्ध र अन्य विविध कारणले तत्कालीन नेपाली सेनाले उक्त सडक विसं २०५७ बाट सडक अघि बढाउने पुनः जिम्मेवारी प्राप्त गर्‍यो।, तत्कालीन नेपाली सेनाले शान्ति प्रक्रियपछि मात्र सडक निर्माणलाई निरन्तरता दिँदै बाँदर लड्लाजस्तो जोखिमपूर्ण भीरमा ज्यानको बाजी राख्दै विसं २०६९ मा सडक निर्माण सम्पन्न गर्दै सडक डिभिजन कार्यालय दमौलीलाई हस्तान्तरण गरेको थियो।, तत्कालीन कार्य गणका इन्जिनियर भरत श्रेष्ठ र इन्द्रिबर गुरुङको नेतृत्वमा सडक सम्पन्न गर्दै हस्तान्तरण गरेयता सडक भने जीर्ण बन्दै गएको छ। यस सडक ६५ किलोमिटरमध्ये लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर रहेको छ। यस सडक जीर्ण वा बन्द हुँदा प्रत्यक्ष वा बढी मनाङवासीलाई मर्का पर्दै आएको छ।, बेँसीसहर–चामे सडक भोलि साँझसम्म बन्द हुने
सेतोपाटी संवाददाता भारतको राजधानी नयाँदिल्लीमा यमुना नदीले खतराको तह पार गरेको छ।, टाइम्स अफ इन्डियाका अनुसार बिहीबार बिहान ८ बजे यमुना नदीको पानीले २०८.४८ मिटरको तह पार गरेको हो।  , यमुनामा पानीको सतह बढेपछि आसपासका बस्ती डुबानमा परेका छन्। दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालको निवास रहेको क्षेत्रमा पनि यमुनाको पानी पसेको छ।, डुबान भएका क्षेत्रमा बिहीबार विद्यालय बन्द गरिएका छन्।, यमुनाको पानीले खतराको तह छोएपछि मुख्यमन्त्री केजरीवालले आज आपतकालीन बैठक गर्दैछन्। यमुना नदीको आसपासमा नजान मुख्यमन्त्री केजरीवालले दिल्लीवासीलाई आग्रह गरेका छन्।, दिल्ली ट्राफिक प्रहरीले पनि यमुना नदी आसपासका सडक प्रयोग नगर्न अनुरोध गरेको छ।, डुबानमा परेका हजारौं मानिसलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ।, पछिल्ला केही दिनयता उत्तरी भारतका दिल्ली, हरियाणा, पञ्जाब, उत्तराखण्ड, हिमाचल राज्यमा भारी वर्षाले ठूलो जनधनको क्षति गरेको छ।,  ,  , दिल्लीमा यमुना नदीको पानीले पार गर्‍यो खतराको तह, विभिन्न ठाउँमा डुबान
सेतोपाटी संवाददाता मधेश र कोशी प्रदेशका सात जिल्लामा भारी वर्षा मापन भएको छ।, जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ३ देखि ६ घन्टामा झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, बारा, पर्सा जिल्लाका धेरै स्थानमा भारी वर्षा भएको छ।, झापाको अनारमनीमा पछिल्लो २४ घन्टामा १ सय ७९ मिलिमिटर वर्षा मापन गरिएको छ। त्यस्तै चन्द्रगढी विमानस्थल आसपासका क्षेत्रमा १ सय ४१.६ मिलिमिटर वर्षा भएको छ। धरानको सुनसरी आसपासमा १ सय ५६.४ मिलिमिटर पानी परेको मान गरिएको छ। यता बाराको निजगढ क्षेत्रमा पछिल्लो २४ घन्टामा १ सय २९.६ मिलिमिटर पानी परेको छ।, त्यसैले यी जिल्ला भई बहने साना खोलामा आकस्मिक बाढी आउन सक्ने जोखिम रहेको महाशाखाले जानकारी दिएको छ।, नदी तटीय क्षेत्र र डुवान भइरहने होचा स्थानमा दिउँसो १२ बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।, मधेस र कोशी प्रदेशका ७ जिल्लामा भारी वर्षा, १२ बजेसम्म सतर्क रहन आग्रह
विनोद सापकोटा भारी वर्षाका कारण झापाका विभिन्न क्षेत्र डुबानमा परेको छ।, बुधबार रातिबाट आएको अविरल वर्षाले अधिकांश क्षेत्र डुबानको जोखिममा रहेको झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोख्रेलले जानकारी दिए।, केही ठाउँमा नदीले कटान र डुवान सुरु गरेको छ,’ प्रजिअ पोख्रेलले भने, ‘उद्धारका लागि सुरक्षा निकायका टोली तैनाथ राखेका छौँ।’, बाढीले हालसम्म विस्थापित र धनजनको क्षतिको विवरण प्राप्त नभएको उनले बताए।, रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालका अनुसार कनकाई माई, बिरिङ रतुवा, मेची, कमल, बनियानीजस्ता साना–ठूला नदीको बहाव बढेको छ।, केही नदीका पानी गाउँ पसेको छ।, ‘राजमार्ग दक्षिणका अधिकांश भू–भाग डुबानमा छ। विस्थापितको संख्या कम भए पनि हजारौं घर डुबानमा परेका छन्,’ उनले भने, ‘केही नदी बस्तीमा पस्ने खतरा छ।’, उनका अनुसार झापाका भद्रपुर, पाठामारी, केचनाकवल, महेशपुर, बनियानी, गौरिगञ्ज, झापा लगायतका क्षेत्र डुबानको खतरा रहेका स्थानहरूमा झन्डै ३०० युवा परिचालन गरिएको छ।, झापाका शिवसताक्षी, भद्रपुर, कचनकवल, गौरिगञ्ज, मेचीनगर, गौरादह लगायतका पालिका वर्षेनीका बाढीबाट प्रभावित हुने पालिका हुन्।, भारी वर्षाले झापाका विभिन्न क्षेत्र डुबानमा
नवीनबाबु गुरूङ मानव अधिकार तथा शान्ति समाजले काठमाडौंस्थित रूसको दूतावास, बालुवाटार अगाडि प्रदर्शन गरेको छ।, बिहीबार रूस–युक्रेन युद्धको ५०५ औं दिनमा समाजले रूसलाई तत्काल युद्ध रोक्न पुनः आग्रह गर्दै प्रदर्शन गरेको हो।, उनीहरूले रूसी आक्रमणका कारण हजारौं नागरिकको मृत्यु, रूसी आक्रमणका कारण करोड बढी शरणार्थी/आन्तरिक रूपमा विस्थापित, रूसले सुरू गरेको युद्धको ५०५ दिन: इतिहास लज्जित, रूसले सुरू गरेको युद्धको ५०५ दिन: मानवता पराजित लगायत प्लाकार्ड बोकेर प्रदर्शन गरेका हुन्।, तस्बिरहरू:, रूसी दूतावास अगाडि नारा- रूसले सुरू गरेको युद्धको ५०५ दिन: इतिहास लज्जित (तस्बिरहरू)
सेतोपाटी संवाददाता केही समयअघि मात्रै पाठेघरको शल्यक्रिया गराएर स्वास्थ्यलाभ गरिरहेकी द्रौपदीदेवी राजवंशीलाई गएको आइतबार बिहान पेट दुख्ने समस्याले सतायो। दुखाइ सहन नसक्ने भएपछि उनले छिमेकीलाई अस्पताल पुर्‍याइदिन आग्रह गरिन्।, मोरङ जहदा गाउँपालिका १ की ५५ वर्षीया राजवंशीलाई धेरै असजिलो भएपछि छिमेकी  देवन्तकुमार राजवंशीले विराटनगरस्थित कोशी अस्पताल लिएर आए। असार २४ गते बिहान अस्पतालको आकस्मिक कक्षमा पुर्‍याएपछि त्यहाँ रहेका स्वास्थ्यकर्मीले स्त्री तथा प्रसुति रोग विशेषज्ञलाई भेट्न ओपिडीमा जान सुझाए।, स्त्री तथा प्रसुति विभागका चिकित्सकले शल्यक्रिया गरिएको केस रहेछ भन्दै सर्जरी विभागमा जान भने। देवन्तले अब द्रौपदीलाई सर्जरी विभागतिर लिएर गए। आकस्मिक कक्षबाट स्त्री तथा प्रसुति विभागमा पालो कुर्दाकुर्दै एक घन्टाभन्दा बढी समय बितिसकेको थियो। पेटको दुखाइ झनै बढिरहेको थियो।, प्रसुति विभागबाट सर्जरी विभागका चिकित्सककहाँ गएर पालो कुर्दाकुर्दै द्रौपदीको मृत्यु भयो।, ‘सुरूमा इमरजेन्सीमा पुर्‍याएँ, त्यहाँबाट गाइनोमा लान भनियो,’ बिरामी लिएर अस्पताल पुगेका देवन्तले भने, ‘पालो कुर्दाकुर्दै समय बितेपछि बल्ल गाइनोमा देखाउन पाइयो। गाइनोका डाक्टरले पेटमा घाउ रहेछ, अप्रेसन पनि गरेको रहेछ, सर्जरीतिर लानु भने। सर्जरीका डाक्टरलाई देखाउन नपाउँदै उहाँको ज्यान गयो।’, देवन्तले अस्पताल पुर्‍याउनेबित्तिकै उपचार सुरू गरेको भए मृतकको ज्यान बाँच्ने आशा राखेका थिए।, ‘तर, त्यस्तो भएन अस्पतालका वार्ड डुलाउँदा-डुलाउँदै उहाँको ज्यान गयो,’ उनले भने, ‘मैले १० बजे अस्पताल पुर्‍याएको थिएँ। १२ बजेतिर उहाँको निधन भयो।’, उपचारमा ढिलासुस्ती भएकै कारण बिरामीको मृत्यु भएको भन्दै परिवार र छिमेकीले अस्पताल प्रशासनसँग कुरा गरे। अस्पतालले घटनाबारे छानबिन गर्न अस्पतालका पूर्वमेडिकल सुपरिटेन्डेन्ट डाक्टर यज्ञराज खरेलको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको छ।, कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चन्द्रभाल झाले घटनाको छानबिन सुरू भएको जानकारी दिए।, ‘अस्पतालले छानबिन समिति गठन गरेको छ,’ उनले भने, ‘समितिले दिएको प्रतिवेदनको आधार थप प्रक्रिया अगाडि बढाउनेछौं।’, छानबिन समितिका एक जना सदस्यले आकस्मिक कक्षमा तत्कालै उपचार सुरू गरेर औषधि चलाउन सकेको भए राजवंशीको ज्यान जोगिने सम्भावना हुनसक्ने बताए।, ‘आकस्मिक कक्षले तत्कालै दुखाइ कम गर्ने औषधि र एन्टिबायोटिक चलाएको भए यस्तो दुर्घटना हुन्नथ्यो कि भन्ने देखिन्छ,’ ती सदस्यले भने, ‘हामी छानबिनकै क्रममा छौं। विस्तृत विवरण छानबिन सकिएपछि खुल्ला।’, समितिले इमरजेन्सीमा त्यस दिन रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूसँग घटनाबारे बुझिरहेको ती सदस्यले भने। छानबिन चलिरहेको भन्दै अस्पतालले त्यसदिन ड्युटीमा रहेका चिकित्सक र स्वास्थ्यकर्मीको नाम खुलाउन चाहेको छैन।, कोशी अस्पतालमा विभाग डुलाउँदा-डुलाउँदै गयो बिरामीको ज्यान
रासस असार तेस्रो साता बितिसक्दा मोरङमा ६५ प्रतिशत (५४ हजार एक सय ४५ हेक्टर जमिनमा) धान रोपाइँ भएको छ।, ‘जलवायु अनुकूलित कृषिमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ देशैभर धान रोपाइँ भइरहेको छ। मोरङमा ८३ हजार तीन सय हेक्टर जमिनमा धान लगाउने गरिएकामा हालसम्म ६५ प्रतिशत मात्र धान रोपाइँ भएको कृषि ज्ञानकेन्द्रका प्रमुख रामदेव सिंहले बताए।, जिल्लाको १७ पालिकामध्ये रङ्गेली नगरपालिका, उर्लाबारी नगरपालिका र पथरी नगरपालिकामा ९० प्रतिशत रापाइँ भएको छ, कटहरी गाँउपालिका, जहदा गाउँपालिका, मिक्लाजुङ गाउँपालिका र कानेपोखरी गाउँपालिकामा ७० प्रतिशत, सुनवर्षी गाउँपालिका, धनपाल गाउँपालिका, रतुवामाई गाउँपालिका, लेटाङ नगरपालिका, सुन्दरहरैँचा नगरपालिकामा ६० प्रतिशत, विराटनगर महानगरपालिका, बेलबारी नगरपालिका, ग्रामथान गाउँपालिका र बूढीगङ्गा गाउँपालिकामा ५० प्रतिशत धान रोपाइँ भएको उनको भनाइ छ। , समयमा पानी नपर्नाले रोपाइँ ढिलो भएको हुनसक्ने उल्लेख गर्दै प्रमुख सिंहले केही दिनदेखि लगातार पानी परिरहेकाले रोपाइँ गर्न सहज भएको बताए।, जिल्लामा धेरै मात्रामा रञ्जीत, राम, बिबी एघार, स्वर्णलगायत धान लगाउने गरिएको उक्त केन्द्रले जनाएको छ। गत वर्ष जिल्लामा ८२ हजार चार सय ६७ हेक्टर जमिनमा धान रोपाइँ भएकामा तीन लाख ३८ हजार एक सय १४ मेट्रिकटन धान उत्पादन भएको उक्त केन्दले जनाएको छ।  , असार सकिनै लाग्दा मोरङमा ६५ प्रतिशत रोपाइँ
रासस कलैया बजार व्यवस्थित गर्न खटिएका नगर प्रहरी र व्यापारीहरुबीच झड्प हुँदा एक नगर प्रहरी गम्भीर घाइते भएका छन्।, कलैया हाट बजारमा व्यापारीले नगरपालिकाले उपलब्ध गराएको ठाउँमा व्यापार नगरी सडक पेटीमा सामान राखी व्यापार गर्दा सर्वसधारणलाई हिँडडुल गर्न समस्या हुन थालेपछि कलैया उपमहानगरपालिकाले पसल हटाउन नगर प्रहरी खटाएको थियो।, अवरोध हटाउन नगर प्रहरीले काम थालनी गर्न थालेपछि व्यापारीले अवरोध सिर्जना गर्न खोज्दा  व्यापारी र नगर प्रहरीबीच झड्प भएको थियो। व्यापारीको कुटाइबाट नगर प्रहरी उज्वल यादव गम्भीर घाइते भएको नगरप्रमुख विनोद साहले जानकारी दिए।, यादवलाई तत्कालै प्रदेशिक अस्पताल कलैया लगिएकामा त्यहाँ उपचार हुन नसक्दा थप उपचारका लागि वीरगञ्ज पठाइएको अस्पतालका अहेव प्रदीप यादवले जानकारी दिए। यादवको छातिमा चोट लागेको अस्पताल प्रशासनले जनाएको छ। , यसैबीच नगर प्रमुख साहले अस्पताल पुगी घाइते भएका नगर प्रहरीको अवस्था बुझेका छन्।  नगरपालिकाको निर्णय कार्यान्वयन गर्न खटिएका नगर प्रहरीमाथि भएको आक्रमणको घोर भर्त्सना गर्दै दोषीलाई कारबाही गराउन कडा कदम चालिने उनले बताए।, दुवैपक्ष बीचको झडपमा यादवसहित पाँच नगर प्रहरी घाइते भएका छन्। सोही झडपमा परी करिब एक दर्जन व्यापारी पनि घाइते भएको नेपाल तरकारी फलफूल खुद्रा व्यापारी सङ्घका अध्यक्ष दिपलाल साहले जानकारी दिए।, कलैया उपमहानगरमा नगर प्रहरी र व्यापारीबीच झडप
सेतोपाटी संवाददाता नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सानोभर्‍याङबाट थप एक जनालाई पक्राउ गरेको एसपी रविन्द्र रेग्मीले जानकारी दिए।, काठमाडौं महानगरपालिका-३० घर भई नयाँबजार खुशिबु बस्ने ५९ वर्षीय केशव तुलाधर पक्राउ परेका हुन्। , तुलाधरमाथि कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको एसपी रेग्मीले बताए। , प्रहरीका अनुसार भुटानी शरणार्थी प्रकरणमा उनको बैंक खाता प्रयोग भएको थियो। , उनीसहित ३० जनाविरूद्ध काठमाडौं जिल्ला अदालतमा ठगी तथा संगठित अपराध कसुरमा मुद्दा दर्ता छ। अदालतले १८ जनामध्ये १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। जसमध्ये दुई जनालाई धरौटीमा छाड्न आदेश दिएको थियो। , न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले टंक गुरूङलाई १० लाख र लक्ष्मी महर्जनलाई ५ लाख धरौटीमा छोड्न आदेश दिएको थियो। , अदालतको आदेशपछि पक्राउ पर्नेमा तुलाधर दोस्रो व्यक्ति हुन्। यसअघि जिल्ला प्रहरी परिसर काठमाडौंले गत असार ११मा आशिष बुढाथोकीलाई पक्राउ गरेको थियो। , यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्व सभासद आङटावा शेर्पा, सानु भण्डारी, केशव दुलाल, सागर राई, सन्देश शर्मा, इन्द्रजित राई, सन्दीप रायमाझी, नरेन्द्र केसी, गोविन्दकुमार चौधरी, रामशरण केसी, शमशेर मियाँ,  भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र हरिभक्त महर्जन थुनामा छन्। , उनीहरूबाहेक १० जना अझै फरार छन‍्। प्रहरीले उनीहरूको पनि खोजी गरिरहेको जनाएको छ।, नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका तुलाधर पक्राउ
रासस हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ।, राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११ बजेर १७ मिनेट जाँदा हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको हो।, यसअघि गत असार २५ गते सिन्धुपाल्चोकको बाह्रविसे आसपास केन्द्रबिन्दु भएर ३ दशमवल ८ रेक्टरस्केलको भूकम्प गएको थियो।, पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली र पहाडी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी छ। नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रुपमा लिने गरिन्छ।, हुम्लाको कालिका केन्द्रबिन्दु भएर भूकम्प
सेतोपाटी संवाददाता सशस्त्र प्रहरी बल नेपाल (एपिएफ)ले सम्भावित मनसुनजन्य क्षति न्यूनिकरण र उद्धारका लागि जनशक्ति तथा उपकरण तयार राखेको छ।, डोजर, लोडर गरी १३ वटा हेभी इक्यूपमेन्टलाई प्रधान कार्यालयसहित सातै प्रदेशमा राखिएको एपिएफका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।, खराब मौसम, अप्ठ्यारो ठाउँ र २४ सै घन्टा उद्धार र राहतमा जुट्न तयार रहेको डिएसपी थापाले बताए।, अप्ठेरो पर्दा निशुल्क रूपमा संगठनको हटलाइन नम्बर १११४ मा फोन गर्न तथा आफू नजिकको युनिटमा खबर गर्न सकिने एपिएफले बताएको छ।, कोशी स्थित नं. १ बराह बाहिनी सुनसरी, नं. ६ महेश्वरी बाहिनी सुर्खेत, नं. ७ वैद्यनाथ बाहिनी कैलाली, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, नं. २० विपद् उद्धार उपत्यका गण काठमाडौं र नं. २४ कालिका गण कास्कीमा उद्धारको टोली एवं उपकरणलाई तयारी अवस्थामा राखिएको छ। , कोशी प्रदेशको सुनसरीदेखि सुदूरपश्चिम प्रदेशको दार्चुलासम्म गरी ३१ जिल्लाको ४४ वटा सशस्त्र प्रहरी बल नेपालको युनिटहरूमा १ सय ७ वटा मोटरबोट र र्‍याफ्टबोट छन्। , १४ जिल्लाका १७ वटा सशस्त्र प्रहरी बल नेपालका युनिटहरूमा ३३ वटा डिजास्टर रिलिफ सिस्टम (डिआरएस) कन्टेनरहरू समेत छन्। , त्यस्तै ८ वटा विपद् सामूहिक उद्धार एम्बुलेन्स तथा जनशक्ति पनि तयार रहेको एपिएफले जनाएको छ। , डिएसपी थापाका अनुसार ए क्लासका ८ वटा एम्बुलेन्स नं. १ बराह बाहिनी सुनसरी , नं. २ छिन्नमस्ता बाहिनी महोत्तरी, नं. ४ मुक्तिनाथ बाहिनी कास्की, नं. ६ महेश्वरी बाहिनी सुर्खेत, नं. ७ बैद्यनाथ बाहिनी कैलाली, नेपाल एपीएफ अस्पताल बलम्बु, क्षेत्रीय अस्पताल बाँके र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा तयारी हालतमा राखिएको छ।, मनसुनजन्य क्षति न्यूनिकरण र उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालले सात वटै बाहिनी मुख्यालयहरूमा एक/एक प्लाटुन, नं. ९ पशुपतिनाथ बाहिनीमा एक प्लाटुन, १० वटा शिक्षालयमा एक/एक प्लाटुन, सम्पूर्ण गणहरूमा एक/एक प्लाटुन तथा गुल्म र अन्य युनिटहरूमा एक/एक सेक्सन आवश्यक सामग्रीसहित तयारी हालतमा राखिएको छ। , साथै बाढीका कारण पानीका स्रोतहरूमा क्षति भएमा तत्काल खानेपानी व्यवस्थापनको लागि उपत्यकामा ७, कास्कीमा २, बर्दघाटमा १, बाँकेमा र कैलालीमा एक/एक गरी १२ वटा स्थानमा डिप ट्यूवेलसहित तयार रहेको एपिएफले जनाएको छ।, एपिएफको विपद् व्यवस्थापन तयारी: सबै प्रदेशमा गोताखोर, मोटरबोट र हेभी इक्युपमेन्ट
सरिशा अछामी असार २२ गते दिउँसो वीरगञ्जका एक युवकले प्रहरीको हटलाइन १११३ फोन गरे। उनले वीरगञ्जको नाकामा बसेका प्रहरीले भारतबाट सामान ल्याई सस्तोमा बेचिरहेको खबर सुनाए।, प्रहरी प्रधान कार्यालयले ती युवकले दिएको सूचनालाई गम्भीरताका साथ लियो। छानबिन समिति बनायो।, नेपाल प्रहरीका प्रवक्ता डिआइजी कुवेर कडायतका अनुसार सोही दिन जिल्ला प्रहरी कार्यालय सोही दिन वीरगञ्ज जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्राचार गरिएको छ।, ‘प्रमाणित भए, त्यस्तो कारोबारमा संलग्न प्रहरीलाई कारबाही गर्छौं,ʼ उनले भने।, गत आइतबार महिला हिंसाको उजुरी दिन जाँदा प्रहरी कार्यालयले त्यसलाई सामान्य रूपमा लिएको भन्दै दमौलीकी एक महिलाले १११३ मा फोन गरेकी थिइन्।, प्रहरीले ‘सामान्य घरेलु कुरा छलफलमा मिलाउनु’ भनेपछि उनले १११३ मा फोन गरेकी रहेछिन्।, ती महिलाले दिएको उजुरीको विवरण टिपेर पत्राचार गर्ने तयारी भइरहेको प्रवक्ता कडायतले बताए।, नेपाल प्रहरीको प्रधान कार्यालय नक्सालमा रहेको १११३ नम्बर आउने फोनमध्ये यी केही प्रतिनिधि उदाहरण हुन्।, प्रहरीले तपाईंको गुनासो सुनेन! लापरबाही गर्‍यो वा अनावश्यक दु:ख दियो? बिनाकारण प्रहरीले सामान्य काम गर्नका लागि समय लम्बायो? प्रहरीको सेवाबारे चित्त बुझेन भने तपाईंले सिधै १११३ मा फोन गर्न सक्नुहुन्छ।, जुनसुकै बेला फोन गरेर आफ्ना गुनासो सुनाउन सकिने १११३ मा फोन गर्न शुल्क लाग्दैन।, प्रहरी पीडितका गुनासो सुन्दैन भन्ने आरोप लागिरहेको हुन्छ। त्यसैले पीडितलाई सहज होस भनेर २०७४ वैशाख १ देखि १११३ हटलाइन नम्बर सुरू गरिएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले बताए।, ‘प्रहरीले पीडितका गुनासो सुन्छ, तपाईं १११३ मा फोन गर्नुस्,ʼ प्रवक्ता कडायतले भने, ‘गुनासो सुन्नकै लागि हटलाइन नम्बर सुरू गरेका हौं।ʼ, पीडितका गुनासो आउनासाथ प्रहरीले सकेसम्म छिटो काम गर्ने गरेको छ।,  ‘दैनिक २०/२५ जनाले फोन गर्छन्। त्यसमा कतिपयले आफ्ना जिज्ञासा सोध्छन्,ʼ उनले भने, ‘कुनै व्यक्तिले गैरकानुनी काम गरेको देखे वा खबर पाए पनि फोन गर्छन्।ʼ, प्रहरीलाई सूचना दिन पनि हटलाइनमा फोन गर्छन्।, असार २१ गते साँझ रामेछापकी एक महिलाले फोन गरेकी थिइन्। उनले छिमेकीको घरमा कुटपिट भइरहेको देखेकी रहेछिन्।, त्यहाँका प्रहरीले फोन नउठाएपछि नसकेपछि साँझ ९ बजे हटलाइनमा फोन गरेकी रहेछिन्। यसरी तत्काल घटनास्थलमा पुग्नुपर्ने समयमा प्रहरी फोन गरेर जानकारी गराउनुको साथै जान निर्देशन दिने गरेको प्रवक्ता कडायतले बताए।, यसमा सर्वसाधारणले मात्र होइन्, प्रहरीले पनि फोन गर्छन्।, प्रहरीले सरूवा चाहिएमा, प्रहरीमाथि हातपात भएमा, काम गरिरहेको ठाउँ व्यवस्थित नभएको गुनासो सुनाउँछन्।, सर्वसाधारणले उजुरी नलिएको, समयमा प्रहरी नआएको, पीडितको कुरा नसुनिएको, प्रहरीले बेवास्ता गरेको उजुरी धेरै आउने गरेको छ।, तीन वर्षमा १११३ मा १ हजार १ सय ६ जनाले १११३ मा फोन गरेर उजुरी टिपाएका छन्।, आर्थिक वर्ष २०७९/०८० को असार २२ गतेसम्म ४ सय ४७ वटा उजुरी दर्ता भएका छन्। ६७ वटा प्रहरीले टिपाएका छन् भने ३ सय ८० सर्वसाधारणले दिएका उजुरी हुन्।, आर्थिक वर्ष २०७८/०७९ मा २ सय ७२ वटा उजुरी दर्ता भएका थिए। तीमध्ये ७१ वटा प्रहरीले र २ सय १ उजुरी सर्वसाधारणले दिएका थिए।, त्यस्तै २०७७/०७८ मा ३७८ उजुरी दर्ता भएका थिए।, १११३ मा फोन गर्नुको साथै इमेलमार्फत् जानकारी गराउन सकिने प्रवक्ता कडायतले जानकारी दिए।, ‘देशभरका ७७ वटै जिल्ला तथा इलाका प्रहरी कार्यालयबाट यसको प्रचार-प्रसार भइरहेको छ। त्यसैले गुनासो आउने क्रम बढ्दो छ,ʼ उनले भने।, प्रहरी सेवा प्राप्त नभएको खण्डमा, प्रहरी कर्मचारीहरू आफ्नो काम कर्तव्यप्रति उदासिन रही सेवा प्रवाह नगरेमा, जाहेरी दरखास्त लिन नमानेमा वा दर्ता नगरेमा वा झुठा उजुरी दर्ता गरेमा फोन गर्न सकिन्छ।, त्यस्तै, व्यावसायिक तवरले अनुसन्धान नगरेको लागेमा, कानुनविपरीत थुनामा राखेमा, निर्दोष व्यक्ति पक्राउ परेको सम्बन्धमा, आर्थिक लाभ लिन खोजेमा, पदीय दुरूपयोग गरी अनावश्यक दबाब दिएमा र व्यावसायिक ढंगले प्रहरी आचरण नदेखाएमा उक्त हटलाइनमा उजुरी गर्न सकिने प्रवक्ता कडायतले बताए।, प्रहरीको काम चित्त नबुझे हेडक्वाटरमा गुनासो गर्न सकिन्छ १११३ मा फोन गरेर
