content
stringlengths
20
64.1k
नारायण खड्का सल्यान दार्माका धनबहादुर सार्कीले तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा डायलासिस सेवा गराउनका लागि नाम दर्ता गरेको वर्ष दिन पुग्दै थियो। , आफ्नै जिल्लामा सेवा पाउन नसके पनि सार्कीलाई सल्यानबाट दाङको तुलसीपुरमा त सेवा पाइन्छ भन्ने विश्वास थियो। तर, उनले पाउन सकेनन्। आवश्यक जनशक्ति र उपकरण अभावका कारण राप्ती प्रादेशिक अस्पतालले पनि धेरै त्यस्ता बिरामीलाई एकै साथ सेवा दिन सक्ने अवस्था थिएन।  , त्यसैले उनी तुलसीपुरमा सेवा नपाएपछि कहिले जिल्लाको घोराही र लमहीसम्म पुगेर डायलासिस गराउन बाध्य थिए।  , करिब दुई हप्ता पहिले मात्रै राप्ती प्रादेशिक अस्पतालका स्टाफ नर्सले धनबहादुरलाई फोन गरे। , अबदेखि तुलसीपुरमै डायलासिस गराउनका लागि आउन आग्रह गरे। , नाम दर्ता गराएको ११ महिनापछि अस्पतालबाट फोन आएपछि धनबहादुर खुसी भए।, पछिल्लो समय उनले तुलसीपुरमै डायलासिस गराउँदै आएका छन्।  , ‘हामी सल्यानबाट सोझै आउने तुलसीपुरमै हो,’ उनले भने, ‘यहाँ सेवा नपाएपछि कहिले घोराही र कहिले लमही जानु पर्दा थप सास्ती खेप्नु परेको थियो।’, ती ठाउँमा जाँदा लागत खर्च बढ्ने र समय पनि बर्बाद हुने उनले बताए। , आफ्नै जिल्लामा सेवा नपाए पनि तुलसीपुरमै सेवा पाउँदा धेरै सहज भएको उनले प्रतिक्रिया दिए। , ‘डाक्टरहरू अलि समय समयमा हाम्रो अवस्था हेर्न आउनु हुनेछ भन्ने विश्वास छ,’ उनले भने, ‘मलाई अन्यत्र भन्दा यहाँ अलि राम्रो सेवा पाइन्छ भन्ने आशा छ।’, पहिले २२ जना यस्ता बिरामीले तुलसीपुरमा सेवा लिँदै आएका थिए। , यो अस्पतालमा नयाँ उपकरण आएको एक वर्षपछि डायलासिस मेसिन जडान भएका छन्। जसले गर्दा थप २० जना बिरामीले सेवा पाउन थालेका छन्।, गत वर्ष साउनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राप्ती प्रादेशिक अस्पतालका लागि भनेर आठ वटा मेसिन पठाएको थियो। तर, जडान गर्दा लाग्ने खर्च र थप जनशक्ति पठाएको थिएन। त्यही भएर ती मेसिन त्यसै थन्किएका थिए। उपयोगविहीन भएपछि तीन वटा मेसिन बाँके लगिएको थियो।, पछिल्लो समय लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य निर्देशनालयले मेसिन जडान गर्नका लागि आवश्यक पर्ने २५ लाख रुपैयाँ रकम दियो। त्यसका साथै दश जना स्टाफ नर्स र दुई जना कार्यालय सहयोगी पनि  पठाइदिएको छ। , यसअघि डायलासिस मेसिन आए पनि ती जडान गर्न चाहिने रकम नपठाएको हुँदा अहिले रकम आएपछि मात्रै मेसिन जडान गरिएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.ओम अर्यालले जानकारी दिए।, यसअघि उपयोगहीन भएपछि राप्ती प्रादेशिक अस्पतालका लागि भनेर ल्याइएको तर उपयोगका लागि बाँके लगिएको तीन वटा मेसिन पनि अहिले फिर्ता ल्याएर तुलसीपुरमै जडान गरिएको उनले बताए।, मेसिन जडान भएसँगै बिरामीलाई सेवा दिन सहज भएको निमित्त मेसु अर्यालले जानकारी दिए।, पछिल्लो समय यो अस्पतालमा नयाँ आठ वटा मेसिन जडान गरिएँगै डायलासिस मेसिनको संख्या १३ पुगेको छ।, यस अघि अस्पतालका पाँच वटा मेसिनमध्ये एउटा बिग्रिएको हुँदा चार वटा मेसिनबाट मात्रै डायलासिस हुँदै आएको थियो। ती मेसिनबाट २२ जनाले मात्रै सेवा पाउने गरेका थिए।, आठ नयाँ मेसिन जडान गरिएपछि अबदेखि राप्ती प्रोदशिक अस्पताल तुलसीपुरमा १२ वटा मेसिनबाट डायलासिस सेवा दिन सम्भव भएको  निमित्त मेसु  अर्यालले बताए। , ‘यसअघि २२ जना बिरामीको नियमित डायलासिस हुँदै आएको थियो,’ उनले भने, ‘मेसिन थपिएसँगै २० जना बिरामी पनि थपिएका छन् र अब ४२ जनालाई त्यो सेवा दिइने छ।’, बिरामीको अवस्था हेरी कतिपयलाई  हप्तामा तीन पटकसम्म डायलासिस दिनुपर्ने अवस्था रहेको उनले जानकारी दिए।, यसअघि अस्पतालमा  चार जना मात्रै नर्सिङ स्टाफ रहेकोमा पछिल्लो समय स्वास्थ्य मन्त्रालयले थप दश जना नर्सिङ स्टाफ पठाइदिएको छ। , अब डाइलासिसमा काम गर्ने नर्सिङ स्टाफको संख्या १४ पुगेको छ। , त्यस्तै, यसअघि एक जना मात्रै कार्यालय सहयोगी रहेकोमा अहिले थप दुई जना आएपछि  काम गर्न सहज भएको अस्पताल प्रशासनले बताउँछ।   , अस्पतालका जिन्सी शाखाका प्रमुख रश्मी अधिकारीले थप दुई वटा मेसिन बिग्रिएको हुँदा काठमाडौंबाट सामान आइरहेको जानकारी दिए। ती सामान आइपुगेपछि १३ वटै मेसिन फुल फेजमा सञ्चालनमा आउने उनले बताए।, तीन सिफ्टमा सबै मेसिन सञ्चालन गरेमा तुलसीपुरमै ६० जना बढीलाई सेवा दिन सकिने उनले अनुमान गरे।, ५० बेडको मात्रै स्वीकृति भए पनि राप्ती प्रादेशिक अस्पतालमा हाल एक सय ३५ बेड सञ्चालनमा छन्। , दैनिक कम्तीमा पनि दुई सय ५० बढी बिरामी सेवा लिन आउने गरेको यो अस्पताल पश्चिम दाङका साथै रोल्पा, सल्यान र रूकुमका बिरामी पनि उपचार गराउन आउने गर्छन्।, यो अस्पतालमा डाक्टर, नर्स र अन्य कर्मचारीसमेत गरी दुई सय ३४ जना कार्यरत छन्। तीमध्ये ३८ जना डाक्टर र ७६ जना नर्सिङ स्टाफ र अन्य कर्मचारी छन्। , नाम दर्ता गराएको ११ महिनापछि अस्पतालबाट फोन आउँदा...
सेतोपाटी संवाददाता बुटवल उपमहानगरपालिकाले संस्थागत विद्यालयहरूलाई कुनै पनि प्रकारको शुल्क वृद्धि नगर्न निर्देशन दिएको छ। , बुटवलभित्रका संस्थागत विद्यालयका प्रधानाध्यापकहरूसँग बुधबार भएको छलफलका क्रममा उपमहागरपालिका प्रमुख खेलराज पाण्डेयले संस्थागत विद्यालयहरूले मनपरी शुल्क लिएको गुनासो आएको भन्दै नगरले तय गरेको भन्दा बढी शुल्क नलिन आग्रह गरे।, उपमहानगरपालिकाले तय गरेको भन्दा बढी शुल्क लिने विद्यालयलाई कानुनी दायरामा ल्याएर आवश्यक कारबाही अगाडि बढाउने पनि उनले बताए।, कक्षा ११ को भर्ना सुरू हुनुअघि संस्थागत विद्यालयहरूसँग आयोजित छलफलका क्रममा उपमहानगर प्रमुख पाण्डेयले विद्यार्थीहरूलाई पोशाक र पुस्तक खरिदमा निश्चित पसलमा जान बाध्यकारी नियम लागू नगर्न र स्वेच्छिक हिसाबले खरिद गर्न दिन निर्देशन दिएका थिए।, ‘विद्यालयहरूले विद्यार्थीलाई पढाउने हो, कापी, किताब र पोशाक बेच्ने काम व्यापारीको हो, आफू अनुकुलका पसलहरूबाट मात्रै खरिद गर्नका लागि सिफारिश गर्ने र बाध्यकारी बनाउने काम नगर्नुहोला,’ उनले भने।, उपमहानगर प्रमुख पाण्डेयले विद्यालय सुधार गर्न पहिले विद्यालयको प्रशासनिक कुराहरूमा सुधार ल्याउन अनुरोध गरे। विद्यालय शिक्षा सुधार गर्दै बुटवललाई शिक्षामा अगुवा शहर बनाउन संस्थागत विद्यालयहरूले गुणस्तर र सीपमूलक शिक्षामा जोड दिनुपर्ने बताए।, उनले विद्यालयहरूले गुणस्तर वृद्धि र प्राविधिक शिक्षालाई जोड दिनुपर्ने बताउँदै प्रतिस्पर्धाका नाममा विद्यार्थीमाथि अन्याय नगर्न आग्रह गरे।, उनले विद्यालयको क्षमता, भौतिक पूर्वाधार, ल्याब, शिक्षकको जनशक्तिलाई ध्यानमा राखेर मात्रै विद्यार्थी भर्ना गर्न आग्रह गरेका थिए।, आगामी दिनमा समय र आवश्यकताअनुसार नगरको शिक्षा ऐन परिमार्जन गर्दै विद्यालय शिक्षालाई अझ बढी स्तरीय बनाउँदै लैजाने उपमहानगरप्रमुख पाण्डेयले प्रतिबद्धता जनाए।, संस्थागत विद्यालयलाई बुटवल उपमहानगरको निर्देशन– कुनै प्रकारका शुल्क वृद्धि नगर्नू
सेतोपाटी संवाददाता सवारी ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ परेका छन्।, इलाका प्रहरी कार्यालय बुटवलका अनुसार २०६० साल भदौ २९ गते बुटवल उपमहानगरपालिका वडा नं. ८ शान्तिपथमा बालिकालाई ठक्कर दिएपछि फरार रहेका ट्याक्टर चालक ईन्द्रप्रसाद थारु २० वर्षपछि मंगलबार पक्राउ परेका हुन्।, थारुले चलाएको लु १ त ५३०६ नं.को ट्याक्टरले ठक्कर दिँदा बुटवल ८ शान्तिपथका बिनोद भुसालको ६ वर्षीया छोरी सविना भुसालको मृत्यु भएको थियो।, बालिकालाई ठक्कर दिएलगत्तै फरार भएका थारुलाई खोजी गर्दै जाँदा मंगलबार बुटवल १७ स्थित आफ्नै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।, पक्राउ परेका थारुलाई जिल्ला अदालत रुपन्देहीबाट म्याद थप गरी अनुसन्धान सुरू गरेको प्रहरीले जनाएको छ।, बीस वर्षपछि पक्राउ परे सवारी ज्यान मुद्दाका फरार प्रतिवादी
सेतोपाटी संवाददाता काठमाडौं उपत्यका प्रहरी कार्यालयले सुरक्षित उपत्यका, हाम्रो प्रतिबद्धता अभियान सुरू गरेको छ। , प्रहरीको आर्थिक वर्ष २०८०/०८१को कार्ययोजना अन्तर्गत काठमाडौं उपत्यकालाई सुरक्षित बनाउन अभियान सञ्चालन गरेको हो। प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले नयाँ आर्थिक वर्ष सुरूहुनुअघि नै कार्ययोजना प्रस्तुत गरेका थिए।, त्यसअनुसार उपत्यका प्रहरी कार्यालयले प्रहरी कर्मचारीहरूको व्यवसायिक क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको छ। , बुधबार उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआइजी श्यामलाल ज्ञवालीले सामुदायिक प्रहरी कर्मचारीहरूलाई व्यवसायिक क्षमता अभिवृद्धिका लागि अनुशिक्षण प्रदान गरेका थिए। , उपत्यकाका विभिन्न युनिटमा रहेका ८३ जना सामुदायिक प्रहरीहरूलाई एआइजी ज्ञवालीले काठमाडौं उपत्यकालाई सुरक्षित बनाउनमा लाग्न निर्देशन दिएका थिए।, अहिले सामुदायमा आवश्यक पर्ने व्यक्तिहरूको सहयोग, सम्भावित  दुर्घटना, सम्भावित अपराधलाई नियन्त्रण गर्न सामुदायिक प्रहरीहरूलाई खटाएको उनले बताए।, यसरी ठाउँठाउँमा खटिँदा सूचना संकलनमा पनि सहज हुने र कुनै घटना निम्तिएपनि छिटो सूचना प्रवाह गर्दा त्यसलाई न्यूनिकरण वा रोक्न समेत सकिने एआइजी ज्ञवालीले बताए। , ‘पहिले तपाईंहरू सामुदायिक प्रहरीको जिम्मेवारी मात्रै थियो। तर अब तपाईंहरूमा थप जिम्मेवारी थपिएको छ। ट्राफिक व्यवस्थापन, आवश्यक व्यक्तिहरूलाई जेब्राक्रसिङमार्फत बाटो काट्न मद्दत गर्ने, सूचना प्रदान गरी अपराध नियन्त्रण गर्ने जस्ता जिम्मेवारीहरू छन्,’ एआइजी ज्ञवालीले भने, ‘सूचना समयमा दिन सकियो भने अपराध नियन्त्रण हुन्छ। समाजमा शान्ति कायम रहन्छ।’, यस्तै प्रहरीहरूले पाउने दैनिक अनुशिक्षणले काममा पनि निखारता ल्याउने र व्यावसायिक बनाउने उनको भनाई थियो।, कार्यालयले अहिले विभिन्न कार्यक्रम गरी प्रहरीलाई तालिम प्राप्त गर्दै आएको छ।, प्रविधिसँग जोडेर अनुसन्धानलाई प्रभावकारी बनाउने, सवारीसाधन चालकहरूलाई सुरक्षित ड्राइभिङको तालिम दिने, सामुदायिक साझेदारीको कामलाई थप प्रभावकारी बनाउने लगायत तालिम दिइएको छ। , पीडितलाई थप पीडा नपुग्नेगरी काम कारबाही अगाडि बढाउने र पीडकलाई कानुनी कारबाहीको दायरामा ल्याउने, पीडितसँग नम्र र मिठो बोलिबचन गर्ने जस्ता विषयमा पनि अनुशिक्षण दिइएको छ। , यसरी काठमाडौं उपत्यकालाई सुरक्षित बनाउनका लागि सबै एकजुट हुनुपर्ने पनि कार्यालयले जनाएको छ। , त्यसैगरी काठमाडौं उपत्यकालाई सुरक्षित बनाउन प्रविधिले पनि मद्दत गरेको एआइजी ज्ञवालीले बताए। , उनले सिनामंगलमा बम फेला परेको घटनाको अनुसन्धानमा पनि सिसिटिभीको मद्दतले अनुसन्धान प्रभावकारी भएको बताए। यसैगरी तीन महिनाको समयमा २ हजार बढी कारबाहीहरू सिसिटिभी फुटेजको माध्यमबाट भएको उनले बताए।, काठमाडौं महानगरपालिका र बुढानिलकण्ठ नगरपालिकासँग उपत्यकामा सिसिटिभी जडान गर्न प्रहरीले सहमती समेत गरिसकेको छ।, काठमाडौं उपत्यका प्रहरी कार्यालयको अभियान: सुरक्षित उपत्यका, हाम्रो प्रतिबद्धता
सेतोपाटी संवाददाता बुटवल उपमहानगरपालिकामा कार्यरत स्वास्थ्य स्वयंसेविकाहरूले गत आर्थिक वर्षमा नियमित सेवा दिए बापत पाउनुपर्ने यातायात खर्च रकम नपाएको गुनासो गरेका छन्।, यसअघिका निर्वाचित जनप्रतिनिधिले स्वास्थ्य स्वयंसेविकाहरूलाई मासिक १ हजार रुपैयाँको दरले यातायात खर्च उपलब्ध गराउने निर्णय अहिले कार्यान्वयन नगरेको भन्दै बुधबार उपमहानगरपालिकाको ध्यानाकर्षण गराएका हुन्।, नेपाल स्वास्थ्य स्वयंसेवी संघ बुटवल उपमहानगर समितिका अध्यक्ष रूक्मिणि भट्टराईले सेवासुविधाबारे २०७८ साल चैत २५ गते उपमहानगरपालिकाको राजपत्रमा समेत प्रकाशित भइसके पनि पछिल्लो एक वर्ष यता यातायात खर्च बापतको रकम पाउन नसकेको गुनासो गरिन्।, भट्टराईका अनुसार बुटवलमा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सेवा अवधिभरी यातायात खर्च बापत मासिक १ हजारका दरले एक वर्षको १२ हजार र चाडपर्व खर्च बापत वार्षिक ३ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको थियो।, त्यस्तै अवकाश भएर जाँदा ५ वर्षसम्म काम गरेकालाई वार्षिक ५ हजार, ५ देखि १० वर्षसम्मलाई ७ हजार, १० देखि १५ वर्षसम्मलाई ८ हजार, १५ देखि २० वर्षसम्मलाई ९ हजार र २० वर्षदेखि माथिकालाई १० हजारका दरले अवकाश वापतको एकमुष्ट रकम दिने उपमहानगरको कार्यपालिकाले निर्णय गरेको थियो।, ‘वर्षैभरी बुटवलका टोलटोलमा हिँडेर बालबालिकाहरूलाई विभिन्न खोप लगाउने, स्वास्थ्य, सरसफाइ र शिक्षा जस्ता सार्वजनिक सूचनाहरू घरघरमा पुर्‍याउने महिला स्वास्थ्य स्वयंसेविकाहरूको श्रमको कुनै मूल्य नै देखिएन,’ भट्टराईले गुनासो गरिन्।, महिला स्वास्थ्य स्वयंसेविकाहरूको ध्यानाकर्षण पत्र बुझ्दै उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले मासिक पाउनुपर्ने यातायात रकम किन रोकिएको हो लेखाशाखासँग बुझ्ने बताए।, अवकाशपछि एकमुष्ट उपलब्ध गराउने सुविधाको विषयमा भने यसअघिका जनप्रतिनिधिले आफू जाँदाजाँदै गरेको निर्णय भएकाले थप अध्ययन गरेर मात्रै अगाडि बढाइने पाण्डेले बताए।, ‘यसअघिका मेयर शिवराज सुवेदीको नेतृत्व कार्यकाल पुरा गरेर जाँदाजाँदै गरेको निर्णय हो, उहाँले आफू रहँदासम्म किन निर्णय गरेर कार्यान्वयन गर्नुभएन, कार्यकाल पुरा हुनैलाग्दा गरिएको निर्णय भएकोले अध्ययन गरेर मात्र के गर्न सकिन्छ भन्न सकिएला,’ पाण्डेले भने।, महिला स्वास्थ्य स्वयंसेविकाहरूले भने अघिल्लो नेतृत्वले गरेका अन्य निर्णयहरू कार्यान्वयन गरिरहेको उपमहानगरपालिकाले आफूहरूको विषयमा भने बेवास्ता गरेको गुनासो गरे।, ‘यसअघिको नेतृत्वले गरेका निर्णय अनुसार अहिलेका जनप्रतिनिधिले आफ्नो तलबभत्ता सेवा सुविधा लिन हुने, स्वयंसेविकाको विषयलाई भने अघिल्लो नेतृत्वले गरेको निर्णय भनेर उम्किन मिल्दैन,’ भट्टराईले भनिन्।, अध्यक्ष भट्टराईले उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्याल लामो समय महिला स्वास्थ्य स्वयंसेविका बुटवलको अध्यक्ष रहेर काम गरेपनि अहिले भने आफूूहरूका समस्याप्रति बेवास्ता गरेको बताइन्।, ‘उपप्रमुख स्वयं लामो समय स्वयंसेविकाहरूको अध्यक्ष भएर बुटवलमा काम गर्नुभयो, अहिले उहाँ निर्णय गर्ने स्थानमा पुगेपछि भने पछाडि फर्किन बिर्सिनुभयो,’ उनले गुनासो गरिन्।, भट्टराईले निर्णय गरिएको सुविधा उपमहानगरपालिकाले समयमै उपलब्ध नगराएमा श्रम ऐन २०७४ तथा ट्रेड युनियन ऐन २०४९ अनुसार आफ्ना गतिविधि अगाडि बढाउन बाध्य हुने बताइन्।, १९ वडा रहेको बुटवल उपमहानगरपालिकाभित्र १७७ जना महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन्।, बुटवलका स्वयंसेविकाहरूको गुनासो– खोप लगाउन जाँदाको यातायात खर्च पाएनौं
राजेश घिमिरे बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले दस प्रतिशत शय्या र पार्किङ शुल्क निःशुल्क गर्न प्रदेशका सबै अस्पतालहरूलाई निर्देशन दिएको छ।, स्वास्थ्यमन्त्री उत्तम जोशीको उपस्थितिमा सोमबार बसेको बैठकले प्रदेशका सबै अस्पतालहरूलाई विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शय्याको दस प्रतिशत निःशुल्क कार्यान्वयन गरी विवरण पठाउनुपर्ने निर्णय गरेको थियो। उक्त विवरण मन्त्रालयको बेवसाइटमा अद्यावधिक राख्ने र सबै अस्पतालहरूले सवारी पार्किङ निःशुल्क गर्नुपर्ने निर्णय बैठकले गरेको थियो।, मन्त्रालयका आयुर्वेद चिकित्सक डा. रविन भुषालले मंगलबार सबै सरकारी, निजी, सहकारी तथा सामुदायिक अस्पतालहरूलाई परिपत्र गरी उक्त निर्णय कार्यान्वयन गर्न आग्रह गरेका छन्। , स्वास्थ्यमन्त्री जोशीले केही अस्पतालहरूले दस प्रतिशत शय्या निःशुल्क गर्न थालेको बताए। सुरू नगरेका अस्पतालहरूलाई पनि तुरून्तै सुरू गर्न निर्देशन दिएको उनले बताए।, 'चितवनका केही निजी अस्पतालहरूले शय्या निःशुल्क गर्न थालिसकेका छन्। अन्यलाई पनि मैले निर्देशन दिएको छु,' मन्त्री जोशीले भने, 'अहिले मन्त्रालयले कार्यविधि बनाइरहेको छ। त्यो बनिसकेपछि नियमित अनुगमन गर्ने, छड्के जाँच गर्ने काम पनि हुन्छ।', उनले वडा कार्यालयको सिफारिसको आधारमा विपन्न, असहाय, बेवारिसे बिरामीका लागि निजी अस्पतालले दस प्रतिशत निःशुल्क शय्या छुट्ट्याउने व्यवस्था कडाइका साथ कार्यान्वयन गराएरै छाड्ने बताए।, मन्त्री जोशीले अस्पतालहरूले पार्किङ शुल्क लिँदा समस्या परेको गुनासो बढ्पछि निःशुल्क गर्न निर्देशन दिएका बताए।, 'बिरामी भएर अस्पताल पुगेका व्यक्तिलाई पार्किङ शुल्कले झन् समस्यामा पारेको छ। चितवन र काठमाडौंबाट धेरै गुनासोहरू आएपछि मन्त्रालयले निर्णय गरेर निर्देशन दिएका हौं,' उनले भने, 'यो कार्यान्वयन गर्नैपर्छ। केहीले कार्यान्वयन गर्न थालिसकेका छन्।', बागमती प्रदेशका सबै अस्पतालमा १० प्रतिशत शय्या र पार्किङ निःशुल्क गर्न स्वास्थ्यमन्त्री जोशीको निर्देशन
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएको ठूलो परिणामको सुन ट्याक्सीबाट जफत भएपछि  भन्सार विभागले छानबिन गर्ने भएको छ। , विमानस्थलको भन्सार जाँचपासमा संलग्न व्यक्तिहरूलाई निलम्बन गरी छानबिन गर्ने तयारी गरेको विभागका निर्देशक एवं सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए। , छानबिन गर्न विभागले समिति बनाउने तयारी गरिरहेको उनले बताए। , ‘अहिले हामी छलफलमा छौं। क-कसलाई निलम्बन गर्ने भनेर हेर्दैछौं,’ उनले भने, ‘छानबिनका लागि जाँचपासमा संलग्नलाई निलम्बन गर्ने र अरू थप व्यक्तिहरू खुले उनीहरूलाई पनि गर्ने हो।’, राजश्व अनुसन्धान विभागले भन्सार जाँचपास भएर निस्केको ८० देखि १०० किलो अनुमानित सुन मंगलबार बरामद गरेको थियो। यसको यकिन विवरण खुलिसकेको छैन।, क्याथे प्यासिफिक एयरलाइन्सको जहाजमा हङकङबाट आएको स्कुटरको ब्रेक शुमा राखेर उक्त सुन ल्याइएको हो। , विभागले अहिलेसम्म यसमा संलग्न ६ जनालाई पक्राउ गरिसकेको छ। जसमा एक जना एजेन्टसमेत छन्। , विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी छ।,  , त्रिभुवन विमानस्थलको भन्सार जाँचपासका कर्मचारीलाई निलम्बन गर्ने तयारी, छानबिन समिति बनाइँदै
रासस राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा यही साउनमा सार्वजनिक गर्ने भएको छ।, गत वैशाख २६ गतेदेखि सुरू भई जेठ ५ गते सम्पन्न कक्षा १२ को नतिजा बोर्डले परीक्षा सम्पन्न भएको तीन महिनाभित्र सार्वजनिक गर्ने गरी तयारी गरिरहेको हो।, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले साउन महिनाभित्रै कक्षा १२ को परीक्षाफल सार्वजनिक गर्ने गरी तयारी भइरहेको बताए।, देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रबाट करिब चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थीले परीक्षा दिएका थिए।, बोर्डका अनुसार यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए।, कक्षा १२ को परीक्षा नतिजा साउनमै सार्वजनिक गरिने
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद भएको छ।, राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय विभागबाहिर कार्गो निरीक्षण गर्ने क्रममा सुन फेला परेको हो।, भन्सार स्रोतका अनुसार १६० टुक्रा सुन फेला परेको छ। राजस्व अनुसन्धान विभागले भने सुनको परिणाम कति भन्ने यकिन नभइसकेको बताएको छ।, सामानसहित ८० देखि १०० किलोसम्म हुनसक्ने अनुमान भने गरिएको छ।, 'त्यससँग जोडिएको अरू सामानसँग गणना गर्दा ८० देखि सय केजीको अनुमान गरिएको छ। थप अनुसन्धान भइरहेको छ,' राजस्व अनुसन्धान विभागका प्रमुख नवराज ढुंगानाले सेतोपाटीसँग भने।, सुन अहिलेसम्मकै फरक शैलीबाट राजस्व छलेर भित्र्याउन थालेको अवस्थामा विभागले सुराकीका आधारमा छापा मारेको स्रोतले बताएको छ।, स्रोतका अनुसार स्कुटरमा प्रयोग हुने 'ब्रेक सु' मा राखेर उक्त सुन ल्याइएको हो। विमानस्थलमा भएको एक्सरे मेसिनले पनि उक्त सुन पत्ता पाउन नसक्ने गरी भित्र्याइएको पाइएको हो।, विभाग प्रमुख ढुंगानाका अनुसार उक्त सुन हङकङबाट आएको क्याथे प्यासिफिक जहाजबाट बरामद भएको हो।, यस विषयमा थप अनुसन्धान भइरहेको छ र सुनको परिमाण थाहा पाउन राष्ट्र बैंक पठाइएको छ।,  , त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद
सेतोपाटी संवाददाता हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।, हाल  देशभर  आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिम प्रदेश, लुम्बिनी र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।, आज दिउँसो देशभर आंशिक देखी सामान्य बदली रही देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।, राती कोशी प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भाग  एक-दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।, मनसुनी रेखा सरदर स्थानभन्दा तल पुगेपछि केही दिन भारी वर्षा नहुने महाशाखाले जनाएको छ।, हल्कादेखि मध्यम वर्षाको सम्भावना कायमै रहेकाले वर्षाका कारण हुनसक्ने क्षति र त्यसबाट बँच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।, आज यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
सेतोपाटी संवाददाता मनसुनजन्य विपद् (बाढी-पहिरो)का कारण ३ वटा राजमार्ग अवरूद्ध बनेका छन्। १५ वटा एकतर्फी सञ्चालनमा रहेको सडक विभागले जानकारी दिएको छ।, आज बिहान ८ः३० बजेसम्मको अद्यावधिक तथ्यांकअनुसार केचना-चन्द्रगढी-चारआली-इलाम-फिदिम गणेशचोक-ताप्लेजुङ-ओलाङचुङ्गगोला जोड्ने मेची राजमार्गको हेवाखोलामा अवरूद्ध छ। त्यो राजमार्ग असारको पहिलो सातादेखि नै सञ्चालनमा आउन सकेको छैन।, त्यस्तै तमोर करिडोरअन्तर्गत् चतरा-मूलघाट-माझीछार-अमरापुरडाँडा-गणेशचोक जोड्ने सडक माझीटारमा अवरूद्ध छ।, त्यस्तै, बेनी जोमसोम कोरला सडक योजनाअन्तर्गत्को कालिगण्डकी करिडोर पनि बैसरी, नौनी बगर, तातोपानी, गुइँठे आदि ठाउँमा अवरूद्ध छ।, अहिलेसम्म ९४ वटा सडक अवरूद्ध भएका र त्यसमध्ये ७६ वटा दुवैतर्फ सञ्चालनमा रहेको विभागले जानकारी दिएको छ।, मनसुनजन्य विपद्का कारण राजमार्ग बिग्रिए, भत्किएर अहिलेसम्म २४ करोड ९६ लाख बराबरको क्षति भइसकेको सडक विभागको अनुमान छ।,  , बाढी–पहिरोबाट ३ वटा राजमार्ग अवरूद्ध, १५ वटा एकतर्फी
रासस रोल्पाको त्रिवेणी गाउँपालिकाले छोरी जन्मने बित्तिकै बैंक खातामा पाँच हजार जम्मा गरिदिने भएको छ। आर्थिक वर्ष २०८०/८१ को गाउँसभाले सो कार्यक्रम सञ्चालनका लागि नीति, कार्यक्रम र बजेट पारित गरेको छ।, यही साउन १ गतेदेखि लागू हुने गरी सो कार्यक्रम ल्याइएको गाउँपालिकाका उपाध्यक्ष लेखमणि डाँगीले जानकारी दिए। यही साउन १ गतेपछि गाउँपालिकाभित्र जन्मने हरेक छोरीलाई उम्दा बनाउन उक्त कार्यक्रम ल्याइएको उनको भनाइ छ। बैंकमा खाता खोली जम्मा गरिने उक्त रकम २० वर्षसम्म झिक्न पाइने छैन।, ‘छोरी जन्मिदा परिवारमा खुशियाली ल्याउन तथा छोरीमा लगानी बढाउन यस्तो कार्यक्रम अघि सारेका हौँ,’ उपाध्यक्ष डाँगीले भने।, छोरीलाई आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक हिसाबले उम्दा बनाउका लागि उक्त कार्यक्रम अघि बढाएको उनको भनाइ छ।, कार्यक्रमबाट बालविवाह रोक्नसमेत मद्दत पुग्ने डाँगीको विश्वास छ। उक्त कार्यक्रमका लागि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ मा रु १० लाख विनियोजन गरेको छ।, गाउँपालिकाले लुम्बिनी प्रदेश सरकारसँगको साझेदारीमा उक्त कार्यक्रम गर्ने प्रस्ताव गरेको छ।, छोरी जन्मने बित्तिकै पाँच हजार खातामा
सेतोपाटी संवाददाता जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दुई-तीन दिन कम पानी पर्ने पूर्वानुमान गरेको छ।, यसअघि नै महाशाखाले यस वर्षको मनसुनमा औसतभन्दा कम पानी पर्ने प्रक्षेपण गरेको थियो।, अहिले मनसुन सक्रिय हुने समयमा वर्षा मत्थर भएको हो।, मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित भएकाले दुई–तीन दिन पानी कम पर्ने वरिष्ठ मौसमविद् वरूण पौडेलले सेतोपाटीलाई जानकारी दिए।, ‘अहिले मौसमको न्यून चापीय रेखा पूर्वपश्चिम सबैतिर सरदर स्थानभन्दा दक्षिणतिर देखिएको छ,’ उनले भने, ‘यो भन्दैमा पानी नै नपर्ने हुँदैन। बेलुकातिर हल्का वर्षा हुन पनि सक्छ। तर, लगातार झरी परिरहने अवस्था भने हुँदैन। यो क्रम दुई–तीन दिन देखिन सक्छ।’, उनले न्यून चापीय रेखा दक्षिण, उत्तरतिर सर्ने स्वाभाविक प्रक्रिया भएको पनि बताए।, अहिले देशभर  आंशिकदेखि सामान्य बदली रहेको छ। केही भूभागमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहेको छ।, काठमाडौं उपत्यकाको मौसम पनि सफा नै देखिएको छ। सुदूरपश्चिम, लुम्बिनी र बागमती प्रदेशका एक–दुई स्थानमा भने हल्का वर्षा भइरहेको महाशाखाले जानकारी दिएको छ।,  , मौसम पूर्वानुमानः दुई-तीन दिन पानी कम पर्ने
सेतोपाटी संवाददाता  त्रिभुवन विमानस्थलबाट स्रोत नखुलेको विदेशी मुद्रासहित चार जना पक्राउ परेका छन्।, विमानस्थल प्रहरी प्रवक्ता एसएसपी  दीप शमशेर जबराका  अनुसार बुधबार राति ११ बजे स्रोत नखुलेको अमेरिकी डलर लगायत अन्य देशका मुद्रासहित चार जनालाई पक्राउ गरिएको हो।, पक्राउ पर्नेहरूमा बुटवलका अनिश थापा र गुल्मीका सन्तोष पन्थी, दिपेश राना लगायत छन्।, उनीहरूको साथबाट ४१ हजार ४०० अमेरिकी डलर, १ लाख १९ हजार ५०० साउदी रियाल, १३ सय ५७  ओमान रियाल र ४८८ बहराइन दिनार बरामद गरिएको एसपएसपी राणाले जानकारी दिए।, बरामद गरिएको मुद्रा झन्डै एक करोड नेपाली रूपैयाँ हुन आउने एसएसपी  राणाले बताए। , पक्राउ पर्नेमध्यका अनिश थापा  साढे ११ बजे हिमालय एअरलाइन्सबाट दुबई जाँदै थिए। एसएसप जबराका अनुसार उनी भिजिट भिसामा जान लागेक रहेछन्। गुल्मीका सन्तोष पन्थी, दिनेश  राना लगायतका समूह पैसा पुर्‍याउन विमानस्थल पुगेका थिए।, उनीहरूले ती सबै मुद्रा चाउचाउको कार्टुनमा राखेर अनिश थापालाइ दिएका थिए। चेकजाँचका क्रममा अवैध मुद्रा भेटिएपछि उनीहरू चारै जनालाई विमानस्थल परिसरबाटै पक्राउ गरिएको एसएसपी जबराले जानकारी दिए।  , सुटकेशभित्र चाउचाउको कार्टुनमा अवैध विदेशी मुद्रा  भेटेपछि अनिशले त्यसबारेमा आफूलाई थाहा नभएको बताएका थिए।, पन्थीलगायतले आफूलाई  चाउचाउ हो दुबईमा भएको साथीलाई लगिदे भनेर दिएकोबाहेक अन्य थाहा नभएको बताएपछि एअरपोर्ट परिसरमै रहेको पन्थी लगायत तीन जनालाई तत्काल पक्राउ गरेको थियो।, प्रहरीले चारै जनालाई पक्राउ गरी गौशाला प्रहरी वृत्तको हिरासतमा राखेको छ।हिजो राति भइसकेका कारण थप अनुसन्धान आजदेखि सुरू हुने एसएसपी राणाले जानकारी दिए।,  , त्रिभुवन विमानस्थलबाट स्रोत नखुलेको विदेशी मुद्रासहित चार जना पक्राउ
