content
stringlengths
31
27.4k
खुला राजनीतिमा रेशम चौधरी काठमाडौं। नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरी करिब आठ वर्षको जेलजीवनबाट मुक्त हुँदै खुला राजनीतिको बाटोमा आएका छन् । ७ भदौ २०७२ मा कैलालीको टीकापुरमा भएको थरूहट आन्दोलनका क्रममा ७ सुरक्षाकर्मी र एक नाबालकसहित आठ जनाको ज्यान गएको घटनामा मुख्य दोषी ठहर भई जन्मकैदको सजाय पाएका चौधरी करिब आठ वर्षको जेलजीवनबाट मुक्त हुँदै खुला राजनीतिको बाटोमा आएका हुन् । उनी सोमबार जेलजीवनबाट मुक्त भएका हुन् । जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालत गरी तीनै तहका अदालतबाट चौधरीलाई जन्मकैदको सजाय सुनाइएको थियो । चौधरीलाई सरकारले गणतन्त्र दिवसको अवसर पारेर राष्ट्रपति रामचन्द्र पौडेलबाट बाँकी कैदका लागि माफी दिएको हो । रिहाइ लगत्तै उनी गृह जिल्ला कैलाली पुगेका छन् । उनी कैलालीबाट सोमबार नै बर्दियासमेत पुगेका छन् । बर्दिया २ उनको बुवाको निर्वाचन क्षेत्र हो । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले चौधरीसहित ५ सय १ जनाको बाँकी कैद मिनाहा गर्ने निर्णय गरेको थियो । चौधरी रिहाइ हुँदै गर्दा स्वागतका लागि श्रीमती एवं नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरी, नेत्री एलिजा गौतमसहित पार्टीका नेता कार्यकर्ता र शुभेच्छुक डिल्लीबजार कारागार पुगेका थिए । उनको स्वागतका लागि सोमबार बिहानैदेखि डिल्लीबजार कारागारमा नेता, कार्यकर्ताको भीड लागेको थियो । मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति पौडेलले गणतन्त्र दिवसका अवसरमा चौधरीसहित १९ जनाको कैद सजाय माफी गरेका हुन् । यस्तै, अन्य ४ सय ८२ जनाकोसमेत बाँकी कैद माफी भएको छ । भुक्तान हुन बाँकी कैद छुट पाउनेमा ७ जना ज्येष्ठ नागरिकसहित अन्य ४ सय ८२ जना छन् । राष्ट्रपति पौडेलले विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम १९ जना व्यक्तिको कैद सजाय माफी गरेका हुन् । यसैगरी, नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ को दफा ३७ तथा ज्येष्ठ नागरिक ऐन २०६३ को दफा १२ बमोजिम मन्त्रिपरिषद्बाट आएका ४ सय ८२ जनाको कैदसमेत माफी गरेको राष्ट्रपति कार्यालयद्वारा आइतबार साँझ जारी विज्ञप्तिमा उल्लेख छ । दफा ३७ मा ५० प्रतिशत कैद भुक्तान गरेका र चालचलनमा सुधार आएका कैदीको सजाय माफी दिन सक्ने व्यवस्था छ । नेपालको संविधान २०७२ मा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट सजाय माफी हुने व्यवस्था छ । संविधानको धारा २७६ मा ‘राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानुनबमोजिम माफी, मुल्तवी, परिवर्तन वा कम गर्न सक्नेछ’ भन्ने उल्लेख छ । कैद माफी पाउनेमा कैलीलीको टीकापुर घटनासहित, मधेस आन्दोलनलगायतका आन्दोलनमा दोषी ठहर भएर जेलजीवन बिताउँदै आइरहेका व्यक्तिसमेत छन् । चौधरीका विषयमा सर्वोच्च अदालतले गत २ जेठमा मात्र यसअघि जन्मकैद सजाय गर्ने उच्च अदालत, दिपायलले गरेको फैसला सदर गरेको थियो । सर्वोच्च अदालतको सो फैसलालगत्तै चौधरीले पुनरावलोकनमा जाने वक्तव्य दिएका थिए। राजधानी  दैनिकबाट
null
null
पर्दामा कम देखिन्छन् ऐतिहासिक कथा काठमाडौँ। चलचित्रबाट देशको संस्कृति, भाषा र साहित्यसँगै पर्यटन क्षेत्र पनि प्रवर्द्धनमा मद्दत पुग्छ। दर्शकलाई सजिलै पात्र र कथावस्तुको वातावरणसँग जोड्न सक्नु निर्देशकको खुबी हो। पात्रसँग दर्शक ‘कनेक्ट’ भएपछि त्यसको प्रभाव बाहिर पनि पर्छ। अर्थात् अभिनेता वा अभिनेत्री विविध पहिरन लगाउने, खानेकुरा खाने र समाजमा आफ्नो विचार प्रस्तुत गर्ने काम पनि चलचित्रमा हुने भएकाले यसलाई समयको दस्तावेजका रूपमा समेत बुझ्ने गरिन्छ। अहिले निर्माण भइरहेका चलचित्रमा परिस्थितिसँगै वेषभूषा र त्यो समयको पनि चित्रण गरिएको हुन्छ। विदेशमा विगतमा भएका घटनाक्रमलाई लिएर चलचित्र निर्माण गर्ने प्रचलन बढ्दो छ। कुनै समय वा घटनालाई लिएर बनाइने ती चलचित्र त्यो समयलाई अहिलेको पुस्तासम्म पुर्याउनुका साथै इतिहासका लागि दस्तावेजको कामसमेत गर्छ। तर नेपालमा भने त्यस्ता कथामा कमै चलचित्र बन्ने गरेका छन्। सीमित बनेका चलचित्रले दर्शकको साथ नपाएको यथार्थ छ। सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरको ऐतिहासिक लडाइँमा आधारित रहेर बनेको चलचित्र ‘नालापानी’ गत वर्ष प्रदर्शन भयो। निर्माता तथा निर्देशक रिमेश अधिकारीले यो चलचित्रको सार्वजनिक प्रदर्शनको समयमा निर्माणका लागि नौ वर्ष खर्चिएको दाबी गरेका थिए। तर चलचित्रले न समीक्षा राम्रो पायो, न दर्शक नै। अर्थात् असफल भयो। “नेपालमा ऐतिहासिक विषयवस्तुमा बनेको चलचित्रलाई प्रोत्साहन वा प्रवर्द्धन गर्ने नीति नै छैन । हाम्रो कथा देखाउन कसैको साथ नपाउँदा लगानीसमेत सुरक्षित हुँदैन”, निर्देशक अधिकारीले भने, “चलचित्रको विकासका लागि विभिन्न संस्था खुले पनि निर्मातालाई प्रोत्साहन गरिदिने र सहज महसुस गराउने कुनै निकाय छैन। ठूलो लगानी चाहिने यस्ता चलचित्र एक्लो निर्माताको प्रयासले सम्भव हुँदैन।” उनी पुनः ऐतिहासिक विषय रहेको ‘कोत पर्व’ शीर्षकमा चलचित्र निर्माण गर्ने तयारीमा छन्। नामले नै विषयवस्तु प्रस्ट्याउने चलचित्र निर्माण गरेर दर्शकसम्म ल्याउन उनलाई सहज छैन। किनकि यस्ता विषयमा निर्माण लागत र समयको चित्रण खर्चिलो हुन जान्छ। विसं २०५४ मा निर्देशक किशोर रानामगरले लिगलिगका मगर राजाले छिमेकी राजासँग गरेको लडाइँमा आधारित रहेर चलचित्र ‘सीमारेखा’ निर्माण गरेका थिए। यसले भने व्यावसायिक सफलता समेत पाएको थियो । त्यसयता भने लामो समय ऐतिहासिक कथालाई पर्दामा ल्याउने आँट नेपाली निर्माता तथा निर्देशकले गरेका थिएनन्। तर पछिल्लो समय यो क्रम बढेता पनि लगातार असफलता प्राप्त भइरहेको छ। ‘नालापानी’ भन्दा अगाडि प्रदर्शन भएको तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा कीर्तिपुरमा गरेको आक्रमणलाई लिएर बनाइएको चलचित्र ‘कीर्तिपुरः द लिजेन्ड अफ कीर्तिलक्ष्मी’ पनि सफल हुन सकेन। वितरक करण श्रेष्ठले व्यावसायिकरूपमै यस्ता चलचित्र तयार गरिनुपर्नेमा जोड दिए। “कलात्मकरूपमा अब्बल रहँदै बन्ने त्यस्ता चलचित्रलाई व्यावसायिकरूपमा तयार गर्नु नै चुनौती रहेको छ। ऐतिहासिक घटनाक्रम समेटिएको पछिल्लो केही चलचित्रमा स्थापित अनुहार नदेखिनु दु:खद् हो”, वितरक करण श्रेष्ठले भने। त्यसो त नेपालमा अहिले कथालाई दर्शकसम्म पुर्याउन कलाकारको साथ आवश्यक देखिने गरेको छ। स्थापित निर्देशक नै कलात्मक चलचित्रमा समेत परिचित अनुहार नै रोज्ने गर्दछन्। अर्थात् अभिनय क्षमतासँगै बजारको माग पनि कारण बन्ने गरेका छन्। परिचित अनुहारलाई अभिनय गराउँदा प्रचार–प्रसारमा सहयोग पुग्ने निर्देशक ज्ञानेन्द्र देउजाले बताए। “हामीलाई चाहिने पात्र सुहाउँदो कलाकार हो। यद्यपि कहिलेकाहीँ बजारले समेत हामीलाई निर्देशन गर्छ”, निर्देशक देउजाले भने। ऐतिहासिक घटनाक्रममा चलचित्र निर्माण कमी हुनुमा लगानीकर्ता र त्यसलाई प्रस्तुत गर्न चाहिने बजेट र चलचित्रको बजारलाई उनले कारक देखेका छन्। “भारतमा केही समयदेखि उनीहरूले आफ्ना घटनाक्रमलाई पर्दामा ल्याइरहेका छन्। ती चलचित्रमा पहिलेको तुलनामा दर्शक पनि बढेका छन्। तर त्यहाँ बजार र लगानीकर्ता दुवै छन्। हामीले सीमित स्रोत साधनमा काम गर्नुपर्छ”, निर्देशक देउजाले भने। उनले कृतिमा आधारित चलचित्र ‘मुना मदन’ र ‘झिङ्गेदाउँ’ निर्देशन गरेका छन्। नेपालमा कृति र ऐतिहासिक घटनाक्रमबाट चलचित्र बन्ने क्रम विस्तारै बढे पनि त्यस्ता चलचित्रले व्यावसायिक सफलता नपाउँदा सोचेजस्तो संख्यामा बन्न सकेको छैन। साथै बितेको समयलाई पर्दामा देखाउन सहज नरहेको निर्देशक मिलन चाम्सले बताए। गोर्खालीको वीरगाथालाई पर्दामा ल्याउन उनले केही समययता संघर्ष गरिरहेका छन्। उनको निर्माण तथा निर्देशन ‘गोर्खा वारियर’ तयार भइरहेको छ। छायांकन र प्रदर्शन दुवैमा उस्तै संघर्ष गर्नुपरेको उनले बताइन्। “छायांकनमै तीन वर्षभन्दा बढी समय खर्चिएँ, प्राविधिक कार्यका लागि नेपालदेखि भारतसम्मका प्राविधिको प्रयोग गरेको छु”, उनले भने। आफैँ पूर्वगोर्खा सैनिक रहेका निर्देशक चाम्सले १० वर्ष अगाडिदेखि नै गोर्खालीको वीरताको कथालाई पर्दामा उतार्ने प्रयास गरिरहेका छन्। तर आफैँ नयाँ भएकाले त्यो आँट गरेनन्। चलचित्रमा गोर्खालीले लडेको ‘मलाया युद्ध’लाई देखाइएको छ। गोर्खाली सैनिक जंगल युद्धमा अन्य भन्दा राम्रो मानिने भएकाले पनि यो कथा रोजेको उनले जानकारी दिए। “गोर्खालीसँग जंगल युद्धमा अरु सेनाले आट्ने काम नै गर्दैनन्। साथै जङ्गल युद्ध देखाउँदा हाम्रो बजेटले पनि साथ दिने भएकाले यहीँ कथा रोजेका हौँ”, निर्देशक चाम्सले भने। भूतपूर्व गोर्खालीसँगै अहिले सेवामा रहेकासम्मलाई भेटेर मलाया युद्धको बारेमा बुझी कथा तयार गरेपछि चलचित्रमा त्यो समयलाई पर्दामा देखाउन भने निकै सकस भएको अनुभव छ, निर्देशक चाम्ससँग। सम्बन्धित निकायबाट सङ्ग्रहालयमा भएका पुराना सामान नपाउँदा आजभन्दा ८० वर्ष अगाडिको समय देखाउन चुनौती नै थियो। “बेलायत र भारतबाट केही सामग्री पाए पनि त्यो पर्याप्त थिएन । मलाई समान जुटाउन नै एक वर्ष लाग्यो”, निर्देशक चाम्सले भने। यसको छायांकन १८ दिन मलेसिया र ५० दिन सिन्धुलीमा गरिएको छ। देशले गर्व गर्न सक्ने कथालाई पर्दासम्म ल्याउने क्रममा नीतिगतसँगै संस्थागत सहयोगको आवश्यकता निर्देशक चाम्सले बताए। “व्यावसायिक चलचित्रमा लगानी गर्ने जति पनि पाइन्छ तर जोखिमयुक्त ऐतिहासिक विषयमा लगानी गर्ने लगानीकर्ता पाउन गाह्रो छ। त्यसैले यस विषयमा सम्बन्धित सङ्घसंस्थासँगै राज्यले समेत सोच्नुपर्छ”, उनले भने। बेलायतको लण्डनको लिसेस्ट स्क्वायरस्थित आइम्याक्स प्रविधिजडित सिनेवल्र्डमा निर्देशक चाम्सले ‘गोर्खा वारियर’को प्रिमियर गर्दै छन्। भदौ २४ अर्थात् १० सेप्टेम्बरमा हुने प्रिमियरमार्फत विश्वभर नेपाली चलचित्र र वीरताको गाथा गुञ्जिने विश्वास उनको छ। “पूर्वसैनिक भएकाले पनि यो मेरो लागि चलचित्र मात्र होइन। यसको सफलताले हामीलाई आगामी दिनमा यस्तो चलचित्र निर्माण गर्न प्रेरित गर्नेछ। साथै नेपाली चलचित्र विश्वलाई देखाउने सपना छ”, निर्देशक चाम्सले भने। नेपालमा ऐतिहासिक घटनाक्रमलाई आधार बनाएर निर्माण गरिने चलचित्रमा लागत समस्या बन्ने गरेको छ। कम लागतमा महत्वपूर्ण विषयलाई पर्दामा महसुस गर्न नसक्दा दर्शकको उपस्थिति चलचित्र भवनमा कम देखिन्छ। यस्ता चलचित्रको आगामी बाटो तय गर्ने संकेत ‘गोर्खा वारियर’को सफलता वा असफलताले दिनेछ। – रासस
भौतिक प्रगतिको रटानले भ्यूटावर खडा गर्न उस्काउँछ तर मान्छे बिर्साउँछः विश्वप्रकाश शर्मा काठमाडौं। सांसद विश्वप्रकाश शर्माले मुलुकको आर्थिक चुनौतीलाई पार लगाउन सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०\८१ नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद शर्माले भने, “हिजो परिवर्तनका लागि एक ठाउँमा उभिएका राजनीतिक दलहरू आजको आर्थिक चुनौतीलाई पार लगाउन एक ठाउँ उभिन जरुरी छ । गणतन्त्र १५ वर्ष पुग्दै गर्दा आत्मसमीक्षा गरेर हामीले यसलाई आत्मसाथ गर्नुपर्छ।” उनले नीति तथा कार्यक्रमले नागरिकलाई केन्द्रमा राख्नुपर्ने बताए। “भौतिक प्रगतिको रटानले मात्रै हामीलाई भ्यूटावर खडा गर्न उस्काउँछ तर मान्छे बिर्साउँछ । भ्यूटावरका लागि रु डेढ अर्ब छुट्याउँदै गर्दा धनुषामा डेढ सय रुपैयाँको स्लाइनपानी लाउनसमेत नपाएर राजु सदाको मृत्यु भइरहेको छ”, उनले भने । सांसद शर्माले २००७ सालदेखिकै भ्रष्टाचारका फाइल खोली अनुसन्धान सुरु गरे। सांसद शर्माले झापाको दमकमा रहेको सुकुम्बासीको समस्या समाधान गर्न आग्रह गरे। उनले सुकुम्बासीलाई लालपुर्जा उपलब्ध गराउन मागसमेत गरे। रासस
कांग्रेस प्रचार विभाग प्रमुखमा मीन विश्वकर्मा मनोनित काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागको प्रमुखमा केन्द्रीय सदस्य मीन विश्वकर्मालाई मनोनयन गरेका छन् । पार्टी प्रवक्ता डा. प्रकाशशरण महत अर्थमन्त्री बनेपछि सभापति देउवाले प्रचार विभाग प्रमुखमा विश्वाकर्मालाई मनोनयन गरेका हुन् । कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा २५ (९) र धारा ३७ (१) (ग)अनुसार विश्वकर्मालाई प्रचार विभाग प्रमुखमा मनोनयन गरिएको हो ।
सरकारको बजेटमा नै नीति तथा कार्यक्रमलाई गाभ्नुपर्छ: स्वर्णिम वाग्ले (भिडियो) काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा स्वर्णिम वाग्लेले सरकारको बजेटमा नै नीति तथा कार्यक्रमलाई गाभ्न सुझाव दिएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा वाग्लेले नीति तथा कार्यक्रममा रहेको बिषयबस्तु बजेटमा समेत समावेश हुने भएकाले यसलाई नीति तथा कार्यक्रमलाई गाभ्न सुझाव गरे। बजेटमा छुट्टाइएका रकमहरु नीति तथा कार्यक्रमको कुनै दफामा टेकेर आएको छ भनेर पुष्टि भयो भने मात्रै उत्तरदायित्व हुने नभए कालो अक्षरको थुप्रो मात्रै हुने उनले बताए। नीति, नियत र क्षमताका आधारमा यथार्थपरक, विश्वसनिय र आशा जगाउने खालको बजेट ल्याउन उहाले सरकारलाई सुझाव दिए । वाग्लेले दोहनकारी राज्य नीति, विकृत निर्माण व्यवसायी र राजनीतिको खराव गठजोड तोड्नका लागि सिर्जनशील भएर अगाडि जानुपर्ने धारणा राखेका छन्। त्यस्तै उनले सरकारले लिने लक्ष्य पुरा गर्नका लागि कार्ययोजना बनाएर नै कार्यक्रमलाई अघि बढाउन सुझाव पनि दिए। हेर्नुहोस् भिडियो:
सफा हिमाल अभियानका सरदार शेर्पासहित तीन आरोहीको निधन काठमाडौं। सफा हिमाल अभियानकर्ता आङकाजी शेर्पासहित तीन आरोहीको निधन भएको छ। सफा हिमाल अभियान-२०२३ का सरदारसमेत रहेको शेर्पाका सोमबार निधन भएको हो। उनी बिगत तीन वर्षदेखि सफा हिमाल अभियानमा नेतृत्वदायी भूमिकामा थिए। ओखलढुंगा निवासी शेर्पा सगरमाथाको बेस क्याम्प-२ मा क्याम्प म्यानेजरको भूमिकामा रहँदै गर्दा उनी अचेत हुन पुगेका थिए। सफाइ अभियानमा प्रयोग गरिएका सामानहरु फिर्ता गर्ने तयारी गर्दैगर्दा अचेत अवस्थामा पुगेका शेर्पाको सोमबावार निधन हुन पुगेको नेपाली सेनाले जनाएको छ। उनको पार्थिव शरिरलाई जेठ ८ गते नेपाली सेनाको हेलिकोप्टरद्वारा लुक्लाबाट काठमाडौं ल्याइ पोष्टमार्टम गरी परिवारजनलाई बुझाइएको छ। उनीसहित निधन भएका थप दुई शेर्पाको पार्थिब शरिर पनि परिवारजनलाई बुझाइएको छ।
कोशी प्रदेशको बजेट अधिवेशन जेठ १४ देखि विराटनग। कोशी प्रदेशको मन्त्रिपरिषद् बैठकले दोस्रो तथा बजेट अधिवेशन जेठ १४ गतेका लागि आह्वान गर्ने निर्णय गरेको छ । प्रदेश प्रमुख परशुराम खापुङलाई बजेट अधिवेशन बोलाउन सिफारिस गर्ने मन्त्रिपरिषदको निर्णय सोमबार नै जानकारीका लागि पठाइसकेको कोशी प्रदेश सरकारका प्रवक्ता भक्तिप्रसाद सिटौलाले बताए । प्रदेश प्रमुख खापुङले प्रदेश अधिवेशन आह्वान गरेको जानकारी कोशी प्रदेशको प्रदेश सभालाई जानकारी गराएपछि प्रदेश अधिवेशन सुरु हुनेछ । अधिवेशनले पूर्व बजेट छलफल प्रारम्भ भई सरकारको नीति तथा कार्यक्रम पेस हुने छ । त्यस्तै बजेट अधिवेशनमा आगामी आर्थिक वर्ष २०८०–८१ को वार्षिक बजेट सरकारले पेस गर्ने छ ।
श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रामिक बृद्धि गर्न सरकारसमक्ष सिफारिस काठमाडौं। न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रामिक बृद्धि गर्न सरकारसमक्ष सिफारिस गरेको छ । आइतबार सिंहदरबारमा समितिले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई प्रतिवेदन बुझाउदै श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रामिक ४० प्रतिशतले बृद्धि गर्न सिफारिस गरेको हो । त्यस्तै सञ्चार प्रतिष्ठानमा कार्यरत जनशक्तिले सेवा सुविधा पाए नपाएको तथ्य पत्ता लगाउन प्रभावकारी अनुगमन गर्न आवश्यक बजेट र जनशक्तिको व्यवस्था हुनुपर्ने समितिले जनाएको छ । सेवा तथा सुविधा सम्बद्ध सञ्चार प्रतिष्ठानले कार्यान्वयनमा ल्याए नल्याएकोे अध्ययन गरि आवश्यक कारवाही गर्न समितिलाई थप अधिकार दिनुपर्ने प्रतिवेदनमा उल्लेख छ । समितिको प्रतिवेदन बुझ्दै मन्त्री शर्माले समितिले सिफारिस गरेको न्यूनतम पारिश्रामिक लागू गर्न सरकार तयार रहेको जानकारी दिएकी छिन्। मन्त्री शर्माले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गराउन बाध्यकारी बनाउनुपर्ने उल्लेख गकी छिन्। उनले सरकारको नीति तथा कार्यक्रममा समानुपातिक विज्ञापन प्रणालीको विषय राखिएकाले सरकारले लोककल्याणकारी विज्ञापन कटौती गर्न नखोजेको जानकारी दिएकी छिन्। । त्यस्तै समितिले ऐन कार्यान्वयन नगर्ने प्रतिष्ठानले कुनै पनि सरकारी सूचना प्रकाशन-प्रशारण गर्न नपाउने व्यवस्था गर्नुपर्ने सुझाव दिएको छ भने सञ्चार प्रतिष्ठान सञ्चालनका लागि सूचना वा विज्ञापनको समानुपातिक वितरण एकद्वार प्रणालीमार्फत कार्यान्वयन गराउनुपर्ने सुझाव पनि दिएको छ । हेनुहोस् भिडियो:
तोरीको तेलमा लागेको १३ प्रतिशत मूल्य अभिवृद्धि कर खारेज गर्न माग काठमाडौं। नेपाल चामल तेल दाल उद्योग संघले तोरीको तेलमा लागेको १३ प्रतिशत मूल्य अभिवृद्धि कर खारेज गर्न माग गरेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले अवैधानिक तरिकाबाट अत्याधिक रुपमा भित्रिएको तोरीको तेलका कारण नेपालका स्वदेशी उद्योगहरु बन्द भएको भन्दै स्वदेशी उत्पादनलाई प्रोत्साहन तथा सहुलियत दिनका लागि १३ प्रतिशत मूल्य अभिवृद्धि कर खारेज गर्न माग गरेको हो । संघले चामल, तेल र दाल मिल कृषि उद्योग भएकाले कृषि उद्योगले पाउने सुविधा पाउनुपर्ने र रातो बासमती विदेश निकासी खुल्ला गर्न पनि माग गरेको छ । त्यस्तै दाल निकासी गर्दा लाग्ने प्रतिकेजी १ निकासी शुल्क हटाउनुपर्ने, तयारी दालको सट्टा कच्चा दाल आयात गर्नुपर्ने, स्वदेशी दाल उद्योग संरक्षण गर्न तयारी दाल आयात गर्दा १.५ प्रतिशत एडभान्स इन्कम ट्याक्स लगाउनुपर्ने संघका अध्यक्ष सुवोध कुमार गुप्ताले बताए। उनले सरकारले कृषि अनुदान र कृषि संरक्षण नीति निर्माण गरि स्वदेशी कृषि उद्योग संरक्षणका साथै रोजगारी लगाएतका पूर्वाधारहरुको सृजना गर्न आगामी बजेटमार्फत मार्गप्रशस्त गर्न अनुरोध गरेको छ । हेर्नुहोस् भिडियो:
एक सातामै सवारी चालक अनुमतिपत्र पाउने व्यवस्था हुन्छ: यातायात मन्त्री ज्वाला भक्तपुर। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिने झन्झटिलो प्रक्रियाको अन्त्य गर्दै अब एक हप्ताभित्र प्राप्त गर्ने व्यवस्था गर्न लागिएको बताएका छन्। पूर्व अरनिको यातायात प्रालिले आजदेखि सञ्चालनमा ल्याएको निःशुल्क स्कुल बस सेवाको उद्घाटन गर्दै उनले सवारी चालक अनुमतिपत्र प्राप्त गर्ने सम्पूर्ण झन्झटिलो व्यवस्थाको अन्त्य गर्न आफू लागिरहेको बताए। मन्त्री ज्वालाले भने, “सवारी चालक अनुमतिपत्र लिन घण्टौँ लाइन बस्नुपर्ने, सेवाग्राहीले धेरै झन्झट व्यहोर्नुपर्ने, चालक अनुमतिपत्र लिन एक वर्ष कुर्नुपर्नेजस्ता यहाँभित्रका धेरै बेथिति केलाएका छौँ, त्यसको अब अन्त्य गर्छौँ, अब हप्ता दिनमै सवारी चालक अनुमतिपत्र पाउने व्यवस्था गर्दैछौँ ।” नागरिकले सवारी चालक अनुमतिपत्र समयमै प्राप्त गर्नका लागि थप प्रिन्टर मेसिन खरिद गरेर लामो लाइनमा बस्नुपर्ने र लामो समय कुनुपर्ने अवस्थाको अन्त्य गर्ने प्रक्रिया अगाडि बढाएको उनले बताए । कतिपय व्यवस्थालाई परिवर्तन गर्न कानुन नै बाधक बन्ने र त्यस्ता कानुनलाई संशोधन गरेर सहज बनाउँदै लानुपर्ने बताउँदै मन्त्री ज्वालाले भने, “अहिले सवारी चालक अनुमतिपत्रको नवीकरण पाँच वर्षमा गर्नुपर्ने कानुनी व्यवस्था छ, त्यसलाई संशोधन गरी १० वर्ष पुर्याउने भएका छौँ, त्यसको प्रक्रिया पनि अगाडि बढाएका छौँ, स्मार्ट लाइसेन्सको अवधि २० वर्ष तर नवीकरण गर्नुपर्ने व्यवस्था पाँच वर्षमा गर्दा व्यवहारिक पनि भएन, त्यसैले अब नवीकरणलाई १० वर्षमा गर्ने व्यवस्था गर्न लागेका हौँ ।” सडक पूर्वाधारमा लगानी बढाएर रोजगारीका अवसर सिर्जना गरी राष्ट्रलाई समृद्धितर्फ लैजान आफू लागिरहेको बताउँदै मन्त्री ज्वालाले अर्थतन्त्रमा आएको सङ्कटका कारण पूर्वाधारका क्षेत्रमा लगानी बढाउन नसक्ने अवस्था आए पनि जनतासँग प्रत्यक्ष जोडिने सडक भएकाले सडक क्षेत्रमा लगानी बढाउने प्रयास सरकारले गरिरहेको बताए । आफू मन्त्री भएर आएदेखि नै सडकलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै उनले अलपत्र र रुग्ण अवस्थामा रहेका सडकका योजनालाई टुङ्गोमा पुर्याउन मन्त्रालयले समयमै गुणस्तरीय सडक निर्माण गर्न अभियान नै थालेको बताए। उनले सार्वजनिक सवारी सुरक्षित, भरपर्दो र थप सेवामुखी बनाउन प्रतिबद्धताका साथ काम गरिरहेको भन्दै यातायात क्षेत्रमा रहेका अव्यवस्था र जटिलतालाई सुुधार्न मन्त्रालयले थालनी गरेको बताए। सडक पूर्वाधार राम्रो नहुँदासम्म यात्रुले सुविधा पाउन नसक्ने भन्दै उनले सडकलाई राम्रो बनाउने र दुर्गम ठाउँसम्म सुरक्षित सवारी सेवा पुर्याउन सडक पूर्वाधारमा लगानी बढाउनुपर्नेमा जोड दिए। मन्त्री ज्वालाले भने, “मन्त्रालयको बढी चासो सडकको स्तर राम्रो र सार्वजनिक सवारीसाधन सुरक्षित गर्नतर्फ रहेको छ, सवारी दुर्घटनाको कहालीलाग्दो अवस्थाको अब अन्त्य हुनुपर्छ, सकेसम्म दुर्घटना नै नहोस्, भइहाले पनि कोही यात्रुको ज्यान नजाने अवस्था सिर्जना गर्नुपर्छ, त्यसका लागि सबै निकायसँग सहकार्र्य र समन्वय आवश्यक छ ।” ट्राफिक व्यवस्थापनमा कडाइ गर्नुपर्ने तर यसका नाममा सवारी चालकले अनावश्यक दुःख पाउने अवस्था सिर्जना हुनु हुँदैन भन्दै उनले ट्राफिक प्रहरीले सहजीकरण र कडाइ दुवै गर्नुपर्ने बताए । मन्त्री ज्वालाले यातायात व्यवस्थासँग जोडिएका सवालमा यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, सम्बन्धित सरोकारवालाले समन्वयात्मक ढङ्गले छलफल गर्दै समस्याको निकास निकाल्नुपर्ने औँल्याए। यातायात व्यवस्थालाई सुधार र सुदृढ गर्न तथा भरपर्दो एवं सुरक्षित बनाउनका निम्ति सम्बन्धित सवालमा मन्त्रालयको सीमाभित्र रहेर महानगरपालिका, नगरपालिका ट्राफिक प्रहरी र अन्य मन्त्रालय तथा निकायसँग जोडिएर समन्वयन गरिरहेको उनले बताए। कार्यक्रममा पूर्व अरनिको यातायात प्रालिका अध्यक्ष केदार खत्री क्षेत्रीले विगत ५० वर्षदेखि कोटेश्वरपूर्वका जिल्लामा सार्वजनिक यातायातको सेवा दिँदै आएको प्रालिले श्रमिकका छोराछोरीका लागि निःशुल्क पठनपाठनको व्यवस्था गर्दै आएको र आजदेखि तिनै मजदुरका छोराछोरीका लागि निःशुल्क चारवटा स्कुल बस सञ्चालनमा ल्याएको बताए । चालक, सहचालकका छोराछोरीलाई निःशल्क पठनपाठनको व्यवस्था गर्दै आएकामा आजदेखि निःशुल्क बस सेवा सञ्चालन गरेको बताउँदै उहाँले मजदुरका छोराछोरी पनि डाक्टर, इञ्जीनियर बनाउन लागिरहेको बताए। उनले भने, “कोटेश्वरपूर्वका लागि जडीबुटीमा १४ रोपनी जग्गा भाडामा लिएर रु तीन करोडको लगानीमा १५ वर्षका लागि बसपार्क बनाउँदैछौँ, तर काठमाडौँ महानगरपालिकाले टिकट काउन्टर र यात्रु चढ्ने तथा ओर्लन नपाउने निर्णय गरेर जटिलता ल्याएको छ, महानगरले गर्दा जडीबुटीबाट कोटेश्वरसम्म बिहान ५ बजे यात्रुहरू अलपत्र पर्ने गरेका छन् ।” कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई, काठमाडौँ उपत्यका ट्राफिक महाशाखाका प्रमुख पोषराज पोखरेललगायतले यातायात व्यवस्थाभित्र रहेका समस्यालाई समाधान गर्न आवश्यक रहेको औँल्याए । त्यस अवसरमा दुर्घटनामा निधन भएका अरनिको यातायात प्रालिका बस चालक कृष्णराम कोजूकी पत्नी लक्ष्मी कोजूलाई प्रालिको तर्फबाट रु १० लाख सहयोग रकम हस्तान्तरण गरिएको थियो । रासस