सेतोपाटी संवाददाता बारबरा फाउन्डेसनले २५ लाख रुपैयाँ राशीको पत्रकारिता पुरस्कार घोषणा गरेको छ।, बिहीबार एक विज्ञप्ति जारी गर्दै फाउन्डेसनकी महासचिव मोहना अन्सारीले हरेक २ वर्षमा खोजमूलक पत्रकारिताका लागि पुरस्कार दिइने जानकारी दिएकी छन्।, ‘हरेक २ वर्षको अन्तरमा प्रदान गरिने पुरस्कारको राशी २५ लाख रुपैयाँको रहेन र यसमा १५ लाख, ७ लाख र ३ लाख रुपैयाँ राशीका पुरस्कार प्रदान गरिने भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘पुरस्कारमा जोडिएको मुद्दाले नेपालको सामाजिक, आर्थिक वा राज्य संयन्त्रमै परिवर्तन ल्याउन सक्ने वा प्रभाव देखाउन सक्ने तहको सान्दर्भिक सोध/खोजलाई प्रश्रय दिएको हुनुपर्नेछ।’, पहिलो पटकको पुरस्कार २०७९ वैशाखदेखि २०८० चैतसम्म प्रकाशन भएका समाचार/सामग्रीलाई प्रदान गरिने छ।, पहिलो पुरस्कार २०८१ वैशाख २१ मा प्रदान गरिनेछ। पुरस्कारका लागि २०८० चैतसम्म आवेदन दिनुपर्नेछ।, ‘फाउन्डेसनले यो पुरस्कारका अतिरिक्त आगामी भदौ महिनामा जनही अढाइ लाख रुपैयाँका दरमा ४ वटा (कुल १० लाख रुपैयाँ)को भिन्न चार विषयअन्तर्गत पत्रकारिता फेलोसिपको समेत घोषणा गर्ने भएको छ,’ विज्ञप्तिमा भनिएको छ।, गैर-सरकारी र गैर-नाफामूलक स्वायत्त संस्था बारबरा फाउन्डेसन २०६७ सालमा स्थापना भएको हो।, पत्रकार तथा सामाजिक अभियन्ता बारबरा एडम्सको पहलमा स्थापित फाउन्डेसनले विभिन्न सामाजिक, शैक्षिक र स्वास्थ्य मामलाका मुद्दामा अन्तर्सम्वाद तथा कल्याणकारी अभियानहरू सञ्चालन गर्दै आएको छ।, बारबरा फाउन्डेसनले घोषणा गर्‍यो २५ लाख राशीको पत्रकारिता पुरस्कार
नारायण खड्का दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ११ वर्षीय बालकको मृत्यु भएपछि तनाव भएको छ।, बिहीबार साँझसम्म पनि मृत्यु भएका बालक आक्रोश नेपालीका आफन्तले अस्पतालमा नाराबाजी गरिरहेका छन्।, अस्पतालको लापरबाहीले बालकको मृत्यु भएको आफन्तले आरोप लगाएका छन्।, बुधबार दिउँसो ४ बजेतिर घोराही उपमहानगरपालिका- ३ बर्गद्दीका ११ वर्षीय आक्रोश नेपालीको टाउकाको एमआरआई गर्न लगिएको थियो।, त्यस क्रममा एउटा सानो आकारको अक्सिजन सिलिन्डर पनि लगियो। स्रोतका अनुसार त्यो सिलिन्डर लगेर सुरूमा एमआरआई कक्षको ढोकाबाहिरै राखिएको थियो।, त्यही क्रममा कसैको गल्तीका कारण एमआरआई कक्षको ढोका खोलियो। ढोका खोल्नासाथ एमआरआई मेसिनले त्यो ग्यास सिलिन्डर तीव्र गतिले आफूतिर तान्यो। सिलिन्डर गएर एमआरआई मेसिनको भित्तामा ठूलो आवाजका साथ ठोक्कियो। , एमाआरआई मेसिनको चुम्बकले सिलिन्डर यति जोड्ले तान्यो कि त्यसको आवाज अस्पताल बाहिरसम्मै सुनियो।, अस्पतालभित्र के बिस्फोट भयो? भनेर अस्पताल परिसरमा रहेका सर्वसाधारण, प्रतिष्ठान प्रशासन, डाक्टर र नर्सहरूबीच खैलाबैला भयो।, चर्को आवाजले मेसिनमा रहेका आक्रोश अचेत बने। त्यसपछि उनी होसमा फर्किन नसकेको र उनको मृत्यु भएको आफन्तको दाबी छ।, जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी राजन गौतम घटना हुँदा अस्पताल परिसरमै थिए।, रोल्पाका एक जनप्रतिनिधिको मृत्यु भएपछि उत्पन्न विवाद समाधानको छलफल भइरहेका बेला ठूलो आवाज आएको उनले बताए।, सबै जना जम्मा भएर हेर्दा एमआरआई मेसिनले अक्सिजन सिलिन्डर तानेको र त्यो त्यही चप्किएको अवस्था थियो।, अहिलेसम्म पनि त्यो मेसिन त्यसैमा चप्किरहेकै अवस्थामा छ। जानकारहरूका अनुसार एमआरआई मेसिन चौबीसै घन्टा अन राख्नुपर्ने मेसिन हो। त्यो बन्द गर्दा ठूलो खर्च लाग्ने गर्छ। त्यसैले मेसिन बन्द गरिएको छैन। मेसिन चालु अवस्थामै छ र अक्सिजन सिलिन्डर पनि त्यही चप्किएकै अवस्थामा छ।, बालकका अभिभावक तथा आफन्तले भने चिकित्सकको लापरबाहीका कारण घटना भएको आरोप लगाएका छन्।, ‘तनाव भएपछि प्रहरी पठाउनु परेको हो,’ डिएसपी गौतमले भने, ‘भित्र प्रतिष्ठान प्रशासन र बालकका अभिभावकका बीचमा भित्र वार्ता पनि  भइरहेको छ।’, घटनाका सम्बन्धमा प्रतिक्रिया लिन पटक-पटक फोन गर्दा पनि प्रतिष्ठानका उपकुलपति डाक्टर विकास लामिछाने र प्रवक्ता डाक्टर झन्कार लामिछाने सम्पर्कमा आएनन्।  , राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ११ वर्षीय बालकको मृत्यु भएपछि तनाव
सेतोपाटी संवाददाता कञ्चनपुरमा विद्यालयको जमिनबाट माटो बेचेको आरोपमा चार जनामाथि भ्रष्टाचारको मुद्दा दायर भएको छ। , लालझाडी गाउँपालिका–४ बैजनाथ बहुभाषिक आधारभूत विद्यालयको हाताभित्र रहेको जमिनको माटो बेचेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले चार जनाविरूद्ध मुद्दा दायर गरेको हो।, गैरकानूनी रूपमा उत्खनन गरी माटो स्थानीय इँटा उद्योगहरूलाई बिक्री गरी सार्वजनिक सम्पत्ति दुरूपयोग गरी भ्रष्टाचार गरेको अख्तियारको ठहर छ।, सो विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष लक्ष्मण राना, प्रधानाध्यापक सुरेन्द्र बहादुर बोहरा, न्यू भगवती इँटा उद्योगका म्यानेजर राजेन्द्र बहादुर भाट र सिद्ध वैजनाथका प्रोपाइटर धनबहादुर विष्टविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।, कञ्चनपुरमा विद्यालयको जमिनबाट माटो बेचेको आरोपमा चार जनामाथि भ्रष्टाचार मुद्दा
अक्षर काका ककनी गाउँपालिकाले फोहोर बोकेर आएका टिपरसँग प्रवेश शुल्क लिने भएपछि काठमाडौंवासीले फोहोर उठाउनेलाई थप पैसा तिर्नुपर्ने भएको छ।, नुवाकोटको ककनी गाउँपालिकाले काठमाडौंबाट फोहोर बोकेर आएका टिपरबाट १५ सय रुपैयाँसम्म प्रवेश शुल्क उठाउने गरी आर्थिक विधेयक पारित गरेको थियो।, उक्त विधेयक पारित भएपछि काठमाडौंमा फोहोर उठाउनेले २० देखि २५ प्रतिशतसम्म शुल्क बढाउन लागेका हुन्। , गत असार १९ गते पारित आर्थिक विधेयक साना प्रतिगाडी एक हजार रुपैयाँ र ठूला प्रतिगाडी १५ सय रुपैयाँ प्रवेश शुल्क लिने व्यवस्था गरिएको छ।, आगामी साउन १ गतेबाट फोहोर बोकेका गाडीसँग प्रवेश शुल्क उठाउन थालिने गाउँपालिकाका अध्यक्ष सुमन तामाङले जानकारी दिए। , फोहोरमैला व्यवस्थापन संघका महासचिव मित्रप्रसाद घिमिरेले ककनी गाउँपालिकाले विधेयक कार्यान्वयनमा ल्याए उत्सर्जनकर्ताले अहिले दिइरहेको मूल्यमा २० देखि २५ प्रतिशतसम्म बढ्न सक्ने बताए।, ‘ककनी गाउँपालिकाले पारित गरेको विधेयक फोहोरमैला व्यवस्थापन ऐन २०६८ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ प्रतिकूल छ। गाउँपालिकाले त्यसरी व्यवस्थापनका लागि गएको फोहोरबापत् कर उठाउन पाउँदैन,’ उनले भने, ‘यो विधेयक कार्यान्वयनमा आए २० देखि २५ प्रतिशतसम्म फोहोरको मूल्य बढ्न सक्छ।’, उनले यसबारे संघले बैठक बसेर निर्णय लिने पनि बताए।, ‘ककनी गाउँपालिकाले आर्थिक विधेयक पारित गरेर फोहोरमा कर लगाउने निर्णय गरेपछि हामीले उपत्यका नगर फोरमका अध्यक्ष चिरिबाबु महर्जनसँग कुराकानी गर्न खोजेका थियौं। तर, समय पाएका छैनौं। यही विषयमा कुराकानी गर्न आज हामी संघको बैठक बस्दै छौं,’ घिमिरेले भने।, उनले यसबारे अदालतमा मुद्दा पनि पर्न सक्ने बताए।, ‘अत्यावश्यक सेवामा पनि कर लगाउने गरी गाउँपालिकाले आर्थिक ऐन पारित गरेको छ। हाम्रो कुरा उपत्यका नगर फोरमले नै अदालतको ढोका ढक्ढक्याओस् भन्ने हो। नभए हामी नै अदालत गुहार्छौं,’ उनले भने।, उपत्यकाका ७ लाख घरबाट उठाइन्छ फोहोरको शुल्क, काठमाडौं उपत्यकामा दैनिक १ हजार ४५ टन फोहोर उत्सर्जन हुने आँकडा छ। त्यसमध्ये आधा हिस्सा काठमाडौं महानगरले ओगट्छ। काठमाडौं महानगरपालिकामा दैनिक ५ सय १६ टन फोहोर उत्सर्जन हुन्छ भने ललितपुर महानगरमा १३० टन फोहोर उत्सर्जन हुन्छ।, काठमाडौंका ११ वटा स्थानीय तहका ५ लाख ४२ हजार ८९० घरधुरीबाट मासिक औसतमा ४ सय रुपैयाँका दरले फोहोरको शुल्क उठाइने घिमिरेले जानकारी दिए।, काठमाडौंका सबै स्थानीय तहको फोहोर बञ्चरेडाँडाँमा बिसर्जन गरिँदै आएको छ।, त्यस्तै भक्तपुरको मध्यपुर ठिमी नगरपालिका र सूर्यविनायक नगरपालिकाका ६७ हजार ८३१ घरधुरीको फोहोर पनि बञ्चरेडाँडा नै पुग्छ।, ललितपुर महानगरपालिकासहित तीन वटा स्थानीय तहका १ लाख ३३ हजार ३१० घरधुरीको फोहोर पनि सिसडोल बञ्चरेडाँडाकै दीर्घकालीन ल्यान्डफिल साइट पुर्‍याइन्छ।, फोहोरमैला व्यवस्थापन संघ मातहतका संघ संस्थाले काठमाडौं उपत्यकाका घरधुरीबाट मासिक २९ करोड ७६ लाख १२ हजार रुपैयाँ उठाउँदै आएका छन्। , वार्षिक रूपमा फोहोरको शुल्कबापत् उपत्यकाका घरहरूबाट मात्रै ३ अर्ब ५७ करोड १३ लाख ४८ हजार रुपैयाँ उठ्ने देखिन्छ।, त्यसका अतिरिक्त होटल, रेस्टुराँ, व्यवसायिक कम्प्लेक्सहरूबाट छुट्टै शुल्क उठाउने गरेको घिमिरेको भनाइ छ। उनका अनुसार पार्टी प्यालेसले मासिक १० हजार रूपैयाँसम्म मूल्य भुक्तान गर्छन् भने मल, व्यापारिक कम्प्लेक्सहरूले ४० हजार रूपैयाँसम्म शुल्क बुझाउँछन्।, ‘काठमाडौं मलबाट हामीले मासिक ४० हजार रुपैयाँ लिने गरेका छौं,’ घिमिरेले भने।, ककनी गाउँपालिकाले गाडीपिच्छे कर उठाउन थालेपछि यो शुल्क पनि बढ्ने उनले बताए।, काठमाडौं महानगरले भन्यो- सकारात्मक, ककनी गाउँपालिकाको निर्णय सकारात्मक रहेको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बताए।, ‘ककनी गाउँपालिकाले त्यहाँको विकास-निर्माण सोचेर निर्णय लिएको रूपमा यसलाई बुझेका छौं। यो निर्णयबाट हामी सकारात्मक छौं,’ उनले भने, ‘विवाद गरिरहनुभन्दा शुल्क लिएर फाल्न दिन्छौं भन्नु ठीक हो। यसमा आपत्ति जनाउनुपर्ने ठाउँ देखेका छैनौं।’, उनले ककनी गाउँपालिकाको निर्णयले काठमाडौंको दीर्घकालीन फोहोरको व्यवस्थापनमा सहयोग पुर्‍याउने पनि बताए।, के भन्छ ककनी गाउँपालिका?, काठमाडौंले सिसडोल–बञ्चरेडाँडा क्षेत्रलाई फोहोर फाल्ने थलोका रूपमा मात्रै प्रयोग गरेकाले यो निर्णयमा पुग्नु परेको गाउँपालिका अध्यक्ष सुमन तामाङले जानकारी दिए।, काठमाडौं महानगरपालिकासहित उपत्यकाका स्थानीय तहसँग पटक-पटक भएका वार्ता, छलफलले कुनै समाधान नदिएपछि गाउँपालिका आफैंले व्यवस्थापनको पहल लिएको तामाङले बताए।, ‘काठमाडौं उपत्यकामा पनि हामीसँगै जनप्रतिनिधि निर्वाचित भएर आउनुभयो। उहाँहरूले हामी व्यवस्थापन गर्छौं, बिसर्जनको वातावरण बनाइदिनुपर्‍यो भनेर अनुरोध गरेपछि सहजीकरण पनि गरेका हौं,’ उनले भने, ‘तर अहिलेसम्म अध्ययन भन्दै समय गुजारियो।’, फोहोर र मानिस सँगै बस्ने विदारक अवस्था अन्त्यका लागि यो सुरूआती पहल भएको पनि उनले बताए।, ‘तपाईंहरू ककनी गाउँपालिका आएर हेर्नुभयो भने पनि सहजै देख्न सक्नुहुन्छ, फोहोरले यहाँको जनजीवन कस्तो छ? घरघरै रोगी बढेका छन्। महिनाको एक-दुई जनालाई क्यान्सर रोगको उपचारको सहयोग दिनुपरेको छ। यो विकराल अवस्थाबाट हामीले कसरी पार पाउने? केही न केही त उपाय पहिल्याउनुपर्‍यो,’ उनले भने, ‘काठमाडौंको फोहोर बिसर्जनमा अवरोध पुर्‍याउने मनसाय होइन। यहाँको जीवन त बचाउनुपर्‍यो।’, उनले संघीय सरकार गम्भीर होस् भनेर प्रवेश शुल्क उठाउन लागिएको पनि जिकिर गरे। ढाट थापेर बस्न गाउँपालिकाको रहर नभएको तर काठमाडौं महानगरपालिकालगायत उपत्यकाका स्थानीय तहको उपेक्षाका कारण यो निर्णयमा पुग्नुपरेको उनको भनाइ छ।, ‘हामीले कतिपल्ट वार्ता गर्‍यौं, छलफल गर्‍यौं, सहजीकरण पनि गरिदियौं। तर उहाँहरूले फोहोर र मानिस अलग राख्न, सिसडोलको व्यवस्थापन गर्न कुनै पहल गर्नुभएन। शून्य तदारूकता देखाउनुभयो,’ उनले गुनासो गरे।, २०६२ जेठ ५ गतेदेखि नुवाकोटको सिसडोल क्षेत्रमा काठमाडौंको फोहोर बिसर्जन गर्न थालिएको हो। , दुई वर्षका लागि दुई लाख ७५ हजार मेट्रिक टन फोहोर फाल्ने भनेर स्थानीयवासीसँग सम्झौता गरिएपछि ककनी गाउँपालिकामा पर्ने आलेटार र त्यसपछि सिसडोलमा गरी १७ वर्ष फोहोर फालियो। गत वर्ष जेठदेखि धादिङको धुनिबेसी १ स्थित बञ्चरेडाँडा क्षेत्रमा फोहोर फाल्न थालिएको छ। , त्यहाँ संघीय सरकारले दुई अर्ब बढी खर्च गरेर दीर्घकालीन ल्यान्डफिल साइट बनाए पनि काठमाडौं महानगरसहित उपत्यकाका १८ वटाभन्दा बढी स्थानीय तहले सिसडोलकै तौरतरिकाले फोहोर फालेको धुनीबेसी नगरपालिका–१ का वडाध्यक्ष मानबहादुर तामाङले जानकारी दिए। दैनिक ११ सय टन हाराहारी वर्गीकरण नगरिएको फोहोर बञ्चरेडाँडा पुर्‍याइँदा त्यसक्षेत्र दुर्गन्धित बन्न पुगेको उनले बताए।, अहिले बञ्चरेडाँडामा बनाइएको लिचेट (फोहोरबाट निस्किएको रस) पोखरी भरिएर निकास सिधै कोल्पु खोलामा मिसिएको पनि उनले बताए।, यता सिसडोल क्षेत्र क्यापिङ (माटोले छोप्ने काम) नगर्दा दुर्गन्ध आउन र झिँगाको प्रकोप मत्थर भएको छैन।, महामारी फैलने अवस्था नआओस् र त्यसको दीर्घकालीन समाधान होस् भनेर गाउँपालिकाले पहलकदमी लिएको ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङले जानकारी दिए।, गाउँपालिकाले आगामी वर्ष फोहोरले त्यस भेगको जनस्वास्थ्य, पशुचौपाया र बालीनालीमा पुर्‍याएको असरबारे विस्तृत अध्ययन गर्ने भएको छ। त्यसका लागि बजेटको व्यवस्था गरिएको अध्यक्ष तामाङले बताए।, धुनिबेसीले प्रवेश शुल्क लिनेबारे केही निर्णय लिइसकेको छैन।, शुल्कभन्दा पनि व्यवस्थापनको प्रश्न भएको वडाध्यक्ष मानबहादुर तामाङले जानकारी दिए।, ‘ककनी गाउँपालिकाले प्रवेश शुल्क उठाउने भनेर विधेयक पारित गरेको हामीले पनि थाहा पायौं। काठमाडौंको फोहोर नुवाकोटको ककनी र धादिङको धुनिबेसीको साझा समस्या हो। यसबारे ककनी गाउँपालिकाले हामीसँग समन्वय गरेन। हामी पनि छलफल गर्छौं,’ उनले भने। , ककनी गाउँपालिकाको निर्णयले २५ प्रतिशतसम्म बढ्न सक्छ काठमाडौंमा फोहोर उठाएको शुल्क
राजेश घिमिरे २०६६ सालमा एसएलसी परीक्षा उत्तीर्ण हुनुअघि नै पुजन तिमिल्सिनाले पत्रिका वितरणको काम सुरू गरेका थिए। परिवारको कमजोर आर्थिक अवस्थाका कारण खर्च जुटाउँदै पढ्नुपर्ने बाध्यता उनको थियो।, पुजन ८ वर्षको छँदा सम्पर्कविहीन भएका बाबु राजकुमार तिमिल्सिना फर्किएर आएनन्। आमा पुष्पाको काँधमा पुजन र पुरन दुई छोराको पुरै जिम्मेवारी आइपुग्यो। आमाको बोझलाई हल्का पार्न पुजनले १६ वर्षको उमेरबाटै पत्रिका बाँढ्ने काम थालेका थिए।, चितवन माध्यामिक विद्यालयबाट प्रथम श्रेणीमा एसएलसी परीक्षा उत्तीर्ण भए पनि उनले प्लस टु पढ्न सकेनन्। कारण परिवारको आर्थिक अवस्था नै थियो।, पत्रिका बाँढ्दा बाँढ्दै पुजनले मोटरसाइकल चलाउन जाने। एक जना साथीले उनलाई ड्राइभिङ सेन्टरमा मोटरसाइकल सिकाउने जागिर लगाइदिने भए। पत्रिका बाँढेर राम्रो कमाई नभइरहेको समयमा पुजनका लागि यो राम्रो प्रस्ताव थियो। तर उनीसँग सवारी चालक अनुमतिपत्र थिएन। त्यो बनाउन नागरिकता चाहिन्थ्यो।, १९ वर्षे पुजन नागरिकताको सिफारिस लिन आमालाई लिएर वडा कार्यालय पुगे। तर वडाले आमाको नामबाट नागरिकता दिने कानुन छैन भनेर फर्काइदियो। उनी कहिले आफन्त, कहिले छिमेकीलाई लिएर वडा कार्यालय र जिल्ला प्रशासन धाइरहे। तर उनको कुरा कसैले सुनेन। सबैको एउटै प्रश्न हुन्थ्यो- बाबुको नागरिकता खोई? , अन्तरिम संविधान र त्यसअनुसार कानुनमा आमाको नामबाट सजिलै नागरिकता पाइने व्यवस्था थियो तर गृहमन्त्रालयले यो कानुन कार्यान्वयन गरेको थिएन। आमाको नामबाट नागरिकता बनाउन जानेहरूलाई कर्मचारीले मनपरि बावुको नागरिकता सोधेर हैरान पार्ने गरेका थिए। उनलाई पनि पारे। , साथीको चिनजानको आधारमा पुजनले बिनालाइसेन्स ललितपुरको एक ड्राइभिङ सेन्टरमा मोटरसाइकल चलाउन सिकाउने काम पाए।, २०७२ सालमा नेपालको नयाँ संविधान बन्यो। संविधानमा आमाको नामबाट नागरिकता पाउने व्यवस्था भयो। त्यसपछि भने वडाले पुजनलाई नागरिकता प्रमाणपत्रको लागि सिफारिस दियो। तर जिल्ला प्रशासन कार्यालयले नागरिकता दिएन। कर्मचारीको जवाफ थियो- संविधान त बन्यो तर कार्यान्वयन गर भनेर परिपत्र आएको छैन।, पुजनले मावअधिकारकर्मी, नागरिक समाजका अगुवाहरूलाई आफ्नो समस्या सुनाए। उनीहरूले प्रयास गर्दैछौं भने। तर कसैको प्रयासले पनि नागरिकता बनेन।, २०७५ फागुन २२ गते रातिको कुरा हो। पुजन काम सकेर मोटरसाइकलमा डेरातिर फर्किँदै थिए। ललितपुरको धोविघाटमा उनको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दियो। दुवैजना गम्भीर घाइते भए। पैदलयात्रीको उपचारको क्रममा मृत्यु भयो। पुजन १५ दिन अस्पताल बसेपछि निको भए।, दुर्घटनाको एक वर्षपछि ललितपुर जिल्ला अदालतले पुजनलाई ४ वर्ष कैद र ४२ हजार रुपैयाँ जरिवाना र उनकी आमालाई ३ महिना कैदको फैसला सुनायो। पुजनले चलाएको मोटरसाइकल आमाको नाममा थियो। आमा पुष्पाले सवारी चालक अनुमतीपत्र नभएका व्यक्तिलाई मोटरसाइकल चलाउन दिएका कारण सजाय पाएकी थिइन्।, पुजन नख्खु कारागारमा परे, आमा केन्द्रीय कारागार सुन्धारामा।    , नख्खु कारागारमा २ वर्ष ६ महिना २० दिन कैदमा बसेपछि २०७८ असोज ३ गते संविधान दिवसको दिनमा उनले राष्ट्रपतिबाट कैद मिनाह पाए। मुद्दाको अवस्था, कैदीको चालचलनलाई हेरेर कारागारले उनको कैद मिनाहाको सिफारिस गरिदिएको थियो।, पुजन कैदमा हुँदै गर्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकता सम्बन्धी अध्यादेश ल्याएका थिए। त्यो अध्यादेशलाई टेकेर पुजनजस्ता केही व्यक्तिले नागरिकता बनाए। तर उनी यो अवसरबाट पनि बञ्चित भए। उनी कैदमुक्त हुँदा ओलीको सरकार नै ढलिसकेको थियो। सर्वोच्च अदालतले उनले ल्याएको अध्यादेश कार्यान्वयन नगर्न भनिसकेको थियो।   , कैदमुक्त भएपछि उनी नागरिकता नपाएर पीडित बनेकाहरूको आन्दोलनमा सामेल भए। विभिन्न जिल्लामा सडक आन्दोलन भइरहेको थियो। उनीहरुसँग सम्पर्क गरे। पीडितहरुलाई एकीकृत गर्न भूमिका खेले। नागरिकता विहीन संघर्ष समितिमा जोडिएर त्यसको प्रवक्ता बने।  , शेरबहादुर देउवा नेतृत्वको सरकारले संसदमा पेश गरेको नागरिकता विधेयक पारित भयो। उनलाई अब भने नागरिकता पाइने भयो भन्ने लागेको थियो। तर उक्त विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरिनन्। उनी फेरि खिन्न भएर आन्दोलनमा सहभागी हुन थाले।, कहिले माइतीघर मण्डलामा प्लेकार्ड लिएर बस्ने, कहिले मानअधिकारबादी, नागरिक समाजका अगुवाहरुलाई गुहार्ने दैनिकी बन्न थाल्यो।, पुष्पकमल दाहाल‘प्रचण्ड’ प्रधानमन्त्री भएपछि गत जेठ १७ गते पहिलेकै विधेयकलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरिदिए। नागरिकता नपाएर पीडित बनेकाहरूले माइतीघर मण्डलामा दीप प्रज्जवलन गरे। नागरिकता पाइन्छ भनेर आशा बोकेर घर फर्किए।, तर फेरि पनि वडा कार्यालयले पुजनलाई सिफारिस दिएन। नयाँ प्रकृयाबाट नागरिकता लिन फेरि नयाँ सिफारिस लिनुपर्ने बताइयो। राष्ट्रपतिले प्रमाणीकरण गरेपनि त्यसको परिपत्र नआएको भनेर उनले सिफारिस पाएनन्। उनी जिल्ला प्रशासन पुगे। त्यहाँको जवाफ पनि उस्तै आयो।, जेठ २१ गते सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्पयन नगर्न अल्पकालीन आदेश गर्‍यो। यी चार दिनमा केही जिल्लाले नागरिकता बाँडिसकेका थिए। तर पुजनले पाएनन्। उनी फेरि आन्दोलन गर्न काठमाडौं गए। असार ७ गते सर्वोच्च अदालतमा नागरिकता विधेयकमा बहस भइरहँदा पुजन पीडितहरुकोतर्फबाट इजलासभित्रै बसेर सुनिरहेका थिए। त्यो दिन अदालतले अल्पकालीन आदेश कार्यान्वयन नगर्न आदेश गर्‍यो।, ‘मलाई अब भने मेरो नागरिकता बनाउन कसैले रोक्दैन भन्ने लागेको थियो। पहिलेभन्दा उत्साहित भएर घर फर्किएँ,’ उनले सुनाए।, पुजन आफ्नो जस्तै समस्या भएका अन्यलाई पनि लिएर वडा कार्यालय पुगे। यसपाली पनि सिफारिस दिन वडाले आनाकानी गर्दै थियो। अन्ततः जिल्ला प्रशासन कार्यालयसँग सल्लाह लिएर वडा कार्यालयले उनलाई नागरिकता बनाउनका लागि सिफारिस गरिदियो। पुजन सबै कागजपत्र बोकेर जिल्ला प्रशासन कार्यालय पुगे। तर नागरिकता फाँटका कर्मचारीले ‘अहिले आएको विधेयक तपाईंका लागि होइन’ भनेर पन्छाइदिए।, बाबु राजकुमार पुजन सानै छँदा (२०५८ सालमा) सम्पर्कविहीन भएका थिए। उनले नागरिकता बनाएका थिएनन्। आमा पुष्पा केसीलाई २०६३ चैत ४ गते नागरिकता टोलीले भरतपुरबाट जन्मको आधारमा नागरिकता दिएको थियो। उनको नागरिकतामा नाम पुष्पा केसी तिमिल्सिना छ। माइतीतर्फका बाबु, आमा र श्रीमान राजकुमार तिमिल्सिनाको नाम उल्लेख छ।, यही नागरिकताको आधारमा पुजनको जन्मदर्ता प्रमाणपत्र बनेको थियो। तर नागरिकता बनाउन वडा र प्रशासनले उनका बाबुको नागरिकता नै मागे।, नागरिकता फाँटका कर्मचारीले फाइल अगाडि नबढाएपछि पुजन फाइल बोकेर सहायक प्रमुख जिल्ला अधिकारीलाई भेट्न गए। उनले पनि बाबुको पहिचान र नागरिकता नै खोजे।, अहिलेको कानुनले बावुको पहिचान नभएको व्यक्तिलाई मात्र आमाको नामबाट नागरिकता दिनु भन्छ। त्यसमाथी बावुको पहिचान नभएको स्वघोषणा गर्नुपर्छ। पुजनको जन्मदर्तामा बावुको थर उल्लेख भएकोले बावुको पहिचान त रहेछ भनेर कर्मचारीहरूले अड्को थापेका हुन्।, समस्या सबै सुनाएपछि सरजमिन मुचुल्का गर्न प्रशासन सहमत भयो। केही दिनमा सरजमिन पनि भयो। यो पटक फेरि प्रमुख जिल्ला अधिकारीले मानेनन्। पुजनले फेरि नागरिक समाजका अगुवा, मानवअधिकारकर्मीहरु गुहारे। प्रमुख जिल्ला अधिकारीलाई भेट्न धाइराखे।