रासस चितवनमा डेङ्गुबाट दुई हजार ३०६ जना सङ्क्रमित भएका छन्। आर्थिक वर्ष २०७९/८० मा जिल्लामा डेङ्गुबाट चार जनाको मृत्यु भएको छ।, जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार गत आवमा जिल्लाका विभिन्न अस्पतालमा १४ हजार ७२८ जनाको परीक्षण गरिएकामा तीन हजार तीन सय २४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो।, चितवन बाहिरका छ सय ९५ जना र ठेगाना नखुलेका तीन सय २३ जना डेङ्गुबाट सङ्क्रमित भएका थिए।, जिल्लामा सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा डेङ्गुको सङ्क्रमण देखिएको केसीले बताए। भरतपुरमा एक हजार छ सय ४६ जना, रत्ननगर नगरपालिकाका दुई पाँच ६५ र खैरहनी नगरपालिकामा एक सय ८४ जना सङ्क्रमित भएका थिए।, यस्तै राप्ती नगरपालिकामा एक सय जना, कालिका नगरपालिकामा ५५, माडी नगरपालिकामा ४० र इच्छाकमना गाउँपालिकामा १६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको केसीले बताए।, डेङ्गु एडिस एजेप्टाइ र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल सङ्क्रमण हो। यो रोगको सङ्क्रमण देखिएका बिरामीमा टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने,  ढाड, जोर्नी तथा माँसपेशी दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दाग देखापर्ने, बेहोस हुने आदि लक्षण देखा पर्ने चिकित्सक बताउँछन्।, डेङ्गुबाट बच्ने मुख्य उपाय लामखुट्टेबाट बच्नु हो । लामखुट्टे पानीमा बस्ने भएकाले घरको वरपर वा पानी जम्ने ठाउँजस्तैः गमला, फूलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गाडीका काम नलाग्ने टायर आदिमा पानी जम्न नदिनु, बाहिर वा लामखुट्टेले तोक्ने ठाउँमा निस्कदा शरीर ढाकिने लुगा लगाउनुपर्ने र सुत्दा अनिवार्य झुलको प्रयोग गर्नुपर्छ, साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनुपर्ने उनको भनाइ छ।  , चितवनमा २ हजार ३ सय पुग्यो डेंगु संक्रमितको संख्या
सेतोपाटी संवाददाता मनसुनको न्यून चापीय रेखा सरदरको स्थानभन्दा दक्षिणतिर सर्दा बुधबारदेखि कम वर्षा हुने देखिएको छ।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसमको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपासै छ ।, पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। यसले तराई-मधेसतिर कम पानी पर्ने सम्भावनालाई इङ्गित गर्ने मौसमविद् विनु महर्जनले जानकारी दिइन्।, ‘मौसमको न्यूनचापीय रेखा पश्चिमतिर सरदरकै स्थानमा रहेकाले हल्का तथा मध्यम वर्षा भइरहेको छ। पूर्वमा दक्षिणतर्फ सरेकाले पानी कम परेको छ। भोलिदेखि कम पानी पर्ने अनुमान गर्न सकिन्छ,’ उनले सेतोपाटीसँग भनिन्।, मौसमविद् विनोद पोखरेलले तिब्बतबाट नेपालतिर बादल सरेकाले मध्य पहाडमा बढी वर्षा भएको र तराईका कम वर्षा भएको उल्लेख गरेका छन्।, उनले ट्विटमार्फत् केही दिन तराईमा हल्का वर्षा हुने पनि प्रक्षेपण गरेका छन्।, अहिले देशैभर बदलीको अवस्था रहेको महर्जनले बताइन्। उनका अनुसार बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भूभागमा अहिले हल्का वर्षा भइरहेको छ।, आज डोटी, डडेलधुरा, अछाम, दोलखा, सिन्धुपाल्चोक, रूकुम पूर्व, रूकुम पश्चिम, रोल्पा, दैलेख, कालिकोट, बाजुरा, बझाङ, कैलाली, कञ्चनपुर, बैतडी, दार्चुला र आसपासका जिल्ला भई बहने नदीको जल सतह बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले नियमित बुलेटिनमार्फत् भनेको छ।,  , बुधबारदेखि कम पानी पर्ने पूर्वानुमान
रासस राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन बरामद प्रकरणमा हालसम्म छ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक जना एजेन्टसमेत रहेका छन्। , विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी छ।, पक्राउ परेकाको पहिचान खुलाइएको छैन। बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको खोजतलासका क्रममा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको उक्त सुन विभागको टोलीले बरामद गरेको थियो।, विभागले विमानस्थल भन्सार कार्यालयको गेट अगाडि सुन बरामद गरी तत्काल दुई जना पक्राउ गरेको थियो। त्यसपछि आज बिहानसम्म थप चार जना पक्राउ गरिएको ढुङ्गानाले बताउए। सुन हङकङबाट ल्याइएको खुलेको उनले बताए।, सुन ८० देखि १०० किलोग्राम भएको अनुमान गरिएको छ। नेपालमा एकै पटक यति धेरै सुन बरामद भएको यो पहिलो घटना हो। ‘तथ्य खुल्न बाँकी छ । फरार व्यक्तिको खोजी भइरहेको छ’, उनले भने।,  ,  , सुन बरामद प्रकरणः एजेन्टसहित ६ जना पक्राउ
सेतोपाटी संवाददाता ललितपुरमा मंगलबार बिहान करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।, ललितपुर प्रहरीका अनुसार गोदावरी नगरपालिका-५ लेले सौर भञ्ज्याङका २६ वर्षीय राजु सिङताङको करेन्ट लागेर मृत्यु भएको हो।, मर्निङ वाकमा गएका राजुले घर नजिकैको बाटोमा लत्रेको बिजुलीको तारमा टेक्दा करेन्ट लागेको थियो।, करेन्ट लागेका उनको मृत्यु भएपछि प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ।, ललितपुरमा लत्रेको तारबाट करेन्ट लाग्दा मर्निङ वाक गएका युवकको मृत्यु
रासस काभ्रेपलाञ्चोक जिल्ला अदालतले आर्थिक वर्ष २०७९/८० मा मुद्दा फछ्र्याैटको लक्ष्य पूरा गरेको छ। बितेको आवमा दुई हजार तीन सय १३  मुद्दा फछ्र्याैटको लक्ष्य लिएकामा दुई हजार तीन सय १४ मुद्दा फछ्र्याैट गरेको अदालतले जनाएको छ।, ती मुद्दा फछ्र्याैट एवं कार्यान्वयनका क्रममा आठ सय ७६ वर्षको कैद असुल गरिएको छ। उक्त आवमा असुल गर्नुपर्ने दुई हजार एक सय ७० वर्ष आठ महिना कैदमध्ये आठ सय ७६ वर्षको कैद असुल भएको हो भने एक हजार दुई सय ९४ वर्ष आठ महिना कैद असुल गर्न बाँकी रहेको अदालतका श्रेस्तेदार गोविन्द घिमिरेले जानकारी दिए। उनका अनुसार वार्षिक लक्ष्यमा दर्ता मुद्दाको सङ्ख्या तीन सय ४७ थान थप र फछ्र्यौटमा एक थान थप अर्थात् शतप्रतिशत पूरा भएको हो।, उनले नयाँ दर्ता अनुमान एक हजार छ सय ३७ थानमा एक हजार नौ सय ८७ थान दर्ता भएका बताए। यस्तै दुई हजार तीन सय १३ थान फछ्र्यौट गर्ने लक्ष्य लिएकोमा दुई हजार तीन सय १४ थान फछ्र्यौट भएको छ। जिम्मेवारी सरेका एक हजार पाँच सय ५५ थान र नयाँ दर्ता एक हजार नौ सय ८७ गरी कुल तीन हजार पाँच सय ४२ थान मुद्दाको लगत कायम भएको छ। अदालतले गत आवको अन्त्यसम्ममा तीन हजार एक सय ९२ थान मुद्दा अनुमान गरेको थियो । अदालतमा तीन इजलास छन्।, लक्ष्यभन्दा धेरै दर्ता र फछ्र्यौटमा शतप्रतिशत पूरा गरेका अदालतमा चालु वर्षका लागि एक हजार दुई सय २८ थान मुद्दाको जिम्मेवारी सरेको जनाइएको छ। अघिल्लो आवको तुलनामा जिम्मेवारी सरेको तीन सय २७ थान कम हो। कुल मुद्दाका आधारमा अदालतले ६५ दशमलव २४ प्रतिशत मुद्दा फछ्र्यौट गरेको श्रेस्तेदार घिमिरेले बताए। उनका अनुसार अघिल्लो आवबाट जिम्मेवारी सरेकामध्ये ८४ दशमलव ८८ प्रतिशत मुद्दा फैसला भएका छन् भने नयाँ दर्ता भएकाबाट ५४ दशमलव ७४ प्रतिशत फैसला भएका छन् । अदालतमा चार वर्ष नाघेका मुद्दाको सङ्ख्या तीन छन्। तीनदेखि चार वर्षभित्रका छ र दुईदेखि तीन वर्षभित्रका दुई गरी ११ थान मुद्दा पुराना छन्।, अदालतको मुख्य जिल्ला न्यायाधीश मोहनराज भट्टराईको १ नं इजलासले बितेको आवमा सात सय ७८ वटा मुद्दा फछ्र्यौट गर्ने लक्ष्य राखेकामा आठ सय ८१ वटा फछ्र्यौट अर्थात् एक सय १३ दशलमव ११ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ। यस्तै न्यायाधीश राजेन्द्र नेपालको २ नं इजलासले सात सय ६८ वटा लक्ष्य लिएकामा छ सय ४९ अर्थात् ८४ दशलमव ५० प्रतिशत मुद्दा फछ्र्यौट गरेको हो। न्यायाधीश रीताकुमारी बख्रेल रहेका ३ नं इजलासमा भने सात सय ६७ वटा लक्ष्य लिएकामा सात सय ७७ वटा फछ्र्यौट गरी एक सय एक दशमलव १७ प्रतिशत सफलता प्राप्त गरेको जनाइएको छ। , छ महिनाभित्रका पाँच सय ३६, एक वर्ष अवधिका चार सय ५६, डेढ वर्ष अवधिका तीन सय १६, दुई वर्ष अवधिका पाँच सय २२ गरी दुई हजार तीन सय १४ थान मुद्दा फैसला भएका अदालतको तथ्याङ्कले देखाएको छ। यस्तै अदालतले एक वर्षमा छ हजार तीन सय नौवटा म्याद तामेल गर्नुपर्नेमा छ हजार दुई सय ७५ वटा म्याद तामेल गरेको छ । यसमध्ये चार हजार दुई सय ८२ वटा म्याद जिल्ला अदालतका र दुई हजार २७ वटा म्याद अन्यत्र अदालतका हुन्। फैसला कार्यान्वयन लक्ष्यको तुलनामा ९४ दशमलव ९० प्रतिशत पूरा भएको हो। , यही अवधिमा रु पाँच लाख ७२ हजार क्षतिपूर्ति रकम फछ्र्यौट गरी  एक करोड ६६ लाख ४८ हजार नौ सय रूपैयाँ क्षतिपूर्ति भराउन बाँकी छ भने ६८ करोड नौ लाख रूपैयाँ जरिवाना असुल गर्न बाँकी छ । तीन करोड ९९ लाख रूपैयाँ असुल भएको छ। गत आवको मात्रै चार करोड रूपैयाँ जरिवाना तोकिएको थियो। , काभ्रे जिल्ला अदालतले गर्‍यो आठ सय ७६ वर्ष कैद असुल
सेतोपाटी संवाददाता बैतडीमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।, दशरथचन्द नगरपालिका– ६ सनकट्यामा ट्र्याक्टर दुर्घटना हुँदा कैलाली घर भएका ३१ वर्षीय चालक सुलेन चौधरीको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।, सोमबार साँझ दशरथचन्द नगरपालिका–२ बाट गिट्टी बोकेर वडा नम्बर–६ तर्फ जाँदै गरेको सुपप्र ०१००–२ त ६३८९ नम्बरको ट्र्याक्टर सडकबाट अन्दाजी ३ सय मिटर तल खसेको थियो। प्रहरी निरीक्षक जोशीका अनुसार दुर्घटनाको कारण खुलेको छैन। दुर्घटनाबारे अनुसन्धान भइरहेको छ।, बैतडीमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकाका १८ वटा नगरपालिकाको फोहोर बिसर्जनमा मंगलबार पनि अवरोध भएको छ।, काठमाडौं महानगरपालिकासहित उपत्यकाका स्थानीय तहको फोहोर फाल्ने ठाउँ बञ्चरेडाँडाबासी आज पनि आन्दोलित छन्।, ‘बाटामा ५०–६० जना स्थानीय आज पनि सडकमा छन्,’ काठमाडौं महानगरपालिकाका वातावरण विभागका निर्देशक रविनमान श्रेष्ठले भने, ‘जग्गा अधिग्रहणको माग राखेर सडक अवरूद्ध गरिरहेका छन्। यसअघि भएका सम्झौताको १८ बुँदामध्ये अधिकांश पूरा भइसकेका छन्। अहिलेको मागचाहिँ हामी पूरा गर्न सक्दैनौं।’, उनले सिसडोलको व्यवस्थापनका लागि काम भइरहेको बताए।, ‘वातावरणीय प्रभाव मूल्याङ्कनको काम पनि अन्तिम चरणमा पुगेको छ। सबै काम गरिरहेका छौं,’ श्रेष्ठले भने, ‘अहिलेको माग संघीय सरकारसँग सम्बन्धित भएकाले सहजीकरणका लागि आग्रह गरेका छौं।’, स्थानीयले भने अहिलेसम्म फोहोर व्यवस्थापनको कुनै काम नभएको बताएका छन्।, फोहोर बोकेका गाडी सिसडोलको हिलोमा गाडिएबाट नै काम भएको कि नभएको थाहा हुने ककनी गाउँपालिका–३ का वडाध्यक्ष घननाथ बजगाईंले बताए।, ‘१ करोड ९३ लाखमा बाटोको काम भइरहेको भन्ने सुनिन्छ। तर, गाडी पास हुन सक्दैन। फोहोरका गाडी त्यहीँ फस्छन्,’ बजगाईंले भने, ‘सोमबार राति एउटा जीप फसेर बाटै रोकियो।’, उनले अहिलेको माग फोहोर र मानिस सँगै नराखौं भन्ने मात्रै रहेको बताए।, संघ सरकार र उपत्यकाका स्थानीय तहले २०६२ जेठदेखि २०७९ जेठसम्म फोहोर थुपारेर पर्वत बनाएको सिसडोलको व्यवस्थापनमा केही नगरेपछि गाउँपालिकाले आफैंले पहल गर्न खोजेको उनले बताए।, यो पनि पढ्नुस्: , फोहोर बोकेका टिपरलाई अवरोध नगर्न सर्वोच्चको अन्तरिम आदेश, ‘हामीले साना गाडीबाट एक हजार र ठूलाबाट एक हजार पाँच सय प्रतिटिप उठाउने गरी निर्णय गरेका थियौं, त्यो पनि मुद्दा परेर रोकियो। हामीचाहिँ फोहोरमै बस्नु! हामीसँग के विकल्प छ?,’ उनले भने।, जग्गा अधिग्रहणलाई पैसा छुट्टयाइएन, स्थानीयले बञ्चरेडाँडालाई केन्द्रमा राखेर १ हजारदेखि १ हजार २ सय मिटर वरपरसम्मको जग्गा अधिग्रहणको शर्त राखेका छन्। त्यो जग्गामा मध्यवर्ती क्षेत्र तय गर्ने र त्यसभित्रका बस्ती खाली गर्नुपर्ने उनीहरूले बताएका छन्।, ‘त्यसभित्र केही गुठीका जग्गा छन्। तिनलाई क्षतिपूर्ति एउटा विकल्प हुनसक्छ, अरू अधिग्रहण गरेर अहिलेको समस्याको निकास दिनुपर्छ। क्यान्सरजस्ता घातक रोगको कारखानामा मानिस कसरी बस्नू!,’ बजगाईंले भने।, संघीय सरकारले चालु वर्षको बजेटमा अधिग्रहणलाई पैसा नछुट्टयाएको उनले बताए।, काठमाडौं उपत्यकाभित्र दैनिक १ हजार १ सय हाराहारी मेट्रिक टन फोहोर उत्सर्जन हुनेगर्छ। ती सबै फोहोर धादिङ, धुनीबेसी–१ मा पर्ने बञ्चरेडाँडामा बिसर्जन हुँदै आइरहेको छ। त्यहाँ सहरी विकास मन्त्रालयले दुई अर्ब बढी लागतमा दीर्घकालीन ल्यान्डफिल साइट बनाएको छ।, अघिल्लो वर्षको साउनदेखि नै वर्गीकरण गरेर ठोस फोहोर मात्रै व्यवस्थापन गर्ने भनिएकामा महानगरले कार्यान्वयनमा ल्याउन सकेको छैन।, त्यसो हुँदा बञ्चरेडाँडा दीर्घकालीन ल्यान्डफिल साइटको आयु घटेको विज्ञहरूले बताएका छन्।, ठोस फोहोर मात्रै लगे २० वर्षभन्दा बढी व्यवस्थापन गर्न सकिने सहरी विकास मन्त्रालयको भनाइ छ।, काठमाडौं महानगर र सिसडोल/बञ्चरेडाँडाबासीबीच भएको १८ बुँदे सहमति, बञ्चरेडाँडाबासीको आन्दोलनले आज पनि काठमाडौंको फोहोर फाल्न अवरोध
रासस दासप्रथाको अवशेषका रूपमा रहेको कमैया प्रथा मुक्तिको २३ वर्ष पूरा भएको छ। यद्यपि अझै पनि पुनर्स्थापना भने हुन नसकेको मुक्त कमैयाहरू गुनासो गर्दै आएका छन्। , जमिन्दारहरूको घरमा दासकै जस्तो जीवन बिताइरहेका कैलाली, कञ्चनपुर, बर्दिया, बाँके र दाङका कमैयालाई सरकारले २०५७ साल साउन २ गते मुक्त भएको घोषण गरेको थियो। तत्कालीन समयमा सरकारले मुक्त कमैयालाई ठाउँअनुसार एकदेखि पाँच कठ्ठासम्म जग्गा, घर बनाउन काठ र रकम उपलब्ध गराएको थियो।, यद्यपि पुनर्स्थापना अझै पूरा नभएको मुक्त कमैया महिला विकास मञ्च कैलालीको भनाइ छ। मुक्ति दिवस खुसी, उत्साह र उल्लासका साथ मनाउनु पर्नेमा अझैसम्म धेरै कमैयाको पुनर्स्थापना हुन नसक्दा पीडा थपिएको र दुःखले मनाउनु परेको मञ्चका अध्यक्ष सीमा चौधरीले गुनासो गरिन्।, शिक्षा, स्वास्थ्य, रोजगारी,  दीगो जीविकोपार्जन, सामाजिक  सशक्तीकरण र समावेशीकरणसम्बन्धी मुद्दामा प्राथमिकता नदिँदा मुक्त कमैयाहरू आर्थिक, सामाजिक र राजनीतिक रूपमा पछि पर्दै आएको उनको भनाइ छ।, अध्यक्ष चौधरीले मुक्त कमैयाको पुनर्स्थापनामा सहयोग गर्न सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासमक्ष अनुरोध गरेकी छन्। , कैलालीमा नौ हजार सात सय ६२ मुक्त कमैया परिवार रहेकोमा नौ सय ५३ जनाको उचित पुनर्स्थापना हुन बाँकी रहेको उनको भनाइ छ।, मुक्तकमैयाको परिचयपत्र सहित पुनर्स्थापना, जनता आवास कार्यक्रम लागू गर्न, अति आधारभूत आवश्यकता पूरा गुर्नुपर्ने, मुक्त कमैयाका बालबालिका, कमलहरि तथा युवाका लागि निःशुल्क प्राविधिक शिक्षाको व्यवस्था गर्न मञ्चले माग गरेको छ।, अध्यक्ष चौधरीले मुक्त कमैया, कमलहरि, हलिया र हरुवा चरुवाको वस्तुस्थिति अध्ययन प्रतिवेदनको सिफारिस कार्यान्वयन गरिनुपर्ने, मुक्त कमैयाहरूलाई व्यवसाय सञ्चालनका लागि विना धितो पाँच वर्षका लागि पाँच लाख रुपैयाँसम्म ऋण उपलब्ध गराइनुपर्ने र राज्यका हरेक तहमा मुक्त कमैयाको सहभागिताको सुनिश्चितता गरिनुपर्ने माग गरे।, कमैया मुक्तिका २३ वर्ष, पुनर्स्थापना अझै बाँकी
सन्जिब बगाले वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा हिजो (साउन १) गतेदेखि बिहान ८ बजेबाट नै बिरामीलाई ओपिडी सेवा सुरू भएको छ।, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का  कार्यकारी निर्देशक डाक्टर सन्तोष पौडेलले पहिलो दिनको सेवा धेरै प्रभावकारी भएको बताए। अस्पतालमा हुने भीडलाई व्यवस्थापन गर्न आफूहरू सफल हुने उनको दाबी छ।, पहिलो दिन ११ बजे नै भीड हटेको भन्दै उनले यसलाई दीर्घकालसम्म कसरी लैजाने भनेर आफूहरूले सोच बनाएको  बताए।, यसअघि वीर अस्पतालमा १० बजेदेखि मात्रै बिरामीले सेवा पाउँथे। जसले गर्दा अत्यासलाग्दो भीड हुन्थ्यो। त्यो भीड हटाउन आफूहरूले अध्ययन गरेको र त्यसले बिहान ८ बजेदेखि सेवा सुरू गर्न सुझाव आएको पौडेलको भनाइ छ। अहिले टिकट काउन्टर र ल्याब सेवा ७ बजेदेखि नै खुल्छन्।, ‘अस्पतालको समयको कुरा गर्दा प्रशासनिक हिसाबले हेरियो। अहिले संसारभरिका प्रसिद्ध अस्पताल बिहानैदेखि सुरू हुन्छन्। बिहानै सुरू गर्दा प्रभावकारी हुने भएकाले यो अभ्यास सुरू भएको होला,’ उनले भने,‘पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि बिहानै सुरू हुन्छ। हामीले प्रशासनको भन्दा स्वास्थ्यको दृष्टिकोणले हेरेको हो।’, वीर अस्पतालमा पछिल्लो समय बिरामीको चाप ह्वात्तै बढेको छ। आर्थिक वर्ष २०७९/०८० मा मात्रै ५ लाख १८ हजार बिरामीले सेवा लिएका छन्। अघिल्लो आर्थिक वर्षमा वीरबाट सेवा लिने बिरामीको संख्या ३ लाख जना थियो।, ‘आम नागरिकले सेवा लिन वीर अस्पताल छानेको देखियो। अर्को कुरा आर्थिक मन्दीले पनि होला प्रारम्भिक परीक्षण गरेपछि जटिल सेवा लिन वीरमा आउने रहेछन्,’ उनले भने,‘कतिपय सेवा वीरमा धेरै सहज भएकाले यस्तो भएको रहेछ। विशेषगरी अस्पतालको ‘पिक आवर’ भनेको साढे १० देखि साढे १२ बजेसम्म धेरै भीड भएको देखियो।’, अस्पतालले गरेको अध्ययनअनुसार बिरामीको भीड १० देखि साढे १२ र दिउँसो २ देखि ३ बजे हुने रहेछ। अब भने अल्ट्रा साउन्डलगायत सेवा ८ बजेदेखि सुरू भइसक्छन्।, ८ बजेदेखि ओपिडी सुरू हुन्छ। सवा १२ बजेसम्म बिहानको सेवा हुन्छ भने १ देखि४ बजेसम्म बिरामी परीक्षण हुन्छ। ४ बजे परीक्षण भएको बिरामीले ल्याब सेवा लिन पर्‍यो भने ल्याब ५ बजेसम्म खुला हुन्छ।, कार्यकारी निर्देशक पौडेलका अनुसार जटिल उपचार बाहेकका सेवाका लागि बिहान ७ बजे पुगेको बिरामी १२ बजे फर्किन सक्छ। सवा १२ बजेभन्दा अगाडि रगत परीक्षण भयो भने दिउँसोको सेसनमा रिपोर्ट पाइन्छ। सामान्यत: सिटी स्क्यानको लागिसमेत अहिले पालो लिन पर्दैन। सिटी स्क्यान सेवा २४ सै घन्टा खुला हुन्छ। एमआरआई सेवा १२ घन्टा खुला रहन्छ।, ‘बिरामीले सेवा लिनका लागि कुर्नुपर्ने अवस्था कम गर्दै लगेका छौं। एकै दिनमा रिपोर्ट ल्याएर चिकित्सकलाई देखाउन सक्ने प्रावधा समेत राखेका छौं। अनलाइन सेवा भने प्रभावकारी भएन। दस प्रतिशतले मात्रै यो सेवा प्रयोग गरेका छन्। सायद यहाँ आउने वर्गले अनलाइन नचलाउने भएर होला,’ उनले भने।, नेपालमा पाइने सेवामध्ये सबैभन्दा सस्तो सेवा वीर अस्पतालमा छ। सरकारी संस्थामा पाइने सेवा सुविधामध्ये सबैभन्दा बढी सेवा वीर अस्पतालमै पाइने उनको दाबी छ।, ‘अस्पतालमा पर्ने सबैभन्दा महंगो अपरेसन ब्रेनको न्युरो सर्जरी हो। यसको मूल्य २५ हजार रुपैयाँ हो। निजी अस्पतालमा लाखौं पर्ने अपरेशन वीरमा हजारमा हुन्छ,’ उनले भने,‘हामीकहाँ लाख पर्ने कुनै उपचार छैन। १० प्रतिशत शैया अति विपन्न परिवारका लागि छुट्टाएको छ। बेडसहित कुनै सर्जरी र परीक्षणको उपचार खर्च लाग्दैन।’, वीर अस्पतालको बेडमा बस्ने सबै बिरामीले खानाको पैसा तिर्न पर्दैन। बिरामीले आफैंले ल्याएर पनि खान भने पाउँछन्।, पौडेलका अनुसार वीरको सेवाबारे दुईखाले विचार छन्। यो सरकारी अस्पताल हो सबै नि:शुल्क गर्नु पर्छ भन्ने छ भने हुनेबाट लिएर नहुनेलाई पूर्ण नि:शुल्क गर्नपर्छ भन्ने पनि छ। आफू दोस्रो विचारको पक्षमा रहेको उनले बताए।, ‘हामीले अस्पतालको सरसफाइमा ध्यान दिएका छौं। अस्पतालका शौचालय दिनमा कम्तीमा तीन पटक सफा गर्छौं। अहिले कम्तीमा छिछि भन्ने खालका शौचालय छैनन्,’ उनले भने,‘वातावरणीय सरसफाइमा समेत ध्यान दिएका छौं। बगैंचा बनाउने फूल रोप्नेलगायत काम गरेका छौं। त्यस्तै, आकस्मिक सेवालाई सुधार्न प्रयास गरेका छौं।’,  ,  , अहिले बिरामीको भीड धेरै भए पनि साह्रै गम्भीर बिरामीले बेड नपाउने भन्ने नरहेको कार्यरकारी निर्देशक पौडेलको दाबी छ। अस्पतालको बेडको संख्या ५५ बाट बढाएर ७५ पुर्‍याउने तयारी छ भने एचडियू बेड २५ बनाएर आकस्मिक र एचडियू गरी १ सय बेड बनाउने सोच छ। अहिले वीर अस्पतालमा सबैखाले गरी ९ सय ६० बेड छन्।, वीर अस्पतालमा भूकम्पपछि जलन उपचार केन्द्र बन्द भएको थियो। यसपालि जलन केन्द्रका लागि बजेट छुट्याइएको छ।, त्यस्तै अपरेशनको क्षमता बढाउनका लागि १२ बाट बढाएर १८ वटा अपरेशन थिएटर बनाउने तयारी रहेको पौडेलले जानकारी दिए। त्यसपछि अपरेशन क्षमता दोब्बर हुन्छ।, ‘हामीले बिहान ८ बजेदेखि राति ८ बजेसम्म सेवा सञ्चालन गर्नपर्छ भन्ने महत्वकांक्षी योजनासमेत बनाएका छौं। यसका लागि स्वास्थ्य मन्त्रालय कार्यविधिसमेत बनाएको छ,’ उनले भने।, सबै तस्बिर: नवीनबाबु  गुरूङ/ सेतोपाटी, बिहान ८ बजेदेखि ओपिडी सुरू गरेपछि कसरी हट्छ वीरको भीड? (भिडिओ)
अक्षर काका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरूद्ध संसदीय सुनुवाइ विशेष समितिमा उजुरी हालेर चर्चामा आएका श्रीकृष्ण भट्टराईले उनको नियुक्तिपछि 'नैतिकता देखाउँदै' जिल्ला न्यायाधीशबाट राजीनामा दिएका थिए। , जसको विरूद्ध उजुरी दिएको हो उसकै मातहत काम गर्न नैतिकताले नदिएको भन्दै राजीनामाको बाटो रोजेका भट्टराई आफूले भने दोस्रो विवाह गरेको खुलेको छ।, दोस्रो विवाह गरेको पनि २४ वर्षपछि उनले जेठी पत्नीविरूद्ध जिल्ला अदालत लमजुङमा सम्बन्ध विच्छेदको मुद्दा हालेपछि उनको दोस्रो बिहेको भेद खुलेको हो।, उनले यही असार ११ गते जिल्ला अदालत अर्घाखाँचीको न्यायाधीशबाट राजीनामा दिए। त्यसको दुई सातामै जेठी पत्नीविरूद्ध सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेका हुन्। उनले दिएको निवेदन (फिरादपत्र) अनुसार जेठी पत्नी मिठूसँग २०४२ सालमा विवाह गरेका भट्टराईले २०५६ मंसिर २६ गते शारदा सिलवालसँग दोस्रो बिहे गरेका थिए। , 'नैतिकता देखाउँदै' न्यायाधीश पद त्यागेका भट्टराईको निवेदन अहिले जिल्ला अदालत लमजुङमा चर्चाको विषय बनेको छ।, कैयौं वर्ष 'न्यायमूर्ति' का रूपमा काम गरेका र जागिर छोड्दा पनि नैतिकताको दुहाइ दिएका भट्टराईले जेठी पत्नीलाई अमानवीय व्यवहार गरेको उनकी छोरीहरू बताउँछन्। उनले अदालतमा दर्ता गरेको फिरादपत्रमा जेठी पत्नी मिठूविरूद्ध उनले प्रयोग गरेको भाषा र लगाएका आरोप हेर्दासमेत छोरीहरूको भनाइ पुष्टि हुन्छ।, 'विवाहको मण्डपमा एक्कासि आफूभन्दा निकै पाको उमेरको बुढी महिला बेहुलीको भेषमा देख्दा डर लागी मण्डपबाटै भागौं कि भन्ने पनि लाग्यो। जन्त गएका दाइहरूलाई सो कुरा सुनाउँदा त्यसो हुन गएमा बुवाको बेइज्जत हुने मात्र नभई पुलिसले पक्राउ गरेर भए पनि जबरजस्ती विवाह गराइदिने भनी डर, त्रास देखाएकाले चुपचाप अह्राएको मान्नुभन्दा मेरो बाल मस्तिष्कमा अर्को विकल्प सुझेन,' निवेदनमा उल्लेख छ, 'फलस्वरूप निज विपक्षीसँग जबरजस्ती मेरो विवाह सम्पन्न भयो। आफू १५ वर्षको बच्चै भएकाले आफूभन्दा निकै छिप्पेकी निज विपक्षी मलाई आन्टीजस्तो लाग्थ्यो। दौंतरीहरूले पनि आन्टीको लोग्ने भनी जिस्क्याउँथे।', बिहे गरेको झन्डै ३८ वर्षपछि दिएको निवेदनमा उनले मिठूलाई चरित्रहीन भन्ने कोसिससमेत गरेका छन्। बिहे गरेको केही समयपछि कसैले मिठूबारे कुरा काटेको प्रसंगसमेत उनले फिरादमा उल्लेख गरेका छन्। जसको उनले कुनै आधार प्रस्तुत गरेका छैनन्।, 'जे-जस्तो भए पनि आफ्नै स्वास्नीलाई चरित्रहीन भनी आफ्नै अगाडि कुरा काटेको सुन्ने साहस कुनै पनि लोग्नेमा हुँदैन। विपक्षीको विषयलाई लिएर निजसँग मेरो ठूलो वादविवाद भयो,' उनको निवेदनमा उल्लेख छ, 'निजले जो चोर उसकै ठूलो स्वरको शैलीमा आफैं अर्काले गर्भवती बनाई छोडेको केटी विवाह गर्ने र उल्टो ठूलो कुरा गर्ने भनेपछि हाम्रो बीचमा हात हालाहाल भयो। शारीरिक रूपमा निज मभन्दा बलिष्ठ भएकोले मैले कुटाइ खानुपर्‍यो।', उनले बाबुआमाको करकापमा आफूभन्दा बढी उमेरकी केटीसँग विवाह गर्नुपरेको फिरादमा गुनासो गरेका छन्। , २०४२ सालमा प्रवेशिका परीक्षा उत्तीर्ण गरेपछि काठमाडौं अध्ययन गर्न जान खोज्दा बिहेको शर्त राखिएको उनको भनाइ छ।, 'विवाहका लागि मानसिक रूपमा बाध्य बनाउने, नभए पढ्न जान नदिने, जबरजस्ती गरेरै भए पनि विवाह गरिदिने भनी ब्ल्याकमेलिङको भाषा प्रयोग गर्दै भविष्य र वर्तमानको संकटमा पर्ने काम भयो,' उनले भनेका छन्, 'उता आमा भने खाना पनि नखाने र रूने गर्न थालेकोले आमाको माया र बुबाको डरले मेरो अगाडि उहाँहरूले जे भन्नुहुन्छ त्यो मान्नुको विकल्प भएन।', बिहेपछि पत्नी र बुवाआमाको करकापमा सँगै सुत्ने गरेको समेत उनले फिरादपत्रमा उल्लेख गरेका छन्।, पछि कानुन पढ्दा आफ्नो बिहे गैरकानुनी भएको थाहा भएकाले मुद्दा दिन हिँडेको तर बालविवाहमा आफ्ना बुवा नै पक्राउ पर्ने भयले सहेर बसेको समेत उनको जिकिर छ।, जेठी पत्नीले होटलमा काम गर्ने, धेरै परपुरूषहरूसँग सम्बन्ध बनाउने भनेर उनको आचरण, चरित्र र स्वभावलाई हदैसम्म दूषित देखाउने गरी उनले फिराद लेखेका छन्।, मिठूबाट जन्मिएका दुई छोरीलाई पनि आफ्ना नभएको भन्न भ्याएका छन्। परिवारले कर गरेकाले छोरीहरूलाई मानवीयताको नाताले स्वीकार गरेको र उनीहरूको बिहेसम्म धुमधामले गरिदिएको उनले फिरादमा लेखेका छन्।, भट्टराईका जेठी श्रीमतीतर्फ दुई छोरी छन्। जेठी छोरी ३३ वर्षकी र कान्छी ३० वर्षकी छन्। दुवैको विवाह भइसकेको छ।, उनले मिठूले आफ्नो नागरिकता चोरेर आफ्नो नामबाट नागरिकता बनाएको आरोप समेत लगाएका छन्। छोरीहरूको जन्मदर्ता गर्न आफूले नमान्दा-नमान्दै परिवारको करकापले गरिदिनुपरेको पनि उनले फिरादमा खुलाएका छन्।, भट्टराईले जेठी पत्नी आफूभन्दा दस वर्ष पाको दाबी गरे पनि मिठूको नागरिकताले यो खारेज गर्छ। दुवैको नागरिकता प्रमाणपत्रको प्रतिलिपि हेर्दा पूर्व जिल्ला न्यायाधीश श्रीकृष्णभन्दा उनकी पत्नी एक वर्ष मात्रै जेठी देखिन्छिन्। नागरिकतामा श्रीमानको जन्म मिति २०२६ फागुन ११ गते उल्लेख छ भने मिठूको जन्म मिति २०२५ फागुन ११ गते देखिन्छ।, भट्टराईले फिरादपत्रमा भने २०४३ सालमा आफूले लिएको नागरिकता घर ल्याउनेबित्तिकै हराएको र त्यति बेला पत्नी मिठूलाई सोध्दा थाहा छैन भन्ने जवाफ पाएको उल्लेख गरेका छन्। उनले मिठूले नागरिकता चोरी गरेको आरोप लगाएका छन्। चोरी गरेको नागरिकताबाट मिठूले २०४६ साल असार ५ गते नागरिकता लिएको भट्टराईले उल्लेख गरेका छन्।, पूर्वन्यायाधीश भट्टराईले जेठी श्रीमतीसँग स्वतः सम्बन्ध विच्छेद भएको र यो कुरामा पहिला मौखिक सहमति भएको समेत उल्लेख गरेका छन्।, 'मभन्दा दस वर्ष जेठीसँग झुक्याइ विवाह गराइदिएको पोल खुली त्यस्तो विवाह स्वतः विच्छेद भएको कुरामा विपक्षी साबित भई घर छाडी हिँडेको वर्षौं बितेपछि भएको मेरो विवाहउपर विपक्षीले बहुविवाह मुद्दा दायर गर्ने हकदैयासमेत गुमाई चुप लागी माइतमै बसेकी थिइन्,' उनले फिरादमा भनेका छन्।, भट्टराईले २०५६ मंसिर २६ मा रामेछापकी शारदा सिलवालसँग विवाह गरेका थिए। उनीबाट एउटा छोरा जन्मिएका थिए। ती छोराको २०७८ मंसिर १० मा अमेरिकामा सवारी दुर्घटनामा मृत्यु भएको भट्टराईले बताएका छन्।, अदालतमा आफ्नी आमा मिठूविरूद्ध भट्टराईले यस्तो फिराद दिएपछि छोरीहरूले आपत्ति जनाएका छन्। बिहेको ३८ वर्षपछि यो उमेरमा आएर आमाको उठीबास लगाउन खोजेको उनकी छोरीहरूको भनाइ छ।, उनीहरूको परिवार निकट स्रोतले न्यायाधीश भइसकेको मान्छेले जेठी पत्नीलाई झुटा लाञ्छना लगाएको बताउँछ।, 'बुढेसकालमा मिठूले चरित्रहीनको लाञ्छना सहनु परेको छ। उहाँले आफैंले मन पराएर बिहे गर्नुभएको हो। तर अहिले करकाप प्रमाणित गर्न खोज्नु भएको छ। लमजुङ, सुन्दरबजार ९ फेदीकुनाका जो कसैले यथार्थ बताउन सक्छन्। अहिले पेन्सन, सम्पत्ति दिनुपर्छ भनेर उहाँले वृद्ध अवस्थाकी मिठूलाई छोडपत्र दिन खोज्नुभएको हो,' उनको पारिवारिक स्रोतले भन्यो।, के भन्छिन् जेठी पत्नी?, पूर्वजिल्ला न्यायाधीश भट्टराईले मुद्दा दर्ता गरेपछि हामीले जेठी पत्नी मिठूसँग पनि कुराकानी गरेका थियौं।, उनले श्रीमानको तर्फबाट अहिलेसम्म केही नपाएको बताइन्। ससुरा कुलप्रसाद बाँचुञ्चेल आफूले बुहारीको दर्जा पाएको र त्यसपछि हेलाहोचो सहनु परेको बताइन्।, 'श्रीमानले असाध्यै लाञ्छना लगाएर मुद्दा दर्ता गरेको थाहा पाएँ। म माइतै बसेको भनेर मुद्दा दर्ता गर्नुभएको रहेछ। म अहिले पनि आफू भित्रिएको थातथलोमा छु। म कतै गएको छैन,' उनले भनिन्, 'पहिले पनि खाली कागजमा सहीछाप गर् भनेर धम्क्याउनुहुन्थ्यो। अहिले पनि उहाँका तर्फबाट केही मानिसहरू आएर धाकधम्की दिने र थलो छाडेर जा भनिरहनुहुन्छ।', उनले आफूलाई घर-सम्पत्तिबाट बेदखल बनाउन परिपञ्च रचेको पनि बताइन्।, 'उहाँले दोस्रो बिहे गरेको, त्यसबाट छोराका जायजन्म भएको पनि सुनेको हुँ। मैले अहिलेसम्म सहेर बसेको थिएँ। दुई छोरीहरू बिहेसमेत भइसकेको छ। यो बुढेसकालमा म कहाँ जाऊँ, म अन्यायमा परेँ,' उनले भनिन्।, 'नैतिकताका आधार' मा राजीनामा दिएका पूर्वन्यायाधीशको जेठी पत्नीविरूद्ध अनैतिक फिराद
