content
stringlengths
20
64.1k
फ्रान्समा युवकको हत्यापछि दंगा भड्कियाे , ४० गाडीमा आगजनी पेरिस। फ्रान्सको राजधानी पेरिसको उपनगरीय क्षेत्र नान्तेरेमा एक १७ वर्षीय युवकलाई प्रहरीले अनियमित रूपमा गाडी चलाएको आरोपमा गोली हानेर हत्या गरेको छ। सो घटनालाइ लिएर त्यसपछि यहाँ दंगा भड्किएको छ। जुन दंगाका कारण ४० सवारी साधनमा आगजनी भएको छ भने २० जना घाइते भएका छन्। केही रिपोर्टका अनुसार ती युवक एक अरब देशको मूल निवासी थिए। उनीसँग ड्राइभिङ लाइसेन्स थिएन र प्रहरीले रोकेपछि उनले भाग्ने प्रयास गरेका थिए। दुई पुलिस अधिकारीहरूले नान्तेरेको सडकमा पहेंलो कार रोके। यसको ड्राइभिङ सिटमा व्यक्तिसँग अन्तरक्रिया गरियो। यसै क्रममा केही बहस पनि भयो। एक प्रहरी अधिकृतले पेस्तोल निकालेर चालकको टाउकोमा गोली हाने। चालकले कारलाई तीव्रता दिएका थिए, जुन केही टाढा गएपछि दुर्घटनामा परेको थियो। चालकको घटनास्थलमै मृत्यु भएको थियो। केही मिडिया रिपोर्टहरूले कार चालक १८ वर्षका भएकाे तर उनीसँग ड्राइभिङ लाइसेन्स नभएकाे खबर छापेका छन् भने केही अन्य मिडिया रिपोर्टका अनुसार प्रहरीले लामो दूरीसम्म यो कारलाई पछ्यायो र साँघुरो बाटोमा रोक्यो। रोकेपछि अधिकारीले गोली हानेपछि उनी भाग्न खोजेका थिए। गोली लागेपछि पनि भाग्न खोजे र करिब २०० मिटर टाढा गएपछि कार पर्खालमा ठोक्किएर दुर्घटनामा परेको थियो। ३८ वर्षीय प्रहरी अधिकृतलाई निलम्बन गरेपछि उनलाई पनि पक्राउ गरिएको थियो। राष्ट्रपति इमानुएल म्याक्रोनले घटनाप्रति दुःख व्यक्त गरेका छन्। घटनाको भिडियो भाइरल भएपछि आक्रोशित जनता सडकमा उत्रिएका छन्। उनीहरुले करिब ४० गाडीमा आगजनी गरेका छन् । अन्य केही सामानमा आगो लगाएको भिडियो पनि बाहिर आएको छ।
बङ्गलादेशमा डेङ्गुबाट जुनमा मात्र ३४ जनाको मृत्यु ढाका। बङ्गलादेशमा जुन महिनामा डेङ्गुका घटनामा उल्लेख्य वृद्धि भएको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशनालय (डीजीएचएस) ले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार पाँच हजार ७३२ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ भने ३४ जनाको मृत्यु भएको छ । बङ्गलादेशमा यस वर्ष डेङ्गुका बिरामीको सङ्ख्या सात हजार ७५४ पुगेको छ । स्थानीय समयअनुसार मङ्गलबार बिहान ८ बजेसम्मको २४ घण्टामा ढाकामा १०४ सहित कूल १४५ जना डेङ्गुका नयाँ बिरामी फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । डेङ्गुका कारण मङ्गलबार दुई जनाको मृत्यु भएको छ भने जुन महिनाभरिमा ३४, मेमा दुई, अप्रिलमा दुई, फेब्रुअरीमा दुई र जनवरीमा छ जनाको मृत्यु भएको महानिर्देशनालयले जनाएको छ । बङ्गलादेशमा गत (मे) महिनामा एक हजार ३६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो तर जुनमा यो सङ्ख्यामा उल्लेख्य वृद्धिपछि थप पाँच हजार ७३२ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । सन् २०२३ को पुस २७ देखि जेठ २७ गतेसम्म देशभरका विभिन्न अस्पतालबाट छ हजार २९७ जना डेङ्गुका बिरामी उपचार पछि घर फर्केका छन् । बङ्गलादेशको राजधानी ढाकामा लामखुट्टेको टोकाइबाट सर्ने यो रोग तीव्र गतिमा बढिरहेको छ । लामखुट्टेको टोकाइबाट सर्ने रोगको उच्च जोखिममा रहेको बङ्गलादेशमा जुन–सेप्टेम्बर को मनसुन अवधि डेङ्गु ज्वरोको मौसम हो । बङ्गलादेश सरकारले एडिस जातका लामखुट्टेबाट सर्ने यो रोगको प्रकोप नियन्त्रणका लागि थप समन्वयात्मक प्रयासका लागि राज्यका निकायहरूलाई आग्रह गरिसकेको छ ।
म्यान्मार सेनाले गरेको हवाई हमलामा १० सर्वसाधारणको मृत्यु बैंकक । म्यानमारको एक गाउँमा सेनाले गरेको हवाई आक्रमणमा परी १० सर्वसाधारणको मृत्यु भएको प्रत्यक्षदर्शी स्थानीय र सञ्चारमाध्यमले बुधबार बताएका छन् । म्यान्मारमा सन् २०२१ मा भएको सैन्य ‘कू’ पछि युद्धले ठूलो क्षति पु¥याएको छ भने जुन्ताले जातीय विद्रोही र दर्जनौँ नयाँ ’पिपुल्स डिफेन्स फोर्सेज’सँग लडिरहेको छ । अधिकारवादी समूहहरूले सेनामाथि गैरन्यायिक हत्या गरेको, गाउँहरू ध्वस्त पारेको र हवाई आक्रमणलाई आफ्ना विरोधीहरूको सामूहिक सजायको रूपमा प्रयोग गरेको आरोप लगाएका छन् । उत्तरी सागाइङ क्षेत्रको न्याउङ कोने गाउँमा मङ्गलबार अपराह्न एक सैनिक विमानले तीनवटा बम खसालेको उक्त गाउँका विद्रोही लडाकू को जाउ तुनले जानकारी दिए । उनले सेनाको आक्रमणमा १० सर्वसाधारणको मृत्यु भएको र आठ जना घाइते भएको बताए । “त्यहाँ कुनै झगडा भएको थिएन, तर उनीहरू गाउँमा बम विस्फोट गर्न आएका थिए,” उनले एएफपीसँग भने । आक्रमणमा ११ घर ध्वस्त भएका स्थानीयले बताएका छन् । न्याउङ कोनका एक बासिन्दाले एएफपीलाई बताएअनुसार आक्रमणमा १० जनाको मृत्यु भएको छ । उनले र अन्य स्थानीयले सोही साँझ मृतकको अन्त्येष्टि गरिएको बताउँदै सेनाले प्रतिशोध लिने डरले समाचारमा आफ्नो नाम प्रयोग नगर्न आग्रह गरे । “सेनाको नयाँ अबको योजना के हो हामीलाई थाहा छैन । त्यसैले हामीले जतिसक्दो चाँडो उनीहरूको अन्त्येष्टि गर्यौं,” उनले भने । बिबिसी बर्मेली र अन्य स्थानीय सञ्चारमाध्यमले पनि हवाई आक्रमणभएको जानकारी दिएका छन् भने केही सञ्चारमाध्यमले नौ जनाको मृत्यु भएको बताएका छन् । स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्बिरमा मानिसहरूले भग्नावशेष र भग्नावशेषमा रहेको एउटा ठूलो भवनको आगो निभाउने काम गरिरहेको देखिएको छ । एएफपीका डिजिटल भेरिफिकेसन रिपोर्टरहरूले ती तस्बिरहरू मङ्गलबारसम्म अनलाइनमा नआएको पुष्टि गरेका छन् । ‘कू’ सुरु गरेको दुई वर्षभन्दा बढी भइसक्दा पनि सेनाले आफ्नो शासनको प्रतिरोधलाई दबाउने कठिन लडाइ गरिरहेको छ । विशेषज्ञहरू भन्छन्, “जमीनमा तीव्र विरोधको सामना भएपछि सेनाले गोलावारूद आक्रमण र हवाई शक्तिको सहारा लिइरहेको छ ।” संयुक्त राष्ट्रसङ्घले गत वर्ष सेनाले ३०० भन्दा बढी हवाई आक्रमण गरेको बताएको थियो । सागाइङ जुन्टा विरोधी प्रतिरोधको हटस्पटको रूपमा देखा परेको छ । गत अप्रिलमा सेनाले सागाइङमा भएको एक भेलामा बम प्रहार गरेको थियो जसमा मिडिया र स्थानीयले करिब १७० जनाको ज्यान गएको बताएका थिए ।
पुटिनले युक्रेन युद्ध हारेको बाइडेनको दावी वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार भ्लादिमिर पुटिनले युक्रेनमा जारी युद्धमा ‘हार’ बेहोर्नुपरेको बताएका छन् । उनले रूसी राष्ट्रपति वाग्नर समूहको विद्रोहका कारण कमजोर भएको वा नभएको भनेर अहिले नै भन्न सकिने अवस्था नरहेको बताए । ह्वाइट हाउसमा पत्रकारहरूले पुटिन अहिले कमजोर भए नभएको भनी सोधिएको प्रश्नमा बाइडेनले भने, “यो भन्न गाह्रो छ, तर उनले युक्रेनमा युद्ध हारेका छन् र स्वदेशमा पनि हारिरहेका छन् ।” पुटिन अहिले ‘संसारभरिबाट एक्लिएको’ बाइडेनले बताएका छन् । ह्वाइट हाउसले गत हप्ता रूसमा भएको असाधारण घटनाको परिणामको सावधानीपूर्वक विश्लेषण गरिरहेको छ । उनले भने, “युक्रेनमा रूसी सेनाको सबैभन्दा सक्षम भागमध्ये एक वाग्नर समूहका सेनाहरूले विद्रोह गरेको र मस्कोमा आक्रमण गर्ने धम्की दिएको छ ।” बाइडेनले गत वर्षको फेब्रअरीमा सुरु भएको रूसी आक्रमणविरुद्ध युक्रेनको प्रतिरोधलाई समर्थन गर्ने पश्चिमा अभियानको नेतृत्व गरिरहेका छन् ।
युक्रेनको क्रामाटोर्स्कमा रुसी मिसाइल प्रहार, बालकसहित ४ जनाको मृत्यु कीभ। पूर्वी युक्रेनको क्रामाटोर्स्कको मध्य भागमा रुसी क्षेप्यास्त्र प्रहार हुँदा मंगलबार साँझ एकजना बालकसहित कम्तीमा चार जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन्। डोनेट्स्क क्षेत्रका सैन्य प्रशासन प्रमुख पाभ्लो किरिलेन्कोका अनुसार आक्रमण साँझ करिब ७:३० बजे भएको थियो। । “हामी अहिले शहरमा घाइते र मृतकको सङ्ख्या निर्धारण गर्न काम गरिरहेका छौँ। यो शहरको केन्द्र हो। यी सर्वसाधारणको भीड हुने सार्वजनिकरूपमा खाने ठाउँहरू थिए,” उनले भनेका छन्। अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले दोस्रो मिसाइल आक्रमण शहरको बाहिरी भागमा रहेको एउटा गाउँमा भएको बताएको छ। युक्रेनका आन्तरिक मामिला मन्त्री इहोर क्लाइमेन्कोले टेलिग्राम टिप्पणीमा भनेका छन्, “रुसले जानाजानी भीडभाड भएका क्षेत्रहरूलाई लक्षित गरेको छ।” हड्ताल शुरु भएलगत्तै आकस्मिक सेवाहरू घटनास्थलमा पुगेर घाइतेहरूलाई सहयोग गरेका थिए। सन् २०२२ फेब्रुअरी, २४ मा शुरु भएको रुस-युक्रेन युद्धले धेरैको ज्यान लिइसकेको छ र अहिले पनि दुई राष्ट्रबीच युद्ध जारी छ।
अमेरिकाले युक्रेनलाई थप ५० करोड डलर सहायता दिने बासिंंगटन डिसी। अमेरिकीले युक्रेनलाई थप सहयता दिने घोषणा गरेको छ। अमेरिकी रक्षा विभागले युक्रेनको महत्वपूर्ण सुरक्षा र रक्षा आवश्यकताहरू पूरा गर्न थप ५० करोड अमेरिकी डलरको सुरक्षा सहायता प्याकेज घोषणा गरेको हो। सुरक्षा प्याकेजमा युक्रेनको रुससँग चलिरहेको द्वन्द्वमा युक्रेनको काउन्टर अफेन्सिभ अपरेसनलाई समर्थन गर्न र हवाई प्रतिरक्षा बलियो बनाउन महत्वपूर्ण क्षमताहरू समावेश छन्। ‘अमेरिकी रक्षा विभागले युक्रेनको महत्वपूर्ण सुरक्षा र रक्षा आवश्यकताहरू पूरा गर्न थप सुरक्षा सहायताको घोषणा गरेको छ,’ अमेरिकी रक्षा मन्त्रालयले मंगलबार एक आधिकारिक विज्ञप्तिमा भन्यो। राष्ट्रपति जो बाइडेनले राष्ट्रपति जेलेन्स्कीसँग टेलिफोन वार्ता गरेको एक दिनपछि अमेरिकाले युक्रेनलाई ५० करोड डलर सुरक्षा सहयोग उपलब्ध गराउने घोषणा गरेको हो। संयुक्त राज्य अमेरिकाले युक्रेनको तत्काल युद्धकालीन आवश्यकताहरू र दीर्घकालीन सुरक्षा सहायता आवश्यकताहरू पूरा गर्न जारी राख्नेछ, विज्ञप्तिमा भनिएको छ। सुरक्षा समर्थन प्याकेजमा प्याट्रियट एयर डिफेन्स सिस्टम, स्टिङ्गर एन्टि एयरक्राफ्ट सिस्टम, हाई मोबिलिटी आर्टिलरी रकेट सिस्टमको लागि अतिरिक्त गोला बारूद, उच्च गतिको एन्टी माइन क्लियरिङ उपकरणहरू समावेश छन्।
अमेरिकामा भेटिए दशकौं पछि मलेरियाका बिरामी फ्लोरिडा। अमेरिकामा मलेरियाका बिरामी भेटिएका छन्। अमेरिकाको फ्लोरिडा र टेक्सासमा ती बिरामी भेटिएका हुन्। दशकौंपछि मलेरियाका पाँच केस फेला परे पछि त्यहाँ सतर्कता अपनाइएको छ। अमेरिकाको फ्लोरिडा र टेक्सासमा २० वर्षमा पहिलो पटक लामखुट्टेबाट सर्ने घातक रोग औलोका पाँचवटा घटनाको पुष्टि भए पछि अहिले पुन भेटिएका हुन्। पछिल्लो प्रकरणको पुष्टि गर्दै अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले दुई महिनाको अवधिमा टेक्सासमा एउटा र फ्लोरिडामा चारवटा केस पत्ता लागेको बताएको छ। टेक्सासमा दशकौंपछि मलेरियाका पाँच केस फेला परेका हुन्। उनीहरुको उपचार भइरहेको छ।
