content
stringlengths
31
27.4k
नेपाली तानमा बनाइएको ‘नेचुरल कार्पेट’ अन्तर्राष्ट्रिय बजारमा प्रदर्शन गरिने पोखरा। पच्चिस जना महिलाले झन्डै छ महिना लगाएर तयार पारेको ‘नेचुरल टेक्सटायल कार्पेट’ अन्तर्राष्ट्रिय बजारमा प्रदर्शनी गरिने भएको छ। ब्रिटिस काउन्सिलको सहयोगमा पोखरास्थित महिला सीप विकास संस्थाले तयार पारेको उक्त कार्पेट १६ मिटर लामो रहेको संस्थाका संस्थापक कार्यकारी निर्देशक रामकली खड्काले जानकारी दिए। उनका अनुसार सुती धागोबाट जडीबुटी र फलफूलको रस प्रयोग गरी ‘केमिकल’रहित कार्पेट तयार पारिएको हो। नेपाली उत्पादनलाई विश्वबजारमा चिनाउनका लागि कार्पेट तयार पारिएको उनले बताए। कार्पेटको बीच भागमा विभिन्न चित्र, नक्सा अङ्कित गरिएको छ। उनका अनुसार मोबाइल एपमार्फत् कार्पेट बनाउँदा प्रयोग भएका कच्चा पदार्थका साथै तयार पार्ने महिलाको कथा हेर्न सकिनेछ। सोह्र मिटर लामो कार्पेटसँगै डेढ मिटरका अन्य २४ वटा साना नेचुरल कार्पेट पनि तयार गरिएको छ। ब्रिटिश काउन्सिलले गरिबी निवारणका लागि एकल, द्वन्द्वपीडित, हिंसापीडित, अपाङ्गता भएका एवं पछाडि पारिएका महिलालाई आयआर्जनमा जोडेर सम्मानित जीवनयापनका लागि ल्याएको कार्यक्रममा संस्थाको सहकार्य रहेको खड्काको भनाइ छ। “कार्पेट प्रदर्शनीका लागि मात्रै भएकाले मूल्य तोकेका छैनौँ”, उनले भने, “विभिन्न देशमा यसलाई प्रदर्शन गर्ने हाम्रो योजना अनुसार बेलायतबाट यसको सुरुआत गर्नेछौँ।” उनका अनुसार प्रदर्शनीपछि यसलाई बेलायतकै विश्वविद्यालयमा राखिने छ। प्रदर्शनपछि माग आएमा नयाँ कार्पेट तयार गरी मूल्य निर्धारण गरिनेछ। पोखरा महानगरको सहयोगमा मार्च ८ मा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा संस्थाबाट उत्पादिन सामग्री प्रदर्शनीसँगै उक्त कार्पेटलाई पनि प्रदर्शन गरिएको थियो। विसं २०३२ मा स्थापना भएको महिला सीप विकास संस्थाले विशेष गरी आर्थिकरुपमा विपन्न, अपागङ्ता भएका, एकल र द्वन्द्वपीडित महिलालाई आयआर्जनमा जोडेर सम्मानित जीवनयापनाका लागि पहल गर्दै आएको संस्थाका अध्यक्ष देवी गुरुङले जानकारी दिए। स्वदेशी हस्तकला सामानको प्रयोग गराँै, स्वरोजगार सिर्जना गरौँ, वातावरण जोगाऔँ’ भन्ने नाराका साथ ४७ वर्षदेखि हस्तकलाका सामग्री उत्पादन तथा निर्यातमा सक्रिय संस्थाले झन्डै एक हजारभन्दा बढी सामग्री उत्पादन गर्दै आएको छ। अध्यक्ष गुरुङका अनुसार हालसम्म करिब २१ हजार महिलालाई संस्थाले तालिम प्रदान गरिसकेको छ। हाल तीन सय ५० जना महिला उद्यमी संस्थामा आबद्ध छन्। संस्थाले झोला, पर्स, गुडिया र सजावटका सामान उत्पादन गर्दछ। स्थानीय कच्चापदार्थ, अल्लो, मकैको खोस्टाबाट फूल, गुडियालगायतका अनेकौँ सामान उत्पादन गर्दछ। उत्पादनको ८० प्रतिशत विदेशी बजारमा निर्यात हुने गरेको छ भने बाँकी २० प्रतिशत आन्तरिक खपत हुने गरेको संस्थाको भनाइ छ। संस्थाले हस्तकला सामान निर्यातमार्फत् विदेशी मुद्रा आर्जन गर्न सफल भएको संस्थाकी कार्यकारी निर्देशक खड्काको भनाइ छ। संस्थाका उत्पादन खासगरी अमेरिका, जर्मनी, इटली, कोरिया, क्यानडा, अस्ट्रेलिया, जापानलगायत विभिन्न देशमा निर्यात हुने उनले जानकारी दिए।
null
वैदेशिक रोजगार बचतपत्र बिक्री गर्दै राष्ट्र बैंक काठमाडौँ। नेपाल राष्ट्र बैंकले ५० करोड बराबरको ‘वैदेशिक रोजगार बचतपत्र, २०८४ ‘क’’ फागुन १४ गतेदेखि बिक्रीमा ल्याउने भएको छ। वार्षिक १२.५० प्रतिशत ब्याज दिने गरी बैंकले उक्त बचतपत्र बिक्री गर्न लागेको हो। राष्ट्र बैंकले चैत्र ३ सम्म बिक्री गरिने उक्त बचतपत्रको अन्तिम निष्काशन मिति भने असार ८ गते तोकिएको छ। बैंकले घटीमा १० हजारदेखि बढीमा १० हजारले भाग गर्दा निशेष भाग जाने गरी आह्वान गरिएको रकमसम्म खरिद गर्न पाउने व्यवस्था गरिएको छ। सो बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको चार महिना नपुगेका नेपाली नागरिक, गैरआवासीय नेपाली नागरिकका आफन्त एवम् परिवारले खरिद गर्न पाउनेछन्। बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिनसमेत पाउने व्यवस्था गरिएको छ। बचतपत्रको ब्याजमा कर लाग्ने भए पनि ६/६ महिनामा खरिदकर्ताले आफैँले वा इच्छाएको व्यक्तिलाई उपलब्ध गराउने व्यवस्था गरिएको छ। राष्ट्र बैंकको वेबसाइटमा गई मोनिटरी म्यानेजमेन्टभित्र रहेको अनलाइन प्रणालीमार्फत आवेदन दिन सकिन्छ। साथै त्यसैबाट फारम डाउनलोड गरी भरेर पायक पर्ने बैंक शाखामा बुझाउन सकिन्छ।
पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि मुगुमा दीपावली मुगु । मुलुकमा तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि कर्णाली प्रदेशको मुगु जिल्लामा दीप प्रज्वलन गरिएको छ । नेपाल तरुण दल मुगु र नेपाल विद्यार्थी संघ मुगुले बिहीबार साँझ सदरमुकाम गमगढी बजारको कृष्ण चोकमा नव निर्वाचित राष्ट्रपति पौडयालको खुसिमा दीप प्रज्वलन गरिएको हो । नेपाली कांग्रेसको नेताले राष्ट्रपति पाएपछि दीप प्रज्वलन गर्नुका साथै खुसि साटासाट गरेको नेपाल विद्यार्थी संघ मुगुका सभापति सोविन्द्र बहादुर मल्लले बताए । पौडेल १६ वर्ष हुँदादेखि राजनीतिमा प्रवेश गरेका थिए । पौडेल ६३ वर्षे सक्रिय राजनीतिक यात्रा पार गर्दै गणतन्त्र नेपाललको तेस्रो राष्ट्रपति बन्न पुगेका छन् । पौडेलले आजसम्म गरेको राजनीतिको फल पाएको उनले बताए । उनले भने, ‘रामचन्द्र पौडेल राष्ट्रपति हुँदा मलाई धेरै खुसी लागेको छ ।
दोस्रो अर्थशास्त्री सम्मेलन काठमाडौँमा हुने काठमाडौं । दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन यही फागुन २६ र २७ गते काठमाडौँमा आयोजना हुने भएकोे छ । ‘आत्मनिर्भर तथा समुन्नत अर्थतन्त्र निर्माणमा हाम्रो अभियान’ भन्ने नारा दिइएको सो सम्मेलन विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा राष्ट्रिय आर्थिक सरोकार समाज नेपालले आयोजना गर्ने भएको हो । अर्थतन्त्रका समसामयिक मुद्दामा बहस चलाइ समाधानका उपायसहित सरकार, राजनीतिक दल तथा नीति निर्माणमा संलग्न निकायलाई कार्यान्वयनका लागि सुझाव दिने उद्देश्य साथ दोस्रो अर्थशास्त्री सम्मेलन आयोजना गर्न लागिएको आयोजक संस्थाले जनाएको छ । दुईदिने सम्मेलनमा १५ वटा समसामयिक विषयमा कार्यपत्र प्रस्तुत हुनेछ । सम्मेलनमा लगानीमैत्री वातावरण निर्माण, स्वदेशी उद्योगको प्रवद्र्धन र सूचना प्रविधि क्षेत्रमा टेवा पु¥याउन अर्थतन्त्रका विभिन्न विषयवस्तुमाथि सम्मेलनमा छलफल हुनेछ ।
तातोपानी भन्सारका मजदुरले एक वर्षदेखि ज्याला पाएनन् चौतारा। तातोपानी भन्सारमा विभिन्न ट्रान्सपोर्टका लागि काम गर्ने मजदुरले एक वर्षदेखि ज्याला नपाउँदा दैनिक जीवन कष्टकर बनेको छ। चीनबाट ढुवानी गरेर आइपुगेका सामान भन्सार जाँचका लागि पल्टी गरेवापतको ज्याला नपाउँदा छ सय ४२ मजदुरलाई हात–मुख जोड्न नै समस्या भएको हो। दैनिक मजदुरी गरी खानेलाई सिल्क, शारदा, नमस्ते ट्रान्सपोर्ट, रेवाङ लजिस्टिकलगायतका ट्रान्सपोर्ट कम्पनीले सामान पल्टी गरेवापतको ज्याला नदिँदा दैनिक गुजारा गर्नै मुस्किल भएको मजदुर डोमा शेर्पा बताउँछन्। यहाँ काम गर्ने मजदुरको आफ्नो जग्गाजमिन छैन। सम्पूर्णरूपले ट्रान्सपोर्टको ज्याला मजदुरीमा निर्भर उनीहरू यही कामबाट परिवारको पेट पाल्छन्। पुरानो ज्याला पाइहालिन्छ कि भनेर अहिले पनि आफू दिनभर खटेर सामान ओसारपसार गरिरहेको तर साँझ रित्तो हात घर फर्किन बाध्य भएको मजदुर मीनबहादुर श्रेष्ठ दुःखेसो पोख्छन्। अचेल तातोपानी नाकाबाट सामान आयातमात्रै हुन्छ। चीनबाट सीमित मात्रामा कन्टेनर भन्सारमा आउने हुँदा त्यसै पनि मजदुरहरूले भने जसरी काम गर्न पाएका छैनन्। दैनिक ज्याला मजदुरी गरी साँझ बिहानको घर खर्च जुटाउने मजदुरहरूको ज्याला दिन ट्रान्सपोर्ट कम्पनीले ढिलाइ गर्दा मजदुरहरूको दैनिक जीवन कष्टकर बनेको पासाङ शेर्पा बताउँछन्। ज्याला पाउने आश्वासनमा मजदुरहरूले वर्ष दिन बिताइसके। तर कम्पनीले कहिले ज्याला चुक्ता गर्छन् निश्चित छैन। दैनिक भन्सारमा आएर पसिना चुहाउँदै काम गर्ने तर साँझ रित्तो हात फर्किनुपर्ने बाध्यताको अन्त्य गराइदिन नेपाल भन्सार श्रमिक सङ्घका अध्यक्ष रवीन्द्र पौड्यालको माग छ।
राष्ट्रसङ्घीय महासचिव र युक्रेनका राष्ट्रपतिबीच भेटवार्ता संयुक्त राष्ट्रसङ्घ । राष्ट्रसङ्घीय महासचिव महासचिव एन्टोनियो गुटरेस र युक्रेनका राष्ट्रपति भोलोदमिर जेलिन्स्किीकाबीचमा भेटवार्ता भएको छ । उनीहरुका बीचमा बुधबार युक्रेनको राजधानी सहर किभमा भेटवार्ता भएको राष्ट्रसङ्घीय महासचिवका प्रवक्ताले जानकारी दिएका छन् । राष्ट्रसङ्घीय महासचिव गुटरेसका प्रमुख प्रवक्ता स्टेफान डुजारिकले महासचिव गुटरेस सो भेटवार्ताका लागि बुधबार युक्रेन पुग्ने जानकारी दिएका हुन् । उनले मंगलबार महासचिव गुटरेस पोल्याण्ड रहको र बुधबार किभ पुगेर भेटवार्ता हुने भएको जानकारी दिएका थिए । सो भेटवार्ताका क्रममा युक्रेन र रुसका बीचमा सन् २०२२ को जुलाईमा भएको मल तथा खाद्यान्नको निकासीको सम्झौताका विषयमा कुराकानी हुने अनुमान गरिएको थियो । गत वर्षदेखि युक्रेनमा रुसले गरेको आक्रमणका कारण कतिपय आपूर्तिका विषयमा विवाद उत्पन्न भएको छ । खाद्यान्न तथा अन्य आवश्यक कृषि सामग्रीहरुको आपूर्ति हुन नसक्दा विश्व बजारमा नै यसको प्रभाव परिरहेको छ ।
भ्रातृशोकमा परेका माधव नेपाललाई भेटेर ओलीले दिए समवेदना काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओलीले भ्रातृशोकमा परेका एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई भेटेर समवेदना प्रकट गरेका छन्। अध्यक्ष नेपालका भाइ सरोजकुमार उपाध्यायको गत शनिबार निधन भएको थियो। भ्रातृशोकमा रहेका अध्यक्ष नेपाललाई बुधबार किरियापुत्री घरमा पुगेर अध्यक्ष ओलीले समवेदन व्यक्त गरेका हुन्।
आवश्यक ऐन बनाएर सहकारी क्षेत्रलाई नियमन गर्नुपर्छः सभामुख घिमिरे {भिडियो} काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आवश्यक ऐन बनाएर सहकारी क्षेत्रलाई नियमन गर्नुपर्ने बताएका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघले बुधबार काठमाडौंमा आयोजना गरेको सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुको राष्ट्रिय गोष्ठि उद्घाटन गर्दै सभामुख घिमिरेले अहिले सहकारी संस्थाका बारेमा धेरै आवाजहरु उठिरहेको अवस्थामा यसलाई नियमन गर्न छुट्टै ऐन निर्माण गर्नुपर्ने बताएका हुन्। उनले बचत तथा ऋण सहकारी सम्बन्धी ऐनका लागि आफुले पनि पहल गर्ने आश्वासन दिए । त्यस्तै उनले अहिले देशैभरबाट लघुवितिय संस्थामा भइरहेका बिरोधका बिषयमा केन्द्रीय सहकारी संघले आवश्यक निष्कर्ष निकालेर धारणा तय गर्नुपर्ने बताए । विश्व लगाएत नेपालमा पनि आर्थिक समस्या देखिएको अवस्थामा तीन खम्वे अर्थनीतिको प्रमुख हिस्सा सहकारी क्षेत्रलाई पनि ठिक ढंगले अघि बढाउनुपर्ने उनले बताए । सभामुख घिमिरेले सहकारीका नामबाट ठगि गर्ने प्रवृतिलाई केन्द्रीय सहकारी संघले नै नियमन र अनुगमन गर्दै देखा परेका समस्यालाई समयमा नै समाधान गर्नुपर्ने बताए। सहकारी क्षेत्रको जोखिम व्यवस्थापन, उत्पादन लक्षित ऋण परिचालन, प्रविधि हस्तान्तरण एवं आन्तरिकिकरण लगाएतका बिषयमा ठोस मार्गदर्शन सहित व्यवस्थापकिय प्रणालीमा एकरुपमा कायम गर्नका लागि गोष्ठिको आयोजना गरिएको केन्द्रीय सहकारी संघले जनाएको छ । हेर्नुहोस् भिडियो:
पोल्याण्डले युक्रेनलाई सैन्य सहायता प्रदान गर्दै वार्सा । पोल्याण्डले युक्रेनलाई थप सैन्य सहायता उपलव्ध गराउने घोषणा गरेको छ । सैन्य सहायताअन्तर्गत दश वटा लियोपार्ड ट्याङ्क युक्रेनलाई प्रदान गरिने पोल्याण्डले आज बताएको हो । युक्रेनले पोल्याण्डबाट प्राप्त हुने लियोपार्ड ट्याङ्कहरू रुसी आक्रमणको सामना गर्न महत्वपूर्ण हुने जनाएको छ । युरोपेली सङ्घका रक्षामन्त्रीहरूको बैठकमा सहभागी हुन स्टकहोम प्रस्थान गर्नुअघि पत्रकारहरूसँग कुरा गर्दै पोल्याण्डका रक्षामन्त्री मारिसाज ब्लासजाकले युक्रेनलाई प्रदान गरिने युद्ध ट्याङको मर्मतसम्भारका निम्ति आवश्यक व्यवस्था पनि युक्रेनमा नै गरिने जानकारी उनले दिए । यसअघि पोल्याण्डले जर्मनीमा निर्मित चारवटा लियोपार्ड हेभी ट्याङ्क किएभलाई उपलव्ध गराएको थियो । पोल्याण्डका रक्षामन्त्रीले जर्मनीका आफ्ना समकक्षीसँग युक्रेनलाई थप सैन्य सहायता प्रदान गर्ने सम्बन्धमा पनि स्टकहोममा छलफल गर्ने बताएका छन् ।
कृषि गाउँकी संघर्षशील लक्ष्मी बागलुङ। बागलुङ बजार नजिकैको चर्चित ‘कृषि गाउँ’। ‘बिजुली पावर हाउस’ नामलाई बदलेर ‘कृषि गाउँ’ बनाउन पहल गर्ने व्यक्ति हुन् लक्ष्मी पुन थापा। विसं २०४० मा बागलुङको दक्षिण राङ्खानीमा जन्मिएकी लक्ष्मीको ९ कक्षामा पढ्दै गर्दा बिहे भयो। गाउँमै बोर्डिङ सञ्चालन गरेर प्रिन्सिपल रहेका पैयुँथन्थापका गङ्गाबहादुर थापासँग बिहे हुँदा लक्ष्मीको शर्त थियो प्रवेशीका परीक्षा (एसएलसी)सम्म माइतै बसेर पढ्ने। गङ्गाबहादुर र उनको परिवारले शर्त मञ्जुर गरे र पालना पनि। लक्ष्मी र गङ्गाबहादुरको बिहे भएको केही समयमै देशमा शसस्त्र द्वन्द्व चर्कियो। गाउँमा बोर्डिङ सञ्चालन गर्न गाह्रो भएपछि लक्ष्मीका श्रीमान् गङ्गाबहादुर कुश्मिसेरा बजार झरेर कुखुरा पाल्न थाले। लक्ष्मीले एसएलसीको नतिजा प्रकाशन भएको समाचार रेडियोबाट सुनिन् तर पास भएको समाचार भने कुश्मिसेराबाट केही दिनपछि श्रीमान्ले पठाएको चिठ्ठी पढेपछि मात्रै थाहा भयो। लक्ष्मीका श्रीमान्ले त्यहीँ चिठ्ठीमा केही दिनपछि लिन आउने र कुश्मिसेरा आएर प्लस टु पढ्नका लागि तयार भएर बस्नु भनेर लेखेका थिए। त्यो बेला गाउँको विद्यालयबाट कति जनाले एसएलसी दिए भन्ने लक्ष्मीलाई सम्झना छैन, तर पास भने आफू र आफ्ना देवरमात्र भएको सम्झना छ। केही दिनपछि लक्ष्मी र उनका देवरलाई लिन गङ्गाबहादुर घर पुगे। प्लस टु पढ्न लक्ष्मी श्रीमान्सँग कुश्मिसेरा आइन्। त्यो समयमा लक्ष्मीका श्रीमान्ले रु ४० हजार लगानी गरेर कुखुरा पाल्न सुरु गरेका थिए। प्लस टु पढ्दै गर्दा लक्ष्मीले छोरालाई जन्म दिइन्। हुर्केका कुखुरा र बारीमा फलेको तरकारी द्वन्द्वको समयका कारण बिक्री भएन। त्यसपछि लक्ष्मी नौ महिनाको छोरा काखमा च्यापेर श्रीमान्सहित बागलुङ बजार आइन्। परिवारसहित सदरमुकाम आएपछि लक्ष्मी र गङ्गाले बागलुङ नगरपालिका–३ स्थित बिजुली पावर हाउस नजिकै आठ रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गर्न सुरु गरे। श्रीमान्ले रोजेको कृषिकर्ममा सहयोग गर्दै, छोराको हेरचाह गर्दै लक्ष्मीले स्नातक तह पनि उत्तीर्ण गरिन्। कृषक परिवारबाट हुर्किएका गङ्गाबहादुरको लगाव माटोमै बढ्दै गयो। परिवारका जेठा छोरासँग विवाह भएकी लक्ष्मीलाई आफ्ना छोरासँगै देवर र नन्दहरूलाई समेत पढाउनु, बढाउनुपर्ने जिम्मेवारी थियो। आफू सरकारी जागिर खान्छु भनेर हिँड्दा श्रीमान्ले लिएको लक्ष्य प्राप्त गर्न कठिनाइ हुने लागेपछि लक्ष्मीले आफ्नो रहर कसैलाई नभनी माटोसँगै रमाउन थाले। देवर, देउरानी र परिवारका सदस्यको साथकै कारण आफ्ना श्रीमान् गङ्गाबहादुर नेपालकै पहिलोपटक कृषक परिचयपत्र प्राप्त गर्ने अगुवा कृषक बनेकामा लक्ष्मीलाई सबैभन्दा ठूलो खुसी मिलेको छ। श्रीमान्लाई साथ दिने अठोट लिएकी लक्ष्मीले डोकामा च्याउ बोकेर बागलुङमात्र होइन, पर्वत र म्याग्दी पनि पुगेर बेच्ने गरेको स्मरण गर्छिन्। ”डोकामा च्याउका पोका पारेर पर्वत, म्याग्दीको बेनी पुगेँ, बागलुङ बजारमै ठेलामा डुलाइडुलाइ बेचेँ”, लक्ष्मी भन्छिन्, “परिवारको खुसी नै सबैभन्दा ठूलो सन्तुष्टि हो।” छोराको नामबाट राहुल कृषि फार्म दर्ता गरेर लक्ष्मी र गङ्गाबहादुरले च्याउखेती, तरकारी तथा फलफूलका बिरुवासमेत उत्पादन गर्दै आएका छन्। पछिल्लो समय गङ्गाबहादुर गाउँ–गाउँमा कृषकलाई कृषि तालिम प्रदान गर्न हिँड्छन्। फार्ममा लक्ष्मीका देवर–देउरानी छन्। लक्ष्मी भने आफ्नो फार्ममा मात्र होइन, जिल्लाका अन्य कृषकले उत्पादन गरेका फलफूल तरकारी बेच्न किसान मार्ट सञ्चालन गरेका छन्। कुनै बेला सरकारी जागिर खाने सपना देख्ने गरेकी लक्ष्मीको आजभोलि सपनामात्र फेरिएको छैन, फेरिएको सपना पूरा गर्ने लक्ष्य र उद्देश्यको नयाँ योजना बनिरहेको छ। म्याग्दीको भकिम्लीमा लक्ष्मीको किबी फार्म छ। उनको नर्सरीमा तरकारीका मात्र होइन, किबी, ड्रागन फ्रुटका बिरुवा छन्। गड्यौलाको उत्पादन छ। भोलिका दिनमा फूलका बिरुवा उत्पादन गर्ने योजना छ। लक्ष्मी र गङ्गाबहादुरले बिजुली पावरहाउसमा तरकारी खेती गर्न सुरु गर्दा त्यस क्षेत्रका अन्य जग्गा जमिन बाँझै थिए। अहिले खेतका हरेक गराहरूमा तरकारी फलिरहेका छन्। गाउँको नाम फेरिएर कृषि गाउँ बनेको छ।
साफ यू–१७ महिला च्याम्पियनसिपका लागि राष्ट्रिय टोली घोषणा काठमाडौं । साफ यू–१७ महिला च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ । मार्च २० देखि ३१ सम्म बंगलादेशमा हुने साफ यू–१७ महिला च्याम्पियनसिप २०२३ का लागि नेपालले आफ्नो टोली घोषणा गरेको हो । मंगलबार मुख्य प्रशिक्षक भगवती राना मगरले घोषणा गरेको टोलीमा गोलकिपरमा सुजाता तामाङ, रधिला ओली र करुण बुढाथोकी परेकी छन् । साथै डिफेन्डरमा  अञ्जना पुन मगर, प्रेना डोल्मा लामा, सीता रोकाया, अमिता भुल, सिमरन राई, विपना स्नेही र रेनु लिम्बु चबेगु अटाउँदा मिडफिल्डरमा माया मास्के, दीपा मगर, सुशीला केसी, झुमा विश्वकर्मा, सुक्रिया मिया, भावना परियार र पुनम चेम्जोङ परेकी छन् । फरवार्डमा दीपा रोकाया, वर्षा ओली र सेनु परियारलाई टोलीमा समावेश गरिएको छ ।
हत्या अभियोगमा डोटीमा एक जना पक्राउ डोटी । डोटीमा कुटपिट गरी हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको पूर्वीचौकी गाउँपालिकामा स्कुलमा काम गरी रहेका लेबरको हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो । स्कुलमा लेबरी काम गर्ने कैलालीको धनगढी उपमहानगरपालिका-१७ धुर्जनाका ३५ वर्षीय रजि साउदको कुटपिट गरी हत्या गरेको आरोपमा  सोही ठाउँका ३५ वर्षीय डबल सेट्टीलाई आइतबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरी भएको झगडामा डबलले कुटपिट गर्दा गम्भीर घाइते भएका रजिको उपचारको लागि धनगढीतर्फ पठाउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको हो । प्रहरीका अनुसार सो घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
भक्तपुरमा मनाइयो मौलिक होली भक्तपुर । उपत्यकाको भक्तपुरमा पनि भव्यरुपमा मौलिक किसीमले होली पर्व मनाइएको छ । भक्तपुरमा दत्तात्रय मन्दिर अघि रहेको भिमसेनको मन्दिरमा रहेको काठबाट बनेको मानव आकारको लिंग अर्थात लग र रातो कपडाले बनाईएको योनी आकारको कपडालाई जुधाएर यौन समागमको संकेत गर्दै होली मनाउने प्रचलन छ । भक्तपुरमा दत्तात्रय स्थित भिमसेन मन्दिरमा राखिएको काठबाट बनेको लग अर्थात लिंगलाइ फागु शुक्ल पुर्णीमा अघि अष्टमीका दिन टोल–टोलमा घुमाएर सातदिनसम्म मनाईने होली पर्व सुरु हुने गर्दछ । लिंगलाई स्थानीयले टोलटोलमा घुमाएर पुन मन्दिरको पाटीमा राखेपछि विधिवत रुपमा होली सूरु भएको मानिन्छ । यसलाई टोलटोलमा रहेको पसलै पिच्छे घुमाएर पुजा गरी पुन पाटीमा ल्याएर झुण्डाए पछि हरेक दिन यसको दर्शन गर्न महिला तथा पुरुष आउने जाने र भेटि चढाएर पुजा गर्ने गर्दछन् । लिंगको दर्शन गरेर दक्षिणा दिए व्यापार फस्टाउने धार्मिक विश्वास रहेको स्थानीयबासीको बिश्वास छ ।बजार घुमाएर ल्याएको लिंग र योनी आकारको प्वाल भएको रातो कपडा भिमसेनको पाटीमा सात दिनसम्म झुण्ड्याउने गरिन्छ । पाटीमा राखेको काठको लिंग हेर्न आन्तरिक र बाह्य पर्यटकको समेत भिड लाग्ने गर्दछ ।
होलीले सांस्कृतिक तथा भावनात्मक एकतालाई बलियो बनाएको छ : पर्यटनमन्त्री काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले होली पर्वको माध्यमबाट सांस्कृतिक तथा भावनात्मक एकतालाई बलियो र सुदृढ हुने विश्वास व्यक्त गरेका छन् । होली पर्वका अवसरमा प्राइम टेलिभिजनले आज रामशाहपथमा आयोजना गरेको ‘होली उत्सव–२०७९’ मा बोल्दै उनले होली पर्वले भावनात्मक एकता, आपसी सद्भाव र भाइचारा कायम गर्न मद्दत पुग्ने उल्लेख गरे । उनले भने, “हामी बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक मुलुकमा बसोबास गरेका छौँ । आज एकापसमा रङ्ग घसेर आपसी मतभेद र हृदयभित्रको वैरभाव मेटाउने विशेषता छ । मधेस र पहाडको भावनात्मक एकतालाई बिस्तारै होली पर्वले झन्–झन् बलियो एकताका आधारमा बाँधिरहेको छ ।” पर्यटनमन्त्री किरातीले पर्यटनको माध्यमबाट मुलुकको आर्थिक समृद्धिको दिशामा अघि बढ्नुपर्नेमा जोड दिएका छन् । उनले देशको पर्यटनलाई बढाउनका लागि मुलुकको संस्कृतिको प्रवद्र्धन गर्न जरुरी भएको बताए । प्राकृतिक सम्पदा र संस्कृतिलाई समायोजन गरेर मात्रै आजको पर्यटन निर्माण गर्नसकिने र यसलाई मुलुकको समृद्धिसँग जोड्न सकिने उनको भनाइ थियो । रङ्गहरुको पर्व मानिने होली नेपाल मात्र नभई विश्वका विभिन्न मुलुकमा समेत मनाइने गरिएको छ । विशेषगरी नेपाल र भारतमा यो पर्व धुमधामका साथ मनाइन्छ । पर्यटनमन्त्रीले युवाहरुमा होली पर्व अति नै लोकप्रिय हँुदै गइरहेको भन्दै यो पर्वको प्रवद्र्धनमा जुट्न पनि आग्रह गरे । उनले मादक पदार्थ सेवन नगरी पर्वलाई उल्लासका साथ सभ्य रुपमा मनाउन पनि आग्रह गरे । होली उत्सवमा ख्यातिप्राप्त गायकहरू प्रमोद खरेल, इन्दिरा जोशी, ज्योति मगरलगायत कलाकारको साङ्गीतिक प्रस्तुतिले उल्लेख्य सङ्ख्यामा उपस्थित दर्शकमाझ रौनक थपेको थियो ।
