content
stringlengths
31
27.4k
बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भरतपुर । चितवनमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१ दियालो रोडमा बसले ठक्कर दिँदा राप्ती नगरपालिका–१३ बाक्सिलिङका १७ वर्षीय फिलिप प्रजाको मृत्यु भएको छ। पुल्चोकबाट पोखरा बसपार्क जाँदै गरेको ना४ख ६३३० नंको बसले आज बिहान ७ः३० बजे साइकलयात्रीलाई ठक्कर दिएको हो। बसको ठक्करबाट घाइते साइकलयात्रीको भरतपुर अस्पतालमा उपचारका क्रममा बिहान ८ बजे मृत्यु हो। बस नियन्त्रणमा रहेको र फरार चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
७० हजारसहित कम्प्युटर अपरेटर पक्राउ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घरेलु तथा साना उद्योग कार्यालय मलङ्गवा, सर्लाहीमा कार्यरत कम्प्युटर अपरेटर नवीनकुमार सिंहलाई रु ७० हजार घुससहित नियन्त्रणमा लिएको छ । उद्योग दर्ता गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा आयोगबाट खटिइएको टोलीले निजलाई घुस रकमसहित सोही कार्यालयबाट नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । यस्तै आयोगले पशुसेवा विभाग हरिहरभवनका लेखा अधिकृत रमेश कार्कीलाई सेवाग्राहीसँग रु आठ हजार ५०० घुस लिँदालिँदै कार्यालय परिसरबाट नियन्त्रणबाट लिएको छ । निजले कार्यालयसँग सम्बन्धित सूचना÷विज्ञापन पत्रिकामा प्रकाशित गरिदिएपश्चात भुक्तानी दिएको रकमबाट सेवाग्राहीसँग घुस लिएका आयोगले जनाएको छ । आयोगले जिल्ला अदालत रुपन्देहीमा कार्यरत नायब सुब्बा बुद्धिप्रकाश न्यौपाने र लेखापाल विनोद शर्मालाई सेवाग्राहीसँग लिएको रु दुई हजार घुससहित नियन्त्रणमा लिएको छ । उनीहरुले धरौटी रकम फिर्ता दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको आयोगले जनाएको छ ।
वैदेशिक रोजगारीमा ठगी गर्ने पक्राउ काठमाडौं । वैदेशिक रोजगारीमा ठगी गर्ने एक व्यक्तिलाई प्रहरीको महानगरीय अपराध नियन्त्रण महाशाखाबाट खटिएको टोलीले पक्राउ गरेको छ । धादिङ घर भई ललितपुर बस्ने मानबहादुर गुरुङलाई काठमाडौँको डिल्लीबजारबाट पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए । वैदेशिक रोजगारको सिलसिलामा आफूलाई रिहाना एजुकेशन कन्सल्टेन्सीका सञ्चालक भन्दै उनले १० लाख ५० हजार ठगी गरेको महाशाखाले जनाएको छ । काठमाडौँ सामाखुशी बस्ने हुमलाल गुरुङसमेतका व्यक्तिहरुले उनी विरुद्ध दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरी थप कारवाहीका लागि बुधबार महानगरी प्रहरी परिसर टेकु बुझाइएको महाशाखाले जनाएको छ ।
त्रिशूलीमा डुबेर एक बालकको मृत्यु नुवाकोट । विदुर नगरपालिका–७ का एक बालकको बुधबार बिहान नदी तर्ने क्रममा त्रिशूली नदीमा डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख अविनारायण काफ्लेका अनुसार विदुर–७ का १४ वर्षीय शङ्कर तामाङको मृत्यु भएको हो । शङ्कर र उनका दुई साथी प्रातः भ्रमणमा निस्किनुभएको थियो । काफ्लेका अनुसार घटना विदुर –१० स्थित तिरतिरे भीर नजिकै भैंसेमा नेपाल विद्युत प्राधिकरणको बाँधमा भएको हो । नहरमा फड्किएर जान लाग्दा तामाङ खोलामा परेको प्रहरी प्रमुख काफ्लेले बताए । तामाङ उत्तरगया माविमा कक्षा ८ मा अध्ययनरत थिए । तामाङको शव नेपाली सेनाको नुवाकोटस्थित जबरजङ्ग गणबाट खटिएको उद्धार टोलीले करीब सात घण्टामा फेला पारेको प्रहरीको भनाइ छ । मृतकको परिवारले प्राधिकरणले नहर तारबार नगरी लापरवाहीले छाडेकाले घटना भएको भन्दै क्षतिपूर्तिको माग गरेको छ ।
प्रेमीसँग बस्न महिलाले आफ्नै ‘हत्या’ गराएपछि… काठमाडौं। प्रेमीसँग बस्नको लागि एक महिलाले आफ्नै र आफ्नी छोरीको हत्या भएको हल्ला फैलाइन् । यतिमात्र होइन पिताको मोवाइलमा आफ्नो रगतमा लत्पतिएको फोटो पठाइन् । पुलिसले यो घटनाको अनुन्धान गर्दै जाँदा २ दिनपछि आमाछोरीलाई नै जिउँदै भेट्टायो । त्यसपछि यो नक्कली हत्या काण्डको आश्चर्यजनक वास्तविकता खुल्यो । आज तकको समाचार अनुसार यो घटना भारतको मध्य प्रदेशको सिंगरौली जिल्लाको हो । जिल्लाको माडा थानामा जगत लाल जयसवालले आफ्नी विवाहित छोरी मन्जु र उनकी ५ वर्षकी छोरी खुशबुको उनका ज्वाइँले घाँटी रेटेर हत्या गरेको उजुरी लेखाए । हत्या गरेपछि ज्वाइँ फरार भएको उनले बताएका थिए । फरार ज्वाइँको फोटो सामाजिक संजालमा भइरल भएको थियो । पिताको उजुरीपछि पुलिसले मुद्दा दर्ता गर्दै सामाजिक संजालमा भाइरल भइरहेको फोटोको जाँच गर्यो । साइबर सेलको सहयोगमा खोजी गर्दै जाँदा पुलिसले उजुरीकर्ताकी छोरी, उनकी ५ वर्षकी नातिनी र छोरीका प्रेमीलाई भेट्टायो । पक्राउ परेका प्रेमी प्रेमिकाले बताएअनुसार पतिसँग खटपट भएपछि सामाजिक संजालमा फोटो भाइरल गरेर पतिलाई फसाउने योजना बनाएका थिए जसको पुलिसले पर्दाफाश गरिदियो ।
व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाको भौचर मेला सम्पन्न काठमाडौं । दुई दिने भौचर मेला मंगलबार सम्पन्न भएको छ । व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाको आयोजनामा भएको मेला मंगलबार सम्पन्न भएको हो । भौचरमा आधारित छोटो अवधिको तालिमा सहभागि हुन आवेदन दिएका मध्ये छनौट भएकाहरुलाई भौचर वितरण गर्ने उद्देश्यले सोमबार र मंगलबार गरी दुई दिने मेलाको आयोजना गरिएको थियो । मेलाबाट सहभागिहरुले भौचर लिएर आफुलाई पायक पर्ने ठाउँमा छनौट भएका तालिम केन्द्रबाट तालिम लिन सक्ने परियोजना निर्देशक चन्द्रकान्त भूसालले बताए । तालिमको सम्पूर्ण शूल्क भौचरका आधारमा सरकारले व्यहोर्ने र सहभागिको कुनै शूल्न नलाग्ने उनले बताए । यो आर्थिक वर्षमा ३१ हजार ७ सय ५० युवाहरुलाई तालिम दिने उद्देश्यले उपत्यकाभन्दा बाहिर नतिजामा आधारित र उपत्यका भित्र भौचरमा आधारित छोटो अवधिको तालिमको आयोजना गर्ने लक्ष्यसहित भौचर मेलाको आयोजना गरिएको थियो । भौचर मेलामा सहभागि हुन २६ हजार ३ सय ५९ जनाले आवेदन दिएपनि १० हजार ९ सय ४१ जनालाई भौचर वितरण गर्ने लक्ष्य राखिएको थियो । सुविधाहिन समूहका दलित, लोपोन्मुख, सिमान्तकृत जनजातिहरुका लागि रोजगारीको अवशर सिर्जना गर्ने उद्देश्यले परियोजना सुरु गरिएको हो ।
झापामा बसको ठक्करबाट बाटो काट्दै गरेकी अपरिचित महिलाको मृत्यु दमक । झापाको दमकमा बसले ठक्कर दिँदा पैदलयात्री महिलाको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्गको दमक पश्चिम बस बिसाउने ठाउँमा आज बिहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना६ख ९३४३ नम्बरको यात्रुबाहक बसले ठक्कर दिँदा अन्दाजी ४६ वर्षीया महिलाको ज्यान गएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। बसको ठक्करबाट बाटो काट्दै गरेकी ती महिलाको घटनास्थलमा ज्यान गएको थियो। मङ्गोल वर्णकी ती मृतक महिलाको पहिचान हुन सकेको छैन । प्रहरीले दुर्घटनामा सङ्लग्न बस र चालकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको दमक प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए ।
मिनीटिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु महोत्तरी । महोत्तरी जिल्लाको जलेश्वर–जनकपुर सडकखण्डको चाँदनीचोकमा मिनीटिपरले ठक्कर दिँदा एक साइकलयात्रीको सोमबार साँझ मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको पिपरा गाउँपालिका–४ का ५५ वर्षीय रामदिनेश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए । धनुषाको जनकपुरबाट महोत्तरीको जलेश्वरतिर आउँदै गरेको बा४ख ५७२८ नंको मिनीटिपरले पिपरा गापा–५ को चाँदनीचोकमा साइकलमा यात्रारत मण्डललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो। उनले मिनीटिपरका चालकलाई नियन्त्रणमा लिइएको र मृतकका शव परीक्षण गर्न गएराति नै जिल्ला अस्पताल जलेश्वरमा पठाइएको बताए ।
बीस किलो चरेस बरामद वीरगञ्ज । सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट भिस्वाले आज बिहान २१ वटा पोकामा रहेको २० किलो ८६० ग्राम लागुऔषध चरेस बरामद गरेको छ । नेपालबाट भारततर्फ अवैधरुपमा लगिरहेको सो चरेस सशस्त्र प्रहरी निरीक्षक हरि पराजुलीको कमाण्डमा खटिएको टोलीले धोबिनी गाउँपालिका–५ ओरिया खोला नजिकबाट बरामद गरेको हो । बिहान ४ः१५ बजेतिर गस्तीमा रहेको प्रहरीलाई देख्नासाथ दुई जना तस्करले सो चरेसको पोका फालेर भागेका थिए । बरामद गरेको चरेस इलाका प्रहरी कार्यालय पोखरीयालाई बुझाइएको बताइएको छ ।
जीप नियन्त्रणमा लिई लुटपाट गर्ने छ जना पक्राउ धनगढी । कैलालीको धनगढीबाट अत्तरियातर्फ गइरहेको बा१८च ९६४३ नं को जीप आइतबार नियन्त्रणमा लिई तोडफोड र लुटपाट गर्ने समूहका छ जनालाई प्रहरीले पक्राउ गरेको छ । गोदावरी नगरपालिकाका सुमित भट्टले चलाएको उक्त जीप धनगढीको बोराडाँडीमा नियन्त्रणमा लिई तोडफोड गर्दै निज भट्टका साथबाट मोबाइलसमेत लुट्ने समूहका व्यक्तिलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले बताए । पक्राउ पर्नेमा कञ्चनपुर भीमदत्तनगरका अजय भण्डारी, गौरव चन्द, चिरन बम, कृष्णपुरका नरेन्द्र साउद, प्रदीप ऐर र धनगढीका पारस सिंह छन् । उनीहरुविरुद्ध डाँका चोरी शीर्षकमा मुद्दा दर्ता गरिएको छ ।
यार्सागुम्बासहित तीन पक्राउ काठमाडौं । काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गाबाट ४ किलो २ सय ४५ ग्राम यार्सागुम्बासहित तीन जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दार्चुला दुहम गाउँपालिका–५ का गर्जेसिंह महरा, भारत उत्तराखण्डका प्रेमसिंह र सोही ठाउँ बस्ने हरिशसिंह रहेको प्रहरी प्रधान कार्यालय काठमाडौँले जनाएको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको टोलीले युके ०४ टिबी १९६७ नम्बर कारमा भित्री पार्टपूर्जा मेकानिक्सद्वारा खोली जाँच गर्ने क्रममा गाडीको सिटमुनि उक्त परिमाणको यार्सागुम्बा फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनालाई सवारी साधन र यार्सागुम्बासहित आवश्यक अनुसन्धान तथा कारवाहीका लागि डिभिजन वन कार्यालय काठमाडौँ पठाइएको प्रहरीले जानकारी दिएको छ ।
सेवाग्राहीसँग प्रहरीले घुस मागेपछि… काठमाडौं । शान्ति सुरक्षा र अमनचयन कायम गराउने जिम्मेवारी लिएको सुरक्षाकर्मीले नै सेवाग्राहीसँग घुस लिए भन्ने सुन्दा तपाईंलाई कस्तो लाग्छ ? पक्कै पनि नराम्रो लाग्छ होला । यस्तै भएको छ मोरङमा । विराटनगर, मोरङमा कार्यरत प्रहरी सहायक निरीक्षक श्यामकुमार दाहालले सेवाग्राहीलाई अनावश्यक दुःख हैरानी दिएको र घुस मागेको पाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोप लगाएको छ । आयोगका अनुसार प्रहरी सहायक निरीक्षक दाहालले खाद्य सामग्री ओसारपसार गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग रु सात हजार घुस लिएको आरोप लागेको छ । आयोगले आरापी दाहाललाई केही दिन पहिले घुस लिँदालिँदै विराटनगरबाट थलोमा नै पक्राउ गरेको थियो । आरोपी दाहालविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । त्यस्तै आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी शिक्षकको जागिर खाएको अभियोगमा बर्दियाका शिक्षक इन्द्रप्रसाद भट्टराईविरुद्ध आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले गोकर्णेश्वर–५ का वडा सचिव दिनेश बाँस्कोटाविरुद्ध आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ । सेवाग्राहीको घर जग्गा एकीकृत सम्पत्ति कर तिर्ने र व्यवसाय दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग रु २५ हजार घुस लिएको अभियोग लागेको छ । आयोगले खरिदार बाँस्कोटालाई घुस लिँदै गरेको अवस्थामा थलोमा नै पक्राउ गरेको थियो ।
विदेशबाट फर्केर गाउँमै तरकारीखेती गरेका मोहनको आम्दानी वार्षिक सात लाख बागलुङ। बागलुङको गलकोट नगरपालिका–२ तोरिखोलाका ३९ वर्षीय मोहन घर्तीमगरले विदेशबाट फर्केर गाउँमै तरकारीखेती गरी मनग्य आम्दानी गर्दै आएका छन्। तेह्र वर्ष साउदी अरब र तीन वर्ष दक्षिण कोरिया बिताएर नेपाल फर्किएका मगरले गाउँमै तरकारी उत्पादन गरी विदेशमा भन्दा राम्रो आम्दानी गर्न थालेका हुन्। वैदेशिक रोजगारबाट सन्तुष्ट नभएका मगर आफ्नै घरमा दैनिक तरकारीखेतीमा काम गर्दा निकै सन्तुष्ट भएको बताउँछन्। उनको घर नजिकै आफ्नै बारीमा तीन हाइटेक प्रविधि तथा चार वटा बाँस प्रयोग गरेर बनाइएका टनेल छन्। टनेलमा अहिले गोलभेँडा, ब्रोकाउली, काउली, रायो साग, सिमी र मुला छन्। वैदेशिक रोजगारमा जाँदा अनेक ठक्कर खाए पनि गाउँमै आएर तरकारी उत्पादन गर्दा आम्दानी र सन्तुष्टि दुवै मिलेको उनको भनाइ छ । घर्तीका अनुसार, गलकोट क्षेत्रका अधिकांश युवा पलायन भएको सन्र्दभमा उनले गाउँ फर्केर तरकारी खेती गर्न थालेका हुन्। ‘विदेशमा १५ वर्ष बिताएँ, तरकारीखेती गर्न थालेको आठ वर्ष बितिसक्यो’, घर्तीले भने –‘आफ्नै गाउँ ठाउँमा विदेशमा कमाउने गरेको भन्दा राम्रो कमाइ गर्न थालेको छु।’ उनले लाफा अर्गानिक ताजा तरकारी फर्ममार्फत अहिले वार्षिकरूपमा रु छ देखि सात लाख आम्दानी गर्दै आएको बताए। उनका अनुसार टनेल, थोपा सिँचाइलगायतका संरचनाका लागि हालसम्म रु १०/१२ लाख लगानी भइसकेको छ। थापा परिवार पाल्न र सामान्य खर्चका लागि कसैको हात थाप्न नपरेको बताउँन्छन्। विदेशमा गरेको कमाइभन्दा स्वदेशमै आफ्नो परिवारको साथमा बसेर गरेको कमाइ धेरै भएको थापाको भनाइ छ। तरकारी व्यवसायलाई उनकी श्रीमती खिमकुमारी र बाबा वीरबहादुर घर्ती मगरले समेत सघाउँदै आएका छन्। सिँचाइको पर्याप्त सुविधा तथा उर्वर भूमिमा हाइटेक टनेल भएपछि बाह्रै महिना बेमौसमी तरकारी उत्पादन हुने कृषक मगरको भनाइ छ। उउनले यही याममा मात्रै रु एक लाख बराबरको गोलभेँडा र काउली बिक्री गरिसकेको बताए। झण्डै रु एक लाख बराबरको तरकारी बजार पठाउने तयारीमा रहेको उनको भनाइ छ। मगरका अनुसार, आफ्नै जग्गा र आफँै श्रम गर्ने भएकाले शुरुको लगानी, प्राविधिक खर्च र मलबाहेक अन्य सबै आम्दानी बचत हुन्छ। मगरले बचतको रकमले लगानी विस्तार समेत गर्दै गएका छन्। उनले सात टनेललाई वृद्धि गरेर १५ वटा पु¥याउने लक्ष्य राखेका छन्। उनलाई कृषि ज्ञान केन्द्र पर्वतले गत वर्ष दुई वटा हाइटेक टनेल अनुदानमा उपलब्ध गराएको थियो। उत्पादन भएको जैविक तरकारी नजिकैको हटिया बजारमा खपत हुँदै आएको छ। रासस
बिहीबार बिहान झण्डै तीन घण्टा खण्डग्रास सूर्यग्रहण काठमाडौं। यही पुस १० गते बिहीबार पौष कृष्ण औँसीका दिन बिहान खण्डग्रास (आधा ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। ग्रहणले बिहान ८ः४२ मा स्पर्श गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए। पश्चिम र नैऋत्य कोणको बीचबाट बिहान ग्रहण शुरु हुनेछ। बिहान १०ः०१ बजे मध्य हुने ग्रहण ११ः३१ बजे समाप्त हुनेछ। पूर्व र आग्नेय कोणको बीचबाट ग्रहण समाप्त हुने समितिले जनाएको छ। ग्रहण लाग्नुभन्दा चार प्रहर (१२ घण्टा) अघि अर्थात पुस ९ गते बेलुकी ८ः४२ देखि बालक, वृद्ध र रोगीबाहेकलाई शास्त्रीयरूपमा भोजन निषेध रहेको उनले सुनाए। ग्रहणका बेलामा खानपिनलगायत महत्वपूर्ण कामका लागि निषेध गरिएको छ। ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न भने शुभ हुन्छ भन्ने शास्त्रीय मान्यता छ। ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम मानिन्छ। ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ। ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लिखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ। सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद्समेत रहेका गौतमले बताए। सुतक लागेपछि भोजन गर्न नहुने धार्मिक विश्वास छ। ग्रहण हेर्न कर्कट, तुला, कुम्भ र मीन राशि हुनेहरुका लागि राम्रो छ। बाँकी राशिकालाई शुभ फल नदिने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख गरिएको छ। मेष राशि हुनेलाई माननाश, वृषलाई कष्ट, मिथुनलाई स्त्रीपीडा, कर्कटलाई सौख्य, सिंहलाई चिन्ता, कन्यालाई व्यय, तुलालाई श्रीप्राप्ति, वृश्चिकलाई क्षति, धनुलाई घात, मकरलाई व्यय, कुम्भलाई लाभ र मीनलाई सुख प्राप्तिको फल प्राप्त हुने जनाइएको छ। शुभ फल मिल्ने राशि भएकालाई पनि सूर्यग्रहण प्रत्यक्ष आँखाले भने नहेर्न समितिले आह्वान गरेको छ। कुनै भाँडामा पानी राखेर वा सुरक्षित यन्त्रका माध्यमबाट सूर्यग्रहण हेर्न सकिने छ। बिदा छैन : गृह यसअघिका सूर्यग्रहणका बेला सरकारले सार्वजनिक बिदा दिने गरेको थियो। यसपटक भने क्यालेन्डर (वार्षिक पात्रो) मा बिदा उल्लेख नगरिएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए। क्यालेण्डरमा बिदा नभएको बेलामा सरकारले निर्णय गरेर बिदा दिने गरेकामा हालसम्म सूर्यग्रहणका लागि पुस १० गते सार्वजनिक बिदा दिने निर्णय नभएको उनले बताए। ग्रहण बार्नेका लागि बिहान १० बजे कार्यालय पुग्न अप्ठ्यारो हुने भएकाले बिदा दिए सहज हुने मागसमेत गरिएको छ। बिहान साढे ११ बजेसम्म भोजनसमेत नगर्नेका लागि असहज हुने मैतीदेवीका नारायणप्रसाद घिमिरेले गुनासो गरे।
कर्णालीका प्रत्येक वडामा स्वास्थ्य संस्था निर्माण कार्य शुरु जाजरकोट। कर्णाली प्रदेशमा दुई वर्षभित्र १ सय ७० वटा आधारभूत स्वास्थ्य केन्द्र निर्माण गर्ने उद्देश्यका साथ काम शुरु भएको छ। स्वास्थ्य संस्था निर्माण कार्य शुरु भएसँगै स्थानीयवासी खुशी भएका छन्। बसैनि कुनै न कुनै समस्याबाट पीडित बन्दै आएको कर्णालीका दुर्गम जिल्लामा सङ्घीय सरकार र स्थानीय सरकारको सहकार्यमा स्वास्थ्य संस्था निर्माण कार्य शुरु भएसँगै गाउँमै औषधि पाउने भन्दै स्थानीयवासीले खुशी व्यक्त गरेका हुन्। दुर्गम गाउँबाट स्वास्थ्य संस्था आउन दिनभरि लाग्ने बाध्यता हट्ने जाजरकोट नलगाड नगरपालिका–८ मङ्सिरीका तेजबहादुर सिंहले विश्वास व्यक्त गरे। त्यस्तै स्वास्थ्य संस्था नहुँदा समस्या भोग्दै आएका उपल्लो डोल्पावासी खुशी भएको शे फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष टसी तुन्डुप गुरुङले जानकारी दिए। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कर्णाली प्रदेशका जाजरकोट, डोल्पा, कालिकोट, मुगु र हुम्ला जिल्लामा स्वास्थ्य संस्था नभएका ठाउँमा दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गर्नका लागि बजेट र स्वास्थ्यकर्मीको व्यवस्थापन गरेको हो। दुर्गम तथा पछाडि परेको कर्णाली प्रदेशमा बजेट व्यवस्थापनसहित स्वास्थ्यकर्मीको दरबन्दी पठाएसँगै यहाँको स्वास्थ्य अवस्थामा सुधार आउने कर्णालीवासीले अपेक्षा लिएका छन्। पायक पर्ने ठाउँमा स्वास्थ्य संस्था नहुँदा रोग पालेर बस्नुपर्ने कर्णालीवासीको समस्या स्वास्थ्य संस्था निर्माणसँगै खटाइने स्वास्थ्यकर्मीले समस्या हल गर्ने स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले बताए। उनले भने, ‘कर्णाली प्रदेशमा देखिएको समस्या केही हदसम्म नयाँ कार्यक्रमले हल गर्नेछ, जनशक्ति पनि आवश्यकतानुसार परिचालन गरिनेछ।’ उनका अनुसार सबै जिल्लामा पहिले स्वास्थ्य संस्था नभएको ठाउँमा नयाँ निर्माण कार्य शुरु भइसकेको छ। जाजरकोटमा ४४, डोल्पामा ३९, कालीकोटमा ५२, मुगुुमा २२ र हुम्लामा १३ वटा आधारभूत स्वास्थ्य केन्द्र निर्माण कार्य शुरु भएको हो। मन्त्रालयले कर्णालीका अन्य रुकुम, सुर्खेत, सल्यान, दैलेख, जुम्लामा समेत स्वास्थ्य संस्था मर्मत तथा निर्माण एवं खर्च व्यवस्थापका लागि बजेट निकासा गरेको छ। त्यस्तै प्रत्येक जिल्लाको निर्वाचन क्षेत्रमा १५ शय्याको अस्पताल निर्माणका लागि छिट्टै पहल शुरु भएको छ। सरकारले अघि सारेको एक वडा एक स्वास्थ्य संस्था निर्माण कार्यले गति लिएको छ। आर्थिक वर्ष ०७५/७६ को बजेट भाषणमार्फत स्थानीय तहसँगको लागत सहभागितामा आगामी दुई वर्षभित्र सबै वडामा न्यूनतम एक स्वास्थ्य संस्था स्थापना गर्ने गरी जनसङ्ख्या तथा स्वास्थ्य मन्त्रालयले बजेट वितरण गरेको थियो। चालू आव ०७६/७७ को नीति तथा कार्यक्रममा सबै स्थानीय तहका सबै वडाहरुबाट प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराइने उल्लेख थियो। सोहीबमोजिम स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माण तथा सेवा सञ्चालन हुने भएका हुन्। गत वर्ष स्वास्थ्य संस्था नभएका वडाहरुमा आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माण तथा सञ्चालनसम्बन्धी कार्यविधि, २०७६ संशोधनसहित स्वीकृत भइसकेको छ। कार्यविधि स्वीकृतिसँगै गत आर्थिक वर्ष ०७५/७६ मा एक हजार २०० वडामा र चालू आवमा एक हजार ३९० गरी जम्मा दुई हजार ५९० वडामा स्वास्थ्य चौकी निर्माण तथा सञ्चालनको कार्यविधि स्वीकृत भएसँगै आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माणको बाटो खुलेको हो। स्वीकृत कार्यविधि बमोजिम आधारभूत स्वास्थ्य सेवा प्रवाह गर्न प्रति संस्था रु पाँच लाख र सम्बन्धित स्थानीय तहबाट निर्माण हुने संस्था टाइप १ को लागत अनुमान रु ६३ लाख ४६ हजार ६३० र टाइप २ को रु ३८ लाख ८६ हजार ९२० निकासा गरेको छ। रासस