, प्रशासन कार्यालयले बाबुतिरको केही कागजात ल्याएमात्रै नागरिकता दिन सकिने बतायो। त्यसपछि पुजन बुवातर्फका हजुरबुबाको अवस्था पत्ता लगाउन लागिपरे।, उनलाई आफ्नो हजुरबुबाको नामसमेत थाहा थिएन। हजुरबुबा अहिले छन् कि छैनन् पनि उनलाई थाहा छैन। आफूसँग फेसबुकमा साथी रहेका फुपु दिदीका नातीसँग उनको कुरा भयो। मलेसियामा रहेका उनीसँग पुजनका हजुरबुबाको नागरिकताको फोटोकपीको फोटो रहेछ।, अन्ततः त्यही फोटोको आधारमा पुजनले नागरिकता प्रमाणपत्र प्राप्त गरे।, उनका हजुरबुबाको नाम टिकाबहादुर तिमिल्सिना र हजुरबुबाका पनि बुबाको नाम युद्वबहादुर तिमिल्सिना रहेछ। टिकाबहादुरले पनि २०६३ सालको माघ २४ गते बारा जिल्लाबाट जन्मको आधारमा नागरिकता पाएका रहेछन्।, पुजनका काकाले हजुरबुबाको नामबाट २०७० सालको पुसमा बाराबाट नागरिकता लिएका रहेछन्। तर बुबा, हजुरबुबा, काका कसैसँग पनि सम्पर्क नहुँदा उनले नागरिकता पाउन ११ वर्ष लामो संघर्ष गर्नुपर्‍यो।, हजुरबुबाको नागरिकताको फोटोकपी पाएपछि प्रशासनले फेरि सरजमिन गर्न लगायो। त्यसको आधारमा पुजन र उनका भाइ पुरनले असार २१ गते बंशजको आधारमा नागरिकता प्रमाणपत्र प्राप्त गरेका छन्।, ‘नागरिकता पाएपछि हामीले सबैभन्दा पहिले राष्ट्रिय परिचयपत्रको फारम भर्‍यौं। जिल्ला प्रशासन कार्यालय, वडा कार्यालय र सहयोग गर्ने कर्मचारी, प्रहरीहरूलाई लड्डु खुवायौं,’ पुजनले भने।, उनले सोमबार सवारी चालक अनुमतिपत्रको फारम पनि भरे। पहिलो पटक आफ्नो नाममा बैंक खाता खोले।, ‘अब आफ्नो नाममा सिमकार्ड निकाल्छु,’ खुसी हुँदै उनले भने।  , पुजनले साथीहरुसँग मिलेर भरतपुरमा साथीभाइ अनलाइन फर्म सेन्टर नामको संस्था चलाएका छन्। यो संस्थाले सवारी चालक अनुमतिपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र, पुलिस रिपोर्ट, श्रम स्वीकृती लिनेलगायतका फारम भरिदिने काम गर्छ। नागरिकता नहुँदा यो संस्था पनि उनले आफ्नो नाममा दर्ता गर्न पाएका थिएनन्। अब संस्था दर्ता गरेर व्यवसाय सुरू गर्ने उनको योजना छ।, ‘नागरिकता भइदिएको भए मोटरसाइकल मेरै नाममा हुन्थ्यो। लाइसेन्स बनाएर चलाउँथें। धेरै प्रयास गर्दा पनि नागरिकता नबनेपछि मैले बाध्यताले मोटरसाइकल चलाइरहेको थिएँ,’ पुजनले भने, ‘अनागरिक हुँदा मलाई बाँच्न त गाह्रो भएको थियो नै दुर्घटनामा मरेको भए पनि बिना पहिचान मर्ने रहेछु। नागरिकता नहुँदा त मर्न पनि गाह्रो रहेछ।’, पुजनले नागरिकता बनाउन प्रयास गरेयता चितवनमा ११ जना प्रमुख जिल्ला अधिकारी परिवर्तन भएछन्। ती मध्ये अधिकांशलाई भेटेर उनले आफ्ना समस्याहरू सुनाएका थिए।, ‘सिडिओ फेरिएपछि म तुरुन्तै जिल्ला प्रशासन कार्यालय पुगिहाल्थें। नयाँ सिडिओले मेरो समस्या सुनिहाल्छन् कि भन्ने लाग्थ्यो तर कसैले पनि समस्या सुन्न चाहेन। सबैले कानुन छैन भन्दै फर्काए। जीर्ण भवनमा रहेको जिल्ला प्रशासन हेर्दाहेर्दै नयाँ भवन बनेर त्यसमा सर्‍यो। म धाइराखें,’ उनले सुनाए।, नयाँ बनेको नागरिकता कानुनले धेरैको समस्या समाधान गरेकोमा उनी खुसी छन्। , ‘कानुनको दुरूपयोग हुन दिन हुँदैन। समस्यामा परेकाहरूलाई यसले नयाँ जीवन दिएको छ,’ उनले भने।, चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले जन्मको आधारमा नागरिकता पाएका व्यक्तिका सन्तानलाई नागरिकता दिन सहजीकरण गरिरहेको बताए।, ‘जसको बाबुको कुनै पहिचान छैन, उसलाई आमाको नाममा नागरिकता पनि दिइरहेका छौं। जन्मदर्तामा बाबुको नाम उल्लेख भएको तर अहिले सम्पर्कमा नरहेको अवस्थामा नागरिकता नपाएकाहरूलाई उसका निकटका आफन्तहरूको नागरिकताको आधारमा पनि नागरिकता दिन सहजीकरण गरेका छौं,’ शर्माले भने, ‘पुजन नागरिकताका लागि धरै समयदेखि प्रशासन कार्यालय धाइरहेका थिए। उसको विषयमा धेरै बुझेपछि म आफैंले हस्ताक्षर गरेर नागरिकता दिइएको हो।’, शर्माले नागरिकता विधेयक पारित भएपछि त्यसको आधारमा आमाकोमात्रै नामबाट नागरिकता पाउँ भनेर धेरै युवा युवतीहरू जिल्ला प्रशासन कार्यालय आउने गरेको बताए। तर नियमावली नआइसकेका कारण उनीहरू सबैलाई नागरिकता दिन केही समय लाग्ने उनले बताए।, ‘दिन त हामीले बाबु–आमा दुबै नभएर संरक्षण केन्द्रमा रहेकाहरूलाई पनि नागरिकता दिएका छौं,’ सहायक प्रमुख जिल्ला अधिकारी शर्माले भने, ‘अब नागरिकताको नियमावली पनि आउला। त्यसपछि त्यसमा भए अनुसार गरिहाल्छौं।’, नागरिकता प्राप्त गर्न एघार वर्ष लामो संघर्ष
सेतोपाटी संवाददाता चट्याङ लागेर डोटीमा एक जना पुरूषको मृत्यु भएको छ। , बडीकेदार गाउँपालिका–५ दुदिलाका हर्कबहादुर बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक युवराज भण्डारीले बोहराको बारीमा बाख्रा चराउने क्रममा चट्याङ लागेर मृत्यु भएको बताए।, यस्तै, चट्याङ लागेर ६ वटा बाख्रा पनि मरेका छन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।, चट्याङ लागेर डोटीमा एक पुरूषको मृत्यु
सेतोपाटी संवाददाता नेपालीलाई म्यानमारमा पुर्‍याएर अवैध काममा लगाएको आरोपमा एक जना चिनियाँ नागरिक पक्राउ परेका छन्। , मानव बेचबिखन अनुसन्धान ब्युरोले एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको एसपी कृष्ण पंगेनीले जानकारी दिए।, चीनको गान्सु प्रान्त घर भई काठमाडौं महानगरपालिका-१५ बिजेश्वरी बस्ने ४२ वर्षीय जोनसन भन्ने लियान जुन पक्राउ परेका हुन्।, नेपालीहरूलाई आकर्षक रोजगारी दिने भनेर लाओस, थाइल्यान्ड, म्यानमारलगायत देशमा पुर्‍याउने र अवैध अनलाइन स्क्यामिङमा जबरजस्ती काममा लगाउने गरेको भन्ने सूचना तथा गुनासो ब्युरोमा आएको थियो। , त्यसैबीच ब्युरोमा असार २६ गते एक जना पीडितले चिनियाँ नागरिकविरूद्ध जाहेरी दिइन्। जो म्यानमारबाट २०७९ भदौ ६ गते फर्किएकी थिइन्।, पीडित महिला नेपाल फर्किए पनि प्रहरीमा पुगेकी थिइनन्। तर चिनियाँ नागरिकले ह्वाट्सएपमार्फत् धम्क्याउने, दुर्व्यवहार गर्ने गरेका थिए। , त्यस्तै पीडितकै अर्की एक जना नातेदार पनि म्यानमारमा छन्। ती नातेदारलाई समेत दुर्व्यवहार गर्ने धम्की आएपछि पीडित जाहेरी लिएर ब्युरो पुगेको स्रोतले बतायो। , ‘नातेदार पनि त्यहीँ फसेकी छन्। फर्किन खोज्दा पनि सकेकी छैनन्। नातेदारलाई क्षति पुग्ने काम गर्ने भनेर धम्क्याएपछि पीडितले आफन्तसँग भनेर प्रहरीकहाँ घटना आइपुगेको हो,’ स्रोतले भन्यो।, ब्युरो प्रमुख जीवनकुमार श्रेष्ठका अनुसार लियान सन् २०१८ देखि नेपाल आउने/जाने गरेका थिए। उनी भिजिट, विद्यार्थी र व्यापार भिसामा नेपाल आएर विभिन्न व्यापार, व्यवसायमा लगानी गरिरहेका थिए। , ‘कहिले भिजिट भिसामा आए, कहिले विद्यार्थी भिसामा। यसरी पटकपटक आएर नेपाल बसेको देखिन्छ,’ उनले भने, ‘ठमेल, दरबारमार्गमा विभिन्न व्यवसाय चलाइरहेको पनि पायौं। तर नेपालीहरूको नाममा दर्ता गरेको पनि देखिन्छ। यसबारे के हो भनेर पनि अनुसन्धान गरिरहेका छौं।’, एक जना दोभाषे साथीमार्फत् पीडितको लियानसँग चिनजान भएको थियो। चिनजान भएपछि ती पीडित महिलाले लियानले सञ्चालन गरेको पसलमा ४-५ महिना काम गरेकी थिइन्।, काम गर्ने सिलसिलामा लियानले पीडितलाई थाइल्यान्ड जाने प्रस्ताव गरेका थिए। पीडित महिलालाई थाइल्यान्डमा कम्युटर टाइपिङको काम दिने भनिएको थियो।, लियानको उक्त प्रस्तावपछि उनी थाइल्यान्ड जान तयार भइन्। , भिजिट भिसाको प्रयोग गरी पीडित महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विमान चढेर २०७९ साउन ९ गते थाइल्यान्डमा पुगिन्। त्यहाँ रहेका अर्का चिनियाँले पीडितलाई १३ घण्टा बस र डुंगा चढाएर म्यानमारमा पुर्‍याएका थिए।, पीडितलाई नाम नै थाहा नभएको कम्पनीमा लगेर बन्धक बनाइएको थियो। , त्यहाँ पुगेपछि पीडितको राहदानी र मोबाइल पनि खोसिएको एसएसपी श्रेष्ठले बताए। , ‘राहदानी र मोबाइल पनि जफत गरेर अवैध अनलाइन स्क्यामिङ (लभ स्क्याम, क्रिप्टो करेन्सीको लगानी) गराउने काम गराएको पायौं। दिनको १८ देखि २० घण्टासम्म काम गराएर शोषण गरेको देखिन्छ,’ एसएसपी श्रेष्ठले भने, ‘श्रम शोषण, शारीरिक तथा मानसिक यातना दिएपछि पीडित बिरामी भएकी थिइन्।’ , नेपालीहरूलाई त्यहाँ बसेर अमेरिकी नागरिकलाई स्क्याम गर्न लगाइएको थियो।, करिब एक महिना बसेर बिरामी भएपछि पीडितले नेपाल फर्किने भनेपछि चिनियाँहरूले फिरौती मागेका थिए। , पीडित महिलाले धेरै काम नगरेकाले २० हजार थाइ भाट मात्रै पाएकी थिइन्। भएको रकम बुझाएपछि ती चिनियाँले उनलाई छाडेका थिए। , त्यसपछि पीडित २०७९ भदौ ६ गते नेपाल आइपुगेकी हुन्। , प्रहरी स्रोतका अनुसार म्यानमारमा अन्य नेपालीहरूलाई पनि चिनियाँले काममा लगाएका छन्। , १३ जना पीडितका आफन्तले उद्धारका लागि ब्युरोमा निवेदन समेत दिएका छन्। तर प्रहरीले उद्धार गर्न सकेको छैन।  प्रहरीले त्यहाँका दूतावास, संघ-संस्थासँग कुराकानी गरे पनि उद्धार गर्न नसक्ने जवाफ पाएको स्रोत बताउँछ। , अनौपचारिक माध्यमबाट नभएपछि ब्युरोले प्रहरी प्रधान कार्यालय हुँदै परराष्ट्र मन्त्रालयलाई पत्र समेत पठाएको छ। तर अझै पनि उनीहरूको उद्धार हुने/नहुने टुंगो छैन।  , ‘चिनियाँहरूले १२ लाखसम्म मागेका रहेछन्। तिर्न नसकेपछि उनीहरू फर्किन पनि सकेका छैनन्। तर उद्धार हुन सकेको छैन,’ स्रोतले भन्यो। , उनीहरूलाई पनि विभिन्‍न प्रलोभनमा पारेर त्यहाँ पुर्‍याइएको हो। , प्रहरीले यस घटनामा अन्य व्यक्तिहरूको पनि संलग्न हुनुपर्ने आशंका गरेको छ।  , प्रहरीले लियानमाथि थप अनुसन्धानको लागि काठमाडौं जिल्ला अदालतबाट सात दिन हिरासतमा राख्न अनुमति लिएको छ।, नेपालीलाई म्यानमार पुर्‍याएर अवैध काममा लगाउँदै चिनियाँ, आरोपित एक पक्राउ
सेतोपाटी संवाददाता डडेल्धुरामा खोलाले बगाउँदा एक जना महिलाको मृत्यु भएको छ।, गन्यापधुरा गाउँपालिका–४ कुलेडीकी अन्दाजी ५८ वर्षीया दुर्गादेवी बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार बिहीबार दिउँसो गोठालो गएर फर्किने क्रममा खोला तर्ने क्रममा उनी बेपत्ता भएकी थिइन्।, उनको खोजतलास गर्ने क्रममा शव फेला परेको प्रहरीले जनाएको हो।,  , डडेल्धुरामा खोलाले बगाउँदा एक जना महिलाको मृत्यु
सेतोपाटी संवाददाता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहास्थित सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृत पदम विनोद पोखरेललाई एक लाख रूपैयाँ घुस रकमसहित पक्राउ गरेको छ।, अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले मङ्गलबार साँझ कार्यालयमा छापा मारी पोखरेललाई घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए। सडक निर्माणको अन्तिम बिल भुक्तानी दिने प्रयोजनका लागि उनले घुस मागेको पाइएको छ। , पोखरेल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक विभाग सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय दमकअन्तर्गत सडक डिभिजन लहानका लेखा अधिकृत हुन्। अख्तियारले उनीमाथि थप अनुसन्धान अघि बढाएको छ।, एक लाख घुससहित लेखा अधिकृत पक्राउ
सेतोपाटी संवाददाता कैलालीको धनगढी–उपमहानगरपालिका–१९ आँखाफुटीबाट शसस्त्र प्रहरीले एक थान पेस्तोल फेला परेको छ।, मंगलबार साँझ उक्त ठाउँको सीमा इलाका सहायक सीमा स्तम्भ नम्बर ७३७/३ नजिकै गाईगोरू हेर्न बनाएको खरले छाएको सानो छाप्रोभित्र पेस्तोल फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।, सशस्त्र प्रहरी बल नेपाल बिओपी लल्लीपुरबाट नायब निरीक्षक कृष्णबहादुर थापाको कमान्डमा खटिएको टोलीले छाप्रोभित्र प्लास्टिकले बेरेर लुकाएर राखेको अवस्थामा उक्त पेस्तोल फेला पारेको हो।, पेस्तोल किन, कसले र कुन उद्देश्यका लागि राखेको हो भन्नेबारे अनुसन्धान भइरहेको सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण धनगढीले जनाएको छ।, गाईगोरू हेर्न बनाएको छाप्रोमा फेला पर्‍यो एक थान पेस्तोल
सेतोपाटी संवाददाता हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।, मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्व तिर सरदर स्थान भन्दा उत्तरतर्फ ( नेपाल नजिक) अवस्थित रहेको महाशाखाको भनाइ छ।, अहिले बिहान कोशी तथा मधेस प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको अवस्था छ। त्यस्तै, बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको  छ। कोशी तथा मधेश प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। , दिउँसोपख  देशभर सामान्यदेखि पूर्ण बदली रहने महाशाखाले नियमित बुलेटिनमार्फत् बताएको छ। सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानहरूमा मेघ–गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। , रातिपख देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी तथा गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघ–गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको उसले बताएको छ। , यी प्रदेशमा भारी वर्षाको सम्भावना
सेतोपाटी संवाददाता साउन १ गतेदेखि काठमाडौंको फोहोर बञ्चरेडाँडामा लैजाँदा ककनी गाउँपालिकालाई एक हजार पाँच सय रूपैयाँसम्म प्रवेश शुल्क बुझाउनुपर्ने भएको छ।, काठमाडौंबाट फोहोर बोकेर जाने गाडीसँग प्रवेश शुल्क उठाउने गरी आर्थिक विधेयक पारित भएको गाउँपालिका अध्यक्ष सुमन तामाङले सेतोपाटीलाई जानकारी दिए।, 'हामीले अहिले शुल्क उठाउने गरी आर्थिक विधेयक पारित गरेका छौं। साउन १ गतेदेखि उठाउन थाल्छौं,' अध्यक्ष तामाङले भने।, काठमाडौंले ककनीलाई फोहोर फाल्ने थलोका रूपमा मात्रै प्रयोग गरेको र पटकपटक भएका वार्ता, छलफलले कुनै समाधान नदिएपछि गाउँपालिका आफैंले व्यवस्थापनको पहल लिएको उनले बताए।, 'काठमाडौंमा पनि हामीसँगै जनप्रतिनिधि निर्वाचित भएर आउनुभयो। उहाँहरूले हामी व्यवस्थापन गर्छौं, विसर्जनको वातावरण बनाइदिनुपर्‍यो भनेर अनुरोध गरेपछि सहजीकरण पनि गरेका हौं,' उनले भने, 'तर अहिलेसम्म अध्ययन भन्दै समय गुजारियो।', फोहोर र मानिस सँगै बस्ने अवस्था अन्त्यका लागि यो सुरूआती पहल भएको पनि उनले बताए।, 'तपाईंहरू ककनी गाउँपालिका आएर हेर्नुभयो भने पनि सहजै देख्न सक्नुहुन्छ, फोहोरले यहाँको जनजीवन कस्तो छ? घरघरै रोगी बढेका छन्। महिनाको एक-दुई जनालाई क्यान्सर रोगको उपचारको सहयोग दिनुपरेको छ। यो विकराल अवस्थाबाट हामीले कसरी पार पाउने? केही न केही त उपाय पहिल्याउनुपर्‍यो,' उनले भने, 'काठमाडौंको फोहोर विसर्जनमा अवरोध पुर्‍याउने मनसाय होइन। यहाँको जीवन त बचाउनुपर्‍यो।', उनले संघीय सरकार गम्भीर होस् भनेर प्रवेश शुल्क उठाउन लागिएको पनि जिकिर गरे। ढाट थापेर बस्न नगरपालिकाको रहर नभएको तर काठमाडौं महानगरपालिकालगायत उपत्यकाका स्थानीय तहको उपेक्षाका कारण यो निर्णयमा पुग्नुपरेको बताए।, 'हामीले कतिपल्ट वार्ता गर्‍यौं, छलफल गर्‍यौं, सहजीकरण पनि गरिदियौं। तर उहाँहरूले फोहोर र मानिस अलग राख्न, सिसडोलको व्यवस्थापन गर्न कुनै पहल गर्नुभएन। शून्य तदारूकता देखाउनुभयो,' उनले गुनासो गरे।, २०६२ जेठ ५ गतेदेखि नुवाकोटको सिसडोल क्षेत्रमा काठमाडौंको फोहोर विसर्जन गर्न थालिएको हो। दुई वर्षका लागि दुई लाख ७५ हजार मेट्रिक टन फोहोर फाल्ने भनेर स्थानीयवासीसँग सम्झौता गरिएपछि ककनी गाउँपालिकामा पर्ने सिसडोलमा १७ वर्ष फोहोर फालियो। गत वर्ष जेठदेखि धादिङको धुनिबेसी १ स्थित बञ्चरेडाँडा क्षेत्रमा फोहोर फाल्न थालिएको छ। त्यहाँ संघीय सरकारले दीर्घकालीन ल्यान्डफिल साइट बनाए पनि काठमाडौं महानगरसहित उपत्यकाका १८ वटा नगरपालिकाले सिसडोलकै तौरतरिकाले फोहोर फालेको त्यहाँका स्थानीय बताउँछन्। अहिले दैनिक १२ सय टनभन्दा बढी वर्गीकरण नगरिएको फोहोर बञ्चरेडाँडा पुर्‍याइने गरिएको छ।, अहिले बञ्चरेडाँडामा बनाइएको लिचेट (फोहोरबाट निस्किएको रस) पोखरी भरिएर निकास सिधै कोल्पु खोलामा मिसिएको छ।, यता सिसडोल क्षेत्र क्यापिङ (माटोले छोप्ने काम) नगर्दा दुर्गन्ध आउन र झिँगाको प्रकोप मत्थर भएको छैन।, महामारी फैलने अवस्था नआओस् र त्यसको दीर्घकालीन समाधानका लागि गाउँपालिकाले पहलकदमी लिएको अध्यक्ष सुमन तामाङले जानकारी दिए।, गाउँपालिकाले आगामी वर्ष फोहोरले त्यस भेगको जनस्वास्थ्य, पशुचौपाया र बालीनालीमा पुर्‍याएको असरबारे विस्तृत अध्ययन गर्ने भएको छ। त्यसका लागि बजेटको व्यवस्था गरिएको अध्यक्ष तामाङले बताए।, साउन १ गतेदेखि बञ्चरेडाँडामा फोहोर लैजाँदा ककनी गाउँपालिकालाई १५ सयसम्म प्रवेश शुल्क बुझाउनुपर्ने
सेतोपाटी संवाददाता ललिता निवास प्रकरणमा थप दुई जना पक्राउ परेका छन्। , केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मंगलबार साँझ थप दुई जनालाई पक्राउ गरेको एसएसपी दिनेश आचार्यले जानकारी दिए। , भौतिक योजना मन्त्रालयका तत्कालीन सिनियर डिभिजन इन्जिनियर बालकृष्ण श्रेष्ठ र भूमि व्यवस्था विभागका तत्कालीन महानिर्देशक रूद्रप्रसाद श्रेष्ठ पक्राउ परेका हुन्। , योसँगै पक्राउ पर्नेको संख्या १६ पुगेको छ। मंगलबार बिहान मात्रै पनि दुई जनालाई पक्राउ गरेको थियो। तत्कालीन मालपोत कार्यालयका नायब सुब्बा योगराज पौडेल र खरिदार नारायणदास मिश्र पक्राउ परेका थिए। , उनीहरूसँगै प्रहरीले अहिलेसम्म १६ जनालाई पक्राउ गरेको छ।, यस प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयका बहालवाला सचिव कृष्णबहादुर राउत, समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे, समरजंग कम्पनीका तत्कालीन प्रमुख रमेशकुमार पोखरेल, नक्कली मोही देवनारायण महर्जन, तत्कालीन नापी अधिकृत ध्रुव अर्याल, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ, पूर्वनिर्वाचन आयुक्त सुधिरकुमार शाह, धर्मप्रसाद गौतम र गोपाल कार्की छन्। , काठमाडौं महानगर वडा नम्बर ५ का तत्कालीन वडासचिव शिवजी भट्टराई, नक्कली मोही बाबुराजा महर्जन र तत्कालीन नापी कार्यालयमा रहेका घमानकुमार कार्की पनि पक्राउ परेका छन्।, अहिले उनीहरूमाथि प्रहरी संगठित अपराध कसुरमा अनुसन्धान गरिरहेको छ। , ब्युरोले यसअघि पनि लामो अनुसन्धान गरे पनि अदालतमा मुद्दा दर्ता गर्न सकेको थिएन। लामो अनुसन्धान सकेर २०७८ साल पुसमै सरकारी वकिलको कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। तर सरकारी वकिल कार्यालयले थप अनुसन्धान गर्नू भनेर पुस २२ गते प्रतिवेदन फिर्ता पठाएको थियो।, प्रतिवेदन फिर्ता पठाएपछि अहिले पुन:अनुसन्धान गरी यसमा संलग्नहरूलाई पक्राउ गर्न थालेको हो। सिआइबीले ललिता निवासको १४३ रोपनी जग्गा हडपेको निष्कर्ष निकालेको छ।, यस प्रकरणमा संलग्नहरूले ४ वटा चरण गरी जग्गा हडपेको सिआइबीले बताएको छ।, पञ्चायतकालमा सरकारले सुवर्णसमशेरलाई राजद्रोहको अभियोग लगाएर उनको नाममा भएको ललिता निवासको १४ रोपनी जग्गा जफत गरेको थियो।, ललिता निवासको बाँकी २८५ रोपनी जग्गा सरकारले २०२१ सालमा अधिग्रहरण गरेको थियो। अहिले सोही जग्गा चार चरण गरी विभिन्न व्यक्तिहरूले १४३ रोपनी जग्गा आफ्नो नाममा गरेका हुन्। , बहुदल आएपछि २०४७ सालमा राणा परिवारले जफत गरिएका आफ्ना जग्गा फिर्ता गर्न सरकारसँग माग गरे। कृष्णप्रसाद भट्टराई सरकारले जफत गरेको जग्गा छानबिन गरेर फिर्ता गर्ने निर्णय गर्‍यो।, मालपोत कार्यालयले भने छानबिन नगरी सोझै त्यही निर्णयका आधारमा १ सय १२ रोपनी जग्गा सुवर्णशमसेरका हकवालाको नाममा सारेको देखिन्छ।, ललिता निवास प्रक्ररणमा भूमि विभागका तत्कालीन महानिर्देशक र इन्जिनियर पक्राउ