खडेरीले सुक्यो गहुँबाली: वर्षा नहुँदा मकै रोप्न ढिलाइ गलेश्वर। लगातारको खडेरीले म्याग्दीसहित धौलागिरि क्षेत्रमा लगाइएको गहुँबाली सुकेको छ। यो वर्ष हिउँदे वर्षा नहुँदा गहुँबाली सुकेको किसानले बताएका छन्। फागुन अन्तिमसाता लागिसक्दासमेत हिउँदे वर्षा हुन सकेको छैन्। बेनी नगरपालिका–२ का किसान चन्द्रबहादुर कार्कीले लामो समयदेखिको खडेरीका कारण गहुँबाली सुकेको बताए। “खडेरीका कारण गहुँबाली सुकेको छ भने खेत बाँझै छन्, पानी नपर्दा बाँझो जमिनमा मकै रोप्नसमेत ढिलाइ भएको छ”, उनले भने। गहुँबाली सुकेपछि यहाँका किसान चिन्तित छन्। सिँचाइको सुविधा नभएका ठाउँमा खडेरीको प्रभाव बढी परेको किसानहरुले बताएका छन्। सिँचाइ सुविधा नभएकै कारण खेतमा लगाएको गहुँबाली सुकिसकेको पुलाचौरका किसान टेकबहादुर विकले बताए। उनले भने “खडेरीका कारण अधिकांश गहुँबाली सुकिसकेको छ। अझै पानी पर्ने छाँटकाँट छैन्। यो वर्ष भोकमरी हुने सम्भावना बढेको छ।” खडेरीले गहुँबाली सुकेपछि घरपरिवार कसरी पाल्ने भन्ने चिन्ता थपिएको मालिका गाउँपालिका–५ का किसान डेकबहादुर बूढा बताउँछन्। खडेरीका कारण जनजीवन प्रभावित भएको उनको भनाइ छ। सिँचाइ सुविधा नभएका उच्च लेकाली र हिमाली क्षेत्रमा गहुँबाली सुकेको उनले बताए। हिमपात हुने समयमा पानी नपरेपछि बालीनाली हुर्कन नपाइ सक्दै गएको किसानको भनाइ छ। बर्खेबालीमध्येको मकैमा जङ्गली जनावरले क्षति पुर्‍याउँदा हरेक वर्ष उत्पादनमा कमी आउन थालेको छ। हिउँदमा खडेरीका कारण उत्पादनमा कमी आउने तथा वर्षामा जङ्गली जनावरले क्षति पुर्‍याउने गरेको किसानहरु बताउछन्। यसरी उत्पादन घट्दै गएपछि खाद्यान्न आयातमा वृद्धि हुने उनीहरुको भनाइ छ। म्याग्दीमा कूल ३० हजार आठ सय ५६ हेक्टर खेतीयोग्य जमिन रहेकोमा १९ हजार चार सय ९८ हेक्टर जमिनमा खेती हुँदै आएको छ। खेती गरिएकोमध्ये छ हजार १३ हेक्टर अर्थात् ३० दशमलव ८ प्रतिशत मात्रै सिञ्चित जमिन छ। एक हजार छ सय ८० हेक्टरमा बाह्रैमहिना सिँचाइ हुन्छ भने चार हजार तीन सय ३३ हेक्टर जमिनमा मौसमी सिँचाइ हुने गरेको छ। खेतबारीमै सुक्न थाल्यो बाली यसवर्षको हिउँदयाममा हिमपात र वर्षा नभएपछि हिउँदेबाली खेतबारीमै सुक्न थालेका छन्। अघिल्लो वर्ष माघ तेस्रो सातासम्म तीन पटक हिमपात भएको थियो। यसवर्ष फागुन अन्तिमसातासम्म पनि हिमपात र वर्षा हुन सकेको छैन। हिमपात र वर्षा नहुँदा बेँसीबाट हिमाली क्षेत्रसम्म गरिएको हिउँदेबाली खेतबारीमै सुक्न थालेका छन्। सिँचाइको अभावले गहुँ, जौँलगायत हिउँदे खेती खेतबारीमै सुक्न थालेको धवलागिरि गाउँपालिका–२ लमसुङका पलु पुनले बताए। “यो समयमा गत वर्ष तीन पटक हिमपात भएको थियो, तर यस वर्ष अहिलेसम्म हिमपात भएको छैन, गत असोजयता वर्षा समेत भएको छैन, हिउँदेबाली खेतबारीमै सुक्न लागेका छन्”, उनले भने। खेतमा लगाएको गहुँ, जौंँसँगै तरकारी खेतीमा समेत सिँचाइ गर्न समस्या भएको धवलागिरि गाउँपालिका–७ ताकमका स्थानीय दीपक सुवेदीले बताए। हिमपातको प्रतिक्षामा किसान यहाँका किसान सिँचाइका लागि हिमपात र वर्षाको पर्खाइमा छन्। हिमपात नहुँदा हिउँदे बालीमा सिँचाइको अभाव भएपछि अन्नबालीको उब्जनी घट्ने सम्भावना बढेको मुनाका किसान थमबहादुर घर्तीको भनाइ छ। समयमै हिउँ नपर्दा पानीका मूल सुक्ने, असिनापर्ने र त्यसले बालीनालीमा क्षति पुर्‍याउने भएकाले यहाँका किसान हिमपातको पर्खाइमा छन्। हिमपात नभएपछि हिमशृङ्खला कालापत्थर देखिन थालेका छन्। हिउँले सेताम्मे ढाकिनुपर्ने हिमालमा हिउँ पग्लिन थालेको छ। पुसदेखि माघसम्म सेताम्मे देखिनुपर्ने हिमालमा यसवर्ष हिमपातमा ढिलाइ हुँदा हिउँ पग्लिएर हिउँको मात्रा घट्दै गएका छन्। जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा प्रत्यक्षरूपमा पारेको स्थानीयवासीको भनाइ छ । हिउँ पग्लिएपछि हिमाल नागिँदै गएका छन्। पछिल्लो वर्षमा हिमपात पर्ने समय नै परिवर्तन भएको छ। मौसम फेरिएर पुस–माघमा हिउँ नपर्ने र फागुन–चैतमा हिउँ पर्ने गरेको स्थानीय बताउँछन्। हिउँ नपरेपछि धवलागिरि, नीलगिरि, अन्नपूर्ण, गुर्जा, चुरेलगायत हिमाल रङ उडेझैं फिक्का देखिन थालेका छन्। मौसमी हिमपात हुन छाडेर बेमौसमी हिमपात हुन थालेपछि स्थानीयवासीले हिमाली तथा उच्च पहाडी क्षेत्रमा जलवायु परिवर्तनको असर महसुस गर्न थालेको धवलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए। समयमा हिमपात नहुँदा हिमालमा हिउँको मात्रा घट्दै जाँदा हिमाल काला पहाड जस्ता देखिन थालेको र जङ्गली फूलहरूमासमेत त्यसको प्रभाव देखिएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोरेपानीका पर्यटन व्यवसायी क्याप्टेन डमबहादुर पुनले जानकारी दिए।
एक हजार २६ करोड संकलनसहित पठान कीर्तिमानीमा काठमाडौं। शाहरुख खान अभिनित पठानले १०२६ करोड संकलन गरेको छ। गत जनवरी २५ मा रिलजि भएको पठानले हिन्दी सिनेमाको इतिहासमा सबैभन्दा बढी रकम संकलन गरेर किर्तिमान कायम गरेको छ। यसअघि दक्षिण भारतीय फिल्म बाहुबली-२ र केएफजी-२ ले बनाएको हजार करोड भन्दा माथीको किर्तिमानलाई तोडदै बलिउडको पठानले सबैभन्दा बढी रकम सकंलन गरेर किर्तिमान कायम गरेको हो। सो फिल्ममा शाहरुखको अलबा, दिपिका पादुकोण र जोन अब्राहमलगायतको अभिनय रहेको छ। बायकट बलिउड ट्रेन्डलाई परास्त गदै पठानले किर्तिमानी कलेक्सन कायम गरे पछि बलिउडमा उत्साह छाएको छ। दक्षिणी फिल्महरुले भारतमा कब्जा जमाउन थाले पछि चिन्तित बलिउडकर्मीलाई पठानकाे किर्तिमानी कलेक्सनसँगै साहस बढेको क्रिटिक्सहरुले टिप्पणी गर्न थालेका छन्।
सिद्धार्थ उद्योग वाणिाज्य संघ चुनावः ८३ दशमलब ३५ प्रतिशत मत खस्यो भैरहवा। सिद्धार्थ उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि भएको मतदानमा ८३ दशमलव ३५ प्रतिशत मत खसेको छ । आज बिहान ८ बजेबाट सुरु भएको मतदानको लागि २ हजार १ सय ९३ मतदाता रहेकोमा १ हजार ८ सय २८ मतदाताले मतदान गरेका हुन्। २९ पदका लागि भएको निर्वाचनमा ४६ जनाले उम्मेदवारी दिएका छन्। नयाँ नेतृत्वका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठ र महासचिव विजय पाण्डे छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा होमिएका थिए। साढे ६ बजे सम्म भएको मतदानको मतगणना भने शनिबार राती ९ बजेबाट नै गर्ने उम्मेदवारसँगको बैठकले निर्णय गरेको छ। यस्तै वरिष्ठ उपाध्यक्षमा नेत्र प्रसाद आचार्य र अरुण गोयन्का, वाणिज्य उपाध्यक्षमा गोविन्द ज्ञवाली र रवि कुमार श्रेष्ठ, उद्योग उपाध्यक्षमा हरि बहादुर थापा र दिलिप कुमार कान्दु, कर्पोरेट उपाध्यक्षमा रोहित कुमार अग्रवालको उम्मेदवारी रहेको प्रमुख निर्वाचन अधिकृत शिव प्रसाद गौडेलले जानकारी दिए। महासचिवमा कृष्णप्रसाद घिमिरे र गोपाल भण्डारी, कोषाध्यक्षमा गंगासागर अग्रहरी, कमल प्रसाद मरासिनी र गौरब श्रेष्ठ, सचिवमा धर्मबिर शर्मा र मंगल भण्डारी सह कोषाध्यक्षमा संजय कुमार बेरिवालको उम्मेदवारी रहेको थियो। कर्पोरेट सदस्यमा अर्पित कुमार अग्रवाल र विकास कुमार गोयनका, वस्तुगत सदस्यमा चन्द्र प्रकाश श्रेष्ठ र प्रितम रौनीयार, वाणिज्य सदस्य महिला तर्फ यमकला न्यौपाने, उद्योग सदस्य महिला तर्फ पल्लवी न्यौपानेले उम्मेदवारी रहेको थियो। यस्तै खुल्ला उद्योग सदस्यमा ५ पदको लागि रमेश घिमिरे, कमल ज्ञवाली, राजु न्यौपाने, ओम जैसी, पुरुषोत्तम लम्साल, रचना क्षेत्री, विष्णुमाया शर्मा पौडेल, उमा शंकर मिश्र र भुवन कुमार कान्दुको उम्मेदवारी रहेको थियो। खुल्ला वाणिज्य सदस्य तर्फ १० पदका लागि अर्जुन कार्की, प्रमोद रिजाल, विशाल जैसवाल, कृष्ण प्रसाद अधिकारी, विरेन्द्र ज्ञवाली, जवाहीर अग्रहरी, दिनेशमान अमात्य, रमेश कानु, अभिनव मयुर कसौधन, धर्मराज आचार्य, मिना पन्थी, हरिश सेठिया, त्रिलोकी प्रसाद तेली र विजय अधिकारीको उम्मेदवारी रहेको निर्वाचन अधिकृत गौडेलले जानकारी दिए। उम्मेदवारी दिएका मध्ये कर्पोरेट उपाध्यक्षमा रोहित कुमार अग्रवाल, सह कोषाध्यक्षमा संजय कुमार बेरिवाल, वाणिज्य सदस्य महिला तर्फ यमकला न्यौपाने, उद्योग सदस्य महिला तर्फ पल्लवी न्यौपानेको एकल उम्मेदवारी परेपछि निर्विरोध भएको छ।
विश्व शान्तिका लागि नेपालमै पहिलो पटक रिद्धिसिद्धि गणेश महायज्ञ सप्तरी। राजविराज नगरपालिका वडा नम्बर १३ मा श्री १०८ श्री रिद्धिसिद्धि गणेश महायज्ञको मंगलबारदेखि सुरु भएको छ। विश्व कल्याणका लागि नेपालमै प्रथम पटक महायज्ञ सुरु भएको मूल आयोजक समितिको संयोजक योगेन्द्र देवले बताएका छन्। फागुन १ गतेदेखि सुरु भएको महायज्ञ २४ गतेसम्म चल्ने छ। महायज्ञमा ४० देखि ५० लाखसम्म खर्च हुने आयोजकको भनाई छ। महायज्ञमा नेपाल भारतको एक दर्जन पण्डितहरू सहभागी रहेका छन्। महायज्ञको पहिलो दिन करिब दुईसय महिला तथा बालिकाले कलसश भरेर यज्ञ स्थलमा राखेका छन्। आफूले भरेको कलशको दिनहुँ पुजा गर्दैआएका छन्। सोही वडामा गणेश मन्दिरमा गणेशको मुर्ति स्थापना गरेपछि विश्व शान्ति गर्ने उद्देश्यले महायज्ञ आयोजना गरेको स्थानीय भैरव चौधरीले जानकारी दिए।
माइतीघर मण्डलामा मनाइयो फगुवा उत्सव काठमाडौं। विभिन्न मुद्दा र माग लिएर दिनहुँ भिडभाड भइरहने माइतीघर मण्डला परिसरमा आज फरक दृश्य देखियो। उखु किसानदेखि विभिन्न समुदायका पहिचान, लोकतन्त्र, नागरिक खबरदारीका कैयन विषयमा दैनिकजसो सङ्घर्षका कार्यक्रम भइरहने माइतीघरमा ‘फगुवा उत्सव २०२३’ को माहोलले सबैको ध्यान त्यसतर्फ खिचेको देखिन्थ्यो। माइतीघर सडक भइ आवतजावत गर्ने सर्वसाधरणदेखि सवारी साधनमा घुइँकिनेहरुले पनि माइतीघर पुगेपछि क्षणिक रुपमा भए पनि फरक दृश्यको दृश्यावलोकन गर्न भ्याए। दैनिक विभिन्न समूहको आन्दोलन भइरहने माइतीभरमा आजको दृश्यलाई सबैले उत्सुकतापूर्वक लिएका थिए। फागुको रङ्ग र अबिरले माइतीघरको सडक रङ्गिएको थियो। जम्मा भएका व्यक्तिको रङ्गले रङ्गीचङ्गी वेशभूषाले भिडतर्फ आकर्षण पथ्र्यो। त्यो दृश्यले सडकको माहोललाई बेग्लै उल्लासमय बनाएको थियो। माइतीघर मण्डलामा रङ्गिएको रङ्गमा झुम्मिएको जनसाधारणको भिडले कार्यक्रमको महिमा बढाएको थियो। आन्दोलनका क्रममा हुनसक्ने सम्भावित जोखिम नियन्त्रणका लागि हातहतियारसहित सुरक्षा पहरा दिइरहेका उल्लेख्य संस्थाका प्रहरी र सङ्घर्षरत समूहको हूललाई देखिरहनेका लागि बिल्कुल फरक दृश्य भएकाले उनीहरुको ध्यान त्यसतर्फ केन्द्रित हुनु स्वाभाविक पनि थियो। मिथिला संस्कृति समाजले आयोजना गरेको उक्त फगुवा महोत्सवलाई उल्लासमय बनाउन मिथिला समाज र परिवार मात्र होइन आम सर्वसाधरणको साथले कार्यक्रमको रौनक थपेको थियो। त्यसै पनि माइतीघर मण्डलाको रङ्गीचङ्गी दृश्यलाई वसन्तको सङ्घारमा रङ्गीचङ्गी फूल र बोटबिरुवाका साथै मण्डला आसपास बनेका गगनचुम्बी आकर्षक भवनले सहजै ध्यान खिचिरहेको हुन्छ । सधैँ देखिरहनेभन्दा शनिबारको फरक दृश्यले जो कोहीलाई मोहित तुल्याउँथ्यो । होलीको पूर्वसन्ध्यामा होली पर्वको महत्व र महिमाबारे मिथिला संस्कृतिभन्दा फरक समुदायलाई जानकारी गराउने उद्देश्यले फगुवा महोत्सव आयोजना गरिएको मिथिला संस्कृति समाजका अध्यक्ष बीरेन्द्र ठाकुरले बताए। उनले मधेसमा फगुवाका रुपमा चिनिने होली पर्वका अवसरमा काठमाडौँमा बसोबास गर्ने तराईवासीलाई एक ठाउँमा जम्मा पारेर अन्य समुदायलाई पनि देखाउने लक्ष्यका साथ फगुवा उत्सव मनाइएको उल्लेख गरे। होलीको सामाजिक, सांस्कृतिक र धार्मिक महत्व छ । सहरलाई मिथिला संस्कृतिको सन्देश दिन फगुवा पर्व मनाइएको अध्यक्ष ठाकुरले बताउनुभयो । विभिन्न पेसा व्यवसायको सिलसिलामा काठमाडौँमा बसोबास गर्ने तराई–मधेसका विभिन्न समुदायबीच होलीको माध्यमबाट आपसी सद्भाव र भाइचारा अभिवृद्धि गर्न महोत्सव गरिएको हो। मधेसी आयोगका अध्यक्ष डा विजयकुमार दत्तले होलीको माध्यमबाट सामाजिक र सांस्कृतिक अन्तरघुलनको सन्देश दिने उद्देश्यले कार्यक्रम गरिएको बताए। उनले भने, “विभिन्न समुदायबीच सामाजिक अन्तरघुलन गरी एकताको सन्देश दिने उद्देश्यले यो कार्यक्रम गरिएको हो। तराई–मधेशवासीहरु चाहे ती अवध, भोजपुरा र मिथिला हुन् होलीका अवसरमा आ–आफ्नो ठाउँमा जान्छन्। आफ्नो थातथलोमा जानुपूर्व काठमाडौँमा जम्मा पारेर अन्य समुदायलाई पनि सांस्कृतिक एकताको सन्देश दिन यो सान्दर्भिक हुनेछ।” मिथिला समुदायका मानिसले डम्फु, झ्याली, हार्मोनियमलगायतका बाजागाजाका साथ एकापसमा खुसी र शुभकामना साटेर होली उत्सवका रुपमा मनाएका थिए। आयोगका अध्यक्ष डा दत्तले भने, “यो नेपाली संस्कार र संस्कृति हो तर, तराईमा छुट्टै उल्लासका साथ छुट्टै किसिमले होली मनाउने परम्परा छ, त्यसको सन्देश अन्य समुदायलाई दिन र तराई, पहाड, हिमाल सबै एकै कोही छैन पराइ भनेर सन्देश दिनका निम्ति पनि यो कार्यक्रम गरिएको छ।” सांस्कृतिक अभियन्ता राजानन्द माण्डव्यले मिथिला संस्कृतिको पुरानो इतिहास होली पर्वलाई उल्लासमय बनाउन यो अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले भने, “मधेसका विभिन्न खाले संस्कृतिलाई पहाड र हिमालमा नपुर्‍याएसम्म एकताको भावना विकास हँुदैन। हिमाल, पहाड र तराई कोही छैन पराइ भन्ने एकताको सन्देश दिन यो अभियानले सहयोग पुग्नेछ।” समाजले अघिल्लो वर्ष पनि माइतीघर मण्डलामा फगुवा कार्यक्रम आयोजना गरेको थियोे। समाजले संस्कृतिको जगेर्ना, मिथिला र मधेसको संस्कृति उत्थान विकासमा विभिन्न भूमिका निर्वाह गर्दै आएको छ। यो उत्सवमा कुनै पनि किसिमको मदिराजन्य पदार्थको प्रयोग हुन दिइँदैन। मालपुवा, बदाम, नरिवल, सुपाडी, छोकडा, किसमिसको मिष्ठान्न परिकारसहित अबिर दलेर यो पर्व मनाइएको हो। कुनै स्थान विशेषमा गर्दा सीमित मानिसले मात्रै फगुवाको महत्वबारे बुझ्ने भएकाले सडकमा गर्दा आम मानिसले जानकारी लिनसक्ने भएकाले साङ्केतिक रुपमा उत्सव आयोजना गरिएको अध्यक्ष ठाकुरले बताए। “जबसम्म हाम्रा सांस्कृतिक पर्वहरु, आयामहरु बलियो हुँदैनन् तबसम्म हाम्रो सांस्कृतिक एकता बलियो हुँदैन त्यसैले सामाजिक एकता, सांस्कृतिक सद्भाव र भाइचारा कायम गर्न हामी माइतीघरमा जम्मा भएका छौँ”, डा दत्तले भने। ‘काठमाडौँ सहर, माइतीघरमा होली खेलिङ्गे’ जस्ता होली गीत गाएर धुमधामका साथ होली मनाइएको थियो। सांस्कृतिक एकताका रुपमा चिनिने हिन्दूहरुको महान् सांस्कृतिक पर्व होलीको पावन अवसरमा मधेसका वरिष्ठ समाजसेवी तथा राजनीतिककर्मीहरुको उपस्थितिमा फगुवा प्रदर्शनी आयोजना गरिएको हो। मधेसमा पौराणिक कालदेखि नै विशेष उत्सवका रुपमा मनाउँदै आइरहेको र यस संस्थाको स्थापनाकालदेखि नै संस्कृतिको संरक्षण एवं प्रवद्र्धन गर्नु रहेको अध्यक्ष ठाकुरले उल्लेख गरे।
रातारात भाइरल, अहिले गुमनाम यी भारतीय कलाकार मुम्बई । सामाजिक सञ्जालले कैयौंलाई रातारात स्टार बनाइदिन्छ । कैयौं आज पनि हिट छन् त कोही मुलधारबाट टाढा छन् । कतिले इज्जत पाए, त कतिले लोकप्रियतालाई सम्हाल्नै सकेनन् । यहाँ सामाजिक सञ्जालका ती ‘सेन्सेसनल स्टार’को बारेमा प्रस्तुत गरिएको छ, जो कुनै समय हिट थिए । जसको आज कुनै चर्चा हुँदैन । रानू मण्डल सन् २०१९ मा रानू मण्डलले रेल्वे स्टेसनमा लता मंगेशकरको गीत गाउँदै गरेको भिडियो भाइरल भएको थियो । यो भिडियो हेरेर उनलाई गायक, अभिनेता तथा संगीतकार हिमेश रेशमियाले गाउने मौका दिए । उनी कैयौं शोमा देखिइन् । तर आज उनको मजाक उडाउँछन् । उनले आफ्नो स्टारडमलाई सम्हाल्न पाइनन् । अहिले उनीमाथि मिम्स बन्छ । उनलाई अहिले कसैले पनि गम्भीर रुपमा लिँदैनन् । सहदेव दिर्दो ‘बसपन का प्यार’ गाएर लोकप्रिय बनेका सहदेव रातारात भाइरल भए । बादशाहले उनलाई आफ्नो गीतमा गाउने मौका दिए । सहदेवले ‘बसपन का प्यार’ पछि कुनै कमाल गर्न सकेनन् । उनी इन्स्टामा रील भिडियो त राख्छन्, तर त्यसमा कसैले ध्यान नै दिँदैन । सन्जीव श्रीवास्तव अभिनेता गोविन्दाको गीतमा नाँच्ने डब्बू अंकललाई सबैले सम्झिएकै होलान् । कुरा हो, सन्जीव श्रीवास्तवको । जो गोविन्दाको गीत ‘आपके आ जाने से’मा नृत्य गरेर रातारात स्टार बने । उनको नृत्य शैली भिडियो सामाजिक सञ्जालमा अत्याधिक भाइरल भयो । कैयौं रियालिटी शोमा उनी पाहुना बनेर पुगे । तर आज सन्जीव मूलधारबाट टाढा छन् । भुबन बड्याकर पश्चिम बंगालको सडकमा मूँगफली बेच्ने भुबन ‘कच्चा बादाम’ गाएर लोकप्रिय बने । मुँगफली बेच्दा गाएको यो गीत यति हिट भयो कि यो गीतलाई रेकर्ड नै गरियो । उनी रातारात स्टार बने । अहिले भने उनी आफ्नो गीत गाउन पाइरहेका छैनन् । किनकी उनको गीतमाथि कपिराइट लागेको छ । उनी अहिले बेरोजगार छन् । उनी पीडा सुनाउदै रुनेमात्र काम गरिरहेका छन् । अन्जली अरोडा टिकटकमा आफ्नो नृत्यको धमाल देखाएर स्टार बनेकी अन्जली अरोड निकै हिट छिन् । उनले ‘कच्चा बादाम’मा नृत्य देखाएकी थिइन्, जसकारण उनी रातारात स्टार बनिन् । उनको यो लोकप्रियता अहिले पनि कायम छ । उनी कंगना रनावतको शो ‘लकअप’मा देखिएकी थिइन् । भलै उनले यो शो जितिनन् । तर दर्शकको मन जितिनन् ।
अमेरिकी विदेशमन्त्री ब्लिन्केन र रुसी विदेशमन्त्री लाभरोभबीच भेट नयाँ दिल्ली । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र रुसी विदेशमन्त्री सर्गेई लाभरोभबीच करिब एक वर्षको अन्तरालमा भेटवार्ता भएको छ । रुस–युक्रेन युद्ध सङ्कट बढेपछि रुस र अमेरिका बीच तिक्ततापूर्ण सम्बन्ध रहेकामा बिहीबार दुई देशका विदेशमन्त्री बीच पहिलो पटक आमनेसामने कुराकानी भएको बताइएको छ । भारतको अध्यक्षतामा नयाँ दिल्लीमा जारी जी–२० देशका विदेशमन्त्रीहरूको बैठकमा उक्त संक्षिप्त भेटवार्ता भएको हो । करिब १० मिनेटसम्म चलेको वार्तामा सामान्य कुराकानी भएको बताइएको छ । ‘लाभरोभले जी–२० को दोस्रो सत्रको बीचमा सङ्क्षिप्त भेट गर्नु भएको हो । यद्यपि त्यहाँ कुनै वार्ता वा वास्तविक बैठक भएन,’ द टाइम्स अफ इन्डियाले एक रूसी अधिकारीलाई उद्धृत गर्दै उल्लेख गरेको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार वार्तालापको क्रममा ब्लिन्केनले रुसलाई विशेष सैन्य कारबाही अन्त्य गर्न र अर्थपूर्ण कूटनीतिमा संलग्न हुन, नयाँ रणनीतिक हतियार कटौती सन्धि कार्यान्वयनमा फर्कन र जेलमा बन्दी रहेका पूर्व अमेरिकी मरीन पल व्हेलनलाई रिहा गर्न आग्रह गरेको छ । तर रुसी पक्षले अमेरिकाको व्यवहार विश्वसनीय नभएको भन्दै अमेरिकी आग्रह स्वीकार्न अफ्ठेरो भएको बताएको तास समाचार एजेन्सीले जनाएको छ ।
आईएमएफ कार्यक्रम मार्चभित्र लागू गर्न श्रीलङ्काको केन्द्रीय बैंक तयार कोलम्बो । श्रीलङ्काको केन्द्रीय बैंक (सीबीएसएल) ले सन् २०२३ को मार्च महिनाभित्र अन्तर्राष्ट्रिय मुद्रा कोष ९आईएमएफ०को कार्यक्रम लाई अङ्गीकार गर्न तयार रहेको बताएको छ । बैङ्क र अन्तर्राष्ट्रिय मुद्रा कोषले असाधारण उच्च मुद्रास्फीतिका बीच र मुद्रास्फीति प्रक्षेपण र आर्थिक भविष्यको दृष्टिकोणको वरिपरि उच्च स्तरको अनिश्चितता रहेको र समस्याको समाधानका लागि मौद्रिक नीतिको आडमा गहन वार्तामा निरन्तर संलग्न रहेको सीबीएसएलका गभर्नर नन्दलाल वीरासिङ्घेले शुक्रबार पत्रकार सम्मेलनमा बताए । सीबीएसएल र आईएमएफका कर्मचारीबीच मुद्रास्फीतिको दृष्टिकोणमा केही भिन्नता रहेको वीरासिंघेले बताए । सीबीएसएलको मौद्रिक बोर्डले स्थायी निक्षेप सुविधा दर (एसडीएफआर) र स्थायी ऋण सुविधा दर (एसएलएफआर) लाई १०० आधार बिन्दुले वृद्धि गरी क्रमशः १५.५० प्रतिशत र १६.५० प्रतिशत पु¥याउने निर्णय गरेको छ । आईएमएफ विस्तारित कोष सुविधा व्यवस्थालाई अन्तिम रूप दिएर अगाडि बढ्नका लागि सबै पूर्व कार्यहरू पूरा गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै वार्ताको प्रारम्भिक चरणमा परिकल्पना गरिएको जस्तै मौद्रिक बोर्ड र आईएमएफका कर्मचारीहरू नीतिगत ब्याज दरहरू बढाउने सहमतिमा पुगेका छन् । उनले भने, “यो निर्णयले अन्तर्राष्ट्रिय मुद्रा कोष ९आइएमएफ० को व्यवस्थाप्रति श्रीलङ्काको प्रतिबद्धतालाई दर्शाउँछ । यसलाई सरकारले विभिन्न रूपमा अर्थव्यवस्थामा स्थिरता सुनिश्चित गर्नका लागि अपनाएको छ ।” स्वतन्त्रतापछिको सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको श्रीलङ्काले सन् २०२२ अप्रिलमा बाह्य ऋणको भुक्तानी स्थगन गरेको थियो र अन्तर्राष्ट्रिय मुद्रा कोषसँग २.९ अर्ब अमेरिकी डलरको थप कोष व्यवस्थाका लागि वार्ता सुरु गरेको थियो ।
जडिबुटीको निकासी पैठारीलाई व्यवस्थित गर्न सरकारले नीतिगत निर्णय गर्दै (भिडियो) काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जडिबुटीको निकासी पैठारीलाई व्यवस्थित गर्न सरकारले नीतिगत निर्णय गर्ने बताएका छन् । महर्षि वैदिक फाउण्डेसन र नेपाल आयुर्वेद चिकित्सक संघले शुक्रबार काठमाडौँमा आयोजना गरेको अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनलाई सम्बोधन गर्दै उनले गुणस्तरीय आयुर्वेद औषधि उत्पादन तर्फ उन्मुख आयुर्वेद औषधि कम्पनीको प्रवर्धनका साथै आयुर्वेद औषधिको उत्पादनका लागि अति आवश्यक जडिबुटीको निकासी पैठारीलाई व्यवस्थीत गर्न नीतिगत निर्णय गर्ने बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले सरकारका तर्फबाट ३०० वर्ष पुरानो इतिहास बोकेको सिंहदरबार वैद्यखाना लाई राष्ट्रिय गौरबको योजनाका रुपमा अगाडी बढाइने बताए । राष्ट्रिय आयुर्वेद अनुसन्धान केन्द्रलाई पूर्ण रुपमा क्रियाशील बनाई नेपालका रैथाने जडिबुटीको अध्ययन अनुसन्धानलाई द्रुत गतिमा अगाडी बढाउन आवश्यक नीतिगत निर्णय गरिने उनले बताएका छन् । उनले प्रत्येक प्रदेशमा आयुर्वेद औषधि उत्पादन केन्द्र, जडिबुटी संकलन एवं प्रशोधन केन्द्रको स्थापनाको नीति ल्याइने बताए । उहाले स्वास्थ्य पर्यटनलाई प्रवर्धन गर्न आयुर्वेद, पंचकर्म, योग, ध्यान कार्यक्रम संचालन गर्न अस्पताल, उपचार केन्द्रहरु स्थापना गरिने बताए । भारत सरकारले उच्च प्राथमिकतामा राखेको आयुर्वेद अनुसन्धानको कार्यलाई नेपालमा पनि निरन्तरता दिन आवश्यक सहकार्य गर्ने उनले बताए। त्यस्तै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आयुर्वेद अनुसन्धानको कार्यमा भारतले नेपालसंग सहकार्य गर्ने बताए । आयुर्वेदको प्रवद्र्धनका लागि भारतको नरेन्द्र मोदी नेतृत्वको सरकारले आयुष मन्त्रालय नै स्थापना गरेर यस क्षेत्रलाई महत्व दिएको उनले बताएका छन्। ‘सबैका लागि समग्र स्वास्थ्योपचार’ भन्ने नाराका साथ काठमाडौंमा सुरु सम्मेलन दुई दिनसम्म चल्ने छ । सम्मेलनमा नेपाल र भारतका आयुर्वेद विज्ञ र युरोप र अमेरिकालगायतका अन्तर्राष्ट्रिय आयुर्वेद क्षेत्रका विज्ञहरु, उत्पादक, व्यवसायीलगायतको सहभागिता छ । हेर्नुहोस् भिडियो:
स्ववियु निर्वाचन प्रक्रिया आजबाट सुरु (भिडियो) काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयले चैत ५ गते गर्न लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रक्रिया शुक्रबारदेखि सुरु भएको छ । निर्वाचनका लाथि विद्यार्थी सङ्गठनले दर्ता गराएका छन् । बिभिन्न क्याम्पसमा र्यालीसहित उनीहरुले संगठनको नाम दर्ता गराएका हुन् । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका अनुसार दर्ता भएका विद्यार्थी सङ्गठनले मात्र निर्वाचनमा भाग लिन पाउने छन् । यस्तै निर्वाचन कार्यतालिका अनुसार विद्यार्थी सङ्गठनले यही फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गराउने छन् । यस्तै स्ववियु निर्वाचनका लागि आगामी चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म समय तोकिएको तोकिएको छ । देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुने छ । हेर्नुहोस् भिडियो:
कालिमाटीस्थित विषादी विश्लेषण प्रयोगशालाको निरीक्षण काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको समन्वय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको नेतृत्वमा गएको टोलीले फलफूल तथा तरकारीमा विषादी परीक्षणका लागि सञ्चालित विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशालाको अनुगमन गरेको छ। कृषि मन्त्रालयको कृषि प्रयोगशालाअन्तर्गत सञ्चालन हुँदै आएको कालिमाटीस्थित उक्त प्रयोगशालाले तरकारी तथा फलफूलमा विषादी परीक्षणको गुणस्तरीयता तथा प्रभावकारिताबारे अध्ययन गर्न टोलीले अनुगमन गरेको हो। कृषि मन्त्रालयका सहसचिव कालिप्रसाद पराजुली नेतृत्वको टोलीले प्रयोगशालाको निरीक्षण गर्नुका साथै प्रयोगशालाको गतिविधिको अनुगमन गरेको थियो। प्रयोगशालाले हाल दैनिक १० देखि १२ वटा नमूनाको अध्ययन गरी तरकारी तथा फलफूलको गुणस्तरीयता सुनिश्चित गर्दै आइरहेको छ। अनुमगन टोलीले कालिमाटी प्रयोगशाला तथा देशका अन्य स्थानमा रहेका प्रयोगशालाको सेवा प्रभावकारिता बृद्धि गर्ने विषयमा हाल देखिएका समस्या तथा चुनौतीहरूका बारेमा प्रतिवेदन पेश गर्न केन्द्रीय प्रयोगशाला तथा विषादी अवशेष द्रूत विश्लेषण केन्द्रलाई निर्देशन दिएको छ। केन्द्रीय कृषि प्रयोगशालामार्फत् हाल कालिमाटीका अतिरिक्त देशका सात वटा स्थानमा प्रयोगशालामार्फत् तरकारी तथा फलफूलको गुणस्तरीयता जाँच हुँदै आएको छ। केन्द्रले प्रस्तुत गर्ने प्रतिवेदनका आधारमा थप छलफल गरी देशैभरि प्रयोगशाला विस्तार तथा स्थापना भएका प्रयोगशालालाई प्रभावकारी तथा गुणस्तरीय रूपमा सञ्चालन गर्न कार्ययोजना निर्माण गरी कार्यान्वयन गरिनेछ।
सैनिक कारबाहीमा चार जना विद्रोही मारिए मनिला। मध्य फिलिपिन्समा राष्ट्रिय सेनाले गरेको कारबाहीमा चार जना संदिग्ध विद्रोही मारिएका छन्। नेग्रोस ओक्सीडेन्टल प्रान्तको एक शहरको बाहिरी भागमा बुधबार गरिएको कारबाहीमा उनीहरू मारिएका सैनिक प्रवक्ताले आज बताएका हुन्। कर्णेल जोरी बाक्लोरका अनुसार सेनाले ग्रेनेड लन्चर, एक ४७ राइफललगायत विभिन्न हातहतियार पनि बरामद गरेको छ। मारिएकाहरू न्यू पिपल्स आर्मी (एनपीए) का सदस्य भएको आशङ्का गरिएको छ। सन् १९६९ देखि एनपीए विद्रोहीहरू सरकारविरुद्ध सङ्घर्ष गर्दै आएका छन्। उक्त समूहले ग्रामीण क्षेत्रमा आक्रमण केन्द्रित गर्दै आएको छ। सन् १९८० मा निकै शक्तिशाली विद्रोही शक्तिका रुपमा स्थापित एनपीएमा अहिले दुई हजारको हाराहारीमा सदस्य रहेका सैन्य तथ्याङ्कले देखाएको छ।
छात्रालाई विष खुवाएको आरोपबारे अनुसन्धान गर्न इरानी राष्ट्रपतिको निर्देशन तेहरान । इरानमा बुधबार सयभन्दा बढी विद्यार्थी अस्पताल भर्ना भएपछि इरानका राष्ट्रपतिले छात्रालाई विष खुवाएको आरोपबारे अनुसन्धान गर्न सरकारलाई निर्देशन दिएका छन् । राष्ट्रपतिको वेबसाइटमा इब्राहीम रायसीले गृहमन्त्री अहमद वाहिदीलाई आक्रमणको ‘अनुसन्धानको नतिजाबारे निरन्तर जानकारी’ उपलब्ध गराउने जिम्मेवारी दिएको उल्लेख छ । एक सरकारी अधिकारीका अनुसार विगत तीन महिनामा सयौँको सङ्ख्यामा छात्रामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको छ र यो इस्लामिक गणतन्त्रमा छात्रा विद्यालय बन्द गर्न बाध्य पार्ने प्रयास हुन सक्छ । उत्तरपश्चिमी शहर अर्दाबिलमा सात र राजधानीका तीन गरी कम्तीमा १० वटा छात्रा विद्यालयलाई निशाना बनाइएको सञ्चारमाध्यमले जनाएका छन् । समाचार संस्था तस्निमका अनुसार तेहरानका तीन वटा विद्यालयमा विष सेवन भएको र अर्दाबिलमा भएको घटनाका कारण एक सय आठ जना विद्यार्थीलाई अस्पताल भर्ना गरिएको छ । राष्ट्रपति रायसीको वेबसाइटमा प्रभावित विद्यार्थीका ‘परिवारको चिन्ता कम गर्न’ उहाँले वाहिदीलाई जिम्मेवारी तोकी अनुसन्धानका लागि निर्देशन दिएको उल्लेख गरिएको छ । वाहिदीले बुधबार एक पत्रकार सम्मेलनको आयोजना गरी सुरक्षा बलले संदिग्ध विषाक्ततासम्बन्धी घटनामा तीन जनालाई हिरासतमा लिएको जानकारी गराए । “विभिन्न रिपोर्टहरू बाहिरिएका छन्, ती सबै पूर्ण रूपमा सही छैनन्,” उनले पत्रकारहरूसँग भने । “आक्रमणमा प्रयोग गरिएको विशिष्ट रासायनिक पदार्थ पत्ता लागेको रिपोर्टहरू गलत हुन्,” उनले भने । पवित्र शहर कोमका विद्यालयहरूमा मुख्यतया मलमा प्रयोग गरिने नाइट्रोजनको अंश फेला परेको उल्लेख गरिएको तर यसमा पूर्ण सत्यता नरहेको भन्दै स्वास्थ्य मन्त्रालयले घटनाको खण्डन गरेको छ ।
रूस र चीनसँग भेट्ने कुनै योजना छैन : ब्लिन्केन ताशकन्द । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले युक्रेनमा जारी युद्ध अन्त्यका लागि मस्को गम्भीर नभएको आरोप लगाउँदै नयाँ दिल्लीमा यसै साता हुने जी–ट्वन्टी बैठकमा रूसी र चिनियाँ विदेशमन्त्रीसँग भेटघाट नगर्ने बताएका छन् । “जी–२० मा सहभागी हुने मेरो कुनै योजना छैन,” ब्लिन्केनले नयाँ दिल्ली प्रस्थान गर्नुअघि ताशकन्दमा पत्रकारसँग भने । “म उनीहरूसँग समूह सत्रमा सहभागी हुने अपेक्षा गर्दछु । ब्लिन्केनले युक्रेन आक्रमणपछि लाभरोभलाई व्यक्तिगत रूपमा भेट्न अस्वीकार गर्दै राष्ट्रपति भ्लादिमिर पुटिनले सुरु गरेको युद्धबारे छलफल गर्न तयार रहेको रूसी भनाइलाई अस्वीकार गर्दै आएका छन् । ब्लिन्केनले भने, “यदि रूस र राष्ट्रपति पुटिन वास्तवमै आक्रामकता अन्त्यका लागि आवश्यक अर्थपूर्ण कूटनीतिमा सम्लग्न हुन तयार थिए भने पक्कै पनि हामी यसमा सम्लग्न हुने पहिलो व्यक्ति हुने थियौँ, तर यसको कुनै प्रमाण छैन ।” “वास्तविक प्रश्न यो हो कि के रूस त्यस्तो बिन्दुमा पुग्नेछ जहाँ ऊ आफ्नो आक्रामकता अन्त्य गर्न साँच्चै तयार छ, र संयुक्त राष्ट्र संघको बडापत्रसँग मेल खाने तरिकाले त्यसो गर्न तयार छ।” लाभरोभ र ब्लिन्केनबीच पछिल्लो पटक जनवरी २०२२ मा जेनेभामा व्यक्तिगत भेट भएको थियो । गत फेब्रुअरी २४ मा रूसले युक्रेनमाथि आक्रमण गर्न लागेको स्पष्ट भएपछि अमेरिकाका उच्च कूटनीतिज्ञले उक्त बैठक रद्द गरेका थिए । ब्लिन्केनले अमेरिकी र रूसी कैदीलाई आदानप्रदान गर्ने सामान्र्य उद्देश्यका लागि लाभरोभसँग टेलिफोनमा कुरा गरेका थिए । गत जुलाईमा बालीमा भएको जी–२० को अन्तिम मन्त्रीस्तरीय बैठकमा दुवै जना एउटै कोठामा बसेका थिए, जहाँ पश्चिमा अधिकारीहरूले युद्धको आलोचना सुनेपछि लाभरोभ बाहिर निस्केको बताएका थिए । ब्लिन्केनले फेब्रुअरी १८ मा म्युनिख सुरक्षा सम्मेलनका क्रममा चिनियाँ विदेश नीति प्रमुख वाङ यीसँग भेट्नुभएको तर अमेरिकी भूमिमा कथित चिनियाँ जासुसी बेलुन फेला परेपछि लामो समयदेखि प्रतिक्षा गरिएको बेइजिङ भ्रमण रद्द गरेको केही दिनपछि यो बैठक भएको थियो । गत नोभेम्बरमा अमेरिकी राष्ट्रपति सी चिनफिङ र जो बाइडेनबीच बालीमा भएको भेटवार्तापछि तनाव कम भएको देखिएको थियो । बाइडेन प्रशासनले चीनलाई संयुक्त राज्य अमेरिकाको शीर्ष दीर्घकालीन चुनौतीको रूपमा वर्णन गरेको छ तर विवादलाई नियन्त्रणबाहिर जानबाट रोक्न “गार्डरेल“ स्थापना गर्न पनि आह्वान गरेको छ । बेइजिङले हालै युक्रेनका लागि शान्ति प्रस्ताव अघि सारेको छ । प्रस्तावमा ‘सकारात्मक तत्वहरू’ रहेको भन्दै चीनले युक्रेनको सार्वभौमिकता पुनः स्थापनामा जोड दिने आफूले विश्वास लिएको ब्लिन्केनले बताए ।
कार्यसम्पादनलाई तीव्र बनाउन मुख्यमन्त्री गिरीको निर्देशन लुम्बिनी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले परिणाम निस्कने गरी कार्यसम्पादनलाई तीव्र बनाउन निर्देशन दिएका छन्। आर्थिक वर्ष २०७९\०८० को हालसम्मको प्रगति समीक्षा कार्यक्रममा उनले भौतिक विकासका साथै जनताको जीवनस्तर उकास्ने गरी केन्द्रित हुनुपर्ने बताए। लुम्बिनी प्रदेशलाई मुलुककै उत्कृष्ट प्रदेश बनाउनतर्फ सबै लाग्नुपर्ने उनको भनाइ थियो। “जनताले महसुस गर्ने खालको विकास गर्नतर्फ हाम्रा योजना केन्द्रित हुनुपर्दछ”, मुख्यमन्त्री गिरीले भने, “पूर्वाधारको विकासले मात्रै मुलुक समृद्ध बन्दैन। जबसम्म जनताको जीवनस्तरमा सुधार ल्याउने खालका कार्यक्रम हामी गर्दैनौँ तबसम्म जनताले परिवर्तनको महसुस गर्न पाउँदैनन्। यसतर्फ सबै गम्भीर भएर लाग्नुपर्दछ।” परम्परागत योजना र कार्यक्रमले जनताको जीवनस्तरमा परिवर्तन नल्याउने भन्दै मुख्यमन्त्री गिरीले नवीन कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए। सरकारले कृषिलाई मुख्य प्राथमिकताको क्षेत्रका रूपमा लिएको भन्दै उनले विशेष योजना बनाएर अगाडि बढ्न कृषि मन्त्रालयलाई निर्देशन दिए। उनले भने, “प्रदेशको मुख्य समृद्धिको आधार कृषि हो तर कृषिजन्य उत्पादनमा हामी आत्मनिर्भर बन्न सकिरहेका छैनौँ, यो दुःखद् विषय हो।” मुख्यमन्त्री गिरीले उत्पादनमा आधारित अनुदानका कार्यक्रम सञ्चालन गर्नुपर्ने, सरकारले उत्पादित वस्तुको बजारीकरण गर्ने कार्यक्रम अगाडि सार्नुपर्ने विषयमा मन्त्रालयले विशेष योजना बनाउनुपर्ने बताए। कृषिसँगै वनसम्पदाको प्रचुर मात्रामा सदुपयोग गर्नुपर्ने मुख्यमन्त्री गिरीको भनाइ थियो। स्थानीय तहको सहभागितामा वातावरण नबिग्रने गरी नष्ट भइरहेका वनसम्पदाको सदुपयोग गर्नुपर्ने भन्दै मुख्यमन्त्री गिरीले यसतर्फ योजना बनाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिए। हालसम्मको प्रगति २४ प्रतिशत लुम्बिनी प्रदेश सरकारको चालु आर्थिक वर्षको हालसम्म २४ दशमलव ३२ प्रतिशत बजेट खर्च भएको आर्थिक मामिला मन्त्रालयले जनाएको छ। मन्त्रालयका सचिव दीपकराज नेपालले चालु आवको माघ मसान्तसम्म प्रदेश सरकारका मन्त्रालयगत जम्मा खर्च २४ दशमलव ३२ प्रतिशत रहेको जानकारी दिए। उनका अनुसार चालु खर्च २८ दशमलव ८९ र पूँजीगत खर्च २० दशमलव ९८ प्रतिशत रहेको छ।
महासेनानी महेन्द्र शाह र प्रमुख सेनानी कुलदीप तिम्सिना पक्राउ, दुवैको कोर्टमार्शल हुने काठमाडौं । नेपाली सेनाका थप दुईजना कर्णेल पनि पक्राउ परेका छन्। उपरथी प्रेमप्रकाश शाहीले आर्थिक अनियमितता गरेको कोर्ट अफ इन्क्वाइरीले निष्कर्ष निकालेको केही दिनमै सोही अनियमिततामा जोडिएको आरोपमा महासेनानी महेन्द्र शाह र प्रमुख सेनानी कुलदीप तिम्सिनालाई पक्राउ गरेर अनुसन्धान थालिएको छ । कोर्ट अफ इन्क्वाइरीको प्रतिवेदनपछि सैनिक मुख्यालयले शाहीविरुद्ध आइतबार कोर्ट मार्सल गठन गरेको थियो। अब पक्राउ परेका यी २ अधिकृतको पनि सोही कोर्ट मार्शलमा सुनुवाइ हुनेछ । सैनिक मुख्यालयमा अनुसार दुवै जनाविरुद्ध सैनिक अदालतमा कारबाही अघि बढाइएको छ।
विराटनगरमा केबल तारको व्यवस्थापन गरिँदै विराटनगर। विराटनगर महानगरपालिकाले नगर क्षेत्रमा जथाभावी लत्रिएका केबल र नेटका तार व्यवस्थापन गर्न थालेको छ। विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित, उज्यालो र विकसित बनाउने महानगरको अभियानअन्तर्गत तार व्यवस्थापनमा तीव्रता दिइएको हो। महानगरपालिकाको निर्देशनपछि केबल तथा नेट प्रदायक कम्पनी आफँै तारको व्यवस्थापनमा जुटेका छन्। गत पुस २८ गतेदेखि तार व्यवस्थापन थालिएको थियो। तार व्यवस्थापनका लागि महानगरप्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको उपस्थितिमा सम्बन्धित कम्पनीका प्रतिनिधिलाई राखेर महानगरले पटक–पटक बैठकसमेत राखेको थियो। विभिन्न चरणका बैठकको निर्णयानुसार तार व्यवस्थापन भइरहेको प्रमुख प्रशासकीय अधिकृत कोइरालाले बताए। म्याक्स, सुविसु, वल्र्डलिङ्क, भाइनेट, नेपाल टेलिकमलगायत कम्पनीले तार व्यवस्थित गरिरहेका छन्। चैत मसान्तभित्र सबै तार व्यवस्थापन गरिसक्ने कोइरालाले जानकारी दिए ।
अबको राष्ट्रपतिले कुनै दलको प्रतिनिधित्व नझल्कने गरि काम गर्नुपर्छः सीके राउत भिडियो काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले अबको राष्ट्रपतिले कुनै दलको प्रतिनिधित्व नझल्कने गरि काम गर्न सक्नुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा सञ्चारकर्मीसंग कुरा गर्दै राउतले सरकारले गरेको कामकारवाहीलाई सहयोग गर्ने, सरकारले पठाएका बिधेयकहरुलाई अघि बढाउने र दलको प्रतिनिधित्व नझल्कने गरि अवको राष्ट्रपतिले काम गर्नुपर्ने बताएका हुन्। यसअघि नागरिकता जस्ता दुवै सदनबाट पारित भइसकेका बिधेयकहरु राष्ट्रपति कार्यालयमा अड्काएर राखेकै कारण लाखौ युवाहरु नागरिकता विहिन हुनपुगेको उनको भनाइ छ । राउतले राष्ट्रपति र सभामुख एउटै पार्टी हुदा निरंकुशता जन्माउने आधारहरु रहेकाले आफ्नो पार्टीले कांग्रेस उम्मेदवारलाई समर्थन गरेको जानकारी दिए । उनले अहिले पनि माओवादी कै नेतृत्वमा सरकार रहेकाले सरकार छाड्ने कुनै योजना नरहेको पनि बताए। अरु पार्टीहरुको बिभिन्न कारणहरु रहेपनि जनमत पार्टीका लािग सरकार छाड्ने परिस्थीति नबनेको उनले बताए। हेर्नुहोस् भिडियो:
वेबसाइट व्यवस्थापन प्रणाली तथा वेब मनिटरिङ प्रणाली सुरु (भिडियो) काठमाडौं । सरकारले एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली तथा वेब मनिटरिङ प्रणाली सुरु गरेको छ । मंगलबार सिंहदरबारमा आयोजित एक कार्यक्रमकाबीच सञ्चार तथा सूचना प्राविधिमन्त्री रेखा शर्माले उक्त प्रणालीको शुभारम्भ गरेकी हुन् । सूचना प्रविधि विभागले सो प्रणाली हाल मन्त्रालय मातहतका सूचना तथा प्रसारण विभाग, हुलाक सेवा विभाग, सूचना प्रविधि विभाग र मुद्रण विभागको वेवसाइटमा सुरु गरेको छ । नयाँ प्रणालीसंगै सरकारी निकायहरुले आ–आफ्ना कार्यालयसंग सम्बन्धीत सूचना तथा जानकारी निकायगत बेवसाइटमार्फत सरल एवं सहजरुपमा प्रकाशनमा ल्याउन सक्ने सूचना प्रविधि विभागले जनाएको छ । कार्यक्रममा मन्त्री शर्माले सरकारी सूचनाको सहज पहुचका लागि नया प्रयोग प्रभावकारी हुने बताए। एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीको कार्यान्वयनबाट सरकारी कार्यालयका वेबसाइटमा एकरुपता आउने र वेबसाइट निर्माणमा लाग्ने खर्च कम हुने उनले बताए। विभिन्न राष्ट्रिय एवम् अन्तर्राष्ट्रियस्तरका सरकारी निकायहरूका वेबसाइटहरूको अध्ययन तथा अनुसन्धान पश्चात नयाँ प्रणाली बनाइएको र यस प्रणालीबाट सिर्जना गरिएका वेबसाइटकहरु अपाङ्गता मैत्री हुनुका साथै बारम्बार सोधिने प्रश्न, गुनासो व्यवस्थापन, स्वचालित सहायक लगायतका विशेषताहरू सहितका हुने बताइएको छ । त्यस्तै वेब मनिटरिङ प्रणालीले सरकारी निकायहरुको वेवसाइट ह्याक वा बन्द हुनसक्ने जोखिमलाई न्युनिकरण गर्ने सूचना प्रविधि विभागले जनाएको छ । हेर्नुहोस् भिडियो:
पुष १० गते अप्राकृतिक गठबन्धन बनाउने गल्तीलाई सच्चाइयोः गगन थापा (भिडियो) काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुष १० गते भएको गल्ती सच्चाइएको बताएका छन् । मंगलबार काठमाडौंमा काठमाडौं क्षेत्र नंवर ४ सांसदको कार्यालय उद्घाटन गर्दै थापाले निर्वाचन अघिको गठबन्धन भत्काएर पुष १० गते अप्राकृतिक गठबन्धन बनाउने गल्तीलाई सच्चाइएको बताएका हुन्। निर्वाचनमा फरक–फरक उद्देश्य भएका दलले गठबन्धन बनाएर जनताकाबीच मुलुक बनाउने प्रतिवद्धता गरेको र निर्वाचनपछि जनतामाझ गरेको प्रतिवद्धता पालना नगरेकाले अहिले ढिलो भएपनि निर्वाचन अघिको गठबन्धनलाई व्युताउन सफल भएको उनले बताए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री मात्रै हुने कुरा सोचेको भए अहिलेको गठबन्धन नै नवन्ने भन्दै उनले अहिलको गठबन्धन पदका लागि नभएको दावी गरे । थापाले अव गठबन्धनलाई बलियो बनाएर सरकारलाई सफल बनाउनुपर्ने बताए। उनले जनतालाई कामले परिणाम दिन नसके फेरी अप्ठेरो अवस्था आउने भएकाले झ्याल ढोका बन्द गरेर काममा लाग्नुपर्नेमा जोड दिए। हेर्नुहोस् भिडियो:
साहित्य सभ्यताको मार्गदर्शन हो : आकाश अधिकारी ‘बालहरि’ आकाश अधिकारी ‘बालहरि’ नेपाली साहित्यमा परिचित नाम हो। माग्दे गाउँपालिका तनहुँमा जन्मिएका अधिकारी गीतल प्रतिस्ठान नेपाल तथा नाट्यमञ्चका संस्थापन अध्यक्ष हुन् भने विश्व नेपाली साहित्य प्रतिष्ठान नेपाल गण्डकी प्रदेशका महासचिवका रुपमा आवद्ध छन्। अधिकारीका गीतल संग्रह, आकाश खुल्दैछ कविता संग्रह, बिस्कुन बालुवाको नाटक संग्रहलगायतका कृति प्रकाशित छन्। उनै अधिकारीसँग डिसी नेपालका लागि सर्वज्ञ वाग्लेले गरेको कुरकानीको संपादित अंश : आजकल  अध्ययन र लेखनमा कत्तिको व्यस्त हुनुहुन्छ? समय मिलेको बेला बजारमा उपलब्ध पुस्तकहरु अध्यन गर्ने गर्छु तर बिगतमा भन्दा अध्यन गर्ने अवसर भने मिलेको छैन। तर लेखन कार्य भने निरन्तर चलिरहेको छ र चलिरहन्छन्। तपाईंले साहित्य, जीवन र दर्शनलाई कसरी हेर्नुहुन्छ? साहित्य सभ्यताको मार्गदर्शन हो। साहित्य र साधना समय रुपान्तरणको अस्त्र पनि हो। तसर्थ चेतना रहेसम्म साहित्य गतिशील रहन्छ भन्ने मेरो दृस्ठिकोण रहेको छ। तपाईंले अहिले निकाल्न लाग्नु भएको पुस्तकको नाम के के हो? ती पुस्तकका बारेमा संक्षेपमा जानकारी दिनु हुन्छ कि! पाण्डुलिपीको रुपमा केही पुस्तक रहेता पनि प्रकाशोउन्मुख ग्रन्थ अलि पृथक बिषयमा रहेको छ। “नेपालमा बसोबास गर्ने पहाडी मुस्लिमको इतिहास” भन्ने शिर्षकको तयारीमा जुटेको छु। सम्भवत आगामी बर्ष यो बजारमा आउने छ। यसका अलवा आख्यान साहित्यमा “शून्य” शीर्षकमा उपन्यास पनि तयारी अवस्थामा रहेको जानकारी गराउन चाहन्छु। तपाईंले साहित्य लेखन अध्यायन र काममा उत्तिकै व्यस्त हुनु हुन्छ। कसरी समय मिलाउनु हुन्छ? साहित्य सृजना गर्न साधनको पनि जरुरत पर्दछ तसर्थ अध्यन, साधन र सृजनालाई समय अनकुल हुन साथ जुट्ने गर्दछु। अन्य आफ्ना निजि तथा पारिवारिक सामाजिक कार्य त निरन्तर प्रक्रिया नै भैहाल्यो। समग्रमा जसोतसो चलेकै छ। तपाईंले रूचाउनु भएका कुन कुन साहित्यिक पुस्तक हुन् र साहित्यकार हुनु हुन्छ? यो जटिल प्रश्न भयो मेरा लागि। तर पनि भन्नैपर्दा पारिजात को “शिरीषको फूल” आयोदधौंम्य निर्मल को “आस्थाको शान्ति युद्ध” भिमनिधि तिवारीको “माटोको माया” उल्लेखित पुस्तक तथा लेखक साथै अन्य लेखक हरुमा सरुभक्त, बाबा बस्नेत, मोहन दुवाल लगायतका कृति साथै लेखक मन पर्छ। तपाईंलाई कुन ठाउँ मन पर्छ? किन? संस्कृतिक हिसाबले काठमाडौ् र भक्तपुर औधी मन पर्छ। साथै प्राकृतिक सौन्दर्यको हिसाबले भने पोखरा सुन्दर लाग्छ। ऐतिहासिकता बोकेको ठाउँ मध्य गोरखा, पाल्पा र लुम्बिनी मनपर्छ। खाली समय कसरी बिताउनु हुन्छ? वास्तवमा मसँग खाली समयनै हुँदैन भै हाले एक्लै बसेर पुराना हिन्दी फिल्म तथा नेपाली टेलि फिल्म हेर्न आनन्द लाग्छ। तपाईंलाई गीत र कविता कुन मन पर्छ ? तपाईंले गीत पनि लेख्नु भएको छ ? कति वटा ? काव्य बिधा मध्यकै कविता मलाई मन पर्छ। गीतले मन छुने गर्छ भने कविताले आनन्द प्रदान गर्ने गर्छ। तसर्थ दुवै बिधा उत्तिकै शक्तिशाली भएर पनि कवितामा बहकिन मन लाग्छ। हो मैले कविता मनपर्ने बिधा भएर पनि लेख्न चाहि गीत धेरै लेखेको छु झन्डै २ सयको हाराहारी मा गीत लेखेको छु। तपाईंले अहिले सम्म कतिवटा पुस्तक लेख्नु भएको छ र अहिले के लेख्दै हुनुहुन्छ ? हालसम्म पुस्तकको आकार ग्रहण गरेका मेरा झन्डै २ दर्जन कृतिहरु छन् पाण्डुलिपिको रुपमा भने एकल प्रकाशित कृति मात्रै ३ वटा छन् सयुक्त कृतिका रुपमा २ वटा आएका छन्। मेरो प्रथम कृति “गीतल संग्रह रहर-१” ०६० रहेको छ भने “बिस्कुन बालुवाको” नाटक संग्रह ०७७ साथै कविता संग्रह “आकाश खुल्दैछ”०७७ रहेका छन् । अब प्रकाशनको तयारीमा उपन्यास “शून्य” नाटक संग्रह “अगेनो शिक्षा” साथै अनुसन्धान मुलक ग्रन्थ “नेपालमा पहाडी मुस्लिमको इतिहास” रहेका छन्। कस्तो साहित्यिक पुस्तक मन पराउनु हुन्छ ? पढ्नकै लागि त कथा मन पर्छ। तर जीवन र जगतलाई गहिरो ढंगले अध्यन गर्न राजनैतिक र दार्शनिक पुस्तक पढने गर्छु। तपाईंको मन पर्ने साहित्यकार को को हुनुहुन्छ र किन ? महाकवि लक्ष्मीप्रसाद देवकोटा, पारीजात,  अनिल श्रेष्ठ,  भिमनिधि तिवारी , सरु भक्त,  नवराज लम्साल,  पुरु लम्साल, डाक्टर निर्मल णि अधिकारीहरु हुन्। जीवनको यथार्थ बोध गर्ने खालका कृतिकै कारण मन पर्छ। साथै लेखकको जीवन शैलीका कारण पनि उहाँहरु मनपर्छ। अन्त्यमा मैले सोध्न बिर्सेको र स्वयं तपाईंलाई भन्न मन लागेका कुनै कुराहरू छन् भने भन्न सक्नु हुन्छ ? नेपाली साहित्यले अन्तर्राष्ट्रिय स्तरमा पनि आफ्नो प्रभाव बढाउँदै गएको यो परिप्रेक्ष्यमा तपाईं र तपाईंको संस्थाले खेलेको भूमिकाको उच्च प्रसंसा गर्न चाहन्छु। तपाईंको यो अभियान ले सार्थकता प्राप्त गरोस् शुभकामना। (प्रस्तुतकर्ता सर्वज्ञ वाग्ले अनेसासका वरिष्ठ उपाध्यक्ष हुन्)