छ किलो कोकिनसहित चार जना विदेशी नागरिक पक्राउ काठमाडौं । नेपाल प्रहरीले ६ किलोग्राम अवैध लागुऔषध कोकिनसहित चार विदेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले अवैध रुपमा लागुऔषध लिएर हिँडेको अवस्थामा बेलारुसी नागरिक पाभेल भेसिलयु, एलिना एल्डोसाइना, बोलिभियन नागरिक रोवर्टो कार्लोस मेरुविया मेरिइस र राउल जम्ब्राना ओर्डोनेजलाई शनिबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । ब्यूरोका प्रमुख, प्रहरी नायब महानिरीक्षक दिनेश अमात्यले पाभेल र एलिनालाई काठमाडौँबाट हङकङ जान लागेको अवस्थामा त्रिभुवन विमानस्थल र मेरिइस र ओर्डोनेजलाई लाजिम्पाटको लस्ट गार्डेन होटलबाट पक्राउ गरिएको जानकारी दिए । “विमानस्थलमा पक्राउ परेका पाभेल र एलिनाको बयानका आधारमा मेरिइस र ओर्डोनेजलाई पक्राउ गरेका हौँ,” उनले भने । विमानस्थलको प्रस्थान कक्षमा पाभेल र एलिनाको सुटकेश चेकजाँच गर्ने क्रममा दुवै जनाको सुटकेशमा रहेको ज्याकेटमा फल्स बटम बनाइ लैजान लागेको अवस्थामा पक्राउ गरेको ब्यूरोले जनाएको छ । प्रहरीले पक्राउ परेकासँग ६ किलो कोकिनसमेत बरामद गरेको छ । बरामद भएको कोकिनको मूल्य करोडौँ पर्ने प्रहरीले जनाएको छ । पक्राउ परेका चारै जनालाई लागुऔषध नियन्त्रण ऐन बमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।
इराक कुर्दिस्तानमा रहेका नेपाली इसाई धर्मावलम्बीहरूले मनाए ख्रीष्टमस सुलेमानी । इराक कुर्दिस्तानमा रहेका नेपाली इसाई धर्मावलम्बीहरूले मेरी ख्रीष्टमस मनाएका छन् । गएको शुक्रबार  कुर्दिस्तानको सुलेमानी शहरमा नेपाली  इसाईहरुद्वारा स्थापना गरेको  चर्चमा विशेष कार्यक्रम गरेर मेरी  ख्रीष्टमस मनाएका हुन् । कार्यक्रममा कुर्दिस्तानमा रहेका इर्बिल शहर र सुलेमानीमा रहेका नेपाली इसाईहरूको उल्लेख संख्यामा उपस्थिति रहेको थियो। कार्यक्रममा कुर्दिस्तानमा रहेका विभिन्न संघ संस्थाका पदाधिकारीहरू र अन्य नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई पनि निमन्त्रणा गरिएको थियो। मेरी ख्रीष्टमस कार्यक्रमलाई विधिगत रुपमा कुर्दिस्तान सुलेमानी ग्रुपले समापन गरि निमन्त्रणामा आएका पाहुनाहरूलाई धन्यवाद ज्ञापन गरिएको थियो। कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम पनि मण्डली ग्रुपबाट पस्किएको थियो। कार्यक्रममा सहभागी भएका पाहुनाहरूले इराकमा रहेर पनि सबैले आफ्नो आस्थाको धर्मलाई उजागर गरि प्रवासमा रहेका नेपालीहरूलाई एकजुट गराउन महत्त्वपूर्ण भूमिका खेलेकोमा धन्यवाद दिएका थिए।
नुवाकोटको मुल्थलामा आइचर दुर्घटना, २ जनाको मृत्यु विदुर । नुवाकोटको विदुर नगरपालिका–६ स्थित मुल्थलामा बाटोको काम गर्ने नागार्जुन कन्स्ट्रक्सन कम्पनी प्रालिका कर्मचारीको आइचर दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ। मुल्थलाबाट चैनपुरतर्फ काम गर्न जाँदै गरेको बा२क ७९१० नंको आइचरमा सवार सोही कम्पनीका कर्मचारी दुईजनाको दुर्घटनामा परी मृत्यु भएको नुवाकोट प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले बताए। नायब उपरीक्षक थापाका अनुसार आइचरमा सवार नागार्जुन कन्स्ट्रक्सन कम्पनीका कर्मचारीहरु बाटोको काम गर्न चैनपुर जाँदै गर्दा दुर्घटना भएको बताए । मृत्यु हुने दुईजनाको पहिचान खुलेको छैन । घाइते छ जनामध्ये दुई जनालाई काठमाडौँ ‘रिफर’ गरिएको र चारजनाको त्रिशूली अस्पतालमा उपचार भइरहेको उनले बताए ।
किन बोलाइन् राष्ट्रपतिले शितल निवासमा नेकपाका नेताहरु ? काठमाडौंं। राष्ट्रपति विद्यादेवी भण्डारीले सत्तारुढ दलका नेता र केही मन्त्रीलाईसमेत शितल निवास बाेलाएको विषयले सोही दिनको पार्टी स्थायी कटिमीको बैठकमा उग्ररुप लिन पुग्यो। राष्ट्रपति पदीय मर्यादा भन्दा बाहिर गई सक्रिय भूमिका निर्वाह गर्न खोजेकोले पार्टीलाई अप्ठेरो पर्न थालेको भन्दै बैठकमा चर्को आलोचना भयो।  पार्टी अध्यक्ष प्रचण्डलेसमेत आफूलाई जाकारी नदिइकन नेताहरु राष्ट्रपति भेट्न गएको भन्द बैठकमै आक्रोश व्यक्त गरे। आखिर राष्ट्रपतिले किन बोलाइन मन्त्री र नेताहरु? यो प्रश्नको जवाफ पार्टी बैठकमा कसैले खाेजेनन्। बरु, गुटगट प्रभावका कारण राष्ट्रपति विरुद्ध खनिने विरुद्धको स्वर चर्को भयो। डिसी नेपालको खोजमा राष्ट्रपतिले अर्थ मन्त्री डा. युवराज खतिवडा, कृषिमन्त्री घनश्याम भुसाल र उर्जामन्त्री वर्षमान पुन वन मन्त्री शक्तिबहादुर बस्नेतसहितका नेकपाका नेताहरु सुरेन्द्र पाण्डे, देवेन्द्र पौडेल, देव गुरुङ, विष्णु रिमाल, शंकर पोखरेल, प्रदीप ज्ञवालीलगायतलाई बोलाउनुको पछाडि त्रिभुवन विश्व विद्यालयको दुई दिन अगाडि सम्पन्न दिक्षान्त समारोह र त्यसको तयारीका क्रममा राष्ट्रपतिलाई भएको ब्रिफिङसँग जोडिएको पत्ता लागेको छ। त्रिभुवन विश्वविद्यालयका केही प्राध्यापकहरुले दिक्षान्त सामाराेहका सन्र्दभमा राष्ट्रपतिलाई भेट्दा देशको अर्थतन्त्रको बारेमा चिन्ता व्यक्त गरेका रहेछन्। राष्ट्रपतिले यही प्रसंग जोडेर विश्व विद्यालयका प्राध्यापकहरुले व्यक्त गरेको चिन्ता सही हो की होइन भन्ने जानकारी लिन चाहेकी थिइन्। युवा र बौद्धिक साथीहरु तपाइँहरु सरकार र पार्टीमा हुनुहुन्छ। अरु युवा बौद्धिक साथीहरुलाई पनि एकै ठाउँ भेला गर्न चाहेकी थिएँ तर ठाउँको उपलब्धताकोे कारणले यहाँहरुलाई मात्र बोलाउन सकेँ। त्रिविको दिक्षान्तको बेला अर्थतन्त्रको समस्या सम्बन्धि कुरा सुनेपछि हुटहुटी पोख्न चाहेकी हुँ।’ र, मन्त्री र नेताहरुसँगको छलफल यही प्रसंग सुरु गर्दै बजेट र नीति तथा कार्यक्रममा देखिएका समस्याहरु अर्थमन्त्री र युवा नेताहरुले बुझ्नु जरुरी लागेकाले आफूले बोलाएको बताएकी थिइन्। राष्ट्रपतिको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘युवा र बौद्धिक साथीहरु तपाइँहरु सरकार र पार्टीमा हुनुहुन्छ। अरु युवा बौद्धिक साथीहरुलाई पनि एकै ठाउँ भेला गर्न चाहेकी थिएँ तर ठाउँको उपलब्धताकोे कारणले यहाँहरुलाई मात्र बोलाउन सकेँ। त्रिविको दिक्षान्तको बेला अर्थतन्त्रको समस्या सम्बन्धि कुरा सुनेपछि हुटहुटी पोख्न चाहेकी हुँ।’ सहभागी सबैले राष्ट्रपतिको जवाफ दिन पाएनन्। पार्टीको बैठक सुरु भइसकेको भन्दै राष्ट्रपतिसँग फेरि छलफल गर्नेगरी छलफल टुंग्याउनु परेको थियो। राष्ट्रपति भण्डारीले नेताहरुलाई शनिबार विहान नौ बजे शितल निवास बोलाएकी थिइन्। स्थायी कमिटी बैठक शनिबार ११ बजे बोलाइएको थियो। नेताहरुले दुई घण्टामा भेटवार्ता सकिन्छ होला भनेर पार्टी अध्यक्षलाई खबर गरिनन्। तर छलफल गर्दा र खाना खाँदा ढिला भइसकेको थियो। उनीहरु पौने १२ बजे बैठकस्थलमा पुगेका थिए। राष्ट्रपतिलाई भेटेर फर्किएका नेकपा नेता स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल भन्छन्–राष्ट्रपतिले बजेट र नीति तथा कार्यक्रमको विषयमा चासा राख्नु भएको हो।’ त्यसैमा छलफल भयो। नीति तथा कार्यक्रमसँग प्रत्यक्ष नजोडिएका भएपनि नेपकाभित्र पूर्वमाओवादी समूह, पूर्व एमालेका मावध नेपाल समूह र केपी ओली समूहका नेतालाई एउटै ठाउँमा भेला परेर छलफल गर्नुले उनले कार्यकारी अधिकार प्रयोग गर्न चाहेको आरोपलाई पुष्टि गर्ने आधार दिएको छ। तर, नेता पौडेल भने राष्ट्रपतिले राम्रो काम गर्न सुझाव र शुभकामना दिएको बताउँछन्। उनले डिसी नेपालसँग भने–राष्ट्रपतिले कुनै पनि विषयमा निर्देशन दिनु भएको छैन।’ पार्टी बैठकमा ढिला आएकोमा अध्यक्ष प्रचण्ड रिसाएको प्रसंग सार्वजनिक हुँदा नेता पौडले भन्छन्–राष्ट्रपतिकहाँ जान लागेको जानकारी अध्यक्षलाई गराएका हौं। राष्ट्रपतिले बोलाउनु भयो खाना खुवाएर पठाउनु भयो।’
मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौं । काठमाडौँको गोकर्णेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिका–११ कपन कृष्णमन्दिर सडकमा बा७प ८८५१ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा झापा धुलाबारी नगरपालिका–१३ का ५५ वर्षीय यासाङ ढुन्दु शेर्पाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते शेर्पाको उपचारका क्रममा हेल्पिङ ह्याण्ड अस्पताल चाबहिलमा उपचार क्रममा शनिबार मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रेस सङ्गठनको राष्ट्रिय भेला पुस १२ मा काठमाडौं । प्रेस सङ्गठन नेपालको एकतापछि शपथ ग्रहण प्रथम राष्ट्रिय भेला तथा कार्यक्रम यही पुस १२ गते काठमाडौँमा हुने तय भएको छ । भेलामा सङ्गठनका केन्द्रीय कमिटीका सदस्य, केन्द्रीय आयोगका सदस्य, प्रदेश कमिटीका पदाधिकारी, जिल्ला (प्रतिष्ठान र एसोसिएट) का संयोजक र सहसंयोजक सहभागी हुने केन्द्रीय सहसंयोजक गणेश बस्नेतले जानकारी दिए। उनका अनुसार प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यता र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विशेष आतिथ्यतामा भेला हुने तय भएको छ । भेलामा सचिवालयका नेताहरु, तत्कालीन नेकपा (एमाले) र तत्कालीन नेकपा (माओवादी केन्द्र) का प्रचार विभागका प्रमुखसमेतलाई आमन्त्रण गरिएको छ । तत्कालीन प्रेस चौतारी नेपाल र प्रेस सेन्टरबीच एकता भई २४९ सदस्यीय प्रेस सङ्गठन नेपाल गठन भएको थियो । सङ्गठनको प्रदेश र जिल्लास्तरमा पूर्णताको काम लगभग सम्पन्न भएको छ । सङ्गठनका संयोजक महेश्वर दाहाल र सहसंयोजक बस्नेतले गत मङ्सिर १० गते केन्द्रीय कमिटीलाई पूर्णता दिइ प्रदेश र जिल्लास्तरमा एकता गर्न निर्देशन दिए ।
रामपुरलाई फोहोरमैला व्यवस्थापनको चुनौती पाल्पा। प्रकृतिले धेरै सुन्दरता दिए पनि आन्तरिक फोहोरमैलाको व्यवस्थापन नहुनु पाल्पाको रामपुर नगरपालिकाका लागि चुनौतीको विषय बनेको छ। प्रकृति र संस्कृतिको बरदानजस्तै बनेको रामपुरमा फोहरमैला सङ्कलन गरेर नगरपालिकाले राम्रो आम्दानी गर्न सक्ने भए पनि उचित व्यवस्थापन नहुँदा फोहर मोहरमा परिणत हुन त परै जाओस् दिनप्रतिदिन प्रदूषण बढ्दै जाने चिन्ता थपिएको छ। रामपुरको मुख्य बजार बेझाड क्षेत्र हो। बेझाड बजारका अलावा विजयपुर, किसानवारी बजार, इस्लामपुर क्षेत्रमा निस्कने फोहर नगरपालिकाले व्यवस्थापन गर्न नसक्दा वातावरण प्रदूषण बढिरहेको छ। बेझाड बजार क्षेत्रमा निस्कने फोहरमैला रामपुर नगरपालिकाको प्राङ्गणमा नै फाल्ने गरिएको छ। बेझाड बजार क्षेत्रबाट शनिबारबाहेक हरेक दिन टिपरमा सङ्कलन गरेर ल्याइएको फोहरमैला नगरपालिकाको प्राङ्गणमा नै फालिने गरिएको छ। यसले यहाँ दुर्गन्ध बढाएको छ। रामपुरमा हुने ठूला–ठूला महत्वपूर्ण कार्यक्रम यही गरिन्छ नै फोहरमैला फालिएको ठाउँ नजिकै राधाकृष्ण मन्दिर, शिवालय मन्दिर रहेका छन्। बेझाड बजार क्षेत्रमा जनघनत्व बढी रहेकाले यहाँ दैनिक तीन टिपर जति फोहरमैला निस्कने गर्छ। बेझाडको मुख्य बजारचोक, बाङ्गेपसल, सहकारी पथ, नहर अफिस, हुलाक पेट्रोलपम्प, बसपार्क, स्कूलरोड, रामपुर आवासीय बोर्डिङ, भूपू बोर्डिङ, होटल श्रीनगरसम्म घर– घरमा पुगेर टिपरमार्फत सङ्कलन गरिएका फोहोरजन्य सामग्री नगरपालिका परिसरमा फाल्ने काम भइरहेको छ। मासिक एक घरधुरीबाट रु एक सय शुल्क लिएर फोहर सङ्कलन गर्ने काम भइरहेको बेझाड बजार फोहरमैला व्यवस्थापन समिति संयोजक तथा रामपुर नगरपालिका–५ का सदस्य काशीनाथ रेग्मी बताउँछन्। यहाँ ५५० घरधुरीको फोहर सङ्कलन गर्ने काम भइरहेको उनले बताए। मासिक करीब रु ५० हजार जति आम्दानी हुने गरेको छ। फोहरमैला सङ्कलनबाट उठेको रकम फोहरमैला व्यवस्थापनका लागि आवश्यक सामग्री खरीद, तीन कर्मचारीलाई तलबमा खर्च हुने गरेको उनले जानकारी दिए। बजार क्षेत्र नजिकै मन्दिर परिसर, नगरपालिका परिसर नजिकै फोहरमैला फ्याँक्ने कार्यले रामपुरको वातावरणमा प्रभाव पारेको बजारवासी दुर्गाप्रसाद पोखरेल बताउँछन्। ‘नगरपालिकामा सेवा लिन जाँदा, मन्दिरमा जाँदा फोहर गन्हाएर दुर्गन्ध फैलने गरेको छ, वर्षौदेखिको फोहरमैलाको समस्या नगरपालिकाले अहिलेसम्म व्यवस्थापन गर्न नसक्दा यसले वातावरणमा प्रतिकूल असर पारिरहेको छ’, उनले भने। नगरपालिका आफैँले फोहर व्यवस्थापन गर्नु त परै जाओस् आफ्नै प्राङ्गणमा फोहर फालेर आफै टुलुटुलु हेरेर बसिरहेको उनले बताए। फोहरमैला फालिएको बाटो भएर नगरपालिका कार्यालय, मालपोत र नापी कार्यालयमा सेवा लिन जाने नागरिक मुख थुनेर हिँड्नुपर्ने अवस्था रहेको बेझाड बजार व्यवस्थापन समितिका अध्यक्ष विनोद श्रेष्ठ बताउँछन्। सफा र सुन्दर नगरको परिकल्पना बोकेको रामपुर नगरपालिकाको पहिलो प्राथमिकता फोहरमैला व्यवस्थापन गर्नुपर्ने उनको भनाइ थियो। नगरपालिकाभित्र निस्कने फोहरमैला व्यवस्थापनका लागि विस २०७१ मा रामपुर नगरपालिका–४ को गाबुडाँडामा २५ रोपनी जग्गा लिइएको छ। त्यहाँका केही स्थानीयवासीको असमझदारीका कारण फोहरमैला व्यवस्थापनको काम अगाडि बढ्न सकेको छैन। विजयपुर बजार क्षेत्रमा निस्केका फोहरमैला सम्बन्धित घरधनी आफैले व्यवस्थापन गर्दै आइरहेका छन्। किसानबारी बजार क्षेत्रमा निस्कने फोहरमैला बजार व्यवस्थापन समितिले निश्चित ठाउँमा सङ्कलन गरी व्यवस्थापन गर्दै आइरहेको अध्यक्ष गिरीराज अधिकारी बताउँछन्। ‘बजारबाट निस्कने फोहरमैला थोरै पर लगेर एकै ठाउँमा खाल्डो खनेर पुर्ने काम गरिएको छ, आफ्ना घर–घरमा निस्कने फोहर व्यवस्थापन गर्न अनुरोध गरिएको छ र नियमितरूपमा फोहर घरधनीले उठाउने कार्य भइरहेको छ’ उनले भने। केही वर्षअघि रामपुर साना शहरी खानेपानी आयोजनाबाट फोहरमैला व्यवस्थापन शीर्षकमा आएको रु एक करोड रकम काम गर्न नसकेर ‘फ्रिज’ भएर गएको नगरपालिकाका प्रवक्ता हुमनाथ न्यौपाने बताउँछन्। ‘फोहर व्यवस्थापनका विषयमा नगरपालिकामा पटक–पटक छलफल भइरहेको छ, नगरपालिकाले वर्षेनी बजेट विनियोजन गरे पनि व्यवस्थापन गर्न नसकिएको अवस्था छ’, उनले भने। सफा सुन्दर नगरपालिका रहनुपर्छ तर व्यवस्थापन गर्न नसक्दा दुर्गन्ध बढेको, रामपुरको मुटुको बेझाड बजारमै फोहर यत्रतत्र छरिएको देख्दा समग्रमा रामपुरमा नराम्रो प्रभाव पारिरहेको नगर प्रवक्ता न्यौपाने स्वीकार्छन्।
चिसो बढेसंगै राजविराजका विद्यालय तीन दिनका लागि बन्द गरियो सप्तरी। सप्तरीको राजविराज नगरपालिकाका सम्पूर्ण विद्यालय अगामी तीन दिनका लागि बन्द गरिने भएको छ। राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले शनिबार जारी गरेको विज्ञप्तिमा केही दिनयता अत्यधिक चिसो बढेकाले विद्यालय जाने बालबालिकालाई असर पर्ने भएकाले यही पुस ६ देखि पुस ८ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएको जनाइएको छ। तीन दिनका लागि राजविराज नगर क्षेत्रभित्र पर्ने सम्पूर्ण संस्थागत (निजी) तथा सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ। त्यस्तै चिसो बढेसँगै दैनिक जनजीवन प्रभावित भइरहेको अवस्थामा समय अनुकूल नभएमा विद्यालयका प्रधानाध्यापकसँग छलफल गरी पुनः बन्दलाई निरन्तरता दिइने नगरपालिका अध्यक्ष यादवले जानकारी दिए। विगत तीन/चार दिनदेखि लगातार तराई मधेशमा बढेको शीतलहर र चिसोका कारण स्थानीय बजारमा चहलपहल कम देखिएको छ। बाक्लो हुस्सुसँगै पश्चिमी हावा चल्दा बढेको अत्यधिक चिसोले सप्तरीको राजविराजलगायत पूर्वी तराईको जनजीवन प्रभावित बनेको छ। चिसोका कारण सर्वसाधारणलाई घरबाट बाहिर निस्कन पनि सकस परेको छ।रासस
चिसो अझै बढने, धनगढीको न्यूनतम तापक्रम माइनसमा झर्यो काठमाडौं। पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात र पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज एक बुलेटिन जारी गदैँ पश्चिमी वायुको प्रभावले देशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात र वर्षा हुने सम्भावना रहेकाले तापक्रममा गिरावट आई चिसो बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउ आग्रह गरेको छ। त्यस्तै मौसमविद्का अनुसार तराईमा बाँक्लो हुस्सु र कुहिरो लागेका कारण चिसो बढेको छ। चिसोले तराईको जनजीवन कष्टकर बनेको छ। हाल देशका मध्य तथा पूर्वी तराईका अधिकांश स्थानमा हुस्सु÷कुहिरो लागेको छ। पश्चिमी भू–भागलगायत पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। राति देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमी भेगका उच्च पहाडी /हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात र पश्चिमी पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको औँल्याइएको छ। आइतबार देशका पूर्वी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने सम्भावना रहेको महाशाखाले जनाएको छ। सोमबार देशका पूर्वी भू–भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको जनाइएको छ। महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सात दशमलव शून्य डिग्री सेल्सियस रहेको छ। त्यस्तै आज धनगढीको न्यूनतम तापक्रम माइनसमा झरेको छ।रासस
बागलुङको सिसाखानीतर्फ जाँदै गरेको जिप दुर्घटना बागलुङ । बागलुङको खर्वाङ बजारबाट सिसाखानीतर्फ जाँदै गरेको जिप आज बिहान दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्र्यालयले जनाएको छ। लु१च ७७१८ नंको पिकअप जिप बडिगाड गाउँपालिका–२ सक्न्यार टुटीफेदमा दुर्घटना भएको हो। खर्वाङबाट बिरामी लिएर सिसाखानीतर्फ जाँदै गरेको सो जिप दुर्घटनामा परेको हो। दुर्घटनामा वडा नं ३ शिसाखानी बस्ने चालक रमेश श्रीष, सोही स्थानका शान्ति थापा, विविशा थापा, नुनु रेश्मी र चुराकुमारी थापा घाइते भएका छन्। घाइतेमध्ये विविशा थापा र नुनु रेश्मीको अवस्था गम्भीर रहेको र घाइतेको खर्वाङमा सामान्य उपचारपछि पाल्पास्थित मिशन अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक झविन्द्रप्रसाद भट्टराईले जानकारी दिए । गुडिरहेको जिपको अचानक टायर खुस्किँदा सडकबाट झण्डै २०० मिटर तल खसेको छ।