इजरायली प्रधानमन्त्रीलाई राजकीय भ्रमणका लागि चीनको निम्तो, अमेरिका सशंकित जेरुसलम। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई चीन भ्रमणको निम्तो आएको छ। इजरायलका प्रधानमन्त्री नेतान्याहुले मङ्गलबार आफूलाई चीनले राजकीय भ्रमणको निम्तो दिएको जानकारी दिएका हुन्। नेतन्याहुले अमेरिकी सांसदहरूको समूहसँगको भेटमा यो जानकारी दिएका हुन्। यद्यपी उनले कहिले भ्रमणमा जाने हो? त्यो भने खुलाएनन्। चीनले नेतान्याहुलाई पठाएको यो निमन्त्रणालाई मध्यपूर्वमा चीनको प्रवेश बढाउने प्रयासका रूपमा हेरिएको छ। चीनले अघिल्लो अप्रिलमा कट्टर शत्रुहरू इरान र साउदी अरेबियाबीचको सम्बन्ध पुनर्स्थापना गर्ने सम्झौता पनि गराएको थियो। अमेरिकन निटक इजरायललाई चीनको यो राजकीय भ्रमणले अमेरिकालाई भने सशंकित बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
अमेजनमा ४ बालबालिकाको उद्धार गर्ने टोलीलाई राष्ट्रिय सम्मान, कुकुरको शालिक बनाइने बोगोटा। अमेजनको जंगलबाट ४० दिनपछि ४ बालबालिकाको उद्धार गर्ने सेनाका जवानलाई कोलम्बिया सरकारले सम्मान गरेको छ। यस उद्धार अभियानलाई अपरेशन होप नाम दिइएको थियो र यसमा संलग्न सैनिक र अन्य सदस्यहरूलाई ‘अर्डर अफ बोयाका’ नामक अवार्ड दिइएको थियो। यो कोलम्बियाका नागरिकहरूलाई दिइने उच्च डिग्री र सशस्त्र बलहरूलाई सम्मानित दोस्रो उच्च डिग्री हो। अवार्ड दिने क्रममा राष्ट्रपति गुस्ताभो पेट्रोले भने-पदक त एउटा प्रतीक मात्र हो। वास्तविक पुरस्कार जीवन हो र यी उद्धारकर्मीहरूले प्रमाणित गरेका छन्। उद्धारकर्मीहरूले बालबालिकाको समुदायलाई अपरेशनमा सामेल गरे र हामी कसरी एकजुट भएर धेरैको ज्यान बचाउन सक्छौं भनेर प्रमाणित गरे। उनले भने-अहिले पश्चिमी वा परम्परागत चलन कुन राम्रो भन्नेमा विवाद बाँकी छैन। दुवै विचारधाराले मिलेर यी बालबालिकालाई उद्धार गरेर घर ल्याएका छन्। यस कार्यमा संलग्न सेनाको स्निफर डग विल्सनलाई पनि सम्मान गरिएको थियो। यो कुकुर जंगलबाट बालबालिकाको उद्धार गरेर अमेजनमा हराएको थियो। फेला पार्न अपरेसन पनि सुरु गरिएको छ। तर, कोलम्बियाका एक सैन्य अधिकारीले भने– अहिले विल्सन फेला नपरोस् भन्ने डर छ। उद्धार कार्यका प्रमुख जनरल पेड्रो सान्चेजले ६ वर्षीय डग विल्सनको विरासतको सम्झनामा स्मारक निर्माण गरिने बताए। अमेजन जंगलमा प्लेन दुर्घटना हुदाँँ हराएका ४ जना बालबालिकालाई ४० दिन पछि जिवितै भेटिएको थियो, जसले संसारलाई नै चकित पारिएको थियो।
रुसले युक्रेनमा ७७ नागरिक बन्दीलाई मृत्युदण्ड दियो : राष्ट्रसङ्घ जेनेभा । रुसले युक्रेनमा स्वेच्छाचारी नजरबन्दमा राखिएका ७७ जना सर्वसाधारणलाई मृत्युदण्ड दिएको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । युक्रेनमा संयुक्त राष्ट्रसङ्घ मानवअधिकार अनुगमन मिसनका प्रमुख माटिल्डा बोगनरले जेनेभामा पत्रकार सम्मेलनमा भनेका छन्, “हामीले रुसी सङ्घले मनमानी ढङ्गले हिरासतमा राखेका ७७ जना सर्वसाधारणलाई मृत्युदण्ड दिएको विषयको सारांश दस्तावेजीकरण गरेका छौँ ।”
हज यात्रामा अपेक्षाभन्दा कम सहभागी मक्का । यस वर्षको वार्षिक हज यात्रामा १८ लाखभन्दा बढी भक्तजनले दर्शन गरेका छन्, साउदी अरबको तथ्याङ्क कार्यालयाले मङ्गलबार जनाएको छ । विश्वका सबैभन्दा ठूलो धार्मिक जमघटमध्येको एक यस पर्वका अवसरमा यस वर्षको अनुष्ठानमा २५ लाखभन्दा बढी तीर्थयात्री आउने अनुमान साउदी अधिकारीहरूले गरेका थिए । तर सरकारी अल एखबारिया टिभीले सार्वजनिक गरेको आधिकारिक तथ्याङ्कअनुसार सन् २०१९ मा सहभागी भएका २५ लाख उपासकको तुलनामा यो उपस्थिति अपेक्षा गरेभन्दा अझै निकै कम हो । “यो हजको अवसरमा हजयात्रीहरूको कूल सङ्ख्या महिला पुरूष गरी १८ लाख ४५ हजार ४५ रहेका छन्,” तथ्याङ्क कार्यालयले जनाएको छ । कोभिड–१९ को महामारीपछि अघिल्लो वर्ष यो सङ्ख्या १० लाखमा सीमित भएको थियो । यस वर्षको सहभागिता अघिल्लो बर्षको तुलनामा उल्लेख्य वृद्धि देखिएपनि साउदी अधिकारीले यस बर्ष सन् २०१९ को सहभागिताको हाराहारीमा हजयात्री साउदी अरब पुग्ने प्रक्षेपण गरेका थिए । सन् २०२० मा कोरोना भाइरसको महामारी उत्कर्षमा पुगेको बेला १० हजारलाई मात्र अनुमति दिइएको थियो भने सन् २०२१ मा यो सङ्ख्यालाई बढाएर ५९ हजार पुर्‍याएको थियो । हज इस्लामका पाँच स्तम्भहरूमध्ये एक हो र सबै मुसलमानहरूले आफ्नो जीवनमा कम्तिमा एक पटक मक्का पुग्नै पर्ने मान्यता राख्छन् ।
दक्षिणपश्चिम चीनमा पहिरोमा परी ७ जना बेपत्ता चेङ्दु। चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तको वेनचुआन काउन्टीमा मंगलबार बिहान पहिरो जाँदा सात जना बेपत्ता भएको छ। छोटो अवधिमा परेको भारी वर्षाका कारण वेनचुआन काउन्टीको मियाँसी टाउनसिप र वेइझोउ टाउनसिपमा पहिरो गएको काउन्टीको आपतकालीन व्यवस्थापन ब्युरोले जनाएको छ। मंगलबार बिहान १०.३२ बजेसम्म पहिरोबाट प्रभावित ९०० भन्दा बढीलाई स्थानान्तरण गरिएको थियो। चार सयभन्दा बढी उद्धारकर्मी बेपत्ताको खोजी कार्यमा संलग्न छन्।
युरोपेली संघद्वारा युक्रेनलाई सैन्य सहायताका लागि ३ अर्ब युरो विनियोजन ब्रसेल्स। युरोपेली संघ काउन्सिलले ईयु विदेश मन्त्रीहरूले युक्रेनलाई हतियार आपूर्तिका लागि पैसा छुट्याएको उल्लेख गरेको रुसी समाचार एजेन्सी तासले जनाएको छ। लक्जेम्बर्गमा भएको बैठकपछि ईयुका २७ सदस्य राष्ट्रका विदेश मन्त्रीहरूले युरोपेली शान्ति सुविधामा ३.५ बिलियन युरोको बजेट बढाएर अनुमोदन गरेका छन्। साथै ब्रसेल्सले युक्रेनलाई हतियार आपूर्तिको लागि रकम विनियोजन गरेको छ। सोमबारको विज्ञप्तिमा भनिएको छ – काउन्सिलले आज युरोपेली शान्ति सुविधाको समग्र वित्तीय सीमा सन् २०२३ मार्च २० बाट लागू हुने गरी अघिल्लो सम्झौताको आधारमा सो थप रकम वृद्धि गर्ने निर्णय गरेको छ। “यो कार्य वित्तीय दिगोपन र सुरक्षित र शान्तिपूर्ण भविष्य सुनिश्चित गर्न र यसको विश्वव्यापी भौगोलिक दायरा र संकट र द्वन्द्वहरूलाई रोक्न र त्यसका लागि शीघ्र प्रतिक्रिया गर्ने ईयुको क्षमतालाई जोगाउनको लागि हो,” विज्ञप्तिमा भनिएको छ।
तिब्बतमा भेटियाे एसियाकै सबैभन्दा अग्लाे रूख, स्ट्याच्यु अफ लिबर्टीभन्दा ठूलो बेइजिङ। संसारमा धेरै रहस्यहरू लुकेका छन्, जसको अनुसन्धान वैज्ञानिकहरू दिनहुँ गरिरहेका छन्। यस सन्दर्भमा वैज्ञानिकहरूले एशियाको सबैभन्दा अग्लो रूख पत्ता लगाएका छन्, जुन चीनमा फेला परेको छ। चीनको पेकिङ युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले यो रुख साइप्रसको भएको बताएका छन्, जसको उचाइ ३ सय ३५ फिट र व्यास ९.६ फिट छ। यो रुख न्युयोर्कको स्ट्याच्यु अफ लिबर्टीभन्दा ठूलो छ र विश्वको दोस्रो सबैभन्दा अग्लो रुख हो। यो विशाल रूख चीनको तिब्बत स्वायत्त क्षेत्रको बोम काउन्टीको न्यिन्ची शहरको यार्लुङ जाङ्बो ग्रान्ड क्यान्यन नेचर रिजर्भमा पेकिङ विश्वविद्यालयको अनुसन्धान टोलीले मे महिनामा फेला पारेको विश्वविद्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। गत वर्ष अप्रिल महिनामा वैज्ञानिकहरूले तिब्बतको मेडोग काउन्टीमा २ सय ५२ फिट अग्लो रुख फेला पारेका थिए। त्यसपछि अक्टोबर महिनामा २ सय ७४ फिट अग्लो रुख भेटिएको थियो। तर, अब यो नयाँ रुख फेला परेपछि एसियाको सबैभन्दा अग्लो रुखको कीर्तिमान फेरि एकपटक अद्यावधिक भएको छ। यसबाहेक वैज्ञानिकहरूले यस क्षेत्रमा अन्य धेरै ठूला रूखहरू पनि पत्ता लगाएका छन्। जसमध्ये २ सय ७९ फिटभन्दा अग्लो ५० रुख र २ सय ९५ फिटभन्दा अग्ला २५ रुख फेला परेका छन्। सयौं फिट अग्लो यो सिप्रस रूख विशेष छ किनभने यसको जरा पृथ्वीमा पूर्ण रूपमा छैन।
अमेरिकाले भन्यो- ‘रुसमा बिद्रोह अन्त्य त भयो तर अवस्था सहज भइसकेकाे छैन’ वासिंगटन डिसी। रुसी ‘सैन्य बिद्रोह’लाई लिएर अमेरिकाले मुख खोलेको छ। अमेरिकी विदेश मन्त्रालयले सोमबार रुसमा जारी बिद्रोहको बारेमा आफनो प्रतिक्रिया दिएको हो। अमेरिकी विदेश विभागका प्रवक्ता मैथ्यू मिलरले रुसी राष्ट्रपति पुटिनको नेतृत्वलाई प्रत्यक्ष चुनौती दिएको देख्नु पक्कै पनि नयाँ कुरा भएको प्रारम्भिक प्रतिक्रिया दिएका छन्। साथै, अमेरिकाले वाग्नर समूहका प्रमुख येभजेनी प्रिगोजिनको अवस्थाबारे आफूलाई कुनै जानकारी नभएको पनि बताएका छन्। राज्य विभागका प्रवक्ता म्याथ्यू मिलरले युक्रेन र वाग्नर समूहको बारेमा पत्रकारहरूसँग कुरा गर्ने क्रममा उनले सो कुरा जानकारी दिएका हुन्। उनले रुसी राष्ट्रपति पुटिनको नेतृत्वलाई प्रत्यक्ष चुनौती दिएको देख्नु पक्कै पनि नयाँ कुरा भएको बताए। यति मात्र होइन, आफ्नै येभजेनी प्रिगोजिनले रुस–युक्रेन युद्धको औचित्यमाथि सीधै प्रश्न उठाएको देख्नु पनि नौलो कुरा लागेको उनले बताएका छन्। मिलरले भने कि, ‘हामीले पहिले नै उनको झूटको बारेमा कुरा गरिसकेका छौं। यद्यपी रुसी अधिकारीहरूले यसबारेमा केही भनेका छैनन्। उनले रुसमा विद्रोहको अन्त्य भइसकेको तर अवस्था ठिक नभएको बताए। रुसमा डेढ दिनदेखि चलेको विद्रोहको अन्त्य रहस्यमयी तरिकाले भएको थियो, जुन विद्रोह रुसको निजी सेना वाग्नरले गरेको थियो। वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनले आफ्ना सेनाहरूलाई मस्कोतर्फको मार्च रोक्न र युक्रेनमा रहेको आफ्नो फिल्ड क्याम्पहरूमा फर्कन आदेश दिएर बेलारुसतर्फ गईसकेका छन्।
पाकिस्तानी सेनामा ठूलो कारबाही, लेफ्टिनेन्ट जनरलसहित तीन अधिकारी बर्खास्त इस्लामबाद। पाकिस्तानी सेनाले एक लेफ्टिनेन्ट जनरलसहित तीन अधिकारीलाई बर्खास्त गरेको छ। इमरान खान पक्राउ प्रकरणमा सुरक्षा दिन नसकेको भन्दै थप तीन मेजर र सात ब्रिगेडियरसहित १५ अधिकृतलाई अनुशासनात्मक कारबाहीसमेत गरेको छ। पूर्व प्रधानमन्त्री इमरान खानको गिरफ्तारीपछि मे ९ मा भएको हिंसात्मक प्रदर्शनका क्रममा सैनिक प्रतिष्ठानहरूको सुरक्षाको जिम्मा ती अधिकारीहरूले लिएको थिए। तर तीनले सैन्य भवनको सुरक्षा दिन नसके पछि सेनाले गरेको अनुसन्धानपछि उनीहरु माथी कारबाही गरिएको डन पत्रिकाले उल्लेख गरेको छ। इमरान खानको पार्टीका कार्यकर्ताहरूले मे ९ मा लाहोर कोर्प्स कमाण्डर हाउस, मियाँवाली एयरबेस र फैसलाबादको आईएसआई भवन सहित २० भन्दा बढी सैन्य प्रतिष्ठान र सरकारी भवनहरूमा तोडफोड गरेका थिए। रावलपिंडीस्थित आर्मी हेडक्वार्टर (जीएचक्यू) मा पनि अनियन्त्रित र अराजक भीडले आक्रमण गरेको थियो। जसकाकारण, त्यहाँ रहेका भवन तथा भौतिक पुर्वाधारको संरचनामा क्षति हुन पुगेको थियो। सैन्य प्रवक्ता मेजर जनरल अरशद शरीफले भने कि सेनाले सो हिंसाका बारेमा दुई दुई पटक अनुसन्धान गरे पछि सो कारबाही गरिएको जानकारी दिएका छन्।