सशस्त्रका ११ डीआईजीको सरुवा (सूचिसहित) काठमाडौं। सशस्त्र प्रहरी बल, प्रधान कार्यालयले ११ जना नायव महानिरीक्षक (डीआईजी) को सरुवा गरेको छ। यस्तै, ४ जना डीआईजीको पदस्थापना गरेको छ। सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणदत्त पौडेलद्वारा जारी सूचनामा सरुवासम्बन्धी जानकारी गराइएको छ। प्रदेश १ मा अञ्जनीकुमार पोखरेललाई पठाइएको छ भने मधेश प्रदेशमा दीपेन्द्र शाहलाई जिम्मेवारी दिइएको छ। दुवै जना भर्खरै बढुवा भएका हुन्। उनीहरु त्यहाँ पदास्थपन भएको हो। त्यसैगरी प्रवक्ता समेत रहेका पुरुषोत्तम थापालाई पशुपति बाहिनी पठाइएको छ।
इराकमा आइएसका सत्र आतङ्ककारी मारिए बगदाद । इराकमा यहाँको सुरक्षा फौजको कारबाहीमा परी आइएस आतङ्ककारी समूहका कम्तीमा पनि १७ जनाको ज्यान गएको बताइएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार इराकको पश्चिमी प्रान्त अन्बरको अकसात क्षेत्रमा ती आतङ्ककारी मारिएका हुन् । इराकी सेनाका प्रवक्ता याहिया रोसलले दिएको जानकारीअनुसार यहाँका कतिपय क्षेत्रमा आइएसले पछिल्लो समयमा आतङ्क मच्चाएकाले उनीहरुका विरुद्धमा सेनाले कारबाही अघि सारेको छ । सो कारबाहीमा परेर आइतबार आइएस समूहका एकजना कमाण्डर सहित १७ जनाको ज्यान गएको प्रवक्ता रोसलले जानकारी दिएका हुन् । प्रवक्ता रोसलले गएका केही महिना यतादेखि यहाँको सेनाले उक्त अन्बर प्रान्तमा सशक्त कारबाही गर्दै आएको छ । सो प्रान्तमा यहाँका आइएस समूहले सुरक्षा फौज तथा सरकारी कार्यालयमाथि नै आक्रमण गर्ने गरेकाले सो कारबाही अघि बढाइएको हो । इराकको सेनाले सन् २०१७ मा आइएसका विरुद्धमा व्यापक कारबाही गरी देशका सबै भूभाग आफ्नो नियन्त्रणमा लिएको थियो ।त्यसपछि यहाँ शान्ति सुरक्षाको राम्रो अवस्था रहेको भए पनि कतिपय स्थानमा अहिले पनि आइएसले आतङ्ककारी गतिविधिलाई निरन्तरता दिने गरेका छन् ।
पर्यटकको रोजाइमा गुप्तेश्वर गुफा लेखनाथ। ऐतिहासिक, पुरातात्विक एवं धार्मिक महत्त्व बोकेको प्रमुख पर्यटकीय गन्तव्य मानिन्छ, पोखरा–१७ को छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफा। पोखरामा आउने जो–कोही विदेशी तथा स्वदेशी पर्यटक गुप्तेश्वर महादेश गुफा अवलोकन गर्न पुग्ने गर्छन्। पोखराका प्रमुख पर्यटकीय स्थलमध्ये गुप्तेश्वर महादेव गुफा, फेवाताल, पातलेछाँगो, पुग्दीको बुद्ध शान्ति स्तुप र शिव महादेवको मूर्ति एकै क्षेत्रतर्फ पर्ने र ती सबै पर्यटकीय गन्तव्य एकै दिन अवलोकन गर्न सकिने हुँँदा त्यस क्षेत्रमा दैनिक स्वदेशी तथा विदेशी पर्यटकको बाक्लो उपस्थिति रहने गर्छ। जमीनबाट करिब १५० मिटर तल अवस्थित यस गुफाको पूर्वी भागबाट पातले छाँगोबाट खसेको झरना दृश्यावलोकन गर्न सकिन्छ। दक्षिण एसियाका सबैभन्दा ठूला गुफाहरूमा पर्ने यो गुफाभित्र मन्दिरहरू र ठूला खुला ठाउँ पनि रहेका छन्। गुफा अवलोकन गर्दै स्याङ्जाका कृष्ण क्षेत्रीले भने, “प्राकृतिकरूपमा सुन्दर र गहिराइमा रहेको गुप्तेश्वर महादेव गुफा अवलोकन गर्दा अत्यन्त आनन्द आयो।” पोखरा ताल र गुफैगुफाको शहरका रूपमा चिनिने गर्छ। कास्कीमा एक दर्जन ताल र एक दर्जन बढी गुफाहरू रहेको जानकारी भूर्गवविद् डा कृष्ण केसीले बताए। कोरोनाको बेला केही महिना बन्द गर्नुपरेको गुफामा पछिल्ला वर्ष अवलोकन गर्ने पर्यटटको सङ्ख्या बढेको छ। गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलले गुफा अवलोकनमा पछिल्लो वर्ष अवलोकनकर्ता बढेको र शनिबार र बिदाका दिन त भिड नै लाग्ने बताए। गुफामा अत्याधुनिक बारकोड स्क्यानर गेट राखिएको छ। टिकटमा भएको बारकोड स्क्यान गरेपछि मात्र गेट खुल्ने भएकाले गुफामा दैनिक कति पर्यटक आए भन्ने विवरण लिन पनि सहज हुने भएको गुप्तेश्वर महादेव गुफा व्यवस्थापन कार्यालयका प्रमुख नारायण पौडेलले जानकारी दिए। कार्यालय प्रमुखले पौडेलले भने, “कोरोना अगाडि आर्थिक वर्ष २०७४\०७७ मा टिकट बिक्रीबाट मात्र वार्षिक रु चार करोड ५२ लाख आम्दानी भएको थियो।” कोरोनापछिको आर्थिक वर्ष २०७८\०७९ मा गुफा प्रवेशका लागि स्वदेशी तथा विदेशी पर्यटकबाट रु दुई करोड ९३ लाख ६५ हजार नौ सय २५ सङ्कलन भएको उनले जानकारी दिए। आर्थिक वर्ष २०७८\०७९ मा एक लाख १९ हजार सात सय ११ विदेशी पर्यटक, दुई लाख ५२ हजार आठ सय २२ स्वदेशी पर्यटक र ८२ हजार एक सय ७८ नेपाली विद्यार्थीले गुफा अवलोकन उनले बताए। चालु आर्थिक वर्ष २०७९\०८० को सात महिना अर्थात माघ महिनासम्म गुफा अवलोकनका लागि विदेशी पर्यटक एक लाख १९ हजार चार सय ६४, नेपाली पर्यटक एक लाख ५१ हजार चार सय ८७ र नेपाली विद्यार्थी एक लाख छ हजार एक सय ९८ जना रहेका छन्। यसै आर्थिक वर्षको सात महिना अवधिका प्रवेश शुल्क बाट मात्र रु दुई करोड ३२ लाख ३७ हजार छ सय ८० जम्मा भइसकेको जानकारी उक्त कार्यालयले दिएको छ। गुफा अवलोकन गर्न प्रवेश शुल्क विदेशीलाई रु एक सय, नेपाली पर्यटकलाई रु ५० र विद्यार्थीलाई रु ३५ लिइँदै आइएको छ। गुप्तेश्वर महादेव गुफामा साँझ आरती सेवा समेत सञ्चालनमा ल्याइएको छ। विश्व शान्तिको कामनासहित पारिवारिक सुख शान्ति, पितृ उद्धारलगायतका विविध लक्ष्यका साथ आयोजना गरिने आरती सेवा प्रत्येक हप्ताको सोमबार साँझ एक घण्टा सञ्चालन गरिँदै आएको छ। तीन जना गुरुद्वारा शुद्ध गाईको घिउ, कपुर, ज्योतिलगायतका पूजा सामग्रीको माध्यमबाट गरिने आरती विशेषगरी शिव र विष्णु भगवान् तथा दुर्गादेवी मन्त्र वाचनद्वारा समर्पण गरिने गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलले जानकारी दिए। विसं २०५१ देखि सञ्चालनमा आएको गुप्तेश्वर गुफामा वार्षिक पाँच लाखको हाराहारीमा आन्तरिक र बाह्य पर्यटकले टिकट काटेर अवलोकन गर्ने गरेको कार्यालय प्रमुख पौडेलले जानकारी दिए। कोरोनाको अवधिमा भने त्यो सङ्ख्या घटेको थियो। गुप्तेश्वर गुफा व्यवस्थापन समितिले गुफाको आम्दानीबाट गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस र गुप्तेश्वर महादेव वेद विज्ञान पाठशाला सञ्चालन गर्दै आएको छ। क्याम्पस र पाठशाला सञ्चालनमा गुफा व्यवस्थापन समितिले वार्षिक रु एक करोडभन्दा बढी खर्च गर्ने गरेको छ।
कानूनको बिधिमा नरही काम गरेकाले सहकारी क्षेत्रमा समस्या (भिडियो) काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले कानूनको बिधि र सीमामा नरही काम गरेकै कारण सहकारी क्षेत्रमा समस्या देखिएको बताएका छन् । आर्थिक मिडिया सञ्चालक संघले आइतबार काठमाडौंमा आयोजना गरेको सहकारीमा संकट: कारण र समाधान विषयक अन्तक्र्रिया कार्यक्रममा मन्त्री राईले सवैले बिधिमा रहेर सीमामा रहेर र कानूनलाई अवज्ञा नगरि काम गर्नुपर्नेमा त्यसो नभएकाले सहकारीमा समस्या देखिएको बताएका हुन् । उनले सरकारीले गाँउगाँउमा धेरै राम्रो काम गरेपनि सहकारीको नकारात्मक हल्लाले समस्या देखिएको धारणा राखे । सहकारीमा देखिएका समस्याहरु समयमा नै समाधान गरि यसलाई सहज रुपले व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ । मन्त्री राईले सहकारीका बिषयमा देखिएका समस्याहरु समाधानका उपायहरुका बारेमा जानकारी गराउन आग्रह गर्दै अध्ययन गरि उचित समाधानको बाटो खोजिने बताए। कार्यक्रममा नेपाल राष्ट्र बैंकका बोर्ड सदस्य चिन्तामणी सिवाकोटीले अनुगमन गर्ने निकायलाई व्यबस्थीत गर्न नसक्दा समस्या देखिएको बताए । उनले ५० करोड भन्दा बढीको पुँजी भएको सहकारीलाई नेपाल राष्ट्र बैंकले हेर्नुपर्छ भनिएपनि राष्ट्र बैंकसंग त्यो अधिकार नै नरहेको जिकिर गरे । त्यस्तै उनले विश्वभर आएको आर्थिक मन्दीको असर पनि सहकारीमा देखिएको बताए। हेर्नुहोस् भिडियो:
नयाँ सत्ता समीकरणको ढोका खुल्यो : कांग्रेस प्रवक्ता महत काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले राष्ट्रपतिको निर्वाचनलगत्तै सत्ता समीकरण परिवर्तन हुने विश्वास व्यक्त गरेका छन् । राष्ट्रपतिको उम्मेदवारमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको उम्मेदवारी मनोनयनपछि संविधानसभा भवन परिसरमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले राष्ट्रपतिको उम्मेदवारी मनोनयनले नयाँ सत्ता समीकरणको ढोका खोलेको उल्लेख गरे । “सत्ता समीकरणको विषय अहिलेसम्म प्रवेश नगरे पनि राष्ट्रपतिको उम्मेदवारी मनोनयनले नयाँ सत्ता समीकरणको ढोका खोलेको छ”, प्रवक्ता महतले भने, “अहिले नयाँ सत्ता समीकरणका बारेमा छलफल भएको छैन, तर, निश्चित लक्ष्यका साथ अघि बढ्नुपर्ने भएकाले सरकार सञ्चालनमा नयाँ समीकरण बन्नसक्छ, त्यस विषयमा विस्तृत छलफल हुन्छ ।” आठ दलको समर्थनमा राष्ट्रपतिको उम्मेदवार मनोनयन गरिएको र अन्य दलको पनि समर्थन आउने सम्भावना रहेको भन्दै उनले पौडेल राष्ट्रपति भएपछि संविधान र कानुनी शासनको संवर्द्धन हुने विश्वास व्यक्त गरे । उनले भने, “संवैधानिक व्यवस्थामाथि क्षति पु¥याउने काम हुन्छ कि भन्ने आशङ्का थियो, त्यो अब निवारण भएको छ । उहाँ (राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल) राष्ट्रपति भएर आएपछि संविधान र कानुनी शासनको पक्षमा प्रतिबद्ध रहनुहुनेछ ।” नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संविधानको रक्षा र विधिको शासन सुदृढ तुल्याउन पौडेलको उम्मेदवारी स्वाभाविक भएको उल्लेख गरे । उनले भने, ‘पौडेलको व्यक्तित्व, उहाँले खेल्नुभएको वर्षौँको भूमिकाप्रति अहिले न्याय मिलेको छ ।’ संसदीय प्रणालीमा सरकार फेरबदल भइरहनु सामान्य कुरा हो भन्दै उनले राजनीतिक स्थिरता कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । नेता कोइरालाले राष्ट्रपति निर्वाचनमा सङ्घमा बनेको नयाँ गठबन्धन अटोमेटिक रुपमा प्रदेशसम्म जाने विश्वास व्यक्त गरे । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव प्रकाश ज्वालाले केन्द्रको गठबन्धनले समग्र राष्ट्रिय राजनीतिमा नै प्रभाव पार्ने उल्लेख गरे । उनले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनले सङ्घीय सरकार र प्रदेश सरकारमा समेत फेरबदल हुनसक्ने बताए । उपमहासचिव ज्वालाले संसद्को ठूलो राजनीतिक रुपमा रहेको र भोलिका दिनमा सम्मानजनक सहकार्य गर्ने सङ्कल्पका साथ कांग्रेसका उम्मेदवारलाई आफ्नो पार्टीलगायत आठ दलले समर्थन गरेको उल्लेख गरे । जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकारिणी सदस्य राजकिशोर यादवले कांग्रेस पौडेलले संविधान निर्माणमा पनि नेतृत्व गरेको र यसको रक्षाका निम्ति पनि पहलकदमी लिएको हुनाले सहकार्य गरेर जानुपर्छ भन्ने भावनाका साथ गठबन्धन बनेको उल्लेख गरे । उनले नयाँ गठबन्धन सङ्घदेखि प्रदेशसम्म विस्तार हुने विश्वास व्यक्त गरे ।
चलचित्र ‘जय हो’ मा अभिनेत्री निशा अधिकारी अनुबन्धित काठमाडाैं। शोभित बस्नेत प्रस्तुतकर्ता रहने सिनेमा ‘जय हो’ मा अभिनेत्री निशा अधिकारी अनुबन्धित भएकी छन्। शुक्रबार प्रस्तुतकर्ता बस्नेत र अभिनेत्री अधिकारीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ। निशा अभिनित पछिल्लो सिनेमा ‘म’ गत साउनमा प्रदर्शनमा आएको थियो। अधिकारीले हालै मात्र सिनेमा ‘आँखा’को छायांकन सकाएकी छन्। टेक पौरखी राईको निर्देशनमा बन्ने सिनेमामा यसअघि नै केकी अधिकारी, सलोन बस्नेत, अर्पण थापा र माओत्से गुरुङलगायतका कलाकार फाइनल भइसकेका छन्। फागुन २५ देखि फ्लोरमा जाने सिनेमाको ९० प्रतिशत मुस्ताङ र १० प्रतिशत छायांकन पोखरामा गरिनेछ। सुरेश न्यौपानेको कथा रहने सिनेमामा सौरभ लामाको छायांकन र शम्भुजित बाँस्कोटाको संगीत रहनेछ। कमेडी, एक्सन र लभस्टोरीको समिश्रण रहने सिनेमालाई आगामी तिजमा रिलिज योजना निर्माण टिमको छ। सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण हुने सिनेमाको निर्मातामा राज के अधिकारी र सुरज सरकार छन्। अधिकारी र सरकार जय हो विजनेश ग्रुप र सनराइज ग्रुप अष्ट्रेलिया रकडेलका सञ्चालक हुन्।
हिमालयन बैंक र सिभिल बैंकले शुक्रबारदेखि संयुक्त कारोबार सुरु (भिडियो) काठमाडौं । हिमालयन बैंक र सिभिल बैंकले शुक्रबारदेखि संयुक्त कारोबार सुरु गरेका छन् । हिमालयन बैंकले सिभिललाई गाभेर एकीकृत कारोबार शुरु गरेको हो । सिभिल बैंक १०० कित्ता शेयर बराबर हिमालयन बैंकमा ८०.२८ कित्ता हुने गरी मर्जर भएको हो । मर्जरपछि स्थापित बैंकको कुल पुँजी ३४ अर्ब रुपैयाँ पुगेको छ । कुल निक्षेप २ खर्ब ७४ अर्ब रुपैयाँ र कुल कर्जा २ खर्ब ५० अर्ब रुपैयाँ पुगेको हो । मर्जरपछि अब हिमालयन बैंकको शाखा सञ्जाल १८९ पुगेको प्रमुख कार्यकारी अधिकृत अशोक राणाले जानकारी दिए। हिमालयन बैंक र सिभिल बैंकबीच गएको असार २९ गते प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । हेर्नुहोस् भिडियो:
सीपयुक्त जनशक्ति उत्पादन गर्न प्राविधिक शिक्षालाई प्राथमिकता : सञ्चारमन्त्री शर्मा (भिडियो) काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशमा सीपयुक्त जनशक्ति उत्पादन गर्न सरकारले प्राविधिक शिक्षालाई प्राथमिकतामा राखेको बताएकी छिन् । शुक्रबार प्राविधिक शिक्षा तथा व्यावयायिक तालिम परिषद् (सीटीईभीटी) को ३५ औँ वार्षिकोत्सवको अवसरमा भक्तपुरमा आयोजना गरिएको कार्यक्रममा उहाले सरकारले बजेटमा प्राविधिक शिक्षालाई प्राथमिकतामा राखेको र न्यूनतम साझा कार्यक्रममा पनि प्राविधिक शिक्षा परेको बताएकी हुन् । उनले नेपालको शिक्षा महँगो हुँदै गएको अवस्थामा सरकारले कमाउँदै पढ्दै भन्ने नीति ल्याएको भन्दै यसलाई व्यवहारमा उतार्नुपर्ने धारणा राखेकी छिन्। मन्त्री शर्माले सरकारले अहिले शिक्षा ऐन र निजामती ऐनलाई प्राथमिकतामा राखेको र नया शिक्षा ऐन ल्याउन सरकारले तयारी गरिरहेको जानकारी दिएकी हुन् । कार्यक्रममा सिटीइभीटीका उत्कृष्ट कर्मचारीलाई पुरस्कार एवं सम्मान प्रदान गरिएको थियो । हेर्नुहोस् भिडियो:
तीन दलको बैठक निष्कर्षविहीन, प्रचण्डले भोलि ओलीसँग छलफल गर्ने काठमाडौं । राष्ट्रपति पदमा उम्मेदवारीका विषयमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) का नेताहरूबीचको छलफल सकिएको छ । सिंहदरबारमा आज भएको बैठकमा राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति बनाउनेबारे छलफल भए पनि बैठक निष्कर्षमा पुग्न नसकेको नेकपा (एकीकृत समाजवादी) का नेता प्रकाश ज्वालाले जानकारी दिए । उनले भने, “हामीले राष्ट्रपति निर्वाचनका सन्दर्भमा व्यापकरूपमा छलफल ग¥यौँ, हामीले हाम्रो पार्टीका अध्यक्ष माधव नेपाललाई राष्ट्रपति बनाउनका लागि प्रस्ताव पनि ग¥यौँ तर केही निर्णय हुन सकेको छैन ।” वाम–समाजवादी मोर्चा बनाएर जाने विषयमा पनि छलफल भएको उनको भनाइ छ । राष्ट्रपतिका विषयमा छलफल गर्न नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) का नेताहरुको बैठक बसेको हो । बैठकपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शुक्रबार संवाद गर्ने बताएका छन् । राष्ट्रपतिको विषयमा दलहरुबीच सहमति नजुटेको सन्दर्भमा प्रचण्डले ओलीसँग फाइनल वार्ता गर्न लागेका हुन् । बैठकमा माओवादी केन्द्रबाट प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेताहरू नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा र शक्ति बस्नेत, एकीकृत समाजवादीबाट अध्यक्ष नेपाल, नेताहरू बेदुराम भुसाल, घनश्याम भुसाल र प्रमेश हमाल तथा जसपाबाट अध्यक्ष उपेन्द्र यादव र नेता राजेन्द्र श्रेष्ठ सहभागी भएका थिए । यसअघि आजै जसपाका अध्यक्ष यादवले उपराष्ट्रपतिको निर्वाचनको सवालमा प्रधानमन्त्री दाहाल र माओवादी केन्द्रका शीर्ष नेताहरुसँग भेटवार्ता गरेका थिए । निर्वाचन आयोगले यही फागुन १३ गते राष्ट्रपतिको मनोनयन दर्ता र फागुन २५ मा राष्ट्रपतिको निर्वाचनको तालिका तय गरेको छ । राष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलका शीर्ष नेताहरूले भेटघाटलाई भने तीव्र बनाएका छन् । राष्ट्रपतिको निर्वाचनमा निर्णायक मत रहेको नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सहमति खोजिरहेको छ भने अन्य दलहरूले आआफ्नो पार्टीको दाबी रहेको बताउँदै आएका छन् ।
सञ्चालनमा नआउँदै बिग्रियो रारा तालको मोटरबोट मुगु । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारा तालमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न विभिन्न प्रकारका स्रेत साधनहरू जुटाइन्छ, तर त्यसको फलस्वरुप नतिजा भने राम्रो देखिँदैन । पर्यटकलाई थप आकर्षक गर्न रारा राष्ट्रिय निकुञ्ज कार्यालय मुगुले मोटरबोट ल्याएको थियो । गत आर्थिक वर्ष निवर्तमान वार्डेन बद्रि विनोद दाहालको कार्यकालमा ल्याइएको मोटरबोट सञ्चालनमा नआउँदै बिग्रिनुका साथै रारातालको छेउमा थन्किएको छ । दाहालको कार्यकालमा सञ्चालनमा ल्याउने भनिएको उक्त मोटरबोट सञ्चालन नआउँदा  रारा राष्ट्रिय निकुञ्ज कार्यालयको एउटा कोठामा थन्किएको थियो । उक्त बोट १८ लाखमा खरिद गरिएको रारा राष्ट्रिय निकुञ्ज कार्यालय मुगुले जनाएको छ । विशेष गरेर उक्त मोटरबोट राराताल आकस्मिक घटना घटेमा त्यसको उद्धारको लागि ल्याइएको थियो । उक्त मोटरबोट सञ्चालनमा नआउँदा राजस्वमा न्यून संकलन हुनु, पर्यटकलाई थप आकर्षण नहुने जस्ता विभिन्न पक्षलाई हेरिएको छ । गत ७ महिनाअघि पूर्व वार्डेन दाहाल हुँदा मोटरबोट प्रयोग नगरिनुका साथै स्टोरबाटै झिकिएन । तर, उनको सरुवा भएपछि रारा राष्ट्रिय निकुञ्जमा कार्यभार सम्हालेका वर्तमान वार्डेन विश्वबाबु श्रेष्ठलाई मोटरबोट सञ्चालन, रेस्क्युको लागि डुँगा चालकले अनुरोध गरे ।  मोटरबोटलाई प्रयोगमा ल्याउन बर्दियाबाट एनटी एनसी मिस्त्री झिकाई स्टोरमा थन्किएको मोटरबोट  हेर्दा भित्रि भाग तर्फ तीनवटा प्वाल परेर फेला परेको डुंगा नाईके राजेश रावलले जानकारी दिए ।  उक्त बाेट सिल स्काई कम्पनि बाट ल्याईएको हो ।
नेपालको पहिलो अन्तर्राष्ट्रिय एओजी राइडः मार्क्यु राइड सुरु काठमाडा । नेपालको पहिलो अन्तर्राष्ट्रिय अपाचे ओनरस् ग्रुप (एओजी)को मार्क्यु राइड सुरु भएको छ । बिहीबार बाट सुरु भएको मार्क्यु राइडमा नेपाल, भारत र बंगलादेशका राइडरहरु सहभागी छन् । २१ दिन लामो यात्राका क्रममा पहिलो दिन काठमाडौंबाट रक्सौलहुँदै भारत प्रवेश गर्ने यो यात्रा करिब ६,५०० किलोमिटर लामो हुने अनुमान गरिएको छ । मानिस र मशीन बिचको सम्बन्धलाई थप बलियो बनाउने उद्देश्यका साथ आयोजन हुन लागेको यो कार्यक्रममा विभिन्न मनोरञ्नात्मक गतिविधिहरू पनि समावेश छन् । कार्यक्रमका लागि ५०० भन्दा बढी अपाचे राइडरहरुले अनलाइन आवेदन दिएका थिए । काठमाडौंबाट सुरु यो राइड रक्सौल, गया, राउरकेला, सारंगढ़, गोंदिया, अमरावती, औरंगाबाद, सातारा, गोवा, उडुपी, मैसूर, बंगलौर, तिरुपति, विजयवाड़ा, विशाखपटनम, ब्रह्मपुर, भद्रक, कोलकाता, भागलपुर, बाट रक्सौल हुँदै काठमाडौंमा आएर सम्पन्न हुन्छ । राउरकेलामा नेपाल र बंगलादेशका राइडरहरूको भेट हुनेछ र राइडर्सहरू विभिन्न रुट हुँदै गोवा जाने छन्, राइडरहरूले राइडको क्रममा भारतका विभिन्न ठाउँको भ्रमण पर्यटकीय क्षेत्रहरुको पनि भ्रमण गर्ने छन् । यस राइडको क्रममा मार्च ३ र ४ मा गोवामा मोटोसोल अल्टिमेट बाइकिङ फेस्टिभल हुनेछ, जहाँ विभिन्न बाइकिङ गतिविधिहरुका साथै गिगहरूमा र टिभिएसका उत्कृष्ट बाइक, बाइकिङ पोशाक, र प्रविधिहरुको प्रदर्शनी गरिनेछ । नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले गत मार्चमा बाइकिङ प्रविधि प्रवद्र्धन गर्न अपाचे ओनरस् ग्रुप (एओजी) नामक फोरमको गठन गरेको थियो । एओजीले विभिन्न आकर्षक र मनोरन्जनात्मक कार्यक्रमहरू मार्फत युवाहरुको बाइकिङ प्रतिको जोशको उत्सव मनाउने गरेको छ ।
चक्रपथ विस्तारको काम तीव्र रुपले अघि बढ्दैछ: यातायातमन्त्री श्रेष्ठ {भिडियो} काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले चक्रपथ विस्तारको काम तीव्र रुपले अघि बढ्ने बताएका छन्। बिहीबार चक्रपथ विस्तारको दोश्रो खण्ड अन्तर्गत कलङ्कीदेखि वसुन्धरा क्षेत्रको स्थगलत अनुगमनका क्रममा मन्त्री श्रेष्ठले विस्तारका क्रममा देखिएका समस्याको समधान भइसकेकाले अव तीव्र रुपले काम अघि बढ्ने बताएका हुन्। सडक विस्तारका क्षेत्रमा खम्बासहितका भौतिक संरचनाका कारण अवरोध भइरहेकामा अधिकांश क्षेत्रका साइट खाली भइसकेकाले अब कामलाई तीव्रता दिने उनको भनाइ छ । उनले सडकमा रहेका बिजुलीका खम्वा र केहि संरचनाहरु हटाउने काम भएको जानकारी दिए। अनुगमनका क्रममा नेपालका लागि चिनियाँ राजदूत छन् सोङ, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहलगायत सहभागी थिए । हेर्नुहोस् भिडियो:
राष्ट्रपति निर्वाचनका बारेमा ओलीको प्रतिक्रियाः माओवादीले धोका दिदैंन(भिडियो) काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनमा माओवादीले एमालेलाई धोका नदिने दावी गरेका छन् । बिहीबार बालकोटमा सञ्चारकर्मीसंग संक्षिप्त कुराकानी गर्दै ओलीले प्रचण्डले एमालेसंग पुस १० गते नै सम्झौता गरिरहेको भन्दै अरुलाई माओवादीले समर्थन नगर्ने दावी गरका हुन् । ओलीले एमालेसंग सहमति भइसकेको अवस्थामा माओवादीले अरुसंग सम्झौता गर्न नमिल्ने जिकिर गरे । पुरानो गठबन्धन व्युताउने चर्चा भइरहेका बेला ओली भने सत्ता गठबन्धन नभत्किनेमा विश्वस्त देखिएका छन् । भिडियो:
जनयुद्ध दिवसमा राष्ट्रिय विदा दिने सरकारको निर्णयप्रति ओलीको असन्तुष्टी (भिडियो) काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनयुद्ध दिवसमा राष्ट्रिय विदा दिने सरकारको निर्णयप्रति असन्तुष्टी जनाएका छन्। बिहीबार भक्तपुरको बालकोटस्थीत आफ्नै निवासमा विश्वशान्ति प्रार्थना पुस्तक बिमोचन गर्दै ओलीले वर्तमान सरकारले जनयुद्ध दिवसमा राष्ट्रिय विदा दिएको र यसलाई क्यालेण्डरमा नै समावेश गर्ने दुःखद निर्णय गरेको बताएका हुन् । सरकारको निर्णयले हिंसाको मानसिकता र हिंसा प्रति गर्व गर्ने मानसिकता देखिएको उनले बताए । ओलीले आफैले हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आइसकेपछि फेरी हिंसाको महिमामण्डन गर्नुको कारण आफुले पनि नबुझेको जिकिर गरे । उनले नेपाल हिंसाको पक्षमा नरहेको र नेपालभित्र आन्तरिक द्वन्द र कलह अव नेपाली जनतालाई स्वीकार्य नहुने स्पष्ट पारे। उनले नेपालमा पहिचानको राजनीतिका नाममा भूगोल र जातीहरुकाबीच परस्परमा घृणा फैलाउने काम भएको र अहिले त्यसलाई पराजित गरेको बताए। एमाले अध्यक्ष ओलीको ७२ औं जन्मदिनका अवसरमा आयोजित कार्यक्रममा बौद्ध धर्म गुरुहरुले शान्तिको प्रार्थना गरेका थिए । हेर्नुहोस् भिडियो:
युवाहरुमाथि सिंगो राष्ट्रको आशा र भरोसा रहेको हुन्छः प्रधानमन्त्री प्रचण्ड (भिडियो) काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युवाहरुमाथि सिंगो राष्ट्रको आशा र भरोसा रहेको बताएका छन् । बिहीबार काठमाडौंको टुँडिखेलस्थीत सैनिक मञ्चमा आयोजित राष्ट्रिय सेवा दलको १७ औँ व्याच सिनियर डिभिजन तालिमको दीक्षान्त कवाजलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आजको अवस्थामा अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएको र युवाहरुमाथि सिंगो राष्ट्रको आशा र भरोसा रहेको बताएका हुन् । सरकारको उच्च प्राथमिकतामा परेको यस कार्यक्रमले युवाहरुलाई मुलुकप्रति समर्पित र राज्यका संस्थाहरूप्रति सम्मान गर्ने संस्कारयुक्त नागरिक बनाउनुका साथै विपद्को समयमा परिचालन गर्न सकिने तालिमप्राप्त स्वयंसेवक जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको उनले बताए। प्रधानमन्त्री प्रचण्डले देशभित्र विद्यमान विविध भाषा, संस्कृति, भेषभुषा एवं विशेषताहरूको जानकारीले युवाहरुलाई आफ्नो देशप्रतिको गौरव बढाउनुका साथै राष्ट्रि«य एकताको भावनामा थप प्रतिवद्धताको विकास हुने विश्वास व्यक्त गरे । राष्ट्रिय सेवा दलको प्रमुख संरक्षक समेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले हाल विद्यमान ७७०० को संख्या बढाएर आगामी दिनमा तालिममा सहभागीको संख्या बिस्तार गर्नुपर्ने आवश्यकताप्रति सरकार गम्भीर रहेको धारणा राखे । दीक्षान्त समारोहमा बिभिन्न कवाज, कला प्रस्तुत गरिएको थियो । युवाहरूको व्यक्तित्व विकास गर्ने उद्देश्यले वि.सं. २०२२ सालमा राष्ट्रिय सेवा दल स्थापना भएको थियो । यस वर्ष जुनियर डिभिजन अन्तर्गत ५,९७६ जना र सिनियर डिभिजन अन्तर्गत १७२८ जना गरी कुल जम्मा ७,५६८ जना छात्रछात्राहरुले राष्ट्रिय सेवा दलको तालिम गरेका छन् । हेर्नुहोस् भिडियो:
अमेरिकी डलर देखाई लुटपाट तथा ठगी गर्ने व्यक्ति पक्राउ काठमाडौं। अमेरिकी डलर देखाई लुटपाट र ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा सिन्धुपाल्चोक गाती घर भई भक्तपुर पुरानो ठिमी बस्ने ३२ वर्षीय दावा डुण्डुप तामाङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा सस्तो दररेटमा अमेरिकी डलरसँग नेपाली रुपैँया साटिदिने प्रलोभनमा पारी ठगि गर्ने कार्यमा संलग्न रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं गोकर्णबाट पक्राउ गरेको हो। साथै तामाङले २०७९ माघ २६ गते काठमाडौं साँखुमा अमेरिकी डलर देखाई ४ लाख रुपैयाँ लुटपाट गरी फरार रहेको अनुसन्धानबाट खुल्न आएको छ। उनलाई ठगी मुद्दामा आवश्यक कारवाही तथा थप अनुसन्धानको लागि प्रहरी बृत बौद्व, काठमाडौं पठाइएको छ।
राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली प्रकाशन (भिडियो) काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन प्रयोजनका लागि मतदाता नामावली प्रकाशन गरेको छ । बुधबार राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले ८८१ जनाको नामावली सार्वजनिक गरेको हो । प्रकाशित नामावली अनुसार संघीय संसदका ३३१ र प्रदेश सभाका ५५० जनाको नाम समावेश रहेको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिए । उनले प्रकाशित मतदाता नामावलीको दाबी विरोधको उजुरी तथा नामावली सच्चाउने काम बिहीबार १२ बजेसम्म गर्न सकिने बताए। निवेदन वा उजुरी पर्न आएमा जाँचबुझ गरि शुक्रबार ४ बजे अन्तिम नामावली प्रकाशन गरिने पौडेलले जानकारी दिए राष्ट्रपतिको पदको लागि फागुन १३ गते मनोनयन दर्ता र २५ गते निर्वाचन हुँदैछ । संघीय संसद्का प्रतिसदस्यको ७९ मतभारका दरले २६ हजार चार सय र प्रदेशसभा सदस्यको प्रतिसदस्य ४८ मतभारका दरले २६ हजार तीन सय ८६ गरी कूल ५२ हजार सात सय ८६ मतभार कायम हुने आयोगले जनाएको छ । उपराष्ट्रपतिको निर्वाचन भने आगामी चैत ३ गते हुने गरी मिति तय गरिएको छ । हेर्नुहोस् भिडियो:
सांसद पन्तले भारतीय विदेश सचिवको नेपाल भ्रमणका बिषयमा प्रश्न उठाए (भिडियो) काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले हालै भएको भारतीय विदेश सचिवको नेपाल भ्रमणका बिषयमा प्रश्न उठाएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद पन्तले भारतीय विदेश सचिव विनयमोहन क्वात्रालाई नेपाल भ्रमणका क्रममा अनावश्यक महत्व दिइएको भन्दै प्रश्न उठाएका हुन् । उनले राष्ट्रपतिको चुनाव अगाडि भारतीय विदेश सचिवले प्रधानमन्त्री, परराष्ट्र मन्त्री, राष्ट्रपति, पूर्वप्रधानमन्त्रीलाई भेटेको प्रति पनि आपत्ती जनाए । राष्ट्र सम्मानलाई अंगिकार गर्दै विदेशी आउँदा हुने भ्रमणलाई नियमन गर्न उनले परराष्ट्र मन्त्रालयलाई आग्रह गरे । त्यस्तै पन्तले नेपालको राष्ट्रपति चयनमा भारतका कुटनीतिज्ञहरुले देखाएको चासो प्रति पनि आपत्ती जनाए ।
आईसीसी यू–१९ पुरुष विश्वकपका लागि नेपाली टोलीको बिदाइ(भिडियो) काठमाडौं । यूएईमा आयोजना हुने आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिता खेल्ने नेपाली टोलीलाई बिदाइ गरिएको छ । बुधबार काठमाडौंमा नेपाल क्रिकेट संघ (क्यान) ले यू–१९ टोलीलाई बिदाइ गरेको हो । नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंक लाल घिसिङ, क्यानका अध्यक्ष चतुर बहादुर चन्द लगायत क्यानका पदाधिकारीले बिदाइ गरे । विदाई कार्यक्रममा राखेपका सदस्य सचिव टंकलाल घिसिङले नेपालमा सिंगो देशको ध्यान क्रिकेटले तानिरहेको अवस्थामा खेलाडी लगाएत सवैले पनि उचिकै मेहनत गरिरहेको बताए । आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोटमा नेपालले उत्कृष्ट प्रदर्शन गर्ने उनको विश्वास छ । त्यस्तै क्यानका अध्यक्ष चन्दले नेपाली राष्ट्रिय टीमले गरेको प्रदर्शनले यू–१९को मनोवल बढेको बताए । उनले दवावरहित तरिकाले प्रदर्शन गर्न आग्रह गरे। प्रतियोगितामा नेपालले देव खनालको कप्तानीमा खेल्नेछ । प्रतियोगिता फागुन १२ देखि यूएईमा सुरु हुनेछ । प्रतियोगितामा नेपालसहित सिंगापुर,कतार,हङकङ,मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ । राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट हुनेछ । हेर्नुहोस् भिडियो:
सिरियामा भूकम्पको भग्नावशेषमा पुरिएकी आमाले जन्माएकी बालिकाले नयाँ परिवार पाइन् काठमाडौं । सिरियामा जहाँ भवनहरूको भग्नावशेष मात्र थियो त्यहाँ एक नवजातले रोएको सुनियो। त्यो भग्नावशेषमा पुरिएर बालिकाको सम्पूर्ण परिवार ध्वस्त भएको थियो । बालिका भग्नावशेषमुनि आमाको सालसँग नाल जोडिएको अवस्थामा फेला परेकी थिइन् । नाभि काटिएपछि बालिकालाई अस्पताल भर्ना गरिएको थियो । राहत कार्यकर्ता र अधिकारीहरूले बालिकाको नाम अया राखेका छन् । यसको अर्थ अरबीमा चमत्कार हो। ती बालिकाको तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भए र विश्वभरका हजारौंले उनलाई धर्मपुत्री लिन प्रस्ताव गरे । अहिले यी बालिकाले नयाँ परिवार पाएकी छिन् । यी परिवार बालिकाका आफन्त हुन् र डीएनए परीक्षणपछि ती बालिकाको रगतको नाता यी व्यक्तिसँग भएको पुष्टि भएको हो । बालिकालाई अस्पतालबाट डिस्चार्ज गरिएको र उनी स्वस्थ रहेको चिकित्सकले बताएका छन् । समाचार एजेन्सी एपीलाई दिएको अन्तर्वार्तामा खलील अल-स्वादीले भने, ‘अहिले उनी मेरा सन्तानमध्ये एक हुन्। म आफू र यी बालिकामा कुनै फरक पार्ने छैन। नयाँ परिवारले छोरीको नाम अफरा राखेको छ । बालिकाकी आमाको नाम अफरा थियो।
राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको महाधिवेशन हुँदै काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौँ महाधिवेशन आगामी फागुन १२ देखि १४ गतेसम्म हुने भएको छ । प्रतिष्ठानले आज पत्रकार सम्मेलनको आयोजना गरी आठौँ महाधिवेशन एवं २२औँ साधारणसभा धादिङको धादिङबेँसीमा हुने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले धादिङमा हुन लागेको महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । उनले प्रतिष्ठानको विकास र व्यवस्थापनमा धेरै योजना भए पनि कोरोना महामारीको कारण आफ्नो कार्यकालमा सोचेझैँ काम गर्न नसकिएको बताए । धादिङ कला र संस्कृतिको उर्वर भूमि भएकाले यसपटकको महाधिवेशन धादिङबेँसीमा गर्न लागिएको उनको भनाइ थियो । आठौँ महाधिवेशनको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गर्नै कार्यक्रम रहेको छ । महाधिवेशनमा ७२ जिल्लास्तरीय समिति, छ प्रदेशस्तरीय समिति, आजीवन सदस्य, मानार्थ सदस्य र केन्द्रीय समितिसहितका सबै प्रतिनिधि गरी एक हजारभन्दा बढीको उपस्थिति रहने अध्यक्ष बिजीले बताए ।
इन्जा खोजी पत्रकारिता पुरस्कार पत्रकार दाहाल र वाग्लेलाई काठमाडौं । नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सन्जाल (इन्जा) ले यस वर्षको इन्जा खोजी पत्रकारिता पुरस्कार पत्रकारद्वय मात्रिका दाहाल र तारा वाग्लेलाई प्रदान गर्ने निर्णय गरेको छ । वरिष्ठ पत्रकार तीर्थ कोइरालाको संयोजकत्वमा गठित पुरस्कार छनौट समितिले पत्रकारद्वय दाहाल र वाग्लेलाई प्रदान गर्ने निर्णय गरेको हो । विसं २०६४ देखि पत्रकारिता सुरु गरेका दाहालले सुशासनरसार्वजनिक प्रशासन, आन्तरिक तथा राष्ट्रिय सुरक्षा, अपराध, सामाजिक जनचासोलगायत विषयमा कलम चलाउँदै आएका छन् । उनी दिव्यदर्शन राष्ट्रिय साप्ताहिक, रहस्य राष्ट्रिय साप्ताहिक हुँदै कारोबार दैनिक, नागरिक दैनिक र हाल कान्तिपुर दैनिकमा कार्यरत छन् । पन्ध्र वर्षदेखि नेपाली पत्रकारितामा क्रियाशील वाग्लेले महिलामाथि हुने विभेद र सार्वजनिक प्रशासन लगायतका विषयमा कलम चलाउँदै आएका छन् । उनी राजधानी, नेपाल समाचारपत्र, हिमाल खबर पत्रिका हुँदै हाल आइएनएस डट कममा कार्यरत छन् । उनीहरूलाई जनही रु ५० हजार राशिको उक्त पुरस्कार इन्जा स्थापना दिवस मार्च १ अर्थात यही फागुन १७ गते प्रदान गरिने सचिव दीपक रिजालले जानकारी दिए ।
केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको उपाधि ट्रफी सार्वजनिक (भिडियो) काठमाडौं । फाल्गुन ११ गतेदेखि राजधानीमा हुने केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको उपाधि ट्रफी सार्वजनिक गरिएको छ । मंगलबार एन्फा कम्प्लेक्समा आयोजक राष्ट्रिय युवा संघ नेपालले प्रतियोगीताको उपाधि ट्रफी सावर्जनिक गरेको हो । यस्तै आयोजकले प्रतियोगिताको चिनारी गित सार्वजनिक गरेको छ । प्रतियोगिता फागुन ११ गतेबाट १७ गतेसम्म हुनेछ । प्रतियोगिता आठ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा ’ए’ डिभिजन क्लबका ७ र एक आयोजक टोली गरि ८ टिमले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताको पहिलो खेलमा नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लब भिड्ने छन् । प्रतियोगिताको फाइनल बाहेक सम्पूर्ण खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । फाइनल खेल भने दशरथ रंगशालामा आयोजना हुनेछ । ’ए’ डिभिजनका मछिन्द्र फुटबल क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, न्युरोड टिम एनआरटी, चर्च ब्वाइज युनाईटेड क्लब, सातदोबाटो युथ क्लब र जवालाखेल युथ क्लब छन् । एक आयोजक टोली केपी ओली फुटबल क्लब रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । हेर्नुहोस् भिडियोः
पूर्वमन्त्री मथुराप्रसाद श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि (भिडियो) काठमाडौं । सोमबार निधन भएका मानव अधिकार आन्दोलनका अगुवा, बामपन्थी बुद्धिजीवि एवं पूर्वमन्त्री मथुराप्रसाद श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार काठमाडौंको शिक्षण अस्पतालमा एमाले अध्यक्ष केपी शर्मा ओली, लगाएतका नेताहरु पुगेर श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । दमलगायत रोगबाट पीडित ८८ वर्षीय उनको उपचारका क्रममा सोमबार अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हो । उनी २०४६ सालपछि बनेको सरकारमा नागरिक समाजका तर्फबाट स्वास्थ्य मन्त्रीसमेत बनेका थिए । उनको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । हेर्नुहोस् भिडियो:
पशुपतिनाथको दर्शनमा आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ (भिडियो) काठमाडौं । महाशिवरात्रिमा पशुपतिनाथको दर्शनमा आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरिएको छ । साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले दक्षिणासहित बिदाइ गरेका हुन् । साधुसन्त नेपाल प्रवेश गरेदेखि नै खाने बस्ने र धुनीको व्यवस्था संस्थान र कोषले गरेको थियो । कोषले साधुसन्तहरुको बर्गिकरण गर्दै त्यहिअनुसारको खर्चको व्यवस्था गर्दै आएको छ । साधुसन्त बिदाइकै लागि गुठी संस्थानले छुट्याएको बजेटमा आधा रकम थप गर्दै कोषले साधुसन्तको विदाई गरेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए । यस बर्ष ५ हजारको हाराहारीमा साधुसन्तहरु पशुपतिनाथमा आएको उनले बताए। महाशिवरात्रिमा पशुपतिनाथमा दर्शनका लागि आएका साधुसन्तलाई पशुपति राममन्दिर, मृगस्थलीको गोरखनाथ मन्दिर उमाकुण्ड लगाएतका स्थानमा साधुसन्तलाई राखी खाने, बस्ने एवम् धुनीका लागि काठको व्यवस्था गरिएको थियो । महाशिवरात्रिका लागि विभिन्न स्थानबाट आएका साधुसन्तलाई फागुन कृष्ण औसीका दिन दक्षिणासहित बिदाइ गर्ने प्राचीन परम्परा रहेको जनाइएको छ । हेर्नुहोस् भिडियो: ;
शिवरात्रिमा आएका साधुसन्तको बिदाइ (फोटो फिचर) काठमाडौं। पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रीमा सहभागी हुन आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरेको छ। सोमबार कोषले भारतसहित विभिन्न देशबाट आएका चार हजारभन्दा बढी साधुसन्तको बिदाइ गरेको हो। वरीयताका आधारमा दक्षिणा र रुद्राक्षको माला दिएर साधुसन्तको बिदाइ गरिएको छ। साधुसन्तको वरीयताको आधारमा ५०० देखि आठ हजार रुपैयाँसम्म दक्षिणा दिएर बिदाइ गरिएको कोषले जनाएको छ।
सुरक्षाकर्मी र कर्मचारीकै मिलोमतोमा सीमानाकामा तस्करी, १८ प्रतिशत मात्र राजस्व असुली सिरहा। सिराहामा प्रहरी प्रशासनकै सेटिङमा व्यापक चोरी, तस्करी हुँदा भन्सार कार्यालयले लिएको लक्ष्यको १८ प्रतिशत मात्र राजस्व उठेको छ। प्रहरी प्रशासन, भन्सारका कर्मचारी र तस्करबीचको  मिलेमतोमारु तस्करले ल्याएको सामानमध्ये केहीे सामानको मात्र राजस्व तिर्ने र बाँकीको   राजस्व नै नतिरी भित्र्याउने गरेकाले चालु आर्थिक वर्षका लागि लिइएको लक्ष्यको १८ प्रतिशत मात्र राजस्व उठेको हो। जिल्लाको माडर, औरही, बरियारपट्टी नरगी, कुसन्डी, झाझपट्टी, चतरी, कल्याणपुर, पटेर्वा लगायतका नाका तथा चोरबाटो प्रयोग गरी यस क्षेत्रमा व्यापक चोरी तस्करी बढेपछि भन्सार कार्यालय माडरको राजश्व असुली अवस्था निरन्तर खस्किँदै गइरहेको देखिएका छन्। सिरहा भन्सार कार्यालय माडर खैरटोका, सिराहाले चालु आर्थिक वर्ष २०७९/०८० को साउन महिनामा एक करोड ३३ लाख ५५ हजार लक्ष्य रहेकोमा लक्ष्यको २३ प्रतिशत ३० लाख ७४ हजारमात्र राजश्व रकम असुली गरेको देखिन्छ। त्यस्तै भदौ महिनामा एक करोड ६६ लाख ५ हजार लक्ष्य लिएकोमा लक्ष्यको २० प्रतिशत ३३ लाख, असोज महिनामा एक करोड ६७ लाख ८ हजार लक्ष्य रहेकोमा लक्ष्यको २७ प्रतिशत ४४ लाख ५३ हजार, कात्तिक महिनाको एक करोड ५९ लाख ४७ हजार लक्ष्यको ३० प्रतिशत ४७ लाख ८० हजार, मंसिर महिनाको एक करोड ६ लाख २२ हजार लक्ष्यको २५ प्रतिशत ४२ लाख ८ हजार र पुस महिनाको एक करोड ७७ लाख ७२ हजार लक्ष्यको ५७ प्रतिशत एक करोड २ लाख ११ हजार मात्र राजश्व असुली भएको र माघ महिनामा १ करोड ७० लाख ३८ हजार लक्ष्य लिएको भन्सार कार्यालयले लक्ष्यको ३८ प्रतिशत रकम मात्र असुली गरेका छन्। भन्सार कार्यालय माडर खैरटोकाले ७ महिनामा लिएको वार्षिक लक्ष्य जम्मा १९ करोड ९५ लाख ४६ हजारमा कुल रकमको १८ प्रतिशत अर्थात ३ करोड ५ लाख ८८ हजार रुपैया राजस्व मात्र असुली भएको सिरहा भन्सार कार्यालय माडर खैरटोकाका सूचना अधिकारी नायब सुब्बा गोपाल महतोले जानकारी दिए। चालु आर्थिक वर्षको साउनदेखि माघसम्मको ७ महिनाको तथ्यांकले नै सिरहा जिल्लामा तस्करी भइरहेको पुष्टि गर्छ। तस्करहरुले सीमानाकामा बस्ने सुरक्षाकर्मी र भन्सार प्रमुख लगायतका कर्मचारीहरुलाई एकमुस्ठ रुपमा मोटो रकम तिरेर नाकाहरुको वरिपरि राखिएको गोदाममा भण्डारण गर्ने र रातभरि निर्धक रुपमा प्रहरी प्रशासनकै आखा अगाडिबाट तस्करी गर्ने गरेको स्थानीयहरु बताउँछन्। सीमानाका तस्करीको विशेष निगरानी गर्न खटाइएका सशस्त्र प्रहरी, नेपाल प्रहरीले नै तस्करसंग नजराना लिई  तस्करीको संरक्षणतर्फ आकर्षक रहेको नाम नखोल्ने सर्तमा एकजना तस्करले बताए। उनले भने, ‘प्रहरी प्रशासनलाई मासिक रुपमा आफूहरुले लाखौं रुपैयाँ बुझाएर मात्र मालसमान ओसार पसार गर्ने गरेको बताएका छन्। सीमानाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लै उपस्थिति रहे पनि प्रहरीको आँखा अगाडिबाटै तस्करले भन्सार राजश्व छली गरी निर्धक्क मालसामान वारपार गर्ने गरेको स्थानीयहरु बताउँछन्। जिल्लाको माडर,औरही, बरियारपट्टी नरगी, कुसन्डी, झाझपट्टी, चतरी, कल्याणपुर, पटेर्वा लगायतका नाका तथा चोरबाटोहरु प्रयोग गरी तस्करहरुले रातीको समयमा चिनी, कपडा, मोटरपार्टस्, किरानाको सामान, ग्यास चुल्हो, पान मसाला, सुर्तीजन्य पदार्थ(रजनीगन्धा, गुटखा) भन्सार राजश्व छली गरी वारी (नेपाल ) भि¥याउने र वारि(नेपाल)बाट व्यापक रुपमा मदिरा, चाइनिज स्याउ, सुपारी लगायतका सामग्रीहरु पारी (भारतीय बजार )पुर्‍याउने गरेको नाम नखाल्ने सर्तमा एकजना स्थानीयले सुनाए। उनले थपे, ‘यस क्षेत्रबाट रातभरी प्रहरी प्रशासनकै सेटिङमा भारतीय बजारबाट मालसमान ल्याएर टेम्पो, पिकअप र मोटरसाइकल मार्फत सिरहा सदरमुकाम लगायतका बजारहरु  मिर्चैया ,गोलबजार,लाहान, लगायतको वजार सम्म ल्याइन्छ।’ सुरक्षाकर्मीले नै तस्करहरुलाई ‘लाइन क्लियर’ रहेको संकेत गरेपछि उनीहरुले अन्धाधुन्द सामान ढुवानी गर्न सुरु गर्छ उनले सुनाए । प्रहरीलाई खबर गरे पनि बेपत्ता गरेको उनले गुनासो पोखे। जिल्लामा चोरी तस्करी भइरहेको विषयमा जिज्ञासा राख्दा सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेक्वा सिरहाका प्रमुख प्रमोद भारतीले आफू आएलगतै सम्पूर्ण सीमानाकामा कडाका साथ खटिन र तस्करी नियान्त्रण गर्न निर्देशन गरिसकेको दाबी गरे। ‘म आएको पनि २० दिन मात्र भएको छ, आएलगतै चोरी तस्करी नियन्त्रणमा खटिरहेका छौं,’ उनले थपे, ‘चोरी तस्करीमा हाम्रो युनिटको कुनै किसिमको संग्लनता भए काडा कारबाही गर्छाैँ।’ चोरी निकासी र राजस्व छलिका विषयमा जिल्ला प्रहरी कार्यालयका प्रमुख ‘एसपी’ टेकु नन्द लिम्बूसँग सम्पर्क गर्दा उनले आफू मिटिङमा रहेको जवाफ दिएपछि कुरा हुन सकेन। यता भारतीय बजारबाट भन्सार छलि गरी ल्याइएका सामान भण्डारण गरिने लहान, सिरहा, मिर्चैया र गोलबजारका गोदामबारे स्थानीयबासी जानकार रहे पनि  प्रहरी बेखवरझैँ बसेका छन्। – न्युज कारखानाबाट
१६ औं एसियन क्रस कन्ट्री च्याम्पियनसिप नेपालमा हुने काठमाडौं। १६ औं संस्करणको एसियन क्रस कन्ट्री च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ। नेपाल एथलेटिक्स एसोसियसनले आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै फागुन २३ गते बिहीबार एसियन क्रस कन्ट्री च्याम्पियनसिप हुने जानकारी दिएको हो। प्रतियोगिता एसियन एथलेटिक्स एसोसियसनको तत्वावधानमा आयोजना हुने आयोजकले जनाएको छ। प्रतियोगितामा नेपालसहित एसियाका ४० देखि ४५ राष्ट्रका करिव ४५० जना खेलाडीहरुको सहभागिता जनाउने छन्। गोकर्णस्थित गोकर्ण फरेस्ट रिसोर्टको एरियामा संचालन हुने प्रतियोगितामा सिनियर पुरुष र महिलातर्फ १० कि. मि., २० वर्ष मुनिका जुनियर पुरुषतर्फ ८ कि.मि. र २० वर्ष मुनिका जुनियर महिलातर्फ ६ कि.मि.का कूल ४ विधामा व्यक्तिगत र टिम ईभेन्टसहरुमा प्रतिष्पर्धा हुने एथलेटिक्स एसोसियसनका अध्यक्ष राजीव बिक्रम शाहले जानकारी दिए। यस प्रतियोगिता नेपालले दोश्रो पटक आयोजना गर्ने लागेको हो। यस अघि करिव २४ वर्ष अगाडी सन् १९९९ मा यस प्रतियोगिता नेपालले आयोजना गरेको थियो। यस प्रतियोगितामा नेपालबाट सहभागीता जनाउने खेलाडी फागुन ९ गते छनोट गरेर बन्द प्रशिक्षणमा राखिने एथलेटिक्स एसोसियसनले जनाएको छ। प्रतियोगीताको अनुमानित बजेट करिव तीन करोड पैसठ्ठी लाख पचपन्न हजार पाँच सय रुपैया रहेको एसोसियसनले जनाएको छ।