अन्तर्राष्ट्रिय मिडियाको नजरमा मोदी ‘धर्मान्ध’, जबरजस्ती हिन्दूधर्म लाद्न खोजेको आरोप काठमाडौं। भारतमा नागरिकता कानुनका विषयमा भइरहेको प्रदर्शन र प्रदर्शनकारीहरुमाथि पुलिस दमनका विषयमा अन्तर्राष्ट्रिय मिडियाहरुले लगातार समाचार र विचार प्रकाशन गरिरहेका छन् । धेरैजसो अन्तर्राष्ट्रिय मिडियाहरुले भारतको संविधानमा धर्म निरपेक्षता उल्लेख भएको तर प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले हिन्दू राष्ट्रको एजेण्डा लिएर अगाडि बढिरहेको उल्लेख गरेका छन् । अन्तर्राष्ट्रिय मिडियाहरुले घुमाउरो पारामा मोदीलाई धर्मान्ध भन्दै उनले जबरजस्ती हिन्दू धर्म लाद्न खोजेको टिप्पणी गरेका छन् । अमेरिकाको अखबार न्यूयोर्क टाइम्सले यस विषयमा ‘ओपिनियन कोलम’मै लेखेको छ । उसले लेखेको छ ‘भारत आफ्नो आत्माको लडाइँको लागि जाग्यो । मोदी सरकारको आदेशात्मक र विभाजनकारी नीतिका कारण देशैभरी भारतीय नागरिक सडकमा उत्रिएका छन् । मोदी सरकार र उनको पार्टी २०१४ देखि हिन्दूवादी नीतिलाई लिएर प्रोपोगाण्डा फैलाउन सफल रह्यो । त्यसपछि नोटबन्दी, जम्मु कश्मिरबाट अनुच्छेद ३७० हटाउने जस्ता कदम उठाए जसले जनताको पनि समर्थन पायो । अब नागरिकता कानुन र एनआरसी जस्ता भेदभावपूर्ण प्रावधान गरिएका छन् जसबाट नागरिक आक्रोशित छन् ।’ अखबारले अगाडि लेखेको छ ‘उत्तर भारतका कैयौं शहरमा शुक्रबार प्रशासनले इन्टरनेट बन्द गरायो । दक्षिण भारतमा पुलिस र ढुंगा हानिरहेका प्रदर्शनकारीबीच झडपमा २ जनाको मृत्यु भयो । हिन्दू राष्ट्रवादी सरकारले संसदबाट गत हप्ता नयाँ कानुन बनाएको थियो । भारतको नयाँ कानुन मुसलमानहरुलाई भेदभाव गर्छ । यसलाई २०१४ मा सत्तामा आएको मोदी सरकारको अहिलेसम्मको सबैभन्दा विवादित कदम मानिएको छ ।’ अखबारले अगाडि लेखेको छ ‘नागरिकता संशोधन कानुनविरुद्ध प्रदर्शन रोक्नको लागि पुलिसले तेस्रो दिन पनि राजधानी दिल्ली र देशका अन्य शहरहरुमा मानिसहरु जम्मा हुन प्रतिबन्ध लगाएको छ । कैयौं भागमा इन्टरनेट सेवा पनि बन्द राखियो । प्रदर्शनका क्रममा अहिलेसम्म ८ जनाको मृत्यु भइसकेको छ र १२०० भन्दा धेरै घाइते भइसकेका छन् । आलोचकहरुले यसलाई देशको धर्मनिरपेक्ष संविधानको उल्लंघन बताएका छन् । उनीहरुले यसलाई प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दू राष्ट्रवादलाई प्राथमिकता दिने सरकारको तर्फबाट २० करोड मुसलमानहरुलाई निशाना बनाउने प्रयास बताएका छन् ।’ बेलायती अखबार गार्डियनले लेखेको छ ‘मुसलमानविरुद्ध भेदभावको आरोप झेलिरहेको विवादित नागरिकता कानुनविरुद्ध भारतमा प्रदर्शन जारी रह्यो । हजारौं मानिसहरु पुलिसले लगाएको प्रतिबन्ध तोडेर सडकमा उत्रिए । देशमा अहिलेसम्मको सबैभन्दा ठूलो इन्टरनेट शटडाउन गरियो र थप तीन जनाको प्रदर्शनको क्रममा मृत्यु भयो । दिल्ली, मुम्बइ, लखनउ, हैदराबाद, बैंगलुरुका अलावा कैयौं शहरहरुमा प्रदर्शन भयो । नयाँ कानुनमा भाजपा सरकारले मुस्लिमहरुलाई सताइएका अल्पसंख्यक समुदाय मानेको छैन र उनीहरुलाई छाडेर ५ धार्मिक समुदायलाई नागरिकता दिने वकालत गरिएको छ ।’ बेलायती मिडिया बीबीसी वर्ल्ड सर्भिसले लेखेको छ ‘संविधान कानुन व्यवस्थालाई लिएर नागरिकमाथि तार्किक प्रतिबन्ध लगाउने अधिकार दिन्छ । भारतमा नागरिकलाई अभिव्यक्ति स्वतन्त्रता दिइएको छ । अदालतमा कैयौं पटक यस विषयमा बहस भएको छ र तय गरिएको छ कि जनसुरक्षाको लागि केवल त्यो परिस्थितिमा मात्र अभिव्यक्ति स्वतन्त्रतामा प्रतिबन्ध लगाउन सकिन्छ, जब यसबाट हिंसा वा अराजकताको आशंका हुन्छ ।’ लक्षशीला इन्स्टिच्युट एण्ड विधि सेन्टर फर लिगल पोलिसी रिसर्चलाई उद्धृत गर्दै अगाडि लेखिएको छ ‘भारतमा पुलिस यसको प्रयोग भेदभावपूर्ण र मनोमानीपूर्ण तरिकाले गरिरहेको छ ।’ चीनको पिपुल्स डेलीले लेखेको छ ‘भारतको नयाँ कानुन पाकिस्तान, अफगानिस्तान र बंगलादेशबाट आएका अवैध प्रवासीहरुलाई नागरिकता दिने उद्देश्यले ल्याइएको हो । यसमा हिन्दू, सिख, बौध, जैन, पारसी र इसाइहरुलाई सामेल गरिएको छ तर मुसलमानहरुलाई बाहेक गरिएको छ । नयाँ कानुनले मुसलमानहरुलाई नागरिकताको लागि आवेदन दिन पनि रोक लगाउँछ । विपक्षी पार्टीहरु र सामाजिक कार्यकर्ताहरुले यो विधेयकको निन्दा गरेका छन् । उनीहरुले यसमा मुसलमानहरुलाई बाहेक गर्नुलाई भारतको संविधानमा भएको धर्मनिरपेक्षताको व्यवस्थाको उल्लंघन भएको बताएका छन् ।’ खाडी क्षेत्रको मिडिया अल जजीरा लेख्छ ‘एनआरसीको माध्यमबाट हरेक भारतीय नागरिकलाई गणना गर्ने प्रावधान छ । पहिले यसलाई असममा लागू गरियो र अब भाजपा सरकार यसलाई पूरै देशमा लागू गराउन चाहन्छ । हालै मोदी सरकारले नयाँ नागरिकता कानुन पेश गर्यो । यो कानुनमा तीन छिमेकी देशबाट आउने अल्पसंख्यक प्रवासीहरुलाई सजिलै नागरिकता दिने प्रस्ताव छ तर यो प्रावधान मुस्लिमको हकमा लागू हुँदैन । यो व्यवस्थाले भारत हिन्दू राष्ट्रमा बदलिने डर उत्पन्न भएको छ । यद्यपि मोदीले भने यो कुरा अस्वीकार गरेका छन् । शुक्रबार प्रदर्शनकारीहरुले मोदीलाई हटाउन माग गर्दै नारा लगाए । नमाजपछि तिरंगा झण्डा हातमा लिएर प्रदर्शनकारीहरुले मध्य दिल्लीसम्म मार्च गर्ने कोसिस गरे ।’ पाकिस्तानी अखबार द डनले आफ्नो देशका इन्टर सर्भिस पब्लिक रिलेशनका प्रवक्ता मेजर जनरल आसिफ गफूरले भारतीय सेनाका प्रमुख जनरल विपिन रावतको बयानपछि दिएको प्रतिक्रिया छापेको छ । गफूरले भारतीय सेना प्रमुखको बयानलाई देशभरमा नागरिकता कानुनको विरोधमा भइरहेको प्रदर्शनबाट ध्यान मोड्ने प्रयास भएको टिप्पणी गरेका छन् । गफूरले भने ‘भारतमा भेदभावपूर्ण कानुनको विरुद्ध नागरिकको विरोधलाई अहमियत दिइएको छैन ।’
अर्टेटा बने आर्सनलको मूख्य प्रशिक्षक एजेन्सी । इन्ग्लिश क्लब आर्सनलले मिकेल अर्टेटालाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । आर्सनलले शुक्रबार म्यानचेस्टर सिटीका सहायक प्रशिक्षक अर्टेटालाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो । पेप ग्वार्डीवाला सन् २०१६ मा सिटी आएपछि उनी सहायक प्रशिक्षक बनेका थिए । आर्सनलले मुख्य प्रशिक्षक उनाइ इम्रीलाई बर्खास्त गरेको तीन सातापछि ३७ वर्षीय अर्टेटालाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । अर्टेटाले क्लबसँग साढे तीन वर्षको सम्झौता गरेको छ । स्पेनिस प्रशिक्षक अर्टेटाका पूर्व मिडफिल्डर पनि हुन् । आर्सनलमा पाँच वर्ष खेलेका उनले एफए कप जितेका थिए । अर्टेटाको नेतृत्वमा आर्सनलले शनिबार एभर्टनसँग उसैको मैदानमा खेल्नेछ ।
आव २०७५/०७६ मा १३ हजार ३ सय ६६ दुर्घटना, २ हजार ७८९ को मृत्यु काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले सडक दुर्घटना न्यूनिकरण गर्न मन्त्रालय एक्लैले नसक्ने बताएका छन्। संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको शुक्रबारको बैठकमा मन्त्रालयका सचिव कार्कीले सडकको क्षेत्रमा मन्त्रालयसँगै, प्रदेश सरकार तथा स्थानीय सरकारले समेत काम गरिरहेकाले सडक दुर्घटना न्यूनिकरणका लागि सबै पक्षको समन्वय आवश्यक रहेको बताए। उनले देशभर ८० हजार किलोमिटर भन्दा बढी सडक रहेकोमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत १२ हजार किलोमिटर सडक रहेकाले मन्त्रालय एक्लैले सडक दुर्घटना कम गर्न नसक्ने बताए। उनले पछिल्लो समय सडकका कारणले भन्दापनि मानवीय र यान्त्रिक गडवडीका कारण दुर्घटना हुने गरेको बताए। त्यसको नियन्त्रण गर्नेकाम सरकारको भएको र सबै तहका सरकारबीच समन्वय हुन आवश्यक रहेको उनले बताए। महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख तथा प्रहरी वरिष्ठ उपरिक्षक भिम ढ्कालले सडकको क्षमता भन्दा धेरै सवारीसाधन सञ्चालनमा आउँदा दुर्घटना बढेको बताए। त्यस्तै राजधानीभित्रको सडक बिना इन्जिनियरिङ निर्माण गरिएको तथा सडक अतिक्रमण हुने र कतिपय सडकको अवस्था जिर्ण भएकोले पनि दुर्घटना बढेको बताए। त्यस्तै सार्वजनिक यातायातहरुले सेवामुखि भन्दा पनि नाफामुखि भई सवारीसाधन चलाउँदा समेत दुर्घटना बढेको उनले बताए। नेपालमा सडक दुर्घटना प्रत्येक वर्ष बढ्दै गएको छ। तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४/०७५ मा देशभर १० हजार ९ सय ६५ वटा दुर्घटना भएको र २ हजार ५ सय ४१ जनाको मृत्यु भएको छ। त्यस्तै आर्थिक वर्ष २०७५/०७६ मा सडक दुर्घटनाको संख्या बढेर १३ हजार ३ सय ६६ पुगेको छ भने दुर्घटनामा मृत्यु हुनेको संख्या २ हजार ७ सय ८९ पुगेको छ। त्यस्तै चालु आर्थिक वर्षको मंसिर १७ गते सम्म ६ हजार ९ सय १२ दुर्घटना भएको र ९ सय ३१ जनाको मृत्यु भइसेको छ। यसमध्ये ९० प्रतिशत भन्दा बढी दुर्घटना मानवीय र यान्त्रिक कारणले भएको मन्त्रालयका सचिव कार्कीले बताए।
झापाको बिर्तामोडमा बसको ठक्करबाट सेक्युरिटी गार्डको मृत्यु सुरुङ्गा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको बिर्तामोड सडकखण्डमा आज बिहान यात्रुवाहक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम घर भई हाल कनकाई नगरपालिका–३ लक्ष्मीपुर बस्दै आएका ५६ वर्षीय होमनाथ ढुङ्गेल रहेका छन्। बिर्तामोडस्थित कृषि थोक बजारमा सेक्युरिटी गार्डको काम गर्दै आएका उनलाई आज बिहान बिर्तामोडस्थित पश्चिम वस स्टयाण्ड नजिकै ना ४ ख ६११६ नम्वरको वसले ठक्कर दिएको थियो। बसको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।
नेपाल फोटो पत्रकार महासङ्घको अध्यक्षमा आले विराटनगर । नेपाल फोटो पत्रकार महासंघको बिहिबार भएको पहिलो महाधिवेशनले ध्रुव आलेको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मतिले चयन गरेको छ । महासंघको उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहसचिव र सहकोषाध्यक्षमा क्रमशः सागर श्रेष्ठ, हरि रेग्मी, रत्नकृष्ण श्रेष्ठ, बालकृष्ण थापा, नरेश श्रेष्ठ र नवीन पौडेल रहेका छन् । यसैगरी, सदस्यमा प्रदेश नं १ बाट नवीन उप्रेती र उपेन्द्र चाम्लिङ, प्रदेश नं २ बाट जीतलाल श्रेष्ठ, प्रदेश नं ३ बाट जीवन लामा, गण्डकी प्रदेशबाट मञ्जुल शाक्य, प्रदेश नं ५ बाट विशाल सुनार, कर्णाली प्रदेशबाट राजबहादुर शाही र सुदूरपश्चिम प्रदेशबाट रामसिंह धामी रहेका छन्। केन्द्रीय कार्यसमितिका पदाधिकारीलाई पुस ४ गते कोशीटप्पु वन्यजन्तु आरक्षमा हुने समापन समारोहमा प्रमाणपत्र वितरण गरिने भएको आयोजक समितिका संयोजक बेदराज पौडेलले बताए । महाधिवेशनमा ६४ जिल्लाका २ सय प्रतिनिधि तथा पर्यवेक्षकहरुको सहभागिता रहेको थियो ।
नेकपा निकट प्रेस सङ्गठन काठमाडौँले पायो पूर्णता काठमाडौं । प्रेस सङ्गठन काठमाडौँले पूर्णता पाएको छ । प्रेस चौतारी र प्रेस सेन्टरको एकतापछि बनेको प्रेस सङ्गठन काठमाडौँ जिल्लाको संयोजकमा सागर पन्त र सहसंयोजकमा पुकार तिमल्सिना चयन भएका छन्। सङ्गठनका प्रदेश नं ३ इन्चार्ज विश्वमणि सुवेदी, उपत्यका प्रदेश इन्चार्ज सुरोजङ्ग पाण्डे, उपत्यका प्रदेश सहसंयोजक प्रकाश सिलवालको आतिथ्यतामा बसेको बैठकले ४१ सदस्यीय कमिटीको टुङ्गो लगाएको हो । नवगठित समितिको सदस्यमा चन्द्रजित मोक्तान, अभिषेक अर्याल, सुमन अधिकारी, प्रेम नेपाल, गोकुल रत्न, नुरराज कँडेल, मीनबहादुर चलाउने, घनश्याम दाहाल (जोन), प्रदीप घिमिरे, बद्री न्यौपाने, सूर्यकुमार खडका, शङ्कर तिमिल्सिना, मीनाकुमारी यादव, दीपेन्द्र श्रेष्ठ, मनोज पराजुली, मोहनकृष्ण अधिकारी, दीपाएवाइ राई, रामेश्वर ढकाल, रमेश लामिछाने, पवित्रा मुडवरी रहेका छन्। यस्तै अर्जुन दाहाल, कमल राना, जिपी पौडेल, अमिर लामा, सुविन्द्र श्रेष्ठ, गङ्गा चौलागाइैं, सुशील पुरी, राजाराम न्यौपाने, उषा बजगाईँ, नवीन पोखरेल, सुभाष कुँवर, दीपक भुसाल, सरोज लामिछाने, अनिता श्रेष्ठ, विक्रम न्यौपाने, राजु सुवेदी, तीर्थमान वल, रामचन्द्र कार्की, सुनिल शाह सदस्यमा चयन भएका छन्।
एकलाख नगदसहित नौ जुवाडे पक्राउ काठमाडौं । नेपाल प्रहरीले १ लाख सात हजार ५ सय १० नगदसहित नौ जुवाडेलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग स्वीचाटारबाट खटिएको प्रहरी टोलीले नागार्जुन नगरपालिका–९ स्वीचाटारस्थित सीताराम बुढाथोकीको घरमा जुवा खेलिरहेको अवस्थामा बुधबार राति पक्राउ गरेको हो । पक्राउ परेकासँग प्रहरीले तास र नगद बरामद गरेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
सवारी दुर्घटनामा परी २ जनाको मृत्यु काठमाडौं । ललितपुर र काभ्रेका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। ललितपुर महानगरपालिका–९ बालकुमारी खरीबोटस्थित सडकमा बिहीबार बिहान बा.२ ज २८०६ नम्बरको ट्याक्सीको ठक्करबाट गम्भीर घाइते भएकी महिलाको ज्यान गएको छ । ट्याक्सीको ठक्करबाट गम्भीर घाईते भएकी अन्दाजी ३० वर्षीया महिलालाई उपचारका लागि पाटन अस्पतालतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु हो । ट्याक्सी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। त्यस्तै काभ्रेको खानिखोला गाउँपालिका–५ माझगाउँस्थित सडकमा ना.३ त ९१०३ नम्बरको ट्याक्टर अनियन्त्रित भई बुधबार साँझ दुर्घटना हुँदा च्यापियर एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा ट्याक्टरमा सवार खानिखोला गाउँपालिका–४ मा बस्ने २८ वर्षीय दुधलाल भोलनको घटनास्थलमै मृत्यु भएको छ। फरार ट्याक्टर चालकको र घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
कसले घन्कायो मन्त्रिपरिषद्को बैठकमा अंग्रेजी गीत ? काठमाडौं । मन्त्रीपरिषद्को बैठक शुरु भइसकेको थियो। सबै मन्त्रीहरुले आ—आफ्नो ल्यापटप खोल्न थाले । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बैठकका एजेण्डाहरु कागजमा नभई ल्यापटपमै राख्न दिएको निर्देशनवमोजिम प्रधानमन्त्री कार्यालयले मन्त्रीहरुलाई पासवर्ड राखेर बैठकका एजेण्डाहरु ल्यापटपमै हेर्न सकिने व्यबस्था गरेको छ। सोमबार अपरान्हको बैठकमा पनि मन्त्रीहरुले आ-आफ्नै ल्यापटपमा ती एजेण्डाहरु हेरेर छलफल गर्नुपर्ने थियो । जब ल्यापटपहरु खुल्न थाले तब एक्कासि ठूलै स्वरमा गीत बज्न थाल्यो । त्यो राष्ट्रिय गान थिएन न त कुनै राष्ट्रियताले ओतप्रोत नेपाली गीत नै । त्यहाँ बजेको थियो-अंग्रेजी गीत। शुरुमा त मन्त्रीहरु मुखामुख गर्न थालेका थिए तर सबैले हाँसो थाम्न सकेनन् जब कृषिमन्त्री घनश्याम भुषाल के गरौं र कसो गरौंको अवस्थामा पुगे। उनको ल्यापटपमा गुगल क्रोम खोल्ने वित्तिकै कुनै अंग्रेजी गीत ठूलै आवाजमा बजेको थियो । उनले केही समय लगाएरमात्र त्यसलाई बन्द गराउन सफल भए । मन्त्रीहरुको हाँसो रोकिएपछि प्रधानमन्त्री ओलीले प्रबिधिबारे जानकारी राख्न मन्त्रीहरुलाई सम्झाए । यसपछिमात्र बैठक औपचारिक एजेण्डामा प्रवेश गरेको थियो।
बग्गीखाना क्षेत्रमा विशेष सफाइ काठमाडौँ । उपत्यकाका विभिन्न स्थानका सफाइ अभियानकर्मीले मुलुककै प्रमुख प्रशासनिक स्थल सिंहदरबारअघिको बग्गीखाना क्षेत्रको सफाइ गरेका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखा रहेको यस क्षेत्रमा चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा दिन दैनिक सयौँको सङ्ख्यामा सेवाग्राही आउने भएकाले सफाइका क्रममा धेरै फोहर जम्मा भएको अभियानकर्मी धीरेन्द्र साहले राससलाई जानकारी दिए । यो क्षेत्रमा धेरै फोहर जम्मा भएको सूचना पाएपछि आज एक दिनमात्र यहाँ विशेष सफाइ गरिएको उनले बताए । यहाँ नियमित सफाइ अभियान चलाउन जनशक्तिको अभाव रहेकाले त्यसो गर्न नसकिने सफाइ अभियानले जनाएको छ। सफाइमा सिंहदरबारमा रहेका नेपाली सेना, नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरीलगायत उपत्यकाका विभिन्न स्थानको सफाइमा क्रियाशील अभियानकर्मीको सक्रियता थियो। सफाइबाट जम्मा भएको दुई गाडी फोहर काठमाडौँ महानगरपालिकाले व्यवस्थापन गरेको छ। उपत्यकाका प्रमुख स्थानमा धेरै फोहर जम्मा भएको पाइएमा त्यस्ता स्थानमा विशेष सफाइ अभियान शुरु गरिने जनाइएको छ।
जिप दुर्घटना, प्रहरी जवानको मृत्यु बैतडी । यात्रुबाहक जिप पल्टिँदा बैतडीमा एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको धनगढी उपमहानगरपालिका–१ का २४ वर्षीय सुदीप श्रेष्ठ रहेको बैतडीका प्रहरी प्रवक्ता किसन चन्दले जानकारी दिए । मृतक श्रेष्ठ बैतडीस्थित पुरघाट प्रहरीचौकी हाटमा कार्यरत थिए । आज खोड्पेबाट पुर्चौडी हाटका लागि छुटेको म१ज ३२९ नंको जिप पुर्चौंडी नगरपालिका–६ सनगाउँमा सडकमै जिप पल्टेको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको प्रवक्ता चन्दले बताए । उनले भने, “चिप्लो सडकमा जिप अनियन्त्रत हुँदा दुर्घटना भएको हो । जिपमा सवार अन्य सात जनाको अवस्था समान्य छ ।” जिप र जिप चालक पूर्णानन्द बडुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घुससहित प्रहरी रङ्गेहात पक्राउ कलैया । अपराध नियन्त्रणका लागि सादा पोशाकमा खटिएका घुमुवा प्रहरीलाई अख्तियारको टोलीले रु १५ हजार घुससहित रङ्गेहात पक्राउ गरेको छ । पक्राउपर्नेमा जिल्ला बारा देवताल गाउँपालिका वडा नं १ बडकी फूलबरिया बस्ने प्रहरी जवान सरोज यादव रहेको अख्तियारका प्रहरी नायब उपरीक्षक केशव भट्टराईले जानकारी दिए । अवैधरुपमा रक्सी भट्टी सञ्चालन गर्ने वतावरण सहज गरिदिन कलैयास्थित रहेको सिद्धेश्वर विद्यालयबाट निज यादवलाई नगदसहित पक्राउ गरिएको थियो । यादव पर्सा जिल्लामा दरबन्दी भई बारामा विगत पाँच महिनादेखि काजमा बस्दै आएका थिए । भारतबाट अवैधरुपमा सामान नेपालसम्म ल्याउन यादवले व्यापारीसँग मोटो रकम लिने गरेको अख्तियारको दाबी छ ।
जबर्जस्ती करणी कसुरमा १७ वर्ष कैद नुवाकोट । बालिकालाई जबर्जस्ती करणी गरेको कसुरमा थुनामा रहेका विदुर नपाका ४० वर्षीय चन्द्रबहादुर सुनारलाई जिल्ला अदालतले १७ वर्ष कैद सजाय सुनाएको छ । छ वर्षीय बालिकालाई विसं २०७३ पुस २० गते सुनारले जबर्जस्ती करणी गरेको मुद्दामा दोषी ठहर गर्दै उक्त फैसला गरिएको हो । जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले आरोपित सुनारलाई दोषी ठहर गर्दै कैद सजायको फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार शिवप्रसाद बञ्जाराले जानकारी दिए । स्रेस्तेदार बञ्जाराका अनुसार जबर्जस्ती करणी कसुरमा १२ वर्ष र बालिका पनि भएकाले थप पाँच वर्षसहित १७ वर्ष कैद सजाय र पीडित बालिकालाई रु ४० हजार क्षतिपूर्ति भराउने फैसला समेत गरिएको छ । प्रहरीले आरोपितलाई २०७३ साल पुस पुस २१ गते गिरफ्तार गरी जबर्जस्ती करणीमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको थियो ।
अधिकांश सडक दुर्घटनाहरु मानविय कारणले हुन्छन् : महानिर्देशक शर्मा काठमाडौं । सडक विभागका महानिर्देशक केशव शर्माले अधिकांश सडक दुर्घटनाहरु मानविय कारणले हुने गरेको बताएका छन् । रिपोर्टस क्लबमा भएको साक्षत्कारमा महानिर्देशक शर्माले विश्वव्यापी अध्ययनले पनि सडक दुर्घटनाको पहिलो कारण मानविय त्रृटी नै भएको देखाएको बताएका हुन् । सवारी चालक, यात्रु वा पैदल यात्रीका कारणले दुर्घटनाहरु हुने गरेको उनको भनाई छ । त्यसैगरि सडकको अवस्था, सडक सुहाउँदो सवारी नहुनु र सवारीको यान्त्रिक कारणले पनि दुर्घटनाहरु हुने गरेको उनले बताए । पछिल्लो समय सडक विभागले विभिन्न राजमार्गहरुमा सडक सुरक्षालाई ध्यानमा राख्दै सडक सुधारका विभिन्न योजनाहरु लागुु गरेको उनले बताए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सडक दुर्घटना न्यूनिकरणमा सम्बन्धित निकायको ध्यान जान नसकेको बताए । सडक बनाउँदा ईञ्जिनियरहरुको अध्ययन बिनानै निर्माण भएका सडकका कारण पनि दुर्घटना बढेको उनले बताए । यातायात सुधारको क्षेत्रमा सरकारको लगानी नै नभएको भन्दै उनले चालक उत्पादनका लागि राज्यले लगानी गर्नुपर्ने माग समेत गरेका छन् । सवारी जाँच गर्न एउमा मात्रै फिटनेस सेन्टर भएपनि त्यो पनि काम नलाग्ने अवस्थामा रहेको उनले बताए । महासचिव सिटौलाले उपत्यकामा मालबाहक सावरी पार्किङको व्यवस्था गर्न पनि माग गरे । महानगरिय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम ढकालले उपत्यकामा दैनिक हुने र्‍यालीहरुका कारण ट्राफिक व्यवस्थापनमा असहज हुने गरेको बताए । दैनिक १३ लाखको हाराहारीमा सवारी सञ्चालन हुने उपत्यकामा जम्मा १३ सय ६८ ट्राफिक अधिकृत र जवान कार्यरत रहेको उनको भनाई थियो । एउटा ट्राफिक प्रहरीले ९ सय सवारी हेर्नुपर्ने अवस्था रहेको छ उनले बताए । पछिल्लो समय भएका सडक दुर्घटनाहरुप्रति दुःख व्यक्त गर्दै साक्षत्कारमा सहभागि वक्ताहरुले सडक दुर्घटना सम्बन्धि अध्ययन गर्न समिति गठन गरी समाधानका उपाय पत्ता लगाउनुपर्नेमा जोड दिएका थिए ।
काँग्रेस नेता ढुङ्गेलको पुशपति आर्यघाटमा अन्त्येष्टि काठमाडौं । नेपाली काँग्रेसका नेता एवं दोस्रो संविधानसभा सदस्य सूर्यविनायक नगरपालिका–५ कटुञ्जे निवासी रामेश्वर ढुङ्गेलको पुशपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । विसं २०१६ असार २९ गते कटुञ्जेमा जन्मनुभएका ढुङ्गेलको गत आइतबार मष्तिस्काघात भएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको सघन कक्षमा उपचारकै क्रममा ६० वर्षको उमेरमा आज दिउँसो सवा ३ बजे निधन भएको हो । विसं २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा भक्तपुर क्षेत्र नं २ बाट संविधानसभा सदस्य निर्वाचित ढुङ्गेलको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको स्थानीयवासी रामहरि थापाले जानकारी दिनुभयो । आर्यघाटमा स्व ढुङ्गेलको पार्थिव शरीरमा नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरेका थिए । उनले ढुङ्गेलको निधनले नेपाली काँग्रेसले निष्ठावान् र होनाहार नेता गुमाएको भन्दै दुःख व्यक्त गरे । आर्यघाटमा काँग्रेसका नेताहरु शेखर कोइराला, बालकृष्ण खाँड, काँग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापा, ३ नं प्रदेशसभा सदस्य कृष्णलाल भँडेल, क्षेत्र नं १ का सभापति नारायण खायमली, क्षेत्र नं २ का सभापति जीवन खत्रीलगायत काँग्रेस जिल्ला समितिका पदाधिकारी लगायतले श्रद्धाञ्जलि अर्पण गरेका थिए । ढुङ्गेलको पार्थिव शरीरलाई गौशालादेखि शवयात्रा गरी आर्यघाट पु¥याएर श्रघाञ्जलि अर्पण गरी दाहसंस्कार गरिएको स्व ढुङ्गेलका भाइ विश्व ढुङ्गेलले जानकारी दिए । ढुङ्गेललाई जेठा पुत्र सविनले दागबत्ती दिएका थियो । ढुङ्गेल विसं २०४० देखि राजनीतिमा सक्रिय रहँदै २०४३, २०४८ र २०५४ सालमा तत्कालीन कटुञ्जे गाविसका गाविस अध्यक्षसमेत निर्वाचित भएका थिए । उनले कटुञ्जे घट्टेखोला खानेपानी आयोजनाको अध्यक्ष भएर कटुञ्जेका बासिन्दालई खानेपानी खुवाएपछि उनलाई पानी पिताका रुपमा समेत स्थानीयवासीले मान्दै आएका थिए । नेपाली काँग्रेसका महासमिति सदस्य, काँग्रेस क्षेत्र नं २ का पूर्वक्षेत्रीय सभापति, गणेशमान स्मृति वाटिका प्रतिष्ठानका अध्यक्षसमेत रहेका ढुङ्गेलको जेठो पुत्र सविन, माइलो अनुप र कान्छो अभिषेक रहेका छन् । उहाँकी श्रीमती सुशीलाको गत वर्ष निधन भएको थियो ।