युनिक श्रेष्ठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जफत गरेको इलेक्ट्रिक सिगरेट (भेप) साटेर सुन बेचबिखन गर्ने समूहका पाँच जना पुर्पक्षका लागि थुनामा पठाइएका छन्। , सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासले पाँच जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको सूचना अधिकारी दीपक दाहालले जानकारी दिए। , यस प्रकरणमा प्रहरीले ६ जनालाई पक्राउ गरेको थियो। , त्रिभुवन विमानस्थल भन्सार कार्यालयका नायव सुब्बा २७ वर्षीय रेवन्त खड्का, कागेश्वरी मनहरा-९ का ३२ वर्षीय दिनेश बस्नेत, काठमाडौं भोटेबहाल बस्ने वेदप्रकाश अग्रवाल, भारतीय नागरिक ३९ वर्षीय साहेब राव पाण्डुरङ मरग, काठमाडौंको शान्तिनगर बस्ने ३२ वर्षीय अमृत कार्की र पोखरा गैह्रीटापाटन बस्ने २२ वर्षीय निर्मलकुमार विक पक्राउ परेका छन्। , अमृत कार्कीलाई अदालतले साधारण तारेखमा रिहा गरेको छ। बाँकीलाई पुर्पक्षका लागि केन्द्रीय कारागार जगन्नाथदेवलमा पठाइएको छ। , यस प्रकरणमा जोडिएका तीन जना भने फरार छन्। सिन्धुपाल्चोक घर भई कागेश्वर मनोहरा-९ बस्ने २९ वर्षीय दिपेश बस्नेत, ४२ वर्षीय गोपाल सुवेदी र काभ्रेको बनेपा-१० घर भई थापागाउँ बस्ने ५५ वर्षीय रामकेशव थापा फरार छन्। , नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यो घटनाको अनुसन्धान गरेको हो। आपराधिक विश्वासघात गर्न नहुने र संगठित अपराधसम्बन्धी कसुरमा ब्युरोले अनुसन्धान गरी सरकारी वकिलको कार्यालयमा मुद्दा बुझाएको थियो। , त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरले यो घटनाको अनुसन्धान गर्न गत वैशाख २६ गते ब्युरोलाई पत्र लेखेको थियो।, भएको के थियो?, २०७९ पुस १० गते फ्लाई दुबईबाट आएका चिनियाँ नागरिक ली हानसङले लगेजमा ठूलो संख्यामा भेप (विद्युतीय चुरोट) भेटियो। एक्सरे गर्दा भेप देखिएपछि भन्सारका कर्मचारीले व्यापारिक मालवस्तु हुन सक्ने र भन्सार राजश्व असुल गर्नुपर्ने भनेर रोकेका थिए। , चिनियाँ नागरिकको लगेजमा ७३ बट्टामा ७३० गोटा भेप थिए। ठूलो परिणाममा भेप ल्याएको देखेपछि प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठले कर्मचारीलाई जफत गर्न आदेश दिए। , श्रेष्ठले प्रहरीसँग गराएको कागजमा लगेजमा ठूलो परिणाममा भेप आएको जानकारी पाएपछि एउटा भेप चिनियाँ नागरिक हानसङलाई दिएर बाँकी भेप जफत गरिएको बताएका छन्। , व्यापारिक ‍प्रयोजनका लागि ल्याएका मालवस्तु यात्रु शाखाबाट जाँचपास गर्न नमिल्ने हुँदा जफत गरिएको उनको भनाइ थियो। तर उनले उक्त भेपमा के छ भनेर खोलेर वा फुटाएर नहेरेको बताएका छन्।, जफत गरिएको उक्त भेप पुस १० गतेदेखि प्रमुख भन्सार अधिकृतको कार्यकक्ष अगाडि राखिएको थियो।  , जफत भएको केही दिनपछि भन्सार एजेन्ट खुवाप्रसाद न्यौपानेले अधिकृत श्रेष्ठलाई भेटेर भेपको तोकिएको राजस्व बुझेर जाँच पास गरिदिन अनुरोध गरे। श्रेष्ठले त्यसको जाँचपास नहुने भनेर फर्काएका थिए। , श्रेष्ठलाई भेटेको भोलिपल्ट श्यामसुन्दर साह भन्ने व्यक्तिले पनि श्रेष्ठसँग भेटेका थिए। त्यो भेप जलविद्युत आयोजनामा काम गर्ने चिनियाँ कामदारका लागि ल्याइएकाले राजश्व दाखिल गरी जाँचपास गर्न उनले अनुरोध गरे। श्रेष्ठले उनले गरेको अनुरोध पनि मानेनन्। , राहुल महरा भन्ने व्यक्तिले पनि आफूलाई फोन गरी उक्त भेपको लिलामी प्रक्रियाबारे बुझेको श्रेष्ठले प्रहरीलाई बताएका छन्। राहुल नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्वसभामुख  कृष्णबहादुर महराका छोरा हुन्।  , जफत गरिएको भेप पुस २९ गते मुद्दा शाखामा कानुनी कारबाहीको लागि पठाइएको थियो।, भेप ओसार्ने क्रममा सुरक्षागार्डको काम गर्ने निर्मलकुमार विक जोडिएका थिए। नासु सरोज श्रेष्ठले दुई वटा सुटकेश लिएर जाँदै गर्दा विकको सहयोग मागेका थिए। , मुद्दा शाखामा पुर्‍याएर सामान हेर्नका लागि उक्त सुटकेशको लक फुटाइयो। लक फुटाएपछि बन्द गर्दा एउटा सुटकेशको चेन राम्ररी लागेको थिएन। मुद्दा शाखाबाट सँगै रहेको गोदाममा विक आफैंले उक्त सुटकेश बोकेर लगे। त्यतिबेला सुटकेशबाट एउटा भेप झर्‍यो। , झरेको भेप उनले आफ्नो खल्तीमा हाले। सुटकेश गोदाममै राखेपछि उनी भेप बोकेर कोठामा फर्किए।, कोठामा उनले भेप प्रयोग गर्न खोजे। तर तान्दा धुँवा आएन। विभिन्न स्विच थिचेर, चार्ज गरेर हेर्दा पनि भेप चलाउन जानेनन्। त्यसपछि समाउने भागमा ब्याट्री राख्न मिल्छ कि भनेर उनले खोलेर हेरेका थिए। उनले भित्र प्लाष्टिकले प्याक गरी राखेको पहेँलो सुनजस्तो धातु फेला पारे। , त्यो धातु के रहेछ भनेर उनले ग्यासमा तताए। धातु पग्लिएन। , ‘प्लास्टिकमा प्याक गरेको पहेँलो सुनजस्तो धातु देखे पनि सुन नै हो भन्ने मलाई थाहा भएन। मैले ग्यासमा तताउँदा पनि नपग्लिएपछि मेरो कोठामा सोही भन्सार कार्यालय उपसचिवका ड्राइभर दाइ आएपछि उनलाई देखाएको थिएँ। उक्त धातुलाई भाँचेर एक टुक्रा आफैंले राखेर दाइले चिनेको सुनचाँदी पसलमा गएँ,’ विकले प्रहरीसँग भनेका छन्। , पसलमा जाँच गर्दा पहेँलो धातु सुन नै भएको पुष्टि भयो। त्यो सुनको उनले सिक्री बनाए।, विकलाई जफत भएको अरू भेपमा पनि सुन हुन सक्छ भन्ने लाग्यो र त्यो कसरी आफूले लिन सकिन्छ भन्नेबारे योजना बनाउन थाले।, विमानस्थलमा जफत भएको सामान लिलामी हुन्छ। विकले लिलाम भएका सामान उठाउने बब्लु गुप्ता नामका व्यक्तिलाई चिनेका थिए। उनले बब्लुलाई जफत भएको भेपभित्र सुन रहेको जानकारी दिए। , बब्लुको चिनजान विमानस्थलमा कार्यरत सुब्बा रेवन्त खड्का र दिनेश बस्नेतसँगै थियो। दिनेशले भन्सारको लिलाम प्रक्रियामा सहभागी भएर लिलाम सकार्ने काम गर्थे।  , बब्लुसँग विकले भेप भएको ठाउँसम्म आफूलाई पनि लिएर जान अनुरोध गरे। , ‘तपाईंको सामान के कहाँ छ? तपाईंको सामान भेप भएको ठाउँमा भए मलाई पनि लिएर जानु, भेपभित्र सुन छ। मिल्यो भने म पनि ४/५ पिस निकाल्छु,’ विकले बब्लुलाई भनेका थिए। , भेप कोठा नम्बर ११ मा राखिएको थियो। बब्लुले भेपमा सुन भएको कुरा रेवन्तलाई जानकारी गराए।, दुबै जना उक्त कोठामा गएर भेप निकालेर तानेर हेरेका थिए। तर धुँवा ननिस्केपछि रेवन्त आफैंले पछि हेर्ने जानकारी गराएर उनीहरू त्यहाँबाट निस्किए। , त्यहाँबाट फर्किएपछि भेपमा बहुमूल्य धातु छ भन्नेमा रेवन्त विश्वस्त भए। यता दिनेशले पनि भेप भित्र सुन रहेको थाहा पाइसकेका थिए। उनले सुन बेच्न व्यापारीसमेत खोजिसकेका थिए। , ‘गोदाममा सिसिटिभीबाट निगरानी हुने भएकाले कोठामा थप चेक गरिनँ। १-२ दिनपछि मैले दिनेश बस्नेतलाई भेट्दा भेपमा सुन रहेको र सुन बिक्रीको लागि आफूले भारतीय नागरिकसँग डिल गरिसकेको बताएका थिए। त्यसबाट प्राप्त हुने रकम मलाई पनि दिने भनेका थिए,’ रेवन्तले प्रहरीसँगको बयानमा भनेका छन्। , करिब ८-१० दिनपछि मुद्दा शाखामा रहेका लिलामी गर्नुपर्ने र नष्ट गर्नुपर्ने सामानलाई छुट्याइयो। भेप पनि डिस्पोज गर्ने भन्दै रेवन्तले गोदामबाट १११ नम्बरको कोठामा सार्न लगाए। त्यहाँ सिसिटिभी जडान गरिएको छैन। डिस्पोज गर्ने सामान छुट्याउन कामदार जाँदा दिनेश बस्नेतसँगै जान्थे।, उनीहरूले पनि भेप जाँच्दा सुन नै फेला पारेपछि रेवन्तले दिनेशलाई ‘जे गर्नु पर्छ गर’ भनेर निर्देशन दिएका थिए। , ‘ए दाइ सुन रहेछ त भन्दा उनले जे गर्नुपर्छ गर, के कसरी हुन्छ मिलाऊ भनेकाले मैले उनको सहयोग र संलग्नतामा लगभग ९ दिन लगाएर सुन झिकेको थिएँ। अनि त्यो भेपको साटो अर्कै ब्रान्डको भेप ल्याएर साटिदिएको थिएँ,’ दिनेशले भनेका छन्, ‘मैले सुन झिक्ने प्रयोजनका लागि फुटाएको भेपको खोल, बट्टा, भेपका टुक्राहरू धुलो बनाएर बानेश्वर सुकुम्बासी बस्तीनजिक बागमती खोलामा फालेको हुँ।’, उनले प्रहरीलाई दिएको बयानअनुसार भेपबाट ९ किलो सुन निस्किएको थियो। सुन सबै उनी आफैंले बिक्री गरेको पनि स्वीकारेका छन्। , उनले आफ्ना भिनाजु गोपाल सुवेदी र दिपेश बस्नेतसँग मिलेर सुन बेचेका  थिए। दिपेश बस्नेत त्रिभुवन विमानस्थलको भन्सार कार्यालयमा कार्गो एजेन्टको रूपमा काम गर्थे। उनी दिनेशका सहोदर भाइसमेत हुन्। , गोपाल र दीपेशले वेदप्रकाश अग्रवाललाई चिनेका थिए। अग्रवाल विशालबजारमा घडी पसल चलाउँछन्। अग्रवालको माध्यमबाट उनीहरू सुन व्यवसायी साहेब राज मरगसम्म पुगे। उनकै पसलमा उनीहरूले ९ किलो सुन बेचे।, ‘सम्पूर्ण सुन बिक्रीको रकम हिसाब गर्दा उनीहरूले ६ करोड २१ लाख हुन्छ भनेका थिए। त्यसमध्ये ६ करोडमात्रै उनीहरूले मलाई दिएका हुन्। अवैध सुन हो भन्ने थाहा पाएर उनीहरूले कम मुल्य तिरेर खरिद गरेका थिए,’ दिनेशले भनेका छन्। , ६ करोड लिएपछि उनले ६५ लाख रेवन्तलाई बैंक खातामा हालिदिए। १० लाख रुपैयाँ भने नगदै दिए। , दिनेशले पाएको रकमबाट आफ्ना ससुरा केशव थापाको नाममा मध्यपुर ठिमी नगरपालिका दिव्येश्वरी प्लानिङ भित्रको जग्गा किने। जग्गामा उनले दुई करोड ७५ लाख रुपैयाँ हालेका थिए। , बाँकी पैसामध्ये दिनेशले बब्लु गुप्तालाई २० लाख दिएका थिए। बब्लुसँग पहिला लिएको ऋण तिरेको उनले बताएका छन्। उनले भाइ दिपेशलाई ८ लाख र जग्गा खरिद गरिदिने बिचौलियालाई पनि ८ लाख दिएका थिए।  ४ लाख रुपैयाँको भने  सुकुटे बिच रिसोर्टमा पुगेर खर्च गरेको उनले बयान दिएका छन्। , दिनेशले सुन बेचेर पैसा खर्च गरिसकेपछि भन्सार कार्यालयमा उक्त भेपको खोजी भयो। त्यतिबेला नासु रेवन्त भने कार्यालयमा थिएनन्। उनी कार्यालयमा नभएको बेला अर्का एक जना कर्मचारीले कोठा नम्बर १११ मा पुगेर भेप जाँच गरे।, सुरूमा मुचुल्का उठाउँदाको भेप र अहिले कोठा नम्बर १११ मा भएको भेप उस्तै नभएको देखिएपछि उनले प्रमुख भन्सार प्रशासक अम्बिकाप्रसाद खनाललाई यसको जानकारी दिए।, भन्सार प्रशासक खनालले रेवन्तलाई कार्यालयमा बोलाए। सोधपुछ गर्दा रेवन्तले दिनेशमार्फत् भेप साटेर एक करोड रुपैयाँ लिएको बताए।, भेप बिक्री गरिसकेको जानकारी पाएपछि अनुसन्धान गर्न भन्सार कार्यालयले गत वैशाख २६ गते सिआइबीलाई पत्राचार गर्‍यो। , प्रहरीले सुन चोरी गर्ने व्यक्तिहरूको पहिचान गरी पक्राउ गरे पनि सुन ल्याउने समूहबारे भने अनुसन्धान जारी नै रहेको बताएको छ।, यही सुन ल्याउने व्यक्तिहरूको सम्पर्क पूर्वसभामुख कृष्णबहादुर महरा, उनका छोरा राहुल महरा लगायतसँग समेत भएको सरकारी वकिल कार्यालयमा बुझाइएको प्रतिवेदनमा उल्लेख छ।, सिआइबीले यो घटनाको अनुसन्धान गर्ने क्रममा कसको कोसँग सम्पर्क भएको थियो भनेर एउटा चार्ट बनाएको छ। उक्त चार्टमा महराको सम्पर्क शंकास्पद चिनियाँ नागरिकसँग भएको देखिन्छ भने उनका छोरा राहुलको सम्पर्क अरू चिनियाँ नागरिक र भन्सार अधिकृत श्रेष्ठसँग भएको देखिन्छ। , महरा चिनियाँसँगको सम्बन्धका कारण यसअघि पनि विवादमा आएका थिए। २०६७ सालमा एक जना चिनियाँ व्यापारीसँग ५० करोड रुपैयाँ मागेको उनको अडिओ टेप सार्वजनिक भएको थियो। प्रधानमन्त्रीको चुनावमा सांसदहरूलाई मिलाउनका लागि उक्त रकम चाहिएको उनले टेपमा बताएका थिए।    , अहिलेको सुन प्रकरणमा महरा बाबु-छोराको संलग्नता कुन तहसम्म छ भन्नेबारे प्रहरीले खुलाएको छैन। यो विषयमा अझै पनि ब्युरोले अनुसन्धान जारी राखेको ब्युरोका प्रवक्ता एसपी संजयसिंह थापाले जानकारी दिए। , ‘सम्पर्क जोसँग पनि हुने भयो। कुराकानी भएको देखिए पनि, यही प्रयोजनका लागि भएको हो भन्ने बुझ्नलाई सम्बन्धित व्यक्तिसँग सोधेपछि मात्रै थाहा हुन्छ। चिनियाँ नागरिक उहिल्यै भागिसक्यो। उनीसँग नसोधिकन हामीले सबै दोषी हुन् भनेर भन्न सक्दैनौं,’ एसपी थापाले भने, ‘यसमा दिनेश बस्नेतहरूको अनुसन्धान टुंगिएको हो। यो नेटवर्कलाई चिर्ने अनुसन्‍धान जारी नै छ।’, लगेजमा भेप भेटिएका चिनियाँ नागरिक त्यही बेला नै केही दिन नेपाल बसेर विदेश गइसकेका छन्। , महरा र उनका छोरासँग सम्पर्क भएका शंकास्पद चिनियाँले एयरपोर्टमा छोडेको सुन
भगवती पाण्डे बैंकिङ कसुर मुद्दामा पक्राउ परेका लुम्बिनी प्रदेशका पूर्वमन्त्री विजय यादव सम्बन्धित व्यक्तिलाई रकम बुझाएपछि रिहा भएका छन्।, यादवले तीन वर्ष पहिले सापटी लगेको १२ लाख २८ हजार रुपैयाँ फिर्ता नदिएको भन्दै रूपन्देहीको सियारी गाउँपालिका-१ का उमाशंकर यादवले जिल्ला अदालत रूपन्देहीमा मुद्दा दायर गरेका थिए।, मुद्दा दायरपछि जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीको आधारमा यादवलाई बाँके प्रहरीले आइतबार पक्राउ गरेको थियो। बाँकेको डुडुवा गाउँपालिका १ होलियाबाट पक्राउ परेका यादवलाई सोमबार जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा बुझाइएको थियो।, प्रहरीले नियन्त्रणमा लिएपछि सापटी लगेको १२ लाख २८ हजार रकम सोमबार नै उमाशंकर यादवको बैंक खातामा यादवका आफन्तले जम्मा गरिदिएका थिए।, सोमबार नै रकम जम्मा गरे पनि पक्राउ परेका यादवलाई प्रहरीले मंगलबार मात्र रिहाइ गरेको छ। , जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले यादवले सोमबार नै रकम बुझाएको भए पनि आवश्यक प्रक्रिया पूरा नहुँदा मंगलबार मात्रै रिहाइ गरिएको बताए।, ‘सापटी लिएको रकम सोमबार नै बुझाएको भन्ने थाहा भएको थियो तर, अदालतमा दर्ता भएको मुद्दामा सोही अनुसार आवश्यक कागजात र प्रमाणहरू पेश गर्नुपर्ने भएकोेले मंगलबार मात्र रिहाइ गरिएको हो’, उनले भने।, मुद्दा दायर गरेका यादवले केही समयलाई भनेर लगेको  सवा १२ लाख रुपैयाँ तीन वर्षसम्म पनि फिर्ता नआएपछि अदालतमा जान बाध्य भएको बताए। ‘ढिलै गरि भएपनि सापटी दिएको सबै रकम फिर्ता पाएको छु, सावा रकम बुझेपछि व्याज रकम भने नलिने गरि मिनाह गरिदिएको छु,’ यादवले भने।, नेपाली कांग्रेसबाट राजनीतिक यात्रा सुरू गरेका यादवले दलले टिकट नदिएको झोंकमा पार्टी परिवर्तन गर्दै आएका थिए। २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसले टिकट नदिएपछि जनता समाजवादी पार्टीमा प्रवेश गरी बाँके क्षेत्र नं। २ क बाट प्रदेश सभा सदस्यमा निर्वाचित भई मन्त्रीसमेत बनेका थिए।, शंकर पोखरेल नेतृत्वको पछिल्लो सरकारको पालामा पार्टीको निर्णयविपरीत एमाले सरकारमा सहभागी भएको भन्दै उनलाई पार्टीले कारबाही गरेको थियो। २०७९ सालको निर्वाचनमा भने एमाले प्रवेश गरी उम्मेदवार बने पनि निर्वाचनमा उनी पराजित भएका थिए।,  , सवा बाह्र लाख रुपैयाँ बुझाएर छुटे लुम्बिनीका पूर्वमन्त्री
रासस पछिल्लो समय डेंगी संक्रमण बढेको पाइएको छ। पानी लगातार पर्न थालेपछि डेंगी संक्रमण उच्च भएको हो।, इपिडिमियोलोजी तथा सरूवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले एक हप्ता यता संक्रमण बढेको बताए।, उनका अनुसार लगातार परिरहेको पानीले गर्दा सरसफाइमा ध्यान पुग्न सकेको छैन। सोही कारण संक्रमण दैनिक बढिरहेको छ। पानी परेसँगै पानी जम्ने र जमेको पानीमा लामखुट्टेका लार्भा बढ्न थालेर संक्रमण दिनानुदिन बढिरहेको निर्देशक मरासिनीले जानकारी दिए। , डेंगी पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फूल पार्दछ। ती फूल लार्भा बन्छ र त्यही लार्भा वयस्क भएपछि मानिसलाई टोक्छ र डेंगी संक्रमण हुन्छ। एक हप्तामा बीचमा एक हजारभन्दा बढी डेंगीका बिरामी भेटिएका छन्। , महाशाखाका अनुसार यही असार २७ गते एक हजार तीन सय ३७ संक्रमण भएकोमा साउन १ गते सम्म आइपुग्दा सङ्ख्या बढेर दुई हजार नौ सय ३० जनामा डेंगीको संक्रमण देखिएको छ। , यसपटक कोशी प्रदेशमा संक्रमण बढेको पाइएको छ।, कोशी प्रदेशमा एक हजार सात सय ४६, बागमती प्रदेशमा चार सय ६८, सुदूरपश्चिम प्रदेशमा दुई सय ७९, गण्डकी प्रदेशमा दुई सय ६९, लुम्बिनी प्रदेशमा एक सय ३४, कर्णाली प्रदेशमा १८ जना र मधेस प्रदेशमा १६ जनामा संक्रमण देखिएको छ।  , १० जिल्लामा बढी संक्रमण   , , नयाँ देखिएका बिरामीमध्ये ८२ प्रतिशत बिरामी १० जिल्लाका रहेका छन्। सबभन्दा बढी सुनसरी जिल्लामा एक हजार पाँच सय ७१, धादिङमा दुई सय ५६, दार्चुलामा एक सय ८८, कास्कीमा एक सय ४९, संखुवासभामा ५८, काठमाडौंमा ४६, कन्चनपुरमा ३९, भक्तपुरमा ३५, म्याग्दीमा ३५ र झापामा ३२ जनामा डेंगीका बिरामी भेटिएका छन्।, नेपालमा पहिलो पटक सन् २००४ मा एक जनामा डेंगी देखिएको थियो। मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैं झुल टाँगेर मात्र सुत्न, खेतबारीमा  काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ।, सम्भव भएसम्म लामखुट्टे भगाउने घुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपंक्षी व्यवस्थित ढंगले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिने आग्रह गरेको छ , ह्वात्तै बढ्यो डेंगी, १० जिल्लामा बढी संक्रमण
सेतोपाटी संवाददाता बाजुरामा एक कर्मचारी मृत फेला परेका छन्।, मंगलबार बिहान बुढीनन्दा नगरपालिकाका कृषि शाखा प्रमुख अन्दाजी ५५ वर्षीय जैलाल दानी मृत फेला परेका हुन्।, उनी सोही नगरपालिका–२ को निवास अगाडि रहेको कुर्सीमा मृत  फेला परेको प्रहरीले जनाएको हो।, उनी मृत अवस्थामा फेला परेको खबरपछि प्रहरी टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी कविन्द्र बोहराले जानकारी दिए।, घटनाबारे प्रहरी टोलीले अनुसन्धान गरिरहेको जनाएको छ।, बुढीनन्दा नगरपालिकाका कृषि शाखा प्रमुख मृत फेला
सेतोपाटी संवाददाता लागुऔषध गाँजा लिनलाई नाबालिकाको प्रयोग गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।, प्रहरीले आइतबार काठमाडौं महानगरपालिका-२६ बाट पर्सा धोबीनी गाउँपालिका-५ का २७ वर्षीय फैज उल्लास साहलाई पक्राउ गरेको लागुऔषध नियन्त्रण ब्युरोका एसपी चक्रराज जोशीले जानकारी दिए। , उनले अमेरिकाबाट आएको गाँजा लिनका लागि १६ वर्षीया नाबालिकालाई आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्समा पठाएका थिए। अमेरिकाबाट आएको सामान लिएपछि प्रहरीले नाबालिगलाई नियन्त्रणमा लिएको थियो।, सामान चेकजाँच गर्दा २ केजी गाँजा भेटिएपछि नाबालिकालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको एसपी जोशीले बताए।, ‘नाबालिकालाई सोधपुछ गर्दा साहले परिचालन गरेको भेटियो। त्यसैले उनलाई नियन्त्रणमा लिएका छौं,ʼ एसपी जोशीले भने।, यस विषयमा ब्युरोले थप अनुसन्धान गरिरहेको छ।, गाँजा लिन नाबालिगलाई विमानस्थलमा पठाएको आरोपमा एक जना पक्राउ
सेतोपाटी संवाददाता रोल्पामा जंगली च्याउ खाँदा ७ वर्षीया बालिकाको मृत्यु भएको छ। , लुंग्री गाउँपालिका-५ बुझिङकी ७ वर्षीया रोशनी विकको मंगलबार बिहान पौने ९ बजे मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी श्याम सारु मगरले सेतोपाटीलाई बताए। उनको भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। , यस्तै उनकै परिवारका चार जनाको पनि उपचार भइरहेको छ।, २६ वर्षीया आमा विमला विकको आइसियुमा उपचार भइरहेको छ। २४ वर्षीया दिलमाया विक, ६ वर्षीया आकृति विक र २३ वर्षीया रितु विकको पनि लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचार जारी छ।, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश भुसालका अनुसार असार २६ गते उनीहरूले स्थानीय वनबाट जंगली च्याउ टिपेर ल्याएका थिए। , उक्त च्याउ खाएपछि स्वास्थ्यमा सास्या देखिएको हो। असार २९ गते मात्रै उनीहरू प्राथमिक स्वास्थ्य सुलिचौरमा उपचारका लागि गएका थिए। , त्यहाँ उपचार सम्भव नभएपछि लुम्बिनी सिटी अस्पताल बुटवलमा रिफर गरेको थियो। , तर उनीहरू पैसाको जोहो गर्ने भन्दै उक्त दिन घर फर्किएको प्रहरी निरीक्षक भुसालले बताए।, स्वास्थ्यमा पुनः समस्या देखिएपछि असार ३१ गते बुटवल पुगेका थिए। बुटवलले पनि सोमबार रोशनीलाई भैरहवा मेडिकल कलेजमा रिफर गरेको थियो। आज उपचारको क्रममा उनको मृत्यु भएको हो। , यही हप्ता मात्रै सोही ठाउँका तीन आमा छोरा छोरीको जंगली च्याउ खाएका कारण उपचारका क्रममा रूपन्देहीमा मृत्यु भएको थियो। , रोल्पामा जंगली च्याउ खाँदा ७ वर्षीया बालिकाको मृत्यु
सेतोपाटी संवाददाता धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।, सोमबार साँझ धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा सुदूरपश्चिम प्रदेश ०१००९ प ७३८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको थियो।, सोही ठाउँ बस्ने मोटरसाइकल चालक २१ वर्षीय राजु चौधरीको मृत्यु भएको प्रहरीले जनाएको हो।, दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दले जानकारी दिए।, मोटरसाइकल पछाडि सवार अर्का घाइतेको उपचार जारी छ।, धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
मन्दिरा घिमिरे असार १४ गते काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फेसबुकमा स्टाटस राख्दै महानगरभित्रका संस्थागत विद्यालयका शिक्षकलाई सामुदायिक विद्यालय सरह तलब सुविधा दिन निर्देशन दिए।, शिक्षा ऐनमा संस्थागत विद्यालयका शिक्षकलाई पनि सरकारले तोकेको तलब स्केल नघटाई तलब दिनुपर्ने भनी उल्लेख भएकाले सोही अनुसार मेयर बालेनले निर्देशन दिएको महानगरपालिकाले जनाएको छ। , मेयर बालेनको उक्त स्टाटसपछि धेरैले यो स्वागतयोग्य काम भएको र अब विद्यालयहरूमा हुने श्रम-शोषण न्यूनीकरण हुने भन्दै सामाजिक सञ्जालमा टीकाटिप्पणी समेत गरेका छन्।  , सेतोपाटीले यसबारे निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) का महासचिव र महानगरका प्रवक्ता नवीन मानन्धरसँग कुराकानी गरेको छ।, महानगरको तथ्याङ्कअनुसार अहिले काठमाडौं महानगरभित्र ५०४ वटा स्कुल छन्। यदि महानगरले सूचना निकाले अनुरूप जाने हो भने २०० वटा स्कुल बन्द गर्नुपर्ने स्थिति आउने निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) का महासचिव आरबी कटुवालले सेतोपाटीलाई बताए। , उनका अनुसार महानगरपालिकाले शिक्षा ऐन २०२८ र महानगरपालिकाको विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७८ लाई उदृत गर्दै उक्त तलब दिन आग्रह गरेको हो।, 'हामीले स्कुल चलाउँदा कम्पनी रजिष्ट्रर कार्यालयमा दर्ता गर्छौं,' उनले भने, 'कम्पनीमा श्रम ऐन आकर्षित हुन्छ किनकि त्यहाँ नाफाघाटाको कुरा हुन्छ। त्यही भएर अहिले सबै विद्यालयहरूले श्रम ऐन अनुसार तलब दिइरहेको छ।', यस्तै, श्रम ऐनअनुसार १५ हजार तलब दिनुपर्ने हुँदा उक्त भुक्तानी सबै विद्यालयहरूले गरिरहेको उनको भनाइ छ। , त्यस्तै, कतिपय उच्च श्रेणी (क-श्रेणी) का स्कुलले अहिले महानगरले तोकेभन्दा बढी तलब समेत दिएको छ। तर ख, ग र घ-श्रेणीका विद्यालयहरूले भने अहिले आएको सूचना अनुरूप तलब दिन अहिलेकै अवस्थामा विद्यालयहरू सक्षम नहुने कटुवालको भनाइ छ।, उनका अनुसार शिक्षा नियमावलीको अनुसूची-२२ ले विद्यालयको विद्यार्थीसँग लिएको शुल्कको ६० प्रतिशत कर्मचारीलाई तलब दिन र बाँकी ४० प्रतिशत भौतिक पूर्वाधार विकास, छात्रवृत्ति दिन र मुनाफा लिन पाउने व्यवस्था छ।, यदि यस्तो स्थिति आए विद्यालयहरू बन्द वा गाभिनुपर्नेछ। यसो त कटुवाल महानगरपालिकाले विद्यालयले लिन पाउने शुल्कको सिलिङ तोडिदिए सम्भव हुने बताउँछन्। , विद्यालय व्यवस्थापन समितिले विद्यार्थीसँग कति शुल्क लिने भनेर निर्धारण गर्छ।, चारजना अभिभावक सदस्य, विद्यालय रहेको सम्बन्धित वडा समितिबाट एकजना सदस्य, विद्यालयका संस्थापकबाट दुईजना सदस्य र विद्यालयका शिक्षक एकजना सदस्य र विद्यालयका प्रधानाध्यापक सदस्य सचिव रहने गरी विद्यालय व्यवस्थापन समिति गठन हुने व्यवस्था छ।, उक्त समितिले छलफल गरेर शुल्क प्रस्ताव गर्छ। प्रस्ताव गरेको शुल्क विद्यालयले महानगरको शिक्षा विभागमा पेश गर्छ। यदि पेश गरेको शुल्क विद्यालयले दिएको सेवा सुविधा अनुरूप छ भने प्रस्तावित शुल्क पास हुन्छ। त्यसपछि विद्यालयले पास भएको शुल्क लिन पाउँछ। विद्यालयले पास भएको शुल्कबाहेक अन्य शुल्क लिन नपाउने व्यवस्था छ। जसलाई शुल्क शिलबन्दी भनिन्छ।   , कतिपय स्कुलमा विद्यार्थी र शिक्षकको संख्या हाराहारी नै भएको समेत कटुवालले बताए। त्यस्ता स्कुल मर्ज भई शैक्षिक सेवा, ,प्रदान गर्न सके उत्तम हुने उनको बुझाइ छ।    , 'तर तीबाहेक अन्य विद्यालयको हकमा भने महानगरपालिकाले लिन पाउने शुल्कको सिलिङ नै तोडिदिनुपर्छ,' उनले भने, 'त्यसो हुँदा मात्रै महानगरले भनेको अनुरूप काम गर्न सक्छौं।', उनले थप स्पष्ट पार्दै भने, 'सबै विद्यालयले एकैनासे शुल्क लिँदैनन्। दुईथरी शुल्क लिने विद्यालय गाभ्ने हो भने थोरै शुल्क लिने विद्यालयको शुल्क बढाउनुपर्छ। महानगरभित्र मासिक एक हजार शुल्क लिने विद्यालय समेत छन्। यदि त्यस्ता स्कुल मर्ज भएर जाने हो भने विद्यालयले दिने सेवा सुविधासँगै शुल्क दोब्बरसम्म बढ्छ। जुन पुनःअभिभावकलाई एकदमै भार पर्छ।', अर्को, यदि महानगरपालिकाकाे शुल्कको सिलिङ तोडिदिने हो भने विद्यालयको शुल्क केही प्रतिशत मात्रै बढाएर भए पनि महानगरले भने अनुरूप कर्मचारीलाई सेवा सुविधा दिन सक्ने उनले बताए। , शुल्क तिरेर पढ्ने स्कुलमा शिक्षकको तलब कम र सामुदायिक स्कुलमा भने तलब धेरै भनेर महानगरमा प्रश्नसहित गुनासो आएपछि यो निर्णय लिएको महानगरका प्रवक्ता नवीन मानन्धरले बताए। , 'सामुदायिक र निजी विद्यालयका शिक्षकहरूबीच तलबमा समानता हुनुपर्छ भन्ने आवाज आएपछि यो निर्णय गरेको हो,' उनले भने, 'नाफामुखी विद्यालय सञ्चालन गरेपछि शिक्षकलाई जीविकोपार्जन गर्न सहज हुने ढंगले तलब सुविधा दिनुपर्छ भन्ने हाम्रो बुझाइ हो।'   , निजी विद्यालयहरू मर्ज हुनुपर्छ भन्ने आफ्नो बुझाइ नभएको मानन्धरले बताए। , 'कुनै पनि विद्यालय मर्ज हुनुपर्छ भन्ने हाम्रो बुझाइ होइन,' उनले भने, 'शिक्षकलाई राम्रो सेवासुविधा दिएर विद्यार्थीलाई पढाउनुस्। जति धेरै विद्यालय हुन्छन् त्यति धेरै मान्छे शिक्षित पनि हुन्छन्।', उनका अनुसार विद्यालयहरूले पठनपाठन गराउँदा वातावरण अनुकूल हुने गरी गर्नुपर्छ।, 'कोही मान्छेले शिक्षण पेशा नै गर्छु भनेर रोजेपछि उनीहरूलाई सम्मानजनक सेवा सुविधा त दिनुपर्‍यो नि,' उनले भने, 'किनकि त्यही विद्यालयमा काम गरेर जीवन र घर चलाउनुपर्ने हुन्छ।', यस्तै विद्यालयहरू नाफामुखीभन्दा पनि विद्यार्थीमुखी र शिक्षकमुखी हुनुपर्छ भन्ने महानगरको उद्देश्य रहेको उनले बताए।, यदि शुल्कको शिलबन्दी तोड्न आवश्यक परे विद्यालयहरूले महानगरमा विद्यालयको आम्दानी, खर्च र नाफा पेश गरेपछि सल्लाह गर्न सक्ने बताए।  , 'यदि विद्यालयले लिने शुल्कको शिलबन्दी तोड्नुपर्छ भने पनि सल्लाह गर्न सकिन्छ,' उनले भने, 'त्यसमा पनि विद्यालयको भौतिक संरचना, सेवा सुविधा विद्यार्थीमैत्री छ कि छैन, विद्यार्थीको कार्यसम्पादन कस्तो छ हेरी काम गर्न सकिन्छ। त्यसमा समस्या भएन।', यस्तै महानगरले निजी र सामुदायिक विद्यालय प्रतिस्पर्धामा होइन हातेमालो गरी सँगसँगै जान सक्छौं भन्ने उद्देश्यका साथ महानगरपालिकाले काम गरिरहेको उनको दाबी छ। , हेर्नुहोस् भिडिओः, काठमाडौं महानगर भन्छ- शिक्षकलाई तलब दिन गाह्रो भए, महानगर शुल्कबारे छलफल गर्न तयार छ (भिडिओ)