हिमाल दोलखा हाइड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने काठमाडौँ। हिमाल दोलखा हाइड्रोपावर कम्पनीले २२ जेठदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको ७५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो। अर्थात् कम्पनीले हाल कायम १ कित्ता सेयर बराबर नयाँ ०.७५ कित्ता सेयर निष्कासन गर्न लागेको हो। यसअनुसार कम्पनीले १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँअंकित मूल्यका १ करोड २० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले २७ वैशाखमा  बुकक्लोज गरेको थियो। यसअनुसार २६ वैशाखसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद सेयरमा १० असारसम्म आवेदन दिन सकिनेछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ। हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ६० करोड रुपैयाँ रहेको छ। हकप्रद निष्कासन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड रुपैयाँ पुग्नेछ।
प्रयोग नभएका स्वास्थ्य उपकरण फिर्ता लिई अर्को अस्पतालमा पठाउनेछौं: स्वास्थ्य मन्त्री (भिडियो) काठमाडौं ।  स्वास्थ्य मन्त्रालयले दुई बर्षसम्म पनि प्रयोग नभएका स्वास्थ्य उपकरणहरुलाई फिर्ता लिई आवश्यकता अनुसार अर्को अस्पतालमा पठाउने भएको छ । स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै कुनै अस्पतालमा दुई बर्षसम्म पनि प्रयोग नभएका वा प्रयोग हुन नसक्ने स्वास्थ्य उपकरणहरुलाई स्वास्थ्य सेवा बिभागले फिर्ता लिई आवश्यकता अनुसार अर्को अस्पताललाई मन्त्रालयको सहमतिमा हस्तान्तरण गरिने जानकारी दिए। त्यस्तै उनले स्थान नभएर वा जनशक्ति नभएर पनि उपकरण खरिद गरेका अस्पताललाई स्पष्टिकरण सोधिने जानकारी दिए । अव स्वास्थ्य उपकरणहरु खरिद गर्दा न्युनतम सेवा मापदण्डले औल्याए अनुसारका सामाग्री मात्रै मन्त्रालयको समन्वयमा खरिद गर्ने, प्रत्येक अस्पताललाई आगामी २ बर्षको कार्ययोजना बनाएर पेश गर्न लगाउने र सो अनुसार आवश्यक उपकरण मात्रै खरिद गर्ने मन्त्री बस्नेतले बताए। उनले स्वस्थ्य सेवा बिभागलाई खरिद एवं वितरण प्रक्रियालाई थप व्यवस्थीत गर्न र सवै अस्पतालको उपकरण जाँच गर्न निर्देशन दिएको पनि उल्लेख गरे । मन्त्री बस्नेतले सवै संघीय अस्पतालमा ओपीडी अनलाई टिकट लिने व्यवस्था १५ दिनभित्र मिलाउन निर्देशन दिएको बताए। मन्त्री बस्नेतले आफ्नो जेनेभा भ्रमणका क्रममा स्वास्थ्य क्षेत्र सम्बन्धी काम गरिरहेका बिभिन्न मित्र राष्ट्रहरु दाताहरु तथा सम्बद्ध निकायहरुसंग पनि भेट गर्ने र नेपालको स्वास्थ्य क्षेत्रको बिकास र विस्तार एवं सुधारका बारेमा छलफल हुने जानकारी दिए। हेर्नुहोस् भिडियो:
null
१७ बर्षदेखि बाँकी रहेको शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्याउनुपर्छ: कानुनमन्त्री गुरुङ {भिडियो} काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले शान्तिप्रक्रियालाई निष्कर्षमा पुराउनका लागि सवैले योगदान गर्नुपर्ने बताएका छन्। सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानवअधिकार समिति बैठकमा मन्त्री गुरुङले १७ बर्ष देखि बाँकी रहेका शान्ति प्रक्रियाका कामलाई निष्कर्षमा पुराउनका लागि सरकार र दलबिशेषमात्रै नभई सवैले योगदान गर्नुपर्ने बताएका हुन्। शान्तिप्रक्रियाको बिषय सवै दलहरुको साझा बिषय भएकाले सवैसंगको समझदारीमा नै यसलाई निष्कर्षमा पुराउने उनले बताए । त्यस्तै सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी संशोधन विधेयकको मस्यौदाबारे जानकारी दिदै मन्त्री गुरुङले छानविन प्रतिवेदनका आधारमा पिडितलाई न्याय दिने बताए । उनले संक्रमणकालीन न्यायसंग सम्बन्धी बिषयमा प्राप्त हुने सुझावले यस बिधेयकलाइ थप समृद्ध बनाउने विश्वास व्यक्त गरे। उक्त विधेयकमाथि समितिको अर्को बैठकबाट छलफल सुरु हुने बताइएको छ । बैठकले समितिको कार्यविधिलाई पारित गरेको छ । कार्यविधिमा विना जानकारी ५ पटकसम्म बैठकमा अनुपस्थीत हुने सांसदलाई निष्कासन गर्ने सक्ने व्यवस्था समावेश गरिएको छ । हेर्नुहोस् भिडियो:
प्रहरी कर्मचारीद्वारा सगरमाथाको सफल आरोहण काठमाडौं। अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)को १००औँ सदस्यता प्राप्त गरेको नेपालले इन्टरपोलको शताब्दी वर्ष भव्यताका साथ मनाउने क्रममा नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै पहिलो पटक प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपालीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेका छन्। उक्त अवसरमा आरोही नेपालीले सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झण्डासहित नेपाल प्रहरी तथा इन्टरपोलको झण्डा फहराउन सफल भएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरबाट २०७९ चैत ३० गते आवश्यक निर्देशन तथा शुभकामनासहित उक्त झण्डा हस्तान्तरण गरी प्रहरी वरिष्ठ नायब निरीक्षक पुरुषोत्तम नेपालीसहितको आरोहण दललाई विदाई गरेका थिए। टोली २०८० वैशाख २ गते काठमाडौँबाट आरोहणका लागि प्रस्थान गरेको थियो । पहिलो पटक विसं २०३१ मा नेपाल प्रहरीको नौ सदस्यीय टोलीले छ हजार नौ सय २० मिटर उचाइको टुकुचे हिमाल सफलतापूर्वक आरोहण गरेको थियो । साथै २०३३ असोज १६ गते नेपाल प्रहरी कर्मचारीको २७ सदस्यीय टोली र २०४१ भदौ २६ गते नेपाल प्रहरी महिला दलको ३१ सदस्यीय टोलीले छ हजार एक सय १९ मिटर उचाइको लोबुचे हिमाल सफलातापूर्वक आरोहण गरेको थियो । नेपाल प्रहरीले विगतमा सगरमाथाको सरसफाइ अभियान तथा विभिन्न हिमाल आरोहण सफलतापूर्वक गरेको सन्दर्भमा यस्ता प्रेरणादायी एवं साहसिक कार्यले भविष्यमा निरन्तरता पाउने विश्वास नेपाल प्रहरीले लिएको छ । यस आरोहणले इन्टरपोलको शताब्दी वर्ष भव्यतापूर्वक मनाईएको सन्देश विश्वसामु प्रवाह हुनुका साथै नेपाल लगायत इन्टरपोलका सदस्य राष्ट्रहरुको अपराधिक क्रियाकलापविरुद्ध ऐक्यबद्धता रहेको र नेपाल प्रहरीको यस सफल आरोहणले विश्वभरका पर्वतारोही पर्यटकमा थप सुरक्षाको अनुभूति दिलाउनुका साथै नेपालको पर्यटन प्रवद्र्धन भई अर्थतन्त्रमा समेत टेवा पुग्ने विश्वास लिइएको छ।
सर्वोच्च अदालतलाई सदा सम्मान गर्छु, फैसला स्वीकार्नुको विकल्प छैनः रेशम चौधरी काठमाडौं। नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक तथा टीकापुर घटनाका अभियुक्त रेशम चौधरीले सर्वोच्च अदालतले गरेको फैसला स्वीकार्नुको विकल्प नभएको बताएका छन् । उनले आज एक विज्ञप्ति प्रकाशित गरी आफूमाथिको जन्मकैदको सजाय सदर गर्ने सर्वोच्च अदालतको फैसला न्यायिक नभए पनि स्वीकार्नुको विकल्प नभएको बताएका हुन्। विज्ञप्तिमा उनले भनेका छन्, “मिति २०८० जेठ २ गते सम्माननीय सर्वोच्च अदालतले गरेको फैसलामा मप्रति न्यायिक नहुन सक्छ, तर त्यसो भन्दैमा स्वीकार्नुको विकल्प हुन्न, हामी सम्मानित अदालतलाई सदा सम्मान गर्छौं, साथै सम्मानित अदालतलाई सबैले उत्तिकै सम्मान गर्नुपर्दछ, म डिल्लीबजार कारागारमा धैर्य, सहनशीलताका साथ कैद भुक्तान गरिरहेको छु । स्वस्थ छु । रत्तिभर मन विचलित छैन । अहिले टीकापुर घटनाको फैसलालाई अनर्गल बनाउँदै जथाभावी सामाजिक सञ्जालमा जे पायो त्यही पोस्ट नगर्न हुन अनुरोध गर्दछु ।” आफूलाई अझै सर्वोच्च न्यायालयप्रति भरोसा रहेको उनको भनाइ छ । “हामी अझै न्यायिक पर्खाइमा छौँ । त्यसैले सबैलाई सम्मानित सर्वोच्च अदालतको सम्मान गर्न अनुरोध गर्दै यो विज्ञप्ति जारी गरेको छु”, आफू पुस्तक लेखिरहेको भन्दै केही दिनमा ‘धरातल’ नामक पुस्तकका आउने उनले जानकारी गराएका छन् । लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग यसैबीच नाउपाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ । सो पार्टीले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको हो । उक्त आयोगको प्रतिवेदन सार्वजनिक नगरे आफूहरू चरणबद्धरूपमा आन्दोलन गर्न बाध्य हुनेसमेत सो पार्टीले जानकारी दिएको छ । पार्टीका वरिष्ठ उपाध्यक्ष पण्डितद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “हिजोको सम्मानित अदालतको फैसला न्यायमूर्तिको निर्णय स्वीकार्य छ, तर यो राजनीतिक मुद्दा हो, अदालती होइन । आजका सबै राजनीतिक दलका शीर्ष नेतृत्वले आफ्नो विगत फर्केर हेर्न अनुरोध गर्दै टीकापुर घटना राजनीतिक भएकाले राजनीतिक हिसाबले नै हल गर्न अनुरोध गर्दछौँ ।” विसं २०७२ मा संविधान जारी गर्दा त्यसको विरोधमा मधेस तथा थरुहटमा भएको आन्दोलनका क्रममा सरकारी पक्षको दमनबारे अध्ययन गर्न सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा आयोग गठन गरेको थियो ।
‘स्वदेशी समिट २०२३’: लगानीमैत्री वातावरण बनाउनका लागि सरकार प्रतिवद्ध (भिडियो) काठमाडौं। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले लगानीमैत्री वातावरण बनाउनका लागि सरकार प्रतिवद्ध रहेको बताएका छन्। मंगलबार काठमाडौंमा उद्योग परिसंघले आयोजना गरेको ‘स्वदेशी समिट २०२३’ को उद्घाटन गर्दै मन्त्री रिजालले लगानीमैत्री औद्योगिक वातावरण निर्माण, आत्मनिर्भर अर्थतन्त्रका लागि औधोगिक पूर्वाधार र समृद्धिका लागि प्राकृतिक स्रोत सदुपयोगका लागि आवश्यक वातावरण बनाउनका लागि सरकार प्रतिवद्धता रहेको बताएका हुन्। उनले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकार र नीजि क्षेत्रबीच समन्वय र सहकार्य थप प्रभावकारी रुपमा हुन आवश्यक रहेकोमा जोड दिए। आधौगिक क्षेत्रको उचित बिकास विना दिगो आर्थिक बृद्धि तथा समृद्धि सम्भव नभएको उनको भनाइ छ । मन्त्री रिजालले स्वदेशी बस्तुको उत्पादन, प्रवद्र्धन एवं निर्यात बढाउन गरिनुपर्ने नीतिगत तथा व्यवहारिक पक्षमा आउने सुझावहरुलाई सरकारले गम्भीरतापूर्वक लिने धारणा राखे। सम्मेलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद एवं अर्थविद् डा. स्वर्णिम वाग्लेले असहज अर्थतन्त्रलाई मध्यनजर गर्दै सरकारले उचित बजेट ल्याउनुपर्ने बताए। उनले लगानी गर्ने वातावरण ठप्प हुनु अर्थतन्त्रका लागि चुनौति भएको जिकिर गरे । वाग्लेले चालू आर्थिक बर्षको बजेटमा समावेश भइ कार्यान्वयन हुन नसकेका बिषयलाई अहिलेको बजेटमा बिशेष ध्यान दिनुपर्ने सुझाव दिएका छन्। त्यस्तै नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले भारतमा उद्योगीहरुलाई निकै सहज रुप रहेको भन्दै नेपालमा पनि औधोगिक वातावरण बनाउनुपर्ने बताए । घोषणा गरेर पनि बिकास हुन नसकेका औधोगिक क्षेत्रलाई नीजि क्षेत्रसंग सहकार्य गरेर बिकास गर्न सकिने उनले बताए। उनले सरकारले स्वदेशी बस्तु प्रयोग गर्ने नीति अपनाउनु पर्नेमा समेत जोड दिए। स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यका स्वदेशी समिट २०२३ आयोजना गरिएको परिसंघले जनाएको छ । हेर्नुहोस् भिडियो:
भारतबाट आयो पेट्रोलियम पदार्थको नयाँ मूल्य, पेट्रोलमा ९ र डिजेलमा ८ रुपैयाँ घट्यो काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। नेपाल आयाल निगमका अनुसार आज (१६ मे)  भारतीय आयल कर्पोरेशनले पठाएको नयाँ मुल्य सुची अनुसार भाउ घटेर आएको हो । जसअनुसार पेट्रोलमा ९ रुपैयाँ ५२ पैसा घटेको छ भने डिजेलको ८ रुपैयाँ १३ पैसा घटेको छ।
प्रतिनिधि सभा अन्तर्गतका बिषयगत समितिहरु क्रियाशिल {भिडियो} काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतका बिषयगत समितिहरु क्रियाशिल भएका छन् । मंगलबार सिंहदरबारमा संसदीय समितिहरुको बैठक बसेको हो । समिति बैठकहरुको ज्येष्ठ सदस्यहरुले सभापतिको भूमिका निर्वाह गरेका थिए । केहि दिन पछि समितिहरुको सभापतिको निर्वाचन गर्ने संसद सचिवालयको तयारी छ । समितिहरुको पहिलो बैठकमा परिचयात्मक तथा स्वागतका साथै बिषयगत रुपमा सांसदहरुले धारणा राखेका थिए भने केहि समितिले सरकारले निर्देशन समेत दिएका छन् । प्रतिनिधिसभा अन्तर्गत अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानून, न्याय तथा मानवअधिकार, राज्यव्यवस्था तथा सुशासन, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, लेखा, कृषि स्रोत, महिला तथा सामाजिक मामिला र पूर्वाधार विकास समिति रहेका छन् । हेर्नुहोस् भिडियो:
भ्रष्टाचारविरुद्ध गम्भीर रुपमा लागेका छौं: प्रधानमन्त्री प्रचण्ड (भिडियो) काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार भ्रष्टाचार विरुद्ध गम्भीर रुपमा लागेको बताएका छन्। सोमबार काठमाडौंमा राष्ट्र बैंक नेपाल राष्ट्रिय कर्मचारी संगठनको चौंथो केन्द्रीय महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले अनियमितता र भ्रष्टाचार नियन्त्रण नभई सुशासन प्रवद्र्धन हुन नसक्ने भन्दै सरकार भ्रष्टाचार विरुद्ध गम्भीर रुपमा लागेको बताएका हुन्। भ्रष्टाचारीहरुलाई कारबाही गर्ने दिशामा सरकारले चालेको कदमप्रति आमजनताले समर्थन र ऐक्यवद्धता गरेको भन्दै उनले भ्रष्टाचारीहरुलाई कुनै पनि बहानामा बचाउने काम नहुने स्पष्ट पारे। प्रधानमन्त्री प्रचण्डले तरलता र ब्याजदर लगायतका अन्य कतिपय परिसूचकहरुमा समेत सुधार आएको भन्दै अर्थतन्त्रका अन्य क्षेत्रका समस्या समाधान गर्दै दिगो आर्थिक विकास र समृद्धि हासिल गर्नेतर्फ केन्द्रित गर्न जरुरी रहेको बताएका हुन्। सरकारले अर्थतन्त्रलाई संकटतर्फ जानबाट रोक्न चालेका कदमहरुको कारण अहिले शोधनान्तरमा उल्लेख्य सुधार आएको र विदेशी विदेशी मुद्राको सञ्चिति पनि बढेको जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले अल्पविकसित मुलुकबाट विकसित मुलुकमा स्तरोन्नति हुने, दिगो विकासका लक्ष्य पूरा गर्ने लगायतका विकास र समृद्धिको लक्ष्य हासिल गर्न राज्यका सबै अंग, निजी क्षेत्र र सबै सरोकारवालाहरुले समन्वयात्मक पहल गर्नुपर्नेमा जोड दिए। उनले आफ्नो नेतृत्वमा सरकार बनेपछि अर्थतन्त्रमा देखा परेका चुनौती सामना गर्न केही महत्वपूर्ण कदम चालिएको, सार्वजनिक सेवा प्रवाह हुने ठाउँमा लामो लाइन बस्नुपर्ने र बिचौलियाहरुबाट ठगिनुपर्ने अवस्थामा सुधार भएको र किसानहरुले सहज रुपमा पाउने गरि मलको आपूर्ति सुनिश्चित हुन लागेको धारणा राखे। उनले सीमित व्यक्ति तथा समूहले बैंकिङ क्षेत्रको ठूलो स्रोत–साधनको उपयोग गर्ने, उपलव्ध स्रोत–साधन प्रत्यक्ष–अप्रत्यक्ष रुपमा अनुत्पादक वा कम उत्पादक क्षेत्रमा केन्द्रित हुने देखिएको र यसका कारण पनि अर्थतन्त्रमा समस्या देखिएकाले यस्तो प्रवृत्तिलाई रोक्न केन्द्रीय बैंक तथा बैंकिङ क्षेत्रले समयमै उचित कदम चाल्नु आवश्यक रहेको बताए । राष्ट्र बैंकले हालै मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत् उद्योगी–व्यवसायीलाई केही राहत दिने व्यवस्था गरेको भन्दै उनले आगामी दिनमा लगानी र आर्थिक क्रियाकलाप बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे। हेर्नुहोस् भिडियो:
बिचार गोष्ठीः ‘नेपालको कृषि प्रवर्द्धनमा नेपाल भारत बिच सहकार्य’ काभ्रे। बनेपामा नेपालको कृषि प्रवर्द्धनमा नेपाल भारत बिच सहकार्य विषयक विचार गोष्ठी सम्पन्न भएको छ । नेपाल भारत मानव विकास तथा मैत्री संघ र नेपाल कृषि सहकारी केन्द्रीय संघको आयोजनामा भएको विचार गोष्ठी सम्पन्न भएको हो। नेपाल भारत बिच सहकार्यमा विभिन्न कार्यक्रमहरु हुँदै आएको छ । शुलभ कर्जा, प्रविधि, अवलोकन भ्रमण आदन प्रदान, अनुदान लागयतका विषयमा भारत सरकारको सहयोगमा देशभरका विभिन्न स्थानका किसानहरुलाई तालिम प्रदान गर्दै आएको छ । आगामी दिनमा भारत सरकारबाट प्राविधक तथा आर्थिक सहयोगको अपेक्षा गर्दै उन्नत बीउ र रासायनिक मलमा सहयोग गर्न कार्यक्रमका प्रमुख अथिति नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेमबहादुर पाठकले आग्रह गरेका छन् । उनका अनुसार नेपालका ७७ वटै जिल्लामा १२ सय भन्दाबढी साना किसान कृषि सहकारीहरू मार्फत १३ लाख घरपरिवारमा ३२ अर्ब पुँजी परिचालन गरिरहेको बताएका छन्। । कृषिको उत्पादन वृद्धि र उचित बजारीकरणमा भारत सरकारलाई सहयोगको अपिल गर्दै कृषि उपज ढुवानीका सवारी साधन उपलब्ध गराउन समेत आग्रह गरे। यस्तै विचार गोष्ठीका विशिष्ट अतिथि नेपालका लागि भारतीय राजदुतावासका राजनीतिक प्रथम सचिव नवीन कुमार श्रीवास्तवले नेपाल–भारतको सम्बन्ध विशिष्ट र सुमधुर रहँदै आएको बताउँदै आगामी दिनमा थप प्रगाढ बनाउन भारत सरकार प्रतिबद्ध रहेको बताए । उनले नेपालको कृषि प्रवर्द्धनमा आवश्यक आर्थिक तथा प्राविधिक सहयोग गर्न भारतीय सरकार तयार रहेको बताउँदै आगामी दिनमा नेपालको सर्वाङ्गिण विकासमा भारत सरकार र भारतीय जनताका तर्फबाट निरन्तर सहयोग रहने समेत बताएका छन्। भारत सरकारले नेपालको बृहत्तर विकासमा सधै साथ र सहयोग गर्दै आएको नेपाल भारत मानव विकास एवं मैत्री संघका अध्यक्ष सुर्य भुषालले बताएका छन्। बिगत २०७२ सालको बिनासकारी भुकम्पबाट आहत नेपाललाई भारतले १ खरब भारतीय रूपियाँ सहयोगको प्रतिबद्धता गरेको तर नेपाल सरकारले करिब ५० अरबको मात्र सहयोग सदुपयोग गरि बाँकी ५० अरब रकम नेपालको कृषि प्रवर्द्धनमा लगानी गर्नुपर्ने उनले बताए । कार्यक्रमको सभापतित्व जिल्ला कृषि सहकारौ संघ काभ्रेका अध्यक्ष सुमन नेपालले गरेका थिए।कार्यक्रममा काभ्रेका विभिन्न स्थानका किसानहरुको उपस्थिती रहेको थियो।
विस्तारकारी र ठूलो आकारको बजेट ल्याउन सक्ने अवस्था छैन : अर्थमन्त्री डा महत काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि विस्तारकारी र ठूलो आकारको बजेट ल्याउन सक्ने अवस्था नरहेको बताएका छन् । आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र र राष्ट्रिय आर्थिक सरोकार समाज नेपालले काठमाडौँमा आयोजना गरेको ‘आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सन्दर्भमा छलफल तथा सुझाव सङ्कलन कार्यक्रम’मा अर्थमन्त्री महतले स्रोतका सीमितताका कारण ठूलो आकारको बजेट ल्याउन सम्भव नहुने बताएका हुन् । “अहिले सबैभन्दा ठूलो चुनौतीका रुपमा राजस्वको न्यूनता देखिएको छ । विस्तारकारी र ठूलो आकारको बजेट ल्याउन सीमितता छन्”, उनले भने । अर्थतन्त्र सुधारका लागि सरकार र अर्थमन्त्रीका रुपमा आफूले अधिकतम प्रयास गरिरहेको उनको भनाइ छ । “अर्थ मन्त्रालयमा आएपछि मैले धेरै समस्याहरू देखे । जति बाहिर बसेर हेर्दा देखिन्थ्यो त्यो भन्दा धेरै समस्या रहेछन् । तर म सबै समस्या निवारण गर्न सक्छु भन्ने होइन । सुधारका लागि इमान्दार प्रयास हुनेछ”, अर्थमन्त्री महतले भने । उनले अर्थतन्त्र सुधारका लागि जादु गरे जस्तो आजको भोलि नतिजा नआउने भन्दै यसका लागि धैर्यता चाहिने बताए । “धैर्यता नागरिकले गर्ने तर सरकारले प्रयास नगर्ने भन्ने हुँदैन”, उनले भने, “ अर्थतन्त्र सुधारका लागि राज्य संरचनाको सम्पूर्ण प्रयास रहने छ ।” उनले यसका लागि निजी क्षेत्रको पनि सहयोग चाहिने बताए । अहिले सार्वजनिक ऋणको साँवा ब्याजको दायित्व निकै बढेको अर्थमन्त्री महतको भनाइ छ । भूकम्पपछिको पुनर्निर्माणका लागि लिएको ऋणको साँवा अर्को वर्षबाट तिर्नुपर्ने दायित्व आएको उनले बताए । त्यस्तै, बजेट विनियोजनमा कुशलता र कार्यान्वयनमा क्रियाशीलताका लागि पनि सरकारको जोड रहने उनको भनाइ छ । “हाम्रा संरचनामा धेरै ठूलो सुधार आवश्यक छ । बजेटको प्रभावकारिता बढाउनु पर्नेछ । अहिलेको समस्या पुँजीगत खर्च नहुँदा बजारमा चाहिए जति पुँजी प्रवाह भएको छैन”, उनले भने, “अर्कोतर्फ बैंकिङ प्रणालीमार्फत पनि पुँजी प्रवाह हुन सकेको छैन ।” आर्थिक वर्षको अन्त्यमा खर्च गर्ने प्रवृत्तिमा सुधार आवश्यक रहेको महतले बताए । कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले विभिन्न क्षेत्रबाट आएका सुझाव आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेट्ने प्रयास गरिने बताए । त्यस्तै बजेटमा समेटिन नसकेका विषयहरु १६औँ आवधिक योजनामा समेटिने बताए । पूर्वमुख्यसचिव लीलामणि पौड्यालले सरकारले सामाजिक सुरक्षाका क्षेत्रमा भएको लगानीले पुँजी निर्माण गर्न र रोजगारी सिर्जना गर्न नसकेको बताए । ऋण लिएको रकम पनि अनुत्पादक क्षेत्रमा खर्च भइरहेको उनले बताए । अहिले अर्थतन्त्रमा देखिएको समस्या अहिले एकैपटक आएको नभई पछिल्लो तीन दशकयताका नीतिको नतिजा रहेको उनको भनाइ छ । “विगत तीन दशक देखिका नीतिको साङ्गो–पाङ्गो नतिजा अहिले देखिएको हो । गलत नीतिका कारण थुप्रिएका समस्या हुन्”, उनले भने । बढ्दो चालु खर्च र खुम्चिएको राजस्वका कारण सिर्जित वित्तीय असन्तुलन अहिलेको चुनौती भएको उनको भनाइ छ । त्यस्तै, अब पूर्वाधार केन्द्रित बजेट नभई जनताका आधारभूत आवश्यकता केन्द्रित बजेट बनाउन आवश्यक रहेको उनले बताए । आयोजना र कार्यक्रमको प्राथमिकीकरण हुन नसकेको उनले बताए । कार्यक्रममा प्राडा शिवराज अधिकारीले नेपालमा भइरहेको लगानीअनुसार आर्थिक वृद्धिदर देखिन नसकेको र आर्थिक वृद्धिदरको तुलनामा रोजगारी सिर्जना हुन नसकेको बताए । “लगानी बढेको छ तर त्यसको तुलनामा आर्थिक वृद्धिदर बढेको देखिँदैन । रोजगारी पनि बढेको छैन । सार्वजनिक ऋण र लगानी बढ्ने तर आर्थिक वृद्धिदर नबढ्ने भनेको पक्कै यहाँ केही समस्या छ”, अधिकारीले भने ।