भगवती पाण्डे कपिलवस्तु बुद्धभूमि १ कपासीकी गीता भुसाल २५ दिनअघि मात्रै दुबई गएकी थिइन्। घरको गर्जो धान्न उनी रोजगारीका लागि दुबई गएकी हुन्।, भारतमा रोजगारी गरिरहेका श्रीमान बाबुरामले गत वैशाख ७ गते आत्महत्या गरेपछि परिवारको जिम्मा गीता एक्लैको काँधमा आइलागेको थियो। वृद्ध अवस्थाका सासू, ससुरा र दुई नाबालक छोराहरूको जीवन सम्भार्ने जिम्मेवारी उनकै भयो।, श्रीमानको काजकिरिया सकेपछि छोराहरूको उज्यालो भविष्य बनाउने सपना देखेर उनी दुबई गइन्।, तर गएको तीन एक महिना पनि नहुँदै उनीमाथि बज्रपात पर्‍यो। मंगलबार बिहानै उनले आफ्ना दुवै नाबालक छोराको मृत्युको खबर सुन्नुपर्‍यो।, गीताका छोराहरू; ११ वर्षे दीपक र ९ वर्षे प्रदीप हजुरबुवा-हजुरआमा (गीताका सासूससुरा) सँग बस्थे। दुवै जना गोरूसिंगेको पारिजात बोर्डिङ स्कुलमा पढ्दै थिए।, सोमबार उनीहरू दिनभरि स्कुलमा पढेर घर गएपछि खाना खाइवरी हजुरआमासँगै सुतेका थिए।, उनीहरूको एकतले घरको कोठामा हजुरबुवा खाटमाथि सुते भने दुवै नाति लिएर हजुरआमा भुइँमा सुतिन्।, मध्यरात एक बजेतिर प्रदीप र दीपक दुवै पेट दुख्यो भन्दै बिउँझिए। हजुरबुवा-आमाले खानपिनको खराबीले दुखेको होला भनेर घरेलु उपचार गर्न थाले। पेटबाट सुरू भएको दुखाइ घाँटी हुँदै पूरै शरीरमा फैलियो।, दुखाइ बढ्दै जाने र सास फेर्न पनि गाह्रो हुँदै गएपछि वृद्ध दम्पतीले झारफुक गराउन भन्दै छिमेकको घरमा लगे। प्रदीप र दीपकको अवस्था झन् बिग्रिँदै थियो।, छट्पटाहट बढ्दै गएपछि छिमेकीको सहयोगमा बिहान साढे तीन बजेतिर उनीहरूलाई गोरूसिंगेकै बुद्ध पोलिक्लिनिकमा पुर्‍याइयो। त्यहाँ पुर्‍याउँदा दुवै बालक अचेत भइसकेका थिए।, स्वास्थ्यकर्मीले बालकको अवस्था हेर्दा दुवैलाई विषालु सर्पले टोकेको हुनसक्ने भन्दै तत्काल बुटवल लैजान सुझाव दिए। उनीहरूको तिघ्रामा सर्पले टोकेको डाम समेत देखिएको पोलिक्लिनिकले जनाएको छ।, बालकका हजुरबुवा-आमालाई भने कोठामा सर्प नदेखिएकाले सर्पले टोकेकोमा विश्वास गर्न मुश्किल भइरहेको थियो। उनीहरूले स्वास्थ्यकर्मीको सुझावअनुसार बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल ल्याए पनि प्रदीपको बाटोमै र दीपकको उपचारका क्रममा बिहान मृत्यु भयो।, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका इमर्जेन्सी इन्चार्ज शिव कुँवरले अस्पताल ल्याएपछि दुवै बालकलाई मृत घोषणा गरिएको बताए।, 'उनीहरूको मृत्यु सर्पले टोकेर भएको हो,' उनले सेतोपाटीसँग भने।, इलाका प्रहरी कार्यालय गोरूसिंगेका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले पनि दुवै बालकको मृत्यु सर्पको टोकाइबाट भएको बताए।, कपिलवस्तु सर्पदंश उपचार केन्द्रले बालकहरूको सर्पले टोकेर मृत्यु भएको तथ्यांकमा चढाएको जनाएको छ।, बुद्धभूमि नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष तेजबहादुर बस्नेतले सर्पले टोकेको भन्ने संकेत पाएर राती नै अस्पताल पुर्‍याउन सकेको भए बालकहरूलाई बचाउन सकिने बताए।, 'सर्पले टोकेको होला भन्ने शंका समेत नहुँदा र झारफुकतर्फ लाग्दा उपचारमा ढिलाइ भयो र बालकहरूको मृत्यु भयो,' वडाध्यक्ष बस्नेतले सेतोपाटीसँग भने।, दुई बालकको मृत्युले अहिले भुसाल परिवार मात्र नभई सिंगो गाउँ नै शोकमग्न बनेको पनि उनले बताए।, 'साढे दुई महिना मात्र भएको थियो ती बालकहरूको बुवाको मृत्यु भएको। उनीहरूको भविष्यका लागि भन्दै आमा दुबई जानुभएको थियो। दुवै छोराको मृत्युको खबर थाहा पाएपछि २५ दिनमै घर फर्किँदै हुनुहुन्छ,' उनले भने।, बस्नेतका अनुसार छोराहरूको मृत्युको खबर पाएपछि गीता दुबईबाट आउँदै छिन्। बालकहरूको शव जिल्ला अस्पताल तौलिहवामा राखिएको छ।, बालकहरूको मृत्यु भएपछि हजुरआमा बसन्तालाई पनि सर्पले टोकेको हुनसक्ने आशंकामा कपिलवस्तु सर्पदंश उपचार केन्द्रमा निगरानीमा राखिएको छ। केन्द्रका व्यवस्थापक नवीन भण्डारीका अनुसार बसन्तालाई अहिलेसम्म सर्पदंशको कुनै लक्षण भने देखिएको छैन।, छोराहरूको भविष्य बनाउन दुबई पुगेकी थिइन् आमा, गएको २५ दिनमै बिते उनीहरू
सेतोपाटी संवाददाता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको उपचारको क्रममा निधन भएको छ।, उनको बुधबार बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको नर्भिक अस्पताल थापाथलीका प्राध्यापक डाक्टर युवराज शर्माले जानकारी दिए।, प्रधानमन्त्री पत्नी सीता दाहालको शरीरमा अक्सिजनको मात्रा घटेपछि उपचारका लागि उनलाई बुधबार बिहान अस्पताल पुर्‍याइएको थियो।, अस्पतालले उनलाई मृत घोषणा गरेको हो।, उनकाे पार्थिव शरीर बिहान ११ बजेदेखि १ बजेसम्म पार्टी कार्यालयमा राखिने प्रधानमन्त्री प्रचण्डको सचिवालयले बताएको छ।, उनको आजै दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने सचिवालयले बताएको छ।, रहिनन् प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहाल
सेतोपाटी संवाददाता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको बुधबार बिहान निधन भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा रहेकी सीतालाई सास फेर्न गाह्रो भएपछि नर्भिक अस्पतालका चिकित्सकको टोली बालुवाटारमै पुगेको थियो।, बालुवाटारबाट उनलाई बिहान ८ बजे नर्भिक अस्पतालको इमरजेन्सीमा ल्याइएको थियो। उनको ८:३३ बजे निधन भएको हो।, उनको उपचारमा संलग्न नर्भिक अस्पतालका प्राध्यापक डाक्टर युवराज शर्माले दुई वर्षदेखि सीताको शरीरले प्रतिक्रिया दिन छोडेको बताएका थिए।, उनलाई प्रोगेसिभ सप्रान्युक्लियर पाल्सी (पिएसपी) रोग लागेको थियो।   , पिएसपी दुर्लभ खालको रोग हो। यो रोग एक लाख मानिसमध्ये ५-६ जनामा मात्र देखिन्छ। के कारणले यो रोग लाग्छ भन्ने अहिलेसम्म पत्ता लागेको छैन। वैज्ञानिकहरू पिएसपीबारे अध्ययनकै क्रममा छन्।, सीतालाई २०७४ सालदेखि यो रोगले च्यापेको हो। यसको उपचारका लागि उनलाई सिंगापुरदेखि अमेरिकासम्म लगिएको थियो।, तर ती देशमा भएका उपचारले उनलाई निको बनाउन सकेन।, सीता दाहाललाई लागेको रोगबारे हामीले केही वर्षअघि कन्सल्टेन्ट न्युरोलोजिस्ट डाक्टर इशा ढुंगानासँग कुरा गरेका थियौं।, ढुगांनाका अनुसार यो रोग लागेपछि गिदी (ब्रेन)मा समस्या देखिन्छ। स्नायु तन्तुहरूमा रहेको प्रोटिनमा गडबडी हुन्छ। जसलाई टाउ प्रोटिन भनिन्छ। यो गडबडीका कारण कारण नसाहरू गुजुमुजु भएर खुम्चन्छन्। ब्रेन सुक्दै र खुम्चँदै जान्छ। ब्रेनको आकारमा परिवर्तन देखिएपछि पिएसपी रोग लागेको निर्क्यौल हुन्छ।, ढुंगानाका अनुसार यो रोगको कारण यकिन छैन। कतिपयलाई वंशाणुगत कारणले यो रोग देखिने गरेको छ।, पिएसपी मानसिक कारणले हुने रोग भने होइन। तर, ब्रेनमा आउने समस्याले गर्दा सोच्ने र सम्झिने कुरासँग सम्बन्धित हुन्छ। जसले गर्दा सोच्ने शक्ति कमजोर हुन्छ भने डिप्रेसनसमेत हुन सक्छ।, पिएसपी लागेपछि बिरामीलाई कसरी गाँज्दै लैजान्छ?, ‘रोग लागिसकेपछि शरीरको सन्तुलन बिग्रिन्छ भने बोली र आँखामा पनि समस्या देखिन्छ,’ डाक्टर ढुंगाना भन्छिन्, ‘शरीरको चाल ढिलो भएजस्तो हुने, सन्तुलनको अभावले लडिरहने, अल्झिएलगत्तै लडिहाल्ने हुन्छ।’, ढुंगानाका अनुसार आँखाको नानी तलमाथि गर्नसमेत समस्या हुन्छ। ‘आँखाको चाल बिग्रिँदै गएपछि धमिलो देख्ने, दुई-दुई वटा चिज देखिने, स्पष्ट नदेखिनेसमेत हुन्छ,’ ढुंगाना भन्छिन्, ‘व्यक्तित्वमा परिवर्तन आउँदै जाने अनि एउटै मान्छे पनि अर्कोजस्तो लाग्ने हुन्छ।’, एउटा चरणमा पुगेपछि यो रोग लागेको मानिसले खाना निल्न सक्दैनन्। त्यो बेला पेटमा पाइप राखेर खाना खुवाउनु पर्ने अवस्था आउन सक्छ।, नेपालमा यो रोगका बिरामी कति छन् भन्ने तथ्यांक छैन।, सुरूमा पार्किन्सन्सजस्तै देखिए पनि यो रोग पार्किन्सन्सभन्दा फरक हो। पार्किन्सन्सभन्दा पिएसपी रोग छिटो, छिटो बिग्रन्छ।, पार्किन्सन्सभन्दा पिएसपीका लक्षण पनि फरक छन्। पार्किन्सन्सका बिरामीको हात काम्छ भने पिएसपीका बिरामीको हात काम्दैन। पार्किन्सन्सका बिरामी हिँड्दा अगाडि झुकेर हिँड्छन्, जीउ झुक्छ तर पिएसपीको बिरामी पछाडि तानिन्छन्। पार्किन्सन्सका बिरामीमा आँखाको समस्या देखिँदैन। पार्किन्सन्स र पिएसपी छुट्टाउने मुख्य आधार नै आँखाको चाल हो।, पिएसपीको उपचार उपलब्ध छैन। रोग लागेपछि उत्पन्न हुने समस्या कम गराउन मात्र चिकित्सकले उपचार विधि प्रयोग गर्दै आएका छन्। हिँड्न गाह्रो भएपछि सजिलो बनाउन लाठी, ह्वीलचेयर प्रयोगका लागि चिकित्सकले सुझाव दिने गरेका छन्। शरीर कक्रक्क पर्ने भएकाले वाटर थेरापी गराइन्छ। तातोपानीमा डुबुल्की मार्ने उपचारभन्दा पनि बिरामीको सहजताका लागि हो।, एउटा चरणमा पुगेपछि बिरामी पूर्ण रूपमा अरूमाथि निर्भर हुन्छन्। आफैं खान नसक्ने, हिँड्न नसक्ने हुन्छ। परिवारको साथ र मायाले बिरामीलाई सजिलो मात्र बनाउने हो।, बारम्बार लड्ने र डिप्रेसन बढ्ने भएकाले यस्ता बिरामीलाई परिवार र साथीभाइको साथ आवश्यक हुने ढुंगाना बताउँछिन्।, दुर्लभ खालको पिएसपी रोगले पीडित थिइन् सीता दाहाल
सेतोपाटी संवाददाता बुधबार बिहान निधन भएकी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको आजै अन्त्येष्टि गरिने भएको छ।, उनको बुधबार बिहान ८ः३३ बजे उपचारका क्रममा काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको थियो।, गम्भीर प्रकारको नसासम्बन्धीबाट गुज्रिइरहेकी उनको बिहान एक्कासी शरीरमा अक्सिजनको मात्रा घटेको थियो।, बिहान ८ बजे अस्पताल पुर्‍याएकी उनको निधन भएको अस्पतालले जानकारी दिएको हो।, उनको पार्थिक शरीर बिहान ११ बजेदेखि पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि पशुपति आर्यघाटमा दिउँसो अन्त्येष्टि गरिने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ।, सीता २०५२ सालभन्दा अगाडिदेखि नै राजनीतिमा सक्रिय थिइन्। तत्कालीन नेकपा (माओवादी)ले सञ्चालन गरेको सशस्त्र संघर्षमा भूमिगत भएकी दाहाल खुला राजनीतिमा पनि पार्टी काममा सक्रिय थिइन्।, २०७४ साल मंसिरमा छोरा प्रकाश दाहालको निधन भएपश्चात् उनलाई रोगले गाँज्दै लगेको थियो। पछिल्लो समय उनी ओछ्यान नै परेकी थिइन्।,  , प्रधानमन्त्री प्रचण्डपत्नी सीता दाहालको आजै अन्त्येष्टि गरिने
सेतोपाटी संवाददाता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालप्रति विभिन्न दलका शीर्ष नेताहरूले श्रद्धाञ्जली व्यक्त गरेका गरेका छन्। पत्नीशोकमा रहेका प्रधानमन्त्री प्रचण्डलाई उनीहरूलाई समवेदना व्यक्त गरेका छन्।, राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहालकी धर्मपत्नी सीता दाहालको निधनबाट आफू अत्यन्त दुःखी भएको उल्लेख गर्दै स्वर्गीय दाहालप्रति श्रद्धाञ्जली प्रकट गरेका छन्। राष्ट्रपति पौडेलले प्रधानमन्त्रीसहित शोकाकुल परिवाजनमा गहिरो समवेदना व्यक्त गरको उनको सचिवालयले जनाएको छ।, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले दाहालको निधनले स्तब्ध भएको बताएका छन्। उनले भनेका छन्- सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)की जीवनसंगिनी सीता दाहालको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको खबरले स्तब्ध बनाएको छ। उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण  गर्दछु। शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछु।, पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दाहालको निधनले निकै दु:खी भएको बताएका छन्।, उनले ट्विटरमा लेखेका छन्- सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालकी जीवन संगिनी सीता दाहालको निधनको खबरले अत्यन्त दुःखी छु। दिवंगत सीता दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पत्नी वियोगमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाललगायत शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु।, नेकपा एमालेका उपाध्यक्ष एवं सांसद बिष्णु पौडेल, सांसदहरू योगेश भट्टराई, गोकुल बाँस्कोटा, नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिलगायतले पनि सीताप्रति श्रद्धाञ्जली र प्रचण्डप्रति समवेदना व्यक्त गरेका छन्।, सामाजिक सञ्जालमा विभिन्न प्रयोगकर्ताहरू पनि सीताप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।, सत्ता साझेदार दल नेपाली कांग्रेसले प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन भएपछि आजदेखि सुरू हुने केन्द्रीय समिति बैठक स्थगित भएको छ। , पत्नीशोकमा परेका प्रधानमन्त्रीलाई राष्ट्रपतिदेखि पूर्वप्रधानमन्त्रीसम्मको समवेदना, सीता दाहालप्रति श्रद्धाञ्जली
नवीनबाबु गुरूङ ठेलागाडालगायत साना व्यापारीहरूको उचित व्यवस्थापन गर्न माग गर्दै काठमाडौं महानगरपालिका भवनअघि प्रदर्शन भएको छ।, स्वतन्त्र युवाहरूले बुधबार बिहान गरिबको चमेली गीत गाउँदै प्रदर्शन गरेका हुन्।, उनीहरूले महानगरको प्रहरीले ठेलागाडालगायत साना व्यापारीलाई दु:ख दिने गरेकोमा विरोधसमेत गरेका छन्।, साना व्यापारीहरूलाई व्यापारका लागि महानगरले उचित व्यवस्थापन मिलाउनुपर्ने उनीहरूको माग छ। , 'गरिबको चमेली बोल्दिने कोही छैन' बोलको गीत मेयर बालेन शाहले रिमेक गरेका थिए।, तस्बिरहरू:, 'गरिबको चमेली' गीत गाउँदै काठमाडौं महानगरअघि प्रदर्शन (तस्बिरहरू)
सेतोपाटी संवाददाता सुर्खेतको काँक्रेविहार संरक्षित क्षेत्रको जारायो मारेर मासु भाग लगाइरहेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।, बुधबार बिहान ३ बजेतिर जरायो मारेर भाग लगाइरहेको गोप्य सूचना पाएपछि जिल्ला प्रहरी कार्यालयको पैदल गस्ती टोलीले पाँच जनालाई पक्राउ गरेको हो।, पहिलो चरणमा पक्राउ परेका उनीहरूको नाम भने खुलाइएको छैन। उनीहरूले राति नै जरायो मारेको खबर आएको डिभिजन वन कार्यालय वीरेन्द्रनगरका वन अधिकृत भरतकुमार थापाले बताए।, उनका अनुसार उक्त जरायो बासस्थानबाट मंगलबार दिउँसो नै बाहिर निस्किएको थियो।, ‘बासस्थानबाट निस्किएर पिपिरा क्षेत्रमा छिरेपछि स्थानीयले हामीलाई खबर गरेका थिए, हाम्रो पाँच जना र जिल्ला प्रहरी कार्यालयको टोली परिचालित गरेर छोप्न खोजे पनि सकिएन,’ थापाले भने, ‘राति गाउँलेले मारेपछि प्रहरीले समातेछ।’, प्रहरीले उनीहरूलाई डिभिजन वन कार्यालयमा बुझाइसकेको छैन।, उक्त जरायो अन्दाजी दुई वर्षको पोथी भएको थापाले जानकारी दिए।, सुर्खेतको काँक्रेविहार संरक्षित क्षेत्रमा जरायोको बासस्थान छ। त्यहाँ अहिले २२ वटा जरायो गणनामा रहेको उनले बताए।, काँक्रेविहार संरक्षित क्षेत्रको जरायो मार्ने पाँच जना पक्राउ
सेतोपाटी संवाददाता दुई वर्षदेखि अचेत अवस्थामा रहेकी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई सास फेर्न कठिन भएपछि बिहान ८ बजे बालुवाटारबाट नर्भिक अस्पताल थापाथली ल्याइएको थियो।, उनको उचारमा संलग्न प्राध्यापक डाक्टर युवराज शर्माका अनुसार प्रधानमन्त्री पत्नी सीतालाई बुधबार बिहानैदेखि स्वासप्रस्वासमा समस्या देखिएको थियो।, ‘उहाँको हेरचाह गर्ने नर्सिङ स्टाफ हुनुहुन्छ। उहाँले अचानक फोन गर्नुभयो। मैले तुरुन्तातुरुन्तै नर्भिकको इमरजेन्सी टिमलाई खबर गरेँ। म बालुवाटार पुगेँ। त्यहाँ अक्सिजनको मात्रा हेर्दै थिएँ। नर्भिकबाट इमरजेन्सीको टोली पनि पुग्यो। हामीले त्यहाँ अक्सिजन, इन्जेक्सन आदि लगाएर, दौडाएर अस्पताल ल्यायौं,’ शर्माले भने, ‘यहाँ ल्याउँला ८ बजेको थियो। उहाँ पहिलेदेखि नै नसासम्बन्धी दीर्घ रोगी हुनुहुन्थ्यो। दिमागको नसा सुक्दै जाने, खुम्चने हुन्छ। सँगसँगै उहाँलाई डायबेटिज, हाइपरटेन्सन, उच्च रक्तचाप पनि थियो।’, प्रधानमन्त्री पत्नी सीतालाई पछिल्लो समय पेटमा पाइप राखेर खाना दिइँदै आएको चिकित्सकले जानकारी दिए।, ‘दुई वर्षदेखि उहाँको रेस्पोन्स थिएन। सर्भाइबचाहिँ गरिरहनुभएको थियो,’ उनले भने। , अस्पतालले सीतालाई ८ः३३ बजे मृत घोषणा गरेको हो।, माओवादी केन्द्रका सल्लाहकारको भूमिकामा रहेकी उनको पार्थिव शरीर बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी कार्यालय पेरिसडाँडामा राखिनेछ।, त्यसपछि दिउँसो २ बजे पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ।, उनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले अस्पतालमै पुगेर श्रद्धाञ्जली दिए। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि सीता दाहाललाई श्रद्धाञ्जली दिन नर्भिक पुगेका थिए।, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा भूमि व्यवस्थामन्त्री रञ्जिता चौधरीलगायत शीर्षस्थ नेताहरूले अस्पतालमा पुगेर दुःख व्यक्त गरेका छन्।, सीता २०५२ सालभन्दा अगाडिदेखि नै राजनीतिमा सक्रिय थिइन्। तत्कालीन नेकपा (माओवादी)ले सञ्चालन गरेको सशस्त्र संघर्षमा भूमिगत भएकी दाहाल खुला राजनीतिमा पनि पार्टी काममा सक्रिय थिइन्। विशेषतः शान्ति प्रक्रियापछि उनी पार्टीको सल्लाहकारको भूमिकामा थिइन्।, २०७४ साल मंसिरमा छोरा प्रकाश दाहालको निधन भएपश्चात् उनलाई रोगले गाँज्दै लगेको थियो। पछिल्लो समय उनी ओछ्यान नै परेकी थिइन्।, सास फेर्न कठिन भएपछि बालुवाटारबाट नर्भिक ल्याइएको थियो सीता दाहाललाई
सेतोपाटी संवाददाता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको शव पशुपति आर्यघाट लगिएको छ।, उनको केही बेरपछि राजकीय सम्मानका साथ अन्त्येष्टि गर्न लागिएको छ।, प्रधानमन्त्री पत्नी सीतालाई अन्तिम श्रद्धाञ्जली दिन उच्चपदस्थ सरकारी अधिकारी, सुरक्षा निकायका अधिकारीहरू र माओवादी केन्द्रका समर्थक तथा शुभेच्छुकहरू पशुपति आर्यघाट पुगेका छन्।, आज बिहान ८ः३३ बजे निधन भएकी सीताको शव श्रद्धाञ्जलीका लागि ११ बजेदेखि माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा राखिएको थियो।, प्रधानमन्त्री प्रचण्डलाई समवेदना दिन राजनीतिक दलका शीर्ष नेता, सरकारी अधिकारीहरू पेरिसडाँडा पुगेका थिए।, दुर्लभ र जटिल प्रकारको नसासम्बन्धी रोगबाट गुज्रिएकी सीता दुई वर्षयता प्रतिक्रियाविहीन थिइन्।, २०७४ साल मंसिरमा छोरा प्रकाश बितेयता उनी बौरिन सकेकी थिइन्। प्रधानमन्त्री प्रचण्ड पत्नी सीतालाई पछिल्लो समय पेटमा पाइप राखेर खाना दिइँदै आएको थियो।, उनको उचारमा संलग्न प्राध्यापक डाक्टर युवराज शर्माका अनुसार प्रधानमन्त्री पत्नी सीतालाई बुधबार बिहान सास फेर्न कठिन भएपछि नर्भिक अस्पताल ल्याइएको थियो।, राजकीय सम्मानसहित सीता दाहालको पशुपतिमा अन्त्येष्टि गरिँदै
सेतोपाटी संवाददाता सिरहामा एकजना प्रहरी जवानलाई बाँधेर यातना दिएको घटना बाहिरिएको छ। जिल्ला प्रहरी कार्यायल सिरहामा कार्यरत प्रहरी जवान अनु रायलाई पाता कसेर यातना दिइएको भिडिओ सार्वजनिक भएको छ।, ड्युटी समय बढी भएको गुनासो गर्न जाँदा मंगलबार दिउँसो प्रहरी निरीक्षक हेमन्त राईले कार्यालयमा बाँधेर राखेको पीडित प्रहरी जवानका भाइ रजनिश रायले बताए।, ‘इन्स्पेक्टरले गाली गरेर बुटैबुटले हिर्काएका छन्। ११ घन्टासम्म बाँधेर कुटेका छन्,’ उनले भने।, यो घटनामा संलग्न प्रहरीविरूद्ध उजुरी पनि दर्ता गराउने तयारीमा रहेको उनको भनाइ छ।, जिल्ला प्रहरी कार्यालय सिरहाले भने घटना ढाकछोप गर्न फरक-फरक जानकारी दिइरहेको छ।, कार्यालयका प्रहरी प्रवक्ता डिएसपी रवीन्द्र राज पाण्डेयले जिल्ला अदालतको गेटमा स्थानीयलाई कुट्दै हिँडेको पाएपछि उनलाई नियन्त्रणमा लिइएको बताए। तर एसपी टेकुनन्द ईवा लिम्बुले भने ड्युटीमा खटिएको प्रहरीको हतियार खोसेर प्रहरी जवान रायले भाग्न खोजेपछि उनलाई नियन्त्रणमा लिइएको बताए।, प्रहरी जवान राय लागुऔषध सेवनकर्ता रहेको र ड्युटीसमेत गर्न नचाहेको उनको दाबी छ। ‘उसले ड्युटी जाँदैन भन्यो। हाम्रो ड्युटीवाला प्रहरीको हतियार खोस्ने प्रयास गर्‍यो। हतियार खोस्न सकेन्, बाहिर निस्केर भाग्यो। मर्छु जान्छु भनेर गयो। प्रहरीले पाँच सय मिटर पर गरेर नियन्त्रणमा लियो। हतकडी लगाएर उनलाई कस्टडीमै लिएर आयौं किनभने ब्यारेकमै छोडदिएको भए केही घटना गर्न सक्छ भन्ने आशंका भयो,’ उनले भने।, उनले रायलाई हत्कडीमात्र लगाएको, कुटपिट भने नगरेको दाबी गरे।, सिरहामा प्रहरी जवानलाई नै ११ घन्टासम्म बाँधेर दिइयो यातना
सेतोपाटी संवाददाता पशुपति दर्शन गर्न आएका दुई भारतीय नागरिकलाई डान्स बार लगेर ठगेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।, ठगी गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको हो।, कैलाली घर भई माछापोखरी बस्ने २३ वर्षीय अर्जुन कुँवर, काभ्रे घर भई सिनामंगल बस्ने ३१ वर्षीय शुभकुमार तामाङ र सुनसरी घर भई चाबहिल बस्ने ४० वर्षीय इन्द्र काफ्लेलाई प्रहरीले पक्राउ गरेको हो।, त्यस्तै, धादिङ घर भई सिनामंगल बस्ने २२ वर्षीया सुमिना तामाङ, माछापोखरी बस्ने २० वर्षीया आस्मा तामाङ र २२ वर्षीया रिया साह ठकुरी पक्राउ परेका छन्। , उनीहरूले भारतीय नागरिकहरूलाई डान्स बारमा लगेर ठगेको आरोप छ। , परिसरका अनुसार पीडित भारतीय नागरिकहरू गत सोमबार बेलुकी थानकोट नाकाबाट काठमाडौं प्रवेश गरेका थिए। गाडीमा आएका उनीहरूलाई एक जना व्यक्तिले रोकेर तपाई‌ंलाई खाने बस्ने राम्रो व्यवस्था गरिदिने र घुम्न पनि सहज बनाइदिने भनेका थिए। , त्यसरी विश्वासमा लिएर ती व्यक्तिले भारतीय नागरिकहरूलाई काठमाडौं महानगर-९ रातोपुलस्थित ज्याक डेनिस डान्स बारमा लगेका थिए। त्यहाँ महिला कर्मचारी समेतको संलग्नतामा डर-त्रासमा पारेर २८ हजार भारतीय रुपैयाँ ठगेको प्रहरीले जनाएको छ। उनीहरूले उक्त रकम मोबाइल बैंकिङ सेवामार्फत् ट्रान्सफर गर्न लगाएको र ५ हजार नगद समेत लुटेको प्रहरीले जनाएको छ। , उक्त खबर पाएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूमाथि आपराधिक विश्वासघात कसुरमा काठमाडौं जिल्ला अदालतले ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ। , प्रहरी वृत्त गौशालाबाट यस घटनाको थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ।, पशुपति दर्शन गर्न आएका भारतीय नागरिकलाई डान्स बार लगेर ठगेको आरोपमा ६ जना पक्राउ