सेतोपाटी संवाददाता ककनी गाउँपालिकाले फोहोर बोकेका गाडीबाट प्रवेश शुल्क उठाउने निर्णय स्थगित गरेको छ।, सर्वोच्च अदालतले दिएको आदेशको कार्यान्वयन गर्ने भन्दै ककनीले काठमाडौंबाट बञ्चरेडाँडा जाने फोहोरका टिपरसँग प्रवेश शुल्क नउठाउने भएको हो।, 'ककनी गाउँपालिकाले फोहोरमैला ढुवानी गर्ने सवारीसाधनबाट वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ बमोजिम प्रवेश शुल्क लिन गरेको निर्णयविरूद्ध सम्मानित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको र सो रिट उपर तत्कालका लागि शुल्क नलिन अन्तरिम आदेश जारी भएको भन्ने बेहोरा जानकारी हुन आएकामा अदालतको आदेश बमोजिम मुद्दाको अन्तिम किनारा नभएसम्म ककनी गाउँपालिकाले फोहोरमैला ढुवानी गर्ने सवारी साधनबाट शुल्क नलिने बेहोरा सबैमा जानकारी गराइन्छ,' पालिकाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।, फोहोर बोकेका ट्रकबाट प्रवेश शुल्क उठाउने निर्णयविरूद्ध ककनी गाउँपालिका, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, संघीय मामिला, वन तथा वातावरण र सहरी विकास मन्त्रालयलाई विपक्षी बनाइ हालेको रिटमा सोमबार न्यायाधीश ईश्वर खतिवडाको इजलासले अन्तरिम आदेश दिएको हो। , उक्त रिट फोहोरमैला व्यवस्थापन संघका तर्फबाट धनप्रसाद आचार्यले दर्ता गरेका थिए।, फोहोर र मानिस सँगै नबस्ने भन्दै साउन १ गतेबाट चरणबद्ध आन्दोलनको घोषणा गर्दै स्थानीयले काठमाडौंको फोहोर विसर्जनमा अवरोध गरेका छन्। त्यसका कारण बिहीबारबाट काठमाडौंको फोहोर उठ्नै ठप्प हुने भएको छ।, ककनी गाउँपालिकामा काठमाडौं महानगरपालिका लगायत २३ वटा स्थानीय तहहरूले विगत १८ वर्षदेखि अस्तव्यस्त रूपमा फोहोरमैला फाल्दै आएको सम्बन्धमा पटक-पटक स्थानीयवासीले आन्दोलन गरी विभिन्न मितिमा नेपाल सरकार, काठमाडौं महानगरपालिका लगायतका विभिन्न निकायसँग वार्ता भए पनि समाधान ननिस्किएको गाउँपालिकाले बताएको छ।, 'प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ज्यूले सिसडोल, बञ्चरेडाँडामा देखिएको फोहोर व्यवस्थापन समस्या समाधान गर्न पहलकदमी लिई उहाँकै संयोजकत्वमा प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा उच्चस्तरीय वैठक बसी फोहोरमैला व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न लिखित रूपमा सहरी विकास मन्त्रालय समेतलाई मिति जेठ २१ गते निर्देशन दिनुभएकोमा सो निर्देशन सम्बन्धित मन्त्रालयले पालना नगरी फोहोरमैला व्यवस्थापनमा देखिएको समस्या समाधान नभएको हुँदा ककनी गाउँपालिका उक्त निर्देशन कार्यान्वयन गरी समस्याको तत्काल समाधान गर्नुपर्छ भन्ने पक्षमा छ,' गाउँपालिका अध्यक्ष सुमन तामाङले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ।, सर्वोच्चको आदेशपछि ककनीले स्थगित गर्‍यो फोहोरका गाडीबाट प्रवेश शुल्क लिने निर्णय
सेतोपाटी संवाददाता दोलखा, गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङको निधन भएको छ।, उनको हृदयघातका कारण आइतबार दिउँसो १ः३० बजे उपचारका क्रममा निधन भएको गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीले सेतोपाटीलाई जानकारी दिए।, ‘उहाँलाई हिजो साँझदेखि असहज भएको थियो। दोलखाको अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौंको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा ल्याइएको थियो। चिकित्सकले हृदयघात भएको भनेपछि आज अप्रेसन गरिएको थियो। तर, अप्रेसन सफल हुन सकेन,’ उनले भने।, नेपाली कांग्रेसका तर्फबाट उपाध्यक्ष जितेका तामाङ पार्टीको त्यही पालिकाको सभापति थिए।, उनी २०७४ सालमा गौरीशंकर गाउँपालिका–६ को वडा सदस्य निर्वाचित भएका थिए।, उनको केही दिनपछि मात्रै तामाङ परम्पराअनुसार अन्त्येष्टि हुने कार्कीले जानकारी दिए।, हृदयघातले बिते दोलखाको गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर
सेतोपाटी संवाददाता मकवानपुरमा एक सय किलो गाँजासहित एक जना पक्राउ परेका छन्। , आइतबार बिहान साढे २ बजे हेटौंडा उपमहानगरपालिका-४ कर्रास्थित सडकबाट एक सय किलो ६०० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी टेक कार्कीले जानकारी दिए। , प्रहरीले गोरखा पालुङटार नगरपालिका-३ बस्ने ३७ वर्षीय दुर्गा दर्जीलाई पक्राउ गरेको हो।, विशेष सूचनाको आधारमा अस्थायी पोष्ट थानाभञ्ज्याङबाट प्रहरीको टोली खटिएको थियो। त्यसक्रममा हेटौंडाबाट पथलैया जाँदै गरेको बागमती प्रदेश ०३-००१ च १६८८ नं. को बोलेरो पिकअप गाडी प्रहरीले चेक गरेको थियो। , उक्त गाडी पछाडि बोराभित्र लुकाइएको अवस्थामा गाँजा फेला परेको हो। गाँजा फेला परेपछि प्रहरीले दर्जीलाई पक्राउ गरेको हो।, प्रहरीले यस सम्बन्धी थप अनुसन्धान अघि बढाएको छ।, हेटौंडामा १०० किलो गाँजासहित एक जना पक्राउ
सेतोपाटी संवाददाता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले कृषि मन्त्रालयको नाम परिवर्तन गर्न माग गरेका छन्।, आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले कृषि मन्त्रालयको नाम कार्यकर्ता मन्त्रालय राख्नुपर्ने बताए।, उनले मन्त्रालयबाट जाने बजेट कार्यकर्ताहरूले पाएर दुरूपयोग गरिरहेको दाबी गरेका छन्।, ‘कृषि मन्त्रालय छ, कृषि मन्त्री हुनुहुन्छ। अब म उहाँको कृषि मन्त्री र मन्त्रालयको नाम परिवर्तन गरौं भन्छु म,’ उनले भने, ‘यो कार्यकर्ता मन्त्रालय, कार्यकर्ता मन्त्री बनाऔं। किनभने अब अर्बौं रुपैयाँ कृषि मन्त्रालयमा गएको छ तर वास्तविक किसानले होइन कि पार्टीका लोकल कार्यकर्ताहरूले  बजेट पाएर राज्यको चरम दुरूपयोग गरिरहेका छन्।’, भिडिओ:,  , कृषि मन्त्रालयको नाम कार्यकर्ता मन्त्रालय राखौं: ज्ञानेन्द्र शाही (भिडिओ)
सेतोपाटी संवाददाता बाढीले हेवाखोलाको पुल बगाएको २८ दिनपछि आइतबारदेखि पाँचथर र ताप्लेजुङ बेलिब्रिजमार्फत् मेची राजमार्गमा जोडिएका छन्। , आइतबारदेखि हेवाखोलामा बेलिब्रिज सञ्चालनमा आएपछि राजमार्ग हुँदै यातायातका साधन चल्न सुरू भएका छन्।, बेलिब्रिजबाट एकतर्फी मात्र मात्र सवारी आवत जावत हुने भन्दै जिल्ला प्रहरी पाँचथरले पालैपालो र एकपटकमा एउटा मात्र सवारी साधन आवतजावत गरी पुलको प्रयोग गर्न आग्रह गरेको छ। , यसअघि डाइभर्सनमार्फत् यातायातका साधन चल्दै आएका थिए।  , जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार असार ३ गते बिहानको राति आएको बाढीले हेवाखोलाको पुल भत्काएको थियो। , ‘आइतबारदेखि हेवाखोलास्थित मेची राजमार्गमा बेलिब्रिज निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ’, जिल्ला प्रहरी पाँचथरले आइतबार जारी गरेको सूचनामा भनिएको छ। , प्रहरीले बेलिब्रिजको प्रयोग गर्दा सावधानी अपनाउन पनि भनेको छ।, पुलमा पहिलो दिन साना सवारी साधनहरूलाई प्राथमिकतामा राखिएको र ठूला सवारी साधनपछि सञ्चालन गरिने प्रहरीले जनाएको छ। , प्रहरीले पुलको किनारमा सुरक्षा जोखिम रहेको भन्दै  पैदल पुलको प्रयोग गर्दा विशेष ध्यान पुर्याउन र बालबालिका तथा वृद्धलाई एक्लै सो पुलको प्रयोग गर्न नदिन आग्रह गरेको छ। , प्रहरीले बेलिब्रिजमा २५ टन सम्मको मात्रै भार भएको साधन आवतजावत गर्न गराउन र त्यो भन्दा बढी तौल बोकेर पुल पार नगर्न पनि सूचित गरेको छ।, बेलिब्रिज सञ्चालनमा आएपछि २८ दिनपछि राजमार्गमा जोडिए पाँचथर र ताप्लेजुङ
सेतोपाटी संवाददाता काठमाडौं जिल्ला अदालतले ललिता निवास प्रकरणमा पक्राउ परेका १७ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ।, आइतबार अदालतले थप ५ दिन अनुसन्धान गर्न समय दिएको केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी दिनेश आचार्यले जानकारी दिए। , प्रहरीले यस प्रकरणमा १७ जनालाई पक्राउ गरिसकेको छ। बालुवाटारस्थित ललिता निवासमा रहेको जग्गाको कागजात कीर्ते गरी हडपेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो।, प्रहरीले सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयका बहालवाला सचिव कृष्णबहादुर राउत, समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे, समरजंग कम्पनीका तत्कालीन प्रमुख रमेशकुमार पोखरेल, नक्कली मोही देवनारायण महर्जन, तत्कालीन नापी अधिकृत ध्रुव अर्याल, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ, पूर्वनिर्वाचन आयुक्त सुधिरकुमार शाह, धर्मप्रसाद गौतम र गोपाल कार्की छन्। , काठमाडौं महानगर वडा नम्बर ५ का तत्कालीन वडासचिव शिवजी भट्टराई, नक्कली मोही बाबुराजा महर्जन र तत्कालीन नापी कार्यालयमा रहेका घमानकुमार कार्की पनि पक्राउ परेका छन्।, समरजंग कम्पनीका तत्कालीन सहायक लेखापाल विनोद पौडेल, भौतिक योजना मन्त्रालयका तत्कालीन सिनियर डिभिजन इन्जिनियर बालकृष्ण श्रेष्ठ, भूमि व्यवस्था विभागका तत्कालीन महानिर्देशक रूद्रप्रसाद श्रेष्ठ, तत्कालीन मालपोत कार्यालयका नायब सुब्बा योगराज पौडेल र खरिदार नारायणदास मिश्र प्रहरी हिरासतमा छन्। , अहिले उनीहरूमाथि प्रहरी संगठित अपराध कसुरमा अनुसन्धान गरिरहेको छ। , ब्युरोले यसअघि पनि लामो अनुसन्धान गरे पनि अदालतमा मुद्दा दर्ता गर्न सकेको थिएन। लामो अनुसन्धान सकेर २०७८ साल पुसमै सरकारी वकिलको कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। तर सरकारी वकिल कार्यालयले थप अनुसन्धान गर्नू भनेर पुस २२ गते प्रतिवेदन फिर्ता पठाएको थियो।, प्रतिवेदन फिर्ता पठाएपछि अहिले पुन:अनुसन्धान गरी यसमा संलग्नहरूलाई पक्राउ गर्न थालेको हो। सिआइबीले ललिता निवासको १४३ रोपनी जग्गा हडपेको निष्कर्ष निकालेको छ।, यस प्रकरणमा संलग्नहरूले ४ वटा चरण गरी जग्गा हडपेको सिआइबीले बताएको छ।, पञ्चायतकालमा सरकारले सुवर्णसमशेरलाई राजद्रोहको अभियोग लगाएर उनको नाममा भएको ललिता निवासको १४ रोपनी जग्गा जफत गरेको थियो।, ललिता निवासको बाँकी २८५ रोपनी जग्गा सरकारले २०२१ सालमा अधिग्रहरण गरेको थियो। सोही जग्गा चार चरण गरी विभिन्न व्यक्तिहरूले १४३ रोपनी जग्गा आफ्नो नाममा गरेका हुन्। , बहुदल आएपछि २०४७ सालमा राणा परिवारले जफत गरिएका आफ्ना जग्गा फिर्ता गर्न सरकारसँग माग गरे। कृष्णप्रसाद भट्टराई सरकारले जफत गरेको जग्गा छानबिन गरेर फिर्ता गर्ने निर्णय गर्‍यो।, मालपोत कार्यालयले भने छानबिन नगरी सोझै त्यही निर्णयका आधारमा १ सय १२ रोपनी जग्गा सुवर्णशमसेरका हकवालाको नाममा सारेको देखिन्छ।, ललिता निवास प्रकरणमा पक्राउ परेकालाई थप ५ दिन हिरासतमा राख्न अनुमति
रासस जङ्गली च्याउ खाँदा रोल्पामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रोल्पा लुङ्ग्री गाउँपालिका-५ काला पोखराका ३३ वर्षीया भीमा गुरूङ र उनका छोराहरू ११ वर्षीय सुशील गुरूङ तथा ६ वर्षीय प्रेम गुरूङ रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।, जङ्गली च्याउ खाई बिरामी परेपछि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा भर्ना गरिएका उनीहरूलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो। उनीहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रकाश भुसालले जानकारी दिए।, जङ्गली च्याउ खाँदा रोल्पामा आमा र दुई छोराको मृत्यु
सेतोपाटी संवाददाता काठमाडौंबाट फोहोर बोकेर जाने गाडीसँग प्रवेश शुल्क लिने ककनी गाउँपालिकाको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ।, फोहोर मैला व्यवस्थापन संघको तर्फबाट धनप्रसाद आचार्यले आइतबार सर्वोच्चमा रिट दिएका हुन्।, यसअघि ककनी गाउँपालिकाले काठमाडौंबाट फोहोर बोकेर जाने गाडीसँग प्रवेश शुल्क उठाउने विधेयक पारित गरेको थियो। गाउँपालिकाको विधेयक भोलि (साउन १ गते) देखि लागू हुने व्यवस्था गरिएको थियो।, सर्वोच्च अदालतले उक्त रिटमा भोलि नै पेसी तोकेको छ।  , यो पनि पढ्नुस्:, ककनी गाउँपालिकाको निर्णयले २५ प्रतिशतसम्म बढ्न सक्छ काठमाडौंमा फोहोर उठाएको शुल्क, काठमाडौंबाट फोहोर बोकेर जाने गाडीसँग प्रवेश शुल्क लिने ककनी गाउँपालिकाको निर्णयविरूद्ध सर्वोच्चमा रिट
सेतोपाटी संवाददाता हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान को आसपास अवस्थित रहेको छ।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशभर आंशिक देखी सामान्य बदली रही गण्डकी प्रदेशका केही साथै कोशी, बागमती र  कर्णाली प्रदेशका थोरै लगायत बांकी प्रदेशका एक-दुई स्थानहरूमा हल्का देखी मध्ययम वर्षा भइरहेको छ।, आज दिउँसो देशभर आंशिक  देखी सामान्य बदली रही मधेश प्रदेशका थोरै,  बांकी  प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षा को समेत सम्भावना रहेको  महाशाखाले जनाएको छ।, महाशाखाका अनुसार राती गण्डकी, लुम्बिनी, कर्णाली र  सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना छ।, भारी वर्षाका कारण सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने आकलन छ।, तसर्थ हावा-हुरी, भारी वर्षा, मेघ गर्जन/चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
रासस मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपामा आइतबार साँझ ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, दुर्घटनामा परेर दुई जना गम्भीर घाइते भएका छन्।, मृत्यु हुनेमा हिलिहाङ गाउँपालिका–७ बस्ने ३८ वर्षीय लक्ष्मी तामाङ छन्।, घाइते हुनेहरूमा चालक हिलिहाङ गापा–७ बस्ने ४५ वर्षीय ज्ञानु भन्ने पारसमणि थापा र सोही स्थान बस्ने ३१ वर्षीय जीवन गदाइली छन्।, उनीहरूको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी दिवश कुँवरले जानकारी दिए।, फिदिमबाट ताप्लेजुङतर्फ जाँदै गरेको ना२ख ९२१५ नंको ट्रक अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल झरेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।, ट्रक दुर्घटनामा एकको मृत्यु, दुई गम्भीर घाइते
सेतोपाटी संवाददाता नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केशव तुलाधरको ललिता निवास प्रकरणमा पनि कनेक्सन देखिएको छ। , ललिता निवास जग्गा प्रकरणमा उनको शंकास्पद भूमिका देखिएपछि आइतबार उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई बुझाइएको छ। , नक्कली भुटानी शरणार्थी प्रकरणमा तुलाधरविरूद्ध काठमाडौं जिल्ला अदालतले १५ लाख धरौटी माग थियो। , आइतबार अदालतले उनीसँग १५ लाख धरौटी माग गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सिताराम रिजालले जानकारी दिए। उनले धरौटी पनि बुझाइसकेका छन्। , ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा १५ लाख धरौटीमा छुटे। तर उनी अब सिआइबीमा जान्छन्,’ एसपी रिजालले भने। , ललिता निवास प्रकरणमा पनि उनको संलग्नता देखिएपछि केन्द्रीय अनुसन्धान ब्युरो पठाउन लागिएको हो। , ब्युरोका एसएसपी दिनेश आचार्यका अनुसार ललिता निवास प्रकरणमा तुलाधरले बिचौलियाको भूमिका खेलेका थिए। , उनको नाममा ललिता निवासको दुई रोपनी जग्गा देखिएको एसएसपी आचार्यले बताए।, काठमाडौं महानगरपालिका-३० घर भई नयाँबजार खुशिबु बस्ने ५९ वर्षीय केशव तुलाधरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले असार २८ गते पक्राउ गरेको थियो।, नक्कली भुटानी शरणार्थी प्रकरणमा उनीविरूद्ध पनि मुद्दा दायर भएपनि फरार रहँदै आएका थिए। , नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका तुलाधरको कनेक्सन ललिता निवासमा पनि
रासस जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एक महिनाका अवधिमा अवैधरुपमा मेडिकल पसल सञ्चालन गर्ने १५ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ।, अनधिकृतरुपमा मेडिकल पसल सञ्चालन गरेर उपचार गर्ने १५ जनालाई नियन्त्रणमा लिएर औषधि सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए।, ‘वर्षौंदेखि अनधिकृतरुपमा सञ्चालनमा रहेका मेडिकल पसल बन्द गराउने अभियान थालेका छौँ,’ उनले भने, ‘यस क्षेत्रमा बिना इजाजत जोखिमपूर्ण औषधिको बिक्री वितरण तथा उपचार भइरहेको पाइएको छ।’, औषधि सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर अवैधानिक रुपमा मेडिकल पसल सञ्चालन गर्नेलाई कानुनी दायरामा ल्याउने कार्य भइरहेको प्रहरी उपरीक्षक थापाले बताए।, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्याङ्कअनुसार एक महिनाको अवधिमा अवैध मेडिकल सञ्चालन गर्ने १५ जनालाई नियन्त्रणमा लिएर औषधि सम्बन्धी कसुर दर्ता भएको छ।, प्रहरीले शुक्रबार भीमदत्त नगरपालिका क्षेत्रका छ मेडिकल पसलमा खनतलासी गरेको थियो । ती मेडिकल पसलका चार सञ्चालकलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक थापाको भनाइ छ।, पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–७ की विमला उपाध्याय, भीमदत्त –१६ मझगाउँका राजेन्द्रबहादुर चन्द, भीमदत्त–१० सुकासालका सुरेश पाण्डेय र सोही ठाउँका मोहनबहादुर रोकाया छन्।, दुई जना मेडिकल सञ्चालक भने फरार रहेको प्रहरीले जनाएको छ । भीमदत्त –१६ वसन्तपुरका वीरेन्द्रराज पन्त र भीमदत्त–१३ साझा चौराहका रामबहादुर विष्ट फरार रहेका छन्। पन्तको मेडिकल पसलबाट ९४ प्रकारका औषधि र विष्टको मेडिकल पसलबाट एक सय २५ प्रकारका औषधि बरामद गरिएको थियो।, यसअघि प्रहरीले दोधारा चाँदनी र भीमदत्त नगरपालिका क्षेत्रबाट ११  मेडिकल सञ्चालकलाई समातेको थियो । उनीहरुलाई औषधि सम्बन्धी कसुरमा जिल्ला अदालत कञ्चनपुरबाट धरौटीमा रिहा भएको प्रहरी उपरीक्षक थापाले बताए।, प्रहरीको खानतलासका क्रममा विना इजाजतका औषधि बिक्री वितरण गर्दै आएको, नाम बिनाको मेडिकल सञ्चालन गरेको, पसलमा कुनै बोर्ड नरहेको, इजाजत पत्र नराखेको र बिना सिफारिस बिक्री वितरण गर्न नपाइने जोखिमपूर्ण औषधि बिक्रीका लागि तयारी अवस्थामा राखेको पाइएको छ।, मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १९ अनुसार कानुनबमोजिम औषधि बिक्री वितरण गर्न पाउने व्यक्तिले उपचार गर्न पाउने इजाजत प्राप्त व्यक्तिको सिफारिस बिना कसैलाई मानव शरीरमा गम्भीर असर हुने कुनै लागुऔषध, विषादी वा जोखिमपूर्ण औषधि बिक्री वितरण गर्न पाइँदैन ।  , विना अनुमति मेडिकल सञ्चालन गर्ने १५ जना पक्राउ
सेतोपाटी संवाददाता संघीय सरकारले व्यवस्थापनमा चासो नदिएको र काठमाडौं महानगरपालिकासहितका स्थानीय तहले अव्यवस्थित तवरले फोहोर फालेको भन्दै नुवाकोटको ककनी गाउँपालिकावासी र धादिङ धुनीबेसी १ नम्बर वडावासीले विसर्जनमा रोक लगाएका छन्।, उनीहरूले सोमबार बिहानैदेखि ककनी गाउँपालिका र धुनीबेसीको सीमानामा अवरोध गरेका हुन्।, स्थानीयको अवरोधका कारण काठमाडौंबाट फोहोर बोकेर गएका टिपर बीच बाटामै रोकिएका छन्। ककनी–३, ५ र धुनीबेसी–१ का स्थानीय विरोध प्रदर्शनमा उत्रिएपछि सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ।, स्थानीयबासीको आन्दोलनमा ऐक्यबद्धता जनाउन जनप्रतिनिधिहरू पनि सडकमा आएको ककनी गाउँपालिका-३ का वडाध्यक्ष घननाथ बजगाईंले बताए। , ‘फोहोर र मानव सँगै नराख भनेर हामीले बारम्बार ताकेता गर्‍यौं तर सहरी विकास मन्त्रालयको कानमा बतास लागेन,’ उनले सेतोपाटीसँग भने, ‘प्रधानमन्त्रीले दिएको निर्देशनसमेत कार्यान्वयनमा नआएपछि आन्दोलन बाध्यता बन्यो।’, उनका अनुसार एक महिनाजति अगाडि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहरी विकासमन्त्री सीता गुरूङ, प्रभावित क्षेत्रका स्थानीय तहका प्रमुख र वडाध्यक्षसमेतको बैठक भएको थियो। बैठकमा प्रधानमन्त्रीले प्रभावित क्षेत्रका बासिन्दाको समस्या सम्बोधन गर्ने गरी दस दिनभित्र प्रतिवेदन तयार पार्न र समाधान गर्न कार्यादेश दिए पनि सहरी विकासमन्त्रीले अहिलेसम्म तदारूकता नदेखाएको उनले बताए।, ‘दस दिनमा बस्ने भनेको सहजीकरण समितको बैठक १८ दिनमा बस्यो तर प्रभावित क्षेत्रका बासिन्दाको व्यवस्थापनबारे केही सोचिएन। काठमाडौं यहाँ फोहोर थुपारेर आफू सुग्घरी भइरहने, हामी रोग, महामारीसँग जुधिरहनुपर्ने?,’ उनले प्रश्न गर्दै भने, ‘मेरो वडाध्यक्ष पद गए पनि जाओस्। ककनी, बञ्चरेवासीको जीवनभन्दा ठूलो मेरो पद हुन सक्दैन। म भोलिदेखि बाटोमा सुत्छु। यो वार कि पारको आन्दोलन हो।’, ककनी गाउँपालिकाको १२ औं सभाले निर्णय गरेर फोहोरका गाडीको प्रवेश शुल्क उठाउने तयारी गरेको थियो। साउन १ गतदेखि ठूला प्रतिगाडीलाई एक हजार पाँच सय र सानालाई एक हजार रूपैयाँ लिने तयारी गरेको थियो।, काठमाडौं महानगरपालिकाले त्यसको स्वागतै गरेको थियो। उपत्यका नगर फोरम (काठमाडौं, भक्तपुर, ललितपुरका स्थानीय तहको साझा मञ्च) बोलेको थिएन। यो फोरमका अध्यक्ष ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन छन्।, तर, फोहोर संकलन गर्ने निजी संघसंस्थाको छाता संगठन फोहोरमैला व्यवस्थापन संघले आइतबार मुद्दा दर्ता गर्‍यो। आज (सोमबार) नै पेसी तोकिएको छ।, त्यसकारण आन्दोलन निर्विकल्प भएको बजगाईंले बताए।, ‘यहाँका नागरिकलाई क्यान्सर लागे पनि लागोस्। झिँगा भन्किए पनि भन्कियोस्। चिल, गिद्धले घेरे पनि घेरोस्। काठमाडौं चाहिँ सफा हुनुपर्छ भन्ने सोच देखियो,’ उनले भने।, बजगाईंले अहिलेको माग भनेको बञ्चरे आसपासका क्षेत्रको अधिग्रहण गर्ने र फोहोरबाट मानिसलाई अलग गर्नेबाहेक नरहेको बताए।, ‘काठमाडौंवासी फोहोरमा बस्न सक्दैनन् भने हामी पनि सक्दैनौं। त्यसकारण हामीलाई यहाँबाट अलग गरिदेऊ भन्ने नै हो। विज्ञ ल्याएर प्रभावित क्षेत्र छुट्ट्याउनुहोस् र त्यहाँबाट बस्ती हटाइदिनुहोस्। हामीले भनेको यति हो। यो कुरा हामीले बारम्बार संघ सरकारलाई भनेका छौं। अस्ति सहरी विकासमन्त्रीसँगको छलफलमा पनि भन्यौं। तर हाम्रो कुरा कसैले सुनेन,’ उनले भने।, उनका अनुसार फोहोरको पहाड बनेको सिसडोलको व्यवस्थापन नहुँदा झिँगाको प्रकोप फैलिएको छ। त्यस्तै बञ्चरेडाँडाबाट तीन किलोमिटर टाढासम्म फोहोरको गन्धले मानव बस्न नसक्ने अवस्था छ।, दीर्घकालीन ल्यान्डफिल साइट भनेर बनाइएको बञ्चरेडाँडाको लिचेट (फोहोरबाट निस्किएको रस) सिधै खोलामा मिसिँदा पर्यावरणीय सन्तुलन र बालीनालीमा असर पुगेको छ।, ‘हामीले फोहोर फाल्न दिँदैनौं भनेका छैनौं तर यसको व्यवस्थापन हुनुपर्‍यो,’ बजगाईंले भने।, स्थानीयको अवरोधका कारण ६० वटा कन्टेनर रोकिएको काठमाडौं महानगरपालिकाका पूर्वाधार सल्लाहकार सुनील लम्सालले जानकारी दिए।, उनले स्थानीय जग्गा अधिग्रहण लगायतका माग राखेर अवरोध गरेको उनले बताए।, ‘संघीय सरकारले प्रभावित क्षेत्रको जग्गा अधिग्रहण नीति, कार्यक्रममा समेटेको थियो। त्यसलाई छिटो टुंग्याए हामीलाई पनि सहज हुन्थ्यो,’ उनले सेतोपाटीसँग भने।, उनले स्थानीयवासीको माग नाजायज नरहेकाले यथाशीघ्र सम्बोधन हुनुपर्ने पक्षमा महानगर रहेको पनि जानकारी दिए।,  , बञ्चरेडाँडावासीले लगाए फोहोर विसर्जनमा रोक, रोकिए फोहोर बोकेका टिपर
सेतोपाटी संवाददाता प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' की पत्नी सीता दाहालको निधनसँग जोडेर असंवेदनशील कुरा लेखेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, नेपाल प्रहरी साइबर ब्युरोले आइतबार बुटवल देवीनगरबाट शेरबहादुर राना मगरलाई पक्राउ गरेको स्रोतले बतायो।, मगरले प्रधानमन्त्री पत्नी सीता दाहालको निधनबारे सामाजिक सञ्जालमा असंवेदनशील कुराहरू लेखेको आरोपमा पक्राउ गरिएको स्रोतले बतायो।, 'प्रधानमन्त्रीजीसँग जोडेर सामाजिक सञ्जालमा असंवेदनशील कुराहरू लेखेको पायौं। अरूलाई विधवा बनाएर अब आफ्नो पनि त्यस्तै हो भन्ने खालको कुरा जोडेर लेखेको पाइयो,' स्रोतले भन्यो।, त्यस्तै मगरमाथि योसँगै प्रधानमन्त्री प्रचण्डको तस्बिर जोडेर भारतीय आधार कार्ड, आयकर कार्ड लगायत नक्कली विवरणसहितको तस्बिर सामाजिक सञ्जालमा राखेको आरोप छ।, उनलाई साइबर ब्युरोको टोलीले पक्राउ गरी काठमाडौं ल्याउने तयारी गरिरहेको छ।, प्रधानमन्त्री प्रचण्डकी पत्नीबारे असंवेदनशील कुरा लेखेको आरोपमा एक जना पक्राउ
भगवती पाण्डे लुम्बिनी प्रदेशका पूर्वमन्त्री विजय यादवलाई प्रहरीले पक्राउ गरेको छ। बाँकेको डुडुवा गाउँपालिका १ होलियाबाट यादवलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।, यादवविरूद्ध जिल्ला अदालत रूपन्देहीमा बैंकिङ कसुर मुद्दा दर्ता भएको थियो। सोही मुद्दामा अदालतले यादवको नाममा पक्राउ पुर्जी जारी गरेको रूपन्देही प्रहरीको सोही पुर्जीका आधारमा यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।, बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार पक्राउ परेका यादवलाई जिल्ला अदालत रूपन्देहीमार्फत् जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा बुझाइएको छ।, रूपन्देहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले यादवलाई सोमबार कार्यालयमा बुझाइएको जानकारी दिए।, ‘बाँके प्रहरीले पक्राउ गरी आज बिहान मात्रै जिल्ला प्रहरी कार्यालय रूपन्देहीलाई बुझाएको हो,’ अर्यालले भने।, नेपाली कांग्रेसबाट राजनीतिक यात्रा सुरू गरेका यादवले दलले टिकट नदिएको झोंकमा पार्टी परिवर्तन गर्दै आएका थिए। २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसले टिकट नदिएपछि जनता समाजवादी पार्टीमा प्रवेश गरी बाँके क्षेत्र नं. २ क बाट प्रदेश सभा सदस्यमा निर्वाचित भई मन्त्रीसमेत बनेका थिए।, शंकर पोखरेल नेतृत्वको पछिल्लो सरकारको पालामा पार्टीको निर्णयविपरीत एमाले सरकारमा सहभागी भएको भन्दै उनलाई पार्टीले कारबाही गरेको थियो।, २०७९ सालको निर्वाचनमा भने एमाले प्रवेश गरी उम्मेदवार बने पनि निर्वाचनमा उनी पराजित भएका थिए।, बैंकिङ कसुरमा पक्राउ परे लुम्बिनीका पूर्वमन्त्री
सेतोपाटी संवाददाता रूपन्देहीको तिलोत्तमा ११ गाईघाटमा अज्ञात समुहबाट जेसिभी र ट्याक्टरमा आगजनी गरिएको छ।, आइतबार राति अज्ञात समूहले गरेको आगजनीबाट जेसिभी र ट्याक्टर जलेर नष्ट भएका छन्। इलाका प्रहरी कार्यालय मंगलापुरका अनुसार स्थानीय गोविन्द अधिकारीको घरमा पार्किङ गरी राखिएको ना १ क ५०८७ नम्बरको जेसिभी र लु ३ क ३३७७ नम्बरको ट्याक्टरमा आगजनी भएको हो।, राति सुतेपछि गरिएको उक्त आगजनीबारे घरका सदस्यहरूले भने सोमबार बिहान ४ बजे मात्रै जानकारी पाएका थिए। घरधनी अधिकारीले आगजनीबाट जेसिभीका शिशा र तारहरू जलेर पड्किन थालेपछि थाहा पाएको र त्यसपछि मात्रै प्रहरीलाई खबर गरिएको बताए।, प्रहरीलाई खबर गरिएपछि तिलोत्तमा र सिद्धार्थनगर नगरपालिकाबाट गएका दमकलले बिहान ५ बजेतिर मात्रै आगो निभाएका थिए। ईलाका प्रहरी कार्यालय मंगलापुरले घटनाबारे अनुसन्धान सुरू गरेको जनाएको छ।, घरमा पार्किङ गरिएका जेसिभी र ट्याक्टरमा आगजनी