भारतीय नम्बर प्लेट भएको जीपको ठक्करबाट मृत्यु कञ्चनपुर । भारतीय नम्बर प्लेटको स्कारपियो जीपको ठक्करबाट कञ्चनपुरको भीमदत्तनगरपालिकामा मंगलबार बेलुकी एक जनाको मृत्यु भएको छ । भीमदत्तनगर बजारबाट गड्डाचौकीतर्फ गइरहेको डिएल १ आरटी ८९४२ नंको जीपले विपरीत दिशाबाट आइरहेको म२प ९४९५ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक भीमदत्तनगरपालिका–४ भगतपुरका ४९ वर्षीय चन्द्रबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय भीमदत्तनगरका प्रमुख प्रहरी निरीक्षक मोहनजङ्ग बुढथापाले जीपको ठक्करबाट घाइते भएका तामाङलाई उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको बताए । त्यसैगरी, जीप चालक भीमदत्तनगरपालिका–१० जिमुवाका ३० वर्षीय राकेश बम घाइते भएका छन् । प्रहरीका अनुसार घाइते बमलाई प्रहरीकै निगरानीमा उपचारका लागि धनगढी लगिएको छ । ठक्कर दिने जीप प्रहरी नियन्त्रणमा राखिएको छ भने मृतकको शवपरीक्षणका लागि महाकाली अस्पताल भीमदत्तनगरमा राखिएको छ ।
प्रसिद्ध जापानी आरोही हिरोताका भन्छन्– नेपाल पृथ्वीको स्वर्गजस्तो काठमाडौँ। “पाकिस्तानको गासेरब्रुम हिमाल चढ्दा दुर्घटनामा परेँ। मेरुदण्डको हड्डी भाँच्चियो, सँगैका केही साथी पनि त्यसैमा परेर मरे। मलाई पनि बचुँलाजस्तो लागेन। भ्रमण दलका एकजना आरोही चिकित्सक रहेछन्। उनले भने– तिमी भोलिसम्म मर्छौं, तिम्रो घर परिवारलाई केही सन्देश छ भने भन, म परिवारलाई पुर्याइदिउँला।” गत हप्ता पानीपोखरीस्थित जापानी दूतावासमा प्रसिद्ध हिमाल आरोही जापानी नागरिक हिरोताका ताकेउचीले हिम पहिरोमा परेको अनुभव सुनाउँदा हल सुनशान भयो। उनी हिमाल चढेको ‘डकुमेन्ट्री’ हेर्न दूतावास हलमा उपस्थित सबैले घरिघरि उनको मुहार पढिरहेका थिए र उनको साहसिक आरोहणको यात्रा समेटिएको सो ‘डकुमेन्ट्री’ बडो चाखसित चियाइरहेका थिए। आरोही ताकेउचीले आफ्नो सङ्घर्षले भरिएको जीवनगाथा सुनाए । आठ हजार मिटरमाथिका विश्वका १४ वटै हिमाल चढेका उनी पहिलो जापानी हुन्। उनले त्यहाँ आफ्नो अनुभव सुनाउँदा कुनै बेला उनको मुहार चम्किन्थ्यो र उत्साहित देखिन्थे। अनि बेला बेलामा उनको मुहारमा दुःखको विराट तस्वीर झल्किन्थ्यो तर, उनको अभिव्यक्तिमा अदम्य साहस देखिन्थ्यो र यसबाट बुझ्न सकिन्थ्यो– उनी थाकेका छैनन्, अझै धेरै गर्न बाँकी छ। सामान्य मानिसलाई त सानातिना पहाड चढ्नु पनि कल्पना बाहिरको कुरा हो। अझ आठ हजार मिटरभन्दा अग्लो हिमाल चढ्नु झन सानो कुरा भएन। नेपाल हिमालै हिमालको देश हो, तर पनि एकाध सय नेपाली मात्रै हिमालको टाकुरामा पुगेका होलान्। अनि सगरमाथा चढ्ने नागरिक त धेरै कम । त्यसमा अझै आठ हजार मिटरमाथिका १४ वटै हिमाल चढ्ने त कति हो कति कम। पातलो ज्यानका हिरोताका आफूले पाएको दुःख र पीडाको मात्रै नभई रोमाञ्चक अनुभव सुनाउन उभिएमका थिए। शुरुमै उनले भने– तपाईंहरुले विश्वका आठ हजार मिटर अग्ला १४ वटै हिमाल चढेको मान्छे देख्नुभएको छ? छैन भने आजै देख्दै हुनुहुन्छ, त्यो म नै हुँ। अचम्म नमान्नुहोला यस्तो मानिसले कसरी चढ्यो होला भनेर। किन भने मैले शुरुमा त मलाई नै पत्याएको थिइन तर यो सब मेरो आँट र इच्छाले सम्भव बनाइदियो। उनले भनेझैँ हिरोताकालाई हेरेर उनको यो सफलता पत्याउन आम मानिसलाई कठिन नै हुन्छ। हिमाल चढ्दाका अप्ठेराहरु समेटिएको उनको वृत्तचित्र हेर्दा त झन आङ जिरिङ्ग हुन्छ। उनले चरा उडेर पुग्ने ठाउँमा आफू हिँडेर पुगेको साहसिक कथा सुनाएका थिए। नेपालका लागि जापानी राजदूत मासामिची साइगोसमेत आश्चर्य भावमा हिरोेताकाका कुरा सुनिरहेका थिए। बेला बेलामा जिब्रो काड्थे र अघिल्लो सिटमा बसेका उनी कुनै बेला पछि फर्किएर अरुको मुहार हेर्थे। विश्वमा आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल छन्। तीमध्ये विश्वको सर्वोच्च शिखर सगरमाथासहित कञ्चनजङ्गा, लोहोत्से, मकालु, चोयू, धौलागिरि, मनास्लु, अन्नपूर्ण नेपालमै पर्छन्। यसबाहेकका विदेशमा रहेका अरु हिमालमा केटु, नांगा पर्वत, गासेरब्रुम, ब्रोड पिक, गासेरब्रुम दोस्रो र सिसापाङ्मा हुन्। उनले यी सबै हिमाल आरोहण गरेका छन्। यी हिमालको शिखरमा पुगेर उनले आफ्नो मात्रै नाम चम्काएनन्, संसारभर नै नेपालको र आफ्नो देश जापानको पनि चम्काए। “आरोहण गर्दै थिएँ, मैले ‘च्यालेन्ज’ नै गरेर त्यहाँ पुगेको थिएँ, किनकी मलाई हिमालले मोहनी लगाएको थियो। एक्कासि हिम पहिरो आयो, मलाई त्यो पहिरोले ३०० मिटर तल बगायो ।” उनले आफ्नो आरोहणको कथा सुनाए। उनी अगाडि भन्दै गए– मेरो ढाडको हड्डी भाँच्चिएको थियो, शरीर पूरै हिउँजस्तै चिसो, कता दुखेको थियो थाहै थिएन। म बोल्न सक्दैनथेँ तर आरोहण दलका साथी चाँहि चिन्थेँ । यो गासेरब्रुम चढ्दाको पीडाको कथा हो। मलाई यति दुख्यो कि त्यो दुखाइ साँँच्चै पीडादायी थियो। मेरा सहयोगीले खुट्टामा समातेर ताने, खासमा त्यसो गर्नु नहुने रहेछ। मलाई बचाउन उनीहरुले त्यसो गरेका रहेछन्। आरोहण टोलीमा एक चिकित्सकसमेत रहेछन्, उनले मलाई दुखाइ कम हुने औषधि दिए र भने तिमी भोलिसम्म त मर्छौं होला, भनेका थिए। एउटा क्याम्पमा थिएँ, वरिपरि प्लाष्टिकले बेरेर राखेको सामानजस्तो थुप्रो थियो। मैले भने अक्सिजन मास्क लगाएको थिएँ, मेरो सहयोगीले नै त्यो लगाइदिएका रहेछन्, पछि थाहा पाएँ तर, मलाई अक्सिजन लगाइदिने साथी पछि बितीसकेको थियो। यसो हेरेँ प्लाष्टिकले बेरेर राखेको सामानजस्तो लाग्ने थुप्रो देखियो त्यो आरोहीको रहेछ, तर सबैले हिमालमै जीवन सुम्पिसकेका– उनले भने। हिरोताका भन्दै गए– केही पहिले त सँगै थियौँ, र एकापसमा भन्थ्यौँ कि हिमाल चढेर आफ्नो र देशको नाम राख्नुपर्छ। उनीहरुको भौतिक शरीर हेर्दा पनि त्यति मात्र सम्झिएँ। अनि मेरो कानमा गुन्जियो– हितोताका तँ अझै हिमाल चढ र नाम लेखा है। वास्तवमा आजका दिनसम्म पनि उनलाई हिमाल चढ्न प्रेरित गर्ने घटना त्यही हो । त्यो घटना सन् २००७ को हो। मलाई त हिमालसँग जोरी खोज्नु मेरो रहरजस्तै भइसकेको छ, किन भने मेरो साथ टुटेका आरोहीहरुले हिमालसँग नहारेस् है भनेका छन्। मेरो एक जर्मनी साथी राल्फ साइमन र मैले संसारका आठ हजार मिटरमाथिका १४ वटै हिमाल चढ्ने अठोट गरेका थियौँ। त्यो क्रम मेरो बालककालदेखि नै शुरु भएर सन् २०१२ मा पूरा भएको हो। किन हिमाल चढ्नुहुन्छ भन्ने प्रश्नमा उनको उत्तर थियो। उनको यो कीर्तिमान सन् २०१२ मा पूरा भएको हो। उनलाई उनका पिताले बाल्यकालमा नै जापानका पहाड चढाउन लानु हुन्थ्यो, त्यही बेलादेखि नै हिमाल हेर्ने रहर उनको मनमा भरिएर आउँथ्यो। उपस्थित जिज्ञासु मुहारको उत्सुकता मेटाउन उनले भने–जापानमा आन्तरिक उडानमा उड्ने जहाज आठ हजार मिटरको हाराहारीमा उड्छन्। जहाजमा रहेका बेला हामी आठ हजार मिटर उचाइमा पुगेका छौँ भनेर सूचना देख्नुभयो भने यसो जहाजबाट बाहिर हेर्नुहोला, तपाईंहरुलाई पनि म यति उचाइमा छु भन्ने भावना आउँछ। उनले हिमाल आरोहणको खतरापूर्ण कथा सुनाएपछि हाम्रो प्रश्न थियो– हिमाल चढ्न के सधैँ यस्तै खतरा हो? हो, उनको जवाफ थियो । हिमालमा त हामी जोखिम लिएरै जाने हो। मर्ने नमर्ने भन्ने त भाग्यमा पनि भर पर्छ। किन भने कुनबेला पहिरो आउँछ भन्ने त के थाहा हुन्छ र? तपाईं आफ्नो मिसनको चुचुरोमै पुगेपछि के देख्नुहुन्छ ? हाम्रो यो काल्पनिक प्रश्नमा उनको जवाफ थियो– त्यो हिमालको शिखरमा पुगेपछि मैले अरु केही देख्दिन, मैले चढ्नुपर्ने त्यसपछिको अर्को हिमालको टुप्पो मात्र देख्छु र त्यसैबाट लोभिन्छु। अनि ओर्लिएपछि त्यसतर्फको यात्राको तयारीमा लाग्छु। सन् १९७१ मा जन्मिएका हिरोताकाजस्तै आठ हजार मिटर अग्ला सबै हिमाल चढ्ने मानिस विश्वमा निकै थोरै छन्। ४८ वर्षीय उनको जाँगर अहिले पनि उस्तै छ । भन्छन्– मेरो अबको लक्ष्य पनि हिमाल नै चढ्ने हो, कसैले नचढेका हिमाल चढेर नयाँ नयाँ गन्तव्य भेटाउने तर, अब हिमाल चढ्न गाह्रो हुँदै गएको उनको अनुभव छ । यो उनको उमेरले मात्र नभएर जलवायु परिवर्तन पनि एक कारण हो। विगतमा आफूले चढेका हिमालका शिखरहरु हेर्दा काला हुँदै गएको देखिन्छ । हिउँ पग्लिएर पत्थर देखिन थालेको छ, यस्तोमा चढ्न झनै गाह्रो हुन्छ– उनको अनुभव छ । सन् १९९६ मा २५ वर्षको उमेरमा विश्वको सर्वाेच्च शिखर सगरमाथा चढेपछि हिमाल आरोहणलाई निरन्तरता दिएका उनले बताए। नेपाल पृथ्वीको स्वर्गजस्तो लाग्छ भन्छन्, उनी तर, उनको सुझाव छ कि नेपाललाई जापानीहरु हिमालको देश भनेर बढी चिन्छन् । नेपाल संस्कृति, प्राकृतिक सम्पदा, विश्व सम्पदालगायत धेरै कुराले नेपाल धनी छ, त्यो कुरा पनि थाहा दिनुभयो भने जापानीलाई आकर्षित गर्न सजिलो पर्नेछ। नेपालको सुन्दरता विश्वमा चिनाउन सकिएमा त्यसैमा नेपालको समृद्धि छ, उनको भनाइ छ। नेपालले पनि सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। हिमाल मात्रै नभई नेपालका अन्य प्राकृतिक स्रोत तथा साधनको समेत प्रचार गर्नुपर्ने सुझाव छ उनको। जापानी नागरिकले सगरमाथा आरोहरणको ५० वर्ष पुगेको अवसरमा सन् २०२० मा नेपाल र जापानमा समेत संयुक्तरुपमा कार्यक्रम आयोजना गर्ने समेत उनले जनाए। त्यो कार्यक्रममा खास के हुन्छ ? उनले भने– त्यस कार्यक्रममार्फत हामी विशेष गरी हिमाल र हिमाल आरोहणसम्बन्धी सूचना र सन्देश विश्वमा नै दिन चाहन्छौँ। उनको अनुभवमा हिमाल चढ्ने काम एक प्रकारको कुशल अभ्यास पनि हो । यो एउटा ठूलो जोखिमको काम हो। जोखिम नलिँदासम्म सफलता पाउन पनि मुस्किल छ । यसोभन्दा उनमा थोरैमात्र डर र धेरै उत्साह देखिन्थ्यो। आफूलाई व्यावसायिक हिमाल आरोही बताउने उनले आफ्नो जीवनभर नै हिमाल चढ्ने बताए। उनी भन्छन्– जीवन रहेसम्म हिमाल चढ्छु, अबको योजना कोही नपुगेको शिखरमा पुग्ने छ । खोज्दैछु, अब कोही नपुगेको हिमाल चढ्ने हो। रासस
सामाखुशीमा दुई बस एकापसमा ठोक्किँदा पच्चीस यात्रु घाइते काठमाडौं । काठमाडौँको सामाखुशीमा दुई बस एकापसमा ठोक्किँदा २५ यात्रु घाइते भएका छन् । नयाँ बसपार्कबाट महाराजगञ्जतर्फ जाँदै गरेको बा ५ ख ८२२६ नं को यात्रुबाहक बस र महाराजगञ्जदेखि नयाँ बसपार्कतर्फ जाँदै गरेको बा १ ख ८६९३ नं को यात्रुबाहक बस आज साँझ ६।१५ बजे ठोक्किँदा २५ यात्रु घाइते भएका हुन् । महानगरीय ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कका प्रमुख, प्रहरी निरीक्षक लोकबहादुर विष्टले बस एकापसमा ठोक्किँदा बसभित्र रहेका २५ यात्रु घाइते भएको जानकारी दिए । घाइतेको सामाखुशीको अल नेपाल अस्पताल र ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । नयाँ बसपार्कबाट महाराजगञ्जतर्फ जाँदै गरेको बस भक्तपुर चल्ने र महाराजगञ्जदेखि बसपार्क जाँदै गरेको बस चक्रपथ चल्दै आएका थिए । महाराजगञ्जबाट बसपार्क जाँदै गरेको बसका चालक भने गम्भीर घाइते रहेको प्रहरी निरीक्षक विष्टले बताए । घाइतेको नाम भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
नेपाली काँग्रेसद्वारा शाेक वक्तव्य जारी, मृतक ४ जनाप्रति श्रदाञ्जली काठमाडाैं ।  नेपाली काँग्रेसले प्रजातन्त्र सेनानी बलाराम नायक, बष्ठि अभिनेता दिपक क्षेत्री, चलचित्र बार्डका अध्यक्ष केशव भट्टराई र नेविसंघका संस्थापक सदस्य चित्रबहादुर कार्कीको निधन प्रति गहिरो दुख व्यक्त गरेको छ । सोमबार एक शोक वक्तव्य जारी गर्दै काँग्रेसले नेपाली चलचित्र जगत र नेपाली काँग्रेसले मंसिर महिनाको अन्तिममा अपूरणीय क्षति पुगेको बताएको छ । विज्ञप्तिमा भनिएको छ, ‘८७ वर्षीय प्रजातन्त्र सेनानी, पूर्व महाधिवेशन प्रतिनिधि, धनुषाका पूर्व उपसभापति एवं महोत्तरीका पूर्व जिल्ला सचिव बलराम नायकको आज विहान र नेपाल विद्यार्थी संघका संस्थापक केन्द्रीय सदस्य, नेपाली कांग्रेसका पूर्व महासमिति सदस्य, नेपाली कांग्रेस भोजपुरका नेता  एवं वौद्धिक व्यक्तित्व चित्रबहादुर कार्कीको मंसिर २९ गते निधन पार्टी गहिरो दुःख व्यक्त गर्दछ । नेपालको लोकतान्त्रिक आन्दोलनमा उहाँहरुले सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । उहाँहरुको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको छ ।’ यसैगरी विज्ञप्तिमा भनिएको छ, ‘चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र वरिष्ठ अभिनेता दिपक क्षेत्रीले नेपाली चलचित्र क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनु भएको थियो । उहाँहरुको निधनबाट नेपाली चलचित्र क्षेत्रमा अपूरणीय क्षति पुगेको छ ।’ पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिनुका साथै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरिएको छ ।
सिन्धुपाल्चोक बस दुर्घटना : गाउँ शोक र चिन्तामा चाैतारा। पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको लोथरमा आज बिहान दुई वटा ट्रक एकापसमा ठक्कर खाँदा एकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा ट्रकका चालक कन्काई नगरपालिका–१ झापाका ४० वर्षीय अर्जुन जोगी रहेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पूर्वबाट आउँदै गरेको ना५ख ८७४३ नंको ट्रक र विपरीत दिशाबाट गइरहेको ना६ख ७९६७ नंको ट्रक आज बिहान ७ः३० बजेको समयमा एकापसमा ठक्कर खाएको हो। दुर्घटनामा गम्भीर घाइते भएका ७९६७ नंको ट्रकका चालक जोगीको उपचारका क्रममा बिहान ८ः२५ बजे पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो। सोही ट्रकका सहचालक मोरङ निवासी २० वर्षीय प्रज्वल ब्रदेवान, ८७४३ नंको ट्रकका चालक हेटौँडा उपमहानगरपालिका–१४ का २६ वर्षीय वीरबहादुर लोप्चन र सोही ट्रकका सहचालक बागमती गाउँपालिका–१ मकवानपुरका २० वर्षीय सोमबहादुर थिङको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। तीन जनाकै अवस्था मध्यम रहेको छ।
एक किलो चाँदीसहित भारतीय नागरिक पक्राउ महोत्तरी । महोत्तरी जिल्लाको जलेश्वर–मटिहानी सडकखण्डमा सशस्त्र प्रहरीले एक किलो चाँदीसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत, बिहार राज्यस्थित मधुबनी जिल्लाको महरैल गाउँ पञ्चायत बस्ने २१ वर्षीय प्रदीपकुमार ठाकुर रहेको सशस्त्र प्रहरी नेपाल ९ नं गण हेडक्वार्टर जलसागर महोत्तरीका प्रहरी उपरीक्षक निरकृष्ण अधिकारीले बताए । आइतबार साँझ जिल्लाको मटिहानी बजारबाट जलेश्वरतर्फ चाँदी बोकी आउँदै गरेका युवक ठाकुरलाई मटिहानी नगरपालिका–९ स्थित जलसागर नजिकै सशस्त्र प्रहरीले शङ्का लागी जाँच गर्दा चाँदीसहित पक्राउ गरेको हो। अभियुक्त ठाकुरलाई आवश्यक कारबाहीका लागि गए राति नै सशस्त्र प्रहरीले जिल्लाको मूल भन्सार कार्यालय मलिवारा, जलेश्वरमा बुझाएको छ।
चितवनको लोथरमा २ वटा ट्रक ठोक्किए, एकको मृत्यु, ३ जना घाइते चितवन । पूर्व पश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको लोथरमा आज बिहान दुईवटा ट्रक एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। मृत्यु हुनेमा ट्रकका चालक हेटौँडा उपमहानगरपालिका–१४ का २६ वर्षीय वीरबहादुर लोप्चन रहेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पूर्वबाट आउँदै गरेको ना५ख ८७४३ नंको ट्रक र विपरीत दिशाबाट गइरहेको ना६ख ७९६७ नंको ट्रक आज बिहान ७ः३० बजेको समयमा एकापसमा ठक्कर खाएको हो। दुर्घटनामा गम्भीर घाइते भएका ८७४३ नंको ट्रकका चालक लोप्चनको उपचारका क्रममा बिहान ८ः२५ बजे पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो। सोही ट्रकका सहचालक बागमती गाउँपालिका–१ मकवानपुरका २० वर्षीय सोमबहादुर थिङ, ७९६७ नंको ट्रकका चालक कन्काई नगरपालिका–१ झापाका ४० वर्षीय अर्जुन जोगी र सोही ट्रकका सहचालक मोरङ निवासी २० वर्षीय प्रज्वल देवानको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। तीन जनाकै अवस्था मध्यम रहेको छ।
सिजी कम्युनिकेशनद्वारा सर्वोच्चमा रिट काठमाडौं । सर्वोच्च अदालतमा चौधरी समूहद्वारा सञ्चालन गरेको सिजी कम्युनिकेशन प्रालिले फ्रिक्वेन्सी बढाबढ गर्ने कार्य रोक्न माग गर्दै रिट निवेदन दायर गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाइ आइतबार रिट दायर गरेको निवेदनमा नेपाल दूरसञ्चार प्राधिकरणले यही मङ्सिर १८ गते जारी गरेको फिक्वेन्सी बढाबढ (ललामी) रोक्न माग गरिएको हो । निवेदनको अन्तिम टुङ्गो नलाग्दासम्म फ्रिक्वेन्सी बढाबढको कार्य कार्यान्वयन नगरी यथावत् राख्न आदेशको माग गरिएको छ । सिजीले ९००, १,८०० र २,१०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सीमा आफ्नो रहेको र फ्रिक्वेन्सी आफूलाई प्रदान गरेर मात्र बाँकीका लागि लिलाम बढाबढ गर्नुपर्ने माग निवेदनमा गरिएको छ ।
सिन्धुपाल्चोक दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १५ पुग्यो, १४ को सनाखत काठमाडौं । सिन्धुपाल्चोकदेखि दोलखाको कालिञ्चोक तीर्थ यात्रा गएर फर्केको बस दुर्घटनामा मृत्यु भएका १५ मध्ये हालसम्म १४ यात्रुको सनाखत भएको छ । दुर्घटनामा दोलखा, भीमेश्वर नगरपालिका–९ की ४२ वर्षीया लक्ष्मी श्रेष्ठ, दोलखा, शैलुङ्गेश्वरी गाउँपालिका फस्कुका १० वर्षीय रञ्जित बस्नेत रामेछाप, उमाकुण्ड गाउँपालिका–४ प्रीतिका २४ वर्षीय महेश तामाङ, रामेछाप सुनापाटी–६ की ४२ वर्षीया जुना तामाङ, काभ्रे बेथानचोक–५ का ३५ वर्षीय रामशरण खत्री र उनकी श्रीमती ३५ वर्षीया मैयाँ, सिन्धुपाल्चोक, लिसंखुपाखर गाउँपालिका–४ की ५५ वर्षीया गङ्गामाया तामाङ, जुगल गाउँपालिका–७ याङ्लकोटकी सात वर्षीया सबिना तामाङ, सोही ठाउँकी ३० वर्षीया रेश्मा तामाङ, १५ महिनाकी रोशनी तामाङ, २८ वर्षीया मञ्जु तामाङ, २८ वर्षीय सुकबहादुर तामाङ, बलेफी गाउँपालिका–५ चिम्लिङकी ३७ वर्षीया फूलमाया तामाङ र भक्तपुर, सूर्यविनायक–८ की ३२ वर्षीया चिनु बस्नेतको सनाखत भएको छ । बाँकी एक २४ वर्षीयाको भने केएमसी सिनामङ्गलमा उपचार हुँदाहुँदै मृत्यु भएको र उनको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । घटनामा १६ जना घाइते भएका छन् । सुनकोशी गाउँपालिका– ७ लामोसाँघु जिरी सडक खण्डको छ किलोमा करीब १०० मिटर तल ब्रेक फेल भएर सो वा ४ ख ४४६८ को रिजर्भ बस दुर्घटनामा परेको थियो । भक्तपुरबाट शनिबार रिजर्भमा गएको सो बसमा चालकसहित ३२ यात्रु रहेकामा चालक भने फरार रहेको काफ्लेले बताए ।
सिन्धुपाल्चाेकमा दुर्घटना अपडेट : चौध मृतकमध्ये १२ को सनाखत काठमडौं । सिन्धुपाल्चोकदेखि दोलखाको कालिञ्चोक तीर्थ यात्रा गएर फर्केको बस दुर्घटनामा मृत्यु भएका १४ मध्ये हालसम्म १२ यात्रुहरुको सनाखत भएको छ । दुर्घटनामा दोलखाको भिमेश्वर नगरपालिका–९ की वर्ष ४२ की लक्ष्मी श्रेष्ठ, रामेछाप उमाकुण्ड गाउँपालिका–४ प्रितिका वर्ष २४ का महेश तामाङ, काभ्रे बेथानचोक–५ का ३५ वर्षीय रामशरण खत्री र उनकी श्रीमती वर्ष ३५ की मैया खत्री, लिसंखुपाखर गाउँपालिका–४ की वर्ष ५३ की गङ्गामाया लामा, जुगल गाउँपालिका–७ याङलकोटकी वर्ष सात की सबना तामाङ, सोही ठाउँकी वर्ष ३० की रेश्मा तामाङ, १५ महिनाकी रोशनी तामाङ, वर्ष २८ की मञ्जु तामाङ, सुकबहादुर तामाङ, बलेफी गाउँपालिका–५ चिम्लिङ की ३७ वर्षीया फुलमाया तामाङ र दोलखा शैलुङश्वरी गाउँपालिका फस्कुका १० वर्षीया रञ्जित बस्नेतको सनाखत भएको छ । बाँकी दुईको भने खनाखत हुन बाँकी रहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए । दुर्घटनामा घाइते चारको काभ्रेको धुलिखेल र १४ घाइतेको ह्याम्स अस्पताल काठमाडौँमा उपचार भइरहेको छ । स्थानीय सिन्धु सदावहार अस्पतालमा प्राथमिक उपचार गरेपछि गम्भीर घाइते सबैलाई अन्यत्र सिफारिस गरिएको अस्पतालले जानकारी दिएको हो । मृतक सबैको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसे लगिएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए । मृतकका आफन्त सबै अस्पतालमा आएकाले प्रक्रिया पूरा गरेर शव आफन्तलाई जिम्मा लगाउने तयारी भइरहेको उनले बताए । ह्याम्स अस्पतालमा लगिएका बिरामीको अवस्था गम्भीर रहेको र दुईको टाउकोको शल्यक्रिया गरिएको अस्पतालका अध्यक्ष आरएस भण्डारीले जानकारी दिए । अन्य घाइतेको पनि चिकित्सकको ठूलो टोलीले उपचार गरिरहेको भण्डारीले जानकारी दिए । कालिञ्चोक तीर्थ यात्रा गरी भक्तपुर जाँदै गरेको बस आइतबार बिहान साढे ७ः०० बजे लामोसाँघु जिरी सडकखण्डको छ किलो नजिकै सडकबाट ७० मिटर तल खसेर दुर्घटना भएको थियो । भक्तपुरको च्यामासिंह क्षेत्रमा सञ्चालन हुने बा २ ख ४४६८ नम्बरको बसका चालक भने हाम फालेर भागेको प्रत्यक्षदर्शी जानकारी दिएका छन् । लामोसाँघु जिरी सडकखण्डको छ किलोको घुम्तीबाट तल बस खसेको सुनकोशी गाउँपालिका–६ का वडाध्यक्ष रामकुमार थापाले जानकारी दिए । घाइते दीपक तामाङका अनुसार बसको सीट भर यात्रु थिएनन् । ब्रेक फेल भएर दुर्घटना भएको घाइते तामाङले जानकारी दिए। यस अघि गत असोजमा सिन्धुपाल्चोकको सिपाघाटबाट काठमाडौँतर्फ जाँदै गरेको बा २ ख २७१५ नम्बरको बस इन्द्रवाति गाउँपालिका–१० बडहरे झिल्के मोडमा दुर्घटना हुँदा ११ को मृत्यु र ४० भन्दा बढी घाइते भएका थिए । साथै पछिल्लो पटक कात्तिकमा दोलखाको मागादेउरालीबाट काठमाडौँका लागि छुटेको बा २ ख ७२४५ नम्बरको बस सुनकोशी नदीमा खस्दा १७ को मृत्यु भएको थियो ।