सेतोपाटी संवाददाता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्नी सीतालाई दागबत्ती दिएका छन्।, प्रधानमन्त्री प्रचण्डले बुधबार पशुपति आर्यघाटमा पत्नी सीतालाई दागबत्ती दिएका हुन्। ६ वर्षअघि पशुपति आर्यघाटमा छोरा प्रकाशलाई पनि दागबत्ती दिएका थिए। , दाहसंस्कारअघि सीताको शव पशुपतिको ब्रह्मनालमा राखिएको थियो।, ब्रह्मनालमा प्रधानमन्त्री प्रचण्डसहित उनका छोरी रेणु, गंगा, बुहारी सिर्जना त्रिपाठी र बिना मगरले श्रद्धाञ्जली दिएका थिए। त्यस्तै नाती, नातिनीहरूले पनि सीतालाई श्रद्धाञ्जली अर्पण गरेका थिए।, यसअघि आजै बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सीतालाई राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो।, सीतालाई नेपाली सेनाको टुकडीले राजकीय सम्मान दिएको थियो। उनको शवलाई नेपालको राष्ट्रिय झन्डा ओढाइएको थियो।, आज बिहान ८ः३३ बजे निधन भएकी सीताको शव श्रद्धाञ्जलीका लागि ११ बजेदेखि पार्टी कार्यालय पेरिसडाँडामा राखिएको थियो।, प्रधानमन्त्री प्रचण्डलाई समवेदना दिन राजनीतिक दलका शीर्ष नेता, सरकारी अधिकारीहरू पेरिसडाँडा पुगेका थिए।, दुर्लभ र जटिल प्रकारको नसासम्बन्धी रोगबाट गुज्रिएकी सीता दुई वर्षयता प्रतिक्रियाविहीन थिइन्।, २०७४ साल मंसिरमा छोरो प्रकाश बितेयता उनी बौरिन सकेकी थिइन्। प्रधानमन्त्री प्रचण्ड पत्नी सीतालाई पछिल्लो समय पेटमा पाइप राखेर खाना दिइँदै आएको थियो।, उनको उचारमा संलग्न प्राध्यापक डाक्टर युवराज शर्माका अनुसार प्रधानमन्त्री पत्नी सीतालाई बुधबार बिहानैदेखि स्वासप्रस्वासमा समस्या देखिएको थियो।,  , प्रधानमन्त्री प्रचण्डले दिए पत्नी सीतालाई दागबत्ती
नवीनबाबु गुरूङ बुधबार बिहान निधन भएकी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाललाई अहिले अन्तिम श्रद्धाञ्जली दिने क्रम चलिरहेको छ।, नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि उनको शव राखिएको छ।, पेरिसडाँडा पुगेर विभिन्न दलका नेता र विदेशी कूटनीतिज्ञहरूले दाहाललाई श्रद्धाञ्जली दिएका छन्।, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनेन्द्र रिजाल, नेकपा एमालेका उपाध्यक्षद्वय सुवास नेम्वाङ र बिष्णु पौडेललगायतले पेरिसडाँडा पुगेर श्रद्धाञ्जली व्यक्त गरेका छन्। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पनि श्रद्धाञ्जली दिन पेरिसडाँडा पुगेका छन्।, सीता दाहालको आजै राजकीय सम्मानसहित पशुपति आर्यघाटमा अन्त्येष्टि गर्न लागिएको छ।,   , पेरिसडाँडामा विभिन्न दलका नेता र कूटनीतिज्ञले दिए सीता दाहाललाई श्रद्धाञ्जली (तस्बिरहरू)
मन्दिरा घिमिरे पछिल्लो समय सामाजिक सञ्जालमा काठमाडौं महानगरपालिकाका नगर प्रहरीले अभद्र व्यवहार गर्दै ठेलागाडा नियन्त्रणमा लिएको भिडिओहरू आइरहेका छन्।, बुधबार बिहान मात्रै युवाहरूले 'गरिबको चमेली' गीत गाउँदै ठेलागाडा लगायत साना व्यापारीहरूको उचित व्यवस्थापन गर्न माग गर्दै बागदरबारस्थित महानगरपालिका भवनअघि प्रदर्शन समेत गरे।, यसै सन्दर्भमा हामीले नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई नगर प्रहरीलाई कार्यसम्पादन गर्न कस्तो निर्देशन दिइएको र अभद्र व्यवहार गर्ने नगर प्रहरीलाई कस्तो कारबाही गरिन्छ भन्ने प्रश्न सोधेका छौं।, केही दिनदेखि सामाजिक सञ्जालमा नगर प्रहरीको कार्यसम्पादनबारे आइरहेको भिडिओप्रति महानगर सचेत रहेको प्रमुख पाण्डेले बताए।, 'सामाजिक सञ्जालमा धरपकड भएको भनेर आएका भिडिओमा हामी सचेत छौं,' उनले भने, 'ती भिडिओले हाम्रो काम गर्ने शैलीमा परिवर्तन ल्याउनुपर्छ भन्ने बुझाएको छ। त्यसमा हामी काम पनि गर्छौं। आज मात्रै आचरणका विषयमा सबै नगर प्रहरीलाई ब्रिफिङ समेत दिएको छु।' , यस्तै, पाण्डेका अनुसार नगर प्रहरीलाई कार्य सम्पादन गर्दा संयमित र मर्यादित भई काम गर्न निर्देशन दिइएको छ।, 'सामान नियन्त्रणमा लिँदा ढलाउने वा लडाउने काम गर्नु हुँदैन र ती कुरा हाम्रो निर्देशन पनि छैन,' उनले भने, 'तर काठमाडौं महानगर ठेला निषेधित क्षेत्र हो। त्यसमा हामी निर्मम छौं।'  , कार्यसम्पादन गर्ने क्रममा कसैलाई नराम्रो बोली बोले, मर्यादित भएर काम नगरे, कानुनले वर्जित गरेका काम गर्ने नगर प्रहरीलाई समेत कारबाही गरिरहेको उनले बताए।, त्यस्तै, नगर प्रहरीले अभद्र व्यवहार गरेको देखे आफूलाई सम्पर्क गर्न पाण्डेले आग्रह गरेका छन्।, 'यदी तपाईंहरूले नगर प्रहरीले अभद्र व्यवहार गरेको देखे मेरो नम्बर ९८५१०३८८४५ मा फोन गर्नुस्। अथवा महानगरको कल सेन्टरमा पनि जानकारी गराउन सक्नुहुन्छ,' उनले भने, 'त्यसरी जानकारी गराएमा के कारबाही गर्यौं भनेर हामी तपाईंहरूलाई जानकारी समेत गराउँछौं।', यो पनिः, काठमाडौं महानगरसँग तर्सिएका मानिस, , हेर्नुहोस् नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेसँग गरिएको कुराकानीः, नगर प्रहरीले ठेलागाडा नियन्त्रण लिँदा अभद्र व्यवहार गरे मलाई फोन गर्नुस्ः राजु पाण्डे (भिडिओ)
सेतोपाटी संवाददाता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको शव पशुपति आर्यघाट लगिएको छ।, उनको केही बेरपछि राजकीय सम्मानका साथ अन्त्येष्टि गर्न लागिएको छ।, प्रधानमन्त्री पत्नी सीतालाई अन्तिम श्रद्धाञ्जली दिन उच्चपदस्थ सरकारी अधिकारी, सुरक्षा निकायका अधिकारीहरू र माओवादी केन्द्रका समर्थक तथा शुभेच्छुकहरू पशुपति आर्यघाट पुगेका छन्।, आज बिहान ८ः३३ बजे निधन भएकी सीताको शव श्रद्धाञ्जलीका लागि ११ बजेदेखि माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा राखिएको थियो।, प्रधानमन्त्री प्रचण्डलाई समवेदना दिन राजनीतिक दलका शीर्ष नेता, सरकारी अधिकारीहरू पेरिसडाँडा पुगेका थिए।, दुर्लभ र जटिल प्रकारको नसासम्बन्धी रोगबाट गुज्रिएकी सीता दुई वर्षयता प्रतिक्रियाविहीन थिइन्।, २०७४ साल मंसिरमा छोरा प्रकाश बितेयता उनी बौरिन सकेकी थिइन्। प्रधानमन्त्री प्रचण्ड पत्नी सीतालाई पछिल्लो समय पेटमा पाइप राखेर खाना दिइँदै आएको थियो।, उनको उचारमा संलग्न प्राध्यापक डाक्टर युवराज शर्माका अनुसार प्रधानमन्त्री पत्नी सीतालाई बुधबार बिहान सास फेर्न कठिन भएपछि नर्भिक अस्पताल ल्याइएको थियो।, राजकीय सम्मानसहित सीता दाहालको पशुपतिमा अन्त्येष्टि गरिँदै
नवीनबाबु गुरूङ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्नी सीतालाई दागबत्ती दिएका छन्।, प्रधानमन्त्री प्रचण्डले बुधबार पशुपति आर्यघाटमा पत्नी सीतालाई दागबत्ती दिएका हुन्। ६ वर्षअघि पशुपति आर्यघाटमा छोरा प्रकाशलाई पनि दागबत्ती दिएका थिए। , दाहसंस्कारअघि सीताको शव पशुपतिको ब्रह्मनालमा राखिएको थियो।, ब्रह्मनालमा प्रधानमन्त्री प्रचण्डसहित उनका छोरी रेणु, गंगा, बुहारी सिर्जना त्रिपाठी र बिना मगरले श्रद्धाञ्जली दिएका थिए। त्यस्तै नाती, नातिनीहरूले पनि सीतालाई श्रद्धाञ्जली अर्पण गरेका थिए।, यसअघि आजै बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सीतालाई राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो।, सीतालाई नेपाली सेनाको टुकडीले राजकीय सम्मान दिएको थियो। उनको शवलाई नेपालको राष्ट्रिय झन्डा ओढाइएको थियो।, आज बिहान ८ः३३ बजे निधन भएकी सीताको शव श्रद्धाञ्जलीका लागि ११ बजेदेखि पार्टी कार्यालय पेरिसडाँडामा राखिएको थियो।, प्रधानमन्त्री प्रचण्डलाई समवेदना दिन राजनीतिक दलका शीर्ष नेता, सरकारी अधिकारीहरू पेरिसडाँडा पुगेका थिए।, दुर्लभ र जटिल प्रकारको नसासम्बन्धी रोगबाट गुज्रिएकी सीता दुई वर्षयता प्रतिक्रियाविहीन थिइन्।, २०७४ साल मंसिरमा छोरो प्रकाश बितेयता उनी बौरिन सकेकी थिइन्। प्रधानमन्त्री प्रचण्ड पत्नी सीतालाई पछिल्लो समय पेटमा पाइप राखेर खाना दिइँदै आएको थियो।, उनको उचारमा संलग्न प्राध्यापक डाक्टर युवराज शर्माका अनुसार प्रधानमन्त्री पत्नी सीतालाई बुधबार बिहानैदेखि स्वासप्रस्वासमा समस्या देखिएको थियो।, प्रधानमन्त्री प्रचण्डले दिए पत्नी सीतालाई दागबत्ती (तस्बिरहरू)
सेतोपाटी संवाददाता रोल्पाको रून्टीगढी गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष टंकबहादुर पुनको 'स्क्रब टाइफस' का कारण मृत्यु भएको छ। , ४० वर्षीय वडाध्यक्ष पुनको उपचारका क्रममा बुधबार मध्याह्न साढे १२ बजेतिर दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको गाउँपालिकाका अध्यक्ष जनक पुनले सेतोपाटीलाई बताए। , पुन असार २५ गते बिहान ११ बजे प्रतिष्ठानमा उपचारका लागि भर्ना हुन आएका थिए। सोही दिन बेलुका नै प्रतिष्ठानले पुनलाई घर पठाएको थियो। राति गाह्रो भएपछि पुन फेरि २६ गते बिहान ८ बजे प्रतिष्ठानमा भर्ना हुन आएका थिए। , 'स्क्रब टाइफस' रोगको लक्षण देखिएपछि उनलाई नर्मल वार्ड हुँदै आइसियु र अन्त्यमा भेन्टिलेटरमा राखेर उपचारको प्रयास गरिएको भनेर प्रतिष्ठान प्रशासनले आफूलाई जानकारी दिएको गाउँपालिकाका अध्यक्ष पुनले सेतोपाटीलाई बताए। , स्क्रब टाइफस 'ओरिन्सिया सुसुगामासी' नामक ब्याक्टेरियाको कारणले हुने गर्छ। यो ब्याक्टेरियालाई मुसाबाट मानिसमा 'चिगर माइट' किर्नोले सार्ने गर्दछ। , जसका कारण डेंगीले जस्तै गरी एकाएक सेतो रगत (प्लेटलेट्स) ह्वात्तै घट्ने, शरीरका विभिन्न भागबाट रगत बग्ने जस्ता खतरा हुन सक्ने हुँदा बिरामीको एकाएक मृत्यु हुनसक्ने डा. किशोर खत्रीले बताए। , प्रतिष्ठान प्रशासनले पनि स्क्रब टाइफसका कारण वडाध्यक्षको मृत्यु भएको पुष्टि गरेको छ। , गत स्थानीय निर्वाचनमा पुन नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।, 'स्क्रब टाइफस' संक्रमणले रोल्पाका वडाध्यक्ष टंकबहादुर पुनको मृत्यु
सेतोपाटी संवाददाता सिरहामा एक जना प्रहरी जवानलाई बाँधेर यातना दिएको घटनाको छानबिन गर्न समिति बनेको छ। , मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले प्रहरी नायब उपरीक्षक (डिएसपी) ज्ञानकुमार महतोको संयोजकत्वमा बुधबार छानबिन समिति गठन गरेको हो।, समितिमा पाँच जना रहेको प्रदेश कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) मोहनकुमार श्रेष्ठले जानकारी दिए। समितिमा प्रहरी निरीक्षक राजकुमार कार्कीसहित अन्य अधिकृतहरू छन्।, बुधबार जिल्ला प्रहरी कार्यायल सिरहामा कार्यरत प्रहरी जवान अनु रायलाई पाता कसेर यातना दिइएको भिडिओ सार्वजनिक भएको थियो।, छानबिन समितिलाई यथाशिघ्र प्रतिवेदन बुझाउन पनि निर्देशन दिएको एसपी श्रेष्ठले बताए। , ‘समितिलाई यथाशिघ्र प्रतिवेदन बुझाउन भनिएको छ। त्यसको लागि समितिका सदस्यहरू सिरहा हिँडिसक्नुभयो। बाटोमै हुनुहुन्छ,’ उनले भने, ‘घटना के भएको हो भन्नेबारे विस्तृत बुझ्न भनिएको छ। भिडिओ हामीले पनि हेर्दा अमानवीय नै जस्तो छ। तर देखिएको जस्तो नहुन पनि सक्छ।’, ड्युटी समय बढी भएको गुनासो गर्न जाँदा मंगलबार दिउँसो प्रहरी निरीक्षक हेमन्त राईले कार्यालयमा बाँधेर राखेको पीडित प्रहरी जवानका भाइ रजनिश रायले बताएका छन्।, यो घटनामा संलग्न प्रहरीविरूद्ध उजुरी पनि दर्ता गराउने तयारीमा रहेको उनको भनाइ छ।, जिल्ला प्रहरी कार्यालय सिरहाले भने घटना ढाकछोप गर्न फरक-फरक जानकारी दिइरहेको छ।, कार्यालयका प्रहरी प्रवक्ता डिएसपी रवीन्द्र राज पाण्डेयले जिल्ला अदालतको गेटमा स्थानीयलाई कुट्दै हिँडेको पाएपछि उनलाई नियन्त्रणमा लिइएको बताएका थिए।, तर एसपी टेकुनन्द ईवा लिम्बुले भने ड्युटीमा खटिएको प्रहरीको हतियार खोसेर प्रहरी जवान रायले भाग्न खोजेपछि उनलाई नियन्त्रणमा लिइएको बताए।, प्रहरी जवान राय लागुऔषध सेवनकर्ता रहेको र ड्युटीसमेत गर्न नचाहेको उनको दाबी छ।, ‘उसले ड्युटी जाँदैन भन्यो। हाम्रो ड्युटीवाला प्रहरीको हतियार खोस्ने प्रयास गर्‍यो। हतियार खोस्न सकेन, बाहिर निस्केर भाग्यो। मर्छु जान्छु भनेर गयो। प्रहरीले पाँच सय मिटर पर गरेर नियन्त्रणमा लियो। हतकडी लगाएर उनलाई कस्टडीमै लिएर आयौं किनभने ब्यारेकमै छोडदिएको भए केही घटना गर्न सक्छ भन्ने आशंका भयो,’ उनले भने।, उनले रायलाई हत्कडीमात्र लगाएको, कुटपिट भने नगरेको दाबी गरे।, सिरहामा प्रहरी जवानलाई बाँधेर यातना दिएको घटनाबारे छानबिन गर्न ५ सदस्यीय समिति
सेतोपाटी संवाददाता पोखरा उद्योग वाणिज्य सङ्घले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलभित्रको पार्किङ शुल्क घटाउन माग गरेको छ।, सङ्घका अध्यक्ष पवनकुमार प्रजापति नेतृत्वको प्रतिनिधिमण्डलले नागरिक उड्डयन प्राधिकरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक विक्रम गौतमलाई सोमबार ध्यानाकर्षणपत्र बुझाउँदै पुरानो विमानस्थलभन्दा झन्डै २१ गुणा महँगो शुल्क कुनै पनि कोणबाट जायज नभएको बताएको हो। सङ्घले आवागमनलाई असर नपर्ने गरी यात्रुलाई पुर्‍याउन जाँदा बिदाइ र आगन्तुक/अथिति पाहुनालाई स्वागत गरी सवारीमा चढाउने व्यवस्था मिलाउन पनि आग्रह गरेको छ।, ध्यानाकर्षणपत्रमा विमानस्थल निर्माणको सूत्रधार,अभियानकर्ता एवं उपभोक्ताको नाताले विमानस्थलसँग सङ्घको गहिरो चासो जोडिएको उल्लेख गर्दै राष्ट्रिय गौरवको परियोजनाका रूपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रवाह हुने सेवा–सुविधा अन्तर्राष्ट्रियस्तरकै हुनुपर्नेमा जोड दिइएको छ।, सेवा प्रवाहबाटै विमानस्थलले उपभोक्ताको मन जित्नुपर्ने उल्लेख गर्दै सङ्घले ध्यानाकर्षणपत्रमा विमानस्थलजस्तो संवेदनशील क्षेत्रमा व्यवस्थित पार्किङ अपरिहार्य हुने र सेवा सस्तो, सुलभ एवं नागरिकमैत्री हुनुपर्ने भनेको छ। विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान प्रबन्धमा पनि सङ्घको उत्तिकै चासो हुने जनाएको छ।, ध्यानाकर्षणपत्र बुझ्दै विमानस्थल प्रमुख गौतमले पार्किङ शुल्क महँगो भएको स्वीकारे। विमानस्थल प्रशासन यात्रु ल्याउने–लैजाने कार्यमा सहजीकरण गर्नुका साथै राजमार्गसम्म निःशुल्क वा सशुल्क बस सेवा सञ्चालन गर्ने तयारीमा रहेको उनले जानकारी गराए।, अध्यक्ष प्रजापति नेतृत्वको प्रतिनिधिमण्डलमा वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की, महासचिव बलराम आचार्य, कोषाध्यक्ष दिनेशचन्द्र बाँस्तोला र उपमहासचिव शोभा गौतमलगायत सहभागी थिए।, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलभित्रको पार्किङ शुल्क घटाउन माग
सेतोपाटी संवाददाता भैरहवा भन्सार कार्यालयले बिनाभन्सार बाहिरिन खोजेको मालबाहक ट्रक नियन्त्रणमा लिएको छ।, गत जेठको दोस्रो साता किर्ते प्रज्ञापनपत्र बनाइ भन्सार जाँचपास गराउन खोजेको घटना सेलाउन नपाउँदै सोही प्रकृतिको घटना भैरहवा भन्सार कार्यालयमा दोहोरिएको छ।, भारतबाट प्याज बोकेर आएको मालबाहक ट्रक भन्सार जाँच पासबिनै बाहिरिन खोज्दा अन्नपूर्ण ट्रमिनलको सुरक्षा गार्डले सोमबार दिउँसो २ बजे रोकेका थिए। युपी ३१ टी ९९४१ नम्बरको ट्रकलाई प्याजसहित भन्सारको दोस्रो गेटबाट बाहिरिनै लाग्दा किर्ते कागज भएको आशंकामा टर्मिनलले रोकेको थियो।, भन्सार जाँचपासका लागि आउने मालबाहक ट्रक प्रवेश हुनासाथ गेटबाट गाडीको नम्बरसहित प्रवेशको इन्ट्री हुन्छ, गेटपास (बिलिङ) पछि भन्सार जाँचपासको लागि प्रक्रिया सुरू हुन्छ, जाँचपास भएपछि भन्सारले निकासी पत्र (एक्जिट नोट) दिएमात्रै मालबाहक गाडी बाहिरिन पाउँछन्।, तर, सोमबार भन्सार परिसरमा आएको गाडीबिना भन्सार जाँचपास गराई शंकास्पद कागजको भरमा बाहिरिन खोज्दा भन्सार प्रणालीले किर्ते देखाएको भन्सार कार्यालयले जनाएको छ।, निकासी गेटमा नक्कली गेटपास र एक्जिट नोट प्रणलीमा समावेश गर्दा नमानेपछि घटना बाहिरिएको हो।, भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी युवराज भट्टराईले प्याज बोकेको ट्रक अनुसन्धानको लागि नियन्त्रणमा लिएको जानकारी दिए।, कागजपत्र किर्ते गरेको भन्ने आशंकामा मालबाहक ट्रकसहित चालक र सह–चालकलाई भन्सार कार्यालयले नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अगाडि बढाएको उनले बताए।, जेठ दोस्रो साता किर्ते प्रज्ञापनपत्र बनाई भन्सार जाँचपास गराउने १० जनाको समूहलाई भैरहवा भन्सार कार्यालयले नियन्त्रणमा लिइएको थियो। उक्त घटनामा संलग्नमध्ये केही व्यक्ति धरौटीमा छुटेका छन् भने केही विरूद्ध मुद्दा चालिरहेको भन्सार कार्यालयले जनाएको छ।, सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमा प्याजमा मूल्य अभिवृद्धि कर लगाएको छ। , भन्सारबिना बाहिरिन खोज्ने भारतीय ट्रक नियन्त्रणमा
सरिशा अछामी रूकुमका २६ वर्षीय शिव (नाम परिवर्तन) प्लस-टुको पढाइ सकेर विदेश जाने तयारीमा थिए। त्यही बेला चिनेका एकजनाले अवैध बाटो हुँदै अमेरिका जान सकिने कुरा सुनाए।, विभिन्न मानिसहरू अमेरिका पुगेको तस्बिर र उनीहरूसँगको म्यासेज र फोटो पनि उनले देखाए। उनले अमेरिका पठाउने केही मान्छे आफूले चिनेकोसमेत बताए।, चार महिनामै अमेरिका पुगेर लाखौं रूपैयाँ कमाउन सकिने भन्दै उनले लोभ्याए।, दुई-चार महिना दु:ख गरेर अमेरिका नै पुग्ने भएपछि शिव जान राजी भए।, अवैध बाटो हुँदै अमेरिका जान उनी राजी भएसँगै उनका नातेदार हरि (नाम परिवर्तन) पनि सँगै जान तयार भए।, दलालको कुरामा मख्ख परेर शिव र हरिका परिवारले भनेजति रकम दिन तयार भए। त्यतिबेला गाउँकै चिनजानका व्यक्ति भएको भन्दै ३०/३० लाख रुपैयाँमा अमेरिका पुर्‍याउने निधो भयो।, दुबै परिवारको आर्थिक अवस्था समान्य भएकाले छोरालाई अमेरिका पुर्‍याउन घर-जग्गा धितो राखे। आमाले सुन बेचिन्।, शिवका बुबा निरज (नाम परिवर्तन) भन्छन्- अरू पुगेका छन् भन्ने दाबी गरेपछि विश्वास गर्‍यौं।, बैंकबाट धितो र आफन्तसँग सरसापट गरेर निरजले छोरा अमेरिका पठाउने खर्च जोहो गरे।, हरिको परिवारको हविगत पनि उस्तै थियो।, २०७९ असोजको पहिलो साता अमेरिका जान शिव र हरि घरबाट हिँडे। उनीहरू एकसाता काठमाडौं रोकिए। त्यतिखेरसम्म एजेन्टले भिजिट भिसामा थाइल्यान्ड पठाउने बन्दोबस्त मिलाएका थिए।, काठमाडौंमा खाने-बस्ने व्यवस्था पनि उनले नै गरिदिएका थिए।, असोजको दोस्रो साता थाइल्यान्ड जान उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जहाज चढे। एजेन्टले थाइल्यान्ड पुगेको दुई साताभित्रै फिलिपिन्स पुर्‍याइदिने बताएका थिए।, तर त्यहाँ सोचेजस्तो भएन।, उनीहरूलाई थाइल्यान्डमा ३८ दिनसम्म एउटै कोठामा थुनेर राखियो। त्यहाँ शिव र हरिमात्र थिएनन्। उनीहरूजस्ता सयौं नेपाली र भारतीय भेटिए।, उनीहरूले त्यहाँ घामको झुल्को देख्न पाएका थिएनन्। प्रहरीले भेट्‍यो भने पक्राउ परिने डरले रातभर निदाउन नसकेको कुरा शिवले बुबालाई सुनाए।, छोराहरू बन्धकमा परेको भन्दै निरजले दिनहुँ एजेन्टलाई फोन गर्न थाले। यताको एजेन्टको दबाबले उनीहरूलाई ३८ दिनपछि फिलिपिन्सको पुर्‍याइयो।, थाइल्यान्डबाट फिलिपिन्स पुर्‍याउन झन्डै एक महिना लगाएको थियो। बिच-बिचमा रोकिँदै जहाज र बस चढ्नु परेको शिवले निरजलाई सुनाएका थिए।, फिलिपिन्स पुग्नासाथ त्यहाँको प्रहरीले उनीहरूलाई नियन्त्रणमा लियो। उनीहरू फिलिपिन्सको मनिला सहरबाट पक्राउ परेको निरजले बताए।, अवैध रूपमा देश प्रवेश गरेको भन्दै उनीहरूलाई नेपाल फर्काइयो। तर उनीहरू घर गएनन्। लाखौं रूपैयाँ फसेको भन्दै एजेन्टले पुन: अर्को रूट प्रयोग गरेर जान सल्लाह दिए। उनीहरू पनि खाली हात घर फर्किन चाहँदैन थिए। त्यसैले एजेन्टले भनेका कुरा माने।   , अझै केही रकम थप्न तयार भए।, काठमाडौं आएको एक हप्ता नबित्दै कागजात बनाउन उनीहरू भारतको दिल्ली पुगे। त्यहाँ उनीहरूलाई एजेन्टले भिजिट भिसामा दुबईको टिकट थमाइदियो।, उनीहरूले अमेरिका पुग्ने सपना बुनेर भारतबाट दुबईको जहाज चढे। दुबईबाट जाम्बिया हुँदै मेक्सिको पुर्‍याएर अमेरिका छिराउने योजना थियो।, दोस्रो पटक पनि सोचेजस्तो भएन।, दुबईमा एक महिना राखेर एजेन्टले जाम्बिया त पुर्‍यायो तर उनीहरू त्यहाँबाट अर्को देश जान सकेनन्। त्यहाँका एजेन्टले थप रकम माग्दै शिव र हरिसँगै १०/१५ जनालाई बन्धक बनाएर राखे।, एक महिनादेखि शिव र हरि जाम्बियामा बन्धक छन्।, निरज र हरिको परिवारले अमेरिका जाने लोभमा हालसम्म एक करोडभन्दा बढी खर्च गरिसकेका छन्। थप पैसा पठाउन नसक्ने भएपछि छोराको उद्धार गर्न उनीहरूले प्रहरीमा उजुरी दिएका छन्।, लामो समय काउन्सिलिङ गरेपछि मात्र पीडित परिवार उजुरी दिन तयार भएको नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) कृष्णप्रसाद पंगेनीले बताए।, ‘एजेन्टले पैसा फिर्ता नदिने डरले उजुरी गर्न मान्दैनन्,’ प्रवक्ता पंगेनीले भने,‘हामीले धेरै काउन्सिलिङ गरेपछि उनीहरू दुई जना प्रतिवादीविरूद्ध उजुरी दिन राजी भएका हुन्।’, उनीहरूको उजुरी दर्ता गरेर प्रहरीले थप अनुसन्धान गरिरहेको छ।, प्रवक्ता पंगेनीका अनुसार शिव र हरिजस्तै अवैध बाटो हुँदै अमेरिका पुग्ने आशमा लाखौं खर्च गर्ने धेरै छन्।