null
राष्ट्रपतिद्वारा पशुपतिनाथ मन्दिरमा पूजा आराधना काठमाडौं। महाशिवरात्रिको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गरेकी छन्। पूजा आराधनापछि पशुपतिनाथ मन्दिरका मूल भट्ट गणेश भट्टबाट राष्ट्रपति भण्डारीले प्रसाद ग्रहण गरेकी छन्। यसअघि राष्ट्रपति भण्डारी पशुपतिनाथ मन्दिर प्राङ्गणमा आउँदा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, कोषका सदस्यसचिव डा मिलनकुमार थापा, कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, परिषद्का सदस्यहरू, कार्यकारी निर्देशकलगायतका कर्मचारीले स्वागत गरेका थिए। महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने परम्परा रहिआएको छ। पशुपतिनाथ मन्दिरमा अहिले पनि दर्शनका लािग लाखौँको सङ्ख्यामा भक्तजन लामबद्ध छन्। महाशिवरात्रिको अवसरमा आइतबार बिहान ७ बजेसम्म पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुला रहने कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए। उनका अनुसार आज बिहान ३ बजेदेखि चारवटै ढोका खुला गरिएको थियो। महाशिवरात्रिको अवसरमा गोबद्र्धन मठका शङ्कर आचार्य निश्चलानन्द सरस्वतीसहित पाँच हजार साधुसन्त पशुपति क्षेत्रमा आएको कोषले जनाएको छ। पशुपति क्षेत्रमा महाशिवरात्रिको अवसरमा पाँच हजार सुरक्षाकर्मी र चार हजार स्वयंसेवक खटाइएको छ।
आठराई गाउँपालिमा ऐतिहासिक पहिलो गाउँपालिका अध्यक्ष रनिङ कप प्रतियोगिता हुने तेह्रथुम। तेह्रथुमको आठराईमा यही फागुन १७ गतेदेखी ऐतिहासिक पहिलो गाउँपालिका अध्यक्ष कप रनिङ प्रतियोगिता हुने भएको छ। गाउँपालिकाको वडा नं २ स्थीत पर्यटकीय स्थल झाँक्री गुफामा प्रतियोगिता हुने गाउँपालिकाले जनाएको छ। सांस्कृतिक कार्यक्रम साथमा विभीन्न प्रतियोगिता सञ्चालन हुने भएको गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले बताए। प्रतियोगितमा खुल्ला पुरुष तथा फुटबल ,खुल्ला पुरुष भलिबल,सांस्कृतिक कार्यक्रम अन्तरगत नृत्य र धान त्यस्तै ब्याडमिन्टन डब्बल र माध्यमिक बिद्यालय स्तरीय कविता वाचन प्रतियोगिता हुने भएको छ। प्रतियोगितामा पुरुष तर्फ विजेताले नगद १ लाख ५० हजार ट्रफी मेडल प्रमाणपत्र र ३ बर्षे रनिङ कप प्राप्त गर्ने भएको छ। त्यस्तै दोश्रो उपविजेताले १ लाख नगद ट्रफी मेडल र प्रमाणपत्र पाउने छन्। महिला तर्फ फुटबलमा विजेताले ६० हजार ट्रफी मेडल प्रमाणपत्र र ३ बर्षे रनिङप पाउने भएका छन्। उपविेजेताले ४० हजार नगद ट्रफी मेडल र प्रमाणपत्र पाउने भएका छन्। त्यस्तै खुल्ला पूरुष भलिबल प्रतियोगितामा विजेताले नगद ८० हजार ट्रफी मेडल प्रमाणपत्र र ३ बर्षे रनिङ कप प्राप्त गर्नेछन्। उपविजेताले नगद ५० हजार ट्रफी मेडल र प्रमाण पत्र पाउने भएका छन्। सांस्कृतिक कार्यक्रममा प्रथम हुनेले नगद १५ हजार प्रमाणपत्र दोश्रो हुनेले नगद १० हजार प्रमाणपत्र र तेश्रो हुनेले नगद ५ हजार पाउने भएका छन्। त्यस्तै धान नाच प्रतियोगितमा प्रथमले १० हजार नगद र प्रमाणपत्र र दोश्रो हुनेले नगद ८ हजार र प्रमाणपत्र पाउने भएका छन्। ब्याडमिन्टन तर्फ विजेताले २० हजार नगद ट्रफी मेडल र प्रमाणपत्र पाउने छन्। उपविजेताले १५ हजार नगद ट्रफी मेडल र प्रमाणपत्र पाउने भएका छन्। माध्यमिक बिद्यालय स्तरीय कविता वाचन प्रतियोगितामा क्रमस ३ हजार २ हजार र १ हजार नगदको साथमा प्रमाणपत्र प्रथम दोश्रो र तेश्रो हुनेले पाउने छन्। प्रतियोगितामा फुटबल तर्फ वेष्ट किपर,वेष्ट डिफ्रेन्स,वेष्ट प्लेयर,हाईस्कोर र भलिबल तर्फ वेष्ट सटर,वेष्ट लिफ्टरलाई पुरस्कार दिइने भएको प्रतियोगिता आगामी फागुन २४ गते सम्पन्न हुनेछ।
थप बाह्र अफ्रिकी चितुवा भारतमा नयाँ दिल्ली । दक्षिण अफ्रिकाबाट पाँच पोथी र सात भालेसहित १२ वटा चितुवा भारतको मध्य प्रदेश राज्यमा शनिबार ल्याइएको छ । भारतीय वायु सेनाको सी–१७ विमानले १२ वटा चितुवाको समूह लिएर जोहानेसबर्गबाट उडेको १० घण्टापछि मध्य प्रदेशको ग्वालियर शहरमा रहेको एयरफोर्स स्टेसनमा अवतरण गरेको सैनिक स्रोतले जनाएको छ । यसअघि पाँच महिना पहिले नामिबियाबाट ल्याइएका आठ वटा चितुवालाई कुनो राष्ट्रिय निकुञ्जमा छाडिएको थियो । योसँगै भारतमा अफ्रिकी चितुवाको कूल सङ्ख्या २० पुगेको छ । सन् १९५२ मा चितुवालाई भारतबाट लोप भएको घोषणा गरिएको थियो । भारत सरकारको महत्वकाङ्क्षी स्थानान्तरण परियोजना ‘प्रोजेक्ट चीता’ अन्तर्गत भारतमा चितुवाको स्थानान्तर गर्न सुरुवात भएको हो ।
सुनसरीबाट २८ केजी गाँजासहित एक जना पक्राउ काठमाडौं । सुनसरीबाट २८ केजी गाँजासहित एक जना पक्राउ परेका छन् । सुनसरीको हरिनगर गाँउपालिका–७ स्थित देवानगंज पुल नजिकबाट गाँजासहितको ट्याक्टर नियन्त्रणमा लिइएको हो । सशस्त्र प्रहरी बल नेपाल बिओपी घुस्की सुनसरीले दुहबि नगरपालिका ४ बस्ने २० वर्षीय मोहमद रुस्तमलाई नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरीले दुहबिबाट घुस्कीतर्फ आउँदै गरेको को २ त ७९९३ नम्बरको ट्रयाक्टरमा शंका लागेर जाँच गर्दा ट्रयाक्टरको ट्रालीमुनि फल्सबटम बनाई बोरामा १४ पोका पारेर ल्याइएको गाँजा बरामद भएको हो । नियन्त्रणमा लिईएका रुस्तमलाई गाँजा र ट्रयाक्टरसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय देवानगंज सुनसरीमा बुझाएको छ ।
दुई दिनमा ११ सयले घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ? काठमाडाैं। नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ कायम भएको छ। आज छापावाला सुन ५ सयले घटेर प्रति तोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। बिहिबार छापावाला सुनको मूल्य ६ सय रुपैयाँले घटेर १ लाख ३ हजार रुपैयाँमा कारोबार भइरहेको थियो। यता, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार रुपैयाँ निर्धारण भएको छ। चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ७५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य १० रुपैयाँले घटेको हो। बिहिबार चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको थियो। महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।
अबैध लागूऔषधसहित ११ जना पक्राउ काठमाडौँ। देशका  विभिन्‍न स्थानबाट लागुऔषधसहित ११ जना पक्राउ परेका छन्। मकवानपुरकाे  हेटौंडा उपमहानगरपालिका-१९ बस्तिपुरस्थित सडकबाट लागूऔषध गाँजासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी बसामाडी लेवटबाट खटिएको प्रहरीले बा.२१ च ९३२६ नम्बरको गाडीबाट करिब ४० केजी  गाँजा फेला पारी गाडीका चालक बारा बौदिमाई नगरपालिका-४ बस्ने २० वर्षीय राजकुमार रामसहित ४ जना र ना.२१ प १०९० नम्बरको मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका-१९ बस्ने १९ वर्षीय नबराज थिङलाई  गाँजा करिब ६० ग्रामसहित फेला पारी प्रहरीले पक्राउ गरेको हो। कैलालीकाे धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारलबाट लागूऔषध ब्राउनसुगर ३ ग्राम ७० मिलिग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका-३ बस्ने २३ वर्षीय आषिस ओली र २९ वर्षीय बसन्त ओली रहेका छन्। प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले सु.प.प्र.०१-००१० प ७९९९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो। कञ्चनपुरकाे पुनर्वास नगरपालिका-११ अमरबस्ती बस्ने ३२ वर्षीय सविन महर्जन र सोही ठाउँ बस्ने २६ वर्षीय राजु विकलाई लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम, नगद ४ हजार ४ सय २० भारतीय रूपैयाँ, ६ हजार ४ सय ९० नेपाली रूपैयाँ, विभिन्न देशका सिक्का ७ थान र डिजिटल तराजु १ थानसहित प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर कञ्चनपुर र ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको संयुक्त टोलीले सविनको घरमा लागुऔषधको कारोबार गरिरेहेको अवस्थामा उक्त लागूऔषध, नगद र डिजिटल तराजु सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । बाँकेकाे बैजनाथ गाउँपालिका-२ माथिल्लो पितमारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १४० मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय सुरेश रानालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो। झापाकाे झापा गाउँपालिका-६ भृकुटी चौक बस्ने ३० वर्षीय हेम नारायण चौधरीलाई अवैध लागूऔषध गाँजा ५ सय ६५ ग्रामसहित प्रहरीले पक्राउ गरेको छ । उनको घरमा लागुऔषध सेवन तथा बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी शरणामतीबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो। चितवनकाे खैरहनी नगरपालिका-९ बैरहनी चोकबाट करिब ११ केजी अवैध लागूऔषध गाँजा  प्रहरीले बरामद गरेको छ। ईलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ पैदलयात्रीले झोला फाली फरार भएपछि झोला तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला परेको हो। हाल फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
पानीजहाज डुब्दा कम्तीमा ७३ आप्रवासीको मृत्यु जेनेभा । लिबियामा पानीजहाज दुर्घटनामा परी दर्जनौं आप्रवासीको मृत्यु भएको छ । जहाजबाट अहिलेसम्म सात जना मात्र जीवितै अवस्थामा उद्धार गरिएको संयुक्त राष्ट्रसङ्घले बुधबार जनाएको छ । संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) ले लिबियाको तटीय क्षेत्रमा मङ्गलबार भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा ७३ आप्रवासी बेपत्ता भएको र उनीहरुको मृत्यु भएको जनाएको छ । राजधानी त्रिपोलीबाट करिब ७५ किलोमिटर पूर्वमा रहेको कास्र–अल–अख्यारबाट ८० जना यात्रु बोकेको डुङ्गा युरोपतर्फ जाँदै थियो । हालसम्म ११ जनाको मृत शरीर निकालिएको लिबियाली रेड क्रिसेन्ट र स्थानीय प्रहरीलाई उद्धृत गरी आइओएमले जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय आप्रवासन निकायले भनेको छ, “लिबियाको तटीय क्षेत्रमा अत्यन्तै गम्भीर अवस्थामा सात जनालाई जीवित उद्धार गरिएको छ । उनीहरूको स्थानीय अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ । मध्य भूमध्यसागरीय क्षेत्र विश्वको सबैभन्दा घातक आप्रवासी समुद्री मार्ग हो । आइओएमका अनुसार पछिल्लो दुर्घटनामा मृत्यु भएकाको सङ्ख्यासँगै यस वर्षको सुरुदेखि अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या १३० पुगेको छ । आइओएमको ‘मिसिङ माइग्रेन्ट प्रोजेक्ट’का अनुसार सन् २०२२ मा उक्त मार्गमा एक हजार ४५० भन्दा बढी आप्रवासीको मृत्यु भएको थियो । सन् २०१४ यता त्यहाँ १७ हजारभन्दा बढीको मृत्यु भएको वा बेपत्ता भएको उल्लेख छ । आइओएमले खोज र उद्धार क्षमता बढाउन, स्पष्ट र सुरक्षित अवतरण संयन्त्र स्थापना गर्न र खतरनाक यात्रालाई कम गर्न आप्रवासनको लागि सुरक्षित र नियमित मार्गहरू स्थापना गर्न राज्यहरूले ठोस कदम चाल्न आवश्यक रहेको पनि बताएको छ ।
एसइई नतिजा सुधारका लागि परिचालन भए शिक्षण सहजकर्ता र सहयोगी काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको एसइई नतिजा सुधार गर्न शिक्षण सहजकर्ता र सहयोगी गरी ४३ जना परिचालन गरेको छ । एसइई नतिजा सुधार गर्नकै लागि कामपाले अनिवार्य पाँच विषयका लागि १८ जना विषयगत शिक्षण सहजकर्ता नियुक्त गरी काममा विद्यालयमा पठाएको हो । त्यसैगरी शिक्षण सहयोगीका रूपमा २५ जना परिचालन गरेको जनाएको छ । यसका लागि कामपाले गत माघ ४ गते सार्वजनिकरूपमा विज्ञापन माग गरेको थियो । उक्त विज्ञापनको आधारमा दरखास्त परेकामध्येबाट कामपाले १८ जनालाई सहजकर्ताको रूपमा नियुक्त गरेको र २५ जनालाई सहयोगीको रूपमा नियुक्त गरी विद्यालयमा परिचालन गरिएको कामपाको शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले जानकारी दिए । “सहजकर्ताका लागि आवश्यकता सङ्ख्या २५ रहे पनि मागअनुसार योग्यता पुगेका उम्मेदवार १८ जना मात्र रहेकाले प्रक्रिया पु¥याएर उहाँहरूलाई काममा खटाइएको हो”, प्रमुख सुवेदीले भने । उनका अनुसार यस वर्ष एसइईमा सहभागी विद्यार्थीको सिकाइमा सहयोग पुगोस् भन्ने उद्देश्यले कामपामा सञ्चालित ५९ माध्यमिक तहका विद्यालयमा अनिवार्य पाँच विषयका लागि अनुभवी विज्ञ सहजकर्ता नियुक्त गरिएको हो । शिक्षण सहजकर्ताका लागि विश्वविद्यालयका प्राध्यापक, मावि शिक्षक वा अधिकृतस्तरबाट अनिवार्य अवकास भएका सम्बन्धित विषयका विज्ञ वा विभिन्न सङ्घसंस्थामा काम गरेको कम्तीमा १० वर्षको अनुभव भएका व्यक्ति रहेका छन् । सहजकर्ता अनिवार्य विषय गणित, विज्ञान, अङ्ग्रेजी, सामाजिक र नेपाली विषय अध्यापन गराउन प्रत्येक विषयका लागि पाँच÷पाँच जना आवश्यक भए पनि सोहीअनुसारको सङ्ख्या प्राप्त नभएको कामपाको भनाइ छ । दुई महिनासम्मका लागि नियुक्त गर्न लागिएको शिक्षण सहजकर्ताका लागि कामपाले मासिक रु ३७ हजार पाँच सय पारिश्रमिक उपलब्ध गराउने छ । त्यसैगरी शिक्षण सहयोगीका लागि सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरी कम्तीमा दुई वर्ष शिक्षण अनुभव भएको व्यक्ति हुनुपर्नेछ । सहयोगीका लागि पारिश्रमिक रु १५ हजार तोकिएको छ । हाल कामपामा ८९ सामुदायिक विद्यालय छन् । त्यसमा ५९ माध्यमिक विद्यालय र ३० प्राथमिक विद्यालय रहेका छन् । ती विद्यालयमा ५२ हजार विद्यार्थीले अध्ययन गर्दछन् । त्यसैगरी पाँच सय ४० निजी विद्यालयमा एक लाख ५० हजार विद्यार्थी अध्ययनरत रहेका छन । यस वर्ष कामपाको सार्वजनिक विद्यालयबाट एसइई परीक्षामा चार हजार विद्यार्थी सहभागी हुने भएका छन् । कामपाले पहिलोपटक सुरु गरेको यस कार्यक्रमको प्रभावकारितालाई हेरी आगामी वर्ष थप विस्तार गर्ने तयारी कामपाको रहेको छ । निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयमा एसइई नतिजा राम्रो नभए पनि कामपाले अनिवार्य विषयका लागि सहयोगीका रूपमा शिक्षक नियुक्त गरी नतिजा सुधार गर्ने प्रयास गरेको हो । यस वर्षको एसइई परीक्षा आगामी चैत १७ गतेदेखि सञ्चालन हुने तालिका सार्वजनिक भइसकेको छ ।
null
समुन्नत समाज निर्माणको सशक्त सोच मानव सभ्यताको प्रारम्भिक चरण जंगली युग अथवा ढुंगे युगबाट आरम्भ भएको देखिन्छ। अविच्छिन्न फिरन्ते संस्कृतिबाट कृषि अथवा खेतीपातीमा आधारित जीवन प्रचलनमा रूपान्तरण भयो। खेतीपाती कर्मका कारण मानवलाई निश्चित ठाउँ र समूहमा बस्नुपर्ने आवश्यकता बोध भयो। त्यसपछि परिवारको विकास भयो। परिवारको विकासले समाज र समाजको विकासले राष्ट्रको निर्माणलाई सहयोग गर्‍यो। सम्पन्नता र सहजताको बहारसँगै हाम्रो समाजमा विभिन्न खालका समस्यासमेत विद्यमान छन्। मानव सभ्यताका चार युगमध्ये वर्तमानमा हामी बाँचिरहेको कलियुगमा त्यस्ता समस्या, विलचन र अव्यवस्थाको उत्कर्ष देखिँदैछ। यस्ता समस्यामध्येको मुख्य एक समस्यालाई उजागर गर्दै यसको निर्मूलीकरणमा सशक्त विकल्प सुझाउने एउटा पुस्तक निकट भविष्यमा नै हामीमाझ आइपुग्दैछ। अहिले संयुक्त राज्य अमेरिकामा बसोबास गर्नुहुने युवा लेखक, अध्येता, शोधार्थी, अन्वेषक जय साहले लेख्नुभएको पुस्तक ‘द कल्किस्ट मेनिफेस्टो : अ रोडम्याप टु इन्ड कलियुग’ आम पाठकलाई एक रोमान्चक र गहन अध्ययन सामग्री हुनेछ। समाजलाई अधोगतिमा धकेल्ने, सामाजिक अन्तर्घुलनता र सद्भावलाई विखण्डन गर्ने, अहम् तथा भेदभाव अनि बर्बरताको आधार निर्माण गर्ने थुप्रै कारणमध्ये जातीय प्रथा पनि एक हो। लगभग एक लाखजति मात्रको सानो जनसंख्या र अरू धर्म नभएको समयमा भारतमा यसको उद्भव भएको देखिन्छ। यसखाले अभ्यास संसारका लगभग सबैजसो देशबाट उन्मूलन भइसके पनि हामीकहाँ भने अझै यथावत् छ। यसले नै समाजमा द्वन्द्वको सुरूवात पनि भएको छ। पुस्तकले समाजमा रहेका यस्तै विषय उठानबाट विश्लेषणको आधार बनाएको छ। लेखकको अनुसन्धानले समाजमा प्रचलित पेशाको आधारमा निर्धारण गरिएको तत्कालीन पुरानो जातीय प्रथाको आधार यस्तो देखिन्छ। लेखक साहका अनुसार धार्मिक विवादलगायत महिलाविरुद्घका हिंसा, पैसासँग सम्बन्धित अपराधजन्य गतिविधि र जातीय विभेदले भारतीय उपमहाद्वीपका समाजलाई धेरै नै गिजोलेको छ। यस्तो समस्या निम्तिनुमा राजनीतिकदेखि सामाजिक पक्षको पनि उत्तिकै भूमिका छ। यसले समाजलाई झन बहुपक्षीय संघर्षतिर लैजाने खतरा व्याप्त हुँदै गएको सत्यता नकार्न मिल्दैन। तसर्थ जातीय प्रथाको समूल निराकरण गर्न सुधारका जबर्जस्त कदम उठाउनुपर्छ भन्ने निष्कर्षमा लेखक पुगेका छन्। त्रेतायुगमा रावणलाई ब्राह्मण भए पनि मांसाहारी भएको र मद्यपान गर्ने गरेका कारण राक्षस वर्गमा चित्रण गरियो। अहिले कलियुगमा ९५ प्रतिशत ब्राह्मण परिवारमा समेत मासु र मदिराको नियमित उपभोग हुन्छ। अनि तथाकथित रूपमा तल्लो जात भनि देखाइएका अधिकांश समूहका मानिस भने शाकाहारीमात्र नभई मद्यपान पनि गर्दैनन् तर उनीहरूलाई तल्लो जातको रूपमा नै चित्रण गरिन्छ। पछिल्लो सामाजिक परिवेशलाई इंगित गर्दै लेखक भन्छन्-अहिले ९० प्रतिशत ब्राह्मण परिवारले मासु खान्छन् र मदिरासमेत सेवन गर्छन्, ९० प्रतिशत क्षत्रीयहरू योद्घाको जागिर वा व्यवसायबाहेक अरू काम गर्छन्, ५० प्रतिशत वैश्यले जागिर वा खेतीपातीलगायत वा बाहेक अन्य काम गर्छन्। ६० प्रतिशत वा सोभन्दा माथिका शूद्र र दलितहरूले आफ्नो जीवनशैलीलाई मध्यमवर्गीय समुदायको रूपमा परिवर्तन गरेका, समुन्नत जीवनशैलीको विकास गरेका छन् तर अझै पनि उनीहरूलाई शूद्र र दलितको रूपमा चित्रण गरिएको छ। पेशाका आधारमा प्राचीन जातीय प्रथा निर्माण भएको थियो। आज जीवनयापनमा निर्णायक पक्ष परिवर्तन भए पनि जातीय प्रथा र परिचय केवल उही नै छ। लेखकको अभिरूचि यस्तो छ कि जातीय व्यवस्था समाजबाट हटोस्, यसको प्रभाव र असर निमिट्यान्न होस्। तर केवल यसको विरोध गरेरमात्र यो सम्भव छैन। जातीय प्रथालाई पूर्णतः हटाउन सकिन्न तर पुरानो प्रथालाई विस्थापन गरेर समयसान्र्दभिक नयाँ प्रथा ल्याउन सकिन्छ । जातीय पक्ष केही हदसम्म पहिचानसमेत भएकाले यसमा क्रान्तिकारी तथा आमूल सुधार गरेर यसको प्रभाव घटाउन सकिन्छ। तत्काल जातको अभ्यास पूरै हटाउन सम्भव छैन किनकि सबैको नामसँग उपनाम जोडिएको छ। लेखक सुझाउँछन्-सबै परिवार र आफन्तले चाहे वा अनुमोदन गरेमा मानिसलाई स्वेच्छाले आहारविहार, खानपिन, पेशा र वर्तमानमा अपनाएको जीवनशैलीको आधारमा जात परिवर्तन गर्न भने दिनुपर्छ। जातीय व्यवस्था विगतमा दिइएको परम्परागत तथा पारिवारिक पहिचानमा आधारित नभई वर्तमानमा बाँचिरहेको जीवनशैलीमा आधारित हुनुपर्छ। मानवको जीवन आफूमा स्वतन्त्र भएकाले जातका आधारमा उसको स्तर अथवा अवस्था मूल्यांकन गरिनुहुँदैन। जात केवल नामजस्तै एउटा पहिचानको आधारमात्र बन्नुपर्छ। जसरी मानिसलाई नामका आधारमा भेदभाव नगरिने हुँदा उसले नामलाई लुकाउँदैन र नाम भन्न पनि हिच्किचाउँदैन-त्यसरी नै जात भन्नलाई कसैले हिच्किचाउनु नपरोस्। जातको आधारमा विभेद नभएमा यस्तो अवस्था स्वतस्फूर्त उच्च सहिष्णु समाज बन्ने लेखकको भनाइ छ। लेखकको बुझाइमा जातीय अभ्यासका कारण विवाहमा सबैभन्दा बढी असर परेको हुन्छ। हरेकले परिवार र तत्काल परिवारको जीवनस्तर हेर्छन्, जीवनशैलीमा समानता खोज्छन्। शाकाहारी अभिभावकले आफ्नो छोराछोरीले मासु खाने परिवारमा विवाह गरेको मन पराउँदैनन्। मांसाहारी नै भए पनि कोहीकसैले आफ्नो समुदायको भावना र संस्कारअनुसार गाई, सुँगुर अथवा अन्य पशुको मांससेवन मन पराउँदैनन्। यसको निराकरण गर्न लेखकले जातीय व्यवस्थाको विशुद्घ नयाँ खालको पुनंसरचनाको खाका दिन खोजेका छन्। लेखकबाट प्रस्तावित नयाँ जातीय अभ्यासको स्वरूप यस्तो हुनेछ। समाजमा एकरूपता र नयाँ प्रचलनअनुसारका व्यवस्था कायम गर्न लेखकले हरेक व्यक्तिको पहिचान र सफ्टवेयर युक्त ट्रयाकिङ प्रणालीबाट अनुगमन र सर्वेक्षण गरिने नयाँ प्रविधिको नमुना प्रस्तुत गरेका छन् । तसर्थ कसैले कसैलाई झुक्याउन र आफ्नो पहिचान लुकाउनुपर्दैन। मानिसलाई जात बोझको रूपमा नभई छनौटको रूपमा प्राप्त हुन्छ । हरेकले स्वेच्छाले आफ्नो जात स्वयंले निर्धारण गर्न सक्छन् ।तसर्थ जातको आधारमा भेदभाव बाँकी रहँदैन। लेखक भन्छन्- पछिल्लो तीनदेखि चार हजारभन्दा बढी वर्ष हाम्रो समाजमा जाति, लिंग, धन, धर्म, जातीयता र भाषामा कुनै सामाजिक सुधार तथा तात्विक हिसाबको सकारात्मक परिवर्तन नभएकाले अब यस्तो एउटा नयाँ अभियानको सुरूवात गर्नुपर्छ । नगदविहीन समाज, दाइजोको उन्मूलन र सुनमा सम्पन्नता देख्ने आदतको अवसानलगायतका सुधार अनुसरण गरिने एक योजनाबद्घ कार्यकम सुनिश्चित गर्दा अर्को पाँच या छ हजार वर्षको लागि कुनै सुधार आवश्यक पर्दैन भन्ने उनको तर्क छ । उनले पुस्तकमार्फत यसैको खाका पस्किएका छन् । यस्तो जातीय विभेदभन्दा अघि समाजमा रामराज्य थियो, सबै समान शक्तिशाली र सम्मानित थिए। पैसाको उद्भवले विभेद र कलियुगको सुरूवात भयो। लेखकले पैसाविहीन समाजको कल्पना गरेका कारण सामाजिक भेदभाव पनि अन्त्य हुने दावी उनको छ । जसरी कार्ल माक्र्सले ‘कम्युनिस्ट मेनिफेस्टो’ लेखेर वर्गविभेदको उपायको शंखघोष गरेका थिए-त्यसैगरी लेखक साहले ‘कल्किस्ट मेनिफेस्टो’बाट जातीय अभ्यासका बेथितिविरुद्घ यसको समूल नष्ट गर्ने मार्गचित्र प्रस्तुत गरेका छन्। लेखक भन्छन्– कल्किवादको उदयले पैसाविहीन समाज निर्माण गर्ने, मलेच्छलाई हटाउने र कलियुग अन्त्य गर्ने कुरामा ठोस पहल गर्नेछ। रामलाई रामसेना र कृष्णलाई नारायणीसेना आवश्यक भएजस्तै कल्किलाई पनि कलियुग अन्त्य गर्न कल्किसेनाको आवश्यकता पर्दछ भन्ने उनको तर्क छ। भारतले चार हजार वर्षपहिले जातप्रथाको प्रचलन ल्याएर समाजलाई द्वन्द्वमा धकेल्यो। के नेपालले यस्तो प्रथा हटाएर नयाँ समयसान्र्दभिक व्यवस्था ल्याएर विश्वगुरु बन्न सक्छ त? यसको विस्तृत र सम्पूर्ण प्रस्तावित प्रणालीबारे बुझ्न भने उनको आगामी पुस्तकलाई अध्ययन गर्नुपर्ने हुन्छ।