रुसी राष्ट्रपतिले दिए वाग्नरका सेना र बेलारुसका राष्ट्रपतिलाई धन्यवाद मस्को। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विद्रोह समाप्त भएपछि एकताका लागि राष्ट्रलाई धन्यवाद दिएका छन्। भाडाका सेनाले अघिल्लो दिन गरेको विद्रोहको रक्षा गरेका छन्। सो क्रममा राष्ट्रपति पुटिनले रगत नबगाएकोमा भाडाका सैनिकहरूलाई सबैभन्दा पहिला धन्यवाद दिएका थिए। त्यसपछि उनले नागरिकको सुरक्षाका लागि आवश्यक सबै उपाय अपनाएको बताए। पुटिनले यस सम्भावित सैनिक बिद्रोहका लागि आफ्ना शत्रुहरूलाई दोष दिएका छन्। पुटिनले आफ्नो सम्बोधनमा विद्रोही र किभले पनि रुसमा सैनिकहरूले एक अर्कालाई मार्न चाहेको हेर्न खोजेको बताएका छन्। वाग्नरको समूहका अधिकांश सिपाहीहरू मातृभूमिका देशभक्त हुन् तर उनीहरूलाई दुष्ट कामका लागि प्रयोग गरिने सम्भावना थियो। तर रूसी नागरिकहरूको एकताका कारण त्यस्तो भएन, अन्ततः रुसले जित्यो। म बेलारुसका राष्ट्रपति लुकाशेन्कोलाई स्थिति समाधान गरेकोमा कृतज्ञ छु। वाग्नर प्रमुख येभगेनी प्रिगोजिनले भने-हामी केवल हाम्रो निजी सैन्य कम्पनी वाग्नरको विनाश रोक्न चाहन्छौं। ‘कू’ गर्ने हाम्रो मनसाय थिएन। अन्याय विरुद्ध आन्दोलन गर्यौं। रूसी सेनालाई गाली गर्दै, उनले आफ्नो मार्चलाई मास्टर क्लासको रूपमा वर्णन गरे। रुसको रक्षा गर्न असफल भएकोमा प्रिगोजिनले रुसी सैनिकहरूको पनि खिल्ली उडाएका छन्। तर पनि रुसी सेनाले हाम्रो विरोध नगरेको र ७८० किलोमिटरको यात्रा गरेका बाग्नर प्रमुखले बताएका छन्। क्रेमलिनले भनेको छ, हामीले प्रिगोजिनसँग सम्झौता गरेका थियौं। यस अन्तर्गत उनी बेलारुस फर्कनेछन् र हामी उनलाई माफ गर्नेछौं। प्रिगोजिनको ठेगाना सोमबार उपलब्ध थिएन। यद्यपि एक रुसी मिडियाले उनी बेलारुसको राजधानी मिन्स्कको एउटा होटलमा बसेको दाबी गरेको छ ।
७४ हजार अफगानी शरणार्थी स्वदेश फिर्ता काबुल । छिमेकी मुलुक इरानबाट पछिल्लो एक महिनामा ७४ हजारभन्दा बढी अफगानी शरणार्थी आफ्नो मातृभूमि अफगानिस्तान फर्केका छन् ।सरकारी समाचार संस्था बख्तरले सोमबार अफगानी अधिकारी र एक प्रतिवेदनलाई उद्धृत गर्दै समाचारमा उल्लेख गरेको छ । इरानमा वर्षौंदेखि शरणार्थीका रूपमा बस्दै आएका ७४ हजार ३६ अफगानी शरणार्थीविगत एक महिनामा अफगानिस्तानको निमरोज प्रान्त हुँदै आफ्नो मातृभूमि फर्केका छन् र यो प्रक्रिया जारी रहेको प्रतिवेदनमा उल्लेख छ ।अफगानी सञ्चारमाध्यमका अनुसार अप्रिलको सुरुदेखि मे महिनाको मध्यसम्म ६४ हजार ११५ शरणार्थी अफगानिस्तान फर्केपछि पछिल्लो तीन महिनामा इरानबाट फर्केका शरणार्थीको सङ्ख्या एक लाख ३८ हजार १५१ पुगेको छ । इरानमा २५ लाखभन्दा बढी दर्ता भएका अफगानी शरणार्थीहरू बस्दै आएका छन् भने त्यति नै सङ्ख्यामा अफगानी शरणार्थीहरु पाकिस्तानमा रहेका छन् ।अफगानिस्तानको कामचलाउ सरकारको नेतृत्व गरेको तालिवान समूहले विदेशमा रहेका अफगानी शरणार्थीहरुलाई स्वदेश फर्कन र आफ्नो देशको पुनर्निर्माणमा योगदान गर्न आह्वान गर्दै आएको छ ।
श्रीलंकाले पाँच दिनसम्म वित्तीय बजार बन्द गर्ने घोषणा कोलम्बो। श्रीलंकाको सरकारले ५१ अर्ब अमेरिकी डलरभन्दा बढीको आन्तरिक ऋणको पुनर्संरचना गर्ने विवादास्पद कदम चाल्नुअघि श्रीलंकाका अधिकारीहरूले बिहीबारदेखि पाँच दिनका लागि वित्तीय बजार बन्द गर्ने घोषणा गरेका छन्। श्रीलंकाले गत वर्षको अप्रिलमा आर्थिक संकट घोषणा गर्दै आफ्नो विदेशी ऋणको लागि सम्झौता गरेको कानुनी दायित्व पुरा गर्न नसकेपछि मार्चमा सहमति भएको आईएमएफको ‘बेलआउट प्याकेज’को अनुरूप पुनर्संरचनाले सरकारी ऋणपत्रलाई असर गरेको छ। एक संसदीय अधिकारीका अनुसार ऋण पुनर्संरचना योजनालाई अनुमोदन गर्न यसै हप्ताको अन्त्यमा विधायिकाको विशेष अधिवेशन बोलाउने विषयमा छलफल गर्न सांसदहरूको मंगलबार बैठक बस्ने अपेक्षा गरिएको छ । केन्द्रीय बैंकका गभर्नर नन्दलाल वीरासिंघेका अनुसार अधिकारीहरूले बिहीबार र सोमबार पर्न गएको पर्व बिदाको अतिरिक्त शुक्रबार बिदा दिन आदेश दिएका छन्। उनले स्थानीय टेलिभिजन नेटवर्कसँग भने,“ऋण पुनर्संरचनाको बारेमा संसदमा छलफल भइरहेको बेला बजार खुला रहनु अस्वस्थकर हुनेछ।” उनले भने, “संवेदनशील ऋण पुनर्संरचनाको बारेमा छलफल हुँदा बजारले काम गर्नु हुँदैन । हामी आशा गर्छौं कि यो पाँच दिनभित्र पुर्नसंरचना प्रक्रिया पूरा हुनेछ। यो निर्णयले व्यक्तिको निक्षेपमा कुनै असर पर्ने छैन, तर वाणिज्य बैंक र पेन्सन फण्डको ट्रेजरी बिल र ऋणपत्रको पुनर्संरचना गर्ने सरकारको योजना छ।” चार वर्षे २.९ अर्ब अमेरिकी डलरको आईएमएफ उद्धार प्याकेजलाई निरन्तरता दिन सरकारले आफ्ना विदेशी ऋणदाताहरूसँग बाह्य ऋणको पुनर्संरचनाका लागि वार्ता गरिरहेको छ। सरकारले गत अगष्टसम्ममा वैदेशिक ऋण पुनर्संरचनाको अपेक्षा गरेको थियो, तर देशको मुख्य द्विपक्षीय ऋणदाता चीनले सुरुमा कटौती गर्न अनिच्छुक भएको र यसको सट्टा पुरानो ऋण तिर्न थप कर्जा प्रस्ताव गरेको थियो। कुल वैदेशिक ऋणको १४ अर्ब डलरभन्दा बढी विदेशी सरकारहरूको द्विपक्षीय ऋण छ भने यसको ५२ प्रतिशत चीनलाई तिर्नुपर्छ। आईएमएफको शर्तअनुसार सरकारले आफ्नो खातालाई सन्तुलित बनाउन र टापु राष्ट्रको सबैभन्दा खराब आर्थिक संकटबाट बाहिर निस्कनका लागि आफ्नो आन्तरिक र विदेशी ऋण सेवालाई आधाभन्दा बढी घटाउनुपर्छ। गत वर्षको शुरुमा अत्यावश्यक वस्तुको आयातका लागि समेत भुक्तानी गर्न विदेशी मुद्राको अभाव भएको थियो जसका कारण खाद्यान्न, इन्धन र औषधिको नसोचिएको (अकल्पनीय) अभाव भएको थियो। अर्थव्यवस्थाको कुव्यवस्थापनको विरोधमा महिनौंसम्म चलेको विरोधप्रदर्शनका कारण जुलाईमा तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षलाई अपदस्थ गरिएको थियो। राजापाक्षका उत्तराधिकारी, ६ पटक प्रधानमन्त्री बनेका रनिल विक्रमासिङ्घेले अर्थतन्त्रलाई स्थिर बनाउन प्रदर्शनमाथि कडा कदम चालेका छन्, मूल्य वृद्धि गरेका छन्, अनुदान खारेज गरेका छन् र कर दोब्बर पारेका छन्। यसै महिनाको सुरुमा आईएमएफले श्रीलंकाको अर्थतन्त्रमा ‘सुधारका अस्थायी संकेतहरू’ देखापरेको तर सुधार चुनौतीपूर्ण रहेको र कोलम्बोले पीडादायी सुधारहरू अघि बढाउनुपर्ने बताएको थियो।
होन्डुरसमा लागूऔषधसम्बन्धी गोली काण्डमा ११ जनाको मृत्यु, कर्फ्यु जारी होन्डुरस। लागूऔषध तस्करहरूले बिलियर्ड हलमा ११ जनाको गोली हानी हत्या गरेपछि राष्ट्रपति सिओमारा क्यास्ट्रोले होन्डुरसको एक क्षेत्रमा आइतबार कर्फ्यूको घोषणा गरेका छन्। गरिबी, सामूहिक हिंसा र लागूपदार्थको ओसारपसारबाट ग्रस्त यस देशको दोस्रो ठूलो शहर सान पेड्रो सुला नजिकैको शहर चोलोमामा सामूहिक गोलीकाण्ड भएको थियो। राष्ट्रिय प्रहरीका प्रवक्ता मिगुएल मार्टिनेजका अनुसार हलमा जन्मदिन मनाइरहेका समय बन्दुकधारीहरु भित्र पसेर गोली चलाएपछि १० जना पुरुष र एक महिला गरी ११ जनाको मृत्यु भएको थियो। प्रत्यक्षदर्शीहरूले पूल हलमा रगताम्य शवहरूको भिडियो अनलाइनमा पोस्ट गरेका देख्न सकिन्छ। क्यास्ट्रोले ट्वीटरमा चोलोमा र सान पेड्रो सुलामा आइतबार राति ९ बजेदेखि बिहान ४ बजेसम्म लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको बताएका छन्। कास्त्रोले सुला भ्याली भनिने समस्याग्रस्त क्षेत्रमा लागूऔषध कारोबारीद्वारा प्रशिक्षित र निर्देशित भाडाका हत्याराहरूले गरेको क्रूर र निर्मम आतंकवादी हमलापछि आफूले यस्तो कदम चालेको बताएका छन्। राजधानी तेगुसिगाल्पा नजिकैको एक कारागारमा प्रतिद्वन्द्वी समूहबीच भएको भिडन्तमा कम्तीमा ४६ महिलाको मृत्यु भएको एक हप्तापछि उक्त आक्रमण भएको हो। अधिकारी र प्रत्यक्षदर्शीका अनुसार ब्यारियो १८ समूहका सदस्यहरू प्रतिद्वन्द्वी मारा साल्भाट्रुचा (एमएस-१३) समूहको इलाकामा पसेर उनीहरूमाथि गोली प्रहार गरी आगजनी गरेपछि हिंसा भड्किएको हो।
होन्डुरसमा हिंसा बढ्यो, एकै रात २० जनाको मृत्यु चोलोमा। मध्य अमेरिकाको होन्डुरसमा हिंसा बढ्दै गएको छ। छुट्टाछुट्टै आक्रमणमा एकै रातमा २० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ। यसैलाई मध्यनजर गर्दै होन्डुरस सरकारले आइतबार देखी उत्तरी दुई सहरमा कर्फ्यू लगाउने निर्णय गरेको छ । उत्तरी सहर चोलोमाको छेउमा रहेको बिलियर्ड्स हलमा बन्दुकधारीले गोली चलाएका थिए । जहाँ १३ जनाको मृत्यु भएको थियो । सोही क्रममा अर्का एक जना गम्भीर घाइते भएका छन् । सान पेड्रो सुलाको औद्योगिक सहर सहित उत्तरी भ्याले डे सुला क्षेत्रमा शनिबार भएका छुट्टाछुट्टै घटनामा कम्तीमा ११ अन्य व्यक्तिको मृत्यु भएको उनले बताए। राष्ट्रपति जिओमारा क्यास्ट्रोले सहरमा बढ्दो हिंसाको प्रतिक्रियामा तत्काल कर्फ्यू घोषणा गरेका छन् । चोलोमामा बेलुका ९ बजेदेखि बिहान ४ बजेसम्म १५ दिने कर्फ्यु घोषणा गरिएको छ । उही समयमा, सान पेड्रो सुलामा कर्फ्यू जुलाई ४ सम्म लागू हुनेछ। सुरक्षा मन्त्री गुस्ताभो सान्चेजले आइतवार पछि घोषणा गरे कि सरकारले हिंसा गर्ने व्यक्तिहरूलाई आतंककारी घोषणा गर्नका लागि सरकारले आगामी दिनमा संसदमा प्रस्ताव पठाउनेछ। स्थिति नियन्त्रणमा लिन सुला उपत्यकामा १ हजारभन्दा बढी प्रहरी र सेना पठाइएको सान्चेजले बताए। चोलोमा र सान पेड्रो सुल सुला उपत्यकामा अवस्थित छन्। स्मरण रहोस, गत साता मात्रै होन्डुरसको एक महिला कारागारमा भएको दंगामा कम्तिमा ४१ महिलाको मृत्यु भएको थियो। होन्डुरसको राष्ट्रिय प्रहरी अनुसन्धान एजेन्सीले तेगुसिगाल्पाबाट करिब ५० किलोमिटर उत्तरपश्चिममा रहेको तामारामा रहेको महिला कारागारमा दंगा र हिंसा भएको बताएको छ। अधिकांश महिलाको जलेर मृत्यु भएको थियो।