रासस कर्णाली प्रदेश सरकारले ‘साउने सङ्क्रान्ति तथा देउडा पर्व’को अवसरमा सार्वजनिक बिदा दिएको छ।, प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै यहाँका सबै सरकारी तथा सार्वजनिक संस्थानमा आज सार्वजनिक बिदा दिइएको जनाएको छ।, कर्णाली प्रदेश सरकारको विसं २०७९ चैत २९ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार आज प्रदेशभर सार्वजनिक बिदाको सूचना प्रकाशन गरिएको मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले जानकारी दिए।, कर्णालीको ऐतिहासिक सांस्कृतिक महत्व बोकेको साउन १ गते ‘साउने सङ्क्रान्ति अर्थात् देउडा पर्व’ माथिल्लो कर्णालीका जिल्ला तथा वीरेन्द्रनगरमा भव्य कार्यक्रम गरेर मनाईदैछ। बेथिति, विकृति र शारीरिक विकार मुक्त गरिने दिनका रुपमा मनाइने यो पर्वमा आज कर्णालीमा राँको बाल्ने र लुतो फाल्ने गरिन्छ।, त्यस्तै, यहाँका नागरिकको सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक जीवन तथा सुशासनबारे लय, गीत र शारीरिक हाउभाउबाट प्रकट गर्न मनोरञ्जनात्मक तवरले खेलिने देउडा सुर्खेत वीरेन्द्रनगर र जुम्ला खलङ्गामा विशेष कार्यक्रमका साथ सम्पन्न हुने कर्णाली देउडा समाज जुम्लाका अध्यक्ष कर्णबहादुर बुढ्थापाले जानकारी दिनुभयो।, वीरेन्द्रनगरमा हरेक महिनाको १ र १५ गते देउडा खेल्ने सांस्कृतिक प्रचलन रहिआएको छ। यहाँस्थित घण्टाघर नजिक आज साँझ ७ बजे राँको बाल्ने र लुतो फाल्ने कार्यक्रम रहेको जुम्ली एकता सेवा समाज सुर्खेतका अध्यक्ष अमृत पाण्डेले बताए।, कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
सेतोपाटी संवाददाता मकवनपुरका तीन स्थानीय तहले आजदेखी मादक पदार्थ तथा सुर्तीजन्य पदार्थमा प्रतिबन्ध लगाउने भएका छन्।, मनहरि गाउँपालिका, हेटौडा उपमहानगरपालिका र बकैया गाँउपालिकाले आजदेखी यस्तापदार्थ  निषेध गर्न लागेका हुन्।, मनहरि गाँउपालिकाले यस्ता पदार्थको बेचबिखन र प्रयोगमै प्रतिबन्ध लगाउने तयारी गरेको गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले बताए।, पालिकाले नीति तथा कार्यक्रममै यस क्षेत्रमा सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने घोषणा गरेको थियो। मानवीय स्वास्थ्यलाई हानी पुर्‍याउने भएकाले सुर्तीजन्य पदार्थमा प्रतिबन्ध लगाउने विषयलाई नीति तथा कार्यक्रममा समावेश गरिएको उनले जानकारी दिए।, हेटौँडा उपमहानगरपालिकाले पनि आजदेखी सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण तथा नियमन गर्ने जनाएको छ। उपमहानगरपालिकाका प्रवक्ता सबिन न्यौपानेले सुर्तीजन्य पदार्थ नियन्त्रण एवं नियमन ऐनबमोजिम  उपमहानगरपालिकाले २०७७ मा बनाएको निर्देशिकाको आधारमा यस्ता पदार्थको प्रयोगलाई नियन्त्रण तथा नियमन गर्ने तयारी गरेको जानकारी दिए।, ‘सार्वजनिकस्थलहरू जस्तै विद्यालय, सरकारी कार्यालय, अस्पतालजस्ता क्षेत्रको एकसय मिटर क्षेत्रभित्र सुर्तीजन्य पदार्थको बेचबिखन र प्रयोगमा पूर्णरूपमा प्रतिबन्ध लगाइने भएको छ । निर्देशन नमान्ने जोकोहीलाई रु २५ हजारदेखि रु ५० हजारसम्म जरिवाना गरिने छ,’ उनले भने।, होटेल तथा रेस्टुरेन्टहरूमा समेत छुट्टै स्मोकिङ जोनको व्यवस्था गर्न पत्राचार गर्न लागिएको प्रवक्ता न्यौपानेले  बताए।, मनहरि र हेटौडाजस्तै बकैया गाउँपालिकाले पनि सूचना जारी गर्दै आफ्नो पालिकालाई लागुऔषधमुक्त गाउँपालिकाका रूपमा स्थापित गर्न लागुऔषधसहित सुर्ती र मदिरा सेवनमा निषेध गर्न लागिएको जनाएको छ।, गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले लागुपदार्थमुक्त गाउँपालिकाका रूपमा स्थापित गर्न गाउँ कार्यपालिकाको बैठकले निर्णय गरेर सूचना जारी गरेको बताए।, ‘हामीले पालिकामा मदिराजन्य पदार्थ जाँड, रक्सी, छ्याङ, तुम्बा, निगार र सुर्तीजन्य पदार्थको प्रयोगलाई निषेध गर्ने तयारी गरेका छौँ,’ उनले बताए।, मकवानपुरका तीन स्थानीय तहमा मदिरा र सुर्तीजन्य पदार्थ निषेध
नवीनबाबु गुरूङ साउने सोमबारका अवसरमा आज बिहान पशुपतिनाथ मन्दिरमा भक्तजनहरूको घुइँचो लागेको छ। , तिथिअनुसार अघिल्लो सोमबार नै साउने सोमबार भए पनि साउन महिना भने आजदेखि सुरू भएको हो।, साउने सोमबारमा धेरै हिन्दु महिलाहरू व्रत बस्ने, मन्दिर गएर पूजाआजा गर्ने गर्छन्।, हेर्नुस् तस्बिरहरू:,  ,  , पशुपतिमा साउने सोमबारको रौनक (तस्बिरहरू)
सेतोपाटी संवाददाता कास्कीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ।, कास्कीबाट लमजुङ जाँदै गरेको ग १ ख ७६८६ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ग १५ प ८४८३ नम्बरको मोटरसाइकललाई रूपा गाउँपालिका-३ पोल्याङमा बिहान ७:४८  ठक्कर दिएको थियो।  , दुर्घटनामा परी मोटरसाइकलमा सवार लमजुङको मध्यनेपाल गाउँपालिका-६, भोर्लेटारका २३ विवेक विक र २० वर्षीय दीपेन्द्र विक गम्भीर घाइते भएका थिए।, जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक श्रीराम तिमिल्सिनाका अनुसार २३ वर्षीय विवेकको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ।, उनका भाइ दीपेन्द्रको पनि अवस्था गम्भीर रहेको उनले बताए।, मध्यनेपाल गाउँपालिका- ६ का वडाध्यक्ष विष्णुभक्त पौडेलका अनुसार विवेक र दीपेन्द्र सहोदर दाजुभाइ हुन्।, ‘विवेकको मृत्यु भइसकेको छ, उनको भाइ दीपेन्द्रको पनि अवस्था गम्भीर छ,’ उनले भने।   , बसका चालक रूपा गाउँपालिकाकै विशाल गुरूङलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक  तिमिल्सिनाले जानकारी दिए।, कास्कीमा दाजुभाइ चढेको मोटरसाइकललाई बसले ठक्कर दिँदा दाइको मृत्यु
रासस वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा आजदेखि बहिरङ्ग सेवा(ओपिडी) बिहान ८ बजेदेखि सुरु भएको छ। यसअघि बिहान ९ बजेदेखि ओपिडी सेवा सञ्चालन हुँदै आएको थियो।, वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलले बिरामीलाई सहज सेवा दिने उद्देश्यले ओपिडी सेवा बिहान ८ बजेदेखि सुरु गरिएको जानकारी दिए।, दुबै अस्पतालमा टिकटको समय बिहान ७ बजेदेखि अपरान्ह २:३० बजेसम्म निर्धारण गरिएको उनले बताए।, वीर अस्पतालमा शल्यक्रिया सेवा बिहान ८ बजेदेखि सुरु हुने अस्पतालले जनाएको छ। अस्पताल प्रशासनले  सबै कर्मचारीको ई–हाजिरी अनिवार्य गरिएको जनाएको छ। अस्पतालबाट दैनिक तीन हजार बिरामीले ओपिडी सेवा लिइरहेका छन्।, ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बद्री रिजालले बिहान ८:१५ बजेदेखि ओपिडी सेवा सुरु गरिएको जानकारी दिए। उनका अनुसार ट्रमा सेन्टरअन्तर्गत रहेका सबै विभागमा बिहानैदेखि ओपिडी सेवा सुरु गरिएको छ।, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) कार्यकारी परिषदको बैठकले वीर अस्पताल र ट्रमा सेन्टरमा बिहान ८ बजेदेखि ओपिडी सेवा सुरु गर्ने निर्णण गरेको थियो।, वीर र ट्रमा सेन्टरमा बिहान ८ बजेदेखि ओपिडी सेवा
सेतोपाटी संवाददाता नाबालिगलाई ठमेलको एलओडी क्लबमा प्रवेश गराएको आरोपमा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।, जिल्ला प्रहरी परिसर काठमाडौंले क्लबका म्यानेजर सहदेव सेढाई र रिसेप्सनिस्ट सपना ढुंगानालाई असार २६ गते पक्राउ गरेको हो। पक्राउ परे पनि ढुंगानालाई जिम्मा जमानीमा छाडिएको छ। सेढाई अहिले पनि प्रहरी हिरासतमै छन्।, यसअघि प्रहरीले एलओडीका सञ्चालकहरू रूदिलबल्लभ श्रेष्ठ र राजु सिंह सुवाललाई पक्राउ गरेको थियो। तर सरकारी वकिल कार्यालयले छाड्न आदेश दिएपछि उनीहरू असार २८ गते छुटेका थिए। , उनीहरूले जेठ ३० गते उक्त क्लबमा नाबालिगलाई प्रवेश गराएको आरोप छ। त्यसरी प्रवेश गराउँदा ती नाबालिगलाई ललितपुर पुर्‍याएर एक पुरूषले बलात्कार गरेका थिए। , बलात्कार आरोपी सुदनबहादुर कोइरालालाई पनि प्रहरीले पक्राउ गरेको छ। उनी अहिले पुर्पक्षका लागि थुनामा छन्। , बलात्कार घटनामा क्लबले बालबालिकाविरूद्धको कसुर गरेको भन्दै जिल्‍ला प्रहरी परिसरले श्रेष्ठ र सुवाललाई पक्राउ गरी अनुसन्धान गर्न काठमाडौंमा पठाइएको थियो।, बालबालिका सम्बन्धी ऐन,२०७५ को दफा ६६ को उपदफा २ को ( क) र (ख) मा उल्लेखित कार्य गरी बालबालिकाविरूद्ध हिंसा गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो। , नाबालिगलाई क्लबमा प्रवेश दिएको आरोपमा एलओडीका म्यानेजरसहित दुई जना पक्राउ
सेतोपाटी संवाददाता सप्तकोशी किनारमा युवतीहरूबीच कुटाकुट भएको छ।, सुनसरीको बराहाक्षेत्र नगरपालिका-१० मा युवतीहरूबीच कुटपिट भएको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको हो।, कुटपिटमा संलग्न रहेको आरोपमा एक जना युवतीलाई प्रहरीले पक्राउ गरेको छ।, जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी राजकुमार राईका अनुसार १९ वर्षीया प्रिति लिम्बुलाई आइतबार राति पक्राउ गरिएको हो।, कुटपिट घटना गत असार २९ गतेको हो। प्रितिसहित ५ जना युवतीको समूहले ३ जना युवतीमाथि कुटपिट गरेका थिए।, १९ वर्षीया मनिषा राई, नाम नखुलेको १६ र १७ वर्षीया नाबालिगमाथि कुटपिट भएको हो। , ‘उनीहरूबीच सामान्य विषयमा झगडा भएको देखिन्छ,’ उनले भने। , प्रहरीले अन्य ४ जनाको खोजी गरिरहेको छ।, आरोपित लिम्बुमाथि अभद्र व्यवहारको कसुरमा म्याद थप गर्न जिल्ला प्रशासन कार्यालय सुनसरीमा लगिएको छ। , कुटपिट गर्ने दुवै पक्षका युवतीहरू एउटै गाउँका हुन्। , सप्तकोशी किनारमा युवतीहरूबीच कुटाकुट, एक पक्राउ
नारायण खड्का दुई जना दाजुभाइ खोटो संकलन गर्न चार महिनादेखि घना जंगलमा बस्दै आएका छन्।, रोल्पाको रून्टीगढी गाउँपालिकाका-१ गौरीगाउँका २२ वर्षीय सुरेश बुढा मगर र १७ वर्षीय नवीन बुढा मगर चार महिनादेखि जंगलमै बसेर खोटो संकलन गरिरहेका छन्।, उनीहरू दाङको पहाडी क्षेत्र बंगलाचुली गाउँपालिका-८ स्थित गोगनपानी सामुदायिक वनअन्तर्गतको रानीबास जंगलमा बसेका छन्।, रानीबास वन बस्तीदेखि निकै टाढा रहेको र आउजाउ गर्न समस्या हुने भएकाले आफूहरू जंगलमै बस्ने गरेको सुरेशले बताए।, ‘हामी चार महिनादेखि यसैगरी रातदिन जंगलमै बसेर खोटो संकलन गरिरहेका छौं,’ सुरेशले भने, ‘ठूलो पानी परेका दिन खाना पकाएर खानसमेत पाइँदैन।’, उनीहरूले बस्नका लागि सामान्य त्रिपाल गाडेका छन्।, सुरेश कक्षा ९ र नवीन कक्षा ६ को पढाइ छोडेर खोटो संकलन गर्न लागेका हुन्।, ‘घरमा बुवा, आमा र एउटा बहिनी छन्,’ सुरेशले भने, ‘हाम्रो आर्थिक अवस्था कमजोर भएको हुँदा बुवाआमाकै सल्लाहमा खोटो संकलनको काममा लागेका हौं।’, जंगलमा बर्खाको समयमा चिप्लो गोरेटो बाटोको कारण खानेपानी ल्याउन निकै संघर्ष गर्नुपर्ने,  पहिराको जोखिम हुने,  जंगली जनावर तथा किराको पनि उत्तिकै जोखिम हुने सुरेशले बताए।, ‘अहिलेसम्म भाग्यले साथ दिएको छ भन्नुपर्छ,’ उनले भने, ‘चार महिनादेखि जंगलमै बस्दै आएको भए पनि आजसम्म सकुशल नै छौं।’, रातदिन जंगलमै बसेर संकलन गरेको खोटोमा उनीहरूले प्रतिक्विन्टल दुई हजार रुपैयाँ ज्याला पाउने गर्छन्।, राम्रो खोटो परेको दिन एकै दिनमा नभए दुई दिनमा एक क्विन्टल खोटो संकलन हुने सुरेशले जानकारी दिए।, ‘हामीले खोटो संकलनको ठेक्का लिएका ठेकेदारसँग अग्रिम पैसा पहिल्यै लागिसकेका छौं,’ नवीनले भने, ‘अब यो चार महिनामा कति कमाइ हुन्छ हिसाब गरेका छैनौं।’, घनघोर जंगलमा रातदिन बिताउनु र त्यही खोटो संकलनको काम गर्नु आफैंमा चुनौतीपूर्ण रहे पनि घरको आर्थिक अभावका कारण काम गर्न बाध्य भएको नवीनले बताए।, खोटो संकलनका लागि मोटो र सिधा रूख छनोट गर्ने,  त्यसको बोक्रा ताछेर एसिड हाल्ने, चोप चुहिने ठाउँमा मिलाएर रूखमै किला ठोकेर सोली थाप्नेजस्ता काम आफूहरूले गर्दै आएको नवीनले जानकारी दिए। , रूखको चोपले सोली भरिएपछि त्यो संकलन गरी टिनको बाकसमा जम्मा गर्ने काम पनि उनीहरूले गर्ने गर्छन्। दिनभरजसो एक रूखबाट अर्को रूखसम्म आफूहरू घुम्दै हेर्दै गर्ने गरेको उनले बताए। खोटोले भरिएका टिनको बाकसहरू जम्मा गरी गाडीमार्फत् बाँके, रूपन्देहीलगायत जिल्लामा प्रशोधनका लागि पठाउने गरिएको छ।, सल्लाको खोटो प्रशोधन गरी सडक कालोपत्रे गर्दा आवश्यक पर्ने तार्कुल बनाउने गरिन्छ।, खोटो संकलनको जिम्मा लिएका ठेकेदारहरूले स्थानीय सामुदायिक वनले भनेजति रकम तिरे मात्रै संकलनको काम गर्न पाउँछन्। , अघिल्ला वर्षमा रोल्पा, सल्यान र खोटाङसम्म पुगेर खोटो संकलन गरेको अनुभव सुरेश र नवीनसँग छ।, तर, यसपालि जति लामो सयमसम्म जंगलमा यसअघि कहिल्यै बस्नु नपरेको नवीनले बताए।, ‘यसअघि बस्तीनजिकै खोटो संकलन गर्ने ठाउँ हुन्थे,’ उनले भने, ‘एकाध घन्टा हिँडे सहजै पुगिन्थ्यो तर यहाँबाट बस्ती पुग्न लगभग ४/५ घन्टा हिँड्नुको विकल्प छैन।’, चार महिनादेखि दाङको बंगलाचुलीमा खोटो संकलनको काम गर्दै अएका उनीहरूले आज जंगल पनि आफ्नै घरजस्तो लाग्न थालेको बताए।, ‘जहाँ बस्यो त्यही ठाउँ प्यारो लाग्दो रहेछ,’ नवीनले भने, ‘अब यहाँ पनि बानी भइसक्यो, दिनभर उकाली ‌ओह्राली गर्‍यो, आफैं खाना बनाएर खायो। त्रिपाल भित्र ढुक्कले सुत्यो।’, ठूलो पानी परे त्रिपाल चुहिएर जागै बस्नु पर्ने नवीनले बताए।, ‘यो हाम्रो बाध्यता हो,’ नवीनले  भने, ‘यसरी मेहनत नगरे बुवा आमालाई कसरी पाल्ने र बहिनी कसरी पढाउने?’, बंगलाचुली गाउँपालिका वडा न ८ का ओखलढुंगा, गोगनपानी र दैलेढुंगा सामुदायिक वन समूहबाट खोटो संकलनको काम हुँदै आएको छ।, डिभिजन वन कार्यालयका अनुसार जिल्लाका दश सामुदायिक वन समूहबाट खोटो संकलनको काम हुने गरेको छ। चिसो मौसममा खोटो कम निस्कने गर्छ। त्यही भएर  चैत-वैशाखदेखि चिसो मौसम सुरू नहुँदासम्म सल्लाका रुखबाट खोटो संकलन गर्ने गरिन्छ।, सबै तस्बिरहरू: नारायण खड्का/सेतोपाटी।, ‘हामीले जंगलमा काम नगरे बा-आमा केले पाल्ने, बहिनी कसरी पढाउने?’
दिपकजंग शाही देश विद्युतमा लोड सेडिङमुक्त भयो भनिएको पाँच वर्षभन्दा धेरै भयो। यता कर्णालीको प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा भने विद्युत कटौती नभएको दिन नै हुँदैन। छिनछिनमा बिजुली बन्द हुन्छ। कहिलेकाहीँ धेरै घण्टामा मात्र आउँछ।, यस्तै छिनछिनमा जाने र घण्टौं नआउने बिजुलीले सताएका एक व्यापारी हुन्– निम बुढा। निम बुढा उनले वीरेन्द्रनगर बजारमा ‘मालिका डेस्कटप’ र ‘लोकमञ्च अफसेट प्रेस’ चलाएका छन्। उनी बिजुली बारम्बार बन्द हुनुले जति हैरान छन् त्योभन्दा बढी त भोल्टेज नपुगेर हैरान छन्।, निम विद्युत प्रसारणमा हुने अनियमितताका कारण जेनरेटर चलाउन बाध्य हुन्छन्।, ‘चैतदेखि केही महिना बिजुली धेरै समय आउँदैन, आए पनि भोल्टेज पुग्दैन,’ उनी भन्छन्, ‘छपाइ मेसिन चलाउन बिजुलीको भर हुँदैन, जेनरेटर नचलाई हुँदैन।’, वीरेन्द्रनगरकै छापाखाना व्यवसायी कमल नेपालको समस्या पनि निमको जस्तै छ। हालै मात्र चार लाख रुपैयाँमा स्टप्लाइजर किनेर ल्याए।यसअघि सानो क्षमताको स्टप्लाइजर थियो। त्यसले नपुगेपछि बढी क्षमताको ल्याएका हुन्। अहिले त्यो पनि चल्दैन।, ‘पहिलो कुरा त तीन–चार महिना यता बिजुली नियमित छैन, एकपटक गएपछि घण्टौं कुर्नुपर्छ,’ कमल भन्छन्, ‘अहिले त बिजुलीले पंखा पनि राम्ररी घुम्दैन। छापाखानालाई पुग्ने कुरै भएन।’, कर्णालीमा सबैभन्दा धेरै विद्युत खपत सुर्खेतमा हुन्छ। २०४५ सालमा बनेको नेपालगञ्ज–सुर्खेत ट्रान्समिसन लाइनबाट सुर्खेतबाहेक अन्य छ जिल्लामा विद्युत वितरण गरिएको छ।, सुरुमा सुर्खेत र दैलेखमा मात्र खपत हुँदै आएको यहाँको ३३ केभी प्रसारण लाइनको विद्युत हाल अन्य पाँच जिल्लामा पनि विस्तार भएको छ।, कम विद्युत र मुख्य प्रसारण लाइनको कमजोर संरचनाका कारण कर्णालीमा विद्युतको राष्ट्रिय प्रसारण प्रभावकारी बन्न सकेको छैन।, कमजोर संरचनाका कारण विद्युत प्रसारण नहुनाले उद्योगी–व्यवसायी र आमनागरिकले सास्ती खेप्नु परेको छ। केही समययता कोहलपुर–सुर्खेत प्रसारण लाइनमा तार चुँडिने समस्या देखापरेको छ। यसले उपभोक्तालाई मात्र होइन, विद्युत प्राधिकरणलाई समेत हैरान बनाएको छ।, गत असार २६ गते दिउँसो तीन बजेतिर यो लाइनमा विद्युत प्रसारण बन्द भयो। त्यसबेला सुर्खेतको कल्यानमा तार चुँडिएको रहेछ। त्यसपछि सोही दिन राति साढे ९ बजे फेरि प्रसारण बन्द भयो। त्यस बेला पनि छिन्चु नजिकको मदानेचौरमा तार चुँडिएको रहेछ।, भोलिपल्ट (असार २७ गते) बिहान छ बजे प्रसारण बन्द भयो। मदानेचौर र रामघाटको बीचमा मुख्य प्रसारण लाइनको तार चुँडिएको रहेछ।, चुँडिनुको मुख्य कारण भने तार धेरै पुरानो हुनु हो। प्राधिकरणको सुर्खेत वितरण केन्द्रका प्रमुख युवराज रावतअनुसार धेरै पुरानो तारबाट बढी विद्युत प्रवाह हुँदा चुँडिने सम्भावना बढी हुन्छ।, ‘यहाँ २५ वर्षअघि बनाइएको ट्रान्समिसन लाइनका तार छन्। तार धेरै पुराना भइसके। तारमा विद्युत प्रवाह धान्ने क्षमता निश्चित हुन्छ। तारको क्षमता कमजोर हुँदै जान्छ,’ रावत भन्छन्, ‘विद्युत आफ्नै गतिमा प्रवाह भइरहन्छ। यस्तो अवस्थामा कमजोर तार पग्लिएर चुँडिन्छ।’, तार चुँडिने समस्याले उपभोक्ता वितरण केन्द्रमा पनि हैरानी बढेको छ।, ‘अहिलेको सुर्खेत–कोहलपुर ट्रान्समिसन लाइनको क्षमता अन्तिम चरणमा पुगिसक्यो। अबको सात–आठ महिनापछि झन् धेरै दुःख पाइनेवाला छ,’ उनले भने, ‘अहिलेको ट्रान्समिसन लाइनले धान्ने र यसबाट वितरण भएको विद्युत बराबर भइसक्यो। विद्युत उपभोग बढ्दै जाँदा त्यसको भार कोहलपुर–सुर्खेत ट्रान्समिसन लाइनमै पर्छ।’, रावतका अनुसार कोहलपुर–सुर्खेत प्रसारण लाइनबाट वितरण गरिएको क्षेत्रमा १३–१४ मेघावाट विद्युत खपत हुन्छ। प्रसारण लाइनले योभन्दा बढी धान्दैन। पिक आवरमा तार चुँडिने समस्या हुन्छ।, सुर्खेतमा ठूला टावरसहितको उच्च क्षमताको १३२ केभी प्रसारण लाइनको आवश्यकता रहेको उनले बताए।, कोहलपुर–सुर्खेत १३२ केभी हाइटेन्सन विद्युत प्रसारण लाइन परियोजनाको काम पनि हुँदैछ। परियोजनामा उत्पन्न बाधा समाधान गरेर सकेसम्म छिटो सम्पन्न गर्नुपर्ने उनको भनाइ छ।, उनका अनुसार अहिलेकै सुर्खेत–कोहलपुर ट्रान्समिसन लाइन मर्मत गर्ने सम्भावना छैन।, भन्छन्, ‘अहिलेकै ट्रान्समिसन लाइनको क्षमता बढाउने हो भने दोहोरो सर्किट बनाउनुपर्छ। दोहोरो सर्किट बनाउन महिनौँ विद्युत बन्द गर्नुपर्ने हुन्छ। यसो गर्न विद्युत प्रसारणको वैकल्पिक लाइन छैन।’, कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन आयोजना, सुर्खेतका प्रमुख रविकुमार यादवका अनुसार अबको एकदेखि साढे एक डेढ वर्षसम्ममा काम सम्पन्न हुनेछ।, वन क्षेत्रमा गर्नुपर्ने काम पूरा हुने क्रममा छ।, ‘सुर्खेत वन डिभिजनअन्तर्गतको जग्गा प्राप्तिको काम पूरा भएर रूख कटान गरिसकेका छौं। अब कटान गरेका रूख बुझाउने काम मात्र हो,’ उनले भने, ‘राष्ट्रिय निकुञ्जसँग पनि सम्झौता भइसक्यो। जग्गा किनेर निकुञ्जको नामा लालपुर्जा दिएपछि रूख कटान सुरु गर्छौं।’, उनका अनुसार कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनले बाँके र बर्दिया राष्ट्रिय निकुञ्जको ६२ बिघा जग्गा ओगट्छ। निकुञ्जसँग जोडिएको त्यति नै जग्गा आयोजनाले किनेर निकुञ्जलाई दिने सम्झौता छ।, ‘हामीले बर्दियामा जग्गा पाएका छौं। बर्दियाको प्रशासनले सूचना जारी गरेको छ,’ उनले भने, ‘सूचना प्रकाशन भएको ३० दिनपछि हामी लालपुर्जा लिने प्रक्रियामा जान्छौं।’, जिल्ला प्रशासनले यही असार १५ गते सूचना जारी गरेको छ।, आयोजनाका टावर राख्न राष्ट्रिय निकुञ्जभित्र कम्तीमा सात हजार रूख काट्नुपर्ने छ।, यो आयोजना निर्माणका लागि एक अर्ब १४ करोड रुपैयाँ विनियोजन भएको थियो। २०७७ मा ठेक्का गर्दा भारतको आरएस कम्पनीसँग ७० करोड रुपैयाँमा सम्झौता भएको थियो।, यादवका अनुसार आयोजनाअन्तर्गत कोहलपुरबाट सुर्खेतसम्म १६१ वटा टावर बनाउनुपर्छ। हालसम्म ५५ वटा टावर खडा गरिएका छन्, ४५ वटाको जगको काम पूरा भएको छ।, आयोजना अन्तर्गत वीरेन्द्रनगरको सुब्बाकुनामा १३२ केभी क्षमताको सबस्टेशन बन्दैछ। यसका लागि प्राधिकरणले साढे पाँच बिघा जमिन किनेको थियो।, यादव भन्छन्, ‘अब बढीमा २०८१ सालभित्र सुर्खेतले १३२ केभी प्रसारण लाइनबाट विद्युत पाउँछ।’, निकुञ्ज लगायतका वन क्षेत्रमा जग्गा प्राप्तिको काम पूरा भए पनि बाँकेको बानियाबारमा अझै अवरोध छ। बानियाबारमा १३२ केभी प्रसारण लाइन निर्माण आयोजनाका कर्मचारीलाई प्रवेश निषेध भनेर स्थानीयवासीले बोर्ड राखेको यादवले बताए।, यो अवरोध पनि चाँडै समाधान हुने गरी छलफल भइरहेको उनले बताए।, सेवाग्राहीलाई हैरान पार्ने बिजुलीका तार
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिका भित्रका व्यावसायिक भवनहरूले पार्किङ शुल्क लिन नपाउने भएको छ। , सोमबार फेसबुकमा स्ट्याटस राख्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले निजी मार्ट, रेष्टुरेन्ट, सपिङ कम्प्लेक्स, मल, अस्पताललगायत स्वास्थ्य सेवा प्रदायक संस्थाले सेवाग्राहीलाई निःशुल्क पार्किङ सेवा उपलब्ध गराउनु पर्ने बताएका हुन्।, यस्तै महानगरको आर्थिक ऐन, २०८० ले समेत यस्तो व्यवस्था गरेको उनले बताएका छन्।, 'बहुतले आवासीय वा व्यावसायिक भवनहरूमा रहेका/भएका व्यवसाय र सेवा प्रदायकलाई सम्बद्ध सेवाग्राहीसँग सवारी साधन पार्किङवापतको शुल्क संकलन गर्न निषेध गरिएको छ,' उनले भनेका छन्, 'सेवाग्राहीबाहेक अन्यसँग मात्र पार्किङ शुल्क लिन सकिनेछ।' , यस्तै व्यावसायिक रूपमा सवारी साधन पार्किङ प्रयोजनका लागि भवन निर्माण गरेमा भवन निर्माण सम्पन्न भएको मितिले पार्किङ प्रयोजनका लागि प्रयोग हुने क्षेत्रको १० वर्षसम्म सम्पत्ति कर छुट हुने व्यवस्था गरिएको उनले बताएका छन्।, तर पार्किङ प्रयोजन देखाई नक्सा स्वीकृत गरेका भवनले पार्किङ क्षेत्रलाई अन्य प्रयोजनमा प्रयोग गरे कारवाही गरिने उनले उल्लेख गरेका छन्। त्यस्ता स्थानबाट सम्पति करसहित सम्बन्धित अन्य कर असुल गरिने जनाएका छन्। , मेयर बालेनका अनुसार सार्वजनिक सडकमा भने पार्किङ गर्न पाइने छेन। , 'सार्वजनिक सडकहरूमा सवारी साधन पार्किङ सञ्चालन गर्न अनुमति दिइने छैन,' उनले लेखेका छन्, 'काठमाडौं महानगरपालिका आफैंले निश्चित अवधि तोकेर दिएको कुनै सवारी साधनलाई पार्किङ सुविधा उपलब्ध गराएवापत निश्चित सवारी साधन पार्किङ शुल्क लगाइ असुल गरिनेछ।', यस्तै, निजी भवन वा जग्गामा पार्किङ व्यवसाय सञ्चालन गर्ने व्यक्ति वा संस्थाले महानगरपालिकाबाट पूर्वअनुमति लिनुपर्ने छ।, 'महानगरपालिकाले अन्य सम्भावित क्षेत्र पहिचान गरेर पैदल मार्ग (फुटपाथ) बाहेक सवारी आवागमनमा अवरोध नहुने गरी नगर कार्यपालिकाले मापदण्ड तोकेर पार्कlङ सुविधा उपलब्ध गराउन सक्ने ऐनमा व्यवस्था गरिएको छ,' उनले लेखेका छन्, 'यो ऐन जारी भएकाबखत महानगरपालिकाले अवधि तोकेर पार्किङ सुविधा उपलब्ध गराएका स्थानका लागि क्षेत्र तोकेर शुल्क निर्धारण भएको छ।', पार्किङ गराउँदा स्पष्ट रेखाङ्कन गरेर प्रवेश र वहिर्गमन फरक-फरक हुने गरी व्यवस्थापन गर्नु पर्ने मेयर बालेनले बताएका छन्।  कुनै पनि क्षेत्र र समयका आधारमा महानगर आफैंले वा निजी क्षेत्रको सहयोगमा पार्किङ सञ्चालन व्यवस्थापन गर्ने जनाएको छ। , महानगरले स्थानअनुसार पार्किङ शुल्क तोकेको छ। , 'न्यूरोड, धर्मपथ, कान्तिपथ, दरवारमार्गलगायतका भित्री सहरी क्षेत्र (त्रिपुरेश्वर, रत्नपार्क, भोटाहिटी, केशरमहल लैनचौरसम्म) काठमाडौंको मध्य भाग तोकिएका स्थानलाई क्षेत्र नम्बर-१ मा राखिएको छ,' उनले लेखेका छन्, 'यस क्षेत्रमा सवारी साधन पार्किङ गरेवापत २ पाङ्ग्रेका लागि पहिलो आधा घण्टासम्म १५ रुपैयाँ र प्रतिघण्टा २५ रुपैयाँ राखिएको छ। यसैगरी ४ पाङ्ग्रेका लागि पहिलो आधा घण्टासम्म ५० रुपैयाँ र प्रतिघण्टा ८० रुपैयाँ कायम गरिएको छ।', क्षेत्र नम्बर-१ मा उल्लेख गरिएका स्थानबाहेकका महानगरपालिका क्षेत्रभित्रका अन्य ठाउँलाई क्षेत्र नम्बर-२ मानिएको उनले बताए। ती क्षेत्रमा २ पाङ्ग्रे सवारी साधन पार्किङ गरेवापत प्रति घण्टा १५ रुपैयाँ, ४ पाङ्ग्रेका लागि ४० रुपैयाँ र ४ पाङ्ग्रेभन्दा ठूला सवारीका लागि प्रति घण्टा १०० रुपैयाँ कायम गरिएको छ।, निजी क्षेत्रबाट निजी स्वामित्वको घरजग्गामा व्यावसायिक रूपमा सञ्चालित पार्किङमा २ पाङ्ग्रे सवारी साधनमा पहिलो आधा घण्टाका लागि १५ रुपैयाँ, पहिलो १ घण्टाका लागि २५ रुपैयाँ र त्यसपछि हरेक १५ मिनेटका लागि ५ रुपैयाँ थप शुल्क लिन सकिने व्यवस्था गरिएको मेयर बालेनले बताएका छन्। , चार पाङ्ग्रे सवारी साधनका लागि पहिलो आधा घण्टाका लागि ४० रुपैयाँ, पहिलो एक घण्टाका लागि ७५ रुपैयाँ र त्यसपछि प्रत्येक १५ मिनेटका लागि थप १५ रुपैयाँ शुल्क लिन सकिने व्यवस्था गरिएको जनाइएको छ। , 'लिफ्ट वा आधुनिक प्रविधि प्रयोग गरी एकै स्थानमा धेरै सवारी साधन पार्किङ गर्ने गरी सञ्चालन गरिएका व्यावसायलाई भने व्यावसाय करमा ५ वर्षसम्म शतप्रतिशत छुट प्रदान हुने व्यवस्था गरिएको छ', उनले लेखेका छन्। , महानगरपालिका आफैंले वा निजी क्षेत्रको सहयोगमा आधुनिक प्रविधियुक्त पार्किङको व्यवस्था गर्ने ऐनमा उल्लेख गरिएको समेत उनले बताएका छन्। जसका लागि निजी क्षेत्रलाई पार्किङस्थल निर्माण गर्न प्रोत्साहित गरिनेछ।, यस्तै, अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्ने सवारी साधनलाई निःशुल्क पार्किङ गर्न सकिने उनले बताएका छन्। , 'अपाङ्गता भएका व्यक्तिहरुले प्रयोग गर्ने सवारी साधनहरुलाई पार्किङ शुल्क लाग्ने छैन,' उनले लेखेका छन्, 'यस्तै आपत्कालीन सेवाका सवारी साधन र महानगरपालिकाले तोकेको अन्य सवारी साधनलाई निःशुल्क पार्किङको व्यवस्था हुनेछ।', मेयर बालेनका अनुसार नक्सापास गर्दा भूमीगत पार्किङ क्षेत्र उल्लेख गरी व्यावसायिक प्रयोजन रहेको भवनको पार्किङ क्षेत्रलाई सहज गराउन सार्वजनिक संरचनाले अवरोध गरेको भए सो संरचनाको सुधारमा महानगरपालिकाले सहजीकरण गर्नेछ।, 'भवन निर्माण गर्दा तथा नक्सा पास गर्दा भवनको क्षेत्रफल र उपयोगिताका आधारमा तोकिएको क्षेत्रमा अनिवार्य पार्किङ उपलब्ध गराउनु पर्नेछ,' उनले लेखेका छन्, 'पार्किङ क्षेत्रमा अनिवार्य रुपमा महानगरपालिकाले दिएको स्वीकृत पार्किङ संकेत वा चिन्ह प्रयोग गरेर सूचना पाटी राख्नु पर्नेछ।', सूचना पाटीमा पार्किङ दर्ता नम्बर, पार्किङ सम्बन्धी विवरण र शुल्क उल्लेख भएको हुनु पर्ने मेयर बालेनले बताएका छन्।यस्तै, पार्किङ शुल्क उठाउँदा डिजिटल प्रणालीबाट अनिवार्य बिलिङ गर्नुपर्ने र त्यसको विवरण नियमित रूपमा महानगरपालिकामा पेश गर्नु पर्नेछ।, काठमाडौंका व्यावसायिक भवनले सेवाग्राहीसँग पार्किङ शुल्क लिन नपाउने