संसद भवन नयाँ बानेश्वरमा राष्ट्रपतिले सम्बोधन गर्दै काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीबाट सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन सुरु भएको छ। उनले नयाँ बानेश्वरस्थित संसद् भवनमा संयुक्त बैठकलाई सम्बोधन गरिरहेकी छन्। राष्ट्रपति भण्डारीलाई यसअघि संसद् भवन परिसरमा सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वागत अभिवादन गरेका थिए। त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपति भण्डारीलाई सलामी अर्पण गरेको थियो। बैठकको प्रारम्भमा प्रधानमन्त्री दाहालले सम्बोधनको प्रति राष्ट्रपतिसमक्ष प्रस्तुत गरेका थिए। सम्बोधन कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, संवैधानिक निकायका प्रमुखलगायत विशिष्ट व्यक्तिहरू उपस्थित छन्। नेपालको संविधानमा राष्ट्रपतिले सङ्घीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ । संविधानको धारा, ९५ को उपधारा, २ मा ‘राष्ट्रपतिले प्रतिनिधिसभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछ’ भन्ने प्रावधान छ। गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि गठन भएको प्रतिनिधिसभाको पहिलो अधिवेशन हाल जारी छ। राष्ट्रपतिको सम्बोधनको प्रति प्रधानमन्त्रीले आजै बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभामा छुट्टाछुट्टै टेबल गर्ने छन्। दुवै सदनले राष्ट्रपतिको सम्मानमा धन्यवादको प्रस्ताव पारित गर्ने कार्यसूची छ। राष्ट्रपतिको सम्बोधन कार्यक्रमलाई भव्य तुल्याउन संसद् भवन परिसरमा झण्डा एवं पताकाले सिङ्गारिएको छ।
उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किए (भिडियोसहित) काठमाडौं । बंगलादेशमा भएको साफ यू–२० महिला च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली टोली शुक्रबार स्वदेश फर्किएका छन् । शुक्रबार दिउँसो स्वदेश फर्किएको नेपाली टोलीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीले स्वागत गरेका थिए । स्वदेश फर्किपछि यू–२० नेपाली फुटवल टोलीकी कप्तान प्रिति राइले प्रतियोगीताको उपाधी जित्न नसक्दा दुख लागेपनि समग्रमा राम्रो खेल प्रदर्शन गरिएको बताएकी छिन् । नयाँ ठाउमा गएर खेल्न जाँदा पहिलो दुई खेल कठिन भएपनि त्यसपछिको खेल सहज हुदै गएको उनले बताइन् त्यस्तै यू–२० नेपाली फुटवल टोलीका प्रशिक्षक यमप्रसाद गुरुङले समग्रमा खेल राम्रो भएको बताए । उहाले फाइनलमा नेपालको रणनीति सफल भएपनि उपाधी भने जित्न नसकेको धारणा राखेका छन्। साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल बंगलादेशसँग ३–० गोल अन्तरले पराजित भएको थियो । फाइनलमा पराजित भएसँगै नेपाल उपविजेता बनेको थियो ।
भारतले रुसबाट किनेको हतियारको पैसा तिर्न नसकेपछि तनाव काठमाडौं । रुसले भारतलाई २८ हजार करोडको हतियार बेचेको छ । तर गत वर्ष फेब्रुअरीमा युक्रेनसँग युद्ध सुरु भएपछि रुसमाथि कडा प्रतिबन्ध लगाइएको छ । जसका कारण भारतले अहिलेसम्म रुसलाई यो हतियारको पैसा भुक्तानी गर्न सकेको छैन । युक्रेनसँगको युद्धका कारण पश्चिमा राष्ट्र र अमेरिकाले लगाएको आर्थिक प्रतिबन्धको सामना गरिरहेको रुसलाई भारतले आफ्नो बक्यौता दिने विकल्प खोजिरहेको छ । किनकि, भारतले अधिकांश सैन्य हतियार र हार्डवेयर रुसबाट किन्ने गरेको छ । यस्तो अवस्थामा भुक्तानीमा थप ढिलाइ भए महत्वपूर्ण पार्टपुर्जा र उपकरणको ढुवानीमा कठिनाइ हुने भारत सरकारको चिन्ता छ । भारतले रुससँगको सम्झौता अन्तर्गत एस-५०० लामो दुरीको सतहबाट हावामा मार हान्ने मिसाइलहरू, रुसमा निर्मित टुसिल क्लासका जहाजहरू, मल्टिपल रकेट लन्चर स्मर्च, रकेट प्रोजेक्टाइलहरू र एक्स-३१ मिसाइलहरू खरिद गर्दछ। यसबाहेक अन्य धेरै मिसाइल र सेनाका हतियार र उपकरणहरू पनि समावेश छन्। भारतले रुसबाट कच्चा तेल र हतियार खरिद गर्छ । शनिबारको रिपोर्टमा समाचार एजेन्सी रोयटर्सले स्रोतलाई उद्धृत गर्दै भारतीय रिफाइनरी कम्पनीहरूले अमेरिकी डलरको सट्टा दुबईका व्यापारीहरूमार्फत युएईको मुद्रा दिरहाममा भुक्तानी गर्न थालेको बताएको छ। अङ्ग्रेजी पत्रिका ‘द इन्डियन एक्सप्रेस’का अनुसार भारतले रुसको बक्यौता तिर्न तीनवटा विकल्पमा विचार गरिरहेको एक उच्च अधिकारीले बताएका छन् । एउटा विकल्प चिनियाँ युआन र युएई दिर्हाममा रूबल भुक्तानीहरू परिचय गराउनु हो। स्रोतका अनुसार यस विषयमा रुसबाहेक रक्षा र अर्थ मन्त्रालयका अधिकारीहरूबीच गत वर्ष पनि आन्तरिक रूपमा छलफल भएको थियो। यसमा, यो निर्णय गरियो कि भारतीय रिजर्व बैंक (आरबीआई) संग बक्यौता भुक्तानी को विकल्पहरु लाई छलफल गरिनेछ। भारतले तेस्रो देशको विदेशी मुद्रा मार्फत भुक्तानी गर्ने विकल्प खोजिरहेको अधिकारीहरुले बताएका छन् । तर धेरैजसो रक्षा सम्झौताको ‘संवेदनशील’ प्रकृतिका कारण भारत शंकास्पद छ। यसै क्रममा अर्का एक अधिकारीले भने, यद्यपि हामी दिर्हाम र युआनलाई विकल्पको रूपमा हेरिरहेका छौं। तर हामी युआनसँग त्यति सहज छैनौं। यसबाहेक, भारत सरकारले सार्वभौम ऋणपत्र मार्फत बक्यौता भुक्तानी गर्ने विकल्प पनि खोजिरहेको छ। यसै क्रममा एक अधिकारीले रुसको बक्यौता रकम भारतको छुट्टै खातामा ट्रान्सफर गर्न सकिन्छ कि भनेर पनि छलफल भइरहेको बताए । यसबाट सरकारले निक्षेप रकममा सार्वभौम ग्यारेन्टी जारी गर्न सक्नेछ । उक्त अधिकारीले यो पनि भने कि यसलाई हाइब्रिड विकल्प भनिएको छ किनभने सार्वभौम बन्डहरू सामान्यतया बक्यौता फिर्ता गर्न प्रयोग गरिँदैनन्। यसैबीच, तेस्रो विकल्पका रूपमा रुसले सरकारी स्वामित्वमा रहेका उद्यमहरूमा केही हिस्सेदारी रुसलाई दिन सुझाव दिएको छ। जुन भुक्तानी पछि समाप्त गर्न सकिन्छ। अर्को सरकारी अधिकारीले भारत र रुसको संयुक्त लगानीमा पनि विकल्प प्रयोग गर्न सकिने बताए । जहाँ रुसको सट्टा भारतले अस्थायी रूपमा लगानी गर्न सक्छ। रुसको बक्यौता तिर्न भारतले समस्या भोगेको यो पहिलो पटक होइन। यसअघि सन् २०१८ मा भारतले रुससँग एस-४०० मिसाइल सम्झौतामा हस्ताक्षर गरेपछि पनि त्यस्ता समस्याहरू सामना गर्नुपरेको थियो। २०१८ मा पनि, अमेरिकाले प्रतिबन्ध ऐन कात्सा मार्फत रुसमाथि प्रतिबन्ध लगाएको थियो र आफ्ना विरोधीहरूलाई काउन्टर गरेको थियो। तर, त्यतिबेला भारतले दुईवटा रुसी बैंक भिटीबी र सबरबैंकको भारतीय शाखामार्फत रक्षा बक्यौता बुझाएको थियो । सरकारले रुसलाई भारतीय रुपैयाँमा डलर बराबर तिरेको थियो। तर रुस–युक्रेन युद्धपछि रुसमाथि लगाइएको आर्थिक प्रतिबन्धमा यो बैंक प्रतिबन्धित छ ।
जनताभन्दा माथि कोही छैन, संविधानको इमान्दार कार्यान्वयन गरौँ : प्रधानमन्त्री काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले राजनीतिक प्रणाली र संविधान जनताको सर्वोपरि हितका लागि भएकाले संविधानको इमान्दार कार्यान्वयन हुनुपर्ने बताएका छन् । नीति अनुसन्धान प्रतिष्ठान र निर्वाचन आयोगले संयुक्त रूपमा सिंहदरबारमा आयोजना गरेको नेपालमा निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रक्रिया सुधार विषयक अध्ययनबाट प्राप्त प्रारम्भिक निष्कर्ष प्रस्तुतीकरण कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भने, ‘जनताको धेरै ठूलो बलिदानी र पहलकदमीपछि हामीले संविधानसभाबाट संविधान बनायौँ । त्यसका लागि झण्डै ७० वर्ष लामो संघर्ष गर्नुपर्‍यो । हाम्रो संविधान राजनीतिक सहमति र सम्झौताको दस्तावेज हो । संविधानका विविध विषयमा हामी सबैका आफ्ना दृष्टिकोण छन् । कतिपय विषयमा बिमति पनि होलान् । तर, हामीले बनाएको संविधानको इमान्दार कार्यान्वयन गर्ने जिम्मेवारी पनि हाम्रो नै हो ।’ संविधान कार्यान्वयनका लागि अपरिहार्य ऐनहरू बनाउन जरूरी रहेको बताउँदै उनले भने, ‘संविधानको पूर्ण कार्यान्वयनपछि मात्र हाम्रो संविधानमा के कति समस्या र त्रुटिहरू छन् भन्ने निष्कर्षमा पुग्न सकिन्छ’ प्रधानमन्त्रीले भने, ‘संविधानले भनेको कुरा पहिला लागू गरौँ । त्यसले के नतिजा दिन्छ, त्यसपछि समीक्षा गरौँला । संविधानमा भएको व्यवस्था लागू नगरी संविधानलाई दोष दिनु हुँदैन ।’ निजामती सेवा ऐनदेखि धेरै ऐनहरू बनाउन बाँकी रहेको बताउँदै उनले भने, ‘पहिला काम गरौँ, त्यसपछि मूलभूत विषयमा समीक्षा गरौँ । अहिले नै समीक्षातिर लाग्यौँ भने राजनीतिक अस्थिरता आउन सक्छ । दर्शन, सिद्धान्त, प्रणाली जनताले धेरै हेर्दैनन्, उनीहरूले आफ्नो जीवनमा आउने परिणाम हेर्छन् । सिस्टम जति राम्रो भए पनि जनताले स्वीकारेनन् भने त्यो समस्या हुन्छ । जनता नै निर्णायक हुन् ।’ कार्यक्रममा पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) लगायत संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूले आआफ्नो धारणा राखेका थिए ।
शुल्क बृद्धिको विरोधमा चक्रवर्ती ल कलेजका बिद्यार्थीहरुले गरे प्रदर्शन काठमाडौं। काठमाडौंको बिजुलीबजारमा रहेको चक्रवर्ती ल कलेजका बिद्यार्थीहरुले शिक्षण शुल्क बृद्विको विरोधमा प्रदर्शन गरेका छन् । बिहीबार काठमाडौंको माइतिघरमा उनीहरुले बिद्यार्थीहरुबाट अनुचित रुपमा महङ्गो शुल्क लिएपनि कुनै सुविधा नपाएको समेत भन्दै विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी बिद्यार्थीहरुले विद्यार्थीमाथि दमन गर्न पाइदैन, विद्यार्थीलाई लुट्न पाइदैन लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । कलेजले १० लाख ७० हजार फि लिएपछि त्यहि अनुसार सेवा सुविधा दिनुपर्ने वा फि घटाउनुपर्ने माग राख्दा कलेजले निष्कासन दिने धम्की दिएको बिद्यार्थीहरुको भनाइ छ । उनीहरुले चक्रवर्ती ल कलेजमा पढिरहेका ३०० बिद्यार्थीमध्ये ३० जनालाई छात्रवृति दिनुपर्ने भएपनि कलेजले १० जनालाई मात्रै छात्रवृतिमा पढाइरहेको र २० जनाको फि कलेजले खाइरहेको आरोप लगाएका छन् । यसअघि पनि शिक्षण शुल्क बृद्विको बिरोधमा उक्त कलेजका बिद्यार्थीहरुले आन्दोलन गरेका थिए ।
प्राथमिकदेखि उच्च बिद्यालयसम्मले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्छः सभामुख घिमिरे (भिडियो) काठमाडौं । सभामुख देवराज घिमिरेले प्राथमिक विद्यालयदेखि उच्च बिद्यालयसम्मले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । बिहीबार काठमाडौंमा १३ औं सार्वजनिक संस्थान खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै सभामुख घिमिरेले नेपालमा खेल क्षेत्रको बिकास गर्नका लागि प्राथमिक विद्यालयदेखि उच्च बिद्यालयसम्मले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् । उनले खेलको माध्यमबाट राष्ट्रको चिनारी हुने भएकाले सवै मिलेर यस क्षेत्रलाई मागि उठाउनुपर्ने आवश्यता रहेको धारणा राखेका छन् । सार्वजनिक संस्थानहरु मिलेर आयोजना गरेको प्रतियोगीताले खेलको बिभिन्न क्षेत्रमा थप योगदान पुग्ने उनको भनाई छ । बिहीबारबाट सुरु सार्वजनिक संस्थान खेलकुद प्रतियोगितामा बिभिन्न सार्वजनिक संस्थानका टीमहरुले व्याडमिन्टन खेलमा प्रतिष्पर्धा गर्नेछन् । हेर्नुहोस् भिडियोः
बागलुङ-बेनी सडक जीर्ण गलकोट। बागलुङबाट रत्नेचौर हुँदै बेनी पुग्ने सडक जीर्ण अवस्थामा छ। उक्त सडकमा जताततै खाल्डाखुल्डी छन्। सडकमा नालीसमेत बनेको अवस्था छैन। कालोपत्र उप्किएको छ। कतै सडक धुलाम्मे छ। बाङ्गेचौरबाट रत्नेचौरसम्मको ११ किलोमिटर सडक बर्सेनि मर्मत गरिन्छ। तर बाढी र पहिराले कालोपत्र बगाएको छ। रत्नेचौरबाट बेनीसम्मको छ किलोमिटर सडकको कालोपत्र उप्किएर खाल्डाखुल्डी हुँदा यात्रुलाई सास्ती भएको छ। सडक डिभिजन कार्यालयले बर्सेनि मर्मत गर्दैआएको भए पनि सडकको अवस्थामा खासै सुधार आउन सकेको छैन। यस्ते रत्नेचौरबाट खबरासम्मको चार किलोमिटरमध्ये तीन किलोमिटर सडक २०७६ मा कालोपत्र गरिएको हो। वर्ष दिन नपुग्दै त्यो पनि उप्किएको छ। बर्खामा हिलो र हिउँदमा धुलोले सास्ती हुने स्थानीय सुरज सापकोटा बताउँछन्। “गुणस्तरीय काम हुन सकेको छैन”, उनले भने। कुडुँलेमा नाली छ, तर सडक कालोपत्र छैन। रत्नेचौरमा कालोपत्र गरिएको सडकमा नाली मर्मत गर्नुपर्ने अवस्थामा छ। बर्सेनि मर्मतसम्भार गर्दैआए पनि पूरै नयाँ बनाउन बजेट अभाव रहेको सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी कृष्णबहादुर खड्का बताउँछन्। “मर्मतका लागि बर्सेनि न्यून बजेट आउँछ”, उनले भने। रत्नेचौरबाट बेनीसम्मको सडक पूर्वाधार कार्यालयअन्तर्गत रहेको खड्काको भनाइ छ। बाङ्गेचौरबाट रत्नेचौरसम्म सडक डिभिजन कार्यालयले बर्सेनि मर्मत गर्दैआएको छ। “सडक कालोपत्र गर्न बजेट माग गरेका छौँ”, उनले भने। रत्नेचौरबाट बेनीको खबरासम्मको चार किलोमिटर कालोपत्र गर्ने काम २०७४ देखि थालिएको हो। अझै सो काम सम्पन्न हुन सकेको छैन। रु १२ करोड १७ लाखको लागतमा कालोपत्रको ठेक्का नागार्जुन देव एण्ड सायर बिएन जेभीले लिएको छ। बागलुङका अधिकांश कालोपत्र सडक हस्तान्तरणको प्रक्रियामा छन्। कुँडुलेबाट रत्नेचौरसम्मको सडक रु २० लाखको लागतमा ठेक्कामार्फत मर्मतसम्भार भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ। पछिल्लो समय कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गाबाट पर्वतको जलजला हुँदै बेनी जाने राजमार्ग विस्तार भइरहेकाले ठूला सवारीसाधन वैकल्पिक मार्ग बागलुङ हुँदै रत्नेचौर बेनी पुग्ने गरेका छन्। रासस
एमालेलाई राष्ट्रपति बनाए संविधान नै दुर्घटनामा पर्छ : गगन थापा {भिडियो} काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले उम्मेदवारलाई राष्ट्रपति बनाए संविधान नै दुर्घटनामा पर्ने खतरा हुने बताएका छन् । बुधबार काठमाडौंमा लोकतन्त्र संवाद केन्द्रले आयोजना गरेको आजको नेपाली राजनीति र लोकतान्त्रिक संस्करणको सवाल बिषयक बिचार गोष्ठिमा थापाले एमाले उम्मेदवारलाई राष्ट्रपति बनाए कठपुतली राष्ट्रपति हुने र संविधान नै दुर्घटनामा पर्ने खतरा हुने बताएका हुन् । उनले एमालेले प्रस्ताव गर्ने राष्ट्रपतिको उम्मेदवारलाई हराउने र आफ्ना उम्मेदवारको पक्षमा भोट माग्ने बताए । थापाले पाँच बर्षका लागि गठबन्धन भनेर गएका दलले प्रधानमन्त्रीको बहानामा गठबन्धन जोगाउन नसक्नुमा जनतासामू क्षमा माग्नुपर्ने धारणा राखे । उनले पुस १० गते एमालेले कांग्रेसलाई धोका दिएको आरोप लगाए । महामन्त्री थापाले रास्वपालाई कल्पना गरे भन्दा बढि मत जनताले दिएको भन्दै सरकारमा जानु र बाहिरिनुको जवाफ जनतालाई दिनुपर्ने उल्लेख गरे । त्यस्तै नेकपा (एकीकृत समाजवादी) सचिव रामकुमारी झाँक्रीले संसदमा अहिलेको व्यवस्थामाथि विषवमन भइरहेको र जात्रा चलिरहेको टिप्पणी गरे । उहाले देश परिवर्तन गर्ने र त्यसको कार्यान्वयन गर्ने ठाउँमा पुगेकाहरुले कस्तो मुलुक बनाउने भन्ने लक्ष्य लिनुपर्ने धारणा राखे । झाँक्रीले मुलुकमा भएका परिवर्तनलाई संस्थागत गर्नका लागि जिम्मेवार भएर अघि बढ्नुपर्ने बताए। हेर्नुहोस् भिडियो:
टर्कीका भूकम्प प्रभावित प्रान्तहरूमा आपतकाल घोषणा अङ्कारा । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले मङ्गलबार शक्तिशाली भूकम्पबाट प्रभावित टर्कीका विभिन्न १० प्रान्तमा तीन महिनाका लागि आपतकाल घोषणा गरेका छन् । खोज तथा उद्धारका गतिविधि र त्यसपछिको अध्ययनलाई छिट्टै अगाडि बढाउन यो निर्णय गरिएको उनले पत्रकार सम्मेलनमा बताए । हाल भूकम्प प्रभावित क्षेत्रमा जम्मा ५३ हजार ३१७ खोज तथा उद्धार कर्मचारी र सहयोगी खटिएको राष्ट्रपतिले उल्लेख गरेका छन् । विपद् तथा आपतकालीन व्यवस्थापन प्राधिकरणका अनुसार दक्षिणी कहरामनमारस, अडाना, अदियामान, ओस्मानी, हाते, किलिस र मालत्या र दक्षिणपूर्वी सानलिउर्फा, दियारबाकिर र गाजियन्टेपका प्रान्तहरूमा भुकम्पबाट थुप्रैको मृत्यु भएको हो। स्थानीय समय अनुसार सोमबार बिहान ४ः१७ मा टर्कीको दक्षिणी प्रान्त कहरामनमारासमा ७.८ म्याग्नीच्युडको भूकम्प गएको थियो । एर्दोगानले सोमबार सात दिने राष्ट्रिय शोकको घोषणा गरेका छन् ।
बाग्मती प्रदेश योजना आयोग उपाध्यक्षमा चालिसे काठमाडौं । वाग्मती प्रदेश सरकारले प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा होमनाथ चालिसेलाई नियुक्त गरेको छ । प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले ललितपुर निवासी चालिसेलाई उपाध्यक्षमा नियुक्त गरेको मुख्यमन्त्री शालिकराम जमकट्टेलका प्रमुख सल्लाहकार डिपी ढकालले जानकारी दिए । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा क्रियाशील चालिसे विश्व स्वास्थ्य सङ्गठन जेनेभाको स्वस्थ बुढ्यौली कार्यक्रममा विज्ञका रुपमा कार्यरत छन। चालिसेले टोकियो विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन् । विभिन्न विषयमा अनुसन्धान गरेका चालिसे नेपाल जनसङ्ख्या सङ्घको उपाध्यक्षका रुपमा भूमिका निर्वाह गरेका छन्
सुगरका बिरामीले नर्भिकमा निःशुल्क जाँच सेवा पाउने काठमाडौँ। थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत मधुमेह(सुगर)का बिरामीलाई लक्षित गरी वृहत निःशुल्क जनचेतना कार्यक्रम गर्ने भएको छ। अस्पतालले आगामी फागुन ७ गते अर्थात प्रजातन्त्र दिवसको अवसर पारी मधुमेहका बिरामी लक्षित वृहत निःशुल्क जनचेतना कार्यक्रम गर्ने भएको हो। नर्भिक अस्पतालको नर्सिङ ट्रेनिङ हलमा सो कार्यक्रम आयोजना हुनेछ। दिउँसो १ बजेदेखि कार्यक्रम सुरु हुने र त्यसमा सहभागी हुनेहरुका लागि अस्पतालले निःशुल्क सुगर लेभल जाँचको सेवा समेत उपलब्ध गराउने अस्पतालले जनाएको छ। सो क्रममा नर्भिक अस्पतालकी विशेषज्ञ चिकित्सक डा. मधु पाण्डेले जनचेतनामूलक कार्यक्रमको नेतृत्व गर्ने र निःशुल्क परामर्श सेवा समेत उपलब्ध गराउने छिन्। नर्भिक अस्पतालले बेला बेला आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत यस्ता कार्यक्रम आयोजना गर्दै आएको छ। अस्पतालले लामो समयदेखि प्रत्येक शनिवार यूरोलोजीको टिम परिचालन गरी निःशुल्क ओपिडी सेवा समेत सञ्चालन गर्दै आएको छ। विशेष अवसर पारेर विभिन्न विज्ञ चिकित्सकहरुलाई सहभागी गराई निःशुल्क स्वास्थ्य जाँचको सेवा समेत उपलब्ध गराउने गरेको छ।
काठमाडौं महानगरपालिकाले मैतिदेविको प्रहरी बिट भत्काउदै {प्रत्यक्ष प्रसारण} काठमाडौं महानगरपालिकाले मैतिदेविको प्रहरी बिट भत्काएको छ ।
काँग्रेसले प्रतिपक्ष दलको भूमिका निर्वाह गर्न सकेन : नारायणमान बिजुक्छेँ {भिडियो} काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले काँग्रेसले प्रतिपक्ष दलको भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएका छन् । रफत सञ्चार क्लबको १३ औ वार्षिकोत्सवका अवसरमा सोमबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा बिजुक्छेँले प्रमुख प्रतिपक्ष दलले सरकारलाई समर्थन गर्ने कहि नभएको चलन काँग्रेसले ल्याएको र प्रतिपक्ष दलको भूमिका पनि निर्वाह गन नसकेको आरोप लगाएका हुन्। सरकारको गलत कामलाई रोकेर देशलाई जोगाउने मुख्य जिम्मेवारी प्रमुख प्रतिपक्ष दलको भएपनि सत्ताको माहेले काँग्रेसले त्यो जिम्मेवारी छाडेको उहाले बताउनुभयो । उहाले बिचार नमिल्नेहरुको सरकार बनाएर दलहरुले गैरजिम्मेवारीपन देखाएको धारणा पनि राखे । बिजुक्छेँले संसदमा जनसरोकारका बिषय र आफ्ना बिचारहरुका बारे बोल्न पाउनुपर्ने भन्दै राप्रपाले हिन्दु राज्य र राजाको पक्षमा बोल्यो भन्दै संसदमा सभामुखले रोक्नु गलत भएको पनि बताए। त्यस्तै एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रपतिको निर्वाचनलाई पुस १० को सहमति अनुसार कार्यान्वयन गर्ने र राजनीतिक स्थिरतालाई कायम गर्ने जिम्मेवारी प्रधानमन्त्रीको भएको धारणा राखे । कार्यक्रममा पत्रकार रमेश गिरी, नारायणसुन्दर किलम्बु लगाएतलाई सम्मान गरिएको थियो ।
सुनको मूल्य बढ्यो, चाँदी स्थिर काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। सोमबार सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ६ सय रुपैयाँ कायम भएको छ। आइतबार प्रति तोला १ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ५ सयले बढेर १ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ४ हजार २ सय रुपैयाँ निर्धारण भएको छ। यता, चाँदीको मूल्य स्थिर रहेको छ। आइतबार प्रति तोला १ हजार ३ सय २० रुपैयाँ कारोबार भइरहेको चाँदीको मूल्य स्थिर रहेर  आज सोहि मूल्यमा कारोबार भईरहेको छ। महासङ्घले अन्तराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको मूल्यका आधारमा दैनिक यहाँ कारोबार मूल्य तोक्दै आएको छ।
रवि लामिछाने अयोग्य ठहर भएपछि कांग्रेस उम्मेदवारले स्वतः विजयीको माग गरे {भिडियो} काठमाडौं । सर्वोच्च अदालतले चितवन २ बाट निर्वाचित सांसद रवि लामिछानेलाई अयोग्य ठहर गरेपछि स्वतः विजयी घोषणाको माग गर्दै कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले निर्वाचन आयोगका निवेदन दिएका छन् । आइतबार निर्वाचन आयोग पुगेर आफूलाई स्वतः विजयी घोषणा गर्नुपर्ने भन्दै निवेदन बुझाएको श्रेष्ठले बताएका हुन् । सर्वोच्चले उम्मेदवारको प्रक्रिया नै खारेज गरेपछि अब दोस्रो स्थानमा रहेको व्यक्ति स्वतः विजयी हुनुपर्ने उनको भनाइ छ । उनले रवि लामिछानेको उम्मेदवारी देखि सम्पूर्ण प्रक्रिया नै अवैंधानिक भएकाले आफुलाई निर्वाचित गर्नुपर्ने जिकिर गरे । आफ्ना पक्षमा आयोगले आवश्यक निर्णय नगरे अदालत जाने उनले बताए । यता निर्वाचन आयोगले भने रिक्त चितवन नंवर २ मा उपनिर्वाचन हुने जनाएको छ ।