चन्द्रागिरी हिल्सको अधिकांश सूचकमा सुधार, खुद नाफासंगै बढ्यो प्रति सेयर आम्दानी काठमाडौँ। चन्द्रागिरी हिल्सले आर्थिक वर्ष २०७९/८० को तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा सुधार आएको देखिन्छ।  समिक्षा अवधिमा कम्पनीको खुद नाफा ७ करोड ७७ लाख रुपैयाँ गरेको छ। गत वर्षको यहि अवधिमा कम्पनीले १ करोड ५८ लाख रुपैयाँले खूद घाटा व्यहोर्नु परेको थियो। कम्पनीको सञ्चालन आम्दानी तथा अन्य आयमा समेत सुधार हुँदा यसको प्रभाव खूद नाफामा देखिएको हो। गत वर्षको यहि अवधिमा ४४ करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीले समिक्षा अवधिमा बढाएर ६२ करोड ९० लाख रुपैयाँ पुर्याएको छ। चैत मसान्तसम्म कुल १ अर्ब ५३ करोड ४० लाख रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको रिजर्भ कोष भने ३० करोडले ऋणात्मक छ। अघिल्लो वर्षको यही अवधिसम्म ४३ करोडले ऋणात्मक थियो। समिक्षा अवधिमा सेयरधनीको सेयर पूँजीकोषको प्रतिफल ०.०६ प्रतिशत, ऋण पूँजीको अनुपात १.८४ प्रतिशत,  पीई रेसियो २२७.१७ गुणा कायम भएको छ। कम्पनीको खुद नाफा बढेसंगै प्रति सेयर आम्दानीमा पनि सकारात्मक प्रभाव देखा परेको छ। कम्पनीको प्रति सेयर आम्दानी ५ रुपैयाँ ७ पैसा रहेको छ।  गत बर्षको यहिया आम्दानी मा कम्पनीको प्रति सेयर आम्दानी १ रुपैयाँ ०३ पैसाले ऋणात्मक थियो। कम्पनीको प्रति सेयर टवर्थ ७९ रुपैयाँ ९३ पैसा रहेको विवरणमा उल्लेख छ।
अर्घाखाँचीमा आगोले जलेर मृत्यु भएका चार जनाको सामूहिक दाहसंस्कार अर्घाखाँची । आगोले जलेर मृत्यु भएका अर्घाखाँचीको भुमिकास्थान नगरपालिका ढाकाबाङ्गका चार जनाको सामूहिक दाहसंस्कार गरिएको छ । खाकाबेँसीको बघमारे घाटमा सो सामूहिक दाहसंस्कार गरिएको भुमिकास्थान नगरपालिका–१ का वडाध्यक्ष गोपाल खनालले बताए । भुमिकास्थान नपा–२ ढाकाबाङ्गमा आगो निभाउने क्रममा घाइते भएका चार जनाको उपचारका क्रममा मृत्यु भएपछि सिङ्गो तिरतिरे गाउँ शोकमा डुबेको छ । मङ्गलबार दिउँसो भुमिकास्थान नगरपालिका–२ तिरतिरे गाउँमा सल्किएको आगो निभाउने क्रममा घाइते भएका एकै गाउँ बेल्वासे टोलका चारै जनाको मृत्यु भएको थियो । घाइतेलाई जिल्ला अस्पताल सन्धिखर्कमा उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा सिफारिस गरिएको थियो । पाल्पामा उपचार हुन नसकेपछि काठमाडौँ सिफारिस गरिएकामा उपचारका लागि लैजाँदै गर्दा केहीको बाटोमा र केहीको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको थियो । आगलागीमा परी घाइते भएका भुमिकास्थान–२ तिरतिरे गाउँका ७२ वर्षीय पिताम्बर बेल्वासेको उपचारका लागि लैजाँदै गर्दा पाल्पाको रामपुरमा, ५५ वर्षीय पदम बेल्वासेको नारायणघाट नजिकै र ५२ वर्षीय घनश्याम बेल्वासेको काठमाडौँ कीर्तिपुरको बर्न अस्पतालमा र ३६ वर्षीय माधव वेल्वासेको उपचारका क्रममा सोही अस्पतालमा मृत्यु भएको हो । आगलागीमा परी घाइते भएकी २६ वर्षीया अस्मिता बेल्वासेको अवस्था सुधारोन्मुख छ । उनको पाल्पाको मिसन अस्पतालमा उपचार भइरहेको छ ।
प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता आजदेखि सुरु काठमाडौं । प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिताको दोस्रो संस्करण आजदेखि सुरु भएको छ । त्रिभुवन आर्मी अफिसर्स क्लब र दशरथ रङ्गशालाको टेनिस कोर्टमा सुरु भएको उक्त प्रतियोगिताको बलाधिकृतरथी सरोजप्रताप राणाले निर्णायकलाई बल हस्तान्तरण गर्दै शुभारम्भ गरे । उद्घाटन खेल काठमाडौं जिल्ला टेनिस एशोसियशनका मनोज श्रेष्ठ र याक एण्ड यति क्लबका आशीष सिग्देलबीच भयो । आगामी जेठ ५ गतेसमम सञ्चालन हुने प्रतियोगिता खुलातर्फ पुरुष र महिला एकल तथा मिक्स युगल विधामा हुनेछ । भेट्रानतर्फ ३५ वर्ष, ४५ वर्ष र ५५ वर्षमाथि एकल र युगल तथा ६५ र ७० वर्षमाथि एक विधामा खेल सञ्चालन भइरहेको छ । विभिन्न तेह्र खेल विधामा दुई सय ५५ प्रतिस्पर्धा हुने प्रतियोगितामा १४ टेनिस क्लब र विभागीयसहित एक सय ७७ खेलाडीको सहभागिता छ । मुलुकको टेनिस खेलको विकासमा सहयोग पु¥याउने हेतुले सेनाले विसं २०७८ देखि यस प्रतियोगिता सञ्चालनमा ल्याइएको हो । सो अवसरमा सैन्यकार्य महानिर्देशक उपरथी बाबुराम श्रेष्ठले सैनिक नागरिकसम्बन्ध विस्तारको कडीकारुपमा रहेको प्रतियोगिता मुलुकको खेलकुदको विकासमा योगदान पु¥याउन सकियोस् भन्नका खातिर आयोजना गरिएको बताए । सेनाले प्रतियोगितामार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी पहिचान र उत्कृष्ट खेलाडी उत्पादन गर्न सकियोस् भन्ने लक्ष्य राखेको छ । प्रतियोगितामा विजयी हुने क्लबले रनिङ ट्रफी प्राप्त गर्नेछ । प्रतियोगितामा पुरुष र महिला सिङ्गल र समूहगत खुला विधातर्फ प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई क्रमशः रु ५० हजार, रु २५ हजार र रु १५ हजार प्रदान गरिने छ ।
नक्कली शरणार्थी प्रकरणलाई राजनीतिको फण्डा नबनाउन ओलीको सुझाव (भिडियो) काठमाडौं । नेकपा एमालेमा अध्यक्ष केपी ओलीले नक्कली भूटानी शरणार्थी प्रकरणलाई राजनीतिको फण्डा नबनाउन सुझाव दिएका छन्। विहीबारबाट ललितपुरमा सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले नक्कली भूटानी शरणार्थी प्रकरणमा प्रहरीले निष्पक्ष छानविन गर्नुपर्ने भन्दै सरकारमा रहेकाले यसलाई राजनीतिको फण्डा बनाउन नहुने बताएका हुन् । भ्रष्टाचारबिरुद्ध सशक्त भएर लाग्ने नीति एमालेको भएकाले निष्पक्ष छानविन र अविलम्व अघि बढाउनका लागि उनले आग्रह गरे। उनले उक्त प्रकरणमा एमालेकै नेता लगाएत विभिन्न व्यक्तिहरूको नाम आइरहेकाले भ्रष्टाचार गर्ने कार्यमा जोसुुकै संलग्न भएपनि कारवाही हुनुपर्ने बताए । ओलीले आरोप लागेको व्यक्तिलाई दोषी करार गर्न नहुने भन्दै आरोपबाट भागे सन्देह उत्पन्न हुने भएकाले टोप बहादुर रायमाझीले अनुसन्धानमा सहयोग गर्नुपर्ने धारणा राखे। प्रतिशोध राखेर वा पूर्वाग्रहपूर्ण ढंगले फसाउने प्रयास भएको अवस्थामा एमाले सहेर नवस्ने उनले बताए । अध्यक्ष ओलीले अहिले कर्मचारीलाई तलब खुवाउन मुस्किल पर्ने अवस्थामा अयोग्य लडाकुलाई दुई लाख बाँड्ने भनेर एकलौटी निर्णय गरेर अगाडि बढ्न खोजिरहेको आरोप लगाए। ओलीले अहिले भ्रष्टाचारको बिरुद्धमा आवाज उठाउनेको मुख थुनिदिने प्रवृत्ति मौलाएको तर्क गरे । अमरेशकुमार सिंहले संसद्‍मा भ्रष्टाचारको विरोध गरेपछि उनका बिरुद्ध अख्तियारमा उजुरी परेको उनले बताए । त्यस्तै ओलीले लामो समयदेखिको समस्यामा रुपमा रहेको भूटानी शरणार्थीलाई तेश्रो मुलुकमा पुर्नस्थापना गर्ने काम आफ्नै नेतृत्वमा भएको दावी गरे। दुई दिनसम्म चल्ने केन्द्रीय कमिटी बैठकमा बिभिन्न १० वटा एजेण्डामाथि छलफल हुने एमालेले जनाएको छ । हेनुहोस् भिडियो:
सुशासनको दिशामा सरकार अग्रसर, प्रचण्डलाई अन्तिम अवसर काठमाडौं। नक्कली भुटानी शणार्थी प्रकरणमा एक पछि अर्का उच्च पदस्थ नेता र कर्मचारी भटाभट पक्राउ परेपछि सरकारको चौतर्फी प्रशंसा भइरहेको छ। बहालवाला नेपाल सरकारका सचिवदेखि पूर्व गृहमन्त्रीसमेत यस प्रकरणमा तानिएर अनुसन्धानको घेरामा परिसकेका छन्। लहरो तान्दा पहरो थर्किए जसरी यसका थप तानाबाना सतहमा अनुसन्धानपछि आउने प्रबल सम्भावना व्याप्त रहेको छ। सरकारको नक्कली शरणार्थी प्रकरणमा संलग्नहरुलाई कानुनी दायरामा ल्याउने कदमको प्रशंसा भइरहेको छ। सरकारको तदारुकताप्रति जनस्तरबाटै लोकप्रियता बढिरहेपनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आगामी यात्रा भने कम चुनौतीपूर्ण छैन। उनको यात्रामा असख्य चुनौतीका पहाडहरुका सामना गनुपर्ने हालसम्मका घटनाक्रमले दर्शाउँछ। यस प्रकरणमा पछि नहट्ने प्रधानमन्त्री प्रचण्डले उद्घोष गरिसकेका छन्। सरकारका गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलकदमी र अडानले नक्कली शरणार्थी प्रकरणमा उल्लेख्य सफलता हासिल गर्ने प्रारिम्भक लक्ष्य देखिएको छ। यद्यपि यसका पराकम्पनको भार थेग्न वर्तमान सरकार र दलहरु समर्थ हुनेमा आशंका अझैपनि जनमानसमा व्याप्त रहेको छ। देशका नागरिकहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने सञ्जालको पर्दाफास हुँदै गर्दा यसको पराकम्पन सबै दल र शीर्ष नेतामा परेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र बालकृष्ण खाण पक्राउ परेपछि उक्त पार्टीमा तरंग आएको छ। सभापति देउवा लगायत संसथापन पक्षका नेताहरु सशंकित रहेका छन्। सभापति देउवा पत्नी आरजू राणा र बालकृष्ण खाण पत्नी मञ्जुको यही प्रकरणमा लेनदेनमा संलग्न रहेको अप्रमाणित अडियो सार्वजनिक भएपछि यसमा तानिने आशंका समेत कतिपयले गरेका छन्। उक्त अडियोको आधिकारीकता परीक्षणका लागि प्रहरीले अनुसन्धान गरिरहेको छ। यद्यपि आरजूले सोही सार्वजनिक अडिओ अनाधिकृत भएको र आफूलाई जोडिएको बारे छानबिन गर्न साइबर ब्यूरोमा उजुरी दिएकी छिन्। यस्तै एमालेका सचिव टोपबहादुर रायमाझी यही प्रकरणमा मुछिएपछि बेपत्ता भएका छन्। प्रहरीको फरार सूचीमा रहेका उनलाई पक्राउ पुजी जारी गरेर खोजी कार्य जारी राखिएको प्रहरीले जनाएको छ। उनको छोराको समेत संलग्नाता देखिएपछि प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। नक्कली शरणार्थी प्रकरणका फेहरिस्त सार्वजनिक हुँदै गर्दा प्रचण्ड सरकारले जनतामा आशातीत अवस्था सिर्जना गरेको छ। बुधबार खाँण पक्राउपछि कांग्रेसका केन्द्रीय सदस्यसहित युवा नेताहरु ले सरकारको कामको ऐक्यबद्धता जनाउँदै सहयोग गर्ने प्रतिवद्धता गृहमन्त्री नारायणकाजी श्रेष्ठ समक्ष पुगेरै गरेका छन्। नक्कली शरणार्थी प्रकरणले संस्थागत भ्रष्टचारको जालो उदांगो बनाइदिएको छ। यसले नेपालमा पहच र सार्वजनिक पदधारण गरेका व्यक्तिहरुले आर्थिक लाभ गर्ने अनुचित माध्यमको उजागर गरेको छ। संगठित अपराध, ठगी,भ्रष्टाचार, राज्यविरुद्धको अपराध यी सबै जोडिएको यस प्रकरणले नेपालको प्रतिष्ठा अन्तराष्ट्र्रियस्तरमा साख गिराएको छ। सरकारको पछिल्लो कदमले केही आशा देखिएपनि यसले राष्ट्रिय राजनीतिमा बदलाव ल्याउने आशंका समेत गरिएको छ। सरकारले गठबन्धनकै उच्चपदस्थ नेताहरुलाई कानूनी दायरामा ल्याएपछि गठबन्धन संकटमा पर्ने सम्भावना समेत राजनीतिका जानकारहरुले औंल्याइरहेका छन्। नेपालका बहुचर्चित अनगिन्ती भ्रष्टाचारका काण्डहरु अझैपनि निरुपण हुन सकेको छैन। कतिपय न्यायीक निकायमा विचाराधीन रहेका छन् भने केहीको राजनीतिक कारणले उजागर हुन सकेको छैन। यसअघि सार्वजनिक भएका भ्रष्टाचार र अनियमितताका फेहरिस्तहरु चर्चीत बालुवाटार काण्ड, वाइड बडी जहाज काण्ड, यति काण्ड, ओम्नी काण्ड, ३३ केजी सुन काण्ड लगायत  सामसुम पारिएका थिए । सुडान घोटाला प्रकरणमा राजनीतिक नेतृत्वहरु कोही पनि परेनन्। तर त्यस बखतका पहरी प्रमुखहरु मात्रै सजायको भागिदार बनेका थिए। अहिलेको यस प्रकरणमा पनि सोही आशंका यथावत् भएपनि सरकारले राजनीतिक उच्च तहका नेताहरुलाई पनि अनुसन्धानको दायरामा ल्याएपछि केही आशा पलाएको छ। प्रचण्ड सरकारले अनेकौं चुनौतीका बाबजुद् यस प्रकरणलाई निष्कर्षमा पुर्याउने भगिरथ प्रयत्न गरिरहेको छ । अनकौं अवरोधका बाबजुद् यसको न्यायीक निरुपण हुनेमा आम जनता आशावादी देखिएका छन्। यसलाई टुंगोमा पुर्याएर राजनीतिक तथा प्रशासनिक क्षेत्रका अनुचित आर्थिक लाभका लागि जस्तोसुकै राष्ट्रघात गर्न पछि नपर्ने जमातलाई नांगेझार पारेमा सुशासनको प्रत्याभूतिमा प्रचण्ड सरकारको महत्वपूर्ण कडीका रुपमा लिन सकिने छ। गत मंसिर ४ को निर्वाचन अगावै अन्तिम पटक सरकारको नेतृत्व गरेर राष्ट्रले सम्झनलायक महत्वपूर्ण काम गर्ने सार्वजनिक उद्घोष गरेका प्रधानमन्त्री प्रचण्डलाई यो एक स्वर्णिम अवसरका रुपमा समेत अथ्र्याइएको छ। उनले स्वघोषित गरेको अन्तिम अवसरलाई सुशासनको प्रत्याभूति दिलाउन अग्रसर भएको राजनीतिक वृत्तमा चर्चा गरिन्छ।
आरजु राणा पुगिन् साइबर ब्युरो काठमाडौं । नेपाली कांग्रेसकी नेतृ डा. आरजू राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर आएको अडियोबारे छानबिनको माग गर्दै नेपाल प्रहरीको साइबर ब्युरोमा निवेदन दिएकी छन् । आफ्नो कुनै सरोकार र जानकारी नै नभएको नक्कली भुटानी शरणार्थीका सम्बन्धमा आफ्नोसमेत नाम जोडी कुराकानी गरिएको अडियो फेक रहेको दाबी गर्दै उनले उक्त अडियो रेकर्ड कहाँ, कसरी, कसले र के उद्देश्यले रेकर्ड गरेका हुन् भन्ने विषयमा छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेकी छन् । उनले आफ्नो निवेदनको बोधार्थमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, संसद सचिवालय, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको नाम राखेकी छन् ।
नौ महिनामा वस्तु आयात २६.३ प्रतिशत र निर्यात १८.१ प्रतिशतले घट्यो काठमाडौँ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको नौ महिनामा वस्तु आयात २६.३ प्रतिशत र निर्यात १८.१ प्रतिशतले कमी आएको जनाएको छ। राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९/८० को नौ महिनामा कुल वस्तु निर्यात २६.३ प्रतिशतले कमी आएर १ खर्ब १८ अर्ब २८ करोड रुपैयाँ कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ६९.४ प्रतिशतले वृद्धि भएको थियो। गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ३५.१ प्रतिशतले कमी आएको छ भने चीन तथा अन्य मुलुकतर्फको निर्यात क्रमशः २.२ प्रतिशत र ८.१ प्रतिशतले वृद्धि भएको बैंकले जनाएको छ। वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, अलैंची, ऊनी गलैँची, तयारी पोशाक लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, जुटका सामान लगायतका वस्तुको निर्यात घटेको छ। आर्थिक वर्ष २०७९/८० को नौ महिनामा कुल वस्तु आयात १८.१ प्रतिशतले कमी आएर १२ खर्ब १ अर्ब ५१ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३२.० प्रतिशतले बढेको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १६.४ प्रतिशत, २३.० प्रतिशत र १९.४ प्रतिशतले कमी आएको छ। वस्तुगत आधारमा रासायनिक मल, स्पोन्ज आइरन, पेट्रोलियम पदार्थ, सुन, कागज लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस्, औषधि, एमएस विलेट, दूरसञ्चारका उपकरण तथा पार्ट्स, अन्य मेसिनरी तथा पार्टस्लगायतका वस्तुको आयात घटेको छ। निर्याततर्फ भैरहवा, सुक्खा बन्दरगाह, कैलाली, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा र त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ। आयाततर्फ सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ।
४४ सहसचिवको सरुवा काठमाडौं । सरकारले ४४ जना सहसचिवको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिवहरू अर्जुन भण्डारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ। भरत खनाललाई प्रदेश प्रमुखको कार्यालय सुदूर पश्चिममा सरुवा गर्दै काजमा रक्षा मन्त्रालय, कृष्ण प्रसाद धिताललाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, कुमान सिंह गुरुङलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेश सरुवा गरिएको छ। कविराज पौडेल सत्य निरूपण तथा मेलमिलाप आयोग, सुरेश राउत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कुमार प्रसाद दाहाल युवा तथा खेलकुद मन्त्रालय वा अन्तर्गत सरुवा भएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेशका ज्ञानेन्द्र प्रसाद ढकाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह), माधव प्रसाद पोख्रेललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेश र सुरेश न्यौपानेलाई प्रदेश नीति तथा योजना आयोग कोशीमा सरुवा गरिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रदिप राज अधिकारीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूह, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमतीका बलराम निरौलालाई प्रदेश नीति तथा योजना आयोग बागमती प्रदेश, त्यहाँका रामकृष्ण पुडासैनीलाई सामाजिक विकास मन्त्रालय बागमती र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फाजिलमा रहेका विश्वबाबु पुडासैनीलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सिंहदरवारमा सरुवा गरिएको छ। स्वास्थ्यतर्फका प्रमुख कन्सल्टेन्ट सर्जन (एघारौँ तह)का जनार्दन पन्थीलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय लुम्बिनी प्रदेश, शहरी विकास मन्त्रालयका विष्णु भण्डारीलाई भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय कर्णाली प्रदेश, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका नविनचन्द्र अधिकारीलाई जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय कर्णाली प्रदेश र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय कर्णालीका देवराज निरौलालाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरुवा गरिएको हो। सहसचिव पुष्पराज शाहीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा, विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेश, प्रदेश प्रमुखको कार्यालय मधेस प्रदेशका राजेन्द्र पराजुलीलाई विराटनगर महानगरपालिकामा सरुवा गरिएको छ । भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ भने स्वास्थ्यतर्फ एघारौँ तहका श्रीराम लुइँटेल स्वास्थ्य मन्त्रालय बागमती प्रदेश, अर्थ मन्त्रालयको अतिरिक्तमा रहेका रघुराम विष्टलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका मदन दाहाललाई गृह मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनीका दिपक राज नेपाललाई नेपाल ट्रष्टको कार्यालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका झक्क प्रसाद आचार्यलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ। गृह मन्त्रालयका सहसचिव प्रदीप कुमार कोइरालाको लोकसेवा आयोग आयोग, आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूर पश्चिम प्रदेशका कमल राज ढकाललाई गृह मन्त्रालय, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ गैरेलाई गृह मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कमल प्रसाद भट्टराईको पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव ज्ञान प्रसाद ढकालको सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, गृह मन्त्रालयका रमेश ढकालको निर्वाचन आयोग, निर्वाचन आयोगका तुल्सी बहादुर श्रेष्ठको गृह मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालयका शिवराम न्यौपानेको गृह मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव भगवान् अर्याललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सुदूर पश्चिम प्रदेशको प्रदेश सचिवमा सरुवा गरिएको छ। सामाजिक विकास मन्त्रालय कर्णालीका सन्त बहादुर सुनारलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेश, नेपाल ट्रष्टको कार्यालयका विष्णुराज ढकाललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव भोजराज शर्मा (काफ्ले)लाई सामाजिक विकास मन्त्रालय, कर्णालीको प्रदेश सचिवमा सरुवा गरिएको छ। वन तथा वातावरण मन्त्रालय, बागमती प्रदेशका यज्ञ नाथ दाहाललाई वन तथा वातावरण मन्त्रालय, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका ध्रुवराज पण्डितलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनीका राम प्रसाद पाण्डेलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल र गृह मन्त्रालयका सुमन घिमिरेलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशमा सरुवा गरिएको छ।
दार्चुला हिमपहिरो : बेपत्ता थप एकजनाको शव फेला खलङ्गा । दार्चुलाको व्यास गाउँपालिका–१ मा यही वैशाख १९ गते गएको हिमपहिरोमा परी बेपत्ता भएका थप एक जनाको शव फेला परेको छ । पहिरोमा पुरिएकी डोटीको जोरायल गाउँपालिका–२ की २८ वर्षीया ईश्वरी थापाको शव फेला परेको छाङरुस्थित सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टले जानकारी दिए । यसअघि बेपत्ता पाँच जनामध्ये तीन जनाको शव फेला परिसकेको छ । “अझै एकजना बेपत्ता छन्, उनको खोजी कार्य जारी छ”, उनले भने । हिमपहिरोमा परी बेपत्ता दार्चुलाको दुहँ गाउँपालिका–४ का ३६ वर्षीया कमला कुँवर, उनका छोरा १८ वर्षीय प्रवीण कुँवर तथा डोटीको जोरायल गाउँपालिका–२ की १५ वर्षीया क्षिमिसोमो थापाको शव फेला परेको थियो । डोटीको जोरायल–२ की ४५ वर्षीया नक्की डोमा थापा अझै बेपत्ता छिन् । पाँचै जना यार्सागुम्बा सङ्कलनका लागि सो क्षेत्रमा गएका थिए । दार्चुला तथा अन्य जिल्लाबाट यार्सागुम्बा सङ्कलनका लागि बर्सेनी सर्वसाधारण यहाँ आउने गरेका छन् ।
अर्थतन्त्रको सुधार झारफुकले पुग्दैन, सर्जरी नै गर्नुपर्छः स्वर्णिम वाग्ले काठमाडौं। सांसद डा स्वर्णिम वाग्लेले सरकारले संसद्मा पेस गरेको आगामी आर्थिक वर्ष २०८०\८१ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता अर्थतन्त्र सुधारका लागि प्रयास गरेको भए पनि त्यो पर्याप्त नभएको बताएका छन्। विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारे प्रतिनिधिसभाको आजको बैठकमा सांसद वाग्लेले अर्थतन्त्र सुधारका लागि गम्भीर सर्जरी नै आवश्यक रहेका बेला सामान्य झारफुकले मात्र यो सम्भव नहुने धारणा राखे। त्यस्तै विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले धेरै विषय समटेको भए पनि त्यसले अपेक्षित आशा जगाउन नसकेको उनको भनाइ छ । “धेरै विषय परेका छन् । केही छुटाउन नहुने कुरा छुटेका छैनन् । भन्दिनुपर्ने, सुनाइदिनुपर्ने कुरा पनि ल्याइएको नै छ”, वाग्लेले भने, “आर्थिक वृद्धि, सुशासन, जलवायु परिवर्तनको असर न्यूनीकरण, सङ्घीयताको सवलीकरण, सामाजिक न्याय, निजी क्षेत्रको मनोबल बढाउनेजस्ता कुरा अर्थमन्त्रीले ल्याउनुभएको छ । तर पनि माहोल खल्लो छ । हामी उत्साहहीन कर्मकाण्डमा सामेल भइरहेको जस्तो अनुभूति भइरहेको छ ।” बजेटको सिद्धान्त र प्राथमिकतामा अर्थतन्त्रलाई तत्काल सुधार्न हतार (सेन्स अफ अर्जेन्सी) नदेखिएको पनि उनले उल्लेख गरे। “यो यथास्थितिवादी निबन्धले सम्पूर्ण नीति, योजना, बजेट निर्माण र शासकीय प्रक्रिया नै अविश्वसनीय भइरहँदा, सच्चिने, सुधार्ने, सपार्ने गुञ्जायस हामीले भेटाएका छैनौँ । त्यो सेन्स अफ अर्जेन्सी हामीले भेटाइरहेका छैनौँ”, वाग्लेले भने । अर्थतन्त्रले लय गुमाइरहेका बेला आर्थिक वृद्धि र उन्नतिका कुरा असुहाउँदो रहेको टिप्पणी पनि उनले गरे। “चालु आर्थिक वर्षका लागि आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखिएकामा अहिले हामी दुई प्रतिशत हाराहारीमा रुमलिनुपरेको छ”, उनले भने, “लयमा भएको अर्थतन्त्रमा स्थिरताका कुरा गर्न सुहाउँछ । तर सङ्कटमा जाकिएको र भड्कालोमा परेको अर्थतन्त्रका बेला स्थिरता र स्थायित्वको नाराले न्याय गर्दैन ।” नेपालको कर्जा विस्तारमा आर्थिक वृद्धिदरसँग सामञ्जस्यता देखिन नसकेको उनले बताए । त्यस्तै सरकारी आयको तुलनामा खर्च बढ्दै जानु पनि गम्भीर विषय रहेको उनले उल्लेख गरे । “बजेट घाटाको खाडल कसरी हटाउने भन्ने ठूलो चुनौती छ । कर्जा लगानी र आर्थिक वृद्धिदरबीच ठूलो भ्वाङ छ । कर्जा नियमितरुपमा २०÷२२ प्रतिशतले वृद्धि भइरहेको छ । तर त्यसले अर्थतन्त्रको वृद्धिदरमा उपेक्षित योगदान दिन सकेको देखिँदैन”, उनले भने । सत्तारुढ दल नेपाली कांग्रेसको चुनावी घोषणापत्रमा परेको ‘ओम्निबस’ आर्थिक सुधारका विषयलाई गम्भीर भएर लिइनुपर्ने उनले बताए । “छोटो समयमा ठूलठूला काम गर्नुछ । लगानीमैत्री वातावरण बनाउनका लागि चार दर्जनभन्दा बढी कानुन संशोधन गर्नुपर्ने भनिएको छ । त्यसमा सरकारको ध्यान पुगोस्”, वाग्लेले भने। नेपालमा डिजिटल प्रविधिको पर्याप्त विकास हुन नसकेको, विश्वआपूर्ति शृङ्खला खल्बलिएको, सस्तो पुँजी दुर्लभ हुँदै गएको, स्वास्थ्य र शिक्षा क्षेत्रमा पूर्वाधार पर्याप्त रहेपछि त्यहाँबाट पाइने सेवाको प्रभावकारिता देखिन नसकेकोलगायतका विषय सांसद वाग्लेले उठाएका छन् ।