दिल्ली लैजानु पर्ने बिमान जयपुर लगे अनि डयुटी सकियाे भनेर पाइलट हिडेपछि… नयाँ दिल्ली। डयुटी सकिएको भन्दै पाइलट हिडे पछि जयपुरमा ६ घन्टासम्म यात्रु अलपत्र परेका छन्। लण्डनबाट दिल्लीका लागि आएको एयर इन्डियाको अन्तर्राष्ट्रिय उडान मौसम खराबी कारण पाइलटले जयपुरमा अवतरण गराए। तर, पाइलटले आफ्नो ड्युटी टाइम सकिएको बताउँदै हिडेपछि  जयपुर विमानस्थलमा ६ घण्टासम्म उडानमा सवार यात्रुहरु अलपत्र परेका थिए। समाचार अनुसार ती यात्रुलाई सडकमार्फत दिल्ली पठाइएको थियो। दिल्लीको खराब मौसमका कारण आइतवार ३ अन्तर्राष्ट्रिय र २ आन्तरिक उडानलाई जयपुरतर्फ डाइभर्ट गरिएको थियो। जसमा एयर इन्डियाको दुई, स्पाइस जेटको दुई र गल्फ स्ट्रिमको एउटा उडान समावेश थियो। एयर इन्डियाको उडान एआई–११२ लण्डनबाट बिहान ६ बजे दिल्ली पुग्ने समय तालिका थियो। खराब मौसमका कारण उडानलाई जयपुरतर्फ डाइभर्ट गरिएको थियो। डाइभर्ट गरिने एयर इन्डियाको दोस्रो उडान दुबईबाट दिल्ली गइरहेको थियो। गल्फ स्ट्रिमको विमान बहराइनबाट दिल्ली जाँदै थियो। स्पाइस जेटको एउटा उडान पुणेबाट र अर्को गुवाहाटीबाट दिल्ली गइरहेको थियो। विमानमा सवार भारतीय मुलका बेलायती नागरिक अदितले जयपुरमा छाडेर पाइलट हिडे पछि अलपत्र परेका यात्रुलाई रिस उठेको बताए। तर, एयर इन्डियाले दिल्ली पठाउने हवाईजहाजको नयाँ व्यवस्था नगरेको बताए। उनीहरुले उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धिया र सांसद राज्यवर्धन सिंह राठौरलाई ट्वीट गर्दै गुनासो गरेका थिए। यसपछि एयर इन्डियाले जवाफ दिँदै छिट्टै समाधान गर्ने वाचा गरेको थियो। तर, ६ घण्टाभन्दा बढी जनताले सास्ती खेप्नुपरेको थियो। पछि एयर इन्डियाले केही यात्रुहरूलाई भोल्भो बस र टयाक्सीमार्फत जयपुरबाट दिल्ली पठाउने ब्यवस्था गरेको थियो। उडान डाइभर्सनका कारण जयपुर विमानस्थलमा करिब ६ घण्टासम्म सो जहाजमा सवार १५० भन्दा बढी यात्रुले सास्ती खेप्नुपरे पछि स्थीति तनावग्रस्त बन्न पुगेको थियो। आक्रोशित यात्रुले विमानस्थलमा नाराबाजी गरेका थिए। यात्रुहरुको असन्तुष्टि हटाउन विमानस्थल प्राधिकरणले उनीहरुलाई खाना र अन्य सुविधा उपलब्ध गराएको थियो।
भारतकाे उडिसामा एक आपसमा बस ठोक्किदा ११ जनाको मृत्यु भुवनेश्वर। राज्यको गञ्जम जिल्लाको दिग्पाहान्डी प्रहरी सीमा अन्तर्गत खेमुण्डी कलेज नजिकै गए राति भएको बस दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। रायगडाबाट भुवनेश्वर जाँदै गरेको विवाह समारोहको बस दिग्पाहाण्डीस्थित खेमुण्डी कलेज नजिकै सरकारी बससँग ठोक्किएको समाचारमा जनाइएको छ। घट्नालगत्तै स्थानीय प्रहरी रदमकलको टोली घटनास्थलमा पुगेको थियो। घाइतेहरुलाई उपचारका लागि बर्हम्पुर एमकेसीजी अस्पतालमा भर्ना गरिएको छ।
दक्षिण अफ्रिका टुक्रिएर नयाँ महासागर बन्दै, अफ्रिकामा किन चिरा परिरहेको छ? काठमाडौं। वैज्ञानिकहरूका अनुसार प्राकृतिक घटनाका कारण विश्वका धेरै महादेशहरू टुक्राटुक्रा हुँदै गए। भू-वैज्ञानिकहरूका अनुसार कुनै समय अन्टार्कटिका, दक्षिण अमेरिका, अष्ट्रेलिया र अफ्रिका एउटै महाद्वीपमा थिए तर पछि प्राकृतिक घटनाका कारण उनीहरु सबै छुट्टिए। यस्तै एउटा घटनाका कारण भारतलगायत अफ्रिकाबाट टुटेर एसियामा मिसियो। भारत एशियासँग ठोक्किए पछि हिमालय पर्वत शृङ्खला बनेको थियो। त्यसैले तिनीहरूलाई नयाँ र कच्चा पहाड भनिन्छ। अर्कोतर्फ अरवलीका हिमालहरू पुरानो, बलियो र बलियो छन्। भू-वैज्ञानिकहरूका अनुसार यस पटक अफ्रिकालाई दुई टुक्रामा विभाजन गर्ने खतरा छ किनभने केही महिना अघि अफ्रिकाको बीचमा दरार देखा परेको थियो। यसको आकार लगातार बढिरहेको छ। मार्च २०२३ को सुरुमा जब यो दरार पत्ता लागेको थियो, तब यसको लम्बाइ ५६ किलोमिटर थियो। अहिले असारसम्म यो दरार पहिलेको भन्दा लामो भएको छ, जुन निरन्तर बढिरहेको छ। यस्तो अवस्थामा भू-गर्भशास्त्रीहरू अफ्रिकालाई दुई भागमा विभाजन गर्ने चिन्तामा छन्। लन्डनको जियोलोजिकल सोसाइटीले रेड सीदेखि मोजाम्बिकसम्म ३५ सय किलोमिटरमा उपत्यकाको लामो नेटवर्क रहेको बताएको छ। अहिले यो सम्पूर्ण क्षेत्र ठूलो दरारमा परिणत भएको छ। अफ्रिकाको मध्य भागमा बनेको यो दरारबाट नयाँ महासागर बन्न सक्ने सोसाइटीको भनाइ छ। अब प्रश्न उठ्छ कि अफ्रिका साँच्चै दुई भागमा विभाजित हुनेछ? यदि अफ्रिका दुई भागमा विभाजित भयो भने यो कति लामो हुन्छ? भू-वैज्ञानिकहरूले यस्ता सबै प्रश्नहरूको जवाफ खोज्न टेक्टोनिक प्लेटहरू अध्ययन गरिरहेका छन्। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अर्थ अब्जर्भेटरीका अनुसार पूर्वी अफ्रिकामा रहेको सोमालियन टेक्टोनिक प्लेटलाई न्युबियन टेक्टोनिक प्लेटले पूर्वतिर तानेको छ। सोमाली प्लेटलाई सोमाली प्लेट र न्युबियन प्लेटलाई अफ्रिकी प्लेट पनि भनिन्छ। वैज्ञानिकहरूले सोमालियन र न्युबियन प्लेटहरू अरेबियन प्लेटबाट अलग भइरहेको बताएका छन्। लन्डनको जियोलोजिकल सोसाइटीले अध्ययनमा पत्ता लगायो कि यी सबै प्लेटहरू इथियोपियामा वाई आकारको दरार बनाउँछन्। युनिभर्सिटी अफ क्यालिफोर्नियाका अर्थ विज्ञानका प्रोफेसर केन म्याकडोनाल्डका अनुसार रिफ्ट बन्ने दर सुस्त छ तर खतरा ठूलो छ। म्याकडोनाल्डका अनुसार आगामी दिनमा यसको प्रभाव कतिसम्म जान्छ भन्ने स्पष्ट भन्न सकिँदैन। लन्डनको जियोलोजिकल सोसाइटीका अनुसार केन्या र इथियोपियाको बीचमा रहेको पृथ्वीको तापक्रम र कमजोरीका कारण पूर्वी अफ्रिकी क्षेत्रमा दरार आउने उच्च सम्भावना रहेको छ। यस गर्मीका कारण पृथ्वी भित्रको चट्टानमा खिचिएको छ। नासाको अर्थ अब्जर्भेटरीका अनुसार अफ्रिकालाई दुई भागमा विभाजन गर्दा दरारमा नयाँ समुद्र बन्न सक्छ। यो नयाँ क्षेत्र सोमालिया, इरिट्रिया, जिबूती, इथियोपिया, केन्या, तान्जानिया र मोजाम्बिकको पूर्वी भाग हुनेछ।
ग्रिसमा कन्जरभेटिभ पार्टी पुनः बिजयी, बामपन्थी दलको लज्जास्पद हार एथेन्स। ग्रीसको संसदीय निर्वाचनमा कन्जरभेटिभ न्यू डेमोक्रेसी पार्टीले जित हासिल गरेको छ। मतदाताहरूले सुधारवादी किरियाकोस मित्सोटाकिसलाई अर्को चार वर्षका लागि प्रधानमन्त्रीमा निर्वाचित गरेका छन्। आइतबार देशभरका झण्डै ९० प्रतिशत मतदान केन्द्रको आधिकारिक नतिजाले मित्सोटाकिसको पार्टीले ४० प्रतिशतभन्दा बढी मत प्राप्त गरेको देखाएको छ भने उनको प्रमुख प्रतिद्वन्द्वी वामपन्थी सिरिजा पार्टीले १८ प्रतिशतभन्दा कम मत प्राप्त गरेको छ। जसका कारण सिरिजा पार्टीले लज्जास्पद पराजयको सामना गर्नुपरेको हाे। मित्सोटाकिसले भारी जितपछि बलियो जनादेशको स्वागत गरेका छन्। उनले सम्बोधनमा जनताले सुरक्षित बहुमत दिएको बताए। ठूला सुधारका लागि अब छिटो अघि बढ्ने प्रतिबद्धतासमेत जनाएका छन्। नयाँ लोकतन्त्रले संसदको ३०० सिटमध्ये १५७ वा १५८ सिट जित्ने अनुमान गरिएको थियो। मे महिनामा भएको पछिल्लो निर्वाचन समानुपातिक प्रतिनिधित्व प्रणाली अन्तर्गत भएको थियो, जसमा पार्टीले ४१ प्रतिशत मत ल्याए पनि बहुमतबाट पाँच सिट घटेको थियो। ग्रीसमा पाँच हप्तामा दोस्रो पटक आइतबार आम निर्वाचन भएको हो। आर्थिक विकास र सुरक्षाको अभियानमा केन्द्रित भएपछि यस निर्वाचनमा मित्सोटाकिसको पार्टीले बहुमत ल्यायो । मिडिया रिपोर्टका अनुसार मतदाताहरू मुख्यतया अर्थतन्त्रको बारेमा चिन्तित थिए।
रुसी आक्रमणमा परी सिरियामा १३ जनाको मृत्यु, वर्षकै सबैभन्दा ठूलो आक्रामण दामाकस। आइतबार उत्तरपश्चिम सिरियामा रुसले गरेको हवाई आक्रमणमा परी दुई बालबालिकासहित १३ जनाको मृत्यु भएको छ। सो घटनामा परी ३० जना घाइते भएका छन्, जसको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। रुसले विद्रोही समूहको कब्जामा रहेका क्षेत्रहरूमा आक्रमण गरेको थियो, जुन धेरै ब्यस्त र ठूलो बजार थियो। बेलायतमा रहेको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका प्रमुख रामी अब्देल रहमानले आइतवारको आक्रमण सिरियामा यस वर्षको सबैभन्दा घातक भएको बताएका छन्। गत हप्ता विद्रोहीहरूले रसियामा ड्रोनबाट आक्रमण गरेका थिए, जसको रुसले सिरिया माथी आक्रामण गरेर प्रतिक्रिया दिएको हो। तर, रुसले सिरियाली राष्ट्रपति बसर असादको शासनलाई समर्थन गर्दै आएको छ। आक्रमणका क्रममा घटनास्थलमा रहेका साद फातु (३५) पेसाले मजदुर हुन्, उनले आफू बजारमा रहेको बेला उक्त आक्रामण भएको बताए। कारबाट टमाटर र काँक्रो उतार्दै गर्दा उनीमाथि आक्रमण भएको थियो। ‘एक्कासी मेरो अगाडि एउटा चिच्याहट आयो। चारैतिर रगत र चित्कार मात्रै थियो। घाइतेहरुलाई सहयोग गरेको छु। घटनाको बारेमा सोच्दा अनौठो लाग्छ, यो निकै डरलाग्दो दृश्य थियो। रुसले हामीमाथि आक्रमण गरेको छ,’ उनले भने। सोही क्रममा अर्का एक व्यक्तिले कालो धुवाँको बादल मात्रै देखेको बताए। त्यसपछि सहरभरी एम्बुलेन्स र एम्बुलेन्सको साइरनको आवाज मात्रै बजिरहेको थियो। अब्देल रहमानले रुसले उत्तरपश्चिम सिरियाका दुई फरक क्षेत्रमा आक्रमण गरेको बताए। पहिलो आक्रमण जिसर अल शुगर सहरमा गरिएको थियो, जसमा छ जना सर्वसाधारण र तीन विद्रोही मारिएका थिए। जबकि, दोस्रो आक्रमण इदलिब शहरको बाहिरी भागमा भएको थियो। इदलिबमा दुई बालबालिका र एक विद्रोहीसहित तीन सर्वसाधारणको मृत्यु भएको जनाइएको छ। सबै विद्रोही तुर्किस्तान इस्लामिक पार्टीका लडाकु थिए। आक्रमणमा परी करिब ३० जना घाइते भएका छन्, जसको हाल स्थानिय अस्पतालमा उपचार भइरहेको छ। मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ।
सन् २०२२ मा जापानमा ८४ हजार ९१० जना बेपत्ता टोकियो। जापानमा हराउँनु व्यक्तिहरूको सङ्ख्या क्रमश: बढ्दै गएको पाइएको छ। यस्ता व्यक्तिको संख्या सन् २०२२ मा लगातार दोस्रो वर्ष ८४ हजार ९१० पुगेको छ। जापानको राष्ट्रिय प्रहरी एजेन्सीले जनाए अनुसार यो संख्या अघिल्लो वर्षको तुलनामा ५ हजार ६९२ ले वृद्धि भएको देखिन्छ। बेपत्ता हुनेहरूको उमेर समूहमा २० वर्ष आसपासका सबैभन्दा बढी छन्। यो समूह कुल बेपत्ताको लगभग ४० प्रतिशत छ। यस अवधिमा देशमा डिमेन्सिया (विस्मृतिग्रस्त) भएका वा यस्तै किसिमका विकार भएको आशङ्कामा १८ हजार ७०९ जना बेपत्ता भएको प्रतिवेदनमा उल्लेख छ। सन् २०१२ मा तुलनात्मक तथ्यांक सार्वजनिक गर्न थालिएदेखि बेपत्ता हुनेको सङ्ख्या क्रमशः बढ्दो क्रममा छ। यो संख्या एक दशकमा झण्डै दोब्बर भएको छ। तीमध्ये धेरै व्यक्तिहरू डिमेन्सियाका कारण उद्देश्यविहीन भौंतारिएपछि हराएको उल्लेख गरिएको थियो। स्थानीय सरकारहरूले डिमेन्सिया भएका वा डिमेन्सिया भएको शंका लागेका मानिसहरूका परिवारका सदस्यहरूलाई जिपिएस यन्त्रहरू बोक्न वा तिनीहरूको कपडामा सम्पर्क जानकारीसहित (क्युआर कोड) राख्न आग्रह गरिरहेका छन्।