, दाङका २६ वर्षीय श्याम (नाम परिवर्तन) ले पनि अवैध बाटो हुँदै अमेरिका जान एजेन्टलाई २८ लाख रुपैयाँ बुझाएका थिए।, उनलाई पनि एजेन्टले भिजिट भिसामा पहिला दुबई पुर्‍याए। दुबईमा २ महिना राखेपछि गाम्बियासम्म लगे। त्यहाँ नेपाली नागरिकता फाल्न लगाए। श्यामले पनि सबै नेपाली कागजात फालिदिए।, त्यसपश्चात् उनीहरूलाई विभिन्न देशको नक्कली नागरिक बनाइरहेको खबर शिवले आफ्नो परिवारलाई दिएका छन्।  , अमेरिका पुर्‍याउने भन्दै विगत १० महिनादेखि श्यामलाई एजेन्टले विभिन्न देशमा घुमाइरहेको उनको परिवारले प्रहरीलाई बताएका छन्।   , हिँडेको १० महिना बितिसक्दा पनि श्याम अमेरिका पुग्न सकेका छैनन्। विभिन्न देशमा लुकीछुपी ज्यान नै जोखिममा राखेर बस्नुपरेपछि उनका परिवार उद्धारका लागि ब्युरोमा आइपुगेको प्रवक्ता पंगेनी बताउँछन्।, ‘लाखौं खर्च गरेर गतव्यमा पुग्न नसकेको दु:ख छँदैछ। ज्यानै जाने डर पनि छ,’ उनले भने, ‘त्यसैले अवैध बाटो हुँदै अमेरिका नजान प्रहरीले आग्रह गर्दै आएको छ।’, मुगुका सरोज (नाम परिवर्तन) ले पनि अवैध बाटो हुँदै अमेरिका जान एजेन्टलाई ३८ लाख ५० हजार रुपैयाँ बुझाएका थिए।  , इराकमा कमाएको ३/४ वर्षको कमाइ अमेरिका पुग्ने आशमा गुमाएपछि उनी अहिले प्रहरीको सम्पर्कमा आएका छन्।, सरोज २०७८ सालसम्म इराकमा काम गर्थे।, चार वर्षअघि घरको समस्या मेटाउन इराक पुगेका उनलाई सामाजिक सञ्जालमार्फत् साथी बनेका व्यक्तिले अवैध बाटो हुँदै अमेरिका पुर्‍याइदिने बताएका थिए। ती व्यक्तिलाई विश्वास गरेर सरोजले  उनको खातामा पैसा हालिदिएका थिए।, पैसा पाएपछि ती व्यक्तिले सरोजलाई दुबईको टिकट अनलाइनमार्फत् पठाइदिए। त्यही टिकटको आधारमा उनी दुबई पुगे। त्यहाँबाट रसिया-जर्मन हुँदै मेक्सिको पुगे। मेक्सिकोमा प्रहरीले उनलाई नियन्त्रणमा लियो।, दुई/तीन महिना थुनामा बसे।, त्यहाँको एजेन्टलाई लाखौं रुपैयाँ बुझाएपछि स्वदेश फर्किने व्यवस्था मिलाइदिएको सरोजले प्रहरीलाई बताएका छन्।, उनी वैशाखमा मात्र नेपाल फर्किएका हुन्।, उनी मेक्सिकोमा पक्राउ परेदेखि नै एजेन्ट सम्पर्कविहीन भएकाले उजुरी दिन आएको ब्युरोका प्रवक्ता पंगेनी बताउँछन्।, ‘एजेन्ट उनीहरूको सम्पर्कमा नआउँदा कानुनी प्रक्रिया जान तयार हुन्छन्, फेरि पठाउने तथा केही रकम फिर्ता पाउने भएमा उजुरी फिर्ता लिन्छन्,’ उनले भने।, यसरी अवैध बाटो हुँदै अमेरिका पुग्ने आसमा २५ देखि ९० लाख रुपैयाँसम्म खर्च गरेका व्यक्तिहरू प्रहरीको सम्पर्कमा आएका छन्। तर ती सबै व्यक्ति उजुरी दिनै मान्दैनन्।  , यात्राको क्रममा दाजु मरे भाइ, श्रीमान मरे श्रीमतीलाई पठाउने आश्वासन दिएर एजेन्टले पीडितलाई प्रहरीमा उजुरी दिन रोक्न गरेका छन्।, उजुरी नदिँदा प्रहरीले अवैध बाटो भएर अमेरिका पठाउने गिरोहलाई नियन्त्रणमा लिन सकेको छैन। त्यसैले अहिले अमेरिका हिँडेका झन्डै २ हजार ५ सय नेपाली विभिन्न देशमा अलपत्र रहेको प्रवक्ता पंगेनी बताउँछन्।, ‘अमेरिका जान बसेका नेपाली भारतमै सयौंको संख्यामा छन्,’ उनले भने, ‘अवैध रूपमा लैजाने रूटका देशमा नेपाली अलपत्र परेका देखिन्छन्।’, उनका अनुसार काठमाडौं, दिल्ली, थाइल्यान्ड, कम्बोडिया, भियतनाम, दुबई, ब्राजिल, पेरू, कोलम्बिया, पानामा, ग्वाटेमाला, मेक्सिको हुँदै अमेरिका पुर्‍याउने गरेका छन्।, जुन-जुन देशको सीमाना खुकुलो र समुद्र छ, त्यस्ता देशलाई रूट बनाएर एजेन्टले मान्छे लैजाने गरेको देखिएको छ।, एजेन्टले ३०/४० लाखमा अमेरिका पुर्‍याउने भन्दै आश देखाई अलपत्र पारेर परिवारसँग थप रकम माग्ने गरेको पनि प्रहरी अनुसन्धानमा देखिएको छ।, त्यतिमात्र होइन। यात्राको क्रममा कुटपिट र लुटपाट पनि गरिन्छ। त्यसमा कयौं नेपाली पर्ने गरेका छन्।, यस्ता घटना सञ्चारमाध्यममा आइरहँदा पनि अवैध रूपमा जाने क्रम रोकिएको छैन।, अवैध बाटोबाट अमेरिका जान खोज्नेहरू सबैभन्दा धेरै रूकुमका छन्। अवैध बाटो भएर जानेको संख्या नभए पनि अमेरिकाबाट डिपोर्ट गरिदिएकाहरूको तथ्यांक यही भन्छ।, उक्त तथ्यांकमा धेरै डिपोर्ट हुनेमा दोस्रो नम्बरमा दाङ छ।, २०७५ देखि हालसम्म एक सय ७८ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको छ। जसमा १७४ जना पुरूष र ४ जना महिला रहेको प्रवक्ता पंगेनीले जानकारी दिए।, ‘यसरी डिपोर्ट हुने ९८ प्रतिशत अवैध बाटो हुँदै अमेरिका पुगेका व्यक्ति हुन्छन्,ʼ उनले भने, ‘एक/दुई प्रतिशत मात्र त्यहाँ गैरकानुनी काम गरेर फर्काइएका हुन्छन्।ʼ, डिपोर्ट गरिएकामा रूकुमका ४९, दाङका ३७, पर्वतका १४, काठमाडौंका १०, म्याग्दीका ८, सिन्धुपाल्चोकका ८, बागलुङका ८, दोलखाका ४, कास्कीका ४, चितवनका ३, रोल्पाका ३, ताप्लेजुङका ३, रूपन्देहीका ३,  झापाका २, संखुवासभाका २ जना छन्।, त्यस्तै बाँके, बर्दिया, भोजपुर, धनुषा, गोर्खा, रौतहट, काभ्रे, मकवानपुर, मोरङ, पाल्पा, सिराहा, सुर्खेत, सुनसरी, स्याङजा लगायतका जिल्लाबाट एक/एक जना छन्।, फर्किनेको संख्या यति धेरै छ, तर उजुरी छैन। २०७९/०८० मा १२ जनाले उजुरी दिएका छन्। त्यसमा पाँच वटामात्र मुद्दा दर्ता भएको प्रवक्ता पंगेनीले बताए।, ‘उद्धार गरिदिनु पर्‍यो भनी आउने परिवारलाई सम्झाइबुझाइ गरेर उजुरी गर्न लगाएका हौं नत्र एक/दुईभन्दा धेरै हुँदैनथे,ʼ उनले भने, ‘यिनीहरू पनि पछि एजेन्टले पैसा फिर्ता दिन्छु वा फेरि पठाइदिन्छु भन्यो भने उजुरी फिर्ता लिन्छन्।ʼ, अवैध रूपमा अमेरिका जाने क्रम पछिल्ला वर्षहरूमा बढ्दो छ। यसलाई न्युनिकरण गर्न स्थानीय तहदेखि केन्द्रसम्म नीति तथा योजना बनाएर अगाडि बढ्नु पर्ने प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठ बताउँछन्।, ‘प्रहरीमात्र सक्रिय भएर हुँदैन। सबै निकायले कार्ययोजना बनाएर लागिपर्नुपर्छ,ʼ उनले भने, ‘अमेरिका मात्र होइन, युरोप र खाडी मुलुक जानेको संख्या पनि बढ्दो छ।ʼ, प्रहरीमा उजुरी- लाखौं रुपैयाँ तिरेर अमेरिका जान हिँडेको छोरो जाम्बियामा बन्धक छ
सेतोपाटी संवाददाता ललिता निवास प्रकरणमा प्रहरीले समरजंग कम्पनीका तत्कालीन सहायक लेखापाल विनोद पौडेललाई पक्राउ गरेको छ। , केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बुधबार पौडेललाई काठमाडौंको गोकर्णेश्वरबाट पक्राउ गरेको एसएसपी दिनेश आचार्यले जानकारी दिए। योसँगै उक्त प्रकरणमा पक्राउ पर्नेको संख्या १७ पुगेको छ।, मंगलबार मात्रै सिआइबीले चार जनालाई पक्राउ गरेको थियो। भौतिक योजना मन्त्रालयका तत्कालीन सिनियर डिभिजन इन्जिनियर बालकृष्ण श्रेष्ठ, भूमि व्यवस्था विभागका तत्कालीन महानिर्देशक रूद्रप्रसाद श्रेष्ठ, तत्कालीन मालपोत कार्यालयका नायब सुब्बा योगराज पौडेल र खरिदार नारायणदास मिश्र पक्राउ परेका थिए। , यस प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयका बहालवाला सचिव कृष्णबहादुर राउत, समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे, समरजंग कम्पनीका तत्कालीन प्रमुख रमेशकुमार पोखरेल, नक्कली मोही देवनारायण महर्जन, तत्कालीन नापी अधिकृत ध्रुव अर्याल, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ, पूर्वनिर्वाचन आयुक्त सुधिरकुमार शाह, धर्मप्रसाद गौतम र गोपाल कार्की छन्। , काठमाडौं महानगर वडा नम्बर ५ का तत्कालीन वडासचिव शिवजी भट्टराई, नक्कली मोही बाबुराजा महर्जन र तत्कालीन नापी कार्यालयमा रहेका घमानकुमार कार्की पनि पक्राउ परेका छन्।, अहिले उनीहरूमाथि प्रहरी संगठित अपराध कसुरमा अनुसन्धान गरिरहेको छ। , ब्युरोले यसअघि पनि लामो अनुसन्धान गरे पनि अदालतमा मुद्दा दर्ता गर्न सकेको थिएन। लामो अनुसन्धान सकेर २०७८ साल पुसमै सरकारी वकिलको कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। तर सरकारी वकिल कार्यालयले थप अनुसन्धान गर्नू भनेर पुस २२ गते प्रतिवेदन फिर्ता पठाएको थियो।, प्रतिवेदन फिर्ता पठाएपछि अहिले पुन:अनुसन्धान गरी यसमा संलग्नहरूलाई पक्राउ गर्न थालेको हो। सिआइबीले ललिता निवासको १४३ रोपनी जग्गा हडपेको निष्कर्ष निकालेको छ।, यस प्रकरणमा संलग्नहरूले ४ वटा चरण गरी जग्गा हडपेको सिआइबीले बताएको छ।, पञ्चायतकालमा सरकारले सुवर्णसमशेरलाई राजद्रोहको अभियोग लगाएर उनको नाममा भएको ललिता निवासको १४ रोपनी जग्गा जफत गरेको थियो।, ललिता निवासको बाँकी २८५ रोपनी जग्गा सरकारले २०२१ सालमा अधिग्रहरण गरेको थियो। सोही जग्गा चार चरण गरी विभिन्न व्यक्तिहरूले १४३ रोपनी जग्गा आफ्नो नाममा गरेका हुन्। , बहुदल आएपछि २०४७ सालमा राणा परिवारले जफत गरिएका आफ्ना जग्गा फिर्ता गर्न सरकारसँग माग गरे। कृष्णप्रसाद भट्टराई सरकारले जफत गरेको जग्गा छानबिन गरेर फिर्ता गर्ने निर्णय गर्‍यो।, मालपोत कार्यालयले भने छानबिन नगरी सोझै त्यही निर्णयका आधारमा १ सय १२ रोपनी जग्गा सुवर्णशमसेरका हकवालाको नाममा सारेको देखिन्छ।, ललिता निवास प्रकरण: समरजंग कम्पनीका तत्कालीन सहायक लेखापाल पक्राउ
सेतोपाटी संवाददाता वान एक्स बेटिङमार्फत् सट्टेबाजी खेलाएको र विज्ञापन गरेको आरोपमा पक्राउ परेका १० जना धरौटी बुझाएर छुटेका छन्। , काठमाडौं जिल्ला अदालतले बुधबार १० जनासँग धरौटी माग गरी छाड्न आदेश दिएसँगै छुटेको जिल्‍ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए। , प्रहरीले यस घटनामा कैलाली घर भई काठमाडौं बस्ने २८ वर्षीय दिनेश खड्का र उनकी श्रीमती अनिता धिताललाई मुख्य अभियुक्तको रूपमा मुद्दा पेश गरेको थियो। खड्कासँग अदालतले १० लाख र धितालसँग ५ लाख धरौटी माग गरेको छ। , यस्तै, विज्ञापन गरेको आरोपमा पक्राउ परेका ८ जना कलाकार एवं युट्युबरहरूलाई भने ५-५ हजार धरौटीमा छाड्न आदेश दिएको हो। , युट्युबर एवं कलाकारहरू जलन घर्तीमगर, अलिश राई, गणेश देवकोटा (जिडी), बेगम नेपाली (भटभटे माइला), मरिचमान श्रेष्ठ (बल्छी ध्रुबे), राजु पौडेल (राजु मास्टर), सरोज घिमिरे (ढेडु बुढो), रोशन खतिवडा (पिके भाइन्स- पवन खतिवडा) पक्राउ परेका थिए। , सरकारी वकिलले अभियुक्त खड्का र धितालविरूद्ध नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार कसुर गरेको भन्दै उनीहरूसँग ६४ करोड ९४ लाख २९ हजार ८२० रुपैयाँ बिगो माग गरेको थियो। , राष्ट्र बैंकको ऐन अनुसार बिगो जफत गरी बिगो रकमको तीन गुणासम्म जरिवाना वा सात वर्षसम्म कैद वा दुबै सजाय हुने उल्लेख छ। , मुलुकी अपराध संहिता, २०७४ दफा १२५ अनुसार जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरअनुसार एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना गर्न पनि माग गरेको थियो। त्यसबाहेक उनीहरू दुबैविरूद्ध एकीकृत कसुर बापत थप सजायको माग गरेको थियो। , त्यस्तै युट्युबरहरू एवं कलाकारहरूविरूद्ध विज्ञापन (नियमन गर्ने) ऐन २०७६ अनुसार कसुर मागदाबी गरिएको थियो।, उक्त कसुर अनुसार एक वर्षसम्म कैद र १० हजार रुपैयाँ जरिवाना गर्न माग गरेको थियो।, वानएक्स बेटको विज्ञापन खेलाएको आरोपमा पक्राउ परेका युट्युबर एवं कलाकारहरू धरौटीमा रिहा
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगाल काठमाडौंले झापा गाउँपालिका अध्यक्ष जयनारायण साहसहित ११ जनाविरूद्ध भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। , आयोगका अनुसार गत आर्थिक वर्ष २०७४–७५ मा लक्ष्मीमार्ग सडकखण्ड अन्तर्गत हनुमान चोकदेखि सिमलबाडीसम्मको सात किलोमिटर सडक निर्माणका क्रममा भ्रष्टाचार गरेको आरोपमा शाहसहित ११ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो।, आयोगले झापा गाउँपालिकाका अध्यक्ष शाहसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत चोलाराज दङ्गाल, इञ्जिनियर अभिषेक दास र सव इञ्जिनियर विज्ञान चम्लागाईंविरूद्ध २२ लाख नौ हजार आठ सय २३ दशमलव ४० रकम बढी भुक्तानी दिएको आरोपसहित मुद्दा दायर गरेको छ।, शाह दोस्रो पटक झापा गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएका हुन्।, आयोगले लक्ष्मीमार्ग बाटो उपभोक्ता समितिका अध्यक्ष धनपति थपलिया, सचिव फणिन्द्रप्रसाद खरेल र कोषाध्यक्ष शन्तमाया सुब्बा लिम्बूले कार्यसम्पन्न भएको झूटा बिल पेस गरी २२ लाख नौ हजार आठ सय २३ दशमव ४० पैसा भुक्तानी लिई भ्रष्टाचार गरेको आरोपमा उनीहरूबाट बिगोसमेत माग गरेको छ।, झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले उपभोक्ता समितिलाई वास्तविकभन्दा बढी भुक्तानी दिने बदनियतले गलत सिफारिस गरेकाले कानुनबमोजिम कैद र जरिवानाको माग गरिएको छ। , गाउँपालिकाका तत्कालीन उपाध्यक्ष कुन्तीदेवी बुढाथोकी अनुगमन तथा सुपरिवेक्षण समितिको संयोजक रहेको र अनुगमन समितिको उपस्थितिमा भएको बैठकमा उल्लेखित योजना सम्पन्न भइसकेको भनी निर्णय गरी प्राविधिक मूल्याङ्कन अनुसारको रकम उपभोक्ता समितिलाई भुक्तानी गर्न सिफारिस गरेको आरोपमा कानुन बमोजिम कैद र जरिवाना हुन मागदाबी आयोगले गरेको छ।, आयोगले गाउँपालिका–६ का तत्कालीन वडाध्यक्ष हरिबहादुर बाँनिया, वडा–७ का तत्कालीन वडाध्यक्ष नेत्रप्रसाद उप्रेती र वडा–३ का तत्कालीन वडाध्यक्ष मोतिलाल गणेश अनुगमन तथा सुपरीवेक्षण समितिको सदस्य रहेको र अनुगमन समितिको उपस्थितिमा भएको बैठकमा उल्लिखित योजना सम्पन्न भइसकेको भनी निर्णय गरेको साथै योजनाको भुक्तानीको लागि सिफारिस गरेको आरोप लगाएको छ । उनीहरूविरूद्ध कानुन बमोजिम कैद र जरिवानाको मागदाबी गरिएको छ।, झापा गाउँपालिका अध्यक्षसहित ११ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर
सेतोपाटी संवाददाता यसवर्ष मनसुन सुरू भएयता २५ जनाको मृत्यु भएको छ। यो २५ गते साँझ ५ बजेसम्मको तथ्यांक हो।, जेठ ३१ गतेबाट नेपालमा मनसुन प्रवेश गरेयता बाढी–पहिरोलगायतका प्रकोपबाट २५ जना बेपत्ता छन् भने १८ जना घाइते छन्।, बाढी–पहिरोबाट हालसम्म ८३ घरमा क्षति पुगेको छ भनेर ११९ वटा घरमा आंशिक क्षति भएको विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाले जानकारी दिएको छ।, यस वर्षको बाढी पहिरोबाट संखुवासभामा सबैभन्दा बढी क्षति पुगेको छ। त्यहाँ ३ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ताको अवस्थामा छन्।, पाँचथरमा ३ जनाको मृत्यु भएको भने ३ जना बेपत्ता छन्। यस्तै ओखलढुंगामा पहिरो जाँदा एकै परिवारका ४ जनाको मृत्युु भएको थियो।, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्ष बाढी–पहिरोबाट १२ लाख ५४ हजार प्रभावित हुने आकलन गरेको छ।, मधेसमा सबैभन्दा बढी अर्थात् ४ लाख ३ हजार १८० र त्यसपछि कोशीमा ३ लाख १ हजार १४३ जनसंख्या प्रभावित हुनसक्ने उसले प्रक्षेपण गरेको छ।, बाढी–पहिरोबाट २ लाख ८६ हजार ९९८ घरधुरी प्रभावित हुने पनि उसले औंल्याएको थियो।, मनसुनजन्य विपदबाट अहिलेसम्म २५ जनाको मृत्यु, २५ बेपत्ता, १८ घाइते
प्रकाश सिलवाल ‘सामान्य भैँसी भारु एक लाखमै पाउन सकिन्छ तर मुर्रा जातको भैँसीको मूल्य बिएमडब्लु कारको मूल्यभन्दा धेरै हुन्छ।अर्थात् पूर्ण नश्लको मुर्रा भैँसी किन्न भारु एक करोडभन्दा बढीसम्म तिर्नुपर्ने हुन्छ।‘, भारतीय अनलाइन ‘एबिपीलाइभ डटकम’ले सन् २०२२ डिसेम्बर १५ मा मुर्रा जातका भैँसीबारे यस्तै भावमा एक आलेख प्रकाशन गरेको थियो।अरु धेरै लोकप्रिय भारतीय सञ्चारमाध्यमले मुर्रा भैँसीबारे सामग्री प्रकाशन तथा प्रसारण गरिरहेका हुन्छन्।, पछिल्लो समयमा नेपाली सञ्चारमाध्यममा पनि मुर्रा भैँसीको विषयले स्थान पाउन थालेको छ।गत जेठको दोस्रो साता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को औपचारिक भारत भ्रमणका अवसरमा भएका विभिन्न सम्झौताहरूका विषयसँगै भारतले नेपाललाई १५ मुर्रा राँगो उपलब्ध गराउने भन्ने विषयले महत्त्व पायो।, यो विषय नेपालको सङ्घीय संसद्मासमेत चर्चा पायो।हाँसोमजाकको विषय पनि बन्योे तर कृषिप्रधान नेपालका लागि उन्नत जातको मुर्रा भैँसीको नश्ल सुधार अत्यावश्यक छ।देश–विदेश बुझेका कृषिका जानकारहरूका लागि यो महत्त्वको विषय हो।तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै पालामा भारतसँग उक्त जातका भैँसी माग भएको थियो भने प्रधानमन्त्री दाहालको उक्त भ्रमणका अवसरमा उपलब्ध गराउने समझारी भएको थियो।, एक वर्षअघि भारतको राजस्थानमा भएको एक मेलामा एक हजार पाँच सय किलोग्राम, छ फिट उचाइ र १४ फिट लम्बाइ भएको भैँसीको मूल्य एक करोड भारु कायम गरिएको सन्दर्भ अहिले पनि भारतीय सञ्चारमाध्यमले उल्लेख गर्ने गरेका छन्।, मुर्रा भैँसी वजनदार मात्र होइन, देख्दा पनि आकर्षक हुन्छन्।यिनले एकपटकमा कम्तीमा २५ लिटरसम्म दूध दिन सक्छन्।व्यावसायिक पशुपालनका लागि भारत र नेपालजस्ता मुलुकका लागि यो एक प्रकारको वरदान नै हो।केवल व्यावसायिक पशुपालनको सोच, उचित लगानी, वातावरण र किसानी मेहनत भने आवश्यक पर्छ।, नुवाकोटको बेलकोटगढी नगरपालिका–११ तिगाउँस्थित कँडेल कृषि फार्म प्रालिमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणअगावै विभिन्न माध्यमबाट मुर्रा जातका भैँसी उपलब्ध भइसकेको थियो।औपचारिक माध्यमबाट भारतदेखि मुर्रा भैँसी ल्याउन अनुमति  र विविध प्रक्रिया पूरा गर्नुपर्छ।सो फार्मले भारतका सीतामढी, दिल्ली र हरियाणलगायतका स्थानबाट नेपालका सीमावर्ती भैरहवालगायतका क्षेत्रमा अनौपचारिक माध्यमबाट ल्याएर पालन गरिएका भैँसी नेपाली व्यवसायीबाट किनेर ल्याएको हो।, हाल एक भैँसीले दैनिक २८ लिटरसम्म दूध दिन्छन्।ती भैँसीमा मुर्राको कति प्रतिशत नश्ल छन् भन्ने आधारमा वर्गीकरण हुने गर्छ।पूर्ण मुर्रा भैँसी निकै महँगो पर्छ।सो फर्मले प्रति भैँसी रु दुई लाखदेखि १० लाखसम्ममा ल्याएको हो।अहिले फार्मको राँगो स्थानीय अरु मानिसका भैँसीलाई लगाउन पनि प्रयोग गरिन्छ।यसबाट यसको क्रमशः नश्ल सुधार हुन सहयोग मिल्नेछ।, ‘मैले कसरी व्यावसायिक कृषिपालन गर्न सकिन्छ भन्नेबारेमा अध्ययनका क्रममा मुर्रा भैँसीबारे थाहा पाएर राँगो मगाएको हुँ।’ फार्मका अध्यक्ष गोपीप्रसाद कँडेलले भने, ‘प्रधानमन्त्री प्रचण्ड भारत जाँदा १५ मुर्रा राँगो ल्याउने कुरा सकारात्मक हो।यसको नश्ल देशभर फैलाउन र दूध उत्पादनमा आत्मनिर्भर हुन आवश्यक छ।यसरी काम गर्न सकियो भने युवा रोजगारीका नाममा खाडीमा भौतारिन पनि पर्दैन।’, उच्च शिक्षाका लागि बेलकोटबाट २०४६ सालमा काठमाडौँ छिरेका कँडेलले सुरुमा कागज उद्योग स्थापना गर्नुभएको थियो भने पछि नेपालमै पहिलोपटक सिसाको हस्तकला उद्योग स्थापना गरे। आयात–निर्यातको व्यवसायका क्रममा परिवारसहित सन् २००८ मा संयुक्त राज्य अमेरिका पुगेर दुई वर्ष बसे।, त्यसपछि उहाँ नेपालमै केही गर्नुपर्छ, युवापुस्तालाई पनि प्रेरण दिनुपर्छ भन्ने सोचका साथ स्वदेश फर्किए। सौर्य ऊर्जा र ग्यास उद्योगमा समेत लगानी गरेका कँडेलले फार्ममा विदेशबाट काठ मगाएर आफू बस्नका लागि पर्यावरणीय काठघर पनि निर्माण गरेका छन्। उनले कोल्डस्टोर र डेरी फार्म स्थापनाको लक्ष्य लिएका छन्।, कृषि र पशुपालनसहित विषादिरहित खानाको अभियानमा जोडिएका महत्त्वपूर्ण व्यावसायिक सम्मान (सिआइपी) प्राप्त कँडेलले कँडेल कृषि फार्ममा पछिल्लो समयमा उक्त लक्ष्यमा सघाउन कृष्ण दाहाललाई साझेदार बनाएका छन्।, कुल ५० रोपनी जग्गामा रहेको र चार वर्षअघि स्थापित फार्ममा हाल एक राँगोसहित १० भैँसी, १० गाई छन्।एक गिरी गाई पनि छ।फार्मले कोरियाली गाई पनि मगाउने तयारी गरिरहेको छ।गाई भैँसी थपेर दैनिक पाँच सय लिटर दूध उत्पादन गर्ने लक्ष्य लिइएको कँडेलले बताउनुभयो।यहाँका गाईभैँसीका लागि पोषिलो घाँस खुवाउन फार्मले अमेरिकी घाँस रेड नेपिएर (रातो घाँस), अष्ट्रेलियाको हरियो घाँस (नेपिएर) खेतबारीमा लगाएको छ।हेर्दा उखुजस्तो देखिने यी घाँस रोप्न, हुर्काउन र काट्न सजिलो हुन्छ।फर्ममा हालसम्म करिब रु डेढ करोडको लगानी भइसकेको छ।, कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले भारत सरकारसँग ल्याइने १५ मुर्रा राँगोका लागि पशुसेवा विभागका महानिर्देशकको संयोजकत्वमा कार्यदल गठन भएको र उक्त टोलीले भारतका सम्बन्धित सरकारी फार्ममा गई प्राविधिक परीक्षणपश्चात राँगो ल्याइने बताए।, ती राँगोलाई कृषि अनुसन्धान परिषद् (नार्क) लगायत स्थानमा राखेर बीर्य सङ्कलन गरी क्रमिकरूपमा भैँसीहरूमा कृत्रिम गर्भाधान गराइने र पहिलो वर्षमा डेड लाख भैँसीलाई गर्भाधारण गराइने योजना रहेको बताए।, नेपाल र भारतबीचको खुला सिमानाका कारण हालसम्म के–कति यस्ता भैँसी या अनौपचारिक माध्यमबाट भित्रिएका छन् भन्ने विवरण मन्त्रालयमा नरहेको प्रवक्ता सञ्जेलले बताए। औपचारिक संयन्त्रबाट स्वास्थ्य परीक्षण र प्रमाणपत्रबिना ल्याउने अनुमति पनि नभएको उनको भनाइ छ। -रासस, भारतबाट मुर्रा भैंसी, अमेरिका र अष्ट्रेलियाबाट घाँस!