स्वास्थ्यमन्त्री बस्नेतले मन्त्रालय र बिभिन्न बिभागमा गरे आकस्मिक अनुगमन काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालय र बिभिन्न बिभागहरुमा आकस्मिक अनुगमन गरेका छन्। सोमबार बिहान साढे नौ बजे मन्त्रालय पुग्नुभएका मन्त्री बस्नेतले आफ्नै मन्त्रालयमा समयमा कर्मचारी आए नआएको अनुगमन गरेका हुन् । सो क्रममा अधिकांश सचिवदेखि कर्मचारी समयमा नै कार्यालय नपुगेको पाइएको छ । समयमा नै कर्मचारी कार्यालय नपुगेपछि मन्त्री बस्नेतले फोन गरेर नै जानकारी लिएका थिए । मन्त्रालयभित्रै आकस्मिक अनुगमन गरेपछि उनी टेकु स्थीत बिभिन्न बिभाग पुगेर आकस्मिक अनुगमन गरेका थिए। । बिभिन्न बिभागमा पनि समयमा नै कर्मचारी नपुगेको जानकारी पाएपछि मन्त्री बस्नेतले यस बिषयमा मन्त्रालयमा जानकारी गराउन निर्देशन दिएका थिए। मन्त्री बस्नेतले राम्रा कामको सुरुवात आफैबाट गर्नुपर्ने भन्दै मान्यताका साथ अघि बढेको भन्दै मातहतका कार्यालयमा पनि सुधारको काम गर्ने बताए । उनले समयमा नै कार्यालय पुग्ने कर्तव्य राष्ट्रसेवक कर्मचारीहरुको भएकाले यस बिषयलाई कडाईका साथ लागू गर्ने धारणा राखे। सर्ने र नसर्ने रोगको अवस्थामा टेकु अस्पतालको ल्याव र प्रशासनले गरेको कामको पनि आफुले जानकारी लिएको भन्दै मन्त्री बस्नेतले अस्पतालको पूर्वाधारलाई पूर्ण बनाउन आफुले पहल गर्ने जिकिर गरे। उनले बिभिन्न महामारी फैलने बेला भएकाले रोगको प्रकृतिको अध्ययन भइरहेको अवस्थामा ठोस निष्कर्ष निस्कने गरि काम गर्नुपर्ने बताए। मन्त्री बस्नेतले समयमा नै आएर काम गर्न निर्देशन दिएको जानकारी दिए।
राष्ट्रियसभा सदस्य: अर्थतन्त्रका समस्याको उपायसहितको बजेट ल्याउनू {भिडियो} काठमाडौं। राष्ट्रियसभा सदस्यहरुले मुलुकको अर्थतन्त्रमा देखिएको समस्याको उपायसहितको बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन् । राष्ट्रियसभाको सोमबारको बैठकमा प्रिबजेटमाथिको छलफलका क्रममा उनीहरुले निजी क्षेत्रको समस्या समाधानका साथै अर्थतन्त्रमा देखिएको समस्याको उपायसहितको बजेट ल्याउन सरकारलाई सुुझाव दिएका हुन् । बैठकमा सांसद कमला पन्तले मुलुकको अर्थतन्त्रमा देखिएको समस्या समाधानको उपाय अपनाउन आग्रह गरेकी छिन् । यस्तै उनले साधारण खर्च घटाएर पूँजीगत खर्च बढाउन देखिएका समस्या समाधान गर्नुपर्ने बताएकी छिन् । उहाले ओरालो लागेको शेयर बजारलाई उकालो लगाउने योजना बनाउन अर्थमन्त्रीको ध्यानाकर्षण गराएकी छिन्। त्यस्तै सांसद दिलकुमारी थापा रावलले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर तीन प्रतिशत खुम्चने अवस्थामा फराकिलो आर्थिक हुन्छ भन्ने आधार स्पष्ट नभएको बताएकी छिन्। उनले करका दर हेरफेर गर्दा बिचौलियाको चलखेलका कारण पनि मुलुकको आर्थिक क्षेत्रमा नकारात्मक असर परेको धारणा राखेकी छिन्। त्यस्तै सांसद मृगेन्द्रकुमार सिंह यादवले जनसंंख्याको आधारमा बजेटको विनियोजन गर्नुपर्न माग गरे । उनले असारमा बजेट बिनियोजन भएपनि आर्थिक बर्षको अन्तिममा मात्रै योजना सुरु गर्ने प्रवृतिलाई अन्त्य गर्नुपर्ने जिकिर गरे। उनले बजेटमा शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिनुपर्ने बताए त्यसअघि बैठकको सुरुमै नेकपा(एमाले)का सांसद भैरवसुन्दर श्रेष्ठले आइतबारको बैठकमा कांग्रेसका सांसद रमेशजंग रायमाझीले दिएको अभिव्यक्ति संसदीय मर्यादा विपरीत भएको भन्दै त्यसलाई रेकर्डबाट हटाउन माग गरेका छन्। राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आइतबारको उक्त अभिव्यिक्त सुनेर मात्रै यस बिषयमा आवश्यक निर्णय गर्ने जानकारी गराभएका थियो । हेर्नुहोस् भिडियो:
ज्ञानेन्द्र शाहीलाई कार्यक्रममा बोल्न नदिएको भन्दै उनका समर्थकहरुले गरे विरोध {भिडियो} काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीलाई पार्टीले आयोजना गरेको कार्यक्रममा बोल्न नदिएको भन्दै उनका समर्थकहरुले विरोध जनाएका छन् । आइतबार राप्रपा निकट राष्ट्रिय प्रजातन्त्रीक महिला संगठनले काठमाडौंको प्रज्ञा भवनमा आयोजना गरेको एकताको प्रथम महाधिवेशन उद्घाटनमा शाहीलाई बोल्न नदिएको भन्दै समर्थकहरुले विरोध जनाएका हुन् । कार्यक्रममा दौरान शाहीलाई मञ्चमा बोल्न नबोलाएको भन्दै सहभागीहरुले होहल्ला सहित नारावाजी गरेका थिए । उनीहरुले आफुहरु ज्ञानेन्द्र शाहीको भाषण सुन्न आएको बताइरहेका थिए । नारावाजीपछि पनि शाहीले बोल्न नपाएपछि कार्यक्रमको अन्त्यसम्म पनि उनीहरु आक्रोशित भएका थिए । यता शाहीले पनि आफुलाई बोल्न नदिएको बताए। राप्रपालाई युवामा रुपान्तरण गर्नुपर्छ भन्दै आएको तर युवाहरुलाई नै निषेध गर्न खोजेको उनले बताए। हेनुहोस् भिडियो:
शरणार्थी प्रकरणका दोषीलाई कारवाही गर्न सरकारले खुट्टा कमाउन हुँदैन:माधव नेपाल (भिडियो) काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारवाही गर्न सरकारले खुट्टा कमाउन नहुने बताएका छन्। आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसंँग कुरा गर्दै अध्यक्ष नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न साना ठूला सबैलाई कारबाही गर्नुपर्ने गर्नुपर्ने भन्दै सरकार पछि हट्न नहुने बताएका हुन्। उनले दोषीलाई बचाउन आउने जस्तोसुकै उच्च दबाब सामू कुनै पनि हालतमा सरकार झुक्न नहुने जिकिर गरे। त्यस्तै अध्यक्ष नेपालले प्रदेश १ को नामाकरण कोशी प्रदेशमा सहमति भईसकेकाले र साझा पहिचान भएकाले विरोध गर्नुको औचित्य नभएको बताए । उनले कोशी नामाकरण कुनै धर्म र संस्कृति संग नजोडिएको र प्राकृतिक सम्पदा भएकाले यसलाई अपनत्व महसुस गरेर अघि बढ्नुपर्ने बताएका छन्। अध्यक्ष नेपालले कोशी प्रदेशका सबै जातजाति, भाषा धर्म र संस्कृतिको संरक्षणका साथै कुनै पनि समुदायले अपहेलित र उपेक्षित भएको महसुस नहुने गरि सरकारले काम गर्नुपर्ने उल्लेख गरे। हेर्नहोस् भिडियो:
राज्यका कार्य सम्पादन जनसमक्ष ल्याउने दायित्व आमसञ्चार माध्यमको होः प्रधानमन्त्री दाहाल (भिडियो) काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राज्यका निकायले गर्ने कार्य सम्पादनका बारेमा जनसमक्ष ल्याउने दायित्व आमसञ्चार माध्यमको रहेको बताएका छन्। गोरखापत्र संस्थानको ६१ औँ वर्ष प्रवेशका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले राज्यका सबै कामकारवाही पारदर्शी हुनुपर्ने भन्दै राज्यका निकायले गर्ने कार्य सम्पादनका बारेमा जनसमक्ष ल्याउने दायित्व सञ्चारमाध्यमको भएको बताएका हुन्। नागरिक सुसूचित हुनसक्दा मात्र संघीय लोकतान्त्रिक गणतन्त्र सबल बन्न सक्ने उनले बताए । उनले राज्यका हरेक अङ्ग र निकायलाई कार्यसम्पादनप्रति जिम्मेवार, उत्तरदायी र सबल बनाउन चौंथो अङ्गका रूपमा सञ्चार माध्यमले निर्वाह गर्ने भूमिका महत्वपूर्ण हुने उल्लेख गरे। सही सूचना र जानकारीबाट सूचित हुने नागरिकको अधिकार प्रत्याभूत गर्न आमसञ्चार जिम्मेवार बन्नुपर्ने उनले जोड दिए । उनले राष्ट्रिय एकता र समाजमा सकारात्मक सन्देश दिनका लागि सरकारी सञ्चारमाध्यमले बिशेष ध्यान दिनुपर्ने बताए। उनले राष्ट्रको इतिहास र सभ्यता जोडिएको गोरखापत्र संस्थालाई अहिलको डिजिटल युग सुहाउँदो बनाउन आन्तरिक सुधार तथा पुनरसंरचना आवश्यक रहेको बताएका छन्। हेर्नुहोस् भिडियो:
null
जथाभावी विदेश भ्रमणमा नजान स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई सरकारको निर्देशन काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई विदेश भ्रमणमा कडाइ गरेको छ । मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै जनप्रतिनिधि र कर्मचारीलाई जथाभावी विदेश भ्रमणमा नजान निर्देशन दिएको हो । जनप्रतिनिधि तथा कर्मचारी वैदेशिक भ्रमण जाँदा कतिपय कार्यक्रम औचित्य पुष्टि नहुने देखिएकाले त्यस्ता कार्यक्रममा नजान मन्त्रालयको निर्देशन छ । जिल्ला समन्वय अधिकारी र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई पठाएको परिपत्रमा कार्यक्रम सम्बन्धित देशमा रहेका तर आधिकारिकता पुस्ट्याइँ हुन नसक्ने किसिमका निमन्त्रण स्वीकृतिको लागि मन्त्रालयमा निवेदन बढिरहेको मन्त्रालयले जनाएको छ । वर्तमान आर्थिक संवेदनशीलता,चालू आर्थिक वर्षको अन्तिम र नयाँ आर्थिक वर्षको बजेट निर्माणको महत्त्वपूर्ण समयलाई मनन गरी अत्यावश्यक र औचित्यपूर्ण अवस्थामा बाहेक वैदेशिक भ्रमण स्वीकृतिका लागि नपठाउनु सूचनामा उल्लेख छ । आधिकारिकता पुस्ट्याइँ हुन नसक्ने तथा गलत कागजात तयार गरी पठाएका अनुरोध पत्र माथि मन्त्रालयले कारबाही गर्ने चेतावनी समेत दिएको छ । परिपत्र अनुसार वैदेशिक भ्रमणमा जाने प्रयोजनका लागि आधिकारिक स्रोतबाट प्राप्त आयोजक कार्यक्रम भ्रमण अवधि भ्रमणका लागि स्रोत साधनको व्यवस्थापन लगायतका विषयमा स्पष्ट पुष्टि हुने कागजातहरू संलग्न मन्त्रालयलाई पेस गर्नुपर्ने भएको छ ।
साकेला शिलीमा नाच्दै गरेका किराँत समुदाय {भिडियो} काठमाडौं। ललितपुरको हात्तीवनमा किराँतीहरुले आज धुमधामका साथ उभौली साकेला पर्व मनाएका छन्। प्रत्येक वर्ष बैशाख पुर्णिामा देखि राई, लिम्बु, याक्खा सुनुवार जातिहरूले भव्य रूपमा किराँती रितीअनुसार भूमीको पूजा गरी उभौली चाड अर्थात भूमी पूजा गरी साकेला शिलि नाच्दै १ महिना सम्म मनाउने गर्छन। उभौली पर्वको रूपमा रहेको किरातीहरूको यो महत्त्वपूर्ण चाड वसन्त ऋतुमा वालीनाली राम्रो होस् सबैमा सुख शान्ति सूस्वास्थ्य रहोस् र दैविप्रकोप तथा विपक्तिहरू नआउन् भनि पुजा गरिन्छ,यस चाडमा सुनुवार र राईहरू साकेला–सखेवा शिली नाच्छन भने लिम्बु र याख्खाहरू च्याब्रुङ नाच नाच्दै प्रकृतिलाई पुजा गर्दछन । उभौली चाडमा किरात खम्बु (राई) हरु आफ्नो जातीय पहिरन (भेषभुषा) मा सजिएर साकेला सिली नाच्छन् । कालो कोट, दौरा–सुरूवाल, बुकी फूल सिउरिएर, खुकुरी भिरेर नेपाली टोपीमा ठाँटिएर पुरुषहरू साकेला सिलीमा ताल मिलाउदै गोलबन्द भएर नाच्छन्। महिलाहरू पनि कम्मरमा पटुकी कसेर चौबन्दी चोली र छिटको फरिया अनि पहेंलपुर गरगहनामा सजिएर उनीहरूलाई शिलिको इसारा गर्दै नाच्छन् । हातमा चौरीको पुच्छर, सिल्लिमो, पोमी, लिङ्चिबुङ्को डाला, चमर र सिम्कौली सेउली लिएर नाचिन्छ । स्याउला, ढोल, झ्याम्टा, बिनायो तथा हारी छातीमा झुन्ड्याएर उनीहरू आफूलाई सजाउँछन् । गोलाकार घेरामा रहेर नाचिने साकेला शिली अहिले सबै जातीका युवायुवतीको पनि सहभागिता बढ्दो छ । किराँत समुदायमा पनि एकथरीले उँभौली पर्व उत्तरायण सुरु हुने दिन माघ १ गते नै मनाउने गर्छन् । उँधौली भने दक्षिणायन सुरु हुने दिन पारेर साउन १ गते मनाउँछन् । यस समुदायले उँभौली वैशाख शुक्ल पूर्णिमा र उँधौली पर्व मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाउँछन् । यो पर्व किराँत राई समुदायको महत्त्वपूर्ण पर्व हो । हेनुहोस् भिडियो:
किरात बस्तीमा उभौली साकेला सुरु कटारी । वैशाख पूर्णिमाका अवसरमा १५ दिनसम्म ढोलझ्याम्टाका साथ साकेला नाच्दै मनाइने किरात राई समुदायको उभौली पर्व प्रारम्भ भएको छ । उभौलीका अवसरमा पूर्वका किरात बस्तीमा अहिले साकेलाको रौनक छाएको छ । साकेला थानमा विधिपूर्वक पूजा गरी औपचारिकरूपमा साकेला उभौली प्रारम्भ हुने किरात राई यायोक्खा जिल्ला कमिटी उदयपुरका अध्यक्ष गङ्गा राईले बताए । किरात राईहरूको बसोबास रहेको कोशी प्रदेशअन्तर्गतका पूर्वी पहाडी जिल्लाका साथै धरान, इटहरी, गाईघाट, कटारी, मोरङ तथा राजधानी काठमाडौँ आदि सहरमा रहेका राई समुदायले यो पर्व धुमधामका साथ मनाइरहेका छन् । उभौली पर्व वसन्त ऋतुमा बालीनाली राम्रो होस्, सबैमा सुख–शान्ति पैmलियोस्, दैवीप्रकोप तथा विपत्ति नआउन् भनेर मनाउन थालिएको बूढापाका बताउँछन् । त्यसैगरी पानी पर्न थालेपछि नदी, खोला, खहरेमा समेत पानी बढ्दै जाने समयमा प्रकृति पूजक किरात समुदायले माछा उकालो (उँभो) पानी आउने ठाउँतिर बसाइँ सरेको समयलाई समेत उभौलीको सङ्केतका रूपमा यो पर्व मनाइने गरेको पाइन्छ । त्यस्तै मानिस, जनावर तथा चराचुरुङ्गी बेँसीतिरबाट लेकतिर सर्ने सङ्केत गर्न तथा अन्नबाली लगाएको खुसीयालीमा मनाइने किरात राई संस्कृतिका अध्येता शुभराज राई बताउँछन् । भाषा, संस्कार तथा संस्कृतिले आफ्नो पहिचान दिलाउने र अस्तित्व जोगाउने भएकाले उभौलीका अवसरमा संसारभर छरिएका किरात आपसमा शुभकामना आदान–प्रदान गरी यो पर्व मनाउने किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष जीवन हाताचो राईले बताए । उभौलीका अवसरमा सामूहिकरूपमा दुःख–सुख साट्दै संस्कृति झल्काउने पोशाकमा साकेला नाचिन्छ । पछिल्लो युवापुस्तामा समुदायको वेषभूषा लगाउने र साकेला नाच्ने आकर्षण नै बढ्दै गएको छ । हातमा सेउली, चमर लिएर, ढोल, झ्याम्टाका साथ किरात बस्तीमा युवा–युवती रमाउने गरेका छन् । चर्को गर्मी, वर्षा झरीको समेत वास्ता नगरी युवापुस्ता उभौली साकेलामा रमाउने गर्दछन् ।
समाजमा अपराधको मोडल फेरिँदै गएको छ– प्रहरी महानिरीक्षक कुँवर लुम्बिनी । नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) वसन्त कुँवरले समाज विकाससँगै अपराधको मोडल पनि फेरिँदै गएको बताएका छन् । उनले प्रविधिको प्रयोगबाट गरिने अपराध आजको मुख्य चुनौती रहेको बताए । इलाका प्रहरी कार्यलय बुटवलको नवनिर्मित भवनको आज उद्घाटन कार्यक्रममा उनले प्रविधिले सृजना गरेको आपराधिक चुनौतीको नियन्त्रण सामना गर्न नेपाल प्रहरी पनि सोहीअनुसार अग्रसर भएर काम गरिरहेको बताए । आइजिपी कुँवरले प्रहरी सीमान्तकृत र निम्नवर्गीय नागरिकको साथी बनेर काम गर्ने गरी अगाडि बढिरहेको बताए । “नेपाल प्रहरीले जनताको विश्वास जित्ने गरी काम गर्नुपर्छ । त्यसका लागि प्रहरी सङ्गठन प्रतिबद्ध छ”, उनले भने, “जनताको जीउधनको रक्षा र मावन अधिकारको संरक्षण गर्दै सर्वसाधारण नागरिकको जनजीवनलाई सरल, सहज र सुरक्षित गराउने दायित्व पूरा गर्न हामी प्रतिबद्ध छौँ ।” उनले देशैभरका प्रहरी कार्यालयमा नागरिक सहायता कक्षलाई व्यवस्थित बनाउने उल्लेख गर्दै स्थानीय सरकारको समन्वयमा लागु औषध नियन्त्रणको विशेष कार्यक्रम चलाइने बताए । उनले प्रहरीको कार्यदक्षता वृद्धिका लागि भौतिक पूर्वाधारको सम्पन्नतामा पनि ध्यान दिइएको बताए । सो अवसरमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले व्यावसायिक क्षेत्रको संरक्षण, दुर्व्यसन न्यूनीकरण र अनुचित दबाब दिने कामको नियन्त्रणमा प्रहरीको सहयोग जरुरी रहेको बताए । कार्यक्रममा प्रहरी नायब महानिरीक्षक (डिआइजी) उमेशराज जोशीले लुम्बिनी प्रदेशको शान्ति सुरक्षा र अपराध नियन्त्रणमा नेपाल प्रहरीले अग्रपङ्क्तिमा रहेर काम गरिरहेको बताए । इलाका प्रहरी कार्यालय बुटवलको परिसरमा सङ्घीय सरकारमार्फत प्राप्त रु दुई करोड ४१ लाख २० हजारको लागतमा नागरिक सहायता कक्ष र मेस निर्माण भएको छ भने लुम्बिनी प्रदेश सरकारबाट प्राप्त रु तीन करोड १९ लाख १३ हजारमा प्रहरी ब्यारेक र कार्यालय प्रमुखको निवास निर्माण भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
सार्वजनिक बिदामा पनि रामेछाप प्रशासन खुल्ने रामेछाप । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक बिदाका दिनसमेत कार्यालय खोलेर नागरिकलाई सेवा दिइरहेको छ । उक्त व्यवस्था यही वैशाख १ गतेदेखि लागू गरिएको कार्यालयले बिहीबार सूचनामार्फत जानकारी गराएको हो । शनिबार र दसैं तिहारजस्ता सार्वजनिक बिदाबाहेक सार्वजनिक बिदाका दिनमा कार्यालय संचालन हुने सूचनामा जनाइएको छ । प्रमुख जिल्ला अधिकारी अनिता निरौलाका अनुसार नागरिकको सुविधाका लागि वैशाख पूर्णिमा, श्रीकृष्ण जन्माष्टम, रक्षाबन्धन, घटस्थापना, क्रिसमस, उभौली, धान्यपूर्णिमा, तमु ल्होसार, माघी, सोनाम ल्होसार, महाशिवरात्री र ग्याल्पो ल्होसारका दिन कार्यालयबाट सेवा संचालन हुनेछ । त्यसैगरी ईद, बकरईद, गणतन्त्र दिवस, जनयुद्ध दिवस, प्रजातन्त्र दिवस, महिला दिवस, बुद्ध जयन्ती र पृथ्वी जयन्तीका दिनमा पनि कार्यालय खुल्ने जनाइएको छ । सार्वजनिक बिदाका दिन नागरिकता प्रमाणपत्र जारी हुने, राहदानीको सिफारिस हुने र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा संचालन हुने उक्त कार्यालयले जनाएको छ । बिदाका दिन मुद्दा, प्रशासन, संघसंस्थालगायतका अन्य शाखाको काम भने हुने छैन । यसअघि उक्त कार्यालयले कार्यालयको सेवासम्बन्धी सम्पूर्ण फारामहरु निस्शुल्क उपलब्ध गराउनुका साथै अनलाइन फर्मसमेत कार्यालयबाटै भरीदिने गर्दै आएको थियो ।
विद्युतीय सवारीको प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री ज्वाला काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले विद्युतीय सवारीको प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार सङ्घ र नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालको सहकार्यमा आयोजित ‘इलेक्ट्रिक मोबिलिटी आगामी नीति तथा बजेटका लागि सुझाव’ कार्यक्रममा उनले विद्युतीय सवारीका लागि नीतिगत र पूर्वाधारमा सुधार गरिने बताए । उनले विद्युतीय सवारीसाधन र इमोबिलिटीलाई प्राथमिकतामा राखेर सरकारले आगामी नीति तथा कार्यक्रम तथा बजेट बनाउने उल्लेख गरे । “मैले यहाँ चार्जिङ स्टेशनको पूर्वाधार पनि बन्दै गरेको सुनेँ”, उनले भने, “विद्युतीय सवारीका लागि आवश्यक पूर्वाधार बनाउने विषयमा सरकार गम्भीर छ ।” नेपाल आयल निगमका उपनिर्देशक मनोजकुमार ठाकुरले पेट्रोलपम्पमा चार्जिङ स्टेशन राख्न नेपाल विद्युत् प्राधिकरणसँग समन्वयको थप आवश्यकता रहेको बताए । “पेट्रोलपम्पमा चार्जिङ स्टेशन राख्न मापदण्ड बनाउनु पर्छ”, उनले भने, “चार्जिङ स्टेशन राख्दा निमगले के सहयोग गर्नुपर्छ त्यसका लागि तयार छ ।” नेपाल विद्युत प्राधिकरणका इन्जिनियर सागर ज्ञवालीले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न स्पष्ट नीतिगत व्यवस्था नभए पनि भन्सार दर कम गर्न सकेमा मात्र पनि विद्युतीय सवारीको बजार बढ्ने विश्वास व्यक्त गरे । “केही वर्ष अघिसम्म इन्धनबाट चल्ने गाडीसँग तुलना गरिन्थ्यो भने अहिले उपभोक्तामा विद्युतीय सवारीप्रतिको विश्वास बढ्दै गएको छ”, उनले भने, “यसका लागि प्राधिकरणले देशभर चार्जिङ पूर्वाधार बनाउने र निजी क्षेत्रलाई प्रोत्साहन गरिरहेको छ ।” आन्तरिक राजस्व विभागका निर्देशक राजु प्याकुरेलले विद्युतीय सवारीमा बजेटले तोकेबमोजिमको कर लिइरहेको बताए । सरकारले तोकेअनुसारको कर सङ्कलन गरिरहे पनि विद्युतीय सवारीमा लाग्दै आइरहेको करको दर घटाउनु देशको अर्थतन्त्र र वातावरणलाई समेत फाइदा हुनेमा विभाग जानकार रहेको उनको भनाइ थियो । नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालका उपाध्यक्ष राजनबाबु श्रेष्ठले ‘इमोबिलिटी’ अबको भविष्य भएकाले सरकारले यो विषयमा स्पष्ट नीति लिनुपर्ने बताए । “सरकारले सन् २०२५ सम्म नेपालमा गुड्ने कूल निजी सवारीमध्ये विद्युतीय सवारीको सङ्ख्या २५ प्रतिशत पु¥याउने लक्ष्य लिएको छ”, उनले भने, “तर, प्रत्येक वर्षको बजेटमा विद्युतीय सवारीमा लाग्ने भन्सारदर घटबढ हुँदा उपभोक्ता निश्चिन्त बन्न सकेका छैनन् ।” कार्यक्रममा व्यवसायीले नेपालमा बढ्दै गएको विद्युतीय सवारीलाई प्रवर्द्धन र विकास गर्न सरकारले स्थिर नीति लिनुपर्नेमा जोड दिएको थिए । विद्युतीय सवारी साधनलाई प्रोत्साहन दिन नीतिगत स्थिरता हुनुपर्नेमा उनीहरूको जोड थियो ।
व्यवसायीहरुको समस्या समाधान गर्न सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ: उपराष्ट्रपति काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले उद्योगी व्यवसायीहरुको समस्या समाधानका लागि सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्। बिहीबार काठमाडौंमा ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको २८ औं साधारणसभा तथा नवौं राष्ट्रिय महाविधेशन उद्घाटन गर्दै उपराष्ट्रपति यादवले मुलुकमा लगानी मैत्री वातावरण बनाउनुका साथै व्यवसायीहरुको समस्या समाधानका लागि सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुको विकल्प नरहेको बताएका हुन्। उनले देशको मेरुदण्डको रुपमा रहेको निजि क्षेत्रका अग्रणी संस्थाहरुले रोजगारी सिर्जना गर्न, आयात प्रतिष्थापन गरि निर्यात बढाउनका लागि आवश्यक भूमिका निर्वाह गर्नुपर्ने बताए । दक्ष जनशक्तिको अभाव, सहज बित्तिय पहँुच, ग्रीलजन्य बस्तुको मूल्यबृद्धि लगाएतका बिषयमा आवश्यक कदम चाल्न उहाले सम्बन्धीत निकायको ध्यानाकर्षण गराएका छन्। कार्यक्रममा नेपाल उद्योग व्यवसायी महासंघका अध्यक्ष चन्द्र ढकालले मुलुकको आर्थिक अवस्थाका बारेमा सरकारले जनतालाई विश्वास दिलाउनुपर्ने बताए। ढकालले पछिल्लो समय विप्रेषण बढेको, पर्यटनको आवगमन बढेको र बैंकहरुको व्याजदर कमीहुनुले मुलुकको आर्थिक क्षेत्र सुधार हुदै गएको संकेत पैदा भएको जिकिर गरे। कार्यक्रममा महासंघले बिभिन्न व्यक्तिहरुलाई सम्मान गरेको थियो । हेर्नुहोस् भिडियो:
धरानबाट २२७ किलो बढी गाजाँसहित दुई व्यक्ति पक्राउ सुनसरी। सुनसरी जिल्लाको धरानबाट २ सय २७ किलो बढी गाजाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। धरान उपमहानगरपालिका १३ शिवधारास्थित कोशी राजमार्गबाट बैशाख २१ गते प्रहरीले २ सय २७ किलो ४ सय ग्राम गाजँसहित दुई जना व्यक्ति र ट्रक नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा गाडी चालक धनकुटा जिल्लाको छथर जोरपाटी गाउँपालिका ६ बस्ने ३४ बर्षिय चन्द्र थापा क्षेत्री र सहचालक तेह्रथुम जिल्लाको छथर गाउँपालिका २ बस्ने २८ बर्षिय चुडामणी कटुवाल रहेका छन्। सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश धरानले धनकुटाबाट ईटहरीतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९४८९ नम्बरको ट्रकमा ८ वटा पोकामा लैजाँदै गरेको उल्लेखित परिमाणको गाजाँसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट ६० हजार नेपाली रुपैयाँ, ४ वटा मोवाईल सेट, बाटोको ईजाजत पत्र र सवारी दर्ता प्रमाणपत्र समेत बरामद भएको छ। नियन्त्रणमा लिइएका उनीहरुलाई ट्रक, गाजाँ र बरामद सामाग्रीसहित आवश्यक कारवाहीको लागी ईलाका प्रहरी कार्यालय धरानमा बुझाइएको छ।