फ्रान्समा १० बर्षसम्म श्रीमतीको बलात्कार गराएर भिडियो खिच्ने पक्राउ पेरिस। फ्रान्समा एक ब्यक्ति आफ्नी श्रीमतीलाई अन्य पुरुषसँग १० वर्षसम्म बलात्कार गराएर फिल्म बनाएको आरोपमा पक्राउ गरेका छन्। उनी आफनी श्रीमतीलाई अरु पुरुषलाई बलात्कार गर्न लगाउँथे र त्यसको पुरै भिडियो खिचेर राख्दथे, जसलाई अहिले प्रहरीले पक्राउ गरी अदालतमा मुद्दा चलाएको छ। आरोपित व्यक्तिको नाम डोमिनिक पी हो। उनको ५० वर्षअघि विवाह भएको थियो। सन् २०११ देखि उनले श्रीमतीलाई डिनरमा एन्टी एन्जाइटी औषधि खुवाउने गरेपछि श्रीमतीले बेहोस हुन्थिन् र त्यही बेला उनी सुतेपछि घरमा मानिसहरूलाई बोलाएर श्रीमतीलाई बलात्कार गराउँथे। आफनी श्रीमतीको बलात्कार गराउनका लागि उनले २६ देखि ७३ वर्षका ५१ पुरुषलाई बोलाएका थिए, जसलाई प्रहरीले बलात्कारको आरोपमा पहिचानसमेत गरिसकेको छ। प्रहरीले ती महिला माथी भएका यौन दुर्व्यवहारका ९२ भिडियो प्रमाण प्राप्त गरेको छ, जसमा ८३ जना अभियुक्त देखिएका छन्। तर अहिलेसम्म ५१ जना मात्रै पहिचान गरी पक्राउ गरिएको फ्रान्सेली प्रहरी अधिकारीले जानकारी दिएका छन्। यी अभियुक्तले तीन वर्षअघि नै चेन्जिङ रुममा लुकेको क्यामेराबाट अर्की महिलाको भिडियो बनाएको रहस्य खुले पछि उनलाई पक्राउ गर्दा यो डरलाग्दो बलात्कारको घटना उजागर भएको हो। यस घटनाको अनुसन्धानका क्रममा प्रहरीले उनको ल्यापटपको खोजी गरेको थियो। जहाँ उनले ‘अब्यूज’ नामको फाइल सेभ गरेका थिए। फ्रान्सेली सञ्चारमाध्यमका अनुसार आरोपीको ल्यापटपमा सयौं भिडियोहरू फेला परेका छन्, जसमा नाम, मिति र भिडियोमा खिचिएका कुराहरू उल्लेख गरिएको छ। श्रीमतीले बलात्कारको सुराक पाउन नपरोस् भनेर आरोपीले धेरै नियम बनाएका थिए। घरबाट अलि टाढा रहेको विद्यालय नजिकै बलात्कारीले कार पार्क गर्नुपरेको थियो। त्यसपछि अँध्यारो भएपछि छिमेकीले देख्न नपरोस् भनेर त्यहाँबाट हिँडेर अभियुक्तको घर पुग्नुपर्ने भयो। घरभित्र पस्ने बित्तिकै भान्सामा गएर लुगा फुकाल्नु पर्थ्यो । त्यसपछि अभियुक्तले घरमा आएका व्यक्तिलाई तातो पानीले हात धुन लगाइदिन्थे ताकि विभिन्न तापक्रमका कारण श्रीमती नउठून्। साथै, पुरुषहरूलाई चुरोट पिउन र अत्तर लगाउन निषेध गरिएको थियो। यसो हुनुको पछाडिको कारण पनि एउटै थियो कि उनी गएपछि श्रीमतीलाई घरमा कसैको आगमनको खबर नआओस्।
बेलारुसका राष्ट्रपतिको मध्यस्ततामा बाग्नर ग्रुपको विद्रोह रोकियो मस्को। वाग्नर सेनाका प्रमुख येभगेनी प्रिगोगिनले रुसको राजधानी मस्कोतर्फको आफ्नो पदयात्रा रोकेका छन्। रुस २४ न्युज च्यानलका अनुसार बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले वाग्नर आर्मीका प्रमुखसँग कुरा गरे पछि उनीहरुले मस्कोतर्फको पदयात्रा रोकेका हुन्। अलेक्जेंडरले प्रिगोगिनलाई लडाकुहरूलाई मस्कोतर्फ जान रोक्न प्रस्ताव गरे, जसलाई वाग्नर सेना प्रमुखले स्वीकार गरे। उनले अडियो सन्देश जारी गर्दै यसबारे जानकारी गराएका हुन्। समाचार अनुसार क्रेमलिनका प्रवक्ता दिमित्री एस पेस्कोभले वाग्नर आर्मीलाई कारबाही नगर्ने बताए, जो रुसी सैन्य बिद्रोहमा सामेल रहेका थिए। इन्टरफ्याक्स समाचार एजेन्सीकाे रिपोर्ट अनुसार शनिबार राति दक्षिणी रूसी शहर रोस्तोभमा सडकहरू फेरि खोल्न थालेका छन्। बाग्नरका लडाकुहरूले रोस्तोभको सैन्य मुख्यालय खाली गरेका छन्, जुन वाग्नरको सेनाले यसलाई कब्जा गरेको थियो। एपीएन न्यूजका अनुसार वाग्नरका सेना प्रमुखले आफ्ना लडाकुहरूलाई युक्रेनमा रहेको फिल्ड क्याम्पहरूमा फर्कन आदेश दिएका छन्। ‘बेलारुसका राष्ट्रपतिसँग कुरा गरेपछि हामीले हाम्रा लडाकुहरूलाई फिर्ता लिने निर्णय गर्यौं,’ उनीहरुले भने। यसैबीच, वाग्नरको सेना राजधानीतर्फ अघि बढे पछि मस्कोले आफ्नो दक्षिणी भागमा सशस्त्र गाडीहरू र रूसी सेनाहरू सहित चौकीहरू निर्माण गरेको थियो। रेड स्क्वायरमा घेराबन्दी गरिएको थियो। रोयटर्सका अनुसार वाग्नर आर्मीका प्रमुखले अडियो सन्देशमा भनेका छन्-उनीहरु (रुसी सरकार) वाग्नर मिलिटरी कम्पनीलाई खारेज गर्न चाहन्छन्। हामीले २३ जुनमा न्यायको लागि मार्च सुरु गर्‍यौं। २४ घण्टामा हामी मस्को सीमाबाट २०० किलोमिटर टाढा थियौं। यस अवधिमा हामीले हाम्रा सैनिकहरूको रगतको एक थोपा पनि बगाउन सकेनौं।
रूसी विद्रोही सेना भन्छन– ‘देशले नयाँ राष्ट्रपति पाउँदैछ’ मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सबैभन्दा ठूलो घरेलु संकटको सामना गरिरहेका छन् । रुसको निजी सेना वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनले विद्रोहको बिगुल फुकेका छन् । येभगेनीले आफू २५ हजार सैनिक लिएर रुस प्रवेश गरेको बताएका छन् । राष्ट्रपति भ्लादिमिर पुटिनले वाग्नर प्रमुखको सशस्त्र विद्रोहले दक्षिणी रुसको प्रमुख सहरमा नागरिक र सैन्य निकायलाई अवरुद्ध गरेको बताए। येभगेनी प्रिगोजिनले सैन्य नेतृत्वलाई पराजित गर्ने अप्रत्याशित प्रयास स्वरुप शनिबार मस्कोतर्फ सशस्त्र  समुह पठाएको देखिन्छ। रुसी अधिकारीहरूले युक्रेनको दक्षिणी भागलाई मस्कोसँग जोड्ने मुख्य सडकमा सैन्य समुह रहेको र त्यहाँका बासिन्दाहरूलाई यसबाट बच्न चेतावनी दिएका छन्। टेलिग्राममा पोस्ट गरिएको भिडियोमार्फत प्रिगोजिनले घोषणा गरेका छन कि, उनी दक्षिणी रूसको रोस्तोभ अन डनमा रहेको सेनाको मुख्यालय भित्र थिए र उनका लडाकुहरूले शहरमा सैन्य साइटहरू नियन्त्रणमा लिएका थिए। प्रिगोजिनले भनेका छन, उनका सेनाहरू युक्रेनी मोर्चाबाट रूसमा प्रवेश गरिसकेका छन् र उनका हजारौं लडाकुहरू मर्न तयार छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले राष्ट्रका नाममा सम्बोधन गर्दै निजी सेनाका प्रमुखले विद्रोहको घोषणा गरेको र देशको प्रमुख सहरमा प्रवेश गरेको स्विकार गरेका छन् । सो क्रममा पुटिनले निजी सेनाका प्रमुखद्वारा सशस्त्र विद्रोहको घोषणालाई ‘देशद्रोह’ भनेका छन्  । साथै, उनीहरुलाई परास्त गरेर जनता र रुसको सुरक्षा गर्ने वाचा गरेका छन्। देशलाई सम्बोधन गर्दै पुटिनले भने, ‘भाइलाई भाइको विरुद्धमा खडा गरिएको छ। वाग्नरले रसियाका जनतालाई धोका दिएका छन्। उसले हामीलाई पछाडिवाट छुरा प्रहार गरेको छ। वाग्नरले रुसी सेनालाई चुनौती दिएका छन । हामीले सेनालाई जवाफी कारबाहीका लागि निर्देशन दिईसकेका छौं । आतंकवादीहरूलाई कडा सजाय दिनेछौं, अनाबश्यक विद्रोह गरेको छ ।’ मस्कोका मेयरका अनुसार आतंकवाद विरोधी गतिविधि सुरु गर्ने घोषणा गरेका छन् । मस्कोका मेयर सर्गेई सोब्यानिनले सामाजिक सञ्जालमा भने, ‘मस्कोमा आएको सूचनाको सम्बन्धमा सुरक्षा सुदृढ गर्ने उद्देश्यले आतंकवाद विरोधी कदम चालिएको छ।’ अर्कोतर्फ दक्षिणी रुसको रोस्तोभ र लिपेत्स्कमा पनि सुरक्षा बढाइएको छ। रोस्तोभमा अधिकारीहरूले सबै बासिन्दाहरूलाई आफ्नो घर नछोड्न आग्रह गरेका छन्। रक्षा मन्त्रालयसँग एक महिना लामो विवादमा फसेका वाग्नरका प्रमुख येभगेनी प्रिगोजिनले मस्कोले आफनो समुह माथी घातक मिसाइल आक्रमण गरेको र सो आक्रामण आफ्नो सेनालाई लक्षित गरेको आरोप लगाए र उनले बदला लिने वाचा गरेको समेत जनाएका छन् । येभगेनी प्रिगोजिनले देशको सैन्य नेतृत्वलाई पराजित गर्न सबै आवश्यक कदम चाल्ने वाचा गरेका छन । र, आफ्नो सेनाले आफ्नो बाटोमा आउने सबै अवरोधहरूलाई नाश गर्नेसमेत बताए। प्रिगोजिनले भने, ‘हामी अगाडि बढिरहेका छौं र हामी अन्त्यमा जानेछौं।’ उनले रूसीहरूलाई आफ्नो सेनामा सामेल हुन आग्रह गरे। मस्कोको सैन्य नेतृत्वलाई कारबाही गर्न पनि आग्रह गरेका छन् ।
निजी सेनाले बिद्रोह गरे पछि पुटिनले भने, ‘पिठ्युँमा छुरा प्रहार गर्नेलाई कारबाही हुन्छ’ मस्को। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रसियामा निजी सेना वाग्नर समूहले कू प्रयासको बीचमा देशलाई सम्बोधन गरेका छन । पुटिनले वाग्नरका प्रमुख येभगेनी प्रिगोजिनको कार्य देशद्रोह भएको बताएका छन् । सम्बोधनमा उनले भने, ‘यो देशद्रोह हो । रुसले आफ्नो रक्षा गर्नेछ र यस शत्रुतापूर्ण कदम विरुद्ध बदला लिनेछ ।’ वाग्नर प्रमुख येभगेनी प्रिगोजिन र उनको सेनाले रोस्तोभ अन डोन र भोरोनेजका रूसी शहरहरू कब्जा गरेको केही घण्टापछि पुटिनले बिहान रुसी जनतालाई एउटा टेलिभिजनमार्फत सम्बोधन गरेका थिए । रुसी सेना र रुसी जनता विरुद्ध विद्रोह गर्नेलाई विद्रोहको सजाय दिइने पुटिनले बताए । सम्बोधनका क्रममा पुटिन निकै क्रोधित देखिन्थे । उनले थप भने, ‘जसले जानाजानी देशद्रोहको बाटोमा हिँडेका छन्, त्यसले अवश्यम्भावी सजाय भोग्नुपर्छ । सेनाले उचित आदेश पाएको छ।’
रुसमा निजी सेना वाग्नर समुहद्वारा बिद्रोह, मस्कोमा बढाईयो सुरक्षा मस्को। रुसी राष्ट्रपति पुटिन ठूलो समस्यामा परेका छन् । रुसको शक्तिशाली निजी सेना समूह वाग्नरले विद्रोह गरेको छ । मस्को उच्च सतर्कतामा छ। राजधानीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । रुसमा कूको सम्भावना छ । युक्रेनमा भएको युद्धलाई लिएर रुसी भाडाका प्रमुख येभगेनी प्रिगोजिन र सेनाका शीर्ष अधिकारीहरूबीच लामो समयदेखि चलिरहेको द्वन्द्व खुलासा भएको छ। वाग्नर समूहका लडाकुहरू अगाडि छन्। वाग्नर प्रमुखले रुसविरुद्ध युद्धको घोषणा गरेका छन् । मस्को आउने राजमार्ग बन्द गरिएको छ। रुसी सेनाको दोस्रो हेलिकप्टर पनि खसालेको वाग्नरको दाबी छ । रोस्तोभका गभर्नरले जनतालाई घरबाहिर ननिस्कन अपिल गरेका छन् । वाग्नरले पनि आफ्नो सेनाले रोस्तोभ सहरका धेरै स्थानहरू कब्जा गरेको दाबी गरे। रोस्तोभका मेयरले मानिसहरूलाई घरभित्रै बस्न आग्रह गरेका छन् । वाग्नर समूह युक्रेनमा नियमित रुसी सेनासँगै लड्ने भाडाका सैनिकहरूको निजी सेना हो। एक पटक पुटिनको सहयोगी प्रिगोगिनले हालैका महिनाहरूमा मस्कोसँग बढ्दो तितो झगडामा संलग्न छन्। वाग्नरका प्रमुखले शनिबार आफ्नो २५ हजार  सेना ‘मर्न तयार’ रहेको बताएका थिए किनभने उनले रुसको सैन्य नेतृत्वलाई उखाल्ने वाचा गरेका थिए। येभगेनी प्रिगोगिनले नयाँ अडियो सन्देशमा भने, ‘हामी सबै मर्न तयार छौं। हामी रूसी जनताको लागि मरिरहेका छौं। हामी हाम्रो मातृभूमि र रूसी नागरिकहरूको लागि खडा छौं। आम जनतालाई मार्ने यस्ता मानिसहरूबाट छुटकारा पाउनु पर्छ।’ येवगेनी प्रिगोगिनले भने कि तिनीहरूले आफ्नो बाटोमा खडा भएका सबै चीजहरू नष्ट गर्नेछन् । वाग्नर कासानिक समूहको धम्कीपछि रुसले सैन्य सवारीसाधन तैनाथ गरेको छ र सरकारी सुविधाहरू र प्रमुख स्थानहरूमा सुरक्षा बढाएको छ। मस्कोमा उच्च सतर्कता जारी गरिएको छ।