सेतोपाटी संवाददाता ललितानिवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ परेका छन्। , केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले मंगलबार दुई जनालाई काठमाडौंबाट पक्राउ गरेको एसएसपी दिनेश आचार्यले जानकारी दिए। , पक्राउ पर्नेमा तत्कालीन मालपोत कार्यालयका नायब सुब्बा योगराज पौडेल र खरिददार नारायणदास मिश्र छन्। , योसँगै पक्राउ पर्नेको संख्या १४ पुगेको छ।, ललिता निवास प्रकरणमा थप दुई जना पक्राउ
रासस बागलुङ जिल्लाको बडिगाडमा सडक खन्ने क्रममा स्काभेटरको ठक्करबाट बालकको मृत्यु भएको छ। , बडिगाड गाउँपालिका–७ भत्रेनीबाट सोइरेनीसम्मको कच्ची सडक खन्ने क्रममा स्काभेटरको ठक्करबाट स्थानीय भानबहादुर घर्तीको  १४  वर्षीय सुनिलको सोमबार साँझ  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए।, स्काभेटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको जनाइएको छ।, स्काभेटरको ठक्करबाट बालकको मृत्यु
सेतोपाटी संवाददाता नेपाली सेनाको अधिनमा रहेको स्वयम्भू बारूदखानाको बाटो काठमाडौं महानगरपालिकाले २० वर्षपछि खुला गरेको छ।, बारूद खाना (जर्मन क्वाटर) को कम्पाउण्डभित्रबाट मुल सडकसँग जोडिने सडक खुला गरेको महानगरले बताएको हो।, जग्गा एकीकरण आयोजना सञ्चालनको २० वर्षको अवधिमा सडक सञ्चालनमा आएको थिएन।, महानगर प्रमुख बालेन शाहले प्रधानसेनापतिलाई भेटेर पहल गरेपछि बाटो खोल्न सहज भएको बताइएको छ।, ‘गत साउन ५ गते महानगरपालिकाका प्रमुख एवं आयोजनाका जग्गा व्यवस्थापन उपसमितिका संयोजक बालेन शाहले फिल्ड निरीक्षण गर्नुभयो। नेपाली सेनाले हकभोग गरिरहेको जमिनबाट सडक खोल्नका लागि प्रधान सेनापतिसँग भेटेर समाधानका लागि छलफल गर्नुभयो। यसपछि सडक खोल्ने वातावरण तयार भयो। अहिले क्वाटरको पूर्वतर्फ सिमानाको मुल सडकसँग जोडिने ६ मिटर र उत्तरतर्फ ३ मिटर चौडाइ भएको सडक खोलिएको छ,’ आयोजना प्रमुख निर्मलराज बरालले बताए। , काठमाडौं महानगरपालिका वडा नं. १५ र १६ भित्र पर्ने आयोजनाभित्र करिब १ हजार ३६९ रोपनी जग्गा रहेको बताइएको छ।, २०६० साल वैशाख ५ गते आयोजना क्षेत्रभित्रको जग्गा अधिग्रहण गर्न थालिएको हो।  , आयोजनाभित्रको ७२ प्रतिशत जग्गा आवासीय क्षेत्रका लागि छुट्टयाइएको छ।, २४.४७ प्रतिशत सडकका बाँकी पार्क तथा खुल्ला क्षेत्र, धार्मिक तथा सांस्कृतिक क्षेत्र र भचाखुशी नदीका लागि छुट्ट्याइएको छ।एकीकरण योजनाको माध्यमबाट जग्गा विकास गरी सम्बन्धित जग्गा धनी तथा मोहीलाई सुविधा सम्पन्न घडेरी फिर्ता दिनु आयोजनाको मुख्य ध्येय रहेको महानगरले बताएको छ।, जग्गा विकास गर्ने क्रममा प्रत्येक जग्गा धनीबाट सेवा शुल्कवापत् समानुपातिक प्रतिशतका दरले योगदान लिइएको बताइएको छ। ,  , २० वर्षपछि खुलायो काठमाडौं महानगरले बारूदखानाको बाटो
सेतोपाटी संवाददाता सोलुखुम्बुबाट* काठमाडौंका लागि उडेको मनाङ एयरको 'एनए–एमभी' कलसाइन भएको हेलिकप्टर सम्पर्कविहीन भएको छ। , त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार बिहान १० बजे सोलुखुम्बुको सुर्केबाट उडेको हेलिकप्टर सवा १० बजे सम्पर्कविहीन भएको हो। , ‘पौने ११ बजे काठमाडौं पुग्नुपर्ने हेलिकप्टर अहिलेसम्म सम्पर्कमा छैन,’ सिटौलाले भने। , हेलिकप्टरमा पाँच जना विदेशी नागरिक छन्। हेलिकप्टरका पाइलट  नेपाली हुन्। , *यसअघि हेलिकप्टर लुक्लाबाट उडेको हुन गएकामा सच्याइएको छ।, सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन
रासस बैतडीमा लम्पी स्किन रोग प्रकोपका रूपमा फैलिएको छ। घरपालुवा पशुमा देखिएको यो रोग नियन्त्रणबाहिर गएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनले जनाएको छ। , यो रोग नियन्त्रणबाहिर पुग्दा पनि जिल्लामा हालसम्म खोपको उपलब्धता हुन नसकेको केन्द्रका पशु विकास अधिकृत तथा लम्पी स्किन सम्पर्क व्यक्ति डा विशाल पाठकले जानकारी दिए।, यो रोगबाट हालसम्म ६४ हजार एक सय ९७  घरपालुवा पशु सङ्क्रमित छन् । उक्त रोगका कारण नौ हजार दुई सय ९८ पशुचौपाया मरिसकेका उहाँले बताए । लम्पी स्किनका कारण बाच्छाबाच्छी, गाईगोरू र भैँसी बढी प्रभावित भएका छन्। उनले भने ‘लम्पी स्किनको सङ्क्रमण दिनप्रतिदिन बढिरहेको भए पनि हालसम्म जिल्लामा खोपको उपलब्धता हुनसकेको छैन । प्रदेश र केन्द्र सरकारलाई खोपको उपलब्धताका लागि अनुरोध गरिसकेका छौं।’, लम्पी स्किनबाट धमाधम पशुचौपाया मर्न थालेपछि किसान चिन्तित बनेका सङ्क्रमित रहेका भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख गुमानीदत्त पन्तले बताए। उनले भने, ‘जिल्लाका ८४ वटै वडामा यो रोग फैलिसकेको छ। लेकाली गाउँमा कम छ। अन्य गाउँमा महामारीकै रूपमा फैलिएको छ।’ , नियन्त्रणका लागि सामान्य औषधोपचार भइरहेको भए पनि नियन्त्रण हुन नसकेको उनको भनाइ छ। लम्पी स्किनको औषधि नभएका कारण यो रोगबाट प्रभावित पशुको उपचारमा समस्या भएको छ। उनले भने, ‘सामान्य औषधोपचारबाहेक अन्य कुनै नियन्त्रणको उपाय छैन, सरकारी जनशक्तिबाट मात्रै यो रोग नियन्त्रण हुने अवस्था छैन। अहिले सङ्क्रमित देखिएका पशु मर्ने क्रम झन् बढ्ने देखिन्छ।’, यो रोग नियन्त्रणका लागि सरकारीबाहेकका अन्य दक्ष्य जनशक्ति परिचालन र खोपको व्यवस्था हुनुपर्नेमा पन्तको जोड छ। उनले भने, ‘रोग नियन्त्रणका लागि सरकारी जनशक्तिले पुग्दैन्, अन्य जनशक्ति पनि परिचालन गर्नुपर्छ । साथसाथै खोपको पनि व्यवस्था हुनुपर्ने देखिन्छ।’ , बैतडीमा गत मङ्सिरमा पाटनमा केही पशुचौपायामा यसका लक्षण देखापरेको र परीक्षण गर्दा गत फागुनमा यो रोग प्रमाणित भएको थियो। पशुचौपायामा ज्वरो आउने, सिङ्गान तथा र्याल बगाउने, शरीरमा गिर्खा आउने, खुर पाक्नेलगायत लक्षण देखिने गरेका छन्। , यो रोग झिङ्गा, मच्छर र किर्नाले टोकेमा वा दानापानी, चरन क्षेत्र र पशुको आपसमा सङ्सर्गका माध्यमबाट फैलिने भएकाले सचेत रहन सबैमा अपिल गरिएको छ। रोग नियन्त्रण गर्न किसानले भुसुना, किरा र लामखुट्टे नियन्त्रणका लागि गोठको सरसफाइ, भकारो ९पर्सो० व्यवस्थापन र चरन क्षेत्रको ख्याल गर्नुपर्ने जनाइएको छ।, बैतडीमा लम्पी स्किन भयावहः ६४ हजार पशु सङ्क्रमित, ९ हजार मरे
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाका १२ जना नगर प्रहरी कारबाहीमा परेका छन्।, महानगरले १२ जना नगर प्रहरीमध्ये ७ जना करारका नगर प्रहरीलाई जागिरबाट हटाएर अन्य ५ जना स्थायी नगर प्रहरीलाई निलम्बन गरिएको महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।, उनका अनुसार नगर प्रहरीहरूले ड्युटी आवरमा निर्देशन दिएविपरीत काम गरेको हुँदा कारबाही गरिएको हो। , 'अमानवीय व्यवहार देखिएपछि हामीले यसअघि १२ जना नगर प्रहरीलाई विभागीय कारबाही गरिसकेका छौं,' उनले भने, 'कामबारे ब्रिफिङ गर्दा अभद्र व्यवहार नगर्न समेत भनेका छौं।', यस प्रकारका घटना दोहोरिन नदिन क्षेत्रमा खटिएका प्रहरीहरूलाई केन्द्रीय कार्यालयमा बोलाएर आचरणसम्बन्धी तालिम दिन थालिएको पाण्डेको भनाइ छ।, महानगरले हटायो अभद्र व्यवहार गर्ने ७ नगर प्रहरीलाई जागिरबाट, ५ जना निलम्बनमा
एजेन्सी ताइवनको फक्सकन कम्पनी भारतमा साढे १९ अर्ब डलरको सेमिकन्डक्टर प्लान्ट बनाउने सम्झौताबाट पछि हटेको छ।, समाचार संस्था रोयटर्सका अनुसार सोमबार फक्सकनले भारतीय उद्योगपति अनिल अग्रवालको वेदान्त कम्पनीसँग मिलेर प्लान्ट बनाउने सम्झौताबाट हात झिकेको हो।, एप्पलका आइफोन र अन्य उत्पादन एसेम्बल गर्ने कम्पनीका रूपमा ख्याति कमाएको फक्सकन टेक्नोलोजीले गत वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृह प्रदेश गुजरातमा सेमिकन्डक्टर प्लान्ट बनाउन वेदान्तसँग सम्झौता गरेको थियो।, सोमबार एक विज्ञप्ति जारी गर्दै फक्सकनले महत्वपूर्ण सेमिकन्डक्टर योजनालाई वास्तविक बनाउन एक वर्षसम्म वेदान्तसँग निकै मेहनत गरेको भए पनि सम्भव नभएको उल्लेख गरेको छ।, ताइवानको कम्पनीले तोड्यो भारतमा साढे १९ अर्ब डलरमा सेमिकन्डक्टर प्लान्ट बनाउने सम्झौता
सेतोपाटी संवाददाता विराटनगरमा साइकल चालकमाथि मुक्का हान्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।, जिल्ला प्रहरी कार्यालय मोरङले एक जना युवालाई पक्राउ गरेको जनाएको छ।, १९ वर्षीय आयुष भेटवाललाई प्रहरीले गत बिहीबार नै पक्राउ गरेको थियो।, उनले विराटनगर महानगरपालिका ६ का २७ वर्षीय पवन साहलाई मुक्का प्रहार गरेका थिए।, गत बुधबार राति साढे ८ बजे विराटनगर महानगरपालिका ४ दुधफार्मस्थित कोशी राजमार्गमा आयुषसहित ३ जना बा १५ च ३४४५ नम्बरको कारमा सवार थिए। कारमा १८ वर्षीय कुशल भेटुवाल र तेह्रथुमका ३० वर्षीय रोशन कार्की पनि थिए। , राजमार्गमा विपरीत दिशाबाट आइरहेका साहलाई देखेपछि कारबाट ओर्लिएर उनीहरूले मुक्का हानेका थिए। मुक्का प्रहारपछि साह बेहोस भएका थिए। , बेहोस भएका साहलाई आयुषले सडकमा केही परसम्म घिसारेको सिसीक्यामेरा फुटेजमा देखिएको थियो। उक्त घटनाको फुटेज सामाजिक सञ्जालमा भाइरल छ।, पक्राउ परेका आयुषमाथि ज्यान मार्ने उद्योगमा म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अन्य दुई जनाको खोजी भइरहेको छ।, गलत दिशाबाट साइकल चलाएर आएको भन्दै आयुषले साहमाथि मुक्का हानेका थिए।, प्रहरी नायब उपरीक्षक रञ्जन दाहालका अनुसार यो घटनामा संलग्न रहेका एक जनालाई पक्राउ गरिएको छ भने अरू २ जनाको खोजी भइरहेको छ।, ‘उनीहरूबीच चिनजान केही पनि थिएन। साह कामबाट फर्किरहेका थिए। गलत दिशाबाट साइकल चलाएर आएको देखेपछि गाडी रोकेर आयुषले दौडिएर मुक्का हानेको देखिन्छ,’ उनले भने, ‘साह लडिसकेपछि पनि सडकमा केही परसम्म घिसारेर अमानवीय काम गरेको देखिएपछि हामीले ज्यानमार्ने उद्योगअन्तर्गत मुद्दा चलाएका छौं।’, साहको स्वास्थ्य अवस्था सामान्य छ।, साइकल चालकमाथि मुक्का प्रहार गर्ने विराटनगरका युवालाई पक्रियो प्रहरीले
सेतोपाटी संवाददाता मनाङ एयरको हेलिकोप्टर दुर्घटनाप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुःख व्यक्त गरेका छन्।, मनाङ एयरको हेलिकप्टर लिखुपिके गाउँपालिका-५, लाम्जुरापासको चिहानडाँडामा दुर्घटना हुँदा ६ जनाको निधन भएको थियो। प्रधानमन्त्री प्रचण्डले मृतक यात्रुप्रति श्रद्धासुमन अर्पण गरेका हुन्।, ‘सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परेको समाचारले दुखी तुल्याएको छ। दुर्घटनामा परी मृत्यु हुनुभएका यात्रुहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै शीघ्र र प्रभावकारी उद्दारका लागि नेपाल सरकारका सम्बन्धित संयन्त्रलाई निर्देशित गर्दछु,’ प्रधानमन्त्रीले निर्देशन दिँदै भनेका छन्।, सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ‘एनए–एमभी’ कलसाइनको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको लाम्जुरापासमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो।, आज बिहान १० बजे सोलुखुम्बुको सुर्केबाट उडेको हेलिकप्टर सवा १० बजे सम्पर्कविहीन भएको थियो। हेलिकप्टर पौने ११ बजे काठमाडौं आइपुग्नुपर्ने थियो।, हेलिकप्टरमा पाँच जना विदेशी र एक जना नेपाली थिए। पाइलट चेतबहादुर गुरूङले उडाएका थिए। अन्य यात्रु भने मेक्सिकोका नागरिक रहेको बताइएको छ।,  , सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त भई ५ को निधन र १ यात्रु वेपत्ता भएको घटनाप्रति सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले दुख व्यक्त गर्दै मृतकहरूप्रति भावपूर्ण श्रद्धासुमन र परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ।, — PMO Nepal (@PM_nepal_) ,July 11, 2023, मनाङ एयरको हेलिकोप्टर दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
सेतोपाटी संवाददाता मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ। , मंगलबार बिहान १० बजे सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ‘नाइन एनए-एमभी’ कलसाइनको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका-५ स्थित लाम्जुरापास क्षेत्रमा दुर्घटना भएको हो। , दुर्घटनामा परी ६ जनाकै मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले जानकारी दिए।, हेलिकप्टर पाइलट चेतबहादुर गुरूङले उडाएका थिए। यात्रुहरू पाँचै जना मेक्सिकन नागरिक थिए।, ‘६ जनाकै शव फेला परेको छ। एक जनाको शव टुक्राटुक्रा भेटिएको छ। शवहरू जलेको अवस्थामा रहेको खबर आएको छ,’ उनले भने, ‘हेलिकप्टर रूखमा ठोक्किएर दुर्घटनामा परेको देखिन्छ।’, घटनास्थलमा नेपाल प्रहरीका असई निराजन बस्नेतको टोली पुगेको छ। उनी मोटरसाइकलमा घटनास्थलमा पुगेका हुन्। , शव संकलन गर्ने काम भइरहेको डिआइजी बास्तोलाले बताए।, बिहान १० बजे सोलुखुम्बुको सुर्केबाट उडेको हेलिकप्टर सवा १० बजे सम्पर्कविहीन भएको थियो। उक्त हेलिकप्टर पौने ११ बजे काठमाडौं आइपुग्नुपर्ने थियो। तर सम्पर्कविहीन भएको खबर पाएपछि प्रहरीको टोली परिचालन गरिएको थियो। , घटनास्थलमा जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपक श्रेष्ठ र नेपाली सेनाको टोलीसमेत गइरहेको छ।, मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ६ जनाकै मृत्यु
सेतोपाटी संवाददाता कैलालीमा एक जना मृत अवस्थामा फेला परेका छन्।, बर्दगोरिया गाउँपालिका–४ नौनियाका ६५ वर्षीय फुलराम डगौरा मृत फेला परेको प्रहरीले जनाएको हो।, उनी सोमबार दिउँसो घोडाघोडी नगरपालिका–६ को काट्याखोलामा मृत भेटिएको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालयका कैलालीका प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले घटनाबारे अनुसन्धान भइरहेको बताए।, कैलालीमा एक जना मृत फेला
सेतोपाटी संवाददाता सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ‘नाइन एनए–एमभी’ कलसाइनको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकास्थित लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ।, कोशी प्रदेशका प्रमुख डिआइजी राजेशनाथ बास्तोलाका अनुसार दुर्घटनास्थलमा असई निराजन बस्नेतको टोली पुगेको छ।, असई बस्नेतले तीन जनाको शव फेला परेको बताएको बास्तोलाको भनाइ छ।, ‘घटनास्थलमा पुगेका प्रहरीले तीन वटा शव देखेको बताएका छन्। शवको पहिचान भइसकेको छैन। अरू खोज्ने क्रम जारी छ। घटनास्थलमा स्थानीय पनि छन्,’ उनले भने।, आज बिहान १० बजे सोलुखुम्बुको सुर्केबाट उडेको हेलिकप्टर सवा १० बजे सम्पर्कविहीन भएको थियो।, हेलिकप्टर पौने ११ बजे काठमाडौं आइपुग्नुपर्ने थियो।, हेलिकप्टरमा पाँच जना विदेशी र एक जना नेपाली छन्। पाइलट चेतबहादुर गुरूङ रहेको प्रजिअ बसन्त भट्टराईले बताए। अन्य यात्रु भने मेक्सिकोका नागरिक रहेको बताइएको छ।, मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला, ३ जनाको शव भेटियो
सेतोपाटी संवाददाता मनाङ एयर दुर्घटनामा मृत्यु भएकाको शव काठमाडौं ल्याउन दुई वटा हेलिकप्टर परिचालन भएका छन्। , मंगलबार सोलुखुम्बुको लिखुपिके गाउँपालिका-५ स्थित लामजुरा डाँडामा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। उनीहरूको शव लिन अल्टिच्युड एयरका दुई वटा हेलिकप्टर परिचालन गरिएको हो। , ‘अल्टिच्युडका हेलिकप्टर आएका छन्। त्यसमा राखेर शव लग्ने कोशिस भइरहेको छ। एक जनाको शव थिचिएको अवस्थामा फेला परेको हो। बाँकी ५ जनाको शव बाहिरै फेला परेको छ,’ कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले भने। , पाँच शव विदेशी नागरिकका भएकाले काठमाडौंमै पठाउने तयारी रहेको पनि उनले बताए। उक्त हेलिकप्टरमा पाइलट चेतबहादुर गुरूङ र  पाँच मेक्सिकन नागरिक सवार थिए। , डिआइजी बास्तोलाले पाइलटको शवको पहिचान भइसकेको पनि बताए। , ‘पाइलटको पहिचान भयो। अरू विदेशीहरू हुन्,’ उनले भने, ‘अब शव उठाउने काम भइरहेको छ। पानी परिरहेकाले केही बेर लाग्ला।’, मनाङ एयर दुर्घटनामा ज्यान गुमाएकाको शव हेलिकप्टरमा काठमाडौं ल्याइँदै
नवीनबाबु गुरूङ सवारी साधनको गति जाँच गर्न काठमाडौं उपत्यकामा स्मार्ट क्यामरा राखिएको छ।, चक्रपथ (रिङरोड) का विभिन्न ठाउँमा राखिएका यस्ता क्यामराबाट सवारी साधन कति गतिमा गुडिरहेका छन् हेर्न सकिन्छ।, ट्राफिक प्रहरीले रिङ रोडमा अधिकतम ५० किमी प्रतिघन्टाको गतिमा सवारी साधन गुडाउन पाइने बताएको छ।, योभन्दा बढी गतिमा सवारी साधन गुडाएको पाइएमा कानुनअनुसार कारबाही गरिने ट्राफिक प्रहरीको भनाइ छ।, तस्बिरहरू:, सवारी साधनको गति जाँच गर्न रिङरोडमा राखियो स्मार्ट क्यामरा (तस्बिरहरू)
कान्छाछिरिङ शेर्पा बिहान करिब साढे १० जति बजेको थियो होला। म गोठमा वस्तुभाउको स्याहारसुसार गर्दै थिएँ। आकाशमा बादल डम्मै लागेको थियो।, केहीबेरमा आकाशमा हेलिकप्टरको आवाज सुनेँ। हेलिकप्टर उडेको आवाज अरू बेला पनि सुनिन्थ्यो तर आज हेलिकप्टरको आवाज अलि फरक थियो। अलिक नजिकै भएकाले त्यस्तो आवाज आएको होला भन्ने सोचेँ।, बाहिर निस्किएर आकाशमा हेरेँ तर बादलका कारण केही देखिनँ। त्यसपछि म आफ्नै काम गर्न लागेँ।, केहीबेरमै वडाध्यक्ष ङिमाछिरी लामाको फोन आयो। उहाँले हेलिकोप्टर यतैतिर दुर्घटनामा परेको छ रे भन्नुभयो।, केहीबेर अघिमात्रै हेलिकोप्टरको आवाज सुनेकाले म तत्काल सोही दिशातिर कुदेँ। केही पर पुगेपछि पेम्बा छिरिङ शेर्पालाई देखेँ। उनले केही पड्केको जस्तो आवाज सुनेका रहेछन्। त्यसपछि म र उनी सँगै आवाज आएतिर गयौं।, कुहिरो लागेकाले धेरै टाढसम्म देखिन सक्ने अवस्था थिएन। केही पर गएपछि दुर्घटनाग्रस्त अवस्थामा हेलिकप्टर देख्यौं। हेलिकप्टर रूखमा ठोक्किएर तल खसेजस्तो देखिन्थ्यो। हामी पुग्दा हेलिकप्टर टुक्राटुक्रा भएको थियो। त्यसबाहिर दुई जना महिला ढलेको देख्यौं। उनीहरू विदेशीजस्ता देखिन्थे।, वरपर अन्य शवहरू भने क्षतविक्षत अवस्थामा थिए। कसैको हातखुट्टा काटिएको थियो। कसैको टाउकै थिएन।, त्यसपछि प्रहरीहरू पनि आउनुभयो। अरू जना पनि आइपुग्नुभयो। अहिले शव संकलनको काम भइरहेको छ।, (शेर्पासँग सेतोपाटीका सरिशा अछामीले गरेको कुराकानीमा आधारित।), गोठमा हुँदा हेलिकप्टरको आवाज सुनेको थिएँ, एकैछिन पछि त टुक्राटुक्रा भएको देखेँ
सेतोपाटी संवाददाता मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धम्क्याएर ३० करोड माग गरेको आरोपमा एक जना पुरूष पक्राउ परेका छन्। , केन्द्रीय अनुसन्धान ब्युरोले मंगलबार महाराजगन्जबाट रमेश गुरूङलाई पक्राउ गरेको एसपी सञ्जयसिंह थापाले जानकारी दिए। , उनले केही दिनअघि प्रसाईंलाई फोन गरी ३० करोड रुपैयाँ माग गरेका थिए। तर बार्गेनिङ गर्दा ५ करोडसम्मको डिल भइसकेको थियो। , रकम नदिए ज्यान मार्ने धम्की समेत दिएको प्रसाईंको आरोप छ। , यसरी पैसा माग गरेको भन्ने खबर पाएपछि केही दिनदेखि सिआइबीले उनको खोजी गरिरहेको थियो। त्यही क्रममा महाराजगन्जमा उनी फेला परेका हुन्।, दुर्गा प्रसाईंलाई धम्क्याएर ३० करोड मागेको आरोपमा पक्राउ परे रमेश गुरूङ
सेतोपाटी संवाददाता छोरीलाई बलात्कार गर्ने बुवालाई दैलेख जिल्ला अदालतले ३३ वर्ष कैद सजायको फैसला गरेको छ।, जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासले सोमबार उक्त फैसला गरेको हो।, दैलेखका ५० वर्षीय ती बाबुले १७ वर्षीया आफ्नी छोरीलाई २०७९ चैत १ गते बलात्कार गरेका थिए। चैत २१ गते बालिका पक्षले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको थियो। २१ गते नै प्रहरीले अभियुक्त बुवालाई पक्राउ गरेको थियो।, बलात्कार पुष्टि भएपछि बुलावाई हाडनाता करणी मुद्दामा २५ वर्ष र उमेरअनुसारको करणी मुद्दामा ८ वर्ष गरी ३३ वर्ष कैद सजाय सुनाइएको हो।, मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा २२० को उपदफा २ (क) मा जन्माउने आमा छोरा वा बाबु छोरीको करणी भएमा जन्मकैद हुने व्यवस्था गरिएको छ।, यस्तै, दफा २१९ को उपदफा ३ (ङ) मा १८ वा त्यसभन्दा बढी उमेरको महिलालाई करणी गरेमा ७ देखि १० वर्षसम्म कैद हुने व्यवस्था छ।, छोरीलाई बलात्कार गर्ने बुवालाई ३३ वर्ष कैद सजाय
सेतोपाटी संवाददाता काठमाडौंको श्री सिद्धिगणेश माविका व्यवस्‍थापन समिति अध्यक्ष र प्रधानाध्यापक घुस रकमसहित पक्राउ परेका छन्।, मंगलबार अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीस्थित श्री सिद्धिगणेश माविका व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकलाई घुससहित पक्राउ गरेको हो। , अध्यक्ष राजकुमार थापा र प्रधानाध्यापक बुद्धिविलास धिताल पक्राउ परेका छन्। , उनीहरूबाट १६ हजार घुस बरामद गरेको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए। , शिक्षक छनोट प्रक्रियाका लागि उनीहरूले घुस माग गरेको भन्ने सूचना अख्तियारले पाएको थियो। उक्त सूचनापछि टंगालबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको अख्तियारले जनाएको छ।,  , प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्ष घुससहित पक्राउ
सेतोपाटी संवाददाता मंगलबार बिहान सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिकेमा दुर्घटनामा पर्‍यो।, दुर्घटनामा परेर उत्तर अमेरिकी मुलुक मेक्सिकोका ५ जना यात्रु र पाइलट चेतबहादुर गुरूङको मृत्यु भयो।, दुर्घटनामा परेका तीन जना महिला र दुई पुरूषहरू एकै परिवारको भएको खुलेको छ।, नेपालका लागि मेक्सिकोका मानार्थ महावाणिज्यदूत नरेश दुगडका प्रतिनिधि चिरञ्जीवी भट्टराईका अनुसार दुर्घटनामा मृत्यु हुनेमा फर्नान्डो सिफुग्नेट्स, रिनकन इसमाइल, एबरिका गोन्जालेक्स, ओलासियो गोन्जालेज र मारिया होजे सिफुन्तेस छन्। उनीहरूमध्ये दुई जना आमा-बुवा  र तीन जना छोराछोरी हुन्।, अध्यागमन विभागका अनुसार उनीहरू १५ दिनको भिजिट भिसा लिएर नेपाल आएका थिए।, पासपोर्टमा उनीहरूको ठेगाना उत्तरी मेक्सिकोको कोआहुइला र निउभोलियोन उल्लेख छ। यी दुबै ठाउँ अमेरिकाको टेक्सास राज्यसँग जोडिएका छन्।  , यी पनि पढ्नुस्: , रूस र अफगानिस्तानमा पनि हेलिकप्टर उडाएका अनुभवी पाइलट थिए चेतबहादुर, गोठमा हुँदा हेलिकप्टरको आवाज सुनेको थिएँ, एकैछिन पछि त टुक्राटुक्रा भएको देखें, ‘उहाँहरूको धनी  परिवारका हुनुहुँदो रैछ। मेक्सिकोबाट घुम्न भारत आउनुभएको रहेछ। आइतबार दिल्लीबाट एयर इन्डियाको जहाजमा काठमाडौं आएको देखियो,’ भट्टराईले भने,‘हिजो लुक्ला जानुभएको थियो।’, उनीहरू हिजै लुक्लाबाट माउन्टेन फ्लाइट गरेर काठमाडौं फर्किने योजनामा थिए।, ‘हिजो मौसमले साथ नदिएर आज मात्रै काठमाडौं आउन लाग्नुभएको थियो। बाटैमा दुर्घटना भयो,’ भट्टराईले भने।, मेक्सिकनहरू बुधबार दिल्ली फर्किने योजनामा थिए।, दुर्घटनाबारे दिल्लीस्थित मेक्सिकन राजदूतावासलाई रिपोर्टिङ गरिरहेको र समन्वय गरेर शव पठाउने काम गर्ने भट्टराईले बताए।, सोलुखुम्बुमा अस्तायो मेक्सिकोबाट नेपाल घुम्न आएको परिवार
सेतोपाटी संवाददाता दुई दिनमा कपिलवस्तुमा सर्पले टोकेर चार जनाको मृत्यु भएको छ।, मृत्यु हुने दुईजना एकै घरका दाजुभाइ हुन्।, सोमबार राति बुद्धभूमि नगरपालिका वडा नं. १ मा विषालु सर्पले टोक्दा एकै घरका दुई दाजुभाइ १२ वर्षीय दीपक भुसाल र ९ वर्षीय प्रदीप भुसालको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिंगेले जनाएको छ।, कार्यालयका प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार सोमबार राति घरमा सँगै सुतिरहेको बेला उनीहरूलाई सर्पले डसेको हो।, सँगै सुतिरहेका उनीहरू बिहान अचेत अवस्थामा भेटिएका थिए। बिहान उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याउँदै गर्दा एक जनाको बाटोमा र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो।, यस्तै, मंगलबार बिहान बुद्धभूमि नगरपालिका १० की १६ वर्षीया ममता रैदास र महाराजगञ्ज  नगरपालिकाकी ३० वर्षीया अनिता यादवको पनि मृत्यु भएको हो।, रैदासलाई सोमबार बिहान सर्पले टोकेलगत्तै गोरूसिङ्गेस्थित कपिलवस्तु सर्पदंश उपचार केन्द्र लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि जिल्ला अस्पताल तौलिहवा पठाइएकोमा अस्पताल पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए।, यादवलाई भने सोमबार दिउँसो घर नजिकैको टौवाबाट पराल निकाल्ने क्रममा सर्पले टोकेको थियो। सर्पले टोकेलगत्तै उनलाई पनि गोरूसिङ्गे उपचार केन्द्रमा ल्याइएकोमा थप उपचारको लागि बुटवल ल्याउँदै गर्दा उनको पनि बाटोमै मृत्यु भएको हो।, वर्षा लागेसँगै तराईका जिल्लाहरूमा विषालु सर्पहरूको बिगबिगी बढ्न थालेको सर्पदंश उपचार केन्द्रले जनाएको छ। गर्मीयाममा जमिनमुनि तात्ने र वर्षायाममा जमिनमुनिका सर्पका बासस्थानमा पानी भरिएपछि सर्पहरू शितल र ओभानो स्थान खोज्दै जमिन माथि घर, गोठ, घाँस दाउरा राख्ने ओभानो स्थानहरूमा पुग्ने गर्छन्।, कपिलवस्तुमा सर्पले टोकेर दुई दिनमा चार जनाको मृत्यु