धनुषा विस्फोट ‘रिसइवी’का कारण ! धनुषा। धनुषा जिल्लाको सखुवा महेन्द्रनगरमा शुक्रवार राति भएको बम विस्फोटको घटनाको अनुसन्धान साँघुरो पार्दै लगिएको प्रहरीले जनाएको छ। प्रदेश नं २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रद्युम्नकुमार कार्कीले अनुसन्धानको घेरालाई साँघुरो बनाइँदै गरिएकाले अनुसन्धान चाँडै निष्कर्षमा पुग्ने बताए। ‘विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘हामी चाँडै घटनाको रहस्यलाई सुल्झाउँछौँ।’ क्षीरेश्वरनाथ नगरपालिकामा भएको उक्त घटनामा घरधनी राजेश साह, उनका १७ वर्षीय छोरा अनन्त र इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक अमिर दाहालको मृत्यु भएको छ। मृतक राजेश साहका बुबा भिखारी, छोरी अञ्जली, अर्का छोरा प्रकाश र प्रहरी जवान रिजन महतो घाइते छन्। राजेश साह र उनका छोरा अनन्त साहको मृत्यु भएपछि घरका सदस्यहरूले घटनाको कारणबारे अनुमान गर्न सकेका छैनन्। अनुसन्धान टोलीले विभिन्न कोणबाट अनुसन्धान थाले पनि शोकाकुल परिवार सामान्य अवस्थामा आएपछि केही सुराक भेटिने विश्वासमा प्रहरी छ। घटना अनुसन्धानको क्रममा शनिवार नियन्त्रणमा लिइएका नेकपा विप्लव समूहका धनुषा इन्चार्ज ललिता महरा समेत तीन जनासँग सोधपुछ भइरहेको छ। ूलेनदेन र व्यक्तिगत रिसइवीको कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ,’ एक प्रहरी अधिकारीले भने। राजेश साह पेसाले औषधि व्यवसायी हुन्। तर उनले ब्याजमा ऋण लगानी गर्ने गरेको बताइएको छ। बम विस्फोटको सम्बन्ध त्यो सँग भए नभएकोबारे पनि प्रहरीले अनुसन्धान थालेको जानकारी दिइएको छ। पीडित परिवार र उनका आफन्तजनले मृतक प्रहरी निरीक्षक दाहालले झोलामा रहेको प्रेसरकुकरलाई हातले चलाउँदा विस्फोट भएको बताए पनि प्रहरीले टाइमबम रहेकाले १२ बजे विस्फोट भएको दाबी गरेको छ। प्रहरीले जारी गरेको विज्ञप्तिमा उक्त घरको बरन्डानजिक कपडाको झोलाभित्र शङ्कास्पद वस्तु भेटिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षक दाहालको नेतृत्वमा अनुसन्धान गर्न टोली खटाइएको उल्लेख छ। ‘उक्त वस्तु अचानक विस्फोटन हुँदा प्रहरी निरीक्षक दाहालसहित १० जना घाइते भएपछि तत्काल उपचारका लागि लगिएकोमा राजेश साह, आनन्द साह तथा प्रहरी निरीक्षक दाहालको उपचारको क्रममा मृत्यु भएको हो।’ क्षीरेश्वरनाथ नगरपालिकाका प्रमुख योगेन्द्र पजियारले मृतक राजेशका पिता भिखारी साह, उनका कान्छा छोरा प्रकाश साह र छोरी अञ्जली साहको स्वास्थ्य अवस्थामा सुधार आएको बताएका छन्। घटनामा मृत्यु भएका राजेश र उनका छोरा अनन्त साहको जलाद नदी छेउमा र प्रहरी निरीक्षक अमिर दाहालको पशुपति आर्यघाटमा शनिवार साँझ दाहसंस्कार गरिएको छ। शोकमा क्षीरेश्वरनाथ नगरपालिकामा आइतवार सार्वजनिक बिदा दिइएको छ। उद्योग वाणिज्य सङ्घको आह्वानमा बजार बन्द छ। धनुषा जिल्लाको शिक्षण संस्थामा पनि बिदा दिइएको छ। आइतवार मृतक राजेश साहको घर पुगेका प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले घाइतेहरूको उपचार खर्च प्रदेश सरकारले बेहोरिदिने प्रतिबद्धता जनाए। ‘तीन जनाको ज्यान लिने जघन्य अपराध गरेकाहरूलाई कानुनको दायरामा ल्याइनेछ,’उनले भने। राजनीतिक सङ्क्रमणकालका बेलादेखि नै तराईका विभिन्न भूभागमा अशान्ति मच्चिएको थियो। संविधानसभाको पहिलो चुनावको समयताका त्यहाँ दर्जनौँ सशस्त्र समूहहरू देखा परे।त्यतिखेर त्यहाँ साना हतियार एवम् बमहरूको बिगबिगी नै भएको सुरक्षा अधिकारीहरूले बताउने गरेका थिए। माओवादी सशस्त्र द्वन्द्वताका अनि सशस्त्र समूहहरू सक्रिय भएको बेला यस क्षेत्रमा लगातार बम विस्फोटका घटनाहरू भएका थिए। पछिल्लो समय शान्त रहे पनि केही महिनायता निरन्तर बम फेला पर्ने र विस्फोट हुने क्रम पुनः बढेको देखिन्छ। सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकाको कार्यालयमा शुक्रबार राति ११ बजेतिर भएको विस्फोटबाट कार्यालयको झ्याल र ढोकामा क्षति पुगेको छ। त्यो बम कसले पड्काएको हो भन्ने कुरा खुल्न सकेको छैन। यो गाउँपालिकामा पछिल्लो केही दिनयता हरहिसाब सार्वजनिक गर्नुपर्ने माग राख्दै आन्दोलन भइरहेको थियो। धनुषा घटनामा प्रहरी निरीक्षकको ज्यान गएको छ भने केही महिनाअघि रौतहटमा भएको बम विस्फोटमा एक जना प्रहरी घाइते भएका थिए। ईशनाथ नगरपालिकास्थित मठिया प्रहरी चौकीमा कार्तिकमा विस्फोट हुँदा प्रहरी जवान घाइते भएका थिए। खास गरेर सरकारी कार्यालयलाई लक्षित गरेर विस्फोट गराउने र बम राख्ने गतिविधि यो प्रदेशमा बढेको बताइन्छ। मंसिर २३ मा मात्रै महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिकामा प्रेसर कुकुर बम विस्फोट गराउने योजनाका साथ राखिएको फेला परेको थियो। जलेश्वर नगरपालिका वडा नम्बर २ स्थित डिभिजन वन कार्यालयको प्राङ्गणभित्र पार्किङ गरी राखिएको गाडीमुनि झोलाभित्र प्रेसर कुकर बम फेला परेको थियो। फेला परेको उक्त बमलाई नेपाली सेनाको बम टोलीले निष्क्रिय गरेको थियो। यसअघि १३ मंसिरमा सिरहाको धनगढीमाई नगरपालिकास्थित मेयरको कार्यकक्ष अगाडिको ढोकामा पनि प्रेसर कुकर बम फेला परेको थियो। प्लास्टिकको झोलामा राखिएको अवस्थामा फेला परेको बमलाई नेपाली सेनाको टोलीले निष्क्रिय पारेको थियो। ूलगातार बम फेला पर्ने अनि विस्फोट हुने घटनाले सर्वसाधारण त्रसित भएका छन्। साथै शान्ति सुरक्षा बहाली गर्ने प्रहरी पनि बम विस्फोटको सिकार भइरहेका छन्,ू यादव बताउँछन्। (बीबीसी नेपालीबाट)
पन्ध्र वर्षपछि हत्यारा पक्राउ काठमडौं । नेपाल प्रहरीले १५ वर्षअगाडि धारिलो हतियार प्रयोग गरेर हत्या गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विस २०६१ वैशाखमा नुवाकोटको तारकेश्वर गाउँपालिकाका १५ वर्षीय लैलु लामाको हत्यामा सङ्लग्न सन्तबहादुर तामाङ र केशव लामालाई शनिबार पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले फ्याङ्बो तामाङको घरमा घेवा हेर्न गएको अवस्थामा एकापसमा झगडा हुँदा लामाको हत्या गरिएको जानकारी दिए । “एक आपसमा झगडा गर्दा गम्भीर घाइते भएका लामाको उपचारका क्रममा त्रिशूली अस्पतालमा मृत्यु भएको र पीडितको परिवारको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरेका हौँ”, उनले भने । पक्राउ परेका दुवैजनालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय नुवाकोट पठाइएको ब्यूरोले जनाएको छ ।
कालिञ्चोक दर्शन गरेर फर्किँदै गरेको बस दुर्घटना, ठुलो हताहतिको आशंका नयाँ बानेश्वर । सिन्धुपाल्चोकको सुनकोशी–७ मा यात्रुवहाक बस दुर्घटना भएको छ । उक्त दुर्घटनामा ठुलो हताहति भएको बताईएको छ। सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका वडा नम्बर ७ स्थित छ किलो भन्ने स्थानमा बा ४ ख ४४६८ नम्बरको यात्रुवहाक बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। बस सडकबाट ५० मिटर तल खसेर क्षत विच्छेद भएको छ । दुर्घटनामा थुप्रै यात्रु घाइते भएको र उनीहरुको उद्धार भईरहेको र केहीको स्थानीय अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ।
गुल्मीमा एक युवक मृतावस्थामा भेटीए गुल्मी । गुल्मीमा एक युवक मृतावस्थामा फेला परेका छन् । गुल्मी, धुर्कोट गाउँपालिका–४ को जैसीथोक बस्ने २२ वर्षीय कमल खत्री मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले जानकारी दिए । शुक्रबार बेलुकी घरबाट निस्केका खत्री रातिसम्म पनि घर नफर्केपछि शनिबार खोज्दै जाने क्रममा उनलाई घर नजिकै बाटोबाट दुई सय मिटर तल मृत अवस्थामा फेला पारिएको उनले बताए । प्रहरीले घटनास्थलको मुचुल्का बनाई शव परीक्षणका लागि जिल्ला अस्पताल तमघासमा ल्याउने तयारी गरेको बताइएको छ । लतीन वर्षपछि कुलपूजाका लागि भनेर घर आएका खत्री शुक्रबार बेलुका कुलपूजाका निम्तालुहरुलाई खाना खुवाएर सकेपछि घरबाट बाहिर निस्केका थिए ।
काठमाडौँ आउँदै गरेको मोटरसाइकल काभ्रेमा दुर्घटना, चालकको मृत्यु, एक घाईते बनेपा । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका वडा नं ६ चौकीडाँडास्थित बिपी राजमार्गमा पूर्वबाट काठमाडौँतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका एक जनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। शुक्रबार दिउँसो बा९२प ५१९२ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकमा पल्टिँदा मोटरसाइकल चालक सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका वडा नं ३ का २९ वर्षीय प्रकाश दाहालको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। सो दुर्घटनामा परी घाइते भएका सोही ठाउँका ३१ वर्षीय नवराज दाहालको टाउको र खुट्टामा चोट रहेको र उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनको धुलिखेल अस्पतालमै उपचार भइरहेको छ।
चितवनमा सवारी दुर्घटना, ६३ जना घाईते चितवन । सिमसिम पानी परेसँगै ठाउँठाउँमा सवारी दुर्घटना हुँदा ६३ जना घाइते भएका छन्। बिहीबार राति १०ः४५ बजे यता भएका पाँच सवारी दुर्घटनामा ती व्यक्तिहरु घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाका अनुसार आज दिउँसो भरतपुरको मालपोत चोकमा स्कुटर र मोटरसाइकल एक आपसमा जुध्दा मोटरसाइकल चाकल गम्भीर घाइते भएका छन्। उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। ना३प ४६९० नम्बरको स्कुटर र ना२८प ४४४० नम्बरको मोटरसाइकल एक आपसमा जुधेको थियो। त्यस अघि दिउँसै कुरीनटारमा यात्रुवाहक बस पल्टिँदा आठ जना घाइते भएका छन्। कोइरालाका अनुसार काठमाडौँबाट बुटवलका लागि आउँदै गरेको लु२ख १५७९ नम्बरको यात्रुबाहक बस इच्छाकामना–४ कुरीनटारमा अनियन्त्रित भई पल्टिएको थियो। घाइतेमध्ये एक जनाको पुरानो मेडिकल कलेज र अन्य सात जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। घाइते सबैको अवस्था खतरा मुक्त रहेको छ। त्यसअघि बिहान इच्छाकामना गाउँपालिका–४ कुरीनटारमा चार सवारी साधन ठक्कर खाँदा ६ जना घाइते भएका छन्। फिस्लिङ्बाट मुग्लिनतर्फ आउँदै गरेका दुईवटा यात्रु बोकेको चार पाङ्ग्रे सवारी साधन म्याजिक र दुईवटा स्कारपियो बाटो पार गर्ने क्रममा ठोकिँदा उनीहरु घाइते भएका हुन्। उनीहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। बिहानै राप्ती नगरपालिका–६ हर्दीमा बा३ख ८४९० नम्बरको बस आफैँ अनियन्त्रित भई पल्टिँदा १८ जना घाइते भएका छन्। वीरगञ्जबाट नारायणगढतर्फ आउँदै गरेको सो बस अनियन्त्रित भई सडकबाट केही तल बारीमा पुगेको थियो। उनीहरुमध्ये आठ जनाको चितवन मेडिकल कलेज र १० जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। यसैगरी बिहीबार राति बाराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस अनियन्त्रित भई पल्टिँदा २२ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना७ख ४७५५ नम्बरको बस रत्ननगर नगरपालिका–२ टाँडीमा अनियन्त्रित भई पल्टिएको हो। घाइतेमध्ये १८ जनाको रत्ननगर बकुलहर अस्पताल र चार जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले चिप्लो बाटोमा समेत तीव्र गतिमा सवारी चलाएका कारण दुर्घटना बढी भएको बताए । राजमार्ग क्षेत्रका ठाउँठाउँमा सुरक्षा जाँच गरी सवारी तीव्र नहाक्न चालकहरुलाई अनुरोध गरिएको उनले जानकारी दिए ।
उत्पादनशील क्षेत्रमा विप्रेषणको प्रयोग नभएकोप्रति चिन्ता काठमाडौं । ठूलो सङ्ख्यामा विदेशमा श्रम र पसिना बगाएर स्वेदश पठाएको विप्रेषणको सही सदुपयोग नभएकोमा चिन्ता व्यक्त गरिएको छ । अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस २०१९ को सन्दर्भमा पारेर नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघ (फियोजना) ले आयोजना गरेको ‘कामदारमा लागि रेमिट्यान्स र वित्तीय सक्षारतामा अभिमुखीकरण तालीमको भूमिका’ विषयको अन्तरक्रियामा सहभागीले उत्पादनशील क्षेत्रमा विप्रेषणको प्रयोग हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका हुन् । नेपाल राष्ट्र बैङ्कले गरेको एक अध्ययनअनुसार विप्रेषणको झण्डै ८० प्रतिशत दैनिक उपभोग्य सामग्रीको खरिदमा प्रयोग हुने गरेको छ । अनुत्पादक क्षेत्रमा विप्रेषणको ठूलो हिस्सा खर्च गरिँदा कामदार र तीनको परिवारको आर्थिक अवस्था कमजोर रहँदै आएको छ । हुण्डीलाई निरुत्साहित गर्न नसक्दा विप्रेषण बैङ्किङ प्रणालीमार्फत आउन नसकेको भन्दै कार्यक्रममा विप्रेषणको सम्पूर्ण हिस्सालाई औपचारिक ढङ्गबाट भित्रयाउन लागत घटाएर प्रेरित गर्नुपर्नेमा जोड दिइएको थियो । हुण्डीबाट विप्रेषण पठाउँदा असुरक्षित हुनाका साथै कामदार र स्वयम् मुलुकका लागि ठूलो नोक्सानी हुनेतर्फ पनि कामदारलाई अभिमुखीकरण गर्नुपर्ने अन्तरक्रियामा सहभागीको भनाइ थियो । कार्यक्रममा वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले वैदेशिक रोजगारीमा जाने कामदारको अभिमुखीकरणसम्बन्धी पाठ्यक्रम संशोधन गरी वित्तीय साक्षरताका विषय समावेश गर्ने तयारी अन्तिम चरणमा पुगेको र एक महिनाभित्र कार्यान्वयनमा आउने बताए । विप्रेषण भित्रयाउन तथा बचत गर्न बैङ्क तथा वित्तीय संस्थाको आकर्षण बढेको भए पनि सीप सिकेर स्वदेश फर्केका युवालाई स्वरोजगार बनाउनेतर्फ वित्तीय संस्थाले ध्यान नदिएकोप्रति उनले चिन्ता व्यक्त गरे । विप्रेषणसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै नेपाल राष्ट्र बैङ्कको विदेशी विनियम व्यवस्थापन विभागका उपनिर्देशक डा भागवत आचार्यले विप्रेषणको सही सदुपयोग र हुण्डी निरुत्साहनका लागि सचेतना फैलाउनुपर्नेमा जोड दिए । राष्ट्र बैङ्कले २०७० सालदेखि नै वित्तीय साक्षरता कार्यक्रम घोषणा गरेको जानकारी दिँदै उनले विप्रेषणको उत्पादनशील क्षेत्रमा प्रयोग नगरिए मुलुकको आर्थिक अवस्था खस्कन सक्ने बताए । ग्लोबल आइएमई बैङ्कका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले विदेशमा आर्जन गरेको पारिश्रमिक सुरक्षित तबरले घरसम्म पु¥याउन नसके वैदेशिक रोजगारीको कुनै औँचित्य नहुने बताए। महासंघका विष्णु गोपाल गडतौलाले वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रण गर्दै कमाएका रकमलाई सुरक्षित तबरबाट स्थानान्तरण गर्न र स्वदेशमा लगानीका सम्भावनाका बारेमा अग्रिम जानकारी लिन वित्तीय साक्षरता आश्यक रहेको बताए ।
विद्यालयमा विद्यार्थी घट्दै गए, जग्गा मिचिदै गयाे काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको वडा नं २ भूमिस्थलीमा रहेको बालसुधार माध्यमिक विद्यालयको जग्गा वरिपरिबाट मिचिन थालेको छ । विद्यालयमा विद्यार्थी घट्दै जान थालेपछि विद्यालयको जग्गासमेत मिचिएको छ । पुर्जामा विद्यालयको २० रोपनी जग्गा छ । भोगचलनमा आधाजति जग्गा मात्र देखिन्छ । अहिले सुकुम्वासीदेखि स्वास्थ्यचौकीसम्मको भवन बनाउने ठाउँ विद्यालयले नै दिनुपरेको अवस्था छ । सामुदायिक विद्यालयका नामको जग्गा वरिपरिका जग्गाधनीले अलिअलि गरी काट्दै जाँदा यस्तो अवस्था आएको वडा नं २का वडाध्यक्ष कृष्णबहादुर पण्डितले वताए । उनले भने, “यसरी मासिँदै गएको जग्गा संरक्षणका लागि नगरपालिकाले सार्वजनिक, पर्ती जग्गा संरक्षण समिति गठन गरेको छ, वडास्तरीय समिति पनि गठन भएकाले सबै सार्वजनिक एवं पर्ती जग्गा संरक्षण गर्न लागिएको छ”। बीचमा गारेटो बाटो थियो । शहरीकरणसँगै सडक निर्माण गर्न थालेपछि स्थानीय आफ्नो जग्गा दिएनन् । साविकको नयाँपाटी गाविसको वडा नं ४, ५ र ६ वडामा विद्यालयको नाममा जग्गा थियो । विद्यालयका नाममा सात कित्तामा २० रोपनी जग्गा रहेको प्रधानाध्यापक विन्दुराज खनालले जानकारी दिए। विद्यालयमा हाल ४ सय ६० छात्र छात्रा अध्ययन गर्दछन् । धेरैले सामुदायिक विद्यालयको जग्गाका बारेमा मतलब नै गर्दैनन् । नगरपालिका, नापी कार्यालयलगायत सरकारी निकायसँग समन्वय गरी विद्यालयका नाममा रहेको जग्गा फिर्ता गराउने अभियानमा लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरोज चालिसेले बताए । नगरपालिकाले पनि नगरपालिकास्तरीय सार्वजनिक एवं पर्ती जग्गा संरक्षण समिति गठन गरी नापजाँच शुरु गर्ने तयारी गरेको छ ।
आगलागी हुँदा ५ जना घाईते लाखौँ धनमालको नष्ट काठमाडौं । देशका विभिन्न स्थानमा आगलागी हुँदा लाखौँ रुपैयाँको क्ष्ति भएको छ । बुधबार राति र बिहीबार विहान देशका विभिन्न स्थानमा भएको आगलागीबाट बुधबार राति काठमाडौं महानगरपालिका–२२ सुन्धारास्थित कुलमान श्रेष्ठको पानस रेष्टुरेण्टको भान्सामा ग्याँस लिक भई आगलागी हुँदा रेष्टुरेण्टमा काम गर्ने ५ जना घाइते भएका छन् । उक्त आगो निभाउने क्रममा घाइते भएका उनीहरुलाई तत्काल उद्दार गरी उपचारको लागि बीर अस्पतालको ट्रमा सेन्टर पठाइएको छ । त्यसमध्ये गम्भिर २ जनालाई थप उपचारको लागि किर्तिपुर मोडेल अस्पताल रिफर गरिएको छ । आगलागीबाट भान्सा कोठामा रहेका विभिन्न किसिमका सामानहरु जलेर झण्डै ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । त्यस्तै बुधबार राति नै झापाको भद्रपुर नगरपालिका–८ सगरमाथाचोक बस्ने महोमद हुसेनको फर्निचर उद्योगमा आगलागी हुँदा झण्डै ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । यसैगरी बिहीबार बिहान सोही स्थानमा रहेको भुपेन यादवको मोटरसाइकल ग्यारेजमा आगलागी हुँदा झण्डै ३ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । त्यस्तै मोरङको सुन्दरहरैचा नगरपालिका–३ सुकुम्वासी टोल बस्ने ४५ वर्षीय हर्कबहादुर बिकको घरमा बुधबार राति आगलागी हुँदा छिमेकी ६० वर्षीय धनबहादुर बिक र ३५ वर्षीय यमबहादुर बिकको घरमासमेत आगलागी हुँदा तीनवटा घर जलेर झण्डै ३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । यसैगरी बिहीबार बिहान संखुवासभामा निर्माणाधिन रामबेनी ओखरबोटे सडकको किनारामा पार्किङ गरी राखेको बज्रगुरू निर्माण कम्पनीको जेसिबीमा अज्ञात समूहले आगो लगाउँदा जेसिबी पूर्णरुपमा जलेर नष्ट भएको छ । आगजनी गर्ने समूहको प्रहरीले खोजी गरिरहेको बताएको छ । त्यस्तै रुपन्देही जिल्लाको देवदह नगरपालिका–७ मदनग्राम बस्ने चन्द्रकान्त खरेलको सामर्थ कन्स्ट्रक्सन कम्पनी अगाडि पार्किङ गरी राखेको ना. १ क ३३०० नम्बरको जेसिबीमा अज्ञात समूहले बिहीबार बिहान आगो लगाउँदा करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
सवारी दुर्घटनामा ७ को मृत्यु ६ घाईते काठमाडौं । देशका विभिन्न स्थानमा भएका दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ । मकवानपुर, बर्दिया, सुनसरी, नवलपरासी(पूर्व), दोलखा र सिन्धुपाल्चोकका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको हो । मकवानपुरको हटौंडा उपमहानगरपालिकामा सडकमा ना.४२ प ७५०६ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी पैदलयात्री हेटौंडा उपमहानगरपालिका–५ चिसापानी डेरा गरी बस्ने पर्सा बिन्दबासिनी गाउँपालिका–२ बहुअर्वाभाठा स्थायी घर भएकी ४५ वर्षीया प्रमिलादेवी पासवानको जिल्ला अस्पतालहेटौंडामा उपचारको क्रममा बुधबार राति मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक पर्सा जिल्लाको पर्सागढी नगरपालिका–६ बस्ने ३० वर्षीय कन्चन ठाकुरको सोही अस्पताल र मोटरसाइकलमा सवार चितवन भरतपुर महानगरपालिका–१० बस्ने ३५ वर्षीया शर्मिला थापा मगरको चुरेहिल अस्पताल हेटौंडामा उपचार भइरहेको छ । त्यस्तै बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका बैधीस्थित सडकमा भे. १ च १२१६ नम्बरको जिपको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री सोही ठाउँ बस्ने ५ वर्षीया सामना थारुको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ । साथै जिपको ठक्करबाट घाइते भएका पैदलयात्री ७० वर्षीया रुकमणी थारुको सोही अस्पतालमा उपचार भइरहेको छ । जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुनसरी जिल्लाको ईटहरी उपमहानगरपालिकाको पानीपिया जंगलस्थित सडकमा को. २३ प ४०४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३९ वर्षीय पुरुषको घोपा अस्पताल धरानमा उपचारको क्रममा मृत्यु भएको छ । यस्तै सोही जिल्लाकै रामधुनी नगरपालिकामा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट गम्भीर घाइते भएकी हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४० वर्षीया महिलाको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको छ । ठक्कर दिने सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको बताएको छ । यसैगरी नवलपरासी (पूर्व)को देवचुली नगरपालिका दुम्कौलीमा ग. १ ख ४७९८ नम्बरको बसको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुषको बुधबार साँझ घटनास्थलमै मृत्युभएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यसैगरी दोलखा जिल्लाको भिमेश्वर नगरपालिकामा नम्बर नखुलेको जेसिबी अनियन्त्रित भई सडकबाट अन्दाजी १ सय मिटर तल खसेर बुधबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका जेसिबीमा सवार बिगु गाउँपालिका खोपाचाँकु बस्ने २३ वर्षीय राजु थामीको प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका जेसिबी चालकसहित ३ जनाको सोही स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । त्यस्तै सिन्धुपाल्चोक, ईन्द्रावती गाउँपालिकामा बा. ४ ख ६४२९ नम्बरको टिपरको ठक्करबाट सोही गाउँपालिका भाङ्टार बस्ने पैदलयात्री ४७ वर्षीय पन्चबीर दनुवारको बिहीबार बिहान घटनास्थलमै मृत्यु भएको छ । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