अमेरिकाले लडाकु विमानको इन्जिन भारतमा बनाउने अमेरिका। अमेरिकाले लडाकु जेटको इन्जिन भारत मै बनाउने भएको छ । अमेरिका र भारतका बिचमा भारतीय वायु सेनाका लागि जेटको इन्जिन भारतमा बनाउने सहमति भएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणको क्रममा सो सहमति भएको हो । अमेरिकाले जेट इन्जिनको प्रविधि भारतसँग साझा गर्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । जसअनुसार सैन्य क्षेत्रमा दुई देश बीचमा एतिहासिक र महत्त्वपूर्ण उपलब्धि मानिएको छ । सो अवसरमा अमेरिकाको जनरल इलेक्ट्रिक र भारतको सरकारी स्वामित्वको हिन्दुस्तान एयरोनटिक्स लिमिटेडबीच सम्झौतापत्रमा हस्ताक्षरसमेत भइसकेको छ । मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेन बीचको भेटवार्ता पछि दुबै देशका कम्पनीका बीचमा सम्झौतासमेत भएको छ । अमेरिकामा निजी कम्पनीहरूले सैन्य सुरक्षा सामग्री उत्पादन गर्दै आएका छन् । मोदी २१–२३ जुनसम्म अमेरिकाको राजकीय भ्रमणमा रहेका थिए । तीन दिने भ्रमण सकेर मोदी शनिवार मिश्रतर्फ प्रस्थान गरेका छन्।
पाँच जनाको बिभत्स हत्या गरेपछि एक युवाले आफैंलाई गोली हाने उत्तर प्रदेश। भारतको उत्तर प्रदेशको मैनपुरीबाट एउटा हृदयविदारक खबर सार्वजनिक भएको छ। यहाँ एकै परिवारका सदस्य, आफन्त र साथीको विभत्स हत्या गरिएको छ। आफ्नो परिवारका कुल ५ जनाको हत्या गरे पछि ती ब्यक्तिले आफैलाई गोली हानेर मारेका थिए। भारतीय सञ्चारमाध्यमक आजतकका अनुसार घरको जेठो छोराले यो घटना गराएका हुन्। उनले पहिले परिवारका चार सदस्य र एक आफन्तको बञ्चरोले टाउको काटेका थिए। त्यसपछि अन्य दुई जनालाई पनि मार्ने प्रयास गरियो। त्यसपछि आरोपीले आफैँलाई गोली हानेर आत्महत्या गरेका थिए। घाइते दुवै महिलाको अवस्था चिन्ताजनक रहेको बताइएको छ। घटना किश्नी थाना क्षेत्र गोकुलपुरा अरसारासँग सम्बन्धित छ। जानकारी अनुसार यो घटना राति २ बजेको समयमा भएको थियो। समाचार अनुसार घरको जेठो छोराले पहिला सबैलाई हानेर हत्या गरे। त्यसपछि उनले आफूलाई पनि गोली हानेर आत्महत्या गरे। घरमा विवाह भएकोले सबै आफन्त पनि त्यहाँ थिए। हत्याको यो घटनापछि इलाकामा सनसनी फैलिएको छ। घटनास्थलमा एसपी, आईजी र एडीजीलगायत जिल्ला अधिकारीहरू उपस्थित रहेका छन्। जानकारी अनुसार गोकुलपुरमा बस्दै आएका सुभाषचन्द्र यादवका छोरा सोहवीरले आफ्नै परिवारका ५ जना (दुई दाजु र भाइकी श्रीमती, साथी र जेठाजु) को हत्या गरेका हुन्। उनले माइजु र श्रीमतीलाई पनि मार्ने प्रयास गरेका थिए। सूचना प्राप्त हुनासाथ स्टेशन इन्चार्ज किश्नी मे फोर्स पुगेका छन्। सबै शवलाई आफ्नो नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि पठाइएको छ। हाल यस विषयमा थप कारबाही भइरहेको छ । प्रहरीले घरमा रहेका अन्य व्यक्ति र छिमेकीसँग सोधपुछ गरिरहेको छ । आखिर किन युवकले यस्तो कदम चाल्यो? अनुसन्धान जारी छ।
आसाम बाढीको त्रास : बजालीका १९६ गाउँका २ लाख ६१ हजार मानिस प्रभावित आसाम। आसामको बजाली जिल्लामा बाढीको अवस्था झनै डरलाग्दो बन्दै गएको छ। यस जिल्लाका १९६ गाउँका करिब दुई लाख ६१ हजार मानिसहरू बाढीबाट प्रभावित भएका छन्। पाहुमरा खोलाको बाढीले पाठशाला क्षेत्रका थुप्रै गाउँ डुबानमा परेका छन्। बाढीको पानीले पाठशालास्थित स्वाहिद मदन रौता उप-डिभिजन निजामती अस्पताल डुबानमा परेपछि अस्पताल प्रशासनले सबै बिरामीलाई अस्पतालबाट अन्यत्र सारेको छ। अर्कोतर्फ पाहुमरा खोलाको बाढीले मेधिकुची गाउँको तटबन्धको ठूलो हिस्सा भत्काएर कैयौं घर बगाएको छ। प्रभावित गाउँलेहरू अहिले सडक, तटबन्ध र अग्लो स्थानमा आश्रय लिएर बसेका छन्। बाढीले बजली जिल्लाको २९७ दशमलव ३० हेक्टर बाली डुबानमा परेको जनाएको छ। अर्कोतर्फ असमको तामुलपुरको कुमारिकाटा क्षेत्रमा बाढीको पानीले पुलमा क्षति पुर्याएको छ। आसामको कोकराझार जिल्लामा बिहीबार मडाती नदीको बाढीले गोसाइगाउँ क्षेत्रस्थित खोलामाथिको काठको पुल बगाउँदा आवतजावतमा बाधा पुगेको छ।
अष्ट्रेलियन पादरीले १९३ वटा बाल यौन दुर्व्यवहार गरेको पुष्टि सिडनी। अष्ट्रेलियाका एक पूर्व पादरीले ७० भन्दा बढी यौन दुर्ब्यबहारको दोषी प्रमाणित भएका छन्। हालै ८९ वर्षीय पूर्बपादरी जेराल्ड रिड्सडेलले बाल यौन दुर्व्यवहारको थप आरोप स्वीकार गरेपछि उनले ७२ वटा अपराध गरेको पुष्टि भएको हो। उनी सन् १९९४ देखि ३९ वर्षको जेल सजाय भोगिरहेका छन्। सो सँगै उनले १९३ औं अपराध गरेको पुष्टि भएको छ। नयाँ कसुर प्रमाणित भए पछि अब उनलाई थप सजाय हुनसक्छ। गेराल्डले सन् १९६१ देखि १९८८ सम्म आफ्नो चर्च र विद्यालयमा उपस्थित धेरै बालबालिकालाई यौन दुर्व्यवहार गरेको उजुरी पछि उनलाई पक्राउ गरिएको थियो। उनी बिरुद्ध धारा प्रवाह रुपमा उजुरी परे पछि अष्ट्रेलियामा सो समयमा सनसनी मच्चिएकोसमेत थियो। उनै पादरी माथी थप अर्को आरोप पुष्टी भए पछि उनी पुनः चर्चामा आएका हुन्। भिक्टोरिया राज्यको रोमन क्याथोलिक चर्चमा पादरी रहेका गेराल्डले विभिन्न दुर्व्यवहारका घटना बाहिर आएपछि देशभर हंगामा मच्चाएको थियो। उनी यतिबेला ओछ्यानबाट उठ्न सक्दैनन्, उनलाई जेलको अस्पतालमा राखिएको छ। हालै स्थानीय बल्लार मजिस्ट्रेटको अदालतले ७२ औं मुद्दाको सुनुवाइ भिडियो कन्फरेन्समार्फत सम्पन्न गरेको हो। १९८७ को पछिल्लो मामला मेलबर्नबाट ३०० किलोमिटर टाढा रहेको होर्शाम स्कूलसँग सम्बन्धित छ, जहाँ उनले एक सहायक पादरी हुँदा एक १३ वर्षीय केटालाई यौन दुर्व्यवहार गरेका थिए। पछिल्लो दोषी ठहरिए पछि, जेराल्डलाई उसको १९३ औं अपराधको लागि सजाय सुनाइनेछ। उनलाई सजायका लागि अगस्ट १५ मा अदालतमा पेश गरिने छ।
टाईटनिक पर्यटन पनडुब्बी बिष्फोट भएको पुष्टि, पाँचै जनाको मृत्यु न्युर्योक। टाइटनिक पर्यटन पनडुब्बीमा सबार पाँचै जनाको मृत्यु भएको घोषणा गरिएको छ। टाइटानिकको शताब्दी पुरानो भग्नावशेषको यात्रामा पाँच जनालाई बोकेको एउटा गहिरो समुद्री पनडुब्बी ‘विपत्तिजनक विस्फोट’ को टुक्रामा फेला परेपछि उनीहरुलाई मृत्यु घोषणा गरिएको हो। याेसँगै पाँच दिन लामो खोज अभियानपछि अमेरिकी तटरक्षक गार्डले बिहीबार बहुराष्ट्रिय पाँच दिनको खोजी समाप्त भएको जनाएकाे छ। राेयटर्सका अनुसार क्यानाडाली जहाजबाट खटाइएको रोबोट डाइभिङ गाडीले बिहीबार बिहान उत्तरी एट्लान्टिकको दुर्गम कुनामामा पनडुब्बी टाइटनको एउटा भग्नावशेष फेला पारेको थियो। ‘६.७ मिटरका टाइटनका पाँचवटा प्रमुख टुक्राहरू भग्नावशेष क्षेत्रमा अवस्थित थिए, जसमा जहाजको पुच्छर कोन र प्रेसर हलका दुई भागहरू थिए,’ कोस्ट गार्ड अधिकारीहरूले भने। सो क्रममा मानव अवशेषहरू देखिएका थिए कि थिएनन? भनेर कुनै उल्लेख गरिएको छैन। ‘यो भग्नावशेष क्षेत्र वाहनको एक विनाशकारी विस्फोट संग सबन्धित छ,’ मौगरले भने। संयुक्त राज्य अमेरिकास्थित कम्पनी ओशनगेट एक्सपिडिसनद्वारा सञ्चालित टाइटनको पर्यटक बोकेको पनडुब्बी गत आइतवार बिहान सम्पर्क बिच्छेद हुन पुगेको थियो। समुद्रकाे गहिराहीमा प्रवेश गरेको २ घन्टा ४५ मिनेटमा नै सम्पर्क बिच्छेद भएको सो पनडुब्बी खोज्नका लागि आइतवारदेखि नै पाँच राष्ट्रका पनडुब्बी बिज्ञहरुले खोजतलास सुरु गरेका थिए। विश्व प्रसिद्ध पानी जहाज टाइटनिक हेर्न गएका उक्त जहाजको टुक्राहरु फेला परे पछि बिष्फोट भएको पुष्टि भएको हो। कोस्ट गार्डको प्रेस सम्मेलन अघि नै ओशनगेटले एक विज्ञप्ति जारी गर्‍यो थियो। ‘टाइटनमा सवार पाँच जना व्यक्तिहरू मध्ये कोही पनि बाँचेनन्।,’ उक्त पनडुब्बीमा दुई पाकिस्तानी मुलका अर्बपति बाबु-छोरा, बेलायती अर्वपति र पाइलटसहित पाँच जना सवार थियो।
युक्रेन आक्रमणले क्रिमियाको पुलमा क्षति मस्को । जारी हड्तालले रूसले आंशिक रूपमा कब्जा गरेको दक्षिणी युक्रेनको क्षेत्रसँग गाभिएको क्रिमियन प्रायद्वीपलाई जोड्ने पुलमा क्षति पुगेको छ । रूसी अधिकारीले बिहीबार यसबारे टिप्पणी गरेका छन् । ‘रातको समयमा गरिएको हड्तालले चोङ्गर पुलमा क्षति पुगेको छ तर सो आक्रणबाट त्यहाँ कोही पनि पीडित छैनन्,’ क्रिमियाका रूसद्वारा स्थापित गभर्नर सर्गेई अक्स्योनोभले टेलिग्राममा उल्लेख गरेका छन् । यो पुलले सन् २०१४ मा रूसले युक्रेनबाट गाभिएको क्रिमियालाई युक्रेनी क्षेत्रसँग जोड्दै आएको छ।
श्रीलंकाको मुद्रास्फीति मे महिनामा २२.१ प्रतिशतमा झर्यो कोलम्बो। श्रीलंकाको मुद्रास्फीति मे महिनामा २२.१ प्रतिशतमा झरेको छ। राष्ट्रिय उपभोक्ता मूल्य सूचकांकमा आधारित श्रीलंकाको मुद्रास्फीति २२.१ प्रतिशतमा झरेको जनगणना तथा तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको छ। एनसीपीआईका अनुसार अप्रिलको मुद्रास्फीति ३३.६ प्रतिशत थियो। खाद्य श्रेणीको मुद्रास्फीति अप्रिलमा २७.१ प्रतिशतको तुलनामा मे महिनामा १५.८ प्रतिशतमा झरेको छ। गैर–खाद्य समूहको मुद्रास्फीति वैशाखमा ३९.० प्रतिशतबाट घटेर मे महिनामा २७.६ प्रतिशतमा पुगेको छ। श्रीलंकाको केन्द्रीय बैंकले अनुमानित गिरावटको मुद्रास्फीति प्रवृति सन् २०२३ सम्म जारी रहने अपेक्षा गरेको छ। सन् २०२३ को अन्त सम्ममा एकल–अंकको तथ्यांकमा प्रचलित उच्च मुद्रास्फीतिलाई ल्याउने अपेक्षा गरिएको छ।
ट्यनिसियामा रेल दुर्घटना : दुई जनाको मृत्यु, ३४ जना घाइते ट्यनिस। पूर्वी–मध्य ट्यनिसियामा रात्रिकालीन यात्रुवाहक रेल पटरीबाट खसेर पल्टिँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ। साथै अन्य ३४ जना घाइते भएका छन्। ट्यनिसियन रेलवेको राष्ट्रिय कम्पनीले बुधबार जनाए अनुसार मध्यरातको केही समयपछि सोसे प्रान्तको मसाकेन शहर नजिकै सो रेल पटरीबाट खसेपछि दुर्घटना भएको हो। पीडित चालक र यात्रु रहेको एसएनसीएफटीले जनाएको छ। उक्त ट्रेन ट्यनिसियाको राजधानी ट्यनिसदेखि दक्षिणपूर्वी प्रान्त गाबेससम्मका लागि यात्रारत थियो। दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान शुरु गरिएको एसएनसीएफटीले जनाएको छ।