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले महानगरभित्र सवारी साधन पार्किङ शुल्क तोकेको छ।, सोमबार महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगरभित्र दुई पाङग्रे र चार पाङग्रे सावरी साधनको शुल्क निर्धारण गरिएको बताएकी हुन्। , 'महानगरभित्र दुई पाङ्ग्रेको प्रतिघण्टा २५ रुपैयाँ र चार पाङग्रेको ७५ रुपैयाँ शुल्क निर्धारण गरिएको छ,' उनले भनिन्। , यस्तै दुई पाङग्रे सवारी साधनले आधा घण्टा पार्किङ शुल्क भने १५ रुपैयाँ मात्रै तिर्नुपर्ने उनले बताइन्।, 'एक घण्टाको २५ रुपैयाँ र एक घण्टा भन्दा बढी थप हुँदै गयो भने हरेक १५ मिनेटमा ५/५ रुपैयाँ शुल्क थप गर्ने व्यवस्था गरिएको छ,' उनले भनिन्, '४ पाङग्रे सवारी साधनले भने आधा घण्टाका लागि ४० रुपैयाँ पार्किङ शुल्क तिर्नुपर्ने हुन्छ। त्यसरी समय थप भए हरेक १५ मिनेटमा १५ रुपैयाँ थप हुँदै जानेछ।', पार्किङ शुल्क ठाउँ अनुसार फरक भएको भन्ने धेरै आम नागरिकको गुनासो आएपछि पार्किङ शुल्क निर्धारण गरिएको उनले बताइन्। , काठमाडौं महानगरले तोक्यो पार्किङ शुल्क, २ र ४ पाङ्ग्रेलाई प्रतिघण्टा कति? (भिडिओ)
मन्दिरा घिमिरे संघीय सरकारको राजस्व अघिल्लो वर्षको तुलनामा १० प्रतिशतले घट्दा काठमाडौं महानगरपालिकाले भने आन्तरिक राजस्व बढाएको छ। स्रोत साधनको हिसाबले सबैभन्दा बलियो यो महानगरपालिकाले अघिल्लो वर्षको तुलनामा ३० प्रतिशतले बढी आन्तरिक राजस्व उठाएको हो। , आर्थिक वर्ष २०७८/०७९ मा जम्मा ४ अर्ब ४६ करोड रुपैयाँ आन्तरिक राजस्व उठाउन सफल भएको काठमाडौं महानगरले आर्थिक वर्ष २०७९/०८० मा ५ अर्ब ८२ करोड रुपैयाँ राजस्व उठाएको महानगरको राजश्व विभागका प्रमुख ध्रुव काफ्लेले जानकारी दिए।, उनका अनुसार आन्तरिक राजस्व बढे पनि प्रदेश तथा संघीय सरकारबाट बाँडफाँट र अनुदानबाट आउने राजस्वमा कमी आउँदा समग्र राजस्व घटेको छ। समग्र राजस्व गत वर्षको तुलनामा तीन प्रतिशत अर्थात् ३५ करोड रुपैयाँले कम उठेको हो।, आर्थिक वर्ष ०७८/०७९ मा समग्र राजस्व १० अर्ब ६० करोड बढी उठेकोमा आर्थिक वर्ष ०७९/०८० मा १० अर्ब २५ करोड उठेको महानगर राजस्व विभागले जनाएको छ। , स्थानीय तहले सम्पत्ति, भूमि (मालपोत), घरजग्गा, बहाल, व्यवसायलगायत कर र विभिन्न शुल्क शीर्षकमा राजश्व उठाउँछन्।, आर्थिक वर्ष ०७९/०८० मा महानगरले १० अर्ब ४२ करोड हाराहारी राजश्व उठाउने लक्ष्य राखेको थियो। आन्तरिक राजश्वमा वृद्धि भएता पनि बाँडफाँट र आन्तरिक अनुदानबाट पाउने राजस्वमा कमी हुँदा लक्ष्यअनुसार राजस्व उठाउन नसकिएको काफ्लेले बताए। , ‘आन्तरिक आयतर्फ गत आर्थिक वर्ष ०७८/०७९ भन्दा १ अर्ब ३६ करोड बढी संकलन भएको छ,’ उनले भने, ‘जुन यस वर्षको लक्ष्यभन्दा ९७ करोड बढी हो।', अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ मा मूल्य अभिवृद्धि कर तथा आन्तरिक अन्तःशुल्कबाट उठेको रकममध्ये ७० प्रतिशत केन्द्र सरकारलाई र १५/१५ प्रतिशत प्रदेश तथा स्थानीय तहलाई बाँडफाँट हुने व्यवस्था छ।, बाँडफाँटतर्फ यो वर्ष गत वर्षभन्दा कम राजश्व संकलन भएको काफ्लेले बताए।, ‘यसपालि बाँडफाँटबाट महानगरले एक अर्ब ८५ करोड रुपैयाँ पाएको छ,’ उनले भने, ‘यो गत वर्षको तुलनामा १ अर्ब ६८ करोड ९४ लाखले कम हो। अघिल्लो वर्ष झन्डै तीन अर्ब ५५ करोड हाराहारी पाएको थियो।’, आर्थिक वर्ष ०७८/०७९ बाँडफाँटतर्फ ३ अर्ब ५४ करोड ८६ लाख रुपैयाँ राजश्व संकलन भएको थियो। ०७९/०८० मा ३ अर्ब ४१ करोड ३७ लाख रुपैयाँ राजश्व उठाउने लक्ष्य राखेता पनि १ अर्ब ८५ करोड ९१ लाख मात्र संकलन गर्न सकिएको हो। जुन गत वर्षभन्दा १ अर्ब ६८ करोड ९४ लाख कम संकलन भएको हो। , ०७९/०८० मा महानगरले अनुदान र बाँडफाँटबाट प्राप्त हुने करबाहेक आन्तरिक स्रोतबाट मात्रै करिब पाँच अर्ब ८२ करोड ५१ लाख रुपैयाँ उठाएको छ। आर्थिक वर्ष ०७८/०७९ मा चार अर्ब ८५ करोड रुपैयाँ हाराहारी मात्र संकलन भएको थियो।, प्रमुख काफ्लेका अनुसार आन्तरिक राजस्वमा सबभन्दा धेरै योगदान घरबहाल करको छ।, 'घरबहालपछि सम्पत्ति कर, नक्सापास दस्तुर र व्यवसाय दर्ता दस्तुर लगायतबाट धेरै राजस्व उठेको छ,' उनले भने।, दोस्रोमा धेरै कर उठ्ने सम्पत्ति करबाट हो। सम्पत्ति करबाट र यसपालि १ अर्ब ८० करोड २५ लाख रुपैयाँ उठेको छ। यो गत वर्षभन्दा २० करोड ३८ लाखभन्दा धेरैले हो।, त्यस्तै नक्सापास दस्तुरबाट पनि गत वर्षभन्दा साढे ३३ करोड रुपैयाँभन्दा धेरै राजस्व उठेको छ।, 'यो वर्ष नक्सापास दस्तुरबाट १० करोड ११ लाख रुपैयाँभन्दा बढी राजस्व उठेको छ,' काफ्लेले भने।, करको दायरामा आउन आग्रह गर्दै निरन्तर विभिन्न सञ्चारमाध्यमबाट सूचना प्रभाव गरेका कारण धेरैजना करको दायरामा आएको काफ्लेको भनाइ छ। , 'धेरैजना करको दायरामा आउनुभएको भएर आन्तरिक राजस्व उदेश्यभन्दा धेरै उठाउन सफल भएका हौं,' उनले भने,'यसले आन्तरिक राजस्व बढाउन भूमिका खेलेको छ।', यस्तै महानगरले अनलाइन प्रणालीबाट पनि कर तिर्न पाउने व्यवस्था गरेको छ। तर अनलाइन प्रणालीबाट कर तिर्नेको संख्या भने एकदमै न्यून रहेको छ। आइएमइ पे, इसेवा र कनेक्ट आइपिएसलगायत पेमेन्ट गेटवेबाट महानगरले झन्डै साढे १० लाख राजस्व संकलन गरेको छ। , यस्तै घरबहाल व्यवस्था निर्देशिका-२०७९ जारी भएपछि करसंख्या पनि बढेको उनले बताए। गत वर्ष बहाल कर तिर्ने करिब साढे ५१ हजार बढी थिए। उक्त संख्या यो वर्ष झन्डै १ हजारले मात्र बढेका छन्।, यस्तै यस वर्ष सम्पत्ति कर तिर्नेको संख्या घटेको काफ्लेले बताए। गत वर्ष सम्पत्ति कर तिर्ने ७४ हजार ६ जना थिए भने यसपालि घटेर ७२ हजार ७१७ जना पुगेका छन्।, व्यवसाय करदाताको संख्या भने बढेको छ। गत वर्ष ४४ हजार ७८३ व्यवसाय करदाता थिए। अहिले‍ उक्त संख्या बढेर  ४७ हजार ९८ पुगेको छ।  , गत वर्ष करदाताको संख्या एक लाख १८ हजार २९ थिए। यो वर्ष कर तिर्नेको संख्या ७ सयले बढेको छ।, काठमाडौं महानगरको आन्तरिक राजस्वमा ३० प्रतिशतले वृद्धि
सेतोपाटी संवाददाता काठमाडौं जिल्लामा बैंकिङ कसुरका अपराध बढेका छन्। , आर्थिक वर्ष २०७८/०७९ को तुलनामा २०७९/०८० मा बैंकिङ कसुरका अपराध बढेका हुन्। सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा आर्थिक वर्षको समीक्षा गर्दै एसएसपी दानबहादुर कार्कीले बैंकिङ कसुरका अपराध बढेको जानकारी दिए।, उनका अनुसार ०७८/०७९ मा जम्मा ३ हजार ७१५ मुद्दा दर्ता भएका थिए। तर ०७९/०८०मा मुद्दा दर्ताको संख्या ७ हजार १०१ छ।, यस्तै दोस्रो नम्बरमा अभद्र व्यवहारका मुद्दा छन्। यस कसुरको मुद्दा संख्या केही मात्रै बढेको छ। , अभद्र व्यवहारमा यसअघि २ हजार ३१६ मुद्दा दर्ता भएकोमा सकिएको चालु आवमा २ हजार ८९४ मुद्दा दर्ता भएको हो।, केही वर्ष अघिसम्म बैंकिङ कसुरका मुद्दाभन्दा अभद्र व्यवहारका मुद्दा धेरै दर्ता भएका थिए। पछिल्लो समयमा बैंकिङ कसुरको मुद्दा धेरै दर्ता भएको एसएसपी कार्कीले बताए। , तेस्रोमा चोरीसम्बन्धी मुद्दा पनि बढेका छन्। अघिल्लो आर्थिक वर्षमा ४६० मुद्दा दर्ता भएकोमा गत वर्ष ६४७ मुद्दा पुगेका छन्। , हत्याका घटना भने घटेको एसएसपी कार्कीले बताए। , आव ०७८/०७९ मा ३७ वटा हत्याका मुद्दा दर्ता भएको थियो। ०७९/०८० मा भने २७ वटा मुद्दा दर्ता भएका हुन्। , परिसरमा आव ०७८/०७९ मा विभिन्न प्रकृतिका कूल ८ हजार ९७७ मुद्दा दर्ता भएका थिए। पछिल्लो आवमा भने १३ हजार ४६४ मुद्दा दर्ता भएका हुन्।, आत्महत्या न्यूनिकरण गर्न  मनोसामाजिक परामर्शदाता राख्नुपर्ने , परिसरले प्रस्तुत गरेको समीक्षामा आत्महत्याका घटना घटेको देखिन्न। , आव २०७८/०७९ मा आत्महत्यासम्बन्धी कसुरमा ३४१ वटा मुद्दा दर्ता भएका थिए। सकिएको आवमा ३५७ मुद्दा दर्ता भएका छन्। , काठमाडौंमा आत्महत्याका घटनाहरू विशेषगरी लागु औषधको प्रयोग, आर्थिक कमजोरी, परिवारसँग सम्बन्ध बिग्रिएको, प्रेमसम्बन्धी बिग्रिएको, विवाहेत्तर सम्बन्धका कारणले हुने गरेको एसएसपी कार्कीले बताए। , आत्महत्याका घटनाहरू बढेको बताउँदै यसलाई न्यूनिकरण गर्न जरूरी भएको प्रहरी बताउँछ। त्यसका लागि प्रहरीले पनि करारमै भए पनि मनोसामाजिक परामर्शदाता राख्न जरूरी भएको एसएसपी कार्कीले बताए। , ‘आत्महत्या गर्न खोज्नेहरूसँग कुराकानी गरेर मात्रै पनि आधा समस्या समाधान हुन्छ। घरमा, साथी भाइहरूले नसुनिदिएको वा सुनाउन नसकेर मात्रै पनि धेरै यस्ता घटनाहरू भइरहेका हुन्छन्,’ उनले भने, ‘त्यसका लागि प्रहरी कार्यालयमा साइकोसोसियो काउन्सलर राख्न जरूरी छ।’, आत्महत्या गर्नेहरू सबैभन्दा धेरै २६ देखि ३५ वर्ष उमेर समूहका छन्। आव ०७९/०८० मा यो समूहका १२६ जनाले आत्महत्या गरेका थिए। ३६ देखि ४५ वर्षका १११ जना १९ देखि २५ वर्षका ५६ जना र ४६ देखि ६० वर्षका ४८ जनाले आत्महत्या गरेका छन्। , १८ वर्षमुनिका १० जना र ६० वर्षमाथिका ५ जनाले आत्महत्या गरेको तथ्यांक छ। , गत वर्ष काठमाडौंमा ह्वात्तै बढे बैंकिङ कसुरका मुद्दा
नवीनबाबु गुरूङ काठमाडौ‌ंको चन्द्रागिरिस्थित भालेश्वर मन्दिरमा सोमबारदेखि आरती सुरू भएको छ।, साउनको पहिलो सोमबार पारी मन्दिरमा आरती गर्न सुरू गरिएको हो।, चन्द्रागिरि हिल्सका अनुसार मन्दिरमा यसअघि आरती गर्ने गरिएको थिएन। तर अब साउनको हरेक सोमबार राति विशेष आरती गर्ने भएको हो। , तस्बिरहरू:, चन्द्रागिरिको भालेश्वर मन्दिरमा साउनको हरेक सोमबार आरती गरिने (तस्बिरहरू)
रासस जुम्लाको पातारासी गाउँपालिका–२ स्थित  दुगाडा पाटनमा चट्याङ लागेर ५० भेडाबाख्रा मरेका छन्। , यही असार २८ गते दिउँसो २ बजेतिर परेको चट्याङले ती भेडाबाख्रा मरेका छन् भने ७० हराएको पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिए।, चट्याङले ४२ बाख्रा र आठ भेडा मरेको पातारासी गाउँपालिका भेटेरीनरी शाखाका प्रमुख गगन केसीले बताए।, सो गाउँपालिकाका स्थानीयवासी कृष्ण ऐडी, र मिमबहादुर बोहोराका भेडाबाख्रा चट्याङबाट मरेका हुन् ।, पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका अनुसार जिल्लाकै  सबैभन्दा बढी भेडापालन हुने ठाउँ पातारासी हो। पाटन र खर्कमा व्यवस्थित भेडीगोठ नहुँदा हरेक वर्ष चट्याङबाट भेडाबाख्रामा ठूलो क्षति गर्ने गरेको कार्यालयले जनाएको छ।, भेडाबाख्रा चट्याङबाट मरेपछि घर खर्च लगाउनमा समस्या  भएको उनीहरुले बताए।, ‘यहीँ पेशाबाट आम्दानीको माध्यम बनेको थियो । घर खर्चदेखि बच्चाको पढाइ खर्च सहजरुपले धानेको थियो,’ उनले भने।, स्थानीय सरकारले राहतको लागि माथिल्लो सरकारी निकायमा पहल गरिदिन अनुरोध गरेको भेडापालक किसान ऐडीले बताए।, ‘चट्याङबाट भेडा मरेको जानकारी गराएका छौँ । राहत र क्षतिपूर्तिका लागि सम्बन्धित निकायलाई सहयोगको अपिलसमेत गरेका छौँ,’ उनले भने।, स्थानीय सरकारबाट हुने सहयोग गरिने पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिए।, चट्याङ लागेर ५० भेडाबाख्रा मरे
सेतोपाटी संवाददाता नक्सालस्थित बालमन्दिरभित्र भेल पस्दा अनाथ बालबालिका बसेको कोठा जलमग्न बनेको छ।, गएरराति अविरल वर्षात्का कारण बालमन्दिरभित्र भेल पसेको र बालबालिकाले आश्रय लिइरहेको कोठा पानीले भरिएको नेपाल बाल संगठनकी निमित्त प्रमुख कार्यकारी निर्देशक सबिता लम्सालले जानकारी गराइन्, बालमन्दिरमा अहिले सय हाराहारी बालबालिका छन्।, ‘हिजो राति ठूलो पानी परेको थियो। वरिपरिका घरहरूको निकास अहिले बालमन्दिरभित्रै आउने बनाइएको छ। ढल, मंगालको राम्रो प्रबन्ध नहुँदा पानी बगेर जान सक्दैन र कोठाभित्र पस्छ। हिजोराति पनि भल पस्यो। बालबालिकाले रातभर लगाएर पानी फाले,’ लम्सालले भनिन्।, बालमन्दिरमा २० दिनको नवजात शिशुदेखि २० वर्षको कलेज जाने उमेरका केटाकेटी पनि आश्रय लिइरहेका छन्। उनीहरूको हेरचाह, स्याहारसुसार नेपाल बालसंगठनले गर्दै आएको छ।, भेल पस्दा अनाथ बालबालिकाले आश्रय लिएको बालमन्दिर जलमग्न
सेतोपाटी संवाददाता  बाढी- पहिरोका कारण २ राजमार्ग अवरूद्ध, १५ वटा एकतर्फी, अविरल वर्षापछि आएको बाढी-पहिरोका कारण अहिले दुई वटा राजमार्ग पूर्णतया अवरूद्ध छन्। १५ वटा एकतर्फी सञ्चालनमा रहेको सडक विभागले जानकारी दिएको छ।, तानसेन-रिडी-कोरला, डुम्रे-बेशीसहर-चामे,  कोशी राजमार्ग अन्तर्गत रानी-विराटनगर-इटहरी-धरान-धनकुटा-हिले, लेघुवाघाट- तुम्लिङटार-खाँदबारी-नुम-किमाथांका सडक, सिद्धार्थ राजमार्गको पाल्पास्थित बेलहिया-भैरहवा-बुटवल-वर्तुङ-राम्दी-स्याङ्जा-पोखरा सडकखण्ड, कर्णाली राजमार्गको दैलेखस्थित जमुनाह-नेपालगञ्ज-कोहलपुर-सुर्खेत-खुलालु लगायतका विभिन्न राजमार्ग एकतर्फी सञ्चालनमा छन्।, केचना-चन्द्रगढी, चारआली-इलाम-फिदिम गणेशचोक-ताप्लेजुङ-ओलाङचुङगोला जोड्ने मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलाको पुल बगाउँदा अवरूद्ध रहेको विभागले जानकारी दिएको छ।, त्यस्तै चतरा-मुलघाट-माझीटार-अमरापुरडाँडा-गणेशचोक जोड्ने तमोर करिडोरको सडक पनि पाँचथर माझीटारस्थित हेवा खोलामा अवरूद्ध छ।, मनसुन सुरू भएयता १७ वटा सडक ९० स्थानमा अवरूद्ध भएको थियो।, अहिलेसम्म २४ करोड ९६ लाखको अनुमानित क्षति भएको विभागले जानकारी दिएको छ।, बाढी-पहिरोका कारण २ राजमार्ग अवरूद्ध, १५ वटा एकतर्फी
सेतोपाटी फोटो टिम सेतोपाटी फोटो टिमले देशको राजनीति, सामाजिक, कला, घुमफिरलगायत क्षेत्रबाट छानिएका तस्बिरहरूको संगालो ‘यो साताका तस्बिर’ मा प्रस्तुत गरेको छ।, आजको श्रृंखलामा हामीले असार २४ गते देखि असार २९ गतेसम्मका तस्बिर समेटेका छौं।, तस्बिरहरू:, गत सोमबार परेको वर्षाले जलमग्न भएको काठमाडौंको कपन क्षेत्र। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, मानव अधिकार तथा शान्ति समाजले बिहीबार काठमाडौं बालुवाटारस्थित रूसको दूतावास अगाडि गरेको प्रदर्शन। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको बुधबार निधन भएको थियो। पशुपतिको आर्यघाटमा दागबत्ति दिँदै प्रधानमन्त्री प्रचण्ड। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी , मंगलबार सोलुखुम्बुको लामजुरा डाँडामा मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो। मृतकको शव हेलिकप्टरमार्फत काठमाडौंस्थित टिचिङ अस्पताल ल्याइएको थियो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी  , शुक्रबार बिहान साढे ११ बजे काठमाडौं आइपुगेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, सरकारले लामो समयदेखिका बाँकी बिलको भुक्तानी नदिएपछि माइतीघरमा शुक्रबार प्रदर्शन गर्दै निर्माण व्यवसायी। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, आइतबार बानेश्वरमा मिटरब्याजी पीडितलाई भेट्न पुगेका उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, शुक्रबार परेको भानु जयन्तीको अवसरमा काठमाडौंमा आयोजितमा राखिएको भानु भक्तको तस्बिर। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, ठेलागाडामा व्यवसाय गर्नेहरूमाथि ज्यादति गरेको विरोधमा काठमाडौं महानगर अगाडि प्रदर्शन गर्दै युवाहरू। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, चन्द्रमासअनुसार पहिलो साउने सोमबारको व्रत असार २५ गते सोमबारदेखि सुरू भएको थियो। व्रत सुरू भएसँगै पशुपतिमा दर्शन गर्न आएका भक्तजन। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, साताका तस्बिर
सेतोपाटी संवाददाता चार्जमा रहेको फोन उठाउँदा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।, शुक्रबार दिउँसो ३ बजे गौरीगन्ज गाउँपालिका-१ टुनु बस्तीकी ५५ वर्षीया सिला बुढाथोकीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। , सिला खेतमा काम गरेर घर फर्किएकी थिइन्। फोन आएपछि मोबाइल उठाउँदा उनलाई करेन्ट लागेको थियो। , करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको डिएसपी रिजालले बताए। , घटनाको थप अनुसन्धान अघि बढाएको छ।, चार्जमा रहेको फोन उठाउँदा करेन्ट लागेर एक जनाको मृत्यु
सेतोपाटी संवाददाता जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान् महाशाखाले कोशी, कन्काई, नारायणी, कर्णाली, महाकाली, बबई, पश्चिम राप्ती, कमला, बागमती, पूर्वी राप्ती र यसका सहायक नदीहरूको बहाब सतर्कता तहभन्दा तलै र सामान्य अवस्थामा रहेको छ।, वर्षाका कारण सुनकोशी, नारायणी, सेती, कालिगण्डकी, महाकाली, पश्चिम राप्ती नदीमा पानीको बहाब उल्लेख्य बढ्ने सम्भावना महाशाखाले जानकारी दिएको छ।, त्यस्तै स्याङ्जा, कास्की, तनहुँ, नवलपरासी वर्दघाट सुस्ता पूर्व, नवलपरासी बर्दघाट सुस्तापूर्व, रूपन्देही, पाल्पा, अर्घाखाँची, प्यूठान, गुल्मी र आसपास भइ बहने केही स-साना नदीहरूमा बहाव बढ्न सक्ने र केहीमा आकस्मिक बाढीको जोखिमको पूर्वानुमान् छ।, महाशाखाले पाँचथर, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, रसुवा, नुवाकोट, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, गोरखा, लमजुङ, कपिलवस्तु, दाङ, रोल्पा, बाँके, बर्दीया, बझाङ, कैलाली, कञ्चनपुर, बैतडी, दार्चुला र आसपास भई बहने केही स-साना नदीहरूमा बहाब बढ्न सक्ने पूर्वानुमान् गरेको छ।, ६ नदीको बहाव उल्लेख्य बढ्ने, यी १० जिल्लामा बाढी आउन सक्ने
रासस बागलुङमा एक जना पुरूषको शव फेला परेको छ।, गलकोट नगरपालिका–५ भैँसेस्थित खरबारीमा ताराखोला गाउँपालिका–५ सानो हिलेका ४० वर्षीय झलिराम पुन मगरको शव फेला परेको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ।, प्रहरीका अनुसार शनिबार बिहान ८ बजे खरबारीको बाटो नजिकै स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। मृतक पुन श्रीमतीसँगै गलकोट नगरपालिका–३ हटियामा डेरा गरी बस्दै आएका थिए। , पुन मगरले मदिरा सेवन गरेर भिरबाट लडेको हुन सक्ने आशंका गरिएको गलकोट नगरपालिका–५ का वडाअध्यक्ष पवन हमालले बताए। प्रहरी र स्थानीयको रोहवरमा शव परीक्षणका लागि गलकोट नगर अस्पतालमा लगिएको अध्यक्ष हमालले जानकारी दिए।, घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।, बागलुङमा एक जना पुरूषको शव फेला
हरिप्रसाद बास्तोला ‘हरियो वन, नेपालको धन’ भन्ने नारा वर्षौंदेखि सुन्दै आइरहेका छौं। तर पनि वन जंगलबाट पाउनुपर्ने लाभ प्राप्त भएको छैन । जङ्गलमा ठूलो सङ्ख्यामा काठ कुहिने गरे पनि सर्वसाधारणहरू बजारमा विदेशबाट आएका काठ तथा फर्निचरसँगै आल्मुनियम, युपिभिसी एवम् फलामको प्रयोग गर्न बाध्य छन्।, विदेशी काठ एवम् आल्मुनियम र युपिभिसीको प्रयोग अधिकांश उपभोक्ताका लागि रहर नभएर बाध्यता बनेको छ। वन ऐन तथा यससँग जोडिएका नियम तथा नियमावलीहरू नै ‘हरियो वन नेपालको धन’ भन्ने नाराको विपरीत समस्याका रुपमा आएको वनविज्ञ डा नयाँ पौडेल शर्मा बताउँछन्।, उनका अनुसार स्वदेशी काठ वनमै कुहिएर खेर जाने गरेको छ भने पछिल्लो तथ्याङ्कले नेपालमा चीन, भारत, मलेसिया लगायतका विभिन्न मुलुकबाट वार्षिक खर्बौं रुपैयाँको काठ एवम् काठजन्य सामग्री भित्रिने गरेको तथ्याङ्क छ।, ‘मुलुकका सामुदायिक वन तथा सरकारद्वारा संरक्षण वनका साल लगायतका विभिन्न काठमा प्रयोग हुने रूखहरु उपयोगका लागि उपयुक्त छन्,’ उनले भने, ‘परिपक्व भएका सम्पूर्ण रूखहरु निकालेर प्रयोग गर्दै एउटा रूख निकालेबापत १० वटा बिरुवा रोप्ने अभियान सञ्चालन गर्ने हो भने वन क्षेत्र घटने होइन वृद्धि नै हुन्छ।’, सामुदायिक वनको काठ निकासीमा झन्झटिलो नीतिगत व्यवस्था, ढुवानीको कारण महङ्गो पर्ने हुँदा वन पैदावारमा आधारित उद्योगले काठ खरिद गर्न नसक्ने अवस्था रहेको उल्लेख गर्दै उनले भने, ‘वनलाई समृद्धिसँग जोड्नका लागि सरकार, निजी क्षेत्र र सामुदायिक वन उपभोक्ताको समन्वय र सहकार्य अपरिहार्य छ।’, रूख काटेर जङ्गल सकिँदैन, योजनाबद्ध रुपमा वैज्ञानिक एवम् प्रविधियुक्त व्यवस्थापन गर्ने हो भने वातावरणमैत्री तथा कार्बन सञ्चितिमा वृद्धि हुनाका साथै काठलगायतका वन पैदावार निकासीबाट विदेशी मुद्रा आम्दानीको राम्रो आधार वन्न सक्ने उनको भनाइ छ।, सगरमाथा र बुद्धजन्म भूमिकासँगै पछिल्लो समयमा नेपाल विश्वसामु सामुदायिक वनको रुपमा परिचित वन्न सफल भएको शर्माले बताए।, दिगो वन व्यवस्थापनको नीति अंगीकार गर्दै प्राकृतिक स्रोतलाई भरपुर उपयोग गर्नेतर्फ लाग्ने हो भने मुलुकलाई काठमा आत्मनिर्भर बनाउँदै हरित रोजगार सिर्जना गर्न सकिने उनको तर्क छ ।, ‘वन क्षेत्र संरक्षणमुखी मात्र होइन समृद्धिको आधार बन्न सक्नुपर्दछ,’ उनले भने, ‘तर विडम्बना कूल भूभागको ४५ प्रतिशतको हाराहारीमा विस्तार भएको वन क्षेत्रको प्रतिफल भने न्यून रहेको छ।’, वन फँडानीका कारण उजाड भएको वन क्षेत्रको संरक्षण र विकासमा स्थानीय बासिन्दालाई जिम्मा दिएसँगै सामुदायिक वनको अवधारणा मुलुकका लागि कोशेढुङ्गा साबित भएको राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका सदस्यसचिव डा सिन्धु ढुङ्गाना बताउँछन् ।,  सन् २०१९ मा गरिएको एक अध्ययनका अनुसार नेपालको कूल वन क्षेत्रबाट वार्षिक १२ करोड क्युफिट काठ उत्पादन गर्न सकिन्छ । नेपालको बजारमा छ करोड क्युफिटको हाराहारीमा काठको माग रहेको छ।, आवश्यकता पूरा गरेर बाँकी छ करोड क्युफिट काठ निकासी गर्ने हो भने पनि सरकारी दरका आधारमा बार्षिक अर्बौं रुपैया आम्दानी गर्न सकिने वर्तमान अवस्थामा वन क्षेत्रको हैसियत रहेको सदस्य–सचिव ढुङ्गानाको भनाइ छ।, विभिन्न प्रतिवेदनअनुसार नेपालमा वन क्षेत्र बढेको देखिएको छ । प्रतिवेदनवले कूल वन क्षेत्रमध्ये ५९ लाख ६२ हजार हेक्टर अर्थात् ४०.३६ प्रतिशत भूभाग वन र छ लाख  ४८ हजार हेक्टरमा ४.३८ हेक्टर अन्य काठ तथा बुट्यान क्षेत्रले ओगटेको छ।, वन क्षेत्रमा काठ मात्र होइन, महत्वपूर्ण जडीबुटी सङ्कलन र प्रशोधन हुन नसक्दा मुलुकले वार्षिक आम्दानीको ठूलो हिस्सा गुमेकामा चिन्ता व्यक्त गर्दै डा. ढुङ्गाना भन्छन्, ‘कानुनी प्रक्रिया मिलाएर सवै खाले वन पैदावार सहजरुपमा उपयोग गर्ने नीति तय गरि हरियोवनलाई आयआर्जन र रोजगारसँग जोडिनुको विकल्प छैन।’, उपभोक्ताको ठूलो मेहनत र योगदानबाट मुलुकमा वन क्षेत्रको हैसियतमा वृद्धि भएको छ । यसलाई उपयोग गर्दै हरियो वनलाई धनमा परिणत ढिलो भइसकेको सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका केन्द्रीय अध्यक्ष ठाकुर भण्डारी बताउँछन्।, पाँच दशकअघि स्विडेनको स्टकहोममा सम्पन्न विश्व वातावरण सम्मेलनले नेपालको वन विनासको विषयलाई लिएर चिन्ता व्यक्त गरिएको स्मरण गर्दै उनले भने, ‘वनको संरक्षणको जिम्मा सरकार र कर्मचारीबाट भन्दा सम्बन्धित स्थानीय समुदायलाई दिएमा विनास रोकिने निस्कर्षबाट नेपालमा सामुदायिक वनको प्रक्रियाको थालनी भएको भुल्न हुँदैन।’, यतिखेर वन क्षेत्र हराभरा बनेको छ, कसरी भयो भन्ने कुरामा विगतलाई स्मरण गर्नुपर्नेमा जोड दिँर्द उहाँले वातावरण संरक्षणका साथै भूमाफियाबाट सार्वजनिक जमिनको समेत संरक्षण गर्न महत्वपूर्ण योगदान रहेको छ योगदानको उच्च मूल्याङ्कन गर्ने बेला आएको बताए।,  हरियो वन नेपालको धन भन्ने नारालाई व्यवहारमा उतार्नका लागि तीनै तहका सरकार जिम्मेवार हुनुपर्ने आवश्यकता औँल्याउँदै अध्यक्ष ठाकुरले भन्नुभयो, दृढ इच्छाशक्तिका साथ काठ तथा जडीबुटीको संरक्षणसहित सङ्कलन तथा निकासीमा सरल नीति निर्माण गर्ने हो भने मुलुकलाई काठमा आत्मनिर्भर बनाउँदै बाँकी रहेको वन पैदावार निकासी गरेर मनग्ये आम्दानीको स्रोत बनाउन सकिन्छ ।, विषम परिस्थितिबाट शुरु भएको सामुदायिक वनको अवधारणाका आधारमा मुलुकमा यतिखेर २२ हजार चार सय १५ वन समुहका २९ लाख २७ हजार तीन सय २९ घरधुरीले २२ लाख ७२ हजार तीन सय ५६ हेक्टरभन्दा बढी वन व्यवस्थापन गर्दै आएका छन् ।, अध्यक्ष भण्डारी भन्छन्, ‘संरक्षण, प्रवद्र्धन र विकासमा महत्वपूर्ण योगदान पु¥याएका उपभोक्ताले अहोरात्र खटिएर सन्तानलाई जस्तै माया गरेर हुर्काएको वन मुलुकको धन बन्न नसकेकामा यतिखेर उनीहरुमा निरासा पैदा भएको छ।’, वन क्षेत्रको हैसियत वृद्धि गर्दै निरन्तर आम्दानीको स्रोत बनाउन सकिने आधार भनेको दिगो वन व्यवस्थापन भएको बताउँदै उनले थपे, ‘हरियो वन नेपालको धन बन्न नसक्नु वनसम्बन्धी नीति र विनियम एवम् सरोकारवालाको सोच नै बाधक हुन्।’, वनको क्षेत्र बढ्दै जाँदा वन्यजन्तुको सङ्ख्यामा समेत वृद्धि भएको छ, नेपालको कानुनले मान्छेभन्दा जङ्गली जनावरलाई चिन्ने गरेको बताउँदै उनले वन्यजन्तुको उचित व्यवस्थापन हुन नसक्दा पछिल्लो समय प्रत्येक वर्ष वनमा डढेलो लगाउने प्रचलन ह्वात्तै बढ्दा वन विनास, जनावर र वातावरणमा समेत ठूलो प्रभाव गर्ने गरेको स्पष्ट पारे।, ‘वनमा काठ मात्र होइन अन्य प्रचुर सम्भावना छन्,’ अध्यक्ष भण्डारीले भने, ‘सम्भाव्यता अध्ययनका आधारमा समूहमार्फत जडीबुटी, कृषि, उद्यम एवम् पर्या–पर्यटनको विकास बिना हरियो वन धनमा परिणत हुन सक्दैन।’, सामुदायिक वनलाई मुलुकको समृद्धिसँग जोड्नेतर्फ भन्दा पनि सरकार संरक्षण क्षेत्र विस्तारमा केन्द्रित हुँदा प्राकृतिक स्रोतको उचित व्यवस्थापन हुन नसकेको बताउँदै उनले उपभोक्ता तथा तीनै तहका सरकारको संयुक्त प्रयासबाट वन क्षेत्रलाई परिणाममुखी योजना ल्याउनुपर्ने आवश्यकता औंल्याए ।, सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका पूर्वअध्यक्ष एवम् अन्तर्राष्ट्रिय सामुदायिक वन सञ्जालका संयोजक घनश्याम पाण्डेले आर्थिक, सामाजिक र सांस्कृतिक अवस्थासँगै वन समूहको चाहनाका आधारमा कार्ययोजना बन्नुपर्ने बताए।,          , वन क्षेत्रको वृद्धिसँगै बढेको झाडी बुट्यान क्षेत्रलाई उत्पादनमूलक बनाउन ढिलो भइसकेको छ यस क्षेत्रसँग जोडेर कृषि वन, फर्निचर उद्योग, जडीबुटी प्रशोधन, पर्या–पर्यटन, कार्बन व्यापारलगायतका विभिन्न उद्योग सञ्चालन गरेर हजारौं रोजगार सिर्जना गर्न सकिने आधार रहेको उनको भनाइ छ।, तीव्र रुपमा बढेको एपी ग्यासको प्रयोगको कारण दाउराको उपयोग कम भएको वर्तमान अवस्थामा मुलुकका सातवटै प्रदेशमा एक/एक मल कारखाना स्थापना गर्न सकिन्छ।, वन क्षेत्रमा रहेका काठ र दाउरा समेतलाई सिजिनिङ गर्दै आवश्यकताअनुसारका आकारका काठ उत्पादन गर्न सक्ने हो भने सर्वसुलभ मूल्यमा काठका सामग्री तयार हुने र उपभोक्ताले युपिभिसी, आल्मुनियम र फलामलाई विस्थापित गर्न सकिने खालको प्रदेश वन ऐन निर्माण हुनुपर्नेमा यस क्षेत्रका विज्ञहरुको धारणा रहेको छ। -रासस, अझै हुन सकेन ‘हरियो वन, नेपालको धन’
रासस काठमाडौँको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा फार्मेसीका कर्मचारी मृत फेला परेको घटनामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।, जिल्ला प्रहरी परिसरका अनुसार हिजो बिहान उक्त सेन्टरका फार्मेसी इञ्चार्ज अमृत पोखरेल मृत भेटिएका थिए।, उनको परिवारले किटानी जाहेरी दिएकाले सोही आधारमा आत्महत्या दुरुत्साहन कसुरमा अनुसन्धानका लागि चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए।, उनका अनुसार पक्राउ गरिएकामा प्रशासन प्रमुख मनोजकुमार बस्नेत, फार्मेसी अधिकृत जुना स्थापित, प्राविधिक सहायक विष्णु पौडेल र कृष्ण पन्त रहेका छन्।, निजहरुले मानसिक तनाब दिएकाले अमृतले आत्महत्या गरेको परिवारले आरोप लगाएका छन्।, अमृतले ‘आफूलाई फसाउन खोजिएको’ भनेर लेखेको पत्र पनि बरामद भएको प्रहरी उपरीक्षक सीताराम रिजालले बताए।, घटनाबारे थप अनसन्धान भइरहेको उनले जानकारी दिए।, फार्मेसीका कर्मचारी मृत फेला परेको घटनामा चारजना पक्राउ