श्रोत नखुलेको १३ लाख रुपैयाँसहित २ जना पक्राउ काठमाडौं । बाँकेमा श्रोत नखुलेको १३ लाख नेपाली रुपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके र पाँच नम्बर प्रदेश ब्युरोबाट खटिएका प्रहरीले भे. ५ प २७१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा १३ लाख रुपैयाँ सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेपालगंज उपमहानगरपालिका – २ बस्ने बिनोदकुमार सोनी र सोही स्थान बस्ने ४६ वर्षीय सौरभ सोनी रहेका छन् । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको बताएको छ । त्यस्तै दैलेखमा बाघको छाला र १ थान हड्डीसहित १ जना पक्राउ परेका छन् । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका – ४ तिलुकानाबस्ने ६८ वर्षीय शिबबहादुर शाहीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको ब्यूरो टोली र जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरी टोलीले घरमा लुकाई–छिपाई राखेको अवस्थामा छाला तथा हड्डी फेला पारी शाहीलाई पक्राउ गरेको हो ।
दोलखामा स्काभेटर दुर्घटना, एकको मृत्यु, तीन घाइते दोलखा । दोलखाको भीमेश्वर नगरपालिका–२ तिखातलमा गए राति स्काभेटर दुर्घटना हुँदा एकको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्। गए राति १० बजेको समयमा चरिकोटबाट दोलखा बजार जाने क्रममा स्काभेटर दुर्घटना हुँदा दोलखा जिल्ला बिगु गाउँपालिका–८ खोपाचागुका २२ वर्षीय राजु थामीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। दुर्घटनामा परी तीन जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा भिमेश्वोर नगरपालिका–२ का १६ वर्षीय सुमन थामी, बिगु गाउँपालिका–७ का २७ वर्षीय विजय श्रेष्ठ र स्काभेटर चालक कालीञ्चोक गाउँपालिका–४ का २२ वर्षीय राजकुमार थामी छन्। घाइतहरुको काठमाडौँको ग्राण्डी र शिक्षण अस्पतालमा उपचार भइरहेको छ। तीव्र गतिका कारण स्काभेटर अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
टान र नेपाल भ्रमण वर्ष २०२० सचिवालयबीच सम्झौता काठमाडौं । नेपाल भ्रमण वर्षको प्रभावकारी प्रवद्र्धनका लागि नेपाल भ्रमण वर्ष २०२० सचिवालय र ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) बीच दुईपक्षीय समझदारी भएको छ । भ्रमण वर्षको राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवद्र्धन गरी भ्रमण वर्षलाई सफल बनाउने विभिन्न कार्यक्रम आयोजना तथा सञ्चालन गर्नेगरी ११ बुँदे समझदारी भएको हो । उक्त समझदारीपत्रमा भ्रमण बर्ष २०२० का राष्ट्रिय संयोजक सुरज वैद्य र टानका अध्यक्ष खुमबहादुर सुवेदीले हस्ताक्ष।र गरेको टानले विज्ञप्तिमार्फत जनाएको छ । सो अवसरमा भ्रमण वर्ष सचिवालयका संयोजक वैद्यले भ्रमण वर्ष २०२० अभियान अन्त्य नभई निरन्तर चलिरहने प्रक्रिया भएको बताए । भ्रमण वर्ष अभियानले नीतिगत रुपमा मात्रै नभई युवालाई रोजगार सृजना गराउन मद्दत पु¥याउनेमा जोड दिए । टानका अध्यक्ष सुवेदीले भ्रमण वर्ष २०२० सङ्ख्यामा २० लाख मात्रै नभई धेरैभन्दा धेरै गुणस्तरीय पर्यटक भित्र्याई नेपालको आर्थिक वृद्धि हुने उद्देश्यका साथ टानले आफ्ना सदस्य कम्पनीलाई आठ लाख पर्यटक भित्र्याउन उनुरोध गरेको जानकारी दिए । नेपाल भ्रमण वर्ष २०२० का सदस्यसचिव बच्चुनारायण श्रेष्ठले निजी क्षेत्रले पर्यटक भित्र्याउन सके मात्रै नेपाल भ्रमण वर्ष २०२० अभियान सफल हुनेमा ध्यानाकर्षण गराए ।
पत्रकारमाथि भएको कुटपिटप्रति विरोध काठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकूद ९साग० को समापनका दिन मङ्गलबार पत्रकार सुमन चापागाईं माथि नेपाल प्रहरीले निर्घात कुटपिटप्रति प्रेस काउन्सिल नेपालले विरोध गरेको छ । काउन्सिलले बुधबार प्रेस विज्ञप्ति जारीगरी मङ्गलबार बिहान ११ः०० बजे फोटो खिच्ने क्रममा नागरिक दैनिक तथा नेपाल खेलकूद पत्रकार मञ्चका सदस्य पत्रकार चापागाईं माथि नेपाल प्रहरीले गरेको निर्घात कुटपिटको घटनाका दोषीमाथि कानूनी कारवाही गर्न र प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित पक्षसँग आग्रहसमेत गरेको छ । विज्ञप्तिमा भनिएको छ,“आम जनतालाई सुसूचित गर्न कर्तव्य निर्वाह गर्ने क्रममा पत्रकारमाथि प्रेस स्वतन्त्रताको समेत ख्याल नगरी प्रहारीद्वारा गरिएको उक्त कुटपिटका कारण नागरिक दैनिकका पत्रकार चापागार्इं घाइते भएकोप्रति काउन्सिल विरोध गर्दछ ।” त्यस्तै मङ्गलबार बिहान दशरथ रङ्गशाला परिसरमा प्रहरीले बिना पास आफ्ना आफन्तलाई रङ्गशालाभित्र प्रवेश गराउँदै गरेको तथा आधिकारिक पास लिएर समाचार सङ्कलन गर्ने पत्रकार र खेल हेर्न जाने दर्शकलाई दुव्र्यवहार गर्दै गरेको तस्बीर खिच्ने क्रममा प्रहरी नायब उपरीक्षक सन्तोषसिंह राठौरको नेतृत्वमा रहेको प्रहरी टोलीले पत्रकार चापागाईंमाथि लाठी प्रहार गरेको भन्दै नेपाल पत्रकार महासंघलगायतका संघसंस्थाले समेत विरोध गरेका छन् ।
प्रेस युनियनको महाधिवेशन स्थगित, अध्यक्ष सिग्देलले मागे माफी काठमाडौं। नेपाल प्रेस युनियनको महाधिवेशन फेरि रोकिएको छ। पटक पटक मिति घोषणा गरेर रोकिँदै आएको प्रेस युनियनको महाधिवेशन यही मंसिर २८ र २९ गते काठमाडौंमा गर्ने भनिएको थियो। तर, दुई दिन अगाडि बुधबार अध्यक्ष बद्रि सिग्देलले विज्ञप्ति जारी गर्दै हाललाई महाधिवेशन गर्न नसकिने भन्दै महाधिवेशन स्थगित भएको घोषणा गरेका छन्। अध्यक्ष बद्रि सिग्देलले समयमै महाधिवेसन गर्न नसकेको प्रति क्षमायाचना गरेका छन्। विज्ञप्तिमा मंसिरको सोही मितिमा नेपाली काँग्रेसको महासमिति बैठक पर्न गएको, त्यसलगत्तै पार्टीले विभिन्न चरणका राष्ट्रिय जागरण अभियान सञ्चालन गरेको, पार्टी उपनिर्वाचनमा होमिनु परेकोलगायत कारणहरु उल्लेख गरी महाधिवेशन गर्न असमर्थ भएको जनाईएको छ। बाँकि रहेका जिल्ला र प्रतिष्ठान शाखाको अधिवेशन अझै पनि हुन नसकेको र केही जिल्लामा सहमति हुन बाँकी रहेको परिस्थितिले पनि महाधिवेशनलाई प्रभाव पारेको विज्ञप्तिमा उल्लेख गरिएको छ। साथै, तत्कालै केन्द्रीय समितिको बैठक बोलाएर पुनः महाधिवेशनको मिति तय गर्ने प्रतिवद्धता विज्ञप्तिमार्फत जनाइएको छ।
नाइजेरियन नागरिकले नेपालीको सहयोगमा ठगी धन्दा चलाएको खुलासा काठमाडौं। विभिन्न सामाजिक सञ्जालमा मानिसहरुलाई प्रलोभन देखाएर ठगी गर्ने गिरोह प्रहरीको फन्दामा परेको छ। भाइबर, इमो लगायतका सामाजिक सञ्जालको प्रयोग गरी ठगि गर्ने गिरोहका तीनजालाई प्रहरीले पक्राउ गरेसँगै ठगी धन्दा चलाउनेको सञ्जालबारे खुलासा भएको हो। भाइबर, इमो, ह्वाट्सएप, फेसबुकका माध्यमबाट चिठ्ठा परेको, पार्सल आएको छ भन्दै ठगि गर्ने गिरोहलाई महानगरीय अपराध महाशाखाको विशेष अनुसन्धान टोलीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा दोलखाका वर्ष ५२ का रमेश खड्का, नवलपरासीका वर्ष ३७ का विशेश्वर प्रसाद तिवारी र सोही ठाउँका संदिप कलवार रहेका छन्। पक्राउ परेका उनीहरुको सम्बन्ध नाइजेरियन नागरिक पिटर हेर्मन र बेलायती स्मिथ मोरिससँग रहेको प्रहरीले जनाएको छ। अनलाइन ठगिमा १० जना भारतीय नागरिक पनि संलग्न रहेको प्रहरीले जनाएको छ । सामाजिक सञ्जालमार्फत ठगिधन्दा चलाउँदै आएका उनीहरुले विभिन्न बैंक तथा वित्तिय संस्थाहरु समेत ह्याक गरेको अनुसन्धानबाट खुलेको महानगरीय अपराध महाशाखा एसएसपी सहकुल थापाले बताए। पिटर र स्मिथले नेपालका ठगीका लागि मात्र ४० भन्दा बढी एजेन्ट परिचालन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। यसअघि कृषि विकास बैंक र पानस रेमिट ह्याकिङ प्रकरणमा उनीहरुको संलग्नता रहेको उनले बताए। नेपालमा ४० भन्दा बढी एजेण्टहरु रहेको र उनीहरुले अहिलेसम्म १५ देखि २० प्रतिशत कमिसन खाएर बाँकी रकम भारत पठाउने गरेका थिए । उनीहरुले नेपालका विभिन्न १७ वटा बैंकहरुबाट अहिलेसम्म १७ करोड ६७ लाख ९१ हजार रुपैयाँको कारोबार गरेको खुलेको एसएसपी थापाले बताए। थापाले अहिलेसम्म ३४ जना नेपालीहरु अनलाइन ठगिमा संलग्न रहेको र १५ जना अनलाइनबाट ठगि पीडितहरु प्रहरीको संम्पर्कमा आएको बताए। एजेण्टहरुले ठगि गरेर कारोबार गरेका बैंकहरुमा ह्याक हुन सक्ने सम्भावना रहेको भन्दै प्रहरीले अनुसन्धान गरिरहेको छ ।
हिमालयको क्वालालम्पुर पुनः सीधा उडान शुरु काठमाडौं । हिमालय एयरलाइन्सले मलेसियाको राजधानी क्वालालम्पुरमा पुनः सीधा उडान शुरुआत गरेको छ । नेपालको निजी क्षेत्र र चीनको संयुक्त लगानी रहेको सो एयरलाइन्सले सोमबारदेखि सो शहरमा सीधा उडान शुरु गरेको बुधबार विज्ञप्तिमार्फत जनाएको छ । हिमालयले पहिलो उडान सन् २०१७ फेब्रुअरी १० देखि शुरु गरेको थियो । वैदेशिक रोजगारीका लागि मलेसिया जानेहरुको श्रम स्वीकृति रोकिएपछि सन् २०१८ नोभेम्बरदेखि एयरलाइन्सले मलेसिया उडान स्थगन गरेको थियो । भ्रमण वर्ष २०२० को सङ्घारमा मलेसियाबाट पर्यटकलाई नेपालप्रति आकर्षण गर्ने र पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ । क्वालालम्पुर गन्तव्यमा कम्पनीले सोमबार र मङ्गलबार उडान भर्ने छ । “हामी क्वालालम्पुर र काठमाडौँबीचको सीधा उडान पुनःसञ्चालन गर्न पाउँदा एकदमै हर्षित भएका छौँ । यी दुई स्थानबीचको उडानले दुवै देशका यात्रुलाई महत्वपूर्ण व्यावसायिक अवसर प्रदान गर्नेछ । दुवै देशको व्यापार, जनशक्ति र पर्यटनमा महत्वपूर्ण भूमिका खेल्नेछ”, कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले विज्ञप्तिमा जनाएका छन्। सन् २०१४ अगष्टमा स्थापित कम्पनीले हाल तीनवटा ए ३२० जहाजमार्फत आठवटा गन्तव्यमा उडान भर्दै आएको छ । एयरलाइन्सले आफ्नो पहिलो उडान मे ३१, २०१६ मा कतारको दोहामा भरेको थियो । हालै युएईको आबुधावी, बङ्गलादेशको ढाका र चीनको बेइजिङलाई आफ्नो सञ्जालमा जोडेको छ । अहिले हिमालयले अबुदाबी, दमाम, दोह, ढाका, क्वालालम्पुर, बेइजिङ, गुइयाडं र चाडंसामा उडान भरिरहेको छ । निकट भविष्यमा नै ल्हासाजस्ता उच्च स्थानमा उडान भर्न एअरलाइन्सले २०२० सम्म तिन ए ३१९ जहाज खरीद गर्ने योजना पनि बनाएको छ । चीनसँग सञ्जाल विकास गर्ने गरी एयरलाइन्सले क्रमशः चोङकिङ, सेन्जेङ, नाङचाङ, साङ्घाई र त्यसपश्चात् अलि र ल्हासामा विस्तार गर्ने जनाएको छ ।
मकववानपुरमा सवारी दुर्घटना, २ जनाको मृत्यु हेटौँडा । मकववानपुरको हेटौँडा र मकवानपुरगढी गरी दुई छुट्टाछुट्टै स्थानमा गएराति सवारी दुर्घटनामा परी दुईको मृत्यु भएको छ भने दुई घाइते भएका छन्। गएराति हेटौँडा बजारबाट मकवानपुरगढीतर्फ जाँदै गरेको बा४ख ६३५५ नंको टिपरले ठक्कर दिँदा एकको मृत्यु भएको छ । मकवानपुरगढी गाउँपालिका–४, मक्रान्चुली नजिककै टिपरले ठक्कर दिँदा स्थानीयवासी ३४ वर्षीय दीपक पाख्रिनको घटनास्थलमै मुत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनापछि टिपर चालक फरार छन् भने टिपर प्रहरी नियन्त्रणमा छ । त्यस्तै गएराति नै हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । बाराबाट हेटौँडातर्फ आउँदै गरेको ना४२प ७५०६ नंको मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मुत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मृतकको सनाखत हुनसकेको छैन। सो दुर्घटनाबाट मोटरसाइकल चालकसहित दुई घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक पर्सागढी बस्ने ३० वर्षीय कञ्चन ठाकुर र चितवनको भरतपुर महानगरपालिका–१० बस्ने ३५ वर्षीया शर्मिला थापा मगर रहेका छन् । घाइतेमध्ये मोटरसाइकल चालक ठाकुरको अवस्था गम्भीर छ । ठाकुरको चुरेहिल अस्पतालमा उपचार हुन नसकेपछि भरतपुर अस्पताल सिफारिश गरिएको छ।
बाबुको हत्या आशङ्कामा आमा–छोरा पक्राउ सुर्खेत । प्रहरीले पूर्वी सुर्खेतको भेरीगङ्गा नगरपालिका–२ मालनेटाबाट बाबुको हत्या आशङ्कामा आमा–छोरालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय छिन्चुका अनुसार सोही ठाउँका ४७ वर्षीय लोकबहादुर बिसीको हत्या आशङ्कामा श्रीमती सुमित्रा र छोरा कमल बिसीलाई मङ्गलबार साँझ पक्राउ गरिएको हो। इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरोज चौलागाइँले लोकबहादुरको शव घरदेखि ५० मिटर टाढा गोरेटो नजिक सोमबार फेला परेको जानकारी दिए । “घरभित्र हत्या गरेर बाहिर फालेको जस्तो देखिएको छ”, उनले भने, “अनुसन्धानका लागि मृतककी श्रीमती र छोरालाई नियन्त्रणमा लिइएको हो, अनुसन्धान हुँदैछ।”
५० हजार घुस रकमसहित सइ र प्रहरी जवान पक्राउ सर्लाही । नेपाल–भारत सीमा नजिकै रहेको ब्रम्हपुरी गाउँपालिका त्रिभुवननगर प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक (सइ) राजेशकुमार सिंह र प्रहरी जवान मनोजकुमार यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले रु ५० हजार घुस रकमसहित मङ्गलबार पक्राउ गरेको छ। भारतबाट नेपालमा अवैधरूपमा समान ओसार्नमा सहज गरिदिने भनेर घुस लिएको अवस्थामा रङ्गेहात सिंह र यादवलाई पक्राउ गरिएको आयोगको टोलीले जनाएको छ। सइ सिंहले प्रहरी जवान यादवलाई प्रयोग गरी घुसवापत सो रकम मागेको टोलीले जनाएको छ। पक्राउ परेका दुवैलाई थप अनुसन्धानका लागि महोत्तरीको बर्दिवासस्थित कार्यालय लगिएको छ। उनीहरुलाई हिरासतमा लिएर बर्दिवास लैजाने क्रममा त्रिभुवननगरका केही स्थानीयवासीले अख्तियारको टोलीलाई अवरोध गर्दा अवस्था केहीबेर तनावग्रस्तसमेत भएको थियो। रासस
शहरी उत्थानशीलता परियोजनासम्बन्धी समझदारी पाेखरा । पोखरा महानगरपालिका र बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास मन्त्रालय (डिएफआइडी)बीच नेपाल शहरी उत्थानशीलता परियोजना (सुदृढ) सञ्चालन समझदारी भएको छ । परियोजनाका माध्यमबाट महानगरको दिगो शहरी विकास तथा आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यसहित महानगर प्रमुख मानबहादुर जिसी र डिएफआइडीको उत्थानशीलता तथा समावेशीता टोली प्रमुख साइमन लुकासबीच आज एक कार्यक्रमबीच परियोजना सञ्चालन समझदारीपत्रमा हस्ताक्षर गरिएको हो । विसं २०७७ वैशाखदेखि २०८० चैत्रसम्मको अवधिमा महानगरको दिगो शहरी विकासका लागि घरबास (होमस्टे) मापदण्ड, पर्यटन उद्योगको जनशक्ति आवश्यकता पहिचान, शहरोन्मुख वडामा औद्योगिकीकरण, पर्यटन प्रवद्र्धन र सीमान्तकृत वर्गलाई आयमूलक कार्यक्रममा परियोजनाले सघाउनेछ । परियोजनाले शहर तथा गाउँबीचको अन्तरसम्बन्ध तथा पर्यटन उद्योगमा लक्षित कार्यक्रम सञ्चालन अवस्थाको आँकलन तथा आर्थिक विकास योजना तर्जुमा गर्नेछ । स्थानीय सरकारको संस्थागत क्षमता विकासका लागि उपलब्ध जनशक्तिलाई सक्षम बनाउने र त्यसका माध्यमबाट सार्वजनिक सेवा प्रवाहलाई व्यवस्थित गर्दै दिगो शहरी विकासका लागि डिएफआइडीले महानगरलाई प्राविधिक सहयोग उपलब्ध गराउनेछ । त्यसैगरी डिएफआइडीले परियोजना सञ्चालन तथा प्राविधिक सहयोगअन्तर्गतका क्रियाकलापहरु सञ्चालनका लागि खर्चको प्रबन्ध गर्ने तथा नगरपालिकाको भूधरातलअनुसार भवन निर्माण मापदण्ड अद्यावधिकीकरण, विद्युतीय नक्सापास प्रणालीको सुदृढीकरण र अनुगमन गर्ने प्रणालीको स्थापनामा समेत सहयोग गर्ने सझदारीमा उल्लेख छ । महानगरले परियोजना सञ्चालनका लागि योजना तर्जुमा, कार्यान्वयन तथा अनुगमनका लागि सहयोग गर्नेछ । कार्यक्रममा नगर प्रमुख जिसीले साझेदारीसँगै महानगरलाई आवश्यक प्राविधिक जनशक्ति डिएफआइडीबाट उपलब्ध हुने भएकाले सडक, भवन, खानेपानीलगायतका पूर्वाधार विकासका योजना दिगो र सुरक्षित तरिकाले अघि बढाउन सहयोग पुग्ने बताए । टोलीप्रमुख लुकासले पर्यटकीय नगरी पोखराको विकासका लागि एकीकृत आर्थिक विकास योजना आवश्यक रहेकामा जोड दिँदै यहाँको विकासमा सहभागी हुन पाउँदा बेलायत सरकार खुशी रहेको बताए । उपप्रमुख मञ्जुदेवी गुरुङले पोखरालाई समृद्ध तुल्याउने योजनाअनुसार परियोजना शुरु भएकाले सबै पक्षबाट सहयोग हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । परियोजनाका आर्थिक तथा राजनीतिक सल्लाहकार एवं नेपाल सरकारका पूर्वसचिव कृष्ण ज्ञवालीले वातावरणमैत्री विकासका माध्यमबाट आर्थिक अवसर सिर्जना र अवसरको विविधीकरणको उद्देश्य परियोजनाको रहेको स्पष्ट पारे ।
खेलकुद पत्रकार मञ्चद्वारा पत्रकारमाथि भएको दुव्र्यवहारको भत्र्सना काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले १३औं सागको समापनको दिन सदस्य सुमन चापागाँईमाथि भएको दुव्र्यवहारको भत्र्सना गरेको छ । १३औं सागको समापनको दिन फोटो लिने क्रममा पत्रकार माथि भएको घटनालाई निन्दनीय भनेको छ । विज्ञप्तिमा घटनामा संलग्न प्रहरीलाई कारवाहीको माग गर्नुका साथै घाइते पत्रकार चापागाँईको शिघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । विज्ञप्तिमा भनिएको छ ‘अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको दिन दशरथ रंगशालाभित्र देशले राष्ट्रिय गौरवको कार्यक्रमका रुपमा आयोजना गरेको दक्षिण एसियाको सबैभन्दा ठूलो खेलमेलाको समाचार संकलन गर्न गएका पत्रकारमाथि गरिएको यस्तो घटनाबाट नागरिक अधिकारका साथै निर्वाध रुपमा समाचार संकलन र सम्प्रेषण गर्न पाउने न्युनतम लोकतान्त्रिक अधिकारको समेत हनन भएको छ ।’ टिकट काटेका दर्शक र पत्रकारमाथि प्रहरी र आयोजक सदस्यले दुव्र्यवहार गरेको यो पहिलो घटना हैन विज्ञप्तमा भनिएको छ । प्रेस विज्ञप्ती मिति : २०६७/०८/२४ १३औं दक्षिण एसियाली खेलकुद (साग) को समापनका दिन मंसिर २४ गते बिहान ११ः०० बजे समाचार संकलनका क्रममा नागरिक दैनिक तथा नेपाल खेलकुद पत्रकार मञ्चका सदस्य सुमन चापागाई माथि नेपाल प्रहरीले निर्घात कुटपिट गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को मुख्य प्रवेशद्वार नजिकै तस्बिर लिने क्रममा रहेका पत्रकार चापागाईलाई नेपाल प्रहरीका डिएसपी सन्तोषसिंह राठौरलगायतको समूहले अपशब्द प्रयोग गर्दै जथाभावी बुट प्रहार गरेका थिए । एकजनाले समाएर बाँकी दुईले चापागाईमाथि अन्दाधुन्द बुटले हानेका थिए । घाइते चापागाईको अस्पतालमा उपचार भईरहेको छ । उनको छाती र टाउकोटमा चोट लागेको छ । अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको दिन दशरथ रंगशालाभित्र देशले राष्ट्रिय गौरवको कार्यक्रमका रुपमा आयोजना गरेको दक्षिण एसियाको सबैभन्दा ठूलो खेलमेलाको समाचार संकलन गर्न गएका पत्रकारमाथि गरिएको यस्तो घटनाबाट नागरिक अधिकारका साथै निर्वाध रुपमा समाचार संकलन र सम्प्रेषण गर्न पाउने न्युनतम लोकतान्त्रिक अधिकारको समेत हनन भएको छ । जारी दक्षिण एसियाली खेलकुद दौरान टिकट काटेर आउने दर्शक तथा समाचार संकलनका लागि पुग्ने पत्रकारले पुलिस तथा आयोजक खेल पदाधिकारीबाट दूव्र्यवहार तथा आक्रमण भोग्नुपरेको यो पहिलो घटना होइन । घटनाको जति निन्दा गरेर पनि पुग्दैन । यस घटनाप्रति फोटो पत्रकार क्लब घोर भत्र्सना गर्दछ । साथै मञ्चका सदस्य सुमनको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं । कुटपिटमा संलग्न डिएसपी राठौरलगायतलाई तत्काल कारवाहीको लागि जोडदार माग गर्दछ । अध्यक्ष विकास कार्की