सेतोपाटी संवाददाता दक्षिण कोरियाले भक्तपुरको थिमिमा १५० शैयाको अस्पताल बनाउन ९५ लाख अमेरिकी डलर लगानी गर्ने भएको छ।, अर्थ मन्त्रालय र कोरियाको राजदूतावासबीच भक्तपुरको जोखिममा रहेका क्षेत्रका गरिबहरूका लागि विश्वव्यापी स्वास्थ्य पहुँच हासिल गर्न चिकित्सा सेवाको क्षमता अभिवृद्धि परियोजनाका लागि समझदारी पत्रमा मंगलबार हस्ताक्षर भएको छ।, अर्थ मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल र नेपालस्थित कोरियाली राजदूत पार्क ते-योङले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।, गुणस्तरीय अस्पताल व्यवस्थापन, संक्रमण नियन्त्रण र सुधारका लागि चिकित्सा पूर्वाधार, कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने र भक्तपुरमा विश्वव्यापी स्वास्थ्य पहुँचको लक्ष्य हासिल गर्न सार्वजनिक स्वास्थ्य बीमा लक्ष्यका साथ कोइकामार्फत् अस्पताल निर्माणको काम सन् २०२७ सम्ममा पूरा गर्ने गरी सम्झौता भएको हो।, यो परियोजना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको सहकार्य र समन्वयमा कोइका, मध्यपुरथिमि नगरपालिका र नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले  कार्यान्वयन गर्नेछन्।, कोइकाले नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल छेउको जग्गामा १५० शैयाको अस्पताल निर्माण गर्ने, आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराउने र अस्पतालका मेडिकल तथा प्रशासनिक कर्मचारीको क्षमता विकास गर्नेछ। प्रभावकारी सेवा प्रवाहका लागि पुराना र नयाँ अस्पतालका भवनहरू आपसमा जोडिनेछन्।, हस्ताक्षर समारोहमा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका सहसचिव श्रीकृष्ण नेपालले  विगतका वर्षहरूमा कोरिया नेपालको निकै नजिकको विकास साझेदारका रूपमा विकास भएको उल्लेख गर्दै दुई देशबीचको जनस्तरको सम्बन्धको प्रशंसा गरे।, सोही समारोहमा कोइकाका निर्देशक कोङ मूहओनले कोइकाले नेपालमा विभिन्न स्वास्थ्य परियोजनाहरू कार्यान्वयन गरेको र हरेक परियोजनाको आफ्नै विशिष्ट उपलब्धि रहेको बताए। उनले नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको दोस्रो चरणले सर्वसाधारण जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने र भक्तपुर लगायत आसपासका जिल्लाका गरिब तथा जोखिममा परेका जनतालाई विशेषीकृत स्वास्थ्य सेवामा सहज पहुँच हुने बताए।, नेपालका लागि कोरियाली राजदूत  पार्क ते–योङले नयाँ अस्पताल सर्वसाधारणका लागि निकै उपयोगी हुने उल्लेख गर्दै यस परियोजनालाई सफलतापूर्वक कार्यान्वयन गर्न सरकारको तर्फबाट पूर्ण सहयोगको अपेक्षा गरे। , हस्ताक्षर समारोहमा अर्थ मन्त्रालयका सचिव पोखरेलले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अभिवृद्धि गर्ने साझेदारीका लागि कोरिया सरकारप्रति कृतज्ञता व्यक्त गरे। उनले यस आयोजनाको सफल कार्यान्वयनमा पूर्ण रूपमा सहयोग गर्ने आश्वासनसमेत दिए।, थिमिमा १५० शैयाको अस्पताल बनाउन कोरियाले ९५ लाख डलर खर्च गर्ने
सरिशा अछामी काठमाडौंको कपुरधारा बस्ने ४६ वर्षीय रमा पाण्डे बिहान साढे ४ बजे मर्निङ वाकमा निस्कन्छिन्। गत असार १ गते मर्निङ वाकमा निस्केकी उनी कपुरधारा वरिपरि हिँडिरहेकी थिइन्।, करिब पौने ५ बजेतिर उनको घाँटीबाट सुनको सिक्री थुतियो। रमाले अत्तालिँदैं पछाडि फर्केर हेरिन्। एक युवक उनको सिक्री लुटेर भाग्दै गरेको देखिन्। उनी युवकको पछि लागिन् तर केही पर पुगेर सिक्री चोर्ने युवक एउटा मोटरसाइकलमा चढेर भागे।, उनले सिक्री थुतेर मोटरसाइकलमा चढेका युवकको हुलियामात्र देखेकी थिइन्। त्यसैका आधारमा प्रहरीमा उजुरी दिइन्। , त्यही दिन टोखा नगरपालिका-६ की ४५ वर्षीया सरस्वती खतिवडा पनि मर्निङ वाकमा निस्किएकी थिइन्। उनको पनि दैनिक ६ बजे मर्निङ वाक जाने बानी थियो।, ग्राण्डी अस्पताल वरिपरि हिँडिरहेका बेला एक युवकले उनको घाँटीबाट सुनको सिक्री थुतेर भागे। उनले एक तोला सुनको सिक्री लगाएकी थिइन्।, सिक्री थुतेर युवक मोटरसाइकलमा चढ्दै गरेको देखेकी थिइन्। नम्बर प्लेट भने उनले याद गर्न सकिनन्। , मर्निङ वाकमै निस्किएकी ५५ वर्षीया रेखा घिमिरेको पनि घाँटीमा लगाएको दुई तोला सुनको सिक्री लुटियो। , नागार्जुन नगरपालिका-५ घर भएकी रेखा पनि दैनिक बिहान ६ बज्नै लाग्दा मर्निङ वाक जान्छिन्। असार ३ गते पनि बुद्धचोक वरिपरि हिँडिरहँदा एक युवकले घाँटीको सिक्री तानेर भागेको उनले बताइन्। ,  'एक्लै हिँडिरहेकी थिएँ, पछाडिबाट आएर एक जनाले सिक्री तानेर भाग्‍यो,' रेखाले भनिन्। , सिक्री थुतेर भाग्ने युवकले कालो ज्याकेट लगाएका थिए। उनी अर्का एक युवकले चलाएको मोटरसाइकलमा चढेका थिए। , एकपछि अर्को गर्दै मर्निङ वाकमा जाँदा लुटपाट भएका उजुरी आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले छानबिन सुरू गर्‍यो।, असार १ गतेदेखि २० गतेसम्म मर्निङ वाक जाँदा ८ महिलाको सुनको सिक्री लुटपाट भएको उजुरी प्रहरीमा आएको छ। प्रहरीका अनुसार ८  जना महिलाबाट झन्डै ८ तोला सुन लुटिएको छ।, पीडितले बताएको हुलिया र मोटरसाइकल खोजी गर्ने क्रममा प्रहरीले असार २२ गते चार जना र २४ गते एक जना गरी पाँच जनालाई पक्राउ गर्‍यो। पक्राउ परेकालाई आइतबार (असार २४) सार्वजनिक गरिएको छ। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी मनोजकुमार केसीका अनुसार पक्राउ परेकाहरूले लुटपाट गर्न उनीहरूले समूह नै बनाएका थिए।  , पीडितले बताएको हुलियाअनुसार खोज्दै जाँदा ३२ वर्षीय रविन दमाई शुक्रबार साँझ साढे चार बजे बुढानीलकण्ठबाट पक्राउ परेका थिए। , रामेछाप लिखु गाउँपालिका-१ घर भएका रविन काठमाडौं हाडिगाउँमा बस्थे। उनी २०७२/०७३ सालदेखि लुटपाटको घटनामा पटक-पटक पक्राउ परेको प्रहरी रेकर्डमा छ।, पछिल्लो समय २०७९ चैतमा पनि चोरीको आरोपमा महानगरीय प्रहरी वृत नयाँ बानेश्वरले नियन्त्रणमा लिएको थियो। त्यही बेला २६ वर्षीय उमेश  क्षेत्री पनि बाइक चोरीको आरोपमा नयाँ बानेश्वर वृत्तले नियन्त्रणमा लिएको थियो।, त्यहीबेला उनीहरू दुई जनाको परिचय भएको खुलेको छ।, काभ्रे पाँचखाल नगरपालिका -७ का उमेश बानेश्वरमा बस्थे। प्रहरी हिरासतमै चिनजान भएका रविन र उमेशले योजना बनाएर लुटपाट गर्ने गरेको खुलेको छ।, उमेश मोटरसाइकल चलाउँथे। रविन पछाडि बसेर हिँड्थे। महिलाहरूको सुन लगाएका छन् कि छैनन् भन्ने हेरी रविन एकछिन महिलालाई पछ्याएजस्तै गरेर लुट्थे।, उमेश रविन मोटरसाइकलमा चढ्ने प्रतिक्षा गरेर बस्थे।, उनीहरूले यसरी नै लुटपाट गरेको सिसीटिभी क्यामेरामा भिडिओ प्रष्ट देखिएको कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए।, रविन र उमेशले लुटपाट गरेको सुन जम्मा गर्ने काम १८ वर्षका रवि विश्वकर्माले गर्थे। रवि यसअघि कुनै आपराधिक क्रियाकपालमा संलग्न भएको देखिँदैन। तर उमेशसँग पहिलादेखि नै चिनजान रहेकाले यस घटनामा जोडिन पुगेको एसपी रेग्मीले बताए।, रविले जम्मा गरेको सुन ३० वर्षीय राहुल माझी काम गर्ने पसलमा पुर्‍याउँथे। राहुल सुन पसलमा काम गर्थे। रविले जम्मा गरेर ल्याएको सुनको राहुल पगाल्ने काम गर्थे।, ‘पगाल्न ल्याएको सुन राहुलले थोरै आफ्नो भागमा राख्ने गरेको देखिन्छ,ʼ एसपी रेग्मीले भने, ‘उनीहरूले लुटपाट गरेको सुन पगालेर मात्रै बेच्ने गरेको देखिन्छ।ʼ, यी चारै जनाले योजना बनाएर काम गरेको देखिन्छ। उनीहरू सबै जना सामान्य आर्थिक अवस्था र सामान्य लेखपढ गरेकाहरू छन्।, चारमध्ये राहुलबाहेक तीन जना बेरोजगार थिए।, उनीहरूले लुटपाट गरेको सुन काठमाडौं महानगरपालिका २२ न्युरोडका सुन व्यवसायी ४२ वर्षीय श्रीकान्ता माइतीले किन्थे।, भारत पश्चिम बंगला,पश्रिम मेदनीपुर दासपुर जयरामचोकका माइती न्युरोडमा लामो समयदेखि सुन व्यवसाय गर्दै आएको प्रहरीले बताएको छ।, उनीहरूको साथबाट प्रहरीले १ थान सुनको ढिक्का, ११ दशमलव २ ग्राम सुन, सिक्री लुटपाट गर्न प्रयोग गरिएको दुई थान मोटरसाइकल, ६ थान मोवाइल, ४७ ग्रामको सुनको नेक्लेस बरामद गरेको छ।, उनीहरूले प्रयोग गरेको डुक मोटरसाइकल पनि चोरीकै भएको खुल्न आएको एसपी रेग्मीले बताए।, यसबारे अझै थप अनुसन्धान भइरहेको छ।, काठमाडौंमा मर्निङ वाक गएकाको सिक्री लुट्न काम बाँडेका थिए पाँच जनाले (भिडिओ)
सेतोपाटी संवाददाता कार्यालयबाट हुने सेवा प्रवाहलाई सहज र सरल बनाउन बुटवल उपमहानगरपालिकाले एआई च्याटबट संचालनमा ल्याएको छ।, कार्यालयबाट प्रदान हुने सेवा, सुविधा र अन्य जानकारीलाई आर्टिफिसियल इन्टेलिजेन्ससँग जोडेर उपमहानगरपालिकाले च्याटबट संचालनमा ल्याएको हो।, बुटवल नामक च्याटबटको आइतबार उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले ‘नमस्कार, जन्मदर्ता गर्न के गर्नुपर्छ?’ भन्ने प्रश्न च्याटबटसँग सोधेर शुभारम्भ गरेका हुन्।, च्याटबट शुभारम्भ गर्दै प्रमुख पाण्डेयले उपमहानगरपालिकाका हरेक सेवा र सूचनामा जनताको पहुँचलाई सहज बनाउनका लागि च्याटबट संचालनमा ल्याइएको बताए।, नगरप्रमुख-उपप्रमुखदेखि वडाध्यक्षसम्मका जनप्रतिनिधिको जानकारी, सम्पर्क, दैनिक गतिविधि, योजना कार्यान्वयनको अवस्था जस्ता जानकारी र जनताका गुनासो र सम्बोधनको समन्वयको भूमिका निर्वाह गर्ने गरी च्याटबटलाई सुधार गर्दै लैजाने उनले बताए।, नगर प्रमुख पाण्डेयले सूचना, प्रविधिको अधिकतम उपयोग गर्न नगरबासीलाई प्रेरित गर्ने र सूचना र संचारको माध्यमबाट अधिकतम लाभ लिँदै उद्यमसँग जोड्ने गरी काम गरिरहेको बताए।, युएनडिपीका प्रदेश प्रमुख सुदीप अर्यालले बुटवल उपमहानगरपालिका सामाजिक संजालमा आधारित च्याटबट संचालनमा ल्याउने देशकै पहिलो स्थानीय तह बनेको बताए। बुटवलले सुरूवात गरेको च्याटबटले देशभर सकारात्मक सन्देश दिने बताए।, उपमहानगरपालिकाका सूचना प्रविधि शाखाका प्रमुख रोशन रेग्मीले ‘बुटवल उपमहानगरपालिका’ नामको फेसबुक पेजबाट नेपाली र अंग्रेजी भाषामा एआइ च्याटबट सेवाबारे जानकारी लिन सकिने बताए।, बुटवल उपमहानगरमा एआइ च्याटबट संचालन
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले बिग्रिएको खाद्य सामग्री बिक्री वितरण गर्ने एक पसललाई जरिवाना तिराएको छ। , लाजिम्पाटस्थित आकाश फुड्सलाई बिग्रिएको खाद्य सामग्री बिक्री गरेको भेटिएपछि एक लाख ५० हजार रुपैयाँ जरिवाना तिराएको निरीक्षण अधिकृत बलराम त्रिपाठीले जानकारी दिए।  , ‘उक्त पसलले सडेगलेको र ढुसी परेको मिठाई बचेको भेटिएको हो,’ उनले भने, 'किरा परेको खाद्य सामग्री पनि बिक्री वितरण गरेको भेटिएपछि जरिवाना गरिएको हो।', बिग्रिएको खाद्य सामग्री बिक्री गरेपछि महानगरले तिरायो जरिवाना
सेतोपाटी संवाददाता हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। , जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली सबै प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।, आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।, महाशाखाका अनुसार  कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।, रातिपनि देशभर सामान्य देखि पूर्ण बदली  रही सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।, राति भने कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।, वर्षाका कारण  सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने महाशाखाको आकलन छ।, त्यसकारण हावा हुरी भारी वर्षा, मेघ गर्जन/चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। , आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
रोहित महतो सबै बालबालिका स्कुल गएपछि धनुषाको नगराइन नगरपालिका–२, जटही टोल दिउँसो सुनसान हुन्छ। छेवैको मुसहरी टोलमा भने दिनभर बालबालिकाहरूको हल्ला सुनिन्छ।, मुसहरी टोलीकी ३५ वर्षीया उर्मिला सदाका छ जना छोरीहरू एकहप्ता अघि (आइतबार) खाना खाएर खेल्नमा मग्न थिए। उनीहरूसँगै छिमेकी बालबालिकाहरू पनि खेलमै थिए। शरीर र लुगा हिलो माटोले पोतिएका थिए।, मुसहरी टोलका अधिकांश बालबालिकाको दिनचर्या यस्तै छ। उनीहरू स्कुल जाँदैनन्, घरमा पनि पढ्दैनन्। दिनभर खेल्छन्। अलिक ठूलाले साना भाइबहिनीको हेरचाह गर्छन्।, अर्को टोलका बालबालिका बिहान स्कुल गएको र बेलुका फर्केको देख्दा उर्मिलाको नजर तिनीहरूमै अडिन्छ। उनी भावुक बन्छिन्।, ‘हाम्रा छोराछोरीलाई पनि यसैगरी स्कुल पठाउन पाए हुन्थ्यो। आफूले अक्षर चिन्न पाइनँ, घरमा थुप्रेर बस्नु परेको छ। मलाई छोरी पढाउने रहर छ,’ उनले भनिन्। , उनका छ छोरी र एक छोरा छन् तर कसैको पनि जन्मदर्ता प्रमाणपत्र बनेको छैन। उनका श्रीमान् मनोज सदाको नागरिकता छैन। यसै कारण छोराछोरीको जन्मदर्ता नभएको हो।, स्थानीयवासीहरूका अनुसार करिब २५ वर्षअघि यो मुसहरी टोलमा आगलागी भएको थियो। सबैका घर फुसका थिए। आगलागीमा सबै घर जले, घरभित्रको सबै सामान खरानी भयो। धेरैको नागरिकता प्रमाणपत्र पनि जल्यो।, आगलागीमा मनोजका बुबाआमाको पनि नागरिकता प्रमाणपत्र जल्यो। उनका दाइको नागरिकता बनिसकेको थियो। आमा र बुबाको नागरिकताको प्रतिलिपि निकाल्न दाइको सहीछाप अनिवार्य भयो।, पारिवारिक झगडाका कारणले गर्दा दाइले सहयोग गरेनन्। प्रतिलिपि आएन। आमाबाबु बितिहाले। उर्मिलाका अनुसार आमाबुबाको नागरिकता साथमा नहुँदा र दाइले सहयोग नगर्दा मनोजको नागरिकता बनेन।, ‘जेठानी र जेठाजुलाई छिमेकीबाट पनि भन्न लगायौं तर उनीहरूले मानेनन्,’ उर्मिलाले भनिन्, ‘नागरिकता नहुँदा मेरा श्रीमानले यहाँ (नेपालमा) काम पाएनन्। बालबच्चा छोडेर कमाउन सधैं इन्डिया जान्छन्। हामी विचल्लीमा परेका छौं।’, आफ्नो नामबाट छोराछोरीको जन्मदर्ता हुन्छ भन्ने सुनेर उर्मिला धेरै पटक वडा कार्यालय गइन् तर वडाले काम गरिदिएन।, उता छोरीलाई भर्ना गराउन जाँदा स्कुलले जन्मदर्ता प्रमाणपत्र माग्यो, भर्ना लिन मानेन। भर्ना नभई जेठी छोरी वर्षा दुई वर्ष स्कुल गइन् तर कहिल्यै हाँजिरखातामा नाम आएन।मेरो नाम पनि नलेखिदिनु भनेर धेरै पटक रोइन् तर लेखिएन। आखिर उनी स्कुल जान छाडिन्। वर्षालाई गाउँका साथीहरूसँगै स्कुल जान मन लाग्छ। उनी अहिले १३ वर्षकी छन्।, दुई वर्ष स्कुल जाँदा जेठी छोरीको नाम नलेखिएपछि  उर्मिलाका अरू छोरीहरू पनि गएनन्।, ‘अरू बच्चाहरू स्कुल गएको देखेर यिनीहरू पनि कहिलेकाहीँ जान्छन्। एक छिन बसेर फर्किन्छन्। दिनभर धुलो र हिलोमा खेलेर समय बिताउँछन्,’ उनले भनिन्, ‘मैले पनि पढेको छैन नत्र घरमै पनि पढाउँथेँ।’, राज्यमा व्यक्तिको अस्तित्वको पहिलो प्रमाण जन्मदर्ता हो, यसपछि नागरिकता प्रमाणपत्र। राज्यमा व्यक्तिको कानूनी पहिचान सिर्जना गर्न जन्म दर्ता आधारभूत र ठोस प्रमाण हो।, नेपालको संविधानमा मौलिक हकअन्तर्गत धारा ३९ को उपधारा १ मा ‘प्रत्येक बालबालिकालाई आफ्नो पहिचानसहित नामकरण र जन्म दर्ताको हक हुनेछ’ भनिएको छ। उर्मिला र मनोजका छोराछोरीले भने यो हक पाएका छैनन्।, बालअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, १९९० ले पनि बच्चा जन्मने बित्तिकै दर्ता हुने र जन्मदेखि नै नामको अधिकार, राष्ट्रियताको अधिकार र सम्भव भएसम्म आमाबाबु जान्ने/चिन्ने र हेरचाह पाउने अधिकार हुने व्यवस्था गरेको छ।, जन्मदर्ताको अधिकारबाट वञ्चित गर्नु मानव अधिकारविरुद्ध मानिन्छ। मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ को धारा ६ मा ‘प्रत्येक व्यक्तिलाई कानूनको अगाडि जुनसुकै ठाउँमा व्यक्तिका रूपमा पहिचानको अधिकार हुन्छ’ भनिएको छ।, यही मुसहर बस्तीकी ४० वर्षीया सिजोतिया सदाका दुई छोरीको पनि जन्मदर्ता भएको छैन। वडा कार्यालय धाउँदा हैरान भएको उनले बताइन्।, उनका पाँच जना छोराछोरी छन्। तीन जनाको जन्म दर्ता भएको छ। दुई छोरीको भएको छैन। उनका श्रीमानको करेन्ट लागेर मृत्यु भयो। यसपछि परम्पराअनुसार देवर छोटकन सदासँग उनको बिहे भयो।, उमेर ३५ वर्ष भयो, छोटकनको पनि नागरिकता बनेको छैन। उनकी आमाको नागरिकता प्रमाणपत्र छ तर बाबुको चाहिँ आगलागीमा प¥यो।, बाबुको नागरिकता नभएपछि छोटकन पनि बनेन। सिजोतिया र छोटकनको बिहे दर्ता भएको छैन। छोटकनतर्फबाट जन्मेका दुई छोरीको जन्मदर्ता पनि भएको छैन।, छोटकन नागरिकता बनाउन जाँदा वडा कार्यालयमा घुस मागेको सिजोतियाले बताइन्।, ‘श्रीमानको नागरिकता बनाउन खोज्दा वडामा ६० हजार रुपैयाँ घुस मागे। भनसुन गरेपछि ५० हजार भए सिफारिस गरिदिने भने,’ उनले प्रश्न गरिन्, ‘पेटै पाल्न आपत् छ, कहाँबाट त्यति धेरै पैसा ल्याउनु? नागरिकता नबनाई श्रीमान् कमाउन भारत गए।’, सिजोतियाको दुई कोठे घर छ। बाख्रा पनि त्यहीँ बाँध्नु पर्छ। दिनभरि काम नगरे बेलुका खानेकुरा हुँदैन। नागरिकता बनाउन घुस दिनु उनीहरू बुताको कुरा थिएन।, ‘नागरिकता भएको भए उनी अरू देश (भारतबाहेक) जान्थे । छोराछोरी पाल्न र उनीहरूको बिहेवारी गर्न यहाँ कमाएर पुग्दैन। नागरिकता नभएपछि भारतमा मजदुरी गर्नु परेको छ,’ उनले भनिन्, ‘छोरो पनि बाबुसँगै छ। दुई जनाले कमाउँदा पनि पेट पाल्न मुश्किल परेको छ।’, जन्म दर्ता नभएका दुई छोरी स्कुल जान पाएका छैनन्। एउटी छोरी केही दिन गइन् तर भर्ना नभएपछि जान छाडिन्।, ‘सरले नाम नलेखदिएपछि छोरी धेरै रोई। उसलाई पढ्न रहर छ तर जन्मदर्ता नभई स्कुलमा नाम लेखिदिँदैनन्,’ सिजोतिया भन्छिन्, ‘हाम्रा छोराछोरीले पढ्न नपाउने भए।’, स्थानीयवासीहरूका अनुसार बुबा वा आमामध्ये एक जनाको नागरिकता नभएका धेरै बालबालिकाको जन्मदर्ता भएको छैन। जन्मदर्ता हुने उनीहरूको अधिकारको कुरा जनप्रतिनिधिहरूले वास्ता गरेका छैनन्।, यस सम्बन्धमा जिज्ञासा राख्दा वडा नम्बर २ की कार्यबाहक वडाध्यक्ष रामपरी देवीले मुसहरी बस्तीका बालबालिकाहरूको जन्मदर्ताका लागि आफूले पहल गर्ने बताइन्।, जिल्ला प्रशासन कार्यालय धनुषाले आमाबाबुको नागरिकता र विवाह दर्ता नभई बालबालिकाको जन्मदर्ता नगर्नू भनेकाले वडा कार्यालयले त्यसै अनुसार काम गर्ने गरेको रामपरीको भनाइ छ।, उनी भन्छिन्, ‘सिडियो (प्रमुख जिल्ला अधिकारी) कार्यालयले नागरिकता र विवाह दर्ता नभई जन्मदर्ता नगर्नू भनेको छ। यस्तो काजगात नभएपछि जन्मदर्ता हुँदैन। वडा सचिव सही गर्नै डराउँछन्।’, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागकी निर्देशक देवी पाण्डे खत्रीले आमा र बुबामध्ये कुनै एकको नागरिकता छ भने छोराछोरीको जन्मदर्ता हुने बताइन्। बिहे दर्ता पनि भएको हुनुपर्छ।, उनका अनुसार विवाहयोग्य उमेर नपुगेर बिहे दर्ता नभएको हो भने हजुरबुबा/हजुरआमा ‘सूचक’ बसेर जन्म दर्ता गराउन मिल्छ। , अरूका बालबच्चा स्कुल जाँदा कुँडिन्छ उर्मिलाको मन
सेतोपाटी संवाददाता उपभोक्त समितिबाट रकम लुटेको आरोपमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ का वडाध्यक्ष विनोदसिंह विष्ट पक्राउ परेका छन्।, जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वडाध्यक्ष विष्टलाई आइतबार पक्राउ गरिएको हो।, उनलाई रकम लुट्न सहयोग गरेको आरोपमा वीरेन्द्रनगर–३ कै दुई जना बलिराज शाही र सुशील गुरुङ पनि पक्राउ परेका छन्।, शाही र गुरूङलाई शनिबार नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले जानकारी दिए। उनीहरूविरूद्ध शुक्रबार जाहेरी परेको थियो।, स्थानीय हर्कबहादुर शाहीसहित दुई जनाले अध्यक्ष विष्ट र अरू दुई जनाविरूद्ध ‘डाँका चोरी’ गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए।, ‘शनिबार दुई जनालाई समातिएको हो, आज अदालतबाट पक्राउ पुर्जी जारी गरेर वडाध्यक्षलाई पनि नियन्त्रणमा लिएका छौं,’ डिएसपी शाहीले भने।, तीनै जनालाई आइतबार सुर्खेत जिल्ला अदालतले चार दिनको म्याद थप गरेको अदालतका सूचना अधिकारी शाखा अधिकृत उज्वल रावलले जानकारी दिए।, उनले साढे ६ लाख रुपैयाँ लुटेको आरोप उपभोक्ता समितिले लगाएको छ। वडाभित्र पर्ने खोर्के खोलामा तटबन्धन बनाउने उपभोक्ता समितिबाट गत बिहीबार रकम लुटेर लिएको आरोप उनीमाथि छ।, वडाध्यक्ष विष्ट केही महिना अघि मुख्यमन्त्री कार्यालयका उपसचिवलाई मुक्का हानेको भनेर चर्चामा आएका थिए।, रकम लुटेको आरोपमा वीरेन्द्रनगरका वडाध्यक्षसहित ३ जना पक्राउ
रासस जोर्डन जान लागेका १५ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएका छन्।, आइतबार विमानस्थल पुगेका उनीहरूको कागजात अध्ययन गर्दा केही शङ्कास्पद देखिएकाले अनुसन्धानका लागि रोकिएको अध्यागमन विभागले जनाएको छ।, जोर्डन जान लागेकामा एक पुरुष र १४ जना महिला छन्।, विभागका महानिर्देशक झलकराम अधिकारीले डकुमेन्टहरू शङ्कास्पद देखिएकाले उनीहरूलाई अध्यागमन विभागबाट खटिएका कर्मचारीले त्यसतर्फ जानबाट रोकेको जानकारी दिए।, त्यस विषयमा अनुसन्धान गर्ने  र छलफलका लागि मेनपावर व्यवसायीलाई बोलाइएको जानकारी दिए। 'व्यवसायीहरू पनि आउनुहोला, अनि उपयुक्त निर्णय हुनेछ,’ उनले भने। , महानिर्देशक अधिकारीका आधिकारिकरूपमा श्रम स्वीकृति नदेखिएको पाइएको छ। उनीहरूको श्रम स्वीकृति अनलाइनमा पनि नदेखिएको विभागको भनाइ छ।, विमानस्थलबाट फर्काइए जोर्डन जान लागेका १५ जना
एजेन्सी भारतको राजधानी नयाँदिल्लीसहित उत्तर पश्चिमी राज्यहरूमा मुसलधारे वर्षाले जनजीवन अस्तव्यस्त बनाएको छ।, टाइम्स अफ इन्डियाका अनुसार  उत्तराखण्ड, हिमाचल, हरियाणा, पञ्जाब,  जम्मु-कश्मिरलगायत ठाउँमा बाढी र पहिरोमा परी कम्तीमा २८ जना मानिसको मृत्यु भएको छ। ज्यान गुमाउनेमा दुई जना भारतीय सैनिक पनि छन्।, राजधानी नयाँदिल्ली आइतबार सन् १९८२ पछि जुलाई महिनामा २४ घन्टाभित्र सबैभन्दा धेरै पानी पारेको छ।, अत्याधिक वर्षाले दिल्लीका सडक डुबानमा परेका छन्। भारी वर्षा हुने सम्भावनालाई मध्यनजर गर्दै सोमबार दिल्ली र आसपासका क्षेत्रमा विद्यालय बन्द गरिएको छ।, उत्तराखण्ड प्रहरीले अत्यावश्यक नभइकन पहाडी क्षेत्रमा यात्रा नगर्न अनुरोध गरेको छ। उत्तराखण्डका केही क्षेत्रमा जुलाई १३ सम्म भारी वर्षाको चेतावनी दिइएको छ।, सामाजिक सञ्जालहरूमा बाढी र पहिरो बस्तीमा पसेका, सडक र  पुल बगाएका भिडिओहरू आइरहेका छन्। तीर्थ यात्रा र घुम्न गएका मानिसहरू विभिन्न ठाउँमा अलपत्र परेका छन्।, दिल्लीमा यमुना नदीले मंगलबार बिहानसम्म खतराको तह पार गर्न सक्ने चेतावनी दिइएको छ।, भारतीय मौसमविद्हरूले अहिलेको अवस्था सन् २०१३ मा उत्तराखण्डमा भएको ‘क्लाउडब्रस्ट’सँग तुलना गरेका छन्।, टाइम्स अफ इन्डियाका अनुसार बंगालको खाडीबाट आएको मनसुनी वायु र अरब सागरबाट आएको पश्चिमी वायुको प्रभावले उत्तर पश्चिम भारतमा अहिले मुसलधारे वर्षा भएको हो।,  , भारतमा बाढी-पहिरोमा परी कम्तीमा २८ जनाको मृत्यु, दिल्लीमा आज स्कुल बन्द
रासस भोजपुर नगरपालिका–१२ टक्सारमा मृग ठानेर भरुवा बन्दुकले हान्दा आफ्नै साथीको ज्यान गएको छ ।, बन्दुकले लागेर भोजपुर–१२ टक्सारका  १८ वर्षीय दिप्सन प्रधानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।, घटनामा संलग्न ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख सरतकुमार थापा क्षेत्रीले जानकारी दिए।, घटना यही असार २२ गते रातिको भए पनि गोली लागेर साथी मरेपछि उनीहरुले खोलाको बगरमा पुरेको उनको भनाइ छ।, मानिस हराएको सूचनाको आधारमा अनुसन्धान गर्ने क्रममा गए राति उनीहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।, ‘घटना २२ गते रातिको भन्ने बुझिएको छ,’ प्रहरी प्रमुख थापाले भने, ‘साथी मरेपछि अखुवा खोला बगरमा पुरेर घटना लुकाउन खोजेको अनुसन्धानबाट देखिएको छ । हामीलाई सूचना आउन साथ छ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेका छौँ । पुरिएको अवस्थामा फेला परेको शव परीक्षणका लागि जिल्ला अस्पतालमा ल्याएका छौँ । थप अनुसन्धान जारी छ।’, मृतकका आफन्तले यही असार २४ गते  खोजीको लागि जिल्ला प्रहरी कार्यलयमा उजुरी दिएलगत्तै आरोपीलाई पक्राउ गरिएको हो।, मृग ठानेर चलाएको बन्दुक साथीलाई लागेपछि…
सेतोपाटी संवाददाता भारतले मंगलबार धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोल्ने भएको छ।, जिल्ला प्रशासन कार्यालय दार्चुलाले आइतबार सूचना प्रकाशित गरेर मंगलबार बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म बाँध खोल्ने जानकारी गराएको हो।, ‘मिति २०८०।०३ ।२६ गते विहान ५ः०० बजेदेखि २०८०।०३। २६ गते बेलुकी ८ः०० बजेसम्म सिल्ट सफाईको कार्य हुने र उक्त प्रयोजनका लागि बाँध ढोका खोलिने भनि एनएचपीसी लिमिटेड, धौलीगंगा पावर स्टेशन, धारचुला, पिथौरागढ, भारत पक्षबाट पत्राचार भएको हुँदा मिति २०८०। ०३। २६ गते विहान ५ः०० बजेदेखि २०८०।०३ ।२६ गते बेलुकी ८ः०० बजेसम्म र तत्पश्चात्समेत महाकाली नदीमा जलस्तर बढ्नसक्ने सम्भावना भएकोले महाकाली नदी किनार तटीय क्षेत्रका बासिन्दाहरुलाई पूर्व सतर्कता अपनाउनु हुन आदेशानुसार जानकारी गराइन्छ,’ जिल्ला प्रशासन कार्यालयले सूचनामार्फत् भनेको छ।,  , धौलीगंगाको बाँध खोल्दै भारत, महाकालीको बहाव बढ्न सक्ने