सेतोपाटी संवाददाता आर्थिक वर्ष २०७९/८० मा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने १ सय ४९ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।, काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले गरेको चेकिङको क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका चालकहरूलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि सम्बन्धित प्रहरी वृत्तहरूमा पठाएको छ।, नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र सम्बन्धित प्रहरी कार्यालयहरूको संयुक्त टोलीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा चालकलाई चेक गर्दै आएको छ।, चालकहरूले लागुऔषध सेवन गरी सवारी साधन चलाए/नचलाएको सम्बन्धमा टि.एच.सी. किटको प्रयोग गरी २०७९ साउन ९ गतेबाट ट्राफिक प्रहरीले चेकजाँच अभियान सुरू गरेको थियो।, शुक्रबार भक्तपुरको जगातीमा गरिएको चेकिङका क्रममा लागुपदार्थ सेवन गरी मधेश प्रदेश-०३-००१ ज ०३ ०३ नम्बरको भाडाको विङगर चलाएका सर्लाहीको लालबन्दीका ३२ वर्षीय राजिव कार्कीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो।, नियन्त्रणमा आएका उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त जगातीमा राखिएको छ।, ट्राफिक प्रहरीको लापसे चेकिङ: चालु आर्थिक वर्षमा १४९ जना चालक नियन्त्रणमा
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरिब, विपन्न, बेवारिसे तथा असहायहरूको उपचारका लागि १० प्रतिशत बेड नि:शुल्क गर्न परिपत्र गरेको छ। , मन्त्रालयले स्थानीय, प्रादेशिक र संघीय स्तरका सामुदायिक तथा निजी अस्पतालहरूलाई १० प्रतिशत बेड नि:शुल्क गर्न परिपत्र गरेको हो। , केही अस्पतालहरूले गरिब, विपन्न लगायतलाई नि:शुल्क बेड दिन थालिसकेको मन्त्रालयले जनाएको छ। , १६ वटा अस्पतालले नि:शुल्क बेड दिएको छ। ती अस्‍पतालले अहिलेसम्म ३ हजार ५ सय २३ बेड नि:शुल्क गरिसकेको छ। , वीर अस्पतालले ७००, कान्ति बाल अस्पतालले २४८, शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालले ६०, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले ४५० र राष्ट्रिय ट्रमा सेन्टरले १५० वटा बेड छुट्याएको छ। , त्यसैगरी, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले ९०, मानसिक अस्पताल ललितपुरले ४०, कोशी अस्पतालले ३३०, नारायणी अस्पतालले २५५, गजेन्द्र नारायण अस्पतालले १००, भरतपुर अस्पतालले ४२०, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले ३००, भेरी अस्पतालले ५०, डडेल्धुरा अस्पतालले ३०, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले १५० र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्‍ठानले १५० वटा बेड नि:शुल्क उपलब्ध गराएको छ।, गरिब, विपन्नलाई उपचारका लागि यी १६ अस्पतालमा पाइन्छ नि:शुल्क बेड
रासस झापाको गौरीगञ्ज गाउँपालिका–२ स्थित दशगजामा रहेको सीमा स्तम्भ बाढीले बगाएको छ।, निरन्तर वर्षासँगै कमलखोलामा आएको बाढीले दशजगामा रहेको १४०/१५ नम्बर अंकित सीमा स्तम्भ (पिलर) बगाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।, शुक्रबार दिउँसो आएको बाढीले उक्त सीमा स्तम्भ बगाएको भन्दै स्तम्भ खोजी कार्य भइरहेको उनले बताए।, असार २६ गतेदेखि आएको अविरल वर्षाले जिल्लाका विभिन्न स्थान डुबान पर्नुका साथै सयौँ घर विस्थापित भएका छन्। अविरल वर्षाका कारण दमक–४ ताराबारीस्थित मावा खोलामा बाढी आई खोला किनार रहेको खाली ऐलानी जग्गा कटान गरेको वडा कार्यालयले जनाएको छ।, बाढीले करिब ५० मिटर लम्बाइ र पाँच मिटर चौडाइ कटान गरेको छ। अस्थायी प्रहरी पोष्ट ताराबारीबाट खटिएको प्रहरी टोली र दमक–४ वडा कार्यालयको पहलमा कटान रोकथाम गरिएको छ।, जिल्लाको बाह्रदशी–२ स्थित अदुवा खोलामा आएको पानीको बहाव बढ्दा सुकुम्वासी बस्तीका ४५ घरपरिवार विस्थापित भएका छन्।, गौरादह नगरपालिका–५ चप्रामशी डुब्बाटोल स्थितमा चन्दु खोला र रतुवा खोलाको बाँध पानीले कटान गर्दा  २६ घरपरिवार विस्थापित भएकामा हाल अवस्था सामान्य बन्दै गएपछि विस्थापित घर फर्किएका छन्।, बाढीले बगायो दशगजाको सीमा स्तम्भ
शोभा शर्मा बाल यौन दुर्व्यवहारका अभियुक्त मदन राईले बालिकाका काठमाडौंस्थित संरक्षक र साक्षीहरूलाई ज्यान मार्ने धम्की दिएका छन्।, आफ्ना पार्टनरहरूसँगको ‘प्राइभेट भिडियो’ बाहिरियो भने चार जनालाई मारिदिन्छु भन्दै राईले दिएको धम्कीको अडिओ कल रेकर्ड सेतोपाटीलाई प्राप्त भएको छ।, राईले आफूविरूद्ध प्रहरीमा उजुरी दिएकी बालिकाका काठमाडौंस्थित संरक्षक शिवराज सिंह (राजवीर) लाई फोन गरेर यस्तो धम्की दिएको सुनिन्छ।, अडिओमा राईले भनेका छन्, ‘मेरो चिन्ता नगर तर मेरा जो जो पार्टनरहरू छन् उनीहरूको इज्जतको सवाल छ। उनीहरूसँगको कुनै भिडिओ बाहिरियो सार्वजनिक भयो भने मैले कसैलाई छोड्ने छैन। मारिदिन्छु। पहिला मैले टेकलाई समात्नेछु त्यसपछि तिमीहरू चारलाई।’, आफ्ना पार्टनरहरूसँगको भिडिओ सार्वजनिक भए बसन्ती राई, उषा राई र टेक बहादुर कार्की सहित शिवराजलाई पनि मार्ने धम्की राईले दिएका छन्।, शिवराजबाहेक अरू तीन जना शुभम फाउन्डेसनका पूर्व कर्मचारीहरू हुन्। बसन्ती र टेकबहादुर पीडित बालिकाका साक्षीहरू हुन्।, शिवराज शुभम फाउन्डेसन सुरूदेखि नै काम गरेकी बसन्ती राईका श्रीमान हुन्। उनी भारतीय नागरिक भएकाले मदन राई उनीसँग हिन्दिमा कुरा गर्छन्।, झण्डै १४ मिनेटको अडिओमा राईले आफ्ना पार्टनरहरूसँगको भिडिओ जहाँसुकैबाट बाहिरि एपनि चार जनालाई ज्यान मार्ने धम्कीपूर्ण भाषा पटकपटक प्रयोग गरेका छन्।,  शिवराजले आफूहरूसँग कुनै भिडिओ नभएको राईलाई बताएका छन्।, ‘छैन भने ठीक छ। छ भने पनि ठीक छ। तर बाहिरियो भने तिमीहरू चार जनाको माध्यमबाट बाहिरिन्छ। भने मैले तिमीहरूलाई मार्दिन्छु,’ मदन राईले भनेका छन्, ‘अहिलेसम्म जे भयो मेरो त चित्त दुखाइ छैन। तर मेरा पार्टनरहरूको परिवार छ, समाज छ त्यसमा केही असर पर्‍यो भने मैले तिमीहरू चार जनालाई जिउँदो छोड्ने छैन।’, एक बालिकाले आफूमाथि दुर्व्यवहार भएको भन्दै प्रहरीमा उजुरी दिएपछि वैशाख अन्तिम साता राई पक्राउ परेका थिए। उनीविरूद्ध बाल यौन दुर्व्यवहारको मुद्दा चलेको थियो। खोटाङ जिल्ला अदालतले थुनछेक आदेश गर्दै ४ लाख धरौटीमा उनलाई छोडेको थियो।, धरौटीमा रिहा भएका राईले फोन गरेर ज्यान मार्ने धम्की दिने गरेको शिवराजले बताउँछन्।, ‘मदन राईले मलाई यस्तो धम्की दिँदै धेरैपटक फोन आउँछ,’ उनले भने, ‘म त हैरान भइसकेँ।’ यस्तो धम्की राईले आफूलाई पनि दिएको टेकबहादुर बताउँछन्।, ‘मलाई पनि यस्तै धम्की आउँछ। तिमीहरूलाई मार्छु, म पनि मर्छु भन्छन्,’ उनले भने, ‘हामी पीडित बालिकाका साक्षी हौं। त्यसैले हामीलाई धम्क्याइरहन्छन्।’, यो पनिः ,मदन राईबाट यौन दुर्व्यवहारमा परेका बालिकाको न संरक्षण, न उजुरी दर्ता, आफ्नै फाउन्डेसनमा मदन राईले बालिकाहरूमाथि गरेको यौन दुर्व्यवहार, मदन राईले दिए पीडितका साक्षीलाई ज्यान मार्ने धम्की (अडिओसहित)
भगवती पाण्डे बुटवलको सिद्धबाबाधाम विकास समितिमा दाताहरूबाट संकलित रकममा अनियमितता भएका रसिदहरू सार्वजनिक भएका छन्। , बुटवल उपमहानगरपालिका वडा नं. ३ तल्लो सिद्धबाबामा रहेको धाम विकास समितिमा दाताहरूले सेवा शुल्क वापत दिएको रकममा नै अनियमितता हुने गरेको देखिएको हो।, तल्लो सिद्धबाबा धाम विकास समितिले विवाह, व्रतबन्ध जस्ता धार्मिक कार्यहरू गराएवापत सेवा शुल्क भन्दै निश्चित रकम लिने गर्छ। तर दाताहरूबाट संकलित सोही रकम समेत अनियमितता गरिएका किर्ते रसिदहरू शनिबार सार्वजनिक भएका छन्।, यसरी अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा एक महिना अघि नै उजुरी परेको थियो।, पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ स्थित माथिल्लो सिद्धबाबा मन्दिर दर्शन तथा पूजापाठको लागि देशभर चर्चित छ भने बुटवल ३ स्थित तल्लो सिद्धबाबाको नामले परिचित धाम विकास समिति विवाह, व्रतवन्ध तथा विभिन्न धार्मिक कार्यहरूका लागि चर्चित छ। मन्दिर र धाम विकास समितिमा व्यवस्थापन समिति समेत छुट्टाछुट्टै गठन गरी काम गर्दै आएका छन्।, समितिले दाताहरूलाई दिएको पहिलो रसिद र त्यसैको छाया प्रतिमा फरक फरक रकम लेखिएको भेटिएपछि धाम विकास समितिमा हुने गरेको अनियमितता छताछुल्ल भएको हो। सार्वजनिक भएका रसिदमा दाताबाट १ हजार ५ र १ हजार १ सय ५ रकम लिएको उल्लेख गरिएको छ भने तीनै रसिदका छाया प्रतिमा भने ५ सय ५ रुपैयाँ लेखिएको छ।, २०७९ साल असार २२ गते सैनामैना ४ रुपन्देहीका कुमार कार्कीले बहिनीको विवाह गरेवापत धामविकास समितिलाई रसिद काटेर १ हजार १ सय ५ रुपैयाँ बुझाएका थिए। १६८१३ नं. को उक्त रसिदमा रकम बुझाउने व्यक्तिको नाम, ठेगाना हस्ताक्षर समेत गरिएको छ। तर सोही नं. को रसिदको छाया प्रतिमा भने रकम बुझाउने व्यक्तिको नाम, ठेगाना र हस्ताक्षर एउटै रहेपनि रकम भने आधा भन्दा बढी कम गरी ५ सय ५ रुपैयाँ मात्रै लेखिएको छ।, गत मंसिर २६ गते रुपन्देहीको हिरापुरकी तिला कुमारी खड्काले धाम विकास समितिलाई १ हजार ५ रुपैयाँ बुझाएकी थिइन्। १७११४ नं. को पहिलो रसिदमा १ हजार ५ रुपैयाँ लेखिएपनि त्यसैको छाया प्रतिमा ५ सय ५ रुपैयाँ मात्रै लेखिएको छ।, बुटवल-११ की गंगा रायमाझीले पनि गत मंसिर २८ गते रसिद काटेरै धाम विकास समितिलाई १ हजार १ सय ५ रुपैयाँ प्रदान गरेकी थिइन्। रायमाझीले बुझाएको १७११२ नं. को उक्त रसिदको छाया प्रतिमा भने ५ सय ५ रुपैयाँ उल्लेख गरिएको छ।, सैनामैनाका कुमार कार्कीले परिवारका सदस्यको विवाह गरेवापत धामविकास समितिलाई १ हजार १ सय ५ रुपैयाँ बुझाएको उल्लेख गर्दै पहिलो रसिद छाया प्रतिमा कसरी रकम फरक पर्‍यो भन्ने जानकारी नभएको बताए।, ‘हामीले त काम भएपछि रसिद काटेर ११ सय ५ रुपैयाँ बुझाएका थियौं, रसिद भने ल्याएका थिएनौं। एउटै रसिदमा कसरी रकम फरक पर्‍यो त्यो भने थाहा भएन,’ उनले भने।, समितिमा अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका कृष्णप्रसाद तिमिल्सेनाले आफूलाई फसाउन र बदनाम गर्न धेरै महिना अघिको घटनालाई चर्चामा ल्याइएको बताएका छन्।, लामो समयदेखि तिमिल्सेना अध्यक्ष रहेको समितिमा आन्तरिक विवादका कारण नयाँ समिति चयन हुन सकेको छैन। गत मंसिरमै गरिएको समितिको अधिवेशनमा सहमति जुट्न नसकेपछि धाम विकास समिति नेतृत्वविहीन छ। अर्को नेतृत्व चयन नहुँदा सम्म तिमिल्सेनाले नै कामचलाउ अध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन्।, यहि बीचमा नगदी रसिदहरू सार्वजनिक भएपछि आफूलाई फसाउन र बदनाम गराउन पुरानो घटना बाहिर ल्याइएको उनको दावी छ।, तिमिल्सेनाका अनुसार दाताबाट रकम लिएर काटिएका रसिदमै किर्ते गरिएको पाइएपछि समितिले १ महिना अघि नै धाम विकास समितिका कर्मचारी तारानाथ उपाध्याय र पुजारी भुवन ज्ञवालीलाई निलम्बन गरेको थियो।, बुटवलको सिद्धबाबाधाम विकास समितिमा दाताले दिएको रकममै ठगी
रासस भारतको पिथौरागढमा सम्पन्न नेपाल–भारत समन्वय बैठकमा झुलाघाट नाका बिहान ६ बजे खोल्ने सहमति भएको छ।, नेपालको बैतडी र दार्चुला तथा भारतको पिथौरागढ जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित बैठकले बैतडीसँग जोडिएको झुलाघाट नाका खोल्नेबारे उक्त सहमति भएको हो। , यसअघि झुलाघाट नाका बिहान ७ बजे मात्रै खुल्ने गरेको थियो। बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले नेपाल–भारत सीमामा रहेको झुलाघाट पुल एक घन्टाअघि खोल्ने सहमति भएको जानकारी दिए।, ‘झुलाघाट पुल अब बिहान ६ बजे खुल्ने र साँझ ७ बजे बन्द हुनेछ। यसले दुवै देशका नागरिकलाई सहज हुनेछ,’ उनले भने।  , यसअघि बिहान ७ बजे नाका खुला गर्दा दुवै देशका नागरिकलाई समस्या हुने गरेको थियो। भारतमा उपचार र किनमेलका लागि जाने नेपाली नागरिकलाई बढी समस्या हुने गरेको थियो। , यस्तै विपद् उद्धार तथा प्रतिकार्यका लागि महाकाली नदीमा रबर बोट तथा डुंगा सञ्चालन गर्न सकिने सहमति भएको छ।, विपद्को समयमा दुवै देशका सुरक्षा निकाय मिलेर उद्धार तथा अन्य कार्यमा सहकार्य गर्ने र महाकाली नदीलाई स्वच्छ राख्न महाकाली नदीमा फोहर नफाल्ने पनि सहमती भएको हो।, सीमा क्षेत्रमा हुनसक्ने मानव तस्करी, वन्यजन्तु तस्करी लगायतका गैरकानुनी क्रियाकलाप रोक्नका लागि संयुक्त गस्ती गर्ने, आपसी सहयोग र सहकार्य गर्ने, झुलाघाटस्थित सयौं वर्ष पहिला बनेको झोलुंगे पुलको मर्मतसम्भारका लागि दुवै देशले प्राविधिक समिति गठन गरेर त्यसको मर्मतसम्भार गर्नेसमेत सहमति भएको प्रजिअ पन्थीले जानकारी दिए। , यसैगरी झुलाघाटमा बन्ने मोटरेबल पुलको डिपिआर बनिसकेको र भारतको केन्द्र सरकारलाई पठाइसकेको बैठकमा भारतीय पक्षले जानकारी दिएको छ।, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको समयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले झुलाघाट नाकामा मोटरेबल पुल निर्माणको घोषणा गरेका थिए। त्यसपछि झुलाघाटमा पाँच सय ५० मिटर लम्बाइको मोटरेबल पुल निर्माणका लागि काम अघि बढिसकेको छ। उक्त पुल निर्माण कार्यलाई छिटोभन्दा छिटो अगाडि बढाउने विषयमा पनि सहमति भएको प्रजिअ पन्थीले बताए। , यस्तै बैठकमा भारतीय अधिकारीले धारचुलामा पानीको अभाव भएकाले महाकाली नदीबाट लिफ्टिङ गरेर पानीको व्यवस्थापन गर्ने कुरा उठाएको र यो विषयमा केन्द्र सरकारलाई जानकारी गराउने, भारतबाट लागुऔषध र नशालु औषधि नेपालमा बिक्री हुने गरेको गुनासो आएकाले त्यसलाई रोक्नका लागि भारतीय पक्षले पहल गर्ने, दार्चुलाको व्यासमा बिजुली नभएकाले जेनेरेटर चलाउन इन्धन ल्याउन दिने विषयमा समेत छलफल भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताए।  , सीमा क्षेत्रमा द्विपक्षीय सहयोग आदानप्रदानका लागि आयोजना गरिएको बैठकमा नेपालका तर्फबाट बैतडीका प्रमुख जिल्ला अधिकारी पन्थी, दार्चुलाका प्रमुख जिल्ला अधिकारी जोशी, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाही, दार्चुलाका प्रहरी नायव उपरीक्षक तर्कराज पाण्डे, सशस्त्र प्रहरी बल बैतडीका प्रमुख गंगादत्त पन्त, सशस्त्र प्रहरी बल दार्चुलाका प्रमुख डम्बर विष्ट, अनुसन्धान कार्यालय बैतडीका प्रमुख अर्चना सिंह, भारतका तर्फबाट पिथौरागढ जिल्लाका जिल्ला अधिकारी रिना जोशीलगायत सुरक्षा निकायका प्रमुख सहभागी थिए ।  , पिथौरागढमा नेपाल–भारत समन्वय बैठक: झुलाघाट नाका बिहान ६ बजे खोल्ने सहमति
प्रा.डा. विजयप्रसाद पौडेल अल्सर हुने मुख्य कारण 'हेलिकोब्याक्टर पाइलोरी' हो। यो ब्याक्टेरियाको कारणले आमाशयमा अल्सर हुन्छ। ठूलो आन्द्रामा अल्सर हुने अरू कारण हुन्छन्। कहिलेकाहीँ मुखमा विभिन्न कारणले अल्सर हुन्छ।, आमाशयमा सुरूमा संक्रमण भएपछि सुन्निएको हुन्छ। सुरूआती चरणमा उपचार गरिएन भने अल्सर (घाउ) बढ्दै जान्छ। दुख्न कम हुने औषधीहरू जथाभावी खाएमा समेत अल्सर हुन सक्छ। धेरै जलन भएका बिरामीलाई समेत आमाशयमा अल्सर हुन्छ।, आमाशयमा अल्सर भएमा पेट दुख्ने, वाकवाक हुने, अमिलो पानी आउने, डकार आउने, पेट ढुस्स हुने अनि फुल्ने हुन सक्छ।घाउ बढ्दै गयो भने दिसाबाट रगत जान्छ। त्यस्तै मुखबाट समेत रगत जान्छ।, लक्षणहरूका साथै 'हेलिकोब्याक्टर पाइलोरी' को परीक्षणबाट थाहा हुन्छ। सुरूआती चरणमा अल्सर भएको थाहा भएमा सामान्य उपचारले ठीक हुन्छ। कतिपय अवस्थामा बिरामीको इण्डोस्कोपी गर्नुपर्छ। इण्डोस्कोपीबाट मुखदेखि भोजन नली आमाशयको विभिन्न भाग र सानो आन्द्राको विभिन्न भागको परीक्षण गर्न सकिन्छ।, आमाशयको अल्सर भएका बिरामीले खाना बार्नु पर्दैन। अमिलो, पिरो नखाएर अल्सर हुने या बढ्ने होइन। अल्सरबाट जोगिन र अल्सर बढ्न नदिन सरसफाइमा ध्यान दिनुपर्छ। पानी उमालेर खानुपर्छ भने सागसब्जी राम्रोसँग पकाएर मात्रै खानुपर्छ। सामान्य घरमा खाने सबै खाना खान मिल्छ।, आमाशयको अल्सर पूर्ण रूपमा निको गर्न सकिन्छ। धेरैजसो बिरामीको अपरेसन गर्नु पर्दैन। आमाशयको अल्सरलाई लापरबाही गरियो भने क्यान्सर हुन्छ। त्यसैले रोकथाम अत्यन्तै जरूरी छ।, (चितवन अस्पताल प्रा.लि.मा कार्यरत प्रमुख कन्सल्टेन्ट फिजिसियन प्रा.डा. ,विजयप्रसाद पौडेल,सँग सेतोपाटीका लागि ,राजेश घिमिरे र सन्जिब बगाले,ले भिडिओ कुराकानी गरेका छन्।), अल्सर भएका धेरै बिरामीलाई अपरेसन गर्नु पर्दैन (भिडिओ)
रासस गोरखाको आरुघाट गाउँपालिका–२ छापठोट्नेरीस्थित सुकुन्द्र खोलामा पौडी खेल्ने क्रममा एक बालकको ज्यान गएको छ।, धार्चे गाउँपालिका–२ केरौजा घर भएका १५ वर्षीय कबिन्स गुरुङको पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिए।, मान्वुस्थित श्री भवानी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत बालक गुरुङ विद्यालयको होस्टल बसेर पढ्दै आएका थिए। होस्टलमा बस्दै आएका अर्का एक जना साथीसँगै खोलामा पौडी खेल्ने क्रममा डुबेर बालकको ज्यान गएको उनले बताए।, पौडी खेल्ने क्रममा डुबेका उनलाई उद्धार गरेर आरुघाटमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र आरुचनौटेमा उपचार गर्न पुर्‍याएको र उपचारका क्रममा नै बालकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए।, उनीसँगै पौडी खेल्न गएका अर्का बालक भने सकुशल होस्टलमा फर्किएको प्रहरीको भनाइ छ। बालक बिहीबार दिउँसो खोलामा पौडी खेल्ने क्रममा डुबेको प्रहरीको भनाइ छ।, पौडी खेल्ने क्रममा डुबेर एक जना बालकको मृत्यु
सेतोपाटी संवाददाता झापाका दुई अलगअलग स्थानमा नदी र खोलामा डुबेर शनिबार दुई जनाको मृत्यु भएको छ।, प्रहरीका अनुसार एक जना पुरूषको कनकाई नदीमा र एक बालकको गौरादहको कृस्ने खोलामा डुबेर मृत्यु भएको हो।, कनकाईमा डुबेका पुरूषको पहिचान खुलेको छैन।, कृस्ने खोलामा डुबेर मृत्यु हुनेमा गौरादह-२ हासखोरा निवासी १३ वर्षीय बालक एन्जल ताजपुरिया छन्।, एन्जल स्थानीय ज्ञान ज्योति माध्यमिक विद्यालयमा कक्षा ६ मा पढ्थे। पौडी खेल्ने क्रममा उनको डुबेर मृत्यु भएको हो।, एन्जल अरू चार जना साथीसँग दिउसो पौडी खेल्न गएका थिए। पौडी खेल्दा खेल्दै एक्कासि उनी बेपत्ता भएपछि उनका साथीहरूले गाउँलेलाई खबर गरेका थिए। गाउँले आएर खोजी गर्दा उनी मृत अवस्थामा फेला परको वडा सदस्य शंकर कट्टेलले बताए।, कनकाई नदीको पश्चिम तटीय क्षेत्रमा फेला परेको पुरूषको भने पहिचान खुलेको छैन। शनिबार साँझ कनकाईमा बगेर आएको दाउरा संकलन गर्ने स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।, शिवसताक्षी नगरपालिका वडा नम्बर १० का वडा सदस्य दीपक पोख्रेलका अनुसार मृतक ५५ देखि ६० वर्ष उमेर समूहको जस्तो देखिएका छन्।, शव फेला परेको स्थानमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी निरीक्षक युवराज कटुवालको नेतृत्वमा प्रहरी टोली पुगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।, झापाको नदी र खोलामा डुबेर दुई जनाको मृत्यु
रासस मकवानपुरको मनहरि गाउँपालिकाभित्रका १९ वटा सामुदायिक स्कुलका प्रधानाध्यापकले संयुक्त रूपमा राजीनामा दिएका छन्।, राजीनामा दिनेहरूमा मनहरि गाउँपालिकाभित्र रहेका १८ वटा प्राथमिक विद्यालय र एक माध्यमिक विद्यालयका प्रधानाध्यापकहरू छन्।, प्रधानाध्यापकहरूले सामूहिक राजीनामा साउन १ गतेदेखि लागू हुने गरी दिइएको पत्रमा उल्लेख छ।, 'सहमति विपरीतको सरूवा सजाय हो भन्ने महसुस गरी यो अन्यौलको परिस्थितिले हामी सामुदायिक विद्यालयमा कार्यरत प्रधानाध्यापकलाई काम गर्ने मनोबल कमजोर भइरहेको परिस्थिति छ,' राजीनामा पत्रमा उल्लेख छ।, स्कुलको गुणस्तर सुधारका नाममा गाउँपालिकाले बिनाकारण प्रधानाध्यापकको सरूवा गर्न खोजेपछि सामूहिक राजीनामा दिन बाध्य भएको एक प्रधानाध्यापकले बताए। उनका अनुसार प्रधानाध्यापकबाट राजीनामा दिए पनि पढाउन भने छाड्ने छैनन्। , यता मनहरि गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले भने गाउँपालिकाले गरेको सरूवाको निर्णयमा धेरै प्रधानाध्यापक सहमत भइसकेको जानकारी दिए।, उनले शिक्षक महासंघका अध्यक्ष नवराज डोटेलले विषयलाई राजनीतिकरण गराएर अनावश्यक बखेडा झिक्न खोजेको दाबी गरे।, 'अहिले सार्वजनिक गरिएको राजीनामा करिब १० दिन अगाडिको हो। हामी गाउँपालिकाको शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार अभियानमा छौं। प्रधानाध्यापकलाई सकेसम्म आपसी समझदारीमा सरूवा हुनुहोस् भनेका हौं। उहाँहरूले नमानेपछि हामीले सरूवा गर्न खोजेका हौं,' अध्यक्ष कालाखेतीले भने।, पालिकाको शिक्षा क्षेत्र सुधारका लागि पालिकाले शिक्षकलाई प्रत्येक महिना तलब खुवाउने, उत्कृष्ट शिक्षकलाई पुरस्कार र सम्मान गर्ने, प्रधानाध्यापक भत्ता पाँच सयबाट बढाएर दुई हजार रूपैयाँ पुर्‍याउने अभियानमा रहेको कालाखेतीले जानकारी दिए।, 'शिक्षा क्षेत्र सुधार्ने विषयमा सबैको साथ आवश्यक छ। यो गाउँपालिकाको शिक्षा समितिले गरेको निर्णय हो। सकेसम्म आपसी समझदारीमै सरुवा हुन समय दिनेछौं। तर कसैले मान्दिनँ भन्छ भने हामी कानुनअनुसार अघि बढ्नेछौं,' अध्यक्ष कालाखेतीले भने।, १९ स्कुलका प्रधानाध्यापकले दिए सामूहिक राजीनामा
सेतोपाटी संवाददाता कैलालीमा नहरमा डुबेर एक बालिका बेपत्ता भएका छन्।, शनिबार साँझ साढे ५ बजे लम्कीचुहा नगरपालिका–३ बल्चौरकी अन्दाजी ६ वर्षीय रितिसा चौधरी सोही ठाउँको रानीजमरा कुलरीया सिचाई आयोजनाको नहरमा नुहाउने क्रममा डुबेर बेपत्ता भएकी हुन्।, घटनाबारे स्थानीयले टेलिफोन मार्फत् प्रहरीलाई जानकारी गराएका थिए।, घटनास्थलमा इलाका प्रहरी कार्यालय चिसापानीबाट प्रहरी निरीक्षक टेकबहादुर जोराको कमाण्डमा ७ जनाको टोली खटिएको छ।, हाल बेपत्ता बालिकाको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले जानकारी दिए।, कैलालीमा नहरमा डुबेर एक बालिका बेपत्ता
रासस हाल देशमा मानसुनी वायुको प्रभावका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।, महाशाखाका मौसमविद सञ्जीव अधिकारीका अनुसार तुलनात्मक रूपमा आगामी सोमबार र मंगलबार बढी वर्षा हुने सम्भावना छ। पछिल्ला दिनमा निरन्तर वर्षा भइरहे पनि शनिबार केही मात्रामा कम वर्षा भएको छ। शनिबार राति पनि भारी वर्षाको सम्भावना छैन।, 'सोमबार र मंगलबार बढी वर्षा हुने सम्भावना छ। आइतबार दिउँसो भने विगतका तुलनामा कमै वर्षा हुने अनुमान गरिएको छ,' उनले भने।, काठमाडौंमा शनिबार राति हल्का वर्षाको सम्भावना छ भने आइतबार दिउँसो मध्यम वर्षाको अनुमान छ।, आइतबार दिउँसो मधेस प्रदेशका थोरै र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।, सोमबारदेखि बढी पानी पर्ने सम्भावना
निशा भण्डारी गथामुग: चह्रेको दिन पाटनमा मिप्वा: लाखे नाच सुरू भएको छ। , शनिबार परेको चह्रेमा ललितपुरको पाटनमा मिप्वा: लाखे नाच देखाइएको हो। , काठमाडौं उपत्यकामा गथामुगः चह्रेदेखि लाखे नाच सुरू हुन्छ। यो नाच पाटनमा सोमबारसम्म देखाइन्छ।, येँया पुन्ही अर्थात् इन्द्रजात्रासम्म भने विभिन्न पर्वहरूमा देखाइन्छ। यो एक महिनाको बीचमा लाखे नाच सहरका गल्ली र सडकहरूमा नाच देखाइन्छ। , पाटनमा देखाइने मिप्वा: लाखे अन्तको भन्द फरक छ। काठमाडौं उपत्यकाका विभिन्न लाखेमध्ये पाटनमा मात्र नचाइने यो विशेष स्वरूपको लाखे हो। आगोसँग खेल्ने यो लाखेलाई ‘मिप्वाः लाखे’ भनिन्छ।, नेपाल भाषामा मिप्वाः भन्नाले छ्वालीको मुठो बाल्दा निस्कने आगोको ज्वाला बुझिन्छ। लोप हुन लागेको यो नाच पछिल्लो समय पाटनका युवाहरूले २०७३ सालमा पुन: उत्थान गरेका हुन्। , यो पनि: ,लाखेका कथा- उनी नेवार होइनन्, को हुन्?, रातको अँध्यारोमा प्रेमिका भेट्न हातमा आगो बालेर आउने लाखे, तस्बिरहरू:,  ,  ,  , पाटनमा देखाइयो मिप्वा: लाखे (तस्बिरहरू)
सेतोपाटी संवाददाता हाल देशमा मनसुनी वायुको प्रभाव छ भने मनसुनको न्यून चापीय सरदर स्थान को आसपास अवस्थित रहेको छ।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार अहिले कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशमा आंशिक देखी सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहेको छ । , मधेश प्रदेश बाहेकका अन्य सबै प्रदेशहरूका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको पनि महाशाखाले जनाएको  छ।, आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही मधेश प्रदेशका थोरै र बाँकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ् सहित भारी वर्षा को समेत सम्भावना रहेको छ।, मधेश प्रदेश लगायत कोशी प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।, राति मधेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी प्रदेशमा सामान्य देखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।, महाशाखाका अनुसार, राति बागमती   र गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना छ।, वर्षा र हावाहुरीबाट सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने महाशाखाको आकलन छ।, त्यसकारण हावा-हुरी, भारी वर्षा, मेघ गर्जन/चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन उसले अनुरोध गरेको छ। ,  , आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
सेतोपाटी संवाददाता सर्पले डसेर डोटीमा एक वृद्धाको मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यालयका डोटीका अनुसार के.आई.सिंह गाउँपालिका –४ की ७२ वर्षीया निरन्जनादेवी भट्टको मृत्यु  भएको हो।, बिहीबार दिउँसो घरको आँगनमा बसेर छोरीसँग फोनमा कुरा गरिरहेको बेलामा उनलाई सर्पले डसेको प्रहरीले जानकारी दिएको छ।, भट्टलाई उपचारका लागि दिपायलस्थित शैलेश्वरी अस्पतालमा ल्याइएको थियो।, उपचारका क्रममा उनको बिहिवार बेलुका साढे ५ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक युवराज भण्डारीले जानकारी दिए।, सर्पले डसेर डोटीमा एक वृद्धाको मृत्यु
नवीनबाबु गुरूङ सरकारले लामो समयदेखिका बाँकी बिलको भुक्तानी नदिएपछि निर्माण व्यवसायी आन्दोलित भएका छन्।, असार मसान्त आइसक्दा पनि सरकारले लामो समयदेखिको बाँकी बिलको रकम भुक्तानी नगरेको, ठेक्काको म्याद थप नगरेको लगायतका विरोधमा निर्माण व्यवसायी आन्दोलित भएका हुन्।, नेपाल निर्माण व्यवसायी महासंघको नेतृत्त्वमा विभिन्न मागहरू उल्लेख गरिएका प्लाकार्डसहित उनीहरु  शुक्रबार बिहान माइतीघर मण्डलमा धर्ना दिन पुगेका छन्।, पढ्नुस्ः ,सरकारबाट १५ अर्बभन्दा बढी रकम उठाउन बाँकी भएपछि माइतीघरमा धर्ना दिँदै निर्माण व्यवसायी, प्लाकार्डमा ‘लामो समयदेखिको बाँकी बिलको रकम तुरून्त भुक्तानी गर्’, ‘माइलस्टोनको व्यवस्था तुरून्त खारेज गर’, ‘निर्माण कार्यको म्याद थप गर’, ‘मूल्य समायोजन तुरून्त कार्यान्वयन गर’, ‘व्यवसायीले आत्मदाहा गर्ने क्रम बन्द गराउ’, ‘सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर्’ लगायत उल्लेख गरिएको छ।, सरकारले भुक्तानी नदिएपछि निर्माण व्यवसायीले थाले माइतीघरमा धर्ना दिन (तस्बिरहरू)