सिंहदरबार गेटमा धर्ना: सङ्घीय निजामती ऐन तत्काल जारी गर्न माग {भिडियो} काठमाडौं। सङ्घीय निजामती ऐन तत्काल जारी गर्न माग गर्दै एमाले निकट कर्मचारी संगठनले सिंहदरबार गेटमा धर्ना दिएका छन् । सत्तारुढ दल निकट कर्मचारी संगठनहरुले आन्दोलन स्थगित गरेसंगै एमाले निकट कर्मचारी संगठनले बिहीबार सिंहदरबार गेट अघि सांकेतिक रुपमा धर्ना दिएका हुन् । निजामती ऐन जारी गर्न माग गर्दा पनि कुनै सुनुवाई नभएपछि आन्दोलन गर्न बाध्य भएको उनीहरुले जनाएका हुन् । यसअघि मोबाइल एसएमएसमार्फत सचिवहरुलाई ऐन जारी गर्न ध्यानाकर्षण गराइएको र अव सिंहदरबारमा केन्द्रीत आन्दोलन गर्ने नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष प्रवास साहले जानकारी दिए। आन्दोलित कर्मचारी संगठनहरुमध्ये सत्ता पक्ष संगठनले भने सरकारी पक्षसँग वार्ता पश्चात् आन्दोलन स्थगित गरेका छन् । हेर्नुहोस् भिडियो:
चार्ल्स तृतीयको राज्यभिषेकमा सहभागी हुन पराराष्ट्र मन्त्री बेलायत जाँदै काठमाडौँ। परराष्ट्रमन्त्री एनपी साउद आज बेलायत जाँदै छन्। बेलायतका नयाँ राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुनका लागि मन्त्री साउद आज बेलायत जान लागेका हुन्। उक्त राज्याभिषेकमा राष्ट्रपति रामचन्द्र पौडेल जाने यसअघि नै तय भएपनि स्वास्थ्यका कारण अन्तिममा स्थगित भएको थियो। स्वास्थ्यका कारण राष्ट्रपति पौडेल बेलायत जान नसक्ने भएपछि सरकारले परराष्ट्रमन्त्री साउदलाई बेलायत पठाउन लागेको हो। पराराष्ट्र मन्त्री बिहान ११ बजे बेलायत प्रस्थान गर्नेछन्।
स्पेनिस ला लिगा: रियललाई पराजित गर्दै एट्लेटिको दोस्रो स्थानमा उक्लियो काठमाडाैं। स्पेनिस ला लिगाको दोस्रो स्थानमा एट्लेटिको मड्रिडले जीत हासिल गरेको छ। सिभिटास मेट्रोपोलिटानोमा भएको खेलमा रियल म्याड्रिडलाई पराजित गर्दै एट्लेटिकोले दोस्रो स्थानमासमेत उक्लन सफल भएको हो। एटलेटिकोले घरेलु मैदानमा म्याड्रिडलाई ५-१ को बिशाल अन्तरले पराजय गर्दै दोस्रो स्थानमा उक्लन सफल भएको हो। बुधबार राति भएको खेलको दोस्रो मिनेटमा नै ग्रिजम्यानले गोलवाट एटलेटिकोले सुरुवाती अग्रता लिएको थियो, उनैले ग्रिजम्यानले २७औं मिनेटमा ग्रिजमनले व्यक्तिगत र टोलीका लागि दोस्रो गोलवाट एट्लेटिकोले पहिलो हाफमा नै आफनो अग्रता दोब्बर पार्न सफल भयो। दोस्रो हाफको सुरुवाती अर्थात ४९औं मिनेटमा अल्भारो मोराटाले थप गोल गरेपछि एट्लेटिको अन्तर बढाउँदै खेलको स्थिति ३-० मा पुरयाउन सफल भयो। र, ५७औं मिनेटमा यान्निक कारास्कोले पेनाल्टीमार्फत गोल गरेपछि म्याड्रिड भने गोलरहित अवस्थमा रहँदै ४-० ले पछि पर्न गयो। तर, ७२औं मिनेटमा म्याड्रिडका एन्थोनी लोजानोले गोल गर्दै खेललाई ४-१ को स्थितिमा फर्काउन सफल भए। तर, त्यसको एक मिनेटपछि नै मोलिनाले गोल गर्दै एट्लेटिकोलाई ५-१ को स्थितिमा अगाडि बढाए। त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन र खेल ५-१ को बिशाल अन्तरले एटलेटिकोले जीत हासिल गर्न सफल भयो। यस जितसँगै एट्लेटिकोले ३३ खेलबाट ६९ अंक बटुल्न सफल भएको छ भने समान खेलबाटै रियलको ६८ अंक छ।
राष्ट्रिय साइबर सुरक्षा केन्द्रको स्थापनाका लागि सरकार अग्रसर {भिडियो} काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्रको स्थापनाका लागि अध्ययन कार्य अगाडि बढाइसकेको बताएकी छिन्। छैटौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा मंगलबार काठमाडौमा आयोजित कार्यक्रममा मन्त्री शर्माले साइबर सुरक्षामा देखिएका चुनौतीको सामना गर्न सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्रको स्थापनाका लागि अध्ययन कार्य अगाडि बढाइसकेको बताइन् । उनले राष्ट्रिय साइबर सुरक्षाको नीति तर्जुमा कार्य अन्तिम अवस्थामा पुगेको जानकारी दिएकी छिन्। मन्त्री शर्माले सञ्चार तथा सूचना प्रविधि क्षेत्रको विकास, विस्तार र यसको सुरक्षित प्रयोगलाई सुनिश्चित गर्न आवश्यक नीति, ऐन, नियमावलीलगायत कानुनी व्यवस्थाका लागि सरकार गम्भीर रुपमा अघि बढिरहेको बताएकी छिन् । सरकारी निकायका आन्तरिक प्रणालीहरु एकीकृत प्रणाली बिकास गरि कार्यन्वयन भइसकेको उनले बताइन्। उनले सूचना प्रविधिको प्रयोग एवम् सुरक्षित प्रयोग सम्बन्धमा नागरिकलाई साक्षर बनाउन डिजिटल साक्षरता एवम् जनचेतना अभिवृद्धिका कार्यक्रम मुलुकभर सञ्चालन गरिएको बताएकी छिन्। उनले सार्वजनिक सेवा प्रणालीलाई सरकारले प्राथमिकतामा राखेको भन्दै राहदानी, राष्ट्रिय परिचय पत्र, स्थानीयस्तरबाटै श्रम स्वीकृति, वैदेशिक रोजागरीमा रहेका नेपालीलाई नेपालभित्रैबाट विद्युतीय स्वास्थ्य जाँच, परामर्शलगायत सेवा सुरु गरेको जानकारी दिएकी छिन्। हेर्नुहोस् भिडियो:
मुख्यमन्त्री चौधरीले विश्वासको मत लिन बसेको लुम्बिनी प्रदेशसभाको बैठक स्थगित दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्रि डिल्लीबहादुर चौधरीले विश्वासको मत लिन बसेको बैठक आधा घन्टाका लागि स्थगित भएको छ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएको जानकारी प्रदेशसभा बैठकलाई नगराई विश्वासको मत लिन खोजेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आपत्ति जनाए  पछि बैठक आधा घन्टाका लागि स्थगित हुन पुगेको हो । बैठक मंगलबार बिहान ११ बजेदेखि सुरु भएको थियो । प्रतिपक्ष दल एमाले र राप्रपाले आपत्ति जनाए पछि सभामुख तुलाराम घर्तीले आधा घन्टाका लागि स्थगित गरेका हुन ।
घोराही सिमेन्ट इन्डस्ट्रीको आईपीओ बिक्री खुला, क-कसले पाउँछ भर्न ? काठमाडौँ। घोराही सिमेन्ट इन्डस्ट्रीको आईपीओ आज (वैशाख १९ गते)देखि बिक्री खुला भएको छ। कम्पनीले प्रिमियममा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको हो। कम्पनीले जारी पुँजी ३ अर्ब ९७ करोड १९ लाख ६०० रुपैयाँको ५ प्रतिशतले हुन आउने ३ लाख ९७ हजार १९० कित्ता आईपीओ उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि जारी गर्नेछ। भने, सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये १० प्रतिशतले हुन आउने ७ लाख ५४ हजार ६६१ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिनेछ। घोराही सिमेन्टको आईपीओमा उद्योग प्रभावित क्षेत्र दाङ जिल्लाको घोराही उपमहानगरपालिका वडा नं १, २, ३, ८, १४, १५, १७, १८ र १९ का बासिन्दाले आवेदन दिन सक्नेछन्। दाङकै बिंगलाचली गाँउपालिका वडा नं ३, ४ र रोल्पा जिल्लाको त्रिवेणी गाँउपालिका वडा नं ३ र ४ का बासिन्दाले पनि यो आईपीओमा आवेदन दिन पाउनेछन्। यस आईपीओमा बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटल र नबिल इन्भेस्टमेन्ट बैंकिङले गर्नेछ। कम्पनीले स्थानीयका लागि अंकित मूल्य १०० रुपैयाँ प्रिमियरबापत ३०० रुपैयाँ थप गरी प्रतिकित्ता ४०० रुपैयाँ र वैदेशिक रोजगारीमा रहेकालाई अंकित मूल्य १०० रुपैयाँमा प्रिमियरबापत ३३५ रुपैयाँ थप गरी प्रतिकित्ता ४३५ रुपैयाँमा आईपीओ बिक्री गर्नेछ। यस आईपीओ स्थानीय र बैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्ता आवेदन दिन पाउने छन्। अधिकतम स्थानीयले १ लाख कित्ता र ७ लाख ५४ हजार ६६१ कित्ताका लागि आवेदन दिन पाउनेछन्। स्थानीय र बैदेशिक रोजगारीमा रहेका नेपालीले जेठ २ गतेसम्म आवेदन दिन पाउनेछन्। तोकिएको समयमा आवश्यक मात्रामा आवेदन नपरेको खण्डमा स्थानीय जेठ १७ गतेसम्म आवेदन दिन पाउने छन्। स्थानीयले हिमालयन बैंक, नबिल बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, नेपाल एसबिआई बैंक, घोराही सिमेन्ट इन्डस्ट्री, प्रभु बैंक, कुमारी बैंक, एनएमबि बैंक, सानिमा बैंक र ज्योति विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।
वर्तमान सरकार पाँच बर्ष चल्छ : प्रधानमन्त्री प्रचण्ड काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार पाँच बर्ष चल्ने दावी गरेका छन् । सोमबार चितवनमा प्रेस सेन्टर नेपाल चितवनले आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा उनले सरकार यताउता हुने कुरा भ्रम रहेको भन्दै वर्तमान सरकार पाँच बर्ष चल्ने दावी गरेका हुन्। उनले रास्वपाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नहुने र रास्वपालाई सरकारमा ल्याउन सकारात्मक कुराकानी भइरहेको बताए। प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारीलाई जोगाउने प्रयासमा सरकार नलागेको भन्दै न्यूनतम साझा कार्यक्रममा समेत भ्रष्टाचार अन्त्य गर्नका लागि प्रतिवद्धता जनाइएको जानकारी दिए । उनले महाविर पुन आफूसँग सल्लाहानै गरेर माइतीघरमण्डलामा धर्नामा बसेको बताए । धर्ना अघि आफूसँग बालुवाटारमा भेटेको जनाउँदै उनले पुनले उठाएका मागप्रति सरकार सकारात्मक रहेको बताए । त्यस्तै प्रधानमन्त्री प्रचण्डले अयोग्य लडाकुलाई रकम दिने विषय विसं २०७१ को सरकारले गरेको निर्णय भएको उनले बताए । उनले अयोग्य लडाकुका बारेमा अदालतको फैसलालाई आफुले कार्यान्वयन मात्रै गर्न खोजेको स्पष्ट पारे। उनले एमाले अध्यक्ष केपी ओलीमाथिको आक्रमणमा सत्तारुढ दल लागेको भन्ने कुरा झुटो भएको बताए । ओलीले भनेजस्तो तत्कालीन राजा र तीनका समर्थकले विरोध गरेको हो भने त्यो गम्भीर बिषय भएको उनले बताए। हेर्नुहोस् भिडियो:
१८ जना एसपी एसएसपीमा बढुवा सिफारिस काठमाडौंं । गृह मन्त्रालयले नेपाल प्रहरीमा रिक्त १८ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा सिफारिस गरेको छ। शुक्रबार बसेको गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको बैठकले १८ जना प्रहरी उपरीक्षक (एसपी)हरूलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो।
सुजल र आरुषीले जिते स्वर्ण काठमाडौं । लुम्बिनी प्रदेशका सुजल डाँगी र आरुषी भट्टराईले १३औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको एक सय मिटर दौडमा आज स्वर्णपदक जितेका छन् । सुजलले छात्र तथा आरुषीले छात्रामा स्वर्ण हात पारेका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सुजलले निर्धारित दूरी ११.४ सेकेन्डमा पूरा गरे । मधेस प्रदेशका आदेश यादवले रजत तथा कर्णाली प्रदेशका सुशील ओलीले कास्य जिते । आरुषीले निर्धारित दूरी तय गर्न १३.७ सेकेन्ड समय लगाइन् । बागमतीका दिना गोपालीले रजत जितिन् भने स्वागता खाइजुले कास्य हात पारे । छात्र एक हजार पाँच सय मिटर दौड ४ मिनेट २२.८ सेकेन्डमा सकाउँदै लुम्बिनीका विकास विकले शीर्ष स्थान हात पारे । गण्डकीका बादल कार्की दोस्रो तथा सुदूरपश्चिम प्रदेशका अमित आउजी तेस्रो भए । उक्त स्पर्धाको छात्रामा गण्डकीकी नारायणी भण्डारीले ५ मिनेट १५.४ सेकेन्डमा दौड पूरा गर्दै पहिलो बनिन् । लुम्बिनीकी मोतिकला डाँगी दोस्रो तथा कोशी प्रदेशकी निला जिमी तेस्रो भए । छात्र हाई जम्पमा बागमतीका नवीन खत्री पहिलो भए । उनले १.६८ मिटर उचाइ नाघे । गण्डकीका मनीष जिसी तथा कोशीका सागर यादव संयुक्त रुपमा दोस्रो स्थानमा रहे । सो स्पर्धाको छात्रामा १.४५ मिटर उचाइ नाघेकी गण्डकीकी सीमा श्रेष्ठले स्वर्ण चुमिन् । लुम्बिनीकी प्रमिला चौधरीले रजत तथा सुदूरपश्चिमकी सुस्मिता चौधरीले कास्य प्राप्त गरे । तीनदिने उक्त प्रतियोगितामा विभिन्न सात प्रदेशका एक सय ५४ खेलाडीले विभिन्न २६ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् ।
भक्तपुरमा दिगु (देवाली) पूजा मनाइयो (भिडियो) भक्तपुर । भक्तपुरमा बिहीबार दिगु (देवाली) पूजा गरिएको छ । भक्तपुरका अधिकांश किसान परिवारले उक्त पूजा गरेका हुन् । पूजामा बोकाको बलि दिने गरिन्छ । स्थानीय केशव कासुलाले दिगु पूजाका अवसरमा कूल परिवारका प्रायः सबै जना जमघट हुने र पूजाआजा गरिसकेपछि सोहि स्थानमा प्रसाद खाने प्रचलन रहेको बताए । दिगु पूजामा बेलविवाह गरेका छोरीलाई सजाएर पूजा गर्ने चलन रहेको संस्कृतिविद्हरुको भनाइ छ । भक्तपुरमा तःपुखु (सिद्धपोखरी), रानीपोखरी, चोंगागणेश, कमलविनायकलगायत ठाउँमा दिगु द्यः (देवाली देउता) रहेको स्थानीयहरुको भनाइ छ । हेर्नुहोस् भिडियो:
नेपाललाई विदेशीको खेल मैदान बनाउने षड्यन्त्र हुँदैछः धर्मेन्द्र बास्तोला काठमाडौं। नेकपा (बहुमत) संयोजक धर्मेन्द्र बास्तोलाले पछिल्लो समय नेपाललाई अन्तर्राष्ट्रिय खेल मैदान बनाउने षड्यन्त्र सतहमा आएको बताएका छन्। बुधबार काठमाडौंमा प्रगतिशिल लेखक तथा साहित्यकार खेम थपलियाको नाट्य कृति ‘कमरेड फिप्टी पर्सेन्ट’ को विमोचन गर्दै बास्तोलाले शक्ति केन्द्रहरु एमसीसी र एसपीपीलाई लागु गरेर नेपाललाई विदेशीको खेल मैदान बनाउन लागेको आरोप लगाए। उनले सत्ता र प्रतिपक्षमा रहेका पार्टी र नेताहरु फेल भएको संकेत उपचुनावको परिणामले गरेको धारणा राखे। उनले अहिलेको संसदीय प्रणालीले अराजकता र निरंकुशता देखिएको र जनतामा बितृष्णा पैदा भएको उल्लेख गरे। लेखक थपलियाले चरम व्यक्तिवाद हावी भएर समाज र युवा पंक्तिलाई रक्षानमा पुर्‍याउन लागेको भन्दै आफूले इमान्दार भएर त्यसविरुद्ध कलम चलाएको बताए।
मनमोहन अधिकारीको स्मृति दिवसमा बिभिन्न कार्यक्रमको आयोजना(भिडियो) काठमाडौं । प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २४ औँ स्मृति दिवस बिभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ । स्मृति दिवसका अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले बुधबार ललितपुरको सानेपामा आयोजित कार्यक्रममा अधिकारीको शालिकमा माल्यार्पण गर्नुका साथै र उनका विचार र योगदानको स्मरण गरिएको थियो । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ उपाध्यक्ष तथा प्रतिष्ठानका अध्यक्ष ईश्वर पोखरेल, पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य लगाएतले अधिकारीको शालिकमा पुष्पगुच्छा अर्पण गरी उनीप्रति सम्मान प्रकट गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै एमाले बरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकको राजनीतिमा दुई ध्रुव देखापरेको र एमालेले राजनीति स्थायीत्वको कुरा गर्ने गरेको बताए । अर्को पक्ष सिद्धान्तविहीन, उद्देश्यविहीन र लोकतन्त्र मूल्य मान्यताविपरीत गठबन्धनका रुपमा रहेको उहाले बताउनुभयो । पोखरेलले गठबन्धनले मुलुकलाई गलत दिशातर्फ लैजाने काम गरिरहेको आरोप लगाएका छन् । विसं २०५१ मा प्रधानमन्त्री निर्वाचित अधिकारी नेतृत्वको सरकारको पालामा वृद्धभत्तालगायतका सामाजिक सुरक्षाका कार्यक्रम, ‘आफ्नो गाउँ, आफैं बनाउँ’र ‘नौ स’को अभियानजस्ता अभियान सुरु गरेका थिए। अधिकारीको २०५६ साल वैशाख १३ गते चुनाव प्रचारप्रसारका क्रममा काठमाडौंको गोठाटारमा हृदयघात भएपछि उपचारका क्रममा निधन भएको थियो । हेर्नुहोस् भिडियो:
परराष्ट्रमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदसँग चिनियाँ राजदूत छन् सोङले भेटवार्ता गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार छनले मंगलबार परराष्ट्रमन्त्री साउदसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । उक्त अवसरमा राजदूत छनले परराष्ट्रमन्त्री साउदलाई नेपालको परराष्ट्रमन्त्री नियुक्त भएकोमा चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री छिन काङको तर्फबाट बधाई सन्देश पनि हस्तान्तरण गरेका थिए । परराष्ट्रमन्त्री साउदलाई सोमबार यूरोपेली संघको नेपालका लागि राजदूत नोना डेप्रेजसहित फ्रान्स, जर्मनी र फिनल्यान्डका राजदूतहरुले पनि भेटेका थिए । परराष्ट्रमन्त्री नियुक्त भएपछि साउदसँग भारत र अमेरिकाका राजदूतले पनि शिष्टाचार भेटवार्ता गरिसकेका छन् ।
माध्यामिक तहसम्म सीपमुलुक तालिम कार्यक्रमको शुभारम्भ (भिडियो) काठमाडौं। काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८० देखि सामुदायिक विद्यालयको माध्यामिक तहसम्म छोटो अवधिको सीपमुलुक तालिम कार्यक्रमको शुभारम्भ गरेको छ । मंगलबार काठमाडौंमा विशेष कार्यक्रम गर्दै महानगरले पाठ्यपुस्तकबाट प्राप्त हुने संद्धान्तिक ज्ञानसंगै जीवन उपयोगी, सीपमूलक तथा व्यवहारिक शिक्षा प्रदान गरेर विद्यालय तह पुरा गर्दा कम्तीमा एक प्राविधिक क्षेत्रमा स्वरोजगार हुन सक्ने जनशक्ति तयार गर्न यस प्रकारको कार्यक्रमको थालनि गरेको जनाएको हो । शिक्षामा सीप , सामुदायिक विद्यालयमा छोटो अवधिको सीपमूलक तालिम: पुस्तक बिहीन शुक्रबार कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाइने महानगरका प्रमुख बालेन्द्र शाहले जानकारी दिनुभयो । ९० घण्टे तालिमका लागि कृषि तथा सहरी खेती, सौन्दर्यकला , काष्ठ कला, पाक कला लगाएत १० वटा क्षेत्र निर्धारण गरिएको छ । उक्त कार्यक्रम सञ्चालनका लागि विद्यालयहरुलाई अनुदान रकम उपलव्ध गराइने महानगर प्रमुख शाहले जानकारी दिए । विद्यालयस्तरबाटै सुरु गरिने यस्ता कार्यक्रमबाट बिद्यार्थीहरुलाई स्वरोजगार बनाउन मद्धत पुग्ने उनले बताए। त्यस्तै महानगरकी उपप्रमुख सुनिता डंगोलले बालबालिकाहरुले विद्यालयबाट निस्कदा सीपमुलक हुने वातावरण तयार गर्न छोटो अवधिको सीपमुलुक तालिम कार्यक्रमको नीति बनाइएको जानकारी दिएकी छिन् । तालिम सञ्चालनका लागि शिषा अधिकारीको अध्यक्षतामा तालिम सञ्चालन तथा व्यवस्थापन समिति गठन गरिएको छ । समितिले पाठ्यक्रम निर्माणमा सहजीकरण गर्ने, कार्यक्रमको अनुगमन र निरीक्षण गर्ने, विद्यार्थी र अभिभावकहरुको माग अनुसार थप विधाको पाठ्यक्रम निर्माण गर्ने काम गर्ने महानगरले जनाएको छ । भिडियो हेर्नुहोस्:
चितवन २ को उपनिर्वाचनको मतगणना हुँदै {भिडियो} चितवन। चितवन क्षेत्र नं २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना भइरहेको छ। सोमबार मध्यान्हदेखि चितवन उद्योग वाणिज्य सङ्घको प्रदर्शनी केन्द्रमा मतगणना भइरहेको हो। यस क्षेत्रमा ७८ हजार दुई सय ७७ मत खसेको छ । यस क्षेत्रमा एक लाख २४ हजार छ सय ९७ जना मतदाता रहेका थिए। सोमध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रोलिङ्गी रहेका छन्। त्यस्तै यस क्षेत्रमा लोकतान्त्रिक वाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेसँगै २२ जना उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ। गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित लामिछानेको नागरिकता विवादमा सर्वाेच्च अदालतको निर्णयबाट सांसद पदसमेत खारेज भएपछि उपनिर्वाचन भएको हो। हेर्नुहोस् भिडियो:
तनहुँ-१ मा रास्वपाका स्वर्णिम वाग्ले दाेब्बर बढी मतले अगाडि काठमाडाैं। तनहुँ-१ मा भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ। पछिल्लो मत परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले आफ्नो अग्रता बढाउँदै लगेका छन्। ७६८२ मत गणना हुँदा वाग्लेले ४३०३ मत पाएका छन्।  उनलाई नेपाली कांग्रेसका गोविन्द भट्टराईले १९३३ मत ल्याएर पछ्याइरहेका छन् भने नेकपा एमालेका सर्वेन्द्र खनाल तेस्रो स्थानमा छन्। खनालले ११९८ मत ल्याएका छन्।
एमाले एक्लै बहमत पार्टी बनाउन क्रियाशिल हुनू: महेश बस्नेत (भिडियो) काठमाडौं । नेकपा (एमाले)का नेता महेश बस्नेतले एमालेलाई बलियो र एक्लै बहुमत आउने पार्टी बनाउन लागि क्रियाशिल हुन युवासंघको नयाँ कार्यसमितिलाई निर्देशन दिए। आइतबार काठमाडौंमा राष्ट्रिय युवा संघ नेपालका नवनिर्वाचित अध्यक्ष क्षितिज थेबेको पदभार ग्रहण कार्यक्रममा बस्नेतले एमालेको लक्ष्य र उदेश्यलाई आत्मसाथ गर्दै पार्टीलाई बलियो र एक्लै बहुमत आउने क्रियाशिल हुन निर्देशन दिएका हुन्। उनले सुखी नेपाली समृद्ध नेपालको आकांक्षालाई पुरा गर्नका लागि युवा संघले आवश्यक भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे । उनले प्रचण्डले एमालेलाई धोका दिएर कांग्रेसको पछि लागेको भन्दै प्रचण्ड प्रवृतिविरुद्ध लाग्नुपर्ने बताए। त्यस्तै पदभार ग्रहण गर्दै राष्ट्रिय युवा संघ नेपालका नवनिर्वाचित अध्यक्ष थेबेले आवाजबिहिन भएर बसेका युवाहरुको आवाज भएर संगठनलाई अघि बढाउने प्रतिवद्धता जनाए । उनले राष्ट्र निर्माणका साथै सामाजिक न्याय र सुशासनको पक्षमा युवा संघले काम गर्ने धारणा राखे। कार्यक्रममा युवासंघका निवर्तमान अध्यक्ष किरण पौडेलले नवनिर्वाचित अध्यक्ष थेबेलाई कार्यभार हस्तान्तरण गरेका थिए। भिडियो हेर्नुहोस्:
प्रतिनिधि सभाका तीन वटा निर्वाचन क्षेत्रमा उपनिर्वाचन (भिडियो) चितवन । प्रतिनिधि सभाका तीन वटा निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको छ । आइतबार तनहुँ १, चितवन २ र बारा २ मा उपनिर्वाचन भएको हो । बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त पदमा उपनिर्वाचन भएको हो । त्यस्तै चितवन २ बाट निर्वाचित रवि लामिछाने नागरिकता प्रकरणमा कसुरदार ठहर भएपछि रिक्त दलमा पुन उपनिर्वाचन भएको हो भने तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित उपनिर्वाचन भएको हो । निर्वाचन आयोगले निर्वाचनसम्बन्धी प्रचलित कानुन, निर्देशिका, कार्यविधि तथा आयोगको निर्देशनविपरीतका यस्ता निर्णय बदर गरी प्रचलित कानुनबमोजिम मात्र हुने गरी प्रतिनिधि सभा सदस्य उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष गर्न निर्देशन दिएको छ । हेर्नुहोस् भिडियो:
बाराका केहि मतदान केन्द्रको बुथ कब्जा भएको सिके राउतको आरोप (भिडियो) बारा। जनमत पार्टीका अध्यक्ष सिके राउतले बाराका केहि मतदान केन्द्रमा बुथ कव्जा भएको आरोप लगाएका छन् । आइतबार बारामा सञ्चारकर्मीसंग कुरा गर्दै राउतले पचरौताको बेलडारी केन्द्रमा जसपाका कार्यकर्ताहरुले बुथ कव्जा गरेको आरोप लगाएका हुन् । उनले जनमतको बुथ एजेण्टलाई भित्र छिर्न नदिएको र तीन चार दिन अघि देखि नै बुथ कव्जा भएको बताए । प्रहरी प्रशासनलाई पटक पटक जानकारी गराउदा पनि सुरक्षा दिन नसकेको उनको भनाइ छ । उनले मतदान केन्द्रमा त्रासको वातावरण देखिएको भन्दै प्रहरीको पनि मिलोमतो देखिएको आरोप लगाए । बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन भएको हो । हेर्नुहोस् भिडियो:
खुला रक्तदानमा एक सय ५३ जनाले गरे रक्तदान जनकपुरधाम । जनकपुरधाममा आज आयोजित खुला रक्तदान कार्यक्रममा एक सय ५३ जनाले रक्तदान गरेका छन् । सन्त निरंकारी मण्डल नेपालद्वारा मानव एकता दिवस (२४ अप्रिल)को अवसरमा ‘रगत नालीमा होइन, नाडीमा बहाऔँ’ भन्ने नाराका साथ आयोजित बृहत् खुला रक्तदान कार्यक्रममा एक सय २३ पुरुष र ३० महिलाले रक्तदान गरेका मण्डलका प्रमुख बेचु रजकले जानकारी दिए । धनुषाका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले शुभारम्भ गरेको रक्तदान कार्यक्रममा प्रतिनिधिसभा सांसद जुलीकुमारी महतो (महासेठ), जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह र जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले पनि रक्तदाताको हौसलाका लागि सहभागिता जनाएका थिए । सो अवरसमा सांसद महतोले रक्तदान मानव कल्याणको सबैभन्दा उत्तम कार्य भएकाले यस्तो कार्यका लागि उत्प्रेरित गर्ने सन्त निरंकारी मण्डल र रक्तदातालाई धन्यवाद दिइन् । उपमहानगर प्रमुख साहले पनि रक्तदान जीवन दान भएकाले रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपर्ने अवस्था निर्माणका लागि यस्तो पुण्यकार्यमा लाग्न सबैलाई आग्रह गरे । यसअघि कार्यक्रमको शुभारम्भ गर्दै धनुषाका प्रमुख जिल्ला अधिकारी दाहालले मानवतालाई जीवन्त राख्न र रगत अभावमा कसैले पनि ज्यान गुमाउने अवस्था आउन नदिन सामाजिक उत्तरदायित्वको भावनाअनुरुप रक्तदान गर्न आवश्यक रहेको धारणा राखेका थिए । उनले कुनै पनि धार्मिक तथा आध्यात्मिक संस्थाले संविधानको अधिनमा रही मानव कल्याण, सामाजिक सद्भाव, आपसी एकतालाई मजबुत बनाउन लाग्नुपर्ने भन्दै सन्त निरंकारी मण्डलले यस्तो कार्यमा पु¥याएको योगदानका लागि धन्यवाद ज्ञापन गरे । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी धनुषाले सहयोग गरेको थियो । सन्त निरंकारी मण्डलले सद्गुरु गुरुवचन सिंहको हत्या भएको दिन अर्थात् (२४ अप्रिल १९८०) लाई मानव एकता दिवसका रुपमा मनाउँदै आएको छ । सोही दिनको सम्झनामा ‘रगत नालीमा होइन, नाडीमा बहाऔँ’, ‘हामी बदला होइन, बदलाब चाहन्छाँै’ भन्दै हरेक वर्ष मण्डलले रक्तदानलगायत समाज कल्याणका काम गर्दै आएको त्यस अवसरमा जानकारी दिइएको थियो ।
हुरीले प्रभावित उडान पुनःसञ्चालनमा काठमाडौं । हावाहुरीका कारण प्रभावित बनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान पुनःसञ्चालनमा आएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार हुरीले प्रभावित बनेको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान खुलेको हो । अपराह्नदेखि सुरु भएको हुरीले उडान प्रभावित भएको थियो । हुरीका कारण आन्तरिकतर्फ उडान ‘डिले’ हुनुका साथै अन्तर्राष्ट्रियमा केही उडान आकाशमा फन्को लगाउने ‘होल्ड’ भएका थिए । भारतको नयाँदिल्लीबाट आएको भिस्तारा एयर र कतारको दोहाबाट आएको कतार एयरवेजको जहाज होल्डमा परेका थिए । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेकाले देशका पहाडी भेगका कतिपय स्थानमा हल्कादेखि क्षणिक वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकामा अपराह्नपछि हल्कादेखि क्षणिक वर्षा भएको छ ।
सुडानबाट आफ्ना नागरिक फर्काउँदै जापान टोकियो । जापानले सुडानबाट आफ्ना नागरिक फर्काउने भएको छ । जापान सरकारले द्वन्द्वग्रस्त सुडानबाट आफ्ना नागरिकलाई फर्काउने तयारी थालिएको जानकारी आज दिएको हो । जापान सुडानबाट आफ्ना नागरिकलाई उद्धारको घोषणा गर्ने पहिलो मुलुक बनेको छ । सुडानको राजधानी खार्तुममा गत शनिबारदेखि विद्रोही अर्धसैनिक बल  र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) र सरकारी सेनाबीच भड्किएको द्वन्द्वमा करिब दुई सय जनाले ज्यान गुमाएका छन्भने झण्डै दुई हजार सय जना घाइते भएका छन् । जापान सरकारका प्रवक्ता हिरोकाजु मात्सुनोले दूतावासका कर्मचारीसहित करिब ६० जना जापानी नागरिक सुडानमा रहेका बताउँदै उनीहरूलाई त्यहाँबाट उद्धार गर्न रक्षा मन्त्रालयले आवश्यक तयारी गरेको बताए । सुडानका सेना प्रमुख अब्देल फताह अल बुरहान र उनका सहायतक मोहमद हमदान डगालो नेतृत्वको अर्धसैनिक बल  र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ)बीचको जारी द्वन्द्वका कारण जनजीवन अस्तव्यस्त भएको छ । राजधानीका साथै अन्य शहरका भीडभाडयुक्तस्थलमा विष्फोट, हवाई हमलाका साथै गोली हानाहान भएका थिए । अस्थिरताको पर्याय बनेको उत्तरपूर्वी यो अफ्रिकी मुलुकमा सन् २०२१ मा लामो समयदेखि शासन सत्ता सञ्चालन गरेका तो ओमार अल बशीरलाई सत्ताच्युत गरेपछि बुहारन र डगालोबीचको शक्ति सङ्घर्षले लिएको उग्ररुपको परिणाम अहिलेको द्वन्द्वको प्रमुख कारण हो । सुडानामा नागरिक शासन कसरी पुनःस्थपान गर्ने भन्नेमा उत्पन्न मतभेद नै यो भीषण युद्धको कारण बनेको छ । आरएसएफले देशका सम्भ्रान्त वर्गविरुद्ध सीमान्तकृत समूहको प्रतिनिधित्व हुनुपर्ने माग गरेको छ भने आरएसएफका सेनालाई जातीय सफाया गरेको आरोप बुरहान समूहले लगाएको छ । विश्वका अन्य देशले पनि सुडानमा रहेका आफ्ना नागरिकलाई आफ्ना विवरण आ–आफ्नो मुलुकका राजदूतावासमा बुझाउन आग्रह गरेका छन् । अमेरिकाले आफ्ना नागरिकलाई सम्पर्क विवरणसहितका सूचना दूतावासमा बुझाउन, घरबाट बाहिर ननिस्कन तथा झ्याल नजिक पनि नजान सुझाएको छ ।
राष्ट्रपति पौडेललाई थप उपचारका लागि एयर एम्बुलेन्समार्फत दिल्ली लगिँदै काठमाडौं।  राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि बुधबार भारत लगिँदैछ। छातीमा संक्रमणका हिजो साँझ शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लैजान लागिएको हो। राष्ट्रपति पौडेलका राजनीतिक सल्लाहकार सुनील थापका अनुसार नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट आफ मेडिकल साइन्सेस (एम्स)मा उनको थप स्वास्थ्य परिक्षण तथा उपचार हुनेछ। श्री एअरलाइन्सको एअर एम्बुलेन्समार्फत भारतमा उपचार गराउन जान लागेका राष्ट्रपति पौडेलका साथमा साथमा उनका नीजि चिकित्सकसहित श्रीमती, छोरालगायतको टोली जानेछन्। राष्ट्रपति पौडेलको स्वास्थ्यमा एकसातादेखि समस्या देखिए पछि मंगलवार साँझ उनी शिक्षण अस्पताल भर्ना भएका हुन्। शिक्षण अस्पतालका चिकित्सकका अनुसार राष्ट्रपति पौडेलको छातीमा जमेको पानी निकालेर परीक्षण गर्दा संक्रमण पाइए पछि उनलाई थप उपचारका लागि भारत रिफर गरिएको हो।
थप उपचारका लागि राष्ट्रपति पौडेललाई भारत लैजान चिकित्सककाे सुझाव काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य स्थितिका बारेमा जानकारी लिएका छन्। रुसको भ्रमणमा निस्कनु अघि शिक्षण अस्पताल महराजगञ्ज पुगेर अध्यक्ष तिमिल्सिनाले राष्ट्रपति पौडेलको स्वास्थ्य स्थीतिका बारेमा जानकारी लिएका हुन्। ‘त्रिभुवन विश्वबिधालय शिक्षण अस्पतालमा उपचार गराइरहनुभएका सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेललाई बुधबार बिहान भेट गरि स्वास्थ्य अबस्थाको बारेमा जानकारी लिनुभयो साथै सम्माननीय राष्ट्रपतिज्यूलाई स्वास्थ्यलाभको कामना गर्नुभएको छ,’ अध्यक्ष तिमिल्सिनाको प्रेस सल्लाहकार दुर्गाप्रसाद शर्माले भने, ‘सम्माननीय राष्ट्रपतिज्यूको स्वास्थ्य अबस्था हेर्दाखेरी आत्तिहाल्नु पर्ने देखिएको छैन।’ तर, राष्ट्रपति पौडेललाई थप परिक्षण र उपचारका लागि भारत लैजानु पर्ने चिकित्सकले अध्यक्ष तिमल्सिनालाई जानकारी गराएकाे शर्माले बताए। छातिमा संक्रमण बढेपछि राष्ट्रपति पौडेल सोमवार साँझ शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना भएका हुन्।
चितवन २ र तनहुँ १ मा नेसपाले कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने काठमाडौं। नेपाल समाजवादी पार्टीले चितवन क्षेत्र नं २ र तनहुँ क्षेत्र नं १ मा नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने भएको छ। आज बसेको केन्द्रीय कार्यकारिणी बैठकले ती क्षेत्रमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको नेसपाका अध्यक्ष डा बाबुराम भट्टराईले जानकारी दिए। उक्त पार्टीले सम्बन्धित प्रदेश र क्षेत्रका पार्टी समितिलाई निर्वाचनमा परिचालित हुन निर्देशनसमेत दिएको छ। यही वैशाख १० गते चितवन क्षेत्र नं २, तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा उपनिर्वाचन हुँदैछ। सो निर्वाचनमा चिनवन क्षेत्र नं २ मा नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ र तनहुँ क्षेत्र नं १ मा गोविन्द भट्टराई उम्मेदवार छन्। श्रेष्ठ र भट्टराई सत्ता गठबन्धनको साझा उम्मेदावार हुन्
तातोपानी राख्न विशाल ‘भूमिगत थर्मस’ बनाउने योजना स्टकहोम । स्वीडनको भेस्तेरोस सहरमुनि रहेका गहिरा ओडारहरूमा शीतयुद्ध कालमा ३,००,००० क्युबिक मिटर तेलको भण्डारण गरिएको थियो। यदि तेस्रो विश्वयुद्ध भइहाल्यो र अन्तर्राष्ट्रिय ऊर्जा आपूर्ति स्वीडनमा बन्द भयो भने चाहिन सक्छ भनेर उक्त तेल जमिनमुनिका ओडारमा भण्डारण गरिएको थियो। जब सन् १९८५ मा भूराजनीतिक तनाव मत्थर हुन थाल्यो ती ओडारहरूमा राखिएको तेल बाहिर निकालियो र ती त्यसयता खाली नै छन्। स्वीडिस ऊर्जा कम्पनी मेलारेन्देफीले यो ओडारलाई सफा गरेर तातो पानी जम्मा गर्ने कुण्ड बनाउने काम सुरु गरेको छ। अर्थात् यो ओडारलाई एउटा ठूलो ‘भूमिगत थर्मस’ बनाउन लागिएको छ जसभित्र पानीको तापक्रम ९५ डिग्री सेल्सियस हुनेछ। त्यो युरोपकै सबैभन्दा ठूलो त्यस्तो प्रकृतिको कुण्ड हुने दाबी कम्पनीको छ। “यो अलि ओसिलो छ,” आफ्नो सबैभन्दा पछिल्लो ओडार अवलोकन सम्झँदै कम्पनीकी लिसा ग्रान्सट्रोमले भनिन्। यो ओडार रहेको स्थान भने अझैसम्म गोप्य छ। “त्यो ओडार तपाईँले सोचेको भन्दा पनि धेरै तातो छ। त्यहाँ अझैसम्म तेलको गन्ध आउँछ,” उनले भनिन्। ओडारभित्र करिब १२० वटा ओलम्पिक खेलका लागि प्रयोग हुने पौडी पोखरीमा जतिनै पानी अट्ने बताइएको छ। यो मेलारन्देफीले नै सञ्चालन गरिरहेको स्व नकै अर्को स्थानमा रहेको तातोपानी कुण्ड भन्दा ११ गुणा ठूलो रहेको ग्रान्सट्रोम बताउँछिन्। जमिनमा तातोपानी सञ्चय गरेर पछि प्रयोगका लागि राख्ने धेरै उपायमध्ये यो पनि एउटा हो। युक्रेनमा रुसको आक्रमण पछि सुरु भएको ऊर्जा सुरक्षा र नवीकरणीय ऊर्जाको प्रयोगबारे चिन्तामाझ विज्ञहरूले तातोका लागि जमिनमुनि गरिने भण्डार थप बढाउँदै लैजानुपर्ने बताएका छन्। भेस्तेरोसको यो कुण्डको हकमा भने स्थानीय तापक्रम सञ्जालबाट गुफामा तातो पठाइन्छ। यो गुफाको तातोपानी नजिकको सहरका एक लाख ३० हजार जनसङ्ख्याका लागि आपूर्ति हुने बताइएको छ। मेलारेन्देफीले यो वर्षको अन्त्यबाट उक्त ओडारमा पानी भर्न सुरु गर्नेछ। उक्त संरचनाबाट स्थानीय क्षेत्रका लागि ५०० मेगावाट बिजुली पनि उत्पादन हुन्छ। यहाँ तापक्रम पुर्‍याउनका लागि कम्पनीले नजिकै एउटा फोहोर जलाउने कारखाना राखेको छ। जसबाट उत्पादन हुने थर्मल ऊर्जाले ओडारमा तातो पुर्‍याउने योजना बनाइएको छ। ग्रान्सट्रोमका अनुसार कम्पनीले त्यहाँबाट निष्कासन हुने हानिकारक कार्बन सोस्ने प्रविधि पनि जडान गर्ने सोच बनाइरहेको छ। ऊर्जा उत्पादक मेलारेन्देफीलाई यो तातोपानीको भण्डारणले माग उच्च हुने जाडो याममा पनि बिजुलीको उत्पादन नघटाई घरहरूमा तातोपानी पुर्‍याउन सहयोग गर्छ। जमिनमुनिको सतह आफैँ तापक्रम वारपार हुन रोक्ने इन्सुलेटर जस्तो हुने भएकाले भूमिगत रूपमा सञ्चय गरिने तापक्रम दिगो हुने ग्रान्सट्रोम बताउँछिन्। यहाँको गुफाले हप्तौँसम्म तापक्रम सञ्चय गरेर राख्न सक्ने र केही वर्षपछि तापक्रम स्थिर हुन सुरु हुने उनले बताइन्। “एक पटक त्यसलाई तताएपछि त्यहाँ तापक्रम घटेर जाने अवस्था ज्यादै कम हुन्छ,” उनी भन्छिन्। “किनभने हामीले त्यहाँ वरिपरिका चट्टान समेत तातो बनाइसकेका हुन्छौँ।” यो गुफाको तापक्रमले लन्डनका भूमिगत पारवहन सुरुङहरूमा जाँदा गर्मीका कारण पसिनै पसिना भइने लन्डनवासीहरूको कथा सम्झाउँछ। दशकौँ देखि रेल र वरपरका मानिसहरूका कारण लन्डनका ती पारवहन सुरुङहरूको वरवरको माटो तातो बनाएको छ। त्यस कारण पनि यहाँको माटोको तापक्रम २० देखि २५ डिग्री सेल्सियसमा स्थिर भइसकेको छ जसले सुरुङमा सामान ओसार्ने डिब्बाहरू र अन्य उपकरणहरूलाई चिसो बनाइराख्न ठूलो चुनौती छ। भेस्तेरोस परियोजना भूमिगत तातोपानी भण्डारण गर्ने पहिलो योजना चाहिँ होइन। यसअघि नै फिनल्यान्डमा ऊर्जा कम्पनी हेलेनले यो भन्दा केही सानो ओडारमा सन् २०२१ बाटै तातोपानी भण्डारण सुरु गरिसकेको छ। यो आयोजना अहिले सञ्चालनमा आइसकेको छ र कम्पनीका अनुसार यसले एउटा शयन कक्ष भएका २५,००० अपार्टमेन्टहरूमा वर्षभरि तापक्रम आपूर्ति गर्छ। “ओडारमा भण्डारणको उपाय गज्जब छ। यो सिफारिस योग्य छ,” लिड्स विश्वविद्यालयका फ्लअ लभरिज भन्छन्। “यदि तपाईँलाई ठिक लाग्छ भने यो पनि एउटा उपाय हो।” यूकेमा पनि एक चौथाइ मानिसहरू कोइला निकालेर छोडिएका खानीमाथिका बस्तीमा बसोबास गर्ने त्यहाँको कोइलासम्बन्धी कार्यालयको दाबी छ। कतिपय यस्ता खानीहरूमा बाढी पसेर पानी जम्मा भएको छ। यहाँको पानी न्यानो हुने र त्यसलाई पम्पको मद्दतले थप तताउन पनि सकिने बताइन्छ। युरोपमा चट्टानभित्र तपयुक्त ऊर्जा सञ्चय गर्ने अरू पनि कैयौँ संरचनाहरू छन् र सबैभन्दा धेरै द नेदरल्याण्ड्समा रहेको बताइन्छ।
प्रहरी र मिटरब्याजपीडित झडप हुँदा चार जना प्रहरी घाईते काठमाडौं । शान्तिबाटिकामा मिटरब्याजपीडित र नेपाल प्रहरीबीच झडप हुँदा चार जना प्रहरी घाईते भएका छन् । सोमबार रत्नपार्कस्थित शान्तिबाटिकामा प्रदर्शन गरेर बाहिरिने क्रममा प्रहरीले रोक्दा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । त्यसक्रममा चार जना प्रहरी घाईते भएका हुन् । मिटरव्याजीहरुले प्रहरीलाई आक्रमण गर्दा चार जना प्रहरी घाईत भएको काठमाडौ प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले बताए । निषेधित क्षेत्रमा प्रदर्शनमा निस्किएकामध्ये करिब दुई दर्जन प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसक्रममा झडप भएको हो । मिटरब्याजपीडितले आज सिंहदरबार वरपर प्रदर्शन गर्ने तयारी गरेका थिए । सिंहदरबारवरपर आन्दोलन गर्न नदिने भन्दै जिल्ला प्रशासनले प्रहरी प्रशासन तैनाथ गर्न लगाएपछि शान्तिबाटिकामा नै प्रहरी र मिटरब्याजपीडितबीच झडप भएको हो । प्रहरीले मिटरब्याजपीडितलाई नियन्त्रणमा लिन फोहोरा र लाठी प्रयोग गरेको थियो । तर उनीहरुले प्रहरीमाथि आक्रमण गरेपछि भने प्रहरी रक्षात्मक बनेको थियो । त्यसक्रममा प्रहरीले संयमता अपनाएकाले क्षति कम भएको थियो ।
पहिलो पटक बस आउँदा अविर जात्रा तनहुँ । व्यास नगरपालिका–११ घाँसीकुवादेखि भानु नगरपालिका–७ चन्द्रावती जोड्ने बागेश्वरी मोटरमार्गमा सोमबार पहिलो पटक बस पुगेपछि स्थानीयले खुसियालीमा अविर जात्रा गरेका छन् । विसं २०४८ मा सुरु गरिएको उक्त मोटर मार्गमा पहिलो पटक ना ६ ख ४१३६ नम्बरको बस लगिएपछि बस चालक किशोर गुरुङ, बागेश्वरी मोटर मार्गका संस्थापक अध्यक्ष हरिबहादुर खड्का, मोटरमार्गका अध्यक्ष विवेक भट्टराई लगायतलाई स्थानीयले अविर जात्रासहित स्वागत गरेका हुन् । यस मार्गमा सवारी साधन सञ्चालन नहुँदा दमौली आउन घण्टौँ पैदल हिँड्नुपर्ने अवस्था रहेको भानु नगरपालिका–६ स्थित बागेश्वरी आमा समूहकी अध्यक्ष विन्दु वाग्लेले बताइन् । “यस मोटरमार्गमा सवारी साधन नचल्दा हामीलाई बिरामी लिएर अस्पताल जान पनि समस्या थियो”, वाग्लेले भनिन्, “अब नियमित बस चल्ने भएपछि खुसियालीमा अविर जात्रासहित स्वागत गरेका हौँ ।” चन्द्रावतीदेखि पड्केपसल, बरभञ्ज्याङ, मान्द्रे, ठुलोचौर र मुलपानीका सयौँ स्थानीय बाटोमा भेला भई बसलाई अविर जात्रासहित स्वागत गरेका थिए । यस मोटरमार्गमा पहिलो पटक बस सञ्चालन गरिएपछि स्थानीयले आफूलाई अविर जात्रासहित स्वागत गर्दा हौसला मिलेको बसका चालक किशोर गुरुङले बताए । आफूहरुले करिब ३० वर्षअघि खन्न सुरु गरेको उक्त मार्गमा नियमित बस सञ्चालन हुनुले स्थानीयलाई ठूलो राहत पुगेको उक्त मोटर मार्गका संस्थापक अध्यक्ष हरिबहादुर खड्काले बताए । “यस मार्गमा नियमित सवारी साधन नहुँदा प्रशासनिक कामले दमौली जानुपर्दा घण्टौँ हिँड्नुपर्ने अवस्था थियो”, खड्काले भने, “अब भने दैनिक बस सञ्चालन हुने भएपछि भने स्थानीयलाई निकै राहत हुने भयो ।” घाँसीकुवादेखि भानु नगरपालिका–६ पड्के पसलसम्म १४ किलोमिटरसम्म बागेश्वरी मोटर मार्ग पर्दछ । तर थप नौ किलोमिटर पक्की सडकखण्ड हुँदै बसलाई दैनिक चन्द्रावतीदेखि दमौली र दमौलीदेखि चन्द्रावतीसम्म गरिने बागेश्वरी मोटर मार्ग उपभोक्ता समितिले जनाएको छ । उक्तमार्गमा बस सञ्चालन हुनुअघि चन्द्रावतीदेखि डुम्रे हुँदै दमौली जानुपर्ने अवस्था थियो । चन्द्रावतीदेखि डुम्रे हुँदै दमौली पुग्न ३४ किलोमिटर तय गर्नुपर्नेमा यस मार्गबाट २३ किलोमिटर मै दमौली पुगिन्छ । पृथ्वी राजमार्ग बस सञ्चालक समितिसँग समन्वय गरी बस सञ्चालन गरिएको र भाडा दर न्यूनतम तोकिएको उक्त मोटर मार्गका अध्यक्ष विवेक भट्टराईले बताए । स्थानीय नेता गोविन्द भट्टराईको पहलमा मार्ग स्तरोन्नति गरिएपछि बस सञ्चालनमा सहज भएको उनले बताए । “यस मार्गमा वर्ष भरी नै सवारीसाधन सञ्चालन गर्ने गरी व्यवस्था गरेका छौँ”, अध्यक्ष भट्टराईले भने, “बस सञ्चालन गरिएपछि स्थानीयलाई निकै ठूलो राहत भएको छ ।” उक्त मार्गमा दैनिक बस बिहान चन्द्रावतीबाट छुट्ने र मध्याह्न ४ बजेतिर दमौलीबाट फर्किने व्यवस्था गरिएको उनले जानकारी दिए ।
नेपाल शिक्षा तथा साँस्कृतिक केन्द्रले अमेरिकामा यसरी मनाइयो नयाँ वर्ष {फोटो फिचर} काठमाडौं। जो जहाँ पुगे पनि मन सधै नेपाली नै रहन्छ। नेपालदेखि भौगोलिक रुपमा टाढाको भूगोल अमेरिकामा बसोबास गर्ने नेपालीहरुले धुमधामका साथ नेपाली नयाँ वर्ष मनाएका छन् । मेरिल्याण्डमा बसोबास गर्ने नेपाली समुदायले नयाँ वर्षलाई नेपालको झल्को मेट्ने गरि मनाएका हुन् । मेरिल्याण्डको नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्रको आयोजनामा भएको नयाँ वर्षको कार्यक्रममा शुभकामना आदनप्रदान गर्दै विभिन्न रंगहरु एक अर्कामा लगाएर माया सद्भाव साटासाट गरेका थिए । परदेशको भूमिमा रहदा पनि आफ्नो कला संस्कृतिलाई परिचित गराउँदै भावी पिडीलाई नेपाल र नेपालीपनको भावना मनमा जगाएको पाइन्छ। तस्बिरमा हेर्नुहोस्:
सुर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप सोमबारबाट सुरु हुने (भिडियो) काठमाडौं । सुर्य नेपाल गल्फ टुर अन्तर्गतको सातौं प्रतियोगिता सुर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप सोमबारबाट सुरु हुने भएको छ । आायेजक नेपाल गल्फर एसोसियसनले आइतबार पत्रकार सम्मेलन गर्दै एनपीजीए गल्फ टुर सोमबारबाट सुरु हुने जानकारी गराएको हो । प्रतियोगिता गोकर्ण गल्फ क्लबमा हुने एसोसियसनले जनाएको छ । प्रतियोगितामा ३२ प्रोफेसनलसहित एमेच्योर गल्फरको सहभागिता रहने छ भने विजेताले १ लाख ४० हजार नगद पुरस्कार पाउनेछन् । यस्तै उपविजेताले ९० हजार तथा तेस्रोले ६७ हजार पाउनेछन् । यस्तै शीर्ष २१ मा पर्ने खेलाडीले समेत नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । हेर्नुहोस् भिडियो:
बैशाख १० गतेपछि वर्तमान सरकारले पुर्णता पाउने सांसद परियारको दावी {भिडियो} काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले बैशाख १० गतेपछि वर्तमान सरकारले पुर्णता पाउने बताएका छन् । आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै परियारले दलहरुबीच आपसी छलफल गरेर बैशाख १० गतेपछि वर्तमान सरकारले पुर्णता पाउने बताए । मन्त्री चयनका बिषयमा कांग्रेसभित्र कुनै विवाद नभएको दावी गर्दै उनले पार्टी सभापतिले प्रधानमन्त्रीसंग आवश्यक कुराकानी गरिरहेको जिकिर गरे। त्यस्तै उनले दलहरुबीच भएको सहमति अनुसार वर्तमान सरकार पुरै कार्यकाल सञ्चालन हुने बताए। फरक प्रसंगमा उहाले रास्वपाका सांसदलाई दलले छानविन वा कारवाही गर्नु नौलो नभएको र कुनै व्यक्तिमाथि आरोप लागेपछि कारवाही गर्ने अधिकार दललाई रहेको पनि बताए। त्यस्तै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सांसदलाई कारवाही गरिएको पत्र सभामुख समक्ष पठाइसकेको भन्दै आवश्यक प्रक्रिया अघि बढ्ने जिकिर गरे। उनले बिगतमा पनि अन्य दलमा यस्ता अभ्यास भएकाले थप अध्ययनका लागि सभामुखलाई सहयोग गर्न पार्टी तयार रहेको बताएका छन् । हेर्नुहोस् भिडियो:
यस बर्ष समयमै पाठ्यपुस्तक विद्यार्थीको हातमा पुगेको छः देवेन्द्र पौडेल (भिडियो) काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वशिक्षा मन्त्री देवेन्द्र पौडेलले यस बर्ष समयमा नै पाठ्यपुस्तक विद्यार्थीको हातमा पुग्नु सकारात्मक भएको बताएका छन् । आइतबार काठमाडौंमा सञ्चारकर्मीसंग कुरा गर्दै आफु शिक्षा मन्त्री हुँदा छपाई गर्ने मेशिन, कागज लगाएतका समाग्री समयमा नै व्यवस्थापन गर्नका लागि ध्यान केन्द्रीत गरेकाले अहिले समयमा नै पाठ्यपुस्तक विद्यार्थीको हातमा पुग्न सफल भएको र त्यो सकारात्मक भएको बताएका हुन् । उनले तत्कालिन अवस्थामा चार वटा नयाँ मेशिन किनेको र प्रशासनिक सुधारका साथै ढूवानीको समस्या समाधान गरिएको दावी गरे । १० बर्षमा नेपालको शिक्षालाई गुणात्मक सुधारका लागि चालिएका कदमलाई अघि बढाउन सके नेपालको शिक्षा विश्वस्तरकै हुने उनले बताएका छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबार देखि नै देशभरका २७ हजार ८१२ सामुदायिक विद्यालयमा ‘समयमै भर्ना, समयमै ज्ञानस गुणस्तरीय शिक्षा सबैको अभियान’ भन्ने नाराका साथ वैशाख १५ गतेसम्मलाई विद्यार्थी भर्ना अभियान सञ्चालन गरिरहेको छ । हेर्नुहोस् भिडियो:
वर्तमान सरकारसंग संसद चलाउने योजना नै छैनः योगेश भट्टराई {भिडियो} काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले वर्तमान सरकारसंग संसद चलाउने योजना नै नरहेको आरोप लगाएका छन्। आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै भट्टराईले संसदलाई सरकारले बिजनेज दिने भएपनि अहिलेको सरकारसंग संसद चलाउने योजना नै नरहेको आरोप लगाएका हुन् । उनले संक्रमणकालीन न्यायसंग सम्बन्धीत बिषयलाई पनि सदनमा नल्याई बाहिरैबाहिरैबाट टुङ्ग्याउन खोजिएको बताए । शान्तिप्रक्रिया प्रचण्डको मागिखाने भाडो मात्रै भएको भन्दै उहाले सरकारमा गएपछि यसलाई प्रचण्डले प्राथमिकता दिन नसकेको जिकिर गरे। उनले बिभिन्न ऐनहरु अघि वढ्न नसक्दा प्रशासनिक संयन्त्रलाई अप्ठेरो अवस्थामा परेको र सरकार उत्तरदायी नदेखिएको धारणा राखे। हेर्नुहोस् भिडियो:
रघुजी पन्तको कटाक्ष: ‘प्रधानमन्त्री हराएको सूचना’ काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले संसदमा प्रधानमन्त्री नदेखिएको भन्दै हराएको सूचना पढेर कटाक्ष गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकको शुन्य समयमा सांसद पन्तले पछिल्लोपटक संसदमा प्रधानमन्त्री देखिनै छाडेको भन्दै प्रधानमन्त्री हराएको सूचना सुनाउदै कटाक्ष गरेका हुन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अन्तिमपटक बालुवाटारको छेउछाउ देखिएकोले संसदमा बुझाउन समेत आग्रह गरे। त्यस्तै बैठकमा एमाले सांसद ठाकुर गैरेले अहिलेको व्यवस्थामा संकट देखापर्यो भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिबारे जवाफ माग गरे। उनले के र कुन कारणले व्यवस्थामा संकट परेको हो भन्ने बिषयमा संसदमा नै प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने धारणा राखे। गैरेले सवै चूनौती सामना गर्न संसद तयार हुनुपर्ने बताए। त्यस्तै नेमकिपा सांसद प्रेम सुवालले अहिलेको व्यवस्थामा संकट देखापर्यो भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले जनतामा भ्रम सिर्जना भएको बताए । उनले आफ्नो असक्षमतालाई ढाकछोप गर्नका लागि प्रधानमन्त्रीले झुटा तर्क गरिरहेको जिकिर गरे। प्रतिनिधिसभा बैठकमा राष्ट्रियसभाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेश्रो संशोधन विधेयक २०७७ र भ्रष्टचार निवारण पहिलो संशोधन विधेयक २०७७ का सम्बन्धमा प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिएको थियो भने राष्ट्रियसभाबाट सन्देश सहित प्राप्त सुरक्षण मुद्रण सम्बन्धी विधेयक २०७७ माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गरिएको थियो । प्रतिनिधिसभाको अर्को बैठक बैंशाख ५ गते बोलाइएको छ । हेर्नुहोस् भिडियो:
उद्योग वाणिज्यका अध्यक्ष चन्द्र ढकालले आइतबारदेखि पदभार सम्हाले {भिडियो} काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आइतबारदेखि पदभार सम्हालेका छन् । काठमाडौंको टेकुस्थीत महासंघको कार्यालयमा पुगेर ढकालले पदभार सम्हालेका हुन् । सो क्रममा ढकाललाई महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले कार्यभार हस्तान्तरण गरेका थिए । पदभार ग्रहणपछि अध्यक्ष ढकालले आफ्नो कार्यकालमा विशेष गरी पाँच वटा विषयलाई प्राथमिकतामा राखेको बताए। उनले मुलुकमा देखिएको आर्थिक संकट समाधानका लागि रणनीति तयार गर्ने बताएका छन् । त्यस्तै राज्य र निजी क्षेत्रबीचको साझेदारी सुदृढ गर्दै मुलुकमा लगानीको वातावरण बनाउन पहल गर्ने उनले बताए । ढकालले दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजना गर्ने र व्यवसायीहरुको मनोबल उच्च बनाउन राज्यको मर्यादा क्रममा निजी क्षेत्रको स्थान निर्धारण गर्न दवाव दिने धारणा राखेका छन् । त्यस्तै महासंघका निवर्तमान अध्यक्ष गोल्छाले आफुले नयाँ अध्यक्षलाई सदैव साथ र समर्थन रहने बताए । उनले विधान अनुसार महासंघ चलेको र निर्वाचनबाट आएका कार्यसमिति सदस्यहरुले अहिलेको चूनौतिलाई समाधानका लागि पहल गर्नेमा विश्वास व्यक्त गरे। महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्था भएअनुसार बिहीबार सम्पन्न ५७ औं साधारणसभा मार्फत ढकाल २० औं अध्यक्षमा निर्वाचित भएका हुन् । हेर्नुहोस् भिडियो:
विदेशमा रहेका नेपालीले आफू बसेको देशबाट मतदान गर्न पाउने व्यवस्था गरिनेछ : प्रधानमन्त्री काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपाललाई आफू बसेको देशबाट मतदान गर्ने व्यवस्था गरिने बताएका छन् । पार्टीको प्रवास समन्वय समितिको शुक्रबार राति भएको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफू बसेको देशबाट नेपालीलाई मदाधिकार प्रयोग गर्ने व्यवस्था गर्ने बताएका हुन् । प्रवासमा रहेका लाखौं नेपाली मदाधिकारबाट बन्चित रहेकाले अब उनीहरुले आफू बसेकै देशबाट मतदान गर्न पाउने व्यवस्था गर्ने उनको प्रतिबद्धता छ ।
वर्षमान पुनकी आमामाथि गोली प्रहार काठमाडौं। माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुनकी आमा तीर्थमाली पुनमाथि गोली प्रहार भएको छ। उनको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ। काठमाडौंस्थित घरमै रहेकी तीर्थमालीमाथि शुक्रबार राति साढे ९ बजे गोली प्रहार भएको र गोली प्रहार गर्ने प्रहरी हवल्दार प्रकाश पुन मगरलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। प्रकाशलाई शुक्रबार राति नै नियन्त्रणमा लिएर प्रहरी प्रधान कार्यालय नक्सालमा ल्याएर अनुसन्धान थालिएको छ । प्रकाश कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको अगुवा गाडीमा बस्ने प्रहरी हुन्। पुनकाे  घरमा   प्रहरीकाे  भीआईपी सुरक्षाकाे टाेली खटिएकाे थियाे।   पुनकाे आमालाई गाेली चलाउने  प्रहरी हवल्दार पुनकाे आफन्त रहेकाे स्राेतले बतायाे।
भैरव र भद्रकालीको रथ जुधाइयो भक्तपुर। भक्तपुरको प्रसिद्घ बिस्केट जात्राको प्रमुख जात्रा मानिने लिङ्गो जात्रा आज साँझ लिङ्गो ढालेर सम्पन्न भएको छ। तान्त्रिक विधिअनुरूप पूजाअर्चना गरी आज साँझ लिङ्गो ढालिएर यो जात्रा सम्पन्न गरिएको हो। बिस्केट जात्राको चौथो दिन चैत ३० गते हिजो करिब पौने चार घण्टाको प्रयासपछि राति ७ बजेर ४० मिनेटमा भेलुखेलस्थित ल्यासिङ्खेलमा लिङ्गो ठड्याइएको थियो। पचपन्न हात लामो लिङ्गो तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी आज एक घण्टाको प्रयास पछि ढालिएको थियो। लिङ्गो ठड्याउनुअघि लिङ्गोको कोखा (टुप्पो)मा नाग र नागिनीको प्रतिकस्वरूप दुईवटा विश्व ध्वजा बाँधेर अष्टमातृकाका प्रतीक आठ वटा डोरीले तानेर उक्त लिङ्गो ठड्याइने प्रचलन रहेको छ। त्यही आठ वटा डोरीले आठ कुनामा बसेर लिङ्गो ढालिएको थियो। लिङ्गोको कोखामा झुण्ड्याइएका दुईवटा ध्वजालाई वीरध्वजा, विश्वध्वजा, र आकाशभैरवका ध्वजासमेत भनिन्छ। भक्तपुरको प्रसिद्घ बिस्केटको लिङ्गो जात्रा हेर्नाले सुख, समृद्घि,सहकाल आउनुका साथै शत्रु नाश हन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिएको इतिहास तथा संस्कृतिविद् डा पुरुषोत्तमलोचन श्रेष्ठ बताउँछन्। लिङ्गो उभ्याइने र ढाल्ने जात्रा नै बिस्केटको प्रमुख जात्रा हो। मल्ल राजाले भैरवनाथ र भद्रकालीको रथ जात्रा समावेश गरी तान्त्रिक पूजाविधि विधानसमेत थप गरी आठ रात नौ दिनसम्म जात्रा मनाउने प्रचलन थालिएको बताइन्छ। लिङ्गो ढालेपछि ल्योसिङखेलबाट भैरवनाथको रथ गःहिटीमा ल्याएर भैरवनाथ र भद्रकालीको रथ जुधाइएको छ। यसलाई स्थानीय भाषामा द्यो ल्वाकिगु भनिन्छ। जात्रामा रथ जुधाउनु अघि बेताल देवतालाई गःहिटीमा ल्याएपछि झ्यालबाट कुखुरा दिई बली चढाएर रथ जुधाउने परम्परा रहेको छ। भैरवनाथ र भद्रकालीको रथ जुधाउने जात्रा सम्पन्न भएपछि ती दुवै देवदेवीको पूजा गरिने परम्परा छ। बिस्केट जात्राको छैठौ दिन अर्थात वैशाख २ गते मध्यपुर थिमि बालकुमारी स्थित बिहान सिन्दुर जात्रा गरी दिउँसो बोडेमा जिब्रो छेड्ने जात्रा मनाइने गरिन्छ ।
यस्तो छ यस वर्षको ग्रहयोग काठमाडौँ । आजदेखि नववर्ष २०८० सुरुआत भएको छ । यो वर्ष ज्योतिष शास्त्रअनुसार कस्तो हुन्छ भनी यसका विज्ञसँग गरिएको प्रश्नका आधारमा तयार पारिएको सामग्री यहाँ प्रस्तुत गरिएको छ । नववर्ष २०८० मा राजनीतिक क्षेत्रमा असहिष्णुता र उग्रता बढ्ने ग्रहयोग देखिएको वाल्मीकि विद्यापीठ फलित ज्योतिषका सहप्राध्यापक डा माधवप्रसाद पाण्डेय बताउँछन् । प्रतिस्पर्धात्मक राजनीतिमा मात्र नभई राज्य व्यवस्था सञ्चालनमा समेत असहिष्णु र उग्र प्रवृत्ति देखा पर्ने भएको छ । नयाँ वर्षको पहिलो महिना वैशाखमा केही कठोर एवं अलोकप्रिय निर्णयको ग्रहयोग देखिएको उनले बताए । “यस्ता निर्णय राष्ट्रको दूरगामी हितका दृष्टिले आवश्यक पनि ठानिएला, आर्थिक वर्षको अन्त्य सम्ममा केही सकारात्मक परिणाम पनि देखा पर्छ, नयाँ आर्थिक वर्षको सुरूआतसँगै अस्तव्यस्तताको स्थिति आउने सम्भावना छ, राष्ट्रप्रमुख एवं सरकारप्रमुख दुवैले असमञ्जस्यता, अलमल र असहज परिस्थितिको सामना गर्नुपर्ने ग्रहयोग देखिन्छ”, उनले भने । भदौ महिनादेखि सरकारको सबैभन्दा ठूलो घटक दलको नेतालाई तुलनात्मकरूपमा सहज परिस्थिति निर्माण हुनेछ । प्रतिपक्षका लागि पुससम्मै विग्रह र आन्तरिक फुटको अवस्थाको ग्रहयोग देखिएको छ । राजनीतिक अस्थिरता र किचलो नै यो वर्षको विशेषता हुने भएको छ । नेपाल राष्ट्र र सरकार प्रमुख दुवै अत्यधिक दबाबमा रहनेछ । दृश्य अदृश्य विदेशी चलखेल र दबाब बढ्ने ग्रहगोचरीय अवस्था छ । नयाँ रोगव्याधीका कारण जनस्वास्थ्यमा समस्या देखिने अवस्था छ । नेपाली आकाश थप असुरक्षित रहेको अनुभूति हुने योग यो वर्ष पनि देखिएको ज्योतिषी पाण्डेय फलित शास्त्रीय विश्लेषण छ । अनावृष्टिका कारण दुर्भिक्षका लक्षणसमेत देखिन सक्ने ग्रहयोग २०८० सालमा देखिएको छ । लुकेका अपराधीको भण्डाफोर हुने वर्ष ज्योतिषी पोखरेलका अनुसार यो वर्षभरि हरेक धार्मिक कार्यमा उच्चारण गरिने पिङ्गल संवत्सर एकादश युगको पहिलो संवत्सर हो । वृष्टिः समाद्ये प्रमुखे अर्थात् यो वर्ष परेको संवत्सर नामक वर्षमा सम वृष्टि हुन्छ अर्थात् वर्षा न कम, न ज्यादा, आवश्यकतानुसार हुने ज्योतिष एवं वास्तुविद् शिव पोखरेल बताउनुहुन्छ । संवत्सरको स्वामी देवता अग्नि भएकाले वर्षभरि जनमानसले अग्नि देवताको पूजा वा यज्ञ गर्नाले सम्पत्ति (सुख समृद्धि) हुने वेदमा उल्लेख गरिएको छ । प्रभवादि ६० संवत्सरमध्ये यो पटक परेको पिङ्गल संवत्सरमा गाईआदि दूधारु पशुहरुको हानी, वाहनहरुको नाश, कम वर्षा र शासकहरुमा अचानक सङ्कट उपस्थित हुनाले द्वन्द हुने योग देखिएको उनी बताउँछन् । संवत्सरको अगाडि यदि बृहस्पति राम्रो राशिमा गोचर गरिरहेको छ, अस्त छैन, स्वच्छ विम्बवाला छ, कुनै ग्रहका साथ युति विशेषतया गूढ युति नगरेको छ र बलवान् सुस्थित ग्रहबाट दृष्ट छ भने भनिएका शुभ फल अधिक मात्रामा हुन्छ र अशुभ फल सीमित नै रहन्छ । यसको विपरीत स्थिति हुँदा अशुभता धेरै बढ्न सक्ने मानिने ज्योतिषी पोखरेलको भनाइ छ । यो वर्ष वैशाख ९ गते बृहस्पति रेवतीबाट अश्विनी नक्षत्रमा तथा मिनबाट मेषमा सर्ने र वैशाख १९ गते अश्विनी नक्षत्रमा उदय हुन्छ । वैशाख ९ गतेदेखि कात्तिक १३ गतेसम्म आकाश मण्डलमा राहु बृहस्पतिको युतिद्वारा चाण्डाल योगको सृजना भएको देखिनु शुभ होइन । गएको वर्ष २०७९ सालमा शनि राजा भए पनि पूरै वर्षभरि नै बृहस्पति शुभ मानिने आफ्नो स्वराशि मीनमा भ्रमण गरिरहेको अवस्था थियो । यसले सकारात्मक फल दिएको थियो । यस वर्ष संवत्सरमुख मङ्गलबार परेको हुनाले दुर्घटनाहरू हुन सक्छन् भनेर ज्योतिष शास्त्रका ग्रन्थमा सङ्केत गरिएको छ । यो पटक बृहस्पति उदय हुँदा र संवत्सर परिवर्तन हुँदा पनि संवत्सर पुरुषको खास अङ्गहरु मानिने नक्षत्रमा कुनै पनि पापग्रहको भ्रमण नहुनु यो वर्षका लागि शुभ प्रभाव मान्न सकिन्छ । विगतका वर्षमा संवत्सर पुरुषको खास अङ्गमा अशुभ फलदायक मानिने ग्रहले भ्रमण गरेको अवस्था थियो । बुध राजा भएको वर्ष मायावी, ढोंगी, पाखण्डी, ठग र छलकपट गर्ने मानिसको हाउभाउ रहन्छ । अनौठो कर्म गर्ने, गायन विद्यामा निपूर्ण, नागरिक जन, चित्रकार र लेखकको वृद्धि हुन्छ । गणितवेत्ता र युद्ध कुशल व्यक्तिहरू उन्नति गर्दछन् । राष्ट्र प्रमुखको व्यवहारमा परस्पर अनपेक्षित परिवर्तन आउने हुन्छ । वार्ताकारहरू (संवाददाता, पत्रकार)को वृद्धि, पशुपाल, कृषि र व्यापारको वृद्धि हुन्छ । वेदहरूको प्रचार हुन्छ,कानूनको यथासम्भव पालना हुन्छ, धार्मिक कानूनको पालना गरिन्छ । अध्यात्मविद्या र योगविद्याको प्रचार, दण्डनीति, तर्कशास्त्रको पनि प्रचार हुन्छ । विदग्ध, सभा चतुर, हास्यप्रिय व्यक्तिहरू (अभिनेताहरू) दूतहरू, कविहरू, विद्वान, बालक, नपुंसक, तकनीकी विशेषज्ञ, ठूला पुलको नजिक बसोबास गर्ने र पर्वतीय व्यक्तिको हृदयमा विशेष सन्तुष्टि रहने हुन्छ । नयाँ–नयाँ औषधिको खोजी हुन्छ । भारतीय विद्वान् ज्योतिषाचार्य डा सुरेशचन्द्र मिश्रको संवत्सर संहितामा उल्लेख भएअनुसार बुध राजा भएको वर्ष लुकेका अपराधीको भण्डाफोर हुन्छ । गीतकार, सङगीतकार, अभिनेता, विद्वान्को गैरकानुनी गतिविधिको खुलासा हुने उनी बताउँछन् । असार १६ गतेदेखि भदौ १ गतेसम्म शनि र मङ्गल आमुन्नेसामुन्ने १८० डिग्रीको अन्तरमा परस्पर पूर्ण दृष्टिमा रहेका छन् । भदौ १ गतेदेखि मङ्गलको अष्टम पूर्ण दृष्टि राहुमाथि तथा असोज १६ गतेदेखि कात्तिक १३ गतेसम्म मङ्गल र राहु आमुन्ने सामुन्ने १८० डिग्रीको अन्तरमा परस्पर पूर्ण दृष्टिमा रहेर अङ्गारक योगको सिर्जना भएको छ । विसं २०८० को चैत महिनाभरि मीन राशिमा राहु र सूर्यको सहयुति तथा कुम्भ राशिमा शनि र मङ्गलको सहयुति भएको देखिने हुनाले चैतमा पूरै विश्वको विभिन्न देशहरूमा सङ्घर्षमय अवस्था रहन सक्छ । अर्को वर्ष मङ्गल राजा एवं शनि मन्त्री हुनाले २०८१ सालको सुरूमै पनि त्यति राम्रो ग्रहयोग नरहेको ज्योतिषी पोखरेल बताउँछन् ।
पलाञ्चोक भगवती मन्दिरमा भक्तजनहरुको भिड (फोटोफिचर) काठमाडौं । आज बैशाख १ गते । नेपालीहरु आजको दिन विभिन्न मन्दिर,गुम्बा लगायतका स्थानमा जाने र पुजा गर्ने गर्दछन् । यसै अवसरमा काभ्रेको पलाञ्चोक भगवतीको मन्दिरमा पनि दर्शन गर्ने भक्तजनहरुको भिड लागेको छ । यो मन्दिर लिच्छवीकालिन राजा मानदेवले आफ्नी आमाको सम्झनामा निर्माण गर्न लगाएका हुन्। विक्रम संवत् ४२५ को लिच्छविकालीन अभिलेखहरूमा राजा मानदेवले यस मन्दिरको स्थापना गरेको उल्लेख गरिएको छ । यो मन्दिर अलौकिक र अनुपम् कलाकौशलले भरिपूर्ण तथा आकर्षित रहेको छ । सुनको जलप लगाइएको पित्तलको गजुर भएको प्यागोडा शैलीको तीनतले यस मन्दिरका दुवै छाना तामाका छन् भने टुँडाल र झ्यालहरू कलात्मक काठका रहेका छन् धातुले नै मोडिएका ढोकाहरू छन् । मन्दिरको वरिपरिको भाग पाटीपौवा, धर्मशाला, त्रिशूल, घन्टा र अन्य देवदेवीका मूर्तिहरूले भरिपूर्ण छ । पलान्चोक भगवतीलाई काभ्रेकै बुचाकोट भन्ने ठाउँबाट ल्याइएको हो कथन छ । बुचाकोट भगवती, पलान्चोक भगवती, नाला भगवती र नक्साल भगवती दिदी बहिनी हुन भन्ने विश्वास छ । यी चारै देवीका मूर्ति एउटै कालीगढले अलगअलग हात र खुट्टाले बनाएका हुन् भन्ने किंवदन्ती छ । एक भगवतीको मूर्ति बनाइ सकेपछि अर्को त्यस्तै नबनोस् भनेर तत्कालीन समयमा कालीगढको हात काटिएको थियो । उसले हात नभए पनि नाला र नक्साल भगवती मुर्ति खुट्टाले बनाएको किम्वदन्ती छ ।
मुलुकको परिवर्तनलाई उल्टाउनका लागि ठूलै कसरत हुँदैछः प्रधानमन्त्री दाहाल (भिडियो) काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकको परिवर्तनलाई उल्टाउनका लागि ठूलै कसरत भइरहेको बताएका छन् । पार्टी र सरकारका कामकारबाहीलाई व्यवस्थित गर्न बनेको कार्यविधि कार्यान्वयनको सुरुवात गर्न शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा आोजित कार्यक्रमलाई सम्बोधन गर्दै शान्ति प्रक्रिया लगाएत समग्र मुलुकको परिवर्तनलाई उल्टाउनका लागि ठूलै कसरत भइरहेको बताएका हुन् । अहिले माओवादीको नेतृत्वका सरकार रहेका कारण परिवर्तनहरु उल्टिन नसक्ने जस्तो लागेपनि स्थिति सहज भने नरहेको उनले बताए । उनले समयमा नै जिम्मेवारी बोध नगर्ने र संघर्ष नगर्ने हो भने धेरै अफ्ठ्यारो स्थिति आउन सक्ने धारणा राखे । प्रचण्डले सरकारको नेतृत्व गरेपछि धेरै काम सुरु भएको र त्यसमा केहि पुरा नभएको र केहि पुरा हुन बाँकी रहेको भन्दै कामको स्वामित्व लिने भन्दा पनि जनतामा भ्रम छर्ने प्रवृति हावी देखिएको उल्लेख गरेका छन्। उनले अब पार्टीभित्र नेताको मन जितेर नेता बन्ने प्रणालीको अन्त्य गर्नुपर्ने आवश्यकता औल्याउँदै जनता र कार्यकर्ताको मन जित्ने नै नेता बन्ने बताए। प्रधानमन्त्री प्रचण्डले जतिसुकै चुनौति भएपनि वर्तमान सरकारलाई सफल बनाएरै छाड्ने आफूहरुले संकल्प लिएको र त्यसका लागि सबैको सहयोग आवश्यक रहेको बताएका छन् । हेर्नुहोस् भिडियो:
प्रधानमन्त्री दाहाल पार्टी कार्यालयमा काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी कार्यकर्तासँगको भेटलाई सहज बनाउन पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका छन् । नेकपा (माओवादी केन्द्र) ले आजदेखि प्रधानमन्त्री, मन्त्रीलगायतसँग पार्टी केन्द्रीय कार्यालयमा नेता, कार्यकर्तालाई भेट गर्ने व्यवस्था मिलाएको छ । प्रधानमन्त्री दाहालले प्रत्येक शुक्रबार पार्टी कार्यालयमा नेता कार्यकर्तासँग भेट गर्ने उनको सचिवालयले जनाएको छ । सोहीअुनसार प्रधानमन्त्री दाहाल बिहान ८ बजे नै पार्टी केन्द्रीय कार्यालय पुगिसकेका छन्। कार्यालय समयमा प्रधानमन्त्री तथा मन्त्रीहरूलाई काममा व्यवधान नआओस् भनेर माओवादी केन्द्रले कार्यालय समय बाहिर पार्टी कार्यालयमा प्रधानमन्त्री तथा मन्त्रीहरूलाई भेटघाटको व्यवस्था मिलाएको हो ।
एक लाख राशिको राष्ट्रिय लेखक पुरस्कार बैरागी काइँलालाई प्रदान गरिने काठमाडौं । नेपाली लेखक सङ्घद्वारा प्रदान गर्न लागिएको रु एक लाख राशिको राष्ट्रिय लेखक पुरस्कार वरिष्ठ कवि एवं संस्कृतिविद् बैरागी काइँलालाई प्रदान गरिने भएको छ । सङ्घको आज बसेको सचिवालय बैठकले राष्ट्रिय लेखक दिवसको अवसर पारेर वरिष्ठ कवि एवं संस्कृतिविद् काइँलालाई रु एक लाख राशिको पुरस्कार प्रदान गर्ने निर्णय गरेको सङ्घका सचिव अनुपमा रेग्मीले जानकारी दिए । उक्त पुरस्कार आगामी वैशाख १६ गते राष्ट्रिय लेखक दिवसको अवसर पारेर प्रदान गर्ने निर्णय भएको रेग्मीले बताए । सङ्घले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा विभिन्न दिवस मनाउँदै आइरहेको सन्दर्भमा नेपालमा राष्ट्रिय लेखक दिवस पनि मनाउने निर्णय गरेअनुसार वैशाख १६ गते सोही दिवस मनाउने निर्णय गरेको हो । विसं १९८७ मा ‘सरस्वती गुठी’ नामक सामाजिक संस्था स्थापना गरी त्यसमार्फत पुस्तकालय सञ्चालन गर्ने उद्देश्यले त्यतिबेलाका ४५ कवि, लेखक एवं वुद्धिजीवीले हस्ताक्षर गरी श्री ३ भीमशमशेर समक्ष निवेदन पेश गर्दा श्री ३ को निवेदनमा हस्ताक्षर गर्ने सबै युवालाई दरबारमा बोलाउन लगाइ दण्डित गरेको दिन वैशाख १६ लाई राष्ट्रिय लेखक दिवस मनाउन लागिएको हो । उक्त दिनलाई नेपालको इतिहासमा ‘लाईब्रेरी पर्व’ को रुपमा लिइन्छ ।
निजाम मुकर्रम जाह, जसले चार हजार करोडको सम्पत्ति बर्बाद गरे काठमाडौं । एक स्विस ज्योतिषीले सन् १९८० को दशकमा हैदरावादका आठौं निजाम मुकर्रम जाहलाई भनेका थिए, “तिमी ८६ वर्षको उमेर अघि मर्ने छैनौ।” धेरै वर्ष पहिले जब पत्रकार-लेखक जोन जुब्रिस्की, जसले मुकर्रम जाहलाई चिन्थे, टर्कीको अनातोलियामा उनलाई भेटे । उनी मधुमेहको औषधि खाँदै र चुरोट पिउँदै थिए । त्यतिबेला उनी ७१ वर्षका थिए। उनले जोन जुब्रिस्कीलाई आत्मविश्वासका साथ भने, “जब मेरो हजुरबुबा मीर उस्मान अली खान चेन-स्मोकर हुनुको अलावा एक दिनमा ११ ग्राम अफिम लिएर ८० वर्षसम्म बाँच्नुभएको थियो , म उहाँभन्दा धेरै बाँच्नेछु।” २०२३ मा मुकर्रम जाहको मृत्यु हुँदा उनी ८९ वर्षका थिए । उनको एनाटोलियाको तीन बेडरूमको अपार्टमेन्टमा मृत्यु भयो, जहाँ एक नर्स, एक कुक र एक केयरटेकर उनीसँगै बस्थे। टर्कीमा रहेका उनका छिमेकीहरूलाई समेत थाहा थिएन कि निजाम मुकर्रम जाहका मावली हजुरबुवा अब्दुल मजीद द्वितीय थिए, जो ओटोमन साम्राज्यका अन्तिम ‘खलिफा’ थिए जसले १९२४ मा निर्वासन भोग्नुपरेको थियो। मुकर्रमका बुबा राजकुमार आजमले स्विट्जरल्याण्डमा शरण लिएकी ‘खलिफा’की एक्ली छोरी दुरुशेभरसँग विवाह गरेका थिए। मुकर्रम जाह सन् १९६७ मा हैदरावादको आठौं र अन्तिम निजामको रूपमा सिंहासनमा बसेका थिए र उनका हजुरबुवाबाट एक दर्जनभन्दा बढी दरबार, मुगल कलाकृति, सयौं किलो सुन र चाँदीका गहना, हिरा र बहुमूल्य पत्थरहरू विरासतमा पाएका थिए। तर आफ्नो मृत्यु हुनु अघि, उनले अनुमानित ४,००० करोडको सम्पत्ति ‘गुमाएको’ वा अर्को शब्दमा ‘उडाएका’ थिए। मुकर्रम जाहका जीवनीकार जोन जुब्रिस्कीले ‘द लास्ट निजाम: राइज एण्ड फल अफ इण्डियाज ग्रेटेस्ट प्रिन्सली एस्टेट’ मा लेख्छन्, “मुकर्रमले आफ्नो पुर्खा पहिलो निजामले राती पहरेदारहरूलाई घूस दिएर गोलकोन्डा किल्लाको ढोका खुलाएर कसरी दक्षिणमा विजयी भएका थिए भन्ने कथा चाखपूर्वक सुनाउँथे ।” “त्यसपछि सुन, चाँदी र हीरा-रत्नहरू ऊँटमा भरेर औरङ्गजेबको दरबारमा लगियो।” जोन जुब्रिस्की थप लेख्छन्, “यो संयोग मात्र होइन कि हैदरावाद निजामको रियासतको भूभाग जुन फ्रान्स जस्तो देश जत्तिकै ठूलो थियो, अहिले केही सय एकडमा सिमित भएको छ।” जब मुकर्रम जाहको मृत्यु भयो, निजाम हैदरावादको सम्पत्तिका दर्जनौं उत्तराधिकारीहरू बीच अदालतमा सयौं मुद्दाहरू चलिरहेका थिए, जसको सुनुवाइ अझै जारी छ। तर हैदरावादको अन्तिम निजामको अपार सम्पत्ति उडाएकोबारे बुझ्नको लागि इतिहासमा फर्किनु पर्छ किनकि उनका हजुरबुवा मीर उस्मान अलीले आफ्ना छोरा राजकुमार आजमको सट्टा नाति मुकर्रमलाई उत्तराधिकारीको रूपमा रोजेका थिए। मीर उस्मान अली खानका जीवनीकार डीएफ कराकाले ‘फेबुलस मुगल’ मा लेख्छन्, “उस्मान अली खानले विरासतमा धेरै सम्पत्ति पाएका थिए र ‘किंग कोठी’ दरबारमा आफ्नै ‘जनाना’ बनाएका थिए जहाँ उनी १९२० मा २०० पत्नीहरूसँग बस्ने गर्थे । उनीहरू १९६७ अर्थात सातौं मुगलमो मृत्युसम्म घटेर ४२ जना मात्र बाँकी थिए ।” लेखक जोन जुब्रिस्कीले ‘द लास्ट निजाम: राइज एण्ड फल अफ इन्डियाज ग्रेटेस्ट प्रिन्सली एस्टेट’ मा लेखेका छन्, “मेरो हजुरबुबा मीर उस्मान अली खान साँझ दरबारको बगैंचामा जानुहुन्थ्यो जहाँ उनका सबै श्रीमतीहरू आइपुग्ने गर्थे। उहाँले सेतो रुमाल जसको काँधमा राख्नुहुन्थ्यो उनीहरूलाई राती नौ बजे दरबारको हजुरबुवाको शयनकक्षमा कुन रानीले भेट्नुपर्छ भन्ने थाहा हुन्थ्यो ।” तर यी सबैको बीचमा हैदरावादका सातौं निजाम मीर उस्मान अलीका छोराछोरी र नातिनातिना बढ्दै गएका थिए र उनको मृत्युको समयमा यो संख्या लगभग १०० थियो, जुन २००५ मा ५०० नाघेको थियो। ती सबैले आठौं र अन्तिम निजाम मुकर्रम जाह विरुद्ध सम्पत्ति बाँडफाँड मुद्दा दायर गरेका थिए। तर, वास्तविकता यो पनि थियो कि सन् १९४७ मा भारतको स्वतन्त्रताका बेला हैदराबादको रियासतलाई देशकै सबैभन्दा धनी रियासत भनिएको थियो, जसको बारेमा बेलायतका प्रधानमन्त्री स्वयंले बयान दिएका थिए । जुलाई १९४८ मा, विन्स्टन चर्चिलले ब्रिटिश संसदलाई भने, “संयुक्त राष्ट्र संघका ५२ सदस्य राष्ट्रहरू मध्ये, २० हैदराबाद भन्दा साना थिए र ती मध्ये १६ को हैदराबादको निजामको रियासत भन्दा कम आय थियो।” यो त्यो समय थियो जब राजकुमार मुकर्रम जाहकी आमा दुरुशेवरले आफ्ना ससुरा निजाम मीर उस्मान अलीको इच्छा विरुद्ध मुकर्रमलाई पहिले दून स्कूल र त्यसपछि क्याम्ब्रिज, इङ्गल्याण्डमा अध्ययन गर्न पठाइन् । यसैबीच, हैदरावादको रियासत भारतमा विलय भएको थियो र मानिसहरूले निजाम हैदरावादको कुल संचित पूँजी र चल र अचल सम्पत्तिको अनुमान गरिरहेका थिए। मीर उस्मान अलीका जीवनीकार डीएफ कराकाका अनुसार, “१९५० को दशकमा निजामको कुल सम्पत्ति १ अर्ब ३५ करोड रुपैयाँ थियो, जसमध्ये ३५० मिलियन नगद, ५ करोड हीरा र गहना र यस्तै मूल्यका दरबार र सम्पदाहरू थिए।” न्यूयोर्क टाइम्स पत्रिकाले सन् १९४९ मा निजामको कुल सम्पत्ति करिब दुई अर्ब अमेरिकी डलर हुने रिपोर्ट गरेको थियो । निजाम हैदरावादको सम्पत्तिको सबै अनुमानहरू मध्ये, स्टेट बैंक अफ इन्डियाले धेरै पटक उनको हीरा-रत्न र गहनाको तथ्याङ्क दिएको छ र धेरै पटक चलिरहेको अदालती मुद्दाहरूमा बताइएअनुसार यो लगभग ४ हजार करोड करोड रुपैयाँ भएको अनुमान छ। यस अवधिमा निजाम मीर उस्मान अलीले आफ्नो राज्यको अन्तिम निजाम आफ्नो छोरा आजम जाह नभइ नाति मुकर्रम जाह हुनेछन् भन्ने मन बनाइसकेका थिए। सन् १९५४ जुन १४ मा भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरूलाई लेखिएको पत्रमा उनले लेखेका थिए, “राजकुमार आजम जाहले आफ्नो अतिव्यय र मदिराको लतका कारण आफूलाई परिवारको प्रमुख बन्न योग्य साबित गर्न सकेका छैनन्। मेरो नाति मुकर्रम जाह मेरो व्यक्तिगत सम्पत्तिको उत्तराधिकारी हुनेछ।” त्यसपछिका वर्षहरूमा, जब भारत सरकारले पुरानो शाही घरहरूको अधिकार कब्जा गर्न जारी राख्यो, मुकर्रम जाहले इङ्गल्याण्ड र युरोपमा पुल निर्माणदेखि माइनफिल्ड बिछ्याउने सबै कुरा सिकिरहेका थिए। लण्डनको ह्यारो स्कुलमा रहेका आफ्ना साथी रशिद अली खानलाई उनले त्यसबेला भनेका थिए, “म पूर्ण रूपमा स्वतन्त्र मानिसको जीवन जिउन चाहन्छु, त्यसैले म आफ्ना सबै शौकहरू पूरा गरिरहेको छु, चाहे त्यो चलचित्र हेर्ने होस् वा ज्याज संगीत कार्यक्रममा भाग लिने।” १९५८ मा, इस्तानबुलमा छुट्टीमा हुँदा, उनले एस्रा बर्गिनलाई भेटे, जसलाई मुकर्रमले लन्डनको केन्सिङ्टन कोर्टमा गोप्य रूपमा विवाह गरे। धेरै वर्षपछि इतिहासकार अनिता शाहसँगको कुराकानीमा उनले भने, ‘मेरो हजुरबुवा, तत्कालीन निजाम र मेरी आमा यो विवाहको विरुद्धमा हुनुहुन्थ्यो, तर उनीहरूसँग पनि विकल्प थिएन ।’ अन्ततः, जब सातौं निजाम, मीर उस्मान अलीको १९६७ मा मृत्यु भयो, मुकर्रम जाह अन्तिम निजामको रूपमा सिंहासनमा बसे। धेरै समस्याहरू मध्ये सबैभन्दा ठूलो शाही खर्च थियो। धेरै वर्षपछि टर्कीमा जोन जुब्रिस्कीलाई दिएको अन्तर्वार्तामा मुकर्रम जाहले भने, “मेरो हजुरबुवासँग १४ हजार ७१८ जना कर्मचारी थिए। यसबाहेक उहाँसँग ४२ पत्नी र १०० सन्तान थिए जसको शाही खर्चको जिम्मेवारी उहाँमाथि थियो ।” “हैदरावादको चौमहल्ला दरबार परिसरमा ६ हजार कर्मचारीहरूको पूरा तैनाथी थियो र हाम्रा सबै दरबारहरूमा करिब ५ हजार गार्डहरू थिए। यी सबै बाहेक, निजामको भान्छामा दैनिक २ हजार मानिसहरूका लागि खाना पकाइन्थ्यो र केही कर्मचारीहरू नजिकैका धेरै होटल-रेष्टुरेन्टमा यसको ठूलो हिस्सा चुपचाप बेचिदिन्थे ।” मुकर्रम जाहले निजामको शाही ग्यारेज पनि रोल्स रोयसले भरिएको बताएका थिए। यी गाडीहरुमा पेट्रोलको वार्षिक खर्च त्यतिबेला ९० हजार अमेरिकी डलर थियो । मुकर्रम जाहलाई सन् १९६८ मा पहिलो झट्का लागेको थियो जब आन्ध्र प्रदेश उच्च अदालतले निजामको सम्पत्ति उनका सबै उत्तराधिकारीहरूमा समान रूपमा बाँड्ने निर्णय गरेको थियो। यो मुद्दा मुकररम जाहकी बहिनी शहजादी पाशाले दायर गरेकी थिइन्, जसलाई उनका हजुरबुवाले विवाह गर्न दिएनन्। अर्को दुई वर्षमा, उनकी श्रीमती एस्रा र बच्चाहरू इङ्गल्याण्ड फर्किए र हैदराबादमा आफ्नो सम्पत्ति बचाउने उनको योजना एकपछि अर्को असफल भयो। इन्जिनियरिङ र मोटर मेकानिक्समा रुचि राख्ने मुकर्रम जाहले निजामको ड्युटीबाट फुर्सद पाउँदा हजुरबुवाको ग्यारेजमा रहेका ५६ वटा कार मर्मत गर्थे । वर्षौं पछि इङ्गल्याण्डमा, उनकी पहिलो पत्नी, एस्राले जोन जुब्रिस्कीलाई भनिन्, “उनी या त सेनामा जान चाहन्थे वा कार मेकानिक बन्न चाहन्थे। उनले यस सम्पत्ति मामिलामा नजिकका साथीहरूमा भर परेर कुरा मिल्नेछ भन्ने सोचेका थिए तर बन्न सकेन । उनी यी सबैका लागि बनेकै थिएनन् ।” यहाँ हैदरावादमा निजाम मुकर्रम जाहले अचानक ह्यारो र उनका एक क्याम्ब्रिज साथी, र जर्ज होब्डे, जो पश्चिमी अस्ट्रेलियामा डाक्टरको रूपमा अभ्यास गरिरहेका थिए, उनीहरूलाई सम्झिए र उनीहरूलाई भेट्न गए। यहीँबाट उनको जीवनले ठूलो मोड लियो र हैदरावाद मात्र होइन उनको सम्पत्ति पनि उनको हातबाट गयो । उनलाई पश्चिमी अष्ट्रेलियाको पर्थ सहर वरपरको दृश्य र मानिसहरू यति मन पर्यो कि उनले यहाँ फार्म हाउस किन्ने निर्णय गरे। अचानक उसलाई भेडा फार्म “मर्चिसन हाउस स्टेशन” को बारेमा थाहा भयो। टाइम म्यागजिनलाई दिएको एक अन्तर्वार्तामा मुकर्रम जाहले भने, “मुर्चिसन नदीको नीलो पानीले जसरी रातो स्याण्डस्टोनका पहाडहरूबाट घुमाउरो किनारा काट्यो जुन एक विशाल खेतको बीचमा थियो। मैले पुरानो हैदरावाद नजिकै पहाडहरूजस्तो पाएँ र म सम्झिरहेको थिएँ त्यो जङ्गल जहाँ बाल्यकालमा म हजुरबुवासँग शिकार गर्न जान्थें। यसैबीच, मुकर्रमले हेलेन सिमन्स नामकी अष्ट्रेलियाली महिलासँग विवाह गरे, जसको पछि एड्सबाट मृत्यु भयो। यस विवाहबाट पनि उनका दुई सन्तान थिए, जसमध्ये दोस्रो, राजकुमार ओमर जाहको ड्रग्स ओभरडोजका कारण मृत्यु भयो। मुकर्रम जाहले पाँच लाख एकड जमिनमा फैलिएको आफ्नो अष्ट्रेलियाको नयाँ इस्टेट ‘मर्चिसन हाउस स्टेसन’मा आफ्नो ध्यान केन्द्रित गरेका थिए । यसको एकातिर हिन्द महासागर र अर्कोतिर पहाड र गुफाहरू थिए। यता भारतमा आफ्नो सम्पत्तिमा अरुको कब्जा बढ्दै थियो, भागबण्डा भइरहेको थियो, अर्कोतिर मुकर्रमले अस्ट्रेलियामा करोडौंको सम्पत्ति किन्दै थिए । यसमा पानी जहाज, संसारको सबैभन्दा ठूलो बुलडोजर, ल्यान्डमाइन खोज्ने मेसिन र एउटा सुन खानी पनि समावेश थियो। उनका जीवनीकार जोन जुब्रिस्कीका अनुसार, “खर्चको बढ्दो सूचीको साथ, मुकर्रमले आफ्ना कर्मचारी र विश्वभरका महँगो होटलहरूको खर्च पूरा गर्न स्विट्जरल्याण्डलाई बहुमूल्य हीरा र गहनाहरू बेचेका थिए। तर अष्ट्रेलियामा उनको खर्च दोब्बर र तीन गुणा बढ्दै गयो। र मानिसहरूले उनको पैसामा जालझेल गर्न थाले।” ऋणको जीवन, ऋणीबाट बच्ने प्रयास र भारत सरकारले निजाम ट्रस्टका गहना र बहुमूल्य वस्तुहरू विदेशमा लिलामी गर्न लगाएको प्रतिबन्धका कारण मुकर्रम जाह टुटेका थिए । १९९६ सम्म उनले ऋण तिर्नको लागि अष्ट्रेलिया र युरोपमा सम्पत्तिहरू धितो राखेर बेच्नुपर्‍यो, उनको याट जफत गरियो, र उनका कार र बुलडोजरहरू लिलामी गरियो। अस्ट्रेलियाको ‘द वेस्टर्न मेल’ अखबारले लेखेको छ, ‘उनका कर्मचारीहरूले गलत तरिकाले पैसा खर्च गरेका छन् र ठगी पनि गरेका छन्। शाह आफ्ना छोराछोरीको संरक्षकत्वमा पनि ब्याकफुटमा परेका छन् र उनले भारी क्षतिपूर्ति तिर्नुपर्नेछ ।” त्यसै वर्षको एस शुक्रबार ‘निजाम’ मुकर्रम जाहले पर्थमा आफ्ना सेक्रेटरीलाई आफू नमाज पढ्न जान लागिरहेको बताए । त्यसपछि उनी अस्ट्रेलियामा देखिएनन् । आफूमाथि दर्ता भएको मुद्दामा कारबाही हुने डरले उनी टर्की भागे र जीवनभर त्यहीँ बसे । हो, यसबीचमा उनले थप दुई विवाह गरे जुन लामो समय टिक्न सकेनन् । सन् २००२ मा भारत सरकारले उनलाई निजाम ट्रष्टबाट सरकारी कोषमा लिइएका गहनाका लागि २२ करोड डलर दिएको थियो तर यो मूल्य बजार मूल्यको एक चौथाइभन्दा कम रहेको बताइएको छ । यस वर्षको सुरुमा उनको मृत्यु पछि, मुकर्रम जाहको पार्थिव शरीरलाई हैदरावाद ल्याइयो र पूर्ण सम्मानका साथ गाडियो। यसअघि उनी अन्तिम पटक २०१२ मा हैदराबाद आएका थिए । यसको केही वर्ष पछि, जीवनी लेखक जोन जुब्रिस्कीले उनलाई सोधेका थिए कि के उसलाई कुनै पछुतो छ ? अन्तालियाको त्यो क्याफेमा टर्कीको चिया चुस्दै मुकर्रम जाहले भने, ‘हो, इङ्ल्यान्डमा मेरा एकजना साथीले मलाई भनेका थिए, ‘धेरै वर्षअघि इङ्ल्यान्डमा मेरो एकजना साथीले दोस्रो विश्वयुद्धबाट भत्किएको पनडुब्बी भेटेका थिए । उहाँले मलाई त्यसमा रुचि छ कि भनेर सोधेका थिए । मैले छ भनेँ । तर कुरा अगाडि बढ्न सकेन ।’
भक्तपुरको प्रसिद्ध बिस्का जात्रा: हात नभएको लिङ्गो ठड्याइयो (भिडियो) भक्तपुर । भक्तपुरको प्रसिद्ध बिस्काः जात्रा अन्तर्गत बिहीबार तालाक्वस्थित कुम्हाले टोलमा ल्हा मरुम्ह योसिँद्योः अर्थात हात नभएको लिङ्गो ठड्याइएको छ । पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन उठाउन उक्त योसिँद्योःकोे टुप्पोमा प्रसादका रूपमा हरियो घाँस र फूल राखिएको हुन्छ । प्रत्येक वर्ष चैत मसान्तका दिन योसिँद्योः ठड्याउने र वैशाख ५ गतेका दिन सो ढालेपछि नौ दिन आठ रात लामो बिस्का जात्रा सम्पन्न हुने परम्परा छ । त्यसैगरी यसिँख्यमा ५५ हात लामो योसिँद्योः ठड्याएर जात्रा मनाइन्छ । उक्त योसिँद्योःलाई भने वैशाख १ गते साँझ तान्त्रिक विधिपूर्वक पूजा गरी ढाल्ने परम्परा छ । भैरवनाथको प्रतीक मानिने योसिँद्योःको शीर्षभाग र हातहरू नीलो कपडाले बेरिएको हुन्छ । योसिँद्योःको कोखामा झुण्ड्याइएका दुई ध्वजालाई वीरध्वजा र विश्वध्वजा भनिन्छ । एकजोडी ध्वजा फुकाएपछि एउटा संवत् फेरिने हुनाले बीचमा फुकाएर हेर्न हुँदैन भन्ने धार्मिक मान्यता छ । योसिँद्योः उभ्याउन बाँधिएका आठ डोरीलाई अष्ट मात्रिकाको प्रतीक मानिन्छ । जात्रा सकिएपछि तलेजुमा दुमाजुको विशेष जात्रा र पूजा गर्ने चलन छ । यो जात्रा अगाडि लिङ्गो भैरवनाथ र भद्रकालीको रथलाई गःहिटीबाट तानेर यसिँख्य पुर्याउनुपर्ने परम्परा छ । योसिँद्योः उभ्याइसकेपछि मध्यरातमा दर्शनका लागि नवदुर्गा देवगण आउने परम्परा छ । लिङ्गो जात्रा हेर्नाले सुख, शान्ति, समृद्घि, सहकाल आउनाका साथै शत्रु नाश हन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिएको छ । हेर्नुहोस् भिडियो:
१८० जना चिनियाँ पर्यटकहरु जहाज नै चार्टर गरेर नेपाल आए (भिडियो) काठमाडौं । नेपाली नयाँ बर्ष बनाउनका लागि १८० जना चिनियाँ पर्यटकहरु जहाज नै चार्टर गरेर नेपाल आएका छन् । बिहीबार बिहान नेपाल आएका चिनियाँ पर्यटकहरुलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए। नेपााल र चीनको झण्डा बोक्दै आएका चिनियाँ पर्यटकहरुलाई पञ्चेबाजाले समेत स्वागत गरिएको थियो । चिनियाँ पर्यटकहरुलाई स्वागत गर्दै मन्त्री किराँतीले चीनले नयाँ वर्षको आगमनसँगै चिनियाँ पाहुनाहरूलाई खुसी व्यक्त गर्दै चीन सरकारलाई धन्यवाद दिए । कोरोना महामारीपछि चिनियाँ पर्यटकको आवमगन सबैभन्दा कम रहेकामा अब फेरी आउन सुरु भएको हो । चिनियाँ पर्यटकहरुको चारवटा समूह आउने बताइएको छ । केही साताअघि मात्रै चीनले नेपाललाई घुम्नैपर्ने देशको सूचीमा राखेको थियो । हेर्नुहोस् भिडियोः
बैतडी दुर्घटना : बिसु पर्व मनाउने सपना झौलेक भिरमै बिलायो बैतडी। मङ्गलबार राति ११ बजे बैतडीमा जिप दुर्घटना हुँदा ६ जनाको ज्यान गयो। भारतमा रोजगारी गरेर नयाँ वर्ष अर्थात् बिसु पर्व मनाउन उनीहरु घर फर्किँदै थिए। बझाङको एकै गाउँका ६ जना बाटोमै अस्ताए। परिवारका साथ बिसु पर्व मनाउने उनीहरुको सपना बाटोमै बिलायो। जयपृथ्वी राजमार्गको खोडपे–बझाङ सडकखण्डअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ को झौलेक मोडमा से१ज ७६४ नंको जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा परी बझाङको केदारस्युँ गाउँपालिका–५ बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय वीरे धामीको ज्यान गयो। भारतसितको सीमानाका झुलाघाटबाट बझाङको बागथलातर्फ जाँदै गरेको उक्त जिपमा सवार सोही गाउँका अन्य छ जनाले भने हामफालेर ज्यान जोगाएको प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। “क्षमताभन्दा बढी यात्रु सवार थिए, उकालोमा जिप चढ्न सकेन, ब्रेक फेल भएर दुर्घटना भएको अनुमान छ”, उनले भने। भारतको पिथौरागढमा मजदुरी गर्दैआएका एकै गाउँका उनीहरू मङ्गलबार घर फर्किन झुलाघाट पुगेका थिए। झुलाघाटबाट बझाङ¬स्थित गाउँ पुग्न दुई तीनवटा गाडी फेरबदल गर्नुपर्ने झन्झटले सबैले मिलेर बझाङबाटै जिप रिजर्भ गरेर मगाएका थिए। बाह्र जनामध्ये ६ जनाको बिसु मनाउने सपना झौलेक भिरमै बिलायो। सोही जिपमा सवार जयसिंह बोहराका अनुसार उनीसहित पाँच जना जिपको पछिल्लो भागमा बसेकाले हाम फालेर बाँच्न सफल भए। “सडक उकालो थियो, जिप ब्याक भएर भिरबाट खस्यो”, उनले भने, “जिप पछाडि पछाडी फर्किन थाल्यो, पछाडि सवार सबैले हामफाल्यौँ, जिप सोझै भिरमा खस्यो।” गत मङ्सिरमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा उनीहरुले गाउँमा भोट खसाले। त्यसपछि रोजगारीका लागि भारतको पिथौरागढ जाने सल्लाह भयो। निर्वाचनको अर्को दिन सबैजना घरबाट हिँडेको जयसिंहले बताए। उनले भने, “बिसु पर्व मनाउन सबै सल्लाह गरेर घर फर्किँदै थियौँ, एकसाथ नयाँ वर्ष मनाउनै पाइएन।” राति ११ बजे उनीहरुले खोडपे बजारमा खाना खाएका थिए। खाना खाएर अगाडि बढेको केही समयमै जिप मध्यरातमा झौलेक भिरमा दुर्घटनामा पर्‍यो। “खाना खाएपछि खोडपेमै आराम गर्न चालकलाई आग्रह गरेका थियौँ, चालकले बागथला पुगेर आराम गरौँला भन्यो”, जयसिंहले भने, “राति यतै आराम गरौँ, नयाँ वर्ष आउन एक दिन बाँकी छ, बरु बिहान झिसमिसेमै जाउँला भन्दा चालकले मानेनन।” दुर्घटनामा एकै गाउँका ६ जनाको ज्यान गएपछि बझाङको बाँझगाउँ शोकमा डुबेको छ। पर्वको मुखमै भएको दुःखद् घटनाले बिसु खल्लो बनाएको केदारस्युँ गाउँपालिका–५ का वडाध्यक्ष मोहनसिंह ठगुन्नाले बताए। सुदूरपश्चिममा नयाँ वर्षलाई बिसु पर्वका रूपमा मनाउने गरिन्छ। यतिबेला घर बाहिर हुनेहरु पर्व मनाउन फर्किन्छन्। जिप सडकबाट पाँच सय मिटर तल खसेको छ। जिप चालक मृतककै गाउँका २७ वर्षीय अर्जुन बोहरा फरार छन्। दुर्घटनालगत्तै प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीलगायतको टोली घटनास्थलमा पुगेको छ। शव भिरबाट निकाल्ने काम भइरहेको छ। – रासस
अर्थतन्त्रलाई सुधार गरि समृद्धिको लक्ष्यमा अगाडि बढ्ने सरकारको प्रतिवद्धता (भिडियो) काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रलाई सुधार गरि सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा तीव्रताका साथ अगाडि बढ्न सरकार प्रतिवद्ध रहेको बताएका छन्। मंगलबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभा उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले विगतका तीन महिनामा अर्थतन्त्रका केही सूचकहरुमा सुधार देखिएको भन्दै अर्थतन्त्र संकटमा जाने शंकाबाट सुधारतर्फ अघि बढेको समेत बताए । उनले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि अर्थ मन्त्रालय, राष्ट्र बैंक र निजी क्षेत्रबीच धेरै छलफल भएको र सरकारको सम्पूर्ण तागत अर्थतन्त्रलाई गति दिनेमा नै हुने जिकिर गरे । अहिले बजेट तथा नीति निर्माण प्रक्रियाको अन्तिम चरणमा रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधार्न केही नयाँ, ठूलो र गुणात्मक बजेट ल्याउन लागिएको जानकारी दिए । बिभिन्न संघर्षबाट प्राप्त राजनीतिक एवं संवैधानिक अधिकारको रक्षा एवं प्रगतिशील कार्यान्वयनका लागिसमेत आर्थिक समृद्धि र विकासलाई केन्द्रमा राखेर अगाडि बढ्नुको विकल्प नरहेको उनले बताए। त्यस्तै अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको आर्थिक समस्या समाधानका लागि सरकार गम्भीर रुपमा अघि बढेको भन्दै यसमा नीजि क्षेत्रको सहकार्य अपरिहार्य भएको बताए । पुँजीगत खर्च बढाउने र अनावश्यक खर्च घटाउने लगाएतका अर्थतन्त्र सुधारको लागि सरकारले अल्पकालीन र दीर्घकालीन नीति बनाउन लगेको उनले बताए। त्यस्तै महासंघका अध्यक्ष शेखर गोल्छाले कोरोनाकालमा पनि नभएको अर्थतन्त्रको समस्या यसपटक देखिएको भन्दै अहिलेको अप्ठेरो अवस्था लामो समय नरहने बताए। उनले निजी क्षेत्र समस्यामा पर्दा यसको असर मुलुकको अर्थव्यवस्थामा पर्ने भएकाले सहज बातावरण बनाउनका लागि सम्बन्धीत निकायले सहजीकरण गर्नुपर्नेमा जोड दिए उनले मुलुकको उद्योगधन्दाहरुलाई सहज रुपमा चल्नदिनुका साथै वैदेशिक लगानी भित्राउनका लागि पनि सरकार उदार भएर अघि बढ्नुपर्ने धारणा राखे। महासंघको साधारणसभाले नयाँ नेतृत्व चयन गर्नेछ । साधारणसभाबाट हाल महासंघका वरिष्ठ उपाध्यक्ष पदमा रहेका चन्द्र ढकाल स्वतः अध्यक्ष हुनुहुनेछ भने नयाँ वरिष्ठ उपाध्यक्ष लगायतका पदका लागि बुधबार निर्वाचन हुनेछ । हेर्नुहोस् भिडियो:
रथ तान्ने क्रममा ढुङ्गा हानाहान: २० बढि घाइते (भिडियो) काठमाडौं । बिस्केट जात्राका लागि तानिएको भैरबको रथलाई मंगलबार बिहान भक्तपुरको गःहिटी पुराइएको छ । सोमबार सुरु भएको जात्रामा भैरबको रथ तान्ने क्रममा मध्यराति दत्तात्रयमा पुगेपछि ढुङ्गा हानाहान भएपछि मंगलबार बिहान तानेर गःहिटी पुराइएको हो । रथ तान्ने क्रममा राती ढुङ्गा हानाहान हुँदा २० भन्दा बढि घाइते भएका छन् । आठ रात र नौ दिनसम्म भव्यरूपमा मनाइने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्काः जात्राको पहिलो दिन भैरबको रथ तान्दा ढुङ्गा हानाहान भएको हो । प्यागोडा शैलीमा निर्माण भएको रथलाई सोमबार साँझ थने(माथिल्लो) र क्वने (तल्लो) टोलतर्फ रथ तान्न सुरु गरिएको थियो । रथ तान्ने क्रममा माथिल्लो टोलकाले दत्तात्रय नजिक रथलाई पुर्याएका थिए। रथलाई राति नै गःहिटी ल्याउनुपर्नेमा ढुङ्गा हानाहान भएपछि बिथोलिएकाले दत्तात्रयमै राखेर मंगलबार गःहिटी ल्याइएको हो । हेर्नुहोस् भिडियो:
रुस-युक्रेन युद्धसँग सम्बन्धित गाेप्य दस्तावेज चुहावट भएपछि तनावमा अमेरिका काठमाडौं। रुस र युक्रेनबीच १४ महिनायता जारी युद्धसँग सम्बन्धित गोप्य दस्तावेज चुहावट भए पछि अमेरिका तनावमा परेको छ। बीबीसीका अनुसार अमेरिकी दस्तावेजसँग सम्बन्धित तस्वीर, नक्शा तथा सूचनाहरू इन्टरनेटमा चुहावट भए पछि पेन्टागन तनावमा परेको हो। चुहावट भएका दस्तावेजहरु मध्ये २० वटा दस्तावेज भने बीबीसीको हातमा परेको छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अमेरिकी गोप्य दस्तावेज चुहावट स्विकार गर्दै सो  विषयमा अनुसन्धान भइरहेको जनाएको छ। उसका अनुसार चुहावट भएका दस्तावेजमा ६ हप्ता पुरानो जानकारीसमेत रहेको छ। चुहावट भएको दस्तावेजहरु कस्ले इन्टरनेटमा हाल्यो ? भनेर खुलाइएको छैन तर यसका बारेमा अमेरिकी रक्षा मन्त्रालयले गम्भिर रुपमा अनुसन्धान सुरू गरेकाे छ। चुहावट भएका ती दस्तावेजहरूमा सैन्य ब्रिगेड्स, बख्तरबन्द सवारी, गोलाबारुद, गाेप्य रूपमा गरिएका आर्थिक सहयाेगकाे जानकारीसहित रुस र युक्रेन दुबैलाई पश्चिमा राष्ट्रबाट दिइने हतियार तथा गोलाबारुदको अभिलेखसमेत उल्लेख भएको उक्त दस्तावेजहरु चुहावट भएका हुन्।
सडक विस्तारको काम छिटो सम्पन्न गर्नु : गृहमन्त्री श्रेष्ठ नवलपुर । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डको काम चाँडो सम्पन्न गर्न निर्देशन दिएका छन् । आज सडकको स्थलगत अनुगमन गर्दै उनले काम चाँडो र गुणस्तरीय गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका हुन् । उनले नारायणगढबाट बुटवलसम्मको एक सय १४ किलोमिटर लामो सडकको विभिन्न १३ स्थानमा अनुगमन गरे । “सडक अनुगमनका क्रममा काम सन्तोषजनक देखियो । यतिमै खुसी हुने अवस्था भने छैन”, उनले भने , “एकपटक म्याद थप भइसकेको आयोजनाको काम गुनासो नआउने गरी चाँडो सम्पन्न गर्नुहोला ।” सडकको काम सकारात्मक दिशामा अगाडि बढेको गृहमन्त्री श्रेष्ठले बताए । आफू भौतिक पूर्वाधारमन्त्री हुँदा सो सडकको निरीक्षण गरेको उल्लेख गर्दै उनले त्यस बेलामा सडकलाई कसरी चाँडो सम्पन्न गर्न सकिन्छ भन्ने विषयमा निर्देशन दिएको बताए । त्यसपछि अहिले तीव्र गतिमा काम हुन थालेको आफ्नो निरीक्षण र निर्देशनको परिणाम भएको उनले बताए । “त्यही पनि यसलाई छिटो र गुणस्तरीय काम होस् भनेर हामीले चीनका राजदूतसँग कुराकानी गरेका थियौँ” उनले भने, “त्यसकारण अहिले चिनियाँ राजदूतले आग्रह गरेर उहाँहरूको टोलीसँग सडकको निरीक्षणका लागि यहाँ आएका हौँ ।” अहिलेको काममा प्रगति भएको देखेर खुसी लागेको मन्त्री श्रेष्ठले बताए । “काममा प्रगति भएको छ, तर जम्मा कति प्रगति भएको छ र त्यसले गुणस्तरीयता कस्तो ल्याएको छ भनेर हामीले विश्लेषण गर्छौँ”, उनले भने, “तर पनि पहिले आएको बेलाभन्दा प्रगति भएको छ ।” श्रेष्ठले आज गैँडाकोटबाट बुटवलसम्म सडकको विभिन्न १३ स्थानमा अनुगमन गरेका थिए ।
जनतासँग गरिएका प्रतिवद्धता सरकारले पुरा गर्छ : रक्षामन्त्री खड्का सुर्खेत । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले अहिले सरकार निर्वाचनकै बेलाको गठबन्धनअनुसार बनेकाले जनतासँग गरिएका प्रतिवद्धता पूरा गर्नेगरि सरकारले काम गर्ने बताएका छन् । नेपाली कांग्रेस सुर्खेत क्षेत्र नम्वर(२ को प्रथम क्षेत्रीय अधिवेशनको सोमबार पन्चपुरी नगरपालिकाको बावियाचौरमा उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले शान्ति प्रक्रियालाई पूर्णता दिन, संविधानको सुदृढीकरण गर्न र देशको तीब्र विकासका लागि वर्तमान सरकारले काम गर्ने बताए । ‘संघ र प्रदेशको निर्वाचनमा जनतासँग हामीले मत माग्दा शान्ति प्रक्रियालाई पूर्णता दिन्छौं, संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढीकरण गर्छौं, तीब्र गतिमा देशको विकास गर्छौं भनेका थियौं,’ उपप्रधानमन्त्री खड्काले भने, ‘चुनावका बेला मतदातासँग गरिएका बाचा अनुसारका कामहरू गर्न अहिलेको सरकार लागिरहेको छ ।’ उपप्रधानमन्त्री खड्काले द्वन्द्व पीडितहरूलाई न्यायिक निरूपणमार्फत न्याय दिने र आर्थिक प्याकेजमार्फत परिपूरण र राहत उपलब्ध गराइने बताए । उनले पुस १० गते बन्नुपर्ने सरकार चैत १७ गते बनेको बताउँदै यो बीचको समय खेर गएको बताए । उनले पुस १० को अप्राकृतिक गठबन्धन भत्केर प्राकृतिक गठबन्धन बनेको बताउँदै यसले देश र जनताका पक्षमा काम गर्ने बताए । उनले अजेण्डामा सहमत भएका दलहरू एक ठाउँमा रहेकाले ती अजेण्डाहरू पूरा हुने बताए । सरकारले अहिले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रमको जगमा टेकेर बजेट ल्याउने उनले बताए । उनले कर्णालीमा भएका विकासका बहुआयामिक सम्भावनालाई सदुपयोग गर्दै विकनसको गतिलाई तीब्र पार्नेगरि केन्द्रबाट विशेष बजेटको व्यवस्था गर्ने बताए ।