यातायात कार्यालयमा कर्मचारीको अभाव, सेवाग्राहीलाई सास्ती काठमाडौं । काठमाडौँ उपत्यकामा रहेका चार वटा यातायात कार्यालयमध्ये सेवाग्राहीको सबैभन्दा बढी चाप रहेको एकान्तकुनास्थित चालक अनुमतिपत्र कार्यालयमा आवश्यकतानुसार कर्मचारी छैनन् । कार्यालयमा कामको चापअनुसार कर्मचारीको संख्या कमी देखिएको हो । थोरै कर्मचारीबाटै काम गराउनुपर्ने हुँदा सेवाग्राहीको सधैँ भीड हुने कार्यालयका प्रमुख डम्बरबहादूर चन्दले बताए। कार्यालयमा जम्मा दरबन्दी ३८ जनाको भएकामा सोभन्दा कम कार्यरत रहेको हो । संविधानुसार यातायात व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारको भएकाले गत वर्ष नै यातायात कार्यालयहरु प्रदेशमा गएका थिए । प्रदेश सरकारलाई आफूले कर्मचारीको अभावका बारेमा जानकारी गराएको उनको भनाई थियो । प्रदेश ३ को भौतिक पूर्वाधार मन्त्रालयले कर्मचारी नै कम भएकाले भएका कर्मचारीबाट काम चलाउन भनिरहेको उनले बताए । उनले भने, “प्रदेशले कर्मचारीको पुनःसंरचना गर्न बाँकी भएकाले हामीले गाह्रोसँग काम गरिरहेका छौँ ।” कार्यालयले सवारीचालक अनुमतिपत्रका लागि लिखित र प्रयोगात्मक परीक्षा लिने, वितरण गर्ने, नवीकरण गर्नेसँगै ट्राफिक प्रहरीबाट आएका अघिल्ला आर्थिक वर्षका चालक अनुमतिपत्र राख्ने र सेवाग्राही आउँदा वितरण गरिरहेको छ । कार्यालयमा तीन वटा भवनमा विभिन्न शाखामा र चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षाका लागि गरी धेरै कर्मचारी आवश्यक रहेको उनको भनाई छ ।
पूर्वमन्त्री महासेठद्वारा सवारीसाधन फिर्ता काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पूर्वमन्त्री रघुवीर महासेठले मन्त्रालयबाट पाएका सवारीसाधन फिर्ता गरेको जनाएको छ । पूर्वमन्त्री महासेठले सवारीसाधन फिर्ता नगरेको भनी विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति ध्यानाकर्षण भएको मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञवलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । मन्त्रीले यस मन्त्रालयबाट लिएका सवारीसाधन समयमै फिर्ता गरेको पनि मन्त्रालयले जनाएको छ ।
उपसचिव रिजाललाई निलम्बन गर्न आयोगको पत्र काठमाडौं । सेवाग्राहीसँग घुस लिएको अभियोग लागेका जिल्ला प्रशासन कार्यालय दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई निलम्बन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयलाई आग्रह गरेको छ । नेपाल सरकारका उपसचिवसमेत रहेका रिजालले आफ्नो क्षेत्राधिकार भित्रको मुद्दाका अभियुक्तलाई धरौटीमा रिहा गर्न घुस मागेको अभियोग लागेको छ । प्रमुख जिल्ला अधिकारीले सेवाग्राहीसँग घुस लिएको भन्ने सूचना विभिन्न सञ्चार माध्यममा प्रकाशित भएका थिए । आरोपी रिजालमाथि भ्रष्टाचारजन्य कसुर गरेको अभियोगमा छानबिन जारी छ । उपसचिव रिजाल पदमा रहीरहँदा आफूमाथि लागेको अभियोगको प्रमाण लोप गर्न सक्ने भएकाले तत्काल निलम्बन गर्न गृह मन्त्रालयलाई पत्राचार गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । गृह मन्त्रालयले रिजालमाथि अभियोग लागेपछि तत्कालै दोलखाको प्रमुख जिल्ला अधिकारीबाट फिर्ता बोलाएको थियो ।
नवलपरासीमा गहुँ ‘जोन’ कार्यक्रम लागू परासी । गहुँमा आत्मनिर्भर हुने उद्देश्यसाथ पश्चिम नवलपरासीको चार स्थानीय तहमा गहुँ ‘जोन’ कार्यक्रम लागू भएको छ। सङ्घीय सरकारअन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत चालू आव २०७६/०७७ देखि जिल्लामा सो कार्यक्रम सञ्चालन गरिएको हो। हालै जिल्लामा स्थापना भएको परियोजना कार्यान्वयन एकाइमार्फत रामग्राम, सुनवल नगरपालिका तथा पाल्हीनन्दन र सरावल गाउँपालिकामा यो कार्यक्रम लागू गरिएको एकाइ प्रमुख वरिष्ठ कृषि अधिकृत राकेशकुमार ओझाले हामीलाई जानकारी दिए । “हाल यस क्षेत्रमा परम्परागत रुपमा गरिँदै आएको गहुँखेतीलाई व्यावसायिक तथा आधुनिकीकरण गरी उत्पादन वृद्धि गर्ने र गहुँमा आत्मनिर्भर हुने उद्देश्यले कार्यक्रम लागू गरिएको हो, चार स्थानीय तहका केही वडामा यो वर्ष कार्यक्रम सञ्चालन हुनेछ, आगामी वर्ष विस्तार गर्दै जान्छौँ”, प्रमुख ओझाले भने । कार्यक्रम रामग्राम नगरपालिका १६ र १८, सुनवल नगरपालिका– ११ र १२ पाल्हीनन्दन गाउँपालिका–६ र सरावल गाउँपालिका ३ र ४ मा लागू भएको हो। कार्यक्रमअन्तर्गत लाभान्वित हुने कृषकको यसै महिनाभित्र सूचीकृत गरिने र करिब दुई हजार २०० हेक्टर क्षेत्रफलमा कार्यक्रम सञ्चालन हुने परियोजनाले जनाएको छ। राष्ट्रिय आवश्यकता, स्थानीय सम्भाव्यता र तुलानात्मक लाभको प्राथमिकताको आधारमा यस जिल्लाबाट गहुँबाली छनोटमा परेको हो। नेपाल सरकारले परियोजना लागू भएको एक वर्षभित्र गहुँमा आत्मनिर्भर हुने लक्ष्य लिएको छ। स्वसञ्चालित उन्मुख हुने गरी नेपाल सरकारबाट उपलब्धिमा आधारित सहजीकरण गरिने परियोजनाले जनाएको छ। कार्यक्रममार्फत कृषकलाई आधुनिक कृषि औजार तथा उपकरण, प्रविधियुक्त तालीम, साना सिँचाइ कार्यक्रम, पोष्ट हार्भेष्ट सेन्टर स्थापना, कस्टम हायरिङ सेन्टर स्थापनामा सहयोग गरिनुका साथै कृषको खेतीबारीमै पुगेर आधुनिक तरिकाले गहुँ उत्पादन गर्ने विधिको प्रदर्शन गर्ने, अन्य जिल्लामा नमूनाको रुपमा गहुँखेतीको अवलोकन गराउने कार्यक्रम रहेको परियोजनाले जनाएको छ। परियोजनाले ५० प्रतिशत अनुदान उपलब्ध गराउनेछ। कानूनीरुपमा दर्ता भएका कृषक समूह, कृषक उद्यमी, कृषि सहकारी, जल उपभोक्ता संस्थामार्फत यो कार्यक्रम सञ्चालन हुनेछ। “कार्यक्रमले कृषकको जीवनस्तरमा परिवर्तन आउनेछ, अहिलेसम्मको परम्परागत खेती प्रणालीलाई परिवर्तन गर्दै कृषिमा व्यावसायिकरण गर्नेछ भन्ने अपेक्षा छ, गहुँको आयातलाई प्रतिस्थापन गर्दै निर्यात प्रवद्र्धन गर्छौं”, एकाइ प्रमुख ओझाले भने । कृषिको व्यवसायीकरणमार्फत औद्योगिकीकरणमा रुपान्तरणका लागि भौगोलिक सम्भाव्यता र तुलानात्मक लाभका आधारमा छनोट गरिएको जोन कार्यक्रमको क्षेत्र र बालीमा एकीकृतरुपमा सघन कृषि विकासका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्रकुमार गुप्ताले बताए । कार्यक्रमबाट कृषकमा उत्साह थपिने गरी प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष दीपक गुप्ता बताउँछन्। पश्चिम नवलपरासीमा हाल छ हजार ९१५ हेक्टर क्षेत्रफलमा गहुँखेती गर्ने गरिएको छ। रासस
ललितपुरका सांसदबाट सडक अनुगमन, कालोपत्रलाई मुख्य ध्यानमा राखेको भनाई ललितपुर । ललितपुरका प्रदेश तथा प्रतिनिधिसभाका सांसदले सातदोबाटो–चापागाउँ– लेले सडक खण्डको सोमबार अवलोकन गरेका छन् । हाल सो क्षेत्रमा भइरहेको कालोपत्र तथा मर्मतसम्भारको काम कतिको प्रभावकारी छ भन्ने जानकारी हासिल गर्न उनिहरुले आज बिहान टाहाखेल चौताराबाट ठेचोको वडा कार्यालयसम्म अनुगमन गरेका हुन्। सो सडकखण्ड अवलोकनका क्रममा ललितपुर क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य नवराज सिलवालले लामो समयको प्रयासपछि यस क्षेत्रमा यथावतै अवस्थामा रहेको सडक कालोपत्र गर्न लागिपरेको बताउँदै यहाँका जनतालाई कति दिनसम्म धुवाँ, धुलो र हिलोको शिकार बनाउने भनी विस्तारभन्दा कालोपत्रलाई मुख्य ध्यानमा राखिएको स्पष्ट गरे । ललितपुर क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्य पम्फा भुसालले चार वर्ष पहिले विनापूर्वतयारी बोलपत्र आह्वान गरेर त्यत्तिकै बिजोग अवस्थामा रहेको सो सडकखण्ड छिटोभन्दा छिटो कालोपत्र गराउन गत वर्ष साउनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठसँग छलफल गरी सहमति गराएको बताईन्। यसैगरी, ललितपुरबाट प्रदेशसभा सदस्य चेतनाथ सञ्जेलले हाल ठेचोको स्वास्थ्यचौकीदेखि ढोलाहिटीसम्म कालोपत्र हुँदै गरेको सो सडकमा दुई लेन गाडी चलाउन सफल भएको जानकारी दिए । उनले भने, “ अब दोस्रो चरणमा टाहाखेलको चौतारादेखि लेलेको सरस्वतीकुण्डसम्म २२ मिटर चौडा सडक मर्मत तथा कालोपत्रको काम अघि बढेको छ ।” ललितपुरबाट प्रदेशसभा सदस्य राजकाजी महर्जनले पहिलो चरणमा टाहाखेल दीपमाला विद्यालयदेखि टाहाखेल चौतारोसम्म लगभग चार किलोमिटर कालोपत्र समाप्त गर्न सफल भइसकेको बताए । उनले भने, “अब बाँकी रहेको ६ किलोमिटर सो सडकखण्ड कालोपत्रको काम १ हप्तादेखि १० दिनमा समाप्त हुने छ ।” सो सडकखण्डमा धमाधम अघि बढेको कालोपत्र गर्ने जिम्मेवारी कन्टेक प्रालि नामक ठेकेदार कम्पनीले लिएको छ । सो प्रालिका प्रतिनिधि दीपक थापाले आफूले लिएको कामलाई मजबुत बनाउन सम्झौता गरेभन्दा बढी सामग्री थप गरी कालोपत्र गरिरहेको बताए । उनले भने “ठेक्का लिएको एक महिनामा यति छिट्टै काम समाप्त गर्न सफल पहिलो कन्टक्सन कन्टेक प्रालि नै हो ।” हाल अघि बढिरहेको कालोपत्रको काम अबको १० दिनमा समाप्त हुने थापाले बताए । गोदावरी नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने सडकमुनि निकासको काम गर्ने छ । ललितपुरका ग्वार्खु–इमाडोल हुँदै जाने, सातदोबाटो हुँदै गोदावरी जाने र बाग्मती करिडोरको सडक बनाउने विषयमा आज बैठक बस्ने तयारी भएको ललितपुरका सांसदले जानकारी दिए । सो अनुगनमा ललितपुरका सांसदका साथमा केही वडाध्यक्ष, जिल्ला प्रशासन कार्यालय, ललितपुरका सहायक प्रजिअ, ललितपुर र सातदोबाटोका प्रहरी प्रमुख र स्थानीय जनताको सहभागिता थियो ।
कार दुर्घटनामा परी ग्लोबल आईएमई बैँकका प्रबन्धकको मृत्यु कपिलवस्तु । पूर्व–पश्चिम राजमार्गमा पर्ने कपिलवस्तुको बोर्डगाउँ नजिकै  बा. ६ च ६३९० नम्बरको कार सोमबार बिहान ८ बजेतिर  दुर्घटना हुँदा ग्लोबल आईएमई बैंक बनगाई शाखाका प्रबन्धकको मृत्यु भएको छ । कार दुर्घटनामा परी कपिलवस्तु नगरपालिका–९ हरनामपुर निवासी २९ वर्षीय सुरज पाण्डेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाको छ। पाण्डेले चलाएको कार तिव्र गतिका कारण बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको प्रहरीको अनुमान छ । दुर्घटनामा परी अन्य ५ जना घाईते भएका छन् । घाईते मध्ये २ जनाको बुटवल तथा ३ जनाको स्थानीय वाणगंगामाको सामुदायिक अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ।
बेलकोटगढीबाट ४४ राउण्ड गोलीसहित २ जना पक्राउ नुवाकोट । बेलकोटगढी नगरपालिका–७ रातमाटा बस्ने आईतराम राई र उनको घरमा डेरा गरी बस्ने ३५ वर्षीय नारायणकाजी आलेमगरलाई म्याग्नममा लाग्ने ४४ राउण्ड गोली सहित आइतबार प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी तारुकाबाट खटिएको प्रहरीले नारायणकाजी आलेमगरको कोठा जाँच गर्ने क्रममा उक्त गोली फेला पारी दुवै जनालाई पक्राउ गरेको हो। यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु धनगढी । धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीमा मोटरसाइकलको ठक्करबाट आज बिहान एक महिलाको मृत्यु भएको छ। बैयाबेहडी–२ कै २१ वर्षीय गोविन्द सुनारले चलाएको से६प २३११ नंको मोटरसाइकलको ठक्करबाट स्थानीयवासी ५५ वर्षीया पैदल यात्री शान्तादेवी जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएकी जोशीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए । मोटरसाइकलसहित चालकलाई प्रहरीले नियन्त्रमा लिएको बताइएको छ।
गाडीको ठक्करबाट प्रहरी हवल्दार पाठकको मृत्यु चितवन । भरतपुर महानगरपालिका–१ रामनगरमा गाडीको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु भएको छ। मृत्यु हुनेमा धादिङ जिल्ला नीलकण्ठ नगरपालिका–१० घर भई जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत ३५ वर्षीय प्रहरी हवल्दार यदुप्रसाद पाठक रहेका छन् । जिप्रका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार आइतबार राति ११ बजे प्रहरीचौकी रामनगरबाट भरतपुरतर्फ आउने क्रममा बा १७ च ५७५८ नम्बरको बोलेरो गाडीले पाठक चढेको ना ५५ प १४२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। घाइते पाठकको भरतपुर अस्पतालमा उपचारका क्रममा गए राति नै मृत्यु भएको हो। ठक्कर दिने गाडी र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।
प्रहरीद्वारा फरार अभियुक्त पक्राउ काठमाडौं । हाडनाता करणी मुद्दाका फरार अभियुक्तलाई धादिङ प्रहरीले पक्राउ गरेको छ । पक्रउ पर्नेमा धादिङ निलकण्ठ नगरपालिका ५ का अम्बर बहादुर राना मगर रहेको प्रहरीले जनाएको छ । २०५४ सालमा हाडनाता करणीको मुद्दा लागेर फरार रहेको अभियुक्तलाई पक्राउ गरी जिल्ला अदालत धादिङमा बुझाएको धादिङ प्रहरीले जनाएको छ ।
लागूऔषध बनाउने रसायन सहित चिनियाँ नागरीक पक्राउ काठमाडौं । प्रहरीले लागू औषध बनाउने रसायन सहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । लागू औषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरी टोलीले लागू औषध बनाउने ४ किलो २ सय ग्राम रसायन ईफेड्रिनसहित एक जना चिनियाँ नगारिकलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो । प्रहरी उपरिक्षक विरेन्द्र कुमार बस्यालले गएको शुक्रबार कार्गोबाट न्युजिल्याण्ड पठाउन लागिएको उक्त रसायन सहित ३१ वर्षको चिनियाँ नागरिक जाङ चाओलाई पक्राउ गरेको बताएका छन् । उनले काठमाडौंको एक कार्गोबाट न्यूजिल्याण्ड पठाउन ल्याएको निलो रङको कागजको डिब्बाभित्र रंगिन चित्र रहेको १० वटा शंकास्पद काठको फ्रेम चेकजाँच गर्दा फल्स बटम बनाई लुकाएर राखिएको अवस्थामा फेला पारेको जानकारी दिए । प्रहरी नायब महानिरिक्षक बस्यालले न्यूजिल्याण्ड पठाउन लागिएको उक्त रसायन लागू औषध एम्फेटामिन बनाउन प्रयोग गरिने बताए । उनले उक्त इफेड्रिनको चीनमा २ लाख २५ हजार नेपाली रुपैयाँमा खरिद गरी न्युजिल्याण्डमा ५० लाख रुपैयाँमा विक्री गर्न लागेको समेत बताए । प्रहरीले यसअघि पनि यस्तै प्रकारको रसायन स्यूडोईफेड्रिन ट्याब्लेट ४७१.८८ केजि सहित आर्य फर्मा सिटिकल्सका सञ्चालकलाई २०७३ साउन १२ गते पक्राउ गरेको थियो । प्रहरीले अहिले पक्राउ परेका चिनियाँ नागरिकलाई लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको समेत बताएको छ ।
बेलायतमा चुनावअघि दुई नेताबीच आरोप प्रत्यारोप, ब्रेक्जिट नै मुख्य मुद्दा लन्डन । बेलायती प्रधानमन्त्री बोरिस जोनसन र विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिनबीच शुक्रबार राति अन्तिम चुनावी टेलिभिजन बहसमा आमनेसामने भएका छन्। बेलायतमा संसदको आमचुनाव आउन छ दिन बाँकी हुँदा आयोजित यो बहस निकै रोचक बनेको थियो । ब्रेक्जिट र ब्रिटेनको भविष्यका बारेमा दुई नेताले पुरानै शैली र योजना अघि सारेका थिए । युरोपेली युनियनबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) लाई समर्थन गर्ने कन्जर्भेटिभ्स पार्टीका नेता जोनसनले विपक्षी नेता कोर्बिनलाई एक अस्पष्टतावादी नेताका रुपमा चित्रण गर्ने कोशिस गरेका थिए । जोनसनको भनाईमा ब्रेक्जिटप्रति कोर्बिनमा कुनै दृढ अडान छैन, र यसले बेलायतलाई थप अनिश्चिततामा डुबाउँछ । त्यस अवसरमा नेता कोर्बिनले उपस्थित दर्शकहरूलाई कन्जर्भेटिभ्स सरकारले ल्याएको खर्च कटौतीको बारेमा सम्झना गराएका थिए । उनले प्रधानमन्त्री जोनसन बेलायतलाई हानि गर्ने किसिमबाट संयुक्तराज्य अमेरिकासँग व्यापार सम्झौता गर्नेतर्फ केन्द्रित हुनुभएको दाबी गरे । दुबै नेताले एकअर्कोको चरित्रलाई लिएर प्रश्न समेत गरेका थिए । प्रधानमन्त्री जोनसनले कोर्बिनलाई आफ्नो पार्टीमा मौलाएको धार्मिक कट्टरवाद वा धार्मिक घृणालाई रोक्न असफल भएको आरोप लगाएका थिए । कोर्बिनले प्रत्युत्तरमा ‘नेतृत्वमा विफल हुनै लाग्दा आफू र आफ्नो दलमाथि जोनसनले अभद्र र अशिष्ट टिप्पणी’ गरेको बताएका थिए । गत वर्ष एक पत्रिकाको लेखमा जोनसनले बुर्का लगाएकी मुसलमान महिलालाई चित्रित गर्दै उनीहरु ‘पत्र मञ्जुषा’ भनी टिप्पणी गरेको कोर्बिनको भनाई थियो । बीबीसीका पत्रकार निक रोबिन्सनले सञ्चालन गरेको उक्त कार्यक्रममा उनले बेलायती जनताबीच दुई अलोकप्रिय र अविश्वसनीय नेता छनौट गर्नुपर्ने ‘असम्भव विकल्प’ मात्र बाँकी रहेको बताएका थिए । बेलायतका दुई जना पूर्व प्रधानमन्त्रीले आफ्नै पार्टीका उम्मेदवारहरूका विचार सुनेपछि निराशा व्यक्त गरेका छन् । कन्जरभेटिभ्स पार्टीबाट यसअघि प्रधानमन्त्री बनेका जोन मेजरले ब्रेक्जिटलाई ‘मेरो जीवनकालको सबैभन्दा नराम्रो विदेश नीति निर्णय’ भनेका छन् भने पूर्व लेबर नेता टोनी ब्लेयरले मतदाताहरुलाई एक ‘भयानक’ छनौट मात्र बाँकी रहेको बताए । अर्को बिहीबार हुने चुनावअघि गरिएको पछिल्ला मत सर्वेक्षणहरुले जोनसनको दलले बढी स्थान जित्ने देखाएका छन् । कन्जरभेटिभ्स पार्टीले हाल अल्पसंख्यक सरकार सञ्चालन गरिरहेको थियो, र ब्रेक्जिट गतिरोध अन्त्य नभएका कारण जोनसनले डिसेम्बर १२ मा पुनः संसदका लागि आमचुनावको मिति तोकेका हुन् । दुई वर्षअघि भएको चुनावले ब्रेक्जिट गतिरोध हटाउन सकेको थिएन । विपक्षीको समेत सहमतिमा हुन लागेको यस चुनावमा जोनसनले बहुमत हासिल गर्ने र ब्रेक्जिटको गतिरोध तोड्ने आशा गरेका छन् । उनको भनाईमा यदि कन्जरभेटिभ्सले बहुमत ल्यायो भने ब्रेक्जिट सम्झौतालाई अनुमोदन गर्न संसदमा प्रस्ताव लैजाने छ । बेलायतलाई आगामी जनवरी १ बाट युरोपेली संघबाट अलग गरिने पनि उनले बताए । बहसमा जोनसनको भनाईप्रति असहमति जनाउँदै विपक्षी नेता कोर्बिनले आफू ब्रेक्जिट मामिलामा तटस्थ रहेको र त्यसको अन्तिम निर्णय गर्ने अधिकार जनतामा हुनुपर्ने बताए । उनले नयाँ ब्रेक्जिट सम्झौताका लागि वार्ता गर्ने वचन दिएका छन् । ‘तपाईं ब्रेक्जिटमा अनिश्चितताको अन्त्य गर्न सक्नुहुन्न यदि तपाईंलाई थाहा छैन कि सम्झौता के हो, तपाईं के गर्न चहानुहुन्छ,’ जोनसनले भने, ‘तपाईं सम्झौता गर्न सक्नुहुन्न यदि तपाईं यसमा तटस्थ हुनुहुन्छ ।’ जोनसनका विपक्षीहरूले उनका ब्रेक्जिट सम्बन्धी प्रतिबद्धताहरु पनि खोक्रा रहेको बताएका छन्, किनकि युरोपेली संघबाट बाहिरिँदा त्यसबाट महिनौं वा वर्षौंसम्म जटिल व्यापार सम्झौतामा बेलायत अल्झिनुपर्नेछ । कोर्बिनको भनाईमा जोनसनको कार्यकालमा बेलायतका मित्र देशहरु घट्ने र अमेरिकासँगको व्यापार सम्झौताका लागि पनि वर्षौं भौंतारिनु पर्ने अवस्था सिर्जना हुनेछ । उनले उत्पादन र उद्योगमा सात वर्ष पूर्ण अनिश्चितता र निरन्तर रोजगारी गुम्ने स्थिति आउनेछ भनेका छन् । दुबै नेताले गत हप्ता लन्डनमा भएको घातक आक्रमणको विषयलाई लिएर पनि बहस गरेका थिए । प्रधानमन्त्री जोनसनले कोर्बिनलाई मुलुकको सुरक्षा मामिलामा कमजोर व्यक्ति रहेको भन्दै चित्रण गर्ने प्रयास गरेका थिए । तर नेता कोर्बिनले जोनसनकै सत्तारुढ दलले देशको प्रहरी र जेल सुधारका सेवाहरुमा व्यापक कटौती गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।
चितवनको अटो दुर्घटनामा परी ज्यान गुमाउनेको पहिचान खुल्यो काठमाडौं । चितवनमा शनिबार अटो दुर्घटनामा परी ज्यान गुमाउने ५ जनामध्ये ४ जनाको पहिचान खुलेको छ। चितवनको राप्ती नगरपालिका–४ मा शनिबार साँझ ना १ ह ६४०९ नम्बरको अटो दुर्घटना हुँदा पर्वतको कुस्मा नगरपालिका घर भई चितवनकै खैरहनी नगरपालिका–८ बस्दै आएका ४९ वर्षका श्यामप्रसाद तिवारी, खैरहनी नगरपालिका ९ का ४२ वर्षका विश्वमणी भण्डारी, राप्ती नगरपालिका ९ का २५ वर्षकीया मीना खड्का र ३२ वर्षीया माया तामाङको परिचय खुलेको चितवन प्रहरीले जनाएको छ। अटोमा सवार अन्दाजी ४० वर्षीया महिलाको भने परिचय खुल्न बाँकी छ । दुर्घटनामा घाइते चितवन खैरहनी–३ का २६ वर्षका मणिराम गिरीको पुरानो मेडिकल कलेजमा उपचार भैरहेको छ।
झापामा वनभोजका लागि जाँदै गरेको बस दुर्घटना झापा । पूर्वपश्चिम राजमार्गअन्तर्गत बिर्तामोड सडकखण्डको रेखापुल नजीकै आज बिहान भएको बस दुर्घटनामा परी १३ जना घाइते भएका छन्। झापाको दमकबाट वनभोजका लागि इलामको कन्याम हिँडेको ना६ख ६१८१ नंको बस दुर्घटनमा परेको हो। दुर्घटनामा परी घाइते भएका सबैको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक होमप्रसाद अधिकारीले जानकारी दिए । प्रहरी निरीक्षक अधिकारीका अनुसार दुर्घटनामा परी बसका सहचालक मोरङ पथरी–१ निवासी ३० वर्षीय विकास लिम्बूसहित दमक–१० निवासी २७ वर्षीय सन्तोष खड्का, सोही ठाउँ निवासी १९ वर्षीय पवन खड्का र उर्लावारी–३ निवासी १७ वर्षीया स्मृति धिमाल रहेका छन्। त्यस्तै दुर्घटनामा परी दमक–१० निवासी १४ वर्षीय अभय धिमाल, मोरङ उर्लावारी–७ निवासी २२ वर्षीया माया घिमाल, दमक–१० निवासी १८ वर्षीया विविशा धिमाल, सोही ठाउँ निवासी १९ वर्षीया विनिता हमाल, २२ वर्षीय रोशन धिमाल, २८ वर्षीय नेत्र नेपाली, १८ वर्षीय आयुष नेपाली, १९ वर्षीय प्रदीप रिजाल र ४० वर्षीया नैनकला खड्का रहेका छन्।