फाइभजी परीक्षण चरणमा काठमाडौं। नेपाल टेलिकमले फाइभजी सेवातर्फ उपकरणको जडान गरी परीक्षण जारी रहेको जनाएको छ। टेलिकमको १९औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा टेलिकमका प्रबन्ध निर्देशक सुनील पौडेलले फाइभजी सेवा परीक्षण चरणमा रहेको बताए। उनले फाइभजी प्रभावकारीरुपमा सञ्चालन गर्नेगरी पूर्वतयारीमा रहेको उल्लेख गरे। जीएसएम प्रविधिअन्तर्गत हाल सञ्चालनमा रहेको मोबाइल सेवा र नयाँ आउने फाइभजी सेवा प्राविधिकरुपमा नै फरकरुपमा सञ्चालन हुने उनको भनाइ छ। कम्पनीले एउटै फाइबरबाट फोन, इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध हुने एफटिटिएच सेवा देशव्यापी बिस्तार गरिरहेको छ। यसअघि मुलुकका ६८ जिल्लामा विस्तार गरिएको एफटिटिएच सेवा अन्य जिल्लामा पनि पुर्‍याउने योजना अघि बढाइएको नेपाल टेलिकमको भनाइ छ। सात सय ३९ स्थानीय तहमा फोरजी वायरलेस ब्रोडब्याण्ड अर्थात् फोरजी एलटिइ सेवाको देशव्यापी विस्तार गरिएको टेलिकमले जनाएको छ। हालसम्म ७७ जिल्लाका सात सय ३९ स्थानीय तहमा यसको पहुँच पुगेको छ भने आयोजनाको ९८ प्रतिशत कार्य पूरा भइसकेको कम्पनीले उल्लेख गरेको छ। फोरजी नेटवर्क विस्तारसँगै फोरजी डाटाको खपतमा उल्लेखनीय वृद्धि भएको र नयाँ प्रविधिका रुपमा ई–सिमकार्डको देशव्यापी वितरण गरिरहेको प्रबन्ध निर्देशक पोडेलले बताए। डाटा सेवाको माग पूरा गर्न वायरलेस होम ब्रोडब्याण्ड सेवा उपलब्ध गराइएको छ। देशका अधिकांश स्थानमा फोरजी एलटिइ सेवा विस्तारसँगै भोल्टेजको प्रयोग उल्लेख्यरुपमा वृद्धि भएको छ। २६ अर्ब ४१ करोड राजस्व मुलुकका सार्वजनिक संस्थानमध्ये हालसम्म सबैभन्दा नाफा कमाउने र राज्यलाई बढी राजस्व तिर्ने नेपाल टेलिकमले अघिल्लो वर्ष सरकारलाई रू २६ अर्ब ४१ करोड राजस्व तिरेको छ। टेलिकमका प्रबन्ध निर्देशक पौडेलका अनुसार आव २०७७\७८ मा विभिन्न कर तथा गैरकर गरी कम्पनीले उक्त रकम राजस्व बुझाएको हो। आर्थिक वर्ष २०७८\७९ मा कम्पनीको कूल आय रू ४४ अर्ब ३७ करोड पुगेको छ भने कम्पनीको खुद मुनाफा रू आठ अर्ब ४७ करोड भएको छ। चालु आवको पुस मसान्तसम्म कम्पनीले रू २१ अर्ब ८० करोड राजस्व प्राप्त गरेको। टेलिकमको भ्वाइस सेवातर्फ २०७९ मङ्सिर अन्त्यसम्ममा ग्राहक आधार दुई करोड १३ लाख २५ हजारभन्दा बढी छ। जसमध्ये जीएसएम मोबाइल सेवाका ग्राहक दुई करोड एक लाख ८६ हजारभन्दा बढी, सिडिएमए सेवाका चार लाख ३६ हजार र पिएसटिएन सेवाका ग्राहक चार लाख ५५ हजारभन्दा बढी छन्। त्यसैगरी एफटिएच भ्वाइस सेवाका ग्राहक दुई लाख ४७ हजार तथा एफटिएच डाटा सेवाका ग्राहक दुई लाख ११ हजार छन्। चालु आवको असोज महिनासम्म भ्वाइस सेवातर्फ कम्पनीको बजार हिस्सा ५२ दशमलव २४ प्रतिशत छ। इन्टरनेट डाटा सेवातर्फ २०७९ मङ्सिरसम्म कम्पनीको डाटा (इमेल, इन्टरनेट आदि) सेवा प्रयोगकर्ता कूल दुई करोड छ लाख १८ हजार छ सयभन्दा बढी पुगेका छन्। सोमध्ये जिएसएम मोबाइलको डाटा सेवाका प्रयोगकर्ता दुई करोड एक लाख ६ हजार एडिएसएल सेवाका प्रयोगकर्ता ७८ हजार र एफटिएच डाटा सेवाका प्रयोगकर्ता दुई लाख ११ हजार छन्। मध्यपहाडी लोकमार्गलाई आधार मानी प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशका जिल्ला, नगरपालिका र गाउँपालिकालाई समेट्ने गरी अप्टिकल फाइबर बिछ्याउने कार्य तीव्र गतिमा अघि बढाइएको छ। सो क्षेत्रमा हालसम्म एक हजार तीन सय २६ किमी फाइबर बिछ्याउने कार्यसम्पन्न भएको छ।
null
सहमति नभए बहुमतबाटै प्रदेशको नामकरण : मुख्यमन्त्री कार्की झापा । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहमतिबाटै प्रदेशको नामाकरण गरिने बताएक छन् । झापाको विर्तामोडमा आज प्रेस चौतारीले आयोजना गरेको पत्रकार अभिनन्दन तथा सम्मान कार्यक्रममा बोल्दै उनले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूको सहमतिबाट नामकरण गर्ने आफ्नो योजना बताए । “अनुकूल समयमा सकभर छिट्टै प्रदेशको नामाकरण गर्छौँ”, उनले भने, “सहमति जुटेन भने बहुमतबाट भए पनि नामकरण हुन्छ ।” हाल प्रदेश नं १ बाहेकका प्रदेशको नामाकरण भइसकेको छ । यसअघि प्रदेश नं १ को नामकरण प्रयासमा आफ्नो दल सहयोगी बन्न खोज्दा पनि सफल नबनेको दाबी गर्दै नेकपा (एमाले) स्थायी कमिटीका सदस्यसमेत रहेका मुख्यमन्त्री कार्कीले भने, “हाम्रा कारणले नामकरण रोकिएको होइन ।” उनले प्रदेश नं १ मा पुरानो सञ्चार प्रतिष्ठान ब्यूँताउने जानकारी दिए । मुख्यमन्त्री कार्की प्रदेशको पहिलो सरकारका बेला आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री थिए । त्यसबेला आफूले नै सञ्चार प्रतिष्ठान गठन गरेको प्रसङ्ग जोड्दै उनले अब कानुन नै बनाएर प्रतिष्ठानलाई अघि बढाउने बताए । पत्रकार उपचार कोष सञ्चालन र पेसागत सुरक्षाका लागि प्रदेश सरकारले के–कस्तो सहयोग गर्नुपर्छ भनेर चाँडै नै नेपाल पत्रकार महासङ्घ, प्रेस काउन्सिल र पत्रकारहरूको सङ्घसङ्गठनसँग परामर्श गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । अग्रज पत्रकार सम्मानित प्रेस चौतारी झापाले आज प्रथम अध्यक्ष नेत्र पाठक र पाँच जना अग्रज पत्रकारलाई सम्मानित गरेको छ । मुख्यमन्त्री कार्कीले सबै अग्रज पत्रकारलाई दोसल्ला र प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेका थिए । सम्मानित अग्रज पत्रकारमा नकुल काजी, गोविन्दचन्द क्षेत्री, केशव आचार्य, माधव विद्रोही र माया पकुवाल रहेका छन् । पाठक प्रेस चौतारी झापाका प्रथम अध्यक्ष छन् । काजी, क्षेत्री र आचार्य झापाको पत्रकारिताको विकासमा महत्वपूर्ण योगदान पु¥याएका अग्रज छन् । पकुवाललाई मरणोपरान्त सम्मान प्रदान गरिएको हो ।
उचित मूल्य नपाएको भन्दै किसानले सडकमा तरकारी फाले चितवन । उचित मूल्य नपाएपछि यहाँका कृषकले सडकमा तरकारी फालेर प्रदर्शन गरेका छन् । आयातित तरकारीका कारण घाटा खाएर बिक्री गर्नुपरेको भन्दै यहाँका कृषकले आज सडकमा तरकारी फालेका हुन् । किसान संघर्ष समितिमार्फत नारायणगढको पुलचोकमा तरकारी पोखेर प्रदर्शन गरिएको हो । किसानले घ्युउ सीमी, गोलभेडा, फर्सी, गाजर, काउली, बन्दा लगायतका तरकारी सडकमा फ्याकेर प्रदर्शन गरेका थिए । संघर्ष समितिका संयोजक लेखनाथ भुसालले आयात नरोकिँदा यहाँ उत्पादित तरकारीले उचित मूल्य पाउन नसकेको बताए । जिल्लामा एक हजार पाँच सय हेक्टर क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गरिँदै आएपनि भारतीय तरकारीका कारण स्थानीय उत्पादन न्यून मूल्यमा बिक्री गर्नुपरिरहेको बताए । “सङ्घीय, प्रादेशिक र स्थानीय सरकारसँग आयात रोक्न आग्रह गरेपनि सुनुवाइ हुन सकेको छैन”, उनले भने । चितवनमा दैनिक तीन सय टन तरकारी उत्पादन हुँदै आएको छ । पाँच विघाभन्दा बढी जग्गामा तरकारी खेती गर्ने किसान एक सय जना र एक बिघाभन्दा बढीमा गर्ने झण्डै तीन सय जना रहेको भुसालल जानकारी दिए । यहाँ उत्पादित तरकारी चितवन, काठमाडौँ, पोखरा, बुटवललगायत सहरमा खपत हुँदै आएको छ । “हाम्रो आवाज राज्यले नसुन्दा सडकमा तरकारी फ्याकेर आन्दोलन गर्नुपरेको छ”, तरकारी किसान अविन्द्र सुवेदीले भने । कृषकले पुलचोकस्थित सडकमा पाँच ट्याक्टर तरकारी फ्याँकेर विरोध प्रदर्शन गरेका हुन् ।
इटालीमा आठ आप्रवासीको शव फेला रोम । इटालीको तटरक्षकबलले भूमध्यसागरीय क्षेत्रमा आठ आप्रवासीको शव फेला पारेको अधिकारीहरुले शुक्रबार बताएका छन् । लाम्पेडुसा टापुका मेयर फिलिप्पो मन्निनोका अनुसार उद्धारकर्मीले बिहीबार राति डुङ्गामा पाँच पुरुष र तीन महिलाको शव फेला पारेका थिए । डुङ्गामा रहेका अन्य ४२ जनालाई किनारामा ल्याइएको उनले एएफपीलाई बताए । इटालीका प्रधानमन्त्री जियोर्जिया मेलोनीले आगामी साता हुने युरोपेली परिषद्को शिखर सम्मेलनअघि डुङ्गाबाट यूरोप पुगेका आप्रवासीको व्यवस्थापनमा युरोपेली सङ्घबाट थप सहयोगको माग गर्ने बताएका छन् । इटालीको भौगोलिक स्थितिले यसलाई उत्तरी अफ्रिकाबाट युरोप जाने र शरण खोज्नेहरूको लागि एक प्रमुख गन्तव्य बनाउँछ, र रोमले लामो समयदेखि आगमनको सङ्ख्यामा भएको वृद्धिबारेमा गुनासो गर्दै आएको छ । मन्निनोले आफू छ महिनादेखि मात्र नगरप्रमुख भएको तर आप्रवासीको आगमन निरन्तर भइरहेको र मृत्यु भएकाहरूको शव साप्ताहिक रूपमा टापुमा ल्याइने गरेको बताए । “स्थिति वास्तवमै नाटकीय बन्दै गएको छ । युरोप र यहाँका सरकारहरूले केही गर्नुपर्छ । मलाई मृतकको सङ्ख्याको गणनाले स्तब्ध पार्नेगरेको छ,” उनले भने । गृह मन्त्रालयका अनुसार यो वर्षको सुरुदेखि अहिलेसम्म करिब पाँच हजार आप्रवासी इटाली आइपुगेका छन्, जुन गत वर्षको सोही अवधिमा तीन हजार र सन् २०२१ मा एक हजार भन्दा बढी थियो । मेलोनीले शुक्रबार बर्लिन र स्टकहोमको भ्रमण गरेका छन् । उनले आप्रवासीहरूको प्रत्यावर्तन र पुनः प्रवेशलाई बढावा दिन ईयू संयन्त्रहरूको लागि शिखर सम्मेलनअघि समर्थन जुटाउने प्रयास गरेका थिए । उनको नयाँ दक्षिणपन्थी सरकारले आप्रवासीहरूको उद्धार गर्ने परोपकारी जहाजहरूको कार्यलाई सीमित गर्न खोजेको छ, गत हप्ता युरोपेली परिषद्बाट आप्रबासी नीतिले जीवनलाई खतरामा पार्नेछ भनी आलोचना भएको थियो ।
माधव नेपाललाई भेट्न उपप्रधानमन्त्री श्रेष्ठ एकीकृत समाजवादीको कार्यालयमा काठमाडौं। नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ एकीकृत समाजवादीको कार्यालयमा पुगेका छन्। आलोकनगरमा रहेको एकीकृत समाजवादीको कार्यालयमा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई भेट्न श्रेष्ठ पुगेका हुन्। सत्तारुढ गठबन्धनमा दरार बढिरहेका बेला श्रेष्ठ माधव नेपाललाई भेट्न जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। यसअघि बिहीबार माओवादीको बैठक चलिरहँदा एकीकृत समाजवादीका उपमहासचिव डा. विजय पौडेल पेरिसडाँडा पुगेका थिए।
शिक्षामा सुधारमार्फत् समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षामा सुधार गरेर मात्र समृद्धि र सुशासनको जग बसाल्न सकिने बताएका छन्। सिन्धुपाल्चोकको जुगल गाउँपालिका-५ चनौटेस्थित जनवादी गणतन्त्र चीनको सहयोगमा रत्नराज्य माध्यमिक विद्यालयको नवनिर्मित भवनको समुद्घाटनमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन्। प्रधानमन्त्रीले भने, “जुगल गाउँपालिकाका आदरणीय जनसमुदायका लागि यो कार्यक्रम खुसी र गौरवको कुरा हो। विद्यालय निर्माणका निम्ति मेरो भूमिका छ। म नेपाल सरकार एवं मेरोतर्फबाट चीन सरकार र चिनियाँ जनतालाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु।” विनाशकारी भूकम्पपछिको पुनःनिर्माणमा चीन सरकारले विद्यालयका साथै अन्य धेरै क्षेत्रमा सहयोग गरेको उनले स्मरण गरे। चीन सरकारलेल भौतिक पूर्वाधार र शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा महत्वपूर्ण काम गरेको उनको भनाइ छ। नेपाली जनताको समृद्धि र सुशासनको आकाङ्क्षामा चीन सरकारको निरन्तर सहयोग रहने अपेक्षा रहेको उनले बताए। “सिन्धुपाल्चोकका जनताका पीडामा सहभागी हुने अवसर मिल्दै आएको छ। दुःख र सुखीमा म तपाईहरूको साथमा छु”, प्रधानमन्त्रीले अगाडि भने, “जुरेको पहिरो, भूकम्पपछिको पुनःनिर्माण, मेलम्चीको विनाश लगायतका सबै पीडामा तपाईंहरुसँग ऐक्यबद्ध भएर काम गर्न पाउँदा खुसीको महसुस गरेको छ।” उनले मुलुकको अर्थतन्त्रमा केही गम्भीर समस्या भएको भन्दै मन्त्रिपरिषद्को पहिलो बैठकबाटै अर्थतन्त्रमा सुधार गर्ने अठोट लिएको बताए। “निजी क्षेत्र र सरकारको सहकार्यमा अर्थतन्त्र उकास्ने अठोट गरेको छु। बैंक र व्यवसायीबीच सहकार्यको स्थिति सिर्जना भएको छ। अर्थतन्त्रमा सुधार आउने आधार देखिएका छन्। अर्थतन्त्रले क्रमशः विकासको गति लिनेछ”, उनले विश्वास व्यक्त गरे। उनले प्रतिनिधिसभामा आफूलाई ९९ प्रतिशतभन्दा बढी सांसदको विश्वासको मत प्राप्त भएको भन्दै यो ठूलो जिम्मेवारी र चुनौती भएको बताए। “विकास, सुशासन र समृद्धिको चुनौती एक्लै पूरा गर्न सकिँदैन। आम जनसमुदाय र छिमेकीको सहयोगबाट मात्र हामीले त्यो चुनौती छिचोल्न सक्छौँ। नेपालको विकासमा भारत र चीन सरकारबाट महत्वपूर्ण सहयोग रहनेछ”, उनले भने। शिक्षा क्षेत्रमा ठीक ढङ्गले लगानी गरेर मात्र विकास र समृद्धिको जग बसाल्न सकिने प्रधानमन्त्रीको भनाइ छ। उनले समतामूलक समाज निर्माणको आधार नै शिक्षा भएको उल्लेख गरे। “शिक्षालाई प्राथमिकता नदिइकन हामीले समाजवादको आधार तयार पार्न सक्दैनौँ। शिक्षाको गुणस्तरले मात्र सुशासन, सभ्यता, संस्कृति र विकासको आधार तयार पार्दछ । तसर्थ, शिक्षा नै महत्वपूर्ण क्षेत्र हो”, उनले भने। प्रधानमन्त्री दाहालले भौतिक पूर्वाधारका साथै शिक्षाको गुणस्तर महत्वपूर्ण भएको भन्दै यसका लागि शिक्षक, विद्यार्थी र अभिभावकको सहकार्य र सम्बन्ध जरुरी रहेको बताए। कार्यक्रममा प्रतिनिधिसभाका निवर्तमान सभामुख अग्निप्रसाद सापकोटा, नेपालका लागि चिनियाँ राजदूत छेन सोङ्गलगायतले सम्बोधन गरेका थिए।
कैलालीमा भरुवा बन्दुकसहित एक जना पक्राउ कैलाली । कैलालीमा भरुवा बन्दुकसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्लाको चुरे गाउँपालिका-४ स्थित पनेरुवा शिविरका ४८ वर्षीय जब्बर रोकामगर भरुवा बन्दुकसहित पक्राउ परेको प्रहरीले जनाएको हो । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी समूहले उनको साथबाट भरुवा बन्दुक फेला पारेको छ । बिहीबार उनलाई भरुवा बन्दुकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
सङ्कटमा छन् झलनाथले सम्झिएका असला गण्डकी । नेपाली राजनीतिका शीर्षस्थ नेताद्वय झलनाथ खनाल र चित्रबहादुर केसीले एक टेलिभिजनको हालैको अन्तर्वार्तामा पुराना अनुभव साटासाट गरे । पचास वर्षअघिको समाज, शिक्षा र राजनीतिका विषयमा अनुभव पनि साटे । पूर्वी इलामका खनाल र पश्चिमका केसीबीचको चिनजान भने शिक्षकका रुपमा सुरु भएको थियो । केसी २०२५र२६ सालतिर बाग्लुङ गलकोटमा रहेको गलकोट माध्यामिक विद्यालयमा प्रधानाध्यापक थिए । विद्यालयमा विज्ञान पढाउने शिक्षकका रुपमा इलामका खनाललाई उनले नै बोलाएका थिए । शिक्षणसँगै राजनीति सुरु गरेका उनीहरुमध्ये खनाल प्रधानमन्त्री भइसकेका छन् भने केसी उपप्रधानमन्त्री भइसकेका छन् । यतिबेला खनाल नेकपा (एकीकृत समाजबादी) पार्टीमा सम्मानित नेताका रुपमा र केसी राष्ट्रिय जनमोर्चाका अध्यक्षका रुपमा राजनीतिमा सक्रिय छन् । अन्तरङ्ग कुराकानीका क्रममा नेता खनालले दरमखोलाका असला माछाको प्रसङ्ग उप्काए । केसीप्रति इङ्कित गर्दै खनाल भने, “कहिलकाहिँ उहाँ घण्टौँसम्म माछा मार्नुहुन्थ्यो, सँधै खुवाउनुहुन्थ्यो, त्यो दरमखोलाको माछा भनेको नेपालकै राम्रो र मिठो माछामा पर्दोरहेछ ।” उनले थपे, “दरमखोलाको असला माछा राणाकालमा पनि राणाजीहरुले ल्याएर खाँदारहेछन्, त्यहाँ अलि विशेष खालको, स–साना दहमा पनि प्रशस्त माछा पाइने के ।” यत्तिकैमा माछाको प्रसङ्ग सकिन्छ । कुराकानी अन्तै मोडिन्छ । पाँच दशकभन्दा अघिको सन्दर्भलाई लिएर पूर्वप्रधानमन्त्री, उपप्रधानमन्त्री जस्ता राज्यको उच्च आहोदोमा पुगेका व्यक्तिले सम्झिएको दरमखोलाको असला माछाको स्थिति अहिले के होला त ? उत्तर भने अप्रिय छ ! गलकोट नगरपालिका(९ का गोम रानाले सानैदेखि दरमखोलामा माछा मार्थे । जलारीका रुपमा उनको लामो अनुभव छ । रानाले जाल खेल्दा पहिलेझैँ माछा पर्न छाडेको धेरै भइसक्यो । उ बेलाको दरमखोलामा पाइने असला माछा यतिबेला भने लोपोन्मुख अवस्थामा रहेको उनले बताए । “विषादी हाल्ने, पासो थाप्ने र करेन्ट लगाउँदा असला माछा घट्दै गए”, रानाले भने, “कुनै दिन दरमखोलाबाट असला माछा हराएर जान्छ कि भन्ने पिर लाग्छ ।” अव्यवस्थित गिट्टीबालुवा झिक्ने, फोहोर फ्याँक्ने, खोला मासेर संरचना बनाउने जस्ता प्रवृत्तिले दरामखोलाका माछाको बासस्थान खल्बलिएको छ । असला माछाको मुख्य आहारा लेउ हो । लेउ लाग्ने ढुङ्गामा हिलो र फोहोर जम्न थालेपछि माछा पनि कम हुँदै गएको उनको अनुभव छ । दुषित पानीले पनि माछालाई हुर्कन र बढ्न नदिएको उनले सुनाए । सहरोन्मुख गलकोटमा आवादीसँगै खोलानालामा फोहोर र दुर्गन्ध एकैसाथ बढेका छन् । अनियन्त्रित नदीजन्य पदार्थको उत्खननका कारण पनि माछालगायतका जलचर सङ्कटमा छन् । माछाको अवैध सिकारलाई नियन्त्रण गर्न खोजिएपनि लुकिछिपी माछा मार्ने प्रवृत्ति रोकिएको छैन । पहिले माछा मार्न जाल खेल्ने, भुक थाप्ने र हत्केला खेल्ने चलन थियो । दरमखोलाको असला माछा मारेरै जीवन निर्वाह गर्ने परिवार पनि थिए । अहिले उनीहरु आयआर्जनको अर्को बाटो रोज्न बाध्य छन् । पहिलेझैँ ढुङ्गाको कुरमा हात छिराएपछि माछा हात लाग्ने स्थिति अहिलै छैन । दिनभर खोला चहारेर जाल हान्दा पनि मुस्किलले माछा पर्छन् । माछा लुक्ने कुर फोहोर, प्लाष्टिक, लुगाफाटाका टुक्रा र सिसाले भरिएको स्थानीयको गुनासो छ । मानिसले मरेका कुखुरासमेत खोलामा मिल्काउने गरेका छन् । चिसो, सफा र बगिरहेको पानी मन पराउने असला माछा हराउँदै जानुमा एउटा कारण खोला दुषित हुनु पनि हो । असला माछा कम हुँदै जाँदा मूल्य भने उकालो लागेको छ । एक किलो आलो असला माछा रू ११ सयसम्म बिक्री हुन्छ । सुकुटी माछा प्रतिकिलो रू १० हजारसम्म बिक्री हुन्छ । होटल, रेष्टराँमा त अझ महँगो पर्छ । पहिले माछा जति भनेपनि पाइन्थ्यो, भाउ सस्तो थियो । अहिले असला माछा पाउनै कठिन छ, भाउ भने छोइनसक्नु भएको स्थानीयको गुनासो छ । दरमखोलाछेउ बनाइएको तलाउमा ‘रेम्बो ट्राउट’सँगै असला माछाको व्यावसायिकपालन गर्दै आएका हुम थापाले असला माछालाई मानिसबाट जोगाउन स्थानीयस्तरमा सचेतना जगाउनुपर्ने बताउँछन् । केही वर्ष माछा मार्न रोक लगाएमा संरक्षणमा टेवा पुग्न सक्ने उनको विश्वास छ लापरवाहीका कारण दरमखोलाको असला माछा सङ्कटमा परेको थापाको बुझाइ छ । “विष प्रयोग गर्ने, करेन्ट लगाएर माछा मार्नेलाई कारवाहीको दायरामा ल्याउनुपर्छ, यसमा नगर र स्थानीय प्रशासनले कडाइ गर्नुपर्छ”, थापाले भने, “खासगरी खोला आसपासका बस्तीका युवालाई असला माछा संरक्षणको कुरा बुझाउनुपर्छ ।” मनपरी हिसाबले सिकार हुने र खोलानालाको पर्यावरण पनि बिग्रदै जाँदा रैथाने जातको असला माछा सँधैका लागि हराएर जाने उनको चिन्ता छ । दरमखोला मात्रै नभएर बागलुङको बडिगाड, ठेउलेलगायतका खोलानालामा पनि असला माछा मुस्किलले पाइन थालेका छन् । रेष्टुराँ व्यवसायीसमेत रहेका थापाले दरमखोलाको असला माछा ‘ब्राण्ड’ बनिसकेको बताए । होटल, रेष्टुँरामा पनि असला माछाको परिकार ग्राहकको रोजाइमा पर्ने गरेको छ । दरखोलाको असला माछाको सुकुटी विदेशमा समेत कोसेलीका रुपमा लिएर जाने चलन छ । पोखरा, काठमाडौं जस्ता सहरमा पनि दरमखोलाको असला माछा पुग्छ । मत्स्य अनुसन्धान केन्द्र पोखराका प्रमुख महम्मद इकवाल हुसेनले मानवीय गतिविधिले असला माछाको बासस्थान नष्ट भइरहेको बताए । “असला चिसो पानीमा हुने माछा हो, उसको प्राकृतिक वातावरण खल्बलिँदै गएकाले संख्या पनि घट्दो छ”, उनले भने, “बेलैमा संरक्षणको पहल नभए असला प्रजाति नै लोप हुनसक्छ ।” विष्फोटक पदार्थ, विषादी प्रयोग गरी माछा मार्ने प्रवृत्तिलाई नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ । “माछा मार्दा, नियन्त्रण गर्दा जलचर संरक्षण ऐन–२०१७ अनुसार गर्नुपर्छ, त्यसको उल्लङ्घन गर्नेलाई कारवाहीको दायरामा ल्याउनुपर्छ” प्रमुख हुसेनले भन्नुभयो । उनले असलालगायत स्थानीय जातका माछाको संरक्षणका लागि जनस्तरमा सचेतना जगाउनुपर्ने धारणा राखे । असला माछाले वनस्पतीजन्य सुक्ष्म जीव लेउ, पानीमा बस्ने जीव गंगटा, झिँगे माछा, शंखे किरा, जलीय झारपात र किराफट्याङ्ग्राको आहारा गर्ने मत्स्य विज्ञहरु बताउँछन् । खोलानालाको पानी दुषित भएमा असला माछालाई रोग लाग्ने गरेको उनीहरुको भनाइ छ । असला माछा उच्च तथा पहाडी भेगका नदीनाला र तालतलैयामा पाइन्छ । १० देखि १५ डिग्री तापक्रममा यो माछा बाँच्छ । असला स्वादिलो माछामा गनिन्छ । यसको शरीर कत्लाले ढाकिएको हुन्छ । असलाले चिसो र बग्ने पानी मन पराउँछ । यो माछाको १७ प्रजातिमध्ये नेपालमा ९ प्रजाति रहेको बताइन्छ । असला माछाले कात्तिक(मङ्सिर र माघ–फागुनमा प्रजनन गर्छ । मनिसलाई चाहिने प्रोटिनको भरपर्दो र सर्वोत्तम स्रोतका रुपमा असला माछालाई लिइन्छ । यो स्वादिष्ट र गुणकारी मानिन्छ । नेपालमा ६ सय देखि ३५ सय मिटरको उचाइसम्म असला माछा पाइन्छ ।रासस
सन्दीपलाई थुनामै राख्नुपर्ने मागसहित सर्वोच्चमा निवेदन काठमाडौँ। बलात्कारको आरोप लागेका सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेशलाई बदर तथा थुनामै राखेर मुद्दा पूर्पक्ष गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा आज निवेदन दर्ता भएको छ। नेपाल सरकारको तर्फबाट नायव महान्यायाधिवक्ताद्वारा दायर निवेदनमा उच्च अदालत पाटनको गत पुस २८ मा भएको आदेशमा प्रतिवादी लामिछानेलाई थुनामा राखी मुद्दा पूर्पक्ष गर्नुपर्ने उल्लेख छ। लामिछानेलाई उच्च अदालत पाटनले सर्तसहित रू २० लाख नगद धरौटी वा बैंक जमानत लिई तारेखमा राख्न आदेश दिएको थियो। निवेदनमा लामिछानेले प्रमाण नष्ट गर्न सक्ने पनि आशङ्का व्यक्त गरिएको छ।