नवीनबाबु गुरूङ काठमाडौंमा विभिन्न कार्यक्रम गरी भानुजयन्ती मनाइएको छ। , १८७१ सालमा आजकै दिन जन्मिएका भानुभक्त आचार्य नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कवि थिए। उनले वाल्मीकि रामायणको अनुवाद गरेका थिए। , उनको मोतिराम भट्टले नेपाली साहित्यमा चिनारी थप्ने काम गरेका हुन्।, उनले प्रश्नोत्तर (१९१०), भक्तमाला (१९१०), वधूशिक्षा (१९१९) लगायतका कृति लेखेका थिए।, आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा प्रज्ञा प्रतिष्ठानले शुक्रबार प्रभातफेरीको आयोजना गरेको थियो।, प्रभातफेरीमा साहित्यानुरागीका अतिरिक्त सुरक्षा निकाय र विभिन्न स्कुल, कलेजका विद्यार्थीहरूको सहभागिता थियो।, प्रभातफेरी कार्यक्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती पनि सहभागी थिए। , भानुभक्तको मृत्यु १९२५ असोज ६ गते तनहुँको सतीघाटमा भएको थियो।, नेपाली वाङ्ग्मयका आधारस्तम्भ मानिएका भानुभक्तलाई आजपर्यन्त देशविदेशका अध्येता, समालोचक एवं अनुसन्धाता विभिन्न दृष्टिले अध्ययन गरिरहेका छन्।, तस्बिरहरुः, मनाइयो आदिकवि भानुभक्तको २१०औँ जन्मजयन्ती (तस्बिरहरू)
सेतोपाटी संवाददाता बैतडीमा बाजेको कुटपिटबाट गम्भीर घाइते भएका २ वर्षीय नातीको उपचारका क्रममा मृत्यु भएको छ।, पुर्चौडी नगरपालिका–६ मुडेलीधारका ५० वर्षीय गणेश साउँदको कुटपिटबाट गम्भीर घाइते भएका २ वर्षीय रेशम साउँदको बिहीबार राती उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको हो।, जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार गणेशको कुटपिटबाट घाइते भएका ८ वर्षीय रिजन साउँद भने धनगढीको नवजीवन अस्पतालमा उपचाररत छन्। उनको पनि अवस्था गम्भीर रहेको छ । , बिहीबार दिउँसो १ बजे दुई नातीको हेरचाहका लागि आमा र हजुरआमाले हजुरबुवा गणेशको जिम्मामा छाडेर घाँस काट्न निस्केका थिए।, तर, गणेशले भने रिजन र रेशमलाई कुटपिट गरेर घाइते तुल्याएको प्रहरीले जानकारी दिएको छ।, उनीहरूको टाउकोलगायत शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो।, दुई नातीलाई मृत्यु हुने गरेर गणेशले कुटपिट गर्नुको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।, घटनापछि उनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको सूचना अधिकारी प्रहरी निरीक्षक जोशीले बताए।,  , बैतडीमा बाजेको कुटपिटबाट गम्भीर घाइते २ वर्षीय नातीको मृत्यु
सेतोपाटी संवाददाता झापामा बिहिबार राती भएका छुट्टाछुट्टं दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।, पूर्वपपश्चिम राजमार्ग अन्तर्गत कमल र शिवसताक्षीलाई जोडने कमल खोलाको पूलमा प्र१–०१–००२ ह २६७ नम्बरको अटो रिक्सा र मे ७ प ८५९४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुदा मोटरसाइकलमा सवार बुद्धशान्तिका ४० बर्षिय उपेन्द्र सिग्देलको मृत्यु भएको हो ।, मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका वडा नं – ११ का ५७ बर्षिय जिबन सुबेदी बाया खुट्टा र बाया हातमा चोट लागेको छ । दुर्घटनाका घाईतेहरुलाई तत्काल उपचारका लागि लाइफलाइन अस्पतालमा लगिएको थियो । , उपचारका क्रममा सिग्देलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । अटो चालक झापा गाउँपालिका वडा नं २ का ३० बर्षिय श्यामसुन्दर महतोलाई ईलाका प्रहरी कार्यालय झिलेझिलेले नियन्त्रणमा लिएको छ ।, त्यसैगरी मेचीनगर १२ धाईजनस्थित मेची लोकमार्गमा उत्तरबाट दक्षिण तर्फ आउँदै गरेको नम्बर नखुलेको बुलेरो गाडीको ठक्करबाट पैदल यात्री सोही ठाउँका राजन विकको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।, छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु
सेतोपाटी संवाददाता रौतहटमा धारिलो हतियार प्रहार गर एक पुरुषको हत्या भएको छ।, देवाही गोनाही नगरपालिका वडा नम्बर ६ स्थित करकस टोलका ३६ वर्षीय जग्गनाथ साह कानुको हत्या भएको प्रहरीले जनाएको छ।, आफ्नै घरमा ओछ्यानमा सुतिरहेको बेला आज बिहान करिब साढे ३ बजे उनी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक (इन्सपेक्टर) दिनेशबहादुर कुँवरले जानकारी दिए।, अहिले घटनास्थलमा प्रहरीको टोली पुगेर अनुसन्धान गरिरहेको उनले जानकारी दिए। अनुसन्धानका लागि तालिमप्राप्त कुकुर पनि लगिएको छ।  , बाँकी कुरा अनुसन्धानपछि खुल्ने इन्सपेक्टर कुँवरले जानकारी दिए।, धारिलो हतियार प्रहार गरी रौतहटमा ३६ वर्षीय पुरुषको हत्या
राजु विश्वकर्मा भारतको जयनगरबाट महोत्तरीको बिजलपुरासम्म रेल सेवा सञ्चालन गर्ने तयारी भएको छ। जयनगरबाट धनुषाको कुर्थासम्म गत २०७८ चैत २० गतेदेखि सञ्चालन हुँदै आएको रेल सेवालाई यही असार ३१ गतेदेखि महोत्तरीको बिजलपुरासम्म सञ्चालन गर्न लागिएको छ।, जयनगर–बर्दिबास रेलमार्गअन्तर्गत धनुषाको कुर्थाबाट महोत्तरीको बिजलपुरासम्म १७ किलोमिटर ब्रोडगेज रेलमार्ग निर्माणकार्य सम्पन्न भएसँगै बिजलपुरासम्म रेल सञ्चालन हुने निश्चित भएको हो।, निर्माणकार्य सम्पन्न भएको कुर्थाबाट बिजलपुरासम्मको रेल्वे ट्रयाक गत जेठ १८ गते भारतीय रेल्वे कम्पनी इरकन इन्टरनेसनल कम्पनी लिमिटेडका महाप्रबन्धक दीपक कुमारले नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जकुमार झालाई हस्तान्तरण गरेका थिए।, ‘ट्रयाक हस्तान्तरण गरिसकेको छ, अब जयनगरबाट कुर्था हुँदै बिजलपुरासम्म रेल सञ्चालन गर्न लागेका छौं’, महाप्रबन्धक झाले भने। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले उक्त सेवाको उद्घाटन गर्ने कार्यक्रम छ।, हाललाई कुर्थाबाट बिजलपुरासम्म दैनिक एकपटक सेवा प्रदान गरिने उनले बताए।, कुर्थाबाट बिजलपुरासम्मको १७ किलोमिटर रेल्वे ट्रयाक निर्माण सम्पन्न भएर हस्तान्तरण भइसके पनि बिजलपुराबाट बर्दिबाससम्मको १८ किलोमिटर रेलमार्ग निर्माणमा जग्गा मुआब्जा विवाद बाधक बन्दा समस्या भएको छ।, ‘जग्गा मुआब्जालगायत कारण बिजलपुरा भङ्गहाबाट बर्दिबाससम्म रेलमार्ग निर्माणको काम प्रभावित भएको छ’, नेपाल रेल्वे कम्पनीका इन्जिनियर रवीन्द्रकुमार साहले भने, ‘कतिपय ठाउँमा सडक छ, तर नक्सामा छैन, तैपनि स्थानीयले मुआब्जा मागिरहेका छन्। यही कारणले बिजलपुराबाट बर्दिबाससम्म रेल्वे ट्रयाक निर्माणको काममा समस्या भएको छ।’  , मुआब्जाको समस्या समाधान भएपछि दुई वर्षभित्र ब्रोडगेज रेलमार्ग निर्माण सकेर बर्दिबाससम्म पनि रेल चल्ने साहले भने।, रेल सञ्जाललाई नेपालमा विस्तार गर्नेबारे नेपाल सरकार र भारत सरकारबीच सन् २०१० मा द्विपक्षीय सम्झौता भएको थियो। सोहीअनुसार २०११ माघमा निर्माणको थालनी भएको थियो। ब्रोडगेज निर्माणको ठेक्का भारतीय ठेकेदार कम्पनी इरकन इन्टरनेसनल लिमिटेडले प्राप्त गरी कम्पनीको निगरानीमा धनुषा र महोत्तरीमा दुई निर्माण कम्पनीलाई ठेक्का दिएर काम अघि बढाइएको नेपाल रेल्वे कम्पनीले जनाएको छ।, विसं २०७८ चैत १९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा उद्घाटन गरेपछि चैत २० गतेदेखि जयनगरबाट कुर्थासम्म नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ। जयनगर–कुर्था ३५ किलोमिटर रेल्वे मार्गमा अहिले दैनिक दुईपटक आउने र दुईपटक जाने गरेको छ। यात्रुको चाप बढ्दै गएको नेपाल रेल्वे कम्पनीले जनाएको छ।, नेपालमा रेल सञ्चालनका लागि भारतीय जनशक्ति र भारतमै इन्धन भर्नुपर्ने बाध्यताबाट मुक्त गरी नेपाली रेल सेवालाई आत्मनिर्भर बनाउन नेपाल रेल्वे कम्पनीले विभिन्न योजना अघि बढाएको महाप्रबन्धक झाले बताए। तत्काल स्थायी कर्मचारीको सङ्गठन संरचना निर्माण, वासिङ सेन्टर र फ्युल सेन्टर निर्माण तथा जयनगर कुर्था खण्डमा कार्गो रेल सेवा सञ्चालनको तयारी सुरु गरिएको महाप्रबन्धक झाले बताए।, नेपाल रेल्वे कम्पनीको आफ्नो वासिङ–सेन्टर नहुँदा भारतमा रेलको वासिङ गराउनुपर्ने र अहिले रेलको वासिङ गराउन मात्र भारतीय कम्पनीलाई ठूलो मात्रा वार्षिक रकम खर्च गर्दै आएको छ। , ‘नियमित रेल सेवा सञ्चालन हुँदै आए पनि आफ्नो वासिङ सेन्टर र फ्युल सेन्टर नहुँदा भारतमा रेलको वासिङ गराउनुपर्ने अवस्था छ’, नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक झाले भने, ‘जसका कारण हामीले वासिङमा मात्र धेरै रकम खर्चिँदै आएका छौं।भारतमा फ्युल भराउँदा २८ प्रतिशत कर तिर्नुपर्ने अवस्था छ, यसबाट हामी बर्सेनि ठूलो रकम खर्चिन बाध्य छौं’, उनको भनाइ छ।, ‘नेपाल रेल्वे कम्पनीले आफ्नो वासिङ सेन्टर, वर्कसप र फ्युँल सेन्टर स्थापना गर्न सकिए वार्षिक करिब  १०-१२ करोड रूपैयाँभन्दा बढी रकम बचत हुनसक्छ’, महाप्रबन्धक झाले भने, ‘त्यसका लागि हामीले योजना बनाएर अघि बढेका छौं, नेपालमै वासिङ सेन्टर र फ्युँल सेन्टर निर्माण गर्ने योजना तयार पारेका छौं।’ नेपाली रेल सञ्चालन गर्न नेपाली जनशक्ति नहुँदा अहिले भारतीय जनशक्तिबाट रेल सञ्चालन हुँदै आएको छ। , ‘हामीले तत्काल स्थायी प्रकृतिको कर्मचारी माग गरेका छौं, आएपछि उहाँहरूलाई तालिम दिएर दक्ष बनाइने योजना अघि बढाएका छौं’, उनले भने, ‘स्थायी कर्मचारीको सङ्गठन संरचना र दरबन्दीको सहमतिका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत नेपाल रेल्वे कम्पनीको फायल विगत दुई महिनादेखि अर्थ मन्त्रालयमा अड्किएको छ, जसका कारण काम अघि बढाउन समस्या भइरहेको छ,’ जयनगर-कुर्था खण्डमा यात्रुवाहक रेल सेवासँगै कार्गो रेल सेवा सञ्चालन गर्ने तयारीमा जुटेको उनको भनाइ छ। , रेल चल्न थालेसँगै जनकपुरसहित मधेस प्रदेशको पर्यटन, धार्मिक क्षेत्रको विकास र स्थानीय उत्पादनको निर्यात बढेको जनकपुरधाम उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष अम्बु साहको भनाइ छ। जयनगर कुर्था खण्डमा रेल रोकेर यात्रु चढाउन र झार्नका लागि सात ठाउँमा स्टेशन÷हल्ट रहेका छन्। जयनगरबाट कुर्थासम्म कुर्था, परवाहा, बैदेही, महिनाथपुर, खजुरी, इनर्वा र जयनगर छन् भने अब विजयपुरासम्म थप दुई हल्ट र दुई स्टेशन थपिएका छन्। भारतको सरकारी कम्पनीमार्फत रेल सेट खरिद गरेर करिब तीन वर्षअघि नेपाल आइपुगे पनि विभिन्न समस्याका कारण सञ्चालन हुनसकेको थिएन। ,-रासस, , (यसअघि शीर्षक अन्यथा पर्न गएकोमा सच्याइएको छ। -सम्पादक), जयनगर–बिजलपुरा खण्डमा आइतबारदेखि रेल चल्ने
रासस विपत्तिको कुरा सुन्नेबित्तिकै सरोजकुमार खनाल झस्याङ्ग हुन्छन्। उनले बाढी पहिरोबाट ११ जना परिवारका सदस्य गुमाउनुपर्ला भनेर कहिलै सोच्नु भएको थिएन।, मकवानपुर जिल्लाको तत्कालीन पालुङ गाविस–९ फेदीगाउँमा बाढीपहिरोको परिवेशलाई सम्झँदा उनी भक्कानिन्छन्। , फेदीगाउँमा एक सातासम्म पानी पर्दा पनि घुम ओडेर गोठालो जाने गरेका खनाल बाढी–पहिरोले आँखै अगाडि गाउँ नै बगाएको देख्दा उनलाई असैह्य पीडा भएको थियो।, बाढी पहिरो जाने कुनै सम्भावना नभएको उक्त ठाउँमा विनाशकारी बाढीले कसरी आँखा गाड्यो कल्पना गर्न कठिन छ उनलाई।, कुरा विसं २०५० को हो। साउन ४ गते खनाल आमाले पकाएको खाना खाएर पारिपट्टि रहेको तत्कालीन विकास घरमा बसेर काम गरिरहेका थिए। दिउँसो ४ बजेतिर यति ठूलो पानी पर्‍यो कि खनालले आजसम्म त्यस्तो पानी परेको देखेका छैनन्। , मुसलधारे वर्षाका कारण खनाल घर जानसक्ने अवस्थामा हुनुहुन्थेन।, उनी भन्छन्,‘वर्षाले ठूलै विपत्ति ल्याउनसक्ने सहजै अनुमान गर्न सकिन्थ्यो। रातभर पानी परेको हेरेर भगवानसँग कुनै अकल्पनीय नहोस् भन्दै रात काटिरहें।’, चारैतिर मुसलधारे पानीको वेग बढेपछि शारीरिक रूपमा र मानसिक रूपमा उनमा चिन्ता बढ्नु स्वाभाविक थियो। बिहान उज्यालो भएपछि उनी बाढीको प्रवाह नगरी आफ्नो घरतिर लागे। जब उनी घरमा पुगे, त्यहाँ न उनले न घर देखे, न परिवार नै।, उनको घर परिवारलाई रातको ठूलो वेगमा आएको बाढीसँगै बगाइसकेको थियो। बिहान घरमा पुग्दा परिवार पुरिएका थिए, गाई वस्तु केही पानीमा तैरिएको थिए भने धेरै पुरिएको अवस्थामा थिए। खाद्यान्न नगदसँगै खनालको आफ्नो शरीरमा भएको एकसरो कपडाबाहेक केही बाँकी रहेनन्। उनको होस हरायो, केहीबेर अचेत बने।, जीवनमा यति ठूलो विपत्ति आइलाग्ला भनेर कल्पना नगरेका उनी केहीबेर त लडीबुडी गर्दै रूने कराउने गरे। तर उनको त्यो चित्कार सुन्ने कोही थिएन। रातभर घरपरिवारमा केही नहोस् भनेर भगवानसँग गरेको प्राथनाको कुनै अर्थ रहेको थिएन। , बाढीले उनको बाबु, आमा, श्रीमती, भाउजू, दुई भाइ, दुई भतिजा, आफ्ना तीन बच्चा गरी ११ जनालाई खोसेर लगेको थियो। तीस वर्षअघिको घटना सुनाउँदै उनी भन्छन् ‘मलाई दैव र दशा एकैपटक लाग्यो।’, बाढी–पहिरोले यसरी सर्वस्व लैजाला भन्ने उनले कल्पनासमेत गरेका थिएनन्। अग्लो डाँडामा घर भएको र तल सानो दुईवटा खोल्सा थिए। यही खोल्सामा बगाएर ल्याएका उत्तिसका रूखका जराहरू अडकेर पानी बारिएर पोखरी बन्न पुग्यो। एक्कासि बाँध फुटेर आउँदा घर बगाएको हुनसक्ने तत्कालीन गाविस अध्यक्ष रामहरि विष्टको अनुमान छ। , ‘डाँडोको बीचमा भएको खोच भरिदै आएर फुटेपछि यसबाट निस्केको वेगले नै घर बगाएको हुनसक्छ’, उनले भने।, आखिर विपद्लाई सहनुबाहेक उनीसँगको अर्को विकल्प पनि थिएन । उनको यस्तो दुर्दशामा सिंगो गाउँ नै रोइरहेको अवस्थामा सरकारले राहतको नाममा दिएको सामान्य दालचामलको भरमा उनले गोठमा ओत लगाए। यतिका समय बितिसक्दा पनि उनले परिवार गुमाउनुको पीडाले छोडेको छैन। , खनाल मात्रै होइन, त्यतिबेलाको विपत्तिमा फेदीगाउँ निवासी हर्कबहादुर तामाङ पनि बाढीपहिरो प्रभावित व्यक्ति हुन्। उनी त्यसबेलाको कहालीलाग्दो अकल्पनीय बाढीपहिरो प्रत्यक्षदर्शीसमेत हुन्। यसरी गाउँ नै सखाप पार्ने गरी बाढी आउला भन्ने उनको मनमा पनि कहिल्यै आएको थिएन। तर ‘हुने हार दैव नटार’ भने झैं प्रकोपको त्यो बेगले हर्कबहादुरका अगाडि केही लागेन। अन्ततः धेरै घरहरू आफ्नै आँखा अगाडि बगेको देख्दा उनले केही गर्न सक्ने कुरा थिएन। , बाढी पहिरो आउँछ, सचेत हुनुपर्छ भन्ने खासै सचेतना नपाएका हर्कबहादुरलाई कसरी सुरक्षित बस्ने, पूर्व सूचनाका बारेमा कुनै जानकारी पनि थिएन। उनी भन्छन्, ‘त्यतिबेला सूचना दिने चलन पनि थिएन, बाढी आउँछ बगाउँछ भन्ने थाहा भइदिएको भए त गाउँका धेरैलाई बचाउन सकिने थियो कि।’’ , बेला हर्कबहादुरको परिवार फेदीगाउँको स्कुल नजिक बस्ने गरेको थियो। सामान्य परिवारका उनी खेती किसानी तथा व्यापार गरेर जीविकोपार्जन गर्दै आएका थिए। फेदीगाउँमा ढुङ्गामाटोका घरहरू रहेकाले उनीहरू आफनो घर सुरक्षित रहेको महसुस  गर्थे। हर्कबहादुरलाई पनि यस्तै लागेको थियो। स्कुलसँग जोडिएको घर भएका उनले बाढी आउनासाथ हत्तपत्त परिवारलाई स्कुलभित्र राखे। त्यहीकारण अकालमा ज्यान गुमाउन नपरेको उनी बताउँछन्।, आफूले परिवार नगुमाए पनि अरूको परिवार गुमेको देख्दा उनको मन थाम्ने अवस्था थिएन। बाढीले आफ्नै आँखा अगाडि घर बगायो, अन्नपात, खसीबोका सबै बगाएको थियो । , त्यो बेलामा परेको मुसलधारे पानी आफूले अहिलेसम्म अनुभव नगरेको उनी बताउँछन्। त्यस रातको स्मरण गर्दै उनी भन्छन् ‘चट्याङसहित मुसलधारे वर्षाले त्रसित बनाएको थियो। छिमेकका कुनै घरहरू देखिएका थिएनन्।, बिहान उज्यालो भएपछि हेर्दा गाउँमा रहेको स्कुलबाहेक सबै घरहरू बाढीले लगेको थियो। गाउँ पूरै बगरमा परिणत भएको थियो।, घर गोठहरु रहेका ठाउँमा ठूलाठूला ढुङ्गाहरू थुप्रिएको थियो। गाउँमा दुईतिर स–साना दुई वटा खोल्सा थिए। यी खोल्साहरू भरिएर दुबै तर्फबाट बाढी आएको थियो।’, हाल सो ठाउँ थाहा नगरपालिका–२ मा पर्दछ। नगरपालिका क्षेत्रभित्र भए पनि फेदीगाउँको मुहार फेरिएको छैन।, नगरपालिकाका पूर्व प्रमुख लवसेर विष्टले फेदीगाउँ पुनःनिर्माण र बाढीपहिरो नियन्त्रण गरी सुरक्षित गाउँ बनाउने अभियानले अझै पूर्णता पाउन नसकेको बताउँछन्। अहिले पनि फेदी गाउँ बाढीपहिरोको उच्च जोखिममा रहेको छ। , हर्कबहादुर जस्तै उतिबेलाको यो विपत्तिका शिकार भएका मकवानपुरको तत्कालीन आग्रा गाविस–८ निवासी डम्बरबहादुर रुम्बासँग पनि यस्तै विपत्तिको कथा छ।, घरबाट विद्यालय जाने क्रममा खोला तर्दा कापी किताब र चप्पल खोलाले बगाएपछि उहाँको स्कुल जाने चाहना पूरा हुन पाएन। , १३ वर्षको उमेरमा अध्ययनलाई विट मार्दै पैसा कमाउन उनी काकाको साथमा राजधानी काठमाडौं छिरे।, गरिबीका कारण पढ्न लेख्न समस्या भएको बताउने हर्कबहादुर तीन दिन पैदल यात्रा गरी राजधानी काठमाडौं पुगे।, काठमाडौंको कलङ्कीको एउटा होटलमा भाडा माज्ने काम पाए। काम पाएपछि पैसा कमाएर परिवारलाई सुखी राख्छु भन्ने सोच पालेका उनको सपना त्यो दिन लुटियो जुन दिन गाउँमा भीषण पानी परेको थियो।, २०५० साउन ४ गते रूम्बा आफनो जीवनको कालो दिन सम्झँदै भन्छन्, ‘बाढीले उहाँको परिवारमा आमा, बुबा, एक दिदी, दुई भाइ र एक बहिनीलाई बगाएको थियो। मलाई अहिले पनि त्यो दिन कहिल्यै बिसर्न नसक्ने कालो दिन भएको छ।’ , उनी राजधानीमा भएका कारण बाँच्न सकेका थिए। राजधानीमा काम गर्न थालेको झण्डै आठ महिना भएको थियो। यसबीचमा परिवारसँग देखभेट भएको थिएन। बाढीले घरपरिवारसँगै उनकोे घरमा भएको अन्नपात, छ वटा खसी एउटा बोको पनि बाँकी रहेनन् र २१ रोपनी खेत पनि बाढीले पुरेर काम गर्न नसक्ने बनाइदियो।, काठमाडौंबाट धादिङको महादेवबेंसीमा आइपुग्दा आफूलाई परिवार बाढीमा पुरिएको खबर एकजनाले सुनाएपछि अब एक्लो के बाँच्नु भनेर पुलबाट हामफाल्ने सोच उनमा नआएको पनि होइन। कसैले त्यसो गर्न रोकेपछि चार दिन हिँडेर गाउँ आइपुगेका उनी गाउँ पुग्दा गाउँलेहरूले लास निकाल्ने कार्य गरिरहेको देख्दा उनी निकै भावुक बने। तेह्र वर्षको कलिलो उमेरमा टुहुरो बन्नु पर्दा उनलाई संसार निकै बिरानो लाग्नु स्वाभाविकै थियो।, अहिले पनि उनलाई पटक–पटक त्यतिबेलाको वीभत्स अवस्थाले झस्काउने गर्दछ। वर्षायाम सुरू भएसँगै फेरि पनि त्यस्तै विपत्ति आइलाग्ने हो कि भन्ने त्रासले उनलाई छाडेको छैन। , तीस वर्षअघिको त्यो घटना सुनाउँदै उनले भने- मलाई दैव र दशा एकैपटक लाग्यो
सेतोपाटी संवाददाता सप्तकोशी नदीमा ट्रक खसेको छ।, आज बिहान कोशी ब्यारेजको पुलमा यात्रुवाहक बस र ट्रक जुधेर ट्रक सप्तकोशीमा खसेको हो।, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) राजकुमार राईका अनुसार शुक्रबार बिहान ७:४५ बजे मे १ ख १७६५ नम्बरको बससँग ठक्कर खाएको मे १ ख ३००७ नम्बरको ट्रक पुलको बार भत्काएर सप्तकोशीमा खसेको हो।, ट्रकमा सवार तीन जनालाई तत्काल उद्धार गरिएको डिएसपी राईले बताए। उद्धार गरिएकाहरूमा ट्रकका चालक बागमती नगरपालिका-९, सर्लाहीका २४ वर्षीय दिनेश खत्री, ट्रकमा सवार कन्काई नगरपालिका झापाका भोला दाहाल र भारतीय नागरिक २४ वर्षीय उमेश राजपुत छन्।  , ‘उहाँहरू पौडी खेल्न जान्न हुँदो रहेछ त्यसकारण उद्धार गर्न सम्भव भयो,’ डिएसपी राईले भने।, नदीमा खसेको ट्रक खोजी भइरहे पनि भेटिने सम्भावना कम रहेको उनले बताए।   , सप्तकोशीमा खस्यो ट्रक, पौडी खेलेर बाँचे तीन जना
रासस बाघको आक्रमणबाट कञ्चनपुरको बेलौरीमा एक महिला घाइते भएकी छिन्।, बाघको आक्रमणमा परी बेलौरी नगरपालिका–९ डाडाकुण्डाकी २५ वर्षीया बिन्दु डगौंरा घाइते भएकी हुन् ।, बिहीबार साँझ लालझाडी गाउँपालिका–६ चान्देउस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको छेउमा डगौंरालाई बाघले आक्रमण गरेको बेलौरी–९ का वडाध्यक्ष किसन रानाले जानकारी दिए। उनको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको छ।, डगौंरालगायत १०–१२ महिलाको समूह च्याउ टिप्न गएको थियो। सोही क्रममा बाघले डगौंरामाथि आक्रमण गरेको हो ।, ‘सबैले हो–हल्ला गरेपछि बाघ भाग्दा डगौंराको ज्यान जोगियो,’ वडाध्यक्ष रानाले भने, ‘आक्रमणबाट उनको आँखा र टाउकोमा चोट लागेको छ ।’, यसअघि बाघको आक्रमणबाट बेलौरी नगरपालिकामै एक महिलाको ज्यान गएको थियो।, बाघको आक्रमणबाट कञ्चनपुरमा एक महिला घाइते
रासस नेपाल–भारत सीमावर्ती नाका जमुनाहाबाट सशस्त्र प्रहरीले रु २० लाखसहित एक जनालाई पक्राउ गरेको छ।, नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाहस्थित शर्मा गल्लीबाट शुक्रबार साँझ स्रोत नखुलेको २० लाखसहित २० वर्षीय सोहेल कुरेशीलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो।, सशस्त्र प्रहरी बल नेपाल नं ३० गण बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक  लक्षमण थापाका अनुसार बाँकेको जयसपुरका कुरेशी मोटरसाइकल चढेर भारतबाट नेपालतर्फ आउँदै गर्दा रहकसहित पक्राउ परेका हुन् ।, कुरेशी चढेको मोटरसाइकल जाँच गर्ने क्रममा रकम बरामद गरिएको हो।, मोटरसाइकल चालक भारततर्फ भागेका थिए। रकमसहित कुरेशीलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालयको जिम्मा लगाइएको सीमा सुरक्षा गुल्म जमुनाहले जनाएको छ।  , स्रोत नखुलेको २० लाख रूपैयाँसहित युवक पक्राउ
सेतोपाटी संवाददाता बर्दी लगाएर टिकटक भिडिओ बनाउने २०८ जना  प्रहरी कारबाहीमा परेका छन्।, प्रहरी प्रधान कार्यालयले ‍बर्दी लगाएर  भिडिओ बनाउने र सामाजिक सञ्जालमा राख्ने प्रहरीलाई कारबाही गरेको हो।, २०७७ सालदेखि चालु आर्थिक वर्षको असार २२ गतेसम्म २०८ जना प्रहरीलाई कारबाही गरिएको प्रहरीको केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) कुबेर कडायतले जानकारी दिए।, उनका अनुसार २०७७/७८ मा ८२ जना, २०७८/७९ मा ३० जना  र २०७९/८० मा ९६ जना प्रहरीलाई कारबाही गरिएको हो।, ‘पहिलोपटक चेतावनी दिन्छौँ। दोहोरिएमा एक दिनको तलब कटौटी गर्नेदेखि वढुवा रोक्कासम्म हुन्छ,ʼ डिआइजी कडायतले भने।, २०७७ असोज २२ गते प्रहरी प्रधान कार्यालयले अनुमति नलिई भिडिओ, चलचित्र, टेलिचलचित्र, टिकटक भिडिओ बनाएको पाइएमा कारवाही गर्ने चेतावनी दिएको थियो।, तर, तीन वर्षसम्म पनि सामाजिक सञ्जालमा प्रहरी पोसाकको दुरूपयोग रोकिएको छैन। बर्दीमै भिडिओ बनाएको आरोपमा दैनिक दुई/चार जना प्रहरी कारबाहीमा परिरहने डिआइजी कडायतले जानकारी दिए।, बर्दी लगाएर टिकटक भिडिओ बनाउने २०८ प्रहरी कारबाहीमा
रासस पाँचथरको हेवा खोलामा बेलिब्रिज समयमै नबनेपछि ताप्लेजुङमा खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको अभाव भएको छ।, बाढीपहिराले हेवा खोलामा रहेको मोटरेबल पुल बगाएपछि अहिलेसम्म बेलिब्रिजको निर्माण सम्पन्न नहुँदा मेची राजमार्ग अवरुद्ध बनेपछि ग्यास तथा पेट्रोलियम पदार्थको आपूर्तिमा सहज नहुँदा ग्यास र पेट्रोलियम पदार्थको अभाव भएको हो।, यही असार ३ गते भीषण वर्षासँगै आएको बाढीले पाँचथरको हेवा खोलामा रहेको मोटरेबल पुल बगाएपछि मेची राजमार्ग अवरुद्ध बनेको हो। राजमार्ग अवरुद्ध भएसँगै यातायात तथा ढुवानीका साधन नचल्दा ताप्लेजुङमा ग्यासको अभाव सिर्जना भएको हो।, हाल ग्यास र पेट्रोलियम पदार्थको अभाव भएपछि सदरमुकाम फुङ्लिङसहित जिल्लाका अन्य बजार तथा ग्रामीण क्षेत्रका बासिन्दाको दैनिकी प्रभावित बनेको छ । ग्यास अभाव हुँदा सबैभन्दा बढी फुङ्लिङ बजार क्षेत्रमा कोठा भाडामा लिएर बस्ने परिवार तथा भाडावाल प्रभावित भएका छन् । पढाइ र जागिरका साथै अन्य सिलसिलामा बजारमा कोठा भाडामा लिएर बस्दै आएकाहरु प्रभावित बनेका हुन् ।, ग्यास पाउन छाडेपछि खाना पकाउनका लागि विकल्पमा दाउरा बाल्न थालिएको छ । चुल्हो र आगो बाल्ने ठाउँ भएका परिवारले ग्यासको सट्टामा दाउरा तथा कोइले चुल्हो प्रयोग गरे पनि भाडावालका लागि त्यो असम्भव भएको छ।, सबैतिर दाउरा बाल्ने ठाउँ पनि नहुने हुँदा भाडावाल नै बढी प्रभावित बनेका हुन् । ग्यासको अभावका कारण कष्टपूर्ण दैनिकी बिताउँदै आएको स्थानीय वसन्त लिम्बूले बताए।, ग्यासको अभावमा फुङ्लिङ बजारका होटल व्यवसायी पनि प्रभावित बनेका छन् । ग्यास पाउन छाडेपछि बजारका कतिपय होटलले आफ्नो सेवा प्रवाह नै बन्द गरेका छन् । होटल व्यवसायलाई निरन्तरता दिँदै आएका व्यवसायीले भने हेवा खोलामा रहेको झोलुङ्गे पुल र बाढीले मोटरेबल पुल बगाएपछि सुरु गरिएको अस्थायी तुइन (घिर्नी)मार्फत पाँचथरको फिदिमबाट ग्यास आपूर्ति गर्दै आएका बताइएको छ ।  , मेची राजमार्ग अवरुद्ध बनेसँगै यहाँबाट खाली सिलिन्डर पठाउन र उताबाट आयात गर्न असम्भव भएपछि ग्याससहित पेट्रोलियम पदार्थको सबैभन्दा बढी अभाव भएको ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण थापाले बताए।, अध्यक्ष थापाका अनुसार राजमार्ग अवरुद्ध भएयता हेवा खोलामा डाइभर्सनमार्फत सडक खुलेको मौकामा चार सय ७० जति ग्यास सिलिन्डर भित्रिए पनि त्यो अपर्याप्त भएको छ। ग्यास आपूर्ति गर्न राजमार्ग नखुलेसम्म कुनै विकल्प नरहेको उहाँले बताउनुभयो ।, उनले खाद्यान्न लगायतका सामग्रीका लागि भने सामान्य अवस्था रहेको बताए। डाइभर्सनमार्फत नै बीचमा केही खाद्यान्न सामग्री आयात गर्न सम्भव भएपछि ग्यासजस्तो चरम अभावको स्थिति नरहेको उनको भनाइ छ।, हाल हेवा खोलाको निर्माणाधीन अवस्थामा रहेको बेलिब्रिजको काम सम्पन्न भएर राजमार्ग खुल्ने बित्तिकै ग्यासलगायत सबै वस्तु आपूर्ति हुने र अभावको अन्त्य हुने थापाले बताए।, हेवा खोलाको मोटरेबल पुल र सोही खोलामा रहेको तमोर करिडोरको पुल बाढीले बगाएपछि पाँचथरको हिलिहाङ र याङ्वरक गाउँपालिकासहित सिङ्गो ताप्लेजुङ जिल्ला प्रभावित बनेको हो। मेची राजमार्ग खुलाउन सुरु गरिएको बेलिब्रिजको काम झन्डै महिना दिन बित्न लाग्दासमेत सम्पन्न नहुँदा यातायात सुविधाका कारण सङ्कटपूर्ण स्थिति सिर्जना भएको बताइएको छ ।, हेवा खोलामा ह्युम पाइप लगाएर डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गर्ने प्रयास गरिए पनि पानीको बहाव र बाढीको क्रम नरोकिएपछि सडक खुलाएको केही घण्टामै अवरुद्ध हुने गरेको छ । ग्यास, खाद्यान्नलगायत आवश्यक उपभोग्य वस्तु झापाको बिर्तामोड हुँदै आपूर्ति गर्ने गरिन्छ । त्यस्तै राजमार्ग अवरुद्धका कारण यहाँबाट निर्यातजन्य वस्तु पनि निर्यात भएका छैनन् । पेट्रोलियम पदार्थ आपूर्ति नहुँदा यातायात सञ्चालन गर्नसमेत समस्या भएको छ ।, हेवाखोलाको पुल बगेदेखि ताप्लेजुङमा हाहाकार छ ग्यास र पेट्रोलियम पदार्थ
सेतोपाटी संवाददाता नेपाली सेनाले विभिन्न पदमा गरी झन्डै ४ सय जनाका लागि नयाँ विज्ञापन खोलेको छ।, सैनिक मुख्यालय भद्रकालीका अनुसार मेडिकल, इन्जिनियरिङ, हवाई इन्जिनियरिङ, लेखा, समाचार सम्पादक/वाचक, हवाई सम्भार, ग्राउन्ड ह्यान्डलिङलगायत विभिन्न पदका लागि दरखास्त आह्वान गरिएको हो।, ती पदहरूमा साउन २७ गतेसम्म नियमित शुल्क र भदौ २ गतेसम्म दोब्बर शुल्क बुझाए आवेदन दिन सकिनेछ।  , नेपाली सेनाले खोल्यो झन्डै ४ सय जनाका लागि विज्ञापन
सेतोपाटी संवाददाता भक्तपुरमा १५ दिनदेखि हराएकी महिला मृत भेटिएकी छन्।, सुर्यविनायक नगरपालिका-७ गुन्डुबस्ने ३८ वर्षीया माया नगरकोटी बिहीबार साँझ मृत भेटिएकी हुन्।, असार १३ गतेदेखि हराइरहेकी महिला गुन्डुकै जंगलमा मृत भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) बसन्त पाठकले जानकारी दिए।, ‘शव काठमाडौं मेडिकल कलेज (केएमसी) लगिएको छ, बाहिरी चोटपटक देखिएको छैन,ʼ डिएसपी पाठकले भने।, उनलाई प्रहरीले १६गतेदेखि खोजीरहेको थियो। तर भेटिएकी थिइनन्।, उनका श्रीमान् रामकुमार नगरकोटीको आग्रहमा बिहिबार पुन जंगलको बाहिरी भागमा खोज्दा माया मृत भेटिएको डिएसपी पाठकले जानकारी दिए। ,  , भक्तपुरमा मृत भेटिइन् १५ दिनदेखि हराएकी महिला