भारत–अमेरिका साझेदारीले विश्वव्यापी वृद्धिको लागि चालु इन्जिनको रूपमा काम गर्ने : प्रधानमन्त्री मोदी भर्जिनिया। भारत र संयुक्त राज्य अमेरिकाबीचको साझेदारीले दिगो र समावेशी विश्वव्यापी वृद्धिका निम्ति चालु इन्जिनको रूपमा काम गर्ने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन्। अमेरिकाको भ्रमणमा रहेका प्रधानमन्त्री मोदीले बुधबार नेशनल साइन्स फाउन्डेशनमा ‘भविष्यका लागि सीप’ कार्यक्रमलाई सम्बोधन गर्दै सो टिप्पणी गरेका हुन्। प्रधानमन्त्री मोदीले दुई देशबीचको बढ्दो गतिलाई कायम राख्न प्रतिभाको व्यवस्थापन र आदानप्रदानको आवश्यकतामा जोड दिएका हुन्। “विकासको गतिलाई कायम राख्न भारत र अमेरिकालाई प्रतिभाको पाइपलाइन आवश्यक छ। एकातिर अमेरिकासँग उच्चस्तरीय शैक्षिक संस्था र उन्नत प्रविधि छन्, अर्कातर्फ भारतमा विश्वको सबैभन्दा ठूलो युवा कारखाना छ। त्यसैले मलाई विश्वास छ – भारत–अमेरिका साझेदारी दिगो र समावेशी विश्वव्यापी वृद्धिका निम्ति चालु इन्जिन साबित हुनेछ,” प्रधानमन्त्री मोदीले भने। यसअघि बुधबार वाशिङ्टन डिसी पुग्नुभएका प्रधानमन्त्री मोदीलाई एयरबेसमा औपचारिक स्वागतका साथै गार्ड अफ अनर दिइएको छ । प्रधानमन्त्री मोदी त्यसपछि अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिलाले आयोजना गर्नु भएको राजकीय रात्रिभोजमा सहभागी हुने कार्यक्रम छ । प्रथम महिला जिल बाइडेनको साथमा प्रधानमन्त्री मोदीले भर्जिनियाको अलेक्जान्ड्रियामा रहेको नेशनल साइन्स फाउन्डेशनको भ्रमण गरेका हुन्। सो अवसरमा उनले महत्त्वपूर्ण उद्योगमा सफल पार्नका लागि सान्दर्भिक सीप हासिल गरिरहेका दुवै देशका विद्यार्थीसँग कुराकानी गरेका थिए। सो अन्तरक्रियामा नयाँ शिक्षा नीति लागू गर्ने, शिक्षा र सीपलाई एकीकृत गर्ने जस्ता विद्यार्थीको उज्ज्वल भविष्य सुरक्षित गर्न भारत सरकारले गरेका पहल माथि प्रकाश पारिएको थियो। विद्यार्थीको उज्ज्वल भविष्यका लागि भारत सरकारले गरेको कामको चर्चा गर्दै प्रधानमन्त्री मोदीले नयाँ शिक्षा नीति ल्याइएको र शिक्षा र सीपलाई एकीकृत गर्ने योजना बनाएको बताएका छन्। स्किल इन्डिया अन्तर्गत भारतले आर्टिफिसियल इन्टेलिजेन्स, ब्लकचेन, ड्रोनको क्षेत्रमा “१५ अर्ब मानिस”लाई दक्ष बनाएको छ। उनले विद्यालयमा भारत सरकारले १० हजार अटल टिंकरिङ ल्याब स्थापना गरी बालबालिकालाई आविष्कारमा सङ्लग्न हुने सुविधा उपलब्ध गराएको पनि जानकारी दिए। प्रधानमन्त्री मोदीले अमेरिकी विद्यार्थीलाई भारत आउन आग्रह गर्दै अमेरिकाका सयौँ शिक्षक पहिले देखिनै भारतमा रहेको र प्राविधिक साझेदारीमा भाग लिइरहेको बताएका छन्। भारत–अमेरिका शिक्षक आदानप्रदान कार्यक्रमको प्रस्ताव गर्दै प्रधानमन्त्री मोदीले भने, “हामी भारत–अमेरिका शिक्षक आदानप्रदान कार्यक्रम शुरु गर्ने बारे सोच्न सक्छौँ। वैज्ञानिकको सङ्लग्नता बढाउन यो अत्यन्तै सान्दर्भिक छ।”
चीनद्वारा अमेरिकालाई अपराधीको आश्रयस्थल नबन्न अनुरोध बेइजिङ। चीनले अमेरिकालाई आफ्नो अन्तरराष्ट्रिय जिम्मेवारी पूरा गर्न र अपराधीहरूको सुरक्षित आश्रयस्थलमा परिणत हुनबाट रोक्न आग्रह गरेको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङले बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा दुई चिनियाँ नागरिकलाई अमेरिकामा मङ्गलबार सजाय दिइएको र जबरजस्ती चीन फिर्ता पठाएको बारेका जिज्ञासा राख्दा उक्त टिप्पणी गरेकी हुन्। “सीमापार अपराधहरू विरुद्ध लड्न, भ्रष्ट भगौडाहरूलाई स्वदेश फिर्ता गर्ने र गैरकानूनी आम्दानीलाई नियन्त्रण गर्ने लगायतका विषय अन्तरराष्ट्रिय समुदायले व्यापक रूपमा मान्यता दिएको विषय हो र यो न्यायोचित पनि हो,” माओले भनिन्। विश्वका कुनै पनि देशसँग चीनको कानून प्रवर्तन सहयोग अन्य देशको कानुन र न्यायिक सार्वभौमसत्ताको पूर्ण सम्मान गर्दै र अपराधी संदिग्ध व्यक्तिहरूको कानुनी अधिकार र हितको रक्षा गर्ने प्रतिबद्धताका साथ अन्तरराष्ट्रिय कानूनको कडाइका साथ सञ्चालन गरिने पनि माओले प्रतिबद्धता व्याक्त गरिन्। “सम्बन्धित कार्य पूर्णतया न्यायोचित छ। अर्कोतर्फ अमेरिकाले तथ्यहरूलाई बेवास्ता गर्ने गरेको छ, जानाजानी चीनको प्रयासलाई भयावह चीजको रूपमा विकृत गरेको छ र न्यायिक कारबाही पनि फरक ढंगले गरेको छ। चीन यसको कडा विरोध गर्दछ,” माओले भनेकी छन्। उनले अमेरिकालाई आफ्नो गल्ती तुरुन्त सच्याउन, अन्तरराष्ट्रिय संगठित अपराध विरुद्धको संयुक्त राष्ट्रसंघ महासन्धि, भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसंघ महासन्धि र अन्य अन्तरराष्ट्रिय सन्धिहरू अन्तर्गत आफ्नो दायित्व पूरा गर्न आग्रह गरेको छ साथै आफ्नो अन्तरराष्ट्रिय जिम्मेवारी पूरा गर्न पनि उनले अमेरिकाको ध्यानाकर्षण गराइन्।
प्यालिस्टिनी युवाले ‘राजनीतिक समाधानमा विश्वास गुमाइसके’ बीबीसी। तीस वर्षमुनिका प्यालेस्टिनीहरूले अहिलेसम्म मतदान गर्न पाएका छैनन् र धेरैले आफूहरूलाई राजनीतिक नेतृत्वप्रति विश्वास नरहेको बताउँछन्। बीबीसीसँग साझा गरिएका डेटाअनुसार प्यालेस्टिनी युवाहरूले इजरेली-प्यालेस्टिनी द्वन्द्व अन्त्यका लागि अगाडि सार्दै आइएको ‘दुई राज्य समाधान’ लाई अस्वीकार गर्ने क्रम बढ्दो छ। “वास्तविक स्थिति नै नहेरी पश्चिमाले ल्याएको ‘दुई राज्य समाधान’ को कुरा बारम्बार गरिन्छ। तर सीमाहरू कता छन्?,” १७ वर्षीया जाना तमिमीले विमति जनाउँदै भनिन्। जाना संसारमा सबैभन्दा सानो उमेरमा पत्रकारको मान्यता पाएका व्यक्तिमध्ये एक हुन्। सात वर्षको उमेरबाट उनले आफ्नी आमाको मोबाइल मागेर अधिनस्थ वेस्ट ब्याङ्कमा पर्ने गृहनगर नबी सलाहमा प्रदर्शनहरूबारे रिपोर्टिङ गर्न थालेकी हुन्। “मैले [इजरेली फौजबाट] रातिको समयमा र दिनमा प्रायः भइरहने छापामारीबारे रिपोर्टिङ गर्दै आएकी छु। ती सबैको भिडिओ म खिच्दिनँ, तर राम्रो गर्ने प्रयास गर्छु,”उनले भनिन्। “पढाइ र कामलाई सँगै बढाउँदा गाह्रो हुने रहेछ। तर रिपोर्टिङ गर्नुपर्ने केही न केही भइरहन्छ।” जानाको जन्म भएयता प्यालेस्टिनी भूभागमा अहिलेसम्म न एउटा आमचुनाव न त राष्ट्रपतीय चुनाव भएको छ। त्यहाँ अन्तिम चुनाव सन् २००६ मा भएको थियो जसको अर्थ ३४ वर्ष मुनिका मानिसले मतदान गर्न पाएका छैनन्। प्यालेस्टिनी नेतृत्वप्रति विश्वास गुमेको छ भने शान्तिका लागि इजरेलसँगै स्वतन्त्र प्यालेस्टिनी राज्यको स्थापना गर्ने गरी अन्तर्राष्ट्रिय रूपमा समर्थन रहेको ‘दुई राज्य समाधान’ प्रति समर्थन खस्कँदो छ। वेस्ट ब्याङ्कमा अस्थित प्यालेस्टिनी सेन्टर फर पोलिसी एन्ड सर्भे रिसर्चले दुई दशकको अवधिमा मानिसहरूको धारणामा आएको परिवर्तनलाई हेरेको छ र १८ देखि २९ वर्ष उमेरका मानिसहरूबारेको तथ्याङ्क बीबीसीसँग साझा गरेको छ। ती निष्कर्षमा अहिलेको पुस्तामा सत्तारूढ प्यालेस्टिनी प्रशासनमाथि घट्दै गएको समर्थनलाई र हालैको दशकमा ‘दुई राज्य समाधान’प्रतिको समर्थनमा निरन्तर गिरावट भएको स्पष्ट रूपमा देखिएको छ। उक्त सेन्टरका निर्देशक खलिल सिकाकीले भने, “युवाहरूको आजको असन्तुष्टि राजनीतिक प्रणालीमा उनीहरूले देखेको वैधानिकताको कमीका कारण मूल रूपमा प्रकट भएको हो। हामीसँग राष्ट्रपति छन् जोसँग १४ वर्षयता चुनावी वैधानिकता छैन।” “हाम्रो राजनीतिक प्रणाली मूलत: निरङ्कुश छ, एकजना व्यक्तिले चलाएको जस्तो छ। सैद्धान्तिक रूपमा हामीसँग संविधान छ, तर वास्तविक रूपमा हामीले हाम्रो संविधानलाई पालना गरिरहेका छैनौँ।” यसैगरी सशस्त्र मुठभेडप्रतिको समर्थन ३० वर्षको उमेर समूहमा उच्च छ। छपन्न प्रतिशतभन्दा बढीले इजरेलविरुद्धको क्रान्ति अर्थात् इन्टिफाडामा फर्कनुपर्ने धारणा गत मार्च महिनामा गरिएको एउटा सर्वेक्षणमा राखेका थिए। विगतका वर्षमा कैयौँ नयाँ लडाकु समूह उत्तरी वेस्ट ब्याङ्कका नाब्लस र जेनिन शहरमा देखापरेका छन् र उनीहरूले प्यालेस्टिनी प्रशासनका सुरक्षा बलहरूको वैधानिकतामाथि प्रश्न उठाइरहेका छन्। तिनीहरूमध्ये सबैभन्दा परिचित लायन्स डेन र जेनिन ब्रिग्रेड्स हुन् जसले वेस्ट ब्याङ्कमा इजरेली फौज र त्यहाँ बसेकाहरूलाई निशाना बनाई आक्रमण गरेका थिए। एक राति २ बजे हामी जेनिन शरणार्थी शिविरका घुमाउरा गल्लीहरूमा तालिमको अभ्यास गरिरहेका बेला जेनिन ब्रिग्रेडसँगै हिँडेका थियौ। एउटा लाइनमा उभिँदै गरेका प्रत्येक सदस्यसँग एम१६ राइफल छ र टाउकोदेखि गोलीगाँठोसम्म उनीहरूले कालो रङको पोशाक लगाएका छन्। अधिकांश पुरुषहरूको उमेर २० वर्ष आसपास रहेको छ।  उनीहरू यहाँ आएर दिनदहाडै नियोजित रूपमा हत्या गर्छन्,” इजरेली सेनालाई इङ्गित गर्दै उनले भने। प्यालेस्टिनी भूभागको भविष्यमा आफ्नो आवाज नसमेटिएको बताउने कतिपय युवाले पहिचानबारे प्रश्न गरेका छन्। मज्द निस्रल्लाह कत्तान फाउन्डेशनमा क्युरेटरका रूपमा काम गर्छन्। उक्त संस्थाले संस्कृति र शिक्षाको क्षेत्रमा काम गर्छ। उनी हाल वेस्ट ब्याङ्कमा भए पनि उनको जन्म उत्तरी इजरेलको एउटा शहरमा भएको हो। उनी र उनको पुस्ताले आफूलाई “४८ को” भनेर चिनाउँछ। सन् १९४८ मा इजरेल राज्य बनेपछि त्यो भूभागमा परेका प्यालेस्टिनीहरूलाई त्यसले जनाउँछ। “वेस्ट ब्याङ्कमा प्यालेस्टिनी प्रणालीले मलाई चिन्दैन,” मज्दले भने। “मैले प्यालेस्टिनी चुनावमा मतदान गर्न पाउने छैन।” प्यालेस्टिनी राजनीतिक प्रक्रियामा आफ्ना नसमेटिएको पृष्ठभूमिमा मज्दलाई ‘दुई राज्य समाधानमा’ विश्वास पनि छैन। यो सामग्रीमा उठेका मुद्दाबारे जवाफ दिन प्यालेस्टिनी अथोरिटीलाई आग्रह गर्दा उसले पनि प्रतिक्रिया जनाएन।
न्युजिल्याण्डका प्रधानमन्त्री बाइडेनसँग असहमत, भन्छन्, ‘सी जिनपिङ ‘तानाशाह’ होइनन् सिड्नी। न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस हिपकिन्सले चिनियाँ राष्ट्रपति तानाशाह नभएको बताएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ नेता सी जिनपिङ तानाशाह भन्दै गरेको टिप्पणी प्रति उनले असहमति प्रकट गरेका हुन्। ‘चीनको सरकारको रूप चिनियाँ जनताको लागि कुरा हो, यो उनीहरुको खुसीका कुरा हो,’ हिपकिन्सले पत्रकारहरूसँग भने। चिनियाँ जनताले पनि आफनो सरकार तानाशाह हो भनेर भनिरहेका छन् नि भन्ने प्रश्नको जवाफ दिँदै उनले भने, ‘यदि उनीहरू आफ्नो शासन प्रणाली परिवर्तन गर्न चाहन्छन् भने त्यो उनीहरूको कुरा हो।’ हिपकिन्सले जुन २५ देखि ३० सम्म चीनको भ्रमण गर्ने कार्यक्रम छ, जसमा न्युजिल्यान्डका केही ठूला कम्पनीहरू समावेश रहेको व्यापार प्रतिनिधिमण्डलको नेतृत्व गर्दैछ। सो क्रममा चिनियाँ राष्ट्रपति सीसहित प्रधानमन्त्री ली छ्याङ र नेशनल पिपुल्स कंग्रेसको स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग भेट गर्नेछन्। बाइडेनले राष्ट्रपति सी जिनपिङलाई ‘तानाशाह’ भनेर उल्लेख गरेपछि चीनले बुधबार जवाफी प्रहार गरेको छ। ‘अमेरिकी राष्ट्रपतिको भनार्इै बेतुक र उत्तेजक छ, यसले दुवै पक्षलाई द्धन्द्धमा लैजाने छ, यो डरलाग्दो पनि छ भनि प्रतिक्रिया दिइसकेको छ।