पत्रकारमाथि भएको आक्रमणको भत्र्सना काठमाडौं। पत्रकारहरु रामचन्द्र दुलाल, सिबी खड्का (छक्कबहादुर खड्का), प्रकाशचन्द्र दाहाल माथि भएको आक्रमणको नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले भत्र्सना गरेको छ । स्थलगत रिपोर्टिङका क्रममा बिहीबार दिउँसो काठमाडौँबाट काभ्रेको बनेपा नगरपालिका–६ स्थित बुडवल पुगेका शाखाका सदस्य दुलाल, खड्का र दाहाललाई वडाध्यक्ष सचिदानन्द केसीले आक्रमण गरेको भन्दै त्यसप्रति महासङ्घले आपत्ति जनाएको छ । “मङ्सिर १२ गते दुई सन्तानकी आमा कविता कार्कीको रहस्यमय निधन भएकाले हालसम्म दाहसंस्कार नगरिएको विषय बाहिरिएपछि वास्तविकता बुझ्नका लागि पत्रकारको टोली बनेपा पुगेकामा बनेपा नगरपालिका–६ का वडाध्यक्ष केसीलगायतको समूहले रिपोर्टिङमा सङ्लग्न पत्रकारमाथि निर्घात कुटपिट गरिनु खेदजनक घटना हो”, काठमाडौँ शाखाद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ । काठमाडौँ शाखाले वडाध्यक्ष केसीले जफत गरेको सञ्चार उपकरण तुरुन्त फिर्ता गर्नुपर्ने, घाइते पत्रकारको उपचार गर्नुपर्ने, आइन्दा त्यस्तो गल्ती नदोहो¥याउने प्रतिबद्धतासहित माफी माग्नुपर्ने र प्रेस स्वतन्त्रता तथा कानूनी राज्यको उच्च सम्मान गर्नुपर्ने माग गरेको छ । पत्रकार महासङ्घले पत्रकार अवधेशकुमार झामाथि बिनाकारण खानतलासी गरेकामा समेत आपत्ति जनाएको छ । महासङ्घका केन्द्रीय सदस्य एवं कान्तिपुर दैनिकका उपसम्पादक झाको सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ तोपास्थित निवासमा प्रहरीले बुधबार बिनाकारण खानतलासी गरेकामा निन्दा गर्दै महासङ्घका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा उक्त घटनाको छानबिन गरी दोषीलाई कानूनी कारवाहीको माग गरिएको छ । यस्तै नेपाल पत्रकार महासङ्घले काठमाडौँ शाखाका सभासद् सन्तोष बराइली र नेपाल समाचारपत्र दैनिकका सिरहा संवाददाता शुभेन्दर दासलाई समाचार सङ्कलनका क्रममा दुव्र्यवहार गरेकामा आपत्ति जनाइएको छ । उनीहरुलाई नेपाल भारत सीमास्थित जनकपुरधाम–जटही छोटी भन्सार कार्यालयमा कार्यरत नायब सुब्बा नवीनकुमार पाण्डेले दुव्र्यवहार गरेको महासङ्घले जनाएको छ । यही मङ्सिर १८ गते सेवाग्राहीसँग भन्सार कार्यालयका कर्मचारीले पैसा असुली गरिरहेको दृश्य क्यामरामा कैद गरिरहेको अवस्थामा पत्रकार बराइली र दासलाई नायब सुब्बा पाण्डेले क्यामरा खोसेर दुव्र्यवहार गरिएको महासङ्घद्वारा शुक्रबार जारी विज्ञप्तिमा जनाइएको छ । नागरिकलाई सुसूचित गर्ने कार्यमा खटिएका पत्रकारलाई गरिएको दुव्र्यवहारले पत्रकारको संवैधानिक स्वतन्त्रताको हनन भएको महासङ्घको ठहर छ । महासङ्घका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा उक्त कार्यको कडा निन्दा गर्दै घटनाको छानबिन गरी दोषी कर्मचारीमाथि कानूनी कारवाहीको माग गरिएको छ । रासस
गोरख यादवले गरे आफ्नै बाबु–आमाको हत्या रुपन्देही। रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बालापुरका ७२ वर्षीय रामनारायण यादव र ७० वर्षीया खगना यादवको उनकै कान्छा छोरा गोरख यादवले हत्या गरेका छन् । २८ वर्षीय छोरा गोरख वृद्धा बुबा आमासँगै बस्दै आएका थिए । पाँच भाइमध्ये कान्छा गोरखले शुक्रबार अपरान्ह एक्कासी बुबाआमालाई खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा रुपन्देही प्रहरीले पक्राउ गरेको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले बताए। गोरखले प्रहार गरेको धारिलो हतियार लागेर बुबाको घटनास्थलमै र आमाको उपचारको लागि युनिभर्सलक कलेज अफ मेडिकल साईन्सेज (युसीएमएस) रानीगाउँ भैरहवा पुर्याउने क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । गोरखको आक्रमणमा परी उनका जेठा दाजु जोगेन्द्र यादव पनि घाइते भई युसीएमएस भैरहवामा उपचार गराइरहेका छन् ।
खुर्पा प्रहार गरी बाबुआमाको हत्या, दाजु घाईते रुपन्देही । रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बालापुरका ७२ वर्षीय रामनारायण यादव र ७० वर्षीया खगना यादवको उनकै कान्छा छोरा गोरख यादवले हत्या गरेका छन् । २८ वर्षीय छोरा गोरख वृद्धा बुबा आमासँगै बस्दै आएका थिए । पाँच भाइमध्ये कान्छा गोरखले शुक्रबार अपरान्ह एक्कासी बुबाआमालाई खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा रुपन्देही प्रहरीले पक्राउ गरेको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले बताए । गोरखले प्रहार गरेको धारिलो हतियार लागेर बुबाको घटनास्थलमै र आमाको उपचारको लागि युनिभर्सलक कलेज अफ मेडिकल साईन्सेज(युसीएमएस)रानीगाउँ भैरहवा पु¥याउने क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । गोरखको आक्रमणमा परी उनका जेठा दाजु जोगेन्द्र यादव पनि घाइते भई युसीएमएस भैरहवामा उपचार गराइरहेका छन् ।
विद्यालय हिँडेकी बालिकालाई गाडीमा लिफ्ट दिएर ड्राइभरले गरे बलात्कार गुल्मी । गुल्मीमा विद्यालय हिडेकी एक बालिका बलात्कृत भएकी छन्। गुल्मीको रुरुक्षेत्र गाउँपालिकाकी १० वर्षीया बालिका विद्यालय जाँदै गर्दा बाटोमा बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। बलात्कार गरेको आरोपमा रुरुक्षेत्र गाउँपालिकाका भोज बहादुर सार्कीलाई बिहीबार साझँ प्रहरीले पक्राउ गरेको छ। सार्की सवारी चालक हुन्। बालिकालाई विद्यालय पुर्याउने भन्दै गाडिमा चढाएको र केहि पर लगेर बलात्कार गरेको गुल्मी प्रहरीले जनाएको छ। सार्कीलाई थप अनुसन्धानको लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सुचना अधिकारी मिन घलेले जानकारी दिए।
इञ्जिनीयरिङ परिषद् ऐनका लागि समन्वयात्मक छलफल गर्न निर्देशन काठमाडौं । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले नेपाल इञ्जिनीयरिङ परिषद् ऐन, २०५५ लाई आवश्यक संशोधन गर्नका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका उच्च अधिकारीलाई समन्वयात्मक छलफल गर्न निर्देशन दिएको छ । समितिका सभापति परशुराम मेघी गुरुङको अध्यक्षतामा बिहिबार बसेको बैठकले उक्त परिषद्लाई समयानुकूल परिमार्जिन तथा इञ्जिनीयरिङ शिक्षालाई व्यवस्थित र थप व्यावसायिक बनाउनका लागि ऐन संशोधन गर्न उक्त निर्देशन दिएको हो । तीन वटा मन्त्रालयको छलफलपछि आउने निष्कर्ष तथा प्रतिवेदनमाथि थप छलफल गर्न समितिको बैठक यही मङ्सिर २३ गते सोमबार पुनः बस्ने निर्णय भएको सभापति गुरुङले बताए। रासस
भालु आतङ्क रोक्न प्रहरी परिचालित रसुवा । जङ्गली भालुको आतङ्क बढ्दै गएपछि जीउज्यानको सुरक्षाका लागि सम्भावित क्षेत्रमा प्रहरी गस्ती परिचालन गरिएको छ । जिल्ला प्रहरी प्रमुख भाग्येन्द्रपुरूष ढकालका अनुसार जङ्गली भालुले घरघरमा पसी गाउँ समाजमा त्रसित पार्नाका साथै केही स्थानमा आक्रमणसमेत गरेकाले थप सुरक्षा संयन्त्र परिचालन गरिएको हो । नागरिकलाई भयरहित वातावरण सिर्जना गर्न मानिस हिँड्ने पैदलमार्गअन्तर्गत भालु आउने सम्भावित गौंडामा प्रहरी गस्तीसमेत व्यवस्थापन गरिएको बताइएको छ । हिमाली भेकमा चिसोपन बढिसकेकाले न्यानो स्थान खोज्दै जङ्गली भालु बेंसीतर्फ झर्ने समय भएका कारण बिहान बेलुका एक्लैदुक्लै यात्रा नगर्न प्रहरीले आग्रह गरेको छ । कुनै समय यात्रा गर्नु पर्दा थप सुरक्षा चाहिएमा जिल्ला प्रहरी कार्यालय रसुवाको शुल्क नलाग्ने फोन १०० वा ०१० ५४०१९९ मा खबर गरी पूर्ण सुरक्षित तवरले यात्रा गर्न गराउन समुदायमाझ आग्रह गरिएको प्रहरी प्रमुख ढकालले बताए । चालू आर्थिक वर्षको साउनदेखि हालसम्म भालुको आक्रमणबाट पाँच जना घाइते भएको तथा त्यसले बृद्धिम तथा खाम्जिम गाउँका चार घरभित्र प्रवेश गरी खाद्य सामग्री नष्ट बनाइसकेको बताइएको छ । भालुको आक्रमणबाट सशस्त्र प्रहरीका दुई, हाकु लुम्वुडाँडाकी एक वृद्धा, धुञ्चे भिमलीका एक पुरूष र पारच्याङमा एक घाइते भइसकेका छन् । हाकुको लुम्बुडाँडामा घरमा पालिएका बाख्रासमेत भालुले आक्रमण गरी मारेको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । रसुवा जिल्लाको गोसाइँकुण्ड धार्मिकमार्ग अन्तर्गतदेउराली, खन्तीपाखो, बोकेझुण्डा, ठाडे, भिमल,पानास्युङखोलाआसपास, नागुङ, खोपाङ, भार्खु, ठूलोस्याफ्रु, ब्राबलसमेतका स्थानका जङ्गलमा भालुले बास स्थान लिने क्षेत्र रहेको बताइएको छ । यसै गरी बृद्धिम, टिमुरे, खैदी, थुमन, चिलिमे, गतलाङ, हाकु, तिरू, ग्राङ, राम्चे, हाँडीफोरा तथा भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्रसमेतका स्थानमा भालुको बासस्थान हुने भएकोले सावधानीपूर्वक हिँड्न उपयुक्त हुने ज्येष्ठ नागरिकले सुझाव दिएका छन् । यात्राका क्रममा भालुसँंग जम्काभेट भएमा परैबाट उसले बेजोडले थुक्दै आउने र उसको पिरोथुक मानिसका आँखामा परेपछि आक्रमण गर्ने गरेको विगतमा भालुबाट आक्रमित व्यक्तिले अनुभवसमेत सुनाएका छन् । यसैगरी लेकमा बस्ने बँदेल पनि अहिले न्यानो स्थान खोज्दै बेंसीतर्फका भूभागमा आउँछन् । भालु र बँदेल दुवै जनावरबाट सावधान रहन जरूरी भएको समेत ज्येष्ठ नागरिकहरू बताउछन् । मानवलाई भालुले टाउका र बँदेलले पेटमा आक्रमण गर्ने गरेको बताइन्छ । दुईचार जना साथी साथमा हिँड्दा भालु र बँदेल देखिएमा जोडले हाईहाई र हुईहुई गरी कराएमा पछि हट्दै भाग्ने गरेको अनुभव स्थानीयवासीको छ । भालु र बँदेलले जङ्गल आसपासका बारमिा लगाइने अन्नबालीसमेत नोक्सान गर्ने गरेको किसानको गुनासोसमेत बढ्न थालेको पाइएको छ ।
करेन्ट लागेर १ जनाको मृत्यु पाल्पा । पाल्पामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । राष्ट्रिय प्रसारणलाईन जोडने क्रममा करेन्ट लागेर धादिङ रोलाङका २६ बर्षका नेत्रबहादुर विसुन्केको मृत्यु भएको ईलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । घटनाकोे इलाकाप्रहरी कार्यालयका प्रहरी निरिक्षक भिम बहादुर कार्कीको नेतृत्वमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
हरेक २ हप्तामा धरहराको एक तला थपिने काठमाडौं । भूकम्पबाट क्षतिग्रस्त धरहराको पुननिर्माण तिव्रगतिमा अगाडी बढेको राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले धरहरा पुननिर्माणको काम तिव्र गतिमा अगाडी बढेको बताए । तेस्रो तलासम्म ढलानका काम सम्पन्न भएको धरहराको अहिलेसम्म ३२ प्रतिशत काम सकिएको छ । अहिलेसम्म अण्डरग्राउण्डको काम भएकाले बाहिर नदेखिएपनि अब हरेक २ हप्तामा १ तला बनाउने गरि काम अगाडी बढेको अधिकृत ज्ञवालीले जानकारी दिए । अधिकृत ज्ञवालीले गोश्वरा हुलाक कार्यालय र राष्ट्र बैंकको टक्सार कार्यालय स्तानान्तरण गर्न समय लागेपनि काममा सन्तोषजनक प्रगति भएको बताएका छन् । हुलाक कार्यालयका लागि प्रिक्याब भवन निर्माण गरिएको र राष्ट्र बैंकलाई नेपाल औषधि लिमिटेको कम्प्लेक्समा भवन निर्माण गरि स्तानान्तरण गरिएको उनले बताए । ज्ञवालीले स्थानीयहरुको माग अनुसार उत्तरतर्फ सडक खेलिएको र मुल सडकमा जोड्ने गरि गुरुयोजना स्वीकृत भएको पनि जानकारी दिए । ज्ञवालीलले बैशाखम्म सम्पन्न गर्नेगरि रानीपोखरी पुननिर्माणको काम अगाडी बढेको बताएका छन् । रानीपोखरी भित्रको बालगोपालेश्वर मन्दिर कुन शैलीमा निर्माण गर्ने भन्ने विषयमा विवाद उत्पन्न हुँदा समस्या आएको बताउँदै उनले विज्ञ लगायत सरोकारवालाहरुको सल्लाह अनुसार ग्रन्थकुट शिखर शैलीमा निर्माण गरिने बताए । पोखरीको पिँधमा त्यही भएको कालीमाटी प्रयोग गरिएको उनले जानकारी दिए । पुस मसान्त भित्र पोखरीको पिँधको काम सकिने, मन्दिर र वरिपरिको काम बैशाखभित्र सम्पन्न हुने उनले बताए । प्रमुख ज्ञवालीले पुननिर्माण गर्नुपर्ने ७ हजार ५ सय ५३ विद्यालय भवनमध्ये ५ हजार ३ सय ४८ भवन निर्माण सम्पन्न भएको, १८ सय १६ पुननिर्माणको क्रममा रहेको र ३ सय ८९ भवन पुननिर्माण हुन बाँकी रहेको जानकारी दिएका छन् । विद्यालय भवनहरुको पुर्ननिर्माण उल्लेख्य देखिएपनि कक्षाकोठाको भने संख्यात्मक रुपमा कम निर्माण भएका छन् । धेरै कक्षाकोठा बनाउनुपर्ने अवस्था आएकाले स्रोत व्यवस्थापनमा समस्या देखिएको र अर्को वर्ष थप गर्ने गरि ४ कोठा माग भएका ठाउँमा २ वा ३ वटा कक्षाकोठा निर्माण गरिएको उनले बताए । राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीका अनुसार १ हजार १ सय ९७ स्वास्थ्य संस्थामध्ये ६ सय ६५ स्वास्थ्य संस्थाको पुर्ननिर्माण सम्पन्न भएको, १ सय ४९ पुर्ननिर्माणको क्रममा रहेको र ३ सय ८३ पुर्ननिर्माण सुरु हुन बाँकी रहेको उनले बताए । उनले विद्यालय र स्वास्थ्य संस्थाको लागि स्रोत व्यवस्थापन गर्दै जानुपर्ने भएकाले एकैपटक काम सम्पन्न गर्न नसकिएको बताए । निजी आवास पुर्ननिर्माण तर्फ ८ लाख २० हजार ६ सय ९१ लाभग्राहीमध्ये ७ लाख ७९ हजार ८ सय ५६ सँग अनुदान सम्झौता भएको, अनुदान सम्झौता भएका मध्ये ७ लाख ६९ हजार ६ सय १६ ले पहिलो किस्ता लगेको र ४ लाख ८१ हजार ५६ घरको निर्माण सम्पन्न भएको प्रमुख अधिकृत ज्ञवालीले जानकारी दिए। पुननिर्माण गर्नु पर्ने ४ सय १५ सरकारी भवनमध्ये ३ सय ५१को काम सम्पन्न भएको, ५७ पुर्ननिर्माणको क्रममा रहेको र ७ वटा भवनको पुर्ननिर्माण नै बाँकी रहेका छन् । त्यसैगरि, ३ सय ८३ सुरक्षानिकायका भवन पुर्ननिर्माण गनुपर्नेमा १ सय ९४ वटा सम्पन्न भएको, २२ वटा पुर्ननिर्माणको क्रममा रहेको र १ सय ६७ वटाको पुर्ननिर्माण सुरु नगरिएको प्रमुख अधिकृत ज्ञवालीले जानकारी दिए । सरकारको निर्णय अनुसार बाँकी रहेका भवनहरु अब नियमित कार्यक्रम अन्तर्गत पुननिर्माण गरिने छन् । उनका अनुसार ७ सय ५३ पुरातात्विक सम्पदाहरुको पुर्ननिर्माण गर्नुपर्नेमा ३ सय ८७ वटा पुर्ननिर्माण सम्पन्न भइसकेका छन् । १ सय २३ वटा पुर्ननिर्माणको क्रममा छन्, भने २ सय ४३ वटाको पुर्ननिर्माण सुरु भएको छैन् । त्यसैगरि, क्षति भएका १ हजार ३ सय २० गुम्बाहरुको मर्मत तथा निर्माणका लागि ३७ करोढ ८९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको उनले बताए । भारतीय एक्जिम बैंक तर्फको बजेट रकम स्रोतान्तरको लागि अनुरोध गरिएको उनले बताए ।
पाल्पा जीप दुर्घटनामा ज्यान गुमाउने दुई जनाको सनाखत पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका – ५, चौबीस माइलमा बिहान भएको जीप दुर्घटनामा ज्यान गुमाउने दुई जनाकै पहिचान खुलेको छ । बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु १ ज ४२०९ नम्बरको जीप दुर्घटना हुँदा जीप चालक रैनादेवी गाउँपालिका– ५ छहराका २५ वर्षीय दिलीप बम्रेल र सहचालक २४ वर्षीय कृष्ण कार्कीको निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए । जीप सिद्धार्थ राजमार्गको चौबीस माइलमा सडकदेखि करीब २०० मिटर तल खसेको थियो ।
नियोगको टिप्पणीप्रति ध्यानाकर्षण भएकोछ : आयोग काठमाडौं । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको मङ्सिर १४ गते भएको उपनिर्वाचनका सन्दर्भमा गठित मिडिया अनुगमन एकाइले बिहिबार निर्वाचन आयोगलाई प्रतिवेदन बुझाएको छ । उपनिर्वाचको विषयलाई लिएर आमसञ्चारका माध्यममा प्रकाशित र प्रसारित समाचारको अनुगमन गर्न आयोगले मिडिया अनुगमन एकाइ गठन गरेको थियो । प्रतिवेदनमा आमसञ्चार माध्यमले निर्वाचन गतिविधिलाई उच्च प्राथमिकता दिएको र आचारसंहिताको प्रभावकारी पालना भएको पाइएको उल्लेख छ । आगामी आवधिक निर्वाचनमा मिडिया अनुगमन सम्बन्धी आफ्नै संयन्त्र स्थापना गर्न सुझाव दिँदै एकाइले त्यस्तो अनुगमनका लागि प्रदेश र जिल्ला तहसम्म विस्तार गर्न उपयुक्त हुने सल्लाह दिएको छ । प्रतिवेदन ग्रहण गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपनिर्वाचन स्वच्छ, स्वतन्त्र र विश्वसनीय भएको भनी राजनीतिक दल र उम्मेदवारबाट प्राप्त प्रतिक्रियाप्रति धन्यवाद ज्ञापन गरे । आयुक्त थपलियाले भने, “निर्वाचनको परिणामपछि राजनीतिक दल र उम्मेदवारबीच देखिएको हार्दिकता र सद्भावले उपनिर्वाचन निकै स्वच्छ, स्वतन्त्र र मितव्ययी ढङ्गबाट सम्पन्न भएको भन्ने पुष्टि गरेको छ ।” उपनिर्वाचका सन्दर्भमा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति(नियोक)बाट आएको टिप्पणीप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले वास्तविकता भन्दा बाहिर गएर आएका टिका टिप्पणीले त्यस्ता संस्थाको मर्यादा बढन नसक्ने बताएका छन् । एकाइका निर्वाचन आयोगका उपसचिव, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, गोरखापत्र दैनिक, राष्ट्रिय समाचार समिति(रासस), रेडियो नेपाल र नेपाल टेलिभिजनका प्रतिनिधि हुनुहुन्थ्यो । उक्त एकाइले उपनिर्वाचनका सन्दर्भमा कार्यादेशअनुरुप मङ्सिर १ गतेदेखि काम गरेको थियो ।
कपास उद्योगमा आगलागी दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेस्थित मनकामना कपास उद्योगमा बिहिबार बिहान आगलागी हुँदा १० लाख बराबरको क्षति भएको छ । विद्युत् चुहिएर एक्कासि आगलागी हुँदा उद्योगमा रहेका सामग्री जलेर नस्ट भएको छ । आगलागीबाट उद्योगभित्र रहेको कच्चा सामग्री, उद्योगका मेसिनलगायतका सामग्रीमा क्षति पुगेको उद्योगका सञ्चालक पूर्णकुमार मानन्धरले बताए । “विद्युत् चुहिएर आगलागी भएको हुनसक्छ, क्षतिको पूर्ण विवरण त आइसकेको छैन,” मानन्धरले भने। इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरी सहायक निरीक्षक दिनेश पौडेलले बताए ।
पाल्पामा जीप दुर्घटना, २ जनाको घटनास्थलमै मृत्यु तानसेन । पाल्पाको तिनहुँमा जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै ज्यान गएको छ। सिद्धार्थ राजमार्गमा पर्ने तिनहुँ गाउँपालिका–५ चौबिसमाइलमा लु.१ ज ४२०९ नम्बरको जीप दुर्घटना हुँदा घटनास्थलमै २ जनाको ज्यान गएको हो । सडकबाट खसेको जीप दुई सय मिटर तल खसेको बताईएको छ। दुर्घटनामा परी ज्यान गुमाएका २ जनाको अहिलेसम्म सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
डोटीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु डोटी । जोरायल गाउँपालिका वडा नं २ मा से १ ज २०३९ नम्बरको महेन्द्रा जीप गए राति दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। कैलालीको धनगढीबाट जोरायल आउँदै गरेको उक्त जीप राति साढे ८ बजेतिर अनियन्त्रित भई दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय जोरायलले जनाएको छ। मृत्यु हुनेमा जोरायल ४ बस्ने अन्दाजी २१ वर्षीय जीप चालक आश्रम थापा मगर रहेको प्रहरीले जनाएको छ। जीप के कति कारणले अनियन्त्रित भएको हो भन्ने विषयमा छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
रानीपोखरीको जिर्णोद्धार तथा पुनःनिर्माणमा सहयोग गरेकामा नेपाली सेनाको प्रशंसा भक्तपुर । नेपाली सेनाको ब्यारेकभित्र रहेको रानीपोखरीको जीर्णोद्धार गर्न नेपाली सेनाले अनुमति दिई सहयोग गरेको भन्दै भक्तपुर नगरपालिकाले नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापालाई मयूर झ्याल उपहार दिएको छ। नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा गएको नगरपालिकाको टोलीले जङ्गीअड्डामा बुधबार आयोजना भएको समारोहमा थापालाई विश्वमै आकर्षक मानिने, कलात्मक मयूर झ्याल उपहार दिएका हुन् । भक्तपुरको नगरपालिका–१ सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयको हातामा रहेको ऐतिहासिक रानीपोखरीको मौलिकतासहितको जिर्णोद्धार तथा पुनःनिर्माण र सैनिक आवासीय महाविद्यालयको पूर्वतर्फको खेलमैदान सर्वसाधारण युवाहरुलाई प्रयोग गर्नका लागि नेपाली सेनाले पुर्याएको योगदानको कदर गर्दै सेनालाई सो मयूर झ्याल दिएको हो। नेपाल संवत् ७५० अर्थात विसं १६८७ मा राजा जगज्योति मल्लको पालामा बनेको भक्तपुरको रानीपोखरी ९काठमाडौँको रानीपोखरीभन्दा ४० वर्ष पुरानो० लामो समयदेखि जीर्ण अवस्थामा रहेको र उक्त पोखरीले सांस्कृतिक र धार्मिक महत्व पनि बोकेको, वरिपरि कुलदेवता र देवाली पूजा गर्ने महत्वपूर्ण थलो पनि भएकाले उक्त रानीपोखरीको २०७६ जेठ १ गते जीर्णोद्धार र संरक्षणको साथै सर्वसाधारण जनताको लागि खुला गर्न नेपाली सेनाले पत्र पठाएपछि पोखरीको उत्खनन एवं जीर्णोद्धार शुरु भएको नगरप्रमुख प्रजापतिले जानकारी दिए । नेपाली सेनाले स्थानीय जनताको भावना, यहाँको कला, संस्कृति, सम्पदा र धर्म एवं पर्वको संरक्षणमा साथ दिएको बताए । कार्यक्रममा प्रधानसेनापति थापाले भक्तपुर जिल्लालगायत देशका विभिन्न क्षेत्रहरुमा त्यहाँको ऐतिहासिक महत्व, मौलिक संस्कृति, परम्परा र सम्पदाहरुको संरक्षण एवं संवद्र्धन गरी नागरिक–सैनिक सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्न सहयोग र साथ दिइरहेको बताए । रासस