जब पाँच तारे होटलमा दुई वर्षसम्म पैसा नदिई बसेकाे खुल्याे… नयाँदिल्ली। दिल्लीको एक पाँच तारे होटलमा दुई बर्ष देखी कुनै रकम नतिरी एक ब्यक्ति बसेको खुल्न आएको छ। होटलका कर्मचारीहरूसँग मिलेर करिब दुई वर्षसम्म एक ब्यक्ति बिना कुनै भुक्तानी होटलमा बसेको खुले पछि प्रहरीमा उजुरी गरिएको छ। जसकाकारण ९२ लाख रुपैयाँ होटललाई नोक्सान भएको जनाइएको छ। भारतीय सञ्चार माध्यमका अनुसार इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल (आईजीआई) नजिकैको एरोसिटीमा होटल रोजेट हाउसमा ती ब्यक्ति बसेका थिए। रोजेट सञ्चालन गर्ने बर्ड एयरपोर्ट होटल प्रालिका आधिकारिक प्रतिनिधि विनोद मल्होत्राले हालै दर्ता गराएको एफआइआर अनुसार अंकुश दत्त नाम गरेका ती ब्यक्तिले अब होटेललाई ९२ लाख रुपैयाँ खर्च भएको छ। उनी होटलमा ६०३ दिन बसेका थिए। होटलको ‘फ्रन्ट अफिस डिपार्टमेन्ट’ का प्रमुख प्रेम प्रकाशले नियम उल्लङ्घन गर्दै दत्तलाई लामो समयसम्म होटलमा बस्न दिईएको एफआईआरमा आरोप छ। यसका अनुसार होटलको कोठा भाडा निर्धारण गर्ने अधिकार प्रकाशलाई थियो र सबै पाहुनाको बक्यौता ट्र्याक गर्ने होटलको कम्प्युटर प्रणालीमा उनको पहुँच थियो, जसको फाइदा लिएर प्रेम प्रकाशले उनलाई ६०३ दिनसम्म होटलमा बस्न दिएका थिए। प्रकाशले दत्त नाम गरेका ती ब्यक्तिबाट केही नगद लिएको आशंकामा होटल व्यवस्थापन पक्षले गरेको छ। एफआईआरमा भनिएको छ, ‘अङ्कुश दत्तले गलत फाइदा लिने र होटललाई उचित भाडाबाट वञ्चित गर्ने उद्देश्यले प्रेम प्रकाश लगायतका केही ज्ञात र अज्ञात होटल कर्मचारीहरूसँग आपराधिक षड्यन्त्रमा राखे र सम्भवतः उनले त्यसका लागि कर्मचारीलाई प्रशष्त पैसासमेत दिएका छन्।’ दत्तले ३० मे २०१९ मा एक रातको लागि मात्रै होटलमा कोठा बुक गरेको होटलले दाबी गरेको छ, जसअनुसार दत्त ३१ मे २०१९ मा होटल छाड्ने पर्ने थियो। तर, दत्त २२ जनवरी २०२१ सम्म त्यहाँ बसेको आरोप ब्यवस्थापन पक्षको छ।
बारूद कारखानामा विस्फोट, ४ जनाको मृत्यु मस्को। रुसको दक्षिणपश्चिमी ताम्बोभ क्षेत्रमा मङ्गलबार भएको बारूद कारखानामा विस्फोटबाट भएको आगलागीमा परी कम्तीमा चार जनाको मृत्यु हुनाको साथै अन्य दुई जना घाइते भएका छन्। कोटोभस्क शहरमा रहेको बारूद कारखानाको भवनमा विस्फोट भएको हो। विस्फोटबाट लागेको आगो केही समयपछि निभाइएको तास समाचार एजेन्सीले जनाएको छ। “मानवीय त्रुटिका कारण उक्त घटना भएको थियो। म कुनै शंका नगरी भन्न सक्छ- यो आतङ्कवादी हमला थिएन। यदपि त्यहाँ कुनै हताहती भने भएन,” ताम्बोभ क्षेत्रका प्रमुख म्याक्सिम येगोरोभले भनेका छन्। उनले दुर्घटनाबाट प्लान्टका कामदार वा छिमेकी बस्तीका बासिन्दाहरूलाई कुनै पनि कुराले खतरा नरहेको बताएका छन्।दुर्घटना बारे छानबिन भइरहेको छ।
होन्डुरनको महिला कारागार दंगामा ४१ कैदीको मृत्यु तेगुसिगाल्पा। होन्डुरसको केन्द्रीय महिला कारागारमा दङ्गा भड्किदा ४१ जना कैदीको मृत्यु भएको छ। न्यु योर्क टाइम्सका अनुसार लामो समयदेखि समस्याग्रस्त कारागार प्रणालीमा भड्किएको हिंसाको यो सबैभन्दा घातक घटना हो। सरकारी वकिलको कार्यालयका प्रवक्ता युरी मोराका अनुसार अधिकांश पीडित जलेका छन भने अरुलाई गोली लागेको छ। मोराका अनुसर राजधानी तेगुसिगाल्पा नजिकैको तामारामा रहेको हिरासतमा अनुसन्धानकर्ताहरूले खोजी गर्दा मृत्यु हुनेको सङ्ख्या बढ्ने अनुमान गरिएको छ। “यत्रो मानवीय घटनाप्रति हामी स्तब्ध छौं,” सुरक्षा उपमन्त्री होन्डुरन पेनटेन्शियरी सिस्टमका प्रमुख जुलिसा विलानुभाले एक पत्रकार सम्मेलनमा भनेका छन्। यस्तै घटना सन् २०१९ मा पनि घटेको थियो जुन झडपमा ४० गिरोह सदस्यको मृत्यु भएको थियो। न्यु योर्क टाइम्सका अनुसार मंगलबारको घटनामा मृत्यु हुनेको सङ्ख्याले अमेरिकी देशमा नराम्रो परिदृष्य उदांगो पारेको छ । महिला कारागारमा हालैका वर्षहरूमा हत्या-हिंसाका घटनाहरू बढेका छन् जहाँ दुई प्रतिद्वन्द्वी आपराधिक संगठनका महिला गिरोह सदस्यहरू बीचको भिडन्तमा थुप्रै कैदीहरूलाई घाँटी थिचिएको छ भने कसैलाई छुरा प्रहार गरिएको छ। राष्ट्रपति जिओमारा क्यास्ट्रोले यस घटना “स्तब्ध” भएको र जिम्मेवार अधिकारीहरूलाई जवाफदेही बनाउन “कडा कदम” चाल्ने बताएका छन्। एमएस-१३ र १८ स्ट्रिट ग्यान्गहरू लामो समयदेखि प्रतिद्वन्द्वीहरूले (जुन संयुक्त राज्यमा उत्पत्ति भएका थिए) दशकौंदेखि होन्डुरस र छिमेकी देशहरूमा हिंसा भड्काइरहेका छन्। ह्युमन राइट्स वाचद्वारा सन् २०२१ को होन्डुरसको प्रतिवेदन अनुसार “कारागारहरूमा अत्यधिक भीडभाड, अपर्याप्त पोषण, कमजोर सरसफाइ, कुटपिट, अन्तर-सामूहिक हिंसा, र बन्दी हत्याहरू चरम अवस्थामा छन्।” न्यु योर्क टाइम्सका अनुसार एक सरकारी अधिकारीका अनुसार होन्डुरसको नेशनल वुमेन्स पेनिटेन्शियरी फर सोशल एडप्टेसनले लगभग ८०० कैदीहरूलाई राखिएको छ यो सङ्ख्या क्षमताभन्दा लगभग दोब्बर हो।मानव अधिकार सम्बन्धी अन्तर-अमेरिकी आयोगले सन् २०२० मा होन्डुरन जेलहरूमा “थुप्रै हिंसात्मक घटनाहरू” घटेको देखाएको छ।
अमेरिकी राष्ट्रपति पुत्र लागुऔषध प्रयोगकर्ता भएको पुष्टी बासिंगटन डिसी। अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर लागु औषध प्रयोगकर्ता भएको खुलेको छ। राष्ट्रपति वाइडेनका छोराले लागु औषध प्रयोगकर्ता तथा अबैध बन्दुकसमेत राखेको स्विकार गरे पछि यो खुलासा भएको हो। संघीय आयकर नतिरेको र गैरकानुनी रूपमा बन्दुक राखेको आरोप लागे पछि  उनले एक सरकारी कार्यालयसक्ष पुगेर सो स्वीकार गरेका हुन्। आफ्नो गृह राज्य डेलावेयरस्थित महान्यायाधिवक्ताको कार्यालय समक्ष दिएको निबेदनमा राष्ट्रपति पुत्र हन्टर बाइडेनले आफू लागूऔषध प्रयोगकर्ता भएको स्विकार गर्दै आयकर नतिरेको तथा गैरकानुनी रुपमा बन्दुक राखेको जानकारी दिएका हुन्। उनको सो निवेदनलाई संघीय न्यायाधीशले अनुमोदन गर्नुपर्ने हुन्छ। यदी, त्यो अनुमोदन नभएमा राष्ट्रपति पुत्रमाथी कानुनी कारबाही हुनेछ। उता, अमेरिकी राष्ट्रपति वाइडनले छोरा हन्टरलाई उनी माथी लागेको अभियोग स्वीकार गरेकोमा धन्यवाद दिएका छन्। तर, ह्वाईट हाउसले सो भन्दा बढी कुनै प्रतिक्रिया नदिने जनाएको छ।
भारतीय प्रधानमन्त्री मोदी अमेरिकामा, एलन मस्कले भने- ‘म मोदीको फ्यान हुँ’ नयाँ दिल्ली। प्रधानमन्त्री मोदीले आफ्नो चार दिने अमेरिका भ्रमणको क्रममा बुधबार टेस्लाका सीईओ एलोन मस्कलाई भेटेका छन्। एलोन मस्कलाई भेट्नु अघि प्रधानमन्त्री मोदीले प्रसिद्ध प्रोफेसर नसिम तालेब र प्रोफेसर रोबर्ट थर्मनलाई पनि भेटेका थिए। प्रधानमन्त्री मोदीसँगको भेटपछि टेस्लाका सीईओ एलोन मस्कले यसलाई निकै राम्रो भेट भएको बताएका छन्। उनले प्रधानमन्त्री मोदीसँगको मेरो कुराकानी निकै राम्रो भएको बताए। उनले अर्को वर्ष भारत आउने सोचमा रहेको बताए। एलोन मस्कले थप भने कि ‘म प्रधानमन्त्री मोदीको फ्यान हुँ।’ प्रधानमन्त्री मोदीले यसअघि सन् २०१५ मा क्यालिफोर्नियाको टेस्ला मोटर्स कारखानाको भ्रमणका क्रममा मस्कसँग भेट गरेका थिए। मस्क त्यतिबेला ट्विटरको मालिक थिएनन्। बुधवार मस्कसँग प्रधानमन्त्रीको भेट यस्तो समयमा भएको हो, जब टेस्लाले भारतमा आफ्नो कारखानाको लागि ठाउँ खोजिरहेको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको भ्रमणमा न्यूयोर्क पुगेका छन्। प्रधानमन्त्रीको यो भ्रमण निकै महत्वपूर्ण मानिएको छ। नरेन्द्र मोदीलाई स्वागत गर्न जनतामा ठूलो उत्साह थियो। प्रधानमन्त्रीको स्वागतमा जनताले मोदी-मोदीको नारा लगाएका थिए। भारतीय समुदायका केही सदस्यहरू पनि प्रधानमन्त्री मोदीलाई स्वागत गर्न होटल बाहिर उभिएका देखिए। सहरमा जताततै मानिसहरु जम्मा भएका छन्। विश्वको सबैभन्दा शक्तिशाली देश भनिने अमेरिकाले जुन २२ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लागि रातो कार्पेट बिछाउनेछ र योसँगै प्रधानमन्त्री मोदी विश्वका तेस्रो नेता बन्नुहुनेछ, जसलाई वर्तमान अमेरिकी राष्ट्रपतिले यो सम्मान प्रदान गरेका छन्। जो बाइडेनले यसअघि फ्रान्सका इमानुएल म्याक्रोन र दक्षिण कोरियाका युन सुक येओललाई राज्य भ्रमण र भोजका लागि आमन्त्रित गरेका थिए। यो अमेरिकाबाट सबैभन्दा नजिकका सहयोगीहरूलाई मात्र दिइने उच्च कूटनीतिक स्वागत हो।
होन्डुरसको महिला कारागारमा दंगा, जलेरसहित ४१ कैदीको मृत्यु तेगुसीगाल्पा। होन्डुरसको एक महिला कारागारमा मंगलबार भएको दंगामा कम्तीमा ४१ महिलाको मृत्यु भएको छ। अवैध गतिविधिलाई लिएर दुई समूहबीच भएको झडपमा कैदी जलेर मृत्यु भएको प्रहरी अधिकारीहरुले जनाएका छन्। द गार्जियनका अनुसार होन्डुरसको सो जेलमा गिरोहहरू बीचको सुरु भएको हिंसाको कारण कम्तिमा ४१ महिला कैदी बन्दीको को मृत्यु भएको हो, जसमध्ये धेरैलाई जलाएर मारिएको छ। होन्डुरसको राष्ट्रिय प्रहरी अनुसन्धान एजेन्सीका प्रवक्ता युरी मोराले पनि भने कि अधिकांश सो हिंसात्मक भिडन्तको क्रममा बन्दीहरुलाई जलाइएको थियो। तर, होन्डुरसको राजधानी टेगुसिगाल्पाबाट करिब ३० माईल उत्तरपश्चिममा रहेको तामाराको जेलमा कैदीहरूलाई गोली हानेको पनि रिपोर्टहरू छन्। मिडिया रिपोर्टका अनुसार कम्तिमा सात जना महिला कैदीको गोली र छुरा प्रहारको आरोपमा टेगुसिगाल्पा अस्पतालमा उपचार भइरहेको छ। देशको कारागार प्रणालीका प्रमुख जुलिसा विलानुएभाले कारागारभित्रका गैरकानूनी गतिविधिलाई नियन्त्रण गर्न अधिकारीहरूले हालै गरेको प्रयासका कारण दंगा सुरु भएको बताइन्। जसका कारण मंगलबार कारागारमा हिंसा भएको थियो। कारागारमा रहेका संगठित गिरोहविरुद्ध कारबाही भइरहेको उनले बताए। उनले कारागारमा रहेका गिरोहले आफ्नो बृहत् नियन्त्रणको अभ्यास गरेको बताए । साथै कैदीहरूले प्रायः आफ्नै नियमहरू सेट गर्छन् र निषेधित सामानहरू बेच्छन्।